content
stringlengths 20
64.1k
⌀ |
---|
राजेश घिमिरे बाँसले बारेर खरले छाएको सानो झुप्रोको आँगनमा नौ जना मान्छे छन्। उनीहरूमध्ये धेरैको आँगनमा कपडा छैन। आँगनको एक छेउमा रहेको चुल्होमा ढिडो ओडाल्दै छिन् लेकमाया चेपाङ।, सहर बस्नेका लागि अचेल ढिडो राजसी खान्की जस्तो बन्दैछ। रेष्टुरेन्ट पुगेर ढिडो अर्डर गर्नेको जमात बढ्दै छ। तर लेकमायाको परिवारलाई ढिडोमा कुनै रस छैन। किनकि यही खान्की खाएर हुर्किएका हुन् उनीहरू।, चितवनको पहाडी गाउँ लोथर–सानथलीबाट एक वर्षअघि यो परिवार माडी झरेको थियो। पोको, पन्तुरो, बच्चाहरू च्यापेर माडी नगरपालिकाको शिवद्वार झर्दा उनीहरूले धान रोपेर चामलको भात खाने र छोरा, छोरीलाई पढाउने सपना देखेका थिए। पहाडको पखेरोमा दुःख पाएको पूर्खाभन्दा अलग जीवन जिउने कल्पना गरेका थिए। , माडी झरेपछि छोराछोरी त जेनतेन सामुदायिक विद्यालय जान पाए, चामलको भात खाने उनीहरूको सपना भने अधुरै छ।, ‘गाउँको दुःखबाट भागेर बेसी झरियो तर यहाँ पनि सुख त कहाँ रहेछ र?,’ लेकमायाले भनिन्, ‘गाउँमा त बरू कन्दमूल खोजेर खाइन्थ्यो यहाँ त त्यो उपाय पनि छैन। मजदुरी गरेर कमाएको पैसा छोरा, छोरीलाई कापी, किताब, स्कुलमा लगाउने कपडा किन्दैमा ठिक्क हुन्छ।’, चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षअघि माडीको कुसुमखोला गाउँका घर, टहराहरूमा आगो लगाइदिएपछि वर्षौंदेखि त्यहाँ बस्दै आएका मान्छे विभिन्न ठाउँका ऐलेनी जमिनमा पुगेर बसेका थिए।, गाउँबाट हटाएपछि माडी नगरपालिकाले सुकुम्बासी परिवारलाई जग्गा दिने र घर बनाइदिने निर्णय गरेको थियो।, कुसुमखोला बस्ती हटाइएको विषयमा ठूलो बहस भइरहँदा राजनीतिक दलका शीर्षस्त नेताहरूले पनि सुकुम्बासीलाई पुनर्स्थापना गर्ने आश्वासन दिएका थिए।, त्यही मौकामा जिल्लाका अन्य ठाउँका सुकुम्बासी चेपाङ पनि माडी पसे। शिवद्वारस्थित टुनामुना खोलाको किनारमा बस्न थाले। उनीहरूमध्येकै एक परिवार हो लेकमायाको परिवार। , ‘सुकुम्बासी चेपाङलाई घर, जग्गा दिने रे भन्ने सुनेर झरेको, एक टुक्रा जग्गा त भेटाइयो,’ उनले भनिन्,‘तर खान, बस्न, बच्चाहरूलाई पढाउन साह्रै दुःख छ।’, यो परिवार पोहोर माडी झर्दा धान रोपेर सकिएको थियो। यसपालि धान रोप्न केही जमिन अधियाँमा लिएको लेकमायाले सुनाइन्।, तर खेतमा पानी लैजाने कुलोको व्यवस्था नभएको र बेलैमा पानी नपरेकाले असार सकिनलाग्दा पनि रोप्न नपाएको उनले सुनाइन्।, जालीमाया चेपाङको परिवार पनि धानकै लोभमा राप्ती नगरपालिकाको कोराकबाट दुई वर्षअघि माडी झरेको थियो।, एउटा खाट, कुनामा ओदान र केही भाँडा–वर्तन, कपडा रहेको झुप्रोभित्र एक बोरा धान पनि थियो।, वर्षा नहुँदा नयाँ धान रोप्न नपाएको समस्या त जालीमायालाई छँदैछ, वर्षा भइहाले भएको एकबोरा धानलाई कसरी जोगाउने भन्ने पिरलो पनि उत्तिकै छ।, ‘आकाशबाट पानी पर्न थालेपछि खरको ओत लाग्दैन। कसरी बस्ने, बच्चाहरू, धानलाई कसरी जोगाउने भन्ने पिरलो छ,’ उनले सुनाइन्, ‘धानको लोभमा बेसी झर्दा बिचल्ली भयो।’, दीपकुमार चेपाङ २०५२ सालमा धादिङको स्यादुलबाट बसाइ सरेर चितवनको कोराक पुगेका थिए।, २०५६ सालमा उनी परिवार लिएर कुसुमखोला बसाइ सरे।, दुई वर्षअघि निकुञ्जको टोली लखेट्न पुग्दा कुसुम खोलाबाट भाग्नेमध्येका हुन् दीपकुमार। भएको सानो झुप्रोमा आगो लागेपछि उनको परिवार टुनामुना खोलाको किनारमा अर्को झुप्रो बनाएर बस्न थाले।, सञ्जुमाया चेपाङ दस वर्षअघि पहाडी गाउँ ठकुरी भन्ज्याङबाट दीपकुमारका छोरासँग विवाह गरे कुसुमखोला पुगेकी थिइन्। त्यहाँबाट लेखेटिएपछि बनाएको उनको झुप्रोमा केही दिनअघि आगलागी भएको छ। बस्ने ठाउँ खरानी भएपछि यो परिवार गोठमा बस्न थालेको छ।, ‘हाम्रो भागमा दुःखमात्रै छ कि जस्तो लाग्छ। सुख त अरूको भागमा मात्रै लेखेको रहेछ,’ उनले भनिन्, ‘गाउँको घरमा सरकारले आगो लगाइदियो, बेसीको घरमा आफैं आगो लाग्यो।’, उनले अधियाँमा रोपेर जोडेको धान, मकै सबै आगोले स्वाहा बनाइदिएको बताइन्। , माडी–८ स्थित टुनामुना खोलाको किनारमा कुसुमखोला र अन्यत्रबाट सरेका गरेर २८ परिवार बस्दै आएका छन्।, खोलाको बलौटे जमिनमा बसेको यो बस्तीमा बढीको जोखिम छ। दुई वर्ष अघिको बाढीले यो गाउँका एक जनालाई बगाएको थियो। त्यतिखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ पुगेर मृतकका परिवार र स्थानीयलाई भेटेका थिए।, ‘पीर नगर्नु तपाईंहरूलाई बस्ने, खाने व्यवस्था गर्न मैले प्रयास गरेको छु भनेर फर्कनुभयो। तर प्रयास भएको त केही देख्दैनौं,’ सञ्जुमायाले भनिन्, ‘हेर्दाहेर्दै घर नजिकै मन्दिर बनाएर मूर्तिहरूलाई ओत लगाए, हामी भने तारा गनेर सुत्नुपर्छ।’, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बनेको राम मन्दिर यो सुकुम्बासी बस्तीबाट करिब २ किलोमिटर पर पर्छ। सञ्जुमायाले माडीलाई मणि बनाउँछौं भन्नेहरूले सुकुम्बासीलाई भोट हाल्ने साधनमात्रै बनाएको बताइन्।, ‘तिनलाई भोट त यसपालि पनि चाहिएला नि। यस्तै हो भने अब कसैलाई पनि भोट हाल्ने होइन,’ उनले भनिन्, ‘हामीलाई खान, बस्न, बच्चा बढाउन सहयोग गर अनि बल्ल भोट दिन्छौं।’, ,
चामलको भात खाने सपना बोकेर बेसी झर्दा बिल्लीबाठ भएका चेपाङ |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २०६ जनामा संक्रमण पुष्टि भएको हो।, , तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६४४ जनाको पिसिआर र दुई हजार ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार २८४ जना सक्रिय संक्रमित छन्।, ४८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २२९ संक्रमित, सक्रिय एक हजार २८४ |
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ। , नगरपालिकाले पहिलो चरणमा कलंकी–नागढुंगा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो।, नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ। , यसैबीच नगरप्रमुख घनश्याम गिरीले कलङ्की–नागढुङ्गा– पिपलामोड सडकखण्डमा हुँदै गरेको दोस्रो चरणको सडकबत्ती तथा सिसी क्यामेरा जडान विस्तार कार्यको आज निरीक्षण/अनुगमन गरे।, सो अवसरमा उनले भने, ‘यसअघि पहिलो चरणमा उक्त सडक खण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडक बत्ती जडान गरिएको थियो। यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ।’, नगरप्रमुखको पहिलो कार्यकालमा नगरपालिकाको सम्पूर्ण वडालाई सडकबत्ती जडान गर्न बजेट विनियोजित गरिएको उनले जानकारी दिँदै तत्कालीन समयमा लगभग आठ हजार थान सडकबत्ती विभिन्न वडामा जडान भएको बताए। , उनले भने, ‘यस आर्थिक वर्षमा उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत १५ हजार थान सडकबत्ती नगरभरिका मुख्य तथा भित्री मार्ग, धार्मिक तथा साँस्कृतिक स्थल, उद्यान लगायतका सार्वजनिक स्थल तथा अधिकांश स्थानमा जडान गरिनेछ।’, अभियानसँगै यसै वर्ष नगरपालिकाले आवश्यक अधिकांश ठाउँमा ‘फ्रि वाइफाइ’ तथा ‘सिसी क्यामेरा’ जडान गरिने नगरप्रमुख गिरीले जानकारी दिए।, यी प्रविधि र बत्ती जडानले नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रण हुने जनाइएको छ।, उनले भने, ‘सुरक्षित र प्रविधिमैत्री नगरपालिका बनाउन उच्च प्राथमितामा दिएको छु।’ रासस,
चन्द्रागिरिले थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट दश जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। , बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई हैरान पारेको आरोपमा दश जना बिचौलियालाई पक्राउ गरेको कालीमाटी वृत्तका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। , पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-९ का ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुर लिल्बुजुंग गाउँपालिका-४ का २२ वर्षीय संजय तामाङ, भारत बिहार राज्य पहाडपुर पोटवा थाना-८ का २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी नगरपालिका-१६ का २१ वर्षीय राजु थापा र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ का २९ वर्षीय आकाश तामाङ छन्। , यस्तै, पर्सा वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय राजीवकुमार सिंह, सिन्धुली कमलामाई नगरपालिका-१३ का ३० वर्षीय नितिशजंग राणा, सर्लाही लालबन्दी नगरपालिका-४ का २९ वर्षीय रविन्द्र चौधरी, इलाम श्रीनन्द नगरपालिका-३ का २९ वर्षीय दोर्जे गुरूङ र काठमाडौं दक्षिणकाली नगरपालिका-१ का ४० वर्षीय राम तामाङ पक्राउ परेका छन्।, उनका अनुसार बल्खुस्थित टाटा सुमो काउण्टरमा केही व्यक्तिहरूले लाग्ने भाडाभन्दा बढी भाडा लिएर हैरानी गरेको गरेको सूचना प्रहरीले पाएको थियो। , उनीहरूले जबर्जस्ती यात्रुहरूलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको समेत दिएको घिमिरेले बताए।, प्रहरीले उनीहरूलाई शुक्रबार बल्खुबाट पक्राउ गरेको हो।, पक्राउ परेकालाई मुलुकी फौजदारी अपराध कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप भई प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ। ,
,
बल्खु सुमो काउण्टरमा यात्रुलाई दुःख दिएको आरोपमा दश बिचौलिया पक्राउ |
रासस एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत गृहको सुरूङ खन्ने काम सकिएको छ।, आयोजनाको प्याकेज दुई अन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत गृहको सुरूङ खन्ने काम सम्पन्न गरेको हो। , ८९ मिटर लम्बाई, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत गृहको सुरूङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।, ‘मुख्य चुनौतीपूर्ण रहेको भूमिगत विद्युत गृहको सुरूङ खन्ने काम सफलतापूर्वक सम्पन्न भएको छ’, भण्डारीले भने, ‘अब विद्युत गृहभित्र पूर्वाधार निर्माणको काम सुरू हुन्छ।’, विद्युत गृहको सुरूङ खन्ने काम सन् २०२० अगष्टबाट सुरू भएको थियो।, ‘यहाँको ढुंगा कमजोर रहेकाले यो चुनौतीपूर्ण काम थियो, अब भूमिगत सुरूङभित्र पूर्वाधारको काम पनि छिट्टै सुरू गर्ने तयारी छ’, भण्डारीले भने। , आयोजनाअन्तर्गत पानी ल्याउने सुरूङमा भने काम भइरहेको छ। एक हजार ४५० मिटर सुरूङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ। इन्टेकको काम भने गर्न बाँकी रहेको भण्डारीले जानकारी दिए।, प्याकेज एकअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ। पहुँच सुरूङ १०० मिटर खनिसकिएको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ जाने पहुँच सुरूङ खन्ने काम पनि सम्पन्न भइसकेको छ।, सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरूङ खन्ने काम सम्पन्न गरेको थियो।, त्यस्तै, २८०.८५ मिटर लामो मुख्य पहुँच सुरूङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरूङ पनि सम्पन्न भइसकेको छ। , प्याकेज तीनअन्तर्गत प्रसारण लाइनमा हालसम्म ४८ ‘फाउण्डेसन’को कार्य सम्पन्न भएको छ।, प्रसारण लाइन निर्माणका लागि २५ टावर जडान भइसकेको आयोजनाले जनाएको छ। चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ।, जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ। , दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ। प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ। प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ। , प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ। त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ। प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका ४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ। , तनहुँ जलविद्युत आयोजनाको मुख्य कार्यलाई तीन चरणमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ।, आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता वि.सं २०७८ भदौ १४ बाट कार्यान्वयनमा आएको छ।, सोङ दा–कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ। , आयोजनाको दोस्रो चरणअन्तर्गत सुरूङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ। , आयोजनाको तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। , आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।, कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। ,
तनहुँ जलविद्युत आयोजना: भूमिगत विद्युत गृहको सुरूङ खन्ने काम सकियो |
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। , आज (शनिबार) बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।, देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम,
२०७९ असार ३२ गते (शनिबार),
दिउँसो: देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ साउन १ गते (आइतबार),
दिउँसो: देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ साउन २ गते (सोमबार),
दिउँसो: देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।,
मनसुनी वायुको सामान्य प्रभावले देशभर वर्षा हुने, यस्तो छ तीन दिनको मौसम |
नवीनबाबु गुरूङ काठमाडौं नेपालको संघीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यहाँ देश विदेशका हजारौं मानिसको बसोबास रहेको छ। काठमाडौं ऐतिहासिक शुन्दरता बोकेको शहर पनि हो। , काठमाडौं उपत्यका वर्तमान समयमा कंक्रिटनै कंक्रिटको शहर जस्तो देखिन्छ। यहाँको ऐतिहासिक सम्पदा र संस्कृति नै काठमाडौंको मुख्य बिशेषता हो। काठमाडौंको ऐतिहासिक सम्पदाहरुमा यहाँको तलैया र पोखरीहरु पनि पर्छ। , काठमाडौंको बीच भागमा पौराणिक रानीपोखरी, कमल पोखरी, गहना पोखरी आदि छन्। काठमाडौंको जनसंख्या र प्रदुषणले धेरै समय आकाश खुल्ला देखिदैन उसो त यहाँको मौसममा पनि विविधता पाइन्छ। , हिजोआज वर्षायामको मौसम भएकोले पानी परिरहँदा यहाँको आकाश खुल्ला देखिन्छ। काठमाडौंको खुल्ला आकाशबाट देखिएको तीन ऐतिहासिक पोखरीहरु यहाँ समेटेका छौं। , रानी पोखरी, कमल पोखरी र गहना पोखरीलाई शहरको बीचमा केहि शुन्दर चिज बाँकी रहे जस्तो देखिन्छ। हेरौं तस्बिरहरू।,
कंक्रिटको बीचमा सुन्दर पोखरीहरू |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, गुगल सर्चमा अंग्रेजी अक्षर 'सिसिएम' टाइप गरेर खोज्नु भयो भने बायाँतर्फ 'सिसिएम नेपाल' र दायाँतर्फ 'द ग्लोबल फन्ड टु फाइट एड्स, ट्युबरक्युलोसिस एन्ड मलेरिया' लेखिएको एउटा साइट फेला पार्नु हुनेछ। , सिसिएमको पूरा रूप कन्ट्री कोअर्डिनेटिङ मेकानिजम हो। सिसिएम एचआइभी एड्स, क्षयरोग र मलेरिया; यी तीन वटा रोगका सन्दर्भमा काम गर्ने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरूको राष्ट्रिय समिति हो। यस समितिले राज्यद्वारा सञ्चालित, संयोजित र अन्य निकायहरूले उक्त रोगका सन्दर्भमा गर्ने कामका लागि विश्व कोष अर्थात ग्लोबल फन्डमार्फत काम गर्छ। , सिसिएम साइटको मेनु बारको 'मेम्बरसिप' मा गएर 'सिसिएम मेम्बर' क्लिक गरी 'लिस्ट अफ सिसिएम मेम्बर २०२२' डाउनलोड गर्नुभयो भने १८ नम्बरमा देख्नु हुनेछ मिस्टर अब्दुल सहमद (नग्मा)। , यो नामको लैंगिक पहिचान 'अदर्स' लेखिएको छ। , यो पाटो एकछिन यही थाती राखेर अर्को पाटोबाट अघि बढौं। , दुई हातले थप्पडी बजाउँदै नग्मा खानले भनिन्, 'कसैकी छोरी बिहे गरेर दैज (दाइजो) लिने काम पाप हो। गैरकानुनी हो। केटाले दाइजो फिर्ता दिनु पर्छ नत्र दाइजो लिएकोमा उसलाई मुद्दा चलाउनु पर्छ।', मागेअनुसारको दाइजो नपाएको निहुँमा दुई वर्षअघि सर्लाहीको एउटा प्रहरी चौकीमा मधेसी समुदायकी एक युवतीलाई उनका श्रीमानले कुटपिट गरेको विषयमा छलफल चल्दै थियो। युवतीले सहायता मागेपछि नग्माले उक्त अभिव्यक्ति दिएकी थिइन्।, अन्ततः युवतीले दाइजो फिर्ता पाइन्। , नग्मामा यति ठूलो साहस यत्तिकै आएको होइन। , महोत्तरी जिल्लाको भँगाहा नगरपालिकामा ३९ वर्षअघि नग्माको जन्म भएको हो। मुस्लिम समुदायमा नग्माको जन्म छोराको रूपमा भएको थियो। तिनै छोराको नाम थियो अब्दुल सहमद। , अब्दुलका बाबुको इच्छा थियो– छोराले मदरसा शिक्षा पढोस्। , मदरसा धार्मिक शिक्षा हो। मदरसामा इस्लाम धर्मावलम्बी विद्यार्थी मात्र पढ्छन्। , अब्दुल मदरसामा नभई गाउँका अन्य विद्यार्थीहरूझैं विद्यालयमा पढ्न चाहन्थे। यसका लागि उनले परिवारबाट स्वीकृति पाएनन्। त्यो बेला उनी आठ वर्ष उमेरका थिए। , एक दिन अब्दुल आफैं नजिकको एउटा विद्यालय गए। यिनै अब्दुल आजकी नग्मा हुन्। यसै कारण उल्लिखित साइटमा अब्दुल सहमद र कोष्ठकमा नग्मा लेखिएको छ। , त्यो समय स्मरण गर्दै नग्माले सेतोपाटीसँग भनिन्, 'आमासँग विभिन्न बहानामा मागेको पाँच रूपैयाँ जोगाएर म आफैं भर्ना गर्न गएँ।', उनले लक्ष्मी प्राथमिक विद्यालयमा पाँच कक्षासम्म पढिन्। ग्रामीण परिवेशकी नग्माले घरमा काम सघाउनु पर्थ्यो। खेतबारीमा काम पनि गर्नु पर्थ्यो। कहिलेकाहीँ गोरु लिएर खेत जोत्न पनि जानु पर्थ्यो।, उनले भनिन्, 'बिहान खेत जोत्थेँ। त्यति बेला आमाले खाना, स्कुलको पोशाक र किताबकापी खतेमै ल्याइदिनुहुन्थ्यो। म खेतबाटै स्कुल जान्थेँ।' , आखिर आमाबाबुका लागि त उनी 'छोरा' नै थिइन्।, नग्माको आनीबानी भने छोरीको जस्तो थियो। उनलाई पनि म अरू केटाभन्दा फरक छु भन्ने थाहा भएको थियो। छोरीजस्तो आनीबानी भएपछि उनले घरमा गाली खान थालेकी थिइन्। , उनले भनिन्, 'तिमी छोरा भएर छोरीजस्तै गर्छौ, छोराजस्तो बन भनेर घरमा बुबाले कराउन थाल्नुभएको थियो।' , आमाले पनि त्यही कुरा सम्झाउन थालेकी थिइन्। नग्मालाई आमाबुबाले आफ्नो मनको कुरा नबुझेर गाली गरेको भन्ने लाग्थ्यो। तर उनी आफ्नो कुरा प्रस्ट भन्न पनि सक्दिन थिइन्। , यसै पनि आमाबाबुका लागि छोरो मान्छेले म त छोरी पो हुँ भन्दा अनौठो हुने नै भयो। लैंगिक तथा यौनिक अल्पसंख्यकबारे चेतना पनि कम भएको वा नभएको अवस्थामा त छाँगाबाटै खस्ने कुरा हुने भयो। , 'हाम्रो मुस्लिम समुदायमा यस्तो फरकपनप्रति अनुदारता बढी छ,' उनले भनिन्।, शरीर छोराको जस्तो, मन छोरीको जस्तो। नग्माले यस्तो अवस्थामा घर बस्न सकस मानिन्। सात कक्षामा पढ्दै थिइन्। उमेर सोह्र वर्ष नाघेको थियो। अचानक २०५६ सालको एक दिन घरबाट सुटुक्क निस्केर काठमाडौं आइन्। , घर त छाडिन् तर काठमाडौंमा सहारा दिने कोही थिएन। समयले साथ थियो, लुगा सिलाउने कारखानामा दिनको ७० रूपैयाँ ज्याला पाउने गरी काम पाइन्। यति भएपछि गर्जो टर्ने भयो। , एक वर्ष काठमाडौं बसेपछि उनले पढाइ सम्झिन्। पढाइ छाडेकोमा पछुतो भयो। जसरी घर छाडेर काठमाडौं हिँडेकी थिइन्, उसै गरी एक दिन काठमाडौं छाडेर गाउँ फर्किन्। साथीहरूको सहयोगमा नग्मा आठ कक्षामा भर्ना भइन्। पढाइ सुरू भयो। डेढ घन्टा हिँडेर स्कुल पुग्थिन्। , कक्षा बढ्दै जाँदा पढाइ खर्च पनि बढ्दै गयो। दिदीभिनाजुले साइकल किनिदिए। स्कुल आउजाउ सजिलो भयो। उनले २०६० सालमा एसएलसी उत्तीर्ण गरिन्। पढाइमा घरबाट खासै सहयोग थिएन। अझै पनि नग्मा आफ्नो लैंगिक पहिचानबारे अनभिज्ञ थिइन्। , तै पनि उनले कपाल लामो बनाउन र केटी मान्छेले झैं शृंगार गर्न थालेकी थिइन्। उनको यो व्यवहार उनको घरमै पाच्य थिएन, गाउँमा हुने कुरै भएन। नग्मा गाउँका एक जना दाइको सहयोगमा जनकपुर गइन्। रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा ११ कक्षामा भर्ना भर्ना भइन्। खर्च जुटाउन उनी एउटा निजी स्कुलमा पढाउन थालिन्। , नग्माले जनकपुरमा नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा आबद्ध व्यक्तिहरू भेटिन्। उनीहरू साथी भए, संगत बढ्यो, धेरै कुरा भयो। नीलहीरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको हित रक्षार्थ काम गर्ने संस्था हो। , ती साथीको संगतपछि नग्मा आफू पारलैंगिक महिला रहेछु भन्ने कुरामा पक्का भइन्। साथीहरूले उनका लागि 'नग्मा' नाम रोजिदिए। अनि 'नग्मा खान' भइन्। उनको सबै अन्योल समाप्त भयो। हिम्मत बढ्दै गयो। उनले बाह्र कक्षाको पढाइ पूरा गरिन्। नीलहीरा समाजमा आबद्ध भएर संस्थागत काम सुरू गरिन्। , संस्थामा आबद्ध भएपछि उनले रोजगारी पाइन्। संस्थाले नै कम्प्युटर तालिम दिलायो। स्नातक पढ्ने छात्रवृत्ति पनि दिलायो। स्नातक तहको पढाइ पनि पूरा भयो।, नग्मा महिला हुलियामा ढुक्कले हिँडडुल गर्न चाहन्थिन्। जनकपुर बसुन्जेल यसो गर्न सकिनन्।