content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मधेश प्रदेशको रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज (बुधबार) साँझसम्मै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।, आज रातिदेखि नै देशका अधिकांश जिल्लामा निरन्तर वर्षा भइरहेको छ। , त्यस्तै, कैलाली र  कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति नै एसएमएस पठाइएको थियो।, कैलाली,कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ। यसबाट स्थानीय कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। , यस्तै कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १०बजे सम्म विषेश सतर्कता अपनाउन अनुरोध गरेको छ।, रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षाः सतर्कता अपनाउन आग्रह
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोले छन्।, डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग३च ४१८२ गाडीले ठक्कर दिँदा उक्त घटना भएको हो।, मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
रासस कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।, असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।, सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ।, प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिए।, कर्णाली सरकारले दियो आज सार्वजनिक बिदा
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोलेको मंगलबार मृत्यु भएको हो।, डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग ३ च ४१८२ बोलेरोले ठक्कर दिँदा उक्त घटना भएको हो।, मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, गाडीको ठक्करबाट तनहुँमा दुईको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालयमा शरणार्थीहरूले धर्ना दिएका छन्। , मंगलबार बिहान विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना दिएका हुन्। , महाराजगन्जस्थित कार्यालयअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। , धर्ना दिने अधिकांस म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्याहरू छन्। उनीहरूसँगै धर्ना बंगलादेश, पाकिस्तान, श्रीलंका, सोमालिया, इराकलगायत देशका शरणार्थी पनि धर्नामा सहभागी छन्।, अध्यागमन विभागका अनुसार नेपालमा ६७२ जना रोहिंग्या शरणार्थीहरू छन्।, म्यानमारबाट आएका ३७८, पाकिस्तानबाट १८७, अफगानिस्तानबाट ५२, सोमालियाबाट २१, श्रीलंकाबाट १९, इरानबाट ९, बंगलादेशबाट ५ र इराकबाट आएका १ जना शरणार्थी छन्।, आफूहरूको पुनर्स्थापनाका लागि कार्यालयले गरेको काममा असन्तुष्टि जनाउँदै उनीहरूले धर्ना दिएका छन्।, हातमा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर स-साना बालबालिका पनि धर्नामा सहभागी भएका छन्।, ‍रोहिंग्या शरणार्थीहरू अधिकांश काठमाडौंको कपन क्षेत्रमा बसोबास गर्छन्। उनीहरूले आफूहरूले काम गर्न नपाउने भएकाले जीवन धान्न मुस्किल भएको बताउँदै आएका छन्।, आफ्ना मागहरू सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनीहरूले बताएका छन्। , आफ्ना बालबालिकाहरूलाई पनि पढाउन कठिन भएको एक शरणार्थीले बताए।, ‘हाम्रो बच्चाहरूलाई पढाउन एकदम गाह्रो छ। हाम्रा बच्चाहरूलाई निजी विद्यालयमा अंग्रेजी विद्यालयमा पढाएका छौं। अब उनीहरूलाई सरकारी अस्पतालमा पढ्न लग भनिरहेका छन्,’ उनले भने, ‘नेपाल छाड्न पनि सक्दैनौं।’, काठमाडौंमा दुई दिनदेखि रोहिंग्यासहितका शरणार्थीको धर्ना (भिडिओ)
सेतोपाटी संवाददाता दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ।, यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, प्रहरीका अनुसार सिद्धबाबादेखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि सवारीसाधनको आवतजावत बन्द भएको हो। , माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेको छ। सिद्धार्थ राजमार्गकै पानी मिल, हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।, मंगलबार रातिदेखि परेको वर्षा दिउँसो केहिबेर रोकिए पनि रातिदेखि फेरि ठूलो वर्षा भइरहेको छ। पानी परिरहेकोले पहिरो गएको स्थानमा जान नसकेको प्रहरीले जनाएको छ ।, यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका नजिकै पहिरो झर्दा एउटा पसल भत्किएको छ। वडा नम्बर ४ स्थित गाउँपालिका भवन अगाडि पहिरो जाँदा स्थानीय मंगल हिताङको पसल भत्किएको वडा नम्बर ३ का अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए।, पौडेलका अनुसार पहिरोले मानवीय क्षति  नभए पनि पसल पूर्ण रूपमा क्षति भएको छ। , वडा अध्यक्ष पौडेलका अनुसार पहिरोले गाउँपालिका भवन समेत जोखिममा परेको छ। गाउँपालिका भवन जोखिममा परेकोले तत्काल संरक्षण नगरिए ठूलो क्षति हुनसक्ने उनले बताए।,  , सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्।, १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीतिसमेत लिएको उल्लेख गरेका छन्।, प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ। यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाइँदै छ।, परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धानखेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको उनले बताए।, नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको छ।, ‘भोकमरीको अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्य प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको छ’, प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ।, मुलुकमा सबैभन्दा बढी उपभोग हुने खाद्य वस्तुको रूपमा रहेको चामलका निम्ति बर्सेनि ठूलो धनराशि खर्चिनुपरेको वर्तमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजना कार्यान्वयनमा ल्याएको छ।, सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्र्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए।, यस वर्ष जैविक विविधता वर्ष मनाउने घोषणासमेत नेपाल सरकारबाट भइसकेको छ। प्रधानमन्त्री देउवाले तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमार्फत नेपालमा धान चामलको उत्पादनमा वृद्धि भई धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएका छन्।, प्रधानमन्त्री देउवाले उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ ले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षासहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।, धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा: प्रधानमन्त्री देउवा
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन्।, उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए। तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन्।, २०७८ मंसिर ५, ६ र ७ गते सञ्चालित उपप्रशासक पदमा १२ जनाले लिखित परीक्षा दिएका थिए।, खुलातर्फ २, महिलातर्फ १ र आदिवासी जनजातीतर्फ १ गरी जम्मा ४ जनाका लागि उक्त परीक्षा लिइएको थियो। तर कोही पनि लिखित परीक्षामा उत्तीर्ण भएनन्।, यस्तै शाखा अधिकृत पदका लागि २०७८ कात्तिक २८, २९ र ३० गते परीक्षा लिइएको थियो।, खुलातर्फ २२, महिलातर्फ ६, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, दलिततर्फ एक, अपाङ्गतर्फ १ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४० जनाका लागि लिइएको परीक्षामा ५४२ जनाले लिखित परीक्षा दिएका थिए। यीमध्ये कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन्।, साथै २०७७ माघ २५, २६ र २७ गते भएको आर्थिक उपनियन्त्रकको परीक्षामा पनि कोही पनि पास भएनन्। दुई जना माग भएकोमा तीन जनाले लिखित परीक्षा दिएका थिए। कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन्। , २०७८ मंसिर ५, ६ ७ गते भएको लेखा अधिकृतको परीक्षामा १२९ जनाले परीक्षा दिएका थिए। १५ जना माग भएकोमा कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन्।, यस्तै २०७८ मंसिर १ र २ गते मुख्य कार्यालय सहायकका लागि लिइएको परीक्षामा एक जना उत्तीर्ण भएका छन्। ४३ जना माग भएको थियो। लिखित परीक्षामा खुलातर्फ १ जना अन्तर्वार्ताका लागि छनौट भए भने अरूले नाम निकालेनन्। यो परीक्षामा ७७७ जना सहभागी थिए।, यस्तै कार्यालय सहायकका लागि ५१ जना माग गरिएकोमा ६७२ जनाले लिखित परीक्षा दिएका थिए। यीमध्ये ८७ जना अन्तर्वार्ताका लागि छनौट भएका छन्।, त्रिवि सेवा आयोगमा १४ सय ६३ जनाले दिए परीक्षा, एक जना मात्रै पास!
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।, नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बुधबार बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।, मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो। बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए।, डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ।, सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाईको कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो। , महाकाली सिँचाई आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्न पानी छोड्न थालेको छ। यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ। , लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको थिएन। तर केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारूकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो। , ‘नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो। त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट २८.३५ क्युम्याक्स पानी उपलब्ध गराउने सहमति भएको थियो। काम गर्दै जाँदा २६ वर्षको दौडानमा नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ। अहिले निरन्तर पानी परीक्षण भइरहेको छ’, महाकाली सिँचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने। , उनले तीन दिनदेखि निरन्तर रूपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए। उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले आज असार १५ अर्थात धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए। निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए।, ‘बुधबार हामी किसानको चाडपर्व धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर टनकपुरको पानीबाट पहिलो पटक किसानको खेतमा पानी पुर्‍याएर रोपाईं गर्ने कार्यक्रम राखेका छौं। २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुशी लागेको छ’, उनले भने।, उनले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए।, आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मुल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मुलनहर निर्माण सम्पन्न भएको बताए।, उनले व्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मुलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३/०६४ देखि सिँचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताए। , निर्देशक बमले  मुलनहर निर्माण शुरू भए पनि नहर निर्माणको गति तीब्र भएको कारण नहरमा अहिले पानी बग्ने अवस्था आएको बताए। व्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मुलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरहको अहिले विभिन्न चरणमा नहर निमार्णको कार्य भइरहेको बताए। , उनले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको बताए। , निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि बताए। , सन् २०२२ सम्म मुलनहर निर्माण पूर्ण रूपमा सम्पन्न गरिसक्नुपर्ने भनिए पनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ। सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ। , मुल नहर निर्माणसँगै मुल नहरको शाखा नहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ। महाकाली सिँचाई तेस्रो चरण आयोजनाका अनुसार व्रह्मदेव क्षेत्रमा १२ वटा शाखा बिस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा बिस्तार गरिनेछन्। , सन्धिअनुसार दोधारा–चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी उपलब्ध गराउने उल्लेख गरिएको छ। , यस्तै भारतले भने सन् १९२८ मा नै निर्माण गरेको शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिब साढे ११ हजार क्युसेक क्षमताको छ। नेपाली पक्षबाट समयमै नहर निमार्ण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा–चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन। , सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो। , वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो।, टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालले पायो पानी (भिडिओ)
सेतोपाटी संवाददाता सिराहामा बोक्सीको आरोपममा एक महिलालाई मलमूत्र खुवाउने दुई जना महिला पक्राउ परेका छन्।, गत असार ११ गते सिराहा भगवानपुर गाउँपालिका वडा नम्बर ४, ठाडी टोल बस्ने ६० वर्षीया महिलालाई टोलकै दुई महिलाले बोक्सी भन्दै मलमूत्र खुवाएका थिए। , प्रहरी चौकी ठाडी, सिराहाबाट खटिइएको प्रहरी टोली भगवानपुर- ४, ठाडीका ३० वर्षीया फूलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई पक्राउ गरेको हो।, उनीहरूलाई बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गराई जिल्ला अदालत सिराहाबाट दिन सात म्याद थप भई इलाका प्रहरी कार्यालय लहान, सिराहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  , बोक्सी आरोप लगाई मलमूत्र खुवाउने दुई महिला पक्राउ
सेतोपाटी संवाददाता आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। , प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , यस्तै आज राति देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। , कर्णाली र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । , भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।, २०७९ असार १५ गते (बुधबार), दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , २०७९ असार १६ गते (बिहिबार), दिउँसो:  देशभर सामान्य बदली रहनेछ।  देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेश केही स्थानहरुमा र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, देशभर भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता वर्षासँगै आएको लेदोले अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति करिब २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।, लेदो हटाएपछि आज बिहानदेखि सडक दुइतर्फी पुनः सञ्चालन गरिएको हो।, सडकमा झरेको लेदो हटाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।, अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
रासस लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएका छन्।, लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको हिलिन्डन प्रहरीले बताएको छ।, करिब एक महिना हुन लाग्दा पनि उनी भेटिएका छैनन्।, स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ।, उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए।, त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ।, उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ।, लन्डनमा एक नेपाली बेपत्ता
रासस काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ। जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ।  , नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ। जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै कामपाका प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन्। , हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ। यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ। होटल, रेस्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ। , विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए। , ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ', बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भने। , त्यस्तै कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ।  , काठमाडौंमा ९ ठाउँमा भेटियो हैजा, कसरी जोगिने? (भिडिओ), हैजासम्बन्धी समस्या पर्‍यो ? ११८० मा फोन गर्नुस्
