content
stringlengths
20
64.1k
रासस प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।, नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।, वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।, नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो।, आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।, आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।, वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने पाइएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ। , आज नागपञ्चमी पर्व मनाइँदै
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको छ।, सोमबार दिउँसो साढे १ बजेतिर राप्ती वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले उनीहरूको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनीहरूका तीन वर्षीय छोरा छन्।, करेन्ट लागेकी बासुकी भाउजू २७ वर्षीया भिमा सामान्य घाइते भएकी छिन्। स्थानीय अस्पतालमा उपचारपछि सोमबार बेलुका उनको डिस्चार्ज भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए। , दुइटा खम्बाको बीचमा बाँधेको तारमा कपडा सुकाउन जाँदा उनलाई खम्बामाथिबाट प्रवाह भएको करेन्टले छोएको थियो। घटनास्थलको प्रकृति नियाल्दा पानी परेको हुँदा जस्तापाताबाट करेन्ट प्रवाह भएको अनुमान गरिएको प्रहरी निरीक्षक शाहले बताए। , ‘भाउजू भिमालाई करेन्ट लागेपछि बचाउन भनेर देउरानी हिमा दक्षिण कुनोबाट र देवर बासु उत्तरतर्फबाट दौडिएर गएको देखिन्छ,’ शाहले भने, ‘पहिला हिमाले भिमालाई तान्न खोजिन्। उनलाई पनि करेन्ट लागेपछि बासुले हिमालाई तान्न खोजेको देखिन्छ। हिमालाई छुटाउन बासुले काँचो काठले तारमा हानेको र तार चुँडिएर उनको शरीरमा परेपछि उनको पनि घटनास्थलमै मृत्यु हुन पुग्यो।', करेन्ट लागेर मृत्यु भएका बासु र हिमाको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।, करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर–देउरानीको मृत्यु, भाउजूको अवस्था सामान्य
सेतोपाटी संवाददाता पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता ह्याक भएको छ। , पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष समेत रहेका खानको इन्स्टाग्राम सोमबार ह्याक भएको टाइम्स अफ इन्डियाले जनाएको छ। , टाइम्स अफ इन्डियाका अनुसार ह्याकरले इमरानको इन्स्टाग्राम ह्याक गरेपछि उक्त अकाउन्टबाट क्रिप्टोकरेन्सीका बारेमा प्रचारात्मक ट्विट सेयर गरेको पाइएको छ। उनको इन्स्टाग्रामको उक्त लिंकमा अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कको क्रिप्टो खाताको नक्कली लिंक पनि संलग्न गरिएको थियो।, इमरान खानको इन्स्टाग्राममा हाल ७४ लाखभन्दा बढी फलोअर्स छन्।, इमरान खानले अहिलेसम्म आफ्नो इन्स्टाग्राम ह्याक भएकोबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।, उनका पार्टीका सदस्यहरू र फलोअर्सहरूले भने कुनै पनि अनैतिक पोस्टमा अन्तर्क्रिया नगर्न सुझाव दिइरहेका टाइम्स अफ इन्डियाले लेखेको छ।, गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो। उक्त पोस्टले पिटिआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो। पछि सरकारी अधिकारीहरूले उक्त खाता ह्याक भएको दाबी गरेका थिए।, ह्याक भयो पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम
रासस बुधबारदेखि मौसम सुधार हुने भएको छ।, बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीको भनाइ छ।, उनकाअनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो क्रम बधुबारदेखि रोकिने बताइएको छ।, अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ।, मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नम्बर १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, भोलिदेखि मौसममा सुधार हुने
सेतोपाटी संवाददाता गोरखामा सडक बनाउनुअघि नै पुल निर्माण गरिएको छ।, गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर र छिमेकी गाउँ, सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर जोड्न गाडी गुड्ने पुल बनाइएको हो।, सडकको ट्याक नै नखनिएको ठाउँमा पुल निर्माण कार्य करिब सकिएको छ। नारेश्वर हुँदै घलाङबाट सडक ट्याक खन्न सुरू गरे पनि पुल निर्माणस्थलसम्म पुगेको छैन।, सडक बन्नुअघि नै पुल बनाइएको भन्दै आलोचना भइरहेको छ।, पुल निर्माणमा सिरानचोक ५ छोप्राकका स्थानीय किसानसँग पर्याप्त कुराकानी नगरिएको पाइएको छ। यो पुल जोड्ने सडक बनाउँदा ती स्थानीयका खेत पर्छन्।, छेवैमा रहेको मध्यपहाडी लोकमार्गसँग नारेश्वरलाई जोड्न यो पुल बनाइएको थियो। तर सडकको ट्याक खन्ने कामलाई तीव्रता दिइएको छैन।, गोरखा बजारबाट सिरानचोकतर्फ जान पनि यो बाटो छोटो पर्ने थियो तर पुल बनिसक्दा पनि सडक ट्याक खोल्ने काम करिब एक किलोमिटरभन्दा धेरै नै बाँकी छ।, दरौंदीमा निर्माण गरिएको पुलको नारेश्वरतर्फ भागमा जंगल र पहरा छन् भने सिरानचोकतर्फ भने खेत छ।, गण्डकी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले यो पुल बनाएको हो।, नारेश्वर घर भएका नेकपा एमालेका प्रदेश सांसद तथा यसअघिका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले यो पुलको योजना पारेर काम अघि बढाएका थिए।, दरौंदी नदीमाथि ५० मिटर लामो पुल बनाइएको छ। पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ। यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ। एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो।, यो पुल निर्माण गर्न २०७७ जेठमै सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ जेठमा पुल निर्माण सक्नुपर्ने भए पनि अझै सात प्रतिशत काम बाँकी छ।, दुई वर्षअघि देखि यस ठाउँमा उक्त पुल बनिरहे पनि स्थानीयले खासै विरोध गरेका थिएनन्। पुल बनेपछि अब सडक ट्याक निर्माण अघि बढ्ने भएपछि खेत पर्ने भन्दै स्थानीयले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्।, ‘पुल बनाउनुअघि हामीसँग छलफल गरिएन। २०/३० मुरी धान फल्ने खेत मासेर हामी कहाँ सडक बनाउन दिन्छौं र? सडक बनाउने भए खेतको क्षतिपूर्ति सरकारबाट दिलाउनुपर्छ,’ एक किसानले भने।, गोरखास्थित पूर्वाधार कार्यालयले पनि पुल निर्माण कार्य सम्पन्न हुन लागेको जनाएको छ। यो पुल नजिकै झोलुंगे पुल पनि छ। , गोरखाको बाह्रकिलो-छेपेटार-चोरकाटे सडक कालोपत्र भएपछि यो झोलुंगे पुल भएर गोरखा सदरमुकाम आउजाउ गर्ने बटुवा पनि कम भएका छन्। जरेबरमा मोटरेबल पुल बनाइएको ठाउँभन्दा करिब सात किलोमिटर टाढा छेपेटारमा मात्रै पक्की पुल छ।, एमालेका सांसद तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले भने पुल नजिक अलिकति मात्रै सडक ट्याक खन्न बाँकी रहेको बताए।, ‘स्थानीयकै सहमतिमा पुल निर्माण गर्न जग्गा प्राप्ति गरेर पुल बनाइएको हो,’ उनले भने, ‘आवश्यकता भएकै ठाउँमा पुल बनेको छ। पुलसम्म एकातर्फ सडक ट्याक पुगिसकेको छ। अहिले खेत रोपे होलान्। पुलको अर्कोतर्फ चट्टान छ त्यहाँ करिब ७० मिटर ट्याक खन्न बाँकी हो।’, सडक नबनेको ठाउँमा पुल बनाइएको भन्दै आलोचना गरिएकोमा आफूलाई दु:ख लागेको उनले बताए। , गोरखामा सडक बन्नुअघि नै तयार भयो पुल
रासस कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।, प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए।, प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो।, प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते चैते दशैँको अवसरमा बिदा दिँदै आएको छ।, कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रासस म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ।, तीन जना बेपत्ता भएका छन्।, घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो।, घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।, गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्।, घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए।, घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ।, मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।, पहिराले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु, तीन जना बेपत्ता
रासस दिउँसो विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने बारीमै काम गरिरहेका हुन्छन्।, शान्तिनगर गाउँपालिका–४ गिधनियाका उनले छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्।, शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।, ‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु,’ उनले भने।, उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने बताए।, खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ।, ‘तत्कालन आम्दानी लिन सकिएको छैन। केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु,’ उनले भने। अबको दुई वर्षपछि उनले अवकाश लिँदै छन्।, लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषि खेती गर्ने बताए।, आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ।, उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको बताए।, पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनले बताए।, सरकारी शिक्षक कागती खेतीमा रमाउँदा...
रासस नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ।, नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।, ‘पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ। नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला,’ उनले भने।, आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो।, नदीमा आज बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ। देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ।, नारायणीमा पानीको सतह बढ्दै: उच्च सतर्कता अपनाउन आग्रह
नवीनबाबु गुरूङ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ।, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।, नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो।, वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।, वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्।, घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।, नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ।, भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो।, आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।, आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।, तस्बिरहरू:, यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ। हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ। , नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन।  , सो मेलालाई व्यवस्थित बनाउन क्लब, सहकारी एवं महिला समूहका स्वयंसेवकले सहयोग गरिराखेका ललितपुर २४ का वडाध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिए।, ‘यहाँ लाग्ने मेला संरक्षणका लागि महानगरपालिकाले नगरस्तरीय योजनामार्फत कला र संस्कृति संरक्षणमा छुट्याएको एक लाख रूपैयाँका साथै वडाले समेत सहयोग गरेको केही रकम प्रयोग गरी मन्दिर सजावटका साथै स्वयंसेवकको व्यवस्थापनमा जुटेका छौं,’ उनले भने।, भक्तजनलाई सहजताको साथ मेला भर्न दिइने उनको भनाइ छ। धापाखेलमा आज बाजागाजा तथा झाँकीसहित बासुकी नागको पूजा तथा आराधना गर्ने गरिन्छ।, धापाखेलमा नागपञ्चमी मेला
केदार मगर/रासस खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ।, जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ।, यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको छ। , साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिए।, उनका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो। , भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए।, ‘स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिराको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ’, उनले भने, ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको विवरण चाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ। जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ।’, वि.सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन्।, भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई आग्रह गरिएको प्रजिअ सेढाईंले बताए।, ‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जाने क्रम जारी छ’, उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ।’, हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ।, भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्ट’का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।, जिल्लाका अन्य स्थानीय तहले पनि भूकम्पबाट आ–आफ्नो क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी राखेका छन्। भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ। ,  , खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति
सेतोपाटी संवाददाता माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्। , विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्। , माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको थियो।, माछा मार्न पोखरी पसेका युवकको डुबेर मृत्यु
रासस पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सडकमा सवारी साधन रोकिएका छन्।, नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएपछि जिल्लामा नै सवारी साधन रोकिएको बताए। , ‘नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारी साधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारी साधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौं।’, चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्ने बाहेकका सवारी साधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए। आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।, नारायणगढ–मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए
सेतोपाटी संवाददाता कपिलवस्तुको वाणगंगास्थित कोइली नदीमा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।, सोमबारदेखि नै परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले दुई जनालाई बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परे पनि एक जना भने बेपत्ता रहेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मंगलबार बिहान वाणगंगा नगरपालिका वडा नं. ९ को बर्गदवा भन्ने स्थानमा कोइली नदीले वाणगंगा ७ निवासी वीर बहादुर सुनार, उनकी श्रीमती लक्ष्मी सुनार र निजहरूको छोरा निरज सुनारलाई बगाएको थियो।, इलाका प्रहरी कार्यालय पिपराका अनुसार निरजलाई स्थानीयले खोलाबाट सकुशल उद्धार गरे पनि वीरबहादुर र लक्ष्मीलाई बगाएको थियो। १२ वर्षीय निरजलाई नदीमा आएको बाढीको छालले किनारमा उछिट्याएको र उनलाई देखेपछि स्थानीयले उद्धार गरेका थिए।, लक्ष्मीको शव बगेको ठाउँभन्दा एक किलोमिटर अगाडि भेटिए पनि वीरबहादुर भने बेपत्ता छन्। मंगलबार बिहानै जंगलमा निउरो टिप्न गएका उनीहरू घर फर्किने क्रममा खोला तर्दा बाढीले बगाएको थियो।, अहिले इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय वाणगंगाको एक विशेष टोलीले नदीमा हराएका वीर बहादुरलाई खोजी कार्य जारी राखेको जनाएको छ।, वाणगंगा नगरपालिका वडा नं. ७ र ९ जोड्ने उक्त स्थानमा २०३९ सालदेखि स्थानीयले पुलको माग गर्दै आएका छन्।, पुल नहुँदा हरेक वर्ष खोला वारिपारि गर्दा मानिसहरूको ज्यान जाने गरेको छ।,  , निउरो टिप्न गएका थिए, फर्किने बेला खोला तर्ने क्रममा बगायो बाढीले
सेतोपाटी संवाददाता म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। , मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए। , उनका अनुसार पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो। , मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्। , घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन्। उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए।  , पहिरोले घर पुरिएको भन्दै बिहान करिब ७ बजे प्रहरीलाई खबर गरिएको थियो। खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो। , ‘एकदम विकट ठाउँ छ। त्यहाँ सम्म पुग्न चार घण्टा लागेको रहेछ। खबर पाएपछि हाम्रो प्रहरी निरीक्षकसहितको जानुभएको थियो। त्यहाँ पैदल हिँड्नुपर्नेरहेछ,’ उनले भने।, पहिरोले गोठहरू पनि पुरिएका छन्। कतिपय चौपायहरू मृत र बेपत्ता समेत छन्। प्रहरीका अनुसार एउटा भैंसी मरेको छ। एउटा राँगो र खच्चड भने बेपत्ता भएको छ।, म्याग्दीमा पहिरोमा पुरिए एकै परिवारका पाँच जना
सेतोपाटी संवाददाता विराटनगर नाका गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै गएको छ।, भारत लैजान ठिक्क पारिएको अवस्थामा विराटनगर क्षेत्रबाट बाक्लै रूपमा गाँजा बरामद हुन थालेको घटनाले यस्तो देखाएको हो। , पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुँदै आएको छ। बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन्।, विराटनगर आइपुग्दा प्रतिकेजी २० हजार पुग्ने यसको मुल्य भारतीय बजार पुग्दा  ४० देखि ५० हजारसम्मको हुने भएकाले तस्करी बढेको सुरक्षा क्षेत्रका जानकार बताउँछन्।  , आर्थिक फाइदाको लोभमा जोखिम मोलेर गाँजा तस्करी गर्ने सक्रिय बनेका हुन्। गएको शुक्रबार मात्रै ठूलो परिमाणको गाँजा बरामद भएको विराटनगरमा गए राति ३६ केजी गाँजा प्रहरीले फेरि बरामद गरेको छ।, संयोग के छ भने, दुवैपटक गाँजा समातिएको लोकेसन उस्तै छ। , गत शुक्रबार राति बन्दा बोकेर भारततिर जान लागेको ट्रकबाट प्रहरीले ६ बोरा अर्थात १५६ केजी गाँजा बरामद गरेको थियो। माथि बन्दा र तल गाँजा लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको तीन दिनपछि अर्थात सोमबार राति रानी नाकाबाटै १५६ केजी बरामद भएको मोरङ प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय रानीले गाँजासहित २५ वर्षीय मुकेश गुरूङलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका गुरुङ भरिया भएको बताएको छ। उनले निश्चित रकम पाउने लोभमा तस्करीको गाँजा गन्तव्यसम्म पुर्‍याउने जिम्मा लिएका थिए। प्रहरीले बरामद गरेको गाँजा इप्रका रानीबाट करिब ७ किलोमिटर पूर्व पर्छ।, गाँजा तस्करीको ट्रान्जिट बन्दै विराटनगर
सेतोपाटी संवाददाता तनहुँको आँबुखैरेनीदेखि गोरखा सदरमुकाम आउजाउ गर्ने मुख्य सडक पहिरोले अवरूद्ध भएको छ।, गोरखाको मझुवादेउराली-तीनकिलो सडकखण्डमा पहिरो खसेपछि आज दिउँसो सडक अवरूद्ध भएको थियो।, पहिरो पन्छाएर सडक पुन: सञ्चालन गर्ने तयारी भइरहेको छ।, गोरखकाली रबर उद्योग नजिकै पहिरो खसेर सडक दुवैतर्फी अवरूद्ध भएको थियो।, गोरखा नगरपालिकाकी उपमेयर मसलीमया थोकरसहित पहिरो अवलोकनमा पुगेका थिए। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।, सुरूमा एकतर्फी सडक खुला गर्ने तयारी छ।, आँबुखैरेनी-गोरखा सडकखण्डमा पहिरो
