content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई समय दिएर हटाउने भएको छ।, अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाइ छ।, अहिलेदेखि नै अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जन बताउँछन्।, महानगरले पटकपटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनले बताए।, ‘हामी कानुनीरूपमा विधि र प्रक्रिया पुर्याएर कारबाही गर्छौं, अनधिकृत संरचनालाई क्रमश हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पुर्याउने काम गर्दैनौं, नियमअनुसार मौका दिएरै अनधिकृत संरचनाहरू हटाउँछौं।’, अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटकपटक सूचना दिइसकिएको उनले बताए।, ‘घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनेको हो। दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भन्नेमा हामी सचेत छौं। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउँछ। दसैंपछि सबै अनधिकृत संरचना महानगरले हटाउँछ,’ उनले भने।, साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ।, व्यापार व्यवसाय गर्दै आएका साना व्यापारीलाई व्यापार गर्ने ठाउँको विकल्प खोज्नसमेत आग्रह गरिसकिएको मेयर महर्जन बताउँछन्। यसरी समय दिँदा महानगरले अनधिकृत संरचना हटाउने दिन समस्या नआउने महानगरको विश्वास छ।, ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरभित्रका व्यवसायीहरू आफैँ अनधिकृत क्षेत्रबाट हट्ने विश्वास गरेका छन्।, ‘सकेसम्म हामी डोजर लगाउँदैनौं। अनधिकृत संरचना उहाँहरू आफैँले हटाउनु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘हतार र आवेगमा हामी अनधिकृत संरचना हटाउँदैनौं। केही समय दिइन्छ। समयभित्र अनधिकृत संरचना हटेन भने मात्र महानगरले हटाउने हो।’, उनले अन्डरग्राउण्ड पार्किङ खाली गर्न पनि दसैंसम्म समय दिइएको बताए।, ‘घरधनीको गल्तीले व्यवसायी सडकमा आउन हुन्न। हामीले सबै विधि र प्रक्रिया पुर्याएपछि मात्रै अनधिकृत संरचना हटाउने हो,’ उनले भने।, अनधिकृत संरचना हटाइयो:, ललितपुर महानगरकै अधिनमा रहेको लगनखेलस्थित भवनमा नियम विपरीत बनाएको संरचना भने महानगरले हटाएको छ। ,
सडकपेटी नै ढाक्ने गरी संरचना बनाएपछि महानगरले त्यो संरचना हटाएको हो।, ‘हामीले नियम र प्रक्रिया पुर्याएर व्यवसायीलाई समय दिएरै यस्तो संरचना हटाएका हौं,’ उनले भने।, ललितपुर महानगरले सहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट सवारीसाधन पार्किङको प्रयोजन खुलाई नक्सा स्वीकृति लिइएको छ भने बेसमेन्टलगायतमा व्यापारिक गतिविधि सञ्चालन नगर्न भनेको छ।, ‘सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजनअनुसार छ कि छैन भनेर अनुगमन हुन्छ,’ उनले भने, ‘पार्किङको सहज व्यवस्थापनका लागि काम भइरहेको छ।’,
समय दिएर अनधिकृत संरचना हटाउँदै ललितपुर महानगर |
नवीनबाबु गुरूङ काठमाडौंको कालिमाटी-टेकु सडकखण्ड अत्यधिक सवारी चाप हुने ठाउँमध्ये पर्छ।, दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने उक्त सडकमा जाम सामान्य नै जस्तो हुन्छ। कालिमाटी र टेकु जोड्ने विष्णुमती नदीमाथि रहेको पुलमा सधैं जसो जाम पर्छ।, जाम कम गर्ने उद्देश्यले उक्त पुलसँगै अर्को पुल बनाइएको छ। तर उक्त सञ्चालनमा छैन।