मन्दिरा घिमिरे कुनै पनि सहरको स्तर त्यहाँ कति चिल्ला सडक छन्, कति फ्लाइओभर र कति अग्ला टावर छन् भन्नेले निर्धारण गर्दैन।, सहरको स्तर निर्धारण गर्छ खुला सार्वजनिक स्थलले, पैदल मार्ग र सार्वजनिक यातायातले, हरियालीले, त्यहाँको सम्पदा र संस्कृतिले।, अरू कुरा अरू कुनै बेला गरौंला, आज हामी हरियालीबारे कुरा गर्दैछौं।, काठमाडौंभित्र कुनै बेला चरा चिरबिराउने स-साना जंगलहरू थुप्रै थिए जहाँ साँझ-बिहान मान्छे हिँडडुल गर्न आउँथे। अचेल हरियाली खोज्नुपरे वरिपरि डाँडाको फेदसम्मै पुग्नुपर्छ। मध्य सहरभित्र त रूखका नाममा फुटपाथकै बीचमा ठ्याँस्स रोपिएको बिरूवा हेरेर चित्त बुझाउनुपर्छ।, मोटाउँदै गएको सहरमा दुब्लाउँदै गएको जंगलको एउटा उदाहरण बुढानीलकण्ठ नगरपालिकाको सुकेधारा जंगल हो।, ह्याम्स अस्पताल पछाडिको यो जंगललाई मनमोहन पार्क भनिन्छ। दुई वर्षअघिसम्म यहाँ घना रूखहरू थिए। चराको चिरबिरले स्थानीयलाई प्रकृतिसँग जोड्थ्यो। एकाबिहानै जंगलमा हिँड्नेहरू खुब देखिन्थे। तर पछिल्लो समय यो जंगल उजाडिएको छ।, पार्क सौन्दर्यीकरणका नाममा जंगलका रूखहरू काटिएका छन्। बाटो विस्तार गर्न जंगल साँघुरो पारिएको छ। बर्खाको पानी सोस्ने माटोलाई कंक्रिटले टालिएको छ। गुँड भत्काएर चराचुरूंगीको वासस्थान खोसिएको छ। मानिसहरू थकाइ मार्दै भलाकुसारी गर्ने हरियाली नामेट पारिँदै छ।, स्थानीयका अनुसार पहिले गर्मीमा यहाँका अग्लाअग्ला लहरे पिपल र धुपी रूखबीच हिँड्दा शितल हुन्थ्यो। चराचुरूंगीको चिरबिर सुन्न र लोखर्केहरू यताउता नाचेको हेर्न आउनेहरूको लश्कर लाग्थ्यो।, अहिले न चिरबिर सुनिन्छ, न लोखर्के नाच्छन् न शितल छहारी नै पाइन्छ।, यो जंगलको लाभ उठाउनेमध्ये हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी एक हुन्।, केही समययता बुढानीलकण्ठ नगरपालिकाको सुकेधारामा बस्दै आएका उनी चक्रपथ पुग्न त्यही जंगलको गोरेटो बाटो प्रयोग गर्थे।, 'वन सानो थियो तर प्राकृतिक थियो। विभिन्न प्रकारका वृक्ष, चराचुरूंगी र लोखर्केले भरिपूर्ण थियो,' उनले भने, 'म केही समय बाहिर गएको थिएँ। त्यही बेला जंगल मास्न सुरू गरिएछ। रूखहरू ढालेर वनको क्षेत्रफलको दाँजोमा निकै ठूलो बाटो बनेछ।', यो देखेर डा. केसीले वन विभागमा सम्पर्क गरे। विभागले बुढानीलकण्ठ नगरपालिकामा गुनासो दर्ज गराउन सुझाव दियो। त्यसपछि उनले मासिएको जंगलका फोटाहरू खिचेर नगरपालिकाका मेयरलाई चिठी पठाए। तर त्यहाँबाट पनि कुनै जवाफ नआएको डा. केसीले बताए।, 'एउटा सरदर उचाइको वृक्ष हुर्काउन दशकौं लाग्छ। यस्तो वृक्ष मासेर बाटो बनाउनु कानुनसम्मत हो कि होइन?' उनले प्रश्न गरे, 'गैरकानुनी हो भने वन विनाश तुरून्त बन्द गर्नुपर्‍यो। छानबिन गरेर दोषीहरूलाई कारबाही गर्नुपर्‍यो।', हामीले यसबारे स्थानीय र नगरपालिकासँग कुरा गर्दा जंगलका रूख ढलेर जोखिमपूर्ण अवस्था आएपछि काटिएको थाहा पायौं।, यसको निम्ति जंगल पूरै मास्नुपर्ने आवश्यकता भने थिएन। घर छेउछेउका ती रूख मात्र ढाले हुन्थ्यो जसले क्षति पुर्‍याउने डर थियो। तर यहाँ डाँडामाथिका रूख पनि जथाभाबी काटिएका छन्।, ‘हुरीबतासमा रूख ढलेर यहाँका घरहरूलाई असर गरेपछि काट्ने कुरा भएको हो,’ स्थानीय सरिता कार्कीले भनिन्, ‘काट्ने बेला घरलाई असर गर्ने रूख मात्र होइन, पूरै जंगल उजाड पारिँदैछ। काट्नै नपर्ने माथि डाँडाका रूखहरू पनि काटिँदै छन्।', स्थानीयका अनुसार यो जंगलका रूख काट्ने काम ४ नम्बर वडा कार्यालयले गरेको हो। पहिले झन्डै १६ रोपनी क्षेत्रफलको जंगल थियो, अहिले ११/१२ रोपनी मात्र बचेको एक स्थानीयले बताए।, स्थानीयकै उजुरीका आधारमा रूख काटिएको भए पनि पूरै वन सखाप पार्नु भने मूर्खता भएको उनको भनाइ छ।, ‘घरलाई असर पर्ने नजिक-नजिकका रूख मात्र काटेको भए हुन्थ्यो तर यहाँ त सबै रूख काटिए,’ उनले भने, ‘लहरे पिपल अग्लो भएपछि जराले माटो समाउँदैन, त्यसैले अर्को रूखको बिरूवा रोप्ने रे भन्ने सुनेको छु।’, वडा कार्यालयले जंगलका रूख मास्नुका साथै पार्क सौन्दर्यीकरणका नाममा धमाधम बाटो ढलान गरिरहेको छ। यसरी आवश्कताबिनै जंगलको बाटो ढलान गरेर वडाले अनाहक बजेट दुरूपयोग गरेको स्थानीय बताउँछन्।, हामीले यसबारे वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मोहन बिष्टसँग कुरा गर्‍यौं।, 'हुरीबतासले स्थानीयको घरमा रूख ढल्न सक्ने उजुरी आएपछि मिलाएर काँटछाँट गर्न हामीले नगरपालिकालाई पत्राचार गरेका थियौं,' उनले भने, 'त्यसपछि नगरपालिकाले लहरे पिपलजस्ता जोखिमपूर्ण रूख काटेर नयाँ बिरूवा रोप्ने योजना ल्यायो।', उनले भनेजस्तो लहरे पिपलका रूख मात्र काटिएका छैनन्, धुपीको रूख पनि काटिएको छ।, धुपीको रूख काट्नुपर्ने कारण सोध्दा वडाध्यक्ष आफूलाई यसबारे जानकारी नभएको बताउँछन्।, ‘हामीले नगरपालिकासँग कुरा गर्दा धुपीको रूख काट्ने कुरा भएको थिएन,’ बिष्टले भने, ‘म आफैं एक दिन त्यो बाटो हिँड्दा धुपीका केही रूख काटेको देखेँ। म पनि अचम्म परेँ।', उनले यो पनि भने, 'कुन-कुन रूख किन काटे त्यसबारे मलाई थाहा छैन। काम सुरू हुँदा मेरो कार्यकाल सकिन आँटेको थियो।’, जंगलको बीचमा बाटो पनि चौडा पारिँदैछ नि भनेर सोध्दा उनी २०२१ सालसम्म यहाँ बाटो नै नभएको जिकिर गर्छन्।, ‘२०२१ सालको नापी नक्सामा बाटो छैन,’ उनले भने, ‘२०४५/४६ सालतिर नापी विभागबाट अमिन आउँदा एक जनाले बाटो छ भनेर लगाइदिएछ। छलकपट गरेर बाटो छ भनेपछि तीनफुटे गोरेटो बाटो बनेको हो।’, त्यही तीनफुटे गोरेटोलाई अहिले छ फुट चौडा पारिएको छ। यो पनि जंगलका रूखबिरूवा मास्ने बहाना बनेको छ।, ‘बिहान बेलुका हिँड्न आउनेलाई साँघुरो भयो भनेर तीन-चार जना आरामले एकै लहरमा हिँड्न मिल्ने गरी फराकिलो पारिएको हो,' पूर्व वडाध्यक्ष बिष्टले भने।, शंखमुल र साइपलको पार्कमा समेत ६-७ फिट चौडा फुटपाथ रहेको उदाहरण दिँदै उनले भने, 'मान्छेको सुविस्ताका लागि बाटो फराक पार्न जरूरी थियो। यो बाटो ढलान गरिए पनि मान्छे हिँड्नलाई नै बनाइएको हो, गाडी कुद्ने होइन।', यो बाटोमा गाडी कुदाउन पाइँदैन भनेर स्थानीयसँग सम्झौता नै भएको उनले जानकारी दिए।, वन मासेर पार्क बनाउँदा क्षेत्रफल पनि १६ बाट ११ रोपनीमा खुम्चिएको भन्ने स्थानीयको भनाइ हामीले पूर्ववडाध्यक्ष बिष्टलाई सोधेका थियौं।, जवाफमा उनले भने, 'क्षेत्रफल ११ रोपनी नै हो, १६ रोपनीको कुरा गलत हो।', सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,  , चरा चिरबिर गर्ने जंगल मासेर उजाड पार्क, पार्कभित्र बन्दैछ छ फिट चौडा ढलान बाटो
सेतोपाटी संवाददाता कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। , मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। , हायसले पैदलयात्रुलाई बचाउन खोजे पनि ठक्कर दिन पुगेको घटनास्थलमा पुगेका एक प्रहरीले बताए। , 'हायसले ठक्करबाट बचाउन खोजेजस्तो पनि देखिन्छ। तर ठक्कर पनि दियो। त्यसपछि फेरि गएर अर्को ट्रकलाई ठक्कर दिएको छ,' उनले भने। , उनका अनुसार हायसमा यात्रुहरू भने थिएनन्।, हायस गाडीले पैदलयात्री सेनलाई ठक्कर दिएपछि फेरि प्रदेश नम्बर ३-०१-००ख ०२९५ नम्बरको ट्रकलाई ठक्कर दिएको छ। कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको हायसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई ठक्कर दिएको हो।, दुर्घटनामा हायसका सहचालक घाइते छन्। चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।, कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।, काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, थानकोट, कपन, बूढानिलकण्ठ, बालाजु, बोहराटार, बल्खुमा हैजाका जीवाणु फेला परेका छन्।, ललितपुरको सानेपामा पनि हैजाको जीवाणु फेला परेको छ।, पानीमा हैजाको जीवाणु रहेको भेटिएपछि ललितपुरमा सडक पेटीमा पानीपुरी र चटपटे विक्री वितरण गर्न ललितपुर महानगरले रोक लगाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पानीका स्रोतमा हैजाका जीवाणु फेला परेका छन्।, धारा, जार, इनारलगायत विभिन्न स्रोतका पानीका नमूना परीक्षण गर्दा हैजाका जीवाणु फेला परेका छन्।, काठमाडौंको बागबजार क्षेत्रका एकै परिवारका दुई जनामा सुरूमा हैजा देखिएपछि सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको थियो। पछिल्लो समय हैजाका बिरामी बढ्दै गएका छन्।, बल्खु र कोटेश्वर क्षेत्रका मानिसमा पनि हैजाका जीवाणु देखिएपछि थप सतर्कता अपनाइएको छ। हैजाका जीवाणु देखिएका बिरामीको टेकु, पाटन, बयोधालगायत अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।, अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन्। बिरामी भएकामध्ये केही निको भएर घर फर्किसकेका छन्।, भिडिओ:, काठमाडौं र ललितपुरमा कहाँ-कहाँ भेटियो हैजाको जीवाणु?
रासस कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।, सोमबार पोखरीमा डुबेका उनीहरू बेहोस थिए।, मलभङ्गाकी ७ वर्षकी आश्रिया विष्ट र ६ वर्षकी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।, इँटाभट्टा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिकाहरू डुबेपछि स्थानीयले उद्धार गरेका थिए।, बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा उनीहरूको उपचार गरिएको थियो।, क्लिनिकमा उपचारका क्रममा गए राति उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।, पोखरीमा डुबेर लम्कीचुहामा दुई बालिकाको मृत्यु
रासस कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले बताए।, ‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ,’ उनले भने।, त्यसैगरी चट्याङ लागेर पुनर्वास नगरपालिका–८ की २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ।, प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो।, थापासँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएका छन्। ‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ। घटनाबारे विस्तृतमा आउन बाँकी छ,’ उनले भने।, चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु
रासस दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।, लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।, लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले बताए।, तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो। हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतलामा राखिएको छ।, दोलखामा भिरबाट लडेर युवाको मृत्यु
रासस धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।, खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।, प्रहरीले उनीहरूको डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरेको थियो।, आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो।, आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।, धादिङबाट पेस्तोलसहित दुई युवा पक्राउ
सेतोपाटी संवाददाता मंगलबार बिहानैदेखि परेको वर्षाको कारण बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्।, यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्।, अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ।, मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ।, रूपन्देहीका तिनाउ, दानव, रोहिणी, कन्चनलगायत खोलामा पनि पानीको बहाव बढेको छ।, पालिकाहरूले स्थानीयवासीलाई सतर्क रहने आग्रह गरेका छन्।, यस्तै बुटवल दोभान सडकखण्ड अवरूद्ध भएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै माथिबाट पानीको ठूलो छहरा झरेकोले सडक अवरूद्ध भएको हो।, हेर्नुहोस् भिडिओ, तस्बिरहरू:, रूपन्देहीमा कतै डुबान, कतै सडक अवरूद्ध
एजेन्सी अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० वटा शव फेला परेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिस अवस्थामा फालिएको लरीमा सोमबार ती शव फेला परेका हुन्।, अधिकारीहरूले १२ जनालाई जिवित फेला पारेपछि उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।, मृत्यु हुनेहरू छिमेकी मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। के कारणले उनीहरूको मृत्यु भयो भन्ने खुलिसकेको छैन।, सोमबार सान आन्तोनियो तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको थियो। लरीभित्र उनीहरूको मृत्यु गर्मीका कारणले भएको हुन सक्ने बताइएको छ। प्रहरीले लरीका चालकको खोजी भइरहेको बताएको छ।, टेक्सासमा लरीभित्र भेटिए कम्तीमा ४० शव, आप्रवासीका हुनसक्ने
विनोद सापकोटा गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ।, कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन्।, कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो। उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ।, मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ। यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन्।, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार धेरै बस्ती डुवानमा परेको खबर आएका छन्।, यस्तै पाँचगाछि सन्थाल बस्ती पनि डुवानमा परेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ।, जोखिम बस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।, तस्बिरहरू:, कन्काईको बाढीले झापाका एक सय घर डुबानमा (तस्बिरहरू)
रासस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरूद्ध भएको छ।, अविरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरूद्ध बनेको हो।, आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। , आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ।, लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाइ परेको छ। सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनै पनि सवारीसाधन चलेका छैनन्।, पाल्पा–बुटवल सडक अवरूद्ध
सेतोपाटी संवाददाता चट्याङ लागेर रूपन्देहीमा एक जनाको ज्यान गएको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्लाको सियारी गाउँपालिका २ का ४५ वर्षीय रामनाथ बरहीको चट्याङ लागेर मृत्यु भएको हो।, मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।, प्रहरीका अनुसार चट्याङ लागेर खेतमा नै मृत्यु भएका बरहीको शवलाई पोष्टमर्टमको लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।, रूपन्देहीमा चट्याङ लागेर एकको मृत्यु
दिपकजंग शाही छोराछोरी छ जना छन्, पाँच छोरा र एक छोरी। सबैभन्दा ठूला छोरा वीरेन्द्र २२ वर्षका भए। छ सन्तानमध्ये चार जनामा गम्भीर प्रकृतिको अपांगता छ। बोल्छन् तर कुरा बुझिँदैन। कम्मरमुनिको भाग चल्दैन। श्रवण क्षमता सामान्य छ।, साहिँला छोरा महेन्द्र १८ वर्षका भए। पछिल्लो सन्तान छोरी छन्। नाम हो ममता, सात वर्षकी भइन्। महेन्द्र र ममता मात्रै सामान्य अवस्थाका अर्थात् सांग छन्। , आम्दानीको अतरिक्त स्रोत केही पनि छैन। गरिखाने भनेको खेतीपाती नै हो। खेतीबाहेक दिनभरिको मजदुरी हो, मजदुरी गर्ने पनि घरमा एक जनाले मात्रै।, यो संक्षिप्त पारिवारिक विवरण हो जाजरकोटको छेडागाड नगरपालिका-३ का विशाखर भट्टराई परिवारको।, विशाखरले अपांगता भएका आफ्ना छोराहरूलाई उपचारका लागि पालैपालो नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्‍याए। केही पार नलागेपछि भारतको रुपैडिहास्थित अपांगता विशेष अस्पताल पनि पुर्‍याए।, कतै पनि समस्या समाधान भएन। केही पनि पत्तो लागेन। डाक्टहरूले नै ‘हामी सक्दैनौँ’ भने।, तै हुन्छ कि भनेर विशाखरले धामीझाँक्री कहाँ पुर्‍याएर हेराइकोराई गराए। एक जनाले घरमा ‘देउता’ लागेकाले गर्दा घर फापेन भने।, विशाखरलाई पनि तै हो कि, घर छाड्दा पो राम्रो हुन्छ कि भन्ने लाग्यो। उनीहरू अहिले एक जना आफन्तको खाली घर मागेर बसेका छन्।, यस्तो विषम परिस्थितिमा पनि, खुसी त के भन्नु, विशाखर दम्पतीले केही सन्तोष गर्ने ठाउँ पाएका छन्। दुई भाइ छोरा घरैमा पढ्छन्।, बाह्र वर्ष उमेरका काइँला छोरा नरेन्द्र र उनीमुनिका भाइ आठ वर्षका ललितलाई पढाउन घरमै शिक्षक आउँछन्। उनीहरूको आफ्नै घरमा एउटा कक्षा कोठा बनाइएको छ।, नरेन्द्र प्रष्ट पढ्न सकिने गरी राम्रा अक्षर लेख्छन्। ललित पनि लेखाइमा अभ्यस्त छन्। दुवै भाइ शिक्षकले सोधेको प्रश्नको जवाफ लेखेरै दिन्छन्। अहिले दुवै जना दुई कक्षामा पढ्दै छन्।, उनीहरूलाई पढाउने शिक्षक गंगाकुमारी थापाका अनुसार दुवै जना स्कुलमा पढ्नेहरू भन्दा उत्कृष्ट छन्।, उनले भनिन्, ‘उहाँहरू दुवै भाइ पढाइमा राम्रो हुनुहुन्छ। पढाएका सबै कुरा बुझ्नु हुन्छ। हामीले हालै लिएको परीक्षामा स्कुलमा पढ्नेहरूले भन्दा राम्रो नम्बर ल्याउनुभएको छ।’, विशाखरले नरेन्द्रलाई स्कुल पनि पठाएका थिए। पाँच वर्षको उमेरमै स्कुल भर्ना गरे। बोकेर पुर्‍याउनु र ल्याउनु पर्थ्यो। खेती गरेर पालिनु पर्ने मान्छेले सधैँ यसो गर्न सम्भव भएन।, उनका अनुसार शिक्षकहरूले पनि नरेन्द्रलाई स्कुल नपठाउन सुझाब दिए।, ‘स्कुलमा एक वर्षसम्म केही पनि जानेन, अरू केटाकेटीले गिज्याउन थाले,’ विशाखरले भने, ‘शिक्षकहरूले केही जोखिम देखेरै भन्नुभयो होला। उहाँहरूले नै नल्याउनू भनेपछि घरमै राखें। अर्को छोरा (ललित) लाई स्कुल नै पठाइनँ।’, जाजरकोटमा केही संघसंस्थाले अपांग भएर स्कुल जान नसक्ने बालबालिकाका लागि ‘स्कुल एट होम’ अर्थात् ‘घरमै विद्यालय’ कार्यक्रम चलाएका छन्। नरेन्द्र र ललितले यसैअन्तर्गत पढ्न पाएका हुन्।, विशाखरले जेठो वीरेन्द्र र माइलो डिल्लीलाई भने पढाउन पाएनन्। उनले भने, ‘उनीहरूलाई पढाउने बेला यस्तो व्यवस्था (स्कुल एट होम) थिएन।, पहिल्यै यस्तो भइदिएको भए त उनीहरू पनि केही पढ्ने थिए होला।’ यी दुई भाइ सुतिरहन्छन्। कोल्टे फर्किन पनि सहारा चाहिन्छ।, उनीहरूको अपांगता जन्मजात होइन। विशाखरका अनुसार अठार महिना उमेर हुँदासम्म सामान्य थिए। हिँड्थे, बोल्थे। ससानो समस्या देखिँदै अपांगता बढ्दै गयो। उमेर बढ्दै जाँदा अपांगता झन् गम्भीर हुँदै गयो।, विशाखरका अनुसार चारै जना छोरामा एउटै खालको लक्षण र अपांगता वृद्धिको चरण देखियो। सबै छोरा १८ महिनाको उमेरपछि सबैभन्दा पहिले एउटा हात र एउटा खुट्टा कमजोर भयो।, यो अवस्था बढ्दै गएर १२ वर्षको हुँदासम्ममा कम्मरमुनिको भाग नचल्ने भयो। उभिन नसक्ने भए।, पछिका यी दुई छोरा नरेन्द्र र ललितमा पनि यो उही प्रक्रिया चलेको छ। नरेन्द्र उभिन नसक्ने भएका छन्। बाह्र वर्षको हुँदासम्ममा ललित पनि त्यस्तै हुन्छन् भन्ने विशाखर दम्पतीलाई लागेको छ।, विशाखर र उनकी श्रीमतीको धेरै समय छोराहरूको हेरचाहमा बित्ने गरेको छ। मजदुरीको सिजनमा विशाखर काममा जान्छन्। आफ्नो खेतीले नपुग्ने भएपछि मजदुरी गर्नु उनको बाध्यता हो।, ‘राम्रा जन्मेलान् भन्ने आशमै धेरै छोराछोरी जन्माइयो। जेजस्ता भए पनि सन्तानको माया लाग्दो रहेछ। यतिकै तड्पाउनु पनि भएन,’ विशाखर भन्छन्, ‘चार छोरालाई बोकेरै सबै कुरा पुर्याउनु पर्छ। हामी आमाबाबुको ड्युटी नै छोराहरूको हेरचाह गर्ने भएको छ।’, एक छोरा र एक छोरीको अवस्था अहिलेसम्म ठिक छ। उनीहरू स्कुल जान्छन्। घरमै पढ्न पाएका दुई छोराको पढाइ राम्रो छ भन्ने सुन्न पाउँदा विशाखर र उनी श्रीमतीले थोरै भए पनि सन्तोषको सास फेर्न पाएका छन्।, नरेन्द्र र ललित नजिकैको जनता माध्यमिक विद्यालयमा भर्ना भएका छन् तर ‘स्कुल एट होम’ कार्यक्रमअन्तर्गत घरमै पढ्छन्। यस कार्यक्रमले अपांगता भएर स्कुल जान नसक्ने बालबालिकालाई स्कुल भर्ना गराएर घरमै शिक्षक पठाइदिन्छ।, ‘घरमा पढाएका बेला त म आफैँ पनि हेर्न पाउँछु। स्कुल गएर पढ्ने मेरै छोराछोरीले भन्दा राम्रा अक्षर लेख्छन्,’ विशाखरले भने, ‘कहिलेकाहीँ स्कुल जान्छु। सरहरूले तपाईंका छोराको क्षमता राम्रो छ भन्नुहुन्छ। मन खुसी हुन्छ।’, बालबालिकाको क्षेत्रमा काम गर्ने विश्व संस्था ‘सेभ द चिल्ड्रेन’ को परियोजनामार्फत जाजरकोटको साझेदार संस्था ‘पाँचतारा युवा संरक्षण मञ्च’ ले छेडागाड नगरपालिकामा अपांगता भएका केही बालबालिकालाई पढ्न ‘स्कुल एट होम’ व्यवस्था गरेको हो।, यसमा नगरपालिकाले पनि अपनत्व लिएको छ। घरमा बालबालिकालाई पढाउने शिक्षकले पाउने तलबमा नगरपालिकाले एक हजार रुपैयाँ थपिदिएको छ।, गंगाले नरेन्द्र र ललितलाई पढाउन थालेका पाँच महिनामात्र भयो। त्यसअघि एक वर्ष अर्की शिक्षकले पढाइन्।, ‘सुरुमा त बोली नबुझ्दा गाह्रो महसुस भएको थियो। यति चाँडो सिक्लान् जस्तो पनि लागेको थिएन,’ गंगाले भनिन्, ‘बिस्तारै म पनि बानी परेँ, उनीहरूले पनि छिटो सिके।’, उनका अनुसार यी दुई भाइ पढेर सुनाउन सक्दैनन्। शिक्षकले सोधेका प्रश्नको जवाफ लेखेर देखाउँछन्। चित्र बनाउन लगाउँदा खुब खुसी हुन्छन्।, नरेन्द्र र ललित भर्ना भएको विद्यालयले पाठ्यपुस्तक दिएको छ। उनीहरूले परीक्षा लेखेको उत्तरपुस्तिका विद्यालयले नै परीक्षण गर्छ।, जाजरकोटका अन्य केही स्थानीय तहमा पनि ‘स्कुल एट होम’ चलेको छ।, अपांगता भएका चार छोरा सम्हाल्दै बित्छन् भट्टराई दम्पतीका दिन