, उनले भनिन्, 'जनकपुर बसुन्जेल मलाई (महिला हुलियामा) खुल्ने आँट आएन। म खुल्नै सकेकी थिइनँ।' , सन् २००९ को कुरा हो। नील हीरा समाजले काठमाडौंको त्रिपुरेश्वरमा एउटा राष्ट्रिय समारोह आयोजना गर्यो। आयोजक संस्थाका अध्यक्षले नग्मालाई कार्यक्रममा उनको लैंगिक तथा यौनिक पहिचानको 'कथा' सुनाउन आग्रह गरे। , नग्माले यही समारोहलाई आफ्नो पहिचान सार्वजनिक गर्ने सबैभन्दा उत्तम अवसर ठानिन्। उनी पूर्णतः महिला हुलियामा प्रस्तुत भइन्। आफ्नो पहिचानको 'कथा' सुनाइन्। उक्त कार्यक्रम टेलिभिजनबाट लाइभ प्रसारण पनि भएको थियो। , 'मलाई डर पनि लागेको थियो। गाउँका मान्छेले हेर्छन् कि! कति साथीले मलाई महिला हुलियामा देखेर अस्वीकार पो गर्छन् कि,' त्यो समय सम्झिँदै नग्माले भनिन्, 'मनमा यस्तो सोच आए पनि मैले आफ्नो आत्मविश्वास बलियो बनाएँ। अध्यक्षले भनेअनुसार समारोहमा सहभागी भएँ।', नग्माका अनुसार यो दिन उनका लागि आजीवन अविस्मरणीय रहनेछ। उनका लागि त्यो अनुभव र आत्मविश्वास अमूल्य छ। त्यही दिन हो उनले लैंगिक पहिचानबारे वर्षौंदेखि मनमा मडारिएर रहेको उकुमुकुस, अन्योल र भयबाट मुक्ति पाएको। , नग्माले नीलहीरा समाजकै सहयोगमा सन् २०१४ मा एमबिए पढाइ पूरा गरिन्। उनको कार्यथलो जनकपुर नै भयो। जनकपुरले उनलाई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अभियानी भनेर पनि चिन्न थालेको थियो। , यही समय उनी सर्लाहीमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि काम गर्न नीलहीरा समाजको संयोजक छनोट भइन्। सर्लाहीमा नग्मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको स्वास्थ्य र मानव अधिकारका लागि काम गर्छिन्। जनकपुर अर्थात जनकपुरधाम त उनको संघर्षको थलो नै हो। , 'मधेस समुदायका धेरैले मलाई चिन्नुहुन्छ। अहिले म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने अभियन्ता भनेर चिनिन्छु,' नग्मा भन्छिन्, 'मेरो जिन्दगीको सफलता भनेको आफ्नो जीवनमा आएको चुनौती चिर्दै कामलाई निरन्तरता दिनु नै हो।' , लैंगिक पहिचानको संघर्षमा घर छाडेर हिँड्नु परे पनि आफ्ना आमाबाबु पराइ हुने कुरा भएन। नग्मा घरमा आर्थिक सहयता गर्छिन्। आमाबुबासँग सम्बन्ध राम्रो छ। , उनले भनिन्, 'मेरा कारणले आमाबुबाले समाजमा भेदभाव र लान्छना सहनुभएको छ। त्यो सबै समाजले नै जन्माएको हो।' , एसएलसी परीक्षा दिएपछि नग्माले नागरिकता प्रमाणपत्र बनाएकी थिइन्। पुरुष हुलिया भएपछि र शैक्षिक प्रमाणपत्रमा पुरुष नाम भएपछि नागरिकता 'पुरुष' पहिचानमा बन्ने नै भयो। त्यो बेला उनमा आफ्नो लैंगिक पहिचानबारे आत्मविश्वसका साथ डट्ने क्षमता पनि विकास भएको थिएन। यसैले त सिसिएमको वेबसाइटमा अब्दुल सहमद र कोष्ठकमा नग्मा लेखिएको हो!, उनी महिला पहिचानको नागरिकता चाहन्छिन्। उनले चाहेअनुसार सजिलै किन हुन्थ्यो! एक मन त उनलाई लाग्यो, जरैदेखिका सबै शैक्षिक प्रमाणपत्रमा नाम परिवर्तन गरूँ! यसमा आइपर्ने झमेला सामान्य हुने कुरै भएन। उनले ठानिन्- सबैभन्दा ठूलो कुरा त मेरो सार्वजनिक पहिचान हो, कागजका पछि मात्रै किन कुदूँ! , तै पनि कागजी प्रमाण कम महत्वको होइन। कागजातमा 'पुरुष' र हुलियामा महिला, हुँदा नग्माले अनेक झमेला र दुर्व्यवहार खेप्नु परेको छ। खासगरी सरकारी कागजात देखाउनु पर्ने ठाउँमा कुनै न कुनै झमेला आइलाग्छ। विमानस्थलमा गडबड भइरहन्छ। छेउछाउका मानिसहरू बोल्न हिचकिचाउनु त छिनछिनै हुने घटना हो भने पनि हुन्छ।, नग्मा जन्मेहुर्केकै गाउँघरमा पनि अझै उनलाई लैंगिक पहिचानको समस्या छ। अझै पनि गाउँघर जानु पर्दा उनको हुलिया पुरुष नै हुन्छ। उनका अनुसार यसो गर्नु बाध्यता हो, इस्माल समुदाय लैंगिक मामिलामा निकै कडा छ। , नग्मा भन्छिन्, 'घर जाँदा म छोराकै रीतिरिवाजमा हुन्छु। चाडपर्वमा पुरुष नै बन्छु। आमाबुबाले पनि छोरा बनेर आइज भन्नुहुन्छ। यसो गर्नु हाम्रो बाध्यता हो।' , घरबाट टाढा सर्लाही, जनकपुर, काठमाडौं वा अन्यत्र रहँदा नग्मा पारलैंगिक महिलाकै पहिचानमा हुन्छिन्। यस्तो दोहोरो जीवन बाँच्नु परे पनि नग्मा आफ्नो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको पहिचानमा गर्व गर्ने वातावरण बन्नेछ भन्ने विश्वासमा छिन्। , अब नग्मा कानुनमा काम गर्न चाहिन्छन्। हाल उनी राजविराजमा कानुन विषयमा स्नातक (एलएलबी) पढ्दै छिन्।, 'कानुन पढेर मेरो समुदाय (लैंगिक तथा यौनिक अल्पसंख्यक) का लागि वकालत गर्न चाहन्छु,' उनी भन्छिन्, 'म अहिले नै अरू ठाउँमा पनि जागिर पाउँछु तर म यही समुदायका लागि काम गर्न चाहन्छु।', नग्मा हाल 'शान्तिका लागि मानव अभियान' नामको संस्थाका लागि सर्लाहीमा जिल्ला अध्यक्षका रूपमा पनि कार्यरत छिन्। उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति पनि अरू महिला–पुरुष सरह हुन्, सबै काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्छिन्। , 'हाम्रो समुदायका व्यक्तिले मानिसले गर्ने सबै काम गर्न सक्छन् भन्ने कुरा देखाउन चाहन्छु,' उनी भन्छिन्, 'दुनियाँको राज्य चलाउने क्षमता हामीसँग छ, अवसर पाउनु पर्यो।' , आफ्नो र आफूजस्तै साथीहरूको पहिचानका लागि चुनौतीहरूसँग हार नमान्ने नग्मा चाहन्छिन्– देशको कानुनले समलिंगी विवाहलाई मान्यता देओस् अनि आफू पनि बिहे गरूँ! , उनी भन्छिन्, 'हाम्रो लागि कुनै पनि केटा घरबार छोडेर आउँदैन। राज्यले कानुन बनाइदियो भने मात्र यसो हुन सम्भव हुन्छ। म हाम्रै समुदायको सन्तानलाई भविष्यको सन्तान बनाउन चाहन्छु।', नग्मा मुस्लिम समुदायकी हुनु नीलहीरा समाजका लागि गौरवको कुरा भएको छ। नीलहीराका एक सदस्य सञ्जय शर्मा भन्छन्, 'सानै उमेरदेखि आफ्नो पहिचानका लागि संघर्ष गरेकी नग्मा हाम्रो समुदायमा उदाहरणीय हुन्।' , नग्माको संघर्षको एउटै एउटा लक्ष्य छ; त्यो हो पहिचान।, उनको चाहना छ– नयाँ पुस्ताले लैंगिक पहिचानका लागि आफूले जस्तो पीडा भोग्नु नपरोस्, यति धेरै संघर्ष गर्नु नपरोस् र अपमानित हुनु नपरोस्, गौरवका साथ जिउन सकोस्! , तस्बिरहरूः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी,
हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान |
सेतोपाटी संवाददाता दाङमा गोठ भत्किएर शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ। , घोराही उपमहागनरपालिका वडा नं. ९ मा शनिबार बिहान माटोले बनेको गोठ भत्किँदा त्यसमा परि घाइते २ वर्षीया बालिकाको मृत्यु भएको हो।, स्थानीय इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनका उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , गम्भीर घाइते ती बालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिए। , त्यस्तै दाङमा बाख्रा चराउन गएका एक एक किशोरको चट्याङ लागेर मृत्यु भएको छ।, घोराही – १९ खानी गाउँको पोखरा डाँडामा बाख्रा चराउन गएका स्थानीय १५ वर्षीय शंकर बिकको मृत्यु भएको हो।, शुक्रबार दिउँसो तीन बजेतिर परेको चट्याङबाट बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बेलबासेले जानकारी दिए। , त्यस्तै बंगलाचुली गाउँपालिमा बलेका चट्याङ लागेर थप तीन जना घाइते भएका छन्।, गाउँपालिकाको वडा नं. ५ मुर्कुटीमा २७ वर्षीया शकुन्तला वली र उनकी ११ वर्षीया छोरी वर्षा वली घाइते भएका छन्।, उनीहरू घरमै बसेको समयमा चट्याङले हानेको थियो। बंगलाचुली – ३ दाङबाङका ३२ वर्षीय घनश्याम महरा पनि चट्याङ लागेर घाइते भएका छन्। , बेलुका पाँच बजेतिर परेको चट्याङ लागेर घाइते भएका सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बेलबासेले जानकारी दिए।, घाइते सबैको अवस्था सुधारोन्मुख रहेको पनि प्रहरीले जनाएको छ।,
गोठ भत्किएर २ वर्षीया बालिका र चट्याङबाट १५ वर्षका किशोरको मृत्यु |
सेतोपाटी संवाददाता राजधानीको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन्।, नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन्। वर्षा याममा नदी पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरू। अहिले वर्षायाम छ। नदीमा पानीको बहाव झनै उच्च हुन्छ।, नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन। वर्षायाम अरु समय भन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई।, हिउँदमा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ। सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ। सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ।, बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन। सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन्। वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ।, स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ। कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि शुरु भइसकेको छ।, सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन्। तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ।, कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ।, हेर्नुहोस् तस्बिरहरू (सबै तस्बिर न्युज एजेन्सी नेपाल), , बालाजुनजिक विष्णुमति किनारको बस्ती।, राजधानीको गैरीगाँउ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक।, ललितपुरको गोदावरीस्थित नगरमा रहेको बस्ती। , काठमाडौंको जडिबुटीमा बसेको सुकुम्बासीको नयाँ बस्ती।, भक्तपुरको मनहरामा रहेको बस्ती यहाँ झण्डै १ हजार १ सय घर टहरा रहेका छन्।, काठमाडौँको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती।, काठमाडौँको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती।, सिनामंगलको वागमती करिडोरमा रहेको बस्ती।, काठमाडौँको टेकुस्थित बागमती किनारमा सुकुम्बासी बस्तीमा बनाइएको पक्की घर। यहाँ एउटा सटरको १० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ।, काठमाडौँको थालाथली बस्ती।, काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती, काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी बस्ती।,
सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर) |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका छन्। , शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोली घर दैलो कार्यक्रममा निस्किएका हुन्।, महानगरपालिकाले साउन १ गते आइतबारदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न लागेको हो। , त्यसको लागि महानगरले तालिका पनि सार्वजनिक गरेको छ। त्यसैको प्रचारप्रसार गर्न मेयर शाह घर दैलो कार्यक्रममा निस्किएका हुन्। , ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर उनीहरू घर दैलोमा निस्किएका हुन्।, शाहले स्थानीयलाई पर्चाहरू देखाएर कहिले कुन खालको फोहोर निकाल्ने भनेर सिकाएका पनि थिए। , महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।, तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ।, महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो।, पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ। , काठमाडौं वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ।, महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।, महानगरले फोहोर छुट्याउनको लागि कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्न भनेको छ। , सम्भव भएमा कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल, गड्यौले बनाई आफ्नै करेसा बारीमा वा कौसी खेतीमा प्रयोग गर्ने बानी बसाल्न पनि अनुरोध गरेको छ।, नकुहिने फोहोरलाई पनि पुन: प्रयोग गर्ने बानी बसाल्न र कवाडी व्यवसायीलाई बिक्री गर्न मिल्ने भए त्यहाँबाट पनि आय आर्जन गर्ने बानी बसाल्न भनेको छ।, प्लाष्टिकलाई न्यून प्रयोग गरी त्यसको सट्टामा कपडा वा कागजको झोला प्रयोग गर्न पनि महानगरले अनुरोध गरेको छ। , ,
कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै काठमाडौंका मेयर बालेन शाह घर दैलोमा (भिडिओ) |
अमृत राज जैशी साधारणतया दाँतमा कीरा लाग्छ भन्ने गरिन्छ। तर हामीले गरेको अध्ययन अनुसार कीरा लाग्दैन।, यो एक विभिन्न व्याक्टेरीयाले उत्पादन गर्ने एसिडले दाँत खियाएर भित्री भागसम्म पुग्ने प्रक्रिया हो।, पहिला पहिला हामीले सम्झाउन ‘दाँतमा कीरा लाग्यो’ भन्दा भन्दै दाँत सड्नुलाई कीरा लागेको भन्न थालियो। ठ्याक्कै कीरा देखाउनु पर्यो भने त्यो सकिन्न।, हामीले बिहानदेखि बेलुकासम्म विभिन्न खानेकुरा खाइरहेका हुन्छौं। खाँदाखेरि दाँतमा गुलियो पदार्थ, कार्बोहाइड्रेट लगायतले उत्पादन गर्ने एसिडले दाँतलाई गलाउँछ। , हामीले धेरै गुलियो पदार्थ खाइरह्यौं र दाँत पनि सफा गरेनौं भने धेरै एसिड उत्पादन हुन्छ। जसले बिस्तारै दाँतलाई खियाएर कमलो बनाउँछ।, दाँत सड्न बच्चा जन्मेको ६ महिना वा १ वर्ष देखिनै सुरू हुन्छ। दूधे दाँतमा दन्त सडन हुने सम्भावना झन् बढी हुन्छ तर दूधे दाँत ६-१३ वर्षसम्म सबै साटिएर नयाँ दाँत आइसक्छन्। तर नसाटिने दाँत सुरूमै सड्न थाल्यो भने त्यसले पछिसम्म असर गर्छ।, बच्चालाई धेरै गुलियो खान दिइएन र राति ब्रस गर्न लगायौं भने दाँत सड्नबाट रोक्न सकिन्छ। ब्रस गर्न नसके पनि गुलियो खान नदिने र कम्तिमा कुल्ला गराएर मात्र सुताएमा पनि दाँतलाई स्वस्थ्य राख्न सकिन्छ।, अन्य उमेर समूहका व्यक्तिले दिनमा दुई पटक दाँत माझ्ने हो भने दाँत स्वस्थ्य रहन्छ। तर हामी यति धेरै हतारिन्छौ कि हामीलाई दुई मिनेट ब्रस गर्ने फुर्सद हुँदैन। त्यसैले राम्रोसँग दाँत नै माझ्दैनौं।, धेरै गुलियो खाने, चकलेट र आइसक्रिम खाने व्यक्तिलाई दाँतको समस्या धेरै आइरहेको हुन्छ।, सकेसम्म दाँतमा अलिकति कालो र खाल्डो जस्तो देखियो भने तत्कालै नजिकको दन्त चिकित्सककहाँ गएर उपचार गर्नुपर्छ। दाँत सड्न ठूलो खाल्डोको रूपमा भइसक्यो भने भरेर मात्रै हुँदैन। त्यस्तो अवस्थामा बिरामीलाई धेरै असर गरेको हुन्छ। त्यसैले आरसिटी गर्नुपर्छ। त्यसैले ढिलो गर्नुभन्दा उपचार गर्नु राम्रो हुन्छ।, दाँतमा देखिने धेरै समस्या मध्ये दाँत सड्नु प्रमुख समस्या हो। नेपालमा यसको अनुसन्धान भएको छैन। तर बाहिरी मुलुकलाई आधार मान्ने हो भने दाँतको समस्या भएका मध्ये ६० प्रतिशत भन्दा धेरैलाई दाँत सड्ने समस्या हुन्छ।, दाँतमा कीरा लाग्छ भन्ने विषयमा केन्द्रीत रहेर हामीले सेती प्रादेशिक अस्पतालमा कार्यरत दन्त रोग विशेषज्ञ डा अमृत राज जैशीसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्।,
के दाँतमा कीरा लागेकै हुन्छ? (भिडिओ) |
रासस नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्।, कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो।, सो क्रममा आचार्यको शरीरमा घाउचोट लागेको छ। उनको कपडा च्यातिएको थियो।, कुटपिट भएपछि उनी त्यहाँबाट भागेका थिए।, उनले बोकेका दुई वटा मोबाइल पनि विद्युत प्राधिकरणका कर्मचारीले खोसेका थिए।, शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको थियो।, प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए।, आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुन्।,
सरकारी कार्यालयमा मापसे गरिरहेको समाचार संकलन गर्न जाँदा पत्रकारमाथि कुटपिट |
नवीनबाबु गुरूङ सेतोपाटीले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले असार २६ देखि असार ३२ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, ललितपुरको कुपण्डोलमा गणेशको मूर्ति बनाउँदै एक कालीगढ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको लाजिम्पाटमा अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको साझा बस। एउटा स्कुटरलाई बचाउन प्रयास गर्दा ठोक्किन पुगेको चालकले बताएका थिए। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी, बकर इदको अवसरमा काठमाडौंको जामे मस्जिदमा प्रार्थना गर्दै एक युवा। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी, प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी, कार्टुनिष्ट क्लब नेपालद्वारा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली क्यारिकेचर २०७९’ मा प्रदर्शनमा राखिएको क्यारिकेचर। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको भृकुटीमण्डपस्थित एक गोदाममा भएको आगलागी नियन्त्रण प्रयासमा अग्नि नियन्त्रकहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंमा आयोजित जनता समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी,
साताका क्लिक |
एजेन्सी मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ।, देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो।, लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले जनाएको छ।, दुर्घटनामा एकजना भने बाँचेका छन्।, नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो।, दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ।, दुर्घटनाको कारण अज्ञात छ। कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ।, राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ। यसै विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो।,
मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु |
रासस साउन महिना (भोलि)देखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ।, यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। , नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो। , निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने उल्लेख छ। , त्यस्तै जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमक शाखा कार्यालय खोल्नुपर्ने पनि भनिएको छ।, बीमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ।,
साउनदेखि जडीबुटी खेतीको बीमा लागू हुने |
रासस भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरू गरेका छन्।, पैदल र प्याडलमैत्री सहर मुख्य नाराका साथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरू भएको हो।, साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौं, ललितपुर तथा काभ्रेको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबार स्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रूटमा यात्रा सुरू गरेको जानकारी दिए।, च्यालेन्जमा ५० किलोमिटरमा आठ महिलासहित १३८, ७५ किलोमिटरमा दुई महिलासहित ४७, १०० किलोमिटरमा तीन महिलासहित १०७ र अन्य ३०० भन्दा बढीको सहभागिता छ।, ‘पर्यटकको आगमन बढाउन र कोरोनाबाट मृत्यु भएका साइक्लिष्ट यमलाल रसाइको परिवारलाई सहयोग गर्न छ लाख रुपैयाँको कोष स्थापनाको लक्ष्य छ,’ अध्यक्ष बालाले भने।, कार्यक्रम संयोजक सुनिल ख्याजुले तीनवटा रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए।,
कोरा भक्तपुर साइक्लिङ यात्रा सुरू |
भगवती पाण्डे ठेक्का सम्झौता अवधि पुरा हुन एक महिना बाँकि रहँदा बुटवल-नारायणगढ सडक निर्माणको काम मात्र १९ प्रतिशत पुरा भएको छ।, साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि २०७५ पुसमा गरिएको ठेक्का सम्झौताअनुसार २०७९ साल साउन २२ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख थियो।, तर साढे तीन वर्षको अवधि पुरा हुँदा सडक निर्माणको २० प्रतिशत काम पनि नसकिएको हो।, २०७५ साल पुसमा ठेक्का सम्झौता गरिए पनि सोहि वर्षको चैत ८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको शिलान्यास गरेपछि मात्रै सडक निर्माणको काम अगाडि बढाईएको थियो।, ठेक्का सम्झौता गरिएको ४१ महिना पुरा हुँदा जम्मा १९ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडकको यही गतिमा काम अगाडि बढे सडक निर्माणका लागि अझै १४ वर्ष लाग्ने देखिएको छ।, पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवलदेखि नारायणगढ सम्मको १ सय १३ किलोमिटर सडकखण्डलाई दुई भागमा ठेक्का सम्झौता गरि विस्तारको काम थालिएको छ।, पूर्वी खण्ड अन्तर्गत गैंडाकोटदेखि दाउन्ने पहाडसम्मको ६५ किलोमिटर सडक खण्ड ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडक खण्ड ७ अर्ब ८६ करोड ३४ लाख रूपैयाँ गरि कुल १६ अर्ब ९९ करोड रूपैयाँमा ठेक्का सम्झौता गरि चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले सडक निर्माणको काम अगाडि बढाईरहेको छ।, सडक निर्माण सम्पन्न भएपछिको ४ वर्षसम्मको मर्मत सम्भारको काम पनि निर्माण कम्पनीले गर्ने गरी सम्झौता गरिएको छ।, सडक निर्माण सुरू भएसँगै कोरोना महामारी र रूख काट्ने र विद्युतका पोल सार्न ढिलाई हुँदा समयमा सडक निर्माणको काम सुरू गर्न नसकिएको आयोजनाले जनाएको छ।, आयोजनाका परामर्शदाता सुशन श्रेष्ठका अनुसार पहिले नै काम सुरू गरिएको भए पनि धेरै जंगल क्षेत्र रहेकोले दाउन्नेदेखि गैंडाकोट खण्डको ६५ किलोमिटर सडकको १८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।, पश्चिम खण्ड अन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकको पनि २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।, सुरूआती चरणमा वातावरणीय प्रभाव मूल्यांकनमा ९ हजार रूख काट्नुपर्ने देखिए पनि काम सुरू गर्ने बेला झण्डै ५० हजार रूख कटान गर्नुपर्ने देखिएपछि काममा ढिलाई भएको थियो।, पछि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन गर्दा देखिएभन्दा थप रुख कटानको लागि स्वीकृति दिएपछि बल्ल रुख कटानको काम अगाडि बढाईएको थियो।, त्यस्तै सडक निर्माण गर्दा झण्डै पाँच हजार विद्युतका पोल सार्नु पर्दा पनि काममा ढिलाई भएको आयोजनाले दाबी गरेको छ।, बुटवल-नारायणगढ सडक निर्माणको क्रममा पूर्वी खण्डमा २ हजार ४ सय ८५ र पश्चिम खण्डमा २ हजार ३ सय ५४ वटा विद्युत पोल सार्नुपर्ने हुन्छ।, चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाका अनुसार निर्धारित समयमा सडक निर्माणको काम नसक्ने भएपछि आगामी २०२४ अगस्टसम्म म्याद थपका लागि निवेदन दिएको छ।, ‘२०२४ अगस्टमा काम सक्ने गरी दुई वर्षको म्याद थपको माग गरेर निवेदन दिएका छौं’, उनले भने।, १ सय १४ किलोमिटरको यो सडक सहरी क्षेत्रमा ६ लेन, जंगल तथा ग्रामिण क्षेत्रमा ४ लेन र दाउन्ने खण्डमा तीन लेनको मात्रै हुने छ।, देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मध्य भागमा पर्ने यो सडक पूर्व-पश्चिम जोड्ने एक मात्र सडक हो। यसको विकल्पमा अरू कुनै सडक नहुँदा देशका अधिकांश स्थानमा जाने हजारौं सवारी साधन सडक निर्माणकै क्रममा यही सडक भएर दैनिक ओहोरदोहोर गरिरहेका हुन्छन्।, सन् १९७२ सालमा निर्माण गरिएको यो सडक विस्तार शुरू गर्नुअघि वर्षौसम्म मर्मत सम्भार नगर्दा खण्डहरू बनेको थियो।, विगत तीन वर्षदेखि सडक निर्माणको क्रममा पुल, कल्भर्ट र सडक किनार भत्काएर अस्तव्यस्त पारिँदा यो सडकको यात्रा कष्टपूर्ण बनेको छ।, सडकको कुल लागत करिब १९ अर्बमध्ये एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोग छ भने नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।, १ दशमलव ५ प्रतिशत व्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरि एसियाली विकास बैंकले नेपाल सरकारसँग ऋण सम्झौता गरेको हो।,
