content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई शुक्रबार राति पक्राउ गरिएको हो।, उनले ७ वर्षीया बालिकामाथि गत असार १३ गते बलात्कार गरेको आरोप छ।, उनीहरू छिमेकी समेत हुन्। किशोरले आफ्नो घरमा लगेर बलात्कार गरेको भन्दै कार्यालयमा जाहेरी परेको थियो।, जिल्ला अदालत सिन्धुपाल्चोकबाट किशोरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।,
७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, ज-जसले जे भने पनि कमैया भएर आमाबाबुसँगै काम गर्ने वा घर छाडेर हिँड्नेमध्ये एउटा विकल्प रोज्नुपर्ने भयो उनले। , स्कुलमा आफ्नै साथीहरूले 'हिजडा' भनेर उडाए, कसैले 'छक्का' भने। गाउँघरका मान्छेहरू आमाबुबालाई 'तिमीहरूको छोरो के भएको हो, सम्झाओ' भन्न थाले। , उनी स्कुल जानै सकेनन्। आठ कक्षा पढ्दा पढ्दै १५ वर्षको उमेरमा स्कुल छाडे। यही समय हो उनले दुईमध्ये एक विकल्प रोज्नु परेको।, कमैया बन्ने मन भएन।, त्यो समय भारतीय ठेकदारहरू मजदुर खोज्दै उनको गाउँमा आउँथे। घर बनाउने कामका लागि भन्दै गाउँका युवाहरूलाई भारत लैजान्थे।, 'म पनि एक जना भारतीयको पछि लागेँ। काम गर्दै घुम्दै सिम्ला पुगेँ,' बर्दिया, गुलरियाका रामु चौधरीले सुनाए।, रामु २०४४ सालमा गुलारियामा जन्मेका हुन्। उनका आमाबाबु मालिकको घरमा कमैया थिए। चौधरी समुदायमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना बढ्दै थियो। बुबाले बगलामुखी विद्यालयमा उनलाई भर्ना गराए।, त्यति बेलाको समाजमा घरभित्रको काम छोरीले गर्नु पर्छ भन्ने मान्यता थियो। रामु घरभित्रको काम गर्न रमाउँथे। झाडु लगाउने, तरकारी काट्ने, भाँडा धुने जस्ता काम बडो खुसीले गर्थे। आमाले यस्तै काम गरेको देखेका थिए।, उनको उमेरका केटाहरू खेत जोत्न थालेका थिए। गाउँभरिका केटा जम्मा भएर भलिबल खेल्थे। रामु घरमै लुटुपुटु गर्थे।, 'साथीहरूले तँ किन केटीजस्तो भएको भन्न थालेका थिए। घरमा पनि गाली गर्न थालेका थिए,' उनले सुनाए।, चौधरी समुदायमा दसैंको नवरात्रमा नाचगान गर्ने चलन थियो। त्यो समयमा केटाहरू नै केटीको पोसाक लगाएर केटीको भूमिकामा नाच्थे। घटस्थापनादेखि दशमीसम्म यो नाच चल्थ्यो। रामुलाई पनि केटीको हुलियामा बस्न मन लाग्थ्यो। दसैं नाचको समयमा उनी केटीको पोसाक लगाएर बस्थे। घरकाले गाली गरिहाले भने नाच्न जाने बहाना बनाउँथे।, 'मलाई केटीको कपडा लगाउन मन लाग्थ्यो। नाचको बहाना बनाएर म त्यही लुगा लगाउँथेँ,' उनले भने, अनुहार पनि केटीको जस्तै देखिने गरी गाजल, टीका र लाली लगाएर शृंगार गर्थेँ।', दसैं सकिएपछि रामुको मन खिन्न हुन्थ्यो।, रामुमा केटीको आनीबानी विकास हुँदै गएपछि उनी साथीहरूबाट एक्लिँदै गए। न केटीको साथी भए न केटाको साथी रहे। कक्षामा पनि एक्ला भए।, उनले भने, 'कक्षामा पनि मलाई सबैले घृणा गर्न थाले। छक्का र हिजडा भन्न थाले अनि मलाई स्कुल जानै मन लागेन।', अन्ततः आठ कक्षा मात्र पूरा भए पछि नौ कक्षा पढ्न स्कुल गएनन्। स्कुल छाडेर मात्रै सुख भएन। 'छोरो सुधार' भनेर गाउँलेहरूले आमाबुबालाई भन्न थाले। उनका दाइलाई पनि 'रामु तेरो भाइ हो कि बहिनी' भनेर सोध्थे। यसरी रामुको आनीबानीकै कारण घरमा झगडा पनि हुन्थ्यो।, स्कुल छुट्यो। गाउँघरमा बसी साध्य भएन। के गर्ने!, सबै अपमान सहेर गाउँघरमै बस्ने र गाउँ छाड्नेमध्ये दोस्रो विकल्प रोजे। अनि भारत पसे उनी।, सिम्लामा उनले पुरुषका रूपमा जन्म भए पनि महिला हुलियाका केही मान्छे भेटे। कोही पुरुष जन्मबाट महिला भएका त कोही महिला जन्मबाट पुरुष भएका। ती मान्छेसँग चिनजान र कुराकानी भयो। रामुले बल्ल आफूलाई चिने, म पनि पारलैंगिक महिला हुँ भन्ने थाहा पाए।, उनले नभे, 'त्यहाँ (सिम्ला) पुगेपछि म आफू पुरुष नभएर महिला रहेछु भन्ने कुरामा प्रष्ट भएँ।', रामु पुरुष हुलिया बदलेर महिला भए, नाम अबिना चौधरी। सिम्लाको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा उनी अबिनाका रूपमा चिनिइन्। , अबिना सिम्लाबाट हरेक वर्ष आमाबाबु भेट्न दसैंमा बर्दिया जान्थिन्। नेपालमा कमैयामुक्तिको घोषणा भइसकेको थियो। आमाबाबु जमिनदारको घरबाट बाहिरिएपछि अबिनाको काँधमा जिम्मेवारी थपिएको थियो।, वर्षभरि कमाएको पैसा घर लैजान्थिन्।, उनले भनिन्, 'आफूले कमाएको पैसा लिएर दसैंमा घर जान्थेँ। आमाबा खुसी हुन्थे। पारिवारिक कुरा पनि मिल्दै गयो।', नेपाल आउँदा पहिरनको समस्या हुन्थ्यो। उनी मौका अनुसार गर्थिन्। नेपाल आएको बेला नेपालगञ्ज जान्थिन्। त्यहाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरूसँग चिनजान भएको थियो। नेपालगञ्जकै साथीहरूमार्फत 'साथी शिक्षक' नामको गैरसरकारी संस्थाबारे थाहा पाइन्।, साथी शिक्षक नेपालगञ्ज सहर र आसपासमा एचआइभी एड्स रोगबारे जनचेतना फैलाउने काम गर्थ्यो। उनले त्यहीँ काम गर्ने अवसर पाइन्। पाँच वर्ष सिम्ला बसेपछि उनी नेपाल फर्किन्। , स्वाभाविक रूपमा उनलाई सिम्लामा मजदुरी गर्नुभन्दा नेपालमा जनचेतना अभिवृद्धिको काम सजिलो भयो। भारतको अनुभव सुनाउँदै उनले भनिन्, 'त्यहाँ (सिम्ला) धेरै गाह्रो हुन्थ्यो। समयमा पैसा नपाउने, ठेकदार पनि पैसा लिएर भागिदिने समस्या थियो। नेपाल आएर संस्थामा काम गर्न सजिलो भयो।', साथी शिक्षक लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हित रक्षाका लागि काम गर्ने नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) कै शाखा थियो। अबिनाले गर्भ निरोधक तथा यौनरोग सर्न रोक्ने साधनबारे बुझाउनु पर्थ्यो। तलब आउँथ्यो महिनाको तीन हजार रूपैयाँ। यही तलबमा एक वर्ष काम गरिन्। , नीलहीरा समाजले बर्दियामा 'सुन्दर संसार' नाम राखेर अर्को गैरसरकारी संस्था सुरू गर्यो। यसले पनि साथी शिक्षकले जस्तै काम गर्थ्यो। उनी सुन्दर संसारको सचिव भएर गुलरिया गइन्। उनको तलब दस हजार रुपैयाँ पुग्यो। , सुन्दर संसारमार्फत एचआइभी एड्सबारे जनचेतना अभिवृद्धि गर्ने काम त गर्नु नै थियो। अबिना यतिमा मात्रै सीमित रहिनन्। उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानको कुरा पनि उठाउन थालिन्। , बर्दियाका स्थानीय सरकारसँगको सहकार्यमा सुन्दर संसारले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानका लागि सडक नाटक प्रस्तुत गर्यो। यो समुदायप्रति समाजको धारणा सकारात्मक थिएन। अबिनाले संस्थामार्फत् आफ्नो समुदायको पहिचानको अभियान नै चलाइन्। , 'हामीलाई पनि मानवजस्तो व्यवहार गर, तिमीहरूका छोराछोरी हामीजस्तै हुन सक्छन्' भन्ने सन्देशका साथ सडक नाटक देखायौं। अभियानको सकारात्मक प्रभाव पर्यो,' अबिनाले भनिन्, 'हामीप्रतिको व्यवहार बदलिन थाल्यो। मानिसहरूले हामीलाई पनि मानिसका रूपमा व्यवहार गर्न थाले।', एक दिनको कुरा हो, सुन्दर संसारले गुलरियामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको भेला आयोजना गरेको थियो। भेलामा सबै आआफ्नो लैंगिक पहिचान झल्किने पोसाक र शृंगारमा जम्मा भएका थिए। सबै खुसी देखिन्थे। , अबिना पनि आँखामा गाजल, ओठमा लाली र अन्य शृंगारका साथ सारीचोलो लगाएर उपस्थित थिइन्। त्यही दिन थियो जहाँ उनले आफ्नो गाउँठाउँमा स्वतन्त्रताको उच्चतम अनुभव गरिन्। अबिना यही पोसाकमा बेलुका घर फर्किन्। आमाबुबाले उनको स्वतन्त्रता र खुसीमा साथ दिए। उनको हिम्मत र आत्मविश्वास बढ्यो।, अबिनाले शारीरिक रूपमा पनि महिला बन्न साथीहरू र चिकित्सकको रायअनुसार हार्मोन लिन थालिन्। बिस्तारै उनको स्वर महिलाको जस्तो मसिनो हुँदै गयो। स्तन बढे।, संस्थामा काम गर्दै जाँदा अबिनाको आर्थिक अवस्था सुधार हुँदै गयो। उनले भनिन्, 'काम गरेर पाँच कट्ठा जग्गा जोडेकी छु। आमाबाबालाई घर बनाइदिएकी छु, उहाँहरूको हेरचाह गर्छु।' , अबिना आजकाल अक्सर कुर्तासुरुवाल लगाएर हिँड्छिन्। सवारीसाधान छ मोटरसाइकल। कामका सिलसिलामा धेरै जसो घरबाहिर हुन्छिन्। उनी कामको सजिलोका लागि बजारमा डेरा लिएर बसेकी छन्। फुर्सद पाउनासाथ आमाबुबा भेट्न जान्छिन्।, मोटरसाइकलमा राखेर आमाबुबालाई यताउता लैजान्छिन्।, उनी भन्छिन्, 'आमाबाबालाई बाइकमा चढाएर हिँड्दा खुसी लाग्छ। त्योभन्दा धेरै त उहाँहरूले मलाई छोरीका रूपमा स्वीकार गरिदिनु भएकोमा खुसी छु।', अबिना महिलाकै रूपमा बिहे गरेर सन्तान जन्माउन चाहन्छिन्। , 'कसैले हामीलाई सच्चा प्रेम गर्दैनन्। गरे पनि यौन तृष्णा मेटाउन मात्र गर्छन्। बिहे गर्ने त उनीहरूले कहिल्यै पनि सोच्दैनन्,' उनले भनिन्, 'हामीजस्ता महिलालाई पनि बुहारीका रूपमा स्वीकार गर्ने वातावरण हुनुपर्छ।' , अबिनाको अनुभव छ, मानिसले जागिर गरेर मात्र उसको जीवन पूरा हुँदैन। अधिकारको कानुनी प्रत्याभूति हुनुपर्छ। आफ्नो लैंगिक पहिचानमा प्रष्ट भए पनि उनलाई नागरिकताको समस्या छ। नागरिकतामा उनको पुरुष पहिचान छ। , नागरिकता देखाउनु पर्ने ठाउँमा सधैं झमेला आइलाग्छ। सरकारी कर्मचारीहरूले निहुँ खोज्छन्। कानुनमा लिखितम चल्छ, बकितमले हुँदैन।, अबिनाले नागरिकतामा महिला लेखाउन प्रयास नगरेकी होइनन्। त्यति बेला सम्भव भएन। अब लैंगिक पहिचान फेर्न जिल्ला प्रशासन कार्यालयले मेडिकल प्रमाण मागेको छ। , 'मेडिकल प्रमाण ल्याउन धेरै पैसा चाहिन्छ। शरीर पनि कमजोर हुन्छ,' अबिना भन्छिन्, 'मैले महिला पहिचानको नागरिकता बनाउन सकिनँ।', उनी आफू बाँचुन्जेल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हित खातिर काम गर्न चाहन्छिन्।, कुनै बेला रामु भनेर चिनिने उनी अबिना चौधरी बनेर आफ्नो वास्तविक पहिचानमा खुलेपछि धेरैथोक बदलिएको छ। समस्याहरू नभएका होइनन्, त्योभन्दा धेरै खुसी छ। आफूले चिनेको आफू भएर सम्मानित रूपमा बाँच्न पाउनुको सन्तोक छ।, यी पनि पढ्नुहोस्ः , पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन',
अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसीले आफूहरूमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।, एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।, ‘पटकपटक खड्गप्रसाद ओली स्वयम तथा विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यले हामीमाथि एमबिबिएसलगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको भन्ने अफवाह फैलाएको हुँदा प्रथमत सो अवफाहमा किन्चित पनि सत्यता नभएको जानकारी दिन चाहन्छौं,’ केसीले आज विज्ञप्ति निकालेर भनेका छन्।, साथै उनले ती अवफाहलाई नै उजुरी मानेर छानबिन गर्न माग गरेका छन्।, ‘ओली वा उनका सहयोगीबाट थप उजुरी लिई हामीमाथि गम्भीर प्रकृतिको छानबिन गर्नका लागि राज्य संयन्त्र, आम सञ्चार जगत वा अन्य सरोकारवालालाई आह्वान गरिन्छ,’ डा केसीले भनेका छन्, ‘त्यस्तो छानबिनको कार्यमा खड्गप्रसाद ओली स्वयम् संलग्न गर्दा पनि हामीलाई स्वीकार्य हुनेछ। त्यसरी छानबिन गर्दा कुनै पनि प्रमाणबाट त्यस्तो कार्यमा संलग्न रहेको देखिएमा जस्तोसुकै कठोर कानूनी कारबाही व्यहोर्न हामी तयार रहेका छौं।’,
ममाथि छानबिन गरियोस्: डा केसी |
सेतोपाटी संवाददाता झापाको अर्जुनधारामा एक साताअघि बोराभित्र फेला परेको भारतीय नागरिकको भएको खुलेको छ।, इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाईको हो। उनको शव ह्युम पाइपभित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए।, घटनालगत्तै झापा प्रहरीले अनुसन्धान सुरू गरेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडले उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक पनि गरेको छ। अर्जुनधारा- ७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीले हत्या घटनामा संलग्न थप एक जना फरार रहेको र उनको पनि खोजी भइरहेको जनाएको छ।, प्रहरीका अनुसार उनको हत्या गर्न ५ लाख रुपैयाँ खर्च भएको छ। बराह क्षेत्रका परियार र अर्का फरार एक व्यक्तिले ५ लाख नगदै लिएर उनको हत्या गरेको अनुसन्धानबाट देखिएको छ। झापा प्रहरीका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने,‘भारतीय नागरिकको हत्याका लागि जानुकाले पटक-पटक गरेर ५ लाख रुपैयाँ उनीहरूलाई दिएको देखिन्छ।, हत्याका लागि जानुकाले परियारलाई २ पटकमा ४ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएकी थिइन्।, गुजरात घर भएका मृतकसँग जानुकाको भारतमै चिनजान भएको थियो। ०७६ सालमा कामको सिलसिलामा जानुका भारत पुगेकी थिइन्। सोही चिनजानका आधारमा नरेशकुमार अर्जुनधारा आएका थिए।, प्रहरीका अनुसार पछि उनी ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। उनको मुद्दा इटहरीमा थियो। उनी इटहरीमा तारेख धाइरहेका थिए। तारेखकै लागि उनी नेपाल आएको प्रहरीको भनाइ छ।, ०७६ सालमा उनले जानुकाको छोराछोरीका लागि खेलौना पठाएको बुझिएको छ। जानुकाले उनीसँग बनाउन ५ लाख रुपैयाँ सापट पनि लिएको देखिएको पोखरेलले जानकारी दिएका छन्।, बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरका अनुसार नरेशकुमार असार ७ गते भारतबाट अर्जुनधारा आएका थिए। असार ८ गतेसम्म उनी जानुकाकै घरमा बसेका उनी ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए।, ९ गते राति साढे ८ बजे उनीसहित परियार र अर्का एक व्यक्तिले सँगै मादकपदार्थ खाएको र सोही समयमा कुटपिट गरी फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर उनको हत्या भएको अनुसन्धानमा देखिएको छ।, पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।,
झापामा भारतीय नागरिकको हत्या गर्ने तीन जना पक्राउ |
सेतोपाटी संवाददाता स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ।, मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको हो।, स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो।, हृतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।, यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए।, आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए।, बुधबार अबेर पीडित पक्ष र नगर प्रमुख बडा अध्यक्षसहितको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ।, यस्तै परिवारलाई क्षतिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको थियो।, प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ।,
आफ्नै स्कुल बसले ठक्कर दिँदा मोरङमा २ बालबालिकाको मृत्यु |
सेतोपाटी संवाददाता ताप्लेजुङबाट यात्रु लिएर झापा आउँदै गरेको बोलेरो जीप इलाममा दुर्घटनामा परेको छ।, इलाम नगरपालिका वडा नम्बर १ को मिल गोलाई नजिक बोलेरो सडकबाट ५ सय मिटर तल खोलामा झरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।, प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बोलेरोमा १२ जना सवार थिए। घाइते सबैको इलाम अस्पतालमा उपचार भइरहेको छ।, घाइतेमध्ये ताप्लेजुङ फुङलिङकी ३० वर्षीय मिना खतिवडाको अवस्था चिन्ताजनक छ। उनलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ।, ताप्लेजुङबाट झापा तर्फ यात्रु लिएर आँउदै गरेको मे १ ज ३३२९ नम्बरको जीप शुक्रबार इलाम नगरपालिका १ स्थित मिल गोलाईबाट ५ सय मिटर तलको पुवा खोलामा झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।, घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।,
ताप्लेजुङबाट यात्रु लिएर झापा आउँदै गरेको बोलेरो जीप इलाममा दुर्घटना |
भगवती पाण्डे ‘आजको प्रश्नबाट प्राविधिक मित्र र म टीकाराम घिमिरेको नमस्कार!’, ‘तिलोत्तमा एफएम रेडियो’ मा यसरी सुमधुर आवाज दिएर टीकारामले दिन सुरू गर्छन्। उनको आवाज सुनिन थालेको ठ्याक्कै १० वर्ष भयो।, उनलाई ७१ वर्षका बुबाले स्कुटरमा पछाडि राखेर हरेक दिन बिहान छ बजे रेडियोमा पुर्याउँछन्।, टीकारामको रेडियो प्रेम चार वर्षको उमेरमै सुरू भएको हो। त्यो समय अहिले जसरी छ्यापछ्याप्ती एमएम रेडियो थिएनन्। उनी जन्मेको गुल्मीको मालिका गाउँपालिका, ह्वाँदीमा रेडियो नेपाल सुनिन्थ्यो।, बुबा दामोदर उपाध्याय पिँढीको एउटा खम्बामा रेडियो झुन्ड्याउँथे, सबैले सुन्ने गरी बज्थ्यो। टीकारामलाई पनि रेडियो सुन्ने बानी पर्यो।, रेडियो नेपालबाट बज्ने समाचार, घटना र विचार, साथीसँग मनका कुरा उनका प्रिय कार्यक्रम थिए। बिबिसी नेपाली सेवा पनि सुन्थे। टीकाराम ध्यान दिएर रेडियो सुन्थे र केहीबेरमा जस्ताको तस्तै सुनाउँथे। उनको बालसुलभ शैली सबैलाई मन पर्थ्यो।, रेडियो धेरै सुनेको भनेर बुबा कहिलेकाहीँ सजायको डर देखाउँथे।, उनले भने, ‘मैले रेडियो धेरै बजाएँ भनेर बुबा रेडियोसँगै सिस्नो लगेर राखिदिनुहुन्थ्यो। मेरोचाहिँ साथी भनेकै रेडियो थियो।’, २०५३ सालमा जन्मेका टीकाराम जन्मजात दृष्टिविहीन हुन्। उनीका दाजु दधिराम पनि दृष्टिविहीन नै थिए। , हुर्किंदै जाँदा जति बेला पनि बोलिरहने घरको रेडियो नै साथी भयो।, टीकाराम भन्छन्, ‘आँखा नदेख्ने भएपछि घरबाहिर गएर खेल्न सक्ने भएन। घरमा खेल्ने साथी पनि भएन। एक्लै बोलिरहने रेडियो नै मेरो साथी भयो।’, बाल्यकालको साथी त्यही रेडियो अहिले भने परिवार पाल्ने माध्यम बनेको छ।, टीकाराम १५ वर्षको उमेरमा २०६८ सालमा पहिलो पटक ‘रेडियो लुम्बिनी’ मा ‘बाल कार्यक्रम’ मार्फत् रेडियोकर्ममा प्रवेश गरे। अहिले उनी तिलोत्तमा एफएमको स्टेशन म्यानेजर छन्।, सानै उमेरमा रेडियो सुन्ने बानी परेर रेडियोमा बोल्ने सपना देखेका टीकाराम सपनाले मात्रै स्टेशन म्यानेजरको जिम्मेवारीसम्म पुगेका होइनन्। यसमा उनले धेरै संघर्ष गर्नु परेको छ।, टीकाराम पढाइमा तेज थिए। दामोदर एउटालाई काँधमा र एउटालाई पिठ्युँमा बोकेर दृष्टिविहीन दुबै छोरालाई स्कुल पुर्याउँथे। स्कुल छुट्टी भएपछि उसै गरी घर लैजान्थे। हुर्कंदै गरेका छोराहरूलाई यसैगरी दिनहुँ स्कुल पुर्याउनु सहज थिएन।, तिलोत्तमाको मणिग्राममा दृष्टिविहीनले पढ्ने स्कुल छ, शान्ति नमुना मावि। यसबारे थाहा पाएपछि दामोरदर दम्पती २०६० सालमा त्यतै बसाइँ सरे। बाबुआमा शिवपुरमा बसे। टीकाराम शान्ति स्कुलमा भर्ना भएर छात्रावासमा बस्न थाले।, रेडियो सुन्ने आदत झन् गाढा हुँदै थियो। त्यो समय स्कुलका होस्टल इन्चार्ज थिए कृष्ण केसी। उनी रेडियो लुम्बिनीका प्राविधिक पनि थिए। कृष्णले दृष्टिविहीन विद्यार्थीहरूका लागि छात्रावासमा सबैले सुन्ने गरी रेडियो राखिदिएका थिए।, छात्रावास पुगेपछि टीकारामले नजिकै रेडियो स्टेशन छ भन्ने थाहा पाए। उनलाई रेडियोमा बोल्न पाए हुन्थ्यो भन्ने लाग्यो, चाहना प्रबल हुँदै गयो।, शान्ति माविमा भर्ना भएको चौथो वर्ष चार कक्षामा पढ्दै गर्दा २०६४ सालको एक दिन उनी रेडियो लुम्बिनी पुगे। बाल कार्यक्रममा सहभागीको रूपमा बोल्ने चाहना थियो। अरू साथी पनि थिए तर उनीहरू रेडियोमा बोल्न पाएनन्।, टीकाराम रेडियो धाउन छाडेनन्। दुई महिनापछि एकदिन बोल्ने अवसर पाए।, ‘दुई महिना धाएपछि २०६४ साल भदौ ४ गतेको बाल कार्यक्रममा सहभागीको रूपमा बोल्ने अवसर पाएँ तर रेडियोको माइकनेर बोल्दा डरले आवाज नै निस्किएन,’ उनले भने, ‘नमस्कार, मेरो नाम टीकाराम घिमिरे हो भन्नेबाहेक केही पनि बोल्न सकिनँ।’, पहिलो दिन बोल्न डराए पनि रेडियोमा जान छाडेनन्। यसै क्रममा एक पटक रेडियो तालिममा भाग लिने अवसर पाए। नियमित भेटघाट र छोटो तालिमले उनलाई म पनि कार्यक्रम चलाउन सक्छु भन्ने हिम्मत आयो।, दिन बित्दै गयो। रेडियोमा जाने र भेटघाट गर्ने काम जारी रह्यो। चार वर्षपछि २०६८ मा साताको एक दिन शुक्रबार बाल कार्यक्रम चलाउने अवसर पाए।, ‘२०६८ सालको चैत १२ गते पहिलो बाल कार्यक्रम चलाएँ। मेरो बसाइ, माइक्रोफोन र अन्य कुरा प्राविधिक दाइहरूले मिलाइदिनुहुन्थ्यो,’ टीकारामले भने, ‘तीन वटा कार्यक्रम रेकर्ड गरेर चलाएँ। चौथो कार्यक्रममा लाइभ चलाउन सुरू भयो।’, यसरी बाल कार्यक्रमबाट सुरू भएको उनको रेडियो यात्रा समाचार, अपांगता सरोकार, आजको सन्दर्भ हुँदै अहिले स्टेशन म्यानेजरको जिम्मेवारीमा पुगेको छ। नौ कक्षामा पढ्दा आफूजस्तै दृष्टिविहीनहरू कसरी पढ्छन् भनेर उनले पहिलो पटक रेडियो रिपोर्ट तयार गरेका थिए।, २०६९ साल वैशाखको एक दिन ‘हाम्रा प्रशिक्षार्थी पत्रकार टीकाराम घिमिरेले तयार गरेको रेडियो रिपोर्ट’ भनेर प्रसारण भयो। टीकारामको खुसीको सीमा रहेन। उनले भने, ‘रेकर्ड गरेर धेरै पछिसम्म सुनें। समाचार बुलेटिनमा आफ्नो आवाजमा रिपोर्ट बज्दा संसार जितेजस्तै भान परेको थियो।’, टीकारामले दश वर्ष रेडियो लुम्बिनीमा काम गरे। विभिन्न कार्यक्रम चलाए, समसामयिक विषयमा जानकारहरूसँग अन्तर्वार्ता लिए। रेडियोबाटै उनी ‘टीकाराम’ भनेर समाजमा चिनिए।, उनी भन्छन्, ‘म आँखा नदेख्ने भए पनि रेडियोको माध्यमबाट सबैको घरघरमा पुग्न पाएको छु, समुदायसँग प्रत्यक्ष जोडिन पाएको छु, समाज बुझ्ने र समाजलाई आफूजस्तै फरक क्षमता भएका व्यक्तिका भावना बुझाउन पाएको छु।’, रेडियो लुम्बिनीको दश वर्षको अनुभवले उनलाई रेडियो तिलोत्तमाको स्टेशन म्यानेजर बन्ने बाटो बनाइदियो। अहिले रेडियोमा कार्यक्रम चलाउने मात्रै होइन, रेडियो सञ्चालनको जिम्मेवारी उनको काँधमा छ।, ‘दश वर्ष पहिले रेडियो प्रवेश गर्दा मेरो उद्देश्य र सपना नै रेडियोबाट आवाज सुनाउने मात्रै थियो,’ टीकाराम भन्छन्, ‘अहिले रेडियोले उठाउने विषयवस्तु खोजी गर्ने, रेडियोको स्तरोन्नति गर्ने र सहकर्मीहरूलाई तलब खुवाउनुपर्ने जिम्मेवारी पनि ममाथि छ।’, सानो उमेरदेखि संघर्षका पहाड छिचोल्दै आएका टीकारामले धेरै ठूला सपना देखेका छैनन्।, भन्छन्, ‘ठूला सपना देखियो र पूरा हुन सकेन भने मन दुख्छ, पुरा नहुने सपना देख्नुहुन्न भन्ने लाग्छ। बुबाआमाले पनि त्यही सिकाएर हुर्काउनुभयो।’, रेडियोप्रति टीकारामको लगाव निकै गहिरो छ। उनी भन्छन्, ‘सुत्दा पनि रेडियो, उठ्दा पनि रेडियो सम्झन्छु। बिहेको अघिल्लो दिन पनि म रेडियोकै काममा थिएँ।’, कसैकसैले टीकारामलाई आँखा नदेख्ने मान्छे रेडियोमा कसरी काम गर्छौ भनेर सोध्छन्। कोहीचाहिँ स्टेशन म्यानेजर भएकोमा अचम्ममा पर्छन्।, यस्ता कुराले उनको मन अलिक अमिलो भइदिन्छन्। भन्छन्, ‘मैले १० वर्ष रेडियोमा गरेको कामले अपांगताबारे केही बुझाउन त सकेको छु। अब नेतृत्व पनि लिन सक्छु भनेर पुष्टि गर्नु छ।’, आफ्नो चर्चा दृष्टिविहीन भएकोले होइन, दृष्टिविहीन भइकन पनि आफ्नो कामका कारणले चिनिऊँ भन्ने चाहना छ।, भन्छन्, ‘मलाई चर्चा कमाउनु छैन, काम गर्नु छ। चिन्नेले कामबाटै चिनून्।’, बुबा दामोदर र आमा धनीको चाहना थियो- छोराहरू दृष्टिविहीन भए पनि बुहारीहरू भने आँखा देख्ने नै आऊन्। तीन वर्षअघि, २०७६ सालमा आमाको मृत्यु भयो। गत वर्ष टीकारामको बिहे भयो धनगढीकी गीता जोशीसँग।, टीकारामले स्नातक तहसम्मको पढाइ पूरा गरेका छन्। कतिपयले सरकारी जागिरमा जान सुझाब दिने गरेका छन्। उनी भने रेडियोमै, रमाउने बानी परेको बताउँछन्। टीकाराम पत्रकारितामा स्नातकोत्तर गर्न चाहन्छन्।उनलाई रेडियो पुर्याउने र घर लैजाने जिम्मेवारी चाहिँ बाबु दामोदरकै छ।,
तिलोत्तमा एफएममा गुन्जिरहने टीकाराम |
सेतोपाटी संवाददाता नेपालगञ्जस्थित नेपाल-भारतको नाका जमुनाहाबाट प्रहरीले एक करोड बढी मूल्यको अफिमको दाना (पप्पी सिड) बरामद गरेको छ।, अफिमको दाना रहेको दुई सय ५० बोरा शुक्रबार बिहान जमुहनाहा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।, नेपालगन्जबाट जमुनहा नाका हुँदै भारतको रुपैडिहातर्फ जाँदै गरेको आरजे ०९ जिबी ४५४२ भारतीय नम्बर प्लेटको मालवाहक कन्टेनरबाट अफिमको दाना बरामद भएको हो। कन्टेनरभित्र निर्माण गरिएको छुट्टै फल्स बटनमा लुकाएर राखिएको अवस्थामा अफिमका दाना बरामद भएको डिएसपी न्यौपानेले बताए।, ‘बरामद पप्पी सिडको परीक्षणका लागि भन्सार कार्यालयमा पठाइएको छ,’ डिएसपी न्यौपानेले भने, ‘बोरामा लेखेको आधारमा हामीले नेटमा सर्च गर्दा पप्पी सिड भन्ने फेला पर्यो।’, अफिम खेती गर्नका लागि बीउको रूपमा प्रयोग गर्न अफिमका दाना भारततर्फ लैजान खोजेको हुनुपर्ने डिएसपी न्यौपानेले अनुमान गरे।, बरामद अफिमको दानामध्ये एउटा बोरामा राखेको सामानको मूल्य झन्डै ५० हजार बढी पर्ने कुरा खुल्न आएको न्यौपानेले जानकारी दिए। हरेक बोराको तौल २५ केजीको रहेको प्रहरीले जनाएको छ।, कन्टेनर रोक्न खोज्दा त्यसका कन्टेनरका चालक र सहचालक भागेर भारततर्फ प्रवेश गरेको डिएसपी न्यौपानेले बताए।, ‘नाकामा ड्युटीमा रहेका प्रहरी हवल्दारलाई गोप्य सूचना आएको थियो,’ न्यौपानेले भने, ‘त्यही आधारमा उहाँले कन्टेनर रोक्नासाथ अगाडि बसेका चालक र सहचालक भागेर भारततिर गएछन्।’, उनीहरू भागेपछि झनै आशंका उब्जिएको र खोज तलास गर्दा कन्टेनरको गोप्य कोठामा अफिमका दाना भएका बोरा बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए।, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