सेतोपाटी संवाददाता त्रिचन्द्र क्याम्पसलाई प्रबलीकरणको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्।, वि.सं १९७५ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गरेको यो क्याम्पसलाई पुनर्निर्माण नभई पुरानै शैलीमा प्रबलीकरण गर्न उनीहरूको माग छ। , सरकारले यसै वर्षदेखि क्याम्पस भवन पुनर्निर्माण गर्ने जनाएको छ। , यो क्याम्पस सय वर्षभन्दा पुरानो हो। प्राचीन स्मारक ऐनले सय वर्ष कटेका संरचनालाई इतिहास मान्छ। सम्पदा संरक्षणकर्मी एवं पुराना भवन संरक्षण गर्दै आएका रवीन्द्र पुरी यो भवन प्रबलीकरण गरेर संरक्षण गर्न सकिने बताउँछन्। , हाल भवन विभागले पुनःक्याम्पसको डिपिआर तयार गरेको छ। अर्थ मन्त्रालयबाट उक्त डिपिआर पारित भएपछि टेन्डर प्रक्रियामा जाने र बनाइने क्याम्पस उपप्रमुख बालकृष्ण पौडेलले बताए। , हेर्नुस् ,सेतोपाटी,ले तयार पारेको यो ,भिडिओः, जीर्ण अवस्थामा देशकै पहिलो क्याम्पस (भिडिओ)
सेतोपाटी संवाददाता चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।, चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरूण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।, नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत् निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो। ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ।, भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरूण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ। भरतपुर-बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरूण खोलामा छुट्याएर भरतपुर-बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो। भरतपुर सबस्टेसनबाट अरूणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत प्रवाह हुने छ।, अब अरूण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत् विद्युत आपूर्ति हुने छ। ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत खपत हुने गरेको छ।, पुरानो १३२ केभी लाइनबाट कावासोती लगायतका क्षेत्रमा विद्युत आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत् भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत सिधै पठाउन सकिने छ। अहिले भरतपुर-बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत आपूर्ति गरी बाँकी विद्युत बर्दघाटतर्फ प्रवाह हुन्थ्यो।, अहिले चालु रहेको भरतपुर-बर्दघाट १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ। जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत पठाउन नसकिने बाध्यात्मक अवस्था थियो। भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत आपूर्ति गर्न सकिने भएको छ।, भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ विद्युत थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत पठाउन सकिरहेका थिएनौं, अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकोले थप विद्युत बर्दघाटतर्फ पठाउन सक्छौं यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ’,कार्यकारी निर्देशक घिसिङले भने, ‘पश्चिम क्षेत्रमा विद्युत आपूर्तिका लागि टनकपुरबाट बाध्यात्मक रूपमा गर्नु पर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने छ।’, नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर-बर्दघाट प्रसारण लाइनको निर्माण पूरा हुन सकेको छैन। सर्वोच्च अदालतले आइतबार रिट खारेज गरिदिएकोले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ।, प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएको थियो। सर्वोच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरू गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए।, भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा
सेतोपाटी संवाददाता कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ।  , कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।, मंगलबार बिहान गोदावरी नगरपालिका-३ मालाखेतीमा  रेडियन्ट ग्यास कम्पनी नजिक रोपाइँ गर्न गएका थिए।, साेही क्रममा उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।,  , राेपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानकाे मृत्यु
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन्। , आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन्। , घिसिङ कुसुन्तीमा बस्छन्। पुल्चोकस्थित प्रतिष्ठानमा काम गर्ने उनी दिनहुँ ड्युटी सकेर पैदल घर फर्किन्छन्। त्यो दिन पनि उनी यातायात व्यवस्था विभाग एकान्तकुनाबाट घरतर्फ जाँदै थिए।, ‘रिङरोडको फुटपाथ बाटो हुँदै म एक्लै घर जाँदै थिएँ,’ उनले भने, ‘उताबाट ट्राफिक दाइ आइरहनुभएको थियो। त्यही बेला उहाँले झर्केर भाइ तिमी किन टाँसिएर हिँडिरहेको भन्ने कुरा गर्नुभयो।’ , नजिकै ट्राफिक प्रहरी चेकिङ भइरहेको थियो भने ट्राफिक प्रहरी जवान थापा एक्लै हिँडिरहेका थिए। थापाले त्यसरी झर्केर बोलेपछि घिसिङले पनि भने, ‘हैन सर, म आफ्नै बाटो हिँडिरहेको हो।’, त्यसपछि थापाले बढीबढी कुरा गर्ने भन्दै मुखमा एक मुक्काले हिर्काएको घिसिङले बताए। , त्यसरी मुक्काले हिर्काएपछि उनको नाकबाट रगत बग्न थाल्यो। उनी बेहोस जस्तै भए। , ‘मेरो नाकबाट रगत पनि बग्न थालेको थियो। म बेहोस जस्तै भएको थिएँ। त्यसपछि मैले म डाक्टर हुँ भनेर आइडी कार्ड पनि देखाएँ,’ उनले भने,‘त्यसपछि पनि उहाँले आक्रोशित भएर तिमी यहाँबाट जाने कि नजाने भनेर लखेटे।’, त्यसरी कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ पुगेका थिए। घटनाबारे बताएपछि घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगिएको छ।, घिसिङको अहिले उपचार भइरहेको छ। नाकमा फ्याक्चर भएको बताए पनि अपरेशन नै गर्नुपर्ने अवस्था नभएको उनले बताए।, अस्पतालमा भर्ना भएपछि जावलाखेल ट्राफिक प्रहरीका इन्चार्ज आएर पनि भेटेको र कारबाहीको आश्वासन दिएको उनले बताए। , यता जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले घटनाबारे पुष्टि गरेका छन्। उनले त्यसरी कुटपिट गर्ने ट्राफिक प्रहरी थापामाथि कारबाहीको प्रक्रिया पनि अगाडि बढाइसकेको बताए। , ‘घिसिङ हिँडिरहेका बेला ट्राफिक प्रहरीसँग ठोक्किनुभयो। ठोक्किएपछि किन यसरी हिँडेको भन्ने कुरा भएपछि विवाद भयो। विवाद हुँदा भिडिओ बनाउन लागेको भन्ने भनाइ छ। त्यसपछि मोबाइल खोस्दाखेरी चोट लागेको भनेका छन्,’ उनले भने,‘नाकमा चोट लागेको छ। डाक्टरको उपचार भइरहेको छ। प्रहरीलाई कारबाही गर्ने काम अगाडि बढिसकेको छ।’, उनका अनुसार डाक्टर घिसिङको उपचारको कुरा भए पनि कारबाही गरी पाऊँ भन्दै जाहेरी परेको छैन।, ‘जाहेरी चाहिँ परेको छैन। हामीले घटना नोटिसमा लिएर उपचार गराइराखेका छौं। के अनुसार कारबाही हुनुपर्छ भनेर आउनुहुन्छ त्यसअनुसार हामी अगाडि बढ्छौं,’ उनले भने। , यसअघि पनि ड्युटीमा खटिएका प्रहरीका फोटो-भिडिओ खिच्दा फोन, क्यामरा लगायत खोस्ने गरेको घटना भएका छन्।, यसरी ड्युटीमै खटिएका प्रहरीको फोटो खिच्न पाउने कि नपाउने भन्ने प्रश्नमा यसबारे कुनै पनि कानुन नभएको बताए।, ‘व्यक्ति एउटा भए पनि मानिसहरूका पर्सनालिटी फरक हुन सक्छ। कहिले प्रहरीको रूपमा होला, कहिले बुवा, कहिले के होला। कुनै विषयलाई लिएर भिडिओ खिच्यो फेरि पछि गएर अर्को विषय बनाएर सार्वजनिक गर्ने क्रम छ। यो ठीक छैन,’ उनले भने,‘तर यस घटनामा प्रहरीले उदारणीय व्यवहार गर्नुपर्छ। समाजको रक्षा गर्नुपर्छ। कोही आक्रोशित नै भए पनि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ।’, ‘कुटपिट गर्नुहुन्न भन्ने मान्यता छ। मानिसहरू उत्तेजित भएपनि प्रहरी संयमित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। यसमा ट्राफिक प्रहरीको गल्ती छ,’ उनले थपे। , बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले
सेतोपाटी संवाददाता ललितपुरमा एक जना पुरूषलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। , महालक्ष्मी नगरपालिका-४ इमाडोल पिपलबोटबाट एउटा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्दीविक्रम शाहले जानकारी दिए।, प्रहरीले सोही नगरपालिकाका-८ लुभू बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई सोमबार दिउँसो पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाइराखेको अवस्थामा सो बरामद भएको हो। , यसबारेमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।, ललितपुरको इमाडोलबाट पेस्तोलसहित एक जना पक्राउ
भगवती पाण्डे मंगलबार बिहानैदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्। यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्।, बुटवलको अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ।, मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ।, रूपन्देहीका तिनाउ, दानव, रोहिणी, कन्चनलगायत खोलामा पनि पानीको बहाव बढेको छ।, यसैबीच पालिकाहरूले स्थानीयलाई सतर्क रहने आग्रह गरेका छन्।, यस्तै बुटवल दोभान सडकखण्ड अवरूद्ध भएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै माथिबाट पानीको ठूलो छहरा झरेकोले सडक अवरूद्ध भएको हो।,  , जलमग्न बुटवल, सडकबाटै बग्यो भल (भिडिओ)
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा एक करोड बढी जरिवाना पाएका फरार व्यक्ति पक्राउ परेका छन्। , रामेछाप सुनपाती गाउँपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने ४३ वर्षीय विनोद लामा भन्ने विनोद घिसिङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। , ब्युरोले उनलाई मंगलबार जोरपाटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनले मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पैसा नभएको जानीजानी चेक काटेर दिएका थिए। त्यसरी झुक्याएर ठगी गरेपछि उनीविरूद्ध मुद्दा परेको थियो। , उच्च अदालत पाटनले बैंकिङ कसूरका ३ वटा मुद्दाहरूमा गत पुस २७ गते २१ दिन कैद सजाय र एक करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। , सो फैसला कार्यान्वयन गराउन उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो।, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
राजु अधिकारी गएरातिदेखि परेको अविरल वर्षासँगै मोरङको सिंघीया खोलामा आएको बाढी बस्तीमा पस्दा ४० घर डुबानमा परेका छन्।, मंगलबार बिहान विराटनगर महानगरपालिका-१ गंगाचोकमा रहेको सुकुम्बासी बस्तीका ४० घर डुवानमा परेका हुन्।, स्थानीय सिंघीया खोलामा आएको बाढीका कारण खोला किनारमा रहेका ४० घर डुबानमा परेका हुन्। घरमा बाढी पसेपछि विस्थापित बनेकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।, विस्थापितलाई स्थानीय मन्दिर, स्कुल र खुला ठाउँमा राख्न थालिएको छ।, विराटनगरकै केसलिया खोलाले पनि धेरै घर डुबानमा पारेको छ। सिंघीया खोलाको पानी विराटनगर १, २, ७ र ८ का बस्तीहरूमा पसेको हो।, हेर्नुहोस् तस्बिरहरू, सिंघीया खोला बस्ती पस्यो, ४० परिवार सुरक्षित ठाउँमा सारिँदै
सेतोपाटी संवाददाता कोरोना महामारीका बेला जोखिम मोलेर बिरामीको उपचारमा लागे पनि जोखिम भत्ता नदिएको भन्दै रूपन्देहीको भैरहवास्थित भीम अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन्।, सीमित साधन र स्रोतका बाबजुद बिरामीहरूको उपचारमा सक्रिय रहे पनि सरकारले जोखिम भत्ता उपलब्ध नगराएको उनीहरूको गुनासो छ।, कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले ५०-५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने जनाएको थियो। तर कोभिड नियन्त्रण भएको लामो समय बितिसक्दा पनि सरकारले वाचा गरेको भत्ता उपलब्ध नगराएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।, सोमबार अस्पताल परिसरमा पत्रकारहरूलाई जानकारी गराउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता पाउनका लागि संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका हुन्।, संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले महामारीको बेला जोखिम मोलेर सेवा गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरू जोखिम भत्ता पाउनको लागि आन्दोलन गर्नुपर्ने अवस्था आउनु दु:खद् रहेको बताए।, कोभिड महामारीका बेला कोभिड फोकल पर्सन समेत रहेका डा.आरिफ हुसेनले सरकारले आफैं घोषणा गरेको निर्णय कार्यान्वयन नगरी चिकित्सक र स्वास्थ्यकर्मीमाथि अन्याय गरेको बताए।, उनले सरकार आफैंले निर्णय गरेको भत्ता रकम तत्काल उपलब्ध गराएर स्वास्थ्यकर्मीहरूको मनोबल बढाउनुपर्ने बताए।, दोस्रो चरणको कोरोना महामारीको बेला धेरै नागरिकको संक्रमणबाट ज्यान गइरहेको समयमा सरकारले ५० प्रतिशत जोखिम भत्ता दिने भन्दै स्वास्थ्यकर्मीहरूलाई काममा खटाएको थियो। तर भत्ता दिने निर्णय गरेको एक वर्ष बितिसक्दा पनि स्वास्थ्यकर्मीहरूले भत्ता रकम पाउन सकेका छैनन्।, चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १ सय ७४ जनाको तीन करोड बढी जोखिम भत्ता बापतको रकम पाउन बाँकी रहेको संघर्ष समितिका अध्यक्ष उपाध्यायले बताए।, २०७८ साउनदेखि पुस महिनासम्मको १ करोड ४९ लाख ८० हजार र वैशाखदेखि असारसम्मको १ करोड ५६ लाख गरी ३ करोड ५ लाख ८० हजार रुपैयाँ पाउन बाँकी रहेको उपाध्यायले जानकारी दिए।, उक्त रकम अस्पतालमा कार्यरत भेडिकल सुपरिटेन्डेन्टदेखि सफाइकर्मीसम्मको रहेको समितिका सचिव जनकराज पन्तले जानकारी दिए।, पन्तले अहिले शान्तिपूर्ण रूपमा सरकार र अस्पताल प्रशासनको ध्यान आकर्षित गर्ने काम मात्र गरिएको र असार १६ गतेसम्म भत्ता रकम प्राप्त नभए थप आन्दोलन गर्ने बताए।, भीम अस्पतालले कोभिड महामारीका बेला एक हजार २ सयभन्दा बढी बिरामीलाई सेवा उपलब्ध गराएको जनाएको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले चिकित्सक र स्वास्थ्यकर्मीमात्र नभई सबै कर्मचारीहरूकै कोभिड जोखिम भत्ताको लागि सरकारसँग पहल गरिरहे पनि प्राप्त हुन नसकेको बताइन्। , उनले दैनिकजसो अस्पतालको एक जना कर्मचारी मन्त्रालय धाइरहे पनि भत्ताबापतको रकम प्राप्त नभएको बताइन्।, गुप्ताले सरकारले कोभिड उपचारबापत अस्पताललाई सोधभर्ना गर्ने भनेको झण्डै साढे दुुई करोड रकम समेत उपलब्ध नगराएको बताइन्। , कोभिड जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
सेतोपाटी संवाददाता भक्तपुरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएको छ। , पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री छन्। , गएराति उनले सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ। , बलात्कार गरेको भन्ने सूचना पछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।, प्रहरी वृत्त जगातीले थप अनुसन्धान अघि बढाएको छ। ,  , भक्तपुरमा युवतीमाथि बलात्कार आरोपमा युवक पक्राउ
नवीनबाबु गुरूङ विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन्।, संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट विस्थापित भएर  आएका रोहिंग्याहरू छन्।  उनीहरूसँगै धर्ना बंगलादेश, पाकिस्तान, श्रीलंका, सोमालिया, इराकलगायत देशका शरणार्थी पनि धर्नामा सहभागी छन्।, अध्यागमन विभागका अनुसार नेपालमा ६७२ जना रोहिंग्या शरणार्थीहरू छन्।, म्यानमारबाट आएका ३७८, पाकिस्तानबाट १८७, अफगानिस्तानबाट ५२, सोमालियाबाट २१, श्रीलंकाबाट १९, इरानबाट ९, बंगलादेशबाट ५ र इराकबाट आएका १ जना शरणार्थी छन्।, आफूहरूको पुनर्स्थापनाका लागि कार्यालयले गरेको काममा असन्तुष्टि जनाउँदै उनीहरूले धर्ना दिएका छन्।, हातमा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर स-साना बालबालिका पनि धर्नामा सहभागी भएका छन्।, ‍रोहिंग्या शरणार्थीहरू अधिकांश काठमाडौंको कपन क्षेत्रमा बसोबास गर्छन्। उनीहरूले आफूहरूले काम गर्न नपाउने भएकाले जीवन धान्न मुस्किल भएको बताउँदै आएका छन्।, आफ्ना मागहरू सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनीहरूले बताएका छन्।, हेर्नुस् तस्बिरहरू:  , काठमाडौंमा रोहिंग्यासहितका शरणार्थीको धर्ना (तस्बिरहरू)
रासस निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन्।, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ।, लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।, तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ। वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ।, यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ।, बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ।, पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ–म्याग्दी सडक अवरुद्ध