, मापदण्डविपरीत असुरक्षित किसिमले बनाइएको र जुनसुकै बेला दुर्घटना निम्तिन सक्ने भन्दै सडक विभागले उक्त पुल सञ्चालनमा रोक लगाएको हो। निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई पुल भत्काउन निर्देशन दिए पनि यो बेवारिसे भएर बसेको छ।, यस्तै काठमाडौंको तीनकुनेस्थित बागमती नदी पार गर्न बन्दै गरेको एउटा पुल पनि अधुरै रहेर अलपत्र परेको वर्षौं भइसक्यो। दुईतर्फी १७० मिटर फराकिलो बागमती पुल बनाउन पारित भएको डिजाइनअनुसार निर्माण अघि नबढाई निर्माण कम्पनीले गम्भीर लापरबाही गरेपछि सरकारले काम रोकेको थियो।, निर्माणमा भएको त्रुटि सच्याएर काम अघि बढाउन निर्देशन दिए पनि कम्पनीले अटेर गरेपछि २०७६ मंसिरमा पप्पुसँग भएको सम्झौता रद्द भएको थियो। उक्त पुल पनि बेवारिसे भएको छ।, हेर्नुहोस् काठमाडौंका अलपत्र पुलका तस्बिरहरूः, काठमाडौंको तीनकुने-बानेश्वर जोड्ने एउटा अधुरो पुल र अर्को पुरानो पुल। , कालिमाटी-टेकु जोड्ने प्रयोगविहीन पुल। ,
,
तस्बिरमा हेर्नुहोस् काठमाडौंका बेवारिसे पुल |
सेतोपाटी संवाददाता कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले कक्षा १२ को नजिता प्रकाशन गर्ने निर्णय गर्यो भने नतिजा प्रकाशन गर्छौं,’ उनले भने।, कक्षा १२ को नजिता प्रकाशनका लागि रूजुलगायत काम भइरहेका थिए। , बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।, यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।,
कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै |
नवीनबाबु गुरूङ काठमाडौंको विशेष उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा आउँन झन्डै एक महिना बाँकी छ। बृहस्पति विद्या सदनले भने स्कुल परिसरमै शुक्रबार इन्द्रजात्रा मनाएको छ।, स्कुले विद्यार्थीहरू लाखे, कुमारी, गणेश, पुलुकिसी (सेतो हात्ती), महाकाली, देवदेवी लगायत बनेका थिए। केहीले नेवाः समुदायको लुगा लगाएर जात्रामा रथ तान्दै, नाचगान गर्दै हिँडिरहेका थिए। इन्द्रजात्राको रथ तानेको, स्वेत भैरवबाट रक्सी खुवाइएको लगायत दृश्य त्यहाँ देख्न सकिन्थ्यो।, बृहस्पति विद्या सदनको अनुसार स्कुलको पाठ्यक्रममा नै यस विषयमा पढाई हुन्छ। पढाईलाई व्यवहारिक रूपमा देखाउन र विद्यार्थीहरूलाई ज्ञान र मनोरञ्जन दिन उक्त कार्यक्रम स्कुलमा गरिएको हो।, काठमाडौं उपत्यकामा इन्द्रजात्राको रौनक भने यही भदौ २४ गतेबाट देख्न सक्नुहुन्छ। आठ दिनसम्म चल्ने जात्रामा विभिन्न सांस्कृतिक गतिविधीहरू हुन्छन्। , , ,
स्कुलमा इन्द्रजात्रा उत्सव (तस्बिरहरू) |
रासस प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तीजपछि सेलाउँछ। , तीज मनाएर फर्किएकी एक महिलाको दिउँसै मुख्य सडकमा हत्या भएको आठ वर्ष पूरा भएको छ। हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङका बासिन्दालाई रूपा गौतम हत्याकाण्डले झस्काइरहन्छ। हत्याका विषयमा तीजका समयमा कुरा उठ्ने गरे पनि तीजसँगै हत्याकाण्ड बिर्संदै गएको छ। , हरितालिका तीजको अघिल्लो दिन माइत गएर फर्कने क्रममा रूपाको दिउँसै सडकमा आठ वर्षअघि हत्या गरिएको थियो। काठेखोला गाउँपालिका–६ दोबिल्लाकी ३६ वर्षीया रूपाको हत्या भएको यो तीजसँगै आठ वर्ष पूरा भएको छ।, दिउँसै सदरमुकाम नजिकको बीच सडकमा हत्या गर्ने हत्यारा पत्ता नलाग्दा बागलुङका नारीलाई तीजमा माइत जाँदा झस्काउनेसमेत गरेको छ। , तीन वर्षअघि जिल्ला प्रहरी कार्यालयले अनुसन्धानबाट हत्याराको नजिकै पुगेको दाबीसमेत गर्न भ्याएको थियो। अहिलेसम्म हत्यारा पत्ता नलाग्दा प्रहरीलाई नागरिकस्तरबाट हत्यारा कहिले पत्ता लाग्छ भनेर प्रश्न उठ्न छाडेको छैन। जिल्ला प्रहरी कार्यालयमा सरूवा भएर आएका हरेक प्रहरी प्रमुखले हत्यारा पत्ता लगाउन प्रयास गरिरहेको बताउने गरे पनि आठ वर्ष बित्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। ,
