content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिदै छ।, कोरोनाकै जोखिमले यसपटक पनि रथयात्रा ननिकाल्ने प्रशासनको निर्णयको चौतर्फी विरोध भएपछि शनिबार रथयात्रा निकाल्ने तयारी भएको हो। , ५४ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। यसअघिका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा निकालिएको थियो। , राधाकृष्ण मन्दिर व्यवस्थापन तथा रथयात्रा आयोजक समितिका अनुसार आज अपरान्ह निकालिने रथयात्राको तयारी पूरा भएको जनाएको छ। , आयोजक समितिका अनुसार विराटनगरको तीनपैनीबाट निकालिने रथयात्रा तिनपैनीबाट निकालेर रोडशेष चोकबाट घुमाउने तयारी गरिएको छ। , १९८९ बाट सुरू भएको खटयात्रालाई २०२५ सालदेखि रथयात्रामा परिणत गरिएको थियो। रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ तयार पारिएको छ। , प्रदेश सरकार, जिल्ला प्रशासन तथा प्रहरीले सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाएर रथयात्रामा सहभागी हुन अपिल गरेको छ।,
विराटनगरको राधाकृष्ण रथयात्राको ५४ औं संस्करण आज |
दिपकजंग शाही डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेका परिवार र कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच सहमति भएको छ।, सहमतिपछि परिवारले शनिबार मृतकको शव बुझ्दैछन्। शव पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।, शुक्रबार राति घटनाको मुचुल्का उठाएर पोष्टमर्टम गर्न शव अस्पतालमा पठाएको थियो। शनिबार पोष्टमर्टमपछि आफन्तले शव बुझ्ने सहमति भएको प्रहरीले जनाएको छ।, मन्त्रालय र पीडित पक्षबीच शुक्रबार नै सहमति भएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले जानकारी दिए।, ‘हाम्रो मन्त्रालय र उहाँहरूबीच छलफल भएको हो, हामी पनि उपस्थित भएका थियौं,’ उनले भने, ‘सहमतिपछि परिवार शव बुझ्न तयार हुनुभएको छ।’, प्रमुख रावतका अनुसार मृतक लामिछानेका आश्रित एकाघरका दुईजनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। एक महिना भित्र उनीहरूलाई रोजगारीमा लगाउने सहमति भएको हो।, परिवारले २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। उनीहरूले माग गरेको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लग्ने सहमति भएको छ।, यस्तै लामिछानेका एक जना छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति पनि भएको प्रमुख रावतले जानकारी दिए। यो माग पनि निर्णय गरेर मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने भएको छ।, डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा आरोपितको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति पनि गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाइएको हो।, छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य छन्।, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।, बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि परिवार तथा आफन्तले कार्यालयमै पुगेर आन्दोलन गरेका थिए। कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेका थिए।, आफन्तले लामिछानेको मृत्यु कुटपिटबाट भएको र पछि झुण्ड्याएको आरोप लगाएका छन्। , आफन्तले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा वन कार्यालयका चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।, डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरू पियुषराज तिवारी र सुरेन्द्र रानाविरूद्ध किटानी जाहेरी परेको हो। उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो।,
मृतकका परिवारलाई रोजगारी र उचित क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्दै परिवार |
सेतोपाटी संवाददाता बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ।, नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार एक जना महिला घाइते समेत छन्।, करेन्ट लागेर २५ वर्षीय बब्लु कलवार र उनका बुवा ४० वर्षीय परशुरामको मृत्यु भएको हो। , परशुरामकी ८५ वर्षीया आमा रामराजी कलवार घाइते छिन्। , उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ। उनको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।, छोरा बब्लुले अटो रिक्सा चार्ज गर्ने क्रममा कारेन्ट लागेपछि उनलाई बचाउन भन्दै बाबु परशुराम पुगेका थिए। , ‘छोरालाई करेन्ट लागेपछि बुवा परशुराम छोरालाई छुटाउँछु भनेर जाँदा करेन्ट लागेको रहेछ,’ डिएसपी घर्तीले भने, ‘आमा पनि छोरा र नातिलाई बचाउन भनेर गएपनि उहाँलाई करेन्टले झट्का दिएर हुत्याइ दिएको हुँदा बाच्न सफल भएको देखिन्छ।’ , छोराको घटनास्थलमै र बुवाको उपचारका क्रममा नर्सिंङ होममा मृत्यु भएको डिएसपी घर्तीले बताए। , बुवा-छोराको शव पोष्टमर्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। ,
बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु |
सेतोपाटी संवाददाता बर्दियामा डुबेर दुई जना बालकको मृत्यु भएको छ। , शुक्रबार अपराह्न नुहाउन खोलामा पसेका दुई जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। , बढैयाताल गाउँपालिका-४ स्थित मान खोलामा गएका १२ वर्षीय आयुष तिरूवा र १३ वर्षीय गौरव भुजेलको मृत्यु भएको हो। , अपराह्न ४ बजेतिर खोलामा नुहाउन पसेका दुई बालक डुबेको भन्ने खबर पाएपछि प्रहरीले खोजी गरेको थियो। , खोज्दा उनीहरूको शव फेला परेको हो। , शवको पोष्टमर्टम गर्न जिल्ला अस्पताल पठाइएको छ।,
,
बर्दियामा खोलामा डुबेर दुई बालकको मृत्यु |
मन्दिरा घिमिरे काठमाडौंको भित्री बस्तीमा एकाबिहानै लाग्ने तरकारी बजार जानुभयो भने हिजोआज एउटा नयाँ परिवर्तन देख्नुहुनेछ।, त्यो हो, प्लास्टिकमुक्त अभियान।, असन, बालकुमारी, केलटोल, भेडासिं, इन्द्रचोक लगायतका सडक पसलमा अचेल प्लास्टिक झोलामा तरकारी दिइँदैन। तपाईंहरूले कपडाको झोला बोकेर जानुपर्नेछ।, ती ठाउँमा 'मेरो पसलमा प्लास्टिकको झोला छैन, कृपया आफैंले कपडाको झोला बोक्ने गरौं' जस्ता जनचेतनामूलक ब्यानरहरू पनि तपाईं देख्न सक्नुहुन्छ।, सरकारले भदौ १ देखि प्लास्टिक झोलामा कडाइ गर्ने नीति लिएको छ। काठमाडौं कोर सिटीमा भने एक महिनाअघि नै प्लास्टिकमुक्त अभियान सुरू भएको हो।, यसमा स्थानीय अभियन्ताहरू विजय श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, सन्जिव शाक्य, करूणानन्द शाक्य, मनोज कर्माचार्य लगायतले संयुक्त प्रयास गर्दै आएका छन्।, पछिल्लो समय काठमाडौंका सडकमा थुप्रिएको फोहोरको डुंगुरमा प्लास्टिकको ठूलो हिस्सा देखेपछि यो अभियान सुरू गरेको विजय बताउँछन्।, 'प्लास्टिक प्रयोग कम गर्नुपर्छ भन्नेमा हामी सबै सहमत थियौं तर कसरी गर्ने भन्ने चाहिँ कसैलाई सुझेको थिएन,' उनले सेतोपाटीसँग भने, 'एकदिन बिहानी तरकारी बजार घुम्दा किनमेल गर्न आउनेहरूले अत्यधिक मात्रामा प्लास्टिक झोला प्रयोग गरिरहेको हामीले देख्यौं।', त्यसपछि सल्लाह गरेर कम्तिमा भित्री बस्तीमा लाग्ने बिहानी तरकारी बजारमा प्लास्टिक झोला निरूत्साहन गर्ने निर्णय गरेको विजय बताउँछन्।, यो निर्णय साउन २ देखि लागू भएको थियो। एक साताका लागि सुरू गरिएको अभियानले सबैको स्वागत पाएपछि महिनाभरि लम्ब्याइएको थियो। यसले सकारात्मक प्रभाव छाडेकोमा उनले खुसी व्यक्त गरे।, 'परिवर्तनको चाहना धेरैले गर्छन्,' उनले भने, 'तर आफूले चाहेको परिवर्तन गर्न आफैं लागिपर्नुपर्छ भनेर हामीले यो अभियान सुरू गरेका थियौं, सफल भयौं।', बिहानी तरकारी पसलहरूमा उनीहरू नियमित निरीक्षण गर्छन्। कसैले प्लास्टिक झोला प्रयोग गरेको देख्यो भने खोसिदिन्छन्।, 'धेरैले हामीलाई अचेल 'झोला डन' भन्छन्,' विजयले भने, 'यो अभियानले प्लास्टिक झोला प्रयोग निर्मूल गर्न नसके पनि केही हदसम्म कम गरेको छ।', आफूहरूले खरिदकर्ता र बिक्रेता दुवैलाई प्लास्टिक झोला प्रयोग गर्न निरूत्साहन गर्दै आएको उनले बताए। यसको सट्टा घरबाट आफैंले कपडाको झोला ल्याउन उनीहरू प्रेरित गर्छन्।, काठमाडौं कोर एरियाको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ। सम्पदाले भरिपूर्ण यो सहरलाई सुन्दर र स्वस्थ राख्न प्लास्टिकमुक्त गर्नुपर्छ भन्ने अवधारणाअनुरूप यो अभियान सञ्चालन गरिएको विजय बताउँछन्।, एकमहिने अभियान शुक्रबार सकिए पनि यसले निरन्तरता पाउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।,
'धेरैले हामीलाई अचेल 'झोला डन' भन्छन्' |
सेतोपाटी संवाददाता म्याग्दी–मान्छेको आस्था र विश्वास कति गाढा हुन्छ भन्ने कुरा जनैपूर्णिमाका दिन म्याग्दीको प्रख्यात शक्तिपीठ खयर भारानीमा देखियो। जनैपूर्णिमा मेला भर्नै भनेर लाखौं रुपैयाँ खर्चेर बेलायत, सिंगापुर र बेल्जियमलगायतका मुलुकबाट तिर्थालु आएका थिए। , उनीहरू मध्ये कसैले भारानीलाई भेडाको साँढ, कसैले बोका र कसैले नरिवल चढाए। , विगत २६ वर्षदेखि बेलायतमा बस्दै आएकी तेजु पुन पनि भारानीको दर्शन गर्नै भनेर नेपाल आएकी थिइन्। उनले जनैपूर्णिमामा खयर लेक पुगेर पूजाअर्चना गरिन्। र, भारानीलाई भेडाको साँढ र ढोकादारी सिद्धलाई बाख्राको पाठा चढाइन्। , ‘छोराका लागि वर मागेको थिएँ। वर पनि पाएँ’, उनले सेतोपाटीसँग भनिन्, ‘ढिलै भए पनि खयर लेकमा आएर भाकल फुकाउन पाउँदा मनमा संतोष भएको छ।’ , उनले खयर खोलाको गोठमा १९ हजार रुपैयाँ तिरेर भेडाको साँढ र ९ हजार रुपैयाँमा बोका किनेकी हुन्। , उनको माइतीगाउँ म्याग्दी जिल्लाकै काफलडाँडामा हो भने घर चाहिँ राम्चेमा। नेपाल आएका बेला उनले माइती र घर गाउँका देवदेवी र भूमेभूमेनीको पनि पूजा गरिन्। , ‘जीवनमा पहिलो पटक खयर भारानीको दर्शन गर्ने मौका पाइयो’, उनी भन्छिन्, ‘भारानी शक्तिशाली देवी हुन्।’ , परिवारसँग बेलायतको सल्सबेरीमा बस्दै आएकी तेजु भारानीको दर्शनले प्रसन्न मन बोकेर भदौ १४ गते उता फर्कंदैछिन्। , तिर्थालुको भिडमा म्याग्दी, पर्वत, बागलुङ र कास्कीका बासिन्दा धेरै थिए। त्यहाँ काठमाडौं, चितवन, तनहुँदेखिका तिर्थालु पनि भेटिए। , अन्नपूर्ण गाउँपालिका–५, म्याग्दीमा अवस्थित खयरताल (४,६३० मिटर)को किनारामा भारानीको थान (मन्दिर) छ। उनको दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। त्यसैले उनीसँग कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, कसैले सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी त कसैले सेनामा भर्तीको वर माग्छन् ।, भारानीसँग मागेपछि जन्मिएको छोरासँगै जनैपूर्णिमा मेलामा आएको एउटा परिवार पनि भेटियो। ताराबहादुर र विष्णु पुन आफ्ना १० वर्षका छोरा हिमालसागरसँगै आएका थिए। , ‘यो छोरा ३ वर्षको हुँदा बोकेर ल्याएकी थिएँ’, आमा बिष्णुले भनिन्, ‘यसपाली छोरा बुझ्ने भैसकेको छ। त्यसैले देखाउन ल्याएका हौं। अर्को एक पटक पनि पक्कै आउने छौं।’ , उनीहरूको पुख्र्यौली थलो पर्वतको लोप्रे गाउँ हो। भारानीको दर्शन गरि साँढ चढाउन पाउँदा उनीहरू खुसी भएका छन्। , तिर्थालुले भारानीबाट आफूले माग्न चाहेको पाँरे (पूजारी) लाई सुनाउँछन्। पाँरेले तालमा उभिएर ‘लौ भारानी माता .....ले मागेको कुरा पुरा गरिदिनुस् है’ भनेर चिच्याउँछन्। र, प्रसादस्वरुप तालबाट ढुङ्गामाटो झिकेर तिर्थालुको सेतो कपडामा राखिदिन्छन् । , जब तिर्थालुले प्रसाद पाउँछन् तव पछाडि नफर्कि र कसैसँग नबोली तल धोती खोलासम्म ओर्लिन्छन् । त्यसपछि घरमा लगेर सुरक्षित राख्छन् । , मेलामा सिंगापुरबाट आएकी सोफी पुनले चाहिँ नरिवल चढाइन्। उनले समाजसेवी आमा गीताको स्मृतिमा खोपारा क्षेत्रमा तिर्थालुलाई निःशुल्क चिया, कफी र बिस्कुट बाँडेकी थिइन्। , २६१ बलि ,
जनैपूर्णे मेलामा खयर भारानीमा भेडाको साँढ र बाख्राको पाठा गरि २६१ ओटाको बलि चढाइयो। भारानीलाई १७९ ओटा भेडाको साँढ, ढोकादारी सिद्धथानमा ७९ ओटा बाख्राको पाठा, काली भारानीमा एउटा बोका र गोेर्से भारानीमा २ ओटा साँढ चढाइयो। , यसपालि साँढ र पाठाको अभाव भएको थियो। खयर खोलामा भएका भेडीगोठबाट तिर्थालुले साँढ र पाठा किनेका थिए। घान्द्रुकदेखि पनि मगाइएको थियो। यस्तै मेलाहरूमा खपत हुने भएकाले भेडा पालन जोगिएको छ। , जनावर बलि चढाउन नचहाने तिर्थालुले खयर भारानीमा सयौं नरिवल चढाएका थिए। , निःशुल्क बास र तातोपानी ,
जनैपूर्णिमा मेला भर्ने तिर्थालुलाई खाना र बास सुविधाका लागि ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’ले खोपारा डाँडा र खयर खोलामा मेस चलाएको थियो। त्यहाँ शाकाहारी र मांसाहारी खाना सुविधा दिइयो। तिर्थालुलाई चाहेजति तातोपानी निःशुल्क दिइएको थियो। त्यस्तै दुवै ठाउँमा बनाइएको अस्थायी बिश्रामस्थलमा निःशुल्क बासको व्यवस्था मिलाइएको थियो। , कोषका अगुवा एवं सामाजिक अभियन्ता राजु पुनका अनुसार तिर्थालुलाई बेचिएको खानाबाट दुई लाख ३० हजार रुपैयाँ बचत भएको छ। यो रकम सामाजिक काममा खर्च गरिनेछ। , भेटीबाट सामाजिक काम ,
जनैपूर्णिमामा खयर क्षेत्रको पूजा व्यवस्थापनका लागि १९ जना पाँरे (पूजारी) खटिएका थिए। मेलामा खयर भारानी थानबाट १ लाख ८२ हजार २ सय ६५ रुपैयाँ भेटि संकलन भएको जनाइएको छ। , त्यस्तै जनैपूर्णिमाको भोलिपल्ट पाउद्वार गाउँमा भएको सांस्कृतिक कार्यक्रममा पनि रकम संकलन भएको थियो। दुवैतिरबाट संकलित ४ लाख ३४ हजार ४ सय ५९ रुपैयाँ गाउँको सामाजिक कार्यमा खर्च गर्न बाँडफाँड भैसकेको छ। स्वास्थ्य चौकीका सामान खरिद, खेल मैदान, शिक्षकका लागि खर्च गरिने छ। , सुन्दर पदमार्ग ,
धार्मिक हिसाबले मात्र होइन, प्राकृतिक हिसाबले समेत खयर पदमार्ग मनमोहक छ। विदेशीमाझ खोपारा (खोप्रा) टे«कका रूपमा खयर क्षेत्रको ब्राण्डिङ गरिएको पदमार्गबाट हिमालको लर्कन देखिन्छ। अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, टुकुचे पिक, मानापाथी हिमाल र धौलागिरि हिमशृङ्खला आँखै सामुन्ने देखिन्छन्। , पदमार्गमा जडीबुटी, चराचुरुङ्गी, जंगली जनावर आदि भेटिन्छन्। खर्कमा चरिरहेका चौंरी र भेडाको बथान देखिन्छ। खलखल्ती पसिना चुहाउँदै उकालो लाग्दा आनन्द अनुभूति हुन्छ। , पोखराबाट एक साता समय छुट्टयाएमा खयर क्षेत्र सजिलैसँग घुम्न सकिन्छ। पदमार्गमा खाना र बासका लागि होटल सुविधा छ। खोपारा डाँडामा सामुदायिक होटल छ भने खयर खोलामा निजि होटल। खयर खोला भन्दा माथि होटल सुविधा छैन। , गाउँ फर्केका लाहुरे ,
खयर क्षेत्र व्यवस्थित छ। उकालीमा ढुङ्गा छापिएको छ। ठाउँठाउँमा चौपारी र चौतारी बनाइएको छ । पदमार्गमा देवतै देवताको बास छ। बेलायती सेनाका रिटायर्ड लेफ्टिेनन्ट राजु पुनको अगुवाइमा जनस्तरबाट पूर्वाधार विकासका काम गरिएको हो । खयर भारानी क्षेत्रको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा उनले एक दशक भन्दा बढी विताइसके। उनले वि.सं. २०६८ सालदेखि खयर भारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला र थान निर्माणलगायतका कामको नेतृत्व गर्दै आएका छन् । , उनको योगदान अतुलनिय छ। स्वदेश तथा विदेशमा रहेका म्याग्देलीसँग सहयोग उठाएर उनी ‘खयर भारानी थान तथा संरक्षण कोष’ मार्फत् काम गर्छन् । आजसम्म करिब १ करोड ६० लाख रुपैयाँ भन्दा बढीको काम भैसकेको छ। , उनी ७० वर्षका भए । ‘अबको ५ वर्ष खयर क्षेत्रको विकासमै लाग्छु’, उनी भन्छन्, ‘पदमार्गलाई अझै व्यवस्थित गर्ने, खोपारामा चिमल पार्क र सामुदायिक होटल बनाउनु छ।’ , विगतमा २२ वर्ष बेलायती सेनामा काम गरेका राजु दाइ आनन्दले बेलायतमा बस्न सक्थे। तर, उनले जन्मथलोको मुहार फेर्ने कामको नेतृत्व लिए। त्यसैले सबैको स्याबासी पाइरहेका छन्। शिरमा भारानी माताको आशीबार्द त छँदैछ। , खयर भारानी पदयात्रा प्याकेज ,
काठमाडौंको ‘ग्रेट माउन्टेन होलिडेज्’ले स्वदेशी तथा विदेशीका लागि खयर भारानी पदयात्रा प्याकेज बनाएको छ। २५,००० रुपैयाँको प्याकेजमा नेपालीले एक साता घुम्न पाउँछन्। यसमा ब्रेकफास्ट, लन्च, डिनर, बेड, यातायात र गाइड खर्च समाबेश छ। पदयात्राका लागि कम्तिमा ६ जनाको समूह हुनुपर्नेछ। , सम्पर्क, गणेश गुरूङ–९८४९४६६८७७ ,
, सुन्दर खयर पदमार्ग।, अन्नपूर्ण साउथ हिमाल। , उदाहरणीय लाहुरे राजु पुन, खयर खोलामा भेडीगोठ।, खयर भारानीमा जनैपूर्णे मेला।, खोपारा डाँडाबाट देखिएको हिमसृङ्खला। , झाँक्री। , ढोकादारी सिद्ध थान। , तिर्थालु, धोतीखोलाबाट उकालो लाग्दै तिर्थालु।, पदमार्ग छेउका खोला।, पाउद्वार गाउँका बालक।, पाउद्वार गाउँका बालिका।, बेलायतबाट आएकी तेजु पुन।, बेलायतबाट आएका ताराबहादुर, विष्णु र हिमाल सागर पुन।, भुइँफूल, म्याग्दीको खयरताल किनारामा जनैपूर्णे मेला।, सिंगापुरबाट आएकी सोफी पुन।,
लाखौं खर्चेर खयर भारानीको दर्शन गर्नै भनेर विदेशबाट आएकाहरू... |
शोभा शर्मा उनी घोप्टो परेर मिसिल पढिरहेकी थिइन्। अदालतमा अरू त के पढ्नु र? जसले पढे पनि मिसिलै त हो!, उनले पढ्नु चाहिँ सामान्य होइन भनेर मलाई सर्वोच्च अदालतकी वैतनिक वकिल सुधा धितालले बताइन्।, रातो पहिरन र सिउँदोभरि सिन्दुर लगाएकी ती महिला सोमबार सर्वोच्चको वैतनिक वकिल कक्षमा आफ्नो पावरवाला चस्माबाट मिसिलका मसिना अक्षर पढ्दै थिइन्। म अलिबेर उनलाई हेरेर बसेँ।, धितालले उनलाई थप चिनाउन खोजिन्, 'उहाँ तराईबाट जग्गासम्बन्धी मुद्दा लड्न सर्वोच्च आउनुभएको हो।', धितालले आफ्नैबारे भनिरहेको थाहा पाएर होला, उनले टाउको उठाइन्।, उनको चस्मा टिलिक्क टल्कियो। उनी मुसुक्क हाँसिन्। त्यसपछि आफ्ना बारेमा आफैं बताउन थालिन्।, शान्तिदेवी कैथल वैश्यको घर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका, वडा नम्बर ४ मा पर्छ। अहिले विराटनगर बस्छिन्। उच्च अदालत जनकपुरको राजविराज इजलासले आफ्नो जग्गा मुद्दामा गरेको फैसला दोहोर्याएर हेर्ने निवेदन दिन उनी १२ दिनअघि काठमाडौं आएकी हुन्।, 'मेरो जग्गामा मोही थिएन। सतन रायकी श्रीमती हिरवादेवीले आफूहरू त्यो जग्गाको मोही हो भनेर मुद्दा हालिन्,' उनले भनिन्, 'जिल्ला र उच्च अदालतबाट मैले हारेँ। त्यसैले यहाँ फेरि अर्को मुद्दा हाल्न आएकी हुँ।', मुद्दा हाल्न आएकी ६४ वर्षीया शान्तिदेवीले यसरी कनिकुथी अदालतको मिसिल पढ्नुको कारण भने अर्कै रहेछ।, भएछ के भने, राजविराज इजलासमा उनको मुद्दा चलिरहेको थियो। जिल्ला अदालतको फैसलामा के लेखेको रहेछ भनेर उनलाई जान्न मन लाग्यो। तर उनलाई फैसला पढ्न नआउने, अर्कैले अर्थ्याइदिँदा चित्त नबुझ्ने!, उनलाई आफूले पढ्न नपाएकोमा धेरैचोटि पछुतो भएको थियो, त्यस दिन बढ्तै भयो।, 'नपढेर धेरै दु:ख पाइयो। अहिले त पढ्न थालेको छु,' उनले भनिन्।, 'सानैमा स्कुल जान पाउनुभएन?' मैले सोधेँ।, 'स्कुल?' उनको अनुहारमा थोरै चमक आयो। बाल्यकाल सम्झिँदा कसको अनुहारमा चमक आउँदैन र?, 'पाएकी थिएँ,' उनले भनिन्, 'गएको पनि हो तर बीचैमा छाडिदिएँ।', उनी राजविराजको हनुमाननगरमा जन्मिएकी हुन्। साठी वर्षअघि नेपाली समाज बल्ल खुला हुँदै थियो। स्कुलहरू बिस्तारै खुल्न थालेका थिए। छोराहरू स्कुल जान्थे तर छोरीले पढ्नुपर्छ भन्ने चेतना एकाधको मनमा बल्लतल्त पस्दै थियो।, घरमा पुल्पुलिएकी कान्छी छोरी शान्तिदेवी पनि खेल्दै खेल्दै स्कुल पुगिन्। स्कुलमा उनलाई साह्रै असुविधा लाग्यो।, 'बहुत मार्थ्यो, पिट्थ्यो,' उनले भनिन्, 'मान्छे त म चकचके नै थिएँ। त्यसमाथि घरकी कान्छी छोरी, निकै पुल्पुलिएकी बदमास थिएँ। घरमा मेरो राज हुन्थ्यो, स्कुलमा खाइने पिटाइ मैले सहनै सकिनँ।', 'अनि मैले स्कुल जानै छाडिदिएँ,' उनले सम्झिइन्।, त्यसरी जान छाडेको स्कुल सम्झेर उनलाई जिन्दगीभर पछुतो भयो। त्यसको केही समयमै उनको विवाह भयो। माइतीमा नसिकेको घरधन्दाको काम उनले पतिको घर आएपछि सिकिन्।, माइतीमा छुटेको स्कुल भने छुटेको छुट्यै भयो।, उनका श्रीमान पनि पढेलेखेका थिएनन्। उनी काम खोज्न काठमाडौं आए। घरमा सासू-ससुरा र छोराछोरी उनले जिम्मा लिइन्। उनको जिन्दगी नै घरपरिवार र छोराछोरीमै घुम्न थाल्यो।, उनलाई आफ्नो सानो संसारबाट बेलाबेला बाहिर निस्किएर नयाँ ठाउँ जान मनपर्थ्यो। त्यसैले बेलाबेला काठमाडौं आउँथिन्। यहाँ श्रीमान ज्यामी काम गर्थे। डेरा लिएर बसेका थिए। आफूलाई भेट्न आएकी श्रीमती लिएर घुम्न जान उनी हच्किन्थे।, शान्ति एक्लै बाहिर निस्किन्थिइन्।, 'मलाई नयाँ ठाउँ हेर्न मन लाग्थ्यो। त्यसैले म बजार निस्किन्थेँ, हिँडेरै कहाँ कहाँ पुग्थेँ अनि फर्किन्थेँ,' उनले भनिन्।, त्यति बेला पढ्न पाएको भए अझ धेरै कुरा थाहा हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो।, काठमाडौंबाट केही समय बिताएर घर फर्किएपछि फेरि उनको जिन्दगी घरधन्दामै अल्झिन्थ्यो।, 'घरमा दु:ख थियो। खानलाउन राम्ररी पुग्दैनथ्यो,' उनले भनिन्, 'मैले धेरै दु:ख पाएँ नि। छोराछोरीलाई पनि राम्ररी पढाउन सकिनँ। धेरै पढाउन पनि गाह्रो भयो।', उनी हकी स्वभावकी भएकीले आफ्नो गरी खाने बाटो खोज्थिन्। काम खोज्न बाहिर पनि जान्थिन्। उनले सप्तरीको बजारमै होटल खोलिन् र धेरै वर्ष चलाइन्।, २०६८ सालमा उनले होटल बेचिदिइन्। त्यसको पैसाले सप्तरीको विष्णुपुर गाउँपालिका- ६ मा एक कट्ठा जग्गा किनिन्।, आठ लाख रूपैयाँमा किनेको त्यही जग्गाको मोही भएको दाबी गर्दै हिरवादेवी रायले २०७५ मा मुद्दा हालेपछि अहिले उनी अदातल धाउँदै छिन्।, २०७६ सालमा जिल्ला अदालत र गएको जेठमा उच्च अदालतको राजविराज इजलासले उनको मुद्दामा फैसला गरे।, 'सर्वोच्च आउनुपर्छ भन्ने कसरी थाहा भयो त?' मैले सोधेँ।, 'पहिला ससुराको जग्गा पनि मुद्दामा थियो। त्यो बेला पनि सर्वोच्च आएपछि मात्र न्याय पाइएको थियो,' उनले भनिन्, 'त्यो मुद्दामा प्रमाण नपुगेको भन्दै हार्दै आएका थियौं। एकदिन मैले घरमै एउटा रसिद भेटेँ। अनि अदालतमा पेस गर्न मिल्छ कि मिल्दैन भनेर वकिललाई देखाएँ। पछि त्यो मुद्दा हामीले जित्यौं।', यो मुद्दामा पनि आफ्ना प्रमाण बलियो छन् भन्ने उनलाई लाग्दो रहेछ।, 'यो मुद्दामा साँच्चै राम्ररी फैसला हुने हो भने मालपोत, भूमिसुधारका कर्मचारीसमेत फस्छन्,' उनले भनिन्, 'तै पनि अदालतले मलाई नै हराएको छ। किन हरायो थाहा भएन। अब त पढ्न-लेख्न सक्ने भएकी छु। म आफैं सबै कागजातबारे बोल्न सक्छु।', उनले ससुराले दिएको अंश बेचेर छोराछोरीको बिहे गराइन्। बचेको थोरै पैसाले सानो घर बनाउने सोच थियो। यही एक कट्ठा जग्गाबाहेक आफूहरूको कुनै सम्पत्ति नभएको उनी बताउँछिन्।, अहिले उनी विराटनगरमा रहेको छोरीपट्टिका नातिको जग्गामा बसेका छन्। यो मुद्दा लड्न छोरा अघि बढ्नुपर्ने उनलाई लाग्छ।, 'उनीहरूले गर्न सकेनन्। धेरै पढेका छैनन्, जान्दैनन् अनि मै अघि बढेको,' उनले भनिन्।, राजविराजमा मुद्दा चलिरहँदा यसपालि पनि हारिन्छ कि भन्ने उनलाई डर भइरहन्थ्यो। पढालेखा भएको भए कागजात पढेर अदालतलाई बुझाउन सक्थेँ कि भन्ने कुरा खट्केको उनले बताइन्। फैसला आएपछि आफैंले पढ्न सक्ने भए कति जाती हुन्थ्यो भन्ने लागिरहेकै बेला उनले विराटनगरस्थित भरतमोहन फाउन्डेसनमा प्रौढहरूलाई पढ्न-लेख्न सिकाउने गरेको खबर पाइन्।, आफ्नो टोलका बूढाबूढी पढ्न जाने गरेको सुन्नासाथ उनी फागुन ९ गते फाउन्डेसनको अफिस गइन्। त्यहाँ ४० जनालाई पढाउने कोटा रहेछ। तर सबै भरिइसकेको।, उनले आफूलाई पढ्न मन भएको सुनाएपछि फाउन्डेसनले फर्काउन सकेन। कक्षा सुरू भएको १५ दिनपछि उनी भर्ना भएको शिक्षिका शिखा भट्टराईले बताइन्।, त्यसयता उनी दिनहुँ पढ्न जान्छिन्। दिउँसो ११ बजेदेखि दुई घन्टा पढाइ हुन्छ। उनलाई त्यो संस्थाले 'अल इन वान' नामक एउटा किताब दिएको छ। त्यसमा नेपाली, गणित र अंग्रेजीका सुरूआती सिकाइ हुन्छन्।, शिक्षिका भट्टराईका अनुसार फाउन्डेसनले प्रौढ महिलाहरूलाई आधारभूत शिक्षाबाहेक मोबाइल र ग्यास चुल्होजस्ता दैनिक जीवनमा चाहिने सामग्री र विद्युतीय सामान चलाउन सिकाउँछ।, एक वर्षसम्म पढाइ हुने यो कक्षाको अन्त्यतिर संविधान र कानुनमा भएका महिला अधिकार के के छन् भनेर पनि पढाइने उनले बताइन्।, यसरी आधारभूत सिकाइ कक्षामा भर्ना भएको केही समयमै शान्तिदेवीले अक्षर सिकिन्। शब्दहरू बनाउन जानिन्। तिनलाई जोडेर पढ्न पनि जानिन्।, 'उहाँले निकै छिटो पढ्न-लेख्न जान्नुभयो। उहाँमा सिक्ने क्षमता धेरै रहेछ,' शिक्षिका भट्टराईले भनिन्, 'नियमित पढ्न आउनुहुन्छ र धेरै सिक्न खोज्नुहुन्छ। अरूले पनि यहाँ पढेपछि धेरै कुरा जानियो र जिन्दगी सजिलो भएको छ भन्नुहुन्छ।', शान्तिदेवीले पनि आफूलाई पढिरहन मन लाग्ने बताइन्।, 'पढ्ने ठाउँबाट घर आएपछि पनि छिटो छिटो काम सकेर किताब पढ्न मन लाग्छ। मिसले दिएको किताब पढ्छु,' उनले भनिन्, 'मलाई धेरै मन छ पढ्ने।', उनले पढ्दा पढ्दै यता राजविराज अदालतले फैसला सुनायो। उनले फेरि मुद्दा हारिन्। फरक के भयो भने, उनले यसपालि अदालतको फैसला आफैं पढिन्।, उच्च अदालतको फैसला दोहोर्याएर हेरिपाऊँ भन्ने निवेदन दिन सर्वोच्च आउँदा उनले पतिलाई पनि साथै लिएर आएकी थिइन्। उनीहरू सुरूमा गौशालाको धर्मशालामा बसेका थिए। पैसा भएको भए आफ्नो मुद्दा लडिदिने वकिल खोज्दै उनी हिँड्थिन् होला। तर वकिल राख्ने पैसा थिएन।, 'पहिला पनि मैले अदालत गएर बहस गरेकी छु, उता अदालतमा,' उनले भनिन्, 'वकिल राख्ने पैसा नभएपछि आफ्नो कुरा आफैं भन्नुपर्यो नि।', सर्वोच्च अदालत आएपछि कसैले वैतनिक वकिलकहाँ जान सल्लाह दिए। त्यसपछि उनी सर्वोच्चको वैतनिक वकिल शाखामा गइन्। सर्वोच्चले मुद्दा लड्न वकिल नियुक्त गर्न पैसा नहुनेका लागि भनेर दुई वकिल व्यवस्था गरेको छ।, वैतनिक वकिलकहाँ गएपछि उनीहरूले नै मुद्दा दोहोर्याइपाऊँ भन्ने निवेदन लेखिदिने भए। सुरूमा उनका कुरा सुनेर वैतनिक वकिल अधिवक्ता अमिता गौतमले निवेदन लेखिदिइन्। त्यो निवेदन उनले धेरै समय लगाएर पढिन्।, त्यसपछि उक्त निवेदनमा के के कागजातका विवरण राख्ने र कुन कुन कुरा बोल्ने भनेर उनले नै सम्झाइन्।, 'हामीले लेखिदिएको निवेदन पनि चित्त नबुझेर यसरी लेखिदिनुहोस् भन्दै सम्झाउनुभयो। आफ्नो मुद्दाका लागि कुन कुन कागजात राख्ने भनेर आफैं भन्नुभयो,' गौतमले भनिन्, 'उहाँको निवदेन एकैदिनमा लेखेर पनि सकिएन।', शान्तिदेवीलाई मैले दोस्रोपटक माइतीघरको एउटा कम्प्युटर टाइप गर्ने ठाउँमा भेटेँ। उनी अधिवक्ता गौतमसँग मिलेर निवेदन टाइप गराउँदै थिइन्।, बुधबार उनको निवेदन सर्वोच्चमा दर्ता भयो। उनी अहिले विराटनगर फर्किसकिन्।, उनले उतैबाट फोन गरेर भनिन्, 'भदौ २९ गते मेरो पेसी तोकिएको छ। म त्यति बेला फेरि आउँछु।',
सर्वोच्चमा मुद्दा लड्न ६४ वर्ष उमेरमा कखरा पढ्न थालेकी शान्तिदेवी |
