content
stringlengths
20
64.1k
सेतोपाटी अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला शुक्रबार उल्ट्याएको छ।, यो फैसलासँगै अब महिलाहरूले गर्भपतन गर्न पाउने अधिकारबारे अमेरिकी राज्यहरूले आ-आफ्नो हिसाबले निर्णय गर्न सक्नेछन्। राज्यहरूले आफैंले यसबारे कानुन बनाउन पाउने छन्।, पचास वर्षअघि अदालतले अमेरिकामा गर्भपतन गर्न कानुनी अनुमति दिएको थियो। अमेरिकी संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी फैसला लिने हक पनि दिएको भनिएको थियो।, सर्वोच्चको पछिल्लो फैसलापछि अमेरिकी महिलाहरू आक्रोशित बनेका छन्। गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले अदालतको फैसलामा असन्तुष्टि जनाएका छन्।, विज्ञहरूका अनुसार अदालतको फैसलाले अमेरिकामा गर्भपतनको अधिकार परिवर्तन गर्ने सम्भावना छ। हरेक राज्यले आफ्नो हिसाबले कानुन बनाउन पाउने भएकाले महिला अधिकार हनन हुने उनीहरूको भनाइ छ। आधाभन्दा धेरै राज्यले गर्भपतनमा प्रतिबन्ध लगाउने अनुमान गरिएको छ।, अमेरिकाका १३ वटा राज्यले गर्भपतनमा रोक लाउने कानुन पारित गरिसकेका छन्। सर्वोच्चको फैसलासँगै ती राज्यमा गर्भपतनविरूद्धको कानुन लागू हुनेछ।, सन् १९७१ मा गर्भपतनमा असफल भएकी एक महिलाका तर्फबाट सर्वोच्चमा निवेदन परेपछि गर्भपतनबारे कानुन बनेको थियो। यसलाई रो बनाम वेड मामिला भनिन्छ। त्यसमा गर्भपतन महिलाको अधिकार भएको र यसमा सहज पहुँच हुनुपर्ने माग गरिएको थियो।, निवेदन दायर भएको दुई वर्षपछि सन् १९७३ मा सर्वोच्चले यसमा आफ्नो फैसला दिएको थियो। गर्भपतनलाई कानुनी मान्यता दिँदै संविधानले नै गर्भवती महिलालाई निर्णयको अधिकार दिएको उल्लेख गरिएको थियो। त्यसपछि अमेरिकी अस्पतालहरूले महिलाहरूलाई गर्भपतनको सेवा र सुविधा दिन अनिवार्य भएको थियो।, त्यो बेला अमेरिकी महिलालाई गर्भधारणको पहिलो तीन महिनाभित्र गर्भपतन गर्ने कानुनी अधिकार दिइएको थियो।, पछि धार्मिक कारण देखाउँदै भ्रूण हत्या गर्न नहुने मतहरू अगाडि आए। केही राज्यमा बिस्तारै गर्भपतनमा रोक लगाइयो। केहीले भने महिलाहरूलाई यो अधिकार दिइराखे।, अहिले आएर सर्वोच्चले राज्यहरूलाई नै गर्भपतनबारे नियम बनाउने अधिकार दिएको छ। अब अमेरिकी राज्यहरू गर्भपतनलाई कानुनी मान्यता दिने र नदिने गरी दुई समूहमा बाँडिने सम्भावना छ।, (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको।), अमेरिकामा गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला उल्टियो
सेतोपाटी संवाददाता सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।, भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराकाे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, प्रहरीका अनुसार शुक्रबार साँझ खेतमा रोपाईँ गर्न सिँचाइ गर्ने क्रममा डगाैरालाई करेन्ट लागेको हाे।, घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
रासस नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी राखिएपछ उनीहरूको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।, विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ।, कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकाेमा हाल ७७६ कैदीबन्दी रहेका छन्। कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ। कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए।, बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेकाे छ।, ‘कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ’, उनले भने। उनीहरूलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ। कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्।, कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ। कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ। ढल निकासको व्यवस्था छैन। फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ।, फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ। बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ।, ३०० क्षमता भएकाे बाँके कारागारमा ७७६ कैदीबन्दी
ध्रुवसागर शर्मा म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्।, उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन्। पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।, ‘पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौं’, उनले भने। कुइनेमङ्गले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ।, यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा छन्। ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताए।, गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए। उनले भने, ‘बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन।’, यसैगरी ५२ घर रहेको रघुगङ्गा–८ चौरखानीमा ३० परिवारको बसोबास छ। पहिराकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा बसाइँ सरेका छन्। गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताइन्।, दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ। पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए।, यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो। बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए।, ‘पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन्। विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौं’ उनले भने। कमजोर भ–ूभागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ। जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ।, वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ। यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए। दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको हो।, हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन्। सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन्।, यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन्। भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन्। गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो। दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन्।, चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो। अहिले त्यसको नामोनिसान देखिन्न। निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन्।, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा २१६ पहिरा
रासस गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।, बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। , गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। यसबाट  ६ वडाका बासिन्दा प्रभावित भएका छन् ,  , बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति
सेतोपाटी संवाददाता गए रातिदेखि परेको अविरल वर्षाले  पोखरा महानगरपालिकाको वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेको छ।, पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा बाख्रा रहेको पशु फार्म बगाएको छ। दर्जनौ चौपाया पहिरोमा परेको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले सेतोपाटीलाई जानकारी दिए। तिमिल्सिनाका अनुसार मानवीय क्षति भने भएको छैन।, पोखरा २५ हेम्जाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको उनले जानकारी दिए। ‘बस्तीका करिब ढेड सय घर डुबानमा परेका छन्, पशु चौपाया मरेका छन् तर मानवीय क्षति भएको छैन’, उनले भने, ‘टोलबासीहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको छ। उनीहरुको कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिर र पाटीमा राखिएको छ, अहिले डोजरको साहयतामा पानी कटाउने काम भइरहेको छ।’, यस्तै पोखरा २५ क्षेत्रमै विभिन्न ठाउँमा पहिरो खसेको तिमल्सिनाले जानकारी दिए। पहिरोले केही घरसमेत बगाएको छ। फार्महरु बगाएको छ । गाई बाख्रा बगाएको छ। मानवीय क्षति भने हुन नपाएको उनले बताए। ‘पशु चौपाया र भौतिक क्षति धेरै भएको छ, मानवीय क्षति छैन’ वडाध्यक्ष तिमिल्सिनाले भने।, पोखरा-२५ सुइँखेत डुबानमा, १५० बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
सेतोपाटी संवाददाता देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। , काठमाडौंका पाइला पाइलामा अनेकौं देवी देवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ। , मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ। आज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन्। यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन्। कतै रूख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन्। , संरक्षण भने अझै भएको छैन। जताततै लापरबाही छ। मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन्। , मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ। फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन। , एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ। यहाँ सिसिटिभी जडान गरिएको छ। चोक चोकमा साइरन राखिएका छन्। तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन।, हेर्नुहोस् न्यूज एजेन्सी नेपालले तयार पारेको फोटोफिचर, थापालीस्थित जंग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा, पाटन सुन्धारामा पानीले खिइएको मूर्ति, पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति , पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु, पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकीर्ति महाविहार, बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु, बसन्तपुरको गोरखनाथको मन्दिर, लुभुको गणेश मन्दिर, लुभुको गणेश मन्दिर1, संरक्षण अभावमा क्षति भएका पुराना मूर्तिहरू, कुम्मेश्वर मन्दिर परिसरमा गरुड र नारायणकोे मूर्ति, च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु, जहाँ भगवानलाई पनि गाह्रो छ (फोटोफिचर)
रासस जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।  , पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६  नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री,  ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन्। , पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री,  जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन्।  , हत्या आरोपमा नाबालकसहित १२ जना पक्राउ
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले असार ४ देखि असार १० गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, काठमाडौंको एक विद्यालयमा कोरोना विरुद्धको खोप लगाउँदै बालबालिका।  सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना बिरुद्धको पहिलो मात्रा खोप दिन थालेको छ। तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, दाङको दंगीशरण गाउँपालिका - ५ पोटलीमा तयार पारेर बारीमा रोप्नका लागि करेलाका बिरुवा बोकेर जाँदै गरेकी एक युवती। तस्बिरः नारायण खड्का / सेतोपाटी।, रोपाइँको तयारी : झापाको शिवसताक्षीमा रोपाइँको लागि धानको बीउ उखेल्दै महिला । तस्बिर : विनोद सापकोटा / सेतोपाटी, पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र क्याम्पसमा निकालेको राँके जुलुस। विद्यार्थीको विरोधमा प्रहरीले हस्तक्षेप गर्दा केहिबेर अवस्था तनावग्रस्त भएको थियो।  तस्विर :  तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, भारतको राजधानी नयाँदिल्लीबाट जनकपुर आएका करिब ५०० भारतीय तीर्थालु ।  गत मंगलबार हिँडेको ‘भारत गौरव पर्यटक रेल’मा बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको थियो। तस्बिरः रोहित महतो/सेतोपाटी, काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल।  तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, समिति सभापतिलाई छाता: संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव मंगलबार सिंहदरबारस्थित समिति कार्यालय जाँदै। पानी परेपछि उनलाई अंगरक्षकले छाता ओढाइरहेका छन्। तस्बिर: सन्जिब बगाले/सेतोपाटी, अखिल नेपाल फुटबल संघ एन्फाको नव निर्वाचित पदाधिकारीहरू पद तथा गोपनियताको सपथ ग्रहण गर्दै।   तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, युएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो। समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो। तस्बिरः क्यान, सञ्चारकर्म छाडेर राजनीतिमा आएका रवी लामिछानेले काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो राजनीतिक दलको घोषणा गर्दै। उनले आफ्नो राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्।  तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बुधबार मन्त्रालयमा मूल भट्ट पुजारीबाट टीकाप्रसाद ग्रहण गर्दै। तस्बिर: विमलबहादुर विष्ट/रासस, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरू।   तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, काठमाडौंको सिंहदरबार अगाडि देखिएको सवारी जाम।  तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी, साताका क्लिक (तस्बिरहरू)
सेतोपाटी संवाददाता कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। , त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो। , त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, कर्णाली नदीमा डुबेर बालिकाको मृत्यु
रासस तेह्रथुमको लालीगुराँस नगरपालिकामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुईजना गम्भीर घाइते समेत भएका छन्। , लालीगुराँस नगरपालिकाको लसुनेबाट बसन्तपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर बसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।, ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो। दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए।  , गम्भीर घाइते दुबैलाई बसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए। राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।,  , तेह्रथुममा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ।, काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।, बिहान करिब ६ बजेको समयमा ना ८ ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो।, ४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ।, कपिलवस्तुमा सडक छेउमा पल्टियो बस
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ। , शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो। , कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको हो। टाउकोमा ढुंगा प्रहार हुँदा उनलाई नेपाल नेशनल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।, प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। , थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, कलंकीमा एक महिलाको हत्या
रासस पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै प्रहरीले त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ।, पछिल्लो समय नेपालमा मिटर ब्याजीले दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीबास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, र सामाजिक सञ्जालको दुरूपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। , यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। , त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरूपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्कि दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ। , नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै ब्युरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ।, यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।, ठगीजन्य कार्यबाट बच्न सिआइबीको अनुरोध
सेतोपाटी संवाददाता देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ। वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालयमध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको  संख्या जम्मा २२७ मात्रै रहेका छन्। केही भने जेनतेन चलिरहेका पाइएको छ। , रिड नेपाल र शान्ति भोलेन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको हो। , सर्भेको विस्तृत रिपोर्ट आगामी असार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए। , उनले देशभरका पुस्तकालयहरूलाई ६० बढी प्रश्नहरू सोधेर सर्भे गरिएको जानकारी दिए। , दोस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलाले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरू नगन्य रहे पनि सरकारले ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए। , निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ।, यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरू लामो समय सञ्चालन हुन नसकेको बताए। , रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरू सञ्चालन गरेको साथै, ती सबै दीगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे। , यस्तै, शान्ति भोलेन्टियर एसोसिएसनका विनोद गुरूङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्नेमा जोड दिए। , पुस्तकालय सर्वसाधारण जनताको विश्वविद्यालय भएको भन्दै हरेक स्थानीय तहमा पुस्तकालय खोलिनुपर्ने उनको भनाइ थियो। , रिड नेपालका चिज कुमार श्रेष्ठले सरकारले अनुदानले चलेका पुस्तकालयहरू दीगो विकासका योजना र समुदायको स्वामित्व नहुँदा भटाभट बन्द भइरहे पनि रिड नेपालले ३१ वर्ष अघिदेखि सुरू गरेका पुस्तकालयहरू अझैसम्म मज्जाले सञ्चालन भइरहेको बताए। , देशभरका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द
डा. मन्दिरा कार्की बुद्धि बंगारा भनेको सबैभन्दा अन्तिममा आउने दाँत हो। १६-१७ वर्षको उमेरमा आउने भएकाले भएकाले त्यसलाई बुद्धि बंगारा भनिएको हो। यो दाँत आउँदा दुख्ने समस्या पनि हुन्छ। अन्तिममा आउने भएकाले कतिपय अवस्थामा स्पेस पुग्दैन त्यसैले असजिलो हुन्छ। त्यस्तो बेलामा गिजाले छोपिएको छ कि अन्य समस्या छ भनेर हेर्नुपर्छ।, बुद्धि बंगारा धेरैजसो सिधा आउँदैन। यदि बाङ्गो रहेछ भने निकालेर फाल्नु नै राम्रो हुन्छ। यसको काम नहुने भएकाले निकालेर फाल्दा केही फरक पर्दैन।, राम्रोसँग आएको छ भने टोकाइमा केही सहयोग गर्न सक्छ। बुद्धि बंगारामा सानो समस्या मात्रै छ भने उपचार गर्न सकिन्छ अन्यथा झिकेर फाल्नुपर्छ।, दाँतमा अरू समस्या पनि हुन्छन्। दाँतमा कीरा लाग्ने र त्यसले तलै सम्म भेटेमा जरैदेखि उपचार गर्नुपर्छ। दाँत फोहोर हुने, जिजा दुख्ने, सुन्निनेलगायतका समस्या हुन्छन्।, कतिपयको दाँत बेला मौकामा सफा गर्नुपर्छ तर त्यस्तो नगर्दा समस्या हुन्छ। थुकमा सोडीयम हुन्छ जसले गर्दा ढुंगा जस्तो बनेर बसेको हुन्छ। त्यसलाई ब्रस गरेर मात्र निकाल्न सकिँदैन। त्यसैले समय - समयमा दाँत सफा गर्नुपर्छ।, गुट्खा सूर्ती लगायत खाने व्यक्तिमा यस्तो समस्या धेरै देखिन्छ।, दाँत सफा गर्दा झनै बिग्रिन्छ भन्ने एउटा भ्रम मात्रै हो। दाँत सफा गर्दा केही समय हल्लिएको जस्तो देखिन्छ। दाँतमा ढुंगा जमेर बसेको हुन्छ त्यो निकाल्दा हल्लिए जस्तो भएको हो, अरू कुनै समस्याले होइन।, दाँत दिनमा दुई पटक माझ्नैपर्छ। ब्रस गर्दा तल माथि भन्दापनि कसिंगर बढारेको जस्तो गरी माझ्नुपर्छ।, दाँतमा अलिकति समस्या आउनसाथ परीक्षण गरियो भने त्यसले एकातिर दाँत स्वस्थ्य हुन्छ भने अर्कोतिर खर्च पनि कम लाग्छ।, दाँतको समस्या जुनसुकै उमेरकालाई हुन्छ। तर उमेर अनुसारको समस्या देखिनसक्छ। उमेर बढ्दै गएपछि दाँतको हड्डी कमजोर हुँदै जान्छ, जसले दाँतलाई कमजोर बनाउँछ।, बुद्धि बंगारा आउने बेलामा हुने समस्या र यसको उपचार अनि दाँतका अन्य समस्याबारे समाज डेन्टल हस्पिटलमा कार्यरत डा. मन्दिरा कार्कीसँग हामीले भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ, बुद्धि बंगारा आउँदा किन दुख्छ?, कसरी गर्ने उपचार (भिडिओ)
रासस सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ।, जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। , शनिबार बिहान रिंगटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए।, गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ।, सिन्धुपाल्चोक कारागारमा थुनुवाको मृत्यु
सेतोपाटी संवाददाता कास्कीमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन्। , माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो। ४८ वर्षीय रामचन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो। , उनले आफ्नै विद्यालयमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोप छ। , जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।, कास्की जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।,  , विद्यार्थीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको नेपालटारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। , शनिबार काठमाडौं महानगरपालिका नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी एक महिलाको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सुर्खेत घर भई दिल माया विश्वकर्मा भन्ने महिलाको शव फेला परेको हो। , उनी खाटमै सुतेको अवस्थामा मृत फेला परेकी हुन्। घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।,    , काठमाडौंको नेपालटारमा एक महिला मृत फेला
सेतोपाटी संवाददाता काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक छन्।, विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो।, प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।, काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ
रासस गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्।, वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए।, यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा छ। डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए। , बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन।, ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन,’ उनले भने।, घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो। उनीहरू अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएर बसेका छन्। , जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण संकलन  भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए।, यसैगरी अविरल वर्षाका कारण पोखरा-१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ।, अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए। पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले जानकारी दिए। , अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा
सेतोपाटी संवाददाता नेपालमा थप २७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , शनिबार २७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २३ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, १८ सय २ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। , १६ जना उपचारपछि डिस्चार्ज समेत भइसकेका छन्। , अहिले देशभर १८८ जना सक्रिय संक्रमित छन्। , थप २७ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता झापामा १३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय विजय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , उनीमाथि १३ वर्षीय बालिकालाई बालयौन दुरूपयोग गरेको आरोप छ। , राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी परेको थियो। , जाहेरीपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ,  , १३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको हो। , जसबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। , टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,  , काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता बालबालिकाहरूलाई भुलाउने बहानामा मोबाइल र टेलिभिजनको बानी नबसाल्न चिकित्सकहरूले सुझाव दिएका छन्। , चिकित्सकहरू मात्रै सदस्य रहेको रोटरी क्लब अफ मेडिकोफ्युजनले बालबालिकाहरूलाई मोबाइल र टेलिभिजन नदेखाउँ भन्दै अभियान नै संचालन गरेको छ।, शनिबार बुटवलमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बालबालिका भुलाउने नाममा मोबाइल-टिभीको बानी पार्दा उनीहरूको मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने बताए।, ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऔं’ भन्ने अभियान सुरू गर्दै उनले बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएका थिए।, क्लबले रूपन्देहीका विभिन्न स्थानीय तहहरूसँग मिलेर समुदाय स्तरमा सचेतनामुलक अभियान चलाउने जनाएको छ। डा. पोखरेलका अनुसार धेरै समय मोबाइल र टेलिभिजन हेर्ने बालबालिकाहरूमा छिटो निन्द्रा खुल्ने, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखाको दृष्टि कमजोर हुने तथो आफन्तसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन्।, ‘पछिल्लो समय अभिभावक अरू काममा व्यस्त हुँदा बालबालिकालाई भुलाउन मोबाइल दिने प्रचलन बढेको छ, तत्कालको लागि बालबालिका रुने झन्झटबाट मुक्त हुने भएपनि यसलाई बालबालिकाहरूको स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ। जुन कुरातर्फ अभिभावक सचेत भएको देखिँदैन,’ पोखरेलले भने।, क्लबले बालबालिकाहरू धेरै जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी जस्ता स्थानमा राख्न मोबाइल तथा टेलिभिजनको प्रयोगले बालबालिकामा पार्ने असरबारे सचेतनामुलक व्यानर तथा सामाग्रीहरू स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेको थियो।, कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले क्लबले सुरू गरेको अभियान सकारात्मक रहेको र तिलोत्तमा नगरपालिका क्लबसँग सचेतनामुलक कार्यक्रम संचालन गर्न तयार रहेको बताए। उनले तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेकोले बालबालिकालाई खेल्न दिने बहानामा उनीहरूको स्वास्थ्यलाई नै गम्भिर असर पुग्ने खालका बानीबाट टाढा राख्न अभिभावककालाई सचेतना दिनुपर्ने बताए।, कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले प्रविधिको प्रयोगले  बालबालिकामा नयाँ-नयाँ प्रकारका समस्या देखिने गरेको भन्दै सबैभन्दा पहिले अभिभावक नै बढी सचेत हुनुपर्ने बताए।, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले क्लबले सुरू गरेको अभियान समाज सुधारको लागि भएकोले स्थानीय पालिकाहरूले सहकार्य गर्नुपर्ने बताइन्। , गतवर्ष स्थापना भएको क्लबले ‘जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउछु’ भन्ने अभियान समेत सञ्चालन गरेको थियो।, ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऔं’
रासस पाँचथरमा रूखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ।, सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको शनिबार मृत्यु भएको हो।, गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। , पाँचथरमा रूखको गोलियाले किचेर युवकको मृत्यु
रासस बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।, शनिबार कोहलपुरतर्फ आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले भे११प ७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ की २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।, उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो।, दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते छन्। , ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताए।, बाँकेमा ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्ने भएको छ। गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले बिहिबार महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेको हो।, भेटमा एनआरएन महानगरपालिकासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणमा सहयोग गर्ने भएको छ।, गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले आफूहरूले यसअघि ललितपुर महानगरपालिकाको समन्वयमा शंखमुल पार्क बनाएको स्मरण गराएका थिए। , त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएमा एनआरएनएले दुई वटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निम्ति काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्।, त्यस्तै फोहोर व्यवस्थापनको निम्ति विभिन्न देशको उच्चस्तरीय प्रविधिका विषयमा पनि मेयर शाहलाई जानकारी गराएका थिए ।, गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई 'स्मार्ट सिटी' बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए।, भेटको क्रममा मेयर शाहले काठमाडौंको कला-संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउन गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन्।, त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रूपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरेका थिए। गैरआवासीय नेपाली संघले बनाउन लागेको सार्वजनिक शौचालयका लागि जग्गा उपलब्ध गराउन महानगरपालिका सकारात्मक रहेको मेयर शाले आश्वासन दिएका छन्।, उक्त भेटघाट कार्यक्रममा युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा,  युरोपका युवा संयोजक रमेश काफ्ले, आईसीसी सदस्य प्रदीप न्यौपाने लगायतका अभियन्ताको उपस्थिति थियो।, एनआरएनले काठमाडौं महानगरपालिकासँग ट्राफिक व्यवस्थापन र शौचालयका लागि सहकार्य गर्ने
रोहित महतो करिब ५ सय धार्मिक पर्यटक बोकेर बिहीबार अपरान्ह रामायण सर्किट रेल जनकपुर आइपुगेको छ।, पर्यटक बोकेर नेपाल आएको यो पहिलो भारतीय रेल हो। १४ डिब्बा रहेको उक्त रेलको प्रत्येक बोगीमा भारतीय कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र छन्। , जनकपुर रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उद्योग वन पर्यटन तथा वातावरणमन्त्री शत्रुधन महतोले भारतीय पर्यटकलाई स्वागत गरेका थिए। , बाजा गाँजासहित भारतीय पर्यटकलाई गुलदस्ता लिएर यहाँका साधुसन्त, राजनीतिकर्मी तथा विद्यार्थीले जनकपुरमा स्वागत गरेका हुन्।, पर्यटक सहितको यो रेल नियमित रूपमै सञ्चालन हुने भारतीय रेल्वेका एक अधिकारीले जानकारी दिए। उनका अनुसार महिना वा दुई महिनामा यो रेल एक पटक जनकपुर आइरहनेछ। रामायण सर्किट रेलको यात्रा १८ दिनको हुनेछ। यात्राका लागि प्रति यात्रु ६२ हजार ३ सय ७० रूपैँया भाडा निर्धारण गरिएको ती अधिकारीले बताए। , यात्रा अवधिभर होटेल, खाना लगायतका सबै खर्च रेल्वेले बेहोर्नेछ। जनकपुर आइपुगेका पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम राखिएको छ। , उनीहरूलाई आज साँझ गंगा आरतीमा सहभागी गराइनेछ। भोलि धनुषाधाम दर्शनपछि पर्यटक फर्किने कार्यक्रम रहेको उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री महतोले बताए।, रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ जनकपुर आइपुग्यो (भिडिओ)
रासस पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण पर्वतकी एक महिला बनेकी छ। जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरूङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन्। , स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरूङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन्।, ‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ’, उनले भनिन्। उनका श्रीमान सुकबहादुर गुरूङ मोदी– ८ चित्रेकै वडाध्यक्ष हुन्।, श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन।, आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ।, शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरूलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए। , ‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन। वडाबाट फर्किंदा लौ म त कक्षा १ मा भर्ना भएर आएँ भनिन्’, उनले भने, ‘म त अचम्ममा परेँ, यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ।’, आफ्ना नाति-नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ। , ‘गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन भन्दा लाजको मर्नुहुन्थ्यो अब भने पढ्न जान्दछु कि भन्ने विश्वास बढेको छ’, उनले सुनाइन्।, विष्णु जिल्लाकै नमूना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्छन्। , विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिनाले बताए।, पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उनको भनाइ छ। ,  , ६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना
सेतोपाटी संवाददाता सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। , उनका अनुसार बिहीबार बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टिएर दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।, उनका अनुसार दुर्घटनापश्चात् गाडीमा सवार घाइते ७ यात्रुलाई उपचारको लागि भारदह अस्पताल र ४ जनालाई स्थानीय मेडिकल कलेजमा लगिएको छ। , प्रहरीले चार जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ। , प्रहरी नायब उपरीक्षक काफ्लेले उपचारको लागि पठाइएको बस चालक फरार रहेको बताए। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,  , सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
रासस गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीया सुविना गिरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले आज पक्राउ गरेको हो।, शव परीक्षण रिपोर्टमा झुण्डिएको नभई घाँटी थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए।, सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए।, ‘शव परीक्षण रिपोर्टमा झुण्डिएर नभई ‘नेक प्रेसर’का कारण मृत्यु भएको भन्ने आयो त्यसैले घटना शंकास्पद छ, अब आरोपितबाट पनि धेरै कुरा खुल्छ’, प्रमुख केसीले भने।, सुविनाका श्रीमान् सञ्जयले सुविनालाई तिलोत्तमा–६ पश्चिम पहुनीमा रहेको मिलन फेमिली रेष्टुरेन्टको कोठामा जेठ ३१ गते राति १ बजे झुण्डिएको अवस्थामा फेला पारी सुविनालाई क्रिमसन अस्पताल पुर्‍याएपछि आफन्तलाई खबर गरेका थिए।, सुविनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए।, यता सुविनाको घाँटी थिचेर मृत्यु भएको पुष्टि भएकाले दोषीलाई कारबाही गर्न सुविनाका आफन्तले माग गरेका छन्।, सुविनाका बाबु नरु गिरीले शव परीक्षण रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गरे।, ‘शव परीक्षण रिपोर्टले घाँटी थिचेर हत्या भएपछि झुण्ड्याइएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कारबाही हुनुपर्छ’, उनले भने।, यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिएका थिए भने बुधबार किटानीसहितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।, मध्यरातमा आफ्नै आगाडि झुण्डिएको र आफैंले अस्पताल ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको बयानसमेत नमिलेको देखिएकाले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ।, गत जेठ ३० गते राति घरदेखि केही परको होटलमा झगडा भएपछि सोही होटलको कोठामा सुविना एक्कासि झुण्डिएको सञ्जयको बयान थियो।, झुण्डिएको हो वा होइन भन्नेमै आशंका रहेका बेलामा आएको शव परीक्षण रिपोर्टले भने झुण्डिएर मृत्यु नभएको यकिन गरिदिएको छ।, ‘घाँटीमा हातले थिचेको छ, टाउकामा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन’, डा आहना श्रेष्ठ भनिन्।, झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शंकास्पद  लागेपछि माइतीले सुरूदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए।, झुण्डिएको भनिएको दिन बिहानैदेखि दिउँसोसम्म घरमा झगडा भएको, नन्द, आमाजुलगायतले पनि गालीगलौज गरेको, अघिल्लो रात पतिले मदिरा सेवन गरी कुटपिट गरेको, आफ्नै सामुन्ने कुटपिट गर्दा पनि सासुले रोक्ने पहल नगरेको र मानसिक तथा शारीरिक यातना दिनदिनै दिने गरेको खुलेको माइती पक्षको दाबी छ।, सुविनाकी फूपू छमा गिरीले सुरूमै सूचना दिने बेलादेखि नै पति (सञ्जय) र परिवार तथा नातेदारको भूमिका शंकास्पद लागेको बताइन्।, झुण्डिएर मरेको भन्ने कुरा शव परीक्षणमा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको आशंका रहेकाले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको सुविनाका काका निमु गिरी बताउँछन्।, शरीरमा लागेको चोटपटक, भुत्ल्याइएको कपाल, नङका डाम, विभिन्न ठाउँमा निल डाम प्रष्टै देखिएकाले पनि सुरूमै आत्महत्या होइन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ। सुविनाको मृत्युपछि दुई नाबालक सन्तानको संरक्षण, हेरचाह र भविष्य सुनिश्चितताका लागि चल–अचल सम्पत्ति व्यवस्था गर्नसमेत माइती पक्षको माग छ।, तिलोत्तमाकी सुविना गिरी मृत्यु-प्रकरण: झुण्डिएको नभई घाँटी थिचेर हत्या
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४९ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ४९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार २३४ जनाको पिसिआर र १२६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १६३ जना सक्रिय संक्रमित छन्।, १२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २ हजार ४९४ मा परीक्षण गर्दा ४९ जनालाई कोरोना संक्रमण
युनिक श्रेष्ठ बुधबार अपराह्न ५ बजिसकेको थियो। मुगुको छायाँनाथ रारा नगरपालिका-२ गमगढी बजारस्थित मुगु डिभिजन वन कार्यालय परिसरमा एक पुरूष आइपुगे।, उनी मुगमकार्मारोङ गाउँपालिकाका-१ चितैकुनाका ५६ वर्षीय चेम्पा तामाङ हुन्। चेम्पा कार्यालयमा पुगेपछि महिनौंदेखि  राखिएको एउटा कुकुरले पुच्छर हल्लाउन थाल्यो। त्यो कुकुरको नाम छैन। चेम्पासँग उनको साइनो भने वर्षौं पुरानो छ।, चेम्पाले आफ्नो भाषामा कालो र खैरो रङको कुकुरलाई बोलाएपछि ऊ निकै खुसी देखियो। उफ्रिन थाल्यो। कुकुरसँगै चेम्पा पनि खुसी भए।, यो कुकुर आफ्नो मालिकलाई तीन महिनादेखि वन कार्यालयमा कुरिरहेको थियो।  घोरल मारेको आरोपमा तीन जना मान्छेसहित कुकुर पक्राउ परेको थियो। पक्राउ परेकामध्ये २ जना मान्छे धरौटी बुझाएर छुटे पनि कुकुर निर्दोष सावित भएको थियो।, धरौटीमा छुटेका मालिकले कुकुरलाई लिन नआएपछि ऊ वन कार्यालयमै बस्नुपरेको थियो।, ‘म टाढाबाटै हेरिरहेको थिएँ। आउनबित्तिकै उहाँले कुकुरलाई आफ्नो भाषामा बोलाउनुभयो,’ कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले सेतोपाटीसँग भने, ‘धेरै समयपछि एक-अर्कालाई भेट्दा उनीहरू दुबै निकै खुसी थिए।’, कुकुरलाई गत फागुन २६ गतेदेखि वन कार्यालयमै राखिएको थियो। लामो समयसम्म पनि वन कार्यालयले आफ्नो कुकुरको हेरचाह गरिदिएकोमा चेम्पा थप खुसी थिए।, ‘राम्रोसँग सुरक्षित राखिदिएको भन्दै उहाँले धन्यवाद दिनुभयो,’ देवकोटाले भने।, चेम्पा बस्ने ठाउँ र वन कार्यालय एउटै जिल्लाभित्र भएपनि दुरी पनि टाढा छ। साँझ परिसकेकाले उनले कुकुरलाई हिजै घर लग्न पाएनन्।, वन कार्यालयले पनि कानुनी प्रक्रिया सकाउनु पर्ने हुँदा चेम्पाले कुकुरलाई घर लग्न पाएनन्। चेम्पा रित्तो हात नै फर्किए। उनी नजिकै रहेको आफन्तको घरमा बसे।, कार्यालयले उनलाई बिहीबार कार्यालयमा बोलाएको थियो। त्यसपछि पत्रकारहरूलाई समेत बोलाएर कुकुर चेम्पालाई हस्तान्तरण गरिएको छ।, कार्यालयसँग कुकुरको हेरचाह गर्ने कुनै बजेट पनि थिएन। वनरक्षक टेकबहादुर रोकायाले उसको हेरचाह गरिरहेका थिए।, कुकुरको हेरचाहमा के कति खर्च भयो कार्यालयले यकिन गरिसकेको छैन।, ‘हाम्रा वनरक्षकले नै हेर्नुभयो सबै। अहिलेसम्म के-कति खर्च भयो भन्ने हेरिसकेका छैनौं। अब हेर्छौं,’ देवकोटाले भने।, आफूले तीन महिनासम्म पालेको कुकुर छोडेर जाने भएपछि रोकाया अलि निराश देखिएको देवकोटाले बताए।, ‘सबै उहाँले नै हेर्नुभएको हुँदा पनि उहाँ अलि दु:खी देखिनुभयो,’ उनले भने।, आफैंले हेरचाह गरिरहेको कुकुर मालिकलाई बुझाउन कार्यालयले विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजेको थियो। तर चेम्पा लगायत सम्पर्कमा आउन सकेका थिएनन्।, कार्यालयका कर्मचारीले चेम्पा र उनका छोरासमेत रहेका दावा छोर्देनलाई फोन गरी बोलाउन खोजेको थियो। उनीहरूसँग सम्पर्क हुन सकेको थिएन।, ‘उहाँहरू भौगोलिक हिसाबले निकै टाढा बस्नुहुन्छ। हामीले फोन गरेर पनि बोलाउन खोजेका थियौं,’ देवकोटाले भने, ‘थाइल भन्ने ठाउँमा रहेको मुगु सब डिभिजन कार्यालयबाट पनि सम्पर्क गर्न खोज्यौं।’, कार्यालयले चेम्पाको घर नजिकैको वन सब डिभिजन कार्यालयलाई पनि पत्राचार गरिएको थियो। तैपनि सम्पर्क हुन सकिरहेको थिएन। धेरै दिनपछि खबर पाएपछि चेम्पा बुधबार आफ्नो कुकुरलाई लिन आएका हुन्।, उनलाई कुकुर कार्यालयमा राखिएको छ भन्ने थाहा थियो तर लिन जाने/नजाने भन्ने विषयमा अन्यौल भएको देवकोटा बताउँछन्।, चेम्पासहित तीन जनालाई तीन महिनाअघि मुगमकार्मारोङ-१ चितैकुनास्थित जंगलमा घोरल सिकार गरिरहेको अवस्थामा फेला परेका थिए। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार हुने व्यक्ति चेम्पाका छोरा दावा छोर्देन हुन्। उनी भागे पनि कुकुर चेम्पाहरूसँगै थियो। प्रहरीले तीन जना सँगसँगै कुकुर पनि समातेर ल्याएको थियो।, वन्यजन्तुसम्बन्धी मुद्दामा अनुसन्धानको काम डिभिजन वन कार्यालयले गर्छ। घोरल सिकारको घटनामा पनि अनुसन्धान गर्न आरोपित व्यक्तिहरूलाई फागुन २६ गते डिभिजन वन कार्यालयको जिम्मा लगाएको थियो।, वन कार्यालयले कुकुर पनि सिकारमा प्रयोग भएको हो कि भन्ने शंका गरेको थियो। तर कुकुर सिकारी ठहरिएन।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ अनुसार सिकारी कुकुर प्रयोग भएको खुलेमा मुद्दा किनारा लाग्नुभन्दा अगाडि नै मार्न सकिने उल्लेख छ। वन कार्यालयले आफ्नो अनुसन्धान क्रममा कुकुरलाई प्रतिवादी पनि बनाएन।, ‘हामीले घोरलको पोष्टमर्टम पनि गर्न लगाएका थियौं। त्यसबाट पनि केही खुलेको थिएन। त्यसैले प्रतिवादी बनाएनौं,’ देवकोटाले भने।, यदि कुकुरले कुनै वन्यजन्तुलाई मारिरहेकै अवस्थामा फेला पारेको भए उसलाई सिकारी ठहर्‍याउन सकिने बताए।, ‘हामी फिल्डमा गइरहेका छौं र त्यति बेला कुकुरले कुनै वन्यजन्तुलाई मारिरहेको देख्यौं भने वास्तविक तस्बिर पनि खिच्न सकिने भयो, प्रत्यक्ष आँखाले पनि देखिने भयो भने त्यसो हुँदा ऊ सिकारी ठहरिन्छ,’ उनले भने, ‘यसमा पुष्टि भएन। हामीले प्रतिवादी नै बनाएका थिएनौं।’, वन कार्यालयले पक्राउ परेका तीन र फरारसमेत गरी चार जनाविरूद्ध मुद्दा चलायो। उनीहरू चेम्पा तामाङ, टासी तामाङ, छिमेक तामाङ र दावा छोर्देन तामाङ हुन्।, जिल्ला अदालत मुगुले जेठ १२ गते ती चारै जनालाई छाडिसकेको छ।, डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाका अनुसार फरार अभियुक्त दावा अदालतमा उपस्थित भएका थिए। अदालतले उनी र चेम्पालाई ७० हजार रुपैयाँ धरौटीमा र अरू दुई जनालाई साधारण तारेखमा छाडेको थियो।, धरौटीमा छुटेका उनीहरू सम्पर्कमा नआएपछि कुकुरलाई वन कार्यालयमै राख्न बाध्य भएको थियो। सरकारी वकिल कार्यालय मुगुले पनि त्यो कुकुर मालिककै जिम्मा लगाउन राय दिएको थियो।, त्यसरी राय दिएपछि कार्यालयले कुकुरलाई बेवारिसे छाड्न र अरू कसैको जिम्मा लगाउन पनि मिलेको थिएन। , वन कार्यालयले कुकुरलाई सिकारी ठानेर थुनामा राखेको हो कि भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। देवकोटाले सो कुराको यसअघि नै अस्वीकार गरेका थिए।, यो पनि: ,वन कार्यालयमा तीन महिनादेखि आफ्नो मालिक कुरिरहेको एउटा कुकुर, मालिक भेटायो वन कार्यालयमा तीन महिनादेखि कुरिरहेको कुकुरले
सेतोपाटी संवाददाता शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको अन्त्येष्टिका लागि माइती पक्ष सहमत भएको छ।, अमृताको मृत्यु भएको ७३ दिनपछि शुक्रबार माइती पक्षले उनको दाहसंस्कार गर्ने जनाएको हो।, मृतकका दाजु पुष्पक खड्काले बहिनीको मृत्यु भएको साढे दुई महिनापछि अन्येष्टि गर्ने सहमति भएको बताए।, माइती र घरतर्फका बीचमा भएको सहमति अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ।, अमृताको गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो।, नजिकै रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए।, माइती पक्षले अमृताको मृत्यु शंकास्पद रहेको भन्दै श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए।, अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू-ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको थियो।, त्यसपछि झनै असन्तुष्ट रहेका माइती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए।, यसअघि पोष्टमर्टमका लागि पनि रूपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै माइती पक्ष सहमत भएका थिए।, अहिले पनि अमृताको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र शुक्रबार धार्मिक संस्कार अनुसार माइती घरमै ल्याउने र त्यसपछि मात्रै तिलोत्तमा ३ स्थित मगरघाटमा अन्त्येष्टि गरिने पुष्पकले बताए।,  , तिलोत्तमाकी अमृताको दाहसंस्कार गर्न माइती पक्ष सहमत: ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिँदै
सेतोपाटी संवाददाता झापाकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर भारत लैजान खोज्ने दुई जनाविरूद्ध  प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ। , बिहीबार मोरङ जिल्ला अदालतबाट पाँच दिनको  म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङका जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।, झापाको बिर्तामोड-५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षका हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका वडा नं ४ सपही बस्ने १९ वर्षकी सिरिसा सिंह महथाले  असार ५ गते बिर्तामोडकै १३ वर्षीया बालिकालाई विराटनगर नाकाबाट भारत लैजान खोजेका थिए। प्रहरीले बालिकाको उद्धार गर्दै उनीहरू दुबैलाई पक्राउ गरेको थियो।, नयाँ लुगा किनिदिने र आकर्षक पैसा पाइने ठाउँमा काममा लगाइदिने भन्दै ती बालिकालाई उनीहरूले प्रलोभनमा पारेर भारत लैजाँदै थिए।, उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।, बालिका भारत लैजान खोज्नेविरूद्ध मानव बेचबिखन मुद्दा
रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ।, केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो।, सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको पशुपक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिए।, टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो। टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो।, प्रशासनको निर्देशनपश्चात् पशुपक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पक्षी नष्ट गरिएको थियो।, डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ।, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए।, सुर्खेतमा देखियो बर्डफ्लु