बुटवल नारायणगढ सडकः साढे तीन वर्षमा १९ प्रतिशत मात्रै भौतिक प्रगति |
सेतोपाटी संवाददाता ज्यान मार्ने उद्योगमा 'सुन मुन्द्रे' भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, धनकुटा पाख्रिबास घर भई गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४८ वर्षीय सुन मुन्द्रे भनिने सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।, उनले गत सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै एक व्यक्तिमाथि कुटपिट गरेका थिए।, बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठमाथि उनले कुटपिट गरेको आरोप छ। उनी फोहोरको अनुगमन गर्न गएका थिए।, घिसिङ गोकर्णेश्वरको फोहोर उठाउने ठेकेदार समेत हुन्। उनले फोहोर उठाएर बागमती किनारमा लगेर थुपार्ने गरेका थिए।, स्थानीयले पटक-पटक गुनासो गरेपछि प्रहरी वृत्त बौद्धले पनि घिसिङलाई बोलाएर त्यहाँ फोहोर नराख्न पनि भनेको थियो। त्यसरी राखेको गुनासोपछि समितिका कर्मचारी श्रेष्ठ पनि अनुगमनका लागि गएका थिए।, त्यसक्रममा उनले फोटो-भिडिओ समेत खिचेका थिए। त्यसरी खिचेपछि उनले श्रेष्ठको टाउकोमा मुक्काले हिर्काएका थिए।, मुक्काले हिर्काएपछि श्रेष्ठ घाइते बनेका छन्। उनको नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ।, घिसिङ युट्युबमा पनि चर्चित छन्। उनले शरीरमा धेरै सुनका गहना लगाउने भएर उनलाई सुन मुन्द्रे भनेर चिनिन्छ।, अहिले उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १२ को देहाय १८३ को ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको बताएको छ।, प्रहरी वृत्त, बौद्धले उनलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ।,
अनुगमनमा गएका बागमती सभ्यताका कर्मचारीलाई कुटेको आरोपमा 'सुन मुन्द्रे' पक्राउ |
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ।, ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो।, नयाँ आर्थिक वर्ष २०७९/८० को साउन २ गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ।, गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत् वितरण गरिने छ। त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिए।, पालिकाको केन्द्रमा रहेको बैंकमार्फत् सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो।,
वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता |
सेतोपाटी संवाददाता अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा अमित श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।, अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले सेतोपाटीलाई जानकारी दिए।, प्रहरीले बुधबार श्रेष्ठको पानीपोखरीस्थित निवासमा समेत छापा मारेको छ। , श्रेष्ठले आफू र परिवारको नाममा क्रिप्टोमा ठूलो लगानी गरेको हुन सक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रण लिएको हो।, ३३ किलो सुन काण्डमा पनि मुछिएका उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएका हुन्।, प्रहरीले उनीबारे थप अनुसन्धान भइरहेको जनाएको छ।, *यहाँ हाम्रो असावधानीवश विशाल सिमेन्टको नाम पर्न गएकोमा क्षमाप्रर्थी छौं। अमित श्रेष्ठले तीन वर्षअघि नै विशाल सिमेन्ट बिक्री गरिसकेको विशाल सिमेन्टले जनाएको छ। - सम्पादक,
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा अमित श्रेष्ठ पक्राउ* |
सेतोपाटी संवाददाता कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोप लागेपछि छानबिन समिति गठन भएको छ।, गत बिहीबार चाबाहिलको सडक खण्डबाट पाँचथर तुम्बेवा गाउँपालिका-५का घर भई कपन बस्ने शिव लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो। उनको बा ८२ प ५७९ नम्बरको रोयल इन्फिल्ड बाइकबाट कस्तुरीको बिना पनि बरामद गरेको प्रहरीले जानकारी दिएको थियो। उनलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको थियो।, पक्राउ परेका लिम्बुका परिवारले प्रहरी र अभियुक्तकै मिलेमतोमा लिम्बुलाई फसाएको आरोप लगाएका छन्। यस घटनाको सिसिटिभी फुटेज पनि बाहिर आएको छ।, उक्त फुटेजमा मोटरसाइकलमा एक व्यक्तिले लिम्बुको मोटरसाइकलमा रातो झोला राखेको देखिन्छ। त्यस्तै झोला राखेर उनी अगाडिको रेष्टुरेन्टमा पसेको पनि देखिएको छ।, केहीबेरपछि सादा पोशाकमा आएका प्रहरीले लिम्बु पसेको होटलमा पसेको देखिन्छ। त्यस्तै प्रहरी मध्येकै एक जनाले मोटरसाइकलमा झोला राख्ने व्यक्तिलाई बोलाएको पनि सिसिटिभी फुटेजमा देखिन्छ। जसले गर्दा यस घटनामा प्रहरीकै संलग्नता छ कि भन्ने देखिएको छ।, यसबारेमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी पाएपछि समिति गठन गर्न निर्देशन दिएका थिए।, त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।, कार्यालयका प्रहरी उपरीक्षक दीलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायक उपरीक्षक कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला पनि छन्।, समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।, ‘यस घटनामा कैफियत देखियो भनेर सञ्चारमाध्यममा आयो,’ राठौरले भने, ‘त्यसपछि छानबिन गर्न लागिएको हो। तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।’,
कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोपपछि छानबिन समिति गठन |
सेतोपाटी संवाददाता काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।, भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो। , ‘अहिले आगलागी नियन्त्रण गर्ने काम भइरहेको छ’, उनले भने ‘दमकल, नेपाल प्रहरीलगायत अन्यको सहयोगमा आगलागी नियन्त्रण लिने काम भइरहेको छ। अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन।’, प्रहरी उपरीक्षक मैनालीले घटनाको थप विवरण आउन बाँकी रहेको बताए।,
,
काठमाडौंको भृकुटीमण्डपमा आगलागी |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।, बुधबार बसेको बढुवा समितिको बैठकले ३६ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।, पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका देवेन्द्रबहादुर पाल, दोस्रोमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय नक्सालका सीताराम रिजाल र तेस्रोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका भीमकिरण बोगटी बढुवा सिफारिस भएका छन्।, त्यस्तै, चौथो नम्बरमा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीका सुमनकुमार तिम्सिना र पाँचौंमा अख्तियार टंगालका सरोज पौडेललगायत बढुवा सिफारिसमा परेका छन्।,
नेपाल प्रहरीका ३६ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित) |
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटना भएको छ। , लगनखेलबाट बूढानीलकण्ठ जाँदै गरेको बा ४ ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। , स्कुटर जोगाउन खोज्दा बस चिप्लिएर बिजुली पोलमा ठोक्किन पुगेको बस चालक बालसाङ लामाले बताए। घटना बुधबार साँझतिरको हो।, बस दुर्घटना भएर लाजिम्पाट सडकखण्डको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।, दुर्घनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। , सबै तस्बिर: नवीनबाबु गुरूङ,
लाजिम्पाटमा बिजुली पोलमा ठोक्कियो साझा बस (तस्बिरहरू) |
नवीनबाबु गुरूङ काठमाडौंको भृकुटीमण्डपमा बुधबार दिउँसो आगलागी भएको छ।, भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो। , ‘अहिले आगलागी नियन्त्रण गर्ने काम भइरहेको छ’, उनले भने ‘दमकल, नेपाल प्रहरीलगायत अन्यको सहयोगमा आगलागी नियन्त्रण लिने काम भइरहेको छ। अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन।’, प्रहरी उपरीक्षक मैनालीले घटनाको थप विवरण आउन बाँकी रहेको बताए।, हेर्नुहोस् तस्बिरहरू,
काठमाडौंको भृकुटीमण्डपमा आगलागी अझै नियन्त्रणमा आएन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०६ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार १७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ८२ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ५ जना सक्रिय संक्रमित छन्।, ४५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २०६ संक्रमित, सक्रिय एक हजार ५ जना |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना पाएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर दधिकोट बस्ने ३० वर्षीय सिताराम भण्डारी छन्। , उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। , उच्च अदालत पाटन ललितपुरले जेठ १० गते उनलाई पाँच लाख जरिवाना तोकेको थियो। त्यसपछि पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। , ,
बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ |
नारायण खड्का दाङ, तुलसीपुरमा भएको सामूहिक बलात्कार घटनाका आरोपीमध्येका अर्जुन बिक काठमाडौंबाट पक्राउ परेका छन्। , बिकलाई दुई दिनअघि प्रहरी वृत्त सिंहदरबारको सहयोगमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई दाङ ल्याई बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, अर्जुन बिकलाई बुधबार अदालत उपस्थित गराइएको थियो। उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अर्यालले सेतोपाटीलाई बताए।, गत असार २ गते राति ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, बसपार्ककी २५ वर्षीया युवतीमाथि तुलसीपुर– ९ बेलुवाको एक निर्माणाधीन घरमा सामूहिक बलात्कार भएको थियो।, बलात्कारका आरोपीहरू बेलुवाका २५ वर्षीय कमल चौधरी, सोही ठाउँका २४ वर्षीय शंकर बिक, २० वर्षीय अर्जुन बिक र एक १६ वर्षीय किशोर छन्। उनीहरूले अपांगता भएकी ती युवतीमाथि सामूहिक बलात्कार गरेको जाहेरी इप्रका तुलसीपुरमा परेको थियो।, जिल्ला अदालतले गत असार २८ गते नै शंकर बिकलाई कारागार चलान गर्न आदेश गरिसकेको छ। त्यस्तै कमल चौधरीसँग अदालतले एक लाख रूपैयाँ धरौटी माग गरेकोमा तोकिएको रकम बुझाउन नसकेपछि उनी पनि कारागार चलान भइसकेका छन्।, आरोपीमध्येका १६ वर्षीय किशोर भने नाबालक भएकाले बालसुधार गृह नेपालगञ्जमा पठाउन अदालतले आदेश दिएको छ।,
सामूहिक बलात्कारका तीन आरोपी थुनामा, नाबालकलाई सुधार गृह पठाउन आदेश |
सेतोपाटी संवाददाता काठमाडौंको भृकुटीमण्डपमा लागेको आगलागी पूर्ण रूपमा नियन्त्रण आएको छ।, बुधबार साढे दुई बजे भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा आगोलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आगलागी झन्डै सवा ६ बजेतिर नियन्त्रणमा लिइएको हो।, उनका अनुसार आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालीकाबाट (जुद्द बारुण यन्त्र)-१, बौद्ध रामहिटिबाट -१, ललितपुर महानगरपालीकाबाट-१, भक्तपुर नगरपालीकाबाट -१, नेपाली सेनाबाट -२, विमानस्थलबाट-१ र नेपाल प्रहरीबाट- १ वाटर क्यानन सहित ८ वटा दमकल र झन्डै ३० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो।, यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी वृत्त सिंहदरबार, मालीगाउँबाट प्रहरी नायब उपरीक्षक, नगर प्रहरी, अन्य वृत्तहरु र ट्राफिक प्रहरीबाट प्रहरी निरीक्षकहरू, विपत् व्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित-२५ जना गरी झन्डै १२० जना प्रहरी टोली परिचालन गरिएको थियो। , नेपाली सेनाबाट झन्डै १ सय जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट झन्डै ६० जना सुरक्षाकर्मीहरू परिचालित भएका प्रहरी नायब उपरीक्षक मैनालीले बताए। , त्यस्तै गरी महानगरपालीकाबाट झन्डै ३० जना नगरपालीकाको सुरक्षाकर्मीहरू परिचालित भएका छन्। , आगलागीमा कुनैपनि मानवीय क्षति भने भएको छैन। प्रारम्भिक रूपमा बुझ्दा करोडौको क्षति भएको भन्ने अनुमान छ। , अहिले इन्भेन्टोरी चेकिङ गर्ने काम भइरहेको छ।, प्रहरी उपरीक्षक मैनालीले आगलागीको कारण अझै खुलेको छैन। , प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। ,
भृकुटीमण्डपमा लागेको आगलागी पूर्ण नियन्त्रणमा |
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।, स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो।, चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।, घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनकाअनुसार घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।,
मध्यरातमा काठमाडौंमा चितुवाको आक्रमण, पाँच जना घाइते |
सेतोपाटी संवाददाता गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ।, गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले सेतोपाटीलाई बताए।, नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले कुटपिट गरेको हुनसक्ने अनुमान छ।, प्रहरीले घटनाबारे अनुसन्धान गर्दैछ।,
गोरखा बजारमा भेटियो युवकको शव |
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव कायमै छ। अहिले मुलुकका तीन प्रदेशका केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, यस्तै आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने सम्भावना छ। , दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ असार ३० गते (बिहिबार),
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ । प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ असार ३१ गते (शुक्रबार),
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।,
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ असार ३२ गते (शनिबार),
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।,
कर्णाली, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा |
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।, गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
गाडीको ठक्करबाट सुनसरीमा साइकलयात्रीको मृत्यु |
रासस भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ।, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो।, गत आइतबार बिहान 'भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा' शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो।, उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भंग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए।, विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरूवाले गुनासो गरेका थिए।, तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए।,
,
भरतपुर अस्पताल संघीय अस्पताल हो। यहाँ ६०० शय्या छन्। चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा नितका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए।, ,
२४ घण्टासम्म ड्युटीमा नजाने चिकित्सकलाई कारबाही |
सेतोपाटी संवाददाता ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , गएराति ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित सडकमा रोकिराखेको बागमती प्रदेश ०१-००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर ठोक्किएको थियो। , दुर्घटना हुँदा स्कुटर चालक गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। , दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।,
ललितपुरमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चितवन कालिका नगरपालिका-८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनलाई बिहीबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो। , उनीसँग वैदेशिक रोजगारको काम सञ्चालन गर्ने अनुमति छैन। तर विभिन्न व्यक्तिहरूलाई इजरायल, जापान लगायत पठाइदिने भन्ने गरेका थिए। राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगार दिने भन्दै उनले ठगी गरेको खुलेको थियो। , ठगी गरेको भन्दै २०७४ मा तीन पीडितले उनीविरूद्ध मुद्दा हालेका थिए। , सर्वोच्च अदालतले २०७७ चैत १७ गते वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम ६ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। , त्यसयता उनी फरार थिए। फैसला कार्यान्वयन गराउन सिआइबीको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। ,
,
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ |
सेतोपाटी संवाददाता हात्तीको दाह्रा बेचबिखन गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इलाम, जितपुरसिमरा उपमहानगरपालिका-१ घर भई झापा अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने २५ वर्षीय रमेश राईलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई प्रहरीले झापाको खुदुनावारीबाट बिहीबार पक्राउ गरेको हो। उनीमाथि संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरेको आरोप छ। , प्रहरी उपरीक्षक महतोका अनुसार हात्तीको दाह्रा बेचबिखन गरेको मुद्दामा यसअघि पनि केही व्यक्तिहरूलाई सिआइबीले पक्राउ गरिसकेको छ। , गत फागुन २७ गते काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटल ओदानमा हात्तीको दाह्रा बेचबिखन हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा खटिएको सिआइबीको टोलीले तीन जनालाई पक्राउ गरेको थियो। , झापा भद्रपुर नगरपालिका-७ बस्ने ५८ वर्षीय भिमकुमार भनिने भक्तिकुमार लिम्बु, वडा ७ चन्द्रगढी बस्ने ४२ वर्षीय अशोक कार्की र पाँचथर फिदिम नगरपालिका-४ जोरसाल बस्ने ४३ वर्षीय रमेश सुवेदीलाई पक्राउ गरेको हो।, उनीहरूबाट १५.६८ किलो भएको दाह्रा बरामद गरेको थियो। अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले उनीहरूलाई फागुन २९ गते डिभिजन वन कार्यालय हात्तीसार बुझाएको थियो। , यसमा अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेपछि सिआइबीले फरार रहेका राईको खोजी गरेको प्रहरी उपरीक्षक महतोले बताए। , सिआइबीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा राईलाई पक्राउ गरेको हो। उनलाई पनि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको छ। ,
हात्तीको दाह्रा बेचबिखनमा संलग्न रहेका फरार आरोपित पक्राउ |
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरणसागर भण्डारी, वडा नम्बर ५ का अध्यक्ष गणेशबहादुर बोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी बोगटी ‘खड्का’ विरूद्ध मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। , उनीहरूले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।, यस्तै आरोपितहरूसँग सोही रकम बराबरको बिगो दाबी समेत गरेको आयोगले जनाएको छ।, आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिई अनियमितता गरेकोबारे उजुरी परेको थियो।, उजुरीका आधारमा छानबिन गर्दा अनियमितता गरेको पाएपछि सातै जनाविरूद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ।,
तत्कालीन डोटी प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध मुद्दा दर्ता |
