content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीले नयाँ बजेट निर्माण प्रक्रियामा आफूहरूको कुनै चासो र सरोकार नरहेको बताएका छन्।, सञ्चार माध्यम र सामाजिक सञ्जालमा चौधरी ग्रुपलाई जोडेर विभिन्न कुरा आएकोले त्यसतर्फ आफूहरूको गम्भीर ध्यानाकर्षण भएको चौधरीले बताए।, ‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहन्छौं,’ चौधरीले भने, ‘यस मामिलामा हाम्रो संलग्नताका बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूप्रति हामी खेद व्यक्त गर्दछौं।’, उनले चौधरी ग्रुपलाई लगाएको आरोपको पुष्टि गर्न पनि चुनौती दिएका छन्। साथै यसबारे सत्यतथ्य छानबिन गर्न पनि माग गरेका छन्।, ‘यस मामिलामा हाम्रो संलग्नता कहीँकतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौं। र यदी हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ,’ ट्वीट गर्दै निर्माणले भनेका छन्।, बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार थिएन: चौधरी ग्रुप
सेतोपाटी संवाददाता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरिमा अड्किएको छ।, तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरि डाँडामा जाँदै थिए।, विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ।, ‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो। अहिले उहाँ  माथि पुगिसक्नुभएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने,‘अड्किएका अरू केबलकार पनि जेनेरेटरबाट चलाउने काम भइरहेको छ।’, विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए।  , चन्द्रागिरिका जनरल म्यानेजर सञ्जिब थापाले ‘टेक्निकल फल्ट’का कारण  मात्रै रोकिएको बताए। उनका अनुसार केबलकार १५ मिनेटमात्रै अड्किएको थियो। , ‘टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको हो। कहिलेकाहीँ देखाउँछ नि त्यस्तै। टावरहरूमा समस्या देखाउँदा अटोमेटिक रोकिन्छ। त्यो समस्या थाहा पाएपछि चलिहाल्छ,’ उनले भने, ‘मानिसहरू फसेका होइनन्। १०-१५ मिनेट समस्या डिटेक्ट गर्नलाई टाइम लाग्यो। त्यसपछि इमर्जेन्सी मोड हुन्छ। त्यसमा गएपछि मान्छेहरू फस्ने कुरै हुन्न।’, उनका अनुसार केबरकारमा कुनै पनि समस्या देखिएमा आफैं नै रोकिने गर्छ।, ‘कुनै पनि फल्ट देखियो भने केबलकार अटोमेटिक रोकिन्छ। टेक्निकल कुरा हो। सुरक्षाको हिसाबले पनि समस्या देखियो भने रोकिनु राम्रै हो,’ उनले भने, ‘सिस्टम नै यस्तो छ।’,  ,  , चन्द्रागिरि केबलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष
रासस देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन्। , मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो। , गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधामा आयोजना हुने शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीबार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताए।, सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ। , बिहीबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरूको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।, आज बेलुका ६ बजेसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोली आज साँझ जनकपुरधामस्थित गंगासागर पोखरीमा नियमित हुँदै आएको महागंगा आरतीमा सहभागी हुने कार्यक्रम तय भएको छ। , यस्तै, टोलीले यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उनीहरूलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। , सबै प्रदेशका गृहमन्त्री जनकपुरधाम आउँदै
सविता बुढा बैतडीमा चितुवा र मान्छेबीच लामो समयदेखि द्वन्द्व छ। जिल्लाको मेलौली नगरपालिका, तल्लोसोराड चितुवाले तर्साएको क्षेत्रका रूपमा चिनिन्छ। यहाँ चितुवाको आक्रमणबाट २०६८ सालदेखि अहिलेसम्म कम्तीमा २७ जनाको ज्यान गएको सरकारी तथ्यांक छ।, चितुवाले आक्रमण गरेर मान्छेका बस्तीमा आतंक मच्चाउने गरेको छ। यस ठाउँमा मानव र चितुवाको द्वन्द्व व्यवस्थापन निकै ठूलो चुनौती बनेको छ।, सरकार र स्थानीयस्तरबाट चितुवा र मानवबीचको द्वन्द्व व्यवस्थापन गर्न पहल भए पनि दिगो र प्रभावकारी नभएको स्थानीय बासिन्दा भागरथी बिष्टको भनाइ छ।, बैतडीको पाटन नगरपालिका–९ का धीरेन्द्र चन्द पनि बाल्यकालदेखि नै चितुवाले किन मानिसलाई आक्रमण गर्छ भन्ने कुरा सोच्थे। किन मान्छेसँग चितुवा रिसाउँछ र चितुवासँग किन मान्छे रिसाउँछन् भन्ने प्रश्न उनको मनमा खेलिरहन्थ्यो। त्यो ठाउँमा बालबच्चा, वृद्धवृद्धा र अरू पनि चितुवाको आक्रमण पर्दा उनको मनमा डर लाग्थ्यो।, 'यस्ता घटना हुँदा हामी सानोमा धेरै डराउथ्यौं। किन यस्तो भयो होला जस्तो लाग्थ्यो, केही बुझेका थिएनौं,' उनले भने, 'हाम्रो गाउँ त्यहाँभन्दा टाढा भए पनि आफन्त र इष्टमित्र आक्रमणमा परेका घटनाले डर लाग्थ्यो।', तिनै धीरेन्द्र अहिले वन्यजन्तुको खोज, अनुसन्धान र संरक्षण कार्यमा सक्रिय छन्। सुदूरपश्चिमबाट यस्तो खोज–अनुसन्धानसहित सक्रिय रूपमा लाग्ने थोरैमध्येका एक व्यक्ति उनी। विगत सातवर्षदेखि उनी चितुवा र अन्य वन्यजन्तुको पछि लागेर अध्ययन गरिरहेका छन्।, मध्यम वर्गीय परिवारमा हुर्केका र पढाइमा लगनशील धीरेन्द्रले विज्ञान विषय पढे। जूलोजी अर्थात प्राणीशास्त्र मुख्य विषय बनाएर स्नातक तह पूरा गरे। कलेजको विद्यार्थी छँदै उनले वन्यजन्तु संरक्षण र खोज–अनुसन्धानमा लाग्ने लक्ष्य बनाए।, उनले भने, 'त्यो बेला मास्टर (शिक्षक) बन्छु भन्ने सोचेर विज्ञान विषय लिएको थिएँ। पढ्दै गएपछि संरक्षणको आवश्यकता बुझेँ।', दस वर्षअघि उनले विज्ञानमा स्नातक अर्थात बिएससी पूरा गरे। त्यसपछि उनी थप पढाइका लागि काठमाडौं गए। प्राणीशास्त्र केन्द्रीय विभागमा पढाइ सुरू गरे। दोस्रो सेमेस्टर पुगेपछि उनलाई जीवजन्तुको खोज र संरक्षणमा चासो बढ्यो। त्यहाँका केही प्राध्यापकहरू यस्तै खोज–अनुसन्धान र संरक्षणमा संलग्न थिए।, धीरेन्द्रले आफ्ना प्राध्यापकहरूबाट हौसला पाए।, उनले भने, 'किताबको ज्ञान अरूलाई पनि सिकाउँला भन्ने सोचेको थिएँ तर प्रोफेसरहरूको प्रेरणाले मलाई आफ्नै ठाउँमा फिल्डमा काम गर्न प्रेरणा दियो।', धीरेन्द्र सुदूरपश्चिममा वन्यजन्तुको वैज्ञानिक अनुसन्धान कम भएकाले यतै काम गर्ने निष्कर्षमा पुगे। तेस्रो सेमेस्टर पढ्दै गर्दा उनी पहिलो पटक त्यस बेलाको शुक्लाफाँटा वन्यजन्तु आरक्ष गए। आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएको छ।, त्यहाँ धीरेन्द्रले विश्वमै दुर्लभ मानिएको लघुकर्ण खरायोको अध्ययन गरे। उनका अनुसार खोज–अनुसन्धान आफैंमा कठिन काम हो। धीरेन्द्रलाई त आर्थिक स्रोत पनि अभाव थियो। उनीसँग क्यामरा थिएन र अन्य अत्यावश्यक उपकरण पनि थिएनन्। , उनले राष्ट्रिय प्रकृति संरक्षण कोषमा एउटा प्रस्ताव पेस गरे। उनको प्रस्ताव स्वीकृत भयो। यसबाट उनले ५० हजार रूपैयाँ पाए। यही पैसाले शुक्लाफाँटामा सात महिना काम गरे।  प्राणीशास्त्रमा स्नातकोत्तर गरेपछि पनि धीरेन्द्रले फिल्डमै काम गर्ने अठोट गरे। अरू  साथीहरू झैं जागिरतिर लागेनन्। , उनले भने, 'मलाई फिल्डमै काम गर्नु थियो, त्यसैलाई निरन्तरता दिने सोच बनाएँ।', बाल्यकालमै बैतडीमा मानिस र चितुवाबीच हुने द्वन्द्वबारे मनमा जिज्ञासा थियो। उनले यसलाई आफ्नो अनुसन्धानको विषय बनाए। , 'मेरा लागि यो अनुसन्धान एउटा अवसर थियो। आफ्नै ठाउँमा जटिल विषयको खोज, अनुसन्धान गर्न पाउँदा म निकै खुसी थिएँ,' उनले भने। , काम गर्न त्यति सहज थिएन। चितुवाको अवस्था, यसले मान्छेलाई आक्रमण गर्ने कारण र समाधानको उपाय पत्ता लगाउने उनको उद्देश्य थियो। यति गहन अध्ययनका लागि उपकरण र बजेट अभाव थियो। उनले जिल्ला वन कार्यालय, प्रदेश सरकारको वन मन्त्रालय र अन्य केही सरकारी निकायमा आर्थिक सहयोग माग्दै प्रस्ताव पेस गरे तर कतैबाट पनि सहयोग पएनन्।, उनले भने, 'म सुरूआती अनुसन्धानकर्ता भएकाले कसैले सहयोग गरेनन्। अनुसन्धानका उपकरण धेरै महँगा हुन्छन्। काम पनि कठिन हुन्छ तर म निराश भइनँ। प्रयास जारी राखेँ।' , उनले सोही अवधारणाको वैज्ञानिक प्रस्तावना पत्र अन्तर्राष्ट्रिय संस्था रूफर्डमा पेस गरे। रूफर्डले पाँच हजार डलर सहयोग गर्‍यो। त्यो पैसाले उनले क्यामरा र जिपिएस किने। क्यामरा ट्र्याप किन्न सकेनन्। केही उपकरण आफ्नै प्रोफेसरहरूसँग मागे।, अब उनले मेलौली नगरपालिकाको तल्लो सोराड क्षेत्रमा अनुसन्धान गर्ने भए। गाउँलेहरू देवीदेउतामा विश्वास गर्छन्। धीरेन्द्रलाई पनि सम्झाए। उनीहरू देउता रिसाएपछि चितुवाले मान्छेलाई आक्रमण गर्छ भन्ने विश्वास राख्छन्। जंगल पसेर चितुवाका बारेमा खोजी गर्दा झन् अनिष्ट हुुन सक्छ।, उनले गाउँलेका कुरा गम्भीर रूपमा लिएनन्, 'म निडर भएर गएँ। चितुवाले आक्रमण गरेका ठाउँहरूमा गएर बुझेँ। दुई सय वटा पर्चा छापेर गाउँमा बाँडेँ। प्रश्नोत्तरबाट धेरै कुरा फेला पारेँ।', उनका अनुसार चितुवाको अनुसन्धान निकै जोखिमपूर्ण छ। उनले पूरा एक वर्ष बैतडीमा चितुवाबारे खोज, अनुसन्धान र अध्ययनमा बिताए। चितुवा कुन समय बढी सक्रिय हुन्छ, कति संख्यामा छन्, के–कारणले गाउँमा पसेर आतंक मच्चाउँछ, इत्यादि खोजी गरे। , सुरूमा उनले चितुवाले धेरै आक्रमण गर्ने गरेका ठाउँका बासिन्दासँग कुरा गरे। कतिपयले देवीदेउताको सरापले चितुवा गाउँ पस्ने गरेको पनि भने। धीरेन्द्रका अनुसार सामान्यतया बैतडीमा चितुवाको आहार मृग, दुम्सी, खरायो हुन्। पाँचौं स्थानमा मान्छे पर्छ। , उनको अनुसन्धानले वनमा चितुवाको आहारा कम हुँदै गएको, वासस्थान मासिँदै गएको देखायो। यिनै कारण चितुवाले मान्छेलाई आक्रमण गर्न थालेको अध्ययनले देखाएको उनको भनाइ छ। बिजुली बत्ती नहुनु, घर आसपासमा झाडी हुनु, घरपालुवा कुकुर अँध्यारोमा भुक्नु पनि चितुवा गाउँ पस्नुको कारण देखियो। , धीरेन्द्र भन्छन्, 'एक पटक सजिलो आक्रमण गरेपछि फेरिफेरि त्यसै गर्ने चितुवाको स्वभाव हुने भएकाले गाउँमा आतंक मच्चिएको हो।' , आफू काम गर्ने संस्थाको सहयोगमा उनले चितुवाको संख्या पत्ता लगाउन १३ वटा क्यामरा जडान गरे। जहाँ जहाँ चितुवा देखिन्छ, मुख्य प्रभावित क्षेत्रमा क्यामरा परिचालन गरे। दुई वटा क्यामरामा चितुवा देखिए।, उनले आफ्नो अनुसन्धानबाट फेला परेका तथ्य स्थानीय विद्यालयमा गएर बालबालिकालाई बताए। चितुवाको आनीबानीबारे जानकारी गराए। कुन बेला आक्रमण गर्छ, कसरी बच्ने इत्यादि कुरा बताए। गाउँलेहरूलाई पनि जम्मा गरेर सम्झाए।, चितुवाबारे जानकारी दिन विद्यालयमा बालबालिकाका लागि हाजिरीजवाफ प्रतियोगितामा पनि चलाए। धीरेन्द्रले एक वर्षको अनुसन्धानपछि वैज्ञानिक प्रतिवेदन लेखे।, 'मेरो काम रिपोर्ट (प्रतिवेदन) देखाउने थियो। रिपोर्टले आक्रमण न्यूनीकरण र रोकथामका काम गर्न राज्यलाई सहज होस् भन्ने मेरो चाहाना थियो,' उनले भने।, आफ्नो रिपोर्ट सम्बद्ध मन्त्रालय, वन कार्यालय लगायत सरोकारवाला निकायहरूमा देखाए। उनका अनुसार बर्दिया र चितवनबाट उद्धार टोली गएर एउटा चितुवा स्थानान्तरण पनि गरे।  धीरेन्द्रको अनुसन्धानपछि त्यहाँ चितुवाले अर्को एउटा आक्रमण गर्‍यो।, 'समस्या न्यूनीकरण गर्न सरकारी कदम पनि राम्रो हुन जरूरी छ। राज्यका तीन वटै तहले पहल गर्ने हो भन्ने न्यूनीकरण हुन्छ,' उनी भन्छन्।, धीरेन्द्र त्यहाँको चितुवाबारे थप अनुसन्धान गर्ने तयारीमा छन्।, भन्छन्, 'मेरो कदमले त्यस ठाउँको जोखिम कम गर्न सहयोग हुन्छ। म थप अनुसन्धान गर्ने तयारीमा छु। यसका लागि सरकारको सहयोग पनि हुनु पर्‍यो।', बैतडीमा बाँदर र मानवबीच पनि चर्को द्वन्द्व छ। यसको व्यवस्थापनका लागि समुदायलाई सचेत गराउने काममा पनि उनी सक्रिय छन्। धीरेन्द्रले कैलालीका विभिन्न तालतलैया र वसन्ता संरक्षित वनमा पाइने चराचुरुंगीबारे पनि केही अनुसन्धान गरेका छन्। पाँच वर्षअघिदेखि कैलालीमा डल्फिन गणना र संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा पनि संलग्न छन्। , नेपालमा पाइने बाँदरका तीन प्रजातिमध्ये पहरे बाँदर सम्बन्धी खोज, अनुसन्धान गरी सुदूरपश्चिमका विभिन्न ठाउँमा नयाँ वासस्थापन पत्ता लगाएको पनि उनले बताए। हाल उनी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गिद्ध सम्बन्धी खोज, अनुसन्धान र संरक्षणको काममा क्रियाशील छन्।, धीरेन्द्रको अनुसन्धानले राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यता पनि पाउन थालेको छ। उनले २०७७ सालमा 'राष्ट्रिय युवा प्रतिभा पुरष्कार' पाए। यसैगरी 'डिस्टिङ्गुइस्ड रिसर्चर अफ द इयर, २०२१' नामको एसियाली पुरस्कार पनि पाएका छन्।, उनले 'इक्सलन्ट एसियन मेल वाइल्ड लाइफ रिसर्चर एन्ड कन्जरभेसनिस्ट अवार्ड, २०२१' पनि पाएका छन्। धीरेन्द्रलाई सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको युवा परिषदले 'प्रदेश युवा प्रतिभा सम्मान, २०७८' बाट पनि सम्मान गरेको छ।, जीवजन्तुको खोज, अनुसन्धान र संरक्षण कार्यबाट सिंगो देशलाई विश्वमा चिनाउने उनको सपना छ। धीरेन्द्र वन्यजन्तु सम्बन्धी केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्।, ७ वर्षदेखि चितुवाको पछिपछि हिँडिरहेका धीरेन्द्र
सेतोपाटी संवाददाता प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसीलाई विभागीय कारबाही भएको छ। , केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेट्न गएको भन्ने घटना बाहिरिएपछि छानबिन भएको थियो। , त्यस प्रकरणमा उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभागीय कारबाही गरेको प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए। , जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नेतृत्वको तीन सदस्यीय छानबिन समिति बनेको थियो। सो समितिले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। , त्यसअनुसार नै उनलाई विभागीय कारबाही भएको एसपी राठौरले बताए। , ‘समितिले सिफारिस गरेअनुसार उनलाई विभागीय कारबाही गरेको हो,’ उनले भने। , एसपी राठौरका अनुसार उनलाई विभागीय कारबाही अन्तर्गत पनि नसियत दिइएको हो। प्रहरी नियमावलीअनुसार दुई खालका कारबाही हुन्छन्। एउटा सामान्य र अर्को विशेष। , उनलाई सामान्य कारबाही अन्तर्गत पर्ने नसियत दिइएको हो।, सामान्य सजाय अन्तर्गत शारीरिक परिश्रम हुने वा नियन्त्रणमा राख्ने, नसियत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा पाँच वर्षसम्म तलब बृद्धि रोक्का, खाइपाइ आएको बढीमा पाँच वर्ष तलब वृद्धि  घटुवा गर्ने  र हालको पदको जेष्ठतासहित खाइपाइ आएको सुरू स्केलमा घटुवा गर्ने वा तल्लो पलमा घटुवा गर्ने उल्लेख छन्। , त्यस्तै, विशेष सजायमा भने भविष्यमा सरकारी सेवामा लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने उल्लेख छ। , छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरूपयोग गरेको ठहर गरेको थियो। डिएसपी केसी आफैंले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ। , आफैंले नभेटेपछि आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई भेटाउन मान्छे लिएर जानु, आफ्नो क्षेत्राधिकार छाडेर जाँदा आफूभन्दा माथिल्लो निकायमा जानकारी नगराउनाले उनीमाथि कारबाहीको सिफारिस भएको हो। , उनको गतिविधि व्यावसायिक नदेखिएपछि कारबाहीको सिफारिस भएको थियो। , समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए।, एक जना व्यक्तिलाई लिएर डिएसपी केसी उनलाई भेट्न गएको भन्ने कुरा बाहिरिएको थियो। , त्यसपछि अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो भने अनुसन्धानको लागि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय रानीपोखरी तानिएको थियो। , अहिले उनको सट्टामा प्रहरी वृत्त स्वयम्भूमा कसैलाई पठाइएको छैन। , यो पनि: ,हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस, कारागारमा रहेका समीरमानसिंह बस्नेतलाई भेटेपछि स्वयम्भूका डिएसपी केसीलाई तानियो रानीपोखरी,  ,  , हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी मिलन केसीलाई विभागीय कारबाही
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरूवा भएको छ। , बुधबार प्रहरी प्रधान कार्यालयले ६ जना एसएसपीको सरूवा गरेको हो। , जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भरत बोहरालाई पठाइएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयन नक्सालमा कार्यरत थिए। , सुदीप गिरी डिआइजीमा बढुवा भएसँगै उनलाई काठमाडौंमा सरूवा गरेको हो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई पठाएको छ। बसन्त कुँवर डिआइजीमा बढुवा भएपछि कार्यालयमा प्रमुख पद खाली थियो। , यस्तै, अपराध अनुसन्धान विद्यालयमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको रूपमा रहेका विष्णुकुमार केसीको सरूवा भएको छ।, लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल, विपद् व्यवस्थापन कार्यालयमा कुँवेर कडायत र मानव बेचबिखन अनुसन्धान ब्युरोमा अनुराग द्विवेदीको सरूवा भएको हो।,  , ६ एसएसपीको काज सरूवा: काठमाडौं परिसरमा भरत बोहरा
सेतोपाटी संवाददाता डडेल्धुराबाट डाेटीस्थित सेती नदीमा मलामी गएका युवक नदीमा बेपत्ता भएका छन्।, बुधबार डडेल्धुराको अमरगढी नगरपालिका-६  छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका थिए। , उनीहरू  डोटीको शिखर नगरपालिका गोबीघाटमा मलामी गएका थिए।, सेती नदीकाे शव जलाउने ठाउँबाट नुहाउने क्रममा उनीहरू दुबै बगेका थिए।, नदीमा बगेकामध्ये विनाेदकाे सकुशल उद्दार  गरिएको छ।, अर्का युवक वीरेन्द्र भने बेपत्ता नै रहेकाेले खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।, मलामी गएका युवक सेतीमा बगेर बेपत्ता
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ७२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५४९ जनाको पिसिआर र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४७१ जना सक्रिय संक्रमित छन्।, २० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ११३ कोरोना संक्रमित
सेतोपाटी संवाददाता दार्चुला ब्यास गाउँपालिका– २ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी भारतबाट गाउँ फर्किन तुइन तर्नै थिए। तर, तुइन टुट्दा उनी नदीमा खसेर बेपत्ता भएका हुन्।, बेपत्ता युवकको जिल्ला प्रहरी कार्यालयको वडा नम्बर २ कै अस्थायी प्रहरी पोष्टका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।, घटनाबारे थप विवरण आउन बाँकी छ।, गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए।, स्थानीयले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको बताए पनि नेपाल र भारतको सरकारले यो कुरा स्वीकार गरेको छैन।, भारतबाट गाउँ फर्किन दार्चुलामा तुइन तर्दै थिए, बेपत्ता भए सचिन
सविता बुढा कुनै बेला डोटी, बाजुरा, अछाम लगायत पहाडी जिल्लाका बासिन्दाहरू खुटिया नदीको किनारै किनार तराई पुग्थे। केही मानिस खुटियाको किनारमा पसल थापेर बसेका थिए।, यो समय हो करिब २०३५ सालअघिको। स्याउले बजारमा चाहिँ २०२२ सालतिर नै दुई–चार घर बसेको बुढापाकाहरू बताउँछन्। चुरे पहाडबाट कैलालीको पश्चिमी मध्यक्षेत्र हुँदै बग्ने खुटिया नदी दक्षिणमा मोहनामा मिसिन्छ। खुटियाबाट ढुंगा, बालुवा र गिटी निकालिन्छ। यहाँको नदीजन्य पदार्थको गुणस्तर राम्रो मानिएकाले निर्माण सामग्रीका लागि खुटिया नदी रोजाइको खानी बनेको छ।, खुटियाबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गर्न ठेकेदारले टेन्डर पाउँछन्। नदी बग्ने बाटोमा पर्ने स्थानीय तहले ठेकदारहरूबाट करोडौं रूपैयाँ उठाउँछन्। डोटीबाट बसाइँ सरेर आएका गोदावरी–८ का पूर्ववडाध्यक्ष दिनेश अधिकारीका अनुसार उनी किशोरावस्थामा हुँदा खुटिया नदीका छेउछाउमा बाक्लो जंगल थियो। नदी किनारमा ठूल्ठूला रूख थिए। नदीको चौडाइ थोरै थियो।, अधिकारी भन्छन्, 'त्यस बेलाको खुटिया कहाँ अहिलेका जस्तो थियो र! खुटियाको चौडाइ बढीमा दुई सय मिटर थियो होला। ढुंगा, बालुवाका लिन आउने कोही हुँदैनथे।', पूर्व–पश्चिम राजमार्ग बनेपछि २०४० को दशकमा चुरेको फेदीबाट १०–१२ किलोमिटर तल खुटिया आसपासमा मानव बस्ती बढ्दै गयो। अधिकारीका अनुसार २०४४–४५ सालतिर नदीजन्य पदार्थ उत्खनन गर्न सरकारले नै ठेक्का दिन थाल्यो। पछि जिल्ला विकास समितिले उत्खननका लागि टेन्डर गर्न थाल्यो। , 'त्यति बेला ठेकदारले पाँच रूपैयाँमा ढुंगा, बालुवा उठाउन पाउँथ्यो,' उनले भने।, विस्तारै महँगोमा टेन्डर हुन थाल्यो। अधिकारीका अनुसार २०७० को दशक सुरू भएपछि तत्कालीन जिल्ला विकास समितिले एक करोड रूपैयाँसम्मको टेन्डर गरेर उत्खनन गर्न स्वीकृति दिन थाल्यो। घर बनाउने र विकास निर्माणका काम बढ्दै जाँदा धनगढी, अत्तरिया, महेन्द्रनगरमा जस्ता सहरमा खुटियाबाट निर्माण सामग्री ओसार्न थालियो। राजमार्ग निर्माणमा पनि खुटियाकै दोहन हुन थाल्यो।, संघीयतापछि टेन्डर स्थानीय सरकारको अधीनमा गयो। गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले करौडौंमा टेन्डर गर्न थाले। खुटिया नदी धनगढीमा छोटो भएकाले उपमहानगरले एक सिजनमा बढीमा डेढ करोड रूपैयाँसम्मको टेन्डर आह्वान गर्छ। गोदावरीमा भने खुटिया नदी लामो भएकाले धनगढीको तुलनामा निकै गुणा बढी रकमको टेन्डर गर्छ।, खुटियाकै कारण गोदावरी सुदूरपश्चिममै नदीजन्य पदार्थ उत्खननबाट सबभन्दा बढी राजस्व संकलन गर्ने स्थानीय तह बनेको छ। स्थानीय सरकार सञ्चालन भएको पहिलो वर्ष, आर्थिक वर्ष २०७४/७५ मा, गोदावरीले खुटिया लगायत अन्य दुई खोलामा ११ करोड ८० लाख रूपैयाँको टेन्डर गरेको थियो। यसमा खुटियाबाट मात्रै ८ करोड ८० लाख रूपैयाँ उठाएको थियो। , गोदावरी नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कोरोनाको प्रभावका कारण ८ करोडको मात्रै ठेक्का भयो। उक्त वर्ष पनि ५ करोड रूपैयाँभन्दा बढी खुटियाबाटै उठ्यो। आर्थिक वर्ष २०७७/७८ मा भने कोरोनाको निकै बढी प्रभावका कारण टेन्डर भएन। नगरपालिका आफैंले संकलन गर्दा पनि तीन करोड रूपैयाँ उठेको जोशीले बताए। यसमा पनि खुटियाकै योगदान बढी थियो।, चालु आर्थिक वर्ष २०७८/७९ मा ५ करोड रूपैयाँको टेन्डर भयो।, 'गोदावरीले अन्य दुई खोलामा भन्दा खुटियाबाट करिब तीन गुणा बढी राजस्व संकलन गर्छ,' उनले भने।, खुटियाले कैलाली र कञ्चनपुरलाई मात्र नभई सिंगो प्रदेशलाई करोडौंको माल (ढुंगा, गिटी, बालुवा) दिए पनि नदी संरक्षणका लागि केही पनि काम नभएको नदी आसपासमा बासिन्दाको गुनासो छ।, पूर्व वडाध्यक्ष अधिकारी प्रश्न गर्छन्, 'खुटियाले हामीलाई करोडौंको माल दियो तर हामीले खुटियालाई के दियौं?', मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन नभएको उनको भनाइ छ।, 'यहाँ मापदण्डअनुसार उत्खनन भएको छैन, जसरी निकाल्न मन लाग्यो त्यसरी निकाल्ने गरिएको छ,' उनले भने।, ठेकदारले आफ्नो नाफाका लागि मापदण्ड विपरीत काम गरेको हुनसक्ने गोदावरी नगरपालिकाका लेखापाल जोशी बताउँछन्। , उनले भने, 'खुटिया नदीमा धेरै माल छ। त्यहाँ (उत्खननको) धेरै ठूलो प्रभाव छैन। अनुगमन प्रभावकारी भएन भन्ने गुनासो स्थानीयबाट आउने गरेको छ।', उनका अनुसार अनुगमनको जिम्मेवारी मेयर र उपमेयरको हो। दिनदिनै अनुगमन हुँदैन, नगरस्तरीय समिति बनाएर समयसमयमा हुने गरेको छ। जिल्ला समन्वय समितिले पनि गर्छ। , नगरपालिकाबाट खुटिया संरक्षण र तटबन्धका लागि बजेट विनियोजन भएर काम हुने गरेको जोशीले बताए।, 'नदीजन्य पदार्थमा खुटियाको भूमिका धेरै ठूलो छ। नगरपालिकाले आन्तरिक आयको शीर्षकमा खुटियाबाटै सबैभन्दा बढी राजस्व संकलन गर्छ, हामीले नदीको संरक्षण गर्नुपर्छ,' उनले भने।, निर्माणको काम बढ्दै जाँदा खुटियाको गिटी-बालुवाको प्रयोग पनि बढेको छ। यहाँकै ढुंगा र बालुवाका कारण कैलाली र कञ्चनपुरका ठूला कम्पनीमा सयौं मानिसले रोजगारी पाएका छन्। यहाँ दैनिक गिटी कुट्नेको संख्या नै करिब चार सय छ। , खुटियाको स्वरूप परिवर्तन हुँदै गएको स्थानीयवासी बताउँछन्। अहिले यसको चौडाइ कतै त एक किलोमिटरसम्म पुगेको अनुमान छ। खुटियाले हरेक वर्ष बर्खामा किनारमा कटान गर्न थालेको छ। राति निर्माण सामग्री उठाउने आउनेले सामुदायिक वन क्षेत्रमा समेत उत्खनन गर्छन्।, स्थानीयवासी पार्वती बोगटी भन्छिन्, 'ढुंगा, बालुवा उठेन भने नदीको गहिराइ घटेर बस्तीमा पस्ने डर हुन्छ, उत्खनन त हुनुपर्छ तर मापदण्ड अनुसार हुनुपर्छ।', नदी किनारका सामुदायिक वनको कटान रोक्न र नदी संरक्षण गर्न तटबन्धन गर्नु पर्ने उनको माग छ। विगतमा पनि धार परिवर्तन गरेर बस्तीतिर पस्ने डर भएपछि स्थानीवासीले 'खुटिया बचाऊ' अभियान चलाएका थिए। तत्कालीन जिल्ला विकास समितिले केही लाख रकम विनियोजन गरे पनि रोकथाम हुने गरी तटबन्ध भएन। , अहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतिर निकै ठूलो मात्रामा उत्खनन हुन्छ। सो स्थान ठेक्कामा दिने गोदावरी नगरपालिकाले खुटियाबाट हुने आम्दानीको १० प्रतिशत रकम पनि नदी संरक्षणमा खर्च गरेको छैन। पूर्व वडाध्यक्ष अधिकारीका अनुसार गत वर्ष नगरपालिकाले तटबन्ध र संरक्षणका लागि एक करोड रूपैयाँ छुट्याएको थियो। यसबाट बस्तीमा सडक र खुटियामा केही तटबन्ध बनाइयो।, तटबन्ध बनाए पनि दिगो हुँदैन। हरेक वर्ष नदीले बगाउँछ। जनताको तटबन्ध कार्यक्रमले पनि गत आर्थिक वर्ष ७० लाख रूपैयाँमा जैविक तटबन्ध गरेको थियो। मापदण्ड अनुसार उत्खनन नहुँदा गोदावरीका वडा नम्बर ८ र ९ का बस्तीमा खुटिया पस्ने डर छ। केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर खुटिया संरक्षणका लागि दुवै किनारमा तटबन्ध गर्नु पर्ने स्थानीय भगीराम चौधरीको भनाइ छ।, 'नदीको भित्ता फुटाएर ढुंगा निकाल्दा गत वर्ष धार परिवर्तन गरेर गाउँमा नदी पस्ने जोखिम भएको थियो। वनको कारणले मात्र नदी गाउँ पस्न रोकिएको थियो,' चौधरी भन्छन्।, मापदण्ड विपरीत उत्खननले चुरे क्षेत्रलाई पनि असर पर्ने उनले बताए।, 'प्रत्येक महिना इआइए (वातावरणीय प्रभाव मूल्यांकन) अनुसार अनुगमन हुनुपर्‍यो। टेन्डरमा राति खोलामा नजाने भन्ने मापदण्ड छ,' चौधरी भन्छन्, 'अनुगमन गर्ने जिम्मा स्थानीय जनता वा वडा कार्यालयलाई दिनु पर्छ। मापदण्डअनुसार काम नगर्नेलाई कारबाही गर्नु पर्छ।' , अहिले उत्खनन बन्द छ। अब असोजमा खुल्छ। मापदण्डअनुसार मात्रै उत्खनन गर्न पाउने गरी टेन्डर हुनु पर्ने स्थानीयवासीहरूको माग छ।, 'खुटियाले हामीलाई करोडौं दिन्छ, हामीले खुटियालाई के दियौं?'
