content
stringlengths
20
64.1k
रासस पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई शुक्रबार दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेको थियो।, घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको उनले जानकारी दिए।, जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
रासस निजामति कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ।, अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।, सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन्। उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी संघले राखेका माग सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल गरिनेछ।, डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए।, 'सर्वोच्च अदालतले पनि एकपटकका लागि सीमित आन्तरिक प्रतियोगिता गरी स्थायी गर्ने आदेश दिएको छ,' उनले भने, 'स्थायी गर्ने प्रक्रियामा अस्पतालले अगाडि बढाउने र हाम्रा अधिकांश माग पूरा गर्ने सहमति भएको छ।', सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी संघले आफ्ना माग राखी टाँगिएको कालो ब्यानर हटाइएका छन्। विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनरत थिए।, साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता
सेतोपाटी संवाददाता अझै केही दिन मुलुकका केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले ठूलो पानी पर्ने सम्भावना नभए पनि केही दिन मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, शनिबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानमान महाशाखाले जनाएको छ। , बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।, सुनकोसी, दुधकोसी र तमोर नदीको जलाधार क्षेत्रमा गएरातिदेखि ठूलो  पानी परिरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले आग्रह गरेको छ।, सप्तकोसीका सहायक नदीमा ठूलो बाढी आइरहेकाले सप्तकोसीको चतरा आसपासमा विशेष सतर्कता जरूरी रहेको केन्द्रले जनाएको छ ।यस्तै सिन्धुपाल्चोको गुमथाङ, धाप र नकोटे आसपास पनि भारी वर्षा भएको छ ।, मेलम्ची र वलेफी नदीमा बाढी आएकाले  बिहान १० बजेसम्मै सतर्कता अपनाउन केन्द्रको आग्रह छ।, धनकुटाको मछुवाघाट र त्रिवेणी सोलुखुम्बुको सोलुखोला र साल्मे क्षेत्रमा पनि राती भारी वर्षा भइरहेको छ।, यस्तै, दोलखाको तामाकोसी नदी पनि सतर्कताको तह आसपास पुगेकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।, आइतबार पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै सोमबार प्रदेश एक र बागमती प्रदेशको केही भू-भागमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,  , अझै केही दिन पानी पर्ने
एजेन्सी थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।, स्थानीय समय अनुसार शुक्रबार १२:४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।, प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो।, १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ।, अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ। दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।, आगलागीको कारण खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।, यसैबीच प्रधानमन्त्री प्रयुथ चान-ओचाले व्यवसाय सञ्चालकलाई सुरक्षाका उपायहरू सुनिश्चित गर्न आग्रह गरेका छन्।, कोरोना भाइरस हल्का भएसँगै थाइल्याण्डमा पर्यटकको संख्या बढेको छ। विशेष गरी ठूलो संख्यामा पर्यटकहरू आउने यस्ता क्षेत्रमा सुरक्षाका सबै उपाय अपनाउन सरकारले आग्रह गरेको छ।, यसअघि सन् २००९ जनवरी १ मा बैंककको सान्टिका नाइट क्लबमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।, थाइल्यान्डको नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु
डा आशिष दत्त रिस एक किसिमको भावनात्मक अवस्था हो। मान्छेको विभिन्न भावनात्मक अवस्था हुन्छन्। कहिले मान्छे दुःखी हुन्छ, कहिले हाँस्छ, कहिले अत्तालिन्छ त्यो नै रिस एउटा भावना हो। यो सामान्य हो। यो प्राकृतिक हिसाबलेनै उत्पन्न हुन्छ।, हामीले हरेक दिन धेरै कुरा अनुभूति गरिरहेका हुन्छौं। अनुभूति गर्ने क्रममा विभिन्न किसिमको भावनात्मक अवस्था पनि त्यहीँ हिसावले उत्पन्न भइरहेको हुन्छ।, कुनै परिस्थिति अथवा कुनै घटनालाई हामीले आँकलन गर्ने क्रममा अथवा त्यसको अर्थ लगाउने क्रममा आफूमाथि त्यस्तो अन्याय भएको अनुभूति भएमा रिसको भावना उत्पन्न हुनसक्छ।, रिस सबै जनामा हुन्छ। कतिपय अवस्थामा सामान्य र स्वस्थ्य मानिन्छ। किनभने रिस आन्तरिक रूपमा अनुभूति हुने अवस्था हो। तर कतिपय अवस्थामा रिसको भावना व्यवहारमा परिणत हुन थाल्यो, रिसले हामी आक्रामक हुन थाल्यौं, आफैंलाई चोट पुर्‍याउने अथवा अरूलाई आघात पुर्‍याउने काम गर्‍यौं भने त्यो रिसलाई हामीले नराम्रो तरिकाले हेर्छौ जसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।, रिसको व्यवस्थापन हामीले हाम्रो जीवनमा घटिरहेका कुरालाई कसरी आँकलन गर्छौ त्यसमा भर पर्छ। यो सबै चिज हाम्रो सोचाइमा सम्बन्धित छ। सबैभन्दा पहिला हामीले हाम्रो विचारलाई व्यवस्थापन गर्न सिक्नुपर्छ।, रिस भनेको के हो भनेर आफ्नै परिप्रेक्ष्यमा बुझ्न थाल्यौं भने यसलाई व्यवस्थापन गर्न सकिन्छ। रिस व्यवस्थापन गर्ने विभिन्न किसिमका पद्धति हुन्छन्। रिस उठ्ने कुनै परिस्थिति उत्पन्न भयो भने एकछिन आफूले आफैलाई रोकौं।, आफ्नो दिमागमा आएको विचारलाई आँकलन गरौं। हुनत यो निकै जटिल प्रक्रिया हो। तर निरन्तर प्रयास गर्दा यो सम्भव छ।, कहिलेकाहीँ हामीले बदलाको भावना लिएका हुन्छौं। कहिले अरुलाई दोष दिन्छौं, कहिलेकाहीँ अरूलाई गलत मूल्यांकन गर्छौ। यी सबै सोचाइका त्रुटी हुन्।, यस्तो अवस्थामा आफूले आफैलाई मूल्यांकन गर्नुपर्छ। यस्तो सिप सिक्न पनि सकिन्छ। मनोविद् र मानसिक रोग विशेषज्ञको सहयोगमा यो सिप सिक्न सकिन्छ। रिस उठ्ने कुनै अवस्था छ भने सबैभन्दा पहिला त्यहाँबाट उठ्नुपर्छ।, श्वासप्रश्वासको अभ्यास गर्न सकिन्छ। शुन्यदेखि १० सम्म गन्न सकिन्छ। अथवा उल्टोबाट गन्न सकिन्छ। नियमित व्यायम गर्न सकिन्छ। मनपर्ने खालको गीत सुन्न सकिन्छ।, कतिपय अवस्थामा मुखले व्यक्त नगरी मनमा आएको कुरा लेख्न सकिन्छ। कविता कथा अथवा आर्ट गरेर पनि रिसको भावना नियन्त्रण गर्न सकिन्छ।,  रिस धेरै उठ्यो भनेर कतिले लागूपदार्थको प्रयोग गरेका हुन्छन्। त्यो झन् प्राणघातक हुन्छ।, डिप्रेसन, एन्जाइटी लगायतका मनोरोगको समस्यामा परेकालाई रिस उठिरहेको हुन्छ। यस्तो बेलामा रिस नियन्त्रण गर्न नसकिने अवस्था आउँछ। त्यस्तो भएमा उपचारमा जानुपर्ने हुन्छ।, रिस मानसिक समस्या भएमा मात्र उठ्छ भन्ने होइन। सामान्य अवस्थामा पनि मान्छे रिसाउँछ। कडा किसिमका मानसिक रोगमा तर्कहिन खालका सोचाइ उत्पन्न भएको अवस्थामा धेरै समयसम्म रिस उठ्छ।, सामान्यतया रिस थोरै समयमा सकिन्छ। तर त्यो रिस धेरै समयसम्म रहन थाल्यो। त्यो रिसको बदलमा भौतिक रुपमा मान्छे उत्रिन थाल्यो भने त्यसलाई उपचार गर्नुपर्छ।, कस्तो अवस्थामा रिस सामान्य हो र कस्तो अवस्थामा असामान्य हो भन्ने छुट्याउन मानसिक रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ।, रिस व्यवस्थापनको पूर्व तयारी समेत गर्न सकिन्छ। बिहान उठेदेखिनै रिस व्यवस्थापनको पूर्व तयारी गर्न सकिन्छ।, बिहानको समयमा १५ देखि २० मिनेट व्यायम गर्न सके धेरै हदसम्म रिसलाई नियन्त्रण गर्न सकिन्छ।, रिस किन उठ्छ, कसरी व्यवस्थापन गर्ने? (भिडिओ)
सेतोपाटी संवाददाता दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। , विशेष गरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ।  , यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ। यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।, एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ। , त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।, कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।, यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो  । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो।, नगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहर छुट्याउनमा योगदान गर्नुपर्ने वातावरणविद् भूषण तुलाधरको भनाइ छ। ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहरलाई दिगो व्यवस्थापन गर्न सकिने र यसको सुरुआत घरबाट होइन भान्साबाट फोहर वर्गीकरण गर्न थाल्नुपर्छ’, तुलाधरले भने। ,रासस, हेर्नुहोस् तस्बिरहरू,  , सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंका सडकमा फोहोर थुप्रियो, महानगर भन्छ-तत्काल फोहोर उठ्दैन
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ।, यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।, बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।, खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएका छन्। तालामारांका स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर  अर्यालले बताए।, त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ। राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरूद्ध भएको छ।, त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ।, मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
रासस लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु-मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ। , ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची-हेलम्बु सडकखण्ड अवरूद्ध भएको हो।, सडक अवरूद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै फसेका छन्। बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् । , यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्‍याएको छ। गएराति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरूद्ध भएको छ। बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ। , हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्‍याएको क्षतिका बारेमा यकिन हुन नसकेको बताए। , ‘निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ,’ उनले भने। , हेलम्बु-५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ। गएराति पहिराले भोटेचौर-काउले सडकसमेत अवरूद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।  , बाढीले मेलम्ची-हेलम्बु सडकखण्ड अवरूद्ध
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, धार्मिक, सांस्कृतिक  लगायतका क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले साउन १५ देखि साउन २१ गतेसम्म कैद गरिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, सुर्खेतमा रवि लामिछाने क्रेज। मंगलबार सुर्खेतमा आयोजित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेलामा सहभागीहरू। सुर्खेत सभाहलमा भएको उक्त भेलामा हलको क्षमताभन्दा बढी मानिसहरू उपस्थित थिए। दिपकजंग शही/सेतोपाटी, नाग पञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीमा सपेराहरूले ल्याएको नागलाई पूजा गर्दै भक्तजन। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी , वीरेन्द्रनगरस्थित नेवारेदेखि कालुङ्चोक जोड्ने सडक विस्तारका क्रममा बनाइएको नाला भत्किएपछि। निर्माण कम्पनीले नाला बनाएर सकेको केही समयमै परेको पानीले नालाको एक साइड भासिएको हो। तस्वीर : दिपकजंग शही/सेतोपाटी, अर्थमन्त्रीमा पुनर्बहाली भएपछि नेकपा माओवादीका सांसद जनार्दन शर्मा अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्न जाँदै गर्दा कर्मचारीहरूले उनको स्वागत गर्दै।  उनी राजीनामाको २६ दिनमा फेरि मन्त्रालय फर्किएका थिए।  तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी , बढ्दो महंगी र भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले काठमाडौंको बसन्तपुरमा निकालेको -यालीमा सहभागीहरू। पानी परेपछि उनीहरूले छाता ओढेर आन्दोलनमा सहभागी बनेका थिए।  तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी , गुराही पर्वको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नाच्दै गरेका थारू युवायुवतीहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी , काठमाडौंको सिंहदरबार पूर्वी गेटको मुखैमा थुप्रिएको फोहोरको डुंगुर। यतिबेला बन्चरे डाँडाका स्थानीयहरूको विरोध भएपछि राजधानीको फोहोर मैला उठ्न सकेको छैन। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी , ललितपुरको पाटनस्थित एक बुद्ध बिहारमा पन्चदानको अवसरमा दान दिँदै-लिँदै बौद्ध धर्मावलम्बी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी , काठमाडौंको पर्यटकीय नगरी ठमेलमा यात्रु कुर्दै गरेका रिक्सा चालक।  तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी  , उदयपुरको वेलका नगरपालिका-८ लाहुरे खोंच डुम्रीबोटेमा कोसीको तटबन्ध फुटेर बस्तीमा पानी पसेपछि चौपायासहित सुरक्षित स्थानतर्फ लाग्दै गरेका स्थानीय। तस्वीर : राजु अधिकारी/ सेतोपाटी , साताका क्लिक
सेतोपाटी संवाददाता सडक पिच गर्न माग गर्दै ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जाने बाटो ‍स्थानीयले अवरूद्ध गरेका छन्।, शनिबार बिहान ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जानेबाटो पिच गर्न भन्दै सडक अवरूद्ध गरेका हुन्।, वडा नम्बर १८, २१, २२ र २५का स्थानीयले मिलेर बाटो छेकेर अवरूद्ध गरेका थिए। , उनीहरूले अवरूद्ध गरेको सडक अहिले खुलिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। , स्थानीयले बिहान ९ बजेदेखि ११ बजेसम्मको लागि सडक अवरूद्ध गरेका थिए। , पिच नभएसम्म विरोध प्रदर्शन जारी नै राख्ने स्थानीयले बताएका छन्। , स्थानीय राजन थापाका अनुसार सडक आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म बनिसक्नुपर्ने थियो। तर सरोकारवालाहरूले सडक निर्माण समयमै नगरेको हुँदा अवरूद्ध गर्न बाध्य भएको उनले बताए। , ‘६ वर्षदेखि निर्माण हुनुपर्ने सडक बनेको छैन। नबनेपछि हामी जनता जागेका हौं,’ उनले भने। , यसरी अबदेखि दिनदिनै प्रदर्शन गर्ने उनले बताए। , ‘सडक निर्माण नहुँदा सम्म हामी हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सडक अवरूद्ध गर्छौं,’ उनले भने। , पिच गर्न माग गर्दै स्थानीयले गरे नख्खु-भैंसेपाटी सडक अवरूद्ध
नारायण खड्का सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। , शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। , उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो। , शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्। , मृतक बालिका पनि केशरकी छोरी रहेको डिएसपी खड्काले जानकारी दिए। , जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो। , जोन बस्नेत र जोशना बस्नेतलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। जसमध्ये जोशनाको मृत्यु भइसकेको छ। जोनको भने सुर्खेतमा उपचार जारी छ। , त्यस्तै बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको डिएसपी खड्काले जानकारी दिए। , सल्यान बनगाड कुपिण्डे नगरपालिका-९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन्। , बिरामी भएपछि शुक्रबार राति सवा ९ बजेतिर जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएका उनीहरू थप उपचारका लागि तत्कालै (राति नै) प्रादेशिक अस्पताल सुर्खेत रिफर गरी उपचार भइरहेको डिएसपी खड्काले जानकारी दिए।, सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, आठ जना बिरामी
सेतोपाटी संवाददाता जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको ह्छ। , काभ्रेको नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठलगायत १० जनालाई पक्राउ गरेको हो। , उनीहरूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।, जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले एक लाख ९६ हजार ३६० रुपैयाँसहित फेला पारेको हो।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, जुवा खेलिरहेको अवस्थामा काभ्रेबाट १० जना पक्राउ
सेतोपाटी संवाददाता देशभर थप ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ४ हजार ६८२ जनाको कोरोना परीक्षण गर्द ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , मन्त्रालयका अनुसार एक हजार ९४२ जनाको पिसिआर गर्दा ३२६ जनामा संक्रमण र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा संक्रमण देखिएको हो।, योसँगै देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्‍टामा एक जनाले ज्यान समेत गुमाएका छन्। , यस्तै ४४४ जना संक्रमित उपचारपछि घर फर्किएका छन्। , थप ६६० जनामा कोरोना भाइरसको संक्रमण
सेतोपाटी संवाददाता कैलालीमा कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको छ।, टिकापुर नगरपालिका-१ एकतानगर शिविर बस्ने लाल सिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको हो। , शनिबार दिउँसो उनी सोही ठाउँस्थित जमरा कुलोमा डुबेका हुन्।  , जिल्ला प्रहरी कार्यालयका अनुसार उनी नुहाउने क्रममा अचानक पानीमा डुबेका थिए। उनको उद्धार गरी तत्कालै टिकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, कैलालीमा कुलोमा डुबेर बालकको मृत्यु
रासस तनहुँका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन्।, जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन्। , अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ।, क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ। , त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्टिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुई सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ। कुनै सर्त पूरा नगरी र उद्योग पनि दर्ता नगरी सञ्चालन गर्ने उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्न नेपाल प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ।  , जिल्ला अनुगमन समितिले विभिन्न मितिमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न निर्णय गरे पनि अटेर गरी सञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिका सुब्बा नरबहादुर मगरातीले जानकारी दिए। त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरूमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुई र बन्दिपुरमा एकवटा छन्। , शुक्लागण्डकी–७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुङ्गा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी–२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्रिगेट एन्ड कङ्क्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी–५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि छन्। , त्यसैगरी म्याग्दे गाउँपालिका–४ र ५ मा क्रमश: सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज छन्।, अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समितिलगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।, तनहुँका १० क्रसर उद्योग दर्ता बिना सञ्चालन