दिपकजंग शाही पहिलो संविधानसभाका बैठकहरूमा बेलाबेला उनी पनि सदस्यको हैसियतले बोलिन्। कहिले देशको समसामयिक परिस्थितिका बारेमा त कहिले विशेष घटना र अवस्थाका बारेमा बैठकमा कुरा उठाइन्।, पहिलो संविधानसभा (२०६४–२०६८) मा ६०१ जना सभासदमध्येकी एक भरतकुमारी रेग्मी अब देशभरका शिक्षकको सूचीमा समाहित हुँदै छिन्।, दैलेखको नारायण नगरपालिका–४ भरतकुमारीले प्राथमिक तहको शिक्षक परीक्षा उत्तीर्ण गरेको १९ वर्षपछि गत असार ९ गते नियुक्तिपत्र बुझिन्।, त्यसो त उनी सांसद हुनुअघि पनि शिक्षण पेसामै थिइन् तर अस्थायी थिइन्। अहिलेको नियुक्ति स्थायी हो। सभासद हुनुअघि भरतकुमारी ‘राहत दरबन्दी’ भनिने अस्थायी सेवामा विद्यालयमा पढाउँथिन् । उनले सात बर्ष बढाइन्।, भरतकुमारी र उनका श्रीमान नारायण शर्मा एउटै विद्यालयमा राहत दरबन्दीमा कार्यरत थिए। उनीहरू तत्कालीन नारायण नगरपालिका–४, सोतस्थित महेन्द्र प्रस्तावित माध्यमिक विद्यालयका शिक्षक थिए।, नारायण एकाएक शिक्षण छोडेर तत्कालीन नेकपा माओवादीले चलाएको ‘जनयुद्ध’ होमिए। यसपछि भरतकुमारी राज्यपक्षको निगरानीमा परिन्।, ‘हामीलाई शंका गर्न थालेको २०५६ सालदेखि नै हो,’ उनले भनिन्, ‘उहाँ (नारायण) मभन्दा पहिले माओवादीमा लागेर विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुनुभएको थियो। त्यसपछि नै ममाथि निरन्तर निगरानी हुन थालेको थियो।’, द्वन्द्व चर्केको त्यो समयमा भरतकुमारीले विद्यालयमा पढाउन नसक्ने अवस्था भयो। मानसिक यातनाले सतायो। उनी विद्यालय छाडेर ‘भूमिगत’ भइन्।, ‘बारम्बार यातना हुन थालेपछि यहाँ पढाउन सक्दिनँ भनेर म भूमिगत भएँ,’ उनले भनिन्, ‘शिक्षक सेवा आयोगले नतिजा निकालेर सिफारिस गर्दा पनि म नियुक्ति लिन जान पाइनँ।’, भरतकुमारीले २०५२ सालमा खुलेको विज्ञापनमा परीक्षा दिएकी थिइन्। लिखित परीक्षा उत्तीर्ण भइन्। अन्तर्वार्ता पनि भयो। अन्तर्वार्ता चल्दै थियो, अचनाक स्थगित भयो।, यस बीचमा शिक्षक सेवा आयोग बन्यो। तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयले लिएका परीक्षाको नतिजाको जिम्मेवारी आयोगमा सर्यो। स्थगित भएको अन्तर्वार्ता पनि भयो।, लिखित परीक्षा भएको आठ वर्षपछि, २०६० सालमा, अन्तिम नतिजा प्रकाशित हुँदा द्वन्द्व चरमोत्कर्समा थियो। भरतकुमारी उत्तीर्ण भइन् तर उनले नियुक्तिपत्र बुझ्न सकिनन्।, ‘म २०५८ सालमै भूमिगत भएकी थिएँ। पास भए पनि नियुक्ति लिन सक्ने अवस्था भएन,’ उनले भनिन्, ‘ममाथि शारीरिक, मानसिक यातना हुन थाल्यो। प्रहरीले थुन्न थाले। यस्तो यातना सहन नसकेपछि म पनि जनयुद्धमा लागेँ।’, नारायण द्वन्द्वमै राज्यपक्षबाट मारिए।, संयुक्त जनआन्दोलनको सफलतापछि २०६२ सालमा तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो। यसपछि भरतकुमारी गाउँ फर्किन्।, फेरि उही शिक्षण पेसामै पुनर्बहालीको कुरा चल्दै थियो। भरतकुमारी पुनर्बहाल हुने मनसायमा थिइन्।, एकाएक परिस्थिति बदलियो। उनी संविधानसभा सदस्य बन्ने भइन्।, ‘त्यतिबेला शिक्षकमा पुनर्बहालीको कुरा पनि चल्दै थियो तर २०६४ मा संविधानसभाका लागि समानुपातिकतर्फ मेरो नाम पर्यो। म त्यतै लागेँ,’ उनले भनिन्।, उनी ३३ वर्षको उमेरमा संविधानसभा सदस्य भइन्।, द्वन्द्वका कारण विस्थापित भएका २५ जना शिक्षकहरू पुनर्बहालीको माग गर्दै अदालत पुगेका थिए।, गत वर्ष अदालतले विस्थापित शिक्षकको हकमा विस्थापित भएको मितिदेखि नै लागु हुने गरी पुनर्बहाली गर्न र नियुक्ति बुझ्न नसकेकाको हकमा सेवा अवधि गणना हुने गरी पदस्थापन गर्न आदेश दिएको थियो।, यसैअन्तर्गत परेकी हुन् भरत कुमारी। यसरी नियुक्ति लिने शिक्षक देशभर १८ जना छन्। तीमध्ये भरतकुमारी एकमात्र महिला हुन्।, अदालको आदेशअनुसार २०७८ चैतमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि उनीहरूलाई नियुक्ति दिने निर्णय गरेको थियो।, खुला परीक्षाको नतिजा आएको १९ वर्षपछि भरतकुमारीले नियुक्ति बुझिन्। उनले अब १२ वर्षसम्म पढाउन पाउने छिन्। हाल उनी ४८ वर्षकी भइन्।, काम गर्न नपाएको अवधि सेवामा गणना हुने भएकाले उनले पेन्सन पनि पाउनेछिन्। नियुक्तिपत्र बुझे पनि विद्यालय निश्चित नभएका कारण हाजिर हुन भने पाएकी छैनन्।, संविधानसभाको सभासद् भएको व्यक्ति राजनीतिलाई नै निरन्तरता नदिएर फेरि किन शिक्षक हुन आइन् त भरतकुमारी?, ‘हामी राजनीतिमा होमिए पनि नेतृत्व तहबाट लक्ष्य र उद्देश्य पूरा भएको महसुस भएन,’ उनी भन्छिन्, ‘म संविधानसभाबाट फिर्ता भएपछि कि त राज्यले मेरो व्यवस्थापन गर्नुपर्यो, नभए म आफ्नो पेशामा फर्किनुपर्यो।’, यति भनेर उनले प्रश्न गरिन्, ‘नत्र कसरी बाँच्ने?’, भरतकुमारीका विचारमा पहिलो संविधानसभापछि वास्तविक उत्पीडितहरूको प्रतिनिधित्व हुन सकेको छैन।, ‘पहिलो संविधानसभाको चुनावमा वास्तविक उत्पीडित वर्ग सहभागी थिए, त्यसपछिका चुनाव त नाटकजस्तो मात्रै,’ भन्छिन्।, नेकपा माओवादी विभाजित भएपछि भरतकुमारी मोहन वैद्यले नेतृत्व गरेको नेपाल नेकपा (क्रान्तिकारी) मा आबद्ध भइन्। अब उनलाई सक्रिय राजनीतिमा खासै रुचि छैन।, उनका अनुसार शिक्षण पेसामा फर्किने भएपछि पार्टीबाट अलग हुने प्रक्रिया सुरु भएको छ। , ३३ वर्षको उमेरमा संविधानसभा सदस्य, ४८ वर्षमा शिक्षक
रासस तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।, जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ।, आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंकले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए। , घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पुर्‍याएका थिए। तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।, बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ। घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ। , छोराको कुटाइबाट बुवाको मृत्यु
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ।, दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।, देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र) मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।, गण्डक बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ।, पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ।, ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।, गण्डक बाँधको क्षमता प्रतिसेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने रहे पनि पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न सक्दैन।, भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काका अनुसार बाँधमा ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिने गरेकोमा मंगलबार २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ।, पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने खड्काले बताएका छन्।, यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।, सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।, पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ढोका खोलियो
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ८१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ८१४ जनामा संक्रमण पुष्टि भएको हो।, पाँच हजार ४१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ७६२ जनाको पिसिआर र दुई हजार ६५३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर पाँच हजार १४४ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। २९९ जना संक्रमित निको भएका छन्।, देशभर थपिए ८१४ कोरोना संक्रमित
नारायण खड्का विरोधपछि दाङ टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने प्रक्रिया तत्काललाई रोकिएको छ। , हवाई इन्धन कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले बिरोधपछि तत्काललाई माथिबाटै बाउजर नपठाउनू भन्ने खबर आएको ,सेतोपाटी,लाई जानकारी दिए।, ‘केन्द्रको निर्देशन अनुसार हिजो नै त्यो पठाउनुपर्ने थियो,’ उनले भने, ‘सर्वसाधारणदेखि स्थानीय सरकार, नेता सबैले बिरोध गरेपछि तत्काललाई नपठाउनू भन्ने कुरा आएको छ।’, तत्काललाई सञ्चालनमा नआइरहेको बाउजर रामेछापको मन्थली पठाउने तयारी गरिएपछि यहाँका उद्योगी, ब्यवसायी, बिभिन्न राजनीतिक दलका नेता, स्थानीय सरकार प्रमुख लगायतले विरोध जनाएका थिए।, तुलसीपुर उपमहागनरपालिकाकी उपमेयर श्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी ब्यवसायी र जनप्रतिनिधिको टोलीले टरिगाउँ एयरपोर्टमा रहेको बाउजर र इन्धन ट्यांकी रहेको गेटमा बाहिरबाट तालाबन्दी गरेको थियो। , उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको टोलीद्वारा टरिगाउँ एयरपोर्टमा तालाबन्दी, ताला लगाउन उपमेयर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसीलगायतको टोली टरिगाउँ एयरपोर्टमा पुगेको थियो। , तुलसीपुरका मेयर तथा एमाले नेता टीकाराम खड्का, पूर्व मेयर तथा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेलगायतले विरोध जनाएका थिए। , नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले बाउजर कुनै पनि हालतमा नलैजान भनेर केन्द्रदेखि प्रदेशसम्म आ–आफ्नो तर्फबाट पहल गरेका थिए।  , हवाई इन्धन कार्यालयका प्रमुख बिपिन श्रेष्ठले पनि बाउजर पठाउन तयारी गरिरहँदा आफूलाई थेगी नसक्ने फोनहरू आएको बताए। , ‘अहिले चालु अवस्थामा नरहेको बाउजर अन्यत्र पठाएपछि यहाँ अर्को बाउजर ल्याउने भन्ने थियो,’ श्रेष्ठले भने, ‘हामीले यहाँका नेता र जनप्रतिनिधिलाई कुरा बुझाउन सकेनौं जस्तो लाग्यो यति दबाब आयो कि फोन नै अफ गर्नुपर्ने अवस्था आयो।’  , विक्रम संवत २०११  सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो।, बिरोधपछि रोकियो दाङ एयरपोर्टको बाउजर पठाउने प्रक्रिया
रासस पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।, एक जना घाइते छन्।, अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।, उनकाअनुसार घटनामा घाइते सुनारलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।, घटनामा कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन्।, उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ।, घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रहरीले जनाएको छ।, घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो।, पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि वर्षा भइरहेको छ।, पोखरामा पहिरोले घर पुरियो, एकको मृत्यु
एजेन्सी पाकिस्तानमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ।, द डनका अनुसार बलुचस्तान प्रान्तमा आएको बाढी पीडितको उद्धारमा खटिएको  उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको थियो। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताइएको छ।, दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली ६ जना अधिकृतहरूको मृत्यु भएको हो।, पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हेलिकप्टर दुर्घटनामा परी सैनिक अधिकारीहरूले ज्यान गुमाएको घटनाले राष्ट्र शोकमा परेको बताएका छन्।, ‘उनीहरूले बाढीपीडितलाई राहत पुर्‍याउने पवित्र काम गरिहेका थिए,’ सरिफले ट्विट गर्दै भनेका छन्,‘मातृभूमिका यी सपुतप्रति हामी ऋणि हुनेछौं। मृतकका परिवारप्रति मेरो गहिरो सहानुभूति छ।’, दुर्घटनामा परेको हेलिकप्टरको भग्नावशेष मंगलबार फेला परेको थियो।, पाकिस्तानमा सैनिक हेलिकप्टर खस्दा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु
सेतोपाटी संवाददाता मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् । , मुद्दा शाखामा कार्यरत चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए। , ‘मुद्दा दर्ता हुनासाथ चौलागाईँ निलम्बित भइसकेका हुन,’ न्यौंपानेले सेतोपाटीसँग भने, ‘अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ।’, शुक्रबार बिहान २ बजे बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईँले मध्यरातमा निकालेर आफ्नो कोठामा पुर्‍याएका थिए। त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका ब्यक्तिले होहल्ला गर्दै बिरोध जनाएका थिए। , शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँ बिरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन्। , असईँ चौलागाईँले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पुर्‍याई आफूलाई यौंन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ। , प्रहरीले सोमबार आरोपित चौलागाईँलाई अदालतमा उपस्थित गराउँदैछ। यसअघि जिल्ला अदालत बाँकेले चौलागाईँलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको हुँदा फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको हो।, मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असईविरूद्ध बलात्कार मुद्दा दर्ता, हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ, हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित
एजेन्सी रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ। बिबिसीका अनुसार ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको हो।, युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा उनीहरू परेका हुन्। , वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक थिए। उनलाई ‘युक्रेनको हिरो’ को रूपमा सम्मान गरिएको थियो। फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो।, घरमै रहेका उनीहरू रूसी आक्रमणमा मारिएका हुन्।, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधन राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन्।, माइकोलायिभका मेयर अलेक्जेन्डर सेनकेबिचका अनुसार उनको सहरमा आइतबारको आक्रमण अहिलेसम्मकै ठूलो रूसी आक्रमण हो। एउटा होटल, स्पोर्ट्स कम्प्लेक्स, दुइटा विद्यालयमा पूर्ण क्षति भएको छ।, रूसी आक्रमणमा मारिए युक्रेनका धनाढ्य व्यापारी दम्पती
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका - ६ डिहिगोपाटनमा पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु भएको छ।, गएराति घर पछाडिबाट झरेको पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएको थियो। पहिरोले घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरीका इन्सपेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए। , सोही कोठामा बसेका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएकी छिन् भने उनका छोरा १० वर्षीय सिम्रन सुनार सकुशल रहेका छन्।, मध्यरात करिब २ बजेतिर पहिरोले घर पुरिएको थाहा पाएपछि प्रहरी टोली उद्धारमा खटिएको थियो।, पहिरोमा परेका सन्तोषलाई उपचारका लागि प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। इन्सपेक्टर खड्काका अनुसार अस्पतालका चिकित्सक टोलीले सन्तोषको मृत्यु भइसकेको जनाएका थिए। , घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। , आइतबार साँझदेखि परेको अविरल वर्षाले पोखरा– १३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन्। घरहरू डुबानमा परे पनि मानवीय क्षती नभएको वडा अध्यक्ष किरण बरालले बताए। उनका अनुसार डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।, पहिरोमा परेर पोखरामा एक जनाको मृत्यु, सय घर डुबानमा
रासस अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ। , सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए। विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उनको भनाइ छ। , ‘अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली डा विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’ को माध्यमबाट पढाइने उक्त पाठमा डा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने आठ वटा स्लाइडसमेत समावेश गरिएको छ’, उनले भने।, सो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आगामी वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने परियारले जानकारी दिए। पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ। , अमेरिकी सरकारी पाठ्यक्रममा डा परियारबारे पाठ
रासस ‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु’, यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।, गत वैशाख ३० गते स्थानीय चुनावबाट उनी वडाध्यक्ष निर्वाचित भएका हुन्। त्यसयता सो वडामा प्रधानमन्त्री आएका छैनन् तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुगेका छन्, उनीहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गरेका छन्।, भारतबाट मेची नदी तरेर सयको सङ्ख्यामा दिनका दिन जङ्गली हात्तीको हुल भित्रिने गौडाको रूपमा मुलुकमै परिचित बाहुनडाँगी क्षेत्रमा कार्की वडाध्यक्ष छन्। बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ। वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन्।, ‘वडावासी बिहान खाए बेलुकी के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ’, कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौं हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु?’, वि.सं २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गर्दा उहाँ समाचारमा भाइरल बनेका थिए। स्थानीयदेखि राष्ट्रिय तहका सञ्चारमाध्यमहरूले ‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर चर्चा गरे। कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे ।, वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गरेका छैनन् । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत घरेलु गुन्द्री र पिरा छाडेका छैनन्। कार्यालयमा आउने पाहुनालाई पनि उनले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गरेका छन्।, ‘कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने सङ्कल्प बोकेर जनताको सेवामा जुटेको छु’, उनले भने, ‘बाहिर आउने गरेका नराम्रा प्रतिक्रियाबाट म हत्तोत्साहित छैन र राम्रा प्रतिक्रियाबाट हौसिएको पनि छैन। म बिलासी जीवन बिताउन वडाध्यक्ष बनेकै होइन । जनताको घरमा चुलो नबल्ने अवस्था छ। म चाहिँ तिनै जनताको तिरोबाट घुम्ने कुर्सी किनेर वाहियात खर्च गर्न चाहन्नँ।’, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमूना गाउँ बनाउने सपना साचेका वडाध्यक्ष कार्की विगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता हुन्। , वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै उनको वडामा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसुलगायतका पाहुना भ्रमणमा आए। साउन ११ गते आएका महावाणिज्यदूत पौडेललाई वडाध्यक्ष कार्कीले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल गरे। , त्यसैगरी, खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आए। दुबै वडाबीचको भगिनी सम्बन्धको दस्तावेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको थियो। मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती वडा कार्यालयको निरीक्षणमा पुग्दा उनलाई वडाध्यक्ष कार्कीले पिरामा बसाउँदै वडावासीका समस्या सुनाए। , गत जेठ २० गते नेपाल भारत सीमाको दशगजा नजिक मेची नदीको किनारमा पत्रकार सम्मेलनको आयोजना गरी वातावरण संरक्षणबारे आफ्ना योजना सुनाए। उक्त पत्रकार सम्मेलनमा समेत वडाध्यक्ष कार्कीले मकैको खोसेलाबाट बनेको पिरामा बसेर पत्रकारको सवालको जवाफ दिएका थिए।, बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उनले २० वटा पिरा र ६ वटा गुन्द्री राखेका छन्। वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जन बढी बैठक गुन्द्री–पिरामै बसेर गरिएको कार्कीले जानकारी दिए। पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकका लागि बाँसका मुडाको व्यवस्था गरिएको उनले बताए।, गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन्। गुन्द्री–पिरा अभियानबाट वडावासी खुसी भएको कार्कीको बुझाइ छ। ‘घरेलु हस्तकला र सीपको सम्मान र प्रवर्द्धनमा यो अभियानले सघाउ पुर्‍याएको छ,’ उनले भने।, ज्येष्ठ नागरिकलाई निःशुल्क वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं ४ र तेह्रथुमबाट उनले घुँघुरोका चार सय लौरो मगाएका छन्। वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरूवा आफ्नो कार्यकालभरिमा हुर्काउने उनको योजना छ।, वडा कार्यालयमा कुर्सीको सट्टा गुन्द्री र पिरा
रासस इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ गर्‍यो। प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरूलाई पक्राउ गरेको हो। , लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की संगीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिबार बनेपा नपा–१० बाट पक्राउ गरिएको इप्रका बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।, उनका अनुसार सोही आरोपमा बाराको कलैया उपमहानगरपालिका–१२ घर भई हाल वीरगञ्ज बस्ने पवनकुमार शाह र वीरगञ्ज महानगरपालिका–२४ का शेषनाथ शाहलाई शनिबार राति नै वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए। , प्रहरीका अनुसार बनेपा नगरपालिका–१० मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।, बनेपामा पक्राउ परेकाबाट प्रहरीले तीन सय दुई एम्पुल डाइजेपाम, तीन सय दुई एम्पुल फेनेर्गन र तीन सय दुई थान नोफिन गरी कूल नौ सय छ थान लागुऔषध बरामद गरेको छ।, प्रारम्भिक अनुसन्धानबाट बनेपामा पक्राउ परेको संगीताको वीरगञ्जबाट लागुऔषध ल्याई काठमाडौंमा मियाँसँग भेट भएको र मियाँले बनेपाका सविनलाई लागुऔषध दिन आएको खुलेको छ।, शेषनाथले भारतबाट लागुऔषध वीरगञ्ज ल्याउने र वीरगञ्जमा शाहलाई दिने गरेको प्रहरी निरीक्षक थापाले बताए।, उनका अनुसार पक्राउ परेका पाँचैलाई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।, यो घटनामा प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको बताइन्छ। , यसअघि गत वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले पक्राउ गरेको थियो।, यस्तै, प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो। साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका सात हजार एक सय ३८ प्रतिबन्धित लागुऔषध ट्याबलेट बरामद गरिएको थियो। , यसअघि प्रहरीले विसं २०७६ फागुन दोस्रो साता पनौती नपा–६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया महिलाको कोठाबाट लुकाइछिपाइ बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याबलेट बरामद गरेको थियो। प्रहरीले सो घटनामा पनि सुरकाकै आधारमा महिलालाई पक्राउ गरेको जनाएको थियो। , काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ। सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको घटनाक्रमले देखाएको छ। , जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रतिवेदनअनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास) बाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको घटनाक्रमले देखाएको हो।, प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौं पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाएको पाइएको छ। , प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसारपसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गर्दछ।, उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएका छन्।, तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ। , प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको खुलेको छ।, नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ। छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो।, काभ्रेपलाञ्चोक प्रहरीको तथ्यांकअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३७ वटा मुद्दामा ७१ जना पक्राउ परेका छन्। , पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउँछन्। यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध संकलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौंमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ।, पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन्। , सुराकमा मात्रै पक्राउ पर्छन् लागुऔषध कारोबारी!
