content
stringlengths
20
64.1k
रासस भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। , गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मंगलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।  , जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। जोखिम बढेकाले  कायमै रहेकाले  यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो। ‘सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ।’, यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको  छ। पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ।, सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा सङ्क्रमण भइसकेको छ।  सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ।, सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
सेतोपाटी संवाददाता न्युरो वैज्ञानिक दर्शना नारायननले इजरायलका विश्वचर्चित लेखक तथा इतिहासका प्राध्यापक युभल नोहा हरारीबारे केही साताअघि ‘करेन्ट अफेयर्स’ म्यागजिनमा एउटा लेख लेखिन्।, उक्त लेखमा नारायननले वैज्ञानिक तथ्यलाई तोडमोड गर्ने हरारी ‘,साइन्स पपुलिस्ट’ भएको बताएकी छन्।, पहिला पनि वैज्ञानिक वृत्तमा हरारीले आफ्ना कथामा विज्ञानलाई आफूअनुकूल व्याख्या गरेको भनेर टिप्पणी भइरहेका थिए। नारायननको लेखले त्यस्तो टिप्पणीमा थप बल पुर्‍याएको छ।, ४६ वर्षिय हरारी चर्चित पुस्तक, ‘सेपियन्स: अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’का लेखक हुन्। सन् २०११ मा प्रकाशित भएको त्यस पुस्तक निकै चर्चित बनेको थियो। उनले सन् २०१५ मा त्यसकै ‘सिक्वेल’ ‘होमो डियोस: अ ब्रिफ हिस्ट्री अफ टुमरो प्रकाशित गरे।, हालसालै उनले बालबालिकाका निम्ति ‘अनस्टप्पेबल अस’ तयार गरेका छन्। यही वर्ष त्यो पुस्तक सार्वजनिक गर्ने उनको तयारी छ।, ‘सनसनीखेज मच्चाउन उनले विज्ञानलाई नजरअन्दाज गरेका छन् र उनको काम त्रुटीपूर्ण छ,’ हरारीको लेखनबारे टिप्पणी गर्दै नारायणननले भनेकी छन्।, ‘सेपियन्स’मा उनले मानव इतिहासबारे चर्चा गरेका थिए। ‘डियोस’ मा हरारीले मानव कसरी प्रभावशाली प्रजाति बन्यो र यो अस्तित्वको कायमै राख्न कस्ता बाधाहरूको सामाना गर्नुपर्नेछ भन्ने विषयमा चर्चा गरेका छन्। यी दुई पुस्तकमध्ये ‘सेपियन्स’का कारण विश्वभर उनी परिचित बने। दुबै पुस्तक, वैज्ञानिक अवधारणामा आधारित रहेर मानव विकास, दर्शन र संस्कृतिका विविध आयामबारे अन्वेषण गरेको उनको दाबी छ।  , ‘सेपियन्स’ अध्ययन गरेका हरारीका प्रशंसकहरू भन्छन्, ‘पुस्तकले तपाईंलाई केही सहयोग नगरे पनि कम्तीमा स्मार्ट महशुस गर्नका निम्ति सहयोग पुर्‍याउनेछ।’, हरारीको ‘सेपियन्स’ ६५ भाषामा प्रकाशित भएको थियो। प्रशंसकहरूले यस पुस्तकलाई निकै बौद्धिक चुनौती दिन मुस्किल गैरआख्यानको संज्ञा दिएका  थिए। माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत बिल गेट्स, फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकर्बग र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पनि पुस्तक पढ्न सिफारिस गरेका थिए।, हरारीको आलोचना गर्नेहरू भन्छन्,’ओजपूर्ण शब्दमा गतिलोगरी कथा बुन्नसक्ने क्षमता उनमा छ। यो क्षमताका कारण वैज्ञानिक तथ्यहरू तोडमोड हुँदासमेत उनको आख्यानमा मानिस आश्वस्त हुन्छन्।’, इतिहास अध्येता जोन सेक्टनले ‘सेपियन्स’ बारे भनेका छन्,’आधारभूत रूपमै गलत रहेको यो पुस्तक यति प्रशंसा वा ध्यान खिच्नका निम्ति योग्य छैन।’, सन् २००२ मा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका हरारी हाल जेरूसेलमस्थित हिब्रु विश्वविद्यालयमा इतिहासका प्राध्यापक हुन्।, सेपियन्समा हरारीले ढुंगे युगदेखि आधुनिक युगसम्म चर्चा गरेका छन्। उनले मानव विकासलाई चार भागमा विभाजित गर्दै ७० हजार वर्ष पहिलेको संज्ञानात्मक क्रान्ति, १२ हजार वर्षअघिको कृषि क्रान्ति, २ हजार वर्षअघिको मानव प्रजातिको एकीकरण र पाँच सय वर्षअघिको वैज्ञानिक क्रान्तिको विषयमा लेखेका छन्।, उनले प्रस्तुत गरेका तथ्य र तर्कहरू धेरै प्रकारले गलत रहेको वैज्ञानिकहरूको दाबी छ।, आफ्नो पुस्तकमा हरारीले लेखेका छन्,‘मानव प्रजाति कमजोर मुलुकका तानशाहझैं हुन्। विभिन्न डर र त्रासले त्यस्ता तानशाह दोब्बर क्रुर र खतरनाक बनेझैं मानव प्रजाति पनि आफ्नो स्थितिलाई लिएर डर र त्रासमा हुन्छ यसले झन् क्रुर बनाउँछ। धेरै ऐतिहासिक प्रकोप र युद्धहरू यसकै परिणाम हुन्।’, हरारीको दाबीअनुसार अफ्रिकाबाट बसाइसराइको प्रक्रियाले मानवप्रजातिमा संज्ञानात्मक क्रान्तिको स्थिति ल्यायो। उनले सेपियन्स लेख्नुअघिनै यो तर्कको तथ्यगत खण्डन भइसकेको थियो।, मानवशास्त्री सिआर हलपाइकले भनेका छन्,‘भाषाविद् डेनियल एभरेटले सन् १९७० को दशकमा अमेजनमा पिराहा घुमन्ते जातीलाई भेट्दा ती मानिसहरूमा संख्या, मिथक तथा अन्य विषयमा कुनै पनि अवधारणा नपाइएको खुलाइसकेका थिए।’, उनीहरूको बुझाइ वर्तमान र आफ्नो सेरोफेरोमा आधारित मात्रै रहेको पाइएको हलपाइकको भनाइ छ। हरारीले भने मानिसमा संज्ञानात्मक विकास ३० हजार देखि ७० हजार वर्षअघि नै हुनसक्ने दाबी गरेका थिए।, संस्था निर्माणसँग सम्बन्धित कानुन, देवता र दानव बनाउने धर्म वा पौराणिक कथासँग मिल्दोजुल्दो रहेको हरारीको तर्क छ। दुबै विषयमा मानिसलाई आश्वस्त हुन वा पालनाका निम्ति बाध्य बनाइएको उनको भनाइ छ। गैरप्रमाणित कुरालाई हरारीले स्थापित गराउन खोजेको भन्दै मानवशास्त्रीहरू उनीसँग आक्रोशित छन्।, हरारीलाई एक कार्यक्रममा सोधिएको थियो,‘सिलिकन भ्यालीको आधारभूत सिद्धान्तप्रति तपाईं आलोचनात्मक हुँदाहुँदै पनि तपाईंको कामप्रति सिलिकन भ्याली किन मोहित छ?’, त्यसको जवाफमा हरारीले भनेका छन्,‘मेरा कार्यहरू सिलिकन भ्यालीलाई खतरा पुर्‍याउने खालका छैनन्।’, उनको आलोचनामा पत्रकार सन भन्डुर भन्छन्,‘सत्य खोज्न नचाहनेहरूका निम्ति हरारीका पुस्तक सार्थक छन्। जो सत्य अन्वेषण गर्न खोज्छ, तिनलाई पनि हरारीले ‘मेटान्यारेटिभ’ मार्फत् भ्रम पैदा गर्ने कोशिस गरेका छन्।’, हरारीले ‘होमो डुअस्’ मा पनि अर्को त्रुटीपूर्ण कुरा उल्लेख गरेका छन्।, ‘प्राकृतिक महामारीको अघि मानवजाति असहाय हुने युग सायद समाप्त भयो र हामीले त्यसलाई अब मिस गर्नेछौं,’ उनले लेखेका थिए।, कोरोना महामारीले उनको तर्कलाई खारेज गरिदियो।, दोस्रो कुरा उनले, मानव प्रणालीले अर्को कुनै विकल्पको अनुशरण नगर्ने उल्लेख गरेका छन्। हरारीले भनेका छन्, ‘साम्यवादको पतन पछि उदारवादमात्रै रहनेछ र यसले वर्तमानका समस्यामा अर्थपूर्ण समाधान दिने छैन।’, तेस्रो विषयमा उनले भनेका छन्, ‘जीवन अर्थहीन छ र हाम्रा प्रयास व्यर्थ छन्।’ यो विषयमा मानिसहरूलाई मनाउनका निम्ति उनले पूर्वीय दर्शनका ऋषिमुनीहरूको सहारा लिएका छन्।, चौथोमा उनले भनेका छन्, ‘म विपश्यनाको अभ्यासबाट यथार्थतताको अनुभूति गर्ने चरणमा पुगिसकेको छु।’, उनको यो भनाइबाट यथार्थता नै वास्तविक हो भन्ने पुष्टी गर्छ।, ‘हरारी आफ्नो काम वैज्ञानिक रूपमा वस्तुनिष्ठ रहेको देखाउन भ्रम सिर्जना गर्दछन्। विज्ञानबारे उनको बुझाइ पर्याप्त छैन, प्रकृतिलाई औजारका रूपमा व्याख्या गर्नुले नै उनका सबै तर्क त्रुटीपूर्ण देखिन्छन्,’ मानव इतिहास तथा संस्कृतिका विषयमा विभिन्न पुस्तक प्रकाशन गरेका लेखक जिमी लेन्ट भन्छन्।, द न्यूयोर्करसँगको कुराकानीमा आफ्नो बचाउ गर्दै हरारीले भनेका छन्, ‘मैले जगतसामू प्रश्न सोधेको हुँ। मैले उठाएका प्रश्नमा कसैले पनि निश्चित उत्तर दिन सक्दैन।’, सन् २०१४ मा सेपियन्सको समीक्षामा समीक्षक ग्लेन स्ट्रसोनले भनेका छन्, ‘सेपियन्स सनसनीपूर्ण र अतिरन्जित पुस्तक हो। जहाँ आफ्ना तर्कलाई स्थापित गर्न तथ्यको तोडमोड गरिएको छ।’, (द प्रिन्टमा प्रकाशित सामग्रीको भावानुवाद।), हरारीमाथि प्रश्नैप्रश्न
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्। , चन्द्रागिरि नगरपालिका-२ बसुन्डोलस्थित एक उद्योगभित्र पुरूष मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगमा काम गर्ने सोलुखुम्बु चौरीखर्क घर भई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ बस्ने ४५ वर्षीय बिजित शेर्पा मृत फेला परेका हुन्। , उनी मंगलबार दिउँसो मृत फेला परेका हुन्।, मापसे गरेका कारण उनको मृत्यु भएको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, चन्द्रागिरिमा एक पुरूष मृत फेला
रासस पहिराले अवरूद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ।, आज बिहान ६ बजेदेखि अवरूद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। , बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्ध भएको थियो।, सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।  , राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाडौं जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन्।, पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरा खसेर राजमार्ग अवरूद्ध हुने गरेको छ। , तीन घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्रामाथि कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका छन्। , बुधबार बिहानदेखि विद्यार्थीहरूले आन्दोलन गरेका थिए। पछि आन्दोलनले उग्र रूप लिएपछि विद्यार्थीहरूले क्याम्पसमा ढुंगामुढा गरेका हुन्। , मंगलबारबाट स्नातक तह दोस्रो वर्षको परीक्षा सुरू भएको थियो। कलेजमा परीक्षा दिन पुगेका दुई जना छात्रालाई त्यहाँका कर्मचारीले चिट ल्याएको भन्दै कपडा खोल्न लगाएको छात्राहरूले बताएका छन्। , ती छात्राहरू मकवानपुर क्याम्पसका हुन्। उनीहरूको परीक्षा केन्द्र हेटौंडा क्याम्पसमा परेको हो। , मकवानपुर क्याम्पसका एक विद्यार्थीका अनुसार क्याम्पसका कर्मचारीहरूले त्यसरी दुर्व्यवहार गरेपछि बुधबार आन्दोलन गरिएको हो। , ‘हिजो त्यसरी दुर्व्यवहार गरेको बाहिरिएपछि हाम्रो क्याम्पसबाट आज बिहान ९ बजे सबै आन्दोलन गर्न निस्किएका थियौं,’ ती विद्यार्थीले भने, ‘चिट ल्याएको भन्दै कपडा खोल्न लगाएका रहेछन्।’, क्याम्पसले पनि विज्ञप्ति जारी गरी यस घटनाबारेमा छलफल भइरहेको र छानबिन हुने जनाएको छ। , ‘यसबारेमा सम्बन्धित पीडित पक्षका विद्यार्थी, अभिभावक तथा जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग छलफल भइरहेको र छानबिन गरी दोषी प्रमाणित भएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ क्याम्पस प्रमुखले हस्ताक्षर गरेको विज्ञिप्तिमा भनिएको छ।, छलफल भइरहेको हुँदा सबैलाई संयमित भइदिन पनि क्याम्पसले अनुरोध गरेको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।, प्रहरीले तोडफोडमा संलग्न चार जना विद्यार्थीहरूलाई पनि नियन्‍त्रणमा लिएको थियो। अहिले उनीहरूलाई छाडिसकेको छ।क्याम्पस प्रशासन र विद्यार्थीहरूबीच सहमति पनि भइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। , ‘परीक्षा दिन जाँदा क्याम्पसका महिला कर्मचारीले चेक गर्दा दुर्व्यवहार भयो भन्ने कुरा आयो। सुरूमा एक जना छात्राको टाइबाट चिट फेला पर्यो। अर्कोमा पनि चेक गर्दा चिट निस्कियो,’ कार्कीले भने, ‘त्यसपछाडि अर्का छात्रालाई भित्र लगेर चेक गरिएको रहेछ। तर चिट फेला परेको थिएन।’, घटना बाहिरिएपछि क्याम्पसले ती कर्मचारीलाई चेक गराउनको लागि नराख्ने सहमति भएको उनले बताए।, त्यस्तै घटनाबारे छानबिन गर्न क्याम्पसले समिति पनि बनाएको छ। , ‘विद्यार्थी र शिक्षकहरू भएको समितिले छानबिन गरी प्रतिवेदन बुझाउने र दोषीमाथि कारबाही गर्ने भनिएको छ,’ उनले भने।, परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड
सेतोपाटी संवाददाता रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। , त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। , प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्। , घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई बताए। , केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए। , डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए। बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो। मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो? भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ। , ‘प्रहरी हवल्दार बाँठा मोटरसाइकल रोकेर पसलमा केही सामान किन्न गएका रहेछन्,’ डिएसपी घिमिरेले भने, ‘त्यही क्रममा माओवादी सबै हरूवाहरू किन यहाँ बसेका छौं भनेपछि आक्रमणमा उत्रिएको भन्ने खुलेको छ।’, उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको डिएसपी घिमिरेले बताए। , ‘प्रहरी हवल्दार बाँठाले तिमी हरूवा माओवादी भनेपछि किन हामीलाई हरूवा भन्ने? भन्दै उनीहरू एकाएक जाइलागेको भन्ने छ,’ डिएसपी घिमिरेले भने, ‘हामीले कुटपिटमा संलग्न व्यक्ति र पीडित हवल्दारलाई राखेर केहीबेरमा छलफल गर्दैछौं।’, पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन्। , घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई अटोरिक्साबाट घरतर्फ पठाएको आरोप बाँठाको छ।  , घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले बताएका छन्।, रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार
सेतोपाटी संवाददाता पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , भारत विहार पूर्वी चपारण थाना रक्सौल-११ घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। , बिहान ८ बजे आएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो। , वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रक्सौलबाट वीरगन्ज आउँदै गरेको मोटरसाइकललाई प्रहरीले चेक गरेको थियो। , त्यसक्रममा चालक राकेशले मोटरसाइकलको सिटमुनी र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ लुकाइराखेको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। , उनलाई प्रहरीले पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साले जनाएको छ।, ४१ लाख ५५ हजार नगदसहित वीरगन्जबाट एक पक्राउ
सेतोपाटी संवाददाता परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ। , बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्राहरूमाथि दुर्व्‍यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। , ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने गरी निलम्बित भएका हुन्। , क्याम्पसले यस घटनाबारे छानबिन गर्न छानबिन समिति पनि बनाएको छ।, क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो। समितिमा पाँच जना विद्यार्थी संगठनका प्रतिनिधिहरू र एक जना अभिभावक सदस्य छन्। , तीन दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ।, यस्तै, क्याम्पसको नियमित पठनपाठन, परीक्षा लगायतका कार्यक्रमहरू शान्तिपूर्ण एवं सहन वातावरणमा सञ्चालन गर्ने पनि सहमति भएको छ। , मंगलबारदेखि स्नातक तहको परीक्षा सुरू भएको थियो। त्यसक्रममा परीक्षा दिन गएका छात्राहरूमाथि कार्यालय सहयोगीहरूले चेक गरेका थिए। चेक गर्दा छात्राहरूलाई छुट्टै कोठामा लगेर कपडा खोल्न लगाएर दुर्व्यवहार गरेको खुलेको थियो। , त्यसरी दुर्व्यवहार गरेको खुलेपछि बुधबार बिहानै विद्यार्थीहरूले हेटौंडा क्याम्पसमा आन्दोलन गरेका थिए। , आन्दोलन गर्नेक्रममा विद्यार्थीहरूले क्याम्पसमा पनि तोडफोड गरेका थिए। तोडफोड गरेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा पनि लिएको थियो। , पछि उनीहरूलाई अभिभावकको जिम्मामा छाडिएको हो। , छात्रामाथि दुर्व्यवहार गर्ने हेटौंडा क्याम्पसका दुई कर्मचारी निलम्बित
सेतोपाटी संवाददाता फिरौती माग्ने ध्येयसहित एक वर्षकी बालिका अपहरण गर्ने दुई जनालाई पक्राउ गर्दै मोरङ प्रहरीले बालिकाको पनि सकुशल उद्धार गरेको छ। , सोमबार बिहान विराटनगरबाट अपहरित बालिकालाई प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर बुधबार विराटनगर ल्याएको छ।  , अपहरण गर्ने अनु साह र रवीन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। , मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पैसा माग्ने उद्देश्यसहित उनीहरूले मोरङ बुढीगंगा १ का दिपेन यादवकी एक वर्षकी छोरी निकिशाको अपहरण गरेका थिए। तर, फिरौती माग्ने योजना बनाउँदै गर्दा नै उनीहरू प्रहरी फन्दामा परेपछि उनीहरूको योजना विफल बनेको प्रहरीको भनाइ छ। , ‘उनीहरूले पैसाकै लागि अपहरण गरेको देखिएको छ’, एसपी कोइरालाले भने, ‘तर, पैसा माग्न भने पाएनन्। हामीले बालिकाको उद्धार गर्यौं, योजनाकार रवीन्द्र र बच्चा भारतमा लुकाउने अनु दुवैलाई पक्राउ गरेका छौं।’ , तीन वर्षदेखि चिनजानमा रहेर निकट सम्बन्धमा रहेका अनु र रवीन्द्रले बालिकाका बुवालाई विश्वास दिलाएर नाटकीय शैलीमा अपहरण गरेको घटनाक्रमले देखाउँछ।, रवीन्द्रकै योजना अनुसार दिपेनलाई बारम्बार फोन गरेर सम्पर्क बढाएकी अनुले अन्ततः साउन २ गते सोमबार उनकी छोरी अपहरण गरेकी थिइन्। , त्यसदिन अनुले विराटनगरस्थित रोडशेष चोकबाट निकिशाको अपहरण गरेकी थिइन्।, प्रहरीका अनुसार रवीन्द्रको योजना अनुसार अनुले दिपेनसँग दुई महिनायता निकटता बढाएकी थिइन्। फोनमा कुराकानी गर्ने, भेटघाट गर्ने क्रम बाक्लिँदै गएपछि दिपेनलाई अनुले छोरी देखाउन भनेकी थिइन्। , ‘अनुले छोरी देखाउन कर गरेपछि सोमबार बिहान नौ बजे आफ्नै कारमा छोरी राखेर दिपेन रोडशेष चोक पुगेका रहेछन्’, प्रहरी स्रोतले भन्यो,‘बाबुसँग गएकी छोरी एकैछिनमा उनीहरूले अपहरण गरेका रहेछन्।’ , कारमा छोरी लिएर विराटनगरको स्वागतम होटल अगाडि पुगेपछि दिपेनको कारमा अनु पनि चढेकी थिइन्। कारमा बस्नेबित्तिकै अनुले बालिकाले लगाएको लुगा फेरिदिएकी थिइन्।  त्यसपछि उनीहरू चिया खान कलेज रोडतिर लागेका थिए। , दिपेनले चिया अर्डर गर्दै गर्दा बच्चा बोकिरहेकी अनुले दिपेनसँगै मोबाइल मागेर कसैलाई फोन गर्नुछ भनेकी थिइन्। दिपेनले फोन दिएपछि उनी कुरा गरेजस्तो गर्दै बच्चा बोकेरै बाहिर निस्केकी थिइन्। , केही पर अपहरणका मुख्य योजनाकार रवीन्द्र बाइक लिएर ‘स्ट्याण्डबाइ’ बसेका थिए। त्यही बाइकमा उनीहरूले बालिकालाई लिएर गए। दिपेन छोरी र अनुलाई पर्खेको पर्ख्यै भए। धेरैबेर नआएपछि बल्ल दिपेन झस्केका थिए। , उनीहरूले बालिकालाई  दुहबी, इनरुवा, राजविराज हुँदै कुनौली पुर्याएको र त्यहाँबाट गाडी रिजर्भ गरेर दरभंगा लगेका थिए। रवीन्द्र भने दरभंगाबाट फर्केका थिए। , घटनाबारे जानकारी पाएपछि खटिएको मोरङ प्रहरीले भारतबाटै अनुलाई पक्राउ गरेर बालिकाको उद्धार गरेको थियो। रविन्द्रलाई भने बुढीगंगास्थित उनकै श्रीराम ट्रेडर्सबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, बाबुसँग नजिक भएर छोरीको अपहरण!