रासस हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँ बढी भाडा बुझाउन बाँकी छ। , कार्यालयले विभिन्न उद्योगहरूलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ।, लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो। साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिवाना हुनेसमेत जनाएको छ।, हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख भोजराज बिडारीले केन्द्रीय कार्यालयको निर्णयानुसार उद्योगलाई बिल पठाइएको बताए। भाडा रकम नलिने अधिकार आफूहरूसँग नभएको भन्दै यथाशीघ्र रकम भुक्तानी गर्न उनले उद्योगीलाई आग्रह गरेका हुन्।, चार वर्ष अगाडि निर्णय भएको भाडा रकम उद्योगले भुक्तानी नगरेको पाइएकाले साउनभित्र भुक्तानी गर्न बिल पठाएको उनले बताए। , हेटौंडा औद्योगिक क्षेत्रको प्रतिरोपनी आठ हजार तीन सय ३१ रुपैयाँ तिर्दै आएका उद्योगले अब १९ हजार छ सय ९१ रुपैयाँका दरले प्रति वर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ। कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको प्रमुख बिडारीले बताए।, लिमिटेडको निर्णयानुसार उद्योगले सो भाडा यसै महिनाभित्र तिर्नुपर्ने हुन्छ। आवश्यकताभन्दा बढी जग्गा लिएका उद्योगले उक्त जग्गा अन्य उद्योगलाई प्रयोग गर्न दिनुपर्नेसमेत उनको भनाइ छ।, उद्योग संघ हेटौंडाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापनको २०५७ मंसिर ५ गतेको निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेपछि समस्या देखिएको हो। यतिबेला आर्थिक मन्दीले औद्योगिक प्रतिष्ठान समस्यामा पर्न लागेको अवस्थामा पनि सरकारले चार वर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गर्न खोज्नु असान्दर्भिक भएको उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष लेखराज पोखरेलले बताए। , गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाब दिएको उनले बताए। , लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको उनको भनाइ छ।, औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग संघ मकवानपुरले विरोध गरेको छ। उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकाप्रति उद्योगी व्यवसायी एवं संघको असहमति रहेको बताए। , भाडा नबढाउन ज्ञापनपत्र, औद्योगिक क्षेत्रको भाडादर नबढाउन माग गर्दै उद्योग संघ मकवानपुरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुझाएको छ। , बिहीबार हेटौंडा पुगेका मन्त्री बडूलाई उद्योग संघका अध्यक्ष प्याकुरेलले ज्ञापनपत्र बुझाएका थिए।, विसं २०७२ को भूकम्प, नाकाबन्दी, कोभिड–१९ को मार, रूस–युक्रेन युद्धलगायतका कारणले उत्पन्न विषम परिस्थितिमा उद्योगीले कुनै पनि हालतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा भुक्तानी गर्न नसक्ने उल्लेख गर्दै उद्योग संघ मकवानपुरले जमिन बहालसम्बन्धी समस्याको दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न पनि मन्त्री बडूको ध्यानाकर्षण गराएको छ।, हेटौंडाका उद्योगले १४ करोड भाडा बुझाउन बाँकी
रासस बैतडीको सुर्नया गाउँपालिका–७ का ३७ वर्षीय रघुवीर कुँवर मृत अवस्थामा फेला परेका छन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नम्बर ७ रौतगाउँको गोराखला टोल घर भएका बिहान वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन्।, पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्न स्थानीय चौथाली बजार गएका थिए।, कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन्।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।, युवक मृत फेला
रासस सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ। पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो।, शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ। यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ। मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो। पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।, भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।, सप्तकोशीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापू डुबानमा परेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढाको बस्ती डुबान भएसँगै विसं २०२३ मा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ। विद्यालयसँगै रहेको स्वास्थ्यचौकी पनि कटानको जोखिममा छ। यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयवासीले माग गरेका छन्।, पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविक रूपमा बढ्ने अनुमान छ। कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ।, सप्तकोसमा पुनः जलसतह बढ्न थालेकाले जलसतह सतर्कता आसपास पुग्न सक्ने र थप कटान हुनसक्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दामा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। , सप्तकोसीको ३३ ढोका खोलियो
रासस गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको छ।, आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले बताए।, ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो।, गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
रासस अविरल वर्षाले आएको पहिराले गए रातिदेखि डुम्रे–बेँसीशहर ​र बेँसीशहर चामे सडक  पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराे र मर्स्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीशहर चामे सडक अवरुद्ध भएको हो । , वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ ।, यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । , त्यस्तै,  लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिराे खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ ।  यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ । , डुम्रे–बेँसीशहर ​ र बेँसीशहर चामे सडक अवरुद्ध
सेतोपाटी संवाददाता देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्। , अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानहरूमा  हल्का  वर्षा भइरहेको छ।, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।, यस्तै भोलि र पर्सी पनि अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भोलि सोमबार प्रदेश एक र बागमती प्रदेशको केही भू-भागहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, यस्तै मंगलबार गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता उत्तरी गोरखाको सिर्दिवासबाट माछीखोलातर्फ खच्चड ल्याउँदै गर्दा पहिरोमा परेर गम्भीर घाइते भएका सुरेश गुरूङ (बुलसिं) को उपचारका क्रममा मृत्यु भएको छ।, साउन २० गते धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो खस्दा खच्चड धनीसमेत रहेका ड्राइभर (खचण्ड धपाउने व्यक्ति) गुरूङ घाइते भएका थिए।, धार्चे गाउँपालिका वडा नम्बर ७ भिरकुनाका ३५ वर्षीय गुरूङ ढुंगाले लागेपछि गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी हेलिकप्टरबाट उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको थियो।, उपचारका क्रममा उनको शनिबार राति निधन भएको स्थानीय वीरबल घलेले सेतोपाटीलाई बताए।, ‘ढुंगाले लागेर टाउको, हातखुट्टामा गहिरो चोट लागेको थियो। एक लाख ८० हजार भाडा तिरेर हेलिकप्टरबाट काठमाडौं ल्याएका थियौं। हेलिकप्टरको भाडा अझै तिरिसकेको छैन,’ उनले भने, ‘उपचारमा एक लाख २८ हजार खर्च भएकोमा टिचिङ अस्पतालले एक लाख मिनाहा गरिदियो भने बाँकी २८ हजार गाउँलेहरूले पैसा उठाएर तिरेका हुन्।’, गुरूङको आजै स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी रहेको उनले जानकारी दिए। , खच्चड धपाउँदा पहिरोमा परेका सुरेशलाई गाउँलेले हेलिकप्टरबाट काठमाडौं पठाए, बचाउन सकेनन्
सेतोपाटी संवाददाता सर्वोच्च अदालत अगाडि धर्ना दिन पुगेकी निहारिका राजपुतलाई प्रहरीले बसन्तपुर पुर्‍याएको छ। , बसन्तपुरमा न्याय माग्दै अनशन बस्दै आएकी राजपुत आइतबार बिहान सर्वोच्च पुगेकी थिइन्। , निषेधित क्षेत्र भएको भन्दै उनलाई त्यहाँबाट प्रहरीले हटाएको जिल्‍ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘निषेधित क्षेत्रमा जानुभएको हुँदा उहाँलाई त्यहाँबाट हटाएका हौं,’ मैनालीले भने। उनी सर्वोच्च अगाडिको सडकमा ब्यानरसहित लिएर बसेकी थिइन्। , आफूले न्याय नपाएको भन्दै उनी गत शुक्रबार सिंहदरबार क्षेत्रमा अनशन बस्न पुगेकी थिइन्। त्यहाँबाट पनि प्रहरीले नियन्त्रणमा लिएर बसन्तपुरमा पुर्‍याएको थियो। , निहारिका १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। बलात्कारपछि छोरा जन्मिएको उनको दाबी छ। , न्यायको लागि भौतारिरहँदा पनि आफूलाई गलत देखाएको भन्दै उनी अनशन बस्दै आएकी छिन्। ,  , सर्वोच्च अदालत अगाडि धर्ना दिन पुगेकी निहारिकालाई बसन्तपुर छाडिदियो प्रहरीले
सेतोपाटी संवाददाता त आर्थिक वर्षमा दाङ र रूकुममा १९ वटा झोलुंगे पुल बनेका छन्।, पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा १९ वटा पुलहरू निर्माण भएका हुन।, दाङ, रूकुम पूर्व र रूकुम पश्चिम आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा  झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत निर्माण गरिएका हुन।, अहिले रोल्पासहित चार जिल्लामा थप २७ वटा पुल बनिरहेको प्रतिष्ठानका अध्यक्ष नहकुल केसीले जानकारी दिए।, उनका अनुसार रूकुम पूर्वमा १२, दाङमा १४ र रोल्पामा एउटा झोलुंगे पुल निर्माणाधीन छन्।, प्रतिष्ठानले गरेको वार्षिक योजना तर्जुमा कार्यक्रममा अध्यक्ष केसीले ती पुलहरू निर्माण भएपछि हजारौं नागरिकलाई आवात-जावात र बस्तुभाउ ढुवानीमा सहज हुने आशा व्यक्त गरे।, पुल नहुँदा वर्षायाममा बाढीको डरैडरमा नागरिकले यात्रा गर्दै आएको भए पनि अब त्यो समस्या हटेको उनले बताए। , गत आर्थिक वर्ष  दाङमा पुल निर्माणको लागि  ३ करोड २०  लाख र  रोल्पाको लागि ३५ लाख बजेट आएको थियो। रूकुम पूर्वमा पुल निर्माणको लागि गत आर्थिक वर्षमा २ करोड २५ लाख र पश्चिम रूकुमका लागि १ करोड ६५ लाख बजेट आएको थियो।, चालु आर्थिक वर्षमा २२ वटा झोलुंगे पुल  निर्माणको लागि बजेटमा समावेश भएर आएको संस्थाका पदाधिकारीले जानकारी दिएका छन्।, गत वर्ष दाङ र रूकुममा बने १९ झोलुंगे पुल, थप २७ वटाको काम जारी
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७६० जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ९२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५८९ जनाको पिसिआर र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६०२ जना सक्रिय संक्रमित छन्।, ३२४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। , देशभर थपिए ७६० कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता उदयपुरको वेलका नगरपालिकास्थित कोसी प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित ठाउँमा ल्याइए पनि बिहीबार बिहानैबाट मानिसहरू आफ्नो घर फर्किन थालेका छन्। , नगरपालिकाका मेयर अशोक कार्कीले आरक्षले जग्गा हडप्ने हल्ला फैलिएपछि बिहीबार बिहानैदेखि मानिसहरूमा घर फर्किन थालेको बताए।  , 'प्रभावित क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्ष नजिक पर्छ। कसैले यही बेला बस्ती उठायो भने उठाकै उठाकै हुन्छ भनेर हल्ला फिँजाइदिएपछि मानिसहरू आत्तिएर घर फर्किन थालेका छन्,' मेयर कार्कीले भने। , केही समयअघि आरक्ष क्षेत्रलाई विस्तार गर्ने कुरा चलेको भए पनि उक्त योजना स्थानीयवासी र राजनीतिक दलका कारण रोकिएको मयेर कार्की बताउँछन्। तर पनि कसैले डर देखाइदिएका कारण झन्डै एक हजारको संख्यामा मानिसहरू घर फर्किएको उनले बताए। , स्थानान्तरण गरिएको ठाउँबाट मानिसहरू धमाधम गाउँ फर्किन थालेपछि प्रहरीको सहयोगमा उनीहरूलाई रोक्ने प्रयास गरिए पनि त्यो सम्भव नभएको उनको भनाइ छ।, 'बिहानदेखि नै धेरै मानिसहरू फर्किएका छन्। हामीले प्रहरी लगाएर रोक्ने प्रयास पनि गर्यौं तर पानी घाँटी-घाँटीसम्म भएकाले त्यो सम्भव भएन,' उनले भने। , त्यसरी गाउँ फर्किनेमा सबै युवाहरू रहेको उल्लेख गर्दै मेयर कार्कीले आज साँझसम्म उनीहरूलाई फर्काउन प्रयास गरिने जनाए।, उनले आज बिहानैमात्र पनि कोसीको बाँध फुटेको क्षेत्रको निरीक्षण गर्दा पानीको बहाव नघटेको उल्लेख गर्दै जतिबेला पनि विपद् आउनसक्ने हुँदा ती मानिसहरूलाई सुरक्षित स्थानमा फर्काइने बताए। , 'गाउँ फर्किनु भएकाहरूलाई आज साँझसम्म सम्पर्क गर्छौं। भएन भने भोलि बिहानै माइकिङ गर्ने सोचेका छौं,' मेयर कार्कीले भने। , कतिपय मानिसहरू भने आफ्नो पशुचौपायाका कारण पनि घर फर्किएका छन्।, मेयर कार्कीले पनि कतिपय मानिसहरूले आफ्ना सुंगुर, कुखुरा, राँगा, भैंसी ल्याउन नसकेका कारण र तिनीहरूलाई घाँसपात दिनका लागि गाउँ फर्किएको जनाए। , 'ठूलो पानी परेकाले कतिले आफ्नो पशुचौपायाहरू उत्तै छाड्नुपर्यो। त्यसैले अलिकति उचो भाग रहेको ठाउँका मानिसहरू अब पानी घट्यो भन्दै फर्किन थालेका छन्,' कार्कीले भने। , बुधबार बिहान करिब ३ बजेतिर सप्तकोसीको बाढी भंगालो फुटाएर बस्तीमा छिरेपछि उदयपुरको वेलका नगरपालिकाका पाँच वटा वडा र सुनसरीको बराह क्षेत्र नगरपालिकाका दुई वटा वडा प्रत्यक्ष प्रभावित भएका छन्।, प्रभावित हुने क्षेत्रमा वेलकाको १,२, ३, ८ र ९ नम्बर वडा छन् भने बराहक्षेत्रको ८ र ९ नम्बर वडा छन्। अहिले ती क्षेत्रका मानिसहरूलाई सम्बन्धित स्थानीय तहले सुरक्षित स्थानमा लाने क्रम जारी राखेका छन्।, सम्बन्धित समाचार:, ‘हामी छोराछोरी बोकेर आयौं, लोग्नेमान्छे उतै बाढीमा छन्’, जहाँबाट कोसी गाउँ पस्यो, उदयपुरमा कोसीले तटबन्ध भत्काएपछि… (तस्बिरहरू), कोसीको भँगालो बस्ती पस्दा करिब २० हजार विस्थापित, तटबन्ध भत्काएर सप्तकोसीको भँगालो बस्ती पस्यो, कोसी बाढी पीडितलाई प्रदेश एक सरकारले पठायो राहत, कोसी प्रभावित क्षेत्र पुगेर परराष्ट्रमन्त्री खड्काले भने- बहाव घटेपछि बाँध लगाउँछौं, सप्तकोसी पीडितको उद्धार कार्य जारी, बेलुकासम्म सक्ने तयारी, आरक्षले जग्गा हडप्ने त्रासमा ज्यान माया मारेर घरैमा छन् कोसीपीडित, चौपायाको मायाले घर फर्कन हत्ते गर्दैछन् कोसीपीडित, आरक्षले जग्गा हडप्ने डरले धमाधम गाउँ फर्किन थाले कोसीपीडित
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट राजश्व छली गरेको सुर्तीजन्य पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। , सिन्धुली तीनपाटन गाउँपालिका-६ घर भई बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङ विराटनगर नगरपालिका-१२ घर भई धोबिघाट बस्ने ५३ वर्षीय सुरेश पोखरेल, सर्लाही विष्णु गाउँपालिका-३ घर भई हाल कुलेश्वर बस्दै आएका ४४ वर्षीय दिनेश चौधरी र सिनामंगलका ३८ वर्षीय अरबिन्द अग्रवाललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार उनीहरूले राजश्व छली गरी सुर्तीजन्य पदार्थ राखेको आरोप छ। , प्रहरीले काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानुनी रूपमा भारतबाट कच्चा सुर्ती राजश्व छली ल्याई भण्डारण गरेको भन्ने गोप्य सूचना पाएको प्रहरी उपरीक्षक कोइरालाले बताए। सोही गोप्य सूचनाको आधारमा उनीहरूलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। , पोष्टराजलाई पेप्सीकोला र दिनेशलाई कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले उक्त सुर्तीजन्य कच्चा पदार्थ न्यू शुभ लक्ष्मी सुर्ती उद्योगबाट लिएको जनाएको प्रहरी उपरीक्षक कोइरालाले बताए। न्यू शुभ लक्ष्मी सुर्ती उद्योग अरबिन्द अग्रवाल र सुरेश पोखरेलले सञ्चालन गरेका हुन्। , उक्त उद्योगले उपत्यकाका विभिन्न स्थानमा सुर्तीजन्य पर्दाथ भण्डारण गरी राखेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए।  , राजश्व अनुसन्धान विभाग हरिहर भवन तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुस्थित फूलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुइटा गोदाम र अफिस तथा खोकनास्थित रहेको श्री न्यू शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरेको थियो। , खानतलासी गर्दा प्रहरीले तयारी सुर्ती १९५ बोरा अर्थात् झन्डै आठ हजार किलो र कच्चा सुर्ती झन्डै २० हजार २०० किलो बरामद गरेको जनाएको छ।  प्रहरीले सामानको मुचुल्का उठाउने काम भइरहेको समेत जनाएको छ। , झण्डै एक करोड ३० लाख बराबरको सुर्तीजन्य पर्दाथ बरामद भएको प्रहरीले जनाएको छ।, प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको जनाएको छ।,  , काठमाडौंबाट झण्डै एक करोड ३० लाख बराबरको सुर्तीजन्य पदार्थसहित चार पक्राउ
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको नेकपा सल्यानका एक नेता मृत फेला परेका छन्। , नेकपाका विशेष कमिटी सदस्य तथा पूर्वजिल्ला इन्चार्ज ५४ वर्षीय लोकपाल केसी (महेन्द्र) बिहीबार मृत फेला परेका हुन्। , उनी बागचौर नगरपालिका-१० मोख्लास्थित धान खेतमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए।, जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पे ठूलीखर्कका  केसीको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीको छ।, केसीका आफन्तहरू भने उनको हत्या भएको दाबी गरिरहेका छन्। , केसी गत स्थानीय निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए। , शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको डिएसपी खड्काले बताए। , घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।, सल्यानमा विप्लवका नेता लोकपाल केसी मृत फेला
रासस ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन्।, नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसीमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन्।, हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याको पहिचान विषय छलफलमा सहभागी वक्ताहरूले यस्तो आक्रोश व्यक्त गरेका हुन्।, उक्त कार्यालयको मातहतमा सुनसरी, मोरङ, झापा र सप्तरी जिल्ला गरी कूल ३३५ किमी मिटर सडक बाटो निर्माण गर्नु पर्दछ। महेन्द्र राजमार्गदेखि हुलाकी राजमार्गसँग जोडिएको उत्तर दक्षिण बाटो १६८ किमी र झापादेखि सप्तरीसम्म पूर्व–पश्चिम १६७ किमी बाटो निर्माणका लागि उक्त  कार्यालयले आव २०६६/६७ मा कूल रु १६ अर्बमा ठेक्का आह्वान गरेको थियो।, चालु आर्थिक वर्षको कात्तिक महिनामा सबै काम सकिनुपर्ने भए पनि निर्माण व्यवसायीले अहिलेसम्ममा नौ अर्ब ५० करोड रुपैयाँ बराबरको काम सम्पन्न गरी अरू काम अधुरै राखेको कार्यालय प्रमुख विजयकुमार थापाले जानकारी दिए।, उनले निर्माण व्यवसायीलाई पटक/पटक काम सम्पन्न गर्न निर्देशन दिए पनि विभिन्न बहानामा काम सम्पन्न नगरेकाले जनप्रतिनिधि र प्रशासकले आक्रोश पोख्नु स्वाभाविकै भएको बताए।, निर्माण व्यवसायीले अझ एक वर्ष समय थप्नुपर्ने माग गरिरहे पनि यसमा कार्यालयले केही गर्न नसक्ने तर विभागमा जानकारी गराउने उनले बताए।, उत्तर दक्षिणबाहेक झापामा ४८ किमी, मोरङमा ४४ किमी, सुनसरीमा २६ किमी र सप्तरीमा ४६ किमी बाटो अधुरै छ।, बाटोसँगै पुल पनि निर्माण गर्नुपर्ने र यसका लागि ठेक्का पनि सोही समयमा भइसकेकाले अहिलेसम्ममा २४ वटा पुल बनिसकेको र २६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयका इञ्जिनियर  प्रमोद खतिवडाले जानकारी दिए।,     , कार्य क्षेत्रमा रहेका सबै बाटो र पुल बनाउन करिब २६ निर्माण व्यवसायीले ठेक्कामा लिएको उनले जानकारी गराए।, प्रमुख जिल्ला अधिकारी दाहालले समयसीमाभित्र निर्माण व्यवसायीले आ–आफ्ना मातहतका निर्माणका काम सम्पन्न गर्न निर्देशन दिनाका साथै कुनै समस्या भए समाधान गर्न पहल गरिने बताए।, प्रदेशसभा सदस्य विजय विश्वासले काम गर्न नसक्ने निर्माण व्यवसायीले बाटो किन भत्काएको भन्दै अब निर्माणमा ढिलाइ भए जनताले पनि आवाज उठाउने बताए।, मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले कछुवा तालमा निर्माण गर्ने  निर्माण व्यवसायीका कारण जनताले दुःख व्यहोरिरहेका छन् भन्दै काम गर्न नसक्नेले किन ठेक्कामा लिनु भनेर आक्रोश व्यक्त गरे।, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कुनै पनि बहानामा काम रोक्न नहुने भन्दै कार्यक्षेत्रमा कुनै समस्या आए वा कसैले बाधा पुर्‍याए तुरून्त जानकारी दिन आग्रह गरे।,  , हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिको आक्रोश