सेतोपाटी संवाददाता राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा बिहीबारदेखि सुरू भएको छ।, मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन्। , राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविष्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए।, सम्मेलनमा सातवटै प्रदेशबाट करिब १ सय ५० जना सहभागी रहेका छन्।, 'यस पटकको राष्ट्रिय सम्मेलन मधेस विशेष रहने छ' अनुसन्धानदाता टीकाराम भण्डारीले भने,‘राष्ट्रिय सम्मेलन भए पनि यस वर्ष मधेसमा क्रियाशील स्थानीय अनुसन्धानदाता र विद्यार्थीलाई बढी केन्द्रित गरेका छौं।', सम्मेलनमा कृषि, औषधी, विज्ञान, प्रविधि, नवप्रवर्तनसम्बन्धी प्रस्तुति रहने छ। विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानको क्षेत्रमा क्रियाशीलहरू सम्मेलनमा सहभागी छन्।, शुक्रबारको दिन हाइस्कुलका सिनियर र जुनियर विधामा प्रतिस्पर्धात्मक प्रस्तुति रहने भण्डारीले बताए।, उत्कृष्ट ठहरिने जुनियर समूहले विदेशमा आयोजना हुने एसिया प्यासिफिक वैज्ञानिक सम्मेलनमा सहभागी हुन पाउने छन्।, यो सम्मेलन यस पटक रूसमा हुनुपर्ने भए पनि रूस-युक्रेन द्वन्द्वका कारण मिति निश्चित भइसकेको छैन।,  , जनकपुरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरू
सेतोपाटी संवाददाता दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको अर्को घटना बाहिरिएको छ।, भक्तपुरको चाँगुनारायण नगरपालिका-४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै आफू दलित भएको थाहा पाएपछि निकालिएको भन्दै मुना दयाल भनिने सम्झना विश्वकर्माले बिहीबार प्रहरीमा उजुरी दिएकी छन्।, ओखलढुंगाको मोलुङ गाउँपालिका-८ घर भएकी २४ वर्षीया मुनाले दलित भएकै कारण आफूमाथि विभेद भएको बताएकी छन्।, उनका श्रीमान रोजगार सिलसिलामा साउदी अरब बस्दै आएका छन्। छुट्टी मनाउन नेपाल आएका उनी तीन महिनाअघि मात्रै विदेश फर्किएका थिए।, उनीहरूको २०७२ सालमा विवाह भएको थियो। दुई वर्षीया छोरी र सात वर्षीय छोरा छन्। छोराछोरीलाई राम्रो स्कुलमा पढाउने सोचले मुना छ महिनाअघि काठमाडौं आएकी थिइन्।, उनी सुरूमा जुन घरमा बस्थिन्, त्यहाँका घरबेटीले पसल राख्ने भन्दै १५ दिनअघि कोठा छाड्न खबर गरेका थिए।, त्यसपछि उनी नयाँ कोठा खोज्न थालेकी थिइन्।, 'पहिलेका घरबेटीको व्यवहार राम्रै थियो। तर उहाँहरूले पसल राख्न कोठा चाहियो भन्नुभयो। त्यसैले हामी नयाँ कोठा खोज्न थाल्यौं,' उनले भनिन्।, मुना आफ्ना ससुरासँग मिलेर कोठा खोज्दै थिइन्। उनका ससुरा उपत्यकामै भए पनि सँगै नबस्ने उनले सुनाइन्।, कोठा खोज्ने सिलसिलामा उनी जेठ १६ गते चाँगुनारायण नगरपालिका-४ स्थित रायमाझीको घर पुगिन्। भाडामा कुरा मिलेपछि कोठा दिन उनी सहमत भइन्।, मुनाले जेठ २५ गते दिउँसो करिब २ बजेबाट सामान सार्न थालिन्।, उनीहरूले सामान ओसारिरहेका थिए, त्यही बेला छिमेकीसमेत रहेकी विमला क्षत्रीले मुनाका ससुरालाई देखिन्।, 'घर सरेको दिन थाहा भयो, त्यहाँ हाम्रै गाउँकी विमला क्षत्री भन्ने दिदी बस्नुहुँदो रहेछ। हामीले सामान सारिरहँदा ससुरा पनि आउनुभएको थियो,' उनले भनिन्, 'विमला दिदीले मेरो ससुरालाई चिन्नुभएछ। त्यसपछि उहाँले नै गएर घरबेटीलाई यिनीहरू त कामी हुन् भनेर भनिदिनुभएछ।', मुनाले अगाडि भनिन्, 'हामीले सामान सार्दासार्दै घरबेटी आएर हाम्रो रायमाझी कुल त कडा छ, रगत छाद्ने समस्या आउँछ, धेरै दुःख हुन्छ, त्यसैले तपाईंहरू यहाँ बस्न मिल्दैन भन्नुभयो।', उनले घरबेटीको व्यवहार र भनाइ उद्धृत गर्दै यो पनि भनिन्, 'कुटपिट नै त गर्नुभएन तर गाली गर्नुभयो। किन जात ढाँटिस् भन्नुभयो।', त्यति बेलासम्म सामान सबै सारिसकेको हुँदा अर्को कोठा खोज्न १५ दिनको समय दिइएको मुनाले बताइन्। 'पन्ध्र दिनको भाडा पनि चाहिँदैन भन्नुभयाे,' उनले भनिन्, 'हातपात नगरे पनि उहाँहरूले नराम्रो व्यवहार गर्नुभयो।', त्यसपछि मुना नजिकैको प्रहरी कार्यालय पुगिन्। प्रहरीले वडा कार्यालय जानू भने। त्यस दिन ढिला भइसकेकाले उनीहरू यत्तिकै फर्के।, पछि वडा कार्यालयमा निवेदन दिन जाँदा वडाध्यक्षले मिलमिलाप गर्नू भन्दै फिर्ता पठाइदिएको मुनाले जानकारी दिइन्।, आफूमाथि भएको जातीय विभेदलाई वडा कार्यालयले सुनुवाइ नगरेपछि उनी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी परिसर भक्तपुर पुगेकी थिइन्। त्यहाँ पनि सुरूमा त प्रहरीले जाहेरी लिन आनाकानी गरे। पछि जाहेरी दर्ता भयो।, परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जातीय भेदभाव तथा छुवाछुतअन्तर्गत जाहेरी दर्ता गरेको बताए।, 'पहिले सहमति गरेर सामान सारिसकेपछि जात थाहा पाएकै कारण कोठा दिइएन भन्ने उहाँको जाहेरी दर्ता भएको छ। हामीले अनुसन्धान अघि बढाएका छौं,' उनले भने, 'यसमा अनुसन्धान गरेर अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मात्रै घरबेटीलाई पक्राउ गरिन्छ।', मुनाले यसरी विभेद भोगेको यो पहिलोपटक होइन। गाउँतिर विभेद भोगिरहेकै भए पनि काठमाडौं आएपछि त्यस्तो नहोला भन्ने उनले सोचेकी थिइन्।, 'गाउँतिर त हुन्थ्यो नै, काठमाडौं आएपछि पहिलोपटक यस्तो भयो। सहरमा पनि जातीय विभेद रहेछ भन्ने थाहा पाएँ,' उनले भनिन्।, अहिले मुना भक्तपुरबाट काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ स्थित घरमा कोठा सरेकी छन्। यहाँ भने आफूमाथि विभेद नभएको उनले बताइन्।, घरबेटी कविता रायमाझी भने आफूले कुनै विभेद नगरेको दाबी गर्छिन्।, 'मैले उहाँलाई त्यस्तो केही भनेको थिइनँ। अहिले नभएको आरोप आइरहेको छ,' उनले भनिन्, 'उहाँ आफैंले कोठा छाडेर जानुभएको हो।', दलित भएकै कारण भक्तपुरमा घरबेटीले कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता
सेतोपाटी संवाददाता  ललितपुर महानगरपालिकामा  आजबाट ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदैछ।  , भोलि शनिबार भने खोप दिइने छैन। भोलि बाहेक १५ गतेसम्म विद्यालय वा वडामा रहेको स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने महानगरपालिकाले जानकारी दिएको छ। , आज वडा नम्बर १, २ र ३ का बालबालिकालाई खोप दिइने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ।, यस्तै, आइतबार वडा नम्बर ४, ५, ६ र ७ मा, सोमबार वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सञ्चालन हुनेछ।, यस्तै, १४ गते मंगलबार वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।, ललितपुर महानगरमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका तीनै जिल्लामा भारी वर्षा भइरहेको हो। , भारी वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गए रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेको छ।, विभागका अनुसार बागमती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरामा पानीको सतह बढिरहेको छ ।, यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ । , असार-१० विहान ६ बजे,#Alert, पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा ,#उच्च, सतर्कता अपनाऔ ।, — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) ,June 24, 2022, काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, 'हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक  देखी सामान्य बदली रहेको छ,' महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।', हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको महाशाखाले जनाएको छ।, काठमाडौं उपत्यकाका नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल
रासस महोत्तरीको जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।, महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।, उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ।, महोत्तरी कारागारमा कैदीको मृत्यु
सेतोपाटी संवाददाता पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ ।, पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए।, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । , हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त खण्डमा वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।, यस्तै, सङ्घीय राजधानी काठमाडौँ जोड्ने कान्ति राजपथ, त्रिभुवन राजपथ र मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ। , सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालन
नारायण खड्का लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वली र वाइसियलका नेता एकराज बस्नेतका बीचमा साढे ६ लाख जतिको लेनदेन भएको खुलेको छ।, राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेतले सोही विवरण प्रस्तुत गरेका छन्।, ‘मैले उहाँसँग ६ लाख ४० हजार रुपैयाँ पटक/पटक गरी लिएको थिएँ,’ बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो।’, गत बुधबार तुलसीपुरको एक होटलमा कार्यदलका सदस्यले एकराजलाई बोलाएर घटनाको बारेमा जानकारी लिएका थिए। त्यसक्रममा उनले घटना हुँदा आफू घरमा नरहेको तथा काम विशेषले जिल्लाबाहिर रहेको हुँदा वली एकाएक आफ्नो घरभित्र प्रवेश गरी परिवार र बच्चामाथि गरेको व्यवहारका कारण राज्यमन्त्री सजायको भागिदार हुनुपर्ने माग गरेका थिए।, रकमको लेनदेन आफूले गरेको हुँदा त्यसको जिम्मेवारी आफ्नो हुने भन्दै बस्नेतले राज्यमन्त्री वली घरमै गएर परिवार र छोरीमाथि भएको अभद्र व्यवहारको आपत्ति जनाए।, ‘राज्य मन्त्रीज्यूसँग फोन सम्पर्कमा मैले दिनुपर्ने रकम हिसाब गरी घर आएपछि मिलाउँछु भनेको थिएँ,’ एकराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,  ‘तर, उहाँले मेरो विश्वास नै नगरी घरमै गएर उपद्रो मच्चाउनु कति जायज कुरा हो!’, कारबाही भए पनि आफूमाथि भए जायज मान्न सकिने भन्दै एकराजले राज्यमन्त्री वलीले  मर्यादा भुलेर किन परिवार र बच्चालाई अभद्र व्यवहार गरेको भनेर उल्टै कार्यदलका पदाधिकारीहरूलाई प्रश्न सोधेका थिए।, उनीहरूबीच लेनदेनको विषयमा मात्र कुराकानी भएको थियो।, राज्यमन्त्री वलीले भने बस्नेतले आफूबाट झन्डै ३५ लाख जति पैसा सापटी लगेको र माग्दा नदिएको भन्ने कुरा चर्चामा छ। तर,  राज्यमन्त्री वलीनिकट एक व्यक्तिले पनि एकराजले वलीसँग जम्मा साढे ६ लाख जति मात्र लिएको बुझिएको बताए।, उनले भने, ‘उहाँ (वली) सँग मैले केही दिन पहिलेमात्रै एकराजले कति रकम लगेका हुन् भनेर सोधेको थिएँ र त्यसक्रममा राज्यमन्त्री वलीले जम्मा साढे ६ लाख मात्रै रकम लगेको बताउनु भएको हो।’, पछिल्लो समय राज्यमन्त्री वलीले आफूले सापटी दिएको पैसा पटक/पटक माग्दा पनि नदिएको हुँदा बाध्य भएर पैसा माग्न घरै जानु परेको र आफूलाई त्यहाँ षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गर्दै आएकी छन्।, यद्यपि उनीहरूबीचको प्रेम प्रसंग पनि चर्चाको विषय बन्दै आएको छ।, राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आयोगको टोली तुलसीपुरमा आएर सरोकारवालाहरूसँग छलफलपछि बिहीबार फर्किएको थियो।, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको उक्त टोली गत मंगलबार दाङको तुलसीपुर आएको थियो।, जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना र साढे ३ वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्। घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।, उक्त कार्यदलमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन्।, उक्त टोली आएर घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारीसँग सोधपुछ तथा छलफल गरी फर्किएको मन्त्री शर्माले जानकारी दिएका थिए। यो टोलीले घटनाको बारेमा प्रहरी र पीडितको घरमै पुगेर सोधपुछ तथा जानकारी लिएको थियो।, आफूहरूलाई दिएको समय सीमाभित्रै सकभर प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने मन्त्री शर्माले जानकारी दिए।  , अबको ५/६ दिन भित्रमा प्रतिवेदन सार्वजनिक भइसक्ने उनले जानकारी दिए।, मन्त्री शर्मासहित नेतृत्वको छानबिन कार्यदल बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर घटनाबारे जानकारी लिएपछि पीडित मीना भण्डारी बस्नेतको घरमा पुगेको थियो।, राज्यमन्त्री वलीमाथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट र दुर्व्यवहार गर्नुका साथै लत्ताकपडा फाल्ने जस्ता हर्कतहरू गरेको घटनालगत्तै मीनाले बताएकी थिइन्।, राज्यमन्त्री वली उत्तरकुमार वलीकी श्रीमती हुन्। उत्तर २०७४ सालमा नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए।, २०७५ माघमा वलीले हाँकेको कारलाई लमही–घोराही सडक खण्डमा बसले ठक्कर दिएपछि गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि रिक्त रहेको ठाउँमा २०७६ मंसिरमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाएको थियो। उनी निर्वाचित भएपछि दल रोज्ने क्रममा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्। , यी नै वलीका कारण कुनै दिन नेकपा एमालेका महासचिव मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो भने अहिलेका नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्री बनेका थिए । , छानबिन कार्यदलमा एकराजले भने- राज्यमन्त्री वलीसँग साढे ६ लाख लिएको थिएँ
सेतोपाटी संवाददाता काभ्रेमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। , दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए। , उनकाअनुसार शुक्रबार दिउँसो साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको हो।, घाइते सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको जनाइएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको छ। , साँगाबाट बनेपा गइरहेको बस दुर्घटना, चार जना गम्भीर घाइते
सेतोपाटी संवाददाता बाँके प्रहरीले १९ लाख मूल्य बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको छ। , भन्सार छली गरी चोरी पैठारी गरेको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल्सबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले सेतोपाटीलाई बताए। , खरिद बिक्रिको कुनै कागजात नभएको १८ लाख २० हजार मूल्य बराबरको उक्त चिनी र एक लाख सात हजार मूल्य बराबरको बोडीको दाल बरामद भएको प्रहरी निरीक्षक पालले जानकारी दिए । , भन्सारी छलीको खाद्यान्न बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले बिहीबार राति ९ बजे सामान बरामद गरेको थियो। , प्रहरीका अनुसार बरामद भएको सामाग्री भन्सार कार्यालय पठाइएको छ।,  , १९ लाख बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद
सेतोपाटी संवाददाता प्रहरीले कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका फरार अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-७ गौरीघाटका २५ वर्षीय विवेक मल्ललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार २०७७ साल जेठ २ गते मोरङ घर भई काठमाडौंको कुमारीगाल बस्दै आएका १९ वर्षीय उज्वल काफ्लेको मल्लले हत्या गरेका थिए। , ‍मल्ल उपत्यका विभिन्न ठाउँमा चोरी तथा ठगीको मुद्दामा समेत फरार भएको प्रहरी उपरीक्षक कोइरालाले बताए।, प्रहरीले उनलाई बिहीबार उदयपुर कटारी नगरपालिका-६ चुहाडबाट पक्राउ गरेको हो।, प्रहरीले आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाएको जनाएको छ।, कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित नियन्त्रणमा लिएको छ।, सिराहाका निरन्जन कुमार सिंहलाई सुनको ब्रासलेटसहित नियन्त्रणमा लिएको भन्सार कार्यालयका प्रमुख महेश भट्टराइले जानकारी दिए। , उनका अनुसार सिंहले सनसिल्क स्याम्पूको झोलमा मिसाएर १०० ग्राम सुन लुकाएर ल्याएका हुन्।, भट्टराईका अनुसार उनी शुक्रबार बिहानको फ्लाइटमा नेपाल आएका हुन्। उनी सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत् ओमनबाट नेपाल आएका हुन्। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,  , त्रिभुवन विमानस्थलबाट स्याम्पूको झोलमा सुनको ब्रासलेट लुकाएर ल्याएको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता रूपन्देहीमा शनिबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरूद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले यसअघि १२ वर्षदेखि माथिका नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसकिएको र शनिबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालिबालिकालाई लगाउने तयारी गरिएको जनाएको हो।, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले खोप कार्यक्रमका लागि जिल्लाका १६ वटा पालिकामा ९ सय ६६ वटा खोप केन्द्र तय गरिएको जानकारी दिए।, खोप कार्यक्रमलाई प्रभावकारी बनाउन र सबै बालबालिकालाई पहुँचमा पुर्‍याउन पालिकाका प्रमुख, शिक्षा शाखा प्रमुख र शिक्षा समन्वय समितिले सहकार्य र समन्वय गरिरहेका छन्।, विद्यालय उमेर समूहका बालबालिकालाई नै खोप लगाइने भएकोले कतिपय विद्यालयहरूमा वर्षे बिदा भए पनि विद्यालयहरूलाई नै खोप केन्द्र तोकिएको ढकालले जानकारी दिए।, जिल्लामा रहेका ५ देखि ११ वर्ष उमेर समूहका १ लाख ४४ हजार ८ सय ५५ जना बालबालिकालाई दुई चरणमा गरी खोप लगाइने छ। जसअनुसार असार ११ गतेदेखि तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा ओमसतिया र रोहिणी गाउँपालिकामा पहिलो चरणमा खोप दिइने तयारी गरिएको छ।, यस्तै, दोस्रो चरणमा असार १५ गतेदेखि बुटवल उपमहानगरपालिकासँगै सैनामैना र सिद्धार्थनगर नगरपालिका तथा कञ्चन, गैंडहवा, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने खोप अधिकृत भेषराज शर्माले जानकारी दिए।, शर्माका अनुसार खोपको लागि १ हजार ५२ जना खोप कार्यकर्ता र १ हजार ८ सय ९२ जना स्वयंसेवक परिचालन गरिने छ।, कुल १० लाख ८७ हजार जनसंख्या रहेको रूपन्देहीमा १२ वर्षभन्दा माथिका ८ लाख ४२ हजार जनाले कोरोना विरूद्धको दुइटै डोज खोप लगाइसकेको खोप अधिकृत भेषराज शर्माले जानकारी दिए।, जिल्लामा ८ लाख ३५ हजार ७ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहे पनि बाहिरी जिल्लाबाट आएका समेत गरी लक्ष्यभन्दा बढीले खोप लगाएको कार्यालयको दाबी छ।  , नेपालमा कोरोना विरूद्धको खोपको पहिले मात्रा लगाउनेमा ८५ प्रतिशत र दोस्रो मात्रा समेत लगाउने ७० प्रतिशत रहे पनि रूपन्देहीमा भने १ सय २ प्रतिशतले खोप लगाएको शर्माले दाबी गरे।, रूपन्देहीमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई शनिबारदेखि कोरोना विरूद्धको खोप लगाइँदै
किरणराज रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालको प्रायः समय अचेल काजलकलीको स्वास्थ्योपचारमा बितिरहेको छ।, काजलकली नेपाल आएको करिब ५ वर्ष हुन लाग्यो। नेपाल आउँदा दुबै कञ्चट बसेको दुब्लो पातलो हात्ती काजलकलीको स्वास्थ्योपचार उनले सुरुआती दिनबाटै गरेका थिए। अहिले काजलकली उभिन नसक्ने अवस्थामा पुगेकी छ। तेस्रो पटक लडेपछि उसको स्वास्थ्य, हेरचाह र उपचारको विषयमा विभिन्न टीका-टिप्पणी भइरहेका छन्। वन्यजन्तुको अधिकारका लागि काम गर्ने संस्था, व्यक्तिहरूले सरकारी बेवास्ताका कारण काजलकली यो अवस्थामा पुगेको आरोप लगाउने गरेका छन्।, केही महिनाअघि बिक्री भएपछि भारततर्फ लगिँदै गरेकी काजलकलीलाई प्रहरीले नियन्त्रणमा लिएर सौराहा फिर्ता गरेको थियो। त्यसको केही समयपछि ऊ थला पर्न थालेकी थिई। उपचारमा निरन्तर लागेका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालले काजलकलीको सुरूदेखि अहिलेसम्मको स्वास्थ्य अवस्थाको विवरण सेतोपाटीलाई उपलब्ध गराएका छन्।, काजलकली करिब पाँच वर्षअघि सौराहा आइपुग्दा नै स्वस्थ अवस्थामा थिइन। ऊ ख्याउटे, दुब्लो कन्चट भएको र बुढी थिई। यहाँ आइपुग्नेबित्तिक्कै हाम्रो टिम गएर परीक्षण गरी आवश्यक जुका, नाम्ले विरूद्धको औषधी, खनिज, भिटामिन तथा फोस्फोरसको सुई लगाइयो।, बिस्तारै उसमा सुधार आउन थाल्यो। त्यसपछि उसले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आवद्ध भएर करिब २ वर्षसम्म स्वस्थ रही राम्रो सँग खानपिन र नियमित कार्य गरी। काजलकली पर्यटकलाई बोकेर जंगलभित्र घुमाउँथी। तर यो क्रम धेरै लामो चल्न सकेन। उसले कम दानापानी खान थाली र दुब्लाउँदै गई। हामी निरन्तर निगरानी गरिरहेका थियौं।, उसले खाना पचाउन छाडेको देखियो। खाना नपच्दाको असर दिसा देखिन थाल्यो। यसको उपचारका लागि आवश्यक औषधी दियौं, तर खासै परिवर्तन आएन।, हात्तीको जीवनमा ६ पटकसम्म दाँत फेरिने गर्दछ र यस हात्तीको चपाउने दाँत नभएको कारणले खाना नपचेको, ठूला-ठूला लिडा आउन थालेको हुनाले काजलकली बुढी भएको निष्कर्ष निकाली यसबाट अब काम लिन नसकिने कुराको जानकारी गरायौं।, उसका मालिकले काजलकलीलाई भारतीयलाई बेचिदिए।, यो पनि पढ्नुस्: , साहुले भारतीयलाई बेचिदिएकी काजलकली सौराहामा ढली, काजलकलीलाई भारततर्फ पठाउँदै गर्दा मकवानपुरको मनहरी गाँउपालिका पुगेपछि प्रशासनले समात्यो। त्यहाँबाट फर्काएर पुनः चितवनको सौराहास्थित होटल पार्कसाइड ल्याइयो।, हात्ती बिरामी भएको खबर प्राप्त भए पछि हामीले निरन्तर उपचार गरिरहयौं। हात्तीमा कुनै प्रकारको परिवर्तन नआई झनै दुब्लाउँदै गयो। खाएको नपच्ने समस्या भएको हुँदा पचाउन सजिलो होस् भनेर उसलाई धान उसिनेर कुची बनाएर खुवाउने र प्रशस्त घाँस खुवाउने सल्लाह दियौं। सोही अनुसार खुवाउँदा पनि कुनै परिवर्तन नआएपछि काजलकलीलाई खीर (भेली मिसाइएको भात) खुवाउन थालियो।, सोही क्रममा उसको रगतको नमूना संकलन गरी क्षयरोगको परीक्षणका साथै अन्य परीक्षण पनि गरियो। कुनै खराबी देखिएन तर काजलकली दुब्लाउँदै गइरहेकी थिई। केही समयपछि ऊ उभिन नसक्ने भई र ढली। जेठ ९ गते खबर पाएपछि हाम्रो टिम सोही हात्तीसारमा गई आवश्यक स्लाइन, भिटामिन नसाको माध्यमबाट दिएपछि, जेसिबीको सहायताले उठाउन सफल भयौं। उपचार निरन्तर जारी राख्यौं। १ हप्तापछि जेठ १७ गते काजलकली फेरि ढली। पहिलेको जस्तै गरी फेरि उठाइयो।, ढलेको कारणले शरीरका विभिन्न भागमा घाउ र कमजोर भएको कारणले रक्त सञ्चार नभएका कारण छाती र भुँडीको वरिपरि पानी जम्मा भएको थियो। काजलकली झन् कमजोर हुँदै गएकी थिई। असार २ गते  ऊ फेरि ढली।, हाम्रो टिमले अब ऊ उठ्न सक्दिनँ, अब उठाउन खोज्नु उसलाई थप पीडा मात्रै हुने निष्कर्ष निकाली उठाउनेतिर लाग्न भन्दा शरीरका घाउ सफा गर्ने, कीरा पर्न नदिने, पीडा कम गर्न दु:खाइ कम गर्ने औषधी निरन्तर दिने गरिरहेका छौं।, हाम्रो ज्ञान र अनुभवको आधारमा प्राकृतिक रूपमै बुढी भएको कारणले यो अवस्थामा पुगेको सहज अनुमान गर्न सकिन्छ।, हात्तीको संरक्षण र उपचारमा नियमित रूपमा लागि रहँदा यस्ता दु:खद घटना हुने गर्दछन्। सबै जीवमा जन्मपछि मृत्यु निश्चित छ। यसलाई सहज रूपमा लिनुपर्दछ। हाम्रो अनुभवमा बुढो हात्ती ढलेको २ दिनमा, ७ दिनमा, २५ दिनमा र २९ दिनसम्ममा मरेको देखिएका छन्। अर्ध वयस्क हात्ती ढलेको १६ दिनको अथक प्रयासबाट पनि उठाइएको छ। यसैगरी उठेको अर्ध वयस्क हात्ती लक्ष्मणगजले हाल राम्रोसँग कामकाज गरिरहेको छ, जसको फोटो नेपाली रुपैयाँ एक हजारको नोटमा पनि छ।, काजलकली भने फेरि उठेर हिँड्न सक्ने सम्भावना झिनो छ।, (रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक हुन्।), कसरी यस्ती भई काजलकली?