सेतोपाटी संवाददाता मोरङमा युरेनियमजस्तो पदार्थसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो। यस्तै युरेनियम भनिएको पदार्थ पनि देखाएको छ।, त्‍यो पदार्थ युरेनियम नै हो भन्ने पुष्टि भइनसकेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। , प्रहरीले गत आइतबार विराटनगर महानगरपालिका-९स्थित ट्राफिक चोकस्थित ठुल्दाइको होटलमा कोठा लिएर बसेका उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचना पाएपछि खटिएको टोलीले सुरूमा आठ जनालाई पक्राउ गरेको थियो। , उनीहरूबाट एक किलो ८७.३ ग्राम युरोनियमजस्तो पदार्थ बरामद भएको थियो।, पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-७ बस्ने ४१ वर्षीय शिवशंकर, ३७ वर्षीय मुकेशकुमार साह, ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर-१२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका-७का ३५ वर्षीय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका-९ बस्ने ३२ वर्षीय किरन राई र धनपालथानका ४४ वर्षीय लक्ष्मण शर्मा छन्। , उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले थप मानिसहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। , मंगलबार दिउँसो साढे १२ बजे विराटनगर-३स्थित दूधफारमबाट थप मानिसहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको कार्यालयको भनाइ छ।, गोरखा गण्डकी गाउँपालिका-८ बस्ने ४५ वर्षीय जीवन गुरूङ, महोत्तरी मंगाहा नगरपालिका-६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका-१२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, ५५ वर्षीय रवीन्द्र गच्छदार, मकवानपुरका ३६ वर्षीय दिपकबहादुर भ्लोन, ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका-५ बस्ने २८ वर्षीय श्याम घिमिरे पक्राउ परेका छन्।, प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनीहरूले युरोनियमजस्तो देखिने पदार्थ भारतीयलाई बेच्ने तरखर गरिरहेका थिए। , उनीहरू होटलमा बसिरहेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। कतिमा बेच्न लागेका थिए भन्ने पनि नखुलेको मोरङ प्रहरीले जनाएको छ। , बरामद भएको पदार्थ युरेनियम हो वा होइन भन्ने पुष्टि गर्नको लागि सो पदार्थ काठमाडौंस्थित खानी तथा भूगर्भ विभागमा पठाउने तयारी प्रहरीले गरिरहेको छ।  , युरेनियमजस्तो पदार्थ भारतीयलाई बेच्न खोज्ने १५ जना पक्राउ
नारायण खड्का बिदामा घर जाँदै गर्दा बाटोमै नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार रामबहादुर बाँठाले राजनीतिक दबाबकै कारण जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो मुद्दा दर्ता गर्न नगरेको गुनासो पोखेका छन्। , ‘यहाँ राजनीतिक हिसाबले एकदमै प्रेसर आएर हाम्रो डिएसपी सापले त जसरी पनि मिल्नुपर्छ नत्र कारबाही गर्छु भन्नुहुन्छ,’ फोनमा थापाले रूँदै भने, ‘जागिरको मलाई बरू मतलब छैन, मलाई गौंडा ढुकेर आक्रमण भएको मलाई न्याय चाहिन्छ।’, छलफलका क्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले उल्टै आफूमाथि दबाब दिएर जसरी पनि मिल्न भनिरहेको र जाहेरी लिन नमानी रहेको उनले बताए। , ‘उहाँले तिमी त हाम्रो विभागको मान्छे जबर्जस्ती मिल्नुपर्छ भन्नुहुन्छ,’ उनले भने, ‘जबकि मेरो कुनै गल्ती नै छैन उल्टै मलाई नै निर्घात कुटपिट गरिएको छ भने म कसरी अन्याय सहेर मिल्नु!’, पीडित प्रहरी हवल्दार बाँठाले आफूले कसैलाई केही नभनेको बरू उनीहरूले नै करिब तीन किलोमिटर अगाडि पुगेको आफूलाई अगाडिबाट तीन वटा मोटरसाइकलमा आएर बाटो छेकी अनाहकमा आक्रमण गरेको दाबी गरे। , प्युठानबाट रमाना बुझेर बुटवल जान हिँडेको हुँदा केही दिन बिदा पाउने सुविधा अनुसार घर जाँदै गर्दा पुरानो रिसिइबीका कारण गौंडा ढुकेर अनाहकमा उनीहरूले आक्रमण गरेको प्रहरी हवल्दार बाँठाले जानकारी दिए। , ‘घर जाने क्रममा पानी परिरहेको थियो। मैले फूल हेलमेट र रेनकोट लगाएर यात्रा गरिरहेको थिएँ। दारबोट भन्ने ठाउँबाट उनीहरूले मलाई पिछा गर्दै आएका रहेछन्,’ उनले भने, ‘जिवाङनेर आउँदा तीन वटा मोटरसाइकलमा आएका ८/९ जनाले बाटो अगाडिबाट छेकेर एकाएक मलाई आक्रमण गरे।’, आफ्नो हेलमेट खोलेर अनुहार टाउको लगायत शरीरका विभिन्न घाउ नफुट्ने ठाउँमा निर्घात कुटेपछि आफू बेहोस भएको र झन्डै १० मिनेट पछाडि होस खुलेपछि प्रहरी चौकीमा पुगेको बाँठाले बताए। , ‘खिम बाबु राजा डिसीको योजनामा मेरो ज्यान लिने उद्धेश्यले बाटो ढुकेर ममाथि आक्रमण भएको हो,’ उनले भने, ‘मलाई कुट्नुको प्रमुख कारण जग्गा र यिनीहरूकै कारण स्थानीय चुनाव मैले हारें भन्ने उहाँलाई पर्नु हो।’, डिसी त्रिवेणी गाउँपालिका वडा नं. ७ का पूर्व वडा सदस्य पनि हुन्। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए। , डिएसपी विनोद घिमिरेले यसअघि स्थानीय माओवादी कार्यकर्ता खिमविक्रम केसीको समूहले कुटपिट गरेको सेतोपाटीलाई जानकारी दिएका थिए। , पीडित प्रहरी हवल्दार बाँठाले झगडाको कारण जग्गा र आफूले पराजय भोग्नुको प्रतिशोध भएको दाबी गरे।, उनका अनुसार छिमेकी रणबहादुर केसीसँगै साटेको जमिन पहिलेदेखि नै विवादित थियो। त्यो विवाद अन्त्य गर्नका लागि गत वर्ष प्रहरी हवल्दार बाँठाले अमिन लगेर गए।, केसीलाई सहयोग गर्न भनेर अमिन लगे पनि त्यो जग्गा प्रहरी हवल्दार बाँठाकै नामको कित्तामा देखियो। त्यसपछि त्यो जग्गा बाँठा परिवारले भोगचलन गर्न सुरू गर्‍यो। , तर, जनप्रतिनिधिको हैसियतमा पुगेका वडा सदस्य डिसीले बाँठा घरमा नभएको समयमा गई यो जमिन २०३३ सालतिर नापेको हो र जसले भोगचलन गरे पनि हुन्छ भनेर बाँठाका परिवारले जग्गा भोगचलन गर्न नपाउने दाबी गर्न थाले। त्यही विषयमा डिसीले बाँठासँग निहुँ खोजिरहन्थे। फोनमा पनि धम्की दिइरहन्थे।, ‘उहाँले म जागिरका क्रममा बाहिर रहँदा पनि फोन गरेर धम्की दिने र तैंले गाउँमा दादा गिरी देखाउने भनेर तनाव दिइरहनु हुन्थ्यो,’ बाँठाले भने, ‘वडाध्यक्षमा पराजित भएपछि उनीहरूले नै मलाई भोट दिएनन् र उनीहरूकै कारण मैले हारें भन्ने ठानेर अनाहकममा गौंडा कुरेर ममाथि आक्रमण गर्नु भयो भन्ने मलाई लाग्छ।’, डिएसपी घिमिरेले यसअघि सेतोपाटीलाई प्रहरी हवल्दार बाँठाले मदिराले मातेका माओवादी कार्यकर्तालाई 'तिमी हरूवाहरू किन बाटोमा बसेका छौं' भनेको हुँदा उनीमाथि आक्रमण भएको भन्ने सुन्नमा आएको बताएका थिए। , तर, प्रहरी हवल्दार बाँठाले भने पानी परिरहेको हुँदा आफूले मोटरसाइकल नरोकेको र सरासर हिँडिरहेको समयमा उनीहरू बसेको ठाउँभन्दा तीन किलोमिटर टाढा आई बाटो रोकेर सांघातिक आक्रमण भएको दाबी गरे। , त्यसक्रममा एउटा टेम्पो लिएर करिब पाँच सय मिटर टाढैबाट स्थानीय प्रहरी हवल्दारसमेतको टिमले आफ्नोबारे चियो चर्चा गर्न बसिरहेको दृष्य पनि आफूले पत्ता लगाएको प्रहरी हवल्दार बाँठाले बताए।  , ‘कुटपिटमा संलग्न एक व्यक्तिसँगै दारबोट प्रहरी चौकीका प्रहरी हवल्दार साइकुमार चौधरी र अर्का सहायक हवल्दार यादव पनि बसिरहेका थिए,’ बाँठाले भने, ‘पछि होस खुलेर चौकी पुग्दा उल्टै मेरो मोबाइल र बाइकको चाबी खोसेर कुटपिटमा संलग्न मान्छे यही हो भन्दै दुई घन्टा थुनेर राख्नु भयो।’, त्यसपछि आफूलाई मापसे चेकजाँच सबै गर्न लगिएको भए पनि मापसे गरेको नदेखिए पनि उल्टै आफ्नो कुरै नसुनी पीडिकहरूकै पक्षपोषणमा चौकीका पदाधिकारी उभिएको प्रहरी हवल्दार बाँठाले दाबी गरे। , ‘राजनीतिक शक्ति र आडमा म सोझो व्यक्तिमाथि मिलेमतोमा अनाहकमा कुटपिट हुनुको साथै प्रहरीमा पुग्दासमेत मैले न्याय पाइरहेको छैन,’ उनले थपे, ‘आज देश र जनताको सुरक्षाको लागि भनेर मैले खाएको प्रहरीको जागिर देखेर आफैंलाई घृणा लागेर आएको छ।’ , उनले राजनीति ठूलो कि इमानदारीपूर्वक सेवामा खटिने व्यक्ति ठूलो? भनेर प्रश्न समेत गरेका थिए। , अन्याय परिरहँदा राजनीतिक दबाबमा आफू जस्ता सोझा साझा व्यक्तिलाई उल्टै जबरजस्त घुँटा टेकेर मिल्नुपर्छ भन्ने आफ्नै प्रहरीका हाकिमहरूको दबाबका कारण मन कुँडिएको उनले बताए। , स्रोतका अनुसार प्रहरी हवल्दार बाँठामाथि आक्रमणको नेतृत्व गर्ने डिसी लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी (सोमान) सँग निकट सम्बन्ध राख्ने व्यक्ति हुन्। , ‘मेरो गल्ती रहेछ भने म कसुर अनुसार जस्तोसुकै सजाय भोग्न पनि तयार छु,’ उनले भने, ‘अनाहकमा म आफैंलाई गौंडा ढुकेर आक्रमण गरिएको छ उल्टै त जसरी पनि मिल्नुपर्छ नत्र कारबाही गर्छु भन्नु कहाँ सम्मको कुरा हो?’, राजनीतिक दबाबका कारण प्रहरीका अधिकारीमसेत पीडकको पक्षमा उभिनु ठूलो अन्याय भएको उनले तर्क गरे।, प्रहरी निरीक्षक प्रकाश भुसालले भने पहिला घाइते बाँठाका उपचार गर्ने र पछि छलफल गर्ने बताए।, यो पनि:, रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार, माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार परीक्षण गरेको दश प्रतिशत अर्थात् ३५७  जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , तीन हजार ९८१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५६२ जनाको पिसिआर र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार २७६ जना सक्रिय संक्रमित छन्।, ४६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, परीक्षण गरिएकामध्ये दश प्रतिशतमा देखियो कोरोना
सेतोपाटी संवाददाता एसियाली मुलुक जापानको राहदानी (पासपोर्ट) विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा रहेको छ।, लन्डनस्थित हेन्ली कम्पनीले गरेको संसारभरिका पासपोर्टको एक सर्वेक्षणमा जापानको राहदानी शक्तिशाली देखिएको हो। जापानी नागरिकले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकको भ्रमण गर्न पाउँछन्, जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ  यसैलाई आधार मान्दै गरिएको उक्त सर्वेक्षमा नेपाली पासपोर्ट १०६ औं स्थानमा छ। गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो । नेपालीले ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन्।, दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देशमा अनअराइभल भिसामार्फत घुम्न सकिन्छ।, इटाली, फिनल्यान्ड, र लक्जेमवर्ग १ सय ८९ देशसहित चौथो र डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स र स्वीडेनको राहदानी १ सय ८८ देशसहित पाँचौं शक्तिशाली पाइएको छ।, दक्षिण एसियाली मुलुकमध्ये भारत ८७ औं स्थानमा रहँदा भुटान ९३ औं, श्रीलंका १०३ औं र बंगलादेश १ सय ४ औं स्थानमा छन्। नेपालभन्दा पछि रहेको पाकिस्तान १०९ औं स्थानमा छ।, सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १ सय १२ औं स्थानमा छ। अफगानिस्तान भन्दा माथि इराक र सिरिया छन्। , संसारका सबैभन्दा बढी शक्तिशाली राहदानी, १. जापान (१९३ राष्ट्रमा अन अराइभल भिसा), २.सिंगापुर, दक्षिण कोरिया (१९२ राष्ट्रमा अन अराइभल भिसा), ३. जर्मनी, स्पेन (१९० राष्ट्रमा अन अराइभल भिसा), ४. फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग (१८९राष्ट्रमा अन अराइभल भिसा), ५. अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स, स्विडेन (१८८राष्ट्रमा अन अराइभल भिसा), ६. फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, बेलायत (१८७राष्ट्रमा अन अराइभल भिसा), ७. बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, अमेरिका (१८६ राष्ट्रमा अन अराइभल भिसा), ८. अस्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रीस, माल्टा (१८५ राष्ट्रमा अन अराइभल भिसा), ९.हंगेरी (१८३ राष्ट्रमा अन अराइभल भिसा), १०.लिथुआनिया, पोल्यान्ड, स्लोभाकिया (१८२ राष्ट्रमा अन अराइभल भिसा), संसारकै सबैभन्दा कमजोर राहदानी, १०३. कंगो, लेबलान, श्रीलंका, सुडान (४२ राष्ट्रमा अन अराइभल भिसा), १०४. बंगलादेश, कोशोभो, लिभया (४१ राष्ट्रमा अन अराइभल भिसा), १०५. उत्तर कोरिया (४० राष्ट्रमा अन अराइभल भिसा), १०६.नेपाल, प्यालेस्टाइन क्षेत्र (३८ राष्ट्रमा अन अराइभल भिसा), १०७.सोमालिया (३५ राष्ट्रमा अन अराइभल भिसा), १०८. यमन (३४ राष्ट्रमा अन अराइभल भिसा), १०९.पाकिस्तान (३२ राष्ट्रमा अन अराइभल भिसा), ११०.सिरिया (३० राष्ट्रमा अन अराइभल भिसा), १११.इराक (२९ राष्ट्रमा अन अराइभल भिसा), ११२.अफगानिस्तान (२७ राष्ट्रमा अन अराइभल भिसा), नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली सूचीमा, कुन देशको पासपोर्ट कति बलियो?
सेतोपाटी संवाददाता प्रहरीले बनेपाबाट जग्गाको कागजात किर्ते गरेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , धादिङ जीवनपुर-५ घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ बस्दै आएका ३७ वर्षीय रविप्रसाद रेग्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशी जानकारी दिए। , प्रहरीले उनलाई सोमबार बनेपा नगरपालिका-९ बाट पक्राउ गरेको हो।, रेग्मीले किन्ने व्यक्तिहरूलाई बनेपा नगरपालिका-१ चाइना टाउनमा रहेको जग्गा आफ्नो नाममा छ भनेका थिए। तर त्यहाँको जग्गा ज्ञानबहादुर खड्गीलगायत छ जनाको नाममा छ।, जग्गा बेच्छु भनेर उनले नक्कली कागजात पनि बनाए। उनले देखाएको कागजातमा भएको जग्गा भने कतै नभएको प्रहरी उपरीक्षक जोशीले बताए। , ‘रेग्मीले खड्गी लगायतको जग्गा भएको स्थान पीडितलाई देखाएछन्,’  प्रहरी उपरीक्षक जोशीले भने, ‘उक्त जग्गा देखाएर आफूले प्लटिङ गरिरहेको भनी पीडितलाई विश्वासमा पारेका रहेछन्। कागजमा ७३ वटा कित्ताकाट गरेको भेटिएको छ। तर उक्त कित्ताकाट गरेको जग्गा कतै पनि छैन।’, प्रहरी उपरीक्षक जोशीका अनुसार रेग्मीले‍ चार जनालाई ठगेका छन्।  , रेग्मीले बैना बापतको रकम लिएर हुँदै नभएको जग्गाका लागि नक्कली राजीनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जा समेत बनाएको खुलेको छ।, यस्तै, उक्त नक्कली कागजातको आधारमा जग्गा पास गरेर मालपोत कार्यालयबाट समेत नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा किर्ते बनाएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार रेग्मीले पीडितसँग एक करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन्। , प्रहरीले किर्ते कागजात बनाउन सहयोग गर्ने पनौती नगरपालिका-९ बस्ते ४५ वर्षीय राजन थापा र उनकी ४२ वर्षीया श्रीमती सीताकुमारी थापाको कार्यालयबाट प्रमाणका विभिन्न उपकरणहरू बरामद गरेको छ। उनीहरू फरार छन्। , रेग्मीमाथि अनुसन्धान गर्न प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिएको छ। यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ।, रेग्मीमाथि २०६८ साल असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ साल चैत १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको कार्यालयले जनाएको छ।, हुँदै नभएको जग्गाको कागज बनाएर दुई करोड बढी बैना लिएपछि...
रासस काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्।, तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीका ११ वर्षीय छोरा समीर माझी र सोही ठाउँका कुलबहादुर माझीका छोरा ८ वर्षीय कान्छा माझी छन्। , पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।, बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।, नदीले बगाउँदा दुई बालक बेपत्ता
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। , नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा घर भई गौरीघाट बस्दै आएका १८ वर्षीया सबिना पराजुली, गुल्मी मुर्साकोट नगरपालिका-२ घर भई खरिबोट बस्दै आएका २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी नगरपालिका-१६ घर भई गौरीघाट बस्दै आएका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। , उनका अनुसार गत असार २३ गते नक्सालस्थित रहेको नागपोखरीमा रहेको सन्तोषी माताको सुन तथा चाँदीका गरगहना चोरी भएको थियो। उक्त गरगहना झन्डै १२ लाख रुपैयाँ बराबरको रहेको मैनालीले बताए।, ती गरगहना चोरी भएको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालिगाउँबाट प्रहरी अधिकृतसहितको टोलीले मन्दिरमा पुगी अनुसन्धान गरेको थियो। , अनुसन्धानकै क्रममा साउन १ गते प्रहरीले उनीहरूलाई सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहनासहित नियन्त्रणमा लिएको हो। , प्रहरीले उनीहरूको साथबाट एक थान सुनको तिलहरी, दुई थान चाँदीको करूवा, एक थान चाँदीको सिसादानी, एक थान चाँदीको चुकुन्दा, एक थान चाँदीको ऐना र एक थान चाँदीको मुकुट बरामद गरेको बताएको छ।, यस्तै, मैनालीले दुई थान चाँदीको पाता, पाँच थान चाँदीको दियो, दुई थान चाँदीको गिलास, चार थान कचौरा, तीन थान चम्चा, एक थान अर्घ्य, ११ थान चाँदीको दियो बाल्ने, एक थान चाँदीको लकेट, दुई थान चाँदीको माला, एक थान चाँदीको बथनी र १३४ थान विभिन्न सिक्का नियन्त्रणमा लिएको बताए।, उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको छ। , प्रहरी वृत्त मालीगाउँबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।, नक्सालको सन्तोषी माता मूर्तिमा जडित १२ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा तीन पक्राउ
रासस कपिलवस्तुमा गाडीको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगंगा–१० मा बालिकाको मृत्यु भएको छ। , बुधबार बा५ख ९३५० नम्बरको बसले रा७प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।, त्यसैगरी, वाणगंगा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृत्यु भएको छ। बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो।, गाडीको ठक्करबाट दुईको मृत्यु
युनिक श्रेष्ठ सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार आइतबार बिहानै काठमाडौं आइपुगे।, उनी काठमाडौं आउनबित्तिकै कोटेश्वरको डेरामा सामान राखेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।, उनी ग्लोबल आइएमई बैंकमा रहेको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेको यो पहिलो दिन भने होइन। एक वर्षदेखि त्यहाँ धाइरहेका छन्। उनको बैंक खाताबाट हराएको पैसा अझै फेला परेको छैन। न त बैंकले त्यो पैसा फिर्ता गर्छु भनेको छ।, भिन्डवार सन् २०१० अप्रिलमा काम गर्न मलेसियामा गएका थिए। पटक-पटक नेपाल आउजाउ गरिरहन्थे। परदेशमा पसिना बगाएर कमाएको पैसा जम्मा गर्न उनले बैंक खाता पनि खोले।, उनले सन् २०१६ अप्रिल १४ मा पानीपोखरीस्थित ग्लोबल आइएमई बैंकमा खाता खोलेका थिए।, त्यसयता आफूले कमाएको पैसा र घरपरिवार र अरू रकम त्यही खातामा राख्दै आएका थिए। उनको खातामा ८ लाख रुपैयाँ जम्मा भइसकेको थियो। सन् २०२० को मार्चमा उनी नेपाल फर्किए।, बैंकमा भएको पैसा चाहिएपछि जतिबेला पनि निकाल्न मिल्छ भन्नेमा उनी ढुक्क थिए। केही महिनापछि  सुनसरीको इनरूवास्थित ग्लोबल आइएमईको शाखामा गएर उनले दुई लाख रुपैयाँ निकाल्न खोजे। पैसा निकाले मोटरसाइकल किन्न लागेका छिमेकीलाई सापट दिने उनको योजना थियो। उनी चेक काटेर बैंकको काउन्टरमा पुगे।, बैंकका कर्मचारीले उनको खातामा भएको पैसा हेरे। उनको खातामा पैसा देखिएन।, कर्मचारीले ‘यो खातामा भएको पैसा त पहिला नै निकालिसकेको छ’ भनेपछि उनी छाँगाबाट खसेजस्तो भए।  , १० वर्ष मलेसियामा हाडछाला घोटेर उनले बैंकमा ८ लाख २६ हजार जम्मा गरेका थिए। त्योमध्ये  ७ लाख त झिकिइसकेको रहेछ।, यो सब कसरी भयो उनले मेसो पाउन सकेनन्। आफ्नो खाताबाट पैसा चोरी भएको के-कसरी हो भन्दै  उनले बैंकलाई निवेदन लेखे। स्टेटमेन्ट हेर्दा थाहा भयो उनको खाताको सबै पैसा मोबाइल बैंकिङबाट कारोबार भएको रहेछ।, भिन्डवारले मोबाइल बैंकिङ नचलाएको बताए। बैंकले भने उक्त खातामा मोबाइल बैंकिङ एक्टिभेट गर्न भरेको फारम देखायो।, उक्त फारममा अक्षरहरू फरक-फरक भएको र त्यसमा लेखिएका अक्षर आफ्नो नभएको भिन्डवारले बताए। आफूले बैंक खाता खोल्दा दिएकै नागरिकताको फोटोकपीलाई काटेर अर्को कपी बनाएको पनि उनको दाबी छ।, ‘खाता खोल्दा दिएको नागरिकतालाई नै काटेर मोबाइल बैंकिङको खाता खोल्न प्रयोग भएको छ। मैले दिएको नागरिकतामा भएका दागहरू र मोबाइल बैंकिङको लागि राखेका दागहरू एउटै छन्। तर मैले दिएको फोटोकपीको छेउमा हस्ताक्षर छ,’ उनले भने,‘मोबाइल बैंकिङको लागि प्रयोग हुँदा त्यही नागरिकताको फोटोकपीको हस्ताक्षर भएको पट्टी काटिएको छ।’, उनको खाताबाट सन् २०२० अक्टोबर १८ मा पहिलो पटक रकम निकालेको स्टेटमेन्टमा देखिन्छ।, सुरूमा फोन नम्बरमा टपअप गरेको देखिन्छ भने पछि हजारौं रुपैयाँ गरी पटक-पटक रकम निकालेको देखिन्छ।, ‘म चेक लिएर जाँदा त मेरो खातामा पैसा नै छैन रहेछ। विदेशमा पसिना बगाएर कमाएर जम्मा गरेको पैसा मैले चलाउनै नपाई सकिसक्यो,’ भिन्डवारले भने,‘मैले जिन्दगीमा मोबाइल बैंकिङ भन्ने प्रयोग नै गरेको छैन। अहिलेसम्म त्यस्तो बाटो टेकेकै छुइनँ।’, उनले इटहरी शाखाबाट पानीपोखरीस्थित कार्यालयमा निवेदन पठाए। आफ्नो खातामा भएको रकम मोबाइल बैंकबाट चोरी भएको र अनुसन्‍धान गरी सबै रकम फिर्ता पाउँ भन्ने उनको माग थियो।, एकातिर उनले चोरिएको रकम फिर्ता माग्दै बैंकमा निवेदन दिएका थिए अर्कातिर उनको खाताको पैसा धमाधम चोरी भइरहेको थियो। बाँकी रहेको अरू पैसा पनि खाताबाट निकालियो।, एनसेलको जुन मोबाइल नम्बरबाट मोबाइल बैंकिङमा कारोबार भइरहेको थियो, त्यो नम्बर कुनैबेला भिन्डवारले नै चलाउँथे। उनी विदेश गए तीन महिनापछि मिति सकिएर उक्त नम्‍बर ब्लक भयो। फेरि उनकै नागरिकता प्रयोग गरेर त्यही नम्बर अर्को पटक निकालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।, ‘मैले चलाएको सिम नम्‍बर तीन वर्ष अगाडि नै ब्लक भइसकेको थियो,’ उनले भने, ‘फेरि त्यही नम्बर चलेको देखिन्छ। त्यो पनि मेरै नागरिकताबाट निस्केको छ।’, भिन्डवारको उजुरीपछि प्रहरीले अनुसन्धान गरेर बैंकलाई पत्र लेखेको छ।, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भिन्डवारको पैसा चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो देखिन्छ। अनुसन्धानबाट बैंककै गल्ती देखिँदा पनि बैंक उनको सबै पैसा फिर्ता गर्न तयार छैन।, हदम्याद गुज्रिसकेकाले यसमा बैंकमाथि कानुनी कारबाही अघि बढाउन नसकिने कार्यालयको भनाइ छ।, ठगी मुद्दामा एक वर्षको हदम्याद छ। सुरूमा अनुसन्धान गर्दा बैंकले पैसा फिर्ता गर्छु भनेर झुलाएको र पछि म्याद सकेपछि भने फिर्ता गर्दिनँ भन्न थालेको ती प्रहरी अधिकारीले बताए।, ‘यसमा कर्मचारीको मिलेमतोमा भएको देखिन्‍छ। सुरूमा हामीले अनुसन्धान गर्दैगर्दा पैसा पनि फिर्ता गर्छौं भनिरह्यो,’ ती प्रहरीले भने, ‘पछि म्याद सकिएपछि भने निवेदन हालिसकेपछि झिकिएको एक लाख रकम मात्रै दिन्छु भन्छ।’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले पनि यस घटनाको अनुसन्धानमा निष्कर्षमा नपुगेको बताए।, पीडित प्रहरीको सम्पर्कमा आएपछि आफूहरूले बैंकसँग के-कस्तो भएको हो भनेर पत्राचार गरेको उनले बताए।, पीडितले मोबाइल बैंकिङको लागि कागजात नै नभरेको दाबी गरेको तर बैंकले भने कागजात देखाएको उनको भनाइ छ।, ‘उजुरी आएपछि के-कसो भएको हो। कसरी पैसा निकालियो त्यो विवरण मागेर बैंकलाई पत्राचार गरेका हौं,’ प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने,‘यसमा दुई पक्षबीच कुरा बाझिएको छ। पीडितले मोबाइल बैंकिङ लिएको छैन भनेका छन्। बैंकले मोबाइल बैंकिङको फारम हामीलाई पठाएको छ। यिनै कुराहरू क्लियर गरेर, उनले मोबाइल बैंकिङको फारम भरेका होइनन् भने कसरी निकालियो त भनेर बैंकसँग सोधेका हौं। निष्कर्षमै चाहिँ पुगेका छैनौं।’, मोबाइल बैंकिङको लागि भरेको फारममा कर्मचारीको हस्ताक्षर पनि नचिनिने खालको छ। ती कर्मचारी को हुन् भनेर प्रहरीले सोधिखोजी गर्दा पनि बैंकले देखाउन नसकेको स्रोतको भनाइ छ।, प्रहरीले यसमा चोरी भएको सबै रकम तिर्नु भन्दै बैंकलाई पत्र नै लेखेर पठाएको पीडित भिन्डवारले बताए। तैपनि बैंकले एक लाख १८ हजार मात्रै तिर्ने भन्दै आएको छ।, ‘आज आएर तपाईंले हालेको निवेदनपछि झिकिएको पैसाचाहिँ तिर्छु भन्छ, पहिला निकालेको सात लाख तिर्न मानिरहेको छैन,’ उनले भने, ‘अब म कहाँ जाऔं, के गरौं!’, आफूले १० वर्ष लगाएर कमाएको पैसा बैंकबाटै चोरी भएपछि उनी फेरि मलेसिया जाँदैछन्।, बैंक पैसा फिर्ता दिन तयार भएछ भने केही दिनको लागि उता जाने प्लेनको टिकट पनि स्थगित गर्ने उनको योजना छ।, ‘म केही दिनमै फेरि मलेसिया जाँदैछु। दु:ख गरी कमाएको पैसा यहाँ आएर बैंकमा हेर्दा अरूले नै झिकिरहेको रहेछ। बैंकले पैसा फिर्ता गर्छु भन्यो भने मेरो केही दिन उता कम्पनीमा कुरा गरेरै भए पनि यहाँको बसाइ लम्ब्याउँथें,’ उनले भने।, सेतोपाटीले यो घटनाबारे ग्लोबल आइएमई बैंकका सूचना अधिकारी तथा उपप्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसँग सम्पर्क गर्न खोजेको थियो। तर उनी सम्पर्कमा आउन चाहेनन्।, मलेसियामा पसिना बगाएर कमाएको ८ लाख रुपैयाँ बैंकबाट हराएपछि…
सेतोपाटी संवाददाता ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ सोमबार जिल्ला प्रहरी परिसर ललितपुरबाट हाजिर जमानीमा छुटे।, गत असार १३ गते दिउँसो साढे २ बजे उनी पक्राउ परेका थिए। उनले चलाएको प्रदेश नम्बर ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरमा पेस्तोल भेटिएपछि प्रहरीले उनलाई इमाडोलबाट पक्राउ गरेको थियो। उनीबाट दुई राउन्ड गोली समेत बरामद गरेको थियो। , उनी लुभुकै सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक समेत हुन्। उनी त्यस दिन स्कुटर चढेर लगनखेलको मालपोत कार्यालयमा गएर फर्किरहेका थिए। त्यहीँ प्रहरीलाई आएको फोनको आधारमा प्रहरीले श्यामकृष्णलाई फेला पारी अनुसन्धान अघि बढाएको थियो।, यसको अनुसन्धान परिसरले गरिरहेको थियो। तर यसबारे श्यामकृष्णलाई केही थाहै नभएको बताए। आफूले हतियार राख्नुपर्ने कुनै कारण नै नभएको बरू अरूले नै फसाएको हुनसक्ने उनले बताएका थिए।, उनले चढ्दै आएको स्कुटर पनि सहकारीकै सम्पत्ति हो। उनले उक्त स्कुटर एक वर्षदेखि चलाउँदै आएका थिए।, परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सो स्कुटरको दुइटा चाबी छ। जसमध्ये एउटा उनैले बोक्थे भने अर्को सहकारीका अध्यक्षले। , अनुसन्धान गर्दै जाँदा लुभुका ४३ वर्षीय सहकारीका अध्यक्ष अनिल श्रेष्ठ पनि तानिएको प्रहरी उपरीक्षक शाहले बताए।, 'चाबी एउटा श्यामकृष्ण र अर्को अनिल श्रेष्ठसँग भएको भन्ने खबर पाएपछि हामीले उनीमाथि पनि अनुसन्धान अघि बढायौं,' शाहले भने। प्रहरीले उनलाई पनि पक्राउ गर्‍यो। तर उनले यो घटनाबारे स्वीकार गरेनन्। बरू आफूसँग चाबी नै नभएको भन्दै बसे। , त्यसपछि अर्का व्यक्ति पनि अनुसन्धानको दायरामा आए। उनी सोही सहकारीका निवर्तमान उपाध्यक्ष लुभुका ५० वर्षीय अख्खनदास श्रेष्ठ हुन्।, अख्खनदासमाथि चाबीको बारेमा सोधपुछ गर्दा उनले पनि अनिललाई २५ दिनअगाडि नै चाबी बुझाइसकेको खुलेको प्रहरी उपरीक्षक शाहले बताए। , अनुसन्धान गर्दै जाँदा प्रहरीले थप शंका अनिलमाथि गर्‍यो। जसको श्यामकृष्णसँग पुरानो रिसिइवी थियो। , प्रहरीका अनुसार अनिलले सर्लाही घर भई लुभुमै बस्ने शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएर दोस्रो विवाह गरेका थिए। त्यसरी विवाह गरेपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट गत चैत १७ गते बहुविवाहको मुद्दा दायर गरिएको थियो। श्यामकृष्ण र शिवजी महतो मिल्ने साथी पनि हुन्। , मिल्ने साथी भएकाले श्यामकृष्णले अनिलविरूद्ध अदालतमा साक्षी बकपत्र गरेका थिए। जसकारण अनिल उनीसँग रिसाएका थिए।, त्यस्तै अनिलले आफ्नो र परिवारको नाममा सहकारीबाट दुई करोड ९५ लाख रूपैयाँ ऋण लिएका थिए। त्यसको ब्याज र साँवा तिरेका थिएनन्। अनियमित भएकाले कर्जा चुक्ता गर्न व्यवस्थापक श्यामकृष्णले अनिललाई पटकपटक भनेका थिए। , 'अनिललाई पटकपटक कर्जा रकम तिर्नु भनेकाले श्यामकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठबीच मनमुटाव रहेको देखिन्छ,' उनले भने।  , प्रहरीलाई यसरी हतियार राखेको छ भनेर केही समयअघि पनि सूचना आएको थियो। जेठ २५ गते अनिल आफैंले श्यामकृष्ण चढेको स्कुटरमा पेस्तोल र गोली छ भन्ने सूचना दिएका थिए। उनले त्यति बेला कन्ट्रोल रूममा फोन गरेर जानकारी गराएका थिए। , 'त्यस दिन सूचनाको आधारमा कन्ट्रोलमार्फत पक्राउ गर्न प्रहरी पनि परिचालन भयो। तर ललितपुरको प्रहरीले त्यो स्कुटर फेला पारेन,' प्रहरी उपरीक्षक शाहले भने। , श्यामकृष्ण त्यस दिन फेला नपरेपछि अनिल त्यही दिन सहकारी पुगेका थिए। त्यस दिन दिउँसो ३:४८ बजे उनी सहकारी पुगेको देखिन्छ। कुनै कामै नभई उनी पार्किङ गरिरहेको ठाउँमा पुगेर उक्त स्कुटरबाट हतियार निकालेको सिसिटिभी फुटेजमा देखिएको परिसरले जनाएको छ। , असार १३ गते पनि श्यामकृष्ण मालपोत कार्यालय जान भनेर हिँडेका थिए। त्यसपछि उनले परिसरका प्रहरीलाई फोन गरी श्यामकृष्णको स्कुटरमा हतियार छ भनेर सूचना दिएको अनुसन्धानबाट देखिएको छ।  , सूचना दिएर पनि उनी आफैंले पनि श्यामकृष्णलाई पिछा गरे। पिछा गरेर उनले २५ पटकसम्म प्रहरीलाई फोन गरेर लगातार ठाउँबारे जानकारी दिइरहेको प्रहरी उपरीक्षक शाहले बताए।, अनिलसँग पनि चाबी भएको र गतिविधिले गर्दा पनि स्कुटरको डिकी खोलेर उनैले पेस्तोल र गोली राखेको हुनसक्ने आधार बलियो भएको प्रहरीको भनाइ छ। प्रहरीले अहिले अख्खनदासलाई पनि नियन्त्रणमै राखेको छ। उनीमाथि पनि थप अनुसन्धान गर्न बाँकी रहेको भन्दै परिसरले हिरासतमै राखेको हो। , 'अनुसन्धानको क्रममा विभिन्न तथ्यहरू खुल्न आएको हुँदा पूर्व रिसिइवी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असर समेतको कारण श्यामकृष्णलाई फसाउन अभियुक्त अनिलले आपराधिक षड्यन्त्र गरेको देखिन आयो,' शाहले भने। , प्रहरीले दुई जनालाई पक्राउ गरेर श्यामकृष्णलाई भने हाजिर जमानीमा छाडेको छ।, पक्राउ परेका अन्य दुई जनामाथि हातहतियार तथा खरखजाना, आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत ललितपुरबाट हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। , यसमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।, यो पनि: ,ललितपुरको इमाडोलबाट पेस्तोलसहित एक जना पक्राउ, लुभुको एक सहकारीका अध्यक्ष जसले आफ्नै व्यवस्थापकलाई फसाउन स्कुटरमा हतियार राखे
रासस बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। , यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको महानगरले जनाएको छ।  , सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै महानगरलाई केही दिन गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागेको हो।, बिहीबारदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने महानगरका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।, बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए।, महानगरले बुधबार एक सूचना जारी गर्दै सोही अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोर सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ।, हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबभन्दा बढी काठमाडौं महनगरको ५०० मेट्रिक टन फोहर निस्किन्छ। निजी र महानगरको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन्।, आगामी एक साता फोहोर व्यवस्थापन प्रभावित, घरमै राख्न महानगरको आग्रह
रासस मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।, नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ किलो ३८१ ग्रा गाँजा बरामद गरिएको हो। , प्रहरीका अनुसार अटोरिक्सा चालक फरार छन्।, विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।, फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ। , अटोरिक्साबाट ३३५ किलो गाँजा बरामद
रासस गोरखामा गाडीको ठक्करबाट सोमबार एक युवतीको मृत्यु भएको छ। अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नम्बरको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र३–०३ पा ४८१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएको हो।, मोटरसाइकल पछाडि सवार मेलिना गम्भीर घाइते भएकी थिइन्। उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए।, दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन्।  गाडीका चालक सिरानचोक गाउँपालिका–५, छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, गाडीको ठक्करबाट युवतीको मृत्यु
सेतोपाटी संवाददाता आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। , मंगलबार बिहान पनि प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, काठमाडौंमा पनि आज दिनभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।, काठमाडौं उपत्यकामा आज छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्‍ले जानकारी दिएका छन्।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। , महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। , यस्तै भोलि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।, बिहिबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।, यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आजदेखि तीनदिनसम्म वर्षा हुने
सेतोपाटी संवाददाता समानता फाउन्डेशनका फेलोहरूले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै कर्णाली प्रदेशका एक विद्यार्थीलाई उच्च शिक्षाको लागि फेलोशिप दिनको लागि कला तथा शिल्प प्रदर्शनी गर्ने भएका छन्।, समानता फेलोहरूले साउन ७ गते उनीहरूकै परिकल्पना र नेतृत्वमा सिर्जनात्मक सीप र ज्ञान प्रयोग गरी  तयार पारेका कला तथा शिल्पका विभिन्न सामग्री प्रदर्शनी तथा बिक्री गर्नेछन्। , प्रदर्शनी विजय मेमोरियल स्कुल डिल्लीबजारमा विहान १० बजेदेखि ५ बजेसम्म हुनेछ। जसबाट संकलन गरिएको रकमले सन् २०२३ मा एक जना वा त्योभन्दा बढीलाई फेलोलाई फेलोशिप दिने लक्ष्य राखेका छन्। , केही कलाकारहरूले आफ्नो केही कलाका सामाग्रीहरु प्रदर्शनीको लागि दिएर सहयोग गरेका छन्। , प्रदर्शनीको दिन क्विलिङ आर्ट, बोतल आर्ट, पेन्टिङ, स्केच, पोर्ट्रेट, स्टोन आर्ट, मण्डला आर्ट र अन्य धेरै कलाका सामग्रीहरू प्रदर्शन हुनेछन्। , दर्शनीका मुख्य दिनबाहेक विभिन्न कलेजका स्टलहरूमा पनि  प्रदर्शनी गरिने छ। प्रदर्शनीको मुख्य उद्देश्य “एक थप फेलो“ हो र यो पूर्ण रूपमा समानताका फेलोले संचालन गर्ने समानताको चौथो कोहोर्ट फेलो सुरज पराजुलीले बताए।   , सन् २०१७ मा फेलोहरुले तराईका बाढी पीडितहरूको लागि यस्तै प्रदर्शनी आयोजना गरेर ५१ हजार जम्मा गर्न सक्षम भएका थिए। , समानता फाउन्डेशन उच्च शिक्षा र परोपकार क्षेत्रमा काम गर्ने गैरनाफामुखी संस्था हो। सामुदायीक विद्यालयबाट एसईई उतिर्ण क्षमतावान र कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै समानता र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य लिई स्थापना गरिएको फाउन्डेशनले विगत १० वर्षदेखि ७६ जना विद्यार्थीहरुलाई उच्च शिक्षा र उनीहरुको चौतर्फी विकासको लागि फेलोशिप प्रदान गर्दै आइरहेको छ।  , समानता संस्थाको बृहत फेलोशिपले ट्यूशन शुल्क, आवास, यातायात, ल्याब र परीक्षा शुल्क, आदिको लागि खर्चहरू कभर गर्दछ।, उच्च शिक्षामा सफलता केवल कक्षाकोठामा निर्भर हुँदैन भन्ने कुरालाई मान्यता दिँदै फेलोशिपले फेलोहरुको को शैक्षिक अनुभवलाई समृद्ध बनाउन अतिरिक्त क्रियाकलापहरु, कार्यशाला, तालिम, अंग्रेजी तथा कम्प्युटर सीप र नेटवर्किङ अवसरहरू प्रदान गर्दछ।, समानता फाउन्डेशनका फेलोले कला र शिल्प प्रदर्शनी गर्ने
रासस अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय टंक खनाल छन्। , बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए।, गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।, बाँदर धपाउने क्रममा एक जनाको मृत्यु
रासस कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ।, असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ।, असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन्।, आइतबार र सोमबार सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ। सङ्क्रमण असार अन्तिमदेखि उकालो लाग्न थालेको हो।, असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ। शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ।, पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेका छन्। शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ।, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन्।, ‘भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ। भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्’, उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ। ती मानिसले नै सङ्क्रमण सारिरहेका छन्।’, उनकाअनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो। मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ।, नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको सङ्क्रमित भेटिएको छ।, उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए। महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए।, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछिन्।, उनकाअनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए। अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ। तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन्।, अस्पतालमा साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो। अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको उनको भनाइ छ।, यसकारण फेरि उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ
सेतोपाटी संवाददाता काठमाडौंको सिको गर्दै पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ। , पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा आवेदन दिन आग्रह गरेको छ ।, सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको महानगरले जानकारी दिएको छ।, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालका अनुसार सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको हो। , सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ ।, पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ। , यसअघि काठमाडौं महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका तीन दर्जन बढी संघसंस्थासँग सम्झौता गरेर प्रयोगमा ल्याइसकेको छ। , सम्झौता आगामी पाँच वर्षका लागि गरिएको हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्थापन सम्बन्धीत संस्थाले नै गर्नुपर्नेछ।, हेर्नुहोस् पोखरा महानगरले निकालेको सूचना, काठमाडौंको सिको गर्दै पोखरा महानगरले पनि निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने
रासस मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन्। १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ।, मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन्। साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितीयाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ।  शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता)को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ। पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ।, पर्व अवधिमा प्रत्येक दिन सूर्यास्त हुनपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना फूल खोज्ने विधिका लागि निस्कँदा सामान्य बटुवा पनि टक्क अडिएर गीतको भावमा डुब्छन्। ‘भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको पर्वको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ’, जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टिका मैथिली लोक परम्पराका ज्ञाता ८० वर्षीय कृष्णचन्द्र झा  भन्छन्, ‘गीतका शब्द र भावले  शिष्टता नाघेको भान हुँदैन।’ गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने सलल बगेको भाव अत्यन्त कर्णप्रिय लाग्ने उनको भनाइ छ।, आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द गीतमा हुँदैनन्। वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ। वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन्। यस्तो बेला नवविवाहिता जोडिबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन्। यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ। , पर्वमा नवविवाहिता मिथिलानी यौवनाको  सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन्। ‘बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला?’ ८२ वर्षीय साहित्यकार महेश्वर राय भन्छन्, ‘यो कुराको अनुमानले मात्र पनि जो–कसैलाइ रोमाञ्चित बनाउँछ।’, पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ। पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग नै बनेको मिथिलानी बताउँछन्। पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको पूजा आराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन्। यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मंगला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन्। , पातमाबाट पाँच नागकन्याको जन्म भएको कथा प्रचलित छ। तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृतान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शंका बढेपछि पिछा गरेकी कथा छ। एक दिन छोरीहरूसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसंग छ।, पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुुरु भएको लौकिक जनविश्वास छ। देवी गौरी दाम्पत्य जीवन सुखद् बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभिष्ठका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झाको भनाइ छ।, पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन्। प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन  मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसंग छ। शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ।,  , बर्तालुले साउन कृष्ण चौथी (चतुर्थी)का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन्। व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ। सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको दैनिक तालिका हो। बर्तालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन्। पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ।  , माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रतअवधिको खाद्यान्न, वस्त्रपरिधान, बर्तालुका शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पुर्‍याइनुपर्ने चलन छ। माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन)मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ। कूलदेवताको स्मरण गरेर सुरु गरिएको पूजा आराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ महिला सदस्यबाट बर्तालुले आशीर्वाद लिने गर्छन्।, पर्व १३औँ दिन समापन गरिन्छ। समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ। यसअघि १२औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुुलाई ‘टेमी’ दिने गरिन्छ। दियोमा बालिने बत्तीको लप्कोले बर्तालुुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई  ‘टेमी’ भन्ने गरिएको हो। ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ। , पछिल्लो कालमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिस्कृत गरिनुपर्ने आवश्यकता औँल्याएका छन्। पर्वमा बर्तालुुलाई बलेको बत्तीको लप्काले डाम्न सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ। मिथिलामा पछिल्ला केही वर्षयता यो चलनमा आउन थालेको छ।, विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन्। पर्वको अभिष्ठ नै प्रेमसम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल (मिथिलाका बासिन्दा) एकमत देखिन्छन्।, मिथिलामा मधुश्रावणीको रौनक
रासस कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बहुमुखी क्याम्पस नजिक बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना ६ ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो।, घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो। बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।, बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
रासस कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो।, ‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो। एक हप्तादेखि स्वास्थ्यचौकी बन्द छ। उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ’, स्थानीय रामबहादुर बटालाले गुनासो गरे।, उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएकी हुन्। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए।, ‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ। करार कर्मचारी हटाइएको छ’, उनले भने, ‘यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो।’, उनले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएको भनाइ छ। ‘अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ’, उनले भने, ‘ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ।’, स्टेचरमा नै नवजात शिशुको जन्म...
रासस चितवनमा गत आर्थिक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण देखिएको हो।, स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यो संख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेंगी देखिएको थियो।, एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्दछ। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगीका सुरूआती लक्षण हुन्।, एक प्रकारको विषाणुबाट डेंगी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगी घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिए।, डेंगी ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेंगी लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ।, यस्तै, जिल्लामा गत आवमा २६८ मा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ।, तीन हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रब टाइफसको देखिएको हो। आव २०७७/७८ मा दुई हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रब टाइफस देखिएको थियो।, स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ। स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।, यस रोगबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताए।,  , चितवनमा एक वर्षमा २१३ जनामा डेंगीको संक्रमण
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, सुनकोशी गाउँपालिका-५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेललाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, उनले सुस्त मनस्थिति भएकी बालिकामाथि बलात्कार गरेको आरोप छ।, आइतबार साँझ साढे ७ बजे १२ वर्षीया ती बालिकालाई भुजेलले पधेरो टोलस्थित कच्ची बाटोमा बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो। , जाहेरी परेको आधारमा भुजेललाई सोमबार पक्राउ गरेको हो। , उनीमाथि बलात्कारको मुद्दामा अनुसन्धान अघि बढाएको छ। , सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ। , १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
एजेन्सी केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ।, द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम ४० डिग्री सेल्सियस पुगेर उक्त रेकर्ड तोडिने अनुमान गरिएको छ।, जलवायु परिवर्तनको असरका कारण युरोपले योभन्दा भयावह स्थितिको सामना गर्नुपर्ने मौसमविद्हरू बताउँछन्।, नेदरल्यान्डको तापक्रम ३५ डिग्री सेल्सियस मापन हुँदा छिमेकी बेल्जियमको तापक्रम ४० डिग्री सेल्सियस माथि पुग्ने अनुमान छ।, सोमबारमात्रै फ्रान्सका विभिन्न सहरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको थियो। फ्रान्सको ब्रिटेनीको तापक्रम ३९.३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम सन् २००२ यताकै उच्च रहेको गार्डियनले जनाएको छ।, फ्रान्सकै सेन्ट ब्रियुकले पनि ३९.५ डिग्री सेल्सियस तापक्रम व्यहोरको छ। फ्रान्सकै पश्चिमी सहर नेन्ट्सको तापक्रम ४२ डिग्री पुगेको छ। यसअघि सन् १९४९ मा यहाँको तापक्रम ४०.३ डिग्री मापन भएको थियो।, उच्च तापक्रमका कारण फ्रान्सका विभिन्न स्थानमा डढेलो लागिरहेको छ। त्यसलाई निभाउनका निम्ति १५ सय अग्निनियन्त्रक परिचालन भएका छन्। मंगलबार सार्वजनिक भएको तथ्यांकअनुसार डढेलोले १४ हजार हेक्टर जंगलमा क्षति पुर्‍याएको छ। अग्नि नियन्त्रक डेभिड ब्रुनर भन्छन्, ‘म अग्नि नियन्त्रकको रूपमा ३० वर्षदेखि काम गरिरहेको छु। यस्तो भीषण आगलागीको सामना अहिलेसम्म गर्नुपरेको थिएन। तत्कालै रोकिने यसको छाँट छैन।’, गर्मीयामको पर्यटकीय क्षेत्र डुनमा ९ किलोमिटर लम्बाइ र ९ किलोमिटर बराबरकै चौडाइमा डढेलो फैलिएको छ। आवासीय क्षेत्रमा धुँवाको बाक्लो मुस्लोका कारण बस्ने स्थिति छैन। त्यस क्षेत्रबाट आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको यस सहरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।, त्यहाँबाट उद्धार गरिएका २६ वर्षीय थिओ डायन भन्छन्,‘हामी जलवायु परिवर्तनका कारण शरणार्थी बन्न पुग्यौं। घर छोडेर सुरक्षित भनिएको स्थानमा आइपुगेका छौं। यो स्थान पनि कहिलेसम्म सुरक्षित हुने हो कुनै निश्चित छैन।’, बढ्दो तापक्रम र डढेलोको असरबाट बचाउन स्थानीय र पर्यटक गरी करिब ३२ हजार मानिसलाई आपतकालीन शिविरमा स्थानान्तरण गरिएको गार्डियनले उल्लेख गरेको छ। उद्धार तथा राहतका निम्ति विभिन्न १५ वटा विभागलाई उच्च सतर्कतामा राखिएको छ।, युरोप महाद्वीपको उत्तर-पश्चिमी क्षेत्रमा हालैको साताभित्रै दोस्रो पटक उच्च गर्मीको सामना गर्नुपरेको हो। युरोपियन कमिसनका अनुसन्धानकर्ताहरूले उच्च तापक्रमका कारण युरोपको ४६ प्रतिशत भूभागले खडेरीको सामना गर्नुपर्ने बताएका छन्।, आइरल्याण्डले पनि सन् १८८७ यताकै उच्च गर्मीको सामना गरेको छ। डब्लिन सहरमा मापन भएको ३३ डिग्री सेल्सियस तापक्रम अहिलेसम्मकै उच्च हो।, स्पेनको पनि ७५ हजार एकर्ड भूभाग डढेलोको चपेटमा परेको छ। स्पेनको दक्षिण-पश्चिम क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा अग्नि नियन्त्रक ग्युलोन भाराले ज्यान गुमाए। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भनेका छन्,‘अझै केही साता हामीले जलवायु परिवर्तनको संकटको सामना गर्नुपर्ने हुन्छ। यसले मानिसलाई मात्रै होइन जैविक विविधतालाई पनि असर पुर्‍याइरहेको छ। मैले प्रस्टसँगै भन्नैपर्छ यसले अझै क्षति पुर्‍याउनेछ।’, स्पेनको छिमेकी मुलुक पोर्चुगलमा पनि गत साता मात्रै ४७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। त्यहाँ पनि डढेलोको कारण १५ हजार हेक्टर जमिनमा क्षति पुगेको छ भने दुई जनाको मृत्यु र ६० जना घाइते भएका छन्।, पोर्चुगलको तापक्रम केही कम भए पनि डढेलोले अझै आक्रान्त हुने सम्भावना रहेको त्यहाँको मौसम विज्ञान संस्थाले बताएको छ। डढेलो निभाउनका निम्ति १ हजार अग्निनियन्त्रक र २८५ वारूण यन्त्र र १४ हवाइजहाज तैनाथ रहेका छन्।, गर्मी र डढेलोको भुंग्रोमा युरोप, नयाँ रेकर्डतिर बेलायतको तापक्रम
रासस पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सकले सेवा दिन थालेका छन्।, दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।, पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनीहरू छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ। , अस्पताल स्थापना भएको वि.सं २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन्।, जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए। अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन् भने अस्पताल प्रमुख डा दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन्।, अस्पतालमा गर्भवतीको शल्यक्रिया गरेर प्रसूति गराउने व्यवस्था रहिआएको छ भने अन्य शल्यक्रिया सेवा पनि थप गरिने अस्पताल प्रमुख डा श्रेष्ठले जानकारी दिए। अहिले सामान्य अवस्थाका बिरामीले धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ।, यसबीच जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा फेरि  सुरूआत भएको छ। मेसिन बिग्रेर बन्द रहेको थाइराइड जाँच सेवा मेसिन मर्मतपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ। थाइराइड जाँचका लागि रु ३०० देखि ७०० सम्म खर्च हुने बताइएको छ।, शरीरमा थाइराइड कम भएमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाको महिनावारी अनियमित हुनेलगायतका लक्षण देखापर्ने चिकित्सकले जनाएका छन्।, पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक
रासस उत्तरी धादिङको गंगाजमूना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, उनीहरूले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन्।    , रकम लिएपछि उनीहरूले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए। करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैंले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत् मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए।   , प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर संकलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन्। , कर कार्यालयको कर्मचारी भनेर रकम उठाएको आरोपमा दुई पक्राउ
रासस कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ।, वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो।, दुई दिन लगाएर करिब पाँच सय मिटर कुलो खनेपछि गाउँमा पानी ल्याउन सफल भएको उनले बताए। , ‘सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खंदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौं’,वडाध्यक्ष थारुले भने, ‘कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरेँ र पेडारीवासीले साथ पनि दिए।’, वर्षा नभएका कारण गाउँमा रोपाइँ हुनसकेको छैन भने भएको रोपाइँ पनि सुक्न थालेको छ। श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर–पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ। , सिक्टा सिँचाइको पश्चिमी नहरअन्तर्गत बैजनाथसम्म पानी पुगे पनि सहायक नहर नबनेका कारण किसानको खेतबारीमा पानी पुर्‍याउन कठिन हुँदै आएको थियो।, श्रमदानबाट कुलो खनेर गाउँमा पानी पुगेपछि पेडारी गाउँका किसानलाई खेतमा बाली लगाउन अब आकाशको भर पन नपरेको स्थानीयवासी सुदिप लामिछानेले बताए।, बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत अझै बाझै छन्। पानी पर्ने आशमा जेनतेन रोपाइँ गरेका किसान पनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन्।, आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए।, उनका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका कयौं स्थानको रोपाइँ हुन सकेको छैन भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली पनि सुक्न थालेको छ।, असारको दोस्रो साता पहिलो पटक परेको पानी र सिँचाइ सुविधा पुगेका केही स्थानमा धान रोपाइँ गरे पनि आकाशे पानीकोभर पर्ने किसानको खेत बाँझै रहेको उनको भनाइ थियो। ,  , श्रमदानबाटै पूरा भयो सिँचाइको सपना
सेतोपाटी संवाददाता मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्।, उनीहरूले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्। मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्यधिक गर्मी हुनु स्वभाविक रहेको बताइन्।, मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाई छ। उनले मनसुन न्यून चापीय रेखा एक-दुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरू हुनासाथ गर्मी हटेर जाने बताइन्।, ‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मी अनुभव गरिएको छ, यो मनसुनमा अलिकति वर्षा नहुने वित्तिकै गर्मीको अनुभव हुन्छ। यो दुई वटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ’, उनले भनिन्, ‘वर्षा हुने वित्तिकै शितल हुने, पानी नपर्ने लामै समय भएकाले गर्मी बढेकै हो, वर्षाको क्रमसँगै विस्तारै शितल अनुभव गर्नसक्छौं।’, ‘यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदा हाम्रोतिर मनसुन ट्रफ आउँछ । मनसुन न्यूनचापिय रेखा यो माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा देखिन्छ,’ उनले अगाडि भनिन्।, उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने जानकारी दिइन्। हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको भन्दै उनले मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताइन्।, उनले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताइन्।, ‘हाल देशभरको मनसुन ट्रफ नर्मल पोजिशनमा छ। त्यसले नेपालमा अलिकति ब्रेक जस्तो स्थिति देखिएको थियो। अब यो एक, दुई दिनमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना छ। त्यो सँगै देशभरि फेरि पानी पर्ने सम्भावना रहन्छ’, उनले भनिन्, ‘मनसुन भन्ने बित्तिकै फेरि सबै दिनमा वर्षा हुन्छ भन्ने हुँदैन। एक्टिभ फेज हुन्छ अनि ब्रेक फेज हुन्छ।’, मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन्। त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन्।, ‘अहिलेसम्मको स्थितिमा मधेस प्रदेश, प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशमा सरदरभन्दा बढी नै वर्षा देखिएको छ। लुम्बिनी प्रदेशको बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ,’ उनले भनिन्।, उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गरिन्।, मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद् पोखरेल
रासस पर्साको  वीरगन्ज  महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।, प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रक रोकेर जाँच गर्दा चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा दुई क्विन्टल ५० किलो गाँजा बरामद गरेको गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।, पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए।, दुई क्विन्टलभन्दा धेरै गाँजासहित तीन भारतीय नागरिक पक्राउ
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छन्।, आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका कारण यसमा विशेष ध्यान दिनुपर्ने बताएकी हुन्। , रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने बताएकी हुन्।, ‘स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ,’ उनले भनिन्, ‘स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित गरेको छ। संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ।’,  , स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी
रासस काठमाडौं उपत्यका ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारीसाधनलाई कारबाही गरेको छ। , उक्त सवारी साधानलाई कारबाहीस्वरूप जरिवाना गर्दा एक लाख ५० हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।, सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य गालीगलौच, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र साहित्यलगायतका लेख हटाउन थालिएको हो। , अगाडिका सवारी साधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अन्य सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले यस्ता लेख हटाउन अभियानकैरूपमा लागेको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। , सवारी साधनमा समाजमा पच्न नसक्ने तथा विभिन्न वर्ग, समुदायलाई असर पर्ने लेख र दुईअर्थी शब्द देखिने गरेकाले अभियानमार्फत हटाउन थालेको उनले बताए। उक्त अभियानले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।, यस किसिमका साहित्य लेखिएका सवारी साधनलाई रोकेर स्टिकर भए उप्काएर हटाउने र लेखिएको भए मेट्ने कार्यद  गरिएको छ । , त्यसैगरी ट्राफिक प्रहरीले सवारी साधनका सिसामा कालो प्लाष्टिक टाँस्ने गरेको पाइएकाले त्यस्ता कार्यलाई समेत बन्देज लगाएको छ। सवारी साधनमा कालो स्टिकर टाँस्दा भित्र के भइरहेको छ भन्ने देख्न नसकिने भएकाले हटाउन लगाइएको प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिए। , ‘अश्लिल साहित्य’ लेख्‍ने ३५० सवारीसाधन कारबाहीमा
सेतोपाटी संवाददाता कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोप लागेपछि गठित छानबिन समितिले यसमा प्रहरीको संलग्नता नभएको निष्कर्ष निकालेको छ। , काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक दिलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिले पाँचथर तुम्बेया गाउँपालिका-५ घर भई कपन बस्ने ४२ को शिव लिम्बूलाई प्रहरीले नफसाएको निष्कर्ष निकालेको हो। , कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हुन्।, लिम्बू गत असार २३ गते साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका-७ चाबहिलको शान्ति गोरेटो जाने सडकमा रहेको एक खाजा घरबाट पक्राउ परेका थिए। उनको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिटमुनि रातो रङको झोलाभित्र कस्तुरीको बिनाजस्तो देखिने सामान बरामद भएको थियो। लिम्बूलाई पक्राउ गरेको केही दिनपछि घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको थियो। , सो फुटेजको आधारमा लिम्बूको परिवारले प्रहरीले नै फसाएको आरोप लगाएका थिए। त्यसपछि प्रहरीले छानबिन समिति गठन गरेको थियो। प्रहरीले यस घटनामा विशेषगरी दुई जनाको संलग्नता देखाएको छ। उनीहरू गुल्मी घर हुने ५२ वर्षीय नारायण कार्की भन्ने कृष्ण श्रेष्ठ र पाँचथरका आदम भन्ने सुभाष राई हुन्। , प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यस्तै आदम भने फरार छन्। , प्रहरी उपरीक्षक राठौरका अनुसार मोटरसाइकलमा कस्तुरीको बिनाजस्तो देखिएको वस्तु राख्ने काम श्रेष्ठले गरेका थिए। यसका मुख्य योजनाकार भने आदम हुन्। छानबिन समितिले गरेको अनुसन्धानमा लिम्बूलाई फसाउनुको कारण उनीहरूबीचको जग्गा कारोबारको विवाद देखिन्छ। , गत वैशाखमा आदमले मापसे गरी लिम्बूलाई फोन गरी तथानाम गाली गरेका थिए। उनले फोनमा 'तेरो घरमा आई सिध्याइदिन्छु' समेत भनेर धम्क्याएका थिए। सोही विषयलाई लिएर ३/४ दिनपछि कपनको स्नुकर हाउसमा लिम्बूले आदमलाई पिटेका थिए। , कुटेको रिसमा आदमले श्रेष्ठसँग मिलेर योजना बनाए। उनीहरू तीनै जनाले एकअर्कालाई चिन्ने गरेको प्रहरी उपरीक्षक राठौरले बताए। , 'उनीहरू तीनै जनाले एकअर्कालाई चिन्छन्। पछि रिसमा दुई जनाले योजना बनाए,' उनले भने।, उनीहरूले लिम्बूलाई फसाउन निरन्तर निगरानी गरेर गत असार २३ गते उनको मोटरसाइकलको सिटमुनि कस्तुरीको बिनाजस्तो सामान राखिदिए। श्रेष्ठलाई सामान सिटमुनि राख्न लगाएपछि प्रहरीलाई खबर गरिएको थियो।, लिम्बूले पनि आदमसँग झगडा भएको हुँदा उनैले आफूलाई फसाएको भनेर बयान दिएका छन्। यता श्रेष्ठले पनि आदमकै निर्देशनमा कस्तुरीको बिनाजस्तो देखिने वस्तु राखेको बयान दिए। , 'प्रहरीलाई सूचना प्राप्त भएपछि कानुन सम्मत रूपमा प्रहरी कारबाही गर्नु पर्ने दायित्व अन्तर्गत प्रहरी कारबाही भएकोमा उक्त घटनामा प्रहरीको भने कुनै बदनियत र शंकास्पद भूमिका देखिएन,' प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। , यस्तै कस्तुरीको बिना भनिएको वस्तु पनि नक्कली रहेको खुलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट त्यो वस्तु नक्कली भएको खुलेको हो। , प्रहरीले यस घटनामा पक्राउ परेका लिम्बूलाई थप अनुसन्धान गर्न वन डिभिजन कार्यालय हात्तिसार पठाएको थियो। यता कृष्ण श्रेष्ठमाथि भने अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। , फरार रहेका आदमको भने प्रहरीले खोजी गरिरहेको छ।, कस्तुरीको बिना राखेर फसाएको घटनाबारे अनुसन्धान समितिले भन्यो- प्रहरीको संलग्नता देखिएन
रासस भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।, मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार सुरज गुरुङको मृत्यु भएको हो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ३३ वर्षीय सुरजको घर तनहुँको व्यास नगरपालिका–१२ हो।, ठक्कर दिने कार र चालक वडा सदस्य राजकुमार प्रहरीको नियन्त्रणमा छन्। वडा सदस्य राजकुमारले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।, पक्राउ परेका राजकुमार यसपालिको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएका हुन्।, वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु
सेतोपाटी संवाददाता चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ।, ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।, बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी माइक्रोबायोलोजी, भेटेरिनरी सर्जरी, फरेष्टी र फरेष्टी म्यानेजमेन्ट गरी कूल ९ सहप्राध्यापक माग भएको छ।, यस्तै सेवा आयोगले आन्तरिकतर्फ पनि सहप्राध्यापक माग गरेको छ। आन्तरिकतर्फ १५ जना माग गर्दै विज्ञापन खुला भएको छ।, परीक्षासम्बन्धी थप जानकारी विश्वविद्यालयको वेबसाइट, www.afu.edu.np, मा प्रकाशन गरिएको छ।, कृषि तथा वन विश्वविद्यालयले माग्यो सहप्राध्यापक
सेतोपाटी संवाददाता राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ। , आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएर चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको हो। , आयोगका उपसचिव मेघराज शर्माका अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा  शुल्क वृद्धि गरेको हो।, अब स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस पढ्न उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ हजार ९५ हजार ७२० शुल्क तोकिएको छ। , त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ।, यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क ७ लाख ७७ हजार तोकिएको छ।   , स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको ७ लाख ५७ हजार ८३० तोकिएको छ। , स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको ३ लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।, हेर्नुहोस् कसको शुल्क कति?, एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क बढ्यो, के पढ्न कति लाग्छ खर्च?
सेतोपाटी संवाददाता सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। , मनसुनको न्युन चापीय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। , यस्तै आज राति सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, बुधबार देशका पहाडी भू–भागका धेरै स्थान र अन्य भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।, काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा, भोलिदेखि पश्चिम क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना
सेतोपाटी संवाददाता बाजुरामा आज बिहान भूकम्पको धक्का महशुस भएको छ।, सोमबार बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बम्हाटोल केन्द्र रहेर भूकम्प गएको हो।, केन्द्रले दिएको जानकारीअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, यसअघि दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।, बाजुरामा भूकम्प
रासस काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ। , उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन्। उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ। यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ। , ‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुंगामा ‘भेइकल  स्क्यानिङ मेसिन’  राख्नु जरुरी  छ। प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने?,’ नगरप्रमुख घनश्याम गिरीले भने।, उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ। यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ। मेसिनको करिब रू दुई करोड ५० लाख पर्ने जनाइएको छ। , गिरीका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले  उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ। नगरप्रमुख गिरीले भने, ‘यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन। यसबाट समग्र उपत्यकाको सबै पालिका एवं संघीय सरकारलाई समेत फाइदा पुर्‍याउँछ। यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ।  सम्भव भए नगरपालिका आफैंले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छाै।’,  , ‘काठमाडौँ उपत्यका मेयर फोरम’ ब्युँतिदै, उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ। पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो। यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ। फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए।, ‘उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ । बैठक राख्न मैले समन्वय गरिराखेको छु। छिट्टै फोरमको बैठक हुन्छ। त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु’, उनले भने।, काठमाडौं महानगरपालिकाले नागढुंगामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ। शनिबार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भने, ‘नागढुंगामा भेइकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसावको प्रस्तावमा म सकारात्मक छु। मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौं। सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौं’, उनले भने। , कलंकी–नागढुंगा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’ राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ। नगरपालिकाले कुहिने र नकुहिने फोहर संकलनका लागि नगरवासीलाई झोला वितरणको तयारीसमेत गरेको चद्रागिरि नगरप्रमुख गिरीले बताए।, नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलंकी–नागढुंगा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो। यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो। नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ। , ‘पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो। यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ’, उनले भने।, पहिलोपटक नागढुंगामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै
एजेन्सी अमेरिकाको इन्डियाना राज्यस्थित एक मलमा राइफल बोकेका अज्ञात व्यक्तिले फूड कोर्टमा गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै थप २ जना घाइते भएका छन्।, आइतबार साँझ ग्रीनवुड पार्क मलमा राइफल र म्यागजिनहरू लिएर प्रवेश गरेका करिब २२ वर्षका ती व्यक्तिले फूड कोर्टमा गोली चलाउँदा घटना भएको ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले जानकारी दिएका छन्।, समाचार संस्था एपीका अनुसार गोली लागेका मध्ये चार जना महिला र एक जना पुरूष रहेको ग्रीनवुड पुलिस विभागका प्रमुख जिम इसनले बताएका छन्। , घाइते दुईमध्ये एक १२ वर्षीया बालिका रहेको र दुवैको अवस्था स्थिर रहेको उनले जानकारी दिए।, प्रहरीले फूड कोर्ट नजिकैको बाथरूमबाट एक शंकास्पद झोला बरामद गरेको छ।, आक्रमणबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। , यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो।, अमेरिकाको इन्डियाना मलमा गोली चल्दा ३ जनाको मृत्यु
सेतोपाटी संवाददाता साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ।, आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।, काठमाडौंको पशुपति नाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ।, साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ। सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ।, यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन्। पहिलोपटक व्रत लिनेहरुले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ। हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ।, सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार आजबाट शुरु भएको छ। सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना हो।, पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन्। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।, साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिष शास्त्रानुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ।, यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ। साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ।, आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ।, आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
नवीनबाबु गुरूङ साउन महिनाको पहिलो सोमबार आज पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।, पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु सुन्दरीजलबाट खाली खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउन आएका छन्।, साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।, साउने सोमबारका व्रतालु महिलाहरुको पनि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो छ ।, हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।, आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ।, हेर्नुहोस् केही तस्बिरहरू,  , तस्बिरमा हेर्नुहोस् साउनको पहिलो सोमबार पशुपति दर्शन
नरेन्द्रसिंह कार्की/रासस दार्चुलाको अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउँछन्।, पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन्। घरमा दुई बुढाबूढी छन्। आयस्रोतका रूपमा यार्सागुम्बा मात्रै हो। खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन्।, ‘एक महिना यार्सागुम्बा गरेर झण्डै रु चार लाख कमाइ भयो’, उनले भने, ‘जंगलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्‍यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ।’ ,     , यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदूरी गर्न जाने कोही हुँदैनन्।, यार्सागुम्बाको समयमा महिला, पुरूष, स्कुले बालबालिका यार्सागुम्बा संकलनमा लेकतिर जाने गर्छन्। दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा संकलनमा समेत असर पर्‍यो।, यस वर्ष यार्सागुम्बा वैशाखमै संकलन भयो। संकलन गरेकाहरूले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन्। , अपि हिमाल–१ का ललित जाग्रीले भने, ‘एक महिना मेहनत गर्‍यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्‍यो ? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन्।’, यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँ-गाउँमा व्यापारी पुगेका छन्। व्यापारी आफैं घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन्।, यस वर्ष व्यापारीले प्रतितोला रु १५ हजारदेखि रु १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन्।, विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन्। यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ। स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा संकलनको काम भइरहेको बताउँछन्।, जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउँछन्। , यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व संकलन, अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ। दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो। एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवन लगायतका वनमा यार्सागुम्बा संकलन भएको हो।, जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपुर्जी जारी भएको छ।, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो रु ३० हजारका दरले कूल दुई करोड १६ लाख ६० हजार राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए। , अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व संकलन गर्ने गरेको छ।, दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा संकलन र निकासी घटेको थियो। यार्सागुम्बा संकलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ।, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६६९ किलो, २०७४/७५ मा ७६४ किलो, २०७५/७६ मा ५४५ किलो, २०७६/७७ मा ३२७ किलो र २०७७/७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो। , एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो
रासस कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर मुक्तकमैयाका शिविरका ३२ वर्षीय लालबहादुर डगौराले महेन्द्रनगरमा मिस्त्री काम नगरेको दिन घरमा चुल्हो बाल्न मुश्किल हुन्छ।, वि.सं २०५७ मा कमैया मुक्त हुनुअघि महेन्द्रनगर बजारस्थित वन कार्यालय छेउको खाली जमिनमा बसेर बजारमा मजदुरी गरेर जीविका चलाएका उनी परिवार मुक्तपछि झण्डै आठ किलोमिटर दूरीमा रहेको धरमपुर शिविरमा बसाइँ सरे।, पाँच कट्ठा दिएर सरकारले पुनर्स्थापना गरेको २२ वर्ष बितिसक्दा पनि लालबहादुरको सिंगो परिवार नै अहिले ज्याला मजदुरी नगरे खान नपाउने अवस्थामा छ।, ‘महेन्द्रनगरमा नौ वर्षदेखि घर बनाउने मिस्त्री काममा मजदुरी गरिरहेको छु’, उनले भने, ‘धेरैका बंगला बनायौं तर हाम्रो उही झुपडी थोत्रो साइकलको यात्रा छ।’, दैनिक काम गरेरबापत रु ९०० कमाउने उनी धरमपुरका अधिकांश युवायुवती ज्याला मजदुरी गर्न महेन्द्रनगर बजार क्षेत्रमा आउने गरेको बताए।, ‘ठेकेदार मिस्त्रीलाई रु ९०० र लेवरलाई बढीमा रु ६०० सम्म दिन्छन्’, उनले भने, ‘त्यही पैसामा घामपानी नभनी श्रम बेचेर घरको खर्च चलाउँदै आएका छौं।’, लालबहादुर एक प्रतिनिधि पात्र मात्रै हुन्, उनीजस्तै मुक्तकमैयाका सयौं युवा अहिले जीविका चलाउन कडा श्रम गरिरहेका छन्।, ‘मुक्तकमैयालाई रोजगारीका साथै शैक्षिक अवस्था सुधार गर्नसके मात्रै अवस्थामा सुधार आउन सक्छ’, उनले भने, ‘पढ्ने बेला घरको अवस्थाले मजदुरी गर्न आउनुपर्ने भएकाले जीवन ज्याला मजदुरीमै गुजार्नुको विकल्प हुन्न।’, बेदकोटको धरमपुर मुक्तकमैया शिविरमा सयौं परिवार आश्रित रहे पनि त्यहाँ अझै खानेपानीको असुविधा छ।, ‘गर्मीयाममा तीन महिना त गाउँमा नल्का नै सुक्छन्’, उनले भने, ‘चुनावका बेला नेता आश्वासन दिन्छन् पछि केही गर्दैनन्।’,      , वि.सं २०५७ साउन २ गते पश्चिमका पाँच जिल्लामा रहेको कमैया प्रथाको अन्त्य गरेको थियो।, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा कमैया मुक्त गरे पनि यहाँ अझै गरिबीका कारण उनको अवस्था उही पुनःस्थापनाअघिको जस्तै छ।,     , मुक्तकमैया समाजका जिल्ला अध्यक्ष घासीराम रानाले पुनर्स्थापनपछि पनि मुक्तकमैयाका समस्या उस्तै रहेको बताए।, उनले अझै २५ हजारभन्दा बढी कमैया परिवार मुक्त हुन बाँकी रहेको दाबी गरे।, ‘मुक्त कमैयाले ज्यालादारी गरेर बाँच्नु परेका अवस्थामा कसरी अवस्था सुधार हुन्छ’, उनले भने, ‘शिक्षा सुधारको विषय पनि सहर वरिपरि रह्यो।’, सरकारले मुक्तकमैयालाई दिएको जग्गा बैंकमा धितो राखेर आफ्नै काम गर्ने अवस्था पनि नरहेको उनको दुखेसो छ। बसोबासका लागि जग्गा र घर बनाउन आवश्यक काठ उपलब्ध गराउने निर्णय गरेको थियो तर त्यो पनि सबैले पाउन सकेनन्।, वि.सं २०७५ असारमा जग्गा खरिद तथा काठबापतको रकम र घर निर्माण अनुदान वितरण गर्न स्थानीय सरकारलाई जिम्मेवारी दिएको भए पनि त्यो अहिलेसम्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।, सरकारले मुक्तकमैयालाई पहिचान गरी ३२ हजार ५०९ परिवार परिचयपत्र दिएको छ।, कञ्चनपुरका धरमपुर, झलारी, वाणी लगायतका क्षेत्रमा मुक्तकमैया बस्ती बसालिएको छ। धेरैजसो ठाउँमा नदी किनारमा बस्ती राख्दा मुक्तकमैयाले उब्जनी नहुने दुखेसो पोख्दै आएका छन्।, पुनर्स्थापनाका २२ वर्ष: मुक्तकमैयाका दुःख उस्तै
प्रशन्न पोखरेल बाढीले पुलको एक भाग बगाएपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ को धर्मोदय माध्यमिक विद्यालय बर्खे बिदा हुनुभन्दा अघि नै बन्द भयो।, जेठ अन्तिम साता परेको पानीले यहाँको खारखोलामा ठूलो बाढी आयो। खोलाले धार परिवर्तन गर्‍यो, खेत कटान गरिदियो, पुल बगायो।, जेठ २६ र असार ९, १० गते खारखोलामा आएको बाढीले पुललाई क्षति पुर्‍याउँदा स्थानीय बासिन्दाका साथै विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या पारेको थियो।, पालुङटार नगरपालिकाले केही वर्ष अघि तीन पिल्लर राखेर ढलान गरी बनाएको खारखोलाको पुलको एकापट्टी भाग बाढीले बगाएको छ।, धर्मोदय मावि नजिकै रहेको खारखोलाको उक्त पुलमा क्षति पुगेपछि विद्यार्थीलाई शिक्षकहरूले नै बोकेर र हात समाएर तार्नुपरेको थियो।, ‘खारखोलामा यसपालि ठूलो बाढी आयो। धार पनि परिवर्तन गर्‍यो, खेत तथा पुल कटान गरेको छ,’ विद्यालयका प्रधानाध्यापक कृष्ण न्यौपानेले सेतोपाटीसँग भने, ‘नजिकै काठको फड्के छ तर मक्किइसक्यो, जीर्ण र जोखिमपूर्ण छ।’, खारखोलाले पुलमा क्षति पुर्‍याएपछि एक साता शिक्षकहरूले विद्यार्थीलाई बिहान र बेलुकी खोला तार्ने काम गरेका थिए। असार १७ गतेदेखि भने विद्यालय बन्द छ। नगरपालिकाले असार १९ गतेदेखि बर्खे बिदा लागू गरे पनि खोला बढेपछि तर्न जोखिमपूर्ण भएको भन्दै विद्यालयले दुई दिन अघि नै विद्यालय बन्द गरेको थियो।, ‘अहिले बर्खे बिदा छ, बिदामा पनि ‘कोचिङ क्लास’ चलाउनुपर्ने तर खोला तर्न नसक्दा विद्यार्थी पढ्न आउन सक्दैनन्,’ प्रअ न्यौपानेले भने, ‘बाढीले पुल कटान गरेकोले विद्यालय आउजाउ गर्ने वैकल्पिक बाटो छैन।’, यो विद्यालयमा १५ वटा टोलका दुई सय ६० विद्यार्थी पढ्छन्। अहिले कक्षा ११ मा विद्यार्थी छैनन्।, विद्यालयमा एक कार्यालय सहयोगी र १६ जना शिक्षक छन्।, खोला तरेर दिनहुँ विद्यार्थी आउजाउ गर्न जोखिमपूर्ण हुने भएपछि कक्षा १२ को पठनपाठन पनि बन्द गरिएको छ। यो बर्खामा अस्थायी पुल भने पनि बन्छ होला भनेर कक्षा १२ का विद्यार्थीलाई पनि बिदा दिएका हौं,’ उनले भने।, विद्यालय बन्द हुनुअघि शिक्षकहरू करिब एक साता बिहान ९ बजेदेखि नै खारखोलामा लाइन लागेर बस्ने गरेका थिए। ‘साना विद्यार्थीलाई बोकेर र ठूलालाई हात समाएर खोला तारियो,’ उनले भने, ‘पुल नभएपछि विद्यार्थी जतासुकैबाट खोलामा पसिदिने गर्न थाले। नियन्त्रण पनि गर्न गाह्रो हुँदै गयो। विद्यार्थी बगाउला भन्ने डर भयो।’, खोला तर्ने क्रममा विद्यार्थी र शिक्षकका पोशाक भिज्नेजस्ता समस्या पनि देखिए। ‘कहिलेकाहीँ विद्यार्थी निथुक्क भिज्थे,’ प्रअ न्यौपाने भन्छन्। अब विद्यालय साउन १७ गतेपछि खुल्छ। तर अहिलेसम्म यहाँ पुल मर्मत गर्ने वा अस्थायी पुल बनाउनेबारे कुनै तयारी भएको छैन।, ‘साउन १७ पछि पनि पुल बनेन भने फेरि शिक्षक खोलामा लाइन लागेर बस्दै विद्यार्थी तार्नुपर्छ,’ उनले भने, ‘पानी परिरह्यो भने विद्यार्थी विद्यालय आउजाउमा झनै समस्या पर्ने देख्छु।’, विद्यालय र स्थानीय बासिन्दाले परिवर्तन भएको खोलाको धार पुरानै अवस्थामा फर्काउन तथा अस्थायी पुल बनाउन पहल गरेका थिए। वडा कार्यालय, नगरपालिका कार्यालय, गण्डकी प्रदेश सरकार लगायतलाई भनिसकिएको प्रअ न्यौपाने बताउँछन्।, ‘विद्यालय त अहिले बन्द छ तर स्थानीय आउजाउ गर्न पनि जोखिम यथावत् नै छ,’ उनले भने। बाढीले पुल तथा खेत कटान गरेपछि यहाँको अवस्था अवलोकन गर्न प्रदेश सांसद हरिशरण आचार्य पनि पुगेका थिए। उनले बाढीले कटान गरेका खेत तथा पुल मर्मत गर्न पहल गर्ने बताएका थिए।, गण्डकी प्रदेश सभाका अर्का सांसद प्रकाशचन्द्र दवाडीले पनि पुल मर्मत गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए। तर अहिलेसम्म यहाँ पुल मर्मत गर्ने तथा अस्थायी संरचना बनाउनेबारे कुनै ठोस योजना बनिसकेको छैन।, पालुङटार ९ कै चुक्तिखोलामा आएको बाढीले पनि खेत तथा पुल कटान गरेको छ। खोलामा पानीको बहाव बढेपछि त्रिवेणी माविका करिब १५० जना विद्यार्थी जोखिमसाथ विद्यालय जानु परेको थियो।, चुक्तिखोलाले ढुंगेटारी पुलमा क्षति पुर्‍याउँदा मदनेडाँडा माविका विद्यार्थी विद्यालय आउजाउमा समस्यामा थिए। शिक्षक र अभिभावकले विद्यार्थीका हात समाएर खोला तार्नुपर्ने अवस्था थियो। अहिले यी विद्यालयमा पनि बर्खे बिदा छ।, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बाढीले कटान गरेका पुलहरू छिट्टै मर्मत गरिने बताए। ‘म हिजो पनि ती ठाउँ हेरेर आएको छु। खोलाले पुल कटान गरेको छ तर पुल यथावत् नै छ। केही थान जाली भरेर खोलालाई पुरानै अवस्थामा फर्काएपछि त्यहाँ विद्यार्थीहरू सहज ढंगले हिड्न सक्छन्,’ उनले भने, ‘विद्यालय खुल्नुअघि पुल मर्मत कार्य सकिन्छ।’, जहाँ विद्यार्थीलाई तार्न खोलामा हेलिन्छन् शिक्षक (भिडिओ)
सेतोपाटी संवाददाता प्रहरीले कास्कीमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, पर्वत कुश्मा नगरपालिका-६ घर भई पोखरा महानगरपालिका-१३ बस्ने २४ वर्षीय खिमबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीले उनलाई शनिबार घटनास्थलबाट पक्राउ गरेको हो। , प्रहरीका अनुसार विकले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। , विकले बालिकालाई ललाई-फकाई गरी शुक्रबार लब्लीडाँडामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। , जिल्ला अदालत कास्कीबाट थप अनुसन्धान भइरहेको छ।,  , १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता बाँके प्रहरीले नौ वर्ष बढी जेल सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , प्रतिबन्धित लागुऔषध मुद्दामा अदालतले ९ वर्ष २१ दिन कैद तोकेको कोहलपुर नगरपालिका–१५ का ३२ वर्षीय अजयकुमार चौधरी पक्राउ परेका हुन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ला अदालत बाँकेले २०७८ साल मंसिर ८ गते लागुऔषध मुद्दामा ९ वर्ष २१ दिन जेल सजाएको फैसला सुनाएको थियो। , त्यसयता फरार रहँदै आएका चौधरीलाई गोप्य सूचनाका आधारमा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ परेका चौधरीलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि कारागार चलान गरिएको डिएसपी न्यौपानेले बताए।, ९ वर्ष बढी जेल तोकिएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता मकैबारीमा आएको बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ।, गत असार १९ गते मकैबारीमा आएको बाँदर धपाउन गएका छत्रदेव गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय टंक खनाल लडेर गम्भीर घाइते भएका थिए।, लडेर गम्भीर घाइते भएका खनालको आइतबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको वडा नं. ४ का वडा अध्यक्ष भीमलाल खनालले जानकारी दिए।, वडा अध्यक्ष खनालका अनुसार मकैबारीको ढिकबाट लडेर खनालको टाउकोमा गम्भीर चोट लागेको थियो।, बाँदर धपाउने क्रममा लडेर घाइते भएका व्यक्तिको मृत्यु
रासस राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गरेको आरोपमा ६१ जना पक्राउ परेका छन्। गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो।, डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार छन्।, पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरू गरिएको छ।, यस्तै, वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।, खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ।, यस्तै, चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद गरिएको उनले जानकारी दिए।, आर्थिक वर्ष २०७७/७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए।  , डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ।, यसमा  बरडाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ। खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढी मात्रामा चोरी हुने गरेको छ। , यस्तै, राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत वन पैदावार चोरी/तस्करी हुने गरेको कार्यालयले जनाएको छ।, कार्यालयले गत आर्थिक वर्षमा तीन करोड ६९ लाख छ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।, कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरूवा उत्पादन गरी वितरण गरेको छ।, खनालका अनुसार बिरूवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरू गरिएको हो। शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरूवा वितरण गरिएको उनले जानकारी दिए।, अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ। अन्य बिरूवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ।, एकै वर्षमा राष्ट्रिय वन क्षेत्रमा तस्करी गरेको आरोपमा ६१ जना पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन्।, सोमबार बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।, बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की र पाँचौमा दुदिमाया लामा छन्।, त्यस्तै सन्तोषकुमार पोख्रेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर लगायत ३४ जना बढुवाका लागि सिफारिस भएका हुन्।, सूची:, प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
एजेन्सी अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा  स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ बजे दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।, सिबिएसन्युजका अनुसार पाइपर पिए-४६ कलसाइन भएको जहाज र सेस्ना-१७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको हो।, दुर्घटनापछि पिए-४६ जहाज धावन मार्गमा बजारिएको थियो भने सेस्ना १७२ नजिकैको पोखरीमा खसेको थियो। दुबै जहाजमा दुई-दुई जना सवार थिए। दुर्घटनाको विषयमा उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको छ।, अमेरिकामा दुइटा साना जहाज ठोक्किँदा चार जनाको मृत्यु
राजेश घिमिरे पत्रकारमाथि कुटपिटको उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरेपछि विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख फरार भएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्राधिकरणका कार्यालय प्रमुख राजिवकुमार सिंहलाई पक्राउ गर्न आइतबार नै पक्राउ पुर्जी जारी गरिएको बताए।, ‘हामीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं तर सकिएको छैन। उनी अहिले फरार छन्,’ आफूलाई भेट्न पुगेका पत्रकार महासंघका प्रतिनिधिसँग तामाङले भने। प्रजिअ तामाङले विद्युत् प्राधिकरणका कर्मचारीहरूले आफूलाई फोन गरेर पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने धम्कीसमेत दिएको बताए।, तामाङले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेसमेत फोन गरेर ‘कर्मचारीहरूलाई थुन्दा समस्या पर्न सक्छ है’ भनेको बताएका छन्।, असार ३१ गते प्राधिकरण पुगेका पत्रकार कृष्ण आचार्यले कार्यालयभित्रै मदिरासहितको भोज गरिरहेको तस्वीर खिचेपछि कर्मचारीहरूले उनलाई लछारपछार गर्दै लखेटेका थिए। उनीहरूले आचार्यका दुईवटा मोबाइल सेट पनि नियन्त्रणमा लिएका थिए।, सोही दिन राति र भोलिपल्ट गरेर प्रहरीले ७ जना कर्मचारीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। पत्रकार आचार्यको परिवारले भने कार्यालय प्रमुख सिंहकै निर्देशनमा कुटपिट गरिएको भन्दै उनीसहित ८ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेका थिए। उनीहरुविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। , आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनका सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्।, पक्राउ पुर्जी जारी भएपछि फरार भए विद्युत प्राधिकरण भरतपुरका प्रमुख, ब्ल्याक आउट गर्ने धम्की
सेतोपाटी संवाददाता रूपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।, देवदह नगरपालिका-८ का ११ वर्षीय सुमन थापाको मृत्यु भएको देवदह प्रहरीले जनाएको छ।  , देवदह नगरपालिका बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा डुबेर मृत्यु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।, थापा आइतबार साथीहरूसँगै पौडी खेल्ने भन्दै उक्त बाँधमा पुगेका थिए। तर दिउँसो बाँधमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, रूपन्देहीमा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको साँखुमा एक जनाको शव फेला परेको छ। , सोमबार दिउँसो शंखरापुर नगरपालिका-३ साँखुस्थित खोला किनारमा शव सडिसकेको अवस्थामा फेला परेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  , स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। , ‘खोलाले बगाएर पनि ल्याएको हुनसक्छ। अहिले यसै भन्न सकिने अवस्था छैन,’ प्रहरी उपरीक्षक मैनालीले भने। , घटनास्थलमा प्रहरी वृत्त बौद्ध र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ।,  , काठमाडौंको साँखुमा फेला पर्‍यो एउटा शव
रासस प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ मा दुई पटक सूचना प्रकाशित गर्‍यो।, दुवै पटकको सूचनामा आरोहण गराउन इच्छुक कम्पनीको आवेदन परेन। आरोहण दलमार्फत् अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले रु ६० लाख विनियोजन गरेको थियो।, अन्ततः निःशुल्क काञ्जिरोवा हिमाल चढ्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता हुन पुग्यो। , मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा पुनःयो कार्यक्रमलाई निरन्तरता दिएको छ।, मन्त्रालयका सचिव मोहनदेव जोशीले एकातिर सगरमाथा लगायतका पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐन अनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता दुविधामा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको बताए।, ‘हामीले सार्वजनिक सूचनामा सेवामूलक भनेर उल्लेख गर्‍यौं’, तर पर्वतारोहणसम्बन्धी कम्पनीले यसलाई वस्तुका रूपमा प्रस्ताव खरिद गर्नुहुँदोरहेछ’, उनले भने, ‘काञ्जिरोवा हिमाल सगरमाथाजस्तो व्यावसायिक उडान भएको हिमालमा परेन, त्यहाँको जस्तो फोहोर पनि जम्मा हुँदैन, त्यही भएर मन्त्रालयले वस्तु नभई सेवाका रूपमा प्रस्ताव माग्यो, आरोहण कार्यक्रमलाई वस्तु मान्न सकेनौं, जसले गर्दा प्रस्तावक आवेदनमै दुविधामा परे।’ , डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइमा छ।, काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन। ट्रेकिङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ। , डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि बाह्रैमहिना हिउँले ढाकिने क्षेत्र पर्दछ।, यहाँ छ हजार मिटर अग्ला धौलागिरी, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत पर्दछन्।, काञ्जिरोवा हिमाल सन् १९५० को दशकमा ब्रिटिस अन्वेषक जोन बेयर्ड टायसनले पत्ता लगाएको बताइन्छ। , मन्त्रालयले नेपालका आठ हजार मिटरभन्दा अग्ला उचाइका हिमाल चढेको, हिमाल आरोहणको तालिम लिएको र स्वस्थ हुनुपर्ने लगायतका मापदण्ड तोकेको थियो। त्यस्तै, आरोहण दलले कम्तीमा आठ घण्टाको वृत्तचित्र निर्माण गर्नुपर्ने, १०० वटा फोटोग्राफी, १० वडा भिडिओ, एक वर्षसम्म आरोहीले फेसबुक, इन्स्टाग्राम पेजमार्फत् मन्त्रालयलाई मेन्सन गर्नुपर्ने शर्त राखेको थियो।, चालु आर्थिक वर्षमा यो कार्यक्रम सफल बनाएर कर्णाली हिमाल आरोहणलाई उपयुक्त छ भन्ने सन्देश दिन खोजिएको सचिव जोशीको भनाइ छ।, ‘कर्णालीका हिमालको पहिचान, विश्वमा प्रचारप्रसार हुने उद्देश्यका साथ यसवर्ष पनि निरन्तरता दिएका छौं’, उनले भने, ‘हिमाल आरोहण खुला गर्दा पर्यटक भित्रिनुका साथै आम्दानीको स्रोत बढ्न पुग्छ।’, हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४५७ जनामा संक्रमण पुष्टि भएको हो।, चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ७७६ जना सक्रिय संक्रमित छन्।, ४८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।,  ,  , देशभर थपिए ४५७ कोरोना संक्रमित, एकको मृत्यु
भगवती पाण्डे पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।, लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्।, पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।, गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्‍याएको जानकारी दिए।, ‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो, त्यसपछि समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन् त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगिएको हो,’ उनले सेतोपाटीसँग भने।, किसानले आफूहरूलाई बाँधेर मन्दिर लगेपछि मन्दिरमा पूजा अर्चना गरेको बताए।, स्वच्छ मनले पूजा अर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य भइ भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाई छ।, ‘जब असार महिनामा लामो समय पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिर लगेर हिलो छ्याप्ने र उनीहरूले मन्दिरमा पूजा गर्ने प्रचलन छ’, अध्यक्ष चौधरीले भने।, चौधरीका अनुसार तीन दिनसम्म पूजा अर्चना गरि अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिने विश्वास छ। , अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीले बताए।, २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ। मल नपाएका किसान यति बेला थप पीडामा छन्।, असारको पहिलो साताबाटै रोपाई सुरू गरेका किसान आकासे पानीको भर पर्दा र वैकल्पिक सिचाईँको व्यवस्था नहुँदा रोपो सुक्न थालेको छ। यस वर्ष धान उत्पादनमा कमि आउने र लगानी पनि नउठ्नेहो भन्ने कुराले किसान चिन्तित छन्।, कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले प्रतिहेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको जानकारी दिए।, लामो समयसम्म पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो!
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ।, सिन्धुली कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका बस्नेत र कार्की श्रीमान-श्रीमती हुन्।, उनीहरूले पीडितलाई सामाजिक सञ्जाल प्रयोग गरी सम्पर्क गर्ने गरेको र पछि ती व्यक्तिहरूलाई प्रत्यक्ष भेटी झूटा मुद्दा लगाइदिन्छु भन्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, उनका अनुसार उनीहरूले विभिन्न संस्थानबाट लाभ लिने उद्देश्यले विभिन्न समूहका महिला र पुरूषहरूसँग सामाजिक सञ्जालमा जोडिएर पछि उनीहरूलाई फसाउने गरेको आरोप छ।, यस्तै, उनीहरूले पीडितलाई डर धम्की र त्रास देखाई ब्याकमेल गरी मोलमलाई गर्ने गरेको उनले बताए।, प्रहरीले उनीहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।, काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा श्रीमान-श्रीमतीसहित तीन पक्राउ
रासस हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ।, ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्। हाम्रो हेटौंडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ।, सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ।, उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उनको भनाइ थियो। उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी  १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे  जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए।, एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले बताए। त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अंक प्रयोगात्मक रहने बताइएको छ।, हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
एजेन्सी  ‘ऊ मलाई निकै मायालु तरिकाले हेर्छ। आफ्ना सुन्दर आँखाले मलाई बाहिर डुलाउन इशारा गर्छ। उसलाई बाहिर लाने हिम्मत म गर्न सक्दिँन। डुल्न जाँदा हामी दुबै गिरफ्तार हुनेछौँ, घरमा कुकुर पालेकी मासा भन्छिन्।, इरानको राजधानी तेहरानमा कुकरलाई डुलाउनु अपराध हो। घरबाहिर डुलाउन लगेको खण्डमा प्रहरीले जनावर जफत गर्छ भन्ने त्यसको धनीलाई गिरफ्तार। नागरिकको सुरक्षाका खातिर सार्वजनिक क्षेत्रमा घरपालुवा जनावरलाई प्रतिबन्ध लगाइएको प्रहरी अधिकारीहरूको भनाइ छ।, केही समयभित्रै इरानले घरपालुवा जनावर समेत राख्न नपाउने गरी विधेयक पारित गर्दैछ। प्रस्तावित विधेयकअनुसार विशेष समितिबाट अनुमति नपाएकाहरूले घरपालुवा जनावर राख्न पाउने छैनन्। स्वीकृतिबेगर कुकुर, बिरालो, कछुवा वा  खरायोसहित अन्य जनावर पालेको, आयात गरेको वा बेचेको खण्डमा ८ सय अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान राखिएको छ।, इरानमा यो कानुनबारे दशक अघिदेखि बहस हुँदै आएको छ।, ‘घरपालुवा जनावर जफत गरेर चिडियाखानामा राख्ने वा मरूभूमिमा छोडिदिने इरानी सांसदहरूको नियत हो,’ इरान पशु चिकित्सा संघका अध्यक्ष पायाम मोहेब्बी भन्छन्।, केही वर्षयता विभिन्न चरणमा यो कानुनबारे चर्चा हुने गरेको छ।, ‘कुकुर पाल्नेलाई शारीरिक सजायको प्रबन्धसमेत राखेर कानुन बनाउन खोजेको निकै समय भयो तर सरकारको यो योजना सफल हुन सकेको छैन,’ मोहेब्बीले भने।, घरपालुवा जनावर जफत गर्ने र धनीलाई जरिवाना कारबाही हुने प्रावधान सहितको विधेयकको कडा विरोधी हुन् मोहेब्बी। इरानका ग्रामीण भेगमा कुकुर पाल्ने चलन नै छ। २० औं शताब्दीदेखि घरपालुवा जनावरहरू शहरी जीवनको समेत प्रतीक बन्न थाले। मध्यपूर्वी मुलुकमध्ये पशु कल्याण कानुन पारित गर्ने इरान पहिलो मुलुक हो। सन् १९४८ मा उसले त्यो कानुन पारित गर्दै मुलुकमा पशुअधिकार समेत सुनिश्चित गरेको थियो। त्यहाँ राज खानदानहरूले पनि कुकुर सहितका घरपालुवा जनावर पाल्थे।, सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थितिमा परिवर्तन आएको हो। इस्लामिक संस्कारमा जनावरहरू अपवित्र हुने भएकाले यस्तो कानुन प्रस्तावित गरिएको तर्क हुने गरेको छ। नयाँ शासकको नजरमा कुकुर पाल्नु पश्चिमाकरणको प्रतीक हो। त्यसैले पनि घरपालुवा जनावरलाई निषेध गर्न खोजिएको हो।, ‘कुकुर पाल्नेबारे ठोस कानुन नै छैन। प्रहरीले कुकुर पाल्नु पश्चिमाकरणको प्रतीक भन्दै कुकुर पाल्नेहरूलाई गिरफ्तार गरिरहेको छ,’ तेहरानका पशु चिकित्सक अस्कन शिमिरानी भन्छन्।, जफत गरिएका जनावर राख्न निम्ति छुट्टै कारागार समेत बनाइएको छ। तर जनावरहरूलाई बिजोग गरी राखिएको छ।, ‘जफत गरिएका जनावरलाई निकै समय खुला स्थानमा भोकै छोडियो। उनीहरूको बिजोग त भयो नै, जनावरका धनीहरूले पनि अनावश्यक कष्ट व्यहोरिरहेका छन्,’ शिमरानीले भने।, पश्चिमा राष्ट्रले इरानलाई प्रतिबन्ध लगाएपछि यो विधेयक ल्याइएको चर्चा पनि हुने गरेको छ। घरपालुवा जनावरको खाना आयात बन्द गर्ने उद्देश्यले कानुन प्रस्ताव गरिएको सरकारको तर्क छ। तीन वर्षदेखि घरपालुवा जनावरका लागि खाना आयात गर्न इरानले प्रतिबन्ध लगाए पनि विभिन्न तरिकाले खाना भित्रिरहेको छ। सानोतिनो कुरामा प्रतिबन्ध लगाए पनि इरानमा अधिकांश वस्तु विदेशी नै छन्।, ‘घरपालुवा जनावरका निम्ति तस्करी गरिएका खानामै आश्रित छन् इरानीहरू। घरेलु उद्योगले उत्पादन गरेका खाना खुवाउन लायककै छैनन्,’ मोहेब्बीले भने।, प्रतिबन्धवाला कानुन कुकुरलाई मात्रै लक्षित होइन। गोहीदेखि बिरालोसमेत त्यसमा पर्छन्। बिरालोको विश्वमै प्रख्यात पर्सियन बिरालो यो कानुन आएपछि अब इरानमै राख्न पाइने छैन। ‘पर्सियन बिरालोको घर इरानमै त्यही बिरालो अब सुरक्षित हुने छैन के यो कुरा जायज हुनसक्छ?’ एक पशु चिकित्सकले भने।, यो कानुन ल्याउनुको पछाडि कुनै तुक नरहेको पशु चिकित्सकको मत छ।, ‘यो कानुन पारित भएको अवस्थामा आगामी पुस्ताले हामीलाई कुकुर र विरालो पाल्न निषेध गर्ने कुकुर बिरालाको रूपमा सम्झने छन्,’ मोहेब्बीले भने।, आफूले पालेको घरपालुवा जनावरको भविष्यप्रति मासा निकै चिन्तित छिन्।, ‘मैले मेरै सन्तान बराबर गरेर पालेको जनावरको बिजोग म हेर्न सक्दिनँ। उनीहरूले यो कानुन पारित गरे मैले छोरालाई झैं स्याहार र माया गरेर पालेको कुकरलाई बेवारिसे छोड्न सक्दिँन,’ मासाले भनिन्। ,(बिबिसीबाट), कुकुर, बिरालो पाल्न नपाइने कानुन किन बनाउँदैछ इरान?
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्‍धान सकेको छ। , प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ। , असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्। , सुरूमा दिलमायाले आत्महत्या गरेको आशंका गरिएको थियो। शनिबार बिहान १:२० मिनेट जाँदा उनको फेसबुकमा ‘सुसाइड नोट’ भेटिएको थियो। , जसकारण पनि उनले आत्महत्या नै गरेको हो कि भन्ने आशंका गरिएको थियो। अनुसन्धानको क्रममा उनीसँगै खिलबहादुर श्रेष्ठ पनि बस्दै आएको खुल्यो। श्रेष्ठ दिलमायाका प्रेमी हुन्। घरबेटीलाई भने उनीहरूले आफूहरू श्रीमान-श्रीमती भएको बताएका थिए।, सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा आफू मध्यराती १२ बजेतिर निस्केको बताएका थिए।  , अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ।  साढे ४ बजे मात्र उनी घरबाट बाहिरिन्छन्। , प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। , श्रेष्ठविरूद्ध दिलमायाका बुवाले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। , ‘कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको थियो। जाहेरीको आधारमा अनुसन्धान गरेका थियौं। त्यसैमा हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझायौं,’ प्रहरी उपरीक्षक मैनालीले भने।  , दिलमायाको शव सुरूमा घरबेटीले देखेका थिए। फेसबुकमा सुसाइड नोट देखेपछि फ्यानहरूले उनको नम्बरमा फोन गरेका थिए। उनको फोन अफ भएपछि घरबेटीलाई फोन गरिएको थियो। , घरबेटी जाँदा  दिलमायाको कोठा खुल्ला नै थियो। उनी भित्र मृत फेला परेकी थिइन्।, प्रहरीले यस घटनामा अनुसन्धान गर्दा पोष्टमार्टमको रिपोर्टले पनि धेरै खुल्ने बताएको थियो। रिपोर्टमा दिलमायाको मृत्यु झुन्डिएर भएको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , ‘पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु झुन्डिएर भएको आएको छ। यसमा धेरै कुराहरूले उनी नै अभियुक्त हुन् भन्ने देखाउँछ,’ उनले भने,‘अरू प्रमाणहरू पनि लिएर हामीले प्रतिवेदन बुझाएका छौं।’ , यस्तै प्रहरीले घटनास्थलबाट दिलमायाको मोबाइल फोन पनि फेला पार्न सकेको छैन। , उनको त्यही फोनबाटै फेसबुकमा स्टाटस लेखिएको प्रहरीको भनाइ छ। जुन अहिले फेला नै पर्न सकेको छैन।, प्रहरीले घटनामा प्रयोग भएको भनिएको सल पनि फेला पारेको थियो। जुन खिलबहादुरले लगेर फ्याँकेका थिए। सल काठमाडौंको महाराजगन्जस्थित कतार भिषा सेन्टर नजिक सडकको पश्चिम किनारको झाडीमा फेला परेको थियो। , दिलमायाले यसअघि आत्महत्याको प्रयास गरेको खुलेको थियो। खिलबहादुरसँग बस्न थालेदेखि उनी डिप्रेसनमा भएको र त्यसकारण नै उनले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तम श्रेष्ठले बताएका थिए। , गायिका दिलमायाको मृत्युबारे प्रहरीले सक्यो अनुसन्धान, हत्या भएको निष्कर्ष
सेतोपाटी संवाददाता थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार थप २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको कोरोना परीक्षण गरिएको थियो। , जसमध्ये ११९९ जनाको पिसिआर गर्दा १५२ मा संक्रमण र १८९१ जनाको एन्टिजेन गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो। , शनिबार उपचारपछि ५१ जना अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अहिले देशभर १३८५ जना सक्रिय संक्रमित छन्। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। , थप २०५ जनामा कोरोना भाइरसको संक्रमण
सेतोपाटी संवाददाता धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , गल्छी गाउँपालिका-८ कोल्पुखोलामा बा.४ ख ९२९६ नम्बरको बसले बा.५६ प २४९६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका-१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बेभरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना पुरूष मृत फेला परेका छन्। , शनिबार काठमाडौं महानगरपालिका-२५ भेडासिंहमा एक जना पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। , उनी सडकपेटीमा मृत फेला परेका हुन्। उनको नाम, थर, वतन खुलेको छैन। , प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षका पुरूष हुन्। , प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ। ,  , काठमाडौंमा एक पुरूष मृत फेला
रासस चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौं महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ। , यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाका प्रमुखका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ।, काठमाडौं महानगरले भोलिदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्न सुरूआत गर्दैछ। , ‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत महानगरले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहर संकलन गर्न लागेको जनाइएको छ। जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ।, चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र कामपा प्रमुख बालेन्द्र शाहबीच शनिबार चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको छ। , छलफलमा प्रमुख गिरीले भने, ‘फोहर व्यवस्थापन साझा समस्या भएकाले काठमाडौं महानगरपालिका अवलम्बन गरेको नीतिलाई सधैं साथ र सहयोग गर्न चन्द्रागिरि नगरपालिका प्रतिबद्ध छ। सकेसम्म नगर क्षेत्रबाट उत्पन्न हुने फोहर नगरपालिकाभित्रै व्यवस्था गर्ने नीति लिएका छौं।’, उनले कुहिने फोहरबाट कम्पोष्ट मल बनाई आयआर्जनको माध्यम बनाउन निजी क्षेत्रलाई नगरपालिकाले उत्प्रेरणा दिइरहेको जानकारी दिँदै फोहर व्यवस्थामा काठमाडौँ उपत्यकाका नगरपालिका बीचमा एकीकृत नीतिका साथ सहकार्य आवश्यक रहेको बताए। , नगरप्रमुख गिरीले कुहिने र नकुहिने फोहर अलग–अलग राख्न नगर क्षेत्रमा जनचेतना जगाइने र यसका लागि विद्यालय, धार्मिक संघसंस्था, गुठीका साथ जनप्रतिनिधिलाई परिचालन गरिने जानकारी दिए।, शाहले पनि महानगरसँग जोडिएका अन्य नगरपालिकामा पनि कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी फोहोर संकलन गर्न आग्रह गरेका थिए। , ‘स्रोतमा नै फोहर नमिसाउने अभियान महानगरपालिकाले सञ्चालन गर्दैछ। साझा अभियानले नै सफलता प्राप्त गर्न सक्छ,’ उनले भने, ‘यसमा उपत्यकाका सबै नगरपालिकाको साथ र सहयोग आवश्यक पर्छ। फोहर व्यवस्थापन साझा समस्या हुन् मिलेर समाधान निकाल्न म आग्रह गर्दछु।’, उनले फोहोरको लागि दीर्घकालीन समाधान खोज्नुपर्ने पनि बताए। , ‘फोहर व्यवस्थापन गर्न विकेन्द्रित नीति आवश्यक हुन्छ। उपत्यकाका फोहर व्यवस्थापन मानसिक समस्या हो। यसको दीर्घकालीन समाधान खोजिनुपर्छ,’ उनले भने, ‘यसका लागि मैले प्राथमिकताका साथ काम गरेको छु।’, सार्वजनिक शौचालयका लागि जमिन उपलब्ध , छलफलमा चन्द्रागिरि वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले महानगरसँग सीमा जोडिएको कलंकीमा सार्वजानिक शौचालय बनाउन आवश्यक भएको जोड दिँदै यसका लागि आफ्नो वडाले जमिन उपलब्ध गराउने जानकारी दिए।, चन्द्रागिरि–२ का ६ वडाध्यक्ष भाइकृष्ण तामाङ, वडा नं ६ का सञ्जय सिग्देल, ८ का प्रल्हाद रिजालले महानगरपालिकासँग नीतिगत सहकार्य र एकताका साथ नगरपालिका अगाडि बढ्ने बताए। , महानगरले हरेक आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्रका १८ नगरपालिकालाई एक करोड प्रदान गर्दै आएको छ।, फोहर व्यवस्थापनमा काठमाडौं महानगरलाई सहयोग गर्छौं- चन्द्रागिरि नगरपालिका
नारायण खड्का दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। , पछिल्लो समय सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरी प्लाष्टिक माला र खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। , गाउँपालिकामा आयोजना हुने कुनै पनि सार्वजनिक कार्यक्रममा जंकफूड तथा कोल्ड ड्रिंक्स आदि प्रयोग गर्न नपाइने निर्णय गरेको छ। त्यस्ता जंकफूडको सट्टा स्थानीय रूपमा उत्पादिन प्राकृतिक तथा दुग्धजन्य पदार्थको प्रयोगको प्रबन्ध गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ। , असार १९ गतेको बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो। गाउँपालिकाले भने असार ३० गते आफ्नो आधिकारिक फेसबुक फेजमार्फत् पनि सार्वजनिक गरेको छ।, गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंकिङ तथा वित्तीय संस्था लगायत पालिकाभित्र सार्वजनिक कार्यक्रम गर्न चाहने संघ संस्थाले रबरजन्य प्लाष्टिकका फूल माला, खादा आदि प्रयोग गर्न नपाउने निर्णय भएको सेतोपाटीलाई बताए। , त्यस्ता कार्यक्रम गर्दा कोल्ड ड्रिंक्सका नाममा फ्रुटी, कोकोकोला, फेन्टा जस्ता पिय पदार्थसमेत प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको रिजालले जानकारी दिए। , ‘हामी निजी संघ संस्थाहरूलाई पनि पत्राचार गर्नेछौं,’ रिजालले भने, ‘स्थानीय वस्तुको महत्व घटाउने र शरीर तथा स्वास्थ्यलाई पनि हित नगर्ने वस्तु प्रयोग नगर्ने भनेर बुझाउन प्रयास गर्नेछौं।’, प्लाष्टिकजन्य फूल, माला र खादाको सट्टा गाउँपालिकाले सुतिको कपडाबाट निर्मित सेतो गम्छा प्रयोगमा ल्याउन प्रस्ताव गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए। , स्थानीय स्तरमा पुष्पखेतीको महत्व उजागर गर्न र बाह्य आयातलाई निरूत्साहित गर्न पालिकाले स्थानीय स्तरमा उत्पादन भएका फूलका माला, पुष्प गच्छा प्रयोग गर्ने रणनीति लिएको उनले बताए।, जिल्लाका दश पालिकामध्ये जंगफूड र प्लाष्टिकजन्य माला खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्ने राप्ती गाउँपालिका निर्णय गर्ने पहिलो पालिका हो। , यो पालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी पनि हो। , राप्ती गाउँपालिकाले लगायो जंकफूड र प्लाष्टिकका माला, खादा प्रयोगमा प्रतिबन्ध
सेतोपाटी संवाददाता सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । , अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।, एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। , लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।, पशुपतिनाथ मन्दिरमा साउनको तयारी, साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ।, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।, नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।, पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ। आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको उनले जानकारी दिए।, आज साउने सङ्क्रान्ति
सेतोपाटी संवाददाता आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ।, महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आज साउन १ गतेबाट अलग अलग फोहोर संकलन गर्न लागेको हो।, काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न महानगरले पहल थालेको हो।, महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।, तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका थिए।, शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोलीनै घर दैलो कार्यक्रममा निस्किएको थियो, महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो।, पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ। , काठमाडौं वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ।, महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।, महानगरले फोहोर छुट्याउनको लागि कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्न भनेको छ। , सम्भव भएमा कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल, गड्यौले बनाई आफ्नै करेसा बारीमा वा कौसी खेतीमा प्रयोग गर्ने बानी बसाल्न पनि अनुरोध गरेको छ।, नकुहिने फोहोरलाई पनि पुन: प्रयोग गर्ने बानी बसाल्न र कवाडी व्यवसायीलाई बिक्री गर्न मिल्ने भए त्यहाँबाट पनि आय आर्जन गर्ने बानी बसाल्न भनेको छ।, प्लाष्टिकलाई न्यून प्रयोग गरी त्यसको सट्टामा कपडा वा कागजको झोला प्रयोग गर्न पनि महानगरले अनुरोध गरेको छ। , २६ जेठको राति बञ्चरेडाँडामा आन्दोलनरत पक्षसँग भएको छलफल अनुसार सहमति पालना हुनुपर्ने स्थानीयको अडान छ। स्थानीय जनप्रतिनिधि, महानगर र शहरीविकास मन्त्रालयको छलफलपछि सो सहमति भएको थियो। , आजदेखि काठमाडौंको फोहोर कुहिने र नकुहिने वर्गीकरण गरेर मात्र उठ्ने
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। , प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज र भोलि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, पर्सी मङ्गलबार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा मंगलबारबाट उत्तरतर्फ सर्ने भएकाले सर्सी रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन्।, मंगलबार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताइन्।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ साउन १ गते (आइतबार), दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राति : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ साउन २ गते (सोमबार), दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राति : देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । , २०७९ साउन ३ गते (मंगलबार), दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राति : देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थान र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, आज र भोलि आंशिक देखि सामान्य बदली, मंगलबारदेखि ठूलो पानी पर्ने सम्भावना
सेतोपाटी संवाददाता सरकारले साउन १ गते देखि लागू हुने गरी नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ। , सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न १० सामग्रीहरू आयात गर्न नपाइने बताएको हो।, प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन्।, देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो।, सरकारले आइतबारबाट आयात गर्न रोक लगाएका सामानहरूमा खानेकुरादेखि गाडीसम्म छन्।, अब असारसम्म कुरकुरे, लेज जस्ता स्न्याक्स खानेकुरा आयात गर्न पाइँदैन। त्यस्तै कुनै पनि प्रकारका तयारी मदिरा पनि नेपाल ल्याउन पाइने छैन।, हेर्नुहोस् सरकारले आयात रोकेका १० सामग्रीको सूचीः, १. कुरकुरे, लेज र यस्तै उत्पादनहरू, २. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), ३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक), ४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), ५. ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट , ६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, ७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक), ८. एक सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल, ९. सबै प्रकारका खेलौना, १०. खेल्ने तास, यस्तै साउन १ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने १५० देखि २५० सिसीसम्मका मोटरसाइकल र ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा यो नियम लागू हुने छैन।, बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म, मोबाइलदेखि गाडीसम्म ल्याउन नपाइने
रासस कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ ।, सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन् ।, सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद  ढकाल घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जानकारी दिए । ‘पहिला डुङ्गाबाट तर्नुपथ्र्याे त्यसमा निकै असहज हुन्थ्यो । डुङ्गा तर्नुपर्दा दुईदेखि चार दिनसम्म कुर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘अहिले धेरै सहज भएको छ । यो बाटोमात्र नभई अछाम, दैलेख, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई तराईसँग जोड्ने माध्यम पनि हो ।’, यी बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन् । विगतमा यी बाटा भएर हिँड्ने नागरिकले निकै नै कष्टकररूपमा यात्रा गर्नुपथ्र्यो । कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो । पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले बताए। ‘यो धेरै पुरानो बाटो हो । विगतमा घोडा चढेर आउने, डुंगा कुर्नुपर्ने बाध्यता थियो । तर अहिले जतिखेर हिँडे पनि सजिलो छ,’ उनले भने, ‘पहाडी जिल्लाका मानिसलाई पुल बनेपछि निकै सहज भएको छ ।’, पश्चिम नेपालको तराई, पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीका रूपमा रहेका यी बाटा पहिलेदेखि नै चलनचल्तीका हुन् । इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै चिसापानी कुइने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद जानकारी दिए ।, ‘परम्परागत इतिहास बोकेका बाटा हुन् । पहाडी जिल्लाका मानिस हाट आउने बाटा हुन् यी, चिसापानी कुइने पर्यटकीय दृष्टिले पनि यो सुन्दर ठाउँ हो,’ उनी भन्छन्, ‘यो बाटोले तराई, पहाडमात्र नभएर हिमाली जिल्लालाई जोड्ने भएकाले यहाँ धेरै फाइदा भएको छ ।’, अनक कन्ट्रक्शन रोशन जेभीले विसं २०७४ बाट निर्माण सुरु गरेको चिप्लेघाट पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको चौकुने गाउँपालिका–१० जोड्ने चिप्लेघाट पुुल ६२ करोड रूपैयाँको लागतमा निर्माण भएको हो । पाँच सय ५० मिटर लामो पुलको आठवटा स्पान रहेका छन् ।, अर्को पुल कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ जोड्ने कुइनेघाटमा निर्माण भएको छ। अनक लुम्बिनी जेभीले निर्माण गरेको यो पुलको पनि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तीनसय मिटर लामो मल्टी स्पान आर्क ब्रिज रु ३२ करोडको लागतमा निर्माण भएको हो । पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको र आउँदो दशैँभित्र पुलमाथि सवारीसाधन हिँडाउने तयारी भइरहेको पुल निर्माण कम्पनीका प्रबन्धक दिनेश श्रेष्ठ बताए।, ‘अहिले कर्णाली चिप्लेघाटमा बनेको पुल सम्पन्न भइसकेको छ । अर्को पुलमा साइडमा मानिस हिँड्ने बाटो बन्दैछ । अब केही दिनमा सञ्चालन हुन्छ,’ उनले भने।, यी दुवै पुल नेपाल सरकार सडक विभागको पुल आयोजनाअन्तर्गत बनेका हुन् । यसरी पुल पुलेसा बन्नु भनेको विकासका कार्य हुनुका साथै नागरिकलाई सडक, सुविधासँग जोड्ने काम हुने स्थानीय रेवती धामी बताए । ‘डुङ्गाको जोखिमपूर्ण यात्राबाट मुक्ति पाएका छौँ,’ उनले भने, ‘पुल बनेकाले अब यहाँसम्म सहजरूपमा पुग्ने सडक सञ्जालको विस्तार गर्नुपर्छ ।’, कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण
रोहित महतो तीन वर्षअघि भारतको कुरूक्षेत्र युनिभर्सिटी हरियाणाबाट पास भएका सिभिल इन्जिनियर हुन् उनी। , अहिले त उनको दैनिकी व्यस्त भइसक्नुपर्थ्यो, दिमागमा पनि कुन पूर्वाधार कसरी बनाउने भन्ने कुरा खेलिरहेको हुनुपर्थ्यो। मनमा पूर्वाधारका नाप नक्सा नाचिरहेको हुनुपर्थ्यो। , तर उनी खाली छन्। , ‘यो खालीपन मलाई राज्यले दिएको हो,’ उनले भने। , धनुषाको गणेशमान चारनाथ नगरपालिका-३ भरतपुरका जित (इन्द्रजीत) साफी आफ्नो पालिकाभरमा एक्ला दलित इन्जिनियर हुन्। जो बिहान उठेदेखि राति सुत्दासम्म उनी नागरिक बन्ने सपना मात्र देख्छन्। , यो देशको नागरिकता पाउने सपना आफ्नोमात्र होइन रहेछ भन्ने थाहा पाएपछि भने इन्जिनियरिङको प्रमाणपत्र थन्काएर उनी नागरिकताको लडाईं लड्न निस्किए। देशभरी नागरिकताबिहिन नेपालीका लागि संघर्ष गरिरहेका छन्। , जबकी उनकी आमाको वंशज नागरिकता छ। तै पनि २७ वर्षीय जित ‘अनागरिक’ बन्न बाध्य छन्। , ‘यो देशमा आमाको नामबाट मात्र नागरिकता दिने संविधान र कानुन छन्। तर तिनले कामै गर्दैनन्। सिडिओ कहाँ गए बावु नै खोज्छन्,’ उनले भने, ‘मेरा  बुवाको जन्मसिद्ध नागरिकता छ। संविधानले त जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भन्छ तर कानुन बनेको छैन भनेर सिडिओले मलाई नागरिकता दिन मान्दैनन्।’ , नागरिकता दिने कानुन नबनेको भएर उनले खानुसम्म हन्डर खाएका छन्। कहिले आफ्नै देशमा त कहिले अर्काको देशमा उनले धेरै अपमान सहनुपरेको छ। , नागरिकता बन्ने आशमा पहिले इन्जिनियरिङ पढ्न १२ कक्षा पास गरेर दुई वर्ष कुरे। स्कलरसीपमा नाम निकालेर पढ्न चाहे। तर नागरिकता नहुँदा सकेनन्। इन्जिनियर बन्ने ठूलो सपना थियो। सपना पुरा गर्ने अठोट पनि कम बलियो थिएन। उनले पढ्नका लागि  ऋण लिएरै भारत गए। , पढाइका लागि पहिलो पटक भारत जाने क्रममा पहिचान खुल्ने कार्ड नहुँदा बाटोमा कयौंपटक उनले दुर्व्यवहार भोग्नुपर्‍यो।, एक पटक दिल्लीमा आतंकवादी भनेर उनलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो।  , पढ्नका लागि ऋण खोजेको पैसा राख्न आफ्नो बैंक खाता थिएन। नागरिकता बिना बैंक खाता खुल्दैन। उनका बाआमाले अरू नै कसैका नाममा पैसा पठाउँथे।  , जेनतेन गरेर उनले इन्जिनियरिङ त पढे। तर नागरिकता नहुँदा न लाइसेन्स पाए न जागिर!, पढाइको क्रममा लिएको ऋणमा डुबेका उनलाई घर घडेरी गुम्ने चिन्ता छ। ऋणको भारीले उनको घडेरी पनि लिलामीको प्रक्रियामा छ।, ‘नागरिकता नभएर रेलको टिकट अरूको नाउबाट काट्नुपर्‍यो। बाटोमा परिचय पत्र खोज्दा जहिल्यै झन्झट हुन्थ्यो। दिल्लीमा आतंकवादी भनेर पुलिसले पक्राउ गरेपछि कलेजको सर्टिफिकेट देखाएर छुटेँ,’ उनले सेतोपाटीसँग भने, ‘त्यत्रो खर्च गरेर पढेँ तर काम गर्ने अवसर मिलेन। कहाँबाट ऋण चुकाउनु? मेरो २० लाखको घडेरी अदालतले लिलाम गरिदिएको छ। मेरा दाइले पढेर पनि केही गर्न सकेन भनेर भाइले पढाई नै छोडिसके। उनको संगत लागूऔषध प्रयोग गर्नेसँग भयो।’ , राज्यले अनागरिक बनाएपछि क्षमता र योग्यता हुँदाहुँदै उनको जीवन कष्टकर बनेको छ। , नागरिकता समयमा बन्न नसक्दा जितको वैवाहिक जीवन समेत संकटमा परेको छ। गएको वैशाखमा विवाह गरेका उनले श्रीमती तथा उनका परिवारलाई तुरून्तै नागरिकता बनिहाल्ने आश्वासन दिएका थिए। , ‘हाम्रो छेका (इन्गेजमेन्ट) भइसकेपछि केटीपक्षले मेरो नागरिकता नभएको थाहा पाए। त्यतिबेलै हाम्रो सम्बन्ध अघि नबढाउन उनका आफन्तले भनेका थिए तर अब तुरून्तै नागरिकता बनिहाल्छ भनेर मैले विश्वास दिलाएपछि विवाहका लागि तयार भए,’ जितले दुखेसो पोखे, ‘तर समयमा नागरिकता नबनेपछि अहिले हाम्रो सम्बन्ध राम्रो छैन। मलाई यतिधेरै अपमानित महसुस हुनुपरेको छ भन्न सक्दिनँ। छुट्टिन पनि उनको परिवारबाट दबाब छ। मेरो संघर्ष देखेर मात्र मेरी श्रीमतीले छुटापत्र गर्न मानेकी छैनन्।’, ती चिन्ता र समस्या झेल्दै अहिले उनले नागरिकता बिहीनहरूको आवाज उठाउने आन्दोलनमा होमिएका छन्। उनको पहिचान पनि त्यही बन्दै गएको छ। , ‘नागरिकता बिहिन संघर्ष समिति नेपाल’ नामक संगठन बनाएर उनी काठमाडौं सहित १८ जिल्लामा आन्दोलन गरिरहेका छन्। तर ठूलो भिडभाड र चक्काजाम गर्न नसक्दा आन्दोलनको पनि खासै प्रभाव परेको छैन जस्तो उनलाई लाग्छ। , २०७६ सालबाट संघर्ष थालेका उनी अहिले नागरिकता नभएका युवामाझ लोकप्रिय बनेका छन्।, हुन त सुरूआती दिनमा नागरिकताको पीडा आफूलाई मात्र भएको लागेको थियो। तर नागरिकता माग्दै सर्वोच्चमा रिट दिएर टेलिभिजनमा अन्तवार्ता दिन पुगेपछि लाखौँ युवा अधिकारबाट वञ्चित भएको जितले थाहा पाए।, त्यहाँदेखि उनले विभिन्न नेताहरुलाई भेटेर समस्या राखे। संसदमा अड्किएको नागरिकता सम्बन्धी विधेयक पारित गराउन उनीहरुलाई दबाब दिए। तर त्यसले सुनुवाई हुने नदेखेपछि संगठित भएर संघर्ष गर्ने योजना बनाए।  , राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाए। लगत्तै नेपाली कांग्रेस, नेकपा माओावादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा लागायतका पार्टी कार्यालय तथा मानव अधिकार, संयुक्त राष्ट्र संघ, मधेसी आयोगलाई पनि ज्ञापनपत्र बुझाए।, २०७८ साउन २० गते काठमाडौंको माइतीघरमा दुई दिने आन्दोलन गरे।  , नागरिकता विधेयक तत्काल पारित गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए। सो आन्दोलन सामाजिक सञ्जालमा भाइरल भयो। त्यसले पीडितहरु जितको सम्पर्कमा पुग्न थाले। सरकारलाई दबाब दिन काठमाडौं बाहेकका जिल्लाहरुमा पनि आन्दोलन गर्ने संघर्ष समितिले निर्णय गर्‍यो।, समितिले ५ जनाको टोली नवलपरासी पठायो। त्यहाँ पनि सडक जाम विरोध प्रदर्शन भयो। तर त्यसले पनि खासै प्रभाव नपरेपछि वीरगञ्जमा पनि प्रदर्शन गरे। नागरिकता पीडितले फेरि गएको मंसिरमा काठमाडौंमा एक हप्ते आन्दोलन गरेका थिए। दोस्रो पटकको आन्दोलनमा पीडितहरु माइतीघरबाट संसद भवनसम्म पुगे। भदौ १८ गते संघीय संसद सचिवालयमा ज्ञापनपत्र बुझाए। माइतीघरबाट तीन दिन र्‍याली निकाले। १९ गते युएन हाउस र मानव अधिकार आयोग अगाडि प्रदर्शन गरे।, त्यहाँबाट फर्किए लगत्तै धनुषाको ढल्केवरमा जितकै अगुवाईमा एक हप्ते आन्दोलन सुरू भयो। दैनिक एक घण्टा चक्काजाम र प्रदर्शन गर्ने उनीहरुको कार्यक्रम थियो। सडक जाम गर्ने क्रममा जित सहित नागरिकता पीडितहरु पक्राउ परे। तै पनि जितले हार मानेन्। छुटेको हप्ता दिन नबित्दै उनी आन्दोलन गर्न विराटनगर पुगे।, यति गर्दा पनि राज्यले सुनिदिएन। उनीहरुले थप सशक्त आन्दोलनको तयारी थाल्ने निर्णय गरे, तर आन्दोलनको क्रममा आर्थिक अभाव भयो। , ‘पीडित साथीलाई लिएर काठमाडौं जाँदा कहिलेकाहीँ भाडा नै नपुग्ने समस्या आइरहन्छ। कहीलेकाहीँ भोकै पनि बस्नुपर्छ। हामी पीडितले नै ५ सय  र हजार रूपैयाँ गरि संकलन गरेर आन्दोलन गरिरहेका छौँ,’ उनले भने। , केही समय अघि साफीले समाजिक सञ्जाल मार्फत तेस्रो चरणको आन्दोलन घोषणा पनि गरेका थिए। त्यसै अनुरूप गएको जेठ १७ गते संघीय संसद अगाडि पीडितहरु गृह मन्त्री बालकृष्ण खाँण र सभामुख अग्नि सापकोटाको गाडी घेरे। त्यस क्रममा ८ जनालाई प्रहरीले पक्राउ गर्‍यो। , ‘पक्रेर लगेपछि त्यहाँ डिएसपीले धेरै धाकधम्की दिनुभयो। आइन्दा घेराउ गर्न गयौं भने मार्दिन्छुसम्मको धम्की दिनुभयो तर हामी डराएनौं। जबसम्म हामीलाई नागरिकता दिँदैन तबसम्म हामी लडिरहन्छौँ,’ जितले थपे। , तर यतिले मात्र नेताहरूलाई दबाब नपुगेको भन्दै डिजिटल आन्दोलन थाले। गएको ६ महिनादेखि संघर्ष समितिका सदस्य एवं नागरिकता पीडितहरू हरेक प्रतिनिधिसभा सदस्य तथा मन्त्रीलाई कम्तीमा दिनको एक पटक फोन गरेर दबाब दिने गरेका छन्।, फोन नउठाउनेलाई म्यासेज गरिरहेका छन्। गएको स्थानीय निर्वाचनअघि ती सांसद एवं मन्त्रीहरू सहजै फोन उठाएको जितले सुनाए ।, ‘यो हाम्रो प्राविधिक आन्दोलन हो। नेताका छोराछोरीलाई समस्या भएको भए पो उनीहरुले दुःख बुझ्थे। हामीले सबै सांसद र मन्त्रीका फोन नम्बर फेसबुक ग्रुपमा छोडेका छौं त्यहीँबाट नम्बर लिएर पीडितहरू फोन गर्ने गरेका छन्। चुनाव अघि सबै नेताले फोन उठाउँथे तर अहिले नयाँ नम्बरबाट फोन उठाउन छाडेका छन्,’ उनले गुनासो गरे। , गएको स्थानीय निर्वाचनअघि उनले नेताहरू प्रचण्ड, गृहमन्त्री वालकृष्ण खाँण, महन्थ ठाकुर, हृदयश त्रीपाठी, अमनलाल मोदी, ललाबाबु पण्डित, डा.विमला राई पौडेलसँग समस्याबारे भेटेरै छलफल पनि गरेका थिए। उनीहरु सबैले चुनाव सके लगत्तै विधेयक पारित हुने आश्वासन दिएका थिए। , यहाँसम्मकी वनमन्त्री प्रदिप यादवले सरकारमा सहभागी हुनुभन्दा पहिले एक साताभित्रै पारित हुने आश्वासन दिए। तर मन्त्री भइसकेपछि त्यसलाई बेवास्ता गरेको उनको भनाई छ। पारित हुन नसकेपछि सरकारले सो विधेयक फिर्ता लिइसकेको छ। अर्को विधेयक फेरि संसदमा लगेको छ। , तर भोट बैंकको राजनीतिका लागि नागरिकता विधेयकमा राजनीति भइरहेकाले यो विधेयक पनि पारित हुनेमा उनी शसंकित छन्। , ‘जुन सरकारको पालामा नागरिकता विधेयक पास हुन्छ, उसलाई भोट जान्छ भनेर उनीहरूले पास गरिरहेका छैनन्,’ उनले भने।, नागरिकता विधेयक मधेसवादी दलहरूको कारण पनि पारित हुन नसकेको उनको आरोप छ। , ‘जतिखेर ओली सरकार ढल्यो त्यतिबेला मधेसवादी दलको हातमा सत्ताको चाबी थियो। उसले जसले नागरिकता विधेयक पारित गर्छ उसँगै सरकार बनाउने शर्त राखेको भए यो समस्या समाधान भइसकेको हुन्थ्यो,’ इन्द्रजित भन्छन्, ‘मधेशवादी दलकै दोहोरो चरित्रका कारण कारण नागरिकता विधेयक यतिदिन अड्कियो। महन्थ ठाकुरसँग भेट्दा उहाँले यो हाम्रै मुद्दा हो भन्नुभएको थियो। सडकमा पनि हामीलाई साथ दिने उहाँले बताउनुभएको थियो तर नेताले त भन्ने मात्रै हुन्।’, यो पनि हेर्नुहोस्, राज्यले अनागरिक बनाएका इन्द्रजीत र निरज (भिडिओ), जित साफीको नागरिकता आन्दोलन
रासस साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ। यो महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ।, पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।, विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो। दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका छन् चान्द्रमास अनुसार यस वर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो।, साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउने भएकाले सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए।, कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ। यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ। कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ।, पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ। उक्त स्थानमा साउन महिनाको सोमबार विशेष भीड लाग्ने गर्छ। यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेको छ। पाँच वटा सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ।, धार्मिक संस्थाहरुको आयोजनामा यस वर्ष साउन महिनाको अवसर पारेर अतिरूद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ। भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ्। भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ। यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन्।, साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ। करिब १०० जना कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ।, साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल
नवीनबाबु गुरूङ सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार घेराउ र विरोध प्रदर्शन गरेका छन्।, दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरू केही दिनयता आन्दोलन गरिरहेका नेविसंघ र अखिल (क्रान्तिकारी) ले आइतबार बिहान बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका हुन्।, उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।, नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएको दाबीसहित उनीविरूद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन्।, गभर्नर अधिकारीले उक्त व्यक्ति आफू नभएको प्रष्टीकरण दिएका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालयले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी नभएको बताएको छ। एमाले नेताहरूले एम अधिकारी भन्ने व्यक्तिबारे विस्तृत विवरण भने दिन सकेका छैनन्। , हेर्नुस् तस्बिरहरू:, गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ।, सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमै यी दुई वटा अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आईतबार उक्त निःशुल्क सेवाको शुभारम्भ भएको घोषणा गरेका हुन्।, यसैगरी आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत समेत निःशुल्क गरिएको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने छ।, सरकारी अस्पतालमा आउने विरामीका लागि आवश्यक पर्ने रगत पनि सरकारले निःशुल्क गरेको हो। यसअघि रक्तदाताले निःशुल्क रूपमा रगत उपलब्ध गराए पनि व्याग लगायतका सामाग्रीको नाममा रगत प्रयोगकर्ताले प्रति व्याग ८ सय रूपैयाँ बुझाउँदै आएका थिए।, निःशुल्क सेवाको शुभारम्भ गर्दै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्धेश्यका साथ काम गरिरहेको बताए। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी अस्पतालमा आउने विरामीको लागि निःशुल्क रगत उपलब्ध गराउने गरि बजेट विनियोजन गरेको थियो।, बजेटमा निःशुल्क रगतका लागि ३ करोड र अस्पतालको ईमर्जेन्सी र ओपिडी टिकट तथा जनरल बेड निःशुल्क गर्नका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ। निःशुल्क रगत उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ।, रगतको निःशुल्क गरिएपछि इमरजेन्सी अवस्थामा रगत आवश्यक पर्ने विरामीलाई राहत मिल्नेछ। रक्तसञ्चार सेवा केन्द्रका अनुसार लुम्बिनी प्रदेशका सबै अस्पतालमा आउने विरामीहरुको मागको आधारमा लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुँदै आएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुररिटेण्डेन्ट डा. इन्द्र ढकालले ईमरजेन्सी र ओपिडी टिकट निःशुल्क गरिए पनि काउन्टरबाट बिरामीको लागि टिकट भने काट्नुपर्ने बताए।, लुम्बिनी प्रदेशका अधिकांश जिल्लासँगै, स्याङ्जा, वाग्लुङ, पर्वत लगायतका जिल्लाबाट दैनिक ८ सयदेखि १ हजारसम्म बिरामी उपचारको लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालले विरामीको चाप बढेसँगै विभिन्न सेवासमेत विस्तार गर्दै गएको छ।, विक्रम सम्वत् १९६७ फागुन १५ गते बुटवलको जितगढीमा सामान्य अस्पतालको रूपमा खोलिएको यो अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पताल र २०७५ साल माघमा लुम्बिनी प्रादेशिक अस्पतालको रूपमा स्थापित भएको हो।, स्थापना हुँदा दुई जना चिकित्सक र ६ शैय्या रहेको अस्पतालमा अहिले ७० जना मेडिकल अफिसर र ३० जना विशेषज्ञ चिकित्सक सहित १ सय जना चिकित्सक छन्। त्यसैगरि २ सय ५० जना स्टार्फ नर्स तथा प्यारामेडिक्स, कर्मचारी गरी ७ सयभन्दा बढी जनशक्ति अस्पतालमा कार्यरत छन्।, लुम्बिनी प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नती हुँदै गर्दा अस्पतालमा अहिले ५ सय २० वटा बेड सहित लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बनेको छ। , अस्पताल प्रशासनका अनुसार वार्षिक साढे दुई लाख बढि विरामीले सेवा लिँदै आएको अस्पतालमा सामान्य चिकित्सा (मेडिकल) विभाग, महिला तथा प्रसूति विभाग, बालरोग विभाग, शल्यक्रिया विभाग, नान, कान र घाँटी विभाग, हाडजोर्नी विभाग, छाला, यौन तथा कुष्ठ रोग विभाग, मानसिक रोग विभाग, आकस्मिक सेवा विभाग, एनेस्थेसिया, आइसियू सेवा, दन्त सेवा विभाग, ल्याबसम्बन्धी सेवा, सिटी स्क्यान सेवासमेत उपलब्ध हुँदै आएको छ।, यसैगरि १७ बेडको मिर्गौलाको डायलासिस सेवा सञ्चालन गरेको अस्पतालमा क्याथल्याब सहितको हृदयरोग विभाग र आँखा विभाग समेत सञ्चालनको प्रक्रियामा रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले जानकारी दिए।, पूर्वपश्चिम र सिद्धार्थ राजमार्गको छेउमै रहेको यो अस्पतालमा दुर्घटनामा परेका बिरामी, प्रसुती तथा विभिन्न प्रकारको जटिल शल्यकृया समेत हुँदै आएकोले निःशुल्क रगत पछि विरामीलाई सहज हुने डा. ढकाल बताउँछन्।, बुटवलमै प्रसुति तथा बालबालिकाको लागि सिद्धार्थ बाल तथा महिला अस्पताल सञ्चालनमा रहे पनि उक्त अस्पतालले आमा सुरक्षा कार्यक्रम कार्यान्वयन नगर्दा लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति सेवा लिन आउने महिलाको संख्या ठूलो छ।, अस्पताल प्रशासनका अनुसार दैनिक करिब ४० बढीलाई सामान्य प्रसुति र १२ देखि २० जनासम्मको अपरेसन गरी ६० जनासम्मलाई दैनिक प्रसुती सेवा दिँदै आएको छ।  , तीबाहेक १० देखि १२ जनासम्मको मध्यम र त्यति नै संख्यामा जटिल प्रकारका शल्यकृया हुँदै आएको छ।, हाल लुम्बिनी प्रदेश सरकारले अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रूपमा १२ सय बेडको ठूलो अस्पतालका रूपमा विकास गर्ने लक्ष्य अगाडि बढाएको छ।, आजदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क टिकट, रगतका लागि पनि पैसा तिर्नु नपर्ने
नारायण ढुङ्गाना /शर्मिला पाठक पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ। उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौंसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ। कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ। यसले वातारवरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ। , विकसित मुलुकले शहरबाट निस्कने फोहरलाई व्यवस्थित रूपमा विसर्जन गरी आन्दानीको स्रोतका रुपमा उपयोग गरिरहेका छन्। तर काठमाडौंको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ। त्यसो हुनुमा दीर्घकालीन योजनाको अभाव देखिएको छ। काठमाडौं महानगरपालिकाले प्रमुख बालेन शाहको योजना मुताविक साउन १ गते (आज आइतबार) देखि उपत्यकाको फोहर स्रोत (घरघर) बाटै कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन कार्यको शुरूआत गरेको छ। , कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरिएको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ। व्यक्तिले घरमै फोहर नछुट्याए प्रयेक पटक ५०० रूपैयाँ जरीवाना लगाइने नीति महानगरले लिएको छ। त्यसरी उठेको फोहर, कहाँ/कसरी व्यवस्थापन गर्ने, कुहिनेलाई कहाँ राख्ने? नकुहिनेलाई कहाँ राख्ने? त्यस विषयका अन्योलताहरु कायमै छ।, फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउँछन्। बन्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुबै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको भनाइ छ। , महानगरले फोहर व्यवस्थापनका लागि उपत्यकाको पाँच स्थानमा जग्गा पहिचान गरेको जनाएको छ। तीन महिनापछि हानिकारक फोहर बन्चरेडाँडामा नलगिने गरी कार्य अघि बढाइएको दाबी कामपाको छ। कुहिने फोहरलाई जैविक मल बनाउने सोच महानगरको हो। यसको भरपर्दो योजना अभाव देखिएकाले स्रोतमै फोहर वर्गीकरण अन्योलमा पर्ने हो की भन्ने आशङ्का पनि गरिएको छ। , विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहोर (जिरो वेस्ट) अवधारणाको प्रवर्द्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्न सके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ। , काठमाडौंको कुल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागु गरिएको छ। स्रोतदेखि नै व्यवस्थापनको समस्या देखिएको उपत्यकाको फोहर विसर्जनस्थलमा झन् विकराल समस्या बन्दै गएको छ। केही समयअघि स्थानीय तहको निर्वाचनको मुखमा सिसडोलका बासिन्दाले फोहर उठाउन रोकेका कारण काठमाडौं दुर्गन्धित बन्न पुगेको थियो। नगरप्रमुख बालेन साहले सपथ खाएकै दिन सिसडोल र बन्चरेडाँडा भ्रमण गर्दा स्थानीयहरुले आन्दोलनसहित कडा प्रतिवाद गर्दै फोहर ल्याउन नदिने चेतावनी दिए। , त्यसपछि महानगर र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भयो। सहमतीपत्रमा रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ। , उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ। फोहर उठाउन नागरिकबाट पैसा समेत असुल गर्ने गरिएको छ। निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमित रुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ। आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। त्यसैले महानगर प्रमुख बालेन शाह प्रत्येक दिन सडकको अनुगमन गर्न थालेका छन्।, कामपाले एकलौटी रूपमा फोहर उठाइएका स्थानमा गुनासो नआएको भन्दै जुनजुन स्थानमा निजी कम्पनी सामेल भएका छन् ती स्थानमा मात्रै नियमित फोहर व्यवस्थापनमा समस्या रहेको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ।  , काठमाडौं महानगरपालिको कल सेनटरमा पनि नियमित रुपमा फोहर उठ्न नसकेको गुनासो आउने गरेको बताइएको छ। कल सेनटरमा आउने गरेको गुनासामध्ये ८० प्रतिशत फोहर उठ्न नसकेको विषयमा छ। हाल कामपामा ३२ वटा कम्पनीले फोहर व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ। यसरी सहजीकरण गरेको कुनै पनि कम्पनीले कामपासँग लिखित सम्झौता नगर्नुले पनि महानगरको योजना कति फितलो छ भन्ने कुराको पुष्टि हुन्छ।, के स्रोतमै फोहर वर्गीकरण अन्तिम समाधान हो त ?, स्रोतमा नै फोहर वर्गीकरण गर्ने कार्य व्यवस्थापनको हिसाबले अन्तिम समाधान हो त? अहिलेको टड्कारो प्रश्न हो। वातावरण विज्ञहरु यो विधि अन्तिम समाधान नभएको तर यसले कुहिने फोहर कम गर्न सघाउन पुर्‍याउने बताउँछन्। वातावरण विशेषज्ञ प्रकाश अमात्य नागरिकलाई मात्रै फोहर वर्गीकरण गर्ने जिम्मा सही नहुने हुँदा सोही अनुरुप फोहरको अन्तिम व्यवस्थापन पनि फरकफरक किसिमले हुनु पर्नेमा सुझाव दिन्छन्। , उपत्यकाको फोहर उपत्यकामा नै व्यवस्थापन गर्न नयाँ बाटो खोज्नुपर्ने धारणा उनको छ। ‘त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आफ्नो फोहर व्यवस्थापनका लागि विकल्प खोज्नुपर्छ। पुनः प्रयोग गर्न सक्ने फोहरलाई प्रयोग गर्नेतर्फ स्थानीय तहले चासो दिनुपर्छ’,  अमात्यले भने।, काठमाडौं उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ। त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्न सक्ने वस्तुको खरिद गर्ने वातावण मिलाउनुपर्छ। हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्छन्। , कहिलेसम्म छोपेर राख्ने फोहर ?, विसर्जनस्थलको समस्याका कारण स्थानीयको आन्दोलन फोहर नउठ्नुको एउटा कारण हो। यसका साथै वर्षातको समयमा हुने फोहर व्यवस्थापनको समस्या महानगरका लागि अर्काे टाउको दुखाइको विषय हो। जसले अहिले टेकुमा फोहर छोपेर राख्नुपर्ने बाध्यता छ। शनिबार टेकुमा पुग्दा फोहरको दुर्गन्धले बस्न सकिने अवस्था थिएन। स्थानीयबासीहरु त्यही गन्ध सुँगेर दिन बिताउन बाध्य छन्।, सडक राम्ररी सञ्चालन नहुँदा साविकको जति फोहर उठ्न सकेको छैन। बाटोमर्मतका कारण हाल दैनिक १०० मात्रै फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका छन्। सामान्य समयमा निजी र कामपाको गरी २५० गाडीले फोहर विसर्जन गर्थे। सबै गाडी जान नपाएकाले टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहरलाई सेतो प्लाष्टिकले छोपेर राखिएको टाढैबाट देख्न सकिन्छ। दुर्गन्ध कम गर्ने उपायस्वरुप यसरी फोहर छोपिएको महानगरको दाबी छ। , मनसुनको समय सुरु भएसँगै बाटो बिग्रिने हुँदा उपत्यकाका १८ स्थानीय तहको फोहर काठमाडौंमा थुप्रिनु नौलो होइन। बाटाकै कारण गाडी सिसडोल जान नसक्दा ठाउँठाउँमा फोहर थुप्रिने र टेकुमा छोपेर राख्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगर सफल होला ? अर्काे गम्भीर प्रश्न खडा छ। , यस्तो छ महानगरको फोहर वर्गीकरण योजना, प्रारम्भिक चरणमा स्रोतमै फोहर वर्गीकरण गरी व्यवस्थापनको काम थालिएको छ। वर्गीकृत फोहर व्यवस्थापनका लागि उपत्यकाको अन्य स्थानीय तहले जग्गा उपलब्ध गराउने र कामपाले उक्त स्थानमा आवश्यक लगानी गर्ने गरी छलफल चलेको त छ तर ठोस निष्कर्ष आइसकेको छैन। यसले छुट्टयाइएका फोहर पनि सिसडोललै लैजानुको विकल्प नभएको देखाउँछ।, महानगरसँग काठमाडौं उपत्यकामा नै जग्गाको खोजी कार्य भइरहेको र जग्गा प्राप्त हुने वित्तिकै जैविक फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने योजना रहेको महानगरको भनाइ छ। फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले पनि फोहोर वर्गीकरण गर्ने महानगरको योजना, नीति र कार्यक्रमअनुसार दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।, उपत्यकाको फोहरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ। त्यस्ता फोहरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके पनि धेरै हदसम्म समस्या कम हुने फोहर व्यवस्थापन विज्ञको भनाइ छ।  ,  , ग्यास वा विद्युत् निकाल्न बढी खर्च , फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगर र उपत्यकाका अन्य १७ वटा नगरबीच गहन छलफल भइरहेको छ। उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने योजनाका साथै छलफल भएको हो। अन्य पालिकासँग काठमाडौं महानगर प्रमुख साहले फोहोरमैलाका साथै ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान गर्ने प्रस्ताव गरेका छन्। त्यसमा मुख्य विषय फोहर व्यवस्थापन नै हो।, उनको योजनानुसार घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरिने छ। जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त छ। फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखिएकाले त्यो घाटा हुने देखिएको छ। रु १०० लगानी गर्दा रु ३० देखि ३५ मात्र फिर्ता आउने अध्ययनले देखिएको बताइएको छ। ,  बिजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन आउने देखिएकाले जैविक फोहोरलाई मल बनाउने भरपर्दो उपाय हो। त्यसका लागि करिब २०० देखि २५० रोपनी जग्गा आवश्यक पर्ने भएकाले उनले नगरप्रमुखहरुसँग सहकार्यको हात अघि बढाएका हुन्।, नगरप्रमुखहरुले उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि कामपाले अगुवाई गर्ने र सबै नगरले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्ने बाँचा गरेका छन्। उनीहरुले उपत्यका नगरपालिका फोरमलाई जीवित गराउँदै उपत्यकालाई कस्तो बनाउने भनेर एकीकृत विकासको गुरुयोजना आवश्यक भएको औँल्याए।, पानी पुनःभरण, नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापनजस्ता विषयमा साझा सङ्कल्प आवश्यक छ। ‘फोहर व्यवस्थापनमा पालिकाबाट खर्च भएको छ, तर नतिजा मापन गर्न सकिने खालको भएन, त्यसतर्फ ध्यान दिनु आवश्यक छ’, महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्।, यसरी शुरु भएको थियो फोहर विसर्जन , जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर २०६२ सालमा काठमाडौं उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो। आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ। सिसडोलमा ४३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो। बन्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार ७९२ रोपनी क्षेत्र छुट्याइएको छ।, सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक टनसम्म फोहर जाने गरेको छ। विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आइएको छ। गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासीले आन्दोलन गरी फोहर रोके। सत्र वर्षसम्म आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन। नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा तयार पारिए पनि समस्याको दिगो समाधान आउन सकेन। , यतिबेला काठमाडौं महानगरको प्रमुख परिवर्तन भएको र फिल्डमै खटिएर कामपाका  प्रमुख साहले फोहरको उचित व्यवस्थापन गर्ने आश्वासन दिएकाले स्थानीयको आन्दोलत तत्कालका लागि मत्थर भएको छ तर रोकिएको छैन। उनीहरु हेर र पर्खको स्थितिमा छन्। यता बन्चरेडाँडाका स्थानीयबासीको आक्रोस पनि कायमै छ। ,  नगरप्रमुख साहले फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर व्यवस्थापन गर्ने र कुहिने फोहरलाई मलका रुपमा प्रयोग गरी आम्दानी गर्ने योजना अघि सारिएको योजनालाई सर्वत्र प्रशंसा भएको छ तर त्यो फोहर मोहर बनेर परिणत कहिले होला भन्ने प्रश्न खडा भएको छ।, काठमाडौं उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहर व्यवस्थापनका गरिएको छ। दुई वर्षअघि नै बन्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन। ,रासस, उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त?
राजेश घिमिरे चितवनको सौराहामा ‘क्यानोपी वाक ब्रिज’ निर्माण गरिने भएको छ। सौराहास्थित बाघमारा सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि क्यानोपी वाक ब्रिज निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्टाएको छ। बाघमारा सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको वन हो।, बागमती प्रदेश सरकारले पर्यापर्यटनको विकासका लागि ‘क्यानोपी पर्यटन’को अवधारणा अघि बढाएको पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले बताए।, क्यानोपी वाक ब्रिज जंगलभित्र बन्ने पुल (झोलुङ्गे पुल आकारको)हो। पर्यटकले यो पुलमा यात्रागरी वन र वन्यजन्तुको अवलोकन गर्न सक्छन्।, सौराहा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको वन र वन्यजन्तुमा आधारित पर्यटकीय क्षेत्र हो। यहाँ पुग्ने पर्यटकहरू जिप, हात्ती, डुँडा सफारीमार्फत् जंगल घुम्ने गर्छन्। पदयात्रा गरेर जंगल घुम्ने व्यवस्था पनि छ। वर्षौंदेखि चल्दै आएका यी गतिविधिमा अब क्यानोपी पनि थप गर्ने तयारीमा बाघमारा सामुदायिक वन अगाडि बढेको अध्यक्ष जितु तामाङले बताए। उनले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषसमेतको पहलमा वातावरण र वन्यजन्तुमैत्री क्यानोपी निर्माणको योजना अघि बढेको बताए।, क्यानोपी निर्माणका लागि प्रदेश सरकारले यस वर्ष २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अध्यक्ष तामाङले सामुदायिक वनले कार्ययोजनामा पारेर पहल गरेपछि पर्यटन मन्त्रालयले बजेट छुट्टाएको बताए।, ‘सौराहा आउने पर्यटकका लागि नयाँ गतिविधि निर्माण गर्नुपर्छ भनेर हामीले क्यानोपी ब्रिजको अवधारणा अघि सार्दै कार्ययोजनामा पारेका थियौं। मन्त्रालयलाई प्रस्ताव गरेपछि मन्त्री बजेट छुट्टाउन तयार हुनुभयो,’ तामाङले भने। उनले क्यानोपी पर्यटन विकासको प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाउन लागेको जानकारी दिए। वनले पठाएको प्रस्तावलाई विभागले स्वीकृत गरेपछि डिपिआर निर्माणको काम सुरू हुने उनले बताए।, ‘यस वर्ष अनुमति लिएर डिपिआर निर्माण गरी काम सुरू गर्ने लक्ष्य राखेका छौं,’ अध्यक्ष तामाङले भने, ‘अर्को वर्षमा निर्माण सक्ने तयारी छ।’, यहाँ बन्ने २५ फिट अग्लो क्यानोपीको लम्बाई एक किलोमिटरको हुनेछ। बीचबीचमा पर्यटकलाई थकाई मार्न ६ वटा प्राकृतिक मचान निर्माण गरिनेछ। मान्छेले वन्यजन्तु देख्ने तर वन्यजन्तुले मान्छे नदेख्नेगरी अग्ला सिमलको रूखमा मचान निर्माण गरिनेछ।, ‘सकेसम्म सबै पिल्लरको काम रूखले नै गर्ने, रूख नभएको ठाउँ परे सिमेन्टको पिलर बनाएर काठको लेपन गर्ने योजना छ,’ उनले भने, ‘पूर्ण रूपमा वातावरण र वन्यजन्तुमैत्री नमूना क्यानोपी निर्माण गर्नेछौं।’, प्रदेश मन्त्री श्रेष्ठले क्यानोपी ब्रिजलाई बहुवर्षीय योजनाअन्तर्गत राखेर आगामी वर्ष पनि बजेट छुट्टाउने आश्वास दिएका छन्। सामुदायिक वनका अध्यक्ष तामाङले प्रदेश सरकारले दिने बजेट अपुग भए अन्य निकायसँग मिलेर भने पनि आगामि वर्ष निर्माण सक्ने लक्ष्य रहेको बताए। उनकाअनुसार एक किलोमिटर लम्बाईको उक्त संरचना बनाउन ८ देखि १० करोड रुपैयाँ लाग्छ। सामुदायिक वनको बूढी राप्ती र राप्ती नदीको संगमस्थल नजिकै निर्माण गर्ने योजना छ।, सौराहा आउने कुल पर्यटकमध्ये करिक २५ प्रतिशतले हात्ती चढेर जंगल घुम्ने गरेका छन्। अहिले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामार्फत सञ्चालन हुने सौराहाका २९ वटा हात्तीले बाघमारा सामुदायिक वनमा पर्यटक घुमाउने गर्छन्।, पशु अधिकारका कुरा उठाउँदै हात्ती सफारीको विरोध पनि पछिल्ला दिनमा बढिरहेको छ। हात्तीलाई यातना दिन हुँदैन भन्ने आवाज बढिरहँदा आएको क्यानोपीको अवधारणाले पर्यटकको ध्यान तान्नसक्ने आँकलन पर्यटन व्यवसायीहरुको छ।, ‘व्यवसायीहरूले धेरै पैशा लगानी गरेर हात्ती खरिद गरेकाले हात्ती सफारीको विकल्प क्यानोपीलाई बनाउनु हुँदैन। हात्तीको व्यवसाय र क्यानोपी दुबै सफल हुने तरिकाले अघि बढ्नुपर्छ,’ एक व्यवसायी भन्छन्।, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले क्यानोपी वाक सौराहामा धेरै पर्यटक भित्र्याउने गतिलो माध्यम बन्न सक्ने बताए। सौराहाको पर्यटन उद्योगलाई माथि उठाउन स्वदेशी तथा विदेशी पर्यटकले रूचाउने खालका गतिविधि सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए।, वनका अध्यक्ष तामाङका अनुसार नेपालमै पहिलो पटक सौराहामा क्यानोपी निर्माण गर्न लागिएको हो।, भारत, मलेसिया, युरोपका देशहरुमा क्यानोपी वाक सफल भइरहेको बताउँदै उनले नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन यो सहयोगी हुने दाबी गरे।  , सौराहाको बाघमारा वनमा बन्ने भयो नौलो खालको पुल
सेतोपाटी संवाददाता काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , नागार्जुन नगरपालिका-१ रानीवनका २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार शनिबार दिउँसो बालाजुको गंगा हल सडक खण्डमा दुर्घटना भएको हो। तारकेश्वर यातायातको पैयुटारबाट रत्नपार्क चल्ने बा ५ ख २८७२ नम्बरको बसले  बा ७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो।, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए।, चालक गाडीसहित प्रहरी वृत्त बालाजुको नियन्त्रणमा लिएको जनाएको छ।,  , बालाजुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
एजेन्सी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।, जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो।  , हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो।, जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।, ग्रिसमा बारीमा खस्यो कार्गो जहाज, पाइलटसहित ८ जनाको मृत्यु
सेतोपाटी संवाददाता मानव अंग बेचबिखन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा रामेछाप मन्‍थलीका २८ वर्षीय बिधान हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका ३१ वर्षीय विजय कुँवर, विमलकुमार शाही, धुपेन्द्र शाही र छोटे भन्ने आशिष तामाङ छन्।, उनीहरूमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत अनुसन्‍धान गरिरहेको छ।, ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पक्राउ पर्ने व्यक्तिहरूले सडक बालबालिकाका मिर्गौला भारत लगेर बेच्ने गरेका थिए।, मल्लका अनुसार यस घटनामा दुई जनाको भूमिका मुख्य देखिन्छ।, बिधान र बिजयले अन्य पक्राउ परेका व्यक्तिलाई काठमाडौंका सडकपेटीमा बस्ने बालबालिकासँग चिनजान गराउन पठाउँथे।, भेटेपछि उनीहरूको काम मिर्गौलाबारे जानकारी दिने र प्रलोभनमा पारेर बेच्न लग्ने।  मानिसको शरीरमा दुई वटा मिर्गौला हुने र ती मध्ये एउटा बेचे पनि आफ्नो शरीरलाई कुनै असर नपर्ने भन्ने कुरा सुनाउँथे।, एउटा मिर्गौला बेचे पाँच लाखसम्म कमाइ हुने भनेर प्रलोभनमा पनि पार्थे। अझ भारतबाट नेपाल आउने समयमा ५० हजार पर्ने मोबाइल पनि पाइने आश्वासन दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्ने व्यक्तिहरूले भने दुई लाख मात्रै पाउने प्रहरी उपरीक्षक मल्लले बताए।, अझ विश्वासमा लिन उनीहरू आफैंले पनि मिर्गौला बेचिसकेको र केही पनि नहुने भन्दै आफ्नै शरीरमा भएको खत समेत देखाउँथे।, ‘उनीहरूको पनि पहिले मिर्गौला बिक्री भइसकेको थियो। त्यसपछि यसरी कमाइ हुँदो रहेछ भनेपछि उनीहरूले पनि यसरी नै धन्दा चलाउन थाले,’ मल्लले भने,‘आफ्नो नभएपछि आफ्नै पूरानो घाउको खत देखायो। प्रलोभनमा पार्न सहज भयो।’, त्यसरी विश्वासमा पारेका मध्ये दुई जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूले प्रहरी कार्यालयमा जाहेरी पनि दिइसकेका छन्।, मिर्गौला राम्रो हुनेको खानेकुरा समेत खान दिएर स्वस्थ्य भएपछि निकाल्ने गरेको पाइएको उनले बताए। , ती पीडितको होटेलमा खाने-बस्ने व्यवस्था पनि उनीहरूले नै गरिदिएका थिए। उनीहरूले यसरी नै तीन महिनासम्म आफैं पाल्थे पनि।, सबै व्यवस्था मिलाएर पोलिक्लिनिकमा लगेर शारीरिक परीक्षण पनि गराइसकेका थिए।, ‘काठमाडौंको होटलमा राख्ने, यहाँ किड्नी र स्वास्थ्य अवस्था परीक्षण गर्ने र किड्नी आवश्यक परेका मानिससँग मिल्दो भएमा उनीहरूलाई भारत लैजाने गरेको पाइयो,’ मल्लले भने।, सबै परीक्षण सकेपछि ती दुई पीडित पनि मिर्गौला दिन योग्य ठहरिसकेका थिए। उनीहरूलाई गत असार १५ गते भारतको कलकत्ता लैजाने तय भएको थियो। ती पीडित तयार भएपछि यताबाट भारतका तस्करलाई कोड भाषामा मिर्गौलालाई ‘गोला’ प्राप्त भयो भनेर जानकारी पनि दिइसकेको थियो।, यसरी भारत लैजान लागेको सूचना ब्यूरोले पनि पाएपछि अनुसन्‍धान अघि बढाएको प्रहरी उपरीक्षक मल्लले बताए।, सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले सुरूमा धुपेन्द्र, बिजय र बिमलबहादुरलाई पक्राउ गर्‍यो।, उनीहरूको बयानको आधारमा पछि बिधान र छोटेलाई असार २८ गते पक्राउ गरेको हो।, प्रहरीको अनुसन्धानबाट भारतमा गएर मिर्गौला बिमल र बिधानले बिक्री गर्थे।, उनीहरूले विशेषगरी सडकमा बस्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई प्रलोभनमा पारेर मिर्गौला तस्करी गरिरहेका थिए।, यसरी नै भारतका विभिन्न सहरमा पुर्‍याएर दुई सयभन्दा बढी मिर्गौला तस्करी भइसकेको ब्यूरोले अनुमान छ।, त्यसरी उता लगेर प्रत्यारोपण गरिसकेपछि भने पैसा र मोबाइल दिएर पनि पठाउँथे।, ‘यसको अपराध नै धेरै ठूलो छ। संगठित अपराध जस्तै उनीहरूको उता पनि कनेक्सन छ। सबै मिलाएर बेच्ने गरेका छन्,’ मल्लले भने,‘लामो समयदेखि बेचिरहेको खुलेको छ।’, पाँच लाख नगद र मोबाइल दिएर सडक बालबालिकाको मिर्गौला तस्करी
रासस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो) को मृत्यु भएको छ।, करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो। , कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो। ‘एक हप्ताअघि हामीले उद्धार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थियो’, उनले भने, ‘उद्धार गर्ने क्रममा बच्चा कामिरहेको थियो, केटोलाई निमोनिया भएको हामीले अनुमान गरेका थियौं।’ मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिए।, बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ। ‘हामीले यहाँ ल्याउँदा नै ऊ कामिरहेको थियो’, उनले भने, ‘तर हामीले बचाउन सक्छौं कि भनेर सक्दो कोसिस गरिरहेका थियौँ।’ माउसँग छुटेका गैँडाका साना बच्चा बचाउन एकदमै मुस्किल हुने गरेको कोषका प्रमुख डा बाबुराम लामिछानेले बताए। , अमलटारीस्थित चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरले एक हप्ताअघि गैंडाको बेवारिसे बच्चा जङ्गलबाट उद्धार गरेर कोषको जिम्मा लगाएको उनको भनाइ थियो । , असारको २२ गते गैंडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले उसकी आमा आएर लिएर जाने आशमा दुई दिनसम्म निगरानीमा राखेका थिए। केटो छोडेर गएको माउ दुई दिनसम्म पनि नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्धार गरेर  राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा २४ लगेर उपचार तथा रेखदेख सुरु गरिएको थयो।, यसअघि निकुञ्जको विभिन्न स्थानबाट उद्धार गरेर लगिएको पुष्पा र अञ्जली नामका गैँडा कोषको परिसरमा हुर्किरहेका छन् । , निमोनियाबाट २२ दिने ‘केटो’ को मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।, ५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।,  , देशभर थपिए १३५ कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो।, ‘गत वैशाख २१ गते एक जनाको मृत्यु भएको थियो,’ अधिकारीले सेतोपाटीसँग भने, ‘त्यसभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको थियो।’, अधिकारीले धेरै अन्तरालपछि कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। , अधिकारीका अनुसार फागुनको पहिलो र दोस्रो साता कोरोना संक्रमित बिरामीको मृत्यु हुने दर उच्च रहे पनि पछिल्लो समय घटेको थियो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , ३ हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। ५९ जना संक्रमित निको समेत भएका छन्। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।,  , ७३ दिनपछि नेपालमा कोरोना संक्रमितको मृत्यु
सेतोपाटी संवाददाता कोरोनाको पहिलो र दोस्रो लहरताका संक्रमणको ‘इपिसेन्टर’ नै बनेको विराटनगरमा अहिले फेरि संक्रमित संख्या बढ्न थालेको छ।, यसपटक मोरङ कारागारमा २३ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएपछि विराटनगरमा सतर्कता अपनाउन प्रशासन र महानगरले अपिल जारी गरेका छन्।, जिल्ला प्रशासन र विराटनगर महानगरले स्वास्थ्य सतर्कता अपनाउन, मास्क अनिवार्य लगाउन सर्वसाधारणलाई अपिल गरेका छन्।,    , विराटनगर क्षेत्रमा लामो समयदेखि कोरोना संक्रमण मत्थर थियो। गएको साता कारागारका १६ जना कैदीबन्दीलाई एकैपटक उच्च ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गरिएको थियो। त्यसक्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले संक्रमित कैदीबन्दीको संख्या २३ पुगेको छ।,  , कैदीहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भएपछि जनस्वास्थ्य कार्यालयले कैदीबन्दीहरुलाई कोरोनाविरुद्धको खोप दिन थालेको छ। दुई दिनयता ६२० जना कैदीबन्दीलाई खोप दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, कूल ३५० जना क्षमताको मोरङ कारागारमा एक हजारभन्दा बढी कैदीबन्दी खचाखच छन्।, कैदीबन्दीमा धमाधम कोरोना, मोरङमा सतर्कता लागि प्रशासनको अपिल
रासस अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।, यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ। बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जंगल सफारी गर्छन्।, मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे। पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए।, ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने,‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ।’, बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ।, निकुञ्जको ‘कोर एरिया’ मा सफारी तथा ‘जंगल वाक’ गर्ने पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।, ‘चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्’, उनले भने। , आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन्।, ‘यो संख्या हाम्रा लागि सुखद् रहेको छ’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘अहिले बाघ देखिने याम भएकाले पर्यटकको संख्या बढ्ने विश्वास छ।’, निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ।, बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो
एजेन्सी सम्बन्ध विच्छेदको पीडा भुल्न ७० वर्षीया जेनी हार्बटले फोटोग्राफी रोजेकी थिइन्।, फोटोग्राफीको सोखले विश्वका कुनाकन्दरामा पुर्‍यउँला र भयानक शिकारी जनावरसँग साक्षात्कार होला भन्ने उनले सायदै सोचेकी थिइन्। आर्टिक क्षेत्रमा जेनीलाई सेतो भालुले लखेट्यो। यो घटनाबाट विचलित नभइकन उनले फिनल्याण्ड पुगेर  खैरो भालुको तस्बिर खिचिन्।  आफ्नो शिकारको रक्षा गर्दै बसेको भीमकाय भालुको तस्बिरका कारण उनी अहिले चर्चित बनेको बिबिसीले जनाएको छ।, उनले खिचेकोमध्ये खैरो भालुको तस्बिर बेलायतको प्रसिद्ध फोटो प्रर्दशनीमा छनौट भएको छ। बेलायतका विभिन्न स्थानमा त्यो फोटो प्रदर्शनी हुनेछ। ७० वर्षीया जेनीले दैनिक ३० किलोमिटर यात्रा छिचोलेर समेत फोटो खिचेकी छन्।, चार सन्तानबाट जेनीका १० नाति-नातिना छन्। उनी दुई पनातिकी जिजुहजुरआमा समेत हुन्। ११ वर्षकी छँदा क्रिष्टमसको छेकोमा उनले पहिलो पटक क्यामेरा उपहार पाएकी थिइन्। ६२ वर्षमा आफैंले अर्को क्यामेरा खरिद गरिन्। त्यही क्यामेरा बोकेर उनी विभिन्न मुलुक डुल्छिन्। , आफ्नो फोटोग्राफी यात्राबारे उनले भनिन्, ‘सम्बन्ध विच्छेद कहालीलाग्दो नै हुन्छ। त्यसको पीडा भुल्न मैले क्यामेरासँग संगत गर्न थालें।’, आफूले  खिचेको तस्बिर कुनै प्रदर्शनीमा छनोट होला भन्ने उनलाई लागेको थिएन। प्रदर्शनीकै निम्ति भनेर फोटो खिच्न उनलाई सबैभन्दा कठिन काम लाग्थ्यो। बेलायतको प्रदर्शनीमा छनोट भएको फोटो उनले निकै कठिनाइ व्यहोरेर खिचेकी थिइन्।, ‘ओडार बनाएर माइनस २० डिग्री सेल्सियस तापक्रममा म १६ घन्टासम्म बसें। तातोका निम्ति मसँग साना ९ वटा मैनबत्ती थिए,’ उनले भनिन्।, फिनल्याण्डमा भालुले मानिसमाथि आक्रमण गरेका घटना बिरलै थिए। त्यसैले तस्बिरका निम्ति उनले १६ घन्टा प्रतीक्षा गरिन्। अन्तत: उनको धैर्यता सफल भयो।, ‘भालुले मारेको शिकार सहितको तस्बिर खिच्नु मेरा निम्ति निकै रोमाञ्चित पल थियो। बिहानको पैलो प्रहरमै मैले त्यस तस्बिर कैद गर्न पाएँ,’ जेनीले तस्बिर कैद गर्दाका पलबारे भनिन्।, भालुको फोटो कैद गर्न निकै जोखिमपूर्ण समेत रहेको उनको अनुभव छ। सन् २०१० मा आर्टिकमा जाँदा उनलाई सेतो भालुले लखेटेको थियो। सन् २०२० मै फिनल्याण्डमा उनले बनाएकै ओडारमा भालु छिर्ने प्रयास गरेको थियो।, ‘खैरो भालुको घ्राण शक्ति निकै राम्रो हुँदो रहेछ। सुँघ्दै म लुकेको ओडारमा पस्ने प्रयास गरेको थियो। त्यसबेला पनि सम्भावित जोखिमबाट बचें,’ उनले भनिन्।, जेनीको अर्को साहसिक यात्रा मंगोलियाको हो। उनी सन् २०१६ मा  मंगोलियाको कज्जागमा पुगेर आदिवासीहरूको तस्बिर लिएकी थिइन्। त्यस यात्रामा निस्कनु अघि उनले दैनिक ३० किलोमिटरसम्म यात्रा गर्न सक्छु भन्ने प्रमाणित गर्नुथियो। त्यहाँका मानिससँग घुलमिल हुनसक्छु भन्ने विश्वास दिलाउनु थियो। जेनी मंगोलियाको यात्रामा सफल भइन्।, ‘म त्यहाँ पाइजामा लगाएर पुगेकी थिएँ। त्यहाँका मानिसहरूले किन थर्मल र बाक्लो ह्याट लगाएका छन् भेउ पाउन सकेको थिइनँ। म कति मुर्ख थिएँ भन्ने कुरा यहीँबाट थाहा हुन्छ,’ जेनी हाँसिन्।, त्यहाँका आदिवासीसँग समय गुजार्न पाउनुलाई उनले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भनेकी छिन्। ‘उनीहरूसँग समय बिताउन पाउनु निकै महत्वपूर्ण क्षण थियो। कठिन भूगोलमा पनि मैले खुसी मानिसहरू देखें,’ आदिवासीसँगको बसाइको अनुभव जेनीले साटिन्।, उनलाई बच्चाबच्ची र जनावरको तस्बिर लिन असाध्यै मनपर्छ। यात्राको क्रममा बच्चा खोजिरहेको  ऊँटको तस्बिर लिएकी थिइन्। हुरी आउँदा बच्चा माउबाट छुट्टिएको थियो।, ‘बच्चा हराउँदा ऊँटले निकालेको आवाज निकै पीडादायी थियो। धन्य कज्जागले बच्चा भेट्टाइदिएर माउसँग मिलन गराइदिए,’ उनले भनिन्।, उनले कज्जाग समुदायका मानिसहरुले गाईलाई ट्रकमा लोड गरेको फोटो खिचेकी थिइन्।, ‘थकित गाईलाई उनीहरूले ट्रकमा लोड गर्दै थिए। आफूले पालेका जनावरप्रति उनीहरूको प्रेम र जनावरलाई उनीहरुले दिने महत्व कत्ति छ भन्ने कुरा त्यस तस्बिरले दर्शाउँछ,’ उनले भनिन्।, जेनी, वेल्स फोटोग्राफिक फेडेरेसनकी अध्यक्ष पनि  हुन्। सम्बन्ध विच्छेदबाट पीडा व्यहोरेर फोटोग्राफर बनेकी उनले यस पेशाबाट भने सफलता र खुशी दुबै प्राप्त गरेकी छिन्। बिबीसीको कन्ट्रीफाइल क्यालेण्डरमा  सन् २०१६ र सन् २०२२ गरी दुई पटक फोटो छापिएछि आफ्नो क्लबमा उनी मिस सेप्टेम्बरका रूपमा पनि चर्चित छिन्।, १३ सय फोटोहरूमध्ये १ सय ५० फोटो मात्रै देखाइने प्रर्दशनीमा फोटो छनौट भएपछि उनी निकै उत्साहित समेत छिन्। फिनल्याण्डमा खिचेको खैरो भालुको फोटो चर्चित भएपछि ७० वर्षीया हजुरआमा जेनीको अब एउटा धोको छ- एल्लो स्टोन नेशनल पार्कमा पुगेर सालमोनको शिकार गरिरहेको भालुको तस्बिर कैद गर्ने।, एउटा तस्बिरले चुलियो डिभोर्सको पीडा भुल्न फोटोग्राफर बनेकी हजुरआमाको चर्चा
रासस सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता गर्‍यो।, घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो। , सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण काम लम्बियो। केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन्।, टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताए। , घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन्। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका इञ्जिनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताए।, रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताए।, ‘प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ’, उनले भने, ‘प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौं।’, निर्माण कम्पनीले चार घडी रु आठ लाखमा खरिद गरेको जोशीले जानकारी दिए।, घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित रु तीन करोड २६ लाख ४२ हजारमा सम्झौता भएको थियो।, टीकापुरमा घण्टाघरको घडी ठप्प
सेतोपाटी संवाददाता नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानीहरू बेवारिसे बनेका छन्।, पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनै पनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन्। , सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ। मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ। सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ। अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन्। , सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको स्थानीय कुलबहादर भण्डारी बताउँछन्। उनले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताए।, स्थानीय यामप्रसाद तिम्सिनाले वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरे पनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन्। , उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको उनले बताए। ३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको भनाइ छ। उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताए। उनले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउने गरेको बताए। , २०४५ सालमा चिनीयाँ कम्पनी आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणि रेग्मीले बताए। अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उनको भनाइ छ । , सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत भएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहे पनि आफूसंग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीहरुको भनाइ छ ।, मोरङको पेट्रोल खानी गौचरणमा परिणत
रासस महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गएराति एक बालकको शव भेटिएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार गएराति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो।, बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो। , पोखरीमा भेटियो बालकको शव
सविता बुढा डल्ली रावलको डेढ बिगाहा जग्गा गोदावरी नदीले बगायो। कैलालीको गोदावरी नगरपालिका–३ मालिका टोलकी रावलको यो जग्गा एकै पटक नदीले लगेको होइन।, प्रत्येक बर्खामा अलिअलि गर्दै पाँच वर्षमा गोदावरी नदीले उनको डेढ बिगाहा खेत कटान गरिदियो। अब उनीसँग पाँच कट्ठा मात्र बाँकी छ।, डल्ली भन्छिन्, ‘बचेको पाँच कट्ठा पनि ऐलानी हो। कतिखेर बगेर जान्छ, केही भर छैन।’, पाँच वर्ष अघिसम्म डल्लीको परिवारले आफ्नै खेतबाट उब्जाएको केही अन्न बेच्थ्यो। अहिले किनेर खानु परेको छ।, उनको परिवारमा खेतीबाहेक अर्को कुनै पेशा छैन। परिवारका कोही जागिरमा छैनन्। गुजारा चल्ने भनेकै खेतीबाट थियो।, ‘भएको जमिन नदीले कटान गरेर सकिदियो। अब त खान, लाउनकै समस्या छ,’ डल्लीले सेतोपाटीसँग भनिन्।, डल्ली र उनका श्रीमान् दिनभरि मजदुरी गर्छन्। मजदुरीको आम्दानीले अन्न जोहो गर्न नसकेको उनको गुनासो छ।, ‘पेट पाल्ने सहारा त्यही खेत थियो। अहिले परिवारको पेट पाल्न गाह्रो भएको छ। बच्चाको पढाइलेखाइ कसरी गर्ने हो चिन्ता लागिरहन्छ,’ उनले भनिन्।, उनका अनुसार नगरपालिकाले गत वर्ष र यस वर्ष नदीको केही भागमा तटबन्ध गरेको थियो तर यस वर्षको बाढीले त्यो सबै भत्काइदियो।, ‘बलौटे माटो छ। जेठतिर तटबन्ध गरेजस्तो गर्छन्। त्यसले के काम चल्थ्यो र,’ डल्लीले भनिन्, ‘बाढी आएर सबै बगाइदियो। दीर्घकालीन तटबन्ध गर्ने केही उपाय गरे अलिअलि भएको जमिन बच्थ्यो कि!’, यस्तो समस्या डल्लीको मात्रै होइन। गोदावरी नगरपालिकाका अन्य कतिपय बस्तीका बासिन्दाहरू यस्तै समस्यामा छन्।, गत वर्ष वडा नम्बर एक, चैत्यनपुरकी लक्ष्मी विष्टको पाँच कट्ठा जमिन गोदावरी नदीले कटान गर्‍यो। अब साढे दुई कट्ठा बाँकि छ।, लक्ष्मीले भनिन्, ‘हामीसँग धेरै जमिन थिएन। पाँच कट्ठा बगाइहाल्यो। अब त हामीलाई खानकै समस्या छ।’, लक्ष्मीका अनुसार उनको बस्तीका दर्जनौं घरधुरीको केही न केही जमिन नदीले कटान गरेको छ। उनी भन्छिन्, ‘कटान नरोकिने हो भने हामी त चाँडै सुकुम्बासी हुन्छौँ।’, गोदावरी नगरपालिका सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको क्षेत्र हो।, प्रदेशसभाको बहुमतले २०७५ साल असोज ९ गते गोदावरी नगरपालिकालाई राजधानी तोकेको थियो। मुख्य सरकारी भवनहरू तेघरीस्थित नेपाली सेनाको ब्यारेक पछाडि बनाउने निर्णय भएको थियो।, राजधानी तोकिएपछि गोदावरी क्षेत्र चर्चामा छ। गोदावरी नगरपालिकाका केही वडाहरू चुरे क्षेत्रमा र केही वडा यसको फेदमा पर्छन्।, चुरेबाट स-साना खहरे खोला र नदी यो नगरपालिका हुँदै बग्छन्। यी खोला र नदीको वहाव नियन्त्रण नहुँदा केही वर्षयता गोदावरी नगरपालिकामा कटान र डुबानको समस्या बढ्दो क्रममा छ।, यहाँका खोलाबाट नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण कटान र डुबानको समस्या बढेको भुक्तभोगीहरू बताउँछन्। चुरे क्षेत्रमा पहिरो पनि जाने गरेको छ।, नगरपालिकाका बस्ती र खेतीयोग्य जमिन जोगाउन स्थानीय बासिन्दाहरूले माग गर्दै आएका छन्। नगरपालिका कार्यालयका अनुसार पनि गोदावरी नगरपालिका क्षेत्र नदी कटानको जोखिममा रहेको छ ।, नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टका अनुसार यहाँ मछेली, चाप्ले खोला, बीच बीचमा अन्य स-साना खहरे खोला छन्।, यीनीहरूले बर्खामा डुबान र कटानको समस्या निम्त्याउने गरेका छन्।, गोदावरी नदी वडा नम्बर ३, ४ र १ हुँदै बग्छ। यी वडाका धेरै बस्ती र बासिन्दाका जमिन कटान र डुबानको जोखिममा छन्। हरेक वर्ष केही न केही क्षति हुने गरेको प्रवक्ता भट्टको भनाइ छ।, त्यस्तै वडा नम्बर ४, ६, ८ र ९ बाट खुटिया नदी र बडा १ र ४ बाट बग्ने खैराना नदीले मनेहरा सर्कल बस्ती, चैत्यनपुर, वसन्तपुर, गोदावरी र अत्तरिया बजारको पश्चिमतर्फ कटान गर्ने गरेको छ।, प्रदेश सरकारले सरकारी संरचनाहरू निर्माण गर्ने भनेको ठाउँको पश्चिमतर्फ नदी कटानको समस्या छ। त्यहाँको आसपासका बस्तीहरू सधैँ कटानबाट पीडित छन्।, प्रवक्ता भट्ट भन्छन्, ‘अहिलेसम्म डुबान र कटानबाट कति क्षति भयो, कति जोखिममा छन् भन्ने यकिन तथ्यांक हामीसँग छैन। तथ्यांक लिने काम गरिरहेका छौँ।’, गोदावरी नगरपालिका सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वारका रूपमा रहेको छ। यहाँको डुबान र कटानको जोखिम र क्षति कम गर्न नगरपालिकाले गतिलो योजना नल्याएको स्थानीयको भनाइ छ।, वडा नम्बर २ की बासिन्दा लक्ष्मी रावल भन्छिन्, ‘गरे त के हुँदैन र! नेताहरूले काम नै गरिदिँदैनन्। सकिँदैन भन्छन्। गुरूयोजना बनाएर नदीको संरक्षण गर्नुपर्‍यो। केही नभए पनि रूख रोप्ने अभियान त चलाउनुपर्‍यो नि!’, उनको जस्तै विचार वडा नम्बर ३ की बासिन्दा महिमा कडायतको पनि छ।, खेतीयोग्य जमिन कटान हुँदा गरिबी र भोकमरी सिर्जना हुने अवस्थातर्फ राज्यको ध्यान जानुपर्ने उनले बताइन्।, ‘हामीले नदीकै कारण कति धेरै दुःख भोग्नुपरेको छ, हाम्रो पीडा त हामीसँगै छ,’ उनी भन्छिन्, ‘यस्तो गम्भीर विषयमा त यहाँ राज्यलाई वास्ता नै छैन।’, नगरपालिकामा नदी र खोलाको कटान र डुबानको समस्या कम गर्न स्थानीय बासिन्दाले सरकारको सहयोग माग गर्दै आएका छन्। नगरपालिकाका अधिकारीहरू भने नदीमा तटबन्ध गर्ने काम नगरको बजेटबाट सम्भव नहुने बताउँछन्।, प्रवक्ता भट्ट भन्छन्, ‘हामीसँग तत्काल केही रोकथाम गर्न थोरै मात्र बजेट छ। स्थायीरूपमा समाधान गर्न बलियो तटबन्धका लागि प्रदेश र संघले खाका बनाएर बजेट दिनुपर्छ।’, नगरको बजेट बनाउने क्रममा नदी कटान र डुबानको समस्या समाधानको योजना राख्न प्रस्ताव आएको पनि उनले बताए। उनका अनुसार नगरको बजेटले खोलामा तटबन्ध गर्न सकिँदैन।, यसरी बजेट अभाव देखाएर नगरपालिका पन्छिने अनि प्रदेश र संघले वास्ता नगर्ने अवस्थाले स्थानीय बासिन्दाहरूको समस्या बढ्दो छ। प्रदेश सरकारले पनि प्रदेश राजधानीको यस्तो अवस्था बेवास्ता गरेको छ।, यो पनि हेर्नुहोस्, 'छोराछोरी खोलामा चिप्लिने पिर हुन्छ, पुल बनाइदेउ भन्दा नेताले झपार्छन्', कैलाली गोदावरीका बासिन्दा भन्छन्- नदीले सुकुम्बासी बनाउने भयो
रासस लमजुङको मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ।     , निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ।, आयोजनाका उदीपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भने, ‘विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन, कामसमेत ढिलासुस्ती भइरहेको छ।’, हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उनको भनाइ थियो। छयत्तर किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पुर्‍याउन १९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ। , यीमध्ये हालसम्म १८ वटा टावर निर्माण भइसकेको छ भने, ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताए।, उक्त टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ।, अठार वटा खडा भएको टावरमध्ये १७ वटा उदीपुरदेखि मध्मर्स्याङ्दी र एक वटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ।, ‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ। उदीपुरदेखि मध्यमर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाउने काम गरेर तार तान्ने कार्य भइरहेको छ’, उनले भने, ‘यहाँ विभिन्न आयोजना रहेकाले, आयोजनामा उत्पादिन बिजुली जोड्न  सहज हुने भएकाले पहिलो प्राथमिकता यस खण्डमा दिएरअघि बढिरहेको र अब एक हप्ताभित्रमा तार तान्ने काम सम्पन्न हुनेछ।’, छ किलोमिटर खण्डको निर्माण अघिल्लो जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारीको रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ। , त्यस्तै, लमजुङ उदीपुर र भरतपुरमा गरी दुइटा सवस्टेशन पनि निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ।, सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको उक्त आयोजना तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो।, उनका अनुसार सम्झौताअनुसार समयमै सम्पन्न नभइसकेपछि थप गरिएको समयअवधि सकिएकाले अब कति समय थप गर्ने भन्नेबारे छलफल भइरहेको छ।, चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको उक्त आयोजना सम्पन्न गर्नका लागि करिब रु तीन अर्ब अनुमान गरिएको छ।, सुस्त गतिमा अघि बढ्दै उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन
विवेक राई पछिल्लो दुई सातायता कोरोना संक्रमण दर तीन गुणा बढेको छ।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा ४३ हजार ४३९ जनाको परीक्षण गरिएकोमा १६५५ जनामा संक्रमण पुष्टि भएको छ। , यो भनेको ३.८ प्रतिशत संक्रमण दर हो। जबकि त्यसअघि संक्रमण दर जम्मा १.१७ प्रतिशत थियो। असार १ देखि १५ गतेसम्म कुल ४१ हजार २२४ जनाको परीक्षण गर्दा जम्मा ४३५ जनामा संक्रमण देखिएको थियो। तर अहिले दैनिक संक्रमितको संख्या तीन गुणा बढेको छ।, हेर्नुस् ग्राफ:, पछिल्लो साता संक्रमण बढ्नुको मुख्य कारण ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति रहेको विज्ञहरू बताउँछन्।, सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले यो नयाँ उपप्रजाति अहिलेसम्मकै संक्रामक रहेको बताएका छन्। यो उपप्रजातिलाई 'बिए फाइभ' नाम दिइएको छ। , नेपालमा पनि अहिले 'बिए फाइभ'  सक्रिय रहेको उल्लेख गर्दै डाक्टर पुनले आगामी दिनमा थप संक्रमण बढ्ने बताए। , तथ्यांकले पनि यो उपप्रजाति बढी संक्रामक रहेको पुष्टि हुन्छ। पछिल्लो एक सातायता दिनप्रतिदिन संक्रमण बढिरहेको छ।, गत असार २४ गते ९८ जनामा संक्रमण देखिएकोमा हिजो (बिहीबार) २६० जनामा संक्रमण देखिएको थियो। संक्रमितको संख्या थप बढ्दै जाने डाक्टर पुन बताउँछन्। , अर्को भनेको यो उपप्रजातिले खोप लगाएका व्यक्तिलाई पनि संक्रमण गर्नसक्ने हुँदा थप सर्तक हुनुपर्ने पुनको सुझाव छ।, ‘खोप लगाएकाहरूमा हुने एन्टिबडीलाई पनि यो उपप्रजातिले छल्नसक्छ भनिएको छ। मलाई नै फोन गर्नुहुने कति जनाले खोप लगाएको बताउनुभएको छ। त्यसैले सतर्कता अपनाउन जरूरी छ,’ उनले भने।, अर्को सरूवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोला पनि पछिल्लो समय मानिसहरूले मास्क लगाउने लगायत जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बढेको बताउँछन्।, ‘हामीले लगभग मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेलगायत मापदण्ड पालना गर्न छोडिसक्यौं। जसको कारणले संक्रमण बढिरहेको छ,’ उनले भने। , डाक्टर पुनले पनि पछिल्लो समय मानिसहरूले मास्क लगाउने बानीलाई छोडेको बताउँदै सो बानीलाई निरन्तरता दिनुपर्ने जनाए।, अहिले फैलिरहेको नयाँ उपप्रजातिले खोप लगाएकालाई पनि संक्रमण गर्नसक्ने उल्लेख गर्दै पुनले अनिवार्य मास्क लगाउन सुझाएका छन्। , ‘मैले खोप लगाएको छु तर पनि म त संक्रमित हुनसक्छु नि। जसले गर्दा अरूलाई संक्रमण सार्न सक्छु। त्यसैले मास्क चाहिँ लगाउनै पर्छ,’ उनले भने। , तर 'बिए फाइभ' उपप्रजाति बढी संक्रामक रहे पनि पहिलेकोजस्तो घातक नरहेको डाक्टर पुन बताउँछन्।, उनले आगामी दिनमा संक्रमितको संख्या बढे पनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या अघिल्लो लहरहरूको जस्तो नहुने बताए। , ‘अबको दिनमा संक्रमणको बिन्दु उकालो लाग्नसक्छ। तर अघिल्लो डेल्टा भेरियन्टको जस्तो जति संक्रमण बढ्यो उति नै बिरामी अस्पताल भर्ना हुने स्थिति आउँदैन,’ पुनले भने। , अर्को भनेको अहिले बुस्टर डोज लगाउने मानिसहरू कम हुँदा त्यसले पनि संक्रमणको जोखिम बढ्ने पुन बताउँछन्।, मन्त्रालयको तथ्यांक अनुसार असार २९ गतेसम्म जम्मा ६७ लाख ५४ हजार जनाले बुस्टर डोज लगाएका छन्। , हुन पनि पछिल्लो समय संक्रमण कम भएसँगै मानिसहरूले बुस्टर डोज लगाउन चासो देखाएको देखिँदैन।, अधिकांश मानिसहरूले पहिलो र पूर्ण मात्रा खोप लगाएका कारण त्यहीँ खोपले काम गर्ने भन्दै अहिले ती मानिसहरू बुस्टर डोज लगाउन गएका छैनन्। तर डाक्टर पुनले बुस्टर डोजले संक्रमण भइहाले त्यसबाट हुने जटिलतालाई रोक्ने वा कम गर्ने हुँदा सबैले बुस्टर डोज लगाउनुपर्ने जनाए। , ‘नेपालमा ७० प्रतिशतभन्दा बढी मानिसले खोप लगाइसकेका छन्। तर खोप लगाएको समय धेरै भएकाले ती मानिसहरूमा पनि संक्रमणको जोखिम हुन्छ,’ पुन भन्छन्, ‘त्यसमाथि यो संक्रमण कुनै बिन्दुमा गएर टुंगिएला जस्तो छैन। यसले काचुली फेरेको फेरै छ। त्यसैले बुस्टर डोज लगाइयो भने आगामी दिनमा संक्रमण भइहाले पनि त्यसबाट हुने जटिलतालाई यसले रोक्द मद्दत गर्छ।’,  , विज्ञ भन्छन्- कोरोना बढेको बढ्यै छ, मास्क लगाऔं