सेतोपाटी संवाददाता तनहुँको चुँदी खोलाले बगाएर डेढ वर्षिया बालिकाको ज्यान गएको छ।, आइतबार साँझ साढे ७ बजे तनहुँको भानु नगरपालिका-७ चन्द्रावती बस्ने रचना श्रेष्ठकी १ वर्ष ६ महिनाकी छोरी काब्यालाई घर नजिकै रहेको खोलाले बगाएको थियो।, घरदेखि २० मिटर दुरीमा रहेको उक्त खोलाले बेपत्ता पारेपछि खोज्ने क्रममा स्थानीय र प्रहरीले ५०० मिटर तल बालिकालाई अचेत अवस्थामा फेला पारेका थिए।, तत्कालै उनलाई उपचारका लागि दमौली अस्पताल लगे पनि राती १० बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए।, खोलाले बगाएर तनुहँमा डेढ वर्षिया बालिकाको मृत्यु
रासस राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससमा आफूले चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन्।, आइतबार रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उनले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।, ‘राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ,’ उनले भने।, अध्यक्ष झाले आफू राससमा ठूलो दायित्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औँल्याएका थिए।, राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ थियो।, कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ व्यक्तिलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गरेका थिए।, उनले कार्यकालभर राम्रो सहकार्य हुने विश्वास व्यक्त गरेका थिए।, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गरे पदबहाली
सेतोपाटी संवाददाता झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ।, प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो।, आइतबार बेलुकी शव फेला परेको थियो।, ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो।, ‘शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ। टाउकोमा गम्भीर चोट लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकृतले भने।, करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन।, शवलाई धरान लगिएको छ।, झापामा बोराभित्र भेटियो शव
सेतोपाटी संवाददाता देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, सोमबार देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यता मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ असार १३ गते (सोमबार), दिउँसो:  देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ असार १४ गते (मंगलबार), दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूर पश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ असार १५ गते (बुधबार), दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा  कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसम
रासस थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ।, खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो।, स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच सिकलसेलका बिरामीसहित सो पालिकामा बिरामीको संख्या २३ पुगेको छ।, सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास सङ्ख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजङ्ग शाहले बताए।, उनले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले सो राहत नपाएको बताए।, यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन। सो पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो। अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उनले जानकारी दिए। , कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन्।, सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन्।, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताए।, उनले ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँछन्।, सिकलसेलविज्ञ डा राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दिगो समाधान भएको बताए।, उनले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्यनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए।, अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ।, ‘अहिलेको पुस्तामा रोग देखिएको छैन। तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ। यो रोग अफ्रिका, भारत लगायतका मुलुकमा रहेको छ। थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ।, थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करिब चार हजार सिकलसेलका बिरामी छन्। डा पाण्डेले दुर्गम स्थानमा रहेका बिरामीलाई स्थानीयस्तरमा नै सिकलसेलको औषधि उपलब्ध गराइने उल्लेख गर्दै नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए। ‘गम्भीर समस्या भएमात्रै भेरी अस्पताल आउनुहोला नभए स्थानीयरुपमा नै औषधिको व्यवस्थापन गरिने छ’, उनले भने।, जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाहेक कोहलपुर नगरपालिकामा यसको समस्या देखिएको र सम्भावित सबै पालिकबाट तथ्याङ्क आएपछि जिल्लामा सिकलसेलका बिरामी निश्चित हुने बताइएको छ।, स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रिनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए। तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए।, त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए।, बाँकेमा बढे सिकलसेल एनिमियाका बिरामी
रासस जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।, भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।, चितवनबाट पेस्तोलसहित युवा पक्राउ
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक  सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।  , यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ ।  गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले  विनियोजन गरेको उनले बताए । , एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।, उनले भने, 'एमबिबिएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।' सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए । , पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबिबिएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्‍याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको  छ । , ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबिबिएस पढाउन खर्च दिने
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।, आफ्नै घरकाे आँगनमा दोधारा चाँदनी नगरपालिका–६ मिलन चोक बस्ने २८ वर्षीय यमबहादुर श्रेष्ठ मृत फेला परेका हुन्।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।, कञ्चनपुरमा एक युवक मृत फेला
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ। , आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा सुन पसल सञ्चालन गरिरहेका सूर्य श्रेष्ठविरूद्ध जाहेरी परेको हो। मृतक दिलमायाका बुवाले आइतबार प्रहरी वृत्त बालाजु पुगेर जाहेरी दिएका थिए।, शनिबार बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका-११ स्थित साढे दुई तलाको घरको डेरामा दिलमाया मृत फेला परेकी थिइन्। घरबेटीले उनको कोठामा हेर्न जाँदा उनी मृत अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको थियो।, उनको फेसबुकबाट आत्महत्या गर्न लागेको भन्दै स्टाटस लेखे पनि घटना भने शंकास्पद देखिएको छ। दिलमायाको घाँटीमा निलडाम देखिएको छ। त्यसरी निलडाम देखिएपछि प्रहरीले सूर्यलाई पक्राउ गरेको हो।, पक्राउ परेका सूर्यले पनि प्रहरीलाई ढाँटेको पाइएपछि उनीमाथि थप शंका उत्पन्न भएको छ। उनीमाथि सोधपुछ गर्दा सुरूमा आफू घटना हुनुभन्दा अगाडि नै कोठाबाट निस्किएको बताए पनि पछि सिसिटिभी फुटेज हेर्दा दिलमायाले स्टाटस हालेको समयसम्म उनी त्यहीँ भएको खुलेको हो।, घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन। जसकारण पनि घटना थप शंकास्पद बनेको छ।, प्रहरी वृत्त बालाजुले उनीमाथि सोमबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ।, गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी
सेतोपाटी संवाददाता करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ।, कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।, मोटर लगाएर पानी तानेर नुहाउने क्रममा उनलाई आइतबार करेन्ट लागेको थियो।, उनलाई निसर्ग अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, करेन्ट लागेर युवतीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ।, काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो।, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताएका छन्। सबै जातजाति र समुदायका विभिन्न भाषा, लिपी, साहित्य, संगीत, कलाको संरक्षण र विकास गर्न जोड दिने बताइएको छ।, यस्तै, स्थानीय सडक कालोपत्र गर्न जोड दिने, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पानीसहित एक घर, एक धारा अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै खोलामा आवश्यकताअनुसार करिडोर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।, नगरपालिकाभित्रको यातायातलाई व्यवस्थित गर्न मुख्य चोकमा ट्राफिक बत्ती जडान गर्नुका साथै नगरबासीको सुरक्षाका लागि चोकचोकमा सिसीक्यामरा जडान गरिने बताइएको छ । , यसैगरी, कृषिलाई आधुनिकीकरण गरिने, कौसी खेतीलाई प्रोत्साहन गरिने, पशु बीमा कार्यक्रम सुरु गरिने, तरकारीमा आत्मनिर्भर नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।, सो नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकको लागि आर्कषकको केन्द्रबिन्दु बनाउने नीति लिएको छ।, नगरपालिकाभित्र भएका मठमन्दिरको उचित संरक्षण गर्ने, उद्योग विकास रणनीति योजना निर्माण गरिने, लघु उद्योगको स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको टोली खटाउने बताइएको छ ।, ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्त नगरवासीको घरमा पुगेर स्वास्थ्योपचार प्रदान गरिने, नगरभित्र खेलकुद विकासका लागि ‘नगर खेलकुद कोष’ स्थापना गर्ने, नगरपालिकाभित्र खेलकुद मैदानको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने, नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।, महिला हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त नगरपालिका निर्माण गर्ने, बाल क्लब गठन गर्ने , बालमैत्री नगर घोषणा गर्ने, प्राकृतिक जोखिमको क्षेत्र अध्ययन गर्ने र त्यस क्षेत्रमा वृक्षरोपण गर्ने विपद्मा परेका व्यक्तिलाई राहत प्रदान गरिने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरिने बताइएको छ ।, नगरपालिकालाई प्रविधियुक्त बनाउनका लागि आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्ने, करको दायरा बढाउने बताइएको छ। तारकेश्वर नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा रु दुई अर्ब छ करोड ४६ लाख १४ हजार बजेट प्रस्ताव गरेको छ ।, तीमध्ये आन्तरिक स्रोतबाट रु २५ करोड पाँच लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ रु ५७ करोड ५२ लाख ५१ हजार, अन्य शीर्षकबाट रु ४५ करोड ७४ लाख ७७ हजार उठ्ने प्रक्षेपण गरेको छ । बाह्य स्रोतअन्तर्गत सङ्घीय सरकारबाट रु ५९ करोड छ लाख, प्रदेश सरकारबाट रु नौ करोड ५२ लाख ५३ हजार, अन्य शीर्षकबाट रु पाँच करोड ५५ लाख अनुमान गरेको छ ।, सो नगरपालिकाले आगामी आवको चालुतर्फ रु ६७ करोड ६९ लाख ५६ हजार र पूँजीगततर्फ रु एक अर्ब ३८ करोड लाग्ने अनुमान गरेको छ। ,रासस, ‘तारकेश्वर चक्रपथ’
सेतोपाटी संवाददाता किनमेलका लागि छिमेकी देश भारततर्फ जान थालेका दुई नेपाली महिला भारतमा सामूहिक बलात्कारमा परेका छन्। , दाङको राजपुर गाउँपालिकाका वडा नं. ६ का ती नेपाली महिला किनमेलको लागि आइतबार भारतीय बजारतर्फ जंगलको बाटो हुँदै जाने क्रममा जंगलमै भारतीय नागरिकबाट सामूहिक बलात्कारमा परेका हुन्। , दाङका  प्रहरी प्रवक्ता  प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले एक १८ वर्षीया युवती र अर्की एक विवाहित महिलामाथि भारतीय युवकहरूले आइतबार बिहान ११ बजेतिर सामूहिक बलात्कार गरेको भन्ने खुल्न आएको जानकारी दिए। , स्थानीय ६ जना महिला सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जंगलको बाटो हुँदै जाँदै गर्दा भारतीय युवकले अन्यलाई कुटपिट र लुटपाट गरेको पीडितले प्रहरीलाई बताएका छन्। , ‘नेपाली महिलामाथि भारतीय जंगलमा कुटपिट, लुटपाट र बलात्कार भएको खबरपछि नेपाली प्रहरी भारतीय प्रहरीको समन्वयमा घटनास्थल पुगेको थियो,’ प्रहरी प्रवक्ता रिजालले भने, ‘पीडितले आइतबार नै एफआइआर दर्ता गरेको हुँदा भारतीय प्रहरीले चार भारतीय युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।’, उनीहरूमाथि के/कति लुटपाट भयो भन्ने बारेमा यकिन भइनसकेको जिल्ला प्रहरी प्रवक्ता रिजालले जानकारी दिए।  , दाङकै खाँग्रा नाका क्षेत्रमा राम्रोसँग फोन सम्पर्क पनि नहुने हुँदा को–कसमाथि कुटपिट भयो र के कति नगद वा गरगहना लुटपाट भयो भन्ने यकिन भइनसकेको रिजालले बताए। , ‘मैले आज बिहान पनि हरैया नाकामा बस्ने भारतीय प्रहरीलाई फोन सम्पर्क गरेको थिएँ,’ रिजालले भने, ‘पक्राउ परेकाहरूविरूद्ध एफआइआर दर्ता भई कानुनी कारबाहीको प्रक्रिया सुरू भइसकेको भनेर भारतीय प्रहरीले सूचना दिएका छन्।’ , घटना भारतीय भूमिमा भएको हुँदा पीडित नेपाली महिलाले भारतीय प्रहरीमा एफआइआर दर्ता गरेको हुँदा अनुसन्धान तथा कारबाहीको काम पनि भारतीय प्रहरीले नै गर्ने दाङका प्रहरी प्रवक्ता रिजालले बताए।, दाङ राजपुरको नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै स्थानीय किनमेलका लागि जंगली बाटो हुँदै आवातजावात गर्ने गर्छन्। , राजपुर, गढवा लगायतका सीमावर्ती क्षेत्रका नेपालीहरू दाङको लमही बजार वा गढवा बजार आउनुभन्दा किनमेलका लागि भारतीय बजार सहज र नजिक पर्ने हुँदा उतै जाने गर्छन्।, किनमेलका लागि भारतीय बजार जाने क्रममा दाङका दुई महिलामाथि सामूहिक बलात्कार
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीको पेटमा अड्किएको चम्चा शल्यक्रिया नै नगरी निकालिएको छ।, थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले आमाशयमा अड्किएको चम्चा निकालेका हुन्। , नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इन्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो। , काठमाडौंंकी १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेकी थिइन्। चम्चा निकाल्दा किशोरीलाई कुनै चोट नलागेको अस्पतालले जनाएको छ। , चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो। यस्ता घटनामा शल्यक्रिया नै गरेर चम्चा निकालिने गरेपनि डा. कुँवरको टिमले सुरक्षित तरिकाले इन्डोस्कोपी गरी निकालेको हो। , शल्यक्रिया नगरी आमाशयबाट सुरक्षित तरिकाले यसरी चम्चा निकालेको नेपालमा पहिलो घटना भएको डा. कुँवरले दाबी गरे।, उनी नेतृत्वको टिमले यसअघि बच्चाहरूले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएका छन्। , ‘साइक्ट्रेकि इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनुभयो। यस्तो बिरामीहरूलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ उनले भने, ‘आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं।’ , आमाशयमा अड्किएको चम्चा ४५ मिनेटमा निकालिएको थियो। , ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन,’ उनले भने, ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो।’ , आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।, बिना शल्यक्रिया निकालियो किशोरीको पेटमा अड्किएको चम्चा
