content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता मंगलबार देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।, अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।, दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , राति देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। , भोलि बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, यस्तै बिहिबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, प्रदेश १, गण्डकी , सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। , नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।,
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना |
रासस धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा सोमबार दुई दाजुभाइको शव फेला परेको छ।, कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिराहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपूका छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ।, ज ९ प ६१९४ नम्बरको मोटरसाइकलमा चढेर पर्यटकीय क्षेत्र उत्तर बाहिनी गएका दुवै जनाको शव सोमबार कमला नदीको ढोका छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।, कमला नदीमा नुहाउने क्रममा दुवैलाई बाढीले बगाएर कमला नदीको ढोकासम्म ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।, दुवै शवको परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।,
नदीमा दाजुभाइको शव फेला |
रासस बागलुङमा डेंगीका बिरामी फेला पर्न थालेका छन्।, गर्मी बढेसँगै डेंगीको जोखिम देखिन थालेको हो।, लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।, धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगी पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए।, उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए।, सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।, उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगी हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।, वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।,
बागलुङमा भेटिए डेंगीका बिरामी |
राजेश घिमिरे चितवन प्रहरीले तयार पारेको 'चेतनामूलक विद्यालय पाठ्यसामग्री' रत्ननगर नगरपालिकाका सम्पूर्ण स्कुल र क्याम्पसहरूमा पढाउनेगरी सम्झौता भएको छ। जिल्ला प्रहरी कार्यालयले रत्ननगर नगरपालिकासँगको सहकार्यमा शनिबार उक्त नगरपालिकाका सबै स्कुल र क्याम्पसहरूले चेतनामूलक विद्यालय पाठ्यसामग्री पढाउनेगरी सम्झौता गरेको हो।, जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले नगरपालिकाका सबै सामुदायिक, निजी स्कुलका प्रधानाध्यापक र क्याम्पस प्रमुख तथा प्रतिनिधिसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।, उक्त पाठ्यसामग्रीमा महिला तथा बालबालिकाविरूद्ध कस्ता अपराधहरू हुन सक्छन्, सामाजिक अपराध भनेको के हो, घरेलु हिंसा र उजुरी दिने कार्यविधि के हो, आत्मरक्षा र बच्ने उपाय कस्ता हुन्छन्, ट्राफिक नियम कस्तो हुन्छ, आत्महत्या के हो, यसको संकेत र बचाउने उपाय के हुन्, असल मानिसका कर्तव्य र जिम्मेवारी कस्ता हुन्छन् जस्ता विषयहरू समेटिएका छन्। कुनै घटना भइहाले जानकारी गराउन सम्बन्धित निकायहरूको सम्पर्क नम्बर पनि समावेश गरिएको छ। , यी विषयलाई प्रधानाध्यापकमार्फत शिक्षक, विद्यार्थी, अभिभावक हुँदै समाजमा पुर्याउने लक्ष्य रहेको एसपी अधिकारीले बताए।, 'बालबालिकाहरूमाथि हुने विभिन्न किसिमका हिंसा, उनीहरूले अन्जानमा गर्ने लागुऔषध सेवन, धूमपान, मद्यपान, साइबर अपराधहरू बढ्दो क्रममा छन्। बालबालिकाहरू लागुऔषध दुर्व्यसनीमा फस्ने क्रम पनि बढ्दो छ,' उनले भने, 'प्रविधिमा पहुँच बढ्दै जाँदा सामाजिक सञ्जाल बालबालिकाहरू लागि जोखिमपूर्ण बन्दैछ। साइबर अपराधका घटनामा बालबालिका मुछिन थालेका छन्। सुरूआतमा शिक्षक तथा विद्यार्थीलाई सचेत बनाउन सक्दा उनीहरूमार्फत समाज सुरक्षित बन्दै जाने भएकाले प्रहरी कार्यालयले अग्रसरता लिएर पाठ्यसामग्री प्रकाशनमा ल्याएको हो।', उक्त पाठ्यसामग्री पहिलो चरणमा भरतपुर महानगरपालिकाका सबै सरकारी, निजी स्कुल र क्याम्पसका प्रमुखहरूलाई हस्तान्तरण गरिएको थियो। , 'रत्ननगर नगरपालिकाभित्रका सबै शैक्षिक संस्थाका प्रमुखले हामीले तयार पारेको पाठ्यसामग्रीलाई पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरूलाई सुसूचित गराउने प्रतिबद्धता व्यक्त गरी सम्झौता गर्नुभएको छ,' अधिकारीले भने, 'उहाँहरूले प्रतिबद्धता पूरा गर्नुभयो भने सुरक्षित समाज निर्माण गर्ने हामी सबैको अभियानमा ठूलो सहयोग पुग्छ।', (यो पनि पढ्नुहोस्ः ,विद्यार्थीलाई अपराधबाट जोगाउन चितवन प्रहरीको जुक्ति,), चितवनका विभिन्न विद्यालयका छात्राहरूले शिक्षकबाटै यौन दुर्व्यवहारमा परेको उजुरी प्रहरी कार्यालयमा दिइरहेका छन्। एसपी अधिकारीले यौन दुर्व्यवहारमा संलग्न शिक्षकहरू पक्राउ गरिरहेको सबै तथ्यांकहरूको विश्लेषण गरेर पाठ्यसामग्रीमा समावेश गरेको बताए। , प्रधानाध्यापकहरूसँग सम्झौता गरेपछि रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले हरेक दिन कम्तीमा एक घन्टा उक्त पाठ्यसामग्री पढाउन निर्देशन दिए।, 'विद्यालयका नियमित पाठ्यपुस्तकसँगै यो पाठ्यसामग्री पनि विद्यार्थीलाई पढाउनू,' उनले भने, 'हाम्रा बालबालिकाहरू विभिन्न किसिमका कुलतमा फस्ने क्रम बढ्दै गएको छ। समाजमा विकृति, विसंगति बढ्दै गएको छ। यस्ता घटनामा कमी ल्याउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ।', अभिभावकले छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउने सपना मात्रै देख्ने गरेको तर उनीहरूलाई नैतिक शिक्षा दिने विषयमा चासो नराख्ने गरेको सापकोटाले बताए।, 'अब यो पाठ्यसामग्रीमार्फत बालबालिकाको चेतनाको विकास गर्नु जरूरी छ। सम्झौताअनुसार सबैले कार्यान्वयन गर्नुहोला। नगरपालिकाले यसको नियमित अनुगमन गर्छ,' उनले भने।, अधिकारकर्मी मिना खरेलले समाजमा व्याप्त विकृति, विसंगति शिक्षकमार्फत रोक्न सकिने बताइन्।, 'नेपालमा भौतिक पूर्वाधार निर्माण गर्नुलाई मात्रै विकास भन्ने गरिएको छ। तर विकास त मानवीयतासँग जोडिएको हुन्छ,' उनले भनिन्, 'नैतिक विकास भएन भने भौतिक विकासको कुनै अर्थ हुँदैन।', बालबालिकामाथि हुने यौन दुर्व्यवहार, आत्महत्याजस्ता घटना दिनहुँ बढिरहेको भन्दै उनले जनचेतनामूलक नैतिक शिक्षाले मात्रै त्यस्ता घटनामा कमी आउने बताइन्।, सम्झौतापछि रत्ननगरका विद्यालयका प्रधानाध्यापकहरूले प्रहरीले तयार पारेको पाठ्यसामग्री पाठ्यक्रममै समावेश गरेर नियमित रूपमा पढाउन थाल्ने बताए। उनीहरूले प्रहरी कार्यालयका प्रतिनिधिलाई पनि स्कुलमा आएर बालबालिकालाई प्रशिक्षण दिन आग्रह गरे। , जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले जिल्लाभरका सबै शैक्षिक संस्थाहरूमा उक्त पाठ्यसामग्री पुर्याउने लक्ष्यअनुरूप सबै स्थानीय तहसँग कुरा भइरहेको बताए।,
चितवन प्रहरीको 'चेतनामूलक पाठ्यसामग्री' रत्ननगरका सबै स्कुल र क्याम्पसमा पढाइने |
राजेश घिमिरे नारायणगढका एक अधवैशे पुरूषलाई फेसबुकमा सुन्दर प्रोफाइल फोटो भएकी युवतीको ‘फ्रेण्ड रिक्वेस्ट’ आउँछ। ती पुरूष झट्टै युवतीको रिक्वेस्ट स्वीकार्छन्। , लगत्तै उनीहरूका बीचमा फेसबुक म्यासेन्जरमा कुराकानी सुरू हुन्छ। युवतीको सुन्दर फोटोले लोभिएका पुरूष च्याटमा मोहित हुन्छन्। युवतीसँगको गफमा उनी यति विश्वास गर्छन् कि उनी आफ्नो परिवारलाई नै भुल्न पुग्छन्। , उनीहरूबीचमा अन्तरंग गफ हुन थाल्छ। पुरूषको आग्रहमा युवतीले नग्न तस्वीरसमेत फेसबुक म्यासेन्जरमा पठाउँछिन्। बिस्तारै युवती आफ्ना घरायसी समस्या पुरूषलाई सुनाउन थाल्छिन्। युवतीको समस्या समाधान गर्न ती पुरूष लाखौं रुपैयाँ दिन तयार हुन्छन्।, एक पटक पनि भेट नभएकी युवतीलाई लाखौं रुपैयाँ पठाइदिन्छन्। उनीहरूबीचको सम्बन्ध थप नजिकिन्छ। कफी सपमा उनीहरूको भेट पनि हुन्छ। युवतीका समस्या दिनप्रतिदिन बढ्दै जान्छन्। उनी विभिन्न समस्या देखाउँदै आफू र आफन्तका नाममा पैसा पठाइदिन आग्रह गर्छिन्। पुरूष युवतीले भनेअनुसार गर्न कत्ति पनि हिचकिच्याउँदैनन्। , उनै पुरूषलाई अर्की युवतीको पनि फ्रेण्ड रिक्वेस्ट आउँछ। सुन्दर प्रोफाइल फोटो भएकी ती युवतीको साथी बन्ने प्रस्तावलाई पनि लत्याउन सक्दैनन् ती पुरूष।, अघिल्लो युवतीसँगजस्तै निकट सम्बन्ध बन्छ। बिस्तारै ती युवती आफ्ना समस्या सुनाउन थाल्छिन्। पुरूष उनको समस्या पनि समाधान गर्न प्रयास गर्छन्। त्यसका लागि उनी लाखौं रुपैयाँ पैसा पठाउँछन्। , लाखौं रकम प्राप्त गरेपछि युवतीहरू ती पुरूषसँगको कुराकानी घटाउन थाल्छन्। बिस्तारै उनीहरू हराउँछन्। त्यतिखेरसम्म उनले २६ लाख ४५ हजार ७०० रुपैयाँ यी दुई युवतीलाई पठाइसकेका हुन्छन्। उनीहरू सम्पर्कविहीन भएपछि भने ती पुरूषलाई झट्का लाग्छ। , यही घटनामा संलग्न रहेको आधारमा प्रहरीले नवलपुरको गैंडाकोट–११ की २६ वर्षीया एक युवतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।, ‘युवतीहरूले ठगेकाले कानुनबमोजिम कारबाही गरी ठगिएको रकम असुल गरिपाऊँ भनेर भरतपुर–१ नारायणगढका ५३ वर्षीय पुरूषले जाहेरी दिएपछि हामीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भने, ‘पुरूषसँग दुइटा फेसबुक प्रयोग गरेर पैसा माग्ने युवती उनै रहेको देखिन्छ।’, अधिकारीले एउटै युवतीले धेरै पैसा लिनका लागि फरक फेसबुक आइडी बनाएको अनुसन्धानबाट देखिएको बताए। , चितवन प्रहरीका प्रमुख एसपी नवराज अधिकारीले सामाजिक सञ्जालमार्फत् अपराधिक गतिविधि बढिरहेकोले सचेत बन्नुपर्ने अवस्था आएको बताए।, ‘सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने गिरोह नै सक्रिय भएको पनि हुनसक्छ, त्यस्ता मान्छेले पैसा धेरै भएको मान्छे खोज्दै सामाजिक सञ्जालमा पच्छ्याइरहेका हुनसक्छन्,’ अधिकारीले भने,‘सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ।’,
'फेसबुके माया'मा फसेर युवतीलाई २६ लाख पठाएपछि.... |
सेतोपाटी संवाददाता कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ।, आज गोरखापत्रमा सूचना निकालेर कोषले वरिष्ठ प्रबन्धक एक जना मागेको छ भने सबैभन्दा धेरै प्रशासनतर्फ सहायकमा १३ जना मागेको छ।, लोक सेवा आयोगको सहमतिअनुसार कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।, असार २८ गतेदेखि अनलाइनबाट दरखास्त आह्वान गर्न सकिन्छ।,
कर्मचारी सञ्चय कोषले माग्यो ५८ कर्मचारी |
रासस मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।, मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।, यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।, मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्। जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए। ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, उनले भने।, यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।, धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो। जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ। यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ।, निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए। अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो। सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ।, उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन्। अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए। यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो। कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ। , मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।,
आज सार्वजनिक बिदा, बकर ईद (इदुल जोहा) मनाइँदै |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। , आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। , एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। , हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। , वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।, चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ।, कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ। दुई वर्ष अघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ।,
तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै |
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। , हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। , प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।, आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
मनसुनी वायुको सामान्य प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता झापामा एक युवक मृत अवस्थामा फेला परेका छन्। , प्रहरीका अनुसार झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डमा एक युवा मृत अवस्थामा फेला परेका हुन्।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सडक किनारमा फेला परेका मृतकको साथमा रहेको नागरिकताको आधारमा उक्त शव फिदिम ५, पाँचथरका कुमार खनालको हो।, घटनास्थलको ५ मिटर दूरीमा प्रहरीले बा ४२ प १२८ नम्बरको मोटरसाइकल समेत फेला पारेको छ।, प्रहरीले गएराति सडक दुर्घटनाबाट युवकको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।,
झापामा एक युवक मृत अवस्थामा फेला |
एजेन्सी कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।, सङ्क्रमणमा हालै भएको वृद्धिलाई उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश पाउने बताएका छन्।, इरानी विशेषज्ञले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप–प्रजातीहरू आगामी हप्ताहरूमा इरानकम समस्याको रूपमा आउनसक्ने बताएका छन् । , इरानी राष्ट्रपति कार्यालयका अनुसार कोभिड–१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडा सँग पालन गर्न गराउन निर्देशन दिएका छन्।, उनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन दिएका छन्।, आधारभूत स्वास्थ्य समस्या भएकाहरूले विशेष गरी सावधानी अपनाउनुपर्ने भन्दै उनले प्राथमिकताका आधारमा कोभिड–१९ विरूद्धको अतिरिक्त खोप अभियान देशैभरी तुरून्तै पुर्याउनुपर्नेमा पनि जोड दिएका छन्।, इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ।,
,
कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै |
नारायण अधिकारी चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ। विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरूष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरूष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्। , पुरूष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने ,‘डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो।’ उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसँग भेट्न पाएका छैनन्। , क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्र्टर’ समेत छैन। बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए। वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे। आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’ को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए। , महिला मेडिकल वार्डका नर्सहरूले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा. ऋतुराज तिवारीको हो। बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एक जना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाएनन्। उनीहरू भन्दै थिए, ‘कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो।’ यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ। , शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिन सहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्। , चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्छन्। आफ्नो ड्युटीमा नगएका डा तिवारीले टेलिफोनमा भने, ‘गल्ती भयो, अब म गर्दिनँ।’ यसअघि पनि डा तिवारी राउण्डमा नजाने गरेको नर्सहरूको गुनासो छ। , अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिए। उनले भने, ‘तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ।’ , भरतपुर अस्पताल सङ्घीय अस्पताल भित्र पर्छ। पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकको अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् । , प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताए। उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिए।,
भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा... |
रासस कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ।, गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो।, शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।,
कैलालीको गोदावरी नदी किनारामा बालकको शव फेला |
रासस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।, तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो।, घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए।, उनको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ।,
लडेर प्रहरी जवानको मृत्यु |
रासस जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्।, शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।, उनकाअनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन्।, विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ।, बिरामीहरू सबैकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।,
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी |
राजेश घिमिरे राम्रा सामुदायिक स्कुल, खैरहनी नगरपालिका–१, ज्यामिरे घर भएका अंकित तिवारी अहिले ९ कक्षामा पढ्छन्। पहिले घर नजिकैको एक एउटा निजी विद्यालयमा पढ्थे। निजी विद्यालयलाई 'बोर्डिङ स्कुल' भन्ने चलन छ।, उनी यही वर्ष बोर्डिङ छाडेर घरबाट सात किलोमिटर टाढाको जनजागृति माध्यमिक विद्यालय, पिठुवामा भर्ना भएका हुन्। जनजागृति मावि सामुदायिक अर्थात सरकारी स्कुल हो। , साइकल चढेर जाँदा सडकको दायाँ–बायाँ आधा दर्जन जति सामुदायिक र बोर्डिङ स्कुल भेटिन्छन्। अंकितलाई ती कुनै पनि विद्यालयले आकर्षित गर्न सकेनन्। , दुई वर्षअघि दस वटा निजी र सामुदायिक स्कुल कटेर जनजागृति माविमा भर्ना भएका सुशील घिमिरेले यस वर्ष विद्यालय शिक्षा परीक्षा (एसइई) दिएका छन्। उनी रत्नननगर नगरपालिकाको भानुचोक नजिकै रहेको घरबाट साइकल चढेर करिब दस किलोमिटर परको स्कुल गएर पढे। , कालिका नगरपालिका–८, न्युरेनीका अनिशा दर्लामी मगर, स्मृति कुमाल र सोहन रेग्मी पनि अंकित र सुशीलझैं साइलकमा लामो दूरी पार गर्दै जनजागृति पुग्छन्। , अचेल यस्तै विद्यार्थीले भरिएको छ जनजागृति माध्यमिक विद्यालय। , यो स्कुल स्थापना २०१९ सालमा भएको हो। रत्ननगर नगरपालिकाको वडा नम्बर १४, पिठुवामा अवस्थित विद्यालयमा हाल १ हजार ६०९ जना विद्यार्थी छन्। , एसइई नतिजाका आधारमा यो जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये पर्छ। रत्ननगर नगरपालिका र पूर्वी चितवनमा सबभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यालय पनि यही हो। , २०७२ सालको एसइईमा देशभरबाट १२ जना मात्रै विद्यार्थीले ३.९ जिपिए ल्याउँदा यस विद्यालयका चार जना परेका प्रधानाध्यापक विनोदप्रसाद अधिकारी जानकारी दिए।, 'विद्यार्थीहरूको उत्कृष्ट नतिजा र विद्यालयको शैक्षिक गुणस्तरको विषयमा थाहा पाएपछि विद्यार्थीहरू अन्य विद्यालय छाडेर जनजागृतिमै भर्ना हुने क्रम बढेको छ,' उनले भने, यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को कार्यक्रमअन्तर्गत सिभिल इञ्जिनियरिङमा तीन वर्षे डिप्लोमा पढाइ पनि हुन्छ। , यो स्कुलले २०६७ सालमा नर्सरी कक्षाबाट अंग्रेजी माध्यममा पढाइ सुरू गरेको थियो। त्यसको अर्को वर्ष कक्षा ६ मा अंग्रेजी माध्यम सुरू भयो। यसैगरी क्रमशः १०, ११ र १२ कक्षामा पनि अंग्रेजी माध्यममै पढाइ हुन थाल्यो। , 'सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट निःशुल्क पढाइ भइरहेको र यहाँका विद्यार्थीले निजीकाले भन्दा राम्रो नजिता ल्याएको थाहा पाएपछि अभिभावकहरूको ध्यान पर्न थाल्यो,' प्रधानाध्यापक अधिकारीले भने, '२०७२ सालपछि विद्यार्थीको चाप बढ्न थाल्यो। भर्नाका लागि प्रवेश परीक्षा लिनै पर्ने अवस्था आइपर्यो।', यस वर्षको प्रवेश परीक्षामा कुल तीन सय विद्यार्थी सहभागी भएकामा दुई सय जनाले मात्रै भर्ना पाए। निजी विद्यालय छाडेर यहाँ भर्ना हुनेहरू प्रायः आर्थिक अवस्था कमजोर रहेका परिवारका विद्यार्थी छन्। , चितवनको जनजागृति माविका प्रधानाध्यापक विनोदप्रसाद अधिकारी। तस्बिरः राजेश घिमिरे/सेतोपाटी, 'अभिभावकले निजी स्कुलमा पढाएका थिए। आर्थिक अवस्था कमजोर भएकाले शुल्क बुझाउन कठिन थियो। यहाँको पढाइबारे जानकारी पाएपछि भर्ना गर्न आइपुगे,' अधिकारी भन्छन्, 'यस्ता विद्यार्थीको संख्या धेरै छ।' , सम्पन्न परिवारका पनि कतिपय विद्यार्थीहरू बोर्डिङ छाडेर भर्ना हुन आएको उनले बताए। छोराछोरीलाई स्थानान्तरण गर्न खोज्दा बोर्डिङले प्रमाणपत्र नदिएको गुनासो लिएर पनि अभिभावकहरू आउने गरेका छन्। , नेपाली माध्यमबाट पढ्ने विद्यार्थी पनि छन् तर २५ प्रतिशत जति मात्रै छ। कक्षा ८ देखि १० सम्म नेपाली माध्यममा पढ्ने विद्यार्थी १० प्रतिशत मात्रै छन्।, विद्यालयमा सकेसम्म आधुनिक प्रविधिबाट पढाइ हुन्छ। अधिकतम शैक्षिक सामग्रीको प्रयोग हुन्छ। प्रोजेक्टरबाट देखाएर पढाउने अभ्यास सुरू गरिएको छ। आइसिटी ल्याब, कम्प्युटर ल्याब लगायतमा विद्यार्थीहरूको पहुँच सहज छ।, प्रधानाध्यापक अधिकारीका अनुसार यहाँका प्रायः शिक्षक स्थानीय बासिन्दा छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधारमा व्यवस्थापन समिति र सबै शिक्षकहरू एक ढिक्का भएर लागेको उनी बताउँछन्। स्कुलको सफलताको मुख्य कारण पनि यसैलाई मान्छन् उनी।, तर विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम छ। त्यसैले शिक्षण व्यवस्थापनमा समस्या पर्ने गरेको अधिकारीले बताए।, उनी भन्छन्, 'सरकारी दरबन्दी कम हुँदा निजी स्रोतबाट शिक्षक राख्नु परेको छ। ती शिक्षकलाई तलब दिन हम्मे पर्छ।', कक्षा ११, १२ र इञ्जिनियरिङ विषयबाट भएको आम्दानीले निजी स्रोतका सबै शिक्षकलाई तलब दिने गरिएको छ। हाल ६५ जना शिक्षकमा २४ जना निजी स्रोतका छन्। कोरोना महामारी बेला अनलाइन कक्षा सञ्चालन गरिए पनि निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेको उनले बताए।, 'तर हामीले विषयगत शिक्षकहरू राख्न कञ्जुस्याइँ गरेका छैनौं। आवश्यक पर्दा शिक्षकहरू अतिरिक्त समय दिन पनि तयार हुनुहुन्छ,' उनले भने, 'हाम्रो योजना अब सबै कक्षामा सूचना प्रविधि प्रयोग गर्ने छ।' , धेरै जसो विद्यार्थीहरू साइकल चढेर आउँछन्। टाढाका विद्यार्थीका लागि बसको आवश्यकता देखिए पनि बजेट नहुँदा किन्न नसकेको प्रधानाध्यापक अधिकारीको भनाइ छ।, जनजागृति माविमा पढ्ने विद्यार्थीहरूमा ८२८ जना छात्रा र ७८१ जना छात्र छन्। कक्षा १ देखि ५ सम्ममा दलित समुदायका बढी छन्। उपल्लो कक्षामा ब्राह्मण, क्षेत्री, जनजाति समुदायका विद्यार्थी बढी छन्।, इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरू भने तराईका बढी छन्। हाल १०५ जना विद्यार्थी सिभिल इञ्जिनियरिङमा डिप्लोमा गर्दैछन्। तीन वर्षे डिप्लोमा पढ्ने एक ब्याचका ३६ जना उत्तीर्ण भइसकेका छन्। , एघार–बाह्रमा व्यवस्थापन, शिक्षा र मानविकी संकाय पढाइ हुन्छ। विज्ञान, व्यवस्थापन, नर्सिङ र अन्य प्राविधिक विषय पढ्न चाहने बाहेकका विद्यार्थीहरू यहाँबाट एसइई उत्तीर्ण भएपछि पनि यहीँ पढ्ने गरेका छन्।, एघार कक्षामा पढ्न तनहुँ, गोरखा, धादिङ र मकवानपुरबाट पनि विद्यार्थी आउने गरेको प्रधानाध्यापक अधिकारीले बताए।, सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी,