डा. तिर्थराज भण्डारी कुनै पनि दुखाइ लामो समयसम्म रह्यो भने त्यो दीर्घ दुखाइ हो।, सामान्य औषधि खाँदा, आराम गर्दा या फिजियोथेरापी गर्दा पनि दुखाइमा कमी भएन र उक्त दुखाइ तीन महिनासम्म रह्यो भने त्यसलाई दीर्घ दुखाइ भनिन्छ।, त्यस्तै औषधि सेवन गरेको खण्डमा ६ साताभन्दा बढी समयसम्म पनि कायमै रह्यो भने त्यसलाई दीर्घ दुखाइ मानिन्छ।, दुखाइको कारण के हो त्यसको आधारमा पनि दुखाइ वर्गीकरण हुन्छ। उपचार गर्दा दुखाइ कसरी सुरू भयो भन्नेमा भर पर्छ। कुनै पनि साधारण चोटपटक लागेर दुखाइ भए त्यसलाई केही समय आराम गरेर साधारण औषधिले ठीक हुन्छ। , कतिपय दुखाइ बिना चोटपटक हुन्छ।, दीर्घ दुखाइ, साधारणतया टाउको र ढाडमा धेरै हुन्छ। उमेर बढ्दै गएपछि घुँडा खिइने पनि दीर्घ दुखाइमा पर्छ। नियमित र सन्तुलित व्यायाम गर्नेको अलि ढिलो घुँडा खिइन्छ। घुँडा खिइने पनि दीर्घ दुखाइ हो।, एक्कासी सुरू भएको दुखाइमा केही दिन आराम गरेर साधारण दुखाइ कम गर्ने औषधि खान मिल्छ। तर धेरै दिन सम्म पनि ठीक भएन भने परीक्षण गर्नुपर्छ। लामो समयसम्म दुखाइ कम गर्ने औषधि खानु हुँदैन।, दीर्घ दुखाइ किन हुन्छ, यसको उपचार कसरी गर्ने भन्ने लगायतका विषयमा केन्द्रित रहेर हामीले वीर अस्पताल, अल्का अस्पताल र चिरायु अस्पतालमा कार्यरत दुखाइ विशेषज्ञ डा तिर्थराज भण्डारीसँग भिडिओ कुराकानी गरेका छौं। , हेर्नुहोस् भिडिओ,
किन हुन्छ दीर्घ दुखाइको समस्या, कसरी गर्ने समाधान (भिडिओ) |
सेतोपाटी संवाददाता विराटनगरको राधाकृष्ण रथयात्राको ५४ औं संस्करण भर्खरै सुरू भएको छ। , तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हजारौं श्रद्धालु सहभागी भएर रथ निस्किएको हो। , कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा यसपटक पनि अनिश्चित थियो।, कोरोनाकै जोखिमले यसपटक पनि रथयात्रा ननिकाल्ने प्रशासनको निर्णयको चौतर्फी विरोध भएपछि शनिबार रथयात्रा निकाल्ने निर्णय भएको थियो। , ५४ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। यसअघिका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा निकालिएको थियो। , १९८९ बाट सुरू भएको खटयात्रालाई २०२५ सालदेखि रथयात्रामा परिणत गरिएको थियो।,
विराटनगरमा सुरू भयो राधाकृष्ण रथयात्रा (तस्बिरहरू) |
सीताराम हाछेथू दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ।, काठमाडौं उपत्यकाको ट्राफिक जाम हाम्रा लागि कुनै नौलो र अनौठो कुरा होइन। दशकौंदेखि कायम यो समस्या अनौठो र उदेकलाग्दो कुरा चाहिँ अझै जारी छ। , उपत्यकाको जनजीवनलाई यसले अत्यन्तै कष्टकर र बेलाबेलामा त यसले अस्तव्यस्त नै बनाउने गरेको छ। यसको समुचित समाधान खोज्ने र व्यवस्थापन गर्ने काम अझै हुन सकिरहेको छैन। यस्तो लाग्छ, ट्राफिक जाम सहरवासीको दैनिक जीवनको अभिन्न हिस्सानै बनिसकेको छ। , हुँदा हुँदा त अहिले आएर जे सुकै कारणले कतै समयमा पुग्न सकिएन भने पनि बहानानै ‘ट्राफिक जाम’ नै बनिसकेको छ।, काठमाडौं उपत्यकाका थापाथली, केशरमहल, नयाँ बानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा हामी हरेक दिन कम्तिमा पनि १० देखि १५ मिनेटसम्म सवारी साधन रोक्नुपर्ने हुन्छ। फलस्वरूप काठमाडौंमा अहिले निश्चित समयमा पुग्नैपर्ने कुनै कामका लागि निस्कँदा सडकमा कति सवारी जाम छ? भन्ने विचार गरेर सोहीअनुसार एक–डेढ घण्टा समय पहिले नै निस्कनुपर्ने बाध्यता छ।, दिनप्रतिदिन सवारी साधन बढिरहेका छन् । तर, उही पुरानो र साँघुरो सडकमा पुरानै व्यवस्थाका कारण ट्राफिक जाम झन झन् बढिरहेको छ।, एकातिर कहालीलाग्दो उपत्यकाको सवारीको संख्या अर्कोतिर यातायात ब्यवस्थामा अनेकौं समस्याले थप अस्तव्यस्त बनिरहेको छ।, उपत्यका भित्र गाडी चल्ने स्थानको निर्धारणदेखि लिएर फुटपाथ निर्माण गर्नेसम्म सरकारी नीतिहरू स्पष्ट नहुँदा जताततै समस्या र अस्तव्यस्थता छ। समयमै यस क्षेत्रको सुधारका लागि ध्यान नपुग्दा यातायात क्षेत्रमा दिनहुँ समस्या थुप्रिएका छन्। पछि अझ भयाभह भन्ने निश्चित छ। , म ललितपुर महानगरको नगर प्ररही प्रमुख भएर आएपछि काठमाडौंको तुलनामा ट्राफिक व्यवस्थामा धेरै सुधार गरेको छु। २९ वर्ष लामो ट्राफिक प्रहरीको मेरो अनुभव, महानगरका नगर प्रमुख चिरीबाबु महर्जन र नगरबासीको प्रत्यक्ष साथ र सहयोगले ललितपुरमा ट्राफिक जाम नियन्त्रण गरेको छु। , तर ललितपुरमा ट्राफिक जाम नियन्त्रण गर्दैमा समग्र उपत्यकामा ट्राफिक जाम हट्दैन। यसमा सबै सरोकारवाला निकायले प्रत्यक्ष काम गर्नुपर्छ।, सधैको ट्राफिक जाम हुने भनेकै काठमाडौं थापाथली- सुन्धारा- रत्नपार्क क्षेत्रमा हो।, कोटेश्वर, कुपण्डोल, कालीमाटी, सोह्रखुट्टे, नारायणगोपाल चोक, गौशाला, पुरानो बानेश्वर, सिनामंगलका नाकाबाट सवारी साधन अत्यधिक आउने भएकोले रत्नपार्क क्षेत्रमा सवारी जाम हुँदै आएको छ।, प्रशासनिक क्षेत्र सिंहदरबार र अन्य संस्थाहरुको कार्यालय, मुख्य किनमेलको बजार, सिनेमा हल लगायत यहीँ क्षेत्रमा भएकाले सवारी चाप स्वत बढ्ने नै भयो।, यस्तै स्कुल, क्याम्पससँगै ठूला व्यवसायीहरू दरबारमार्ग, न्यूरोड, पुतलीसडक, सुन्धारा, असन, इन्द्रचोक जस्ता क्षेत्रमा भएकाले दैनिक ओहोर दोहर बढिरहेको छ। फेरि मठ मन्दिर र जात्रा पर्व, र्याली, जुलुस लगायत गतिविधि दैनिक भइरहने यो क्षेत्रमा पैदल यात्रुकोसमेत अत्यधिक चाप हुन्छ।, यस्तो अवस्थामा ट्राफिक जाम नियन्त्रण गर्नु एउटा ठूलो चुनौती हो।, तत्काल मेट्रो रेल, मोनोरेल जस्ता खर्चिलो र धेरै समय लाग्ने उपाय अपनाउन सकिन्न। दीर्घकालिन रूपमा यस्तो योजनाहरू बनाएरै जानुपर्छ। तर तत्कालका लागि सम्भव भएका र हाम्रो क्षमताले भ्याएसम्मको उपाय अपनाएर बढ्दो सवारी जामलाई न्यूनिकरण गर्न सकिन्छ। , बढ्दो सवारी जाम सामान्यतय तीन किसिमले नियन्त्रण गर्न सकिन्छ। ट्राफिक लाईट, वान वे र फ्लाईओभर ब्रिज। यी मध्ये अहिलेको समयमा वान वे नै उपर्युक्त माध्यम हो। खर्च पनि कम लाग्ने, कुनै घर पर्खाल पनि भत्काउनु नपर्ने, ट्राफिक लाइट थप्न नपर्ने तर थोरै घुमेर भए पनि जामरहित यात्रा गर्न पाइने भएकाले वान वे निर्विकल्प हो। , पछिल्लो सवारी चापलाई हेर्दा काठमाडौंको रत्नपार्क क्षेत्रमा ट्राफिक लाईटले व्यवस्थापन गर्न गाह्रो भईसक्यो। यहाँ १ मिनेटमा मोटरसाईकल र चारपाङ्ग्रे सवारी साधन १२१ वटा चल्ने भएकोले ट्राफिक लाईटले यसलाई धान्न सक्दैन। फेरि अत्यधिक भिड हुने यो ठाउँमा पैदल यात्रुलाई पनि ट्राफिक लाइटमा छुट्टाएको समयले पुग्दैन।, वीर अस्पताल क्षेत्रमा हाल एक मिनेटमा ९९ वटा मोटरसाइकल र ५९ वटा चारपाङ्ग्रे सवारी हिँड्छन्। , यस्तै भद्रकाली क्षेत्रमा एक मिनेटमा ८४ वटा मोटरसाइकल र ५० वटा चारपाङ्ग्रे गाडी चल्छन्। यो नियन्त्रण गर्नका लागि पनि वान वे निर्विकल्प हो। , हाल वान वे नभएको पनि होइन, तर यसलाई व्यवस्थित गरेमा जामलाई शून्यमा झार्न नसके पनि ९९ प्रतिशत हटाउन सकिन्छ।, हाल वान वे रहेको सुन्धारा-जलम-घन्टाघर-भद्रकाली-सुन्धारा २.६ किमीलाई बढाउनुपर्छ।, अब हामीले थापाथली-त्रिपुरेश्वर-जमल-केशरमहल-नारायणहिटी संग्रहालय-महेन्द्र सालिक-भद्रकाली-सिहंदरबार-माईतीघर-थापाथली गरेर ६ किलोमिटर दुरीलाई वान वे बनाउनुपर्छ।, यसो गरेको क्रसिङमा धेरै समय जाम हुने ठाउँहरू थापाथली चोक, त्रिपुरेश्वर, सुन्धारा, केशरमहल, दरबारमार्ग चोक, महेन्द्र शालिक, सिंहदरबार, पुरातत्व विभाग (हनुमानथान जानेबाटो) र माइतीघरको समस्या समाधान हुन्छ। , यसअघि भएको भद्रकाली-सुन्धारालाई सुन्धारा-भद्रकाली बनाउनुपर्छ। यस्तै जमल-तीनधारा पाठशालालाई-तीनधाराबाट जमल बनाउनुपर्छ।, अहिलेसम्म यी हरेक ठाउँमा यात्रुले पिक आवरमा १० देखि १५ मिनेटसम्म पर्खनुपर्ने हुन्छ। तर यो क्षेत्रलाई वान वे बनाएमा सवारी साधन रोकिराख्नु पर्दैन र ट्राफिक जाम हुँदैन।, हामीले अहिले यति गर्यौ भने पाटनको कुपण्डोल तर्फबाट आउने सवारी साधन सहजै थापाथली-त्रिपुरेश्वरहुँदै गन्तब्यतिर जान पाउँछन्।, यस्तै कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउने सवारीहरू थापाथली आउन नपाउने भएपछि सुन्धाराहुँदै गन्तब्यमा जाँदा दोहोरो ट्राफिक जाम हुँदैन।, यस्तै सोहखुट्टे, लाजिम्पाटबाट केशरमहलतर्फ आउने सवारीहरू दरबारमार्ग महेन्द्रशालिक हुँदै आउने भएकाले यो क्षेत्रमा सवारी जाम हुन्न।, यस्तै नागपोखरी-जयनेपाल नारायणहिटी संग्रहालय हुँदै दरबारमार्ग आउनुपर्ने भएकाले उनीहरू सवारी जाममा बस्नुपर्दैन।, यहाँबाट केशरमहल-ठमेल जानुपर्ने सवारीले तीनधारा-जमल हुँदै जाने भएकाले यो क्षेत्रमा सवारी जाममा बस्नुपर्दैन।, यति गरेमा महेन्द्र सालिक क्षेत्रमा जाम शून्य हुन्छ। यस्तै भद्रकाली, सिंहदरबारदेखि माइतीघरसम्म जाम हट्छ।, वान वे सुरू गरेपछि कसरी गन्तब्यमा जाने?,
१) पाटनको कुपण्डोलबाट आएको सवारी साधनहरू माईतीघर तर्फ जान नपाउने। सबै सवारीहरू त्रिपुरेश्वर तर्फ जान पाउने।, २) कालीमाटी तर्फबाट आएका सवारी साधनहरू त्रिपुरेश्वर हुँदै थापाथली तर्फ जान नपाउने सबै सवारी साधन सुन्धारा तर्फ जान पाउने। यदि पाटन जाने सवारीसाधन भए सुन्धारा-माइतीघर-थापाथलीहुँदै जानुपर्ने।, ३) त्रिपुरेश्वरबाट आएका सवारी साधनहरू भद्रकाली र सिधै न्यूरोडतर्फ जान पाउने। , ४) भद्रकालीबाट शहिदगेटतर्फ र त्रिपुरेश्वर तर्फ जान नपाउने।, ५) जमलबाट तीनधारा पाठशाला महेन्द्र शालिक, घण्टाघर तर्फ जान नपाउने। तीनधारा पाठशालाबाट जमल हुँदै केशरमहल तर्फ जान पाउने।, ६) केशरमहल चोकबाट जमलतर्फ जान नपाउने। केशरमहल चोकबाट नारायणहिटी संग्रहालय (दरबारमार्ग) तर्फ जान पाउने।, ७) ठमेलबाट जमल तिर जान नपाउने।, ८) दरबारमार्गबाट (नारायणहिटी संग्रहालय), नागपोखरी तर्फ र महेन्द्र सालिकतर्फ जान पाउने तर महेन्द्र सालिक तर्फबाट नारायणहिटी संग्रहालय तर्फ आउन नपाउने।, ९) जय नेपाल (नागपोखरी) तर्फबाट नारायणहिटी संग्रहालय हुँदै केशरमहल तर्फ जान नपाउने, महेन्द्र सालिक तर्फ जान पाउने।, १०) महेन्द्र सालिक र तीनधारा पाठशालाबाट जमलहुँदै केशरमहल र घण्टाघर तर्फ जान पाउने।, ११) भद्रकालीबाट सुन्धारा र त्रिपुरेश्वरतर्फ जान नपाउने। सिंहदरबार र माईतीघर तर्फ जान पाउने ।, १२) सिंहदरबारबाट भद्रकाली तर्फ जान नपाउने पुतलीसडक र माईतीघर तर्फ जान पाउने।, १३) माइतीघरबाट सिंहदरबारतर्फ जान नपाउने। माइतीघरबाट थापाथली-त्रिपुरेश्वर- सुन्धारा-भन्द्रकालीहुँदै सिंहदरबार, पुतलीसडक जानुपर्ने।, हेर्नुहोस् नक्सामा, रातो रंग लगाएको सडक वान वे बनाउने।, ,
यसरी हटाउन सकिन्छ काठमाडौंको सवारी जाम |
रासस नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेका छन्।,
,
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेका हुन्।, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटेर नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने बताएका थिए। ,
,
नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरूले बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। सो अवसरमा उनीहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो समेत राखेका थिए। , अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए।, विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायको संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने उनले विश्वास व्यक्त गरेका थिए।, ‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन लागि परेको छ,’ सचिवालयले भनेको छ।, ,
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’ |
रासस राष्ट्रिय भूमि आयोगले बैतडीका भूमिहीनका लागि आवेदन खुला गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो।,
राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार बैतडीका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन भनिएको छ । , मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो। पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ। डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको ऐरको भनाइ छ।,
नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलनमार्फत आवदेन सङ्कलन गरिनेछ।, ‘राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौं। यकीन तथ्यांक सङ्कलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौं,’ उनले भने।,
,
आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ। योसँगै बैतडीका छ सहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो। ,
बैतडीमा भूमिहीनका लागि आवेदन खुला |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९९ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १६७० जनाको पिसिआर र २६६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४६२५ जना सक्रिय संक्रमित छन्।, ५७७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ।,
थपिए २९९ संक्रमित, २ जनाको मृत्यु |
रासस काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुहिने फोहर यही व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। , सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।, महानगरका प्रमुख शाहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ। उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ। उनीहरूलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए। , स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरू हुन नसकेको महानगरले जनाएको छ।, तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको महानगरको दाबी छ। दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ। , पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौंमा फोहरको डङ्गुर थुप्रने गरेको छ। यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ। , साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने महानगरको योजना छ। हाल महानगरसहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।,
काठमाडौंमा कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन |
सेतोपाटी संवाददाता नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि पाल्पाको तानसेनमा मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष पनि मनाइएको छ।, कोरोना महामारीका कारण विगतका दुई वर्ष मनाउन नसकिए पनि यस वर्ष भने शुभसाइतमै शनिबार दिउँसो भगवती रथयात्रा सहित विजय उत्सव मनाइएको हो। , विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो।, तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको थियो।, नेपाली सेनाको सबुज गण, गुरुवक्स गण र भवानीदल गणको नेतृत्व गर्दै अंग्रेज फौजसँग युद्ध हाँक्दा कर्णेल उजिरसिंह मात्र १९ वर्षका थिए।, १९ वर्षको युवा जोशका साथ नेपाली सेनाको नेतृत्व गरेर युद्धमा जानुअघि कर्णेल उजिर सिंहले पाल्पा तानसेनमा रहेको महिषासुरमर्दिनी भगवती माईको पाउ छोएर युद्धमा विजयी भए भव्य मन्दिर बनाई सिन्दूर जात्रा गरी भगवती माईको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए।, सोही भाकल गरे अनुरूप अंग्रेज फौजलाई पराजित गरी लडाइँमा विजय प्राप्त गरी विक्रम सम्वत् १८७१ सालमा विजयको झण्डा फहराएको थियो।, बुटवलको तिनाउ नदी किनारमा रहेको किल्लामा भएको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज फौजको मृत्यु भएको इतिहास पाइन्छ।, नेपाली सेनाका पनि तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया र जुठे बस्नेतले विरगती प्राप्त गरेको बुटवलका विमल बहादुर शाक्यले संकलन गरेको दस्तावेजमा उल्लेख गरिएको छ।, आधुनिक हातहतियार सहितको तालिम प्राप्त ब्रिटिस सेना दुई पटक भएका युद्धमा नै घरेलु हतियारका साथ लडेको नेपाली फौजसँग पराजित भएपछि अंग्रेज सरकारले आफ्नो फौजको नेतृत्व गरेका कमाण्डर जनरल उडलाई कारबाही स्वरूप घटुवा गरेको थियो।, नेपाली सेनाका कर्णेल उजिरसिंह थापाले भने आफूले भाकल गरे अनुसार १८७२ मै भगवतीको मन्दिर निर्माण सुरू गरी १८७६ मा सम्पन्न गरेका थिए।, आफ्नो उचाइ बराबरको सुनको मोलम्बो चढाइएको गजुर र अष्ट धातुबाट निर्मित महिषासुरमर्दिनी भगवतीको मूर्तिलाई अग्र भागमा स्थापना गरी मन्दिर निर्माण गरिएको थियो।, मन्दिरकोे मध्य भागमा रणउजेश्वरी भगवतीको मूर्ति र मन्दिरको भित्र चारै कोणमा सूर्य, विष्णु, शिव र गणेश स्थापना गरिएको छ।, अंग्रेजसँग भएको युद्ध र युद्धमा अंग्रेजलाई पराजित गरी विजयसँग गाँसिएको भगवती जात्रा आज पनि उत्तिकै महत्वका साथ निकालिन्छ।, कृष्ण जन्माष्टमीको राति साइत जुराएर सम्मानका साथ खट यात्राको लागि राखिने भगवतीको प्रतीमालाई नेपाली सेनाका प्रमुखले कर्णेल उजिरसिंह थापाको खड्ग लिई प्रतीमालाई अगाडि लगाउँदै रथमा लगेर राख्ने गर्छन्।, भोली पल्ट साइत जुराएर न्यायाधीशको आदेशपछि मात्रै नेपाली सेनाको सम्मान गारद अर्पणसँगै बढाइका साथ रथ उचालिन्छ।, उचालिएको रथलाई तीन पटक मन्दिर परिक्रमा गराइसकेपछि कर्णेली पूजा हुन्छ। त्यसपछि पाल्पा दरबारमा रथ लगी प्रमुख जिल्ला अधिकारीबाट पूजा भएपछि मात्र सर्वसाधारणले पूजा गर्छन्।, यस वर्ष पनि शनिबार दिउँसो तानसेनमा उत्सवका साथ भगवतीको रथयात्रा निकालिएको छ।, दिउँसो पौने १ बजे रथ उठाई ३ पटक मन्दिरको परिक्रमा गराई सेना, प्रहरी र प्रशासकले श्रद्धापूर्वक पूजाआजा गरी तानसेन बजार परिक्रमा गरिएको भगवती रथयात्रा गुठी व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष भिमसेन कार्कीले बताए।, यो विजय उत्सव पाल्पामा मात्र नभई देशभर रणउजेश्वरी भगवती जात्राको रूपमा प्रख्यात छ। विजय उत्सवको अवसरमा भगवती मन्दिर परिसर र पाल्पा दरबार क्षेत्र ध्वजा पतकाले सिंगारिएको थियो।, भगवती जात्रालाई नेपाली सेनाले मात्र होइन जिल्लाका सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाहरू र जिल्लावासीले नै हर्षोल्लासका साथ मनाउने र विजय उत्सवमा सहभागी हुने गर्छन्।, भगवती जात्रा हेर्न पाल्पाका विभिन्न ग्रामीण भेगका साथै छिमेकी जिल्लाहरू गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, नवलपरासी, स्याङ्जा लगायतका क्षेत्रबाट समेत सर्वसाधारण तानसेन पुगेका थिए।, लामो समयदेखि पाल्पामा रहेर संस्कृतिको बारेमा कलम चलाउँदै आएका जानकार निर्मल श्रेष्ठ भगवती जात्रालाई राष्ट्र र राष्ट्रियतासँग जोडिएकोले सरकारले यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने बताउँछन्।, पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे पनि भगवती जात्रा अंग्रेज फौजलाई नेपाली फौजले पराजित गरेको र खुसीयालीमा निकाल्न सुरू गरिएको र यो नेपालको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतासँग गाँसिएकोले सरकारले राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताउँछन्।, विजय उत्सवको अवसरमा लुम्बिनी प्रदेश सरकारले भने विगत तीन वर्षदेखि नै स्थानीय बिदा दिँदै आएको छ।,
इतिहास सम्झाउने भगवती जात्रा (तस्बिरहरू) |
सेतोपाटी संवाददाता नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन्।, अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। , गढीमाई नगरपालिका-६ धरमपुरमा कृष्ण जन्माष्टमीको दिन लागेको मेलाको अर्केष्ट्रामा सई साह नाचेको भिडिओ बाहिरिएको थियो। , उनीमाथि अनुसन्धान गर्न धरमपुर चौकीको प्रमुखको जिम्मेवारी खोसेर धनुषा गणमा पठाइएको मल्लले बताए। , ‘भिडिओ बाहिरिएपछि उनलाई कारबाही स्वरूप हिजै जिम्मेवारीबाट हटाइएको छ। थप अनुसन्धानको लागि उनलाई धनुषा गणमा पठाइएको छ,’ उनले सेतोपाटीसँग भने। , बर्दीमा रहेका बेला पदीय आचरणविपरीत उनले स्टेजमा गएर अस्वभाविक रूपमा नाचेको भिडिओमा देख्न सकिन्छ। ,
बर्दीमा अस्वाभाविक तरिकाले नाचेको भिडिओ बाहिरिएपछि सई कारबाहीमा |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ।, कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।, त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।, प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए। , समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।, घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो।,
कांग्रेस नेता गिरिको आजै अन्त्येष्टि गरिने |
नवीनबाबु गुरूङ नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपामा राखिएको छ।, गिरिलाई श्रद्धाञ्जली दिन अहिले नेता, कार्यकर्तादेखि आफन्त तथा शुभचिन्तकको पार्टी कार्यालयमा ठूलो भिड छ।, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले गिरिको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।, विभिन्न दलका शीर्ष नेता तथा सयौं कांग्रेसी कार्यकर्ता गिरिलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा भेला भएका छन्। यसअघि गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो।, आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ।, नेता गिरिको उपचारका क्रममा गएराति नेपाल मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो।, ,
सानेपामा नेता गिरिको अन्तिम बिदाई (तस्बिरहरू) |
सेतोपाटी संवाददाता बाँकेमा ७ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। , शनिबार जानकी गाउँपालिका-५ छतेनपुर बस्ने मुङसिलाल करवलका ७ वर्षीय छोरा सन्जु करवलको मृत्यु भृएको हो। , उनी सोही ठाउँको नालामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , उनको मृत्यु कसरी भएको हो भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।,
,
बाँकेमा ७ वर्षीय बालक मृत फेला |
सेतोपाटी संवाददाता आज आइतबार देशभर मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले बिहान प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। , देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , भोलि सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले भनेको छ।, वर्षासँगै पहाडी भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहने र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
यस्तो छ आजको मौसम पूर्वानुमान |
नवीनबाबु गुरूङ दुई-दुई पटक विश्वकै १४ सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका सानु शेर्पाको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत सम्मान गरिएको छ| , दोहोर्याएर १४ वटा सर्वोच्च शिखर आरोहणमा उनले विश्व किर्तिमान समेत कायम गरेका छन्। , शनिबार पाकिस्तानबाट नेपाल फर्किंदा नेपाल पर्वतारोहण संघ, माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसम्वद्ध व्यक्तिहू, पर्वतारोही र पर्यटन व्यवसायीहरूले विमानस्थल पुगेर उनको स्वागत गरेका हुन्। , विमानस्थलमा झाँकीसहित स्वागत तथा सम्मानपछि शेर्पालाई तीनकुने, थापाथली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ, ठमेल हुँदै भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा पुर्याएर सम्मान गरिएको थियो। , सानु शेर्पाले जुलाई २१ को बिहान पाकिस्तानी समयअनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर उचाईको गसेरब्रुम–२ हिमालको सफल आरोहण गरेसँगै विश्वका १४ अग्ला हिमालहरूको दोहोर्याएर सफल आरोहण पूरा गरेका हुन्। , संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४८ वर्षीय शेर्पाले सन् २००६ मा पहिलो पटक चो-ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण सुरू गरेका थिए। त्यसपछि उनले २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटू, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा, २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए। , सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका शेर्पाले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए। उनी १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली पनि हुन्। ,
दोहोर्याएर १४ सर्वोच्च शिखर आरोहण गरी कीर्तिमान रच्ने सानुको भव्य स्वागत (तस्बिरहरू) |
सेतोपाटी संवाददाता पर्साबाट १७२ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शनिबार वीरगन्ज महानगरपालिका-२१ परवानीपुरबाट एक जना तेल ट्यांकर चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। , प्रहरीले भारत उत्तरप्रदेश गाजीपुर ग्राम जिल्लाको सिहोरी वरठीका ३९ वर्षीय लालबिहारी यादवलाई गाँजासहित पक्राउ गरेको हो। ,
परवानीपुरमा गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।, चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेटको तेल ट्यांकरलाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यस ट्यांकरको ट्यांकी भित्र लुकाइराखेको अवस्थामा ४६ पोकामा १७२ किलो गाँझा फेला पारेको हो। , प्रहरीले यादवलाई र ट्यांकरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।,
,
१७२ किलो गाँजासहित एक पक्राउ |