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। , बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो। , भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यति बेला १४० जना केबलकारमा फसेका थिए।, चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पुगेका अझै १५० जना पर्यटकको उद्धार गर्न बाँकी रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।, 'अझै डेढ सय मानिसहरू माथि बाँकी हुनुहुन्छ,' उनले भने। , अहिलेसम्म प्रहरीले दुई सय जनालाई माथिबाट पैदल हिँडाएर तल ल्याएको बताएको छ। प्रहरीले स्कर्टिङ गर्दै उनीहरूको उद्धार गरिरहेको हो। , ‘प्रहरीले माथिबाट हिँडाएर ल्याइरहेको छ,’ उनले भने,‘हामी १५० जनाभन्दा बढी प्रहरीहरू खटिएका छौं। पैदल हिँडाउँदा बाटोमा केही हुनसक्ने डरले हामी खटिएका छौं।', अहिले उद्धार गर्नको लागि प्रहरी वृत्त थानकोटका डिएसपी, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी, प्रहरी वृत्त नागार्जुनका निरीक्षक, प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोली खटिएर उद्धार गर्ने काम भइरहेको छ। , यस घटनाबारे दिउँसो बुझ्दा चन्द्रागिरिका जनरल म्यानेजर सञ्जीव थापाले ‘टेक्निकल फल्ट’का कारण केहीबेरमात्रै अड्किएको बताएका थिए। , उनले केबलकार १५ मिनेटमात्रै अड्किएको बताएका थिए।  , ‘टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको हो। कहिलेकाहीँ देखाउँछ नि त्यस्तै। टावरहरूमा समस्या देखाउँदा अटोमेटिक रोकिन्छ। त्यो समस्या थाहा पाएपछि चलिहाल्छ,’ उनले भने, ‘मानिसहरू फसेका होइनन्। १०-१५ मिनेट समस्या डिटेक्ट गर्नलाई टाइम लाग्यो। त्यसपछि इमर्जेन्सी मोड हुन्छ। त्यसमा गएपछि मान्छेहरू फस्ने कुरै हुन्न।’, उनका अनुसार केबरकारमा कुनै पनि समस्या देखिएमा आफैं नै रोकिने गर्छ।, ‘कुनै पनि फल्ट देखियो भने केबलकार अटोमेटिक रोकिन्छ। टेक्निकल कुरा हो। सुरक्षाको हिसाबले पनि समस्या देखियो भने रोकिनु राम्रै हो,’ उनले भने, ‘सिस्टम नै यस्तो छ।’, चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्धार, अझै डेढ सय मानिसको उद्धार गर्न बाँकी
सेतोपाटी संवाददाता बझाङमा सडकमाथिबाट ढुंगा खस्दा हिँडिरहेकी वृद्धाको मृत्यु भएको छ।, बुधबार जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको रायलमा सडकमाथिबाट आएको ढुंगा लागेर गाउँपालिका–१ रायल चौडालाकी ७० वर्षीया पुतली देवी मल्लको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।, बझाङमा सडकमाथिबाट ढुंगा खस्दा हिँडिरहेकी वृद्धाको मृत्यु
रासस मनकुमारी परियार-नाम जस्तै मनकारी। राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टिका उर्फ पूर्णलाई दिइन्।उनले सोचिन्-अब मेरो जीवन पनि पूर्ण हुने भयो।, तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र? , जब पूर्णसँग मनकुमारी रंगीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसेझैं भइन्।, कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी रहेछन्। दोधारमा परिन् मनकुमारी। जाऊँ कहाँ जाऊँ? गुहार मागूँ कसलाई?  कोखमा बच्चा थियो। मनकुमारीले अठोट गरिन्- जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ।, त्यसपछि सुरू भयो उनकोे संघर्षको कथा। के गरिनन् उनले?, मनकुमारीले संयोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहोर संकलन गर्ने काम पाइन्। घिन मानिनन्, अल्छी गरिनन् काममा।, सबैलाई मीठो बोली र कामले लोभ्याइन्। एकातिर कोखमा बच्चा थियो। अर्कोतिर कामको चटारो थियो। हरेस नखाइकन निरन्तर काममा लागिन्, छोरीको जन्म भयो। नाम राखिन् सुष्मा परियार।, हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक कास्यपदक जितेर सबैलाई चकित तुल्याएकी छिन्। उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा कास्य पदक जित्न सफल भएकी हुन्। अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन्।, सुष्मा त्यसै सफल भएकी भने होइनन्। उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ। एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था कमजोर।, ‘दस वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो। अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरेर दैनिक गुजारा चलाइरहेकी छु। महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?’ गहभरि आँसु झार्दै मनकुमारीेले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ। कैयौँपटक कापी, कलम किन्ने पैसा भएन। यसले कहिल्यै गुनासो गरिन।’, उनले अगाडी थपिन्, ‘अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइँमा खुट्टा रहेन। दौडेर मञ्चमा पुगे। छोरी र साथीहरूलाई बधाई दिएँ। आज यसको सफलताले सबै दुःख बिर्सिएको छु। सर-मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु, आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ’, मनकुमारीले भनिन्।, गत वर्ष  शारीरिक शिक्षाको अभ्यास गराउँदा नै सुष्मा आँखामा परेको प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले बताए। , ‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा नै सुष्मा आँखामा परेका थिइन्। राष्ट्रपति कप हुने भन्दाबित्तिकै आँखा अगाडि उनको तस्बिर झलझली नाँच्यो। नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्।’, विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले सुष्माको प्रदर्शनले खुसी भएको बताए। उनले विद्यालयको नाम राखेकी र विद्यालयले गर्नुपर्ने सहयोगमा कमी हुन नदिने बताए। , अहिलेको प्रदर्शनबाट खुसी भएको सुष्माले बताइन्।, ‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ। विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ। यही सपना बोकेर पोखरा जानेछु’ उनले भनिन्, ‘आमाको सपना पूरा गर्नेछु। मेरा पदक आमाबुबालाई समर्पण छ।’, अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ। सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए।, दुःख गरी हुर्काएकी छोरीले तीन स्वर्ण जितेपछि
सेतोपाटी संवाददाता पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा भाडामा लगाउने निर्णय संस्थागत हितलाई ध्यान दिएर गरेको दाबी गरेका छन्।, पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा पर्यटक बसपार्क, गल्फ कोर्ष र यातायात व्यवस्था कार्यालय नजिकैको जग्गा भाडामा दिने निर्णयको बचाउ गर्दै उनले यस्तो दाबी गरेका हुन्। , मेयर जिसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै 'सेटिङ' मिलाएर भाडामा दिएको आरोप निराधार रहेको बताएका छन्।, पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई ध्यान दिएर नियम, कानुन र विधि अनुसार नै भाडामा लगाएको उनको जिकिर छ। , २०७४ मा निर्वाचित भएर आफू आउनुअघि ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृत्ति अन्त्य गरेको भन्दै उनले प्रतिस्पर्धाका आधारमा धेरै रकम दिनेलाई भाडामा लगाएको बताएका छन्। , ‘विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो? सोको अध्ययन गरेर सत्यबाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रतापूर्वक आग्रह गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्। , उनले विगतका गलत प्रवृत्तिलाई निरूत्साहित गर्दै जग्गाको प्रचलित मूल्य अनुसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर जग्गा भाडामा दिएको दाबी गरेका छन्।, संस्थालाई हानी हुने र व्यक्तिलाई फाइदा पुग्ने मनसाय नराखेको दाबी गर्दै उनले छानबिन गरी सम्झौता खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।, उनले यसका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन्। , मेयर जिसीले उक्त तीन ठाउँका जग्गा भाडामा लगाउन अपारदर्शी निर्णय गरेको आइतबार पहिलो पटक सेतोपाटीले सार्वजनिक गरेको थियो।, उनले पोखरामा बन्द अवस्थामा रहेको ‘आदर्श नेपाल’ दैनिक पत्रिकामा वैशाख २६ गते सूचना निकालेर जेठ ३ गते भाडामा दिने सम्झौता गरेका थिए।, यी सम्बन्धित:, पोखराका सार्वजनिक जग्गा 'छापामार' शैलीमा कसरी दिन सके होलान् पूर्वमेयर जिसीले?, पोखराका सरकारी जग्गा कौडीको भाउमा निजी क्षेत्रलाई दिने अपारदर्शी सम्झौता भएको खुलासा ,  , विगतमा सरकारी जग्गा कसरी भाडामा लगाइन्थे, त्यो पनि बाहिर ल्याउनुस्: पूर्वमेयर जिसी
सेतोपाटी संवाददाता ललितपुरका मेयर चिरिबाबु महर्जनले ललितपुरको राजकुलो र पोखरी ब्युँताउने बताएका छन्।, बुधबार पद्यसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ विमोचन क्रममा उनले ललितपुरको टीकाभैरव राजकुलो र पोखरी ब्युँताउन पहल गर्ने बताएका हुन्।, पाटनका हितिहरूमा बर्खायाममा लबालब पानी हुन्छ। तर बर्खा सकिएलगैत्तै हितिहरूमा सुख्खा लाग्छ। वर्षभर हितिमा पानी खसाल्न नसकेकाले उनले आफूलाई यो कार्यमा अहिलेसम्म ‘असफल’ बताए। हिति ब्युँताउन सुरूमा उनले राजकुलो र पोखरी ब्युँताउन पर्ने बताए।, हिति प्रणालीमा डेढ दशक अध्ययन गरेका पद्यसुन्दर जोशीले पाटनको टीकाभैरव राजकुलो फर्काउन सकिने बताएका छन्। त्यसैले पाटनको राजकुलो फर्काउन आफू प्रतिबद्ध रहेको मेयर महर्जनले बताए। , जावलाखेल नजिकैको इकु हिति र हिकु हितिमा चिडियाखानाभित्र पोखरी हुनाले वर्षभर पानी आउने गरेको बताउँदै उनले भने, ‘म कुनै इन्जिनियर होइन। तर यी हितिमा वर्षभर पानी आउनुले हाम्रो हिति प्रणाली पोखरीसँग कसरी जोडिएको छ भन्ने देखाउँछ। त्यही भएकाले पोखरी ब्युँताउन सकियो भने हितिमा वर्षभर पानी आउँछ भन्ने मलाई विश्वास छ।’, उनले अगाडि भने, ‘पोखरी ब्युँताउने कामलाई मैले प्राथमिकतामा राखेको छु। र त्यो काम टुंगोमा नपुर्‍याएसम्म म यसमा लागिरहन्छु।’, महर्जनले अतिक्रमण भएर ब्युँताइने क्रममा रहेका दुइटा पोखरीको नाम लिए–सप्तपाताल पोखरी र पलेस्वाँ पोखरी (कमल पोखरी)। , लगनखेलको अशोक चैत्य नजिकैको सैनिक ब्यारेकमा पलेस्वाँ पोखरी छ। यो पोखरीसँग आफ्नो बाल्यकालको सम्झना जोडिएको बताउँदै उनले भने, ‘सानोमा हामी फुटबल खेल्थ्यौं र गर्मी भएपछि यो पोखरीमा पौडी खेल्न आउथ्यौं। हामीले खेल्दा खेल्दैको पोखरी पछि सेनाको अतिक्रमणमा पर्यो।’, करिब ३० रोपनी उक्त जग्गा छाड्नको लागि महानगरले लामो समयदेखि सेनासँग छलफल गरेको थियो।, हाल सेनाले महानगरसँग पोखरी छाड्ने र सार्वजनिक गर्ने समझदारी गरेको छ। त्यही जानकारी दिँदै महर्जनले भने, ‘सेनाले दिन्छु भनेको समयमा हामीले लिइहाल्नुपर्छ र काम थाली हाल्नुपर्छ। नत्र पछि के हो के! यहाँ छिट्टै कमलको फूल फुलाउने मेरो इच्छा छ।’, यही पोखरीको पारी अशोक स्तुपसँगैको करिब १५ रोपनी सप्तपाताल पोखरी पनि लामो मुद्दा लडेर स्थानीयले जितेका छन्।, पोखरीको जग्गामा बनेका विद्यालय भवन लगायत संरचना हटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।, हाल यसको डिपिआर तयार भइसक्यो। यी दुबै पोखरी बन्ने हो भने लगनखेलमा करिब ४५ रोपनीको दुई ठूलो पोखरी र खुला स्थान हुनेछ। , यहाँका पोखरी बनिसकेपछि पाटनका कुतिसौगः पुखु (पोखरी), खपिंछे पुखु, चायासः पुख लगायत साना-साना पोखरीमा पानी भरिन थाल्नेछन्। सँगैका हितिहरूमा पनि पानी पुग्नेछ। , महर्जनले ‘ग्रिन र ब्लु प्रोजेक्ट’ अर्थात् ‘हरियो र निलो प्रोजेक्ट’ भनेर हरियाली र पोखरी ब्युँताउने कामलाई महानगरले प्रमुख प्राथमिकता दिई काम गरिरहेको पनि बताए।, ललितपुरका मेयरले भने– राजकुलो फर्काउँछु, पोखरी ब्युँताउछु
नानीमैया कटुवाल धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन्। , सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ।, मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हालसम्म पक्राउ परेका छैनन्। रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ। आरोपितविरूद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन्।, प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको हो। पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो।, पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साह लगायतविरूद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिनाअघि उजुरी दिएका थिए।, मिटरब्याजी रामदेवबाट १० लाख रूपैयाँ ऋण लिएकी शम्भुनाथ नगरपालिका–२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौनशोषणको सिकारसमेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। पीडितका अनुसार १० लाख ऋणको साहुकार रामदेवले ३२ लाख रूपैयाँ असुलेर यौनशोषण समेत गरेका छन्। , पीडितका अनुसार ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा रजिष्टरी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन्। रामपुर–जमुवाको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कट्ठा, कित्ता नम्बर ४३ को सात कट्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कट्ठा सात धुर जग्गा साहुकार तेलीले फिर्ता नगरेको पीडितले बताएका छन्।, पीडितका श्रीमान रोजगारीका लागि १२ वर्षअघि मलेसिया गएका थिए । घरनजिकै जग्गा किन्ने विषयमा श्रीमानले सहमति दिएपछि साहुकार रामदेवसँग १० लाख ऋण लिएर पीडितले सात कट्ठा ११ धुर जग्गा किनेका थिए। नयाँ किनेको जमिनसहित उनको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेका छन्।, वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताएकी छन्। ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले १० लाखको ३२ लाख असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताइन्। ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा बारम्बार बलात्कार गरेको पीडितले बताएकी छन्।, न्यायका लागि गत मंसिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताइन्। उनले मंसिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएकी थिइन्।, उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको थियो। न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनु भनेर प्रहरीका नाममा परमादेश गरेको थियो।, गृह मन्त्रालायको निर्देशनपछि गम्भीर बनेको सप्तरी प्रहरीले मिटरब्याजी साहुकार तेलीले विपन्न नौ जना नागरिकमाथि ज्यादती गरेको घटना पत्ता लागेको जनाएको छ। सप्तरीमा मिटरब्याजीबाट पीडित क्रमशः सार्वजनिक हुँदै गएको कारबाहीको उजुरी थपिँदै गएको छ। , मिटरब्याजी आरोपित दिदीभाइ थुनामा
रासस/एएनआई इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ।, पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।, शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। , विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। , देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। , देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ।, श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ। , श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो। , सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द छन्।, लिफ्ट माग्दै मानिसहरूले आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन्। देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएको छ।, निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेका अनुसार करिब २० हजार बसमध्ये करिब एक हजार बसहरू सञ्चालन भएका छन्।, तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै गएको उनले बताए।, विदेशी मुद्राको अभावले सबैभन्दा खराब आर्थिक सङ्कट ब्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई पनि धान्न नसकेपछि दुई करोड २० लाख जनताले कठिनाइ भोग्दै आएका छन्।, देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत् ब्लाकआउटको पनि सामना गरिरहेको छ।, इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा
सेतोपाटी संवाददाता उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबारको बाढीले ढालेको पोल मर्मत नगर्दा ती नगर क्षेत्रसहित अन्य गाउँका बासिन्दाले बिजुली सेवा पाएका छैनन्।, त्रियुगा २ लुहालेखोलामा आएको बाढीले पोल ढालेपछि नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँमा बिजुली छैन।, भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मर्मत नभएको गुनासो गरे।, शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी १ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो।, चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्कीले बिजुली गएको चार दिन भइसकेको बताए।, विद्युत् प्राधिकरण गाईघाटका इञ्जिनियर सत्यनारायण साहले बाढीले धेरै पोल ढालेर क्षति पुर्‍याएको बताए। ढलेका पोल उठाएर र नयाँ पोल राखेर बिजुली सेवा पुन: सुचारू गर्ने तयारीमा आफूहरू रहेको उनले बताए।,  , पोल ढलेपछि चार दिनदेखि छैन उदयपुरको त्रियुगा र चौदण्डीगढीमा बिजुली
रासस वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ।, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो।, सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन्।, पहिरासँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ। आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।, यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन्।, त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिराका कारण अवरुद्ध भएको रानाले बताए।, बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ।, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
सेतोपाटी संवाददाता प्युठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ। थप नौ जना घाइते भएका छन्। , प्युठानको ऐरावती गाउँपालिका वडा नं. ६ बिजुलीका ७ वर्षीय रमन परियार र १२ वर्षीय किरण परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार मंगलबार बिहान ४ बजेतिर परेका चट्याङबाट घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको र अन्य नौ जना घाइते छन्। , चट्याङ लागेर ऐरावती–६ का थप ५ जना र ऐरावती–१ मा थप ४ जना घाइते भएका छन्।, घाइतेमध्ये ७० वर्षीया पवी नेपालीको अवस्था गम्भीर रहेको डिएसपी थापाले जानकारी दिए।  , अन्य आठ जनाको अवस्था भने मध्यम रहेको डिएसपी थापाले बताए। घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी छ।, प्युठानमा चट्याङ लागेर घाइते दुई बालकको उपचार क्रममा मृत्यु
एजेन्सी सत्तारूढ भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे गरेको विवादास्पद टिप्पणीको बहस सेलाउन नपाउँदै भारतमा फेरि अर्को धार्मिक विषयले तरंग ल्याएको छ।, यसपालि हिन्दुहरूले एक फिल्म निर्माताले आफ्ना देवी देउताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्।, एनडिटिभीका अनुसार तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।, उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोष्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्लयाग पनि देखाइएको छ।, मनिकेकालाईको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो।, उक्त पोस्टर सार्वजनिक भएसँगै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले एरेस्ट लीना मनिमेकालाई ह्यासट्याग चलाइरहेका छन् भने दिल्ली प्रहरी र गृह मन्त्रालयमा उनीविरूद्ध छुट्टाछुट्टै उजुरी परेका छन्।, सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले पनि यो पोस्टरले हिन्दुहरूको भावनामा चोट पुर्‍याएको भन्दै विरोध गरेका छन्।, ओटावास्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडा सरकार र आयोजकसँग डकुमेन्ट्री पोस्टरलगायतका सामग्री हटाउन माग गरेको छ।, सामाजिक सञ्जालमा आफूमाथि आक्रमण हुन थालेपछि लीना मनिमेकालाईले भने आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै कसैसँग पनि नडराउने बताएकी छन्।, क्यानडामा ‘काली’ ले चुरोट पिएको पोस्टर सार्वजनिक, भारतमा तरंग
सेतोपाटी संवाददाता रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।  , खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। , ‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्दार गरिरहेको छ,’ उनले सेतोपाटीसँग भने, '९ जनाको घटनास्थलमै मृत्यु भएको छ।' मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।, उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।, बस रामेछापबाट काठमाडौं आउँदै थियो। दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन। , 'कसरी भएको हो भन्ने बुझ्न भनेको छु,' उनले भने।, ६ वटा खसीबोका समेत मरेका छन्। ,  ,  , रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकामका सरकारी कार्यालय परिसरमा निषेधित क्षेत्र घोषणा गरेको छ।, पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्युको विषयमा भइरहेको द्वन्द्वलाई लिएर जिल्ला अदालत, सरकारी वकिलको कार्यालय लगायतमा असुरक्षा बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ। , ‘कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीहरूलाई पटक–पटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कुनै पनि क्रियाकलाप नगर्न मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्र कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन,’ भनिएको छ। , साथै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न सर्वसाधारणमा जानकारी गराइएको छ।, उक्त निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारबाही हुने व्यहोरासहित जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।, अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले शाहीको घटना विषयमा भइरहेको द्वन्द्व कम नभएसम्म यो आदेश जारी रहने बताए।, गएको जेठ २१ गते मृत फेला परेका शाहीको हत्याको आरोपमा किटानी जाहेरी परेपछि पञ्चेदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ परेका छन्।, हत्या आरोपमा १३ जनाको नाममा किटान गरी आफन्तले दिएको जाहेरीका आधारमा अरू ६ जनालाई प्रहरीले खोजिरहेको छ।, मृतक विनोद शाही कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। उनी गत जेठ १७ गतेदेखि बेपत्ता थिए। हराएको पाँच दिनपछि जेठ २१ गते उनको शव घर नजिकैको जंगलमा फेला परेको थियो। , घटनाको अनुसन्धान सिआइबीको टोलीले समेत गरिरहेको छ। घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्दै मृतकका आफन्तले आन्दोलन समेत गरिरहेका छन्। , वैशाख ३० गतेको स्थानीय तह चुनावका विषयमा नेकपा एमाले र कांग्रसका कार्यकर्ताबीच झडप भएको र त्यसपछि मृतक बेपत्ता भएको भन्ने एक पक्षको भनाइ छ।, मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप छ।, विनोद शाही मृत्यु-प्रकरण: अछाममा अदालतसहित सरकारी कार्यालय परिसरमा निषेधित क्षेत्र घोषणा