निजी छाडेर आएका विद्यार्थीले भरिन लागेको एक सामुदायिक स्कुल |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ। , पानी परेपछि सडक बिग्रिएको भन्दै पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि बाँकी रहेको फोहोरलाई जीवातु हालेर प्लाष्टिकले छोपिएको हो।, महानगर प्रमुख बालेन शाहको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो। , यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुने लम्सालले बताए।, ‘अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ। आज घाम लागेको छ। यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र साइटमा फोहोरको मात्रा घटाउनेछौं,’ ईञ्जिनियर लम्सालले भने। , ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो। सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ। , यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन्। यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ । , यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानब स्वास्थ्यमा कुनै पनि असर गर्दैन। निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । , टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ।, हेर्नुहोस् तस्बिरहरू,
ट्रान्सफर स्टेशनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो |
सेतोपाटी संवाददाता नागरिकता विधेयक पारित भए बाबुको पहिचान नभएका ६ लाख ८० हजार ५३३ जनाले नागरिकता पाउने महिला कानुन विकास मञ्च (एफडब्लुएलडी) ले बताएको छ। प्रस्तावित विधेयक पारित हुँदा लामो समयदेखि नागरिकताबााट बञ्चितले नागरिकता पाउने मञ्चले बताएको हो। , हाल प्रतिनिधिसभामा दर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक पारित भए ११ लाख नागरिकताविहीनले नागरिकता पाउने एफडब्लुएलडीले उल्लेख गरेको छ।, एफडब्लुएलडीका कार्यकारी निर्देशक एंव अधिवक्ता सविन श्रेष्ठले प्रस्तावित नागरिकता विधेयको प्रावधान र नागरिकताविहीनको तथ्यांय अध्ययन गर्दा नागरिकता प्राप्त गर्न ११ लाख योग्य हुने बताए। , जन्मको आधारमा पाँच लाखभन्दा बढी नागरिकता लिन योग्य रहेको उनले बताए। त्यस्तै आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएका) ६ लाख ८० हजार पाँच सय ३३ लाभान्वित हुने उनले बताए। लामो समयदेखि कानुन अभावमा नागरिकताबिहीन ११ हजारभन्दा बढी लाभान्वित हुने अनुमान एफडब्लुउलडीको छ।, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा पनि अझै विभेद रहेको बताए। ‘एउटा छोराले बिहे गर्यो भने भोलिपल्टै नागरिकता बुहारीलाई दिनुपर्ने। एउटी छोरीले बिहे गर्यो भने ज्वाँइ चाहिँ नेपालै बस्न नपाउने? यस्तो पनि न्यायपूर्ण व्यवस्था हुन्छ?,’ उनले प्रश्न गरे। ,
‘विधेयक पारित भए बाबुको पहिचान नभएका ६ लाख ८० हजारले पाउँछन् नागरिकता’ |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्कमा रहेको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन्।, शनिबार राती साढे १० बजेतिर एक युवकको साथमा गोलपार्कस्थित पाल्पाली होटलमा पुगेकी बुटवल-११ की २१ वर्षीया समीक्षा गुरूङ राती १२ बजेतिर नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, युवतीसँग होटलमा पुगेका युवक भने राती नै होटलको बिल भुक्तानी गरेर बाहिरिएको होटल सञ्चालकले बयान दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।, युवकले राती नै बिल तिरेर गएको र पछि कोठामा हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल सञ्चालकले फोन गरेको प्रहरीले बताएको छ।, युवतीसँगै गएका युवकको खोजी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए।,
बुटवलको होटलमा मृत भेटिइन् युवती |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२१ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७०० जनाको पिसिआर र एक ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ६७८ जना सक्रिय संक्रमित छन्।, १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १२१ कोरोना संक्रमित, सक्रिय ६७८ |
रासस पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरका पाँच क्रसर उद्योगमा आइतबारदेखि तालाबन्दी गरिएको छ।, लिखित र मौखिक रूपमा पटकपटक जानकारी गराउँदा पनि राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ। सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ।, ती उद्योगले गाउँपालिकालाई एक करोड ५४ लाख रुपैयाँ राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिए।, मकवानपुरगढी गाउँपालिका-५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख रुपैयाँ, आधुनिक क्रसर उद्योगले २३ लाख रुपैयाँ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख रुपैयाँ तिर्न बाँकी छ।, त्यस्तै मकवानपुरगढी-२ स्थित नमूना बालुवा उद्योगले ३० लाख रुपैयाँ तथा मकवानपुरगढी वडा नम्बर ६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख रुपैयाँ राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। , ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद बजगाईंले बताए।,
मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी |
सेतोपाटी संवाददाता चितवनमा बसले किचेर एक जनाको मृत्यु भएको छ। , भरतपुर महानगरपालिका-२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।, ना५ख ९६७ नम्बरको बस बिग्रिएको थियो। उनी सोही बसका सहचालक थिए।, बस मर्मत गर्नको लागि भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा राखिएको थियो। त्यहाँ मर्मतको क्रममा चालकले परीक्षणको लागि बस चलाएका थिए। सोही बेला बसले सहचालक नेपालीलाई किचेको हो।, बसले किचेर घाइते नेपालीको उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको अधिकारीले बताए। , प्रहरीले बस चालक नियन्त्रणमा लिएको जनाएको छ।,
मर्मत गरिरहेको बसले किच्दा सहचालकको मृत्यु |
रासस शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन्।, आइतबार तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।, 'हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन। तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा भेटियो,' रेग्मीले भने। , जिल्ला प्रहरी कार्यालय तनहुँबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शवपरीक्षणका लागि तनहुँको दमौली अस्पताल लगेको उनले बताए।,
बेपत्ता बालक मृत फेला |
रासस नेपालभाषाको पढाई हुने काठमाडौं महानगरपालिका–१५ चागलः लाखुतिर्थमा सञ्चालित जगतसुन्दर बोनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ हारतीमाताले काठमाडौँ महानगरपालिकाको सहयोगमा उक्त विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, कम्युटर, स्मार्ट बोर्ड तथा बैठक हल निर्माणका लागि उक्त रकम सहयोग गरेको हो।, सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गर्भनर दिनेशप्रसाद श्रेष्ठले लायन्स क्लबले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै जगसुन्दर विद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि व्यक्तिगत तथा संस्थागत रुपमा यस्तो सहयोग गर्ने बताए।, लायन्स क्लब अफ काठमाडौं हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले लायन्स क्लबको उदेश्य नै समाजसेवा भएको बताउँदै शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए। उनले ‘एक लायन्स क्लब, एक विद्यालय सहयोग’ कार्यक्रमलाई लायन्स क्लबले अगाडि बढाएको उल्लेख गरे। काठमाडौं महानगरपालिकाका निर्देशक बुद्धरत्न मानन्धरले विसं २०७४ देखि विद्यालय शिक्षाको जिम्मा स्थानीय तहले लिएको बताउँदै सोही अनुरुप महानगरपालिकाले लायन्सको सहकार्यमा सहयोग कार्यक्रम अगाडि बढाएको बताए।, विद्यालय गुठी सञ्चालक समितिका अध्यक्ष प्रा डा चन्दा बज्राचार्यले नेपाल भाषाका अभियान्ता जगतसुन्दर मल्लको स्मृतिमा गुठीद्वारा सञ्चालित उक्त विद्यालयले नेपालभाषा, अङ्ग्रेजी र नेपाली भाषालाई सँगसँगै अगाडि बढाएको बताइन्। उनले सुरूका दिनमा विद्यालय सञ्चालनमा निकै समस्या भएको स्मरण गरिन्।, प्रा डा बज्राचार्यले विस २०४७ को संविधानले कक्षा ५ सम्म मातृभाषामा पढ्न पाउने व्यवस्था गरेअनुसार सोही वर्षको फागुन १२ गते विद्यालय स्थापना गरी नेपाल भाषाको पढाइ सञ्चालन गर्दै आएको जानकारी दिइन्। जगतसुन्दर विद्यालय नेपाली भाषाको ‘अनुसन्धान केन्द्र’ का रुपमा अगाडि बढेको उनको भनाइ थियो।, विद्यालयका संस्थापक अनाररत्न बज्राचार्यले विद्यालयले नेपाल भाषाका अतिरिक्त आर्थिक रुपले विपन्न, गरिब, दुःखी विद्यार्थीलाई अध्ययन गराउँदै आएको बताए। उनले लायन्स क्लबले गरेको आर्थिक सहयोगले विद्यालयमा प्रविधिको माध्यमबाट पढाई सुरु गरेको बताउँदै कोरोनाको समयमा समेत यसले विद्यार्थी तथा शिक्षकलाई राहत पुगेको स्मरण गरे।, जगतसुन्दर मल्लको नाममा स्थापित जगतसुन्दर गुठीबाट सञ्चालित उक्त विद्यालयमा हाल २६० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा हाल मन्टेश्वरी कक्षा सञ्चालन हुनुका साथै स्मार्ट वोर्डबाट विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालयकी प्रधानाध्यापक सुनिता मानन्धरले जानकारी दिइन्।, उक्त विद्यालयमा डल्लु, ढल्को, मरुहिटी, टेकु, ताहचललगायत क्षेत्रका विद्यार्थी पढ्न आउने गरेका छन् । नेपाल भाषामा पढाइ हुने भएकाले उक्त विद्यालयमा नेवारी समुदायको पहिचान झल्कने सङ्ग्राहलयसमेत निर्माण गरिएको छ। यसका अलावा पुस्तकालय, प्राथमिक उपचार केन्द्रलगायत सञ्चालनमा रहेको प्रधानाध्यापक मानन्धरले बताइन्।,
नेपाल भाषाको पढाइ हुने जगतसुन्दर बोनेकुथीलाई रु ६५ लाख सहयोग |
सेतोपाटी संवाददाता महिला मुक्तिको नयाँ वैचारिक ‘अपराजिता पारिजात’ सार्वजनिक भएको छ।, त्रैमासिक पत्रिका ‘अपराजिता पारिजात’को पहिलो अंक शनिबार सार्वजनिक भएको हो।, ‘अपराजिता पारिजात’ ले महिला स्वतन्त्रको कुरालाई महत्व दिएको युवा नेतृ राजेश्वरी सुवेदीले प्रकाशकीय वाचन गर्दै बताइन्।, महिलाहरूलाई खुल्ला आकाशमा उड्न दिने स्वतन्त्रताको अनुभूति अझै नभएको भन्ने अवस्थाको बीचमा नै महिला मुक्तिको आवाज ‘अपराजिता पारिजात’को सुरूवात गरेको उनले जानकारी दिएकी थिइन्।, वक्ताहरू देवी खड्का, निनु चापागाईं, धनकुमारी सुनारले ‘अपराजिता पारिजात’बारे विभिन्न प्रतिक्रिया गरेका थिए।, कार्यक्रममा बोल्दै देवी खड्काले ‘अपराजिता पारिजात’ले आफ्नो बाल्यवस्थालाई सम्झाएको बताएकी थिइन्।, यस्तै निनु चापागाईंले सबै महिलाहरूको मात्र लेखन रहेकोले पनि ‘अपराजिता पारिजात’ सबैले अध्ययन गर्नुपर्ने बताए।, महिला उत्पीडन, महिला मुक्तिका कुराहरूलाई स्पष्ट तरिकाले राखेको धनकुमारी सुनारले बताएकी थिइन्।, ‘अपराजिता पारिजात’को कानुनी सल्लाहकार अधिवक्ता भावना घिमिरे, सम्पादकमा सुमिना, विभूषणा, बिन्दु चौहान, यमकुमारी ददेल, प्रकाशकमा राजेश्वरी सुवेदी रहेका छन्।, नेता आहुति समेतको लेख रहेको ‘अपराजिता पारिजात’मा दश जना महिलाहरूको लेख रहेको छ। कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइवासहित लेखक खगेन्द्र संग्रौला लगायतको उपस्थित रहेको थियो।,
‘अपराजिता पारिजात’ सार्वजनिक |
सेतोपाटी संवाददाता कालीकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करार कर्मचारी हटाएको छ।, असार ११ गतेको गाउँसभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो।, असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ।, ‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा रहेका कर्मचारीहरूको मिति २०७९/४/१ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले अर्को निर्णय नभएसम्म हाजिर भई कामकाज नगर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।,
कालीकोटको शुभकालिका गाउँपालिकाले हटायो करारका कर्मचारी |
रासस भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंकपछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।, नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ।,
एक हजार दरको नक्कली नोटसहित एक पक्राउ |
रासस सुनसरीको कोसी गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा आइतबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिक–४ की ५५ वर्षीया जयमुन खातुन रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।, को २ त २१५८ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २८प ९३९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५५ वर्षीया खातुनको घटनास्थलमै मृत्यु भएको हो।, मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मियाँ घाइते भएको प्रहरीले जनाएको छ। घाइते जुमरातको उपचार भइरहेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोची जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता शनिबार बिहान बुटवलको गोलपार्क होटलमा १६ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्। २४ घन्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।, शनिबार मध्याह्न १२ बजेतिर ब्युटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी अस्मिता त्यसपछि सम्पर्क बिहीन भइन्। आइतबार दिउँसो १ बजेतिर उनी तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालयका अनुसार शनिबार मध्याह्नदेखि सम्पर्क बिहीन रहेकी अस्मिताको शव तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पहुनीस्थित तिनाउ नदीको बीचमा घोप्टो परेर डुबेको अवस्थामा फेला परेको हो।, पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइती भएकी अस्मिताको तिलोत्तमा ३ का अनिल चुँदालीसँग गत वैशाख २६ गते बिहे भएको थियो। बिहेपछि श्रीमान अनिल रोजगारीका लागि भारत गएका छन् भने अस्मिता सासूससुरासँग बस्दै आएकी थिइन्।, अस्मिता सम्पर्क बिहीन भएपछि घरपरिवारले माइती पक्षलाई शनिबार दिउँसै जानकारी दिएको थियो। घर र माइती दुवैतर्फबाट प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका थिए। घटना थाहा पाएपछि खोजी गर्दै जाँदा आइतबार दिउँसो अस्मिताको शव फेला परेको प्रहरीले जनाएको छ।, माइती पक्षले हराएको छोरीको शव उठाउने बेलामा आफूलाई नबोलाएको भन्दै घटना शंकास्पद रहेको हुनसक्ने आरोप लगाएको छ।, अस्मिताका बुवा नागेन्द्र कटवालले छोरी हराएको र मृत अवस्थामा फेला परेको जानकारी गराए पनि आफूहरू घटनास्थल नआउँदै शव उठाएर पोस्टमर्टमका लागि अस्पताल लगिएकाले घटना शंकास्पद हुनसक्ने बताए।, प्रहरीले शव पोस्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।,
नदीमा मृत फेला परिन् शनिबारदेखि बेपत्ता भएकी अस्मिता |
रासस बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।, उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।, भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।, यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो।,
भूकम्पको धक्का महसुस |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। , देशको पहाडी भूभागमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती तथा कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।, यस्तो छ तीन दिनको मौसम,
२०७९ असार २७ गते (सोमबार),
दिउँसो:, देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।, राती :, देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। , २०७९ असार २८ गते (मंगलबार),
दिउँसो:, देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । , राती :, देशभर आँशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । , २०७९ असार २९ गते (बुधबार),
दिउँसो:, देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती :, देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।,
,
बागमती र कर्णालीमा आज दिउँसो भारी वर्षाको सम्भावना |
रासस गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।, बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।, सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो।, गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ।, सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए।, पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ।, गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन। उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।, यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो। ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन्।,
डुम्रे–बेँसीसहर सडक अवरुद्ध |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका एकपछि अर्को परीक्षामा लापरबाही देखिएको छ।, प्रश्नपत्र गत वर्षकै हुबहु यसवर्ष पनि निकाल्ने र निजी कलेजका प्रि-बोर्डका प्रश्नपत्रसँग मिल्ने प्रश्नपत्र बनाएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।, गत असार २२ मा सञ्चालित बिबिए छैटौं सेमेस्टरको एमजिटी २०३: अर्गनाइजेशन बिहेव्यर र, असार २५ मा सञ्चालित एसओसी २०२: नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयका प्रश्नपत्र बनाउँदा गम्भीर लापरबाही गरिएको पाइएको थियो।, यी प्रश्नपत्र बनाउँदा मर्यादाविपरीत कार्य गरेको पाइएकोले व्यवस्थापन विभाग परीक्षा समितिले प्रश्नपत्र निर्माण कार्यमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याएको विभागका डिन प्रा.डा. डिल्लीराज शर्माले बताए।, साथै त्रिविका परीक्षा सञ्चालन र व्यवस्थापनबारे देखिएका समस्या र कमजोरीलाई अध्ययन गरी छानबिन गरिने भएको छ। त्यसका लागि एक उच्चस्तरीय समिति गठन गरिएको डिन शर्माले बताए।, त्रिविका परीक्षामा लापरबाही भएको भन्दै नेविसंघले पदाधिकारीहरूकै राजीनामा माग गरेको थियो।,
त्रिविका परीक्षामा लापरबाही: छानबिन गर्न बन्यो उच्चस्तरीय समिति |
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौंले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको छ।, सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको छ।, अनुमति लिएर मात्र यस्ता उडान गर्नुपर्ने प्राधिकरणको भनाइ छ।, तोकिएको आधार क्षेत्रभन्दा बाहेक क्षेत्रमा अनुमति वेगर प्याराग्लाईडिङ्ग उडान नगर्न प्राधिकरणले चेतावनी दिएको छ।, अनुमति नलिई प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा प्याराग्लाईडिङ्ग कम्पनीको सञ्चालन प्रमाण पत्र खारेज गरिने पनि प्राधिकरणको भनाइ छ।, यस्तै प्याराग्लाईडिङ्ग पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्म कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको हो।, हेर्नुस् सूचना:,