भगवती पाण्डे गत साता लुम्बिनी साँस्कृतिक नगरपालिका, सूर्यपुराका राजनारायण चौधरीले बुहारीलाई प्रसूति गराउन बुटवलको आम्दा अस्पताल पुर्‍याए। शल्यक्रिया गरेर बच्चा जन्माउँदा ६० हजार रूपैयाँ खर्च लाग्यो। राजनारायणलाई सरकारी तथा सामुदायिक अस्पतालमा सुत्केरी सेवा निःशुल्क हुन्छ भन्ने थाहा थियो।, उनले आम्दा पनि सामुदायिक अस्पताल भएकाले निःशुल्क नै हुने सोचेका थिए। बुहारीलाई अस्पताल भर्ना गरेपछि प्रसूति सेवा निःशुल्क नरहेको उनलाई भनियो।, उनले भने, ‘सरकारी अस्पतालमा सुत्केरी हुँदा पैसा लाग्दैन भन्ने बुझेको थिएँ। बुहारीलाई अचानक रक्तचाप बढेपछि हतारमा यता ल्याइयो। यहाँ यति धेरै पैसा लाग्ला भन्ने त सोचेकै थिइनँ।’, शल्यक्रिया गरेको तेस्रो दिनसम्ममा ६० हजार रूपैयाँ बुझाएको र घर लैजाने दिनसम्म रकम अझै थपिन्छ भनेर डाक्टरहरूले सुनाएको उनले बताए।, बुटवलकी अनुपा थापाले पनि आम्दा अस्पतालमा सामान्य सुत्केरी गराएको १० हजार रूपैयाँ खर्च लागेको बताइन्।, ‘पहिले थाहा भएन। भर्ना गरेर काउन्टरमा पैसा बुझाउनू भने। अनि मात्रै त्यति पैसा लाग्ने थाहा भयो,’ उनले भनिन्।, उनी भान्जीलाई लिएर अस्पताल आएकी थिइन्। सरकारले सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवासँगै सुत्केरी महिलालाई यातायात खर्च पनि दिने गरेको छ। तराई क्षेत्रमा बच्चा पाउने महिलाले एक हजार र चार पटक गर्भ जाँच गराउँदाको थप आठ सय गरी एक हजार आठ सय रूपैयाँ पाउँछन्।, यो पैसा उनीहरूले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमबाट पाउने हो। सरकारले सेवा प्रदायक अस्पताल वा स्वास्थ्य केन्द्रलाई औषधि र सेवाबापत सामान्य सुत्केरी गराएको एक हजार, जटिल प्रकारकोमा तीन हजार र शल्यक्रिया गर्नु परे सात हजार रूपैयाँ दिन्छ। मातृशिशु मृत्युदर नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष २०६५/६६ मा आमा सुरक्षा कार्यक्रम लागू गरी महिलाहरूलाई प्रसूति सेवा लिन अर्थात् सुत्केरी हुन अस्पताल जान प्रेरित गर्दै आएको छ।, तर आम्दा अस्पतालले यो कार्यक्रम लागू नगर्दा त्यहाँ प्रसूति हुने आमाहरू सुरक्षा कार्यक्रमबाट बञ्चित हुनु परेको छ।, मातृशिशु स्वास्थ्यमा टेवा पुर्‍याउने उद्देश्यले करिब १० हजार जापानी नागरिकले गरेको सहयोगले २०५५ सालमा सिद्धार्थ बाल तथा महिला अस्पतालले सेवा सुरू गरेको थियो। एसोसिएसन अफ मेडिकल डक्टर्स (आम्दा) जापानको सहयोगमा अस्पताल निर्माण गरिएको थियो। आम्दाद्वारा स्थापित अस्पताल आम्दा अस्पताल नामले चिनिन्छ।, बुटवल उपमहानगरपालिकामा रहेको यो अस्पतालको स्थानीय व्यवस्थापन समितिको अध्यक्ष पनि उपमहानगर नै छ। बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर सामुदायिक वनको करिब १० बिघा क्षेत्रफलमा उक्त अस्पताल छ। स्थापनाकालदेखि नै उक्त अस्पताललाई बुटवल उपमहानगर, बुटवल उद्योग वाणिज्य संघ तथा बुटवलका दर्जनौं संघसंस्था र व्यक्तिहरूले पूर्वाधार निर्माण र उपकरणका लागि आर्थिक सहयोग गर्दै आएका छन्।, यही अस्पतालले सरकारको कार्यक्रम लत्याउँदै प्रसूति सेवा लिन आउने सेवाग्राहीसँग हजारौं रूपैयाँ शुल्क लिने गरेको छ। निःशुल्क गरेको आमा सुरक्षा कार्यक्रम लागू गर्न अस्पतालले अटेर गर्दै आएको छ। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देही र बुटवल उपमहानगरले आमा सुरक्षा कार्यक्रम लागू गर्न ताकेता गर्दै आएका छन्। स्थानीय व्यवस्थापन समितिको बैठकमा कार्यक्रम लागू गर्न दिएको निर्देशन र निर्णय समेत अस्पतालले लत्याउने र लुकाउने गरेको छ।, अस्पताल सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख तथा बुटवल उद्योग वाणिज्य संघ उपाध्यक्ष रहने गरी ११ सदस्यीय स्थानीय व्यवस्थापन समिति छ। बुटवल उपमहानगरका पूर्वप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा तीन वर्षअघि भएको स्थानीय व्यवस्थापन समितिको बैठकले आमा सुरक्षा कार्यक्रम तत्काल लागू गर्ने निर्णय गरेको थियो। सुवेदीले कार्यक्रम लागू गर्न ताकेता गरेपछि अस्पतालले व्यवस्थापन समितिको बैठकसमेत बोलाएन। , समितिका एक सदस्यका अनुसार स्थानीय सरकारको हैसियतमा बैठकको अध्यक्षता गरेका सुवेदीले उक्त निर्णय कार्यान्वयन नभएसम्म अर्को निर्णय नगर्ने अडान लिएका थिए। सुवेदीको पालामा अस्पतालले व्यवस्थापन समितिका दुई वटा बैठक बोलाएको थियो। दोस्रो बैठकले उक्त निर्णग गरेको थियो। त्यसयता बैठक भएको छैन।, अस्पतालका निर्देशक व्यवस्थापन समितिको सदस्य सचिव रहने प्रावधान छ। आवश्यकताअनुसार बैठक पनि निर्देशकले नै बोलाउने गरेका थिए। सुवेदीले आमा सुरक्षा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएपछि निर्देशकले बैठक बोलाएका छैनन्।, निर्देशक डा.राजेन्द्रसिंह बस्यालले भने आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले दिने रकम अपुग रहेको बताए। डा. बस्यालले आम्दा अस्पताल सुत्केरी सेवाबाट मात्र चल्ने भएकाले आमा सुरक्षा कार्यक्रममार्फत सरकारले उपलब्ध गराउने न्यून रकमले अस्पताल चलाउन नसक्ने बताए।, ‘सरकारले दिने रकममा स्थानीय पालिकाले केही थप गर्न सके आमा सुरक्षा कार्यक्रम लागू गर्न सकिन्छ,’ उनले भने।, अस्पताल प्रशासनले प्रसूति गराउन आवश्यक पर्ने रकमबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न डा. सन्तोष पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले सामान्य, जटिल र शल्यक्रिया प्रसूतिमा चाहिने औषधि, सेवा शुल्क,भर्ना, बेड शुल्क लगायतमा लाग्ने खर्च जोडेर प्रतिवेदन तयार गरी प्रशासनलाई बुझाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार सामान्य प्रसूतिमा ८ हजार ५२२, असामान्य प्रसूतिमा १० हजार ५२२ र शल्यक्रिया प्रसूतिमा २३ हजार ८१६ रूपैयाँ खर्च लाग्छ।, यसै महिना पनि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष रहेका बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे र समितिका उपाध्यक्ष रहेका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले अस्पतालको निरीक्षण गर्दै आमा सुरक्षा कार्यक्रम लागू गर्न आग्रह गरेका थिए। अस्पताल प्रशासनले भने सरकारी अनुदान अपुग हुने कुरा दोहोर्‍यायो।, ‘मेयरज्यूले महिला र बालबालिकाका लागि खोलिएको अस्पताल भएकाले आमा सुरक्षा कार्यक्रम लागू गर्नु पर्छ भन्नुभयो। अस्पताल प्रशासनले रकम थप भए मात्र लागू गर्न सक्ने जवाफ दियो,’ एक कर्मचारीले भने। , नगर प्रमुख पाण्डेले आगामी वर्षको नीति तथा कार्यक्रममा आम्दा अस्पताललाई सिटी अस्पतालका रूपमा विकास गर्ने उल्लेख गरेका छन्। अस्पतालमा डिप्लोमा तहका ल्याब, फार्मेसी र नर्सिङका कक्षाहरू सञ्चालन गरेर आम्दानीको स्रोत बढाउँदै आमा सुरक्षा कार्यक्रम लागू गर्ने उनले बताए।, ‘आम्दा अस्पतालको विषय उपमहानगरपालिकाले मसिनो गरी हेर्नेछ,’ उनले भने, ‘स्रोत अभाव भएको छ भने डिप्लोमा तहको अध्यापन सुरू गराएर पनि स्रोत संकलन हुन सक्छ।’, बुटवलका पूर्वनगर प्रमुख तथा लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ पनि आमा सुरक्षा कार्यक्रमबाट आम्दा अस्पताल भाग्न नमिल्ने बताउँछन्।, सामुदायिक अस्पतालले खर्च पुग्दैन भनेर सरकारको कार्यक्रम लागू गर्न नखोज्नु अस्पतालको अटेरीपन भएको उनको आरोप छ। अस्पतालका केही समस्या भए स्थानीय व्यवस्थापन समितिले सुल्झाउनु पर्ने श्रेष्ठले बताए।, कार्यक्रम नै लागु नगर्ने हो भने उपमहानगरका र बुटवल उद्योग वाणिज्य संघले स्थापना गरेको कोष रोक्नु पर्ने उनको भनाइ छ।, ‘अस्पतालका लागि स्थापना गरिएको कोष रोकेर भए पनि कार्यक्रम लागू गर्न बाध्य बनाउने काम उपमहानगरपालिकाको हो। निजी अस्पतालले समेत लागू गरेको कार्यक्रममा सामुदायिक अस्पतालले पैसा थोरै भयो भन्न मिल्दैन,’ उनले भने।, अस्पताल स्थापना गर्दा उपमहानगरपालिकाको तर्फबाट श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। बुटवल उद्योग वाणिज्य संघको तर्फबाट तत्कालीन अध्यक्ष जीवनप्रसाद ओझा र आम्दा नेपालका तर्फबाट तत्कालीन अध्यक्ष डा. दिनेश विनोद पोखरेलले हस्ताक्षर गरेका थिए। , आम्दा अस्पतालले सुत्केरी गराउँदा १० हजारसम्म लिने गरेको छ। अस्पतालले अरू व्यक्ति वा संस्थाको सिफारिस लिएर आउने सेवाग्राहीबाट थप रकम असुल गर्ने गरेको छ।, अस्पतालका ती कर्मचारीका अनुसार नियमित रूपमा आम्दामै गर्भ परीक्षण गराएका र अन्यत्र परीक्षण गराएर आएका महिलासँग लिने शुल्क फरक हुने गरेको छ। आम्दा अस्पतालमै नियमित परीक्षण गराएका र कसैको सिफारिस बिना आएकालाई शल्यक्रियामा साढे आठ हजार रूपैयाँ लिने गरेको छ। सिफारिस भएर आउनेका लागि २५ हजार रूपैयाँ लाग्छ।, सरकारले दिएको सुविधा नपाउने भएपछि आम्दामा प्रसूति गराउनेको संख्या पनि घट्दै गएको अस्पतालको अभिलेखमा देखिन्छ। दुई वर्षअघि दैनिक ३५ जनासम्मले प्रसूति सेवा लिने गरेकोमा हाल दैनिक सरदर सात जना मात्रै आउने गरेका छन्।, नाफा कमाउने उद्देश्यको अस्पताल नभएकाले विभिन्न संघसंस्थाहरूले उपकरण, भौतिक संरचना, खानेपानी लगायतमा सहयोग गर्ने गरेका छन्। दाताबाट प्राप्त कतिपय उपकरण उपयोगविहीन अवस्थामा छन्। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लामा लुम्बिनी अञ्चल अस्पताल, भीम अस्पताल, देवदह मेडिकल कलेज, भैरहवा मेडिकल कलेज, सिटी अस्पताल भैरहवाले आमा सुरक्षा कार्यक्रम कार्यान्वयन गरेका छन्। जिल्लाका २५ वटा स्वास्थ्य चौकीमा पनि उक्त कार्यक्रम छ।   , आम्दा अस्पतालले लिन्छ सामान्य सुत्केरी गराएको १० हजार, टेर्दैन सरकारको नीति
सेतोपाटी संवाददाता कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्।, डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्।, सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ।, भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार ४/५ जनाको समूहले उनीमा आक्रमण गरेका थिए। , उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए। स्थानीयले  उनको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताए।, अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, भण्डारीलाई उपचारका लागि धनगढी ल्याइन लागिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, डडेल्धुराका कम्प्युटर अपरेटरमाथि कैलालीमा आक्रमण, गाडी र पैसा लिएर भागे आक्रमणकारी
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ३५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ३३७ जनाको पिसिआर र एक २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २०८ जना सक्रिय संक्रमित छन्।, २० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ४१ जना कोरोना संक्रमित, अझै २०८ सक्रिय संक्रमित
दिपकजंग शाही कुरा दुई दशकअघिको हो। सुर्खेतको लेकबेँसी–९, काल्तडीका सन्तोष खाम्चा वर्षभरिका धेरै दिन भारतमा बिताउँथे। दसैं, तिहारजस्ता मुख्य चाडमा सकेसम्म घर आए पनि बाँकी दिन भारतमै हुन्थे।, सन्तोष गोवामा बस्थे। त्यहाँ धेरै वर्ष होटलको कूक भएर काम गरे। उनी २०५८ सालमा आफ्नै ठाउँ सुर्खेत फर्के। गोवामा प्राप्त अनुभवका आधारमा वीरेन्द्रनगरमा एउटा होटल खोले।, साढे दुई वर्षमा होटल व्यवसायबाट उनलाई घाटा त भएन तर सोचेअनुसार आम्दानी पनि भएन।, उनले अर्को व्यवसाय सुरू गरे। स्थानीय बजारमा कुखुरा पाले। कुखुराका चल्ला र मासु बेचेर दैनिक २० हजार रुपैयाँभन्दा बढीको कारोबार गरे।, काम राम्रै थियो। एक पटक अचानक कुखुरा बिरामी परे। उपचारले पनि केही लागेन। एकै पटक तीन सय कुखुरा खाल्डामा पुर्नु पर्‍यो। कुखुरा व्यवसायबाट उन्नति नहुने ठहर गरेर सन्तोष यातायात र ढुवानी व्यवसायमा लागे।, कुखुरा व्यवसायबाट बचत भएको केही रकमले उनले ट्याक्टर किने। त्यसबाट उनलाई केही फाइदा भयो। ट्याक्टर बेचेर बस किने। २०६८ सालमा आएको बाढीले बस काम नलाग्ने गरी बिगारिदियो।, त्यसपछि उनले लेकबेँसीकै गँगटे बजारमा फेन्सी पसल खोले। स्थानीय बजार नजिकमा दुई वटा घडेरी बेचेर सुरू गरेको फेन्सी पसलबाट फाइदा भएन। त्यो फेन्सी पसलमा भएको उधारो कारोबारले उनलाई ऋणमा डुबायो।, करिब ४० लाख रुपैयाँ लगानी गरेर फेन्सी पसल खोलेका सन्तोषको थाप्लोमा ३० लाख रुपैयाँ ऋण थपियो।, आफ्नो देश फर्केर चार किसिमका व्यवसाय गर्दा पनि उन्नति नभएपछि सन्तोषले विदेश जाने सोच बनाए।, विदेश जाने प्रक्रिया सुरू गरेपछि उनलाई एक जना छिमेकीले सुझाव दिए, ‘गाउँमा यति धेरै जग्गा भएको मानिस विदेश जानुभन्दा, यहीँ केही गर।’, ती छिमेकीले उनलाई कामका लागि १० लाख रुपैयाँ ऋण दिने भए।, विदेश जाने सोच त्यागेर सन्तोषले भैंसीपालन सुरू गरे। अहिले उनीसँग नौ वटा माऊ भैंसी र नौ वटा पाडापाडी छन्। अहिले उनी प्रतिलिटर ६५ रुपैयाँका दरले दैनिक ५० लिटर दूध बेच्दैछन्। एक बिघामा त घाँस खेतीमात्रै छ।, विदेश गएको भए पनि श्रमै गरेर दिन बित्थ्यो यहाँ पनि उनी भैंसीपालनमा काम गर्न र दूधको हिसाब गर्न व्यस्त हुन्छन्। उनलाई यसमै ज्यादा सन्तुष्टि मिलेको छ।, ‘एक बेला थुप्रै काम गरेँ। विदेश जान आधा प्रक्रिया पूरा गरेको थिएँ,’ उनले भने, ‘अहिले भैंसीपालनपछि त पहिला व्यर्थैमा अनेक गरेछु जस्तो लाग्छ।’, भैंसी फार्म विस्तार गर्न कृषि विकास बैंकले सन्तोषका लागि ५० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ। त्यसमध्ये केही रकम लगानी गरिसके। दस वटा भैंसी थप्ने योजना छ।, सन्तोषले भैंसी पाल्न थालेको डेढ वर्षमात्रै भयो। उनले तीन वटा भैंसी किनेर काम सुरू गरेका थिए। एउटा भैंसीलाई ८० हजार रुपैयाँ परेको थियो।, सन्तोष अहिले मासिक एक लाख रुपैयाँसम्मको कारोबार गर्छन्। मासिक ५० हजार रुपैयाँजति बचाउने गरेको उनले बताए।, ‘गएको महिना त डेढ लाखको कारोबार भयो। मलाई सन्तुष्ट बनाएको व्यवसाय नै यही (भैँसीपालन) हो,’ उनले भने, ‘अब त म बाहिर (विदेश) गएर रोजगारी गर्ने कल्पना पनि गर्दिनँ, यसैमा लगानी बढाउने हो।’, उनी भैंसीको दूध त बेच्छन् नै, मल बेचेर पनि आम्दानी गर्छन्। एक वर्षमा ७२ हजार रुपैयाँको मल बेचेको उनले बताए।, आफूले प्रयोग गरेर बचेको मल बेच्छन्। हाल चार वटा बंगुर पनि पालेका छन्।, काल्ताडी गाउँकै जैसरा वीरकट्टा पनि व्यावसायिक रूपमै भैँसीपालनमा लागेकी छन्। उनीसँग अहिले छ वटा भैंसी छन्। तीमध्ये चार वटा दुहुना छन्।, जैसराले सुख्खा सिजनमा पनि दैनिक १७ लिटर दूध बेचिन्। मासिक २५ हजार रुपैयाँ बचत गर्ने गरेको उनले बताइन्। उनका श्रीमान पहिले मजदुरी गर्न भारत जान्थे। अहिले घरमै भैंसीपालनमा व्यस्त छन्।, ‘परम्परागत रूपमा त थियो। व्यावसायिक रूपमा चाहिँ दुइटा भैंसीबाट सुरू गरेको हो,’ जैसराले भनिन्, ‘बिस्तारै भैंसी थप्दै गएँ, कारोबार पनि बढ्यो। श्रीमान पनि यतै व्यस्त हुने व्यवसाय बनेको छ।’, उनले भैंसीपालन सुरू गरेको सात वर्ष भयो। अब चाँडै पाँच वटा भैंसी थप्ने तयारीमा छिन्।, ‘भैंसी त थप्ने हो। अब पेसा नै यही हो,’ उनले भनिन्,‘अहिलेसम्म घाटा भएको छैन, परिवार चलाउन सजिलो भएको छ।’, काल्ताडी गाउँमा सन्तोष र जैसराजस्तै अरू २७ जना कृषक व्यावसायिक रूपमा भैंसीपालनमा छन्। उनीहरूले ‘काल्ताडी भैंसीपालन कृषक समूह’ बनाएका छन्।, समूहका सचिव दीपककुमार ढकालका अनुसार गाउँबाट सुख्खा मौसममा पनि दैनिक कम्तीमा १२५ लिटर दूध बजार जान्छ। सबै दूध वीरेन्द्रनगरका डेरीहरूमा खपत हुन्छ।, उनका अनुसार सिजनमा कम्तीमा दैनिक २१० लिटर दूध बजारमा पुग्छ।, दीपकुमारले दुइटा भैंसी पालेका छन्। उनी दैनिक १० लिटर दूध बेच्छन्। उनले व्यावसायिक रूपमा केरा खेती पनि गरेका छन्। उनी पनि भैंसी थप्ने योजनामा छन्।, दीपकुमारका अनुसार भैंसीपालनमा गाउँका किसान अग्रसर भएपछि जीवनस्तर समेत उकासिएको छ।, उनले भने,‘यहाँका मानिसको पहिले र अहिलेको जीवनस्तर निकै फरक छ। पशुपालन गरे पनि परम्परागत थियो। अहिले आधुनिक रूपमा भइरहेको छ।’, नेपाल सरकारअन्तर्गत कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायिक भैंसीपालनका लागि गाउँका कृषकहरूलाई भौतिक संरचना निर्माणमा सहयोग गरेको छ। कार्यक्रमबाट ४५ प्रतिशतसम्म अनुदान पाएको सन्तोषले बताए।, गाउँका पशु प्राविधिक नारायण ढकालका अनुसार काल्ताडीवासीहरू बलियो इच्छाशक्तिका साथ पशुपालनमा लागेका छन्। किसानहरू सल्लाहका लागि आफूसँग आउने गरेको उनले बताए।, समूहका सचिव ढकालका अनुसार ‘काल्ताडी भैंसीपालन कृषक समूह’ मा हाल कम्तीमा ७० वटा भैंसी छन्।,  ,  ,  , दूध बेच्छन् मल पनि बेच्छन्, परिवार पाल्छन् बचत पनि गर्छन् काल्तडीका भैंसी किसान
रासस काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्।, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए। , तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।, यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो।, उनीहरू कामपा–२८ बागबजारमा बस्दै आएका थिए। , काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा
सेतोपाटी संवाददाता ६३ लाख ६५ हजार जरिवाना पाएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछाप घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ३२ वर्षीय रामचन्द्र थापा मगरलाई पक्राउ गरेको हो। , उनलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनलाई बैंकिङ कसुर मुद्दामा जम्मा ६३ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना, ६ दिन कैद र दुई लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति तिराउन ठहर भएको थियो। , त्यसअनुसार जरिवाना, कैद र क्षतिपूर्ति नतिरी फरार रहेका थापा मगरलाई कार्यालयको टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका-४ शेषमतिबाट पक्राउ गरेको हो। , सजाय कार्यान्वयन गराउन उनलाई सोमबार ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ।, ६३ लाख जरिवाना पाएका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता चितवनको माडीमा धारिलो हतियारको प्रहार गरी एक महिलाको हत्या भएको छ।, माडी नगरपालिका-६ स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङको सोमबार दिउँसो हत्या भएको हो।, प्रहरीले उनकै छोरा अर्जुन तामाङले पछाडिबाट धारिलो हतियार प्रहार गरेको आशंकामा अनुसन्धान भइरहेको बताएको छ।, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, घर नजिकै मकै बारीमा महिलाको हत्या गरिएको थियो।, चितवनको माडीमा आमाको हत्या आरोपमा छोरा पक्राउ
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।, जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई हिरासतमा राख्न अनुमति दिएको हो। , उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भएकी ३३ वर्षकी दिलमाया मृत फेला परेकी हुन्।, त्यसपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली खटिएको थियो। , दिलमायाको शव फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकबाट सुसाइड नोट पनि पोष्ट भएको थियो। जसले गर्दा उनले आत्महत्या गरेको हो कि भन्ने आशंका थियो। तर पछि उनको घाँटीमा निलडाम फेला परेको देखिएको थियो। , उनीसँगै बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो। सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए। तर सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो। , प्रहरीका अनुसार उनीहरू गत ७-८ महिनादेखि त्यहाँ श्रीमान-श्रीमती भनेर बसेका थिए। प्रहरीले उनीमाथि शंका लागेर आइतबार नियन्त्रणमा लिएको थियो।, उनी राति मध्यरातमा कोठामा पुगेर बिहान ४ बजे घरबाट निस्केका थिए। घटनास्थलबाट उनले सल पनि लिएर गएका थिए। , सो सल महाराजगञ्जस्थित कतार भिसा सेन्टर नजिकको सडक किनारको झाडीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। प्रहरीले दिलमायाको मोबाइल फोन भने बरामद गरेको छैन।, सूर्यविरूद्ध मृतकका बुवाले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो।, यस घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।, गायिका दिलमायाको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्यलाई पाँच दिन हिरासतमा राख्न अनुमति
