content
stringlengths
20
64.1k
सविता बुढा नेपाल विद्युत प्राधिकरण भन्छ– देशमा ९० प्रतिशत विद्युतीकरण भएको छ। बाँकी १० प्रतिशत गाउँ बिजुलीविहीन छन्।, यस्तै एउटा गाउँ हो सुदूपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको विकट स्वामीकात्र्तिक खापर गाउँपालिका वडा नम्बर एकको रुडी गाउँ। यहाँका बासिन्दाले अझै बिजुली बाल्न पाएका छैनन्।, साँझ परेपछि उनीहरूलाई सधैँ पिरोल्ने एउटै कुरा हो रातका लागि उज्यालोको जोहो। उनीहरूले झरो र टुकीको जोहो गर्नु पर्छ।, स्वामीकार्तिक खापरका केही गाउँमा बिजुली पुगेको छ। त्यो उज्यालो रुडीका बासिन्दालाई सपनाजस्तो हुन्छ। आफ्नो गाउँ सधैँ अँध्याराको अँध्यारै छ।, रुडीका बासिन्दा गम्भीर धामी उमेरले ६० वर्ष पूरा भए। आफ्नो गाउँमा बिजुली बत्ती बलेको देख्ने उनको सपना छ। उनलाई लाग्छ– आफ्नो जीवन यसै बित्न लाग्यो, बिजुली आए बालबच्चाले सुख पाउँथे।, बाजुरेली लवजमा उनले भने, ‘हाम्रा दिन त यसै बाइगया, बालबच्चाको भविष्यका लागि गाउँमा बिजुली पुग्या निको हुन्थ्यो।’, गम्भीर दिनभरि भँैसी चराउँछन्। दिनको उज्यालोमा रातको दुःख बिर्से पनि साँझ छिप्पिँदै जाँदा मन खिन्न हुन्छ।, रुविन्द्रा धामीका दुई छोराछोरी स्कुलमा पढ्छन्। गाउँका छोराछोरीले घरमा काम सघाउनु पर्छ। काम गर्ने भनेकै उज्यालोमा हो। घरमा पढ्ने त रातिमात्रै हो। राति उही टुकी वा झरोको भरमा चल्नु पर्छ।, झरो भनेको सल्लाको दियालो हो। सल्लाको एउटै दाउरो धेरै बेरसम्म राँको बलेजस्तो बल्छ।, घरमा झरो बाल्ने ठाउँ एउटै हुन्छ। टुकी पनि धेरै वटा कहाँ हुनु र! फेरि कहिलेकाहीँ त मट्टितेल नै हुँदैन।, रुविन्द्रा भन्छिन्, ‘घरमा झरो एउटै हुन्छ, त्यसले खाना पकाउने कि केटाकेटीलाई पढ्न दिने! टुकी बाल्न सधैँ मट्टितेल हुँदैन, चाहिएका बेला किन्न पाइँदैन।’, घरमा झरो सकिएका दिन छोराछोरीले स्कुलको गृहकार्य पनि गर्न पाउँदैनन्।, धनबहादुर धामीका पनि तीन जना स्कुल जान्छन्। उनका अनुसार कसैको घरमा झरो सकिएका वेला वल्लोपल्लो घरका स्कुलेहरू एक ठाउँमा भेला भएर पढ्छन्।, सल्लाको जंगल पनि नजिकै छैन। झरो खोज्न कम्तीमा तीन घण्टा टाढा पुग्नु पर्छ।, धनबहादुर भन्छन्, ‘सल्लाको झरो ल्याउन तीनचार घण्टा हिँड्नुपर्छ। झरो बचाउन छरछिमेकका केटाकेटीहरू एक ठाउँमा बसेर पढ्छन्।’, झरोले उज्यालो राम्रै दिए पनि त्यसबाट आउने धुँवाको असर हुन्छ। आगो जोगाउनु पर्छ नत्र आगलागीको डर पनि हुन्छ।, एक छात्रा भन्छिन्, ‘गृहकार्य छुटेको दिन स्कुल जान मन लाग्दैन। नेताहरूले हाम्रो गाउँमा पनि बिजुली ल्याइदिए हुन्थ्यो।’, धनबहादुरका अनुसार उनको टोलमा १५ घरपरिवार छन्। ती घरबाट २२ जना केटाकेटी स्कुल जान्छन्। उनीहरू सबैको साझा समस्या हो रातमा उज्यालो पाउन झरोको भर पर्नु।, स्कुलेहरूलाई मात्रै होइन, गृहिणीहरू पनि उत्तिकै समस्या छ। झरोकै भरमा राति अबेरसम्म घरको काम गर्नु पर्छ। बिहान पनि अँध्यारै उठेर गोठको काम गर्नु पर्छ, मोही बनाउनु पर्छ। यी सबै काम झरोकै भरमा गर्नु पर्छ।, स्थानीय बासिन्दा देवकी धामी भन्छिन्, ‘राति ढिलोसम्म र बिहान पनि सबेरै उठेर हामी महिलाहरू थोरै उज्यालोमा काम गर्छौं। हामी त अँध्यारोमै पनि काम गर्न बानी परेका छौँ। स्कुल पढ्ने छोराछोरीलाई पो हैरान छ।’, गाउँका मानिसहरू मोबाइल फोन चलाउँछन्। फोन चार्ज गर्न अर्को गाउँमा जानु पर्छ। गजेन्द्र धामी भन्छन, ‘अहिलेको जमानामा पनि मोबाइल चलाउन बिजुली छैन। एक घण्टाभन्दा धेरै हिँडेर अर्को गाउँमा पुग्नु पर्छ।’, स्थानीय बासिन्दा सक्कवीर धामीका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनका समय नेताहरूले गाउँमा बिजुली ल्याउने भनेका थिए। केही ठाउँमा त आयो पनि तर रुडीमा अझै आएको छैन।, गाउँमा बिजुलीका केही पोल गाडिएका छन्। कतै त तार पनि पु¥याइएको छ तर पाँच वर्ष भयो, बिजुली आएन।, सक्कवीरले भने, ‘पाँच वर्षअघि चुनाव जितेका नेताहरूले बिजुली ल्याउँछौं भने तर काम पूरा गरिदिएनन्। अहिले जितेका नेताहरूले पनि ल्याउँछौँ भनेका छन्, हेरौं के गर्छन्।’, स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का वडाध्यक्ष अजय विकले रुडीमा बिजुली पुर्‍याउन काम भइरहेको बताए।, उनले भने, ‘हामीले पहल गरेका छौँ, कार्यपालिकाको बैठक राखेर प्राविधिक इस्टिमेटअनुसार बजेट विनियोजन गरेर काम अघि बढ्छ।’, उनका अनुसार रुडीमा करिब २० वटा पोल चाहिएको छ। घरहरू बीचको दूरी धेरै र विकट भएकाले काममा केही ढिलो भएको हो।, वडाध्यक्ष विकका अनुसार रुडीमा केही महिनामा बिजुलीको उज्यालो पुग्छ। उनले भने, ‘हाम्रो कार्यकालमा जसरी पनि उज्यालो दिन्छौँ।’, नेताहरूले यसो भनेको पनि धेरै भइसक्यो। केही पोल गाडिएका हुनाले रुडीका बासिन्दालाई तै बिजुली आइहाल्छ कि कि भन्ने लागेको छ तर कहिलेसम्ममा भन्ने थाहा छैन।, नेपालमा विद्युत उत्पादनका लागि धेरै सम्भावना छ। जलस्रोतमा धनी भएको हुनाले कम्तीमा ८३ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता छ भनिन्छ।, नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा २०७८ चैत मसान्तसम्ममा २०५५ दशमलव ७४ मेगावट बिजुली उत्पादन छ। माग भने यो भन्दा कम छ। हाल १८० मेगावाट निर्यात हुँदैछ।, प्राधिकरणले मुलुकमा करिब ९० प्रतिशत विद्युतीकरण भएको जनाएको छ। गत चैत मसान्तसम्ममा ५२ लाख २८ हजार ६१२ ग्राहक छन्।, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको प्रतिवेदन २०७७÷७८ अनुसार देशभरमा करिब ९० प्रतिशत विद्युतीकरण भएको छ। सबैभन्दाम कम कर्णाली प्रदेशमा करिब ४४ प्रतिशतमात्रै र त्यसपछि सुदूपश्चिम प्रदेशमा ७१ प्रतिशत विद्युतीकरण भएको छ।, बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ। ,  ,  , ‘हाम्रा दिन त यसै बाइगया, बालबच्चाले बिजुली पाया हुन्या छियो’
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले नगर प्रहरीको दैनिक भत्ता बढाउने प्रस्ताव गरेको छ।, बैठकले सडकमा फुटपाथ नियन्त्रणका लागि खटिने नगर प्रहरीको भत्ता बढाएर पाँच सय पुर्‍याउन प्रस्ताव गरेको छ।, महानगरले यसअघि नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशन पछि सह-प्रवक्ता महेश काफ्लेले उक्त प्रस्ताव पेश गरेका थिए।, यस्तै काफ्लेले महानगरमा करार र अस्थायी गरी १३२ जना कर्मचारीहरू भएको बताए। ती कर्मचारीहरूको पनि सामाजिक सुरक्षा कोषमा पठाउन प्रस्ताव गरेका छन्।, यस्तै फुड टेक्नोलोजी पढेका विद्यार्थीहरूलाई रेष्टुराको खाना जाँच गर्न ‘फुड इन्सपेक्टर’ को रूपमा राखिने बताए। उनीहरूले मासु पसल, तरकारी पसलमा र रेष्टुरेन्टमा खाद्यान्नको निरीक्षण गर्ने बताए। त्यसका लागि पाँच जना करारमा कर्मचारी राखिने प्रस्ताव पेश गरेको छ।, बैठकमा डेंगु नियन्त्रण र रोकथामका लागि पनि काम गरिरहेको बताए। त्यसका लागि पानी जमेको ठाउँमा चुनको प्रयोग भइरहेको र खाल्डाखुल्डी पुर्ने काम भएको बताए। डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउने काम भइरहेको उनले बताए।, नगर प्रहरीको भत्ता बढाउने काठमाडौं महानगरको प्रस्ताव
युवराज श्रेष्ठ शुक्रबार साँझ आमाको हात समातेर ११ वर्षीय रविन तिवारी घर फर्किंदै थिए। आफन्तको घर पुगेर फर्किंदा पोखरामा मुसलधारे पानी बर्सिरहेको थियो। उनीहरू सडक किनारका बाटो हिँडिरहेका थिए।, सडक किनारका नाली ढकनीले छोपिएका थिए। उनीहरू त्यही ढकनीले छोपेको नालीमाथि हिँडिरहेका थिए। सडकमा बगेको खोलाले ढकनी ढाकिएको थियो। पोखरामा निर्माण गरिएका नाली वर्षाको पानी थेग्न सक्ने छैनन्। , हिँड्दाहिँड्दै पोखरा–१६ स्थित दीपको ओरालोमा रविन चिप्लिए। वर्षाको भेलले नालीको ढकनी देखिएको थिएन। उनले टेकेको ठाउँ ढकनी रहेनछ, उनी नालीमा खसे। , ‘अरू ठाउँमा नालीका ढकनी थिए, त्यही ठाउँमा रहेनछ,’ वडाध्यक्ष अमृत तिमिल्सनाले भने, ‘रविन चिप्लिएर नालीमा खसे, नालीले बगाएर करिब १० मिटर टाढा पुर्‍याएछ।’, नालीमा खसेका रविनलाई वर्षाको भेलले ठेलिएको नालीभित्र लग्यो, भित्रभित्रै बगाएर अन्यत्रका नाली आउने ठाउँभन्दा तल पुर्‍याएको तिमिल्सनाले बताए।, नालीमा बेपत्ता भएका रविनलाई करिब २ घण्टापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले  फेला परेको थियो। नालीले करिब १० मिटर तल झाडीमा रविनको शव फेला परेको उनले बताए।, वडाध्यक्ष तिमिल्सनाका अनुसार उक्त स्थानमा सडक डिभिजन कार्यालयमार्फत् सडक अस्फाल्ट कालोपत्रे र नाली बनाउने काम भइराखेको छ।, शिव शक्ति इन्फो प्रालि भरतपुरले ठेक्का लिएको उक्त आयोजना गत आर्थिक वर्षमै सकिनुपर्ने थियो। तर ठेकेदारले समयमा काम गरेनन्, सडक डिभिजन कार्यालयले समयसीमाभित्र काम सक्न लगाएन। , ‘ठेकेदार कम्पनीको म्याद सकिएको रहेछ, हामीले सडक डिभिजन कार्यालय गएर ठेकेदारलाई कारबाही गर्न माग गरेका छौं,’ तिमिल्सनाले भने।, ठेकेदार कम्पनीले समयमै काम गरिदिएको भए अहिले रविनको ज्यान जाने थिएन।, समयसीमाभित्र काम नगरेका ठेकेदारले अहिले म्याद थप्ने वर्षाका बेला काम गरेजस्तो गरिरहेका छन्। जबकि, कालोपत्रदेखि नाली ढलानका काम यो वर्षामा गर्न नमिल्ने प्राविधिकहरूको भनाइ छ। , पोखराका नालीले मान्छे बगाएको यो पहिलो घटना होइन। यसअघि २०७४ असोजमा लामाचौरका ५६ वर्षीय कृष्णबहादुर थापाको पनि नालीमा डुबेर ज्यान गएको थियो। सोही वर्ष कात्तिकमा पोखरा १९ का पिजन पुन मोटरसाइकलसहित नालीमा खसेका थिए।, इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पसनजिकै नालीमा खसेर बेपत्ता भएका पिजनको शव फेला परेको थियो। , यसरी बर्सेनि पोखराका नालीले ज्यान लिँदासमेत लापरबाही गर्ने ठेकेदार कम्पनी र सम्बन्धित सरकारी अधिकारीलाई कुनै कारबाही हुन सकेको छैन।, यस्तै, लापरबाहीले रविनको ज्यान गएपछि स्थानीयले केहीबेर दीपनजिकै सडक अवरूद्ध पारेका थिए।, ‘सरकारी अधिकारीको लापरबाही होइन भने समयमा काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न हामीले अनुरोध गर्‍यौं,’ वडाध्यक्ष तिमिल्सनाले भने, ‘सडक डिभिजन कार्यालय उल्टै ठेकेदार कम्पनीलाई म्याद थप्न लागिपरेका छन्।’, यसबारे प्रतिक्रिया लिन खोज्दा सडक डिभिजन कार्यालय कास्कीका प्रमुख पारसमणि हमाल सम्पर्कमा आउन चााहेनन्।, पोखरामा विकास निर्माणका काम गर्दा सरकारी निकायबीच समन्वयसमेत हुँदैन। अहिले पोखराको सडकमा महानगरपालिका, प्रदेश र संघीय सरकारको लगानीमा अस्फाल्ट बनाउने काम भइरहेको छ।, अस्फाल्ट प्रविधिमा सडक कालोपत्र भइसकेको ठाउँमा खानेपानी आयोजनाले सडक खनेर छाडेका छन् भने नेपाल टेलिकमले फेरि कालोपत्रे सडक खनेर तार बिच्छ्याउने काम गरिराखेका छन्।, यसअघि तत्कालीन मेयर मानबहादुर जिसीले अस्फाल्ट कालोपत्र गर्नुअघि नै खानेपानीको पाइपलाइन विस्तार गर्न र टेलिकमलाई तार बिच्छ्याउन पटक/पटक अनुरोध गरेका थिए। उनले सरकारी कार्यालयहरूसँग विकासका काममा समन्वय गर्न वडा नम्बर १९ का तत्कालीन वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति नै गठन गरेका थिए। , सहजीकरण समितिका तत्कालीन संयोजक पौडेलले सरकारका निकायहरू एकले अर्कोलाई नटेर्ने प्रवृत्ति आफुले पाएको बताए।, ‘सरकारी कार्यालयका हाकिमहरू हामी त अर्कै हो जस्तो व्यवहार गर्थे,’ उनले अनुभव पोखे, ‘कसैले पनि समन्वय गरेर काम गर्न चाहेनन्।’ , त्यतिबेला अस्फाल्ट कालोपत्र गर्न लागिएको सडकमा खानेपानीको पाइपलाइन विस्तार र टेलिकमको तार छिटो बिच्छ्याउन अनुरोध गरेका थिए।, टेलिकम र सडक डिभिजनका प्रमुखले मौखिक रूपमा प्रतिबद्धता जनाए पनि काम नगरेको उनले बताए।, ‘तीन तहका सरकारबीच पनि राम्रो समन्वय छैन, सरकारी कार्यालयहरू पनि समन्वय गर्नै चाहँदैनन्,’ उनले भने, ‘एउटा बनाउँदै जाने, अर्कोले भत्काउँदै जाने प्रवृत्ति नरोकिँदा सर्वसाधारणले दु:ख पाए।’, जनप्रतिनिधिदेखि कार्यालय प्रमुखहरू एकले अर्कोले नटेर्ने अटेरी प्रथा हटाउन नसक्दासम्म सुधार हुन नसक्ने पोखराका नागरिक अगुवा रामबहादुर पौडेलले बताए।, उनले दुर्घटनाका जिम्मेवार व्यक्तिसँग जवाफदेहिता खोज्नुपर्ने समेत माग गरेका छन्। , ‘बालकको ज्यान जानेगरी नालीको ढकन खुला राख्ने व्यक्तिले घटनाको जिम्मेवारी लिनुपर्छ, यस्ता व्यक्ति कानुनी कारबाहीको दायरामा आउनुपर्छ,’ उनले भने, ‘होइन भने सर्वसाधारणले दु:ख पाइराख्नुपर्छ।’, यो पनि:, 'जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले पुरिदियो', अब रविनले कहिल्यै समातेर हिँड्न पाउने छैनन् आमाको हात
सेतोपाटी संवाददाता बैतडीमा जबरजस्ती करणी उद्योगमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। , सिगास गाउँपालिका –३ स्थित स्वास्थ्यचौकीमा कार्यरत २७ वर्षीय खगेन्द्रसिंह धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। , एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जोशीले बताए।, जबरजस्ती करणी उद्योग गरेको भन्दै जाहेरी दर्ता भएपछि उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।, धामीलाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी प्रवक्ता जोशीले बताए।, जबरजस्ती करणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ
रासस ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौ‌ महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो।, कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै आएका अवस्थामा पक्राउ गरिएको जानकारी दिए।, पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो ।, उक्त मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रवक्ता भट्टले बताए।, पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको सो कार्यालयले जनाएको छ।, मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
सेतोपाटी संवाददाता हाल  सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र  बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।, आज राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका कताकति मेघ गर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ। , यस्तै भोलि शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार गण्डकी, लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। , प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा सामान्य देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनाले शतर्कता अपनाउन पनि विभागको आग्रह छ। , साथै विभागले तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन भनिएको छ। पहाडी भेगको पानी नपर्ने स्थानमा पनि गर्मी बढ्ने हुनाले शतर्कता अपनाउन पनि भनिएको छ। , आज हल्का वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने
सेतोपाटी संवाददाता पहिरोले दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।, राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिकै पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आज बिहान ८ बजेतिर पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको बताए।, बर्षा कम हुनासाथ पहिरो हटाउन डोजर पठाउने उनले बताए।, यस्तै तुलसीपुर–घोराही सडक खण्ड पनि स्थानीय खोलामा आएको बाढीले बिहान केहीबेर सवारी साधन चल्न सकेका थिएनन्।, तुलसीपुर ७ स्थित काला खोलामा आएको बाढीले यातायात अवरुद्ध भएपनि अहिले पानीको सतह घटेको हुँदा ठूला सवारी साधन संचालनमा आइसकेका छन्।, पहिरोले दाङ-सल्यान सडक अवरूद्ध
रासस कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए।, ‘हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो’, उनले भने, ‘अहिले घटनास्थलबाट मुचुल्का संकलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौं।’, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।, कञ्चनपुरमा बालिका मृत फेला
सेतोपाटी संवाददाता महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले उनलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।, आर्थिक अवस्था कमजोर रहेकाले अदालतमा मुद्दा लड्न निहारिकालाई सहयोग गर्न लागिएको मन्त्री साहले बताए।, उनका अनुसार मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा प्रदेश सरकारले उनलाई सहयोग गरेको हो। बलात्कारपछि बच्चा जन्मिएको भन्दै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका शिवराज श्रेष्ठविरूद्ध निहारिकाले मुद्दा दिएकी थिइन्। जिल्ला अदालत धनुषाले ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो। ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो।, निवेदनमा निहारिका र शिवराजबीच श्रीमान-श्रीमतीको सम्बन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला अदालत धनुषाले शिवराजको पक्षमा फैसला गरेको थियो। जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन्। तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन्।, दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको छ। गत भदौ ८ गते उच्च अदालत जनकपुरले दुबै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।, न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत् निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण गर्न आदेश जारी गरेको हो।, बलात्कार आरोपी शिवराजलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ।, निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले ५ लाख रुपैयाँ दिने
नवीनबाबु गुरूङ पार्किङ व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको टोली राहदानी विभाग पुगेको छ।, शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन खोजिएको हो।, राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।, विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो । तर, पार्किङ प्रयोजनको क्षेत्र सो प्रयोजनमा प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीले भने सास्ती भोग्न बाध्य भएका हुन्।, महानगरले वेटिङ रूमका रूपमा प्रयोग गरिरहेको बेसमेन्टलाई सवारी पार्किङ नै राख्न भनिएको छ।, महागरपालिकाले यसअघि ३५ दिने सार्वजनिक सूचना निकालेर यस्ता संरचना हटाउन आग्रह गरेको थियो।, राहदानी विभागको बेसमेन्ट खाली गराउन पुग्यो काठमाडौं महानगर (लाइभ)
सेतोपाटी संवाददाता कपिलवस्तुको मायादेवी गाउँपालिका-५ मा एक जनाको गोली हानी हत्या भएको छ। , शुक्रबार दिउँसो अज्ञात समूहले मायादेवी- ६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट पासी गम्भीर घाइते भएको र उनलाई जिल्ला अस्पताल तौलिहवा लगिएको जानकारी दिए।, ‘हामी अहिले घटनास्थलमै छौं, घाइतेलाई अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका छन्,’ मिश्रले भने।, मिश्रले गोली प्रहारपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको जानकारी दिए।, ‘गोली प्रहार कसले र किन हान्यो भन्ने अझै खुलिसकेको छैन, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।, कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या