अनुमति नलिई प्याराग्लाईडिङ्ग गरे कारबाही गर्ने चेतावनी |
रासस इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।, जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन्।, रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ। साथै, यस्ता कीराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाई’का संक्रमित अस्पताल आउन थालेको जानकारी दिए।, उनले भने, ‘कीराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ।’, पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन्।, संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन्।, स्वास्थ्यकर्मीले नाइरोबी फ्लाईको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे। यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरूको सुझाव छ।,
,
इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला |
दिपकजंग शाही राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ।, जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ भने यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।, बिहीबार उक्त फैसला भएको हो।, अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो।, उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।, यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।, जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो।, गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो। उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो।, मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो।, दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।, यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए।,
,
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, दुई लाख जरिवाना |
नारायण खड्का सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। , जाजरकोटको भेरी नगरपालिका वडा नं. २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हु1न्। , रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं. १ शान्तिबजारस्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले सेतोपाटीलाई बताए। , पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर मुख कपडाले छोपी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिए। , ‘बलात्कारमा संलग्नहरू मुखमा नकाब लगाएर गएको र घरेलु हतियार हँसिया देखाएर ज्यान लिने धम्की दिएर जबरजस्ती करणी गरेको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘पीडित बालिकाले मरेको नाटक गरेपछि उनीहरू छोडेर भागेका रहेछन्।’, घटनापछि बालिकाले हारगुहार माग्दा ठूली आमा ब्युँझिएको र उनैले बिहीबार बिहान साढे २ बजे प्रहरीलाई घटनाबारे खबर गरेपछि राति नै प्रहरी परिचालन भए पनि आरोपितलाई भागेको हुँदा फेला पार्न नसकेको डिएसपी खड्काले जानकारी दिए।, घटनास्थल दुई जिल्लाको सीमानास्थल भएको हुँदा एक जिल्लाबाट अर्को जिल्ला जान सहज रहेको र राति नै उनीहरू भागेर जाजरकोट पुगेको डिएसपी खड्काले बताए। , ‘पहिला त अज्ञात समूहले बालिकामाथि सुतिरहेको समयमा घरभित्रै घुसेर फिल्मी शैलीमा बलात्कार गरेको भन्ने सूचना दिइएको थियो,’ डिएसपी खड्काले भने, ‘पछि अनुसन्धान गर्दै जाँदा मात्रै जाजरकोट प्रहरीको सहयोगमा पहिला भण्डारीलाई पक्राउ परेपछि बस्नेतलाई पनि पक्राउ गर्न सहज भएको हो।’, डिएसपी खड्काका अनुसार बलात्कारमा संलग्न युवाहरू पीडित बालिकाकी दिदीका साथीहरू रहेको खुल्न आएको छ। उनकी दिदी पनि नाबालिक नै रहेको तर, उनीहरू साथीहरू रहेको खुल्न आएको डिएसपी खड्काले बताए। , ‘प्रहरीलाई घटना अनुसन्धान गर्न निकै गाह्रो भयो,’ डिएसपी खड्काले भने, ‘मध्यरातमा अज्ञात समूहबाट सामूहिक बलात्कार भएको भन्ने कुराको सूचना आउनासाथ प्रहरीले राति नै एक्सन लिएर खोजी सुरू गरेको हो।’, आरोपितबारे कुनै सुराक नमिलेपछि दोस्रो दिन असार २३ गते बिहान पीडितकी दिदीलाई सोधपुछ गर्ने क्रममा उनीहरूलाई बिहीबार बिहान आफूले शान्तिबजारमा देखेको कुरा गरेपछि त्यहीबाट अनुसन्धान सुरू गरिएको डिएसपी खड्काले बताए। , घटना अनुसन्धानका लागि सुरूमा जाजरकोट प्रहरीको सहयोगमा भण्डारीलाई नियन्त्रणमा लिएपछि १४ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारबारे पोल खुलेको डिएसपी खड्काले बताए। , पक्राउ परेका रमेश र डिल्लीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको प्रहरीले जनाएको छ।,
सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीलाई घुस मागेको आरोपमा डिभिजन वन कार्यालय रेन्जरविरूद्ध आरोपत्र दर्ता गरेको छ। , शुक्रबार आयोगले सेवाग्राहीलाई घुस मागेको आरोपमा डिभिजन वन कार्यालय चितवनका अनुसन्धान अधिकृत रेन्जर जगदिप गौतमविरूद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, गौतमले बिनाइजाजत साल चिरान काठ ओसारपसार गर्न एक लाख पचास हजार रुपैयाँ घुस मागेको भण्डारीले बताए।,
,
आयोगले एक लाख पचास हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम सजाय हुन मागदाबी गरेको छ। , ,
सेवाग्राहीसँग घुस मागेका आरोपमा रेन्जरविरूद्ध मुद्दा दर्ता |
राजु अधिकारी अतिथिहरूको लम्बेतान आसन ग्रहण, आकर्षक ब्याच वितरण, खादा वा माला पहिर्याउँदै पालैसित सबैजसो अतिथिको पट्यारलाग्दो भाषण।, हाम्रा औपचारिक कार्यक्रमको साझा विशेषता यही र यस्तै बनिसकेको छ। कार्यक्रमको औचित्यभन्दा बढी कसको आसन ग्रहण कहाँनेर गराउने, कसलाई अगाडि र कसलाई पछाडि मन्चमा बोलाउने, कोही छुटिहाल्ने पो हुन् कि भन्ने चिन्ता कार्यक्रम आयोजकका लागि सबैभन्दा ठूलो चासोको विषय हुँदै आएको छ।, कार्यक्रमका यी सबैजसो सबै ढर्रा लगभग उस्तै भए पनि धनकुटा जिल्लामा पछिल्लो समयमा एउटा फरक दृश्य देखिन थालेको छ। त्यो हो पिपलको पातको ब्याच।, औपचारिक कार्यक्रमका लागि डाकिएका अतिथिको छातीमा पिपलको पातको ब्याच टाँसिदिने चलन धनकुटामा प्रचलित हुन थालेको छ। जसले ब्याचका नाममा भइरहेको ठूलो खर्च नियन्त्रणमा सहयोग पुर्याएको प्रयोगकर्ताहरू बताउँछन्।, चार महिनाअघि धनकुटा पाख्रिबास नगरपालिकामा रहेको ‘रूपान्तरणका लागि हाम्रो अभियान’ नामक युवाहरूको समूहले पहिलोपटक यस्तो अभ्यास सुरू गरेको थियो।, ‘पहिले पनि फाटफुट रूपमा देखिएको यस्तो अभ्यासलाई निरन्तरता दिने सोच आएपछि यो उपाय लगाएका थियौं’, अभियानका कार्यक्रम व्यवस्थापक ध्रुव पौडेलले सेतोपाटीसँग भने, ‘अहिले जिल्लाभरl यो व्यापक प्रचलनमा आएको छ। खुसी लागेको छ।’, पिपलको पात पान आकारको हुने र सुन्दर पनि देखिने उनको भनाइ छ।, चार महिनाअघि अभियानले मुलुकका चर्चित संगीतकर्मीहरूको उपस्थितिमा गायन प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रमका अन्य पाटामा आयोजक व्यस्त थिए। अघिल्लो साँझ छलफलकै क्रममा कुरा आयो ब्याचको।, ‘अतिथिहरूलाई ब्याच लगाइदिने चलन सबैतिर छ, हामीले त तयारी नै गरेका थिएनौं के गर्ने भन्ने कुरा हुँदैथियो’, पौडेलले सुनाए ‘एक्कासी पिपलको पातको ब्याच बनाउँ भन्ने कुरा आयो। चलेकोभन्दा फरक पनि देखिने, खर्च पनि नलाग्ने कुरा भएपछि हामीले पातको ब्याच बनाउने निधो गर्यौं।’, त्यसपछि आयोजकले पिपलको पात टिपे। रातभर पानीमा भिजाएर राखे। बिहान केहीबेर घाममा सुकाएपछि सेतो रंगको ‘पर्मानेन्ट मार्कर’ले पिपलको पातमा ‘सभापति’ ‘प्रमुख अतिथि’ ‘अतिथि’ लेखे। यसरी बनाएको ब्याच अतिथिका छातीमा टाँसिदिँदा आकर्षक देखिएको सबैले प्रतिक्रिया दिएको आयोजक बताउँछन्। आयोजक मात्रै होइन, अतिथि बनेर गएकाहरुले पनि यो उपायको प्रशंसा गरे।, जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राईले यो चलनको खुलेर प्रंशसा गरिन्। पछिल्लो समय धनकुटाका धेरै वटा सार्वजनिक कार्यक्रममा यस्तो ब्याच लगाइदिएको देखेको उनले सेतोपाटीलाई बताइन्।, यसबारे उनले ट्वीटरमा तस्बिरसमेत राखेर लेखेकी छन्, ‘पिपलको पातमा अतिथि लेखेर अतिथिहरूलाई लगाइदिने चलन हाम्रो धनकुटामा निक्कै प्रचलित छ। आयोजकलाई झन्झट नहुने, चौक, चौतारा भन्ज्याङ्गमा सजिलै पाइने, खर्च बच्ने। पीपलको पातमा लेखेर दिँदा अतिथि पनि खुशी भइने कस्तो राम्रो काइदा।’, उनले कार्यक्रममा लगाइने खादाको विकल्प केही हुन्छ कि भनेर प्रश्नसमेत गरेकी छन्। उनले थपेकी छन् ‘अनि यो खादाको विकल्प पनि केही छ की? केही हुन सक्ला ?’ , औपचारिक कार्यक्रम आयोजना गर्ने क्रममा ब्याच बनाउँदा कम्तीमा दुईदेखि तीन सय रुपैयाँ खर्च लाग्ने गरेको अनुभवीहरू बताउँछन्।, ‘टेलरिङ सेन्टरमा दिनुपर्छ बनाउन, राम्रो ब्याच बनाउँदा एउटाको तीन सय रुपैयाँसम्म खर्च लाग्छ’, पौडेलले भने, ‘धेरै अतिथि हुँदा त धेरै खर्च हुन्छ।’, उनका अनुसार पिपलको पातको ब्याच बनाउँदा भने खर्च नगन्य हुन्छ।, ‘हेर्दा राम्रो पनि देखिने, कम खर्च पनि हुने यो तरिका धनकुटामा व्यापक भएको छ’, पौडेलले भने, ‘अन्यत्रबाट पनि सोधीखोजी सुरू भएको छ। हेरौं यो अभ्यास फैलिएला कि!’,
छातीमा ‘पिपलपाते ब्याच’ टाँसेर अतिथि! |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९८ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६१ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६४ जना सक्रिय संक्रमित छन्।, २७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ९८ कोरोना संक्रमित |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, पाल्पाको तानसेन नगरपालिका-१४ घर भई हाल काठमाडौं बस्दै आएका ५६ वर्षीय विष्णुप्रसाद गैरेलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनका अनुसार गैरेलाई बिहीबार टेकुबाट पक्राउ गरेको हो।, उनले सात लाख ४० हजार रुपैयाँको चेक बाउन्स गरेको आरोप छ। , उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाइएको छ।,
,
काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुखसहित ९ जनाविरूद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।, आयोगले विराटनगर महानगरपालिका-१५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्कको सिँढी निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा विराटनगर महानगरपालिकाको पूर्वउपप्रमुखसहित ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता श्याम प्रसाल भण्डारीले जानकारी दिए।, उनका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर इफतेखार आलमविरूद्ध मुद्दा दर्ता भएको हो। , उनीहरूले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट गरेको कार्यभन्दा बढी विवरण बुझाई अनियमितता गरेको पाइएको जनाइएको छ।, पार्क निर्माण गर्दा फिलिङ्गको काम रोलर मेसिनबाट गराएर उक्त काम ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ लिन खोजेको आरोप छ।, उनीहरूले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेस गरेको, झूटा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी भुक्तानीसमेत दिएको पाइएको आयोगको भनाइ छ।, आयोगले एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो. इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरेको हो।, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले वास्तविक भएको कार्यभन्दा बढी कार्यलाई समेत गरेको भनी ज्यामीद्वारा काम गराउने गरी तयार भएको जनाएको छ।, उनीहरूले झूटा कागजातहरू नगर कार्यपालिकाको कार्यालयमा पेस गरी भुक्तानीसमेत लिई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा हानीनोक्सानी गरेको भन्दै आयोगले सो रकमलाई बिगो कायम गरी जरिवाना र बिगोसमेत जफत हुने मागदाबी गरेको छ ।, यस्तै, विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दिरा कार्की र विराटनगर महानगरपालिका-१५ का तत्कालीन वडाअध्यक्ष असलम आलमले माटो फिलिङ्गको कार्यलाई ज्यामीद्वारा गरेको भनी भनेको आरोप छ।, उनीहरू तयार गरिएको गलत मूल्याङ्कनको आधारमा मूल्याङ्कन जाँचपास तथा फरफारखको लागि योजना अनुगमन समितिको बैठक बसी निर्णयसमेत गरेको आयोगले जनाएको छ।, उनीहरूले पाँच लाख आठ हजार ६६९ रुपैयाँ ८८ पैसा हानीनोक्सानी गरेको भन्दै आयोगले उक्त रकम बिगो कायम गरी जरिवाना गरी मागदाबी समेत गरेको छ ।,
विराटनगरका पूर्वउपप्रमुखसहित नौ जनाविरूद्ध भ्रष्टाचार मुद्दा |
सेतोपाटी संवाददाता संखुवासभाको खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ४३ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका अनुसार दुर्घटनामा शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोलाको घाटबाट फर्केको ट्र्याक्टर दुर्घटनामा परेको हो।, प्रहरीका अनुसार को २ त ३९६१ नम्बरको ट्र्याक्टरको 'लोड पिन' भाँचिएर ट्र्याक्टरको ट्रली पल्टिँदा सो दुर्घटना भएको हो।, दुर्घटनामा परेर चैनपुर १० बस्ने २४ वर्षीय गंगाबहादुर तामाङ र सोही पालिका वडा नम्बर ९ बस्ने वर्ष ४६ का केशव कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खनालले सेतोपाटीलाई बताए।, उनका अनुसार दुर्घटनाका घाइतेमध्ये १५ जनाको तुम्लिङटारस्थित मनकामना अस्पताल, २० जनाको जिल्ला अस्पताल खाँदबारी र अन्य गम्भीर ४ जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। , ट्र्याक्टरमा ४५ जना सवार थिए। छ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।,
संखुवासभामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु |
सेतोपाटी संवाददाता प्रहरीले जबरजस्ती करणी गरी फरार भएका एक शिक्षकलाई दश वर्षपछि पक्राउ गरेको छ।, चितवन साविक गोरखा नगरपालिका-७ का ४५ वर्षीय भरत ढकाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए। उनी छेपेटार तारा उच्च माध्यामिक विद्यालयका शिक्षक हुन्।, उनका अनुसार ढकाललाई शुक्रबार भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो।, ढकालले २०६९ साल चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका पारी पीडितलाई जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक महतोले बताए।, उच्च अदालत कास्कीले ढकाललाई पाँच वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर उक्त फैसलापछि उनी फरार थिए।, प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको जनाएको छ।,
जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरूद्ध भएको छ।, शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो।, सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए।,
पहिराले पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक अवरूद्ध |
नारायण खड्का दाङको देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले फैसला सुनाएको छ।, जसमध्ये ३३ जनालाई एकै साथ जरिवाना र कैद फैसला भएको छ।, अदालतकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारीसहित केही सञ्चालक समितिका सदस्यलाई कसुरअनुसार जरिवाना र कैद सजायको फैसला सुनाएको हो।, झन्डै तीन वर्षपहिले घोराही उपमहानगरपालिका- १० नारायणपुर बजारमा कार्यालय रहेको उक्त बैंकका कर्मचारी र सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा नेपाल सरकारले मुद्दा दायर गरेको थियो।, उक्त मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले ३३ जना प्रतिवादीलाई कसुर अनुसारको कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने निर्णय गरेको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिए।, वलीका अनुसार बिहीबारको फैसलाअनुसार प्रतिवादीहरूले ३६ वटा नक्कली कर्जा खाता खोली बदमासी गरेका थिए।, प्रतिवादीमध्ये समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीबाट ३६ वटा कर्जा खाता खोलेका थिए। ती खाताबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा रकम सिर्जना गरेको देखिएको छ।, त्यो पैसा उनले बसन्तबहादुर बस्नेतसहित ४५ जनाको खातामा पठाएका थिए। उनीहरूले उक्त रकम आफ्नैजस्तो गरी झिकेर प्रयोग गरेका थिए।, बैंकमा फर्जी खाता खोली बैंकको रुपैयाँ हिनामिना गर्ने बुढाथोकीलाई अन्य प्रतिवादीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिएकोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसूरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालते गरेको छ।, कसलाई कति जरिवाना तथा कैद?, १) बसन्तबहादुर बस्नेत- २ करोड १५ लाख ३६ हजार २५० रुपैयाँ जरिवाना र २ वर्ष कैद।, २ ) मनोज केसी- १ करोड ४ लाख ११ हजार ७४६ रुपैयाँ जरिवाना २ वर्ष कैद।, ३) रोशन बस्नेत- ७१ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।, ४) झगबहादुर डिसी- २० लाख ३१ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।, ५) विनोद खड्का- ५९ लाख ७५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।, ६) शान्ति केसी- २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।, ७) मुकेशकुमार गुप्ता- ४ लाख ५० हजार २५० रुपैयाँ जरिवाना र १५ दिन कैद।, ८) सन्जय बगाले- १८ लाख ६२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष कैद।, ९) विनोदकुमार वली- १५ लाख ३० हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।, १०) विजया शर्मा- १० लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।, ११) विजयकुमार गुप्ता- ७ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।, १२) जीवराज रावत- ९ लाख रुपैयाँ जरिवाना र २० दिन कैद।, १३) अर्जुन बस्नेत- १३ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।, १४) नोमबहादुर बुढाथोकी- ७ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।, १५) वीरेन्द्रकुमार गुप्ता- ९ लाख ८७ हजार ५०० रुपैयाँ जरिवाना र २० दिन कैद ।, १६) प्रेमबहादुर बुढाथोकी- ७ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।, १७) किरण रावत- ६ लाख ९३ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।, १८) नोखमतीकुमारी बस्नेत- ६ लाख ३२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।, १९) डेमकला खड्का- १४ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।, २०) नरबहादुर कार्की- ५ लाख ९५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।, २१) धनेश्वर आचार्य- ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय।, २२) द्रोणबहादुर केसी- ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।, २३) रामबहादुर घर्ती- ७ लाख ७५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।, २४) केशवी बुढाथोकी- ५ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।, २५) बसन्त बुढाथोकी- ३५ हजार ७७२ रुपैयाँ जरिवाना र ४ दिन कैद।, २६) शरद पोखरेल- ३ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।, २७) मतकुमार पौडेल- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।, २८) नरसिंह विश्वकर्मा- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।, २९) शालिकराम केसी- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।, ३०) खुवीराम न्यौपाने- २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।, ३१) रविनकुमार डाँगी- १ लाख ७५ हजार ५०० रुपैयाँ जरिवाना र १० दिन कैद।, ३२) हेमन्त पुन मगर- ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद।, ३३) बालिका महरा- २५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद।, सम्बन्धित समाचार:, सञ्चालक समिति अध्यक्ष र सदस्य १२ लाख धरौटीमा छुटे, देव विकास बैंक घोटाला प्रकरणः पाँच थुनामा, चार जनासँग धरौटी माग, देव बैंकको १८ करोड हिनामिना प्रकरणमा प्रहरीको अनुसन्धान पूरा, ,
देव विकास बैंकको १८ करोड हिनामिनामा ३३ जनालाई जरिवानासहित कैदको फैसला |
रासस पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको छ।, बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरूद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो। पहिराका कारण पूर्ण रूपमा अवरूद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए।, पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरूद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।,
चार घन्टापछि खुल्यो पहिराले अवरूद्ध पृथ्वी राजमार्ग |
रासस आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, देशभर धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।, नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ। आज रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। ,
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी ५० हजार घुस रकमसिहत शुक्रबार दिउँसो पक्राउ परेका हुन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।, अख्तियारले जारी गरेको विज्ञप्तिमा मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार पारिदिएबापत सेवाग्राहीसँग इञ्जिनियर डाँगीले उक्त घुस रकम मागेका थिए। , सेवाग्राहीसँग घुस रकम लिइरहेको समयमा गंगादेव – २ स्वाथ्य शाखाको भवनमा रहेको निवासबाट इञ्जिनियर डाँगीलाई नियन्त्रणमा लिइएको जारी विज्ञप्तिमा उल्लेख छ।, अख्तियारको नियन्त्रणमा रहेका इञ्जिनियर डाँगी माथि थप अनुसन्धान जारी रहेको प्रवक्ता भण्डारीले जानकारी दिएका छन्।,
रोल्पा गंगादेवका इञ्जिनियर ५० हजार घुससहित पक्राउ |