भारत लैजाँदै गरेको एक करोड बढी मूल्यको अफिमको दाना बरामद |
नारायण खड्का बर्दियाको सीमावर्ती भारतीय जंगलमा निगुँरो टिप्न गएका एक नेपालीको गोली हानी हत्या भएको छ। , जिल्लाको गुलरिया नगरपालिका वडा नं. ३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियामाथि बिहीबार राति ९ बजे भारतीय जंगल मुर्तीहामा गोली प्रहार भएको थियो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले गोली कसले हान्यो भन्ने खुल्न नसकेको सेतोपाटीलाई बताए।, ‘उहाँ एक्लै निगुँरो टिप्न राति जंगल जानुभएको रहेछ,’ सुवेदीले सेतोपाटीसँग भने, ‘उहाँमाथि गोली कसले हानेको हो भन्ने खुलिसकेको छैन।’ , डिएसपी सुवेदीका अनुसार आसपासमा बस्ने स्थानीय कसैले पनि गोली चलेको आवाज नसुनेको बताए।, ‘स्थानीयसँग हामीले सोधपुछ गर्दा कसैले पनि गोली चलेको आवाज सुनेनौं भन्ने जवाफ दिए,’ सुवेदीले भने, ‘तर उहाँको दाहिने खुट्टाको तिघ्रानेर गोली लागेको हुँदा अत्यधिक रक्तश्रावको कारण मृत्यु हुन पुगेको अस्पतालले स्पष्ट भनेको छ।’, गोली लागेपछि घाइते गोडिया आफैं गाँउसम्म आएको र त्यसपछि नजिकै अंगत गोडियासहितका मानिसहरूले बोकेर घर पुर्याएको डिएसपी सुबेदीले बताए। , घाइते गोडिया बेहोस भएपछि एम्बुलेन्स बोलाएर जिल्ला अस्पताल गुलरिया पुर्याएउँदा राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी सुबेदीले जानकारी दिए। , आफन्तले शुक्रबार शब पोष्ट मार्टम पछि बुझेर अन्तेष्टि गरेको सुबेदीले जानकारी दिए।, उनलाई कसले गोली हान्यो भन्ने बारे एकिन भइ नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। , उक्त जंगल क्षेत्र भारतीय वन्यजन्तु आरक्ष भएका कारण भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ।,
सीमावर्ती भारतीय जंगलमा निगुरो टिप्न गएका बर्दियाका एक युवाको गोली हानी हत्या |
युनिक श्रेष्ठ केही दिनदेखि सानुकान्छा महर्जन ललितपुरस्थित किष्ट मेडिकल कलेजमा बिरामी कुरूवा बसिरहेका छन्। , काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर बस्ने उनी श्रीमती राधा र साला हरिगोपाल प्रजापतिको कुरूवा बसेका हुन्। , राधाको बुधबार मात्रै मिर्गौला प्रत्यारोपण गरिएको हो। शंखरापुर नगरपालिका-६ साँखुका भाइ हरिगोपालले राधालाई मिर्गौला दिएका हुन्।, उनको मिर्गौला प्रत्यारोपण गरेपछि सानुकान्छा अहिले ढुक्क छन्। धेरैपछि खुसी पनि छन्। राधाको मिर्गौला प्रत्यारोपण गर्न उनलाई सहज भने भएको थिएन।, राधा र हरिगोपाल एकै आमाबुवाका सन्तान हुन्। भाइले आफ्नै दिदीलाई मिर्गौला दिन चिकित्सकले हुन्छ भने पनि उनीहरूको नागरिकता बाधक बनेको हो। , राधा सुगरकी बिरामी थिइन्। उनलाई सुगर भएको १८ वर्षभन्दा बढी भइसकेको थियो। त्यसैबीच २०७६ चैत ११ गते लकडाउन भयो। , कोरोना भाइरसको महामारीले देश नै ठप्प बनेपछि राधाको उपचारमा पनि असर पर्यो। उनले नियमित खाँदै आएको औषधी पनि खान पाइनन्। , ‘त्यतिबेला सबै ठप्प भयो। त्यसपछि राधाले पनि औषधी छाडेर बसेकी रहिछन्,’ सानुकान्छाले सेतोपाटीसँग भने,‘औषधी खान छाडेको नै तीन महिना भइसकेको रहेछ। मलाई पनि त्यतिबेला थाहै भएन।’, राधाले औषधी छाडेको कुरा कसैलाई पनि भनिनन्। नियमित जाँच गर्नको लागि जानुपर्ने पनि कोरोनाभाइरसको कारणले उनीहरू गएनन्। , ‘चेकअप गर्न जाऔंभन्दा पनि डाक्टरहरूले पनि नजिकबाट हेर्दैनन्। टाढाबाट मात्रै हेर्ने हो भन्ने कुराहरू सुनेपछि हामी पनि गएनौं,’ उनले भने, ‘तीन महिना जे छ त्यही खाएर बस्यौं। त्यसो भएपछि समस्या हुन थाल्यो।’, सरकारले दसैंको लागि लकडाउन खुला गर्दासम्म राधाको स्वास्थ्यमा पनि समस्या आइसकेको थियो। दसैंलगत्तै सानुकान्छाले राधालाई सुमेरू अस्पतालमा लगेर भर्ना गरिदिए। , त्यहाँ गएपछि सुरूमा चिकित्सकहरूको सुझावअनुसार डायलासिस गराउन थालेको थियो। राधाले निरन्तर करिब १८ महिना डायलासिस गरेपछि उनको दुबै मिर्गौलामा समस्या देखिन थाल्यो। , त्यसो भएपछि डाक्टरहरूले उनलाई मिर्गौलाको डोनर खोज्न सुझाए। सुझावअनुसार घर परिवारमा सरसल्लाह हुन थाल्यो। त्यसको लागि हरिगोपाल मिर्गौला दिन तयार भए। , राधाका दुई जना दिदी र दुई जना भाइ छन्। , हरिगोपालले मिर्गौला दिन तयार त भए तर उनले आफ्नै दिदीलाई मिर्गौला दिन पाइरहेका थिएनन्। सुरूमा सुमेरू अस्पतालमा उपचार गराइरहँदा औषधीको अभाव भएपछि दुई महिना प्रत्यारोपण गर्ने काम रोकिएको सानुकान्छा बताउँछन्। , फेरि औषधी आएको बेलामा पनि उनीहरूले प्रत्यारोपण गराउन सकेनन्। , ‘सुरूमा औषधी नभएको कारणले दुई महिना जति त प्रत्यारोपण नै गर्न सकिएन। पछि फेरि औषधी आयो भन्यो। तर उहाँ फेरि बिरामी भएर आइसियू नै बस्नुपर्ने भयो,’ उनले भने, ‘सुमेरूमै ६ दिन अस्पतालमा भर्ना हुनुभयो। फेरि डाक्टरले स्वास्थ्यको उपचार गर्दा अहिले मिल्दैन भन्नुभयो।’, डाक्टरले त्यत्तिबेला मिर्गौला प्रत्यारोपण गरे पनि कुनै अर्थ नहुने बताएपछि त्यतिबेला पनि रोकियो। डाक्टरले नै केही महिना कुर्नुस् भनेपछि उनीहरूले पनि कुरे। , दुई महिनासम्म पनि अस्पतालबाट उनीहरूलाई कुनै जानकारी आएन। त्यसो भएपछि सानुकान्छा र राधा आफैं अस्पताल पुगेर प्रत्यारोपण गर्न जानेबारे बुझ्न गए। , त्यतिबेला उपचार गराएका डाक्टरको टोली नै मेडिसिटी अस्पताल गइसकेको उनले बताए। , ‘अपरेशन गर्ने बेला भयो कि भनेर अस्पताल गएका थियौं। तर डाक्टहरूको टिम नै मेडिसिटी अस्पतालमा जानुभइसकेको रहेछ,’ उनले भने। , त्यहाँ अपरेशन नहुने अवस्था आएपछि उनीहरू केही महिनाअघि किष्ट अस्पताल पुगे। सुमेरू अस्पतालमा अपरेशन गर्न तयार भएको हुँदा यता पनि अपरेशन गर्न कुनै समस्या आउला जस्तो सानुकान्छालाई लागेको थिएन। , तर त्यहाँ पुग्दा उनलाई झन् समस्या पर्यो।, मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ अनुसार कुनै पनि बिरामीका नजिकका नातेदारले मात्रै अंग दिन सक्नेछ। त्यस्तै अंग दान दिने वा लिन चाहने व्यक्तिले नाता खुलेको व्यहोरा खोलेर स्वीकृतिको लागि समिति समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्छ। , अस्पतालले तोकेको ढाँचामा राधा र उनका भाइ हरिगोपालले किष्ट मेडिकल कलेजको स्वीकृति समितिमा निवेदन पठायो।, उनीहरूले शंखरकापुर-६स्थित वडा कार्यालयबाट पनि साक्षी सर्जमिन गरेर नाता खुलाएका थिए। , समितिले प्रत्यारोपण गर्न स्वीकृति दिएन। किनभने निवेदनसँगै पेश भएको नागरिकतामा भाइ हरिगोपाल दिदी राधाभन्दा जेठा थिए। , राधाको नागरिकतामा जन्म मिति २०२९/१०/१५ गतेको छ। उनका भाइ हरिगोपालको नागरिकतामा भने जन्ममिति २०२९/९/ २२ गतेको छ। , नागरिकतामा एकै आमाबाट जन्मिएका उनीहरू एकै सालमा २३ दिनको अन्तरालमा जन्मिएको उल्लेख भएपछि समितिले स्वीकृति दिएन। , किष्ट मेडिकल कलेजको मिर्गौला प्रत्यारोपण स्वीकृति समितिले सिफरिसको लागि नागरिकता सच्चिनु पर्ने अडान लियो।,
सानुकान्छाका अनुसार राधा २०२७/१०/१५ गते जन्मिएकी हुन्। तर नागरिकतामा राखिएको जन्म मिति नै त्रुटी भएपछि उपचारमा बाधा पर्यो। , उनी बिरामीसमेत रहेकी राधालाई लिएर पनि प्रशासन कार्यालयमा धाए। तर उनको नागरिकता प्रशासन कार्यालयले सच्याइदिएन।, ‘अस्पतालले हामीलाई जन्ममिति नसच्याई हुँदैन भनेपछि ठिकै छ सच्याएर ठिक हुन्छ भनेपछि म साँखु पुगे। मेरी श्रीमतीको माइती साँखु हो। त्यहाँबाट राम्ररी नै कागजहरू सबै तयार गरिदिनुभयो। त्यहाँबाट हामी जिल्ला प्रशासन कार्यालय काठमाडौं गयौं,’ उनले भने,‘त्यहाँ जाँदा यो नागरिकता कुनै हालतमा पनि सच्चिँदैन। हुँदै हुँदैन भन्नुभयो।’ , प्रशासनले नागरिकता सच्याउन नमिल्ने बतायो भने अस्पतालले पनि नसच्ची मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भन्यो। , त्यसो भएपछि सानुकान्छा पीडामा थिए। त्यहीबेला अस्पतालका चिकित्सकहरूले पनि उनलाई सुझाव दिए- अदालत जानू।, अदालतले फैसला गर्नबित्तिकै प्रत्यारोपण पनि गरिदिने चिकित्सकहरूले बताएका थिए। , अदालत जाँदा समाधान हुने सक्ने भएपछि राधा असार ७ गते उच्च अदालत पाटन पुगिन्। उनले किष्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित ६ जनालाई विपक्षी बनाएर उपचारको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्। , राधाको तर्फबाट अधिवक्ता विनोद फुँयाल र निमराज बुढाले बहस गरेका थिए।, अदालतले भोलिपल्टै राधाको पक्षमा आदेश दियो। , रिट निवेदकको बाँच्न पाउने अधिकार र नेपालको संविधानको मौलिक हक अन्तर्गतको स्वास्थ्यसम्बन्धी अधिकार तथा मानव अधिकारको रक्षा गर्दै अदालतले समयमा रिट निवेदकले उपचार नपाएको अवस्थामा बाँच्न पाउने र स्वास्थ्यसम्बन्धी हकबाट बञ्चित हुने देखिइ अबिलम्ब बिरामीको मिर्गौला उपचार कार्य सुचारू गर्नू र निवदिकाको हकमा मिर्गौला प्रत्यारोपण कार्य नरोक्नू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको थियो। , निवेदकको तर्फबाट बहस गरेका फुँयाल र बुढाले शंखरापुर नगरपालिका-६ साँखुबाट गत मंसिरमा नाता प्रमाणितसम्बन्धी गरेको सिफारिस पत्र, गत जेठ ३१ गते सर्जमिन मुचुल्का तथा वैज्ञानिक रूपमा परीक्षण भई आएको आरोग्य स्वास्थ्य प्रतिष्ठानमा गरेको परीक्षणको रिपोर्ट पनि पेश गरेको थियो। , सो रिपोर्टले पनि उनीहरू दिदी-भाइ हुन् भन्ने प्रमाणित गरेको छ। , त्यसलाई आधार बनाएर न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले मिर्गौला प्रत्यारोपण गर्न सक्ने देखियो भन्दै आदेश जारी गरेको हो। , ‘यी रिट निवेदीका मिर्गौला ग्रहणकर्ता दिदी र मिर्गौला दाता भाइ भन्ने तथ्य वैज्ञानिक परीक्षण समेतबाट प्रमाणित भइसकेको अवस्थामा मानव शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १४० को उपदफा (१) को खण्ड (क) तथा दफा २ (ठ) बमोजिम निवेदीका मिर्गौला गृहणकर्ता र मिर्गौलादाता हरिगोपाल प्रजापति दिदी भाइ भई नजिकको नातेदार भित्रको देखिइ आफ्नो अंग दान गर्न सक्ने व्यक्ति भन्ने देखियो,’ आदेशमा भनिएको छ। , सोही आदेशलाई आधार मानेर किष्ट मेडिकल कलेजले उपचार प्रक्रिया अगाडि बढाएको हो। आदेश आएपछि सबै प्रक्रिया सकाएर किष्ट मेडिकल कलेजले बुधबार उनमो मिर्गौला प्रत्यारोपण गरेको छ। , किष्टका प्रमुख प्रशासकीय अधिकृत अक्षयप्रसाद गौतमका अनुसार मिर्गौला प्रत्यारोपण कुशलतापूर्वक सम्पन्न भएको छ। दुबै बिरामीहरूको स्वास्थ्यमा पनि उल्लेख्य रूपमा सुधार भएको उनले बताए। उनले दुबै जना केही दिनमा नै घर जानसक्ने बताए।, अस्पतालका चिकित्सकहरूले पनि मुद्दा हारे पनि प्रत्यारोपण गर्न पाउँदा आफूहरू खुसी नै भएको बताएका छन्।, ‘अपरेशन पछि डाक्टरहरूले अपरेशन एकदमै राम्रो भएको बताउनुभयो। हामी पहिलो पटक मुद्दा हारे पनि अपरेशन गर्न पाउँदा खुसी नै भएको बताउनुभएको थियो,’ उनले भने।, अहिले बिरामी हिँड्न थालिसकेको सानुकान्छाले बताए। , ‘अघि बिरामीलाई यसो हेर्नुपर्यो भनेर अघि गएको थिएँ। हेर्न जाँदा त बिरामी शौचालयबाट हिँडेर आउनुभएको देखेँ मैले,’ उनले भने,‘त्यो देखेपछि यत्ति धेरै खुसी लाग्यो कि केही भन्नै सक्दिनँ।’,
अदालतमा लडेर हरिगोपालले दिए दिदीलाई मिर्गौला |
सेतोपाटी संवाददाता हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। , देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , महाशाखाका अनुसार देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। , सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। ,
आज प्रदेश १ का एकदुई स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह |
एजेन्सी चिनियाँ सरकारको स्वामित्वमा रहेका तीन वटा एयरलाइन्सले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसलाई २९२ जहाजको अर्डर दिएका छन्।, ग्लोबल टाइम्सका अनुसार चाइना साउर्दन, एयर चाइना र चाइना इस्टर्नले शुक्रबार सबै गरेर २९२ जहाज किन्नका लागि सम्झौता गरेका हुन्।, सन् २०२० मा कोरोनाभाइरसको महामारी सुरू भएपछि चिनियाँ एयरलाइन्सले पहिलो पटक यति ठूलो संख्यामा जहाज अर्डर गरेका हुन्।, ब्लुमबर्गका अनुसार ती जहाजको मूल्य ३७ अर्ब अमेरिकी डलर पर्नेछ। चिनियाँ एयरलाइन्सहरूसँग जहाज खरिद-बिक्रीको सम्झौता भएसँगै एयरबसको सेयर मूल्य शुक्रबार चार प्रतिशतसम्म बढेको छ।, एयर बसले सन् २०२७ सम्ममा सबै जहाज चिनियाँ एयरलाइन्सलाई उपलब्ध गराइसक्ने उल्लेख गरिएको छ।, चिनियाँ एयरलाइन्सहरूले एयरबससँग गरेको यो डिलले अर्को जहाज निर्माता कम्पनी अमेरिकाको बोइङलाई घाटा पर्ने देखिएको छ। यी दुई कम्पनीबीच संसारकै ठूलो जनसंख्या भएको चीनमा जहाज बेच्न प्रतिष्पर्धा हुन्छ। बोइङको ७३७ म्याक्स मोडलका जहाज दुर्घटनामा परेपछि धेरै चिनियाँ एयरलाइन्सले उक्त मोडलका जहाज उडाउन रोकेका थिए।,
एयर बससँग २९२ वटा जहाज किन्ने भए तीन चिनियाँ एयरलाइन्सले |
शोभा शर्मा यौन हिंसाविरूद्ध सेतोपाटी संवाद, यौन दुर्व्यवहारविरूद्ध सेतोपाटीको तेस्रो शृंखलामा हामीले काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका कक्षा १० मा पढ्ने विद्यार्थीसँग कुराकानी गरेका छौं। , नौ जना विद्यार्थीबीच भएको कुराकानीमा यौन दुर्व्यवहारबारे उनीहरूले आफ्ना बुझाइहरू बताए। सबैजसो विद्यार्थीलाई यौन दुर्व्यवहारबाट बच्न आमाबुवा र परिवारका सदस्यले सिकाउँदा थाहा भएको रहेछ। , उनीहरूमध्ये धेरैजसोलाई यौन दुर्व्यवहारका घटनामा प्रहरी र अदालतले पूर्ण न्याय दिलाउँछन् भन्नेमा विश्वास नभएको कुरा गरे।, यी विद्यार्थीहरूले दोषीलाई सजाय सँगै सरकारले समाजमा यौन दुर्व्यवहार तथा विभेदविरूद्ध जनचेतना फैलाउन आवश्यक देखेका छन्। , उनीहरूसँग सेतोपाटीले गरेको छलफल हेरौं: , पहिलो शृंखला: ,‘केटीहरूलाई राति-राति हिँड्न दिनु हुँदैन भन्छन्, त्यस्तो पनि हुन्छ?’ (भिडिओ), दोस्रो श्रृंखला:, ,यी विद्यार्थीले सानैदेखि देखेका थिए यौन दुर्व्यवहारका यस्ता घटना (भिडिओ), भिडिओः सुसन चौधरी/रविन न्यौपाने,
ज्ञानोदयका विद्यार्थी भन्छन्: दोषीलाई सजाय दिऔं, यौन हिंसाविरूद्ध चेतना जगाऔं |
सेतोपाटी संवाददाता अर्काको नागरिकताबाट सिम निकालेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर हेटौडा उपमहानगरपालिका-१७ का ४१ वर्षीय गोपी बजगाईलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनले फेसबुक, ह्वाट्सएपबाट वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै एक जना व्यक्तिसँग कुराकानी गरेका थिए।, उनले पोर्चुगल जान ११ लाख रुपैयाँ लाग्ने बताएका थिए। ११ लाख भए पोर्चुगल पठाइदिने ग्यारेन्टीसमेत दिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , बजगाईंले पीडित व्यक्तिलाई प्रक्रिया अगाडि बढाउन सुरूमै पैसा नचाहिने, नागरिकतालगायत कागजात भए पुग्ने बताएका थिए। उनले भिसा आएपछि मात्रै रकम तिर्नुपर्ने भन्दै विश्वास जितेको प्रहरीले जनाएको छ। , त्यसरी उनले पीडितको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरणलगायतका कागजात लिए। त्यसपछि पीडितकै नागरिकता लिएर त्यसैबाट सिमकार्ड निकाले। , उनले सिम कार्डको प्रयोग गरी बैंक खाता समेतमा पहुँच पुर्याएर मोबाइल बैंकिङबाट पैसा निकालेका थिए। , त्यही सिमको प्रयोग गरेर उनले एक जनाबाट तीन लाख ८६ हजार रुपैयाँ ठगेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, पीडितले कार्यालयमा उजुरी दिएपछि काठमाडौंको बानेश्वरबाट उनलाई बिहीबार पक्राउ गरिएको हो। , उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीको लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको कार्यालयले जनाएको छ।,
पोर्चुगल पठाउने भन्दै मागेको नागरिकताबाट सिमकार्ड निकालेर ठग्ने एक पक्राउ |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाउँदै शुक्रबार सूचना जारी गरेको छ। यसले विभिन्न सामाजिक तथा आर्थिक कारणले सडकमा भिख मागेर गुजारा गर्न बाध्य व्यक्ति वा परिवारको व्यवस्थापन महानगरले कसरी गर्छ भन्ने प्रश्न उठेको छ।, मान्छे बिनाकारण अर्काको अगाडि हात पसार्दैन। त्यसको पछाडि सामाजिक र आर्थिक कारण हुन्छ। केही विकृति हुन सक्छ तर धेरैजसो अवस्थामा कतै केही सीप नलागेपछि मात्र मान्छे सडकमा माग्न बस्छ।, शारीरिक अक्षमता भएका कतिपय व्यक्ति सडकमा गीत गाउँदै वा आफूसँग भएको प्रतिभा प्रदर्शन गरेर पनि गर्जो टार्छन्। महानगरको सूचनाअनुसार अब त्यस्ता व्यक्तिले आफ्नो प्रतिभा प्रदर्शन गर्दै आर्थिक सहयोग माग्न पाउने छैनन्।, यस्तो अवस्थामा महानगरको नियमले आर्थिक समस्यामा परेर भिखको सहारामा बाँचेका वा सडकमा आफ्नो प्रतिभा देखाएर कमाइ गरिरहेका व्यक्ति अलपत्र पर्दैनन्? उनीहरूको जीविकोपार्जन निम्ति महानगरले के व्यवस्था गर्दैछ?, हामीले यिनै प्रश्न महानगरका सूचना अधिकारी वसन्त आचार्यलाई सोध्यौं।, सार्वजनिक स्थानमा भिख माग्नेहरूलाई हटाए पनि अलपत्र नपार्ने दाबी गर्दै आचार्यले भने, 'उनीहरूको व्यवस्थापन निम्ति हामीले मानव सेवा आश्रममा राख्ने योजना बनाइसकेका छौं।', आचार्यले धुवाँधुलो खाँदै सडकमा बसेकाहरूलाई आश्रममा व्यवस्थित ढंगले राखिने बताएका छन्।, 'यसबाट खाने-बस्ने टुंगो नभएका मानिसलाई सुविस्ता हुनेछ। समयमै सबै कुरा पाउने छन्,' उनले भने, 'यो त सबैका लागि राम्रो कुरा हो।', केटाकेटीलाई सडकमा राखेर भिख मगाउने र त्यसका नाममा आफ्नो गुजारा गर्नेहरूको बिगबिगी बढेका कारण यस्तो कार्यक्रम ल्याएको उनले बताए। बाटोमा भिख माग्दै गरेको दृश्यले राम्रो सन्देश पनि नजाने उनको भनाइ छ।, 'अहिले जो मान्छे फुटपाथमा भिख माग्दै गरेका देखिन्छन्, तिनलाई प्राय: अरू कसैले एकाबिहानै त्यहाँ ल्याएर राख्छन्,' उनले भने, 'यसरी अर्कालाई भिख माग्न लगाएर आफ्नो गुजारा गर्नेहरूको गिरोह नै यहाँ सक्रिय छ।', त्यस्तो गिरोहका मान्छेलाई सडकबाट उठाउने र वास्तवमै आर्थिक समस्यामा परेर भिख भाग्न बाध्य व्यक्तिहरू पहिचान गरी सहयोग गर्ने उद्देश्यका साथ यो नियम ल्याएको आचार्यले बताए।, 'काम गर्ने बहानामा कुनै पनि व्यक्तिलाई भिक्षा माग्ने काममा लगाउन पाइँदैन,' आचार्यले भने, 'त्यसैलाई दुरूत्साहन गर्न काठमाडौं महानगरपालिकाको ११औं नगर सभा अधिवेशनले यो नीति स्वीकृत गरेको थियो।', उनले अगाडि भने, 'महानगरले उनीहरूमाथि अमानवीय व्यवहार गर्यो भन्ने भ्रम हुन सक्छ तर त्यसो होइन। उनीहरूलाई झनै राम्रो स्थानमा राखिने छ जहाँ कुनै समस्या हुँदैन।', अरू पनि परिवार नभएका बेसहारा व्यक्ति छन् भने मानव सेवा आश्रममा सम्पर्क गरी बस्न सक्ने उनले बताए।, साधु, सन्त, जोगी तथा भिक्षुहरूलाई भने यो नियम लागू हुने छैन। उनीहरूले पनि सडकमा जहाँसुकै भिक्षा माग्न पाउने छैनन्।, 'घरघर डुलेर वा सांस्कृतिक ठाउँहरूमा गएर भिक्षा माग्न सक्छन् तर सार्वजनिक स्थानमा गएर माग्न पाउँदैनन्,' उनले भने।, महानगरले सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारी साधनमा बसेर भिख माग्न नपाउने भनेको छ।, अब प्रश्न उठ्छ, महानगरले भनेको मानव सेवा आश्रम के हो? कहाँ छ?, मानव सेवा आश्रम नेपालका सातै प्रदेशमा छन्। देशका १९ वटा जिल्लामा यसका २२ वटा शाखा छन्। काठमाडौंमा सामाखुसी र वनस्थली गरी दुई ठाउँमा यस्ता आश्रम सञ्चालनमा छन्।, यो आश्रम सबभन्दा पहिला २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडामा रामजी अधिकारीले सञ्चालनमा ल्याएका थिए। यसले विभिन्न ठाउँका सडकमा बस्दै आएका मानिसको उद्धार गर्दै आएको छ।, 'सडकबाट ल्याएका मानिसलाई वनस्थली आश्रममा राख्ने गरिएको छ,' आश्रममा काम गरिरहेकी अञ्जली महथाले भनिन्, 'सामाखुसीमा भने वनस्थलीबाट छानेर ल्याएको मानिस मात्र राख्ने गरिन्छ।', संस्थापक रामजीका अनुसार मानव सेवा आश्रममा झन्डै १६ सय जना आश्रित छन्। तीमध्ये ३० देखि ५० वर्ष उमेरका मानिसको संख्या धेरै छ। उनीहरू धेरैजसो मनोरोगी छन्।, महानगरले यो आश्रमलाई पहिल्यैदेखि सहयोग गर्दै आएको छ। महिनावारी घरभाडा तिरिदिने सम्झौता महानगरसँग भएको अधिकारी बताउँछन्। आश्रित व्यक्तिहरूका लागि बजेट छुट्याएर भने दिँदैन।, महानगरले नागार्जुन नगरपालिकामा आश्रमका लागि घर बनाउन सहयोग गर्ने सम्झौता पनि गरेको छ। यसका लागि १६ रोपनी जग्गा नागार्जुन नगरपालिकाले नै दिएको थियो।, उक्त जग्गामा आश्रमको घर बनाउनेबारे तीन महिनाअघि काठमाडौं महानगर, नागार्जुन नगरपालिका र आश्रमबीच सम्झौता भएको उनले जानकारी दिए। महानगरले १२ करोड रूपैयाँ बजेट छुट्याएको छ।,
भिख माग्न रोक लगाउने महानगरले कसरी गर्दैछ भिखारी व्यवस्थापन? |
सेतोपाटी संवाददाता काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ।, शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।, पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्। , यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।, निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो। ,
काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडिओ) |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा मापन भएको छ। यस्तै मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ। , महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ। , यस्तै, उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार इलाम र झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ।, मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम बढेका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ,
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी |
डाक्टर अभिलाषा शाह साधारणतया मासु तथा जोर्नी र तन्तुको दुखाइलाई हामी बाथ रोग भन्छौं। , वास्तवमा भन्ने हो भने यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थालेपछि बाथ रोग हुन्छ।, बाथ रोग लागेपछि सानो तथा ठूलो जोर्नी दुख्ने, ढाँड दुख्ने, बिहानको समयमा औलाहरू चलाउन गाह्रो हुने, मुठी पार्न गाह्रो हुने, चियाको कप उचाल्न गाह्रो हुने अनि कक्रक्क पर्ने हुन्छ। यस्तै कपाल झर्ने, आँखा, मुख सुख्खा हुने शरीरमा डाबरहरू आइरहने औलाहरू चिसोमा नीलो, सेतो हुने लगायत हुन्छ।, बाथ रोगको प्रकार अनुसारको लक्षण हुन्छ। , बाथ रोगको उपचार भन्दा पहिला पहिचान हुन जरूरी छ। लक्षणको आधारमा चिकित्सकले बाथको टेस्ट गराउँछन्। , बाथ रोग परीक्षण गर्दा रगत परीक्षण, रेडियोलोजिकल परीक्षण (एक्सरे, एमआराई) गर्नुपर्छ। रोग प्रतिरोधात्मक शक्तिको परीक्षण समेत गर्नुपर्छ।, पहिला बिरामीले आफूलाई कस्तो बाथ हो भनेर थाहा पाउनुपर्छ। त्यसका लागि बिरामीले नियमित व्यायाम गर्नुपर्छ। बाथरोग लाग्यो भन्दै आराम गर्ने र खाना बारेर मात्रै हुँदैन।, बाथरोग पूर्ण रूपमा निको हुँदैन। यसलाई नियन्त्रणमा राख्नुपर्छ। कुनै-कुनै बाथ रोग समय क्रममा हराउँछ तर धेरैजसो बाथ रोगलाई नियन्त्रणमा राख्ने हो। समय-समयमा चिकित्सकलाई परीक्षण गराएर हेर्नुपर्छ।, यो रोगलाई लापरबाही गर्यो भने मान्छेलाई अपांग समेत बनाउँछ। शरीर भित्रका अंग बिगार्ने लगायतका काम गर्छ।, बाथलाई नियन्त्रणमा लिइएन भने झन डरलाग्दो हुन्छ।, अर्को कुरा, दिर्घकालीन रोग हो जति खाए पनि हुँदैन भनेर बीचमै औषधि छोड्न हुँदैन।, गाउड खालको बाथमा (युरिक एसिड) खाना बार्नुपर्छ। यस्तो बिरामीले रातो मासु, सी फुड खान हुँदैन। बाथ भयो भन्दै हरेक खाना बारे गल्ती हुन्छ।, जस्तो, गठिया बाथमा रातो मासु, सि फुड लगायत बार्नुपर्दैन। रोगको प्रकृति नबुझी बारेमा बिरामी झन कमजोर हुन्छ।, त्यसैले चिकित्सकसँग सल्लाह गरेर मात्रै बार्नुपर्छ।, बाथ रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन्छ।, बाथ रोगको उपचार नेपालमै सम्भव छ। पहिला-पहिला कतिपय परीक्षण बाहिर पठाउन पर्थ्यो। अब यो नेपालमै सम्भव छ।, पहिला धेरै बिरामी उपचारका लागि बिदेश जानुपर्ने बाध्यता थियो। अहिले चिकित्सक र उपचार प्रविधिको पनि सुविधा नेपालमै उपलब्ध भइसकेको छ।, बाथ रोगको समस्या र यसको उपचार लगायतका विषयमा केन्द्रित रहेर हामीले नर्भिक र अल्का अस्पतालमा कार्यरत बाथ रोग विशेषज्ञ डा अभिलाषा शाहसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्।,
बाथ रोगलाई खेलाची नगरौं (भिडिओ) |
सेतोपाटी संवाददाता बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीकाे मृत्यु भएको छ।, काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए।, गम्भीर घाइते भएका उनलाई उपचारका लागि बैतडीको खाेडपाे पुर्याइएकाे थियाे।, त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।,
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीकाे मृत्यु |
सेतोपाटी संवाददाता भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला।, किनकि, जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ। त्यही कामको चापले नै होला एक शहरीयाले अर्को शहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि। तर यही ब्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ।, साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ। भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरुमा हसिलो अनुहार देखिने बेला, मठ–मन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ। यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ।, जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। निलो आकाशमा रातो अनि पहेलो रङ भरिन्छ। चराचुरूंगीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक। आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन्।, सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ। हल्का बादल भएको बखत दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ।, बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ। पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ। शहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयनहरू।, दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ।, हेर्नुहोस् न्यूज एजेन्सी नेपालले खिचेका केही तस्बिरहरू, ,
ब्यस्त शहरमा मस्त गोधुली साँझ (फोटोफिचर) |
विनोद सापकोटा पूर्वी नेपालको पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ।, जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए।, पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ४२ वर्षीय रूपलाल मगरको शव फेला परेको हो। अर्का एक जनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। , बेपत्ता भएकामध्ये अर्का एकको खोजी कार्य जारी छ।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर गएराती पहिरोले बगाएको हो। मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो।, पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए।, प्रहरीका अनुसार बेपत्ताको खोजी तथा उद्धार हिजो राति देखिनै भएको थियो।, बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए। , यसअघि ताप्लेजुङमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।,
अपडेटः पाँचथर पहिरोमा हराइरहेका ३ मध्ये २ को शव फेला |
विनोद सापकोटा पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ।, घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।, पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका छन्।, बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखिनै भएको हो तर, बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ।, बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । , यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।,
,
पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ। , शुक्रबार राति करिब साढे ८ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आएका एक जना यात्रुलाई पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। ती यात्रु बैंककबाट काठमाडौं आएका थिए। , राकेश तुलाधर नाम गरेका यात्रुले एउटा सुटकेश बोकेका थिए। उनले बोकेको सुटकेश विमानस्थलका भन्सार अधिकृतले चेक गरेका थिए। , सुटकेश पनि खाली नै थियो। , चेक गर्नेक्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा शंकास्पद धातु देखियो। सुटकेश च्यातेर हेर्दा ह्यान्डल जोडिने भित्री भागबाट सुन बरामद भएको भट्टराईले बताए। , पाँच इन्च लामो र एक इन्च चौडाइ भएको सुनको बारलाई कार्वन पेपरले र्यापिङ गरी अड्काएर ल्याएका थिए। सो सुन २३७.४ ग्राम छ। , शुक्रबार राति नै ती यात्रुलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले विस्तृत अनुसन्धान सुरू गरेको जनाएको छ। , सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धानबाट खुल्दै जाने भट्टराई बताउँछन्।, यस अनुसन्धानका लागि भन्सार अधिकृतलाई २५ दिनको समय उपलब्ध हुनेछ।,
,
सुटकेशको ह्यान्डलमा सुन लुकाएर ल्याएको आरोपमा विमानस्थलबाट एक पक्राउ |
सेतोपाटी संवाददाता डाेटीमा सेती नदी छेउमा एक जनाको शव फेला परेको छ।, डोटीको शिखर नगरपालिका ११ तल्लिसात स्थित सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।, उक्त शव महिलाको हो की पुरूषका भन्ने नखुलेको प्रहरीले जनाएको छ।, शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए। , सेती नदीले उनलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
डाेटीमा सेती नदी किनारमा शव फेला |
रासस बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।, पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।, आक्रमणबाट उनी घाइते भएकी हुन्। , जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।, उनको अवस्था गम्भीर छ।,
चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते |
रासस पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ।, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।, उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उनकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।, केन्द्रका शल्यचिकित्सक राकेशकुमार बर्मा, दिपेश श्रेष्ठ, रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट आरती राई, सोभित थापा, नेफ्रोलोजिष्ट कल्पनाकुमारी श्रेष्ठ र लुसन सिंह, रेडियोलोजिष्ट कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण संलग्न थिए।,
पोखरामा सफल भयो मिर्गौला प्रत्यारोपण |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा आएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बिहीबार उद्घाटन गरी ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो।, वडा कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय गरी चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो। , प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको एसएसपी जोशीले बताए।, ‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ,’ उनले भने, ‘प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ।’, हाल उपत्यकाको मुख्य ४० चोकहरूमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको कार्यालयले जनाएको छ। , ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरूमा ट्राफिक लाइटको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ। ,
,
ललितपुरको झम्सिखेल चोकमा सञ्चालनमा आयो ट्राफिक लाइट |
रासस स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार (घर) भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।, वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो।, गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।, सोही धन्सारमा सुतेका उनका दाजु १६ वर्षीय लक्ष्मण भट्टराई घाइते छन्।, उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।,
घर भत्किँदा स्याङ्जामा बहिनीको मृत्यु, दाजु घाइते |
सेतोपाटी संवाददाता जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन्।, बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको बताए।, बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए।, बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। ,
जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी |
सेतोपाटी संवाददाता पर्सामा अन्त्येष्टिको लागि जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ। , बुधबार राति करिब ११ बजे पर्साको बहुदरमाई नगरपालिका-७ विश्रामपुरकी १४ वर्षीया बालिकाको आधा जलिसकेको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।, प्रहरीले घटनास्थलबाट तीन जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। , राति करिब १० बजेतिर प्रहरीलाई एक बालिकाको शव जलाउँदै गरेको भन्ने खबर आएको थियो। , ‘आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएको थियो,’ कार्कीले भने, ‘खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागे। महिलाहरू तीन जना पक्राउ परेका छन्।’, प्रहरीले सोधपुछ गरिरहेका मध्ये एक जना नाबालिग पनि छन्। उनीहरू एकै परिवारका हुन्।, सुरूमा प्रहरीलाई आत्महत्या गरेको भन्ने खबर आए पनि त्यो पुष्टी नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।, ‘हामीलाई आत्महत्या गरेको भन्ने खबर आए पनि त्यो पुष्टी भइसकेको छैन। अनुसन्धानको विषय हो,’ उनले भने, ‘अहिले नै निष्कर्षमा पुगिसकेका छैनौं।’, प्रहरीले मृतकको परिचय खुलाइसकेको छैन। , प्रहरी घटनास्थलमा पुग्दा शव ५० प्रतिशत जलिसकेको अवस्थामा फेला परेको हो। प्रहरीले शवको पोष्टमर्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनामा संलग्न पुरूषहरूको खोजी गरिरहेको जनाएको छ। , ,
मध्यरातमा जलाउँदै गरेको किशोरीको शव पर्सा प्रहरीले लियो नियन्त्रणमा |
सेतोपाटी संवाददाता श्रीमतीमाथि आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनीमाथि ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको आरोप छ।, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार राति १० बजे तिलका र बबिताबीच घरायसी विवाद भएको थियो। त्यसक्रममा तिलकाले बबितामाथि मट्टीतेल छर्केर आगो लगाएर भागेका थिए। , खोजी गर्नेक्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। , आगो लागेर घाइते भएकी बबिताको उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। उनको शनिबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। , प्रहरीले घटनामाथि थप अनुसन्धान अघि बढाएको छ। , श्रीमतीमाथि आगो लगाउँदा घर भित्रका लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।,
, ,
,
मोरङमा मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या, श्रीमान पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले मकवानपुर कैलाश गाउँपालिका-१० घर भई कीर्तिपुर नगरपालिका-५ पाँगा लाछी बस्ने २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। प्रजाले बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेका थिए। , त्यहाँ लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो। , सो खबर पाएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
१३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा कीर्तिपुरबाट युवक पक्राउ |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, ललितपुरमा जन्मेकी हुन् सरिता केसी, ३५ वर्षकी भइन्। केही वर्षदेखि उनी अर्की एक महिलासँग बसेकी छन्। उनी आफूलाई द्विलिंगी अर्थात बाइसेक्सुअल महिला भन्छिन्। यसको अर्थ उनीहरू दम्पती हुन्। , सरिता आमा बन्न चाहन्छिन्। उनी आमा बन्ने दुई वटा उपाय हुन सक्छन्। एक– कोही पुरुषबाट बच्चा जन्माउने, दुई– अपरिचित पुरुषको शुक्रकीटबाट 'इन भिट्रो फर्टिलाइजेसन' गर्ने अर्थात् 'टेस्टट्युब बेबी' जन्माउने वा यस्तै प्रक्रिया अवलम्बन गर्ने।, यसबाहेक अर्को उपाय हो अरू कसैको छोरा/छोरीको धर्मआमा बन्ने।, 'म महिलालाई नै जीवनसँगीनी बनाएर सँगै बसेकी छु। त्यसैले आफैं गर्भधारण गरेर आमा बन्न सक्ने अवस्थामा छुइनँ,' उनी भन्छिन्। अहिले पुरुषप्रति यौन आकर्षण कम हुँदै गएकाले पनि उनी आफैं गर्भधारण गर्न इच्छुक छैनन्। , सरिता कुनै आमाबाबुको बच्चा 'एडप्ट' गर्न चाहन्छिन्। तर यसमा उनका लागि कानुनी बाटो छैन। उनका अनुसार धर्मआमा वा धर्मबाबु बन्ने कानुनी व्यवस्था भए पनि उनीजस्ता फरक लैंगिक पहिचानका व्यक्तिका लागि यस्तो सुविधा छैन।, पारलैंगिक, समलैंगिक, द्विलैंगिक वा यस्तै फरक लैंगिक अवस्थाका महिला वा पुरुषले आफ्नो पहिचानसहित धर्मआमा वा धर्मबाबु बन्ने कानुनी व्यवस्था छैन। , 'म आमा बन्नुमा परेको मुख्य बाधा कानुनी विभेद नै हो,' आफ्नो लैंगिक र यौनिक अवस्थाबारे सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्।, परिवारमा जेठी छोरी भएर जन्मेकी सरिता स्कुले जीवनमा चुलबुले स्वभावकी थिइन्। पढाइमा मेहनती र जिज्ञासु पनि थिइन्। , किशोरावस्थामा प्रवेश गरेर उकालो लाग्दै गर्दा उनले आफू केटी साथीहरूभन्दा केही फरक रहेको अनुभव गर्न थालिन्। उनी आफूजस्तै केटीसाथीसँग भावनात्मक रूपले आकर्षित हुन थालेकी थिइन्। यस्तो भावना क्षणिक हुन्थ्यो र त्यसको अन्तर्यमा के थियो भन्ने पनि उनले थाहा पाइनन्। , उमेर बढ्दै जाँदा केही केटा साथीहरूले उनलाई मन पराए। केहीले प्रेमपत्र पनि लेखे। तर उनले जवाफ दिइनन्। खासमा उनलाई केटाहरूप्रति यौन आकर्षण थिएन। आफ्नो मनभित्र के हुँदैछ भन्ने पनि उनले थाहा पाइनन्। केही फरक महसुस भएको कुरा पनि कसैलाई भन्न सकिनन्। , 'अहिलेजस्तो थिएन। त्यति बेला गुगलमा सर्च गरेर हेर्न सक्ने अवस्था थिएन। आफैंले खोजी गरेर बुझ्न पाउने सुविधा केही थिएन,' त्यो समय सम्झिँदै सरिताले भनिन्, 'समाजले जे बुझाएको छ त्यही पछ्याउनु पर्ने बाध्यता थियो।', आफू अरू केटीहरू भन्दा केही न केही फरक छु भन्ने लागे पनि आफ्नो कुरा कसलाई, कसरी सुनाउने भन्नेमा सरिता अन्योलमा परिन्। आमालाई कसरी सुनाउने, के भन्ने, उनलाई थाहा भएन। साथीलाई सुनाउन पनि उनलाई यस्तै भयो। उनको भावना मनभित्रै गुम्सिएर रह्यो।, यत्तिकैमा उनले २०६१ सालमा एसएलसी उत्तीर्ण गरिन्। यसपछि उनी राजनीतिमा लागिन्। एउटा राजनीतिक दलको विद्यार्थी संगठनमा आबद्ध भएर केन्द्रीय तहसम्म पुगिन् तर लामो समय अडिइनन्। , उनले भनिन्, 'राजनीतिको भूत तीन वर्ष चल्यो। त्यसपछि आत्मनिर्भर हुनुपर्छ भन्ने लागेर जागिर खोज्नतिर लागेँ।', उनी कलेज पढ्ने विद्यार्थी थिइन्। एउटा कोरियन प्रोजेक्टमा काम पनि पाइन्। यही समय कुनै एक पुरुषसँग उनको मन मिल्यो। दुवै जना एकअर्काका दुःखसुख साट्ने साथी भए। दिन बित्दै जाँदा प्रेम बस्यो। तर यो प्रेमसम्बन्ध धेरै दिन चलेन। खासमा प्रेम गाढा हुँदै जानुको सट्टा सरितालाई पुरुषप्रतिको आकर्षण घट्दै गयो। , सरिताले यस्तो प्रेममा नबस्नु उचित ठानिन्। सम्बन्ध अघि बढेन। यसो हुनुमा सरितालाई पुरुषप्रति यौन अकार्षण नहुनु नै मुख्य कारण थियो। खासमा प्रेममा परेका समयमा उनी आफ्नो यौनिक अवस्थाबारे प्रष्ट थिइनन्। अनायासै बसेको प्रेम अनायासै छुटेपछि केही वर्ष सरिता काममा मात्रै केन्द्रित भइन्। , कामकै सिलसिलामा उनले केही सामाजिक कार्यक्रममा सहभागी हुने मौका पाइन्। त्यही क्रममा केही सामाजिक अभियानीहरूलाई भेट्ने अवसर पाइन्। तिनैमध्ये एक थिइन् गैरसरकारी संस्था 'मितिनी नेपाल' की अध्यक्ष लक्ष्मी घलान। , मितिनी नेपालले लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूको सहयोगका लागि काम गर्छ।, 'लक्ष्मीलाई देख्दा सुरूमा मलाई अलिक अनौठो लाग्यो। लक्ष्मी हेर्नमा पुरुषजस्तो देखिन्थिन्। तर उनको नाम, स्वर र बोलीचाली महिलाको जस्तो थियो,' उनले भनिन्।, त्यस दिन लक्ष्मीसँग कुराकानी भएन। कुरा गर्न सरिता खासै उत्साहित पनि भइनन्। कुनै कार्यक्रमका अवसरमा अर्को पटक पनि लक्ष्मीसँग भेट भयो। यो भेट भने सरिताको जीवनमा कोशेढुंगा भइदियो। , लक्ष्मीसँग कुराकानी भयो। सरिताले पहिलो कुराकानीमै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा केही जानकारी पाइन्। लक्ष्मी समलिंगी रहिछन्। कुरा हुँदै जाँदा लक्ष्मीले 'एलजिबिटिआइक्यू' बारे बताइन्। , सरिताले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र कस्ताकस्ता व्यक्तिहरू छन्, कस्तो व्यक्ति यस्तो समुदायका मानिन्छन्, यस्ता व्यक्तिहरूप्रति समाजको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि बुझ्दै गइन्।, त्यो बेला सरिता एक महिलासँग प्रेम सम्बन्धमा थिइन्। पुरुषप्रति पनि सामान्य आकर्षण थियो। अब भने सरितामा कुनै अन्योल रहेन। उनले आफू द्विलिंगी महिला हुँ भन्ने टुंगो गरिन्। आफ्नो लैंगिक पहिचानमा प्रष्ट भइन्।, 'मैले सबै कुरा बुझेपछि म पनि द्विलिंगी महिला रहेछु भन्ने थाहा पाएँ,' सरिताले भनिन्, 'महिला र पुरुष दुवैप्रति यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षित छु भनेपछि म आफ्नो पहिचानमा प्रष्ट भएँ।', सरिता र लक्ष्मीको भेट बाक्लिँदै गयो। उनी मितिनी नेपालको कार्यालयमा पुगिन्। त्यहाँ उनले केही समलिंगी महिलाहरूलाई भेट्ने र उनीहरूसँग कुरा गर्ने अवसर पाइन्। सरिताले मितिनी नेपालसँग निकटमा रहेर काम गरिन्। पछि उनी त्यसको कार्यसमितिमा पनि पुगिन्।, उनीहरूको र आफ्नो समेत भोगाइले सरितामा कहिलेकाहीँ छटपटी उत्पन्न हुन्थ्यो। सामाजिक र कानुनी विभेदका विरूद्ध आवाज उठाउनेबारेमा सोच्थिन्। आखिर उनी लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हित संरक्षण र हकअधिकारको अभियानी बनिन्। , एलजिबिटिआइक्यू समुदायभित्रै पनि द्विलिंगीप्रति उदार दृष्टिकोण नरहेको सरिताको अनुभव छ। समुदायभित्रै पनि कतिपयले द्विलिंगी हुनुलाई 'दुवै हातमा लड्डु' भनेर व्यंग्य गरेको उनले सुनेकी छन्। , सरिताले एउटा घटना सुनाइन्, 'यौनिक तथा लैंगिक समुदायको अधिकारसम्बन्धी एउटा कार्यक्रममा उपस्थित थिएँ। समुदायकै एक व्यक्तिले बाइसेक्सुअल महिलाको दुवै हातमा लड्डु भनेर व्यंग्य गरे। यसले मलाई धेरै पीडा अनुभव भयो।' , सरिताका अनुसार मुख्य कुरा लैंगिक तथा यौनिक अल्पसंख्यहरूको पहिचान, सम्मान र हितरक्षाका लागि कानुनी व्यवस्था गर्न आवाज उठाउनु हो। पहिचान र सम्मानको अवस्था परिवारभित्रैदेखि सिर्जना गर्नु आवश्यक छ। यसमा राज्यको सहयोग चाहिन्छ। , सरितालाई आफ्नो परिवारमा पहिचानको समस्या छैन।, उनले भनिन्, 'भाइले मेरा अन्तर्वार्ताहरू हेर्छ। अनि हाम्रो समुदायका समस्याबारे सामाजिक सञ्जालमा लेख्छ। यसबाट मलाई खुसी लाग्छ।', उनी आफू बाइसेक्सुल महिला हुनु आफ्ना लागि गर्वको कुरा हो भन्छिन्।, एलजिबिटिआइक्यू समुदायका व्यक्तिहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदा मात्रै पनि पहिचान र सम्मान सहज हुने सरिताको निष्कर्ष छ। आत्मनिर्भर हुन राज्य सहयोगी हुनुपर्छ। राज्य सहयोगी हुनुको अर्थ यस्तो समुदायको हितरक्षाका लागि कानुनी प्रबन्ध हुनु हो। , यो समुदायका व्यक्तिलाई अस्पताल पनि सहज छैन। सरिता एक पटक महिनावारी नभएको समस्या लिएर अस्पताल गइन्।, उनले आफ्नो अनुभव सुनाइन्, 'डाक्टरले विवाहित कि अविवाहित भनेर सोधे। मैले अविवाहित र महिला पार्टनरसँग बस्ने गरेको कुरा सुनाएँ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि काम गर्छु भनेँ। डाक्टरले नाक खुम्च्याए अनि धेरै सोधपुछ गरे।' , 'समग्रमा एलजिबिटिआइक्यू समुदायप्रति समाज सकारात्मक छैन,' उनी भन्छिन्, 'म बाइसेक्सुअल महिला हुँ भन्दा कोही व्यक्ति मसँग बोल्न डराउँछन्। यसले मलाई तनाव हुन्छ। कतिपय व्यक्तिहरू यौनिक हिसाबले हामीसँग डराउँछन्।', सरिताका अनुसार राज्यले कानुनी अधिकार नदिएका कारण पनि बाइसेक्सुअल महिला र पुरुष बिहे गर्ने र बच्चा जन्माउने नैसर्गिक अधिकारबाट बन्चित हुनु परेको छ।, 'राज्यले बाइसेक्सुअल विवाहबारे कुनै कानुनी व्यवस्था गरेको छैन। हामी बच्चा जन्माउने वा एडप्ट गर्ने अधिकारबाट बन्चित छौं,' सरिता भन्छिन्, 'बिहे गरेपछि बच्चा जन्माउन मन लाग्छ। कानुनी व्यवस्था नभएका कारण मसँग प्रजनन क्षमता भए पनि बच्चा जन्माउन पाउँदिनँ।' , सरिता केही वर्षदेखि सँगै बसेकी महिलासँग बिहे गरेर खुसीको जीवन बिताउन चाहन्छिन्। कानुनी व्यवस्था नभएका कारण दम्पतीका रूपमा सार्वजनिक हुन र दम्पतीले पाउने अधिकार उपभोग गर्न पाएका छैनन्। , 'धेरै वर्षदेखि हामी सँगै बसेका छौं। तर राज्यले विवाह गर्ने कानुन दिएको छैन। हाम्रो विवाह दर्ता हुँदैन, नाता प्रमाणित हुँदैन। सम्पत्तिको हकदार हुन पाइँदैन,' सरिता भन्छिन्, 'मेरी आमाले मेरा बुबाको नामबाट नागरिकता पाएजस्तै मेरो पार्टनरले पनि मेरो नामबाट नागरिकता पाउने अधिकार हुनु पर्छ।' , राज्यले एलजिबिटिआइक्यू समुदायको यकिन तथ्यांक संकलन गरेर आरक्षणसमेत दिनु पर्ने उनको माग छ। एलजिबिटिआइक्यूमध्ये पनि बाइसेक्सुअल महिला र पुरुष बढी समस्यामा रहेको सरिताको भनाइ छ। उनी आफ्नो समुदायको हकअधिकार र हितरक्षाको अभियानमा लागेकी छन्।, भन्छिन्, 'राज्य र समाजले बाइसेक्सुअललाई आफ्नो पहिचान खुलाएर आउने सहज बाटो नबनाइदिँदा पहिचानबिनाको जीवन बाँच्नु परेको छ।', राज्यको कानुन र नियम बनाउने तहमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको प्रतिनिधित्व हुनु पर्ने पनि उनको माग छ। उनीहरू राज्यबाट अरूसरह अवसर प्राप्त गर्न चाहन्छन्। यसका लागि उचित कानुनी व्यवस्था चाहिएको छ। श्रम गरेर जिउन उनीहरू आफैं सक्षम छन्। , यी पनि पढ्नुहोस्ः , पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?',
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन' |
मनोज सत्याल विज्ञहरूले काठमाडौं उपत्यकामा मेट्रो रेलको अध्ययनका लागि सरकारले गलत बाटो समातेको बताएका छन्। , काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि सरकारले रेल विभागलाई बजेटमार्फत् १ करोड १० लाख बजेट छुट्याएको छ। त्यस्तै काठमाडौंको कलंकीदेखि बालाजु, महाराजगञ्ज हुँदै चाबहिलसम्मको मेट्रो रेलमार्ग खण्डको विस्तृत अध्ययन गर्न १ करोड बजेट छुट्याएको छ। , विज्ञहरूले रेल विभागमार्फत् सम्भाव्यता अध्ययन गर्ने बाटो नै गलत भएको बताएका छन्। त्यसो त काठमाडौं महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममार्फत् ,मेट्रो रेल निर्माणका लागि अध्ययन गर्ने ,जनाएको छ। , काठमाडौंमा मेट्रो रेल निर्माण गर्न गठित दबाब समूह काठमाडौं मेट्रो रेल प्रमोसन ग्रुपका इन्जिनियर विनोदलाल अमात्य मेट्रो रेल निर्माणको अध्ययनका लागि छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताउँछन्। बेलायतको लण्डन अण्डरग्राउण्ड मेट्रोबारे अध्ययन गरेका विनोदलाल ,काठमाडौंमा मेट्रो रेल बनाउनुपर्ने पक्षमा, छन्। , 'मेट्रो रेलको निर्माणको विषयमा काठमाडौं मेट्रो रेल प्राधिकरण निर्माण गरेर योजना अघि बढाउनु पर्छ', अमात्यले सेतोपाटीसँग भने, 'अहिले लगानी बोर्डले एउटा लाइनको अध्ययन, रेल विभागले एउटा लाइनको अध्ययन गर्ने र काठमाडौं महानगरपालिकाले छुट्टै अध्ययन गर्ने भनिराखेका छन्। टुक्रा-टुक्रामा काम गर्नु उपयुक्त छैन।', अर्का इन्जिनियर बदनलाल न्योछ्यो पनि सरकारले तत्काल प्राधिकरण गठन ढिलाइ हुने भए ,योजना आयोगमार्फत् मेट्रोको अध्ययन, लगायतका काम गर्नुपर्ने बताउँछन्। रूसको मस्कोबाट इञ्जिनियरिङ गरेका बदनलाल ४५ वर्षदेखि काठमाडौंमा इञ्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन्।, 'हामीले मेट्रोको कुरा गर्न थालेको १२ वर्ष भयो, ३० करोड खर्च भइसक्यो। पहिलो पटक सन् २०१२ मा सम्भाव्यता अध्ययन भएको थियो। त्यसपछि बनेपा-चोभारको काठमाडौं लाइन निर्माण लगानी बोर्डले हेरिरहेको छ। पाटन लाइन रेल विभागले हेरिरहेको छ', बदनलालले भने, 'हामीले एउटै ढोकाबाट काम गर्ने गरी संरचना विकासमा ध्यान दिएका छैनौं।', सरकारले रेल विभागलाई मेट्रो रेलको काम दिनु उचित नभएको विनोदलालको तर्क छ। , 'रेल र मेट्रो रेललाई एउटै ठाउँमा राखिएको छ। अहिले रेलको विषयमा सरकारले समातेको बाटो गलत छ', विनोदललालले सेतोपाटीसँग भने, 'पहिलो त हामीले पूर्वदेखि पश्चिमसम्म रेलमार्ग बनाउनु उपयुक्त छैन। किनभने त्यसले अर्थतन्त्रलाई कुनै गति दिँदैन। पूर्वबाट पश्चिमसम्म नेपालीहरूको आवातजावत पनि खासै छैन। न त पूर्वदेखि पश्चिमसम्म ठूला उद्योग नै छन्। त्यसैले यो रेलमार्गले नेपालको अर्थतन्त्रलाई गति दिँदैन।', उनी बरू सरकारले भारतको रक्सौलदेखि काठमाडौंको चोभारसम्म रेल मार्ग निर्माण गर्ने आयोजना अघि बढाउँदा देशको अर्थतन्त्रलाई फाइदा पुग्ने बताउँछन्। चीनबाट नेपालको रसुवागढीदेखि हुँदै ल्याउने रेलमार्गमा भने भौगोलिक कठिनाइ हुने भएकाले सजिलो नभएको उनको तर्क छ।, 'रक्सौलबाट काठमाडौंको चोभारमा रेल ल्याउने निर्णय कार्यान्वयन भए भोलिपल्टदेखि नै त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ', विनोदलालले भने, 'रेल निर्माणको विषयमा सरकारले सही बाटो लिनुपर्छ।', काठमाडौंमा मेट्रो रेल निर्माण गर्दा सबैभन्दा पहिला काठमाडौं लाइन र पाटन लाइन निर्माण गर्नुपर्ने विनोदलालको मत छ। तर त्यसअघि काठमाडौं मेट्रो रेल प्राधिकरण गरठन गर्नुपर्ने र उपत्यकाको एकीकृत यातायातको खाका तयार पार्नुपर्ने उनी बताउँछन्। काभ्रेको बनेपादेखि भक्तपुर, कोटेश्वर, भृकुटीमण्डप, कलंकी हुँदै थानकोटसम्मको मेट्रोलाई विनोदलालले काठमाडौं लाइन भनेका छन्। त्यस्तै ललितपुरको गोदावरीबाट सातदोबाटो, भृकुटीमण्डप, बाँसबारी हुँदै बुढानिलकण्ठसम्मको लाइनलाई पाटन लाइन भनेका छन्। , 'मेट्रो रेल निर्माणको रूटमा पर्ने नगरपालिकाले अब केन्द्र सरकारलाई दबाब दिने गरी सँगै काम गर्नुपर्छ', उनले भने, 'मेट्रो रेल निर्माण गर्दा अहिले यी लाइनलाई किन प्राथमिकता दिइयो भन्ने प्रष्टयाउनुपर्छ।', काठमाडौं र पाटन लाइन अहिले निर्माण गर्दा यात्रुको संख्या पर्याप्त हुने र यसले अर्थतन्त्रलाई समेत ड्राइभ गर्न सक्ने विनोदलालको ठम्याइ छ। काठमाडौंको मेट्रो रेलको अध्ययनको क्रममा नै भविष्यमा हुनसक्ने थप लाइनको विस्तार र भारत तथा चीनबाट आउने भनिएका रेलसँग जोडिने स्थानको विषय टुङ्गो लगाउनुपर्ने उनी बताउँछन्। , 'अहिले त सरकारले हाम्रो यातायात प्रणालीको विषयमा निर्णय लिनुपर्छ, मेट्रो रेलसम्बन्धी कानुन, नियमहरू तथा प्राधिकरण गठन गर्नुपर्छ', विनोदलालले भने, 'त्यसपछि सहरी प्रणालीलाई पुर्नव्यवस्थित पार्नुपर्छ, विभिन्न स्थानमा व्यापारिक केन्द्रहरू निर्माण गर्नुपर्छ। सरकारले लिने निर्णयले स्थानीय तहहरूलाई पनि स्मार्ट सिटी बनाउन र अन्य विकासका काम गर्न सहज पार्छ।', रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकार पनि सरकारले मेट्रो रेलको अध्ययनअघि एकीकृत यातायात प्रणालीको खाका तयार पार्नुपर्ने बताउँछन्। , 'काठमाडौं मेट्रोको अध्ययन सन् २०१०/११ मा गरिएको हो। तर हामीलाई एकीकृत यातायात प्रणालीको मास्टरप्लान आवश्यक छ। सबै ठाउँमा मेट्रो रेलले कभर गर्न सकिँदैन', चित्रकारले भने, 'त्यो मान्छे अब बस चढेर घर जाने अवस्था बन्नुपर्छ। रेलबाट यात्रु एउटा स्टेशनबाट अर्कोमा पुग्छ। त्यसपछि त्यो मान्छे बस चढ्छ र घर पुग्छ भन्ने मास्टरप्लान बनाउनुपर्छ।', काठमाडौंका लागि पाँच वटा लाइनको मेट्रो लाइन निर्माण गर्ने गरी भएको विगतको अध्ययनलाई उनी जायज देख्छन्। सन् २०१२ मा कोरियन कम्पनीले नेपाल सरकारकै लगानीमा काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरेको थियो। , 'काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्दा पाँच वटा लाइन निर्माण गर्नुपर्ने देखिएको थियो। त्यसमध्ये रेल विभागले ,सातदोबाटोदेखि नारायणगोपाल चोकसम्मको, लाइनको अध्ययन गराइराखेको छ', चित्रकारले सेतोपाटीसँग भने, 'तर त्यसमा पनि केही समस्या छ। सम्भाव्यता अध्ययन गर्दा यो लाइनमा जमिन माथिबाट जाने गरी निर्माण गर्नु उपयुक्त हुने भनिएको थियो। ललितपुर महानगरपालिकाले पत्र नै लेखेर मच्छिन्द्रनाथको जात्रामा असर पर्ने भएकाले जमिन माथि निर्माण नगर्न भनेर लेखेर दिएको छ। कतिपय ठाउँमा सडकको बीचमा पिल्लर उठाएर मेट्रो बनाउँदा सडक साँघुरो हुने भएकाले अफ्ठेरो पर्ने देखिएको छ। तर हाम्रा कन्सल्टेन्टहरूले अध्ययन गरिराखेकै छन्।', उनले सातदोबाटोदेखि नारायणगोपाल चोकमा अध्ययनमा समस्या देखिएपछि अहिले बजेटमा सरकारले कोटेश्वरदेखि चाबहिल, नारायणगोपाल चोक हुँदै कलंकीसम्म अध्ययन गर्ने तयारी गरेको बताए।, 'समस्या कहाँ आयो भने त्यतिबेला मेट्रो रेल जमिन माथि पिल्लरमा निर्माण गर्नु उपयुक्त भनियो', चित्रकारले भने, 'तर अहिले विस्तृत अध्ययनमा त्यसले सहरको सुन्दरता बिग्रने, बाटो साँघुरो हुने अनि सम्पदामा असर पार्ने देखियो।', ल,गानी बोर्डमार्फत् निर्माण गर्ने भनिएको, काठमाडौं लाइनको काम पनि अघि नबढेको उनले उल्लेख गरे।, 'लगानी बोर्डले पब्लिक प्राइभेट पार्टनरसिपमा अघि बढाउने भनेर छलफल अघि बढाएको थियो', चित्रकारले भने, 'तर सार्वजनिक यातायातमा अधिकांश देशमा यो मोडलमा उपयुक्त हुने देखिएको छैन। सार्वजनिक यातायातमा सरकारले पैसा खन्याउनैपर्छ। यो जनतालाई सुविधा दिने हो। यसमा टिकट बेचेर पैसा उठाउने होइन। यसको सामाजिक मूल्य हुन्छ र आर्थिक फाइदा कति भयो भन्ने हुन्छ।', उनले साझा यातायातको उदाहरण थिए। 'साझा यातायातले २ रुपैयाँमा यात्रु चढाउँथ्यो', उनले भने, 'अब त्यही २ रुपैयाँको टिकट बेचेर बाटो बनाउने, गाडी तन्दुरूस्त राख्ने, बाटो मर्मत गर्ने भन्ने कुरा सम्भव हुँदैन। यो जनतालाई सुविधा दिने विषय हो।', विनोदलाल अहिले अध्ययनमा समस्या देखिएको भनिएका स्थानमा जमिनमुनिबाट मेट्रो रेल निर्माण गर्नुपर्ने पक्षमा छन्। उनी सम्मिलित समूहले तयार पारेको काठमाडौं लाइनको खाकामा काभ्रेको बनेपादेखि भक्तपुरको गठ्ठाघरसम्म जमिन माथि र गठ्ठाघरबाट नैकापसम्म जमिनमुनि मेट्रो निर्माण गर्नु उपयुक्त हुने देखाएको छ। नैकापदेखि थानकोटसम्म पनि जमिन माथि मेट्रो चलाउन सकिने अध्ययनको निष्कर्ष छ। अध्ययनमा काठमाडौं लाइन ३६.५ किलोमिटर हुने र जसमध्ये १५ किलोमिटर जमिन मुनि हुने देखिएको छ। जसमध्ये ९ स्टेशन जमिनमुनि र १२ स्टेशन जमिन माथि रहनेछन्।, त्यस्तै पाटन लाइनमा पनि गोदावरीदेखि हात्तीवनसम्म जमिन माथि र हात्तीवनदेखि गोल्फुटारसम्म जमिनमुनि निर्माण गर्नु उपयुक्त हुने विनोदलालहरूले गरेको अध्ययनमा उल्लेख छ। गोल्फुटारदेखि बुढानिलकण्ठसम्म जमिन माथि पिल्लरमा मेट्रो रेल सञ्चालन गर्न सकिने विनोदलालको तर्क छ।, गोदावरीदेखि बुढानिकण्ठसम्मको यो रेल २६ किलोमिटर हुने र त्यसको १४.५ किलोमिटर जमिनमुनि निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्। पाटन लाइनमा २० वटा स्टेशन निर्माण गर्नुपर्ने र त्यसमध्ये ११ वटा जमिनमुनि निर्माण गर्नु उपयुक्त हुने उनीहरूको अध्ययनको निष्कर्ष छ।, काठमाडौं महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा ,मेट्रो रेलको विषय समेटेको ,भएपनि बजेटका कारण अध्ययन गर्न चुनौती देखिएको छ। महानगरपालिकाले अहिलेसम्म मेट्रो रेलको विषयमा अन्य नगरपालिकाहरुँग समेत कुराकानी गरेको छैन।, काठमाडौं महानगरपालिकाले मेट्रो रेलको विषयमा अध्ययन गर्ने भनेपनि अहिलेसम्म बजेट छुट्याएको छैन। 'मेट्रो रेलको डिपिआर तयार पार्न अर्बौ लाग्छ', महानगरापलिकाका राजश्व तथा विभाग प्रमुख शिवराज अधिकारीले सेतोपाटीसँग भने, 'अध्ययनका लागि एसियाली विकास बैंक र विश्व बैंक लगायतले चासो देखाएका छन्। हामीले उनीहरुसँग मिलेर काम गर्न बाटो खोल्न लागेका हौँ।',
सम्बन्धित समाचार :, काठमाडौंमा मेट्रो रेल कुदाउने सपना देखेका इञ्जिनियरले यसरी सुनाए आफ्नो मास्टरप्लान, काठमाडौं मेट्रो- देउताहरूले समेत पाल्न नसकेको सेतो हात्ती कि सुनको अन्डा दिने कुखुरा?,
विज्ञ भन्छन्- काठमाडौं मेट्रो रेलको अध्ययनमा सरकारले गलत बाटो समात्यो |
सेतोपाटी संवाददाता नेपालकै पहिलो दलित सामुदायिक होमस्टे आँपस्वाराका चार जना दलित सिल्पीहरू नगदसहित सम्मानित भएका छन्।, पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ तनहुँको आँपस्वाराका दलित सिल्पीहरूलाई बिहिबार नगदसहित ‘आँपस्वारा काव्य सम्मान–२०७९’ प्रदान गरेको हो।, तनहुँको व्यास नगरपालिका–१३ स्थित आँपस्वारा गाउँमा स्थानीयस्तरमा परम्परागत सिप, ज्ञान र संस्कृतिमार्फत पर्यटनमा योगदान पुर्याउने कलाकारलाई सम्मान गरिएको कन्सेप्ट नेपालका संयोजक अमृत भादगाउँलेले जानकारी दिए।, सम्मानित हुनेमा माटोका गहना बनाउने मेनुका विश्वकर्मा, आरनको काम गर्ने डिल बहादुर बिश्वकर्मा, मादल बजाउन सिपालु सुन्दर बिश्वकर्मा र बाँसका सामान बनाउने कलाकार तुलसी बहादुर मगरलाई सम्मान गरेको हो। , उनीहरूलाई जनही १०–१० हजार नगदसहित सम्मान गरेको हो।, छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटन क्षेत्रमा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमा एक दर्जन बढी साहित्यकारले प्रस्तुत दिएका थिए।, सोचका कारण समाजमा जातीय विभेद भएको भन्दै व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले जातीय छुवाछुत विरूद्धको अभियानमा ऐक्यवद्धता जनाउने बताए।, त्यस्तै कार्यक्रमका सभापति रेशम विकले आफूहरू जातीय विभेदविरूद्ध लडिरहे पनि समस्या समाधान गर्न नसकेको गुनासो गरे।, छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न मुलुकका २५ जना स्थापित लेखकलाई कन्सेप्टले घुमाउन लगेको हो।, उनीहरूले होमस्टेमा बसेर गाउँलेसँग अन्तरक्रिया गर्नेछन्। अनि यात्राबाट फर्केर मिडियामा आ–आफ्ना अनुभव लेख्नेछन्। , ‘समग्र आँपस्वाराबासीको सम्मान गर्ने हाम्रो उद्देश्य हो’, कार्यक्रमका संयोजक एवं पर्यटन पत्रकार अमृत भादगाउँले भन्छन्, ‘आँपस्वारा प्रवर्द्धन गर्न हाम्रो यात्रा कोशेढुङ्गा बन्ने छ।’ , यति मात्र होइन, आयोजकले आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामाग्री पनि उत्पादन गर्नेछ। यसबाट गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। , पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछुत अन्त्य गर्न गाउँलेले वि.सं. २०७२ सालदेखि सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन्। हाल गाउँका १८ घरमा पर्यटक राखिन्छ। , दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणिय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्। गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ।, कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो। खप्तड र फोक्सुन्डोको प्रवर्द्धन गर्न ती दुवै यात्रा कोशेढुङ्गा सावित भएका थिए। , यसैगरि उसले सुदूरपश्चिमकी लोकगायिका डिक्रा बादीलाई काठमाडौंमा ल्याएर एकल गायन कार्यक्रम पनि आयोजना गरेको थियो। आउँदो दसैं अगाडि नै पोखराका कवि इन्द्र राना प्रतीकको पनि एकल कविता वाचन कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको संयोजक भादगाउँलेले जानकारी दिए।,
आँपस्वाराका दलित सिल्पीहरू नगदसहित सम्मानित |
सेतोपाटी संवाददाता मितिनी नेपालले 'प्राइड सोसल इभेन्ट- २०२२' मनाएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारको लागि काम गरिरहेको मितिनी नेपालले बुधबार 'प्राइड सोसल इभेन्ट २०२२' मनाएको हो।, जुन महिनालाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गर्वको पर्वको रूपमा मनाउँदै आइरहेको र मितिनी नेपालले पनि हरेक जुन महिनाको २९ तारिखलाई हर्सोल्लासका साथ मनाउदै आइरहेको छ। , जुन गौरव महिनालाई अमेरिकाको न्यूयोर्कस्थित स्टोनवाल बारमा समलिंगी व्यक्तिहरूले प्रहरीले गरेको क्रुरता विरुद्ध आन्दोलन गरेका थिए। सो आन्दोलनमा मारिनेहरूको सम्झनामा सन् १९६९ मा स्टोनवालको दंगामा संलग्न व्यक्तिहरूको श्रद्धान्जलीको रूपमा हरेक जुन महिनालाई गौरव महिनाको रूपमा मनाउँदै आएको कार्यकारी निर्देशक सरीता के.सी.ले बताइन्। , उनका अनुसार गौरव महिनालाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको पहिचान, समानता, सुरक्षा, स्वतन्त्रता, मर्यादा र न्यायका लागि उत्सवको रूपमा विश्वभर मनाउँदै आएको छ।, कार्यक्रममा बोल्दै मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आइरहेको तिरस्कार, भोगाई, घृणा, अपमानको विरुद्ध समुदायले गर्दै आइरहेको संघर्षलाई निरन्तरता दिँदै समुदायको अधिकारका लागि गौरव महिना मनाउन थालेको जानकारी दिइन्।, उनले भनिन्, 'गौरवलाई समुदायको पहिचानसँग जोड्दै हाम्रो समुदायका व्यक्तिहरू इन्द्रेणी र दुर्लभ हिरा भएका छन्। साथै समुदायको मानवअधिकारको संरक्षण र संर्वद्धनमा सम्पुर्णको साथ र सहयोग आवश्यक रहेको र समुदायको राजनैतिक सहभागिता महत्वपुर्ण रहेको छ।', त्यस्तै, रवि लामिछानेले समुदायको पहिचानको मुद्दालाई व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। पूर्व शहरी विकास मन्त्री रामकुमारी झांक्रीले आफू समुदायका लागि आन्दोलनको सुरुवातदेखि नै लागि परेको बताइन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचानसहितको नागरिकता पाउनुपर्ने व्यवस्थामा छलफल भइरहेको समेत झांक्रीले जानकारी दिएकी थिइन्। , ड्रयाग् शो, फेसन शो, नृत्य, संगीत, कमेडी समेत प्रस्तुत भएको कार्यक्रममा सांसद्, अधिकारकर्मी, गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, स्थानीय सरकारी निकायका प्रतिनिधि लगायतको उपस्थित थियो।,
मितिनी नेपालले मनायो 'प्राइड सोसल इभेन्ट-२०२२' |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , काभ्रेपलाञ्चोक चौरीदेउराली-९ घर भई पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार काठमाडौं जिल्ला अदालतले २०७७ साल माघ २५ गते लामालाई एक करोड २० लाख बिगो रकम पीडितलाई व्याजसहित भुक्तानी गर्न आदेश दिएको थियो।, जिल्ला अदालत काठमाडौंको गत असार १० गतेको फैसलाले लामाले बिगो रकम भुक्तानी नगरेको र अदालतको सूचना म्यादमा समेत नआएको कारण दुई वर्ष थुनामा पठाउन आदेश दिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , उनका अनुसार लामालाई बुधबार बालुवाटारबाट पक्राउ गरेको हो। , पक्राउ परेका लामालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। ,
चेक अनादरको मुद्दामा एक करोड बढी बिगो भएका फरार व्यक्ति पक्राउ |
सेतोपाटी संवाददाता रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक असार १३ गते बिहान मोटरसाइकल मार्फत काठमाडौं जान भनेर हिँडे। , विकको बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल आफ्नै हो। पासपोर्ट बनाउन भनेर उनी काठमाडौं जान लागेका थिए। , यात्राका क्रममा करिब पौने ११ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना रामापुरमा चिया पिउन रोकिए। मोटरसाइकल सडक छेउमै पार्किङमा थियो। , त्यसैक्रममा एक अपरिचित स्थानीय एक किशोर नजिकै आए। कस्तो राम्रो बाइक भन्दै सुमसुम्याए। उनले आफूलाई उक्त मोटरसाइकल खुबै मन परेको कुरा गरे। , ती किशोरले आफूले बाइक किन्न चाहेको बताए। तपाईं यो बाइक बेच्नु हुन्छ? भनेर विकलाई सोधे। , विक पनि आफ्नो बाइक बेच्न खोजिरहेका थिए। किनकी उनी विदेश जाने मनस्थितिमा थिए। केही पैसा पुगेको थिएन। त्यही अपुग पैसाको जोहो गर्न बाइक बेच्ने निर्णयमा पुगे।, त्यही उद्देश्यले असार १० गते मात्रै विकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मोटरसाइकलको फोटो राखेर एक लाख मूल्यमा बेच्न चाहेको भन्दै स्ट्याटस पनि लेखेका थिए। , विक र ती अपरिचित किशोरबीच कुरा भयो। उनीहरूबीच ९० हजारमा किनबेच गर्ने डिल पक्का भयो। , त्यसपछि ती किशोरले नाटक मञ्चन गरे।, खै कस्तो रहेछ भन्दै ‘टेस्ट राइड’ गर्न भनी चाँबी मागे। बाइक चलाएर अगाडि बढे। तर उनी फर्किएर आएनन्। नफर्किएपछि विक आत्तिए। के गरौं ? कसो गरौं, भयो। , त्यही बीचमा चिया पसलेले प्रहरीलाई सूचना दिन सुझाव दिए। सो बाहेक अरू विकल्प पनि थिएन। , उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण बताए। प्रहरीको आग्रहमा निवेदन दिए। , पीडित विकको जाहेरीका आधारमा दुई दिन खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थित भित्री सडकमा मोटरसाइकल चलाइरहेकै अवस्थामा ती किशोरलाई पक्राउ गर्न सफल भयो।, ‘टेष्ट राइड’ गर्ने भनेर मोटरसाइकलसहित फरार भएका ती व्यक्ति सैनामैना नगरपालिका-८ का १८ वर्षीय किशोर भएको खुलेको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,
मोटरसाइकल किन्छु भनेर ‘टेष्ट राइड’मा निस्किएका किशोर नर्फिएपछि |
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेल वार्डेनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। , बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलको इजलासले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका होस्टेल वार्डेन ३५ वर्षीय रामजी बस्नेतलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। उनलाई डिल्लीबजार कारागार पठाइएको छ।, उनी रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसेका हुन्। घटना बाहिरिएपछि उनी रामेछाप भागेका थिए। , पीडित नाबालिगका अभिभावकले जाहेरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय रामेछापसँग समन्वय गरी गत जेठ २१ गते पक्राउ गरेको थियो। , उनीविरूद्ध तीन जना छात्राले जाहेरी दिएका थिए। कक्षा १०, ८ र ७का छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको आरोप छ।, पीडितको पक्षबाट अधिवक्ता विनोदमणि भट्टराई र लबन न्यौपानेले बहस गरेका थिए। , शिक्षालयका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको बाहिरिएपछि अभिभावकहरू आक्रोशित भएर विद्यालयमा पुगेका थिए। वार्डेन बस्नेतले छात्राहरूमाथि ६ महिनादेखि यौन दुर्व्यवहार गर्दै आएको आरोप छ।, उनले यौन दुर्व्यवहार गर्ने, अश्लिल भिडिओ देखाउनेलगायत गरेको छात्राहरूले बताएका छन्। त्यसबारे कसैलाई भने विद्यालयबाट निकालेर गरेर घर पठाइदिने भन्दै धम्क्याउनेसमेत गरेका थिए। ,
विद्यार्थीमाथि यौन दुर्व्यवहार मुद्दामा सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि जेल चलान |
सेतोपाटी संवाददाता पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।, पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।, उनका अनुसार पक्राउ पर्ने नेपाली ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन्। तीनै जना चिनियाँ नागरिकको भने पहिचान खुलेको छैन। पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन्। उनीहरूले परिचय खुल्ने कागजात देखाएपछि मात्र वास्तविक पहिचान खुल्ने डिएसपी तिवारीले बताए।, ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए। तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उदेश्य देखिएको डिएसपी तिवारीले बताए। कम्पनीमा काम गर्ने भनिएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। , अध्यागमन ऐनले जुन प्रयोजनका लागि नेपाल आएको हो, त्यसबाहेक अन्य काम गर्न रोक लगाएको छ। अहिलेसम्म उनीहरूले कुनै पनि कागजात देखाउन नसकेको डिएसपी तिवारीले बताए।, ‘उहाँहरूले आफ्ना पहिचान खुल्ने कागजात र रकमको स्रोत खुलाउने कागजात मगाउँछौं भन्नुभएको छ,’ उनले भने, ‘यस विषयलाई हेर्ने अन्य निकायसँग सहकार्य गरेर अनुसन्धान अघि बढाउँछौं।’, कम्पनीमा ८९ जना नेपाली कर्मचारी रहेको देखिएको छ। उनीहरूलाई प्रहरी अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा छाडिएको छ। पक्राउ परेका व्यक्तिहरूबाट केही उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूका गतिविधि विस्तृत अनुसन्धान पश्चातमात्र यथार्थ पत्ता लाग्ने डिएसपी तिवारीले बताए।,
पोखराबाट ४६ लाखसहित तीन चिनियाँ र एक नेपाली पक्राउ |
सेतोपाटी संवाददाता पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका सञ्चालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार बिहान बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।, पीडित परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइसकेको छ।, शिला फेन्सी स्टोर्समा जागिर खुलेको थाहा पाएपछि उनी त्यहाँ पुगेकी थिइन्। गौतमले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्नुपर्ने भन्दै असार १५ गतेदेखि हाजिर हुन भनेका थिए। पीडित नाबालिग बुधबार बिहान ८ बजे नै उक्त फेन्सी स्टोर्स पुगेकी थिइन्।, बिहान साढे ८ बजेतिर स्टोर्सका सञ्चालक गौतमले काम सिकाउने भन्दै पीडित नाबालिगलाई माथिल्लो तलामा लिएर गए। माथिल्लो तलामा लैजाने क्रममा गौतमले नाबालिगको संवेदनशील अंगमा हात लगेर यौन दुर्व्यवहार गरेको पीडित परिवारले जनाएका छन्। नाबालिग चिच्याएपछि आजकलको जमानामा यस्तो कुरा समान्य भएको भन्दै गौतमले फकाउन खोजेको उनीहरूको भनाइ छ।, उक्त घटनापछि नाबालिगले परिवारलाई गएर घटनाबारे जानकारी गराएकी थिइन्। सोही आधारमा प्रहरीमा जाहेरी दिएको पीडित परिवारले बताएका छन्। प्रहरीमा जाहेरी दिएको २ घन्टाभित्रै गौतम पक्राउ परेका थिए।,
जागिर दिन्छु भनी बोलाएर नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा फेन्सी सञ्चालक पक्राउ |
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपांग बाल अस्पतालका कर्मचारी चढेको बस दुर्घटना भएको छ। , दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।, कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। , उनका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको हो।, घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।, घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते |
सेतोपाटी संवाददाता पर्सामा १४ वर्षीया बालिकाको अन्त्येष्टि गर्दैगर्दा पक्राउ परेका तीन महिलाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार तीन जना महिलाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।, बुधबार बहुदरमाई नगरपालिका-७ विश्रामपुर छप्कैयाकी १४ वर्षीया बालिकाको मृत्यु भएको थियो। उनले विष सेवन गरेकी थिइन्। उनको मृत्यु भएपछि प्रहरीलाई खबर नै नगरी परिवारले गुपचुप अन्त्येष्टि गर्न ढोंगी खोलाको मसानघाट लगेका थिए। त्यहाँ अन्त्येष्टि हुँदै गर्दा राति करिब १० बजे प्रहरीलाई फोन आएको थियो। , खबर पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया र जिल्लाबाट टोली खटिएको थियो। त्यहाँ पुग्दा सबै जना भागे। तर तीन जनालाई प्रहरीले नियन्त्रणमा लियो।, ‘आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएको थियो,’ कार्कीले भने, ‘खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागे। महिलाहरू तीन जना पक्राउ परेका हुन्।’ , त्यहाँबाट प्रहरीले १८ वर्ष नपुगेकी एक किशोरी, ४० वर्षीया आशा देवी र ५० वर्षीया उर्मिला देवी पक्राउ परेका हुन्।, पक्राउ परेका एक जना नाबालिग भएको हुँदा प्रहरीले परिचय खुलाएको छैन। घटनास्थलमा प्रहरी पुग्दा बालिकाको शव ५० प्रतिशत जलिसकेको थियो। अहिले शवको पोस्टमर्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। , यता प्रहरीले पक्राउ परेका तीन जना महिलाहरूमाथि सोधपुछ गर्दा ती बालिकाले विष सेवन गरेको खुलेको छ। तर बालिकाले विष खाएको थाहा पाएर पनि परिवारले अस्पताल नलग्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। , उनका अनुसार ती बालिकाको प्रेम सम्बन्धमा थिइन्। सो कुराले परिवारका सदस्यहरू असन्तुष्ट थिए। मृतक बालिकाले तीन-चार दिनअगाडि नै आफ्नो घर नजिकै प्रेमी बोलाएर लुकिछिपी भेटेको परिवारले थाहा पाएका थिए। , त्यसपछि परिवारले बालिकामाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ। बालिकालाई घर आउन-जानमा समेत कडाइ गरिदिएका थिए। , त्यसपछि बालिकाले आफ्नै पसलमा बेच्न राखेको विषादी सेवन गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। विषादी सेवन गरेको थाहा पाएर पनि उपचार गर्न नलगी कोठामै थुनेर राखेको कारण मृत्यु भएको उनले बताए। , कार्कीका अनुसार पछि परिवारका सदस्यहरू मिलेर योजना बनाएका थिए। कसैलाई थाहा नहुनेगरी मोटरसाइकलमा राखेर शव ढोंगी मसानघाट लगेर उनीहरूले अन्त्येष्टि गर्न लागेका थिए।, प्रहरीले पक्राउ परेका तीनै जनामाथि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ। , यस्तै घटनास्थलबाट भागेका पुरूषहरूको पनि प्रहरीले पहिचान गरिसकेको जनाएको छ। उनीहरूको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ। , सम्बन्धित समाचारः ,मध्यरातमा जलाउँदै गरेको किशोरीको शव पर्सा प्रहरीले लियो नियन्त्रणमा,
बालिकाको शव जलाउँदै गर्दा पक्राउ परेका तीन महिलाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुँदै |
सेतोपाटी संवाददाता दाङमा एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। अरू दुई जना घाइते भएका छन्।, बिहीबार राति पौने नौ बजे घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा दुइटा साइकललाई ठक्कर दिएको हो।, दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको छ। , उनीहरू दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले सेतोपाटीलाई बताए।, उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ। चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको डिएसपी रिजालले बताए। , त्यस्तै साइकलयात्री घोराही– १५ का विनोद भण्डारी घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। , घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।,
मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, अरू २ घाइते |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ। , काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ।, सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए।, प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको संकेत चिह्न राख्न लागिएको हो। चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन्। संकेत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ। सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ। चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जनाएको छ। , सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउनेछन्। जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ। सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा कामपाले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ।, यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ। शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ। उनीहरूले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ। ,रासस,
सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने |
सेतोपाटी संवाददाता आज शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। , आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।, प्रदेश-१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। , नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।, यस्तो त तीन दिनको मौसम, २०७९ असार १७ गते (शुक्रबार),
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, २०७९ असार १८ गते (शनिबार),
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।, राती : देशभर सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।, २०७९ असार १९ गते (आईतबार),
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ,
आज प्रदेश-१ मा भारी वर्षाको सम्भावना, कस्तो रहला तीन दिनको मौसम? |
रासस काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।, सार्वजनिक शौचालय सञ्चालनका लागि ३३ निजी संस्थासँग सम्झौता भइसकेको महानगरले जनाएको छ।, सर्वसाधारणलाई सहज होस् भनेर महानगरले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले बताए।, प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागिएको हो।, चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन्। सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ।, सङ्केत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ। चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने महानगरले जनाएको छ।, सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउने छन्। जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ। सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा कामपाले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ।, यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ। शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ। उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ।,
काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, संकेत चिन्ह राखेपछि सञ्चालनमा आउने |
रासस दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ।, दुई घाइते भएका छन्।, गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।, उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ।, दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन्।, घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। भण्डारीको हात र खुट्टामा चोट लागेको छ। चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए।,
दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु |
एजेन्सी आजदेखि भारतमा एकल प्रयोग हुने प्लाष्टिकका सामान उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ।, प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका बस्तुमा जुलाई १ तारिकदेखि १९ प्रतिबन्ध लगाइएको हो।, थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा र्यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड, चुरोटको प्याकेटका लागि फिल्म, प्लाष्टिकको झण्डा, बेलुन स्टक र आइसक्रिमका स्टिकहरू आजदेखि प्रतिबन्ध लगाइएको हो।, डिसेम्बर ३१, २०२२ सम्म प्लास्टिक बोक्ने झोलाको न्यूनतम मोटाई अवस्थिति ७५ माइक्रोनबाट १२० माइक्रोनमा परिवर्तन गरिने भारत सरकारले बताएको छ। एकल प्रयोग हुने प्लाष्टिकको प्रयोग उन्मूलन गर्ने उद्देश्यले बाक्लो क्यारी ब्याग ल्याइनेछ। , प्रतिबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय र प्रदेश स्तरमा कन्ट्रोल रुमहरू स्थापना गरी प्रतिबन्धित एकल प्रयोगका प्लास्टिक वस्तुहरूको अवैध उत्पादन, आयात, वितरण, बिक्री वितरण नियन्त्रण गर्न अधिकारीहरूको टोली खटाइने भएको छ ।, सरकारले प्लाष्टिकको झोलाको मोटाईको मापदण्ड तोकेर खुद्रा बिक्रेताले झोला उपलब्ध गराउन अनिवार्य गरेको छ। प्लास्टिक प्रदूषण रोक्न सार्वजनिक स्थल, राष्ट्रिय सम्पदा, वन तथा समुद्री तटमा सरसफाई अभियान सुरु गरिएको छ । देशभर करिब एक सय स्मारक समावेश गरिएको छ।, केन्द्रीय र राज्य प्रदूषण नियन्त्रण प्राधिकरण र साना, सूक्ष्म र मझौला उद्यम मन्त्रालयले प्रतिबन्धित एकल-प्रयोग प्लास्टिक वस्तुहरूको विकल्प उत्पादन गर्न साना औद्योगिक एकाइहरूलाई प्राविधिक सहयोग प्रदान गर्नेछ ।, जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने भएको छ। , त्यसैगरी औद्योगिक स्तरमा उत्पादन, पैठारी, भण्डारण र बिक्री गर्नेलाई वातावरण संरक्षण ऐन, १९८६ को दफा १५ बमोजिम सजायको व्यवस्था हुनेछ। त्यस्ता व्यक्तिलाई २० हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। ,
आजदेखि भारतमा एकल प्रयोग हुने प्लाष्टिक उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ।, प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो। सुरूमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रूपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।, नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ।, जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ। प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरू कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ। जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रतियुनिट दर ९ रुपैयाँ ६७ पैसा छ।, आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ।, प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ। त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो। सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो। त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो।, यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ। त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत बिक्री गरिएको थियो। सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ। त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत बिक्री गरिएको थियो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरू गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रूपमा अगाडि बढेको बताए।, ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रूपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको शोधानान्तर बचतमा समेत योगदान पुग्ने छ।’, उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताए। भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने बताए। पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताए।, ‘मुख्य रूपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरी नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा नतिजा अब विस्तारै देखिने छ,’ उनले भने।, गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपा-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो।, कार्यकारी निर्देशक घिसिङले दुई मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए।, भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ।, प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ। एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ। ,
एक महिनामा नेपालले भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली |
सेतोपाटी संवाददाता गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।, १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट नियन्त्रणमा लिएको कार्यालय स्रोतको भनाइ छ।, काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ।, उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ। ,
घुससहित पक्राउ परे गोरखा जिल्ला अदालतका कर्मचारी |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ।, शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्न नपाइने बताएको हो।, ‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।, सूचनामा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा कुनै रोक नलगाइएको जनाएको छ।, महानगरले १० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्न भनेको छ। सूचनाको उल्लंघन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने महानगरले बताएको छ ।, ‘यो सूचना प्रकाशित भएको मितिले १० (दस) दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नू तथा नगराउनू हुन सूचित गरिन्छ। यस कार्यमा सहयोग गर्न सम्बद्ध व्यक्ति र आम महानगरवासीमा समेत अनुरोध गरिन्छ। यस सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध सहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ।’, असहाय, वृद्ध तथा रोगी मानिसलाई महानगरले विभिन्न ठाउँबाट उद्धार गरी व्यवस्थापन गर्दै आएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा काठमाडौं महानगर वा आश्रममा सम्पर्क गर्न पनि भनेको छ। , हेर्नुहोस् सूचना,
काठमाडौं महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध |
विनोद सापकोटा झापाको एक खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ।, बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ आयाबारीस्थित मीना कार्कीको घर पछाडी खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ।, हात्ती के कारणले मरेको हो भन्ने खुलेको छैन। खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, स्थानीय तीर्थ तिम्सिनाले हात्ती के कारणले मरेको हो भन्ने विज्ञहरू आएपछि मात्रै थाहा हुने बताए।, स्थानीय, वन कार्यालयका कर्मचारी तथा रक्षकले मृत हात्तीलाई घेरा हालेर बसेका छन्।, हात्तीको दाह्रा, सुढ, पुच्छर र खुर सुरक्षित छ। स्थानीयका अनुसार मृत हात्तीको शरीरमा कुनै पनि चोटपटक छैन।, केही दिनदेखि यो हात्ती बुद्धशान्ति क्षेत्रमा घुमिरहेको थियो।, जिल्ला वन कार्यलयका रेन्जर कुलप्रसाद भट्टराईका अनुसार दाह्रा हेर्दा हात्ती किशोरावस्थाको जस्तो देखिन्छ।, १० वर्षयता झापामा कम्तीमा ११ हात्ती मरिसकेको छ।,
झापामा मृत भेटियो हात्ती |
सेतोपाटी संवाददाता आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन्। , ललितपुर महानगरपालिकास्थित फर्सिडोलमा असार १५ गते बुधबार धान दिवसको दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले धान रोप्ने कार्यक्रम आयोजना गरेको थियो। , त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएकी हुन्। बोहरा युवा संघका केन्द्रीय सदस्य हुन् भने जुरेली सदस्य हुन्।, उनले बिहीबार परिसरमा पुगेर जाहेरी दिएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , ‘हिजो साँझ आएर जाहेरी दिनुभएको हो। आजबाट प्रक्रिया अघि बढ्छ,’ उनले भने। , जुरेलीले दुई वटा विषय समावेश गरेर जाहेरी दिएकी हुन्। उनले दुर्व्यवहार र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन्।, उनीमाथि दुर्व्यवहार भएका भिडिओहरू सामाजिक सञ्जालमा समेत आएका थिए।, जाहेरी आएसँगै बोहरालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाउने प्रहरी उपरीक्षक शाहले बताए। , ‘हामी पक्राउ गर्छौं। अब पक्राउ गर्ने प्रक्रियामा जान्छ,’ उनले भने।,
,
,
दुर्व्यवहार गरेको भन्दै रेस्लर जुरेलीले दिइन् युवा संघका केन्द्रीय सदस्यविरूद्ध प्रहरीमा जाहेरी |
सेतोपाटी संवाददाता अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ।, बेँसीसहर नगरपालिका–१ उदिपुरनजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।, वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।, त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ। सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी मर्कामा परेका छन्।, यहाँ असार लागेयता सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ।, मङ्गलबार बाढी–पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ। ,
सडकमा ठूला ढुंगा खसेपछि डुम्रे–बेँसीसहर सडक अवरुद्ध |
सेतोपाटी संवाददाता अविरल वर्षाले दाङ–रोल्पा सडकखण्ड अबरुद्ध भएको छ।, दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्गमा ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको डिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।, वर्षाले सडक हिलाम्मे भएका कारण ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको बताए।, त्यस्तै बर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा एउटा घर भत्किएको छ।, इलाका प्रहरी कार्यालय तुलसीुपुरका प्रमुख डिएसपी श्यामु अर्यालले वर्षाका कारण स्थानीय एक जनाको घर भत्केको जानकारी आएको र घटनास्थलतर्फ प्रहरीहरू पठाइएको बताए।,
दाङ–रोल्पा सडकखण्ड अबरुद्ध |
सेतोपाटी संवाददाता जनकपुरधामबाट एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।, जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।,
भान्सामा लुकाएको पेस्तोलसहित जनकपुरबाट पक्राउ परे युवा |
सेतोपाटी संवाददाता झापाका विभिन्न ठाउँमा भारी वर्षा पछि आएको बाढीले सडक, पुल, कल्भर्ट लगायतका संरचना बगाउँदा विद्यालय बन्द भएका छन्।, विद्यालय जान आउन बालबालिकालाई समस्या भएपछि जिल्लाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। , शिवसताक्षी नगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ। नगरका शिक्षा अधिकारी छवि ढकालका अनुसार बुधबारदेखि आइतबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।, अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले विद्यालय बन्द गरिएको ढकालले बताए। ‘यो विदा वर्षे विदाबाट कट्टा हुनेछ,’ ढकालले भने।, विद्यार्थी आउने जाने सडक डुवानमा परेका कारण विद्यालय बन्द भएको हो। बाढीले नगरका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधारमा क्षति पुगेको छ। , यता हल्दीबारी गाँउपालिकाले पनि पालिका भित्र सञ्चालन हुने सामुदायिक तथा संस्थागत विद्यालय अर्को सूचना नहुञ्जेल सम्मका लागि बन्द गरेको छ। , पालिका प्रमुख रविन्द्र लिङदेनका अनुसार सडक डुवानमा परेका कारण र कतिपय विद्यालयमा बाढी पसेकाले विद्यालय बन्द गरिएको हो।,
बाढीले स्थायी संरचना बगाएपछि झापाका दुई पालिकाका विद्यालय बन्द |
नारायण खड्का श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको अभियोगमा दाङ तुलसीपुरमा एक जना पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ४२ वर्षीय उज्ज्वल चनाराले २८ वर्षीया श्रीमती माया श्रेष्ठ चनारालाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, मायाको हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउखत छन्। उनी हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत छिन्।, प्रहरीका अनुसार घटना मंगलबार दिउँसोको हो। , मायाका अनुसार उनका श्रीमानले दिउँसो आगो लगाउने भन्दै घरमा पेट्रोल छर्किएपछि मायाको शरीरमा पनि पेट्रोल छर्किएका थिए। , श्रीमानले सलाई कोरेर आगो लगाउन खोजपछि आफूले सलाई खोसेर मुख भित्रै चपाएको मायाले बताइन्। , आफूले आगो लगाउन हुन्न भनेर रोक्न खोज्दा श्रीमानसँग धकेलाधकेल पनि भएको उनले बताइन्। , त्यसपछि ग्याँस चुलो बालेर प्लाष्टिक सल्काएर श्रीमानले आफूमाथि आगो फालेर बाहिरबाट ढोकाको चुकुल लगाइदिएको मायाले दाबी गरिन्। , ‘मेरो कपडामा ह्वारह्वार्ती आगो बल्न थालेपछि मेरो होस हवास उड्यो र कसो कसो गरेर म चिच्याउँदै छतमा पुगेँछु,’ उनले भनिन् ‘ त्यसपछि म छिमेकीको घरमा हाम फालेर सडकमा पुगेपछि आसपासका सबैले मिलेर आगो निभाइ दिनुभएको हो।’ , मायाले यसअघि पनि पटक-पटक आफूलाई श्रीमानले यातना दिने तथा हत्याको प्रयास गरेको बताइन्। उनीहरूको ६ वर्षीया एक छोरी छिन्। उनी विद्यालयमा गएको समयमा घटना भएको प्रहरीले जनाएको छ । , तुलसीपुरमा ब्यूटिपार्लर गर्दै आएकी मायाले छोरीको भविश्यका कारण आफू अनेक यातना सहेरै भए पनि बस्दै आएको बताइन्। , यसअघि एक पटक श्रीमानले आफूलाई भारतको चन्ढीगढमा एक्लै छोडेर भागेको गुनासो गरिन्। , प्रहरी नियन्त्रणमा रहेका उज्वलले भने श्रीमतीलाई नभई आफैंले आत्महत्या गर्न खोजेको दाबी प्रहरी समक्ष गरेको डिएसपी अर्यालले बताए। , यसअघि मायाले अदालतमा समेत आफू र छोरीले खान लाउन नपाएको तथा श्रीमानले यातना दिएको भन्दै निवेदन दिएकी थिइन्।, ‘पेशाले जेसिबीका चालक उज्वललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो,’ डिएसपी अर्यालले भने, ‘थुनामा राख्दा पनि उहाँले भित्रै कराउने चिच्याउने टाउको भित्तामा ठोक्ने जस्ता हर्कतहरु गरी हैरान पार्नुहुन्थ्यो।’, उज्वल र मायाको विवाद यसअघि पनि पटक-पटक प्रहरीमा आएको रेकर्ड रहेको डिएसपी अर्यालले जानकारी दिए।, अस्पतालमा उपचाररत माया बुधबार डिस्चार्ज भएपछि घटनाबारे थप कुरा भन्न सकिने डिएसपी अर्यालले बताए। , ‘उहाँ आज डिस्चार्ज भएपछि प्रहरीले घटनाबारे अथार्थ बुझ्नेछ,’ डिएसपी अर्यालले भने, ‘अहिले श्रीमान-श्रीमती दुबैका आ–आफ्नै दाबी छन्।’ , पीडित मायाको जाहेरीको आधारमा कानुनी कारबाहीको पक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।,
श्रीमानले पेट्रोल छर्केर आगो लगाउन खोजे, उनी छतबाट हाम फालेर जोगिइन् |
नवीनबाबु गुरूङ काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ।, बुधबार बिहान भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दकमक प्रयोग गरेर निभाएका हुन्।, प्रहरीका अनुसार सुनौलो परिवार कार्यालय रहेको भवनमा आगलागी भएको हो।, के कारणले आगलागी भएको भन्ने खुलेको छैन। क्षतिको विवरण आइसकेको छैन।, आज बिहान करिब ६ बजेतिर आगलागी भएको थियो, तस्बिरहरू:,
बालुवाटारको एक भवनमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा (तस्बिरहरू) |
सेतोपाटी संवाददाता बूढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ।, सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो।, ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ।, उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो।, नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताए।, उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ।, नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्ति सुचारू गर्न टोली परिचालित भएको श्रेष्ठले बताए। ,
चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बिहानैदेखि छैन बूढानिलकण्ठ क्षेत्रमा बिजुली |
रासस नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै तीमध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन्।, ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन्। तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ। त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए। त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन्। ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो।, कतिपय ठाउँमा सुख्खा पहिरोसमेत खसेर दुःख दिएको कार्की बताउँछन्। राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन्। सडक पुनःनिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुलःनिर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए।, उनले भने, ‘मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ।’, ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो। सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ, भने १४ निर्माणको अन्तिम चरणमा रहेको छ। एउटा निर्माण सुरू हुने प्रक्रियामा छ। नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ-मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो। सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो।, सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो। अधिकांश ठाउँमा भित्तो काटिएको थियो। जसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो। पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ। सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो। यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो।, सो सडकमा वर्षातको समयमा पटक-पटक पहिरो खसेर दुःख दिने गरेको छ। नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्व तयारीका योजनासमेत तय गरिएको छ। पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ। हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राविधिक टोली २४ सैं घन्टा सडकमा नै खटिएको छ।,
नारायणगढ-मुग्लिन सडक: १७ ठाउँ पहिरोको उच्च जोखिममा |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कस्तुरीको विना जस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन्। , कोरियन एयरको उडानबाट काठमाडौं आएका कोरियन नागरिक जंग जून जुनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो। , विमानस्थलको एक्सरे मेसिनमा स्क्रिनिङ गर्दा दुबै जुत्ताभित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो धुलोसहितको दुई वटा पोको बरामद भएको हो।, सो विना अन्दाजी तौल ७१६ ग्राम रहेको प्रहरीले जनाएको छ।, उनीमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्याल हात्तिसारमा पठाएको छ। ,
,
७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ |
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मुलुकका केही स्थानमा सडक अवरूद्ध हुनुका साथै बाढी बस्ती पसेको छ।, हेर्नुहोस् कहाँ कस्तो क्षति, झापा, शिवसताक्षी नगरपालिका-४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मर्नुका साथै दाना सहित करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।, यसैगरी झापाको गौरीगंज गाउँपालिका-४ सुकुम्बासी बस्तीमा मंगलबार दिउँसो अविरल वर्षाको कारण कृष्णखोलाबाट बाढी आउँदा १५ घर डुबानमा परेका छन्। ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ । , मोरङ,
बुढीगंगा गाउँपालिका-१ खात टोलस्थित सिङिया खोलामा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई खात टोलमा रहेका करिब २६ घरमा बाढी पसेको छ। यस्तै मोरङकै कटहरी गाउँपालिका-१ टाईगर टोलका करिब ६० घरमा पानी पसेको छ।, यस्तै मोरङकै जहदा गाउँपालिका-१ राजबंशी चोकका करिब १४ घर र जहदा गाउँपालिका-२ हरीनगरामा रहेका करिब १ सय घरमा मंगलबार दिउँसो अविरल वर्षाको कारण सिङगीया खोलाको पानी छिरेको छ। , मोरङको लेटाङ नगरपालिका-३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रूख लडेर सडक अवरोध भएको छ। , रूपन्देही,
बुटवल उपमहानगरपालिका-९ मिलनचोकस्थित राम प्रसाद घिमिरेको सिद्वार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रालिको गोदाममा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा गोदाममा रहेका प्लाई, फोरमाइका, ढोका आइटम र किचन बास्केट डुबानमा परी क्षति भएको छ।, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा २ सय प्याकेट इस्क्रुप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको छ । , यस्तै सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ। , सिन्धुली,
गोलन्जोर गाउँपालिका-५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। यस्तै गोलन्जोर गाउँपालिका-६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ। , दार्चुला,
शैल्यशिखर नगरपालका-९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ। , बागलुङ,
गल्कोट नगरपालिका-७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। , प्युठान,
सरूमारानी गाउँपालिका-४ अँधेरी खोला, पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरोध भएको छ। , साथै माण्डबी गाउँपालिका-५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ।, धादिङ,
गल्छी गाउँपालिका-६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ। , दाङ,
घोराही उपमहानगरपालिका-१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरोध भएको छ। , तनहुँ,
आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। , नवलपरासी (पूर्व),
विनयीत्रिवेणी गाउँपालिका-१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका-१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल वर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरोध भएको छ। , धनकुटा,
धनकुटा नगरपालिका-९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ। , उदयपुर,
कटारी नगरपालिका-१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ। , यसैगरी चौदण्डिगढी नगरपालिका-१० खैराझोडा र सोही नगरपालिका-९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अबरोध भएको छ। , सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको छ। , चितवन,
खैरहनी नगरपालिका-६ तुलसीपुरस्थित लदरी खोलाले बगाएर वडा१ शाही चोक बस्ने रत्ननगर नगरपालिका-१४ घर भएकी ३४ वर्षीया कल्पना श्रेष्ठ रिजालको मंगलबार दिउँसो मृत्यु भएको छ । , उक्त खोलामा निगुरो टिप्न जाने क्रममा खोलाको डिलबाट लडेर खोलाले बगाएको भन्ने खबर प्रात हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १५ मिटर टाढा सोही खोलाको डिलमा उनको शव फेला पारेको हो।,
यसपालि अहिलेसम्म बाढी-पहिरोबाट कहाँ कति क्षति |
सेतोपाटी संवाददाता ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।, ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। , उनले पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए। , आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। , यो घटनाबाहिर आएपछि परिसरले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। उनलाई सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना तानिएको थियो। , उनीसँगै सो समयमा चेकिङमा बसेका असईसहित पाँच जनालाई बग्गीखाना तानेको थियो। , घिसिङ कुसुन्तीमा बस्छन्। पुल्चोकस्थित प्रतिष्ठानमा काम गर्ने उनी दिनहुँ ड्युटी सकेर पैदल घर फर्किन्छन्। त्यो दिन पनि उनी यातायात व्यवस्था विभाग एकान्तकुनाबाट घरतर्फ जाँदै थिए।, ‘रिङरोडको फुटपाथ बाटो हुँदै म एक्लै घर जाँदै थिएँ,’ उनले भनेका थिए, ‘उताबाट ट्राफिक दाइ आइरहनुभएको थियो। त्यही बेला उहाँले झर्केर भाइ तिमी किन टाँसिएर हिँडिरहेको भन्ने कुरा गर्नुभयो।’ , नजिकै ट्राफिक प्रहरी चेकिङ भइरहेको थियो भने ट्राफिक प्रहरी जवान थापा एक्लै हिँडिरहेका थिए। थापाले त्यसरी झर्केर बोलेपछि घिसिङले पनि भने, ‘हैन सर, म आफ्नै बाटो हिँडिरहेको हो।’, त्यसपछि थापाले बढीबढी कुरा गर्ने भन्दै मुखमा एक मुक्काले हिर्काएको घिसिङले बताए। , त्यसरी मुक्काले हिर्काएपछि उनको नाकबाट रगत बग्न थाल्यो। उनी बेहोस जस्तै भए। , ‘मेरो नाकबाट रगत पनि बग्न थालेको थियो। म बेहोस जस्तै भएको थिएँ। त्यसपछि मैले म डाक्टर हुँ भनेर आइडी कार्ड पनि देखाएँ,’ उनले भनेका थिए,‘त्यसपछि पनि उहाँले आक्रोशित भएर तिमी यहाँबाट जाने कि नजाने भनेर लखेटे।’, त्यसरी कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ पुगेका थिए। घटनाबारे बताएपछि घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगिएको थियो।, अस्पतालमा भर्ना भएपछि जावलाखेल ट्राफिक प्रहरीका इन्चार्ज मिलन सिंह आएर पनि भेटेको र कारबाहीको आश्वासन दिएका थिए।, यो पनि: ,डाक्टर कुटपिट प्रकरण: ट्राफिक चेकिङमा बसेका असईसहित पाँच जना तानिए बग्गीखाना, बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले,
निलम्बनमा परे एकान्तकुनामा डाक्टर कुट्ने ट्राफिक प्रहरी |
सेतोपाटी संवाददाता दार्चुलामा अबिरल वर्षासँगै खसेको पहिरोले सडक अवरूद्ध भएको छ। , शैल्यशिखर नगरपालिका-९ नक्तडीस्थित गोकुलेश्वर-दार्चुला सडक अवरूद्व भएको हो।, बुधबार बिहानबाट अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ,
,
दार्चुलामा पहिरो जाँदा सडक अवरूद्ध |
सेतोपाटी संवाददाता पशुपति रोड क्यारियर लगायतका फर्महरूले भन्सार नाका प्रयोग नगरी, प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरेर राजस्व छलेको भन्दै राजस्व अनुसन्धान विभागले मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागले पशुपति रोड क्यारियरका सञ्चालकसहित २७ जनाविरूद्ध बिगो र जरिवाना गरी ४४ करोड ३८ लाख रूपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको हो।, पशुपति रोड क्यारियरको बुटवल शाखाले बिक्रेता न्यू मनकामना सप्लायर्स रूपन्देही र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरी मालवस्तु पठाएको तर उक्त मालवस्तु अन्य विभिन्न फर्मले बिनाबिलबिजक बुझिलिएको विभागले जनाएको छ।, यी सामान आयात गर्दा भन्सार नाका प्रयोग नगरिएको र प्रज्ञापन पत्र नभरिएको विभागले बुधबार जारी गरेको विज्ञप्तिमा छ। यसबाट भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश कर लगायत राजस्व चुहावट भएको विभागले उल्लेख गरेको छ।, विभागले पशुपति रोड क्यारियरका सञ्चालकहरू काठमाडौं रविभवन बस्ने महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, कर्मचारीहरू उपेन्द्रकुमार सिंह र अन्जियन आलमविरूद्ध मुद्दा दायर गरेको हो।, त्यस्तै न्यू मनकामना सप्लायर्सका प्रोप्राइटर रूपन्देहीका रेखा जैसवाल, मुख्य कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवाल लगायत विभिन्न कम्पनीका सञ्चालक तथा कर्मचारीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।, विभागका अनुसार उनीहरूलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अन्तर्गत मुद्दा दायर गरिएको छ।, मुद्दा दायर हुनेमा एउटा गोदामसहित १३ वटा फर्म छन्।, यी कम्पनीहरूसँग २२ करोड १९ लाख ४६ हजार ७०३ रूपैयाँ बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी जम्मा ४४ करोड ३८ लाख ९३ हजार ४०६ रूपैयाँ मागदाबी गरिएको छ।, कसुर हेरेर विभिन्न कम्पनीका सञ्चालकलाई एक महिनादेखि पाँच वर्षसम्म कैद सजाय पनि माग गरिएको छ।,
४४ करोड ३८ लाख मागदाबी गर्दै २७ जनाविरूद्ध राजस्व छलीको मुद्दा |
सेतोपाटी संवाददाता बैतडीमा बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।, मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगीलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। , उनका अनुसार उनीहरूले २८ वर्षीया युवतीलाई गत चैत १५ गते बलात्कार गरेको आरोप छ।, पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए। , पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ।, आरोपित दुबै जनालाई हिरासतमा राखी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन्। ,
बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई पक्राउ |
सेतोपाटी संवाददाता चट्याङ लागेर देशभरि एकैदिन ७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १४ गते एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो।, रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा तीन पुरूष, दुई महिला र दुई बालकको मृत्यु भएको हो।, वैशाख यता भएका विभिन्न प्राकृतिक विपत्तीमा परी अहिलेसम्म ९५ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ।, के हो चट्याङ?, चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ।, ‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’, यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। उनका अनुसार ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।, ‘त्यो आगोको मुस्लो जमिनमा आइपुगे घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यसलाई पानीले पनि निभाउन सकिँदैन।’, चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।, चट्याङबाट कसरी बच्ने?, प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ।, ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।, ‘आवाजले डराउनु पर्दैन। बिजुली चम्किँदा डराउनुपर्ने हो,’ अधिकारीले भने, ‘बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलै क्षति भइसकेको हुन्छ।’, बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो। ठूला रूखका फेदमा नबसेको झनै राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ’घरमा जडित सर्किटहरू बेला–बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’, त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।, नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ। जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुन्छ। जलवायुको परिवर्तनको कुनै नियम छैन।,
चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, कसरी बच्ने? |
सेतोपाटी संवाददाता पोखरामा १७ औं असारे रोपाईं महोत्सव सम्पन्न भएको छ।, विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर बुधबार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ १७ औं असारे रोपाईं महोत्सव भएको हो।, पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको रोपाईं महोत्सवमा किसानहरुसहित पर्यटन व्यवसायीले उत्साहीत भएर मनाएका थिए।, महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता समेत आयोजना गरिएको थियो। महोत्सवमा विदेशी पर्यटकले पनि नेपाली पर्यटकसँगै रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरेका थिए।, खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना शुरू भएको थियो।, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा रोपाईं महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताए।, उनले शहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी भएको बताए। संयोजक श्रेष्ठले महोत्सवमा करिव २ सय विदेशीहरुको सहभागिता रहेको बताए।, स्थानीय किसान विष्णुप्रसाद तिमिल्सिनाले धान रोपाईं शुरु भए पनि सरकारले किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न नसकेको बताए। उनले सरकारले समयमा नै किसानलाई मल र बीउ दिन नसक्दा किसानमा निरासा छाएको बताए।, महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्नेसहित दौड प्रतियोगिता भएका थिए।, पछिल्लो समय बढ्दो प्लटिङसँगै कंक्रिट शहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल हुन थालेको छ । अधिकांश मानिस हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे।, महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतहरुमा किसानले निरन्तर काम गरिरहेका थिए।, हेर्नुहोस् तस्बिरहरू, ,
पोखरामा रोपाईं महोत्सवको रौनक (तस्बिरहरू) |
सेतोपाटी संवाददाता बुधबार सामाजिक सञ्जालमा एउटा तस्बिरले चर्चा पायो। , बिहान काठमाडौं गौशाला चोकको त्यो तस्बिरमा दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए। त्यो तस्बिरमा दुईवटा बाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ। , दुबै मोटरसाइकलको एउटै नम्बर प्लेट देखेपछि उनीहरूले एकअर्काको नम्बर प्लेट हेरेका हुन्। , दुबै मोटरसाइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ।, त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरेको छ।, ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिएपछि कार्यालयले दुबै मोटरसाइकल खोजेको हो। , एउटा मोटरसाइकलका चालक भने सम्पर्कमा आइसकेका छन्। एनएस प्लसरका चालक ट्राफिक प्रहरी कार्यालयमा छन्। ,
उनको कागजात हेर्दा भने सबै ठीकै भएको उनले बताए। , ‘एउटा एनएस पल्सर सबै कागजपत्र पनि ठीकै, नम्बर पनि ठीकै भएको छ। उहाँ हाम्रो कार्यालयमै हुनुहुन्छ,’ उनले भने,‘अर्को खोज्दैछौं।’, उनका अनुसार अर्को मोटरसाइकल भने भक्तपुरतर्फ गएको सिसिटिभीमा देखिएको छ। , उक्त मोटरसाइकल चालकको पनि खोजी भइरहेको कार्यालयले जनाएको छ। उनी पनि सम्पर्कमा आइसकेपछि मात्रै के भएको हो भन्ने बुझिने प्रहरी उपरीक्षक दासले बताए।,
ट्राफिक जाममा भेटिए एउटै नम्बरका दुई बाइक: एउटा चालक प्रहरी कार्यालयमा, अर्कालाई खोज्दै प्रहरी |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६२ जनामा संक्रमण पुष्टि भएको हो।, एक हजार ६२० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८ जनाको पिसिआर र एक हजार १५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २६१ जना सक्रिय संक्रमित छन्।, १९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
एक हजार ६२० परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउनु पर्ने बताएकी छिन्। , महालेखा परीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै भण्डारीले अभियानका रूपमा बेरूजु फर्छ्यौट गरेपछि बेरूजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गर्नुपर्ने बताएकी छिन्।, भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरूजु बढिरहेको देखाएकाले बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाइनु पर्नेमा जोड दिएकी हुन्। , आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने उनले बताइन्।, ‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत उठेका विषयलाई केन्द्रीय संसद, प्रदेश सभा र स्थानीय सभाले गम्भीर रूपमा लिएर दोहोर्याउन दिनुहुँदैन’ भण्डारीले भनिन्, ‘सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता हुनुपर्छ। सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ।’ , ,
बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाऔं: राष्ट्रपति भण्डारी |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ।, उपत्यकामा १४ जनामा हैजा देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।, बुधबार गृह मन्त्रालयमा आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा दासले १४ जनामा हैजा देखिएको र उपचारपश्चात घर फर्किएका बताए , हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।, दासले हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको बताए। ,
काठमाडौंमा १४ जनामा देखियो हैजा |
सेतोपाटी संवाददाता कैलालीमा खोलामा डुबेर बुधबार एक बालक बेपत्ता भएका छन्।, धनगढी उपमहानगरपालिका–१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।, कैलारी गाउँपालिका–६ धर्मपुरस्थित मामाघर गएको बेला गौकन्द्री खोलामा पौडी खेल्नेक्रममा उनी डुबेर बेपत्ता भएका हुन्।, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटेको प्रहरी टोलीले बेपत्ता बालककाे खोजीकार्य गरिरहेकाे छ।,
कैलालीमा खोलामा डुबेर एक बालक बेपत्ता |
सेतोपाटी संवाददाता भक्तपुरमा पर्खाल भत्किँदा वृद्धाको मृत्यु भएको छ। , बुधबार साँझ ५ बजे सूर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुलीस्थित घर आँगनमा लगाएको पर्खाल भत्किँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , कान्छा श्रेष्ठको घर आँगनमा लगाएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ। सो भत्किँदा सोही ठाउँकी ६६ वर्षीया नारायण देवी थापा पुरिएकी थिइन्। , हिँडिरहेको अवस्थामा पर्खाल भत्किँदा उनलाई पुरेर घटनास्थलमै मृत्यु भएको पाण्डेले बताए। , प्रहरी वृत्त जगातीले थप अनुसन्धान अघि बढाएको छ।,
भक्तपुरमा पर्खाल भत्किँदा वृद्धाको मृत्यु |
सेतोपाटी संवाददाता हाल देशभर मौसममा सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ । , प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। , साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
आज पनि मुलुकभर भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा बुधबार राति ट्रकको ठक्करबाट गम्भीर घाईते भएका दमक ९ का ३६ वर्षिय दीपक नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकलमा सवार दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत नेपाललाई पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।, ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु |
रासस त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ।, अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने बताए।, उनकाअनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ।, यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो।,
टिचिङ अस्पतालले बीमा सेवालाई निरन्तरता दिने |
सेतोपाटी संवाददाता बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरूद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। , पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। , ‘रातभरि डाइभर्सन निर्माणको काम गर्यौं’, उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।’, मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो। , डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरू गरेका छन्। ,
बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा |
सेतोपाटी संवाददाता श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया माया श्रेष्ठ चनाराले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ४२ वर्षीय श्रीमान उज्ज्वल चनाराविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दिएकी हुन्।, मंगलबार मध्यान्ह करिब १२ बजेतिर श्रीमान उज्वलले श्रीमती मायालाई आफ्नै घरभित्रै पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेको र आफू हाम फालेर ज्यान जोगाउन सफल भएको उनले बताएकी छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उनको कपाल, अनुहार, हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउ खत रहेको बताए।, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी माया बुधबार इप्रका तुलसीपुर पुगेर श्रीमानविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गराएकी हुन्। , प्रहरी हिरासतमा रहेका उज्जवले भने श्रीमतीको हत्या गर्न नखोजेको बताएका छन्। घटना थाहा पाएर गोरखाबाट मायाका माइती दाङ आएका छन्। मायाका अनुसार ११ वर्ष पहिले आफू १५ बर्षको छँदा गिरी थरको हुँ भनेर श्रीमानले झुट बोलेर गोरखाबाट भगाएर दाङ ल्याएका थिए।, घरमा आएपछि मात्रै आफूले उज्वलको पहिलो श्रीमतिको मृत्यु भएको र त्यसपछि सालीलाई ल्याएर राखेको कुरा थाहा पाएको मायाले बताइन्।, उनीहरूकी ६ बर्षीया छोरी छिन्। छोरी पनि बिरामी छन्। गत भदौमा उज्ज्वलले आत्महत्याको प्रयास गरेको र बाँकेमा १५ दिन उपचार गरेर घर फर्किएको प्रहरीले जनाएको छ।, श्रीमानले पेट्रोल छर्केर आगो लगाउन खोजे, उनी छतबाट हाम फालेर जोगिइन् ,
श्रीमतीलाई हत्या प्रयास गर्ने श्रीमानविरूद्ध मुद्दा दर्ता |
रोहित महतो मधेश प्रदेशमा मधेश आन्दोलन र जनयुद्धमा सहिद घोषणा भएका परिवारले मासिक भरणपोषण भत्ता पाउने भएका छन्।, आन्दोलनको क्रममा मृत्यु भई नेपाल सरकारले सहिद घोषणा गरेका परिवारलाई मधेसी सहिद प्रतिष्ठानले भरणपोषण बापत मासिक २१ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो।, भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले भत्ता दिने प्रतिष्ठानले निर्णय गरेको हो।, प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीका अनुसार सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति दिइनेछ। यस्तै कक्षा १ देखि ६ सम्म १६ हजार रूपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ।, भरणपोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरुलाई आह्वान गरेको थियो।,
मधेश प्रदेशमा सहिद परिवारलाई मासिक २१ हजार भत्ता, सन्तानलाई छात्रवृति |