सेतोपाटी संवाददाता दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको छ।, आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जनाए।, उनका अनुसार भारतीय पक्षको पत्राचारपछि नाका सिल गरिएको हो।, ‘शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका सिल हुनेछ,’ डिएसपी महतोले भने।, उनका अनुसार अत्यावश्यक बाहेकका काममा नाका वारपारमा पूर्ण निषेध गरिएको छ। नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन्।, विशेषगरी बिरामी, असहाय र अशक्तहरूलाई नाका वारपारमा समस्या भएको छ।, दार्जिलिङसहित मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा जिटिए चुनाव हुँदैछ।, जिटिएको संवैधानिक अस्तित्वमाथि प्रश्न गर्दै चुनाव खारेजीको विरोधमा केही समयअघि कोलकातास्थित उच्च न्यायालयमा रिट परेको थियो। न्यायालयले शुक्रबार चुनावको पक्षमा फैसला गरेपछि चुनाव हुने निश्चित भएको हो।, पूर्वका भारतसँगका नाका ७२ घण्टाका लागि सिल
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४३ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ५५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार  ८५२ जनाको पिसिआर र एक ७०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८१ जना सक्रिय संक्रमित छन्।, १४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए ४३ कोरोना संक्रमित, सक्रिय १८१
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंका राम्रा सामुदायिक विद्यालयबारे शृंखला लेख्ने क्रममा यसपटक हाम्रो छनोटमा परेको छ क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय।, नामै काफी छ भनेझैं यस विद्यालयमा छात्रा मात्र पढ्छन्। , हालैको एक दिन हामी विद्यालय पुग्यौं। छत्रपाटी चिकित्सालय नजिकै विद्यालयको गेट छ। गेटबाट प्रवेश गर्नासाथ हरियालीले ढाकिएको, ठूलो नै भन्न मिल्ने चउर छ। सामुन्नेमा छ एउटा पोखरी र बगैंचा। विद्यालय भवन आकर्षक छ।, राजधानीको पुरानो घना बस्तीबीच यति फराकिलो विद्यालय परिसर भेटिनु अनौठो लाग्दो रहेछ। यति भव्य विद्यालयमा कति विद्यार्थी पढ्लान्? विद्यालयको भौतिक संरचना मात्र भव्य हो कि यो भव्यताको उपयोग पनि हुन पाएको छ? शिक्षण–सिकाइ क्रियाकलाप र उपलब्धि कस्तो होला?, प्रथम दृष्टिमै यस्ता जिज्ञासाहरू उत्पन्न भए।, विद्यालयको चउरमै भैटिए विद्यालय पोशाकमा सजिएका प्रधानाध्यापक घनश्याम न्यौपाने।, हामीले जिज्ञासा राख्यौं– विद्यालय क्षेत्र निकै ठूलो रहेछ नि!, प्रसन्न मुद्रामा उनले भने, '(काठमाडौंका) सामुदायिक विद्यालयमा सबभन्दा धेरै क्षेत्रफल भएको विद्यालयभित्र पर्छ कन्या मन्दिर।' , फेरि सोध्यौं, 'काठमाडौंका अरू विद्यालयको तुलनामा कन्या मन्दिर चिनाउने फरक विशेषता चाहिँ के हो त?', प्रधानाध्यापक न्यौपानेका अनुसार यस विद्यालयमा कुल नौ सय जना छात्रा छन्। तीमध्ये १० प्रतिशत मुस्लिम समुदायका छन्।, उनले भने, 'हाम्रो विद्यालयले मुस्लिम समुदायका छोरीहरूको पढाइलाई प्राथमिकता दिएको छ। उनीहरू यहीँ पढ्न मन पराउँछन्।', हामीले पनि मुस्लिम समुदायकै एक छात्रासँग कुरा गर्‍यौं। उनी सेतो रङको कुर्ता, हरियो सुरूवाल र सेतै सलमा थिइन्। सलले कपाल पूरै छोपेकी थिइन्।, खास कारण के रहेछ भने विद्यालयले तोकेको युनिफर्म मुस्लिम छात्राका लागि अनिवार्य रहेनछ। उनीहरू आफ्नो परम्परा अनुसारको पोशाकमा स्कुल आउन पाउने रहेछन्। सोही अनुसारको युनिफर्म तोकिएको रहेछ। यस्तो सुविधाले मुस्लिम समुदायका छात्रालाई सहज भएको ती छात्राले बताइन्। , ती छात्राले घन्टाघरको मदरसा (मुस्लिम समुदायका विद्यार्थीहरू पढ्ने विद्यालय) मा कक्षा आठसम्म पढिन्। नौ कक्षा पढ्न कन्या मन्दिरमा पुगेकी हुन्। अहिले दस कक्षामा पढ्दैछिन्। उनलाई कन्या मन्दिरको वातावरण र पठनपाठन सबै राम्रो लाग्छ। , विद्यालयको पठनपाठनमा प्रविधि उपयोग हुन्छ। सबै कक्षाकोठामा इन्टरनेट छ। प्रधानाध्यापक न्यौपानेका अनुसार शिक्षण–सिकाइमा प्रोजेक्टर प्रयोग हुन्छ।, उनले भने, 'स्मार्ट बोर्ड, प्रोजेक्टर, कम्प्युटर ल्याब, पुस्तकालय र इन्टरनेट सुविधायुक्त कक्षाकोठा विद्यालयको विशेषता र आकर्षण हो।', आर्थिक वर्ष २०७७/७८ मा 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' अन्तर्गत प्राप्त पाँच लाख रूपैयाँ बजेटबाट विद्यालयले कक्षाकोठा आधुनिक शिक्षण क्रियाकलाप अनुकूल बनाउन थालेको हो। यो बजेट निकै थोरै हो। हरेक कक्षामा आधुनिक प्रविधि जडानका लागि आर्थिक स्रोत खोजिरहेको प्रधानाध्यापक न्यौपानेले बताए। , प्रधानाध्यापक न्यौपानेका अनुसार कन्या मन्दिर राणाकालमा छोरीलाई शिक्षा दिन सामुदायस्तरबाट २००३ सालमा खोलिएको नेपालको पहिलो कन्या विद्यालय हो। न्ह्योखा, भजनालय पाटीमा विद्यालय सुरू हुँदा १३ जना विद्यार्थी थिए। तीमध्ये २००८ सालमा पहिलो पटक पाँच जना विद्यार्थी एसएलसी परीक्षामा सामेल भएका थिए। , निजी स्कुल छ्यापछ्याप्ती नहुँदासम्म कन्या मन्दिरमा विद्यार्थी थेगिनसक्नु नै हुन्थ्यो। निजी स्कुल बढ्दै जाँदा अधिकांश सामुदायिक स्कुलमा विद्यार्थी कम हुँदै गए। प्रधानाध्यापक न्यौपानेका अनुसार करिब ४० वर्षअघि कन्या मन्दिरमा पन्ध्र सय हाराहारी विद्यार्थी थिए।, काठमाडौंको जनसंख्या बढ्दै जाँदा विद्यार्थी बढ्नु पर्नेमा करिब बीस वर्षअघि घटेर पाँच सयमा झर्‍यो। दस वर्षअघि त कन्या मन्दिरमा जम्मा तीन सय विद्यार्थी भए। , 'विद्यार्थी घट्नुको मुख्य कारण पढाइको माध्यम थियो। सामुदायिक स्कुलमा नेपाली (भाषा) माध्यममा पढाइ हुन्थ्यो। निजीले अंग्रेजीमा पढाउने,' न्यौपानेले भने, 'अनि अंग्रेजीको लोभले अभिभावकले छोरीहरूलाई निजीमै पढाउन थाले।', माध्यम भाषाकै कारण विद्यार्थी निजीतिर मात्रै जाने हो भने त सामुदायिक स्कुल बन्द हुने स्थिति भयो। कन्या मन्दिरको पनि नियति यस्तै हुने देखियो। सामुदायिक विद्यालय जोगाउनै पनि अभिभावकको रूचि ध्यानमा राखेर अंग्रेजी माध्यममा पढाउन पर्ने अवस्था आइलाग्यो। कन्या मन्दिरले अंग्रेजीमा पढ्न चाहने विद्यार्थीका लागि त्यो सुविधा उपलब्ध गरायो। , सरकारले पनि सामुदायिक स्कुलका विद्यार्थीलाई विभिन्न सुविधा दिने भयो। निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, उच्च शिक्षामा अग्राधिकार लगायत सुविधा र अंग्रेजीमा पढाइ हुने भएपछि कन्या मन्दिरमा भर्ना बढ्न थाल्यो। केही वर्षयता हरेक शैक्षिक वर्षमा डेढ सय जनासम्म नयाँ विद्यार्थी भर्ना हुन्छन्।, 'छात्रा मात्र पढ्ने विद्यालयमा यति विद्यार्थी संख्या ठूलो हो,' न्यौपाने भन्छन्, 'शिक्षकहरूको मेहनतका कारण पछिल्लो वर्ष विद्यार्थी बढेका हुन्। आकर्षक विद्यालय परिसर र भौतिक सुविधा अर्को कारण हो।', २०७२ सालको भूकम्पले भवनमा क्षति पुर्‍याएको थियो। त्यो बेला दुई सत्रमा कक्षा चलाएर व्यवस्थापन गरे पनि नयाँ विद्यार्थी थप्ने सक्ने अवस्था भएन। पछि युएसआइडी (युनाइटेड स्टेट्स एजेन्सी इन्टरनेसनल डेभलपमेन्ट) ले विद्यालय पुनर्निर्माण गरिदियो। करिब ७१ करोड रूपैयाँ लगानीमा विद्यालय भवन र छुट्टै सेमिनार भवन बने। नयाँ भवनमा २०७८ साल भदौदेखि पढाइ सुरू भयो। , यो स्कुलमा एक हजार जनासम्म विद्यार्थी पढ्न सक्छन्। हाल नर्सरीदेखि कक्षा दससम्म पाँच सय तथा कक्षा एघार र बाह्रमा चार सय गरी कुल नौ सय जना छन्। सबैभन्दा कम विद्यार्थी भएको कक्षामा २५ जना छन्। सबैभन्दा बढी, कक्षा नौमा, ९० जना छन्।, स्कुलमा पुस्तकालय छ जहाँ विद्यार्थीहरू आफ्नो अनुकूल समयमा जान पाउँछन्। विद्यार्थी र शिक्षकका लागि उपयोगी, साहित्यिक र अन्य पुस्तक त्यहाँ छन्।, 'नयाँ भवनमा सरेपछि पुस्तकालयको राम्रो व्यवस्था गरेका छौं,' प्रधानाध्यापक न्यौपाने भन्छन्, 'यहाँ विद्यालयका लागि चाहिने सबै पुस्तक छन्। इन्टरनेटमार्फत पढ्न ट्याब पनि राखेका छौं।', अब स्कुलले सय जनासम्म बस्न सक्ने छात्रावास सञ्चालनमा गर्ने तयारी गरेको छ। यसका लागि विद्यालय परिसरमा ठाउँ छ। अशक्त र असहाय छात्राको अग्राधिकार हुने गरी छात्रावास सञ्चालन हुने प्रधानाध्यापक न्यौपानेले बताए।, अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धाका लागि हिमालका नामबाट विद्यार्थीका समूह बनाइका छन्। खेलकुद प्राथमिकतामा छ। विद्यालयका छात्राहरू राष्ट्रिय प्रतियोगिताहरूमा पनि सहभागी हुन्छन्। महानगरको क्षेत्र नम्बर ७ मा महिला खेलमा कन्या मन्दिरका छात्रा अग्रस्थानमा छन्। कबड्डीमा छ जना छात्रा राष्ट्रिय स्तरमा खेल्दै छन्। बास्केटबल र भलिबलमा पनि यहाँका विद्यार्थीहरू अगाडि छन्। भलिबल सिकाउन कोच विद्यालयमै छन्। , शैक्षिक सीप अभिवृद्धि गर्ने, वादविवाद, वक्तृता, हाजिरीजवाफ, निबन्ध र कथा लेखनजस्ता आन्तरिक प्रतिस्पर्धा स्कुलले गरिरहन्छ। यहाँका छात्राका लागि क्षेत्रपाटी चिकित्सालयमा निःशुल्क उपचार सुविधा पनि छ।, एउटा प्रसिद्ध भनाइ छ– एक जना महिला शिक्षित हुँदा परिवारै शिक्षित हुन्छ।, यही कथनको प्रतीक हो कन्या मन्दिर माध्यमिक विद्यालय। , शिक्षक गीता कुमारी अधिकारीले प्रतीकात्मक रूपमा भनिन्, 'कन्या मन्दिरका नवमञ्जरी, कोपिला, कुसुमहरू मेरा लागि अत्यन्त प्रिय छन्। यिनीहरूको भविष्य निर्माणमा सानो भए पनि इँटा थप्न प्रयत्नशील छु।' , कन्या मन्दिर काठमाडौं महानगरको नमूना विद्यालय हो। गत वर्ष काठमाडौं महानगरले 'एक वडा, एक नमुना' विद्यालय छनौट गर्दा वडा नम्बर ७ बाट कन्या मन्दिर परेको हो। साढे सात दशक लामो शैक्षिक इतिहास रहेको कन्या मन्दिर माध्यमिक विद्यालय इतिहासको गौरव राख्न सफल छ।, सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, , काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी, नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल
सेतोपाटी संवाददाता देशभरिबाट अडिसन गरी नेता छान्ने भनिएको टेलिभिजन कार्यक्रम ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्क एक हजार रुपैयाँ तिरेका ३०९ जनाले अझै पैसा फिर्ता नपाएको देखिएको छ।, शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताए।, आफू उक्त कार्यक्रम सञ्चालकमात्रै भए पनि मानिसहरूले आफूलाई हेरेर रजिष्ट्रेसन गरेकाले सबैको पैसा फिर्ता गर्न आफूले पहल गर्ने लामिछानेको भनाइ छ।, यसअघि पनि धेरै पटक इच्छुकले पैसा फिर्ता लैजान सार्वजनिक रूपमा भनिएको भए पनि सबैसम्म सूचना पुर्‍याउन नसकिएकाले केहीले अझै पैसा फिर्ता नपाएको उनले बताए।, उक्त कार्यक्रमका लागि ११९२ जनाले रजिष्ट्रेसन गरेकामा ८८३ जनाले पैसा फिर्ता लिइसकेको लामिछानेले बताए।, पैसा फिर्ता लिनका लागि सम्पर्क गर्न उनले मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। मोबाइल नम्बरहरू ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ मा सम्पर्क गरी पैसा फिर्ता लिन सकिने उनले बताए।, २०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गरिएको थियो।, सात प्रदेशका विभिन्न स्थान र विदेशमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने लामिछानेले बताएका थिए।, 'द लिडर' का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने भनिएको थियो। कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए।, सुरूमा ‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाइलो टिभी एचडी र गुन्द्रुक एपबाट प्रसारण हुने भनिएको थियो। लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरकेमा गएपछि यो कार्यक्रम त्यहीँ प्रसारण हुने अपेक्षा गरिएको थियो।, कार्यक्रम उत्पादक एसआरबिएन मिडियाका प्रमुख कार्यकारी विपिनकुमार आचार्य पनि लामिछानेको टिममै थिए। लामिछाने ग्यालेक्सी फोरके गएपछि उनी पनि त्यहीँ गएका थिए। आचार्य अहिले ग्यालेक्सी फोरकेमै क्रियटिभ डाइरेक्टर छन्।, आचार्यले पनि रजिष्ट्रेशन गरेकाहरू पैसा फिर्ता दिन आफूहरू तयार रहेको बताए।, ‘पहिलो कुरा हामी कार्यक्रम गर्ने कि नगर्ने भन्ने अझै निर्णयमा पुगिसकेका छैनौं। सुरूमा कोरोनाले रोकियो। अहिले रवि सर राजनीतिमा जानुभयो। अब अर्को सञ्चालक राखेर कार्यक्रम गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बाँकी छ,’ आचार्यले भने, ‘रजिस्ट्रेसन गरेका केहीले अहिले पैसा फिर्ता लिँदैनौं, पछि कार्यक्रम भयो भने सहभागी हुन्छौं भन्नुभएको छ।’, पैसा फिर्ता लिन चाहनेलाई एक हजारमा सय रूपैयाँ ब्याज थपेर एक हजार एक सय दिने उनले बताए। सय रूपैयाँ ब्याजको हिसाब कुन आधारमा निकालिएको भन्ने चाहिँ उनले स्पष्ट पारेनन्।, फिर्ता लिन चाहनेलाई विभिन्न वालेट, बैंक खाता र  प्रत्यक्ष नगद दिने गरिएको उनले बताए।, ‘हामीले त्यो रकम चलाएका छैनौं, राखेका मात्र छौं। लिन्छु भन्ने जति सबैको पैसा फिर्ता गरिदिन्छौं,’ आचार्यले भने।, ३०९ जनाले फिर्ता पाएका छैनन् ‘द लिडर’ लाई तिरेको दर्ता शुल्क
शोभा शर्मा जिल्ला न्यायाधीशलाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउन प्रयास गरेका रूद्रप्रसाद पोखरेल झापा गौरादह स्थायी घर भएका कानुन व्यवसायी हुन्।, उनी २०५१ सालदेखि नै वकालत गर्दै आएका छन्। उनले २०५३ सालमा अधिवक्ताको लाइसेन्स लिएर वकालत गर्न थालेका थिए। अहिले उनको ल फर्म आरपी पोखरेल एन्ड एसोसिएट काठमाडौंको अनामनगरमा छ।, पोखरेल चन्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए। एमाले पार्टीनिकट पोखरेलले वाम कानुन व्यवसायी समूहका तर्फबाट कोषाध्यक्ष जितेका थिए। पोखरेल पाटन बार एसोसिएसनमा २०७०-७३ सम्म अध्यक्ष थिए। उनी एमाले कानुन विभागका सदस्य पनि हुन्। इच्छाराज तामाङ पनि एमालेका पूर्व सांसद हुन्। उनी दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका थिए।, पोखरेलको घर भएको गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ। त्यसैले पनि एमाले अध्यक्ष ओलीसँग उनको राम्रो सम्बन्ध छ। प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गरेपछि पोखरेलले त्यसका पक्षमा सर्वोच्च अदालतमा बहस गरेका थिए।, पोखरेलको सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि नजिकको सम्बन्ध छ। नेपाल बार एसोसिएसनले राणालाई हटाउन आन्दोलन गरिरहेका बेला पोखरेल उनको समर्थनमा उत्रिएका थिए। नेपाल बारले आन्दोलन थालेपछि र सर्वोच्चका न्यायाधीशहरूले बेन्च बहिष्कार गरेपछि त्यसलाई चुनौती दिँदै पोखरेल मुद्दा लिएर अदालतमा बहस गर्न गएका थिए।, उनले नेपाल बारले गरेको आन्दोलन बेठिक भएको भन्दै राणाको राजीनामा मागेर आन्दोलन गर्न नहुने तर्क गरेका थिए।, राणासँग निकटको सम्बन्ध बनाएका पोखरेलले अदालतमा न्यायाधीश र मुद्दाका पक्षबीच बिचौलियाको काम गरेर सेटिङमा मुद्दा फैसला गराउने गरेको कतिपय वकिलहरूको आरोप छ।, न्यायाधीशसँग घुसको डिल गरेको अडिओ सार्वजनिक भएपछि न्याय परिषदका एक सदस्यले सेतोपाटीसँग भने, ‘यो मान्छे त चोर ठानेको चण्डाल निस्कियो!’, जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ न्युज-२४  टेलिभिजनमा  प्रसारण भएको थियो।, झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भन्छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्।, सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत भएको अडियो सम्वादबाट प्रष्ट हुन्छ।, सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।, जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ।, अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए। काठमाडौंका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि न्यायाधीश कोइरालाले तामाङलाई थुनामा पठाएको यो प्रकरणलाई नजिकबाट हेरेका एक अधिवक्ताले बताए।, अडिओ सार्वजनिक भएपछि सेतोपाटीले यसबारे पोखरेलसँग कुरा गर्न खोजेको थियो। उनको मोबाइल फोन स्वीच अफ छ।, को हुन् इच्छाराजलाई धरौटीमा छाड्न न्यायाधीशसँग २ करोड घुस डिल गर्ने रूद्र पोखरेल?
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५७५ जनाको पिसिआर र ८५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १४२ जना सक्रिय संक्रमित छन्।, १० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २ हजार ४२५ मा परीक्षण गर्दा ३१ जनालाई कोरोना संक्रमण
सेतोपाटी संवाददाता स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन्। , बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन्। , पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए। उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरूले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए।, सञ्चालक प्रसाईँले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए। उनले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बिएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पुर्‍याउने गरी उपचार दिने बताए। , ‘सरकारले स्वास्थ्य बीमामा १ खर्ब ३ अर्ब छुट्याउनु तलदेखि माथिसम्म मिलाएर खान हो। त्यहाँ एउटै काम हुँदैन। स्वास्थ्य बीमाको लागि मेची अञ्चललाई सरकारले ३ अर्ब दियो भने त्यो क्षेत्रका सबै जनता बिरामी हुँदा निको बनाउने काम मेरो भयो,’ उनले भने, ‘सरकारले स्वास्थ्य बीमा बापतको रकम असार २० गतेसम्म भुक्तानी नदिए स्वास्थ्य बीमा सेवा बन्द गरिन्छ। सरकारी अस्पताल टिचिङमा ८ करोड रकम पुग्दा सेवा बन्द गर्नेभयो । त्यहाँ सबै तलवभत्ता सरकारले खुवाउँछ, धरानको सरकारले खुवाउँछ बन्द गर्नेभयो । हामीलाई कसले दिन्छ?’, सरकारले सहयोग गरे मेचीका ३२ लाख जनतालाई घरबाट एम्बुलेन्स लिएर गएर घरमा नै पुर्‍याउने गरी उपचार दिन तयार रहेको उनले बताए। ‘किन सरकारले १ खर्ब बजेट छुट्याउनु पर्‍यो, ५० अर्बमा हामी काम गरिदिन्छौं। बिरामी भएका जनताले उपचार गर्ने हो नभएकाले होइन।’, उनले जनतालाई भ्रम छरिएको भन्दै स्वास्थ्य बीमा गरेपछि सबै निःशुल्क उपचार नपाइने जिकिर गरे। ‘बीमाको एउटा कुन औषधी दिने सीमा रहेको छ । अब सरकारले स्वास्थ्य बीमामार्फत अस्पतालमा उपचार गर्दा १ लाख रकम लाग्दा ५० हजार सरकारले तिर्ने र सिधै अस्पतालमा जाने वातावरण बनाउनुपर्छ,’ उनले भने।, सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरे। उनले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताए। प्रसाईंले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गरे। , उनले अब नेपालमा नर्सिङ समेत पढ्नै नपाइने अवस्था आउन लागेको बताए। प्रसाईंले नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गरे।, ‘अबको पाँच वर्षमा नेपालका सबै अस्पतालहरु बन्द हुँदैछन्। किनकि, गोविन्द केसी अनसन बसेर चिकित्सा शिक्षा ऐन आयो। त्यो ऐनले देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द गर्‍यो । भएका कलेज बन्द भएकाले नर्सिङ नेपालमा पढ्न नपाउने भएका नर्सहरु विदेश जाने गरिएको छ। नर्स उत्पादन हुने अवस्था छैन’, उनले भने, ‘अबको ७ वर्षमा उत्पादन भएका नर्स सकिँदै जान्छन्। त्यसपछि भारत र फिलिपिन्सबाट नर्स ल्याउनुपर्ने हुन्छ। मैले अहिले शुरुवात गरिसकेँ। अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं। अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदैछौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनुपर्छ।’, स्वास्थ्य बीमाको रकम असार २० सम्म नदिए बीएण्ड सी र नोबेल अस्पताल बन्द गर्ने चेतावनी
सेतोपाटी संवाददाता उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ का ४६ वर्षीय रमेश राजबाहकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , प्रहरीले उनलाई बुधबार भक्तपुरबाट पक्राउ गरेको हो। , गत वर्ष असोज १० गते दिउँसो विराटनगर महानगरपालिका-७ स्थित उच्च अदालत विराटनगरको गेट अगाडि कमलसिंह लामा भन्ने व्यक्तिमाथि खुकुरी प्रहार भएको थियो। , खुकुरी प्रहारबाट उनी घाइते बनेका थिए। यस घटनामा संलग्न रहेको आरोपित व्यक्तिलाई पक्राउ गरिदिन भन्दै मोरङ जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको थियो। , त्यसपछि ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।, उनलाई थप अनुसन्धानको लागि बुधबार नै मोरङ पठाइएको प्रहरीले जनाएको छ।,  ,  , उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरेको घटनामा संलग्न आरोपित पक्राउ
सेतोपाटी संवाददाता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ।, बिजुक्छेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो उपचारको क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उक्त पार्टीका नेता एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए। ६२ वर्षीया शोभा क्यान्सरबाट पीडित थिइन्।, उनको र नारायणमानको २०४० सालमा विवाह भएको थियो।, प्रजापतिका अनुसार शोभा शिक्षकबाट अवकाश भएकी थिइन् भने उनी नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन्।, शोभा र नारायणमानका दुई छोरा छन्।, नारायणमान बिजुक्छेलाई पत्नीशोक
सेतोपाटी संवाददाता ललितपुरमा एक जना पुरूषको शव फेला परेको छ। , बुधबार ललितपुर महानगरपालिका-२७ चापागाउँ ओखाटस्थित घरको शौचालयमा पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। , उनको सनाखत हुन सकेको छैन। , उनी बेवारिसे व्यक्ति भएको प्रहरीले जनाएको छ। उनी मापसे गर्ने र सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति हुन्। , उनको सनाखतको लागि प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयमै पत्राचार गरिएको छ। , घटना शंकास्पद पनि नभएको प्रहरी वृत्त चापागाउँले जानकारी दिएको छ। शव पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ। , ललितपुरमा एक पुरूषको शव फेला
सेतोपाटी संवाददाता जिल्ला न्यायाधीशलाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउन प्रयास गरेका अधिवक्ता रूद्रप्रसाद पोखरेल कानुनी उपचार खोज्ने बताएका छन्।, बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई नेपाल बार एसोसिएसनको सदस्यबाट स्वनिलम्बन गरेको पनि बताएका छन्।, ‘हालै सार्वजनिक भएको अडिओक‍ो छानबिन होस्, यस किसिमको वार्तामा म संलग्न छैन। नेपाल बार एसोसिएसन र बार काउन्सिलबाट हुने यस प्रकरणको छानबिनमा म उचित र प्रर्याप्त सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्,‘हाललाई म नेपाल बार एसोसिएसन सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन  गरेको छु  र कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु। म उपर भएको षड्यन्त्रउपर कानुनी उपचारको खोजीमा छु।’, यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले उक्त अडिओमा आफूले पोखरेलको कुरा सुनेको तर कुनै अनुचित कार्य नगरेको बताएका थिए।, पोखरेल झापाको गौरादहका हुन्।, उनी २०५१ सालदेखि नै वकालत गर्दै आएका छन्। उनले २०५३ सालमा अधिवक्ताको लाइसेन्स लिएर वकालत गर्न थालेका थिए। अहिले उनको ल फर्म आरपी पोखरेल एन्ड एसोसिएट काठमाडौंको अनामनगरमा छ।, पोखरेल चन्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए। एमाले पार्टीनिकट पोखरेलले वाम कानुन व्यवसायी समूहका तर्फबाट कोषाध्यक्ष जितेका थिए। पोखरेल पाटन बार एसोसिएसनमा २०७०-७३ सम्म अध्यक्ष थिए। उनी एमाले कानुन विभागका सदस्य पनि हुन्। इच्छाराज तामाङ पनि एमालेका पूर्व सांसद हुन्। उनी दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका थिए।, पोखरेलको घर भएको गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ। त्यसैले पनि एमाले अध्यक्ष ओलीसँग उनको राम्रो सम्बन्ध छ। प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गरेपछि पोखरेलले त्यसका पक्षमा सर्वोच्च अदालतमा बहस गरेका थिए।, पोखरेलको सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि नजिकको सम्बन्ध छ। नेपाल बार एसोसिएसनले राणालाई हटाउन आन्दोलन गरिरहेका बेला पोखरेल उनको समर्थनमा उत्रिएका थिए। नेपाल बारले आन्दोलन थालेपछि र सर्वोच्चका न्यायाधीशहरूले बेन्च बहिष्कार गरेपछि त्यसलाई चुनौती दिँदै पोखरेल मुद्दा लिएर अदालतमा बहस गर्न गएका थिए।, उनले नेपाल बारले गरेको आन्दोलन बेठिक भएको भन्दै राणाको राजीनामा मागेर आन्दोलन गर्न नहुने तर्क गरेका थिए।, राणासँग निकटको सम्बन्ध बनाएका पोखरेलले अदालतमा न्यायाधीश र मुद्दाका पक्षबीच बिचौलियाको काम गरेर सेटिङमा मुद्दा फैसला गराउने गरेको कतिपय वकिलहरूको आरोप छ।, न्यायाधीशसँग घुसको डिल गरेको अडिओ सार्वजनिक भएपछि न्याय परिषदका एक सदस्यले सेतोपाटीसँग भने, ‘यो मान्छे त चोर ठानेको चण्डाल निस्कियो!’, जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ न्युज-२४  टेलिभिजनमा  प्रसारण भएको थियो।, झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भन्छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्।, सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत भएको अडियो सम्वादबाट प्रष्ट हुन्छ।, सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।, जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ।, अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए। काठमाडौंका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि न्यायाधीश कोइरालाले तामाङलाई थुनामा पठाएको यो प्रकरणलाई नजिकबाट हेरेका एक अधिवक्ताले बताए।, अडिओ सार्वजनिक भएपछि सेतोपाटीले यसबारे पोखरेलसँग कुरा गर्न खोजेको थियो। उनको मोबाइल फोन स्वीच अफ छ।, इच्छाराजलाई छुटाउन न्यायाधीशसँग २ करोडको डिल गर्ने पोखरेल भन्छन्- कानुनी उपचार खोज्छु
सेतोपाटी संवाददाता सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , रूकुम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। , उनका अनुसार बुधबार वीरेन्द्रनगर नगरपालिका-७ सडक खण्डमा जीप दुर्घटना भएको हो।, बा १ झ ८७८४ नम्बरको सरकारी जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। जीप दैलेखबाट सुर्खेतत जाँदै थियो। ,  , घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। , सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा एकको मृत्यु
सबिना श्रेष्ठ काठमाडौं हनुमानढोकामा दुई ढुंगाका खम्बाको सहारामा ठडिएको एउटा ठूलो घन्टी छ। यसलाई सन् १७९७ मा राजा रणबहादुर शाहले निर्माण गर्न लगाएका हुन्।, त्यही घन्टीको छेउमा केही महिनाअघिसम्म गुम्बज शैलीमा बनेको र शिरमा गजुर भएको एउटा मन्दिर देख्न सकिन्थ्यो।, विष्णु मन्दिर भनेर चिनिने यसको वास्तविक स्वरूप गुम्बज होइन। यो पाटनको कृष्ण मन्दिरजस्तै शिखर शैलीको थियो। तर १९९० सालको भुइँचालोमा भत्किएपछि गुम्बज आकारमा पुनर्निर्माण गरियो।, नब्बे वर्षअघि आफ्नो अस्तित्व र मौलिक स्वरूप गुमाएको विष्णु मन्दिर अहिले पुरानै रूपमा फर्किन लागेको छ।, २०७२ को भुइँचालोले जिर्ण पारेको यो मन्दिरलाई हनुमानढोका हेरचाह अड्डाले पुरानै स्वरूप बनाउन लागेको हो।, धेरैले यो शिखर शैलीको मन्दिर हो भन्ने बिर्सिसकेका थिए। एउटा पुरानो फोटोका आधारमा वास्तविक स्वरूप पत्ता लाग्यो। त्यसपछि पुरातत्व विभागमार्फत मौलिक स्वरूपमै बनाउन लागेको हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले बताए।, 'भुइँचालोले मन्दिरका गाराहरू चर्किएका थिए। झ्याल–ढोका भत्किएका थिए। पुरानो फोटोका आधारमा शिखर शैलीमै पुनर्निर्माण गर्ने कुरा आयो,' खनालले भने, 'हामी यसलाई प्राचीन स्मारक ऐनअनुसार ऐतिहासिक र पुरातात्विक मूल्यमान्यतालाई ध्यान दिएर निर्माण गर्छौं।', यो मन्दिरमा पुजारीहरूले नियमित पूजा गर्छन्। एकादशी अनि विशेष पर्वहरूमा यहाँ पूजाआजा हुन्छ। जिर्ण भएपछि भक्तजनलाई नियमित जान रोक लगाइएको थियो। पुनर्निर्माण क्रममा मन्दिरको स्वरूप भत्काउँदा यहाँको चार कुनामा विभिन्न देवदेवीका मूर्तिहरू फेला परेका थिए। यिनलाई अहिले हनुमानढोका संग्रहालयमा राखिएको छ।, 'मन्दिर बनिसकेपछि मूर्तिहरू पुनः मन्दिरमै राखिन्छ। प्रयोग गर्न मिल्ने प्रस्तरका थामहरू पनि मन्दिरमा पुनः प्रयोग गरिनेछ,' खनालले भने।, यहाँ विष्णुको मूर्ति भएकाले यसलाई विष्णु मन्दिर भनिएको हो। तर लेखक एवं संस्कृति अध्येता राजेन्द्रमान बज्राचार्य यो मन्दिर विष्णुको नभई कृष्णको भएको बताउँछन्। १९९० को भुइँचालोपछि मन्दिरको मूर्ति यताउता भएको उनको भनाइ छ।, हनुमानढोका दरबारको मूलढोकाबाट सिधाअगाडि सडकपारि आठकुने शैलीको मन्दिरलाई हामीले कृष्ण मन्दिर मान्दै आएका छौं। स्थानीयहरू उक्त मन्दिरलाई 'च्यासिंदेग' भन्छन्। नेपाल भाषामा च्यास भनेको आठ हो। त्यो मन्दिर भने विष्णु मन्दिर भएको उनको तर्क छ।, 'यो मन्दिर र त्यो मन्दिरको मूर्ति पहिले साटिएको हो,' पुनर्निर्माण भइरहेको मन्दिरपछाडि घर भएका बज्राचायले भने, 'अझै पनि यहाँका स्थानीय यसलाई कृष्ण मन्दिर नै मान्छन्। नयाँ मान्छेलाई भने थाहा छैन।', भनिन्छ, काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले पाटनको देखासिकी गरेर विक्रम सम्बत् १७०५ मा कृष्ण मन्दिर बनाउन लगाएका हुन्। पाटनका राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबारअगाडि बिक्रम सम्बत् १६९३ मा कृष्ण मन्दिर बनाएका थिए। हनुमानढोकास्थित मन्दिर कसरी निर्माण भएको भन्ने सम्बन्धमा इतिहासकार गौतमबज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा विस्तृत वर्णन गरेका छन्।, किताबमा उल्लेख भएअनुसार प्रताप मल्लको प्रारम्भिक राज्यकालमा पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। सिद्धिनरसिंह नाताले प्रताप मल्लका काका पर्थे। तर उनीहरूबीच मिल्ती थिएन।, 'सिद्धिनरसिंह एक धर्मात्मा राजा थिए। उनका धार्मिक गतिविधिबाट दुनियाँ प्रभावित थिए। मानिसहरू उनलाई श्रद्धाको दृष्टिले हेर्थे। यो कुराले उनका भारदारहरू भित्रभित्रै जलेका थिए,' गौतमबज्र लेख्छन्, 'बिक्रम सम्बत् १६९३ मा राजा सिद्धिनरसिंहले पाटनमा धूमधामसँग कोटिहोम गरी आफ्नो दरबारअगाडि कृष्ण मन्दिर स्थापना गरेका थिए। सिद्धिनरसिंह कोटिहोममा लागिरहेको अवसर पारेर प्रताप मल्लले पाटनमा हमला गरेका थिए।', प्रताप मल्लले त्यति बेला पाटनमा हमला गर्दा केही हातहतियार कब्जा मात्र गरे। त्योभन्दा बढ्ता उपलब्धि हात पार्न सकेनन्। एक किसिमले भन्दा पाटनमाथिको हमला काठमाडौंका निम्ति पराजय नै थियो। यसबाट राजनीतिक रूपमा प्रताप मल्ललाई कुनै लाभ भएन।, राजनीतिक लाभ मात्र नभएको होइन, बिनाकारण पाटनमाथि हमला गर्नुलाई काठमाडौं राज्यभित्र सकारात्मक रूपमा नलिइएको इतिहासकार गौतमबज्र आफ्नो किताबमा उल्लेख गर्छन्।, उनका अनुसार, अर्काले गरेको धार्मिक काम बिगार्न खोजेको भन्दै प्रताप मल्लको बदनामी भएको थियो।, 'यसैको प्रतिक्रियास्वरूप राजा सिद्धिनरसिंहले जस्तै आफ्नो दरबारको प्रांगणमा राजा प्रताप मल्लले कृष्ण मन्दिर बनाएको देखिन्छ,' गौतमबज्र लेख्छन्।, पाटनको कृष्ण मन्दिर ढुंगाले बनेको शिखर शैलीको छ। हनुमानढोकामा जसलाई कृष्ण मन्दिर भनिन्छ, त्यो छाने शैलीको इँटाले बनेको मन्दिर हो। गौतमबज्रले भनेजस्तै यदि प्रताप मल्लले पाटनको कृष्ण मन्दिरको नक्कल उतारेर आफ्नो प्रांगणमा कृष्ण मन्दिर बनाएका थिए भने त्यो पनि ढुंगाले बनेको शिखर शैलीको हुनुपर्थ्यो।, यस हिसाबले हेर्दा लेखक एवं संस्कृति अध्येता राजेन्द्रमान बज्राचार्यले भनेजस्तै मन्दिरको नाम परिवर्तन भएको सम्भावना देखिन्छ। तर यसबारे आफूलाई जानकारी नभएको हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक खनालले बताए।, बज्राचार्य भने मन्दिरले पुरानो स्वरूप पाए पनि पुरानो नाम नपाएकोमा दु:खी सुनिन्छन्। मन्दिरले पुरानो स्वरूप पाउँदा यसको पुरानो मूर्ति र पुरानै नाम फिर्ता पाए सुनमा सुगन्ध हुने उनी बताउँछन्।, 'अहिले चल्तीमा यही नाम भइसकेकाले परिवर्तन गर्न गाह्रो छ। तर असम्भव होइन,' उनले भने, 'यो विषयमा अध्ययन हुन जरूरी देखिन्छ।', प्रताप मल्लले कृष्ण मन्दिर बनाउन लगाएर एउटा शिलालेख पनि स्थापना गराएका थिए। गत वर्ष पुसमा उक्त शिलालेखलाई मानसिक अवस्था ठीक नभएकी एक महिलाले तोडफोड गरेकी थिइन्। ३७४ वर्ष पुरानो उक्त शिलालेखमा कृष्ण मन्दिर निर्माणसँगै आफ्ना दुई दिवंगत रानीहरू रूपमती र राजमतीको सम्झना गरेका छन्।, राजा प्रताप मल्लका धेरै रानी थिए। तीमध्ये रूपमती बिहारकी राजकुमारी हुन् भने राजमती कर्नाटक देशकी राजकुमारी। बिहार र कर्नाटकका राजकुमारीसँगको विवाह सम्बन्धलाई लिएर प्रताप मल्ललाई ठूलो गर्व थियो। उनले अनेक अभिलेखमा आफ्ना दुई रानीहरूसँगको सम्बन्धबारे उल्लेख गरेका छन्। यी दुवै रानीको बिक्रम सम्बत् १७०५ भन्दा अगाडि नै मृत्यु भइसकेको थियो। त्यति बेला राजा प्रताप मल्ल २६ वर्षका मात्र थिए।, 'जवानीमै दुई रानीको असामयिक मृत्युले प्रताप मल्ललाई मनमा ठूलो चोट लागेको थियो,' गौतमबज्र लेख्छन्, 'कृष्ण मन्दिरमा रहेको उनको अभिलेखमा उनै दुई रानीको सम्झनामा त्यो मन्दिर निर्माण गराएको कुरा लेखिएको छ।', उक्त अभिलेखअनुसार मन्दिरभित्र उनले स्थापना गरेका तीन मूर्तिमध्ये बीचको कृष्णको मूर्ति आफ्नै स्वरूपमा र दायाँबायाँ रहेका रूक्मिणी र सत्यभामाको मूर्ति भने तिनै दुई रानीको स्वरूपमा बनाउन लगाएका थिए।, आफूले निकै गर्व गरेको यी दुई रानीसँग जन्मजन्मान्तर कहिल्यै विछोड नहोस् भन्ने इच्छाले प्रताप मल्लले तीनै जनाको मूर्ति बनाउन लगाएको गौतमबज्रको भनाइ छ। वरिपरि मयूर, फूलका लहरा लगायत कलाकृतिले भरिएको शिलालेखमा ३६ पंक्तिको अभिलेख कुँदिएको छ। अभिलेखको माथिल्लो भाग संस्कृतमा र तल्लो भाग नेवारी भाषामा छ। आफ्ना दुई रानीलाई रूक्मिणी र सत्यभामाका रूपमा मूर्ति स्थापना गरेको कुरा उनले दुइटै भाषामा लेखाएका छन् भने कृष्णका रूपमा आफूलाई प्रस्तुत गरेको विवरण संस्कृत भाषामा मात्र छ।, 'हाम्रो यता आफ्नो प्रकृतिका रूपमा देउताको मूर्ति बनाउने चलन दुर्लभ छ। प्रताप मल्लले स्थापना गरेको कृष्णको यो मूर्तिबाहेक अर्को यस्तो उदाहरण दुइटै मात्र देखापरेका छन्,' गौतमबज्र लेख्छन्।, उनका अनुसार लिच्छविकालका शक्तिशाली राजा विष्णुगुप्तले पशुपतिको बागमतीपारि रामचन्द्र भनी भगवान विष्णुको विशाल मूर्ति बनाउन लगाएका थिए। यो मूर्ति राजा विष्णुगुप्तकै स्वरूपसँग मिल्दोजुल्दो थियो।, त्यस्तै भक्तपुरका राजा यक्ष मल्लले बिक्रम सम्बत् १५२४ मा आफ्ना दिवंगत छोरा राजमल्ल देवको सम्झनामा उनकै सालिकका रूपमा ऋषिकेशको मूर्ति बनाउन लगाएका थिए। त्रिपुरासुन्दरीको अभिलेखमा यो कुरा वर्णन गरिएको छ।, यसबाहेक विष्णुको मूर्ति बनाउँदा त्यसको अगाडि भक्त गरूडका रूपमा आफ्नै सालिक बनाउने परम्परा खुब चलेको गौतमबज्र उल्लेख गर्छन्।, हनुमानढोकाको कृष्ण मन्दिरमा रहेको यति महत्वपूर्ण मूर्ति १९९० सालको भुइँचालोपछि आठ कुना भएको मन्दिरमा पुगेपछि त्यो मन्दिरलाई कालान्तरमा कृष्ण मन्दिर भनिएको राजेन्द्र बज्राचार्य बताउँछन्।, मन्दिर निर्माणमा इञ्जिनियरका रूपमा खटिएका रोशन डंगोलका अनुसार अहिले बनिरहेको मन्दिरको पेटी पुरानै स्वरूपमा थियो। माथिल्लो भाग मात्र परिवर्तन गरेर पहिले गुम्बज शैलीमा बनाइएको रहेछ। त्यसकारण पेटीको नापबाट माथिल्लो भागको उचाइ अनि नक्सांकन गर्न सजिलो भयो। अब बन्ने मन्दिर ६० फिट अग्लो हुनेछ। मन्दिरका पेटी भने भत्काएर अहिले जगबाटै नयाँ बनाउन लागिएको उनले बताए।, त्यसो गर्नुको कारण बताउँदै डंगोलले भने, 'पेटी अलि कमजोर भइसकेको र इँटाहरू पनि काम नलाग्ने अवस्थामा पुगिसकेकाले जगैदेखि बनाउन लागेका छौं।', उनका अनुसार मन्दिरको पेटी बनाउन अघिल्लो वर्ष करिब ४० लाख लागत छुट्याइएको छ। मन्दिर बनाउन भने अबको आर्थिक वर्षपछि बजेट छुट्याइनेछ। करिब दुई करोड रूपैयाँ लाग्ने उनी अनुमान गर्छन्। , हामीले विष्णु मन्दिर भनेर चिन्दै आएको गुम्बज शैलीको मन्दिरले फोटोको आधारमा अब शिखर शैली स्वरूप पाउनेमा ढुक्क भए हुन्छ। यसको नाम र मूर्तिको दुविधा पनि समाधान भए साँच्चै सुनमा सुगन्ध हुने थियो!, हनुमानढोका दरबार परिसरमा रहेको कृष्ण मन्दिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हनुमानढोकाको मन्दिर पुरानो शैलीमा बन्ने, अब विष्णु भगवान बस्लान् कि कृष्ण?
सेतोपाटी अफगानिस्तानमा बुधबार आएको भूकम्पका कारण हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।, बिबिसीका अनुसार एक हजार पाँच सयभन्दा धेरै मानिस भूकम्पमा परी घाइते भएका छन्।, अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा बुधबार पूर्वाह्न साढे एक बजे ६.१ म्याग्निच्युडको भूकम्प आएको थियो। भूकम्पको गहिराइ ५१ किलोमिटर थियो। , खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला भूकम्पबाट सबभन्दा बढी प्रभावित भएको छ। त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन्।, भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त छन्।, घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता परिचालित छन्।, तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिएका छन्।, घटनास्थलबाट विवरणहरू संकलन गर्ने कार्य भइरहेकाले क्षतिको पूर्ण र यथार्थ विवरण आउन बाँकी रहेको पनि उनले बताए।, अफगानिस्तान भूकम्पमा हजारभन्दा बढीको मृत्यु
द न्यूयोर्क टाइम्स यी तीन दिदीबहिनीलाई राम्ररी थाहा थियो, अब घर छाड्ने बेला भयो।, उनीहरू तीन वर्षे तिम्ल्याहा हुन्।, तीन वर्ष भनेको उनीहरूका लागि एकदमै भर्भराउँदो उमेर हो। यो बेला संसारै जित्ने आँट आउँछ। अवसर छोप्न आँखा नाचिरहन्छ। नयाँ चुनौती मोल्न हरदम पेट पोलिरहन्छ।, यही उमेरको जोशले होला, यी दिदीबहिनीले आफ्नो थातथलो छाडेर एउटा अन्जान गन्तव्यतर्फ चार खुट्टा उचाले।, हामी कुरा गर्दैछौं अफ्रिकी जंगली कुकुरहरूको जसलाई ‘खतरनाक शिकारी’ का रूपमा चिनिन्छ।, उनीहरू जति खतरनाक छन्, त्यति नै खतरामा छन्।, जंगल विनाशले उनीहरूको संख्या घट्दैछ। जंगली जनावरका शिकारीले आफ्नो खुराक निम्ति यिनै ‘शिकारी’ कुकुरको शिकार गर्छन् र मासु खान्छन्। सरूवा रोगहरूको संक्रमणले पनि यिनलाई गाँजेको छ।, सन् २०१२ को तथ्यांकअनुसार उपसहारा क्षेत्रीय अफ्रिकी मुलुकहरू, जुन यी जंगली कुकुरका मुख्य बासस्थान हुन्, त्यहाँ यिनको संख्या छ हजार छ सय मात्र छ। तीमध्ये वयस्क एक हजार चार सय छन्। पछिल्लो दस वर्षमा यो संख्या अझै घटेको हुनसक्छ।, आफ्नो अस्तित्वमाथि मडारिएको खतरा यी तीन दिदीबहिनीले बेलैमा भाँपे।, र, गत वर्ष अक्टोबर महिनामा उनीहरू यति लामो यात्रामा निस्के जुन उनीहरूको खलकमै यसअघि कसैले गरेको थिएन।, यी जंगली कुकुरहरू लामो यात्रा गर्न माहिर हुन्छन्। तै पनि नौ महिनामा दुई हजार ९२ किलोमिटर यात्रा गर्नु चानचुने होइन। यही जातका अरू कुकुरले अहिलेसम्म यति लामो दुरी नहिँडेको वैज्ञानिकहरू बताउँछन्।, यी वैज्ञानिकले सुरूआती विन्दुदेखि नै उनीहरूलाई पछ्याएका थिए।, ती कुकुरको यात्रा पूर्वी जाम्बियाको लुवाङ्वा उपत्यकाबाट सुरू भएको थियो जुन उनीहरूको जन्मस्थान हो।, उनीहरू जाम्बियाबाट मोजाम्बिक गए। त्यहाँबाट जिम्बाब्वेको किनारै किनार फेरि जाम्बिया छिरे र जाम्बियाको मध्य भागसम्म पुगेर फेरि जिम्बाब्वे फर्के।, आखिरमा जिम्बाब्वेको जाम्बेजी राष्ट्रिय निकुञ्जमा उनीहरूले नयाँ बासस्थान बनाए। अनुसन्धानमा संलग्न वैज्ञानिकका अनुसार उनीहरू अहिले पनि यही राष्ट्रिय निकुञ्जमा छन्।, यति लामो यात्राबीच उनीहरू घना वन हुँदै गुज्रे, घाँसे मैदानहरू पार गरे।, कहिले चारैतिर हरियोपरियो देखे, कहिले उजाड जमिन काटे।, कतै खेतबारीमा हिँडे, कतै भिरालो डाँडाका कापहरूमा ज्यानको बाजी लगाए।, कतै दलदले माटो, कतै गहिरो गल्छी।, कतै सास फुल्ने उकालो, कतै ज्यान नथामिने ओरालो।, पूर्वी अफ्रिकी क्षेत्रमा उत्तर–दक्षिण तन्केर बनेको गहिरो भू–चिरा (ग्रेट रिफ्ट) नै उनीहरूले तीनचोटि नाघेको वैज्ञानिकहरूको भनाइ छ। एसियाको लेबनानदेखि दक्षिणपूर्वी अफ्रिकाको मोजाम्बिकसम्म तन्किएको यो भू–चिरा झन्डै सात हजार किलोमिटर लामो छ।, कुकुरहरूका लागि यो यात्रा अरू कारणले पनि गाह्रो थियो।, उनीहरूले व्यस्त ग्रामीण सडकमा जोगिएर हिँड्नुपर्‍यो। अँध्यारो र घना वनको बीचमा सिंहहरूबाट जोगिनुपर्‍यो। गाउँका मान्छे र शत्रु जनावरहरूले उनीहरूलाई हायलकायल पारे। नदी तर्दातर्दै बीचमा फुत्त निस्कने अजंग गोहीबाट उनीहरू बालबाल बाँचे।, अनेक हन्डर खाँदै सुरक्षित बासस्थानको खोजीमा निस्केका यी कुकुरलाई मोन्टानो स्टेट विश्वविद्यालयका पर्यावरणविद् स्कट क्रिल र उनको टिमले सुरूदेखि अन्त्यसम्मै पछ्याएका थिए।, उनीहरूले तीन दिदीबहिनीमध्ये एउटीको घाँटीमा जिपिएस लगाइदिएका थिए। जिपिएस धारण गरेकी कुकुर नै यो कथाको मुख्य पात्र हो। वैज्ञानिकहरूले उसलाई ‘इडब्लुडी १३५५’ नाउँ दिएका छन्।, अनुसन्धान क्रममा वैज्ञानिकहरूले जति विवरण संकलन गरे, ती सबै इडब्लुडी १३५५ कै हुन्। तर यी जंगली कुकुर एकअर्काप्रति यति निर्भर छन्, उनीहरू समूहबाट कहिल्यै अलग हुँदैनन्। एउटा जहाँ गयो, अरू त्यहीँ जान्छन्। त्यसैले यो यात्रामा इडब्लुडी १३५५ जहाँ जहाँ गई, उसका दुई दिदीबहिनीले त्यही बाटो पछ्याएको र त्यही दुरी त्यसरी नै तय गरेको वैज्ञानिकहरूको ठम्याइ छ।, ‘यति जोखिमपूर्ण लामो यात्रामा पनि उनीहरू बाँचे, हामीलाई सबभन्दा ठूलो आश्चर्य यसैमा छ,’ अनुसन्धानमा संलग्न जाम्बियन कार्निभोर प्रोग्रामका प्रमुख कार्यकारी तथा प्रबन्धक म्याथ्यू बेकरले भने।, ‘तीनवटा देश नाघेर पार गरिएको दुई हजार किलोमिटरको दुरीभित्र कति मानव बस्तीहरू थिए, कति ठाउँमा जंगली जनावरको खतरा थियो। कति ठाउँमा भौगोलिक कठिनाइ थिए। जुनसुकै बेला जे पनि हुनसक्थ्यो। तर उनीहरू सकुशल आफ्नो गन्तव्यमा पुगे।’, पाउला बोले मांसाहारी जंगली जनावरका विशेषज्ञ हुन्। उनले यसअघि मोजाम्बिकको गोरोङगोसा राष्ट्रिय निकुञ्जमा बस्ने जंगली कुकुरहरूमाथि अनुसन्धान गरेका थिए। उनी यी तीन दिदीबहिनीले ‘इतिहास रचेको’ बताउँछन्।, ‘हामी उनीहरूको यात्रालाई अत्यन्तै उत्सुकतासाथ हेरिरहेका थियौं। उनीहरूको कठिनाइ सम्झेर बेलाबेला अत्तालिन्थ्यौं,’ पाउला बोलेले भने, ‘तर यी कुकुरहरूले कहिल्यै हरेस खाएनन्।’, उनले अगाडि भने, ‘कुनै पनि जीवका लागि आफ्नो बासस्थानको संरक्षण कति जरूरी हुन्छ भन्ने यो घटनाले छर्लंग पार्छ।’, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यी कुकुरको अन्तरदेशीय यात्राको विस्तृत विवरण तयार पारेका छन् जसमा उनीहरू कुन दिन कहाँ पुगे र के–कस्ता अनुभव गरे भन्ने वृत्तान्त छ।, यसले यी जंगली कुकुरको मात्र होइन, संसारभरका लोपोन्मुख जंगली जनावरहरूको संरक्षण गर्न पाठ सिकाउँछ।, वैज्ञानिकहरूले तयार पारेको विवरण यहाँ उल्लेख गरिएको छः, वैज्ञानिकहरूले अनुसन्धानका लागि जिपिएस लगाइदिएको जंगली कुकुर 'इडब्लुडी १३५५'। तस्बिर स्रोत: न्यूयोर्क टाइम्स, १० अक्टोबर, २०२१, आज पानी परेको पर्‍यै छ। सामान्यतया नोभेम्बर महिना सुरू नहुँदासम्म पानी पर्दैन। यसपालि भने अक्टोबरको सुरूदेखि अविरल पानी परेर तल्लो तटीय क्षेत्रहरूमा बाढी आउन थालेको छ।, बाढीले नदी किनारका धेरै जमिन बगाएर लैजाने खतरा छ। अफ्रिकाका २१ वटा जंगली कुकुरहरूको समूहलाई भने न झरझर झरीसँग मतलब छ, न उर्लेको नदीको डर छ।, यी कुकुरहरूको प्रजनन याम भर्खरै सकियो। छाउरा–छाउरीहरू बासस्थानबाट बाहिर निस्किसके। वयस्क कुकुरहरू त शिकारको खोजीमा आफ्नो बासस्थानबाट तीन सय वर्गकिलोमिटर क्षेत्र चहार्न थालिसके।, जंगली कुकुरहरू हिंस्रक हुन्छन् तर हिस्सी परेका हुन्छन्। अनुहार निख्खर कालो हुन्छ। आँखा चमकचमक चम्किरहन्छन्। जीउमा कालो, सेतो र खैरो रङ यसरी छरिएको हुन्छ, मानौं कुनै चित्रकारले क्यानभासमा रङ पोतेका हुन्।, उनीहरूको पुच्छरको टुप्पो सेतो हुन्छ र कान अरू सामान्य कुकुरको दाँजोमा ठूलो र अन्डाकार हुन्छ।, सधैं रसिलो देखिने उनीहरूको नाक पनि अरू कुकुरको भन्दा लामै हुन्छ।, यो स्टोरी पढ्दै गर्दा तपाईंहरूको दिमागमा आफ्नो घरको प्रिय ल्याब्रडोरको चित्र आइरहेको हुनसक्छ, जो तपाईं घर छिर्नासाथ पुच्छर हल्लाउँदै खुट्टा चाट्न आइपुग्छ। त्यसो हो भने तपाईं बिल्कुलै गलत हुनुहुन्छ। त्यस्तो चित्र तपाईं कल्पना पनि नगर्नुहोला। किनकि, यी अफ्रिकी जंगली कुकुरहरू हाम्रो सहर–बजारका गल्लीमा देखिने कुकुरजस्ता हुँदैनन्, घरपालुवा ल्याब्रडोरको त कुरै छाडौं।, वैज्ञानिकका अनुसार अफ्रिकी जंगली कुकुरहरू आजभन्दा साठी लाख वर्षअघि नै आफ्नो प्रजातिबाट अलग्गिएका थिए। त्यो समयदेखि उनीहरू स्वतन्त्र रूपले बाँच्दै आएका छन् र कुकुर प्रजातिमै अलग पहिचान बनाएका छन्।, यिनको आवाजधरि अन्य कुकुरभन्दा फरक हुन्छ।, अफ्रिकी जंगली कुकुरहरू न घरपालुवा कुकुरजस्तो भौभौ भुक्छन्, न स्यालजस्तो हुँहुँ गर्छन्। उनीहरू त चराजस्तो चिँचीँ, चुँचुँ, चिरचिर, चुरचुर गर्छन्।, इडब्लुडी १३५५ र उसका दुई दिदीबहिनी सहितको समूहले आफ्नो बासस्थानबाट दक्षिण-पश्चिम यात्रा सुरू गरेको छ। उनीहरू झन्डै झन्डै सोझो बाटो हिँड्दै छन् र प्रत्येक आठ मिनेटमा डेढ किलोमिटर दुरी तय गर्छन्।, यी जंगली कुकुर आफ्नो सामान्य गतिभन्दा सुस्त हिँड्दै छन्। शिकार गर्दाको दाँजोमा यो गति छ भागको एक भाग हो।, उनीहरू सबेरै र साँझपख मात्र यात्रा गर्छन्। दिउँसो धेरैजसो आराम गर्छन्।, ७ नोभेम्बर, २०२१, कुकुरहरूको समूहले आज दक्षिण लुवाङ्वा राष्ट्रिय निकुञ्जको दक्षिणी टुप्पो पार गरेको छ।, केही अघिसम्म उनीहरू सँगसँगै छिमेकी कुकुरहरूको समूह पनि थियो। तर ती कुकुर अहिले अलग भइसके।, इडब्लुडी १३५५ आफ्ना ती छिमेकीलाई हेरेर, सुँघेर र उनीहरूको आवाजले सजिलै चिन्छिन्। चिने पनि इडब्लुडी १३५५ र उसको समूहलाई आफ्ना छिमेकीहरूको चासो छैन। यी दुई समूहका कुकुर आपसमा सम्बन्ध राख्न र प्रजनन गर्न रूचाउँदैनन्।, उनीहरू आफ्नो यात्रा जारी राख्छन्।, ८–२४ नोभेम्बर, २०२१, तीन दिदीबहिनी अहिले जहाँ हिँड्दै छन्, त्यो उनीहरूका लागि अपरिचित भूमि हो।, यहाँ उनीहरू आफ्नो घरभन्दा असुरक्षित छन्। कुनै पनि बेला शिकारीको बन्दुकको निशाना बन्न सक्छन्। मान्छेहरूले समातेर लग्न सक्छन्। अन्य घरपालुवा कुकुर वा मांसाहारी जंगली जनावरहरूले आक्रमण गरेर कोपर्न पनि सक्छन्।, मान्छे होस् वा कुनै जीव, आफ्नो थातथलो छाडेर, आफ्नो झुन्डबाट अलग्गिएर हिँड्नु खतरालाई निम्ता दिनु हो।, आफ्नो बास र झुन्ड छाडेर बसाइ सर्ने जंगली कुकुरहरूमध्ये आधाभन्दा बढी बीच बाटोमै मर्छन्। हामीले पछ्याइरहेका यी तिम्ल्याहा दिदीबहिनी भने एकनाश हिँडेका हिँड्यै छन्।, उनीहरू वरिपरि अन्य जंगली कुकुरको समूह छ कि भनेर बेलाबेला यताउति हेर्छन्। आफूजस्तै देखिने अनुहारको खोजी गर्छन्। तर बाटोमा यी कुकुरले ऐना हेरेजस्तो भान हुने जनावर कोही भेट्दैनन्। जो भेटिन्छ, त्यो मान्छे हुन्छ।, उनीहरू मान्छेदेखि डराउँछन्। पर मान्छेको छाया सल्बलाइरहेको देखियो वा मान्छेको गन्ध नाकमा ठोक्किन आइपुग्यो भने उनीहरू तुरून्तै बाटो बदल्छन् र हावामा धुँवा हराएजस्तै जंगलमा विलीन हुन्छन्।, २५ नोभेम्बर, २०२१, यी कुकुरहरू लुवाङ्वा नदीको किनारमा पुग्छन्। यहाँ नदी तीन सय फिट चौडा छ। केही सातादेखिको अविरल वर्षाले पानीको सतह बढेको छ। भेल देखेर कुकुरहरू खोला तर्न हच्किन्छन्।, यहाँ अफ्रिकाकै ठूला गोहीहरू बस्छन् भन्ने उनीहरूलाई थाहा छ। त्यसैले केही बेर नदी तर्ने कि नतर्ने भनेर अलमल पर्छन्।, उनीहरूलाई नदी नतरी सुखै छन्। जुन सुरक्षित गन्तव्यको खोजीमा छन्, त्यसको निम्ति नदी तर्नैपर्छ।, आखिरमा उनीहरू नदीमा हेलिन तयार हुन्छन् र पानीको धारमा पौडी खेल्दै नदी पार गर्छन्।, तीन दिदीबहिनीमध्ये सबभन्दा पहिला एउटी अर्को किनारमा पुग्छे।, उसलाई पछ्याउँदै अरू पनि किनार छुन सफल हुन्छन्।, तेस्रो बहिनीले नदी तरिसकेपछि उनीहरू जोडजोडसँग चिरचिर, चुरचुर गर्दै खुसी मनाउँछन्।, २६ नोभेम्बरदेखि १३ डिसेम्बर, २०२१, उनीहरू लगातार पश्चिम दिशामा बढ्दै लुवेम्बे व्यवस्थापन क्षेत्रमा पुग्छन् जहाँ उनीहरूलाई आफ्नै प्रजातिका जंगली कुकुरहरू प्रतीक्षा गर्दै छन्।, लुवेम्बे पनि जंगली कुकुरहरूको बाक्लो बसोबास भएको ठाउँ हो। लामो यात्रामा निस्केका इडब्लुडी १३५५, उसका दुई बहिनी र अरू कुकुरहरू यहाँ केही समय आराम गर्न सक्छन्। रमाउन सक्छन्। मन मिल्यो भने अर्को भेगका जंगली कुकुरसँग संसर्ग पनि गर्न सक्छन्।, अफ्रिकी जंगली कुकुरहरू सामाजिक स्वभावका हुन्छन्। उनीहरू एक्लैदुक्लै बाँच्न सक्दैनन्। सधैं समूहमा बस्छन्। उनीहरूको हुर्काइ नै सामूहिक रूपमा हुन्छ। शिकार पनि अनुशासित र सामूहिक रूपमै गर्छन्।, त्यही सामूहिक बलले लगभग २३ किलोका जंगली कुकुरहरूको समूहले आफूभन्दा करिब छ गुणा ठूलो (औसत १३६ किलो) मृगलाई लछारपछार पारेर शिकार गर्न सक्छ।, माउ कुकुरहरू आफ्ना छाउरा–छाउरीलाई हदैसम्म माया गर्छन्। उनीहरूको लालनपालन र सुरक्षाको ख्याल राख्छन्। आफू भोकभोकै बसेर भए पनि छाउरा–छाउरीलाई मासु खुवाउँछन्। नखुवाऊन् पनि किन? आखिर यी जंगली कुकुरहरू निकट नातेदारजस्तै समूहमा बस्छन्। साना भाइबहिनी, भतिजाभतिजी र भान्जाभान्जीलाई बचाउन उनीहरू जस्तोसुकै खतरा मोल्न तयार हुन्छन्।, ‘यी जंगली कुकुरको समूहमा सबैको लक्ष्य एउटै हुन्छ,’ डा. क्रिलले भने।, कुकुरको समूहमा एउटा नाइके हुन्छ जो भाले (राजा) वा पोथी (रानी) दुवै हुनसक्छ। राजा वा रानीको मृत्यु भयो भने उसको ठाउँ समूहकै अर्को कुकुरले लिन्छ।, इडब्लुडी १३५५ र उसका दुई बहिनीहरू लुवाङ्वा उपत्यकाका राजा–रानीकै सन्तान हुन्। उनीहरूका आमाबुवाले अहिलेसम्म नेतृत्व छाडेका छैनन्। नेतृत्व हात पार्न एउटै समूहका कुकुरबीच झगडा हुन सक्छ। झगडामा कसैले आफ्नो राजा वा रानीलाई पराजित गर्‍यो भने नेतृत्व उसको हातमा जान्छ।, ‘मैले नेतृत्वका लागि झगडा गर्दा अनुहारभरि घाउ बनाएर हिँडेका कुकुरहरू धेरै देखेको छु,’ जाम्बियन कार्निभोर प्रोग्रामका पर्यावरणविद् हेनरी मुवापेले भने, ‘सबैलाई लाग्छ, अब नेतृत्वको पालो मेरै हो।’, १४–२३ डिसेम्बर, २०२१, इडब्लुडी १३५५ र उसका बहिनीहरूको बसाइसराइ जारी छ। उनीहरू लुवेम्बेबाट दक्षिणतर्फ बढिरहेका छन्। लुवाङ्वा नदी उनीहरू हिँडेकै दिशामा कलकल बग्दैछ।, २४ डिसेम्बर, २०२१ देखि १७ जनवरी, २०२२, यी दिदीबहिनी अफ्रिकाको ग्रेट रिफ्ट (पूर्वी अफ्रिकी क्षेत्रमा उत्तर–दक्षिण तन्केर बनेको गहिरो भू–चिरा) उपत्यका पुग्छन्। यो भू–चिरा यति विशाल छ, निकै माथि आकाशबाट पनि छर्लंग देखिन्छ।, यहाँ पुगेपछि उनीहरू अलमलिन्छन्। पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व भौंतारिन्छन्। यसबीच कतै मानव बस्तीको संकेत देखियो भने उनीहरू तुरून्तै आफ्नो बाटो बदल्छन् वा मान्छेहरूबाट बच्न एकदमै तीव्र गतिमा दौडिन्छन्।, अनुसन्धाता डा. क्रिलका अनुसार यी जंगली कुकुर संकट छल्न माहिर हुन्छन्। शिकार गर्न पनि अन्य जनावरभन्दा प्रभावशाली मानिन्छन्। सिंहले शिकार गर्दा २५ प्रतिशत मात्र सफल हुन्छ भने जंगली कुकुरहरूको सफलता दर झन्डै ५० प्रतिशत छ।, तर यी कुकुरको आकार सानो भएकाले आफ्नो शिकार जोगाएर राख्न गाह्रो पर्छ। उनीहरूले मारेर खान ठिक्क पारेको आहारालाई सिंह आएर सजिलै कब्जामा लिइदिन सक्छ। यी कुकुरको तुलनामा सिंह निकै ठूलो (१९० किलो) हुन्छ।, सिंह मात्र होइन, हाइना भन्ने जनावर पनि आफ्नो आहारा निम्ति जंगली कुकुरहरूलाई पछ्याउँदै हिँडछ। दुई–तीनवटा कुकुर मिलेर शिकार गरेको छ भने हाइना बीचमा घुस्छ र कुकुरहरूलाई खेदेर शिकारमाथि कब्जा जमाउँछ। त्यसैले पनि जंगली कुकुर एक्लै–दुक्लैभन्दा झुन्डमा हिँड्न रूचाउँछन्।, आफ्नो शिकारलाई सिंह वा हाइनाबाट सुरक्षित राख्न उनीहरू चिरचिर, चुरचुर गर्दै सन्देश आदानप्रदान गर्छन्। मान्छेहरूबाट बच्न पनि यसरी नै आवाज निकालेर एकअर्कालाई सतर्क गराउँछन्।, ‘पचास लाख वर्षदेखि ठूल्ठूला जंगली जनावरसँग प्रतिस्पर्धा गर्दै बाँचेकाले उनीहरू घना जंगल र कठिन भूगोलमा पनि जीवन निर्वाह गर्न अभ्यस्त भइसकेका छन्,’ डा. क्रिलले भने।, २७ जनवरी, २०२२, जंगली कुकुरहरू पूर्वी दिशामा बढ्दै छन्। बाटोमा लुवाङ्वा नदी आइपुग्छ। उनीहरूले अब फेरि यो नदी तर्नुछ, त्यो पनि बाढी उर्लिएका बेला।, उनीहरू चुपचाप नदीको भेलमा हेलिन्छन् र सबै किनार पुगेपछि चिरचिर, चुरचुर गर्दै खुसी मनाउँछन्।, १८ फेब्रुअरी, २०२२, जंगली कुकुरहरूका लागि गोही र सिंहजस्तै खतरनाक दुश्मन हुन्, अफ्रिकी राजमार्गमा गुड्ने ठूल्ठूला ट्रकहरू।, तीन दिदीबहिनी जाम्बियाको राजधानी लुसाका र मालावीको राजधानी लिलंगवे जोड्ने चारलेनको राजमार्गमा पुग्छन्। यहाँ तीव्र रफ्तारमा कुद्ने ट्रकहरूलाई छलेर सडक पार गर्नु उनीहरूका लागि जोखिमपूर्ण हुन्छ। उनीहरू सायद दायाँबायाँ हेर्छन् र ट्रकहरू नआएको मौका पारेर गुटुटुटु दौडिँदै सडक पार गर्छन्।, त्यहाँबाट गाउँबस्ती र खेत–खलिहान हुँदै उनीहरूको यात्रा अगाडि बढ्छ।, २२ फेब्रुअरी, २०२२, यी जंगली कुकुर पासपोर्ट बोकेर हिँडेका भए यहाँ उनीहरूले छाप लगाउनुपर्नेछ। किनभने, यहाँबाट उनीहरू मोजाम्बिकको सीमामा प्रवेश गर्छन्।, ७–२५ मार्च, २०२२, यहाँ करिब दुई साता जंगली कुकुरहरूको हिँडडुल कम हुन्छ। हिँड्दा पनि यताउति भौंतारिएजस्ता, बाटो बिराएजस्ता लाग्छन्। यसले डा. क्रिल र उनको टिमलाई चिन्तित बनाउँछ।, सबभन्दा ठूलो चिन्ता त इडब्लुडी १३५५ कै छ, जो सायद कुनै भिरबाट खसेर वा कसैसँग झगडा गरेर घाइते भएकी छे।, २६ मार्च, २०२२, कुकुरहरू जसै फेरि उफ्रिन थाल्छन् र पहिलेजस्तै एक सुरमा अगाडि बढ्छन्, तब बल्ल वैज्ञानिकहरूलाई सुकून हुन्छ।, कुकुरहरू मानव बसोबास क्षेत्रबाट पन्छिँदै पन्छिँदै दक्षिणपूर्वतिर बढ्छन्। यो बाटो एकदमै नराम्रो र निर्जन छ।, २० अप्रिल, २०२२, उनीहरू मोजाम्बिक, जिम्बाब्वे र जाम्बियाको सीमावर्ति क्षेत्रभन्दा केही किलोमिटर वर छन्। बाटोमा लुवाङ्वा नदी छ। नदी तरेर उनीहरू फेरि आफू जन्मेको देश जाम्बिया प्रवेश गर्छन् र त्यहाँबाट जम्बेजी राष्ट्रिय निकुञ्जको तल्लो क्षेत्रतिर लम्किन्छन्।, उनीहरूलाई त्यहाँ बस्ने २९ वटा जंगली कुकुरको गन्धले तानेको हुनसक्छ।, जम्बेजी राष्ट्रिय निकुञ्जका कुकुर आफूभन्दा निकै ठूलो अफ्रिकी भैंसीलाई पनि कुशलतापूर्वक मारेर खान सक्छन्।, २ मे, २०२२, निकै समय हिँडेपछि उनीहरू लगभग राष्ट्रिय निकुञ्जको मध्यविन्दुमा बास बस्छन्। यो कम्तिमा अहिलेका लागि उनीहरूको अस्थायी बासस्थान हो।, निकुञ्ज निकै ठूलो छ। तीन दिदीबहिनीले जम्बेजी निकुञ्जका कुनै दाजुभाइलाई आकर्षित गरेर उनीहरूको समूहबाट अलग्याउन सके भने यहाँ जंगली कुकुरको नयाँ वंश सुरू हुन सक्छ। नेतृत्व पनि फेरिन सक्छ।, १४ मे, २०२२, तर यो सम्भव हुँदैन।, तीन दिदीबहिनी केही समय त्यहाँ बिताएर जम्बेजी राष्ट्रिय निकुञ्जबाट उत्तरपश्चिमी दिशामा बढ्छन्।, २४ मे, २०२२, कुकुरहरू लुसाकाको सीमामा पुग्छन्।, उनीहरूको यो लामो यात्राले जंगली जनावरहरूका लागि यस भेगका सबै संरक्षित क्षेत्र र त्यसको महत्व उजागर गरेको अनुसन्धाताहरू बताउँछन्। यस्तो क्षेत्रमा शिकार र मानवीय हस्तक्षेप बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ।, तर २५ लाख जनसंख्या भएको लुसाका आफैंमा उनीहरूका लागि असुरक्षित ठाउँ हो। सायद कुकुरहरूले पनि त्यहाँ आफूलाई सुरक्षित ठानेनन्।, उनीहरूले आफ्नो दिशा परिवर्तन गरे र जम्बेजी राष्ट्रिय निकुञ्जको तल्लो भेगतिर बढे।, ११ जुन, २०२२ देखि अहिलेसम्म, इडब्लुडी १३५५, उसका बहिनीहरू र समूहका अरू कुकुर फेरि जम्बेजीका जंगली कुकुरको झुन्ड पछ्याउनतिर लाग्छन्।, किन नलागून्? उमेर सँगसँगै यी दिदीबहिनी निकै राम्री देखिन थालेका छन्। त्यसमाथि दुई हजार किलोमिटरभन्दा धेरै यात्रा गरेको कीर्तिमान पनि उनीहरूसँग छ।, ‘हरेक काममा निरन्तर लागिरहनु यी जंगली कुकुरको सबभन्दा ठूलो विशेषता हो,’ डा. क्रिलले भने।, सबै तस्बिर: न्यूयोर्क टाइम्स, तीन अफ्रिकी जंगली कुकुरको दुई हजार किलोमिटर लामो यात्रा
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि बढुवा सिफारिस भएका छन्। , बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीको डिआइजीका लागि बढुवा सिफारिस भएका हुन्। , लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस भएको हो।, पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर बढुवाका लागि सिफारिस भएका छन्। , दोस्रोमा मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाग कार्य निर्देशनालयका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो। , हेर्नुहोस् डिआइजीका लागि बढुवा सिफारिस भएका १७ एसएसपीको नाम सूचीः,  , प्रहरीका १७ एसएसपी डिआइजीका लागि बढुवा सिफारिस (सूचीसहित)
सेतोपाटी संवाददाता हाल प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । , प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ । वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनिएको छ ।, हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। , आजको मौसम कस्तो छ?
सेतोपाटी संवाददाता बिहिबारबाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिँदै छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ। , पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।, बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।, देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ। , आजबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोप दिइने
सेतोपाटी संवाददाता पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।, राति ३:५७ मा भूकम्पको धक्का महसुसपछि मानिसहरू डराएर घर बाहिर निस्केका थिए।, राति सुतिरहेको बेला गएको भूकम्पको धक्का आसपासको जिल्लामासमेत महशुस गरिएको थियो।,  , पोखरामा भूकम्पको धक्का महसुस, कास्कीको लुम्ले केन्द्र
पूर्णप्रसाद मिश्र/रासस काठमाडौं, असार ९, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६औँ वर्षमा प्रवेश गर्दैछ।, वि.सं. २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको हो। प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन, २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो। वि.सं. २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्को ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो।, नेपालमा गणतन्त्रको स्थापना भएपछि साबिक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भयो। प्रतिष्ठानले हाल भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शन शास्त्र विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्व बोकेको छ।, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने, गराउने काम प्रतिष्ठानले गर्दै आएको छ। आवश्यकताअनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्चस्तरीय कृतिको अनुवाद एवं प्रकाशन गर्ने, गराउने कार्य पनि भइरहेको छ।, प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो। प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने गरेको छ।, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रवचन, गोष्ठी, विचारविमर्श, प्रदर्शनी आदिमा सहभागी गर्ने, गराउने कामको नेतृत्व पनि प्रतिष्ठानले गर्ने गरेको छ। भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध राख्ने, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने दायित्व पनि प्रतिष्ठानकै हो।, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विकासको निमित्त सम्बन्धित विषयका विद्वान् साहित्यकार एवं सामाजिकशास्त्रीको प्रतिभा विकसित हुने वातावरणका लागि सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्ने कामलाई पनि प्रतिष्ठानले प्राथमिकता दिएको छ।, नेपालका विभिन्न जाति तथा समुदायका साहित्य, लिपि, संस्कृति तथा लोकोक्तिको सम्वद्र्धन र संरक्षण गर्ने, नेपाली लोक साहित्यको अध्ययन, अनुसन्धान, सम्वद्र्धन र संरक्षण गर्ने, नेपालका सबै भाषा, विभिन्न विदेशी भाषा र नेपालमा बोलिने भाषामा विश्वकोश तथा शब्दकोश तयार गरी प्रकाशन गर्ने तथा नेपालका सबै भाषालाई समृद्ध र वैभवशाली बनाउन विभिन्न शब्द तथा शब्दावलीको सृजना गरी प्रचलनमा ल्याउने जिम्मेवारी पनि प्रतिष्ठानकै हो।, भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार, सामाजिक शास्त्रीे, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाको विकासमा सहयोग पुर्‍याउने, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने काम पनि प्रतिष्ठानले गर्दै आएको छ।, नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने, नेपालका विभिन्न जातजातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न प्राथमिकता दिने दायित्व पनि प्रतिष्ठानले निर्वाह गर्दै आएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले बताए।, प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर विसं २०२२ देखि राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै आएको छ। महोत्सव विभिन्न कारणले बीचमा केही वर्ष रोकिए पनि अनुकूल समयमा निरन्तरता दिइएको प्रतिष्ठानको सञ्चार संयोजकसमेत रहेका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले राससलाई जानकारी दिए। , यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको छ। महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुहुने सदस्य सचिव उपाध्यायले जानकारी दिए।, महोत्सव वि.सं. २०४६ सम्म निरन्तर चलेको थियो। विसं २०४७ मा विशेष कारणवश रोकिएको जनाइएको छ। वि.सं. २०६३ देखि २०६६ सालसम्म प्राज्ञ परिषद् गठन नभएका कारण कविता महोत्सव आयोजना हुन सकेन। विसं २०६७ देखि महोत्सव निरन्तर रूपमा आयोजना भइरहेको छ।, कोरोना महामारी सुरु भएपछिको कविता महोत्सव २०७७ मा प्रतिष्ठानले जुम माध्यमबाट यसलाई निरन्तरता दिएको थियो। गत वर्ष भने भौतिकरूपमै कार्यक्रम गरिएको जनाइएको छ। यसपटक कविता महोत्सवको ५३ औँ शृङ्खला आयोजना हुँदैछ। यस वर्ष महोत्सवका लागि ५८८ जना कवि एवं कवयित्रीले आवेदन दिनुभएकामा २० वटा प्रतियोगी कविता छनोट भएको छ। महोत्सवमा १६ जना अतिथि कविले कविता वाचन गर्ने कार्यक्रम रहेको सदस्य सचिव उपाध्यायले बताए।, प्रतिष्ठानले प्रकाशन गरेका नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश, अमरकोशलगायत विभिन्न भाषाका शब्दकोश पुस्तक चर्चित छन्। प्रतिष्ठानले हालसम्म हजारभन्दा बढी प्रकारका पुस्तक प्रकाशन गरिसकेको बजार व्यवस्थापन शाखा प्रमुख सुधीर ढुङ्गेलले बताए। चालु आर्थिक वर्षमा मात्र प्रतिष्ठानले ७० भन्दा बढी प्रकारका पुस्तक बजारमा ल्याएको पनि उनले बताए। , नेपाल प्रज्ञा प्रतिष्ठान ६६औं वर्ष प्रवेश
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।, कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको निर्देशनालयले जानकारी दिएको छ।, बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको हो।, बढुवा उपर चित्त नबुझे ३५ दिनभित्र शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने पनि निर्देशनालयले जानकारी दिएको छ।, लमजुङमा माध्यमिक तहतर्फ पहिलो श्रेणीमा एक जना शिक्षक बढुवा भएका छन्।, स्याङ्जामा निमावितर्फ पहिलो श्रेणीका तीन जना शिक्षक बढुवा भएका छन् भने मावितर्फ दुई शिक्षक बढुवा भए।, बागलुङमा मावितर्फ दुई र निमावितर्फ दुई शिक्षक बढुवा भएका हुन्।, तनहुँमा निमावितर्फ तीन शिक्षक बढुवा भए। मावितर्फ पनि तीन शिक्षक बढुवा भएका छन्।, गोरखाका निमावि दुई शिक्षक बढुवा भएका छन्। नवलपरासी सुस्तापूर्व मावितर्फ एक शिक्षक मात्रै बढुवा भए।, म्याग्दीमा निमावितर्फ एक, मावितर्फ दोस्रो श्रेणीका तीन शिक्षक र प्रावितर्फ पहिलो श्रेणीका तीन शिक्षक बढुवा भएका छन्।, पर्वतमा मावितर्फ एक र निमाविमा दुई शिक्षक बढुवा भएको निर्देशनालयले जनाएको छ।, कास्कीमा मावितर्फ पाँच शिक्षक बढुवा भएका छन्।, मुस्ताङमा निमावितर्फ दोस्रो श्रेणीका दुई शिक्षक र मावितर्फ दुई जना नै बढुवा भएका छन्।, मनाङमा निमावितर्फ तीन जना शिक्षक बढुवा भएका छन्।, गण्डकी प्रदेशका ४१ शिक्षक भए बढुवा (सूची)
एजेन्सी/रासस डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ।, सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।, उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ।, यसपटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ।, प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत यो खोप अभियान सुरु गर्न लागिएको जानकारी दिए।, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने छ।, डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।, त्यसैगरी छ हजार ४३२ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ।, डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी
सेतोपाटी संवाददाता गोरखामा पनि भूकम्प गएको छ। , आज बिहान ७:२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, आजै बिहान कास्कीमा पनि भूकम्प गएको थियो।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।, आज बिहान ३:५७ बजे भूकम्पको धक्का महसुसपछि मानिसहरू घर बाहिर निस्केका थिए।, कास्कीपछि आजै बिहान गोरखामा भूकम्प
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीस्थित कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ।, शव सडेको अवस्थामा बुधबार साँझपख फेला परेको हो।, खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुन सक्छ।, शव पहिचान हुन सक्ने अवस्थाको छैन।, झापाको बनियानी खोलामा शव फेला
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा पर्ने आदर्श चोकमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले गए राति करिब २ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा गए राति करिब ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ। , भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी र अर्का एकको दुर्घटनामा परेर मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।, टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरमा दुईको मृत्यु
सेतोपाटी संवाददाता अविरल वर्षापछि पहिरो झर्दा अवरूद्ध डुम्रे-वेशीसहर-चामे सडकखण्ड चार दिनपछि पुन: सञ्चालनमा आएको छ।, असार ५ गते उदीपुरमा पहिरो खसेपछि यो सडकखण्ड अवरूद्ध थियो।, बुधबार बेलुकीदेखि यो सडक पुन: सञ्चालनमा आएको डुम्रे-वेशीसहर-चामे सडक आयोजनाले जानकारी दिएको छ।, सडक एकतर्फी रूपमा सञ्चालन गरिएको छ। , वैकल्पिक सडक खनेर यो सडकखण्ड सञ्चालनमा ल्याइएको हो। वैकल्पिक सडकमा पनि पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ।, तस्बिरहरू:,  , पहिरोले अवरूद्ध डुम्रे-वेशीसहर-चामे सडक चार दिनपछि सञ्चालनमा (तस्बिरहरू)
रासस ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ। विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो। , दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताए।, गुल्मपति चौलागाईँले सुन्दरी तोप यहाँको ऐतिहासिक कोतगढीमा पुनःस्थापना गरेपछि दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। विसं २०२८ मा कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्‍याइएको थियो। सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन। , संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार र नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदा ल्याउनुपर्ने माग राख्दै आएका थिए।, स्थानीय प्रशासन र कालीदत्त गुल्मको पहलमा तोप दैलेख ल्याइएको हो । विजया दशमीमा टीकाको साइत तोप पड्काएर गरिने र नागरिकले तोपको साइतअनुसार दशैँको टीका लगाउने गर्दछन् । कोतगढी किल्ला बहादुर शाहको शासनकालमा १८४६ सालतिर निर्माण गरेको बताइन्छ। , सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिँदै
सेतोपाटी संवाददाता मोरङमा गुडिरहेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते भएका छन्। , मंगलबार दिउँसो कटहरी गाउँपालिकामा रंगेली जाँदै गरेको बसभित्र एसिड पोखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। , प्रहरीका अनुसार को १ ख ३९८१ नम्बरको बसभित्र कटहरी-४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले प्लास्टिकको बोतलमा एसिड बोकेका थिए।  उनले बोकेको एसिड पोखिएको हो। , गुडिरहेको बसमा ब्रेक लगाएपछि उनको हात थिचिएर बोतलको बिर्को खुलेर एसिड पोखिएर पाँच जना घाइते समेत भएको श्रेष्ठले बताए।, मोरङको सुनवर्षी नगरपालिका-४ की २२ वर्षीया निता राजवंशी, २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका-५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका-८ का ४० वर्षीया सुमित्रा उराव र भोजपुरको अरूण गाउँपालिका-१ याङपाङका २० वर्षीय विनोद परियार घाइते छन्। , परियार सो गाडीका सहचालक समेत हुन्। घाइतेहरूको सामान्य उपचारपछि डिस्चार्ज समेत गरिसकेको श्रेष्ठले बताए।, अहिले सुन पसल सञ्चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।,  , गुडिरहेको बसभित्र एसिड पोखिँदा पाँच घाइते
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट अन्यत्र लैजान खोज्दा त्यहाँ रहेका बालकहरू आक्रोशित भएका छन्।, कारागार विभागले भैरहवाको बाल सुधार गृहमा रहेका केही बालकहरूलाई स्थानान्तरण गर्न खोज्दा उनीहरू आक्रोशित भएका हुन्। , स्थानान्तरण गर्न गएका प्रहरी अधिकृतमाथि बालकहरूले आक्रमण प्रयास गरेको स्थानीयले बताएका छन्।, प्रत्यक्षदर्शीका अनुसार आक्रोशित किशोरहरूले सुधार गृहको भवनको झ्यालको शिशा तोडफोड गर्ने र चक्कुले घाँटी रेटेर मर्छौं भन्नुका साथै सुरक्षाकर्मीलाई पनि प्रहार गरेका थिए।, किशोरहरूले भैरहवाको सुधार गृहबाट अन्यत्र नजाने भन्दै चिच्चाइरहेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।, आक्रोशित किशोरहरूले थप कुनै घटना नघटाउन भन्नका लागि संयमता अपनाएर सुरक्षा दिइरहेको प्रहरीले जनाएको छ।, भैरहवामा चार वर्षदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालित छ। प्रहरीले कानुनले बन्देज गरेका कार्यमा संलग्न बालकहरूलाई सुधार गृहमा राख्दै आएको थियो।, ६० जनाको क्षमता रहेको सुधार गृहमा झण्डै दोब्बर १ सय ६ जना बालकहरू रहँदै आएका थिए।, बाल सुधार गृहका प्रमुख शुभद्रा गौतमले क्षमताभन्दा धेरै संख्यामा बालकहरू भएपछि नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भएको बताइन्।, निश्चित संख्याको लागि बनाइएको सुधार गृहमा क्षमताभन्दा धेरै बालकहरू भएपछि झिज्जिने, चिढिने गर्न थालेको उनले बताइन्।, सुधार गृहमा रहेका किशोरहरूले केही समययता बाटोमा हिँड्डुल गर्ने महिला तथा युवतीहरूलाई झ्यालबाट जिस्क्याउने, फोहोर शब्दको प्रयोग गर्दै आएका थिए।, समय बित्दै जादा किशोरहरू परिपक्व हुँदै जाने र सडकमा हिँड्डुल गर्नेलाई जिस्काउने र फोहोर शब्दहरू प्रयोग गर्न थालेपछि स्थानीयले सुधार गृह स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए। , सुधार गृहमा क्षमताभन्दा धेरै किशोरहरू थपिँदै गएको र स्थानीयको निवेदनबमोजिम पनि केही किशोरहरूलाई स्थानान्तरण गर्न लाग्दा आकोशित भएको गौतमले बताइन्। , यसअघि दुई साता पहिले पनि अत्यधिक गर्मी भएकोले बाहिर धारामा पानी खाने बहानामा बाहिर निस्किएका किशोरहरू भाग्ने प्रयास गरेको र भाग्न नसकेपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेको सुधार गृह प्रशासनले जनाएको छ।, भैरहवामा बाल सुधार गृहबाट अन्यत्र लैजान खोज्दा बालकहरू आक्रोशित, प्रहरीमाथि आक्रमण प्रयास
सेतोपाटी संवाददाता सेन्ट लरेन्सका व्यवस्थापक संकायका संयोजक र शिक्षक पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ। , काठमाडौं जिल्ला अदालतले बाल यौन दुरूपयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सेन्ट लरेन्सका संयोजक र शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।, काभ्रे घर भई कागेश्वरी मनोहरा बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय राजनकुमार पौडेललाई थुनामा पठाइएको हो। , तीन जना विद्यार्थीहरूले आफूमाथि शिक्षकले दुर्व्यवहार गरेको खुलेपछि प्रहरीले उनीहरूलाई जेठ १० गते पक्राउ गरेको थियो।, उनीहरूलाई न्यायाधीश केदारनाथ पौडेलको इजलासले थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।, यस घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो। उनीहरूमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरूपयोग गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो। , अनुसन्धानपछि रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो। त्यहाँबाट अदालतमा मुद्दा दायर भएको थियो।, उनीहरू दुबै जनालाई डिल्लीबजार कारागार पठाइएको छ। कलेजमा विद्यार्थीमाथि शिक्षकहरूले नै यौन दुर्व्यवहार गरेको बाहिरिएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए। , यो पनि: ,सेन्ट लरेन्सका विद्यार्थी भन्छन्- घटनाबारे पहिल्यै जानकारी गराउँदा कलेजले भित्र-भित्रै मिलाउने प्रयास गर्‍यो,  , यौन दुर्व्यवहार आरोपित सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पूर्णप्रसाद मिश्र काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी 'लिफ्टिङ' गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि मंगलबार खानेपानीमन्त्री उमाकान्त चौधरीले सो स्थलको स्थलगत अध्ययन गरे। , स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइपलाइन बिच्छ्याएपछि दैनिक छ करोड लिटर पानी राजधानी लैजान सकिने बताए।, मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए। यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान छ। राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाउन लागिएको छ।, यो आयोजना सम्पन्न गर्न २६ अर्ब रूपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ। विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्यांकनको काम सकी आर्थिक वर्ष २०८०/०८१ देखि नै काम सुरू गर्ने लक्ष्य मन्त्रालय लिएको पनि मन्त्री चौधरीले बताए।, विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो। मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिक रूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ। काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी संकलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए।, पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रम पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ। बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ। यहाँको पानी लैजान यहाँका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ।, दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यहाँको पानी राजधानी लैजाँदा प्रभावित स्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान छ।, दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल वाग्मतीमै मिसिने भएकाले पनि पनि कसैलाई प्रभाव नपार्ने बताइएको छ। बागमती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य बागमती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ। काठमाडौं उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि बागमतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए।, वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो। स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको थियो।, यो आयोजना स्थल फर्पिङस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेसनबाट १४ किलोमिटर दुरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए। कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ। , यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलेखानी खोलाको पानी संकलन गरिने छ। लिमिटेडको सैंबु, भैंसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ।, प्रस्तावित बाँधको लम्बाई ३४० मिटर र उचाई ६० मिटर रहने छ। बाँध निर्माण स्थल समुद्री सतहबाट एक हजार १२० मिटर उचाइमा रहने छ। सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरवन डाँडा भनिने एक हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौं उपत्यकामा पठाउने लक्ष्य राखिएको छ।, पानीपोखरीबाट हाल निर्माणाधीन द्रुतमार्गमा करिब १९ किमी पाइपलाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैंबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जिनियर नवीन तिवारीले बताए।, सिस्नेरी खोलाबाट दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन
सेतोपाटी संवाददाता पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुँदा पहिरो जाने क्रम रोकिएको छैन। ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्।, सिरिजंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बुद्धि दाहालका अनुसार पहिरोको त्रासका कारण ६३ परिवारले बासस्थान छाडेका छन्। पहिरोका डरले लत्ताकपडा, खाद्यान्न र चौपाया लिएर सुरक्षित स्थानमा स्थानीयहरू गएको वडा अध्यक्ष दाहाललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।, ‘वडा अध्यक्षज्यूले मंगलबार दिउँसो ६३ घरपरिवार पूर्णरूपमा विस्थापित भएको जानकारी दिनुभएको छ। विस्थापित परिवारको यकिन विवरण संकलन गर्न, उनीहरूलाई राहत तथा पुनः स्थापनाका लागि प्रहरीको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले भने।, सोमबार बेलुका गएको पहिरोमा परेर एक जना घाइते भएका छन्। पहिरोमा परी घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पाँचथर लगिएको राईले सेतोपाटीलाई बताएका छन्।, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले सोमबार बेलुका पहिरो जाँदा भाग्ने क्रममा बुद्धिराज लिम्बू घाइते भएको पुष्टि गरेका छन्। लिम्बूसहित दुई जना कुरुवालाई नेपाली सेनाको हेलिकोप्टरबाट फिदिम पुर्‍याइएको उनले जानकारी दिए। घाइतेको फिदिम अस्पतालमा उपचार भइरहेको छ।, विस्थापितलाई मंगलबार दिउँसो सेनाको हेलिकप्टरले पाल, कम्बल, चामल लगायत खाद्य सामग्री पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।, ‘आज यही गाउँपालिका ६ खेवाङको राहत सामग्री लैजानु थियो,’ पोख्रेलले भने, ‘हिजो बेलुका मामांखेमा पनि विस्थापित भएपछि एक ट्रिप सामान त्यहाँ झारेका छौं। तत्काललाई यसले राहत पुग्ने छ।’, विस्थापित परिवारलाई स्थानीय गणेश माध्यमिक विद्यालयमा राखिएको छ। केहीले आफन्तकोमा आश्रय लिएका छन्। प्रहरीका अनुसार अहिले पनि पहिरो प्रभावित क्षेत्रमा वर्षा भइरहेको छ।, ताप्लेजुङमा पहिरोले ६३ घर विस्थापित, घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल लगियो
रासस कञ्चनपुरको पुनर्बास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो। , तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।, युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो। , रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।, मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर चालक फरार भएका थिए। उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए।, भारतीय मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
सेतोपाटी संसारकै धनी व्यक्ति एलन मस्ककी एक छोरीले अदालतमा आफ्ना बुवाबाट 'अलग' हुन निवेदन दिएकी छन्। अमेरिकी अखबार सिएनएनका अनुसार उनले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन्।, उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता राख्न नचाहेको बताएकी छन्। , एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले यस्तो निवेदन दिएकी हुन्। १८ वर्षीया उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन्। विल्सन थर उनले आफ्नी आमा जस्टिन विल्सनबाट लिएकी हुन्। , सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए। सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्। एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन्। तिनै पाँचमध्ये जेभियर एक हुन्। , अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्षसम्बन्धी काम गर्ने स्पेस-एक्सका सिइओ एलन अहिले संसारकै धनाढ्य हुन्। उनको सम्पत्ति करिब दुई खर्ब १४ अर्ब डलर छ।, पछिल्लो समय उनी सामाजिक सञ्जाल ट्विटर किनेर चर्चामा आएका थिए। उनी प्रायः जसो आफ्ना ट्विटहरूकै कारण पनि विवादमा आइरहेका हुन्छन्।, सिएनएनका अनुसार उनकी छोरी जेभियरले अदालतमा दिएको निवेदनको सुनुवाइ आगामी शुक्रबार हुने भनिएको छ।, उनले निवेदन अप्रिलमै फाइल भएको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो। बाबुछोरी एलन र जेभियरले हालसम्म यसबारे कुनै औपचारिक टिप्पणी दिएका छैनन्।, संसारकै धनाढ्य एलन मस्ककी छोरीले 'बाबुसँग कुनै नाता नराख्ने' भन्दै अदालतमा दिइन् निवेदन
एजेन्सी पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ रेक्टरस्केलको भूकम्प गएको हो।, दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।, पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको छ।, पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ ।, भूकम्प भारतका केही भूभागमा महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ।, अफगानिस्तानमा शक्तिशाली भूकम्प
रासस डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो।, ‘श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने।, पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताए।, डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता आज प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।, हाल गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। , आज दिउँसो बागमती, मधेश, गण्डकी र प्रदेश १ मा वर्षाको सम्भावना छ। अन्य प्रदेशमा सामान्य मौसम बदली हुने सम्भावना छ। एक दुई स्थानमा चटयाङसहितको वर्षा हुने मौसम विभागले जनाएको छ। , आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको  विभागले जनाएको छ।, जल तथा मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।,  , आज चार प्रदेशमा वर्षाको सम्भावना
रासस अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।, अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो।, ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो।, प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो।, घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।, अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ
एजेन्सी कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ। नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ।, यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो ।, यद्यपि विश्वमा ताजा पानी (फ्रेस वाटर) मा पाइने सबैभन्दा ठूलो माछाको आधिकारिक डाटाबेस भने राख्ने गरिएको छैन।, एसियाको अन्तर्राष्ट्रिय नदी भनिने मेकङ माछाको जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिन्छ । तर अत्यधिक माछा मारिने, जलप्रदूषण उच्च हुनु तथा बाँधहरुका कारण उक्त नदीमा माछाको पर्यावरण चक्र संकटमा परेको छ।, तिब्बतबाट सुरु भएको मेकङ नदी चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया तथा भियतनाम हुँदै बग्दछ ।, मेकङ नदीमा माछाको विषयमा पछिल्लो २० वर्षसम्म अध्ययन गर्दै आएका जीव वैज्ञानिक जेब होगानका अनुसार कम्बोडियामा फेला परेको ३ सय किलो तौलको माछा हालसम्म पृथ्वीका नदी, ताल आदि ताजा पानीका स्रोतहरुमा पाइएको सबैभन्दा ठूलो माछा हो ।, 300-kilogram stingray., A fisherman on the Mekong river in Cambodia has hooked the biggest freshwater fish ever recorded, scientists say., It was released back into the wild after being fitted with a tag ,https://t.co/AOzIKnxVE1, ,pic.twitter.com/tZn5zSdzbH, — AFP News Agency (@AFP) ,June 22, 2022, गत जुन १३ मा कम्बोडियाको कोह प्रेह टापुस्थित एक स्थानीय माझीले ३.९८ मिटर लामो र २.२ मिटर चौडा माछा समाएको भनेर शोधकर्ताहरुलाई खबर गरेका थिए । त्यसपछि शोधकर्ताहरुले उक्त माछाको नापजाँच गरे। जसबाट सो माछाको तौल ३ सय केजी पाइयो। उनीहरुले उक्त माछाको भावी गतिविधि अध्ययन गर्नका लागि ट्याग लगाएर नदीमा पुनः छाडेका छन्।, ‘६ महाद्वीपमा नदी र तालहरूमा विशाल माछाको अनुसन्धानको २० वर्षमा हामीले भेटेको यो सबैभन्दा ठूलो ताजा पानीको माछा हो’, मेकोङ परियोजनाको वन्डर्सको नेतृत्व गर्ने माछा जीव वैज्ञानिक जेव होगनले भने।, गत महिना चार मिटर लामो र १८० किलो तौल भएको लोपोन्मुख विशाल ताजा पानीको माछालाई सोही प्रान्तका एक माझीले समातेका थिए।, कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा
रासस एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्।, जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन्।, बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।, उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, नाबालिकालाई अपहरण र बलात्कार आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छन्।, रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।, कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन्।, तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार युवती मृत फेला परेको कोठामा एउटा सर्प पनि भेटिएको छ।, उनको हातमा सर्पले डसेकोजस्तो घाउ देखिने उनले बताए। सर्पदंशबाट उनको मृत्यु भएको प्रहरीको अनुमान छ।, शव पोस्टमर्टमका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताएका छन्।, भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठाइएको छ।, होस्टेलमा मृत भेटिइन् युवती
सेतोपाटी संवाददाता रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलोभेरी सञ्चार केन्द्रले चलाएको रेडियो नयाँ नेपाल एफएम ९८.२ मेगाहर्जले पत्रकारहरूलाई पारिश्रमिक नदिएपछि आन्दोलन भएको छ।, एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी गरी ६ जना मंगलबारदेखि आन्दोलनमा छन्।, उनीहरूले पारिश्रमिकबापत १० लाख रूपैयाँ पाउनुपर्ने बताएका छन्।, पत्रकार हिरा परियार, सत्यबहादुर बटाला, सुनिल विक, प्रकाश गौतम, कल्पना विक र सीता शाहीले आफूहरूले काम गरे पनि रेडियोले पारिश्रमिक नदिएको बताए।, रेडियो सञ्चालन समितिका अध्यक्ष मानबहादुर चनाराले पारिश्रमिक नदिएको उनीहरू बताउँछन्। पारिश्रमिक माग्दा उल्टै धम्की दिने गरेको भन्दै पत्रकारहरू आन्दोलनमा छन्। उनीहरूले मंगलबार विरोध र्‍याली निकालेका थिए।, पत्रकार महासंघ रूकुम पश्चिम शाखा र अन्य पत्रकार संघसंस्थाले पनि आन्दोलनरत पत्रकारहरूलाई तुरून्त पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्। असार ९ भित्र पारिश्रमिक उपलब्ध नभए थप आन्दोलन गर्ने चेतावनी उनीहरूको छ।, पारिश्रमिक नपाएपछि नयाँ नेपाल रेडियोका पत्रकार आन्दोलनमा
रासस पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ।, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।, शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले बताए।, उनको शव नेपाल पठाउने तयारी भइरहेको छ।, बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो। उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए।, गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो।, पोर्चुगलमा एक नेपालीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक भएको छ।, उक्त अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक डाकेका छन्। बैठक दिउँसो साढे १ बजे बस्दै छ।, न्युज २४ को टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो। ,(भिडिओ अन्त्यमा राखिएको छ), झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा छोड्ने आदेश दिन भन्छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्। , सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत हुन्छन्।, सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।, जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ।  उनीहरूबीच पछि कुरा मिलेको देखिन्न। तामाङलाई थुनामा पठाउने आदेश न्यायाधीश कोइरालाले नै दिएका थिए।   , घुस डिल गर्ने अधिवक्ता पोखरेल नेकपा एमालेनिकट हुन्। उनी नेपाल बारका कोषाध्यक्ष थिए। केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनले ओलीका पक्षमा सर्वोच्चमा बहस गरेका थिए। उनी एमालेको कानुन विभागका सदस्य हुन्। पोखरेल झापाका हुन्। , इच्छाराजलाई धरौटीमा छाड्नेबारे न्यायाधीश र अधिवक्ताबीच २ करोडको डिल भएको अडिओ सार्वजनिक, न्यायपरिषद् बैठक बस्दै
रासस विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।, हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।, सर्पदंशबाट झापामा किशोरको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , गएराति ९ बजे शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको हो। , प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो।, टिपरले ठक्कर दिएपछि चालक फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१४ का सुमन लामा पक्राउ परेका छन्। , उनलाई काठमाडौं ल्याइँदैछ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा राखिएको छ। ,  , शंखरापुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
रासस मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरूङ मार्ग बनाउन अध्ययन थालिने भएको छ।, लोकमार्ग बागलुङको काठेखोलास्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरूङ मार्ग अध्ययन गरिने भएको छ। यसका लागि संघीय सरकारले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ। , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग अध्ययनका लागि ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।, सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४  नयाँ सुरूङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ। तीमध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरूङ मार्ग समावेश भएको हो। , गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए।, आगामी आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडि बढ्ने उनले जानकारी दिए। अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा सुरूङ मार्ग बनाउँदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ। , मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा सुरूङ मार्ग बनाउन अध्ययन थालिने
सेतोपाटी संवाददाता घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिने पीडकको डरले मौन बसेकी १४ वर्षीया बालिका गर्भवती भएपछि मात्रै बलात्कारको घटना बाहिरिएको छ। , मोरङ मिक्लाजुङकी ती बालिकाको गर्भमा चार महिनाको बच्चा रहेको भन्दै परिवारका सदस्यले प्रहरी गुहारेपछि चार महिना अघिको घटना बल्ल बाहिर आएको हो।, ‘नानीको स्वास्थ्यमा समस्या देखिएपछि अभिभावकले स्वास्थ्य परीक्षण गराउनुभएछ’, मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यसक्रममा नानी गर्भवती भएको पुष्टि भएको उहाँहरूले सुनाउनुभयो। लगत्तै हामीले घटनाका अभियुक्त खोज्ने र अनुसन्धान सुरू गरेका छौं।’  , प्रहरीका अनुसार गएको माघ १६ गते दिउँसो १ बजेतिर ती बालिका घरमा पालेको सुँगुरलाई चारो खोज्न घर नजिकैको जंगलमा पुगेकी थिइन्। चारो खोज्ने क्रममा पिसाब गर्न लागेका बेला उनलाई मिक्लाजुङ ४ का ४४ वर्षीय छविराज चाम्लिङले बलात्कार गरेका थिए। घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की पीडकले दिएका कारण पीडित बालिकाले कसैलाई पनि भनेकी थिइनन्। , प्रहरीका अनुसार घटनापछि नियमित स्कुल गइरहेकी बालिकाको स्वास्थ्यमा जेठ अन्तिम साता एक्कासि समस्या आयो।, ‘नानीले पेट दुख्यो भनेर अभिभावकलाई भनेपछि उपचारका लागि लगिएछ’, डिएसपी श्रेष्ठले भने, ‘पिरियड पनि रोकिएको भएपछि अभिभावकले जाँच गराउँदा प्रेग्नेन्सी पोजिटिभ आएको रहेछ।’ , परिवारले जाँच गरेको भनेर भनेपछि प्रहरीले पीडितको पुनः स्वास्थ्य परीक्षणका लागि एबिसी नेपाललाई जिम्मा लगाएको छ। उनको स्वास्थ्य परीक्षण भइरहेको र फरार अभियुक्तको खोजी पनि जारी रहेको प्रहरीको भनाइ छ। , ती बालिकाका परिवारका सदस्यका अनुसार घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिने पीडकको डरले बालिका लामो समय मौन रहेकी हुन्।, ‘कसैलाई सुनाए आफू र परिवारका अरूलाई पनि मारिदिने धम्की पीडकले दिएको रहेछ’, बालिकाका परिवारका एक सदस्यले घटनाबारे भने, ‘त्यही भएर नानीले त्यसबारे कसैलाई केही भनिनछे। अहिले यस्तो भएपछि मात्रै थाहा भयो।’, पीडक चाम्लिङ फरार रहेका कारण पक्राउ गर्न प्रहरीलाई गुहारेको उनले जानकारी दिए।, मारिदिने धम्कीले चार महिनाअघि 'लुकाएको' बलात्कार घटना यसरी भयो सार्वजनिक
रासस कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो। , सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, सख्त घाइते भएकी जोशीलाई अस्पताल पुर्‍याउने क्रममै मृत्यु भएको बताइएको छ।, बसका चालक भीमदत्त नगरपालिकाको वनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका छन्। , कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेका हुन्।, मंगलबार साँझ भित्र कार्यपालिका बैठक चलिरहेको बेला उनले बाहिर पार्किङमा राखेको गाडी तोडफोड गरेका हुन्। , प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन्। मंगलबार बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो। , अध्यक्ष गच्छदारले आफ्नो छोराले गाडी तोडफोड गरेको स्वीकार्दै उनलाई गाउँपालिका बैठकले जे गर्छ, त्यही सजाय हुने बताए। उनीविरूद्ध उजुरी नआएको भन्दै प्रहरीले घटनामा चासो दिएको छैन।, अध्यक्षका छोराले गाउँपालिकाको गाडीमा गरे तोडफोड