सन्जिब बगाले काठमाडौं, कीर्तिपुरकी जेनी थापाले झन्डै १५ वर्ष विकासका क्षेत्रमा काम गरिन्। म्याग्दीमा जन्मे-हुर्केकी जेनीलाई त्यसपछि भने आफूले चाहेको क्षेत्रमा काम गर्ने वातावरण मिलेन। उनी बुवा-आमाकी एक्ली सन्तान थिइन्। उनका श्रीमान पनि एक्लो सन्तान भएकाले दुई परिवार अनि आफ्नो करिअरलाई सँगै लैजान कठिन भयो। अर्कातिर आफ्ना बच्चा हुर्काउने जिम्मेवारी त छँदै थियो।, उनले आफूजस्तै अप्ठेरोमा पर्नेहरूका लागि सहज होस् भनेर जेष्ठ नागरिकका लागि केयर होम स्थापना गर्ने सोच बनाइन्। त्यसपछि उनी कुपण्डोलमा रहेको अलोकी केयर होममा आवद्ध भएकी हुन्।, ‘मलाई परिवारको पृष्ठभूमिले यता लाग्न प्रेरित गर्‍यो। म एउटै सन्तान थिएँ। आमालाई हेरचाह गर्न र आफ्नो जागिर व्यवस्थापन गर्न कठिन भयो। मेरो श्रीमान पनि एक्लो सन्तान हो। जसले गर्दा दुइटा परिवार व्यवस्थापन गरेर अघि बढ्न गाह्रो भयो,’ जेनीले सेतोपाटीसँग भनिन्,‘मैले धेरै समय सँगै लैजाने प्रयास गरे पनि नसकेपछि यसको विकल्प सोच्नुपर्छ भनेर केयर होममा त्यस्ता आमा बुवालाई राखेर सेवा दिँदा के हुन्छ होला भन्ने मनमा आयो। अनि २०७६ सालदेखि यसमा आवद्ध भएँ।’, जेनीका अनुसार अलोकी केयर होमले मुख्य तीन वटा सेवा दिन्छ।,  , पहिलो, जो परिवारले आफ्ना अभिभावकलाई सँगै राख्न चाहन्छन् तर दिउँसोमा आफ्नो जागिर अनि व्यवसाय छ भने त्यस्ता जेष्ठ नागरिकलाई लक्षित गरेर दिवा सेवा छ। बिहान आएका बुढाबुढी दिनभरि त्यहीँ बस्छन् अनि बेलुका छोरा-छोरी वा आफन्त आएर लिएर जान्छन्। दिउँसो औषधी खानुपर्ने वा अस्पताल लैजानु परे केयर होमले नै व्यवस्था गरिदिन्छ।, ‘दोस्रो कुरा हामीले आवासीय सेवामा रहने आमा-बुवालाई चौबीसै घन्टा हेरचाह पनि गर्छौं, जसलाई अरूको हेरचाह चाहिन्छ त्यस्ता आमा बुवालाई हामीले यहाँ राख्छौं,’ जेनीले भनिन्,‘तेस्रो,हामीले अस्पतालको बसाइपछिको स्वास्थ्य पुनर्स्थापना पनि गर्छौं। जसलाई फिजियोथेरापी लगायतका सेवा चाहिन्छ, त्यस्ता व्यक्तिलाई समेत सेवा उपलब्ध छ। गम्भीर स्वास्थ्य समस्या भएका अन्य उमेर समूहकालाई समेत हामीले सेवा दिन्छौं।’, आफूहरूले १ सय २ वर्षकी आमालाई पनि सेवा दिएर पठाएको र अहिले ९३ वर्षकी आमालाई हेरचाह गरिरहेको उनले बताइन्।, ‘सानोभन्दा सानो स्वस्थ्य समस्या हुँदासमेत परिवारको समय यसै खेर जान्छ। त्यस्ता आमा-बुवालाई समेत हामी हेरचाह गर्छौं,’ उनले भनिन्, ‘कतिपयका सन्तान यहीँ भएर पनि कामले व्यस्त छन्। कतिपयका सन्तान विदेश छन् भने पनि हामीले हेरचाह गर्छौं। पौष्टिक खानादेखि समयमा खाना खुवाउने सम्मको सेवा दिनुपर्छ।’, जेष्ठ नागरिकको कुरा सुनिदिने, समस्याको समाधान गरिदिने अनि आफ्नै उमेर समूहकाको भेट हुने हुँदा उनीहरूलाई केयर होममा थप सहज भएको जेनीको दाबी छ।, यस्ता केयर होममा आमा-बाबुलाई ल्याउन अझै पनि धेरैले अप्ठेरो मान्ने गरेको उनको अनुभव छ। यसलाई वृद्धाश्रमको रूपमा हेर्न नहुने उनले बताइन्। चाहेर पनि आमा-बुवाको सेवा गर्न नसकेका परिवारका लागि यस्ता केयर होम उपयक्त हुने उनको भनाइ छ। कतैबाट आर्थिक सहयोग नलिइकन सञ्चालन भएको प्राइभेट लिमिटेड भएकाले सेवाग्राहीबाट शुल्क लिने र शुल्क अनुसारको सेवा दिने गरेको जेनीले बताइन्।, ‘सामान्यत: महिनाको ४० देखि ४५ हजार रुपैयाँ लाग्छ। किनकी हामीले ६ देखि ८ पटकसम्म खाना खुवाउँछौं। त्यही अनुसारको हेरचाह पनि गर्छौं। सामान्य सहयोग चाहिनेका लागि भने अझै फरक हुनसक्छ। सन्तानले चाहँदा चाहँदै पनि सेवा गर्न नसक्ने जेष्ठ नागरिकलाई मात्र यहाँ ल्याइन्छ। हाम्रो चाहना पनि यही हो,’ उनले भनिन्,‘जेष्ठ नागरिक जोसँग पुग्दो सम्पत्ति छ तर उहाँहरूले सुरक्षित जीवनयापन गर्न पाउनुभएको छैन भने त्यस्ता आमा-बुवाको लागि पनि यो ठाउँ उपयुक्त छ।', परिवार र समाजले के भन्छ भनेर केयर होममा ल्याउन डराउनेहरूले एक पटक आफूहरूको सेवा- सुविधा हेर्न पनि उनले आग्रह गरिन्।, आफूहरूको सेवा-सुविधा हेरेकाहरूले ढुक्कसाथ आफ्ना आमा-बाबुलाई ल्याएर राखेका छन्। विदेशमा हुनेहरूले त अझै सकरात्मक प्रतिक्रिया दिएका छन्। अष्ट्रेलियालगायत देशमा रहेका सन्तानले आफूले पनि त्यस्तै ठाउँमा काम गरेकाले राम्रो कामको सुरूवात गरेको भनेर खुसी हुँदै सेवा लिएको जेनीले बताइन्।,  , बुढा आमा-बुवालाई सेवा दिन जेनीले खोलेको केयर होम (भिडिओ)
रासस लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।, केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरूद्ध भएको हो।    , सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमा रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। , अवरूद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए।, वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो।     , उक्त लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरूद्ध भएको यातायात व्यवसायीहरूले बताएका छन्।, लगातारको वर्षासँगै झरेको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारेलगायत कच्ची सडक यसअघि नै बन्द भएका थिए।, वर्षा सुरू भएसँगै आएको भेल तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरूद्ध भएका छन्।, जिल्लाका सबै  कच्ची ग्रामीण सडक अवरूद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवम् राजधानी काठमाडौं आवतजावत गर्ने यात्रु घण्टौं पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन्।    , हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा सडकको व्यवस्था भए पनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको थियो। ,  , पहिराले मध्यपहाडी लोकमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन्। पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण  रोगका बिरामी भेटिएका हुन्। , महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए। ‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौं’, उनले भने।, हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उनले जानकारी दिए।, उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्‍याउन आवश्यक भएको कार्यालय प्रमुख डा विष्टको भनाइ थियो।, सङ्क्रमित भएका स्थानमा सरसफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन्। , ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।, आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरूद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो। , आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरूद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका कारण दुईतर्फी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो। , आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय रूपन्देहीले स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।, ईलाका प्रहरी कार्यालयको टोलीले आइतबार दिउँसो साढे २ बजेतिर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपास रोडबाट उक्त रकमसहित भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज जुगौली बस्ने ४६ वर्षीय आशिष साहुलाई पक्राउ गरेको हो।, लु ६ प ७१२९ नं. को मोटरसाइकलमा सवार साहुलाई शंका मानी चेक गर्दा उनको साथबाट स्रोत नखुलेको १ हजार दरका १ हजार १ सय थान र ५ सय दरका ३ सय थान गरी कुल १२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक बेद बहादुर पौडेलले बरामद गरिएको रकम र मोटरसाइकलसहित साहुलाई समेत आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी दिए।,  , स्रोत नखुलेको साढे १२ लाखसहित भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबास बजारको एक घरमा आगलागी भएको छ। , सोमबार दिउँसो एक घरको तेस्रो तलामा रहेको ३६५ जिम हलमा आगलागी भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। , आगलागी अहिले ९५ प्रतिशत नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए। , ‘अहिले कसरी आगलागी भएको हो भन्ने हेर्न भ्याइसकेको छैन। हामी नियन्त्रणमा लिने काम गरिरहेका छौं,’ उनले भने।, थप विवरण आउन बाँकी छ। आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बै‌ंक पनि छ।,  , महोत्तरीको बर्दिबास बजारको एक जिम हलमा आगलागी
रासस नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ। , वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीया राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाई रजनी गोले नामबाट  ३३-०२-०७९-००५१३ नंको नागरिकता लिएको देखिएको छ।  , सो घटनाबारे  छानबिन थालिएको छ। उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए। , राईको जन्म मिति २०५८-११-१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ। यो जन्मदर्ता २०७९-०२-२३ गते वडा कार्यालयबाट बनाइएको हो। किर्ते जालसाजी गरी अभिभावकमा बुवाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ। झूटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ। , रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ।, उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुवाको नाम किशोर राई जन्म तारिख १९८९-०३-२४ रहेको छ। त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिङ्गर) र पति छेडुप सिङ्गरसमेत लेखिएको छ।, इप्रका पर्साबाट भारतीय महिलाले नागरिकता लिएको भेटिएपछि थालियो छानबिन
सेतोपाटी संवाददाता काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।, तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।, प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।, तारकेश्वर- २ का वडा सचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू एक तले घर बनाएर बसेका थिए।, स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए।,   ,  , काभ्रेस्थलीमा भेटियो एकै घरका चार जनाको शव
एजेन्सी श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएपछि क्युआर कोड प्रणाली लागू गरिएको हो।, क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरूले जनाएका छन्। देशभरिका सबै पेट्रोल पम्पहरूमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यसबारेमा जानकारी गराइएको ऊर्जामन्त्री कञ्चना बिजेसेकेराले बताए।, उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरूमा भिडभाड नगर्न पनि उपभोक्ताहरूलाई अनुरोध गरेका छन्। सरकारले उपभोक्ताको चापका आधारमा हरेक पेट्रोलपम्पलाई इन्धनको कोटा निर्धारण गरेर कोटाअनुसारको इन्धन उपलब्ध गराएको छ। रासस/एएनआई, श्रीलंकामा इन्धन कारोबारमा क्युआर कोड लागू
सेतोपाटी संवाददाता काठमाडौंमा चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ।, सोमबार बिहान तार्केश्वर नगरपालिका-२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्।, गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ  स्थायी  घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएकाहरू मृत अवस्थामा फेला परेका हुन्।, प्रहरी स्रोतका अनुसार घटनास्थलबाट केही पानाको सुसाइड नोट पनि फेला परेको छ।, ‘केही पानाको नोट फेला परेको छ,’ उनले भने।, मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्।, उनीहरूको शव विभत्स अवस्थामा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा तीन जनाको हत्यापछि आत्महत्या गरेको देखिएको स्रोतको भनाइ छ।, घटनास्थलमा एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको हो भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका हुन्।, घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको हो। , बच्चालाई स्कुल बस लिन आएपछि घटनाबारे थाहा भएको हो।, आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर कृष्णहरि महर्जनले बताए।, ‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’, घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। घटनास्थलमा त्रि.वि. शिक्षण अस्पतालबाट डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिएर अनुसन्धान गरिरहेको छ।, तारकेश्वर-२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए। अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन।  , काभ्रेस्थली घटना: फेला पर्‍यो सुसाइड नोट
रञ्जिता अधिकारी/रासस प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत छन्। उनको मातृभाषा कुसुन्डा हो। परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उनलाई नेपाली भाषाकै बानी पर्‍यो। मातृभाषा बोल्न आउँदैनथ्यो। अचेल उनी कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने भएका छन्।, भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषीका नयाँ पुस्तालाई ९० घण्टा (पहिलो सत्र) र ६० घण्टा (दोस्रो सत्र) को प्रशिक्षणमा उनले आफ्नै मातृभाषा सिक्ने अवसर पाएका हुन्।, पहिलो सत्रमा कुसुन्डा भाषामा आफ्नो परिचय दिने र सामान्य शब्द उच्चारण मात्रै सिकेका थिए। दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएपछि उनी पनि गीत लेख्न र गाउन सक्ने भएका हुन्।  , कुसुन्डा भाषाको संरक्षण गर्ने र पछिल्लो पुस्तालाई सो भाषा सिक्न सघाउने हिमाको लक्ष्य छ।, उनी भन्छन्, ‘भाषा बचाउन गीत लेखेकी हुँ। कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु। कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु।’ , बढीचौरकै फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यमिक विद्यालय धर्नामा नै कक्षा ११ मा अध्ययनरत छन्।, कुसुन्डा भाषाको कक्षा लिइसकेका उनी घरपरिवारमा कुसुन्डा भाषामा नै बोल्ने अभ्यास गर्छन्। मातृभाषा सिकेमा लोप नहुने र बोलचालमा ल्याइराखियो भने मात्र भाषालाई बचाइराख्न सकिने भएकाले कुसुन्डा भाषा सिकेको उनी बताउँछन्। , कुसुन्डा भाषा सिक्न थालेदेखि उनले भेटेकाहरूसँग ‘नमस्कार’ को सट्टा ‘सोजाक’ भन्न थालेका छन्। , उनी भन्छन्, ‘सुरू सुरूमा त बुझिन्नथ्यो। पढ्दै जाँदा सजिलो भएको छ। धेरै कुरा जान्ने भएका छौं। यो भाषा पढ्ने साथीहरू एकापसमा कुरा गर्दा कुसुन्डा भाषामा नै प्रयोग गर्ने गरेका छौं।’, भाषा जोगाउने प्रयास, घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीका कमला सेन कुसुन्डाले कुसुन्डा भाषा जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनी कुसुन्डा भाषाको एक मात्र जीवित पूर्ण वक्ता हुन्। उनकै सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ। कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रयास गरिएको छ। , तीन वर्षअघिसम्म कुसुन्डा समुदायबाट कुसुन्डा भाषाका पूर्ण वक्ता दुई जना मात्रै थिए। तीमध्ये एक जना दाङको लमही नगरपालिका–३ कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको तीन वर्षअघि अर्थात् २०७६ पुस ९ गते मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिएको थियो। , कुसुन्डा भाषाको संरक्षण गर्न र त्यसलाई जीवित राख्न लमही नगरपालिका–५ का अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आएका छन्।, भाषा आयोगको सहयोगमा उनले २०७४ सालमा कुसुन्डा भाषाको कुसुन्डा जाति र शब्दकोश प्रकाशन गरे। वि.सं २०७८ मा कुसुन्डा गिपन (कुसुन्डा भाषा कक्षा) र आधारभूत पाठ्यसामग्री (क) र खण्ड (ख) प्रकाशन गरेका छन्।, त्यस्तै, सोजाक (कुसुन्डा पाठ्यसामग्री) प्रकाशन भएको छ। यसै वर्ष उनी कुसुन्डाको वृत्तचित्र तयार गर्दै छन्। उनका गेम्येहाक, कुसुन्डा व्याकरण (कुसुन्डा र नेपाली भाषामा) प्रकासोन्मुख पुस्तक हुन्।, आलेको मातृभाषा मगर भए पनि उनले लोपोन्मुख कुसुन्डा भाषाको संरक्षणका लागि काम गरेका छन्।, कुसुन्डा भाषा संरक्षणका लागि केही सकारात्मक प्रयासहरू भइरहेका छन्। कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा भएको शिक्षा क्षेत्रका अगुवा गिरिराज शर्मा बताउँछन्।, उनका अनुसार कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूर्ण भाषा हो।, कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र विकासमा निकै ठूलो चुनौती देखिएको उनको भनाइ छ।, शर्माका अनुसार केही वर्ष अघिसम्म कुसुन्डा भाषा बोल्न र बुझ्न नसक्ने कुसुन्डा समुदायमा अहिले आफ्नो मातृभाषामा कुराकानी गर्न थालेका छन्।, यो भाषाको अध्ययन गरेर सजिलोसँग बोल्न र लेख्न सक्ने भएका छन्। कुसुन्डा समुदायको नयाँ पुस्ता भाषा सिक्न, पढ्न र संरक्षण गर्न सक्रिय हुन थालेपछि केही आशा पलाएको उनको भनाइ छ। ,  ,   ,  , कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता
युनिक श्रेष्ठ काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमशालमा मृत अवस्थामा फेला परेका चारै जनाको पहिचान खुलेको छ। , सोमबार एक तले घरभित्र एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरू गोरखा स्थायी घर भई अहिले पदमशालमा बस्दै आएकाहरू हुन्। , मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्।, उनीहरूको शव विभत्स अवस्थामा फेला परेको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए। , उनी आफैं पनि घटनास्थलमा पुगेका थिए। , उनका अनुसार आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर महर्जनले बताए। , ‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’, मेयर महर्जनका अनुसार एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको छ भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका छन्।, दिनेशले घाँटी काटेको अवस्थामा फेला परेको उनले बताए। , घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ। , घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। , तारकेश्वर-२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए। अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन। , आज बिहान पनि उनलाई लिन स्कुल बस काभ्रेस्थली पुग्यो, आशिका घरबाट बाहिर निस्किनन्
सेतोपाटी संवाददाता मुस्ताङ जाने सडकमा पहिरो खसेपछि सबै यातायात अवरूद्ध भएको छ। आइतबार बिहान ११ बजे मुस्ताङको काभ्रे भिर नजिकै बादरजुङमा ठूलो पहिरो गएपछि सडक ठप्प भएको हो।, सडक अवरूद्ध भएसँगै मुस्ताङ जान लागेका सयौं सवारी साधान बिच बाटोमै अलपत्र परेका छन्। , पहिरो खस्ने क्रम अझै नरोकिएकाले बाटो खुलाउन कम्तिमा एक सातादेखि १५ दिनसम्म लाग्ने घटनास्थलममै रहेका मुस्ताङका सांसद प्रेमबप्रसाद तुलाचनले जानकारी दिए।, ‘हामीले कल्पना पनि गरेका थिएनौं यत्रो पहिरो आउँछ भनेर, अझै खस्ने क्रममा छ। त्यसैले हप्ता १५ दिनसम्म यातायात अवरूद्ध हुनेछ’, तुलाचनले सेतोपाटीसँग भने।, हेर्नुहोस् तस्बिरहरू, पहिरो खसेपछि मुस्ताङ जाने सडक अवरूद्ध