राजु विश्वकर्मा/रासस ‘आब ककरा बाबु कहबै, के कर साहारामे रहबै’ (अब कसलाई बुबा भन्नु? कसको साहरामा बाँच्नु?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन्।, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन। ‘आफूलाई छोरीजस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरीजस्तै भएकी छु,’ जितनीदेवीले भनिन्, ‘अब कसलाई बुवा भन्नेर बोलाउने? समस्या पर्दा कसलाई सुनाउने? अब कोही रहेन, बेसाराजस्तै भएकी छु।’, भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले ‘जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु’ भनेर गएको सम्झँदै जितनीदेवीले भनिन्, ‘आश्वासन दिएर जानुभएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो। अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरीजस्तै भएकी छु,’ जितनीले बिलौना गरिन्।, ‘कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन,’ जितनीले भनिन्, ‘उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो।’, जहिले पनि पढ्नुपर्छ, दलितहरु पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रुपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियारले बताए।, ‘आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँ–नयाँ कुरा सिकाउनुहुन्थ्यो,’ लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, ‘उहाँको प्रेरणाका कारण मेरो पढ्ने वातावरण बन्यो, मेरो पढाइमा उहाँको ठूलो योगदान छ।’ अब उनीजस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो।, ‘प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो,’ बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने, ‘उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ।’, जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ। गाउँलेहरु नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँशु बगाइरहेका छन्।, ‘सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ,’ बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, ‘उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ। उहाँसँग हिँड्दा कहिले पनि बिरानोजस्तो अनुभूति पाइनँ।’, यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गरेको बस्तीपुर माविमा पनि आज शोक व्यक्त गरिएको छ। ‘उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ,’ विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, ‘उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ।’, समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ।, नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए।, आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए। गएराति नै उनको निधन भएको खबर सुनेपछि उनको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन्।,
प्रदीप गिरीको निधनले शोकमा डुब्यो बस्तीपुर |
सेतोपाटी संवाददाता महोत्तरीमा एक जना मिटरब्याजी आरोपीतिलाई प्रहरीले पक्राउ गरेको छ। , सीतापुर भंगाहा नगरपालिका-५ बस्ने अनिरूद्र साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। उनलाई प्रहरीले गएराति घरबाट पक्राउ गरेको हो। , उनीविरूद्ध १० जनाले प्रहरी कार्यालयमा जाहेरी दिएको उनले बताए। , ‘उनी नामुद मिटरब्याजी रहेछन्। यसअघि पनि १५ जनाले जाहेरी दिएका रहेछन्। यसपालि पनि ९-१० जनाले जाहेरी दिनुभएको छ,’ प्रहरी उपरीक्षक पंगेनीले भने। , यस्तै प्रहरीले तमसुकका कागजातहरू पनि बरामद गरेको छ। उनले लाखौं रकम मिटरब्याजबाट उठाएको प्रहरीले जनाएको छ।अहिले नै कति रकम लिएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ। , उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , गृह मन्त्रालयले देशभरि नै मिटरब्याजीबाट पीडित भएकाहरूलाई जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र उजुरी दिइसक्न अनुरोध गरेको छ। , अहिले काठमाडौंको माइतीघर मण्डलमा नवलपरासी पश्चिमका पीडितहरू न्याय माग्दै आन्दोलनरत छन्। उनीहरूले आन्दोलन गरेपछि गृह मन्त्रालयले यस समस्याको उपाय खोज्न भन्दै कार्यदल गठन गरेको थियो।,
,
महोत्तरीबाट एक मिटरब्याजी पक्राउ |
सेतोपाटी संवाददाता अवैध रूपमा ल्याएको सुनजस्तो देखिने अर्धठोस वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार करिब एक किलो बराबरको सुनजस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो।, फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। , उनको काठमाडौं मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुन: प्रहरी वृत्त गौशालामा लगि शौच गराएको थियो। उनको मलद्वारबाट सुनजस्तो देखिने अर्धठोस वस्तु चार वटा पोका फेला परेपछि प्रहरीले पक्राउ गरेको हो। , प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।,
दुबईबाट आएका शंकास्पद यात्रुलाई प्रहरीले विमानस्थलबाट चौकीको शौचालयमा पुर्याएपछि... |
मनिका विश्वकर्मा यौनिक तथा अल्पसंख्यक समुदायका कथा, पिटर राईले आफूलाई पारलैंगिक महिला भनेर चिनाउन थालेको जम्मा दुई महिना भयो। त्यसअघि उनलाई आफू पुरुषभन्दा फरक छु भन्ने मात्र थाहा थियो। आफूलाई समलिंगी पुरुष भनेर चिनाइरहेका थिए।, समलिंगी पुरुष भनेको पुरुष भएर पुरुषप्रति आकर्षित हुनु हो। पारलैंगिक महिला भनेका महिलाका गुण हुनु र महिला भएरै पुरुषप्रति आकर्षण देखिनु हो। , 'म महिला भएर हिँड्न रूचाउँछु। केटाप्रति आकर्षित हुन्छु,' पारलैंगिक महिला भए पनि आफ्नो नाम भने पिटर नै राखेको उनी बताउँछिन्। यो नाम राख्नुको पछाडि विशेष कारण छ।, उनको जन्म खोटाङको दिक्तेल बजारमा भएको थियो। परिवारले उनलाई अनुज नाम दिएका थिए। उनलाई सानैदेखि केटाहरू मनपर्थ्यो।, कक्षा ६ पढ्दै गर्दा आफू अरूभन्दा फरक भएको उनलाई महसुस भयो। अरू केटा साथीहरूले 'गर्लफ्रेन्ड' बनाउँदा उनलाई रहर भएन। केटाहरूसँगै घुलमिल हुन्थे।, 'दिमागले किन केटीप्रति आकर्षित नभएको होला भनेर प्रश्न गर्थ्यो। उत्तर थाहा थिएन,' त्यो बेलाको अलमल सुनाउँदै उनले भनिन्, 'यत्ति थाहा थियो कि मलाई केटा मनपर्छ र केटीजस्तै बनेर हिँड्न मन लाग्छ। दिमागले अर्कै, मनले अर्कै अनि समाजले अर्कै भन्दा मैले आफूलाई चिन्न धेरै संघर्ष गर्नुपर्यो।', उमेर अनि कक्षा बढेसँगै पिटरलाई आफू अरू केटाभन्दा फरक भएको झनै स्पष्ट हुँदै थियो। उनको हाउभाउ पनि केटीजस्तै बन्दै थियो। उनले खुलेर त्यसलाई देखाएनन्। समाजले केटा कस्तो हुन्छ र केटी कस्तो हुन्छ भनेर छुट्याइदिएको छ। भनेजस्तो नभए अनेक टिकाटिप्पणी हुन्छ। त्यही कारण आफूलाई गुपचुप राखे।, उनका बुवा स्कुलका प्रधानाध्यापक थिए।, 'त्यसले पनि मलाई समाजमा हाँसोको पात्र बनिएला र बुवाको इज्जतको धज्जी उडाउँछु कि भन्ने डर भयो,' उनले भनिन्। तर पिटरले जति नै लुकाउन खोजे पनि उनको बदलिँदो स्वभाव साथीभाइले चाल पाइहाले।, 'साथीहरूले कस्तो केटी जस्तो बनेको भनेर जिस्काउँथे। म बेवास्ता गरिदिन्थेँ,' उनले स्कुले जीवन सम्झिँदै भनिन्।, त्यति बेलासम्म उनलाई आफ्नो पहिचानबारे थाहा भएन। अलिअलि पढेअनुसार उनलाई आफू समलिंगी हो कि भन्ने भयो। 'समलिंगी पुरुष हुँ' भनेर सबैलाई भन्ने सोचे पनि हिम्मत भएन।, 'म आफू के भइरहेको छु भन्ने दोधारमा थिएँ। आफ्नो परिवर्तन बुझेको थिएँ तर आफू के हो भन्ने यकिन थिएन। समलिंगी पुरुष हुँ कि जस्तो लाग्न थालेको थियो।', त्यो अन्यौलको अवस्थाबीच दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट उनले एसएलसी दिए। अनि त्यही स्कुलमा पढाउन थाले। पढाउन थालेपछि झन् उनलाई आफ्नोबारे सोच्ने फुर्सद भएन।, उनले ६ वर्ष स्कुलमा पढाए। पढाउँदा पढाउँदै स्नातक सकियो। उनकी जेठी दिदी र बहिनीको बिहे भएपछि घरमा उनकै बिहेको कुरा चल्न थाल्यो। बिहेबाट पन्छिए।, यसपछि पिटर, उनका भाइ र बहिनी काठमाडौं आए। त्यसपछि उनको पहिलो जिम्मेवारी भयो भाइबहिनीको राम्रोसँग पढाइलेखाइ गर्ने। यसकारण उनी आफ्नो पहिचानबाट झनै टाढिँदै गए। राम्रोसँग आफूलाई बुझ्ने समय पाएनन्। यति बेलासम्म उनी पुरुषप्रति आकर्षित भएकाले आफूलाई समलिंगी भनेर बुझ्नमै सीमित भए।, काठमाडौंमा भाइबहिनी पढाइरहेका पिटर उनीहरू स्कुल गएका बेला दिउँसो फुर्सद पाउँथे। त्यति बेला उनी २० रूपैयाँ तिरेर साइबरमा इन्टरनेट चलाउन जान्थे। सामाजिक सञ्जालमार्फत उनले धेरै समलिंगी पुरुषहरूसँग कुराकानी गर्न थाले। यसपछि उनलाई आफू समलिंगी पुरुष नै हो भन्ने भयो।, सन् २०१३ मा निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले मिस्टर गे (समलिंगी) प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा उनका साथी सहभागी थिए। प्रतियोगिता सकिएपछि साथी अस्ट्रेलिया गए। तिनै साथीमार्फत उनको निलहिरासँग सम्पर्क भयो। दुई वर्षपछि संस्थाले उनलाई जागिर दिलायो। त्यसअघि उनी काठमाडौंको एक सुपरमार्केटमा काम गर्थे।, संस्थामा पुग्दा उनलाई सुरूमा अलिकति हिचकिचाहट भएको थियो। उनले संस्थामा जोडिँदाको अनुभव सुनाइन्, 'सुरूसुरूमा संस्थामा अन्य मान्छेहरू देख्दा मलाई डर लाग्थ्यो। दस दिनपछि बल्ल मैले नयाँ साथी बनाएँ।', संस्थाबाहिर पनि समलिंगी पुरुषहरू मात्र उनका साथी थिए। संस्थामा काम गर्न थालेपछि उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा समलिंगीबाहेक अन्य पहिचान पनि छन् भन्ने थाहा भयो। संस्थाको कार्यक्रममार्फत पारलैंगिक, द्विलिंगी लगायत पहिचान भएका व्यक्तिहरूसँग भेटघाट र चिनजान भयो।, यसैबीच उनको चीनका एक बडीबिल्डरसँग सामाजिक सञ्जालमार्फत कुराकानी भयो। लामो कुराकानी गर्दागर्दा उनीहरूबीच प्रेम नै बस्यो। तर उनीहरूले त्यो प्रेमको कुनै सम्भावना देखेनन्। दुवैजनाले सहमतिमा कुराकानी गर्न रोके। , ती चिनियाँ व्यक्तिको नाम थियो पिटर। जुन दिनदेखि उनीहरूले कुराकानी नगर्ने सहमति गरे, त्यही दिनबाट अनुजले आफ्नो नाम बदलेर पिटर राख्ने निधो गरे। , 'मलाई अहिले घरमा पनि सबैले पिटर नै भनेर बोलाउँछन्,' उनले भनिन्।, उता प्रेममा ब्रेक लाग्दै थियो, यता पिटरको घरमा आमाबाबु उनको बिहे गराउन लागिपरेका थिए। जब घरमा उनको बिहेको कुरा चर्कियो, तब उनी आफ्नो पहिचानबारे झनै गम्भीर हुन थाले।, 'मेरो बिहे गर्ने समय आउँदा मलाई एकदम गाह्रो भएको थियो। म त्यति बेला आफूलाई समलिंगी भनेर पहिचान गर्थेँ। अर्कातिर खुलेर अरूलाई यो कुरा भन्न सक्दिनँ थिएँ।', उनको पहिचानबारे परिवारलाई थाहै थिएन। आमाबाबुको मन दुखाउन मन नभएकाले उनले केही बताएका थिएनन्। त्यसैले आफ्नो पहिचानको डर र परिवारको खुसीको दोसाँधमा उनले बिहे गर्ने निर्णय लिए। , छोरा बिहे गर्न सहमत भएपछि आमाबुवाले केटी खोज्न थाले। परिवारले बेलायत बस्ने केटी खोजिदिए। पिटरलाई भने अलमल भइरह्यो।, 'मलाई बिहे गर्न मन थिएन। बुवाआमाको खुसीका लागि तयार भएँ। फेरि कताकता केटीलाई अन्याय गरेको पनि महसुस भएको थियो,' उनले मन्द स्वरमा भनिन्।, बिहेबारे पिटरले आफ्ना समलिंगी साथीहरूसँग सल्लाहसुझाव मागे। समाजमा यौनिक तथा पारलैंगिक समुदायले भोग्नपरेका यथार्थ सम्झिँदै साथीहरूले बिहे गर्नै सुझाए। त्यसैले पिटरलाई बिहे गर्ने केटीसँग औंठी साटासाट हुँदासम्म आफ्नो पहिचान बताउने आँट भएन।, उनलाई मनमा कताकता लाग्थ्यो- बरू केटीले नै म समलिंगी भएको थाहा पाएर बिहे तोडिदिए हुन्थ्यो!, 'केटाहरूसँग मात्रै नजिक र आत्मीय भएर बोलेको मलाई ती केटी देखेर कुनै भावना आएन। केटीसँग थोरै समय बिताउन पनि उकुसमुकुस हुन्थ्यो। ती केटीले भने मलाई माया गर्न थालिसकेकी थिइन्,' उनले त्यो बेलाको अवस्था सुनाइन्। , पिटरको बिहेको कुरा चल्दाचल्दै भुइँचालो गयो। २०७२ वैशाखको भुइँचालोले बिहेको समय धकेलियो।, यता संस्थामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि काम गरिरहेका पिटरलाई परिवारबाहेक समुदायका व्यक्तिहरूले समलिंगी नै भनेर चिन्न थालिसकेका थिए। यही क्रममा एक दिन उनलाई एक टेलिभिजनले अन्तर्वार्ताका लागि बोलायो।, उनी समलिंगी व्यक्तिकै रूपमा त्यहाँ पुगेका थिए। त्यसपछि भने बल्ल उनको घरपरिवारलाई थाहा भयो। बिहेका लागि औंठी साटेकी केटीलाई पनि थाहा भयो। अनि ती केटीले नै बिहे तोडिदिइन्।, उक्त घटनाबाट पिटरलाई धेरै कुराको बोध भयो। उनी भन्छिन्, 'यसबाट के थाहा भयो भने कसैको जिन्दगीको निर्णय लिनु कसैलाई पनि अधिकार छैन। मैले बिहे गरेको भए सायद म आफ्नो पहिचानका लागि तड्पिरहन्थेँ। ती केटीलाई पनि जिन्दगीभर धोका दिइरहन्थेँ।', उक्त अन्तर्वार्तामार्फत उनलाई घरपरिवार अनि साथीभाइमाझ समलिंगी भनेर परिचित त गराइदियो तर पिटर स्वयंलाई दोधार थियो। निलहिरा समाजमा संस्थामार्फत उनले समलिंगी र पारलैंगिकको फरक थाहा पाउन थाले। त्यसपछि आफूमा भएको विशेषता समलिंगीको नभई पारलैंगिक महिलाको हो भन्नेमा प्रष्ट भए। पिटरलाई आफूभित्रको पारलैंगिक महिला चिन्न करिब सात वर्षै लाग्यो। , 'संस्थामा जोडिएपछि म कहिलेकाहीँ केटीको हुलियामा सजिन्थेँ। यसले मलाई हौसला र आनन्द दिन्थ्यो। एकदम खुसी हुन्थेँ। यसरी आफूलाई केटी बन्दा सहज लागेपछि म पारलैंगिक महिला नै हुँ भन्ने बुझेँ,' उनले भनिन्।, यसपछि उनले महिलाको जस्तो शरीर बनाउन हर्मोन खान थालिन्। उनको शरीर केटीको जस्तै हुन थाल्यो। अहिले उनी पारलैंगिक महिलाकै रूपमा खुल्छिन्। यही वर्ष आफ्नो जन्मदिनको अवसरमा आफूलाई पारलैंगिक महिला भनेर उनले घोषणा गरेकी हुन्।, 'कति दिनसम्म लुक्ने? एकचोटिको जिन्दगीमा आफ्नो पहिचान लुकाउनु हुँदैन भन्ने लाग्यो,' उमेरले तीन दशक काटेकी उनले मुस्कुराउँदै भनिन्। , पिटरले समलिंगी र पारलैंगिकलाई हेर्ने दृष्टिकोणमा धेरै फरक पाएकी छन्। समलिंगी हुँदा आफ्नो पहिचानलाई समाजले केही हदसम्म स्वीकार गरेको र पारलैंगिक महिलालाई भने विभेद गरेको अनुभव उनको छ।, उनी पारलैंगिक महिला भए पनि घर जाँदा पुरुषकै हुलियामा हुन्छिन्।, 'आमाबाबुको मन नदुखोस् भनेर म केटा भएर घर जान्छु,' उनले भनिन्। , पिटरका दिदीबहिनीले भने उनलाई उनकै पहिचानमा स्वीकार गरेका छन्। पहिले केटाका लागि हुने उपहार दिने दिदीबहिनीले अहिले केटीलाई दिने उपहार पठाउँछन्। उनले पढाएका पुराना विद्यार्थीहरूले पनि सकारात्मक सन्देशहरू पठाउँछन्। यी सबैले आफ्नो पहिचानमा गर्व गर्न थप ऊर्जा थपिएको पिटर बताउँछिन्। , बिबिएस पूरा गरेकी पिटरको पारलैंगिक महिलाकै रूपमा स्नातकोत्तर पढ्ने योजना छ। पहिले पनि उनी स्नातकोत्तर पढ्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकी थिइन्। परीक्षा दिए पनि विभिन्न कारणले उनको पढाइ पूरा हुन सकेन। अब फेरि पढाइलाई आफ्नो वास्तविक पहिचानमै निरन्तरता दिने इच्छा उनको छ। तर पढाउने संस्थामा आफूलाई कस्तो व्यवहार होला भन्ने कुराले अलमलमा छिन्।, 'हाजिरीमा केटाको नाम अनि मान्छे केटी देख्दा उहाँहरूले कस्तो व्यवहार गर्नुहोला भन्ने सोच बेलाबेला आउँछ,' उनले भनिन्, 'तर म सबै कुराको सामना गर्छु। त्यस्तै पर्यो भने आफ्नो अधिकारका लागि आवाज बुलन्द बनाउँछु।', पिटरको योभन्दा ठूलो सपना अर्कै छ- भविष्यमा आफ्नो गाउँ खोटाङ गएर आफ्नो पहिचानको कथा सुनाउने।, उनलाई आफू पुरुष शरीर लिएर जन्मेको घरगाउँमा आफ्नो वास्तविक पहिचान खुलाउन मन छ।, रसाएका आँखासहित पिटरले भनिन्, 'समलिंगी पुरुषबाट पारलैंगिक महिलासम्मको मेरो यात्रा र कथा मेरा शिक्षक, साथीहरू अनि गाउँलाई सुनाउने सपना छ।', सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्यो, पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी, हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान,
'घरगाउँ गएर आफ्नो कथा सुनाउने सपना छ' |
सेतोपाटी संवाददाता राज्यले प्रदान गर्ने सुविधाअन्तर्गतको सामाजिक सुरक्षालाई पैसासँग मात्र नजोड्न सरोकारवालाहरूले आग्रह गरेका छन्।, अहिले सामाजिक सुरक्षा भन्नेबित्तिकै वृद्धभत्ता, बालबालिकाको पोषण भत्ता लगायतका रकमलाई मात्र आमरूपमा बुझ्ने गरिएकोले सामाजिक सुरक्षालाई अब निश्चित रोजगार तथा अन्य माध्यमबाट हुन सक्ने जीविकोपार्जनतर्फ पनि लक्षित गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।, आयोजना गरेको बालसंवेदनशील सामाजिक सुरक्षाको अवस्थाका बारेमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपिसिएसएन) ले आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले सामाजिक सुरक्षाबाट सबै लक्षित नागरिक लाभान्वित भएका छन्/छैनन् भन्ने विषयमा पनि राज्यले ख्याल गर्नुपर्ने बताएका छन्।, ‘पैसा वितरण गरेरमात्र सामाजिक सुरक्षा हुन सक्दैन, हाम्रो आम बुझाइ भनेको सामाजिक सुरक्षा भन्नेबित्तिकै कति पैसा दिने भन्ने हुन्छ,’ वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया भण्डारीले भनिन्, ‘सामाजिक दायित्व पूरा गर्ने क्रममा राज्यको लक्षित सबैमा पुगेको छ कि छैन भन्ने पनि ख्याल गर्नु जरूरी छ।’, कतिपय पढ्न चाहेर पनि उच्च शिक्षा हासिल गर्न नसकेको वर्ग भएकाले राज्यले सामाजिक सुरक्षामार्फत् यसतर्फ ध्यान दिनुपर्ने उनले बताइन्।, पैसासँग मात्र नभएर सुरक्षाका विविध आयामसँग जोडेर सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।, ‘एउटा बच्चाले म घरदेखि विद्यालयसम्म सुरक्षित छु भन्ने अनुभव गर्न सकोस्, आफूलाई राज्यले गरेको लगानी उसले पनि महसुस गरोस्,’ मेयर भण्डारीले भनिन्।, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले सामाजिक सुरक्षा वितरणमुखीमात्र भएकोले निश्चित रोजगारमा पनि वृद्धि गर्दै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए।, कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले यो क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाले बजेट खर्च गर्ने उद्देश्यले मात्र काम नगरी तीनै तहका सरकारसँग समन्वय गरी प्रभावकारीता दर्शाउनुपर्ने बताइन्।, सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका टेक्निकल म्यानेजर ऋषिकेश ढकालले दुर्गम क्षेत्रमा घटना दर्ता र सामाजिक सुरक्षा रकम वितरण गर्न समस्या भएको बताए।, सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सुरू गरिएको महत्वपूर्ण सामाजिक सुरक्षा योजना ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल चलेको जानकारी दिइन्।, तथ्याङ्कअनुसार हाल नेपालमा कुल सरकारी खर्चको १२ प्रतिशत योगदान सामाजिक सुरक्षाको रहेको छ।,
‘सामाजिक सुरक्षालाई पैसासँग मात्र नजोडौं’ |
नारायण खड्का दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए। , उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।, घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। , घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।, उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो। , गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं. ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका-७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए। , ‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने, ‘विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्धेश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य खुल्यो।’, मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए। , ‘आफैं आगो लगाएर बीमाबाट रकम असुल्ने नियत देखियो,’ एसपी काफ्लेले भने, ‘यसअघि गाडी साहुले आफूलाई गाडी देउखुरीतर्फ लगेकोबारे चालकले कुनै सूचना नदिएको भनेर झूट बोलेका रहेछन्।’, पक्राउपछि चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिकास्थित आफ्नो घरतर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागीपछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नुजस्ता कारणहरूले घटना शंकास्पद देखिएको यसअघि नै एसपी काफ्लेले बताएका थिए। , ‘अरू चार पाँच वडा गाडी गएपछि मात्रै हामीलाई आगजनीबारे खबर भएको थियो,’ एसपी काफ्लेले भने, ‘त्यहीबाट हामीलाई आशंका भएको हो र अनुसन्धान गर्दा हाम्रो आशंका सत्य साबित भयो।’, चालक र सहचालकले भने चार पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताउँदै आएका छन्। , आगजनीबाट टिपरको अगाडिको भाग पूरै जलेर नष्ट भएको छ। विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै टिपर आफूहरूले आगजनी नगरेको यसअघि नै सेतोपाटीलाई बताइसकेका थिए।, यो पनि:, दाङमा बिहानै टिपरमा आगजनी,
प्रहरी भन्छ- बीमाको पैसा असुल्न चालक, सहचालकलाई गाडी जलाउन लगाए गाडी धनीले |
युनिक श्रेष्ठ काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चो शाखाका सुपरभाइजरले महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।, सुपरभाइजर हरि चापागाईंले कम्पनी कामदारमाथि लामो समयदेखि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। सञ्चो उत्पादन गर्ने कम्पनीमा ३० जना बढी महिला काम गर्छन्।, चापागाईंले आफूहरूमध्ये धेरैलाई यौन दुर्व्यवहार गरेको पीडित महिलाले बताएका छन्।, पटक-पटक यौन दुर्व्यवहार भएपछि कर्मचारीले प्रशासनलाई खबर नगरेका होइनन्। प्रशासनले आरोपितलाई कारबाही गर्नुको साटो उल्टै आफूहरूमाथि नै कारबाही गर्न लागेको पीडितले बताएका छन्। , कुरा गत पुसमा एक जना महिला कर्मचारीलाई सञ्चो आवश्यक परेको थियो। सञ्चो चाहिएपछि माग्न भन्दै ती महिला सुपरभाइजर चापागाईंकोमा पुगिन्।, उनले भनिन्- सर मलाई दुई-चार वटा सञ्चो चाहियो।, चापागाईंले 'आइज' भनेर आफ्नो कार्यकक्षमा लगे। भित्र पसेपछि चापागाईले उनको ढाडमा छोएर कपडा तानिदिए। चापागाईंले त्यो दिनमात्रै नभई पहिला पनि नराम्रो किसिमले छुने गरेको उनी बताउँछिन्। त्यो दिन भने असह्य नै भएको उनले बताइन्।, के गर्न खोजेको भन्दै उनले चापागाईंलाई हप्काइन्।, आफूमाथि दुर्व्यवहार भएको भन्दै उनले शाखा अधिकृत उषा रिजालकहाँ गएर भनिन्, 'उहाँ मान्छे मलाई ठीक लागेन। उहाँले नराम्रो काम गर्नुभएको छ। उहाँसँग काम गर्न मलाई गाह्रो भयो।', रिजालले घटनाबारे कारबाहीको प्रक्रिया अगाडि बढाइनन्। बरू उल्टै पीडित महिला कर्मचारीलाई नै थर्काइन्।, 'तँ हिजोआज बढी हुन थालेकी छस्। काम गर्न मन छ भने गर नानी। होइन भने अरूलाई पनि बिगार्ने काम नगर,' रिजालको भनाइ उद्धृत गर्दै पीडितले सेतोपाटीसँग भनिन्।, उनले चापागाईंले आफूमाथि मात्रै यौन दुर्व्यवहार गरेको होला भन्ने सोचेकी थिइन्। आफूमाथि भएको यौन दुर्व्यवहार र शाखा अधिकृतको व्यवहारले उनको चित्त दुखेको थियो।, यसबारे उनले आफ्ना सहकर्मीलाई सुनाइन्।, चापागाईंले आफूहरूलाई पनि पटक-पटक दुर्व्यवहार गरेको अरू महिलाहरूले बताए। , 'सबैजनाले आफूहरूलाई पनि पटक-पटक दुर्व्यवहार गर्ने गरेको भनेर मलाई सुनाउनुभयो,' उनले भनिन्, 'एक जना दिदी त मेरो घर पनि बिगारिदिनुभयो भनेर रूनुभयो। एक्लै भेटे चिमोट्ने, शरीरका विभिन्न भागमा हात लग्ने मात्र होइन राती फोन गर्ने पनि गर्दा रहेछन्।', यसरी पीडितले शाखा अधिकृतलाई गएर सुनाएपछि उल्टै आफूमाथि कारबाही गरेको पीडितको गुनासो छ। पुस १९ गते कम्पनीमा एउटा कार्यक्रम पनि थियो। त्यो दिन ती पीडित पनि हाजिर भएकी थिइन्। आफूले यौन दुर्व्यवहारबारे बोलेपछि कारबाहीस्वरूप त्यस दिनको हाजिर नै काटेर तलब पठाएको उनले गुनासो गरिन्।, 'मैले दिनभर काम गरें। मैले नै पस्केर दिएको खाजा शाखा प्रमुखले खानुभयो। तर त्यो दिनको तलब काटेर पठाउनुभयो,' उनले भनिन्। उनीमाथि कारबाहीको शिलशिला यतिमै रोकिएन।, उनी त्यहाँ सञ्चो बनाउँथिन्। माघमा आएर उनलाई गेटमा स्यानिटाइजर लगाउन दिने काममा राखियो। यस्तै उनी साढे ९ मै आइपुग्नु पर्ने र अरू गइसकेपछि मात्रै जानुपर्ने भन्ने शर्त पनि राखियो। त्यसरी काम गर्ने भए गर्नू नत्र भने निस्किन भन्दै प्रशासनले उनलाई धम्क्यायो। त्यसपछि उनी दुई महिना गेटमा बसेर काम गर्न बाध्य भइन्।, अर्की पीडित महिलाले सञ्चो बनाउने काम गरेको सात वर्ष पूरा भइसक्यो। उनी आउँदा नै हरि चापागाईं सुपरभाइजर थिए।, काम गर्न थालेको पहिलो वर्षदेखि नै आफूमाथि दुर्व्यवहार हुँदै आएको उनले सेतोपाटीसँग भनेकी छन्। उनलाई चापागाईंले घरमै हुँदा पनि फोन गर्ने गरेको बताइन्।, 'घरमा हुँदा पनि फोन गर्नुहुन्थ्यो। म आउँछु चिया पकाएर खुवाउनु भनेर भन्नुहुन्थ्यो। कामै नहुँदा पनि उहाँले फोन गरेर दिक्क पार्नुहुन्थ्यो,' उनले भनिन्, 'घरमा के भन्नुहोला भन्ने मलाई तनाव भयो। अनि मैले त्यही बेला सर मलाई यसरी काम नपरी-नपरी फोन नगर्नुस्। काम परे त अफिसमा आइहाल्छु पनि भनें।', उनको दुर्व्यवहार यतिमा मात्रै सीमित थिएन। कहिले उनको ढाडमा धाप मार्थे त कहिले औंलाले घोच्थे।, 'काली कोप्ची भन्ने, धाप मार्ने, औंलाले घोच्ने, कुनै लुगा लगाए सुहाउँदो रहेछ भनेर अप्ठेरो हुने गरी भन्ने गर्नुहुन्थ्यो,' उनले भनिन्, 'प्रत्येक पटक मैले प्रतिकार पनि गरें। वाइयात कुराहरू नगर्नुस् भनेर पनि भनें। तर मौकामा उहाँले दुर्व्यवहार गर्न रोक्नुभएन।', यस्ता कुरा उनले आफू र आफ्ना साथीहरूबीच मात्रै सीमित राखिन्।, अर्की पीडितले पनि त्यहाँ काम गर्न थालेको ६ वर्ष भयो। उनीमाथि भने चापागाईंले काम गर्न गएको पहिलो दिनमै दुर्व्यवहार गरेको बताइन्। उनले आफूलाई धाप मारेको बताइन्।, 'उहाँले पहिलो दिनमै धाप मार्नुभयो। अनि मैले अलि पर बसेर कुरा गरे पनि म सुन्छु। एक जना साथी र मैले परै बस्नुस् धाप मार्न आउनुपर्दैन भन्यौं,' उनले सुनाइन्, 'त्यो दिन हप्काएपछि मलाईचाहिँ उहाँले त्यस्तो गर्ने आँट गर्नुभएन। म पनि जोगिएरै हिँड्न थालें। अरूलाई एकदमै टर्चर दिनुभएको छ।', उनका अनुसार कतिपय पीडितहरूलाई दिनहुँ फोन गरी हैरान पारेको भन्दै सिमसमेत फ्याँक्नुपर्ने अवस्था आएको थियो।, 'कतिपयको घरबार नै बिगारिदिए। उनकै फोनका कारण कतिले सिम भाँचेर फ्याँकेका घटना पनि छन्। एक जना बहिनीको त श्रीमानसँग सम्बन्ध बिग्रेर छुटिएर बस्नुभएको छ,' उनले सुनाइन्।, चौथी पीडितले पनि आफूमाथि भएको दुर्व्यवहारबारे बताइन्।, उनलाई पनि आफ्नो घरमा चिया खाना आउँछु भन्दै पटक-पटक फोन गर्ने गरेको सुनाइन्।, 'चिया खान आउँछु भनेर फोन गर्ने गर्नुहुन्छ। घरमा मेरा श्रीमान, बालबच्चा हुन्छन्। कतै फोन छाड्यो भने पनि बाबुनानीले हरि सरको फोन आयो भन्छन्। केही गरी फोन उठाइहालें भने पनि आउँछु भनेपछि फेरि जिद्द गर्नुहुन्छ,' उनले सुनाइन्, 'अफिसभित्रै काम गर्दा पनि घुरेर हेर्नुहुन्छ। आइहाल्ने पो हो कि भनेर डर लाग्ने। काम गर्दा चिमोट्ने देख्यो भने पनि कसैले भन्ला भन्ने पनि नसोच्ने।', उनले थपिन्, 'मलाई लकडाउनको बेलादेखि यस्तो हुन थालेको हो।', त्यहाँका पीडित कर्मचारीहरूले आफूहरूमा जे जस्तो कुरा लिएर शाखा अधिकृत कहाँ पुगे पनि महाप्रबन्धक आएपछि भन्दै टार्दै गइन्। चैत अन्तिमतिर कम्पनीकी महाप्रबन्धक संगीता यादव आइन्।, वैशाख १४ गते पीडितलाई यादव आफैंले नै बोलाइन्। उनले एक-एक जनालाई कोठामा बोलाएर भनिन्, 'तँलाई कुन हाकिमबाट दुर्व्यवहार भयो। त्यो लेख्। उसै महिला हिंसा भयो भन्ने? म छानबिन गर्न दुई जना वकिललाई बोलाएर ल्याउँछु। वकिललाई छानबिन गर्न लगाउँछु। हो रहेछ भने ठीकै छ, होइन रहेछ भने तिमीहरूले जागिर छाड्नुपर्छ कि मैले जहाँ सरूवा गर्छु त्यहीँ जानुपर्छ।', पीडितहरूले आफूमाथि भएको दुर्व्यवहारबारे निवेदन लेखेर दिए। महाप्रबन्धक यादवले सात जनालाई त्यसैगरी लगेर सोधपुछ गरेकी थिइन्। त्यसपछि भने आफूहरूलाई एउटा कोठामा थुनेर राखेको एक पीडितले सुनाइन्।, 'त्यहाँबाट बाहिर आएपछि हामीलाई अरू साथीसँग भेट्न दिइएन। एउटा कोठामा राखियो। बाहिर गार्ड बसेर हामीलाई नजरबन्दमा राख्यो। हामी त्यसदिन २ देखि ५ बजेसम्म त्यही बस्यौं,' उनले भनिन्, '५ बजेपछि एक जना हाकिम आएर ग्रुप लिडरलाई हाम्रो नाम टिपाउन लगाउनुभयो। हाम्रो सुनुवाइ भोलि १० बजे हुन्छ भन्नुभयो।', वैशाख १५ गते पीडितहरू हाजिर भए। ११ बजेपछि भने गार्डदेखि सबैलाई बोलाएर मिटिङ राखे। शाखा प्रमुखले त्यहाँ काम नगरेको भन्दै कर्मचारीहरूलाई सुनाउँदै थिइन्। तर पीडितहरूले सुनुवाइ हुनेबारे सोधे।, सुनुवाइबारे प्रश्न सोध्नबित्तिकै लेखाका एक कर्मचारी उनीहरूमाथि झम्टिए। त्यसदिन दुई जना प्रहरी पनि त्यहाँ आइपुगेका थिए। तनावको अवस्था सिर्जना नभएपछि उनीहरू फर्किए।, कम्पनीको प्रशासनबाट केही नलागेपछि पीडितहरूले वैशाख २५ गते हुलाकमार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिए। उजुरी दर्ता भयो/भएन भन्नेबारे उनीहरू अनभिज्ञ छन्। कुनै कारबाही प्रक्रिया अघि नबढेकाले दर्ता नै भएन कि भन्ने उनीहरूलाई लागेको छ। , यसरी पटक-पटक निवेदन हालेपछि प्रशासनले सिसिटिभी पनि जडान गर्यो। प्रहरीमा जाहेरी दिनेबारे सोचे पनि कम्पनी प्रशासन आफैंले नै प्रहरी बोलाएपछि भने उनीहरू डराएका छन्।, पछिल्लो पटक साउन २२ गते पनि उनीहरूले प्रशासनमै उजुरी गरे। यसमा २१ जना महिला कर्मचारीले हस्ताक्षर गरी महाप्रबन्धकसमक्ष निवेदन दिएका छन्।, प्रशासनले अहिलेसम्म चापागाईलाई कुनै कारबाही नगरेको पीडितहरूको गुनासो छ।, महाप्रबन्धक संगीता यादवले भने सुपरभाइजर चापागाईंले दुर्व्यवहार गरेकोबारे अझै छानबिन भइरहेको जानकारी दिइन्।, उनले वैशाखमा यसरी उजुरी आएपछि अफिसमा सिसिटिभी जडान गरेर अनुगमन गरेको पनि बताए। यस्तै अनुगमन गर्न मान्छे नै खटाएको र त्यस्तो अहिलेसम्म केही नभेटिएको उनले बताइन्।, ‘म आएदेखि सिसिटिभी क्यामेरा जडान गर्नेदेखि अनुगमनमा पठाएको मान्छेहरूबाट त्यस्तो केही पनि देखिएन। प्रशासनबाट रेगुलर रूपमा अनुगमन भइरहेको छ। कुरा के हो भनेर बुझ्न हामीले एक जनालाई खटाएका पनि छौं,’ उनले भनिन्, ‘आज हामीले उहाँहरूलाई बोलाएका पनि छौं। पहिला हामीहरूलाई भन्नुपर्थ्यो नि। एक्कासी तपाईंहरूकोमा जानुभन्दा पनि हामीकहाँ आउनुपर्थ्यो। सुनुवाइ नभएको होइन, भइरहेको छ।’, आफूले आरोपित चापागाईंसँग पनि सोधपुछ गरेको र उनले उक्त कुरा अस्वीकार गरेको यादवले बताइन्।, ‘हामीले आरोपीलाई पनि सोध्यौं। उहाँले त होइन नै भन्नुभएको छ। प्रमाण नभेटिकन मैले व्यक्तिगत रूपमा कसरी कारबाही गर्नु त? प्रमाण खोजिरहेको छु। कतिपयले मैले नबुझेर हस्ताक्षर गरेको पनि भन्नुभएको छ,’ उनले भनिन्, ‘व्यक्तिगत रूपमा पनि मैले तीन जनालाई सोधेकी थिएँ। उहाँहरूले पनि आफूहरूले थाहा नपाएर लहैलहैमा लागेर निवेदनमा हस्ताक्षर गरेको भन्नुभयो। दुर्व्यवहार भएको छैन नै भनेर भन्दिनँ। अहिले पनि छानबिन भइरहेकै छ।’,
जडीबुटी कम्पनीका सुपरभाइजरमाथि यौन दुर्व्यवहारको आरोप, छानबिन हुँदै |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन थालेको छ।, बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काएको हो।, प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।, काठमाडौं मल र खिचा पोखरीस्थित आरबि कम्प्लेक्समा बनाइएका संरचना भत्काएको हो। अब बिरा कम्प्लेक्समा संरचना हटाउने महानगरले जनाएको छ।, केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू हटाएर संरचना भत्काएको थियो ।, हेर्नुहोस् तस्बिरहरू,
काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर चलायो (तस्बिरहरू) |
सेतोपाटी संवाददाता तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन्। , विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्। , करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ।,
तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते |
सेतोपाटी संवाददाता नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवर्द्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ।, गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए।, तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्याभिषेक गरेको दिनको अवसर पारेर भदौ २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको उनले बताए।, नेपाल एकीकरणको उद्गमथलोका रूपमा रहेका ऐतिहासिकस्थलको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ।, जिल्लाभित्रका तीन स्थानीय तहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थललाई जोडेर दौडका लागि रुट तय गरेको सेनानी प्रकाश परियारले बताए।, प्रतियोगितामा प्रथम हुनेदेखि १० औँ स्थानसम्मका विजेतालाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले बताए।, प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार पुरस्कार पाउने छन्। द्वितीय र तृतीयले क्रमशः रु एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए।, प्रतियोगिता सम्पन्न गर्न करिब र १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाको पहलमा विसं २०७६ देखि सुरु भएको प्रतियोगिता हरेक वर्ष गर्ने भनिएको भए पनि कोभिडका कारण गएको दुई वर्ष सञ्चालन हुनसकेको थिएन।, दौड प्रतियोगिता हुने ऐतिहासिक रुटलाई पदमार्गका रूपमा विकास गर्ने योजना रहेको सिरानचोक गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको भनाइ छ। प्रतियोगितामा करिब तीन सय धावक सहभागी हुने अनुमान छ। सहभागिताका लागि अनलाइनमार्फत फारम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।,
लिगलिगकोटदेखि गोरखा दरबारसम्म दौड हुने |
रासस राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ। जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको हो।, आयोगको केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्लाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि निवेदन दिन आग्रह गरिएको भूमि आयोगका जिल्ला अध्यक्ष सुरेश राईले बताए।’नेपालका कुनै पनि ठाउँमा आफ्नो नाममा जग्गा नभएको र अङ्श पाउने अवस्था नरहेका व्यक्तिले सम्बन्धित वडा कार्यालयमा गएर रातो फारम भर्नुपर्छ’, उनले भने, “जमिनमा आवास निर्माणसँगै भोगचलन गर्दै आएको छ तर, उक्त जमिन सरकारी तथा ऐलानी रहेका अव्यवस्थित बसोबासीले सेतो फारम भर्नुपर्ने व्यवस्था छ।’, आयोगको केन्द्रीय कार्यालयबाट सूचना प्रकाशन भएको मिति भदौ १ गतेदेखि ३५ दिनभित्रमा जिल्लामा निवेदन सङ्कलन हुने जनाइएको छ। जिल्लाका १० वटै स्थानीय तहबाट निवेदन सङ्कलन गरेपश्चात दाबी–विरोधका लागि सात दिनको सूचना वडाले निकाल्ने अध्यक्ष राईले बताए। निवेदन सङ्कलनसँगै दाबी–विरोध आएको अवस्थामा वडा र पालिका सहजीकरण समितिले समाधान गर्नेछ। पालिकाले पठाएको अन्तिम नामावली जिल्ला मालपोत कार्यालयमा आउने र त्यसपछि प्राप्त निवेदन दिने व्यक्ति भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी हो/होइन भनेर मालपोत कार्यालयले जाँच गरेपछि उनीहरूलाई भूमि उपलब्ध गराइने अध्यक्ष राईले बताए।, भूमिहीनलाई भूमि उपलब्ध गराउने गरी गत साउन ४ गते भूमि आयोगले जिल्लाका १० वटै स्थानीय तहसँग सम्झौता गरेको थियो। राष्ट्रिय भूमि आयोगले जिल्लाका करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ। जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार तीन सय ४० वर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान छ। अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार एक हजार वर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार वर्गमिटर जग्गा उपलब्ध गराइने समितिका सदस्यसचिव एवं जिल्ला नापी कार्यालयका अधिकृत मदन खत्रीले बताए।,
भूमिहीनले असोज ४ गतेभित्र निवेदन दिन आयोगको आग्रह |
सेतोपाटी संवाददाता आगामी आइतबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। , आज शुक्रबार देशका अधिकांश भू-भागको मौसममा सामान्य देखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।, यस्तै आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भोलि शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै आइतबार पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।, भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
प्रदेश १ र मधेशबाहेक अन्य प्रदेशमा आइतबारसम्म भारी वर्षाको सम्भावना |
एजेन्सी जापानमा पछिल्लो समय २ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।, जापानमा एकै दिनमा २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड -१९ को सङ्क्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो।, यस्तै पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्। , कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।, जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्।, हाल जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ।, यसैबीच, पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा १ लाख ८० हजार ६५२ जनामा संक्रमण देखा परेको छ। यो सँगै दक्षिण कोरियामा १९ लाख ८० हजार ३१३ जना संक्रिय संक्रमित रहेका छन्।,
जापानमा एकै दिन २ लाख ५० हजार भन्दा बढी कोरोना सङ्क्रमित |
सेतोपाटी संवाददाता डाक्टर धर्मागत भट्टराईले अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्ड पाएका छन्।, विश्वभरका इम्युनोलोजिस्टको आधिकारिक संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सिज (इसिड) द्वारा उत्कृष्ट ३ युवा इम्युनोलोजी विज्ञलाई दिईने ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’ पुरस्कारबाट नेपालका इम्युनोलोजिस्ट चिकित्सक धर्मागत भट्टराई पुरस्कृत भएका हुन्।, युवा इम्युनोलोजिस्ट समूहमा प्रतिष्ठित मानिने यो पुरस्कार पाउनेमा डा. भट्टराई र अरू २ युरोपियन विज्ञ छन्। यो सम्मान पाउने डा. भट्टराई दक्षिण एसियाकै पहिलो युवा इम्युनोलोजिस्ट हुन्। , पुरस्कार तथा सम्मान आगामी अक्टुबर १२ मा स्वीडेनको गोतेनबर्गमा हुने इसिडको वार्षिक वृहत विज्ञ सम्मेलनमा प्रदान गरिँदैछ।, इसिड ‘रोग प्रतिरोध’ अर्थात् ‘इम्युनिटी’-विज्ञानका विज्ञ समाहित अन्तर्राष्ट्रिय संस्था हो।, इम्युनोलोजी विषयमा युवा विज्ञले गरेका उत्कृष्ट उपलब्धि र योगदानको कदर स्वरूप यो ट्यालेन्ट अवार्डको परिकल्पना गरिएको हो।, संसारभरका जोसुकै इम्युनोलोजी विषयका सूचिकृत योग्यता भएका विज्ञ मूल्यांकनमा पर्ने यो उपाधि एवं पुरस्कार निम्ति योग्यता, काम, नवीन अन्वेषण, विधागत चिकित्सकीय तथा अनुसन्धानात्मक योगदान र उसको विश्व-उपस्थिति प्रभाव शीर्षकका मापदण्ड मूल्यांकन गरी ३ जना उत्कृष्ट विज्ञलाई दिने गरिन्छ। , डा. भट्टराई नेपालका प्रथम डाक्टरेट, इम्युनोलोजीस्ट चिकित्सक ,हुन्। पश्चिमा देशमा रोग प्रतिरोध विज्ञान अर्थात् इम्युनोलोजी विषय अति विकसित भइसके पनि हाम्रो जस्तो मुलुकमा यसबारे अझै सचेतनाको कमीले गर्दा यी रोग नसोचिने, रोग पत्ता नलाग्ने, विरामीहरु अंगभंग हुने र ज्यान गुमाउन पुगेका छन्।, विद्यावारिधि पश्चात्, देश फर्केका डा. भट्टराईले करिब २ वर्षमा सात सय भन्दा बढी बालबालिका र किशोरमा इम्यून रोग या बाथजन्य रोग पत्ता लगाई उपचार गरिसकेका छन्। , हालैमात्रै डा. भट्टराई प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय मिड-टर्म फेलोसिप पाएर त्यसअन्तर्गत अमेरिकाको ‘युनिवार्सिटी अफ पेन्सिलभेनिया’ सम्बद्ध देशकै उत्कृष्ट ‘चिल्ड्रेन हस्पिटल अफ फिलाडेल्फिया’बाट ‘इम्युनोलोजी उच्च अध्ययन तथा स्टेम सेल प्रत्यारोपण’ विषयमा फेलोशिप समेत सम्पन्न गरेका छन्।, प्रतिष्ठित मानिने यो उच्च इम्युनोलोजी फेलोसिप पाउने पनि उनी पहिलो नेपाली हुन्। विज्ञानलाई सरकारी तवरबाट कम महत्व दिइने हाम्रो परिवेशमा डा. भट्टराईका कदम र विभूषण आशाका बिम्ब हुनसक्छन्।,
नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्ड |
दुर्गा देवकोटा/रासस कैलालीमा घरको नक्सापास न्यून संख्या गर्ने गरेको पाइएको छ। लाखौं रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन्। उनीहरूले नक्सापासको महत्व अझै बुझ्न सकेका छैनन्। न्यून व्यक्तिले मात्र मापदण्डअनुसार घर बनाउने गरेको पाइएको छ। , वि.सं २०७२ मा भूकम्प गएपछि सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण संहिता लागू गर्यो।, भवन निर्माण विभागको नेतृत्वमा मुलुकमै पहिलोपटक आफ्नै मौलिक र व्यवहारिक संशोधित एवं परिमार्जित संहिता बन्यो। जुन देशैभरिका पालिकामा लागू गर्न निर्देशन दिइयो। कैलालीका विभिन्न पालिकामा भने त्यो कार्यान्वयन भएको कमै पाइन्छ। , भूकम्पजस्ता विपत्ति तथा बलियो घर बनाउन र बस्ती व्यवस्थित बनाउन भवन निर्माण संहिताले सहयोग गर्छ।, कैलालीका पालिकाले २०७२ अघि बनेका घरलाई नक्सापास गर्ने निश्चित समय तोके र सो समयमा नआएका घर अभिलेखीकरण गर्ने तथा नयाँ बन्दै गरेका घर मापदण्डअनुसार पास गर्ने गरे पनि घर नक्सापास न्यून मात्रामा हुने गरेका छन्।, कैलालीको भजनी नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा चार तथा आव २०७७/७८ मा नौ घरको नक्सापास गरिएको छ। यस्तै, २०७८/७९ मा दुई र आव २०७७/७८ मा १४ घरको अभिलेखीकरण गरिएको भजनी नगरपालिका इञ्जिनियर अनिष श्रेष्ठ बताउँछन्।, ‘मापदण्ड पालना गरेर घर बनाउनुपर्छ भन्ने चेतना निकै कममा पाइयो। मापदण्डबिना निर्माण गरिएका घर हामीले पछि पास गर्न सक्दैनौं’, उनी भन्छन्, ‘घरको मूल्यांकन गर्न र बैंकिङ कारोबार गर्न समस्या हुन्छ। अर्कोतर्फ मापदण्डबिनाका घरले विपद्का समयमा जोखिम हुनसक्छ।’ , जोशीपुर गाउँपालिकामा पनि घरको नक्सापास गर्ने निकै कम छन्। जोशीपुरले २०७२ अघि बनेका घर अभिलेखीकरण गर्नका लागि भर्खरै एक महिने सूचना निकालेको छ।, चेतनाको कमीले नयाँ घर धमाधम बनिरहे पनि घरको नक्सापास गर्न आउने कमै रहेका जोशीपुर गाउँपालिकाकी सबइञ्जिनियर हरिषा पन्तले बताइन्।, ‘वि.सं २०७२ अघि भवन निर्माण संहिता लागू हुनुपूर्वका घर अभिलेखीकरण गर्न थालेका छौं, त्यसपछि मापदण्ड लागू भएपछिका घरको भने रेकर्ड राख्न गाह्रो छ’, उनले भने।, जानकी गाउँपालिकामा आव २०७८/७९ मा २५ घरको नक्सापास र १७ घरको अभिलेखीकरण भएको छ।, आव २०७७/७८ मा १० घरको नक्सापास र २४ घरको अभिलेखीकरण गरिएको छ। पालिकामा हरेक वर्ष सयौं पक्की घर निर्माण हुन्छन्। तर समयमै पास हुँदैनन्। यसरी बनेका घरको मूल्यांकन नहुने भएकाले भविष्यमा समस्या हुनसक्ने गाउँपालिकाका सबइञ्जिनियर विपिन चौधरी बताउँछन्। , ‘हामीले हरेक घर मापदण्डअनुसार बनुन् भनेर सूचना गरिरहेका छौं’, उनले भने, ‘जानकारी भएकाहरू पनि लापरबाही गरिरहेको पाइएको छ।’, संहिताअनुसार आवासीय प्रयोजनका लागि बनाइने घर र कार्यालय, सपिङ मल, कलकारखाना तथा उद्योगधन्दाका लागि बनाइने घरको साइज मापदण्डअनुसार फरक–फरक हुन्छ।, त्यसैगरी, साना–ठूला भवनको डिजाइन गर्दा भूकम्प प्रतिरोधी कसरी बनाउने भन्ने कुरामा प्राविधिकले ध्यान दिन्छन् तर यहाँ बनिरहेका घर आफ्नै हिसाबले बन्दा मापदण्ड पूरा भएको देखिँदैन। यसले भविष्यमा समस्या हुनसक्छ। , अन्य पालिकाको तुलनामा टीकापुरमा केही संख्या बढी छ। तर टीकापुर बजार क्षेत्र भएकाले यो संख्या पनि सन्तोषजनक होइन। टीकापुरले गत वर्ष एक सय ८९ भवन निर्माण तथा नयाँ नक्सापास गरेको छ।, कार्यालयले दुई सय ६८ जनालाई भवन निर्माण सम्पन्न प्रमाणपत्र दिएको छ। नगरपालिकाले एक सय ८५ विविध सिफारिस तथा अभिलेखीकरण गरेको भवन निर्माण तथा बस्ती विकास शाखाका इञ्जिनियर नवीन ओझा बताउँछन्। , ‘हामीले मापदण्डअनुसार भवन बनाउन डकर्मी तथा ठेकेदारलाई समेत तालिम दियौं, घर धनीसँग पनि पटक–पटक छलफल गरेका छौं’, ओझा भन्छन्, ‘जीवनभरिको कमाइ खन्याएर बनाउने घर बनाउँदा लापरबाही नगरौं भन्ने गरेका छौं। विस्तारै सचेत बन्दै गएका छन्।’, इञ्जिनियर ओझा पालिकाले तीन चरणमा घर नक्सापास गर्ने गरेको बताउँछन्।, ‘धमाधम मापदण्डबिना निर्माण हुने घरले जोखिमसमेत बढाउने भएकाले नागरिक सचेत हुन आवश्यक छ’, उनले भने, ‘मनपरि घर बनाउने तर पछि कागजात चाहियो, कारोबार गर्नुपर्यो भन्दै आउनेहरू छन्। उनीहरूलाई सुविधा पाउन गाह्रो छ।’, भवन बनाउने तर घर नक्सापास नगर्दा पालिकाको राजस्वमा समेत असर पर्ने गरेको छ।,
घर बनाउँछन्, नक्सापास गराउँदैनन् |
रासस प्रतिकूल मौसमका कारणले अवरूद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ। नेपाल एयरलाइन्सले आज उडान भरेको हो।, जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए।, उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ। यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ।, ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ।, सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो। यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो।, लामो समय अवरूद्ध भएको उडान सुरू भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुनेछ।,
,
तीन महिनापछि सुकेटार विमानस्थलमा उडान |
एजेन्सी स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो।, स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो।, सन् १०९९ मा ०.१ प्रतिशत जन्मदर रहेको स्विडेनमा त्यसपछि क्रमशः बढेर सन् २०१७ मा १.३ प्रतिशत पुगेको थियो। त्यसपछि लगातार जन्मदर घटेको स्विडेनमा सन् २०२१ मा ०.६ प्रतिशतमा झरेको थियो। , जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ ।, गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको कुल जनसङ्ख्या १ करोड ४ लाख ८७ हजार ८ सय ५९ रहेको छ।,
,
स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर |
सेतोपाटी संवाददाता झाडा पखालाका कारण दाङमा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ भने थप तीन जना बिरामीको उपचार जारी छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार राजपुर गाउँपालिका वडा नं. ७ गजमिरेकी ७ वर्षीया बालिका सम्झना परियारको मृत्यु भएको हो। , गजमिरे नेपाल–भारत सीमा नाका क्षेत्रमा पर्दछ। , गाउँ नजिकको स्वास्थ्य चौकीमा उपचार गराइरहेकी सम्झनाको बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता गौतमले बताए। , उनकी ४० वर्षीया आमा लालमती, ३ वर्षीया छोरी सपना र स्थानीय खिमबहादुर बुढाकी ३ वर्षीया छोरी अस्मिता बुढाको उपचार जारी छ। , उनीहरूको उपचार स्थानीय सामुदायिक उपचार केन्द्रमा भइरहेको छ। प्रहरी प्रवक्ता गौतमले झाडा पखाला फैलिएको गजमिरे गाउँमा स्थानीय प्रहरी न्युनिटलाई खटाइएको र स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई सघाउन आग्रह गरिएको जानकारी दिए। , सीमा नाका क्षेत्रमा शुद्ध पिउने पानीको समस्या रहेको छ। उनीहरू स्थानीय खोला वा जरुवाको पानी पिउने हुँदा त्यहीबाट संक्रमण फैलिएको आशंका गरिएको छ।,
झाडा पखालाले ७ वर्षीया बालिकाको मृत्यु, ३ जनाको उपचार जारी |
रासस , विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।, विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो । , समितिको सूचनाअनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन्। यी तीन वटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा रहेका छन्। मुक्तिनाथ र नेपाल पञ्चाङ्ग विश्व पञ्चाङ्ग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए।, विगतमा एकपटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति नलिइ प्रकाशनमा आएको थियो। ज्वालाले यसपटक फेरि स्वीकृतिका लागि निवेदन दिएको समितिले जनाएको छ। , केही महिना प्राप्त निवेदनमाथि छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइनेछ। पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिको तयारी छ ।,
,
समितिको सङ्गठन तालिका निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । केही हप्तामै यसले पूर्णता पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालयले वचन दिएका छन्। समितिले कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली पनि मस्यौदा गरी स्वीकृतिका लागि संस्कृति मन्त्रालयमा पठाउने तयारी गरेको छ।,
२०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन |
रासस चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको मृत्यु भएको हो।, काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो।, पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन्।, पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।, रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन। ,
चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु |
एजेन्सी जापानको सरकार अहिले संसारका धेरै मुलुकलाई अनौठो लाग्ने काम गरिरहेको छ। अरू देशका सरकार आफ्ना युवाहरूलाई जाँड-रक्सी नखाऊन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छन्। कतिपय ठाउँमा त रक्सीको सार्वजनिक बेचबिखन नै प्रतिबन्ध लगाइएको छ।, सिएनएनका अनुसार जापान सरकार भने आफ्नो देशका युवायुवतीले रक्सी खान छोडेकोमा चिन्तित छ। युवाहरूमा कसरी पिउने बानीको विकास गर्न सकिन्छ भनेर अहिले जापान सरकार अध्ययन गरिरहेको छ।, नेशनल ट्याक्स एजेन्सीको निगरानीमा अहिले एउटा प्रतियोगिता आह्वान गरिएको छ। उक्त प्रतियोगितामा युवाहरूमाझ रक्सीको माग बढाउन के-के गर्न सकिन्छ भन्ने प्रस्ताव पेस गर्नु पर्नेछ। ‘सेक भाइभा’ नाम दिइएको उक्त प्रतियोगितामा सेप्टेम्बर ९ सम्म प्रस्ताव पठाउन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट हुने प्रस्तावलाई कार्यान्वयन गर्न सरकारले सहयोग गर्नेछ।, युवाहरूमाझ रक्सीको माग बढाउन सरकारले प्रस्ताव माग गरेपछि केहीले यसको आलोचना पनि गरेका छन्।, सरकारले भने युवा-युवतीहरूमा रक्सीको खपत कम हुँदा राजश्वमा कमी भएको बताएको छ। जापानी युवा-युवतीहरूमाझ रक्सीको खपत कम हुनुमा दुइटा कारण छन्।, पहिलो, जन्मदर। सन् २०१९ को तथ्यांकअनुसार एक जना जापानी महिलाले आफ्नो जीवनकालमा औसतमा १.३६ बच्चा जन्माउँछन्। यसको असर जनसंख्यामा परेको छ। अहिले जापानको जनसंख्या वृद्धिदर ऋणात्मक छ। जन्मदर कम हुँदा जनसंख्यामा युवाहरूको हिस्सा सानो र बुढाबुढीको हिस्सा ठूलो हुँदै गएको छ। जनसंख्या नै कम भएपछि केही दशक पहिलाभन्दा अहिले रक्सी सेवन गर्ने युवा-युवती कम भएका छन्। ४० देखि ६९ वर्षसम्मका जापानीहरूमध्ये झन्डै ३० प्रतिशतले हरेक साता तीन वा सो भन्दा धेरै पटक रक्सी पिउने गर्छन्। सातामा दुई-तीन पटक रक्सी पिउने २० देखि २९ वर्षका युवा-युवतीहरू भने ७.८ प्रतिशतमात्रै छन्।, दोस्रो, कोरोना महामारी रोक्न लगाइएको प्रतिबन्ध। सन् २०१९को अन्तिमतिर सुरू भएको कोरोनाभाइरसको महामारीलाई रोक्न जापान सरकारले पनि निकै कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको थियो। प्रतिबन्धको सबैभन्दा ठूलो मार जापानका रेष्टुरेन्ट र पबहरूमा परेको थियो। खाने, पिउने ठाउँ लामो समय बन्द हुँदा स्वदेशी तथा विदेशी रक्सीको खपत स्वाट्टै घटेको थियो। घरमै बसेर पिउनेहरूको संख्या बढे पनि त्यसबाट महामारीभन्दा पहिलाको जति राजश्व उठन् सकेन।, रक्सीमाथिको कर जापान सरकारको एक प्रमुख आयस्रोत हो। सन् १९८० मा रक्सीबाट उठाएको कर कुल कर राजश्वको पाँच प्रतिशत थियो। सन् २०११ मा आएर त्यो कुल कर राजश्वको तीन प्रतिशतमा झरेको थियो।, गत वर्ष रक्सीको करबाट उठेको पैसा जापान सरकारको अरू करबाट उठाएको पैसाको १.७ प्रतिशत मात्र थियो।, रक्सीको स्वदेशी बजारलाई धरासायी हुन नदिन र राजश्व बढाउन जापान सरकारले युवाहरूलाई रक्सी पिउने बनाउने अहिले उपाय खोजिरहेको हो।,
आफ्ना युवा-युवतीलाई रक्सी पिउन उक्साउँदै छ जापान, किन? |
अजितकुमार झा/रासस नेपालको सबभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १४ वर्ष पूरा भई १५ औं वर्षमा प्रवेश गरेको छ।, विनाशकारी बाढी आएको र करोडौंको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन्। घटना सम्झँदै त्रसित हुने स्थानीयको जनजीविका घटना भएको १४ वर्ष बितिसक्दासमेत पूर्वावस्थामा फर्कन सकेको छैन।, वि.सं २०६५ भदौ २ गते आजैका दिन कोसी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरूपमा तथा लौकही गाविस आंशिक रूपमा प्रभावित भएर स्थानीयवासी विस्थापित भएका थिए। यो दिनलाई कोसी बाढीपीडितले कालो दिनका रूपमा लिँदै आएका छन्।,
,
सुनसरीको साविक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्बर नम्बर १२ दशमलव ९० बीचमा पानीको धक्काले फुटेर विनाशकारी बाढी गाउँमा पसेको दिन आज १४ वर्ष पूरा भएको छ। कोसीको भङ्गालो गाउँमा पसेकाले सात हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना स्थानीय बासिन्दा विस्थापित भएको दिन भदौ २ गते १४ वर्ष पूरा भएको छ तर विस्थापित भएका कोसीपीडितको जनजीविका अझै पूर्वावस्थामा फर्कन नसकेर अधुरै छ।,
,
यो अवस्थालाई केलाउँदा सुनसरीको कोसी बाढीपीडितले राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका विषयमा विभिन्न माग राखेर कोसीपीडितले २०६५ भदौ २७ गते सरकारलाई प्रेस विज्ञप्ति जारी गरी विभिन्न आन्दोलन घोषणा गरेकाले तत्काल जिल्ला प्रशासन कार्यालय सुनसरीले २०६५ पुस १ गते समस्या समाधानका लागि गृहमन्त्रीसँग वार्ताको वातावरण मिलाइदिएको र वार्तापश्चात् उपप्रधानमन्त्रीस्तरको पुस २२ को निर्णयबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक इकाइ गठन गरिएको थियो।, केही समयपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा कोसी बाढीपीडित क्षेत्रको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएअनुसार २०६५ फागुन २२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्य कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन गरेको थियो।, सो कार्यदलले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १४ वर्ष बित्दासमेत कार्यदलको प्रतिवेदन पूर्णरूपमा कार्यान्वयन नभएको कोसी बाढीपीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए।, कार्यदलले आफ्नो प्रतिवेदनमा बजेट सम्बन्धमा सिफारिस प्रतिवेदनमा उल्लेख भएबमोजिमका रातो, पहेंलो र हरियो भनी वर्गीकरण गरिएका क्षेत्रमा के-कति कस्ता प्रकृतिका घरजग्गा पर्दछन् तथा कति परिवार बसोबास गर्दछन् भन्ने यकिन तथ्यांक विवरण प्रतिवेदनमा नखुलेको र बजेट अनुमानसमेत प्राप्त नभएको अवस्था हुँदा सम्बन्धित मन्त्रालयले गृहकार्य गरी आवश्यक बजेट निकासाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने र अर्थ मन्त्रालयले निकासा दिने उल्लेख गरिएको छ।,
,
उच्चस्तरीय कार्यदलबाट प्राप्त सुझावमा रातो क्षेत्रमा पर्ने पीडित परिवारमध्येबाट जग्गा सुधार कार्यका लागि ट्र्याक्टर खरिद गर्न चाहनेलाई निर्ब्याजी ऋण उपलब्ध गराउने, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाँध फुट्नुअघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, बाढीपीडित परिवारलाई तीन वर्षका लागि निःशुल्क स्वास्थ्योपचारको व्यवस्था उपलब्ध गराउने र बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिने तथा वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराउने भनिएको थियो।, यस्तै, बाँध फुटाउने (तारजाली झिक्ने, ढुङ्गा निकाल्ने) व्यक्तिको बाढीपीडित संघर्ष समितिको सहयोगमा पहिचान गरी दोषीउपर कारबाहीको प्रक्रिया अगाडि बढाउने, बाढीपीडित परिवारका विद्यार्थीलाई तीन वर्षका लागि स्कुल तथा क्याम्पसमा निःशुल्क अध्ययन तथा पाठ्यपुस्तकको व्यवस्था गर्ने, बाढीपीडित क्षेत्रको सम्पूर्ण क्षतिपूर्ति तथा राहत यथाशीघ्र उपलब्ध गराउने र बाढीपीडित क्षेत्रमा भएका जग्गामा जग्गा सुधार कार्यक्रमको साथै सतह सिँचाइको व्यवस्था गर्ने पनि प्रतिवेदनमा उल्लेख भएकामा आंशिक रूपमा मात्रै काम भएको पीडितहरूको भनाइ छ।, पीडितलाई सहायता उपलब्ध हुनुपर्ने तथा सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने सिफारिस भए पनि अहिलेसम्म कुनै छानबिन नभएको र कसैलाई कारबाही पनि नगरिएको पीडितको गुनासो छ।, घटना भएको र एक वर्षपछि पुनःस्थापित भएको भए पनि पूर्वको अवस्थामा चाहेको काम गर्न नपाएको बालीनाली गर्न नसकेको र छोराछोरीको इच्छा पूरा गराउनलाई समस्या भएको स्थानीयवासी विन्देश्वर मेहताले बताए।, बाढी क्षतविक्षत पारेको जमिनमा १० वर्षसम्म अधिकांश कृषकले पूर्णरूपमा खेतीपाती गर्न नपाएको कोसीपीडित संघर्ष समितिका पूर्वाध्यक्ष पञ्चनारायण मण्डलले बताए। ,
,
कोसी कटान विस्थापित भएको दुई वर्षपछि सुकुम्बासीदेखि जग्गा भएका बाढीपीडित २०६७ साउनसम्ममा पुनःस्थापित भएको थियो।, विस्थापित भएका कोसी पीडितमध्ये केही विस्थापित भएको चार महिनादेखि दुई वर्षसम्ममा सुकुम्बासीदेखि जग्गा भएकासमेत अहिले पुनःस्थापित भएका छन्।, कोसी बाढीपीडितले अझै पनि आफूहरूले पूर्ण राहतको महसुस गर्न नसकेको गुनासो अर्का स्थानीयवासी बाजुद्दिन मन्सुरीले बताए।, सरकारको निर्णय नै कार्यान्वयन नभएको एकातिर देखिन्छ भने अर्कोतिर नियमित रूपमा उब्जाउ हुने केही जग्गामा बालुवा नै बालुवा भएको र भङ्गालोले खण्डखण्ड र खाल्डो परेको छ भने केही जग्गा पूर्वास्थामा फर्किनेक्रम जारी छ। ,
,
सुनसरीको कोसी बाढीपीडितको अवस्था १४ वर्ष बित्दासमेत पारिवारिक अवस्था दयनीय छ। चौध वर्ष अगाडि कोसी भत्किँदा विस्थापित र पीडित बनेका पुनःस्थापित भए पनि दैनिक दिनचर्यामा सुधार हुँदै गएको छ।, सरकारले कोसी पीडितका लागि यस अवधिमा दुई अर्बभन्दा बढी खर्च गरिसकेको छ तर त्यसको प्रभावकारी अनुगमन नगरिएकाले कोसी पीडितले राहतको अनुभूति गर्न पाएका छैनन्। ,
,
सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुर्नर्वास र राहतलगायत शीर्षकमा सहयोग गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।, विभिन्न शीर्षकमा राहत वितरण गरेको भए पनि प्रभावकारी अनुगमन नभएका कारणले केही कोसीपीडित करोडपतिसमेत बनेका छन् भने केही अझै राहतको पर्खाइमा बसेका छन्।, कतिले विराटनगर, इटहरी, इनरुवा र सहरी क्षेत्रमा घरजग्गा जोडेका छन् । कति बाढीपीडित अझै पनि एकछाक खाएपछि अर्को छाक टार्न समस्यामा छन्।, कतिले छोराछोरी पढाउने कुरा त परेको भएको पनि गुनासो गरिरहेका छन्।, केहीले पढाउन नसकेर १४ वर्षदेखि २० मुनिका छोराछोरीलाई राजधानी काठमाडौँ तथा विभिन्न सहर र भारतको सहरमा कमाउन र रोजगारीमा पठाएको स्थानीय अशोक मेहताले बताए।,
,
अहिले मुलुकभर नै वर्षा र बाढीको त्रासका कारणले जनजीवन प्रभावित बनेको छ।, लगातारको वर्षाका कारणले देशभरकै जनजीवन प्रभावित बनेको बेला सुनसरीका पूर्वबाढीपीडित अझैसम्म राहतको प्रतीक्षामा छन्। घरजग्गा हुनेले त घर पुनर्निर्माण गर्न सरकारको राहतको ३० केवी काठ र रु २० हजार पनि पाए तर जो सुकुम्बासी बाढीपीडित छन्, उनीहरू भने सो सुविधाबाट बञ्चित भएका छन्।, कूल विस्थापितमध्येको एक हजार चार सय २२ परिवार सुकुम्बासी रहेकामा हालसम्ममा यहाँका दुई सय ३५ सुकुम्बासी परिवारले मात्रै सरकारले भनेअनुसारको प्रतिपरिवार दुई कट्ठा जग्गा र घर पाएका छन्। अन्य सुकुम्बासी अझै कष्टकर जीवन बिताइरहेका छन्।, कोसीपीडितको आधारभूत आवश्यकता पूरा नभएको अवस्था पनि विद्यमान देखिन्छ। स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार, व्यवसायीमा समेत पूर्ण सक्रिय हुन सकेका छैनन् बाढीबाट विस्थापित भएकाहरू। ,
,
विगतको कुरालाई समीक्षा गर्दा कोसीपीडितलाई राहत र सहयोग दिने छिमेकी जिल्लामात्रै होइन देशभरबाट सहयोग गरेको अवस्था छ। यतिमा मात्रै सीमित भएन कोसीपीडितको समस्या अन्तर्राष्ट्रिय निकायमा समेत हात फैलाएर सहयोग आएको थियो। कोसी फुटेका बेला पीडितलाई सहयोग नभएको होइन। सरकारी पक्षबाट भएका प्रतिबद्धता अझैसम्म पूरा नभएको पीडितहरूले बताएका छन्।,
,
कोसीपीडित संघर्ष समितिले आफूहरूको बाँकी रहेको क्षतिपूर्ति उपलब्ध गराइदिनका लागि माग गर्दै दुई वर्ष अगाडि मात्र संघीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।, प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत लगायतका प्रदेशका मन्त्री र नयाँ सरकार गठन भएपछि संघीय सरकारका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत ध्यानाकर्षण गराएको भए पनि अहिलेसम्म पीडितले बाँकी रहेको राहत पाउन सकेको छैन। ,
,
राहत पाउने आशामा पटक/पटक सरकार तथा विभिन्न निकायका व्यक्तिको ध्यानाकर्षण गराएको भए पनि अहिलेसम्म कुनै किसिमको कार्यान्वयन नभएको संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए।, विगतमा सरकारले गरेको निर्णय र पीडितलाई दिएको आश्वासनलाई पूरा गर्नतर्फ सरकारको ध्यान जान जरूरी छ।,
चौध वर्षअघिको कोसी कहरका पीडित काठको पर्खाइमा |
सेतोपाटी संवाददाता पश्चिम तराईका थारू समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्।, पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्। , धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन्। धान रोपार्इं सकेको केही दिनपछि पश्चिम तराईका थारू समुदायमा गाँउभरका मानिसले रकम संकलन गर्छन्। , संकलन भएको रकमले पूजा समग्री किन्ने र देवी देवतालाई चढाउन मिठाई किनेर देवी माताका जनावर र देवी, देवताहरुको मूर्ती बनाएर पूजा गर्ने चलन छ । हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाँउपालिका ५ का बरघर गोविन्दप्रसाद थारूले बताए।, थारूहरूको दानवा भन्ने देवताले धानमा लाग्ने किरा लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उनको भनाइ छ।, हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ।,
थारू समुदायमा परम्परागत हरेरी पूजा मनाइयो |
निर्मला घिमिरे महोत्तरीका विकल झा ओमनमा 'एभिएसन' अर्थात 'उड्डयन' पढाउँछन्। सिम्रिक एअर र सौर्य एअरमा एक–एक वर्ष काम गरेपछि उनी दक्षिण–पश्चिम एसियाको अरबी मुलुक ओमन पुगेका हुन्। , सात वर्षअघि, सन् २०१५ सेप्टेम्बरमा ओमन पुगेका उनी त्यहाँको 'मोर्डन कलेज अफ बिजनेस एन्ड साइन्स' मा 'एभिएसन म्यानेजमेन्ट' पढाउँछन्।, 'सौर्यमा काम थालेको एक वर्ष भएको थियो, ओमनबाट अवसर आयो,' ओमन यात्राबारे उनले भने, 'त्यहाँ एभिएसनको ठूलो हब छ। हामीसँग एभिएसनका तीन सयदेखि चार सय जनासम्म विद्यार्थी हुन्छन्।' , विकलका अनुसार उनले सात वर्षमा पाइलट र एभिएसनका विद्यार्थी गरेर पाँच सय जनाभन्दा बढीलाई पढाएका र सिकाएका छन्। पाइलटले गर्नै पर्ने एउटा कोर्स हुन्छ, त्यो पनि पढाउँछन्। अनि नर्मल फ्रेस ग्राजुएट ब्याचलर इन एभिएसन म्यानेजमेन्टका साथै पाइलट र इञ्जिनियरहरूका लागि क्रु रिसोर्स म्यानेजमेन्ट (सिआरएम) र हरेक वर्ष लाइसेन्स नवीकरण गर्दा गर्नु पर्ने कोर्सहरू पढाउँछन्।, एभिएसनमा करिअर बनाउँछु र हवाई सुरक्षा अफिसर बन्छु भन्नेहरू अध्ययनका लागि ओमन पुग्ने उनी बताउँछन्। एअरलाइन्स कम्पनीमा काम गरिरहेकाहरू पनि थप कोर्सका लागि पुग्छन्।, उनी भन्छन्, 'हवाई सुरक्षाभित्र धेरै कुरा पर्छ। विमानस्थलमा काम गर्ने कर्मचारीदेखि एयरलाइन्स व्यवस्थापनमा काम गर्नेसम्म सबैलाई हवाई सुरक्षा शिक्षा आवश्यक पर्छ।', विकल ककपिट (हवाइ जहाजमा पाइलट बस्ने ठाउँ) बाहिरै रमाएका छन्।, उनलाई नेपाली आकाशमा जहाज उडाउने इच्छा थियो। त्यसो गरेनन् तर उनलाई पछुतो छैन। , 'जहाज उडाइरहेको नभए पनि त्यही क्षेत्रमा छु। उडान त उद्योगको सानो पाटो रहेछ। यो उद्योगको सुरक्षा व्यवस्था उडानभन्दा ठूलो हो भन्ने बुझेको छु,' विकल भन्छन्, 'रहरको पनि उमेर हुने रहेछ। जे निर्णय लिएँ, एकदमै राम्रो गरेछु भन्ने लाग्छ। आम्दानी पनि राम्रो छ।' , विकलको विमान मोहले पखेटा हालेको भने दाङ बस्दा हो। महोत्तरीमा जन्मेका उनले प्राथमिक शिक्षा जनकपुरधाममा प्राथमिक पढे। उनका एक जना भिनाजु दाङको घोराहीमा निजी विद्यालय चलाउँथे। बुबाले ६ कक्षामा पढ्न उनलाई पनि दाङ पठाए।, विकल कृषक आमाबुबाका छोरा हुन्। कृषिबाट आम्दानी राम्रै थियो। छोराको पढाइ राम्रो बनाउन भिनाजुको साथ लगाएर दाङ पठाएका थिए। , समय थियो राज्यपक्ष र तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको। घोराहीको आकाशमा हेलिकप्टर बाक्लै ओहोरदोहोर गर्थे। विकल उड्दै गरेको हेलिकप्टर बडो चाख मानेर हेर्थे र आकाशमा अलप नभइन्जेल आँखा झिमिक्क पनि पार्दैनथे।, जनकपुर बस्दा पनि जहाज उडेको हेरिरहने उनलाई दाङ पुगेपछि हेलिकप्टरमा चासो बढ्यो। हेलिकप्टर कतै बस्यो भने दौडेर नजिकै पुग्थे। नियालेर हेर्थे। उनको बाल मस्तिष्क त्यसैभित्र पस्थ्यो। , 'यसमा बसेर उड्न पाए, यो उडाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो,' उनले सुनाए, 'आकाशमा उडेको देखिने जहाज आँखाको नजिकै आएपछि त म हेलिकप्टर उडाउने सपना देख्न थालेँ। मनले यसैसँग उड्न पाए हुन्थ्यो भन्न थाल्यो।', पाइलट बन्ने विकलको सपना गाढा हुँदै गयो। उनले आमाबुबालाई पनि भने। स्कुलका साथीहरूलाई पनि पाइलट बन्छु भन्न थाले। तर कसैले पत्याए पो!, उनले भने, 'म पाइलट बन्छु भन्थेँ, अरूले हाँसोमा उडाइदिन्थे।', उनका आमाबुबा छोरो डाक्टर वा इञ्जिनियर भएको हेर्न चाहन्थे। खासमा आमाबुबालाई आकाशमा हुने दुर्घटनाको पिर लागेको थियो। विकललाई भने आकाशमा उड्ने हुटहुटीले छाडेन। , एसएलसीपछि उनी पढाइका लागि काठमाडौं आए। विज्ञान विषय लिएर बाह्र कक्षा उत्तीर्ण गरे। पाइलट नै बन्ने हो भने सोहीअनुसारको पढाइमा अघि बढ्नु पर्ने समय आयो। आमाबुबासँग ढिपी कसे।, 'जहाज उडाउनु पर्दैन, दुर्घटनामा परिस् भने हामीले के गर्नु भन्नुभयो,' उनले भने, 'बुबाले त मान्दै मान्नुभएको थिएन। केही दिनपछि आमाले चाहिँ जे मन लाग्छ त्यही बन भन्नुभयो।' , छोराको ढिपीसामु केही सिप नलागेपछि बुबा पनि सहमत भए। भारत गएर पाइलट बन्न सैदान्तिक शिक्षा लिए। उडानका लागि लामो समय कुर्नुपर्ने भयो अनि नेपाल फर्किए।, उनका अनुसार त्यस बेला भर्खरै सिवानी एयर सञ्चालनमा आएको थियो। उनले त्यसमै उडान सिके। चितवनको आकाशमा तालिम क्षेत्र थियो। दुई सिटको सानो जहाज उडाउनुपर्थ्यो। उनले सिवानीमा उडान गर्न 'प्राइभेट पाइलट' लाइसेन्स पनि पाए।, सिवानीमा विकलले १९० घन्टा उडान गरे। यसपछि सन् २००९ मा व्यावसायिक लाइसेन्सका लागि फिलिपिन्स गए। मापदण्ड पूरा गरेर उनले व्यावसायिक लाइसेन्स पाए। काम पनि त्यहीँ सुरू गरे। केही समय त्यहीँ काम गरे। फिलिपिन्समा करिब एक वर्ष बसेर विकल नेपाल फर्किए।, उनलाई नेपाली आकाशमा जहाज उडाउनु थियो। व्यावसायिक लाइसेन्स भइसकेपछि काम पाउनेमा ढुक्क थिए।, सोचेजस्तो भएन। , 'त्यो समय कम्पनी पनि थोरै थिए। काम पाउन चिनजान र सोर्सफोर्स पनि हुनुपर्थ्यो। आफूसँग केही थिएन,' उनले भने, 'मैले जागिर खुलेको सबै ठाउँमा आवेदन दिएँ तर पावर पुगेन।' , जागिर खोज्ने क्रममा विकलले तीतो अनुभव गरे। निजीदेखि नेपाली सेनाले मागेको जहाज चालक पदसम्म आवेदन भरे। छनौटमा परेनन्। , जागिर नपाएपछि उनी विरक्तिए, 'घुस बुझाउने पैसाले बरू थप अध्ययन गर्छु भनेर म लन्डन गएँ।', सन् २०११ को अन्तिमतिर उनी एभिएसनमा मास्टर्स गर्न लन्डन पुगे। दुई वर्षमा पढाइ पूरा भयो, मास्टर्स इन एभिएसन म्यानेज्मन्टमा।, विकल फेरि स्वदेश फर्के। नेपाली आकाशमा जहाज उडाउने हुटहुटीले छाडेको थिएन।, उनले भने, 'म त विदेशमा काम गर्दिनँ भन्ने सोच्थेँ। नेपालमै काम गर्छु भन्ने थियो।', विकललाई एभिएसनमा सरकारी जागिरको अवसर पनि आयो। तर तलब एकदमै कम, चित्त बुझेन। पछि निजी क्षेत्रको सिम्रिक एयरमा 'सेफ्टी अफिसर' भएर काम गर्ने अवसर आयो। त्यहाँ उनले एक वर्ष काम गरे, पाइलटहरूलाई तालिम दिए। , 'त्यति बेला म एभिएसन म्यानेजमेन्टमा मास्टर्स गरेर आएको पहिलो मान्छे थिएँ,' उनी भन्छन्, 'व्यावसायिक लाइसेन्स लिएको पाइलट, एभिएसनमै मास्टर्स गरेको भएर थोरै स्पेस पाएँ।' , उनलाई जहाज नै उडाउन मन थियो। सुरूमा अवसर भएन। पछि सेफ्टी अफिसर हुँदा उडाउन चाहेको भए पाउँथे पनि। तर उडान भरेनन्। , 'जीवनको दौडानमा धेरै घटना भए। बेलाबेलामा जहाज खसेका घटना सुनिन्थे। आमाबुबा आत्तिनुहुन्थ्यो,' विकलले भने, 'आमबुबाका हामी दुई छोरा थियौं। भाइको मृत्युपछि सहारा म मात्रै भएँ। मलाई आमाबुबाले जहाज नउडाउनू भनिरहनु भयो।', उनले आमाबुबाको मन राख्नकै लागि पनि जहाज नउडाउने विचार गरे। आफूलाई एभिएसन सेफ्टी अर्थात उड्डयन सुरक्षातिरै आबद्ध गराए। धेरै तालिमहरू पनि लिए। त्यसैमा अध्ययन बढाए।, सिम्रिकमा एक वर्ष काम गरेपछि सौर्य एयरलाइन्सबाट अझ राम्रो अवसर पाए। अनि सौर्यमा वर्ष दिन हुँदाहुँदै उनी ओमन गएका हुन्। , अहिले विकल आफ्नो परिवारसहित ओमनमै बस्छन्। छोराछोरी त्यहीँ पढ्छन्। आमाबुबा जनकपुरमा छन्। उनीहरू पनि बेलाबेला ओमन पुग्छन्। , 'विदेशको ठाउँमा तीन बच्चा र श्रीमतीसहित पालिएको छु। आमाबुबा आउजाउ गर्नुहुन्छ,' उनी भन्छन्, 'बचत पनि गरेको छु। राम्रो जीवन बाँचेको छु।', सैंतीस वर्षीय विकल एभिएसनमै विद्यावारिधि पनि गर्दैछन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए), ओमनको अध्यक्ष पदमा छन्। कामसँगै समाजसेवामा पनि आफ्नो रूचि भएकाले एनआरएनएमा आबद्ध भएको उनले बताए। , विकलका लागि उड्डयन सुरक्षाको जनशक्ति उत्पादन गर्न पाउनु चानचुने कुरा होइन। जुन देशमा बसेर गरे पनि सेवा एकै हो। , उनी भन्छन्, 'काम गर्दै जाने हो। ओमनबाट कहाँ पुगिन्छ भन्ने टुंगो छैन। नेपालमै फर्केर काम गर्छु भन्ने अडान पनि मैले राखेको छैन।' , विकलका अनुसार पाइलट बन्न भित्रैदेखि इच्छा हुनुपर्छ। आकाशमा उड्ने आकांक्षा र आँट हुनुपर्छ। आमाबाबु वा अरू कसैले भनेर कोही पनि पाइलट बन्न सक्दैन। , 'जबरजस्ती पाइलट बन्न कोही पनि जाँदैन। भित्रैदेखि इच्छा जागेका व्यक्ति मात्र ककपिटमा बस्न चाहन्छन्,' विकलले भने।,
दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् 'एभिएसन' |
रासस धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो। आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपांगता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे। , पारिवारिक बोझ र आर्थिक संकटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो। उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ। सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन्। उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपांग छन्। आमालाई क्यान्सर रोगसमेत छ। लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ।, दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन्। आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन।, ‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बांगो छ, पाठेघरको क्यान्सर छ। आर्थिक अभावले उपचार गर्न सकिएको छैन’, उनले भनिन्, ‘भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु।’, बुवाबाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाइन्। गत साउन २९ गते सबै जनाको अपांगता परिचयपत्र बनाएको उनले बताइन्।, ‘सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ’, उनले भने।, अपांगता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गाको भनाइ छ।, आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन्। , ‘क’ वर्गको अपांगता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपांगता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ।,
,
परिवारका सबै सदस्य अपांगता परिचयपत्रको भरमा |
रासस दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ।, अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ।, आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिबीले आम्दानी भने केही गर्न सकेन।, ‘खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ’, गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भने, ‘यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन।’, बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उनको भनाइ थियो।, मर्मत खर्च रु पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिए।, ‘पटक/पटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याएकै फाइदा हुने भयो’, उनले भने, ‘त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो।’, बुद्ध इलेक्ट्रो पावर प्रालीले टेन्डरमा खरिद गरेको उक्त जेसिबीबाट फुर्केसल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए। काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताए। , अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए।, ‘लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ’, उनले भने, ‘के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ।’, गाउँपालिकाले त्यतिबेला करिब रु १६ लाखको लागतमा एउटा ट्र्याक्टर पनि खरिद गरेकामा नियमित चलिरहेको छ।,
डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिबी |
सेतोपाटी संवाददाता ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड लिई त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ राखिएको छ। , यो मेसिनले मासिक १५ सय लिटर अक्सिजन उत्पादन गर्छ। मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ। जबकि धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन गर्ने अध्ययनहरुले बताउँछ। , बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजीजले उक्त मेसिन निर्माण गरेको हो । यो मेसिन अहिले ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ। , उक्त मेसिनको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेश सांसद विजय के.सी. श्रेष्ठ र पूर्वमन्त्री इन्द्र बानियाँले उक्त मेसिनको उद्घाटन गरे । , नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताए। ललितपुर महानगर नयाँ र नौलो काम गर्न रुचाउने बताउँदै वातावरण संरक्षणमा युवा पुस्ताले गरेको कामको प्रसंशा गरे। नगरप्रमुख महर्जनले महानगरको अन्य स्थानमा पनि राख्ने प्रतिबद्धता व्यक्त गरे। , बागमती प्रदेश सांसद विजया केसी श्रेष्ठले पूर्वमन्त्री इन्द्र वानियाँले प्रदेशभित्र रहेका नगरपालिका जहाँ धेरै प्रदुषण छ, त्यहाँ यो मेसिन राख्नुपर्ने बताए। बागमती प्रदेशले ति निर्माण गरेर प्रदेशभित्रका नगरपालिकाका विभिन्न स्थानमा यो मेसिन राख्ने व्यवस्था मिलाउनुपर्ने बताए। उनले युवा वैज्ञानिकहरुको कामको उच्च प्रसंशा गरे। , नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका बाँनियाले विकासलाई प्रविधिसँग जोड्नु अत्यावश्यक भएको बताए। शिक्षाविद् केदारभक्त माथेमाले नेपालमै बसेर काम गर्ने च्याउ बायो टेक्नोलोजीजका युवाहरुलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताए। , च्याउ बायो टेक्नोलोजीजका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेले हावामा भएको कार्बनडाइअक्साइडलाई अक्सिजन बनाउने बताए। यो मेसिन विरुवाको विकल्प नभएको बताउँदै प्रदुषण धेरै भएको ठाउँमा यो मेसिन राख्न सकिने बताए।,
कार्बनडाइअक्साइड लिएर अक्सिजन निकाल्ने मेसिन ललितपुर महानगरमा |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ६२१ जनाको पिसिआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५०२४ जना सक्रिय संक्रमित छन्।, ४८७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ६२३ कोरोना संक्रमित |
नारायण खड्का बाँकेको खजुराकी ६४ वर्षीया डोल्मा सुनारलाई धेरै वर्षदेखि शरीर चिलाउने समस्या छ। यसबाट उनी हैरान भइन्। दाङको तुलसीपुर, डुर्मीगाउँका ५१ वर्षीय ईश्वरीप्रसाद चालिसेलाई खुट्टामा एलर्जी भइरहने समस्या भयो।, यी दुवै जना गत साताको एक दिन दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जुकाले टोकाएर गर्ने उपचार गराउँदै गरेका भेटिए।, जुका पनि साधारण होइन। हेर्दै डरलाग्दा जुका उनीहरूका शरीरमा टाँसिएर रगत चुसिरहेका थिए।, डोल्माले जुकालाई टोकाएर उपचार गराउन थालेको करिब दुई हप्ता भयो। हातखुट्टा र शरीर चिलाउने उनको समस्या निकै पुरानो हो, बाह्र वर्ष जति भयो। जति उपचार गराए पनि निको नभएपछि यहाँ आएको उनले बताइन्।, डोल्मा बाँकेस्थित आयुर्वेद चिकित्सालयमा कार्यरत एक जना चिकित्सक महिलाको सल्लाहमा दाङ आएकी हुन्। उनी चिकित्सालयमा भर्ना भएकी छन्।, डोल्माका अनुसार दुई साताको उपचारले उनलाई केही राहत महसुस भएको छ। ईश्वरीप्रसादको चाहिँ पहिलो दिनको उपचार थियो। डोल्मा र ईश्वरीप्रसाद दुवै जनाका दुवै खुट्टामा चिकित्सकले जुका लगाइदिएका थिए। रगत चुसेर जुका ढाडिएका थिए, हेर्दै डरलाग्दो देखिने।, जुका चिसो प्याडले छोपिएका थिए। चिकित्सकका अनुसार जुकालाई सक्रिय राख्न चिसो बनाइराख्नु परेको हो। प्याड चिसो बनाइराख्न बेलाबेला पानी पनि हाल्थे।, ईश्वरीप्रसादका अनुसार करिब चार वर्षदेखि उनी गर्मी याममा हुने एलर्जीबाट पीडित छन्। घुँडादेखि कुर्कुच्चासम्म चिलाउने समस्या छ। जुकालाई टोकाएर गर्ने उपचारबारे थाहा पाएर आफू आएको उनले बताए।, त्यसरी जुकाले टोक्दा कस्तो अनुभव हुन्छ त!, डोल्माका अनुसार जुकाले टोक्दा कुनै बेला निकै साह्रो दुखेको र कुनै बेला अलिअलिमात्रै दुखेको अनुभव भयो। पहिलो दिन जुका लगाउँदा त आफू निकै तर्सिएको उनले बताइन्। ईश्वरीप्रसादले चाहिँ कमिलाले टोकेकोजस्तो चिसिक्क भएको बताए।,
,
ईश्वरीप्रसादका अनुसार उनी जुकालाई टोकाउन मानसिक रूपमा तयार भएर आएका हुनाले खुट्टामा लगाउँदा खासै वास्ता लागेन।, चिकित्सकको सल्लाहअनुसार केही दिन उपचार गराउने उनले सोचेका छन्। आफ्नो रोग निको हुने उनको विश्वास छ। निको भएन भने नि!, उनले भने, ‘निको भएन भने यस्तो उपचारले पनि नहुने रहेछ भनेर बुझौंला।’, डोल्मा अझै केही दिन यही उपचार गराउने सोचाइमा छिन्। चिकित्सकको सल्लाहअनुसार उपचार पूरा गरेरमात्र फर्किने उनले बताइन्।, ईश्वरीप्रसाद धेरैतिरको उपचारले पनि पार नलागेपछि यहाँ आएका हुन्।, उनले भने, ‘डाक्टरहरू सिजनल सन बर्निङ एलर्जी (घामले भएको मौसमी जलन) हो भन्छन् तर खाने र लगाउने औषधि जति प्रयोग गरे निको भएन।’, जुकालाई टोकाएर गराउने यस्तो उपचारलाई आयुर्वेद चिकित्सकहरू ‘जलौका’ अर्थात् ‘लिच थेरापी’ भन्छन्।, डेढ महिनामा ५० जनाको उपचार, प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीले लिच थेरापी गर्न थालेको डेढ महिना पुग्न लाग्यो। चिकित्सालयका कन्सल्टेन्ट आयुर्वेद शल्यचिकित्सक डा. मदन भण्डारीका अनुसार यस अवधिमा ५० जना जति बिरामी उपचार गराएर फर्के।, उनका अनुसार संक्रमणसहितको निकै पुरानो घाउ, लामो समयसम्म निको नभएको छालासम्बन्धी घाउ, चिलाउने रोग, डन्डीफोर, रक्तनली अवरोध हुने लगायतका रोगहरूमा जुकालाई टोकाउने विधिबाट उपचार हुन्छ।, जुकालाई टोकाउँदा शरीरमा कुनै समस्या पो हुन्छ कि!, ‘शरीरमा जुका लगाएर उपचार गर्दा कुनै पनि हानी हुँदैन,’ डा. भण्डारी भन्छन्, ‘यी जुकाले बिरामीको शरीरबाट दूषित रगत चुसेर रोग निको पार्न सहयोग पुर्याउँछन्।’, उपचारमा प्रयोग गरिने जुका खास प्रजातिका हुन्। यी जुका ‘हिरुडो मेडिसिनलिस’ प्रजातिका हुन्। यी युरोपेली जुका हुन्। यिनका एसियाली प्रजाति पनि छन्। नेपाल र भारतमा पनि पाइन्छन्। यी जुका पानीमा बस्छन्।, चिकित्सालयले केही जुका काठमाडौंबाट र केही भारतबाट किनेको र एउटालाई तीन सय रुपैयाँ परेको डा. भण्डारीले बताए। सफा पानीमा पाइने यी जुका दाङमै पनि पाइन्छन्।, उनका अनुसार बिरामीलाई जति वटा जुका लगाए पनि एक दिनमा एक सय रुपैयाँ शुल्क लिने गरिएको छ। कमजोर आय भएका र भर्ना भएका बिरामीलाई उनीहरूको अवस्था हेरेर उपचार निःशुल्क गर्ने गरेको पनि उनले बताए।, चिकित्सालयले यी जुका प्लास्टिकको बट्टामा राखेर लेउ खुवाएर पाल्ने गरेको छ।, डा. भण्डारीका अनुसार एक जना बिरामीको उपचारमा एक दिनमा बढीमा पाँच वटा जुकाले टोकाउन सकिन्छ। बिरामीको अवस्था हेरेर कम्तीमा पाँच दिनमा यो प्रक्रिया दोहोर्याउनु पर्छ।, एक जना बिरामीमा प्रयोग गरिएका जुका अर्को बिरामीलाई कहिल्यै पनि प्रयोग गरिँदैन। रगतबाट सर्ने रोग भए अर्कोलाई सर्न नदिन यसो गर्नु परेको डा. भण्डारीले बताए।, उनका अनुसार पहिलो पटक शरीरमा जुका राख्दा बिरामी अलिअलि डराउने गरे पनि बिस्तारै बानी पर्छ।, अस्पतालका निमित्त प्रमुख डा. सन्तोषकुमार ठाकुरका अनुसार नेपालमा जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि प्रयोग कम हुने गरेको छ।, काठमाडौंका नरदेवी आयुर्वेद चिकित्सालय र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा यस्तो उपचार गरिन्छ।, डा. ठाकुरका अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी यस्तो उपचार सुरू गर्ने तेस्रो हो। आयुर्वेदमा आधुनिक चिकित्साले पनि लिच थोरापीको प्रभावकारिता स्वीकार गरेको उनको भनाइ छ।, बिजौरीको चिकित्सालयमा लिच थेरापी सुरू भएपछि बिरामीहरू उपचार गराउन आउन थालेका छन्। , डा. ठाकुरका अनुसार भारत र श्रीलंकामा पनि लिच थेरापी प्रचलनमा छ।, उनी भन्छन्, ‘लिच थेरापीमा उपचार गर्दा बिरामीलाई कुनै पीडा हुँदैन, चिरफार गर्नु पर्दैन।’, जुका अभाव हुन नदिन चिकित्सालयले सफा पानीबाट जुका समातेर ल्याउन स्थानीयवासीलाई आह्वान गरेको निमित्त डा. ठाकुरले बताए। लिएर आउनेसँग चिकित्सालयले किन्नेछ।, आधुनिक उपचार पनि, प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीले आधुनिक प्रविधिबाट पनि बिरामीको उपचार सुरू गरेको छ। आधुनिक उपकरणहरूसहितको प्रयोगशाला तथा रेडियोलोजी सेवा उपलब्ध छ।, मधुमेहका बिरामीले नियमित रक्त परीक्षण सेवा पाउँछन्। मुटुको इसिजी (इलेक्ट्रोकार्डियोग्राम) सेवा पनि उपलब्ध छ।, विशेषज्ञले गराउने फिजियो थेरापी सेवा पनि छ। यो सेवा लिन ढाड दुख्ने समस्याका बिरामीहरू आउने गरेका छन्। पाइल्स र फिल्टुका बिरामीहरूको पनि छारसूत्र विधिबाट उपचार हुने गरेको छ।, चिकित्सालय परिसरमा खुला नागरिक व्यायामशाला पनि राखिएको छ। चिकित्सालयको आफ्नै फार्मेसी छ।,
जहाँ जुकाले शरीरमा टोकाएर हुन्छ बिरामीको उपचार |
रासस बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।, धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिइएको हो।, बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए।, स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए। प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए।, बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन्। उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन्।, प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयको ठूलो संख्या राति प्रहरी कार्यालयमा उपस्थित भएका थिए।, उनीहरूले दुवै जनालाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण हो या होइन भन्ने विषयमा अनुसन्धान सुरू भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए।,
बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई पक्राउ |
सेतोपाटी संवाददाता बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ। , राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।, भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।,
बाँकेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प |
सेतोपाटी संवाददाता अझै एक-दुई दिनसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले दिएको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको छ।, मौसमविद भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। यो प्रक्रिया अब १-२ दिन रहन्छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो त्यतिनै पानी पर्ने सम्भावना बढ्छ।, हिजो/ अस्तिभन्दा अब केही ठूलो वर्षा हुनसक्नेछ। , आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् भट्टराईले बताए।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।, यसैगरी राति पनि बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।, भोलि आइतबार कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। सोमबार पनि सुदूरपश्चिम, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।, साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।,
मौसमविद् भन्छन्- अझै १-२ दिन वर्षा हुन्छ |
रासस जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरूको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नगर्न आग्रह गरेको छ। , विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो।, आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न/नगराउन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ।, ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलो रूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरे गराएमा कानूनबमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ।, साथै सुंसस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घसंस्थाहरू, सञ्चारकर्मीहरू र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ।,
,
हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह |
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका अन्तगर्त दधिकोटमा शुक्रबार धुमधामसँग श्रीकृष्ण जन्माष्टमी मनाइएको छ।, श्रीकृष्ण महिमाको प्रवचन र राधाकृष्णको नृत्य प्रदर्शन गरेर पर्व मनाइएको हो।, स्थानीय ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा केन्द्रका अगुवाले प्रवचन दिएका थिए। त्यस्तै बाल कृष्ण र राधाको भेषमा सजिएका बालबालिकाले संगीतको तालमा नृत्य गरेका थिए।, कार्यक्रममा उल्लेख्य जनसहभागिता थियो। ,
दधिकोटमा धुमधामसँग मनाइयो श्रीकृष्ण जन्माष्टमी |
एजेन्सी चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ।, चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्।, कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग थिए। राष्ट्रपति सी चिनफिङको परिवारका सदस्यसँग पनि उनको व्यापारिक सम्बन्ध थियो। , चिन्हुवाको कम्पनी टुमरो होल्डिङ्स विभिन्न क्षेत्रमा लगानी गरेको थियो। उनले आफ्नो गल्ती स्वीकारेको र दुरूपयोग भएको रकम फिर्ता गर्न सघाउने वाचा गरेकाले कम सजाय तोकिएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। , ,
चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल, ८ अर्ब डलर जरिवाना |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरको पूजा, आराधना गरेकी छन्।, शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गरेकी हुन्। राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरिन्।, कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लाग्छ। हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड हुन्छ।, साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रुपमा मनाउने गरिन्छ। , आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ। वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आजका दिन जागरम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन्।, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।, आजको दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ।, कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ।, अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा उल्लेख छ। ,
राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा, अर्चना |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको ठूलो पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत स-साना खोलामा जलसतह बढेको छ।, यसैबीच बाढी पूर्वानुमान महाशाखाले ती खोला क्षेत्रको आसपासमा शनिबार बिहान ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।, भदौ ४ बिहान २बजे,
पछिल्लो ३घण्टा गोदावरी,हुनुमन्ते बिष्णुमती,मनोहरा,नख्खु लगायत साना नदी जलाधारमा ,#भारी, बर्षा भएको ,#हुनुमन्ते,,,#गोदावरी,,,#मनोहरा, खोलामा जलसतह सतर्कता भन्दा माथी रहेको,बागमती खोकनामा जलसतह सतर्कता पुग्ने, नदी किनारको सडक र तटिय क्षेत्रमा बिहान ८ बजेसम्म सतर्कता अपनाऔ ,pic.twitter.com/ONp3L5KMve,
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) ,August 19, 2022, हाल ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ। तर आज पनि काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो वागमती प्रदेशसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। र यो क्रम अझै केही दिन रहनेछ।, अझै एक-दुई दिनसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले दिएको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको छ।, मौसमविद हिरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। यो प्रक्रिया अब १-२ दिन रहन्छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो त्यतिनै पानी पर्ने सम्भावना बढ्छ।, हिजो/ अस्तिभन्दा अब केही ठूलो वर्षा हुनसक्नेछ। , आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् भट्टराईले बताए।, ,
विष्णुमती, मनोहरालगायत खाेलामा बाढी: सतर्कता अपनाउन आग्रह |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीको चेकिङमा परी ५१ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेका छन्।, बुधबार गरिएको ट्राफिक प्रहरी चेकिङमा ५१ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजरमा राख्दै कार्यालयले ट्राफिक चेकजाँच अभियान सञ्चालन गरेको छ।, कारबाहीमा परेका २७ जनाको सवारी चालक अनुमती पत्र नभएको, तीन जनाले आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाएको र अन्य विविध कसुरमा २१ जना चालकलाई कारबाहीमा गरेको प्रहरीले जनाएको छ।, यस्तै बिहानको नियमित चेकिङमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका १०७ जना चालक, ४ जना एम्बुलेन्स चालक र २१६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाइएको छ।, त्यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी जम्मा ३२८ जना चालकलाई कारबाही गरेको कार्यालयले जनाएको छ।,
५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।, मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पिसिआर र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार ४६२ जना सक्रिय संक्रमित छन्। , कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। यस्तै ३२८ जना डिस्चार्ज भएका छन्। ,
देशभर थपिए ८५२ कोरोना संक्रमित |
रासस उदयपुरको वेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरू गरेको छ।, नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोट सहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरू गरेको हो।, सो निर्माणका लागि प्राविधिकहरूको सल्लाहअनुसार ढुंगा संकलन र तारजाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको नगरपालिकाले बताएको छ।, विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुंगाको पर्खाल र तारजाली लगाउन सुरू गरिएको नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन्। , तत्काल फेरि पनि विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं १ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको छ।, यसका लागि संघीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोग माग गरिएको बेलकाका प्रमुख अशोक कार्कीले बताए।, स्थायी तटबन्धन पहल गरे पनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्ध बनाउन लागिएको बताइएको छ।, केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै दुई हजार पाँच सयभन्दा बढी जनता अस्थायी रूपमा विस्थापित भएका छन्।, अहिले पनि नदी कटानबाट विस्थापितमध्ये झन्डै पाँच सयलाई नगरपालिकाले अस्थायी शिविरमा राखेर राहत प्रदान गरिरहेको छ।, नगरपालिकाको सिसौलिया, डुम्रीबोट, सातपत्रेलगायत श्रीलंका टापु र एबिसी टापुमा सप्तकोसीको बाढी प्रवेश गर्दा सो क्षेत्रका गाउँघर धेरै जोखिममा परेका छन्। त्यहाँका स्थानीय विस्थापित भएपछि अहिले पनि फर्केर गाउँघर प्रवेश गर्न नसकेको बेलका नगरपालिकाले बताएको छ।,
सप्तकोसीमा तटबन्ध बनाउन थाल्यो वेलका नगरपालिकाले |
सेतोपाटी संवाददाता विद्यार्थी भर्ना गर्दा बिना रसिद शुल्क लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले एक विद्यालयको कागजात जफत गरेको छ।, कक्षा ११ को भर्ना गर्ने क्रममा रसिदबिनै रकम संकलन गरेको आरोपमा वीरेन्द्रनगरमा अवस्थित जन नमूना माध्यमिक विद्यालयको कागजात अख्तियारले जफत गरेको हो।, अख्तियारले २ लाख ७६ हजार ६९० रुपैयाँ नगदसहित कागजात नियन्त्रणमा लिएको हो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी उपसचिव भेषराज रिजालका अनुसार बिना रसिद रकम लिएको भन्ने गोप्य सूचनाका आधारमा कागजात नियन्त्रणमा लिइएको हो।, ‘विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने सूचनाका आधारमा कागजात नियन्त्रणमा लिइएको छ, यस बारेमा थप अनुसन्धान भइरहेको छ,’ रिजालले भने।, सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले विद्यालयमा कार्यरत कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट २ लाख ७६ हजार ६९० रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।,
रसिदबिना विद्यार्थीबाट शुल्क लिने सुर्खेतको जनमाविको कागजात जफत |
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका २८ वर्षीय अटोचालक मुक्तान चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ११ जनालाई भने दाङ जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ।, अदालतकी शाखा अधिकृत उर्मिला तिमिल्सिनाले छोरा, बुहारी, मलामी, पुरोहितसहित थप एक चालकसमेत गरी ११ जनालाई साधारण तारेखमा छोड्न आदेश भएको सेतोपाटीलाई बताइन्। , मंगलबार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले अटोचालक चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिँदै अन्य ११ जनालाई साधारण तारेखमा छोड्न आदेश भएको शाखा अधिकृत तिमिल्सिनाले जानकारी दिइन्। , गत असार १४ गते मध्यान्ह १२ बजेतिर घोराही–२ रामपुरकी स्थानीय ७७ वर्षीया हरिकला भण्डारीको अटोबाट ओर्लने क्रममा लडेर घाइते भई उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो। , त्यसपछि घर परिवारले प्रहरीलाई खबरसमेत नगरी गुपचुपमा भण्डारीको अन्त्येष्टि गरेका थिए।, घटनाबारे स्थानीयले आधा महिनापछि प्रहरीलाई सूचना दिएका थिए। अनुसन्धानका क्रममा उनको लाइसेन्स नभएको खुलेको थियो। उनले स्थानीय ५१ वर्षीय अटोचालक चुडामणि पुन मगरलाई अटो आफूले चलाएको बयान प्रहरी समक्ष दिन लगाएका थिए। पुनसँग सवारी चालक अनुमति पत्र भए पनि अनुसन्धान क्रममा चौधरीले झूट बोलेको तथ्य पत्ता लागेको थियो। , त्यसैले आफू नै अटो चालक भएको दाबी गर्ने मगरविरूद्ध प्रमाण दबाउन सहयोगी भूमिका खेलेको मतियारको मुद्दा चलाइएको थियो। वास्तविक चालक तथा अटोधनी चौधरीविरूद्ध सवारी ऐन अन्तर्गत मुद्दा चलेको थियो। , भएको के थियो ? , अटोबाट लडेर मृत्यु भएपछि 'गुपचुप' मै दाहसंस्कार, छोरा-बुहारीसहित १२ विरूद्ध मुद्दा,
,
अटोबाट लडेर 'गुपचुप' मै दाहसंस्कार घटना: चालक पुर्पक्षका लागि थुनामा, ११ जना छुटे साधारण तारेखमा |
सेतोपाटी संवाददाता दार्चुलामा बुधबार एउटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।, घुम्तीमा दुर्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। दुर्घटनामा एक महिला र चार पुरूषको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।, घाइतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक पनि घाइते छन्।, ‘घुम्तीमा केही समस्या भएर दुर्घटना भएको भन्ने छ। अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका छन्,’ प्रजिअ अधिकारीले भने।,
दार्चुलामा जिप खस्दा पाँच जनाको मृत्यु, ९ घाइते |
सेतोपाटी संवाददाता भेटाएको नागरिकताको दुरूपयोग गरी कम्पनी खोलेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई बुधबार पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २८ वर्षीय सुरेश भन्ने प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई बूढानीलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड गाउँपालिका-८ घर भई बूढानीलकण्ठ नगरपालिका-२ बस्ने २१ वर्षीय रामकृष्ण रावतलाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा एभरेष्ट लिंक इन्टरनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेका थिए। , तर उनीहरूले आफ्नै नागरिकताको प्रयोग गरी उक्त कम्पनी दर्ता गराएका थिएनन्। उनीहरूले एउटा भेटाएको नागरिकता प्रयोग गरे। , जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेयको नागरिकता हराएको थियो। सोही फेला परेको नागरिकताको प्रयोग गरी उनीहरूले कम्पनी खडा गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , उनका अनुसार यसरी कम्पनी बनाएर सुरेशलाई सिइओ बनाइएको थियो। सेञ्चुरी बैंक र कुमारी बैंकमा निरज पाण्डेयको नाममा विशालले खाता खोले भने रामकृष्ण कम्पनीका सहजकर्ता बने।, पीडित पाण्डेयले आफ्नो हराएको नागरिकता पेश गरी बैंकमा खाता खोलेर वैदेशिक रोजगारमा रसिया पठाइदिने प्रलोभनमा पारेर आफ्नो नामबाट सर्वसाधरणलाई ठगी गरिरहेका छन् भन्दै जाहेरी दिएका थिए। , त्यसको आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तीन जनालाई ज्ञानेश्वरस्थित अफिसबाट पक्राउ गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। ,
भेटाएको नागरिकताबाट यसरी कन्सल्टेन्सी खडा गरेका थिए सुरेशको समूहले |
सेतोपाटी संवाददाता मोरङको सुन्दर हरैचामा आगोले जलेर एक जनाको ज्यान गएको छ। , बुधबार राति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु भएको छ। , इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार विद्युत सर्ट भएर लागेको आगोमा परि बेलबारी ११ का मजदुर कुमार श्रेष्ठको मृत्यु भएको हो।, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।,
मोरङको सुन्दर हरैचामा आगोले जलेर एक जनाको मृत्यु |
सेतोपाटी पूर्वयुवराज्ञी हिमानी शाह रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन्।, उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए।, उनी अस्ट्रेलियाबाट सोमबार काठमाडौं फर्किएकी हुन्। यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको पाठकले बताए।, अस्ट्रेलिया जानेमा पूर्वयुवराज्ञी शाहसहित राजपरिवारका दुई सदस्य पूर्वअधिराजकुमारीहरू शिताष्मा र दिलाशा शाह पनि थिए।, नेपालका बालबालिकाका लागि स्वच्छ पानीको पहुँच कार्यक्रम ‘एक्सेस टु क्लिन ड्रिकिङ वाटर प्रोजेक्ट’ का लागि सहयोग जुटाउन उनीहरू त्यहाँ गएका हुन्।,
हिमानी शाह अस्पताल भर्ना |
सेतोपाटी संवाददाता रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।, काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्।, दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अर्बिन्द कुमारले सेतोपाटीलाई जानकारी दिए।, मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।, दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको प्रहरी निरीक्षक कुमारले बताए।, प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ।,
रौतहटमा अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु, १ घाइते |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।, वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ।, खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ।, स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए।, अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ। व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ।,
कलंकीबाट खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन |
सेतोपाटी संवाददाता हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको हो। , हाल पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। जसका कारण बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , विभागका अनुसार राति प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, विभागका अनुसार भोलि शुक्रबार गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , शनिबार प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।,
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा |
एजेन्सी भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्।, विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।, करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। , प्रहरीका अनुसार यो घटना अगस्ट १० मा जयपुरबाट ८० किलोमिटर टाढा रहेको रायसर गाउँमा भएको हो। , बिहान ८ बजे रेगरौनस्थित वीणा मेमोरियल स्कुलकी ३२ वर्षिया शिक्षिका अनिता रेगर आफ्नो ६ वर्षे छोरा राजवीरसँग विद्यालय जाँदै थिइन्। , त्यहीँ क्रममा उनलाई केही व्यक्तिले घेरेर आक्रमण गरेका थिए। आक्रमणकारीबाट बच्न उनी नजिकै रहेको कालुराम रेगरको घरमा पसेकी थिइन्। त्यहीँबाट प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी घटनास्थल पुग्न नसक्दा त्यो समूहले उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिएको थियो। , सहयोगको अपिल गर्दै ती महिला चिच्याइरहे पनि उनलाई कसैले सहयोग नगरेको परिवारको आरोप छ।, घटनाको जानकारी पाएर ती महिलाका श्रीमान ताराचन्द र परिवारका केही सदस्यहरू घटनास्थल पुगेका थिए। त्यसपछि उनीहरूले तत्कालै अनितालाई जामवरमगढको सरकारी अस्पतालमा भर्ना गराएका थिए।, शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि त्यहाँबाट एसएमएस अस्पताल, जयपुरको बर्नवार्डमा रिफर गरिएको थियो। तर उपचारकै क्रममा ७ दिनपछि उनको मृत्यु भएको थियो।, हिन्दुस्तान टाइम्सका अनुसार अनिताले आक्रमणकारीलाई साढे २ लाख रूपैयाँ सापटी दिएकी थिइन्। लामो समयसम्म पनि उनीहरूले पैसा फिर्ता नगर्दा उनले आफ्ना पैसा फिर्ता गर्न बारम्बार आग्रह गर्दै आएकी थिइन्। तर पैसा फिर्ता दिनुको साटो उनीहरूले उल्टै अनितामाथि कुटपिट र दुर्व्यवहार गरेका थिए।, यस विषयमा अनिताले रायसर प्रहरी चौकीमा उजुरीसमेत दिएकी थिइन्। तर प्रहरीले उजुरी दर्ता गरे पनि कुनै कारबाही नगरेको परिवारको आरोप छ। , मृतकका श्रीमान ताराचन्दका अनुसार स्थानीय गाउँकै गोकुल, आनन्दी, रामकरण, बाबूलाल, प्रह्लाद रेगर (वडा पञ्च), मूलचन्द, सुरेश चन्द, सुलोचना, सरस्वती र विमलासहितको समूहले पेट्रोल छर्केर आगो लगाएका हुन्।, ‘मेरी श्रीमतीले आफ्नो ज्यान जोगाउन छिमेकीहरूसँग अनुनय विनय गरिन्, तर बदमाशको डरले अनितालाई कसैले सहयोग गरेनन्’, ताराचन्दले भने, ‘उनीहरूलाई प्रहरीले अझै पक्राउ गरेको छैन। प्रहरीको उनीहरूसँग मिलेमतो हुनसक्छ।’, अगस्ट १० मा कोलोनीका एक व्यक्तिले घटनाबारे भिडियो बनाएका थिए। उक्त भिडिओ अगष्ट ११ मै मृतक अनिताका जेठाजु कैलाशले पाएका थिए। तर प्रहरीले उनलाई उक्त भिडिओ सार्वजनिक नगर्न भने। प्रहरीले आरोपितलाई छिट्टै पक्राउ गर्ने भन्दै उक्त भिडिओ सार्वजनिक नगर्न भनेको थियो। तर अनिताको मृत्यु भइसक्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गरेको छैन।, यसैबीच आरोपित ६ पुरूष र ३ महिलाको खोजी जारी रहेको जयपुरका एएसपी धर्मेन्द्र यादवले जानकारी दिए।,
भारतमा एक शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु |
एजेन्सी चिनियाँ कम्पनीको स्वामित्व रहेको एप टिकटक अमेरिकाका निम्ति टाउको दुखाइको विषय बनेको छ। एपमार्फत् अमेरिकाको डेटा बेइजिङ पुग्ने भन्दै वासिङ्टनमा बेलाबखत बहस उठ्ने गरेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा नसुल्झिएको यो बहस अहिले जो बाइडेनका पालामा पनि उत्तिकै चासोको विषय छ।, सिनेटरहरूले टिकटकको बढ्दो लोकप्रियता र त्यसमा अमेरिकीहरूको उत्तिकै संलग्नताको सम्भावित खतराबारे बाइडेन प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्। टिकटकबाट अमेरिकालाई हुनसक्ने सुरक्षा चुनौतीबारे रिपब्लिकन सांसद मार्क रुबियोले बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग संवाद गरेका थिए। यस्तै, डेमोक्रेटिकका सिनेटर मार्क वार्नरले पनि यस विषयमा बाइडेन प्रशासनसँग पटक-पटक कुरा राखेका छन्। साइबार सुरक्षासम्बन्धी नियामक निकायहरूले विभिन्न चिनियाँ एपको जाँचपछि टिकटकसँग सचेत रहनुपर्ने सुझाव दिएका छन्।, पृष्ठभूमिमा भइरहेका यस्ता संवादले टिकटक वासिङ्टनको टाउको दुखाइ बनेको संकेत गर्छ। अमेरिकी महत्वपूर्ण सूचनाहरू बेइजिङको पहुँच पुग्ने खतरा रहे पनि यसको संवदेनशीलतामा बाइडेन प्रशासन उदासिन रहेको भन्दै सांसद तथा सरोकारवालाहरू निराश छन्।, टिकटकको डेटा नीति र चिनियाँ सरकारसँग सम्बन्धका विषयमा सार्वजनिक समाचारका बाबजुद् बाइडेन प्रशासनले कुनै ध्यान नदिएको उनीहरूको भनाइ छ। सांसद रुबियो र वार्नरले त संघीय व्यापार आयोगलाई एपबारे अनुसन्धान अघि बढाउन माग नै राखेका थिए। नियामक निकाय संघीय सञ्चार आयोगले भने टिकटकलाई अमेरिकन एप स्टोरमा पहुँच दिन नहुने बताएको थियो।, सिनेटमा समेत यस विषयमा बहस भएको छ। मंगलबारमात्रै केही सांसदहरूले सुरक्षा संवदेनशीलताका कारण टिकटक डाउनलोड नगर्न सूचित गरिनुपर्ने धारणा राखेका थिए। टिकटकका सम्बन्धमा आफ्नो ध्यानाकर्षणबारे सांसद रुबियो भन्छन्, ‘अहिलेसम्म बाइडेन प्रशासनले टिकटकबारे उठेका सवाल सम्बोधनलाई प्राथमिकतामा राखेको छैन। सम्भवत: अझै केही नयाँ खुलासाको पर्खाइमा रहेको हुनुपर्छ।’, टिकटकको लोकप्रियता बढ्दै गएको देखेर सन् २०२० मा अमेरिकी एक क्रेताले टिकटक खरिदको प्रयाससमेत गरेका थिए। यो प्रयास असफल बन्यो। अहिले विश्वभर १ अर्बभन्दा बढी मानिसले टिकटक प्रयोग गर्दै आएका छन्। १३ देखि १७ वर्ष उमेर समूहका ६७ प्रतिशत अमेरिकीले टिकटक प्रयोग गर्ने प्यु रिसर्च सेन्टरको प्रतिवेदन छ।, टिकटकको डेटा नीतिबारे द्विपक्षीय जाँच हुनुपर्ने अमेरिकीहरूको माग छ। यस विषयमा टिकटकका प्रमुख कार्यकारीले डेटा नीतिबारे प्रश्न गरिरहेका सिनेटरहरूलाई भनेका छन्, ‘हाम्रो डेटा नीति सिधा छ, यसमा सन्देह गर्नुपर्ने केही कुरा छैन।’, यस्तै सिएनएनसँगको संवादमा टिकटकका नीति प्रमुख माइकल बेकरम्यानले भनेका छन्,‘अमेरिकी सामाजिक सञ्जाल वा अन्य एपका डेटा नीति जे-जति सरल छन् हाम्रो पनि उस्तै नै हो। अमेरिकी सुरक्षा चासोलाई सम्बोधनका निम्ति अमेरिकी प्रयोगकर्ताका डेटा अमेरिकाकै ओर्याकल सर्भरमा स्टोर गरिने माइकलको भनाइ छ।, आफ्नो सुरक्षा चुनौतीलाई प्राथमिकतामा राखेर ह्वाइटहाउसले छिट्टै केही नीति प्रस्ताव गर्न सक्ने आकलन गरिएको छ। यो वर्षको सुरूआतमा आफ्ना डेटा प्रतिस्पर्धीको पहुँचमा आउन नदिनका निम्ति कार्यकारी आदेशको प्रयोगबारे मस्यौदासमेत तयार भएको थियो।, बाइडेन प्रशासनले डेटा सुरक्षासम्बन्धी नीतिबारे सरोकारवाला पक्ष सबैलाई समेटेर सरकारलाई सुझाव दिने समिति गठनको तयारी समेत गरेको छ। यस समितिले टिकटकलाई मात्रै नभएर अन्य एपबाट हुनसक्ने सम्भावित जोखिम र समग्र डेटा सुरक्षाबारे सरकारलाई सुझाव दिनसक्नेछ।, ‘अमेरिकी डेटा आफ्नो हातमा लिएर लाभ लिनसक्ने चीन सहितका मुलुकबारे बाइडेन प्रशासनको चासो छ। डेटा सुरक्षा र एपमार्फत् हुनसक्ने सम्भावित चुनौतीलाई सम्बोधनका निम्ति बाइडेन प्रशासन तयार छ,’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता सलोनी शर्माले भनेकी छिन्।, सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशको प्रयोग गर्दै टिकटक अमेरिकी कम्पनीलाई नबेच्दासम्म गुगल र एप्पलका एपस्टोरमा प्रतिबन्ध लगाउन भनेका थिए। ट्रम्पको यो आदेशलाई फेडरल कोर्टले कानुनसम्मत नरहेको भन्यो। वी च्याट र टिकटकलाई लगाइएको प्रतिबन्ध बाइडेनले फिर्ता गरे।, टिकटकबाट हुनसक्ने सम्भावित चुनौतीबारे बाइडेन प्रशासन सचेत छ। त्यसैले आफ्नो सुरक्षा संवेदनशीलताका चासोबारे उसले छलफल चलाइरहेको छ। टिकटकमार्फत् आफ्ना डेटा बेइजिङ नपुगोस् भन्नका निम्ति अमेरिकाले ठूलै टोली परिचालन गरेको छ। अमेरिकी सरकारका चासो सम्बोधनका निम्ति टिकटकका तर्फबाट १० कर्मचारी खटिएका छन्। टिकटक र अमेरिकी सरकारबीच डेटा सुरक्षाका सवालमा छिट्टै केही समझदारी बन्न सक्नेछ।, -,न्युयोर्क टाइम्स,बाट,
टिकटकबारे वासिङ्टनमा चुलिँदो दिक्दारी |
पूर्णप्रसाद मिश्र/रासस जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरू भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ। , काम सुरू भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ। धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ। निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन्।,
,
गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैं पानी हाल्छन्। सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाए। धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ।,
,
आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी वि.सं २०७२ मै ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र छ।, सुरूमा सडकको दायाँ-बायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन। केन्द्रबिन्दुबाट दायाँ-बायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। यो सडकको मापदण्ड वि.सं २०४५ मै काठमाडौं उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँ-बायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो।, सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँ-बायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ। यो सहमतिअनुसार पनि ठाउँ-ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन्।,
,
नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँ-बायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ। आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन। ,
,
आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो। त्यो अवधिमा पनि काम सकिएन। रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्। ,
,
संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुंगानाको भनाइ छ।, पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन्।, कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन। हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ। अन्य स्थानमा पनि केही काम बाँकी छ। हाल तीन महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ। वर्षा रोकिए पनि सडकको काम सुरू भएको छैन। वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ।,
,
सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ। यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन्।, स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउँछन्।, धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उनले सुनाए। , पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताए।, पुलको अत्तोपत्तो छैन, ढिलोचाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन। यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरूङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ।, करोडौं लागतमा सडक विस्तार भए पनि पैदल मार्ग छैन। पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउँछन्।, सडक विस्तार भएपछि सवारी तीव्र गतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ। विशेषगरी किशोर उमेरका चालकले तीव्र गतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो। सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।,
,
सात वर्षदेखि सडक कालोपत्र नसकिँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ। यात्री धुलो, हिलो एवं बनाउन राखिएका निर्माण सामग्रीका कारण जाम भएर सास्ती खेप्न बाध्य हुन थालेका हुन्।,
सात किमी सडक सात वर्षमा पनि भएन कालोपत्र |
सेतोपाटी संवाददाता काठमाडौंबाट थप ६० टिपर फोहोर आज बन्चरेडाँडा पठाइएको छ।, नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।, कुलेश्वरस्थित ट्रान्सफर सेन्टरबाट ६० टिपर फोहोर बन्चरेडाँडातर्फ लगिएको हो। , तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन्। बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन्।,
काठमाडौंबाट थप ६० टिपर फोहोर लगियो बन्चरेडाँडामा, फाल्न भने अवरोध |
रासस बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। , जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।, कैलाली घर भई पुर्चौंडीमा ज्याला/मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो। , आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरूद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो।, आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैं जिल्ला प्रहरी कार्यालय पुगेका थिए। आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए। ,
बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान |
सेतोपाटी संवाददाता दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन।, लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको भन्ने खबर आएको बताए।, ‘अरूको अवस्था सामान्य छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘तीन विद्यार्थी नदीमा बग्दा अलि धेरै पानी खाएको भन्ने छ। उनीहरूको उपचार लमहीमा भइरहेको छ।’, लमही नगरपालिका- ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार जारी रहे पनि अवस्था खतरामुक्त रहेको भन्ने सूचना आफूले पाएको एसपी काफ्लेले जानकारी दिए।, ६/७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा पल्टिएको भन्ने जानकारी आएको उनले बताए।, राजपुर गाउँपालिका- ७ राताकाँसका दिनाराम विकले डुंगा चलाएको प्रहरीले जानकारी दिएको छ। विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन्। डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए।,
२५ विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टियो, तीन जनाको उपचार जारी |
सेतोपाटी संवाददाता भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रूपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ। , प्रतिष्ठानले ललितपुरको बुङ्मतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। कक्षामा सहभागी सबैलाई एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ। , बुधबार बुङ्मतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे।, प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो। , समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन्।, ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाइ र सन्तानसँग कुराकानी गर्न सहज होस् भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन्। , प्रतिष्ठानले प्रदेश-१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।, कार्यक्रमलाई सात वटै प्रदेशमार्फत् देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी धर्मपत्नी सविता अधिकारीले जानकारी दिइन्। , तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारका अर्थममन्त्री छँदा अधिकारीले ‘आफ्नो गाउँ, आफैं बनाऔं, गाउँ-गाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमको थालनी गरेका थिए।, सोही कार्यका कारण दिवंगत भएपछि पनि ज्येष्ठ नागरिकका बीचमा अधिकारी लोकप्रिय छन्।,
भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल |
भगवती पाण्डे नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले यहाँका उद्योगहरूबाट मात्रै विद्युत महसुल बापत झन्डै ६ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको छ।, प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाका अनुसार ३३ वटा उद्योगहरूबाट आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा ५ अर्ब ९५ करोड ६५ लाख ९४ हजार रुपैयाँ महसुल बक्यौता रहेको छ।, महसुल बक्यौता राख्नेमध्ये अधिकांश उद्योग रूपन्देहीका छन्। केही उद्योग नवलपरासी, पाल्पा र अर्घाखाँचीका छन्। , सबैभन्दा बढी बक्यौता ‘अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज’ को छ। यो उद्योग एक्लैले १ अर्ब १२ करोड ७३ लाख २८ हजार ९०९ रुपैयाँ तिर्न बाँकी छ। यो उद्योग प्राधिकरणको अमुवा वितरण केन्द्र अन्तर्गतको हो। , दोस्रो बढी बक्यौता परासी वितरण केन्द्र अन्तर्गत सर्वोत्तमा सिमेन्टको ५६ करोड ५८ लाख ५ हजार रुपैयाँ छ। तेस्रो बढी बक्यौता लक्ष्मी स्टिलको ५४ करोड ८६ लाख ३ हजार रुपैयाँ रहेको छ। , अर्घाखाँची वितरण केन्द्र अन्तर्गत शुभश्री अग्नि सिमेन्ट प्रालिले ३३ करोड ६८ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ। बुटवल सिमेन्टको ३१ करोड ९२ लाख ४७ हजार रुपैयाँ बक्यौता छ। , भैरहवा वितरण केन्द्रमार्फत् विद्युत सेवा लिने ‘जगदम्बा सिन्थेटिक’ ले ३१ करोड २० लाख ८९ हजार रुपैयाँ तिर्न बाँकी छ।, पञ्चकन्या स्टिलको ९ करोड २ लाख ९९ हजार र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजको ८ करोड ९७ लाख ७८ हजार रुपैयाँ बक्यौता छ। , ‘विशाल सिमेन्ट इन्डस्ट्रिज’ ले ४ करोड १४ लाख ९४ हजार ४०४ रुपैयाँ बुझाउन बाँकी छ।, सिद्धार्थ पेटप्लास्टको ३ करोड ३८ लाख, घराना फुड्सको ३ करोड ३२ लाख ८९ हजार, एभरेस्ट रोलिङ मिलको २ करोड ३६ लाख ५९ हजार र एसआर फुड्सको २ करोड ३२ लाख रुपैयाँ बक्यौता छ। , प्राधिकरणका अनुसार सोना पोलिमर्सले ९० लाख ९३ हजार र सोना प्याकेजिङले ८१ लाख ९२ हजार रुपैयाँ तिर्न बाँकी छ।, नयाँ मिल वितरण केन्द्र अन्तर्गत विद्युत सेवा लिने गोयन्का फुड्सले २ करोड ९१ लाख ३२ हजार, भलवारी स्वचालित कारखानाले ५८ लाख ७८ हजार र श्याम प्लास्टिक उद्योगले ८४ लाख २६ हजार रुपैयाँ तिर्न बाँकी छ। , नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले ७० लाख ५० हजार, शुभलक्ष्मी पोलिमर्सले ६४ लाख २२ हजार, नेसनल ट्रेड रबर इन्डस्ट्रिजले ११ लाख ३६ हजार र जय दुर्गा प्लास्टिक इन्डस्ट्रिजले २६ लाख ३८ हजार रुपैयाँ तिर्न बाँकी छ। , यशोदा फुड्सको २ करोड ४८ लाख ८७ हजार, एजी हेल्थ इन्डस्ट्रिजको ४९ लाख ६१ हजार र प्रिया प्याकेजिङको ८ लाख २३ हजार बक्यौता छ।, बुटवल वितरण केन्द्र अन्तर्गत पुरानो उद्योग जिबी टेक्सटाइलको २६ लाख ८ हजार रुपैयाँ बाँकी छ। नारायण रबर उद्योगको ७ लाख ७७ हजार बक्यौता रहेको प्राधिकरणले जनाएको छ।, प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख ओझाले रूपन्देहीको बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा रहेका २३ वटा उद्योगले डेडिकेटेड र ट्रंकलाइन वापतको महसुल वर्षौंदेखि बुझाउन बाँकी रहेको बताए। उनका अनुसार हरेक वर्ष जरिवाना थपिँदै जाँदा बक्यौता रकम पनि बढ्दै गएको छ। , ओझाका अनुसार डेडिकेटेड र ट्रंक लाइनको विवाद रहेका उद्योगको मात्र होइन, विवाद नरहेका पाल्पा, अर्घाखाँची र परासी वितरण केन्द्र अन्तर्गतका ७ वटा उद्योगबाट एक अर्ब ७५ करोड रुपैयाँ महसुल उठाउन बाँकी छ।, सिद्धि लक्ष्मी स्टिलले ३ करोड ५० लाख ७७ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।, पाल्पा वितरण केन्द्र अन्तर्गत नेपाल टेलिकम मस्यामको १२ लाख ३३ हजार र सीता फुड्स इन्डस्ट्रिजको १ लाख ३४ हजार रुपैयाँ बक्यौता रहेको छ। , अर्घाखाँची सिमेन्टका म्यानेजर कृष्णप्रसाद पाण्डेले डेडिकेटेड र ट्रंकलाइनबापत गत वर्ष ४० करोड रुपैयाँ हाराहारी बक्यौता रहेकोमा यस वर्ष प्राधिकरणले तेब्बर बढी जरिवाना थपेको आरोप लगाए। , प्राधिकरणका प्रादेशिक प्रमुख ओझाका अनुसार उद्योगहरूको जरिवानाबाहेक नै ३ अर्ब ८९ करोड ७५ लाख १७ हजार रुपैयाँ बक्यौता रहेको छ। , उनका अनुसार ट्रंकलाइन बापत रकम बुझाउन बाँकी देखिएका उद्योगहरूले नयाँ महसुल रकममा ग्राहकले पाउने रिबेट घटाएर बुझाउने गरेकोले उक्त रिबेट समेत बक्यौतामै थप हुँदै गएको छ।, ‘विद्युतको बिलिङ भएको ७ दिनभित्र महसुल बुझाउनेलाई २ प्रतिशत रिबेट दिने गरिएको छ। बक्यौता रहेकाले रिबेट पाउँदैनन्। उद्योगीहरूले रिबेट काटेर महसुल बुझाउने गरेकोले उक्त रिबेट पनि बक्यौतामै थपिँदै गएको छ।’ , रूपन्देहीको तिलोत्तमा र सियारी क्षेत्रमा रहेका २२ वटा उद्योगसहित बुटवलको जिबी टेक्सटायल गरी २३ वटा उद्योगमा २०७२ सालमा लोडसेडिङ र भार मिलान भन्दै विद्युत प्राधिकरणले दोहोरो लाइन जडान गरिदिएपछि प्राधिकरण र उद्योगीहरूका बीचमा विवाद रहिआएको छ। , उद्योगीहरूका अनुसार २०७२ सालमा जडान गरेको विद्युत लाइनको मिटर रिडिङ नियमित प्रक्रिया अनुसार भएको थियो। , २०७४ सालमा प्राधिकरणले फेरि २०७२ साल देखिकै महसुल ट्रंकलाइन भनेर बढी दररेट कायम गरी असुल्न खोजेको उद्योगीहरूको गुनासो छ। , चौबीसै घन्टा विद्युत आपूर्ति हुने प्रणाली ट्रंकलाइन हो। उद्योगीहरूले लोडसेडिङ मुक्त घोषणा भएपछि पनि ट्रंकलाइन भन्दै महसुल विद्युत प्राधिकरणले गैरकानुनी ढंगले महसुल तिराउन खोजेको आरोप लगाएका छन्। , यस्तै असन्तुष्टिमा उनीहरू महसुल नतिरी बसेका छन्। , रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलका अनुसार डेडिकेटेड र ट्रंकलाइनको समस्या रूपन्देहीका २३ वटा उद्योगको मात्र होइन। विवाद अदालतमा रहेकाले आफूहरू फैसलाको प्रतीक्षामा रहेको उनले बताए।, नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा २०७५ चैत २९ मा छानबिन समिति गठन गरिए पनि गत वर्ष बुटवल–भैरहवा डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल सम्बन्धमा निर्णय गर्ने जिम्मेवारी मन्त्रालयलाई दिइएपछि विवाद यथावत् छ। ,
,
लुम्बिनीका ३३ वटा उद्योगबाट झन्डै ६ अर्ब रुपैयाँ विद्युत महसुल उठ्न बाँकी |
सेतोपाटी संवाददाता हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाडौं-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई टेकु बस्ने ३३ वर्षीय अंकित गोयनकालाई पक्राउ गरेको हो। , काठमाडौंको घण्टाघर क्षेत्रमा विभिन्न व्यक्तिहरूले राजस्व चुहावट गरी गैरकानुनी रूपमा हुन्डीमार्फत् वित्तीय कारोबार गरिरहेको भन्ने सूचना कार्यालयले पाएको थियो। सो सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो। , श्रेष्ठले घण्टाघरमा जामे मार्केट भवनमा सटर भाडामा लिएर संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए। त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए। , सोही बेला श्रेष्ठको कार्यालयमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगेका थिए। उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनी अंकित गोयनकाको लागि काम गर्ने खुल्यो। , त्यसपछि काठमाडौंको कलंकीस्थित अंकित गोयनकाले सञ्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा प्रहरीको टोली पुग्यो। कार्यालयमा तलासी लिँदा त्यहाँबाट थप ९ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।, यस्तै अंकितको कार्यालयबाट १५ लाख बराबरको फास्ट ट्र्याक इन्टरनेसनल प्रालिको नाममा काटिएको सानिमा बैंकको चेक समेत प्रहरीले बरामद गरेको छ। , उनीहरूमाथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ। ,
हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगदसहित तीन पक्राउ |
सेतोपाटी संवाददाता बुटवलमा पहिलो पटक घिन्ताघिसि जात्रा प्रदर्शन गरिएको छ।, गाईजात्रा अन्तर्गतको यो जात्रा यसअघि काठमाडौं उपत्यकामा मात्र सीमित रहेको थियो। घिन्ताघिसि जात्रा पहिलो पटक बिहीबार बुटवलमा प्रदर्शन गरिएको हो।, नेवाः सेवा समिति बुटवल वडा नं. १ र २ ले पहिलो पटक बिहीबार बिहान यो जात्रा प्रदर्शन गरेको हो।, विश्वहिन्दु महासंघको भवनबाट सगुन लिएर सुरू गरिएको यो जात्रा पुरानो बटौलीको गणेश मन्दिर पुगेर त्यहाँबाट गणेशथान, दुर्गा मन्दिर गोलपार्क, जितगढी कालिका मन्दिर हुँदै अमरपथबाट पुनः गणेश मन्दिरमै पुगेर समापन गरिएको थियो। जात्रामा सहभागी महिला पुरूषहरू नेवारी परम्परागत पोशाकमा सजिएर नेवारी संस्कृतिकै बाजागाजाको तालमा नाचगान समेत गरेका थिए।, बुटवलमा बाक्लो नेवारी बस्ती रहे पनि अहिलेसम्म प्रदर्शन नगरिएको यो जात्रालाई पहिलो पटक प्रदर्शन गर्न सफल भएको नेवाः सेवा समितिका सदस्य मदन श्रेष्ठले जानकारी दिए।, श्रेष्ठले पहिलो पटक निकालिएको जात्रा भएकोले भक्तपुरबाट नेवाः कलाकारहरू आएर बुटवलमा नेवारी कला र संस्कृतिको पहिचान दिन सफल भएको बताए।, भक्तपुरबाट आएको कलाकार टोलीले माको प्याखँ (बाँदर नाच), लुसी प्याखँ (मुसल नाच) तथा घ्यान्ताङ घिसी प्याखँ (लट्ठी जुधाएर नाचिने नाच) प्रदर्शन गरेको नेपाल भाषा साहित्य तः मुज्या उपत्यका संयोजक राजवीर डंगोलले जानकारी दिए।, उनले संस्कृति आदान प्रदान र नेवाः संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यका साथ घिन्ताङ घिसी नाच लिएर आफूहरू बुटवल आएको बताए।, नेवार समुदायमा सात दिनसम्म घिन्ताङ घिसी नाच, माक प्याखँ (बाँदर नाच), लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गर्ने परम्परा रहेको डंगोलले बताए।,
,
बुटवलमा पहिलो पटक निकालियो घिन्ताघिसि जात्रा |
सेतोपाटी संवाददाता महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक पुरूषलाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ४४ वर्षीय पदमध्वज भण्डारीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको हो।, उनीविरूद्ध चितवन जिल्ला अदालतबाट मंगलबार पक्राउ पूर्जी जारी भएको थियो। , उनी फरार भएको भन्ने खबर पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट बिहीबार पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन पठाउने कार्यालयले तयारी गरेको छ। ,
बलात्कार आरोपमा भक्तपुरबाट एक जना पक्राउ |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५२६५ जना सक्रिय संक्रमित छन्।, ४२१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ५४२ कोरोना संक्रमित |
नारायण खड्का सुन पसल बेचेका एक जनालाई 'हनी ट्र्याप'मा पारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , हनी ट्र्यापमा पारेको आरोपमा प्रहरीले चार महिला र एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो। यस घटनामा संलग्न दुई जना अझै फरार छन्। , रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ घर भई घोराही उपमहानगरपालिका बस्ने ४० वर्षीय दिलिपकुमार वली, घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने प्रमिला नेपाली पक्राउ परेका छन्।, घटनामा संलग्न अजय बुढाथोकी र लोकेन्द्र मगर फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। , प्रहरीले बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका आरोपित पाँच जनालाई सार्वजनिक गरेको हो।, प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरूले नारायणपुरमा हालै सुन पसल बिक्री गरेका स्थानीय दिनेश घर्ती मगरलाई हनी ट्र्यापमा पारेका हुन्। , उनले जाहेरी दिएपछि प्रहरीले यसमा संलग्न पाँच जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए। , उनका अनुसार पक्राउ परेका आरोपित दिलिपकुमार वली र दिनेश घर्ती मगर मिल्ने साथी हुन्।, केही समयअघि मात्रै सुन पसल बेचेका दिनेशसँग पैसा छ भन्ने दिलिप कुमारलाई थाहा थियो। उनीसँग पैसा भएको थाहा पाएसँगै उनले दुई-तीन महिना अघिदेखि नै योजना बनाउन सुरू गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।, दिनेशसँग भएको पैसा लिनको लागि उनले स्थानीय शान्ता र पवित्रासँग बसेर योजना बनाएका थिए। पछि यसमा विमला पनि जोडिएकी थिइन्।, शान्ताले यसमा आफ्नी नन्द पर्ने सर्मिलालाई प्रयोग गर्न सकिने भन्दै सबैलाई योजना सुनाइन्। सर्मिला श्रीमानसँग सम्बन्ध बिग्रिएको हुँदा एक्लै बस्दै आएकी थिइन्। उनको आयस्रोत पनि थिएन।, उनीहरूले सर्मिलालाई सुनको तिलहरी दिएर दिनेशको पसलमा बेच्न पठाउने, चिनजान गर्ने र फोन नम्बर पनि मागेर ल्याउने योजना बनाए। सर्मिला पनि उनीहरूको योजनाअनुसार काम गर्न तयार भइन्। , एक दिन सर्मिलाले दिनेशलाई फोन गरेको र उनीहरूबीच प्रेमका कुराकानी समेत भएको प्रहरीले जनाएको छ। पटक/पटक भेटेर सर्मिलाले दिनेशको विश्वास जितिसकेकी थिइन्।, उनीहरूबीच भएका सबै गतिविधि सर्मिलाले शान्ता लगायतलाई जानकारी गराउथिन्। त्यसपछि थप योजना बनाउन उनीहरू पवित्राको घरमा बस्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए। , त्यहाँ उनीहरूले दिनेशलाई कहाँ बोलाउने, कसरी समात्ने र बार्गेनिङ गरी कति रकम भागबन्डा गर्ने योजना तयार पारे। योजना अनुसार नै सर्मिला एक महिना अघि नै पवित्राको घरमा डेरा लिएर बस्न थालेकी थिइन्।, फेरि पवित्राले यसमा अरू केही साथीहरूलाई पनि जोड्न पर्ने भन्दै अजय र लोकेन्द्रलाई पनि सामेल गराए। , त्यसपछि साउन २६ गते पवित्राको घरमा उनीहरू सातै जना बसेर अन्तिम योजना बनाएका थिए। , सोही राति सर्मिलाले आफू कोठामा एक्लै भएको भन्दै दिनेशलाई बोलाएका थिए। दिनेश राति ११ बजे सर्मिलाको कोठामा आइपुगेका थिए। कोठा आएपछि सर्मिलाले शान्तालाई मेसेज पठाएर जानकारी गराइन्। , मध्यरात भएपछि भने उनीहरूले ढोका ढकढक्याए। सर्मिलाले ढोका खोलेपछि अजय, लोकेन्द्र र दिलिप मिलेर दिनेशमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। , कुटपिट गरेपछि दिनेशलाई उनीहरूले पवित्राकै घरको अर्को कोठामा पुर्याएका थिए। , सुरूमा उनीहरूले छोरी चेलीको इज्जत भर्नुपर्छ भन्दै घोराही बजारको घडेरी सर्मिलाको नाममा पास गरिदिन प्रस्ताव राखे। दिनेशले तत्काल घडेरी पास गर्न सम्भव नभएको बताए। , त्यसपछि भोलिपल्ट बिहानै उनीहरूले दिनेशलाई घोराही-१३ बडहरास्थित एकान्तस्थलमा रहेको इँट्टाभट्टा नजिकै पुर्याए। उनीहरूले दिनेशमाथि बलात्कारको मुद्दा हालिदिने भन्दै धम्की समेत दिएका थिए। , उनीहरूले दिनेशसँग नगद पनि मागे। दिनेशले आफ्ना भतिजलाई फोन गरी एक लाख नगद र बैंकका चेक मगाएका थिए। भतिजले ल्याएका एक लाख नगद लिएसँगै सुरूमा दुई-दुई लाखको चेक लेख्न पनि उनीहरूले दिनेशलाई बाध्य पारे। त्यतिले नपुगेर उनीहरूले फेरि सात लाख २० हजारको चेक पनि काट्न बाध्य पारे। , १२ लाख २० हजार रुपैयाँ लिइसकेपछि भने उनीहरूले दिनेशलाई छाडे। सो रकम र चेक आफूहरूबीच बाँडफाँट गर्ने भन्दै अजयले आफूसँग राखेका थिए। , उनीहरूको बन्धकबाट फुत्किएपछि दिनेश जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनले आफूलाई हनी ट्र्यापमा पारेर फसाएको भन्दै प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई जानकारी गराएका थिए।, त्यस्तै, जाहेरी पनि दिएपछि प्रहरी परिचालन गरी साउन २७ गते राति नै दिलिप, शान्ता, पवित्रा, विमला र प्रर्मिलालाई पक्राउ गरेको थियो। , प्रहरीले उनीहरूविरूद्ध आपराधिक लाभ कसुरमा अनुसन्धान अघि बढाएको बताएको छ। जिल्ला अदालत दाङबाट सात दिन थुनामा राखेर उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।,
सुन पसल बेचेका दिनेशलाई 'मिल्ने साथी'ले नै हनी ट्र्यापमा पारेपछि… |
सेतोपाटी संवाददाता दक्षिण कोरिया पठाइदिन्छु भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , झापा अर्जुनधारा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४० वर्षीय पुरूषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलब पाउने गरी काम लगाइदिने आश्वासन दिएका थिए। , त्यसका लागि १० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपैयाँ लिएका थिए। त्यसरी ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। , उनलाई प्रहरीले मिनभवनबाट पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।,
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीको चेकिङमा परी एक सय १४ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेका छन्।, बुधबार गरिएको ट्राफिक प्रहरी चेकिङमा एक सय १४ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजरमा राख्दै कार्यालयले ट्राफिक चेकजाँच अभियान सञ्चालन गरेको छ।, कारबाहीमा परेका ४८ जनाको सवारी चालक अनुमती पत्र नभएको, ४२ जनाले आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाएको, ११ जनाले लापरवाहीका साथ सवारी साधन चलाएको प्रहरीले जनाएको छ।, यस्तै आठ जनाले तीब्र गतिमा सवारी चलाएको, तीन जनाले हेलमेट नलगाएको र तीन जना सवार गरी हिँडेका दुई जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाइएको छ।, ,
११४ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा |
सेतोपाटी संवाददाता सुर्खेतमा वन सम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलिन बनेका छन्।, वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउनेबित्तिकै मृत्यु भएको हो।, लामिछानेको मृत्यु भएपछि आफन्तले पक्राउ गर्नेहरूले कुटपिट गरेकाले मृत्यु भएको आरोप लगाउँदै कार्यालयमै पुगेर आन्दोलन गरिरहेका छन्। आक्रेशित आफन्तले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन्।, वीरेन्द्रनगर वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो।, 'आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो। पछि आरोपित मानिस पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरूले उहाँलाई पक्राउ गरी ल्याइएको हो,' वीरेन्द्रनगर डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले सेतोपाटीसँग भने।, कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको उनले बताए।, आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन्।,
डिभिजन वनको हिरासतमा आरोपितको मृत्यु भएपछि आफन्त आन्दोलित |
नारायण अधिकारी वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी, रोग र बाघले खाएर सकिएका छन्।, २०७३ मा ल्याइएका १५ अर्ना र २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन्।, निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन्।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाँकी रहेका तीन अर्ना सोमबार बाघले खाएपछि सबै सकिएका हुन्। पानी छिर्ने ठाउँबाट बाघ पसेर तीनवटै अर्ना खाएको अनुमान निकुञ्जले गरेको छ।, यसअघि एउटा अर्ना बाघ पसेर खाएको थियो। तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन्। चार बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएर मरेका हुन्।, आचार्यले संरक्षणका लागि ठूलो प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताए । गत आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए। साउनदेखि मङ्सिर मसान्तसम्म १० अर्ना मरेका हुन्।, छ वटा भाले र चार पोथी अर्ना मरेका थिए। बाँकी रहेका तीन वटा पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो। तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन्।, अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो। सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ। तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो। यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो।, चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो।, चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए।, अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो।, २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए। अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउँने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ। त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए। निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन्।, निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले कारण मान्दै आएका छन्।, कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो।, कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।, २०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने निर्णय गरेको थियो। १५ वटा ल्याइयो, थप पाँच वटा ल्याइएन। यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो।, अर्नाको सरदर आयु २५ वर्ष हुन्छ। यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन्। भाले अर्ना तीन/चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ। यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ।, (रासस),
बाघले खाएपछि चितवनमा सकिए बाह्रसिङ्गे र अर्ना |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना प्लमर लाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लमर गणेशबहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आयोगमा आएको थियो।, आयोगको टोलीले खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।,
पाँच हजार घुससहित काठमाडौंमा पक्राउ परे प्लमर |
एजेन्सी भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।, जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।, बसमा ३९ जना सवार थिए। घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्याइएको छ।, ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।, ,
जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु |
सेतोपाटी संवाददाता सिराहामा एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार राति पौने ९ बजे लहान नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।, प्रहरीले धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेको हो। उनी को १ च ७५७७ नम्बरको एम्बुलेन्सका चालक हुन्। उनले एम्बुलेन्सको पछाडि बिरामी राख्ने ठाउँमा गाँजा बोकेको अवस्थामा फेला परेको हो।, एम्बुलेन्सबाट पाँच वटा बोरामा ९० किलो गाँजा बरामद गरेको हो। यस्तै, उनीबाट २८ हजार रुपैयाँ पनि बरामद गरेको प्रहरी निरीक्षक साहले बताए। , यस घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय लहानबाट भइरहेको बताइएको छ।,
एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद, एक पक्राउ |
सेतोपाटी संवाददाता बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिएका छन्।, तिनाउ पुलपारी फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ।, उनीहरू आइतबार राति होटलको कोठामा सँगै बसेका थिए। पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पुरूषको घर धादिङ हो। करिब ३६ वर्षका सीताराम भुजेल मृत फेला परेका हुन्।, यस्तै होटलमा दाङकी करिब २५ वर्षकी युवती पनि मृत भेटिएकी छन्। उनको नाम पुष्पा भए पनि थर खुलेको छैन। युवती ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन्। तन्ना र तौलियामा रगत लागेको देखिएको थियो।, शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बुटवलको होटलमा महिला र पुरूष मृत फेला |
सेतोपाटी संवाददाता मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ।, सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो।, बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो। अधिकृतदेखि माथिका पदमा कर्मचारीको तलव वृद्धि गर्न खोजिए पनि नायब सुब्बालगायतले विरोध गरेपछि अर्थ मन्त्रालयले रोकेको थियो।, यस्तो छ नयाँ तलबमान र ग्रेड सुविधा:,
कर्मचारीदेखि शिक्षकसम्म कसको तलब कति? (हेर्नुस् सूची) |
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा सडकखण्डको आलेटारमै अड्किएको छ।, काठमाडौंबाट फोहोर बोकी गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडा सडकखण्डको आलेटारमै अड्किएको काठमाडौं महानगरका नगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।, उनका अनुसार बिहानदेखि स्थानीयहरूले फोहोर लैजान अवरोध गरेको हुन्।, ‘बिहान पनि केही समूहले अवरोध गर्नुभएको थियो,’ उनले भने, ‘तर केही समयको अवरोधपछि पुनः फोहोर लैजान सुरू गरिएको थियो। तर अहिले फेरि स्थानीयहरूले अवरोध गर्नुभएको छ।’, प्रहरी उपरीक्षक भट्टका अनुसार अहिले स्थानीहरूले डाँडामा बसेर ढुंगा हान्ने काम गरिरहेका छन्।, ‘अहिले फोहोरको गाडी अघि बढाउनासाथ त्यहाँका स्थानीयहरूले ढुंगा हानिरहेका छन्,’ उनले भने, ‘फोहोरको गाडी अगाडि बढाउने स्थिति नै छैन। दुई सय गाडी बाटोमा अड्किएका छन्।’, अहिले सिसडोल र बञ्चेडाँडामा गरी दुई सयभन्दा बढी प्रहरी समेत परिचालन गरिएको प्रहरी उपरीक्षक भट्टले बताए। , उनका अनुसार सरकारले सामूहिक माग सम्बोधन गर्न प्रक्रिया अघि बढाइसकेको तर केही स्थानीयको व्यक्तिगत स्वार्थ सरकारले पूरा गर्न नसक्ने उनले बताए।, सिसडोल-बञ्चरेडाँडा संघर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानाले भने आफूहरूले विरोध नगरेको बताए।, ‘हामीले काम गर्न तीन महिना समय दिने भनेर आन्दोलन फिर्ता लिइसकेका छौं,’ उनले भने, ‘हेरौं अब कुरा मात्र गर्ने हुन् कि काम पनि गर्छन्।’, हिजो अवरोधका कारण २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरेडाँडा लगिएको थियो। , यी पनिः, एकअर्कालाई असफल बनाउन कुहिएको खेल खेली राजनीतिको नाम नदिऊँ- मेयर बालेन, काठमाडौंको फोहोर: बञ्चरेडाँडा आन्दोलनमा तीन सत्तारूढ दलका स्थानीय नेताको समर्थन, बालुवाटारमा सत्ता गठबन्धनको बैठक: काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण, गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध,
बञ्चरेडाँडा जान लागेका फोहोरको गाडीलाई आलेटारमै अवरोध, स्थानीयले हान्न थाले ढुंगा |
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ। , मंगलबार दिउँसो काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका छन्। फोहोरका गाडीलाई अवरोध पुर्याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ। , स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘हामीले माइकिङ गरेर स्थानीयलाई सम्झाउन खोज्यौं, तर मानेनन्। हामीमाथि अत्याधिक ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरिएको छ,’ उनले भने। ,
बञ्चरेडाँडामा प्रहरीले गर्यो हवाई फायर |
रासस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। , चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।, मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ छन्। , दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए।,
धादिङमा मार्बल बोकेको गाडी र जीप ठोक्किँदा दुईको मृत्यु |
युनिक श्रेष्ठ गत मंगलबार (साउन २४ गते) राती साढे १२ बजे काठमाडौंको कीर्तिपुरस्थित एक घरमा डकैती भयो। , कीर्तिपुर नगरपालिका-४ का ७४ वर्षीय नारायण बस्नेतको घरमा ४-५ जनाको समूहले ढोका फोडेर भित्र पसे। बस्नेत भएको ठाउँमा पुगेर खुकुरी देखाए। बस्नेत राम्ररी कान पनि सुन्दैनन्। बस्नेत आफ्नी श्रीमती र बहिनीसँग बस्थे। उनीहरू सबै जना ७० वर्ष माथिका हुन्। , मध्यराती घरभित्र पसेका ती ४-५ जनाले भने- हल्ला नगर्नू, हामी केही पनि गर्दैनौं।, त्यसो भनेपछि उनीहरू पनि चुप लागेर बसे। , ‘४-५ जना आएका थिए। हामीलाई खुकुरी देखाए। केही पनि गर्दैनौं भने,’ बस्नेतले भने, ‘मैले कान सुन्दैन भन्ने पनि थाहा रहेछ। मेरी श्रीमती बिरामी छिन् भन्ने पनि थाहा रहेछ। उनीहरूले घरमा भएको सबै सम्पत्ति लगे।’, बस्नेतको घरबाट उनीहरूले नगद तथा २९ तोला बराबरका सुनका गरगहना लिएका थिए। लुटेराहरू गएपछि बस्नेतले छिमेकी गुहारे। त्यसपछि राती नै प्रहरी वृत्त कीर्तिपुरलाई फोन गरे। , घटनास्थलमा पुग्दा चोरी गर्ने व्यक्तिहरू फरार भइसकेका छन्। उनीहरूले एउटा खुकुरी भने घटनास्थलमै छाडेर हिँडेका थिए।, प्रहरीका अनुसार बस्नेतको घरबाट एक लाख ५० हजार रुपैयाँ, अन्दाजी ११ तोला सुनका सात वटा चुरा, पाँच तोला सुनका दुई वटा सिक्री, छ तोला सुनका ९ वटा औंठी, दुई तोला सुनका एउटा नवरत्न लकेट, पाँच तोला सुनका नौ वटा टप चोरी भएको थियो।, दुई वटा हिराका औंठी र तीन वटा हिराको नवरत्न जडान गरिएको तीन वटा औंठी चोरी भएको हो।, यस घटनामा प्रहरी वृत्त कीर्तिपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रूपमा अनुसन्धान गरिरहेको थियो।, एक हप्तापछि प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना, जिल्ला प्रहरी परिसर काठमाडौंले एक जना र जिल्ला प्रहरी कार्यालय काभ्रेले एक जनालाई पक्राउ गरेको हो। , सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ तालामाराङ घर भई काठमाडौंको नयाँ बस्ती बस्ने ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुर बागमती गाउँपालिका-८ घर भई जोरपाटी बस्ने ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै बकैया-५ घर भई जोरपाटी बस्ने ३५ वर्षीय सुशील भन्ने बाबुलाल थिङलाई प्रहरीले पक्राउ गरेको हो। , यी तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , यस्तै काठमाडौंको स्वयम्भू भगवानपाउ बस्ने २६ वर्षीय रोशन तामाङलाई परिसर र सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई बौद्ध बस्ने मिलन तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ। , प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरूले कीर्तिपुरमा मात्रै डाँका मारेका भने होइनन्। , यही समूहले विभिन्न घरमा डाँका मारेको खुलेको छ। डाँका मार्न जाँदा उनीहरू मध्यराती जान्थे। हातहतियार देखाएर धम्क्याएर सबै लुटेर फरार हुन्थे। , उनीहरूले असार ६ गते काठमाडौंको शंखरापुर नगरपालिका-९ खुलालटारस्थित लालबहादुर थापाको घरमा भएको नगद, सुन-चाँदीका गरगहना तथा मोबाइल गरी जम्मा दुई लाख ४१ हजार रुपैयाँ बराबरको डकैती गरी भागेका थिए। , असार १२ गते शंखरापुर-९ की सुशीला थापाको घरमा पनि त्यसैगरी ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको डकैती गरे। असार २० गते बनेपा नगरपालिका-११का सलामसिंह लामाको घरबाट १२ लाख ४९ हजार बराबरको डकैती गरेको खुलेको हो। , पछिल्लो समय यसरी नै काठमाडौंको कीर्तिपुरबाट पनि ५६ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको डकैती भएको हो। , प्रहरीको अनुसन्धानबाट उनीहरूले घरभित्र प्रवेश गरी हातहतियार देखाएर परिवारलाई नियन्त्रणमा लिने गरेको देखिन्छ। उनीहरूले हात खुट्टा बाँधेर, मुखमा समेत टेप लगाइदिने गरेको खुलेको छ। , यसरी लुटपाट गर्न जानुअगाडि नै उनीहरूले घरको रेकीसमेत गर्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , उनीहरूले कहिले आफूहरू प्रहरी, सशस्त्र प्रहरी हो भनेर घर प्रवेश गरेर खानतलासी लिन्थे त कहिले घरको टिभी बिग्रिएको छ भने त्यसभित्र बहुमूल्य चिज हुने भन्दै प्रवेश गर्थे।, त्यसरी घर भित्रका कोठा, ढोकालगायत के-कस्तो छ भन्ने समेत जानकारी लिने गर्थे। , अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार कीर्तिपुरको घटनामा पनि पीडित बस्नेतको बारीमा रहेको मकै भाँचिदिने भन्दै आएका थिए। , ‘केही दिनअघि मकैबारीमा रहेको मकै भाँचिदिन्छु भन्दै आएको खुल्यो। त्यसरी आएर पहिल्यै घरको रेकी गरेर गएको देखियो,’ ती प्रहरीले भने। , प्रहरीले पक्राउ परेका उनीहरूबाट एक लाख ४२ हजार १०५ रुपैयाँ, ८० भारू, पाँच वटा मोबाइल, मोटरसाइकल र एउटा खुकुरी बरामद गरेको छ। , डाँका मुद्दामा पक्राउ परेका उनीहरूको समूह पहिलो पटक अपराधमा संलग्न भएको भने होइन। उनीहरू यसअघि पनि कर्तव्य ज्यान, डाँका, चोरीलगायत अपराधमा पक्राउ परिसकेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। , ‘उनीहरूले अहिले मात्रै अपराध गर्न सुरू गरेका होइनन्। पहिले पनि जघन्य अपराधमा संलग्न भएर जेल सजाय भोगिसकेका हुन्,’ उनले भने, ‘जेलमा चिनजान भएका उनीहरूले फेरि बाहिर आएर डकैती गर्न सुरू गरे।’, अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो समूहको चिनजान नख्खु र केन्द्रीय कारागारमा बस्दा चिनजान भएको थियो। , पक्राउ परेका दिलबहादुर तामाङलाई प्रहरीले २०६८ सालमा ललितपुरबाट खुन डाँका मुद्दामा पक्राउ गरेको थियो। उनी १० वर्ष जेल बसेर २०७८ साल पुसमा छुटेका थिए। , २०६३ सालमा मानवबेचबिखन मुद्दामा रामसिंह तामाङलाई भक्तपुरबाट पक्राउ गरेको थियो। उनी २०७४ सालमा जेलबाट छुटेर बौद्धको नयाँबस्तीमा रक्सी पसल सञ्चालन गरी बसेका थिए।, सुशील थिङ भने रामसिंहका साथी हुन्। उनी पनि जेल भुक्तान गरी छुटेपछि हेटौंडामा टेम्पो चलाएर बसेका थिए। , उनलाई रामसिंहले काम छ भन्दै पटक-पटक फोन गरी काठमाडौंमा बोलाएको खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, प्रहरीका अनुसार यो डकैती गर्ने समूहमा अझै पाँच जना छन्। उनीहरू फरार छन्। ती फरार भएका एक जना व्यक्तिले नै सुन बेचेर एक जनालाई रकम दिइसकेको पनि खुल्यो। तर अरूलाई भने दिइसकेका थिएनन्। , उनीहरूको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।,
घरको रेकी गरेर काठमाडौंमा श्रृंखलाबद्ध डकैती |
राजु अधिकारी भारतमा मात्रै निर्भर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार अब चीनतिर पनि फैलिने सम्भावना बढेको छ। उत्तरी छिमेकीले ‘गुणस्तर पुगेको नेपाली चिया ठूलो आकारमा आयात गर्ने’ वचन दिएपछि नेपाली चिया उद्योगमा आशा जागेको छ।, नेपाली चिया क्षेत्र पछिल्लो समय आयातमै कर लगाउने भारतीय तयारीले आतंकित छ। यहीबेला चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्कालाई चिनियाँ पक्षले नेपालको चिया आयात गर्ने वचन दिएपछि नेपालले अर्को अन्तर्राष्ट्रिय बजार पाउने सम्भावना बढेको हो। , नेपालमा उत्पादित चियाको ठूलो हिस्सा भारतीय बजारमा मात्रै पुग्दै आएको थियो। ज्यादै थोरै परिमाणको चिया मात्रै तेस्रो देश जाने गरेको छ। त्यो थोरै परिमाणको चिया चीन जान कुनै अवरोध भने थिएन। यस पटक बेइजिङमा भएको द्विपक्षीय कुराकानी क्रममा ठूलो आकारमै नेपाली चिया आयात गर्ने विषयमा चिनियाँ पक्ष सहमत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले जानकारी दिए। , 'बाटो नै बन्द थियो भन्ने होइन। थोरै-थोरै स्केलमा चिया चीन जान कुनै समस्या थिएन,' सचिव पाण्डेयले ,सेतोपाटी,सँग भने 'यसपटक भने चिनियाँ पक्षले ठूलो स्केलमा आयात गर्ने बताएको छ।’ , यसअघि नै बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै चिनियाँ पक्षले नेपाली चिया आयात बढाउने बताएको जानकारी दिएको थियो। चीनका परराष्ट्रमन्त्री वाङ यी ले नेपाली चिया र जडिबुटी आयात बढाउने बताएको जानकारी दूतावासको विज्ञप्तिमा उल्लेख थियो। , ‘चिनियाँ विदेश मन्त्री नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत हुनुभएको छ। उहाँ नेपालको उत्पादन क्षमता बढाउन र नेपाली चिया र अन्य परम्परागत जडिबुटीको निर्यातका लागि सघाउन पनि सहमत हुनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ। , चिनियाँ विदेश मन्त्रीको यो सहमतिलाई नेपाली चिया क्षेत्रका सरोकारवालाले ‘ऐतिहासिक उपलब्धि’ मानेका छन्।, 'नेपाली चियाको इतिहासमै यो ज्यादै ठूलो उपलब्धि हो,' राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने, ‘यसले भारत निर्भरता कम गर्न मात्र होइन हाम्रो चियाको बिक्रि उच्च मूल्यमा गर्न सघाउनेछ।’ , भट्टराईका अनुसार चिनियाँ बजार नेपाली चियाका लागि ज्यादै ठूलो बजार त हो नै, भारतको दाँजोमा राम्रो मूल्य पाइने बजार पनि हो।, ‘भारतीय सरकारबाट त नेपाली चिया क्षेत्रलाई खासै समस्या छैन,' उनले भने, ‘तर, त्यहाँको बजारले नेपाली चियाको बाध्यतालाई उपयोग गरेर अनेक बाधा गर्ने गरेको छ। चीनको बजार उपलब्ध हुने कुरा हाम्रा लागि खुसीको कुरा हो। भारतमा भन्दा चिनमा हाम्रो चिया धेरै उच्च मूल्यमा पनि बिक्री हुनेछ।’ , नेपालले अहिले भारत पठाइरहेको चिया राम्रो गुणस्तरको भएको दाबी गर्दै भट्टराईले यो चिया चिनियाँ बजारमा सजिलै स्वीकार्य हुने पनि उल्लेख गरे।, ‘हाम्रो चियामा भारतीय बजारको एकाधिकार भएका कारण उनीहरूले जे भन्यो त्यही मान्नुपर्ने अवस्था सिर्जना भएको होु,' उनले थपे ‘नेपालको चिया उनीहरूले भने जस्तो कम गुणस्तरको छैन। नेपाली चिया विश्वका जुनसुकै बजारमा पनि सजिलै स्वीकार्य हुने गुणस्तरको छ।’ , दुई सरकारका प्रतिनिधिबीचको कुराकानीमा चिनियाँ पक्षले चियाको निर्यातमा सघाउने बताएपछि नेपाली पक्ष चिया चीन पठाउने तयारीका लागि जुटेको सम्बद्ध अधिकारीहरू बताउँछन्।, ‘चीनले नेपालको चिया आयात गरोस् भन्ने हाम्रो लामो पहल थियो,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘यसपटक त्यो काम पूरा भएको छ। अब प्रक्रिया कसरी मिलाउने, के कस्तो तयारी गर्ने, सरकार-सरकारबीच कसरी सहमति गर्ने भन्नेमा मन्त्रालयले काम थालेको जानकारी हामीलाई आएको छ। त्यसैले हाम्रा लागि यो खुसीको कुरा हो।’ , यो प्रयास सफल भए खेती सुरू भएको १५९ वर्षपछि पहिलो पटक चीनमा नेपाली चियाको व्यापार सुरू हुनेछ। नेपालमा चिया खेतीको सुरूआतदेखि नै चीन जोडिएको थियो। , बोर्डका अनुसार वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए। चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना भएको थियो। त्यही दशकमा भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भएको थियो। , २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप २०१६सालमा झापा जिल्लाको रड्गिया डाँडामा बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भएको बोर्डको भनाइ छ। सरकारी स्तरमा पनि २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो। सुरूआती दिनमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो। २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना भएको थियो। , २०३९ सालमा तत्कालीन सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गरेको थियो। व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेपछि नेपालबाट तयारी चिया भारत निर्यात हुन थालेको थियो। , भारतीय बजार नै नेपाली चियाको ८० देखि ९० प्रतिशत हिस्सा ओगट्ने बजार बन्यो। यद्यपि भारतीय बजारले समय-समयमा नेपाली चियामाथि अनेक अवरोध खडा गर्दै आएको छ। पछिल्लो समयमा नेपाली चिया आयातलाई मात्रात्मक प्रतिबन्ध लगाउने गरी भारतीय संसद्का दुवै सदनमा प्रस्ताव पुगेपछि मुख्य अन्तर्राष्ट्रिय बजार गुम्ने जोखिम उच्च भएको छ। यसले नेपाली चिया क्षेत्रलाई अत्याएको छ। , लोकसभाको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ। समितिले दुई वटा कारण औंल्याउँदै चिया आयात कसिलो पार्नुपर्ने बताएको छ। समितिले औंंल्याएको पहिलो कारण हो, नेपाली चिया गुणस्तरहीन छ। दोस्रो, एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्छ। मूलतः गुणस्तरहीन चिया मात्रै नेपालले भारत पठाइरहेको कारण देखाएर समितिले भनेको छ ‘त्यसैले नेपाली चिया आयातमा मात्रात्मक प्रतिबन्ध लगाउनुपर्छ अथवा उच्च आकारमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउनुपर्छ।’ , हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा मात्रात्मक प्रतिबन्ध लगाइने भएपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र दौडधुपमा छन्। यहीबेला चीनले नेपाली चियाको आयात बढाउने बताएपछि नेपाली पक्ष उत्साही देखिएको हो। , यद्यपि नेपाली चियाको चीन निर्यात सहज नहुने कुरामा नेपाली पक्ष जानकार छ। भारतीय बजारमा नेपालको सहज पहुँच छ। खुला सीमाका कारणले र यातायात सुविधाका कारण पनि भारतीय बजार सजिलो मानिन्छ। तर, यातायात असुविधादेखि विकट भौगोलिक अवस्थाले चिनियाँ बजार नेपालीका लागि कठिन हुनसक्ने चिया उद्योगीहरू बताउँछन्। भारतीय बजारको दाँजोमा सयौं गुणा बढी मूल्य चियाले पाउने सम्भावना भएका कारण त्यो परिपूर्ति हुने आशा उनीहरूको छ। , ‘भारतमा अहिले हाम्रो चियाले जुन मूल्य पाएको छ, त्यही चियाले चीनमा तीन सय गुणा बढी मूल्य पाउन सक्छ,’ चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक भट्टराईले भने, ‘त्यसैले पछिल्लो चिनियाँ वचन वा द्विपक्षीय सहमति ऐतिहासिक छ।’ , बोर्डको पछिल्लो तथ्यांक अनुसार नेपालका २८ जिल्लाको १६ हजार ९ सय २० हेक्टर जमिनमा चिया उत्पादन भइरहेको छ।, सन् २०२०–०२१ मा नेपालमा १ करोड ५६ लाख ४१ हजार केजी सिटिसी चिया उत्पादन भएको थियो। अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुँदा ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन भएको थियो। अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कूल २ करोड ३७ लाख ४५ हजार ९ सय १ केजी चिया उत्पादन भएको थियो।,
नेपाली चिया भारतले रोक्दै, चीनले लैजाँदै |
सेतोपाटी संवाददाता रोल्पामा अरिंगालले टोकेका एक व्यक्तिको मृत्यु भएको छ। , रोल्पा नगरपालिका वडा नं. १० धाङ्सीका ५४ वर्षीय जयबहादुर बुढा मगरलाई सोमबार बेलुका अरिंगालले टोकेको थियो। , अरिंगालले शरीरका विभिन्न भागमा टोकेर घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल रेउघा लगिएकोमा उपचारका क्रममा राति ११: २० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए। , मगर आफ्नै घरको करिब पाँच सय मिटर दक्षिणतर्फको जंगलमा बाजुको रूखमा बसेको अरिंगालको घार पोल्न भनेर गएका थिए।, अरिंगालको गोला पोलेर त्यसका बच्चा पकाएर तरकारी वा अचारका रूपमा खाने गरिन्छ। मगर त्यसैका लागि गएका थिए। , केही दिन पहिलेमात्रै रूकुम पश्चिमका एक जना युवकको पनि अरिंगाल पोल्न गएको समयमा टोकेको तीन दिनपछि बाँकेको नेपालगञ्जतर्फ लैजाने क्रममा सल्यानमा बाटोमै मृत्यु भएको थियो।,
रोल्पामा अरिंगालले टोकेका व्यक्तिको मृत्यु |
सेतोपाटी संवाददाता सल्यानमा लेनदेनको विषयलाई लिएर भाइ-बुहारीसहित तीन जनामाथि एसिड प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। , दार्मा गाउँपालिका वडा नं. ३ चम्फुटाकुराका ५० वर्षीय बेचे रावतले मदिरा सेवन गरी सोमबार बेलुका साढे ७ बजेतिर सहोदर भाइ ४९ वर्षीय भीमबहादुर रावत, उनकी ४० वर्षीया दीपा रावतलाई लक्षित गरी पसलमा एसिड प्रहार गरेका थिए। त्यही क्रममा सोही पसलको ढोकामा उभिएका स्थानीय ३२ वर्षीय भीमबहादुर रावतको शरीरमा पनि एसिड परेको थियो। , लेनदेनको विषयलाई लिएर बाँकेमा रहेको एभरेष्ट लिसा कम्पनीले खोटो संकलन गर्न भनेर बेचे रावतलाई घरमा राख्न दिएको एसिड ल्याई आफ्नै पसलमा भाइ-बुहारीलाई एसिड प्रहार गरेको कुरा खुल्न आएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले सेतोपाटीलाई बताए। , घटनाबारे राति नौ बजेतिर स्थानीय नरेश रावतले ईलाका प्रहरी कार्यालय दार्मालाई सूचना दिएका थिए। , त्यसपछि प्रहरी नायब निरीक्षक शेरबहादुर चन्दको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले एसिड छ्याप्ने बेचे रावतलाई नियन्त्रणमा लिएको थियो। , प्रहरीले बेचेसँगै उनको घरबाट झन्डै २२ लिटर एसिड समेत बरामद गरेको डिएसपी खड्काले बताए। , घाइते तीनै जनाको अनुहारलगायत शरीरको विभिन्न भागमा एसिडले पोलेर घाउ खत रहेको खड्काले जानकारी दिए। , घाइते सबैको जिल्लाकै श्रीनगरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै बाँके नेपालगंजस्थित नर्सिङ होम लगिएको थियो। त्यहाँबाट पनि थप उपचारका लागि मंगलबार काठमाडौंस्थित कीर्तिपुर सामुदायिक अस्पतालका लागि रिफर गरिएको जानकारी आफन्तले दिएको डिएसपी खड्काले जानकारी दिए। , प्रहरीले पक्राउ परेका बेचे रावतलाई कुटपिट तथा अंगभंग (तेजाब प्रहार) मुद्दा चलाएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट घटना अनुसन्धानका लागि ७ म्याद थप भएको डिएसपी खड्काले बताए।,
भाइ-बुहारीसहित तीन जनामाथि एसिड प्रहार गरेको आरोपमा एक पक्राउ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.