मन्दिरा घिमिरे न्यूरोड भनेको सडक मात्र होइन, यो काठमाडौंको पहिलो आधुनिक बजार हो जसको निर्माण नब्बे सालको भुइँचालोपछि भयो।, भुइँचालोले काठमाडौंका धेरै संरचना भत्किएपछि पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले हनुमानढोका दरबारकै आँगनमा र काठमाडौंको पुरानो बस्तीसँग जोडिने गरी आधुनिक सडक बनाउने परिकल्पना गरे।, उनले सडकको एकछेउ आफ्नै पूर्णकदको प्रतिमा ठड्याए र अर्को छेउ नगर प्रवेश गर्ने द्वार बनाए।, मल्लकालीन वसन्तपुर डबलीदेखि काठमाडौंको परम्परागत सार्वजनिक स्थल तुंख्य (हालको टुँडिखेल) सम्म धागोझैं तन्किएको त्यही सडकलाई आज हामी न्यूरोड भन्छौं।, कुनै समय न्यूरोडले काठमाडौंको आधुनिक पहिचान बोकेको थियो। फराकिलो सडक, नयाँ नयाँ मोडलका गाडी, चल्तीका ब्रान्डहरूका पसल र आधुनिक कफी सपहरू न्यूरोडका विशेषता थिए। अचेल न्यूरोड भन्नेबित्तिकै दिनैभरि ट्राफिक जाम र मान्छेको घन्चमन्च भइरहने पुरानो सडक बुझिन्छ।, न्यूरोडमा उहिले जे थियो, आज सबैतिर छ।, जस्ता पसल र जस्ता कफी सपका कारण न्यूरोड चर्चित थियो, आज त्यस्तै पसल र त्यस्तै कफी सप अन्यत्र पनि छन् र न्यूरोडभन्दा धेरै नै छन्।, त्यसैले अब न्यूरोडको पुरानो गौरव फर्काउनुपर्नेमा कसैको विमति छैन। तर गर्ने के त?, तपाईंहरू लामो समयपछि न्यूरोड जानुभएको छ भने सडकका बायाँ पुराना रेलिङ देख्न पाउनु हुन्न। ती हटाइएका देखिन्छन्। त्यसको ठाउँमा रंगीचंगी रेलिङ राखिएका छन्। नयाँ रेलिङमा सबभन्दा धेरै रातो रङ प्रयोग गरिएको छ। पहेँलो, सेतो र कालो रङ पनि छ। यसमा काण्ठमण्डप र कुमारीको आँखाका प्रतिरूप छन्।, सडक सौन्दर्यीकरणका नाममा रेलिङ फेर्ने योजनाका लागि तीन करोड रूपैयाँ नगरसभाबाट पारित भएको काठमाडौं महानगरपालिकाको पूर्वाधार विभागका प्रमुख राम थापाले जानकारी दिए।, 'न्यूरोड सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सडक हो,' उनले भने, 'यसलाई सौन्दर्यीकरण गर्न हामीले फुटपाथको काम सकेर रेलिङ हाल्न सुरू गरेका छौं।', अब प्रश्न उठ्छ, के रंगीचंगी रेलिङले न्यूरोडको सांस्कृतिक र ऐतिहासिक महत्व फर्काउँछ?, न्यूरोडलाई कसरी पुनर्स्थापना गर्ने भन्नेबारे विभिन्न योजनामा काम भएका छन्। काठमाडौं महानगरपालिकाले केही वर्षअघि न्यूरोडलाई नयाँ ढाँचामा पुनर्स्थापना गर्ने योजना बढाएको थियो।, न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाएर खुला सार्वजनिक स्थलमा रूपान्तरण गर्ने महानगरको योजना थियो।, वसन्तपुर डबलीदेखि न्यूरोड गेटसम्मको बाटोमा मान्छेलाई खुला आवागमन गर्न दिने, बीच-बीचमा रूखबिरूवा रोपेर हरियाली बढाउने र मान्छेलाई आराम गर्न कुर्सीहरू राख्ने योजना थियो। त्यही ठाउँमा साँझपख रेस्टुरेन्टहरूलाई खानेकुराको खुला स्टल राख्न दिने योजना पनि थियो।, न्यूरोडलाई यसरी सवारी निषेधित सडकमा परिणत गर्ने अवधारणाका पछाडि एउटा कारण छ।, आजभन्दा नब्बे वर्षअघि काठमाडौंलाई आधुनिक सहरको रूप दिएको न्यूरोडले नै हो। अहिले आधुनिक सहरको सिद्धान्त फेरिएको छ। आधुनिक सहरमा गाडी गुड्ने फराकिला सडक मात्र पर्दैनन्। ठूल्ठूला डिपार्टमेन्ट स्टोर मात्र पर्दैनन्। मान्छेले निस्फिक्री हिँड्न पाउने सार्वजनिक स्थल पनि पर्छ। हरियाली पर्छ। सडकमा टहलिने र आराम गर्ने सुविधा पनि पर्छ।, न्यूरोडमा सवारी निषेध गरेर र खुला सार्वजनिक स्थल बनाएर काठमाडौंलाई त्यही रूपमा ढाल्न सकिन्छ। महानगरले भनेजस्तो न्यूरोडको सांस्कृतिक र ऐतिहासिक महत्व फर्काउने हो भने यो राम्रो विकल्प हुनसक्छ।, तर काठमाडौं महानगरले न्यूरोड पुनर्स्थापनाको यो योजना अघि बढाएन। बरू सडक सौन्दर्यीकरणका नाउँमा फुटपाथमा रंगीचंगी रेलिङ हाल्ने योजना ल्यायो। सम्पदा संरक्षण अभियन्ताहरूले सुरूदेखि यसको विरोध गर्दै आएका छन्।, समग्र न्यूरोडलाई नयाँ ढाँचामा पुनर्स्थापना नगरी रंगीचंगी रेलिङ राखेर तडकभडक गर्न खोजेको भन्दै महानगरको विरोध भएको थियो। यसको ढाँचामा पनि अभियन्ताहरूले आपत्ति जनाएका थिए।, अघिल्लो मेयरको कार्यकालमा अघि बढ्न नसकेको उक्त योजनाले फेरि जस्ताको तस्तै निरन्तरता पाएको छ।, पूर्वाधार विभाग प्रमुख थापाका अनुसार यो रंगीचंगी रेलिङ न्यूरोड गेटदेखि जुद्ध शालिकसम्म र इन्द्रचोकदेखि महानगरको सांस्कृतिक भवनसम्म विस्तार गर्ने योजना छ।, यसको डिजाइन आकर्षक र मौलिक बनाउन काठमाडौंको पहिचान बोकेका काष्ठमण्डप र 'जीवित देवी' कुमारीको आँखाको चित्र प्रतिविम्बित गरिएको उनी बताउँछन्।, महानगरले दाबी गरेजस्तो रेलिङको डिजाइन आकर्षक भने छैन। रंगीचंगी रङ केही समयमै खुइलिनेछ। समयमै रंगरोगन गरिएन भने यो कुरूप देखिनेछ।, यसबारे काठमाडौंका मेयर बालेन शाहको सचिवालयका स्वकिय सचिव भूपदेव शाहलाई प्रश्न गर्दा उनले यो काम अघिल्लो कार्यकालकै निरन्तरता भएको बताए।, 'जसको नेतृत्वमा सुरू भए पनि यो महानगरको योजना हो,' उनले भने, 'हामीले पहिलेकै कामलाई निरन्तरता दिएका हौं।', न्यूरोडको सौन्दर्यीकरण वा पुनर्स्थापना गर्नु नै महानगरको मनसाय थियो भने समग्र न्यूरोडलाई फुटपाथमा परिणत गर्ने र सामाजिक हबका रूपमा विकास गर्ने योजना महानगरको सहरी विकास विभागले ल्याएको थियो।, त्यतिखेर महानगरले काठमाडौंको कोर-सिटी (भित्री सहर) लाई नै सवारी निषेधित क्षेत्र बनाउने र त्यसको सुरूआत न्यूरोडबाट गर्ने भनेको थियो। न्यूरोडमा सवारी निषेध गर्दा त्यहाँको व्यापार व्यवसायमा पर्ने असर हेरेर यो योजनालाई मध्यसहरभरि लागू गर्दै जाने योजना पनि थियो।, विकसित देशका सहरहरू बिस्तारै यही मोडलमा गइरहेका छन्। युरोपका धेरै पुराना सहरमा सवारी आवागमनलाई भन्दा मानवीय आवागमनलाई महत्व दिइएको छ। यसले त्यहाँको व्यापार बढेको अध्ययनले देखाएको छ। काठमाडौंमा पनि यसको सुरूआत न्यूरोडबाट गर्न सकिन्छ जसको निम्ति रेलिङ होइन, सडकको ढाँचा नै फेर्नुपर्छ।, न्यूरोड काठमाडौंको पहिलो आधुनिक बजार हो, यो काठमाडौंको पहिलो मानवमैत्री हरित बजार पनि बन्न सक्छ।, रंगीचंगी रेलिङले कसरी बढाउला न्यूरोडको महत्व?
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ।, बाटोमा हिँडिरहेका बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी अमृता जैसी पहिरोमा परेकी हुन्।, उद्दारका लागि गएको प्रहरीले लगातर पहिरो खसिरहेकाले उद्दार गर्न सकेको छैन।, ‘कम्मरमुनिको भाग पुरिएको भनेर हामीलाई टिपाएको छ, प्रहरी उद्दारका लागि घटनास्थल गइसक्यो,’ डिएसपी कार्कीले भने, ‘घटनास्थल प्रहरी पुगेपछि पहिरो खसिरहेकाले उद्दार गर्न नसकेको भन्ने आएको छ।’, यस्तै, सोही ठाउँकी रती कामी उक्त पहिरोमा परी घाइते भएकी छन्।, उनको टाउकोमा चोट लागेको डिएसपी कार्कीले बताए। प्रहरीका अनुसार उनीहरू अछामबाट कैलाली जान हिँडेका थिए।, सुर्खेतमा सुख्खा पहिरो जाँदा हिँडिरहेकी महिलाको आधा शरीर पुरियो
सेतोपाटी संवाददाता रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। , खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना हुँदा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। , ‘९ जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीन जना उपचारको क्रममा मृत्यु भएको हो,’ उनले भने। , उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो। , दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। चार जनालाई हेलिकप्टरबाट लगिएको थियो।, त्यसमध्ये थप तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा ६ वटा खसी-बोका समेत मरेका छन्। , प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। बसका चालक दोलखाका प्रेमबहादुर घतानी हुन्। , उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन्। , ‘चालकसँग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको भन्छन्। हामीले हेर्दा पनि ब्रेक लागेको जस्तो देखिन्छ,’ उनले भने। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको प्रहरीले बताए। , रामेछाप बस दुर्घटना: चालक भन्छन्- ब्रेक फेल भयो
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-१६ बालाजु पुलवारिको सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किएको थियो।, दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक व्यक्तिको सोही अस्पतालम उपचार भइरहेको छ ।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेकाे छ।, जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सूचनाकाे आधारमा बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा चेकिङको क्रममा भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेकाे हाे।, जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख एसपी दया निधि ज्ञवालीका अनुसार बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नं. को बसमा लागुऔषधको ओसारपसार भएको भन्ने विशेष सुराकीको आधारमा लागुऔषधसहित चार जनालाई पक्राउ गरिएकाे पुष्टि गरे।, पक्राउ पर्नेमा पाल्पा साविक मदनपोखरा गा.वि.स. वडा नम्बर  ७ स्थायी घर भएका ४५ वर्षीय कृष्णप्रसाद पुरी र  गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बस्ने ३८ वर्षीय सुरथबहादुर घिमिरे, रूपन्देही देवदह नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका  ३३ वर्षीय लोकबहादुर थापा र दाङ लमही नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका २५ वर्षीय सोसन चौधरी छन्। , एसपी ज्ञवालीले भने, ‘बसको यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडि भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा फेनार्गन ९०५ एम्पुल, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी एकमुष्ट २७४६ एम्पुल लागुऔषध फेला परेको थियाे।’, पक्राउ परेका चार जनालाई  जिल्ला अदालत बागलुङबाट  २० दिनको म्याद थप अनुमति लिई  अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।, बागलुङमा ठूलो परिमाणमा लागुऔषधसहित चार पक्राउ
सेतोपाटी संवाददाता संखुवासभाको मादी नगरपालिकामा ६ जनाको हत्या गरेको घटनामा ४ प्रतिवादीहरूलाई आजीवन कैदको सजाय सुनाइएको छ। , सोमबार जिल्ला अदालत चैनपुर संखुवासभाले चार जनालाई आजीवन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।, ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र २६ वर्षीय लोकबहादुर कार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो।, एक जना १७ वर्षीय नाबालिगको हकमा भने अदालतले २५ वर्ष सजायको दुई तिहाइ कैद हुनेगरी सजाय सुनाएको छ।, यस्तै, उनीहरूलाई दुई-दुई लाख क्षतिपूर्ति तिराउन समेत अदालतले आदेश दिएको छ।, गत वर्ष भदौ २१ गते बिहान सवा ५ बजे मादी नगरपालिका-१ खोलागाउँका ९० वर्षीय बौद्धबहादुर कार्कीकी श्रीमती ८४ वर्षीया पार्वता भन्ने पार्वतीसहित ६ जनाको हत्या भएको थियो। , ५५ वर्षीय छोरा तेजकुमार, उनकी ५४ वर्षीया श्रीमती कमला भन्ने मनमाया, नातिनी बुहारी ३२ वर्षीया रंजना, पनाती ८ वर्षीय भन्ने दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो। , उनीहरूको टाउको तथा शरीरको विभिन्न भागमा दाउराका चिर्पट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। , यस घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुगेको थियो। , अनुसन्धानको क्रममा सुरूमा लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो। , उनीमाथि सोधपुछ गर्दै जानेक्रममा र प्रमाणको आधारमा प्रहरीले अरूलाई पनि पक्राउ गरेको हो। , प्रहरीले सुरूमा यस घटनामा लोकबहादुरलाई नै मुख्य प्रतिवादी भनेर सार्वजनिक गरेको थियो। घटनाबारे गाउँलेलाई खबर पनि उनैले गरेका थिए। , लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्कीलगायत परिवारको हत्या भएको खुलेको थियो।, प्रहरीले सुरूमा लोकबहादुर एक्लैले बडाबा ५५ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको बताएको थियो।, हत्याकाण्डको सामूहिक संलग्नताको पोल भने बुहारी रञ्जनाको मोबाइलबाट खुलेको थियो।, कार्कीको घरमा अघिल्लो दिन राति नै हत्याको योजना बुनिएको थियो।, ‘राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भनेका थिए।, भोलिपल्ट तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको थियो।, घरपरिवारका अन्य सदस्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बनाइएको दाहालले बताए।, ‘यसरी हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना उनीहरूको थियो भन्ने खुलेको छ,’ दाहालले भनेका थिए।, तेजबहादुरको घरमा धनमाल सुरक्षित भेटिएको थियो। हत्यापछि संलग्नले ठूलो धनराशी तत्काल नभेटेका कारण लुट्न नभ्याएको प्रहरीको भनाइ थियो।, प्रहरीले हत्याकाण्डमा अन्य व्यक्तिको संलग्नतामा मोबाइल, उनीहरूको साबिती बयान र हत्याका बखत लगाइएको लुगा कपडालाई आधार मानेको दाहालले बताए।, भदौ २१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै तय भइसकेको थियो।, हत्याको योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुगेका थिए।, उनले त्यहाँ पुगेर तेजबहादुरलाई भने- लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू।, त्यसपछि तेजबहादुर लोकबहादुरको घर हिँडेका थिए। हिँडेपछि उनलाई आक्रमण गर्ने पूर्वयोजना थियो। , दाहालका अनुसार तेजबहादुर लोकबहादुरको घर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर उनको घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेका थिए।, ‘तेजबहादुरले लोकबहादुरको घर पुगेर ‘अल्छी अझैसम्म उठेको छैनस्?’ भन्दै कराए,’ दाहाल भन्छन्, ‘त्यसपछि लोकबहादुर उठे। उनका भाइ र बुवा रणबहादुर त्यतिबेला घरमै थिए।’, यसअघि प्रहरीले तेजबहादुर खेताला बोलाउन आउँदा रणबहादुर र भाइ घाँस काट्न निस्केको बताएको थियो। , तेजबहादुर फर्किएपछि लोकबहादुर दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछि-पछि हिँडेका थिए।, घर पछाडिको गोगनको रूखनजिक पुगेपछि लोकबहादुरले टाउकोमा प्रहार गरेर लडाएका थिए। खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट बोकेर त्यहाँ आइपुगिसकेका थिए।, उनीहरूले तेजबहादुरमाथि चिर्पट प्रहार गरे। हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाए। तेजबहादुरलाई बाटोमा घोप्टो पारेर फाले। , प्रहरीका अनुसार घटना हुँदा तेजबहादुर कराएका थिए। , ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै गरेको सुनेपछि उनकी श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुरलाई उद्दार गर्न आएका थिए।, लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गरेका थिए। कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए।, ‘बुहारी रञ्जनालाई भाइले ठेलेर खोल्सामा झारेका थिए र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर हत्या गरेका थिए,’ दाहाल भन्छन्।, त्यसपछि रणबहादुर र लोकबहादुरका भाइले बुहारी रञ्जनाको शव कमलाको शव भएको ठाउँमा पुर्‍याएका थिए।  ‍, घटनाको बेला नाबालक दिपेन र गोमा घर नजिक बाटोमा देखेपछि हस्तबहादुर लोकबहादुरले बाटो छेकेर चिर्पटले हिर्काएको दाहालले बताएका थिए।, त्यसपछि पाँचै जना ८४ वर्षीया पार्वता कार्की भएठाउँ पुगेको पनि प्रहरीले बताएको थियो। घरभित्र पार्वता मकै नङ्ग्याइरहेकी थिइन्।, उनलाई समातेर हस्तबहादुरले घर पछाडि गोठनजिकै लगेका थिए। त्यसपछि लोकबहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको प्रहरीले जनाएको थियो।, यसअघि पार्वतालाई कुँडो पकाउन आगो फुक्दै गर्दा हत्या गरिएको प्रहरीले बताएको थियो।  , हत्यापछि सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरा बोकेर लोकबहादुरको घरमा गएका थिए। लागेको रगत पखालेर छुरा बुइँगलमा लुकाएका थिए। चिर्पटहरू अँगेनामा डढाएका थिए।, ‘रगत लागेको कपडा लुकाएका थिए। खड्गबहादुर र उनका छोरा हस्तबहादुर घरतर्फ फर्किएका थिए,’ दाहालले भनेका थिए।, रञ्जनाको मोबाइल लोकबहादुरका भाइले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको उनले बताएका थिए।, ‘पुनः खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घरमा फर्किएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी सल्लाह गरेका थिए,’ दाहाल भनेका थिए, ‘यदि प्रहरी आएर पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण सबै जिम्मा लिने भन्ने सल्लाह भएको खुलेको छ।’, प्रहरीका अनुसार खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्ने गर्थे। घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गर्थे।, यो थाहा पाएका तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनेर गाली गर्ने गर्थे।, खड्गबहादुरले पनि ‘तँलाई के मतलब, तँलाई पनि मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए।, तेजबहादुर लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे। रणबहादुरलाई समेत गाली गर्ने गर्थे।, ‘जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फूर्ति दिने गरेकाले मनमा इख पालेको र खेताला बोलाएको दिन मौका छोपेर हत्या गरेको देखिन्छ,’ दाहालले भने।, छ जनाको हत्या गरे पनि उनीहरूले तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्कीलाई छोडेका थिए। , बौद्धमानले राम्रो व्यवहार गर्ने गरेकाले उनलाई सकुशल छोडिएको पक्राउ परेकाहरूले प्रहरीले बताएका थिए।, यो पनि: ,पाँच जनाले अघिल्लो रात बनाएका थिए तेजबहादुरको परिवारलाई मार्ने योजना,  , संखुवासभामा ६ जनाको हत्याकाण्ड: चार प्रतिवादीलाई आजीवन कैद सजाय
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सहर सरसफाइका लागि थप १ हजार १५० जना जनशक्ति परिचालन गरेको छ।, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएर जनशक्ति थपेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।  , वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यसअघि पनि नियमित सरसफाइ कामका निम्ति करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो।    , सहरी व्यवस्थापनमा गर्न साजिलो होस् भनेर नगर प्रहरी बललाई महानगरले ५ क्षेत्रमा बाँडेर परिचालन गरेको राईले बताइन्।, पूर्व क्षेत्रमा वडा नम्बर छवटा वडा, पश्चिम क्षेत्रमा पाँचवटा वडा, उत्तर क्षेत्रमा सातवटा वडा र मध्य क्षेत्रमा १३ वटा वडा छुट्टयाइएका हुन्।, सरसफाइमा सोही क्षेत्रको जनशक्ति परिचालन गरिएको सरसफाइ तथा अनुगमन शाखाका प्रमुख नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले‍ जानकारी दिए। , ‘एउटा समूहमा २० देखि २२ जना सम्मलाई खटाइएको छ' उनले भने, ‘रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरूको सफाइमा छुट्टै समूह बनाइएको छ। यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ।’ , काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक/एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ।,  , यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरूवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन्। , सबै तस्बिर: काठमाडौं महानगर,  , सहर सरसफाइका लागि काठमाडौं महानगरले थप्यो १ हजार १५० जना (तस्बिरहरू)
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरोमा परेकी अछामकी एक महिलाको मृत्यु भएको छ। बाटोमा हिँडिरहेको बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी अमृता जैसीको सुख्खा पहिरोमा परी मृत्यु भएको हो।, जैसीको आधा शरीर पुरिएको अवस्थामा प्रहरीलाई खबर भए पनि प्रहरी उद्दारको लागि त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो।, यस्तै, सोही ठाउँकी रती कामी उक्त पहिरोमा परी घाइते भएकी छन्।, उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् घटनास्थलबाट उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा ल्याइएको छ।, डिएसपी कार्कीका अनुसार घाइतेको अवस्था गम्भीर छ। उनीहरू अछामबाट कैलाली जान हिँडेका थिए।, अछामबाट कैलाली हिँडेकी अमृता बितिन् सुर्खेतको पहिरोमा
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्।, मंगलबार बिहान बानेश्वरको पन्चकुमारीमार्ग स्थित द खुकुरी क्रस रेष्टुरेन्ट एण्ड बारमा काम गर्ने १९ वर्षीय युवक मृत अवस्थामा फेला परेका हुन्। उनी सोही रेष्टुरेन्टमा बस्थे।, उनको शव रेष्टुरेन्ट पछाडि झुन्डिएको अवस्थामा फेला परेको हो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरी टोलीले मुचुल्काको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको जनाएको छ।, प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको जनाएको छ।, बानेश्वरमा एक युवक मृत फेला
सेतोपाटी संवाददाता मंगलबार देशभरि ९० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टी भएको हो।, उनीहरूमध्ये ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो भने १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, धेरै समयपछि नेपालमा एकैदिन ९० संक्रमित थपिएका हुन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ।, अहिले देशभरि ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।, नेपालमा अहिलेसम्म ११ लाख २० हजार मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ भने तीमध्ये ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन्।, आज थपिए ९० जना कोरोना संक्रमित, सक्रिय संक्रमित नाघे चार सय
सेतोपाटी संवाददाता दार्चुलाको चाैलानी नदीमा महिलाको शव फेला परेकाे छ।, मार्मा गाउँपालिका– २ सिमारकी २६ वर्षीया सविता चन्द सिंहकाे सोमबार शव फेला परेको प्रहरीले जनाएको छ।, घटनाबारे  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।, दार्चुलाको चाैलानी नदीमा महिलाको शव फेला
सेतोपाटी संवाददाता भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। , मंगलबार दिउँसो साढे १ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कर्यालय अगाडि दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए। , काठमाडौं आउँदै गरेका बा ४ ख २२१२ नम्बरको बस र बा. ७८ प. १०८३ नम्बरको स्कुटर ठोक्किएका थिए।, दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। उनीहरूको उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा लगिएको थियो। , स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई जडिबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगर घाइते छन्। स्कुटर पछाडि सवार बर्गर हाउसमा काम गर्ने २४ वर्षीया रेजिना तामाङको उपचारको क्रममा मृत्यु भएको हो। मगरको अस्पतालमा उपचार भइरहेको छ।, दुर्घटनापछि प्रहरी अधिकृतसहितको टोली खटिएको थियो।, बसका चालक काभ्रे तिमाल गाउँपालिका-५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,  , भक्तपुरमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। , खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो। बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।, सो बस दुर्घटनामा ९ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार १२ जनाको सनाखत भइसकेको छ। एक जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। , दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। त्यसमध्ये चार जनाको मृत्यु भएको हो। , ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति-५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन्।, यस्तै, सुनापाति-५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ।उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। , त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो। एक जनाको भने सनाखत हुन बाँकी छ। , प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। दोलखा घर हुने प्रेमबहादुर घतानी छन्। , उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो। , ‘चालकसँग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको जस्तो देखिन्छ। हामीले हेर्दा पनि ब्रेक लागेको जस्तो देखिन्छ,’ उनले भने। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।, रामेछाप बस दुर्घटनामा मृत्यु हुने १२ जनाको सनाखत