रासस चालु आर्थिक वर्षमा झापामा हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन्। दुई वटा हात्ती मारिएका पनि छन्।, हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।, उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। , हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका-३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताए। , हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको छ।, भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जंगलमा बस्छन्।, झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ। हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत नरोकिएको हात्ती संरक्षणकर्ता शंकर लुइँटेलको भनाइ छ।, बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिए।, अर्जुनधारामा मृत भेटिएको हात्तीको वरिपरि विद्युतीय तारबार भेटिएको हुँदा सो हात्तीलाई स्थानीयवासीले नै करेन्ट लगाएर मारेको हुनसक्ने आशंका गरिएको उनले बताए। , ,
झापामा एक वर्षमा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन्। , शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। , नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा भएका छन्। , जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत सिद्धिबिक्रम शाह, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनमा कार्यरत सुशिलसिंह राठौर, प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालमा कार्यरत उमाप्रसाद चतुरवेदी बढुवा सिफारिस भएका छन्। , यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका दानबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मानवस्रोत व्यवस्थापन महाशाखाका डा. मनोजकुमार केसी, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका राजन अधिकारी, लागुऔषध नियन्त्रण ब्युरोका जीवनकुमार श्रेष्ठ बढुवामा सिफारिस भएका छन्। ,
नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) |
एजेन्सी टेस्लाका सिइओ तथा धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर नकिन्ने भएका छन्।, ४४ बिलियन डलरमा किन्न गरिएको सम्झौताका कतिपय प्रावधानको उल्लंघन गरेको भन्दै शुक्रबार उनले ट्विटर नकिन्ने बताएका हुन्।, मस्क पछि हटेपछि ट्विटरले अदालतमा मुद्दा हाल्ने भएको छ। ट्विटरका अध्यक्ष ब्रेट टेलरले शनिबार ट्विट गर्दै मर्जर सम्झौता लागू गराउन आफूहरू अदालत जान लागेको बताएका हुन्। , ‘मस्कसँग सहमत भएको मूल्य र सम्झौतालाई बन्द गर्न ट्विटर बोर्ड प्रतिबद्ध छ,’ उनले ट्विटमा भनेका छन्,‘र मर्जर सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना छ। हामी डेलावेर कोर्ट अफ चान्सरीमा विजयी हुनेमा विश्वस्त छौं।’, The Twitter Board is committed to closing the transaction on the price and terms agreed upon with Mr. Musk and plans to pursue legal action to enforce the merger agreement. We are confident we will prevail in the Delaware Court of Chancery.,
— Bret Taylor (@btaylor) ,July 8, 2022, मस्कले ट्विटरमा हुने नक्कली तथा स्प्याम अकाउन्टहरूको बारेमा सूचना मागेका थिए। , तर पटकपटक सूचना माग्दा पनि ट्विटरले नदिएको मस्कका वकिलहरूले बताएका छन्। , उनले गत अप्रिलमा ट्विटर किन्ने बताएका थिए। तर आफूले मागेको सूचना नदिने भएपछि उनी पछि हटेका हुन्। ,
उनीहरूले गरेको मर्जर सम्झौताबाट छुट्टिन एक बिलियन डलर मूल्य तिर्नुपर्ने उल्लेख गरिएको छ। , मस्कले ट्विटर नकिन्ने घोषणा गरेपछि यसको सेयर पनि ७ प्रतिशतले घटेको बिबिसीले जनाएको छ। , मस्कले पछिल्लो केही हप्ता यता ट्विटरका सक्रिय प्रयोगकर्ता कति छन् भन्ने जानकारी लिन चाहिरहेका थिए।, ट्विटरले बिहीबार मात्रै एक मिलियन स्प्याम अकाउन्टहरू हटाएको थियो। अदालतको कारबाही प्रक्रिया केही हप्तामै सुरू हुने ट्विटरले जनाएको छ। र यसको समाधान पनि केही महिनामै हुनेमा ट्विटर विश्वस्त छ।,
ट्विटर किन्नबाट पछि हटे एलन मस्क |
एजेन्सी भारतको जम्मु र काश्मिरस्थित अमरनाथमा (क्लाउड ब्रस्ट )भारी वर्षापछि आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ।, शुक्रबार अपराह्नमा भारी वर्षा भएपछि आएको बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् भने ४० जना बेपत्ता भएका छन्। मृतकहरू अमरनाथको मन्दिरमा पुगेका तीर्थयात्रीहरू छन्। , अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अहिलेलाई तीर्थ यात्रामा जान रोक लगाइएको छ। , भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ। , एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्धारमा कुनै कठिनाइ नभएको बताएको छ। , भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन्। चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन्। , पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन्। ,
,
भारतको अमरनाथमा भारी वर्षापछि बाढी आउँदा १६ जनाको मृत्यु, ४० बेपत्ता |
रासस झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ।, हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा. केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए। , उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिए।, ‘छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ। विगतमा भन्दा अलि बढी यसपाली देखिएको हो। डरलाग्दो र भयानक रोग भने होइन,’ उनले भने।, ‘हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौं,’ उनले भने, ‘यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ। देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन।’ , डा. ढकालले किराले संक्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरून्त देखाउन आग्रह गरे। , उनले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताए। ,
‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन: डा. केशव ढकाल |
रासस चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएको छ।, सर्वाेच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएको हो। , न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०६४ को व्यवस्था अनुकूलसमेत देखिन नआएको र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ र १० समेतको प्रतिकूल हुने देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम किनार नलागेसम्म विपक्षी यातायात व्यवस्था सेवा कार्यालयद्वारा यस सम्बन्धमा जारी भएको मिति २०७९-१-२ र २०७९-३-१६ को सूचनालगायत काम कारबाही सोही रूपमा तत्काल कार्यान्वयन नगर्नु, नगराउनु।’,
,
यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनसहित सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल काठमाडौं, बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उक्त आदेश गरेसँगै सो प्रक्रिया अवरूद्ध भएको हो। , चितवन ड्राइभिङ स्कुल प्रालीले यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले मिति २०७९ वैशाख २ प्रकाशित गरेको ‘परामर्श सेवाको प्रस्ताव आह्वानसम्बन्धी सूचना’ र सोही कार्यालयको यही असार १६ गतेको ‘आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी सूचना’ विरूद्धमा यही असार १९ गते सर्वाेच्चमा रिट निवेदन दिएको थियो। , सो कार्यालयले बिहीबार लाइसेन्सको प्रयोगात्मक परीक्षा हुने ‘सवारी चालक प्रशिक्षण केन्द्र’ निर्धारण गर्नेसम्बन्धी आर्थिक प्रस्ताव खोल्ने तयारीसमेत गरेको जनाइएको छ। , कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि आवश्यकपर्ने परीक्षास्थल उपलब्ध गराउने परामर्श सेवाको प्रस्ताव आह्वान गर्दा राजमार्ग र विद्यालयबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्नेलगायतका शर्त राखेर सूचना जारी गरेको थियो। , सोही शर्तले गर्दा कार्यालयमा सर्वप्रथम दर्ता भएको र सरकारी मापदण्ड पूरा गरेको चितवन ड्राइभिङ स्कुल प्रालीले सो प्रक्रियामा भाग लिन नै नपाएको जनाइएको छ। , सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थल (छनोट तथा सञ्चालन) कार्यविधि २०७८ को प्रस्तावमा ‘प्रदेश सरकारअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल छनौट तथा सञ्चालनमा एकरूपकता कायम गर्दै परीक्षा प्रणालीलाई नवीनतम प्रविधिसँग आबद्धता गरी गुणस्तरीय प्रतिस्पर्धी व्यवस्थित, मर्यादित र सेवाग्राही मैत्री बनाउने’ भनिएको छ। , सोही कार्यविधिको बुँदा न १० मा ‘प्रयोगात्मक परीक्षास्थलको दूरी र समय, सम्बन्धित कार्यालय र प्रयोगात्मक परीक्षास्थलबीचको दूरी र समय सन्दर्भमा कार्यालयले सूचना प्रकाशन गर्दा तोकिएबमोजिम हुनेछ’, भन्ने उल्लेख छ। , चितवन ड्राइभिङ स्कुल प्रालीका सञ्चालकले भने, ‘कार्यालयबाट प्रयोगात्मक परीक्षास्थलको दूरी तोक्नुपर्ने कार्यविधिको बुँदा नं १० मा व्यवस्था हुँदा हुँदै पनि कार्यविधिविपरीत कुनै शिक्षण संस्थाबाट २०० मिटर तोकी हामीलाई प्रतिस्पर्धा भाग लिनबाट नै बञ्चित गरियो। प्रतिस्पर्धामा भाग लिन पाऔँ भनी पटकपटक सम्बन्धित कार्यालय, मन्त्रालय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर अदालत जानुपरेको हो।’, यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ऐन, नियम र निर्देशिका र कार्यविधिविपरीतका बुँदा समावेश गरी सरकारी मापदण्ड पुगेका ड्राइभिङ स्कुलहरूलाई भाग नै लिन नपाउने गरी सूचना प्रकाशन गरेको प्रालीले आरोपसमेत लगाएको छ।, ती शर्त सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका २०७४ र सार्वजानिक खरिद ऐन २०६३ विपरीतसमेत भएको जनाइएको छ। सोही निर्देशिका अनुसार नै कार्यालयले मिति २०७९ वैशाख १४ गते चितवन ड्राइभिङ स्कुल प्रालीलाई सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनका लागि स्वीकृति पत्र प्रदान गरेको थियो।,
सर्वोच्चको आदेशपछि चितवनमा रोकियो लाइसेन्स वितरण प्रक्रिया |
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिकामा डिप बोरिङ निर्माणमा अनियमितता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।, आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको विभिन्न वडामा ११ वटा २५० एमएम/१५० एमएम डिप बोरिङ निर्माणमा तत्कालीन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत र उपभोक्ता समिति मिलेर व्यापक अनियमितता गरेको उजुरीपछि अख्तियारले अनुसन्धान सुरू गरेको हो।, अनियमितता भएको उजुरी परेपछि अनुसन्धान थालिएको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी विकासकुमार मिश्रले जानकारी दिए।, अनुसन्धान जारी रहेकाले यसबारे थप बोल्न नमिल्ने उनले बताए। विभिन्न वडामा अलग अलग उपभोक्ता समितिले ११ वटै बोरिङ निर्माण व्यवसायी मार्फत गराएका थिए।, ११ मध्ये ७ वटा बोरिङ पूर्वाञ्चल ग्राउण्डवाटर ट्युबबेल प्रा.लि. र ४ वटा एन.के.डी.कन्सट्रक्सन प्रालिले गरेका थिए।, ती निर्माण व्यवसायीले पेश गरेको भ्याट बिलमा प्रति डिप बोरिङ १० लाख ७६ हजार ५८० रुपैयाँ मात्र निर्माण लागत रहेको उल्लेख छ। जसअनुसार जनश्रमदान १० प्रतिशत कट्टा गरी प्रति डिप बोरिङ ९ लाख ६८ हजार ८३२ रुपैँयाका दरले १ करोड ६ लाख ५७ हजार १५२ रुपैयाँ भुक्तानी दिनुपर्ने हो।, तर उपभोक्ता समितिहरूलाई लागत अनुमान र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गाउँपालिकाको कार्यालयले प्रति बोरिङ झण्डै १६ लाखको दरले १ कारोड ७५ लाख ९५ हजार ८६३ भुक्तानी गरेको छ।, महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनले पनि उक्त डिप बोरिङ निर्माण कार्यमा ६९ लाख बढी भुक्तानी गरी अनियमितता गरेको ठहर गरेको थियो।, ‘निर्माण व्यवसायीको बिजक बाहेक कार्यसम्पन्नमा उल्लेखित थप काम पुष्टि हुने बिजक भौचर साथ रहेको देखिएन। जसबाट लागत अनुमान तयार गर्दा प्रयाप्त पुष्ट्याइ नहुनुका साथै वास्तविक कार्य सम्पन्न र बिलको आधारमा प्राविधिक बिल तयार नहुँदा निर्माण व्यवसायीले सबै काम सम्पन्न भन्ने बिजकको अधारमा हुने रकमभन्दा उपभोक्ता समितिहरूलाई ६९ लाख ३८ हजार ७११ रुपैयाँ बढी भुक्तानी देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ।,
बटेश्वर गाउँपालिकामा डिप बोरिङ निर्माणमा ६९ लाख अनियमितता प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान |
रासस बैतडीको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरू गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो।, पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीय समेत निराश भएका छन्। , आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरूले बताए। बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दीनेश विष्टले जानकारी दिए।, ‘बसपार्क निर्माण गर्न ढिलाइ भएको छ। अव्यवस्थित रूपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ,’ उनले भने। ,
,
बसपार्क निर्माणअन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन। , सुरूमा बजेटको अभाव, संघीयतापछि सम्बन्धित कार्यालय केही समय संघ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन्। , पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन। पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरू भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रोहितराज भण्डारीले बताए। , एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ।, ‘बसपार्कअन्तर्गत काउन्टर भवन र आरसिसी बाटो निर्माण गर्न बाँकी छ। त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन,' उनले भने। समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन्। ,
बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ |
सेतोपाटी संवाददाता पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ३५ वर्षीया निला राईमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति उनका श्रीमान ४० वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो। , राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते श्रीमतीमाथि कुटपिट गरेका थिए। , कुटपिट गर्दा श्रीमती निला गम्भीर घाइते भएकी थिइन्। उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो। , त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।, उनको मृत्यु भएपछि अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। ,
पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ |
सेतोपाटी संवाददाता रौतहटमा चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछि खोजी गर्ने क्रममा पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरेका थिए। , फोनमा बालिकालाई अपहरण गरी बन्धक बनाइराखेका र २० लाख रुपैयाँ लिएर राजपुर नगरपालिकाको इद्रिश गेटमा लिएर आउनु भनेका थिए। , रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएका थिए। सो सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बालिकाको उद्धार गरेको थियो।, राजपुर नगरपालिका-१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो।, घटनामा प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकलसहित हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।, उनीमाथि अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत रौतहटबाट ५ दिन म्याद थप अनुमती लएर थप अनुसन्धान अघि बढाएको छ।,
चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार थप १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो। जसमध्ये १५३९ जनाको पिसिआर र १०७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , जसबाट ७२ जनाको पिसिआर र ३० जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। , यस्तै ३१ जना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन्। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। ,
,
देशभर थप १०२ जनामा कोरोना संक्रमण |
रासस पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ। बुधबार बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौंजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। , 'बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको छ,' इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका छन्।,
गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकको मृत्यु |
सेतोपाटी संवाददाता कञ्चनपुरको दोदा नदीमा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ।, बेलौरी नगरपालिका- ५ बन्तरीयाका १४ वर्षीय निरज चौधरीको सोही ठाउँकाे भकुण्डा दोदा नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको हो।, नदीको किनारामा खेल्ने क्रममा नदीमा डुबेर उनी अशक्त भएका थिए।, उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।,
नदीमा डुबेर घाइते बालकको मृत्यु |
सेतोपाटी संवाददाता जग्गाधनीलाई थाहा नदिई अरूलाई जग्गा बेचिदिने मालपोतका कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले कसुर ठहर गरेको छ। न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालयका चार जना कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको हो।, वीरेन्द्रनगर–२ का सहवीर कार्की, वीरेन्द्रनगर–६ गणेशचोकका अमरसिंह कटुवाल, वीरेन्द्रनगर–६ कै सन्तोष ठाकुर, वीरेन्द्रनगर–२ का गोरख भनिने गणेश बुढा, वीरेन्द्रनगर–४ का निर्मल पुरीलाई ठगी गरेको कसूरमा दोषी ठहर गरिएको छ।, यो घटनामा मुछिएकी सुनित राना, मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप साउद, कम्प्युटर अपरेटर गणेश विक, कृष्ण बहादुर थापा, दीपेन्द्र श्रेष्ठ र तिर्थराज महतारालाई किर्ते गरेकोमा दोषी ठहर गरिएको छ। वीरेन्द्रनगर–१२ रामकुमार दर्लामी र उत्तम अधिकारीलाई पनि किर्ते गरेकोमा दोषी ठहर गरिएको छ।, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१२ साविक जर्बुटा वडा नम्बर–३ (क) मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते जग्गाधनीलाई थाहै नदिई कित्ताकाट गरिएको थियो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको नाममा थियो।, २०७७ पुस २९ गते रावतले जग्गाको नक्सापास निकाल्दा जग्गा अर्कैको नाममा नामसारी भएको थाहा पाएका थिए। त्यति बेलासम्म उनको जग्गा ६ कित्तामा बाँडिएको थियो।, दैलेखको महाबु गाउँपालिका–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए। रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पछाडिको भाग छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा गएको थियो।, उक्त घटनापछि जग्गाधनी रावतले जाहेरी दिएका थिए। सौगात रावतको जाहेरीमा नेपाल सरकारले १९ जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरेको थियो।, अभियुक्तका रूपमा तत्कालीन समयमा नापी कार्यालय सुर्खेतमा कार्यरत प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामी र मालपोत कार्यालय सुर्खेतका तत्कालीन कार्यालय प्रमुख लक्ष्मी खत्री पनि थिए।, अब अर्को हप्ता तोकिएको पेसीबाट कसुर ठहरिएकाहरूलाई सजायको फैसला हुनेछ।,
धनीलाई थाहा नदिई अर्कैलाई जग्गा बेच्ने घटनामा १३ जना दोषी ठहर |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले दुई जना उपप्राध्यापकमाथि दोहोर्याएर स्पष्टीकरण सोधेको छ।, शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरूहिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख २५ मा १५ दिने स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै उनीहरूमाथि फेरि स्पष्टीकरण सोधेको छ।, कार्यकारी परिषदको असार १२ को निर्णयअनुसार ३५ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।, उनीहरू जानकारीविना लगातार ९० दिनभन्दा बढी त्रिविमा अनुपस्थित रहेका थिए।, स्पष्टीकरण चित्तबुझ्दो नआएमा भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई हटाउने त्रिविको तयारी छ।,
त्रिविले सोध्यो दुई उपप्राध्यापकलाई स्पष्टीकरण |
रासस जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ।, आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ।, साथसाथै संस्थाले यसअघि मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो।, बुधबार भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने बताएका थिए।, यस्तै कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने बताएकी थिइन्।, साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिएकी थिइन्।, यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, पत्रकारसहितको सहभागिता हुने आयोजकले जनाएको छ।, हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ।, संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।, फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ।, ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको छ।,
जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा हुने |
रासस चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।, कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए।, सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।, अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ। बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ।,