सेतोपाटी संवाददाता पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ। जसका कारण अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विस्तारै बढिरहेको छ। , काठमाडौं उपत्यकामा मात्र सयभन्दा बढी संक्रमित अस्पतालमा उपचाररत् छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज ८९५ जना संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या साढे चार हजार पुगेको छ। यो संख्या आगामी साता अझ बढ्ने विज्ञहरूले बताएका छन्। , संक्रमितको संख्या बढ्ने भएपछि अब अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्ने देखिन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक गरेको छ। , मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश नम्बर १ मा दुइटा अस्पतालहरूमा कोभिडका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। जसमा विराटनगरको कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। , यस्तै, मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, वीरगञ्जमा निःशुल्क उपचार गर्न सकिन्छ।, बागमती प्रदेशमा भने पाँच वटा अस्पतालहरू निःशुल्क उपचार गर्नका लागि तोकिएका छन्। जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पताल छन्। , यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पतालमा निःशुल्क उपचार गर्न सकिन्छ। लुम्बिनी प्रदेशमा पनि दुइटा अस्पताल तोकिएका छन्। जसमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगञ्जस्थित भेरी अस्पताल रहेका छन्। , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दुई-दुई वटा अस्पताल तोकिएका छन्। जसमा कर्णालीमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगरस्थित सुर्खेत प्रादेशिक अस्पताल रहेका छन्।, यसैगरी, सुदूरपश्चिममा डडेलधुरा अस्पताल र कैलालीस्थित सेती प्रादेशिक अस्पताल छन्। , सरकारले तोकेका यी अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। तर सबै बिरामीको भने यी अस्पतालमा निःशुल्क उपचार हुँदैन।, स्वास्थ्य मन्त्रालयका अनुसार मध्यम र जटिल अवस्थाका संक्रमितको मात्र यी अस्पतालमा निःशुल्क उपचार हुन्छ। सामान्य लक्षण भएका संक्रमितहरूको भने निःशुल्क उपचार हुँदैन।, दिनदिनै बढ्दै छन् कोरोना संक्रमित, यी अस्पतालमा हुन्छ निःशुल्क उपचार
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासमा भएको आगलागी नियन्त्रणमा आएको छ। , सोमबार दिउँसो सवा २ बजे बर्दिबास नगरपालिका-२ बजारस्थित सिद्धार्थ बैंक समेत भएको घरको तेस्रो तलामा आगलागी भएको थियो।, अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। महमद फारूखको तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ। , आगो अभिषेक झाले सञ्चालन गर्दै आएको घरको तेस्रो तलामा रहेको ३६५ फिटनेश जिममा लागेको हो। , आगो नियन्त्रणमा लिन दुई वटा दमकल प्रयोग भएको थियो। प्रहरी नायब उपरीक्षक रावलका अनुसार आगो जिमको ट्रेडमिलबाट सल्किएको हो। , ‘ट्रेडमिलमा इलेक्ट्रिक सर्ट भएर आगो सल्किएको रहेछ,’ उनले भने।, अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। जिममा भएका सामान जलेर ९० लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक रावलले बताए। , घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए।, बर्दिबासको जिम हलमा ट्रेडमिलबाट सल्किएर लागेको थियो आगो, करिब ९० लाखको क्षति (तस्बिरहरू)
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २६४ जना संक्रमित निको भएका छन्।, एकैदिन थपिए ८९५ कोरोना संक्रमित, एकको मृत्यु
रासस जिल्ला प्रशासन कार्यालय, पर्साले  सेवाग्राहीको सजिलोका लागि  राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम पालिकास्तरबाट भर्न सक्ने गरी  व्यवस्थापन  गरेको छ।, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाइन फारम जिल्लाका चौध वटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। , अब उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम  भरेरमात्र प्रशासन कार्यालय आउनुपर्ने छ।, प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत् सार्वजनिक गरिएको  छ।  , जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो।, पर्सामा राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम पालिकाबाटै
सेतोपाटी संवाददाता आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।, चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ। खीर उच्च क्यालोरी भएको खाना हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ। चामलमा कार्बोहाइड्रेट पाइन्छ। खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ। त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो। व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ। साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ। खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ। जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ। यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो।, ‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ। यद्यपि खीरमा पाइनेजस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो। तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ। त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्छ, घरमै यसरी पकाउनु सकिन्छ खीरः, खीर पकाउन आवश्यक साम्रागीका रूपमा आवश्यक समाग्रीहरू-, भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दुध, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस, काजु प्रयोग गर्न सकिन्छ।, चामल भने बासमती, मोट्टो आफूसँग जुन छ त्यसैलाई प्रयोग गर्न सकिन्छ तर दुई घण्टासम्म चिसो वा मनतातो पानीमा भिजाइएको भने हुनुपर्छ।, चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ।, खीरलाई कराई वा प्यानमा पकाउन सकिन्छ। यसका लागि आगोमा भाँडो बसाई सकेपछि केहीबेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्ने गर्नुपर्छ। याद राख्नुहोस आगो (हिट) मध्यम हुनुपर्छ।, घ्यू पग्लिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ। चामल केहि बेर भुटिसकेपछि भने त्यसमा मनतातो दुध हाल्नुपर्छ।, उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दुध आवश्यक पर्छ। आफूलाई कति खीर पकाउन खोजिएको हो त्यसै अनुरुप चामल र दुधको मात्रा बढाउन सकिन्छ।, केहि बेर भुटेको चामलमा दुध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ। यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ।, जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दुध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ। ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर समेत हाल्न सकिन्छ।, यति गरी सकेपछि खीर खान योग्य बन्छ।, आज साउन १५, खीर खाने विचारमा हुनुहुन्छ? यसरी पकाउनुहोस्
सेतोपाटी संवाददाता खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा *६ म्याग्निच्युडको भूकम्प गएको हो।, भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो।, खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताए।, भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन।, *, यसअघि अन्यथा भएकोले सच्याइएको छ।, An Earthquake of ml 6.0 occurred around martim birta of Khotang District at 08:13 NEMRC/DMG.,@NDRRMA_Nepal, ,@NEOCOfficial, — NEMRC, Nepal (@NepalNsc) ,July 31, 2022,  , खोटाङ केन्द्र भएर ६ म्याग्निच्युडको भूकम्प
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो।, गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्।, भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने हुन्छ।, ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्।, दुई विषयसम्म अनुपस्थित रहेक विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्।, परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ। भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ।, एसईईमा दुई विषयको परीक्षा छुट्ने र 'सी' ग्रेडभन्दा कम ल्याउनेले पुरक परीक्षा दिन पाउने
रासस आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्।, रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्।, ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ।, उनी अहिले प्रहरी हिरासतमा छन्।, गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए।, सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो।, ‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ’, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ।’, अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेका प्रहरी अनुसन्धानबाट खुलेको हो।, चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए। चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन्।, अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ।, प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैँले कोतरेर घाउ बनाएको वयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए। चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन्।, यसअघि शनिबार चौधरी लुटिएका समाचार सञ्चारमाध्यममा प्रसारित/प्रकाशित भएका थिए। प्रहरीले शनिबार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो।, भाइको रकम लुटेको नाटक रच्ने दाजु पक्राउ
सेतोपाटी संवाददाता आज बिहान खोटाङ केन्द्र रहेर गएको भूकम्पले छिमेकी जिल्ला भोजपुरको एक घर भत्काएको छ।, बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो।, भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको बताए।, ‘टक्सारका घरमा क्षति पुर्‍याएको छ। प्रहरीहरू पठाएको छु,’ उनले सेतोपाटीसँग भने, ‘२०७२ कै भूकम्पबाट चर्केको एउटा घरको केही भाग भत्केको जानकारी छ।’, भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।, खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको जानकारी दिए।, ‘केही घर चर्केका छन्। मानविय क्षति भएको छैन,’ उनले भने। साकेला गाउँपालिका वडा नम्बर ५ बृष्टिका विकास कटुवालको घरमा भूकम्पले क्षति पुर्‍याएको छ।, यस्तै डाँडाँगाउँ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको छ। , हलेसीतुवाचुङ नगरपालिका वडा नम्बर ९ सल्ले का ध्रुव पौडेलको घर पनि सामान्य चर्केको छ। , सोही नगरपालिका वडा नम्बर ७ सयङ्खुका गंगा राईको घर पनि चर्केको छ। घर चर्केपछि उनी भाइको घरमा बसेका छन्।, अहिलेसम्म भूकम्पको क्षतिको पूर्ण विवरण आइसकेको छैन।, यसैबीच गृहमन्त्री बालकृष्ण खाणले खोटाङ, भोजपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन्। भूकम्पबाट भएका क्षतिबारे उनले जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।, घर भत्केका तथा क्षति पुगेकाहरूलाई बासस्थानको व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका छन्।,  , आज बिहानको भूकम्पले भत्कायो भोजपुरमा घर
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्। , आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थ सेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चालन गरेको थियो। , त्यसअनुसार आइतबार बिहान चेकजाँच गर्दा १६ बस चालकले विभिन्न ट्राफिक नियम उल्लंघन गरेको हुँदा कारबाही गरेको भट्टले बताए। , ती मध्ये पाँच स्कुलका बस चालकले भने मापसे गरेको पाएको हो। , एसएसपी भट्टले यस अभियानलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिए। ,  , मापसे गरी काठमाडौंमा स्कुल बस चलाउने पाँच चालकलाई कारबाही
नारायण खड्का दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजर (जहाजमा इन्धन भर्ने) फिर्ता लैजाने तयारी गरेपछि त्यसको विरोध सुरू भएको छ।, हवाई इन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठका अनुसार आइतबार नै बाउजर केन्द्रमा पठाउने तयारी भइरहेको छ।, ‘मलाई केन्द्रको आदेश छ र मैले आज नै बाउजर केन्द्रका लागि पठाउनुपर्ने हुन्छ,’ प्रमुख श्रेष्ठले सेतोपाटीसँग भने, ‘लिखित त छैन, बाउजर फिर्ता पठाउनू भनेर मौखिक आदेश आएको छ।’, ११ हजार किलो लिटर क्षमताको बाउजर जेठ दोस्रो साता टरिगाउँ एयरपोर्ट ल्याइएको थियो। रामेछापको मन्थली विमानस्थलमा पठाउने भनेर दाङ एयरपोर्टको बाउजर मगाएकाले सोही अनुसार आफूले काम गर्नुपर्ने उनले जानकारी दिए।, दाङ एयरपोर्टको बाउजर पठाएरपछि काठमाडौंको १६ हजार किलो लिटर क्षमताको बाउजर मर्मत गरेर दाङ पठाउने आश्वासन पाएको प्रमुख श्रेष्ठले बताए।, मर्मत गर्नुपर्ने भनिएको उक्त बाउजर मर्मत कहिले हुने र कहिले दाङ पठाउने भन्ने कुरा एकिन साथ भन्न नमिल्ने उनले बताए।, दाङ तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँ एयरपोर्टमा यतिखेर इन्धन ट्याङ्क पनि तयारी अवस्थामा छ। जहाजका लागि आवश्यक पर्ने इन्धन भण्डारण गर्ने  ट्याङ्की तयारी अवस्थामा भएपछि इन्धन रिफिलिङ गर्ने बाउजर (ट्याङकर) पनि पहिलो पटक दाङ ल्याइएको थियो।, हवाई इन्धन डिपो कार्यालय प्रमुख श्रेष्ठका अनुसार केन्द्रले चाहे सबै तयारी पुरा भइसकेकाले तत्कालै इन्धन भण्डारण भइ बाउजरबाट जहाजमा रिफिल गर्न सकिने बताए।, ‘यो त केन्द्रको नीतिमा भरपर्ने कुरा हो,’ श्रेष्ठले भने, ‘हामीले भनेर मात्रै हुँदैन, केन्द्रले जे चाहन्छ त्यहीँ हुने हो।’, दाङ एयरपोर्टको लागि भनेर पहिलो पटक ल्याइएको बाउजर फिर्ता लैजान लागेपछि स्थानीयले बिरोध जनाएका छन्।, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले बाउजर फिर्ता लैजान नपाइने बताएका छन्।, नेकपा एमालेका नेतासमेत रहेका खड्काले निर्वाचनको मुखमा आएर ज्यादती नगर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन्। खड्काले अन्यथा दंगाली जनता सडकमा आउन बाध्य हुने चेतावनी दिएका छन्।, पूर्व मेयर घनश्याम पाण्डेले आफू मेयर हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनी पहिलो मुख्यमन्त्री शंकर पोखरेललगायतलाई गुहारेर आफूले बाउजर र इन्धन डिपो स्थापना गरेको भन्दै फिर्ता लैजान नपाउने बताएका छन्।, यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले पनि बाउजर फिर्ता लैजान नहुने बताए। उनले आफूले भनेर हुने ठाउँमा फोन गरेर बाउजर फिर्ता नलैजान आग्रह गरेको जानकारी दिए ।, वि.सं २०११ देखि सञ्चालनमा आएको बिमानस्थलमा दशकौं पछि आएको बाउजर पनि फिर्ता हुने हो भने एयरपोर्टको भविश्य थप अन्यौंल हुने तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं ब्यवसायी बिमल रिजालले चिन्ता व्यक्त गरे।, ‘हाम्रा नेताको असली हैसियत अब थाहा हुनेछ,’ उनले भने, ‘नेताहरू कति इमान्दारी साथ एयरपोर्टको पक्षमा उभिन्छन् भन्ने अहम् कुरा हो।’, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बाउजर फिर्ता लैजाने कुराको नागरिकस्तरबाटै विरोध भइरहेकाले राज्य सञ्चालकले बुझ्न जरूरी रहेको बताए।, ‘आएको बाउजर फेरि फिर्ता लैजाने कुराले सबै जिल्लावासी निरास छन्,’ उनले भने,‘हैन भने यहाँ नागरिक आन्दोलन सुरू हुनसक्छ।’ , टोलीले हवाई इन्धन डिपो कार्यालय दाङमा गएर बाउजार फिर्ता नलैजान आग्रह गर्दै ज्ञापन पत्र बुझाउने तयारी भइरहेको महासचिव केसीले सेतोपाटीलाई जानकारी दिए।, २०११ सालदेखि दशकौंसम्म नियमित विमान उडान भएको टरिगाउँ एयरपोर्ट २०४६ सालमा प्रजातन्त्र स्थापना पछि केही समय र नेकपा माओबादीको द्वन्द्व चरम उत्कर्षमा पुगेपछि केही वर्ष विमान सेवा बन्द भएको थियो।, लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएको बेला टरिगाउँ विमानस्थलको धावन मार्ग कालोपत्रे भएको थियो। ७५० मिटर लम्बाई र ३० मिटर चौडाइको धावन मार्ग भएकाले यहाँ साना (ट्विनटर) विमान मात्रै अवतरण हुन सक्छन्। विगत केही वर्ष यता यहाँ नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ।, पछिल्लो तीन साता यो विमानस्थलमा हप्ताको तीन दिन बुधबार, बिहीबार र शुक्रबार मात्रै दैनिक उडान हुँदै आएको छ। कोरोना महामारीको समय भन्दा पहिले यहाँ दैनिक दुई उडान हुँदै आएको थियो। त्यसपछि दैनिक र पछिल्लो समय शनिबारबाहेक दैनिक उडान हुँदै आएको थियो। बिमान स्थलका प्रमुख गणेश अर्यालले एउटा बिमान बिग्रिएर ग्राउन्डेट भएपछि विमान अभावमा उडान संख्या घटाउनुपरेको जानकारी दिए।, सञ्चालनमै नआई दाङ एयरपोर्टको बाउजर फिर्ता हुँदै, स्थानीयको विरोध
सेतोपाटी संवाददाता असंलग्न आन्दोलनमा आवद्ध राष्ट्रका युवाहरूको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिएर नेपाली प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किएको छ।, अजरबैजानको राजधानी बाकुमा आयोजित युवाहरूको शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत  गएका थिए। प्रतिनिधि मण्डलमा बस्नेतसहित युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णवहादुर घिमिरेसमेत रहेका थिए।, जुलाई २५ देखि २९ सम्म बाकुमा सञ्चालित  सम्मेलनले ' नन् एलाइन्ड मुभमेन्ट युथ अर्गनाइजेसन ' नामक अन्तर्राष्ट्रिय संस्था समेत स्थापना गरेको छ। आगामी तीन वर्षका लागि अजरबैजानले उक्त संगठनको अध्यक्षता गर्ने मौका पाएको छ। सो सम्मेलनमा असंलग्न आन्दोलनको सदस्य  रहेका ६१ देशका  प्रतिनिधिले भाग लिएको बस्नेतले बताएका छन्।, पाँच दिनसम्म चलेको उक्त सम्मेलनमा असंलग्न देशका युवाले भोगेका समस्या, दीगो विकास लक्ष्य , नीति निर्माण र कार्यान्वयन प्रक्रियामा युवा सहभागिता र युवा सशक्तीकरणका लगायतका  विषयमा महत्त्वपूर्ण छलफल भएको बस्नेतले वताए।, असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनमा भाग लिएर नेपाली टोली स्वदेश फिर्ता