सेतोपाटी संवाददाता प्रहरीले विमानस्थलबाट ३२० ग्राम सुनको बेरूवा औंठीसहित दुई जनालाई पक्राउ गरेको छ।, मोरङ विराटनगर महानगरपालिका-१५ रामपुरका विवेक तिम्सिना र दक्षिणकाली नगरपालिका-४ का साजन श्रेष्ठलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। , प्रहरीले विवेक र साजनको साथबाट दुई-दुई थान झन्डै ८० ग्रामको बेरूवा औंठी फेला पारेको जनाएको छ। , बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा उनीहरू दुबईबाट काठमाडौं थिए। आगमन टनेल गेटमा शंका लागि चेक गर्दा उनीहरूको साथबाट सुनको बेरूवा औंठी फेला परेको प्रहरीले जनाएको छ। , उनीहरूले औंठी लुकाई-छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको बताइएको छ। , प्रहरीले आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जनाएको छ। ,  , विमानस्थलबाट ३२० ग्रामको सुनको औंठीसहित दुई पक्राउ
युनिक श्रेष्ठ काठमाडौंमा चिनियाँ नागरिकलाई अपहरण गर्ने दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्।, बुधबार राती प्रहरीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नगरपालिका-११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर छन्। , यस्तै प्युठान नगरपालिका-८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका-१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ। , प्रहरी स्रोतका अनुसार कर्णबहादुर पाटन उच्च अदालतका एक न्यायाधीशका पिएसओ हवल्दार र शिव प्रहरी वृत्त बालाजुमा कार्यरत सहायक हवल्दार हुन्। , बुधबार राति करिब ७ बजे काठमाडौं-२६ कपुरधारास्थित सडकबाट ओखलढुंगा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भई बनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राईलाई केही व्यक्तिहरूले बोलाएका थिए। उनी दोभासे हुन्। , राईलाई उनीहरूले आफू प्रहरी नै हौं भनेर चिनाएका थिए।  , उनलाई केही व्यक्तिहरूले तपाईंसँग केही काम छ भनेर जबरजस्ती काठमाडौंको लाजिम्पाट लगेका थिए।, उनीहरूले राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए। जहाँ याङ याङ नाम गरेका चिनियाँ नागरिक थिए। , उनलाई पनि केही काम छ भनेर बोलाएर दुबैलाई लिएर गएको प्रहरी उपरीक्षक मैनालीले बताए। , करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागे। , त्यसरी एक करोड फिरौती माग गरेको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। , ती चिनियाँलाई प्रहरीले नै उठाएर लगेको भनेपछि हल्‍लाखल्ला भएको थियो। त्यसपछि प्रहरीले घटनाबारे थाहा पाएको हो। , तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो। , ‘सुरूमा उनीहरूले एक करोड फिरौती मागे। त्यति छैन भनेपछि ५० लाख लिएर आइज भने। त्यति पनि छैन भनेपछि उसो भए ३० लाख लिएर आइज भनेका रहेछन्,’ स्रोतले भन्यो। , बार्गेनिङ भइरहेका बेला यता चिनियाँ नागरिक भने प्रहरीको सम्पर्कमा थिए। ती चिनियाँ प्रहरी सँगैसँगै हिँडेको स्रोतले जनायो। , त्यसपछि उनीहरूले बोलाएको ठाउँमा पुगेको हो।  , ‘पैसा दिन भनेर हिँडेका चिनियाँ हामीसँगै थिए। हामीले नै लिएर गएका थियौं। ठाउँ थाहा थिएन, हामीलाई त्यसैले उनको सहयोगमा त्यहाँसम्म पुग्यौं,’ स्रोतले भन्यो।, मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं-२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए।, त्यसपछि प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको हो। , प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरू र चिनियाँ नागरिकबीच चिनजान थियो। प्रहरीले बरामद गरेको रकम पनि उनीहरूले चिनियाँकै डेराबाट लुटेका थिए।  , ‘उनीहरूबीच केही न केही चिनजान थियो होला। चिनजान नै नभई यसरी लुट्ने आँट नै गर्दैन नि,’ स्रोतले भन्यो,‘अपहरणमा परेका चिनियाँ पनि के-कस्तो काममा संलग्न छन् भन्ने पनि बुझिरहेका छौं। अनुसन्धानबाट खुल्दै जान्छ।’, उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ। पाँच दिन हिरासतमा राख्‍न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।, काठमाडौं परिसरले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।, प्रहरीका हवल्दारसमेत मिलेर लाजिम्पाटबाट अपहरण गरेका थिए चिनियाँलाई
रासस कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ परेका छन्।, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढा क्षेत्रीलाई बिहीबार दिउँसो साढे एक बजे पक्राउ गरेको हो।, नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिएर बसेका उनीहरूलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।, विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शंकास्पद अवस्थामा कोठामा बसिरहेका उनीहरूको जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने खैरो धूलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए।, उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।, लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ
रासस भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारू (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ।, यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्यौल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजूका पुजारीहरूसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।, भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्यौल उत्पन्न भए तलेजूमा जुन दिन मनाइन्छ, सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ। तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजूका मूल पुजारी राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाइन्छ।, सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजूका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो।, भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने
रासस सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा द्वारकाधाम निर्माण हुने भएको छ।, श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रले बिहीबार गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारकाधाम जस्तै धाम गुन्डुमा बन्ने बताएको हो।, पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले भने, 'भक्तपुरको गुन्डुमा २०७५ सालमा पाथिभरा मन्दिर बनाएर यहाँको धार्मिक विकासमा टेवा पुर्‍याएका छौं। अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्वारका धाम निर्माण गर्न लागेका छौं। यसले धार्मिक पर्यटनको विकासमा समेत टेवा दिनेछ।' , यही साउन २५ गते शिलान्यास हुने द्वारकाधाम करिब आठ रोपनी क्षेत्रफलमा फैलिने उनले जानकारी दिए। यसको लागत करिब १० करोड रूपैयाँ हुने गुरुयोजनाका साथ काम अगाडि बढाइएको उनले बताए। , द्वारका धामको मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उनले यहाँ राखिने मूर्ति भारतको द्वारकाधाममै बनिरहेको जानकारी दिए। तीनवटै सरकार र दाताबाट संकलन हुने रकमबाट मन्दिर बनाउने लक्ष्य राखेको पनि उनले बताए।, 'द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिनेछ,' उनले भने।, पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले द्वारकाधाम बनेपछि यहाँको धार्मिक पर्यटन विकास हुने र दर्शन गर्न भारत गइरहनु नपर्ने बताए। उनले द्वारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिए।, करिब १० करोड लागतमा गुन्डुमा द्वारकाधाम बनाइने
युनिक श्रेष्ठ भारतमा सुन चोरी गरेको घटनामा चार जना नेपाली पक्राउ परेको खुलेको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। , बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। , मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको आरए ४०१ जहाजबाट एक जनालाई पक्राउ गरेको थियो। , प्रहरीले धनगढी उपमहानगरपालिका-२ का सन्तोषकुमार लामिछानेलाई पक्राउ गरेको थियो। उनी आफ्नी श्रीमती र साथीहरूसँग भारतमा हुन लागेको कार्यक्रमको लागि सहभागी हुन जाँदै थिए।, तर कैलाली प्रहरीले उनी भाग्न लागेको भनेर प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएको थियो। सो सूचना पाएपछि प्रधान कार्यालयको विशेष ब्युरोको टोली खटिएको थियो। , सो टोलीले उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको विमान रोकेको थियो। त्यसमा चालक दलसहित १४१ जना यात्रु थिए। विमान रोकेर लामिछानेलाई विमानबाट झारेर पक्राउ गरी बुधबार नै कैलाली लगिएको थियो। , उनीमाथि बिहीबार अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गर्न म्याद थप गरेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए। , उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। , अहिले पक्राउ परेका चार जनामाथि भारतको पन्जाबमा सुन चोरी गरेको घटनामा संलग्न रहेको आरोप छ। यसमा कैलालीले यसअघि नै तीन जनालाई पक्राउ गरेको थियो। , ‘हिजो एक जना काठमाडौंबाट समातिएका हुन्। तीन जना अगाडि नै पक्राउ परिसकेका थिए,’ जोशीले सेतोपाटीसँग भने। , उनीहरूको प्रहरीले परिचय खुलाएको छैन। तीन जनामध्ये दुई जना सुन व्यवसायी नै रहेको र एक जना चोरीमा संलग्‍न भएको प्रहरीको भनाइ छ।, उनीहरूले पन्जाबमा एक करोडभन्दा बढी मूल्यका गरगहना चोरी गरेको जोशीले बताए। , यताका व्यवसायीहरूले चोरी गरेर ल्याएका सुन सस्तोमा किनेर व्यवसायीहरूले बेच्ने गरेको खुलेको हो। , ‘यहाँबाट म चोर्न जाँदैछु भनेर खबर गरेपछि पसलेहरूले अगाडि नै लगानी गरिदिने ट्रेन्ड पनि छ। तर अहिले पक्राउ परेका मानिसहरूले त्यो गरे/गरेनन् भन्ने अनुसन्धानकै विषय छ,’ जोशीले भने, ‘चोरेर ल्याएपछि यता पसलेले सस्तोमा किन्ने गरेको चाहिँ हो। उनीहरूले संगठित रूपमै काम गरिरहेको देखियो।’, यसमा अरूको पनि संलग्नता भएको प्रहरीको भनाइ छ। थप मानिस पनि खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ। , घटना भारतमा भएको हो। तर नेपालीहरूको संलग्नता रहेको खुलेपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई पत्राचार गरी अनुसन्धान गरिदिनु भनेर पत्र पठाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए। उनीहरूले डेढ महिनाअघि नै चोरी गरेका थिए। , तर भारतबाट पत्र आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले २५ दिनयता यस घटनामा अनुसन्धान गर्दै आएको छ। , ‘कहिलेकाहीँ राजदूतावासमार्फत् र इन्टरपोलमार्फत् पत्रहरू आउँछ। यस्तो केशहरूमा हामीले अनुसन्धानमा सघाउँछौं,’ उनले भने, ‘गम्भीर केशहरूमा भारतले पनि हामीलाई सहयोग गर्छ। समकक्षी भएको नाताले पनि हामी एकअर्कालाई सहयोग गरिरहेका हुन्छौं।’, यस घटनामा पनि अनुसन्धान गरिने उनले बताए। चोरी भएका सामानहरू फेला परेमा भने इन्टरपोलमार्फत् भारतलाई बुझाउन सकिने पनि उनले बताए। , यो पनि: ,मुम्बई जान जहाज चढिसकेका व्यक्ति किन समातिए विमानस्थलबाट? , नेपाल एयरलाइन्सको विमानबाट मुम्बई उड्न लागेका एक जना शंकास्पद व्यक्ति पक्राउ, विमानबाट पक्राउ प्रकरण: पन्जाबमा करोड बढीको सुन चोरी, नेपालमा ल्याएर सस्तोमा किनबेच
रासस कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ।, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराेका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो।, अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।, सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।, पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो।, मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी-जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताए।, काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए।, वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ।, वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुने गरेको छ।, बेनी-जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ। म्याग्दी-काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा पर्ने गरेका छन्।, भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक छ।, तीन दिनपछि खुल्यो बेनी-जोमसोम सडक
सेतोपाटी संवाददाता आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।, आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, महाशाखाका अनुसार पानी पार्ने प्रणाली मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण छ।, पानी पार्ने प्रणाली नेपालभन्दा टाढा भएकाले छिटपुट वर्षा हुने, एक दुई स्थानमा भारी वर्षा पनि हुने यद्यपि तुलनात्मक रूपमा कम वर्षा हुने मौसमविदले जानकारी दिएका छन्।, ‘अहिले ३-४ दिन अगाडिको जस्तो झरी र देसैभरी वर्षा हुँदैन, एक दुई स्थानमा छिटपुट वर्षा हुन्छ। पानी नै नपर्ने भन्ने हुँदैन’, मौसमविद हिरा भट्टराईले जानकारी भने।, भट्टराईका अनुसार आज दिउँसोतिर काठमाडौं उपत्यकामा र आसपासका क्षेत्रमा वर्षा हुने सम्भावना छ। , आज प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। , यसका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ।, भोलि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, आइतबार पनि मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , मनसुनको असर क्रमशः घट्दै, कस्तो छ आजको मौसम?
सेतोपाटी संवाददाता मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ।, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ।, ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।, यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।, बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ। , पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध
रासस काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ।, विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएको विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए।, एक शैक्षिकसत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ। , विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताए। सो तहमा अध्ययनका लागि रु चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने दाहालले बताए।, काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन
दुर्गा देवकोटा/रासस गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन्। वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन्। , टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेका छैनन्। उनलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ। सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन्।, ‘मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ। नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास कायम छ’, उनी भन्छन्, ‘वर्षा हुन थाले त्रास बढ्छ, राति पानी आएमा त हामी कहिल्यै सुत्दैनौं, वर्षा हुन थालेपछि छिमेकीलाई फोन गर्ने, म्यासेज गर्ने गरेर एकअर्काको खबर लिएर बस्छौं।’, सुशीलाजस्तै प्रतिपुरका बलबहादुर चौधरीको गत वर्ष लटरम्म फलेको थियो। बाढीले चार बिघा जमिनको धान बगायो। उनी बर्सेनि समस्या झेल्नुपरेकाले सरकारले बाढीबाट नागरिक बचाउन प्रयास नगरेको गुनासो गर्छन्।, ‘नदीमा पानीको बहाव बढी भएमा बस्तीमा पस्छ, सरकारले तटबन्ध थोरै–थोरै गरिरहेको छ। त्यही तटबन्ध भत्कँदै गएको छ’, चौधरी भन्छन्, ‘हाम्रो सुरक्षाबारे सरकारले ध्यान दिनुपर्छ। हामी धन, सम्पत्ति जोगाउनेभन्दा पनि ज्यान जोगाउने चिन्तामा हुन्छौं।’, मीनादेवी चौधरीको पनि गत वर्ष १८ कठ्ठा धान बगेको थियो। मीनादेवीलाई पनि वर्षा हुनेबित्तिकै त्रासले सताउँछ। मीनादेवीको घरमा बढी वर्षा भएमा पानी पस्ने जोखिम रहेकाले उनी सरकारले समस्या समाधान गर्नुपर्ने माग गर्छन्।, ‘एकातिर मेहनत गरेर लगाएको खेती डुबान र कटान हुने जोखिम छ। अर्कातर्फ बाढीमा बगिन्छ कि भन्ने त्रास छ’, मीनादेवी भन्छन्, ‘हरेक वर्ष हामी त्रासमा बाँच्नुपरेको छ। त्रासमा कसरी निद्रा, भोक लाग्छ।’, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी नागरिकका विभिन्न समस्या रहेका बताउँदै सरकारले बाढीसँग जोडेर जीविकोपार्जनका कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउँछन्।, उनी स्थानीय सरकार, संघसंस्था र विपद् व्यवस्थापन समितिले विभिन्न प्रयास गरिरहेको बताउँछन्।, ‘हामीले स्थानीयस्तरमा नागरिक कसरी जोगाउने, कसरी अत्यावश्यक कागजात जोगाउने भनी समुदायलाई तालिम दिएका छौं, कसरी खोज तथा उद्धारमा खट्ने भनी युवालाई तयारी राखेका छौं’, रेग्मी भन्छन्, ‘उच्च घरहरू तयारी अवस्थामा राखेका छौं, कतिखेर बस्ती छाड्नपर्छ थाहा छैन।’, विपदबाट बच्न पूर्वतयारीसँगै तीनै तहका सरकार मिलेर नागरिक सुरक्षित बस्न पाउने वातावरण बनाउनुपर्ने स्थानीयको माग छ। बाढीको त्रास बढ्दै गएका बेला टीकापुर नगरपालिकाले गत वर्ष पूर्ण क्षति भएको वडा नं ८ मा खोज तथा उद्धार तालिम गरेको छ। नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा समुदायलाई विपद्को सामाना कसरी गर्ने भनी तालिम दिएको हो।, तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विपद्को समयमा सूचना महत्वपूर्ण हुने बताए। , ‘विपद्को समयमा समयमै सूचना पाए क्षति हुनबाट जोगाउन सकिन्छ, त्यसैले समुदायमा आफूले पाएको सूचना छिटो दिनुपर्छ’, शाह भन्छन्, ‘खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, रेडक्रस र समुदायमा रहेका सबैले संयुक्त रूपमा मिलेर काम गरेमा विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सकिन्छ। हामी सबै मिलेर विपद्को सामना गर्ने हो।’, खोज तथा उद्धार तालिममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक रूपमा विपद्को समयमा कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गराइएको थियो।, साथै तालिमका सहभागीले स्थानीय स्रोतबाट ढुङ्गा, लाइफ ज्याकेट निर्माण गरेका थिए।, गत वर्ष २०७८ कात्तिक २ गतेको वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित भएको यस क्षेत्रमा यस वर्ष पनि जोखिम घटेको छैन।, यहाँ कर्णाली नदीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरिरहेको तटबन्ध ठाउँ–ठाउँमा भत्किन लागेकाले जोखिम उस्तै छ।, कर्णाली नदीले बर्सेनि धार परिवर्तन गर्दा थप जोखिम बढेको बताइन्छ । कर्णाली नदी किनारका मसानघाट, जमरा कुलाको मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र वनगाउँ, सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायतका स्थान जोखिममा छन्।, जोखिममा रहेका यी क्षेत्रमा तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका छन्।, कर्णाली नदीमा तटबन्ध भत्किएका कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका डुबान तथा कटानको जोखिममा पर्ने देखिन्छ।, नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्।, प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।, अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।, गत वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरीको नयाँ महानिरीक्षक बनाउने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए। उनी पनि महानिरीक्षकका दाबेदार थिए। उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेस थापासँग एक महिनाको विदा स्वीकृत गराएका थिए।, विदा लिएर पोखरेलले मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।, एक महिनाको विदा सकिएपछि उनले विदा थप्न निवेदन दिएका थिए तर आइजिपी सिंहले उनको विदा स्वीकृत गरेका थिएनन्।, सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।, झन्डै तीन महिना अफिस नै नगएर प्रहरीबाट विदा भए एआइजी पोखरेल
रासस राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थित रूपमा रहेका तार हटाइने भएको छ।, ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।, परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको जानकारी दिए ।, उक्त बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।, समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कर्ण, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहेका छन् । , ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, सडकपेटीमा बसेर माग्ने व्यक्तिको समस्यालगायतका समस्या समाधानका लागि काम गर्दै आएको छ । , ठमेलका अव्यवस्थित तार हटाउन सात सदस्यीय समिति गठन
एजेन्सी संयुक्त राज्य अमेरिकाले मंन्कीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। , संक्रमितहरुको संख्या अमेरिकाभर बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो। यसअघि विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।, स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलपछि अमेरिकी सरकारले यस्तो घोषणा गरेको हो। , संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्नेछन्।, मंकिपक्सविरूद्ध लड्न थप जनशक्ति परिचालन गर्नुका साथै तथ्याङ्क संकलनका लागि संकटकाल घोषणा गरिएको वाइडेन प्रशासनले जनाएको छ।, यसैबीच हरेक अमेरिकीलाई मंकीपक्स रोगलाई गम्भीर रूपमा लिन र भाइरससँग लड्न सहयोग र जिम्मेवारी बन्न हेल्थ एण्ड ह्यूमन सर्विस सेक्रेटरी जेवियर बेसेराले आग्रह गरेका छन्।, तत्काल तीन महिनाका लागि घोषणा गरिएको जनस्वास्थ्य संकटकाल यसको अवस्था हेरेर थप विस्तार गर्न सकिने बताइएको छ।, अमेरिकामा मेको मध्यमा मंकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो। त्यसयता अमेरिकामा ६ हजार ६ सयभन्दा धेरै पुष्टी भएका र सम्भावित संक्रमणहरु भेटिएका छन्। , मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ। जसमध्ये एक चौथाई न्यूयोर्कका मानिसमा देखिएको छ। विज्ञका अनुसार यो संख्या अझ बढ्न सक्नेछ।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत महिना मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ।, रोगको अन्तर्राष्ट्रिय फैलावट मार्फत जनस्वास्थ्य जोखिम भएको अवस्थामा विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गर्ने गर्छ।, मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।, सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।, त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।, यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।, विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।, संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।, मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।, मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।, मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।, अमेरिकाद्वारा मंकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा
रासस झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। , पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। , पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो।, शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। , झापाको पालिया खोलामा शिशुको शव फेला
सेतोपाटी संवाददाता प्रहरीले कैलालीबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।, बैतडी डिलासैनी गाउँपालिका-२ का राजेन्द्र सिंह भण्डारी र डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, कैलाली चुरे गाउँपालिका-६ का टेकबहादुर रावत र धिरेन्द्र रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीले उनीहरूलाई शुक्रबार गोदावरी नगपालिका-२ तेघरी खानेपानी ट्याङ्कीबाट पक्राउ गरेको हो।, प्रहरीले गोदावरी नगपालिका-२ अत्तरियातर्फ अवैध रूपमा बाघको छाला ओसारपसार भइरहेको भन्ने गोप्य सूचना पाएको थियो।, सोही क्रममा तेघरी खानेपानी ट्याङ्कीनजिक बुडरबाट धनगढीतर्फ आएको सु.प.प्र. ०४-००१ च ०००६ नम्बरको बोलेरो चेक गरेको थियो। , प्रहरीका अनुसार गाडीबाट एक थान बाघको छाला र हड्डी फेला परेको हो।  , बाघको छाला र बाघको दुई किलो हड्डी समेत बरामद गरेको प्रहरीले जनाएको छ।, प्रहरीले उनीहरूलाई जिल्ला वन कार्यालय कैलाली पठाउने काम भइरहेको जनाएको छ।, कैलालीमा बाघको छालासहित चार पक्राउ
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सल्यान जिल्लाका नेता लोकमान खत्री (लोकपाल) को मृत्यु प्रकरणमा उनीसँगै मदिरा सेवन गरेका व्यक्तिविरूद्ध किटानी जाहेरी परेको छ।, लोकमानका छोरा लोकेशकुमार खत्रीले छत्रेश्ववरी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय टोपबहादुर खत्रीविरूद्ध जाहेरी दिएका हुन्। , लोकेशकुमारले जिल्ला प्रहरी कार्यालयमा टोपबहादुरविरूद्ध किटानी जाहेरी दिएको डिएसपी सुमित खड्काले बताए।, ‘उहाँले जाहेरी दिएपछि टोपबहादुरलाई पक्राउ गरिएको छ। जिल्ला अदालतबाट पाँच दिन म्याद लिई अनुसन्धान जारी छ,’ उनले भने।, सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पेका ५३ वर्षीय लोममान बिहीबार बिहान साढे ९ बजेतिर बागचौर ननगरपालिका वडा नम्बर १० शिवगुफा नजिकै धान खेतमा मृत अवस्थामा फेला परेका थिए।, प्रहरीका अनुसार शिवगुफा सामुदायिक वन भित्रको गोरेटो बाटोदेखि ३५ मिटर तल खेतमा घोप्टो अवस्थामा लोकमान मृत अवस्थामा फेला परेका थिए।, प्रहरीले भिरबाट लडेर उनको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ। घटनाबारे खबर पाए लगतै इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायव निरीक्षक ओपेन्द्रकुमार शाहीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।, परिवार तथा आफन्तले उनको हत्या भएको दाबी गर्दै शब उठाउन नदिएपछि घटनास्थलमा डिएसपी खड्काको कमाण्डमा ११ जनाको टोली र जिल्ला अस्पतालबाट डाक्टर नितेश अधिकारी सहितको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।, त्यसपछि मात्रै आफन्त र स्थानीयले शब पोस्टमर्टमको लागि जिल्ला अस्पताल लैजान दिएका थिए।, बाबु लोकमान मृत फेला परेपछि  छोरा लोकेसले साउन १८ मा थारमारे बजारमा मदिरा सेवन  गरेर बाबु मोखला बजार तर्फ जाने भनेर टोपबहादुरसँगै हिँडेको दाबी गरेका छन्।, बाबु मृत फेला परेपछि सँगै रक्सी खाएका व्यक्तिविरूद्ध छोराले दिए उजुरी
सेतोपाटी संवाददाता प्रहरीले निहारिका राजपुतलाई सिंहदरबारबाट नियन्त्रणमा लिई बसन्तपुरमा लगेको छ। , आफूले न्याय नपाएको भन्दै सिंहदरबार क्षेत्रमा अनशन बस्न पुगेकी राजपुतलाई प्रहरीले निषेधित क्षेत्रमा अनशन बस्न नपाउने भन्दै बसन्तपुर पुर्‍याएको प्रहरीले जनाएको छ। , ‘सिंहदरबार क्षेत्रमा कहीँ कतै बस्न पाइँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘तर उहाँ अनशन बस्ने हिसाबले दक्षिण ढोकामा आउनुभएको थियो।’, प्रहरीका अनुसार उनलाई प्रहरी चौकी नलगिकन सिधै अनशन बस्ने भए बसन्तपुर एरियामा गएर बस्नु भनी उतै लगेर छोडिएको हो। उनी बालकलाई च्यापी अनशन बस्न सिंहदरबार क्षेत्र पुगेकी थिइन्।, प्रहरीका अनुसार उनलाई राम्ररी भ्यानमा राखेर बसन्तपुर छोडिदिएको हो।   , निहारिका १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। बलात्कारपछि छोरा जन्मिएको उनको दाबी छ। , न्यायको लागि भौतारिरहँदा पनि आफूलाई गलत देखाएको भन्दै उनी अनशन बस्दै आएकी छिन्। ,  , अनशन बस्न सिंहदरबार पुगेकी निहारिकालाई प्रहरीले छोडिदियो बसन्तपुरमा
भगवती पाण्डे अधिकांश सहरको प्रमुख चुनौती बनेको छ-फोहोरमैला व्यवस्थापन। घर-घरबाट संकलन गरिने र बजारमा यत्रतत्र फालिएका फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सहर दुर्गन्धित बन्ने गरेको छ। बासिन्दाको स्वास्थ्यमा पनि जोखिम हुने गरेको छ।, यता रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई भने ढुक्क छ।, तिलोत्तमामा नगरपालिका र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सहकारीको माध्यमबाट बासिन्दा आफैंले फोहोरमैला व्यवस्थापन गर्ने र बायोग्यास उत्पादन गर्ने योजना अघि बढाएका छन्।, 'वास स्वास्थ्य सहकारी संस्था लिमिटेड’ लाई तिलोत्तमा नगरपालिका र युएनडिपीले फोहोर व्यवस्थापन परियोजनामा आर्थिक सहायता गरेका छन्।, फोहोरमैला व्यवस्थापनको लागि ‘हरित पुनरुत्थान प्रवर्द्धन परियोजना’ ले तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७ देखि १७ सम्मका ११ वटा वडाको फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको छ।, वडा नं ८ स्थित करहिया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोलाले उकास गरेको ६ बिघा जमिनमा ‘वास स्वास्थ्य सहकारी संस्था'ले घर-घरबाट संकलन गरेको फोहोर ल्याउँछ र  छुट्याउँछ। त्यसपछि बिक्री गर्ने गरेको छ।, नगरपालिकामा २०७४ सालमा पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएर आएपछि सुरू गरिएको उक्त सहकारीले २०७६ सालमा नगरपालिकालाई खुला प्लास्टिकबाट मुक्त गर्ने अभियान चलायो। यससँगै सहकारीको काम अघि बढ्यो।, उक्त अभियानको क्रममा नगरभित्रका सिँचाइका नहर, कुलो, खोला, पार्क, सार्वजनिक स्थानलगायत घर-घरबाट एकै पटक प्लास्टिक संकलन गरिएपछि यही प्रशोधन केन्द्रमार्फत् व्यवस्थापन गरिएको संस्थाका अध्यक्ष खेम गौतमले जानकारी दिए।, उनले भने, ‘एउटै अभियानमा झण्डै १५ ट्र्याक्टर प्लास्टिक संकलन भएको थियो, नगरपालिकाले सार्वजनिक स्थलबाट प्लास्टिक संकलन गरेपछि त्यसको व्यवस्थापन भने हामीले नै गरेका थियौं।’, अहिले सहकारी संस्थाले चार वटा ट्र्याक्टरमार्फत् फोहोर संकलन गरी प्रशोधन केन्द्रमा ल्याउँछ। प्रशोधन ल्याइएका बोरा, प्लास्टिक, सिसा, फलाम, टिन जस्ता पुनः प्रशोधन गर्न मिल्ने फोहोर अलग-अलग गरी छुट्याउने गरिन्छ। फोहोर संकलन गर्ने र छुट्याउने कामकै लागि ४० जनाले रोजगारी पाएका छन्।, सहकारीले फोहोर संकलन र व्यवस्थापनबाट आम्दानी पनि बढाएको छ।, संस्थाका अध्यक्ष गौतमका अनुसार यसरी प्रशोधन गरिएको फोहोर प्रतिकेजी ६ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।, उनले भने, ‘सुरूमा नाफा नभए पनि काम गरिरह्यौं, अहिले संकलित प्लास्टिक, फलाम, टिन जस्ता फोहोर वस्तु बिक्री गरेर आम्दानी गर्न थालेका छौं।’, गौतमले फोहोर प्रशोधनबाटै वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए।, ‘रिसाइकल गर्न नमिल्ने बिस्कुट, गुट्खा, चाउचाउ लगायतका प्लास्टिक समेत प्रतिकिलो ६ रुपैयाँमा इँटाभट्टामा बिक्री हुने गरेको छ, अहिले सहकारी विस्तारै नाफामा जाँदैछ,’ उनले भने।, फोहोर संकलन र व्यवस्थापन सँगै सहकारीले युएनडिपीसँगको सहयोगमा कम्पोस्ट र गड्यौला मल बनाउने तालिम, मल बनाउन विन वितरण र गड्यौला वितरण गर्दै आएको छ।, त्यस्तै, फोहोर संकलन गर्ने कामदारहरूलाई तालिम, स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।, अहिले नगरपालिका, युएनडिपी र संस्थाको त्रिपक्षीय सहयोगमा फोहोर प्रशोधनको काम भइरहेको गौतमले बताए।, बचत संकलन गर्ने र ऋण दिनेबाहेक सहकारीले स्वास्थ्य, सरसफाइ र खानेपानीलाई आफ्नो कार्यक्षेत्र तोके पनि अहिले भने फोहोर व्यवस्थापनको काम मात्रै अघि बढाएको छ।, सदस्यहरूबाट ५७ लाख रुपैयाँ संकलन गरेर सुरू गरिएको सहकारीमा तिलोत्तमा नगरपालिकाले १ करोड ४३ लाख रुपैयाँ र युएनडिपीले १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ।, ‘सुरूमा सदस्यहरूले नै रकम संकलन गरी संस्था स्थापना गरिए पनि अहिले तिलोत्तमा नगरपालिकाले रकम लगानी गरेर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र भन्ने वातावरण सृजना भएको छ,’ गौतम भन्छन्, ‘यसलाई हामीले सफलता मानेका छौं।’, तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने हरेक व्यक्ति सहकारीको सदस्य बन्न पाउँछ। सदस्यता शुल्क गच्छेअनुसार ५ हजारदेखि १ लाख रुपैयाँसम्म तोकिएको छ।, फोहोर संकलन गर्न प्रतिचुलो मासिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ। होटल, रेस्टुरेन्ट तथा व्यापारिक प्रतिष्ठानबाट फोहोरको परिमाणअनुसार अनुसार एक हजार रुपैयाँसम्म लिने गरेको संस्थाका सुपरभाइजर चन्द्रबहादुर गुरूङले बताए।, सहकारीले अहिले नकुहिने फोहोरमात्र प्रशोधन गरी बिक्री गर्दै आएको छ।, गौतमका अनुसार नकुहिने फोहोर बुटवल, देवदह, भैरहवामा रहेका रिसाइक्लिन उद्योगहरूले किन्छन्। फालिएका प्लास्टिक पगालेर पुनः प्लास्टिकका वस्तुहरू उत्पादन हुन्छन्। फलाम, टिनहरू कवाड पसलहरूले किन्छन्। त्यसबाट पनि नयाँ सामग्री उत्पादन हुन्छन् । पुन: प्रयोग नहुने गुट्खा, चाउचाउ, बिस्कुट लगायतका प्लास्टिक इँट्टाभट्टाले भट्टीमा आगो लगाउन लैजान्छन्।, कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने योजना छ।, गुरूङका अनुसार कम्पोस्ट मल बनाउने मेसिन मगाइएको छ। मेसिन जडानका लागि ट्रस पनि निर्माण गरिएको छ। मेसिन जडानपछि कुहिने र नकुहिने फोहोर घरमै वर्गीकरण गर्न लगाएर फोहोर उठाउने योजना छ।, अधिकांश बासिन्दा कृषक भएकाले कुहिने फोहोर उनीहरू आफैंले व्यवस्थापन गर्ने गरेका छन्।, वडा नम्बर १ देखि ६ वडासम्मको फोहोर व्यवस्थापनको काम भने ‘वातावरण सुन्दर नेपाल प्रालि’ ले गर्ने गरेको छ।, यो कम्पनीले घर-घरबाट संकलन गरिएको कुहिने फोहोर वडा नम्बर ५ स्थित तिनाउ नदीको उकास क्षेत्रमा खाडल खनेर व्यवस्थापन गर्दै आएको छ।, फोहोर बिक्रीबाट मासिक दुईदेखि साढे दुई लाखसम्म आम्दानी हुन्छ भने फोहोर संकलन गरेबापत घर-घरबाट मासिक ८ लाख रुपैयाँसम्म शुल्क उठ्छ।, खर्च कर्मचारी तलबमा मासिक ५ लाखसम्म हुन्छ। ट्र्याक्टर मर्मत, डिजेल खरिद लगायतमा ३/४ लाख खर्च हुन्छ।, कम्पनीका प्रबन्ध निर्देशक बलभद्र पुरीका अनुसार नकुहिने र पुनःप्रशोधन गर्न मिल्ने फोहोर बिक्री गर्ने गरेको छ।, बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने आकलन गरेर पूर्ववर्ती जनप्रतिनिधिले तिलोत्तमाका हरेक वडामा नियमित सरसफाइ अभियान सुरू गरेका थिए। अहिले पनि प्रत्येक महिनाको १ गते र १५ गते नियमित रूपमा सफाइ अभियान चल्ने गरेको छ।, नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यसअघि नै नगरपालिकाले अघि सारेको फोहोर सदुपयोग योजना अहिले पनि निरन्तर चलिरहेको बताए।, नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहोर परियोजनामार्फत् व्यवस्थापन गर्दा दीगो हुने बताइन्। समुदायको अगुवाइमा परियोजना सञ्चालन भएकोले स्थानीय समुदायको अपनत्व रहेको उनको भनाइ छ।,  , महिनाको २ लाखमा बिक्छ तिलोत्तमाको नकुहिने फोहोर
भगवती पाण्डे साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन्। असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए।, ‘ज्वरोको समस्या लिएर ओपिडी र आकस्मिक कक्षमा आउने बिरामीमध्ये दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको छ,’ ढकालले भने।, अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ।, मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताए।, ‘एकातिर बजारभित्र भत्किएका सडकका खाडलमा पानी जमेर त्यसैमा लामखुट्टेले बासस्थान बनाएका छन्, अर्कोतर्फ विगतमा हुने सचेतनाका कार्यक्रम र लामखुट्टेको खोजी र नष्ट गर अभियान भएका छैनन्, अहिलेकै अवस्थामा बिरामीहरूको संख्या थपिँदै जाने हो भने भदौसम्म डेंगीका बिरामीहरूले अस्पताल भरिने छन्,’ डा. ढकालले भने।, डा. ढकालले डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने बताउँछन्।, अस्पतालका सूचना अधिकारी डा. नेत्र राना लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक १५/१६ जनासम्म डेंगीका बिरामी थपिने गरेकोले ज्वरो आयो भने पनि सामान्य ज्वरो होला भनी घरमै नबस्न सुझाव दिन्छन्।, ‘अस्पतालमा आएका बिरामीमध्ये डेंगीको शंका लागेर परीक्षण गराउने ४०/४५ प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको छ,’ डा. रानाले भने।, डा. रानाका अनुसार ओपिडीमा आएका मात्रै दैनिक ४०/५० जनाको डेंगी परीक्षण हुने गरेको छ।, ‘मंगलबार अस्पतालको ओपिडीमा अन्य दिनभन्दा झण्डै आधा मात्रै बिरामी आएका थिए, थोरै बिरामी आउँदा पनि १८ जनामा शंका लागेर डेंगी परीक्षण गरिएको थियो, तीमध्ये ८ जनाको रिपोर्ट पोजिटिभ आयो,’ डा. रानाले भने।, आकस्मिक कक्षमा आएका बिरामीमध्ये पनि दैनिक ४/५ जनामा डेंगीको संक्रमण देखिने गरेको छ।, डेंगीको संक्रमण देखिए पनि औषधी खाएर निको हुन सक्नेलाई घरमै पठाउने गरेको छ।, डेंगीको संक्रमण अलि गम्भीर देखिएको, बान्ता हुने, खाना खान नसक्ने, रगतमा प्लेट्लेट्स घटेको जस्ता बिरामीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गरिएको डा. रानाले जानकारी दिए।, ‘अहिले पनि ५/६ जना बिरामी अस्पतालमा भर्ना हुनुहुन्छ, अधिकांशलाई भने घरमै पठाउने गरिएको छ,’ उनले भने।, लुम्बिनी प्रादेशिक अस्पतालमा आउने बिरामीमा मात्र नभई अन्य अस्पतालमा जाने बिरामीमा पनि डेंगीको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।, कार्यालयका प्रमुख गौरव ढकालका अनुसार यहाँका सरकारी र निजी अस्पतालमा बिरामी बढेका छन्।, ढकालले ग्रामीण भेगभन्दा सहरी क्षेत्रहरू बुटवल, भैरहवा, सैनामैना, देवदह र तिलोत्तमामा डेंगीका बिरामीहरू बढी देखिएको बताए।, उनले कतिपय गम्भीर प्रकृतिका बिरामीलाई चितवन काठमाडौं पठाउने गरिएको जानकारी दिए।, बुटवलमा डेंगीका मात्र होइन कोभिडका पनि बिरामी बढेका छन्।, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले अहिले पनि कोभिडका ७ जना संक्रमितको आइसियूमा उपचार भइरहेको बताए।  ,  , बुटवलमा डेंगीका बिरामी बढ्दै, लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १५ जनाभन्दा बढी बिरामी भेटिए
सेतोपाटी संवाददाता अविरल वर्षासँगै आएको पहिरोले मंगलबारदेखि बुधबार दिउँसोसम्म मुग्लिन-नारायणगढ सडक खण्ड अवरूद्ध भयो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो।, यसैगरी भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी र मुग्लिननजिक घोप्टेखोलामा खसेको पहिरोले सडक अवरूद्ध भएको थियो।, लामो समयको प्रयासपछि सडक डिभिजन कार्यालयले पहिरो पन्छाएर सडक खुलाएको छ। बाटो खुलाए पनि चालकहरूले जोखिमपूर्ण ठाउँमा सवारी साधन कुदाइरहेका छन्। , हेर्नुहोस् भिडिओ, नारायणगढ-मुग्लिन सडकमा बाढीसहित पहिरो झरेपछि... (भिडिओ)
एजेन्सी चीनमा एक जना प्रेमीले आफ्नी प्रेमिकालाई कारले ठक्‍कर दिएर हत्या गरेका छन्। , बुधबार हेबेई प्रान्तको ताङ्गशानमा वाङ नाम गरेकी एक महिलालाई झाङ नामका प्रेमीले पहिला ठक्कर दिए। उनी ढलेपछि प्रेमीले पटक-पटक गाडीले किचेर उनको हत्या गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, त्यो भिडिओ अहिले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ।, घटना हुँदा त्यहा उपस्थित केही मानिसले ती प्रेमीलाई पटक-पटक रोक्ने प्रयास गरेका थिए। दुई जना पुरूषले गम्भीर अवस्थामा रहेकी वाङलाई तानेर सडक छेउमा लैजाने प्रयाससमेत गरेका थिए। तर झाङले गाडी फेरि स्टार्ट गरी उनीमाथि कुदाएका थिए। , अचेत भइसकेकी वाङलाई उपचारका लागि अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए।, घटनास्थलबाट भागेका झाङलाई प्रहरीले केही घन्टापछि पक्राउ गरेको थियो।  , प्रहरीले उनीहरूबीच विवाद भएको र त्यसकै कारण हत्या गरेको बताएको छ। विवाद के थियो भन्ने खुलाएको छैन। प्रहरीले अनुसन्धान जारी नरहेको जनाएको छ।, घटनाको भिडिओ रेड स्टार न्युजले वेइबोमा शेयर गरेको थियो। जुन चार करोड पटक हेरिएको छ। धेरैले यस घटनाप्रति दु:ख व्यक्त गरेका छन्। कतिपयले यो घटनालाई चीनमा हुने लैंगिक हिंसाको घटनासँग जोडेका छन्।, यसअघि गत जुन १० मा ताङ्गशाङकै एक रेष्टुरेन्टमा पुरूषको एक समूहले चार जना महिलामाथि कुटपिट गरेका थिए। यस घटनामा दुई महिला अस्पतालमा भर्ना समेत भएका थिए। नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो। , चीनमा गाडीले किचेर एक युवकले गरे प्रेमिकाको हत्या
भगवती पाण्डे गत असार १० गते अर्घाखाँचीको मालारानी गाउँपालिका–२, डाँडाकटेरीकी २७ वर्षीया सरू भट्टराईको हत्या भयो। उनकै श्रीमान कमल भुसालले खरबारीमा घाँसदाउरा लिन गएको समयमा एक्लै पारी गम्छाले घाँटी कसेर हत्या गरेका थिए।, गत जेठ १३ गते मालारानी गाउँपालिकामै सात वर्षकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी आयो। उजुरीपछि मालारानीकै भेडीखोरका ३८ वर्षीय कमल महत पक्राउ परे।, गत जेठ ९ गते बुटवल उपमहानगर–११, देवीनगरस्थित रंगशाला नजिकै १२ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा बुटवलकै ५९ वर्षीय रुकनाथ ढकाललाई प्रहरीले पक्राउ गर्‍यो। , एक स्थानीयवासीका अनुसार तिलोत्तमाकी ती बालिकालाई मिठाइ दिने लोभ देखाएर बलात्कार गर्दै गरेको अवस्थामा केही व्यक्तिले देखेका थिए।, गत वर्ष मंसिर २४ गते रूपन्देहीको सैनामैनाकी ३६ वर्षीया खुमा घर्तीको हत्या भयो।, सैनामैना नगरपालिका–८, बाँसगढी घर भएकी खुमा बुटवलस्थित दिदीको घरमा आएका बेला आफ्नै श्रीमान सन्तबहादुर घर्तीले हत्या गरेका थिए।, खुमा घरबाट हिँडेको केहीबेरमा उनलाई पछ्याउँदै आएका थिए।, खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि सन्तबहादुर आफैं इलाका प्रहरी कार्यालय, बुटवल पुगेका थिए।, गत वर्षकै कात्तिक २१ गते बञ्चरोको बिँडले हानेर दाङको गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले आफ्नी श्रीमती ५० वर्षीया सुनिता रोकाको हत्या गरे।, त्यसअघि गत वर्षकै भदौ २५ गते रूपन्देहीको कञ्चन गाउँपालिकाका रञ्जीत थारूले आफ्नी श्रीमती सीताको शरीरमा आगो लगाइदिए। जलेर गम्भीर घाइते भएकी सीताको छैटौं दिन पाल्पाको मिसन अस्पतालमा मृत्यु भयो।, उपर्युक्त घटनाहरू प्रतिनिधिमात्र हुन्। लुम्बिनी प्रदेशमा हत्या, बलात्कार, मानव बेचबिखन लगायत आपराधिक घटनामा वृद्धि भएको छ।, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशका १२ वटा जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा आपराधिक घटनाका ६ हजार ३६२ वटा मुद्दा दर्ता भएका छन्।, त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा प्रहरीमा ५ हजार ८३५ र आर्थिक वर्ष २०७६/७७ मा ५ हजार ८०३ वटा उजुरी दर्ता भएका थिए।, दर्ता उजुरीमध्ये ज्यानसम्बन्धी ९९ वटा छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरदत्त पन्तका अनुसार २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्म ९९ वटा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भएका छन्।, कर्तव्य ज्यानसम्बन्धी सबभन्दा बढी घटना रूपन्देहीमा छन्। रूपन्देहीमा हत्याका २७ वटा जाहेरी दर्ता भएको प्रहरी तथ्यांक छ।, रूपन्देहीपछि कपिलवस्तुमा १६ वटा, दाङमा १४ वटा, बाँकेमा १३ वटा, पश्चिम नवलपरासीमा ६ वटा र बर्दियामा ४ वटा हत्याका जाहेरी प्रहरीमा दर्ता भएका छन्।, पाल्पामा गत आर्थिक वर्षमा हत्याको घटना दर्ता भएन। प्युठानमा ५ वटा, रोल्पामा ४ वटा, गुल्मी र अर्घाखाँची ३–३ वटा जाहेरी दर्ता भएका छन्।, सोही अवधिमा जबरजस्ती करणी अर्थात बलात्कारका ३८८ वटा र जबरजस्ती करणी उद्योगका १२८ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।, प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार कर्तव्य ज्यानका घटनाजस्तै जबर्जस्ती करणीका घटना पनि तराईका जिल्लामा बढी छन्। सबभन्दा बढी दाङमा ८३ वटा मुद्दा दर्ता भएका छन्।, रूपन्देहीमा ७० वटा, बर्दियामा ५० वटा, बाँकेमा ४६ वटा, कपिलवस्तुमा ३१ वटा र पश्चिम नवलपरासीमा २० वटा जाहेरी जबर्जस्ती करणीका छन्।, एक वर्षमा पाल्पामा जबर्जस्ती करणीका २४ वटा जाहेरी दर्ता भएका छन्। रोल्पामा १९ वटा, प्युठानमा १८ वटा, गुल्मीमा १५ वटा तथा अर्घाखाँचीमा र पूर्वी रूकुममा बलात्कारका ४–४ वटा बलात्कारका जाहेरी परेका छन्।, गत आर्थिक वर्षमा वैवाहिक बलात्कारका तीन वटा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। गुल्मी, रूपन्देही र बाँकेमा वैवाहिक एक–एक वटा बलात्कारका जाहेरी दर्ता भएका हुन्।, प्रदेशमा १२८ वटा जबरजस्ती करणी उद्योगका जाहेरी दर्ता भएका छन्। मानव बेचविखनका २८ वटा र बालयौन दुराचारका ३७ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।, लुम्बिनी प्रदेशमा बहुविवाहका घटनामा वृद्धि भएको छ। गत आर्थिक वर्षमा बहुविवाह १५७ वटा र बालविवाहका ९ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।, लुम्बिनीमा गत आर्थिक वर्षमा आत्महत्याका घटना पनि वृद्धि भएको छ। एक वर्षमा एक हजार २९७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या दुरुत्साहनसम्बन्धी ४० वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।, लुम्बिनीमा एकै वर्षमा बढ्यो ५ सय बढी आपराधिक घटना
सेतोपाटी संवाददाता लोक सेवा आयोगको परीक्षा दिँदा उत्तरपुस्तिकामा फोन नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।, कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको स्वास्थ्य सेवातर्फको परीक्षामा एक जना उम्मेदवारले ‘मलाई फोन गर्नू’ लेखेर आफ्नो मोबाइल नम्बर उत्तरपुस्तिकामा लेखेका थिए।, विज्ञापन नम्बर ५८४/५८८-०७८/७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तहको अहेव पदका लागि परीक्षा दिएका सिद्धकुमाख गाउँपालिका-२ सल्यानका नविनकुमार रेउलेले आफ्नो फोन नम्बर उत्तरपुस्तिकामा लेखेपछि उनको परीक्षा रद्द गरिएको हो।, प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ (१) तथा प्रदेश लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ (२) बमोजिम उनको लिखित परीक्षा रद्द भएको हो।, यस्तै, आयोगबाट आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी कुनै पनि परीक्षामा रेउले उम्मेदवार हुन पाउने छैनन्।, लोक सेवा आयोगको उत्तरपुस्तिकामा आफ्नो मोबाइल नम्बर लेख्ने उम्मेदवारको परीक्षा रद्द
सेतोपाटी संवाददाता आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ परेकी छन्। , बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई ३० हजार घुससहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनले कम्प्युटर बिलिङको सफ्टप्वेयर स्वीकृतिको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।  सूचना पाएपछि टंगालबाट खटिएको अख्तियारले उनलाई पक्राउ गरेको हो। , उनलाई रकमसहित काठमाडौं महानगरपालिका वडा नं. २ स्थित आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान भइरहेको छ।,  , आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ
सेतोपाटी संवाददाता करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो।, हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले।, साढे चार दशकदेखि त्यही मूर्ति पूजा गर्दै आएका छुस्या बहालका बासिन्दा पहिलेजस्तै ठूलो मूर्ति बनाउन चाहन्थे तर संजोग मिलिरहेको थिएन।, त्यो संजोग हालै जुरेको छ, बौद्धका दाता पूर्णसिद्धि शाक्यमार्फत।, बौद्धमा शनिबार बिहानैदेखि नामसंगति पुच:को आयोजनामा बुद्धको मूर्ति राखेर नामसंगति पाठ हुँदै थियो। यो मूर्ति छुस्या बहालमा दान दिन बनाइएको हो।, 'नामसंगतिमा १६ हजार ग्रन्थको भावार्थ हुन्छ भनिन्छ। यो पाठमा बुद्ध, मञ्जुश्री लगायत विभिन्न भगवानको बयान छ,' शाक्यले भने, 'बौद्ध विहारमा हरेक दिन नामसंगति पाठ हुन्छ। मान्छेले आफ्नो घरमा पनि पाठ गर्न सक्छन्। यो पाठ पढ्दा शुभ हुन्छ। आफूलाई मात्र होइन, आफ्नो वरिपरि बस्ने समुदायलाई पनि।', नामसंगति पाठ र जीवन्यास (मूर्तिमा प्राण भर्ने) सकिएपछि दिपंकर बुद्ध मूर्ति झकिझकाउ पारेर बाजागाजासहित बौद्ध चैत्य परिक्रमा गराइयो। त्यसपछि विदाइ गरेर छुस्याबहाल पठाइयो।, यता छुस्याबहालमा दिपंकर बुद्धको स्वागत निम्ति बेग्लै रौनक थियो।, 'पहिले हराएको बुद्ध मूर्ति राजा प्रताप मल्ल पालाको थियो। पञ्चदानमा राजा स्वयं सहभागी भएका थिए,' बहालका सचिव त्रिरत्न बज्राचार्यले मूर्ति पाउँदाको खुसी साट्दै भने, 'अहिले पाएको मूर्ति पनि विशेष छ। दान पारमिता अवलम्बन गरेर जीवन अगाडि बढाउने जुन शिक्षा र शैली छ, त्यसलाई बुद्ध मूर्तिका दाताहरूले राम्ररी बुझ्नुभएको रहेछ।', पुरानोसँगै नयाँ सम्पदाको मूल्यांकनमा जोड दिँदै बज्राचार्यले भने, 'पुराना सम्पदा भत्कँदै, हराउँदै जान्छन्। त्योसँगै बन्ने नयाँ सम्पदाको मूल्य पनि हामीले बुझ्न जरूरी छ।', शनिबार छुस्याबहालमा दिपंकर बुद्ध प्रतिस्थापन गरेपछि काठमाडौंका बहाबहीका थकाली र भन्तेहरूलाई दान दिइएको थियो। त्यसपछि पञ्चदान र नित्यपूजा सुरू भयो।, नेवाः पात्रोअनुसार यो वर्षको दसौं महिना हो जसलाई 'गुँला' भनिन्छ। वर्षाको मादकता र जोखिम दुवै यति बेला उत्कर्षमा हुन्छ। कुन बेला आकाश बर्सन थाल्छ भन्न सकिन्न। कुन बेला आकाशबाट पोखिएको पानी थाम्न नसकेर बाढीपहिरो जान्छ, त्यो पनि भन्न सकिन्न। रोगव्याधिको डर पनि यही बेला हुन्छ। त्यही भएर सबैको कल्याण होस्, कसैलाई दुःख नहोस् भनेर बाजागाजा बजाउँदै शुभकामनासहित गुँला पर्व मनाउने चलन छ।, नेवाः बौद्ध धर्मावलम्बीहरू यो महिनाभरि पञ्चदान गर्छन्, ताकि समस्यामा परेकाहरूलाई आफ्नो दानबाट सहयोग प्राप्त होस्।, बौद्ध धर्मको बज्रयानमा एउटा श्लोक छः, दानं विभूषणम् लोके, दानं दुर्गति निवारणम्, दानं स्वर्गसे स्वकानम्, दानं शान्ति करं शुभ, अर्थात्, दानले दुर्गति निवारण गर्छ। दानले स्वर्ग जाने बाटो खोल्छ। दानले शान्ति पाइन्छ।, बौद्ध धर्मको दस पारमितामध्ये सबभन्दा पहिले दानकै कुरा आउँछ। दान पारमिता नसकी बौद्धमार्गीहरूले अरू पारमिता हासिल गर्न सक्दैनन्।, दान कसलाई दिने भन्ने पनि नियम हुन्छ। माग्नेलाई दिने, भिक्षुलाई दिने लगायत विभिन्न थरका दान हुने त्रिरत्न बज्राचार्य बताउँछन्। उनका अनुसार पाएको वस्तु बेच्ने र अनैतिक कार्यमा खर्च गर्नेहरूलाई दान दिनु हुँदैन। दिने मान्छेले आफ्नो मन शुद्ध पार्नुपर्छ। लिनेले पनि मैले लिएको छु र धर्मको लागि केही गर्नुपर्छ भनेर लिनुपर्छ।, जसले दसवटै पारमिता सफलतापूर्वक सम्पन्न गर्छ, त्यो मान्छे बुद्ध वा बोधिसत्वजत्तिकै हुन्छ भन्ने भनाइ छ। त्यही भएर बज्राचार्य, शाक्यहरू यसलाई आफ्नो जीवनको मूल मन्त्रका रूपमा अवलम्बन गर्छन्।, त्यही मर्म बुझेका पूर्णसिद्धि शाक्यले बुद्धको मूर्ति दान गरेको यो पहिलोपटक होइन। उनले २०७० सालदेखि हरेक वर्ष एउटा मूर्ति दान दिँदै आएका छन्। अहिलेसम्म ८ वटा बुद्ध मूर्ति दिइसकेका छन्।,  , पहिलो मूर्ति पाटनको गुइतःमा दिएका थिए। गुइतःवासीहरूले खुसी हुँदै भने, 'हामीलाई मूर्ति नभएर कस्तो आपत परेको थियो। अब हामीले सधैं दिपंकर बुद्ध राखेर पञ्चदान दिन पाउने भयौं।', गुइतःपछि गाःबहाल, नःटोल, रक्षेश्वर विहार, बाँडेगाउँ, इखाछेँ, बुटवलको पद्म चैत्य विहारमा मूर्ति दिए। ३६ इन्चको यो दिपंकर बुद्ध मूर्ति उठेको मुद्रामा छ। प्रायः दिपंकर बुद्धका मूर्तिहरू बसेको मुद्रामा हुन्छन्। नेपाल, चीन र थाइल्यान्डमा उठेका मूर्तिहरू पनि चलनचल्तीमा छन्।,  , पूर्णसिद्धिले चारवटा मूर्ति स्टक राखिसकेका छन्। कसैलाई आफ्नो विहारका लागि बुद्ध मूर्ति चाहिए सम्पर्क राख्न सक्छन्।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,  , जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्
नारायण खड्का कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ।, नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार छन्।, शर्मा नेकपा माओवादी केन्द्र तुलसीपुर-३ नम्बर वडा कमिटीका सचिव हुन्। , शर्मा ज्यान तथा लागुऔषध मुद्दामा १६ वर्ष कारावास सजाय भोगेर एक/डेढ वर्ष पहिलेमात्रै आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।, युवतीलाई तुलसीपुरमा बोलाएर बलात्कार गरेपछि शर्मा फरार भएको र खोजी कार्य तीव्र पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।, युवती नारायणघाटबाट नेपालगञ्ज हुँदै तुलसीपुर यसरी आइन्, चितवन कारागारमा लागुऔषध मुद्दामा दोषी ठहर भएपछि तोकिएको सजाय भुक्तान गर्न तनहुँका सुमन शाही ठकुरी बन्दी जीवन बिताइरहेका छन्।, उनलाई तनहुँ जिल्ला अदालतले एक लाख २० हजार रुपैयाँ रकम र दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। तोकेको जरिवान रकम तिर्न नसकेपछि ठकुरी कारागार पठाइएका हुन्।, उनी ती युवतीका साथी थिए। प्रहरीसमक्ष ती युवतीले आफू पहिलादेखि ठकुरीसँग बस्दै आएकी बताइन्। , कुनै दिन सँगै दाङ तुलसीपुरका विष्णु शर्मा, सुमन शाही ठकुरी र हाल बाँकेको नेपालगञ्ज कारागारमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताउँदै आएका नासिर (अहमद) सँगै वीरगञ्ज कारागारमा थिए।, त्यतिखेरै ठकुरीले आफ्नी प्रेमिकाबारे नासिरलाई पनि सबै कुरा भनेका थिए। चिनजान गराइदिएका थिए। त्यही भएर यो बीचमा ती युवती र नासिरको बीचमा पनि फोन सम्पर्क भइरहन्थ्यो। युवतीको वास्तविक प्रेम सम्बन्ध ठकुरी सँगै छँदै थियो।, त्यही चिनजानका कारण नासिरले ती युवतीलाई असार १० गते आफूलाई भेट्न भनेर नेपालगञ्ज कारागारमा बोलाए। युवती नारायणघाटबाट बस चढेर नेपालगञ्ज पुगिन्।, त्यो रात ती युवती नेपालगञ्जमै बास बसिन्। नासिरलाई युवतीले असार ११ गते नेपालगञ्ज कारागारमा पुगेर भेटिन्।, नासिरले उनलाई एउटा कागज दिन्छन्। बाँकी केही बोल्दैनन्। त्यो छिमेकी देश भारत उत्तराखण्डमा बस्ने जमिल अहमदको पहिचान खुल्ने त्यहाँको आधार कार्ड थियो। नासिरले युवतीलाई दाङको तुलसीपुर जान सल्लाह दिए। जहाँ एक जना साथी रहेको र उसैले सघाउने वचन दिए। नासिरले तुलसीपुरका विष्णु शर्मालाई युवतीको फोन नम्बर पठाइसकेका थिए।, काम सकेर ती युवती दिउँसो ४ बजेतिर नेपालगञ्ज बसपार्क पुगिन्। त्यससपछि बस चढिन्। बीच बाटोमा पुग्दै गर्दा माओवादी नेता विष्णु शर्माले तुलसीपुरबाट युवतीलाई फोन सम्पर्क गरे। तर, त्यतिखेर विष्णुले आफ्नो परिचय सुनिल केसी भनेर दिए।, आफूले तुलसीपुर बसपार्कमा कुरी बस्ने भन्दै ती युवतीलाई तुलसीपुर बसपार्कमै बोलाए।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार युवती राति ९ बजेतिर तुलसीपुर बसपार्क पुगिन्। उनीहरू बसपार्कको एक होटलमा बास बसे। एउटै रूम भए पनि दुई अलग–अलग बेडमा सुते।, पहिलो दिन विष्णु शर्मा उर्फ सुनिल केसीले ती युवतीलाई केही गरेनन्।, सुनिल भनेर परिचय दिएका विष्णुले आफूलाई उक्त दिन आफू इप्रका तुलसीपुरभित्रकै मानिस भएको अर्थात् आफू प्रहरी नै रहेको भन्दै युवतीलाई भ्रममा पारिसकेका थिए।, डिएसपी अर्यालका अनुसार विष्णुले आफूले भनेझैं गरेमा युवतीका केटा साथी ठकुरीलाई कारागारबाट निकाली दिने विश्वास दिलाएका थिए।, साउन १२ गते खाना खाइसकेपछि सुनिल उर्फ विष्णुले युवतीलाई तुलसीपुरस्थित तुलसीपुर यातायात प्राइभेट लिमिटेडमा गएर एउटा खाली टिकट माग्न लगाए।, विष्णुकै योजना अनुसार युवतीले काउन्टरबाट कर्मचारीसँग बसको टिकट माग्न सफल भइन्।, उक्त टिकट सुनिल उर्फ विष्णुले लगे। जसमा विष्णुले जमिल अहमदको नाम लेख्दै ठेगाना भारत उत्तराखण्ड लेखेर राखे। विष्णुलाई जमिल अहमद दाङको तुलसीपुर आएको देखाउनु थियो। त्यो प्रमाण चाहिएको थियो।, त्यस दिन विष्णुले अर्कै होटलमा पुर्‍याए। डिएसपी अर्यालका अनुसार होटलमा नाम इन्ट्री गराउँदा उनले आफूलाई जमिल अहमदको नामबाट गराएका थिए।, त्यसदिन बेलुका खाना खाएपछि विष्णुले ती युवतीमाथि बलात्कार गरे। युवतीले जति अनुनयविनय गर्दा पनि उनले मानेनन्।, उनी कराउन थालेपछि जमिल अहमदलाई फसाउन  प्रमाणको रूपमा यौन सम्बन्ध राख्न जरूरी रहेको भन्दै भ्रममा पारे।, ‘भोलि तिम्रो स्वास्थ्य परीक्षण गर्दा तिमीमाथि बलात्कार भएको देखिनुपर्छ, अन्यथा जमिल फस्दैन,’ युवतीको बयान सम्झँदै डिएसपी अर्यालले भने, ‘म प्रहरी हुँ र त्यसो भएन भने तिम्रो प्रेमी सुमन शाही ठकुरीलाई जेलबाट छुटाउन मुश्किल हुन्छ भन्ने भ्रममा पारेको देखिन्छ।’, डिएसपी अर्यालका अनुसार जमिल अहमद को हुन्? र तिनले के काम गर्छन् भन्ने खुलिसकेको छैन। तर, प्रहरीको आशंका भने उनी लागुऔषध कारोबारी अर्थात्  डिलर हुन सक्ने आशंका छ। जसलाई बलात्कार मुद्दामा फसाएर मोटो रकम असुल्ने र त्यसमध्ये केही रकम ती युवतीका प्रेमी सुमन शाही ठकुरीलाई कारागारबाट निकाल्न खर्चने योजना विष्णु र नासिरले बनाएको अनुमान प्रहरीको छ।, विष्णु बलात्कारपछि पनि युवतीसँगै जाहेरी दिन प्रहरीमा गए, साउन १३ गते शुक्रबारको दिन थियो। डिएसपी अर्याल खाना खाएपछि प्रहरीको आन्तरिक जुम मिटिङमा थिए। त्यतिखेर विष्णुले डिएसपी अर्याललाई फोन सम्पर्क गरेका थिए। तर, उनी मिटिङमा रहेको हुँदा उनको फोन उठाउन पाएनन्।, त्यसको केही समयपछि डिएसपी अर्याललाई काम विशेषले कार्यालयभन्दा बाहिर जानु पर्‍यो।, पीडिक विष्णु र ती पीडित युवतीसँगै इलाका प्रहरी कार्यालय पुगे। सुनिल उर्फ विष्णुको योजनामा युवती जमिल अहमदविरूद्ध बलात्कार मुद्दा दायर गर्न भनेर गएका थिए।, विष्णु ती युवतीले जाहेरी दिँदा साक्षीका रूपमा बस्न भनेर गएका थिए। उनले यी विषय तुलसीपुर उपमहानगरपालिका वडा नं. –३ का वडाध्यक्ष विजय विक र तुलसीपुर – ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहसँग पनि सोधेको प्रहरी बताउँछ।, ‘एउटा तनहुँको नानीले बलात्कार मुद्दामा तपाईं साक्षी बस्दिनु पर्‍यो भनेर भनिरहेकी छिन्। बस्दा हुन्छ कि हुँदैन भनेर वडाध्यक्षज्यूहरूलाई पनि सोधेको खुलेको छ,’ डिएसपी अर्यालले भने, ‘वडाध्यक्षज्यूहरूले आफूहरूले अहिलेसम्म बलात्कार मुद्दामा अरू कुनै व्यक्ति साक्षीको रूपमा बसेको कुरा थाहा नपाएको भन्ने जवाफ दिनुभएको रहेछ।’, पीडक विष्णु र ती युवती पुगेर जमिल अहमदविरूद्ध किटानी जाहेरीसहित मुद्दा दिन खोजे। युवतीमाथि बलात्कार भएको साथी प्रमाण आफू भएको भन्दै विष्णु साक्षी बस्ने कुरा गरिरहेका थिए। प्रहरी निरीक्षक बखतबहादुर शाहीलाई आशंका लाग्यो। उनले युवतीलाई केही प्रश्न सोध्न थालेपछि विष्णु एकाएक इप्रका तुलसीपुरबाट बाहिरिएर गायब भए।, विष्णु बाहिरिएको केहीबेरपछि युवती भक्कानिइन्। विष्णुले आफूलाई भ्रममा पारी रातभर बलात्कार गरेको तथ्य सबैसामु खोलिन्। त्यतिखेर बिष्णु गायब भइसकेका थिए।, त्यो बीचमा विष्णुले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई फोन सम्पर्क गरी आफूलाई रिसिइबीका कारण प्रहरी निरीक्षकले अनाहकमा बलात्कार मुद्दा लगाएर फसाउन खोजेको बताएका थिए।, केहीबेरमा कार्यालय प्रमुख डिएसपी अर्याल बाहिरको काम सकेर कार्यालय फर्के। एसपी काफ्लेले विष्णुले गरेको गुनासो डिएसपी अर्याललाई सुनाउँदै सत्यकुरा पत्ता लगाउन आदेश दिए।, डिएसपी अर्यालले पीडित भनिएकी युवतीलाई आफू पनि तनहुँमै बसेर काम गरेको र स्थानीय भएको कुरा गर्दै सत्य भन्न आग्रह गरेपछि युवतीले सबै घटनाक्रम सबैसामु बताइन्।, यो बीचमा विष्णुले माओवादीका शीर्ष नेताहरूलाई आफूलाई प्रहरी फसाउन खोजिएको भन्दै गुनासो गरिसकेका थिए।, प्रहरीले झूटा आरोपमा फसाउन थालेको कुरा विष्णुले गरेपछि नेताहरूले प्रहरी समक्ष कुरा राखे। डिएसपी अर्यालका अनुसार इप्रका तुलसीपुरमा विष्णुका सहोदार दाजु दुर्गासहित केही माओवादीका महिला नेता पनि पुगे।, सबैका सामु सोध्दा पनि पीडित युवतीले इप्रका तुलसीपुरमा सबैका सामु भक्कानिँदै सुनिल केसी अर्थात् विष्णु शर्माले आफूमाथि गरेको अत्याचारबारे बताइन्। , ‘पीडित युवती रोएको देखेर र कुरा सुनेर यहाँ आउनु भएका महिला नेताहरूले तत्काल विष्णुलाई समातेर कानुनी कारबाही थाल्न आग्रह गरेर जानु भएको हो,’ डिएसपी अर्यालले भने, ‘हामीले बलात्कार आरोपित विष्णु शर्माको खोजी तीव्र पारेका छौं। छिट्टै अवश्य पनि नियन्त्रणमा लिने छौं।’, पीडित युवतीले विष्णु शर्माको नाममा बलात्कार मुद्दा लिखित रूपमा दर्ता गरिसकेको डिएसपी अर्यालले बताए।, पीडित युवतीको घरमा आमा–बुवासमेत नरहेको तथा आफन्त पनि नरहेको हुँदा उनलाई प्रहरीले महिला अधिकारकर्मीलाई भनेर सुरक्षित ठाउँमा राखेको डिएसपी अर्यालले जानकारी दिए।, प्रेमीलाई जेलबाट छुटाइदिने बहानामा तनहुँबाट दाङ बोलाएर युवतीमाथि बलात्कार
सेतोपाटी संवाददाता प्रहरीले लागु औषध खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको छ।, प्रहरीले नेपालका विभिन्न स्थाबाट ४५९ ग्राम खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।, पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-१ का २७ वर्षीय राजकुमार तामाङ, मौवाखोला गाउँपालिका-१ का ३५ वर्षीया सुशिला तामाङ, झापा भद्रपुर नगरपालिका-२ का २० वर्षीया संचमाया तामाङ, इलाम नगरपालिका-४ का ३२ वर्षीय दिपेश विश्वकर्मा र पाँचथर फिदिम नगरपालिका-९ का ३० वर्षीय काजिमान गुरूङलाई पक्राउ गरेको हो।, यस्तै मेचीनगर नगरपालिका-१५ का ३१ वर्षीय मनिराज लिम्बु, बझाङ जय पृथ्वी नगरपालिका-१० का २० वर्षीय उपेन्द्र जाग्री, झापा शिवसतासी नगरपालिका-९ का ३३ वर्षीय प्रेमहाङ सेलिङ, ३७ वर्षीय योगेश लिङ्देन र बुद्धशान्ति गाउँपालिका-४ का २७ वर्षीय विदुर आङ्बोलाई, रामेछाप नगरपालिका-९ का ४० वर्षीय जुनुमाइ मोक्तान र काठमाडौं-३ का ४३ वर्षीय अनुज शाहीलाई पक्राउ गरेको जनाइएको छ।, प्रहरीले सुशिलाबाट ८ ग्राम, संचमायाबाट १ ग्राम र मणिराजबाट ४५ ग्राम खैरो हिरोइन बरामद गरेको हो।, प्रहरीले राजकुमार, सुशिला, संचमाया र मणिराजलाई साउन ३२ गते लोकन्थलीबाट जम्मा ५४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।, उनका अनुसार जुनुमाईबाट ३८७ ग्राम, उपेन्द्र र प्रेमहाङबाट ७-७ ग्राम खैरो हेरोइन बरामद गरेको हो।, प्रहरीले जुनुमाई, योगेश, बिदुर, उपेन्द्र, प्रेमहाङ, मणिराम र काजिमानलाई शनिबार काठमाडौंका विभिन्न स्थानाबाट पक्राउ गरेको हो।, काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई लागुऔषध ऐन २०३३ अनुसार कारबाही भइरहेको जनाइएको छ।, यसको मूल्य झन्डै साढे चार लाख पर्ने प्रहरीले जनाएको छ। , ४५९ ग्राम खैरो हेरोइनसहित १२ जना पक्राउ
रासस मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताए।, कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको पाँच घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए।, जोखिमको तह पनि बढिरहेको र बिहानभन्दा दिउँसो झन जमिन भासिँदै गएको देखिएको दुलालले बताए।, अहिले सुरक्षित स्थानमा राखी विज्ञको सिफारिसका आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले बताए।, थकनी डाँडाकटेरीका १४ घर पहिरोको उच्च जोखिममा
रासस विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।, मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा बुधबार सफल शल्यक्रिया भएको हो।, करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा भानु न्यौपाने, डा वात्सल्य अर्याल, डा फारिदा खातुन लगायतको टिम सहभागी थियो।, सफल शल्यक्रियापछि डा कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भने, 'शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ।', ती महिलाका आफन्तका अनुसार विगत दुई वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित परीक्षण गर्दा सानो पाँच/छ सेमी आकारको मासु पलाएको रिपोर्ट थियो। कोरोनाका कारणले पुनः उपचार र परीक्षण हुन नसकेको तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन्।, आफन्तका अनुसार विस्तारै विस्तारै पेट बढ्दै गयो। मोटाएको जस्तो महसुस भयो तर कुनै दुःख र अप्ठ्यारो नभएको हुनाले ठीकै छ भनेर बिरामी घरमा बसिरहेकी थिइन्। तर पेट धेरै मोटाएको हुनाले विराट नर्सिङ होममा आएर परीक्षण गर्दा ३०/४० सेमी आकारको ट्युमर देखा पर्‍यो।, शल्यक्रिया नगरी अरू उपाय नभएको चिकित्सकले बताएपछि शल्यक्रिया गर्नुपरेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन्।, महिलाको पाठेघरबाट १० किलोको ट्युमर शल्यक्रिया गरी झिकियो
राजु अधिकारी 'बाह्र वर्षमा खोलो फर्किन्छ' भन्ने सुन्दै आएका उदयपुर, बेलका नगरपालिका बासिन्दाको थातथलोमा सप्तकोशी ३४ वर्षपछि फर्किएको छ। , २०४५ सालमा कोशीले धार परिवर्तन गरेपछि पसिना र श्रम खर्चेर आवादीयुक्त बनाएको ठाउँमा बुधबार नदीको बहाव आयो। यसले बेलका नगरका पाँच वटा वडा र सुनसरी बराहक्षेत्रका दुई वटा वडा सोहोर्‍यो। बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ अनि बराहक्षेत्रका वडा ९ र ६ का हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। , मंगलबार साँझसम्म आँखाले देख्न भ्याए जति ठाउँमा लहलहाउँदो भएर हुर्किँदै गरेको धान खेती देखिन्थ्यो। बुधबार बिहान अधिकांश धान खेतमा कोशीको पानी लबालब छ। घरमा बाँधिएका चौपाया ड्वाँड्वाँ कराइरहेका छन्। तिनलाई घाँस-पराल हाल्ने अवस्था छैन। कुखुरा, सुँगुर, बाख्रा खोरैमा थुनिएका छन्। तिनलाई आहारा दिनेहरू आफ्नै ज्यान बचाउन सुरक्षित ठाउँ खोज्दै निस्केका छन्।, 'घरमा बाँधेका वस्तुभाउको विजोग भयो,' ढाडमा डेढ वर्षे नाति च्यापेर प्रहरीको रबरबोट (सानो डुंगा) मार्फत सुरक्षित स्थानमा आइपुगेकी मनकुमारी राईले भनिन्, 'हामी त जोगियौं, ती गाईवस्तुको के हुने होला?', यसो भनिरहँदा उनका आँखा डम्म भरिएका थिए।, उनलाई उद्धार गरेर ल्याएका प्रहरी सान्त्वना दिँदै थिए- दिदी कम्तीमा ज्यान बच्यो। यही ठूलो कुरा हो। यसैमा सन्तोक मान्नु!, प्रहरीको सान्त्वनाले उनको मन के मान्थ्यो!, नजिकै रहेका जनप्रतिनिधिको टोलीलाई उनी गुनासो गर्दै थिइन्। सकेसम्म चौपाया पनि ल्याइदिने आश्वासन जनप्रतिनिधिले दिए।, उनीहरूले आश्वासन दिए पनि यहाँ मान्छेलाई नै घरबाट निस्किन सजिलो छैन। आफ्नै घरबाट बाहिर निस्किन रबरबोट प्रयोग गर्नुपर्ने अवस्था छ। घर नजिकै मान्छे डुबाउने गरी पानी भरिएको छ। पानी बगेर जाला भन्ने आशा गरेकाहरू झन्झन् थपिएपछि आत्तिएर आफैं भाग्ने अवस्थामा पुगेका छन्। , 'खोला १२ वर्षमा फर्किन्छ भन्थे, यहाँ अलि ढिलो फर्कियो,' बेलका-३ का वडा सदस्यसमेत रहेका फाल्गुन कार्कीले भने, 'हाम्रो सर्वस्व लाने गरी फर्कियो। कहिलेसम्म यस्तो अवस्था रहन्छ, थाहा छैन।' , २०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशी नदीको एउटा भंगालो बुधबार बिहानै गाउँ पस्दा यहाँका हजारौं सर्वसाधारणको उठिबास लागेको छ। दशकौं लगाएर जोरजाम गरेको सिरिखुरी माया मारेर उनीहरू ज्यान बचाउन सुरक्षित स्थलतर्फ लागेका छन्।, 'खोला गाउँ पसेपछि बसिसक्ने स्थिति नै भएन,' बेलका-३ को सुरक्षित स्थानमा आइपुग्नेहरूको एकैजसो स्वर थियो, 'आउन त आइयो, अब घर फर्किन पाइने हो कि होइन, थाहा छैन।', घरमा भएका सामान पोको पारेर ट्रयाक्टरमा लोड गर्दैगर्दा भेटिएकी बेलका-३ की चन्द्रकला राउतको चिन्ता पनि उस्तै थियो।, 'अहिले केही दिनलाई त रामपुरमा बहिनीको घर छ, त्यतै बसौंला,' घरनजिकै खोला आइपुग्दा आत्तिएकी उनी भन्दै थिइन्, 'तर अब यत्रो घरबार छाडेर हिँडिएको छ, कहिले घर आउन पाइने हो, केही टुंगो भएन।' , बुधबार राति अबेरसम्म पनि घर छाड्नेहरूको लर्को छ। उनीहरू सबैको मनमा घर जमाएर बसेको प्रश्न भने एउटै छ- हामी कहिले फर्किन पाउँछौं होला? , यसको उत्तर सम्भवतः कोहीसँग छैन।, 'कोशीको यो भंगालो अब सधैंलाई यता पसेको जस्तो देखिन्छ,' बेलकाका मेयर अशोक कार्की भन्छन्, 'सानो भए पो पानी घटेर सुक्ला भन्ने आश गर्नु। ज्यादै ठूलो छ। यो यसै सुक्ने अनुमान गर्न कठिन छ।', मेयर कार्कीका अनुसार धार बदलेको कोशीले बेलकाका ५ र बराहक्षेत्रका २ गरी सात वडा पूरापूर प्रभावित भएका छन्। कोशीमा पानीको सतह बढ्दै जाँदा यो भंगालोमा पनि पानीको सतह थपिँदो छ। , 'यो भंगालो मात्रै होइन, यसैगरी पानी थपिँदै जाने हो भने कोशीको मूल भंगालो नै गाउँबाट बग्ने त्रास बढेको छ,' मेयर कार्कीले भने, 'नदी यसैगरी गाउँतिर बढ्दै गयो भने यी सात वडा सधैंका लागि कोशीको घेरामा पर्ने निश्चित छ।', गहिरो डोबससिहत कोशीको भंगालो गाउँतिर सोझिएकाले अब त्यसलाई मानवीय प्रयासले पुरानै धारमा फर्काउन गाह्रो हुने स्थानीयबासी बताउँछन्।, 'नहर जत्रो भए पो फर्काउन सकिन्छ कि भन्नु, खोला नै पसेको छ,' बेलकाकै स्थानीयबासी कुमार राउतले भने, 'गाउँतिर सोझिएको भंगालो ज्यादै गहिरो छ। पानी पनि ठूलो छ। अब यो सधैंलाई पसेजस्तो देखिन्छ।', लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो। बुधबार दिनभर बाढी प्रभावित क्षेत्रमा रहेका प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्।, उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्।, मन्त्री कार्कीले पानीको सतह नघटेसम्म उद्धारबाहेक अरू केही गर्न सक्ने अवस्था नभएको बताए। , बुधबार साँझसम्ममा कोशीको पानी बेलकाकै भागलपुर क्षेत्रसम्म पुगेको सूचना आएको मन्त्री कार्कीले जानकारी दिए।, 'उद्धारको काम रातैभरि चल्नेछ,' उनले भने, 'प्रदेश सरकारले खाद्यान्न, अन्य सामग्री आपूर्ति गरिसकेको छ।', अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको जनाउँदै उनले राहत र उद्धारमा कुनै कमी हुन नदिने दृढता व्यक्त गरेका छन्।, '३४ वर्षपछि खोलो फर्किएर सर्वस्व लग्यो, सधैंका लागि गाउँ पसेजस्तो छ'
रासस महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। , सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ का धावा घ्याल्चेनलाई बुधबार राति पक्राउ गरेको हो।, बुधबार साँझ भृकुटी चोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको ३२ लाख रूपैयाँ र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।, घ्याल्जेनका नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशंका रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ।, साढे ४९ लाख रूपैयाँसहित २४ वर्षीय युवक पक्राउ
रासस प्रदेश लोकसेवा आयोग, कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।, आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४–५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी हिराराम रौलेका छोरा मास्टर आइडी १४०५७ र रोल ४४६६ का नवीनकुमार रेउलेलाई आयोगले दुई वर्षसम्म कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो।, आयोगको १६ गतेको बसेको बैठकले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा रेउलेलाई आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए।, 'परीक्षार्थी रेउलेले उक्त परीक्षा दिने क्रममा उत्तरपुस्तिकामा मोबाइल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटियो,' प्रवक्ता खत्रीले भन्नुभयो, 'सो कसुर भेटिएकोले प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०७८ को दर्फा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम उनको परीक्षा रद्द गर्नुका साथै दुई वर्षसम्म उम्मेदवार हुनबाट रोक लगाउने निर्णय भएको छ।', आयोगको उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक
सेतोपाटी संवाददाता हाल देशभर सामान्य बदली रही काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ।, कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। , आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।, साथै नदी र खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। , यस्तै भोलि शुक्रबार र शनिबार पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।, मनसुन अझै सक्रिय, शनिबारसम्म भारी वर्षा हुने
रासस राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ।, बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाइ हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।, शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखी सूचना प्रकाशित गरेका छन्। यसो हुँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित हुने अवस्था देखिएको छ। त्यसैले सबै विद्यालयलाई एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न निर्देशन दिइएको हो।, बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवं क्याम्पसलाई निर्देशन दिँदै स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवं कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ।, कक्षा ११ को भर्ना साउन मसान्तसम्म व्यवस्था गर्न निर्देशन
रासस १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ। , पालिकाले गाउँसभाबाट नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो। गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ। , गाउँपालिकामा शसस्त्र द्वन्द्वका क्रममा राज्यको तर्फदेखि २१ जना शहीद र दुई जना वेपत्ता भएका थिए भने विद्रोही माओवादीको तर्फबाट चार जना शहीद गरी २७ जनालाई मासिक एक हजार ५०० का दरले भत्ता दिने निर्णय गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले जानकारी दिए। , गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन्। यस्तै पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएको परिवारलाई रोजगारी दिने गरी नीति ल्याएको छ। , शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता
रासस सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरु ससुरा–बुहारी हुन्।, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा रहेको मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो।, अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए।, यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय  शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।  , करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु
रासस म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । , जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्।, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिए।, ‘नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्रमा हेरालुको व्यवस्था गरेका छौँ’, उनले भने, ‘६ वटा स्थानीय तहमा एक/एक जना हेरालु राखेका छौं।’, पानी परेको दिन आवश्यकताअनुसार हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउँछन्। , सूचनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ।, अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धौलागिरि गाउँपालिको मुना र मुदीमा हेरालु राखेका छन्। , बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ।, कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिए।, धौलागिरिको लमसुङ, खोरीया, दर, मराङ, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुंगा, रूम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिंगा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगंगाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ। , यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानाबगर, काशेबगर, ताराखेत, सिङ्गा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताए।, म्याग्दीमा बाढीको सूचना दिन हेरालु परिचालन
सेतोपाटी संवाददाता कोसी प्रभावित क्षेत्रमा उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ।, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।, प्रजिअ यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको र उद्धार तथा राहत बिहानैबाट जारी रहेको छ। , ‘बाढीमा फसेकाहरूको उद्धार कार्य बिहानैबाट जारी रहेको छ। साँझसम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ’, प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले भने, ‘उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन्।’ , बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन। उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए।, लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो। , यसले बेलका नगरका पाँच वटा वडा र सुनसरी बराहक्षेत्रका दुई वटा वडा सोहोर्‍यो। बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ अनि बराहक्षेत्रका वडा ९ र ६ का हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।, प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्।, उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्।, सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्।, स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ । , बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार बेलैमा उद्धार कार्य थालिएकोले मानवीय क्षती भएको छैन। मोटरबोट, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन उद्धारमा प्रयोग भएका छन्।, उच्च जोखिम भएपनि कतिपय घरपरिवार सुरक्षित स्थान सर्न मानेका छैनन् । रासोबासो छाड्ने नमानेका उनीहरू जेखिम मोलेरै भएपनि बस्ने अडान कस्ने गरेपछि  उनीहरूलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले कसरत गर्नु परेको छ । , '३४ वर्षपछि खोलो फर्किएर सर्वस्व लग्यो, सधैंका लागि गाउँ पसेजस्तो छ', सप्तकोसी पीडितको उद्धार कार्य जारी, बेलुकासम्म सक्ने तयारी
राजु अधिकारी कोसी टप्पु वन्यजन्तु आरक्षले आफू नभएको मौका छोपेर जग्गा कब्जा गरिदिने त्रासकै कारण कोसी बाढीमा फसेका सयौं सर्वसाधारण ज्यान माया मारेर घरखेत रूघेर बसेका छन्।, ३४ वर्षपछि धार बदलेर कोसीको भँगालो गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडाका २५ सय परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँतिर सोझिएको भँगालोको पानी झनै बढे पनि सयौं स्थानीयवासी घर छोड्न मानिरहेका छैनन्। , ‘घर छोडेर हिँडेको बेला आरक्षले आफ्नो टेरिटोरी बढाउन जग्गा कब्जा गर्ला भन्ने त्रास धेरैमा देखियो’, बेलका नगरपालिका मेयर अशोक कार्कीले सेतोपाटीसँग भने, ‘त्यहीँ त्रासले ज्यानको पर्वाह नगरी सयौं गाउँले घरैमा छन्। उद्दार गर्छौ भन्दा पनि मानेका छैनन्।’, सरकारले श्रीलंका टापु, बेलका जंगल करिडोर जोडेर कोशीटप्पु बन्यजन्तु आरक्षको क्षेत्रफल बढाएर राष्ट्रिय निकुञ्ज बनाउने तयारी गर्दै आएको छ।, यसका लागि ऐलानी जग्गामा बसेका सर्वसाधारण सबैभन्दा ठूलो बाधक देखिएका छन्।, बाढीको प्रभावले घरबार छोडेर हिँड्दा आरक्षणले जग्गा हडप्ने मौका पाउने त्रास स्थानीयलाई छ।, वन मन्त्रालय र निकुञ्ज विभागले विगतमा पनि आरक्षलाई विस्तार गर्न धेरै पटक अध्ययन गरिसकेका छन् । उत्तरतिर उदयपुरको त्रियुगा क्षेत्र र दक्षिणमा कोसी बाँधसम्म विस्तार गर्ने मन्त्रालयको योजना थियो । , मेयर कार्कीका अनुसार गाउँमा जोखिम झनै बढेको अवस्था छ। पानी टम्म भरिएर जोखिम बढेको अवस्थामा पनि धेरैले घर छाड्न अस्वीकार गरिरहेका छन्। , ‘घर छाड्न नमानेकाहरू सबैभन्दा धेरै बेलका क्षेत्रका छन्। बराहक्षेत्रका पनि उत्तिकै छन्। दुवैतिरका मान्छे घर छाडन मानेका छैनन्,’ मेयर कार्कीले अगाडि भने, ‘उनीहरूसँग सम्पर्कमा त छौं, यदि जोखिम एकैपटक भयो भने उद्धारमा कठिनाइ हुनसक्छ।’ , बेलका ८ को डुम्म्रीबोटेमा निर्माणाधीन तटबन्ध भत्काएर गाउँतिर सोझिएको कोसीको भँगालो रातभरिमा झनै बढेको स्थानीयबासी बताउँछन्। पानी झनै बढेपछि रातभर उद्धार जारी रहेको बेलकाका नगर प्रमुखले जानकारी दिए। रातभर उद्धार गरिएकाको संख्या यकिन भइ नसकेको उनले बताए।, जिल्ला प्रशासन तथा प्रहरीले कोसीमा पानीको सतह घटेको बताइरहेका छन्। तर, बाढी प्रभावित क्षेत्रका सर्वसाधारण भने गाउँतिरको भँगालोमा झनै पानी बढेको बताउँछन्। ‘कोसी ब्यारेजतिरको पानी घटेर गाउँतिर सोझिएको छ’ , बेलका ३ का वडा सदस्य फाल्गुन कार्कीले भने, ‘भँगालोको मुख ३ सय मिटर भन्दा लामो भइसकेको छ।’, मेयर अशोक कार्कीले पनि भँगालोको मुख झनै फराकिलो भएको बताए। , गाउँतिर सोझिएको भँगालोको पानी बेलकाको भागलपुर हुँदै पुरानो त्रियुगामा मिसिएको छ। यसले सप्तरीका कन्चनरूप, सप्तकोसी लगायतका स्थानीय तहमा जोखिम बढाएको छ। , सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार अहिले बिहान ८ बजे सप्तकोसीमा पानीको बहाव २ लाख १९ हजार १२५ क्युसेक मापन भएको छ। यसअघि बिहान ६ बजे २ लाख २८ हजार २५ क्युसेक मापन भएको थियो।, यो पनि हेर्नुहोस्, उदयपुरमा कोसीले तटबन्ध भत्काएपछि… (तस्बिरहरू), जहाँबाट कोसी गाउँ पस्यो, '३४ वर्षपछि खोलो फर्किएर सर्वस्व लग्यो, सधैंका लागि गाउँ पसेजस्तो छ', आरक्षले जग्गा हडप्ने त्रासमा ज्यान माया मारेर घरैमा छन् कोसीपीडित
सेतोपाटी संवाददाता नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ।, श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।, जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखिएको छ।, प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्।, इन्जिनमा समस्या देखिएपछि नेपालगन्ज फर्कियो काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज
एजेन्सी अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार इन्डियाना राज्यबाट रिपब्लिकन पार्टीकी सांसद रहेकी ज्याकी वालोर्स्कीको बुधबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।, इन्डियाना राज्यमै भएको उक्त दुर्घटनामा ५८ वर्षीया वालोर्स्कीसहित उनका दुई जना कर्मचारीहरूको पनि मृत्यु भएको छ। उनीहरू चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो।, अमेरिकी राष्ट्रपति जो बाइडेनले वालोर्स्कीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।  , सडक दुर्घटनामा बितिन् अमेरिकाकी सांसद
सेतोपाटी संवाददाता म्यादी प्रहरीमा भर्ना हुन्छु भनेर गत चैत १३ गते हिँडेको छोरा आजसम्म घर नफिर्किंदा भक्तपुरको एउटा परिवार चिन्तामा डुबेको छ।, सूर्यविनायक नगरपालिका–४, शिकारीटारका २३ वर्षे किरण सायाँ श्रेष्ठको कुनै खबर नपाएपछि परिवार चिन्तित बनेको हो। , ‘म्यादी प्रहरीमा भर्ना हुन्छु भनेर हिँडेको छोराको कुनै खबर पाएका छैनौं’, उनका पिता कृष्णबहादुर सायाँ श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यही बेलादेखि छोराको मोबाइल फोन पनि अफ छ। म्यादी प्रहरीमा भर्ना पनि भएको रहेनछ। धेरैतिर खोज्यौं, कतै भेटिएन। नेपाल प्रहरीले पनि पत्ता लगाउन सकेको छैन।’, उनले छोरालाई कसैले देखेमा आफ्नो मोबाइल नम्बर ९८६०९८७८२३ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्। , म्यादी प्रहरीमा भर्ना हुन हिँडेको छोरो घर नफर्किंदा परिवार चिन्तित
सेतोपाटी संवाददाता सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। , प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो। बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिरहेको छ। , मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले जानकारी दिए। ‘हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ’, मन्त्री कार्कीले भने, ‘स्थानीय सरकारले नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा सङ्घ संस्था लगायत सबै नागरिक जिम्मेवार बनेर विपद्को प्रतिकार्यमा जुट्न आव्हान गर्छु।’  , बुधबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की सहित उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरू घटनास्थलमा नै पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपदमा फसेकाहरूलाई उद्धार गराएका हुन्।  , अहिले कोसीले बाँध भत्काएर मानववस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गर्थ्यो। २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए।   , कोसी बाढी पीडितलाई प्रदेश एक सरकारले पठायो राहत
भगवती पाण्डे जन्मदिनमा अनाथ, अशक्त तथा वृद्धाश्रमहरूलाई सहयोग गर्ने चलन नेपालीहरूका लागि नौलो होइन। गुल्मीको छत्रकोट गाउँपालिकाका एक जना पूर्ववडाध्यक्षले चाहिँ अलिक फरक काम थालेका छन्। , उनले आफ्नो जन्मदिनका अवसरमा बाँदर नियन्त्रणका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन्। , छत्रकोट गाउँपालिकाको वडा नं. ४ का पूर्ववडाध्यक्ष डिलाराम न्यौपानेले गाउँमा बाँदरले खेतीबाली सखाप पार्न थालेपछि नियन्त्रणका लागि जन्मदिनको अवसरमा नगद सहयोग गरेका हुन्।, गाउँका धेरै युवाहरू रोजगारी र पढाइका लागि सहर र विदेशतिर जाने प्रवृत्ति बढेपछि पहाडी गाउँका खेतबारी बाँझिदै गएका छन्। गाउँमा बसेका मानिसले लगाएको बाली पनि बाँदर, बँदेल, दुम्सीजस्ता जंगली जनावरबाट जोगाउन मुश्किल पर्छ।, केही वर्षयता गाउँमा बाँदरले कृषकहरूलाई हैरान पारेको छ। न्यौपानेले बाँझो छोडिएको जग्गामा तारबार गर्ने र बाँदरलाई त्यहीँ नियन्त्रण गरेर राख्ने योजना अनुरूप उक्त रकम सहयोग गरेका हुन्। , आर्थिक सहयोगसँगै न्यौपानेले बाँझो जग्गा दिने दातासमेत खोजी गरेर २० रोपनी जग्गा व्यवस्था गरेका छन्। , स्थानीय बासिन्दा हिमलाल भण्डारी र ऋषिराम भण्डारीको घलाम गाउँस्थित २० रोपनी पाखो जग्गा बुट्यान बढ्दै गएर जंगलजस्तै बनेको छ। , न्यौपानेले भण्डारी दाजुभाइसँग उक्त जग्गा बाँदर संरक्षण तथा नियन्त्रणका लागि लिजमा दिन प्रस्ताव गरे। , घलामका बासिन्दा बाँदरले दिएको सास्तीबाट हैरान छन्। भण्डारी दाजुभाइ पनि वाार्षिक १४ हजार रुपैयाँ पाउने गरी लिजमा दिन तयार भए।, जग्गा व्यवस्था भएपछि न्यौपानेकै अगुवाइमा बाँदर नियन्त्रणका लागि गोकर्ण ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ। , समितिले बाँदर लगायतका वन्यजन्तुबाट किसानका बालीनाली जोगाउन सम्बद्ध सरकारी कार्यालयका अधिकारी र विज्ञहरूसँग छलफल गरेर कार्यक्रम अघि बढाउनेछ। , न्यौपानेले यही समितिलाई आफ्नो जन्मदिनका अवसरमा ५० हजार रुपैयाँ दिएका हुन्। , अब लिजको जग्गामा तारजाली लगाउने योजना छ। , न्यौपानेका अनुसार तारजाली लगाएर जग्गा संरक्षण गरेपछि अनावश्यक बिरूवा काँटछाँटको काम हुनेछ। जंगली फलसहित विभिन्न फलफूलका बिरूवा हुर्काएर बाँदरको निम्ति उपयुक्त वातावरण तयार गरिनेछ। , यसपछि उक्त जमिनमा बाँदर नियन्त्रण गरेर राखिनेछ। तारजाली लगाएको जग्गाभित्र बाँदर नियन्त्रण गरेर पालेपछि खेतीमा आउन बन्द हुने न्यौपानेको विश्वास छ।, आफू वडाध्यक्ष रहँदा न्यौपानेले बाँदरले गाउँमा हैरानी दिएपछि निजी खर्चमै बाँदर तर्साउने मेसिन किनिदिएका थिए। गाउँलेहरूले त्यही मेसिन प्रयोग गर्ने गरेका छन्। , दिउँसोभरि रेखदेख भए पनि राति बाँदरले खेती नष्ट गर्ने गरेको कृषकहरूको भनाइ छ। न्यौपानेले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भन्दै बाँदर नियन्त्रणको उक्त प्रस्ताव गरेका थिए। , न्यौपानेले सेतोपाटीसँग भने, ‘खेतबारीको सबै बाली बाँदरले सोत्तर पारिदिन्छ। बाँदर मार्न पनि भएन। तारजालीले घेरेर भए पनि केही नियन्त्रण गर्न सकिन्छ कि भनेर यस्तो योजना बनाएको हो।’ , गाउँका धेरै मानिसहरू बसाइँ सरेर अन्यत्रै गएका छन्। गाउँमा रहेका थोरै बासिन्दा पनि खेतीपाती लगाउन छोड्दा पाखो बारी जंगलजस्तै बनेको छ। , जंगल बढेपछि बाँदरको बथान पनि बढ्दै गएको छ। न्यौपानेले वडा नम्बर ४ मा दुई बगाल बाँदर रहेको बताए। उनका अनुसार एउटा बगालमा कम्तीमा दुई सय बाँदर छन्। , बाँदर नियन्त्रण नगरी गाउँमा बस्न नसकिने भएपछि उक्त अभियान सुरू गरिएको उनले बताए। , उनले भने, ‘अहिले योजना सार्वजनिक मात्र गरेको हो। अब तारजालीको लागि आवश्यक थप रकम जोहो गर्नु छ।’ , वर्तमान वडाध्यक्ष गुणाकर ज्ञवालीका अनुसार वडा नम्बर ४ सँगै गाउँपालिकाका अरू वडामा पनि बाँदरको समस्या छ। , उनले पूर्ववडाध्यक्ष न्यौपानेले बाँदर नियन्त्रणको लागि रकम दिएर नियन्त्रणको योजना अगाडि सारेको कुरा सुने पनि काम कसरी काम गर्ने भन्नेबारे छलफल नभएको बताए।, उनले भने, ‘बाँदरको समस्या धेरै छ। नियन्त्रण गर्नै पर्छ तर के गर्दा राम्रो हुन्छ भनेर अहिले नै भन्न सकिँदैन।’ , ज्ञवालीले पूर्ववडाध्यक्ष न्यौपानेको पहल सराहनीय रहेको बताए।, जसले जन्मदिनमा दिए बाँदर नियन्त्रणका लागि ५० हजार
सेतोपाटी संवाददाता परराष्ट्रमन्त्री नारायण खड्काले कोसी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।, बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र समेत रहेको उदयपुरको वेलका नगरपालिकास्थित प्रभावित क्षेत्र पुगेर मन्त्री खड्काले कोसी पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सम्पूर्ण शक्ति अहिले प्रभावित क्षेत्रमा खटिएको बताएका छन्। , 'मैले भर्खरै मात्र गृहमन्त्रीलाई फोन गरेँ। अहिले पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सबै शक्ति यहाँ आएको छ,' खड्काले भने। , साथै उनले अब कोसीको बहाव घटेपछि बाँध लगाउने कार्यलाई सुरू गरिने जनाए। यसअघि जिल्लाकै त्रियुगा नदीमा बाँध लगाइएको कुरा उल्लेख गर्दै मन्त्री खड्काले भने, 'कोसीको बहाव घटेपछि फेरि म आउँछु र राम्रो डिजाइन गरेर कति खर्च लाग्छ?, हामी स्थानीय र बाह्य स्रोतसाधन प्रयोग गरेर नदीमा बाँध बाध्ने काम गर्छौं।', हिजो (बुधबार) बिहान करिब ३ बजेतिर सप्तकोसीले धार परिवर्तन गर्दा बाढी बस्तीमा पसेको थियो। जसले गर्दा उदयपुरको वेलका नगरपालिकाका पाँच वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको दुई वटा प्रत्यक्ष प्रभावित भएका छन्। , अहिले उक्त स्थानका मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ भने कति ठाउँमा मानिसहरू आफ्नो जग्गाजमिन आरक्षले ओगट्ने डरले थातथलो छोड्न मानेका छैनन्।, कोसी प्रभावित क्षेत्र पुगेर परराष्ट्रमन्त्री खड्काले भने- बहाव घटेपछि बाँध लगाउँछौं
सेतोपाटी संवाददाता झापामा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। , गौरादह नगरपालिका र कमल गाउँपालिकाको सीमानामा रहेको ढ्याङ्गरी खोलामा पौडी खेल्दा खोलाले बगाएर १८ वर्षीय उज्वल खरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, कमल गाउँपालिका १  स्थित सो खोलामा उनी मंगलबार दिउँसो २ बजे साथीहरूसँग पौडी खेल्न सो खोलामा पसेका थिए। साथीहरू पौडिएर निस्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय झापाको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी समेत परिचालित भएका छन्। प्रहरीका अनुसार उनको अवस्था अज्ञात छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।, पूर्वी पहाडी जिल्लामा वर्षा भएका कारण खोलामा पानीको सतह बढेको छ।, धमिलो पानीका कारण बेपत्ताको खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ।, पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवस्तरीय कर्मचारी ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका उपसचिवस्तरका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनलाई नक्सालको नागपोखरीस्थित आरन्य होटलको कम्पाउन्डबाट घुससहित नियन्त्रणमा लिइएको अख्तयारले जनाएको छ। नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो। , सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए। अहिले उनीमाथि थप अनुसन्धानको काम अघि बढाएको उनले बताए। ,  ,  , पर्यटन मन्त्रालयका उपसचिव नागपोखरीबाट ६ लाख घुससहित पक्राउ
सेतोपाटी संवाददाता घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ। , उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, नेपाललाई अख्तियारको टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित आरन्य होटल कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो। , नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो। सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए। उनले चढेको गाडीमाथि खानतलासी गर्दा थप १६ लाख ५० हजार बरामद भएको हो। , उनीबाट जम्मा २२ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। , उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। , यो पनि: ,पर्यटन मन्त्रालयका उपसचिव नागपोखरीबाट ६ लाख घुससहित पक्राउ, पर्यटन मन्त्रालयका उपसचिव नेपालको गाडीबाट थप १६ लाख ५० हजार बरामद
सेतोपाटी संवाददाता हाफ-पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। , मंगलबार दिउँसो १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , थाई स्माइल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका मक्कर भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ परेका हुन्।, उनले ल्याएका पाँच वटा हाफ-पाइन्टमा अस्वाभाविक संख्यामा टाँक राखिएको थियो। ती टाँकभित्र स-साना रिङ बनाएर ४२६ ग्राम सुन ल्याएको पाइएको हो। , उनलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारबाही सुरू गरिएको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए। , मक्करले रेडिमेड हाफ-पाइन्टमा धातुले बनेका प्रत्येक टाँकमा दुई वटा सुनका रिङ राखेर ल्याएका थिए। भट्टराईका अनुसार उनीबाट बरामद भएको सुनको बजार मूल्य करिब ३५ लाख रूपैयाँ छ। , उनले आफू एक्लैले यो कसुर गरेका हुन् वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ। , मक्करलाई अहिले नेपाल प्रहरीको हिरासतमा राखिएको छ। , उनीबाट बरामद भएको सुन जफत, बिगोसहित ३५ लाख जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्ने कार्यालयले जनाएको छ।, हाफ-पाइन्टका टाँकमा सुन लुकाएर ल्याउने एक जना पक्राउ
सेतोपाटी संवाददाता मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ।, महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही मुलुकका केही स्थानमा भारी वर्षा हुने भएको हो।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। , आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। यस्तै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज राति देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।, यस्तै भोलि बिहीबार र शुक्रबार पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तो छ आगामी तीन दिनको मौसम, २०७९ साउन १८ गते (बुधबार), दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, राति : देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।,  ,२०७९ साउन १९ गते (बिहीबार), दिउँसो : देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरू र बाकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।,  ,२०७९ साउन २० गते (शुक्रबार), दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, शुक्रबारसम्म मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने
सेतोपाटी संवाददाता करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अबरूद्ध भएको छ। , २४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।, भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको हो।, सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ।, ‘हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो। करिब २४ घन्टापछि राति पहिरो पन्छाएर सडक खुलाइएको थियो। आज पुन अवरूद्ध भएको छ। बाटो खुलाउने प्रयास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीले भने।, आज विहान २ः३० बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। , अधिकारीका अनुसार अहिले बाटो खुलाउने पहल भइरहेको छ।  सडक अबरुद्ध हुँदा  यात्रुहरू सडकमै अलपत्र परेका छन् । , नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ।, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। , यो सँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले सेतोपाटीलाई जानकारी दिए।, चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट नदीले तटबन्ध भत्काएको हो।, अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।, सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।, ‘बाँध फुटेर पुरानै धारतिर कोशी बगिरहेको छ। बस्ती सार्ने काम भइरहेको छ’, प्रजिअ यादवले भने,‘ यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिन्छ।’, उनले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएकोसमेत जानकारी दिए।, लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको थियो। सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। ,  सप्तकोसीमा सोमबारदेखि  पानीको बहाव निरन्तर बढिरहेको छ। नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएको थियो।, तटबन्ध भत्काएर सप्तकोसीको भँगालो बस्ती पस्यो
सेतोपाटी संवाददाता लगातारको वर्षसँगै झरेको पहिरोले  अवरूद्ध हुंँदै आएको नारायणगढ- मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।, पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।, पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्छ।, अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय बढाउन विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको छ।, बुधबार एक सूचना जारी गर्दै एसइईको नतिजा साउन ११ मा प्रकाशित भएको र विद्यालय तथा क्याम्पसले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखेकाे विषयमा बाेर्डकाे गम्भीर ध्यानाकर्षण भएकाे बताएको छ।, 'शैक्षिक सत्र २०७९-८० का लागि कक्षा ११ का विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय-क्याम्पसहरुले फरक-फरक भर्ना तालिका छाेटाे समयकाे मात्र म्याद राखी सूचना प्रकाशन भएकाे हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएकाे भनी बाेर्डमा प्राप्त गुनासाका सम्बन्धमा बाेर्डकाे गम्भीर ध्यानाकर्षण भएकाे छ'- सूचनामा भनिएकाे छ।, सबै विद्यालय-क्याम्पसले एसईईकाे नतिजा प्रकाशित भएकाे न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म भर्ना लिने व्यवस्था मिलाउन बाेर्डले निर्देशन दिएकाे छ।, कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षाबोर्डले मापदण्ड सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् ।, विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त हुनुपर्नेछ ।, कक्षा ११ मा विज्ञान र गणित विषयबाहेक अध्ययन गर्न चाहनेले सी प्लस प्राप्त नभए पनि भर्ना पाउने बोर्डले जनाएको छ । , सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । , कक्षा ११ को विद्यार्थी भर्ना समय साउन मसान्तसम्म गर्न बाेर्डको निर्देशन
रासस म्याग्दीको मालिका गाउँपालिका-७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ। शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो।, विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल (साँघु) बनाइएको थियो। भारवाङको जन्मभूमि युवा क्लबका अध्यक्ष प्रवीन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवतजावत बन्द भएको जानकारी दिए।, ‘भारवाङगाउँ सडक र पैदलमार्गबाट सम्पर्कविच्छेद हुँदा समस्या भएको छ’, उनले भने,’खोला तर्न नसकिने भएकाले वडा र पालिकाको केन्द्र, विद्यार्थीलाई विद्यालय जान आउने बाटो बन्द भएको हो।’, धवलागिरि गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हुँदै जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न यही बाटो प्रयोग गर्छन्। म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङबाट भारवाङ हुँदै धवलागिरिको वडा नं ६ र ४ का नौवटा बस्तीमा यही बाटो भएर खाद्यान्न ढुवानी हुने गर्दथ्यो।, भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका छन्। सबैभन्दा ठूलो समस्या विद्यालय जाने बालबालिकालाई पर्ने देखिएको छ। बर्खे बिदा सकिएपछि उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता भारवाङवासीलाई परेको छ।, मराङखोला म्याग्दी नदीको सहायक नदी हो। बाढी आएकाले यहाँ जङ्घार तरेर वारपार गर्न सकिने अवस्था छैन। भारवाङका करिब २० बालबालिका नौमानेको शिव आधारभूत र बिमको किसानी माविमा पढ्छन्। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मराङखोलामा बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताए।, ‘खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन’, उनले भने,’भारवाङका बालबालिकालाई बिम र नौमानेमा राखेर विद्यालय पढ्ने व्यवस्था मिलाउने सोचेका छौँ।’ खोला वारपार गर्न नसकिने हुँदा धारापानी र मराङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ।, बाढीले पुल बगाएपछि आवतजावत बन्द
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ। पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।, सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ। अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।, गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत छलफल गरेका छन्। मन्त्री खड्काको गृह जिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरिएको हो ।, गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन्।, मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिए। गृह सचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन्। कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।   , विपदमा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएइका छन्।, कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।, सप्तकोसी प्रभावित बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन
रासस चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। , बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।, उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए।, ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ।, सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। , कञ्चनपुरमा चौधर नदीको बाढी बस्ती पस्यो
रासस जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो। , प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन। मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो। उनले भने, ‘अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।’ , अस्पतालले आकस्मिक सेवा, बहिरङ सेवा, अन्तरङ सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ।, यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ। , अब जुम्लामै डायलासिस सेवा
रासस वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ। गए राति वर्षासँगै आएको पहिरोले सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । , इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरी मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको छ । उक्त सडकमा आज अपराह्नसम्ममा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।, यस्तै पहिरो जाँदा कान्तिराजपथ पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।, यसैगरी मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । विभिन्न स्थानको पहिरो हटाइ हिजो साँझमात्रै सञ्चालनमा ल्याइएको उक्त सडकखण्डमा गए राति फेरि पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । पहिरोका कारण मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्व र पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ जाने दिवासेवाका बसलाई आवश्यकता हेरेर त्रिभुवन राजपथबाट काठमाडौँ जान अनुमति दिइएको छ । , उक्त राजपथको विभिन्न सडकको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनगर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म आवश्यकता हेरेरमात्रै बस त्रिभुवन राजपथबाट सञ्चालन गर्न दिइने बताइएको छ । रात्रिसेवाको बसलाई भने उक्त सडकखण्डबाट सञ्चालन गर्न रोक लगाइएको छ । , मकवानपुरको विभिन्न सडकखण्डमा यातायात अवरुद्ध
सेतोपाटी संवाददाता झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।, गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।, सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।, घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो । , झापामा पाैडी खेल्ने क्रममा बेपत्ता किशोरको शव भेटियाे
सेतोपाटी संवाददाता मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। , सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।, एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ।, चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको कम्पनीले जनाएको छ।  स्तरोन्नतिका लागि अष्ट्रियाका  प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ।, नयाँ प्रविधिमा गएपछि यो नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ। , ‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अबधिभर केबलकार सेवा बन्द रहे पनि  बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, कम्तीमा डेढ महिना मनकामना केवलकार बन्द हुने
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकमा एक पुरूष मृत फेला परेका छन्। , बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। , प्रहरीले उनको पहिचान खुलिनसकेको बताएको छ।  पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे। , उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको पुल्चोकमा म:म पसल छ।  , बिहान पसल खोल्न नआएपछि छिमेकीहरू उनलाई घरमा बोलाउन गएका थिए। तर उनले ढोका खोलेनन्। , ढोका नखोलेपछि स्थानीय आफैंले भर्‍याङ राखेर उनको कोठामा हेरेका थिए। हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।  , उनी मृत फेला परेको भन्ने खबर पाएपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले प्रहरीको टोली घटनास्थलमा छ। , मुचुल्का उठाएर शवको पोष्टमर्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ। , छिमेकी इच्छाहर्ष महर्जनका अनुसार उनी दार्जिलिङका हुन्। उनी ३० वर्षयता काठमाडौंमा छन्। सोही घरमा १० वर्षदेखि बस्दै आएका थिए।, उनको २२ दिन अघि मात्रै श्रीमती पनि बितेको महर्जनले बताए। ,  , पुल्चोकको डेरामा मृत फेला परे म:म पसल सञ्चालक
रासस रूकुम पूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ। मंगलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो। , सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।, काठमाडौं, पोखरा, बागलुङबाट आएका सवारी साधन काँक्री र खावाङमा थुनिएका थिए भने रूकुम पश्चिमबाट आएका सवारी रूकुमकोटमै थन्किएका थिए। सडक पुनः सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतिर लागेका छन्।, अवरूद्ध मध्यपहाडीको रूकुम पूर्व खण्ड पुनःसञ्चालन
सेतोपाटी संवाददाता दाङमा आठ बर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ परेका छन्। , शान्तिनगर गाउँपालिका वडा नं. ५ का २९ वर्षीय चमन विक बलात्कार आरोपमा बुधबार बिहान पक्राउ परेका हुन्।, विकले बहिनी नाता पर्ने बालिकालाई आमा-बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , बालिकाले मंगलबार राति गुप्ताङ्ग दुखेको कुरा गरेपछि आमाले सोधपुछ गर्दा उनीमाथि बलात्कार भएको खुलेको थियो। , त्यसपछि आमा बुवाले मंगलबार राति नै घटनाबारे इलका प्रहरी कार्यालय खिलतपुरलाई मौखिक जानकारी दिएका थिए।, खबर पाउनासाथ खिलतपुरबाट प्रहरी निरीक्षक मानबहादुर केसीको कमाण्डमा पाँच जना प्रहरी विकको खोजीमा गए पनि उनी फरार भइसकेका थिए। , फरार विकलाई खोजी गर्ने क्रममा बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए। , पीडित बालिकासहित उनका आमा-बुवा इप्रका तुलसीपुरमा विकविरूद्ध किटानी जाहेरी लिएर आएको डिएसपी अर्यालले जानकारी दिए।, ८ वर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकाले बुधबारदेखि सात दिन विद्यालय बन्द गराएको छ। , विद्यालयमा पढ्न आउने विद्यार्थीमा भाइरल ज्वरो बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सबै विद्यालय सात दिने बिदा गर्ने निर्णय गरेको हो। , सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। , सार्वजनिक सूचनामा हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ।, विद्यार्थीमा भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय एक हप्ता बन्द
राजु अधिकारी लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।, तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।, स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन्।  , सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका उदयपुरकको बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेका छन्।, प्रजिअ अधिकारीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्।, बाढी पसेको घरका मानिसहरू स्थानान्तरण गरिएको छ। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्।, बुधबार बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।, यस्तै सुनसरीको श्रीलंका टापुमा फसेका ५०० परिवारलाई उद्धार गर्ने तयारी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गरिरहेको छ।, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार श्रीलंका टापुका सबै स्थानीय सुरक्षित रहेका छन्। , यस्तै सुनसरीको बराह नगरपालिका ९ र ६ वडाका बासिन्दा पनि विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरि स्कुलमा राखिएको उनले बताए ।, हेर्नुहोस् तस्बिरहरू, कोसीको भँगालो बस्ती पस्दा करिब २० हजार विस्थापित
राजु अधिकारी लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।, तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।, स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्।  डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन्।  , जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ९ सय घरधुरीमा बाढी पसेको छ। ती घरका मानिसहरू स्थानान्तरण गरिएको छ। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। , बेलकाका मेयर अशोक कार्कीका अनुसार पुरानो टप्पु क्षेत्र सबै प्रभावित हुने देखिएको छ।, ‘सबै बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने हुन्छ। अहिले भाटेपुल, दुर्गामन्दिर, एबिसी, रामनगरका सबै बस्ती उठाउनुपर्ने छ,’ उनले भने,‘ पहिले कोसी हिँडेको दुर्गामन्दिर, एबिसीलगायत रामनगर, लालभित्तीका एकदम जोखिममा रहेका बस्ती उठाइसकेका छौं।’, उनका अनुसार झन्डै २० हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ।  , ‘बिहान ११ बजेसम्म ७ सय घरलाई सुरक्षित स्थानमा लगिसकेका छौं भने अझै १२ देखि १३ सय घर बाँकी छन्,’ मेयर कार्कीले भने,‘अहिलेलाई विस्थापितका लागि पानी, चिउरा र भुजियाको व्यवस्था गरेका छौं। भोलि बिहानदेखि सबै कुराको व्यवस्था हुन्छ।’, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बुधबार बिहान करिब ४ बजेतिर तटबन्ध फुटेपछि सप्तकोसी नदी पुरानै धारमा फर्किएको बताए। २०४५ सालअघि सम्म कोसी यही बाटोमा बग्थ्यो।, सप्तकोसी पुरानै धारमा फर्किएपछि बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले सेतोपाटीलाई जानकारी दिए।, चतरा पुलमुनिको ३ किलोमिटरको दूरीमा रहेको डुम्रिबोटेबाट नदीले तटबन्ध भत्काएको हो।, अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माइकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।, प्रभावित स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।, ‘बाँध फुटेर पुरानै धारतिर कोशी बगिरहेको छ। बस्ती सार्ने काम भइरहेको छ’, प्रजिअ यादवले भने,‘ यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिन्छ।’, उनले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएकोसमेत जानकारी दिए।, लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको थियो। सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। , सप्तकोसीमा सोमबारदेखि  पानीको बहाव निरन्तर बढिरहेको छ। नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीव्रता दिएको थियो।, उदयपुरमा कोसीले तटबन्ध भत्काएपछि… (तस्बिरहरू)
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर खड्का दिनभर खेतमा हलो जोत्न व्यस्त थिए। उनले हलो जोत्नुको एउटै उद्धेश्य थियो, विद्यालयको जग्गाको संरक्षण गर्नु। , स्थानीय बाल मितेरी माध्यमिक विद्यालयको झन्डै १५ कठ्ठा बढी जग्गा संरक्षण गर्नका लागि विद्यालय परिवारको सामूहिक निर्णय अनुसार वडाध्यक्ष खड्काले सोमबार दिनभर खेतमा काम गरेका हुन्। , ‘विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको खेतमा स्थानीय चित्रबहादुर रेग्मीले धान रोप्न नदिने भनेर उर्दी जारी गरेपछि विद्यालय र अभिभावकको संयुक्त भेलाको निर्णय अनुसार खेतमा मेरै नेतृत्वमा काम गरेका हौं,’ अध्यक्ष खड्काले भने, ‘हामीले जोत्दै गर्दा पनि रेग्मी परिवारका कराउन आउनु भएको थियो। त्यतिखेर मैले तपाईंको जग्गाको प्रमाण देखाएर जग्गा उपभोग गर्नुस् भनेर जवाफ दिएको थिएँ।’, नेपाली कांग्रेसका नेतासमेत रहेका वडाध्यक्ष खड्का बाल मितेरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। , अरू खेतमा जाँदा रेग्मी परिवारले हप्काउने, कुटपिट गर्ने खोज्ने र काम गर्न नदिने भएपछि विद्यालय परिवारको संयुक्त निर्णयपछि आफैं हलो जोतेर धान छर्ने काम सोमबार नै पूरा भएको वडाध्यक्ष खड्काले बताए। , ‘हामीले ब्याड पनि राखेका थिएनौं र सिँचाइको उति राम्रो सुविधा पनि नभएको हुँदा खेत खनजोतपछि धान छरेर विद्यालयको जग्गा संरक्षण गर्ने कार्य गरेका हौं,’ अध्यक्ष खड्काले प्रश्न गरे, ‘स्थानीय बालबालिकालाई ज्ञानको ज्योति छर्ने विद्यालयजस्तो पवित्र संस्थाको जग्गा एउटा व्यक्ति विशेषले हड्प्न कसरी मिल्छ?’ , केही वर्ष पहिलेदेखि विद्यालयले भोगचलन गर्दै आएको जग्गामा यो वर्ष रेग्मी परिवारले किसानलाई खेती गर्न रोक लगाएपछि विद्यालय परिवारले आफैं निर्णय गरेर वडाध्यक्षको नेतृत्वमा खेतमा काम गरेर धान लगाउने काम भएको शिक्षक जंगवीर केसीले जानकारी दिए। , वडा नम्बर १५ मा पर्ने नक्सा नम्बर ७ (क) कित्ता नम्बर ३०४ र वडा नम्बर १४ को नक्सा ९ (छ) कित्ता नम्बर १७ को सीमा क्षेत्रमा पर्ने करिब पौने विगाह जग्गामा धान रोपिएको केसीले जानकारी दिए। , रेग्मी परिवार विश्वास रेग्मीले भने विद्यालयले भन्दा पहिला आफ्नो परिवारले उक्त जग्गा भोगचलन गरेको हुँदा वडाध्यक्षलगायत विद्यालय परिवारले ज्यादती गरेको बताए। , रेग्मीले जग्गाको दर्ता प्रमाणपत्र समेत आफूहरूसँग रहेको हुँदा त्यो जग्गा आफूहरूको भएको दाबी गरे। , खोतभोगचलनको निर्णय एकल नभएर विद्यालय तथा अभिभावकले गरेको हुँदा जग्गा आफ्नो भएको प्रमाणसहित रेग्मी परिवार आए विद्यालय मान्न तयार रहने अध्यक्ष खड्काले तर्क गरे। , खेत जोत्न तथा धान छर्ने क्रममा विद्यालयका प्रधानाध्यपक ओमप्रकाश वली, लेखापाल चुर्णबहादुर वस्नेत, हिमलाल चौधरी, शिक्षक सन्तोष परियार, स्थानीय अग्रज महावीर चौधरीलगायत स्थानियवासीको सहभागिता थियो।, वडाध्यक्ष जसले विद्यालयको जग्गा जोगाउन आफैं हलो जोतेर धान छरे
युनिक श्रेष्ठ सोमबार बिहान काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परे।, तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमशालमा रहेको एक तले घरभित्र चार जनाको शव फेला परेको थियो।, गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई पदमशालमा एक तले घर बनाएर बसेका ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका हुन्। एकै परिवारका चारै जना मृत फेला परेपछि के कारणले र कसरी मृत्यु भयो भन्नेबारे प्रहरीले अनुसन्धान गर्दैछ। , अनुसन्धानको लागि खटिएको प्रहरी स्रोतका अनुसार घटनास्थलबाट चार पानाको सुसाइड नोट पनि फेला पारेको छ। जसबाट उनीहरूले पछिल्लो समय झेलिरहेका तनावबारे केही कुरा खुल्नेछ। , त्यही सुसाइड नोट अध्ययन गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।, प्रहरी स्रोतका अनुसार चार पाने नोटमा विवाहेत्तर सम्बन्ध र उनीहरू डिभोर्सको चरणसम्म पुगेको उल्लेख छ।, दिनेशले लेखेकोजस्तो देखिने उक्त सुसाइड नोटमा श्रीमतीको अर्कै पुरूषसँगको अवैध सम्बन्धबारे उल्लेख गरिएको छ। यस्तै उनीहरूबीच डिभोर्स गर्ने र अंशबन्डा गर्ने समेत उल्लेख भएको स्रोतले बतायो।, वडा नम्बर २ का अध्यक्ष राधाकृष्ण खड्गीका अनुसार मृतक महिलाको बेलायतको भिसा समेत लागेको थियो। उनी एक महिनापछि बेलायत जाने तयारी गर्दै थिइन्।, प्रहरी स्रोतका अनुसार बेलायत जानुअघि उनी श्रीमानसँग डिभोर्स गर्न चाहन्थिन्। अंशबण्डा गर्नका लागि उनीहरूले जग्गा बेच्न लागेका थिए। जसका लागि १० लाख रुपैयाँ बैना पनि लिइसकेका थिए।, ‘अंशबण्डा गर्नको लागि जग्गाको १० लाख बैना लिइसकेका थिए। माइती पक्ष आएर अहिले बेला भएको छैन भनेर बैना पनि फिर्ता गरिसकेको रहेछ,’ स्रोतले भन्यो।, दिनेश र सुनिताबीच यसअघि पनि झगडा भइरहने गरेको खुलेको छ। श्रीमतीसँगको झगडाकै कारण दिनेश दुई पटक प्रहरी हिरासतमा पुगेका थिए। , उनलाई प्रहरी वृत्त बालाजुको हिरासतमा दुई पटकसम्म राखिसकेको स्रोतको दाबी छ। , ‘श्रीमतीले आफ्नो माया नबुझेको। माया गर्दा पनि बेवास्ता गरेको, उपेक्षा गर्‍यो भन्ने कुराहरू छन्,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘बालाजुमा गएर पनि मेलमिलाप समेत गरेको देखियो।’, दिनेश यसअघि खाडी मुलुकमा केही समय काम गरेर फर्किएका थिए। उनको पदमशाल चोकमा मोबाइल पसलसमेत थियो।, चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइसकेको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।, सोमबार बिहान करिब ९ बजेतिर एकतले घर भित्रबाट बन्द रहेको र आवाज नआएको भन्ने प्रहरीलाई खबर आएको थियो।, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार उनकी छोरी छाउनीस्थित सैनिक विद्यालयमा पढ्थिन्। स्कुल जानु पर्ने उनी घरबाट ननिस्किएपछि नजिकै बस्ने दिनेशका दाइ त्यहाँ हेर्न पुगेका थिए।, ‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने।, त्यसपछि उनले प्रहरीलाई खबर गरेको हो। खबरसँगै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो।, पछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको थियो।, परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार घरका सबै झ्याल-ढोकाहरू भित्रैबाट चुकुल लगाइएको थियो।, अनुसन्धानको लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डाक्टर गोपाल चौधरी र डाक्टर आयुष उपाध्यायको टोली पनि घटनास्थल पुग्यो। , सुनिता, छोरा र छोरीको शव एउटा कोठामा विभत्स अवस्थामा भेटिएको थियो भने दिनेश अर्को कोठामा मृत भेटिएका थिए। झ्यालमा झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेपनि उनको पेटमा पनि चक्कुको चोट देखिएको स्रोतले जनाएको छ। तर उनको मृत्यु कसरी भयो भन्नेबारे पोष्टमर्टम रिपोर्टबाट मात्रै थाहा हुने प्रहरीको भनाइ छ।, यस्तै घटनास्थलबाट प्रहरीले किचेनमा प्रयोग हुने चक्कु पनि बरामद गरेको छ। त्यही चक्कुको प्रयोग गरी श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्‍छ।, श्रीमतीको टाउकोमा र छोराछोरीको पेटमा चोट लागेको देखिएको प्रहरी स्रोतले जनाएको छ।, त्यसपछि भने श्रीमानले आत्महत्या गरेको प्रहरीले जनाएको छ।, विवाहेत्तर सम्बन्ध र अंशबन्डाले निम्तिएको काभ्रेस्थली घटना
रासस अविरल वर्षाका कारणले पहिरो जाँदा अवरूद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग भैंसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा भएको छ।, आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट खसेको लेदो माटोसहितको पहिरोका कारण अवरूद्ध भैंसे–भीमफेदी सडकखण्डमा करिब ३ घण्टापछि पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन्।, पहिराले सडक अवरूद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारी साधन रोकिएका थिए।, भैंसे–भीमफेदी सडकखण्ड सञ्चालन