रोहित महतो प्रादेशिक अस्पताल जनकपुरधाम, बर्न वार्ड, बेड नम्बर १३९। यसमा छिन् १९ वर्षीया राधिका कार्की।, राधिकाको खुट्टा, पेट र छातीसम्मै ब्यान्डेज बेरिएको छ। हातबाट चौबीसै घन्टा सलाइन चढाइएको छ।, उनी बोल्न सक्दिनन्। कमजोरीले आँखा खोल्न सकेकी छैनन्। अन्न नखाएको हप्ता दिन हुन लाग्यो। हातखुट्टा चलाउने तागत छैन। , सिन्धुलीकी राधिका जीवन–मरणको दोसाँधमा छिन्। राधिकालाई उनकै प्रेमी भनिएका युवकले यस्तो हालतमा पुर्‍याएका हुन्। उनका प्रेमीले करेन्ट लगाइदिए। जिउमा आइरन दलिदिए। राधिकाको छातीमा आइरनले पोलेको छ। हातखुट्टा र शरीरका अन्य भागमा करेन्ट लगाइएको छ। , दुखाइ सहिनसक्नु छ। पीडाले बेलाबेला छटपटाउँछिन्, रुन्छिन्। , दुई महिनाभन्दा अघि, गत जेठ १६ गते राति ८ बजे धनुषा प्रहरीले राधिकालाई बेहोस अवस्थामा अस्पतालको इमेर्जेन्सी वार्डमा भर्ना गराएको थियो। उपचारमा संलग्न नर्सहरूका अनुसार राधिका भर्ना भएको १० दिनमा मात्र बोल्न सक्ने अवस्थामा आइन्। पन्ध्र दिनसम्म त उनका आफन्त पनि सम्पर्कमा थिएनन्। अस्पतालका सुरक्षा गार्डले औषधि किनेर ल्याइदिने, खाना खुवाउने, दिसापिसाब गराउने लगायतका सबै हेरचाह गरेका थिए।, शल्यक्रियापछि राधिकाको अवस्था झन् गम्भीर बनेको छ। उनी अस्पतालको बेडमा जीवनका लागि संघर्षरत छिन्। स्याहार सुसारमा राधिकाकी आमा अम्बिका खटेकी छन्।, छोरीको अवस्था देखेयता अम्बिकाका आँखा ओभाना भएका छैनन्। राधिका कहिलेसम्म अस्पतालमा बस्नु पर्ने हो भन्ने डाक्टरलाई नै थाहा छैन, अम्बिकालाई थाहा हुने कुरै भएन। डाक्टर र नर्स बेलाबेलामा आउँछन्, जाँच गर्छन्, दबाई लेख्छन् र जान्छन्।, उपचारमा संलग्न डा. अश्विनी रञ्जनका अनुसार राधिकाको दोस्रो सफल शल्यक्रिया गरिएको छ। पहिलो अपरेसनमा जलेको छाला हटाएर शरीरको अन्य भागको छाला प्रत्यारोपण गरिएको थियो। दोस्रोमा पैतालाको एउटा औंला काटेर फाल्नु पर्‍यो।, डा. रञ्जनले भने, ‘उनलाई हात, खुट्टा, पेट लगायत विभिन्न भागमा इलेक्ट्रिक शक लागेको थियो, अपरेसन गरेका छौं। बिस्तारै सुधार हुँदैछ। राम्रो हेरचाह आवश्यक छ।' , राधिका सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ की बासिन्दा हुन्। उनी झन्डै आठ महिनादेखि आफ्ना प्रेमीसँग जनकपुरमा बसेकी थिइन्।, राधिकाले प्रहरी र सञ्चारकर्मीलाई बताएअनुसार उनका प्रेमी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरका अरुण साह हुन्। तर राधिकाले भनेको ठाउँमा अरुण नामका कोही युवक नभेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप क्षेत्री बताउँछन्।, क्षेत्री भन्छन्, ‘उस (केटा) ले आफ्नो नाम के भन्यो, घर कहाँ भन्यो यिन (राधिका) लाई केही थाहा छैन।', ती युवकले गलत नाम र ठेगाना बताएर राधिकालाई बिहे गरेर जनकपुर ल्याएको हुन सक्ने उनकी आमाको र स्याहारसुसारमा सघाउने अस्पतालका सुरक्षा गार्डको आशंका छ। , ती सुरक्षा गार्ड भन्छन्, ‘महेन्द्रनगरको सरस्वती ज्ञान मन्दिर कलेज छेउमा घर हो भनेको रहेछ। बदमासी गर्ने मान्छेले नाम, थर सबै झुक्याउँछन् नि! राधिकालाई पनि झुक्याएको जस्तो छ।' , अम्बिकाका अनुसार प्रेमी भनिएको केटालाई उसका साथीहरूले गीरेन्द्र नामले पनि बोलाउने गरेको राधिकाले भनेकी थिइन्। राधिकाको मोबाइल फोनसेटमा उनका प्रेमीको फोटो र फोन नम्बर थियो। भर्ना भएको केही दिनमा राधिकालाई भेट्न भनेर आएका एक अपरिचित युवकले राधिकाको फोन चोरेर लगेको अम्बिकाले बताइन्।, कामको सिलसिलामा सिन्धुली पुगेका एक युवक र राधिकाको भेटघाट भएको थियो। यही क्रममा उनीहरूको चिनजान प्रेमसम्बन्धमा बदलियो।, गत वर्षको तीजमा राधिकाको गाउँमा मेला लागेको थियो। मेला हेर्न जाने भनेर घरबाट हिँडेकी राधिका ती युवकसँगै गइन्। उनीहरूले मन्दिरमा बिहे गरे। युवकले तत्कालै घर जाँदा आमाबुबाले स्वीकार नगर्ने सम्भावना देखाएर राधिकालाई जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोकमा भाडाको कोठामा राखे। , केही दिन दुवै जना सँगै बसे। विस्तारै कोठामा युवकको आउजाउ पातलो भयो। आठ महिनासम्म पनि राधिकालाई घर लान नमानेपछि उनीहरूबीच विवाद सुरू भएको थियो। , दुई साताअघि राधिकाले सञ्चाकर्मीहरूसँग भनेअनुसार उनका प्रेमीले बिहे गरेको केही दिनमै घर लगौंला, अहिले केही दिन जनकपुरै बसौं भनेका थिए। सुरूमा बस्न, खान पैसा पनि दिएको थिए। तर केही दिनमै पैसा दिन छाडे र पिडाररी चोकमा होटलमा काम लगाइदिए।, राधिका प्रेमीको घर जान खोजेपछि उनीहरूबीच झगडा चर्किएको थियो।, उनले भनेकी थिइन्, 'मैले घर लैजाऊ भन्दा मानेको थिएन। त्यही विषयमा झगडा भयो। कोठामा बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगायो। म बेहोस भएपछि के गर्‍यो मलाई थाहा भएन। कसरी हस्पिटल पुगेँ त्यो पनि थाहा पाइनँ।', प्रहरीसमक्ष भने राधिकाले फरक कुरा बताएकी छन्। उनले प्रहरीलाई एक पटक आफूलाई करेन्ट लागेको बताइकी थिइन्। अर्को पटक फेरि केटाले लगाइदिएको भनेकी छन्। , ‘सुरुमा आफैं करेन्ट लागेको भनिन्। पछि केटाले लगाइदियो, पोलिदियो भनेपछि हामीले मुद्दा दर्ता गर्‍यौं तर मुद्दा तामेलीमा जालाजस्तो छ,' डिएसपी क्षेत्रीले भने, ‘राधिका निको भएर आएपछि मात्रै सबै अनुसन्धान हुन सक्छ।', प्रेमी भनिने ती युवक र उनका केही साथीको दबाब र त्रासका कारण राधिकाले बयान फेरेको हुन सक्ने उनकी आमा अम्बिका र राधिकालाई सुरूदेखि स्याहारेका सुरक्षा गार्डको अनुमान छ।, ती सुरक्षा गार्ड भन्छन्, ‘राधिका भर्ना भएदेखि नै केटाहरूको समूह बारम्बार आइरहन्थ्यो। उसलाई सायद धाकधम्की पनि दिइरहेका थिए। ज्यान मार्ने, पर्सनल भिडि‌‌ओहरू सार्वजनिक गरिदिने धम्की दिएपछि प्रहरीमा कुरा फेरेको हुनुपर्छ।', आफैंले शरीरको त्यतिधेरै भागमा करेन्ट लगाउने, आइरनले पूरै छाला डढ्ने गरी बेस्सरी पोल्ने कुरा पत्याउन नसकिने ती सुरक्षा गार्डको भनाइ छ। कुनै कारणले प्रहरीले बहानाबाजी गरेको हुन सक्ने शंका पनि छ उनलाई। सुरूमै प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिएका कारणले पनि दोषी उम्किएको उनको भनाइ छ।, बाहिरी केटाहरूको निरन्तर आवतजावत हुने गरेपछि प्रहरीले चौबीसै घन्टा आफ्नै एक जना गार्ड खटाएको छ तर कोही पक्राउ परेको छैन। , राधिकाको उपचार निःशुल्क गरेको अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए। राधिकालाई ‘बिभिएस (बर्न भायोलेन्स सरभाइभर) नेपाल' एक नामक संस्थाले औषधि उपलब्ध गराएको छ। सुरूआती दिनमा राम्रो आशा भरोसा दिइराख्ने बिभिएसका कर्मचारीले पछिल्लो समय दुर्व्यवहार गरेको राधिकाकी आमा अम्बिकाले गुनासो छ।, उनले भनिन्, ‘हाम्रो वडाध्यक्षले उतै लगेर उपचार गराउने भनेपछि उनीहरूले उपचारको जिम्मा हाम्रो भयो; औषधि, उपचार खानपिन सबै व्यवस्था गर्ने भने। तर अहिले छोरीकै अगाडि मरे मरोस् भन्छिन्।' , यसबारे बिभिएसका कर्मचारीलाई सोध्दा उनले अम्बिकाको आरोप खण्डन गरिन्। आफ्नो संस्थाले र व्यक्तिगत रूपमा राधिकाका लागि सकेसम्म सहयोग गरेको उनले बताइन्।, पैसा नहुँदा छोरी भेट्न एक हप्ता ढिलो, राधिकाको गाउँ सिन्धुलीको विकट क्षेत्रमा पर्छ। उनका आफन्त खोज्ने क्रममा धनुषा प्रहरीले वडाध्यक्ष दौलत कार्कीलाई सम्पर्क गरेको थियो। राधिका अस्पताल भर्ना भएको झन्डै दुई सातापछि घटनाबारे थाहा पाएका वडाध्यक्ष कार्की तुरन्त राधिकाका आमाबालाई भेट्न गए। खेतमा काम गरिरहेकी राधिकाकी आमा छाँगाबाट खसेझैं भइन्। आँखाबाट आँसुको भेल बग्न थाल्यो। बिरामले थला परेका बुबा पनि तनावमा परे। , बिरामी बाबु घर छाडेर हिँड्न सक्ने अवस्थामा थिएनन्। भागेर बिहे गरेको भनेर राधिकाका दाइहरू रिसाएका थिए। आमा तुरुन्तै जनकपुर आउन चाहन्थिन् तर पैसा भएन। उनीहरूको परिवार निकै विपन्न छ। उनले कसैको सहयोग पनि पाइनन्।, अम्बिकाले भनिन्, ‘जनकपुर आउन खर्च जुटाउन सकिनँ। वडाअध्यक्षलाई रोइकराइ गरेपछि उहाँले पैसा ल्याइदिनुभएछ। भाइले दुई हजार रूपैयाँ सापट दियो।', यसरी छोरी भेट्न आइपुगेकी अम्बिका दिनदिनै झन् सकसमा पर्दैछन्। एकातिर कति दिन अस्पताल बस्नु पर्ने हो थाहा छैन, अर्कातिर छोरीको शरीर कसले किन पोल्यो त्यो पनि पत्तो लागेको छैन।, बेड नम्बर १३९, कसले पोल्यो राधिकालाई?
राजेश घिमिरे चितवन जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७८/७९ मा एक हजार २५३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। तीमध्ये ९६३ वटा अर्थात् ७८ प्रतिशत मुद्दाको छिनोफानो भयो।, अदालतले उपलब्ध गराएको तथ्यांकअनुसार सम्बन्ध विच्छेदमा दर्ता भएका मुद्दाको संख्या कुल मुद्दाको ३८ प्रतिशत हो। , ठूला मध्येको एक मानिने चितवन जिल्ला अदालतमा यस वर्ष तीन हजार ३५२ वटा मुद्दा दर्ता भएका थिए। यही असार १७ गतेसम्म कुल मुद्दामध्ये ५८ दशमलव ६८ प्रतिशत फछ्र्योट भएको अदालतका स्रेस्तेदार ईश्वर आचार्यले बताए।, सोमबार बिहान अदालतका कर्मचारीहरूले पत्रकारहरू सामु मुद्दाका यी विवरण प्रस्तुत गर्दा चार जना न्यायाधीश पनि उपस्थित थिए।, उनीहरूले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्नुले समाजमा विकृति र पारिवारिक विखण्डन बढेको देखिएको निष्कर्ष सुनाए। , ‘वैदेशिक रोजगारीले धेरैको घरबार बिगारेको छ। देशमा जागिर पाइँदैन। सक्ने युरोप, अमेरिका गएका छन्। नसक्ने खाडी मुलुक पुगेका छन्। श्रीमान, श्रीमती दुईतिर हुँदा घरबार बिग्रिएको छ,’ न्यायाधीश गायत्रीप्रसाद रेग्मीले भने, ‘भविष्य खोज्न जाँदा परिवारमा विखण्डन आउने समस्या निकै धेरै छ।’, न्यायाधीश रेग्मीले प्रेम सम्बन्धमा परेर कच्चा उमेरमै बिहे गर्ने र छिटै छुट्टिने क्रम बढेको पनि बताए। , उनले भने, ‘पुरूषवादी सोच भएको समाजमा दबिएर बसेका महिलाहरू बढी सचेत हुन थालेको र अधिकारको खोजी बढेको देखिन्छ।’ , उनले सम्बन्ध विच्छेदका प्रायः मुद्दाहरू श्रीमानले खान लाउन नदिएको भनेर आउने गरेको बताए। , ‘तर यो सबै सही होइन जस्तो लाग्छ, केही प्रतिशत त होला,’ न्यायाधीश रेग्मीले भने, ‘सोध्न मिलेसम्म त हामी धेरै कुरा सोध्छौं तर सबै कुरा सही भनिँदैन।’, न्यायाधीश केशवप्रसाद अधिकारीले सम्बन्ध विच्छेदको वास्तविक कारण बताउने साहसी व्यक्ति असाध्यै कम भेट्ने गरेको बताए। , ‘खान दिएन, लाउन दिएन, घरबाट निकालिदियो, मादक पदार्थ सेवन गरेर कुटपिट गर्‍यो भनेर आउने धेरै हुन्छन्। वास्तविक घटना धेरैले भन्दैनन्,’ उनले भने, ‘केहीमात्रै साहसी पीडित भेटेको छु जसले साँचो कारण बोलेको छ। त्यसबाट पूरै बेञ्च नै स्तब्ध भएको छ।’, न्यायाधीश अधिकारीले कतिपय मुद्दामा त जाहेरीकर्तालाई सम्बन्ध विच्छेदको कारण पनि राम्रोसँग थाहा नभएको भेटिने गरेको बताए। , ‘यस्तो कारणले सम्बन्ध विच्छेद गर्न लाग्नुभएको हो भनेर सोध्दा अल्मलिने पनि हुन्छन्,’ उनले भने, ‘कागजमा सही गर भने, सही गरेर आएँ भन्नेहरू पनि भेटिन्छन्।’, कानून व्यवसायीहरूले सम्बन्ध विच्छेदका धेरै मुद्दामा एकै प्रकारको बयान लेखेर पठाउने गरेको पाइएको पनि न्यायाधीश अधिकारीले बताए। , उनले भने, ‘हामीले त कागजलाई विश्वास गरेर फैसला गर्ने हो। वास्तविक कारण ती होइनन् होला जस्तो लाग्छ, तर हामी वास्तविक कारण के हुन् भनेर उनीहरूको व्यक्तिगत स्वतन्त्रताभित्र प्रवेश गर्न मिल्दैन।’ , न्यायाधीश शकुन्तला कार्कीले श्रीमान–श्रीमतीका बीचमा सम्बन्ध विच्छेद हुँदा उनीहरूका सन्तानको भविष्य सम्झेएर टिठ लाग्ने गरेको बताइन्। , ‘बाबुआमाले त छुट्टिएपछि पनि अर्को बिहे गरेर भविष्य बनाउने गरेका छन् तर उनीहरूबाट जन्मिएका बच्चाको भविष्य के होला, त्यो सम्झिएर टिठ लाग्छ,’ उनले भनिन्, ‘सम्बन्ध विच्छेदले समाजमा विकृति पनि ल्याइरहेको छ।’, उनले वैदेशिक रोजगारीले धेरैको परिवारमा विखण्डन ल्याएको बताइन्। , उनले भनिन्, ‘पितृसत्तात्मक सोच कम हुँदै गएको र महिलाहरू सचेत हुँदै गएको त देखिन्छ तर श्रीमान–श्रीमती दुवैजना जागिरे हुँदा पनि विवाद भएर सम्बन्ध विच्छेद हुने गरेको छ।’ , न्यायाधीश कार्कीले जघन्य हिंसाका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको तर त्यस्तो घटना धेरैले लुकाउने गरेको बताइन्। , ‘खाली खान, लाउन दिएन, छोराछोरी पालेन भन्नेमात्रै कागजमा देखिन्छ,’ उनले भनिन्, ‘वास्तविक कारण चाहिँ लुकाइएको पनि हुनसक्छ।’, न्यायाधीश कार्कीले नयाँ पिँढीका दम्पती स-साना कुरामा एक आपसमा समझदारी नभएर सम्बन्ध विच्छेदका लागि आउने गरेको पनि बताइन्। , ‘साना कुरामा पनि समझदारी नभएको हो कि, उनीहरूले वास्तविक कुरा नभनेको हो,’ कार्कीले भनिन्, ‘उनीहरूका कुरा सुन्दा समाज कतातिर जाँदैछ भन्ने लाग्छ।’, न्यायाधीश अधिकारीका अनुसार पुरूषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउने क्रम पनि बढ्दै गएको छ। सम्बन्ध विच्छेदका कुल मुद्दामा करिब १५ प्रतिशत मुद्दा पुरूषले दर्ता गराएका छन्। , सम्बन्ध विच्छेद लगायतका केही मुद्दामा अदालतले मेलमिलापमार्फत् समाधान गर्न प्रोत्साहित गर्छ। धेरै मुद्दाहरू मेलमिलापमा टुंगिएका पनि छन्। मेलमिलापबाट मुद्दा टुंग्याउनेमा चितवन जिल्ला अदालत देशमै उत्कृष्ट रहँदै आएको उनले बताए।, सम्बन्ध विच्छेदले बढ्दै छ पारिवारिक विखण्डन
सेतोपाटी संवाददाता कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुइटा हात्ती गर्भिणी भएका छन्। , वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुइटा हात्ती गर्भिणी भएका हुन्। , वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन्। आरक्षणमा रहेका 'सरस्वतीकली' र 'लक्ष्मीकली' हात्ती गर्भिणी भएका हुन्। , निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताए। , उनले उक्त आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती रहेको बताए। दुई हात्तीले ३ महिनापछि बच्चा पाउनेछन्।  , केही महिनाअघि कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताए। , उनले अहिले जंगली हात्ती आउने र वन्यजन्तु आरक्षणमा नै भाले हात्ती भएकाले हात्ती गर्भिणी भएर सन्तान ब्रिडिङ गर्ने आरक्षणमा नै भएको बताए।, प्रमुख खतिवडाले आरक्षणमा हात्तीको संख्या बढ्दै गए पनि माहुतेको दरबन्दी नभएको बताए।, उनले सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षणलाई हात्तीको ब्रिडिङ सेन्टरको रूपमा विकास गर्नुपर्ने बताए।, प्रमुख खतिवडाले प्रदेश १ मा जंगली हात्तीको आक्रमणलाई रोक्नको लागि स्रोत साधनको कमी रहेको गुनासो गरे। , उनले जंगली हात्तीले प्रदेश १ मा ठूलो समस्या सिर्जना गरे पनि त्यसलाई रोक्न प्रदेश र संघीय सरकारको ठोस योजना नबनाएको बताए।, आरक्षणमा ८ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन्। आरक्षणमा ७० वर्षकी अम्विकाकली जेठी हात्ती भए पनि उसले हालसम्म कुनै बच्चा जन्माएकी छैन।, आरक्षणमा अम्विकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली, र उत्तरिगञ्ज नाम गरेका ७ पोथी हात्ती छन्। हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ।,  , आमा बन्दै 'सरस्वतीकली' र 'लक्ष्मीकली'
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडिओ अपलोड गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्।, उनी अहिले काठमाडौंको बौद्धमा बस्दै आएका थिए।  लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ।  , युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गर्ने एक पक्राउ
सेतोपाटी संवाददाता धनुषामा प्रहरील‍े आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। , जनकनन्दनी गाउँपालिका-१ इनरूवाबाट ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार उनीहरू ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै थिए।, भारतबाट ल्याउँदै गरेको आलुको बोरा शंका लागि जाँच गर्ने क्रममा ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँ फेला परेको हो।, प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। ,  , आलुको बोरामा भेटियो ८३ लाखभन्दा बढी पैसा!
सविता बुढा दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।, शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।, भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्।, प्रहरीले भोजराजको बयानसहित अनुसन्धान प्रतिवेदन यही असार १५ गते जिल्ला सरकारी वकिललाई बुझाएको थियो। त्यसको भोलिपल्ट अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उनी जेलमा छन्।, अनिभालाई बलात्कारको प्रतिकार गर्दा ढुंगाले टाउकोमा हानेर घाइते बनाइएको थियो। त्यसपछि शरीरमा खर र गहुँको नल राखेर जिउँदै जलाइयो।, अनिभाका श्रीमानको आठ वर्षअघि निधन भएको थियो। उनका चार छोराछोरी छन्। जेठा छोरा परमानन्द कमाउन भारत गएका थिए भने माइली छोरी सन्तोषीको विवाह भइसकेको छ।, अनिभा दुई छोरीहरू गोमती र सरस्वतीसँग बस्थिन्। घटनाको दिन दुवै घरमै थिए।, प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जेठ २४ गते भोजराज दुई जना साथीसँग रक्सी खान बैतडीको सिमार बजार पुगे। उनीहरूले दुई बोतल रक्सी खाए र राति १२ बजेतिर घर फर्किए।, भोजराज अनिभाको घरको बाटो फर्किँदै थिए। उनले ढोका खुल्लै देखे। भित्र बत्ती बलिरहेको थियो। अनिभा केही काम गर्दै थिइन्। छोरीहरू अर्को कोठामा सुतेका थिए।, भोजराज भित्र पसे र 'जरूरी काम छ' भन्दै अनिभालाई बाहिर लगे।, छोरी गोमतीले झ्यालबाट आमालाई बाहिर लगेको देखिन्। आमा केही बेरमै फर्किहाल्छिन् भन्ने उनले सोचिन्।, त्यति बेला रातको २ बजेको थियो।, भोजराजले अनिभालाई टाढै लैजान खोजे। अनिभालाई शंका भयो। उनले नाइँ भनिन्।, घरबाट करिब ५० मिटर टाढा उखुबारी थियो। त्यहीँ लगेर भोजराजले अनिभामाथि जबरजस्ती करणी गरे।, अनिभाले गाली गर्दै प्रतिकार गर्न थालेपछि भोजराजले ढुंगाले टाउकोमा हाने। लगातार दुईपटक ढुंगाले हानेपछि अनिभा छट्पटाउन थालिन्। त्यसपछि भोजराजले नजिकै रहेको झाडीले उनको शरीर छोपे।, उनले घटनास्थलमै आफ्ना लुगा फुकालेका भए पनि पाइन्ट र एउटा चप्पल मात्रै भेटे। बाँकी लुगा अनिभाकै घरमा छाडेछु भन्ने सोचेर उनी लुगा खोज्न गए। तर भेटेनन्। हातमा लागेको रगत भने पखाले।, भोजराजको बयानअनुसार उनी घर जाँदा गोमती मोबाइलमा फोन गर्दै थिइन्। एकपटक फोन लागे पनि पछि मोबाइल स्विचअफ भयो।, गोमतीले घटनाबारे थाहा पाइछन् र अब प्रहरीलाई खबर गर्दै छिन् भन्ठानेर भोजराजले उनको मोबाइल खोस्न खोजे।, गोमती भाग्दै खोलापारि भाउजूको घर पुगिन्।, भोजराज खोलाबाटै फर्किए।, भोजराजले अनिभाले लगाएका सुनका गहना पहिल्यै गोजीमा राखिसकेका थिए। गोजीमा सलाई पनि थियो। फर्किएर उनले बेहोस अवस्था छट्पटाइरहेकी अनिभाको शरीरमाथि खर र गहुँको नल थपे।, छट्पटाउँदै गरेकी अनिभाको जीउमा आगो झोसेर त्यहाँबाट भागे।, पाइन्ट मात्रै लगाएर खाली खुट्टै भागेका भोजराजले आफ्नो घर पुगेर चप्पल र सर्ट लगाएका थिए। उनी भागेको परिवारले समेत चाल नपाएको प्रहरी बताउँछ।, यता गोमती अत्तालिँदै भाउजूको घर पुगेपछि होहल्ला भयो। त्यति नै बेला उनीहरूले पर आगो बलिरहेको देखे। गोमती र गाउँका केही मान्छे त्यहाँ पुगे। बलिरहेको आगोबाहिर अनिभाको हात देखियो।, अनिभालाई त्यहीँ जलाइएको थाहा भयो।, यो देखेर गोमती बेहोस भइन्।, त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे। प्रहरीले अनुसन्धान सुरू गर्‍यो। घटनामा संलग्न व्यक्ति भोजराज हुन् भन्ने थाहा भयो तर उनी गाउँबाट भागिसकेका थिए। प्रहरीले उनलाई भेट्टाउन सकेन।, त्यसै दिन प्रहरीले अनिभाको शव पोस्टमर्टमका लागि सदरमुकाम लगे।, प्रहरीले अनुसन्धान क्रममा भोजराजसँगै रक्सी खाने दुई जनालाई पक्राउ गर्‍यो। तर बलात्कार र हत्यामा उनीहरूको संलग्नता नदेखिएपछि छाडियो।, भोजराज त्यो दिनभरि बैतडीको गन्नाको बाटो पुचौडी हाटतर्फ गए। त्यहाँबाट ढोल्या मोडनजिकको गाउँ पुगे। पक्राउ पर्ने डरले गाउँमा छिरेनन्, जंगलतिरै फर्किए।, त्यो रात उनले जंगलमै बिताए। भोलिपल्ट बझाङ जाँदै गर्दा दिउँसो १२ बजेतिर उनलाई प्रहरीले पक्राउ गर्‍यो। त्यहाँबाट दार्चुला ल्याएर बयान लिएको प्रहरीले जनाएको छ।, घरमा यस्तो बज्रपात पर्दा अनिभाका जेठा छोरा परमानन्द भारतमै थिए। उनी होटलमा खाना पकाउने काम गर्छन्। घटनाबारे थाहा पाउनेबित्तिकै घर फर्केका छन्।, 'खबर सुन्नासाथ मैले आफूलाई सम्हाल्नै सकिनँ। चक्कर आयो,' उनले भने, 'त्यही दिन राति ८ बजे बैंगलरूबाट हिँडेँ।', बैंगलरूबाट बसमा पलियासम्म आउन पाँच दिन लाग्थ्यो। बस बिग्रेकाले गौरीफन्टा पुग्नै छ दिन लागेको उनी बताउँछन्।, बाटोभरि बहिनीले 'छिटो आइज दादा, कहाँ पुगी' भन्दै फोन गर्थिन्। छ दिनको यात्रामा उनले दुई दिन मात्रै खाना खाए।, 'यात्रामा म बेसुर थिएँ। भोक, निद्रा, तिर्खा हराएको थियो। लामो यात्रा थियो। अंकल साथमा भएकाले मलाई बाटोमा धेरै सहयोग भयो,' परमानन्दले भने।, उनी घर पुग्दा भिडभाड थियो। प्रहरीले अनिभाको शव लगेर पोस्टमर्टम गरिसकेको थियो।, 'बुवाको मृत्युपछि आमाको दुःख देखेर मैले अब उहाँलाई धेरै दुःख नदिऊँ, मैले नपढे के हुन्छ र, बहिनीहरू त पढिरहेकै छन्, मैले कमाएँ भने आमालाई सुख हुन्छ, बहिनीहरूले धेरै पढ्न पाउँछन् भन्ठानेँ अनि काम गर्न भारत गएँ,' परमानन्दले भने।, उनी बेलाबेला आमालाई पैसा पठाइरहन्थे। त्यही पैसाले दुई जना बहिनीको पढाइ र अरू घरखर्च चलेको थियो। १६ वर्षीया गोमती दस कक्षा र १४ वर्षीया सरस्वती आठ कक्षा पढ्दै छिन्।, 'मबिना आमा बस्नै सक्नु हुन्थेन। महिना/महिनामा फोनमा धेरै लामो कुरा गर्थ्यौं। मलाई अलिकति सन्चो नभए आमा रूनु हुन्थ्यो। धेरै सम्झाउनु हुन्थ्यो। झगडा नगर्नू, जमाना ठीक छैन, बचेर काम गर्नु भन्नु हुन्थ्यो,' परमानन्दले रूँदै भने।, पहिले बुवा र अहिले आमाको साथ छुटेपछि घरको जिम्मेवारी जेठा परमानन्दकै काँधमा छ। उनी रूँदै बसेका बहिनीहरूलाई बेलाबेला सम्झाउँछन्।, 'म फेरि भारत जान्छु भनेर उनीहरू डराएका छन्। एक्लै बस्न सक्दैनौं भन्दै रून्छन्,' परमानन्दले भने, 'मेरी आमालाई जस्तो संसारका अरू कुनै आमालाई नहोस्।', शैल्यशिखर नगरपालिका उपप्रमुख शान्ति खडायतले उनीहरूको दुःखमा थोरै भए पनि मह्लम लगाउन राहत दिने तयारी गरेको बताइन्।, 'बच्चाहरूको पढाइमा पनि सहयोग गर्ने भनेका छौं। के कसो गर्न सकिन्छ, हेर्दैछौं,' उनले भनिन्।, काका पर्नेले बलात्कारपछि आमालाई जिउँदै जलाए, छोराछोरी रूँदै काट्छन् दिन
सेतोपाटी संवाददाता लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन भएको छ।, गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।, विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेको जानकारी दिए। , विगतका समयमा हरेक १५ दिनमा दानपेटिका खोलिने गरेकोमा यसपटक तीन महिनापछि मात्रै दानपेटिका खोलिएको हो।, कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले यसपटक  दानपेटिकामा भेटी रकम कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।, यसअघि चैत १८ गते गणना गर्दा ३७ लाख रकम संकलन भएको थियो। , भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।, मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन
सेतोपाटी संवाददाता कपिलवस्तुको सुरही खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ।, शिवराज नगरपालिका वडा नम्बर २ बस्ने ८ वर्षीय सुशान्त रोकाको हल्लानगरनजिकै रहेको सुरही पुलनजिकै खोलामा डुबेर मृत्यु भएको हो। , वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले मंगलबार साँझ पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको बताए।, बहिनी र साथीसँगै खोलामा गएका रोका पौडी खेल्ने क्रममा डुबेपछि उनकी बहिनीले स्थानीयलाई खबर गरेर घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ। , घटना थाहा पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा उनलाई मृत फेला पारेका थिए।, रोकाको शवलाई पोस्टमर्टमको लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएको प्रहरीले जनाएको छ। , सुरही खोलामा यसअघि पनि पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाहरूको मृत्यु भएको थियो।, कपिलवस्तुको सुरही खोलामा डुबेर एक बालकको मृत्यु