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते |
विनोद सापकोटा झापामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको छ।, मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो।, सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ।, नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि बिबाद भएको बताइएको छ।, नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ।, यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताए।, ‘ड्युटीमा रहेका सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य बिबाद भएको हो। झडप वा कुटपिट भएको होइन,’ उनले भने।,
झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच धकेलाधकेल! |
सेतोपाटी संवाददाता दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका युवक अझै फेला पर्न सकेका छैनन्। , व्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार दिउँसो साढे ३ बजे तुइन तर्ने क्रममा एक युवक खसेका थिए। , नदीमा खसेर सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बिहीबार बिहान साढे ११ बजेसम्म पनि फेला नपरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।, ‘प्रहरी, सशस्त्र प्रहरीहरू बिहानैदेखि परिचालन भएका छन्। अहिलेसम्म केही पत्ता लागेको छैन। सबै ठाउँमा खोज्न लगाइराखेका छौं,' उनले भने, ‘थप जानकारी पाइएको छैन।’, उनी खसेर बेपत्ता भएपछि महाकाली किनारमा रहेका प्रहरी तथा सशस्त्र प्रहरीको पोष्टबाट सुरक्षाकर्मीहरू खोजी गर्नको लागि खटिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।, उनी भारतबाट घर फर्किन तुइनबाट नदी तर्दै थिए। त्यसैबीच तुइन टुट्दा उनी नदीमा खसेर बेपत्ता भएका हुन्।, बुढाथोकी किनमेल गर्न भारतमा गएका थिए। उनीसँगै अरू साथीहरू पनि थिए।, ‘सामान किन्न भनेर भारतमा गएका थिए। उनीसँग अरू साथीहरू पनि गएका थिए,’ उनले भने,‘उनी चढ्ने बेलामा तुइन टुट्यो। घरायसी सामान पनि भारी थियो कि त्यतिबेला के भयो बुझिरहेका छौं।’, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुसार बुढाथोकी खसेपछि उनकै साथीहरूले प्रहरीलाई खबर गरेका थिए।, ‘घरायसी सामान लिन गएको भन्ने कुरा छ। दुई जना साथीहरू पनि गएका थिए,’ उनले भने,‘उनीहरू चाहिँ फर्किसकेका छन्। साथी खसेपछि उनीहरूले फोन गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय हुतीबाट भेरिफाइ गर्ने काम भइरहेको छ।’ , गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए।, स्थानीयले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको बताए पनि नेपाल र भारतको सरकारले यो कुरा स्वीकार गरेको छैन।, धामी खसेको ठाउँनिर पुल पनि बनिसकेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।, तर अहिले बुढाथोकी खसेको ठाउँबाट त्यो पुल पुग्न तीन घण्टा टाढा रहेको उनले जानकारी दिए। जसकारण पनि स्थानीयहरू तुइन चढ्न बाध्य छन्। ,
अझै फेला परेनन् दार्चुलामा तुइन तर्ने क्रममा खसेका सचिन |
सविता बुढा धनगढी, फूलबारीका नरबहादुर पुलामी मगर नेपाली सेनामा थिए। माओवादी सशस्त्र द्वन्द्वकालमा केही भिडन्तमा गए। ज्यानको माया नगरी सेवामा समर्पित रहे अनि सकुशल सेवानिवृत्त भए।, २०६१ सालतिर अवकाश पाएपछि उनी घर फर्के। परिवारसँगै बस्ने उनको धोको थियो। , 'उहाँ धेरै वर्ष परिवारबाट टाढा हुनु हुन्थ्यो। भिडन्तहरूमा जानुभयो। बाँचेर आउनुभयो,' नरबहादुरकी श्रीमती गोमतीले भनिन्, 'अवकाश पाएपछि अब घरै बसेर खेतीपाती गर्ने, परिवारसँगै रमाउने भन्दै आउनुभएको थियो। म खुसी थिएँ। छोराछोरी पनि खुसी थिए।' , यसो भन्दै गर्दा गोमतीका आँखाबाट आँसु बग्दै थियो। , नरबहादुर घर फर्केको केही दिन भएको थियो। एक दिनको कुरा, राति १२ बजे परिवारका सबै जना मस्त निद्रामा थिए। अचानक ढोकामा ढकढक आवाज आयो। नरबहादुर र गोमती ब्युँझिए। छोराछोरीहरू आत्तिएर कराउन लागे। नरबहादुरले ढोका खोले।, बाहिर सैनिक पोसाक लगाएका केही व्यक्ति उभिएका थिए।, घटना सम्झिँदै गोमतीले भनिन्, 'मैले सेना रहेछन् भन्ने सोचेँ, माओवादी पो रहेछन्। उनीहरूले श्रीमानलाई हामीसँग जानु पर्छ भने अनि सरासर घरभित्र पसे।', माओवादी लडाकुहरूले खाना र बास मागे। उनीहरूको कुरा नाइँनास्ती गर्ने समय थिएन। गोमती र नरबहादुरले सबै व्यवस्था गरे। उनीहरूलाई खटियामा सुताए। परिवारका सबै जना भुइँमा सुते। बिहान लडाकुहरूले नरबहादुरलाई आफूहरूसँग जान तयार हुन भने। नरबहादुरले घरमा पूजाआजाको काम भएकाले दुई दिनपछि भनेकै ठाउँमा उपस्थित हुने वचन दिए। लडाकुहरू राजी भए। फेरि आउँछौं भनेर बाटो लागे।, गोमती र नरबहादुर ठूलो सकसमा परे। जाऊँ जीवनको भर छैन, नजाऊँ भने पनि भर छैन।, 'नगए माओवादीले मार्ने, गए सेनाले मार्ने। बाध्य भएर बरू सेनामै जाने हुनुभयो,' गोमतीले भनिन्, 'संकटकाल भएकाले अवकाशपछि पनि करारमा सेनामा जान पाइन्थ्यो।', नरबहादुर सेनामा फर्के। फेरि आउँछौं भनेर गएका माओवादी लडाकु केही दिनमा आइपुगे। उनीहरूले नरबहादुर सेनामा फिर्ता भएको थाहा पाए। आफूहरूलाई ढाँटेको आरोप लगाए। सेनामा पठाएको भनेर गोमतीलाई हप्कीदप्की गरे। , 'उहाँ सेनामा गएपछि माओवादीले धेरै दुःख दिए। पिट्न त पिटेनन् तर एकै पटक सय जना जति आएर खाना पकाउन लगाउँथे। हतियार लुकाउन दिन्थे,' गोमतीले भनिन्, 'उनीहरूका लागि पकाउनु पर्ने सजाय मलाई तोकेका रहेछन्। ती दिन सम्झिँदा अहिले पनि आङ जिरिंग हुन्छ।', अवकाशपछि सेनामा फर्केका नरबहादुर परिवारसँग सम्पर्कमा आएनन्। सम्पर्क हुने सजिलो माध्यम पनि थिएन। केही दिनपछि माओवादीसँगको भिडन्तमा गोली लागेर नरबहादुर घाइते भएको खबर गोमतीले पाइन्। उनका अनुसार बर्दिया रम्बापुरको पाँच नम्बर गेटमा भएको भिडन्तमा बिहान ६ बजे गोली लागेर नरबहादुर ढलेछन्। उनी भोलिपल्ट राति ८ बजे मात्रै फेला परे।, 'घटनालगत्तै मैले केही पनि थाहा पाइनँ। उहाँ केही ठीक हुनुभएछ। म भेट्न गएँ। मैले भेट्दा निको भएजस्तै देखिनु हुन्थ्यो,' गोमतीले भनिन्, 'अरूले ठूलो कालबाट बचेर आयो भने।' , नरबहादुर बाहिरबाट निको भएजस्ता देखिए पनि गोलीले टाउकोमा लागेको चोट निको भएनछ। द्वन्द्व साम्य भयो। नरबहादुर घर फर्के। सधैंका लागि फर्केका भए पनि टाउकोको चोट बिसेक नहुँदा शारीरिक रूपमा निष्क्रिय हुँदै गए।, 'बेलाबेला टोलाउने, झर्किने, नबोल्ने, एक्कासि चिच्याउने, बेहोस हुने समस्या भयो,' गोमतीले भनिन्, 'सेती अस्पताल पुर्याएँ। डाक्टरले दिमागमा गोलीको छर्राले रगत जमेको छ, बाँच्न कठिन छ भने।', गोमतीले नरबहादुरलाई घर ल्याइन्।, 'घर पुर्याएको दुई दिनपछि, २०६४ कात्तिक ३० गते, मेरा श्रीमानले प्राण त्यागे,' गोमतीले भनिन्। , परिवारबाट नरबहादुर टाढा भएको १७ वर्ष पूरा भयो। श्रीमती गोमतीले घटना बिर्सिनै सकेकी छैनन्। श्रीमान बितेपछि सन्तान लालनपालनको सबै जिम्मेवारी गोमतीमा आइलाग्यो। बृहद शान्ति सम्झौतापछि द्वन्द्वकालमा ज्यान गुमाएका, घाइते भएका र द्वन्द्व प्रभावितका लागि राज्यले ल्याएका कार्यक्रममा आफ्नो परिवार नसमेटिएको गोमतीको भनाइ छ। , गोमती भन्छिन्, 'मेरा श्रीमानको दर्दनाक मृत्युको बदलामा राज्यले मलाई आँसु मात्र दिएको छ। मेरो श्रीमान तड्पीतड्पी मर्नु पर्यो तर हामीलाई द्वन्द्व प्रभावितको सूचीमा राखेनन्। प्रमाण ल्याउनू भन्छन्। काठमाडौं गएर सेनासँग पनि कुरा राखेँ। त्यहाँ नाम राख्न छुटेको भने तर केही पनि काम भएन।', नरबहादुरलाई गोली लागेपछि भएको उपचारका कागजात फेला परेको छैन।, 'ती कागजपत्र फालिए कि, जलाइए, केही थाहा छैन। उहाँको पेनसन मात्र खाइरहेका छौं,' गोमती भन्छिन्, 'द्वन्द्वपीडित परिवार भनेर अरूले जेजे पाए, त्यो मेरा छोराछोरीले पनि पाउनुपर्छ। मेरो भनाइ यत्ति हो।', द्वन्द्वकालले दिएको पीडाकी अर्की भुक्तमान हुन् धनगढी उपमहानगर–१८ की बासिन्दा शकुन्तला राई। उनका श्रीमान पुरनको द्वन्द्वकालमा सेनाको कुटपिटबाट ज्यान गएको उनी बताउँछिन्।, उनका अनुसार भारतमा काम गर्ने पुरन चाडपर्वमा मात्रै घर आउँथे। २०६१ साल असोजमा पनि दसैं मनाउन आएका थिए।, 'दसैं मनाउन घर आएका मेरा श्रीमानलाई आर्मीले माओवादी लुकेको ठानेछ,' शकुन्तलाले भनिन्, 'त्यो दिन म खेतमा थिएँ। घरमा सेना आएको खबर पाएँ। दौडेर पुगेँ। सेनाले घर घेरा हालेर श्रीमानलाई कुट्नुसम्म कुट्यो।', शकुन्तलाले अनुनय विनय गरिन्। आफूहरू माओवादी होइनौं भनिन्। माओवादीले कहिलेकाहीँ आफ्नो घरमा आएर खाना खाएको बताइन्। , 'मैले रोइकराई जति बिन्ती परे पनि सुनेनन्। मेरा श्रीमानलाई बेहोस हुने गरी कुटेर हिँडे,' उनले भनिन्।, उनले बेहोस श्रीमानलाई मेडिकल पुर्याइन्। त्यस दिन सामान्य उपचार भयो तर लगातार बाडुली लाग्ने समस्या देखियो। बिस्तारै सास फेर्न कठिन हुन थाल्यो। शकुन्तलाले पुरनलाई अपस्पताल लगिन्। सेती अस्पतालले एक हप्ता राख्यो। त्यसपछि कोहलपुर पुर्याइन्। त्यहाँ पनि ठीक नभएपछि भारतको लखनउ पुर्याइन्। अन्ततः कुटपिट भएको पाँच महिनामा लखनउमै पुरन बिते। , पुरन ३३ वर्ष उमेरका थिए। शकुन्तलामाथि बज्रपात भयो। चार जना छोराछोरी हुर्काउने, पढाउने जिम्मेवारी शकुन्तला एक्लैलाई आइलाग्यो। , 'सरकारले द्वन्द्वकालका पीडित परिवारलाई पैसा दियो। हाम्रो जस्तै घटना भएका मेरै गाउँकाले पनि राहत पाए,' शकुन्तला भन्छिन्, 'मेरो चाहिँ प्रमाण पुगेन भन्छन्। त्यो बेला कुटपिट गरेको गाउँलेहरू सबैले देखेका छन्, सबै साक्षी छन् तर कागतपत्र छैन।' , धनगढीकै एचगाउँकी अर्की पीडित महिला हुन् कञ्चनमाया तामाङ। अझै पनि धेरै वास्तविक द्वन्द्व पीडितलाई राज्यले नहेरेको उनको पनि गुनासो छ। कञ्चनमायाका अनुसार २०५६ सालमा माओवादीको कुटाइबाट घाइते भएका उनका श्रीमान बिते। , 'मेरा श्रीमान कांग्रेस पार्टीमा थिए। संकटकाल बेला माओवादीहरूले कांग्रेस हो भन्दै बेस्सरी कुटेर घाइते बनाए। त्यही कारणले श्रीमानको मृत्यु भयो।' , उपचारको क्रममा श्रीमानको मृत्यु भएको उनले बताइन्। राज्यबाट केही राहत सहयोग नपाएको उनको भनाइ छ। , 'हामीजस्ता द्वन्द्वपीडितलाई राज्यले हेर्नु पर्ने हो। हामी सत्य निरूपण तथा मेलमिलाप आयोग पनि गयौं। अन्त पनि कुरा गर्यौं,' कञ्चनमायाले भनिन्, 'द्वन्द्वपीडित भएको पुष्टि गर्न प्रमाण माग्छन्। हाम्रो दुःख देख्दैनन्। हामीले न्याय पाएनौं।', विभिन्न संगठनको माध्यमबाट स्थानीय, प्रदेश र केन्द्र सरकारमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनको गुनासो छ।,
'हाम्रो पीडाको प्रमाण किन मागिन्छ?' |
एजेन्सी सामाजिक सञ्जाल ट्विटरले हिन्दुहरूकी देवी कालीले चुरोट पिएको डकुमेन्ट्री पोस्टर हटाइदिएको छ।, तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने फिल्म निर्देशक लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।, उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोस्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्ल्याग पनि देखाइएको छ।, भारतीय हिन्दुहरूले उक्त पोस्टरले आफ्ना देवी देवताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्।, मनिमेकालाई पक्राउ गर्नुपर्ने भन्दै उनीविरूद्ध भारतका विभिन्न ठाउँमा उजुरी दर्ता भएका छन्।, मनिमेकाले आफूले निकै असुरक्षित महशुस गरेको बताएकी छन्।, This is hilarous.Will ,@TwitterIndia, withhold the tweets of the 200000 hate mongers?! These lowlife trolls tweeted and spread the very same poster that they find objectionable. Kaali cannot be lynched. Kaali cannot be raped. Kaali cannot be destroyed. She is the goddess of death. ,https://t.co/oVmUfRjMT3,
— Leena Manimekalai (@LeenaManimekali) ,July 6, 2022, ‘यसले के देखाउँछ भने संसारकै ठूलो लोकतन्त्रबाट पुरै देश संसारकै ठूलो घृणा उत्पादन गर्ने मेसिन बनेको छ,’ मनिमेकाले द गार्डियनसँग भनेकी छन्,‘मैले अहिले कहीँ पनि सुरक्षित महशुस गरेकी छैन।’, मनिमेकाको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो। विरोधपछि उक्त डकुमेन्ट्री प्रदर्शन नहुने भएको छ।, ट्विटरले कानुनी आग्रहका कारण मनिमेकाको ट्विट हटाइएको बताएको छ।,
ट्विटरले हटाइदियो ‘काली’ ले चुरोट पिएको पोस्टरसहितको ट्विट |
सेतोपाटी संवाददाता बाँकेको राप्ती नदीमा डुबेर बेपत्ता भएका एक युवाको खोजी जारी राखिएको प्रहरीले बताएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय नरबहादुर कामी बुधबार बिहान नुहाउने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार नरबहादुर बुधबार बिहान घाँस काट्न स्थानीय जंगलमा गएका थिए।, घाँस काटेर घर फर्किने क्रममा गर्मी भएको भन्दै उनी करिब साढे ९ बजेतिर नुहाउन राप्ती नदीमा पसेका थिए। त्यसपछि उनी बेपत्ता भएका थिए।, उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।,
राप्ती नदीमा डुबेका युवाको खोजी जारी |
सेतोपाटी संवाददाता काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३५ वर्षीय अनुज लोहनीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , प्रहरीका अनुसार बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ सानोभर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका लोहनीलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ,
,
सानो भर्याङमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु |
रासस वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन्।, यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो।, मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो।, ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौं सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। हप्तौंदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ।, ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गरे।, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन्। जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन्।, निर्देशनालयका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठ यो सडक कालोपत्र हुने क्रममा रहेको बताउँछन्। वर्षातका कारण केही समय काम रोकिए पनि छिट्टै काम सम्पन्न हुने उनको भनाइ छ। ,
सडकमा आहाल! |
सेतोपाटी संवाददाता कम उमेरमै सगरमाथा आरोहण गरी कीर्तिमान कायम राखेका आरोही शम्भू तामाङको निधन भएको छ।, उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। ६७ वर्षीय तामाङको आज निधन भएको हो।, उनको ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो।, उनले १७ वर्षकै उमेरमा सगरमाथा आरोहण गरेका थिए।, उनको उपचारमा आर्थिक अभाव भएको थियो। उपचारमा आर्थिक अभाव भएपछि राज्यबाट सहयोग मिलाइदिन आग्रह पनि भएको थियो।, केही समयअघि अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङलाई भेटेका थिए। राज्यबाट उपचारका लागि सहयोग गर्न पहल गर्ने उनले त्यसबेला बताएका थिए।, प्रचण्डको सचिवालयका अनुसार तामाङको आज निधन भएको छ।,
कीर्तिमानी आरोही शम्भू तामाङको निधन |
रोहित महतो तेजाब आक्रमणमा परेकी जनकपुरधाम उपमहानगरपालिका-७ बस्दै आएकी आरती साह बिचल्लीमा परेकी छन्।, अनुहार जलेकी आरतीबारे बजारमा स्थानीयले कुरा काट्ने, जिस्काउने र हेला गर्न थालेपछि उनको मानसिक अवस्था बिग्रँदै गएको छ।, पेठिया बजारका केही व्यापारी तथा उछ्ङ्खल युवाले दिएको मानसिक यातनाकै कारण आरतीको अवस्था बिग्रँदै गएको उनकी आमा सुनितादेवीले बताइन्।, ‘एसिडले जलेको उसको शरिरको पीडा हामी-तपाईंले महसुस गर्न सक्दैनौं। घाउ देख्न सक्नुछ। साथ दिने घर परिवार कोही छैन। ६ वर्षकी छोरीको भविष्यको चिन्ता छ,’ उनले भनिन्, ‘एक त सरकारले नोकरी दिएन। महिनौंसम्म खोज्दा काम पाइएन। बल्ल काम पाएकी थिइन्। तर केही मान्छेले यति टर्चर गरे कि, कामै छोड्नुपर्यो।’, चार दिनदेखि आरतीले खान छोडेको उनले बताइन्।, ‘एकैचोटी यति त टेन्सन भयो कि उसको दिमागले राम्रो काम गरेको छैन। बेलाबेला आफैं बर्बराउँछे,’ सुनितादेवीले भनिन्।, गुजारा गर्न र छोरी पढाउन मुस्किलले पाएको तरकारी बेच्ने काम आरतीले छाडेकी छन्।, स्थानीय व्यापारी र केटाले छाडा बोल्न थालेपछि गएको मंगलबारदेखि काम छोडेको उनले बताइन्।, ‘यहाँ केही केटाहरू र मैले बुवाजस्तै मान्नेहरूले पनि तैंले के करम गरिस् कि तेजाब हालिदियो। तिम्रो चरित्रै ठिक छैन्। तरकारी बेच्नेसँग तिम्रो नाजायज सम्बन्ध छ भनेर बारम्बार टर्चर गर्न थालेपछि मैले काम छोडिदिए,’ आरतीले भनिन्, ‘म अब कसरी गुजारा गर्ने, कसरी बाँच्ने? छोरीलाई कसरी पढाउने? मैले आजसम्म गलत गरेको छैन्। यिनीहरूले किचड उछालेर मेरो इज्जतमा पर्ने कुरा गरेपछि कतिसम्म बर्दास गर्ने जबसम्म मेरो श्रीमानले सजाय पाउँदैनन् तबसम्म लडिरहन्छु।’, आरतीकी आमाले उनलाई केही दिनयता धामीझाँक्रीलाई देखाइरहेकी छन्।, ‘झारफुकबाट ठिक भएन भने डाक्टरलाई देखाउँछु। हिजो बौधीमाई मन्दिरमा देखाउन लगे। त्यहाँ पनि उसलाई शान्त ठाउँमा एकान्तमा राख्न भनेको छ। यहाँ केही उपाय पनि देख्दिनँ। म आफ्नो माइत सितामढी पठाउँ कि सोच्दैछु,’ सुनितादेवीले थपिन्।, २०७७ को लक्ष्मीपूजाको दिन कात्तिक २९ गते जनकपुरस्थित पेठिया बजारमा डेरामा बस्दै आएकी आरतीलाई उनकै श्रीमान सञ्जीव साहले तेजाब आक्रमण गरेका थिए। आक्रमणबाट आरतीको अनुहार, छातीलगायत विभिन्न भाग जलेको छ। एसिडको छिटाले उनकी ६ वर्षीया छोरी रियाको एउटा हात र टाउकोको भाग समेत जलेको छ। तर उसको अवस्था समान्य छ।, पढ्नुस् आरतीबारे विस्तृत स्टोरी:, आरती भन्छिन्- कतिसँग झगडा गरूँ?, ,
आरतीले छोडिदिइन् तरकारी बेच्न |
दिपकजंग शाही सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले शैक्षिक गुणस्तर बढाउन नयाँ अभ्यास थालनी गरेको छ। शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ मध्यपश्चिम विश्वविद्यालयले 'शैक्षिक कम्युन' बनाएर काम थालेको हो।, प्राध्यापकहरू सम्मिलित उक्त शैक्षिक कम्युनलाई 'एकेडेमिक कम्युन कम थिंक ट्यांक' भनिएको छ। यसमा विद्यावारिधि गरेका २५ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरूको एउटा समूह हुनेछ। विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि गरेका नेपालीहरूलाई शैक्षिक विकासमा योगदान गर्न आवधिक करार सेवामा लिन लागिएको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ।, करार सेवामा लिन विश्वविद्यालयले खुला प्रतिस्पर्धा गराएको छ। , 'शैक्षिक कम्युन' कार्यक्रम सुरू गर्न विश्वविद्यालयको कार्यकारी परिषदले २०७८ वैशाख १० गते निर्णय गरी जेठ ३ गते विज्ञापन आह्वान गरेको थियो। उक्त विज्ञापनमार्फत आएका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरू छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। केही दिनमै अन्तर्वार्ता लिएर उनीहरू करार गरिनेछन्।, विश्वविद्यालय प्रशासनका अनुसार विश्वका २१ देशका विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न विधामा अनुसन्धान गरिरहेका र पढाइरहेका १३५ जनाले आवेदन गरेका थिए। यीमध्ये ९१ जना योग्यता सूचीमा समावेश भएका छन्। यी प्रतिस्पर्धीमध्येबाट मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायअन्तर्गत विषयगत विज्ञका रूपमा २५ जना छनोट गरिनेछन्। यसका लागि सेवा आयोगले काम अगाडि बढाएको छ।, 'मपविलाई नयाँ उचाइमा पुर्याउन र उच्च शिक्षाको क्षेत्रमा देशकै सेन्टर अफ एक्सिलेन्सीका रूपमा स्थापित गर्न यो अभियान सुरू गरिएको हो,' विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले बताए।, शैक्षिक कम्युनमा नियुक्त गरिने २५ जनालाई विश्वविद्यालयले ६ महिनाका लागि करार गर्नेछ। उनीहरूले चार घन्टा पढाउने छन्। तीन घन्टा प्राध्यापक र कर्मचारीहरूसँग काम गर्नेछन्। , 'प्राध्यापकसँग काम गर्दा विश्वविद्यालयको नीतिगत सुधार र रणनीति निर्माण लगायतका काममा यहाँको मुख्य समूहलाई सहयोग गर्नेछन्,' विश्वविद्यालयका प्रा.डा. चन्द्रप्रसाद रिजालले भने, 'अब विश्वविद्यालयले सबै पाठ्यक्रम पुनः अवलोकन गरी सुधार गर्न खोजेको छ, यसमा पनि उनीहरूको सहयोग रहन्छ।', आगामी आर्थिक वर्ष सबै पाठ्यक्रम नयाँ परिवेशअनुसार परिमार्जन गरिने भएको छ। नयाँ पाठ्यक्रममा अभ्यास सिकाइमा विशेष जोड दिइनेछ। यो काम कृषि संकायबाट सुरू भएको छ। , प्रा.डा. रिजालका अनुसार आउँदो पाँच वर्षभित्र प्रत्येक विषयमा सैद्धान्तिक कक्षा ४० प्रतिशत र अभ्यास सिकाइ ६० प्रतिशत हुने प्रबन्ध गर्ने तयारी छ। शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको शैक्षिक कम्युनका लागि विश्वविद्यालयले चार करोड रूपैयाँ कोषमा जम्मा गरेको छ। उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) अन्तर्गत प्राप्त अनुदानमध्ये चार करोड यो अभियानका लागि छुट्याइएको हो।, यसअतिरिक्त करारमा नियुक्त गरिने २५ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक मध्ये केहीले आफ्नो तर्फबाट पनि परियोजना ल्याउने छन्। उनीहरूका परियोजनालाई विश्वविद्यालयको कार्यकारी परिषदले अनुमोदन गर्नेछ। परियोजना सञ्चालनबापत प्राध्यापकहरूले पाउने रकमको केही प्रतिशत विश्वविद्यालयका लागि जम्मा गर्नुपर्नेछ।, आफूले ल्याएको परियोजनाका अतिरिक्त प्राध्यापकहरूले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पनि काम गर्ने छन्। परियोजना नल्याउँदासम्म र परियोजना नल्याएका प्राध्यापकहरूलाई विश्वविद्यालयको उक्त एइआरपी परियोजनाबाट तोकिएको तलब उपलब्ध गराइनेछ।, अहिले ६ महिनाका लागि करार गरिए पनि ती प्राध्यापकहरूले आफ्नो परियोजना ल्याउन सकेमा वा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभाव पार्न सकेमा मूल्यांकनका आधारमा करार थप गर्ने व्यवस्था विश्वविद्यालयले गर्नेछ।, 'उहाँहरूले आफ्नो परियोजना निरन्तर गराउन र हाम्रो उद्देश्य प्राप्तिमा राम्रो प्रभाव पार्न सक्नुभएको छ भन्ने विश्वविद्यालयलाई लाग्यो भने उहाँहरूको करार थप हुन्छ,' प्रा.डा. रिजालले भने, 'उहाँको प्रभाव राम्रो भएन भने हामी ६ महिना होइन, त्यसअघि नै बिदा गर्न पनि सक्छौं।', करार गरिएका प्राध्यापकहरूलाई विश्वविद्यालयले आवासीय रूपमा राख्नेछ। शैक्षिक कम्युन सञ्चालनका लागि प्राध्यापक नियुक्त गर्ने कार्यविधि बने पनि उनीहरूलाई परिचालन गर्ने कार्यविधि भने बनिसकेको छैन। केही दिनमा परिचालन कार्यविधि तयार हुने प्रा.डा. रिजालले बताए।, कम्युनका लागि प्रध्यापकहरू (सहप्राध्यापक र उपप्राध्यापक समेत) छनोट गर्दा मुख्य गरी अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित लेखलाई प्राथमिकता दिइएको छ। लेखमा १२० पूर्णांक राखिएको छ। , प्राध्यापकले ९ वटा सहप्राध्यापकले ७ वटा र उपप्राध्यापकले ५ वटा लेख अन्तर्राष्ट्रिय जर्नलनमा प्रकाशित गरेको हुनु पर्ने कुरा कार्यविधिमा उल्लेख छ।, शैक्षिक कम्युनबाट विद्यार्थी र समग्र विश्वविद्यालयलाई कसरी फाइदा पुग्छ त?, 'पहिलो कुरा, उहाँहरू सिधै कक्षाकोठामा गएर विद्यार्थीसँग अन्तक्रिया गर्नुहुन्छ। त्यसबाट प्रत्यक्ष रूपमा विद्यार्थीको शैक्षिक विकासमा मद्दत पुग्छ,' प्रा.डा. रिजाल भन्छन्, 'अर्को कुरा, उहाँहरूमध्ये जतिले परियोजना ल्याउनुहुन्छ। ती परियोजना चलाउने क्रममा सहयोग गर्न विद्यार्थी समावेश गर्नुहुन्छ। यसबाट विद्यार्थीको अभ्यासगत सिकाइसँगै आम्दानीमा पनि सहयोग पुग्छ।', यसबाट मध्यपश्चिम विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूले 'योङ प्रोफेसर' को रूपमा सहभागी हुने मौका पाउनेछन्। यसबापत विद्यार्थीहरूले प्रमाणपत्र पनि पाउनेछन्। , 'अप्रत्यक्ष फाइदा भनेको विद्यार्थीहरूलाई पढाइरहेको प्राध्यापकहरूको क्षमता अभिवृद्धि हुन्छ। यसबाट पनि विद्यार्थीको पढाइमा सकारात्मक प्रभाव पर्छ,' प्रा.डा. रिजाल भन्छन्, 'अहिले हाम्रा फ्याकल्टीहरूले नै आर्टिकलसिप जान्दैनन्। उनीहरूलाई त्यो कुरा सिकाइन्छ। आर्टिकलसिपको कुरा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई करारका प्राध्यापकहरूले सिकाउनु हुन्छ।' , यही माध्यमबाट विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा फाइदा हुने उनले बताए।, शैक्षिक गुणस्तर वृद्धिका लागि चलाइने शैक्षिक कम्युनमा आर्थिक सहयोग पुग्ने एचइआरपी परियोजनामा विश्व बैंकको सहयोग छ। विश्वविद्यालयलाई स्वायत्त बनाउनु पनि यो परियोजनाको उद्देश्य हो।, मध्यपश्चिम विश्वविद्यालयले आफ्नो कलेज अफ म्यानेजमेन्टलाई स्वायत्त बनाउने सम्झौता गरेकाले यो परियोजनाबाट अनुदान सहयोग आएको हो। यो परियोजनाअन्तर्गत आएको रकममध्येबाट यसअघि त्रिभुवन विश्वविद्यालयसँग रहेर पछि मध्यपश्चिम विश्वविद्यालमा आंगिक भएका क्याम्पसको क्षमता अभिवृद्धिमा सहयोग गरिएको छ। यसमार्फत त्यस्ता दस वटा क्याम्पसको क्षमता वृद्धि गर्न ५० लाखदेखि एक करोड रूपैयाँसम्म दिइएको प्रा.डा.रिजालले बताए।, 'हामीलाई आएको यो अनुदानबाट आधा रकम विश्वविद्यालयको लागि राख्यौं, आधा त्रिभुवन विश्वविद्यालयबाट हामीसँग आएका क्याम्पसहरूको क्षमता अभिवृद्धिमा खर्च गर्यौं,' उनले भने, 'मिडवेस्ट युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (मुसोम) स्वायत्त बनाएबापत पनि केही अनुदान सहयोग पायौं। त्यस अनुदान रकममध्ये ४० प्रतिशत मुसोमलाई दिएर बाँकी विश्वविद्यालयलाई राखेका हौं।', विश्वविद्यालयलाई राखेको पैसा संस्थागत क्षमता र प्राज्ञिक क्षमता विकास गर्ने प्रयोजनमा खर्च गर्ने प्रा.डा. रिजालको भनाइ छ।, प्राज्ञिक क्षमता विकासमा विश्वविद्यालयका विभिन्न संकायका प्राध्यापक, कर्मचारीहरूलाई तालिम र भ्रमण लगायत पर्छ। संस्थागत विकासमा पूर्वाधार र नीति निर्माण पर्छ।, मुसोमलाई दिएर विश्वविद्यालयले राखेको चार करोड रुपैयाँमध्येको केही रकम अहिले 'शैक्षिक कम्युन' मा खर्च खोजिएको हो। यसका लागि मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगबाट सहमति लिएको थियो। अहिले मध्यपश्चिम विश्वविद्यालयमा ८ वटा संकायमा अध्यापन भइरहेको छ। यी संकायहरूलाई विश्वविद्यालयले 'ग्राजुएट स्कुल' नाम दिएको छ।,
मध्यपश्चिम विश्वविद्यालयमा २५ जना प्राध्यापकको नयाँ समूह, बढ्ला शैक्षिक गुणस्तर? |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील सायरी, गजल, कविताहरू हटाउन थालेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका त्यस्ता सामग्रीहरू हटाउन थालेको सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। , ‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ,’ उनले भने।, त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान मोडिँदा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयले ती सामग्री हटाउने अभियान सञ्चालन गरेको हो। , कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।, अश्लील र द्विअर्थी भनाइहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको प्रहरी नायब उपरीक्षक राणाले बताए।, त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सूचना जारी गरेको छ।, ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ।,
गाडीमा लेखिएका ‘अश्लील साहित्य’ हटाउन थाल्यो प्रहरीले |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७८ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ५१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ३८४ जनाको पिसिआर र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५०८ जना सक्रिय संक्रमित छन्।, २३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
३ हजार ५१५ को परीक्षण गर्दा ७८ कोरोना संक्रमित थपिए |
रासस खोटाङ रावाबेंसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्।, गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन्।, माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन्।, स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन्। नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाका दुई छोरी छन्। , उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहेको पारिवारिक स्रोतले जनाएको छ।, मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।, घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।, ,
खोटाङकी दलित महिला सदस्य मृत फेला |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राई तोकिएका छन्। , बिहीबार प्रहरी प्रधान कार्यालयले डिआइजी राईलाई केन्द्रीय प्रवक्ताको रूपमा तोकेको हो। , यसअघि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसी केन्द्रीय प्रवक्ता थिए। उनको काज सरूवा भएसँगै प्रहरी प्रवक्ता फेरिएका हुन्।, उनको अपराध अनुसन्धान विद्यालयमा सरूवा भएको हो। , यस्तै डिआइजी टेकप्रसाद राईको हालै बढुवा भएको हो। उनको बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको थियो। , एसएसपी हुँदा उनी मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख थिए। ,
,
प्रहरी प्रवक्तामा डिआइजी टेकप्रसाद राई |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालको भर्याङमुनि एक शिशुको फेला परेकी छन्।, बिहीबार दिउँसो साढे २ बजेतिर भर्याङमुनि बेवारिसे अवस्थामा शिशु फेला परेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। , अस्पतालको सी ब्लकको भर्याङमुनि फेला परेको बच्चीलाई अस्पतालको एनआइसियुमा राखिएको पौडेलले जानकारी दिए।, शिशुको अवस्था सामान्य छ। भेटिएकी शिशु जन्मिएको दुई दिनको जस्तो देखिने प्रहरीले जानकारी दियो। , जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आमा-बाबुले शिशुलाई छाडेर भागेको आशंकामा अनुसन्धान भइरहेको जानकारी दिए।,
भरतपुर अस्पतालको भर्याङमुनि भेटिइन् शिशु |
रासस काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।,
,
कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरूषमा हैजा भेटिएको उनले बताए। थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।,
,
उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरूषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ।, अहिलेसम्म तीन जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किसकेका छन्। ,
काठमाडौं उपत्यकामा फेरि थप दुई जनामा हैजा, हैजाका बिरामी २३ पुगे |
सेतोपाटी संवाददाता काठमाडौंको डिल्लीबजार निवासी मनोजकुमार तिवारी छोराको नागरिकता बनाउन बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। दुई छोराका बुवा उनी आफ्नो कान्छो छोराको नागरिकता बनाउन चाहन्थे। चार वर्षअघि जेठो छोराको नागरिकता बनाइसकेका थिए। , त्यतिबेला कुनै समस्या नभए पनि अहिले कान्छो छोराको नागरिकता बनाउन कार्यालय धाउँदा उनले आफ्नै नागरिकता बनाउन पर्ने भयो। खल्तीमा आफ्नो नागरिकता हुँदाहुँदै अभिलेखमा नभेटिएपछि उनलाई फेरि नागरिकता बनाउन कार्यालयले भनेको थियो।, ‘कार्यालयले पहिला मेरो नागरिकता भेरिफाइ गर्न भनेको थियो। तर नागरिकताको अभिलेख त्यहाँ भेटिएन,’ उनले भने, ‘यही नागरिकताबाट मैले मेरो ठूलो छोराको नागरिकता बनाएको छु, विवाह दर्ता बनाएको छु, कम्पनी दर्ता गराएको छु। अहिले यहाँ अभिलेखमा भने छैन।’, उनले अगाडि भने, ‘त्यसको मतलब त म आफ्नै देशमा अनागरिक रहेछु। मैले बोकिरहेको नागरिकता त केवल कागज रहेछ।’, तिवारीले २०४५ सालमा नागरिकता बनाएका हुन्। तर अभिलेख खोज्दा नभेटेपछि जिल्ला प्रशासन कार्यालयले उनलाई ‘झुत्रो भई फेला नपरेको’ भनेर विवरण दिएको छ। त्यसपछि उनले नयाँ नागरिकता लिनको लागि फारम भनुपर्ने भयो।, फारममा ‘यसअघि मैले नागरिकता लिएको छैन’ भनेर उल्लेख गरेको कुरामा पनि उनले आपत्ति जनाए। , ‘मसँग नागरिकता हुँदाहुँदै छैन भनेर लेख्नु भनेको सरकारले मलाई सिधासिधा चोरी गर भन्नु हो।’, यो समस्या तिवारीको मात्र होइन। जिल्ला प्रशासन कार्यालयमा यस्ता समस्या बोकेर दैनिक मान्छेहरू आउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। , उनले यो समस्या धेरै जनाको भएको स्वीकारे।, उनका अनुसार रानीपोखरीस्थित बागमती अञ्चालाधीश कार्यालयमा आगलागी हुँदा धेरैको अभिलेख जलेको थियो। त्यसकारण अहिले नागरिकहरूले दोहोर्याएर नागरिकता लिनुपर्ने भएको छ। , ‘२०४० देखि ०४६ सम्मका नागरिकताहरू कमै भेटिन्छन्। बागमतीको अञ्चालाधीश कार्यालय रानीपोखरीमा २०४६ सालको आन्दोलनमा धेरै जलेका थिए,’ उनले भने, ‘हाम्रो र मालपोत कार्यालयको धेरै कागजातहरू जलेका छन्।’ , ४० सालयता नागरिकता बनाएका नागरिकहरूले यदि आफ्ना छोराछोरीहरूको नागरिकता बनाउन जाँदा वा राष्ट्रिय परिचय पत्र बनाउन जाँदा अभिलेखमा नभएको पाइएमा फेरि नयाँ नागरिकता बनाए जसरी नै बनाउनुपर्ने रिजालले बताए। , ‘अभिलेखमा नभएमा जसरी नयाँ नागरिकता बनाउँछन्, त्यसरी नै वडा कार्यालयको सिफारिस लिएर फेरि नयाँ नागरिकता बनाउनुपर्ने हुन्छ,’ उनले भने।, यद्यपि सबैको नागरिकता भने जलेको थिएन। केहीको भने भेटिन सक्छ। तर यसरी जलेको संख्या के कति छ भन्ने यकिन नभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। , ‘जलेको संख्या त लाखमै होला। अहिले एकै दिन दुई–तीन सय नागरिकता बन्छ भने त्यतिबेला धेरै नै बनेका होलान्,’ उनले भने।, यस्ता समस्या देखिएका नागरिकतामा नयाँ नागरिकता बनाएपछि पहिले र अहिलेको नयाँ नागरिकता नम्बर पनि हालिने उनले जानकारी दिए।, यसले गर्दा पासपोर्ट, विवाह दर्ता लगायतमा पुरानो नम्बर भएमा समस्या हुँदैन। , ‘यो–यो समयदेखिको नागरिकता छैन भनेर हामीले बोलाऔं भन्ने पनि सोचेका हौं तर कतिपयको नागरिकता छ,’ उनले भने, ‘यदि सिरियल नम्बर यतिदेखि यतिसम्मका लगातार सबै जलेको हो भनेर जानकारी भएको भए बोलाउन हुन्थ्यो।’, २०७३ यता भने सबै कम्प्युटर सिस्टममा गइसकेको हुँदा अभिलेख सुरक्षित नै हुने उनी बताउँछन्। , ‘नागरिकता बनाउँदा पेस गरिएका कागजातहरू सबै स्क्यान गरेर राख्ने गरेका छौं। केही कारणले जिल्ला प्रशासनको अभिलेख नष्ट भएमा अब हामीसँग ब्याकअप छ,’ उनले भने, ‘त्यही भएकाले अब बनेका नागरिकतामा त्यो समस्या नहोला।’, नागरिकताको समस्या काठमाडौंको मात्र होइन। काठमाडौं बाहिरका मान्छेहरू पनि यस्तै समस्या बोकेर कार्यालयमा आएका थिए। भोजपुरबाट काठमाडौंमा बसाइसराइ गरिसकेका ज्ञान अधिकारीको समस्या पनि उस्तै थियो। उनी यहाँबाट राष्ट्रिय परिचय पत्र बनाउन चाहन्थे। त्यसको लागि नागरिकताको प्रमाणीकरण गर्नुपर्ने थियो।, भोजपुरको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भएपछि बल्ल उनले यहाँ परिचय पत्र बनाउन पाउँथे। तर काठमाडौंबाट भोजपुरको प्रशासन कार्यालयमा खोज्दा उनको नागरिकता भेटिएन। आफ्नो नागरिकता द्वन्द्वकालमा जलिसकेकाले नभेटिएको हुनुपर्ने उनी अनुमान गर्छन्।, २०४४ सालमा आफूले बनाएको नागरिकता हामीलाई देखाउँदै उनले भने, ‘मैले आजसम्म बोक्दै आएको नागरिकता त केवल कागजको खोस्टो मात्र रहेछ।’,
छोराको नागरिकता बनाउन जाँदा आफ्नै नागरिकता बनाउन परेपछि... |
मनोज सत्याल कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको आधार शिविर सार्न नहुने बताएका छन्।, २६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेका कीर्तिमानी आरोही शेर्पाले अहिलेको सगरमाथाको आधार शिविर सुरक्षित स्थानमा रहेकाले अन्यत्र सार्दा थप जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका हुन्। , गत जुन १७ मा बीबीसीले नेपालले सगरमाथाको आधार शिविर सार्ने तयारी गरिरहेको ,समाचार पहिलो पटक प्रकाशित, गरेको थियो।, सगरमाथाको फेदीमा रहेको खुम्बु आइसफलमा अवस्थित सगरमाथाको आधार शिविर हिमाली क्षेत्रको बढ्दो तापक्रमले गर्दा जोखिममा रहेको अध्ययनहरूले देखाएका छन्।, बेलायतको लिड्स विश्वविद्यालय र अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरूले सन् १९८४ देखि सन् २०१५ सम्मको अध्ययनले तापक्रम वृद्धिका कारण खुम्बु क्षेत्रमा ३ सय ८३ प्रतिशतले हिउँ पग्लिएर बन्ने पोखरी बढेको उल्लेख गरेका छन्।, खुम्बु क्षेत्रमा मात्रै १९ करोड ७६ लाख मिटर क्युब हिउँ पग्लिएको अध्येताहरूले उल्लेख गरेका छन्। पातलो तहको हिउँ पग्लिएसँगै सगरमाथा आधार शिविरको ,हिउँको तह ३० मिटर माथि सरेको, छ।, हिमाल आरोहीहरूले पनि सगरमाथाको आधार शिविर रहेको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमपातमा कमी आएको र ,पानी बगिरहेको देखिन थालेको ,बताउने गरेका छन्। , सगरमाथाको आधार शिविरमा पुगेका पदयात्रीहरूले पनि सगरमाथा आधार शिविरमा ,व्यापक मात्रामा परिवर्तनहर,ू देखिएको उल्लेख गरेका थिए। , सगरमाथा आधार शिविरमा देखिएको परिवर्तन। बायाँ तर्फ सन् २०२० को नोभेम्बर महिनाको दृश्य र दायाँतर्फ त्यसको ठिक एक वर्षपछि सन् २०२१ को नोभेम्बरको दृश्य। तस्बिर : श्री गुरुङ/सेतोपाटी, पर्यटन मन्त्रालयले सगरमाथाको आधार शिविर रहेको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनपछि देखापरेको असरबारे अध्ययन गर्न समिति गठन गरेको थियो।, उक्त समितिमा रहेका नापी विभागका कर्मचारी एवम् सगरमाथाको उचाइ नाप्ने नेपाली 'सर्भेयर' खिमलाल गौतम पनि पछिल्लो दश वर्षमा सगरमाथाको आधार शिविरमा धेरै परिवर्तन आएको बताउँछन्। , 'म लगातार दश वर्षसम्म आधार शिविर पुग्दा वातावरणको हिसाबले धेरै परिवर्तन देखेँ। अहिलेको आधार शिविरमा प्रत्येक वर्ष आउने/जानेबाहेक १५ सय मान्छे बस्ने गरेका छन्', गौतमले सेतोपाटीसँगको कुराकानीमा भने, 'यसरी हेर्दा मानवीय कारणले समेत ग्लेसियर पग्लिएको र त्यसले भयावह स्थिति सृजना भएको देखिन्छ। त्यसलाई नियन्त्रण गर्नुपर्छ।', उनले जमिनमा भू-क्षय भएजस्तै हिमालयमा हिउँ-क्षयको अवस्था उत्पन्न भएको बताए। , गौतमले २०२२ को जुन १५ मा वातावरणीय उपाय अवलम्बन गरेर या त अहिलेको आधार शिविरमा मानवीय गतिविधिमा कडाइ गर्नुपर्ने अन्यथा आधार ,शिविर सार्नुपर्ने तर्क गर्दै लेख प्रकाशित, गरेका थिए।, 'आरोहीहरू हजारौं, लाखौं डलर खर्चिएर आधार शिविर आइपुगेका हुन्छन्। उनीहरूले त्यहाँ सुविधा खोज्छन्', गौतमले भने, 'मानवका लागि आरामदायी क्याम्पहरू बनाउँदा हिउँ पग्लने क्रम बढेको छ। कि त आरोहीहरूको सुविधा घटाउनुपर्छ नभए आधार शिविर रहेको ठाउँ पुनर्विचार गर्नुपर्छ। आधार शिविर परिवर्तन नगरे भयावह स्थिति आउँछ।', नापी विभागअन्तर्गत कार्यरत गौतमले पर्यटन विभाग अन्तर्गत गठन भएको एउटा समितिको रिपोर्टको ड्राफ्टमा आधार शिविर सार्नुपर्ने विषय उठाइएको बताए।, 'आधार शिविर सार्ने भन्ने कुरा सजिलो छैन। राज्यले निर्णय गर्नुअघि सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग (क्लाइम्बिङ कम्युनिटी) छलफल गर्नुपर्छ', गौतमले भने, 'छलफलपछि सबैले अहिलेको आधार शिविरभन्दा तल हिउँ बाहिर नदेखिएको उपयुक्त ठाउँ छनोट गर्नुपर्छ। अथवा हिउँ पग्लिएर ढुंगा र ग्रेगान (मोरेन) ठाउँमा सार्नुपर्छ।', उनले मानवीय गतिविधि हुने ठाउँमा ग्लेसियरलाई प्रभाव पार्ने गतिविधि गर्न नहुने बताए।, 'हाम्रा छिमेकमा दुई ठूला औद्योगिक राष्ट्र छन्। अहिले हाम्रा कारणले मात्र अहिले ग्लेसियर पग्लिएको हैन', गौतमले भने, 'तर खुम्बु ग्लेसियरमाथि प्रत्यक्ष रूपमा मानवीय क्रियाकलाप हुँदा प्रभाव परेको छ। हाम्रा क्रियाकलाप कम नगर्ने हो भने उपयुक्त स्थानमा नजिक सार्नु उचित हुन्छ।', पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले सगरमाथाको आधार शिविर सार्ने विषयमा विभागमा सामान्य छलफल मात्र भएको बताए।, 'त्यसका लागि हामीले अध्ययन गर्नुपर्छ। विज्ञ टोली चाहिन्छ', उपाध्यायले सेतोपाटीसँग भने, 'सगरमाथाको आधार शिविर सार्ने कुनै तयारी अहिले भएको छैन। कुराहरू उठेका छन्। तर निर्णय भएको छैन।', सबभन्दा धेरै २६ पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा भने सगरमाथाको आधार शिविर सार्न नहुने बताउँछन्।, 'आधार शिविर सार्नलाई अहिलेको आधार शिविर असुरक्षित छ भन्ने हुनुपर्छ। सन् २०१५ को भूकम्पमा पनि आधार शिविरमा सगरमाथाको ग्लेसियरले खासै असर गरेन। बरू पुमरी हिमालबाट आएको ग्लेसियरले गर्दा आधार शिविरमा मानिसहरूले ज्यान गुमाए', कामिरिताले भने, 'अहिले पुमरीको आधार शिविरतर्फ सार्ने चर्चा चलिरहेको छ। त्यो ठाउँ असुरक्षित हुन्छ।', २६ पटक सगरमाथा आरोणह गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा। तस्बिर : मनोज सत्याल/सेतोपाटी, सगरमाथा आरोहण गर्न ठूलो संख्यामा पर्वतारोही आउने गरेका कारण तल्लो क्षेत्रमा आधार शिविर बनाउँदा पानीको समस्या हुने उल्लेख गरे।, 'अहिले आधार शिविर भएको ठाउँमा पानीको खासै समस्या छैन', कामिरिताले भने, 'कालापत्थरतर्फ तल्लो क्षेत्रमा (गोरखसेप) मा पानीको समस्या छ। अझ त्यहाँ ट्रेकिङका लागि धेरै मानिस आउने भएकाले पर्वतारोहीको सामान असुरक्षित हुन्छ।', उनले विश्वभर ग्लेसियर माथि नै हिमालका आधार शिविरहरू रहेको तर्क गरे।, 'आधार शिविर ग्लेसियर माथि नै हुने हो', कामिरिताले भने, 'आधार शिविर सार्दा नेपालबाट सगरमाथा चढ्न आउने आरोहीहरू चीन जान सक्छन्।', उनले अहिलेको आधार शिविरबाट सगरमाथाको पहिलो क्याम्पसम्म पुग्न आरोहीहरूले १० घण्टासम्म समय लगाउने गरेको उल्लेख गरे।, 'अब झन् तल आधार शिविर बनाउने हो भने पर्वतारोहीहरूलाई पहिलो क्याम्पमा पुग्नै १४ घण्टा लाग्न सक्छ', कामिरिताले भने, 'आधार शिविर सार्ने हो भने सगरमाथाको माथिल्लो क्षेत्रमा रहेका शिविरहरू पनि सार्नुपर्छ।', उनले आधार शिविरको स्थान परिवर्तन गरे पनि सगरमाथा चढ्न जाने पर्वतारोही अहिलेको आधारशिविर भएकै क्षेत्रबाट जानुपर्ने भएकाले त्यही ठाउँमा पुन: 'क्याम्प वान' बनाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।, 'नेपालबाट सगरमाथा चढ्न अप्ठ्यारो भयो भने पर्वतारोही किन नेपाल आउँछन्', कामिरिताले प्रश्न गरे, 'त्यसैले अहिलेको आधार शिविरमा जसरी पनि क्याम्प राख्नुपर्ने अवस्था आउने भएपछि किन सार्नुपर्यो?', कामिरिताले सगरमाथा बेस क्याम्पका लागि सरकारले जलविद्युत पुर्याइदिए ग्यास हिटरहरूको प्रयोग घट्ने र बिजुली प्रयोग बढ्ने उल्लेख गरे।, 'ग्यास कम गर्न सकिन्छ। सरकारले बिजुली पुर्यायो भने मानिसको दिशा र पिसाब पनि बिजुली प्रयोग गरेर सुकाउन सकिन्छ', कामिरिताले भने, 'पाकिस्तानको केटू क्षेत्रमा आरोहीहरू हिँड्ने बाटो भएका क्षेत्रदेखि बेस क्याम्पसम्म सोलारबाट शौच सुकाउने सुविधा सहितका शौचालय छन्।', कामिरिताले चीन तर्फको आधार शिविरमा बिजुली पुर्याइएको उल्लेख गरे।, 'चीनको बेस क्याम्पसम्म सडक नै पुग्न लागेको छ', उनले भने, 'हामीले पनि खाना पकाउने हिटरहरू हटाउन पर्वतारोहणको समयमा बिजुली उत्पादन गर्ने व्यवस्था गर्नुपर्छ।', सेतोपाटीले कामिरितासँग सगरमाथाको आधार शिविर सार्ने विषयमा कुराकानी गरेको भिडिओ हेर्नुहोस्-, सम्बन्धित समाचार : ,हिमाली क्षेत्रमा १ डिग्री तापक्रम बढे ५ हजार मिटरसम्म हिउँ नै नरहने सम्भावना,
२६ पटक सगरमाथा चढेका कीर्तिमानी आरोही कामिरिता भन्छन्- आधार शिविर सार्नु हुँदैन (भिडिओ) |
युवराज श्रेष्ठ 'बाउआमा र परिवारलाई ठाउँमा ल्याएर राख्न पाए राम्रो हुन्थ्यो भनेको, मार्न ल्याएजस्तो भयो,' पोखरा महानगरपालिका–२५, सुइखेतका सूर्य विकले पहिरो पसेको घरअघि उभिएर भने, 'धन्न! बाँच्न लेखेको रहेछ, बाँचियो।', पोखरामा अविरल वर्षा हुनु नौलो होइन। यही असार ११ गते पनि त्यसरी नै वर्षा भयो जसरी यसअघि हुन्थ्यो। उक्त दिन वर्षासँगै बाढी र पहिरो आयो। सूर्यको घरमा बाढी पस्यो। रातारात भागदौड गरेर ज्यान जोगाए।, सूर्यको पुर्ख्यौली घर म्याग्दी हो। सुइखेतमा घर बनाएपछि पाँच महिनाअघि मात्र उनको परिवार स्थायी बसोबासका लागि पोखरा झरेको हो। साढे आठ वर्ष खाडीमा रोजगारी गरेर कमाएको पैसामा केही ऋण थपेर बनाएको घरमा बाढी पसेपछि सूर्यको चैन हराएको छ।, घर पुरिने गरी पहिरो आएको रात करिब ९ बजेको थियो। सूर्यका परिवारजन खाना खाएर सुत्ने तरखरमा थिए। केही घन्टादेखि वर्षा अविरल थियो। लेदोसहितको ठूलो बाढी आएको आवाज उनीहरूको कानमा ठोक्कियो। बाहिर हेर्न पछाडिको ढोका खोल्न खोजे, खुलेन। अगाडिको ढोका खोलेर हेर्दा लेदो र ढुंगाको थुप्रो थियो। बाढी बगिरहेको थियो। ठूलो जोखिम देखिएपछि सबै जना घरबाट निस्किए।, राति बाढी छिचोल्दै उनीहरू मध्यपहाडी लोकमार्ग पुगे। घरभित्रको सबै सामान त्यहीँ रह्यो।, 'ज्यान जोगाउनै मुश्किल थियो, सामान कसरी निकाल्नु,' सूर्यले भने, 'घरको सामान केही पनि छैन, लेदाले पुरिदियो।', म्याग्दीको घरबाट परिवारजनलाई पोखराको नयाँ घरमा राखेपछि खाडीतिर फर्केन सूर्यको योजना थियो। विदेश जाने खर्च भनेर घरमै दुई लाख रूपैयाँ राखेका थिए। चार तोला सुन थियो।, 'टिभी, फ्रिज, दराज केही बाँकी रहेन,' उनले भने, 'पैसा र सुन पनि बाढीले कता पुर्यायो कता।', सुइखेतकै अर्का बासिन्दा हर्कबहादुर विकको परिवार पनि त्यही दिन, असार ११ को मध्यरात, घर छाडेर भाग्नु पर्यो। घर डुबानमा परेपछि राती साढे १२ बजे भागेर सुरक्षित ठानिएको ठाउँमा पाल टाँगेर बसे। त्यहाँ पनि पहिरो आएपछि फेरि भागेर अर्को ठाउँमा पुगे।, 'जताजतै डुबान थियो। त्यसमाथि पहिरो आयो,' उनले भने, 'मध्यरातमा पार पाइनसक्नु दुःख पायौं। जसोतसो ज्यान जोगाइयो।', सुइखेतमा त्यस बेला करिब तीन सय घर डुबानमा परे। त्यहाँबाट कम्तीमा जना सय राति नै घर छाडेर भाग्नु पर्यो। त्यही रात सुइखेतका बासिन्दाले जस्तै विपत्ति वडा नम्बर १६, सालघारीका बासिन्दाले पनि सामना गर्नुपर्यो। , रामबहादुर मगरको घर र गोठ पहिरोले नाम निसाना मेटिदिएको छ। वर्षौं मजदुरी गरेर बचाएको पैसाले तीन कोठे घर छानोसमेत नदेखिने गरी पहिरोले पुरिदियो। उदयपुरबाट दस वर्षको उमेरमा पोखरा आएका रामबहादुर मजदुरी गरेर यतै बसे। घर बनाउने मिस्त्री काम गर्थे। स्थानीय सहकारीबाट ऋण लिएर थोरै जग्गा किने। तीन वर्षअघि तीन कोठाको सानो घर बनाएका थिए।, उनले कुखुरापालन गरेका थिए। खोरमा ३६ वटा लोकलसहित ५० वटा कुखुरा थिए। सहकारीको किस्ता तिर्न १४ हजार रूपैयाँ ल्याएर राखेका थिए। सामानको के कुरा, पैसा पनि निकाल्न पाएनन्। , बिहानीपख बाढी आएको देखेर रामबहादुर भलपानी तर्काउन गएका थिए। हतार हतार जमिन खनेर तर्काए। बिहान सात बजेतिर पहिरो खसेपछि भागदौड मच्चियो।, 'माथिबाट बोटबिरुवा लच्किएर तल झर्दै गरेको देखेँ। त्यसपछि सबै जना भाग्यौं,' रामबहादुरले भने, 'काखको सानो छोरा सुतिराखेको थियो, उसलाई बोकेर हतारहतार दौडियौं।' , पहिरोले आफ्नो घर र गोठ नाम निसाना मेटिने गरी पुरेको उनी प्रत्यक्ष देखे। रामबहादुरले भने, 'पहिरो घरमा खस्दा बम पड्एिजस्तो आवाज आयो, छानोको टिन आकाशरित उड्यो, फेरि पहिरोले तल झारेर पुर्यो।', रामबहादुर घर बनाउने मजदुरी र कखुरापालनसँगै अधियाँमा खेती पनि गर्छन्।, 'घरमा भएको धान निकाल्न पाएको भए पनि खानलाई हुन्थ्यो,' उनले भने, 'जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले सबै पुरिदियो।' , बाढी र पहिरो मात्र होइन, वडा नम्बर १६ मा जमिन भ्वाङ पर्ने समस्या पनि उत्तिकै छ। असार ११ गते राति नै महेन्द्रगुफा नजिकै भ्वाङ परेर तीन वटा घरमा क्षति पुग्यो। सडक पनि अवरूद्ध भएको थियो। , लेकसाइडको बाराही गल्ली र वडा नम्बर ४ को फिर्केखोला नजिकै बुढानीलकण्ठ क्रियाकर्म अगाडि १५ मिटर सडक भासिएको छ। यसरी भासिएको ठाउँमा महानगरले डोजर प्रयोग गरेर पुर्ने गरेको छ। भुगर्भविद्हरू भने यसलाई दीर्घकालीन समाधान ठान्दैनन्।, मानिसले निम्त्याएको विपद, वडा नम्बर २५ सुइखेत डुबानको कारण चौरासी नहर फुट्नु र पहिरो जानु होइन। वर्षाको भेल बगेर जाने निकास नपाउँदा बस्ती डुबानमा परेको वडा अध्यक्ष मोतिलाल तिम्सिनाको भनाइ छ। उनका अनुसार बस्ती बसाउन गरिएका अव्यवस्थित प्लटिङ र सरकारले राष्ट्रिय गौरव घोषणा गरेको मध्यपहाडी लोकमार्ग सुइखेत डुबानका मुख्य कारण हुन्।, मध्यपहाडी लोकमार्गको पोखरा खण्डको करिब पूरा भएको छ। बस्तीभन्दा अग्लो सडक सुइखेत हुँदै बागलुङतर्फ सोझिएको छ। लोकमार्गले सुइखेतमा जम्मा हुने पानीको निकास थुनिदिएको वडा अध्यक्ष तिम्सिनाले बताए।, सरकारले सडक बनाउँदा पानीलाई निकास नदिएजस्तै बस्ती विकासमा पनि लापारवाही भएको तिम्सिनाको भनाइ छ। बस्ती बस्नुअघि सुइखेत ढापखेत थियो। त्यहाँ पोखरेली जेठोबुढो धान लहलह झुल्थ्यो।, 'ढाप पुरेर प्लटिङ गरियो। पानी बग्ने खोल्साहरू पुरिए,' वडाध्यक्ष तिम्सिनाले भने, 'जथाभावी बस्ती विकासले सुइखेत डुबानमा पर्यो।' तत्कालका लागि सुइखेतमा जम्मा भएको पानी व्यक्तिगत जग्गा काटेर निकास दिएको उनले बताए। यो दीर्घकालीन समाधान भने होइन। पहिलेदेखि मूल फुट्ने र दलदले जमिन पुरेर प्लटिङ गर्नु नै सबैभन्दा ठूलो समस्या भएको उनको भनाइ छ।, 'सबै निकास प्लटिङले पुरिएको छ। खेत हुँदा कुलो कहाँ थियो, पानीका निकास कहाँकहाँ थियो, नक्सा हेरेर निकास दिनुपर्छ,' उनी भन्छन्, 'यसो गर्न सकिएन भने यस्तो विपत्ति फेरि पनि आउन सक्छ।, वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सनाले बस्ती विकास योजनाबद्ध नहुँदाको परिणामस्वरूप अहिलेको क्षति भोग्नु परेको उनले बताए। उनको वडामा पनि ११ गते रातिको अविरल वर्षा र पहिरोले दुई वटा घर बगाएको छ, एघार वटा घर बस्न नमिल्ने गरी जोखिममा परेका छन्। कम्तीमा तीन सय रोपनी खेतीयोग्य जमिन पुरिएको छ। , बाढी र पहिरोले एउटा पाखो नै चिरिएर बसेकाले जुनसुकै बेला फेरि ठूलो पहिरो जान सक्ने तिमिल्सिनाले बताए। समस्याको दीर्घकालीन समाधानका लागि मेयर र उपमेयरलाई आग्रह गरेको पनि उनले बताए। वडा नम्बर १६ को महेन्द्रपुल नजिकै तीन वटा घरमा भ्वाङ परेको छ। खहरे खोला उर्लिएर ग्रामीण सडकमा क्षति पुगेको छ। , विपदलाई निम्तो दिने गरी अहिले पनि पोखराका संवेदनशील क्षेत्रहरूमा प्लटिङ भइरहेको छ। रामसार सूचीमा सूचिकृत फेवाताल सिरान पामेबजारमा पनि यसरी नै रातारात प्लटिङ गरेर जग्गा बिक्री भइरहेको छ।,
रामसार सूची विश्वका महत्वपूर्ण सिमसार क्षेत्रको सूची हो। , फेवातालको मुहान हर्पन खोला किनारमा प्लटिङ गर्दा राति काम गरेर बेचबिखन हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ। गत वर्षको जस्तै बाढी आए उक्त प्लटिङ बगाउन सक्ने उनीहरूको भनाइ छ। सेती नदी किनारदेखि ५० मिटरभित्र घर र अन्य संरचना बनाउन नपाउने गरी मापदण्ड तोकिएकोमा २०७४ मा निर्वाचित जनप्रतिनिधिले पाँच मिटरमा झारिदिएका थिए। , गत वर्षमात्र सेती किनारका पाँच घर भासिएर नदीमा पुगे। जथाभावी प्लटिङ र बस्ती विकास रोकेर योजनाबद्ध विकासमा अघि बढ्न विज्ञहरूले सुझाव दिइरहे पनि महानगरले वास्ता गरेको छैन। सरकारले बनाएको जग्गा विकास मापदण्ड र पोखरा महानगरले बनाएको मापदण्डको समेत अनुगमन हुन सकेको छैन। , पोखरामा सार्वजनिक वा निजी संरचना बनाउनुअघि भौगर्भिक अध्ययन गर्नु पर्ने जिओटेक इञ्जिनियर नारायण गुरुङको भनाइ छ। पोखराको भूगोलका विषयमा अध्यन गरेका गुरुङले अन्यत्र भन्दा पोखराको जमिन संवेदनशील भएकाले माटो परीक्षण गरेर भौतिक संरचना निर्माण गर्न सुझाव दिन्छन्।, 'बसोबासका लागि पोखरा ठीक छैन भनेर हल्ला चलाउँछन्, त्यस्तो होइन,' उनी भन्छन्, 'कुनै ठाउँमा एक तले घर बनाउन पनि नमिल्ने जमिन छ। कुनै ठाउँमा २० तला बनाए पनि फरक पर्दैन। अध्ययन गरेर बनाउनुपर्यो।' , गुरुङका अनुसार पोखराका खुला ठाउँ मासिँदै गएपछि वर्षाको भेल सडकमै खोला बनेर बग्ने गरेको छ। यसरी बगेको पानीले जमिनभित्र छिर्ने ठाउँ भेटाए भित्रको चुन पग्लेर बग्ने र भ्वाङ पर्ने उनको निष्कर्ष छ।, सडक र घरले पोखरा भरिनुअघि खुला ठाउँमा यस्ता भ्वाङ पर्ने गरेको उनले बताए। अर्मला क्षेत्रमा पर्ने भ्वाङ र पोखराको तल्लो बजार क्षेत्रमा पर्ने भ्वाङका प्रकृति फरक रहेको उनको भनाइ छ। सडकबाट पानी तर्काउन ठूलो र बलियो नाली बनाउनु पर्छ। सुइखेतमा डुबान र पहिरोको मुख्य कारण अव्यवस्थित बसोबास नै हो। मध्यपहाडी लोकमार्ग बनाउँदा पानीलाई निकास नदिएको र ढापखेत पुरेर पानीको निकास थुनिएको सुइखेत डुबानमा परेको उनले बताए।, 'सुइखेतमा सस्तोमा जग्गा किन्न पायौं भनेर धेरै मानिस म्याग्दी लगायतका जिल्लाबाट आएर बसेका रहेछन्, उनले भने, 'ढाप पुरेर पानीको निकास नछाडी प्लटिङ गरिएको ठाउँमा घर बनाउँदा डुबानमा परिन्छ भनेर कसैले भनेनन्, रोक्न पनि खोजेनन्।', पहाडको फेदमा घर बनाउँदा पहिरोले पुरिनु पनि प्राकृतिक रूपमा स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ। घर बनाउँदा माटो परीक्षण गर्न सरकारले अनिवार्य गरे पनि पोखरा महानगरमा लागू हुन सकेको छैन। गुरुङ भन्छन्, 'माटो परीक्षण गराउन पोखरा महानगरले वैज्ञानिक नीति लिनु पर्छ। जग्गाधनी पनि चनाखो हुनुपर्छ।', पोखराको सुइखेतमा पानीले निकास नपाउँदा डुबानमा परेको बस्ती। तस्बिर सौजन्यः भुवन अधिकारी।, मेयर भन्छन्– भूगोल अध्ययन नगरी कुनै काम गर्दिनँ, पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको भौगोलिक संवेदनशीलता अध्ययन गरेर मात्र बस्ती बसाउने र विकास निर्माण अघि बढाउने बताए। यसका लागि फ्रेन्च प्रोफेसरको टिमलाई आमन्त्रण गरेको उनले बताए।, 'पोखराको जिओलोजिकल सर्भे गर्न फ्रेन्च टोलीसँग सम्पर्क भएको छ। आठ महिनामा सर्भे सक्छौं,' उनले भने, 'सर्भे प्रतिवेदनका आधारमा मात्र पोखराको कुन ठाउँमा कति अग्लो घर बनाउने, विकास निर्माणका संरचना कसरी बनाउने भनेर निर्णय लिन्छौं।', अहिले पनि जथाभावी प्लटिङ भइरहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको र तत्काल रोक्न निर्देशन दिएको पनि आचार्यले बताए। सुइखेत डुबान, पहिरो र भ्वाङ पर्ने समस्याबाट पाठ सिकेर अघि बढ्ने उनको भनाइ छ।, 'डुबान, भ्वाङ र पहिरो गएका स्थानमा तत्काल के गर्न सकिन्छ भनेर पृथ्वीनारायण क्याम्पस भूगोल विभागका प्रोफेसरहरूलाई अध्ययन गर्न आग्रह गरेका छौं,' उनले भने, 'उहाँहरूका सुझावका आधारमा कार्यक्रम बनाउँछौं।', उनका अनुसार सहरी विकास मन्त्रालयले पोखराको पानी व्यवस्थापनमा छुट्टै निर्देशन गरेको छ। नेपाल सरकार र महानगरले तोकेका मापदण्ड विपरीत जग्गा विकासका अनुमति नदिने उनले बताए।, 'अहिले जग्गा विकासको अनुमति दिएका छैनौं अध्ययन नगरी दिँदैनौं,' उनले भने, 'लुकिछिपी भइरहेका प्लटिङ रोक्न निर्देशन दिएको छु।' ,
'जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले पुरिदियो' |
सेतोपाटी संवाददाता सडक पूर्वाधार उपयोग कर संकलनका लागि झापाको शिवसताक्षी नगरपालिकाले विभिन्न सहायक मार्गमा राख्दै आएको ढाट हटाउने भएको छ। नगर प्रमुख मेघाहाङ थोप्राले कर संकलनका नाममा यसअघि लगाउँदै आएको ढाट हटाएर वैज्ञानिक विधिमार्फत कर संकलन गर्ने बताए।, रिपोटर्स क्लब मेचीले बुधबार पालिकामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘सडकमा कर संकलनका नाममा राखिएका ढाट हटाएर नगरबाटै सवारीको दर्ता र मुनासिव सडक पूर्वाधार उपयोग कर संकलन हुने छ।’, सडकमा राखिएका ढाट हटाउनुपर्ने व्यापक गुनासो आएपछि नगर प्रमुख थोप्राले ढाट हटाउने निर्णय गरिएको बताए।, उनले भने, ‘यही शीर्षकमा चालु वर्षको तुलनामा नगरको राजस्व संकलन केही कम होला। तर आम यातायात व्यवसायी र सवारीधनीले पालिकाले तोकेको सडक पूर्वाधार उपयोग कर इमानदार भएर पालिकामै गएर बुझाउनु पर्छ।’, ‘पालिकाले सडक पूर्वाधार उपयोग कर छुट भनेको छैन। ढाट राखेर होइन, पालिकाको राजस्व शाखाबाट कर संकलन हुने हो,’ उनले भने।, नगरप्रमुख थोप्राले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखेर आर्थिक वर्ष ०७९/०८० को बजेट आएको बताए। बजेटमा भौतिक पूर्वाधार, युवा लगायतका पक्ष समेटिएको उनले बताएका छन्।, ‘नगरले प्रत्येक वडामा ज्ञान घर निर्माण गरेर सबै उमेर समूहका नगरबासीलाई पढ्ने बानीको विकास गर्ने छ। यो अन्य पालिकाको कार्यक्रम भन्दा फरक हो,’ उनले भने।, त्यस्तै नगर उज्यालो बनाउन राजमार्ग तथा ठूला बजार क्षेत्रमा सडक बत्ती लगाउने, चोरी एवं दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा गुणस्तरीय सिसिटिभी क्यामरा जडान, लागुऔषध दुर्व्यसन नियन्त्रण, निःशुल्क एम्बुलेन्स, शववाहन सेवा प्रदान गर्ने नगरपालिकाको योजना रहेको पनि उनले बताए।, कार्यक्रममा उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृत राई, योजना शाखाका प्रमुख प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्हाङ लगायतले नगरपालिकाले बजेटमा समेटेका सबै कार्यक्रम नगरबासीको हितमा रहेको बताए।,
शिवसताक्षी नगरले सडकका ढाट हटाउने |
रासस गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ।, मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो।, मुख्यगरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरुप विगार्ने, यातायातकर्मी तथा यात्रुहरुमा सचेतनाको कमी, ट्राफिक पूर्वाधारको अभावजस्ता समस्यालाई न्यूनीकरणका लागि उक्त योजना ल्याइएको हो।, हालै तयारी पारिएको योजना कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचारसमेत गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयले उक्त योजना समेटेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।, मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा परिपत्र गर्न र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात वटै प्रदेशमा परिपत्रका लागि अनुरोधसहित पत्र पठाएको छ।, उक्त योजनामा सडकमा ग्रीन बेल्ट विकास गर्नुपर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने, सवारी साधनबाट सिर्जित फोहरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने, दैनिक सडकको सरसफाइ गर्ने, यान्त्रिक कुचोको माध्यमबाट सफा गरी सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्ने, सहर भित्रिने मुख्य नाकामा वासिङ सेन्टर स्थापना गरी सवारी साधनलाई सफा बनाई शहरभित्र पस्ने व्यवस्था मिलाउने भनिएको छ।, त्यस्तै भेहिकल फिटनेश सेन्टरको स्थापना गर्ने, प्रदूषण फैलाउने पुराना सवारी साधनलाई विस्थापन गर्ने, सवारी साधनभित्र कुहिने र नकुहिने फोहरका लागि फरकफरक डस्टबिन राख्नुपर्ने र उक्त फोहरको उचित स्थानमा विसर्जन गर्नुपर्ने, यात्रुका लागि सवारी साधनमा बमन थैलीको व्यवस्था गर्नुपर्ने, गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने, त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने उल्लेख छ।, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा यात्रु राख्न रोक लगाउने, राखेको पाइएमा प्रहरीमार्फत कारबाही प्रक्रियाअघि बढाउने, सार्वजनिक यातायात तथा सरकारी सवारी साधनमा जिपिएस जडान गर्नुपर्ने, ट्राफिक व्यवस्थापन सम्बन्धमा समय समयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, साइकलको लागि छुट्टै लेनको व्यवस्थापन गर्नुपर्ने, अपाङ्गतामैत्री, बालबालिकामैत्री सडक सञ्जाल विस्तार गर्नुपर्ने उल्लेख छ।, त्यस्तै खाल्डाखुल्डी नियमित पुर्नुपर्ने, सडक पूर्वाधारको मर्मत कार्य समयमै गर्नुपर्ने, ट्राफिक लाइट तथा सडक चिह्नको उचित व्यवस्थापन तथा नियमित मर्मत सम्भार गर्नुपर्ने सार्वजनिक यातायातलाई भरपर्दो बनाई निजी सवारी साधन राख्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने उक्त योजनामा उल्लेख छ।, योजनमा नयाँ सहर विकास गर्दा पार्किङ क्षेत्रको पहिले नै पहिचान गर्नुपर्ने, सडक छेउमा निर्माण सामग्री थुपार्ने, संरचना निर्माण गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने, सडक क्षेत्र पूर्ण प्रयोगमा ल्याउने, सडक रुट, सडकको अवस्था, जनघनत्व, बस्ती संरचनालाई अध्ययन गरे मात्र रुट निर्धारण तथा रुट परमिट जारी गर्नुपर्ने, वैकल्पिक रुटको प्रबन्ध गर्ने, मुख्यमुख्य चोकमा सिसिटिभी क्यामेराको व्यवस्था गर्ने, सडकको अवस्था हेरी गतिको अधिकतम सीमा कायम गर्ने विषय समावेश छ।, गृह मन्त्रालयले बिहीबार गरेको परिपत्रमा मादकपदार्थ सेवन जाँच कडाइका साथ गर्ने, सार्वजनिक सवारीको प्रत्येक रुटमा चढाउने र ओराल्ने स्थान तोक्नुपर्ने, उपत्यका जस्तो सवारी चाप भएको स्थानमा साना सवारी (कार, मोटरसाइकल, टेम्पो, माइक्रो) को सट्टामा ठूला सार्वजनिक सवारीलाई प्रोत्साहन गर्नुपर्ने, लेन मार्किङ, डिभाइडर, ट्राफिक सिग्नल जस्ता सडक फर्निचरको व्यवस्था गर्नुपर्ने कुरा समावेश छ।, मन्त्रालयले पर्याप्त फुटपाथको व्यवस्था, फुटपाथमा व्यापार गर्ने, अन्य पूर्वाधार विकास गर्ने, सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गर्ने घटना दिनानुदिन बढिरहेको हुँदा हाल कायम रहेको सजाय/जरिवानालाई वृद्धि गर्नुपर्ने, अभिमुखीकरण कक्षा सञ्चालन गर्नुपर्ने, सवारी सधानमा यात्रा गर्ने यात्रुहरुको बीमाको व्यवस्था गर्नुपर्ने, जथाभावी हर्न बजाउन रोक्ने, सवारी साधनको स्वरुप परिवर्तन गर्नेलाई कारबाही, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, विद्यालयको पाठ्यक्रममा ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान समावेश गर्नुपर्ने, सवारी चालकलगायत कर्मचारीले सभ्य भाषा, शैली र व्यवहारको प्रदर्शन गर्नुपर्ने योजना समेत निर्माण गरी कार्यान्वयनमा लगेको जनाइएको छ।,
सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न गृहको योजनामा के-के छ? |
रासस वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ।, स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा छन्। अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ। , काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ। उनीहरूलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ।,
पहिरोले पाँच परिवार विस्थापित |
रासस सर्लाहीको हरिवनमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, पानीको ड्रममा डुबेर मंगलबार बेलुकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो।, हरिवन नगरपालिका–२ की अनुषा महतोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी बालिकाको मृत्यु भएको हो।, उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।,
पानीको ड्रममा डुबेर बालिकाको मृत्यु |
रासस लमजुङको बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ।, उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।, सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताए।, सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ। विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो।, नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।, पैसठ्ठी किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ। बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ।, गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो। मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए।,
बेँसीसहर–चामे सडक एक साता बन्द |
विनोद सापकोटा झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ।, अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।, हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका सुरक्षित छ। हात्तीको शरिरमा कुनै चोट देखिएको छैन।, यो हात्ती भारतीय क्षेत्रबाट नेपाल आएको अनुमान छ। भारतीय क्षेत्रमा वर्षाका कारण डुबान हुँदा नेपालमा हात्ती आउने गर्छन्।, भारतबाट नेपाल पसेका हात्तीको समूहबाटै यो हात्ती छुटेको हुन सक्ने अनुमान छ।, जिल्ला वन कार्यालय, प्रहरी र पशु प्राविधिकको टोली हात्ती मृत भेटिएको क्षेत्रतर्फ गएका छन्।, यसअघि बुद्धशान्तिमा एक साताअघि हात्ती मृत फेला परेको थियो।, एकपछि अर्को हात्ती मरेको फेला परे पनि यसबारे सरकारी तहबाट के कारणले हात्ती मरेको भन्ने सार्वजनिक गरिएको छैन।, मानव बस्ती नजिकै हात्ती मृत भेटिनु र शरिरमा कुनै चोट नदेखिनुले करेन्ट लगाएर मारेको हुन सक्छ।, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रूगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताए।,
झापामा फेरि मृत भेटियो हात्ती |
रासस जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरिएको छ।, भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो।, अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन्। खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।, बालकलाई आफ्नै घरमा लिएर खातुन लुकेकी थिइन्। बालकको उद्धार र ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।, असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए। एक महिलाले बालक लगेको स्थानीयले भने पनि ती महिलाको परिचय खुलेको थिएन।, जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो। प्रहरी टोलीले बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ।, पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।,
अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार |
सबिना श्रेष्ठ पद्मसुन्दर जोशीलाई भेट्न हामीले शुक्रबार दुई बजेको समय लिएका थियौं। उनी आधा घन्टा ढिला आए र हतारिँदै ढिला आउनुका दुई कारण बताए।, पहिलो कारण, शंखमुलको जाम।, दोस्रो, काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने परम्परागत बाटो (राजकुलो) र परम्परागत हिति प्रणाली ब्युँताउनेबारे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग बैठक।, पहिलो कारण त काठमाडौंको नियमित समस्या भइहाल्यो। दोस्रो चाहिँ हाम्रो चासोको विषय थियो। जोशीको विज्ञता पनि यसैमा हो। हामी यही विषयमा कुराकानी गर्न उनलाई भेट्न आएका थियौं।, सहरी विकासमा लामो समय काम गरेका जोशीले करिब डेढ दशक काठमाडौं उपत्यकाको हिति प्रणालीमाथि अध्ययन गरेका छन्। उनले लेखेको 'हिति प्रणाली' किताब बुधबार नेपालयबाट सार्वजनिक हुँदैछ।, हामीले दायाँबायाँ विषयान्तर नगरी जोशीलाई पहिलो प्रश्न सोध्यौं, 'के ललितपुरको हिति प्रणाली ब्युँताउन सम्भव छ?', 'एकदम सम्भव छ,' जोशीले आत्मविश्वासका साथ भने, 'ललितपुरका मेयरले टीकाभैरव राजकुलो ब्युँताउछु भन्नुभएको छ। अध्ययन गर्ने जिम्मा मैले पाएको छु। यसपालिको बजेटबाट ध्वोंलाहितिदेखि पाटनसम्मको राजकुलो बनाउन प्रयास गर्दै हुनुहुन्छ। यो वर्ष नभए अर्को वर्षसम्म त यहाँ राजकुलो बन्छ होला।', काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न विभिन्न ठाउँबाट राजकुलो बनाएर भित्री बस्तीसम्म ल्याउने चलन लिच्छविकालदेखि नै सुरू भएको हो। यसको निर्माण तत्कालीन राजाहरूले गर्न लगाएकाले राजकुलो भनियो। समय-समयमा कुलो मर्मतसम्भार गर्न गुठीको बन्दोबस्त गरिएको हुन्थ्यो। कसैले बिगारेमा दण्ड-सजाय गरिन्थ्यो।, उपत्यकामा धेरै राजकुलो छन्। तीमध्ये तीनवटा सहरका लागि निर्माण गरिएको तीनवटा राजकुलो प्रमुख छन्। काठमाडौंका लागि पानी आपूर्ति गर्ने राजकुलो बुढानिलकण्ठदेखि आउँछ भने भक्तपुरका लागि बागेश्वरी र पाटनका लागि टीकाभैरवबाट आउँछ।, यी तीन प्रणालीमध्ये हामी पहिला टीकाभैरव राजकुलोको कुरा गरौं जुन ललितपुर महानगरले ब्युँताउदैछ।, टीकाभैरवबाट आउने पानी सोह्र किलोमिटर बगेर पाटन पुग्छ। पाटनका जति पनि पोखरी छन्, ती सबै भर्ने यही राजकुलोले हो। पोखरी भरिएपछि ढुंगेधाराहरू रसाउँछन्। पाटनको पानी प्रणाली भनेको यही हो।, टीकाभैरव राजकुलो लिच्छवि राजा शिवदेव र अंशुवर्माको समयअघि नै सञ्चालनमा आइसकेको ऐतिहासिक अभिलेखहरूले पुष्टि गर्छन्।, पाटनको मीननाथ मन्दिरअगाडि भेटिएको जयदेव द्वितीयको शिलापत्रमा कुलोबाट पानी ल्याएको वर्णन छ। अंशुवर्माको लेले शिलापत्रमा गोष्ठी प्रणालीबारे चर्चा गरिएको छ। त्यस्तै जयदेव वर्माले विक्रम सम्बत् ७८१ मा पाटनमा राखेको शिलालेखबाट टीकाभैरव प्रणालीले लिच्छविकालमै व्यापकता पाइसकेको बुझिन्छ।, प्राचीनकालदेखि चलिआएका यिनै राजकुलो सहरीकरण र सडक निर्माणले मासिँदै गएका छन्। कतिपय हिस्सा स्थानीयको निजी घरमुनि परे भने कतिपय हिस्सा सडकमुनि पुरिए। त्यस्ता राजकुलो ब्युताउँने कुरा धेरैले असम्भव मान्छन्। जोशी भने कम्तिमा ललितपुरको टीकाभैरव प्रणाली पुरानै अवस्थामा फर्काउन सकिने सम्भावना देख्छन्।, त्यसो भयो भने पाटनका परम्परागत पोखरीहरूमा फेरि लबालब पानी भरिनेछ। परम्परागत हितिहरूबाट फेरि छङछङ पानी झर्नेछ।, पाटनको मंगलबजारस्थित मंग हिति। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, जोशीले यो सम्भावना पुष्टि गर्न केही समयअघि काठमाडौंमा मेलम्ची पानी बाँड्दाको घटना सुनाए।, चैत-वैशाखको कुरा हो। दुई महिना मेलम्ची पानी बाँड्दा इनारबाट तान्ने क्रम ह्वात्तै घटेको थियो। यसले भूमिगत पानीको सतह बढ्यो र सुख्खा याममा पनि हितिहरूबाट पानी झर्न थाल्यो, जोशीले भने, 'इनारबाट तान्नुपर्ने परिस्थिति अन्त्य हुने हो भने भूमिगत पानीको सतह बढेर हितिहरू रसाउन थाल्छन्।', बर्खा याममा त यसै पनि पाटनका धेरै हितिबाट पानी आइरहेको हामी देख्छौं। पानी नआउने सुख्खा याममै हो। मेलम्चीले पानीको केही माग पूरा गरेपछि सुख्खामा पनि हितिहरू रसाउन सक्छन्। राजकुलो पुनर्स्थापना गर्न सके बाह्रै महिना हितिबाट पानी झार्न सकिने जोशी बताउँछन्।, उनका अनुसार टीकाभैरवबाट सुरू राजकुलो चापागाउँ, थेच्व, सुनागुथि, ध्वोंलाहिति हुँदै लगनखेल आइपुग्छ। पछिल्लोपटक २०१९ सालमा यसको जिर्णोद्धार भएको थियो। भारत सरकारको सहयोगमा गरिएको जिर्णोद्धारमा लेले मुहानमा बाँध बाँधेर पक्की मुहान बनाइएको थियो।, चक्रपथ निर्माण गर्दा उक्त राजकुलो थुनियो। त्यति बेला ह्युप पाइप प्रयोग गरेर पाटनसम्मै राजकुलो जीवित राख्न सकिन्थ्यो। तर निर्णयकर्ता र सहरी योजनाकारहरूले राजकुलोको महत्व बुझेनन्।, अहिले टीकाभैरवदेखि ध्वोंलाहितिसम्म राजकुलो बाँकी छ। २०७५–७६ सालमा सडक विभागले चापागाउँ जाने बाटो चौडा गर्दा यहाँको राजकुलोलाई ह्युम पाइपमा जोडेको थियो।, 'ह्युम पाइप राख्नु सही काम होइन तर कम्तिमा यसले राजकुलो जीवित राखेको छ,' जोशीले भने, 'मुख्य समस्या चाहिँ त्यति बेला सुरू भयो जब वरिपरिका स्थानीयले आफ्नो घरको ढल सिधै यही कुलोमा ल्याएर जोडिदिन थाले।', यति हुँदा हुँदै टीकाभैरव राजकुलो पुरानै अवस्थामा फर्काउन सकिन्छ। यसको निम्ति सबभन्दा पहिला टीकाभैरवदेखि ध्वोंलाहितिसम्मको राजकुलोमा जहाँ जहाँ ढल मिसाइएका छन्, त्यसलाई रोक्नुपर्छ। बिग्रेका ठाउँ मर्मत गर्नुपर्छ।, त्यसपछि ध्वोंलाहितिबाट ह्युप पाइप प्रयोग गरेर राजकुलोको पानी पाटनको लगनखेल ल्याउन सकिन्छ।, यो राजकुलोको पानी जम्मा हुने ठाउँ लगनखेल हो। यसका लागि लगनखेलमा सप्तपाताल पोखरी, पलेस्वाँ पुखु (कमलपोखरी) र न्हु पुखु (नयाँ पोखरी) थिए। समयक्रममा ती पोखरी मासिए। कति अतिक्रमणमा परेर साना भए।, 'ललितपुर महानगरले अब यी तीनैवटा पोखरी पुरानै स्वरूपमा ब्युँताउदै छ। त्यसपछि टीकाभैरवबाट आउने पानी पहिलेजस्तै लगनखेलमा जम्मा हुन्छ,' जोशीले भने, 'यी पोखरी ब्युँतिएपछि पाटनको भित्री बस्तीमा रहेका कुतिसौगः पुखु, खपिंछे पुखु, च्यासः पुख लगायत साना साना पोखरीमा पनि पानी भरिन थाल्ने छन्।', पोखरीहरूमा पानी भरिएपछि पाटनका थुप्रै हितिबाट प्राकृतिक रूपले नै पानी आउन थाल्ने जोशी बताउँछन्।, 'ललितपुर महानगरले जुन ढंगमा राजकुलो र हिति प्रणाली पुरानै स्वरूपमा फर्काउन खोजेको छ, त्यसबाट ऊ पछाडि नहट्ने हो भने पाटनको पानी आपूर्ति प्रणालीमा धेरै सुधार आउनेछ,' उनले भने, 'यसले पाटनको जलवायु प्रणालीमा पनि सकारात्मक असर पार्नेछ।', पद्मसुन्दर जोशी, ललितपुरपछि अब हामी कुरा गरौं काठमाडौंको।, जसरी टीकाभैरवबाट लगनखेल आउने राजकुलो फिर्ता ल्याउन खोजिँदैछ, के बुढानिलकण्ठबाट काठमाडौं आउने राजकुलो फिर्ता ल्याउन सम्भव होला?, ललितपुरको राजकुलो ब्युँताउने खबरले सकारात्मक भइरहँदा हामीले काठमाडौंमा पनि त्यस्तै सकारात्मक उत्तर अपेक्षा गरेका थियौं। तर जोशीले निराशाजनक उत्तर फर्काए, 'सकिन्न।', उनले अगाडि भने, 'काठमाडौंको राजकुलो र हिति प्रणाली पाटनको जस्तो सग्लो अवस्थामा छैन। पोखरीहरू खुम्चिएर साना भइसके। हितिहरू पुरेर निजी घर बनिसके। कतिपय हितिको मूल (पानीको स्रोत) माथि निजी घर बनेको छ। त्यस्तो ठाउँमा पानीको मूल पुनर्स्थापना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। राजकुलोको त झन् नामनिसान छैन।', काठमाडौंमा पोखरी पुरेर घर बनेको एउटा उदाहरण ठमेलको छायादेवी कम्प्लेक्स हो। त्यस्तै हिति पुरेर घर बनेको उदाहरण हात्तिसारको हिति हो। ती ठाउँमा प्राचीन पोखरी र हिति रहेको थाहा हुँदा हुँदै घर बन्न रोकिएन। पुरातत्वको टोलीले समेत रोक्न सकेन।, यसरी पोखरी र हितिको संरचना मासेर निजी घर वा कम्प्लेक्स बनाउनुलाई जोशी 'अपराध' मान्छन्।, संरचनामाथिको अतिक्रमणबाहेक बुढानिलकण्ठ राजकुलो फिर्ता ल्याउन नसक्नुमा प्राविधिक कारण पनि रहेको जोशी बताउँछन्।, तपाईंहरूले टीकाभैरवबाट चापागाउँ, थेच्व, सुनागुथि, ध्वोंलाहिति हुँदै पाटन आउने बाटो हेर्नुभयो भने ओरालै ओरालो देखिन्छ। त्यसैले यो बाटोबाट पानी सजिलै आउन सक्छ। यस्तै अवस्था बुढानिलकण्ठ राजकुलोमा छैन।, यहाँ पानी आउने बाटो समयक्रममा भासियो। त्यसैले बुढानिलकण्ठबाट बग्दै आएको पानी बाँसबारीनिर पुगेपछि अगाडि बढ्न सक्दैन। त्यहाँबाट काठमाडौं सहर जान उकालो चढ्नुपर्छ। पानीले प्राकृतिक रूपमा यो उकालो उक्लिन सक्दैन।, 'सम्भावना हुँदै नभएको होइन,' जोशीले भने, 'भौगोलिक कारणले पाटनमा जस्तो सर्रर पानी ल्याउन नसके पनि घुमाएर वा अन्य विकल्प खोजेर ल्याउन सकिन्छ। त्यसको निम्ति बृहत् अध्ययनको खाँचो छ।', बुढानिलकण्ठ राजकुलो प्रणाली पाटनको भन्दा पुरानो हो। यो लिच्छविकालको सुरूआती चरणमै बनेको इतिहास छ।, लिच्छवि राजा मानदेवका बुवा धर्मदेवकै पालामा बुढानिलकण्ठबाट पानी तानेको मानिन्छ। राजा धर्मदेवले बुढानिकलकण्ठ राजकुलोलाई तत्कालीन राजधानी हाँडीगाउँसम्म ल्याएका थिए। हाडीगाउँको विशालनगरमा आगलागी भएपछि राजधानी भक्तपुर सर्यो। यसैबीच काठमाडौंको जुन क्षेत्रलाई अहिले 'कोर सिटी' भनिन्छ, त्यहाँ लिच्छविहरूले नयाँ नगर बसाए र हाँडीगाउँतिर गएको राजकुलो यता फर्काए।, पाटनमा जस्तै यहाँ पनि राजकुलोले बोकेर ल्याउने पानी जम्मा गर्न सहरका किनारमा थुप्रै पोखरी थिए। तीमध्ये लैनचौरको पोखरी, ठमेलको पलेस्वाँ पुखु र छत्रपाटीको इखापुखु प्रमुख छन्। यी तीनैवटा पोखरीमा अहिले पानी छैन। पलेस्वाँ पुखु त नामेट भइसक्यो। छायादेवी कम्प्लेक्स बनेको यहीँ हो।, काठमाडौंको छत्रपाटीस्थित इखा पुखु। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी, पोखरीको मात्र कुरा होइन, काठमाडौंका हितिहरू ब्युँताउनु पनि चुनौतीपूर्ण छ।, धेरै हितिका मूल मासिएका छन्। धेरैजसो निजी घरमुनि पुरिएका छन्। यहाँको हिति प्रणाली फर्काउने हो भने सबभन्दा पहिला मूल खोज्दै जानुपर्छ। निजी जग्गा वा घरमा परेको छ भने जग्गाधनी वा घरधनीसँग समन्वय गर्नुपर्छ। उनीहरूको सहमतिपछि मात्र त्यस्ता मूल उत्खनन् हुनसक्छ।, 'यसका लागि लामो समय मात्र होइन, धेरै पैसा पनि लाग्छ,' उनले भने, 'हिति ब्युँताउने काममा 'ट्रायल एन्ड एरर' धेरै हुन्छ। प्रशस्त समय र पैसा लगानीपछि पनि पानी झर्छ कि झर्दैन यकिन हुँदैन। गरेको मिहिनेत यसै खेर जान सक्छ।', उनले अगाडि भने, 'पानीको मूल अर्काको घरजग्गामा परेको छ भने उनीहरूसँग छुच्चो हुनुपर्ने हुन्छ। यस्तो काम सकभर कोही गर्न चाहँदैन।', काठमाडौंको हिति प्रणालीको कुरा गर्दा भित्री बस्ती (कोर सिटी) मात्र होइन, बाहिरी बस्तीका हितिको पनि कुरा आउँछ।, भित्री बस्तीका मरू हिति, यंग हिति लगायतमा अझै पानी आउँदैछ। त्यसलाई संरक्षण गर्न सकिन्छ। बाहिरी बस्तीका कतिपय हिति लोपै भइसकेका छन्।, जोशीले हामीलाई एउटा प्रश्न सोधे, 'तपाईंहरूलाई थाहा छ, बानेश्वर भनेको खासमा कुन ठाउँ हो?', हामी अलमलियौं।, उनले सजिलो बनाउँदै भने, 'तपाईंहरूलाई बाँणगंगा हिति थाहा छ?', हामी फेरि अलमलियौं।, जोशीले उत्तर आफैं दिए, 'अहिले रत्नराज्य स्कुल जहाँ छ, बाँणगंगा हिति त्यहीँ छ। खासमा बानेश्वर भनेको त्यहीँ हो। बाँणगंगा हितिबाटै बानेश्वर नाम रहेको हो।', उनले अगाडि भने, 'हिति ब्युँताउन हिति प्रणालीलाई समग्र रूपमा बुझ्नुपर्छ। प्रायः मान्छे दाचि आप्पाले सजाउनु, कलात्मक बुट्टाहरू कुँद्नु वा आवरण सरसफाइ गर्नु नै हिति पुनर्स्थापना हो भन्ठान्छन्। यो एउटा अंश मात्र हो। हामीले पुनर्स्थापना गर्दा पानीको मूल पत्ता लगाउन र त्यसलाई प्राकृतिक रूपमै हितिबाट खसाल्न विशेष लगानी गर्नुपर्छ।', काठमाडौंको मरू हिति। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी, हिति प्रणाली ब्युँताउने काम आफैंमा जटिल भएको र सबै काम अदृश्य हुने भएकाले राजनीतिमा लाग्ने मान्छेलाई खासै प्रिय नलाग्ने उनको भनाइ छ।, हितिको काममा लामो समय मिहिनेत गर्दा पनि परिणाम नआउन सक्छ। पानीको मूल खोज्ने भनेको जमिन मुनिमुनि गरिने काम हो। परिणाम आएन भने मिहिनेत गरेको कसैले देख्दैन। राजनीतिमा लागेका मान्छेलाई सबैले छर्लंग देख्ने र परिणाम आउने काम बढी मन पर्छन्। त्यसैले धेरै नेताहरू सानो-ठूलो जस्तो भए पनि सडक बनाउनमा जोड दिन्छन्।, काठमाडौं महानगरपालिकाले परम्परागत हितिहरू ब्युँताउने भनेको छ। मेयर बालेन शाहको चुनावी घोषणापत्रमै हिति ब्युँताउने कार्यक्रम थियो। यसलाई सफल बनाउने हो भने हिति प्रणालीलाई राष्ट्रिय सम्पदाका रूपमा परिभाषित गरेर अतिक्रमण गर्ने वा मास्नेलाई सम्पदा संरक्षण ऐनअनुसार कारबाहीको प्रावधान ल्याउनुपर्ने जोशी बताउँछन्।, 'हितिको संरचना र मूलसमेतलाई राष्ट्रिय सम्पदा घोषणा गर्नेबित्तिकै निजी व्यक्ति वा संस्थाहरूले अतिक्रमण गर्न पाउँदैनन्। कसैको घर छ भने त्यसलाई हटाएर पनि हिति पुनर्स्थापना गर्ने अधिकार राज्यलाई हुन्छ,' उनले भने।, यति मात्र होइन, हिति प्रणाली जोगाउन कुन हितिको मूल कहाँ छ भनेर नक्सांकन गर्नु पनि जरूरी हुन्छ। धेरै मान्छेले यो काम गर्न दिँदैनन्। भोलि आफ्नै घर वा जग्गामा मूल फेला पर्यो भने राज्यले अधिग्रहण गर्ला भन्ने डरले पनि यो काममा स्थानीयबाटै अवरोध आउन सक्ने जोशी बताउँछन्।, यस्ता तमाम चुनौतीका कारण काठमाडौंको हिति प्रणाली ब्युँतिएला कि नब्युँतिएला थाहा छैन। यहाँका हितिमा कलकल पानी बग्ला कि नबग्ला थाहा छैन। पोखरीहरूमा पहिलेजस्तै लबालब पानी भरिएला कि नभरिएला थाहा छैन। तर कम्तिमा यो प्रणालीको अभिलेख पछिसम्म रहोस् र भोलि कुनै सरकारले हिति प्रणाली फर्काउने इच्छाशक्ति देखायो भने काम गर्न सजिलो होस् भनेर किताब लेखेको जोशी बताउँछन्।, 'कुनै बेला हामी यति सम्पन्न होलाऔं, हामी साझा भवन र छायादेवी कम्प्लेक्स भत्काउन सकौंला। ती भवन आवश्यक पनि नहोलान्,' उनले भने, 'कुनै दिन त्यस्तो चेत आयो भने नयाँ पुस्तालाई हिति प्रणाली भनेको के हो र यसलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भनेर थाहा दिन मैले यो किताब लेखेको हुँ।', सायद त्यति बेलासम्म ललितपुरको राजकुलो पुरानै स्वरूपमा ब्युँतिसक्ला!, पाटनका पुराना हितिहरूबाट कलकल पानी बग्न थालिसक्ला!, त्यो बेला काठमाडौंका जनप्रतिनिधिहरू पनि राजकुलो फर्काउन र हिति प्रणाली ब्युँताउन कम्मर कस्लान् कि!,
ललितपुरले ब्युँताउदै छ राजकुलो र हिति, के काठमाडौंमा सम्भव होला? |
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।, भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्। धामी वडा नम्बर ७ स्थित हल्दुखालका हुन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहीले धामी मृत फेला परेको बताए।, उनीसँगै सुतेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सँगै सुतेका उनले साथीको मृत्यु भएको भन्दै प्रहरीमा खबर गरेका थिए।, प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी लागुऔषध र मापसे गरेर उनीहरू स्कुलकै छतमा सुतेका थिए।, सँगै गएका केही साथीहरू फर्के पनि दुई जना भने स्कुलको छतमै सुतेका थिए।,
मृत भेटिए स्कुलको छतमा सुतेका युवा |
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरेको र सामूहिक बलात्कार मुद्दाका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार रहेका दुई जना छुट्टाछुट्टै मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाइटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र ३४ वर्षीय जोहरू भाटलाई सिआइबीले पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले बाँकेको जमुनाहास्थित नेपाल-भारत सीमाबाट मंगलबार पक्राउ गरेको हो।, अच्छन अलि अन्सारीले २०७५ असार ३१ गते दाइजो कम ल्याएको निहुँमा आफ्नी श्रीमती रूवी अन्सारीसँग विवाद गरेका थिए। उनले आफ्नी श्रीमती रूवीलाई शारीरिक र मानसिक यातना दिएका थिए। , त्यसक्रममा श्रीमती रूवीको टाउकोमा लाठी रर भाला प्रहार गरी घाइते बनाएका थिए। घाइते भएकी रूवीको उपचारको क्रममा साउन २१ गते मृत्यु भएको थियो। , उनको उपचारको क्रममा लखनउमा मृत्यु भएको थियो।, श्रीमती हत्याको मुद्दामा अदालतले उनलाई २०७७ चैत ९ गते २० वर्ष कैद सजाय सुनाएको थियो। , त्यसैगरी जोहरू भाट बलात्कार मुद्दाका फरार व्यक्ति हुन्। उनीसहित दुई जनाले २०७० साल भदौ ७ गते बाँकेको तत्कालीन सोनपुर गाविस-२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलामाथि सामूहिक बलात्कार गरेका थिए। , यस मुद्दामा गत असार १४ गते अदालतले जोहरूलाई सात वर्ष कैद र ५० हजार क्षतिपूर्ति दिन आदेश दिएको थियो। , उनीहरूको फैसला कार्यान्वयनको लागि बुधबार बाँके जिल्ला अदालतमा पेस गरेको सिआइबीले जनाएको छ।,
श्रीमती हत्या र सामूहिक बलात्कार मुद्दाका फरार दुई प्रतिवादी पक्राउ |
रासस बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।, चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन्।, विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन्। , धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत् केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो।, ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरू भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।, ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए।, वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौं पोलहरूमा समेत क्षति पुर्याएको छ।, , ,
बागलुङमा ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा |
सेतोपाटी संवाददाता चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चे चौतारा नजिकै दुर्घटनामा परेको छ।, आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो।, दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो।, गोरखा प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको छ। बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।, बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए। उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो।, बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान छ।,
चितवनबाट गोरखाको भच्चेक गइरहेको बस दुर्घटना, २० घाइते |
सेतोपाटी संवाददाता नेपालमा हरेक वर्ष कम्तीमा पाँच जना व्यक्तिले विषालु च्याउका कारण ज्यान गुमाउँछन्। विशेषगरी गाउँघरका वनपाखामा भेटिने च्याउमध्ये खान मिल्ने र नमिल्ने च्याउ छुट्याउन नसक्दा मानिसहरूको मृत्यु हुने गरेको हो। , च्याउ विज्ञ गोपाल पराजुलीका अनुसार हामीले नांगो आँखाले कुनै पनि च्याउ विषालु हो वा हैन भनेर छुट्ट्याउन सकिँदैन। त्यही कारण मानिसहरूले खान मिल्ने च्याउ भनेर विषालु च्याउ खाने हुँदा ज्यान गुमाएको पराजुली बताउँछन्। , उनले कहिलेकाहीँ एउटै च्याउ पनि भूगोल अनुसार खान मिल्ने र नमिल्ने हुने जनाए। जस्तै: मुस्ताङमा उम्रेको त्यही च्याउ पोखरामा उम्रिँदा त्यो विषालु हुनसक्ने उल्लेख गर्दै पहिले फलानो ठाउँमा पनि यही च्याउ त खाएको भनेर नयाँ ठाउँमा त्यही च्याउ खाइहाल्न नहुने उनी बताउँछन्। , यद्यपि च्याउ खानुअघि केही कुराहरूलाई ध्यान दिए विषालु च्याउ खानुबाट जोगिन सकिने पराजुलीको सुझाव छ। , हेर्नुस्, च्याउ खानुअघि के कुरामा ध्यान दिने भन्नेबारे सेतोपाटीका ,विवेक राई,ले पराजुलीसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः,
हेरेर छुट्ट्याउन सकिँदैन खान मिल्ने/नमिल्ने च्याउ, खाँदा के कुरामा ध्यान दिने? (भिडिओ) |
सेतोपाटी संवाददाता काठमाडौंको मखन गल्लीस्थित एक घरको पानी ट्यांकीमा पुरूष मृत फेला परेका छन्। , काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्ली बस्ने पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ५९ वर्षीय केशरत्न स्थापित आफ्नै घरमा मृत फेला परेका हुन्। उनी आफ्नो घरको पानी ट्यांकीभित्र डुबेको अवस्थामा मृत फेला परेका हुन्। , उनी मध्यराति पानी आएपछि १२:४५ बजे ट्यांकी भर्न भनेर उठेर गएका थिए। , केशरत्न हराएको भन्ने प्रहरीलाई खबर भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , सिसिटिभी फुटेज हेर्दा उनी कतै नगएको देखिएपछि प्रहरीले घरमै खोजी गरेको थियो। , त्यसपछि भुइँ तलाको पानी ट्यांकीभित्र डुबेको अवस्थामा मृत फेला परेका हुन्। राति पानी हेर्ने क्रममा ट्यांकीभित्र खस्दा डुबेर मृत्यु भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।, प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान अघि बढाएको छ। ,
काठमाडौंको मखन गल्लीमा आफ्नै घरको पानी ट्यांकीमा डुबेर एक पुरूषको मृत्यु |
सेतोपाटी संवाददाता न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनले सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोप छ।, उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु भनेकी थिइन्। , मासिक एक लाख ७० हजार तलब हुने भन्दै प्रलोभनमा पारी उनी ६३ लाख २० हजार रकम लिएर सम्पर्कबिहीन भएको भन्ने उजुरी परेको थियो। , वैदेशिक रोजगार विभागबाट कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। , प्रहरीले उनलाई विभागमा बुझाएको छ। ,
न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक पक्राउ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.