सेतोपाटी संवाददाता ललितपुरको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट  'एआइटिएम' क्याम्पसमा मेयर छात्रवृत्तिअन्तर्गत दुई जना विद्यार्थीले पढ्न पाउने भएका छन्।, शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन राठीले 'मेयर छात्रवृत्ति' सम्झौता पत्रमा हस्तक्षार गरेका हुन्।, सम्झौताअनुसार मेयर छात्रवृत्तिका लागि सूचना र प्रविधि विषयमा चार वर्षे स्नातक तहमा एक जनाले पढ्न पाउनेछन्। , त्यस्तै 'प्लस टु' मा विज्ञान र व्यवस्थापन संकायमा एक जनाले छात्रवृत्ति पाउनेछन्। यो कार्यक्रम पाँच वर्षसम्म निरन्तर हुनेछ।  , महानगरका प्रमुख चिरीबाबु महर्जनले यही वर्षबाट मेयर छात्रवृत्ति कार्यक्रम सुरू हुने बताए। उनकाअनुसार पहिलो र दोस्रो कार्यकालमै पहिलो पटक विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको हो।, 'सबै क्षेत्रका लागि काम गरिरहेको छु' कार्यक्रममा बोल्दै प्रमुख महर्जनले भने, 'अब शिक्षाको लागि केही गर्ने सोच छ त्यसैले नै कलेजसँग सहकार्य गरेर वर्षमा दुई जना विद्यार्थीलाई मेयर छात्रवृत्ति दिन लागिएको हो।', एआइटीएम कलेजमा छात्रवृत्तिमा पढ्नमा लागि विद्यार्थी जेहेन्दार र ललितपुर महानगरपालिकाभित्र बसोबास गरेको हुनुपर्ने उनको भनाइ छ। , विद्यालयले यसअघि पनि छात्रवृत्ति दिदैं आएपनि मेयर छात्रवृत्तिले विद्यार्थीमा थप प्रोत्साहन मिल्ने कलेजका निर्देशक वसन्त जोशीले बताए।, ललिपुरमा 'मेयर छात्रवृत्ति' अन्तर्गत दुई विद्यार्थीले पढ्न पाउने
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।, नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका स्थानका विशाल वली, रामेछापको खाँडादेवीका मनोज खत्री र गोपी श्रेष्ठ छन्।, प्रहरीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।, विभिन्न ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने गरेको भनी प्रहरीले विशेष सूचना पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वरमा र दुवाकोटमा रहेको दुई फ्याक्ट्रीमा छापा मारेको थियो।, प्रहरी उपरीक्षक मैनालीका अनुसार कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण-२ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।, प्रहरी उपरीक्षक मैनालीले वलीको डेरा र फ्याक्ट्रीबाट ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाइल्याण्डर भोड्का, ब्लु डाइमेन्डलगायत ब्राण्डका नक्कली रक्सी बरामद गरेको बताए।, यस्तै रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको जनाइएको छ।, प्रहरीका अनुसार सुरूमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो।, बरामद भएका रक्सीहरू उनीहरूले विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबारमा पठाउने गरेको खुलेको प्रहरीले जनाएको छ।,  , विभिन्न ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने फ्याक्ट्रीमा छापा, नाइट क्लब, डान्स बारमा बेच्थे हरिको समूहले
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई तीन हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।, सवारी नवीकरण, जाँचपास, रूटपरिमट नवीकरण जस्ता कार्यमा घुस मागेको भन्ने निवेदनका आधारमा अख्तियारबाट खटिएर गएको टोलीले यातायातमा कार्यरत मेकानिकल इञ्जिनियर दीपक बम र बिचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो।, शुक्रबार घुस रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।, कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयका इञ्जिनियर र बिचौलिया घुससहित पक्राउ
सेतोपाटी संवाददाता हाल शनिबार देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले  प्रदेश १,  लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।, भोलि आइतबार प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।, यस्तै सोमबार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।, भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र  तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, यस्तो छ आजको मौसम
सेतोपाटी संवाददाता हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।, ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।, आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।, भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ।, हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ।, औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ।, कुशे ‍‍औंसीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण ‍‍औंसीको नाम पनि दिइएको छ। कुशे ‍‍औंसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।, आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।, पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ । , आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन
सेतोपाटी संवाददाता अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।, शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।, काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।, महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो।, बनस्थलीमा पनि चल्यो काठमाडौँ महानगरको डोजर
रासस हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।, पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ। पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए।, सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो।, गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको हो।, पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा तस्बिर खिचे/नखिचेको अनुगमनका लागि कोषका कर्मचारीलाई खटाइएको उनले बताए।, कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरूष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ।, तीजका वर्तालुलाई चार स्थानबाट प्रवेश गराइने, कोषले यस वर्षको तीजका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने भएको छ। तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफल कार्यक्रममा कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइएको हो।, यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ।, यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयबागेश्वरी टोल सुधार समितिले पाएको छ। तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको छ।, दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ। यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ ।, तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ।, यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ। यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।, चौंथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ।, यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरू मन्दिरअघिको खुला भागमा राखिनेछ। यहाँ भक्तजनको जत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ।, तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना गरिने
सेतोपाटी संवाददाता झापामा श्रीमानले छुरा प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्।, झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्तालाई छातिमा छुरा प्रहार गरी हत्या गरेका हुन्। , स्थानीयका अनुसार मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेका हुन्। छुरा प्रहार गरी फरार भएका नाइके हस्तालाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, छुरा प्रहार गरी श्रीमतीको हत्या
सेतोपाटी संवाददाता झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , झापा गाउँपालिका-६ स्‍थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले ३५ वर्षीया श्रीमती तालामाईको हत्या गरेको आरोप छ। , शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरी हास्दाले आफ्नी श्रीमतीको कोखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। , हास्दा श्रीमतीको हत्या गरेपछि फरार भएका थिए। , उनलाई शनिबार बिहान ८ बजे नेपाल-भारतको सीमान नजिकै कचनकवल-१ बाट पक्राउ गरेको पाठकले बताए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
सेतोपाटी संवाददाता नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।, शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्।, सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो।, नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो। जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ।, सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्।, सिंहले भनेका छन्, ‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ। नेवारी टोन। क्या मिठ्ठो गरी बोल्छन् नि नेवारहरू। त भन्नै सक्दैनन्। त लाई ट भन्छन्। क्या मजाको सुनिन्छ नि। त भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको?’, यस्तै नेवा समुदायका महिलाहरूप्रति लक्षित गरेर पनि व्यंग्य गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।, विरोध भएपछि युट्युबबाट सो भिडिओ समेत हटाइसकिएको छ। सिंहले फेसबुकमार्फत् माफी समेत मागेका छन्।, आफ्नो मनसाय कसैलाई पनि चोट पुर्‍याउने नभएको र हसाँउनेमात्रै भएको उनले बताएका छन्।, अभियन्ता सुमन सायमीले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। , ‘आज हाम्रो समुदायमाथि प्रहार गर्‍यो। भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला। यसले सामुदायिक सद्भाव भत्काउँछ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘तीन वटै जिल्लाका मानिसहरू यहाँ आइपुगेका छन्। हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ। उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ।’, उनकाअनुसार शनिबार नै अभियन्ताहरूले उनीविरूद्ध प्रहरीमा जाहेरी दिएका छन्। सो जाहेरी परिसरले दर्ता गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसमा निवेदन परेको भए कारबाही गरिने बताए। , ‘जाहेरी परेपछि हामी कानुनबमोजिम कारबाही अगाडि बढाउँछौं। आज प्रहरीले के कसो हो हेर्ने कानुनबमोजिम काम गर्छ,’ उनले भने।, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी
डा. निमेश पौडेल साधारणतय डेंगी भाइरस ग्रसित पोथी लामखुट्टेको टोकाइले आउने ज्वरो र भाइरल संक्रमण नै डेंगी हो।, डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ।, सुरूको दिनमा १०३, १०४ डिग्री ज्वरो आउँछ। कसैलाई यो भन्दा बढी पनि आउन सक्छ। ‘मैले त फ्लेक्जन खाएँ, सिटामोल खाएँ तर ज्वरो घट्दै घटेन’ भनेर बिरामी आएका हुन्छन्। पहिलो र दोस्रो दिन पनि बढ्ने अनि तेस्रो र चौथो दिनमा धेरैलाई ज्वरो घटेको देखिन्छ।, डेंगीको ज्वरो २-३ दिन आउने र घट्ने अनि फेरि आउने हुन्छ। यस्तो लक्षण केहीलाई मात्र देखिन्छ। कतिलाई ज्वरोसँगै टाउको दुख्ने हुन्छ। कतिले त टाउकोमा हिर्काए जस्तो गरी टनटनी दुख्यो भन्छन्।, यस्तो बेलामा शरीरमा रातो खालको ह्रास आउँछ। रातो भागमा थिच्यो भने सेतो बस्ने र केहीबेरमा रातो भएर जान्छ।, बिरामीले हात खुट्टा तातो भयो भन्छन्। वान्ता हुने, खाना नरुरूच्ने हुन्छ। तर सबैलाई उस्तै लक्षण देखिन्छ भन्ने छैन।, अधिकांशलाई खोकी लाग्दैन केहीलाई मात्र हुन्छ। धेरैलाई पखला लाग्छ।, पेट दुख्ने, छाम्दा दुःखाई अझै बढ्ने, वान्ता भइरहने र नाकबाट ब्लीडिङ हुने अनि पिसावमा रगत देखिए तत्काल अस्पताल जानुपर्छ। चिकित्सक्ले परिक्षणको आधारमा उपचार गर्नुपर्छ।, डेंगी भाइरसको स्वरूप अनुसार त्यसले कति असर पार्छ भन्ने छुट्ट्याउन सकिन्छ। एक पटक डेंगी भएकाले अझै होसियारी अपनाउनुपर्छ।, डेंगी ज्वरो आयो भने उपचारमै जानुपर्छ। रगतको परिक्षणबाट डेंगी भए नभएको थाहा पाउन सकिन्छ। डेंगी ज्वरो ४ दिनदेखि ७ दिनसम्म आउँछ।, सुरूमा डेंगी भाइरस तराईमा देखिएको थियो। तर पछिल्लो समय काठमाडौंमा देखिन थालेको छ। तापक्रम बढेको कारणले यस्तो भएको हो। सामान्यतः जुलाई र अगष्टमा डेंगी धेरै देखिन्छ। , वर्षाको अन्त्यतिर विभिन्न ठाउँमा जमेको पानीमा यस्तो लामखुट्टे देखिन्छ। त्यसैले यस्ता ठाँउबाट पानी हटाउनुपर्छ। डेंगी सार्ने लामखुट्टे धेरै मात्रामा बिहान र दिउँसो सक्रिय हुन्छन्। यद्धपि यसले हिजोआज राति पनि टोक्न सक्छ। , हाम्रो शरीरबाट निस्किने तातो र कार्वन डाइअक्साइडको कारण लामखुट्टेले राति टोक्न सक्ने हो।, डेंगीबाट कसरी बच्ने, यसको उपचार लगायतका विषयमा अल्का अस्पताल, जावलाखेल, एभरेष्ट अस्पताल नयाँ बानेश्वर र ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा कार्यररत कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलसँग ,सेतोपाटी,का लागि ,सन्जिब बगाले,ले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।, डेंगीबाट कसरी बच्ने, कस्ता देखिन्छन् लक्षणहरू? (भिडिओ)
रासस अवैधरूपले बनाइएका संरचना भत्काउने क्रममा शनिबार काठमाडौं महानगरपालिकाले बनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ।, गत मंगलबारदेखि महानगरपालिकाले नक्सा पासअनुरूप निर्माण नभएका र नक्सा पासअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ।, नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरूपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भर्‍याङ भत्काइएको हो।, उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरूपले बनाइएका संरचना, काठमाडौं मलका अवैधरूपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ।, दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगर प्रमुख बालेन शाहले निर्देशन दिएका छन्। , अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो। सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो।, अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास छ।, नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै महानगरले भत्काउन थालेको हो। हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ।, बनस्थलीमा सात टहरा र तीन भर्‍याङ भत्काइयो
सेतोपाटी संवाददाता देशभर थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , २ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो। , यसको संक्रमणबाट निको भएर ३९६ जना घर फर्किएका छन्। देशभर ३ हजार ६१२ जना सक्रिय संक्रमित छन्।,  , देशभर थपिए १७३ कोरोना संक्रमित
सेतोपाटी संवाददाता यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।, यो महिनामा सबैभन्दा बढी संक्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन ८५२ संक्रमित भेटिएका थिए।, त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासी बढेर ६५८ संक्रमित फेला परेका थिए। भदौ ७ गतेपछि भने संक्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ।, प्राप्त विवरणअनुसार भदौ ७ गते ६३४, ८ गते ४८७, ९ गते ४४४ र १० गते ३२४ मा संक्रमण देखिएकामा आज संक्रमण घटेर १७३ मा झरेको छ।, पछिल्लो २४ घण्टामा निको भएर घर गएका बिरामीको संख्या ३९६  छ।, मन्त्रालयका अनुसार आज ४७ हजार १५२ ले खोप लगाएका छन्। आज कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या तीन हजार ६१२ छ।, निको हुने दर ९८ दशमलव चार प्रतिशत छ। हालसम्म ११ हजार ९९९ को मृत्यु भएको छ।, यो साता कोभिड संक्रमण घट्दो
सेतोपाटी संवाददाता भिजिट भिसामा खाडी मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले रोकेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको हो।, कार्यालयले गत बिहीबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ।, रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्।, उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि भन्दै प्रहरीले रोकेको हो।, उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍युरो बबरमहलमा बुझाएको छ।, भिजिट भिसामा खाडी मुलुक जान खोज्ने १९७ जनालाई रोक्यो प्रहरीले
सेतोपाटी संवाददाता चीनबाट तस्करी गरिएको आशंकामा मोरङ प्रहरीले ठूलो परिमाणको स्याउ बोकेका ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ।, कानुनी प्रक्रिया छलेर भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले स्याउसहितका ढुवानी साधन नियन्त्रणमा लिएको हो।, भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी स्याउ ढुवानी गरेको, कोल्डस्टोरमा पुर्‍याएर मात्र अनलोड गरिनुपर्नेमा बाटैमा गरेको पाइएपछि प्रहरीले स्याउ बोकेको साधन नियन्त्रणमा लिएको हो। स्याउ बोकेका ती ट्रक र कन्टेनर विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएका थिए।, प्रहरीले शुक्रबार राति विराटनगर १३ स्थित मलाय रोडबाट नियन्त्रणमा लिएको हो।, भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत नेपाल भित्र्याइएको स्याउसहित नेपाली नम्बर प्लेटको ट्रकमा लोड गर्दै गरेको अवस्थामा थप तीन वटा ट्रकसहित जम्मा आठ वटा गाडीमा रहेको स्याउ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।, नियन्त्रणमा लिएको आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए ।, प्रहरीका अनुसार भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।, ‘भारतीय नम्बर प्लेटका ढुवानीका साधनलाई बाटोमा रोकेर नेपाली ट्रकमा सामान अनलोड गर्न पाइँदैन। भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पुर्‍याएर मात्रै ‘पल्टी’ गर्नुपर्छ,’ डीएसपी श्रेष्ठले भने, ‘भिसिटिएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिएजस्तो देखिन्छ। मालवस्तुको ढुवानीमा भिसिटिएस प्रणाली अनिवार्य छ।’, आयात भएको स्याउ कोल्डस्टोर वा सम्बन्धित ठाउँमा नपुर्‍याइ अनलोड गर्न नपाइने व्यवस्था छ। विराटनगरका विजय फ्रुटका संचालक विजयकुमार चौधरी जैसवालले आयात गरेको स्याउ शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजस्व कार्यालयमा पठाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए।, सम्बन्धित ठाउँमा नपुर्‍याइकन ‘अनलोड’ गरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शंकास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको उनको भनाइ छ। तेस्रो मुलुकबाट जैसवालले चाइनिज ‘फुजी’ स्याउ आयत गर्दै आएका छन्। उनले आयात गरेको स्याउको भन्सारमा सहजीकरण श्याम क्लियरिङ एजेन्सीका भन्सार एजेन्ट राजेश गुप्ताले गरिदिएका हुन्।, प्रहरीले गाडीसहित स्याउ नियन्त्रण गर्दा चालकसँग भिसिटिएस थिएन।, भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो। यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ। यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ।, ढुवानीको सुरूको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्र्याकिङ गरिरहेको हुन्छ। तर आयात गरेको स्याउको भिसिटिएसको विवरण चालकले उपलब्ध गराउन नसकेको र भन्सार जाँचपास भएका कागजात चालकको साथमा नरहेको एसपी कोइरालाले बताए ।, भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, एनएल ०१ एई ३४२२, ना. ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनरहरूमा ती स्याउ लोड थिए। , चिनियाँ स्याउ नेपाल आएपछि भारततिर नै तस्करी हुने गरेको छ। ठूलो परिमाणमा आयात भएको चाइनिज स्याउ पनि तेस्रो मुलुक हुँदै नेपाल आउने र तस्करी भएर भारत जाने गरेको छ।, मोरङमा तस्करी गरी ल्याएको आशंकामा आठ गाडीबाट स्याउ बरामद
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्ने दुई सय २७ जनालाई कारबाही गरेको छ।, बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मातहत कार्यालयले काठमाडौंको विभिन्न स्थानमा विशेष चेकिङ गर्दा दुई सय २७ जनाले ट्राफिक नियमको उल्लंघन गरेको पाएको हो।, १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्।, जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक १ जना , बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक १ जना, बा २ क  ३२७९ नम्बरको बालकुमारी स्थित कान्जिरोवा स्कुलका बस चालक १ जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक १ एक जना छन्।, यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १ सय ६० जना चालकहरू पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, त्यसैगरी ट्राफिक प्रहरीले २० वर्ष पूरानो माइक्रो बसलाई कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुरमा पठाएको छ।, सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको हो।, सोमबार बा १ ज ५७७० नम्बरको माइक्रो बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।  चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो। , २२७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। , फेसबुक ह्याक गरी साथी, आफन्‍त तथा सहकर्मीसँग रकम मागेर ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। , मोरङको पथरी शनिश्चरे नगरपालिका-१० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक रायका अनुसार उनले एक जनाको फेसबुक ह्याक गरेका थिए। फेसबुक ह्याक गरी करिब एक डेढ दर्जनलाई उनले विभिन्न माध्यमबाट डिजिटल पेमेन्ट लिएका थिए।, त्यसरी ह्याक गरी ठगी गरेको खुलेपछि ब्युरोमा जाहेरी परेको थियो। , काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी उनलाई मंगलबारेबाट मंगलबार पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याएर बिहीबार अदालतमा समेत पेस गरिसकेको प्रहरीले जनाएको छ। , उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। ,  , फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका छन्।, बुधबार उक्त भवनको बेसमेन्टमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, ‘साउनको पहिलो साता नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेका थियौं,’ उनले भने, ‘त्यसबखत नै गोरखापत्रमा सूचना जारी गरी अवैध संरचना भत्काउने काम सुरू गर्न भनेका थियौं।’, सूचना निकालेको एक महिना बितिसक्दा पनि काम गरेको नदेखिएको र आज निरीक्षणको क्रममा बेसमेन्टमा कार्यालय संचालन गरेको भेटिएपछि निर्देशन दिइएको काफ्लेले बताए।, उनका अनुसार यो नियमित कार्य हो।, मेयर शाहले पछिल्लो समय राजधानीमा अनाधिकृत रूपमा बनेका संरचना हटाउन सुरू गरेका छन्।, सम्बन्धित समाचार:, काठमाडौंमा मेयर बालेन शाहले जब डोजर चलाए (तस्बिरहरू), जिल्ला अदालतलाई समय दिएका छौं, नक्सा पास रहेनछ भने त्यहाँ पनि डोजर चल्छ: मेयर बालेन शाह, काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर चलायो (तस्बिरहरू),  , न्युरोडस्थित नबिल बैंकको बेसमेन्टमा बनाएको संरचना हटाउन बालेनको निर्देशन
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४८७ जनामा संक्रमण पुष्टि भएको हो।  , ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १८०६ जनाको पिसिआर र २३७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२९८ जना सक्रिय संक्रमित छन्।, १६४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।, थपिए ४८७ कोरोना संक्रमित, निको भए १६४ जना
रासस दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ।, माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव बुधबार फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए।, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत आयोजनाको ड्याममा फेला परेको थियो। , यसअघि काठमाडौंबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दा शव फेला पर्न सकेको थिएन। , सुरक्षाकर्मीको टोलीले विज्ञसहित निरन्तर खोजी गरिरहेको थियो। लामो समयसम्म पनि शव फेला नपरेपछि जलविद्युत आयोजना र पीडितपक्षका बीचमा सहमति भइसकेको छ।, मृतक लामा बगरस्थित दुगड हाइड्रो पावरको स्काभेटर मर्मत गरी डुंगामा फर्किने क्रममा तामाकोसी आयोजनाको बाँधमा खसेर बेपत्ता भएका थिए।, फेला परेको शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।,  , बेपत्ता युवकको शव दुई हप्तापछि फेला
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले नक्सा पासबिना बनाइएका संरचनाहरू भत्काउन सुरू गरेको छ।, अनधिकृत संरचनाहरू भत्काउँदा भएको खर्चको भरपाई महानगरले सम्बन्धित घरधनीलाई नै गराउने भएको छ।, काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार डोजर चलाएर अनधिकृत संरचना भत्काउँदा लाग्ने खर्च घरधनीलाई नै भरपाई गराइने भएको हो।, शाहले भने, 'अनधिकृत संरचनाहरू भत्काउँदा जति पनि खर्च लागेको छ, त्यो सबै घरधनीलाई भरपाई गर्न लगाउने भन्ने कुरा भइरहेको छ। अनधिकृत संरचना बनाउनेहरू आफैंले भत्काउनुपर्ने हो तर यो काम महानगरले गरिरहेको छ।', त्यस्ता संरचनाहरू भत्काउँदा भाडावालालाई क्षतिपूर्ति दिलाउन पनि महानगरले पहल गर्ने उनले बताए। , 'भाडावालाको सामान निकाल्दा कतिपय सामान टुटफुटेका छन्। कतिपय संरचना निकाल्न नमिल्ने थिए,' उनले भने, 'भाडावालालाई त्यसको क्षतिपूर्ति दिलाउन महानगरले पहल गर्ने छ।', बुधबार मेयर बाले‍न शाहले पनि फेसबुकमा लेख्दै संरचना भत्काउँदा भाडावालालाई परेको क्षतिको पूर्ति घरधनीलाई नै भराउन हदैसम्मको पहल गर्ने बताएका थिए।, 'अनधिकृत संरचनामा भएका भाडावालाहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्छौं,' मेयर बाले‍नले फेसबुकमा लेखेका छन्, 'त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावालालाई आर्थिक क्षति पुर्‍याएबापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।', सोमबार महानगरपालिकाले नयाँ बानेश्वरबाट अनधिकृत संरचना भत्काएर कारबाही गर्न सुरू गरेको थियो।, उक्त दिन बानेश्वर कम्प्लेक्समा डोजर लगाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो।, यस्तै बुधबार काठमाडौं मल, खिचापोखरीस्थित आरबी कम्प्लेक्स, बिरा कम्प्लेक्सलगायत ठूला व्यापारिक भवनसँगै बनाइएका संरचना डोजर लगाएर भत्काइएको थियो।, बुधबारै न्युरोडस्थित नबिल बैंक भवनको बेसमेन्टमा बनाइएका संरचना हटाउन पनि उनले निर्देशन दिएका छन्। दरबारमार्गको 'लन्डन पब' र 'मत्सुरी टोकियो क्याफे' पनि खाली गर्न उनले निर्देशन दिएका छन्।, पछिल्लो समय काठमाडौंको बढ्दो ट्राफिक चापसँगै सवारी पार्क गर्ने ठाउँ अभाव हुन थालेपछि त्यसलाई समाधान गर्न महानगरले घरको नक्सा पास गर्दा भूमिगत पार्किङ देखाएका तर व्यवहारमा पसल चलाइरहेकालाई कारबाही गर्न थालेको हो।, पार्किङ अनुमति लिएका घरहरूलाई उक्त ठाउँ त्यही प्रयोजनमा लगाउन महानगरले साउन पहिलो साता नै ३५ दिने सूचना जारी गरेको थियो। सूचनाको पालना नगरे कारबाही गर्ने चेतावनी पनि दिएको थियो।, महानगरका सहरी व्यवस्थान विभाग निर्देशक सुरज शाक्यका अनुसार व्यावसायिक प्रयोजनका लागि घर बनाउँदा २० प्रतिशत पार्किङ व्यवस्था गर्नुपर्ने नियम छ।, संरचना भत्काउँदा लागेको खर्च घरधनीलाई नै भराउने महानगरको तयारी
सेतोपाटी संवाददाता ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन्।, बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए। फरार हुनेमा रामेछापका भोला बुढाथोकी छन्।, उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो। २०७२ सालदेखि कैद भुक्तान गरिरहेका थिए।, उनको आँखामा समस्या देखिएपछि महाराजगन्ज लगिएको थियो।, ‘झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उपचारको काम हुँदै थियो। फलोअपको लागि आज अस्पताल लग्दा भागे,’ उनले भने।, उनको एक हातमा हतकडीसहित भागेका थिए। उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ।, उनको आधा कैद भुक्तान हुनेबेला भइसकेको थियो। त्यसो हुँदा राम्रो चालचलन भएका व्यक्तिहरूको सजाय मिनाह गरी जेलबाट छाड्ने गरिन्छ। तर उनी अब थप जेल सजाय भोग्नुपर्ने जेलरले बताए।, भागेपछि प्रहरीले उनको खोजी गर्न थालेको छ।, नख्खुका कैदी हतकडीसहित फरार
सेतोपाटी संवाददाता डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। , बोगटान फुड्सिल गाउँपालिका –७ चवराचौतारा चनुकाँडाको फूलेढुंगामा ट्र्याक्टर दुर्घटना हुँदा चनुकाँडाका रामबहादुर भुलका १७ वर्षीय छोरा जीवन भुलको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार जीवन सुपप्र ०१००२ त ४७७६ नम्बरको ट्र्याक्टरमा सवार थिए। ट्र्याक्टर दुर्घटना पर्दा उनको मृत्यु भएको हो।, बुधबार साँझ ६ बजेतिर खत्याडी माध्यमिक विद्यालयका लागि टुँडागाडबाट बालुवा लिएर खत्याडी जाँदै गरेको बेला ट्र्याक्टर दुर्घटनामा परेको भट्टले जानकारी दिए। ट्र्याक्टर सडकबाट करिब १० मिटर तल खसेको छ।, ट्र्याक्टर चालक प्रेम चौधरी प्रहरीको नियन्त्रणमा छन्।, दुर्घटनामा किशोरको मृत्यु
सेतोपाटी संवाददाता हाल देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहिबार) दिउँसो लुम्बिनी र मधेस प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। , दिउँसोतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ।, आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। , प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, भोलि शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै शनिबार मधेश प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा रहेको छ। , प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। , साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। , तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत भनेको छ।, आजको मौसम कस्तो छ?
रासस तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्।, ५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्।, घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए।, केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए।, बन्दीपुरमा चितुवाको आक्रमणबाट बालक घाइते
सेतोपाटी संवाददाता बझाङमा एक युवाको शव फेला परेको छ।, सेती नदीमा वेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ।, बुधबार साँझ केदारसयुँ गाउँपालिकाको चौडामा नदी किनारा बगरनजिकै करिब ३० वर्षका युवाको शव फेला परेको हो।, नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, बझाङमा भेटियो युवाको शव
सेतोपाटी संवाददाता हतकडीसहित भागेका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन्।, बुधबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएका बेला कैदी हतकडीसहित फरार भएका थिए।, रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।, उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।, परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 'बाटो हिडिँरहेको अवस्थामा उनलाई फेला पारिएको हो,' उनले भने।, उनी २०७२ सालदेखि नख्खु कारागारमा कर्तव्यज्यान मुद्दाको कैद भुक्तान गर्दै आएका छन्।, आँखाको उपचारको लागि उनलाई बुधबार महाराजगन्ज लगिएको थियो। उनलाई त्यहाँ नियमित फलोअपका लागि लगिएको थियो।, हतकडीसहित भागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले कारागार प्रमुखलाई जिम्मेवारीबाट खटाएको छ।, यस्तै कारागारमा रहेका सबै प्रहरी कर्मचारीलाई पनि निलम्बन गरेको छ। कार्यालयले यस घटनामा छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा चार सदस्यीय समिति पनि गठन गरेको छ।, लुभुबाट पक्राउ परे हतकडीसहित भागेका कैदी
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, बेलौरी नगरपालिका ८ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना भएको थियो।, ४० वर्षका भिकारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।, मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकको मृत्यु
रासस त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।, रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए।, उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपचारका लागि अस्पताल लगेको थियो।, कैदीबन्दी भागेपछि छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।, फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए।, काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ।, घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ।, उपचार गर्न टिचिङ अस्पताल लगेका कैदी भागेपछि प्रहरीले बनायो छानबिन समिति
रासस अछाममा सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।, पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।, कुटपिट गर्ने बुहारीको नाम प्रहरीले सार्वजनिक गरेको छैन। सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।, सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ।, स्थानीयका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन्।, सासूलाई कुटपिट आरोपमा दुई बुहारी पक्राउ
रासस तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।, साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो।, रानाले हो-हल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो।, साँझ करिब ६ बजे घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए।, परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि-पछि कुदेकी थिइन्।, करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए।, घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो।, उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।, परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ।, केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो। उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए।, चितुवाले लगिसकेको छोरा खोसेर ल्याइन् आमाले
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ। , बिहीबार बिहान नयाँ बानेश्वर-शंखमुल क्षेत्रमा अनुमति बीना बनाइएका संरचना हटाउनू भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोली पुगेको हो।, टोलीले पार्किङका लागि बनाइएको भूमिगत संरचना व्यापारिक प्रायोजनका लागि भाडामा लगाइएको भन्दै खाली गर्न निर्देशन दिएको हो।, अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।, बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन्।, व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिए। यस्तै अल्फाबिटा कम्प्लेक्सको बेसमेन्टमा बनाइएको व्यापारिक प्रायोजनका संरचना तत्काल खाली गर्ने निर्देशन समेत दिएका छन्।, हेर्नुहोस् तस्बिरहरू, अनधिकृत संरचना हटाउन काठमाडौंका मेयर बानेश्वर क्षेत्रमा (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अल्फा बिटाका सञ्चालकसँग झोक्किएका छन्।, बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।, अल्फाबिटाले पार्किङका लागि बनाएको संरचनामा व्यापारिक प्रायोजनको संरचना बनाएपछि त्यसलाई मेयर शाहले हटाउन भनेका थिए। त्यसक्रममा शाहले अल्फा बिटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको भन्दै पन्छिन खोजे। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की पर्‍यो।, मेयर शाहले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्सा मसँग हुनुपर्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइनन? तपाईंको घरको नक्सा म सँग हुन्छ?’, त्यसरी आवेगमा आएर बोलेपछि प्रमुख शर्माले मेयर शाहले डनको व्यवहार गरेको बताए। त्यसपछि सञ्चालक मिडियासँग पनि रुष्ट व्यवहार देखाएका थिए।, त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर बाहिरिएका थिए।, काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएका छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।, बुधबार महानगरले काठमाडौं मल, आरबी कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।, अल्फा बिटाका सञ्चालकलाई बालेनको प्रश्न- तपाईंको घरको नक्सा मसँग हुन्छ? (भिडिओ)
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ। , अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन जान लागेको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। , ‘निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले दाबी गरे‍को जस्तो देखिएन,’ उनले भने, ‘अब त्यो भत्काउन हामी  जाँदै छौं।’ , बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।, अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की परेको थियो।, मेयर शाहले प्रमुख शर्मासँग झोक्किँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ? ,  शाह आवेगमा आएर बोलेपछि प्रमुख शर्माले उनले डनको व्यवहार गरेको बताएका थिए। , काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।, बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।, महानगरले अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाउने (तस्बिरहरू)
सेतोपाटी संवाददाता भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको छ।, प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए।, गत असार पहिलो साता भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन्।, यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन्। त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ। उनीहरूले पेन्सनको सुविधा पाउने छैनन्।, नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट नभएकाले पहिला त्यो स्पष्ट हुनु पर्ने बताएको हो।, ‘नेपालीलाई पनि ४ वर्षका लागि मात्र भर्ती गर्ने र पेन्सन नदिने हो भने यस विषयमा हामीले राजनीतिक दल र सरोकारवाला सबैसँग छलफल गर्नुपर्छ,’ परराष्ट्र मन्त्री खड्काले राजदूत श्रीवास्तवलाई भनेका छन्,‘त्रिपक्षीय सन्धीअनुसार लैजान लागेको हो भने सम्झौता कायम नै छ। हामीले केही भन्नु परेन।’, नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको सम्झौता अनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन्। हरेक वर्ष नयाँ भर्ती गर्दा भारतले सुरक्षालगायत व्यवस्था मिलाइदिन नेपाल सरकारलाई पत्र पठाउँछ।, यसपालि पनि भारतले नियमित प्रक्रियामा पत्र पठाएको थियो। उक्त पत्रमा भारतले नेपालीहरूलाई अग्निपथ योजनाअनुसार भर्ना गर्न लागेको हो कि पुरानै व्यवस्थाअनुसार भन्ने खुलाएको छैन।, परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अब भारतले नेपालीलाई कसरी सेनामा भर्ती गर्ने हो भन्ने स्पष्ट पारेपछि थप प्रक्रिया अघि बढ्ने बताए।, बुटवलमा आजदेखि नेपालीलाई भारतीय सैनिकमा भर्ती गर्ने प्रक्रिया सुरू गर्ने भनिएको थियो। सरकारले पहिला अग्निपथबारे स्पष्ट पार्नुपर्ने बताएपछि बुटवल पुगेका युवाहरू फर्किएको सलुट गोर्खा बुटवलका सञ्चालक लोकेश थापाले जानकारी दिए।, भारत संसारमा ठूलो सैन्य शक्ति भएका मुलुकमा पर्छ। दुई छिमेकी पाकिस्तान र चीनसँग कटूतापूर्ण सम्बन्ध रहेको भारतले सीमामा ठूलो संख्यामा सेना परिचालन गरेको छ। अहिले भारतमा सैनिकहरूको संख्या १४ लाखको हाराहारीमा छ। तीमध्ये हरेक वर्ष झन्डै ६० हजारले नियमित अवकाश पाउँछन्।, हजारौं सैनिकले वार्षिक अवकाश लिने भए पनि केही वर्षदेखि भारतीय सैनिकमा नयाँ भर्ना भएको छैन। अधिकारीहरूले सुरूमा कोरोनाभाइरसका कारण नयाँ भर्ना प्रक्रिया रोकिएको बताएका थिए। लामो समय सैनिकमा भर्ती नखुल्दा फौजी हुने तयारी गरिरहेका धेरै युवामा उमेर बितेर जाला भन्ने डर थियो।, त्यही बीचमा मोदी सरकारले नयाँ योजना ल्याएको हो। जुन योजनाअनुसार यस वर्ष ४६ हजार नयाँ भर्ना गरिनेछ। अग्निपथ योजनामा भर्ना हुनेलाई अग्निवीर भनिनेछ।  यो योजनामा अफिसरबाहेकका सैनिकहरू मात्रै भर्ती गरिनेछ। यसमा महिला, पुरूष दुबै भर्ती हुन पाउनेछन्।, अग्निवीरहरूले पहिलो वर्ष मासिक ३० हजार भारू तलब पाउने छन् भने चौथो वर्ष उनीहरूको तलब मासिक ४० हजार पुग्नेछ।, सरकारले यो योजनाबाट एकातिर भारतीय सेनामा युवा जवानको संख्या बढ्ने र अर्कातिर पेन्सनलगायत आर्थिक भार कम हुँदा आधुनिक पूर्वाधारमा खर्च गर्न स्रोत पुग्ने उल्लेख गरेको छ। अहिले भारतीय सेनाका जवानको औसत उमेर ३२ वर्ष छ।, यो योजनाको विरोध गरिरहेकाहरूले भने दुईटा कुरा उठाएका थिए। यसले एकातिर सैनिकमा करियर खोज्ने युवालाई चार वर्षमै सीमित पारिदिनेछ। अग्निपथअनुसार भर्ना भएकाहरू ३० वर्ष नपुग्दै सेवाबाट अवकाश पाउनेछन्। पेन्सन नपाउने भएपछि उनीहरूले त्यसपछि के काम गर्ने र कसरी जिविकोपार्जन गर्ने भन्ने प्रश्न उनीहरूले उठाएका छन्। आजीवन सैनिक भएर देशको सेवा गर्ने युवाको सपनामा अग्निपथले तुषरापात गरेको उनीहरूको तर्क छ।, केही पूर्वसैनिक अधिकारीहरूले यो योजनाले भारतीय सैनिकको दक्षता र क्षमतामा ह्रास आउने बताएका छन्। चार वर्षमात्रै काम गर्ने सैनिकसँग कुनै अनुभव नहुने भएकाले उनीहरूले मैदानमा प्रभावकारी काम गर्न नसक्ने उनीहरूको तर्क छ।, भारतका विभिन्न राज्यहरूमा भएका हिंसात्मक प्रदर्शनका बाबजुद् मोदी सरकारले अग्निपथ योजना लागु गरेरै छोडेको छ।  , सरकारले भारतलाई भन्यो- ‘अग्निपथ’बारे स्पष्ट नभएसम्म भारतीय सेनामा नेपाली भर्ती स्थगित
रासस मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनर्निर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन्। खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौं ठाउँमा बाटो अवरूद्ध हुने समस्या अहिले पनि छ।, मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक रूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ। मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ।, बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।, पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ।, हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ।, पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन्। मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।, आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिक रूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकप्टरमार्फत् पनि सेवा दिँदै आएका छन्। , मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिकजसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ। उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको बजार भनेको मेलम्ची नै हो।, सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताइन्।, पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौं ओहोरदोहोर गरिरहन्थिन्। तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एकपटक मात्र आउने–जाने गर्छिन्। बाटो कतिबेला बन्द हुन्छ भन्ने डरले पनि उनलाई रोकिरहन्छ। पहिलेको तुलनामा गाडी पनि नियमित रूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उनको भनाइ छ।, मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ। पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ।, घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उनले बताए। तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।, बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ। बाढीपछि राहत र पुनःस्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनःस्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताए। गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो।, मानिसको आवातजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताए।, बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडीभाडा महँगो पर्ने भएकाले पनि वर्षायाममा बिक्री धेरै घटेको उनको भनाइ छ।, यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो। अब वर्षा रोकिनेबित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताए। , नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताए।, ‘दीर्घकालीन रूपमा पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौं’, उनले भने।, क्षति भएका संरचनाको पुनर्निर्माणमा पनि तदारूकताका साथ काम भइरहेको उनको भनाइ छ।, पक्की पुल नबन्दा नागरिकलाई सास्ती
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काएको छ। , बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए। , जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो।  , नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर लगाएर भत्काएको हो। , ‘हामीले तीन दिने सूचना जारी गरेका थियौं। तर सूचनाको अटेरी गरेपछि अवैध संरचना भत्काएका हौं,’ मेयर नकर्मीले भने। , यो कामलाई निरन्तरता दिने उनले बताए। , ‘यत्तिकै गएर भत्काउन मिल्दैन। त्यसैले सूचना दिँदै हामी अवैध संरचना भत्काउँछौं,’ उनले भने।, काठमाडौं महानगरपालिकाले पनि विभिन्न ठाउँमा बनाएका अवैध संरचना भत्काउन थालेको छ।,  , कीर्तिपुर नगरपालिकाले पनि भत्कायो अवैध संरचना
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ।, अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। , बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। , बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए।, कम्प्लेक्सले संरचना भत्काउन छ/सात दिनको समय माग्दा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षकले मीरा चौधरीले त्यति दिनको समय दिन नसक्ने बताइएकी थिइन्।, ‘बिहान कुरा गर्दा अनधिकृत संरचना नभएको भन्ने र अहिले समय चाहियो भनेर दुइटा कुरा गर्न मिल्दैन’, उनले भनिन्।, बालेनले सबैलाई ३५ दिनको समय दिएको  र अब रोक्न नसक्ने बताएका थिए।, ‘हामीले आजै आएर भनेका होइनौं,’ उनले भने, ‘त्यो काम तपाईंहरूको हो।’, बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।, अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की परेको थियो।, मेयर शाहले प्रमुख शर्मासँग झोक्किँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ? , शाह आवेगमा आएर बोलेपछि प्रमुख शर्माले उनले डनको व्यवहार गरेको बताएका थिए। त्यसपछि बालेन बिहीबारै नक्सा लिएर दोस्रोपटक अल्फाबिटा पुगेका हुन्।, काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।, बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।, अल्फाबिटाको अवैध संरचनामा चल्यो महानगरको डोजर
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै एक लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , नुवाकोट सूर्यगढी गाउँपालिका-४ घर भई कीर्तिपुर नगरपालिका-८ पाँगास्थित डेरामा बस्दै आएका ५६ वर्षीय अरूण गुरूङ र गोरखा भिमेश्वर गाउँपालिका-९ भोर्लाङ घर भई चन्द्रागिरि नगरपालिका-७ पूरानो नैकाप बस्ने ३७ वर्षीय महेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने भन्दै उनीहरूले सुरेश महर्जन भन्ने व्यक्तिसँग तीन लाख रुपैयाँ मागेका थिए। उनीहरूले तीन लाख रुपैयाँ माग गरेकोमा एक लाख रुपैयाँ भने दिन महर्जन सहमत भए। , उनले एक लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। त्यसरी ठगी गरेको भन्दै महर्जनले गत आइतबार प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए। , अनुसन्धान गरी यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कीर्तिपुर नगरपालिका-३ खसिबजारमा फेला पारी प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो।, प्रहरीले अरूण गुरूङबाट ७५ हजार र महेश भट्टको साथबाछ २५ हजार गरी जम्मा एक लाख रुपैयाँ बरामद समेत गरेको छ। , उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२१ देहाय २४९ ठगी गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्‍ला अदालतबाट ५  दिन हिरासतमा राख्न म्याद थप अनुमति लिएको छ। , प्रहरी उपरीक्षक मैनालीले कुनै पनि व्यक्तिले अनुसन्धान गरिरहेको मुद्दालाई मिलाइदिने, थुनामुक्त गर्ने जस्ता प्रलोभनमा पार्ने घटनाहरू यसअघि पनि हुने गरेका थिए। यसरी विश्वास दिलाएर ठगी गर्न सक्ने भन्दै झुक्यानमा नपर्न अनुरोध गरेका छन्। , ‘कोहि पनि त्यस्ता प्रकारका झुक्यानमा नपर्न हुन परिसर सम्पूर्णमा हार्दिक अनुरोध गर्दछ,’ उनले भने, ‘साथै कोहि कसैले प्रहरी संगठनको नाममा रकम उठाउने खाने गरेको पाइएमा प्रचलित ऐन कानून बमोजिम हदैसम्मको कारबाही गरिने जानकारी गराइन्छ।’, सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहामा बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय एक पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। , लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले बताए। , आरोपीले दुई जना बालिकालाई बलात्कार गरेको आरोप छ।, प्रहरीका अनुसार ९ बर्षीया र ७ बर्षीया बालिकालाई उनले जबरजस्ती करणी गरेको आरोप लागेको छ। आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।, पक्राउ परेका सिंह ठकुरीलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरिएकाे छ।, दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ
सेतोपाटी संवाददाता रूकुम-पूर्वमा लुटपाट र कुटपिटमा संलग्न रहेको आरोप खेपेका दुई युवा दुई महिनापछि पक्राउ परेका छन्। , पक्राउ पर्नेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मैकोटका २९ वर्षीय उमेश परियार र सोही ठाउँका २४ वर्षीय किस्मत परियार छन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले उनीहरू दुबै जनालाई गोप्य सूचनाका आधारमा लुकीछिपी बसेको अवस्थामा भदौ ४ गते नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए। , परियारद्वयले रोल्पाको थवाङ गाउँपालिका वडा नं. ५ का २१ वर्षीय दीपक विक र उनका मामा ३५ वर्षीय वीरबहादुर विकलाई कुटपिट गरी तीन लाख ७७ हजार रुपैयाँ नगद लुटेर फरार रहँदै आएका थिए। , डिएसपी डाँगीका अनुसार घटना जेठ २३ गते दिउँसो ३ बजेतिरको हो।, विकका मामा-भान्जा आठ वटा खच्चड लगेर रूकुम-पूर्वको पुथा उत्तरगंगा १ स्थित बुकी पाटन जाजरकोटमा सीमा क्षेत्र पुगेका थिए। यार्सा टिपेर एक महिनापछि असार २३ गते घरतर्फ फर्किने क्रममा विकका मामा-भान्जालाई नकापधारी दुई युवाले पुथा उत्तरगंगा-१ स्थित स्याङ्खोलामा लुटपाट गरेका थिए।, फर्किने क्रममा विकका मामा-भान्जाले सात वटा खच्चड बेचेको दुई लाख ९० हजार र उनीहरूको साथमा पहिले नै बाटो खर्चको लागि भनी साथमा लगेको ८७ हजार समेत गरी  तीन लाख ७७ हजार रुपैयाँ नगद लुटपाट भएको थियो। , पीडितले सोबारे जाहेरी जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा दिएका थिए। आरोपित व्यक्तिहरू खोजी गर्ने क्रममा दुई महिनापछि पक्राउ परेको र अदालतबाट घटना अनुसन्धानका लागि भदौ ५ गते पाँच दिनको म्याद थप भएको डिएसपी डाँगीले जानकारी दिए।, रूकुम-पूर्वमा लुटपाट र कुटपिटमा संलग्न दुई युवा पक्राउ
रासस कैलालीमा गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।, उनका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुप-प्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो।, ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।, मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ।, गाईसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै लाखौं रकम लिएर ५, १०, २० रूपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी गर्ने समूहका दुई जना पक्राउ परेका छन्। , प्रहरीले ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारी शृंखलाबद्ध रूपमा ठगी गर्ने गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। , बौद्ध, टोखा, साँखु, कपन लगायत उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको सूचनाहरू प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले सोमबार दिउँसो टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट दुई जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ थलाडाँडा घर भई बौद्ध आरूबारी बस्ने ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ललितपुरको धापाखेलहाइट बस्ने ३२ वर्षीय विष्णु तामाङ छन्।, युनिक कोलोनीबाट नेपाली रूपैयाँ १५ लाख बराबरको अमेरिकी डलर साट्ने भनेर ठगी गर्न लागेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ५, १० र २० रुपैयाँ दरका नोट र केही अमेरिकी डलर पनि बरामद गरेको हो। , उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाएको छ।, उनीहरूले कुनै पनि मानिसलाई सुरूमा चिनजान गरी पटकपटक फोन गर्ने गर्थे। त्यसपछि आफूसँग वैध अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै प्रलोभनमा पार्थे।, साट्ने बेलामा भने उनीहरूले पीडितलाई उपत्यकाका साघुँरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासको स्थानमा बोलाउँथे। , त्यसरी बोलाएर उनीहरूले सुरूमा पीडित व्यक्तिले ल्याएका पैसा लिन्थे र आफूले रूमालमा पोको पारेको थैलो थमाउँथे। , रूमाल थमाएर उनीहरू तत्काल निस्किने गरेको र पछि पोको खोलेर हेर्दा भित्र ५, १० र २० रुपैयाँ दरका नेपाली रुपैयाँ हुने गरेको खुलेको छ।  , प्रहरी उपरीक्षक कोइरालाका अनुसार यसमा उनीहरूले एक व्यक्तिलाई ठगी गरेपछि त्यही मोबाइल फेरि प्रयोग गर्दैन थिए। पीडितसँग उनीहरूबारे कुनै पनि जानकारी नै नहुने प्रहरीले जनाएको छ।  , पीडितले याद गरेका हुलियाकै आधारमा स्केच बनाएर प्रहरीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो। यसमा संलग्न अरू पनि फरार छन्। , उनीहरूको समूहले उपत्यका र उपत्यका बाहिर समेत गरी पाँच वटा यस्तै प्रकृतिले ठगी गरेको प्रहरीले जनाएको छ।, प्रहरीले उनीहरूबाट पाँच रूपैयाँको ३२५ थान, १० रुपैयाँको ९ थान, २० रुपैयाँको १०९ थान, एक अमेरिकी डलरको १८०० थान र ५० अमेरिकी डलरका ३७ थान बरामद गरेको छ। , यसअघि पनि प्रहरीले पटक पटक यसैगरी ठगी गर्ने गरेको घटना बाहिर आएका छन्। यसरी कतिपयले रूमालमा कागजको पोको पनि थमाएर ठगी गर्ने गरेका छन्। , लाखौंको डलर साटिदिने भन्दै ५ रुपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी, दुई पक्राउ
नवीनबाबु गुरूङ सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।, नेपाल विद्यालय कर्मचारी परिषदले सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।, विद्यालय कर्मचारी (सहायक लेखापाल)लाई ३६ हजार सात सय ३० पारिश्रमिक दिनुपर्ने माग पनि छ।, यस्तै विद्यालय सहयोगीलाई २६ हजार २ सय १० पारिश्रमिक दिनुपर्ने माग उनीहरूको छ।, ६० वर्ष उमेर हदका कारण अवकाश गरिएकालाई राज्यले सहयोग गर्नुपर्ने पनि माग राखेर विद्यालय कर्मचारी आन्दोलनमा छन्।, संघीय शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वत: स्थायी प्रक्रियामा लगिनुपर्ने माग पनि छ।, संघीय शिक्षा ऐन जारी हुँदासम्म विद्यालय कर्मचारीलाई शिक्षक सरहको सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने मागसहित उनीहरूले माइतीघर मण्डललगायत ठाउँमा धर्ना र प्रदर्शन गरेका छन्।, ६० वर्ष उमेर पुगेका अवकाश भइसकेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूको छ।, विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययन गर्न अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने माग विद्यालय कर्मचारीहरूको छ।, तस्बिरहरू:,  , सेवा, सुविधा माग गर्दै विद्यालय कर्मचारी आन्दोलनमा (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौंका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापन-पत्र बुझाएका छन्।, मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापन-पत्र बुझाउन काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए।, उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास-बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए।, उनीहरूले सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नु पर्नेसहित तीन वटा माग राखी महानगरलाई ज्ञापन-पत्र बुझाएको काठमाडौं महानगरपालिका प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, ‘उहाँहरूले सडक किनारमा काम गरेर रोजीरोटी गरेकालाई अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने बताउनुभएको छ,’ उनले भने, ‘त्यस्तै सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने र महानगर प्रशासनको भइरहेको अमानवीय व्यवहार बन्द गर्नु्पर्ने  पनि उहाँहरूको माग छ।’, संघर्ष समितिले यसअघि सरकारसँग भएको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएको छ। , संघर्ष समितिले काठमाडौंका मेयर बालेन शाहलाई भेटी ज्ञापन पत्र बुझाउन खोजेका थिए तर मेयर शाहले समय नदिएपछि प्रवक्ता काफ्लेलाई ज्ञापनपत्र बुझाएका हुन्।, फुटपाथ व्यापारीको ज्ञापनपत्र मेयर शाहलाई बुझाउने उनले जानकारी दिए। , फुटपाथ व्यापारीले बुझाए काठमाडौं महानगरलाई ज्ञापनपत्र
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , मंगलबार ४ हजार ९४९ जनाको कोरोना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर ४२२१ जना सक्रिय संक्रमित छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै, ४१७ जना डिस्चार्ज भएका छन्। , थपिए ६३४ कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। , सोमबार दुबईबाट काठमाडौं आएका एक यात्रुलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको दिल्ली बस्ने ३४ वर्षीय विकास महाजन छन्। , उनले भन्सार छलेर अवैध रूपमा सुन भित्र्याएको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचना पाएपछि कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-९ सिनामंगल गोल्डेन गेट नजिकै रहेको ट्याक्सी पार्किङबाट उनलाई पक्राउ गरेको हो। , उनले आफ्नो स्यान्डो र अन्डरवेयरमा सुनजस्तो पहेँलो देखिने पेष्ट राखेको फेला परेको हो। , स्यान्डोबाट ४०८ ग्राम र अन्डरवेयरबाट ३६० ग्राम गरी जम्मा ७७७ ग्रामको सुन बरामद भएको हो। , प्रहरीले उनीबाट ५०० दरको भारतीय रुपैयाँको १९ हजार ५०० र ४२० युएई दिराम बरामद गरेको छ। , बरामद भएको सुन उनले भारत लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , उनीमाथि थप अनुसन्धान गर्न मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको प्रहरीले जनाएको छ। , भित्री वस्त्रमा ७७७ ग्राम सुन लुकाएर दुबईबाट आएका यात्रु पक्राउ
सेतोपाटी संवाददाता सप्तरीमा तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ।, मंगलबार दिउँसो साढे १२ बजे बलान बिहुल गाउँपालिका-४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, उनका अनुसार सामान तस्करी गरी भारतबाट नेपाल भित्र्याएर घरमा राखेको भन्ने सूचना प्रहरीले पाएको थियो।, सो सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो।, टोलीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो। प्रहरीले भन्सार छलेर ल्याएका लत्ताकपडा लगायतका सामान पनि बरामद गरेको छ। कति सामान बरामद भयो भन्ने खुलिसकेको छैन।,  घटनामा तीन जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। उनीहरूमा सामान्य चोट लागेको हो।, भन्सार छलेर सामान ल्याउने मानिसहरू भने फरार छन्।, सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, तीन राउन्ड हवाई फायर
सेतोपाटी संवाददाता गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरू गरेको छ। , उनको सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले उनीमाथि छानबिन तथा अनुसन्धान थालेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।, कार्कीलाई अहिले प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाएर छानबिन गरिरहेको राईले बताए। , कार्की दोषी देखिए कारबाही गरिने उनले बताए।, गृहमन्त्रीका पिएसओ सुन तस्करीमा संलग्न भएको समाचार आएपछि प्रहरीले थाल्यो अनुसन्धान
सेतोपाटी संवाददाता घरको तीन तलाबाट खसेर काठमाडौंको कीर्तिपुरमा एक जनाको मृत्यु भएको छ। , कीर्तिपुर पाँगा बस्ने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृत्यु हुनेमा ३६ वर्षीय शिव महर्जन छन्। उनी सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तलाबाट खसेका थिए। , उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो। , त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।, घरको तीन तलाबाट खसेर कीर्तिपुरमा एकको मृत्यु
रासस कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ।, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको मंगलबार बसेको संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी परेका सम्पूर्ण रिट निवेदन खारेज गर्दै परीक्षाका लागि बाटो खुला गरेको हो।, ‘लोकसेवा आयोगको परीक्षा रोक्नेसम्बन्धी परेका रिट निवेदन सबै खारेज भएका छन्’, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘फैसलासँगै लोकसेवा आयोगलाई रोकिएका सम्पूर्ण परीक्षा लिन बाटो खुलेको छ।’, उनकाअनुसार कर्मचारी समायोजन विषयमा दरबन्दी भएको ठाउँमा मिलाउनु छ भने प्रदेशका विवाद प्रदेशमै मिलाउने भन्ने रहेको छ।, सम्पूर्ण जानकारी फैसलाको लिखित पूर्णपाठ आएपछि मात्र थाहा हुनेछ।, कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको भए पनि सरेर मंगलबारका लागि निर्णय सुनाउने तय भएको थियो।, लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला
सेतोपाटी संवाददाता मिटरब्याजी जगदिश बानियाँ पश्चिम नवलपरासीबाट पक्राउ परेका छन्। , सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले मिटरब्याजी जगदिश बानियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्‍डेले जानकारी दिए। , प्रतापपुर गाउँपालिका-९ बेलाटारी बस्ने उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ। उनीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्न लागेको हुँदा काठमाडौं पठाएको पाण्डेले बताए। , उनका अनुसार बानियाँविरूद्ध २५ वटा मुद्दा परेको थियो। जसमध्ये पाँच वटामा अनुसन्धान गर्न बाँकी रहेको पाण्डेले बताए। , बानियाँबाट पीडित बनेकाहरू अहिले काठमाडौंमा आन्दोलनरत छन्। पश्चिम नवलपरासीका पीडितहरूले माइतीघर मण्डलमा धर्ना दिएका थिए। त्यसपछि गृह मन्त्रालयले देशभर मिटरब्याजीबाट पीडित भएकाहरूलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन अनुरोध गरेको थियो। , भदौ ५ गतेसम्म समय तोकेको कार्यदलले एक हजार ९ सय ३७ उजुरी प्राप्त भएको जनाएको छ। यस कार्यदलले घटनाको अनुसन्धान गर्ने जनाएको छ। ,  , मिटरब्याजी जगदिश बानियाँ पक्राउ
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित रहेको छ। , बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली  देखि सामान्यतया सफा रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भोलि बिहिबार  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, शुक्रबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भुभागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,  , यस्तो छ आजको मौसम
रासस गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका–७  मान्द्रेढुंगाका महिला तथा पुरूष तीजको भोज खाएपछि बिरामी परेका हुन्। , वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन्।, ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरूष मिलेर तीजको दर खाएका थिए। सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्’, उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरू गरिएको छ।’, स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए।, बिरामीको घर-घरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए।, बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन्। केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए।, बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए। , बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ।, ‘केही आफैं गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्’, उनले भने। ,  , गोरखामा तीजको दर खाएका एक सयभन्दा बढी बिरामी
विवेक राई गत शनिबार 'अक्सिजेनेटर' मेसिन नभएपछि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालमा मुटुको शल्यक्रिया ठप्प भयो। चिकित्सकका अनुसार यो मेसिनलाई मुटुको शल्यक्रिया गर्दा फोक्सोको रुपमा प्रयोग गरिन्छ।, शल्यक्रिया गर्न चाहिने मुख्य उपकरण नै नभएपछि अस्पतालले भर्ना भएका बिरामीलाई घर पठाइदियो। लगत्तै त्यसको सर्वत्र विरोधले दबाब बढाएपछि अस्पतालले मनमोहन अस्पतालबाट झन्डै ५० वटा अस्सिजेनेटर पैंचोमा ल्याएर शल्यक्रिया सुरु गर्यो। तर अहिले त्यो पनि सकिन लागेपछि आजै मात्र अस्पतालले थप ५० वटा अक्सिजेनेटर मनमोहनसँग सापटी मागेको छ।, गंगालाल आफैँले खरिद गरेको एक हजार थान अक्सिजेनेटर भने कहिले आइपुग्छ भन्ने अत्तोपत्तो छैन। अस्पताल प्रशासनले भने अक्सिजेनेटर भारतको कलकत्तामा आइसकेको र अबको एक सातामा नेपाल आइपुग्ने दाबी गरेको छ। तर यस्तो दाबीको स्पष्ट आधार भने अस्पताल प्रशासनले दिन सकेको छैन।, अक्सिजेनेटरको व्यवस्थापन जस्तो गम्भीर विषयमा कसरी चुक्यो गंगालाल? अस्पतालतले अक्सिजेनेटर किन्न अपनाएको प्रक्रिया हेर्ने हो भने त्यसमै गरेको गम्भीर लापरवाहीका कारण अहिले सर्जरी नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ।   , अस्पताल प्रशासनले खरिद प्रक्रियामा सुरुदेखि नै हेलचेक्राइ नगरेको भए यो स्थिति आउने थिएन। किनकी अस्पतालले अक्सिजेनेटर खरिदका लागि बोलपत्र आह्वान गर्ने काम नै पाँच महिनासम्म ढिलासुस्ती गरेको देखिन्छ। अन्तिम समयमा आएर मात्र खरिद प्रक्रिया अघि बढाउँदा समयमा अक्सिजेनेरेटर नआइपुगेको देखिन्छ।, विस्तृतमा हेरौं, कसरी चुक्यो अस्पताल व्यवस्थापन?, २०७८ साल साउन २२ गते अस्पताल प्रशासनले शल्यक्रिया विभागलाई 'वर्ष दिनका लागि कति अक्सिजेनेटर आवश्यक पर्छ, लेखेर पठाउनु' भनेर भन्यो। त्यसको एक सातामा विभागले एक हजार ५० थान अक्सिजेनेटर आवश्यक पर्ने भनेर पत्र पठायो। यसरी  विभागको पत्र आएपछि तुरुन्तै वा एक सातामा अस्पतालले बोलपत्रको लागि सूचना प्रकाशित गर्न सक्थ्यो। तर पाँच महिनासम्म अस्पताल प्रशासन हात बाँधेर बस्यो।, २०७८ पुस ९ गते बल्ल अस्पतालले गोरखापत्रमा बोलपत्रका लागि सूचना प्रकाशित गर्यो। अस्पताल प्रशासनले मंसिरमै सूचना निकालेको दाबी गरेको छ, जुन तथ्यसँग मिल्दैन।, त्यसपछि अस्पतालले चैतको अन्तिम सातामा 'मेडिटेक इन्टर्नेस्नल प्रा.लि' सँग एक हजार बढी थान अक्सिजेनेटर इटालीबाट ल्याउने गरी सम्झौता गर्यो। सम्झौता गरेपछि अक्सिजेनेटर किनेर नेपाल ल्याउन तुरुन्तै एलसी खोल्ने प्रक्रिया सुरु गर्नुपर्थ्यो। तर अस्पताल व्यवस्थापन यहाँ पनि चुक्यो। उसले एलसी खोल्ने कुरामा पनि झन्डै डेढ महिना ढिला गर्यो। जेठको ४ गते बल्ल अस्पतालले एलसी खोल्यो।, सामान्यता एलसी खोलेपछि इटलीबाट अक्सिजेनेटर नेपाल आइपुग्न ३-४ महिना लाग्छ। त्यसैले अहिलेसम्म अक्सिजेनेटर आइपुगेको छैन।  , जेठको ४ गते एलसी खोलेर साउनमा सामान आएन त्यसैले अभाव भयो भन्दै अस्पताल व्यवस्थापन पन्छिन नमिल्ने एक वरिष्ठ चिकित्सकले बताए।, ‘सम्झौता गर्ने र एलसी खोल्ने प्रक्रियामा ६ महिना त्यसै खेर फाल्नेले अक्सिजेनेटर समयमा नआएको कुराको जिम्मा लिनुपर्छ,’ ती चिकित्सकले भने।, अक्सिजेनेटर इटालीबाट नेपाल आइपुग्न सधैं नै लामो समय लाग्छ। किनभने त्यो सामान सुरुमा ठूला पानीजहाजबाट सिंगापुर आउँछ। त्यहाँबाट फेरि सानो जहाजमा भारतको कोलकत्ता ल्याइन्छ। र कोलकत्ताबाट रेल हुँदै कन्टेनरमा सामान नेपाल ल्याइपुग्दा छिटोमा तीन महिना, नत्र चार महिना लाग्छ।, यदी अस्पतालले ढिलोमा पनि माघमा एलसी खोलेको भए जेठभित्रै सामान नेपाल आइसक्थ्यो। त्यसका लागि अस्पतालसँग पर्याप्त समय थियो। तर अस्पताल प्रशासनको ढिलासुस्ती र हेलचक्याइँका कारण अक्सिजेनेटर समयमा आएन र मुटुको शल्यक्रिया गर्ने देशकै ठूलो अस्पतालमा केही समय काम नै ठप्प भयो। एकातिर बिरामीले उपचार पाएनन् भने अर्कोतिर अस्पताललाई ठूलो आर्थिक नोक्सानी भयो।, एक चिकित्सकका अनुसार एक जना बिरामीको शल्यक्रिया गर्दा तीनदेखि चार लाख खर्च हुने गर्छ। र गंगालालले मासिक १८० देखि १९० जनाको शल्यक्रिया गर्छ। एकदिन पनि शल्यक्रिया रोकियो भने यो हिसाबले अस्पताललाई १८ लाख रूपैयाँ घाटा पर्छ।, गत असारमा मात्र अस्पतालले १९० जनाको शल्यक्रिया गरेको थियो। तर साउनमा त्यो संख्या झरेर ७०/८० मा पुगेको छ।, यसबारे अस्पताल निर्देशक डाक्टर चन्द्रमणि अधिकारीसँग कुरा गर्न खोज्दा उनले खुलेर कुरा गर्न चाहेनन्। छोटो कुराकानी गर्दै निर्देशक अधिकारीले अस्पतालले सबै कुरा सार्वजनिक खरिद ऐनअनुसार काम भएको जिकीर गरे। अक्सिजेनेटर किन्न किन अस्पतालले किन ढिलासुस्ती गर्यो, किन सामान समयमा आइपुगेको छैन भन्नेबारे उनले कुरा गर्न चाहेनन्।, अस्पताल प्रशासनका अर्का उच्च अधिकारीसँग कुरा गर्दा उनले अक्सिजेनेटरको अभाव हुनुको कारण कोभिड र अस्पतालको कम भण्डारण क्षमता रहेको बताए। उनले आफ्नो नाम भने उल्लेख गर्न मानेनन्।, अघिल्लो वर्ष कोभिडका कारण अस्पतालमा कम बिरामीको शल्यक्रिया भएको उल्लेख गर्दै ती अधिकारीले भने, 'त्यो बेला हामीसँग एक हजार बढी अक्सिजेनेटर मौजाद थियो। र त्यसले हामीलाई वर्षदिन पुग्छ भन्ने थियो। तर त्यहीबेला कोभिड ठ्याक्कै हट्यो र दैनिक ६ देखि ७ वटा शल्यक्रिया हुन थाल्यो।', योसँगै अस्पतालमा कम भण्डारण क्षमता भएका कारण पनि छिटो टेन्डर प्रकृया सुरु नगरिएको उनी बताउँछन्। , 'हामीले किन प्रक्रिया ढिला सुरु गर्यौ भने हामीसँग सामान राख्ने ठाउँ थिएन। अहिले आउने समान तीन कन्टेनर जति हुन्छ, अनि त्यत्रो सामान ल्याएर कहाँ राख्ने?,' उनले भने, 'त्यसैले मंसिरतिर प्रक्रिया सुरु गर्यो भने ठ्याक्कै अहिलेको समयमा आइपुग्छ अनि यता गोदाम पनि विस्तारै खालि हुन्छ भनेर अनुमान गर्यौं तर हाम्रो अनुमान फेल खायो।', समयमै ‘अक्सिजेनेटर’ नकिनेपछि समस्यामा फसेको गंगालाल
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका मेयर बानेन शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएको छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनमा समस्या भएको भन्दै जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएका हुन्।, ‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ। हामी प्रहरीसँग सहकार्य गरेर सिसीटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौ’, मेयर शाहले भने,‘लगभग आजसम्ममा काठमाडौंको सबै फोहोर उठिसक्छ। अब सबै सफा भएपछि बाटोमा फोहोर फाल्ने को रहेछन्। पत्ता लगाएर कारबाही गर्छौ।’, उनले बाटोमा फोहोर फाल्नु पनि अपराध भएको बताएका छन्। ‘मेरो घर गन्हाईरहेको थियो त्यसैंले बाटोमा फोहोर फालेँ भन्नेका लागि यो अपराध हो कि होइन भन्ने बुझाउनुपर्नेछ।’, मेयर शाहले यसपालिको बजेट सिसीटिभी जडानका लागि पनि छुट्याएको जानकारी दिँदै प्रहरीलाई आवश्यक सबै सहयोग गर्न महानगर तयार रहेको बताए। ,  , जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्छौ- मेयर बालेन शाह
सेतोपाटी संवाददाता घोराहीस्थित मानव निर्मित तालमा तीन दिन अगाडि डुबेका एक व्यक्ति अझै फेला पर्न सकेका छैनन्। , सोमबार मध्यान्ह १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाहीका ४० वर्षीय अमर चौधरी मानव निर्मित कर्जाही तालमा डुबेका थिए। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार घोंगी खोज्न भनेर कुलो हुँदै तालमा पसेका थिए। चौधरी तालमा डुबेर बेपत्ता भएको खबरपछि लगातार खोजी हुँदै आएको छ। , डिएसपी गौतमका अनुसार प्रारम्भिक चरणमा नेपाल प्रहरी र त्यसपछि नेपाली सेनाले खोजी गरेको थियो।, बुधबार धालुवाङ क्षेत्रबाट रबर बोट र आवश्यक सामग्रीसहित सशस्त्र प्रहरी खोजीका लागि आएको डिएसपी गौतमले जानकारी दिए। , ‘दैनिक तीस चालिसको जनशक्ति लगाएर खोजी हुँदै आए पनि बेपत्ता व्यक्तिलाई फेला पार्न सकिएको छैन,’ गौतमले भने ‘आज पनि सशस्त्र प्रहरी आएर खोजी कार्य सुरू गरेको छ।’ , घोराही उपमहानगरपालिकाले नगर भित्र कर्जाही लगायत विभिन्न ठाउँमा सिँचाइ सुविधा पुर्‍याउने उद्धेश्यले झन्डै दुई दर्जन जति यस्ता ताल निर्माण गरेको छ। , ताल निकै ठूलो र गहिरो भएका कारण चौधरीलाई फेला पार्न कठिन भइरहेको प्रहरीले बताएको छ।  , घोराहीमा निर्मित तालमा डुबेर बर्सेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्। , ताल निकै गहिरो रहेको हुँदा तालमा नपस्न भनेर सबै तालमा सार्वजनिक सूचना टाँसिएको भए पनि नुहाउन गएकाहरू, लापरबाहीपूर्वक तालमा पस्नेहरू डुबेर बर्सेनि ज्यान गुमाउँदै आएका छन्। , विगतमा पनि घोराहीमा डुबेका एक युवाको तालको पानी सुकाएपछि मात्रै शव फेला परेको थियो।, ताल निकै ठूलो र गहिरो हुनुका साथै हिलो पनि हुने हुँदा डुबेका मानिसको खोजी गर्न कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउने गर्छन्।, अझै फेला परेनन् तीन दिनअघि कृत्रिम तालमा डुबेका व्यक्ति
सेतोपाटी संवाददाता देशभर थप २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप २८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ३४२३ जनाको परीक्षण गरिएको थियो। , जसमध्ये १८१६ जनाको पिसिआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट २०२ जना र एन्टिजेनबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट आइतबार ४७९ जना निको भएर घर फर्किएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। , अहिले देशभर ४३४८ सक्रिय संक्रमित छन्। ,  , देशभर थपिए २८६ कोरोना संक्रमित
सेतोपाटी संवाददाता मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । , पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा उनले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो। शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन सकेको छैन। , इलाका प्रहरी कार्यालय दमकका अनुसार  कारको ठक्करबाट  गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो।, साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । अहिले वडाध्यक्ष राई प्रहरी नियन्त्रणमा छन्।, वडाध्यक्षले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु
राजु अधिकारी कुनै पनि खेलकुदकर्मीका लागि सबैभन्दा महत्वको विषय हुन्छ, अनुशासन। विराटनगरका सुरज सुवेदी (नागरिकताको नाम अमर सुवेदी) कराँते खेलका सरकारी नियुक्ति पाएका प्रशिक्षक मात्रै थिएनन्, एउटा कहलिएको नर्सिङ कलेजमा ‘अनुशासन विभाग’ प्रमुख पनि थिए। , विद्यार्थी र आफ्ना प्रशिक्षार्थी खेलाडीलाई हरदम अनुशासनको दायरामा बाँधिएर बस्न सिकाउने जिम्मेवारी पाएका तिनै सुवेदी यतिबेला बलात्कार आरोपमा प्रहरी हिरासतमा छन्। आफै अनुशासन विभाग प्रमुख रहेको नर्सिङ कलेजकी १९ वर्षीया छात्रालाई आफूले मात्रै नभई साथीसमेत बोलाएर बलात्कार गरे–गराएको अभियोगमा उनी र उनका साथी विनोद राउत प्रहरी नियन्त्रणमा छन्। , साउन ८ मा यी दुवै अभियुक्त जसै पक्राउ परे, उनीहरूको कर्तुत पनि एकपछि अर्को गर्दै बाहिरिन थालेको छ। मोरङ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा ती छात्राले दिएको बयान अनुसार सुवेदी र राउतले ती छात्रालाई कहिले नशालु पदार्थ खुवाएर अनि कहिले बन्धक बनाएर पटकपटक बलात्कार गरेको बताएकी छन्। , उनीहरूको आक्रमणबाट जोगिनकै लागि आफू तीन ठाउँ डेरा सरेको तर सबै ठाउँमा आएर जबरजस्ती गरेको बयान पीडितले दिएकी छन्। ५० वर्षीय सुवेदीले अश्लिल भिडिओ सार्वजनिक गरिदिने धम्की दिएर बलात्कार गरेको उनको भनाइ छ। , विराटनगरस्थित विराट हेल्थ कलेजमा तेश्रो वर्षमा डी फार्मेसी अध्ययनरत छात्राले आफूलाई परीक्षामा चिट दिएर कलेजका अनुशासन विभाग प्रमुख सुरज सुवेदीले नजिकिन खोजेको बताएकी छन्।, ‘४ महिना पहिला मेरो दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेको थियो। त्यसबेला सुवेदीले चिट दिन खोज्दा मैले लिन मानिनँ, उहाँ मेरो छेउमा चिट फुत्त फ्याँकेर बाहिर निस्कनुभयो,’ पीडित छात्राले बयानमा भनेकी छन्, ‘परीक्षा सकेपछि म कोठामा गएँ। सुवेदी मेरो पछिपछि मेरै कोठा आइपुगेछन्। उनले त्यहीबेला पानीमा नशालु पदार्थ खुवाएर मलाई बेहोस बनाएर बलात्कार गरेको भिडिओ बनाएछन्।’ , सुवेदी कोठामा आएको भोलिपल्ट बिहान मात्रै आफू ब्युँझेको बयान दिँदै पीडितले भनेकी छन्, ‘भोलिपल्ट ब्युँझिदा कोठामा बियरको बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थिए। बेड कभरमा रगतको टाटै टाटा थियो। मेरो भित्री वस्त्रसमेत शरीरमा थिएन।’ ,  , आफ्नो भिडिओ बनाएको कुरा उनले घटनाको तीन चार दिनपछि मात्रै थाहा पाइन्। आफ्नै शिक्षकबाट बलात्कृत भएपछि उनी कलेज नगइ कोठामै बसिरहेकी थिइन्। सुवेदी फेरि उनको कोठामा आए।, ‘मैलेको घटनाबारे प्रतिवाद गरें, यसबारे अरूलाई सुनाइदिन्छु भनेँ,’ बयानमा पीडितले भनेकी छन्, ‘त्यो बेला सुवेदीले अश्लिल भिडिओ देखाए। म रुन मात्रै सकेँ।’ , सुवेदीले त्यही भिडिओ भाइरल बनाइदिने धम्की दिएर आफूलाई पटकपटक बलात्कार गरेको ती छात्राको बयानमा उल्लेख छ।, ‘भिडिओ सार्वजनिक होला र मेरो बेइज्जत होला भन्ने डरले घटनाको बारे कसैलाई बताउन सकिनँ,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि हरेक दिउँसो मेरो कोठामा प्रायः बियर लिएर आउने, खानेकुरा बनाउन लगाउने, भनेको नमाने भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै लगातार जबरजस्ती गर्न थाले।’ , सुवेदीले आफूलाई क्याम्पस जानबाट रोक लगाएको र गए पनि गेटबाटै फर्काइदिएको पनि उनले बताएकी छन्। गएको वैशाख जेठतिर सुवेदीले विराटनगरकै एक होटलमा पुर्‍याएर साथीसमेत बोलाएर सामूहिक बलात्कार गरेको उनको भनाइ छ।  , ‘होटलमा बियर खाएपछि सुवेदीले फोन गरी बिनोद भन्ने साथीलाई बोलायो। हामी बियर र गर्लफ्रेण्ड सेयर गर्नुपर्छ भन्दैथियो,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि विनोद भन्ने मान्छेसमेत आएर मलाई जबरजस्ती सरको डरले मैले यो पनि कसैलाई भन्न सकिनँ।’ , लगातार कोठामै आएर सताउने र कलेज समेत जान नदिने भएपछि उनले यसबारे सुवेदीका छोरालाई घटना सुनाएको तर वास्ता नगरेको बयान दिएकी छन्। जेठ महिनाको अन्तिमतिर जबरजस्ती सुंखवासभा पुर्‍याएर बलात्कार गरेको उनले बताएकी छन्। अन्तिमपटक सुवेदी असार ३० मा आफ्नो कोठामा आएको र आफूले अब यो कुनै काम गर्न नसक्ने बताएपछि सुवेदी फर्केको उनले बयान दिएकी छन्। , निरन्तर कलेजमा उनी अनुपस्थित रहेपछि कलेजले घरमा सम्पर्क गरेर छोरी कलेज नआएको धेरै दिन भइसकेको सूचना दिएको थियो। ‘कलेजले त्यस्तो खबर गरेपछि भेट्न गयौं,’ पीडितको पारिवारिक स्रोतले भन्यो, ‘त्यसक्रममा कुरा बुझ्दा कलेजकै अनुशासन विभाग प्रमुखले त्यस्तो गरेको सुनेपछि प्रहरी गुहार्यौं।’, साउन ८ मा उनीहरू दुवै अभियुक्तलाई प्रहरीले समात्यो। गएको बिहीबार प्रहरीले अदालतमा मुद्दा दायर गर्यो। अहिले मोरङ जिल्ला अदालतमा अभियुक्त दुवैको थुनछेक बहस जारी छ। , अभियुक्त दुवै जना कराँतेका प्रशिक्षक हुन् भने राउत विराटनगरका कहलिएका व्यवसायी हुन्। घरजग्गा, होटल व्यवसायमा उनी सक्रिय छन्।, कलेजका अनुशासन विभाग प्रमुखको कर्तुत- छात्रालाई बेहोस बनाएर पटक-पटक बलात्कार
भगवती पाण्डे मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा 'जीवित' गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले यसबारे अनुसन्धान गर्ने भएको छ। , रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताए।, 'भिडिओ सार्वजनिक भएपछि हामीले यसबारे थाहा पायौं। यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ। यसबारे के रहेछ अनुसन्धान हुनेछ,' पाण्डेले भने।, सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।, भिडि‌ओमा पास्टर भनिएका राजेन्द्र गोतामेले 'प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको' भन्दै 'यशुलाई धन्यवाद दिन' भनेका छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ।, भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर 'विभिन्न अस्पताल लगेर लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको' भन्न लगाइएको छ।, सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले 'एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको' भन्न लगाएका छन्।, 'मृत्यु भएको व्यक्तिलाई पुनः जीवित गराएको' भन्दै सार्वजनिक भिडिओबारे अनुसन्धान गरिने
सेतोपाटी संवाददाता काठमाडौंको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्।, आइतबार काठमाडौं महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो। , महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो।  , सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक पाण्डेलाई जिम्मेवारी दिइएको काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनले यसलाई नियमित प्रक्रिया भएको बताएका छन्। , ‘यो नियमित प्रक्रिया हो,’ उनले भने, ‘पहिले पनि भइराखेको नियमित प्रकृया नै हो। खासै केही होइन।’, काठमाडौं महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए।, काठमाडौंको नगर प्रहरी प्रमुखबाट धनपति हटाइए
रासस नेपाल प्रहरीले अदालतबाट १२ लाख रूपैयाँ जरिवाना ठहर भएकी एक महिलालाई पक्राउ गरेको छ।, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनबाट १२ लाख जरिवाना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।, उच्च अदालत पाटनको २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन्।, थापालाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार आइतबार कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।, अदालतबाट १२ लाख जरिवाना ठहर भएकी थापा पक्राउ
सेतोपाटी संवाददाता बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्। , कानुनमन्त्री गोविन्द शर्मा बन्दीको उपस्थिति र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा काठमाडौंका सिडिओ गोविन्द रिजालसँग तीन बुँदे सहमतिपछि आइतबार साँझ उनले अनसन तोडेकी हुन्। , उनी समेतले गरेको सहमतिपत्रमा अदालतसमक्ष सरकारी वकिलले डिएनए जाँच गर्न माग गरिदिने, डिएनए जाँचलाई विश्वसनीय बनाउन आवश्यक प्रक्रिया अपनाउन पनि अदालतसँग माग गर्ने र निहारिकाले अनसन तोड्ने उल्लेख छ।, पछिल्लोपटक उनले राष्ट्रपति कार्यालयअघि आत्मदाह गर्ने कोसिस गरेपछि प्रहरीले नियन्त्रणमा लिएर प्रहरी अस्पतालमा राखेको थियो। उनी त्यहीँ अनसन बसेकी थिइन्। , उनी अनसन बसेपछि कानुनमन्त्री शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खातीसहितको सरकारी टोलीले वार्ता गर्दै आएको थियो। वार्ता टोलीसँग उनले आफ्नो लागि मात्रै नभएर हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हकअधिकारका साथ बाँच्न पाउने सुनिश्चित गर्नुपर्ने माग गरेकी थिइन्।, ‘हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हकअधिकारका साथ बाँच्न पाऊन् भनेर सुनिश्चित गर्नुपर्ने माग गरेकी छु। एकल महिलाका बालबच्चाहरूको हकअधिकारका बारेमा कुरा राखेकी छु,’ उनले केही दिनअघि सेतोपाटीसँग भनेकी थिइन्, ‘भोलि एकल महिला वा कुमारी आमाहरूलाई समस्या नहोस् भनेर मैले अनसन बसेको बताएँ।’, काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पतालमा अनसनरत निहारिकाको बलात्कार मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ। आफ्ना प्रेमी शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनले जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएपछि डिएनए जाँच गर्नुपर्ने, श्रेष्ठलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनी अनसन, धर्ना बस्दै आएकी छिन्। , प्रहरीले घटनामा अनुसन्धान गर्न भन्दै आरोपित शिवराज श्रेष्ठलाई गत बुधबार धनुषाबाट पक्राउ गरेको थियो। , त्यस्तै उनको फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराई पनि सर्वोच्च अदालत तानिएका छन्। उनीमाथि न्यायपरिषदले छानबिन गरिरहेको छ।, १७ दिनपछि तोडियो निहारिकाको अनसन
आदित्य दाहाल केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो।, आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै पीडित महिलाले उजुरी दर्ता गरेको थिइन्।, फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्।, उनीहरु फेसबुकमा साथी बने। कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए। सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले। उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले।, योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे। केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले।, कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले। अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले। यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले।, उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ गर्‍यो। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ।, त्यस्तै गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गर्‍यो।, नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन्।, उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ। माथिको उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन्।, सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ।, सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ।, फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटक लगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ।, साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ। आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार छ सय ८६ उजुरी दर्ता भएका थिए। तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ।, यो समस्या पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय ५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ। यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन्। यसमा उजुरी दिने तीन सय सात छन्।, यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या एक सय २७ रहेको छ। गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार छ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ।, यसैगरी आव २०७७/७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या तीन हजार चार सय ५१ रहेको छ। त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ।, उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय छ पुगेको देखियो। आव २०७६/७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या दुई हजार दुई सय ५० रहेको छ।, त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ। उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या दुई हजार तीन सय एक पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ।, सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा सो कार्यालयले तीन आवमा दुई सय ५८ मुद्दा दर्ता गरेको छ।, फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्यूरोले आव २०७८/७९ मा एक सय ३२ मुद्दा दर्ता गरेको थियो।, त्यस्तै आव २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको हो। उक्त तीन आवमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको एक सय ८४ पुरुष र १६ जना महिला गरी दुई सय रहेका छन्।, जसमा क्रमशः आव २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए। यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार राय नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको हो भन्छन्।, उनकाअनुसार–अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ। समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग (फेसबुक, म्यासेन्जर, टिकटक, भाइबर आदि) जोडिँदै गएका छन्।, यसरी उक्त माध्यमबाट पीडित बन्नेको सङ्ख्यामा पनि वृद्धि भएको हो। उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको बताए।, ‘अपराधबाट बच्नका लागि नागरिक आफैँ सचेत र चनाखो हुनुपर्छ,’ उनले भने। ,(रासस), चिनजान नभएका व्यक्तिलाई फेसबुकमा साथी बनाउँदा...
रासस सर्वोच्च अदालतले आइतबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ।, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो।, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो।, यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो।, कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको थियो।, यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ।, कर्मचारी समायोजनसम्बन्धी मुद्दामा निर्णय भोलि हुने
सेतोपाटी संवाददाता हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। , सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , त्यस्तै मंगलबार  प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। , प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, बुधबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको रहेको छ।,  , यस्तो छ आजको मौसम
रासस चितवनको माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्।, ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।, आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो।, शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, वडा नम्बर ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।, निकुञ्ज क्षेत्रमा वृद्धको शव फेला, गैँडाले आक्रमण गरेको अनुमान
सेतोपाटी संवाददाता साढे १४ सय ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा एक व्यक्ति पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ त्रिभुवन चोक नजिकैबाट सोही वडा निवासी ४९ वर्षीय कल्लु कबडिया पक्राउ परेका हुन्। , लागुऔषधको लुकीछिपी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार मध्यान्ह १२ बजेतिर कबडियालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए। , कालो प्लाष्टिकमा पोका बनाइरहेको समयमा तीन पोका ब्राउन सुगरजस्तो देखिने १४ ग्राम ५०० मिली ग्राम तौल धुलो रहेको पाइएको डिएसपी घर्तीले बताए। , पक्राउ परेका व्यक्तिका साथबाट नेपाली रुपैयाँ २२ हजार नगद र भारतीय रुपैया साढे एक हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ। , पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।, साढे १४ सय ग्राम ब्राउन सुगरसहित एक पक्राउ
सेतोपाटी संवाददाता मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।, आइतबार सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको हो।, को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।, आलमले उक्त पेस्तोल उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नवीन धिमालले मगाएको मौखिक बयानको आधारमा धिमाललाई पनि रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।, धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रूपैयाँ र दुई थान मोबाईल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ।, पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रूपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाएको छ।, यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले आइतबार नै सप्तरीको राजगढ नगरपालिका २ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ।, भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ उनीहरूले बोकेको शंकास्पद वस्तु छोडेर फरार भएपछि उक्त बस्तु जाँच गर्दा पेस्तोल र गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।, पेस्तोलसहित मोरङको सुनवर्षीबाट दुई जना पक्राउ
गोपालप्रसाद बराल/रासस यसपालि बर्खायाममा पनि राम्ररी पानी परेन। असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक। भदौ लागेपछि त झन चैत/वैशाखको झैं तातो बतास चल्दैछ। पानी पर्ने लक्षण देखिँदैन।, राम्ररी पानी नपर्दा महोत्तरीका किसानले अपेक्षित रूपमा मुख्यबाली धान रोप्न पाएका छैनन्। पहिलेको रोपिएको ठाउँमा पनि सुख्खाले धानको बिरूवा मर्ने सम्भावना बढेको छ।, खेतबारीमा सिँचाइको कुलो/नहर नपुग्दा खेतीका लागि आकाश ताक्नुपर्ने किसानलाई पानी अलि बढी पर्दा बाढी पसेर घर ढाल्ने त्रास पनि उत्तिकै छ।, कुलो/नहर नहुँदा सिँचाइको अभाव खेप्दै आएका किसानलाई पानी बढी पर्दा बाढी घरमा पस्ने नदी र खोल्सी व्यवस्थापन नहुँदा पनि कहाँ बस्ने भन्ने चिन्ताले सताउँछ।, ‘के गरौं हामी त आश र त्रासमै मर्ने भयौं, पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पानी बढी पर्दा खोलाखोल्सी उर्लेर घरबारी बगाउने त्रास’ भङ्गाहा–४ पलार बस्तीका सत्यनारायण चौधरी भन्छन्, ‘कुलोले खेतमा पानी लगाउने र बाढी आउँदा पनि ढुक्कले निदाउने दिन हाम्रो कहिले आउला?’, बस्तीसँगै टाँसिएको रातु नदीको बाढीले बस्ती कटान नगर्ने व्यवस्थाका लागि मन्त्री, सांसद, नगरप्रमुख र अन्य नेतालाई कयैनपटक गुहारे पनि गरिब दुःखीको आफूहरूको बस्ती उनीहरूको आँखामा नपरेको चौधरीको गुनासो छ।, बर्खाकालमा बर्दिबास–१ का विनोद खड्कालाई पनि राति राम्ररी निन्द्रा लाग्दैन।, घर मास्तिर पाखामा कालो बादल देखिनासाथ खड्काको परिवार दुई वर्षअघिको विपत्ति सम्झन्छ।, वि.सं २०७७ को असार मसान्तताका गणन्ते खोल्सीको भेलले घरको कोठाचोटा सबै बालुवा र गेगरले पुरेको सम्झनाले नै झस्काउने गरेको विनोद बताउँछन्।, त्यतिखेर पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीको बाढीले बर्दिबास मुख्यचोक नजिकै रहेको उनको घरभित्रसम्म गेगर थुप्राउँदा करोडौं मूल्यका मोटर पार्ट्सका समान पुरिएर नोक्सान भएको थियो।, बर्दिबास नगरपालिकाको वडा नं १, २ र १४ को पूर्वी साँध रातु नदी र पश्चिमी साँध भब्सी नदीबीच करिब दुई किलोमिटरको दूरीमा १० भन्दा बढी खोल्सीले बर्सेनिजसो बर्खाकालमा उत्पात मच्चाउँदै आएका छन्।, पहाडी शृंखलाबाट झर्ने दाहाल्नी खोल्सी, हवल्दार खोल्सी, गणन्ते खोल्सी, कामी खोल्सी, पानी खोल्सी, साँपमारा खोल्सी, बलुवानी खोल्सी, जोगी खोल्सी, ठूलो बलुवानी खोल्सी र पेरुङ्गे खोल्सी व्यवस्थित गर्न नसकिदा सधैं घर पो ढाल्ने हो कि भन्ने पिरलो भइरहने यहाँका बासिन्दा बताउँछन्।, ‘यसपालि भने ठूलो वर्षा नहुँदा खोल्सी बौलाएका छैनन्’ साँपमारा खोल्सी नजिक घर भएकी राधा अधिकारीले सन्तोषको श्वास फेर्दै भनिन्।, पानी नपर्दा घर ढल्ने त्रास नपरे पनि त्यै पानीबेगर बाली लगाउन नपाइएको चिन्ता पनि उत्तिकै रहेको राधा बताउँछिन्। बर्दिबासचोक क्षेत्रमा आवादी बढ्दै गएसँगै यहाँका खोल्सीको बहाव क्षेत्र साँघुरिँदै गएपछि बर्खामा यिनको उत्पात बढ्ने गरेको विज्ञहरू बताउँछन्।, ‘पहाडबाट झर्ने खोल्सीले बग्ने ठाउँ नपाएपछि बस्तीहरू बाढीको जोखिममा परेका हुन्’ पछिल्ला १५/१६ वर्षदेखि चुरे जलाधार क्षेत्रको संरक्षणमा अभियान नै सञ्चालन गर्दै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव भन्छन्, ‘वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगरी दिनदिनै बढ्दै गएको सहरीकरणले अझ भयावह अवस्था सिर्जना गर्न सक्छ।’ , सघन बजार क्षेत्रमा खोल्सी पुरेर सडक बनाउने, घर बनाउने र अन्य संरचना बनाउने होड चलेपछि बर्खे भेल निकासको ठाउँ नभएर बस्ती असुरक्षित हुँदै गएको यादवको भनाइ छ।, पछिल्ला केही वर्षयता खोल्सीमा बाँध बाँध्ने काम ठाउँ/ठाउँमा थालिए पनि यो कुनै निकायको प्राथमिकतामा नपर्दा सबै खोल्सी व्यवस्थित हुन सकेका छैनन्।, ‘मुख्य कुरा त यी खोल्सीको बहाव नै थुनिएर संरचना बनेका छन्, यिनले बग्ने ठाउँ त पाउनु पर्‍यो नि!’ अध्यक्ष यादव भन्छन्।, महोत्तरी जिल्लाको उत्तरी सीमा चुरे पहाडबाट निस्कने रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला, टुटेश्वर, खयरमारा, मडहा र बाँकेलगायतका नदीमा सयौं सङ्ख्याका खोल्सी मिसिएका छन्।, वन क्षेत्रभित्रै मुख्य नदीमा मिसिने खोल्सीले त्यति कटान नगरे पनि बस्ती क्षेत्र हुँदै मुख्य नदीमा मिसिने खोल्सीका बहाव क्षेत्र भने मासेर संरचना बनाइँदा कटान, डुबानको समस्या बढेकामा विज्ञहरू एकमत छन्।, जिल्ला भएर बग्ने मुख्य नदीमध्येको रातुमा मात्रै १३० भन्दा बढी खोल्सी मिसिएका छन्। तीमध्ये १० वटा खोल्सी बर्दिबास मुख्यबजार (वडा नं १, २ र १४)  छिचोल्दै रातु र भब्सी नदीमा मिसिन्छन्। मुख्य नदीमा मिसिनुपूर्व बस्ती क्षेत्रमा खोल्सीका बहाव क्षेत्र मासिएको चुरेविज्ञ डा. बिजयकुमार सिंह बताउँछन्।, ‘वन क्षेत्रमै पनि खोल्सीबाट हुने कटान रोक्न योजनाबद्ध खोल्सी व्यवस्थापनको आवश्यकता छ’ विगतमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा विज्ञ सेवा दिइसक्नु भएका जिल्लाकै भङ्गाहा नगरपालिका–७ का स्थायी बासिन्दा डा. सिंहले भने, ‘बस्ती क्षेत्रमा त यो हुने नै हो, खोल्सीको बग्ने ठाउँ थुनेर बनाइएका संरचना बर्खे भेलले बगायो, भत्कायो भनेर बिलौना गर्नुको कुनै अर्थ छैन।’ , बर्सेनि नदीहरूको ताण्डव व्यहोरेर पनि जिल्लाका सबै स्थानीय तहले एक ठाउँ बसेर अहिलेसम्म समीक्षासम्म गर्न नसक्नु दुःखको कुरा बनेको डा. सिंह बताउँछन्।, ‘बर्सेनि बाढीको ताण्डव खेप्दै आइएको छ, तर त्यसबाट जोगिने उपायबारे स्थानीय तह नेतृत्व बेखबर देखिन्छ’ डा. सिंह भन्छन्, ‘बाढीले जिल्लाका सबै स्थानीय तह प्रभावित हुँदै आएका छन, यसको प्रबन्धका लागि सबै स्थानीय तहको तत्परताको आवश्यकता छ।’, स्थानीय तहहरू भने बर्सेनि सडकमा ग्राबेल ओछ्याउने, माटो पुर्ने र मर्मत गर्ने योजनामा बढी अल्झेको डा. सिंहको गुनासो छ।, जिल्लामा सुदूर उत्तरदेखि सुदूर दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म यसपालि बाढी र डुबानको समस्या सर्वसाधारणले त्यति धेरै भोग्न परेन।, बर्खायामको भदौ सिङ्गै बाँकी नै छ। यसपालि जिल्लामा बाढीबाट मानवीय क्षतिका घटना नभए पनि विगत वर्षहरूमा बाढीले घरखेत बगाइएकाहरू अझै बौरिन सकेका छैनन्।, बाढी र डुबानले बस्ने घर, खाने अन्न र आङ ढाक्ने लुगासमेत नजोगिँदा यहाँका सर्वसाधारणको यो पीडा नियति नै बनेको छ। तर, यो विपत्तिको मुख्य कारण खोज्न जनताको प्रतिनिधित्व गर्ने स्थानीय तहले कुनै तदारूकता नदेखाएको यहाँका बुद्धिजीवीको गुनासो छ।, जिल्लाका सबै जसो नदीका मुहान चुरे पहाडी शृंखलामा छन्। यिनको दीगो व्यवस्थापनको एकीकृत योजना नबनेसम्म बाढीको कटान र डुबान समस्या समाधान नहुने विज्ञहरूको ठहर छ। , खुकुलो माटो भएको चुरे क्षेत्रमा उत्खनन् गरिरहने, विकासका नाउँमा ठूल/ठूला यन्त्र लगाएर पहाड भस्काउने काम भइरहेकामा उनी चिन्ता व्यक्त गर्छन्।, जिल्लाका सबै स्थानीय तहको नेतृत्वले प्रदेश र सङ्घीय सरकारको सहयोग लिएर विज्ञहरु सम्मिलित गराई यसको निदान खोज्नुपर्ने डा. सिंहको भनाइ छ। , जिल्लाका ठाउँ/ठाउँमा खोल्सी व्यवस्थापनमा भएका प्रयत्नका सकारात्मक असर देखिएका उदाहरण पनि छन्।, चुरे घाँटीका बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी र पाटुसहितका बस्ती सुरक्षित देखिएका छन्। यी बस्ती नजिकका खोल्सी दुबैतर्फबाट बाँधेर ठाउँठाउँमा जलाशय निर्माण गरिनाले पानी पुनःभण्डारण (रिचार्ज) मा मद्दत पुगेको छ। यस्ता खोल्सी छेउमा हुर्काइएका बाँसका झ्याङ् र अन्य सघन वृृक्षले कटान रोक्न मदत गरेसँगै हरियाली प्रवर्द्धनमा सहयोग पुगेको डा सिंह बताउँछन्।, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले थालेको यो प्रयत्नले सञ्चय गरिएको पानीबाट रजबास बस्तीमा २०० घरधुरीलाई खानेपानी र १०० हेक्टरभन्दा बढी जग्गा सिँचित भएको छ।, जिल्लाको पूर्व–पश्चिम लम्बाई १८ किलोमिटर छ । चुरे पहाडी शृङखलामा यो दूरी बढ्छ। जिल्लाको दूरीभित्र पहाडी शृङ्खला र कापहरु हुँदै निस्केका ससाना खोल्सीको सङ्ख्या एक हजारको हाराहारीमा छन्। व्यवस्थापन नगरिंदा अभिशाप मानिँदै आइएका यी  खोल्सीले बर्सेनि घरखेत र मानवीय क्षति गर्दै आएका छन्। यसै दूरीभित्र हुँदै दक्षिणतर्फ बग्ने नदीले जिल्लाका विभिन्न बस्तीमा उत्पात मच्चाउँदै आएका यहाँ व्यहोरिरहेको व्यथा हो। , ‘गर्दा हुन्छ भन्ने उदाहरण पनि यहीँ भित्र छ’  बर्दिवास–१ कै पानीखोल्सी व्यवस्थापनमा स्थानीयवासीले देखाएका तत्परताबारे बुझेका बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी भन्छन्, ‘उजाड भएको पानीखोल्सी वन क्षेत्र स्थानीयको पहल कदमीले हराभरा भएको छ, खोल्सी व्यवस्थापनमा गरिएका प्रयत्नले बाढीबाट हुने क्षति घटाएको छ।’, बर्दिबासचोक क्षेत्रका १० खोल्सीमध्ये व्यवस्थापनमा काम गरिएको पानीखोल्सीले बर्खामा कम क्षति गर्ने गरेको छ।, बर्खा लागेपछि विलौनाका गीत गाउने र बर्खा सकिएपछि कानमा तेल हालेर सुत्ने बानीले बाढीको कटान र डुबानको पिरोलो नरोकिएको विज्ञ बताउँछन्।, सबै तहका सरकारको सामूहिक प्रयत्नमा नदीजन्य बस्तुको अवैध उत्खनन्, चुरे क्षेत्रको दोहन र वन पैदावारको अवैध कटान रोक्नु पहिलो आवश्यकता स्थानीयवासीको बुझाइ छ।, खोल्सी  र नदी व्यवस्थापनमा गरिने योजनाबद्ध कामले भने बाढीको कटान र डुबान समस्याको निदानसँगै सिँचाइ व्यवस्थापनमा पनि दिगो समाधान देखिन्छ।, ‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६५८ जनामा संक्रमण पुष्टि भएको हो।  , ६ हजार ६४३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३८१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२९६ जना सक्रिय संक्रमित छन्।, ४५६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ छ।, ६ हजार ६४३ मा कोरोना परीक्षण गर्दा ६५८ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।, काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ। हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएका हुन्।, उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ। फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ। निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ। आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत मेयर शाहले दिएका छन्। , कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मंगलबारदेखि नियमित रूपमा उपत्यकाको फोहर व्यवस्थापन गर्न थालेसँगै कलंकी, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन्।, फोहर व्यवस्थापनकै कारण दुई महिनादेखि बन्द रहेको कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार सञ्चालमा आएको छ। लामो समयदेखि काठमाडौँका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहरको डङ्गुरले दैनिकीमा नै समस्या भएको थियो । कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहरका कारण आवतजावत बन्द थियो ।  , दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । , साविकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एक सातामा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।, पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ।  , हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन रहेको छ। यसअघि पनि लामो समय फोहर जमा भएर बसेको हुनाले अहिले दैनिक ३०० गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन्।  , एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन
सेतोपाटी संवाददाता 'मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको' भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन्।, सोमबार बिहान बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो।, उनले सो भिडिओ भने अहिलेको नभएको बताएका छन्।, ‘पुरानो हो भनेका छन्। यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने।, उनीमाथि के-कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ। त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उनले बताए।, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताएका थिए।, सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।, भिडि‌ओमा पास्टर भनिएका राजेन्द्र गोतामेले 'प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको' भन्दै 'यशुलाई धन्यवाद दिन' भनेका छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ।, भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर 'विभिन्न अस्पताल लगेर लाखौं रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको' भन्न लगाइएको छ।, सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले 'एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको' भन्न लगाएका छन्।, 'मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको' भन्दै भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ
सेतोपाटी संवाददाता बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक जेल चलान भएका छन्।, मोरङ जिल्ला अदालतले सोमबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।, एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटक/पटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी साउन ८ मा पक्राउ परेका थिए। , मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीहरूलाई  थुनामा पठाउने आदेश गरेको हो। , अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।, बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको भएको थियो। , यो पनि:, कलेजका अनुशासन विभाग प्रमुखको कर्तुत- छात्रालाई बेहोस बनाएर पटक-पटक बलात्कार, मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अनुसार दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गर्दै अभियोग दायर भएको थियो। दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग पनि गरिएको छ। , आइतबार र सोमबारको थुनछेक बहसपछि उनीहरू जेल चलान भएका हुन्। , विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित युवती सोही कलेजमा अध्ययनरत छात्रा हुन्।,  , बलात्कार अभियोगमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षक जेल चलान
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- १२ कपडादेवीका २० वर्षीय अर्जुन पोखरेल साउन २६ गते राति रेस्टुरेन्टमा थिए। तुलसीपुर– ६ रजौरास्थित ड्रिम्सल्यान्ड रेस्टुरेन्टमा राति ९ बजेतिर चार जना युवा पुगे। उनीहरूले अर्जुनमाथि कुटपिट गरे। , अर्जुनले भदौ १ गते दिएको किटानी जाहेरीअनुसार उनलाई कुटपिट गर्नेहरू तुलसीपुर– ६ हात्तीखौवाका ३२ वर्षीय घनश्याम पुन मगर, तुलसीपुर–५ का २९ वर्षीय जनक नेपाली, ३३ वर्षीय बम घर्ती मगर र ३४ वर्षीय सन्तोष वली थिए।, कुटपिटपछि उनीहरूले अर्जुनको मोबाइल खोसेर स्वीच-अफ गरिदिए। अनि अर्जुनलाई बा ४ च ४८९० नम्बरको कारमा राखेर तुलसीपुरको अमेलिया जंगल खण्डमा पुर्‍याए।, राप्ती राजमार्गअन्तर्गत जंगल क्षेत्रमा पुर्‍याउनासाथ उनीहरूले अर्जुनलाई थप कुटपिट गरे। अर्जुनले लगाएको दुई तोलाको एउटा सुनको सिक्री, आधा तोला जतिको एउटा सुनको औंठी, एउटा घडी र ५० हजार नगद लुटपाट गरे। , त्यसपछि राति ३ बजेतिर उनीहरूले अर्जुनलाई फेरि ड्रिम्सल्यान्ड रेस्टुरेन्ट भएकै ठाउँमा ल्याए र कारमै छोडिदिए।, अर्जुनका साथीहरूले उनलाई खोजिरहेका थिए। साथीहरूले तीन बजेतिर कारभित्रै अचेत अवस्थामा उनलाई फेला पारे र राप्ती प्रादेशिक अस्पताल पुर्‍याए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि अर्जुनलाई बाँके, नेपालगञ्जमा लगियो।, अर्जुन उपचार गरी घर आएपछि भदौ १ गते इलाका प्रहरी कार्यालयमा पुगेर आफूमाथि कुटपिट र लुटपाट गर्ने चार जनाविरूद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिए। प्रहरीमा उजुरी पर्नुभन्दा पहिल्यै चारै जना फरार भइसकेका थिए। अहिले पनि उनीहरू फरार छन्। प्रहरीले उनीहरूको खोजी जारी राखेको छ।, इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चारै जनाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरूले अर्जुनलाई कुटपिट र लुटपाट गर्न प्रयोग गरेको कार भने प्रहरी नियन्त्रणमा छ।, डिएसपी मल्लका अनुसार उक्त कार तुलसीपुर–५ कै नवीन घर्तीको हो। नवीनले अर्जुनकै आग्रहमा मुद्दा परेका चार जनालाई केही दिनका लागि कार भाडामा दिएका थिए। उनीहरूले लगेको भाडाको समय सकिँदा पनि कार उपलब्ध गराएका थिएनन्। अर्जुनले उनीहरूलाई नवीनको कार फिर्ता गर्न भन्दा कहिले ग्यारेजमा छ त कहिले के भनेर झुट बोल्दै आएका थिए।, त्यही कुरालाई लिएर अर्जुन र बम घर्ती मगरको भनाभन तथा मनमुटाव बढेको उनीहरूनिकट एक जनाले नाम नखुलाउने शर्तमा जानकारी दिए।, 'उनीहरू सबै एउटै ग्याङका साथी हुन्। लेनदेनको विवादमा एकान्तमा पुर्‍याएर कुटपिट भएको हुन सक्छ,' ती व्यक्तिले भने, 'अपहरण गर्ने बन्धक बनाउने वा हत्या गर्न चाहेको भए जंगल पुर्‍याएर किन फेरि फिर्ता ल्याउँथे होला र?', घटनाबारे फरार रहेका चारै जना पक्राउ परेपछि मात्रै सत्य तथ्य कुरा खुल्ने डिएसपी मल्लले बताए।, २० वर्षीय युवकलाई रेस्टुरेन्टमा कुटपिट र लुटपाट गरेको अभियोगमा ४ जनाविरूद्ध मुद्दा
युनिक श्रेष्ठ नवलपरासी पश्चिममा निर्दोष व्यक्तिहरूलाई लागुऔषध मुद्दामा फसाइएको खुलेको छ।, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट असार २२ गते भारतको विहार मोतीहारीका रामा गुप्ता र जितेन्द्र पासवानलाई लागुऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) ले पक्राउ गरेको थियो। उनीहरू अझै पनि प्रहरी हिरासतमै छन्।, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रहरीसँग मिलेमतो गरी उनीहरूलाई फसाएको आरोप लागेको छ। गुप्ता मा‌ओवादी केन्द्रबाट चुनाव जितेका हुन्।, यसरी उनीहरू निर्दोष रहेको भन्ने जानकारी पाएपछि प्रहरी प्रधान कार्यालय नक्साल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले छुट्टाछुट्टै अनुसन्धानको टोली खटाएको थियो।, काठमाडौंबाट प्रहरी उपरीक्षकको कमान्डमा तीन सदस्यीय टोली नवलपरासी पुगेको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार यसमा प्रदेशबाट छुट्टै प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन जारी छ।, ‘त्यहाँका स्थानीयले निर्दोषलाई फसाइयो भनेर फोनबाट हामीलाई जानकारी दिए। यी पक्राउ परेका मानिसहरू यस्तो होइन, ठूलो षड्यन्त्र छ भन्ने कुरा आएपछि छानबिन गर्न टोली गएको छ,’ उनले भने, ‘रक्षक नै भक्षक हुनुहुन्न भनेर हाम्रो यहाँबाट पनि टोली गएको छ। त्यहाँ प्रदेशबाट पनि छुट्टै टोली गठन भएको छ। एसपीकै नेतृत्वमा अनुसन्धान अझै जारी नै छ।’, रामा कवाडीको काम गर्छन्। जितेन्द्र उनका सहयोगी हुन्। असार २२ गते एक जना व्यक्तिले आफ्ना श्रीमानलाई पटक/पटक फोन गरी बोलाएको रामाकी श्रीमती लालसा गुप्ताले बताइन्।, उनी भन्‍सार कार्यालयमा कवाडी मोटरसाइकल लिन हिँडेका थिए। एक जना व्यक्तिले उनलाई फोन गरेर कवाडीका सामान दिन्छु भनेका थिए। पटक/पटक फोन गरेर बोलाएपछि उनी पिपरहियामा पुगेका थिए। त्यहाँ पनि उनलाई फोन गरेर 'चिया खाँदै गर्नू आउँछु' भनेपछि दुई जना कुरेर बसेका थिए।, ‘भन्सारमा मोटरसाइकल लोड गर्न जाँदै हुनुहुन्थ्यो। एक जनाले फोन गरेर बोलाइरहेका थिए। एक दिन अघि मात्रै पनि ती व्यक्ति श्रीमानलाई भेट्न आएका रहेछन्। सस्तोमा सामान दिन्छु भनेर आएका रहेछन्,’ उनले भनिन्, ‘पटक/पटक फोन गरेपछि मेरो श्रीमान चोकमा पुगे। चिया खाँदै बस्नुस् मान्छे आउँछ भनेका रहेछन्।’, त्यही बेला अर्का व्यक्तिले उनीहरूको मोटरसाइकल नजिकै एउटा झोला छाडेर गए। जबकि उनीहरूले कुनै झोला नै नबोकेको लालसाले बताइन्।, पछि प्रहरी आएर उनीहरू दुबैलाई पक्राउ गरी लगेको थियो। प्रहरीले उनीहरूबाट २७० एम्पुल डाइजेपाम, नुर्फिन, फेनार्गन लगायत बरामद गरेको जनाएको छ।, ‘सामान उहाँको मोटरसाइकलबाट बरामद गरेको पनि थिएन। पछि भित्र ल्याइसकेपछि मात्रै उहाँहरूले लागुऔषध राखिदिएका हुन्,’ उनले भनिन्, ‘४५ दिन बढी भइसक्यो अझै मेरा श्रीमान भित्रै हुनुहुन्छ।’, आफ्ना श्रीमानलाई पाल्हीनन्दन गाउँपालिका अध्यक्ष समेत रहेका बैजु गुप्‍ताले फसाएको उनी बताउँछिन्।, उनका अनुसार रामाले बैजुसँग एक करोड ३५ लाख रुपैयाँ लिन बाँकी छ। केही समय अगाडिसम्म कवाडीका सामान रामाले बैजुलाई बेच्ने गर्थे। तर पछिल्लो समय उनीसँगको कारोबार नै बन्‍द गरेका थिए।, ‘आठ महिना भइसकेको थियो हामीले बैजु गुप्तालाई फलाम दिन छाडेको। १२-१३ वर्ष भइसकेको थियो। हामीले उहाँलाई फलाम बेच्न थालेको,’ उनले भनिन्, ‘हामीले भैरहवाको पार्टीलाई फलाम दिन थालेका थियौं। यही रिसले हो कि किन हो थाहा भएन।’, उनले थपिन्, ‘प्रहरी नमिलिकन यस्तो काम गर्न सक्दैन होला। छोटा मान्छेहरूले यस्तो काम पनि गर्न सक्दैन। मेरो श्रीमानलाई फसायो।’, उनका अनुसार उनीहरू २० वर्षदेखि नेपालमै बसेर कवाडीको कारोबार गर्दै आएका छन्। सुरूमा हेटौंडामा कारोबार गरेपछि १४ वर्षयता भने नवलपरासी पश्चिमबाट कारोबार गर्दै आएका छन्।, पटक/पटक पैसा मागेपछि घटना हुनु एक हप्ताअघि मात्रै पनि आफू गाउँपालिका अध्यक्ष समेत भएको हुँदा फसाइदिने भन्दै बैजुले धम्की समेत दिएको स्रोतले बतायो।  , निर्दोष व्यक्तिहरूलाई फसाएको भन्दै स्थानीय व्यक्तिहरूले पनि विरोध गर्दै आएका छन्। यस घटनामा संलग्न भनिएका गाउँपालिका अध्यक्ष बैजु गुप्ता र प्रहरी समेतलाई कारबाही गर्न माग गरेका छन्।, स्थानीयहरूले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक ऋषिराम कँडेलसँगको मिलेमतोमा यो घटना भएको आरोप लगाएका छन्।, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) नलप्रसाद उपाध्यायले यस घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताए।, ‘हामीले छानबिन गरिसकेका छौं। यसमा म यति भन्न चाहन्छु दोषी मान्छे कुनै हालतमा छुट्दैन। निर्दोष मान्छे निस्किन्छन् ढुक्क हुनुस्,’ उनले भने,‘छानबिन पनि भइरहेको छ। लगभग सकिएको छ। अहिले नै सबै भन्न मिल्दैन। निर्दोष मान्छे छुट्छ। प्रहरीको मिलेमतो देखियो, निर्दोषलाई फसायो भने उनलाई पनि कारबाही हुन्छ।’, छानबिन समितिले पनि गाउँपालिका अध्यक्ष बैजु गुप्‍ताले नै फसाएको निष्कर्ष निकालेको छ। उनले नै प्रहरीलाई दिएको सूचनाका कारण निर्दोष व्यक्ति फसेको प्रहरी स्रोतले बतायो। घटनाबारे बैजुसँग सोध्न खोज्दा सम्पर्क हुन सकेन। , गाउँपालिका अध्यक्षले दिएको सूचनामाथि विश्वास गर्दा मोटरसाइकल नजिकै राखेको लागुऔषध उनीहरूकै हो भन्ने प्रहरीको आत्मविश्वासका कारण यो घटना भएको छानबिन समितिको ठहर छ। यसमा प्रहरीको कमजोरी देखिए पनि मिलेमतो भने नदेखिएको स्रोतले जनायो। , ‘उनीहरूको बाइकनजिकै कसैले लागुऔषध छाडेर गयो। प्रहरीलाई उनीहरूको मोटरसाइकल नम्बरसहित सूचना आयो। प्रहरी पुगेपछि उनीहरूले लागुऔषध फ्याँकेको भन्ने आत्मविश्वासका कारण निर्दोष व्यक्ति फसेको देखिन्‍छ,’ स्रोतले भन्यो।, यस्तै, प्रहरीले अध्यक्षका सहयोगी रघुनाथ धोबीलाई पक्राउ गरिसकेको छ। , धोबीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए। धोबी पूर्वप्रहरी समेत हुन्। उनलाई प्रहरीले साउन २४ गते पक्राउ गरेको हो। , यस घटनामा गाउँपालिका अध्यक्षको भूमिका के-कस्तो थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको उनले बताए। प्रहरीकै मिलेमतोमा फसाइएको भन्ने प्रश्नमा भने प्रहरीलाई सूचना आए पनि उनीहरूबीचको सम्बन्ध के कस्तो थियो भन्ने लगायतका कुराहरू प्रहरीलाई भनिएको हुँदैन।, ‘अध्यक्षको भूमिका के-कस्तो छ भन्ने अनुसन्धानकै पाटोमा छ। प्रहरीलाई सूचना आयो, टोली गएर लिएर आयो। उनीहरूबीच पछाडि के-कस्तो कुरा चलेको थियो भन्ने सबै कुरा प्रहरीलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘जसले फसाएको भनिएको छ उनलाई समातेर ल्याएका छौं।’, प्रहरीले निर्दोष व्यक्तिहरू रामा र जितेन्द्रलाई पनि छुटाउने प्रयास गरिरहेको छ। तर कानुनी प्रक्रियाका कारण ढिलाइ भइरहेको प्रहरी स्रोतले जनाएको छ। , गाउँपालिका अध्यक्षको 'सूराकी'ले निर्दोष व्यक्ति लागुऔषध मुद्दामा ४८ दिनदेखि हिरासतमा
रासस कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने भएको छ।, कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरूद्ध गर्न लागिएको हो।, कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरूद्ध हुने भएको छ।,  , सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मङ्गलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुनेछ। , सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ गर्नुपर्ने भनेकाले कर्णाली राजमार्ग अवरूद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।, ‘प्राविधिक रूपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ’, उनले भने, ‘भार क्षमता जाँच यातायात साधन बन्द गर्नुपर्ने भएका कारणले कर्णाली पुल र घट्टेखोला पुल क्षेत्रमा यातायात बन्द हुनेछन्।’ , राजमार्गको दुवैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए।, ‘कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी दिइएको छ’, उनले भने, ‘यात्रुहरू त्यो समयमा असुविधा हुने भएको छ।’, कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने
विनोद सापकोटा झापा, दमकमा अनलायन गेमिङमार्फत नेपालमा प्रतिबन्धित 'वान एक्सबेट' एपद्वारा पैसाको हारजित हुने खेल खेल्ने र खेलाउने चार जना पक्राउ परेका छन्। दमकको एक कल्सलटेन्सी सञ्चालकहरूसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार सार्वजानिक गरेको हो। , प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई सात दिन निगरानी गरी प्रमाणका आधारमा पक्राउ गरेको जनाएको छ।, इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ मा रहेको पद्मा इन्टरनेसनल कन्सलटेन्सीका सञ्चालक स्थानीय २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका–७ का २७ वर्षीय राजु श्रेष्ठ छन्। साहको अनलाइन भुक्तानी प्रदायक एकाउन्टबाट ८० लाख रूपैयाँ कारोबार भएको प्रहरीले जनाएको छ। , पक्राउ पर्ने अरू दुई जना- योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर, दमकका सञ्चालक दमक–८ बस्ने ३३ वर्षीय राजु लिम्बू रहेको प्रहरीले जनाएको छ।, गोप्य सूचनाका आधारमा एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले उनीहरूलाई भदौ ३ गते दमकबाट पक्राउ गरेको हो।, पकाउ पछि प्रहरीले प्रतिबन्धित खेलबारे अनुसन्धान गरेको थियो।, 'हाम्रो अनुसन्धान र थप प्रमाण जुटेपछि पक्राउ परेका सबैलाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हौं,' जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी बसन्त पाठकले भने।, पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रूपमा अनलाइन गेमिङमार्फत प्रतिबन्धित वान एक्सवेट एपद्वारा पैसाको हारजित हुने गरी खेल खेलाएको प्रहरीको आरोप छ। उनीहरूले अनधिकृत रूपमा अन्य व्यक्तिको नागरिकताबाट सिमकार्ड झिक्ने र सोही सिमबाट सट्टाबाजीका लागि चाहिने रकम प्राप्त गर्न अनलाइन भुक्तानी सेवामार्फत् कारोबार गरेको प्रहरीले जनाएको छ।, पद्मा इन्टरनेसनल कन्सलटेन्सीमा आउने विद्यार्थीका लागि आवश्यक कागजातमा विभिन्न सरकारी कार्यालयको छाप, जनप्रतिनिधिको छाप, सरकारी कार्यालयको नक्कली लेटरप्याड र एसइईको प्राप्तांक समेत परिवर्तन गर्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ।, पक्राउ परेकाहरूको साथबाट प्रहरीले प्रयोगमा ल्याइएका २७९ थान, प्रयोग नभएका ४५ थान सिम, १९ थान मोबाइल र चार वटा ल्यापटप बरामद गरेको छ। यसका साथै अंग्रेजीमा  'प्रजापति सापकोटा, वार्ड चेयरमेन, दमक-२' लेखिएको छाप १ थान, 'हेडटिचर' लेखिएको छाप १ थान, डिकबहादुर गुरुङ लेखिएको छाप १ थान बरामद गरेको छ।, यस्तै 'संखुवासभा, मादि नगरपालिका वडा नम्बर-३' भनेर अंग्रेजीमा लेखिएको छाप, 'नेपाल सरकार, शिक्षा मन्त्रालय' लेखिएको, नेपालको निशानछाप, 'नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड' लेखिएको, 'ग्लोबल एजुकेसन एकेडेमी' लेखिएको र 'नेपाल आर्मी रेकर्ड अफिस-२०४३' लेखिएको छाप पनि एक/एक थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।, पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय, झापा र जिल्ला अदालत, झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ।, प्रतिबन्धित एपद्वारा सट्टेबाजी खेल खेल्ने र खेलाउने ४ जना पक्राउ
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले 'अन्डरग्राउण्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल हटाउन सुरू गरेको छ।, सवारी साधनको पार्किङको लागि भनी अनुमति मागेर व्यापार व्यवसाय सञ्चालन गरेपछि महानगरले उक्त ठाउँ खाली गराइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।, उनका अनुसार अहिले बानेश्वरस्थित संसद भवनको पश्चिम गेट अगाडिका भवनका संरचना भत्काउन सुरू गरिएको हो।, ‘अहिले भत्काउने काम भइरहेको छ,’ उनले भने, ‘अनधिकृत प्रयोग भएका ठाउँहरू मेयरजीको नेतृत्वमा खटिएको टोलीले भत्काइरहेको छ।’  , सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर ३५ दिन समय दिएको थियो।, अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो।, घर तथा भवनको नक्सा पास गर्दा ‘अन्डरग्राउण्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए।, हेर्नुहोस् तस्बिरहरू, नयाँ बानेश्वरको 'अन्डरग्राउण्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल हटाउँदै काठमाडौं महानगर (तस्बिरहरू)
सेतोपाटी संवाददाता संयुक्त राज्य अमेरिकाले खाद्य सुरक्षाका लागि नेपाललाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।, काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार अमेरिकी सहयोग नियोग युएसएडमार्फत नेपाललाई उक्त रकम दिन लागिएको छ। अमेरिकी सरकारले हालै  विश्व खाद्य संकटलाई कम गर्न विभिन्न मुलुक र संस्थालाई २.७६ अर्ब डलर सहायता गर्ने घोषणा गरेको थियो। सोही घोषणाअन्तर्गत सहायता पाउने ४७ मुलुक र क्षेत्रीय संस्थामध्ये नेपाल पनि परेको हो।, ‘रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण संसारभरि बढिरहेको खाद्यान्नको मूल्यबाट प्रभावित हुने जनसंख्यालाई जोगाउन अमेरिकी सरकारले उक्त रकम दिन लागेको हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।, जर्मनीमा भएको जी-७ मुलुकहरूको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व खाद्य संकटसँग जुध्न अमेरिकाले विभिन्न मुलुकलाई  सहायता गर्ने घोषणा गरेका थिए।, अमेरिकाले दिन लागेको पैसा कृषकहरूको उत्पादन बढाउन, पाँच वर्षमूनिका बच्चा र गर्भवती महिलाको पोषणलगायत विषयमा उपयोग गरिनेछ।, खाद्य सुरक्षाका लागि अमेरिकाले नेपाललाई डेढ करोड डलर दिने
रासस उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले भदौ २ र ३ गते तीन पुरूषलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका तीनमध्ये एक जना कर्तव्य ज्यान मुद्दामा आठ वर्ष सजाय भुक्तान गरी छुटेका र अर्का सिभिल इञ्जिनियर रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।, भदौ २ गते बुप्रेनोर्फिन दुई सय ४३ एम्पुल, फेनारगन दुई सय ४३ एम्पुल र डाइजोपाम दुई सय ४३ एम्पुलसहित पक्राउ परेका ललितपुर–१८ बस्ने ३८ वर्षीय नवीन श्रेष्ठ रहेका छन्।, कर्तव्य ज्यान मुद्दामा उनी यसअघि कारागार बसेर छुटेका थिए। उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनी आठ वर्षीय बालक धीरज अधिकारीलाई वि.सं २०६४ असोज १७ गते अपहरण गरी मारेपछि बागमती खोलामा फालेको अभियोग पुष्टि भई आठ वर्ष चार महिना कैद भुक्तान गरी छुटेको व्यक्ति हुन्। , भदौ ३ गते काठमाडौंको कालोपुलबाट पक्राउ परेका ४३ वर्षीय सिभिल इञ्जिनियर ध्रुब लिम्बूबाट पनि प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो।, कालोपुलमा कम्प्युटर तथा मोबाइल मर्मत गर्ने गरेका सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१० घर भएका लिम्बूबाट ब्यूरोको टोलीले लागुऔषध बुप्रेनोर्फिन पाँच सय ६० एम्पुल, फेनारगन पाँच सय ८४ एम्पुल र डाइजोपाम सात सय ३७ एम्पुलसहित नियन्त्रणमा लिएको थियो।, लिम्बू पक्राउ परेपछि उनकै बयानका आधारमा बाफलको होस्टलबाट अर्का थप एक लागुऔषध कारोबारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।, पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गाउँपालिका–४ घर भई कालोपुल बस्ने ४० वर्षीय जमुना साह तेली रहेको लागुऔषध नियन्त्रण ब्यूरोका सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।, खड्काले तेली बस्ने होस्टलको कोठामा छापा मार्दा बुप्रेनोर्फिन ९८ एम्पुल, डाइजोपाम एक सय दुई, एम्पुल बरामद भएको बताए।, तेलीले भारतको रक्सौलबाट आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको पेट्रोल हाल्ने ट्यांकी काटेर त्यसको तलपट्टी फल्स बटन राखी लागुऔषध ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।, फल्स बटन राखेर लागुऔषध ओसारपसार गर्दा पेट्रोल कम हुने भएकाले तेलीले खानेपानीको बोलमा पेट्रोल भरेर झोलामा राखेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।, लागुऔषध काठमाडौं पुर्‍याएबापत तेलीले प्रतिपटक रु ५० हजारको दरले लिने गरेको प्रहरीले बताएको छ। , प्रहरीका अनुसार तेलीले नियन्त्रित लागुऔषधका एम्पुल ध्रुव लिम्बूलाई बिक्री गर्न दिने र लिम्बूले नवीन श्रेष्ठलाई बिक्री वितरण गरेको अनुसन्धानबाट पाइएको छ। , ज्यान मुद्दामा जेल बसेका र इञ्जिनियर नै लागुऔषधको कारोबारी!
सेतोपाटी संवाददाता बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।, मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्।, पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्।, बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।, स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। लगतै स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए।, पक्राउ परेका ती व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले सेतोपाटीलाई जानकारी दिए।, एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। , ‘बसको सिसा फोडेपछि कुटिएका हुन्। बन्द गर्ने भन्दै १५-२० जना सुरूमा भेला भएका थिए। त्यहाँबाट प्रहरीले उनीहरूलाई उठाउन खोज्यो,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘केही मान्छे भागेछन्। त्यसमध्ये यो एक जना पनि थिए। फेरि फर्किएर आएर बसमा ढुंगाले हिर्काएछन्।’, ती युवकमाथि चोटपटक भने नलागेको उनले बताए।, ‘चोटपटक लागेको त छैन। कपडाहरू भने च्यातिएका छन्। अहिले हाम्रो नियन्त्रणमा छ,’ उनले भने।, प्रहरीले बनेपामा बन्द गर्न खोज्ने आठ जनालाई नियन्त्रणमा लिएको छ।, आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आव्ह्रान गरेको बन्दको प्रभाव काभ्रेमा शून्य रहेको उनले जानकारी दिए।  ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारीहरुमा तोडफोड गरेका छन् भने अहिलेसम्म बन्द गराउँदै हिड्ने दुई दर्जनबढी बन्दकर्ता पक्राउ परिसकेका छन्।, गाडी तोडफोड गर्ने बन्दकर्तालाई चालक र सहचालकले कुटपिट गरी प्रहरीको जिम्मा लगाए (भिडिओ)
रासस सरकारले संघ तथा प्रदेश तहका २४ जना सहसचिवको सरूवा गरेको छ।, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको हो। , निर्णयअनुसार सहसचिव अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सरूवा गरिएको छ। , त्यस्तै झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट संघको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र कृष्णप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरूवा गरिएको छ।, यस्तै विदुरप्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, केशवप्रसाद विमलीलाई प्रदेश नीति तथा योजना आयोग जनकपुरधामबाट श्रम मन्त्रालयमा, नारायणप्रसाद सापकोटालाई सामान्य प्रशासन मन्त्रालयबाट भरतपुर महानगरपालिकामा, ध्रुवराज पण्डितलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट महिला मन्त्रालय लुम्बिनी प्रदेशमा लगायत गरी बैठकले २४ सहसचिवको सरूवा गरेको छ।, २४ सहसचिवको सरूवा
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा नगरबासीलाई विशेष छुट व्यवस्था गर्न सम्बन्धित पक्षसँग सम्झौता गरेको छ।, नगरपालिकाले कीर्तिपुर अस्पतालमा उपचार गराउन जाने स्थानीयबासीलाई उपचारमा ५० प्रतिशतसम्म छुट र सामुदायिक कलेजमा स्नातक तहका विद्यार्थीलाई शत प्रतिशत छुट व्यवस्था गरेको हो।, नगरपालिकाले आइतबार एक कार्यक्रमबीच अस्पताल र कलेजसँग सम्झौता गरेको हो।, नगरपालिकाले नगरबासी बिरामीहरूको उपचार गरेबापत् अस्पताल व्यवस्थापनका लागि आर्थिक वर्ष २०७९/८० का लागि ८० लाख रूपैयाँ बजेट पनि दिने निर्णय गरेको छ। यसको ५० प्रतिशत अहिले नै उपलब्ध गराउने सम्झौता भएको छ।, नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ। क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुनेछ। यो सेवा सोमबारदेखि नै सुरू हुने सम्झौतामा उल्लेख छ।, भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन सक्ने सम्झौतामा उल्लेख छ। यसरी नगरबासीको उपचार गरेको सम्पूर्ण विवरण प्रत्येक महिना नगरको स्वास्थ्य शाखामा प्रतिवेदन पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ। , यसपछि हरेक तीन महिनामा दुबै पक्षका प्रतिनिधिहरू समीक्षा बैठकका लागि पनि बस्ने सम्झौता भएको छ।, यस्तै अस्पतालले बिरामी उपचारका लागि प्रतिव्यक्ति अधिकतम ६० हजार रूपैयाँ बहन गर्ने र सोभन्दा बढी खर्च भएमा अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने पनि सम्झौता भएको छ। , केही कारणवश आर्थिक संकट हुन गएमा नगरपालिकाले समीक्षा गरी थप सहयोग समेत गर्न सक्ने जनाएको छ। , यसका लागि नगरबासीले नगरपालिकाले दिएको उपचार सहुलियत कार्ड पेस गर्नुपर्नेछ। उक्त कार्डको प्रयोग गरी काठमाडौं मोडल अस्पतालबाट पनि २५ प्रतिशत छुट लिन सकिने नगरपालिकाले जनाएको छ। , यो सम्झौताको अवधि पाँच वर्षसम्मको हो।, यस्तै नगरपालिकाले 'एक घर एक स्नातक' कार्यक्रम पनि सुरू गरेको छ। नगरपालिकाले यसनिम्ति मंगल बहुमुखी क्याम्पससँग सम्झौता गरेको हो। , स्थानीय विद्यार्थीले कलेजमा भुक्तानी गर्नुपर्ने मासिक पढाइ शुल्कमध्ये ६० प्रतिशत नगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत कलेजले छात्रवृत्ति उपलब्ध गराई निःशुल्क शिक्षा उपलब्ध गराउने सम्झौता भएको हो। , यही आर्थिक वर्षबाट स्नातक प्रथम वर्षबाट छात्रवृत्ति कार्यक्रम सुरू हुने र चौथौ वर्षसम्म निरन्तरता दिइने सम्झौतामा उल्लेख छ। तर मासिक शुल्कबाहेक अन्य विविध अतिरिक्त शुल्क सहुलियतपूर्ण रूपमा कलेजले लिन सक्ने जनाएको छ।, आवश्यकताका आधारमा क्याम्पसले स्तरोन्नतिका लागि नगरपालिकामा कार्यक्रमगत सहयोगका लागि प्रस्ताव राख्न सक्नेछ। त्यस क्याम्पसमा अहिलेलाई मानविकी, व्यवस्थापन र शिक्षा संकायमा यो कार्यक्रम लागू गरिएको हो।, कीर्तिपुरमा नगरबासीलाई उपचार गराउँदा ५० प्रतिशतसम्म र स्नातक पढ्न शत प्रतिशत छुट
एजेन्सी भारतमा आतंकवादी हमलाको योजना बनाएका एक संदिग्धलाई रूसको फेडरल सेक्युरिटी सर्भिसले पक्राउ गरेको छ। उनी इस्लामिक स्टेटसँग आवद्ध रहेको र भारतमा सत्तारूढ दलका नेता लक्षित आक्रमणको योजना बनाएको ,टाइम्स अफ इ,न्डियाले जनाएको छ।, पक्राउ परेका मसराबखुन अजामोभ उज्बेकिस्तानका नागरिक रहेको बताइएको छ। भाजपाका नेताहरूले इस्लामिक धर्मगुरू  मोहम्मदको अपमान गरेको भन्दै उनले भारत पुगेर आत्मघाती हमलाको योजना बनाएका थिए।, यस विषयमा भने भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन।  , भाजपा नेतामाथि आतंकवादी हमलाको योजना बनाउने व्यक्ति रूसबाट पक्राउ
रासस काठमाडौँ, भदौ ४, प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। , अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो । , देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् ।, अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।, जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्णमन्दिर, पशुपति, वसन्तपुर र भक्तपुर दरबार क्षेत्रलगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको थियो ।  , रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत
एजेन्सी बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना हुँदै आएको हामीले सुनिरहेका छौ। , तर अफ्रिकन देश इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान निर्धारित विमानस्थलमा अवतरण हुन सकेन।, सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट अवतरण गर्नुअघि नै गहिरो निद्रामा परेका थिए। जसका कारण बोइङ ७३७ विमान अदिस अबाबा एयरपोर्टमा अवतरण हुन सकेन। , व्यावसायिक उड्डयन समाचार साइट एभिएसन हेराल्डका अनुसार अवतरण गर्ने समयमा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो। त्यतिबेला विमानले अवतरणका लागि कुनै पनि प्रयास नै गरेन। , अवतरण गर्ने बेला भइसक्दा पनि विमानले उचाई नघटाएपछि एयर ट्राफिक कन्ट्रोलले पाइलटहरूलाई पटक पटक सन्देश पठाए। तर पनि उनीहरू कुनै जवाफ दिएनन्। किनकि, दुवै पाइलट सुतिरहेका थिए। एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले पाइलटहरूसँग सम्पर्क गर्न धेरै पटक प्रयास गरे। तर सफल भएनन्। यस्तो अवस्थामा विमानले विमानस्थलको धावनमार्ग पार गर्ने बित्तिकै उनीहरुको अटोपाइलटको सम्पर्क विच्छेद भएको थियो। यसले क्याबिनमा अलार्म बज्यो, जस कारण पाइलटहरू निन्द्राबाट ब्यूझिए। यसपछि विमानलाई हतार हतारमा अवतरण गरिएको थियो।, Deeply concerning incident at Africa’s largest airline — Ethiopian Airlines Boeing 737 ,#ET343, was still at cruising altitude of 37,000ft by the time it reached destination Addis Ababa, Why hadn’t it started to descend for landing? Both pilots were asleep. ,https://t.co/cPPMsVHIJD, ,pic.twitter.com/RpnxsdtRBf, — Alex Macheras (@AlexInAir) ,August 18, 2022, दुवै पाइलट निन्द्राबाट ब्युझिएपछि पनि पाइलटलाई विमान अवतरण गर्नका लागि २५ मिनेट समय लगाएको एभिएसन हेराल्डले जनाएको छ। यस क्रममा विमानले विमानस्थलको धेरै चक्कर लगाएको थियो। अन्तत: विमान सकुशल अवतरण भयो। , उड्डयन निगरानी प्रणाली एडीएस- बी बाट प्राप्त डाटाले घटना भएको र विमान धावनमार्गमा उडेको पुष्टि गरेको छ। विमानको उडान मार्गको तस्बिर पनि पोस्ट गरिएको छ, जसमा विमानले आदिस अबाबा एयरपोर्ट नजिकै लूप काटिरहेको देखाएको छ।, यसैबीच इथियोपियन एयरलाइन्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ। उसले इथियोपियाको उडान नम्बर इटी ३४३ खार्तूमबाट आदिस अबाबा जाने जहाजले अगष्ट १५, २०२२ मा आदिस अबाबा एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटेकोबारे जानकारी भएको भन्दै अनुसन्धान सुरू गरिएको बताएको छ।, अगष्ट १५ २०२२ मा खार्तूमबाट आदिस अबाबा जादै गरेको ‘इथियोपिया जहाजको उडान नम्बर इटी ३४३ ले एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटाएको हामीले एउटा रिपोर्ट पाएका छ। सञ्चार पुनर्स्थापित भएपछि उडान सुरक्षित रूपमा अवतरण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘थप अनुसन्धानका लागि सम्बन्धित टोलीलाई अपरेसनबाट हटाइएको छ। छानबिनको नतिजाको आधारमा उचित सुधारात्मक कारबाही गरिनेछ। सुरक्षा सधैं हाम्रो पहिलो प्राथमिकता हो र जारी रहनेछ।’, उड्डयन विश्लेषकहरुले यो घटना गम्भीर चिन्ताको विषय भएको बताएका छन्। , पाइलट निदाएर विमान अवतरण नगरेपछि...