सञ्चिता घिमरे र देवराज सुवेदी पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गरेका थिए। अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गरेका छन्। सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उनले बताए। , गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनर्स्थापनाको काम अघि बढ्न थालेको थियो।, असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ। अस्थायी रूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ। , सडक अवरूद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका १ र २ र हेलम्बु गाउँपालिका २ र ३ का नागरिकले सास्ती भोगिरहेका छन्।, मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घुमेर धेरै समय लाग्ने गर्छ।, स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढ घण्टा हिँडेर बजार पुग्छन्। सडक पनि हिँड्न सजिलो छैन। हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न गाह्रो भएको छ। , पाँच पोखरी–१ र २, मेलम्ची–७ र ८ र हेलम्बु गाउँपालिका–१, २, ३ र ४ का नागरिक पहिले खट्टेबाट जाने गरेका थिए। त्यो बगाएपछि अहिले चनौटेबाट यात्रा गर्न परेको छ।, मेलम्चीका दुई, हेलम्बुका दुई र पाँच पोखरीका दुई वडाका बासिन्दा चनौटे पुलबाट पनि आवतजावत गरिरहेका छन्। तर हेलम्बु–१ र २ का नागरिक हिँडेर जान नसक्ने छ। , हेलम्बुमा केही समय पहिले सेनाले चनौटेमा पुल निर्माण गरेको थियो। सो पुलभन्दा माथिल्लो क्षेत्रमा यात्रा गर्न गाह्रो रहेको स्थानीयवासी हस्त पण्डितले बताए।, बिरामी हुँदा र खाद्यान्न ढुवानीमा समस्या पर्ने गरेको उनको भनाइ छ। सरकारले सकेसम्म चाँडो यहाँको समस्या समाधान गर्नुपर्ने उनले बताए। , असार लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गंगानाथ भण्डारीले बताए। , खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उनी र उनको परिवारमा छ।, उनले भने, ‘अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु तर कुन दिन केही हुन्छ कि भन्ने डर छ।’, असार सुरू भएसँगै भारी वर्षाका कारण नदीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नदीमा बनाइएका अस्थायी संरचनामा बाढीले क्षति पुर्याउन थालेको छ। , गत वर्षको बाढीले पक्की तथा झोलुंगे पुल बगाएपछि मेलम्ची तथा हेलम्बु क्षेत्रको माथिल्लो भेगका स्थानीयवासीले कष्टकर जीवन बिताउँदै आएका छन्।, वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुल र इन्द्रावती पाँच पोखरी जोड्ने अस्थायी पुलमा क्षति पुगेपछि आवतजावत बन्द छ।, वैकल्पिक बाटो प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पालिकावासीलाई आग्रह गरे।, उनले भने, ‘वैकल्पिक बाटो सुधारको काम गरिरहेका छौं।’, प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा वर्षायाममा आउने बाढीपहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको अभाव छ।, मेलम्ची खानेपानी आयोजना भन्दा माथिको तटीय क्षेत्रमा अझै पनि जोखिम रहेको छ। सो विषयमा खानेपानी मन्त्रालयसँगको समन्वयमा एसियाली विकास बैंकले अध्ययन गरेको थियो।, पूर्वतयारी गरिरहेको तथा विस्थापित नागरिकको स्थायी आवास पुनर्निर्माणको काम पनि भइरहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।, यस वर्षको संघीय सरकारले बजेटमा मेलम्चीको फट्टे र इन्द्रावती नदीमा पुल बनाउन बजेट विनियोजन गरेको छ। , चाँडै पुल सम्पन्न भएर नागरिकको जनजीवन सजिलो हुने यहाँका पालिकाको अपेक्षा छ। अस्थायी पुलमा क्षति पुगेसँगै मेलम्ची हुँदै पाँच पोखरी, इन्द्रावती, हेलम्बुलगायतका स्थानमा यातायात अवरूद्ध भएको छ।, सरकारले गत वर्षदेखि नै वैकल्पिक सडकको कुरा उठाउँदै आए पनि त्यो पूरा नहुँदा नागरिकको जनजीवन सजिलो हुनसकेको छैन। , पुल बजारबाट अम्बाथानसम्मको सडक निर्माण मेलम्ची खानेपानी आयोजनाले गरेको थियो।, वर्षा पहिले आयोजना कुनै पनि काम नहुने हुँदा सडक निर्माण र मर्मत गर्ने तत्काल योजना आयोजनाको छैन।, स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले पालिकाले सडक खुलाउन लागेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।, उनले भने, ‘पालिकाहरूले आयोजनासँग सडक निर्माणका लागि रकम माग गरिरहेका छन्।’, गतवर्ष वर्षामा क्षति भएको चनौटे पुल बगाएपछि बेलिब्रिज बनेको छ। त्योभन्दा माथि फलामको पुल बनाइएको भए पनि अहिले क्षति भएको छ। त्यो ठाउँमा गाडी जाने गरी बनाउन सकिन्छ कि सकिँदैन भनेर पहिले बुझ्नुपर्ने उनले बताए। , अहिलेका लागि वैकल्पिक सडक नै यी पालिकामा सडक सञ्जाल जोड्ने विकल्प भएको आयोजनाले जनाएको छ।, सुन्दरीजल हुँदै अम्बाथान पुग्ने सडक खोल्ने काम केही अघि बढेको छ। हेडवर्कमाथि ठूलो चट्टान तोड्न समय लागेको र त्यो सकिएपछि पहुँच पुग्ने सूचना अधिकारी पन्तले बताए।, उनले भने, ‘यो सडक खोलेपछि अरनिको राजमार्ग अवरूद्ध हुँदा पनि त्यसको विकल्प बन्न सक्छ।’ , वैकल्पिक सडक निर्माणका लागि आयोजनाले चालु आवमा ट्र्याक खोल्ने र स्तरोन्नति गरेको छ।, सडक विभागबाट ठेक्का निस्केर काम अघि बढाइने उनले बताए।, गतवर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात वटा पक्की पुल र ११ वटा झोलुंगे पुल बगाएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन हुँदै आएको थियो।, हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो।, बाढीका कारण २६ जनाको मृत्यु भयो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो।, गत वर्ष क्षतिग्रस्त संरचना बनिनसक्दै पुनः यो वर्ष वर्षाले यहाँका सडक र संरचनामा क्षति पुर्याउन थालेको छ।, मेलम्ची हुँदै माथिल्लो भेगसम्म जाने मेलम्ची, दुवाचौर र इन्द्रावती, पाँच पोखरीका स्थानीयवासी प्रभावित हुन थालेका छन्।, गत वर्ष घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानवापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। , निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।, स्थानीय तहबाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको छ।,
मेलम्ची क्षेत्रमा वर्षाले सडक र पुल भत्काएपछि स्थानीयलाई सास्ती |
सेतोपाटी संवाददाता अविरल झरीपछिको बाढीले मोरङमा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी मोरङका अनुसार बाढीले बगाएर सुन्दरहरैचामा एक जनाको मृत्यु भएको हो।, सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको हो।, सिंघीया खोलामा आएको बाढीका कारण मोरङ विराटनगर र कटहरी गाउँपालिकामा १७५ परिवार विस्थापित भएका छन्। विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका हुन् ।, जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्।,
बाढीले बगाएर मोरङमा एकको मृत्यु |
सेतोपाटी संवाददाता इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ।, जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–४ का यामबहादुर परियार वडा नम्बर १० मा इनार सफा गर्न गएका थिए। उनी मंगलबार बिहान ८ बजेतिर इनारमा डुबेका हुन्।, उद्धारका लागि सुरक्षाकर्मीको टोली पुग्दा उनको मृत्यु भइसकेको थियो।, ११ बजेतिर उनलाई इनारबाट मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।,
इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु |
रासस सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।, नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउन/जानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो। , सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डंगुर पार गर्नुपर्ने बाध्यता छ। , वर्षाको समय सुरू भएसँगै फोहोर कुहिन थालेको छ। कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ।, कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ।, निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन्। , सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए।, वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहोर व्यवस्थापन हुँदै आएको छ।, हरेक वर्ष वर्षातको समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ। , गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो।, सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बने पनि बाटोको कारण सहज भने भएको छैन। , यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ।, विभागका अनुसार फोहोर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ।,
काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने |
सेतोपाटी 'म पागल हुँ भन्ने लाग्छ?' लेदरको ज्याकेट, डिजाइनर जिन्स र कोठे सर्टमा ठाँटिएका उनले सोधे।, छ फुट अग्ला उनी धेरै नै डँडाक देखिन्छन्। उनको काँध चौडा र मोटो छ। कुनै कोठामा छिरे भने उनको ज्यानको बान्कीले नै सबैको ध्यान तान्छ।, तर टाउको एकातिर बंग्याएर हिँड्ने बानीले होला, उनी लजाएजस्ता, धकाएजस्ता देखिन्छन्।, यो एसली भ्यान्सद्वारा लिखित किताबको पहिलो पृष्ठमा उल्लिखित शब्दावली हो।, सन् २०१५ मेमा प्रकाशित एसलीको यो किताब सबभन्दा धेरै चर्चामा आउने खर्बपतिको जीवनमा आधारित छ।, यी खर्बपतिलाई धनी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएको 'फोर्ब्स' ले संसारकै धनी व्यक्ति घोषणा गरेको छ। आर्थिक तथा वित्तीय क्षेत्र विश्लेषण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'ब्लुमबर्ग' को सूचीमा पनि उनी संसारकै धनी व्यक्ति बनेका छन्। सूचीअनुसार उनको सम्पत्ति दुई खर्ब ३५ अर्ब अमेरिकी डलर छ।, हामी कुरा गर्दैछौं एलन मस्कको।, आज उनको जन्मदिन हो। सन् १९७१ जुन २८ मा जन्मेका उनी ५१ वर्ष लागे।, तपाईंहरू ट्विटरमा सक्रिय हुनुहुन्छ, प्रविधिमा रूचि राख्नुहुन्छ वा संसारका धनाढ्यहरूलाई पछ्याउनुहुन्छ भने एलन मस्कलाई चिनिहाल्नुभयो। मनलाग्दी ट्विट गरेर बेलाबेला विवादमा आउने उनले केही समयअघि ट्विटरको सेयर किने। त्यसपछि उनको चर्चा झनै चुलियो।, आज जन्मदिनको अवसरमा हामी उनै धनाढ्य र बेपरवाह एलनको जीवनका केही पाटा यहाँ खुलाउँदै छौं।, एलनलाई चिनाउने पहिलो कम्पनी 'स्पेस-एक्स' हो। यसले रकेट बनाउँछ। तर आममानिसका लागि उनको सबभन्दा ठूलो पहिचान हो टेस्ला जसले बिजुलीबाट चल्ने कार बनाउँछ।, अत्याधुनिक बिजुली कार धेरैको चासोको विषय हो। त्यसैले एलन र टेस्ला एकअर्काका पर्याय हुन्।, टेस्ला संसारकै धनी कम्पनीमध्ये पर्छ। हाल यो कम्पनीको सम्पत्ति सात खर्ब ३५ अर्ब डलर छ। सार्वजनिक कम्पनी भएको एघार वर्षमा, पोहोर टेस्ला दस खर्ब डलरको हुँदै 'ट्रिलियन डलर' कम्पनी बनेको थियो। यसअघि यत्तिको सम्पत्ति पुर्याउने सार्वजनिक कम्पनीहरू एप्पल, अमेजन, फेसबुक र गुगल हुन्।, अन्तर्राष्ट्रिय वित्तीय विश्लेषकहरूले एलन मस्कको व्यक्तिगत सम्पत्ति नै १० खर्ब डलर पुग्ने अनुमान गरेका छन्। त्यस्तो भए उनी संसारकै पहिलो ट्रिलेनियर बन्नेछन्। त्यसतर्फ उनको यात्रा तीव्र गतिमा अघि बढ्दैछ।, बिजनेस इनसाइडरले 'दुई कम्पनीका सिइओ कसरी केटाकेटीमा 'बुली' (हेप्ने व्यवहार) सामना गर्दै प्रविधि क्षेत्रमा सबभन्दा सफल र विवादित व्यक्ति बने' भनेर उनका बारेमा लामो फिचर गरेको थियो।, इनसाइडरले एलनलाई विवादित भन्नुको मुख्य कारण उनले बेलाबेला दिने अभिव्यक्ति हो। उनी अन्टसन्ट ट्विट गर्न पछि पर्दैनन्। कहिले गाँजाको कुरा गर्छन्, कहिले पूरै सम्पत्ति बेच्ने भन्छन् अनि कहिलेकाहीँ आफ्नै ट्विट हटाउँछन्। यिनै कारणले उनी ट्विटर ट्रेन्डिङमा परिरहेका हुन्छन्।, उनले विभिन्न सञ्चारमाध्यममा बोलेका कुराले उत्तिकै विवाद निम्त्याउने गरेका छन्। उनको विवादित अभिव्यक्तिकै कारण कयौंपटक टेस्लालाई घाटा पनि परेको छ।, केही समयअघि मात्र एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी थिइन्। उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता राख्न नचाहेको बताएकी थिइन्। एलनका सात सन्तानमध्ये १८ वर्षीया जेभियर उनकी पूर्वपत्नी जस्टिन विल्सनकी छोरी हुन्।, तीन दिनअघि अदालते जेभियरलाई नयाँ नाम र लैंगिक पहिचानको अनुमति दिएको अमेरिकी अखबारहरूले लेखेका छन्। उनले आफ्नी आमाको थर लिँदै नाम भिभियान जेना विल्सन राखेकी छन्।, एलनलाई विभिन्न कारणले सबभन्दा धेरै विवादित धनाढ्य पनि भनिन्छ।, कम्पनीका लागि भरपुर दिमाग लगाउने तर नसोची बोलेर विवादमा आउने एलन को हुन्? कसरी उनले अमेरिकामा आफ्नो खर्बौं डलरको साम्राज्य खडा गरे?, सन् १९७१ जुन २८ मा जन्मेका एलनको खास नाम एलन रिभ मस्क हो। उनकी आमा मायी क्यानडाकी हुन्। पेसाले मोडल उनी पाँच वर्षअघि ६९ वर्षको उमेरमा न्यूयोर्क फेसन विकको र्याम्पमा हिँडेर फेरि चर्चामा आएकी थिइन्।, पोषणविदसमेत रहेकी मायीले आफ्नो मोडलिङ करिअर १५ वर्ष उमेरमा दक्षिण अफ्रिकाबाट सुरू गरेकी थिइन्। आफ्ना आमाबुवासँग दक्षिण अफ्रिका गएकी मायीको बिहे त्यहीँका इलेक्ट्रोमेकानिकल इञ्जिनियर तथा पाइलट एर्रोल मस्कसँग भएको थियो। एकै टोलमा हुर्केका उनीहरूले प्रेम विवाह गरेका थिए।, उनीहरूका तीन सन्तान भए- छोराहरू एलन र किम्बल र छोरी टोस्का।, दक्षिण अफ्रिकाको प्रेटोरियामै बस्ने मस्क परिवार त्यो बेला धनाढ्यमध्ये पर्थ्यो। प्रेटोरियामा सबभन्दा ठूलो घर उनीहरूकै थियो। तर एलन नौ वर्षका हुँदा उनका आमाबुवा अलग भए।, सुरूमा आमासँगै डर्बन सहरमा बसेका एलन र उनका भाइ किम्बलले दुई वर्षपछि बुवासँग बस्ने निधो गरे।, 'एलन मस्कः हाउ द बिलेनियर सिइओ अफ टेस्ला एन्ड स्पेस-एक्स इज सेपिङ आवर फ्युचर' किताबका लेखक एसली भ्यान्सका अनुसार एलन सानैदेखि तीक्ष्ण थिए। उनी जे कुरा पनि छिटो टिप्थे। कम्प्युटर र भिडिओ गेमहरूमा उनको अत्यधिक रूचि थियो।, दस वर्षको हुँदा एलनसँग त्यो बेला लाखौं बिक्री भएको सफल कम्प्युटर थियो। उनले कम्प्युटर प्रोग्रामिङ पनि सिके। बाह्र वर्षका हुँदा त उनी आफैंले 'ब्लास्टर' नामको भिडिओ गेम बनाए र बेचे। यो अन्तरिक्षमा कुदेर खेल्नुपर्ने भिडिओ गेम थियो।, अन्तरिक्षमा आधारित भिडिओ गेम सार्वजनिक भएपछि एलनको कथा दक्षिण अफ्रिकाको 'पिसी एन्ड अफिस टेक्नोलोजी' पत्रिकाले एक पानाभरि छाप्यो। उनले आफूले बनाएको गेम त्यही पत्रिकालाई पाँच सय डलरमा बेचेका थिए। त्यतिखेर कम्प्युटर विज्ञान एकदमै सुरूआती चरणमा भएकाले उनको खेल चम्किन भने सकेन।, '१२ वर्षे किशोर एलनको दिमाग समयभन्दा निकै तेज गतिमा दौडिन थालिसकेको थियो,' एसलीले लेखेका छन्।, एसलीका अनुसार एलन लजालू र अन्तर्मुखी थिए। सानैदेखि एकदमै धेरै कल्पनामा रमाउँथे। अन्तरिक्ष र ब्रह्माण्डबारे सोच्थे। किशोरावस्थाको मध्यतिर आइपुग्दा त उनले कल्पना र वास्तविकता छुट्याउनै गाह्रो हुने गरी आफ्नो दिमागमा घोलिसकेका थिए।, 'सायद मैले सानोमा धेरै कमिक्स पढेर होला,' एलनले आफ्नो यस्तो व्यवहार कसरी विकास भयो भन्नेबारे अनुमान गर्दै एसलीलाई भनेका छन्, 'कमिक्सहरूमा सधैं संसार बचाउने कुरा हुन्थ्यो। यस्तो लाग्थ्यो, कसैले त संसारलाई राम्रो ठाउँ बनाउनुपर्छ।', उनी यतिसम्म आफ्नो संसारमा हराउँथे, अरूले बोलाएको समेत सुन्थेनन्। प्रतिक्रिया दिन्थेनन्। एकोहोरो टोलाएजस्ता देखिन्थे। डाक्टरले उनी कान नसुन्ने छन् कि भनेर शंका पनि गरे। उनको स्वास्थ्य जाँचे। सुन्ने क्षमता बढाउन एउटा ग्रन्थी निकालेर फालिदिए। तर त्यसले उनको आनीबानी सुध्रेन।, 'उसको समस्या कानमा होइन,' एलनकी आमा मायीको भनाइ एसलीको किताबमा उद्धृत छ, 'ऊ आफ्नो दिमागी संसारमा हराउँछ। अर्कै दुनियाँमा पुग्छ। अहिले पनि त्यसै गर्छ। अचेल उसलाई म यसबारे केही भन्दिनँ। अहिले अब ऊ नयाँ रकेट कि के डिजाइन गर्दैछ।', सानामा आफ्ना भाइबहिनी अँध्यारोसँग डराउँदा एलन ढुक्क साथ भन्थे रे- अँध्यारो भनेको प्रकाशको अनुपस्थिति मात्र हो।, केटाकेटी बेलादेखि नै एलनको दिमागमा अन्तरिक्ष संसार घुम्ने भए पनि उनी आफ्नै परिवारको उल्झनमा परेका थिए। बुवासँग बसे पनि उनीहरूबीच निकट सम्बन्ध थिएन। एक अन्तर्वार्तामा एलनले आफ्ना बुवाबारे भनेका छन्- 'एकदमै खराब मान्छे... उनले गरेका कामहरू तपाईंहरूले सोच्न सक्नेसम्मकै खराब थिए।', बुवासँग बस्ने निर्णय गर्नु आफ्नो सबभन्दा ठूलो भुल भएको उनको भनाइ छ।, एलनले स्कुल पढ्ने बेला आफू बुलीको शिकार भएको पनि बताएका छन्। उनले धेरैपटक कुटाइ खाए। एकपटक त उनलाई केही केटाहरूले भर्याङबाट हुत्त्याइदिए। उनी अस्पतालै भर्ना हुनुपरेको थियो।, दक्षिण अफ्रिकाको त्यो बेलाको राजनीतिक परिवेशमा 'गोरा' का रूपमा हुर्किँदै गर्दा उनले आफ्नो अस्तित्व संकटमा देख्न थाले। न घरमा उनको कोही 'आफ्नो' भयो, न स्कुलमा। त्यसैले पनि होला, उनी कल्पनामै रमाउँथे।, एलन प्रेटोरिया विश्वविद्यालयमा पढ्दापढ्दै क्वीन्स विश्वविद्यालयमा पढ्न भनेर आमा र भाइबहिनीसँगै क्यानडा गए। उनी त्यति बेला सत्र वर्षका थिए। दुई वर्षपछि अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालय पुगे। त्यहीँबाट उनले अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातक पूरा गरे।, पेन्सिलभेनियामा पढ्दाखेरि नै एलन र उनका साथी मिलेर दस बेडरूमको एउटा घर भाडामा लिए र नाइट क्लब चलाए।, यो उनको व्यावसायिक यात्राको पहिलो कदम थियो।, स्नातक सकेपछि एलन सन् १९९५ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्ने भनेर क्यालिफोर्निया सरे। तर उनले थप पढ्नुभन्दा व्यवसाय गर्ने सोचे।, आफ्नो भविष्य खोज्दै उनले भाइ किम्बलसँग मिलेर वेब सफ्टवेयर कम्पनी 'जिप२' खोले।, यो कम्पनी स्थापना गर्न सूचना प्रविधिको सहर मानिने सिलिकन भ्यालीका केही लगानीकर्ताले सहयोग गरेका थिए। यसले द न्यूयोर्क टाइम्स र सिकागो ट्रिब्युन जस्ता अखबारले भर्खर सुरू गरेको अनलाइन संस्करणका लागि सहरसम्बन्धी सामग्रीहरू उपलब्ध गराउँथ्यो।, मस्क दाजुभाइको यो कम्पनी राम्रै चल्यो।, यो स्टार्टअप कम्पनीलाई सन् १९९९ मा सूचना प्रविधि क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी कम्प्याकले ३० करोड ७० लाख डलरमा किन्यो। कम्प्याकलाई पनि अहिले एचपी कम्पनीले किनिसकेको छ।, यो कारोबारबाट एलनले २ करोड २० लाख डलर कमाए।, आफ्नो पहिलो कम्पनी बेचेकै साल एलनले एक करोड डलर राखेर अनलाइन बैंकिङ कम्पनी 'एक्स डटकम' स्थापना गरे। त्यसको एक वर्षपछि एक्स डटकम सफ्टवेयर कम्पनी 'कन्फिनिटी' सँग गाभियो। दुई कम्पनी गाभिएपछि अनलाइन भुक्तानी सेवा सुरू गर्ने 'पेपल' जन्मियो।, एलन पेपलका सिइओ भए। उनको यो पद भने लामो समय टिकेन।, उनले पेपलको सर्भर युनिक्स अपरेटिङबाट माइक्रोसफ्ट विन्डोजमा सार्नुपर्छ भनेर सह-संस्थापकलाई दबाब दिएका थिए। यसबारे संस्थापकहरूबीच झगडा पर्यो। यसबीच उनी अस्ट्रेलिया घुम्न गएका बेला पेपलको बोर्डले उनलाई पदबाट हटायो र नयाँ सिइओ नियुक्त गर्यो।, 'बिदा मनाउन जाँदा समस्या नै यस्तै हुन्छ,' एलनले आफू पेपलबाट निकालिएको केही वर्षपछि फर्च्युन पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्।, पछि त्यही पेपलले एलनलाई निकै फाइदा दियो। सन् २००२ मा अनलाइन बजार इबेले एक अर्ब पचास करोड डलरमा पेपल किन्यो। त्यो बेला एलन पेपलका सबभन्दा ठूला सेयरधनी थिए। उनले १६ करोड ५० लाख डलर पाए।, पेपलबाट निकालिएपछि एलन हात बाँधेर बसेका थिएनन्। उनी अर्को सपना बुन्दै थिए। त्यही सपनाभित्र मंगल ग्रहमा मुसा वा बिरूवा पठाउने योजना फस्टाएको थियो। त्यसैले पेपलबाट पाएकोमध्ये दस करोड डलर लगानी गरेर उनले 'स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज' (स्पेस-एक्स) स्थापना गरे। यो कम्पनीको उद्देश्य अन्तरिक्ष उडानलाई दस गुणा सस्तो बनाउनु थियो।, सुरूआती चरणमा उनले 'पफ द म्याजिक ड्र्यागन' गीतबाट प्रेरित नाम 'ड्र्यागन' राख्दै अन्तरिक्षयान बनाए। केहीले उनलाई 'स्पेस-एक्सले कहिल्यै अन्तरिक्षमा यान पठाउन नसक्ने' भनिदिए।, तर कल्पनाको संसारमा रमाउने एलन अरूका कुरा कहाँ सुन्छन् र!, स्पेस-एक्सको दीर्घकालीन लक्ष्य नै मंगल ग्रहको यात्रा सस्तो बनाउनु हो। उनी यसलाई 'मार्स कोलोनियल ट्रान्सपोर्टर' भन्छन्। जबसम्म मंगल ग्रहमा नियमित उडान हुँदैन, तबसम्म स्पेस-एक्सलाई सार्वजनिक कम्पनी नबनाउने उनले बताएका छन्।, अन्तरिक्षको दुनियाँमा भुलिइरहेका एलन धर्तीमा पनि कम व्यस्त छैनन्।, सन् २००४ मा उनी अध्यक्ष र आर्किटेक्टका रूपमा विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग जोडिए। उनी यसमा सक्रिय भएर लागे र दुई वर्षपछि कम्पनीको पहिलो पूर्ण विद्युतीय कार 'रोडस्टर' बनाउन सघाए।, एलन एउटै काममा रमाएर बस्ने खालका होइनन्। टेस्ला चलाउँदै गर्दा सन् २००६ मै उनले सोलारसम्बन्धी काम गर्ने कम्पनी स्थापना गर्न मद्दत गरेका थिए। पछि टेस्लाले नै त्यो कम्पनी किन्यो र अहिले टेस्ला इनर्जीका रूपमा परिचित छ। यसले सोलार ब्याट्रीहरू बनाउँछ।, सन् २००७ सम्म आइपुग्दा एलन टेस्लामा निकै शक्तिशाली भइसकेका थिए। त्यो बेला एलनसँग जोडिनुअघि टेस्लाका सह-संस्थापक मार्टिन एबरहार्ड टेस्लाका सिइओ थिए। एलनले पहिले उनलाई पदबाट हटाए, पछि बोर्ड र कार्यकारीबाट पनि निकाले।, त्यो बेला टेस्ला आर्थिक रूपमा खस्किँदै गएको थियो। उनले व्यक्तिगत रूपमै टेस्लालाई टाट पल्टिनबाट जोगाएका थिए। उनले कम्पनीमा आफैं चार करोड डलर लगानी गरे र थप चार करोड डलर ऋण कम्पनीलाई दिलाए। त्यही वर्ष उनी टेस्लाका सिइओ पनि बने।, तर स्पेस-एक्स, टेस्ला र सोलार सिटी हाँकिरहेका एलन आर्थिक रूपमा निकै भासिए।, टेस्लाले पैसा गुमाइरहेको थियो, स्पेस-एक्सलाई आफ्नो फ्याल्कन-१ रकेट उडाउन समस्या भइरहेको थियो। आफ्नो जीवन धान्न पनि एलन ऋणको सहारा लिइरहेका थिए। त्यसैले सन् २००८ लाई उनी आफ्नो जीवनकै खराब वर्ष भन्छन्।, त्यसै वर्ष क्रिसमसतिर एलनलाई आकाश र धर्ती दुवैतिरबाट शुभ समाचार आयो।, पहिलो, स्पेस-एक्स र नासाबीच अन्तरिक्षमा सामानहरू पठाउन १५ अर्ब डलरको सम्झौता भयो।, दोस्रो, टेस्लाले बाहिरी लगानीकर्ता पायो।, सन् २०१० जुनसम्म आइपुग्दा टेस्लाले सार्वजनिक सेयर जारी गर्यो। आइपिओमार्फत् २२ करोड ६० लाख डलर संकलन भयो। सन् १९५६ मा फोर्ड कम्पनीपछि सार्वजनिक सेयर जारी गर्ने कार कम्पनी टेस्ला नै हो।, आर्थिक अवस्था बलियो बनाउन एलनले टेस्लामा रहेको एक करोड ५० लाख डलर बराबर आफ्नो सेयर बेचेका थिए।, सन् २०१५ मा आएर एलनले 'ओपन-एआइ' नामक गैरनाफामूलक संस्था स्थापना गरे। यसले मानवमैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रवर्द्धन निम्ति अध्ययन तथा अनुसन्धान गर्छ। त्यसै वर्षको अन्त्यसम्म उनको स्पेस-एक्सले विभिन्न कामका लागि २४ वटा रकेट उडाइसकेको थियो।, सन २०१७ मा स्पेस-एक्सको फ्याल्कन-९ यानले पहिलोपटक सफलतापूर्वक समुद्रमा अवतरण गर्यो जुन पुनः प्रयोग गर्न मिल्ने रकेट थियो। आजका मितिसम्म स्पेस-एक्सले बनाएको सबभन्दा शक्तिशाली रकेट फ्याल्कन हेभी हो जसले सन् २०१८ मा उडान भर्यो। यसमा एलनको रातो टेस्ला रोडस्टर गाडी पनि पठाइएको थियो।, एलनले यो कामसँगै सन् २०१६ मै न्युरालिंक कम्पनी खोलेका थिए। यसले मान्छेको दिमागमा राख्न मिल्ने उपकरण विकास गरिरहेको छ। उच्च गतिमा सवारी कुदाउन सुरूङ निर्माण गर्ने बोरिङ कम्पनी पनि उनले स्थापना गरिसकेका छन्।, एलनको दिमाग तीव्र गतिमा चलिरहन्छ। आफ्नो दिमागको रफ्तारसँग मिल्दोजुल्दो उनको नयाँ काम हो 'हाइपरलूप'। एलनका अनुसार हाइपरलूप एकदमै तीव्र गतिको रेल हो जुन रित्तो ट्युबजस्तो बाटोमा कुद्छ।, कम्पनी र व्यवसायमा सफल एलनको वैवाहिक जीवन भने असफल मानिन्छ।, सन् २००२ मा उनले क्यानेडियन लेखक जस्टिनसँग बिहे गरेका थिए। उनीहरूका पहिलो छोराको दस सातामै मृत्यु भयो। पछि जुम्ल्याहा र तिम्ल्याहा छोरा भए। , एलन टाट पल्टिन लागेकै वर्ष सन् २००८ मा उनको वैवाहिक जीवन पनि टुंगियो। उनले यो वर्षलाई आफ्नो जीवनकै खराब वर्ष भन्नुमा जस्टिनसँगको सम्बन्धविच्छेद पनि हो।, हालै अदालतमा एलनसँग कुनै नाता नराख्ने भन्दै निवेदन दिएकी जेभियरसहित एलन र जस्टिनका पाँच सन्तान छन्।, जस्टिनसँग अलग भएलगत्तै एलन बेलायती अभिनेत्री तलुला राइलीसँग डेट गर्न थाले र सन् २०१० मा बिहे गरे। दुई वर्ष नहुँदै एलनले आफूहरू अलग भएको सुनाए। सन् २०१३ मा उनीहरूले फेरि बिहे गरे।, उनीहरूको नाटकीय बिहे यतिमा सीमित भएन। अर्को साल अन्त्यतिर उनीहरूले फेरि डिभोर्सका लागि अपिल गरे। त्यो बेला भने एलनले अपिल फिर्ता लिए अनि सन् २०१६ मा आएर बल्ल उनीहरू औपचारिक रूपमा अलग भए।, त्यसपछि एलनको नाम अभिनेत्री एम्बर हर्डसँग जोडियो। भनिन्छ, एम्बर र एलन सन् २०१२ देखि सम्बन्धमा थिए।, सन् २०१७ मा एम्बरका श्रीमान तथा अभिनेता जोनी डेपले सार्वजनिक रूपमै एलनलाई आफ्नी पत्नीसँग 'अफेयर चलाएको' आरोप लगाए। त्यो बेला एलन र एम्बर दुवैले यो कुरा नकारे।, त्यसको केही समयपछि एक अन्तर्वार्तामा एलनले एम्बरसँगको बिछोडले गाह्रो बनाएको बताएका थिए।, एलनले जसरी आफ्नो काममा अनेक प्रयोग गरे, उनको प्रेम सम्बन्ध पनि त्यस्तै हुँदै गयो।, सन् २०१८ मा एलन र क्यानेडियन संगीतकार ग्रिम्सले आफूहरू डेट गरिरहेको बताए। दुई वर्षपछि उनीहरू एक छोराका आमाबुवा बने। त्यति बेला पनि एलन आफ्ना छोराको नाम 'X Æ A-12' राखेर निकै चर्चामा आए। यो नाममा आधुनिक अंग्रेजी वर्णमालामा भएका अक्षर समावेश नभएकाले क्यालिफोर्नियाको नियमले मानेन। त्यसैले एलनले नाम फेरेर 'X Æ A-Xii' राखे। 'Æ' अक्षर पनि वर्णमालामा नभएको भनिएपछि आखिरमा आएर उनले छोराको नाम 'X AE A-XII' मस्क राखे।, यो नाम कसरी उच्चारण गर्ने भन्दै धेरैले उनको मजाक उडाएको पाइन्छ।, सात सन्तानका बाबु बनिसकेका ५१ वर्षीय एलन अझै पनि व्यक्तिगत सम्बन्धमा स्थिर छैनन्। गत सेप्टेम्बरमा मात्र उनले ग्रिम्ससँग आंशिक रूपमा छुटेको बताए। तर आफूहरूबीच राम्रो समझदारी र माया कायम रहेको उनले बताएका थिए।, एलन खासमा कुनै एक कुरामा अडिएर बस्न नसक्ने, एउटा काममा मात्र चित्त नबुझाउने, प्रविधिमा विभिन्न सम्भावना खोजिरहने व्यक्ति हुन्। उनको दिमाग हरक्षण केही न केही नयाँ आइडिया खोतल्न लागिपरिरहेको हुन्छ। त्यसैले उनलाई हलिउड फिल्म 'आइरन म्यान' का वास्तविक टोनी स्टार्क पनि भनिन्छ।, बिजनेस इनसाइडरले लेखेको छ, 'एलन वास्तविक जीवनका टोनी स्टार्क हुन्। मार्भलको फिल्म आइरन म्यान उनीबाटै प्रेरित भएको हो।', एलनले आइरन म्यानको दोस्रो संस्करणमा क्यामियो भूमिका पनि निर्वाह गरेका थिए।, सायद एलनलाई पनि आफ्नो व्यवहार अनौठो लाग्दो हो, यो संसारले सहजै पचाउँदैन भन्ने उनी सोच्दा हुन्।, त्यसैले आफ्नोबारे मोटो किताब लेख्न बसेका एसली भ्यान्सलाई भेट्दा एलनले भनेका होलान्, 'के तिमीलाई म पागल हुँ भन्ने लाग्छ?', (एलन मस्कः हाउ द बिलेनियर सिइओ अफ टेस्ला एन्ड स्पेस-एक्स इज सेपिङ आवर फ्युचर किताब, बिजनेस इनसाइडर, ब्लुमबर्ग लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको) ,
आफ्नै दुनियाँमा हराउने एलन मस्क कसरी बने संसारकै धनी? |
सेतोपाटी संवाददाता शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र बुझाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो। , केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले मंगलबार ललितपुरको थसिखेलबाट पक्राउ गरेको हो।, पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै तिमल्सिनाले नक्कली चारित्रिक प्रमाणपत्र पेस गरेका थिए।, उनले उक्त क्याम्पसबाट मानविकी र सामाजिक विज्ञान संकायमा स्नातक गरेको ट्रान्स्क्रिप्ट किर्ते गरेको आरोप छ। , किर्ते गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।,
सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा कम्तीमा चार वटा गैंडा मारेको पुष्टि भएका एक व्यक्तिलाई सिआइबीले पक्राउ गरेको छ।, चितवनको कालिका नगरपालिका-९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हेटौंडाबाट पक्राउ गरेको हो। , उनीमाथि सबभन्दा पहिले २०६७ सालमा गैंडा चोरी सिकारी, खाग बिक्री/वितरण र ओसार/पसारको मुद्दा दर्ता भएको थियो। त्यसपछि पनि उनीविरूद्ध तीनवटा मुद्दा दर्ता भएर सजायको फैसला भएको थियो।, सिकारीको जालो पछ्याउँदै जानेक्रममा रामकुमार पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। , उही मुद्दाका चितवनको कालिका–११ सैपाम घर भएका ठूलोकान्छा र सागर प्रजा नामले चिनिने वास्तविक नाम विन्दर सिंह प्रजा भएका व्यक्तिलाई पक्राउ गरेको ९ महिनापछि सोमबार सिआइबीले रामकुमारलाई पक्राउ गर्न सफल भएको हो। , सूचना अधिकारी तिवारीले रामकुमार गैंडाको खुंखार सिकारी र कारोबारी रहेको दाबी गरे।, 'उनी संलग्न भएका गैंडासम्बन्धी धेरै मुद्दा दर्ता भएका छन्,' उनले भने, 'उनी लामो समयदेखि हाम्रो फरार सूचीमा थिए। अन्तत: समातिएका छन्। उनलाई अहिले कसरा ल्याइँदैछ।', यस्तो छ सिकारीको जालो, चितवन राष्ट्रिय निकुञ्जले चितवनको कालिका–११ घर भएका ठूलोकान्छा प्रजाविरूद्ध गैंडा मारी खाग तस्करीको मुद्दा २०६७ सालमै दर्ता गरेको थियो।, २०७२ साल असार ३० गते उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो। , ठूलो कान्छासँगै उनका छोरा करण प्रजाविरूद्ध पनि १५ वर्षको कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो। त्यतिखेर गैंडा मार्ने कार्यमा ठूलो कान्छा र उनका १४ वर्षीय छोरा संलग्न रहेको भनेर मुद्दा दर्ता भई फैसला भएको थियो। तर उनीहरू पक्राउ परेनन्। , उनी कहिले ठूलो कान्छा, कहिले सागर प्रजा नाम बताएर ठाउँ फेर्दै बस्ने गरेका थिए। पछि निकुञ्जले सागर प्रजा नामका व्यक्तिमाथि गैंडा चोरी सिकारीकै अर्को मुद्दा दर्ता गर्यो।, उक्त मुद्दामा उनलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो। निकुञ्जले ती व्यक्ति तिनै ठूला कान्छा हुन् भन्ने ठाने पनि गलत निस्कियो। उनी लामो समयसम्म पक्राउ परेनन्। , गैंडा मारेर खाग बिक्री गर्ने गिरोहको खोजीमा रहेको टोलीले गत भदौमा काठमाडौंबाट कवि नामले चिनिने रामकुमार श्रेष्ठलाई पक्राउ गर्यो। तस्करको खोजीमा रहेको टोली रामकुमारको सूचनाका आधारमा विन्द्रसिंह प्रजासम्म पुग्यो।, रामकुमारले २०७७ जेठमा निकुञ्जको घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा गैंडा मार्न आफूले विन्द्रसिंहलाई पनि पठाएको बयान दिएका थिए। उनकै सूचनाको आधारमा तनहुँबाट गत जेठ ७ गते पक्राउ परेका थिए विन्द्रसिंह। , विन्द्रसिंह उनै व्यक्ति थिए जसलाई गैंडाको चोरी सिकारीको मुद्दामा १२ वर्ष अघि निकुञ्जले मुद्दा दायर गरेको थियो ६ वर्ष अघि सजायको फैसला भएको थियो।, कहिले ठूलो कान्छा, कहिले सागर प्रजाको नामबाट चोरी सिकारीमा संलग्न हुने गरेका उनको वास्तविक पहिचान सजाय तोकिएको ६ वर्षपछि बल्ल भयो। , रामकुमारकै सूचनाको आधारमा निकुञ्जको टोली मकवानपुरको साविक सरिखेत गाविस–९ ठेगाना भएका करण मोक्तानसम्म पुग्यो।, २९ वर्षीय करण मोक्तान निकुञ्जले २०६७ सालमै गैंडा चोरी सिकारीको मुद्दा दर्ता गरेका विन्द्रसिंहका छोरा करण प्रजा थिए। चितवन घर भएका उनले मकवानपुर पुगेर मोक्तान थर राखेर नागरिकता बनाएका थिए। , फरार अभियुक्तका रूपमा रहेका विन्द्रसिंह प्रजा अहिले जिल्ला कारागार चितवनमा छन्। उनीविरूद्ध २०७७ सालमा अर्को गैंडा मारेको मुद्दा पनि थपिएको छ। , निकुञ्जका अनुसार बमबहादुर प्रजा नामका व्यक्ति विन्द्रसिंहका नजिकका आफन्त हुन्।, निकुञ्जको फरार अभियुक्तको सूचीमा रहेका उनको संलग्नतामा अहिलेसम्म गरेर करिब एक दर्जन गैंडा मारेका छन्। बमबहादुरकै संरक्षणमा विन्द्रसिंह, करणलगायतका धेरै चेपाङहरू गैंडा तस्करीमा संलग्न रहेको निकुञ्ज स्रोत बताउँछ। , एक सिंगे गैंडाको खागको कारोबारीको खोजीमा रहेको टोलीले रामकुमार र विन्द्रसिंहले दिएको सूचनामार्फत् २०७६ सालको कात्तिकदेखि २०७७ असोजसम्ममा निकुञ्जमा थप ६ वटा गैंडा सिकारीले मारेको रहस्य फेला पारेको थियो।, उनीहरूकै सूचनाको आधारमा चार वटा गैंडाको चोरी सिकारीमा संलग्न रहेका ८ जनालाई पक्राउ गरिएको थियो।,
चितवन निकुञ्जले 'खुंखार गैंडा सिकारी' मानेको रामकुमार प्रजा १२ वर्षपछि समातिए |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।, दुई हजार ७९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८५२ जनाको पिसिआर र एक ९४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २२९ जना सक्रिय संक्रमित छन्।, १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए ४४ कोरोना संक्रमित, सक्रिय २२९ |
सेतोपाटी संवाददाता कारागार विभागले कारागार चलान भएका कैदी तथा थुनुवालाई रंगिन फोटोसहितको परिचयपत्र दिने भएको छ।, विभागका प्रवक्ता रामचन्द्र सिवाकोटीका अनुसार अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तान गरिरहेका कैदी र मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका कैदी तथा थुनुवालाई व्यक्तिगत विवरण खुल्ने गरी रंगिन फोटोसहितको परिचयपत्र दिन लागिएको हो।, कारागारमा भएका कैदी तथा थुनुवालाई पहिलो पटक रंगिन परिचयपत्र दिन लागेको सिवाकोटीले बताए। यसअघि पनि कैदीपुर्जी हुने गरेको भए पनि त्यसमा फोटो भने राखिएको थिएन। , उनका अनुसार कारगारमा भएका सबै कैदीबन्दीलाई परिचयपत्र प्रदान गर्न अहिले फोटो खिच्ने काम भइरहेको छ। सबै परिचयपत्र नेपालको ७४ कारागारका सबै कैदी तथा थुनुवालाई दिइनेछ। , ‘हाल सबै ठाउँमा कैदी तथा थुनुवाहरूको फोटो खिच्ने काम भइरहेको छ,’ सिवाकोटीले भने,‘कारागारमा फोटो खिच्ने काम पनि सजिलो छैन। त्यसका बाबजुद् पनि काम भइरहेको छ।’, कारागारका कैदी तथा थुनुवाको परिचय पत्रमा नाम, स्थायी ठेगाना, मुद्दाको किसिम, कैद चलान भएको मिति र छुट्ने मिति उल्लेख हुने कारागार विभागका शाखा अधिकृत गणेश गौतमले जानकारी दिए।, उनका अनुसार कैदीबन्दी तथा थुनुवाले बिरामी भई चेकजाँच गर्न अस्पताल जाँदा, अदालत जाँदा, आफन्तसँग भेटघाट गर्दा, कारागारमा काम गर्दा र एउटा कारागारबाट अर्को कारागारमा स्थानान्तरण हुँदा कैदी परिचयपत्र अनिवार्य रूपमा झुन्ड्याउनु पर्नेछ।, ‘उक्त परिचयपत्र कारागारमै बस्दा भने झुन्ड्याउनु पर्ने छैन, तर आवश्यक परेको समयमा सबैले झुन्ड्याउनु पर्ने छ’ गौतमले भने, ‘जस्तै कारगारै काम गर्दा, अस्पताल जाँदा, कारागार सर्दा र अदालत जाँदा परिचयपत्र अनिवार्य झुन्ड्याउनु पर्छ।’, गौतमले असार मसान्तसम्म देशभर सबै कैदीको रंगिन परिचयपत्र बनिसक्ने बताए।, गत जेठ ४ गते रोल्पा कारागारका कैदी सुन्दर हरिचनको मृत्यु भएको थियो। मृत्यु भएपछि मात्रै हरिजनले विजयविक्रम शाहका नाममा कैद काटिरहेको तथ्य खुलेको थियो।, त्यही घटनाबाट पाठ सिकेर सबै कैदीहरूको परिचय पत्र बनाउन लागिएको गौतमले बताए। , हरिजन मृत्यु प्रकरणको छानबिन गर्न बनेको समितिले कारागार प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण, कैदी, जेलर, सुरक्षाकर्मीलगायतलाई जिम्मेवार बनाउन सुझाव दिएको थियो।, यी पनि पढ्नुस्:, रोल्पा कारागारमा एक कैदीको आत्महत्याले ल्याएको हलचल , छानबिन समितिले भन्यो- जेल प्रशासनले फोटो नराख्दा सुन्दर हरिजनले अर्कैको सजाय काट्नु पर्यो,
देशभरिका कारागारमा रहेका कैदी तथा थुनुवालाई रंगिन परिचय पत्र दिइने |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतिनगरमा गत वर्षजस्तै अहिले पनि पहिरो झर्न सुरू भएको छ।, गत वर्ष भदौ ११ र १३ गते चुरे पहाडबाट झरेको पहिरोले एक दर्जन जति घर भत्किएका थिए भने ५० भन्दा बढी घर पहिरोको जोखिममा रहेका थिए।, पहिरो झरेपछि गत वर्षदेखि नै पहिरो नियन्त्रणको लागि विभिन्न प्रयास गरिए पनि मंगलबार बिहानैदेखि परेको अविरल वर्षासँगै पुनः पहिरो झरेको हो।, पहिरोसँग झरेको लेदो माटो र ढुंगा बस्तीमाथि झर्दा ज्योतिनगरका दर्जनौं घर जोखिममा परेका छन्।, पहिरो रोकथामका लागि भन्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत् पर्खाल उठाउने काम चलिरहेको थियो।, मंगलबार परेको वर्षापछिको भेलले ढुंगासहितको पहिरो बस्तीमै पसेको छ।, ढुंगा र लेदो माटो सहितको पहिरोले केही घर तथा संरचनाहरू भत्किएको प्रहरीले जनाएको छ। यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।, दिउँसो केही समय पानी रोकिएपछि जेसिबीको सहयोगले सडकमा थुप्रिएका ढुंगा पन्छाउने काम गरिए पनि अहिले फेरि पानी पर्न सुरू गरेको छ।, गत वर्ष भदौ ११ गते र १३ गते वडा नं. ३ र ४ माथिको चुरेबाट झरेको पहिरोले एक दर्जन घरमा क्षति पुर्याएका थिए भने ५० भन्दा बढी घर विस्थापित भएका थिए।, , ,
बुटवल ज्योतिनगरको बस्तीमा ढुंगासहितको पहिरो (तस्बिरहरू) |
सेतोपाटी संवाददाता आफ्नै स्कुलको बसले ठक्कर दिँदा मंगलबार मोरङको रंगेलीमा चार वर्षीय एक छात्रको मृत्यु भएको छ भने अर्की ६ वर्षकी छात्रा घाइते भएकी छन्। , रंगेली –स्थित माउन्टेन मकालु बोर्ङिङ स्कुलको बसले ठक्कर दिँदा नर्सरीमा पढिरहेका रङ्गेली–५ का महादेव मण्डलका छोरा ४ वर्षका हृतिक मण्डलको मृत्यु भएको छ। , स्कुल बसको ठक्करले घाइते बालकलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। , सोही स्कुलमा एल केजीमा अध्ययनरत रङ्गेली–६ का नरेश मण्डलकी छोरी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी छन्। उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। , को १ क ११३० नम्बरको स्कुल बसले दिउँसो ४ बजेतिर उनीहरू दुई जनालाई ठक्कर दिएको थियो।, स्कुल सकिएपछि घर जाँदै गरेका बालबालिकालाई स्कुल अगाडि नै बसले ठक्कर दिएको थियो।, प्रहरीले बस नियन्त्रणमा लिएको छ भने चालक भने फरार भएका छन्।,
आफ्नै स्कुल बसले ठक्कर दिँदा चार वर्षका बालकको मृत्यु |
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टरमाथि कुटपिट भएको घटनापछि असईसहित पाँच जना काठमाडौं उपत्यका ट्राफिक कार्यालय बग्गीखाना तानिएका छन्। , डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान राजेन्द्र थापासहित पाँच जनालाई मंगलबार कार्यालयले तानेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए। , आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका घिसिङमाथि ट्राफिक प्रहरी जवान थापाले कुटपिट गरेका थिए। सो समयमा ट्राफिक चेकिङ भइरहेको थियो। , कार्यालयले कारबाही प्रक्रियाको लागि चेकिङमा उपस्थित पाँचै जनालाई त्यहाँ तानेको हो। , ‘एकान्तकुनामा चेकपोइन्टमा बसेका असईसहित पाँचै जनालाई उता बग्गीखाना तानिएको छ। प्रहरी नियमावली अनुसार विभागीय कारबाही प्रक्रिया सुरू भएको छ,’ प्रहरी उपरीक्षक शाहले भने,‘त्यसबाहेक कानुनी कारबाहीको लागि घाउ जाँच गराउन दिदीले निवेदन दिनुभएको छ हामीले त्यो गराएका छौं।’, यदी प्रहरीको कारबाही चित्त नबुझेको भएमा जाहेरी लिएर पनि आउन सकिने उनले बताए। , ‘जाहेरी लिएर आउनुभयो भने त्यसअनुसार कारबाही अगाडि बढ्छौं। के गर्नुहुन्छ,’ उनले भने,‘यस सम्बन्धमा हामी स्पष्ट छौं। थप कारबाही हुनुपर्छ भन्ने लाग्छ भने कानुन बमोजिम जाहेरी दिन सक्नुहुन्छ।’, घिसिङ कुसुन्तीमा बस्छन्। पुल्चोकस्थित प्रतिष्ठानमा काम गर्ने उनी दिनहुँ ड्युटी सकेर पैदल घर फर्किन्छन्। त्यो दिन पनि उनी यातायात व्यवस्था विभाग एकान्तकुनाबाट घरतर्फ जाँदै थिए।, ‘रिङरोडको फुटपाथ बाटो हुँदै म एक्लै घर जाँदै थिएँ,’ उनले भनेका थिए, ‘उताबाट ट्राफिक दाइ आइरहनुभएको थियो। त्यही बेला उहाँले झर्केर भाइ तिमी किन टाँसिएर हिँडिरहेको भन्ने कुरा गर्नुभयो।’ , नजिकै ट्राफिक प्रहरी चेकिङ भइरहेको थियो भने ट्राफिक प्रहरी जवान थापा एक्लै हिँडिरहेका थिए। थापाले त्यसरी झर्केर बोलेपछि घिसिङले पनि भने, ‘हैन सर, म आफ्नै बाटो हिँडिरहेको हो।’, त्यसपछि थापाले बढीबढी कुरा गर्ने भन्दै मुखमा एक मुक्काले हिर्काएको घिसिङले बताए। , त्यसरी मुक्काले हिर्काएपछि उनको नाकबाट रगत बग्न थाल्यो। उनी बेहोस जस्तै भए। , ‘मेरो नाकबाट रगत पनि बग्न थालेको थियो। म बेहोस जस्तै भएको थिएँ। त्यसपछि मैले म डाक्टर हुँ भनेर आइडी कार्ड पनि देखाएँ,’ उनले भनेका थिए,‘त्यसपछि पनि उहाँले आक्रोशित भएर तिमी यहाँबाट जाने कि नजाने भनेर लखेटे।’, त्यसरी कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ पुगेका थिए। घटनाबारे बताएपछि घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगिएको छ।, घिसिङको अहिले उपचार भइरहेको छ। नाकमा फ्याक्चर भएको बताए पनि अपरेशन नै गर्नुपर्ने अवस्था नभएको उनले बताए।, अस्पतालमा भर्ना भएपछि जावलाखेल ट्राफिक प्रहरीका इन्चार्ज आएर पनि भेटेको र कारबाहीको आश्वासन दिएको उनले बताए। , यो पनि: ,बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले,
डाक्टर कुटपिट प्रकरण: ट्राफिक चेकिङमा बसेका असईसहित पाँच जना तानिए बग्गीखाना |
सेतोपाटी संवाददाता अविरल वर्षापछि डुबानको समस्यामा परेको प्रदेश १ को राजधानी सहर विराटनगरका विद्यालयहरू तीन दिन बन्द हुने भएका छन्। , महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय महानगरले गरेको हो। महानगर प्रमुख नागेश कोइरालाले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।, प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे बिदा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए। , अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आम नागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।, महानगरको विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार बैठकले वडास्तरमा वडाध्यक्षहरूसँग समन्वय गरी डुबान खोल्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।,
बाढी र डुबानका कारण विराटनगरका विद्यालय तीन दिन बन्द गरिने |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ।, हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको जनाएको छ। , पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको छ।, होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। उनले पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको बताए। , सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए।, नागरिकको सहजताका लागि महानगरपालिकाले २४ सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा समेत ल्याएको छ। ,
काठमाडौं महानगरमा सडकमा खानेकुरा बेच्न निषेध |
रासस सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन्।, घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ।, हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले बताए।, गम्भीर घाइते चारलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको छ।, घाइते हुनेमा गोडैता–४ रोहुवाका वेल्डिङ्ग गर्ने मिस्त्री २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी, स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल, हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका–४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका–६ बस्ने ३८ वर्षीय गोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।, ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ।, अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा उक्त घटना हुन पुगेको साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले बताए।,
अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते |
रासस प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा खेतमा काम गरेर आज दहीच्युरा खाएर मनाइँदै छ।, कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन्। यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।, असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन्।, हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।, दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।, ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दहीच्युरा खाएमा औषधिको काम गर्छ। यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ।, यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।, धान दिवस, विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।, कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ।, ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।, असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।,
दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५ |
विनोद सापकोटा खोलानालामा आएको बाढीले डुबानमा परी विस्थापित परिवारलाई झापाको शिवसताक्षी नगरले मंगलबारदेखि सामूहिक रूपमा खाना खुवाउने भएको छ। , नगरको वडा नम्बर ६ का ९१ र वडा नम्बर ४ का १ सय ६० जनालाई उनीहरू आश्रय लिएर बसेको स्कुलमै वडाले खाना पकाएर खुवाउने नगर प्रमुख मेघाहाङ थोप्राले बताए।, विस्थापित परिवारले बाढी आएको थाहा पाएपछि लगाएका एकसरो कपडामा भागेर ज्यान जोगाएका थिए। उनीहरूको घरमा भएका सबै खाद्यान्न, लत्ताकपडा भिजेको उनले जानकारी दिए। प्रहरी, रेडक्रसकर्मी र स्थानीय बासिन्दाले ट्युब, डुंगा, पानीमा तैरिने वस्तुको सहायताले कतिपय घर बाहिर निस्कन नसकेका परिवारलाई उद्धार गरेका थिए।, चारैतिर पानी परेर डुबाउन लागेका १३ घरका परिवारलाई ट्युबको सहायताले उद्धार गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष नारायण प्रसाद दाहालले बताए।, वडा नम्बर ६ का विस्थापित परिवार स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा छन् भने वडा नम्बर ४ का विस्थापित त्रिभुवन माध्यमिक विद्यालयमा छन्। चारैतिर पानीले जमिन भरिएका कारण विभिन्न रोगको संक्रमण र सर्पदंसबाट बच्न विस्थापित परिवारलाई नगर प्रमुख थोप्राले सचेत गराएका छन्। , ‘परिवारै पिच्छे राहत दिएर साध्य हुँदैन। सम्बन्धित वडा कार्यपालिकाले विस्थापितलाई खाना पकाएर खुवाउने योजना नगरले बनाएको छ,’ नगर प्रमुख थोप्राले सेतोपाटीसँग भने।, बेलुका सुत्न म्याट, तकिया र ब्ल्यांकेटहरू विस्थापितका हात हातमा दिएको उनले बताएका छन्। , विस्थापितमध्ये चार जना सुत्केरी र दुई जना गर्भवती पनि छन्। उनीहरू र शिशुको विषेश सुरक्षा व्यवस्था मिलाइएको वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलालले बताए। महिला र पुरुषका लागि अलगअलग बासस्थानको व्यवस्था मिलाइएको छ।, विस्थापित परिवारका लागि स्थानीय गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शिवसताक्षी नगरलाई राहत सामग्री प्रदान गरेको छ। प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम, शिवसताक्षी नगरकी निवर्तमान उपप्रमुख भोजकुमारी नेपाल लगायतको टोलीले विस्थापित बसेकै ठाँउमा पुगेर नगर प्रमुख थोप्रालाई राहत सामग्री प्रदान गरेका हुन्। , नगरको एकद्वार प्रणालीबाट विपतका बेला खाद्य तथा गैर खाद्य वस्तु सहयोग गर्ने दाता र दाता संस्थाका पदाधिकारीलाई नगर प्रमुखले असली समाजसेवीको रूपमा हेरेको बताए। संस्थाहरूले चामल, चिनी, खानेतेल, दाल, चिउरा, भुजा, नुन, चाउचाउ र दुई थान खाना पकाउने ग्यास सिलिन्डर प्रदान गरेका छन्।, बाढीले नगरको झिलझिले हवल्दार चोक सडकमा पर्ने लालझोडाको कजवेमा क्षति पुर्याएको छ। सो सडकमा कुनै पनि सवारी साधन चल्न सक्दैनन्। नगरको वडा नम्बर ५ पनि डुबानमा परेको छ। सतासी, मकरडुवा र झिलझिले खोलाको पानीको बहाव बढेपछि मानव वस्ती डुबानमा परेका हुन्।, झापामा बाढीबाट भएको क्षतिको पूरा विवरण आइसकेको छैन। बुधबार बिहानसम्ममा सबै विवरण आइसक्ने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। मंगलबार जिल्लाका नदी नालामा आएको बाढीले २८९ परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। विस्थापित सबैलाई सामुदायिक विद्यालय, मन्दिर र आफन्तकोमा सुरक्षित राखिएको रेडक्रसका झापा सभापति लोकराज ढकालले बताए।,
शिवसताक्षी नगरले बाढी विस्थापित परिवारलाई सामूहिक रूपमा खाना खुवाउने (तस्बिरहरू) |
सेतोपाटी संवाददाता आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ।, काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी सबै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको र यो अवस्था दिनभरि नै रहनसक्ने सम्भावना रहेको छ।, महाशाखाका अनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम महाशाखाले जनाएको छ।, यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम,
२०७९ असार १५ गते (बुधबार),
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, २०७९ असार १६ गते (बिहिबार),
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। , राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७९ असार १७ गते (शुक्रबार),
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।,
शुक्रबारसम्म देशभर भारी वर्षा, सतर्क रहन अनुरोध |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.