रासस सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ।, कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो।, प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रूपेशकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, अमरकान्तले रूपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले जानकारी दिए।, उनका अनुसार मृतक अमरेन्द्र र भाइ अमरकान्तबीच पहिलेदेखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरू दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाइ अमरकान्तले गाउँकै साथी रूपेशसँग मिलेर दाइ अमरेन्द्रको हत्या गरेको खुलेको हो।, उनीहरूले अमरेन्द्रलाई असार ६ गते राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। , घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाइ अमरकान्तले शंकास्पद व्यवहार देखाउन थालेपछि उनलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।, प्रहरीले उनीहरू दुवैविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ। , दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ
रासस उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ।, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो । , महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो।, उनले धारापानी, जार, ट्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए। , उनका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ।, यस्तै, सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए।, ‘पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौं’, उनले भने, ‘अध्ययनका लागि सबै ठाउँको पानीको नमूना संकलन गरिरहेका छौ।’, यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ।, नगरपालिकाले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो।, यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ। , महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सात वटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए।, उनले महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए।, महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए।, प्रदूषित खानेपानीले काठमाडौं उपत्यकामा फैलियो हैजा
रासस भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ।, मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो।, महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन्।, सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो।, यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ। यो कारोबारमा बढी भारतीय नै समातिएका छन्।, यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ। पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ।, धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन तस्करले मोटरसाइकल प्रयोग गरेका पाइएको प्रनाउ विष्टले बताए। सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ।, त्यसैले मदिरा चोरी लुकाइ भारततर्फ लाने क्रम बाक्लिएको जनाइएको छ। सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यासछ्यास्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन्।, सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी
सेतोपाटी संवाददाता आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।, आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।, गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।, हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ असार १२ गते (आईतबार), दिउँसो:,  देशभर सामान्य देखि ,पूर्ण, बदली रहनेछ।  देशभरका पहाडी ,भु-भागका, धेरै ,स्थानमा, र बाँकी ,भु-भागका, थोरै स्थानमा मेघ ,गर्जन/चट्याङ, सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका ,एक - दुई, स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती :, देशभर सामान्य देखि ,पूर्ण, बदली रहनेछ । देशभरका पहाडी ,भु-भागका, धेरै ,स्थानमा, र बाँकी ,भु-भागका, थोरै स्थानहरूमा मेघ ,गर्जन/चट्याङ, सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  लुम्बिनी प्रदेश र ,सुदूरपश्चिम, प्रदेशका ,एक - दुई, स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,  ,२०७९ असार १३ गते (सोमबार), दिउँसो:,  देशभर सामान्य देखि ,पूर्ण, बदली रहनेछ ।  देशभरका पहाडी ,भु-भागका, धेरै ,स्थानमा, र बाँकी ,भु-भागका, थोरै स्थानमा मेघ ,गर्जन/चट्याङ, सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका ,एक - दुई, स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती :, देशभर सामान्य देखि ,पूर्ण, बदली रहनेछ । देशभरका पहाडी ,भु-भागका, धेरै ,स्थानमा, र बाँकी ,भागका, थोरै स्थानहरूमा मेघ ,गर्जन/चट्याङ, सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र ,सुदूरपश्चिम, प्रदेशका ,एक - दुई, स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। , २०७९ असार १४ गते (मंगलबार), दिउँसो:,  देशभर सामान्य देखि ,पूर्ण, बदली रहनेछ।  देशभरका पहाडी ,भु-भागका, धेरै ,स्थानमा, र बाँकी ,भु-भागका, थोरै स्थानमा मेघ ,गर्जन/चट्याङ, सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, मधेश प्रदेश र प्रदेश १ का ,एक - दुई, स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती :, देशभर सामान्य देखि ,पूर्ण, बदली रहनेछ । देशका धेरै ,स्थानमा, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश तथा गण्डकी प्रदेशका ,एक - दुई, स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। , गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
सेतोपाटी संवाददाता कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। , महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको हो।, जुम्लेटीमा १३६.५ मिलिमिटर र लुम्लेमा १२२.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।, यी दुई स्थानमा खतराको तह पार गरिसकेकोले सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।  , महाशाखाले आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ।  कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ। मधेश र सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आँकलन गरिएको छ।, कास्कीका लुम्ले र जुमलेटीमा ठूलो वर्षा, सतर्कता अपनाउन सुझाव
सेतोपाटी संवाददाता दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन पुलमा बाढीले क्षति पुर्‍याएको छ।, बाढीले गर्दा पुलमुनिको ग्याबिन भासिएको छ। ग्याबिनमा राखिएका टेका पनि ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्।, पुलमा छड बाँध्ने काम भइरहेको थियो। शुक्रबार रातिको बाढीले पुलका केही सामान र संरचना पनि बगाएको छ।, यो पुल सिँगटी हाइड्रो र बिगु गाउँपालिकाको संयुक्त लगानीमा निर्माणाधीन थियो। हाइड्रोले ८० र गाउँपालिकाले २० प्रतिशत बजेट लगानी गरेका थिए।, यो पुल निर्माणको जिम्मा त्रिवेणी शेर्पा लाहा जेभीले पाएको थियो। २५ मिटर लामो यो पुल दुई करोड १६ लाख बजेटमा निर्माण गर्न ठेक्का लागेको थियो।, निर्माणाधीन झोरूङ खोला पुलमा बाढीले पुर्‍यायो क्षति
सेतोपाटी संवाददाता नेपाल कानून व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ।, भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ।, बागमती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ।, मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुनेछन्।, अधिवक्ता तहको ३० औं परीक्षामा सहभागी हुन इच्छुक व्यक्तिले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गतेभित्र पेश गरिसक्नुपर्नेछ।, परीक्षा शूल्क भने चार हजार तोकिएको छ। परीक्षा कार्यक्रम र केन्द्र भने पछि तोकिने परिषदले जनाएको छ।, साथै ३१ औं अधिवक्ता तहको परीक्षा भने नयाँ पाठ्यक्रमअनुसार हुने पनि परिषदको भनाइ छ।, सातै प्रदेशबाट अधिवक्ताको परीक्षा दिन सकिने
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित फट्टेको पुलमा क्षति पुर्‍याएको छ।, वर्षासँगै मेलम्चीमा पानीको बहाब बढ्दै गइरहेको छ।, फट्टेस्थित ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा बाढीले क्षति पुर्‍याएपछि स्थानीय बासिन्दालाई नदी वारपार गर्न कठिनाइ हुँदै गइरहेको छ।, मेलम्चीमा बाढी आउन थालेपछि मेलम्ची किनारमा बसोबास गर्नेहरू त्रासमा छन्।, हेलम्बु, मेलम्चीलगायत क्षेत्रका बासिन्दा त्रासमा छन्। रातमा पानी परेका बेला उनीहरू घर छाडेर हिँड्नुपर्ने अवस्था छ।, गत वर्ष असार १ मा पनि मेलम्चीमा लेदोसहित ठूलो बाढी आएको थियो।, मेलम्चीको बाढीले फट्टेको पुलमा क्षति
एजेन्सी बंगलादेशमा पद्मा नदीमाथि देशकै लामो पुल बनेको छ।, बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्।, यो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्ने छ। ३.८६ अर्ब अमेरिकी डलर खर्चेर बनाइएको पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भने मूनि रेलवेको सिंगल ट्रयाक छ।, लामो विवाद र भ्रष्टाचारका आरोपहरू लागेपछि यो पुल निर्माणमा संलग्न दातृ संस्थाहरू बाहिरिएका थिए। पछि बंगलादेश सरकारले पुल आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो। पुल बनाउने ठेक्का चिनियाँ कम्पनीले पाएको थियो।, शनिबार पुलको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताइन्। उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन्।, पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले पुल निर्माण सम्पन्न गरेकोमा समकक्षी हसिना र बंगालदेशका जनतालाई बधाई दिएका छन्। पद्मा नदीमाथि पुल नहुँदा दक्षिणपश्चिम क्षेत्रका वासिन्दालाई राजधानी ढाकासम्म आउन फेरीको भर पर्नुपर्थ्यो।, सडकबाट आउँदा निकै घुमाउरो पर्ने भएकाले भाडा, ढुवानी खर्च र समय ज्यादा लाग्थ्यो। आलोचकहरूले भने पुल बनाउँदा हसिना सरकारले प्रारम्भिक लागतभन्दा तीन गुणा बढी खर्च गरेको बताएका छन्।, बंगलादेशले बनायो माथि गाडी, तल रेल चल्ने देशकै लामो पुल
रासस महोत्तरीको गौशाला नगरपालिका–५ मा दुई तले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।, जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, छतमा सुकाएका कपडा लिन गएकी महतोको गए राति लडेर मृत्यु भएको हो।, घरको छतबाट खसेर महोत्तरीमा महिलाको मृत्यु
रासस चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।, आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।, उनकाअनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो।, बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।, आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको अधिकारीले बताए।, भरतपुर विमानस्थलको टावरनजिकै आगलागी
रासस महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्।, स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।, मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो।, घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको खोजी भइरहेको महोत्तरी प्रहरीले बताएको छ।, महोत्तरीमा १९ तोला सुन चोरी
सेतोपाटी संवाददाता निजी सवारी साधनले यात्रु बोकेपछि दाङमा सार्वजनिक सवारी साधन संचालकहरूले विरोध गरेका छन्।, त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, अम्विकेश्वरी सार्वजनिक यातायात व्यवसायी प्रालि तथा तुलसीपुर टेक्सी तथा माइक्रो  मिनिबस बस व्यवसायी प्रालिले विज्ञप्ति निकालेर निजीले यात्रु बोकेको भन्दै विरोध गरेका हुन्।, त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका प्रशासनिक सचिव मिनप्रकाश शर्मा (प्रकाश भट्ट), तुलसीपुर टेक्सी तथा मिनी माइक्रो बस व्यवसायी प्रालिका अध्यक्ष पवन बुढाथोकी तथा अम्विकेश्वरी यातायात प्रालिका सचिव घनश्याम बस्नेतले यसबारे जिल्ला प्रशासन कार्यालयलाई पनि ध्यानाकर्षण गराइसकेका छन्।, रातो प्लेटका सवारी साधनले यात्रुहरू ओसार्दा सार्वजनिक सवारी साधन सञ्चालकहरूलाई मर्का परेको उनीहरूको भनाइ छ।, उनीहरूले निजी सवारी साधनले यात्रु बोकिरहने हो भने आन्दोलन गरिने चेतावनी दिएका छन्।, प्रादेशिक यातायात कार्यालय राप्तीले भने स्थानीय तहको सिफारिसअनुसार नै  रुट परमिट दिने गरेको बताएको छ।, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले पछिल्लो समयमा रातो प्लेटका सवारी साधनले यात्रु बोकेको गुनासो आएको हुँदा त्यो रोक्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइएको बताए।, निजी सवारी साधनले यात्रु बोकेमा कारबाही गरिने उनको भनाइ छ।, निजी गाडीले यात्रु बोकेपछि दाङमा विरोध
सेतोपाटी संवाददाता पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।, आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्।, पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ।, सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन्।, भासिएको सडक मर्मत गर्ने तयारी छ।, पोखरामा भासियो सडक
सेतोपाटी संवाददाता बागमती प्रदेशका सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले मूर्त-अमूर्त सम्पदाको संरक्षणमा आफू निरन्तर लागि रहने प्रतिवद्धता जनाएका छन्। , बागमती प्रदेश सरकारको विषयगत मन्त्रालय अन्तर्गत तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित रुकम पचास लाख रुपैयाँबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ९ (क) अन्तर्गतका काठमाडौं महानगरपालिकाका वडाहरू १२, १४, २१ र २२ मा रहेका ४४ वटा विभिन्न बाजा खलःहरूलाई बाजा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।, ‘काठमाडौं मात्रै होइन बागमती प्रदेशका मूर्त-अमूर्त सम्पदा संरक्षणमा म निरन्तर लागिरहने छु,’ सांसद शाक्यले भने, ‘म छोटो समय मन्त्री रहँदा पनि मैले मेरो मन्त्रालयको क्षेत्राधिकारसँगै सम्पदा संरक्षणको क्षेत्रमा समेत केही प्रयासहरू गरेको थिएँ। अझ काठमाडौं महानगर भित्रका १२, १४, २१ र २२ मेरो निर्वाचन क्षेत्र रहेका वडा पनि हुन्। त्यसैले यहाँको संम्पदा संरक्षणमा अझ बढी योगदान गर्नु मेरो दायित्व हो।’ , शाक्यको प्रमुख आथित्यतामा ४ वटा वडामा रहेका ४४ धिमे बाजा खलः, गुँला बाजा खलः, नायखिं बाजा खलः र भजन मण्डल सहितका परम्परागत बाजा सञ्चालन गरी आएका खलःहरूलाई मेधा नेपाल काठमाडौं महानगरपालिका २१ को व्यवस्थापनमा ती बाजाहरू हस्तान्तरण गरिएको हो।, सम्पदा संरक्षणका लागि परम्परागत बाजा खलःहरूलाई बाजा हस्तान्तरण
एजेन्सी दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।, मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका युवा छन्। उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।, दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना
सेतोपाटी संवाददाता जाजरकोटको नलगाड नगरपालिकामा पर्ने एक जंगलमा महिलाको शव फेला परेको छ। , नलगाड नगरपालिका–१ की ४२ वर्षीया भगवती शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, शव सडेको र गन्हाउने अवस्थामा पुगिसकेपछि गाउँलेले प्रहरीलाई खबर गरेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। ‘हामीलाई ८ गते खबर भएको हो, आज (आइतबार) बिहान हामीले भीरबाट शव निकालेर अस्पताल ल्याएका छौं,’ डिएसपी निरौलाले भने, ‘हामीले प्रारम्भिक अनुसन्धान सुरू गरेका छौं, घटना संकास्पद देखिन्छ।’, उनका अनुसार मृतकका श्रीमान लोकबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरभन्दा करिब १ सय मिटरको दूरीमा फेला परेको महिलाको शवको प्रकृति हेर्दा एक हप्ताअघि नै मृत्यु भएको प्रहरीको अनुमान छ।,  , जाजरकोटको एक जंगलमा महिलाको शव भेटियो