युवराज श्रेष्ठ पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी अहिले पनि सार्वजनिक सरोकारमा सवाल जवाफ गर्न सक्ने अवस्थामा छैनन्। गत साउन १ मा अचानक मस्तिष्कघात भएका जिसी सात महिना उपचार गर्न काठमाडौं बसेका थिए। न्युरो अस्पतालमा शल्यक्रिया गरेपछि फिजियोथेरापी गरेर उनी सामान्य हिँडडुल गर्न सक्ने भएका थिए। मस्तिष्कघात भएको सात महिनापछि पोखरा फर्किएका थिए। , मस्तिष्कघात भएका मेयर जिसीले त्यति बेला सम्झनाशक्ति गुमाएका थिए। उपचारपछि विस्तारै उनको स्मरण फर्किएको परिवारले बताएका छन्। चिकित्सकको सल्लाहअनुसार सवाल-जवाफ हुने ठाउँमा नलैजान भनिएकाले उनलाई पोखरा महानगर फर्किएपछि मानसिक दबाब पर्ने प्रश्नको सामना गर्न परेन।, तर त्यही बेला उनले पोखरालाई दीर्घकालसम्म नोक्सान पुर्‍याउने निर्णय लिएका थिए।, उनले पोखराका सरकारी जग्गा कौडीको भाउमा आफूनिकट व्यवसायीलाई दिने निर्णय गरे। यो निर्णय गर्दा उनले कानुनी प्रक्रिया समेत पुर्‍याएका छैनन्। जुन समय उनले लेकसाइड जाने गाडी पार्क गरिने पर्यटक बसपार्क, गल्फ कोर्ष र यातायात व्यवस्था कार्यालय नजिकैको जग्गा भाडामा दिने निर्णय लिए, त्यति बेला देशमा स्थानीय चुनावको रौनक थियो।, सार्वजनिक जग्गा भाडामा लगाउने निर्णय लिएपछि सुरूमा सार्वजनिक सञ्चारमाध्यममा ठेक्का खुलाएको सूचना निकाल्नुपर्थ्यो। मेयर जिसीले यसका लागि पोखरामा बन्द भएको एउटा पत्रिकालाई रोजे। करिब दुई वर्षदेखि प्रकाशन बन्द भएको 'आदर्श नेपाल' नामक दैनिक पत्रिकामा उनले सूचना निकाले। सूचना २०७८ चैत २६ गते छापिएको थियो। उक्त पत्रिका मेयर जिसी र ठेक्का लिन सेटिङमा रहेका व्यवसायिक कम्पनीलाई मात्र पुग्ने गरी प्रकाशन गरियो।, यसरी प्रकाशित पत्रिका बजारमा जाने कुरा भएन। पाठकले लामो समयपछि एक अंक भए पनि पत्रिका प्रकाशन भएको सूचनासम्म पाएनन्। सार्वजनिक जग्गा हडपेर व्यवसाय चम्काइरहेका अन्य ठेकदार कम्पनीले पनि थाहा पाएनन्। जग्गा हत्याउन खोजेका गिरोहले एकभन्दा बढी कम्पनीका नामबाट ठेक्का हाले। हात पारे।, पत्रिकामा सूचना निस्केको दिन देश स्थानीय चुनावको उत्कर्षमा थियो। २०७९ वैशाख २६ गते पत्रिकामा सूचना निस्केको थियो, दुई दिनपछि मौन अवधि सुरू हुँदै थियो। सबैको ध्यान चुनावमा केन्द्रित थियो। महानगरको मेयरदेखि वडा सदस्यका उम्देवार र आम मतदाता चुनावी जोडघटाउका अन्तिम रस्साकस्सीमा थिए।, कास्की जिल्ला नै हेर्नेगरी पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा स्थापना गरिएको थियो। निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा नहुँदासम्म नगर विकास समितिले कार्यालय प्रयोग गर्न पाएका थिएनन्। , नगर विकास समितिको अध्यक्ष प्रधानमन्त्रीले तोक्ने व्यवस्था-२०७५ अनुसार मेयर नै अध्यक्ष रहने व्यवस्था गरिएको थियो। उक्त व्यवस्थाअनुसार नगर विकास समितिका अध्यक्ष मेयर जिसी नै थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि मेयर जिसी एक पटक पनि उक्त कार्यालय पुगेका थिएनन्। जबकि त्यही बेला उनले उपत्यका नगर विकास समितिकै नाममा रहेको महत्वपूर्ण स्थानका जग्गा २५ वर्षसम्म भाडामा लगाउने निर्णय लिँदै थिए।, तीनवटै जग्गाको सम्झौता पत्रमा पोखरा उपत्यका नगर विकास समितिकै कार्यालय भवनमा बसेर हस्ताक्षर गरेको उल्लेख छ। तर उपत्यका नगर विकास समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय थियो भने हलमा मतगणना भइरहेको थियो। , पत्रिकामा सूचना निकालेर सरकारी जग्गा भाडामा लगाउने दिन पनि त्यसरी नै रोजिएको छ जसरी पत्रिकामा ठेक्कासम्बन्धी सूचना निकालिएको थियो। चुनाव सकिएर प्रारम्भिक परिणाम आउँदै थियो, जेठ ३ गते ठेक्का सम्झौता भयो। मेयर जिसीले सात दिने सूचना निकालेर आठौं दिनमा निर्णय लिए। यसअघिका ठेक्काहरूमा ३५ दिनको सूचना निकालिन्थ्यो। उनले कार्यकालभरि नगरेका 'फास्ट ट्रयाक' को प्रयोग यी तीन ठाउँका जग्गा भाडामा लगाउन गरे।, मेयर जिसीले यसरी सबभन्दा लामो समय राष्ट्र बैंक चोकस्थित आवासक्षेत्रबाट केही तल रहेको गल्फ कोर्षको जग्गा भाडामा लगाए। लेकसाइडबाट नजिकै रहेको ४० रोपनी जग्ग एक्सन विल्डर्स सेवा प्रालिका विष्णु भण्डारी र पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षका हैसियतमा मेयर जिसीले हस्ताक्षर गरेका छन्।, २५ वर्ष उक्त कम्पनीले उपभोग गर्न पाउने गरी भएको सम्झौता पत्रमा जग्गा दिनुको कुनै उद्देश्य खुलाइएको छैन। संरचनामा भौतिक संरचना बनाउन सक्ने अधिकार दिएको छ। जग्गाको भाडा मासिक दुई लाख ७२ हजार रूपैयाँ मात्र तोकिएको छ। यो सम्झौता पत्र यति हतारमा तयार पारिएको छ कि, अक्षरेपी पचहत्तर हजार लेखिएको छ।, यस्तै, राष्ट्र बैंक चोककै पर्यटक बसपार्क शिला शालिकग्राम निर्माण सेवा नामक कम्पनीलाई दस वर्षका लागि दिइएको छ। नगर विकास समितिका अध्यक्ष एवं मेयर जिसी र कम्पनीका तर्फबाट छविलाल कुँवरले सम्झौतामा हस्ताक्षर गरेका छन्। सहरी विकास मन्त्रालयले ७ करोड ५० लाख रूपैयाँमा मर्मत गरेर नगर विकास समितिलाई हस्तान्तरण गर्न बाँकी रहँदै १८ रोपनी क्षेत्रफलको बसपार्क मासिक भाडा २ लाख ७५ हजार रूपैयाँ तोकिएको छ।, सहरी विकास मन्त्रालयले बसपार्क ढलान गरेर आवश्यक शौचालय र सटरसमेत बनाइसकेको छ। सम्झौतामा बसपार्कमा थप संरचना बनाउन कम्पनीलाई छुट दिइएको छ। , त्यही दिन पृथ्वीचोकको यातायात व्यवस्था कार्यालयसँगै जोडिएको पाँच रोपनी सरकारी जग्गा पनि दस वर्षका लागि निजी व्यवसायीलाई भाडामा लगाइएको छ। समितिका अध्यक्ष एवं महानगरका मेयर जिसी र राइजिङ कन्सट्रक्सन नामक कम्पनीका अध्यक्ष गिरबहादुर पुनले हस्ताक्षर गरेको सम्झौतामा मासिक भाडा एक लाख ३५ हजार रूपैयाँ तोकिएको छ। , पृथ्वी चोकको यो जग्गा पार्किङ प्रयोजनका लागि भनेर सम्झौताको शर्त राखिए पनि कार्यालय, खाजाघर लगायतका संरचना बनाउन पाउने भनिएको छ।, मस्तिष्कघातका बिरामी मेयर एवं अध्यक्ष जिसी आफैंले तीन वटै सम्झौतामा हस्ताक्षर गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिका तर्फबाट रोहबरमा समितिका प्रशासन अधिकृत अशोक सुनार र लेखाका कर्मचारी रामजी जिसी छन्।, बिरामी भएकाले मेयर जिसी एक्लैले निर्णय गरेर यति महत्वपूर्ण सरकारी जग्गा निजी क्षेत्रलाई दसदेखि २५ वर्षका लागि बेच्न सक्ने अवस्थामा छैनन्। पोखराका नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले यसरी सरकारी जग्गा लुकिछिपी निजी व्यवसायीलाई बेच्न मेयर जिसी पछाडिका मतियारलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए।, 'पोखराका सरकारी जग्गा अपारदर्शी रूपमा गरिएका ठेक्का सम्झौता खारेज गरियोस्,' उनले भने, 'सरकारी जग्गा अतिक्रमणको छानबिन गरेर सबै दोषीलाई कारबाहीको कठघरामा उभ्याइयोस्।', दीर्घकालीन महत्वका अन्य निर्णय पनि महानगरले मेयर जिसी बिरामी भएकै बेला लिएका थिए। पोखराका फेवातालको मापदण्ड ६५ मिटरदेखि ३५ मिटरमा झार्ने निर्णय पनि चैत अन्तिममा लिइएको थियो। सोही बैठकले पोखराका नौ वटै तालका मापदण्ड आधा घटाउने निर्णय गरेको थियो। उक्त निर्णय लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको छ।, यसअघि मेयर जिसीले पोखराका घरहरू अग्लो बनाउन दिने निर्णयदेखि सेती नदीको मापदण्ड पाँच मिटरसम्म घटाएको दोष पनि पाएका छन्। उक्त निर्णय लिँदा मेयर जिसी मस्तिष्कघातमा परेका थिएनन्। तालतलैया संरक्षण र सार्वजनिक जग्गा जोगाउने उद्घोष गरेर चुनाव जितेका मेयर जिसीले सुरूआतमा सार्वजनिक जग्गा संरक्षण वर्षका रूपमा मनाउने निर्णय गरेका थिए। , २०७४ को स्थानीय निर्वाचनमा मेयर, उपमेयरसहित दुईतिहाई वडा र जनप्रतिनिधि एमाले उम्मेदवारले जितेका थिए। चुनाव जितेकै वर्ष बसेको तेस्रो नगरसभा बैठकबाट २०७५ साललाई सार्वजनिक जग्गा संरक्षण वर्षका रूपमा मनाउने निर्णय गरेका थिए। पोखराका सार्वजनिक जग्गाको यथास्थिति पत्ता लगाउने र संरक्षण गर्न भन्दै उनले त्यस्तो निर्णय लिएका थिए।, तर उनले कार्यकालभरमा एउटा पनि अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन सकेनन्। उल्टै रामसारमा सूचिकृत विश्व सम्पदा फेवातालसहितका तालहरूका मापदण्ड घटाउनेदेखि सरकारी जग्गा निजी क्षेत्रलाई दिएको आरोप खेपेका छन्। , बिरामी अवस्थामा मात्र होइन, अरू बेला पनि राजनीतिक दलका नेता, कार्यकर्ता, आसेपासे लगायत वरपर घेरा हालेर बसेकाले गलत काम गर्न दबाब दिने गरेको मेयर जिसीका छोरी अञ्जु जिसीले लेखेकी छिन्।, पोखरा महानगरमा वर्षौंदेखि जरा गाडेर बसेका कर्मचारीदेखि स्वकीय सचिव, राजनीतिक सल्लाहकार, विज्ञ सल्लाहकारले पनि फसाउन जालो बुनेर बस्ने गरेको भन्दै अञ्जुले कमजोर हुनेबित्तिकै आफ्नो दुनो सोझ्याउन हिँड्ने गरेको बताएकी छिन्।, पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यलाई सफल कार्यकालका लागि सुझाव दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'सत्यको बाटोमा अडिग हुनुभयो भने तपाईंलाई अनेक बहाना बनाएर अस्पतालको बेडसम्म पुर्‍याउँछन्।', फेवातालसहित नौ वटै तालका मापदण्ड घटाउनेदेखि सरकारी जग्गा कौडीको भाउमा लगाउने समूहको खोजी गर्नुपर्ने विश्लेषक विश्व सिग्देलले बताउँछन्।, 'बिरामी मेयरलाई महाभारतका सिखण्डी जस्तै प्रयोग गरेर पछाडिबाट वाण चलाउनेको खोजी हुनुपर्छ,' उनले भने, 'बिरामी मेयरलाई लतारेर, घिसारेर, अध्याँरा कोठामा लगेर हस्ताक्षर गराइएको देखिन्छ। अब यो समूहको खोजी हुनुपर्छ।', दस वर्षलाई भाडामा दिएको पृथ्वी चोकस्थित यातायात व्यवस्था कार्यालयसँग जोडिएको सरकारी जमिन।, २५ वर्षलाई भाडामा लगाइएको राष्ट्र बैंक चोक नजिकै गल्फ कोर्षको जमिन।, गुपचुप भाडामा लगाइएका लेकसाइड नजिकै पर्यटक बसपार्क।, पोखराका सार्वजनिक जग्गा 'छापामार' शैलीमा कसरी दिन सके होलान् पूर्वमेयर जिसीले?
रासस सहरी विकास तथा भवन कार्यालय पर्साका सब-इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले एक लाख ७० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।, वीरगञ्ज महानगरपालिका– १० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो।, सव-डिभिजन वन कार्यालय वसन्तपुर र सव-डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए।, पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ।, मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ।, घुससहित सब-इञ्जिनियर पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ। , आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीमा रहेको एक घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। , आगो निभाउन दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ। नेपाल प्रहरी, नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ।, मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। , 'ठूलै आगलागी भएको छ,' प्रहरी उपरीक्षक मैनालीले भने, 'निभाउन लागि परेका छौं।', पुतलीसडकको एक घरमा आगलागी
सेतोपाटी संवाददाता इलाका प्रशासन कार्यालय परिसरमा सर्वसाधारणलाई नक्कली पेस्तोल देखाएर तर्साउने एक युवक पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि झन्डै दुई मिटर नजिकैको इलाका प्रशासन कार्यालयमा पेस्तोल देखाएर सर्वसाधारणलाई आतंकित पारेको आरोपमा २० वर्षीय मिलन मगर पक्राउ परेका हुन्।, दगीशरण गाउँपालिका वडा नम्बर ५ का मिलनलाई आइतबार बेलुका साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को प्रशासन कार्यालयको सम्मुखमा रहेको रेस्टुरेन्टनजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो। , प्रहरी निरीक्षक बखतबहादुर शाहीको नेतृत्वको टोलीले मिलनलाई पक्राउ गरेको थियो। , मिलनका साथबाट बरामद भएको पेस्तोल नक्कली रहेको पुष्टि भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। मिलनलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको पनि डिएसपी अर्यालले बताए।, नक्कली पेस्तोल देखाएर सर्वसाधारण तर्साउने युवक पक्राउ
रासस काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, गाडीको ठक्करबाट मृत्यु हुनेमा पाँच वर्षीय बालक आयुस बन्सुर रहेको प्रहरीले जनाएको छ।, काठमाडौं महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो। आयुष भारत, महाराष्ट्र घर भएका योगिता बन्सुका छोरा हुन्।, दुर्घटनामा गम्भीर घाइते आयुषको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दुर्घटनामा घाइते योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।, दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। , बल्खुमा गाडीको ठक्करबाट एकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको पुतलीसडकस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। , आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीको घरमा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार आगलागी कसरी भएको हो भन्ने खुलिसकेको छैन। , आगो निभाउन दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी लगायतको टोली खटिएको थियो।, आगलागीबाट भएको क्षति विवरण आइसकेको छैन। प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।, पुतलीसडकको घरमा भएको आगलागी नियन्त्रणमा
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तुलसीपुरमा दुई युवक पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का २६ वर्षीय सुन्दर नेपाली र ३० वर्षीय सन्तोष नेपाली आइतबार दिउँसो साढे ३ बजेतिर वडाको राजापुरबाट पक्राउ परेका हुन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब निरीक्षक प्रमाद भण्डारीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, उनीहरूको साथबाट ३ सय २० मिलीग्राम ब्राउन सुगर बरामद भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, पक्राउ परेकाहरूउपर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, ब्राउन सुगरसहित दुई युवक पक्राउ
मन्दिरा घिमिरे भारतबाट नेपाल घुम्न आएको एक परिवारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो बज्रपात भएको छ।, महाराष्ट्रको नागपुर, काम्पीबाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आइतबार दिउँसो साढे ११ बजे काठमाडौंको बल्खु आइपुगेको थियो।, वीरगन्जबाट टाटा सुमो चढेर काठमाडौं आएका उनीहरू बल्खुमा ओर्लेको पाँच मिनेटमै दुर्घटनामा परे।, परिवारका दुई जना सदस्य ३२ वर्षीया योगिता बन्सुर र उनका पाँच वर्षीय छोरा आयुषलाई बा१३च ६४१९ नम्बरको भ्यानले ठक्कर दियो।, दुवैलाई नजिकै बयोधा अस्पताल लगियो। उपचार क्रममा आयुषको मृत्यु भयो। योगिताको बायाँ खुट्टामा चोट लागेको छ। उनी आइसियूमा उपचाररत छिन्।, उनीहरू भारतको बोधगयासहित नेपालको लुम्बिनी र काठमाडौं घुम्न बुधबार महाराष्ट्रबाट निस्केका थिए।, ‘हामी बहिनी-ज्वाइँ, फूपु-भिनाजु र मेरो परिवारमा छोरासहित सात जना बोधगया, बुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौं घुम्न आएका थियौं,’ योगिताका ३५ वर्षीय श्रीमान आश्विन बन्सुरले सेतोपाटीसँग भने, ‘हामी पहिलोपटक घरबाट यति टाढाको यात्रामा निस्केका थियौं।’, महाराष्ट्रबाट उनीहरू पहिला बोधगया गए। त्यहाँबाट रक्सौल हुँदै नेपाल छिरे। उनीहरूले आइतबार बिहानै वीरगन्जबाट काठमाडौं आउने सुमो चढेका थिए।, सुमोले बल्खुको तरकारी बजार जाने बाटोनिर झारिदिएको थियो। काठमाडौं ओर्लेपछि सबभन्दा पहिला होटल खोज्ने उनीहरूको योजना थियो।, ‘हामीले गाडीबाट सामान झिक्यौं र हिँड्न थाल्यौं,’ आश्विनले भने, ‘योगिताले बाबु बोकेकी थिइन्। गाडीबाट केही पाइला अगाडि बढ्नेबित्तिकै एउटा भ्यान आएर ठक्कर दियो। दुवै आमाछोरा लडे। बाबुलाई गाडीले माथिबाटै किच्यो।’, ओरालो बाटोमा आइरहेको भ्यानले ब्रेक लगाउँदा लगाउँदै पनि नियन्त्रण गर्न नसकेको उनले बताए।, आश्विनले रगताम्मे छोरालाई भुइँबाट उठाएर सोधखोज गर्दै बयोधा अस्पतालको आकस्मिक कक्ष पुर्‍याए। उनको पछि पछि ज्वाइँ र भिनाजुले घाइते योगितालाई पनि अस्पताल लगे।, उपचार क्रममा दिउँसै आयुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए।, 'भ्यान चालक २२ वर्षीय सुवास खतिवडालाई पक्राउ गरिएको छ,' उनले भने।, आश्विनका अनुसार उनका बुबा बुद्धभक्त थिए। बुबाको भक्ति देख्दै हुर्केकाले आफूमा पनि बुद्धप्रति आस्था जागेको उनी बताउँछन्।, ‘बुबाका कारण हाम्रो परिवारमा बुद्धप्रति आस्था थियो,’ उनले भने, ‘त्यसैले बोधगयादेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म एकैचोटि दर्शन गर्ने भनेर हामी हिँडेका थियौं।’, आइतबार र सोमबार काठमाडौं घुमेर लुम्बिनी जाने योजनामा रहेका आश्विन र उनको परिवार सबै जना यति बेला बयोधा अस्पतालमा छन्। उनीहरूका झोला र सुटकेससमेत अस्पतालको आकस्मिक कक्षबाहिर छरपस्ट देखिन्छन्।, सेतोपाटीसँगको कुराकानी क्रममा आश्विनले केही अगाडि मात्र खिचेको आयुषको जन्मदिनको तस्बिर देखाए। तस्बिरमा उनीहरू सँगै बसेर केक काट्दै गरेका देखिन्थे।, ‘अस्ति भर्खर छोराको जन्मदिन मनाएका थियौं,’ उनले भने, ‘केक पनि काटेका थियौं। आयुष एकदमै रमाएको थियो। आज यस्तो भयो।’, आश्विन र योगिताको बिहे गरेको १६ वर्ष भयो। उनीहरूको एक छोरी छन् जो आयुषकी दिदी हुन्।, आश्विनका अनुसार आयुष साइकल चलाउन धेरै मन पराउँथे। मोबाइलमा कार्टुन पनि उत्तिकै हेर्थे।, ‘मोबाइल एकदमै राम्ररी चलाउँथ्यो। एदेखि जेडसम्म सर्रर भन्थ्यो,’ उनले छोरा सम्झँदै भने, ‘उसलाई युकेजीमा भर्ना गरेर हामी नेपाल घुम्न आएका थियौं।’, नेपालबाट फर्केपछि छोरालाई स्कुल पठाउने आश्विनको सपना सपनामै सीमित भएको छ।, भारतबाट घुम्न काठमाडौं आएका थिए, गाडीबाट ओर्लेको ५ मिनेटमै दुर्घटनामा ज्यान गुमाए
सेतोपाटी संवाददाता काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा मृत फेला परेकी एक कर्मचारीको शव उठाउने सहमति भएको छ।, काभ्रे, तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार राति पौने ८ बजे स्कुलको गर्ल्स होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।, स्टाफ रूमको डबलडेकर बेडमा झुन्डिएको अवस्थामा फेला परेकाले रायमाझीको परिवारले घटना शंकास्पद भन्दै शव उठाउन मानेको थिएन। फेला परेको २४ घन्टापछि शव उठाउने सहमति भएको हो।, सहमतिपछि प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, 'प्रहरीले अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउने तयारी भइरहेको छ,' उनले भने।, रायमाझी डेढ वर्षयता उक्त होस्टलको क्यान्टिनमा काम गर्दै आएकी थिइन्। उनी होस्टलबाट दुई सय मिटर परको घरमा कोठा लिएर बस्दै आएकी थिइन्।, शनिबार स्कुल प्रशासनले अभिभावक बोलाएर विद्यार्थीहरूलाई घर पठाइदिएका थिए। रायमाझी नफर्किएपछि उनको परिवारका सदस्य स्कुल पुगेका थिए। त्यहाँ झुन्डिएको अवस्थामा फेला परेको मृतकका मामा श्याम खत्रीले बताए।, घटना हुनेबित्तिकै आफूहरूलाई जानकारी नगराउनु शंकास्पद भएको उनको भनाइ छ।, केएमसी स्कुलमा मृत फेला परेकी रमाको शव उठाउन सहमति
पूर्णप्रसाद मिश्र सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। , धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण उत्पादन पुन: सुरू भएको छ।, गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो।, काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय गएर हाजिर गरी फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादवलाई पठाएपछि यहाँबाट औषधिको उत्पादन फेरि सुरू भएको छ।, औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए। साहले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गरेका थिए।, उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रास बाहेकका उत्पादन पाइँदैन। शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ।, षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ।, आइतबार चार महिनाको तलब पाए कर्मचारीले, उत्पादन र बिक्री नभएपछि चार महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका थिएनन्।, निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक हप्तामा कर्मचारीलाई चार महिनाको तलब बैंक खातामा पठाएका छन्।, तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका थिए। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आएका थिए।, समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन्।, अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन।, छ महिनादेखि छैन शिलाजित , समितिको बिक्री कक्षमा काम गर्ने आदित्य ठाकुर छ महिनादेखि शिलाजित सकिएको बताउँछन्।, बिक्री कक्षमा दैनिक २५ जना मानिस शिलाजित लिन आउँछन्। ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो।, औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ। यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन।, ‘औषधि भएका बेला बिल काट्न र बिरामी जाँच्न फुर्सद हुँदैन थियो, अहिले काम नभएर त्यसै समय बिताउनुपरेको छ, उत्पादन र बिक्री नहुँदा तलब पनि समय पाइएन’, उनले भने।, समितिमा २०६६ देखि २०७० को बीचमा डा सन्तोष ठाकुर कार्यकारी निर्देशक हुँदा शिलाजितको टेण्डर भएको थियो। त्यसपछि टेण्डर हुन नसक्दा अहिले अभाव भएको हो। त्यसबेला रु एक करोड शिलाजित ल्याइएको थियो। हालै तीन हजार किलोग्राम शिलाजित ल्याउन टेण्डर गरिएको छ।, माग बढ्दो छ च्यवनप्रासको, गत वर्ष कोरोना महामारी फैलिएपछि च्यवनप्रासको माग बढेको थियो।, माग पूरा गर्न समितिले २०७८ कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो। अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ। अरु उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन्।, विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ। गठन आदेश परिवर्तन गर्दा समस्या विसं २०५१ को गठन आदेशअनुसार काम गर्दा समितिमा समस्या देखिएको थिएन।, विसं २०७५ मा विकास समिति ऐनअन्तर्गत गठन भएका सबै समिति विघटनको निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। त्यसबेला सिंहदरबार वैद्यखाना विकास समिति विघटन हुन पुग्यो। लामो वादविवादपछि २०७७ सालमा आएको गठन आदेशमा पहिले जति व्यवस्था पनि नहुँदा समस्या आएको हो।, गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ तर समितिको अध्यक्ष नै स्वास्थ्य मन्त्रालयका १० औँ तहका कर्मचारी नियुक्त गरिँदा ११ औँ तहका कार्यकारी निर्देशक आउन मानेका छैनन्। समितिमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका उपसचिव पदेन सदस्य रहने व्यवस्था हटाइएको छ। जसका कारण सरोकार भएका निकायका प्रतिनिधिको अनुपस्थितिमा काम गर्न अप्ठ्यारो हुने गरेको छ।, समिति सदस्यमा निजीस्तरका आयुर्वेदिक औषधि उत्पादनकर्ता र क्लिनिक सञ्चालकलाई राख्न थालेपछि पनि समस्या आउन थालेको हो। स्वार्थ बाझिने व्यक्तिलाई समिति सदस्य बनाउँदा कार्यालयको काम प्रभावित हुने गरेको कर्मचारीको गुनासो छ।, रु एक करोडको कोष गायब, समितिको नाममा बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु एक करोड गायब भएको कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ। बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन्।, अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैंकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ। समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा साहले आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताए।, समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गरे। त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उनले बताए।, आयुर्वेदन औषधिको माग:, विभिन्न जडिबुटीबाट बनेका औषधिको माग बढेको छ। आयुर्वेदिक गुणले युक्त वनस्पतिको संरक्षणका लागि औषधि प्रवर्द्धन गरिनुपर्नेमा अहिले खस्कन थालेकामा गुर्जोलगायत वनस्पतिको प्रचारप्ररामा लागेका अभियानकर्मी कमलबहादुर राजलवट चिन्तित छन्।, हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधिय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुन सकेको छैन। कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मी राजलवटको गुनासो छ।, आयुर्वेद अस्पताल र औषधालयलाई प्रवर्द्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने आयुर्वेद चिकित्सकको भनाइ छ। आयुर्वेद औषधि उत्पादन गर्ने समिति निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ।, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा कोरोनाको दोस्रो लहरका बेला विसं २०७८ मा ६५ जना कोरोना सङ्क्रमित राखी आयुर्वेद औषधि दिइएको थियो।, कोरोना महामारीको पहिलो चरण विसं २०७७ मा पनि सयौँ कोरोनाका बिरामी केन्द्रमा राखेर आयुर्वेद औषधि नै दिएर उपचार गरेर पठाइएको थियो।, अस्पताल, तालिम र अनुसन्धान केन्द्र भएकाले दिइएका औषधिका विषयमा अनुसन्धानसमेत गरियो। केन्द्रले सीमित स्रोत, साधनका आधारमा गरेको अनुसन्धानले नेपाली वनपाखाकै जडीबुटीले कोरोना लागेकालाई फाइदा गरेको कार्यकारी निर्देशक डा रामआधार यादवले बताए।, कोरोनाकालमा केन्द्रमा आउने कोरोना बिरामीलाई गुर्जो, सुठो, मरिच, पिप्ला, अभ्रकभष्मलगायत आयुर्वेदिक वनस्पतिको ट्याबलेट बनाएर नियमित खुवाउने गरिएको थियो। केहीलाई भने अक्सिजनसमेत दिइएको थियो।, कोरोनाकालदेखि नै रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बजारमा बढ्न थालेको छ। सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्णलगायतको माग बढेको थियो।, स्वास्थ्य विपत्तिका बेला बढेको आयुर्वेदिक औषधिको मागअनुसार उत्पादन गर्नुपर्ने समिति निरन्तर ओरालो लाग्न थाले पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा अभियानकर्मीले चिन्ता प्रकट गरेका छन्।, (रासस), सिंहदरबार वैद्यखानामा चार महिनापछि औषधि उत्पादन, कर्मचारीले पाए तलब
रासस बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ।, कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए।, उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ।, आइतबार प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ। यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो।, सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ। पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो।, सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ।, यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ।, बालबालिकालाई लगाउन ल्याइयो २३ लाख मात्रा खोप
रासस बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।, चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उनले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने बताए।, पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई वनभोजका रुपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाइएको थियो।, प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती वनभोज कार्यक्रम गरिएको हो। चितवनको सौराहास्थित प्रदेश पर्यटन कार्यालय अवलोकन गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले हात्ती वनभोज कार्यक्रको पनि शुभारम्भ गरेका थिए।, उनले सफारी पर्यटनको विकासमा प्रदेश सरकारले उपस्थिति जनाउने भनेको उक्त कार्यक्रममा केही विरोधी समूहले नकारात्मक हल्ला फैलाएकाले हाललाई उक्त शीर्षकमा बजेट नदिन मन्त्रालयलाई निर्देशन दिएको बताए।, उनले चितवनको पर्यटन विकासको लागि बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी वाक ब्रिज निर्माणको लागि प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेको जानकारी दिए।, चितवनको पर्यटन प्रवर्द्धनका लागि हात्तीलाई खाना खुवाउन प्रदेश सरकारले पनि रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो तर स्थानीय केही व्यक्ति र समूहले प्रदेश सरकारले गरेको प्रतिबद्धतालाई विवादमा तान्न खोजेपछि पर्यटनमन्त्री श्रेष्ठ उक्त प्रतिबद्धताबाट पछाडि हटेको बताइएको छ।, पर्यटन सचिव मदन कोइरालाले हात्ती वनभोजमा मन्त्रालयले भुक्तानी नदिने बताए। , स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीको सहभागितामा भएको हात्ती वनभोज कार्यक्रमको सौराहाका व्यवसायीले विरोध गरेका थिए।, क्षेत्रीय होटल सङ्घ चितवन, रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एशोसिएशन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका हुन्।, उनीहरुले पर्यटन प्रवर्द्धनका लागि विनियोजन गरिएको बजेट दुरुपयोग गर्ने नियतले सङ्घसंस्थासँग सहकार्य नगरी हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको आरोप लगाएका छन्।, असार १६ गते ‘पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो।, यसैबीच विवाद बढेपछि वनभोजको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताएको थियो।, समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन रु एक लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा पाँच हजार र हात्तीसारेलाई कुची बनाएबापत ज्याला रु १० हजार खर्च भएको छ।, हात्ती वनभोेजका लागि रकम भुक्तानी नगर्न निर्देशन
सेतोपाटी संवाददाता नेपाल प्रहरीका हालै बढुवा भएका १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन भएको छ।, गृह मन्त्रालयले आइतबार १७ जना प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। मन्त्रालयले निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी दर्ज्यानी चिह्न लगाइएको थियो। , त्यससँगै कार्यालयले उनीहरूको पदस्थापन गरेको हो। , पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरको कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा पदस्थापन भएको छ। , टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको विशेष ब्युरो नक्साल, दिपक थापाको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल र श्यामलाल ज्ञवालीको साइबर ब्युरो भोटाहिटीमा पदस्थापन भएको हो। , हेर्नुहोस् कसको कहाँ पदस्थापन भयोः, १७ डिआइजीको पदस्थापन (सूचीसहित)
नारायण खड्का सागर डाँगी शनिबार बिहान ८ बजेतिर आँप टिप्न रूख चढेका थिए।, आँप खसाल्दा खसाल्दै खुट्टा चिप्लियो। उनी सिधै भुइँमा बजारिए। उनको दाहिने हात चलाउनै नसक्ने भयो।, प्यूठानको सरूमा रानी गाउँपालिका- १, बाँगेसालका १३ वर्षीय सागरको परिवारको आर्थिक स्थिति कमजोर छ। उनका बुवा दुर्गाबहादुर डाँगी दैनिक मजदुरी गरेर परिवारको गर्जो टार्छन्।, छोरा दुर्घटनामा परेपछि उनीसँग अस्पताल लग्ने खर्च थिएन।, छरछिमेकसँग पाँच हजार रूपैयाँ सापट लिएर उनले सागरलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याए।, त्यहाँ एक्सरे गरेपछि हात भाँच्चिएको थाहा भयो। डाक्टरले भाँच्चिएको हात शल्यक्रिया गर्नुपर्छ भने।, दुर्गाले सोधे, 'कति खर्च लाग्ला?', डाक्टरले भने, '२५-३० हजार।', यो सुनेर दुर्गाले हरेस खाए। उनी छोरालाई डोर्‍याउँदै सुटुक्क बाहिर निस्किए।, सागरलाई असह्य पीडा भइरहेको थियो। उनी पीडाले कराउँदै थिए।, यो देखेर तुलसीपुर उपमहानगरपालिका- ५, बसपार्कका कृष्ण खड्काको मन पग्लियो। उनी आफ्नी ६० वर्षीया आमा दिलसरा खड्काको उपचार गराउन आएका थिए।, कृष्णले के भएछ भनेर दुर्गासँग सोधपुछ गरे।, समस्या थाहा पाएपछि उनी सागरको उपचारमा लाग्ने खर्च आफैं बेहोर्न कस्सिए। उपचार क्रममा बस्नेखाने बन्दोबस्त पनि गरिदिए।, आइतबार दिउँसो १ बजेतिर सागरको शल्यक्रिया भयो।, उपचारमा २५ हजार रूपैयाँ खर्च भयो। तर यो रकम कृष्णले बेहोर्नुपरेन। उनी सहयोग गर्न अघि सरे पनि अस्पतालकै कर्मचारी रश्मी अधिकारीले खर्च बन्दोबस्त गरिदिन पहल गरेका थिए।, उनले विपन्न नागरिकको उपचारका लागि छुट्याइएको कोषमार्फत् खर्च बेहोर्न सिफारिस गरे। त्यही कोषबाट सागरको शल्यक्रिया गरिएको हो।, सागरलाई अहिले अस्पतालको जनरल वार्डमा सारिएको छ। सोमबार डिस्चार्ज गर्ने तयारी छ।, 'म त भोलि घर गएर पर्सि स्कुल गइहाल्छु,' ७ कक्षा पढ्ने सागरले भने।, उनका बुवा दुर्गा पनि मनकारीहरूको सहयोग पाएर छोराको उपचार सम्भव भएको बताउँछन्।, 'सहयोगी हातहरू फेला नपरेका भए छोराको भाँच्चिएको हात जोडिने थिएन,' उनले भने, 'सुरूमा खर्च सुन्दा त मैले माया मारिसकेको थिएँ।', पैसा नभएर उपचार नगराई हिँडेका १३ वर्षीय सागरले यसरी पाए सहयोग
एजेन्सी भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटना हुँदा केही स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।, एनडिटिभीका अनुसार सैन्जतिर गइरहेको बस कुल्लुनजिकै बिहान साढे ८ बजेतिर एउटा खोंचमा खसेको थियो।, उक्त बसमा कम्तीमा ४० जना विद्यार्थी रहेको स्थानीय प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।, मृतकको संख्या अझै बढ्ने सम्भावना छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना हृदयविदारक भएको बताएका छन्। उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।, हिमाञ्चलमा बस दुर्घटना: स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु
सेतोपाटी संवाददाता लुम्बिनीबाट हतियारसहित तीन जना पक्राउ परेका छन्। रूपन्देही प्रहरीले आइतबार राति लुम्बिनी क्षेत्रबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको हो।, राति साढे ८ बजेतिर लुम्बिनी बसपार्क नजिकैबाट भारत जिल्ला सिद्धार्थनगर बस्ने  ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आशिक अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, प्रहरी निरीक्षक वेद पौडेलका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीको गस्ती टोलीले युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई शंका लागेर पिछा गर्दै जाने क्रममा एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र एकथान चक्कुसहित पक्राउ गरेको हो।, प्रहरीले पिछा गर्दै जाँदा भाग्ने क्रममा सडकमा रहेका गोरुलाई ठक्कर दिएपछि मोटसाइकल अनियन्त्रित भई पल्टिएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।, नियन्त्रणमा लिएपछि खानतलासी गर्दा मोटरसाइकल चालक चिनक भनिने मेदी हुसेनले कम्मरमा बाँधेको पेटीभित्र कालो प्लास्टिकले बेरेर राखेको कटुवा पेस्तोल, गोली र चक्कु बरामद गरेको प्रहरीले जनाएको छ।, मोटरसाइकल पल्टिएपछि तीनै जना घाइते भएकोले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा उपचारसँगै थप अनुसन्धानको काम पनि भइरहेको प्रहरीले जनाएको छ।, लुम्बिनीबाट हतियारसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर १७ वर्षीय विनोद शाही मृत्यु-प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको छ। , अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ।, मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए।, शाहीको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरूद्ध किटानी जाहेरी दिएको थियो।, मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्।, आराेप लागेका  ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।, शाही गत जेठ २१ गते बिहान गाउँ नजिकै जंगलमा मृत फेला परेका थिए।, घटनापछि मृतक आफन्तले सत्यतथ्य हत्याराकाे पत्ता लगाई आफूहरूलाई न्याय दिनुपर्ने माग गर्दै आएका छन्।, विनोद शाही मृत्यु-प्रकरण: अदालत परिसरमै स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार
सेतोपाटी संवाददाता मोरङमा एक जना महिलाको शव फेला परेको छ। , सोमबार बिहान ६ बजे रतुवामाई नगरपालिका-२ क्यापटोलस्थित कल्भर्टको पानी जमेको खाल्डोमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।, प्रहरीका अनुसार उनी अन्दाजी २५/२६ वर्षकी छन्। , मृतक महिलाको सनाखत भइसकेको छैन। बिहान महिला मृत फेला परेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय डोरियाबाट प्रहरीको टोली खटिएको थियो। फेरि कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो। , ती महिलाले छोटो कपाल भएकी हरियो कपडा र कालो ट्राउजर लगाएकी छन्। , अहिलेसम्म घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।, थप विवरण पोष्टमर्टमको रिपोर्टले थाहा पाइने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। , पोष्टमर्टमको लागि शव रंगेलीस्थित अस्पताल पठाएको छ।, मोरङमा एक महिलाको शव फेला
सेतोपाटी संवाददाता रूकुम पूर्वको सिस्ने गाउँपालिका-३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ।, सोमबार बिहान झिमा सामुदायिक बनको पहाडबाट खसेको ढुंगाले वडा कार्यालयको गेट भत्काएर बैठक कक्षका दुइटा भित्ता पनि फोडेर बाहिर निस्किएको हो।, वडाध्यक्ष हेराम खड्काले सोमबार बिहान पौने पाँच बजेतिर ढुंगा खसेको बताए।, ‘अकल्पनीय घटना भयो। धन्न बिहानको समय भएकाले कार्यालयमा कोही हुनुहुन्थेन,’ खड्काले सेतोपाटीसँग भने,‘नत्र त ठूलो मानवीय क्षति हुने रहेछ। यत्रो भयंकर ढुंगा कसरी आयो भनेर हामी पनि अचम्ममा परेका छौं।’, वडा कार्यालयनजिकै एकातिर विद्यालय र अर्कातिर बस्ती छ।, ‘धन्न ढुंगा घरतिर आएन,’ खड्काले भने।, बिहानै आफ्नो कार्यालयमा ढुंगाले क्षति गरेपछि उनले प्रहरी बोलाएर मुचुल्का उठाउन लगाएका छन्।, ‘अब त यहाँ बस्न पनि डर लाग्ने अवस्था बन्यो। माथि जंगलमा त्यस्ता ढुंगा अरू पनि धेरै छन्,’ उनले भने।, वडा कार्यालय २०७३ सालमा बनेको हो। ढुंगाले गेट, कुर्सी, टेबल र भित्ता गरी झन्डै ६ लाख बराबरको क्षति गरेको उनले बताए।, सबै तस्बिर: वडाध्यक्ष हेराम खड्का, रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल (तस्बिरहरू)
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।, भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको छ भने शनि कुमार बेपत्ता भएका छन्।, उनीहरू ६० जनाको समूहमा भारतबाट नेपाल घुम्न आएका थिए।, पाल्पाको दोभानस्थित प्रहरीका अनुसार आइतबार सिद्धबाबा मन्दिरको दर्शन गरी केही युवाहरू सिद्धबाबा नजिकैको झोलुङ्गे पुलमुनि पौडी खेल्न गएका थिए।, तिनाउमा पौडी खेल्ने क्रममा नन्दकुमार र शनिलाई नदीले बगाएको थियो।, घटना थाहा पाएपछि प्रहरीले खोजी गर्दै जाँदा निसादको शव बुटवल १९ लाफाचौरमा फेला परे पनि शनि भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।, नदीमा डुबेर बेपत्ता भएका शनिको खोजी भइरहेको प्रहरीले जनाएको छ।,  , तिनाउमा डुबेर एक जनाको मृत्यु, एक जना बेपत्ता
रासस तनहुँको  भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा छन्।, भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोला नजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन्।, वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो। अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरू भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ। , सेती नदीले कटान गरेका कारण भिमाद–६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन्।, केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिइन्।, नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनले बताइन्।, सेतीनदी कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपीआर गरिए पनि संरक्षण हुन सकेको छैन।, उपप्रमुख खनालले भनिन्, ‘बस्ती जोगाउन गण्डकी प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौं।’, तनहुँ भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा
सेतोपाटी संवाददाता काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको मृत्यु भएको छ।, सोमबार बिहान लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।, दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको छ।, घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार दूतावासले मृतकको शव आफैं व्यवस्थापन गर्ने पनि जनाएको छ।, घटनाबारे जानकारी लिन प्रहरी टोली दूतावास गए पनि दूतावास भित्र जान सकेको छैन। , कुनै पनि देशको राजदूतावास वा महावाणिज्यदूतावासभित्र उनीहरूकै देशको कानुन लागु हुन्छ। , मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।, भारतीय दूतावासभित्र सुरक्षा गार्डको मृत्यु
राजेश घिमिरे अदालतको काम दर्ता भएका मुद्दाको फैसला गर्ने र पीडकलाई कैद र जरिवाना गर्ने हुन्थ्यो। यसैलाई पीडितले न्याय पाएको रूपमा अर्थ्याइन्थ्यो।, तर मुलुकी फौजदारी संहिता-२०७४ मा पीडितको हकमा एक कदम अघि बढेर व्यवस्था गरियो। जसले क्षतिपूर्तिसहितको न्यायको व्यवस्था गरेको छ। यसको मतलब हो, अदालतले कसैलाई पीडक भनेर फैसला गरिसकेपछि पीडितलाई क्षतिपूर्तिबापत् रकम पनि उपलब्ध गराउने।, मुलुकी फौजदारी संहिता-२०७४ जारी भएपछि चितवन जिल्ला अदालतले १७ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराएको छ। आर्थिक वर्ष २०७७/०७८ मा २ जना र २०७८/०७९ मा १५ जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। यस आर्थिक वर्षमा क्षतिपूर्ति पाएकामध्ये तीन जनालाई अदालतका कर्मचारीले घरमै पुगेर चेक हस्तान्तरण गरेका थिए।, २०७८ असोज महिनामा स्थानीय ४१ वर्षीय पुरूषबाट बलात्कृत कालिका नगरपालिकाकी ३४ वर्षीया युवतीलाई गत चैत ९ गते अदालतका कर्मचारीले पहिलो पटक घरमै पुगेर क्षतिपूर्तिबापतको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। असोज १८ गते ती पुरूषले बोल्न र सुन्न नसक्ने युवतीलाई बलात्कार गरेका थिए। माघ १० गते जिल्ला अदालतले ती पुरूषलाई १० वर्षका लागि कैद र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको थियो। पीडित र उनको घरायसी अवस्थाको विषयमा जानकारी पाएपछि अदालतका कर्मचारीले पीडकले दाखिला गरेको क्षतिपूर्तिबापतको रकम घरमै पुगेर दिएका थिए।, यसै वर्ष जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका दुई जना पीडितलाई पनि घरमै पुगेर क्षतिपूर्ति रकम उपलब्ध गराएको जिल्ला अदालतको तहसिलदार शाखा अधिकृत पुरूषोत्तम पौडेलले जानकारी दिए।, उनका अनुसार यस आर्थिक वर्षमा क्षतिपूर्ति भराई पाउँ र दाखिला गरीपाउँ भनेर ३३ जना पीडितले दरखास्त दिएका थिए। उनीहरूमध्ये १८ जना क्षतिपूर्तिबापतको रकम लिन आएका छैनन्। यस वर्ष पीडकबाट २२ लाख ७० हजार ९५० रुपैयाँ जरिवाना रकम दाखिल भएकोमा १५ लाख ७५ हजार रुपैयाँमात्रै पीडितले प्राप्त गरेको पौडेलले बताए। यसमध्ये सबैभन्दा बढी क्षतिपूर्ति ज्यान मार्ने उद्योगका पीडितले ४ लाख रुपैयाँ पाएका छन्। बाँकी ६ लाख ९४ हजार ५० रुपैयाँ क्षतिपूर्ति लिनुपर्नेहरू अदालतको सम्पर्कमा नआएको पौडेलले बताए। उनीहरू अधिकांश जबरजस्ती करणीमा परेकाहरू छन्।, ‘अदालतका तर्फबाट सूचना जारी भएको छ। कोही आउने क्रममा पनि होलान्, कतिपय सूचना नपाएका कारण नआएका पनि हुन सक्छन्,’ पौडेलले भने, ‘सूचनाको पहुँचबाट पर रहेका, शारीरिक, आर्थिक अवस्था कमजोर भएकालाई घरैमा पुगेर पनि क्षतिपूर्ति रकम उपलब्ध गराएका छौं।’, उनले २ वर्षसम्ममा पनि सम्पर्कमा नआए उक्त रकम राजश्वमा जम्मा हुने व्यवस्था रहेको बताए।, अदालतले पीडित राहत कोषबाट १ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पनि प्रदान गरेको उनले बताए। क्षति बढी भएका व्यक्तिलाई थुनछेक बहस जारी रहँदाको अवस्थामा पनि आकस्मिक उपचारका लागि अन्तरिम क्षतिपूर्ति दिन पीडित राहत कोषको व्यवस्था छ।, पौडेलले पीडितले क्षतिपूर्ति पाउने व्यवस्थाले मुद्दा होस्टाइल हुने क्रम पनि घटाउने अपेक्षा गरिएको बताए। आर्थिक प्रलोभनमा परेर मुद्दाहरू होस्टाइल हुने गरेको भन्दै उनले क्षतिपूर्ति पाउने भएपछि प्रलोभनका घटना कम हुने विश्वास रहेको बताए। , जरिवाना र कैद असुलीमा विशेष अभियान, चितवन जिल्ला अदालतले जरिवाना र कैद असुलीमा विशेष अभियान नै सञ्चालन गरेको छ। फैसला कार्यान्वयनका लागि अदालतले कर्मचारीको युनिट नै खडा गरेर विशेष अभियान सञ्चालन गरेको स्रेस्तेदार ईश्वर आचार्यले बताए।, ‘अदालतको फैसलापछि फरार रहेका व्यक्तिहरूलाई अदालतकै सक्रियतामा यहीँका कर्मचारी खटेर नियन्त्रणमा लिने, कैद र जरिवाना असुल्ने काम भइरहेको छ,’ आचार्यले भने, ‘विशेष अभियान सञ्चालन गरेपछि प्रगति भइरहेको छ।’, जिल्ला अदालतका अनुसार विशेष अभियानमार्फत् यस वर्ष २५३ जना फरार व्यक्तिबाट ८९ वर्ष ३ महिना ५ दिन कैद र २ करोड २८ लाख ९४ हजार ८१३ रुपैयाँ जरिवाना असुल भएको छ। गत आर्थिक वर्षमा ४६१ जना फरार व्यक्तिहरूबाट ३५ वर्ष १ महिना ७ दिन कैद र ६ करोड ८० लाख ६१ हजार ३९१ रुपैयाँ जरिवाना असुल भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा १ वर्ष १ महिना १ दिन कैद र ८३ हजार २५२ रुपैयाँ जरिवाना असुल भएको थियो। , जिल्ला अदालतका तलसिलदार शाखा अधिकृत पुरूषोत्तम पौडेलले पहिचान लुकाएर बस्ने, बेजिल्लाका र विदेशी नागरिकहरुबाट कैद/जरिवाना असुल गर्नमा समस्या भइरहेको बताए।, पौडेलले फरार व्यक्तिहरूको सूची जिल्लाका सबै स्थानीय तह र प्रहरीलाई उपलब्ध गराइएको बताए।, ‘हामीले त्यो सूची पठाएर उनीहरूलाई सबै किसिमका सरकारी सेवा, सुविधामा रोक लगाउनु भनेका छौं,’ उनले भने, ‘अदालत आएर आत्मसमर्पणगरी कैद/जरिवाना स्वीकार नगरी सुखै छैन।’, फरार विदेशीहरू प्रायः भारतीय, चिनियाँ नागरिक छन्। उनीहरू ठगी, चोरी, सवारीसम्बन्धी, जबरजस्ती करणीलगायतका मुद्दाका छन्।, ‘विशेष अभियानमा खटिने कर्मचारीहरू त लागिपरेकै छौं तर वास्तविक पहिचान लुकाएर अर्को जिल्लामा बस्ने, विदेशी नागरिकहरूबाट असुल गर्नमा समस्या भइरहेको छ,’ उनले भने, ‘फरार हुने नेपाली नागरिकको पहिचान गर्न राष्ट्रिय परिचयपत्र बनेपछि सहज हुन्छ होला।’, फरार हुनेहरू २ करोड ६१ लाख जरिवाना र १० वर्ष कैद सजाय तोकिएकासम्म छन्। फरार रहेका व्यक्तिले फैसला भएको ६० दिनभित्रमा आत्मसमर्पणका लागि आएमा २० प्रतिशत जरिवाना छुट हुने व्यवस्था छ।, जरिवाना र कैद असुलीमा चितवन अदालतको विशेष अभियान, घरमै पुगेर दिइयो पीडितलाई क्षतिपूर्ति
सेतोपाटी संवाददाता बच्चाको कपडाको टाँक (बटन) नै सुनको राखेर तस्करी गरेको खुलेको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना यात्रुले बोकेको नाबालकको कपडाको टाँक नै सुनको भएको पाइएको हो।, सुन तस्करी गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।, दुबईबाट काठमाडौं आएका एक जना यात्रुको लगेज चेक गर्ने क्रममा नाबालकको पाँच वटा सिंगल पिस कपडाबाट सुन बरामद गरेको भट्टराईले बताए। , उनका अनुसार ६० वटा सुनको रिङ फेला परेको हो। नियन्त्रणमा लिएको सुन करिब १२५ ग्राम छ। , ‘सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ नयाँ तौरतरिका अपनाउने क्रम जारी रहेपछि त्रि.वि. भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेका छौं,’ भट्टराईले भने। , उनका अनुसार पक्राउ परेका व्‍यक्ति सुमन दमाई भन्ने छन्। उनी भिजिट भिसामा दुबई गएका थिए। , त्यहाँ काम गर्ने अवसर नपाएपछि नेपाल फर्किने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेका थिए। , त्यसरी ल्याएको पाएपछि भन्सारले उनलाई पक्राउ गरेको हो। , ‘सुन स्टिल बटनको भित्री भागमा फिट गरेर राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको छ। सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाएर ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनाबद्ध ढंगले बटनभित्र सुनलाई फिट गरी पठाएको हुनसक्छ,’ उनले भने। , यसमा सुमनको मात्रै संलग्नता छ वा अरूको पनि छ भन्ने बुझ्ने काम भइरहेको भन्सार कार्यालयले जनाएको छ। , कार्यालयले विदेशबाट नेपाल आउँदा नचिनेको व्यक्तिले सामान लगिदिन भनेर अनुरोध गरेमा ख्याल गर्न अनुरोध गरेको छ। , विशेषगरी विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु (जस्तैः टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्‍याइदिन भनेर अनुरोध गर्ने गर्छन्। , त्यसरी अनुरोध गरी सामान ल्याइदिँदा भन्सार चेकका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानूनबमोजिम कारबाही भोग्नु परेको अवस्था छ। त्यसैले ख्याल गर्न भन्सार कार्यालयले अनुरोध गरेको हो।, बच्चाको कपडाको टाँक नै सुनको राखेर तस्करी!
विवेक राई दोलखाको कालिन्चोक गाउँपालिकाले 'एक घर एक बाँदर' कार्यक्रम ल्याएको छ। जसअनुसार अब प्रत्येक परिवारले एउटा बाँदर पाल्नुपर्ने छ।, यो कार्यक्रम आगामी मंसिरबाट सुरू गरिने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिए। उनले मंसिर लागेपछि भारतबाट बाँदर समात्ने दक्ष जनशक्ति झिकाएर हरेक परिवारलाई बाँदर वितरण गरिने जनाए।, अध्यक्ष सिवाकोटीले आफूले पनि बाँदर पाल्ने उल्लेख गर्दै अब सबै परिवारले अन्य घरपालुवा जनावर पालेजस्तै बाँदर पाल्नुपर्ने बताए।, 'एक घर एक बाँदर' कार्यक्रम अगाडि बढाउनकै लागि गाउँपालिकाले सुरूवाती ५ लाख बजेट छुट्याएको छ। साथै राम्रोसँग बाँदर पाल्ने परिवारलाई पुरस्कृत गरिने अध्यक्ष सिवाकोटीले जनाए। , कतिपयले भने यो कार्यक्रमलाई लिएर अनौठो मानेका छन्।, हेर्नुस् गाउँपालिकाले किन बाँदर पाल्न लागेको हो? भन्नेबारे अध्यक्ष सिवाकोटीसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः, किन कालिन्चोक गाउँपालिकाले पाल्दैछ घर-घरमा बाँदर?, राम्रो पाल्नेलाई पुरस्कार दिइने (भिडिओ)
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४० जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८४७ जनाको पिसिआर र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३४८ जना सक्रिय संक्रमित छन्।, १९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ४० कोरोना संक्रमित
भगवती पाण्डे वंशाणुगत रूपमा बाबुआमाबाट सर्ने रक्तअल्पता सम्बन्धी रोग 'सिकल-सेल एनिमिया' थारू समुदायमा प्रमुख स्वास्थ्य समस्या बन्दै गएको छ।, लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका तराईका ६ वटा जिल्लामा बसोबास गर्ने थारू समुदायमा सिकल-सेल एनिमियाका बिरामीको संख्या बढ्ने क्रममा छ।, मन्त्रालयका अनुसार सिकल-सेल एनिमिया रोग परिचान भएको एक दशक भइसके पनि परीक्षण व्यापक नभएकाले यसका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन।, लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूका अनुसार लुम्बिनी प्रदेशमा सिकल-सेल एनिमियाका यति नै बिरामी छन् भन्ने यकिन तथ्यांक नभए पनि थारू समुदायका १२ प्रतिशतमा हुनसक्ने अनुमान छ।, मन्त्री थारूले भने, 'अहिलेसम्म जहाँ जहाँ परीक्षण गरिएको छ, तिनमा १२ प्रतिशतमा सिकल-सेल एनिमिया भेटिएको छ।', रोग पहिचान भएको दस वर्षमा सिकल-सेलले थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूप लिएको उनले बताए।, यसअघि २०७३ सालमा बाँके जिल्ला र केही मुक्त कमैया शिविरहरूमा गरिएको परीक्षण तथा अध्ययनमा पनि थारू समुदायका १२ प्रतिशत व्यक्तिमा यो समस्या देखिएको थियो।, पहिलो पटक २०६८ सालमा नेपालमा सिकल-सेल एनिमिया पहिचान भएको थियो। सरकारले २०७२ सालदेखि मात्रै बिरामीहरूको उपचारका लागि बजेट विनियोजन गरेर उपचारमा सहयोग गर्दै आएको छ।, अहिले सिकल-सेलका बिरामीहरूका लागि एक लाख रूपैयाँसम्मको निःशुल्क उपचार हुने गरे पनि परीक्षण विस्तार हुन सकेको छैन। सरकारले २०७२ साल साउन १ गते सिकल-सेल एनिमियाका बिरामीलाई एक लाख रूपैयाँसम्म उपचार खर्च दिने व्यवस्था थालेको थियो। रगत परीक्षण विस्तार गर्न नसक्दा बिरामीहरूले सरकारी सहयोग पाउन सकेका छैनन्।, चिकित्सकहरूका अनुसार रगतमा 'हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस' परीक्षण गरेपछि मात्रै सिकल-सेल भए नभएको पुष्टि हुन्छ।, लुम्बिनी प्रदेशमा तराईका ६ जिल्लाका प्रादेशिक र जिल्ला अस्पताल गरी ८ वटा सरकारी अस्पतालबाट सिकल सेल तथा थालेसेमिया रोगको निदान तथा उपचारका लागि सिकल-सेल परामर्श केन्द्र सञ्चालन गरिए पनि परीक्षण गाउँगाउँमा पुगेको छैन।, सिकल-सेलले थारू समुदायमा महामारीको रूप लिइरहे पनि संघीय सरकारले समाधानका लागि खासै पहल नगरेको मन्त्री थारूले गुनासो गरे।, 'वंशाणुगत रूपमा सर्ने रोग भएकाले बच्चाहरूमा छ कि छैन भनेर तत्काल परीक्षण गरिनुपर्छ। सिकल-सेल हुन नदिन स्वास्थ्य शिक्षाकै रूपमा लैजानुपर्छ,' उनी भन्छन्, 'यो काम संघीय सरकारबाट गरिनुपर्ने हो।', थारू समुदायका युवायुवतीमा सिकल-सेल जाँच गरेर मात्रै विवाह गर्नुपर्ने भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा अघि  बढाएको छ। मन्त्री थारूका अनुसार लुम्बिनी प्रदेश सरकारले पनि हरेक वर्ष सिकल-सेलविरूद्ध विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ। आगामी वर्ष २०७९/८० का लागि पनि सिकल-सेलविरूद्धको अभियानका लागि दुई करोड रूपैयाँ छुट्याएको उनले जानकारी दिए।, मन्त्रालयका अनुसार सिकल-सेलका धेरै बिरामी भेटिएका दाङका केही स्थानीय तहमा यसै साता दस वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूको रगत परीक्षण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङको समन्वयमा तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा, राजपुर, राप्ती र दंगिशरण गाउँपालिकामा रगत परीक्षण गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीका अनुसार हालसम्म रूपन्देहीमा २७ जनामा सिकल-सेल पुष्टि भएको छ। ती बिरामीमध्ये केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र केहीको काठमाडौंमा पनि उपचार हुँदैछ।, परीक्षण समुदायमा नपुर्‍याएको अवस्थामा २७ जनामा रोग पुष्टि भएकाले रूपन्देहीमा पनि यसका बिरामी धेरै हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ। स्वास्थ्य कार्यालय, रूपन्देहीका प्रमुख गौरव ढकालले रूपन्देहीमा सिकल-सेल रोगको वास्तविक अवस्था पत्ता लगाउन थारू समुदायको बाहुल्य रहेका क्षेत्रमा नमूना परीक्षण गर्ने बताए।, उनका अनुसार भैरहवास्थित भीम अस्पतालमा स्क्रिनिङ उपकरण जडानपछि सिकल-सेल परीक्षण सुरू हुनेछ। थारू समुदायमा परीक्षणसँगै जनतेचनाका कार्यक्रमहरू पनि सञ्चालन गर्ने उनले बताए।, सिकल-सेल फोकल पर्सन भेषराज शर्मा वंशाणुगत रूपमा सर्ने कतिपय रोगहरू उमेर बढ्दै जाँदा र उपचारपछि निको हुने भए पनि यो रोग भने पूर्ण रूपमा निको नहुने बताउँछन्।, 'एक प्रकारको रक्त अल्पता नै भएकाले सिकल-सेल देखिएपछि उसलाई जीवनभर उपचार गर्ने र रगत चढाउनुपर्ने हुन्छ,' शर्मा भन्छन्, 'यसको नियन्त्रणको एक मात्रै विकल्प भनेको बच्चा जन्माउनुअगाडि नै बुबाआमालाई यो रोग छ कि छैन भनेर परीक्षण गर्नु हो। यो रोग भएका दम्पतीबाट जम्मिने बच्चा सिकल-सेल लिएरै जन्मिन्छ।', उनले थपे, 'यो रोग लागिसकेपछि पूर्ण रूपमा निको हुँदैन। उपचार समेत खर्चिलो हुन्छ। त्यसैले बिहेअगाडि हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच र 'सिकल-सेल कुण्डली' मिलाएर मात्र बिहे गर्नुपर्छ।', उनका अनुसार सिकल-सेललाई सामान्य, वाहक र बिरामी गरी तीन श्रेणीमा विभाजन गरी कुण्डली बनाइएको छ। दम्पतीमध्ये एक जना सिकल-सेलको बिरामी र अर्को एक जना वाहक छन् भने उनीहरूबाट जन्मिने चार जना बच्चामा २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहक हुने सम्भावना रहन्छ।, महिला र पुरुष दुवै सिकल-सेलका वाहक छन् भने ७५ प्रतिशत सन्तान सिकल-सेल वाहक वा बिरामी हुने जोखिम हुन्छ। त्यस्तै सिकल-सेलका बिरामी पुरुष र महिलाबाट जन्मिने बच्चा भने सबै सिकल-सेलका बिरामी हुन्छन्। दम्पती नै वाहक छन् भने जन्मिने २५ प्रतिशत बच्चा बिरामी नै जन्मिने भएकोले बिरामी थपिने क्रम बढिरहेको शर्माको भनाइ छ।, सिकल-सेल रोगले शरीरमा रगत बनाउने रातो रक्त कोषिकाको संख्या घटाएर रक्त अल्पता बनाउँछ।, 'सामान्य अवस्थामा मानिसको रगतमा हुने रक्तकोषको आयु १२० दिन हुन्छ। तर सिकल-सेल भएका बिरामीको रक्तकोषहरू नयाँ बन्न नपाउँदै २०–२२ दिनमै मरिसक्छन्। सामान्य मानिसको रक्तकोष गोलो हुनेमा सिकल-सेलका बिरामीमा हँसिया आकारको हुन्छ,' उनले भने।, यो कोष गोलो रक्तकोष जस्तो रगतमा दौडन नसक्दा शरीरका अंगहरूमा अक्सिजन र पोषण कम हुन्छ।, सिकल-सेल भएका बिरामीहरूमा शरीर दुख्ने, छाती दुख्ने, शरीर पहेँलो देखिने, बारम्बार जन्डिस भइरहने, हातखुट्टाका जोर्नी सुन्निने, पेट फुल्ने र पक्षघात समेत हुन सक्ने हुन्छ। तर यो रोगका बिरामीमा फरक फरक लक्षण देखा पर्ने भएकाले चिकित्सकहरूलाई समयमै रोग पहिचान गर्न कठिनाइ पनि हुने गरेको छ।, शर्माका अनुसार अफ्रिकी मुलुकबाट नेपालमा भित्रिएको मानिने यो रोग थारू समुदायमा देखिने गरेको भए पनि लुम्बिनी प्रदेशमा एक जना गैर थारू व्यक्तिमा पनि देखापरेको छ।, 'सिकल-सेल रोगको जोखिम छ? कुण्डली मिलाएर बिहे गर्नुहोस्'
सेतोपाटी संवाददाता अछाममा विनोद शाही मृत्यु-प्रकरणमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १२ प्रहरी घाइते भएका छन्।, सोमबार शाहीको न्यायको माग गर्दै आफन्तले जिल्ला सदरमुकाम मंगलसैनमा प्रदर्शन गरेका थिए।, प्रदर्शनकारीले शाहीको हत्यारा आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै  अदालत र सरकारी वकिलको कार्यालयमा ढुंगा प्रहार गरेका थिए। दुई पक्षबीच झडप हुँदा १२ जना प्रहरी घाइते भएका हुन्।, तनावग्रस्त स्थिति बनेपछि प्रहरीले नियन्त्रणमा लिन केहीबेर अश्रुग्यास, हवाई फायर र लाठीजार्च गरेपछि अहिले अवस्था केही शान्त भएकोे जिल्ला प्रहरी कार्यालय अछामाका डिएसपी नारायण डाँगीले बताए।, जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको–४ का १७ वर्षीय विनोद शाही गत वैशाख १७ गते बेपत्ता भएका थिए। बेपत्तापछि उनी २० गते घरनजिकै जंगलमा मृत फेला परेका थिए। घटनापछि आफन्तले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।, जसअनुसार प्रहरीले सोही नगरपालिकाका मेयर अम्बिका चलाउने, ४ नम्बर वडाकै पूर्व वडा अध्यक्ष सदनबहादुर शाही लगायतका ७ जनालाई नियन्त्रणमा लिएको छ।, प्रहरीले पक्राउ गरेका मेयरसहित ७ जनामाथि अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी डाँगीले जानकारी दिए।, उनका अनुसार जाहेरी दिएकामध्ये बाँकी ६ जना फरार छ। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। , घटनापछि आफन्तले दैनिक जसो न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले आइतबार जिल्लामा दुई दिन सवारी साधन बन्द घोषणा गरेका थिए।,  , विनोद शाही मृत्यु-प्रकरणः प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १२ प्रहरी घाइते
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको सुकुटे बिचमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बिच एड्भेन्चर क्याम्प रेसोर्टको टेन्टमा २६ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , घटना गत शनिबार बिहान ३ बजे भएको हो। टेन्टमा सुतिरहेको बेलामा आफूमाथि बलात्कार गरी फरार भएको भन्ने महिलाले जाहेरी दिएकी थिइन्। , फरार भएको खुलेपछि प्रहरीले खोजेर काठमाडौंको कलंकीबाट तीन जनालाई पक्राउ गरेको बस्नेतले बताए। , उनीहरूलाई आइतबार राति काठमाडौंबाट पक्राउ गरी सिन्धुपाल्चोक लगिएको हो। , पक्राउ पर्नेमा काठमाडौंको कलंकी बस्ने २६ वर्षीय सुलभ क्षेत्री, १८ वर्षीय प्रिन्स थपलिया र रूस कार्की छन्। , क्षेत्रीले बलात्कार गरेको र अन्य दुई जना मतियार बनेको आरोप छ। , सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्‍धान गर्न अनुमति लिएको छ। , कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ।,  , सुकुटेमा महिलामाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ।, प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको प्राधिकरणले जानकारी दिएको छ।, हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो। अब जलविद्युत गृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने प्राधिकरणले जनाएको छ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत पाएका छन्।, रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ।  , प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए।, ‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो,’ यादवले भने, ‘त्यसले गर्दा केही समय लागेको हो। निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्‍याउन सफल भएका छौं।’, मुगुको रारा तालमा पुग्यो बिजुली
टेकराज पोखरेल मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ।, निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिए। ‘बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन,’ उनले भने।, जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिए।, बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उनले बताए।, खोरमा बाँकी रहेका तीन वटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।, छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिए।, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिए।, ‘हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षी बाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ’, उनले भने।, उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उनले बताए।, निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन्। थप केही खोर बन्ने चरणमा छन्।, चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन्।, (रासस), अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी
सेतोपाटी संवाददाता दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी एक जना युवकको मृत्यु भएको छ। , गाउँपालिकाकाे- ६  नम्बर वडाकाे परीगाउँका  २१ वर्षीया करन सिंह ठगुन्नाको पहिरोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।, शनिबार बेलुकी साढे चार बजेको समयमा साेही ठाउँकै भटडाणाबाट परीगाउँ जानेबेला बाटाेमाथि भिरबाट पहिरो खस्दा ठगुन्नाको घटनास्थलमै मृत्यु भएकाे बताइएको छ।, दार्चुलामा पहिरोमा परी एक जनाकाे मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको चमेना गृहमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।, काभ्रेको तेमालकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ।, स्कुलको चमेना गृहमा काम गर्ने रायमाझीको शव छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, तर आफन्तहरूले भने उनको हत्या भएको भन्दै शव उठाउन दिएका छैनन्।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, काठमाडौंको केएमसी स्कुलमा कर्मचारी मृत फेला
सेतोपाटी संवाददाता नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्। , शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए। , पूर्णलाल श्रेष्ठका ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो। , छोरालाई बगाउँदा उनकी आमा ३२ वर्षीया सन्जिता बचाउन भनेर गएकी थिइन्। तर उनलाई पनि नदीले बगाएको हो। , उनीहरूलाई बगाएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। सशस्त्र प्रहरी बल र विपद व्यवस्थापन नुवाकोट समेतको टोलीले आमा-छोराको खोजी गरिरहेको छ। , स्थानीयहरूले पनि उनीहरूको खोजी गरिरहेको छ। , त्रिशूली नदीले बगाउँदा आमा-छोरा बेपत्ता
सेतोपाटी संवाददाता काठमाडौंको युएनपार्क नजिकैको पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार राति काठमाडौं महानगरपालिका-१० युएनपुल नजिकै सडकमा मोटरसाइकलले एक पैदलयात्री वृद्धलाई ठक्कर दिएको हो।, बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको हो। , उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो।, मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,  , काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।, जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो।, खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ।, प्रहरी प्रधान कार्यालयले २९१७ जना प्रहरी माग गरेको हो।, यसअघि नै निकालिएको सूचनामा केही संख्या थप गरेर आज पुन: सूचना निकालिएको हो।, हेर्नुस् विज्ञापन:, २९ सय बढी प्रहरी माग गर्दै खुल्यो विज्ञापन
एजेन्सी भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।, भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको  र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।, रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलसकेको छैन।, बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
रासस जिपिएस प्रविधि जडानका लागि झापामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।, जिपिएस प्रविधि जडानका लागि आवेदन दिनेमा नेपाल रेडक्रस सोसाइटीका कन्काई शाखाको प्रदेश नं. १–१०–००१ च ९२०१ नम्बरको एम्बुलेन्स मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।, प्रशासनले जिपिएस जडान गर्न गत असार १४ गतेसम्म आवेदन दिनका लागि सूचना जारी गरेको थियो। , सोही सूचनाका आधारमा रेडक्रस कन्काई शाखाको मात्र निवेदन परेको उनको भनाइ छ।, स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले ग्लोबल फण्डको सहयोगमा एम्बुलेन्समा जिपिएस जडान गर्ने योजना रहेकाले सम्बिन्धत जिल्लामा सेवा पुर्‍याइरहेका एम्बुलेन्सलाई मापदण्ड दिँदै आवेदनका लागि जिल्लामा सूचना जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो। , जिपिएस जडानका लागि आवेदन दिन ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स हुनुपर्ने, स्वास्थ्य चौकी, अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित संस्था हुनुपर्ने, एम्बुलेन्स चालकले ‘विइएमटी’ मान्यता प्राप्त तालिम लिएको हुनुपर्ने, एम्बुलेन्स सञ्चालन अनुमति लिएको, नवीकरण भइरहेको, ‘फोर डी’ भएको लगायतको मापदण्ड बनाइएको थियो। , नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लामा हाल १२७ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा छन्।, तर जिल्लामा सञ्चालित एम्बुलेन्स सबै नै ‘ग’ वर्गका रहेको हुँदा निवेदन नपरेको हुनसक्ने सोसाइटी झापा कार्यालयका अधिकृत हरिशरण खड्काले जानकारी दिए।, जिपिएस प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने, एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानुनी काम गरेको अवस्थामा थाहा लाग्ने आदि कारणले महत्वपूर्ण हुने उनको भनाइ छ।, उनले रेडक्रसद्वारा सञ्चालित एम्बुलेन्स ‘अपग्रेट’ गराएर ‘ख’ वर्गको बनाउने तयारी गरिरहेको जानकारी दिए।, जिपिएस प्रविधि जडानका लागि झापामा एउटामात्र एम्बुलेन्सको आवेदन
रासस शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ।, शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रूपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए। , पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेला परेको थियो।, रूपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए। स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो।, रूपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए। पहिरो गएका समय रूपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उछिटिएर बाँच्न सफल भएका थिए।, घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन्।, वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ।, पहिरोमा बेपत्ता दुई जनाको शव फेला
सेतोपाटी संवाददाता बालुवाटारको सडकमा मकै पोलेर बेच्दा काठमाडौं महानगरको नगर प्रहरीको लछारपछारमा परेका दम्पतीमाथि थप कारबाही गरिने भएको छ। , काठमाडौंका नगर प्रहरी प्रमुख धनपति सापकोटाले प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न लागिएको बताए। , सापकोटाले मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यमाथि  प्रहरीलाई अगुल्टो र तातो चिम्टाले हानेको बताए। , ‘उहाँहरूले प्रहरीमाथि अगुल्टोले हान्नुभएको छ,’ उनले भने,‘तातो चिम्टाले पनि घोचेका छन्। प्रहरीको लुगा पनि पोलिएको छ।’, नियमविपरीत काम गरेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीलाई दुर्व्यवहार गरिएको सापकोटाले दाबी गरे। , नेपाल प्रहरीको सहयोगमा उनीहरूमाथि कारबाहीको प्रक्रियामा अघि बढाइने उनले बताए।,  ,  ,  , बालुवाटारको सडकमा मकै बेच्ने दम्पतीमाथि थप कारबाही गर्छौं: नगर प्रहरी प्रमुख सापकोटा
रासस काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ। ,   , काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो।, गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताउँछन्।, फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।, राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन्।, ‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौं’, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठ बताउँछन्।, राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको उनले बताए।, महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ। , महानगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवै थरी फोहोर एकै ठाउँमा राखेर फालेको देखिन्छ।, महानगरपालिकाले सूचना जारी गरे पनि अनुगमन गरेर फोहोर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो।, पुतलीसडकमा फूटपाथमै थुपारियो फोहोर
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोजेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरूले लुटपाट गर्न खोजेका थिए।  , नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन्।, प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। , प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो।  , उनीहरूको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए।, सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ।, इक्मा पूर्वको कञ्चनजंगा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए।  उजुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ।  , पर्यटकलाई लुटपाट गर्न खोजेको आरोपमा सात जना प्रहरीको नियन्त्रणमा
रासस आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।  , मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।, आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने पनि विभागले जनाएको छ। , वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र  यातायात क्षेत्रमासमेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन  सबैमा अनुरोध गरिएको छ।, रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८  दशमलव आठ डिग्री सेल्सियस रहेको छ।, त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। , हल्कादेखि मध्यम वर्षाको सम्भावना
सेतोपाटी संवाददाता काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।, काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो। उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।, गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न सकेको छैन।, 'अनुसन्धानको प्रक्रिया नै अघि बढ्न सकेको छैन,' प्रहरी उपरीक्षक मैनालीले भने।, लकडाउनको समयदेखि झन्डै डेढ वर्षदेखि होस्टेलमा कार्यरत उनको शव अझै उठेको छैन। उनी स्कुल नजिकै दुई सय मिटर पर घरमा कोठा लिएर बसेकी थिइन्।, उनका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन्।, मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन्।, अहिले अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको मैनालीले बताए।, मृतकका मामा श्याम खत्रीका अनुसार प्रहरीले वार्ता गर्ने भने पनि हुनसकेको छैन। हत्याको आशंका गरेर निष्पक्ष छानबिन हुनुपर्ने माग रहेको उनले बताए।, 'हत्या नै गरेर पछि त्यसरी राखेको हुनुपर्छ भन्ने धारणा नै छ हाम्रो। प्रशासनले हामीलाई भित्र प्रवेश गर्न पनि रोक लगाएको छ,' उनले सेतोपाटीसँग भने, 'अहिलेसम्म केही टुंगो लागेको छैन। वार्ता गर्न पनि बोलाएको छैन।', मृतक परिवारले वार्ता टोलीमा मिडियाकर्मीहरू पनि राख्न माग गरेका छन्।, 'हामीले वार्ता टोलीमा मिडियाकर्मी राख्नुपर्छ भनेका छौं। टोली पनि बनायौं तर मिडियालाई नदिने तपाईंहरूसँग मात्रै वार्ता गर्ने कुरा गरे,' उनले भने,'त्यसैले कुरा हुनसकेको छैन।', उनका अनुसार यस घटनामा स्कुलको कुनै गल्ती नभएको भएमा मिडिया राखेर सहज वातावरण बनाइदिनुपर्ने थियो।, राति घटना भएको थाहा पाएपछि पनि घटनास्थल वरिपरिका सवारी साधनहरू सबै हटाएको उनले बताए। जसले गर्दा पनि थप शंका लागेको उनले बताए।, त्यस्तै गए राति नै शव फेला परेपछि प्रशासनले होस्टेलमा बस्ने विद्यार्थीहरूको अभिभावकलाई बोलाएर घर पठाइदिएको पनि बताए। घटनाबारे थाहा पाइसक्दा पनि स्कुलले परिवारलाई खबर नगरेको मामा खत्रीले बताए।, 'उहाँहरूले घटना भएपछि यहाँ भएका होस्टेलका विद्यार्थीहरू सबैलाई अभिभावक बोलाएर पठाइदिनुभएछ। त्यो बेलासम्म हामीलाई जानकारी केही भएन। पछि हाम्री नानी किन आइनन् त भनेर जाँदा मात्रै झुन्डिएको थाहा पाएका हौं। प्रहरी प्रशासनलाई खबर गरेर स्कुलको सुरक्षा मात्रै गर्नुभयो। पीडित पक्षले न्याय पाउने कुनै पनि आधार सिर्जना गर्नुभएन,' उनले भने, 'त्यसैले हामीले शवलाई चलाएका छैनौं। चलाउन दिएको पनि छैनौं।', उनले थपे,'घटनाबारे हामी पुगेपछि मात्रै थाहा पायौं। किन जानकारी नगराएको भनेर सोध्दा हामी आत्तियौं, डरायौं भन्ने कुरा गरेका छन्।', प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामासहितको टोली घटनास्थलमा खटिएका छन्।, गए राति शव फेला परेपछि त्रिवि शिक्षण अस्पतालबाट फोरेन्सिक डाक्टर गोपाल चौधरी समेतको टोली खटिएको थियो।, उनले शव हेरेर गए पनि थप अनुसन्धान अघि बढ्न नसकेपछि फर्किएका थिए।, केएमसी स्कुलकी कर्मचारी मृत फेला, प्रहरी र परिवारबीच वार्ताको प्रयास हुँदै
रासस अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ।, विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ।, सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रूख बिरूवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ।, विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख छ।, विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैंगिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरण पालना गर्नुपर्ने उल्लेख छ।, विज्ञापनमा महिलालाई यौनभोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्न नहुने उल्लेख छ।, संवेदनशील अंग प्रदर्शन गर्ने, महिलालाई पुरूषका तुलनामा कमजोर पात्रका रूपमा प्रस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ। , विज्ञापनमा दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ।, बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरूलाई होच्याउने र आत्मसम्मानमा चोट पुर्‍याउने विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख छ। , विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झूटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ।, मानव अंग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ। , विभिन्न रङ र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसंहितामा उल्लेख छ।, खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिवर्द्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ। , सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ।, सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ।, अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ। ,  , सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ।, लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ।, उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ।, सङ्घीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएको छ।, सङ्घीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीका बारेमा पनि सम्बोधन हुने जनाइएको छ।, मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै सङ्घीय संसद्मा प्रस्तुत हुने अपेक्षा रहेको बताए।, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा विधेयक छिटो सदनमा ल्याउन यसअघि निर्देशन दिइसकेको थियो।, शिक्षाका छ वटा विधेयक ल्याउने तयारी
सेतोपाटी संवाददाता भारत सरकारले अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ।, आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरूमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।, नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।, एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।, श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए। , यो सहयोग भारत स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा प्रदान गरिएको हो।, भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ। ,  , भारतले दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार
रासस हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेका छन्।, गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्यांकमा दलित बालबालिका शिक्षाबाट बञ्चित रहेको पाइएको हो। , सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य विद्यालाय पठाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि सिमकोटका ६९२ बालबालिकामध्ये १५ प्रतिशत (१०६ जना) विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ।, गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारका अनुसार आठ वडा रहेको सिमकोटमा सबभन्दा बढी वडा नं ६ मा २७ बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन्। , तथ्यांक अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८ र वडा नं ३ मा ६ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन्।, सिमकोट गाउँपालिकाभर बालविकास केन्द्रमा १३६, प्राथमिक तहमा २४८, माध्यमिक तहमा १७२ र प्राविधिक शिक्षातर्फ ३०   दलित समुदायका विद्यार्थी अध्ययनरत छन्। , स्नातकोत्तर उत्तीर्ण गर्ने दलितको संख्या शून्य , सिमकोटका आठ वटै वडामा स्नातकोत्तर तह उत्तीर्ण गर्ने दलितको संख्या शून्य रहेको छ।, एक हजार ७७५ जनसंख्या भएको दलित समुदायबाट कोही पनि स्नातकोत्तर तह अध्ययन गरेका छैनन्।, पारिवारिक कारण, कमजोर आर्थिक अवस्थालगायत कारणले दलित समुदायको पहुँच उच्च शिक्षा अध्ययनमा नरहेको पाइएको छ। , तीन सय ५५ दलित परिवार रहेको सिमकोट गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने तीन जना मात्रै छन्।, उनीहरू वडा नं ५, ६ र ७ का एक एक जना रहेका छन्। सिमकोट–८ बाट एसइई उत्तीर्ण ४९ र कक्षा १२ सम्म अध्ययन गर्ने १२ जनामात्रै रहेका छन्। , ‘दलित समुदायलाई आर्थिक अवस्थाले निकै सताएको छ, छाक टार्नकै निम्ति बालबालिकाबाहेक अन्य घर बाहिर छन्’, गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष सुनारले भने।, अभिभावक घरमा नहुँदा बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहन बाध्य भएको तथ्यांकबाट खुलेको छ।, बालबालिका पशु चराउन र भाइ-बहिनीको हेरचाहमा जुट्नुपर्ने कारणले दलित समुदायका बालबालिका विद्यालय जान सकेका छैनन्।  , हुम्लामा पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर
सेतोपाटी संवाददाता प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको कसुरमा एक जनालाई पक्राउ गरेको छ।, धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने ३६ वर्षीय अमरबहादुर खड्कालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको आरोप छ।   , गत चैत ८ गते कैलाली जिल्ला अदालतले एक वर्ष छ महिना कैद र १५ हजार जरिवाना तोकेको थियो।, यस्तै, अदालतले जाहेरीवालाई ६५ लाख क्षतिपूर्ति भराउन आदेश समेत दिएको थियो। सोपश्चात् उनी फरार रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, उनका अनुसार खड्कालाई शनिबार कलंकीबाट पक्राउ गरेको हो। , खड्कालाई फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाइएको छ। ,  , ६५ लाख जरिवाना पाएका फरार व्यक्ति काठमाडौंबाट पक्राउ
राजेश घिमिरे यही असार १६ गते बिहान चिया पिउँदै मोबाइल फोन हेर्दै गर्दा ‘होटल जंगल सफारी’  सौराहाका सञ्चालक सुमन घिमिरेको नजर हात्तीहरूले केही खाँदै गरेको लाइभ भिडिओमा प¥यो। कसैले फेसबुकमा लाइभ गर्दै थियो।, भिडिओमा केही हात्ती उखु, भुइँकटहर, खरबुजा खाँदै थिए। केही व्यक्ति त्यसको फोटो खिच्दै, खिचाउँदै थिए।, यो भिडियो सौराहामा गरिएको हात्ती वनभोज कार्यक्रमको प्रत्यक्ष प्रसारणको थियो। दुई वटा हात्ती पालेका क्षेत्रीय होटल संघ, नेपाल सौराहाका पूर्वअध्यक्ष घिमिरेलाई उक्त कार्यक्रमको सुइँको समेत थिएन।, सौराहा पुग्ने पर्यटकहरू हात्ती चढेर जंगल घुम्छन्, अर्थात हात्ती सफारी गर्छन्। सफारीका लागि अहिले यहाँका ३२ वटा निजी हात्ती प्रयोगमा छन्।, यीबाहेक पनि केही निजी हात्ती सौराहामा छन्। यी सबै निजी हात्तीको सफारी व्यवस्थापन ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ ले गर्छ। कार्यक्रम भइरहँदा उक्त संस्थाका अध्यक्ष ऋषि तिवारी काठमाडौं जाँदै थिए।, ‘अघिल्लो दिन साँझतिर मलाई भोलि बिहान हात्ती वनभोजको डेमो हुने भएकाले हात्ती पठाइदिनू भनेर फोन आएको थियो। मैले देखाउने र फोटो खिच्ने प्रयोजनका लागि हतार–हतार हात्ती पठाउन सकिँदैन भनेँ,’ तिवारीले भने, ‘त्यसपछि के–के भयो, मलाई जानकारी छैन।’, असार १६ गते ‘पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामको संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। यसमा चितवन राष्ट्रिय निकुञ्जको सौराहा र खोरसोरस्थित हात्तीसारका र व्यवसायी ओम रिजालले पालेका केही हात्ती ल्याइए।, यी हात्तीलाई उखु, सख्खर, भुइँकटहर, खरबुजा, केरा, चना, स्याउलगायतका खान्की खुवाइएको थियो। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ पनि सहभागी थिए।, तिवारीका अनुसार पर्यटन गतिविधि कम हुँदा हात्ती विस्थापित हुने, पौष्टिक आहारा खान नपाउने, बुढो हुँदै जानेक्रम देखिएको छ।, ‘सरकारबाट आएको बजेट हात्तीको दानामा खर्च गर्न पाए सबैको हित हुने थियो भनेर मैले कुरा राखेको थिएँ,’ तिवारीले भने, ‘तर उहाँहरूलाई बजेट खुसुक्क, तुरुन्तै सक्नुपर्ने कस्तो बाध्यता आइलागेछ, जान्न सकिएन।’, हात्तीका लागि कार्यक्रम गर्न लागिएको भए केही दिन कार्यक्रम सारौँ वा देखाउने, फोटो खिच्ने भन्दा हात्तीलाई आवश्यक पर्ने दाना किनेर सञ्चालकलाई दिऔँ भनेर आफूले प्रस्ताव गरेको उनले बताए।, ‘असल नियतले कार्यक्रम गरिएको भए हात्तीको स्तरीय खानामा जोड गरिन्थ्यो तर उहाँहरूको जोड खानामा भन्दा फोटो खिचाउनमा बढी गयो,’ तिवारी भने, ‘बजेट दिने निकायले हात्ती सञ्चालक, सञ्चालन गर्ने सहकारी संस्थासँग हात्तीको विषयमा बुझ्न खोजेन।’, उनले फिल्मी शैलीमा केही हात्ती जम्मा गरेर बजेट सक्ने काम गरेको आरोप लगाए।, सौराहाका हात्तीपालक व्यवसायीहरूले सरकारी निकायले बजेट सक्न लुकीछिपी हात्ती वनभोज कार्यक्रम गरेको आरोप लगाएका छन्।, यहाँ सक्रिय क्षेत्रीय होटल संघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन र साना पर्यटन व्यवसायी समूहले संयुक्त पत्रकार सम्मेलन गरेर सरकारी बजेट दुरुपयोग गर्ने नियतले लुकीछिपी हात्तीको वनभोज गरेको आरोप लगाएका छन्।, पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले हात्तीलाई वनभोज खुवाउने भनेर प्रदेश सरकारबाट ल्याइएको बजेट निजी क्षेत्रका व्यवसायीसँग समन्वय नै नगरी सकिएको आरोप लगाए।, विवाद बढेपछि वनभोजको आयोजक संस्था ‘पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ ले पनि सौराहामा जवाफी पत्रकार सम्मेलन ग¥यो।, समितिका सचिव राममणि खनालले बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताए।, उक्त संस्थाका अध्यक्ष टीकाप्रसाद कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन १ लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा ५ हजार र हात्तीसारेहरूलाई कुची बनाएबापत ज्याला १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।, उनले सरकारी बजेटमा भ्रष्टाचार गर्ने नियत नभएको भन्दै भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती पनि दिएका छन्।, क्षेत्रीय होटल संघ सौराहाले विगतमा हरेक वर्ष पुसमा हात्ती महोत्सव आयोजना गर्दथ्यो। महोत्सवकै अवसरमा गरिने हात्तीको वनभोज कार्यक्रम हेर्न पर्यटकको आइरो लाग्थ्यो।, दर्जनौँ निजी तथा सरकारी हात्तीलाई लाम लगाएर स्वादिष्ट तथा पौष्टिक आहार खुवाइने वनभोजले बाह्य पर्यटकको ध्यान खिच्थ्यो।, यस्तो कार्यक्रमका लागि सरकारले वार्षिक ५ लाख रुपैयाँ छुट्याउने गरेको थियो। कोरोना महामारी सुरु भएपछिका दुई वर्ष भने हात्ती महोत्सव हुन सकेन।, ती दुबै वर्ष बजेट फ्रिज भएको थियो। यसपालिको बजेट फ्रिज हुन नदिन आर्थिक वर्षको अन्तिममा वनभोज आयोजना गरिएको थियो।, क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले हात्तीका लागि सरकारको बजेट सौराहा आउनु खुसीको खबर भए पनि बजेट खर्च गर्दा पर्यटन व्यवसायीका संस्थाहरूलाई नै उपेक्षा गर्नु दुःखद भएको बताए।, उनका अनुसार हात्तीको वनभोज क्षेत्रीय होटल संघले मात्रै गर्न पाउनुपर्छ भन्ने होइन, पर्यटन क्षेत्रमा काम गर्ने जुन संस्थाले गर्न सक्छ।, ‘फ्रिज हुने बजेट अन्तिम समयमा भए पनि आयो, राम्रै भएको थियो तर कार्यक्रम गर्दा निजी हात्ती पालकलाई बेवास्ता गर्नु राम्रो भएन,’ घिमिरेले भने, ‘यहाँका सबै स्थानीय संस्थालाई बोलाएर कार्यक्रम गरेको भए राम्रो सन्देश जान्थ्यो।’, उनले हात्ती वनोभोजको विषयमा पर्यटन व्यवसायीका बीचमै चल्न थालेको दोहोरीको नकारात्मक असर सौराहाको पर्यटन क्षेत्रमा पर्ने र आगामी दिनमा सरकारले दिने बजेटमा पनि कटौती हुन सक्ने बताए।, सौराहाका व्यवसायीहरूले हात्तीलाई खुवाउन निकुञ्ज आसपासमा खेर गएको घाँस काट्न पाउनुपर्ने माग गर्दै आएका छन्। निकुञ्जले अहिले अस्थायी विकल्पका रूपमा सामुदायिक वनको केही क्षेत्रमा हात्तीका लागि घाँस काट्न दिने गरेको छ।, व्यवसायीहरूले निजी हात्तीले पर्याप्त घाँससमेत नपाएको बेलामा सरकारी हात्तीलाई मात्रै राखेर लाखौँ बजेट सकेको भन्दै वनभोज कार्यक्रमको आलोचना गरेका छन्।,  , बजेट सक्न सौराहामा खुसुक्क गरियो हात्तीको वनभोज
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १२० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार १६२ जनाको पिसिआर र ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३३३ जना सक्रिय संक्रमित छन्।, २० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २ हजार १२० को परीक्षण गर्दा ५३ कोरोना संक्रमित थपिए
सेतोपाटी संवाददाता काठमाडौंको बल्खुमा आइतबार दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। , भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टले जानकारी दिए। , उनका अनुसार बा १३ च ६४१९ नम्बरको टाटा भ्यानले दिउँसो बल्खु तरकारी बजार नजिकै ३२ वर्षीया योगिता बन्सुर पैदल यात्रीलाई ठक्कर दिएको थियो। , ‘भ्यानले आमाछोरालाई ठक्कर दिएको हो,’ उनले भने, ‘आमाले ५ वर्षीय छोरालाई काखमा बोकेकी थिइन्।’  , ठक्करबाट गम्भीर घाइते भएका आमाछोरालाई उपचारका लागि वयोधा अस्पताल लगिएको थियो।  उपचारका क्रममा बालकको मृत्यु भएको हो। उनकी आमाको अवस्था भने खतरामुक्त छ। , भ्यानका चालक बाग्लुङ बुर्दिबाङ नगरपालिका-४ का २२ वर्षीय सुवास खतिवडालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। , बल्खुमा भ्यानको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु, आमा घाइते
रोहित महतो तिहारको लक्ष्मी पूजाको दिन थियो, २०७७ साल कात्तिक २९ गते। बसाइ थियो डेराको, जनकपुरधाम–७ मा।, त्यसदिन बिहान एक छोरीकी आमा आरती साहलाई उनका श्रीमान सञ्जीव साहले अचानक एसिड छ्यापे।, एसिडको छिटाले छोरी रियाको एउटा हात र टाउकोको भाग जल्यो।, चिकित्सकका अनुसार आरतीको अनुहारको ३० प्रतिशत भाग जलेको छ। दाहिने भागमा छाला प्रत्यारोपण गरिएको छ।, माइतीको सहयोगमा धेरै उपचार त भयो तर अझै घाउ पूरा निको भएको छैन। एसिडले पोलेको छाला चर्को घाम र गर्मीमा चिरिन्छ। चिरिएको छालाबाट पानी निस्किन्छ। असैह्य दुःखाइ हुन्छ।, एसिड लागेर दाहिने आँखो गुम्यो। अनुहारको दाहिने भाग, कान, घाँटी, छाती, पेट र हातखुट्टा जलेका छन्। उपचारको निरन्तरताका लागि महिनैपिच्छे काठमाडौंको कीर्तिपुरस्थित अस्पताल पुग्नु पर्छ। यसको लागि पैसाको अभाव छ।, आरती जनकपुरको पेठियामा आमाबुबाका छेवैमा छोरी लिएर बसेकी छन्। गुजाराका लागि पेठिया बजारका व्यापारी सञ्जीव साहको पसलमा तरकारी बेच्ने काम गर्छिन्।, बिहान पाँच बजे तरकारी पसल पुग्नुपर्छ। राति नौ बजेसम्म काम गर्नुपर्छ। एसिडले पोलेको अनुहार सलले छोप्छिन्। यति गर्दा पनि जिस्क्याउने र कुरा काट्नेहरू हुन्छन्।, ‘धेरैले हेप्छन्। कोही केटा नराम्रो कुरा बोल्छन्। बजारमा धेरैले चुटकी लगाउँछन्,’ आरती भन्छिन्, ‘जरलहैया मुहबाली (जलेको मुख भएकी) भन्छन्। जसको तरकारी बेच्छु उसको रखैल हो पनि भन्छन्। म कति जनासँग झगडा गरूँ!’, तन र मनमा जति पीडा भए पनि बाँच्नका लागि काम गर्नै पर्यो। उनले छोरी पढाउनु पनि छ।, उनी भन्छिन्, ‘बिहानदेखि रातिसम्म काम गर्छु। घरमा गएर रून्छु। छोरी पनि मसँगै रून्छे। रूँदारूँदै सुत्छु अनि फेरि बिहानैदेखि काममा खटिहाल्छु।’, एसिड प्रहारको घटनापछि मधेस प्रदेशको मुख्यन्यायाधीवक्ताको कार्यालयले आरतीलाई जागिर दिने भनेको थियो। विडम्बना! नागरिकता प्रमाणपत्र नहुँदा उनले जागिर पाइनन्।, नागरिकता अझै बनेको छैन। आरतीकी आमासँग वंशजको नागरिकता छ। बाबुले जन्मसिद्ध नागरिकता पाएका छन्। बाबुको नागरिकता अघि सारेर जिल्ला प्रशासनले आरती नागरिकता बनाउने काम रोकिदिएको छ।, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सर्वोच्च अदालतले रोक लगाएकाले आरतीलाई पनि दिन नसकेको बताए।, उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सर्वोच्च अदालतले आदेश जारी गर्नुपर्यो। अथवा नागरिकतासम्बन्धी नयाँ कानून आउने बित्तिकै हामी दिइहाल्छौं।’, जलेको शरीर लिएर आरती नागरिकता र जागिरका लागि पाँच महिना मधेस प्रदेशका मन्त्रालय, सरकारी कार्यालय र स्कुल धाइन्। अहँ, जागिर कतै मिलेन।, ‘झाडुपोछा लगाउन मैले धेरै स्कुलमा काम खोजेँ। सरहरूले तिम्रो अनुहार जलेको रहेछ विद्यार्थी डराउँछन् भनेर फर्काए,’ उनले भनिन्, ‘अफिस र बैंकहरूमा पनि धाएँ तर सबैले जलेको अनुहारको कुरा गरे। काम कसैले दिएनन्।’, कतै पार नलागेपछि आरतीले तरकारी व्यापारी सञ्जीव साहसँग हारगुहार गरिन्। आखिर सञ्जीवले नै दिनको पाँच सय रुपैयाँ पाउने गरी काम दिए।, आमाछोरी पालिनु आरतीको मुख्य आवश्यकता हो। कमाएर पैसा जोगाउँदै छोरीलाई धेरै पढाउने उनको धोको छ।, भन्छिन्, ‘मैले पाँच कक्षामात्र पढ्न पाएँ। मेरो जिन्दगी बर्बाद भयो। मेरी छोरीलाई राम्ररी पढाउने र उसको सपना पूरा गर्ने मेरो सपना छ।’, एसिड प्रहारको घटनापछि आरतीलाई मुख्यमन्त्री कार्यालयले उपचारका लागि पाँच लाख रुपैयाँ दिएको थियो।, आरतीका अनुसार यो पैसा पाउनुअघि आमाबाबुले ऋण काढेर उपचार गराएका थिए। यसरी खर्च भएको रकम सरकारी सहयोगबाटै फिर्ता गरिन्। बाँकी रकममध्ये पटक-पटकको उपचार एक लाख ८० हजार खर्च भइसकेको छ।, बाँकी रहेको ७० हजार रुपैयाँ उनले जोगाएर राखेकी छन्। उनी यही रकम बढाउँदै छोरी रियालाई पढाउन चाहन्छिन्।, एसिड लागेर घाइते भएकी छोरीको  पनि अनुहार र टाउमा दाग छ।, घटनापछि तत्कालीन वडाध्यक्ष जानकीराम साहले छोरी पढाउन सहयोग गर्ने वाचा गरेका भए पनि अहिले वास्ता नगरेको उनको गुनासो छ।, आरती छोरीलाई निजी विद्यालयमा पढाउन चाहन्छिन्। स्कुल जाने उमेर पनि भयो तर उनले पठाउन सकेकी छैनन्। उनले आफू र छोरी असुरक्षित रहेको महसुस गरेकी छन्।, एसिड प्रहार गर्ने उनका श्रीमान र एसिड बेच्ने व्यापारी नागेन्द्र साहले मिलापत्र गर्न दबाब दिने गरेका छन्। बेलाबेला धम्की पनि दिन्छन्।, उनले भनिन्, ‘जेलबाट मेरा श्रीमानले पटकपटक फोन गरेर आफूलई छुटाइदिन भनिराख्छन्। मेरा सासू र जेठाजुले पनि नागरिकता बनाइदिने लोभ देखाएर छुटाइदिन भन्छन्। धम्की पनि दिइराख्छन्।’, घटनाको झन्डै एक वर्षपछि २०७८ भदौ १० मा धनुषा जिल्ला अदालतले आरतीका श्रीमान सञ्जीवलाई १० वर्ष ६ महिना कैद गर्ने र ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनायो।, सोही फैसला अनुसार सञ्जीव अहिले रामेछाप जिल्ला कारगारमा छन्। एसिड बेच्ने व्यापारी नागेन्द्रले सफाइ पाए।, जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जयकुमार साहले २०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराए। उच्च अदालतले यही असार ८ गते एसिड व्यापारी नागेन्द्र साहलाई झिकाउन आदेश दिएको छ।, नागेन्द्रले मिल्न दबाब दिने गरेको आरतीको भनाइ छ।, उनले भनिन्, ‘नागेन्द्र ६ लाख रुपैयाँ लिएर मिल भन्दैछ। एक हप्ताअघि पेठिया बजारमै आएर मिलेनौ भने भारी पर्छ भनेको छ।’, आरतीले ज-जसले धम्की दिए पनि आफू नडराउने बताइन्।, ‘उस (नागेन्द्र) ले एसिड नदिएको भए मेरो यस्तो हालत हुँदैनथ्यो,’ आरतीले भनिन्, ‘उसकै छोरी यस्तो परेको भए पैसा लिएर मिल्थ्यो त! जति लोभ दिए पनि म फस्दिनँ।’, एसिड प्रहार गर्नेले कठोर सजाय नपाए धेरै महिलाहरू आक्रमणमा पर्नेछन् भन्ने आरतीको चिन्ता छ। केही दिनअघि पेठिया बजारमा एक व्यक्तिले सामान्य विवादमा श्रीमतीलाई एसिड छ्यापिदिने धम्की दिएको पनि उनले बताइन्।, ‘मैले त्यो केटालाई झपारेँ। तँलाई पनि एसिड छ्यापिन्छिौं भनेपछि अलिक डरायो,’ आरतीले भनिन्, ‘मेरा श्रीमानले कठोर सजाय पाएनन् भने त्यस्ता धेरै युवकको मनोबल बढ्छ। महिलामाथि अत्याचार बढ्छ।’, उनको विचारमा यस्तो कठोर सजाय होओस् कि एसिड छ्याप्ने विचार आयो भने दसपटक सोचोस् र पछि हटोस्।, मिलापत्र गर्न आरतीका बुबा सुबोध साहलाई धम्की आउने गरेको छ। उनी पनि पछि हटेका छैनन्।, उनले भने, ‘मेरी छोरीलाई उनीहरू (आरतीको घरपक्ष) ले हत्या नै गर्न खोजेका हुन्। त्यस्ता व्यक्तिसँग कसरी मिल्नु र!’, आरतीका अनुसार एसिड प्रहारको घटनापछि उनलाई स्थानीय सामाजिक अभियान्ता उज्ज्वल थापाले सहयोगको आश्वासन दिएका थिए। पछि सहयोग नगरेको उनले बताइन्।, उनले भनिन्,‘ममाथि आक्रमण भएका बेला उहाँ (उज्ज्वल) ले हस्पिटलमा मिडियासँग ठूला कुरा गर्नुभएको थियो। मेरी छोरीलाई पढाउने व्यवस्था गर्ने, मेरो आँखा बनाइदिने। उपचारमा कुनै कमी हुन नदिने भन्नुभयो तर केही पनि सहयोग गर्नुभएन।’, आरतीका अनुसार उनलाई एसिड आक्रमणमा परेकी अभियान्ता मुस्कान खातुनले सँगै मिलेर संघर्ष गरौं भनेकी थिइन्। आफ्नो पीडा सञ्चार माध्यमहरू र सबै सरोकारवालालाई सुनाउन सल्लाह दिएकी थिइन्।, उज्ज्वलले मुस्कानको कुरामा नलाग्न सल्लाह दिएको आरतीले बताइन्। उज्ज्वलको कुरा मान्दा आफूले सबैतिरको सहयोग पाउन नसकेको आरतीको निष्कर्ष छ।, सानै उमेरमा आफ्नो बिहे गर्न दबाब दिने स्थानीय समाजसँग पनि आरतीको गुनासो छ।, ‘पहिलो दोषी यहाँको समाज हो जसले मेरो उमेर नपुग्दै बिहे गर्न दबाब दियो। छोरी जवान भइसकी, बिहे गरिदिएनन् भनेर कुरा कुरा काट्न थाले,’ आरती भन्छिन्, ‘मेरा आमाबुबाले पनि अरूको कुरा सुनेर १४ वर्षमै मेरो बिहे गराइदिनुभयो।’, आखिर बिहे भयो। रक्सी खाएर मारपिट गर्ने श्रीमान पर्‍यो। उसैले एसिड अर्थात् तेजाब खन्याइदिएर मर्नु न बाँच्नु पारिदियो।, एसिडले पोलेको शरीरको पीडाले थकित भएका बेला कुनै दिन आरतीले विष खाएर मर्ने पनि सोचिन् तर छोरी हेरेर आफूलाई बचाइन्।, एसिडले जलेको पीडा शान्त भएको छैन तर आरतीमा बाँच्ने र गरिखाने हिम्मत बढेको छ।,  , आरती भन्छिन्- कतिसँग झगडा गरूँ?
सेतोपाटी संवाददाता लुम्बिनीको मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका आइतबार खोलिएको छ।, दानपेटिका लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।, लुम्बिनीमा चार वटा दानपेटिका राखिएकोमा आइतबार एउटामात्र खोलिएको विकास कोषले जनाएको छ।, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले एउटा दानपेटिकाको रकम गणना सकिएपछि अर्को दानपेटी खोल्ने र सबै दानपेटिकाको भेटी गणना गर्दा ४ दिनसम्म लाग्ने बताए। , प्रत्येक १५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि तीन महिनापछि दानपेटिका भरिएपछि मात्रै खोलिएको हो।  , विकास कोषका अनुसार यसअघि गत चैत १८ गते दानपेटिका खोलिएको थियो। त्यसबेला दानपेटिकाबाट ३७ लाख रुपैयाँ रकम संकलन भएको कोषले जनाएको छ। लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ।, विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली रकम गणना भइरहेको छ।, विकास कोषले दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरू गरिएको जनाएको छ। , लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकहरूले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको भट्टराईले बताए।, उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए।, विगतमा दानपेटिका चोरी हुने र पर्यटकहरूले पवित्र भावनाले दिएको दान समेत अपारदर्शी हुने गरेका घटना बाहिरिने गरेका थिए।, दानपेटिका चोरी हुन थालेपछि विकास कोषले मायादेवी मन्दिर र लुम्बिनीका संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ। , लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले दानपेटिका खोल्ने र गणना गर्ने कार्य पनि सिसिटिभी क्यामेराको निगरानीमा भइरहेको जानकारी दिए।, उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरून्तै बैंकका दाखिला गर्ने गरिएको बताए।, दान गणना गर्ने कार्य राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा भइरहेको छ।, लुम्बिनी विकास कोषले आन्तरिक आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापन गर्दै आएको जनाएको छ।, खोलियो लुम्बिनीको मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका
रासस मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, उनका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्र्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो।  , उक्त ट्र्याक्टरमा सवार २१ घाइते भएका छन्। तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन्।, उनीहरूलाई उपचारका लागि हेटौंडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।, उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , मकवानपुरमा दुर्घटनामा परी एकको मृत्यु
रासस सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू अब अनलाइनबाटै प्रदान गरिने भएको छ।, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गरेका हुन्। , सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरू गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिए।, उनले भने, ‘आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोबल भिलेजको रूपमा परिणत भएको छ, सूचना र सञ्चार प्रविधिलाई हामीले विकास गरेर अब त्यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा अग्रसर हुनु जरूरी छ।’, सूचना र प्रविधि क्षेत्रको महत्वलाई बुझेर विदेशिएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आइसिटीभित्र मुलुकको भविष्य खोज्नुपर्ने उनको भनाइ छ।, मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आइटीको क्षेत्रमा पनि स्वर्णिम भविष्य रहेको बताए। आइटीको क्षेत्रमा रहेको सम्भावनालाई आगामी दिनमा व्यवहारिक रूपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिए। , विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरू गरेको थियो।, चालु आर्थिक वर्षमा ९२७ पत्रपत्रिका, ३८ टेलिभिजन, २५१ रेडियो र १४९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ।, हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको संख्या ३१ हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। , चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरिएको छ। त्यसैगरी चालु आवमा दर्ता ६६२ र नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिए।, सञ्चार सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाक्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिए।, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। ,  , अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै