content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता आगामी मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ।, लुम्बिनी विकास कोषको बुधबार बसेको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो।, कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी समिति गठन गरेको छ।, मन्त्री श्रेष्ठले कोभिडपछि सुस्ताएको लुम्बिनीको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले सघाउ पुर्‍याउने बताए।, त्यसैगरि मन्त्री श्रेष्ठले सरकारले सन् २०२३ देखी २०३३ सम्मको १० वर्षको अवधिलाई भ्रमण दशक तोकेर अगाडि बढ्ने योजनामा रहेको बताए। भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आईसकेकोले बढी भन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको मन्त्री श्रेष्ठको भनाई छ।, मन्त्री श्रेष्ठले लुम्बिनी विश्वकै पर्यटकको रोजाईमा रहेको क्षेत्र भएकोले यसलाई बुद्ध सर्किटसँग जोडेर विकास गर्नुपर्ने बताए। उनले लुम्बिनीसँग जोडिएका तिलौराकोट, राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए।, तिलौराकोटलाई विश्व सम्पदामा सुचिकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता विषयमा छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।, लुम्बिनी परिषद बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट, निति तथा कार्यक्रम पेश गरिएको थियो।, मन्त्री बनेपछि पहिलो पटक लुम्बिनी आएका श्रेष्ठले लुम्बिनी विकास कोषले गौतमबुद्धको मावली गाउँ देवदहमा निर्माण गरेको गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरेका छन्। , लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने
रासस दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ। , नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।, नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिए।, नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थी निकै खुसी भएका छन्।,  , दिपायलमा पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट
चन्द्रकला भण्डारी/रासस ‘बसाइँ सर्नेको ताँतीले बस्नेको मन रूँदछ, लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ।’ वि.सं २०२६ तिर गायक जेबी टुहुरेले साहित्यकार लव प्रधानका यी शब्दमा स्वर भरेपछि अहिलेसम्म जनजनमा लोकप्रिय भएर गुञ्जिरहेको छ यो गीत।, राजनीतिक जागरणका लागि जनताको जीवनलाई दुरूस्त उतारिएको यो गीतले उसबेला पहाडी भूगोलमा गरिबी, अभाव र बेरोजगारीका कारण बसाइँ हिँड्नेको ताँतीले गाउँ नै उजाडेको सन्देश बोकेको छ। जो अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ।, त्यसो त साहित्यकार लीलबहादुर क्षेत्रीले पूर्वी पहाडको यही जनसाङ्ख्यिक विशेषतालाई कथावस्तु बनाएर ‘बसाइँ’ उपन्यास नै लेखे।, धने भन्ने पात्रले बिहानीपख उज्यालो नहुँदै पहाडको थातथलो छाड्दा भएको रूवाबासीले कसको मन पगाल्दैन र! गीत र उपन्यासको यो अभिशप्त जीवनचर्चा अहिले पनि पूर्वी पहाडको वर्तमान नियति बनेको छ। , समृद्ध र सुखी समाजको परिकल्पना गर्दै अनेक युग फेरिए पनि यहाँको बसाइँ हिँड्नुपर्ने बाध्यता अझै हटेको छैन भन्ने तथ्य जनगणनाले प्रष्ट देखाएको छ।, विसंं २०७८ को जनगणनाको प्रारम्भिक नतिजाको मिहीन विश्लेषण गर्दा प्रदेश नं १ का हिमाली र पहाडी क्षेत्रले बसाइँसराइका कारण ठूलो जनसाङ्ख्यिक क्षति व्यहोरेको देखिएको छ।, केन्द्रीय तथ्यांक विभागले गत माघमा सावर्जनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नं १ का हिमाली र पहाडी क्षेत्रका ११ वटा जिल्लाको जनसंख्या घट्दै गएको हो।, हाल स्थानीय तहहरूमा भएको जनसंख्या र अघिल्लो दशक अर्थात् विसं २०६८ मा गरिएको जनगणनाको नतिजाका आधारमा विश्लेषण गर्दा हिमाली र पहाडी क्षेत्रका ७५ वटा स्थानीय तहमा मानिस घटेका छन्। अर्थात् यी पालिकाहरूको जनसंख्या वृद्धिदर ऋणात्मक छ।, तथ्यांक कार्यालय मोरङका प्रमुख तीर्थ बरालका अनुसार प्रारम्भिक तथ्यांकमा संस्थागत जनसंख्या (होस्टल, ब्यारेक, कार्यालय आवास आदि) को जनसंख्या समेटिएको छैन। , हिमाल र पहाडमा राज्यले अर्बौं लगानी गरेर विकासका पूर्वाधार पुर्‍याउने अनवरत प्रयास गरे पनि मानिसहरू नअडिएपछि त्यस क्षेत्रका जनप्रतिनिधिहरू चिन्तित हुन थालेका छन्।, यसैगरी मानिसहरू आफ्नो पालिकालाई त्याग्दै नयाँ गन्तव्य खोज्ने हो भने केही दशकपछि जनसंख्या अभावकै कारण हिमाली र पहाडी क्षेत्रका पालिकाहरू एक आपसमा गाभिनु पर्ने स्थिति आउने पो हो कि! भन्ने चिन्ता उनीहरूलाई छ।, ‘हिमाली र पहाडी क्षेत्रका पालिकामा निरन्तर जनसंख्या ओरालो लाग्नुले हाम्रो विकासको मोडललाई नै चुनौती थपेको छ’, लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुन मावोहाङ भन्छन्, ‘हामी नगरबासीको सुख र समृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी गरिरहने तर नगरबासीहरू हामीलाई छाड्दै तराईतिर बसाइँ सरिरहने। आखिर विकास र मानिसका आकांक्षामा किनमेल भइरहेको छैन। यो चिन्ताको विषय हो।’, तथ्यांक कार्यालय मोरङका अनुसार प्रदेश नं १ का ताप्लेजुङका–८ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकाबाहेक सात तहको जनसंख्या वृद्धिदर घट्दो अवस्थामा छ।, पाँचथरको फिदिम नगरपालिकासहित सबै आठवटै तहको जनसंख्या घट्दो अवस्थामा नै छ।, इलामको चुलाचुली र इलाम नगरपालिकाबाहेक तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको जनसंख्या निरन्तर घट्दो अवस्थामा छ। , तेह्रथुमका सबै छवटै पालिकामा जनसंख्या घटेको छ। कुनै बेलाको क्षेत्रीय सदरमुकाम भएको जिल्ला धनकुटाका सबै सात वटै तहको जनसंख्या ओरालो लागेको छ। यसैगरी सङ्खुवासभाको खाँदबारी नगरपालिकाकाबाहेक नौ वटा पालिकाको जनसंख्या घटेको छ।, भोजपुरका नौ वटै पालिकाको जनसंख्या २०६८ को तुलनामा २०७८ मा घट्यो। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाबाहेक सात वटा पालिकाको जनसंख्या घट्यो। , ओखलढुङ्गाका आठवटै स्थानीय तहको जनसंख्या घट्यो। खोटाङका सबै १० वटै पालिकाको जनसंख्या घटेको छ। भित्री मधेसको जिल्ला उदयपुरको पनि चार गाउँपालिकाको जनसंख्या घटेको छ। यसरी प्रदेश नं १ का १४ मध्ये ११ वटा जिल्लाका ७५ वटा स्थानीय तहको जनसंख्या वृद्धिदर घटेको छ।, विगतमा खानेपानी, बिजुली, इन्टरेट, बाटो केही नहुँदा समेत पहाडी क्षेत्रमै बस्ने रूचाउने मानिसको पछिल्लो समय ठूला सहर बजारतिर बसाइँ सर्ने क्रम बढ्दो रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकलाई विश्लेषण गर्दा पनि प्रष्ट देखिन्छ।, लालीगुराँस नगरपालिकाकै उदाहरण हेर्ने हो भने पनि २०६८ को तुलनामा २०७८ मा एक हजार ५१६ जना घटेको देखिन्छ।, यो अघिल्लो दशकको तुलनामा करिब १ (०.९) प्रतिशते कम हो। जनगणनाको प्रारम्भिक नतिजा अनुसार यो नगरपालिकाको जनसंख्या १५ हजार ४१८ रहेको छ।, ‘अहिलेको भन्दा सरल र सुखी जीवन सबैको चाहना हो, त्यसैले सक्षम र केही पैसा हुनेहरू बसाइँ सरेका कारण हाम्रो जनसंख्या घटेको हो,’ उनले भने, ‘जापान, कोरियादेखि साउदीका देशमा श्रम गर्न जानेहरूमध्ये धेरैले आफ्ना परिवार काठमाडौं, विराटनगर र धरानजस्ता ठूला सुविधायुक्त सहरमा सारिसके।’, माबोहाङका अनुसार जनसंख्या वृद्धिको प्राकृतिक नियमअनुसार जन्मिने दरमै उल्लेख्य कमी भएको होइन र अस्वाभाविक मृत्यु दर बढेर पनि जनसंख्या घटेको होइन। यो सबै बसाइँसराइका कारण उत्पन्न भएको परिस्थिति हो। , तेह्रथुम जिल्लामा चार गाउँपालिका र दुई नगरपालिका रहेका छन्। यहाँका सबै पालिकाको जनसंख्या घट्दो छ। आठराई गाउँपालिकामा विगतमा २१ हजार ७४७ रहेकोमा हाल १८ हजार २१०, छथरमा विसं २०६८ मा १६ हजार ७१५ रहेकोमा हाल १४ हजार २४४, मेन्छ्याम गाउँपालिमा विगतमा ८ हजार ०७८ रहेकोमा हाल छ हजार ६९८, म्याङलुङमा विगतमा १९ हजार ६५९ मा हाल १९ हजार ७८ जना र फेदाप गाउँपालिकामा विसं २०८६ मा १७ हजार ७०० रहेकोमा हाल १५ हजार २३६ रहेको जनगणनाको प्रारम्भिक प्रतिवदेनमा उल्लेख छ। , छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बसाइँ सर्ने क्रमलाई संघीय, प्रदेश सरकारले गम्भीर रूपमा नलिने हो भने १० बर्ष पछि बस्तीहरू जंगलमा परिणत हुने बताए।, उनले पहाडी जिल्लाहरूमा सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएर भरपर्दो सेवा दिन आवश्यक रहेको बताए।, ‘हरेक गाउँका बस्तीमा बाटो पुगेको छ’, उनले भने, ‘तर भरपर्दो रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था नहुँदा त्यही बाटो प्रयोग गरेर गाउँलेलाई रातारात नै बसाइँ हिँड्न सजिलो भएको छ।’, उनका अनुसार पहाडी जिल्लाबाट बसाइँ सर्नेहरूले झापा, सुनसरी र मोरङलाई बढीजसो रोजेका छन्। , खोटाङ जिल्लाको अति दुर्गम मानिने खोटेहाङ्ग गाउँपालिकाका कतिपय वडा बसाइँसराइका कारण खाली हुने अवस्थामा पुगेको पालिका अध्यक्ष उदिनबहादुर राईले बताए।, यो पालिकाका बासिन्दा बसाइँ सर्नुको कारण वन्यजन्तु र यातायातको असुविधा रहेको उनको भनाइ छ।, सो पालिकाको जनसंख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार १९ हजार २९५ रहेको छ भने २०६८ सालमा २१ हजार ४४ रहेको थियो।, एक दशकमा यो पालिकामा एक हजार ७४९ जना मानिस घटेका छन्।, पहाडी क्षेत्रमा जनसंख्या घट्नुको कारण वैदेशिक रोजगारी प्रमुख भएको अध्यक्ष राई बताउँछन्।, ‘गाउँमा रोजगारी नपाएर परदेश जाने धेरै छन्’, राईले भने, ‘उनीहरूले दुई चार पैसा कमाउँछन्, सुविधा भएको ठाउँमा जग्गा किनेर परिवार सार्छन्। गाउँ त यसरी नै रित्तिने भयो।’, तथ्याङ्क कार्यालय मोरङका प्रमुख बरालले समग्र राष्ट्रिय स्तरको जनसंख्या बढेको तथ्याङ्क रहे तापनि प्रदेश नम्बर १ को भने पहाडी जिल्लामा घटेको र तराई क्षेत्रमा बढेको बताए।, उनका अनुसार, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, भोजपुर, धनकुटा, सोलुखम्बु, ओखलढुङ्गा, तेह्रथुम, संखुवासभा र उदयपुरको जनसंख्या घटेको छ। , यसैगरी तराई क्षेत्रमा पर्ने झापा, मोरङ सुनसरीमा २०७८ सालको जनसंख्यामा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ। यसमा झापा जिल्लाको जनसंख्या १ प्रतिशतदेखि ३ दशमलव ४५ प्रतिशत, मोरङको ३ दशमलव ९३ प्रतिशत र सुनसरीको २ दशमलव ३७ प्रतिशतले बढेको देखिन्छ। उनले बसाइँसराई न्यूनीकरणका लागि स्थानीयस्तरमै अधिकतम् रोजगारी उपलब्ध गराउने खालको औद्योगिक विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्यको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए। रासस,  , बसाइँ सर्नेको ताँतीले रित्तिँदै हिमाल र पहाड
सेतोपाटी संवाददाता श्रीमतीको हत्या आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ।, घटना विवरण अनुसार सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो।, श्रीमान र छोरासँग बस्दै आएकी सावित्री मृत फेला परेपछि इलाका प्रहरी कार्यालय सालझण्डीले यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।, मृतक सावित्रीको शरीरका विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएपछि उनको हत्या भएको ठहर गर्दै अनुसन्धान गर्दै जाँदा पैसा चोरी गरेको आरोपमा यमबहादुरले श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ।, हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइदिने र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन्।, मरासिनीले क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताए।,  , एक हजार रुपैयाँ निकालेको आरोपमा श्रीमतीको हत्या!
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।, बिहीबार प्रहरी महानिरीक्षकले गरेको निर्णयअनुसार २४ जना एसपीको सरूवा गरिएको हो। , अख्तियार दुरूपयोग अनुसन्‍धान आयोग प्रहरी महाशाखा टंगालका अजय केसीको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा गरेको छ। , राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान तालिम शाखा महाराजगन्जका अनुपम शम्शेर जबराको इन्टरपोलमा सरूवा गरिएको छ। गण्डकी प्रदेश प्रहरी गण पोखरामा रहेका ऋषिराम कँडेलको जिल्‍ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरूवा गरिएको छ। , काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानीपोखरीका कमल थापाको केन्द्रीय अनुसन्धान ब्युरो पिलर ८ सूचना संकलन विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्जमा सरूवा गरेको छ। , जिल्ला प्रहरी कार्यालय सर्लाहीका कृष्ण प्रसाईको प्रधान कार्यालय केन्द्रीय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा सरूवा गरेको हो। ,  , २४ एसपीको सरूवा, को-कहाँ? (सूचीसहित)
रासस अख्तियार दुरूपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनियर नवन डाँगीविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। , आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इञ्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेस गर्दा घुस मागेको पाइएको छ। , आयोगका अनुसार सुरूमा ५० हजार रुपैयाँ बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप तीन लाख ५६ हजार ५०० रुपैयाँ बराबरको घुस लिएको खुलेको छ।, आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।, घुस लिएको आरोपमा इञ्जिनियरविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता २३ वटा कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकैबाट छत कछुवासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , टोखा नगरपालिका-३ टोखाका २१ वर्षीय रमेश डंगोल र सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भई टोखा बस्ने २१ वर्षीय अनुराग मगरलाई पक्राउ गरेको हो। , प्रहरीले छा कछुवा बिक्री भइरहेको भन्ने सूचना पाएको थियो। सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूबाट जिवित कछुवा फेला पारेको हो। , उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यस घटनामा प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।, २३ वटा कछुवासहित दुई जना बौद्धबाट पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ।, हालै प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपीमा बढुवा भएका ३६ जना अधिकृतहरूको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, बिहीबार प्रहरी महानिरीक्षकले बढुवा भएका ३६ जना अधिकृतको पदस्थापन गर्ने निर्णय गरेको हो। ,२४ जना एसपी,को सरूवा पनि भएको छ।, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका देवेन्द्रबहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरेको छ।, नेपाल प्रहरी अंगरक्षक गण नक्सालका सिताराम रिजाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखामा पदस्थापन गरिएको हो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका भिमकिरण बोगटीको नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा पठाइएको छ।, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सुमनकुमार तिमिल्सिनालाई मधेश प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा, जनकपुरमा र अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखाका सरोज पौडेललाई प्रधान कार्यालय अनवेषण योजना तथा विकास निर्देशनालय नक्सालमा पठाएको हो।, सूची:,  , ३६ जना एसपीको पदस्थापन (सूचीसहित)
सुसन चौधरी काठमाडौंको सिनामंगलस्थित गैरीगाँउ-९ मा १० रूपैयाँको एक जार पानी पाइने आधुनिक पँधेरो बनाइएको छ। , बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा डिभिजन-५ खानेपानी कार्यालय र शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयोजनमा यो योजना सम्पन्न भएको हो। , महंगो जारको पानीको लागि यो उत्तम विकल्प रहेको समितिका अध्यक्ष विकास गौतमले बताए।, ‘पानी पँधेरोको मुख्य उद्देश्य सस्तोमा शुद्ध खानेपानी उपलब्ध गराउनु हो’, समितिका अध्यक्ष गौतमले भने, ‘प्रत्येक दिन बिहान र बेलुकी दुई घण्टा पानी वितरण गर्छौं।’, लुसेन्ट ड्रप नेपालले परीक्षण गर्दा पानी पिउन योग्य भएको प्रमाणित गरेको छ। योसँगै समितिले प्रति दिन सय जार बढी पानी वितरण गर्दै आएको छ।, सस्तो मूल्यमा स्वच्छ पानी पिउन पाउँदा उपभोक्ताले सो कार्यको प्रोत्साहन पनि गरेका छन्।, स्थानीय मीठु थापाले सस्तोमा पानी पाउँदा आफूलाई खुसी लागेको बताइन्। , ‘४० रूपैयाँ तिरेर पानी खानुपर्थ्यो, १० रूपैयाँमा पाउँदा खुसी छौं’, स्थानीय मीठु थापाले भनिन्, ‘मीठो नि छ, सधैंभरि यही पानी खान पाए हुन्थ्यो।’, झण्डै ३५ लाख रूपैयाँ लगानीमा पानी पँधेरो बनाइएको गौतमले बताए। , हाललाई एक बोतल पानी निःशुल्कमा वितरण गरिरहेको समितिले भावी दिनमा घर-घरमा पानी पुर्‍याउने व्यवस्थाको योजना बनाएको बताएको छ। , बोरिङको पानीलाई कसरी शुद्ध पिउने पानी बनाइन्छ हेर्नुस् भिडिओमाः, १० रूपैयाँमा एक जार पानी पाइने 'पँधेरो' (भिडिओ)
विनोद सापकोटा झापाको कमल नदीको कटानले बर्सेनि सयौं बिघा खेतीयोग्य जमिन बगर बनाउँछ। वर्षा सुरू हुने बेलादेखि नै यहाँका स्थानीयलाई घर-खेत जोगाउन मुश्किल हुन्छ। , यो वर्ष पनि नदीमा आएको बाढीले शिवसताक्षी नगरको ३ नम्बर वडामा १५ विघा जग्गा बगर बनायो। घरमा पालेका हाँस, कुखुरा, बाख्रा बाढीले बगायो। मुश्किलले स्थानीयले भागेर ज्यान जोगाए। नदी तटीय क्षेत्रका नागरिक बर्सेनि त्रसित छन्। जेठ लागेदेखि नै नदीमा पानीको बहाव बढ्न थाल्दा यहाँका बासिन्दा र वर्षभरि खान रोपेको धान खेती जोखिममा पर्ने गरेको छ।, गएको असारमा आएको बाढीले खेत बगाउँदा स्थानीय १३ घर परिवार विस्थापित भए। नदीमा पानीको सतह घटेपछि उनीहरू पुनः आफ्नै घर फर्किएको वडाध्यक्ष भाष्कर न्यौपानेले बताए।, 'बाढी गाउँम पस्दा टुलुटुलु हेर्नुको विकल्प थिएन,' उनले भने, 'अहिले पानीको सतह घटेपछि बाँसको पाइलिङ बनाएर अर्को भेलबाट गाउँ जोगाउने प्रयास भइरहेको छ।', कमल नदीको कटान रोक्न 'जनताको तटबन्ध डिभिजन कार्यालय, गैडे' ले बाँसको पाइलिङबाट नियन्त्रणको प्रयास थालेको हो। वडाध्यक्ष न्यौपानेका अनुसार तटबन्धका लागि डिभिजन कार्यालयले करिब २० लाख खर्च गरेको छ।, 'नदीको छ फिट गहिराइसम्म बाँसको खुट्टी गाडिएको छ। तीन फिटको फराकिलो दुरीमा गाडिएको खुट्टीलाई तीन तहसम्म बाँसकै आग्ला लगाइएको छ,' उनले भने, 'पानीको बेग नियन्त्रणका लागि आग्लामा बाँसकै झिक्रा लगाइन्छ। त्यसले बाढीसँग बगेर आउने झ्यास रोक्छ र पानीको वेग नियन्त्रण गर्छ।', नदीको कटान नियन्त्रण र हरेक वर्ष बर्खामा नदी बस्तीमा पस्नबाट जोगाउन जैविक तटबन्ध गरिँदै आएको स्थानीय भीमा सुनुवार बताउँछन्। तर यसले नथाम्ने उनको भनाइ छ।, 'यसरी त्रासमा कति दिन यहाँ बस्न सकिएला,' भीमाले भनिन्।, जैविक तटबन्धका लागि स्थानीयले बर्सेनि समय र पैसा बराबर सकिएको छ। एकै भेलमा आर्थिक र भौतिक लगानी बालुवामा पानी जस्तै हुने गरेको स्थानीयले बताएका छन्।, कमल नदीको त्रासबाट जोगाउन स्थानीयले सरकारसँग स्थायी तटबन्ध प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्। नदीको पश्चिम क्षेत्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो भने कटान प्रभावित क्षेत्र एमालेकै नेता एलपी साँवा लिम्बूको निर्वाचन क्षेत्र हो। , निर्वाचनताका मत माग्न गाउँ आएका बेला नेताहरूले कमल नदीमा स्थायी तटबन्ध गर्ने भनेर मत लिने गरेको स्थानीय बताउँछन्। निर्वाचन जितेपछि भने बोलेका कुरा बिर्सिने गरेको स्थानीय विपीन भट्टराईले बताए।, कमल नदीमा स्थायी तटबन्धका लागि वडा र नगरपालिकाको बजेटले भ्याउँदैन। नदी कटान नियन्त्रणको स्थायी समाधानका लागि प्रदेश र संघ सरकारकै पर्खाइमा रहेको स्थानीयको भनाइ छ।, धान खेत बाढीले बनायो बगर, बाँस लगाएर जोगाउने प्रयास
सेतोपाटी संवाददाता बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।, केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्।, विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका थिए। केही प्रहरी पनि त्यहाँ उपस्थित थिए।, यो दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडिओमा बौद्ध विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूको बाटो छेकेको र जबर्जस्ती लठ्ठी खोसेको, धकेलेको देख्न सकिन्छ।, हामीले यसबारे बौद्धका प्रहरी निरीक्षक विशाल तामाङसँग कुरा गर्दा उनले दृष्टिविहीनहरू बौद्ध क्षेत्रमा पस्न खोजेपछि सुरक्षाकर्मीहरूले रोकेको र त्यही क्रममा यो घटना भएको जानकारी दिए।, घटनास्थलमा बौद्ध विकास समितिका सुरक्षाकर्मीसँगै केही प्रहरीको उपस्थिति थियो। धकेलाधकेलपछि त्यहाँ खटिएका प्रहरीले थप जनशक्ति बोलाएका थिए। समितिका सुरक्षाकर्मीले दृष्टिविहीनका तीनवटा लठ्ठीसमेत भाँचेको उनले बताए।, 'हामीले दुवै पक्षलाई राखेर छलफल गराएका थियौं,' प्रहरी निरीक्षक तामाङले भने, 'पछि सुरक्षाकर्मी र विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूसँग माफी मागे।', समितिले दृष्टिविहीनहरूलाई तीन-तीनवटा लठ्ठी र चस्मा किनिदिएको उनले जानकारी दिए।, धार्मिक सम्पदा क्षेत्र भन्दै बौद्ध परिसरमा भिख माग्न, गीत गाउन निषेध गरिएको छ। ती दृष्टिविहीनहरू गीत गाउँदै माग्न आएको भन्दै प्रवेशद्वारमै रोक्न खोजिएको थियो। रोक्ने नाममा उनीहरूको लठ्ठी खोस्ने र हात हाल्नेसम्म घटना भयो।, सम्पदा क्षेत्रमा गीत गाउन, होहल्ला गर्न नपाइने नियम सबैतिर र सबैका लागि बराबरी लागू छैन।, हनुमानढोका दरबार क्षेत्रमा सेनाकै ठूल्ठूला गाडी ओहोरदोहोर गरिरहेका हुन्छन्। साँझ-बिहान अरू सवारी पनि निर्वाध आउजाउ गर्छन्। गीत-संगीतले भन्दा त्यस्ता गाडीको आवाजले सम्पदा क्षेत्रलाई बिथोलेको छ।, सम्पदा क्षेत्रमै विभिन्न सार्वजनिक समारोहदेखि सांगीतिक कन्सर्टसम्म भएका प्रशस्तै उदाहरण छन्।, Video: सामाजिक सञ्जाल मा भेटेको, Cc: ,@NepalPoliceHQ, सहि गलत आफ्नो ठाउँ मा होला तर ति दृष्टिविहिन हरु ले के त्यस्तो अपराध गरे र हाम्रा प्रहरी स्तरहिन अमानविय रुपमा उत्रन पुगे ! ! ,pic.twitter.com/QMEG0HN82n, — 𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@KhnlBml) ,July 28, 2022, बौद्ध स्तुपमा दृष्टिविहीनहरूमाथि दुर्व्यवहार, विकास समितिका कर्मचारीले लठ्ठी खोस्दै गरे हातपात
सेतोपाटी संवाददाता पूर्वी चितवनको खैरहनीमा भएकाे एक सांघातिक हमलाका मुख्य अभियुक्त र्‍याक्स भनिने साेचेन्द्र राईलाई चितवन प्रहरीले पक्राउ गरेर अदालत पेस गरेकाे छ।, आपराधिक घटनामा विभिन्न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका राईलाई जिल्ला प्रहरी कार्यालय चितवनको टाेलीले बुधबार काठमाडौंबाट पक्राउ गरेकाे थियाे।, गत वैशाख २४ गते खैरहनी-६, सुनगाभा टोलका ३५ वर्षीय कुमार थापा मगरलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेका राप्ती नगरपालिका–४ खहरेपुलका ३२ वर्षीय राईलाई बुधबार रातारात चितवन ल्याएर बिहीबार अदालत उपस्थित गराइएकाे हाे।, अभियुक्त राईलाई चितवनबाट खटिएको प्रहरी टोलीले बुधबार प्रहरी वृत्त बालाजुको समन्वयमा काठमाडौंको तारकेश्वर –१० मनमैजुबाट प्रक्राउ गरेको थियाे। उनको साथबाट प्रहरीले १ थान खुकुरी, ७ थान मोबाइल सेट, १० थान सिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए।, प्रवक्ता अधिकारी अनुसार राईविरूद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ को उपदफा २ बमोजिम हुने सजायमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को (क) बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिई असार २३ गते अदालतमा मुद्दा दायर गरिएको थियाे।, त्यसपछि राईको नाममा चितवन जिल्ला अदालतले असार २७ गते पक्राउ पुर्जी र हाजिर हुन आउने म्याद जारी गरेकाे थियो।, प्रहरीले व्यापक खाेजी गरिरहेका राई यसअघि पनि थुप्रै मुद्दामा दाेषी ठहर भई जेल बसेका थिए। प्रहरीले दिएकाे जानकारीअनुसार उनी कर्तव्य ज्यान १, डाँका १, चोरी ३ वटा गरी पाँच वटा मुद्दामा संलग्न रही पटकपटक कारागारमा कैद बसेका थिए।, पछिल्लोपटक उनी ११ वर्ष कारागारमा कैद भुक्तान गरी २०७७ साल जेठ १५ गते गणतन्त्र दिवसको दिनमा माफी पाएर छुटेका थिए। उनीविरूद्ध अहिले पनि ३ मुद्दा छन्। उनीविरूद्ध २०७९ वैशाख ११ गते काभ्रेपलान्चोकका लीलाबहादुर तामाङलाई खुकुरी प्रहार गरेको अभियोगमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। , त्यस्तै इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाइकल चोरी मुद्दासमेत दर्ता भई अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए।, माफी पाएर छुटेका 'र्‍याक्स' पुनः आपराधिक घटनामा संलग्न, काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ।,  , मनसुन सक्रिय रहेकाले आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।,  , प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।, आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। अहिले बिहान प्रदेश नम्बर १ का केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, भारी वर्षाको सम्भावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम, २०७९ साउन १३ गते (शुक्रबार), दिउँसो :  देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ साउन १४ गते (शनिबार), दिउँसो :  देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, २०७९ साउन १५ गते (आइतबार), दिउँसो :  देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, आइतबारसम्म वर्षाको वर्षाको सम्भावना
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ।, आज सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न भनेको छ।, इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन्।, शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो।, भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयहरूले प्रस्ताव पेश गर्न सक्नेछन्।, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्।, राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको छ।, २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो।, साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन्।, शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ।, साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन्।, निवेदन दस्तुर पाँच सय लाग्नेछ। निवेदन दिन कार्यालयले तोकेका कागजात पेश गर्नुपर्ने हुन्छ।, यस्तो छ सूचना:, एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो।, प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ।, यस्तै प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ। २५ जना खुलातर्फ माग भएको छ भने अरू समावेशीतर्फ छन्।, प्रहरी निरीक्षक (चिकित्सक) का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्छ भने प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्छ।, साउन १३ गतेदेखि भदौ १२ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। दरखास्त सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखा हलचोकमा बुझाउनुपर्ने हुन्छ।, सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) का लागि कम्तिमा एमबिबिएस उत्तीर्ण गरेको हुनुपर्छ भने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ।, यस्तै स्टाफ नर्सका लागि कम्तिमा प्रमाण पत्र तह र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।, सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरसहित ६८ स्वास्थ्यकर्मी
सेतोपाटी संवाददाता अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।, पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडाका ४० वर्षीया मान्मा बिकको श्रीमानको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, ४८ वर्षीय पहेलु कामीले गए राति कुटपिट गर्दा उनको मृत्यु भएको हो।, श्रीमतीलाई कुटपिट गरेर पहेलु भागेका छन्।, उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।, घटनाबारे थप अनुसन्धान भइरहेको छ।, श्रीमानको कुटाइले अछाममा श्रीमतीको मृत्यु
सेतोपाटी संवाददाता पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।, पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।, उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले सेतोपाटीलाई बताए।, सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो।, ‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’, उक्त जहाजमा ४५ जना यात्रु थिए।, उड्नेबित्तिकै इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै अवतरण
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ।, चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ।, आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो। एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सो क्रममा मानविय क्षति भने भएको छैन।, प्रहरीका अनुसार बाँकेबाट ल्याइएको राँगो नियन्त्रणबाहिर गएर सर्वसाधारणलाई दु:ख दिएपछि गोली हानिएको हो।, राँगालाई नियन्त्रणमा लिने प्रयास गरिएको तर नसकेपछि मानवीय क्षति हुन सक्ने भन्दै गोली हानेर मारिएको प्रहरीको भनाइ छ।, चन्द्रागिरिमा आतंक मच्चाएपछि गोली हानेर मारियो राँगालाई
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्बरको  मोटरसाइकले बिहीबार गाईलाई ठक्कर दिएको थियो।, सोही क्रममा मोटरसाइकल पछाडी सवार धनगढी–३ का ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो।, यस्तै मोटरसाइकल चालक ४४ वर्षीय वीरेन्द्र शर्मा गम्भीर घाइते भएका छन्।, हमालको मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।, चालक सोही अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।, धनगढीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
नवीनबाबु गुरूङ काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ ।, वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।, नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवत्को नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।, धर्म सञ्चय गर्ने महिनाका रुपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।, नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।, प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् ।, सो पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककालदेखि नै अभ्यासमा रहेको जनविश्वास छ ।, बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मकाअनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन रहेको र त्यही सेवालाई कालान्तरमा ‘गुँला धर्म’ भनिएको हो । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलाएका हुन् ।, हेर्नुहोस् तस्बिरहरू, बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता नेपालले पछिल्लो दश वर्षमा बाघको संख्या लक्ष्यभन्दा बढी बनाएको छ।, विश्व बाघ दिवसका अवसर शुक्रबार सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांकअनुसार नेपालमा अहिले ३५५* वटा बाघ छन्।, नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो।, सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नै गएका थिए।, उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्‍यो। त्यति बेला नेपालमा १२१ वटा बाघ थिए। सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य थियो।, बाघको संख्या बढाउन उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्थ्यो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो।, अहिले नेपालमा भएकामध्ये पर्सामा ४१, चितवनमा १२८, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन्।, बाघहरूको संख्या बढेसँगै निकुञ्ज र आरक्ष आसपासका बासिन्दामाथि बाघको आक्रमण बढेको छ।  , संख्या बढेकै कारण बाघले मान्छे मार्न थालेका हुन्?, यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेललाई सोधेका थियौं। पोखरेलले इटालीको युनभिर्सिटी अफ फेराराबाट बाघसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।, उनले पछिल्लो समय बाघ र मानिसबीच द्वन्द्व बढ्नुमा बाघको आपसी सम्बन्ध र मानिससँगको सम्बन्ध कारण हुन सक्ने बताए।, पोखरेलका अनुसार नेपालमा पाइने बाघको नाम रोयल बंगाल टाइगर हो। बोलीचालीको भाषामा यसलाई पाटेबाघ भनिन्छ। यो जंगलको मुख्य शिकारी हो। यसको आयु औसतमा १५ वर्ष हुन्छ।, विशेष गरी तराईमा पाइने यो बाघ पछिल्लो समय डडेल्धुरा र इलामजस्ता पहाडी भेगमा पनि भेटिएको छ।, 'हेर्दा निकै डरलाग्दो देखिने भए पनि यो बाघ निकै लजालु स्वभावको हुन्छ। मानिसहरूसँग सकभर सम्पर्कमा आउन नचाहने, टाढैबाट देखादेख भइहाले पनि लुक्ने उसको प्राकृतिक स्वभाव हो,’ पोखरेलले भने, ‘अहिले ऊ आफ्नो स्वभावविपरीत मान्छेमाथि जाइलागिरहेको छ।’, बाघले यसरी मान्छेलाई आक्रमण गर्नुमा चारवटा कारण हुन सक्ने पोखरेल बताउँछन्।, सबैलाई थाहा छ, बाघ जंगलमा आफ्नो क्षेत्र बनाएर बस्छ।, पोखरेलका अनुसार एउटा पोथी बाघले २५-३० किलोमिटरमा आफ्नो क्षेत्र बनाउँछ भने भाले बाघको क्षेत्र ४० देखि १०० किलोमिटरसम्म हुन सक्छ। क्षेत्र बनाउनमा पोथीभन्दा भाले बाघ निकै संवेदनशील हुन्छन्।, भाले बाघले आफ्नो क्षेत्रमा चार-पाँचवटा पोथीलाई पनि राख्न सक्छ तर अर्को भाले बाघ आएको सहनै सक्दैन। दिसा-पिसाब, गन्ध लगायत अन्य विभिन्न संकेतहरूबाट बाघले आफ्नो क्षेत्र बनाएका हुन्छन् र अरू आएको पनि त्यस्तै माध्यमबाट थाहा पाउँछन्।, ९६८ किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले १२५ वटा बाघ छन्।, 'कतिपय ठाउँमा क्षेत्र ओभरल्यापिङ भएको पनि हुन सक्छ तर उनीहरू आफ्नो मुख्य क्षेत्रमा अरूलाई छिर्न दिँदैनन्,’ पोखरेलले भने, ‘नयाँ बाघलाई पुरानाले ठाउँ नदिएको वा धेरै बूढो भएपछि तन्नेरीले लखेटेको पनि हुन सक्छ। यस्तो बेला कमजोर बाघले घना जंगलभन्दा टाढा आहारा नपाउने क्षेत्रमा जानुपर्ने हुन्छ।’, यस्ता बाघ बस्तीनजिक आइपुग्ने र मानिसलाई देखे आक्रमण गर्न सक्छन्।, बाघले मान्छेलाई आक्रमण गर्नुको कारण आहारा पनि हुन सक्ने पोखरेलले बताए।, एउटा वयस्क बाघले एकपटकमा ४० किलोसम्म मासु खान सक्छ। खान नसकेको मासु उसले लुकाएर पछिका लागि साँचेर राख्छ।, त्यति मासुको जोहो गर्न उसलाई सजिलो भने हुँदैन।, पाटेबाघको मनपर्ने आहारा मृग, जरायो, बँदेल, निलगाई, गौरीगाईजस्ता जनावर हुन्। नेपालमा बाघको संख्या बढेसँगै उसका आहाराको संख्या पनि बढेको पोखरेल बताउँछन्।, यी जनावरको शिकार गर्न भने बाघले निकै समय र शक्ति खर्च गर्नुपर्छ। पोखरेलका अनुसार बाघले शिकारका लागि गरेका प्रयास १०-१५ प्रतिशत मात्रै सफल हुन्छन्।, 'एकचोटि मान्छेलाई आक्रमण गरेको बाघले सजिलो शिकार ठानेर फेरि पनि आक्रमण गरेको हुन सक्छ,’ पोखरेलले भने।, बाघले आक्रमण गर्नुको अर्को कारण दुर्घटना पनि हुन सक्ने उनले बताए।, अर्को भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला मान्छे नजिक परे बाघले आक्रमण गर्न सक्छ।, 'पोथी बाघले नजिकै आएको मान्छेबाट आफ्ना बच्चा असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्न सक्छ,’ उनले भने, ‘यस्ता घटना अचानक हुने गर्छन्।’, बाघ-मान्छे द्वन्द्व बढ्नुको अर्को कारण बाघको बासस्थानमै मानिस जानु हो। मानिसहरू नजिकैको जंगलमा घाँस काट्न, च्याउ टिप्न, भैंसी चराउन गएका बेला पनि बाघको आक्रमणमा परेका छन्।, 'बाघको संख्या बढेसँगै मानिसहरूमा त्यही किसिमको संवेदनशीलता नबढेकाले पनि घटनाहरू भएका छन्,’ पोखरेलले भने।, बाघ-मान्छेबीचको यो द्वन्द्व घटाउने कसरी त?, राष्ट्रिय निकुञ्जहरूले अहिले ठाउँ-ठाउँमा क्यामराहरू राखेर बाघको आवतजावत ट्रयाक गरिरहेका छन्।, 'बाघ देखिएको ठाउँमा यहाँ नजानुहोला भनेर सूचना पनि टाँसेका हुन्छौं,’ कोषका बर्दिया प्रमुख कडरियाले भने।, निकुञ्जले नजानू भने पनि कतिपय मानिस जुन जंगलमा बाघ बस्छ त्यसैमा आश्रित हुन्छन्। उनीहरूले जंगलबाट घाँस दाउरा नगरे बस्तुभाउले खान पाउँदैनन्, चुल्होमा आगो बल्दैन।, जंगली जनावर र मान्छेको द्वन्द्व कम गर्न गर्नुपर्ने अर्को पनि काम छ। हाम्रा पूर्वाधारहरू बनाउँदा जनावरको प्राकृतिक रूपमा हुने आवतजावतमा असर नपर्ने गरी बनाउनुपर्छ।, 'विदेशतिर जंगल क्षेत्रमा सडक बनाउनुपर्‍यो भने जनावरहरू ओहोरदोहोर हुने गरी करिडोर पनि बनाइन्छ,’ चिडियाखाना प्रमुख पोखरेलले भने, ‘अब हाम्रोमा पनि त्यस्तो गर्नुपर्ने बेला आएको छ।’, *यसअघि अन्यथा भएकाले सच्याइएको छ।, नेपालले बढायो लक्ष्यभन्दा बढी बाघ
रासस कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य  बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए। ,  , भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँ-ठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उनी नाक र मुख छोपेर हिँड्न बाध्य भएका हुन्।,  , उनले भने, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ।’, भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ।, भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरण्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्‍याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन्। ,  , कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठा कोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै थिए। नाम भन्न नचाहेका उनले भने, ‘राजश्व संकलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो।’   ,  , कार्यालयको मुख्य ढोकाको छेउमा रहेको ‘हेल्प डेस्क’मा बसेका भन्सारका एक कर्मचारीले भने, ‘हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्‍यो।’ ,   , भन्सार छलेर चोरीपैठारीको अभियोगमा प्रहरीले झण्डै तीन/चार बोरा परिमाणको उक्त खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो।, लिलाम गर्नुपर्ने उक्त खाद्य सामग्री कार्यालयको बरण्डामा थन्क्याइँदा भित्र पसेका बाँदरले खाएर नोक्सान पुर्‍याएका हुन्। उक्त खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ। , भन्सार कार्यालयभित्र बाँदर आतंक!
रासस बाँकेको कोहलपुर–१४ पार्वतीपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ।, घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताए।, पच्चिस वर्षीय कृष्ण र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मंगलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।, ‘आफ्नै घरमा सुतेको व्यक्तिमाथि भएको यो घटनापछि बस्ती पूरै त्रासमा छ’, उनले भने, ‘यस घटनापछि गाउँका धेरै व्यक्ति चिन्तित छन्।’ , कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा घटना भएको तथ्य प्रहरीले पत्ता लगाएपछि स्थानीयवासी आक्रोशित भएका छन्।, मृतक दम्पतीको बिहीबार दाहसंस्कार भएको छ।, आफ्नै दाजुबाट धन र अन्य सम्पत्तिको लोभमा यस्तो अपराध हुनाले समाजमा डर र त्रासमात्रै नभई एउटा नकारात्मक सन्देश फैलिएको अर्का स्थानीयवासी अनिता पौडेलले बताइन्।, ती दम्पतीको हत्यामा नेपालगञ्ज उपमहानगरपालिका–१९ सुर्जीगाउँका १९ वर्षीय राजन सोनकर र नेपालगञ्ज–१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।, उनका अनुसार पक्राउ परेका आरोपीले प्रहरीसमक्ष घटना स्वीकारेका छन्।, गडरिया दम्पतीको एक वर्ष पहिले मात्र विवाह भएको थियो। कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा नेपालगञ्जका सोनकर र शेषलाई प्रयोग गरिएको तथ्य पनि प्रहरीले पत्ता लगाएको छ।, गडरिया दम्पतीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएको र हातको नशासमेत काटिएएर अत्यधिक रक्तश्रावबाट भएको शव परीक्षण रिपोर्टबाट देखिएको छ।, रु पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न ती अभियुक्तलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।, ‘डेढ महिनाअघि नै रु दुई लाख उनीहरूले बुझिसकेका रहेछन्, घटना हुनुभन्दा अघिल्लो दिन रु ५० हजार दिइएको रहेछ’, प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘बाँकी रु साढे दुई लाख केही समयपछि दिइने कुरा भएको अनुसन्धानबाट खुलेको छ।’, घटनाका बारेमा थप अनुसन्धान र कानुनी कारबाही अघि बढेको उनले जानकारी दिए।, गडरिया दम्पती हत्याले शोकमग्न छ बस्ती
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, सोलुखुम्बु नेचासल्यान गाउँपालिकाका-३ घर भई बालकोट बस्दै आएका २४ वर्षीय शेखर बाँस्तोला र २० वर्षीया रोजिना राउतलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनीहरू श्रीमान-श्रीमती हुन्।, प्रहरीले उनीहरूलाई बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो।, उनका अनुसार उनीहरूले योजनावद्ध तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्थे। सामाजिक सञ्जालको प्रयोग गरी पीडितलाई सम्पर्क गर्ने र पछि ती व्यक्तिहरूलाई फोन गरी झूटा मुद्दा लगाइ फसाइदिन्छु भन्दै रकम असुल्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, उनका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत् महिलाहरू परिचालन गरेर फोनको आदानप्रदान गरी पीडितहरूलाई फसाउने गरेको आरोप छ।, प्रहरीका अनुसार शेखरले आफू साइबर ब्यूरोका प्रहरी निरीक्षक भनी परिचय गराउने समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  , जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ।, काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा श्रीमान-श्रीमती पक्राउ
नारायण खड्का इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन्।, कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका हुन्।, असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, ‘हामीले पीडित महिला, उनका श्रीमान र बाबुआमालाई समेत जाहेरी ल्याउनुस्। असईमाथि कानुनी कारबाही गर्छौं भनेका र्छौं,’ अधिकारीले भने, ‘अहिले फेरि कुरा अलि फरक ढंगले आउन थालेका छन्। ती महिला र उनका बाबु-आमाले बलात्कार भएको होइन भन्ने ढंगले कुरा गर्न थाल्नुभएको छ।’, पीडित भनिएका व्यक्तिहरूले नै कुरा बदल्न थालेको उनले बताए। महिलाका बुवा-आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएको एसपी अधिकारीले बताए।, ‘पीडितले जे भन्नुहुन्छ, त्यही अनुसार प्रहरी अगाडि बढ्ने छ,’ उनले भने, ‘उहाँहरूलाई न्याय दिलाउने काम हाम्रो हो र उहाँहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ।’, पीडित र उनका श्रीमानले बिहानसम्म असई चौलागाईंले मध्यरातमा आफ्नी श्रीमतीलाई हिरासतबाट कोठामा लगेर बलात्कार गरेको भन्ने सूचना दिँदै पक्राउ गर्न आग्रह गरे पनि पछिल्लो समय उनीहरूले हातपातको प्रयास मात्रै भएको तथा यौनदुर्व्यवहार भएको भनेर बयान फेरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए।, ‘म मानव अधिकारकर्मीसहितको टोलीसँग कोहलपुर जाँदैछु,’ डिएसपी न्यौपानेले भने ‘जोहरी दिनुस् भन्दा अहिले आएर बलात्कार गरेको होइन भनेर कुरा फेर्ने अलि अप्ठेरो कुरा हुन थाल्यो।’, तथ्य कुरा पछि बुझेर मात्रै भन्न मिल्ने उनले बताए।, इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बर्दिया घर भई झन्डै ८ महिनादेखि मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंले जे-जसरी आफ्नो बचाउन गरे पनि उनको नियतमा खोट देखिएको स्पष्ट भइसकेको बताए।, ‘मध्य राती सोधपुछको बहानामा आफू मातहतका कर्मचारीलाई एउटी थुनुवा महिलालाई निकाल्न लगाएर माथिल्लो तलाको आफ्नो कोठामा लैजानु आचरण विपरीतको कार्य हो,’ मल्ले भने, ‘त्यति मध्यराती एउटी महिलासँग के सोधपुछ गर्नुपर्ने थियो, यहाँनेर ठूलो प्रश्न उब्जिएको छ।’, असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्य रातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हल्लाखल्ला गरेका थिए।, ‘यति राती महिलालाई किन निकालेर लगियो भनेर हिरासतमा रहेका केटाहरूले हल्लाखल्ला गरेका रहेछन्,’ डिएसपी मल्लले भने, ‘आरोपीले त सोधपुछ मात्रै गर्न बोलाएको हुँ भन्दै बचाउ गरिरहेका छन।’, पीडित भनिएकी महिलाले पनि चौलागाईंले सोधपुछ मात्रै गरेको भनेर बयान फेरेकी भए पनि उनका श्रीमानले त्यसो भए मध्यरातमा किन लगेको हो त? भनेर प्रश्न गरिरहेको मल्लले बताए।, डिएसपी मल्लका अनुसार बहुविवाह मुद्दामा ती महिला साउन ११ गते पक्राउ परेकी थिइन्।, असईं चौलागाईंले उनलाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि छोडेको भन्ने खुलेको डिएसपी मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।, हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५७७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार २८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४७४ जनाको पिसिआर र एक हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४३५६ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ।, २६९ जना संक्रमित निको भएका छन्।, ४ हजार २८२ मा परीक्षण गर्दा ५७७ जनालाई कोरोना
सेतोपाटी संवाददाता बीमाको २ करोड ५० लाख रुपैयाँ रकम हत्याउन नक्कली विवाह गरी एक युवकको दुर्घटना गराई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, प्रहरीले सोमबार र बुधबार नेपालका विभिन्न स्थानबाट बीमा गराई ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको  केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए।  , पक्राउ पर्नेमा बाँकेका २१ वर्षीया सपना मल्ल, ३२ वर्षीय सरदार अहमद खाँ र ३३ वर्षीय टोप बाहदुर राना क्षेत्री रहेका छन्।, यस्तै, बाँकेका ३८ वर्षीय दीपक केसी, २१ वर्षीया ललिता सापकोटा र स्याङ्जाका ३१ वर्षीय सन्जीव अर्याल छन्।   , प्रहरी उपरीक्षक महतोका अनुसार कोहलपुर नगरपालिका-११ का २१ वर्षीय सर्जन विकको सडक दुर्घटनाको क्रममा मृत्यु भएको थियो। दुर्घटना २०७८ वैशाख २ गते बैजनाथ गाउँपालिका-६ मा भएको थियो।  , मृतक सर्जनको रिलायन्स लाइफ इन्स्योरेन्स कोहलपुरमा बीमा गरिएको थियो। बीमा कम्पनीमा दुई करोड पचास लाख रुपैयाँको बीमा गरिएको प्रहरीले जनाएको छ। उनको बीमा एजेन्ट सरदार जो घटनाका मुख्य योजनाकार सन्जीवको साथी भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार सन्जीव बीमा गर्ने एजेन्टको रूपमा काम गर्ने गर्थे। उनैले मृतक सर्जनको पनि बीमा गराएका थिए। दुर्घटना भएको दिन मृतक सर्जन सन्जीवसँग मोटरसाइकलमा राति ११ बजे घर फर्कंदै थिए।  , घटनाक्रम अनुसार उनीहरूले बीमाको पैसा लिनकै लागि योजना बनाई दुर्घटना गराएको आरोप छ। नियतबस दुर्घटना गराएका टिपर चालक टोप बहादुर क्षेत्रीलाई जिल्ला अदालतले २०७८ माघ २५ गते ३० दिन कैद र दुई हजार जरिवाना फैसला सुनाएको थियो।, उनको मृत्युपश्चात् सर्जनकी श्रीमती सपनाले बीमा रकम दाबी गरी २०७८ साउन १४ गते भुक्तानी लिएकी थिइन्।, सपनाले बीमा भुक्तानीबापत् दुई करोड ४२ लाख रुपैयाँ भुक्तानी लिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।, उनका अनुसार नेपाल पुन:बीमा कम्पनीले मृत्यु शंकास्पद देखिएका कारण घटनाको सत्यतथ्य विवरणको अनुसन्धान गरी पाउँ भनी केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको थियो।, सोही अनुरूप अनुसन्धान गर्ने क्रममा सर्जनको आर्थिक अवस्था अनुसारको बीमा नभएको खुलेको हो।, ‘उनले केवाइसीमा वार्षिक आम्दानी नै दुई लाख भएको स्वघोषणा गरेका छन्,’ उनले भने।   , दुई लाख वार्षिक आम्दानी भएको मानिसले वार्षिक पाँच लाख ४० हजार तिर्न नसक्ने प्रहरीले बताएको छ।, ‘बीमा प्रावधानमा नै आय स्रोतको ४० प्रतिशतको मात्रै बीमा गर्न पाउने नियम रहेको छ,’ उनले भने, ‘यो काम प्रावधान अनुरूप छैन। मृतकको ठूलो रकमको बीमा गर्नुपर्ने कुनै कारण र आधार पनि देखिएको छैन।’, २०७७ साल मंसिर २७ गते सीप सिक्न काठमाडौं आएकी सपनाको ललितासँग भेट भएको थियो।, भेटका क्रममा ललिताले डिपेन्डेन्ट भिसामा बाहिर जाँदा राम्रो हुने सुझाएकी थिइन्। सोही क्रममा ललिताले सपना र सर्जनको डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान भेट गराएको प्रहरीले जनाएको छ।, ललिता एजेन्टको रूपमा काम गर्थिन्। उनले अस्ट्रेलिया जानको लागि कागजी विवाह गराउने र साथै सम्पूर्ण प्रक्रियाको आफैंले गर्ने खुलेको प्रहरीले जनाएको छ।, ‘ललिताले एक एजेन्टको रूपमा काम गरेको देखिएको छ’, प्रहरी उपरीक्षक महतोले भने, ‘उनले मानिसको आवश्यकता अनुरूप नै काम गर्ने खुलेको छ।’, प्रहरीले २०७७ फागुन २८ गते डिपेन्डेन्टमा जान विवाह दर्ता गर्न गएको तर उमेर नपुगेका कारण चैत २ गते पुन: विवाह गर्न गएको जनाएको छ। सोही क्रममा पहिलोपटक सपनाको भेट सर्जनसँग भएको प्रहरीले जनाएको छ।, विवाह दर्ता गरेपछि सर्जन र सपनाको भेट समेत नभएको खुलेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार सपना र सन्जीव प्रेमी-प्रेमिका भएको खुलेको छ।  , सर्जनको मृत्यु भएको कुरा पनि सपनालाई थाहा नभएको र उक्त सबै कुराको जानकारी सन्जीवले नै सपनालाई गराएको प्रहरी उपरीक्षक महतोले बताए।  , सपनाले बीमा भुक्तानी गर्न बैंक खाता खोल्नेदेखि लिएर सबै काम उनले गरेको प्रहरीले जनाएको छ। खाता खोल्दा उपलब्ध गराएको फोन नम्बर समेत सन्जीवकै नाममा दर्ता भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार सन्जीवले सपनालाई प्रलोभनमा पारी सर्जनसँग विवाह गराउने काम गरेको प्रहरीले जनाएको छ। उनले बीमाबापतको ८० लाख रकम समेत लिएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार बीमा रकम भुक्तानी भएपछि दिपक केसीले ६० लाख रुपैयाँ, छवि (सपनाकी आमा) ले १७ लाख ४६ हजार रुपैयाँ, सपनाले ८६ लाख ८९ हजार रुपैयाँ बाँडफाँट गरेको देखिएको छ।, यस्तै, उनीहरूले ३ लाख तीन हजार एटिएमबाट चलाएको, दुई लाख ६९ हजार ९८० पिओएस र ब्यालेन्स रिचार्चमा ५ हजार ३१६ खर्च गरेको खुलेको छ।     , प्रहरीले घटनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।,  , बीमाको साढे दुई करोड हत्याउन नक्कली बिहे, बीमापछि बनाएका थिए सर्जनको दुर्घटना योजना!
रासस पृथ्वीराज मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरूद्ध भएको सडक सञ्चालन भएको छ।, आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरूद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो। , बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रूपमा अवरूद्ध भएको थियो।, क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, दुईतर्फी रूपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ। सडक अवरूद्ध भएपछि सयौं सवारीसाधन रोकिएका थिए। एक तर्फी सडक सञ्चालनमा आएपछि सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।, अवरूद्ध पृथ्वीराजमार्ग सञ्चालन
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षकले पीडित किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसको भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको खुलेको छ।, विराटनगरको एउटा कलेजमा स्टाफ नर्स पढिरहेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विराटनगरका विनोद राउत र सुरज सुवेदी पक्राउ परेका थिए। उनीहरू दुवै जना राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका प्रशिक्षक हुन्।, पक्राउ परेका आरोपीमध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामै गएर जबरजस्ती गरेको आरोप छ।, त्यसअघि नसालु पदार्थ खुवाएर बलात्कार गरेको भिडिओ बनाएर सार्वजनिक गरिदिने डर देखाउँदै सुवेदी र राउतले पटक-पटक बलात्कार गरेको पनि आरोप छ।, मोरङ प्रहरीका अनुसार एक वर्ष अघिदेखि ती किशोरी र सुवेदी परिचित थिए। कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए। सहयोग गरेको बहानामा गएको जेठमा सुवेदी किशोरीको कोठामा गएका थिए। पहिला नै चिनजान भएकाले उनीहरूले त्यहीँ मादकपदार्थ सेवन गरेका थिए।, कोठाबाहिर किशोरी पानी लिन गएको मौका छोपी सुवेदीले मापसे गर्नुभन्दा अगाडि ती युवतीलाई नसामा लठ्ठ बनाउन बियरमा केही औषधी हालेर पिलाइदिएको प्रहरी भनाइ छ।, त्यसपछि युवती होसमा नभएको अवस्थामा बलात्कार गरेको र भिडिओ खिचेको अनि त्यही भिडिओ देखाएर सुवेदी र उनका साथी विनोद राउतले उनीमाथि जबरजस्ती गरेको पाइएको प्रहरी भनाए छ। , ‘गएको जेठमा उनले  विराट नर्सिङ होम अगाडिको एक होटलमा लगेर जबरजस्ती करणी गरे,’ पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।, डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडिओ बनाएको र हल्ला गरे सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए। , हल्ला गरे भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले त्यसपछि पटक-पटक होटलमा लगेर जबरजस्ती गरेको जाहेरीमा उल्लेख छ।, कराँतेका दुई प्रशिक्षकद्वारा नसालु पदार्थ खुवाएर किशोरीमाथि बलात्कार, भिडिओ बनाएर ब्ल्याकमेलिङ
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ।, बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।, बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। , बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ। , अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।, ट्याक्सी चालक हेटौंडाका  २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन्।, बस महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जनले चलाएका थिए। घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन्। ,  , ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टियो, तीन जना घाइते
एजेन्सी फिलिपिन्समा बुधबार ७.१ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार उत्तरी फिलिपिन्सको लुजोन टापुमा भूकम्प गएको हो। भूकम्पले एउटा अस्पताल र भवन भत्किँदा उनीहरूको मृत्यु भएको र ६० जना घाइते भएका छन्।, राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उद्धार र राहत टोलीलाई परिचालन हुन निर्देशन दिएका छन्।, भूकम्पको धक्का राजधानी मनिलासम्म महशुस गरिएको थियो।   ,  , फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प, कम्तीमा ४ जनाको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , काठमाडौं चन्द्रागिरि नगरपालिका-१ का ४८ वर्षीय श्यामबहादुर थापालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार थापाले पीडितलाई सानिमा बैंक लिमिटेड चेक काटेर दिएका थिए। असार ३ गते उच्च अदालत पाटनले थापालाई पाँच दिन कैद र १५ लाख १९ हजार ७५० रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार भएको प्रहरी उपरीक्षक महतोले बताए। , प्रहरीले थापालाई बुधबार चन्द्रागिरि नगरपालिका-२ बलम्बुबाट पक्राउ गरेको हो।, फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ
राजेश घिमिरे चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आवासमा २ सयभन्दा बढी कर्मचारी बस्छन्। अस्पताल निर्माणका क्रममा यहाँ कार्यरत चिकित्सक, कर्मचारीलाई सेवामा सहज वातावरण बनाउन २५० भन्दा बढी आवास तयार पारिएको थियो।, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीका लागि भनेर बनाइएका आवासीय घरमा अस्पतालसँग सम्बन्ध नै नरहेका व्यक्ति बस्ने क्रम बढ्दै गएको पाइएको छ।, अस्पतालबाट टाढा घर भएकाले मात्रै यहाँको आवास सुविधा लिन पाउने व्यवस्था छ। नजिकै घर भएकाहरूले पनि सोर्सफोर्सका आधारमा आवासको सुविधा लिइरहेका छन्।, ‘टाढाबाट आउनुपर्ने, बेजिल्ला घर भएर भाडामा बस्नुपर्ने कतिपयले धेरै आग्रह गर्दा पनि आवास पाएका छैनन् तर यतै नजिकका केहीले आफ्नो घर भाडामा लगाएर यहाँको आवास सुविधा लिइरहेका छन्,’ अस्पतालका एक कर्मचारीले बताए।, ती कर्मचारीका अनुसार अस्पताल प्रशासनमा आवास आफ्नो नाममा दर्ता गरेर अस्पतालसँग सम्बन्ध नै नरहेका व्यक्तिलाई भाडामा लगाउनेहरू पनि यहाँ प्रशस्तै छन्।, ‘अस्पतालको आवास भाडामा लगाएर पैसा लिनेहरू एटेन्डरदेखि डाक्टरसम्म छन्,’ ती कर्मचारीले भने, ‘आवास क्षेत्रमा अस्पतालका स्टाफभन्दा बाहिरी मान्छे धेरै हुने हो कि भन्ने पो देखिँदैछ।’, सेवा निवृत्त भएको वर्षौंसम्म आवास नछोड्नु पनि यस अस्पतालका लागि नौलो विषय होइन। सेवा निवृत्त भएका व्यक्तिले आवास सुविधा लिइरहेको कुरा अस्पताल व्यवस्थापनलाई पनि थाहा छ। उनीहरूलाई विदाई गर्न व्यवस्थापनले प्रयास गरेको छैन। निवृत्त भइसकेपछि पनि आवास नछोड्नेहरूमा सामान्य कर्मचारीदेखि डाक्टरसम्म छन्।, ‘केही व्यक्ति निवृत्त भएपछि पनि बसिरहेको जानकारी छ। जागिर छाडेपछि छाड्नुपर्ने हो,’ अस्पतालका निर्देशक डाक्टर देजकुमार गौतमले भने।, उनले अस्पतालको आवासमा अति आवश्यक स्वास्थ्यकर्मीमात्रै बस्नु पर्नेमा जोसुकै कर्मचारी पनि बस्ने प्रचलन रहिआएकाले समस्या भएको बताए। आवास भवनहरूमा स्वास्थ्यकर्मीभन्दा अन्य कर्मचारीहरू धेरै हुन थालेको उनले बताए। अस्पतालका कर्मचारीले आवास बाहिरी मान्छेलाई भाडामा लगाएको भने थाहा नपाएको उनले बताए।  , स्रोतका अनुसार सेवानिवृत्त भइसकेपछि आवासमा अड्डा जमाएर बस्नेहरूलाई राजनीतिक दलका नेताहरूको साथ छ। राजनीतिक दल र नेताहरूकै दबाबका कारण अस्पताल व्यवस्थापनले उनीहरूलाई हटाउन सकेको छैन।, ‘राजनीतिक दलका जिल्लादेखि केन्द्रसम्मका नेताहरू क्यान्सर अस्पतालको ज्वाइँ बनेर आवासमा हालीमुहाली गर्दै आएका छन्,’ आवासको माग गर्दै आएका एक स्वास्थ्यकर्मीले सेतोपाटीसँग भने, ‘अस्पतालमा सबै खटनपटन उनीहरूकै चल्छ। जागिर छाडेकालाई उनीहरूकै बलमा हटाइएको छैन। हाम्रो पालो त कहिले हो कहिले।’, महालेखाले भन्यो- आवास शुल्क कट्टा गर्नु, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कर्मचारी प्रशासन नियमावली २०६६ को दफा १०१(२) बमोजिम आवास सुविधा उपयोग गर्ने कर्मचारीले उपभोग गरेको आवासको भौतिक सुविधाको आधारमा तलबमानको ३ देखि ५ प्रतिशतका दरले अस्पतालको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।, उक्त रकमको कोष बनाएर त्यसमार्फत आवास भवनहरूको मर्मत सम्भार गर्ने उद्देश्य राखिएको थियो।, आर्थिक वर्ष २०७७/०७८ को महालेखा परिक्षकको प्रतिवेदनमा अस्पताल हाताभित्र कर्मचारीहरूले २५९ आवास भवनको उपयोग गर्दै आएको उल्लेख छ। २५७ जना कर्मचारीहरुबाट उक्त रकम कट्टा गर्नुपर्नेमा त्यसो नगरिएको प्रतिवेदनमा उल्लेख छ।, ‘२५७ जना कर्मचरीबाट यस वर्षमात्र मासिक भुक्तानी भएको आधारमा औसत ४ प्रतिशतले गणना गर्दा ७६ लाख ६४ हजार रुपैयाँ अस्पतालको मर्मत सम्भार खातामा आम्दानी हुनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नियमको व्यवस्थाअनुसार आवास सुविधा लिनेबाट शुल्क कट्टा नगर्दा मर्मत सम्भारको अभावमा आवास भवन जिर्ण हुँदै गएका छन्।’, महालेखा परीक्षकको प्रतिवेदनमा नियमावलीको प्रावधानबमोजिम शुल्क असुल गरी मर्मत सम्भार कार्यमा उपयोग गर्नुपर्ने उल्लेख छ।, अलोकप्रिय भए पनि कार्यान्वयन गर्नैपर्ने भयो: कार्यकारी निर्देशक गौतम, कर्मचारी प्रशासन नियमावली २०६६ बन्दा भक्तमान श्रेष्ठ अस्पतालका कार्यकारी निर्देशक थिए। यो नियमावली बनेको केही समयमा उनको कार्यकाल सकियो।, त्यसपछि अस्पतालमा चार नयाँ कार्यकारी निर्देशक परिवर्तन भइसकेका छन्। उनीहरू कसैले पनि नियमावलीमा उल्लेख भएको मर्मत-सम्भार शुल्क कट्टा गर्ने प्रावधानलाई कार्यान्वयन गर्ने अग्रसरता देखाएनन्।, कार्यकारी निर्देशक देजकुमार गौतम आफ्नो कार्यकाल सकिने बेलामा श्रेष्ठले आवासको सुविधा पाएबापत् तलबबाट पैसा काटिने व्यवस्था गरेको र त्यस्तो नियम कार्यान्वयन गर्न गाह्रो हुने भएकाले तदारूकता नदेखाएको बताउँछन्।, ‘यो अलोकप्रिय निर्णय हो। देशका विभिन्न संस्थाहरूले कर्मचारीका लागि आवासको व्यवस्था गरेका छन् तर कतै पनि तलबबाट पैसा कट्टा गरिन्छजस्तो मलाई लाग्दैन,’ गौतमले भने, ‘यस्तो निर्णय गरेर उहाँ जानुभयो। त्यसलाई कार्यान्वयन गर्न अप्ठेरो भइरहेको छ।’, उनले अस्पताल सञ्चालनमा आउँदा काम गर्ने मान्छे नपाइने समस्या रहेकोले आवश्यक सेवा सुविधा दिएर भने पनि काम गर्नुपर्छ भन्ने अभिप्रायले आवास उपलब्ध गराइएको बताए।, ‘अस्पताललाई यो अवस्थासम्म ल्याइपुर्‍याउनुमा यहाँ अहोरात्र खट्ने स्वास्थ्यकर्मीको ठूलो हात छ। अब उनीहरूबाट आवास शुल्क भनेर पैसा कटाउन थाल्ने हो भने अवस्था कस्तो हुने हो थाहा छैन,’ उनले भने।, कार्यकारी निर्देशक गौतमले महालेखाले प्रश्नै गरेपछि अब कार्यान्वयन गर्नैपर्ने दबाबमा अस्पताल पुगेको बताए।, ‘कार्यान्वयन गर्न नसक्ने भएपछि नियमावलीमा रहेको शुल्क उठाउने प्रावधानलाई पहिल्यै हटाउनुपर्ने थियो। त्यसो पनि भएन। अब महालेखाले प्रश्न उठाइसक्यो, अलोकप्रिय भए पनि कार्यान्वयनमा जानैपर्ने भयो,’ उनले भने।, उनले ३ देखि ५ प्रतिशतसम्म शुल्क कट्टा गर्ने प्रावधान रहेकाले सबैको ३ प्रतिशत तलब कटौती गर्ने कि भन्ने छलफल भइरहेको बताए।, मर्मत-सम्भारको अभावमा आवास भवनहरू जिर्ण बन्न थालेकोमा भने अस्पताल व्यवस्थापन सहमत छ। गौतमका अनुसार प्रायः कर्मचारी आवासमा सामान्य आए पनि प्रशासनलाई गुहार्छन्। सामान्य सरसफाइमा पनि ध्यान दिँदैनन्।, ‘यो अवस्थामा मर्मत-सम्भारका लागि बजेटको आवश्यकता त छ,’ उनले भने।, क्यान्सर अस्पतालको बेथितिः एटेन्डरदेखि डाक्टरसम्मका आवास गैरकर्मचारीलाई भाडामा
भगवती पाण्डे साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बुटवलको सडकको ठेक्का सम्झौता गरिए पनि ६ वर्षसम्म निर्माण कार्य पूरा नगर्ने ठेकेदार कम्पनीलाई फेरि ठेक्का अवधि थप गर्ने चलखेल गरिएको छ।, बुटवलको मुख्य बजारभित्र रहेको राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको साढे तीन किलोमिटर सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप गर्न मिल्नेगरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ।, गत असार २० गतेमात्र ल्याइएको सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष म्याद थप्न मिल्ने प्रावधान राखिएको छ।, बुटवल सडक निर्माणको जिम्मा लिएको बुटवल-बेलहिया सडक निर्माण आयोजनाका अनुसार असार २० गते आएको १२ औं संशोधनले असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद सकिएको २१ दिनभित्र निवेदन लिने र उक्त निवेदनलाई म्याद थप प्रक्रिया अगाडि बढाउन सकिने प्रावधान राखिएको छ।, १२ औं संशोधनमा ठेक्का जुनसुकै अवस्थामा भए पनि बढीमा २०८० साल असार मसान्तसम्म ठेक्काको म्याद थप गर्न सकिने भनिएको छ।, साथै ठेक्का गरिएको आयोजनाको जति काम बाँकी छ त्यसलाई शतप्रतिशत मानेर थपिएको अवधिको ३० प्रतिशत समयमा ३० प्रतिशत काम पूरा गर्नैपर्ने भनिएको छ। थपिएको समय अवधि जति बित्दै जान्छ निर्माणको कामको प्रगति पनि सोही अनुपातमा बढाउँदै जानुपर्ने र यदि ३० प्रतिशत समयमा ३० प्रतिशत काम सकिएको छैन भने कूल लागतको शून्य दशमलव शून्य २ प्रतिशतको आधारले जरिवाना लिन सकिने भनिएको छ।, सडक निर्माणको ठेक्का अवधि पूरा हुनुभन्दा १० दिन पहिले ल्याइएको यही प्रावधान अनुसार बुटवलको सडक निर्माणको ठेक्का लिएको द कञ्चनजङ्घा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंका संचालक अहिले म्याद थपको लागि 'शक्तिकेन्द्र' धाइरहेका छन्।, आयोजनाको अनुसार सडक निर्माणको अन्तिम म्याद २०७९ साल असार ३० गतेसम्म रहे पनि निर्माण कम्पनीले साउन ८ गते म्याद थपको लागि आयोजनामा निवेदन दिएको थियो।, आयोजनाका निमित्त कार्यालय प्रमुख सविता ज्ञवालीले ठेकेदार कम्पनीले निवेदन दर्ता गरेको ३० दिनभित्र म्याद थप गर्नुपर्ने भनिएको र म्याद थप गर्ने/नगर्ने निर्णय विभागको जिम्मेवारीमा रहेको बताइन्।, संशोधित नियम अनुसार यति प्रतिशत काम पूरा गरेकोलाई मात्र म्याद थप गर्न सकिने भन्ने कुनै मापदण्ड नतोकिएकोले बुटवलको सडकको ठेक्का अवधि पनि थप हुन सक्ने उनले बताइन्।, असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने ठेक्का भनिएकोले बुटवलको हकमा पनि यो संशोधनको नियम लागू हुन सक्ने उनले बताइन्।, ‘हामीले निर्माण कम्पनीले गरेको नियमित कामको प्रगति राखेर विभागलाई पनि काम सन्तोषजनक नभएको रिपोर्टिङ गरेका छौं, तर बोलपत्र स्वीकृत गर्ने अधिकारीलाई म्याद थप गर्ने अधिकार दिइएकोले अधिकारीलाई म्याद थप गर्न जायज लागे थप होला, अन्यथा नहोला,’ ज्ञवालीले भनिन्।, ज्ञवालीले १२ औं संशोधन नआएको भए आयोजना आफैंले पनि कारबाही गर्न मिल्ने भए पनि संशोधन आइसकेपछि अब के गर्ने भन्ने निर्णयको जिम्मेवारी विभागमा पुगेको बताइन्।, ‘असार ३० गते सडक निर्माणको म्याद सकिएको हो, तर १२ औं संशोधनको आधारलाई टेकेर उसले काम गरिरहेको छ, भदौ १५ गतेसम्म सबैभन्दा बढी बिग्रिएको अस्पताल लाइनको सडकको काम सक्छु भनेर आयोजनासँग लिखित प्रतिबद्धता पनि जनाएको छ,’ उनले भनिन्।, राजमार्ग चौराहदेखि बेलहिया सम्मको सडक निर्माण पूरा हुनै लाग्दा २०७३ साल चैत १७ गते राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो।, सम्झौताअनुसार २०७६ साल असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा तोकिए पनि सुरूआती समयमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले अगाडि बढ्न नसकेको काम अदालतको आदेश पनि भने ठेकेदार कम्पनीको ढिलासुस्तीले अगाडि बढ्न सकेन।, सडक छेउ ओगटेर घर तथा विभिन्न संरचना निर्माण गरेकाहरूले सडक विस्तार रोक्न माग गर्दै पटक/पटक अदालतमा मुद्दा दायर गरेपछि अदालतले पनि स्टे-अर्डर गरेपछि लामो समय सडक निर्माणको काम अगाडि बढ्न सकेन।, २०७३ सालमा ठेक्का सम्झौता गरिए पनि अदालतको स्टे-अर्डरका कारण रोकिएको सडक विस्तारको काम २०७५ वैशाख १२ गते अदालतको आदेशले बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो। तर, निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रो पटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गर्‍यो।, तर निर्माण व्यवसायीको ढिलासुस्तीको कारण ठेक्का अवधि पूरा हुँदा पनि सडकको निर्माणको काम भने ३० प्रतिशत मात्रै पूरा भएको छ।, २०७३ सालमा ठेक्का सम्झौता गर्दा भ्याट समेत गरी ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिए पनि गतवर्ष नाली निर्माणको काम समेत थप गरी ५३ करोड ९७ लाख रुपैयाँ पुगेको छ।, उक्त रकममध्ये निर्माण कम्पनीले अहिलेसम्म भ्याट समेत गरी १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ। जुन कुल ठेक्का रकमको २५ प्रतिशत हो।, यसअघि जेठ १० गते डिभिजन सडक कार्यालय, बुटवल उपमहानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजनासामु असार मसान्तसम्म पुष्पलाल पार्क, राजमार्ग चौराह र ट्राफिकचोकमा सबभन्दा सडक बिग्रिएको र उक्त सडक ढलान गर्ने तथा नाली निर्माणको काम पूरा गर्ने लिखित सहमति गरे पनि निर्माण कम्पनीले सहमति लत्याउँदै आएको छ।, समयमा सडक निर्माण नभएको भन्दै तत्कालीन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको चर्को आलोचना भएपछि त्यतिबेला पनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाको कार्यालयमा डेलिगेसन गएका थिए।, डेलिगेसनपछि २०७८ असार १८ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख लगायतको रोहवरमा ठेकेदार सुवित श्रेष्ठले २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि लामो समय काम नगरी सम्पर्कविहीन बनेका थिए।, लामो समय सम्पर्कविहीन बनेका श्रेष्ठ स्थानीय तहको निर्वाचन पछि मात्रै सम्पर्कमा आई सडक निर्माणको काम अगाडि बढाएका थिए।, अहिले अस्पताल लाइनको पूर्वतर्फको साढे चार सय मिटरको सडक कालोपत्रे गरिए पनि पश्चिमतर्फको सडकमा खाडल परेर हिँड्न मिल्ने अवस्था छैन। त्यस्तै, नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ।, केही क्षण घाम लाग्दा धुलाम्य हुने सडक पानी पर्दा हिलोले हिँड्न नमिल्ने अवस्थामा पुग्ने गरेको छ।, हिलो र ढिलो सहितको खाडलका कारण दैनिक रूपमा तीन चार जना दुर्घटनामा पर्ने गरेको अस्पताल लाइनका व्यवसायीहरू बताउँछन्।, द कञ्चनजंगा बिरूवा जेभी प्रालि कन्स्ट्रक्सन प्रालिले अलपत्र बनाएको बुटवलको सडकमात्र भने होइन। यसअघि यही कम्पनीले निर्माणको जिम्मा लिएको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत भैरहवा अञ्चलपुरदेखि लखनचोकसम्म र भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारीसम्मको सडक पनि अझै अलपत्र रहेको छ।, अञ्चलपुरदेखि लखनचोकसम्मको सडक बिरूवा एपेक्स श्रेष्ठ जेभी र भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारीसम्मको बिरूवा जेभी नाममा ठेक्का सम्झौता गरिए पनि यी दुवै ठेक्काका आधिकारिक प्रतिनिधि सुवित श्रेष्ठ रहेका छन्।, श्रेष्ठ सत्तारूढ नेपाली कांग्रेसनिकट निर्माण व्यवसायी हुन्। सोही कारण श्रेष्ठ अहिले पनि सडक निर्माणको म्याद थप गर्न विभागका उच्च अधिकारी, पार्टीका नेता तथा मन्त्रीहरूका ढोकामा पुगिसकेका छन्।, बुटवलको साढे तीन किलोमिटर सडक ६ वर्षसम्म ३० प्रतिशत मात्र पूरा
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।, परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको सेतोपाटीलाई बताए।, कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।, एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।, ०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।, यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।, ‘पहिलेभन्दा नतिजा फरक छैन, सन्तोषजनक नै छ,’ उनले पत्रकारहरूसँग भने, ‘९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ। उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन।’, यसरी हेर्न सकिन्छ रिजल्ट:, एसईईको नतिजा प्रकाशित
सेतोपाटी संवाददाता गृह मन्त्रालयले भ्रमण भिसाको प्रयोग गरी विदेश गएर श्रम तथा रोजगारको प्रलोभनमा नपर्न अनुरोध गरेको छ। , बुधबार मन्त्रालयका सहसचिव तथा प्रवक्‍ता फणिन्द्रमणी पोखरेलले विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो। , ‘भिजिट भिसामा विदेशमा जानेहरूले पर्यटकको रूपमा मात्र प्रयोग गर्नुहुन र विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न यस मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। , नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइहरू भोगिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ। भिजिट भिसामा विदेश गएर काम गर्ने गरेको हुँदा अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयको भनाई छ। , ‘भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ,’ मन्त्रालयले भनेको छ। , यसरी समस्यामा परेका मानिसहरूको उद्धार गरी फिर्ता ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत कुनै कानुनी आधार नरहेको हुँदा त्यस्ता व्यक्तिहरू झन् कठिनाइमा पर्ने मन्त्रालयले बताएको छ। , त्यसैले विदेशमा रोजगारीका लागि जाँदा सम्बन्धित निकायबाट कानुन बमोजिम श्रम स्वीकृत लगायत प्रक्रिया पूरा गरेरमात्रै जान अनुरोध गरेको छ। , भिजिट भिसामा विदेश जाँदा श्रम तथा रोजगारको प्रलोभनमा नपर्नू: गृह मन्त्रालय
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५६४ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ४५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ७७८ जनाको पिसिआर र एक हजार १७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३९२९ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ।, २०२ जना संक्रमित निको भएका छन्।, देशभर थपिए ५६४ संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृत फेला परेका छन्।, वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।, सल्यान कपुरकोट ६ का  बस्नेत दाङको तुलसीपुरमा बस्दै आएका थिए।, डिएसपी खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए।, उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ पुगेका थिए। वैदेशिक रोजगारीका क्रममा दुबईमा चिनजान भएका तामाङलाई घुमाउने भन्दै बस्नेत सल्यान गएका थिए।, बस्नेत आफू दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए। केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको तामाङले बताए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।, गोताखोर परिचालन गरेर उनको खोजी गरिएको थियो।, कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बेपत्ता भएको २८ दिन पछि फेला परेका थिए।, टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा मृत भेटिए
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ। , र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। , उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो। , ‘नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको हो,’ मानन्धरले भने, ‘ त्यहाँ सात रोपनी क्षेत्रफलको जग्गा छ। त्यो सबै क्षेत्रफलमा पार्क बन्छ वा बन्दैन, टुंगो लागेको छैन।’ , प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। , यमबुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताए। , ‘अरू पार्कमा जे-जति सुविधा हुन्छ, यो पार्कमा पनि हुन्छ,’ उनले भने, ‘अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्।’ , यसअघि यमबुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए। , अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएइको उनले बताए। , ‘पार्कमा आवश्यकता अनुसार जे पनि हुन्छ,’ उनले भने, ‘पार्कभित्र र्‍यापर यमबुद्धको शालिक पनि हुन सक्छ।’ , यमबुद्ध नेपालका चर्चित र्‍यापर थिए। उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए। , यो पनिः, र्‍यापर यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरको १५ लाख बजेट, काठमाडौं महानगरले साढे एक करोड खर्चेर 'यमबुद्ध पार्क' बनाउने
सेतोपाटी संवाददाता जनकपुरधामको फुटपाथ कब्जा गरी लगाइएका खुद्रा पसल हटाइएपछि व्यापारीहरूले जानकी मन्दिर परिसरमै बजार लगाएका छन्।, करौडौं खर्च गरेर सौन्दर्यकरण गरिएको मन्दिरको प्राङ्गणमै उनीहरूले बजार लगाएपछि स्थानीयले विरोध जनाएका छन्।, आस्थाको केन्द्र मन्दिर परिसरमा जथाभावी बजार लगाएपछि दर्शनार्थीलाई समस्या हुनुका साथै कुरूप पनि देखिएको भन्दै स्थानीयले विरोध गरेका हुन्।, ‘जथाभावी बजार लगाउन मन्दिरको सौन्दर्यकरणमा करोडौं रुपैयाँ खर्चिएको होइन नि! प्रसाद, फूलमाला, श्रृंगार बेच्ने खुद्रा व्यवसायीलाई बजार लगाउन उपमहानगरपालिकाले ठाउँको व्यवस्था गर्नुपर्यो, ’ स्थानीय सुशील कर्णले भने।, जनकपुरधाम उपमहानगरले फुटपाथबाट हटाइदिएपछि गुजारा चलाउन आफूहरू मन्दिर परिसरमा बजार लगाएको व्यवसायीहरूको भनाइ छ।, व्यवसायीबाट बट्टी उठाउन ठेकेदार र मन्दिरका उत्तराधिकारी महन्तराम रोशन दासले ती व्यवसायीलाई मन्दिरमा बजार लगाउन दिएको स्थानीयको आरोप छ। यद्यपि मन्दिरले भने आफूहरूले बजार लगाउन दिएको अस्वीकार गरिरहेको छ।, ‘मन्दिरमा दर्शनार्थी पूजाआजा गर्न आउँछन्। उनीहरूलाई फूलमाला र प्रसाद चाहिने नै भयो। फुटपाथबाट व्यवसायीलाई हटाइदिएपछि कहाँ जाने? भगाउन पनि मिलेन। मन्दिर नजिकै उनीहरूलाई उपमहानगरपालिकाले ठाउँ दिनुपर्यो नि?,’ उत्तराधिकारी महन्त दासनिकट एक बाबाले भने।, मन्दिर प्रशासनले व्यवसायीलाई जथाभावी बजार लगाउन दिएपछि उपमहानगरपालिकाले पनि आपत्ति जनाएको छ।, ‘मन्दिर परिसरमा पसलहरू सञ्चालन हुँदा मन्दिरमा आउने दर्शनार्थीहरूलाई समस्या हुने भएकोले मन्दिर परिसरमा हुने व्यापार व्यवसायको नगरपालिकाले घोर विरोध गर्दछ। उक्त पसल हटाउने पहल समेत गर्नेछ,’ उपमहानगरपालिकाले आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘मन्दिरमा दर्शन गर्न तथा मन्दिरको सुन्दरतामा आँच आउन नदिन दर्शनार्थीहरूलाई सहजता प्रदान गर्न जनकपुरधाम उपमहानगरपालिका कटिबद्ध रहेको छ र रहने छ।’, मन्दिरमा मेयरले नै बजार लगाउन निर्देशन दिएको भनि षड्यन्त्रपूर्वक प्रचार गरिएको मेयर मनोज साहले बताए।, ‘श्रृंगारको सामान अरू ठाउँमा गएर पनि बेच्न सकिन्छ जरूरी छैन नि ती व्यवसाय मन्दिरमै गर्नुपर्छ। प्रसाद र फूलमाला पसलमात्र मन्दिर छेउमा जरूरी छ तर यसको मतलब यो होइन कि फुटपाथमा बेच्ने कि मन्दिरमै बजार लगाउने,’ उनले भने, ‘उनीहरूलाई व्यवस्थित गर्न हामी ठाउँ खोजी गर्दैछौं। छिट्टै उचित ठाउँमा बजार लगाउन भन्छौं।’, ट्राफिक व्यवस्थापनका लागि केहीदिनयता उपमहानगरापलिकाले फुटपाथ खाली गराउने अभियान थालेको मेयर साहको भनाइ छ।, करोडौं खर्चेर सौन्दर्यकरण गरिएको जानकी मन्दिर परिसरमै बजार! (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ।, मंगलबार बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमा ढुंगा लागेको हो।, सडक माथिबाट खसेको ढुंगा बसभित्र पुग्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीया पार्वती शाही र सुर्खेतको वीरेन्द्रनगर–६ का ४५ बर्षीया राजकुमारी सुनार घाइते भएका थिए।, उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।, अस्पताल पुर्‍याएलगत्तै शाहीलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। अर्की घाइते राजकुमारी सुनारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ।, सुर्खेतको वीरेन्द्रनगर पुग्दै लाग्दा छिन्चु र वीरेन्द्रनगरको बीचमा पर्ने भेरीगंगा–२ को पैंसठ्ठी भन्ने ठाउँमा गुडिरहेको बसमा माथिबाट ढुंगा खसेर लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, मृत्यु भएका शाही र घाइते सुनार चालकको पछाडिको सिटमा बसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।, घटना बुधबार दिउँसो १ बजेतिर भएको उनले जानकारी दिए।, गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु
रासस पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ।, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश:प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिए।,    , समितिको अध्यक्षसमेत रहेका सचिव न्यौपानेले संग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाए।, पूर्वराजा त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएको सवारी। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यी दुई सवारी आजदेखि नारायणहिटी दरबार संग्रहालय परिसरमा सर्वसाधारणका लागि  प्रदर्शनीमा  राखेको छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस, संग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गरेको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ। दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ। , बा अ २ नम्बरको गाडी त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरूङले जानकारी दिए। अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्ने जानकारी पनि समितिले दिएको छ।,    , यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गरेको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ।, अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन्। यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उनले बताए।, तीनै वटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङ्गरोगन गरिएको छ। यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरूङले बताए।,  , विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई संग्रहालयका रूपमा स्थापित गरिएको हो।, दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ। बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ। ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये संग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ। ,  , दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ। नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले संग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ।, पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा (भिडिओ)
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिका–९, सोनपुरका जगलाल चौधरीले पथरिया नदीको सोमपुर घाटमा पुल बन्ने कुरा सुनेको दस वर्ष भयो।, अहँ, नदीमा पुल बनेको छैन। बर्खायाममा नदी तर्न कष्ट झेल्नुपर्ने बाध्यता यथावत् छ। हिउँदका केही महिना सजिलै नदी वारपार गरे पनि बर्खा सुरू भएपछि गाउँका बासिन्दाको पीडा बल्झिन्छ।, पथरिया नदीको सोमपुर घाटले कैलालीको लम्कीचुहा र जोशीपुर जोड्छ।, लम्कीचुहा–९, सोनपुरका बासिन्दालाई यो घाटमा पुलको आवश्यकता कति छ भन्ने कुरा उनै भुक्तभोगीबाहेक अरूलाई के थाहा होला र!, सोनपुरमा स्कुल छैन। स्थानीय जानकी चौधरीले हरेक बिहान स्कुल पठाउन छोरीलाई तयार पार्छिन्।, पथरिया नदीमा सामान्य अवस्थामा डुंगा चल्छ तर बहाव बढेको दिन बन्द हुन्छ। यस दिन छोरी स्कुल जान पाउँदिनन्।, ‘छोरीलाई स्कुल पठाउन ठिक्क पारेर नदीको छेउमा ल्याउँछु, नदी तर्न नसकेपछि फिर्ता हुनु पर्दा दुःख लाग्छ,’ जानकी भन्छिन्, ‘हामीले त नपढेर दुःख पायौं, नदी तार्न नसक्दा छोराछोरी पढाउन पनि मुश्किल भयो।’, जानकीजस्तै सोनपुरका अन्य बासिन्दाहरू पनि साना छोराछोरीलाई जोशीपुरकै स्कुल पठाउँछन्। उनीहरूको अवस्था पनि ठ्याक्कै उस्तै हो।, बर्खायाम सुरू भएपछि नदी तर्न सकिँदैन। यसै कारण सोनपुरका बालबालिकाको पढाइ छुट्ने गरेको स्थानीयवासी नीलम चौधरी बताउँछिन्।, ‘नदीमा बाढी आएपछि हाम्रा साना छोराछोरीलाई स्कुल लैजान सकिँदैन,’ नीलम भन्छिन्, ‘बर्खा लागेपछि उनीहरू स्कुल जानै सक्दैनन्। मेरा दुई छोरीलाई धेरै दुःख भएको छ।’, सोनपुरमा स्वास्थ्य चौकी पनि छैन, अस्पताल हुने कुरै भएन। सानोतिनो उपचार गर्न पनि नदी तरेर पारी जानुपर्छ।, बर्खायाममा गर्भवती र अचानक बिरामी पर्ने व्यक्तिहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ।, सोनपुरमा सानोतिनो व्यापार गर्ने व्यक्तिहरू पनि समस्यामा हुन्छन्। उनीहरू पनि व्यापारका सामान लिन जोशीपुर नै पुग्नुपर्छ।, ‘बर्खामा त पसलमा चाहिने सामान ल्याउन पनि सकिँदैन। यहाँ उत्पादन गरेको तरकारी र मासु बाहिर पठाउन सकिँदैन,’ सोनपुरका कृष्ण चौधरी भन्छन्, ‘पुल नभएर हामीले खेप्नु परेको दुःख सरकारले देखेन।’, पुल बनाउन प्रयास नै नभएको भने होइन। बजेट आएर, सम्झौता भएर पनि बन्न नसकेको हो।, स्थानीय बासिन्दा बमबहादुर चौधरीका अनुसार स्थानीय निकायका रूपमा गाविस हुँदा सोनपुर घाटमा पुल बनाउन बजेट आएको थियो। तीन वर्षको योजना थियो तर पुल बनेन।, बमबहादुर चौधरी।, ‘गाविस छँदा हामी पनि योजनामा हस्ताक्षर गर्न गएका थियौं,’ बमबहादुरले भने, ‘पछि ठेकेदारले के गर्‍यो, के भयो, अहिलेसम्म पनि पुल बनेन।’, अहिलेको लम्कीचुहा नगरपालिका र जोशीपुर जोड्ने पथरिया नदीको यो बाटो खासमा कृषकहरूले बढी प्रयोग गर्छन्। यही बाटोले सोनपुर पारि जोशीपुर, सीमराना, भजनी, हुलाकी सडकसम्म लम्की र जानकी जोड्छ।, स्थानीयवासी रघुवीर चौधरीका अनुसार पहिला नदी साँघुरो हुँदा किसानहरू परम्परागत उपायबाट तर्थे। साँघु अर्थात् अस्थायी पुल हाल्न पनि समस्या हुँदैन थियो। स्थानीय स्रोतसाधनले नै साँघु बन्थ्यो।, नदी फराकिलो हुँदै जाँदा साँघु हाल्न नसकिने भयो। बाढी पनि बढ्न थाल्यो।, रघुवीरले भने, ‘नदी वारपार गर्न अहिलेजस्तो समस्या थिएन। साँघु बनाएर पनि वारपार गर्न सकिन्थ्यो। अहिले सकिँदैन। नदी धेरै फराकिलो भयो।’, नदी फराकिलो भएको मात्रै होइन, धार पनि परिवर्तन हुने गरेको छ। नदी फराकिलो हुँदै गएपछि डुंगा चल्न थाल्यो। सोनपुरवासीहरू साइकल र मोटरसाइकल पनि डुंगामा राखेर नदी तर्न थाले तर ट्र्याक्टर रोकिए।, नदीमा बाढी आएको समयमा डुंगा चल्दैन। डुंगा नचल्दासम्म आवतजावत ठप्प हुन्छ।, उक्त क्षेत्रबाट निर्वाचित सांसदहरूको पहलमा पुल निर्माणका लागि सरकारले २०७० सालमा रातो किताबमा योजना समावेश गरेर करिब चार करोड रुपैयाँ बजेट छुट्याएको थियो।  , बजेट पक्का भएपछि एक वर्षमै पुल निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगरमार्फत् २०७४ सालमा पप्पु एड्भेन्चर जेभीसँग सम्झौता भयो। पाँच वर्ष बित्न लाग्यो तर पुल बन्ने सुरसार छैन।, सम्झौता गरेर ठेकेदारले काम नगरेको सोनपुरवासीको भनाइ छ। किन काम भएन भन्ने विषयमा सेतोपाटीले निर्माण कम्पनीका प्रतिनिधिसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।, लम्कीचुहा नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद चौधरीले केन्द्र (संघीय सरकार) को बजेटबाट ठेकेदारलाई पुल निर्माणको जिम्मा दिए पनि काम अघि बढेन।, ‘हामीले जति भने पनि ठेकेदारले सुन्दैन, काम नै गर्दैन। हाम्रो त केही लागेन। हामीले ठेकेदारलाई कारबाहीका लागि मुद्दा हाल्ने तयारी पनि गर्‍यौं,’ वडाध्यक्ष चौधरी भन्छन्,‘ठेकेदारले कोरोनाका कारणले काम भएन भन्छ। ठेकेदार सधैं कोरोना भन्छ। कसैले कारबाही गर्दैन।’, लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीले ठेकेदारले काम नगरेका कारण पुलको निर्माणका लागि आएको बजेट फिर्ता जाने गरेको बताइन्।, ‘केन्द्रबाट आएको बजेट विकास निर्माणमा प्रयोग नभई यसरी फिर्ता जानु राम्रो होइन। ठेकेदारलाई के गर्न सकिन्छ भनेर हामी बुझ्दै छौं,’ मेयर शाहीले भनिन्, ‘यस बारेमा हामी छानबिन गरेर अघि बढ्छौं।’, जनप्रतिनिधिले छानबिन गर्छौं भने पनि यस दिशामा काम अघि बढेको छैन। सोनपुरवासीको दुःख ज्यूँका त्यूँ छ। सधैं उही पथरिया नदीको कहर।, 'हामीले त नपढेर दुःख पायौं, नदी तार्न नसक्दा छोराछोरी पढाउन पनि मुश्किल भयो'
सेतोपाटी संवाददाता व्यक्ति अपहरण गरी सात लाख फिरौती मागेको आरोपमा पक्राउ परेका ६ जनालाई नौ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। , दाङ देउखुरी जिल्ला अदालतले उनीहरूलाई बुधबार नौ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले सेतोपाटीलाई बताए। , पक्राउ परेकाहरूले युवतीको प्रयोग गरी काठमाडौंबाट आउँदै गरेका दैलेखका युवक केशवकुमार विकलाई बुटवल झारेर त्यहाँबाट अपहरण गरी दाङको तुलसीपुर ल्याई एक होटलमा  बन्धक बनाएका थिए।  गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले विकलाई मंगलबार दिउँसो उद्धार गरेको थियो। , विकलाई बन्धक बनाएकाहरूले सात लाख फिरौती मागेको तथ्य खुल्न आएको डिएसपी अर्यालले बताएका थिए।   , विकलाई अपहरण गरी फिरौती मागेको आरोपमा दाङको बबई गाउँपालिका वडा नं. ४ का ३५ वर्षीय लिला विक र सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) सहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रे का २५ वर्षीय शुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ का  २०  वर्षीय मनोज थारु, प्युठान गौमुखी गाउँपालिका वडा नं. ७ घर भई हाल दाङ तुलसीपुर-६ का २४ वर्षीय  जनक कुँवर पनि पक्राउ परेका थिए। , कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीका चालक हुन्। व्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिनु परेको इप्रका प्रमुख अर्यालले बताए।  , पक्राउ परेकामध्ये विक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्र वाइसिएलका नेता हुन्। घटना उनीहरूकै योजनामा भएको प्रहरीले बताउने गरेको छ। , उनीहरूको पूर्वयोजना अनुसार दाङ तुलसीपुर– ७ की २६ वर्षीया निर्मला विकले दैलेख चामुन्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ का २७ वर्षीय केशवकुमार विकलाई काठमाडौंबाट फर्किंदै गर्दा आफू बुटवलमै प्रतीक्षा गरी बस्ने भन्दै फोनमार्फत् भेट्न बोलाएकी थिइन्।  , विक  राति ९ बजेतिर गाडीबाट झरेलगत्तै उनीमाथि  कुटपिट भएको थियो। उनको मोबाइल खोसेर  गाडीमा जबरजस्ती गाडीमा हुलेर दाङको तुलसीपुर उपमहागरपालिका वडा नं. ५ को सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई राखेका थिए।  , डिएसपी अर्यालका अनुसार उनीहरूले केशवकी श्रीमतीसँग सात लाख फिरौती माग्दै भने जति रकम नभए जे पनि हुन सक्ने चेतावनी दिएका थिए। , घटनाबारे दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेको तथा उद्धारको लागि सहयोग गर्न आग्रह गरेपछि इप्रका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर केशबको उद्धार गरेको थियो।  , घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।, यो पनि: , बुटवल बोलाएर अपहरण, दाङमा बन्धक बनाइ ७ लाख फिरौती माग , दैलेखका युवक अपहरणका आरोपित ६ जनाविरूद्ध ९ दिन म्याद थप
नारायण खड्का बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। , उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले सेतोपाटीलाई बताए। , कोहलपुर नगरपालिका-१४ का २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा फेला परेका थिए। ,  , एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पत्तीको हत्यामा नेपालगन्ज उपमहानगरपालिका-१९ सूर्यगाउँका १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको डिएसपी मल्ले जानकारी दिए। , कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगन्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरीले पत्ता लगाएको हो। , ‘डेढ महिना अगाडि नै दुई लाख रुपैयाँ उनीहरूले बुझिसकेका रहेछन्। घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार दिएको रहेछ,’ डिएसपी मल्लले भने, ‘बाँकी साढे दुई लाख केही समयपछि दिने कुरा भएको तथ्य अनुसन्धानबाट खुल्यो।’, पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न भनेर ‘कन्ट्र्याक्ट किलर’हरूलाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले सेतोपाटीलाई बताए।  , पक्राउ परेका राजनबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। राजनले घटना घटाउँदा उक्त नलकटुवा पेस्तोल लगेको भएपनि प्रयोग नभएको र घर नजिकै बारीमा लगेर गाडेको अवस्थामा बरामद भएको डिएसपी मल्लले जानकारी दिए। , डिएसपी मल्लका अनुसार घटनास्थलमा उक्त पेस्तोलबाट एउटा फायर भएको थियो। गडरिया दम्पत्तीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएर तथा हातको नशापनि काटिएको हुँदा अत्यधिक रक्तश्रावबाट भएको पोष्टमर्टम रिपोर्टबाट देखिएको थियो। , ‘पहिला अञ्जलीलाई डोरीले घाँटी कसेर हत्या गरेपछि कृष्णको हत्या गर्दा बढी संघर्ष हुन पुग्यो,’ डिएसपी मल्लले भने, ‘अपराधीहरूले त्यही क्रममा कृष्णलाई गोली नहाने पनि हावामा फायर गरेर तर्साएको स्वीकार गरिसकेका छन्।’, प्रहरीले घटनास्थलमा गोलीको लिक मात्रै फेला पारेको थियो। खोका पेस्तोलको ब्यारेलमै अड्किएको अवस्थामा फेला परेको डिएसपी मल्लले जानकारी दिए। , घटनास्थलमा फेला परेको गोलीको लिकमा रगत नलागेको तथा हत्या गरिएका दुबैका शरीरमा कतै गोली लागेको घाउसमेत फेला नपरेको प्रहरीले जनाएको छ। , सुरूमा हत्या योजनाकार विजयकुमारले भारतीय नागरिकलाई हत्यामा प्रयोग गरेको बयान दिएका थिए। तर राति १० बजेतिर नेपालगन्जकै युवाहरूलाई पाँच लाख रुपैयाँ दिने सर्तमा हत्या गर्न लगाएको बयान गरेपछि प्रहरी हत्यामा संलग्न व्यक्ति कहाँ पुग्न सफल भएको थियो। , ‘विजय र रेखाको बयान लगत्तै प्रहरी राति नै मुभ भयो र उनीहरूलाई नियन्त्रणमा लिन सफल भयो,’ डिएसपी मल्लले भने, ‘यो घटनामा यति छिट्टै सफलता मिल्छ भनेर हामीले सोचेका पनि थिएनौं।’ , पक्राउ परेका कन्ट्र्याक्ट किलरहरूले आफूहरूलाई ५० हजार रुपैयाँ दिएर भाइबुहारीको हत्या गर्न लगाएको बयान दिएका थिए। , उनीहरू सबैजनाविरूद्ध अनुसन्धानका लागि जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप भएको डिएसपी मल्लले जानकारी दिए।, यो पनि:, ,दाजु र भाउजुको योजनामा कोहलपुरमा भाइ-बुहारीको हत्या , पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न ‘सुपारी’ दिएका थिए विजयकुमारले
सेतोपाटी संवाददाता काठमाडौंको ज्याठामा रहेको 'कल सेन्टर' मा प्रहरीले छापा मारेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ज्याठास्थित एक कल सेन्टरबाट चार जना चिनियाँलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, प्रहरीले काठमाडौं महानगर-२६ ज्याठfमा रहेको भियना होटल रहेको कम्पाउन्डमा सञ्चालन भइरहेको कल सेन्टरमा छापा मारेको हो। , उनीहरूबाट २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार बराबरको रिचार्ज कार्ड, २० वटा सिम कार्ड लगायत बरामद गरेको हो।, उनीहरूले काठमाडौंमा कल सेन्टर सञ्चालन गर्ने भन्दै अवैध तवरले भारतीय नागरिकलाई ऋण प्रवाह गर्ने र चर्को ब्याज लगाउने गरेको खुलेको हो। , चिनियाँले नेपालीहरूलाई अवैध काममा लगाएको खुलेको हो। प्रहरीले यसअघि काठमाडौंकै तीनकुने र रूपन्देहीको बुटवलमा पनि छापा मारेको थियो। , प्रहरीले रूपन्देहीबाट १५० जना र काठमाडौंबाट चिनियाँसहित ३६ जनालाई पक्राउ गरेको हो।, यो पनि पढ्नुहोस्ः ,भारतीय ठग्न चिनियाँले नेपाली खटाउने काठमाडौंदेखि बुटवलसम्मका कल सेन्टर,  , काठमाडौंको ज्याठामा रहेको कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ पक्राउ
रासस जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।, जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ।, उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए।, तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।, जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान एक किलो ६१० ग्राम सुन जस्तो देखिने अर्धठोस वस्तुसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। , ४२ वर्षीय यूसुफ हारोनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गरेको थियो। , त्यस क्रममा भिस्त्री वस्त्रमा प्लाष्टिकभित्र लुकाएर सुनजस्तो पहेँलो वस्तु ल्याएको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।, सुनजस्तो पहेँलो धातुसहित विमानस्थलबाट एक भारतीय पक्राउ
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी  प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भइरहेको छ।, वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।, विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा पछिल्लो ५ घन्टादेखि भारी वर्षा भइरहेको छ।, सूचना केन्द्रले बिहिबार बिहान साढे ५ बजे जारी गरेको एसएमएस अलर्ट अनुसार ती क्षेत्रमा थप वर्षा हुनसक्ने भन्दै पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलामा आकस्मिक बाढी आउने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।, ‍यस्तै पर्साको ठोरी, मकवानपुरको हेटौडा, चितवनको शक्तिखोर, गोविन्दबस्ती (माडी क्षेत्र) लगायत नवलपरासी, रूपन्देही, कास्की र आसपासका केही स्थानमा वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।, यसैगरी पूर्वीनवलपरासी पूर्वको दुम्कौली, चितवनको माडी क्षेत्रको छर्छरे, पोखराको जुम्लेटी लगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले सतर्क रहन आग्रह गरेको छ।, जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, वर्षा, बाढी र गेग्रान बहानवले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।, बिहानैदेखि मुलुकभर वर्षाः परवानीपुर, दुम्कौली, छरछरे र पोखरामा अत्यधिक वर्षा
रासस काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ।, करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।, काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो।, पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।, कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो।, सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ।, काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए।, उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने र वाकवाकी लाग्ने, पेट दुख्ने, नाकबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु, बेहास हुने जस्ता डेंगीका लक्षण देखिन्छ।,  , काभ्रेमा ९ जनालाई डेंगी पुष्टि
सेतोपाटी संवाददाता १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रदेश-१ का दुई जना कराँते प्रशिक्षक पक्राउ परेका छन्। , मोरङ प्रहरीले विराटनगर-४ का  सुरज सुवेदी र विराटनगर-३ का  विनोद राउतलाई पक्राउ गरेको हो। उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराँते प्रशिक्षक हुन्। राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका उनीहरू एमालेनिकट खेलकुद संगठनमा पनि सक्रिय थिए।, आफूलाई होटलमा लगेर दुई जनाले जबरजस्ती गरेको जाहेरी किशोरीले प्रहरीमा दिएपछि उनीहरू आइतबार प्रहरी नियन्त्रणमा परेका थिए।, जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएका दुबैले ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी परेको प्रहरी भनाइ छ।, बलात्कार आरोपमा दुई जना कराँते प्रशिक्षक पक्राउ
सेतोपाटी संवाददाता धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।, निलकण्ठ नगरपालिका वडा नम्बर ४ को बेसारेस्थित बेशीघरमा पहिरोले घर पुरिँदा शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, गए राति पहिरोले घर पुरिएको थियो। घरमा रहेकी उनलाई पहिरोले पुरेको थियो। प्रहरी र स्थानीयले शव पहिरोबाट निकालेका छन्।, धादिङमा पहिरोले घर पुरिँदा एकको मृत्यु
राजेश घिमिरे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले २०७८ साल असारमा रेडियोलोजी विभागका लागि दुई जना डाक्टर आवश्यक परेको भनेर विज्ञापन गर्यो।, दरखास्त एक जनाको मात्रै पर्यो।, परीक्षा भएर नतिजा आउन झन्डै एक महिना लाग्यो। आवेदक व्यक्ति क्यान्सर अस्पतालको रेडियोलोजी विभागका लागि उत्तीर्ण भए।, करिब नौ महिनापछि वैशाखमा काम सुरु गरे तर एक महिनामै राजीनामा दिए। त्यति लामो समय र करिब एक लाख रुपैयाँ खर्च गरेर पूरा गरेको प्रक्रिया निरर्थक भयो। अस्पताललाई रेडियोथेरापी विभागमा पनि केही प्राविधिकको खाँचो थियो। विज्ञापन गर्दा एक जनाको मात्रै दरखास्त पर्यो तर ती व्यक्ति परीक्षामा उत्तीर्ण हुन सकेनन्।, विज्ञापन र प्रक्रियामा लामो समय गुज्रियो तर अस्पतालले आवश्यक जनशक्ति पाउन सकेन।, मेडिकल अंकोलोजी विभागअन्तर्गत रगतको क्यान्सरसम्बन्धी उपचार गर्ने हेमाटो अंकोलोजी वार्डका लागि डाक्टरको खोजीमा पनि क्यान्सर अस्पतालले गत वर्ष धेरै समय लगायो। कसैको पनि दरखास्त परेन। हाल अस्पतालमा मेडिकल अंकोलोजीका विशेषज्ञ डाक्टर पाँच जनामात्रै छन्। हेमाटो अंकोलोजीमा एक जना पनि विशेषज्ञ डाक्टर छैनन्।  , अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार यी तीन वटा विभागमा डाक्टर र प्राविधिक जनशक्ति नियुक्तिका लागि धेरै प्रयास गर्दा पनि सफल भएको छैन।, ‘एक जना स्टाफका लागि विज्ञापन गरेर नियुक्ति गर्दासम्म महिनौँ लाग्छ, एक लाख रुपैयाँसम्म खर्च हुन्छ तर नियुक्ति पाएको केही दिनमै जागिर छाड्दा अस्पताललाई ठूलो समस्या भएको छ,’ उनले भने।, उनले रेडियोथेरापी र हेमाटोलोजीको पढाइ नेपालमा नहुने भएकाले जनशक्ति पाउन कठिन भएको बताए।, ‘पटक–पटक विज्ञापन गर्दा पनि दरखास्त नै नपर्ने समस्या भयो,’ उनले भने, ‘बिरामीको चाप दिनहुँ बढिरहेको छ तर त्यही अनुपातमा जनशक्ति राख्न नसक्दा भएको जनशक्तिलाई कामको बोझ बढेको छ।’, बिरामीको गुनासो र महालेखाको प्रश्न, यहाँ आउने बिरामीहरूले उपचारमा ढिलाइ हुने गरेको गुनासो गर्ने गरेका छन्। उनीहरू अस्पतालमा उपचारका लागि पालो कुर्दाकुर्दा हैरान हुने गरेको बताउँछन्।, आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको प्रतिवेदनमा पनि क्यान्सर अस्पतालको रेडियोथेरापी विभागमा उपचारमा ढिलाइ हुने गरेको कुरा उल्लेख गरिएको छ।, ‘रेडियोथेरापी गर्न दुईदेखि चार हप्तासम्म प्रातीक्षा गर्नुपर्ने देखिन्छ। अस्पतालले उपकरण र जनशक्ति अभावका कारण उपचारमा ढिलाइ हुनेगरेको उल्लेख गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जनगुनासो सम्बोधन हुने गरी सेवा प्रवाह छिटो, छरितो र गुणस्तरीय बनाउनु पर्दछ।’, प्रतिवेदनमा अस्पतालमा ८४८ कर्मचारीको पद स्वीकृत भएकोमध्ये ७०० पदपूर्ति भई १४८ पद रिक्त रहेको र रिक्त पदमा १०३ जनालाई अस्थायी तथा सेवा करारमा नियुक्ति गरेको उल्लेख गरिएको छ।, तैपनि रेडियोथेरापीमा कर्मचारी १३ जना र चिकित्सक १३ जना लगायतको पद रिक्त रहेको देखिएको प्रतिवेदनमा जनाइएको छ।, अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन चिकित्सकलगायत कर्मचारी कार्यालय समयभर अस्पतालमा उपस्थित हुनुपर्नेमा उनीहरूले अन्यत्र काम स्वीकृति पाउने भएकाले रेडियोथेरापी सेवाका लागि चार हप्तासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको कुरा प्रतिवेदनमा जनाइएको छ।, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘दरबन्दीअनुसार पदपूर्ति गरी अन्य संस्थामा काम गर्न स्वीकृति दिने प्रावधानमा पुनरावलोकन गरी सेवा प्रवाहमा सुधार गर्नु पर्दछ।’, महालेखाको संकेत डाक्टरलाई निजी अस्पतालमा काम गर्न स्वीकृत दिएर अस्पतालको सेवामा बेवास्ता गर्ने प्रवृत्तितर्फ छ।, जागिर सरकारी अस्पतालको, टिकट बिक्री निजीको, एक जना बिरामीले यहाँ काम गर्ने एक डाक्टरले बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने र यहीँ बसेर निजी अस्पताल तथा ल्याबको टिकट दिएर पैसा लिने गरेको गुनासो सेतोपाटीसँग गरे।, ‘मेरो नाम भनिदिनुभयो भने त ढिलो पनि उपचार पाउँदिन होला,’ लागि सर्लाहीबाट आएका एकजना क्यान्सररोगीले सेतोपाटीसँग गुनासो गरे, ‘कहिले डाक्टर हुँदैन, कहिले कर्मचारी हुँदैन। खर्च बढेको बढ्यै छ।’, कार्यकारी निर्देशक डा. गौतमले सरकारी अस्पतालमा बसेर निजीका लागि काम गर्न नमिल्ने बताए। उनले कोही पनि स्वास्थ्यकर्मी आफ्नो ड्युटी समयमा निजी अस्पताल नगएको दाबी पनि गरे।, ‘यहाँको ड्युटी सकिएपछि कता जान्छन्न् भन्ने त अस्पतालले हेर्ने कुरा भएन। एक डाक्टर, एक अस्पतालको नीति लागू भएछ भने त्यतिखेर हेर्नुपर्ला,’ उनले भने, ‘यहाँको काम छाडेर निजीमा जान पाइँदैन।’, उनका अनुसार ओपिडीका डाक्टर बिहान ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म अस्पतालमै हुनुपर्छ। अप्रेसनका डाक्टर आवश्यक परेको जुनसुकै समयमा उपलब्ध हुनुपर्छ। कार्यालय समयमा अस्पताल हुनै पर्छ।, डा. गौतमले यसो भने पनि हाँजिर गरेर बाहिरिने कर्मचारीहरूलाई अस्पतालले रोक्न नसकेको एक कर्मचारीले बताए।, ती कर्मचारीले भने, ‘बिहान हाफपाइन्ट लगाएर हाँजिर गर्न आउँछन्। दिनभर बाहिरको काम गरेर साँझ फेरि हाजिर गर्न आउने स्टाफ छन् तर उनीहरूलाई कसैले कारबाही गर्न सक्दैन।’, डा. गौतमले कर्मचारीलाई कार्यालय समयमा अन्यत्र जान नदिन र अस्पतालका सेवा सकेसम्म छिटोछरितो बनाउन आफू तल्लीन रहेको बताए।, ‘रेडियोथेरापी विभागमा चार हप्तासम्म कुर्नुपर्छ भन्ने कुरामा पनि सत्यता छैन। बिरामीले कुर्नै पर्ने अवधि हो। त्यति अवधि नपर्खिकन रेडियोथेरापी सुरु गर्नै मिल्दैन,’ उनले भने, ‘यो कुरा बुझ्नमा समस्या भयो जस्तो लाग्यो। महालेखाले त्यही कुरा प्रतिवेदनमा राखेछ।’, उनले कोरोना महामारीको समयमा पनि चौध सयभन्दा बढी बिरामीको रेडियोथेरापी गर्न सक्नुलाई उपलव्धि भने।, बिरामीको चापअनुसार उपकरण र जनशक्ति छैन,  , क्यान्सर अस्पतालले रेडियोथेरापी विभागमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक उपकरण र जनशक्ति थप गर्न नसक्दा समस्या भइरहेको जनाएको छ।, बिरामीको चाप सात वटा मेसिन चाहिने खालको भए पनि अस्पतालमा हाल तीन वटा मेसिनमात्रै चालु अवस्थामा रहेको र एउटा नयाँ मेसिन सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक डा. गौतमले बताए।, यस्तो अवस्थामा पनि दैनिक दुई सय जना बिरामीलाई सेवा दिन सकेको उनले बताए।, पटकपटक विज्ञापन गर्दा पनि जनशक्ति नपाएका विभाग र वार्डमा पदपूर्तिका लागि जेनरल मेडिसिनका डाक्टरको विज्ञापन खुलाएर, उनीहरूलाई तालिम दिने व्यवस्था गर्नुपर्ने निर्देशक डा. गौतमको धारणा छ। स्थायी नियुक्ति गर्दा प्रक्रिया र खर्च बढी हुने, छिटै छोड्न सक्ने देखिएकाले करारमा पनि नियुक्ति गरेर भए पनि सेवा सहज बनाउनेतर्फ लाग्ने उनले बताए।, अस्पतालको नियमावली परिमार्जन गरेर भए पनि प्याथोलोजी, रेडियोथेरापी, एनेस्थेसिया प्राविधिक, रेडियालोजी, हेमाटो अंकोलोजी, मेडिकल अंकोलोजीका डाक्टरहरूका लागि विज्ञापन गर्दा पनि दरखास्त नपर्ने र थोरै पर्ने समस्या रहेको अस्पतालका प्रशासन प्रमुख जेएन महतोले बताए।, उनका अनुसार नियुक्ति पाएपछि छाड्ने क्रम पनि धेरै छ। स्टाफनर्स, डाक्टर सबैमा यस्तो समस्या छ।, ‘थोरै राम्रो अवसर पाउने बितिक्कै छाडिहाल्छन्,’  उनले भने।, भरतपुर क्यान्सर अस्पताल : न अस्पतालले डाक्टर पाउँछ, न बिरामीले समयमै उपचार
ध्रुवसागर शर्मा दार्शनिक रूसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए।, नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएका छन्।, मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फूर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ। तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउछन् पनाजु।, शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्छन्। वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् वृद्ध पुर्जाका।, गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन्। निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ। भारी बोकेर विस्तारै गाउँतिर झर्छन् र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्छन्। दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउछन्।, पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहेका मात्र छैन केही आम्दानी पनि गरिरहेको नाति होमबहादुरले बताए। पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्वीर लिन्छन्। उपहार दिन्छन् र उहाँको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन्।, बिहानको खानामा उनी सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो लिन्छन्। ढिँडोसँगै उनलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताए। पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्छन्। उनी एकछिन पनि बेफुर्सद हुन चाहँदैनन्।, मंगलबार बिहान रासससँग कुरा गर्दै १०५ वर्षीय पनाजुले भने, ‘उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै’छ।’ उमेरले ६० वसन्त पार गरेपछि मानिसहरू बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन्। तर उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन्।, आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रूखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ। उनलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्छ। नाति होमबहादुरले भने, ‘नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहनुहुन्छ।’, उनलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन। पछिल्लो समय कान अलि कम सुन्ने गरेका उनलाई अरू कुनै स्वास्थ्य समस्या छैन। ‘जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र?,’ उनले भने। कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उनी आफैं जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्छन्।, गत जेठदेखि १०५ वर्षमा प्रवेश गरेका पनाजुको बालापन, युवास्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो। जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उनलाई चिन्नेहरु बताउँछन्। , पचासी वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाउने पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गरेका छन्।, पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी भइन्। लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्छिन्। खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमानका कपडा धोइदिने सबै काम गर्न सक्छिन्। उनका छोरातर्फका १२ नातिनातिनी छन्। उनीहरू कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा।, बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने महानगरको एजेण्डा भएको बताएकी छिन्। , मंगलबार साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलसँगको भेटमा उपमेयर सुनिता डंगोलले उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने महानगरको एजेण्डा भएको बताएकी हुन्।, उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उनीहरूले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल गरेका हुन्।, छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगरभित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताए।, ‘काठमाडौं महानगरको मात्रै होइन उपत्यकाकै यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ डंगोलले भनिन्, ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेण्डा काठमाडौं महानगरपालिकाको पनि हो। साझाको यी एजेण्डामा हामी सकारात्मक छौं र सहकार्य गर्न तयार छौं।’, डंगोलले यस अघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गर्दै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरूसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नु पर्नेमा जोड दिइन्।, भेटमा दीक्षितले नेपालभरि र खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरू लागिरहेको बताए।, ‘दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकैपटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराउनु भएको थियो।  , ‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भने, ‘अहिले साझाले पहिलो चरणमा करीब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेकामा तीन ओटा बस आइसकेका छन्। बाँकी ३७ बस दशैँपछि आउँदैछन्।’ , उनले सरकारले तीन वर्ष पहिले दिएको रकमबाटै विद्युतीय बस खरिद भएको भन्दै प्याकुरेलले  ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको बताए। , पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको पनि उनले बताए।, प्याकुरेलले मर्यादित यात्रा गराउनु सबैको दायित्व भएको भन्दै उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने बढी दायित्व काठमाडौं महानगरपालिकाको भएकाले केही दिन अघि मात्रै मेयर बालेन शाहसँग र आज उपमेयर डंगोलसँग भेट गरेको पनि बताए।, ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई सहज बनाउने उदेश्यले तीन वटा विद्युतीय बस आइसकेका छन्। अब ३७ वटा बस आउँदैछन्। तर, अहिलेसम्म चार्जिङ स्टेशन कहाँ राख्ने भन्ने टुंगो छैन,’ प्याकुरेलले भने, ‘सार्वजनिक यातायातलाई मर्यादित गराउन यात्रा गर्दा टिकट लिनुपर्छ, सुरक्षित बिसौनीको व्यवस्था गर्नुपर्छ भन्ने जस्ता विषय महानगरपालिकासँग बढी सम्बन्धित छन्। कानुन बनाउने कुरामा पनि महानगरपालिकाको भूमिका उल्लेख्य हुने भएकाले हामीले उहाँहरूलाई तपाईहरूले चासो राख्नुपर्छ है भनेर ध्यानाकर्षण गराउन पनि छलफल गरेका हौं।’ , प्याकुरेलले उपमेयर डंगोलसँगको भेट सरकारात्मक रहेको जनाए।, ‘उहाँले सार्वजनिक यातायात व्यवस्थापका लागि निकै चासो राख्नु भयो,’ उनले भने, ‘उपमेयरलाई राम्रो जानकारी रहेछ। केही राम्रो गरौं भन्ने उहाँको चासोलाई हाम्रो अध्यक्षज्युले पनि सकारात्मक रूपमा लिनुभयो। हामीले उहाँहरूसँगको भेटमा सकेसम्म उपत्यकाको यातायातलाई व्यवस्थित बनाउने सन्दर्भमा एउटा युनिट नै खडा गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका छौं ।, काठमाडौं महानगर मात्रै होइन, उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने हाम्रो एजेण्डा होः उपमेयर डंगोल
सेतोपाटी संवाददाता टिकटक बनाउन भनेर सल्यानको कुपिन्डे दहमा पसेका युवा डुबेर बेत्तपा भएका छन्।, वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको अहिले खोजी भइरहेको छ। सल्यान कपुरकोट ६ का उनी अहिले दाङको तुलसीपुरमा बस्दै आएका थिए।, सल्यान प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए।, उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ पुगेका थिए। वैदेशिक रोजगारीका क्रममा दुबईमा चिनजान भएका तामाङलाई घुमाउने भन्दै बस्नेत सल्यान गएका थिए।, बस्नेत आफू दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए। केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको तामाङले बताए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।, सूचना पाउनासाथ प्रहरी सहायक निरीक्षक सनतकुमार शाहको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमाण्डमा थप पाँच जनाको टोली परिचालन भएको छ।, घटनास्थल पुगेका प्रहरीमध्ये कोही पनि राम्रो पौडीबाज नभएको हुँदा खोजीका लागि दहमा भने कोही पसेका छैनन्। जिल्ला प्रहरी प्रमुख खड्काले बाहिरी जिल्लाबाट गोताखोर बोलाउनका लागि पहल भइरहेको जानकारी दिए।, कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बेपत्ता भएको २८ दिन पछि फेला परेका थिए।, टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा फर्किन सकेनन्
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो।, पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा दुई जनाको मृत्यु भएको छ।, २१८ जना संक्रमित निको भएका छन्।,  , देशभर थपिए ६३८ कोरोना संक्रमित, दुईको मृत्यु
विनोद सापकोटा झापाको कचनकवलमा एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका तीन किशोरीले आत्महत्या गरेको पुष्टी भएको छ। , पोष्टमार्टम रिपोर्ट र प्रहरी अधिकारीले गरेको शूक्ष्म अनुसन्धानमा हत्या भएको हुनसक्ने कुनै ठोस प्रमाण फेला नपरेपछि उनीहरूले सामुहिक आत्महत्या गरेको प्रारम्भीक निष्कर्ष प्रहरीले निकालेको छ।, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतक तीनै जनाको पोष्टमार्टमको अनौपचारिक रिपोर्ट झापा प्रहरीलाई दिएपछि उनीहरूले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले सेतोपाटीलाई जानकारी दिए।, प्रहरी सहितको उपस्थितिमा मृतक तीनै जनाको पोष्टमार्टम धरानको घोपामा गरिएको थियो। , ‘अस्पतालले हामीलाई मौखिक (अनौपचारिक) रूममा दिएको जानकारीमा तीन जना किशोरीले आत्महत्या गरेको भन्ने छ,’ उनले भने, ‘पोष्टमार्टमको विस्तृत रिपोर्ट आएपछि थप भन्न सकिन्छ।’, कचनकवल गाउँपालिका–५ स्थित दलेगाउँमा आइतबार एउटै रूखमा स्थानीय तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। , स्थानीय सुनकोसी चिया बगान नजिकै भएर बग्ने झिङ खोला किनारमा बयरको रूखमा सोही ठाउँकी १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १७ वर्षीय कल्पना कुमारी गणेश आइतबार बिहान मृत फेला परेका थिए।, मृतक तीनै जना स्थानीय चिया बगानका मजदुर हुन्। , प्रहरीका अनुसार उनीहरू प्राय सँगसँगै बगानमा काम गर्थे। सामान्य परिवारका उनीहरूमध्ये करिना र अन्जलीको घर नजिकै हो भने कल्पनाको घर केही दुरीमा छ। , आत्महत्या गर्नुपर्ने अन्य कारण भने प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, घटना अनुसन्धानका लागि नेपाल प्रहरीले एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीको टोली परिचालित थियो।, घटनास्थलको विषयवस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म हत्याको ठोस प्रमाण फेला नपरेको प्रहरी नायव उपरीक्षक पाठककले बताए।, झापामा एउटा रूखमा सामुहिक मृत फेला परेका किशोरीले आत्महत्या गरेको प्रहरीको पुष्टी
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ लगाइरहेका सिद्धबाबाको महायज्ञमा नाराबाजी गरेपछि प्रहरीले रोशनी शाहीलाई नियन्त्रणमा लिएको छ। , सिद्धबाबा बलात्कार आरोपी हुन्। उनको मुद्दा अदालतमा विचाराधीन छ। शाहीले मंगलबार उनीविरूद्ध नाराबाजी गरेकी थिइन्। , नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।  उनलाई प्रहरी वृत्त गौशाला लगिएको थियो। , उनलाई केहीबेर नियन्त्रणमा राखेर श्रीमानको रोहबरमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘महायज्ञमा हल्लाखल्ला गरेपछि प्रहरीले नियन्‍त्रणमा लिएको थियो। अहिले श्रीमानको रोहबरमा छाडिएको छ,’ उनले भने। , शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्। पछि महराले अदालतबाट सफाइ पाएका थिए।  , सिद्धबाबामाथि आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप छ।,  , सिद्धबाबाविरूद्ध नाराबाजी गरेपछि रोशनी शाहीलाई प्रहरीले लियो नियन्त्रणमा
सेतोपाटी संवाददाता बुटवलका जनप्रतिनिधीले सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीको ठेक्का अवधि नथप्न सडक निर्माण आयोजना र डिभिजन सडक कार्यालयलाई आग्रह गरेका छन्।, बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ४ किलोमिटर सडक निर्माण गर्न वर्षौंदेखि ढिलासुस्ती गर्दै बुटवलवासीलाई सास्ती दिने निर्माण कम्पनीलाई कारवाही गर्न र ठेक्का अवधि थप नगर्न जनप्रतिनिधीले आग्रह गरेका हुन्।, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहित कार्यपालिका सदस्यको टोली मंगलबार बुटवल-बेलहिया सडक विस्तार आयोजना र डिभिजन सडक कार्यालयमा पुगेका थिए।, जनप्रतिनिधीहरू कार्यालय पुगेर सडक निर्माणका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने तर अब लामो समय नलगाई सडक निर्माण गर्न आग्रह गरेका छन्।, नगर प्रमुख पाण्डेयले आफूहरू निर्वाचित भएर पदस्थापन गरेको भोलिपल्टै जेठ १० गते कार्यालय प्रमुखसँगको बैठकमा बुटवलको सडक विस्तारमा देखिएका समस्या समाधान गर्ने सहमति भए पनि ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयले त्यसको प्रभावकारी कार्यान्वयन नगरेको भन्दै पुनः स्मरण गराएको बताए।, ‘बुटवलको सडक निर्माणका लागि उपमहानगरपालिकाको के सहयोग चाहिन्छ, त्यो सहयोग गर्न हामी तयार छौं, जे जसरी हुन्छ बुटवलवासीले अब सडकका कारण धेरै सास्ती भोग्न नपरोस्,’ उनले भने, ‘यो सँगै समयमा काम सम्पन्न नगरी आलटाल गर्ने र गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न पनि सचेत गराउँछौं।’, उनले वर्षाअघि नै सडकमा परेका खाडल पुर्ने, नाली निर्माण गर्ने र सम्भव भएसम्मको सडक कालोपत्रे गर्ने सहमति गरे पनि निर्माण कम्पनीले बेवास्ता गरेको बताए। उनले सडकका परेका खाडल पुरेर दुर्घटनाको जोखिम कम गर्न आयोजनालाई पनि आग्रह गरे।, आयोजनाका निमित्त प्रमुख सविता ज्ञवालीले निर्माण कम्पनीको दैनिक कार्य प्रगति लिइरहेको र आवश्यकता अनुसार कारबाही अघि बढाउने बताइन्।, यस्तै नगर प्रमुख पाण्डेयले सिद्धबाबादेखि खानेपानी कार्यालय सम्मको सडक निर्माण गर्न र डिभिजन कार्यालय मातहतका अरू सडकको मर्मतमा चासो दिन कार्यालय प्रमुख जयलाल मरासिनीलाई आग्रह गरे। कार्यालय प्रमुख मरासिनीले सडक निर्माणको काम केही दिनमा शुरू नगरे कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए।, ढिलासुस्ती गर्ने ठेकेदारको म्याद नथप्न सडक विस्तार आयोजनालाई जनप्रतिनिधीको आग्रह
रासस गोदावरी नगरपालिका-१२ ठेचोमा नवदुर्गा भवानी देवीको बाह्रवर्षे मेलाका साथै जात्रा सुरू हुँदैछ। हरेक बाह्रवर्षमा सो मेला गर्ने परम्पराअनुरूप मंगलबार रातिदेखि जात्रा सुरू हुने भएको हो। , राति ८ बजेदेखि ९ बजेपछि नवदुर्गा भवानीदेवी मन्दिरको ढोकामा ताल्चा मारेसँगै मेला तथा जात्रा सुरू हुने भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताए।, ‘यो जात्रा आउँदो फाल्गुन-चैतमा मात्रै समाप्त हुनेछ,’ उनले भने, ‘सो बन्द मन्दिरको ढोका अगाडि भोलिबाट पूजा गरी जात्रा मनाउँदै अघि बढ्छ।’, सो जात्रामा परम्परागतरूपमा चल्दै आएको तान्त्रिक विधिअनुरूप पूजासमेत हुने गरेको नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताए।, ‘छिट्टै मन्दिर अगाडि छाप्रो बनाउन सुरू गरेर फूलपातीका दिन सुनाकोठीमा रहेको बालकुमारी मन्दिरमा होम गर्नका लागि दक्षिण ललितपुरमा रहेको कोञ्ज्योसोम गाउँपालिका-३ दलचोकीबाट काठ काटेर ल्याएर राख्ने कामसमेत गर्नेछौं,’ उनले भने।   , देवीलाई गुप्तवास राखेर मंगलबार मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुल्ला गरिने भएको मालीले जानकारी गराए।, सो दुर्गा भवानी ताल्चाभित्र गुप्तवास बस्ने भएकाले ठेचोवासीले पनि खुसियाली मनाउन हुँदैन भन्ने मान्यताअनुरूप राति भएपछि घरबाहिरसमेत हिँड्न नहुने धार्मिक मान्यताको बुझाइ स्थानीयवासीमा रहेको छ। सो जात्राअन्तर्गत नवदुर्गा नाचसमेत मञ्चन गर्ने गरिन्छ। , उक्त जात्रा लिच्छवीले पाटनमा किराँत वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिएको देखिन्छ। भवानीको जात्रा सुरू भएसँगै सो क्षेत्रमा बाजा तथा घण्टी र सिट्ठी आदि बजाउन नहुने नियम रहेको स्थानीयवासी इना महर्जनले बताइन्।, ‘यहाँ जात्रा सुरू भएसँगै कसैको घरमा पाहुना बोलाएर बास बसाउनुसमेत हुँदैन भन्ने चलनसमेत रहेको छ,’ स्थानीयवासी इना महर्जनले भनिन्।, ‘मन्दिरको ढोकामा ताल्चा मार्नुअघि आफूहरूले झ्याली पिटेर जात्रा अवधिभर आवश्यक नियम पालना गर्न ठेचोवासीलाई अनुरोध गरिने भएको अध्यक्ष मालीले सुनाए। , आज रातिदेखि ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे मेला सुरू
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , कास्की पोखरा महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्दै आएकी निशा गुरूङलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार गुरूङले पीडितलाई कुमारी बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन्। वैशाख १३ गते उच्च अदालत पाटनले गुरूङलाई बैकिङ कसुर मुद्दामा पाँच दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। , मंगलबार प्रहरीले गुरूङलाई टोखाबाट पक्राउ गरेको हो। , गुरूङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।,  , बैकिङ कसुर मुद्दाका फरार व्यक्ति काठमाडौंबाट पक्राउ
नारायण खड्का बाँकेको कोहलपुरमा दाजु र भाउजुको योजनामा भाइ-बुहारीको हत्या भएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दाजु-भाउजुले योजना बनाएर भाइ र बुहारीको हत्या गरेको पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।, ‘दाजु विजयकुमार गडरिया र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य पत्ता लागेको छ,’ एसपी अधिकारीले भने, ‘बाबुआमाले भाइ-बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको देखियो।’, सम्पत्तिको लालचभन्दा पनि घरायसी झगडाले दाजु-भाउजुले हत्या योजना बनाएको देखिएको उनले जानकारी दिए। , ‘गडरिया परिवार सम्पत्ति राम्रै भएको परिवार रहेछ,’ एसपी अधिकारीले भने, ‘तर बुहारीका कारण बुवाआमाले भाइ र उनलाई बढी माया गरेपछि आफूहरूसँग टाढिएको भन्ने सोचले हत्या गर्ने योजना बनाएको देखियो।’, भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन जेठाजुले बुहारीको हत्या गर्ने योजना बनेको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए।, एसपी अधिकारीका अनुसार सबैजसो नातेदार भारतमा भएकाले उतैबाट मानिस बोलाएर हत्या गरिएको हो।, ‘दुबै दाजुभाइको ससुराली भारतमा रहेछ,’ उनले भने, ‘त्यही भएर उतैबाट मानिसहरू बोलाएर हत्या गर्न लगाएको देखियो।’, एसपी अधिकारीका अनुसार घटनामा चार जनाको संलग्नता देखिएको छ। , ‘सुरूमा बुहारीको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘त्यसपछि भाइले अलिबेर संघर्ष गरेको पछि उनलाई पनि मारेको देखिन्छ।’ , बुहारीलाई डोरीले घाँटी कस्नुका साथै मुख थुनेर हत्या गरेको देखिएको छ भने भाइलाई हातको नशा काटेर मुख थुनेरै हत्या गरेको अनुसन्धानबाट खुलेको छ।, कोहलपुर नगरपालिका-१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। , उनीहरूका दाजु र भाउजु माथिल्लो तलामा बस्थे। इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुवाआमा घरमा नभएको मौका छोपी दाजुले आफ्नो घरको भिडिओ खिचेर सबै हत्यामा प्रयोग गरिएका मानिसलाई दिएको खुलेको बताए।, ‘आफ्नो घर कहाँबाट प्रवेश गर्ने, कुन बाटो निस्कनेजस्ता सबै कुराको सूचना भिडिओमार्फत् विजयकुमारले पहिले नै दिएको देखियो,’ मल्लले सेतोपाटीसँग भने, ‘भारतका दुई जना मानिसलाई एक लाख रुपैयाँ दिएर भाइ-बुहारीको हत्या गर्न लगाएको कुरा खुलेको छ।’, मल्लका अनुसार सुरूमा विजयकुमार र रेखा दम्पतीले बुहारी मञ्जुको हत्या गर्ने योजना बनाएका थिए।, ‘सुरूमा हुन पनि बुहारीकै हत्या भएको देखिन्छ,’ मल्लले भने, ‘घटनाका क्रममा भाइ पनि आएपछि दुबैको हत्या भएको खुलेको छ।’, मल्लका अनुसार हत्याको प्रमुख कारण बुहारीलाई बुवा आमाले बढी माया गर्नु, केही समय पहिले भाइ र बुवा मिलेर दाजु विजयकुमारमाथि कुटपिट गर्नु जस्ता कारणले उनीहरूले भाइ-बुहारीको हत्या योजना बनाएको देखिएको छ।, ‘हामीलाई होइन, भाइ-बुहारीलाई मात्रै बुवा आमाले माया गरेको र हामीलाई टाढा बनाएको भन्ने बयान पक्राउ परेकाले दिएका छन्,’ डिएसपी मल्लले भने, ‘हामीलाई भाइ-बुहारी बाबुआमा प्यारो र नजिक बनेको तथा हामीलाई टाढा बनाएको कुरा सहन नसकेर हत्या योजना बनायौं भन्ने छ।’, घटनामा संलग्न व्यक्तिको पहिचान लगभग खुलिसकेको भए पनि उनीहरूलाई पक्राउ गरेपछि मात्रै सार्वजनिक गर्ने तयारी प्रहरीको छ।  हत्यामा संलग्न व्यक्तिहरू भारत प्रवेश गरे/नगरेको नखुलेको प्रहरीले जनाएको छ।, एक वर्ष पहिले मात्रै कृष्ण र अञ्जलीको बिहे भएको थियो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले हत्यामा संलग्न व्यक्तिको खोजी तथा पक्राउ गर्नका लागि भारतीय प्रहरीसँग पनि सहयोग मागिएको बताए।, दाजु र भाउजुको योजनामा कोहलपुरमा भाइ-बुहारीको हत्या
रासस त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।, मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो।, रौतहट मलोहिया-५ का राजीव दासले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सक शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो? यससम्बन्धी व्यवस्था कस्तो छ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए।, सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त कार्यालयसँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दासले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए।, पुनरावेदन दर्तापछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक-पटक आदेश भएको, कारबाहीका बारेमा सजग गराइएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।, निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराइ संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको निर्णय गरेको हो।, सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरूङले जानकारी दिए।, आयोगले गरेको जरिवाना फैसला कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भन्दै जिल्ला प्रशासन कार्यालयलाई पठाउने आदेश दिएको छ।, साथै पुनरावेदकले मागेको सूचना उपलब्ध गराउनु, परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिनु भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखी पठाउने आदेश पनि आयोगले दिएको छ।, आयोगको निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश जारी गरिएको गुरुङले बताए।, सूचना लुकाउने त्रिविका परीक्षा नियन्त्रकलाई २० हजार रुपैयाँ जरिवाना
सेतोपाटी संवाददाता महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर हाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।, प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो। , उनी बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्थे। एउटा भिडिओमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए। , त्यसरी भिडिओ बनाएर अपलोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार कावासोती नवलपरासीबाट पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिन हिरासतमा राख्न अनुमति लिएको छ। ,  , महिलालाई एसिड छ्यापिदिन्छु भन्दै भिडिओ बनाउने युवक पक्राउ
नारायण खड्का युवतीको प्रयोग गरी व्यक्ति अपहरणपछि फिरौती माग्ने समूह दाङमा पक्राउ परेको छ। , जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसिएलका नेताहरू हुन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले व्यक्ति अपहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई हाल दाङको तुलसीपुर–६ का २४ वर्षीय जनक कुँवर छन्।, कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बर गाडीका चालक हुन्। व्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।  , दैलेखबाट बुटवल बोलाएर अपहरण  , पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ का २७ वर्षीय केशवकुमार बिकलाई फोन गरी भेट्न भनेर बुटवल बोलाइन्। , निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। निर्मलाले फोनमा केशवलाई बोलाए पनि भेट्न गइनन्। तर उनले भनेका ठाउँमा अरू केटाहरू थिए। राति ९ बजेतिर केशवलाई उनीहरूले कुटपिट गरे। उनलाई बन्धक बनाएर गाडीमा हालियो।, अपहरणपछि उक्त समूहले केशवलाई तुलसीपुर उपमहागरपालिका-५ को सल्यान रोडस्थित युवम् होटलमा पुर्‍याए। डिएसपी अर्यालका अनुसार उनीहरूले केशवसँग सात लाख फिरौती मागे। , सात लाख नदिए जे पनि हुन सक्छ भन्दै चेतावनी दिए। प्रहरीलाई घटनाबारे सुँइको पनि थिएन। जबकी घटनास्थल इप्रका तुलसीपुरदेखि एक किलोमिटर जतिको दुरीमा थियो। दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेको तथा उद्धारको लागि याचना गरिन्। , सूचना पाउनासाथ डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुग्यो। तत्काल केशवलाई उद्धार गर्‍यो। घटनास्थलबाट ४:५० बजे अपहरण कार्यमा संलग्न व्यक्ति मध्ये दुई जनालाई नियन्त्रणमा लियो। उनीहरूको बयानका आधारमा मुख्य योजनाकार भनिएका लिला बिक र नेवबहादुर घर्ती (मार्सल) पनि पक्राउ परे। तुलसीपुर–७ स्थित घर नजिकैबाट निर्मला पनि पक्राउ परिन्। , डिएसपी अर्यालका अनुसार अपहरित केशव साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आरोपित मध्येका मनोज थारू र सुकलाल बिक पनि केशवसँगै साउदीमा काम गर्थे। , मनोज र सुकलालले गुण्डा छवि भएका युवाहरूलाई गुहारेर केशवलाई अपहरण गरी रकम असुल्ने रणनीति बनाएको तथ्य खुलेको डिएसपी अर्यालले जानकारी दिए। , घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।, बुटवल बोलाएर अपहरण, दाङमा बन्धक बनाइ ७ लाख फिरौती माग
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभर आज बिहानैबाट वर्षा भइरहेको छ। देशभर मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशभर मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।, आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।, महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।, यस्तो भोलि बिहिबार प्रदेश १ का केही स्थानमा तथा  मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै शुक्रबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। , मनसुन थप सक्रिय, काठमाडौं उपत्यकासहित मुलुकभर वर्षा
सेतोपाटी संवाददाता एउटै घरमा भाडामा बस्ने महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ वनहरी घर भई तुलसीपुर– ६ को एउटा घरमा भाडामा बस्दै आएका १९ वर्षीय प्रदीप विक पक्राउ परेका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अर्घाखाँची भएकी पीडित  महिला प्रदीप बसेकै घरमा डेरा बस्थिन्। ती महिलालाई साउन ४ गते राति साढे ११ बजेतिर मदिराले मातेर आएका प्रदीपले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो।, ती महिलाका श्रीमान रोजगारीका सिलसिलामा जिल्ला बाहिर बस्दै आएको प्रहरीले जानकारी दिएको छ। , महिलामाथि बलात्कारपछि प्रदीप फरार थिए। प्रदीपलाई सघाएको आरोपमा मतियारका रूपमा प्रहरीले उनका साथी किरण रानालाई पनि पक्राउ गरेको छ। , डिएसपी अर्यालका अनुसार महिलाको बलात्कारपछि किरणले प्रदीपलाई आफ्नो रा ६ प ५४०८ नम्बरको मोटरसाइकलमा राखेर भगाएका थिए।, ‘माथिको कपडा नलगाई भागेका प्रदीपको घरमा गएर कपडा ल्याइदिनेदेखि मध्यरातमै घोराहीसम्म छोड्ने काम किरणले गरेको भन्ने खुलेको छ,’ डिएसपी अर्यालले भने, ‘रूपेन्देही हुँदै भारत प्रवेश गर्ने योजना सफल नभएपछि प्रदीप फेरि फर्केर दाङ आएका थिए। अनि उनी पक्राउ परेका हुन्।’ , किरणलाई प्रहरीले साउन ८ गते पक्राउ गरिसकेको हुँदा प्रमुख आरोपी प्रदीपको 'लोकेसन' पच्छ्याउँदै प्रहरीले पक्राउ गरेको हो। प्रदीपलाई मंगलबार मात्रै तुलसीपुर – ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, एकै घरमा डेरा बस्ने महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता बझाङमा झन्डै दुई महिनादेखि बेपत्ता बालक मृत फेला परेका छन्।, जयपृथ्वी नगरपालिका–१ कैलास पिमि बस्ने महेशबहादुर शाहीका ९ वर्षीय छोरा धरेन्द्रबहादुर शाही जेठ १४ गतेदेखि बेपत्ता थिए।, उनी घरदेखि २ घण्टा पुर्व मष्टा गाउँपालिका– १ थार्‍यामा बुवासँग गाइगोरूलाई लेकतिर लिन जाने क्रममा बाटोमै छुटेका थिए।, सोही दिन साँझसम्म घर नफर्केपछि उनको दुई दिनसम्म प्रहरी, नेपाली सेना र स्थानीयहरूले खोजीकार्य गरेका थिए।, खोजतलास गर्दा पनि उनी सो समयमा फेला परेनन्।, सोमबार स्थानीयले घाँस काट्ने क्रममा बच्चाको जस्तो कंगाल फेला पारे।, उनीहरूले यो खबर धरेन्द्रका आफन्तलाई जानकारी गराएपछि घटनास्थलमा जाँदा धरेन्द्र नै मृत फेला परेको परिवारले प्रहरीलाई जानकारी गराए।, मंगलबार उक्त बालकको कंगाललाई घटनास्थलबाट मुचुल्का तयार पारेर जिल्ला अस्पताल बझाङमा पोष्टमर्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले जानकारी दिए।, उनको मृत्युको कारणबारे अनुसन्धान थालिने उनले बताए।, परिवारका अनुसार बालक धरेन्द्र सुस्त मनस्थितीका थिए।, मृत भेटिए झन्डै दुई महिनादेखि हराइरहेका ९ वर्षीय धरेन्द्र
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ।, बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।, शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ।, एमबिबिएसमा १०, बिडिएमा एक र डि फार्मेसीमा ८ सिट संख्या छ।, इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ।, पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग
रासस विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्।, मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्।, बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्।, उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।, च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो।, मंगलबार जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए। च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो।, जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ।, एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।, ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने।, स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ।, शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक–शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए।, कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।, परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए।, यसरी हेर्न सकिन्छ एसइईको नतिजा, एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ।, परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।, नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ।, त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ।, एसइईको रिजल्ट आज आउँदै
युनिक श्रेष्ठ स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको प्राइभेट कम्पनी हो। यो कम्पनी २०७७ माघ १५ गते दर्ता भएको थियो।, कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कम्पाउन्डसहितको घरमा थियो। टेलिफोन बुथ, साइबर क्याफे लगायत कामका लागि भनेर कम्पनी दर्ता गराएको देखिन्छ।, सोमबार त्यही स्काई वर्ल्ड सर्भिसको कार्यालयमा प्रहरी पुग्यो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्यहाँ छापा मारेको हो। कार्यालयमा कम्प्युटर, फोनलगायत विभिन्न उपकरण जडान गरिएका थिए। त्यहाँ काम गर्ने कर्मचारी सयौं जना थिए।, कल सेन्टरको नाममा अवैध काम गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, ‘अवैध काम गरिरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गरी छापा मारेका हौं,’ मैनालीले भने।, प्रहरीले त्यो कार्यालयबाट ३६ जनालाई पक्राउ गर्‍यो। जसमा एक जना चिनियाँ, दुई जना भारतीय र ३३ नेपाली नागरिक छन्।, कल सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ हुन् युइहुआ, भारतको उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षीया नेहा गुप्‍तासँगै २८ पुरूष र ५ महिला गरी ३३ जना नेपाली पक्राउ परेका हुन्।, प्रहरीका अनुसार यो कल सेन्टरका प्रमुख चिनियाँ नागरिक हुन्। कम्पनी भने उनको नाममा दर्ता छैन। काठमाडौं महानगरपालिका-३ बस्ने विजय श्रेष्ठको नाममा छ। श्रेष्ठ अहिले फरार छन्। यसअघि आइतबार रूपन्देहीको बुटवलमा पनि प्रहरीले यस्तै कल सेन्टरमा छापा  मारेको थियो। बुटवलबाट प्रहरीले १५० जनालाई पक्रेको थियो।, कल सेन्टर भन्नाले आम मानिसले कसैलाई फोन गर्ने र सेवा दिने ठाउँ भनेर बुझ्छन् तर यी कल सेन्टरले भने अर्कै काम गर्थे।, प्रहरी उपरीक्षक मैनालीका अनुसार उनीहरूको काम नेपालीलाई सेवा दिने होइन। बरू भारतीय नागरिकलाई ऋण प्रवाह गर्ने हो। यति मात्रै होइन उनीहरूले ऋणको चर्को ब्याजसमेत लिने गरेको अनुसन्धानबाट देखिएको छ।, यी कल सेन्टरमा काम गर्ने सबै नेपालीहरू थिए। उनीहरूको ‘टार्गेट’ भारतका निम्न वर्गका सामान्य मानिसहरू हुन् जसलाई छोटो समयको लागि पैसा सापटीको आवश्यक परेको हुन्छ।, उनीहरूको ठगी धन्दा विज्ञापनबाट सुरू हुन्छ। भारतीय टेलिभिजन, फेसबुक, इन्स्टाग्रामलगायत विभिन्न माध्यममा उनीहरूले विज्ञापन दिन्थे।, ‘छोटो समयका लागि ऋण चाहिएमा… एप डाउनलोड गर्नुहोस् र सजिलै पैसा पाउनुहोस्,’ भनेर विज्ञापनमा लेखिएको हुन्थ्यो।, ठूलो जनसंख्या भएको भारतमा यस्तो विज्ञापन देखेर मानिसहरू बिनाधितो ऋण पाउने लोभमा पर्ने गरेको प्रहरीको भनाइ छ।, ‘छोटो समयको लागि पैसा चाहिने र त्यहीबेला विज्ञापन पनि देखिने भएपछि मानिसहरू त्यसैको पछि लाग्ने भए,’ प्रहरी उपरीक्षक मैनालीले भने।, उनीहरूले ‘इजी लोन’, ‘गो-लोन’, ‘जी पे’ लगायतका एप बनाएका थिए। ऋण लिन ती एप डाउनलोड गर्नुपर्थ्यो। एप डाउनलोड गरेपछि उनीहरूलाई त्यसमा भनिए अनुसारको फारम भर्न लगाइन्थ्यो। एपमा आधार कार्ड र मतदाता परिचयपत्र पनि स्क्यान गरेर राख्नुपर्थ्यो।, सबै विवरणहरू भरिसकेपछि जुन फोन, कम्प्युटर, ल्यापटप, ट्याबलगायत उपकरणबाट त्यो एप डाउनलोड गरिएको हो, त्यसमा एउटा लिंक आउँथ्यो। त्यो लिंकमा पनि भनेअनुसारकै विवरणहरू भरेपछि भने लोन पास हुने सिस्टम बनाइएको थियो।, उनीहरूले ५० हजार भारतीय रुपैयाँसम्म ऋण दिने भनेका हुन्थे। अधिकांशलाई दिएको ऋण भने २० हजार मात्रै छ।, ऋण लिने व्यक्तिले पठाएको लिंकअनुसारको फारम भरेपछि उनीहरूको ऋण स्वीकृत हुन्थ्यो। त्यसपछि भारतकै कुनै बैंकमार्फत् डिजिटल वालेटको प्रयोग गरी उनीहरूलाई पैसा दिइन्थ्यो।, प्रहरीका अनुसार उनीहरूले २० हजारको ऋण स्वीकृत गराए पनि त्यसबापत् लिने ब्याज भने चर्को हुन्थ्यो। पैसा दिँदा सुरूमै उनीहरूले २० हजारको ब्याज भनेर पाँच हजार रुपैयाँ काट्थे।, ऋण तिर्ने अवधि एक हप्ताको मात्रै हुन्थ्यो। काठमाडौं, बुटवलका कल सेन्टरमा काम गर्ने युवा-युवतीहरूले प्रविधिको प्रयोग गरी यहीँबाट ऋण लिने व्यक्तिलाई फोन गर्थे।, छैठौं दिनदेखि ऋणीलाई फोन गर्न थाल्ने गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए।, ‘ऋण तिर्न सात दिनको समय उनीहरूलाई दिइएको हुन्छ। छैठौं दिनमा उनीहरूले ऋणीलाई फोन गर्ने र भोलि ऋण तिर्ने बेला भयो है भनेर सम्झाउने गरेको देखियो,’ उनले भने।, फोन गर्न आइएमओ र ह्वाट्सएपको प्रयोग गर्थे।, सजिलै ऋण फिर्ता गर्नेहरूबाट उनीहरूले १५ हजार लगानी गरेर हप्ताको पाँच हजार ब्याज पाउँथे, ऋण तिर्न नसक्नेहरूमाथि भने मानसिक यातना दिन सुरू गर्थे।, ऋण दिनुअगाडि नै यस्ता कल सेन्टरले ऋणिले पठाएको लिंकबाट उसको मोबाइल, फोनलगायत उपकरण ह्याक गरिसकेका हुन्थे। त्यो कुरा ऋणीलाई थाहै हुन्नथ्यो।, कल सेन्टरमा काम गर्नेहरूले ऋण फिर्ता नगरूञ्जेल फोन गरेर टर्चर दिने गरेको पाइएको छ।, सुरूमा ऋण लिने व्यक्‍तिलाई नै फोन गरेर थर्काउँथे। तथानाम मुख छाडेर गाली गर्ने गरेको अनुसन्धानबाट पनि देखिएको छ।, त्यसपछि भने उनीहरूले ऋणिलाई ब्ल्याकमेलिङ गर्ने अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।, ‘लिंक पठाउँदा सबै ह्याक गरिसकेको हुन्छ। त्यो ह्याक गर्दा उनीहरूले मोबाइलमा जे-जे छ सबै तान्छ। यहाँको कल सेन्टरमा आउँछ,’ उनले भने, ‘त्यसैलाई आधार बनाएर उनीहरूले फोन गरेर मुख छाड्ने, थर्काउनेदेखि सबै गर्ने हो।’, यति मात्रै होइन, उनीहरूले ऋणीको फोनको विवरण पनि लिएका हुन्थे। सबैभन्‍दा धेरै फोन क-कसलाई गरेको छ भनेर हेर्थे। आमा, बुवा, श्रीमती, गर्लफ्रेन्ड र अन्य आफन्तमध्ये जसको नम्बर छ उनीहरू सबैलाई फोन गरेर धम्क्याउने र बेइज्जत गर्ने गरेको ती प्रहरी अधिकारीले बताए।, यस्ता कल सेन्टरबाट लिएको ऋण समयमै तिर्न नसक्दा भारतमा आत्महत्याको घटनासमेत भएको प्रहरीको भनाइ छ।, ‘उनीहरूको उद्देश्य जसरी हुन्छ पैसा फिर्ता गराउने हो। फसाउँदै लगेर पैसा असुली गर्ने हो। यसरी कतिलाई ठगेठगे,’ उनले भने। , कल सेन्टरका काम गर्ने नेपालीलाई  चिनियाँले तलब दिएर राखेका थिए। उनीहरूलाई १५ हजार देखि ८० हजारसम्म तलब दिएको अनुसन्धानबाट देखिएको छ। उनीहरूको पद, कामको आधारमा पैसा दिने गरेको प्रहरीको भनाइ छ। कतिपयलाई बैंकमार्फत् त कतिलाई हातमै पैसा दिइन्थ्यो।, धेरै ऋणीबाट पैसा उठाउन सके काम गर्नेले कमिसन पाउँथे।, प्रहरीले अहिले नियन्त्रणमा लिएका ३६ जना पनि प्रमुख पदमा बसेका मानिसहरू हुन्। यसबाहेक पनि त्यहाँ थुप्रै मानिसहरू काम गरिरहेको प्रहरीले जनाएको छ।, कल सेन्टरमा कर्मचारीलाई  मेस चलाइएको छ। जहाँ दैनिक ११ सय जनालाई खाना पाक्ने गरेको परिसरका प्रहरी उपरीक्षक मैनालीले बताए।, ‘त्यहाँको मेसमा ११ सय जनालाई खाना पाक्ने गर्थ्यो,’ उनले भने। यहाँ उनीहरूले सिनियर टिम लिडर, टिम मेम्बर, अनुशासन इन्चार्ज, सिनियर अडिटर लगायतको पद पनि बनाएर राखेका थिए।, यसरी उनीहरूले ठूलो नेपाली जनशक्तिलाई प्रयोग गरी भारतीयलाई ठगी गर्ने गरेको देखिन्छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ब्लु स्काई विजनेश सोलुसन सर्भिस सेन्टरमा पनि यस्तै काम भएको पाएपछि प्रहरीले भारतीय नागरिकसहित १५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।, यस्तो प्रकृतिको अपराध नेपालमा दुई वर्षअघिदेखि मात्रै सुरू भएको प्रहरी अधिकारीहरू बताउँछन्। यसअघि उनीहरूले श्रीलंकामा बसेर यस्तो सञ्चालन गरिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। पछि चिनियाँ नागरिकहरूले भारतीयसँग मिलेर नेपालबाट यस्तो आपराधिक क्रियाकलाप सञ्चालन गरिरहेको पाएको हो।, यी छापा मारेको स्थानबाट प्रहरीले ल्यापटप, डेस्कटप, डिभिआरलगायत विभिन्न उपकरणहरू पनि बरामद गरेको छ। ती सामग्रीको परीक्षण तथा अनुसन्धानको लागि प्रहरीले नेपाल प्रहरीको फरेन्सिक विभागमा पठाउने तयारी गरेको छ। त्यसबाट पनि केही थप खुल्ने प्रहरीको भनाइ छ।, यसअघि पनि प्रहरीले यस्तै प्रकृतिको घटनामा मानिसहरूलाई पक्राउ गरेको थियो। गत फागुन १० गते मंगलबार सानोठिमीस्थित तीन तले घरबाट एक चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको थियो।, त्यस्तै सोही दिन काठमाडौंको बानेश्वरबाट त्यस्तै कल सेन्टर सञ्चालन गरेको भन्दै एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको हो।, त्यतिबेलाको घटनामा भने भक्तपुर परिसरले एक जना चिनियाँसहित चार जनालाई मात्रै मुद्दा चलाएर अनुसन्धान अघि बढाएको थियो। अदालतले उनीहरूलाई जिम्मा जमानीमा छाडेको छ। यसको अनुसन्धान अझै पनि भइरहेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।, ‘चार जनामाथि मुद्दा चलाएका थियौं। उनीहरूलाई जिम्मा जमानीमा छाडेको थियो,’ उनले भने, ‘यसमा अनुसन्धान जारी नै छ।’, यसरी उनीहरूले विभिन्न ठाउँमा कल सेन्टरको नाममा आपराधिक गतिविधि गर्ने काम गरिरहेका छन्।, स्काई वर्ल्ड सर्भिस सेन्टर र ब्लु स्काई सोलुसन सर्भिस सेन्टर चलाउने मानिसहरू पनि एउटै समूहको भएको प्रहरीको भनाइ छ। काठमाडौंकै विभिन्न ठाउँमा यस्ता गतिविधि सञ्चालन गरिरहेको स्रोतको दाबी छ।, काठमाडौंमा तीनकुनेको कल सेन्टरसहित पाँच ठाउँमा सञ्चालन भइरहेको स्रोतले दाबी गरेको छ। अन्य केही कम्पनीको नाम सञ्चालन गरेर चलाइरहेको उनले बताए।, प्रहरीले पनि अन्य ठाउँमा पनि यस्तै गतिविधि सञ्चालन भएको हुनुपर्ने आशंका गरेको छ। यस पाटोबाट पनि अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।, प्रहरीले छापा मारेको स्थान।, भारतीय ठग्न चिनियाँले नेपाली खटाउने काठमाडौंदेखि बुटवलसम्मका कल सेन्टर
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ।, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ। , उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।, त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो । , महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।, अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरू हुने महानगरले जानकारी दिएको छ।, भोलिदेखि काठमाडौंको फोहोर उठ्ने
नवीनबाबु गुरूङ ललितपुरको सातदोबाटोदेखि लगनखेलसम्म सडकका दुवैतर्फ साइकल लेन व्यवस्थित गरिँदैछ।, ललितपुर महानगरपालिकाले बार (ब्यारिकेटेड पोल) सहितको साइकल लेन तयार पार्न लागेको हो।, महानगरले यसअघि पनि सडकमा साइकलका लागि छुट्टै लेन संकेत गरेको थियो।, महानागरले लगनखेल–सातदोबाटो सडक खण्डमा परीक्षणस्वरूप ब्यारिकेटेड पोल राखेर हिजोआज साइकल लेन निर्माण गरिरहेको छ।, यो ब्यारिकेटेड पोल अँध्यारोका बेला टल्कन्छ।, पोल राखिएका कारण अब साइकलका लागि बनाइएको लेनमा साइकल गुडाउन सजिलो पर्नेछ।, तस्बिरहरू: , सडकमै पोल राखेर साइकल लेन बनाउँदैछ ललितपुर महानगर (तस्बिरहरू)
रासस काभ्रेको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्।, अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नम्बरको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।, सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ।, यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ।, लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो।, शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए।, ट्रकसँग मोटरसाइकल ठक्कर खाँदा काभ्रेमा एकको मृत्यु
सेतोपाटी संवाददाता नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ।, पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो।, बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा ३३ जना यात्रु घाइते छन्। आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।, घाइतेमध्ये केहीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।, ८ जना घाइतेलाई भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।, दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते
सेतोपाटी संवाददाता बिग्रेर सडकमै छाडिएको ट्रकमा कार ठोक्किँदा मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ।  , बेलबारी-१० भाउन्ने रोकिराखेको ट्रकमा बुधबार बिहान कार ठोक्किएको थियो। त्यसक्रममा कारमा रहेका झापा दमक–४ का राजीव बराइलीको मृत्यु भएको हो।  , पूर्व–पश्चिम राजमार्गमै रोकेर राखेको ट्रकमा कार अनियन्त्रित भएर ठोक्किएको थियो।, को १ ख ८००४ नम्बरको ट्रकमा पूर्वतर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार ठोक्किएको थियो।, कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते छन्। , कारमा सवार राजीव बराइलीको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। , बिग्रेर राजमार्गमै छाडेको ट्रकमा ठोक्कियो कार, एक जनाको मृत्यु
सेतोपाटी संवाददाता झापाको बुद्धशान्तिमा घर नजिकैको कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–६ मा रहेको कुलोमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बुद्धशान्ति–४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावोको डुबेर मृत्यु भएको हो।, मृतक बालकको शव पोष्टमर्टमको लागि मेची अस्पताल पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।, पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
राजेश घिमिरे भरतपुर अस्पतालले डाक्टर, नर्ससहित ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ। करार सेवा र मासिक ज्यालादारीमा डाक्टर, स्टाफ नर्स, फार्मेसी सहायक र ल्याब टेक्निसियन माग गरिएको सूचना प्रकाशन गरेको छ।, सोमबार प्रकाशन भएको सूचनामा तत्कालका लागि ६ महिना काम गर्नेगरी ८ जना करार सेवा र ५ जना मासिक ज्यालादारी सेवाका लागि मेडिकल अधिकृत माग गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। अस्पतालले १२ जना करार र १२ जना मासिक ज्यालादारीमा स्टाफ नर्स मागेको छ। एक/एक जना करार र चार/चार जना मासिक ज्यालादारीमा फार्मेसी सहायक र ल्याब टेक्निसियन मागेको छ।, अस्पतालमा नयाँ सेवाहरू थप हुँदा जनशक्ति अपुग भएपछि विज्ञापन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले बताए। स्वीकृत दरबन्दी नहुँदा करारमा विज्ञापन गर्न नमिल्ने भएकाले मासिक ज्यालादारीमा पनि विज्ञापन गरिएको पौडेलले बताए।, ‘पहिले दैनिक ज्यालादारी भनेर मेडिकल अधिकृत राख्ने गरिन्थ्यो। विज्ञापन खोल्ने चलन थिएन। मेडिकल सुपरिटेन्डेन्टले जसलाई मन लाग्यो उसलाई काममा राख्ने चलन थियो,’ पौडेलले भने, ‘त्यसमा सुधार गरेर अहिले विज्ञापन खोल्न थालेका छौं।’, दैनिक ज्यालादारीमा डाक्टर, नर्स राख्दा राजनीतिक दलका नेताहरूले आफ्ना मान्छेलाई राखिदिनुपर्‍यो भनेर हैरान पार्ने गरेको उनले बताए।, पौडेलले अब करार सेवा र मासिक ज्यालादारीको एउटै परीक्षा लिएर वैकल्पिकमा नाम निस्केकालाई मासिक ज्यालादारीमा राख्ने बताए।, ‘दुबैको अवधि ६ महिनाको हुन्छ। आवश्यकताअनुसार अवधि थप हुनसक्छ,’ पौडेलले भने, ‘जनशक्तिको खाँचो पर्‍यो तर दरबन्दी सबै स्वीकृत नभएको भएर ज्यालादारीमा राख्नुपरेको हो।’, भरतपुर अस्पतालले माग्यो मासिक ज्यालादारीका डाक्टर
रासस मुलुकमा दुई हप्ता अघिदेखि कोभिड संक्रमण पुनः वृद्धि भइरहेको छ। मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो संक्रमणका बिरामी थप बढ्दै गइरहेका हुन्। , बागमती प्रदेशभित्र कोभिडका बिरामीको संख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए।, ‘संक्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेका छ।’ प्रदेश नम्बर-१ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे। , मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरूले सो महामारी निदानका लागि दुई हजार ८ सयको हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १ सय ३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए।, ‘कोभिडका कारण आर्थिक हानी मात्रै होइन ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ,’ उनले भने, ‘४३ प्रतिशत मुलुकवासीमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ।’ ,  , बागमतीमा कोभिडका संक्रमित बढ्दै
रासस नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड-१९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड-१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन्।, बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड-१९ विरूद्धको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।, ‘यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम नवलपरासीलाई कोभिड-१९ विरूद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला घोषणा गरेका छौं,’ उनले भने। जिल्लाका सातै स्थानीय तहले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए।, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेसनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकाले कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताए। कोभिड-१९ पुनः बढ्ने क्रममा रहेकाले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन समेत उनले आग्रह गरे।, पश्चिम नवलपरासीमा १२ वर्ष माथिका खोप लगाउन योग्य कूल दुई लाख ९२ हजार ४३६ जनसङ्ख्यामध्ये ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए।, आजै पश्चिम नवलपरासीलाई पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला पनि घोषणा गरिएको छ। पन्ध्र महिना सम्मका सबै बालबालिकाले सरकारले तोकेका १३ प्रकारका नियमित खोप लगाएकोले पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिए।, नवलपरासी जिल्लालाई २०७० सालमै नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। प्रत्येक वर्ष अनुगमन र दीगोपना घोषणा गर्ने क्रममा यसवर्ष १६ देखि २३ महिनासम्मका लक्षित चार हजार ८०७ बालबालिकामध्ये चार हजार ६६१ ले नियमित पूर्ण खोप प्राप्त गरेको र १४९ जना छुटेको पाइएपछि खोज तथा खोप अभियान सञ्चालन गरी १०० प्रतिशतलाई खोप लगाइएको, जिल्लाका सातै पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको र लुम्बिनी प्रदेश सरकारको अनुगमनबाट भेरिफिकेशन भएका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए।  , नवलपरासी बन्यो कोभिडविरूद्ध पूर्ण खोप लगाउने पहिलो जिल्ला
सेतोपाटी संवाददाता काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।, सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए। , अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको उनले बताए। , ‘काम भइरहेकै छ। सबै विवरण आइसकेको छैन,’ उनले भने। , कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको उनले बताए। तर यकिन कति बरामद भएको भन्ने खुलेको छैन। यो कम्पनी चिनियाँले चलाएको प्रहरीको भनाइ छ। , उनीहरूले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। , आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरेको थियो। , उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोप छ।, तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा
रोहित महतो प्रादेशिक अस्पताल जनकपुर, बर्न वार्डको बेड नम्बर १३९ मा उपचाररत राधिका कार्कीका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेको छ। जाहेरीमा आरोपित व्यक्तिको फोन नम्बर र मोटरसाइकल नम्बर पनि छ तर प्रहरीले पक्राउ गर्न सकेको छैन। जाहेरी दिएको एक महिना भयो।, गत जेठ १६ गते प्रहरीले नै राधिकालाई अस्पताल भर्ना गराएको थियो। शरीरमा करेन्ट लगाइएकी र आइरनले पोलिएकी राधिका निको हुने क्रममा छिन्। घाउ ठिक हुँदै गएको छ। पोलेको ठाउँमा छाला पलाउँदै छ।, राधिका दोहोरो कुराकानी गर्न थालेकी छन् तर उनको मनको घाउमा मल्हम लाग्न सकेको छैन।, राधिकाले प्रहरीलाई दिएको घरठेगानमा प्रेमी भनिएको आरोपित व्यक्ति अरुण साह फेला नपरेको प्रहरीको भनाइ छ। राधिकाले प्रहरीलाई भनेअनुसार अरुणको घर धनुषाको महेन्द्रनगर हो।, राधिकालाई प्रहरीले आरोपित पक्राउ गर्ने र कारबाही अघि बढाउने आश्वासन दिएको छ।, राधिका सिन्धुलीको गोलञ्जर गाउँपालिका-२ की हुन्। करिब आठ महिनाअघि राधिका र अरुण आफू खुसी सँगै बस्न थालेका थिए। कामका सिलसिलामा जोगन्ञ्जर पुगेका अरुण र राधिकाबीच चिनजान भएको थियो।, उनीहरूबीच प्रेम भयो। बिहे गर्छु भनेर अरुणले राधिकालाई जनकपुरधाम ल्याएर डेरामा राखे।, राधिकाका अनुसार अरुणले केही दिनपछि घर जाने भनेका थिए। दुई महिनाभन्दा बढी बित्दा पनि अरुणले घर जाने कुरा गरेनन्।, राधिकाले भनिन्, ‘मैले धेरै दिन भइसक्यो अब बिहे गरेर घर लैजानुस् भन्दा उन (अरुण) ले फेरि पुरानै कुरा दोहोर्‍याए। समय आएपछि लैजान्छु भने अनि झगडा पर्न थाले।’, एक दिन यसै कुरामा दुई जनाबीच विवाद भयो। विवाद बढ्दै जाँदा झगडा भयो। राधिकाले भनिन्, ‘उनले मलाई करेन्ट लगाए, आइनले पोलिदिए।’, राधिकाबारे समाचार आएपछि प्रहरीले घटना अनुसन्धानमा चासो देखाएको थियो। प्रहरीले जानकी मेडिकल कलेजमा कार्यरत दुई जनालाई नियन्त्रणमा पनि लिएको थियो। संलग्नता नदेखिएको ठहर गर्दै प्रहरीले उनीहरूलाई रिहा गर्यो।, राधिकाले भनेको घरठेगानामा अरुण नामको व्यक्ति फेला नपरेको कारण जनाउँदै प्रहरी घटना अनुसन्धानमा सुस्त देखिएको छ। , राधिकाका अनुसार उनको मोबाइल फोनमा अरुणसँग खिचेका फोटा थिए तर उनको फोन फेला परेको छैन। धनुषा प्रहरीका एसपी वसन्त रजौरेले अनुसन्धान जारी रहेको बताए।, ‘राधिकालाई उद्धार गरेर प्रहरीले नै अस्पताल भर्ना गरेको हो। घटनामा गम्भीरतापूर्वक अनुसन्धान हुँदैछ दोषी उम्किन पाउँदैन, निर्दोष फस्दैन,’उनले भने।, ‘बिचमा केही दिन बिदामा गएको थिएँ । अहिले जिरो लेवेल (शून्य) बाट सुक्ष्म अनुसन्धान भइरहेको छ। राधिकाको गाडी चढ्ने अवस्था थिएन, अब उनलाई लिएरै कहाँ कहाँ कोसँग बसेको भन्ने सबै डिटेल खोज्छौँ,’ डिएसपी क्षेत्रीले भने, अरुणको पनि खोजी गर्दैछौं।’, उनले अनुसन्धानपछि थप कुरा जानकारी गराउने बताए। हालसम्मको अनुसन्धानमा राधिकालाई करेन्ट लगाएको नभई बिजुलीको तारमा झट्का लागेर आफैँ करेट लागेको अनुसन्धानमा खटिएका प्रहरीको निष्कर्ष छ।, ‘त्यो केटी (राधिका) छतमा बसेर फोनमा कोहीसँग कुरा थिई। त्यही बेला बिजुलीको तारमा छोइएर झट्का लागेछ। हामीले उसका छिमेकीहरुलाई सोधपुछ गर्दा त्यहीँ भन्छ,' घटनाको अअनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकले भने।, राधिकाले भने अरुणले नै करेन्ट लगाइदिएको जिकिर गरेकी छन्।, उक्त घटनामा प्रहरीले गम्भीर हुन नसकेको धनुषामा एक प्रहरी अधिकृतले स्वीकार गरे। उनले भने, ‘मिडियामा (समाचार) आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। दुई जनालाई छोडेयता त्यो घटनामा चासो नै लिएन। मोबाइल नम्बर थाहा छँदैछ भने कल रेकर्डिंग झिकाउँदा हुन्थ्यो, भित्री कुरा के हो मलाई थाहा भएन।’, राधिकाका अनुसार जानकी मेडिकलमा काम गर्ने ‘बन्ठा’ नामले चिनिने एक युवकले उनको मोबाइल फोन अस्पतालबाटै लगेका थिए। बन्ठा र सोही मेडिकलमा काम गर्ने अजयकुमार मेस्तरलाई प्रहरीले पक्राउ गरेको थियो। संलग्नता पुष्टि हुन नसकेपछि उनीहरूलाई मुक्त गरेको प्रहरीको भनाइ छ।, राधिकाका अनुसार प्रेमी भनिएका अरुणले जनकपुरमा राम्रो काममा लगाइदिने र बिहे गरेर घर लैजाने भनेका थिए। अरुणले जागिर खोजिदिएनन्, घर पनि लगेनन्।, अरुणले काम नखोजिदिएपछि राधिकाले जानकी मेडिकल कलेज, समर हस्पिटल, सिटी पार्क होटेल र नमुना होटल लगायतमा सरसफाइको काम गरिन्। यसै क्रममा जनकपुरधाम उपमहानगरकै एक महिलामार्फत उनी पिडारीचोकस्थित एक होटलमा काम गर्न पुगिन्।, राधिकाका अनुसार होटलमा उनीमाथि यौन दुव्र्यवहार भयो। ती महिलाले किशोरी र युवतीहरूलाई देह व्यापारमा लगाउने गरेको राधिकाले थाहा पाइन्। ती महिला कहिलेकाहीँ होटलमा पुग्ने गरेको पनि राधिकाले बताइन्।, सेतोपाटीको सम्पर्कमा आएकी ती महिलाले आफूले राधिकालाई देहव्यापारमा नलगाएको बताइन्। नजिकक केही व्यक्तिले उक्त होटलमा यौनभन्दा चल्ने गरेको आरोप लगाएका छन्।, होटलका प्रबन्धकले आफ्नो होटलमा यौनधन्दा चल्ने गरेको भन्ने आरोप अस्वीकार गरे। केही दिनअघि उक्त होटलका प्रबन्धकलाई धनुषा प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकृतले बताए।, बेड नम्बर १३९: आरोपित भेटिएनन्, अनुसन्धान सुस्त
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ।, सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए।, कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए।, उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवा: मुर्दावाद’ भन्दै नारा लगाएका थिए।  , जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।  उनीहरूमाथि  सोधपुछ गर्ने काम भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए। , प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी, तीन जना प्रहरीको नियन्त्रणमा
भगवती पाण्डे आकाश मडारिएर पानी पर्न थालेपछि बुटवलको ज्योतिनगरकी विष्णुकुमारी रायमाझीलाई घरभित्र पस्न डर लाग्छ। एक वर्ष पहिले घरमाथिबाट झरेको पहिरोले आफ्नोसहित छिमेकीका एक दर्जन घर बगाएको दृश्य विष्णुकुमारीले बिर्सेकी छैनन्।, विष्णुकुमारी मात्र होइन। ज्योतिनगरकै सावित्रा अर्याललाई पनि आकाशमा कालो बादल देखिन थालेपछि रात नपरे हुन्थ्योजस्तो लाग्छ। आकाश कालो बादलले ढाक्न थालेपछि उनको मन अत्तालिन थाल्छ।, गत वर्ष भदौमा झरेको चुरेको पहिरोले ज्योतिनगरका एक दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। विष्णुकुमारी र सावित्राका घर पनि पुरिएका थिए।, पहिरोले केही घर बगाएर परिवार नै विस्थापित भए पनि विष्णुकुमारी र सावित्राको परिवार भने घरभित्र पसेको पहिरो पन्छाएर त्यहीँ बसेका छन्। पहिरोको जोखिम छँदै छ।, आकाशबाट पानी पर्न थालेपछि उनीहरूको मनमा पनि पहिरो जान सुरु गर्छ। घरभित्र पस्नु कि नपस्नुजस्तो हुन्छ। नपसौँ कहाँ जानु! पसौँ कुन बेला बगाउने हो!, पाल्पाको अगाहखोलामा रहेको जग्गाजमिन बचेर विष्णुकुमारीको परिवार बुटवल उपमहानगर, वडा नम्बर तीनको ज्योतिनगरमा बसाइँ सरेको हो।, मूलबाट सोझैँ आउने खानेपानीको सुविधा र वरिपरिको हरियालीले ज्योतिनगर निकै रमणीय मानिनथ्यो। विष्णुकुमारीको परिवारले त्यही ठाउँ रोजेको थियो।, जानकारहरूका अनुसार वनजंगलबाट बहने चिसो हावाका कारण बुटवलका अन्य क्षेत्रमाभन्दा ज्योतिनगरमा तापक्रम सरदर तीन डिग्री सेल्सियससम्म कम हुन्छ।, यति रमणीय ठाउँमा दस धुर जमिन किनेर घर बनाएको दुई वर्ष नबित्दै गत वर्ष भदौ ११ र १३ गते आएको पहिरो घरभित्रै पसेपछि विष्णुकुमारीलाई दिनमा भोक न रातमा निद्रा भएको छ। उनलाई कुन दिनमा ज्योतिनगरमा बस्न आए हुँला भन्ने लागेको छ।, ज्योतिनगरमा पहिरो आएको पहिलो पटक भने होइन। २०५५ साल भदौ २० गते आएको पहिरोले पाँच दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ति पनि दिएको थियो।, त्यसयता उक्त ठाउँ जोखिमयुक्त मानिए पनि दिनप्रतिदिन बस्ती बढ्दै गएको छ।, सावित्रा पनि पाल्पाको हँुगीबाट बसाइँ सरेर ज्योतिनगर आएकी हुन्। उनको घरमा पनि गत वर्षको पहिरोले क्षति पु¥यायो। उनको परिवार त्यही घर मर्मत गरेर बस्दै आएको छ।, हिउँदभरि पहिरोको जोखिम नसम्झिए पनि वर्षा सुरु भएपछि रातभर जाग्राम बस्ने गरेको सावित्राको भनाइ छ। उनी भन्छिन्, ‘आकाशमा अध्याँरो सुरु भएपछि मन पनि अँध्यारो हुन थाल्छ, गड्याङगुडुङ सुरु भएपछि त घरभित्र पस्नै डर लाग्छ।’, ज्योतिनगरवासीहरूका अनुसार बस्तीमाथिको चुरे पहाडमा धाँजा फाटेर पानीको मूल फुट्न थालेको छ। यसबाट पहिरोको जोखिम झन् बढेको छ। पहिरोको असर ज्योतिनगरका विद्यालयहरूमा पनि परेको छ।, ज्योतिनगर प्राथमिक विद्यालयका सहायक प्रधानाध्यापक कमलादत्त श्रेष्ठका अनुसार पहिरोले क्षति भएको विद्यालय भवन मर्मत गरेर काम चलाइए पनि विद्यार्थी संख्या घट्दै गएको छ।, ‘भवन मर्मत त गरियो तर अहिले अभिभावकको मनमा त्रास कायम छ। बर्खा लागेपछि लागेपछि बच्चाहरू पठाउन छोड्नुभएको छ,’ उनले भनिन्, ‘बर्खायाममा पनि विद्यालय आउने विद्यार्थीहरू यसपालि पहिरोको डरले आएनन्।’, पहिरो नियन्त्रणका लागि ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’ मार्फत केही वर्षदेखि रोकथाम र नियन्त्रणको काम भइरहे पनि बालुवामा पानी हालेजस्तो भएको छ।, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेका अनुसार ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’ सँगको सहकार्यमा पहिरोको जोखिम रहेको क्षेत्रमा तारजाली सहितको पर्खाल लगाउने र बिरुवा लगाउने काम भइरहेको छ।, गत वर्ष आएको पहिरोपछि पनि तारजाली सहितको पर्खाल लगाइएको थियो तर त्यसले काम गरेन।, पाण्डेका अनुसार गत वर्ष नै पहिरोबाट निस्किएको पानीको मूल सिद्धबाबातर्फको भाग हुँदै खोल्सो बनाएर तर्काउने काम सुरु गरिएको छ। त्यसमा अहिले पनि काम भइरहेको उनले बताए।, उनले भने, ‘ज्योतिनगरको शिरबाट बगेको पानी बस्तीतर्फ आउन रोकेर सिद्धबाबातर्फ पठाउने काम भइरहेको छ। विभिन्न स्थानमा ग्याबिन जाली लगाउने र पर्खाल उठाउने काम पनि भइरहेको छ।’, नियन्त्रणको प्रयास भए पनि पहिरोको जोखिम कम नभएको मेयर पाण्डेले बताए। उनले भने, ‘हाम्रो क्षमताले पहिरो पूरै रोक्न सकिँदैन। रोकथामका लागि वृक्षारोपणको काम भइरहेको छ।’, पहिरो रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारले बाँसका विरुवा उपलब्ध गराएको छ। नेपाली सेना र सशस्त्र प्रहरीका जनशक्ति बिरुवा रोप्न खटेका छन्। , जो डरले रातभर निदाउँदैनन्
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा झन्डै १२ प्रतिशतमा कोरोना देखिएको हो।, ३ हजार ८४ जनाको पिसिआर र एक हजार ७१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ५३४ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। ९५ जना संक्रमित निको भएका छन्।, परीक्षण गरिएकामध्ये झन्डै १२ प्रतिशतमा देखियो कोरोना, एकको मृत्यु
सेतोपाटी संवाददाता पोखरामा संचालित एकमात्र अन्नपूर्ण केवलकारले आन्तरिक पर्यटकलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ।, केवलकारको मनसुन अफरका रूपमा साउन र भदौ महिना छुट दिने निर्णय गरेको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए।, अन्नपूर्ण केबलकारमा यात्रा गर्दा यात्रुले यसअघि ७ सय रुपैयाँको टिकट काट्नुपर्थ्यो। मनसुन अफरका रुपमा साउन र भदौमा १४० रुपैयाँ छुट दिएको पौड्यालको भनाई छ।, सेदीदेखि सराङकोटसम्म २.१६ किलोमिटर दुरी केवलकारले १० मिनेटमै पुर्‍याइदिन्छ।, गत फागुन पहिलो सातादेखि संचालनमा आएको अन्नपूर्ण केवलकारमा हाल १७ वटा डिब्बा छन्। एउटा डिब्बामा एकैपटक ८ जनाले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। २ अर्ब बढी लगानीमा संचालित केवलकार पोखराको पर्यटनमा नयाँ भएको पौड्यालले बताए। , फेवातालको दृश्य हेर्दै केवलकारमार्फत सराङकोट पुगेर अन्नपूर्ण श्रृङ्खला हेर्न सकिन्छ। मनसुन अफरका रूपमा दिएको छुट नेपालीका लागि मात्र रहेको कम्पनीले जनाएको छ।, यो पनि: ,पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सरर (भिडिओ), सेदीदेखि सराङकोट केवलकार यात्रामा २० प्रतिशत छुट
सेतोपाटी संवाददाता ललितपुरको बालकुमारीमा स्कुटरलाई ठक्कर दिएर भागेको गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ। , सोमबार बिहान सवा ३ बजे ललितपुर महानगरपलिका-८ बालकुमारीस्थित केएफसी रेष्टुरेन्ट अगाडि सडकमा कोटेश्वरबाट सातदोबाटो जाँदै गरेको गाडीले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो। त्यसमा सवार एक जना घाइते समेत भएका थिए।, यस घटनामा संलग्न गाडी चालक सिन्धुपालचोक बलेफी गाउँपालिका-६ बस्ने २६ वर्षीय रेलबहादुर मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए।, उनलाई भक्तपुर सल्लाघारीबाट नियन्त्रणमा लिएको हो।, सुरूमा उनले चलाएको गाडीको नम्बर खुलेको थिएन। गाडीले ठक्कर दिएको भन्ने खबपछि दुई जना घाइतेलाई उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको लागि पठाएको थियो।, त्यहाँ उपचारको क्रमरमा चितवन घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया रेखा थापाको मृत्यु भएको हो। उनको स्कुटर पछाडि सवार २३ वर्षीया शकुन्तला घर्तीको बिएन्डबी अस्पतालमा उपचारपछि ट्रमा सेन्टर पठाएको छ।, घटनामा संलग्न गाडीको खोजी गर्न सिसिटिभी फुटेजलाई अध्ययन गरी र घटनास्थल नजिकैका स्थानीयहरूसँग खबर संकलन गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।, अनुसन्धानबाट प्रदेश ३-०१-०२२ च ९१७९ नम्बरको गाडीले ठक्कर दिएको खुलेपछि प्रहरीले गाडीसहित चालकलाई पक्राउ गरेको हो। सो गाडी दूध बोक्ने गाडी भएको प्रहरीले जनाएको छ। , प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।, भक्तपुरमा भेटियो बिहानै बालकुमारीमा रेखालाई ठक्कर दिएर भागेको गाडी
सेतोपाटी संवाददाता भक्तपुरको सल्लाघारीमा रहेका २१ वटा पूराना रूख काटिएको छ। , सोमबार डिभिजन वन कार्यालय भक्तपुरले पूराना तथा कमजोर भएका २१ वटा रूख काटेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ‘अहिले काट्ने र हटाउने काम भइरहेको छ। प्रहरीले सुरक्षा दिने काम गरिरहेको छ,’ उनले भने। , आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको थियो। रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको थियो। , लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो।, दुर्घटनामा १५ जना घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो। चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको थियो। , मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ बस्ने २५ वर्षीय विशेष खर्बुजा छन्। चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो र सर्लाहीको हरिवन नगरपालिका-४ का राजकुमार भुजेल मृत्यु भएको हो। , घाइतेको इवामुरा र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। इवामुरा अस्पतालमा एक जना आइसियू र पाँच जना जनरल वार्डमा उपचाररत छन्। त्यस्तै भक्तपुर इन्टरनेशनल अस्पतालमा तीन जना आइसियू र तीन जना जनरल वार्डमा उपचार भइरहेको छ। , ‘सबैको उपचार भइरहेको छ। उहाँहरू सबै जना खतरामुक्त भइसक्नुभयो,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने।,  , भक्तपुरमा एउटा रूख ढलेर तीन जनाको ज्यान लिएपछि काटियो सडक नजिकका २१ वटा रूख
सेतोपाटी संवाददाता ललितपुरको एकान्तकुनाबाट विष्णुदेवी मन्दिर हुँदै नख्खु- भैंसेपाटी जाने सडक एकतर्फी बनाइएको छ।, ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर साउन १० गते मंगलबारबाट बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधनलाई निषेध गरेको छ।, यस्तै ललितपुरको भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरेको छ। , महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार बढ्दो सवारी चापका कारण एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा प्राय दुर्घटना हुने भएकाले उक्त क्षेत्र एकतर्फी गरेको जनाएको छ। सवारी जाम व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि सानो सडक भएकाले एकतर्फी गरिएको हो। , ‘ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार हामीले एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन भोलिदेखि आफूहरूले नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको हो,’  महानगर प्रमुख महर्जनले भने।, ललितपुर नगरप्रहरी प्रमुख सिताराम हाथेछुका अनुसार नख्खु दोबाटोबाट प्रतिमिनेट ४ वटा चार पाङ्ग्रे सवारी गुड्ने गरेका छन्। यस्तै भैंसेपाटीबाट नख्खु दोबाटोतर्फ प्रतिमिनेट ७ वटा सवारी आउने/जाने गर्छन्।, बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न भोलिदेखि यो सडक एकतर्फी बनाइएको हाछेथुले जानकारी दिए।, महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन क्षेत्र वान वे बनाइसकेको छ।, ललितपुरको नख्खु पुल- एकान्तकुना सडक भोलिदेखि ‘वानवे’
सेतोपाटी संवाददाता धनगढीमा माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडमा साेहीका अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्तकाे मृत्यु भएको हाे।, उनलाई धनगढी-३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका पन्तलाई ठक्कर दिएको थियो।, घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।, मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षका रामचन्द्र शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, धनगढीमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। , स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा स्काई वर्ल्ड सर्भिस सेन्टरको व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हू यूइहुआ, भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षीय नेहा गुप्‍ता, २८ जना पुरूष र ५ जना महिला गरी ३३ जना नेपाली छन्।, मैनालीका अनुसार सोमबार काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कल सेन्टरमा अवैध तरिकाले कामदारहरू राखेको गोप्य सूचना पाएको थियो।  , कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।, प्रहरीले उनीहरूको साथबाट आठ लाख २९ हजार रुपैयाँ, ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्प्युटर र एक थान डिभिआर बरामद गरेको जनाएको छ। , उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई धाक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी ब्ल्याकमेलिङ गरेको आरोप छ।, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। , आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले काठमाडौंमा पनि छापा मारेको हो।, तीनकुनेको कल सेन्टरबाट एक चिनियाँसहित ३६ जना पक्राउ
भगवती पाण्डे बितेका दुई वर्ष कोरोना महामारीका कारण श्रावणी मेला लाग्न नसकेको रूपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा यसवर्ष भने दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको छ।, हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि आउने दर्शनार्थीहरूको ठूलो भिड लाग्ने बोलबम धाममा कोरोना महामारीका कारण दुई वर्ष श्रावणी मेला समेत स्थगित गरिएको थियो। पश्चिम नेपालकै पशुपतिनाथ भनेर चिनिने यो धाम बोलबम धामको रूपमा नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ।, नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी साउन महिनाभरी सोमबारका दिन पहेंलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ।, अन्य महिनाभन्दा साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै साउन महिनाका सोमबार शिव मन्दिरहरूमा पूजा गर्दै शुद्ध जल र दूध चढाउने तथा दान गर्ने परम्परा पनि छ। यहाँ रहेको शिव ज्योतिर्लिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ। शिव ज्योतिर्लिङ्गमा जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।, यही विश्वासका साथ हरेक वर्ष कपिलवस्तुको रामघाट, लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायत भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्लासहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरू जलार्पणका लागि यहाँ आउने गर्दछन्।, सोमबार पर्रोहा बोलबम धाममा जलार्पणको लागि पुगेका दर्शनार्थीहरूले आफ्नो रितिरिवाज र धर्म संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर विगतका वर्षदेखि नै पूजा गर्दै आएको बताए। कपिलवस्तुको वाणगंगाबाट बोलबम धाममा पुगेकी सरस्वती पौडेलले बोलबम धाममा रहेको शिवज्योतिर्लिङ्गमा जलार्पण गरे के पाइन्छ भन्ने थाहा नभएपनि मनमा शान्ति मिल्ने भएकोले लक्ष्मणघाटबाट जल लिएर आएको बताइन्।, भगवानप्रति आस्था राखी व्रत बस्ने र पूजा गर्ने गर्दा मनमा शान्ति मिल्ने बताइन्।, ‘भगवानको दर्शन गर्ने र व्रत बस्दा मनमा सकारात्मक सोंच बढ्छ, सकारात्मक सोंचले स्वभाविक रूपमा मानिसलाई राम्रो गर्छ, भगवानप्रतिको आस्था त छँदैछ,’ उनले भनिन्।, बुटवल पुल्चोककी मनकला भुसालले पनि हरेक वर्ष परिवारसहित बोलबम धाममा पूजा गर्न जाने गरेको बताइन्।, श्रीमानसहित सोमबार बोलबम धाम पुगेकी भुसालले साउन महिनामा भगवान शिव स्वर्गबाट धर्तिमा झरेको र शिवालयमा गई पुजा गर्ने र जलार्पण गर्दा शिवको साक्षात दर्शन हुने विश्वास रहेको बताइन्। उनले हरेक वर्ष साउन महिनाको सोमबार व्रत बस्दै आएको बताइन्।, पर्रोहा परमेश्वर बोलबम धामका अध्यक्ष रामवली चौधरीले बितेका दुईवर्ष कोरोना महामारीका कारण प्रभावित बनेको श्रावणी मेला यसवर्ष भने संचालन गरिएको बताए। उनले यसवर्षको दोश्रो साउने सोमबार दर्शनार्थीहरूको उल्लेख्य उपस्थिती रहेको बताए।, बोलबम धाम आउने दर्शनार्थीलाई शिवालयको दर्शन गर्न र शिवज्योतिर्लिङ्गमा जलार्पण गर्न सहज होस् भनी बिहान ४ बजेदेखि नै जलार्पणको व्यवस्थापन गरिएको उनले बताए।, चौधरीले गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म हरेक दिन धाममा रहेको शिवालय र शिवज्योतिर्लिङ्गमा जलार्पण भइरहने भएपनि सोमबार दर्शनार्थीको घुईचो हुने बताए।, ‘तीन-चार वर्ष पहिले त एउटै सोमबार एकलाख सम्म दर्शनार्थी जलार्पणको लागि आउनुहुन्थ्यो, यसवर्ष अझै त्यति धेरै दर्शनार्थी आउनुभएको छैन,’ चौधरीले भने।, कोरोना महामारीका कारण दुई वर्ष बोलबम यात्रा स्थगित गरिएकोमा यसवर्ष भने यात्रा संचालन गरिएको चौधरीले बताए।, चौधरीले यो धामलाई नेपालमा मात्र नभई विदेशमा समेत चिनाउने गरी गुरूयोजना बनाएर विस्तारको काम भइरहेको बताए।, चौधरीका अनुसार करिब डेढ सय वर्षअघि सैनामैनाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले झाडीभित्र शिवलिङ्ग फेला पारी आफ्नो घरमा लगेर स्थापना गर्न शिवलिङ्गलाई खन्दाखन्दै त्यसको फेद फेला पार्न नसकी त्यहिँ छोडेका थिए। राती चन्द्रभानको सपनामा आई शिवलिङ्गले आफुलाई त्यहाँबाट कोही कसैले अन्यत्र लैजान पाउँदैन भनेपछि शिवलिङ्ग भेटिएको स्थानमै मन्दिर निर्माण गरिएको हो।  , शिवलिङ्ग भेटाउने र मन्दिर निर्माणको सुरूवात समेत चन्द्रभान चौधरीले गरेकोले अहिले पनि स्थानीय थारूहरूले पर्रोहा मन्दिरलाई विषेश महत्व दिएर पूजा आजा गर्दै आएका छन्। पर्रोहा बोलबम धाममा २०३५ सालमा १०८ स्वामी रमेश गिरी भारतको पञ्जागढबाट बोलबमधाम आएपछि यसको संरक्षण र व्यवस्थापन सुरू गरिएको मानिन्छ।, गिरीले मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि २०४५ सालमा शिव पञ्चायन मन्दिर बनाउन सुरू गरिएको थियो भने २०४८ सालमा मन्दिर निर्माण गरेपछि २०४९ सालदेखि साउन महिनामा बोलबमधाममा जलार्पण गर्न सुरू गरिएको थियो।, ३० वर्षअघि सुरू भएको श्रावणी मेला, बोलबम यात्रा र जलार्पण गर्ने कार्य अहिलेपनि निरन्तर जारी छ। यहाँ खाली खुट्टा पैदल यात्रा मात्र नभई सुतेर शरीरले बाटो नाप्दै विभिन्न तीर्थस्थलदेखि बोलबम धामसम्म पुग्नेहरू पनि भेटिन्छन्। यहाँ रहेका १०८ शिव ज्योतिर्लिङ्गमा विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा लिएर गएको पवित्र गंगाजललाई अर्पण गर्ने परम्परा रहेको छ।, बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा रहेको पर्रोहा परमेश्वर बोलबम धाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ।, जहाँ मुख्य मन्दिर, १०८ शिवलिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति राखिएको छ भने गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर निर्माण गरिएको छन्।, विगत दुई वर्षयता बोलबम धाममा गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने काम भइरहेको छ। अहिले रहेको बोलबम धामको महत्वलाई नेपाल बाहिर समेत प्रचारप्रसार गर्ने गरि धामलाई आकर्षक डिजाइनमा पुनर्निर्माण गर्न थालिएको छ।, पश्चिम नेपालकै ठूलो शक्तिपीठ मध्येकै एक मानिने यस धाममा १४ करोड रुपैयाँको लागतमा मूल मन्दिरसहितका संरचना निर्माण गर्न लागिएको धामका अध्यक्ष चौधरीले जानकारी दिए। बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाउने उनले बताए।, मुक्तिनाथ र पशुपतिनाथ पछि सबैभन्दा ठूलो धामको रूपमा पर्रोहा बोलबम धामलाई विकास गर्ने र वार्षिक १२ लाख पर्यटक भित्राउने योजना रहेको धामको दावी छ।, सोही योजना अनुसार ६ करोड ५७ लाख रुपैयाँको ठेक्का सम्झौता गरि पहिलो चरणको निर्माणको काम सुरू गरिएको चौधरीले जानकारी दिए। पहिलो चरणमा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर र सत्तल निर्माण भईरहेको छ। मुख्य मन्दिरमा चारवटा ढोका सहित ५१ फिट लम्बाईको छानो हुनेछ।, मूल मन्दिरका चारवटै कुनामा प्यागोडा शैलीका पन्चायतन मन्दिर बन्ने छन्। बोलबम धाममा करिव पाँच सय किलोको मूल घण्ट राखिने छ। संघीय सरकारको सशर्त अनुदानमा पुनर्निर्माण हुन थालेको मन्दिरमा सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहने छ।,  ,  , पश्चिमको पशुपतिनाथ भनिने पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
सेतोपाटी संवाददाता विदेशी बैंकमा करोडौं रकमको शंकास्पद कारोबार भएको पाएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनीमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको थियो। श्रेष्ठबाट प्रहरीले दुई-दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो। बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो।, त्यहाँ परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको हो। , कमन-वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र यही बैंकबाट सेयर समेत कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , मैनालीका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन्। नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपैयाँभन्दा धेरै रकममार्फत श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको हो। त्यस्तै एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ।, काठमाडौं-१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको मैनालीले बताए। , उनको खातामा भएका रकम तथा कारोबारहरू शंकास्पद देखिएपछि श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।, विदेशी बैंकमा करोडौंको शंकास्पद कारोबार भएको देखिएपछि एक पक्राउ
सेतोपाटी संवाददाता दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।, जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबार दिउँसो चार बजेपछि पक्राउ गरिएको हो।, ‘बालिकालाई आमाले नुहाइदिने बेलामा योनी दुखेको कुरा भनेपछि सोधपुछका क्रममा शिक्षकले बालिकालाई यौन दुर्व्यवहार गरेको पाइएको हो। बालिकाले आफ्नो योनीमा शिक्षकले औंला पसाइदिने गरेको कुरा आमालाई भनेपछि पीडित बालिकाको तर्फबाट अभिभावकले प्रहरीलाई खबर गरेका थिए,’ एसपी काफ्लेले भने, 'पीडितका परिवारले इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर पीडिकविरूद्धमा लिखित किटानी जाहेरी दिन आउनुभएको भन्ने कुरा छ।’, अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई नियन्त्रणमा लिएको थियो।, अभिभावकको किटानी जाहेरी पछि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया सुरू हुने एसपी काफ्लेले बताए।, पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। , सोमबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका-१२ बाहुनेपाटीबाट इन्द्रावती गाउँपालिका-५ नयाँबस्ती जोड्ने झोलुंगे पुल तर्ने क्रममा दुई जना चिप्लिएर इन्द्रावती खोलामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमादेवी धिताल र उनकी बहिनी पार्वती चालिसेका ५ वर्षीय छोरा विशेष चालिसे खसेका थिए। , उनीहरू खोलामा खसेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो। , सो टोलीले उनीहरू खसेको स्थानभन्दा अन्दाजी दुई किलोमिटर तल विशेष र तीन किलोमिटर तल गोमाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। , घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा दुई जनाको मृत्यु
रासस सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ।, मृत्यु हुनेमा खड्क नगरपालिका वडा नम्बर ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो।, लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेट लगायतबाट सिँचाइ गर्ने गरेका छन्।, करेन्ट लागेर सप्तरीमा एक वृद्धको मृत्यु
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।, मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। , त्यस्तै  आज राति देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, भोलि बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, यस्तै बिहिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, यस्तै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज देशभर आंशिकदेखि सामान्य बदली, प्रदेश १ मा भारी वर्षाको सम्भावना