युनिक श्रेष्ठ लोकदोहरीकी गायिका दिलमाया बिक शनिबार बिहान मृत फेला परिन्।, सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्।  , उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्। , मृत भेटिनुअघि उनको फेसबुकमा एउटा स्टाटस लेखिएको छ। शनिबार बिहान १:२० बजे ‘सुसाइड नोट’ पोष्ट भएको देखिन्छ। सुसाइड नोटमा के कारणले आत्महत्या गर्न लागेको भन्ने उल्लेख गरिएको छैन।, घरबेटी सर्वोत्तमका अनुसार गायिका दिलमायाले ‘सुसाइड नोट’ लेखेको देखेपछि उनका ‘फ्यान’हरूले फोन गरेका थिए। तर उनको फोन भने अफ थियो। त्यसपछि घरबेटी सर्वोत्तम श्रेष्ठलाई पनि फोन आयो। , उनलाई भनियो- दिलमायाले यसरी स्टाटस लेख्नुभएको छ। फोन पनि अफ छ। एकचोटी गएर हेरिदिनु न।, त्यस्तो खबर आएपछि सर्वोत्तम दिलमायाको कोठामा पुगे। कोठाको ढोका खुल्ला नै थियो। ढोका खोलेर हेर्दा उनी मृत भेटिइन्।, ‘मलाई फोन आएपछि म हेर्न भनेर गएको थिएँ। कोठा खुल्लै थियो। चुकुल लगाएको थिएन,’ उनले भने।, त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुगेको थियो।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थल पुग्यो। , प्रहरीले यस घटनामा उनले आत्महत्या गरेको हो वा हत्या गरेको हो भन्ने खुलाएको छैन। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले यस घटनाको अनुसन्धान भइरहेको बताए। , ‘यो घटना शंकास्पद छ/छैन भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने। , घटनाका केही कुराले भने शंका गर्ने ठाउँ छाडेको छ।, प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। आवश्यकताअनुसार अरू व्यक्तिहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। , प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति दिलमायाको कोठामा आउजाउ गरिरहन्थे। , घरबेटी सर्वोत्तमले पनि ती व्यक्ति दिलमायाका श्रीमान् भएको बताए। दिलमायाको अघिल्लो श्रीमानसँग डिभोर्स भएपछि उनीसँग बस्न थालेकी थिइन्। तर उनी त्यस घरमा बस्दैनथे। उनले अर्को पनि विवाह गरेको खुलेको छ।, ‘आइरहने पुरूष आफ्नो श्रीमान् हो भन्नुभएको थियो। दक्षिणकालीमा गएर दोस्रो विवाह गरेको, हामी बुढाबुढी हौं भन्नुभएको थियो,’ घरबेटी सर्वोत्तमले भने। , प्रहरीले भने ती व्यक्ति दिलमायाका  श्रीमान् हुन् वा होइनन् भन्नेबारे पनि बुझिरहेको छ।, केही महिनाअघि पनि दिलमायाले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तमले बताए। , ‘विवाह गरेको लगभग दुई-तीन महिनामा नै उहाँले आत्महत्याको प्रयास गरिसक्नुभएको थियो। श्रीमानसँग त्यस्तै के कुरा भएर हो,’ उनले भने,‘दोस्रो विवाह भएदेखि उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो। दु:खको मात्रै कुरा गर्नुहुन्थ्यो। बुढा घर आएन। फोन गर्दा पनि रिसाएर मात्रै उल्टै गाली गर्छ  भन्नुहुन्थ्यो।’ , सर्वोत्तमका अनुसार दिलमायाले ती पुरूषलाई लोकदोहरीको कार्यक्रममा भेटेकी थिइन्। दोहोरी साँझमा काम गरूञ्जेल उनको मानसिक अवस्था सामान्य नै भएको उनले बताए। तर अर्को विवाह भएपछि भने उनी डिप्रेशनमा गएको उनको भनाइ छ। विवाहपछि उनले काम समेत गर्न छाडेकी थिइन्। , ‘उहाँ गायिका भन्ने मलाई पहिल्यै थाहा थियो। उहाँ दोहोरीमा काम गर्नुहुन्थ्यो। दोहोरीमा काम गर्दासम्म ठिकै थियो,’ उनले भने,‘जब उहाँको अर्को विवाह भयो त्यसपछि काम गर्न नजा बरू यही बस् भनेर भनेका रहेछन्। मैले सोधेको थिएँ। त्यसरी काममा नगएपछि दिनभरी घरमा बसेर त्यस्तो भएको हो।’ , दिलमाया मृत फेला पर्नु अघिल्लो रात पनि ती पुरूष पनि उनको कोठामा पुगेको देखिन्छ। सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए।  , पछि अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। , ‘यहाँको सिसिटिभी फुटेज हेर्दा उहाँ १२ बजेचाहिँ आएर बिहान साढे ४ बजे निस्किएको देखिएको छ,’ घरबेटी सर्वोत्तमले भने। , घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन। अहिले फोन गायब भएको हुँदा पनि थप शंका गर्ने ठाउँ छ।, अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको हराएको फोन पनि खोज्ने काम भइरहेको छ। उनको फेसबुक आइडीबाट राति नै आत्महत्या गर्न लागेको सुसाइड नोट देखिए पनि कोठाबाट कुनै विषको बट्टा फेला नपारेको प्रहरीले बताए। , ‘घटना यही हो भनेर भन्न सकिने अवस्था छैन। उनी आफ्नै खाटमा उत्तानो परेको अवस्थामा शव भेटिएको हो। हामीले त्यहाँको मुचुल्का गरी शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाएका छौं,’ ती प्रहरीले भने,‘पोष्टमर्टमबाट केही कुरा खुल्नसक्छ।’, उनका अनुसार दिलमायाको घाँटीमा निलडाम पनि देखिएको छ।, ‘शरीरमा सानोतिना दाग देखिएका छन्। हामी हेर्दैछौं,’ उनले भने। , घटनाको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ।, मृत भेटिएकी लोकगायिका दिलमायाको मृत्यु शंकाष्पद, एक जना प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाको जंगलमा हराएका तीन जना विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ। , शनिबार हाइकिङ गएका तीन जना विदेशी हराएपछि उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , अमेरिका पोर्टोरिकोका ३४ वर्षीय डग्लस रो, भारतको चन्डिगढका ३० वर्षीय नवप्रित डिलोन र मुम्बईका २९ वर्षीय माधव गुप्ताको उद्धार गरिएको हो। , उनीहरू दिउँसो हाइकिङ गर्न चन्द्रागिरिको जंगलमा पुगेका थिए। राति  पौने ७ बजेसम्म पनि उनीहरू त्यहाँबाट निस्किन सकेका थिएनन्। , उनीहरूले बाटो बिराएपछि भीरमा गएर फसेका थिए। त्यसपछि उनीहरूले आफ्ना कम्पनीका साथीलाई फोन गरेर जानकारी गराएका थिए। , उनका साथीहरूले प्रहरी प्रभाग सानेपा, ललितपुरमा खबर गरेपछि प्रहरी वृत्त थानकोटलाई पनि खबर भएको थियो। , त्यसपछि थानकोटबाट उद्धारकर्मीको टोली खटिएको थियो। प्रहरी उपरीक्षक मैनालीका अनुसार टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित १० जनाको टोली परिचालन गरिएको थियो।, प्रहरीले हराएका व्यक्तिहरूसँग सम्पर्क गरी लोकेसन पत्ता लगाएको थियो। उनीहरू थानकोटबाट करिब ७ किलोमिटर माथि जंगलको थानकोट-चित्लाङ सडकखण्ड नजिकै फेला परेका थिए। उनीहरू सडकबाट १०० मिटर तल भीरमा फसेका थिए। , उनीहरू त्यहाँबाट निस्किन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ८ बजे उनीहरूको उद्धार गरेको हो।, चन्द्रागिरिको जंगलमा फसेका एक अमेरिकी र दुई भारतीयको उद्धार
सेतोपाटी संवाददाता इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक जाँदै गरेको मे १ ज ४८७ नम्बरको गाडी सडकबाट दुई सय मिटर तल खसेको थियो। , गाडी खस्दा पाँचथर मिक्लाजुङ गाँउपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका-६ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको हो। , सो दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो। पदमकुमारीको उपचारको लागी दमक अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको हो।, बोलेरो चालक तत्काल फरार छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।,  , इलाममा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपटे बिक्री-वितरण गर्न रोक लगाउने भएको छ।, पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जीवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।, पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।, ‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं,’ नगर प्रहरी प्रमुख सीताराम हाथेछुले सेतोपाटीसँग भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री-वितरण गरेको पाइएमा कारबाही हुन्छ।’, पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उनले बताए।, ठेला, रेस्टुरेन्ट र होटलमा राखिएको पानीपुरी बेच्न नदिइने बताए।, ‘रेस्टुरेन्ट र होटलमा पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै बिक्री-वितरण गर्न दिइन्छ,’ उनले भने।, यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।, हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन्।, ‘प्रारम्भिक जानकारी अनुसार राजधानीमा हैजा सडक छेउमा बिक्री-वितरण गरिने पानीपुरी लगायत खाद्य पदार्थको माध्यमले फैलिरहेको भनिएकाले यसलाई नियन्त्रणका लागि हामीले सुरूआत गरेका हौ’, उनले भने।, ललितपुर महानगरभित्र पानीपुरी बेच्न नपाइने
रासस पृथ्वी राजमार्ग पुनः अवरूद्ध  भएको छ।, पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरूद्ध भएको हो।, चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला नजिकै झन्डै सवा १२ बजे खसेको सुख्खा पहिरो पञ्छाई दुई बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। , सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरूद्ध भएको  इलाका  प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।, उनका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ।   ,  , पृथ्वीराजमार्ग पुनः अवरूद्ध
सेतोपाटी संवाददाता सिराहाको लहानमा गोली चल्दा एक जना घाइते भएका छन्। , आइतबार बिहान पौने ९ बजे लहान नगरपालिका-२२ बेलहिजातियाहीस्थित रविन चौधरीको घरमा गोली चलेको हो। गोली एक जनाको पेटमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए। , १८ वर्षीय दिलिप मुखियाको पेटको नाइटोभन्दा माथि गोली लागेको हो। घाइते दिलिपको उपचारको लागि धरान पठाएको छ। उनको अवस्था गम्भीर छ।, प्रहरीले एक जना नाबालिगसहित दुई जनालाई पक्राउ समेत गरेको छ। , प्रहरीले सोही ठाउँका १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय बालकलाई पक्राउ गरेको छ। सुशान्त चौधरीले गोली चलाएका थिए।, प्रहरीले घटनास्थलबाट नाम नभएको एउटा पेस्तोल, पाँच थान ७.६५ एमएमको गोली बरामद गरेको छ। सोही घर नजिकैको बाँसघारीबाट एउटा कटुवा पेस्तोल, पाँच थान त्यसमा लाग्ने गोली र थप चार थान ७.६५ एमएमको गोली बरामद गरेको छ।, घटनास्थलबाट म्यागजिन र खोका पनि बरामद गरेको छ। , घटना भएपछि प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो।  , इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार पक्राउ परेका उनीहरू सबै साथीहरू हुन्। , ‘भर्खरैका केटाहरू हुन्। हामीले विस्तृत अनुसन्धान गर्न बाँकी नै छ। सोधपुछ गर्दा खेल्दै गर्दा गोली पड्किएको भनेर भनेका छन्,’ उनले भने,‘कहाँबाट ल्याएका थिए भन्ने खुलिसकेको छैन। बुझ्दैछौं।’, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।, सिराहाको लहानमा गोली चल्दा एक जना घाइते, दुई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले विभिन्न स्थानका ९ जनालाई आइतबार हैजा पुष्टी भएको जानकारी दिए।, काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोटलगायत स्थानमा हैजा देखिएको र ललितपुरको सानेपामा पनि बिरामी भेटिएका छन्।, असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।, पछि परीक्षण गर्दा बागबजारको पानीमै हैजाको जीवाणु भेटिएको थियो।, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन भनेको थियो।, ललितपुर महानगरले आइतबार पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।, गृहमन्त्री बालकृष्ण खाणले शनिबार नै सम्बन्धित सरकारी निकायलाई हैजाबाट जोगिने उपाय अपनाउन निर्देशन दिएका थिए।, काठमाडौंमा ९ जनालाई देखियो हैजा
सेतोपाटी संवाददाता मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ। , फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएका छन्। दुवै पुरस्कारको राशि एक/एक लाख रूपैयाँ रहेको छ।, सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्‍याएको योगदानस्वरूप उनलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।, यस्तै एक लाख राशिको उक्त पुरस्कार ७१औँ मदन जयन्तीका अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा उनलाई प्रदान गरिने छ ।, प्रेरणा माध्यमिक विद्यालय ललितपुरले उमेर र विपन्नताका कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पुर्‍याउने अभियानको नेतृत्व गरेको भन्दै यस वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनले जनाएको छ ।, फाउण्डेशनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकार मह जोडी, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियानकर्मी महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्रा डा सुवोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले प्राप्त गरिसकेका छन्।, मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृषक कृष्ण राईलाई
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ।, आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन-कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो।, उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।, पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो। ,  , चार घन्टापछि खुल्यो पृथ्वी राजमार्ग
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो।, एक हजार ७३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७७ जनाको पिसिआर र एक ६५३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १९२ जना सक्रिय संक्रमित छन्।, १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए २९ कोरोना संक्रमित, सक्रिय १९२
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका-५ चेपाङ गाउँकी पुतली सुनारको भान्सामा यो वर्ष हरियो तरकारी छुटेन। सुख्खायाममै पनि तरकारी खाली भएन।, आफ्नो बारीमा लगाएको बेमौसमी तरकारी खेतीबाट उत्पादन भएको तरकारी भान्सामा त प्रशस्त भयो नै, केही त गाउँमै पनि बेचिन्।, ‘यो सिजनमा लगाएको तरकारी परिवारले नियमित खायौं। अझ केही तरकारी त बेचेर पनि ६-७ हजार रुपैयाँ कमाएकी छु,’ उनले भनिन्।, उनको पाँच जनाको परिवार छ। उनले तरकारी खेती गर्न थालेको दुई वर्ष भयो। यसअघि उनको बारीमा परम्परागत खेती गरिन्थ्यो। त्यसमा पनि खासै उत्पादन थिएन। अहिले तरकारी खेतीले उनको भान्सामा परिवर्तन ल्याएको छ भने सामान्य आम्दानी पनि भइरहेको छ।, ‘खासै यस्तो तरकारी खेती गरिँदैनथ्यो, अलिअलि नियमित लगाउने तरकारी खेती पनि सीप नभएकाले उत्पादनै उति हुन्थेन,’ पुतलीले भनिन्, ‘फाँडोसँग, नुन-खुर्सानीसँग खाना खाइदिने गर्थ्यौं, अब त भान्सामा पोषिलो खाना पाक्छ भन्दा पनि फरक पर्दैन।’, केही वर्षअघि व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम पनि लिएकी थिइन्। गाउँको तरकारी उत्पादन गर्ने समूहलाई कृषि क्षेत्र विकास कार्यक्रमले दिएको तरकारी खेतीबारे तालिममा सहभागी भएपनि उनलाई यसतर्फ झन् उत्साह थपिएको हो।, अहिले बारीमा टनेललगायत विभिन्न प्रविधि प्रयोग गरी तरकारी खेती गर्ने गरेको उनले बताइन्।, उनका श्रीमानले पहिलेदेखि नै कहिले नेपाल त कहिले भारतमा मजदुरी गरी परिवार पाल्दै आएको थिए।, पुतलीलाई अब श्रीमानको कमाइमा मात्र भर पर्नुपर्दैन। परिवारको खर्च धान्न उनको पनि केही हिस्सा कमाइ थपिएको छ।, ‘मजदुरी गरी हुने श्रीमानको सामान्य कमाइमा बाँच्नुपर्ने अवस्था थियो, एकजनाको कमाइले परिवारलाई पाल्न मुस्किलले पुग्थ्यो,’ उनी भन्छिन्, ‘मैले तरकारी खेती गर्न थालेपछि श्रीमानको कमाइ अधिकांश बचत हुन्छ।’, बराहताल-५ कै सातर्ना गाउँकी सूर्यकला घर्ती मगरलाई पहिलेभन्दा अहिले छोराछोरी पढाउन सहज भएको छ। सूर्यकलाले व्यवस्थित रूपमा तरकारी खेती गर्न थालेको २ वर्ष भयो।, उनलाई पनि अब श्रीमानको मात्र कमाइको भर पर्नुपर्दैन।, ‘आफूले गरेपछि हुनेरहेछ, सात जनाको परिवारलाई नियमित खाएर पनि तरकारी बेच्न पुगेको छ,’ उनले भनिन्, ‘श्रीमान गाउँघरमै मजदुरी गर्नुहुन्थ्यो, उहाँको कमाइ मात्र हाम्रो जोहो गर्ने माध्यम थियो। अब त त्यसमा भर पर्नुपर्ने अवस्था छैन।’, यो सिजनमा उनले खुर्सानी, भान्टा, फर्सी खेती गरेकी थिइन्। उनले आफूले व्यावसायिक खेती नै भनेर दुई वर्षदेखि तरकारी खेती गर्न थालेकी हुन्। गाउँमा लिफ्टिङ सिँचाइ सुरू भएपछि आफ्नो तरकारी खेतीमा सहजता आएको सूर्यकलाले बताइन्।, पुतली र सूर्यकला मात्र होइन, बराहताल-५ मा तरकारी खेती गर्ने ६ वटा समूह छन्। ती समूहमा आवद्ध १८४ जना सदस्यमध्ये ८० प्रतिशत महिला सदस्य छन्। उनीहरूले व्यावसायिक रूपमा गरिने तरकारी खेतीबारे तालिम लिएका छन्।, तालिमपछि पुरूष सदस्यको आम्दानीले धान्न गाह्रो हुने परिवारमा महिलाको आम्दानीले सहजता ल्याएको शिद्धेश्वर कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष युवराज बस्नेतले बताए।, ‘यहाँ व्यवस्थित रूपमा खेती गर्न थालेको दुई वर्ष भयो, यो अवधिमा सोचेको जस्तो परिवर्तन नभए पनि संकेत गज्जबको देखिएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘पहिले घरमा फलेको तरकारी बेच्न पनि लाज मान्ने महिला सदस्यहरू अहिले बेच्नुपर्दा डोकोमा लिएर पनि बजार जान्छन्।’, उनका अनुसार गत वर्ष ६ वटा समूहले उत्पादन गरेको १० हजार ५ सय किलो टमाटर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पठाइएको थियो।, पहिले परम्परागत रूपमा एकल बाली लगाउने समूहका सदस्यहरूले अहिले मिश्रित रूपमा पनि बाली लगाउन थालेको उनले बताए।, २०६० सालमा मजदुरी गर्न एक वर्षसम्म भारत बसेका चेपाङ गाउँका प्रेम वली अहिले गाउँमै तरकारी खेती गरिरहेका छन्। उनले तरकारीबाहेक अरू पनि कृषिकर्म गर्छन्।, ‘त्यहाँ (भारतमा) यहाँभन्दा बढी दु:ख हुने तर कमाइ यहाँको जति पनि नहुने भएपछि म एक वर्ष भारत बसेर फर्केको हुँ, अहिले तरकारीसँगै अरू कृषिकर्म पनि गर्छु,’ उनले भने, ‘यो वर्ष मात्र मैले १० हजारको टमाटर बेचें, अब निर्वाहमुखी खेतीबाट उद्यमी बन्ने योजनामा छु।’, गाउँमा व्यावसायिक योजनाका साथ तरकारी खेती गरिएपछि यातायात र बजारको अभावले खपतमा समस्या भएको अध्यक्ष बस्नेतले बताए।, ‘बजारीकरण भएन, यातायात पनि हाम्रो उत्पादन बिक्री गर्ने समयमा नियमित चल्दैन,’ पुतली सुनारले भनिन्, ‘मेरो ५ कठ्ठाभन्दा बढी जग्गा छ, बजारको व्यवस्था भए त म अझ तरकारी खेती बढाउँथें।’, गाउँमा भएको उत्पादनको बजारीकरणमा सहयोग गर्ने सडकको स्तरोन्नति हुने अपेक्षा गरिएको बस्नेतले बताए।, कृषि क्षेत्र विकास कार्यक्रमले गिमिनी खोलादेखि बराहताल-५ रक्सेनीसम्मको बाटो बाह्रै महिना चल्नेगरी निर्माण गर्ने भएको छ। यसका लागि ठेक्का प्रक्रिया सुरू भइसकेको कृषि क्षेत्र विकास कार्यक्रमले जनाएको छ।, ‘अब हामीले श्रीमानको कमाइ कुर्नु पर्दैन’