नारायण खड्का दाङको टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयले विमानस्थलमा तालाबन्दी गरेका छन्।, उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन्।, आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली एयरपोर्टमा पुगेको थियो।, विसं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो। त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यावसायी सबै विरोधमा उत्रिएका हुन्।, त्यसक्रममा उपमेयर चौधरीले कुनै पनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भए सर्वसाधारण नागरिकलाई साथमै लिएर सडकमै सुत्ने बताइन्।, वडाध्यक्ष खुसीराम चौधरीले पनि दाङको एक मात्र टरिगाउँ एयरपोर्टको विकासले विस्तारै गति लिइरहेको समयमा इन्धन भर्नका लागि आएको उपकरण फिर्ता लैजानु विकासमा भाँजो हाल्ने षडयन्त्र भएको बताए।, ‘हामी यो उपकरण कुनै पनि हालतमा फिर्ता लैजान दिनेछैनौं,’ उनले भने, ‘बरू जस्तोसुकै संघर्ष गर्नुपरे पनि हामी तयार हुने छौं।’, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जनताको चाहना र भावना विपरितका कार्य भए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनुपर्ने बताए।, संघका महासचिव विनिल केसीले एयरपोर्ट सुरू भएको दशकौं पछाडि बल्ल तल्ल आएको इन्धन भर्ने बाउजर फेरि फिर्ता लैजाने कुराले जिल्लावासी निरास भएको बताए।, २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर ल्याइएको थियो।, त्यही बाउजर पनि फिर्ता लैजाने भनेपछि स्थानीय आक्रोशित भएका हुन्।, यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञान पत्र बुझाएको छ।, बाउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्।, अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसी लगाएतले टरिगाउँ एयरपोर्ट परिसरमै प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्।, उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको टोलीद्वारा टरिगाउँ एयरपोर्टमा तालाबन्दी
रासस सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ।, सिन्धुली घर भई बर्दिबास-४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राती सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन्।, श्रेष्ठ बर्दिबास-४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक थिए। मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए। गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पुर्‍याइएको थियो।, झुल नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो। गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्‍याइए पनि उपचार हुन भ्याएन। प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन्।, ‘सर्पदंशको घटनालगत्तै बर्दिबासमै भेन्टिलेटरको सघन उपचार पाएको भए ज्यानको आशा रहने थियो,’ सर्पदंश उपचार केन्द्र बर्दिबास-३ गौरीडाँडा सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटा भने, ‘दुःखका साथ भन्नुपर्छ, हामीले भेन्टिलेटरको प्रबन्ध गर्न सकेनौं।’, विगतदेखि बर्दिबास नगरपालिका नेतृत्व र मन्त्रालयसम्म यो सुविधाको माग कैयौं पटक गरिए पनि कसैले चासो नदिएका अध्यक्ष देवकोटाको गुनासो छ। सर्पदंशका बाक्लै घटना हुने बर्दिबास क्षेत्रमा पछिल्लो घटनासहित एक महिनाभित्रै तीन जनाको मृत्यु सघन उपचार नपाएरै भइसकेको छ।, तीन दिन पहिले एक जना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भ्यान्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो। यसैबीच बर्दिबासमा नागरिक समाजका प्रतिनिधिले भ्यान्टिलेटर व्यवस्थापनका लागि नगर नेतृत्व र आफ्ना क्षेत्रका सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन्।, महोत्तरीमा सर्पले टोकेपछि उपचार नपाएर बिते ३२ वर्षीय युवा
लक्ष्मीप्रसाद सापकोटा/रासस नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन्। जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन्। झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ। , पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ। , पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक  र पैँयू गाउँपालिकामा ६ वटा पुल निर्माण भएका हुन्। गत आर्थिक वर्षमा कुश्मामा निर्माण भएका पुलमध्ये  वडानं–२ को  खुर्कोटस्थित खहरे खोला झोलुंगे पुल, वडा नं ९ को  कटुवाचौपारीमा चिन्नेखोला झोलुङगे पुल र वडा नं ३को दुर्लुङमा बडहरेघाट झोलुङ्गे पुल रहेका छन् ।,  त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेमा भुरुङदीखोला लाङ्घाली झोलुङ्गे पुल र वडा नं ७ मा जहरेखोला झोलुङ्गे पुल निर्माण भएका छन् । यसैगरी महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा थापाथर झोलुङ्गे पुल निर्माण भएको छ भने वडा नं ३ बालाकोटमा गङ्गाधर गुफा झोलुङ्गे पुल निर्माण भएको पुल निर्माणकर्ता खुर्कोट युवा क्लबले जनाएको छ।, यसैगरी विहादी गाउँपालिका–६ शालिग्राममा सेतीवेनी स्टिल ट्रस निर्माण गरिएको छ। यता पैन्यू गाउँपालिका–५ मा डुडेघाट झोलङ्गे पुल, वडा नं ५ मै काभ्रा भञ्ज्याङ स्टिल ट्रस, पैँयू वडा नं ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं ७ मा अर्थुन–बेउलीवास झोलुङ्गे पुल, वडा नं ६ मा कटुवाघाट झोलुङ्गे पुल निर्माण भएका छन्। , त्यसैगरी घाङ्गरे झोलङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको क्लबले जनाएको छ । निर्माण भएका झोलुङ्गे पुलमध्ये आठ वटा इन्प्रेड नेपालको सहजीकरण र बाँकी खुर्कोट युवा क्लबको सहजीकरणमा निर्माण भएका हुन्। निर्माण भएका १४ वटा झोलुङ्गे पुल श्रमदानसहित ४ करोड ८१ लाख ८ हजार ३५५को लागनीमा सम्पन्न भएको उक्त क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए।, उनका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको अधिकृत शर्माले बताए।, अनुदानका लागि सुरु गरिएका फार्म अलपत्र , पर्वतमा सरकारी अनुदान लिनका लागि खोलिएका कृषि तथा पशु फार्म धमाधन बन्द हुन थालेका छन्। केही वर्ष अघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट एक करोड पचास लाख अनुदान पाएको महाशिला गाउँपालिकाको नमूना बाख्रा फार्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो।, महाशिला–१ होस्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको उक्त फार्म एक वर्षपछि अलपत्र परेको हो। विसं २०७४ मा आयोजनाबाट अनुदान उपलब्ध गराइएको फार्ममा अहिले झार र सिस्नोले भरिएको  र भवन पनि खण्डहर बनेको छ। स्थानीयवासीका अनुसार फार्मका भवन बाहेक केही छैन। , दुई सय रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि बनेका ६ वटा खोरमा अहिले बाख्रा छैनन्। पहुँचको भरमा ल्याइएको अनुदान दुरूपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताए। दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौँ रुपियाँका फार्म अलपत्र पारिएको उनको गुनासो थिए। स्थानीयवासी काफ्लेका अनुसार बाख्रापालनका लागि भनेर संरचना बनाइए पनि बाख्रा देख्न पाइएन। अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासी बताउँछन् । केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको अर्का स्थानीयवासी कला भट्टराईले बताए।, स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदामा सुरु गरिएको सो परियोजना अलपत्र परे पनि कुनै निकायले अनुगमन नगरेको स्थानीयवासीको भनाइ थियो । होस्राङ्दी, उराम, भोक्सिङका किसानले साझेदारीमा सञ्चालन गरेको उक्त फार्म आर्थिक सङ्कटका कारण बन्द भएको महाशिला गाउँपालिकाका अध्यक्ष तथा फार्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिए।, अनुदानसहित तीन करोडको लागत अनुमान गरिएकामा परियोजनाबाट प्राप्त अनुदानबाहेक सम्बद्ध व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदान सदुपयोग नभएको उनले बताए। अध्यक्ष भुसालले भने, ‘एक करोड रूपियाँ पाउनुपर्नेमा ७० लाखले मात्रै काम गरियो, त्यसैले समस्या भयो।’, फर्ममा ५०० माउ बाख्रा पाल्नेगरी बनाइएको र घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउनेसम्मका संरचना बनिसकेका थिए। अनुदान उपलब्ध गराउने समयमा भने फार्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवं पशु विज्ञ केन्द्रले जनाएको छ।, केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्वीकारे।   ‘अनुदान दिने बेला अनुगमन हुन्छ’ उनले भने, ‘पछि अनुगमनको कुनै कार्यक्रम नभएकाले गएका थिएनौ।’ , यस्तै जिल्लाको कुश्मा नगरपालिका– २ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले बिक्री भइसकेको छ । किसान लालबहादुर हरिजनले सञ्चालन गरेको नमूना व्यावसायिक कृषि फार्म अम्बोटमासमेत अनुदान आएपछि बिक्री गर्नुभएको बताइएको छ।, योसँगै ठूला अनुदान पाएका जिल्लाका अन्य ठाउँका फार्म पनि बन्द भएका छन् भने केही अनुदान पाएपछि बिक्री भएका छन् । उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमले जिल्लाको बेरोजगारी कम गराउनाको सट्टा राज्यले करोडौँ लगानी गरेका फार्म अहिले खण्डहरमा परिणत हुँदैआएको किसानको गुनासो छ।, पर्वतमा एकै वर्ष बने १४ झोलुंगे पुल
सेतोपाटी संवाददाता शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।, घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप फर्कने क्रममा सनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।, घाइते भएका रूपन्देही सिद्धार्थनगर नगरपालिका ४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी-३ का ७० वर्षीय पटवारी कुहारको पनि उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा परि १५ जना घाईते छन्। घाइतेमध्ये मायादेवीका ९ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ६ जना छन्।, उनीहरूको रूपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।, प्यूठानमा भएको जीप दुर्घटनामा घाइते थप दुईको मृत्यु
रासस तनहुँको शुक्लागण्डकी नगरपालिकामा खेर गएको प्लाष्टिक उपयोग गरी सडक निर्माण गरिएको छ।, शुक्लागण्डकी नगरपालिका-७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए।, नगरपालिका-७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहोर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको थियो। , उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाइ साढे तीन मिटर छ। सो कार्यका लागि ६०० केजी प्लास्टिक प्रयोग भएको बाँस्तोलाले जानकारी दिए।, उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट संकलन गरी ल्याइएको हझ, सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले १० प्रतिशत अलकत्राको प्रयोग घटाउने बाँस्तोलाले बताए।, पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो। केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो। , सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रिने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए। सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले ४९ लाख रूपैयाँ र नगरपालिकाको तीन लाख रुपैयाँ लगानी गरेको बताइएको छ। , तनहुँमा बन्यो प्लाष्टिकबाट सडक
युनिक श्रेष्ठ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत साउन ८ गतेदेखि एउटा अभियान सञ्चालन गर्‍यो। , उपत्यकामा चल्ने सवारीसाधनहरूले ट्राफिक नियमको पालना गरेका छन्/छैनन् भन्ने जाँच गर्न अभियान सञ्चालन गरेको हो।, स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउन अभियान चलाइएको थियो। , यस अभियानलाई निरन्तरता दिन आइतबार बिहान पनि ट्राफिक चेक पोष्टहरू ठाउँ-ठाउँमा राखियो। , धेरैजसो ट्राफिक पोष्टहरू काठमाडौं केन्द्रीत नै थिए। ट्राफिक प्रहरीहरू बिहान ५ बजेदेखि ८ बजेसम्म नियमित दिनहरूमा जस्तै चेकिङमा बसेका थिए। , बिहानीपख गुड्ने मोटरसाइकल, यात्रुवाहक बस, ट्रक, लगायत विभिन्न सवारीसाधनमाथि चेकिङ गरियो। कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही पनि गर्‍यो। , यसपालि स्कुल तथा कलेजका बसमाथि विशेष चेकिङ गरिएको थियो। चेकिङमा परेका १६ वटा स्कुल/कलेजका बस चालकले नियम उल्लंघन गरेको पाइयो। , अधिकांश ब्लु बुक नबोकेको, बढी विद्यार्थी बोकेको लगायत शीर्षकका मुद्दा थिए। उनीहरूलाई नियमअनुसार नै कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, तीमध्ये पाँच वटा भने गम्भीर प्रकृतिका थिए। ती पाँच वटा विद्यालयका गाडीका चालकले मादक पदार्थ सेवन गरेको देखियो। , पढ्ने विद्यार्थी बोक्ने गाडीका चालकले यसरी मापसे गर्नु गम्भीर लापरबाही हो। मापसे गरी चालकले आफ्नो मात्रै नभई विद्यार्थीहरू समेतको ज्यान जोखिममा राखेका हुन्।, मापसे गर्नेहरू चार वटा कलेजका विद्यार्थी बोक्ने बसका चालकहरू हुन् भने एउटा स्कुलका बसका चालक हुन्। , कमलादीस्थित युनिग्लोब कलेजको बा २ ख ५२० नम्बरका चालक हरिकृष्ण बस्नेत,  जोरपाटीस्थित त्रियुग पब्लिक स्कुलको बा १ ज ६५४७ नम्बरका चालक सन्तोष गुरूङ, बानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेजको बा १ क ९०३१ नम्बरका चालक दिलबहादुर शाह, सिनामंगलस्थित ब्रिज वाटर कलेज प्रदेश ३ ०१०-२२- च ७५८१ नम्बरका चालक रामकुमार तिमिल्सिना र कोटेश्वरस्थित कस्मिट इन्टरनेशनल कलेजको बा २१ च ४६८ नम्बरका चालक चक्रबहादुर राना कारबाहीमा परेका हुन्। , उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न ठाउँमा चेक गरेको थियो। ट्राफिक प्रहरीले कारबाहीस्वरूप उनीहरूको लाइसेन्स नियन्त्रणमा लिएको छ। , यस्तै एक हजार रुपैयाँ जरिवाना र एक घन्टाको सचेतना कक्षा लिएपछि भने उनीहरूले लाइसेन्स फिर्ता पाउने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए। , स्कुल बसका चालकहरूले पनि ट्राफिक नियमको उल्लंघन गर्दै आएको भन्दै कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले केही समयअघि प्याब्सन, एनप्याब्सनका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेकी थिइन्। , त्यतिबेला ट्राफिक नियममा विद्यालयका सवारीसाधनहरूमाथि पनि कडाइ गर्ने जानकारी गराइसकेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बताए। यसरी सम्बन्धित संघसंस्थासँग ट्राफिक नियमबारे छलफल गर्दासमेत कलेज तथा स्कुल बसका चालकहरूले गम्भीर लापरबाही गरेका हुन्।, ‘हामीले गत हप्तादेखि विद्यालय तथा कलेजका बसहरूमाथि केन्द्रीत भएर बिहानीको समयमा चेकिङ थालेका हौं। सबै कुरा चेकिङ गर्छौं। क्षमताभन्दा बढी राखेको, सवारीसाधनको अवस्था ठीक भए/नभएको, नियमहरू उल्लंघन र मापसे चेकिङ गर्न थालेका हौं,’ उनले भने, ‘यसअघि हामीले संघसंस्थासँग यी विषय र अन्य विषयमा केन्द्रीत भएर छलफल पनि गरेका थियौं।’ , ट्राफिक प्रहरीले समान्य नियमअनुसार मात्रै कारबाही गर्न सक्ने र त्यसबाहेक कलेजले नै गर्ने उनले बताए। , ‘हामीले मापसेसँग सम्बन्धित जे कानुन छ त्यसअनुसार नै कारबाही गर्ने हो। जरिवाना र सचेतनाको कक्षा लिने हो। अब अरू आन्तरिक रूपमा स्कुल-कलेजहरूले नि गर्लान्!,’ उनले भने, ‘यसबारेमा हामी सम्बन्धित स्कुल/कलेजहरूलाई पनि जानकारी गराउँछौं।’, यसरी लापरबाही गरेको बाहिर आएपछि कलेज प्रशासनले के-कस्तो कारबाही गर्‍यो त भनेर हामीले तीन वटा कलेज प्रशासनसँग सोध्यौं। चालकहरूले यो गम्भीर विषयमा प्रशासनलाई जानकारी नै नगराएको पायौं। , युनिग्लोब कलेजका कार्यकारी निर्देशक मनसुन केसीसँग सोध्दा सुरूमा यस विषयमा अनभिज्ञता  प्रकट गरे। उनले कलेजको यातायात इन्चार्जसँग सोधेर जानकारी गराउने बताए। , पछि उनले आफ्नो कलेजका चालक हरि बस्नेतले मापसे गरी गाडी चलाएको पाएको जानकारी दिए। , ‘यसबारेमा जानकारी आएको थिएन। मैले सोध्दा हिजो खाएको तर आज चेकिङ गर्दा तुरून्तै अर्को चालकलाई पठाइएको रहेछ,’ उनले भने,‘उहाँलाई हामी विभागीय कारबाही गर्छौं। निकाल्न पर्ने स्थिति आउँछ भने हामी मिटिङ बसेर निर्णय लिन्छौं।’, यस्तै बानेश्वरको हिमालयन ह्वाइट हाउस कलेजका बस चालक दिलबहादुर शाह पनि कारबाही परेको कलेज प्रशासनलाई जानकारी नै रहेनछ। कलेज प्रशासन प्रमुख सीता क्षेत्रीसँग सोध्दा चालक शाहले कलेजको बस चलाउँदा नभई बाहिरकै सवारीसाधन चलाउँदा कारबाहीमा परेको जानकारी दिइन्।  उनलाई मापसेमा कारबाही गरिएको छ भनेर जानकारी गराएपछि भने उनले सोधिखोजी गरेकी थिइन्। , ‘उहाँलाई समातेको हो रहेछ। हिजो बेलुकी खाएको थिएँ, आज देखायो भन्नुभयो। कलेजलाई किन जानकारी नगराएको भनेर पनि सोधेँ। इन्चार्जले पनि खाएको २४ घन्टासम्म देखाउँछ भनेको हुँदा जानकारी नगराएको भन्नुभयो,’ उनले भनिन्, ‘तर पनि १० दिनको लागि कारबाही स्वरूप चालकलाई कलेज नआउनु भनेकी छु। बाँकी निर्णय मैलेभन्दा पनि बोर्ड अफ डाइरेक्टरले लिनुहुन्छ।’, सिनामंगलस्थित ब्रिजवाटर कलेजका प्रशासन प्रमुख बिक्रम शर्मासँग पनि सोध्यौं।  उनले पनि आफ्नो बस चालक ब्लुबुकको कारबाहीमा परेको बताए। , ‘मापसेमा होइन। कागजपत्र नभएकोमा हो,’ उनले भने, ‘अरू कलेजको मापसेमा परेको होला। हाम्रो होइन।’, ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले भने ब्रिजवाटर पनि मापसेको कारबाहीमा परेको दाबी गरे। , अघिल्लो हप्ता पनि ट्राफिक प्रहरीले पाँच वटा स्कुल-कलेजका चालकहरूलाई मापसेमा कारबाही गरेको थियो। चालकहरूले अघिल्लो रात नै खाएको भनेर पनि पञ्छिन खोजेको देखिन्छ। तर शरीरमा रक्सीको मात्रा भएमा जति समय भए पनि ब्रेथलाइजरले देखाउने भट्टले बताए। , ‘शरीरमा रक्सीको मात्रा भयो भने ब्रेथलाइजरले देखाउने हो। यति समयअघि खाँदा नदेखाउने भन्ने हुन्न,’ उनले भने।, यसरी नै विभिन्न समयमा ‘सप्राइज चेकिङ’लाई निरन्तरता दिने उनले बताए।, विद्यार्थी बोक्ने बसका चालक बिहान-बिहानै मापसेमा
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६२० जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ८४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ६५१ जनाको पिसिआर र तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर चार ५६७ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ।, २९७ जना संक्रमित निको भएका छन्।, एकैदिन थपिए ६२० कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ। , आइतबार प्रहरी प्रधान कार्यालयले १३ जना एसपीको सरूवा गरेको हो। यस्तै चार जिल्लाका प्रमुख पनि फेरिएका छन्। , जिल्ला प्रहरी कार्यालय उदयपुरमा नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर, धनुषामा रहेका ज्ञानेन्द्रप्रसाद फुयालको सरूवा गरेको छ।, नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा वीरगन्ज, पर्साका प्रभुप्रसाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरूवा गरेको छ। , काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा रहेका दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय इलाममा पठाएको छ। , लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा रहेका रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरूवा गरेको छ। , १३ एसपीको काज सरूवा, चार जिल्लामा फेरिए प्रमुख (सूचीसहित)
एजेन्सी भारतकी ७२ वर्षीया साबित्री जिन्दाल एशियाकै सबैभन्दा धनी महिला बनेकी छन्।, हरियाणाकी पूर्व मन्त्री र ओम प्रकाश (ओपी) जिन्डाल ग्रुपकी मानार्थ अध्यक्षसमेत रहेकी सावित्री एशियाकै सबैभन्दा धनी महिला बनेकी हुन्। उनले चीनकी अर्बपति याङ हुइयानलाई पछि पार्दै यसपालि पहिलो स्थान लिएकी हुन्।, ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार उनीसँग ११ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ।, उनका नौ जना छोराछोरीहरू छन्। स्वर्गीय श्रीमान ओमप्रकाशले नयाँ दिल्लीमा स्थापना गरेको जिन्दाल ग्रुप उनले सञ्चालन गर्दै आएकी छन्। , उनको कम्पनीले खानी उत्खनन, ऊर्जा उत्पादन, औद्योगिक ग्यास उत्पादन र बन्दरगाह सञ्चालन गर्दै आएको छ।, साबित्री भारतको धनी व्यक्तिहरूको सूचीमा भने १० औं नम्बरमा छिन्।, जिन्दाल असमको तिन्सुकियामा जन्मिएकी हुन्। सन् १९७० मा उनले ओमप्रकाशसँग विवाह गरेकी थिइन्। जसले सन् १९५२ मै जिन्दाल ग्रुप स्थापना गरेका थिए।, ओमप्रकाशको मृत्यु भएपछि साबित्री यो ग्रुपकी अध्यक्ष बनिन्। सन् २००५ मा हेलिकप्टर दुर्घटनामा परेर ओमप्रकाशको मृत्यु भएको थियो। , साबित्री जिन्दाल भारतीय राष्ट्रिय कंग्रेस पार्टीकी सदस्य पनि छिन्। उनी हरियाणा सरकारको मन्त्री र विधानसभा सदस्य समेत भइसकेकी छन्। , ७२ वर्षीया साबित्री एशियाकै सबैभन्दा धनी महिला
सेतोपाटी संवाददाता राजनीतिक नियुक्ति बन्द गर्न माग गर्दै चिकित्सक र विद्यार्थीले लामो आन्दोलन चलाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सूर्य संग्रौलालाई नियुक्त  भएका छन।, उनी कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाका पति हुन्।, त्रिुभवन विश्वविद्यालयको प्राध्यापकबाट अवकाश भएका संग्रौला पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नियन्त्रकसमेत थिए। संग्रौलालाई प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा स्वास्थ्यमन्त्री भवानी खापुङले नियुक्त गरेका हुन्।, यसअघिका रजिष्ट्रार मोहनचन्द्र रेग्मीले विवादमा परेर राजीनामा दिएपछि पद खाली थियो। रेग्मीलाई उपकुलपति ज्ञानेन्द्र गिरीको सिफारिशमा तत्कालीन मन्त्री भानुभक्त ढकालले नियुक्त गरेका थिए।, यसैगरी अस्पताल निर्देशक पदमा डा. जगतप्रसाद नियुक्त भएका छन्। डा. गौरीशंकर साहको पदावधि सकिएपछि जगतप्रसाद नियुक्त भएका हुन्।, बिपीको रजिष्ट्रारमा संग्रौला नियुक्त
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन्।, खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्दै उनले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथमा धार्मिक पर्यटक बढ्ने बताए। पशुपति क्षेत्रमा स्वच्छ पानी बग्न थालेपछि धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास थियो। , 'पशुपति क्षेत्रको बागमतीमा स्वच्छ पानी बगाउन एक करोड ६० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रले केही सहयोग गरेको थियो। अब नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर पानी प्रशोधन भएपछि यस क्षेत्रको बागमतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ,' उनले भने।, गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा पनि केन्द्र निर्माणमा तीव्रता दिन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिए।, खानेपानीमन्त्री उमाकान्त चौधरीले बागमती र यसका सहायक नदी स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरू भएको बताए।, सरकारको १५औं योजनाअनुसार प्रशोधनसहितको पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको उनले जानकारी गराए।, 'हालसम्म सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित छ। पानी प्रशोधनलाई पनि प्राथमिकताका साथ एकीकृत रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो। ढल तथा फोहोर पानी व्यवस्थापन गर्ने काम विभिन्न निकायबाट भइरहेकामा यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन,' उनले भने।, अपेक्षित लक्ष्य हासिल गर्न ढल तथा फोहोर पानी व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामको मापदण्ड तथा नीतिमा एकरूपता कायम गर्दै ठूला आयोजनाको हकमा एउटै छाताअन्तर्गत कार्यान्वयन गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। यो केन्द्रबाट ९९५ हेक्टरका करिब तीन लाख नागरिक लाभान्वित हुनेछन्।, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नयाँ सहरमा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि योजना बनाइने प्रतिबद्धता जनाए। यसतर्फ आयोगले ध्यान केन्द्रित गरेको जानकारी पनि उनले गराए।, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजधानी सहरमा ढलबाट सिधै नदीमा ढल हालिएकाले नदी फोहोर बनेको बताए।, गुह्येश्वरीको प्रशोधन केन्द्र उद्घाटन, बागमतीमा सङ्लो पानी बग्ने प्रधानमन्त्रीको आशा
सेतोपाटी संवाददाता बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट दस लाख पाउन्ड लिएको खुलासा भएको छ।, सन्डे टाइम्सको रिपोर्टअनुसार चार्ल्सले लादेनका दुई सौतेनी भाइहरूबाट सन् २०१३ मा यो रकम लिएको सार्वजनिक भएको बिबिसीले लेखेको छ।, यो रकम चार्ल्सको परोपकारी संस्था 'प्रिन्स अफ वेल्स च्यारिटेबल फन्ड' ले लिएको हो। यो कोषको स्थापना सन् १९७९ मा भएको थियो। यसले बेलायतसहित विश्वभरका विभिन्न परियोजनालाई अनुदान दिन्छ। , यो कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको बिबिसीले लेखेको छ। उनीहरू पूर्व अलकायदा नेता ओसामा बिन लादेनका सौतेनी भाइहरू हुन्। आतंकवादी गतिविधिमा संलग्न लादेन सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका थिए।, बिबिसीका अनुसार सल्लाहकारले उक्त अनुदान नलिन आग्रह गरेका थिए। तर संस्थाले आग्रह अस्वीकार गर्दै रकम लिएको थियो।, राजकुमार चार्ल्सको क्लारेन्स हाउस अफिसले पनि अनुदान लिएको पुष्टि गरेको छ। , लादेनको परिवारबाट आएको उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमार चार्ल्सको नभएर संस्थाकै जिम्मेवार अधिकारीहरूले लिएको बताइएको छ।, उक्त संस्थाका तत्कालीन पाँच उच्च अधिकारीको पूर्ण सहमतिमा अनुदान रकम लिइएको भन्दै यसबारे अन्य कुरा भ्रामक भएको कोषका अध्यक्ष इयान चेशायरको भनाइ छ।, त्यस्तै ओसामा बिन लादेन सन् १९९४ मा परिवारबाट अलग भइसकेकाले उनका ती दुई भाइ उनले गरेका क्रियाकलापमा सहभागी छन् भनेर भन्न सक्ने अवस्था नरहेको बिबिसीले लेखेको छ।, ७३ वर्षीय चार्ल्सले यसअघि  कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेको खबर पनि सन्डे टाइम्सले लेखेको थियो।, बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट रकम लिएको खुलासा!
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसवर्ष भारतमा १६ अर्बको बिजुली निर्यात गर्ने बताएका छन्। , आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै घिसिङले यसपालि १६ अर्ब बढीको बिजुली निर्यात गर्ने बताएका हुन्।, यस्तै गत वर्ष भारतलाई ५ अर्बको बिजुली निर्यात गरेको पनि जानकारी दिए। , ‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ,’ उनले भने, ‘प्राधिकरणले केही कमाइरहेका छौं। विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं। यो वर्ष प्राधिकरणले करिब १६ अर्ब भन्दा बढीको विद्युत निर्यात गर्छौं।’ , घिसिङले विद्युत प्राधिकरणले जोखिम लिएको हुँदा २० वर्षपछि भने निजी क्षेत्रलाई दिन नसक्ने बताए। , ‘विद्युतको लागि जुन जोखिम लिएका थियौं,’ उनले भने, ‘अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने कुरा हुँदैन।’, घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको जिकिर गरे।, उद्योगहरूमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन्। उनले प्राधिकरण उद्योगहरूले मागेजति विद्युत दिन तयार रहेको भन्दै प्राधिकरणले अहिले ट्रान्समिसन र सव-स्टेसनमा लगानी बढाएको बताए।, ‘अहिले विद्युत प्राधिकरणले ६५ प्रतिशत सिमेन्ट उद्योगमा लोड दिन सकेको छैन भनिएको छ,’ उनले भने, ‘उहाँहरूले बिक्री भएन भनेर आधा उद्योगहरू नै चल्न सकेका छैन समेत भन्नुभएको छ। सबै उद्योगले विद्युत सय प्रतिशत नै पाएको छ। कहिले काँही ट्रान्सफमर बिग्रिँदा समस्या हुन्छ। त्यसलाई हेरेर त्यसरी प्रचार गर्नु हुँदैन।’, निर्देशक घिसिङले विद्युतीय सवारीको कुरामा सबै विद्युतीय सवारी चलाएपनि ४०० मेगावट खपत हुँदैन भन्ने डाटा गलत भएको दाबी गरे। उनले विद्युत सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ पनि नपर्ने भन्दै अहिले पेट्रोल डिजेलमा २० रुपैयाँ सवारी भाडा रहेको बताए।, ‘विद्युतीय सवारीको कुरामा सबै विद्युतीय सवारी चलाएपनि ४०० मेगावट खपत हुँदैन भन्ने डाटा गलत हो,’ उनले भने, ‘यस्तो गलत डाटा राख्नु भएन। हामी छलफल गरौं। विद्युतीय सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ पनि पर्दैन। अहिले पेट्रोल डिजेलमा २० रुपैयाँ पर्छ। अहिले विद्युतीय सवारी भएकालाई सिधै १९ रुपैयाँ बचाएको छ।’, घिसिङले वातावरणमा प्रभाव पर्ने कार्बन, पेट्रोलियम पदार्थबाट नै उत्सर्जन हुने भएकाले कार्बन कम गर्न पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई प्रतिस्थापन गर्न जरूरी रहेको बताए। ,  , यसपालि भारतमा १६ अर्बको बिजुली बेच्छौं: कुलमान घिसिङ (भिडिओ)
रासस मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन्।, गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आइतबार भेटिएको हो।, अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए।, बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा गएको समूहले उनको खोजी गरेको थियो।, खोज्ने क्रममा आइतबार गुल्मीदरबार गाउँपालिका–२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए।, बेपत्ता पुरुष मृत भेटिए
रासस अवैध रूपमा मूर्तिसहित विभिन्न सामग्री ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले आज वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ।, चाँदीजस्तो देखिने धातुबाट बनेको साना मूर्तिहरू तथा कचौरासहित पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, साहले बोकेको झोलाभित्र एक हजार एक सय छ ग्रामका साना मूर्तिहरू र चार सय मिलीग्रामका कचौरा फेला परेकाले निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।, छिमेकी भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार साहलाई रोकी तलासी लिँदा साहका साथबाट उक्त सामग्री बरामद गरिएको थियो। , मूर्तिसहित १८ वर्षीय युवक पक्राउ
सेतोपाटी संवाददाता साढे दुई वर्षमा सक्नुपर्ने साढे तीन किलोमिटर सडक ६ वर्षसम्म पनि निर्माण सम्पन्न गर्न नसक्नुको मनासिव कारण पेस गर्न भन्दै बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग गरेको छ।, बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विभिन्न मितिमा एउटै ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको तीन वटा ठेक्काको निर्माण कार्य ६ वर्षसम्म पनि पूरा हुन सकेको छैन।, आयोजनाले तीन वटै ठेक्काको सम्झौता किन नतोड्ने? ठेक्का सम्झौता नतोड्नुपर्ने कुनै मनासिव कारण भए सात दिनभित्र स्पष्टीकरण दिन भन्दै शुक्रबार सूचना प्रकाशित गरेको हो।, हाल सबैभन्दा अस्तव्यस्त रहेको र बुटवलवासीलाई नै सास्ती दिएको राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको सडकसँगै भैरहवातर्फ बेलहियादेखि बाइपाससम्म र लखनचोकदेखि अञ्चलपुरसम्मको सडक एउटै निर्माण व्यवसायी सुवित श्रेष्ठका कम्पनी द कञ्चनजंगा–बिरूवा जेभी, बिरूवा कन्स्ट्रक्सन प्रा.लि र बिरूवा–श्रेष्ठ–एपेक्स जेभीसँग आयोजनाले ठेक्का सम्झौता गरेको थियो।, बुटवलतर्फको सडकसँगै सोही कम्पनीकै सञ्चालक सुवित श्रेष्ठकै नाममा रहेको  बिरूवा कन्स्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ।, त्यस्तै, यही सडकको लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक पनि सुमित श्रेष्ठकै बिरूवा श्रेष्ठ एपेक्स जेभीले निर्माणको जिम्मा लिएको थियो।, २०७२ साल माघ महिनामा ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो।, ३० महिनामा निर्माण पूरा गर्नुपर्ने सम्झौता गरिए पनि सो खण्डको सर्भिस लेन अझै पनि अधुरै छ। सम्झौता गर्दा ३० महिनामा निर्माण पूरा गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले विभिन्न बहानामा काबु बाहिरको परिस्थिति भन्दै सम्झौता अवधि थप गर्दै आएको छ।, बेलहियादेखि बुटवल गोलपार्कसम्मको अरू खण्डको निर्माण कार्य सम्पन्न भए पनि सुमित श्रेष्ठकै जिम्मामा रहेका तीन वटा खण्ड अधुरै रहँदा बुटवल बेलहिया सडकको विषयलाई लिएर सरकारको निरन्तर आलोचना भइरहेको छ।, अहिले निर्माण कम्पनीले असार २० गतेमात्रै ल्याइएको सार्वजनिक खरिद ऐन १२ औं संशोधनको फाइदा उठाउँदै एक वर्ष म्याद थपको लागि निवेदन दिएको छ। निर्माण कम्पनीको सोही निवेदनपछि आयोजनाले सूचना प्रकाशित गरेको जनाएको छ।, सडक निर्माण काम समयमै नसक्ने ठेकेदार कम्पनीसँग बुटवल व्यापारिक आयोजनाले सोध्यो स्पष्टीकरण
सेतोपाटी संवाददाता काडमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका नवजात छोरा रिहानलाई उपचार गर्दा लापरबाही गरेको भन्दै ३५ लाख तिराउने गरी उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ  सार्वजनिक भएको छ।, न्यायाधीश  सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा ग्राण्डी अस्पतालले रिहानको उपचार गर्दा चरम लापरवाही गरेको भन्दै पीडितलाई  ३५ लाख भराउन आदेश गरेको छ।, ‘चिकित्सक होसियार नभई हेलचक्र्याइँपूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य लापरवाहीअन्तर्गत पर्दछ। चिकित्साशास्त्र अन्तर्गत चिकित्सकको गल्ती वा लापरवाही वा व्यवसायीक मापदण्ड अनुरूपको कर्तव्य पूरा गरेको भए नोक्सानी हुने अवस्था नै सिर्जना हुने थिएन,’ फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दाको सन्दर्भमा मिसिल संलग्न प्रमाण कागजहरूबाट बिरामीप्रति सो अस्पतालबाट विशेष ख्याल भएको भन्ने देखिन आएन। बच्चालाई त्यस अस्पतालबाट उपचार गर्दागर्दै पनि सो अवस्थामा उपचार गर्न नसकिने अवस्था भएमा अन्य अस्पताल रेफर गर्न सक्ने अवस्था देखिन्छ, तर अस्पतालबाट अन्यत्र पठाउने प्रयाससम्म पनि गरेको देखिँदैन। त्यस अस्पतालबाट पनि बच्चाको संवेदनशिलतामा खासै ख्याल पुर्‍याएको पनि पाइएन।’, नेपाल मेडिकल काउन्सिलले २०७६ मंसिरमा ग्राण्डी अस्पतालका निर्देशक, व्यवस्थापन प्रमुख, बाल विभागलाई सचेत गराएको साथै उपचारमा संलग्न डाक्टर दिपिका ढकाललाई दोषि देखाएपछि अस्पतालले निष्कासन गरेको थियो।, काउन्सिलले गरेका यी कारबाही सदर गर्दै उच्च अदालतले अस्पतालले पीडित परिवारलाई परेको आर्थिक मानसिक पीडाको केही राहतस्वरूप  ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।, यो पनि पढ्नुस्:, एकदिन झिपिक्क निभ्नेछ उनीहरूको ‘नयाँ संसार’ ,  , रिहानको उपचारमा ग्राण्डी अस्पताल संवेदनशील नभएको उच्च अदालतको ठहर
दिपकजंग शाही सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिका अदालती प्रक्रियामा गएको छ।, नगरपालिकाले शुक्रबार सुर्खेत जिल्ला अदालतमा सञ्चालक कम्पनी पिआर कन्स्ट्रक्सनविरूद्ध मुद्दा दायर गरेको हो।, नगरपालिकाको असार ३१ गतेको निर्णयअनुसार मुद्दा प्रक्रिया सुरू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए। , ‘असार ३१ गते नगरपालिकाले अटेर गरे सञ्चालकविरूद्ध कानुनी प्रक्रियामा जाने निर्णय गरेको थियो, त्यसपछि पनि हामीले दुईपटक पत्रिकामा भाडा तिर्न भनेर सूचना जारी गरेका थियौं,’ तिवारीले सेतोपाटीसँग भने, ‘यति गर्दा पनि उहाँहरू सम्पर्कविहीन हुनुभयो, त्यसैले हामी कानुनी प्रक्रियामा गएका हौं।’, काठमाडौंको पिआर कन्स्ट्रक्सनले सुर्खेत सिटी बसपार्क सञ्चालनको जिम्मा लिने सम्झौता गरेर सुर्खेतमा रहेको आफ्ना प्रतिनिधिलाई जिम्मा दिएको थियो।, प्रमुख प्रशासकीय अधिकृत तिवारीका अनुसार सञ्चालक कम्पनीलाई बसपार्क सञ्चालनवापत् साँवा ३ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी छ। त्यसबाहेक ३० देखि ३५ करोड रुपैयाँ हर्जना रकम तिर्नुपर्ने तिवारीले बताए। , नगरपालिकाले असार ३१ गते निर्णय गर्नुभन्दा अघि पनि १४ पटक भाडा तिर्न पत्राचार गरेको थियो।, पिआर कन्स्ट्रक्सनले सुर्खेत सिटी बसपार्क सञ्चालन गर्ने जिम्मा लिएयता २०७७ चैत १५ गतेदेखि यताको भाडा तिर्न बाँकी छ। नगरसभाको निर्णयले बीचमा कोभिडको समयको साढे तीन महिना भाडा मिनाहा गर‍िदिएको छ।, यो पनिः, वीरेन्द्रनगरले कसरी उठाउला सुर्खेत सिटी बसपार्कको बक्यौता राजस्व?, पिआर कन्स्ट्रक्सनले तिरेन सुर्खेत सिटी बसपार्कको २६ करोड रुपैयाँ भाडा, पिआर कन्स्ट्रक्सनविरूद्ध वीरेन्द्रनगर नगरपालिकाले हाल्यो मुद्दा
सेतोपाटी संवाददाता हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास रहेकाले आगामी सोमबारसम्म मुलुकभरका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आगामी सोमबारसम्म भारी वर्षा हुने आँकलन गरिएकोमा भोलि आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै सोमबार पनि प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास, सोमबारसम्म भारी वर्षा हुने
रासस बैतडीको डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको छ। , ‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुला गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।, छात्रवृत्तिमा  एमबिबिएस अध्ययनका लागि आवेदन पेस गर्नेसम्बन्धी सूचना प्रकाशन गरिएको छ।, आवश्यक कागजातसहित सात दिनभित्र योग्यता पुगेका इच्छुक गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकले सम्पर्क गरिदिन अनुरोध गरिएको छ।, आवेदनका साथ नेपालभित्रको मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएको प्राप्तांकसहितको प्रमाणित प्रतिलिपि, सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित विश्वविद्यालय वा शैक्षिक संस्थाले सो विषय अध्ययनका लागि तोकेको प्रमाणित शुल्क विवरण र प्रवेश परीक्षामा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपि पेस गर्न भनिएको छ। , छात्रवृत्तिमा एमबिबिएस पढाउने कुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको र छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को अधिनमा रहेर आवेदन मागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए।   , डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने
सेतोपाटी संवाददाता दाङको देउखुरीमा स्कुल बसले किच्दा तीन वर्षिया बालिकाको ज्यान गएको छ।, गढवास्थित न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा सोही स्कुलमा पढ्ने गढवा गाउँपालिका-७ मानपुर उत्तर टोलकी पूजा थापाको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।, प्रहरीका अनुसार शुक्रबार स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लिएकी बालिकालाई सोही बसको पछाडिको टायरले किचेको थियो। , गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। , बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।,  , स्कुल बसले किच्दा दाङमा तीन वर्षीया बालिकाको मृत्यु
सेतोपाटी संवाददाता छात्रामा अज्ञात रोगर देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ।, अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ।, विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालका अनुसार छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिनेछ।, विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।, छात्राको स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको विद्यालय प्राधानाध्यापक लोथ्यालले जानकारी दिए।, छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलामा पाँच दिनका लागि विद्यालय बन्द
सेतोपाटी संवाददाता जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास विरूद्ध उजुरी परेको छ।, सरकारी कागज किर्ते गरी नक्कली परिचयपत्र बनाएको र सो परिचय पत्रले मन्दिरको सम्पती हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उनी विरुद्ध उजुरी परेको हो।, सो परिचयपत्र कुन निकायको कुन निर्णयले जारी भएको समबन्धमा अनुसन्धान गरि दासमाथि कानुनी कारबाहीको माग गरिएको हो।, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बस्ने वैजनाथ चौधरीले गएको साउन ४ गते गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोधार्थ गरी निवेदन आएको जिल्ला प्रशास कार्यालय धनुषाले जनाएको छ।, जानकी मन्दिरमा गुठी संस्थानबाट उत्तराधिकारी महन्तको दरबन्दी नभए पनि दासले सरकारी कागजको रूपमा आफ्नो नाउमा जानकी मन्दिरको उत्तराधिकारी महन्तको परिचयपत्र किर्ते बनाई गुठी संस्थानको किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ।, ‘आफूलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थ भनी जानकी मन्दिर अधिनस्त जग्गा, घरको बहाल समेत उठाएर आफ्नो निजी रुपमा खर्च गरिरहेकाले जानकी मन्दिरको नित्य सेवा सत्कारमा अप्ठ्यारो परिरहेको छ,’ निवेदनमा भनिएको छ।, निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई थाहा नभएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।, उनले यसबारेमा मुद्दा शाखाका अधिकृत श्याम यादवलाई थाहा हुनुपर्ने सुनाए। तर पटक पटक प्रयास गरे पनि अधिकृत यादव सम्पर्कमा आउन चाहेनन्।, जानकी मन्दिरका उत्तराधिकारी महन्थले नक्कली परिचयपत्र बनाएर सम्पती हिनामिना गरको भन्दै उजुरी
रासस दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ। बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो। विद्यालयले नै चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो। , विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५/२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैंले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो। ‘अस्पतालमा दैनिक १५/२० विद्यार्थी बिरामी पर्न थाले’, उनले भने, ‘त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौँ।’, शय्या स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उनको भनाइ छ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए।  विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ। ‘अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ’, उनले भने, ‘हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौँ, तर, पाउन सकिएको छैन।’ , सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए। ‘हामीले पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराएका छौँ’, उनले भने, ‘तर, अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन्।’, वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एक जना स्वास्थ्यकर्मीलाई भए पनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उनको भनाइ छ।, अहिले सामान्य उपचार हुने गरेको भए पनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ । यदि स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए।, अहेब वा अनमी पठाए पनि आफूहरुलाई सहज हुने शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वरीप्रसाद गैरेले बताए। ‘स्वास्थ्य संस्थामा अहिले बिरामी पनि त्यति आउने गरेका छैनन्’, उनले भने, ‘जहाँ भए पनि बिरामीलाई सेवा दिने कुरा हो, दैनिक १५/२० विद्यार्थी बिरामी हुने विद्यालयमा एकजना स्वास्थ्यकर्मी पठाउँदा राम्रो हुने थियो।’, अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ। आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ। विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान संकायमा गरी  दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी छन्। , सरकारी विद्यालयमा उपचारका शय्या
सेतोपाटी संवाददाता एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।  , आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।, ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार गरिने मन्त्रालयले जनाएको छ।, सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन्।, ‘पीडितले असईं चौलागाईं बिरूद्ध दिएको जाहेरी दर्ता भएको छ,’ प्रवक्ता न्यौंपानेले सेतोपाटीसँग भने, ‘अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुनेछ।’, साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौंन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।  , चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए। त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए।  , थुुनुवा कक्षमा ब्यापक होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिएका थिए। , असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।, हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ, मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असईविरूद्ध बलात्कार मुद्दा दर्ता
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो।, त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ। दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला? यो मननयोग्य विषय हो।, समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन्। देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो। तर संघीय राजधानीको अवस्था त्यस्तो छैन।, यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन्। खाल्डोखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ। सडकमा भएका फुटपाथ पनि साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ।, यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ। फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ। हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नांगो हुन्छ पत्तै हुँदैन।, त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन। कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन्।  , काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)
डा. अरूण शाही पुरूषलाई पनि स्तन क्यान्सर हुन्छ तर महिलाको दाँजोमा निकै थोरैलाई हुन्छ। अर्थात एक सय जनालाई स्तन क्यान्सर भएमा त्यसमध्ये ९९ जना महिला र एक जना पुरूष हुन्छन्।, पुरूषमा हुने स्तन क्यान्सरका लक्षण धेरै किसिमका हुन्छन्। कहिलेकाहीँ स्तन र काखीमा गिर्खा आउँछ। निप्पलमा रगत आउने या सेतो पानी बग्ने हुन्छ कहिले सुन्निने हुन्छ। सामान्य उपचार गर्दा निको भएन भने स्तन क्यान्सर भयो कि, भनेर शंका गर्नुपर्छ।, पुरूषमा देखिने स्तन क्यान्सर र महिलामा देखिने स्तन क्यान्सरको उपचार एकै खालको हुन्छ। तर पुरूषमा स्तन क्यान्सर भएमा अलि ढिलो थाहा हुन्छ। सुरूआती अवस्थामा भेट्न गाह्रो हुन्छ। किनकि, पुरूषलाई स्तन क्यान्सर हुन्छ भनेर धेरैले सोचेका हुँदैनन्। त्यसैले अफ्ठ्यारो भएपछि मात्रै परीक्षणमा जान्छन्।, विश्वको तथ्याङ्कले सयमा १ जना पुरूषलाई स्तन क्यान्सर हुन्छ भन्छ भने नेपालमा त्यो भन्दा कम छ। मैले ५ वर्षको समयमा ५-७ जनालई स्तन क्यान्सर भएको पाएको छु।, मैले भेटेका धेरै बिरामी मोटा छन् भने कतिपयमा वंशाणुगत समस्या देखिएको छ। पछिल्लो समय पुरूषमा स्तन क्यान्सर हुने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ। पुरूषलाई हुने स्तन क्यान्सरको प्रमुख कारण खानपिन र जीवनशैली हो।, स्तन क्यान्सर सुरूकै अवस्थामा पहिचान गरेमा शतप्रतिशत निको हुन्छ। तर ढिलो गरेर चिकित्सककहाँ पुगियो भने यसलाई निको पार्न समय लाग्छ।, महिलालाई हुने स्तन क्यान्सरको अवस्था धेरै भयावह छ। पाठेघरको मुखको क्यानसरपछि स्तन क्यान्सरनै सबैभन्दा बढी हुने क्यान्सर हो। नेपालमा प्रत्येक दिन ३ जना महिलाको स्तन क्यानसरको कारण मृत्यु हुन्छ। यहीँ क्यान्सरलाई पनि सुरूमै पत्ता लगाउने हो भने शतप्रतिशत निको हुन्छ। ढिलो पहिचान भएपछि धेरै मिहिनेत गर्दा पनि बचाउन कठिन हुन्छ।, हामीकहाँ प्रविधि पर्याप्त छ तर परीक्षणका लागि ढिला जाने परम्परा छ। त्यसैले सकेसम्म क्यान्सर हुन नदिने र भएमा पनि बेलैमा उपचार गर्नुपर्छ।, पुरूष र महिला दुवैमा हुने क्यान्सर उमेर बढ्दै गएपछि हुने हो। धेरैजसो पुरूष र महिला दुवैलाई ५० कटेपछि स्तन क्यान्सर हुन्छ। त्यसैले ५० वर्ष उमेर पुगेपछि वर्षमा कम्तिमा एक पटक स्वास्थ्य परीक्षण गर्नु फाइदाजनक छ। समयमै उपचार गरेमा खर्च कम लाग्छ भने समाधान पनि चाँडै हुन्छ।, पुरूषमा हुने स्तन क्यासरका विषयमा केन्द्रीत रहेर हामीले यो साता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ह्याम्स अस्पताल र बि.एण्ड.बि अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीसँग भिडिओ कुराकानी गरेका छौं।, पुरूषलाई पनि हुन्छ स्तन क्यान्सर, कसरी बच्ने (भिडिओ)
सेतोपाटी संवाददाता प्युठानको स्वगर्गद्वारी मन्दिरबाट फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने १२ बजे मन्दिर पुगेर फर्किँदै गरेको गाडी अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए। , उनका अनुसार लु १ च ३५३ नम्बरको गाडी दुर्घटना हुँदा त्यसमा सवार १६ जना घाइते समेत भएका छन्।   , दुर्घटनामा परी भैरहवा बस्ने ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको हो। उनको उपचारको क्रममा भ्रिङ्गी अस्पतालमा मृत्यु भएको हो। , यस्तै घाइते भएका अन्य सबैको उपचारको लागि बुटवल रिफर गरिएको छ। , प्रहरीका अनुसार आठ जना गम्भीर घाइते छन्। , स्वर्गद्वारीबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते
युनिक श्रेष्ठ काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शोकमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।, उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृत फेला परेका थिए।, उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सडकबाट केही दूरीमा रहेको एक रूखमा उनी झुण्डिएका थिए।, घटनास्थलबाट उनको मोबाइल र ब्याग पनि फेला पर्‍यो। नजिकै सडक छेउमा उनले चलाउने स्कुटर पनि पार्किङ गरिएको अवस्थामा फेला परेको थियो।, उनको ब्यागबाट प्रहरीले अर्को एउटा डोरी, पासपोर्ट, नागरिकतालगायत केही कागजातहरू पनि फेला पारेको थियो।, उनले त्यसरी आत्महत्या नै गर्छन् भनेर कसैले सोच्नै नसकेको काका श्यामकुमार बताउँछन्। उनका अनुसार सलिन अष्ट्रेलिया जाने तरखरमा थिए।, त्यसको लागि उनी बागबजारको एक कन्सल्टेन्सीमा गएर आइइएलटिएस गर्दै थिए। कालिमाटीस्थित इन्टेन्सिभ इन्टरनेशनल कलेजमा कक्षा १२ सकेसँगै पछिल्लो एक वर्षदेखि उनी अष्ट्रेलियामा जाने तयारी गरिरहेका थिए। अष्ट्रेलियामा उनका अर्का एक जना साथी पनि छन्।, कन्सल्टेन्सीमा जान उनी सधैँ बिहान साढे ८ बजे नै घरबाट निस्किन्थे। त्यो दिन बिहान स्थानीयले बोलाएपछि श्यामकुमार सलिनकै स्कुटर लिएर हिँडेका थिए। आठ बजेपछि उनले सलिनलाई फोन गरेर जानुपर्ने नपर्नेबारे सोधेका पनि थिए।, 'बाहिर गाउँकै समस्याले बोलाएपछि म गएको थिएँ। आठ बजिसकेको थियो। साढे ८ मा त ऊ हिँड्थ्यो सधैँ,' श्यामकुमारले सेतोपाटीसँग भने, 'अनि मैले कहाँ हो कतिबेला जाने भनेर सोधेको थिएँ। धेरैबेर कुरा पनि भएको थिएन।', भतिज हिँड्ने बेला भयो भनेर हतारहतार घर आएर स्कुटर छाडेर उनले गाडी लिएर हिँडेका थिए। , फेरि उनले ९ बजे पनि फोन गरेर कहाँ हो भनेर सोधेका थिए। कक्षा सुरू हुन लागेको र साढे १० बजेदेखि ११ बजेसम्म घर फर्किन्छु पनि भनेका थिए।, फोन गरेपछि श्यामकुमार वडा कार्यालयमा गए। आइतबार र सोमबार ब्रत बसेको हुँदा मंगलबार बिहान आमा-बुवा पनि सँगै खाना खान भनेर सलिनलाई कुरिरहेका थिए।, साढे ११ बजे फोन गर्दा पनि उनको फोन लागेन। त्यसपछि खाना खाएर बुवा अफिस पनि हिँडेका रहेछन्।, फेरि पौने १ बजे बुवाले फोन गरेर सोधे- तँ कहाँ छस्?, सलिन रातोपुलस्थित आफ्नी सानीआमाको घरमा पुगेका रहेछन्।, 'त्यहाँ गएको रहेछ। छोरा आएपछि आमा पनि खुसी नै हुने भइहाली। खाना पनि खाए, गफ गरे,' श्यामकुमारले भने।, सलिनले आफ्नी सानीआमासँग ७५० डलर मागे। किन चाहिएको भन्ने प्रश्नमा भने उनले आफ्नो पार्सल आउँदै गरेको र त्यो लिनलाई भनेका थिए। अचानक पैसा मागे पनि जिस्किएको भन्ने सोचेरै सानीआमाले कुरैकुरामा टालिन्।, फेरि सलिनले सानीआमासँग हाँसीहाँसी नै सोधेका थिए, 'ममी म मरें भने के गरिसिन्छ?', उनले पनि जिस्किएरै जवाफ फर्काए, 'मर्छस् मर्छस्। ग्वाङ्ग्रे।' उनलाई घरमा मायाले ग्वाङ्ग्रे भनेर पनि बोलाउने रहेछन्। , केहीबेर फोन चलाएपछि उनी त्यहाँबाट निस्किए। त्यहाँबाट पनि उनी घर गएनन्, ललितपुरको फुल्चोकी डाँडामा पुगे।, 'रातोपुलमा पैसा लिएर न एयरपोर्टमा पैसा दिन पो सजिलो हुन्छ भनेर हो कि। के हो थाहा भएन। तर पछि ऊ घर आएन,' श्यामकुमारले भने।, राति पौने ८ बजेसम्म पनि उनी घर फर्किएका थिएनन्। बुवाले निरन्तर फोन गर्दा पनि सलिनले उठाइरहेका थिएनन्।, पछि सिधै प्रहरीले फोन उठायो र भन्यो- सलिन अधिकारी यहाँ झुन्डिएको छ।, त्यो सुनेपछि घरमा कोलाहल सुरू भइसकेको थियो। श्यामकुमारले पनि दाइ रोइरहेको सुनेपछि के भएको भनेर चासो राखे।, सलिनले आत्महत्या गरेको खबर सुनेपछि उनलाई विश्वास लागेन। उनले फेरि आफैं प्रहरीलाई फोन गरेर जानकारी लिए।, त्यसपछि उनले घटनास्थलमा आफूहरू नपुगुञ्जेल डोरी नकाट्न र मुचुल्काको काम सुरू नगर्न भन्दै घरबाट गाडी लिएर हिँडे।, सलिनको शव सुरूमा एक जना ड्राइभरले देखेका रहेछन्। उनी फुल्चोकी डाँडाबाट फर्किरहेका थिए। स्कुटर रोकेकै ठाउँमा गाडी रोकेर चुरोट खान लाग्दा कोही झुन्डिएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।, 'माथिबाट एउटा गाडी तल झरिरहेको रहेछ। बीच बाटोमा चुरोट खाने भनेर रोकेको रहेछ,' श्यामकुमारले भने, 'यताउती हेर्दा मान्छे झुन्डिएको देखेछन्। अनि आएर प्रहरीलाई खबर गरेछन्।', घटनास्थल पुगेका श्यामकुमार लगायतलाई घटना शंकास्पद लागेन। आत्महत्या नै गरेका हुन् भनेर आश्वस्त भए। त्यसपछि प्रहरीले पोष्टमर्टमको लागि शव ललितपुरको पाटन अस्पताल पठायो।, मृतक परिवारलाई बुधबार बिहानै प्रहरी वृत्त सातदोबाटोमा बोलाएको थियो।, श्यामकुमारलगायत केही आफन्तहरू सातदोबाटो पुगेका थिए। त्यहाँ पुगेर घटनास्थलबाट बरामद भएको फोन हेरेको श्यामकुमारले बताए। उनले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेर आफ्नो अष्ट्रेलियामा भएको साथीलाई पठाउन पनि खोजेका रहेछन्।, उनले घटनास्थल, रूख र डोरीसमेतको तस्बिर खिचेर पठाउन खोजेका थिए। तर फुल्चोकीको डाँडामा राम्ररी नेटवर्क नटिपेको हुँदा सेन्ड नभएको श्यामकुमारले बताए।, 'फोनमा पनि सबै अनलक गरेको रहेछ। हामीले पछि भेटाएपछि सबै हेरोस् भनेर पो हो कि। हामीले फोन हेर्दा फोटोहरू पनि पठाउन खोजिएको रहेछ। फुल्चोकी जानु अघि मेसेजमा साथीसँग पनि कुराकानी भइरहेको रहेछ। तर त्यहाँ पुगेपछि भने टावर टिपेन होला, मेसेज गएन। मेसेजमात्रै गएको भए पनि तुरून्तै हामीसम्म खबर आइपुग्थ्यो कि!,' उनले भने।, त्यो मेसेजमै उनले ती साथीलाई नै एउटा सुसाइड नोट पनि पठाएका रहेछन्।, जसमा भनिएको थियो, 'म स्क्याममा डुबें। मैले धेरै साथीभाइ घरपरिवारको पैसा तिर्न सकिनँ। त्यसैले म सदाका लागि बिदा हुन्छु।', उनले यो मेसेज दिउँसो २:५७ बजे पठाउन खोजेका थिए। तर त्यो गएन।, फोनमा अर्को एक जनासँग पनि निरन्तर कुरा भएको देखियो। जसको नाम 'मम' भनेर सेभ गरिएको थियो।, दोहोरो सम्वाद त्यति धेरै भएको पनि देखिन्न तर सलिनले निरन्तर पैसा पठाइरहेको जानकारी गराइरहेका थिए।, 'मम भनेर ह्वाट्सएपमा राखेको देखिन्छ। मैले यति पैसा पठाएँ भनेर भनिरहेको मात्रै देखिन्छ। फेरि ऊ सानीआमाकोमा छु भनेको बेलैमा गेमओभर भनेर मेसेज पनि आएको रहेछ,' उनले भने। , उनी कसैको स्क्याममा फसेको हुनुपर्ने श्यामकुमार बताउँछन्। जसले उनलाई पैसा पठाइराख्न बाध्य बनायो।, उनले त्यसरी नै अन्दाजी १२ लाख जति पैसा ती ठगलाई पठाइसकेको हुनुपर्ने श्यामकुमारको अनुमान छ। यसबारे यकिन विवरण आइनसकेको उनले बताए। उनले कति पैसा पठाए भन्नेबारे बैंकबाट पनि विवरण मागिरहेको बताए।, सलिनले आफ्नी सानीआमासँग जसरी अरू आफन्त तथा साथीभाइसँग पनि पैसा सापटी मागेका रहेछन्।, आफ्नै भाइ र आमाको गहना पनि नजिकैको गहना पसलमा बन्दकी राखेर पैसा सापटी लिएको श्यामकुमारले बताए।, नजिकै रहेको भत्केपाटीको इसेवाको काउन्टरबाट मात्रै उनले २० पटक पैसा पठाइसकेका रहेछन्। तर तिर्नै नसकेपछि र यसबारे कसैलाई पनि भन्न नसकेपछि भने सलिनले आत्महत्याको बाटो रोजेको हुनुपर्ने श्यामकुमारको भनाइ छ।, 'कुन मान्छेले कसरी ठग्यो थाहा भएन। हामीलाई पनि ह्वाट्सएपमा लटरी पर्‍यो। तपाईंको पार्सल लिन आउनु भन्ने जसरी आइरहेको हुन्छ। त्यसमै फसेको भन्ने लाग्छ,' उनले भने, 'अरू सबैसँग पैसा मागे पनि मसँग भने मागेन। यति धेरै पैसा मागिसकेको रहेछ। कसैलाई पनि थाहै भएन। काम पर्‍यो, सामान आउँदैछ भनेर कतिलाई त्यसरी नै मागेको रहेछ।', उनी श्यामकुमारको नजरमा सामान्य खालका व्यक्ति थिए। महत्वकांक्षी मान्छे नभएको उनले बताए। आफूले समाजको लागि काम गर्न भनेर लागिरहँदा नै आफ्नै भतिजा समस्यामा फसिरहेको बारेमा जानकारी लिन नसक्दा उनी दु:खी छन्।, 'म समाज बुझिरहँदा मैले मेरै भतिजको कुरा बुझ्न सकिनँ,' उनले भने, 'हामी साथी जस्तै थियौं। एक दिनमात्रै घर फर्किन ढिला भएँ भने फोन आइहाल्थ्यो।', यता प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मदन केसीले यस घटनामा आत्महत्या सम्बन्धमा जाहेरी परे पनि थप अनुसन्धान हुने बताउँछन्। घटनास्थलबाट बरामद भएको फोनलाई प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फोरेन्सिक ल्याबमा पठाउने तयारी रहेको बताए। त्यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए।, 'यसमा हामीले अब सबै हेरिसकेका छैनौं। अहिले नै यत्तिकै भन्न सकिन्न,' केसीले भने।, पछिल्लो समय नेपालमा विभिन्न बहानामा ठगीका अपराध बढिरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले पनि कल सेन्टरको नाममा विदेशीहरूलाई ऋण प्रवाह गरी ब्ल्याकमेल गरी चर्को ब्याज असुली गरी धन्दा चलाइरहेका दुई ठाउँमा छापा मारेको छ। यस्तै रूपन्देहीको बुटवलको एक कल सेन्टरमा पनि छापा मारेको छ। त्यहाँबाट चिनियाँ, भारतीयसहित नेपाली नागरिकहरू समेत पक्राउ परेका छन्।, श्यामकुमार र उनको परिवार यस्ता ठगी (स्क्याम) गर्नेहरूबाट जोगिन सुझाव दिन्छन्। आफ्नो भतिजलाई जस्तो कसैलाई पनि नहोस् भन्ने चाहना भएको श्यामकुमारले बताए।, 'सबैलाई जनचेतना दिन जरूरी छ। यो एउटा प्रतिनिधि घटनामात्रै भयो। अब फेरि यस्तो घटना नदोहोरियोस्। मेरो छोरोलाई भएको जस्तो अरूलाई नहोस्,' उनले भने, 'मेरो छोरो त फसिहाल्यो। तर अरू बच्चाहरू नफसोस्। यसको लागि प्रहरी, सरकार सबैले जनचेतना फैलाउन जरूरी देखिन्छ।', 'सलिनको जसरी अरू कसैले ज्यान गुमाउन नपरोस्'
रासस कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ मा रहेको पाँचसय किलोवाटको साना जलविद्युत आयोजना मर्मतका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ। , उक्त गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले मन्त्रालयमा पुगेर विद्युत सञ्चालनका लागि बजेट माग गरेका हुन्। , जिल्लामा रहेको एकमात्र पाँच सय किलोवाटको पोतमारा लघु जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेकाले पुनःसञ्चालनमा ल्याउन उनले शुक्रबार मन्त्रालयसँग बजेट माग गरेका हुन्। , विसं २०७७ मा आएको अविरल वर्षले उक्त आयोजना पूर्णरूपमा क्षतिग्रस्त भई बन्द भएको र पुन सञ्चालन गर्न धेरै बजेट लाग्ने भएकाले बजेट माग गरिएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए। , ‘राष्ट्रिय प्रसारण लाइन जोडिए पनि वैकल्पिक व्यवस्थाका लागि उक्त आयोजना आवश्यक पर्ने भएकाले पालिकाले पुनःसञ्चालनका लागि पहल गरेको छु,’ उनले भने, ‘शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ विभागका उपनिर्देशक सन्तोष सिलवालसँग पनि छलफल गरियो। अबको एक हप्तामा केन्द्रबाट इञ्जिनियरको टोली पठाउने निर्णय भएको छ।’, उक्त आयोजनाको लागत अनुमान निकालेर बजेट विनियोजन गरिने मन्त्रालयले योजना बनाएको अध्यक्ष केसीले जानकारी दिए।, पोतमारा जलविद्युत आयोजना मर्मतका लागि मन्त्रालयसँग बजेट माग
सेतोपाटी संवाददाता देशभर ४३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार ३६९९ जनाको कोरोना परीक्षण गरेको थियो। , जसमध्ये १७७९ जनाको पिसिआर र १८२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , पिसिआरबाट २९२ र एन्टिजेनबाट १४६ जनामा संक्रमण पुष्टि भएको हो।, यस्तै शनिबार २७७ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान समेत गुमाएका छन्। , हाल देशभर चार हजार ३६९ जना सक्रिय संक्रमित छन्। ,  , थप ४३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
रासस बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेका छन्।  , सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलंकी, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर थुप्रिन थालेको छ।  , यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो। एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।, उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ। , त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।   , काठमाडौं महानगरले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।  , यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो। सबैभन्दा बढी महानगरमा पाँच सय मेट्रिक टन फोहोर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो। ,  , काठमाडौंका सडकमा फोहोरको थुप्रो
रासस बैतडीमा चितुवाको आक्रमणबाट शनिबार एक वृद्ध घाइते भएका छन्।, घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन्।, चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए।, बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो। खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो। , चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।, तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ। बासस्थान र आहारको कमीका कारण चितुवा मानव बस्तीमा पस्ने गरेको बताइएको छ।,  , चितुवाको आक्रमणबाट वृद्ध घाइते
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला परेका छन्। , दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा एक पुरूष मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, उनी शुक्रबार मृत फेला परेका थिए। , मृत्यु हुनेमा नुवाकोट घर भएका ३५ वर्षीय धनकुमार राई छन्। , उनको मृत्यु के कारणले भएको भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। ,  , काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता अखाद्यवस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ९ वटा खाद्य उद्योगविरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीले अदालत र जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको छ।, एउटा उद्योगले आफूले उत्पादन गर्ने ज्वानो र मसलामा मिसावट गर्नुको साथै लेबल नलगाएको र अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको पाइएपछि चारवटा मुद्दा दायर भएका छन्।, नवलपरासीको मध्यविन्दु नगरपालिका वडा १ को आशिर्वाद एग्रो एण्ड फुड्स प्रालिले उत्पादन गर्ने मिट मसला, सब्जी मसला र मिक्स मसलामा भष्ट भेटिएको थियो भने ज्वानोको उत्पादनमा लेबल र अनुज्ञा पत्र नलिएको पाइएपछि चारवटा मुद्दा दर्ता भएका हुन्। आशिर्वाद एग्रो एण्ड फुड्स प्रालीविरूद्ध खाद्य प्रविधिले तीन वटा मुद्दा अदालत र एउटा जिल्ला प्रशासनमा दर्ता गरेको छ। उत्पादनमा अखाद्यवस्तु मिसाएको भन्दै मुद्दा दर्ता हुने अरू उद्योगमा खाद्यान्न र पानीजन्य उद्योग छन्।, खाद्यवस्तुको परिक्षण गर्दा अखाद्यवस्तु मिसाएको पाइएपछि पटकपटक सचेत गराउँदा पनि वेवास्ता गरेपछि मुद्दा नै दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार आशिर्वाद एग्रो एण्ड फुड्ससँगै नवलपरासीको अभिनाश अभिषेक ड्रिङ्स प्रालि, भैरहवाको एक्वा नेपाल विश्लेरी, माया वाटर इण्डष्ट्रिज र एकता बेभरेज इण्डष्ट्रिज छन्।, यस्तै, रूपन्देहीको तिलोत्तमामा रहेका रम्भा फुड प्रोडक्टस्, पी.एम. वाटर इण्डष्ट्रिज प्रालि र झरना फुड्स प्रालि तथा काठमाडौंको कि फुड्स इण्डष्ट्रिज प्रालि छन्। यी सबै उद्योगका संचालकविरूद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर भएको दाहालले जानकारी दिए।, ‘पटकपटक सचेत गराउँदापनि उपभोक्ताको स्वास्थ्यप्रति खेलवाड गर्ने र कानूनलाई नै नटेरेको पाइएपछि मुद्दा दर्ता गरेका हौं,’ दाहालले भने।, खाद्य ऐन २०२३ को २०७४ मा भएको संशोधनले उत्पादन गर्ने उद्योगले न्यून गुणस्तर वा दुषित वा ढाटी झुक्याएमा संचालकलाई ५० हजार जरिवाना वा ५ वर्ष कैद वा दुबै हुनसक्ने व्यवस्था गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता हुँदै आएकोमा हाल त्यस्ता उद्योगविरुद्ध अदालतमा मुद्दा दर्ता हुन्छ।, यस्तै ज्वानोको उत्पादनमा लेबल नलगाएको र उत्पादनको लागि अनुज्ञा पत्र नलिएको आशिर्वाद एग्रो एण्ड फुड्स प्रालीविरूद्ध जिल्ला प्रशासन कार्यालयमा पनि मुद्दा दर्ता गरिएको हो।, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीका खाद्य अनुसन्धान अधिकृत श्रवणकुमार ढुंगानाले खाद्यवस्तुमा अखाद्य वस्तु मिसाई कमगुणस्तरको वस्तु उत्पादन गर्ने उद्योगहरुलाई खाद्य ऐन २०२३ ले एकदेखि १० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको बताए।, ढुंगानाले कुनैपनि उद्योगीले उपभोक्तामाथि ठगी नगरोस्, मिसावट र न्युन गुणस्तरको सामान नदियोस् भन्नका लागि मुद्दा दायर गरिएको बताए। ९ वटै उद्योगविरूद्ध न्यून गुणस्तरको उत्पादन गरेको र खाद्य ऐनअनुसारको मापदण्ड पालना नगरेको अभियोग रहेको ढुंगानाले जानकारी दिए।, उत्पादनमुलक उद्योग, बिक्रीका लागि राखिएका पसल, होटल तथा रेष्टुरेण्ट, हाटबजार लगायतका क्षेत्रको अनुगमन गरी उत्पादन र बिक्री भइरहेका वस्तुहरू उपभोगको लागि गुणस्तरीय छन् छैनन् भनी परिक्षण गर्ने काम स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारीका प्रतिनिधी, उपभोक्ताका प्रतिनिधि लगायतको रोहबरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गर्दै आएको छ।, पछिल्ला वर्षहरूमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि बजार अनुगमनका काम बढाउँदै लगेपनि उद्योगी व्यवसायीहरूले उपभोक्तामाथि खेलवाड गर्न नरोक्दा बजार अनुगमन अझै प्रभावकारी बन्न सकेको छैन।, कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ वटा दाना उद्योग, ५२ वटा होटल तथा रेष्टुरेन्ट र १ सय ५५ वटा खाद्य उद्योगमा अनुगमन गरिएको छ।, यस्तै, विभिन्न समयमा माछा तथा मासुपसल, दुध तथा डेरी उद्योग, साप्ताहिक हाटबजार तथा व्यापारिक प्रतिष्ठानहरूमा अनुगमन हुँदै आएको छ।, कार्यालय प्रमुख दाहालले गत आर्थिक वर्षमा १ हजार ७९४ वटा खाद्य नमूना विश्लेषण र १ सय ८ वटा दाना नमूना विश्लेषण गरिएको जानकारी दिए। विश्लेषण गरिएका नमूनामध्ये ६३ वटामा प्रतिकुल नमूना आएको दाहालले जानकारी दिए।, यसैगरी भन्सार विन्दुबाट विषादी अवशेष परीक्षणका लागि आएका २९ हजार ४० वटामा नमूना विश्लेषण गरिएको कार्यालयले जनाएको छ।, अखाद्यवस्तु मिसाउने ९ वटा उद्योगविरूद्ध मुद्दा दर्ता
सेतोपाटी संवाददाता नवलपरासी पूर्वमा दुई वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। , कावासोती नगरपालिका-१४ हेगौली बस्ने पुरण चौधरीकी २ वर्षीया छोरी प्रिन्सा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , आफ्नै घर अगाडि रहेको माछा पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ।, खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपपचारको क्रममा मृत्यु भएको हो।, प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ। ,  , नवलपरासी पूर्वमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
रासस पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ। , निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना संक्रमण दर बढ्दै गएपछि सीमा नाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो।, ‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, दाहालले भने।, निमार्णाधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।  , भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब रु २८ करोडको लागतमा भवन निर्माण गरिएको हो।, निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र एक हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन छन्। नौ सय शय्यामा सामान्य लक्षण तथा एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताए। , सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरू गरेको थियो।, विसं २०७८ वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यसहित मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको थियो।, पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको सूचकाङ्क फेरि उकालो लाग्दै गएपछि होल्डिङ सेन्टर निर्माण अघि बढाइएको हो।, वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर
रासस नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ।, अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई रु सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो।, काठमाडौंमा आज आयोजित इन्जाको पाँचौं वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद रु एक लाख राशी र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गरेका हुन्। , त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही रु ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो । मन्त्री कार्कीले आजै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गरे। , टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकी लगायतका पत्रकारहरूलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठ्यारोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरूआत गरेकामा खुसी व्यक्त गरे।,  , ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार गजेन्द्र बुढाथोकीलाई
सेतोपाटी संवाददाता राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। , काठमाडौं महानगरपालिका-११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङका २८  वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का २२  वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलका ४१ वरेषीय विवेक गुरूङ छन्। गुरूङ रोज बर्ड नामक फोटो स्टुडियोका सञ्चालक समेत हुन्। , उनीहरूले राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई तुरून्तै एकै दिनमा राहदानी बनाइदिन्छु भनेर फकाइरहेका थिए। त्यसरी राहदानी बनाई किर्ते तथा ठगी गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। , सो सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट अनलाइन फारमका ३२ वटा फारम, तीन वटा ल्यापटप लगायत बरामद गरेको हो।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, 'राहदानी बनाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा चार पक्राउ
रासस देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली भई अधिकांश भू–भागमा मेघगर्जन-चट्याङ हल्कादेखि मध्यम वर्षा हुने भएको छ। , साथै प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। , हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको बताइएको छ। , आगामी २४ घण्टा देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। , त्यसैले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरेखोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। , रातको समयमा देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।,  , मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
रासस महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ।, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हो।, आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र २–०२–००४प ३३४७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो। , अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो।, छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ।,  , महोत्तरीमा छुरा प्रहार गरी पाँच लाख लुटियो
सेतोपाटी संवाददाता हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले बाघको संख्या लक्ष्यभन्दा धेरै बढाउन सफल भएकोमा नेपाललाई बधाई दिएका छन्।, उनले विश्व बाघ दिवसका अवसरमा शुक्रबार आफ्नो फेसबुक र ट्विटरमार्फत नेपाललाई बधाई दिएका हुन्।, उनले आफ्नो बधाई सन्देशमा लेखेका छन्, 'आज विश्व बाघ दिवस। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने आफ्नो प्रतिबद्धता पूरा भएको घोषणा गरेको छ। सन् २०२२ को सर्वेक्षणअनुसार नेपालमा अहिले ३५५ वटा बाघ छन्। यो २०१० को तुलनामा १२१ बढी हो। यस्तो प्रभावशाली सफलताका लागि नेपाललाई बधाई छ।', नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो। शुक्रबार सार्वजनिक नेपालको बाघ गणना तथ्यांकअनुसार अहिले ३५५ वटा बाघ छन्।, हलिउड अभिनेता लियोनार्दो पछिल्ला १२ वर्षमा सरकारद्वारा सञ्चालित संरक्षण कार्यक्रम, विश्व वन्यजन्तु कोष, स्थानीय समुदाय लगायत साझेदारहरूको सहयोगमा यो उपलब्धि हासिल भएको उल्लेख गरेका छन्।, सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यसै वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल गएका थिए।, उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो बाघ संख्या दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यति बेला नेपालमा १२१ वटा बाघ थिए।, बाघको संख्या बढाउन उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्थ्यो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो। अहिले नेपालमा भएकामध्ये पर्सामा ४१, चितवनमा १२८, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन्।, हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले दिए नेपाललाई बधाई
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार २५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२३६ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ।, २१५ जना संक्रमित निको भएका छन्।, एकैदिन थपिए ७१० कोरोना संक्रमित, दुई जनाको मृत्यु