सेतोपाटी संवाददाता नेपालमा बिहीबार २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो।, उनीहरूमध्ये २१४ जनाले पिसिआर परीक्षण गरेका थिए भने ४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका संक्रमित थपिने क्रम बढ्दो छ। संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। बिहीबार देशभर ११७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।, बुधबार २०६ जनामा कोरोना पुष्टि भएको थियो।, नेपालमा अहिलेसम्म ११ लाख २१ हजार जनामा कोरोना संक्रमण भएको छ भने ११ हजार ९५२ संक्रमितले ज्यान गुमाएका छन्। ,पछिल्लो ११ दिनमा कोरोना संक्रमण र परीक्षण, मिति, परीक्षण, संक्रमण, असार ३०, ३८४४, २६०, असार २९, ३१७५, २०६, असार २८, ३१२६, १७७, असार २७, ३०२०, १६८, असार २६, ३०४५, १२१, असार २५, २६१५, १०२, असार २४, २१५४, ९८, असार २३, ३५१५, ७८, असार २२, २७२४, ११३, असार २१, ३११२, ९०, असार २०, ३०१०, ४०,
एकैदिन थपिए कोरोनाका २६० संक्रमित |
सेतोपाटी संवाददाता अहिले शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ।, देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, यसैगरी राति देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यता बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। , प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।, यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान,
२०७९ असार ३१ गते (शुक्रबार),
दिउँसो: देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ असार ३२ गते (शनिबार),
दिउँसो: देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देश भरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ साउन १ गते (आइतबार),
दिउँसो: देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देश भरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका केही, बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।,
आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। , यातायात व्यवस्था कार्यालय सानो भर्याङबाट ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई बाफल बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहट चन्द्रपुर नगरपालिका-१ घर भई बौद्ध बस्दै आएका ३३ विश्व वल्लभ लामा र सोही घर भई बाफल बस्ने २४ वर्षीय सुवास योन्जन लामा छन्।, यस्तै उदयपुरगढी नगरपालिका-२ घर भई स्वयम्भु बस्दै आएका सुरज भन्ने वीर बहादुर मगर, झापा मेचीनगर नगरपालिका-३ घर भई पेप्सीकोला बस्दै आएका २४ वर्षीय विशाल उप्रेती र सर्लाही परवानीपुर नगरपालिका-१६ घर भई सीतापाइला बस्दै आएका २४ वर्षीय विमल पुलामी पक्राउ परेका छन्।, प्रहरीले उनीहरूलाई बिहीबार सानो भर्याङ्गस्थित यातायात व्यवस्था कार्यालयबाट पक्राउ गरेको हो।, सेवा लिन आएका सेवाग्राहीहरूलाई सेवा लिने/दिने कार्यमा बाधा पुर्याएर लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।, उनका अनुसार छिटो छरीतो काम गरिदिने भनी आश्वासन दिएर जबरजस्ती सेवाग्राहीहरूलाई तानी सरकारी काममा बाधा अवरोध पुर्याई अनावश्यक दुःख हैरानी दिएर अभद्र व्यवहार गरेको सूचना प्राप्त भएको थियो।, पक्राउ परेकालाई मुलुकी फौजदारी अपराध कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप भई प्रहरी वृत्त स्वयम्भुबाट थप अनुसन्धान भइरहेको जनाएको छ। ,
,
यातायात कार्यालयबाट ६ जना बिचौलियाहरू पक्राउ |
रासस ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, दुई घाइते भएका छन्।, मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्।, मकै गोड्ने क्रममा बिहीबार चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन्।, घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।,
मकै गोड्दै गर्दा लाग्यो चट्याङ: एकको मृत्यु, दुई घाइते |
सेतोपाटी संवाददाता जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। , जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । , जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन्। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।, प्रहरी निरीक्षक भट्टका अनुसार गए राति चौकीदार गाउँतिर गएका थिए। सोही बेला ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको हो। , राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउलेले ४ बजे मात्र थाहा पाएका थिए। जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो।, शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ।,
जुम्लामा लघु जलविद्युतको पावर हाउस भासिँदा एकै परिवार तीन जनाको मृत्यु |
रासस प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ।, प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन्।, जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो।, पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।,
यातायात कार्यालय सानोभर्याङबाट ६ बिचौलिया पक्राउ |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।, भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा आज शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट फ्लसिङको काम हुने र त्यसका लागि बाँधको ढोका खोलिने भएकाले नदीमा जलस्तर बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो।, ‘शुक्रबार बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलसतह बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनु हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ। ,
धौलीगंगा जलविद्युतको बाँध खोलियो, महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन दार्चुला प्रशासनको सुझाव |
सेतोपाटी संवाददाता लुम्बिनी प्राविधिक विश्वविद्यालयमा उपकुलपति माग भएको छ।, उपकुलपति नियुक्तिका लागि प्रदेश सरकारलाई उम्मेदवार सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना निकालेर दरखास्त आह्वान भएको छ।, शिक्षा, विज्ञान तथा खेलकूद मन्त्रालयमा इच्छुकले आवश्यक कागजात बुझाउन सक्नेछन्।, विद्यावारिधि उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।, करिब १५ वर्ष विश्वविद्यालय तहमा पढाएको वा अनुसन्धानका काम गरेको प्राध्यापक उपाधि हासिल गरेको व्यक्ति दरखास्तका लागि योग्य हुने सूचनामा उल्लेख छ।,
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा उपकुलपति माग |
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन्।, उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ परेका छन्।, असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको हो। उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो।, शुक्रबार जाहेरी पनि परेपछि प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको बुझिएको छ।, सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए।, राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ।, आरोपितहरूलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,
प्रेमीसँग भागेकी युवतीमाथि सामूहिक बलात्कार, सशस्त्रका जवानसहित चार पक्राउ |
सेतोपाटी संवाददाता भक्तपुरमा एक जना वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन्। , शनिबार बिहान सवा ८ बजे चाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकार मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनी आफ्नै तीन तले पक्की घरको भुँई तलाको कोठामा मृत फेला परेका हुन्।, प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार मृतकको कम्मरदेखि माथिको भाग जलेको छ। , घटनाबारे खबर पाएपछि प्रहरी वृत्त थिमी, परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। , प्रहरीले केएमसी अस्पतालबाट चिकित्सकको टोलीलाई पनि बोलाएको थियो। , अहिले पोष्टमार्टमका लागि शव केएमसी अस्पताल दुवाकोट पठाएको छ। मृतक शिल्पकारको घरमा उनका छोरा र बुहारी पनि बस्छन्। , उनीहरू माथिल्लो तलामा बस्थे। , बिहान छोराले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटना नियोजित हो वा दुर्घटना हो भन्ने पाटोबाट अनुसन्धान गरिरहेको छ। अहिले नै घटना शंकास्पद छ वा छैन भन्न नसकिने प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। ,
,
भक्तपुरमा एक वृद्ध जलेको अवस्थामा मृत फेला |
सेतोपाटी संवाददाता चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए।, कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए।, उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।, कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए।, शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यको परिवार, पत्रकार महासंघका अध्यक्ष र विद्युत प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमती भएको हो। , आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्। आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनको सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्।,
पत्रकारमाथि कुटपिटमा संलग्न विद्युत प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता सुनसरीमा हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बराह क्षेत्र नगरपालिका-६ मुनाल चोक बस्ने ४० वर्षीय आशिष दर्जीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय सबिन तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनीहरू छिमेकी हुन्।, गएराति उनीहरूले मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी उनीहरूबीच झगडा भएको थियो।, त्यसक्रममा सबिनले आशिषको छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।, ‘गएराति सानो विषयमा विवाद भएर उनीहरूबीच झगडा भएको थियो। त्यसक्रममा एकले छुरा प्रहार गरेका हुन्,’ प्रहरी उपरीक्षक थापाले भने, ‘एकले अर्कालाई हेप्ने, होच्याउने गरेको भन्ने रहेछ।’, छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले सबिनलाई नियन्त्रणमा लिएको थियो।, घाइते भएका आशिषको उपचारको लागि घोपा अस्पताल धरान पठाएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,
सुनसरीमा छिमेकीको हत्या गरेको आरोपमा एक पक्राउ |
रासस भरूवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा छन्।, उनले साथमा भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। , निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।, तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।,
भरुवा बन्दुकसहित एक पक्राउ |
सेतोपाटी संवाददाता सरकारले घोषणा गरेको ६८ वर्षको उमेरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय परिमार्जन गर्न विज्ञहरूले सुझाव दिएका छन्। , केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गइरहेकोले यो निर्णयमाथि सरकारले पुनर्विचार गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका हुन्।, सोमबार विश्व जनसंख्या दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरूले वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गइरहेकोले सरकारले घोषणा गरेअनुसार ६८ वर्ष उमेरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा धान्न नसक्ने बताए।, सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरेको छ। यसअघि ७० वर्षमा दिँदै आएको वृद्ध भत्तालाई २ वर्ष घटाएर ६८ वर्षमा नै वृद्धभत्ता दिने नीति ल्याएको छ।, यसले राज्यलाई बढी आर्थिक भारपर्ने भन्दै विज्ञहरुले यसमा सरकारले पुनः विचार गर्नुपर्ने सुझाव दिएका हुन्।, केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गएको तथ्यांक आइरहेकोले राज्यले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए।, पछिल्लो समय नेपालमा वृद्ध जनसंख्याको मात्रा बढ्दै गइरहेको र तथ्यांक विभागले गरेको जनसंख्या अध्ययन तथा गणनामा पनि यसको मात्रा धेरै रहेको पाइएको निर्देशक लामिछानेले बताए।, पूर्ण गणनापछि सार्वजनिक गरिने उमेर समूहको तथ्यांकले सबैलाई चकित पार्ने उनले बताए।, निर्देशक लामिछानेले जनसंख्याको बसाइसराइ एकदमै उच्च रहेकोले यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले सरकार जनसंख्या घटाउने भन्दा पनि जनसंख्या भित्रको बसाइसराइलाई रोक्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिए।, कार्यक्रममा जनसंख्या महाशाखाका निर्देशक कपिल तिमल्सिनाले विदेश जाने नागरिकको स्वास्थ्य परीक्षण कर्मकाण्डी तरिकाबाट भइरहेको बताए।, उनले सरकारले पूर्णरूपमा स्वास्थ्य चेकजाँच गर्ने कुरामा विशेष जोड दिनुपर्ने बताए।, उनले हालको अवस्थामा पनि विदेश रोजगारीका लागि जाने अधिकांश मानिस अदक्ष रहेको दाबी गरे।, निर्देशक तिमल्सिनाले नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठप्रति इंगित गर्दै नेपाल ढिलो चाँडो श्रीलंकाको अवस्थामा नै पुग्ने हो भन्ने भनाइले जनतामा त्रास पैदा भएको बताए।, उनले यस किसिमका भनाइहरूले जनताको अवस्था कठिन हुने बताए। , उनले भने, ‘अहिले विदेश जाने मानिस पूर्णतया अदक्ष छन्। अहिले विदेश जानेको स्वास्थ्य जाँच कर्मकाण्डी भएको छ। अब त्यसको पूर्णरूपमा स्वास्थ्य चेकजाँच गर्ने कुरामा विशेष जोड दिनुपर्छ। केही दिनअघि मात्रै हाम्रा राष्ट्रिय सभाका मान्यज्यूले भन्नुभयो, नेपाल ढिलो चाँडो श्रीलंकामा नै पुग्ने हो भन्नुभयो, नेपालको माननीय सांसदले त्यसो भनेपछि हाम्रो हालत के होला? ग्यालिनमा तेल हाल्ने हो कि? अब त समस्या हुन्छ।’, ,
सरकारलाई विज्ञको सुझावः सामाजिक सुरक्षा भत्ताको निर्णय परिमार्जन गरौं |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ।, यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय गरेको थियो। ,
कर्णालीमा साउन १ गते सार्वजनिक विदा |
सेतोपाटी संवाददाता सुनसरीमा १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या भएको छ। , मंगलबार बिहान ७ बजे रामधुनी नगरपालिका-६ सुवाना बस्ने १६ वर्षीय विवेक सदाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। , उनीमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नम्बर ७ का १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।, प्रहरी निरीक्षक राईका अनुसार उनीहरू गाँजा खाने गर्थे। पहिले पनि निशानलाई प्रहरीले अभद्र व्यवहार गरेको मुद्दा चलाइसकेको थियो। , गएराति उनीहरूको झगडा भएको थियो। झगडा भएपछि अरूले छुट्टाएर निशानलाई घर पठाइदिएका थिए। , विवेक भने आफ्नो घर गएनन्। उनी छिमेकीको घरमा गएर बसे। घरको पेटीमै उनी सुतेका थिए।, उनी सुतिरहेकै ठाउँमा छुरा लिएर अर्का किशोर पनि पुगेका थिए। सुतिरहेकै बेलामा विवेकको पेटमा छुरा प्रहार गरेको प्रहरी निरीक्षक राईले बताए। , छुरा प्रहार गरी घाइते भएका विवेकलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। त्यहाँ उनको उपचारको क्रममा करिब ८ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। , प्रहरीले घटनास्थलबाट अर्का किशोरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनले किन हत्या गरेको भन्ने विषयमा सबै कुरा नखुलाइसकेको प्रहरीले जनाएको छ। , उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।,
सुनसरीमा छुरा हानेर एक किशोरको हत्या, अर्का किशोर पक्राउ |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७७ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८०५ जनाको पिसिआर र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ८७३ जना सक्रिय संक्रमित छन्।, ४१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए १७७ कोरोना संक्रमित |
सेतोपाटी संवाददाता काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, कागेश्वरी मनोहरा नगरपालिका-५ थली पिपलबोटमा गत शनिबार राति पौने ११ बजे एक पुरूषमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर भई थली बस्ने २५ वर्षीय राजन श्रेष्ठमाथि छुरा प्रहार भएको थियो।, त्यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी गाउँपालिका-४ घर भई थली बस्ने दिपेश शाक्य छन्। घटना भएको खबर पाएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी परिचालन भएको थियो। घाइते रहेका श्रेष्ठको उपचारको लागि अस्पताल पठाइएको थियो।, यता प्रहरीले शाक्यको संलग्नता भएको पत्ता लगाएर खोजी गर्न थालेको थियो। त्यसपछि उनलाई आइतबार अपराह्न ५ बजेतिर पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।, घटनामा प्रयोग भएको छुरी पनि उनको कोठाबाट बरामद भएको छ।, प्रहरीले शाक्यमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर अन्तर्गतको ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ।, काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ।,
काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।, अख्तियारले उनीविरूद्ध मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।, सचिव झाले गाविसमा विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यसमा अनुसन्धान हुँदा झाले ७ लाख ५१ हजार रुपैयाँ रकम विभिन्न व्यक्तिको नाममा निकाली हिनामिना गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनीमाथि लागेको आरोप पुष्टि भएपछि उनीमाथि सो रकम बिगो कायम गरी कैद सजाय समेत माग गरी अदालतमा आरोपपत्र दायर गरेको हो।,
सर्लाहीका तत्कालीन गाविस सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर |
रासस बागमती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन्।, गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वागमती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर संकलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए।, समितिले आयोजनाको काममा नै अवरोध पुर्याउने गरी फोहर संकलन केन्द्र नराख्न तीन पटक पत्राचार गरिसकेको छ। तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ। श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा बागमती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ। , अनधिकृत रूपमा फोहर संकलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन्। जसले गर्दा जम्मा भएको आधा फोहर बागमतीमा बग्ने गरेको छ।, नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’ मा सहभागी श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो। ‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर संकलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासी मुक्का प्रहार भयो’, उनले भने।, आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ। श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ।,
वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए |
सबिना श्रेष्ठ हिति मासेर निजी घर बनेको कुरा त हामी धेरै सुन्छौं तर महालक्ष्मी नगरपालिकामा स्थानीय जनप्रतिनिधिहरूले नै हिति मासेर वडा कार्यालय भवन बनाइरहेका छन्।, सम्पदा र संस्कृति संरक्षणमा स्थानीय जनप्रतिनिधिहरूको ठूलो भूमिका हुन्छ। कतै विनाश हुन खोज्यो भने पहिलो आवाज उठाउने उनीहरूले नै हो। तर महानलक्ष्मी नगरपालिकाको वडा नम्बर ४ मा 'चिसापानी हिति' भनेर चिनिने ढुंगेधारा मासेर चार तलाको वडा कार्यालय भवन बन्दैछ।, बाह्रै महिना चिसो पानी आउने भएकाले चिसापानी हिति भनिएको र यसै आधारमा ठाउँको नाम रहन गएको स्थानीय बताउँछन्। करिब दुई वर्षअघि वडाले यहाँ ७५ लाख रूपैयाँ बजेटमा कार्यालय भवन बनाउन सुरू गरेको थियो।, 'परम्परागत हिति मासेर वडा कार्यालय बनाउन थालेपछि हामीले सुरूदेखि विरोध गर्दै आएका थियौं,' सम्पदा संरक्षण अभियन्ता रवि शाक्यले भने, ‘वडाले केही समय काम रोकेजस्तो गरेर फेरि बनायो।’, शाक्यका अनुसार यो हितिमा राजकुलोबाट पानी आउँथ्यो। ललितपुरका राजोपाध्याय र राजकर्णिकारहरू समय समयमा यहाँ पूजा गर्न आउँथे। जनै पूर्णिमाको दिन उनीहरू यहाँ आएर भ्यागुतोलाई खानेकुरा खुवाउँथे।, पानी नआए पनि संरचना संरक्षण गर्न स्थानीय युवा क्लबले केही वर्षअघि हिति रंग्याएका थिए। तस्बिर स्रोत: निरोज महर्जन, यहाँको पानी सांस्कृतिक हिसाबले निकै महत्वपूर्ण रहेको उनको भनाइ छ।, रातो मच्छिन्द्रनाथको रथ पाटनको सुन्धारा पुगेपछि यो हितिको पानी चढाउन जानुपर्थ्यो। यसका लागि छुट्टै गुठी व्यवस्था गरिएको हुन्थ्यो। सानागाउँ र लुभूको जात्रामा पनि यहाँको पानी लग्ने चलन थियो। तर राजकुलो मासिएर हितिमा पानी आउन छाडेपछि यो संस्कृति हराएको स्थानीय बताउँछन्।, यहाँ २०७२-७३ सालसम्म कलकल पानी आउँथ्यो। वरिपरि स्थानीयले घर बनाएपछि हितिको मूल सुक्यो। त्यसपछि जात्रापर्वमा पानी लग्ने चलन पनि रोकियो।, पानी आउन बन्द भए पनि हितिको संरचना बाँकी नै थियो। संरचना बचुञ्जेल मूल खोजेर पानी झार्न सकिन्छ। तर वडा कार्यालयले हितिकै संरचनामाथि भवन ठड्याउन थालेपछि मूल खोज्ने र पानी झार्ने सम्भावना सधैंका लागि मासिएको छ।, बहालमा बस्दै आएको वडा कार्यालयले हितिमा पानी आउन छाडेदेखि नै यो ठाउँमा आफ्नो भवन बनाउन खोजेको थियो। तर ऐतिहासिक हिति मासेर वडा भवन बनाउने कामको स्थानीयबाट विरोध भयो।, विरोधकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यहाँ भवन निर्माणको काम रोक्न आदेश दिएको छ।, हिति मासेर कार्यालय भवन बनाउन सुरू गरेका बेला यहाँका वडाध्यक्ष लक्ष्मण रोक्का थिए। त्यो समय वडा सदस्य रहेका अमृत खत्री अहिले वडाध्यक्ष छन्। उनी यो कामबारे आफू अनभिज्ञ रहेको बताउँछन्।, ‘वडा भवन बनाउन नगरपालिकासँग सम्झौता हुनुपर्छ। यहाँ सम्झौता पनि भएको छैन,’ उनले भने, ‘पछिल्लो कार्यकालको काम भएकाले मलाई त्यति थाहा छैन। अहिले काम रोक्का भएकाले हामीले त्यति सोचेका छैनौं।’, यहाँका स्थानीय र सम्पदा अभियन्ताहरू भने वडा भवन भत्काएर हितिलाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग राख्छन्।, ‘वडाको काम यस्तो ऐतिहासिक हिति भत्काउने होइन। बरू मूल कसरी सुक्यो भनेर खोज्नुपर्ने हो,’ सम्पदा अभियन्ता निरोज महर्जनले भने, ‘यो घर तत्काल भत्काएर हिति फेरि ब्युँताउनुपर्छ भन्ने हाम्रो माग हो।’, परम्परागत हितिमाथि निर्माणाधीन वडा कार्यालय भवन। तस्बिर स्रोत: निरोज महर्जन,
पानी खोइ? सुक्यो, हिति खोइ? वडा कार्यालयले मिच्यो |
रासस श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रूपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईलाई पक्राउ गरिएको हो। , प्रहरीको साइबर ब्युरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ।, यस्तै ब्युरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बिर प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्नै अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ। , यसरी चरित्रहत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौंको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक छन्।, दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए।,
श्रीमानबाटै चरित्रहत्या! |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, ब्युरोले सिन्धुली घर भई कीर्तिपुर नगरपालिका-६ टौदह बस्ने ३१ वर्षीय विकास भन्ने राजेश विक र रूपन्देहीको सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३६ वर्षीय जीवन दमाईलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।, उनीहरूलाई प्रहरीले छुट्टाछुट्टै मुद्दामा पक्राउ गरेको हो।, विकासले फेसबुकमा चार जना नाबालिकाहरूको तस्बिर प्रयोग गरी नक्कली अकाउन्ट खोलेको आरोप छ। उनले त्यसरी नक्कली अकाउन्ट खोलेर ती नाबालिकाका आफन्त तथा साथीभाइहरूलाई अश्लिल शब्द प्रयोग गरेको प्रहरीले जनाएको छ। , उनलाई पक्राउ गरी शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न समेत प्रहरीले अनुमति लिएको छ।, त्यसैगरी वैदेशिक रोजगारीको लागि ओमानमा रहेकी महिलाको पनि चरित्र हत्या गरेको उजुरी परेपछि प्रहरीले जीवनलाई पक्राउ गरेको हो।, उनले पनि नक्कली अकाउन्ट खोलेर ती महिलाको फोटो राखेका थिए। अश्लिल क्याप्सन समेत राखेर फेसबुकमा चरित्र हत्या गरेको भन्दै उनीविरूद्ध जाहेरी परेको थियो।, उनीमाथि पनि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिन हिरासतमा राख्न अनुमति पाएको छ।, उनीहरूमाथि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। ,
फेसबुकमा नक्कली अकाउन्ट खोलेर चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ |
सेतोपाटी सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ। , मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात/आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए।, सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ।, सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। रासस,
दुई बालिकाको डुबेर मृत्यु |
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।, सोमबार वीरगन्ज महानगरपालिका-१६ बाट भारततर्फ जान लागेका एक पुरूषलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। , प्रहरीले रामेछाप मन्थली नगरपालिका-१४ का ४२ वर्षीय बाबु घिसिङलाई पक्राउ गरेको हो। , उनीसँगै भोजपुर घर भएकी २२ वर्षीया युवती पनि थिइन्। भारत जान लाग्दा चेकिङ गर्ने क्रममा ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई रोकेको थियो। त्यहाँ माइती नेपालका कर्मचारीहरू समेत उपस्थित थिए। , प्रहरी र कर्मचारीले उनीहरूमाथि शंका लागेर सोधपुछ गरेको थियो। , केही समय अगाडि आफन्तमार्फत् चिनजान गरी ती युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजारको काम लगाइदिने प्रलोभन दिएका थिए। , प्रलोभनमा देखाएर सोमबार काठमाडौंमा भेटेर सोही दिन टाटा सुमो चढेर वीरगन्ज पुर्याएका थिए। घिसिङले ती युवतीलाई आफूहरूको घर बाराको अमलेखगञ्ज हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको भन्नू भनेर सिकाएका थिए।, त्यसरी भन्न लगाएर बेचबिखन गर्ने उद्देश्यले भारत लैजाँदै गरेको खुलेपछि उनीलाई पक्राउ गरेको हो। , उनीमाथि प्रहरीले मंगलबार पर्सा जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको बताएको छ। ,
मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक पक्राउ |
रासस आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।, ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर:।, गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।, व्यास जयन्ती आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ।, आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।, व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्– ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्। परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्।, पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए।,
आज गुरूपूर्णिमा मनाइँदै |
सेतोपाटी संवाददाता नेपालबाट चोरी भएर अमेरिका पुर्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काएर पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।, पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १ सय ३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुइटा टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरेकी हुन्।, काठमाडौं महानगरपालिका-१२ ह्यूमत टोलमा रहेको दुई छाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३ औं र १४ औं शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएका थिए। उक्त टुँडालहरू एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इस्टिच्युट अफ शिकागोमा प्रदर्शनीमा राखेका थिए।, उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्य दूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्च समेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन्। , हालसम्म बेलायतबाट १९ थान, अस्ट्रेलियाबाट १ थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट १ थान मूर्ति तथा कलावस्तुहरू नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ।,
,
चोरी गरेर अमेरिका पुर्याइएका दुइटा टुँडाल नेपाल फर्काइयो |
रासस महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा शव फेला परेको छ।, मंगलबार अर्ध जलेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा फेला परेको छ।, महिलाको अनुहार लगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा छ।, उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
नदी छेउमा भेटियो अर्ध जलेको अवस्थामा शव |
सेतोपाटी संवाददाता उत्तरी गोरखामा रहेको चुमनुब्री गाउँपालिकामा सञ्चालित योजनाको भुक्तानी तथा सामाजिक सुरक्षा भत्तालगायत वितरण गर्न आवश्यक पैसा हेलिकप्टरबाट लगिएको छ।, यो गाउँपालिकामा सडकको पहुँच छैन। हालै नेपाली सेनाले सडकको ट्याक खन्ने काम भने गरेको थियो।, गाउँपालिकाको केन्द्र सिर्दिवास फिलिममा कुमारी बैंकको शाखा छ।, उक्त शाखाबाट गाउँपालिकाले विभिन्न योजनाको भुक्तानी गर्ने गर्छ भने सामाजिक सुरक्षा भत्ता पनि सोही बैंकबाट वितरण हुने गरेको छ।, बैंकले गाउँपालिकाका योजना भुक्तानी लगायतका लागि पाँच करोड रूपैयाँ हेलिकप्टरबाट लगेको छ।, मंगलबार मनाङ एयरको हेलिकप्टरबाट पैसा लगेपछि चालु वर्ष गाउँपालिकाबाट सञ्चालित योजनाका भुक्तानी दिने काम सुरू भएको छ।, गाउँपालिका अध्यक्ष निमा लामाले करिब एक सातादेखि बैंकको शाखामा पैसा नहुँदा भुक्तानी रोकिएको र हेलिकप्टरबाट पैसा ल्याएपछि विभिन्न योजनाका भुक्तानी सुरू भएको बताए।,
गाउँपालिकाको योजनामा भुक्तानी गर्न हेलिकप्टरबाट लगियो पैसा |
रासस नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।, उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए।, विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए।, ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका छन्।, ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।, भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरुको धारणा छ।, त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ।, यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन्। भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन्।, भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकोले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताए।, रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ।, भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ।,
आज आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती |
सेतोपाटी संवाददाता आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ। , बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।, शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ।, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, हेर्नुहोस् शुक्रबारसम्मकाे माैसम अनुमान ,
बुधबार,
दिउँसो: देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।, राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, बिहीबार,
दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , शुक्रबार,
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।,
लगातार तीन दिनसम्म वर्षाको सम्भावना |
रासस काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ।, मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ।, पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए।, उनकाअनुसार एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो। उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ।, उनकाअनुसार ४३ हजार ४६७ युरो (५५ लाख ७१ हजार बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो।, १५ कन्टेनर सामग्री आयात, चोभारमा निर्माण गरिएको उक्त बन्दरगाह गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरुपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो।, बन्दरगाह सञ्चालनमा आए यता १५ कन्टेनरमा रु सात करोड ३९ लाख बढीको सामग्री बरगाहमा भित्रिएका छन्।, चोभार बन्दरगाहमा वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुमात्र सिधै चोभार भित्रन पाउनेछन्।, उक्त पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन्।, सरकारले चोभार सुक्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो। लामो तयारीपश्चात् रु एक खर्ब ६० करोड लागतमा २६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको हो।,
चोभार बन्दरगाहबाट निर्यात सुरू |
सेतोपाटी संवाददाता ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक खण्ड अवरूद्ध भएको छ। , सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेको हो। , पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, बुटवलदेखि दोभान सम्मको करिब ८ किलोमिटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले र धुले पहिरो झर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।, यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो। , अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग निर्माण गर्दैछ।,
ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक अवरूद्ध |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति गौरीगंगा नगरपालिका-९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुप प्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठक्कर खाएका थिए।, साेही क्रममा मोटरसाइकल (से ७ प ११४७) चालक घोडाघोडी नगरपालिकाका २३ वर्षीय रामअवतार कठरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ।, त्यस्तै अन्य तीन जना घाइते भएका छन्। उनीहरू उपचाररत रहेको प्रहरीले जनाएको छ।,
कैलालीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु |
नवीनबाबु गुरूङ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन्। प्रधानमन्त्री देउवाले प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरेका छन्।, कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री देउवाले भानुभक्तको पहिचान बनेको बिर्के टोपी लगाएका थिए। विभिन्न स्कुलका विद्यार्थी पनि कार्यक्रममा सहभागी भएका थिए। उनीहरूमध्ये कोही रामायणका पात्र बनेर आएका थिए भने केहीले भानुभक्तीय रामायणका श्लोक लेखिएका पोस्टर बोकेका थिए।, विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए।, भानुभक्तले रामायणलाई नेपाली भाषामा लेखेका थिए।,
प्रधानमन्त्री देउवाको शिरमा भानुभक्तको बिर्के टोपी (तस्बिरहरू) |
सेतोपाटी संवाददाता ढुंगासहितको पहिरो झरेपछि बुधबार बिहानदेखि अवरूद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमाथिबाट झरेको ढुंगा सहितको पहिरो हटाएर अहिले एकतर्फी रूपमा भए पनि सडक पुन: सञ्चालन गरिएको हो।, सडक डिभिजन पाल्पाले पहिरो हटाउने काम गरिरहेकोले केही समयपछि दुईतर्फी रूपमै सडक सुरू हुने प्रहरीले जनाएको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचमा सडकमाथिबाट पहिरो झरेपछि सडक अवरूद्ध भएको थियो।, यसअघि माथिल्लो सिद्धबाबा मन्दिरको अगाडितर्फ पहिरो झर्ने गरेकोमा बुधबार भने माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचमा पहिरो झरेको हो।,
बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रूपमा सञ्चालन |
रासस हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन्।, सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरू कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बञ्चित भएको जनाएका छन्। , स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ। , सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको संख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरूले भत्ता पाउनबाट बञ्चित भएका जनाइएको छ।, चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरूले गुनासो गरेका हुन्।, स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार संघ सरकारको सशर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भए पनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताए। , यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफैं अन्यौलमा परेका छन्।, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए। , उक्त भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उनको भनाइ छ। तर प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उनको भनाइ छ।, जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एक लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।,
सुत्केरीले पाएनन् पोषण भत्ता |
सेतोपाटी संवाददाता दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई गए राति करिब पौने १० बजेतिर ठक्कर दिएको थियो।, घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।, उनको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको छ।,
कारको ठक्करबाट दाङमा पैदल यात्रुको मृत्यु |
सविता बुढा रूपलाल डगौरा कैलालीको लम्कीचुहा नगरपालिका–९, सोनपुरमा बसेको ४७ वर्ष भयो। उनले २०४० सालमा देभरभर ठूलो क्षति पुर्याउने गरी आएको बाढी बिर्सेका छैनन्। त्यसपछि पनि बाढी त आइरह्यो तर नदी साँघुरो भएकाले खासै थाहा हुँदैन थियो।, रूपलालका अनुसार अठार–उन्नाइस वर्षअघि एक रात अचानक बाढी आयो। त्यसले धनजनमा निकै विध्वंश मच्चायो।, उनको घर पथरिया नदी किनारमै छ। घरबाट केही मिटर पर पथरिया नदी चुरे नदीमा मिसिने दोभान छ।, केही वर्षअघिसम्म एउटा रूख तेर्स्याएर वारपार गर्न मिल्ने यी नदी अहिले कटानले फराकिला भएका छन्। , रूपलाल भन्छन्, 'अहिले त बाढी आएपछि न यता जाने ठाउँ छ न उता। अब त बाली खानलाई पनि धौधौ भयो। गएको वर्ष धानै मिलेन। यो वर्ष असार गयो। पछि के हुन्छ थाहा छैन।' , सोही ठाउँकी मीनाकुमारी डगौराले २०७४ सालमा बाढी आउँदा दुइटा घरका सामान गाउँलेले बल्लबल्ल जोगाएको बताइन्। उनका अनुसार भागीराम चौधरी र दयाराम चौधरीको घरमा बाढी पस्न थालेपछि सबै गाउँलेहरू जुटेर फटाफट सबै सामान सडकमा निकाले। , भागीराम त्यस बेला भारतमा कमाउन गएका थिए। साउनमा आएको बाढीले हेर्दाहेर्दै घर बगाउन थाल्यो। गाउँलेहरूले काठले बनेको घरका करिब आधा काठ बचाउन सके। त्यस वर्ष मीनाको घरमा पनि बाढी पसेको थियो।, मीनाले भनिन्, 'न सुत्ने ठाउँ थियो न अन्त कतै जाने ठाउँ थियो। सानो बच्चा लिएर एक हप्ताभन्दा बढी एउटा त्रिपालमा बस्यौं।' , यस्ता कयौं विपद सामना गरेका सोनपुरका महिलाहरूले बाढीसँग लड्न महिला समूह अर्थात टिम नै बनाएका छन्। यस्तो टिम बनाएको चार वर्ष भयो।, टिमको नेतृत्वमा छिन् नीलम चौधरी। गाउँबाट बग्ने नदीले कहिले कसको त कहिले कसको घरका सामान नबगाएको कुनै वर्ष नै हुँदैन। हरेक वर्ष बाढी पसेर घरका सामान, कखुरा, बाख्रा इत्यादि बगाउने भएपछि विपदसँग लड्न समूह बनाएको नीलमको भनाइ छ। , 'हामीले सामुदायिक विपद व्यवस्थापन समिति गठन गरेका छौं। गाउँमा आएका केही संघसंस्थासँग सहयोग लिएर पूर्वतयारी गर्ने र घरपरिवारको सुरक्षाको कुरा सिक्यौं,' नीलमले भनिन्।, महिलाहरू जागरूक भएर अघि बढेपछि वडा कार्यालय, नगरपालिका र 'सिएसएसडी' नामको एक गैरसरकारी संस्थाको सहयोगमा गाउँमा सर्वेक्षण भयो। सर्वेक्षणले कुनकुन घर कतिकति जोखिममा छन् भनेर पहिचान गर्यो। सोनपुरमा मात्र ५८ घर उच्च जोखिममा रहेको ठहर भयो। , नीलमले भनिन्, 'हाम्रो ११ जनाको मूल समिति छ। मासिक दस रूपैयाँका दरले रकम संकलन गरी वचत गरिरहेका छौं।', महिनामा एक पटक समितिको बैठक हुन्छ। समितिले सबै घरबाट बचतको रकम उठाउँछ र बचत गर्छ। त्यही रकमबाट समितिले आवश्यकताअनुसार उद्धार र प्राथमिक उपचारका सामान किन्छ। समितिले गाउँका गर्भवती, सुत्केरी, अपांगता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक र सहयोग आवश्यक पर्नेहरू व्यक्तिहरूको तथ्यांक पनि राख्छ।, समूहमा तीन वटा कार्यदल छन्। पूर्वसूचना कार्यदलमा तीन जना सदस्य छन्। यो कार्यदलले पानी पर्ने नपर्ने अवस्था, नदीको वहाव र जेखिममबारे सूचना संकलन गर्छ।, सूचना संकलन गर्ने मुख्य जिम्मेवारी यस कार्यदलकी संयोजक जानकी चौधरीको हो। उनले सम्बद्ध निकायबाट सूचना संकलन गरेर कार्यदलका सदस्य र अरूलाई जानकारी दिन्छिन्। जानकीका अनुसार जोखिमको अवस्था छ भने फोनबाट र कहिलेकाहीँ माइकिङ गरेर पनि सावधान गराइन्छ।, नदीमा बाढी आएर भाग्नु पर्ने अवस्थाका लागि घरघरमा 'झटपट झोला' तयार गरेर राखिएका छन्। मानिसहरू आआफ्ना झोला बोकेर निर्धारित उच्च ठाउँमा जान्छन्। उद्धार कार्यदलले कसैलाई चोटपटक लागेमा वा व्यक्ति हराएमा खोज तथा उद्धारका लागि काम गर्छ।, अर्को छ प्राथमिक उपचार कार्यदल। यसले घाइतेको प्राथमिक उपचार गर्ने र घाइतेलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था गर्छ।, 'हामीले जल तथा मौसम विभागको फोन नम्बर राखेका छौं। मौसमका बारेमा विभागमा सोध्छौं। ११५५ मा फोन गर्दा बाढीबारे थाहा हुन्छ। आपतकालीन अवस्थामा कहाँ खबर गर्ने भनेर ११४९ मा फोन गरेर सोध्छौं,' जानकीले भनिन्।, मूल समितिकी सचिव सीता चौधरीका अनुसार महिलाहरूका समिति र कार्यदल सक्रिय भएपछि गाउँका महिलाहरू आफ्ना समस्या भन्न सक्ने भएका छन्। बोल्न धक मानेर पछि हट्नेहरू पनि बोलक्कड भएका छन्। , सीताले भनिन्, 'अहिले हामीमा सशक्तीकरण भएको छ। कटान हुने र गाउँमा बाढी पस्ने केही ठाउँमा बाँध लगाएका छौं। आधाजति ठाउँमा तटबन्ध भएको छ।' , बाढी आएका बेला नल्कामा धमिलो पानी आउँछ। यस्तो बेला उनीहरू पानी फिल्टर गरेर खान्छन्। हालै उनीहरूले नै वडाको कार्यक्रममार्फत खानेपानीको पाइप हाल्ने काम सकेका छन्।, कार्यदलकी संयोजक जानकीले भनिन्, 'बाढी आएका बेला बस्ने उच्च ठाउँ थिएन, अहिले हामीले माग गरेर यही टोलमा उच्च भवन बन्दै छ।' , उनीहरू यो टिमलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छन्। महिलाहरूको यस समूहमा एक जना पुरुष सदस्य छन्, उनी हुन् रूपलाल डगौरा।, छोरी-बुहारीहरूले गाउँमा राम्रो काम गरेको उनी बताउँछन्। उनले भने, 'यहाँ धेरै केटा मान्छेहरू भारत जान्छन्। गाउँमा भएका बेला तास खेल्छन्, दारु खान्छन्। गाउँ बचाउने काममा महिलाहरू जोडतोडले लागेका छन्।',
बाढीबाट गाउँ जोगाउन लागिपरेको महिला टिम |
रासस भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । , घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।, ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।, पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,
चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु |
सेतोपाटी संवाददाता आज विश्व जनसंख्या दिवस। नेपालमा पनि जनसंख्या दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू भएका छन्।, संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको सन् १९९० जुलाईदेखि हो। पहिलो पटक संसारका ९० मुलुकले जनसंख्या दिवस मनाएका थिए।, पहिलो पटक जनसंख्या दिवस मनाउँदा संसारमा मानिसहरूको संख्या पाँच अर्बभन्दा अलिकति बढी थियो।, बितेका २२ वर्षमा संसारमा मान्छेको संख्या यति धेरै बढेको छ कि अबको केही महिनामै संसारभरि ८ अर्ब मानिस हुनेछन्। सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको थियो। , संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए) का अनुसार अहिले संसारभरि ७ अर्ब ९५ करोड ४० लाख मानिस छन्। सन् २०२२ मै मानिसहरूको संख्या ८ अर्ब पुग्ने भएकाले यसपालिको जनसंख्या दिवसको नारामै यो कुरा समेटिएको छ। , सन् २०२० देखि २०२५ सम्म विश्वको जनसंख्याको वृद्धिदर १ प्रतिशत हुनेछ।, अहिलेको जनसंख्याअनुसार सबैभन्दा धेरै मानिस १५ देखि ६४ वर्षका छन्। उनीहरूको संख्या कुल जनसंख्याको ६५ प्रतिशत छ। त्यस्तै जन्मेदेखि १४ वर्षसम्मका मान्छेको संख्या २५ र १० देखि २४ वर्षका मानिसको संख्या २४ प्रतिशत छ। ६५ वर्षभन्दा माथिका मानिसहरू १० प्रतिशत छन्। , युएनएफपिएका अनुसार संसारभरि अहिले एक जना महिलाले औसतमा २.४ जना बच्चा जन्माउँछन्। पुरूषको औसत आयु ७१ र महिलाको ७६ वर्ष छ।, अहिले सबैभन्दा धेरै जनसंख्या चीनमा छ। चीनमा १ अर्ब ४४ करोड मानिस छन् भने भारत दोस्रो नम्बरमा छ। भारतको जनसंख्या १ अर्ब ४० करोड छ। अबका केही वर्षमा भारतको जनसंख्याले चीनलाई उछिन्ने अनुमान छ।, तेस्रो स्थानमा रहेको अमेरिकाको जनसंख्या ३३ करोड ४० लाख छ।, नेपालमा गत वर्ष राष्ट्रिय जनगणना गरिएको थियो। उक्त जनगणनाको अन्तिम नतिजा प्रकाशित भएको छैन।, प्रारम्भिक परिणाममा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। तीमध्ये पुरूष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन् भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।, ,
केही महिनापछि संसारमा हुनेछन् आठ अर्ब मान्छे |
रासस पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ।, आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन्। , दुवाचौर जाने झोलुंगे पुल नजिकै कोठा भाडामा उनको परिवार बस्दै आएको छ। जसोतसो ऋण खोजेर जग्गा किनी बनाएको घरमा गत वर्ष असार १ गते मेलम्ची खोलामा आएको बाढी पसेको थियो।, उनी अहिले बसेको बस्ती पनि सुरक्षित छैन।, उनले भने, ‘दनुवार गाउँमा आएको पहिरोले फट्टेका बस्तीमा जोखिम बढेको छ।’, धनबहादुर जस्तै फट्टेका रमेश श्रेष्ठ र रामबहादुर दनुवारको ब्यथा पनि उस्तै छ।, असार १ र त्यसपछिको बाढीले कतिपयको घर बगायो। कतिको घर ढलेको जस्ताको तस्तै छ। कतिपय परिवार यस वर्ष पनि पोहोरको जस्तै बाढी आउने हो कि भन्ने त्रासले कुम्लो, कुटुरो बोकेर अन्तै गएर भाडामा बस्न थालेका छन्। बाढीले भएको जग्गा बगरमा परिणत गरिदिएपछि कतिपय परिवार चौतारा, काठमाडौं विस्थापित बनेका छन्। , गत वर्ष बाढीका कारण घर बगाएर आश्रयविहीन बनेकाको पीडा एकाथरि छ भने घर भएर पनि असुरक्षित भएका स्थानीयवासीको पीडा बेग्लै छ।, बाढीले नभत्काए पनि असुरक्षित बस्तीका घरमा नागरिक ढुक्कले बस्न पाएका छैनन्।, गत वर्षको बाढीले बढी क्षति पुर्याएको हेलम्बु, पाँचपोखरी तथा मेलम्चीका बासिन्दालाई कतिबेला बाढी आउने हो भन्ने त्रासले छाडेको छैन। , वर्षायाम लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गङ्गानाथ भण्डारीले बताए।, खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उनको परिवारमा छ।, उनले भने, ‘अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु तर कुन दिन केही हुन्छ कि भन्ने डर छ।’ , राति खोला बढ्दै गएपछि माथिल्लो क्षेत्र गएर रातभर जाग्राम बस्ने गरेको हेलम्बु–२ किउलका विमला भण्डारी बताइन्।, उनले भनिन्, ‘बल्ल-बल्ल बनाएको घर छोडेर कहाँ जाने? घर हेर्दा सग्लै छ छोड्न पनि गाह्रो र ढुक्क भएर बस्न पनि नसकिने छ।’, सरकारले बाढीबाट घर पूर्ण क्षति भएकालाई पाँच लाख रुपैयाँ तथा जग्गा नहुनेलाई थप तीन लाख रुपैयाँ दिने बताए पनि अझै प्रभावितको हातमा पुग्न नसकेको यहाँका पालिकाहरूले जनाएका छन्।, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढी प्रभावितलाई विभिन्न संघसंस्था तथा पालिकाको सहयोगमा अस्थायी बासस्थान बनाएको बताए। , उनले भने, ‘छिटोभन्दा छिटो प्रभावितलाई थप रकमसहित घर तथा जग्गा किन्न रकम दिन संघीय सरकारले सहयोग गर्नुपर्छ।’, मेलम्ची खोलामा आएको बाढीका कारण प्रभावित जस्तै याङ्ग्री बाढी प्रभावितको पीडा पनि उस्तै छ।, उनीहरू पनि अझै पालमै बस्न बाध्य छन्। कतिपयको त घर बनाउने जग्गा समेत छैन। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सरकारले समयमै अनुदान उपलब्ध नगराउँदा प्रभावित झन पीडामा परेको बताए। यथाशीघ्र प्रभावितको हातमा रकम पार्ने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ।, मेलम्ची नगरपालिका विस्थापितलाई पुनःस्थापित गराउन र बचेका घर तथा संरचना जोगाउन लागिरहेको छ। प्रभावितले चाँडै रकम पाउने विश्वास प्रमुख आइतमान तामाङको विश्वास छ।, उनले भने, ‘पुनर्निर्माणको काम चाँडो सुरू भएर उनीहरू चाँडै आफ्नै घरमा फर्कनेछन् भन्ने आशा छ।’, मेलम्ची, हेलम्बुमा नदी नियन्त्रणका लागि ढिला गरी भए पनि बजेट आएर काम सुरू भएको छ।, तर काम प्रभावकारी नभएको स्थानीयवासीले गुनासो गरेका छन्।, रकम विनियोजन भएर काम सुरू भए पनि अपेक्षा गरिएअनुसार अघि बढ्न नसकेको स्थानीयवासी इन्दु दनुवारले बताइन्।, सीमित व्यक्तिले मात्रै रकम पाएको उनको गुनासो छ। विगतमा जस्तै अहिले पनि वर्षाैं वर्ष कुर्नुपर्ने अवस्था नआओस् भन्ने उनको अपेक्षा छ। , एकैपटक ठूलो क्षति हुने गरी मेलम्ची नदीमा बाढी आएको एक वर्ष बितेर अर्काे वर्ष लागिसक्दा पनि प्रभावितले राहतको महसुस गर्न नपाएका हुन्।, यस वर्ष पनि वर्षासँगै आएको बाढीले फेरि स्थानीयवासीको बासोबास र जग्गा जमिनमा क्षति गर्न थालिसकेको छ। प्रभावितले सुरक्षित आवाससँगै आयआर्जनका कार्यक्रम र बाटो, पुल चाँडो निर्माणको माग गरेका छन्। , घर बगाउँदा वा बाढीका कारण बस्न नमिल्ने हुँदा अरूका घरमा भाडामा वा अस्थायी संरचना बनाएर बसिरहेका नागरिक यो वर्षको वर्षाले सडकमा क्षति पुर्याउँदा आवतजावत गर्न गाह्रो भएको बताउँछन्।, गत वर्ष असारमा मेलम्ची खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुंगे पुल बगाएपछि अस्थायीरुपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन गरिएको थियो। , हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो। बाढीका कारण २६ जनाको मृत्यु भयो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै रेडियो मेलम्ची तथा ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो। , बाढीका कारण घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानवापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। , ‘निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।, गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न छ।, असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ। अस्थायी रूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयबासीको दैनिकी कष्टकर बनेको छ।, सडक अवरूद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका–२ र हेलम्बु गाउँपालिका–२ र ३ का नागरिकले सास्ती भोगिरहेका छन्। मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घण्टौं समय लाग्ने गर्छ। , गत वर्षको बाढीका कारण क्षतिग्रस्त भएका घरको पुनःनिर्माण र पुनःस्थापना गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत रकम विनियोजन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। , निजी आवास पुनःनिर्माण अनुदानसम्बन्धी कार्यविधिबमोजिम नयाँ घर बनाउन अनुदान उपलब्ध गराइएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बताए।, स्थानीय तहबाट जिल्लामा र जिल्लाबाट प्राधिकरणमा सिफारिस भएर आउने उनले बताए। , नागरिकलाई बसोबासका लागि घर र घर बनाउनका लागि जग्गा नभएमा त्यसका लागिसमेत प्राधिकरणले जग्गा उपलब्ध गराउँदै आएको छ।, कसैको बस्ने बास घर छैन भने बासस्थानका जग्गा खरिद गर्न जिल्लाबाट माग गर्दा पठाउने गरिएको प्रवक्ता डा. भट्टराईले बताए। घर बनाउन तीन लाख र जग्गामा चार लाख गरी जग्गाविहीनलाई रु सात लाख उपलब्ध गराइने उनले बताए। , घर बनाउन रकम कसैलाई दिने र कसैलाई नदिने सरकारको नीति नहुने डा भट्टराईले बताए।, कता-कता समस्या छ भनी प्राधिकरण आफैंलाई थाहा नहुने र आएको सिफारिसलाई नै आधार बनाएर विनियोजन हुने उनले जानकारी दिए। , स्थानीय तहले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेर पठाउने गरेको छ। पुनःनिर्माणमा सहजीकरण गर्ने काम जिल्लास्थित समिति र स्थानीय तह दुवैको हुने उनले बताए।, मेलम्ची, हेलम्बु क्षेत्रमा अध्ययन सुरू भए पनि अन्तिम प्रतिवेदन आइसकेको छैन। कुनकुन जोखिमपूर्ण छन् र तिनलाई कता-कता सार्नुपर्छ भनी अध्ययनको प्रतिवेदनका आधारमा गरिने उनले बताए।, मेलम्ची खानेपानी आयोजनामा पनि एशियाली विकास बैंकले अध्ययन गरिरहेको छ। त्यसमा प्रारम्भिक प्रतिवेदन आएकाले सोही आधारमा प्रारम्भिक काम अघि बढाइएको छ। त्यसको अन्तिम प्रतिवेदन आएपछि नै धेरै काम हुनसक्ने उनले बताए। , अहिले देखिने गरी काम गर्न केही योजना अघि बढेको उनले बताए।, उनले भने, ‘अहिले ठोस रूपमा यसरी गर्ने यकिन छैन। एकद्वार नीतिका आधारमा गर्नुपर्छ।’, मेलम्ची र आसपासका क्षेत्रमा मनसुनका कारण जम्मा एक हजार ४१ प्रभावित भएका थिए। गत वर्षदेखि नै पुनःस्थापनाको काम सुरू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।, उनका अनुसार हालसम्म पुनःस्थापनाका लागि जम्मा रु २३ करोड ९८ लाख ९१ हजार २५० रकम खर्च भइसकेको छ।, चालु आवमा रु १८ करोड ९१ लाख ५७ हजार ५०० र गत आवमा रु पाँच करोड सात लाख ३३ हजार ७५० रकम विनियोजन भएको थियो।, मनसुन अस्थायी आवास निर्माणका लागि गत आवमा पहिलो किस्ताबापत रु एक करोड ९२ लाख ५८ हजार ७५० र दोस्रो किस्ताबापत रु ७१ लाख ५० हजार विनियोजन भएको प्राधिकरणले जनाएको छ। , कुनै पनि बस्ती जोखिमपूर्ण हो भनी सिफारिस भएमा त्यसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले सहयोग गर्दै आएको छ।, जोखिमको अवस्था कस्तो छ त्यसका आधारमा सहयोग गर्ने गरिएको प्रमुख कार्यकारी पोखरेलले बताए। कुनै पनि बस्ती बस्नयोग्य छैन भनेर स्थानीय तहमा रहेका इञ्जिनियरले हेरेपछि सोहीलाई आधार बनाइने गरिएको छ। , ठूलो क्षेत्र नै जोखिमपूर्ण हो भन्ने लागेमा कहिलेकाहीँले प्राधिकरण आफैं पनि अध्ययन गर्छ। कतिपय स्थानबाट अध्ययन गर्न प्राधिकरण आफैंलाई पनि अनुरोध हुने गरेको उनले बताए।, आफैंले हेरेर सिफारिस गरेकामा मात्रै प्राधिकरण पूर्णरूपमा जिम्मेवार हुन्छ भने अरूमा जिल्लाको कार्यालय र स्थानीय तह पनि जिम्मेवार हुन्छन्। जोखिमपूर्ण भनी यकीन गरिएकामा प्राथमिकताका आधारमा घर स्थानान्तरण गरिने बताइएको छ। , प्राधिकरणले घर निर्माणका लागि हिमाली जिल्लामा पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराईमा रु तीन लाख रकम उपलब्ध गराउँदै आएको छ। जोखिम व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६, प्रधानमन्त्री दैवीउद्धार कोष सञ्चालन नियमावली, २०६३, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ कार्यान्वयनमा रहेका छन्। ,
'अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु, कुन दिन केही हुन्छ कि भन्ने डर छ' |
सेतोपाटी संवाददाता भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले सडकमै बसेर कार्यालय सञ्चालन गरेका छन्।, भक्तपुर-नगरकोटको सडक नबनाएको भन्दै उनले विरोधमा लामाटोलस्थित सडकमा बसेर कार्यालय सञ्चालन गरेका हुन्। उनी सोमबार बिहान १० बजेदेखि सडकमा कुर्सी र टेबल राखेर बसेका छन्।, सेवाग्राहीहरू पनि सडकमै आइपुगेका छन्। वर्षौंसम्म पनि ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सडक नबनाएपछि विरोधस्वरूप आफू सडकमा आउनु परेको उनी बताउँछन्।, ‘यो सडक आठ-नौ वर्षदेखि ठेकेदारको लापर्बाही, सरकारको अकर्मण्यताले गर्दाखेरी बनाउन सकिएन,’ उनले भने,‘जसले गर्दा स्थानीय उपभोक्तादेखि नगरकोटमा घुम्न आउने पर्यटकलाई साह्रै अप्ठेरो पर्यो। पटक-पटक सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गर्दा पनि बन्ने अवस्था देखिएन। त्यसैले सरकारको ध्यानाकर्षण होस् भनेर धर्ना दिएको हो।’, यो बाटो छिटो बन्नु पर्ने नभए ठेक्का रद्द हुनुपर्ने उनको माग छ। सडकमै कार्यालय चलाउँदा पनि आफ्नो कुरा सुनुवाइ नभए विभिन्न चरणमा धर्ना दिँदै जाने उनले बताए।, ‘यो क्रम निरन्तर चलिरहन्छ। आज बसें। आज ध्यानाकर्षण भएन भने विभिन्न चरणको कार्यक्रमहरू ल्याउने हो,’ वडाध्यक्ष लामाले भने,‘कि त समयमै बाटो बनाउनुपर्यो नत्र ठेक्का नै रद्द गर्नुपर्यो। अरूले काम गर्छन्।’, आफूले पनि नबनाउने र अरूलाई पनि बनाउन नदिएपछि यस्तो अवस्था आएको उनले बताए।, कन्स्ट्रक्सनले ६-७ किलोमिटर जति बनाएको बाटो पनि भत्किसकेको छ। बाँकी रहेका अरू भागको सडकमा त निर्माणको कामै सुरू नगरेको पनि उनले बताए।, ‘वर्षातको मौसम छ। यहाँ पूरै हिलो हुन्छ। पानी बगेर सवारीसमेत दुर्घटनामा पर्न सक्ने देखिन्छ,’ लामाले भने, ‘खाल्डाहरू पनि पुर्दैनन्। केही गर्दैनन्। म त सानो निकायको प्रतिनिधि मात्रै हो। यस्तै रह्यो भने नगरपालिकाकै सिंगो टिमलाई यहाँ ल्याउने वातावरण बनाउँछु।’, त्यसरी पनि भएन भने सिंहदरबार, मन्त्रालयमा पुगेर अनशन नै बस्ने उनले बताए।, यसअघि पनि भक्तपुर-नगरकोटको सडकखण्ड नबनेको भन्दै पटक-पटक विरोध प्रदर्शन गर्दै आएका छन्। यसअघि २०७६ साल कात्तिकमा त्यहाँका होटल व्यवसायी तथा स्थानीयहरूले ,ठेकेदार शारदाप्रसादको तस्बिर, कुकुर र बाँदरसँग जोडेर पोल, सवारीसाधनमा टाँसेर विरोध गरेका थिए।, भक्तपुरदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो।, नगरकोटसम्मको बाटो बनाउनका लागि शैलुङसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटकपटक म्याद थप गर्दै आएको छ।, , ,
कुर्सी र टेबल राखेर सडकमै कार्यालय खोले नगरकोटका वडाध्यक्षले (तस्बिरहरू) |
सेतोपाटी संवाददाता १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। , चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।, ती किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले बलात्कार गरेको भन्ने खबर प्रहरीले पाएको थियो। , खबर पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।,
१६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ |
भगवती पाण्डे बुटवल-२ पाखापानीकी १६ वर्षकी सुदिक्षा गुरूङले यसैपालि एसईई परीक्षा दिएकी थिइन्। एसईईपछि उनी काठमाडौं गएर स्टाफ नर्सका लागि ब्रिज कोर्सको तयारी गरिरहेकी थिइन्।, काठमाडौंमा उनकी फुपु पनि बस्थिन्। उनी कानुनमा स्नातक पढिरहेकी थिइन्। फुपु-भदै सँगै बस्थे।, केही दिनअघि उनकी फुपुको विवाहको टुंगो लाग्यो। आज सोमबार उनको विवाह हुने तयारी थियो। त्यसैका लागि सुदिक्षा र फुपु असार २३ गते बुटवल पुगे। त्यो दिन उनीहरू बुटवलको इँटाभट्टीमा आफन्तको घरमा बसे।, अर्को दिन बिहान ९ बजेतिर स्कुटरमा आएका एकजना युवकसँग सुदिक्षा आधा घन्टाको लागि भन्दै फुपुसँग विदा मागेर घरबाट निस्किइन्।, आधा घन्टाका लागि भन्दै हिँडेकी सुदिक्षा दिउँसोसम्म पनि घर फर्किनन्। फुपुलाई म्यासेज गरेर साथीहरूसँग फिल्म हेर्दै गरेको र केहीबेरमा घर आउने बताइन्।, दिउँसो म्यासेज गरेकी सुदिक्षा साँझसम्म पनि घर नपुगेपछि फुपु आफैंले फोन गरिन्। जवाफमा सुदिक्षाले केहीबेरमा घर आउने भनिन्।, केहीबेरमा आउने भन्दै बिहानै घरबाट हिँडे पनि साँझसम्म नफर्किएपछि फुपुले सुदिक्षालाई हप्काएर छिटो घर आउन भनेकी थिइन्।, त्यसपछि भने सुदिक्षा न घर फर्किइन् न त घरबाट आउने फोन नै उठाइन्।, शनिबार दिउँसो ४ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै शुक्रबार युवकको साथ घरबाट हिँडेकी सुदिक्षाको शंकास्पद मृत्युबारे उनको परिवारले थाहा पायो।, शुक्रबार राती एक युवकको साथमा बुटवल वडा नं. ३ गोलपार्कस्थित गोलपार्क होटलमा पुगेकी सुदिक्षा शनिबार दिउँसो मृत भेटिइन्।, प्रहरीका अनुसार शुक्रबार राती एक जना युवकभन्दा आधा घन्टापहिले होटलमा पुगेकी सुदिक्षा आफैंले होटलको कोठा बुक गरेकी थिइन्। युवक भने आधा घन्टा पछिमात्रै होटल पुगेका थिए। कोठा बुक गर्दा सुदिक्षाले केहीबेरमा दाइ पनि आउने बताएकी थिइन्।, होटल सञ्चालकले प्रहरीलाई बताए अनुसार रातभर कोठामा सँगै बसेका युवक शनिबार बिहान आठ बजेतिर कोठाको भाडा बुझाएर होटलबाट निस्किएका थिए।, दिउँसो १२ बजेसम्म सुदिक्षा ननिस्केपछि होटलवालाले ढोकामा हानेका थिए। भित्रबाट कुनै आवाज नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए। , प्रहरीले होटल व्यवसायी र स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फोरेर हेर्दा सुदिक्षा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।, अहिले उनको शव पोष्टमार्टम गरी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन।, सुदिक्षाका परिवारले भने नाबालिगलाई कोठा दिनु र सँगै गएका युवक होटलबाट निस्किँदा सुदिक्षा किन निस्किएन भनेर खोजी नगर्नू होटल सञ्चालकको गम्भीर कमजोरी भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।, उनीहरूले घटनामा को-को संलग्न छन् अनुसन्धान गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेका छन्। सुदिक्षाकी फुपुले यो घटनामा घरबाट स्कुटरमा राखेर ल्याउने युवकदेखि राती होटलमा जाने युवक समेतको संलग्नता हुनसक्ने भएकोले छानबिन गर्न आग्रह गरिन्। उनले होटल सञ्चालकले दुई-चार सय रुपैयाँ कमाउने लोभमा नाबालिगलाई कोठा दिँदा घटना भएको भन्दै होटल सञ्चालकलाई पनि गहिरो छानबिन गर्न माग गरेकी छन्।, ‘होटलमा धन्दा चलाएर दुई-चार सय कमाउने लोभमा नाबालकलाई कोठा दिनु ठूलो कमजोरी हो। रातीको समयमा नाबालिग केटीले कोठा बुक गरे पनि युवकलाई कुनै परिचय पत्र नराखी कोठामा जान दिएको छ, यो कहाँसम्मको लापरवाही हो,’ उनले भनिन्।, होटल सञ्चालकले भने युवतीले कोठा बुक गर्दा नाम सुदिक्षा गुरूङ र ठेगाना बुटवल पाखापानी भनेर टिपाएको र दाइ आउने भनेपछि कोठामा जान दिएको प्रहरीलाई बयान दिएका छन्।, सामान्यत: एउटै कोठामा बसेका पाहुना कोठाबाट निस्किँदा सँगै निस्किनु पर्नेमा ती युवकले बिहान ८ बजेतिर पैसा बुझाए पनि कति बेला निस्किए भन्ने आफूले ख्याल गर्न नसकेको होटल सञ्चालकले बताएका छन्।, प्रहरीले होटल सञ्चालकसँगै सुदिक्षालाई घरबाट ल्याउने युवक र अरू केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र पौडेलले घटनासँग जोडिएका शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने र थप अनुसन्धानको काम भइरहेको जानकारी दिए। उनीसँग शुक्रबार राती होटलमा बसेका युवक को हुन् भन्नेचाहिँ अहिलेसम्म पत्ता लागेको छैन। , *यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको ,
आधा घन्टामा फर्किन्छु भनेर घरबाट हिँडेकी थिइन् सुदिक्षा*, बुटवलको होटलमा मृत भेटिइन् |
राजेश घिमिरे चितवनको इच्छाकामना गाउँपालिका, वडा नम्बर एक, जाइथलीको पखेरोमा एक जना किशोर बारी जोत्दै थिए। उनलाई गाउँतिर उक्लिरहेका केपी किरण शर्माले देखे। नजिकै गएर उनले सोधीखोजी गरे।, ती किशोरले शक्तिखोरस्थित एक छात्रावासमा बसेर विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका रहेछन्। उमेर रहेछ १७ वर्ष। अगाडि पढ्ने उपाय नभएर गाउँ फर्केका रहेछन्। , ठाउँको ठाउँ केपीले ती किशोरलाई उच्च शिक्षा पढ्न सघाउने निर्णय सुनाए। जाइथलीबाट रत्ननगरस्थित छात्रवासमा ल्याए। नजिकैको पञ्चकन्या माविमा कक्षा ११ मा भर्ना गराइए। ती किशोरले विज्ञानमा १२ कक्षा पूरा गरे। , सात वर्षअघि पखेरामा जोतिरहेको अवस्थामा भेटिएका ती किशोर थिए होमराज चेपाङ।, उनी अहिले सिभिल इञ्जिनियर बनेका छन्। उनले नारायणगढस्थित नेपाल पोलिटेक्निक कलेजमा पाँच वर्ष सिभिल इञ्जिनियरिङ पढेका थिए। होमराजका लागि आवश्यक सबै खर्च केपीले नै जुटाइदिएका थिए।, हाल चेपाङ समुदायमा दुई जना सिभिल इञ्जिनियर छन्। होमराजसँगै भर्ना भएका मनीष प्रजा पनि यसैपालि सिभिल इञ्जिनियर भए। मनीष नेपाल चेपाङ संघ, केन्द्रीय शिक्षा विभागका प्रमुख तिलक चेपाङका छोरा हुन्।, सात वर्षअघि होमराजलाई भेटेको सम्झिँदै केपीले प्रशन्नता प्रकट गरे, 'पखेरामा जोतिरहेको किशोरले अवसर पाए केही गर्छ भन्ने लागेको थियो। साँच्चै गरेर देखायो।' , केपी किरण शर्मा चितवनमा चिनिएका व्यक्ति हुन्। एक दशकदेखि यस्तै सामाजिक काममा सक्रिय रहेका उनले होमराजजस्ता धेरै चेपाङ बालबालिकाको पढाइमा सघाउँदै आएका छन्। चेपाङ समुदायको बसोबास रहेका गाउँमा उनलाई त्यहाँका सबैले 'केपी बा' भनेर बोलाउँछन्। , केपीले रत्ननगर नगरपालिकाको वडा नम्बर–११, मंगलपुरमा गामबेसीको चेपाङ संरक्षण केन्द्र नामको छात्रावास स्थापना गरेका छन्। यहाँ हाल पूर्वप्राथमिकदेखि स्नातक तहसम्म पढ्ने १३५ जना चेपाङ विद्यार्थी बस्छन्। , उनीहरूको बास, खाना, लुगाफाटो र पढाइसम्बन्धी सबै खर्चको बन्दोबस्त छात्रावासले गर्छ। उनीहरूलाई स्थानीय विद्यालय र कलेजहरूमा पढ्ने व्यवस्था केपीले नै मिलाउँछन्। उक्त छात्रावास २०७० सालमा स्थापना भएको हो। यही बसेर हालसम्म २८ जनाले एसइई उत्तीर्ण गरे। , यही छात्रावासमा बसेर दुई कक्षादेखि पढेकी सिम्रन चेपाङ अहिले काठमाडौंमा हेल्थ असिस्टेन्ट (एचए) पढ्दै छिन्। वर्षायाममा खोलो बढेपछि टाढाको विद्यालय पुग्न नसक्ने सात वर्ष उमेरकी सिम्रनलाई केपीले साविकको सिद्धी गाविसको बासपानी भन्ने ठाउँमा बाख्रा चराउँदै गर्दा भेटेका थिए।, 'घरमा पुगेर हेर्दा अन्न केही रहेनछ। पारिवारिक अवस्था देखेपछि असाध्यै टिठ लाग्यो,' सिम्रनलाई भेट्दाको क्षण सम्झँदै केपीले भने, 'बाबुआमासँग कुरा गरेर उनलाई लिएर आएँ। छात्रावासमा राखेर आडैमा रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा भर्ना गराएँ।', स्कुल भर्ना भएपछि सिम्रोनले सरासर पढिन्। हाल एचए दोस्रो वर्षमा छिन्।, 'स्कुल अफ हेल्थ साइन्सले निःशुल्क पढाइदिएको छ। खाने, बस्ने, किताबकापी, भाडाको खर्च मैले व्यवस्था गरेको छु,' केपी भन्छन्, 'आगामी वर्ष त ऊ गाउँकै पहिलो महिला एचए बनेर आउँछे।', यही छात्रावासमा बसेर पढेका तीन जना छात्रा हाल स्टाफ नर्स भएर सेवारत छन्। भेटरनरी र जेटिए पढेका दुई जनाले हेफर इन्टरनेसनल नामक विदेशी संस्थामार्फत गाउँमै रोजगारी पाएका छन्। , राप्तीको बाक्राङका सन्दीप चेपाङ सोही छात्रावासमा बसेर शहीद स्मृति बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्ष पढ्दै छन्। दुई जना बैरिया माविमा भेटरनरी र जेटिए विषयको तीन वर्षे डिप्लोमा गर्दै छन्। यसपालि ११ जना विद्यार्थी एसइईमा सामेल भएका छन्। , केपी किरण शर्मा २०३४ सालमा गोर्खाको दर्बुङमा जन्मिएका हुन्। उनी ३१ वर्षको हुँदा रोजगारीका लागि दुबई पुगेका थिए। नेपालमा छ महिनाको पत्रकारिताको तालिम लिएका उनले अन्य कामसँगै दुबईमै प्रकाशन हुने नेपाली समाचार साप्ताहिक नामको पत्रिकामा संवाददाताका रूपमा पनि काम गरे। रिपोर्टिङ गर्दागर्दै त्यही पत्रिकाका सम्पादक भए। दुबईमा पाँच वर्ष काम गरेर नेपाल फर्के।, त्यो समय केपीकी श्रीमती अम्बिका चितवनमा विकट मानिने साविकको सिद्धी गाविसको नाम्दारस्थित एक विद्यालयमा पढाउँथिन्। श्रीमतीले पढाउने स्कुल हेर्ने इच्छाले केपी त्यहाँ पुगे। चितवनको समथर भूभाग र सुखी जीवन देखेका उनलाई पहाडी गाउँको अवस्था देखेर कहाली लाग्यो। , 'नाम्दार गाउँमा बस्ने चेपाङ समुदायले खान, बस्न, लगाउन नपाएको दर्दनाक अवस्थाले मलाई ठूलो पीडा दियो। समथर चितवनको सुखसयल देखेको म चेपाङको अवस्था देख्दा तीन छक खाएँ,' उनले भने, 'क्यामरा झिकेर त्यहाँका मान्छे, उनीहरूको लवाइ, खवाइ, बसोबासको अवस्था सबै कुराको तस्बिर खिचेँ।', विद्यालयका अध्यक्ष महेन्द्र चेपाङलाई भेटेर 'यो गाउँका लागि सकेको काम गर्छु' भनेर उनी त्यहाँबाट फर्के। , दुबईबाट फर्केपछि केपीले 'गामबेसीको खबर' नामको मासिक पत्रिका प्रकाशन गरे। पहिलो अंकमा चितवनको पहाडी गाउँ सिद्धीका चेपाङ समुदायको अवस्थाको सचित्र वर्णन गरिएको थियो। उनले उक्त पत्रिकामा हरेक महिना गाउँका खबर प्रकाशन गरिराखे। जिल्लाले बिस्तारै अनकन्टार गाउँहरूको खबर पनि थाहा पाउन थाल्यो। चेपाङका दिनचर्या, संस्कृति, रहनसहनले राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यानाकर्षण गर्न थाल्यो।, गाउँमा धेरै बालबालिकाले पढ्न चाहेर पनि नपाएको अवस्था थाहा पाएपछि केपीले सहयोग संकलन गरेर उनीहरूलाई पढाउने निधो गरे। दस वर्षअघि, २०६९ वैशाखमा, सिद्धीका २५ जना चेपाङ बालबालिकालाई सहर लगे। रत्ननगरको खोलेसिमलमा रहेको बिन्देश्वरी आधारभूत विद्यालयसँग सहकार्य गरेर त्यहाँका दुइटा कोठामा उनीहरूलाई राखेर पढाउन थाले।, त्यसै वर्ष सिद्धीका बन्दिपुरे चेपाङ नामका वृद्ध ओडारमा बस्ने गरेको खबर प्रकाशित भयो। त्यो समाचारले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ध्यान तान्यो। महिनाको एक दिन कुनै समुदायमा पुगेर त्यहीँको कुनै घरमा खानेबस्ने गरेका प्रधानमन्त्री भट्टराईको शैलीको प्रशंसा भइरहेको थियो। २०६९ साउनमा बन्दिपुरे चेपाङसँगै खाना खाने योजना बनाएर भट्टराई सिद्धी पुगे।, केपीले भट्टराई र उनीसँगै आएका विभिन्न मन्त्रालयका सचिव तथा अन्य उच्च पदस्थलाई चेपाङ समुदायको अवस्थाबारे जानकारी गराए। प्रधानमन्त्री भट्टराईले चेपाङ बालबालिकालाई पढाउन व्यक्तिगत रूपमा एक लाख रूपैयाँ केपीलाई दिए। , भट्टराईकै निर्देशनमा उक्त गाउँमा गरिबी निवारण कोषमार्फत एक करोड रूपैयाँको स्वरोजगार कार्यक्रम पुग्यो। गाउँका चेपाङ समुदायलाई बाख्रा पालनमा सक्रिय बनाउन उक्त कार्यक्रमले ठूलो सहयोग गर्यो।, केपी उक्त कार्यक्रमलाई चेपाङ समुदायमा पुर्याउन खटे। उनकै सक्रियतामा २७ वटा समूह बने। धेरैले व्यावसायिक बाख्रापालन सुरू गरे। उक्त कार्यक्रम सुरू भएको पहिलो वर्ष दसैंमा सिद्धीका बासिन्दाले ५० हजार रूपैयाँको खसीबोका बेचे। त्यसको नौ वर्षपछिको दसैंमा आठ करोड रूपैयाँको खसीबोका बेचे। , 'प्रधानमन्त्रीको आगमनपछि गाउँमा ठूलो आर्थिक परिवर्तन भयो। पहिले गाउँभरमा एउटा साइकल थियो, अहिले सयौं व्यक्ति मोटरसाइकल चढ्छन्। धेरैको कमाइ त्यही बाख्रापालन हो,' केपीले भने।, एकातिर बाबुआमालाई बाख्रा मिलेको थियो, अर्कातिर केपी सहयोगीहरूसँग हात फैलाएर चेपाङका छोराछोरी पढाउँदै थिए। ती बालबालिकाबारे जानकारी पाएपछि सिप्रदियन सहायता संस्था चितवन आइपुग्यो। उक्त संस्थाले ती सबै बालबालिकालाई स्नातक तहसम्म पढाउने जिम्मा लिने भयो। चेपाङ बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै केपी फेरि गाउँ पसे।, 'त्यतिन्जेलमा मैले आफ्नो उद्देश्य निकै ठूलो बनाइसकेको थिएँ,' उनले भने, 'चितवनमा सिद्धी जस्ता धेरै गाउँ छन् जहाँ प्रशासनको एक नजर पनि पुगेको छैन। मैले ती ठाउँका चेपाङका लागि पनि केही गर्नुपर्छ भन्ने थियो।', सिद्धीबाट काउले हुँदै कोराकसम्म एक फेरो लगाउँदा उनले पढ्न नपाएका २७ जना बालबालिका फेला पारे। रत्ननगरको जयमंगलामा एउटा भाडामा लिएर उनीहरूलाई राखे। यही समय गामबेसीको चेपाङ संरक्षण केन्द्र नामक संस्था दर्ता गरे। त्यसैमार्फत बालबालिकालाई नजिकका स्कुलहरूमा पढ्ने व्यवस्था मिलाए।, सामाजिक काममा केपीको सक्रियताले धेरैको ध्यान तान्न थालेको थियो। उनले जम्मा गरेका छात्रछात्राका लागि विदेशबाट पनि सहयोग आउन थाल्यो। , 'स्थानीय र राष्ट्रिय मिडियाहरूले चेपाङ बालिबालिकाबारे खबर प्रकाशन गरे। कोहीले सामाजिक सञ्जालहरूमा फोटा राखे। स्वेदश र विदेशमा बस्ने नेपालीको सहयोग प्राप्त हुन थाल्यो,' उनले भने, 'खाडी देशबाट फर्किएर पनि यस्तो सामाजिक काम गर्न सकिने रहेछ भनेर धेरै मान्छे हेर्न आए। चाडपर्वहरूमा र आफ्नो जन्मदिनमा सहयोग गरे।' , सहयोगीहरूको लहरले उत्साहित केपी भाडाको घरको विकल्प खोज्न थाले। उनले रत्ननगर नगरपालिका–११, मंगलपुरमा पञ्चकन्या समुदायिक वनको १६ कट्ठा पर्ती जग्गा फेला पारे। स्थानीय पञ्चतेजज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरको पहलमा उनले उक्त जग्गामा छात्रावास सञ्चालनको अनुमति पाए।, जग्गा त भयो तर त्यहाँ भवन बनाउनु कम चुनौतीको काम थिएन। शर्माले विभिन्न माध्यमबाट देश–विदेशमा रहेका दातासँग सहयोग आह्वान गरे। जापानमा रहेका चितवनका युवा दीपकबाबु नेपालले सबैभन्दा पहिले ३ लाख १६ हजार रूपैयाँ संकलन गरेर पठाइदिए। उक्त रकमले दुई कोठे टहरो बनाउन सुरू भयो। , गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएका तत्कालीन अध्यक्ष जीवा लामिछानेले संघका तर्फबाट एक लाख रूपैयाँ दिए। कतारमा बस्ने घनश्याम पराजुलीको सक्रियतामा तीन लाख १२ हजार रूपैयाँ प्राप्त भयो। , यति भएपछि गामबेसीको चेपाङ संरक्षण केन्द्रको आफ्नै टहरो तयार भयो। भाडाको घरमा बस्दै आएका बालिबालिकाले आफ्नै घर प्राप्त गरे। लगत्तै सौराहाका पर्यटन व्यवसायी श्रीलाल परियारको पहलमा अष्ट्रियामा बसोबास गर्ने माया मुलारको सहयोगमा एउटा हल बन्यो। बालबालिकालाई पढ्ने, खाना खाने र कार्यक्रम गर्ने हल पनि तयार भयो। केपीले गाउँमा पढ्न नपाएका थप बालबालिका जम्मा गरे। छात्रावासबारे थाहा पाएका विपन्न अभिभावकहरू छोराछोरी बोकेर आउन थाले। , बालबालिकाको संख्या बढ्दै जाँदा आवास विस्तार गर्नु पर्ने भयो। जर्मनीमा बस्ने एनआरएनका संस्थापक मध्येका एक रामप्रताप थापाले ४० लाख रूपैयाँ सहयोग गरे। यसले छात्राहरूका लागि छुट्टै भवन तयार भयो। काठमाडौं बस्ने चितवनका मिलन ढकालले ८० जना छात्रका लागि भवन बनाउन मेड नेपाल नामक संस्थामार्फत ३९ लाख रूपैयाँ सहयोग गरे। , सहयोग संकलन गर्दै केन्द्रले अहिले ८ वटा टहरा बनाइसकेको छ। जंगलको आडैमा रहेको छात्रावास वन्यजन्तुबाट सुरक्षित राख्न पर्खाल, लगाइएको छ। केपीका अनुसार यी सबै संरचना तयार गर्दा हालसम्म करिब साढे ६ करोड रूपैयाँ खर्च भएको छ।, गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अहिले १३५ जना बालबालिका छन्। उनीहरूमध्ये ४५ जना छात्रा छन्। उनीहरू चितवनका सबै स्थानीय तहका, धादिङ र मकवानपुर जिल्लाका हुन्।, केपी भन्छन्, 'गाउँतिर जाँदा आर्थिक र भौगोलिक अवस्थाका कारण पढ्न नपाएका बालबालिका भेटिए भने यहीँ ल्याएर पढाउने क्रम चलिरहेकै छ।' , केन्द्रमा चेपाङ संग्रहालय पनि छ। यहाँ चेपाङ समुदायको संस्कृति, वेशभुषा, रहनसहन झल्कने सामग्री राखिएका छ।बालबालिकालाई दूध खुवाउन केन्द्रमा दुइटा गाई पालिएका छन्। केही जमिनमा तरकारी खेती गरिएको छ। आम्दानीको नियमित स्रोत नहुँदा बालबालिकाका लागि बिहान, बेलुकाको छाक जुटाउन समस्या हुने गरेको केपीको भनाइ छ।, 'भौगोलिक विकटता र खाद्य अभावका कारण बञ्चितहरूलाई पढाउने चाहना अझै बढिरहेको छ। गाउँ जाँदा दुःखमा परेकलाई यसै छाड्न सक्दिनँ, डोर्याएर छात्राबासमा ल्याउँछु। तर दातासँग हात नफैलाउँदासम्म उनीहरूको खान्की जुटाउन सकिएको छैन,' कपीले भने।, सरकारले ग्रामीण क्षेत्रका सबै विद्यालयमा आवासीय सुविधा र खानासहित छात्रावास व्यवस्था गरिदिए धेरै समस्याको समाधान हुने उनको भनाइ छ। , 'सरकारले त्यति गरिदिए पहाडका विपन्न समुदायका बालबालिकालाई पढाउन व्यक्तिले दुःख गर्नुपर्ने थिएन।', दातासँग सहयोग मागेर जोडेको करोडौं मूल्यको छात्रावासको संरचना स्थानीय सरकारलाई हस्तान्तरण गरेर निवृत्त जीवन बिताउने केपीको इच्छा छ। त्यसअघि चेपाङ समुदायका समस्या समाधानमा सक्रिय रहन चाहन्छन्।,
चेपाङ गाउँमा शिक्षाको लहर फैलाउँदै 'केपी बा' (भिडिओ) |
सेतोपाटी संवाददाता फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका नगर प्रमुखहरूले बताएका छन्।, सोमबार काठमाडौं महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको बैठकमा उनीहरूले फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका हुन्।, उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो।, बैठकको मुख्य विषय दीगो फोहोरमैला व्यवस्थापन रहेको जनाइएको छ। , ‘उपत्यकाका पालिकाहरूमा केही साझा र केही भिन्न समस्याहरू छन्’, शाहले भने, ‘यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौं।’ , बैठकमा साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषयमा मुख्यत रहेको जनाइएको छ। , शाहले महानगरले काम र नेतृत्व पनि गरिरहेको बताए।, ‘घर-घरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ,' उनले भने, 'यो विधि शतप्रतिशत प्रभावकारी छ। फोहोरलाई ग्यासका रूपमा रूपान्तरण गर्दा ३० देखि ३५ प्रतिशतमात्र प्रभावकारी देखियो। अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो।' , शाहले जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि सहकार्य गर्न अनुरोध समेत गरेका छन्।,
उपत्यकाका नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरलाई सहयोग गर्ने |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका ५७ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्।, प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएका ५७ जनालाई सोमबार प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।, दर्ज्यानी चिन्ह लगाइदिएसँगै उनले पदोन्नती भएका अधिकृतहरूलाई बधाई समेत दिए।, उनले संगठनमा खाली रहेका सबै पदहरूमा तत्कालै बढुवा गर्ने गरी आफुहरू अगाडी बढिरहेको पनि बताए।, खाली पदहरू सिमित रहँदा सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरूको वृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र वैज्ञानिक बनाउने पनि बताए।, त्यस्तै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भइरहेको बताए।,
सशस्त्र प्रहरी बलका ५७ डिएसपीले पाए दर्ज्यानी चिन्ह |
सेतोपाटी संवाददाता प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ।, कास्की पोखरा उपमहानगरपालिका-४ घर भई वडा नम्बर-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार मिजारले २०६४ साल कात्तिक १९ मा मादक पदार्थ सेवन गरेका थिए। सोही क्रममा विवाद हुँदा रवीन्द्रकुमार मल्ललाई बाँसको भाटाले हानेको प्रहरीले जनाएको छ।, मिजारले काठमाडौं महानगरपालिका-२९ गोंगबु मित्रनगर सडक-खण्डमा मल्ललाई बाँसको भाटा, लात्ती, मुक्का प्रहार गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।, उनका अनुसार घाइते भएका मल्लको उपचारको क्रममा मृत्यु भएको हो। , कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनबाट मल्ललाई १० वर्ष कैद फैसला सुनाएको थियो। फैसलापछि उनी फरार भएको प्रहरीले जनाएको छ। , प्रहरीले मिजारलाई शनिबार पोखरा उप महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरेको हो।, मिजारलाई फैसला कार्यान्वयनको सोमबार कास्की जिल्ला अदालतमा पेस गरेको जनाइएको छ।,
,
कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६८ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८३४ जनाको पिसिआर र १ हजार ८८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ७७० जना सक्रिय संक्रमित छन्।, ३७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, ,
देशभर थपिए १६८ कोरोना संक्रमित |
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्त रूपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरूआत गरेका छन्।, काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उनीहरूले आज सो परियोजनाको सुरूआत गरेका हुन्।, त्यस अवसरमा मन्त्री भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताइन्।, उनले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरिन्।, मन्त्री भुसालले भनिन्, ‘संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ। त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ।’ , सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन्।, शताब्दीऔंदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उनले भनिन्, ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ। यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ।’,
,
खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको बताइन्।, चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उनले स्मरण गरिन्।, चीन नेपालको सुखदुःखको साथी रहेको भन्दै मन्त्री भुसालले २०७२ सालमा गएको भूकम्प र कोभिड–१९ महामारीमा चीनले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरिन्।, सो अवसरमा विदेश विभाग प्रमुख जियानचाओले नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे।, उनले भने, ‘महान् मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ।’, बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्दै लिउले भने, ‘बालबालिका नेपाल–चीन मितेरीका भविष्य हुन्। बालबालिकाको खुसीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ मजबुत बनाउँछ। उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो।’, कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ विद्यालयमा लागू भएको र त्यसबाट पाँच लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिइयो।,
‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरू |
राजेश घिमिरे भरतपुरस्थित डबली क्याफेमा डा. कृष्णप्रसाद पौडेल माटो, खाना र खेतीपातीको विषयमा बोलिरहेका थिए। उनका कुरा सुन्न पुगेका पत्रकार, लेखक र किसानहरू क्याफेका कुर्सीमा भरिभराउ थिए।, डबली द स्पेस र कविता विचार अन्तर्क्रियात्मक मञ्च 'मन्थन' ले आयोजना गरेको 'खाना र खेतीपातीको राजनीतीकरण किन?' शीर्षकको अन्तर्क्रियाका मुख्य वक्ता थिए डा. पौडेल। अन्तर्क्रियाको सहजीकरण लेखक जीवन क्षेत्रीले गरेका थिए।, 'भरतपुर यस्तो ठाउँ हो जहाँ विषको भव्य कारखाना छ। यहीँ त्यसले निम्त्याउने क्यान्सरको ठूलो अस्पताल पनि छ। देशले यो सहरलाई अस्पतालको सहर भनेर चिन्छ,' डा. पौडेलले भने, 'हाम्रो सरकारको नीति तथा कार्यक्रम नै विषलाई बढावा दिने खालको छ। हामीलाई विष खुवाउने अधिकार सरकारसँग छैन भनेर हामी खुलेर बोल्न सकेका छैनौं।', उनको संकेत व्यावसायिक कृषिमा राज्यले बढाउँदै लगेको लगानीतर्फ थियो। आफ्नो देशको माटो र माटो अनुकूलको बीउ जोगाउनेतर्फ नलागी विदेशीको नक्कल गरेर रासायनिक मल र विषादीको प्रयोग गरी कृषिलाई व्यावसायिक बनाउन राज्य लागिपरेको डा. पौडेलको आरोप थियो। , उनले माटो र बिउ जोगाउने कुरा राजनीतिक दलहरूले बेवास्ता गरेको र जनताबाट चुनिएका सांसदहरूले संसदमा कुरा नउठाएको भन्दै असन्तुष्टि प्रकट गरे।, 'अरूको नक्कल धेरै गरियो। विकास भनेर पश्चिमाको अनुशरण गरियो। यसले हाम्रो माटो बिगारेको छ,' उनले भने, 'अब पनि हाम्रो विशेषता अनुसारको विकास गर्न ढिलो गरियो भने खानै नपाउने अवस्था आउन सक्छ।', ६० वर्षीय डा. पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक, बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर र प्राकृतिक स्रोतको समाजशास्त्रीय अध्ययनमा विद्यावारिधि गरेका छन्। , उनले काठमाडौंमा बसेर २०६७ सालमा 'खानाका लागि खेतीपाती' अभियान सुरू गरेका थिए। यो अभियानले अर्गानिक अर्थात प्रांगारिक उत्पादन, खेतीका लागि नीतिगत दबाब र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्छ। उनी वन, कृषि र जलवायुको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था 'फरेस्ट एक्सन' का संस्थापक पनि हुन्।, प्रांगारिक कृषिको अभियान लिएर डा. पौडेल देशका विभिन्न ठाउँमा पुगेका छन्। उनलाई कर्णाली प्रदेश सरकारले प्रदेशलाई प्रांगारिक क्षेत्र बनाउने आधार तयार गर्न सरकारको सल्लाहकार पनि बनाएको थियो। प्रांगारिक उत्पादन, कृषि र राजनीति लगायत विषयमा बेलाबेलामा पत्रपत्रिका र अनलाइनहरूमा लेख लेख्छन्। कृषिविज्ञका रूपमा चिनिएका छन्।, भरतपुर, क्षेत्रपुरका स्थायी बासिन्दा उनी हाल आफ्नै गाउँ फर्किएर 'सहरी कृषि अभियान' मा सक्रिय छन्।, विषमुक्त तरकारी अभियान लिएर सहरका टोलमा पुग्छन्। कौसी र करेसाबारीमा स्वस्थकर तरकारी र फलफूल उत्पादन गर्न प्रोत्साहित गर्छन्। जिल्लामा प्रांगारिक खेती गर्दै आएका किसानसँग छलफल गर्छन्। विभिन्न स्थानीय तहमा पुगेर किसानका समूहसँग अन्तर्क्रिया गर्छन्। रासायनिक र जैविक विषादीको फरक बुझाउँछन्। रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा परेका असरहरू उदाहरणसहित सुनाउँछन्।, चितवनमा अचेल प्रांगारिक खेती गर्ने किसान ह्वात्तै घटेका छन्। आफ्नै कौसी र करेसाबारीमा तरकारी उत्पादन गर्नेभन्दा बजारको तरकारी किनेर खाने जमात बढ्दैछ। तत्कालको फाइदा हेरेर बालीमा रासायनिक मल र विषादी प्रयोग गर्ने क्रम बढेको छ। , व्यावसायिक खेतीमा सरकारी अनुदान पनि पाइन्छ। यस्तो अनुदान प्रांगारिक खेती गर्नेले भन्दा रासायनिक मल र विषादी प्रयोग गरेर धेरै उत्पादन देखाउनेले बढी पाउँछन्। स्थानीय कृषक चन्द्रप्रसाद अधिकारी रासायनिक विषादीको प्रयोग बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको बताउँछन्।, अधिकारी चितवनका पुराना किसान हुन्। भरतपुर महानगरको फूलबारीमा उनी साढे चार बिघा जमिनमा तरकारी खेती गर्छन्। उनले व्यावसायिक प्रांगारिक खेती गरेको ३७ वर्ष भयो। उनी कृषिमा लागेको ५० वर्ष भयो। , किसानहरूलाई प्रांगारिक उत्पादनका लागि प्रेरणा दिन पनि अधिकारी सक्रिय छन्। धेरै किसानलाई प्रांगारिक उत्पादन गर्न सिकाए। यसका फाइदा बताए। तर किसानहरू पलायन हुँदै गएको उनको भनाइ छ।, 'विषादीले मान्छेको स्वास्थ्यमा असर पर्न थालेको छ। बिउ, मेसिन, जनशक्ति सबै बाहिरका प्रयोग गरेर खेती गर्ने चलन बढेको छ। कृषिमा परनिर्भरता बढ्दो छ,' अधिकारी भन्छन्, 'यही अवस्था रहने हो भने त देशमा छिट्टै भोकमरी लाग्न सक्छ।', मानिसहरूले करेसाबारीमा खेती गर्न छाडेको, गर्नेले पनि रासायनिक विषादी प्रयोग गरेको तर यसलाई रोक्न कसैले प्रयास नगरेको अधिकारीको भनाइ छ। , कृषिको विकासका लागि चितवनमा तीन वटा सरकारी कार्यालय छन्– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाहरू। यी कार्यालयहरूले काम गरिरहे पनि उनीहरूको ध्यान अनुदानको प्रक्रिया मिलाउनेमा मात्रै केन्द्रित हुने गरेको अधिकारीको गुनासो छ।, नारायणगढमा तरकारी परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गरिए पनि त्यसले भारतबाट आयातीत तरकारीको गुणस्तर जाँच नगरेको उनको भनाइ छ।, 'अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको तरकारी धेरै खपत भइरहेको छ,' उनले भने, 'स्वच्छ खाना खान पाऊँ भनेर आन्दोलन गर्नुपर्ने बेला भयो।', राजनीतिक दलका नेता र जनप्रतिनिधिले विषादीयुक्त खान्कीले निम्त्याउने परिणामबारे ध्यान दिन नसकेको उनको आरोप छ।, डा. पौडेल राजनीतिक दलहरूको एजेन्डामा खाना र खेतीपातीका कुरा कहिल्यै प्राथमिकतामा पर्न नसकेको बताउँछन्।, 'रासायनिक विषादीले माटो मर्न थालिसक्यो। माटोमा उत्पादन हुन छाडेपछि किसानहरू निराश भएर विदेसिएका छन्। युवाहरू खाडी देशमा गएर पसिना बगाइरहेका छन्। तिनैले पठाएको रेमिटेन्सले विदेशबाट विषादीले भरिपूर्ण तरकारी ल्याएर खाने गरिएको छ,' डा. पौडेल भन्छन्, 'यो विषय न दलको एजेन्डा बन्न सक्यो, न कसैले संसदमा उठाउन सक्यो।', जमिनको खण्डीकरण बढेको, कृषियोग्य भूमि मासिँदै गएको, प्रांगारिक मल प्रयोग र उत्पादनको संस्कृति हराउँदै गएको उनले बताए। अबको संसदीय निर्वाचनमा खाना र खेतीपातीको कुरा मुख्य एजेन्डा बनाउनु पर्ने डा. पौडेलको भनाइ छ। , 'अब खाना र खेतीपातीको विषयलाई राजनीतिक चेतनाको हिसाबले लिन जरुरी छ। कम्तीमा विषादीरहित खान्की खान पाउने अधिकार सुनिश्चित गर्ने विषय राजनीतिक एजेन्डा बन्नुपर्छ,' उनी भन्छन्, 'खाना र खेतीपातीमा विवेक नफर्काउँदासम्म संकट मोचन हुनेवाला छैन। युवाको ऊर्जा र महिलाको विवेक अब यता लगाउनु पर्छ।', यसो नगरे नयाँ पुस्तालाई बिग्रिएको माटो र विषको भण्डार मात्रै हस्तान्तरण गर्न सकिने डा. पौडेलको भनाइ छ।, अन्तर्क्रिया समापन गर्नुअघि कार्यक्रमका सहजकर्ता जीवन क्षेत्रीले अमेरिकाको एउटा कथा सुनाए– , अमेरिकाको एउटा सहरमा एउटा उद्योग स्थापना भयो। उद्योगले विकास ल्याउने भयो, रोजगारी ल्याउने भयो भनेर स्थानीयबासीहरू खुसी भए। त्यसको केही वर्षपछि त्यहाँका महिलाहरूमा ठूलो समस्या देखिन थाल्यो। समस्या रोकथामका लागि कतिपय महिलाले त पहिल्यै शल्यक्रिया गरेर पाठेघर र स्तन निकाल्न थालेछन्। , त्यो उद्योगबाट क्यान्सरको प्रकोप यतिधेरै फैलिएछ कि क्यान्सर भइसकेपछि जटिलता आउनुभन्दा पहिल्यै अंग हटाइदिन्छौं भनेर आमा, छोरीहरूले नै पाठेघर र स्तन फालिदिएछन्। , यति कथा सुनाउँदै क्षेत्रीले भने, 'विश्वव्यापीरूपमा हेर्दा हामीले पर्यावरणचक्र यही दिशातर्फ लगिरहेका छौं कि भन्ने लाग्न थालेको छ। नेपालको खेतीपातीमा देखिएको समस्या ठ्याक्कै त्यस्तै नभए पनि बिस्तारै देश त्यही दिशातिर धकेलिँदैछ कि भन्ने डर लाग्छ।',
माटो र खाना जोगाउने अभियान बोकेर चितवन फर्केका डाक्टर पौडेल |
सेतोपाटी संवाददाता गण्डकी सरकारले व्यक्तिका नाममा बजेट विनियोजन गरेको र पोखरा महानगरले आसेपासेलाई सरकारी जग्गा दिएको विरोधमा नागरिक समाज कास्कीले धर्ना दिएको छ।, पोखराको शहिदचोकमा धर्ना दिँदै उनीहरुले यस्ता अनियमितता र भ्रष्टाचार रोक्न माग गरेका छन्। , धर्नामा सहभागीले राज्यकोषको मनपरितन्त्र बन्द गर, सरकारी सम्पत्ति संरक्षण गर, बजेट बाँडफाँडमा भेदभाव अन्त्य गर, राज्यको ढुकुटी दोहन बन्द गर, भ्रष्टाचारमुक्त समाज निर्माणमा योगदान पुर्याऔं, तिम्रा ट्रष्टमा राज्यको बजेट भ्रष्टाचार कि सदाचारलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।, धर्ना पश्चात बोल्दै नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धरले व्यक्तिका लागि देशको सम्पदा विक्री गर्ने काम भइरहेको बताए।, पोखरा महानगरले आसपासेलाई सरकारी सम्पत्ति दिएको भन्दै पटक पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको बताइन्। , ‘राजनीति भनेको नागरिकको सेवा गर्न भन्दा पनि व्यापार गर्न आएको देखिएको छ,’ उनले भनिन्, ‘देशको सम्पत्ति आसेपासेलाई बेच्ने र ढुकुटीबाट करोडौं रुपैया व्यक्तिका नाममा छुट्याएको छ, यो एकदम दुखद कुरा हो ।’, राजनीति गर्नेहरुले राष्ट्रको धन व्यक्तिलाई दिने र सरकारी सम्पत्ति आसेपासेलाई विक्री गर्न हुँदैन भन्ने कुरा जान्न जरुरी रहेको उनले बताइन्। उनले भनिन्, ‘गण्डकीका जनता भन्न पनि हामीलाई लाज लाग्ने भइसक्यो, देश सम्पत्ति दुरुपयोग गर्न हुँदैन भनेर उहाँहरुले जान्नुपर्दैन?’, धर्ना पश्चात बोल्दै बरिष्ठ अधिवक्ता तिलक पराजुलीले राणा शासन र राजा फाल्दासमेत आम नागरिकले सुविधा पाउन नसकेको बताइन्। ‘अहिले सबैतिर राजा छन्,’ उनले भने, ‘जनतालाई रैती सम्झेका छन्।’, गण्डकी सरकारले व्यक्तिका नाममा रकम छुट्याएको भन्दै आम नागरिकले विरोध जनाएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका बवाआमाका नाममा छुट्याएको रकम फिर्ता गर्ने बताएका छन्।, मुख्यमन्त्री पोखरेलले बुवाका नाममा २ वटा शीर्षकमा ६० लाख र मन्त्री श्रेष्ठले पनि २ वटा शीर्षकमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए। , मुख्यमन्त्री पोखरेलका सचिवालयले आइतबार राति विज्ञप्ति जारी गरेर आफ्ना बुबा र मन्त्री श्रेष्ठका बुवाआमाका नाममा विनियोजन बजेट प्राथमिकताका आधारमा विकासका काममा खर्च गर्ने निर्णय गरेको बताएका थिए। , तर, अन्य नेता र सांसदका आफन्त तथा कार्यकर्ताका नाममा विनियोजन गरिएका बजेटबारे विज्ञप्तीमा उल्लेख छैन। जनमोर्चा सांसद पियारी थापा संरक्षक र उनका श्रीमान हेमराज पुन ‘आश्रम’ का नाममा १ करोड ३० लाख लगायतका नाममा विनियोजित बजेट सरकारले अझै फिर्ता गरेको छैन । यस्तै, जनता समाजवादी पार्टीका सांसद धनमाया लामा पोखरेलले जेठाजुका नाममा खोलिएको प्रतिष्ठानका लागि ५० लाख विनियोजन गराएकी छिन्।, धर्नामा सहभागी युवा अभियन्ता अशोक खड्काले व्यक्तिका नाममा राज्यकोषबाट विनियोजित सबै बजेट फिर्ता हुनुपर्ने बताए । देशमा आर्थिक मन्दी छ, अर्थतन्त्र संकटमा गएको बेला सरकारले व्यक्तिलाई करोडौं बाँडिरहेको छ, उनले भने, मुख्यमन्त्री र मन्त्रीले मात्र होइन, सांसद, नेता, कार्यकर्ता सबैका नाममा गएको बजेट फिर्ता हुनुपर्छ ।’, उनले मन्त्री र सांसदले आफन्त, परिवार र कार्यकर्ताका कोष र पार्कका लागि मनपरी बजेट विनियोजनले संघीयता प्रति नै वितृष्णा फैलिएको बताए ।, यसैबीच, गण्डकी सरकारले व्यक्तिका नाममा कोष र पार्क बनाउन रकम विनियोजनको विरोधमा एमाले निकट अनेरास्ववियुले १ रुपैयाँ दान अभियान चलाएको छ । पोखराको रत्नचोकमा प्रदेश सरकारलाई बुझाउन भन्दै एक रुपैया दान अभियान चलाएको हो । , उक्त रकम संकलन गरेर सरकारका मुख्यमन्त्री तथा मन्त्रीलाई प्रदान गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका नेता आरके पोखरेलले जानकारी दिए।,
पोखरामा नागरिकका नारा- तिम्रा ट्रष्टमा राज्यको बजेट, भ्रष्टाचार कि सदाचार? |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ। , प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले जानकारी दिएका छन्। उनले फेसबुक मार्फत जानकारी दिएका हुन्। , 'हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडिओ र फोटोको चर्चा भइरहेको छ,' शाहले लेखेका छन्, 'सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं।’, शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरूरी भएको बताएका छन्। शाहले त्यस्ता कार्यहरू सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा धन्यवाद प्रकट गरेका छन्। , उनले आगामी दिनहरूमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन्।,
धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले तिरायो २५ हजार जरिवाना |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोड भएको छ।, सोमबार दिउँसो केही समूह त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी तोडफोड गरेको त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। , विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा ती समूहका मानिसहरूले कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी कुर्सी, टेबल, ढोका इत्यादि तोडफोड गरेको जनाइएको छ। , यस्तै,उनीहरूले नेमप्लेट फ्याँक्ने, रजिष्ट्रारको कार्यालयका झ्याल तोडफोड गर्ने, कार्यालय एवं महाशाखामा कार्यरत कर्मचारीहरूलाई आतंकित गरेको बताइएको छ। , विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको कामकारबाहीलाई ठप्प हुनेगरी राजिष्ट्रारको कार्यालयको मूलद्वारमा नै तालाबन्दी हुनेगरी गरिएको कार्यप्रति दुःख प्रकट गरेको छ। , त्रिविले प्रचलित कानून बमोजिम कारबाही गर्न नेपाल सरकार अन्तर्गतका सम्बन्धित निकायहरूमा विश्वविद्यालय अनुरोध गरेको छ। ,
त्रिवि उपकुलपति कार्यालय तोडफोड |
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ।, जेठ २९ गते राति २ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको थियो। त्यस घटनामा प्रहरीले संलग्न तीन जना र होटलका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।, सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरू तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, यस्तै होटलका सञ्चालकलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको हो।, प्रहरीले बलात्कार आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको थियो। , प्रहरीका अनुसार उनीहरूबीच चिनजान थिएन। पीडित युवती र रिन्जेनको भेट किंग्स लाउन्जमा भएको थियो।, उनीहरूले मापसे पनि गरेका थिए। रितेश र उत्तम पनि त्यहीँ थिए।, रिन्जेनसँग भेट भएपछि ती पीडित युवतीलाई घर पुर्याइदिन्छु भनेका थिए। तर उनले ट्याक्सीमा हालेर बौद्ध पुर्याएका थिए। जबकी ती युवती माछापोखरी जानुपर्ने थियो।, बौद्धको लुङ्ता होटलमा गए। होटल सञ्चालकले सुरूमा कोठा दिएनन्।, कोठा नदिएपछि उनले रितेशलाई फोन गरे। होटलका सञ्चालकलाई चिनेको र उनले भनेपछि कोठा दिनसक्ने भन्दै उनलाई बोलाइयो।, पछि रितेश आएर उनकै नाममा कोठा पनि बुक गर्यो। ५०० रुपैयाँ पनि उनैले दिए।, त्यसपछि भने उनीहरू कोठामा गए। फेरि उनीहरूले उत्तमलाई पनि बोलाए। त्यहाँ उनीहरूले पालैपालो बलात्कार गरेपछि पीडित युवतीले प्रहरीको कन्ट्रोल रूम नम्बर १०० मा फोन गरेकी थिइन्।, त्यहाँबाट प्रहरी वृत्त बौद्धलाई खबर भएपछि त्यहीबेला प्रहरी घटनास्थल पुगेको थियो। त्यतिबेला तीनै जना घटनास्थलबाट भागिसकेका थिए।, पीडित युवतीको त्यहाँबाट उद्धार गरी उपचारको लागि थापाथलीस्थित प्रसूति गृहमा लगिएको थियो। प्रहरीले अनुसन्धान गर्दै जाँदा १६ घण्टाभित्रै तीनै जनालाई विभिन्न स्थानबाट पक्रियो। यता मतियार बनेका भन्दै होटल सञ्चालकलाई पनि प्रहरीले समात्यो।, ‘राति एक जना युवतीलाई तीन जना पुरूषले लिएर आए। घटना भएपछि चिच्याइन् पनि तर होहल्ला गर्दा समेत प्रहरीलाई खबर नगरी पीडकको संरक्षण गरेको पाएपछि उनीमाथि पनि मुद्दा चलायौं,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘अहिले ती मतियारलाई १० लाख रुपैयाँ धरौटी तिराएर छाडिएको छ।’,
बौद्धमा युवतीमाथि सामूहिक बलात्कार प्रकरण: तीन जना पुर्पक्षका लागि थुनामा, १० लाख धरौटीमा छुटे होटल सञ्चालक |
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट एक जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। , चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा चेक प्वइन्टबाट एक जनालाई १४९१ एम्पुल लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, सोमबार बिहान बा ४ ख ५०१६ नम्बरको बस वीरगन्जबाट काठमाडौं आएको थियो। त्यसमा सवार यात्रु भारतको मोतिहारी महावीर नगर रक्सौल घर हुने १९ वर्षीय विशाल कुमारमाथि प्रहरीले चेक गरेको थियो। , चेक गर्दा उनीबाट प्रहरीले सो मात्राको लागुऔषध बरामद गरेको हो।, प्रहरीले ४९७ एम्पुल डाइजेपाम, ४९७ एम्पुल फेनेरगन र ४९७ एम्पुल नुफिन बरामद गरेको हो। यस्तै उनको फोन र दुई हजार भारतीय नगद पनि बरामद गरेको छ। , उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अघि बढाएको छ। , काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।,
नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ |
रासस भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ।, मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए।, प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ।, सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले बताए।,
अवैध कपडा र चिनी बरामद |
सेतोपाटी संवाददाता प्रदेश १ सरकारको एक मात्र विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाइ सुरू भएको छ।, संघीयता कार्यान्वयनमा आएपछि यो प्रदेशले स्थापना गरेको यो एक मात्र विश्वविद्यालय हो। , मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढास्थित देशकै पहिलो दाबी गरिएको प्राविधिक विश्वविद्यालयले सोमबारदेखि पहिलो शैक्षिक सत्र इन्जिनियरिङ स्कुलतर्फको चार वर्षे स्नातक तहको पढाइ सुरू गरेको हो। , सिभिल अनि इलेक्ट्रिक र इलेक्ट्रिोनिक्सतर्फ स्नातक तहमा सुरू भएको पहिलो शैक्षिक सत्रमा जम्मा ४८ जना विद्यार्थीहरूले भर्ना भएर पढने अवसर प्राप्त गरेका छन्।, पहिलो शैक्षिक सत्रमा भर्ना हुन पाँच सय बढी विद्यार्थीले आवेदन दिएका थिए। , विश्वविद्यालयको सिट संख्या र मापदण्ड अनुसार ४८ जनाले मात्र पढ्ने अवसर पाएको इन्जिनियरिङ संकायका डिन डा प्रचण्डमान प्रधानले बताए।,
,
प्रदेश नं. १ सरकारले प्रदेशसभाबाट कानुन निर्माण गरेर १६ असोज २०७६ मा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो।, यस विश्वविद्यालयमा स्कुलअफ इन्जिनियरिङ, स्कुलअफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज गरी तीन वटा संकाय सञ्चालन हुनेछन्।,
प्रदेश १ को पहिलो विश्वविद्यालयमा पढाइ सुरू |
सेतोपाटी संवाददाता काठमाडौंको थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका-८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, नेपाली रा १ ख २७३४ नम्बरको टिपर चालक हुन्। , प्रहरी उपरीक्षक मैनालीका अनुसार घटना शुक्रबार राति १० बजेतिर भएको हो। चन्द्रागिरि नगरपालिका-७ थानकोटस्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरी बलात्कार गरेको आरोप नेपालीमाथि छ। , १७ वर्षीया ती किशोरी कलेज पढ्थिन्। काम पनि गर्थिन्। त्यस दिन उनी गाउँबाट सोही टिपर चढेर काठमाडौं आएकी थिइन्। तर थानकोट पुगेपछि चालक नेपालीले 'तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्याइदिन्छु' भनेका थिए। किशोरी गौशालामा डेरा गरी बस्छिन्।, तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा पार्किङ गरेका थिए। त्यहाँ उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर गाडीबाट पठाए। सहचालक बाहिर गएपछि चालक नेपालीले गाडीको ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। , बलात्कार गरेपछि चालक टिपर छाडेर भागेका थिए। बलात्कार गरेको खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयको कमान्डमा टोली खटिएर पीडित किशोरीको उद्धार गरेको थियो। , पीडित किशोरीको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह, थानकोटमा पठाइएको थियो। त्यसपछि चालकको खोजी गर्दा शनिबार बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका-१४, कलंकीमा फेला पारी प्रहरीले नेपालीलाई पक्राउ गरेको मैनालीले बताए। , पक्राउ परेका नेपालीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। उनीमाथि अदालतले मुलुकी फौजदारी संहिता २०७४को करणी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।,
टिपरभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा चालक पक्राउ |
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा एउटा तस्बिर सार्वजनिक गरेका छन्। त्यो तस्बिर पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठाएको हो। , अमेरिकी अन्तरिक्ष संस्था नासाको जेम्स बेव स्पेस टेलिस्कोपले पठाएको उक्त तस्बिरमा ब्रह्माण्डको अहिलेसम्मकै फराकिलो र पुरानो चित्र कैद भएको छ। वैज्ञानिकहरूले यो १४ अर्ब वर्षअघि भएको बिग ब्याङ्गको केही समयपछिको तस्बिर भएको बताएका छन्। , उक्त तस्बिर कैयौं तारा, ग्यालेक्सीहरूले भरिएको छ। , तस्बिर सार्वजनिक गर्नुअघि बाइडेनले भने- यो ब्रह्माण्डको इतिहास सबैभन्दा पुरानो १३ अर्ब वर्षअघिको प्रकाशको संग्रह हो--म फेरि भन्छु १३ अर्ब वर्ष पहिलाको। यो मापन गर्न निकै कठिन छ।, जेम्स वेब स्पेस टेलिस्कोपले पठाएका थप तस्बिरहरू नासाले मंगलबार सार्वजनिक गर्दैछ। नेपाली समयअनुसार मंगलबार राती ८:२० बजे नासाको उक्त कार्यक्रम अनलाइनमा हेर्न सकिनेछ। , १० अर्ब डलर खर्चेर बनाइएको जेम्स वेब स्पेस टेलिस्कोप गत वर्ष डिसेम्बर २५ मा पृथ्वीबाट लन्च गरिएको थियो। आकाशमा पठाइएको यो अहिलेसम्मकै शक्तिशाली र ठूलो टेलिस्कोप हो। जनवरीमा यो टेलिस्कोप पृथ्वीबाट १० लाख माइल (१६ लाख किलोमिटर) टाढा पुगेको थियो। अहिले त्यही ठाउँमा रहेर यसले काम गरिरहेको छ।, नासाले यो टेलिस्कोप लन्च गर्न युरोपियन र क्यानडियन स्पेस एजेन्सीहरूसँग मिलेर काम गरेको छ। यसको निर्माणमा २० हजार बढी इन्जिनियर, खगोलविद्, प्राविधिक र कर्मचारीको भूमिका छ।, जेम्स वेब स्पेस टेलिस्कोपका दुइटा मुख्य लक्ष्य छन्। पहिलो, ब्रह्माण्डको सबैभन्दा सुरूको अवस्थाबारे जानकारी लिने र दोस्रो, प्राणी बाँच्न सक्ने पृथ्वीजस्तै अर्को ग्रह भए/नभएको पत्ता लगाउने।, वैज्ञानिकहरूले यो टेलिस्कोपले गर्ने काम ब्रह्माण्डको अन्वेषणमा नयाँ कोशेढुंगा सावित हुने अपेक्षा गरेका छन्। , It's here–the deepest, sharpest infrared view of the universe to date: Webb's First Deep Field.,
Previewed by ,@POTUS, on July 11, it shows galaxies once invisible to us. The full set of ,@NASAWebb,'s first full-color images & data will be revealed July 12: ,https://t.co/63zxpNDi4I, ,pic.twitter.com/zAr7YoFZ8C,
— NASA (@NASA) ,July 11, 2022, (एपी, न्युयोर्क टाइम्स, बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।),
पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठाएको पहिलो तस्बिर |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.