सेतोपाटी संवाददाता रौतहट फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार काठमाडौंस्थित विशेष अदालतमा नगरपालिका प्रमुख गोपाल राय यादव, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, वडाध्यक्ष र नगरपालिका सदस्यहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै  उनीहरूविरूद्ध मुद्दा दायर गरिएको हो। , रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लालबकैया नदीको ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने निर्णय गरेको थियो। , आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रूपमा सो निर्णय भएको थियो। , निर्णयअनुसार प्राप्त हुन आउने आयको फतुवा विजयपुरले ६०  र गुजराले ४० प्रतिशत रकम बाडँफाँट गर्ने निर्णय भयो। , त्यसअनुसार फतुवा विजयपुरले आर्थिक वर्ष २०७५/०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियमविपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको भन्‍ने उजुरी परेको थियो।, त्यसमा संलग्न भएको हुँदा नगर प्रमुखसहित २१ जनाविरूद्ध मुद्दा दायर गरेको हो।, अख्तियारले यस मुद्दामा तत्कालीन तथा हालका नगरप्रमुख यादव, तत्कालीन उपप्रमुख कान्ती देवी, तत्कालीन वडाध्यक्षहरू वडा १ का संजय प्रसाद, वडा २ का भक्छिन राय यादव, वडा ३का दिपनारायण साह, वडा ५का शेख एजाज बहमद, वडा ६का हिरा राय यादवविरूद्ध मुद्दा दायर गरेको छ। शेख एजाज अहिलेका वडाध्यक्ष समेत हुन्। , त्यस्तै वडा ८ का तत्कालीन वडाध्यक्ष तथा हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा ९ का दिपनारायण चौधरी, वडा १० का योगेन्द्र प्रसाद चौधरी, वडा ११ का ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्यहरू लक्ष्मण साह कानु, सुन्दरी माझी, जिरनी देवी, फुलकुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रवीन्द्र कुमार निधिविरूद्ध पनि मुद्दा दायर गरेको छ। , उनीहरूले २०७५ पुस १५ गते लालबकैया नदीको ठेक्काको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। , ‘सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा जमानतबाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको,’ उनले भने,‘ २०७५ फागुन १७ गते कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय गरेको देखियो।’, त्यसो गर्दा नगरपालिकाको आन्तरिक आयमा एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ हानिनोक्सानी भएको अख्तियारले जनाएको छ। , अख्तियारले फतुवा विजयपुर नगरमा तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका र गोकुल ढुंगेलले उनीहरू कार्यरत रहँदा कार्यपालिका बैठकको निर्णय कार्यन्वयन गराउन बेवास्ता गरेको ठहर गरेको छ। , साथै सम्झौता गर्न ७ दिन म्याद दिएकोमा म्याद समाप्त हुँदा पनि नियमअनुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन धरौटी जफत नगरेको पनि आरोप छ। , रन्जना साहले पनि जफत गर्नुपर्ने धरौटी फिर्ता दिने निर्णय गरेको कारण भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , रौतहटका एक मेयरसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता केही दिनयता काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबारसम्म उपत्यकाका १२ जना व्यक्तिमा हैजा संक्रमण पुष्टी भएको छ।, महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार उपत्यकाका ९ वटा ठाउँमा हैजा संक्रमण भेटिएको छ। जसमा बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु,  बोहोराटार, बल्खु, थानकोट र नैकाप छन्।, संक्रमण पुष्टी भएकामध्ये ६ जना विभिन्न अस्पतालमा उपचाररत् छन् भने अरू निको भएर घर गएको निर्देशक दासले जानकारी दिए।, सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन हैजालाई सामान्य झाडापखला जस्तो ठानेर हेलचक्र्याइँ गर्न नहुने बताउँछन्। बेलैमा उपचार नपाए छिनभरमै बिरामीको मृत्यु हुनसक्ने भन्दै हैजा भएको शंका हुनसाथ नजिकको अस्पताल जानुपर्ने उनको सुझाव छ।, हैजाबाट कसरी जोगिने भन्नेबारे डाक्टर पुनसँग कुराकानी गरेर तयार पारेको भिडिओः, काठमाडौंमा ९ ठाउँमा भेटियो हैजा, कसरी जोगिने? (भिडिओ)
विनोद सापकोटा लिम्बू जातिको बाहुल्य रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने भएका छन्।, आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माङसेबुङको ११ औं गाउँसभा र चुलाचुलीको १० औं गाउँसभामा आगामी आर्थिक वर्षदेखि लिम्बू भाषालाई पालिकाभरि स्थानीय सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने तयारी गरिएको हो।, यसअघि माङसेबुङ र चुलाचुलीले परीक्षणका रूपमा आ-आफ्नो पालिकाका एक-एक वटा वडामा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्न सुरू गरेका थिए। यसपटक दुवै गाउँपालिकाले एकैपटक पालिकाभरि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताए।, माङसेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू जातिको बाहुल्य रहेको पालिकाको तथ्यांकमा उल्लेख छ। ३६ प्रतिशत राई जातिको बसोबास रहेको सो पालिकामा बाँकी अन्य समुदायको बसोबास छ। चुलाचुली गाउँपालिकामा पनि लिम्बू जातिकै बाहुल्य रहेको केरुङले बताए।, ‘पालिकामा लिम्बू भाषा कामकाजीलाई प्रभावकारी बनाउन दोभाषे कर्मचारीका रूपमा मातृभाषी कर्मचारी नियुक्त गरिनेछ,’ चुलाचुली गाउँपालिकाका अध्यक्ष केरुङले भने।, लिम्बू भाषालाई सरकारी कामकाजीका रूपमा प्रयोग गर्ने माङसेबुङ र चुलाचुली गाउँपालिकाले किरात सिरिजंगा लिपि प्रयोग गर्ने पनि बताएका छन्।, जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले वडा नम्बर ५ मा ०७५ सालबाट र चुलाचुलीले २०७७ सालबाट नम्बर १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरेका थिए।, ती वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवं विभिन्न अनुसूची फारमहरूमा समेत लिम्बू भाषा र किरात सिरिजंगा लिपि प्रचलनमा ल्याइसकेका छन्।, इलामका दुई पालिकामा सरकारी कामकाजीको भाषा लिम्बू
सेतोपाटी संवाददाता कैलालीमा लिफ्ट मागेर लुटपाट गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले लुटपाट गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको हरियानाका २१ वर्षीय भगत सिंह, १८ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जात छन्।, सोमबार डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका थिए। भिरमा हातखुट्टा बाँधेर फालिएको अवस्थामा उनी फेला परेका थिए।, उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिँदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए। स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई दिउँसो १ बजे खबर भएको थियो। , यो घटनाबारे थाहा पाएपछि प्रहरीले गाडी लुटेर भागेका व्यक्तिहरूको खोजी सुरू गरेको थियो। , कैलालीको गोदावरी नगरपालिका-१ स्थित ऐश्वरी सामुदायिक वनमा ४ बजेतिर कम्प्युटर अपरेटर भण्डारीको गाडी भेटिएको थियो। , त्यहाँ गाडी भेटिएपछि प्रहरी त्यस जंगलतर्फ केन्द्रित भएको थियो। त्यहाँ स्थानीय समेतको सहयोग लिएर प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले ५ बजे नै पक्राउ गरेको हो। , प्रहरीका अनुसार उनीहरू जंगलमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्। , उनीहरूले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगेर कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, पक्राउ परेका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि केकस्तो थियो भन्ने बुझ्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।, प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको बताएको छ।, कैलालीमा कम्प्युटर अपरेटरसँग लिफ्ट मागेर लुटपाट गरी भागेका तीन भारतीय नागरिक जंगलबाट पक्राउ
राजेश घिमिरे केही दिनदेखि बिरामी भएर चितवनको सौराहामा ढलेकी काजलकली नामकी हात्तीले प्राण त्यागेकी छ।, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक  किरणराज रिजालका अनुसार काजलकलीको आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा मृत्यु भएको हो।, पोष्टमार्टम गरेर उसलाई ढलेको ठाउँ नजिकै गाडिएको उनले जानकारी दिए।, कसरी यस्तो अवस्थामा पुगेकी थिई काजलकली?, -किरणराज रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालको प्रायः समय अचेल काजलकलीको स्वास्थ्योपचारमा बितिरहेको छ।, काजलकली नेपाल आएको करिब ५ वर्ष हुन लाग्यो। नेपाल आउँदा दुबै कञ्चट बसेको दुब्लो पातलो हात्ती काजलकलीको स्वास्थ्योपचार उनले सुरुआती दिनबाटै गरेका थिए। अहिले काजलकली उभिन नसक्ने अवस्थामा पुगेकी छ। तेस्रो पटक लडेपछि उसको स्वास्थ्य, हेरचाह र उपचारको विषयमा विभिन्न टीका-टिप्पणी भइरहेका छन्। वन्यजन्तुको अधिकारका लागि काम गर्ने संस्था, व्यक्तिहरूले सरकारी बेवास्ताका कारण काजलकली यो अवस्थामा पुगेको आरोप लगाउने गरेका छन्।, केही महिनाअघि बिक्री भएपछि भारततर्फ लगिँदै गरेकी काजलकलीलाई प्रहरीले नियन्त्रणमा लिएर सौराहा फिर्ता गरेको थियो। त्यसको केही समयपछि ऊ थला पर्न थालेकी थिई। उपचारमा निरन्तर लागेका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालले काजलकलीको सुरूदेखि अहिलेसम्मको स्वास्थ्य अवस्थाको विवरण सेतोपाटीलाई उपलब्ध गराएका छन्।, काजलकली करिब पाँच वर्षअघि सौराहा आइपुग्दा नै स्वस्थ अवस्थामा थिइन। ऊ ख्याउटे, दुब्लो कन्चट भएको र बुढी थिई। यहाँ आइपुग्नेबित्तिक्कै हाम्रो टिम गएर परीक्षण गरी आवश्यक जुका, नाम्ले विरूद्धको औषधी, खनिज, भिटामिन तथा फोस्फोरसको सुई लगाइयो।, बिस्तारै उसमा सुधार आउन थाल्यो। त्यसपछि उसले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आवद्ध भएर करिब २ वर्षसम्म स्वस्थ रही राम्रो सँग खानपिन र नियमित कार्य गरी। काजलकली पर्यटकलाई बोकेर जंगलभित्र घुमाउँथी। तर यो क्रम धेरै लामो चल्न सकेन। उसले कम दानापानी खान थाली र दुब्लाउँदै गई। हामी निरन्तर निगरानी गरिरहेका थियौं।, उसले खाना पचाउन छाडेको देखियो। खाना नपच्दाको असर दिसा देखिन थाल्यो। यसको उपचारका लागि आवश्यक औषधी दियौं, तर खासै परिवर्तन आएन।, हात्तीको जीवनमा ६ पटकसम्म दाँत फेरिने गर्दछ र यस हात्तीको चपाउने दाँत नभएको कारणले खाना नपचेको, ठूला-ठूला लिडा आउन थालेको हुनाले काजलकली बुढी भएको निष्कर्ष निकाली यसबाट अब काम लिन नसकिने कुराको जानकारी गरायौं।, उसका मालिकले काजलकलीलाई भारतीयलाई बेचिदिए।, यो पनि पढ्नुस्: , साहुले भारतीयलाई बेचिदिएकी काजलकली सौराहामा ढली, काजलकलीलाई भारततर्फ पठाउँदै गर्दा मकवानपुरको मनहरी गाँउपालिका पुगेपछि प्रशासनले समात्यो। त्यहाँबाट फर्काएर पुनः चितवनको सौराहास्थित होटल पार्कसाइड ल्याइयो।, हात्ती बिरामी भएको खबर प्राप्त भए पछि हामीले निरन्तर उपचार गरिरहयौं। हात्तीमा कुनै प्रकारको परिवर्तन नआई झनै दुब्लाउँदै गयो। खाएको नपच्ने समस्या भएको हुँदा पचाउन सजिलो होस् भनेर उसलाई धान उसिनेर कुची बनाएर खुवाउने र प्रशस्त घाँस खुवाउने सल्लाह दियौं। सोही अनुसार खुवाउँदा पनि कुनै परिवर्तन नआएपछि काजलकलीलाई खीर (भेली मिसाइएको भात) खुवाउन थालियो।, सोही क्रममा उसको रगतको नमूना संकलन गरी क्षयरोगको परीक्षणका साथै अन्य परीक्षण पनि गरियो। कुनै खराबी देखिएन तर काजलकली दुब्लाउँदै गइरहेकी थिई। केही समयपछि ऊ उभिन नसक्ने भई र ढली। जेठ ९ गते खबर पाएपछि हाम्रो टिम सोही हात्तीसारमा गई आवश्यक स्लाइन, भिटामिन नसाको माध्यमबाट दिएपछि, जेसिबीको सहायताले उठाउन सफल भयौं। उपचार निरन्तर जारी राख्यौं। १ हप्तापछि जेठ १७ गते काजलकली फेरि ढली। पहिलेको जस्तै गरी फेरि उठाइयो।, ढलेको कारणले शरीरका विभिन्न भागमा घाउ र कमजोर भएको कारणले रक्त सञ्चार नभएका कारण छाती र भुँडीको वरिपरि पानी जम्मा भएको थियो। काजलकली झन् कमजोर हुँदै गएकी थिई। असार २ गते  ऊ फेरि ढली।, हाम्रो टिमले अब ऊ उठ्न सक्दिनँ, अब उठाउन खोज्नु उसलाई थप पीडा मात्रै हुने निष्कर्ष निकाली उठाउनेतिर लाग्न भन्दा शरीरका घाउ सफा गर्ने, कीरा पर्न नदिने, पीडा कम गर्न दु:खाइ कम गर्ने औषधी निरन्तर दिने गरिरहेका छौं।, हाम्रो ज्ञान र अनुभवको आधारमा प्राकृतिक रूपमै बुढी भएको कारणले यो अवस्थामा पुगेको सहज अनुमान गर्न सकिन्छ।, हात्तीको संरक्षण र उपचारमा नियमित रूपमा लागि रहँदा यस्ता दु:खद घटना हुने गर्दछन्। सबै जीवमा जन्मपछि मृत्यु निश्चित छ। यसलाई सहज रूपमा लिनुपर्दछ। हाम्रो अनुभवमा बुढो हात्ती ढलेको २ दिनमा, ७ दिनमा, २५ दिनमा र २९ दिनसम्ममा मरेको देखिएका छन्। अर्ध वयस्क हात्ती ढलेको १६ दिनको अथक प्रयासबाट पनि उठाइएको छ। यसैगरी उठेको अर्ध वयस्क हात्ती लक्ष्मणगजले हाल राम्रोसँग कामकाज गरिरहेको छ, जसको फोटो नेपाली रुपैयाँ एक हजारको नोटमा पनि छ।, काजलकली भने फेरि उठेर हिँड्न सक्ने सम्भावना झिनो छ।, (रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक हुन्।), त्यागी प्राण सौराहामा ढलेकी काजलकलीले
सेतोपाटी संवाददाता प्रहरीले श्रीमती जबरजस्ती करणी गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। , गोरखा घर भई सोलुखुम्बु नगरपालिका-६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नाम गरेका अबुज खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। , उनका अनुसार श्रीमतीले गत शुक्रबार जाहेरी दिएकी थिइन्। सो जाहेरीपश्चात् उनलाई शनिबार सल्लेरी बजारबाट पक्राउ गरेको हो।    , ‘श्रीमान पत्रकार भन्ने कुरा आएता पनि आधिकारिक पत्रकार हो, होइन खुलिसकेको छैन’, उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  ,  , श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ
रासस सडक डिभिजन कार्यालय काठमाडौंले पटक/पटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ। , डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो।, पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वर्ल्डवाइड/महालक्ष्मी जेभीले काम नगरेपछि पटक/पटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनियर तुलाकान्त चौधरीले जानकारी दिए।, ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ।, दुई हजार २०० मिटर सडकमा अझै भएको छैन। सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरे। , यो खहरेमा दायाँ/बायाँ निर्माण गरिएको खहरे बाढीले बगाएको छ।, निर्माण व्यवसायीले काम गरिसकेको केही महिनामै आएको बाढीले पर्खाल भत्काएको हो।, खहरे खनेर गहिरो बनाउँदा हिमपाइप राखेर सवारी तार्न सकिने गरी बनाइएको अस्थायी पुल बगाएको उनले बताए। खहरेको बाढीले सडक जलमग्न हुने गरेको छ।, डिभिजनले तीन पटकसम्म सकड निर्माणको समय थप गरेको छ। निर्माण व्यवसायीलाई पटक/पटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ।, पछिल्लोपटक असार १० गते पनि छिटो काम गर्न भन्दै डिभिजनले पत्राचार गरेको थियो। काम नगरे किन कानूनी कारबाहीको प्रक्रिया अघि नबढाउने भनी पत्राचार गरिएको छ। तीन दिने म्याद दिएर कार्यालयमा हाजिर हुन निर्माण व्यवसायीलाई निर्देशन दिए पनि आएका छैनन्। प्रतिक्रियाका लागि निर्माण व्यवसायी उमेश लामालाई पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाएनन्।, ठेक्का भएको पाँच वर्षदेखि अलपत्र बनेको सडकका कारण यस क्षेत्रका हजारौं स्थानीयवासी मर्काका परेका छन्।, यो सडक निर्माण हुँदा काठमाडौँको उत्तरपूर्वी भेगका मानिसलाई कोटेश्वर नाकाबाट काठमाडौं छिर्न सहज हुन्छ।, सडक जामका बेला पनि यो सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिन्छ।, यो सडकबाट साँखु हुँदै मेलम्ची जान पनि सहज हुन्छ। सडक पूरा भएपछि कोटेश्वर, गौशाला, चावहिल, जोरपाटीलगायत स्थानको जाम छलेर यात्रु साँखु पुग्न सक्छन्।, पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी
रासस सशस्त्र प्रहरीको टोलीले सोमबार धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।, सशस्त्र बेस क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए।, जकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनिबाट 'मेड इन युएसए' लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताए। , पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।, हतियारसहित तीन भारतीय नागरिक पक्राउ
रासस केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या आएको छ। काठमाडौंदेखि बञ्चरेडाँडासम्म पुग्ने सडकमा निरन्तर परेको पानीले समस्या आउँदा नियमित रूपमा गाडीहरू जान सकेका छैनन्।   , सामान्य अवस्थामा प्रतिदिन ३०० वटासम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।, कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहोरकै डंगुरबाट गाडीहरू बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताइन्।, गत फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा फोहोर व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध फैलिएको थियो। सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीको समस्या समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो।   , तत्कालका लागि स्थानीयवासीको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको महानगरको भनाइ छ। यसैबीच महानगरले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ। फोहोर सहजै व्यवस्थापन गर्न आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई स्रोतमै वर्गीकरण गर्न लागेको महानगरले जनाएको छ।, काठमाडौं महानगर, सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहोर वर्गीकरण गर्ने सहमतिअनुसार यस किसिमको अभ्यास गर्न लागिएको हो। वातावरण विभागका अनुसार फोहोर संकलन क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक पाँच सय रूपैयाँ जरिवाना गरिनेछ।, वर्षाका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या
सेतोपाटी संवाददाता देशका विभिन्न भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ। आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। , प्रदेश–१ को एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , राति  देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।, भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। , नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ असार ११ गते (शनिबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेश  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ असार १२ गते (आईतबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ असार १३ गते (सोमबार), दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, आज यी प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह
रासस सप्तरीको डाक्नेश्वरी नपा–१ कविलासामा सोमबार गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।, भित्री सडकखण्डमा जन्तीमा आएको बा१८च ९३९० नम्बरको गाडीले पछाडि ब्याक गर्ने क्रममा पैदलयात्रु डाक्नेश्वरी–४ भुतही बस्ने ५० वर्षीय रघुवीर रामलाई ठक्कर दिएको थियो।, ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु