content
stringlengths
20
64.1k
नवीनबाबु गुरूङ ललितपुर, पाटनमा करिब चार सय वर्ष पुरानो नरसिंह जात्रा मनाइएको छ। मल्ल राजा सिद्धीनरसिंहको पालादेखि सुरू भएको विश्वास गरिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ।, पाटनका विभिन्न टोलमा नरसिंहसहित विभिन्न देवदेवीले यात्रा गरेका छन्। नरसिंह जात्रामा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारालगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ।, जात्रामा नगर परिक्रमा गर्दा मुलुकमा आइपर्ने अनेकौं आपत्ति, रोगव्याधी, डर, त्रास, आँधीहुरी र प्रकोपलगायत नाश भएर जाने मान्यता छ।, जात्रामा भगवान नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ।, विष्णुभक्त प्रह्लादले जात्रा अवधिभर भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा विष्णुभक्त प्रह्लादलाई उद्धार गर्न भगवान विष्णुले नरसिंह अवतार लिई दानव हिरण्डकश्यपुको वध गरेको सम्झनामा मनाइएको मानिन्छ।, जात्रामा अप्सराहरूले नरसिंह भगवान हिँड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन्।, यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ।, तस्बिरहरू:, पाटनमा मनाइयो चार सय वर्ष पुरानो नरसिंह जात्रा (तस्बिरहरू)
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , मंगलबार ५ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पिसिआर र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार २५९ जना सक्रिय संक्रमित छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ५२६ जना डिस्चार्ज भएका छन्। , थपिए ८४८ कोरोना संक्रमित, एक जनाको मृत्यु
नारायणी रजौरे गत  वर्ष कात्तिक २२ गते दाङ, तुलसीपुरबाट सल्यान, कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा दुर्घटनामा पर्‍यो। चार जनाको घटनास्थलमै मृत्यु भयो। आठ जना गम्भीर घाइते भए। मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए।, गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा३प २९१२ नम्बरको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दियो। साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेश केसी र मोटरसाइकलमा सवार घोराही–७ कै ४४ वर्षीया गंगा कुँवरको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए।, यी दुइवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी बतायो। मोटरसाइकलले ठक्कर दिनुको कारण मापसे गरी तीव्र गति सवारी चलाउनु रहेको देखिएको छ।, यी उदाहरण मात्र हुन्। जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन्। अब यस्ता दुर्घटना नदोहोरिन दिन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वयन गर्न चासो दिन थालेको छ। सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ। यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ।, सडक वारपार गर्ने पैदलयात्रुलाई सचेतना कार्यक्रम गरेको छ। चालकका लागि निःशुल्क चेकजाँच, बजारमा जेब्रा क्रसिङसमेत बनाएको छ। तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो भइरहेका छन्।, दाङमा गएको आर्थिक वर्ष २०७८/०७९ मा दुई सय तीन सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्यांकअनुसार ती दुर्घटनामा परी एक सय ९५ गम्भीर घाइते भएका छन्। दुई सय ८२ सवारी साधन संलग्न छन्। तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने मोटरसाइकल एक सय ३८, बस २७, ट्र्याक्टर १६, जीप तथा कार ३२ छन्।, त्यस्तै टेम्पो तथा अटोरिक्सा १८, ट्रक १७, टिपर १२, माइक्रोबस दुई, साइकल १९, डोजर १२ वटा छन्।, अनुसन्धानअनुसार सबभन्दा बढी तीव्र गतिबाट एक सय ४४, मादक पदार्थ सेवन गरेर चलाउँदा २३, चालकको लापरबाही बाट १५, यात्रुको गल्ती ४, सडकको अवस्थाका कारण ३, यान्त्रिक गडबडी ७, उछिन्दा ३, मौसमका कारण एक दुर्घटना भएका छन्।, आर्थिक वर्ष २०७७/०७८ मा २७९ वटा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो।, सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजाल दुर्घटना न्यूनीकरणका लागि चालक गम्भीर बन्नुपर्ने बताउँछन्। चालकको लापरबाहीकै कारण धेरै दुर्घटना हुने भन्दै उनीहरूलाई संवेदनशील हुन उनले आग्रह गरे। बाटोको अवस्थाबारे चालक जानकार नहुने, तीव्र गतिमा चलाउने र आफ्ना सवारीको अवस्था चुस्त-दुरुस्त नराख्ने लगायत कारण पनि दुर्घटना बढेको उनले बताए।, त्यसैगरी ज्येष्ठ नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडीधनी एकजुट हुनुपर्ने बताए। सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गर्नुपर्ने भन्दै उनले चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिए।, अधिकारीले दुर्घटना पीडित संगठित भएर सचेतना अभियान फैलाउनुपर्ने पनि बताए। दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै पीडित संगठन बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने उनको भनाइ छ। , जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झवीन्द्र परियारले तीव्र गतीमा गाडी चलाउनु, सवारी साधन चुस्त-दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायत कारण दुर्घटना बढेको बताए। सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक तथा सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको उनले जानकारी दिए।, एक वर्षमा दुई करोड ६३ लाख राजस्व संकलन, ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम पालना नगर्ने ४२ हजार चार सय तीन वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ। कारबाही गर्दा दुई करोड ६३ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सबभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन्। सो अवधिमा १५ हजार ९६ मोटरसाइकल कारबाहीमा परेका छन्।, (रासस), दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा ९५ जनाको मृत्यु
सेतोपाटी संवाददाता आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।, आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।, भोलि बिहीबार प्रदेश १ र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।, शुक्रबार गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।, भारी वर्षाको सम्भावना रहेको पहाडी  भू-भागहरूमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ आजको मौसम
रासस कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सामाजिक सञ्जालको हाबी बढी भएकाले निर्वाचनमा मिथ्या सूचना सम्प्रषेण रोक्न कठिनाइ भएको बताएका छन्।, नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा नीति निर्माताको भूमिका’ विषयक अन्तर्क्रियामा उनले सामाजिक सञ्जाल नियन्त्रण गर्ने संयन्त्र नबनाएसम्म यस्ता सूचना रोक्न नसकिने बताएका हुन्।, 'कुनै पनि घटनामा प्रमाणित नभएसम्म दोषी ठहर गर्न मिल्दैन। निर्वाचनका समयमा विभिन्न दलका नेताले अपशब्द प्रयोग गरेको पाइन्छ,' मन्त्री कोइरालाले भने, 'संसदमा बोल्ने शब्द, अरू समुदायमा बोल्ने शब्दको अध्ययन गर्नुपर्ने जरुरी छ।', नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले लोकतन्त्रमा मर्यादा र शिष्टता नै नेपालीपन भएको उल्लेख गर्दै जुनसुकै माध्यमबाट प्रयोग भएको भए पनि अमर्यादित शब्दलाई कानुनले नियमन गर्नुपर्ने बताए। उनले निर्वाचनका समयमा यस्ता शब्दको बढी प्रयोग हुने भएकाले त्यो बेला सामाजिक सञ्जालको अनुगमन गर्ने र नियन्त्रण गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्नेमा जोड दिए।, कार्यक्रममा जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाह र लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरीयाले निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्ने कानुनी व्यवस्था नै गर्नुपर्नेमा जोड दिएका थिए।, कार्यक्रममा अधिवक्ता सन्तोष सिग्देलले ‘निर्वाचनमा मिथ्या, गलत सूचना र घृणास्पद अभिव्यक्ति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा निर्वाचनका समयमा र अन्य समयमा पनि यस्ता खालका सूचना सञ्चारमाध्यमबाट बढी सम्प्रेषण भएको उल्लेख छ।, मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्न नीतिगत रूपमा व्यवस्था गर्ने उद्देश्यले छलफलको प्रारम्भ गरेको बताए।  , 'निर्वाचनमा मिथ्या सूचना रोक्न कठिन छ'
सेतोपाटी संवाददाता निहारिका राजपुतले आफूमाथि बलात्कारको आरोप लगाएका व्यक्ति शिवराज श्रेष्ठ पक्राउ परेका छन्।, मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्‍ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए। , शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले‍ धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो। , निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै आएकी छन्। उनले माइतीघर मण्डल, बसन्तपुर लगायत क्षेत्रमा आफ्ना माग राखी धर्ना पनि दिएकी थिइन्। गत शुक्रबार उनले राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास समेत गरेकी थिइन्। , यस मुद्दामा शिवराज श्रेष्ठको पक्षमा फैसला गर्ने न्यायाधीश पर्शुराम भट्टराईमाथि न्याय परिषदले छानबिन गरिरहेको छ। उनलाई सर्वोच्च अदालतले काजमा तानेको छ।, निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै  न्यायका निम्ति अनसन बस्दै आएकी छन्। यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।, प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो। , निहारिका राजपुतको घटनामा आरोपित शिवराज श्रेष्ठ पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा एक जनाको हत्या गरी फरार भएका आरोपित १६ वर्षपछि पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपितलाई १६ वर्षपछि पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, दोलखा बैतेश्वर गाउँपालिका-२ टार ३६ वर्षीय रामकुमार मगरलाई प्रहरीले पक्राउ गरेको हो।  , २०६३ साल साउन २ गते राति १० बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २३ वर्षीय मनोज खड्काको हत्या भएको थियो। कोटेश्वरको सडकखण्डमा उनको कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट निरन्तर अनुसन्धान गरी रामकुमार मगरलाई मुख्य आरोपित बनाएको थियो।, अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारका लागि कतारमा रहेको भन्ने खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , उनी कतारमा रहेको खुलेपछि गत चैत २४ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले रेड कर्नर नोटिस जारी गरेको थियो।, त्यसपछि इन्टरपोलसँग समन्वय गरी कतारबाट सोमबार नेपाल ल्याएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , प्रहरीले उक्त घटनामा अरूको पनि संलग्नता हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको छ। , पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको कार्यालयले जनाएको छ।,  , कोटेश्वरमा युवकको हत्या गरी फरार आरोपित १६ वर्षपछि कतारबाट पक्राउ
सेतोपाटी संवाददाता सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। , वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो।, विभागले जारी गरेको सूचनामा वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागु गर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन आग्रह गरेको छ।, भदौ १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले भनेको छ।, विभागका अनुसार सरकारले यसअघि २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो।, प्लाष्टिकका झोला प्रतिवन्धको सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्को गत माघको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेकोसमेत विभागले स्पष्ट पारेको छ।, कोभिड-१९ को प्रकोपका कारण केही समय अनुगमन खुकुलो भएपछि पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको विभागको भनाइ छ।, ‘कोभिड-१९ को प्रकोपका कारण केही सयम अनुगमन खुकुलु भएको सन्दर्भमा पछिल्ला दिनहरूमा ४० माइक्रोनभन्दा कम पातला प्लास्टिकका झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको महसुस भएको छ’, विभागले भनेको छ।,  , आजबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध
सेतोपाटी संवाददाता बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ।, साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।, कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु. तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय २९ भेटी सङ्कलन भएको जानकारी दिइन्।, ‘साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा भेटी गन्ने गरिएको छ’, उनले भनिन्, ‘भेटी सार्वजनिक गर्न थालिएसँगै मन्दिरको आम्दानी पनि बढेको छ।’ साउनमा एक लाख २५ हजार भक्तजनले दर्शन र पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल तीन करोड नौ लाख ४९ हजार पाँच सय ८८ रूपैयाँ मौज्जदात छ।, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा पूजालाई व्यवस्थित गरिएको थियो। म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्ला र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजन आएका सदस्यसचिव बलबहादुर खत्रीले बताए।, साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा जल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।, कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ। द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहेकाले यसको धार्मिक इतिहास छ।, भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।, धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिए। रासस, गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी संकलन
सेतोपाटी संवाददाता मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ। विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, लायकू भैरव नाच आज बिहानबाट सम्पन्न भएको छ भने महाकाली नाच भने यही भदौ ३ गतेमात्रै सम्पन्न हुनेछ।, मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल–टोलमा प्रदर्शन भएको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए। नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन्। देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष संलग्नता रहने गर्दछ।, बोडेको लाकुछेँबाट सुरू भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः खासी टोल भएर लाकुछेँमा आएर मुखुण्डो निकालेपछि समापन हुने स्थानीय उनले बताए। प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान–दक्षिणा दिने परम्परा रहेको  विगत २६ वर्षदेखि पोङ्गा पूजामा सहभागी हुँदै आएका ४५ वर्षीय रोमन धों श्रेष्ठले जानकारी दिए।, दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नुपर्ने नीलबाराही नाचमा सहभागी हुने देवगणले नाच अवधिभर खान, भुइँमा बस्न, अन्यत्र बोल्न, घामपानीमा छाता ओढ्न, दिसापिसाब गर्न र जुत्तासमेत नलगाउने उनले बताए। त्यसैगरी मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाच पनि  भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया)देखि आज बिहान ३ बजे सम्पन्न भएको छ। तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिए पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन भएको हो ।, मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाचमा    भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण नाच्ने गरिन्छ। नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाचेका थिए।, लायकू भैलः नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गर्ने र नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात् कपालको बियाँ, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धांःबाजाका साथै नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहेको नाचका गुरु अर्जुन श्रेष्ठले बताए।, त्यसैगरी ८८ वर्षपछि मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा यस वर्ष प्राचीन महाकाली नाच प्रदर्शनी गरिएको छ। थिमिको अन्य ऐतिहासिक नाच महाकाली नाच पनि गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीया साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुने महाकाली नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले जानकारी दिए। यो नाच यस वर्ष भदौ ३ गते शुक्रबार कृष्ण जन्माष्टमीमा सम्पन्न गर्ने तयारी गरेको उनले बताउ। यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिन्छ।, भैरव जात्रा सम्पन्न
एजेन्सी इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ।, राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।, उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन्।, आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्।, यसैबीच आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएको छ।, कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो।  इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन्।,  , इजिप्टको चर्चमा आगो लाग्दा १५ बालबालिकासहित ४१ जनाको मृत्यु
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। , मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकोले आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , आज राती  प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। , यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।, भोलि मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण, कस्तो छ आजको मौसम?
भगवती पाण्डे रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहकाे गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्।, गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका बिकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।, गए राति करिब ११ बजेतिर बसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्का भेट भएपछि उक्त समूहले गोली प्रहार गरेकाे प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले मोटरसाइकलमा आएको तीन जनाको समूहले उनिमाथि गोली प्रहार गरेको जानकारी दिए।, गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।, गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ।, घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।, रूपन्देहीमा गोली लागेर युवा घाइते
रासस रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।, गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो।, सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन्।, आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो।, घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन्।, आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युतका आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक समेतका कम्पनी बोर्डका पदाधिकारी समेतले स्थानीयको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन्।, स्थानीयले सञ्जेन जलविद्युतका थाम्बुचेतस्थित कार्यालय र ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटरसाइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ।, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए। रु ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले बताए।, स्थिति नियन्त्रणको क्रममा गतलाङका स्थानीय पनि पक्राउ परेका छन्। सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ।, रसुवाको थाम्बुचेतमा झडप हुँदा ८ प्रहरी घाइते, ५ स्थानीय पक्राउ
नारायण खड्का प्युठानमा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुई जना भने उपचारपछि घर फर्किएका छन्। , जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहानेमा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले दिदीबहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए।, दुर्घटनामा दुई छोरीहरू गुमाएकी आमा २५ वर्षीया रेमसरा बुढा र उनका श्रीमान २८ वर्षीय हुमबहादुर बुढा पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको तथा जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले सेतोपाटीलाई बताए।, नौबहिनी-५ कै थप दुई गम्भीर घाइते ३० वर्षीय दलबहादुर खत्री र २८ वर्षीय मिनराज राना क्षत्रीलाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी थापाले बताए।, घाइतेमध्ये १८ वर्षीय धनबहादुर थापा मगर र १८ बर्षीया लक्ष्मी घर्ती मगर उपचारपछि घर फर्किएका छन्। अन्य घाइतेको बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले बताए।, आइतबार बुलुकी ५ बजेतिर जिल्लाको बाग्दुलाबाट डार्मीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी– ६ बहाने बजारनजिकै दुर्घटनामा परेको थियो। डिएसपी थापाका अनुसार स्टेरिङ र ब्रेकले काम नगरेपछि जीप दुर्घटनामा परेको आशंका छ। , 'पानी परेको पनि छैन र सडक अप्ठ्यारो पनि होइन,' डिएसपी थापाले भने, 'स्टेरिङ र र ब्रेकले काम नगरेपछि दुर्घटना भएको हुन सक्ने अनुमान छ।', जीप झन्डै ३५ मिटर तल खसेको उनले जानकारी दिए।, प्युठानमा भएको जीप दुर्घटनामा २५ दिनकी शिशुसहित तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता आज साउन महिनाको अन्तिम सोमबार। देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ।, साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।, काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरूको घुइँचो लागेको छ । , साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ बिहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो।, साउन महिनाको अर्को आकर्षण भनेको बोलबम हो। शिवभक्तहरु पहेँलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ । बोलबम यात्रका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ। , आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो
सेतोपाटी संवाददाता कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला  समन्वय समितिले साझा पहल थालेका छन् । , कालीगण्डकी नदीबाट अवैधरुपमा भइरहेको गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले साझा धारणा बनाएका हुन्।, कालीगण्डकी नदी डाइभर्सन आयोजनाका कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा दर्ता भएको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले कालीगण्डकी नदीमा कुनै पनि क्रियाकलाप नगर्न आदेश दिएको थियो।, चार जिल्लाका समन्वय समिति, स्थानीय तहसहित ४० संस्थालाई विपक्षी बनाई परेको रिटमाथिको आदेश कार्यान्वयनका लागि समन्वय समितिले पहल थालेका हुन् ।, जिल्ला समन्वय समिति बागलुङको आयोजनामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र जिल्ला समन्वय अधिकारीको संयुक्त बैठकले कालीगण्डकी नदीबाट गैरकानुनी रुपमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन, सङ्कलन र बिक्री वितरण नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको छ । , ‘एक्लैले मात्रै गरेर कालीगण्डकीको दोहन रोक्न असम्भव देखियो, त्यसैले साझा कार्यक्रम बनाउन लागेका हौँ’, जिसस पर्वतका प्रमुख विष्णुराम विकले भने, ‘प्रकृतिको अवैध दोहनबाट व्यक्ति मोटाउने, प्रकृति सकिने काम सबै मिलेर रोक्नुपर्छ।’, कालीगण्डकी नदिको प्राकृतिक सुन्दरता कायम राख्नका लागि गैरकानुनी दोहनलाई तत्काल रोक्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । , ‘नदीजन्य पदार्थको संरक्षण र उपयोग दुवै गर्नुपर्ने हाम्रो दायित्व हो’, बैठकमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले भने, ‘प्राकृतिक अवस्थामा खलल नआउने गरी कानुनीरुपमा मात्रै नदीजन्य पदार्थको उत्खनन गर्नुपर्छ।’, कालीगण्डकी नदीको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि विविध बाधा देखापरेको भन्दै बैठकमा सहभागीले जिल्ला समन्वय समितिको काम अनुगमन गर्ने मात्रै भएकाले समस्या पैदा भएको बताए।, ‘संविधानले जिल्लासभा र समन्वयको काम कर्तव्य अधिकारका विषयमा प्रदेश कानुनबमोजिम हुने भनेको छ’, थापाले भने, ‘प्रदेशले समयमा कानुन निर्माण नगर्दा हामीलाई काम कारबाहीमा समस्या भइरहेको छ।’ बैठकले यथाशीघ्र कानुन निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । , बैठकमा सहभागीले दोहनकर्ताको पहुँच राज्य संरचना र राजनीतिमा समेत माथिल्लो तहमा नै रहेकाले दोहन रोक्न कठिन भइरहेको गुनासो गरे। ‘हामीले केही दिन पहिला अनुगमन गर्दा अवैध दोहन भेटेर प्रहरी प्रशासनको सहयोगमा कारबाहीसमेत गरेका थियौं’, जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले भने, ‘दोहन गर्ने कारवाहीमा परेको एक दुई दिनमा नै सुरक्षाका निकायका प्रमुखको सरुवा भयो।’, सर्वोच्चको आदेशलाई देखाएर नदीजन्य पदार्थको मूल्य वृद्धि गर्ने र दोहन पनि नरोकिने अवस्था आएकाले स्थानीय तहहरुले तत्काल रिटको फैसलाका लागि पहल गर्नुपर्नेमा उनीहरूको जोड थियो । , कालीगण्डकी नदीबाट उत्खनन हुने ढुङ्गा, गिट्टी, बालुवाबाट स्थानीय तहले राजस्व जम्मा गर्ने गरेका भए पनि संरक्षणमा स्थानीय तहको चासो कम भएको जिल्ला समन्वय प्रमुखको गुनासो थियो। बैठकमा कालीगण्डकी नदीबाट उत्खनन गर्नै परे ड्याम तयार गरेर त्यहाँ जम्मा हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न सकिने धारणासमेत प्रस्तुत भएका थिए । , कालीगण्डकी नदी बागलुङ र पर्वतमा दोहनका कारण सङ्कटमा रहेको भए पनि म्याग्दी र मुस्ताङमा भने नदीजन्य पदार्थकै कारण बस्ती नै जोखिममा रहेको निष्कर्ष बैठकले निकालेको छ। म्याग्दी र मुस्ताङका कालीगण्डकी जलाधार क्षेत्रमा जोखिममा रहेका बस्ती जोगाउन तत्काल तटबन्ध निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ। ,रासस, कालीगण्डकी दोहन रोक्न साझा पहल
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर राखेको छ।, सिमेन्टको डिभाइडरमा दुर्घटनाको सम्भावना बढी भएकाले त्यसलाई न्यूनिकरणका लागि आफूहरूले ललितपुरको कुपण्डोल क्षेत्रमा प्लास्टिक (रबर) का डिभाइडर राखिएको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।, सोमबार बिहान नगर प्रहरीले पुराना सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर राखेको हो। सडक दुर्घटना हुन नदिन, ट्राफिक व्यवस्थापन र सुन्दरताका लागि प्लाष्टिकका डिभाइडर प्रयोगमा ल्याइएको नगरप्रमुख महर्जनले जानकारी दिए।, ललितपुर महानगर क्षेत्रभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरूस्त राख्दै दुर्घटना न्यूनिकरणका लागि महानगरले योजना बनाएरै काम गरिरहेको छ। , अत्यधिक सवारी जाम हुने ठाउँमा वान वे बनाउनुका साथै फुटपाथ व्यवस्थित, जेब्रा क्रसिङ, सडक बत्ती, आकाशे पुलको सरसफाई लगायत काम महानगरले गर्दै आएको छ।, हेर्नुहोस् तस्बिरहरू, पहिले, अहिले,  , पहिले, अहिले, ललितपुर महानगरले कुपण्डोल क्षेत्रमा हटायो सिमेन्टका डिभाइडर
रासस चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए।, बिहानको समयमा बाघले गोही खाएको हो। गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो। सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो।’, गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।, बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो। यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो। यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन्।, बाघले तीन गोही खायो
सेतोपाटी संवाददाता काठमाडौंको विष्णुमती खोलामा हामफालेका एक पुरूषको उद्धार गरेको छ।, आइतबार राति साढे सात बजे एक पुरूषले काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु चोक नजिक पुलबाट बिष्णुमती खोलामा हाम फालेका थिए।, ती पुरूषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार ती पुरूषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।, अन्दाजी ४०/४५ वर्षीय ती पुरूषको पहिचान पनि खुलेको छैन। , उनले खोलामा किन हाम फालेका थिए भन्न पनि नखुलेको मैनालीले बताए।, काठमाडौंको विष्णुमती खोलामा हामफालेका एक पुरूषको उद्धार
अशोक घिमिरे ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतली सडकस्थित एक कम्पनीमा काम गर्छिन्। काममा आउनजान उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता नै थियो। आफू दिनहुँ आउजाउ गर्ने रुटमा चल्ने सवारी साधनमा हुने अत्यास लाग्दो भीडले उनलाई निजी सवारी प्रयोग गर्न बाध्य तुल्यायो। अहिले उनी स्कुटरमा कार्यालय आउने जाने गर्छिन्।, काठमाडौं महानगरपालिका वडा नं १५ डल्लु बस्ने उदय न्यौपाने हिजो आज हिँडेरै कार्यालय आउजाउ गर्छन्। घरै अगाडिबाट रत्नपार्क जाने माइक्रोबस चल्छन् तर उनलाई माइक्रो चढ्न भन्दा हिँड्न सुरक्षित र सहज लाग्छ। माइक्रो चढेको भन्दा हिँडेर चाँडो र समयमै कार्यालय पुग्ने उनको अनुभव छ। हिँडेर ४५ मिनेटमा कार्यालय पुगे पनि कहिलेकाहीँ माइक्रो चढ्दा डेढ घन्टा बढी लागेको उनको भोगाइ छ। , गुरुङ र न्यौपानेको अनुभवले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको दुरावस्था छर्लङ्ग पार्छ। चोकचोकमा लामो समयसम्म यात्रु कुरेर बस्ने, सीट क्षमताभन्दा बढी यात्रु राख्ने, क्षमताभन्दा बढी सिट बनाउने, कोचाकोच, ठेलामठेल र दुव्र्यवहार उपत्यकाको सार्वजनिक यातायातको विशेषता नै बनेको छ। कार्यालय समयमा त बस चढ्न युद्ध नै लड्नुपर्छ। बसको ढोकाबाट छिरेपछि आरामसँग बस्ने स्थिति रहँदैन। गन्तव्यमा कति बेला पुगिन्छ कुनै ठेगान हुँदैन। , सार्वजनिक यातायात चढेर यात्रा गर्दा हुने जाम, अपमान, दुर्व्यवहार र असुरक्षाका कारण ऋण खोजेर भएपनि निजी सवारी खरिद गर्नुपर्ने काठमाडौँवासीको बाध्यता भइसकेको छ। “न समयमा कार्यालय पुगिन्थ्यो, न आनन्दले बस्न पाइन्थ्यो”, गुरुङले भनिन्, “कोचिएर, उभिएर यात्रा गर्दा हुने दुर्व्यवहार त कुरै नगरम्।”, ठूला बसमा उभिन केही सहज भएपनि सानो माइक्रोबसमा समात्ने ठाउँसमेत नहुँदा यात्रा झन् कष्टकर हुने गरेको छ। “माइक्रोमा सीट क्षमताबाहेक पनि १०–१२ जना कोचेर चलाउँछन्”, न्यौपानेले भने, “त्यसरी कोचिएर जानुभन्दा त आजभोलि हिँडेरै कार्यालय जाने र आउने गरेको छु, आनन्दले हिँड्न पनि पाइने, जाम पनि नहुने।”, उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सरकारले केही नगरेको उनको भनाइ छ। सार्वजनिक यातायात व्यवस्थापनको जिम्मा सङ्घ, प्रदेश र स्थानीय सरकारको भए पनि अहिलेसम्म सार्वजनिक यातायात सुधारको महसुस नगरेको न्यौपानेको ठम्याइ छ। , सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसदमा समेत पटकपटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटकपटक निर्देशनसमेत दिएको छ। सम्बन्धित मन्त्रीले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता पनि व्यक्त गर्दै आएका भए पनि देशभरको सार्वजनिक यातायातको अवस्था उस्तै छ। यात्रु ठगिएकै छन्, दुर्व्यवहार र दुर्घटना बढेकै छन्। , सार्वजनिक यातायात सबल र व्यवस्थित भएका विभिन्न देशका उदाहरण प्रशस्त छन्। नेपालमा जति परिवर्तन भएपनि यातायात क्षेत्रका समस्या उस्तै छन्। सार्वजनिक यातायात क्षेत्रका जानकार आशिष गजुरेल मन्त्री, नेता, धनीमानीको निजी सवारी मोहका कारण सार्वजनिक यातायात व्यवस्थित बन्न नसकेको बताउँछन्।, “निजी सवारी साधन खरिद गर्नुपर्दो रहेछ, त्यसबाट आरामदायी यात्रा गर्न सकिन्छ भनेर राज्यले सिकायो, नीति पनि यस्तै भयो”, उनले भने “सार्वजनिक यातायात महत्वको क्षेत्र बन्न सकेन, यसको महत्वका बारेमा कोही कसैबाट बुझाउने प्रयास नै भएन, त्यसकारण सार्वजनिक यातायातमा आकर्षण बढेन।” सार्वजनिक यातायातसम्बन्धी योजना बनाउने नै निजी सवारी साधन प्रयोग गर्ने हुँदा सार्वजनिक यातायत व्यवस्थापनसम्बन्धी गतिलो नीति बन्न नसकेको उनी बताउँछन्। भएका नियम कार्यान्वयनमा पनि ठूलो खाडल रहेको उनको भनाइ छ। , “उच्च ओहोदामा बस्नेलाई कार्यालयले सवारी साधन उपलब्ध गराउँछ, या त उहाँहरुको आफ्नै निजी सवारी साधन हुन्छ, व्यवसाय गर्नेले पनि निजी सवारी साधन नै प्रयोग गर्छन्, कहीँ कतैबाट पनि सार्वजनिक सवारी साधनको विकास गर्नुपर्छ भन्ने नै भएन”, गजुरेलले भने, “नेता, मन्त्रीले सार्वजनिक यातायात प्रयोग गरेको भए, समस्या बुझ्नुहुन्थ्यो र यसको विकास गर्नुपर्छ भन्ने हुन्थ्यो।”, पत्याउँदैनन् जनता, यही साउनको पहिलो साता नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासमा निजी सवारी छाडेर माइक्रो चढेर च्यासलस्थित पार्टी कार्यालयमा पुगे। उक्त माइक्रोबसमा पार्टी कार्यकर्ता भएपनि अन्य सर्वसाधारण थिएनन्। न त त्यो उपत्यकाको कुनै रुटमा नियमित चल्ने माइक्रो थियो। , विसं २०७६ कात्तिक ६ गते तत्कालीन प्रधानमन्त्री ओली पुल्चोकदेखि सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा यातायातको विद्युतीय बसमा चढेर पुगे। त्यसबखत मन्त्री निवासबाट सबै मन्त्री एउटै बसमा चढेर सिंहदरबार जानुपर्छ भन्ने आवाज पनि उठ्यो। त्यसबाट उपत्यकामा सवारी जाम कम हुने, पेट्रोलियम खपत घट्ने र सर्वसाधरणलाई सार्वजनिक सवारीप्रति भरोसा बढाउने अपेक्षा गरिएको थियो। , पछि त्यसले निरन्तरता पाउन सकेन। नेतालगायत उच्च पदस्थको निजी सवारी मोह भङ्ग भएन। विशिष्टका सार्वजनिक यातायात प्रवर्द्धनात्मक अभियानलाई जनताले पत्याएनन्। नेताहरु अगुवा पछुवा सुरक्षाकर्मीका साथमा साइरन बजाउँदै हुँइकिन थाले। , नेताहरुले जनतालाई देखाउन मात्रै सार्वजनिक सवारी साधन चढेको जस्तो गरेको गुरुङको भनाइ छ। “एक पटक सुरक्षाकर्मीको दलबलसहित सार्वजनिक यातायात चढेर हुन्छ र ?”, उनले प्रश्न गरे, “नेताले सधैँ जनताले झै सार्वजनिक यातायात चढे पो जनताको दुःख, पीडा थाहा पाउँछन्, एकदिन चढ्छन्, त्यसपछि छाड्छन्, जनतालाई सधैँ दुःखै दुःख।”, नेता, मन्त्री, उच्च पदस्थ कर्मचारीलाई सार्वजनिक यातायातको प्रयोग गर्दा भोग्नुपर्ने कष्ट नै थाहा नभएको गुरुङ बताउँछिन्। “सार्वजनिक यातायातको दुरावस्था नभोगी उहाँहरुले कसरी नीति नियम बनाउन सक्नुहुन्छ”, उनले भनिन्, “त्यसका लागि पहिला नेताले सार्वजनिक यातायातमा यात्रा गरेर हेर्नुपर्छ, नागरिकका दुःख, कष्ट कस्ता छन्, अनि मात्र यो क्षेत्रमा सुधारका पहल गर्न सक्नुहुन्छ।”, केही नेता तथा सांसद अझै पनि सार्वजनिक यातायातको नियमित प्रयोगकर्ता हुन्। उनीहरुले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र विश्वसनीय बनाउन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइराखेकै पाइन्छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपत्यकामा रहँदा प्रायः सार्वजनिक यातायात चढ्ने गर्छन्। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि कहिलेकाहीँ सार्वजनिक यातायातको प्रयोग गर्छन्। अन्य शीर्ष नेता तथा उच्च पदस्थ कर्मचारी सार्वजनिक यातायातलाई बेवास्ता गर्दै निजी सवारीमा हिँड्छन्।, विज्ञ गजुरेल विगतमा अहिलेका उच्च पदस्थ व्यक्ति सबै सार्वजनिक यातायातको प्रयोगकर्ता भएपनि सार्वजनिक यातायातका क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि उनीहरुले कुनै पहलकदमी नगरेको बताउँछन्।  “उहाँहरु (विशिष्ट) को विकल्प थिएन, नचढी सुखै थिएन, आम्दानी थिएन, निजी सवारी राख्ने अवस्था पनि थिएन”, उनले भने, “थोरै कमाई हुने, कमजोर वर्गले सार्वजनिक यातायात हाम्रा लागि हो भन्ने सोचेको छ, पैसा हुने कमाई हुने वर्गले भने निजी सवारी साधन आफ्ना लागि हो भन्ने सोचेको छ, सोचमा नै परिवर्तन गर्नुपर्छ।”, सार्वजनिक यातायातलाई राज्यले लगानी गरेर स्तरीय सेवा दिनुपर्ने उनको भनाइ छ। समयमा नपुग्ने, कोचाकोच गरेर मान्छे राख्ने, व्यवहार पनि राम्रो नभएकाले पनि सार्वजनिक यातायातमा आकर्षण नबढेको उनको भनाइ छ। “अब निजी सवारी साधन प्रयोग गर्दा असहज हुन्छ भन्ने दिन आउनुपर्छ, रातभरि सवारी साधन पाउने व्यवस्था हुनुपर्छ, त्यसका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वले ध्यान दिनुपर्छ”, उनले भने। , विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त
सेतोपाटी संवाददाता काठमाडौंको थानकोटमा खाजा पसल सञ्चालन गर्दै आएका एक पुरूषमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगरपालिका-५ बस्ने ३० वर्षीय सागरप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-५ घर हुने ३३ वर्षीय आकाश भन्ने प्रमोद बोगटीलाई पक्राउ गरेको हो। , उनीहरूले चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्ट नजिकै राजु खाजा घरका सञ्चालक राजु केसीमाथि कुटपिट गरेको आरोप छ। राजुमाथि गत मंगलबार दिउँसो कुटपिट भएको थियो। , त्यसदिन दिउँसो १ बजे खाजा घरमा आएका अपरिचित व्यक्तिहरूले टाउको लगायत शरीरका विभिन्न भागमा कुटेर भागेको भन्दै राजुकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्। , खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी अधिकृतसहितको टोली खटिएर बेहोस अवस्थामा रहेका राजुको उद्धार गरी उपचारको लागि अस्पतालमा लगेको थियो।, यस घटनामा जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको थियो। , यसमा अनुसन्‍धान गर्ने क्रममा प्रदेश नम्बर ३-०२-००५ प ३५४० नम्बरको कालो रंगको मोटरसाइकल प्रयोग भएको देखियो।, मोटरसाइकलमा सवार दुई जना कलंकीबाट थानकोट आएको खुलेपछि प्रहरीले उनीहरूलाई फेला पारेको हो। , प्रहरी उपरीक्षक मैनालीका अनुसार उनीहरूले राजु एक्लै भएको मौका पारी मोटरसाइकलको सकर पाइपले कुटपिट गरेका थिए। , पहिचान खुलेसँगै प्रहरीले शनिबार दिउँसो सागर प्रकाशलाई सानोभर्‍याङ र  प्रमोदलाई बाफलबाट पक्राउ गरेको हो। , प्रहरीले मोटरसाइकलमा प्रयोग भएको मोटरसाइकल र फलामको पाइप पनि बरामद गरेको छ। , पक्राउ परेका व्यक्तिहरू र राजुबीच ७-८ दिन अघि भएको विवाद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , खाजा खान जाँदा उनीहरूबीच विवाद भएकै कारण रिसिइबी राखेर राजुमाथि कुटपिट गरेको उनले बताए। , पक्राउ परेका दुबै आरोपितमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। , प्रहरी वृत्त थानकोटले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। , थानकोटका खाजा पसल सञ्चालकमाथि कुटपिट, दुई पक्राउ
सेतोपाटी संवाददाता सुर्खेत भेरीगंगा–५ का स्थानीयले नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरूद्ध गरेका छन्।, जंगली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले राजमर्गअन्तर्गत बबईमा सडक अवरूद्ध गरी आन्दोलन गरिरहेका छन्।, आइतबार बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरू मृत फेला परेका थिए।, स्थानीयले मानवीय क्षति पुर्‍याउन जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै सोमबार बिहान ११ बजेदेखि सडक अवरूद्ध गरिरहेका छन्।, स्थानीयले सडक अवरूद्ध गरेपछि सुर्खेत भित्रिने र सुर्खेतबाट बाहिरिने यात्रुहरू मर्कामा परेका छन्।, स्थानीयसँग समन्वय गरी अवरूद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।, निकुञ्जमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयले गरे सुर्खेत सडक अवरूद्ध
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ। फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए।, उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गरेका थिए।, ‘बिहान ५०-६० टिपर बाटोमै थिए,’ उनले भने, ‘फोहोर फाल्ने समयमा स्थानीयले अवरोध गरेका थिए। त्यहाँ सुरक्षाको आवश्यक परेको भनेपछि प्रहरी पुगेको हो।’, यस्तै, एसपी पण्डितले बञ्चरेडाँडामा काठमाडौं, धादिङ र नुवाकोटका प्रहरीहरू परिचालन भएको बताए। सबै गरी करिब दुई सय प्रहरी भएको उनले जिकिर गरे।, अहिले फोहोर फाल्ने काम भइरहेको उनले बताए।, ‘अहिले अवस्था सामान्य भइसकेको छ,’ उनले भने, ‘अवस्था समान्य भए पनि प्रहरी टोली भने त्यहीँ छ।’     , हिजो (आइतबार) बिहान तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा अज्ञात समूहले करिब ३ ट्रक फोहोर फालेपछि स्थानीयले अवरोध गरेका थिए भने दिउँसो काबेरी गाउँमा फोहोरको गाडीले बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका थिए।, बञ्चरेडाँडामा फोहोर फाल्नका लागि दुई सय प्रहरी परिचालन
नवीनबाबु गुरूङ लामो समयदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेला नेकपा एमालेको भातृ संगठन युवा संघले सोतबार नयाँ बानेश्वर क्षेत्रको फोहोर उठाएको छ।, सडक प्रयोगकर्तालाई असर गर्ने गरि थुप्रिएको फोहोरले दुर्गन्ध बढेपछि एमाले निकट युवाहरूले  फोहोर उठाएका हुन्। , पटक पटकको प्रयासपछि पनि विवाद कायमै रहँदा काठमाडौंको फोहोर उठ्न सकिरहेको छैन। , हेर्नुहोस् तस्बिरहरूः, युवा संघले उठायो बानेश्वरको फोहोर (तस्बिरहरू)
सेतोपाटी संवाददाता ललितपुरको ठेंचोमा एक पुरूषको शव फेला परेको छ। , गोदावरी नगरपालिका वडा नम्बर १२ ठेंचोमा सोमबार बिहान करिब ६ बजे खेतबारीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। , मृतक सोही ठाउँमा बस्ने ३० वर्षीय राजेन्द्र देसार हुन्। उनको शव घोप्टो परेको अवस्थामा फेला परेको भारतीले बताए। , बिहान शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। , प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए। , पोष्टमर्टमका लागि शव ललितपुरको पाटन अस्पताल पठाइएको छ।, प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।, ललितपुरको ठेंचोमा एक पुरूष मृत फेला
रासस करिब एक साताअघि महोत्तरीको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरूषले आफ्नी पत्नी र सासूको जिउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ।, रामगोपालपुर नगरपालिका–८ बस्ने शंकर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए।,     , आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिँठ्यू जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जिउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उनीहरूको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए।, साथै, सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ। यता घटनामा संलग्न शंकरलाई चार दिनअघि प्रहरीले नेपाल-भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ। , पत्नी र सासूलाई आगो लगाउँदा उपचार क्रममा पत्नीको मृत्यु
सेतोपाटी संवाददाता नेदरल्यान्ड पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, खोटाङ बाह्रपोखरी गाउँपालिका-५ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३५ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाकारी दिए। प्रहरीले उनलाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो।, राईले नेदरल्यान्ड पठाइदिने भन्दै १६ जना पीडितहरूसँग एक करोड ३६ लाख ५० हजार ठगी गरेको आरोप छ।, उनले वर्किङ भिसामा नेदरल्यान्ड पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १६ लाख लाग्ने बताएका थिए। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार राईले नेदरल्यान्डमा मासिक ७५ हजार रुपैयाँ तलब हुने भनेर पीडितहरूलाई विश्वासमा लिएर ठगी गरेका थिए। राईले सो रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएको प्रहरी उपरीक्षक कोइरालाले बताए।, थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको कार्यालयले जनाएको छ।   , नेदरल्यान्ड पठाइदिन्छु भन्दै एक करोड बढी ठगेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन्। , सोमबार दिउँसो १ बजे बा ३ ख २७१८ नम्बरको बस ललितपुर महानगरपालिका-४ बागडोलमा पल्टिएको जिल्‍ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। , मध्य उपत्यका बस रिंगरोडमा बागडोलबाट बल्खुतर्फ जाँदै थियो। , सो बस अनियन्त्रित भएर आफैं पल्टिएको हो। , बसमा सवार आठ जना घाइते छन्। उनीहरूको ललितपुरकै स्टार अस्पतालमा उपचार भइरहेको छ। , उनीहरूको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक शाहीले बताए। अहिले बसलाई सडकलाई छेउमा राखेको छ। ,  , ललितपुरको बागडोलमा बस पल्‍टियो, आठ घाइते
सेतोपाटी संवाददाता बञ्चरेडाँडा-सिसडोलका स्थानीयले भदौ १ देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएका छन्।, आइतबार बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयलाई सम्झौता कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तीन महिनाभित्र समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने निर्णयसँगै भदौ १ देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार विगतमा भएका सम्झौता कार्यान्वयन गर्न साउन ३१ सम्म सरकारलाई समय दिइएको थियो।, अल्टिमेटम सकिनु केही दिनअघि मात्रै सरकारले प्राविधिक परामर्शदातासहितको समिति गठन गरेको जानकारी दिएपछि भदौ १ देखि बञ्चरेडाँडामा फोहोर लैजान दिने निर्णय गरिएको ढुंगानाले बताए।, ‘गठन भएको समितिलाई सरकारले तीन महिनाभित्र वस्तुगत स्थितिसहितको प्रतिवेदन तयार पार्न भनेको छ,’ उनले भने, 'उक्त समितिले ठेक्का सम्झौता गरी काम गर्न सुरू गरेको जनाइएको छ।', आफूहरूले यतिका वर्ष फोहोरको जोखिम मोलेर बसेको र अब तीन महिना प्राविधिक समितिलाई सल्लाह सुझाव दिई काम गर्ने ढुंगानाले बताए।, ‘अहिलेसम्म काठमाडौं उपत्यकाको फोहोर झेल्दै आएका छौं। यतिका वर्ष त सह्यौं भने अब तीन महिना पनि सहन्छौं,' उनले भने, 'अब प्राविधिक टोलीलाई स-सम्मान सहयोग गरी निकास खोज्नतिर लाग्नेछौं।', तीन महिना अवधिमा समितिलाई सल्लाह र परामर्श दिन र उनीहरूलाई सहयोग गर्न हरसमय तत्पर भएको उनले बताए।, ‘हाम्रो आन्दोलन स्थगित भएको भने होइन,' उनले भने, 'आन्दोलनको स्वरूप मात्र परिवर्तन भएको हो। प्रतिवेदन नबुझाएसम्म दैनिक रूपमा विभिन्न निकायसँग भेटवार्ता गरी दबाब र सुझाव दिने काम भइरहने छ।', यो पनिः, बञ्चरेडाँडामा फोहोर फाल्नका लागि दुई सय प्रहरी परिचालन, एकअर्कालाई असफल बनाउन कुहिएको खेल खेली राजनीतिको नाम नदिऊँ- मेयर बालेन, काठमाडौंको फोहोर: बञ्चरेडाँडा आन्दोलनमा तीन सत्तारूढ दलका स्थानीय नेताको समर्थन, बालुवाटारमा सत्ता गठबन्धनको बैठक: काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण, गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, दुई दिनपछि के होला काठमाडौंको फोहोर?, बञ्चरेडाँडामा भदौ १ देखि गर्ने भनिएको आन्दोलन स्थानीयले लिए फिर्ता
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , सोमबार ५ हजार ७३७ जनाको कोरोना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पिसिआर र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ४७४ जना डिस्चार्ज भएका छन्। , देशभर थपिए ८८८ कोरोना संक्रमित, एकको मृत्यु
रासस लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो। , पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ छिन्।, श्रेष्ठलाई लागुऔषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र ६ हजार रूपैयाँ जरिवाना फैसला गरेको थियो। फैसलालगत्तै श्रेष्ठ फरार थिइन्। , पक्राउलगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, फरार महिला पक्राउ
सेतोपाटी संवाददाता कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एक नाबालिग गर्भवती भएपछि उनी पढेको विद्यालयमा अभिभावकले ताला लगाएका छन्।, माछापुच्छ्रे गाउँपालिका-६ स्थित भुमेश्वर माविबाट एसइई दिएकी नाबालिग गर्भवती भएको भन्दै अभिभावकले आइतबार ताला लगाएको स्थानीयवासीले बताएका छन्। , गर्भवती भएकी नाबालिग एसइई तयारीका लागि सोही विद्यालयमा गत फागुनदेखि वैशाखसम्म होस्टल बसेकी थिइन्। होस्टल बसाइका क्रममा सोही विद्यालयका अर्का बालकसँग यौन सम्पर्क भएर गर्भवती हुन पुगेको विद्यालयका एक अभिभावकले बताए।, कानुनअनुसार १८ वर्षमुनिका नाबालिगले सहमतिमै यौन सम्पर्क राखे पनि त्यसलाई बलात्कार मानिन्छ।, होस्टलमा विद्यालयले राम्रोसँग हेरविचार गर्न नसकेको भन्दै अभिभावकले तालाबन्दी गरेको प्रत्यक्षदर्शीको भनाइ छ। , ताला लगाउन पुगेका अभिभावकले विद्यार्थीको हेरचाह गर्न नसकेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूद्रबहादुर पौडेल र विद्यालयका प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारले राजीनामा दिनुपर्ने माग राखेका छन्। , विद्यालयका एक अभिभावकका अनुसार गर्भवती भएकी नाबालिग अहिले १६ वर्ष र नाबालक १७ वर्षका छन्।, स्थानीय अभिभावकका अनुसार अहिले विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापक र आन्दोलनरत अभिभावकबीच वार्ता चलिरहेको प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारले जानकारी दिए। , ‘घटनाका विषयमा हामी छलफल गरिराखेका छौं, अहिलेसम्म केही निर्णय भएको छैन,’ उनले भने, ‘विद्यालयमा तालाबन्दी छ, छलफलबाट के निष्कर्ष आउँछ, तपाईंलाई जानकारी गराउँछौं।’, प्रहरीले ती दुवैलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।, माछापुच्छ्रेमा नाबालिग गर्भवती भएपछि अभिभावकले लगाए विद्यालयमा ताला
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलब-भत्ता व्यवस्था गर्न निर्देशन दिएको छ। , मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सोमबार सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै सुरू समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले नै तलब-भत्ता व्यवस्था गर्न निर्देशन दिएका हुन्।, निर्देशनमा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद वा तहका लागि मात्र उपलब्ध गराउन भनिएको छ।, यस्तै सहमतिका आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि तलब-भत्ता बापतको रकम मन्त्रालयबाट निकास नहुने जानकारीसमेत पत्रमा उल्लेख गरिएको छ।, मन्त्रालयले समायोजन मिलान मापदण्ड अनुसार समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाल आएर फिर्ता पठाउने गरेको निर्णयप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।, समायोजन भएका स्वास्थ्य कर्मचारीको तलब-भत्ता स्थानीय तहबाटै व्यवस्था गर्न निर्देशन
सविना कार्की राम्रा सामुदायिक स्कुल, ओजस्वी लामिछाने चन्द्रगिरि नगरपालिकाको नैकापबाट संस्कृत पढ्न दरबार हाइस्कुल पुग्छिन्। कक्षा ८ मा पढ्ने ओजस्वीलाई उनका बुबा अविनाश लामिछानेले विद्यालय पुर्‍याउने र घर लैजाने गर्छन्।, ओजस्वीलाई नजिकका विद्यालय छाडेर संस्कृत पढाउन सात किलोमिटर टाढाको स्कुल पठाएको अविनाश बताउँछन्। , 'घरनजिकै सामुदायिक विद्यालय छ तर संस्कृत पढाइ हुँदैन,' उनले भने, 'संस्कृत पढाउनकै लागि बिहान बेलुका एक–एक घन्टा समय दिएर विद्यालय पुर्‍याउने र लैजाने गर्छु।', ओजस्वीलाई संस्कृत पढाउने इच्छा उनका बुबा अविनाशकै हो। उनी आफू पनि संस्कृत माध्यमिक विद्यालयकै विद्यार्थी थिए। उनले कक्षा ६ र ७ संस्कृत माविमा पढेका थिए।, अविनाश अहिले पनि संस्कृत माविमा अपराह्न चार बजेदेखि छ बजेसम्म संस्कृत व्याकरण पढ्दै छन्। , उनी आफू पढुन्जेल छोरीलाई पनि सँगै राख्छन्। अविनाश श्रीमद्भगवद् गीता पनि अध्ययन गर्छन्। , 'दुई घन्टा संस्कृत व्याकरण पढ्छु। त्यतिन्जेल छोरी पनि सँगै बसेर पढ्छिन्,' उनले भने, 'संस्कृत भाषा जति पढ्यो पढ्न मन लाग्दो रहेछ।', ओजस्वीको रूचिअनुसार नै अविनाशले उनलाई कलंकीको एक निजी स्कुलबाट संस्कृत पढाउन दरबार हाइस्कुलसम्म पुर्‍याएका हुन्। अविनाशलाई आफ्नी छोरीले संस्कृतमै विद्यावारिधि गरेर छुट्टै पहिचान दिलाऊन् भन्ने इच्छा छ।, अविनाशजस्तै अन्य धेरै अभिभावकले आफ्ना छोराछारीलाई संस्कृत पढाउन दरबार हाइस्कुलमा पठाएका छन्। , काठमाडौंमा रानीपोखरीको पश्चिमपट्टि छ दरबार हाइस्कुल।, वस्तुतः वर्तमानमा 'दरबार हाइस्कुल' भन्नु भवन मात्र हो, विद्यालय होइन। अर्थात् स्कुलको नभई भवनको नाम हो। त्यस भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित छन्।, यी दुई विद्यालयको संक्षिप्त इतिहास थाहा पाऔं। , प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना पारिवारिक सदस्यहरूलाई अंग्रेजी पढाउने उद्देश्यले १९१० सालमा दरबार हाइस्कुल नाम राखेर थापाथली दरबारमा एउटा स्कुल स्थापना गरेका थिए। त्यही समय जंगबहादुरकै साहिँला छोरा जितजंगले आर्यघाट नजिकै राजराजेश्वरी घाटमा संस्कृत भाषा पढाउने व्यवस्था गरेका थिए। यो औपचारिक विद्यालय नभई गुरुकुल स्तरको मात्रै थियो। , जंगबहादुरपछिका प्रधानमन्त्री रणोद्दीपले त्यही गुरुकुल आफ्नो दरबारनजिकै रानीपोखरी किनारमा सारेर संस्कृत विद्यालय चलाए। विद्यालयलाई १९३४ सालमा सरकारी स्वीकृति पनि दिए। पछि अर्का राणा प्रधानमन्त्री वीर शमशेरले रानीपोखरीको पश्चिमपट्टि भवन बनाएर त्यही संस्कृत विद्यालय सारे। त्यही विद्यालय आजको संस्कृत माध्यमिक विद्यालय हो। सरकारी स्वीकृति पाएको मितिका हिसाबले यो स्कुल १४५ वर्ष पुरानो हो।, उता दरबार हाइस्कुल स्थापना भएको चार दशक हुन लाग्दासम्म पनि त्यसको भवन थिएन। अनेक ठाउँमा सर्दै चलेको थियो। पछि वीर शमशेरले संस्कृत माविकै भवनमा तला थप्न लगाए। अनि १९४८ सालमा दरबार हाइस्कुल त्यहीँ सारे। , यसरी एउटै भवनमा दरबार हाइस्कुल र नेपाल संस्कृत मावि चल्न थाले। , धेरै पछि, २०२४ सालमा, दरबार हाइस्कुलको नाम फेरेर भानु मावि राखियो। , यो ऐतिहासिक विवरण संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले विद्यालयको मुखपत्र 'वाणी' मा प्रकाशित आफ्नो एक लेखमा उल्लेख गरेका छन्।, यसरी एउटै भवनमा दुई वटा विद्यालय चले पनि भवनको नाम दरबार हाइस्कुल नै रह्यो।, २०७२ को भुइँचालोले दरबार हाइस्कुल क्षतिग्रस्त भएको थियो। त्यही दरबार हाइस्कुल अहिले चार तलाको बनेको छ। चीन सरकारको सहयोगमा बनेको आधुनिक भवनको भर्‍याङबाट दायाँतर्फ भानु माविका विद्यार्थी पढ्छन्, बायाँतर्फ संस्कृत माविका।, क्यान्टिन र शौचालय दुवै स्कुलका लागि साझा छन्। भवनको चौथो तलामा संस्कृत माविको पुस्तकालय छ। विद्यार्थी आफ्नो अनुकूल समयमा पुस्तकालय जान्छन्। , भवनमा कुल ४६ वटा कोठा छन्। तीमध्ये २१ वटा कोठा संस्कृत माविले प्रयोग गरेको छ। कक्षाकोठा चिटिक्क छन्। एउटा कोठामा बढीमा ४० जना विद्यार्थी अटाउँछन्। , कुनै समय छात्र मात्र पढ्ने संस्कृत माविमा अहिले छात्राहरू पनि छन्। प्रधानाध्यापक अधिकारीका अनुसार संस्कृत माविमा कुल ४२१ जना विद्यार्थीमध्ये ६० जना छात्रा छन्। विद्यार्थी संख्या घटबढ भइरहन्छ। भूकम्पपछि संस्कृत मावि प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सरेको थियो। त्यो बेला दुई सय हाराहारी विद्यार्थी थिए।, प्रधानाध्यापक अधिकारीका अनुसार दरबार हाइस्कुल नयाँ बनेर त्यहीँ पढाइ हुन थालेपछि विद्यार्थी संख्या दोब्बरभन्दा बढी भएको छ। काठमाडौंबाहिरका विद्यार्थीको संख्या अधिक छ। करिब ९० प्रतिशत विद्यार्थी काठमाडौं बाहिरका छन्। , संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै आधुनिक भवनको पनि प्रभाव परेको अधिकारी बताउँछन्।, उनले भने, 'नयाँ भवनकै कारण पनि धेरै अभिभावक र विद्यार्थी आकर्षित हुनुभएको छ।' , संस्कृत माविमा संस्कृत भाषासँगै अन्य विषय पनि पढाइ हुन्छ। विद्यालय प्रविधिसंगत हुँदै छ। हरेक कक्षाकोठामा इन्टरनेट सुविधा छ। डिजिटल बोर्ड र प्रोजेक्टर राखिएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत संस्कृत माविले सूचना, सञ्चार र प्रविधि (आइसिटी) का लागि हालसम्म दुई पटक बजेट पाएको छ। , आर्थिक वर्ष २०७७/७८ मा ६ लाख ५० हजार रूपैयाँ पाएको थियो। त्यो रकमले दुई वटा अन्तक्रियात्मक डिजिटल बोर्ड जडान गरिएको प्रधानाध्यापक अधिकारीले बताए। सोही कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा पनि उही शीर्षकमा ६ लाख ५० हजार रूपैयाँ आयो। यसमा विद्यालयले आन्तरिक स्रोत थपेर सबै कक्षाकोठालाई डिजिटल प्रविधिमा लैजाने काम गर्दैछ। , संस्कृत माविमा कक्षा ६ बाट पढाइ सुरू हुन्छ। पाँच कक्षा उत्तीर्ण भएर आउने विद्यार्थीले संस्कृत माविमा ६ कक्षामा भर्ना हुन पाउँछन्। , 'सानो कक्षाको विद्यार्थीले संस्कृतबारे बुझेका हुँदैनन्,' प्रधानाध्यापक अधिकारीले भने, 'कक्षा ६ मा पुगिसक्दा सामान्य अर्थमा संस्कृत के हो र किन पढ्ने भन्नेबारे विद्यार्थी आफैंले पनि केही बुझेको हुन्छ।' , संस्कृत माविमा संस्कृत भाषा, वेद, व्याकरण, ज्योतिष, न्याय दर्शन, साहित्य लगायतका विषय पढाइ हुन्छ। कक्षा ६ देखि ८ सम्म संस्कृत भाषा र व्याकरण अनिवार्य गरिएको छ। , ऐच्छिक प्रथम र ऐक्षिक द्वितीयमा संस्कृत भाषाका विषय पढ्नुपर्छ। ऐच्छिक प्रथममा विद्यार्थीले वेद, व्याकरण, ज्योतिष, न्याय र साहित्यमध्ये एक विषय छान्न पाउँछन्। द्वितीयमा गणित, आयुर्वेद, कर्मकाण्ड विषय छन्। , यीमध्ये आयुर्वेद पढ्नेहरू भविष्यमा मेडिकलतिर जाने र कर्मकाण्ड पढ्नेहरू गुरु-पुरोहित बन्ने प्रधानाध्यापक अधिकारीले बताए। अन्य पाँच वटा अनिवार्य विषय अन्य माध्यमिक विद्यालयसरह पढाइ हुन्छ।, प्रधानाध्यापक अधिकारीले भने, 'धेरै विद्यार्थीको रूचि ज्योतिषमा छ। ज्योतिष शिक्षा नगदे बालीजस्तै हो। तुरून्त काम लाग्छ।' , पाँच वर्षअघिसम्म संस्कृत माविमा ६ कक्षा देखि १० सम्म मात्र पढाइ हुन्थ्यो। यसपछि विद्यार्थीहरू नेपाल संस्कृत विश्वविद्यालयका क्याम्पसहरूमा जानुपर्थ्यो। धेरै जसो विद्यार्थी वाल्मीकि क्याम्पस जान्थे। संस्कृत माविले २०७४ सालमा कक्षा ११ को पढाइ सुरू गर्‍यो। हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ। , गत वर्ष कक्षा ११ र १२ मा संस्कृतसँगै व्यवस्थापन र शिक्षा संकाय पनि थपिएको छ।, 'एक शैक्षिक सत्रमा डेढ सयभन्दा बढी विद्यार्थी भर्ना हुन आउँछन्। धेरै जसोको रूचि संस्कृतमै छ,' उनले भने, 'अहिले व्यवस्थापन र मानविकी पढ्न पनि आउँछन्।' , संस्कृत पढ्ने विद्यार्थीका लागि छात्रावास पनि छ। कक्षा ८ देखिका विद्यार्थी छात्रावासमा बस्न पाउँछन्। संस्कृत मावि र वाल्मीकि विद्यापीठको छात्रावास एउटै हो। 'तीनधारा पाकशाला' भनिने छात्रावास भवन त्रिचन्द्र क्याम्पसको पूर्वपट्टि दरबारमार्गसँगै जोडिएको छ।, हाल उक्त छात्रावासमा १११ जना विद्यार्थी छन्। तीमध्ये संस्कृत माविका ४७ जना छन्। विद्यालयले तोकेको मापदण्ड पूरा गरेका विद्यार्थी छात्रावासमा बस्न पाउँछन्। विद्यार्थीको घरको भौगोलिक अवस्था र परीक्षाको नतिजा मुख्य मापदण्ड छन्। विकट मानिने जिल्लाका विद्यार्थीले छात्रावासमा प्राथमिकता पाउँछन्।, 'संस्कृत धेरै पुरानो तर समृद्ध भाषा हो। भाषालाई त्यसको साहित्यले समृद्ध बनाउँछ। संस्कृत भाषा साहित्यमा निकै समृद्ध मानिन्छ। संस्कृत भाषा अथाह ज्ञानको भण्डार हो, साहित्यमा समृद्ध भाषा हो,' प्रधानाध्यापक अधिकारी भन्छन्, 'संस्कृत पढेकाले कर्मकाण्ड मात्र गर्ने हुन् भन्ने संकीर्ण धारणा छ। अहिलेको संस्कृत आधुनिक हो, विश्वमा बिक्ने खालको हो।', संस्कृत मावि कवि, धर्मशास्त्री, भाषाका ज्ञाता, संस्कृत वाङ्मयका ज्ञाता, राजनीतिज्ञ लगायत उत्पादन गर्ने थलोका रूपमा रहेको उनको भनाइ छ।, यहाँ २३ जना शिक्षक छन् तर स्वीकृत दरबन्दी १५ वटा मात्र छ। स्कुलले आगामी दिनमा आयुर्वेद विषयमा प्राथमिकता दिने योजना रहेको प्रधानाध्यापक अधिकारीले बताए।, संस्कृत माविलाई काठमाडौं महानगरले 'नमूना विद्यालय' मा समावेश गरेको छ। महानगरको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत संस्कृत मावि छनौटमा परेको हो। नमूना विद्यालयलाई महानगरले शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक सहयोग गर्छ। , सबै तस्बिर– नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल, अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, , काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी, १४५ वर्ष पुरानो स्कुल जहाँ टाढा-टाढाबाट आउँछन् संस्कृत पढ्न
सेतोपाटी संवाददाता जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको सुर्खेत-नेपालगञ्ज सडक खुलेको छ।, सोमबार बिहान ११ बजेदेखि स्थानीयले सडक अवरूद्ध गरी आन्दोलित थिए।, स्थानीय र प्रशासन बीचको छलफलपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीकले बताए।, मंगलबार राष्ट्रिय निकुञ्जको टोलीसँग वार्ता गर्ने सहमति भएको छ।, आइतबार बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरू मृत फेला परेका थिए।, स्थानीयले मानवीय क्षति पुर्‍याउने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा आफ्नो नजिक पर्ने राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए।, मंगलबार निकुञ्ज टोलीसँग वार्ता गर्ने सहमतिपछि खुल्यो नेपालगञ्ज–सुर्खेत सडकखण्ड
रासस भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।, स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो।, ढोका ढलेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, ढोकाले लाग्दा भक्तपुरमा बालिकाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजलमा एक जना पुरूष खसेर बेपत्ता भएका छन्। , शनिबार दिउँसो एक जना पुरूष सुन्दरीजलस्थित बागमतीमा खसेर एक पुरूष बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , बेपत्ता भएका पुरूषको खोजी गर्ने काम भइरहेको मैनालीले बताए। उनको पहिचान खुलिसकेको छैन।, उनको खोजी गर्न सामाखुसीबाट विपद् व्यवस्थापनको टोली पनि खटिएको छ।, ‘सुन्दरीजलमाथि बागमतीमा एक पुरूष बेपत्ता भएको खबर छ। चिप्लिएर हो कि कसरी खसेको हो खुलिसकेको छैन,’ उनले भने, ‘अरू विवरण आइसकेको छैन।’, यसअघि गत साउन ७ गते पनि सुन्दरीजलमा एक किशोर खसेर बेपत्ता भएका थिए। उनको पछि शव फेला परेको थियो।, सुन्दरीजलमा खस्दा एक पुरूष बेपत्ता
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा मध्यान्ह १२ बजेतिर स्थानीय ७७ वर्षीया हरिकला भण्डारी रा १ ह ५१७० अटोबाट ओर्लिंदै गर्दा लडिन्। घटना गत असार १४ गतेको हो।, अटो चालक थिए स्थानीय २८ वर्षीय मुक्तान चौधरी। त्यो अटो चौधरीको आफ्नै हो। तत्कालै उनले घाइते भण्डारीलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याए।, प्रहरीले घटनाबारे सानो टिपोट मात्रै राख्यो। भण्डारीको उपचार घोराहीमा सम्भव भएन।, केहीबेरमै बाँकेको नेपालगञ्ज रिफर गरियो। गम्भीर घाइते भण्डारीलाई नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरियो।, उनको अवस्थामा कुनै सुधार नभएपछि र सुधारको सम्भावना पनि नदेखिएपछि चिकित्सककै सल्लाहमा भण्डारीलाई असार १५ गते घरतर्फ ल्याउँदै गर्दा घोराही पुग्नासाथ बाटोमै मृत्यु भयो।  , भण्डारीको मृत्युको सूचना घर परिवार र आफन्त कसैले पनि प्रहरीलाई दिएनन्। असार १६ गते स्थानीय घाटमा लगेर भण्डारीको अन्तिम संस्कार भयो।, 'गुपचुप'मा भण्डारीको अन्त्येष्टि गरिएको सूचना स्थानीयले साउन १ गते जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई दिए। त्यसपछि प्रहरीले घटना अनुसन्धान सुरू गर्‍यो।, प्रहरीले चालकको सोधिखोजी गर्‍यो। खोजी गर्ने क्रममा स्थानीय ५१ वर्षीय पुन मगरले आफू उक्त अटोको चालक भएको बताए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्‍यो। पछि थाहा भयो कि उनले झूटो बोलेका रहेछन्। चौधरीसँग लाइसेन्स नभएकोले आफूले पैसाको लोभमा घटना स्वीकार गरेको उनले बयान दिए। , सवारी दुर्घटनामा घाइते भई यात्रुको मृत्यु भइसकेकोले सवारी ज्यान मुद्दा आकर्षित हुने अवस्था थियो।, प्रहरीले घटना लुकाउन खोजेको मिसिल प्रतिवेदन तयार पार्दै मुद्दाको उठान गर्‍यो। सरकारी वकिलको कार्यालयमार्फत् दुर्घटनाका घाइतेको गुपचुपमा भएको अन्तिम संस्कारमा संलग्न मुख्य पात्रहरूको पहिचान गर्‍यो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दामु पुनका अनुसार मृतक भण्डारीका छोरा, बुहारी र पुरोहितसहित १२ जनालाई प्रतिवादी बनाइएको छ।, जसमा मृतक भण्डारीका छोरा यमराज भण्डारी,  बुहारी कमला, छोरा बुद्धिराम, पुरोहित चन्द्रप्रकाश सुवेदी, स्थानीयहरू दामोदर रिजाल, विष्णु रिजाल, शरद भण्डारी, राजु चौधरी, श्रीराम घर्ती, मदन भण्डारी छन्। , उनीहरू सबैलाई दाङ जिल्ला अदालतमा प्रहरीले उपस्थित गराइसकेपछि जिम्मा जमानतमा तारेख धाइरहेका छन्।, त्यस्तै, पक्राउ परेकामध्ये आफू नै अटो चालक भएको दाबी गर्ने मगरविरूद्ध प्रमाण दबाउन सहयोगी भूमिका खेलेको मतियारको मुद्दा चलेको छ।, वास्तविक चालक तथा अटो धनी स्थानीय २८ वर्षीय मुक्तान चौधरीविरूद्ध सवारी ऐन अन्तर्गत मुद्दा अदालतमा विचाराधीन छ। यी दुबै चालक अहिले प्रहरी हिरासतमा छन्। , अटोबाट लडेर मृत्यु भएपछि 'गुपचुप' मै दाहसंस्कार, छोरा-बुहारीसहित १२ विरूद्ध मुद्दा
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजल खोलामा बेपत्ता भएका पुरूषको उद्धार भएको छ।, शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलाबाट एक पुरूषको प्रहरीले उद्धार गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो। , सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए।  , ‘जीवित फेला परेको खबर पाएपछि ती पुरूषलाई नआत्तिन भनेर प्रहरीले गएर उद्धार गरेको हो,’ प्रहरी उपरीक्षक मैनालीले भने। उनको अपराह्न सवा ५ बजे उद्धार गरिएको हो।, घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो। , प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सन्देश कार्की हुन्। शनिबार सामाखुशीबाट पाँच जना साथीहरू सुन्दरीजल घुम्न पुगेका थिए। अरू साथीहरूलाई पौडी खेल्न जाऔं भनेर कार्कीले भनेका थिए। तर साथीहरू नमानेपछि उनी एक्लै पौडी खेल्न पुगेको प्रहरी उपरीक्षक मैनालीले बताए। , ‘कार्कीले नदीमा पौडी खेलौ भन्दा अन्य साथीहरू मानेन्। तर उनी भने नदीमा पौडी खेल्न हाम फालेको। त्यही बेला बागमती नदीले बगाएको रहेछ,’ उनले भने। , उनको स्वास्थ्य अवस्था सामान्य भएपछि साथीहरूकै जिम्मामा छाडिएको थियो।, वर्षाको मौसममा नदी, खोलामा बहाव बढी हुने भएकाले पौडी नखेल्न परिसरले अनुरोध गरेको छ। , ‘वर्षाको मौसममा नदी-नाला तथा ठाडो खहरे खोलाहरूमा नदीको बहाव बढी हुने भएकाले कसैको लहलहैमा लागेर पौडी खेल्नु खतरनाक सावित भएका घटनाहरू दिनदिनै सुनिने र देखिने गरेका छन्,’ परिसरले भनेको छ, ‘तसर्थ, सम्पूर्ण नागरिकसमक्ष यस्ता कार्य नगर्न र सावधानी अपनाउन हुन हार्दिक अनुरोध छ।’, तस्बिरहरू:,  ,  , सुन्दरीजल खोलामा बेपत्ता भएका पुरूषको उद्धार (तस्बिरहरू)
रासस राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८३ औं हप्तामा तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ।, सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। , सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण विभाग टेकु, बागमती फोहर उन्मूलन उपभोक्ता संस्था, लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीलगायतको सक्रियता थियो।, सो अवसरमा अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष तिमल्सिनाले छ वटा संस्थालाई ५०० लिटर क्षमताका फोहरबाट मल बनाउने बिन वितरण गरेका थिए। , सहयोगी नगर क्रियापुत्री भवन तीनकुने, महानगरपालिका–३१ क्रियापुत्री भवन, पचली भैरव मन्दिर परिसर, जेष्ठ नागरिक समाज शंखमूल, कीर्तिपुर ज्येष्ठ नागरिक भवन र ललितपुर महानगरपालिका-४ नख्खु मन्दिर परिसरका लागि बिन वितरण गरिएको थियो। , अबदेखि यी स्थानबाट निस्केका फोहरबाट मल बनाई उपयोग गर्न मिल्ने कार्यक्रममा जानकारी गराइएको थियो।, विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरू भएको हो। त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ।, तीनकुनेको बागमती नदी किनारबाट चार मेट्रिक टन फोहर व्यवस्थापन
सेतोपाटी संवाददाता काठमाडौंबाट सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ। , शनिबार दिउँसो काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ किलो ५५० ग्राम सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङ्तानसहित तीन जनालाई पक्राउ गरेको हो। , प्रहरीले सामाखुशीमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्‍ने सूचना पाएको थियो। सो सूचनाको आधारमा गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट प्रहरीले डिजिटल तौल मेसिन पनि फेला पारेको छ।, उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने प्रहरीले जनाएको छ।,  , सामाखुशीबाट सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन पक्राउ
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्।, शनिबार दिउँसो पौने ३ बजे भैरहवा-भुमही सडखण्डमा ट्रकले बसलाई ठक्‍कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, नवलपरासी रामग्राम नगरपालिका-५ बाईपास चोकमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ क ०१८९ नम्बरको ट्रकले लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिएको हो। एकै दिशामा जाँदै गरेको बसले दक्षिण मोड्नेक्रममा दुर्घटना भएको हो।  , दुर्घटनामा परी १९ जना घाइते भएका हुन्।, प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घाइते १९ जना मध्ये दुई जनाको अवस्था गम्भीर छ।, रामग्राम नगरपालिका-१६ तोनवा बस्ने ३५ वर्षीय रामरती यादव र बर्दघाट नगरपालिका-१२ दबिल्ला बस्ने ३० पर्षीय बिनु शाही गम्भीर घाइते छन्। उनीहरूको उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको छ।, अरू घाइतेको जिल्लाकै पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।, नवलपरासी पश्चिममा ट्रकले बसलाई ठक्कर दिँदा १९ घाइते
रासस तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ।, छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।, छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो। , परेवा मर्ने र फोहोर मैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै उक्त निर्णय गरी परेवामा रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए।, कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको अध्यक्ष थापाले बताए।, उक्त मन्दिरमा पुग्न सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ। भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन्।   ,  , छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक
मनिका विश्वकर्मा 'चम्पा! चिम्पु! यहाँ आऊ त!' , उनले बोलाउनेबित्तिकै चम्पा र चिम्पु झ्यालनजिकै आए। फलामे झ्यालबाट बाहिर नियाले। अनि उनले दिएको पाउरोटी, स्याउ, केरा लगायत खाजा कपाकप खाए।, पाँच वर्ष उमेरका चम्पा र चिम्पुका लागि उनी आमा र बुवा दुवै हुन्। उनलाई पनि छुकछुके चम्पा-चिम्पुको सन्तानजत्तिकै माया छ। चम्पा र चिम्पु जावलाखेलस्थित सदर चिडियाखानामा भएका दुई चिम्पान्जी हुन्।, नाइजेरियाका उनीहरू जावलाखेलसम्म कसरी आइपुगे भन्नेबारे हामीले पहिल्यै ,स्टोरी ,गरिसक्यौं। आज भने चम्पा र चिम्पुलाई हुर्काउने रामकाजी पहरीको कथा पढौं।, यिनको स्याहारसुसारको जिम्मेवारी सम्हालिरहेका रामकाजीको यहाँ कसरी आइपुगे?, २०६८ सालको कुरा हो। रामकाजी एक जना साथीसँगै चिडियाखाना घुम्न आएका थिए, पहिलोपटक। उनलाई विभिन्न जनावरहरू हेर्ने मन थियो। जब उनले देखे, उनलाई अनौठो महसुस भयो। तिनलाई हेरेर मन भरिएन।, रामकाजीले त्यो बेलाको अनुभव सुनाए, 'यी जनावर सधैं मेरै वरिपरि भए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्यो।', सँगै आएका साथीलाई पनि उनले यो कुरा भने। अझ थपे, 'यी जनावरलाई साथी बनाउन पाए हुन्थ्यो।', चिडियाखानाका जनावरको साथी हुन त आफू सधैं त्यहीँ हुनु पर्थ्यो। नभन्दै रामकाजीको दिमाग त्यतैतिर तानियो। कामका लागि चिडियाखाना प्रवेशको मौका खोज्न थाले।, उनी त्यो बेला 'द टिम्बर कर्पाेरेसन अफ नेपाल' मा सुरक्षा-गार्डका रूपमा काम गर्थे। यहाँसम्म आइपुग्दा उनले थुप्रै काम छाडिसकेका थिए।, ललितपुर, गोदावारीका स्थायी निवासी रामकाजी स्कुल शिक्षाबाट अघि बढ्न पाएनन्। परिवारमा जिम्मेवारी थपिँदै जाँदा पढाइ छोडे। काम खोज्दै जाँदा एक जना साथीको सहयोगमा 'पुष्प विकास केन्द्र' मा निजी सुरक्षाकर्मीको काम पाएका थिए।, केही समयमै उनले त्यो जागिर छाडे र अन्तै गरे। अरू ठाउँमा पनि अडिएनन्। एकपछि अर्को कार्यालय फेर्दै भन्सार कार्यालयको गोदाममा पुगे। केही वर्षमा त्यहाँ पनि छाडेर वन कार्यालय पुगे। यतैबाट टिम्बर कर्पोरेसन पुगेका थिए। , 'सानो ठानेर कसैले अपमान गरे भने मलाई नराम्ररी बिझ्थ्यो,' बारम्बार काम छाड्नुको कारण खुलाउँदै उनले भने, 'कतै चित्त बुझ्ने तलब नहुने, कतै हेप्न खोज्ने, ठग्न खोज्ने। त्यसैले जहाँ पुगे पनि आधा वर्ष, एक वर्षमा छोडिदिन्थेँ।' , भनिन्छ नि, कुनै कुरा सच्चा मनले चाहे पूरा हुन्छ। रामकाजीको चाहना वर्ष दिनमै पूरा भयो। जनावरको साथी हुने र उनीहरूसँगै रमाउने सपनाले डोर्‍याएर उनलाई चिडियाखानाको कर्मचारी बनायो।, उनको सपनाको आधा हिस्सा भने पूरा हुनै बाँकी थियो। चिडियाखानामा उनले जनावर होइन, बगैंचा हेरचाह गर्ने काम पाए। उनको मन त जनावरतिरै थियो।, 'मेरो मेहनतबाट प्रभावित भएर चिडियाखाना प्रशासनले मलाई चाँडै नर्सरीमा सरूवा गरिदियो,' रामकाजी आज पनि त्यो क्षण सम्झिँदा दंग पर्छन्। चिडियाखानाको यो 'नर्सरी' बोटबिरूवाको होइन, उद्धार गरेर ल्याइएका जंगली जनावरको उपचार र स्याहार गर्ने ठाउँ हो। , 'नर्सरीमा काम गर्न जोखिम धेरै हुन्छ। घाइते जनावर आक्रामक हुन्छन्,' उनले काम थाल्दाको समय सम्झे, 'केही दिनसम्म त नर्सरीमा म डराएर थरथर काँपिरहेको थिएँ। जनावरसँग काम गर्दा खतरा हुन्छ।' , खतराको एउटा किस्सा पनि सुनाए।, नर्सरीमा सोलुखुम्बुबाट ल्याइएको बिरामी भालु थियो। आहारा दिन पुगेका रामकाजीलाई त्यसले आक्रमण गर्न झम्टियो। रामकाजी एक्लै थिए। डरले मुटु फुल्यो। ढोकाबाट निस्किन खोजे। आक्रामक मूडमा भएको भालु पछि हटेन। उनीहरूबीच निकैबेर ढोकामा धकेलाधकेल भयो।, मुश्किलले जोगिए उनी। त्यसपछि उनलाई भालुको सामुन्ने जानै डर लाग्यो। तर उनको कामै त्यही थियो। डराउँदै पछि हटेर कति दिन चल्थ्यो र! उनले हिम्मत जुटाए। बिस्तारै बिस्तारै जाँदा बानी पर्‍यो। भालुसँग काम गर्ने तरिका सिक्दै गए। सायद भालुले पनि उनलाई स्वीकार गर्‍यो!, रहर र डरसँगै सुरू भएको यो काममा उनले एक दशक बिताइसके। कुनै काममा लामो समय नअडिएका उनका लागि यो अवधि चानचुने होइन।, 'मैले चाहेको काम, अनि यहाँ काम गर्ने वातावरण राम्रो भएकाले यहीँ खुसी छु,' उनी भन्छन्, 'यहाँ सम्मानजनक व्यवहार हुन्छ। भाग्यले डोर्‍याएर होला, चिडियाखाना आइपुगेँ।', रामकाजी अहिले बाघबाहेक सबै जनावरलाई आहारा-पानी दिने जिम्मेवारीमा छन्। भोकाएका जनावरको पेट भर्न पाउँदा उनलाई आनन्द लाग्छ। खोरभित्र थुनिएका जनावर अर्काले दिएको भरमा बाँचिरहेका हुन्छन्। तिनको खानकीकै लागि रामकाजीले आफ्नो घरखर्च कसिलो बनाउनुपरेको पनि छ। , मान्छेका घरमा मात्र होइन, कोरोनाको संकट चिडियाखानामा पनि आइलागेको थियो। लकडाउनमा चिडियाखाना बन्द भयो। आर्थिक समस्याका कारण जनावरलाई आहारा दिन नसक्ने अवस्था आयो। जनावर बचाउन प्रशासनले कर्मचारीको तलब कटौती गर्ने भयो। रामकाजी वर्ष दिनको तलब कटौतीमा परे।, मानिसले त कुनै उपाय अवश्य खोज्छ, थुनिएका जनावरले के गर्न सक्छन् र!, 'घर चलाउन खर्चको समस्या नपरेको होइन। जसोतसो टारेँ,' रामकाजीले भने, 'कोरोना मत्थर हुँदै लकडाउन खुलेपछि धेरै राहत भयो।', कोरोनापछि पनि जनावरलाई खाना खुवाउन मुश्किल नै छ। समस्या टार्न चिडियाखानाले पोहोरदेखि वन्यजन्तु अभिभावकत्व अभियान सुरू गर्‍यो। सन् २०२२ जनवरी १६ देखि चम्पा र चिम्पुको अभिभावकत्व लिनेले वार्षिक दस लाख रूपैयाँ दिने भएका छन्। अरू केही जनावरले पनि यस्ता अभिभावक पाएका छन्। , यस्तो खबरले रामकाजीको मन अलि हलुका भएको छ। चम्पा र चिम्पु उनका लागि विशेष छन्। यिनीहरूको स्याहार गर्न थालेदेखि अरू जनावरको जिम्मेवारी उनको हातमा छैन। बिहान उनीहरूलाई भेटेपछि रामकाजी हात मिलाउँछन्। टाउको सुम्सुम्याएर अँगालो हाल्छन्। खोर सफा गरिदिन्छन्। खेलौनाहरू जम्मा पार्छन्। दूध र अरू खानेकुरा खुवाउँछन्।, 'मेरा लागि चम्पा र चिम्पु आफ्नै छोराछोरीजस्ता हुन्,' उनी भन्छन्।, उनले पहिलोपटक भेट्दा चम्पा छ महिना र चिम्पु तीन महिना उमेरका थिए। रौं राम्ररी पलाएको थिएन। तालु रित्तो थियो। राता औंला चुसिरहन्थे। , 'ठ्याक्कै मान्छेकै बच्चाजस्ता देखिन्थे,' उनी सम्झिन्छन्।, कलिला हातगोडा र कोमल छाला देखेर रामकाजी भावुक भए।, 'यी बचरालाई आमाबाट छुटाएर कसले, किन ल्याएको होला भन्ने लाग्थ्यो। अहिले आफ्नै बच्चाहरू जस्तै लाग्छ,' उनी भन्छन्।, उनले भेट्दा ती बच्चा साह्रै दुखी देखिन्थे। आफैं खान सक्दैन थिए। दूधदानीबाट दूध खुवाउनुपर्थ्यो। गर्मी ठाउँका भएकाले यिनलाई चिसोमा निमोनिया भएको थियो। रामकाजीको ध्यान यिनलाई हुर्काउनमा मात्रै गयो।, 'आधा रातसम्म आफ्नै काखमा सुताउँथेँ। एक बेला त बचाउन सकिँदैन कि जस्तो पनि भयो,' उनले भने, 'मान्छेकै बच्चालाई जसरी लुगा कपडा ओढाइदिन्थेँ।', बिस्तारै उनीहरूको तौल बढ्दै गएपछि बाँच्लान् भन्ने आशा बलियो भयो। रामकाजीले पनि तिनको आनीबानी बुझ्दै गए। स्याहारसुसारको तरिका जाने।, 'यी मान्छेजस्तै हुन् भन्ने लाग्न थाल्यो। काखमा राख्थेँ। कहिले त काखमै दिसा गरिदिन्थे,' उनले सुनाए, 'तर आमासँग भएजस्तो त किन हुन्थ्यो र! आमाको दूध खान पाएका भए निकै ठूला भइसक्थे होला। मान्छेले पालेको र आमाले पालेको किन मिल्थ्यो!' , मानिसको बच्चालाई जस्तै जनावरका बच्चालाई पनि आमाको आवश्यकता हुन्छ। आफूले जति गरे पनि तिनका आमाले जसरी स्याहार्न नसक्ने उनको अनुभव छ।, चिम्पु र चम्पा जिद्दी स्वभावका थिए। रिसाउँथे, घुर्की लाउन पनि जान्ने! रामकाजीले तीन वर्षसम्म तिनलाई फकाउँदै, फुल्याउँदै हुर्काए। चम्पा र चिम्पु अहिले रामकाजीसँग बानी परेका छन्।, 'कोरोना भएर डेढ महिना बिदा बसेको थिएँ। त्यो बेला यिनीहरूले मलाई बिर्से होला भन्ठानेँ। फर्किँदा त घरमा आमाबाबुसँग छोराछोरी झ्याम्मिएजस्तै झ्याम्मिए। मेरा हात छोए, अँगालो हाल्न खोजे,' रामकाजीले भने, 'मेरा आँखा भरिए। त्यसपछि मैले यिनीहरूलाई सकेसम्म छाड्दिनँ। यति स्याहारसुसार त आफ्नै छोराछोरीलाई गरिनँ।', रामकाजीको चम्पा र चिम्पुसँग आत्मीय सम्बन्ध बनेको छ। उनी घर पनि कमै जान्छन्।, 'छोरीहरूले पनि बाबाका छोराछोरी त चिडियाखानामै छन् भनेर जिस्क्याउँछन्,' हाँस्दै रामकाजीले भने, 'चम्पा र चिम्पु सानै छन्, उनीहरूका बाआमा छैनन्, माया गर्ने मै हुँ भनेर सम्झाउँछु।' , चम्पा र चिम्पुलाई नर्सरीबाट खोरमा सारेको दिन रामकाजी सँगै खोरमा बसेका थिए। एक महिना तिनलाई नछाडी नजिकै समय बिताए। अब त खोरमा बानी परे। रामकाजी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्र उनीहरूसँग बस्छन्। बेलुका खानेकुरा दिएर घर फर्किन्छन्।, रामकाजी आफ्नो घर फर्किन पाउँछन्, नाइजेरियाका चम्पा र चिम्पुले पनि पाऊलान्?, २०७४ असोज ३१ गते जनावर तस्करसँगै भेटिएका चम्पा र चिम्पु त्यही दिनदेखि चिडियाखानामा छन्। तस्करविरूद्ध सर्वोच्च अदालतले सजाय फैसला गरिसक्यो। चम्पा र चिम्पुको भविष्यबारे भने फैसला भएको छैन। नाइजेरिया सरकारले आफ्नै देशका हुन् भन्ने प्रमाण पुर्‍याए उतै लैजाने सम्भावना छ।, रामकाजीलाई भने कलिलैदेखि नेपालको हावापानी र आफ्नो काखमा हुर्केका चम्पा-चिम्पु अब यतै बसे हुन्थ्यो भन्ने लागेको छ। लामो समयको संगतले उनी जनावरको भावना बुझ्न सक्ने भएका छन्। तिनको भोक, तिर्खा, रूचि, खुसी, क्रोध इत्यादि थाहा पाउँछन्।, तर यी अबोध चिम्पान्जी के चाहन्छन् भन्ने त कसरी जान्नू!, चाहना बुझ्न नसके पनि उनीहरूले आफूलाई माया गर्छन् भन्ने लाग्छ उनलाई।, केही दिनअघि बिदा बसेर चिडियाखाना आउँदाको क्षण सुनाउँदै भने, 'फर्की आउँदा चम्पा-चिम्पुले हाहाहुहु गर्दै, चिच्याउँदै स्वागत गरे। मैले अँगालोमा मारेर माया गरेँ। यिनीहरूले पनि मलाई माया गर्छन् भन्ने लाग्छ!', 'छोरीहरूले बाबाका छोराछोरी त चिडियाखानामै छन् भनेर जिस्क्याउँछन्'
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।, शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए।, अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ।, ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडाँ पुगे।’, काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ।, ‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्‍याउन केही समय लाग्न सक्छ,’ उनले भने, ‘अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यबाद छ।’, उनले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने बताए।, ‘थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ,’ मेयर शाहले भनेका छन्, ‘फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ।’, कसैले फोहोरबाट आक्रन्त हुनु नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने लक्ष्य उनले रहेको बताए। बञ्चरेडाँडाँ पुग्ने सडक बिग्रेको र फोहोर बोकेका गाडी तोडफोड भएपछि केही समयदेखि काठमाडौंको फोहोर ढुवानी गर्न समस्या भइरहेको थियो।, अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छन्: मेयर बालेन
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि पानी परिरहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। , देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।, आज राति प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको महाशाखाले जनाएको छ। , भोलि सोमबार प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै मंगलबार कर्णाली प्रदेश, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। , मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा वर्षाको सम्भावना
एजेन्सी राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ। , जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए।, शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै मृत्यु भएको थियो। , शिक्षकको कुटाइमा परेका इन्द्रकुमारलाई परिवारले पहिले स्थानीय अस्पतालमा भर्ना गरे। त्यहाँ उपचार हुन नसकेपछि उनलाई अहमदाबाद लगिएको थियो। अहमदावादकै एक अस्पतालमा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडिटीभीले जनाएको छ।, विद्यार्थीको मृत्युपछि उनका काका किशोर कुमारले विद्यालय सञ्चालक छैल सिंहविरूद्ध कुटपिट, जातीय हिंशा, अपमानित र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी दिएका छन्।, प्रहरीमा दिएको उजुरी अनुसार साउन ४ गते इन्द्र सधैँझैं विद्यालय गए, तिर्खा लागेकाले विद्यालयमा राखिएको पानीको भाँडोबाट पानी पिए। तर त्यो माटोको भाँडा शिक्षक छैल सिंहका लागि छुट्टै राखिएको रहेछ। यसबारे जानकारी पाएपछि सञ्चालकले बालकलाई जातीय शब्दमा गाली गर्नुका साथै दाहिने कान र आँखामा भित्री चोट लाग्नेगरि निर्मम कुटपिट गरेका थिए। घटनाबारे विद्यार्थीले परिवारलाई खबर गरेपछि विभिन्न अस्पतालमा उपचार भए पनि उनको उपचारैकै क्रममा साउन १३ गते मृत्यु भएको थियो।, घटनापछि विद्यालय क्षेत्र तनावग्रस्त भएको छ। तनाव उग्र हुँदै गए पछि सरकारको निर्देशनमा उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ।, यसैबीच प्रहरीले उक्त निजी विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिसकेको छ। यस विषयमा छानबिन गर्न एक छानबिन समितिसमेत गठन भएको छ। , आफ्नो बच्चाले शिक्षकको भाँडोको पानी पिएकोमा जातीय गाली गलौज गर्दै गम्भीर कुटाई खाएर मृत्यु भएकोमा मृतकका बाबुले छानबिन गरी दोषिलाई कारबाही र आफूहरूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन्।, मुख्यमन्त्री अशोक गहलोतले घटना दुखत भएको भन्दै अभियुक्त शिक्षकलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए।, उनले पीडित परिवारलाई यथासिघ्र क्षतिपूर्तिको सुनिश्चितता गरिने भन्दै तत्काल मृतकका आफन्तलाई पाँच लाख सहयोग रकम मुख्यमन्त्री राहत कोषबाट उपलब्ध गराइने बताए।, भारतमा दलित विद्यार्थीले शिक्षकको भाँडोको पानी पिए, कुटपिटबाट बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोर सडक प्रयोगकर्तालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले  अनुरोध गरेको छ।, विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेकाले ८ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।, 'पछिल्लो ३ देखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यम-भारी बर्षा भएको, सबै नदीमा जलसतह बढ्दो छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्छ। अर्को ३ घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं।', साउन २९ बिहान ५ बजे, पछिल्लो ३-६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यम-भारी बर्षा भएको, सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्छ, अर्को ३ घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔ ,pic.twitter.com/B2iGdKqgZn, — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) ,August 13, 2022, काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो। ती नदीमा पानीको सतह बढेको छ।, गएरातिको पानीले काठमाडौंमा थुप्रिएको फोहर यत्रतत्र बनाएको छ। सडकमा थुप्रिएको फोहर ढलसँगै बगेको छ।, काठमाडौं उपत्यकामा ८ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
सेतोपाटी संवाददाता पौडी खेल्ने क्रममा डुबेर दाङमा एक जना युवाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बुका गाउँका २६ वर्षीय निराजन पोखरेलको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार साथीहरूसँग पौडी खेल्न गएका पोखरेलको डुबेर मृत्यु भएको हो।, अर्जुन खोला र मसोट खोलाको दोभानमा पोखरेलसहित तीन जना शनिबार पौडी खेल्न गएका थिए।, नुहाउने क्रममा डुबेर बेपत्ता भएका पोखरेलको शव खोंचमा अड्किएको अवस्थामा फेला परेको हो।, पोखरेल बेपत्ता भएलगत्तै सशस्त्र प्रहरीलगायतले खोजी गरेका थिए।, पौडी खेल्ने क्रममा डुबेर दाङमा युवाको मृत्यु
सेतोपाटी संवाददाता गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ।, पालुङटार नगरपालिका वडा नम्बर ५ चिसापानीमा करिब ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ।, गए राति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो।, उनलाई उपचारका लागि आँपिपल अस्पताल लगिएको र चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले युवाको शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। युवाको हत्या आशंकामा तीन जना पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।,  , गोरखाको पालुङटारमा युवाको शव फेला
एजेन्सी भारतीय अर्बपति राकेश झुनझुनवालाको आइतबार निधन भएको छ। ६२ वर्षीय झुनझुनवालाको आइतबार ब्रिच क्यान्डी अस्पतालमा निधन भएको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। ‍, सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो।, पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए। उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो।, सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालाले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ।  , झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्। , भारतीय अर्बपति झुनझुनवालाको निधन
सेतोपाटी संवाददाता काठमाडौंमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन्। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो। , उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका थिए। जसमध्ये ६ जनाले भने मापसे गरेको पाएको हो। , कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको थियो। , यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियो। ,  , काठमाडौंमा मापसे गरी स्कुल बस चलाउने ६ जना कारबाहीमा
सेतोपाटी संवाददाता गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्। , काठमाडौं उपत्यकाको फोहोर लाने बन्चरेडाँडाको बाटोमा बाख्रा मरेपछि फोहोरको गाडी रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।, उनका अनुसार बाख्रा मरेपछि फोहोर बोकेको गाडी बन्चरेडाँडा पुर्‍याउन स्थानीयले अवरोध गरेका हुन्।, ‘काबेरी गाउँमा बाख्रा मरेको रहेछ,’ उनले भने, ‘बाख्रा आफैं मरेको हो कि गाडीले हानेको हो, त्यो पुष्टी भइसकेको छैन।’, काठमाडौं उपत्यकाको फोहोर शनिबारदेखि पुनः उठ्न सुरू भएको थियो। तर आइतबार फेरि बन्चरेडाँडामा फोहोरको गाडीले हानी बाख्रा मरेको भन्दै काबेरी गाउँका पीडितहरूले बाटो अवरोध गरेका हुन्।, पीडितहरूले क्षतिपूर्ति माग गरेको जनाइएको छ।, बालेनले आजैदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पुर्‍याउने बताएका थिए। तर बिहान पनि केही अज्ञात समूहले समेत फोहोर फाल्न अवरोध पुर्‍याएको महानगरले‍ जनाएको छ। , तारेकश्वर नगरपालिका-३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गएराति अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालेका थिए।, ‘पानीको मुहानमा फोहोर फालिएको भन्दै स्थानीयले बिहान सडक अवरूद्ध गरेका थिए,’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि अवरोध खुलेको छ।’, गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा एक जना युवकको पोखरीमा डुबेर मृत्यु भएको छ। , कीर्तिपुर नगरपालिका-१ सलिछेँ बस्ने २४ वर्षीय गोविन महर्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार गोविन आइतबार राति सवा १० बजे बाघभैरव मन्दिर नजिकै रहेको देवपोखरीमा डुबेका थिए। पोखरीमा डुबेका उनलाई निकालेर बल्खुस्थित बयोधा अस्पातल लगिएको थियो। , त्यहाँ राति साढे १० बजे मृत घोषणा गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए।, शनिबार कीर्तिपुरमा गाईजात्रा मनाइएको थियो। गाईजात्रामा कीर्तिपुरमा देवताको नाच पनि देखाइन्छ। त्यस नाचमा व्यंग्य गर्न स्थानीयहरूले विभिन्न रूप धारण पनि गर्छन्। , गोविनले महादेवको रूप धारण गरेका थिए। आफ्नो शरीरलाई पुरै कालो रंगले ढाकेर उनले महादेवको रूप धारण गरेको वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनले जानकारी दिए। , ‘हाम्रो जात्रा भइरहेको थियो। उहाँले चाहि महादेवको अवतार लिएर दिनभर कीर्तिपुरमा घुम्नुभयो। मेरो आफन्त पनि हो,’ उनले भने, ‘राम्ररी नै रमाइलो गरिराख्नुभएको थियो। हेर्दा पनि डरलाग्दो रूपमा हुनुहुन्थ्यो।’, गाईजात्रा भित्र्याएपछि फेरि कीर्तिपुरमा लाखेलाई राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने उनले बताए।, त्यसबेला थुप्रै मानिसहरू जात्रा हेर्न भेला भएका थिए। वडाध्यक्ष महर्जन आफैं पनि त्यही थिए। , ‘लाखेलाई टाउको र खुट्टा दिने जात्रा भइरहेको थियो। म पनि त्यही थिएँ,’ उनले भने, ‘सयौं मानिसहरू भेला भएका थिए। अरू पनि पौडी खेलिरहेका थिए,’ वडाध्यक्ष महर्जनले भने,‘अब दिनभर घुमेको मान्छे थाक्यो पनि होला। राति फेरि पौडी खेल्दा झन् थाक्ने भयो।’, थाकेको बेलामा पौडी खेल्न भन्दै पोखरीमा पसेका उनी पछि निस्केनन्। पोखरीबाट ५ मिनेटसम्म ननिस्केपछि अरू साथीहरूले निकालेको वडाध्यक्ष महर्जनले बताए। , ‘५ मिनेटसम्म पनि ननिस्केपछि साथीहरूले खोजेर निकालेका रहेछन्,’ उनले भने,‘पछि मृत्यु भइसकेको रहेछ।’, उनको शव पोष्टमर्टम गर्न टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ। , कीर्तिपुरको गाईजात्रामा ‘महादेव’ बनेर दिनभरि घुमेका गोविन राती पौडी खेल्दा बिते
सेतोपाटी संवाददाता म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारस्थित श्री कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्र ज्येष्ठ नागरिकहरूको मन बिसाउने चौतारीका रुपमा स्थापित भएको छ।, हरेक दिन मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म खुल्ने केन्द्रमा बेनी क्षेत्रका ज्येष्ठ नागरिकका साथै युवा पनि सहभागी हुन्छन्। , केन्द्रमा बसेर उनीहरू जीवनका सुख र दुःख बाँड्छन्। भजनकिर्तन गर्छन्।  , ‘ज्येष्ठ नागरिकहरू त्यत्तिकै घरमा धुम्धुम्ती बस्नु नपरोस्, उनीहरू आपसमा भेला भएर आफ्नो मन बिसाउन पाउन् भनेर हामीले केन्द्र खोलेका हौं,’  केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ भन्छन्। , यसरी उनीहरूलाई समय कटाउन सजिलो भएको छ। केन्द्रमा दिनमा ३० जनासम्म जम्मा हुन्छन् जहाँ दिउँसो ३ बजे खाजा पनि खुवाइन्छ।  , केन्द्रले बेलाबेलामा विशेष कार्यक्रम पनि गर्छ। जस्तो कि गएको असार १५ को दहिच्यूरा खुवाउने कार्यक्रममा १५० जना र साउन १५ गते खिर खाने कार्यक्रममा करिब २०० जना सहभागी बनेका थिए। विशेष कार्यक्रमहरूमा बेनी नगरपालिका र वडा नं ६, ७ र ८, सामाजिक विकास कार्यालहरूले सहयोग गर्दै आएका छन्। , वि.सं. २०७६ साल जेठबाट केन्द्र शुभारम्भ गरिएको हो। सुरुमा स्थानीय शिवालयको भवन भाडामा लिएर केन्द्र चलाइएको थियो। बेनी नगरपालिकाले वि.सं. २०७७ सालमा भवन बनाइदियो। हाल त्यही भवनमा केन्द्र सञ्चालित छ।  , सुरुका दिनमा केन्द्रले बेलाबेलामा कार्यक्रम आयोजना गथ्र्यो। वि.सं. २०७८ मंसिरदेखि निरन्तर दिवा सेवा सञ्चालन गर्दै आएको छ। केन्द्रमा एक जना सहयोगी कर्मचारी राखिएको छ। , यहाँ शनिबार बढी सदस्य सहभागी बन्छन्। ‘अहिले भजन किर्तन मात्र गरिरहेका छौं’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘भबिश्यमा हामी हरेक दिन फरकफरक कार्यक्रम गर्नेछौं।’ , केन्द्रका आजिवन सदस्यहरूबाट प्राप्त सदस्यता शुल्क १३ लाख रुपैयाँ बैंकमा जम्मा गरिएको छ। त्यसको व्याजबाट विभिन्न कार्यक्रम गरिन्छ। हाल १ सय ३४ जना आजिवन सदस्य बनिसकेका छन्। सदस्यता लिन ६ हजार रुपैयाँ बुझाउनु पर्छ। , दैनिक खाजाका लागि चाहिने रकम भने विभिन्न मनकारीहरूले सहयोग गर्दै आएका छन्। ‘ज्येष्ठ नागरिकहरू हाम्रो प्रेरणा श्रोत हुनुहुन्छ्’ बेनी बजारका समाजसेवी राजेश शाक्य भन्छन्, ‘उहाँहरूको सम्मानमा केन्द्रले गरेका काम प्रशंसनिय छन्।’ , केन्द्रको भवन साँघुरो भएको अनुभव भैसकेको छ। भबिश्यमा ठूलो भवन बनाउने योजना सुनाउँछन् केन्द्रका अध्यक्ष श्रेष्ठ। , ज्येष्ठ नागरिकको मन बिसाउने चौतारी!
सेतोपाटी संवाददाता पर्सामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय पर्साले बारा बिश्रामपुर गाउँपालिका-५ बस्ने २८ वर्षीय उत्तम पटेल र उनका दाइ ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। , उनीहरूमाथि अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूले बिश्रामपुर गाउँपालिका-५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको आरोप छ। , राजकुमार ठाकुर गत २४ गते मंगलबार बिहान ९ बजे ट्युसन पढ्न भनेर हिँडेका थिए। उनी ट्युसन पढ्न वीरगन्ज महानगरपालिका-१६ नगवातर्फ साइकल चढेर गएका थिए। तर उनी सम्पर्कविहीन भएका थिए। , उनी घर नफर्किएपछि बुवा मोतिलालले छोरा हराएको भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए। अनुसन्धानको क्रममा प्रहरीले शुक्रबार बिहान वीरगन्ज-१६ नगवामा टेलर पसल सञ्चालन गर्दै आएका उत्तम र प्रितमलाई नियन्त्रणमा लियो। , उनीहरूमाथि सोधपुछ गर्दा राजकुमारको हत्या भएको खुल्यो। , उत्तम र उनका दाई प्रितमले मिलेर उनको हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। , उनीहरूले राजकुमार र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शंकाका कारण हत्या गरेको खुलेको हो। , प्रेम सम्बन्ध रहेको शंका भएपछि उत्तम र प्रितमले मिलेर राजकुमारलाई आफ्नो टेलरिङ पसलमा लगेर हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।, उनका अनुसार हत्यापछि उनीहरूले बोरामा हालेर शव भारत पुर्‍याएका थिए। , ना ३८ प ४३९५ नम्बरको बाइकमा राखेर रक्सौलको रेलवे स्टेशनमा रहेको शौचालय छेउमा छाडेका थिए। , उनीहरूले सो कुरा बताएपछि पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमान्डमा टोली खटिएको थियो।, भारतीय प्रहरीसँग समन्वय गरी शव पोष्टमर्टम गर्न नारायणी अस्पतालमा ल्याएको थियो।, यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,  , आफ्नी बहिनीसँग प्रेम गरेको भन्दै पर्सामा युवकको हत्या, शव पुर्‍याइयो भारत
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३०८ जनाको पिसिआर र दुई हजार ५२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमित निको भएका छन्।, एकैदिन थपिए ४५५ कोरोना संक्रमित, दुईको मृत्यु
सेतोपाटी संवाददाता पर्सामा किसानले मल बोकेका ट्रक नियन्त्रणमा लिएका छन्। , आइतबार दिउँसो वीरगन्ज महानगरपालिकाका किसानले मल बोकेका चार वटा ट्रक र एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।, ती ट्रक र ट्याक्टर अहिले महानगरपालिका कार्यालय परिसरमा राखिएको उनले बताए। , उनका अनुसार वीरगन्जका किसानहरूले आफूहरूलाई मल दिएरमात्रै अन्त लगिनु पर्ने माग राखेका छन्। , कृषि तथा खाद्य संस्थानले ल्याएको मल किसानले नियन्त्रणमा लिएर मेयर राजेशमान सिंहलाई फोन गरी बोलाएको बताए।, ‘हाम्रो जिल्ला हुँदै मल विभिन्न जिल्लामा जान्छन्। तर आफ्नै लागि नभएको भन्दै किसानले नियन्त्रणमा लिएर मलाई फोन गरेका हुन्,’ मेयर सिंहले भने,‘यहाँ किसानहरूले दु:ख पाइरहेका छन्। एक जनाले जम्मा पाँच किलो मलमात्रै पाइरहेका छन्।’, उनका अनुसार स्थानीय किसानले नियन्त्रणमा लिएपछि ती ट्रकहरू वीरगन्ज महानगरपालिका परिसरमा ल्याएर राखेको हो। , अहिले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ। , महानगरमा ८ हजार मेट्रिक टन मल आवश्यक रहेको मेयर सिंहले बताए। तर १६ सय बोरामात्रै उपलब्ध गराएको उनले बताए।,  , मल बोकेका ट्रक नियन्त्रणमा लिएर किसानले गरे वीरगन्जका मेयरलाई फोन
एजेन्सी इजिप्टको एक चर्चमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।, आइतबार इजिप्टको गिजा शहरमा रहेको चर्चमा आगो लाग्दा ४५ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।, चर्चमा  प्रार्थनाका निम्ति ५ हजार जना भेला भएका थिए। आगलागीपछि भागदौड मच्चिएको थियो।, चार वटा दमकलले परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो। , इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।, घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  , इजिप्टको चर्चमा आगलागी हुँदा कम्तीमा ३५ को मृत्यु
सेतोपाटी संवाददाता ललितपुरको हरिसिद्धिस्थित ऐतिहासिक पोखरी ‘द्योः पुखु’ पुनर्निर्माण गर्दा स्विमिङ पुल बनाएको भन्दै विवाद भएको छ। मौलिक स्वरूप बिगारेर निलो र सेतो रंगको बुट्टेदार टायल हालेर पोखरी बनाएपछि स्थानीयले विरोध गरेका हुन्। , नेपाल भाषामा द्योः को अर्थात देवता हो। हरेक वर्ष हरिसिद्धिका देवगण र पुजारीहरू सापारू (गाईजात्रा) को भोलिपल्ट मनाइने गुन्हु पुन्हिको अवसरमा यो पोखरीमा नुहाउँछन्। नेवाः समुदायले गुन्हु पुन्हि सातादिन मनाउँछन्। सुरूमा भ्यागुतालाई खुवाउने, जनैपुन्हि मनाउने, सापारू, लाखे नाचलगायत गतिविधि यस समयमा हुन्छ।, गाईजात्राको भोलिपल्ट यो पोखरीमा देवगण र पुजारीहरू नुहाएपछि बल्ल स्थानीय र अन्य मानिसले नुहाउने चलन छ। तर शनिबार नुहाउनुसँगै पोखरीलाई स्विमिङ पुल बनाएको कुराले चर्चा र विरोध भयो। , स्थानीय एवं गुठीका सदस्य कृष्ण गोपालका अनुसार गुठीयार, सम्पदाकर्मी, स्थानीयलगायत आवश्यक व्यक्तिहरूसँग छलफलबिनै पोखरी निर्माण गरेकाले यस्तो अवस्थ सिर्जना भएको हो। , ‘पुरातात्विक महत्व भएको यो पोखरी बनाउँदा सबैसँग छलफल गरेर बनाउनुपर्ने तर त्यसो गरिएन। पुजारीहरूकै नेतृत्वमा बनेकाले हामी गुठीकै मान्छेले बोल्दा पनि बढ्ता बोलेजस्तो होला भनेर हामी चुप लाग्यौ,’ उनले भने, ‘यो पटक हरिसिद्धिमा १२ वर्षे मेला पनि भएकाले पुजारी अनि गुठियारहरूले हतारहतार पोखरी बनाउँदा यस्तो अवस्था आयो।’, उनले अगाडि भने, ‘अझै केही बिग्रिएको छैन। पोखरीको टायल निकालेर पुरानै शैलीमा फर्काउन सकिन्छ।’, द्यो:पुखुको पूरानो स्वरूप। तस्बिर सौजन्य: विके जलमी, अर्का स्थानीय विके जलमीका अनुसार यो पोखरी हरिसिद्धि मन्दिर जत्तिकै पुरानो छ। त्यहाँ बग्ने पानी गोसाइकुण्डबाट आउने विश्वास गरिन्छ। त्यही भएकाले यो पोखरीमा नुहायो भने गोसाइकुण्ड नै जानु नपर्ने र त्यहाँ गएर पाउनेजत्तिकै पुण्य यहाँ पाउने उनी बताउँछन्। पहिले धारा नहुँदा पनि स्थानीयहरूले यहीँको पानी उपभोग गर्थे। तर पोखरी निर्माण समितिले स्विमिङ पुल बनाएपछि त्यसको महत्व गुम्नसक्ने भन्दै उनी चिन्ता व्यक्त गर्छन्।, जलमीका अनुसार पुजारीहरूले पोखरीमा नुहाउँदा ढल मिसिएको बताएपछि यसलाई पुनर्निर्माण गर्न वडाले बजेट दिएको थियो। तर बजेटको सही सदुपयोग भएन।  , ‘यो पोखरी सम्पदामैत्री भएन, पोखरी निर्माणमा वहाँहरूले गल्ती गर्नुभयो,’ उनले भने, ‘यो गल्तीलाई जतिसक्दो चाँडो सच्याउनुपर्छ।’, उनले काठमाडौंको रानीपोखरीको उदाहरण दिँदै भने, ‘काठमाडौंको रानीपोखरीलाई स्विमिङ पुल हुनबाट रोकेको त्यसै होइन। मौलिक स्वरूप हुनुको महत्व भएकाले हो। यस्ता पोखरी वातावरणमैत्री पनि हुँदैन, उल्टै सबैले गिज्याउँछन्। हामीले यो पोखरीलाई आफ्नो मौलिक स्वरूप फर्काउन परम्परागत शैलीमा नै पोखरी बनाउनुपर्छ।’, द्यो: पुखु निर्माणका लागि वडाले गत वर्ष २० लाख बजेट छुट्याएको थियो। पोखरी निर्माणको जिम्मा सबै पोखरी निर्माण उपभोक्ता समितिलाई दिइएको थियो। तर निर्माणका क्रममा सम्पदामैत्री नभई आधुनिक शैलीको पोखरी बनाएको वडा नम्बर २८ का वडाअध्यक्ष वीरेन्द्र महर्जन बताउँछन्।, ‘वहाँहरूले टायल राख्ने बेला पनि कुरा निस्किएको थियो। हामीले पुजारीहरूलाई त्यसबारे भन्यौं। वहाँहरूले त्यसबारे निर्णय गर्छौ भन्नुभएको थियो। तर गर्नुभएन,’ उनले भने, ‘हामी अब वहाँहरूसँग छलफल गरेर सकभर चाँडो यो हटाउने चहल गर्नेछौं।’, भगवानको पोखरी बनाइयो ‘स्विमिङ पुल’
सेतोपाटी संवाददाता नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ ।, पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ। , यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो। शिवको मूर्ति भने महानगरपालिका-१९ स्थित कंकेश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो। यो मूर्ति १० औं वा ११ औं शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।, दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ। उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो।, अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले बताए।, विभागले आइतबार एक कार्यक्रम आयोजना गरी मूर्ति सार्वजनिक गरेको हो।, म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गरेका थिए। यी सामग्री छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ।, चोरी भएर अमेरिका पुगेको टुँडाल र शिवको मूर्ति नेपाल फिर्ता
एजेन्सी पोल्याण्ड र  जर्मनीको सीमामा बग्ने ओडर नदीमा हजारौं माछा रहस्यमय तरिकाले मरेका छन्। विषाक्त पदार्थका कारण हजारौं माछा तथा जलचर मरेको बीबीसीले जनाएको छ। नदीको पानी परीक्षण गर्दा समेत विषाक्त रसायन के हो भन्ने अझै पत्ता लागेको छैन।, पानीमा विषाक्त रसायन मिसिएका कारण उत्पन्न हुनसक्ने सम्भावित प्रकोपप्रति दुबै सरकारले आफ्ना जनतालाई सचेत गराएका छन्।, यो समस्या समाधान गर्न नसकेको भन्दै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराबियस्कीले वातावरण क्षेत्रमा काम गर्ने केही अधिकारीलाई जिम्मेवारीबाट निष्कासन गरेका छन्।, यता जर्मनीका वातावरण मन्त्री स्टेफी लेम्कीले नदीमा अत्याधिक रसायनिक फोहोरको मिश्रण हुँदा जलचर मरेको बताएका छन्।, यसको समाधानका निम्ति वृहत अनुसन्धानको थालनी हुने उनको भनाइ छ। ओडर नदीमा ४० प्रजातिका माछा पाइन्छ।, पोल्यान्ड र जर्मनीको सीमामा बग्ने नदीमा मरे हजारौं माछा (तस्बिरहरू)
सेतोपाटी संवाददाता विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , इलाम नगरपालिका-१ नारायणटार घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुशी बस्ने ३७ वर्षीय प्रकाश राई र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर घर भई टोखा बस्ने २७ वर्षीय अविनाश कार्कीलाई पक्राउ गरेको हो। , उनीहरू दुई जनालाई छुट्टाछुट्टै मुद्दामा आइतबार पक्राउ गरेको हो। , राईले पाँच जनालाई सिजलन भिसामा बेलायत पठाइदिन्छु भनेका थिए। त्यसबापत प्रति व्यक्ति ९ लाख रुपैयाँ लाग्ने र बेलायतमा प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा चार लाख मासिक तलब हुने आश्वासन दिएका थिए।  , त्यसरी उनले १५ लाख रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, उनले प्रत्येक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेको थियो। , यस्तै कार्कीले भने दुबई पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। , उनले दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिसामा दुबई जानको लागि ७ लाख ५० हजार रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनी आर्मस् गार्डको काम लगाइदिन्छु भनेका थिए। , त्यहाँ काम गर्दा एक लाख रुपैयाँ तलब हुने प्रलोभनमा वारी पीडितबाट सात लाख ५० हजार रुपैयाँ ठगेर फरार भएका थिए। , उनीहरू दुबै जनालाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको छ।, विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
रासस डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा एक  स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।, आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।, स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए।, प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।      , पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता बर्दीया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका सुर्खेतका दुई जना मृत फेला परेका छन्।, सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि ओली मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरू आइतबार बिहान घाँस काट्न जंगल गएका थिए।, बेलुका चार बजेसम्म फेला नपरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, घरदेखि करिब पाँच सय मिटर टाढा पर्ने राष्ट्रिय निकुञ्जको बफर जोनमा उनीहरू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए।, उनीहरूलाई जंगली जनावरले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।, नेपाल प्रहरी, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र स्थानीयको संयुक्त टोलीले उनीहरूलाई मृत फेला पारेको हो।, मृतक चन्दको पेट र ओलीको घाँटीको भागको मासु निकालेको अवस्थामा शव फेला परेका हुन्।, उनीहरू दुबैजना करिब दुई सय मिटर आसपास फरक स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।, बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएका सुर्खेतका दुई जना मृत फेला
नवीनबाबु गुरूङ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरू भएको छ। आज देशभरका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदै छ। यसै क्रममा काठमाडौंको बसन्तपुरमा पनि गाईजात्रा मनाइएको छ। , एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। , राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, 'जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू' भनी आज्ञा दिएका आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य छ।, यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ।, देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भिडभाड कम गर्न सरकारले आह्वान गरेको छ।, भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।, तस्बिरहरू:, तस्बिरमा हेर्नुस्, बसन्तपुरको गाईजात्रा
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७८१ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २९० जनाको पिसिआर र दुई हजार ४२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७७२ जना सक्रिय संक्रमित छन्।, ५११ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। , देशभर थपिए ७८१ कोरोना संक्रमित, दुईको मृत्यु
सेतोपाटी संवाददाता 'धर्मो रक्षति रक्षित, प्रकृति रक्षति रक्षित, वृक्ष रक्षति रक्षित' अर्थात् धर्मको रक्षा, प्रकृतिको रक्षा र वृक्षको रक्षाबाट मानवको रक्षा हुन्छ। , यही विश्वासअन्तर्गत रक्षा बन्धनका अवसरमा 'वातावरण स्वयम सेवक समूह'ले शुक्रबार काठमाडौंको पाशुपत क्षेत्र, मृगस्थलीमा 'वृक्ष बन्धन' कार्यक्रम आयोजना गरेको छ। , बिहान साढे दस बजे स्वयम सेवक समूहका सदस्यहरू भेला भए। केही आमन्त्रितहरू पनि उपस्थित भए। बुटकहरू आए, स्वस्तिवाचन गरे। अनि सुरु भयो ‘वृक्ष बन्धन’ अर्थात् ‘रक्षा बन्धन’ सँगै वृक्ष बन्धन। , सहभागीहरुले केही रुखमा मन्त्रिएको डोरो सात फेरा बाँधेर वृक्ष बन्धन गरे। , श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन गुरुपुरोहितका हातबाट ग्रहण गर्नाले संकटहरुमा रक्षा मिल्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरूमा रहिआएको छ। , मानव र समस्त प्राणीको अस्तित्व रक्षाका लागि वृक्षको रक्षा अनिवार्य छ। वृक्ष नरहे मानव अस्तित्व पनि रहने छैन। यही तथ्य आत्मसात् गर्दै वृक्षको पनि रक्षा गरौँ भन्ने सन्देश प्रवाह गर्न वृक्ष बन्धन कार्यक्रम आयोजना गरिएको वातावरण स्वयम् सेवक समूहका एक सदस्य आनन्द भण्डारीले बताए। , उनका अनुसार यस्तो कार्यक्रम काठमाडौंमा पहिलो पटक आयोजना गरिएको हो। सुरुआत भने दुई वर्षअघि जनकपुरमा भएको हो। , पहिलो पटक मधेश प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सुरेश शर्माले रक्षा बन्धनका दिन आफ्नो सक्रियतामा वृक्ष बन्धन कार्यक्रम आयोजना गरेका थिए। , यस वर्ष पनि जनकपुरको दूधमती नदी किनार र धनुषाधाममा यस्तो कार्यक्रम आयोजना गरिएको शर्माले बताए। उनी यसपालि मृगस्थलीमा सहभागी भए। , रक्षा बन्धन खासगरी तागाधारी हिन्दुहरूको पौराणिक परम्मपरा हो। रक्षा बन्धनको परम्परा सुरुआतबारे पौराणणिक ग्रन्थहरूमा फरक-फरक प्रसंग छन्।, श्रीमद्भागवत पुराणमा वामन अवतार लिएका भगवान विष्णु र दानवीर राजा बलीको प्रसंग छ। भविष्य पुराणमा स्वर्गका राजा इन्द्र र उनकी श्रीमती सचीको प्रसंग छ।  , इन्द्र र सचीको कथामा मन्त्रले शक्तिशाली बनाइएको रेशमको धागो सचीले युद्धमा जान लागेका इन्द्रको हातमा बाँधिदिइन्। युद्ध थियो देवता र असुरुहरूका बीच। देवताहरू विजयी भए। , विष्णु र बलीको प्रसंगमा बली राजालाई भगवान विष्णु आफूले दिएको वरदानका कारण बलीसँग पातालमा बस्नुपर्ने भयो। विष्णुकी पत्नी लक्ष्मीले देवर्षि नारदको सल्लाहमा बलीलाई दाजु बनाएर राखी बाँधिदिइन् र विष्णुलाई पातालबासबाट जोगाइन्। , यी दुई प्रसंग फरक भए पनि दुवैको उद्देश्य संकटबाट रक्षा गर्नु थियो। यी दुवै प्रसंग एकै दिनका थिए, दिन थियो श्रावण शुक्ल पूर्णिमा। यिनै पौराणिक प्रसंगका आधारमा रक्षाबन्धन पर्व मनाउने परम्परा बस्यो भन्ने विश्वास रहिअआएको छ।, वृक्ष बन्धनका अवसरमा आयोजकहरूले केही विरुवा पनि रोपेका थिए। , वृक्ष बन्धनको प्रारम्भमा संक्षिप्त मन्तव्य प्रकट गर्दै डिभिजन कार्यालय, काठमाडौंका वन अधिकृत बद्रीकुमार कार्कीले श्लेषमान्तक वनको महत्व र यसको वर्तमान अवस्थाका बारे सहभागीहरूलाई जानकारी गराए। उनका अनुसार श्लेषमान्तक वनको पुनर्संरचना आवश्यक छ। , उनले जसले पनि, जहिले पनि, जहाँ पनि विरुवा रोप्ने तर त्यसको सुरक्षा बेवास्ता गर्ने चलन चलेको भन्दै असन्तुष्टि जनाए। , भण्डारीका अनुसार वातावरण स्वयम् सेवक समूहले वृक्ष बन्धन कार्यक्रम देशव्यापी बनाउने अभियान चलाउने छ।, रक्षा बन्धनसँगै वृक्ष बन्धन पनि
सेतोपाटी संवाददाता भक्तपुरमा गाईजात्रा पर्व बिहानैदेखि सुरू भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भव्य रूपमा मनाइँदै छ।, तलेजु स्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरू भएको हो।, दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मा शान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको हो।, भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन्। बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ।, भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन्।, आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ।, तस्बिरहरू:,  , भक्तपुरमा धुमधामले मनाइँदै गाईजात्रा (तस्बिरहरू)
सबिना श्रेष्ठ हामीले भजनहरूमा भगवानको जीवनी सुन्दै आएका छौं। उनीहरू भने आफ्नो मृत आफन्तजनको जीवनी भजन गाउँदै हिँडेका छन्।, गाईजात्राको अवसर पारेर पाटन पिलाछेँका दिवंगत रमेश महर्जनको स्मृतिमा उनका आफन्तले जीवनी भजन गाएका हुन्।, उनीहरू यही भजन गाउँदै पाटनका १७ बहाःबहीः र चार स्तुप परिक्रमा गर्छन्। स्तुपहरूमा बत्ती पनि बाल्छन्।, काठमाडौं उपत्यकामा प्रत्येक भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारू मनाइन्छ। यो दिन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तजनको सम्झना गर्छन्।, दिवंगतको सम्झनामा गाईजात्राको झाँकी निकाल्नु सामान्य भए पनि जीवनकथालाई नै भजनमा ढालेर गाउँदै हिँड्ने काम अचेल विरलै हुन्छ। केहीले दिवंगत व्यक्तिको गुणगान गाउँदै त हिँड्छन् तर जीवनी नै बनाउने काम धेरैले गर्दैनन्।, 'रामायण भजन' नाम दिइएको यो भजन परिवारको मूल व्यक्ति बित्दा गाउने परम्परा रहेको रमेशकी श्रीमती सरिता महर्जनले बताइन्।, 'भजनमा उहाँ कुन ठाउँमा जन्मिएको, कहिले विवाह गरेको, कति दुःख अनि संघर्ष गरेको र कसरी बित्नुभयो भन्नेसम्मका वृत्तान्त हुन्छन्,' सरिताले भनिन्, 'ती सबैलाई गीतमा उतारेर भजन बनाइएको हो।', रमेश महर्जनका नाममा आज गाइने भजनका शब्दहरू यस प्रकार छन्:, '...२०७८ साल कार्तिक १ गते,, मज्वीमागु घटना जुल थन, रमेश महर्जन तं हे तन,, हाहाकार जुल चितकार थ्वल, रमेश लुमंका निशब्द खल...', रमेशको नौ महिनाअघि कोरोनाका कारण निधन भएको थियो। उनी ५८ वर्षका थिए।, गहना व्यवसाय गर्ने उनको काठमाडौंमा 'आरबी डायमन्ड्स' पसल छ। पहिले सिमेन्ट कारखानामा सिमेन्टको बोरा भर्ने काम गरेका उनले गहना व्यवसायसम्मको यात्रामा लामो संघर्ष गरेका छन्। उनको संघर्षको वर्णन भजनमा सुन्न सकिन्छ।, सरितालाई यसरी मान्छे बित्दा भजन गाउँदै हिँड्ने परम्परा पनि छ भन्ने थाहा थिएन। उनी गाईजात्रा मात्र निकाले हुन्छ भन्ठान्थे। एकदिन उनका संगीत गुरू रत्न वोहोसीले जीवनी भजन गाउनुको महत्व सुनाए।, सरिताले सहमति जनाइन्।, 'मैले यस्तो परम्पराबारे कहिल्यै सुनेकी थिइनँ,' उनले भनिन्, 'गुरूले रामायण भजन गाउँदा मृत व्यक्तिको आत्मालाई राम्रो हुन्छ भन्नुभयो। उहाँलाई राम्रो हुन्छ भने जे पनि गर्छु भनेर आँटेकी हुँ।', रमेशको निधन हुनु एक महिनाअघि मात्र सरिताले हार्मोनियम सिक्न थालेकी थिइन्। तर श्रीमानको निधनले उनको सिकाई पूरा भएन।, सरितालाई सानैदेखि संगीतप्रति रूचि थियो। निधनको एक महिनाअघि उनका श्रीमानले भनेका थिए, 'तिमीलाई मैले पनि त्यति समय दिन भ्याउदिनँ, सरी। तिमी संगीत सिक है।', रमेशको त्यही भनाइबाट प्रेरित भएर हार्मोनियम सिक्न थालेकी सरिताले श्रीमानको अचानक निधनपछि अभ्यास अधुरै छाड्नुपर्‍यो। गुरू रत्नले भजनमार्फत दु:ख भुलाउने प्रयास गर्न सरितालाई घच्घच्याएपछि उनी अघि सरिन्।, उनी गुरू रत्न वोहोसीको नवसिर्जना समूहमा आबद्ध छन्। रत्नका अनुसार रामायण भजनमा जीवनी हालेर गाउने चलन निकै पुरानो हो।, 'पहिले पहिले राजखलक र सम्पन्न परिवारले आफ्नो दिवंगत व्यक्तिका नाममा यस्तो भजन गाउँथे,' उनले भने, 'म आफैंले राजा महेन्द्र र वीरेन्द्रको मृत्युपछि जीवनी भजन बनाएको थिएँ। पुरानो चलन भए पनि पाटनमा यस्तो भजन गाउन छाडेको ३५ वर्ष भइसक्यो। पछिल्लोपटक २०४४ सालमा यस्तो भजन गाइएको थियो।', उनले अगाडि भने, 'यो भजन राजखलकले पनि गाउँछन्, प्रजाखलकले पनि। भजन गाउँदा दिवंगत व्यक्तिको आत्माले शान्ति पाउँछ र परिवारले सन्तुष्टि पाउँछ भन्ने विश्वास छ।', यसमा सुरूमा गणेश भजन गाइन्छ। त्यसपछि शिव, सरस्वती अनि बल्ल दिवंगतको जीवनी गाइन्छ।, 'जीवनी भजन भनेको श्रीमतीले आफ्नो श्रीमानलाई समर्पित गरेर गाउने विरह गीत हो,' गुरू रत्नले भने।, जीवनी गाएपछि अन्तिममा भगवान राममै भजन टुंगिन्छ। त्यसैले यो भजन पूर्ण रूपले राममा समर्पित छ। त्यही भएर पनि यसलाई रामायण भजन भनिएको हो।, 'छ नं राम जि नं राम,, झी झी सकलें सीताराम, रमेशयता तरे याना छ्वयत,, काय् कल सीता रामया नाा, तरय् याना ब्यु वैतर्णी धाम, जय जय जुइमा सीता राम', 'हामीले जन्म र मृत्युबीच यो सांसारिक रंगमञ्चमा विभिन्न गतिविधि गर्छौं। आखिरमा आफ्नो जीवन भगवानलाई नै समर्पण गर्नुपर्छ,' रत्नले भने।, रमेशको जीवनी तयार पार्न रत्नलाई करिब चार महिना लागेको थियो। सुरूमा उनले सरितालाई आफ्नो श्रीमानको बाल्यकालदेखि मृत्युसम्मका विवरण सोधे। त्यसपछि दुई महिना लगाएर गीत लेखे र संगीत भरे।, गीत-संगीत तयार भएपछि दुई महिनायता सरिताकै घरमा दिनहुँ अभ्यास गरियो।, 'सुरूमा गुरू र अन्य कलाकार मात्र हुनुहुन्थ्यो,' सरिताले भनिन्, 'मेरा आफन्तजन र छिमेकीहरू पछि मात्र जोडिएका हुन्।', पाटनका बहाःबहीः र स्तुप घुम्दै भजन गाउने टोलीमा केटाले सेतो र केटीले रातो लुगा लगाएका छन्। लुगा दिनेदेखि भोज खुवाउनेसम्म जिम्मेवारी सरिताकै परिवारको हो। उनले आफन्तजन, साथीहरू र नामसंगातिका ३० जना सदस्यलाई लुगा दिएकी छन्।, रमेशको घर पिलाछेँबाट सुरू परिक्रमा उनकै घरमा आएर टुंगिन्छ। त्यसबीच बाटोमा हिँड्दै र बीचबीचका बहाःबहीः भेटिने खुला ठाउँमा बसेर भजन गाइन्छ। गाउन नसकेको ठाउँमा स्पिकरबाट बजाउन भजन रेकर्ड पनि गराएका छन्।, यो भजन सञ्चालन गर्न धेरै पैसा लाग्ने भए पनि सरितालाई त्यसको चिन्ता छैन।, भन्छिन्, 'पैसाभन्दा ठूलो मन हो। मन भयो भने गर्न सकिन्छ।', राजा महेन्द्र र वीरेन्द्रको मृत्युपछि बजेको जीवनी भजन आज पाटनमा ३५ वर्षपछि गाइँदै
मनिका विश्वकर्मा नेवार समुदायले काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भदौ शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारू मनाउँछन्।, यस दिन वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन छ।, लिच्छविकालतिरै विकसित भएको र मल्लकालमा प्रसिद्धि पाएको यो पर्व हिजोआज नेवार समुदायमा मात्र सीमित छैन। विगत दुई दशकदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पनि प्यारो पर्व बनेको छ।, धेरैलाई लाग्छ, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गाईजात्रा किन मनाउँछ? नेवार समुदायजस्तै आफन्तको आत्माशान्तिका नाममा मनाउने हुन् वा अरू नै केही छ? , निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) अध्यक्ष पिंकी गुरुङ आफूहरूले पनि दिवंगत व्यक्तिकै नाममा गाईजात्रा मनाउने बताउँछिन्। तर उनीहरूले सम्झिने रगतको नाता, आफन्तभन्दा धेरै आफ्नो समुदायका व्यक्ति हुन्छन्। परिवारले बेवास्ता गरेका लैंगिक तथा अल्पसंख्यक समुदायका दिवंगत व्यक्तिको नाममा मैनबत्ती बालेर उनीहरू गाईजात्रा मनाउँछन्।, काठमाडौंको ठमेलदेखि सुरू गरेर बसन्तपुरसम्म रमाइलो गर्दै उनीहरू मैनबत्ती बाल्छन्।, मैनबत्ती बाल्नुलाई प्रतिकात्मक रूप पनि भन्छन्, 'हामीले वर्षौंदेखि सहेको वेदना सल्काएको हो।', यसरी आफ्नो वेदना सल्काउँदै उनीहरूले गाईजात्रा मनाउन थालेको सन् २००३ देखि हो। आजसम्म आइपुग्दा गाईजात्रा नेवार समुदायसँगै उनीहरूको पनि विशेष दिन बनिसकेको छ।, सन् २०१७ मा गाईजात्रा मनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी,  , झन्डै बीस वर्षअघि लैंगिक तथा अल्पसंख्यक समुदायले गाईजात्रा मनाउन किन मनाउन थाल्यो? , यसबारे पारलैंगिक महिला उमिशा पाण्डेले हामीलाई एउटा घटना सुनाइन्। , त्यति बेला पारलैंगिक महिला भैरव श्रेष्ठलाई रोगले गाँजेको थियो। श्रेष्ठलाई आफ्नो पहिचानबारे यकिन थिएन। बिहे गरेपछि मात्र थाहा भयो। उनका श्रीमतीसहित छोराछोरी पनि थिए। , पहिचान थाहा भएपछि काठमाडौं आएका उनलाई एचआइभी संक्रमण भयो। बाँच्ने समय घट्दै थियो। त्यही बेला उनको भेट निलहिरा समाजसँग भयो। संस्था पुग्दा उनको अवस्था नाजुक भइसकेको थियो। उपचारका लागि टेकु अस्पताल भर्ना गरियो। भर्ना भएको केही समयपछि उनको मृत्यु भयो। , दाहसंस्कारका लागि संस्थाले उनको परिवारसँग सम्पर्क गर्‍यो। तर भैरवलाई परिवार, समाज सबैले बेवास्ता  गरेको थाहा भयो। उनको दाहसंस्कार गरिदिने आफन्तजन कोही भएनन्। त्यसपछि संस्थाले नै उनको दाहसंस्कार गरिदियो।, 'भैरवको दागबत्ती मैले नै दिएकी थिएँ,' उमिशाले भनिन्, 'परिवार र समाजले स्वीकार नगरेका मृतक साथीहरूको दाहसंस्कार संस्थाले गर्दै आएको छ।', संस्थाले भैरवसहित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मृतक धेरैको दाहसंस्कार गरिसकेको छ।, यसरी परिवार र समाजले बेवास्ता गरेका व्यक्तिरूको आत्माशान्तिको कामना पनि उनीहरू गर्छन्। त्यसनिम्ति उनीहरूले मैनबत्ती बाल्ने सोच बनाए। , कहिले बाल्ने त?, काठमाडौंमा बसिरहेको भएकाले निलहिरा समाजका सदस्यले गाईजात्रा नजिकबाट नियालेका थिए। गाईजात्रा यसै पनि दिवंगतलाई सम्झिने दिन। आफ्नो समुदायका दिवंगत आत्माको शान्तिका लागि मैनबत्ती पनि गाईजात्राकै दिन बाल्ने निधो गरेको निलहिरा समाजकी अध्यक्ष पिंकी बताउँछिन्।, गाईजात्रा मनाउन सुरू गर्दा उनीहरूको समूह जम्मा ६ जनाको थियो। त्यसमा सुनीलबाबु पन्त, रवि सिलवाल, उमिशा पाण्डे, सुमन महर्जन, मनिषा ढकाल र पिंकी गुरुङ थिए। , सन् २००३ मा पहिलोपटक गाईजात्रा मनाउँदा। तस्बिर स्रोतः उमिशा पाण्डे, पहिलोपटक गाईजात्रा मनाउन उनीहरू तयार थिए। तर उनीहरूलाई डर थियो, सबभन्दा बढी प्रहरीको।, 'प्रहरीले हामीलाई जहाँ देख्यो त्यहाँ लखेट्ने, कुट्ने गर्थे। गाईजात्रामा पनि त्यस्तै गर्छन् होला भनेर हामी डराएका थियौं। तर कसैले केही गरेनन्,' उमिशाले दुई दशकअगाडिको गाईजात्रा सम्झिन्, 'पहिलोपटक डराउँदै भए पनि मनायौं। खुल्यौं।', त्यो बेला काठमाडौंभित्र भएका उनीहरूका समुदायका समस्य मात्र सहभागी थिए। गाईजात्रा खुला मञ्चमा देखाइने भएकाले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई त्यति बेला सहज भएको उमिशा बताउँछिन्।, उनीहरूले त्यस दिन रंगीबिरंगी लुगा लगाएर ठमेलदेखि र्‍याली निकाले। आफ्नो समुदायको नारा लगाए। र्‍याली बसन्तपुर पुगेर विसर्जन गरे। अनि दिवंगतका नाममा मैनबत्ती बालेर आत्मा शान्तिको कामना गरे।, 'त्यति बेला त गाईजात्रालाई समलिंगी बनाउन लागेको भनेर कतिले हामीलाई गाली गरे,' पिंकीले बताइन्।, सुरूमा गाली खाए पनि गाईजात्रा मनाउन थालेपछि समाजले आफ्नो समुदायलाई बुझ्न खोजेको र दृष्टिकोण धेरै परिवर्तन भएको पिंकीको अनुभव छ। परिवारमा आफ्नो पहिचान नखुलाएका यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पनि गाईजात्रामा आएर खुल्न थालेका छन्। , 'उनीहरू मुखमा मास्क लगाएर भए पनि गाईजात्रामा आउँथे, आउँछन्। गाईजात्राले गर्दा धेरै व्यक्ति आफ्नो पहिचानबारे खुले, अनि अरूले पनि हाम्रो समुदायलाई बुझ्न थाले,' पिंकीले भनिन्।, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिलो गौरव पर्व हो गाईजात्रा। नेपालमा पहिलो पटक यो समुदायले गौरव पर्वको रूपमा गाईजात्रालाई मानेका हुन्।, क्विर महिलावादी अभियन्ता गौरी नेपाली यो समुदायका लागि गाईजात्रा महत्वपूर्ण भएको बताउँछिन्। एक त समाज र परिवारले अस्वीकार गरेका व्यक्तिहरूको आत्मा शान्तिको कामना र सम्झना, अर्को आफूले चाहेको पहिचानमा निस्किन सक्ने माहोल।, सन् २०१७ मा गाईजात्रा मनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, शोक मनाउने गाईजात्रालाई किन गौरवका रूपमा लिइएको? बेलाबखत उठ्ने यो प्रश्नको जवाफ दिँदै गौरी भन्छिन्, 'यो दिन यौनिक तथा लैंगिक समुदायका व्यक्तिहरू आफ्नो समस्या, पहिचान, अधिकारका बारेमा गर्व साथ बोल्न पाउँछन्। समाजलाई स्वीकार नभएको बेला सांस्कृतिक विशेषतासहित यो दिन उनीहरूले स्वीकार गरेका हुन्छन्। त्यसैले उनीहरूका लागि गाईजात्रा गौरवको यात्रा पनि हो।' , गाईजात्रामा उनीहरू अधिकार, पहिचान र आफ्ना समस्या दर्शाउने भेषभूषा लगाउँछन्। यो दिन उनीहरू भावुक हुन्छन्, खुसी हुन्छन् र आफ्नो पहिचानप्रति गर्व गर्छन्। 'हामी पनि मानव हौं, हामीलाई पनि मानवसरह व्यवहार गर,' 'मेरो परिवार, मेरो समाज, मेरो पहिचानमाथि गर्व गर' भन्दै नारा लगाउँछन्।, जति यो दिन मनाउँदै गयो, आफ्नो पहिचान स्वीकार गर्न आफू र समाज दुवैलाई सहज भएको उनीहरू बताउँछन्। , पछिल्लो समय गाईजात्रा देशैभरिका यौनिक तथा लैंगिक समुदायले मनाउन थालेका छन्। आफ्नो ठाउँमा आफूले सके-जानेको तरिकाले मनाउँदै छन्। पहिलेभन्दा गाईजात्रा मनाउन सहज भएको छ। समाजले स्वीकार गर्न थालेको छ।, 'पहिले प्रहरीको डर हुन्थ्यो, यसपालिको गाईजात्रामा प्रहरीसँगै सहकार्य गर्दैछौं,' उमिशाले भनिन्, 'योपटक नेपाल प्रहरीले ब्यान्ड बाजा बजाउने भएका छन्।', नेपालस्थित अमेरिकी दूतावासले पनि गाईजात्रामा उनीहरूलाई सहयोग अनि साथ दिने भएको छ।, यसपालि उनीहरूको १९ औं गाईजात्रा हो। देशैभरिका हजारौं यौनिक तथा लैंगिक समुदायका व्यक्तिको सहभागिता हुने उमिशाले बताइन्। काठमाडौंबाहेक बुटवल र हेटौंडामा पनि मनाउने तयारी छ।, 'पहिले काठमाडौंमा मात्र सीमित हाम्रो समुदायको गाईजात्रा अब देशैभरिको हुँदैछ,' उनले भनिन्।, यौनिक तथा अल्पसंख्यक समुदायको स्वीकार र स्वागत पनि देशैभरले गरोस्! , सन् २०१७ मा गाईजात्रा मनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग, जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्‍यो, पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी, हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान, २० वर्षअघि यसरी सुरू भएको थियो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गाईजात्रा
सेतोपाटी संवाददाता बलात्कार आरोपीलाई सजाएको माग गर्दै आमरण अनसन बस्दै आएकी निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन्।, प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीका अनुसार उनले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी हुन्। उनी बसन्तपुरमा अनसन बस्दै आएकी थिइन्।, ‘बसन्तपुरमा अनसन बस्दै आउनुभएकी उहाँ आज शितलनिवास अगाडि आउनुभएको थियो,’ उनले भने,‘बिहान गाडी चढेर शितलनिवास आउनुभएको थियो।’, डिएसपी जिसीका अनुसार उनले दुई बोतल पेट्रोल बोकेर आएकी थिएन्।, उनले भने, ‘एक बोतल त आफ्नो ज्यानमा खन्याउनुभएको थियो। अर्को एक बोतल भने खन्याउन पाउनुभएन। हामीले उहाँलाई तुरून्तै नियन्त्रणमा लियौं।’,  निहारिकाको स्वास्थ्य अवस्था बिग्रिएको कारण उनलाई शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।, आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन्। , यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।, प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो। ,  ,  , शितलनिवास अगाडि निहारिकाले गरिन् आत्मदाह प्रयास
रासस जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ।, विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ।, यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ।, विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ। जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो। यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ। सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ।,  , हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरू भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात् ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए।, यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ।, उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको बताए।,  , प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू-भागमा सरदरभन्दा बढी वर्षा भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू-भागमा सरदरभन्दा कम वर्षा भएको छ।, नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ। नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ। मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ।, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताइन्।, महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ।, हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, भोलि, आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।, आज काठमाडौंको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस छ। वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ। राजधानी काठमाडौंमा गए रातिदेखि वर्षा भएको छैन। बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ।, मनसुनी वर्षा: अहिलेसम्म कहाँ, कति पानी पर्‍यो?
रासस श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ। , पर्साको वीरगञ्ज महानगरपालिका-२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।, घटनाको थप अनुसन्धान भइरहेको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ। , गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका-६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ।, श्रीमतीको हत्या आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
सेतोपाटी संवाददाता आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा रहेको छ। , आज राति देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै भोलि आइतबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, सोमबार  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, बागमती र कर्णालीमा भारी वर्षा हुने
एजेन्सी विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ।, अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रूस्दीमाथि छुरा प्रहार भएको हो। उनको घाँटी र पेटमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ।, रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। उनको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। , प्रहरीले आक्रमणकारी फेयरभ्यु, न्यु जर्सीका २४ वर्षीय हादी माटरलाई पक्राउ गरेको छ। उनलाई घटनास्थलबाटै पक्राउ गरिएको न्यूयोर्क प्रहरीले जनाएको छ।  आक्रमणको कारण स्पष्ट नभएको राज्यका प्रहरी मेजर युजीन स्टानिस्जेस्कीले बताए।, भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित भएका थिए। ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेखेका छन्। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो ।, पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रूहोल्लाह खोमिनीले रूस्दीको हत्या गर्न आह्वान गरी उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।, साहित्यकार सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
एजेन्सी भारतीय मूलका विश्वप्रसिद्ध लेखक सलमान रूस्दीमाथि शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा हमला भएको छ। एक सार्वजनिक कार्यक्रमबीच नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर रूस्दीको घाँटीमा छुरा प्रहार गरेका थिए।, उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी आइसकेको छैन। बिबिसीका अनुसार न्यूयोर्क राज्यका गभर्नर केथी होचुलले रूस्दीको उपचार जारी रहेको प्रेस ब्रिफिङमा बताएका छन्। अर्को समाचार संस्था रोयटर्सले रूस्दीका एजेन्टलाई उद्धृत गर्दै उनको शल्यक्रिया भइरहेको जनाएको छ।, अमेरिकी समयअनुसार शुक्रबार बिहान ११ बजे रूस्दीमाथि हमला भएको थियो। त्यति बेला उनी पश्चिमी न्यूयोर्क राज्यमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै थिए।, कालो नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर उनको घाँटीमा कयौंपटक छुरा प्रहार गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ। हमलालगत्तै उनी भुइँमा ढले। उनको मन्तव्य सुन्न आएकामध्ये दस-पन्ध्र जना व्यक्तिले मञ्चमा चढेर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।, हमला गर्ने व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको न्यूयोर्क राज्य प्रहरीले जनाएको छ।, रगताम्मे रूस्दी करिब पाँच मिनेट भुइँमै लडिरहेका थिए। त्यसपछि उनलाई उठाएर कार्यक्रम स्थल बाहिर लगियो। त्यहाँबाट हेलिकप्टरमा राखेर नजिकको अस्पताल पुर्‍याइयो।, अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता ७५ वर्षीय रूस्दीले केही वर्षयता ज्यानको धम्की सामना गर्दै आएका थिए।, भारतमा जन्मिएका रूस्दीको सन् १९८१ मा प्रकाशित 'मिडनाइट चिल्ड्रेन' ले बुकर पुरस्कार जितेको थियो। यो उपन्यास बेलायतमा मात्र १० लाख प्रतिभन्दा बढी बिकेको रेकर्ड छ। उनी यसैबाट संसारभर लोकप्रिय भए। उनका १४ वटा उपन्यास प्रकाशित छन्।, सन् १९८८ मा प्रकाशित चौथो उपन्यास 'द सैटनिक भर्सेस' ले इस्लामविरोधी धारणा फैलाएको भन्दै उनीमाथि ज्यानको धम्की आउन थालेको थियो। त्यसपछि झन्डै एक दशक उनी भूमिगत भएका थिए।, संसारभरि किताबको विरोध हुन थालेपछि प्रतिबन्ध लगाउन माग गरिएको थियो। सँगसँगै सेन्सरसिप र किताब जलाउने प्रवृत्तिको विरोधमा पनि थुप्रै प्रदर्शन भए।, किताब प्रकाशन भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले रूस्दीलाई मार्ने फतवा जारी गरेका थिए। यसले संसारभरि हलचल मच्चिएको थियो।, सैटनिक भर्सेस प्रकाशनपछि विभिन्न देशमा भएको विरोध प्रदर्शन क्रममा ५९ जनाको ज्यान गइसकेको बिबिसीले जनाएको छ। मृतकहरूको सूचीमा उपन्यासका अनुवादकहरू पनि छन्।, विश्वप्रसिद्ध लेखक सलमान रूस्दीको घाँटीमा छुरा प्रहार, उपचार जारी
सबिना श्रेष्ठ कस्तो हुन्थ्यो होला, हामीसँग 'टाइम ट्राभल' गरेर वर्तमानबाट अतीतमा फर्किने शक्ति भइदिएको भए!, हामी लिच्छवि वा मल्ल राजाले काठमाडौं उपत्यकामा मन्दिर, दरबार वा पोखरी निर्माण गराइरहेको दृश्य आफैं उपस्थित भएर हेर्ने थियौं।, मन्दिर परिसरमा राजपरिवारका सदस्यले गरेको यज्ञ होस् वा प्राचीन कालमा काठमाडौंले मनाउने सांस्कृतिक पर्वहरू होऊन्, हामी सशरीर त्यसमा सरिक हुन्थ्यौं।, परिवार र पाटनका छरछिमेकसँग विदा भएर अरनिको तिब्बत जाँदै गरेका बेला हामी पनि सँगसँगै यात्रामा हिँड्थ्यौं।, जयस्थिति मल्ललाई काठमाडौं भित्र्याएर राजाका रूपमा स्वागत गर्दा फूल बर्साउने टोलीमा हामी पनि उभिन्थ्यौं।, पृथ्वीनारायण शाहले काठमाडौं हमला गर्दा के-के भए? कति रगत बगे? ती सबै दृश्य आकाशमा चराझैं तैरिँदै प्रत्यक्ष नियाल्ने थियौं।, जंगबहादुर राणाले कोतपर्व गरेर शासन हत्याएको क्षण हामी प्रत्यक्षदर्शी हुन्थ्यौं।, कस्तो हुन्थ्यो होला, आजको काठमाडौंबाट फुत्त निस्केर पाँच सय, हजार वर्ष पुरानो काठमाडौं भोग्न पाएको भए!, कस्तो हुन्थ्यो होला!, हामीसँग यसरी 'टाइम ट्राभल' गर्ने दैवीशक्ति छैन। हामी अतीतलाई इतिहासमा पढ्न मात्र सक्छौं। विज्ञानले अहिलेसम्म हामीलाई वर्तमानबाट निकालेर अतीतमा पुर्‍याउने यन्त्र विकास गरेको छैन।, तर इतिहासको कथा र विज्ञानको आविष्कारबीच पनि एकथोक छ जसले हामीलाई वर्तमानमै बसीबसी विगतमा पुर्‍याउँछ। विगतका घटनाक्रम अप्रत्यक्ष रूपमा भए पनि हामीलाई नजर गराउँछ। हामीलाई इतिहासको साक्षी बनाउँछ।, इतिहास र विज्ञानबीचको त्यो एकथोक हो, चित्रकारको क्यानभास। जुन क्यानभासमार्फत् ऊ अतीतको कुनै घटनालाई टपक्क टोपेर वर्तमानमा हाम्रोसामु ल्याइदिन्छ।, हामी त्यही क्यानभासमा टेकेर अतीततर्फ उडान भर्न सक्छौं।, हरिप्रसाद शर्मा त्यस्तै चित्र-इतिहासकार हुन् जो इतिहासका अध्येताहरूले गहन खोज गरेर निकालेको शब्दचित्रमा कल्पनाको रङ भर्छन्। ऐतिहासिक क्षणहरूसँग जोडिएका विषयवस्तु मिहिन केलाउनु र त्यसलाई चित्र र रङका माध्यमबाट क्यानभासमा उतार्नु ८५ वर्षीय शर्माको विशेषता हो।, कलाकार हरिप्रसाद शर्मा आफ्नो चाबहिल निवासस्थित निजी ग्यालरीमा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हरिप्रसादले आफ्ना अनगिन्ती पेन्टिङबाट छानेर नेपालको इतिहास, संस्कृति र जनजीवन झल्काउने ८८ वटा चित्रकलाको संग्रह पुस्तक प्रकाशन गरेका छन्। 'समयक्रममा नेपाल' शीर्षकको उक्त पुस्तक छिट्टै सार्वजनिक गर्ने तयारी हुँदैछ।, पुस्तक हेर्दा यस्तो लाग्छ, मानौं त्यो पेन्टिङको संग्रह होइन, विज्ञानले आविष्कार गर्न नसकेको 'टाइम मसिन' हो।, आफ्नो जीवनभरको कलापुँजी किताबका रूपमा पस्कन लागेका चित्र–इतिहासकारलाई भेट्न हामी केही दिनअघि उनको घर चाबहिल पुगेका थियौं।, घरको नाम, राधा चित्रशाला जुन हरिप्रसादकी दिवंगत श्रीमती राधाको नाममा राखिएको हो। मूलगेटमा उनका छोरा विष्णुप्रसाद शर्मा हामीलाई पर्खिरहेका थिए। भित्र प्रवेश गर्नुअघि उनले बाहिरबाटै घरको आवरण देखाए। पुरानो नेवाः शैलीका आँखीझ्यालसहितको घर हरिप्रसादको पेन्टिङजस्तै देखिन्थ्यो।, हामी विष्णुप्रसादलाई पछ्याउँदै माथिल्लो तलामा उक्लियौं।, 'यो बुवाको ग्यालरी,' पहिलो तलामा भित्ताभरि टांगिएका पेन्टिङ देखाउँदै विष्णुले भने।, ग्यालरीमा कतै गौतम बुद्धका जीवनकथा छन्। कहीँ लिच्छवि, मल्ल र राणाकालका घटनाक्रम सजीव भएर आउँछन्। कतै जात्राको रौनक, कतै प्राचीन काठमाडौंको जनजीवन।, इतिहासका मसिना विवरणहरू मालाझैं उनिएका प्रत्येक चित्र यस्ता छन्, जसलाई केही बेर नहेरी र तिनको कथामा केही बेर नहराई धर पाइन्न।, विष्णुप्रसादले हामीलाई इतिहासबाहेकको एउटा फरक पेन्टिङ पनि देखाए, जसमा सिक्लेसको गुरूङ बस्तीको झलक छ। जहाँ एक भेँडीगोठाला ओठ चुच्चो पारेर मगनमस्त सिठ्ठी फुक्दै छन्।, हरिप्रसादलाई एकचोटि केही शुभचिन्तकले 'खाली काठमाडौं र इतिहासको पेन्टिङ मात्र किन गर्नुहुन्छ' भनेछन्। सिक्लेसको चित्र त्यसैको जवाफ हो। तीन वर्षअघि उनले छोराबुहारीसहित अन्नपूर्ण क्षेत्र, सिक्लेस, ताङतिङ र बेगनास भ्रमण गरेका थिए। पेन्टिङमा देखिने दृश्य हरिप्रसादले त्यही बेला टिपेर ल्याएका हुन्।, भित्ताभरि सजिएका पेन्टिङ हेर्दै र त्यसको कथा पढ्दै, सुन्दै हामी घरको चोटामा पुग्यौं जहाँ हरिप्रसादको कोठा छ, जहाँ उनी कला साधना गर्छन्।, चित्र कोर्न चाहिने क्यानभास, रङ, कुची लगायत सामग्रीहरूले कोठा भरिएका छन्। कुनामा एउटा पलङ छ। हरिप्रसाद चित्र कोर्दाकोर्दै जब थाक्छन्, ढाड दुखेर लखतरान हुन्छन्, एकछिन त्यही खाटमा पल्टिन्छन्। आँखा चिम्लेर कल्पनामा डुब्छन्। झट्ट केही सम्झन्छन्। उठ्छन्, फेरि रङमा कुची चोबेर क्यानभासमा हराउँछन्।, कोठाबाहिर फराकिलो कौसी छ। पशुपतिनाथ मन्दिरसम्म फैलिएको गुजुम्म बस्ती आरपार देखिने त्यही कौसीमा बसेर हरिप्रसादले हामीलाई चित्रसँगको आफ्नो इतिहास सुनाए।, चित्रसँग उनको चिना जोडिनुका दुइटा संयोग छन्।, हरिप्रसादको पुर्ख्यौली घर गोकर्णथली हो। उनका बुवा काठमाडौंको लगनमा रहेको मावली बस्न आएका थिए, यतैका भए। हरिप्रसादको जन्म लगन टोलमै भयो। यहीँका गल्लीहरूमा खेल्दै-कुद्दै, जात्रापर्वहरूमा रमाउँदै, यहाँका कथा र किम्बदन्तीहरू सुन्दै उनी हुर्के।, उनी काठमाडौंको नेवार सभ्यतामा यस्तरी घुलिए, यहाँको संस्कृति, रहनसहन र रीतिथिति उनको आफ्नै भयो।, नौ, दस वर्षको कलिलो उमेरमा पहिलोचोटि कुची समात्दा पनि उनी यतैको रहनसहन झल्किने चित्र उतार्थे। नाग पञ्चमी बेला नागको चित्र बनाउँथे, लक्ष्मीपूजा आउँदा लक्ष्मी बनाउँथे।, हरिप्रसादका हजुरबुवा ज्योतिष थिए। उनलाई नातिले चित्र बनाएको चित्त बुझेको थिएन। यो पेसामा भविष्य छैन भन्दै उनी नातिलाई सम्झाउँथे, 'यो त पु (पुण्यकार/चित्रकार) हरूले गर्ने काम हो बाबु। यस्तो काम गरेर त खान पाइन्न। बाहुनको छोराले त वेद पढ्नुपर्छ, गीता पाठ पो गर्नुपर्छ।', त्यति बेला हरिप्रसादले हजुरबुवाको सल्लाह मानेका भए आज हामी इतिहाससँग कसरी साक्षात्कार हुन्थ्यौं!, धन्न उनले मानेनन्।, उनलाई बुवाको भने सधैं साथ र सहयोग रह्यो।, छोराको चित्र देखेर फुरूंग पर्दै उनका बुवा राणाजीहरूका दरबारमा देखाउन जान्थे। राणाहरूले चित्र लिएर पाँच–दस पैसा दिन्थे र भन्थे, 'ल यो छोरालाई लगेर देऊ।', कहिलेकाहीँ हरिप्रसाद छुट्टीमा मामाघर जान्थे- नुवाकोट। रङ र कुची साथै हुन्थे। उनी मामाघरको भित्ता र आँगनलाई क्यानभास बनाउँथे। काठमाडौंलाई 'नेपाल' भन्ने उनका मामा–माइजू हरिप्रसादको तारिफ गर्दै भन्थे, 'नेपालबाट आएका भान्जाले कति राम्रो चित्र बनाएको।', यस्ता तारिफका खुड्किलाले हरिप्रसादलाई अगाडि बढ्न सिँढीको काम गर्‍यो।, चित्रसँगको लगाव देखेर हरिप्रसादलाई उनका बुवाले कलाकार जीवरत्न शाक्यसँग सिक्न पठाए। यसले उनको सीप तिखार्न मद्दत गर्‍यो। त्यसपछि एघार वर्षको उमेरमा उनले तत्कालीन जुद्धकला पाठशाला (हालको ललितकला क्याम्पस) मा कलाबारे अझ विस्तारमा अध्ययन गरे।, यसरी आफ्नो बुवा गोकर्णको पुर्ख्यौली थलो छाडेर लगन सर्नुलाई हरिप्रसाद चित्रसँग चिना जोडिनुको पहिलो संयोग मान्छन्।, 'गोकर्णमा जन्मेर उतै हुर्केको भए काठमाडौंको नेवार संस्कृति र सभ्यता चिन्न पाउँदैन थिएँ,' उनले भने, 'यहाँको नेवार संस्कृति र सभ्यता नचिनेको भए चित्रकलातर्फ मेरो रूचि नै जाग्दैनथ्यो कि!', के बेर!, दोस्रो संयोग अलि पछिको हो जब हरिप्रसाद पेन्टिङ गर्न थालिसकेका थिए। तर एउटा कारणले उनको साधनामा ब्रेक लाग्यो।, २०३० सालतिरको कुरा हो। हरिप्रसादले दुई-तीन वर्ष मिहिनेत गरेर बनाएका ११-१२ वटा पेन्टिङ एक जना परिचित व्यक्तिले बिक्री गरिदिन्छु भनेर लगे तर न पैसा दिए न चित्र फिर्ता गरे।, उनले आफ्नो पेन्टिङ फिर्ता ल्याउन धेरै प्रयास गरे, सकेनन्।, त्यो घटनाले चित्रकलाप्रति नै उनको मोहभंग गरिदियो। हजुरबुवाले भनेजस्तै उनले चित्रकलामा भविष्य देख्न छाडे।, उनी रन्थनिएर तत्कालीन शाही नेपाल वायुसेवा निगममा जागिरे भए। उनी जहाजको ज्यानमा रङ भर्थे। निगमको लोगो बनाउँथे। भित्ता रङरोगन पनि गर्थे। छोटोमा भन्दा, उनी निगमका पेन्टर थिए।, लगभग २२ वर्ष उनले क्यानभाससँग नाता तोडे।, निगमको जागिरले हरिप्रसादलाई छोराछोरी हुर्काउन, पढाउन-लेखाउन त सजिलो भयो तर उनीभित्रको कलाकारले सास लिन पाएन। उनी भित्रभित्रै गुम्सिन्थे। जाँचमा फेल भएको विद्यार्थीझैं छट्पटाउँथे। घाइते पन्छीझैं फड्फडाउँथे। तर मनको उकुसमुकुस तोडेर फेरि क्यानभासमा लुट्पुटिन सकेका थिएनन्।, हरिप्रसादलाई फेरि चित्रकलामा फर्काउन सायद दोस्रो संयोगको खाँचो थियो।, २०५२ सालमा हरिप्रसादकी श्रीमती राधाको निधन भयो। पत्नीवियोगले मर्माहत हरिप्रसादलाई पीडा भुलाउन चित्रकलाको बाटो देखाए उनकै छोरा विष्णुले।, 'लामो समयदेखि रङ र क्यानभासबाट टाढा रहेकाले मलाई सुरूमा त फेरि पेन्टिङ गर्न सक्दिनँ कि भन्ने दुबिधा थियो,' हरिप्रसादले भने, 'तर छोराले अनवरत घच्घच्याइरह्यो।', उनले अगाडि भने, '२०५२ सालपछि मैले जे-जति पेन्टिङ बनाएँ, ती सबै हामी बाबुछोराको सहकार्यको परिणाम हो। अरू बुवाले आफ्नो छोरालाई बाटो देखाउँछ, म यस्तो भाग्यमानी बुवा हुँ जो आफू हराइरहेका बेला छोराले बाटो देखायो।', हरिप्रसादको यही भनाइमा विष्णुले आफ्नो कुरा थपे, 'बुवालाई फेरि पेन्टिङ गर्न सक्दिनँ कि भनेर आफूप्रति विश्वास थिएन। तर म चाहिँ उहाँले गर्न सक्नुहुन्छ भन्नेमा विश्वस्त थिएँ। उहाँलाई कसरी प्रेरित गर्ने र कसरी अगाडि बढाउने भनेर मैले बाटो देखिसकेको थिएँ।', विष्णुले बाटो बनाउँदै गए, हरिप्रसाद त्यही बाटोमा हिँड्दै गए।, जुन छोरालाई हुर्काएर आज पाटन क्याम्पसमा अर्थशास्त्र पढाउने हैसियतमा पुर्‍याए, त्यही छोराले देखाएको बाटो पछ्याउँदै हरिप्रसादको दोस्रो इनिङ सुरू भयो।, त्यति बेला पत्नीवियोगमा डुबेका हरिप्रसादलाई छोराको साथ नभइदिएको भए चित्रकलामा फेरि उनको लगाव फर्किँदैनथ्यो कि!, के बेर!, कलाकार हरिप्रसाद शर्मा र उनका छोरा विष्णुप्रसाद शर्मा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, नयाँ चित्रको तयारीमा हरिप्रसाद शर्मा र उनका छोरा विष्णुप्रसाद। साथमा विष्णुप्रसादकी पत्नी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यो त भयो उनी रङसँग रमाउनुका दुई संयोग।, हामीले त्यसपछि उनको चित्रका विषयवस्तु र शैलीबारे कुरा गर्‍यौं।, हरिप्रसादले सुरूमा मुहारचित्र र प्राकृतिक दृश्यचित्रहरू खुब बनाए। २०१६ सालमा जुद्धकला पाठशालाबाट 'कलाकुशल' डिग्री पास गरेपछि उनलाई इतिहासमा चाख बढ्यो। उनी राष्ट्रिय संग्रहालयमा जागिर पनि खान्थे। कामको सिलसिलामा ऐतिहासिक मूर्ति र त्यससँग जोडिएका घटनाहरूलाई नजिकबाट बुझ्ने मौका पाए।, काठमाडौंको संस्कृति र सभ्यतालाई सानैदेखि देख्दै–भोग्दै आएका हरिप्रसादले यहाँको इतिहास पनि जान्न–बुझ्न पाएपछि ती सबै ज्ञान उनको क्यानभासमा पोखिन थाल्यो।, उनको पेन्टिङको विधा नै इतिहास र संस्कृतितर्फ मोडियो।, 'मलाई पहिल्यैदेखि कालजयी चित्र बनाउनुपर्छ भन्ने लाग्थ्यो। जब इतिहासमा रूचि जाग्यो, ऐतिहासिक घटनाहरूलाई चित्रका माध्यमबाट कालजयी बनाउने धून सवार भयो,' हरिप्रसादले आफ्नो कलायात्रा विस्तार लगाए, 'हामी पढेको कुरा छिट्टै बिर्सन्छौं, देखेको कुरा लामो समय सम्झनामा रहन्छ। पढेको इतिहासभन्दा देखेको दृश्य र भोगेको जीवनले बढी प्रभाव पार्छ।', उनले अगाडि भने, 'मलाई लाग्यो, ऐतिहासिक विषयवस्तु चित्रमा उतार्न सकियो भने त्यसको कथा र सन्देश नयाँ पुस्ताले सजिलै ग्रहण गर्न सक्छन्। इतिहासको कालखण्ड दीर्घकालसम्म चित्रमा जीवित रहन्छ।', हरिप्रसाद आफ्नो सोचमा सफल छन्।, लिच्छवि राजा मानदेवले चाँगुनारायण मन्दिरको पश्चिमपट्टि गरूडका रूपमा आफ्नै प्रतिमूर्ति र मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराउँदै गरेको दृश्यदेखि अंशुवर्माले बनाएको कैलाशकूट दरबार, लिच्छवि कालमा काठमाडौंमा मनाइने साँढे जुधाउने उत्सवदेखि प्रताप मल्लले उद्घाटन गरेको रानीपोखरी, गौतम बुद्धको जीवनकथादेखि यहाँका थुप्रै जात्रापर्व र जनजीवनलाई उनले आफ्नो पेन्टिङमा सजीव पारेका छन्।, लिच्छवि राजा मानदेव चाँगुनारायण मन्दिरको पश्चिमपट्टि विशाल प्रस्तर स्तम्भमा गरुडका रूपमा आफ्नै प्रतिमूर्ति र मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराउँदै। मल्लपुरी विजयोत्सवका रूपमा आयोजित उक्त समारोहमा उनका साथ जेठी महारानी भोगिनी र अन्य रानीहरू क्षेमसुन्दरी, गुणवती र भारदारहरू देखिन्छन्। , उनले जति पनि चित्र बनाएका छन्, ती सबैमा नेवाः सभ्यता र उनले देखेको काठमाडौंको प्रभाव झल्किन्छ।, उदाहरणका लागि, बुद्धको कपिलवस्तु दरबार देखाउँदा उनले नेवाः शैलीको घर बनाएका छन्। झ्यालढोकाहरू पनि नेवा: शैलीकै छन्।, 'यो कलाकारको कल्पना हो,' उनले भने, 'कलाकार जुन परिवेशमा हुर्कियो, त्यसको छाप उसको काममा पनि देखिन्छ।', जिन्दगीका ४० वर्ष लगनटोलमा बिताएका हरिप्रसाद आज पनि चाबहिलबाट बेलामौका असन, इन्द्रचोक र लगनतिर घुम्न जान रूचाउँछन्। नेपाल भाषामा कुरा गर्न पाउँदा त फुरूंगै पर्छन्।, 'म जन्मले नेवार होइन तर मेरो हुर्काइबढाइ नेवारभन्दा कम छैन,' भन्छन्, 'म यहाँको जात्रापर्व हेर्दै हुर्किएँ। यहाँको संस्कृति र चालचलन मलाई आफ्नैजस्तो लाग्छ। मनभित्र गढेको यही अनुभूति मेरो क्यानभासमा पोखिन्छ।', हामीले २०५२ सालपछि सुरू हरिप्रसादको दोस्रो इनिङमा छोरा विष्णुप्रसादको साथको कुरा माथि गरिसक्यौं। यो साथ प्रेरणाको तहसम्म मात्र सीमित थिएन। चित्रको निम्ति विषयवस्तु सुझाउनेदेखि त्यसका लागि चाहिने ऐतिहासिक सन्दर्भसामग्रीहरू जुटाउने र स्थलगत भ्रमणमा लैजानेसम्मको काममा विष्णुको साथ रहँदै आएको छ।, ६० वर्ष नाघेका विष्णुप्रसाद आफैं भने चित्रकार होइनन्। पाटन क्याम्पसमा अर्थशास्त्र पढाउने हुँदा उनलाई अध्ययन अनुसन्धानमा रूचि छ। आफ्नो यही रूचि उनी बुवाको पेन्टिङमा प्रयोग गरिरहेका छन्।, 'विषयवस्तु छनौटमा हामी बाबुछोराको सहकार्य हुन्छ,' विष्णुले भने, 'कहिलेकाहीँ बुबा आफूलाई आइडिया आएपछि मसँग सल्लाह गर्नुहुन्छ। म त्यो विषयसँग सान्दर्भिक अध्ययन सामग्रीहरू जुटाउँछु। कहिलेकाहीँ मलाई आइडिया आउँछ, म बुवालाई सुनाउँछु। तर आफू कन्भिन्स नभएसम्म उहाँ क्यानभासमा हात हाल्नुहुन्न।', उनले यो पनि भने, 'बुबालाई कन्भिन्स गर्न सजिलो छैन। त्यो पेन्टिङ बनाउन किन जरूरी छ, त्यसले इतिहासको कुन कालखण्ड चित्रण गर्छ भनेर राम्ररी बुझाउनुपर्छ। उहाँ तयार हुनुभयो भने बल्ल म अध्ययन सामग्रीहरू जुटाउन थाल्छु।', उदाहरणका लागि, मानदेवको चाँगुनारायण भ्रमणको कुरा गरौं।, आजभन्दा करिब दुई हजार वर्ष अगाडिको त्यो दृश्य चित्रमा उतार्न सजिलो थिएन। मानदेवले चाँगुनारायण गएर के-के गरे, उनका साथमा को-को गएका थिए भनेर थाहा पाउन इतिहास अध्ययन गर्नुपर्थ्यो। विष्णुले इतिहास अध्येता धनवज्र बज्राचार्यको 'लिच्छविकालका अभिलेख' देखि अन्य किताबहरू पढे र त्यसबाट एक-एक कुरा टिपोट गरेर बुवालाई दिए।, त्यही आधारमा मानदेवले चाँगुनारायण मन्दिरको पश्चिमपट्टि विशाल प्रस्तर स्तम्भमा गरूडका रूपमा आफ्नै प्रतिमूर्ति र मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराएको थाहा भयो। मल्लपुरी विजयोत्सवका रूपमा आयोजित उक्त समारोहमा मानदेवका साथ जेठी महारानी भोगिनी र अन्य रानीहरू क्षेमसुन्दरी, गुणवती र भारदारहरू सरिक भएको पनि अनुमान लगाइयो। यस्ता तथ्य-विवरण जम्मा भएपछि हरिप्रसादले क्यानभासमा सर्सर्ती कुची चलाउन थाले।, कसैले नदेखेको र भौतिक अवशेष बाँकी नरहेको लिच्छविकालीन कैलाशकूट दरबारलाई हरिप्रसादले जसरी मिहिन उतारेका छन्, त्यसमा उनको कल्पनाको उत्कर्ष भेटिन्छ।, यो चित्र बनाउन बाबुछोराले इतिहासमा पाइने कैलाशकूट दरबारको वर्णन केलाएका थिए। त्यति बेला काठमाडौं भ्रमण गरेर यात्रा वृत्तान्त लेखेका चिनियाँ यात्रीहरूले कैलाशकूट दरबारलाई वास्तुकलाको अद्भूत नमूना भनेर बयान गरेका छन्।, पहिले लिच्छवि राजाहरू मानगृहबाट शासन गर्थे, अंशुवर्माले भने कैलाशकूटबाट शासन चलाएको अभिलेखहरूमा छ। यसै आधारमा हरिप्रसादले राजा अंशुवर्माले कैलाशकूट दरबारमा विदेशी पाहुनाहरू स्वागत गरिरहेको दृश्यचित्र उतारे। चित्रको बायाँ कुनामा एक चिनियाँयात्री आफूले अवलोकन गरेका कुरा टिपोट गरिरहेका देखिन्छन्। यसले हरिप्रसाद शर्माको चित्रमा हुने गहिराइ र दृश्यको व्यापकता समेट्छ।, यस्तै अध्ययन अन्य ऐतिहासिक घटनाक्रम र राजा-महाराजाका मुहारचित्र बनाउनमा पनि गरिएको उनीहरू बताउँछन्।, 'मानदेवको मुहारचित्र बनाउन हामीले धेरै अध्ययन गर्‍यौं,' विष्णुप्रसादले भने, 'इतिहासकारहरूले उनको रूपरंग र हाउभाउबारे जस्तो वर्णन गरेका छन् र चाँगुनारायणको गरूडको मूर्तिमा जस्तो खालको प्रतिरूप भेटिन्छ, त्यसलाई मिहिन केलाएपछि बल्ल बुवाले मानदेवको चित्र उतार्नुभएको हो।', उनका अनुसार मानदेवको चित्र चागुँनारायणमा भगवानको भक्त भई बसेको गरूणको मूर्ति हेरेर बनाइएको हो। त्यो गरूणलाई इतिहासकारहरूले मानेदवकै प्रतिरूप भन्दै आएका छन्। इतिहासमा वर्णन भएअनुसार मानदेवको छाती चौडा थियो। उनी हाँसेर बोल्ने स्वभावका थिए। यिनै विवरणका आधारमा हरिप्रसादले मानदेवको मुखाकृति अनुमान गरे।, जयस्थिति मल्लको पनि मूर्ति नभेटेर अनुहार ठ्याक्कै यकिन गर्न मुश्किल भएपछि उनले मुगल शैलीको लुगा, लामो जुंगा र मैथली स्वरूप झल्काएका छन्।, कलाकार हरिप्रसाद शर्माले बनाएको लिच्छवि राजा मानदेवको मुहारचित्र।, इतिहास मात्र होइन, जनजीवनका चित्र बनाउन पनि कम्ता अध्ययन चाहिँदैन। त्यो बेलाको परिवेशदेखि गल्ली, चोकको बनोट, तत्कालीन रहनसहनदेखि मान्छेको आर्थिक हैसियतसम्म अनुमान लगाउनुपर्छ।, लिच्छवि कालमा काठमाडौंमा हुने साँढे जुधाउने उत्सवको चित्र हेरौं।, काठमाडौंको लगनटोललाई लिच्छवि कालमा दक्षिण कोलिग्राम भनिन्थ्यो। त्यहाँ पहिला ठूलो चउर थियो। त्यही चउरमा साँढे जुधाउने राजकीय समारोह हुने गरेको थियो। यसका लागि राज्यद्वारा करसमेत उठाउने गरेको इतिहासमा छ। काष्ठमण्डपमा पनि यस्तै साँढे जुधाउने परम्परा थियो, जसलाई 'गोयुद्ध' उत्सव भनिन्थ्यो। हरिप्रसाद शर्माले इतिहासमा उल्लिखित यिनै विवरणका आधारमा गोयुद्ध उत्सवको दृश्यचित्र उतारेका छन्।, बौद्धनाथ स्तुपको पेन्टिङ हेर्ने हो भने तत्कालीन समाज छर्लंगै हुन्छ।, काठमाडौंको उत्तर-पूर्वी भागमा रहेको बौद्धनाथ स्तुपलाई नेवारहरू 'खास्ती' भन्छन्। यो चित्रकलामा शर्माले दुई-तीन सय वर्षअघिको बौद्धनाथ स्तुप र वरपरको जनजीवन परिकल्पना गरेका छन्।, चित्रमा असोज-कात्तिक महिनातिर बिहानको न्यानो घाममा अन्नपात र जाँडका घ्याम्पा सुकाएर मानिसहरू घाम ताप्दै गरेका देखिन्छन्। अलि पर कञ्चन बागमती नदी, हराभरा फाँट, जंगल र विश्वरूप मन्दिर छन्।, बौद्धनाथको पेन्टिङ बनाउन हरिप्रसादले मौसमअनुसारको तत्कालीन भेषभूषा र घाममा अन्नपात सुकाउने तरिकादेखि जाँडका घ्याम्पाहरूको बनोटमा पनि सूक्ष्म ध्यान दिएका छन्।, छोरा विष्णुप्रसादको मद्दतले जब ऐतिहासिक सन्दर्भसामग्री, पुरानो परिवेश झल्किने पुराना तस्बिर र त्यही ठाउँका नयाँ तस्बिरहरू संकलन भएपछि जब हरिप्रसाद रङ र कुची बोकेर क्यानभासका अगाडि बस्छन्, उनलाई समयसीमाको हेक्का रहन्न। उनी चित्र बनाउँदा समय सीमामा बाँधिन पनि चाहन्नन्। एउटै चित्र बनाउन महिनौं वा वर्षौ लगाउँछन्। कतिपटक त चित्र कोर्दै, चित्त नबुझेर मेट्दै फेरि बनाउँछन्।, जस्तो, लुम्बिनीमा अशोक आगमनको चित्र बनाउँदा मुख्य पात्र अशोकको मुहारमा छोराले चित्त नबुझाउँदा उनले छ-सात पटकसम्म मेटेर बनाएका थिए।, छोराले धेरैपटक 'त्यति राम्रो देखिएन बुवा' भन्दा कहिले त उनी झर्किँदै भन्थे, 'यिनलाई चित्त बुझाउन कत्ति गाह्रो हो!', भोेलिपल्ट रिस शान्त हुन्थ्यो अनि फेरि छोरासँग सल्लाह गरेर मेट्थे र सुधार्थे। छोराले ठिक छ भनेपछि बल्ल ढुक्क हुन्थे।, 'मेरो परिवारको प्रेरणा र सहयोग नहुने भए म कुन हौसलाले यसरी यो उमेरमा काम गर्थें हुँला र?' हरिप्रसादले भने।, मौर्य सम्राट अशोकले करिब २२ सय वर्षअघि लुम्बिनी आएर आफ्नो नाउँको स्तम्भ ठड्याउँदै यो ठाउँलाई गौतम बुद्धको जन्मस्थलका रूपमा चिनाएका थिए। चित्र: हरिप्रसाद शर्मा, हिजोआज उनी भक्तपुर दरबारमा भएको कोटीहोमको चित्र बनाउँदैछन्। त्यहाँ मल्लराजा सरिक छन्। रानीहरू छन्। पुजारी र भारदार पनि छन्। त्यसबाहेक भक्तपुरका स्थानीय कोही खासखुस गर्दै छन्, कोही टोलाएर राजाले यज्ञ मण्डपमा आहुति दिइरहेको हेर्दै छन्।, यो चित्र बनाउन हरिप्रसाद र विष्णुप्रसाद भक्तपुर दरबार स्क्वायर पुगेका थिए। दरबार अवलोकन गरी विभिन्न कोणबाट फोटो खिचेर ल्याए। त्यसलाई हरिप्रसादले क्यानभासमा उतारे र आफ्नो कल्पनाअनुसारका पात्रहरू भर्दै गए।, बन्दाबन्दैको पेन्टिङ देखेपछि हामीले हरिप्रसादलाई सोध्यौं, 'तपाईंको पेन्टिङ गर्ने तरिका के हो?', जवाफमा उनले भने, 'म पहिला पेन्सिलले कागजमा चित्र कल्पना गर्छु अनि बल्ल त्यसलाई क्यानभासमा उतार्छु।', भक्तपुर दरबारको चित्रमा भने उनी अलि फरक प्रयास गर्दै छन्। उनले पहिला सधैंझैं कागजमा चित्र बनाए। त्यसपछि कागजको पछाडि पेन्सिलले पूरै कोरेर कालो पारे। यसरी कागजपछाडि पेन्सिलले कोरेको कालोले कार्बन कपीको काम गर्छ। यति गरेपछि कागजमा बनाएको चित्र माथिबाट डटपेनले कोरे। यसले पेन्सिलको मधुरो आकृति तल क्यानभासमा देखियो।, तर यो ढाँचा मात्र हो, पूरा चित्र होइन। कागजमा बनाएको चित्रलाई क्यानभासमा उतारेर रङ भर्दासम्म आकृति निकै परिवर्तन भइसक्छ। कति पात्रको अनुहारको स्वरूप र हाउभाउ फेरिन्छ। कति नयाँ पात्र थपिन्छन्, कति हटाइन्छन्। यो सब उनको कल्पनामा भर पर्छ।, कल्पना जति जति फराकिँदै जान्छ, चित्र उति उति निखारिँदै आउँछ।, कहिलेकाहीँ पात्रहरूको हाउभाउ कस्तो देखिन्छ भनेर अड्कल गर्न नसक्दा उनी आफ्ना छोरा र बुहारीलाई नै तिनको अभिनय गर्न लगाउँछन्।, जस्तो, उनले हालै रूसी लेखक लियो टलस्टयको कथा 'हाउ मच ल्यान्ड डज अ म्यान निड' को चित्र बनाएका छन्। त्यसको निम्ति पात्रहरूको हाउभाउ उतार्न छोराबुहारीले अभिनय गरेर देखाएका थिए। प्रमुख पात्र मरेको बनाउन उसको मुद्रा कस्तो देखिन्छ भनेर विष्णुले भुइँमा सुतेर अभिनय गरेका थिए। शव गाड्न खाल्डो खन्दै गरेको मान्छेदेखि चित्रमा देखिने सबै पात्रका अनुहारको हाउभाउ देखाउन पनि विष्णु आफैं कलाकार बनेर बाबुको अगाडि उभिएका थिए।, उनको अभिनयलाई चित्रमा उतार्न सबभन्दा पहिला विभिन्न कोणबाट फोटो खिचिन्छ र त्यही फोटोका आधारमा हरिप्रसाद आफ्नो क्यानभास भर्छन्।, 'अहिले पो हातहातमा मोबाइल भएर फोटो खिच्न सहज छ। पहिले क्यामरा सजिलै उपलब्ध नहुँदा म केही बेरसम्म एउटै मुद्रामा हलचल नगरी बसिरहन्थेँ,' विष्णुले भने, 'मेरो मुद्रा हेरेर बुवा सिधै कागजमा खेस्रा कोर्नुहुन्थ्यो।', चित्र बनाउन मान्छेको अनुहार र हाउभाउ मात्र भएर पुग्दैन। विषयवस्तु सुहाउँदो भूगोल र त्यहाँको परिवेश पनि चाहिन्छ। यसका लागि विष्णु इन्टरनेट चहार्छन् वा किताबहरू खोज्न थाल्छन्। जुन चित्रका लागि जुन भूगोल र जुन परिवेश उपयुक्त हुन्छ, त्यो लगेर बुवाको अगाडि राखिदिन्छन्।, यसरी बुवालाई पेन्टिङ बनाउन जतिसक्दो सहयोग गरेपछि बचेको समय मात्र अरू काममा लगाउने गरेका विष्णुलाई उनकी श्रीमतीले कहिलेकाहीँ जिस्क्याउँछिन् पनि, 'बुवालाई भन्दा बढी पेन्टिङको नसा त तपाईंलाई लागेको छ।', त्यो नसा विष्णुका दुई छोरामध्ये ठूलो छोरा चेतनलाई पनि छ। उनले सिसाकलमबाट हरिप्रसादको मुहारचित्र कोरेका छन्। भान्साको पारदर्शी सिसामा अघिल्लो लकडाउन बेला मयुरको चित्र पनि बनाए। उनी व्यावसायिक रूपले पेन्टिङमा लागेका भने छैनन्।, अमेरिकामा पढ्दै गरेका उनी नेपाल आउँदा हजुरबुवालाई भनेर रङ, क्यानभास र कलाकारका किताबहरू ल्याइदिन्छन्। त्यहीँ हुँदा पनि उनलाई हजुरबुवाले बनाएको हरेक पेन्टिङको विवरण दिनुपर्छ, त्यसको फोटो पठाउनुपर्छ। पेन्टिङ अझ निखार्न के गर्न सकिन्छ भनेर उनी उतैबाट सल्लाह पनि दिन्छन्।, 'ग्यालरी व्यवस्थापन गर्ने र लाइटिङ मिलाउने काम उसैले गरेको हो,' विष्णुप्रसादले भने, 'कुन ठाउँमा कस्तो लाइटिङ राख्नुपर्छ भनेर ऊ आफैं हेर्छ र आफैं लिएर आउँछ।', हरिप्रसादलाई ठूलो नातिले भविष्यमा पेन्टिङ अंगाल्छन् कि भन्ने आशा छ। विष्णु भने छोरालाई पेन्टिङमा रूचि भए पनि अब यो क्षेत्रमा लाग्न ढिला भइसकेको बताउँछन्, 'रहर गरेर बेलाबेला बनाउँछ तर उसको बाटो अर्कैतिर मोडिइसक्यो। धन्न बुवाको सीप अगाडि बढाउनुपर्छ भनेर मलाई बेलैमा बुद्धि आएछ।', २०५२ सालमा बुवालाई पत्नीशोकबाट निकाल्न जसरी उनले चित्रकलामा तल्लीन हुने टख बसाइदिए, यसपालि त्यस्तै बुद्धि लगाएर बुवाका कलाहरूको संकलन पुस्तक निकाल्ने जमर्को गरेका छन्।, किताबको कुरा उठेपछि विष्णुले आफ्नो कोठाबाट एउटा ठूलो कालो बाकस लिएर आए र हरिप्रसादका अगाडि राखिदिए।, हरिप्रसादले बडा तन्मयका साथ बाकस खोले।, बाकसभित्र भर्खरै प्रेसबाट छापिएर आएको तात्तातो किताब थियो, जसलाई उनी आफ्नो जिन्दगीकै सबभन्दा ठूलो सम्पत्ति भन्छन्।, हरिप्रसाद शर्माको प्रकाशोन्मुख कला-संग्रह किताब।, काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रकाशन गरिएको यो किताब पाँच खण्डमा विभाजित छ – इतिहास, संस्कृति, जीवनशैली र सम्पदा, बुद्धको जीवन र मुहारचित्रहरू। यसको छपाई पनि विशेष छ। झट्ट हेर्दा नेपाली कागजझैं खस्रो देखिने बाक्लो इटालियन कागज प्रयोग गरिएको विष्णु बताउँछन्।, किताबमा नेपालको इतिहासका महत्वपूर्ण क्षण तथा इतिहासको मार्ग बदल्ने ऐतिहासिक घटनाहरूलाई कालक्रमानुसार सिलसिलेवार प्रस्तुत गरिएको छ। यसले लगभग दुई हजार वर्षको काठमाडौं इतिहास, सभ्यता र संस्कृतिको दृश्ययात्रा गराउनेछ।, किताबका पाना फर्लकफर्लक फर्काउँदा दाहिनेतिर पेन्टिङ छ भने देब्रेतिर उक्त पेन्टिङबारे अंग्रेजी, नेपाली र नेपाल भाषामा विवरण प्रकाशित छ। कुनै समय व्यावसायिक अनुवादकका रूपमा काम गरेका विष्णुले नेपाली र अंग्रेजी विवरणमा आफैंले काम गरेका हुन्। नेपाल भाषामा लेख्ने जिम्मा भने छुट्टै मान्छेलाई दिए। प्रत्येक आख्यान चित्रको भाव, संवेग र सन्देश हेरेर तयार पारिएको उनको भनाइ छ।, दुई-तीन वर्षको दौडधुपपछि प्रकाशन भएको किताबका मोटा पाना पल्टाउँदै हामीलाई त्यसमा संग्रहित चित्रहरू देखाउँदा हरिप्रसादको अनुहारमा सन्तुष्टिका लहर यस्तरी दौडिएका थिए, जसरी हाम्रो शरीरका नशामा रगत दौडिन्छन्।, 'मेरो जीवनभरिको कमाई यही हो। हामीले आफ्नो समयमा बाँचेको सहरको परिवेश र यसको इतिहास चित्रकथाका रूपमा आगामी पुस्तालाई सुम्पने अवसर पाएँ, म त्यतिमै धन्य छु।', यसो भन्दै गर्दा हरिप्रसादका आँखा आकाशमा जून चम्केझैं चमक्क चम्केका थिए।, साँझ पर्दै थियो। पर पशुपतिनाथ मन्दिरमा बजेको घन्टीको टङटङ आवाज सुनिन थाल्यो। सायद पशुपतिमा नित्य आरतीको बेला भयो कि!, छुट्टिने बेला हरिप्रसादले आफ्नो ८५ वर्षे जीवन र लामो कलायात्राको निचोड खिच्दै भने, 'मैले आफ्नो परिकल्पनाअनुसार बनाउनुपर्ने ऐतिहासिक चित्रहरूको सूची अझै लामो छ। ती चित्र बनाउन मलाई यो जुनीले मात्र पुग्दैन। त्यसैले अर्को जुनीमा पनि चित्रकार भएर जन्मन मन छ।', त्यो जुनीमा पनि उनीसँग सहकार्य गर्न विष्णुप्रसादजस्तै छोराको खाँचो पर्ला कि!, कलाकार हरिप्रसाद शर्मा भक्तपुर दरबार प्रांगणमा मल्लराजाले कोटीहोम गरिरहेको दृश्यचित्र बनाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यसरी बन्दैछ नयाँ चित्र: भक्तपुर दरबार प्रांगणमा कोटीहोम गरिरहेका मल्लराजा र उनका भारदारहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, दुई हजार वर्षको काठमाडौं यात्रा
सेतोपाटी संवाददाता महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ। , किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ। घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ पुगेका छन्।, कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता , यता तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन्।, यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला वैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जंगबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।, कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।, साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। रासस, महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
रासस महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु)को काठ बरामद गरेको छ।, बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो।, बरामद काठको मूल्य करिब रु दुई लाख भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। , यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षा सशस्त्र प्रहरीको संयुक्त गस्ती परिचालन गर्न लागिएको जनाएको छ।, कुखुराको खोरमा चोरी कटानीको काठ
नारायण खड्का बाँकेको कोहलपुर नगरपालिका - १४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको  छ।, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका-१९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संल्गन व्यक्ति हुन्।, २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जलीको हत्यामा संलग्न खुलेको डिएसपी मल्लले सेतोपाटीलाई जानकारी दिए।, साउन १० गते बिहान आफ्नै घरमा एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पतीको हत्या भएको थियो। घटना लगतैदेखि आरोपित बेहेना फरार रहेको र उनको खोजी जारी रहेको डिएसपी मल्ले बताए।, प्रहरीका अनुसार गडरिया दम्पतीको हत्यामा संलग्नमध्य नेपालगन्ज – १९ सूर्जे गाउँकै १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेष पक्राउ परेपछि घटना अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो।, ‘सोनकर र शेष पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो ,’ डिएसपी मल्लले भने, ‘आरोपित भाग्न नपाओस भनेर उनको खोजी जारी राखिएको छ।’, बेहेना भागेर छिमेकी देश भारतमा पुगिसकेको प्रहरीको भनाई छ।, कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगञ्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। , प्रहरीका अनुसार हत्यामा प्रयोग भएका ब्यक्तिले घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार बुझेका थिए।, पाँच लाखमा भाइ–बुहारीको हत्या गर्न भनेर ‘कन्ट्रयाक्ट किलर’ लाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले यसअघि नै ,सेतोपाटी,लाई जानकारी दिएका थिए।, दाजु भाउजु घरको माथिल्लो तला र भाइ बुहारी तल्लो तलामा बस्दै आएका थिए। घटना घटाइएको समयमा उनका बुवाआमा धार्मिक भ्रमणमा भारतमा थिए।, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाबुआमाले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको बाहानामा दाजु विजयकुमारले हत्या योजना बुनेको यसअघि नै बताएका थिए । , भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन दाजु भाउजु मिलेर भाइ बुहारीको हत्याको योजना बनाएको एसपी अधिकारीले बताएका थिए।, यो पनि हेर्नुहोस्, दाजु र भाउजुको योजनामा कोहलपुरमा भाइ-बुहारीको हत्या , पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न ‘सुपारी’ दिएका थिए विजयकुमारले,  , कडरीया दम्पतीको हत्यामा अर्का युवाको पनि संलग्नता खुल्यो
डा.श्रीराम खड्का सामान्यत, बच्चा योनीमार्गबाट जन्मिन्छ। तर कारणवस योनीमार्गबाट बच्चा जन्माउन नसकिए वा योनीमार्गबाट भन्दा पेट चिरेर जन्माउँदा सुरक्षित हुने अवस्थामा सिजरियनको माध्यमबाट जन्माइन्छ।, आमा र बच्चा दुवैको लागि राम्रो होस् भनेर सिजरियन डेलिभरी गराइन्छ। जस्तो, बच्चा ठूलो छ आमाको योनीमार्गबाट आउन सक्दैन अथवा बच्चाको टाउको भन्दा अगाडि साल छ, पाठेघरको मुखमा मासु पलाएको छ भने सिजरियन गर्नुपर्छ। बच्चाले दिसा गर्‍यो भने, बच्चा तेर्सो भएर बसेको छ भने पनि सिजरियन गरिन्छ।, नर्मल डेलिभरी र सिजरियन डेलिभरीमा फरक छ। यो सुन्दा पनि कति फरक सुनिन्छ। सिजरियन डेलिभरी भनेको प्राकृतिक भएन।, कतिपय अवस्थामा आमालाई बचाउन अनि कतिपय अवस्थामा बच्चालाई बचाउन सिजरियन गर्नुपर्छ। नर्मल डेलिभरीको ६-७ घण्टामै आमा हिँड्न सक्छिन्। तर सिजरियनबाट डेलिभरी भएका आमालाई अलि बढी समय लाग्छ।, सिजरियन डेलिभरी गरेका आमालाई तत्काल खाना दिइँदैन। तर नर्मल डेलिभरी गरेका आमालाई तुरून्तै दिन मिल्छ। यस अर्थमा पौष्टिक आहारनै ढिलो हुन्छ।, पछिल्लो समय नर्मल डेलिभरी गराउनेहरू घट्दै गएका छन्। गर्भवति आफैंले नर्मल डेलिभरी गराउन चाहदैनन्। गर्भवति महिलाको अस्पताल जाने क्रम बढेको छ। सिजरियन गर्नुपर्ने/नपर्ने पहिल्यै थाहा हुन्छ।, पहिला पहिला अस्पतालनै नजाने भएकाले कति महिलाको मृत्यु हुन्थ्यो। अहिले अस्पताल जाने क्रम बढेसँगै सिजरियनले गर्दा मातृ मृत्यु घटेको छ। , अर्को कुरा कतिपय अवस्थामा महिला आफैंले सिजरियनको लागि जोड दिएका हुन्छन्। पर्याप्त काउन्सिलिङ नभएकाले यस्तो भएको हो। जुन स्वास्थ्य संस्थामा उहाँहरूले परीक्षण गर्नुभएको छ, ती अस्पतालले सुरूदेखि राम्रो काउन्सिलिङ गरेमा नर्मल डेलिभरीको लागि तयार हुन सक्छन्।, फेरि एक पटक सिजरियन गरेपछि अर्को पटक नर्मल डेलिभरी हुँदैन भन्ने होइन। तर धेरै जटिलता आउन सक्छन्। सरकारको नीति सकेसम्म नर्मल डेलिभरीनै हो। प्रसुती गृहमा सकेसम्म सिजरियन गरिँदैन। तर बच्चा जन्माउन गाह्रो हुने भयो भने सिजरियन डेलिभरी गराइन्छ। त्यस्तै देशका विभिन्न ठाउँबाट रिफर गरेर पठाइएका गर्भवतीको समेत सिजरियन डेलिभरी गराइन्छ।, सिजरियन डेलिभरी  कस्तो अवस्थामा गर्ने, नर्मल डेलिभरी र सिजरियन डेलिभरीमा के फरक छ भन्ने विषयमा केन्द्रित रहेर हामीले प्रसुती गृह थापाथली र मिडाट अस्पताल लगनखेलमा कार्यरता स्त्री रोग विशेषज्ञ डा. श्रीराम खड्कासँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्-, *यसअघि असावधानीबस  सिजरियन हुनुपर्नेमा अन्यथा पर्न गएको सच्याइएको छ।, कस्तो अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्छ? (भिडिओ)*
सेतोपाटी संवाददाता रसुवामा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। , गोसाइकुण्ड गाँउपालिका-५ स्थित शुक्रबार गोसाइकुण्ड तिर्थबाट घर फर्कने क्रममा लेक लागेर तीन जना बेहोस भएका थिए। उनीहरूको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।  , बेहोस हुनेहरूमा नुवाकोटको ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका-११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन्। , सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकेर ल्याएका थिए। , उनीहरूलाई धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरूको स्वास्थ्यमा सुधार आएको थियो। , बाटोमै स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ।,  , गोसाइकुण्डमा लेक लागेर बेहोस भएका तीन जनाको उद्धार
सेतोपाटी संवाददाता बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , शनिबार बिहान सवा ७ बजे महागढीमाई नगरपालिका-२ इनरवामा बस्ने एक पुरूषको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , सोही नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो। , उनी चनरदेव भगतको धान खेतमा पानी हाल्न मोटर जोड्दै थिए।, मोटरमा तार जोड्ने क्रममा करेन्ट सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए। , सो खबर पाएपछि प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। ,  , बारामा करेन्ट लागेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ।, शनिबार बिहान पौने ११ बजे आँधिखोला गाउँपालिका-२ रंगेठाटीमा लडेर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्‍द्र खनालले जानकारी दिए। , अन्दाजी ६१ वर्षीय देवनारायण सार्की घरदेखि अन्दाजी दुई किलोमिटर टाढा रहेको पाखोबारीमा घाँस काट्दै थिए। , त्यसक्रममा उनी अचानक ८० मिटर तल भीरमा खसेका थिए। , खसेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। , यस घटनाको थप अनुसन्धान भइरहेको छ। ,  , स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
सेतोपाटी प्राणघातक हमलामा परेका विश्वप्रसिद्ध लेखक सलमान रूस्दीको स्वास्थ्य अवस्था नाजुक रहेको बिबिसीले जनाएको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ भने एउटा आँखाको ज्योति गुम्ने खतरा छ।, भारतीय मूलका रूस्दीमाथि शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा हमला भएको थियो। साढे दुई हजार जनाभन्दा बढी सहभागी एक कार्यक्रमबीच कालो नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर रूस्दीको घाँटी र शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए। अमेरिकी समयअनुसार शुक्रबार बिहान ११ बजे उक्त हमला भएको हो।, रूस्दीका एजेन्ट एन्ड्रयू वायलीका अनुसार उनको स्वास्थ्य अवस्थालाई लिएर अस्पतालबाट प्राप्त जानकारी त्यति सकारात्मक छैन।, 'सलमानको एउटा आँखा गुम्ने आशंका गरिएको छ,' उनले भने, 'उनको हातका केही नशाहरू काटिएका छन् भने कलेजोमा पनि छुराको चोट लागेको छ।', अहिले रूस्दी भेन्टिलेटरमै भएको र बोल्ने अवस्थामा नरहेको उनले बताए। यसबीच रूस्दीको शल्यक्रिया पनि गरिएको बिबिसीले लेखेको छ।, उनी हमलालगत्तै भुइँमा ढलेका थिए। उनको मन्तव्य सुन्न आएकामध्ये दस-पन्ध्र जना व्यक्तिले मञ्चमा चढेर आक्रमणकारीलाई नियन्त्रणमा लिए। रगताम्मे रूस्दी करिब पाँच मिनेट भुइँमै लडिरहे। त्यसपछि उनलाई उठाएर कार्यक्रम स्थल बाहिर लगियो। त्यहाँबाट हेलिकप्टरमा राखेर नजिकको अस्पताल पुर्‍याइयो।, न्यूयोर्क राज्य प्रहरीले हमला गर्ने व्यक्ति पहिचान गरिसकेको छ। उनी २४ वर्षीय हादी मतर भएको प्रहरीले जनाएको छ। उनी हिरासतमा छन्।, प्रहरीका अनुसार हादी मतार न्यूजर्सीका बसोबासी हुन्। हमलाको पछाडि उनको उद्देश्य के थियो भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन।, अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता ७५ वर्षीय रूस्दीले केही वर्षयता ज्यानको धम्की सामना गर्दै आएका थिए।, भारतमा जन्मिएका रूस्दीको सन् १९८१ मा प्रकाशित 'मिडनाइट चिल्ड्रेन' ले बुकर पुरस्कार जितेको थियो। यो उपन्यास बेलायतमा मात्र १० लाख प्रतिभन्दा बढी बिकेको रेकर्ड छ। उनी यसैबाट संसारभर लोकप्रिय भए। उनका १४ वटा उपन्यास प्रकाशित छन्।, सन् १९८८ मा प्रकाशित चौथो उपन्यास 'द सैटनिक भर्सेस' ले इस्लामविरोधी धारणा फैलाएको भन्दै उनीमाथि ज्यानको धम्की आउन थालेको थियो। त्यसपछि झन्डै एक दशक उनी भूमिगत भएका थिए।, संसारभरि किताबको विरोध हुन थालेपछि प्रतिबन्ध लगाउन माग गरिएको थियो। सँगसँगै सेन्सरसिप र किताब जलाउने प्रवृत्तिको विरोधमा पनि थुप्रै प्रदर्शन भए।, किताब प्रकाशन भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले रूस्दीलाई मार्ने फतवा जारी गरेका थिए। यसले संसारभरि हलचल मच्चिएको थियो।, सैटनिक भर्सेस प्रकाशनपछि विभिन्न देशमा भएको विरोध प्रदर्शन क्रममा ५९ जनाको ज्यान गइसकेको बिबिसीले जनाएको छ। मृतकहरूको सूचीमा उपन्यासका अनुवादकहरू पनि छन्।, सलमान रूस्दी भेन्टिलेटरमा, एउटा आँखा गुम्ने खतरा
नारायण खड्का रूकुम पूर्वमा भएको जीप दुर्घटनामा परी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित चारजना घाइते भएका छन्। , जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा चार जना घाइते भएका हुन्।  , जीप दुर्घटना हुँदा प्रहरीका डिएसपी प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन्। , प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना डिएसपी घाइते छन्। प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन्। , डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम-पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन्।  , दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण पुन गम्भीर घाइते छन्।, घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ।, प्रजिअ सुनुवारले घाइतेलाई आफूले हेलिकोप्टरमार्फत अस्पताल पठाउने तयारी गरिरहेको जानकारी दिए। , गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फ पठाइएको हो। , जिल्ला प्रहरी कार्यालयका अनुसार डिएसपीसहितको टोली तकशेरमा निरीक्षणमा जाँदै थियो। सो गाडी बिहान ११ बजे दुर्घटनामा परेको कार्यालयले बतायो।, डिएसपी डाँगीले सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै आफू ठीक रहेको र उपचारको लागि अस्पताल जाँदै गरेको जानकारी दिए।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले गाडीमा सवार सबै छ जना घाइते भएको सेतोपाटीलाई बताए।, घाइते मध्ये प्रहरी जवान सन्तोष बुढा र लक्ष्मण पुनलाई हेलिकप्टरमार्फत बाँकेको नेपालगञ्ज तर्फ लगिएको छ।, दुर्घटनाका घाइते प्रहरी जवान मध्ये प्रहरी हवल्दार तथा चालक कुमारसिंह डाँगी पनि गम्भीर छन्। उनलाई नेपालगञ्ज लैजान फेरि हेलिकप्टर आउने उनले बताए।, रुकुम-पूर्वमा जीप दुर्घटना हुँदा डिएसपीसहित चार घाइते
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो।, मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।, प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार ना ७ ख ७१०३ नम्बरको ट्रकमा दुई जना सवार थिए। चालक र सहचालकले हाम्फालेर ज्यान जोगाएको र अहिले प्रहरीको सम्पर्कमा आएका छन्। , ट्रक बाहिर निकाल्ने प्रयास जारी छ।, इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो
रामबहादुर थापा/रासस गए राति बागलुङ ढोरपाटन नगरपालिका–५ साहुथोकमा खसेको पहिराले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो। भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए। कुनै विपद् आइनलागोस् भने कामना गरिरहे।, भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो। कुनै खाले क्षति निम्तिएन। खोला थुनिँदा बनेको ताल एक्कासि फुटेर बाढीको रूप लिने खतरा टर्‍यो। खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे। , भुजीखोला त्यही खोला हो जसले २०७७ भदौ १७ गते  मध्यरातमा बितण्डा मच्चाएको थियो।, बाइस जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रूपमा सम्झन्छन्। सालिन्दा बर्खायाम आउँदा त्यही अप्रिय घटना बल्झेर आउँछ। , ढोरपाटन–९ लाकुँरीबोटका भीमबहादुर सुनारले अहिले पनि ठूलो वर्षा हुँदा घर छाडेर विद्यालयमा आश्रय लिने गरेको बताए।, ‘अहिले पनि बेला-बेला खोलाले तर्साउँछ, घरछेउमै भल आउँछ’, उनले भने,‘सुरक्षित बसोबासका लागि कसैले पनि पहल गरेनन्, हामी अझै पीडामा छौं।’, दुई वर्षअघिको बाढीले सुनारको पसलसहित घर बगाएको थियो।, अहिले लाकुँरीबोटमै अस्थायी टहरा बनाएर बसेको उनले सुनाए।, खोलाछेउ जोखिम भए पनि जीविकाका लागि बस्नुपरेको उनको भनाइ छ।, ‘अन्त कहाँ जाने जग्गा, सम्पत्ति केही छैन, यहीँ छाप्रो हालेर सानो पसल गरेको छु’, सुनारले भने।, उक्त बाढीको घटनामा प्रियजन गुमाउनेको पीडा त झन् गहिरो छ। थातथलो, जायजेथा बाढीमा बगेर कतिको त उठिबास नै भएको थियो। ढोरपाटन–५ का अध्यक्ष दीपेन्द्र पुनमगरले गएराति भुजीखोला थुनिँदा आफूहरू घटनास्थलमै रहेको बताए।, ‘साहुथोक भन्नेमा पहिरो जाँदा खोला थुनिएको हो, आधा घण्टामै खोला बग्न सुरू गर्‍यो’, उनले भने, ‘तटीय क्षेत्रका बासिन्दा दुई वर्षअघिको घटना सम्झेर त्रसित बनेका थिए, धन्न कुनै क्षति हुन पाएन।’, उनले बाढीपहिराको रोकथाम र खोला नियन्त्रणमा कसैले चासो नदिएकाले कुनै पनि बेला विपद् निम्तन सक्ने बताए।, ठाडो खोला र कमसल भू–बनोटका कारण खोला किनार छेउछाउका बस्तीमा बाढीपहिराको जोखिम छ।, उनले खोला नियन्त्रण र बस्ती विकासको दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राखे।, स्थानीय शिक्षक जुनकुमार विकले बर्सातका बेला भुजीखोला आसपासका बासिन्दा भयमा बाँच्नुपर्ने अवस्था रहेको बताए। , ‘पानी पर्दा ढुक्कले निदाउन सकिन्न, कहाँ के हुने हो भन्ने त्रास भइरहन्छ’, उनले भने, ‘यहाँ बाढी प्रभावितलाई पनि आश्वासनमात्र देखाउने काम भयो, उनीहरूको पुनःस्थापनामा राज्यका निकायले पनि बेवास्ता गरे।’, त्यसबेला बाढी प्रभावित ठाउँमै पुगेर स्थानीयदेखि संघ सरकारसम्मका पदाधिकारीले पीडितको घर पुनर्निर्माण गरिदिने बताएका थिए।, संघ र प्रदेश सरकारबाट बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सहयोग नआएको स्थानीयको गुनासो छ।, देश विदेशबाट ढोरपाटन नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसाबाट भने राहत सामग्री वितरण गरिएको थियो। राहत मात्र दिएर नहुने भन्दै बाढीपीडितको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ।, विसं २०७७ असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री किरण गुरूङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनःनिर्माणको काम थाल्ने भनी जनाएको प्रतिबद्धता पनि लागू हुन सकेन।, बाढीले क्षति पुर्‍याएका सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायतका भौतिक संरचना पुनःनिर्माणका लागि नगरपालिकाको केन्द्र बुर्तिबाङमा त्यस्तो कार्यालय स्थापना गर्ने जनाइएको थियो।, दुई वर्ष बित्न लाग्दासमेत न कार्यालय नै राखियो, न त पुनःनिर्माणको काम नै अघि बढ्यो।, भुजीखोलाको बाढीपछि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम थाल्ने सरकारी घोषणा पनि अलपत्र परेको छ। बाढी प्रभावित भने अझै पनि तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता पूरा हुनेमा आशावादी छन्। बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पुर्‍याएको थियो। , त्यहाँका मात्र एक सय तीन घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो। यस्तै वडा नं ८ का ८ घर पूर्ण र ९ घरमा आंशिक क्षति पुगेको थियो। बाढीबाट वडा नं. ७, ६ र ५ सम्मै प्रभावित भएको थियो। लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा बढी क्षति पुगेको थियो। ,  , ‘अहिले पनि बेला-बेला खोलाले तर्साउँछ, घरछेउमै भल आउँछ’
नारायण खड्का दाङमा एक जना शिक्षकले आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।  , राजपुर गाउँपालिका वडा नं. ३ स्थित जनज्योति माध्यामिक विद्यालय बेलामा कक्षा १२ मा पढ्ने १९ वर्षीय मन्साराम यादवलाई सोही विद्यालयका निमावि राहत शिक्षक पाटेश्वर यादवले निर्घात कुटपिट गरेका हुन्।  , कुटपिटबाट घाइते मन्सारामको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।  , शिक्षक यादवले सोही विद्यालयमा पढ्ने १९ वर्षकी आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै छोरीलाई फोन गर्न लगाइ एकान्तमा बोलाएर चारैतिरबाट घेरा हाली निर्घात कुटपिट गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई जानकारी दिए।  , ‘छोरीलाई प्रेम गरेको बहानामा एकान्तस्थलमा बोलाई पाँच जना मिलेर विद्यार्थीमाथि निर्घात कुटपिट भएको रहेछ,’ एसपी काफ्लेले भने, ‘घटनाबारे थाहा पाएर पुगेको प्रहरीले पीडितलाई राति नै बेला चोकबाट उद्धार गरी अस्पताल पुर्‍याएको थियो।’, कुटाइ खाएका विद्यार्थीको तर्फबाट आफन्तले इलाका प्रहरी कार्यालय गढवामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन्। इप्रका गढवाकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले पीडित विद्यार्थीको तर्फबाट परेको निवेदनमा मन्सारामले केटी र आफूबीच प्रेम सम्बन्ध रहेको हुँदा त्यही बहानामा केटीमार्फत् आफूलाई राति एकान्तस्थलमा बोलाएर नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगले आक्रमण भएको भनेर जाहेरी दिएका छन्।  , विद्यार्थी मन्साराममाथि केटीका बुवा, ठूलो बुवा र तीन छोराहरू मिलेर लाठी र मुक्का तथा लात्ताले कुटपिट गरेको केसीले बताइन्।  , प्रहरी निरीक्षक केसीका अनुसार घटना २१ गते राति दश बजेतिरको हो।, घटनाबारे थाहा पाएर प्रहरी राती नै पुगी उद्धार गरे घाइतेलाई लमही अस्पताल पुर्‍याएको केसीले जानकारी दिइन्।  कुटपिटबाट मन्सारामको अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो निलडाम तथा घाउ रहेको उनले जानकारी दिइन्।  , कुटपिटमा संलग्नमध्ये केटीका बुवा तथा शिक्षक ३७ वर्षीय पाटेश्वर यादव र उनका दाजु ४० वर्षीय धिरबहादुर यादवलाई साउन २३ गते नियन्त्रणमा लिइएको छ। कुटपिटमा संलग्नमध्ये उनीहरूका तीन छोराहरू फरार रहेको तथा खोजी कार्य जारी रहेको केसीले बताइन्।  , राजपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रसाद यादवले पनि शिक्षक पाटेश्वरले छोरीलाई आफ्नै मोबाइलबाट मन्सारामलाई फोन गरी एकान्तस्थलमा बोलाइ नियन्त्रणमा लिएर घरमै लगेर निर्घात कुटपिट गरेको तथ्य खुल्न आएको सेतोपाटीलाई बताए।   , ‘बुवाको दबाबले गर्दा केटीले नै आफ्नो मोबाइलबाट केटालाई फोन गरी तीजको नाच हेर्न जाऔं भनेर बेलुका ९ बजेतिर बेला स्कुल नजिकै बोलाएकी रहिछन्,’ अध्यक्ष यादवले भने ‘केटा केहीबेरमा बेला स्कुलको चौरनेर पुग्नासाथ चारै तर्फबाट घेरा हाली समातेर घरमा पुर्‍याई निर्घात कुटपिट गरेका रहेछन्।’, वडाध्यक्ष यादवका अनुसार यादव समुदायमा आफूखुसी प्रेम विवाहलाई गम्भीर अपराध वा चोरीको रूपमा लिने गलत सोच भएका कारण केटामाथि निर्घात कुटपिट भएको हुन सक्ने तर्क गरे।  , केटाकेटी दुबै यादव थरकै हुन् र उनीहरू सँगै पढ्थे।, ‘उनीहरूबीच फोनमा कुराकानी हुँदो रहेछ,’ वडाध्यक्ष यादवले भने, ‘त्यो थाहा पाएर बाबुकै योजनामा कुटपिट भएको रहेछ।’, घटनाको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (कान्तिकारी) जिल्ला समिति दाङले विज्ञप्ति निकालेको छ।  , अखिल (क्रान्तिकारी) का दाङ संयोजक गिरबहादुर महराले जारी गरेको गरेको विज्ञप्तिमा कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनु पर्ने माग गरिएको छ।, आफ्नी छोरीसँग प्रेम गरेको निहुँमा शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट
रासस स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन्।, वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।, भित्री कच्ची सडकमा ग १६ प ५४६१ नंको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताए।, घटनास्थलमा नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको जनाइएको छ।, प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए। , शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा ल्याइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।,  , पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला
सेतोपाटी संवाददाता हेटौंडामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।, बिहीबार हेटौंडाबाट मनहरीतर्फ गइरहेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले पैदलयातत्री शेर्पालाई ठक्कर दिएको हो।, शेर्पाको मनहरि गाउँपालिका-९ को खरङ्गाको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ।, एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।, हेटौंडामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
सेतोपाटी संवाददाता तनहुँमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।, बिहीबार बा ४ ख ९९९९ नम्बरको माइक्रो दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, माइक्रो दमौलीबाट पोखरातर्फ जाँदै थियो। माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किएको हो। माइक्रो पुलबाट १५ फिट तल खसेको थियो।, प्रहरी नाउब उपरीक्षक खड्काका अनुसार बिहान तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेस्थित सम्धी खोलाको पुलमा माइक्रो अनियन्त्रित भई खस्दा दुर्घटना भएको हो।, १५ घाइतेमध्ये ७ जना सामान्य उपचारपश्चात डिस्चार्ज भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। , बाँकी ८ घाइतेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। , तनहुँमा माइक्रो दुर्घटना हुँदा १५ घाइते
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, बाग्लुङको बाग्लुङ नगरपालिका-३ घर भई काठमाडौंको बसुन्धारा बस्दै आएका ५२ वर्षीय छत्रबहादुर रोक्का क्षेत्रीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार क्षेत्रीले पीडितसँग जग्गा बैनाको लागि ४० लाख रुपैयाँ लिएका थिए। उक्त जग्गा पास गर्न नसकेपछि उनले चेक काटेर पैसा फिर्ता गर्न लागेको प्रहरी उपरीक्षक कोइरालाले बताए। बैंकमा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको थियो।, प्रहरीले उनलाई बुधबार बसुन्धाराबाट पक्राउ गरेको हो।, आवश्यक कारबाहीका लागि क्षेत्रीलाई प्रहरी वृत्त बानेश्वर पठाएको जनाइएको छ।, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८१५ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४११ जनाको पिसिआर र दुई हजार १२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८६९ जना सक्रिय संक्रमित छन्।, ४६६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ। , कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु, थपिए ८१५ संक्रमित
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले नवलपरासीको सुस्ताका मिटरब्याजी पीडितमध्ये आधाको समस्या समाधान भइसकेको बताएका छन्। , आफू प्रहरी प्रमुख बनेको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै आइजिपी सिंहले आधाको समस्या समाधान भएपछि आन्दोलित भएर बसेको बताएका हुन्। , उनले यस मुद्दामा नेपाल प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको पनि बताए।, त्यस्तै आन्दोलित किसानहरूलाई प्रहरी कार्यालयमा गएर जाहेरी दिन पनि अनुरोध गरेका छन्। , ‘उहाँहरू आन्दोलनको सट्टामा कुनै पनि प्रहरी कार्यालयमा गएर जाहेरी दिनुभयो भने हामीले कारबाही गरी नै राखेका छौं। अहिले सुस्ताका मानिसहरू बस्नुभएको छ,’ उनले भने, ‘त्यस सन्दर्भमा सिआइबीका चिफ र जिल्लाका प्रमुखले गर्दा आधा जतिको समस्या समाधान भइसकेको छ। तैपनि उहाँहरू आएर बस्नुभएको छ र आन्दोलनमा बस्नुभन्दा कानुन कार्यान्वयन गर्ने निकाय के हो। त्यहाँ गएर जाहेरी दिनुभएको भए सजिलो हुन्छ।’, जाहेरी लिएर जाँदा कुनै पनि निकायले कारबाही नगरेको कतै नभएको उनले दाबी गरे। जाहेरी दर्ता नभएको हकमा भने सरकार वा प्रहरी महानिरीक्षकलाई समेत जानकारी गराउन उनले अनुरोध गरे। , ‘यसरी आन्दोलन गर्नुभन्‍दा हामीले यस प्रहरी कार्यालयमा जाहेरी दियौं। र कारबाही भएन भनेर सरकारसँग वा प्रहरी महानिरीक्षकसम्म आइदिए सजिलो हुन्थ्यो,’ उनले भने। , कतिपय मिटरब्याजीका आरोपित भनिएका व्यक्तिहरूलाई कारबाही गर्न कठिन भएको उनले स्वीकारे। , प्रमाणहरू नै आरोपितका पक्षमा हुने हुँदा कारबाही अगाडि बढाउन कठिन हुने बताए। , ‘मिटरब्याजीहरू पनि अजिब किसिमका हुन्छन्। प्रहरीले कारबाही गर्ने कानुनअनुसार हो। जुनसुकै कुरामा पनि प्रहरीले कानुनभन्दा बाहिर गएर कारबाही गर्न सक्दैन,’ उनले भने,‘ धेरैजसोमा जसलाई मिटरब्याजी भनेर आरोप लगाउनुभएको छ। उहाँहरूसँग मिटरब्याजी नभएको प्रशस्त प्रमाण छ। प्रमाणहरू उनीहरूकै पक्षमा हुन्छ।’, जिल्ला कार्यालयमा मात्रै नभई केन्द्रीय अनुसन्धान ब्युरोमै गएर जाहेरी दिए पनि हुने उनले बताए। , ‘सम्बन्धित कार्यालय वा त्यहाँ भएन भने सबै ठाउँको मुद्दा हेर्ने अधिकार भएको केन्द्रीय अनुसन्धान ब्युरोमा गए पनि हुन्छ। त्यहाँ जानुभयो भने अझ काम चाँडो हुन्छ,’ उनले भने। , सुस्ताका मिटरब्याज पीडितमध्ये आधाको समस्या समाधान भइसक्यो: आइजिपी सिंह
सेतोपाटी संवाददाता विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना कैदी भागेका छन्। अस्पतालबाट बुधबार राति भागेका कैदी विराटनगर–१८ का ४५ वर्षीय लक्ष्मण दास हुन्। , बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ।, दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो। , फैसलापछि उनी फरार थिए। प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो। कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई साउन २० गते अस्ताल भर्ना गरिएको थियो। , जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार दासको खोजी भइरहेको बताएका छन्।, कोरोना अस्पतालबाटै भागे कैदी
एजेन्सी भारतमा एक जना वकिलले रेलवे कर्मचारीले टिकट काट्दा फिर्ता नदिएको २० रुपैयाँ फिर्ता लिन २३ वर्ष मुद्दा लडेका छन्।, बिबिसी हिन्दीका अनुसार मथुराका तुंगनाथ चतुर्वेदीले सन् १९९९ डिसेम्बर २५ मा मथुराबाट मुरदावादसम्म जान रेलका दुइटा टिकट किनेका थिए। मथुराबाट मुरदावाद जान एक जनाको भाडा ३५ रुपैयाँ लाग्थ्यो। उनले सय रुपैयाँको नोट दिए तर टिकट काट्ने मान्छेले १० रुपैयाँमात्रै फिर्ता दिए, भाडाभन्दा २० रुपैयाँ बढी आफैंले राखे।, त्यतिबेला भारतीय रेलमा टिकट काट्न कम्प्युटरको प्रयोग हुने भइसकेको थिएन। हातैले लेखेको टिकट लिएर उनले यात्रा गरे। फर्किएपछि उनले २० रुपैयाँ फिर्ता माग्दै मथुराको उपभोक्ता अदालतमा मुद्दा हाले।  , झन्डै २३ वर्षपछि उक्त अदालतले गत अगस्ट ५ मा उक्त मुद्दामा अन्तिम फैसला दियो। अदालतले चतुर्वेदीलाई २० रुपैयाँको हरेक वर्ष १२ प्रतिशत ब्याजका दरले पैसा फिर्ता गर्न र उनले भोग्नु परेको मानसिक तनावको क्षतिपूर्ति स्वरूप रेलवेले थप १५ हजार रुपैयाँ तिर्न भनेको छ।, रेलवेले उक्त पैसा ३० दिनभित्र नदिए वार्षीक १५ प्रतिशत ब्याज लाग्ने पनि अदालतले उल्लेख गरेको छ।, यो मुद्दाले एकातिर न्यायका निम्ति चतुर्वेदीले गरेको संघर्षलाई देखाउँछ भने अर्कातिर भारतीय न्याय प्रणाली कति सुस्त छ भन्ने उदाहरण दिन्छ।, जसले २० रुपैयाँ फिर्ता लिन २३ वर्ष मुद्दा लडे
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले आगामी चुनावमा प्रहरी निष्पक्ष हुने बताएका छन्। , प्रहरी प्रमुखको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै आइजिपी सिंहले प्रहरीले चुनावमा कुनै पनि दलको पक्ष नलिने बताए। , उनले यसअघि वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि आफूहरूले व्यावसायिकता देखाएको बताए।, ‘नेपाल प्रहरीले आफ्नो व्यावसायिकता भर्खरै तीन महिनाअघि मात्रै पनि प्रदर्शन गरिसकेको छ। हाम्रो लागि सबै पार्टीहरू एक हुन्। कुनै पनि अधिकृतले कसैको पक्ष लिएको त्यस्तो ठाउँ जानकारी प्राप्त भएको छैन,’ उनले भने, ‘७४ वटा मानव अधिकारसम्बन्धी संस्थालाई अनुगमन गर्न दिइएको थियो। उनीहरूले पनि फेयर र क्रेडिबल निर्वाचन भयो भनेर प्रतिवेदनमा खुलाएका थिए।’ , यस्तै, कुनै पनि प्रहरी कसैको पनि दबाबमा नपरी काम गर्ने उनले बताए।, ‘मेरो मातहत सञ्चालित प्रहरी अधिकृतहरू व्यावसायिक छन्, निडर छन्। उनीहरू कुनै पनि किसिमका दबाबमा पर्ने छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले थप भने।, सरकारले आगामी मंसिर ४ गते प्रदेश र संघको एकै पटक निर्वाचन गर्ने तयारी गरेको छ। , त्यसको लागि प्रहरीले पनि तयारी गरिरहेको जनाएको छ। चुनावको लागि म्यादी प्रहरी भर्ना गर्ने पनि तयारी भइरहेको आइजिपी सिंहले बताए। , स्थानीय तह निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीको संख्याभन्दा पनि प्रदेश र संघको निर्वाचनको लागि बढी गर्नुपर्ने उनले बताए। अहिले नै कति भर्ना लिने भन्ने यकिन भइनसकेको उनले बताए। , प्रहरी प्रधान कार्यालयले निर्वाचनको तयारीको लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल पनि गठन भएको छ। , चुनावमा प्रहरी निष्पक्ष हुन्छ: आइजिपी सिंह