,
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले आफू जिल्लामा आइसकेपछि रूपा हत्याका विषयमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको बताए।, ‘रूपाजस्तै कर्तव्य ज्यानसँग जोडिएको तीन वटा विषयमा अनुसन्धान सफल भइसकेको छ, अहिले पुराना मुद्दालाई फछ्र्यौट गर्नेक्रम जारी छ, प्रहरी नायब उपरीक्षकको संयोजनमा अध्ययन गर्न लगाएको छु’, प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘अनुसन्धान जारी नै छ हत्यारा पत्ता नलाग्दासम्म यहाँ पुग्यौं, त्यहाँ पुग्यो भन्न सकिन्न, म यहाँ रहँदासम्म निष्कर्षमा पुगिन्छ भन्नेमा आशावादी छु।’ , हत्याको मिसिलमै केही जटिलता देखिएकाले हत्यारा पत्ता लाग्न लामो समय लागेको उनको भनाइ छ।, रूपाको २०७१ भदौ १२ गते तीजको दरखाने दिन माइतबाट घर फर्किने क्रममा बानपा–३ बोक्से खाल्डोस्थित मध्यपहाडी लोकमार्गमा दिउँसै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। हत्याको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि महिला अधिकारकर्मी, नागरिक अगुवाले लामो समयदेखि आवाज उठाउँदै आए पनि पछिल्लो समय घटना क्रमशः बिर्सदै गएको छ।, आठ वर्षअघि दिनदहाडै एउटा महिलाको विभत्स हत्या भएको घटनाको अहिलेसम्म हत्यारा पत्ता नलाग्नु भनेको लज्जाको विषय भएको महिला अधिकारकर्मी सावित्रा खड्काले बताइन्। , ‘हत्या जे जसरी गर्यो दोषीलाई तत्कालै पत्ता लगाउन सकिन्थ्यो, दिउँसै गरेको हत्याको दोषी त्यतिबेला उम्कन आउने अवस्था कसरी सिर्जना भयो भन्ने नै हो, प्रहरी प्रमुखले सुरूको अनुसन्धानलाई दोषी देखाउँदै आएको पाइएको छ’, अधिकारकर्मी खड्काले भनिन्, ‘ढिलै भए पनि पीडितले न्याय पाउनुपर्दछ, अनुसन्धान जारी राख्न आवश्यक छ तर पछिल्लो समय तीज सकिएसँगै हत्याकाण्ड सेलाउने र पुनःअर्को तीजमा हत्याको विषय उठ्नु दुखद् हो।’, तीजको समयमा नारी माइत जानसमेत सोच्नुपर्ने अवस्थाको हत्याकाण्ड बाहिर नआएसम्म अन्त्य नहुने खड्काको भनाइ छ। ,
हरेक तीजले झस्काउँछ रूपा हत्याकाण्ड |
सेतोपाटी संवाददाता पोखरा–१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।, विवादका कारण शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। , उनका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए।, ‘बिहान साढे ८ बजेतिर श्रीमानले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेछन्’, प्रहरी निरीक्षक खड्काले भने, ‘श्रीमानले त्यही खुकुरी आफ्नो पेटमा हानेर गम्भीर घाइते छन्।’, उनका अनुसार लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। , घटनाका कारणबारे विस्तृत अनुसन्धान भइरहेको खड्काले जानकारी दिए।,
,
पोखरामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते |
सेतोपाटी संवाददाता देशभर थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ३ हजार ९२० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २४८५ जनाको पिसिआर परीक्षण गर्दा २२४ र १४३५ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो।, १७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।, यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३१९४ जना सक्रिय संक्रमित छन्।,
थपिए २७१ संक्रमित, निको भए १७५ जना |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङ रहेको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ।, रमीज राजाले सामाजिक सञ्जाल भाइबरमा नाबालिकासँग अडियो सम्वाद गरी सामाजिक सञ्जालमा अश्लिल भिडियो भाइरल भएको भनी डर देखाएको र तामाङले पीडित महिलालाई इन्स्टाग्राम तथा बिंगोमा साथी बनाई अश्लील प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमा हालिदिने भन्दै ब्ल्याकमेल र मानसिक यातना दिएको ब्यूरोको जनाएको छ।, पक्राउ परेका दुवै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।,
सामाजिक सञ्जालमा अश्लील भिडियो हाल्दिने भन्दै ब्ल्याकमेल गरेको आरोपमा २ जना पक्राउ |
रासस विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ।, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो। , उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहोरको डङ्गुर थियो। उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।, सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहोर व्यवस्थापनको काम सकिएको छ। , काठमाडौं महानगरपालिका वातारण विभाग प्रमुख सरिता राईले भनिन्, ‘आगमी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापनको काम हुन्छ।’, गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहोरको व्यवस्थापन हुन सकेको थिएन।, स्थानीयवासीको अवरोधकै बीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहोरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहोरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ। , यसअघिको फोहोरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन्।, फोहोर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरेकी छन्। , हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन छ। यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन्। , हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै कुहिने फोहोर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ। सम्भावित केही स्थान पहिचान गरे पनि स्थानीय त्यस विषयमा सकारात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको गुनासो कामपाको छ।,
टेकुको फोहोर व्यवस्थापन दुई दिनभित्र |
सेतोपाटी संवाददाता बुटवलमा भएको सवारी दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ।, बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँसो बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।, उक्त दुर्घटनामा परेपछि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो।, दुर्घटनाबाट गम्भीर घाइते बाबु-छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।, लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।, उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,
बुटवलमा मोटरसाइकल आपसमा ठोक्किँदा बुवा-छोराको मृत्यु |
युनिक श्रेष्ठ कमेडियन अपूर्वक्षितिज सिंह अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।, नेवा समुदायको भावनामाथि चोट पुग्ने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले परिसरमा जाहेरी दिएका थिए। आफूविरूद्ध जाहेरी परेको थाहा पाएपछि आइतबार बिहान अपूर्व आफैं परिसरमा पुगेका हुन्।, उनीविरूद्ध अभियन्ताहरूले विभिन्न शीर्षकमा जाहेरी दिएका छन्। प्रहरीले भने उनीमाथि अहिले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको छ। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।, यो कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।, सिंहलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।, ‘यसमा हामीले अनुसन्धान गरिरहेका छौं। अहिले केही भन्न सकिन्न,’ उनले भने, ‘जाहेरी अन्य विषयमा पनि आएको छ। हामीले अध्ययन गरिरहेका छौं।’, कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ गत शुक्रबार कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।, भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध भयो, आलोचना भयो। नेवा समुदायका अभियन्ताहरूले त्यसको विरोध गरे। अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि प्रहार गरेको भन्दै एउटा समूहले उनको चर्को आलोचना गर्यो।, विरोध भएपछि कमेडी क्याफेको युट्युबबाट भिडिओ शनिबार नै हटाइयो। नेवा समुदायमाथि चोट पुगेको भन्दै सिंहले माफी मागे।, उनले फेसबुक लेखेका छन्, ‘मैले यो भिडिओका कारण धेरै मेसेज र कल पाइरहेको छु। नेवा समुदायकै केही साथीहरूले भिडिओ राम्रो लाग्यो पनि भन्नुभएको छ र केहीले चित्त दुखाउनु पनि भएको छ। कमेडियनलाई कुन शीर्षकमा कमेडी गर्ने र नगर्ने भनेर सिकाउनुभन्दा पनि उसको मनसाय के हो बुझिदिँदा राम्रो हुन्थ्यो होला। मेरो मनसाय हँसाउने हो।’, उनले आफ्नो मनसाय हँसाउने मात्रै भएको र आफूले नेवा समुदायको बारेमा राम्रा कुराहरू पनि बोलेको बताए। , नेवारी खानेकुरा क्या मीठो हुन्छ, नेवारी केटी राम्रा हुन्छन्, नेवारले बोलेको मनपर्छ, नेवारी संस्कृतिलाई नेपाली सिनेमाले राम्ररी देखाइरहेको छैन, नेवारको भोज बबाल हुन्छ जस्ता कुराहरू पनि बोलेको भन्दै उनले जिकिर गरेका छन्। भिडिओमा आफ्नो समुदायलाई पनि उडाएको उनको भनाइ छ।, ‘कसैलाई हाँसो लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ। त्यसको लागि म सरी भन्न चाहन्छु, कसैलाई चित्त दुखेको भए माफ गरिदिनुहोला,’ उनले लेखेका थिए।, उक्त विषयलाई जोक जसरीमात्रै लिइदिन उनले अनुरोध गरे। तर त्यो विषय यही टुंगिएन। माफी दिन नसकिने भन्दै अभियन्ताको समूहले उनीविरूद्ध जाहेरी दिन प्रहरी परिसरमा पुगे। नाराबाजी गरे। सिंहलाई कारबाही गर्न माग गर्दै निवेदन दर्ता गराएर उनीहरू फर्किए।, दबाब बढेसँगै सिंहले फेसबुकमा एउटा भिडिओ हालेर माफी मागे। आफूले धेरै रिसर्च गर्न नसकेको पनि स्वीकारे र आइन्दा त्यसमा पनि ध्यान पुर्याउने बताए।, त्यसपछि पनि उनीमाथि गालीगलौज गर्ने, कुटपिट गर्ने, ज्यान मार्ने सम्मको धम्की दिने क्रम रोकिएन।, आइतबार नै उनले आफू कतै नभागेको र सधैँ कमेडी गरेकै आधारमा ज्यान मार्ने धम्कीसम्म खेप्नुपर्ने भएको भन्दै फेसबुकमा लेखेका छन्।, ‘अहिले सोच्दा लाग्छ, थुक्क किन मान्छे हँसाउन हिँडिरा छु। जोक लेख्न गाह्रो, मान्छे हँसाउन गाह्रो, इभेन्ट गर्न प्रायोजक पाउन गाह्रो, अनि अन्तिममा दर्शकबाट के पाइयो त? हरेक मिनेट फेसबुक, इन्स्टाग्राम मेसेजमा ज्यान मार्ने धम्कीहरू,’ उनले लेखेका छन्, ‘के रहेछ त भ्यालु कमेडियनको यो देशमा!’, उनले थपे, ‘दियोमुनि अध्याँरो हुन्छ भन्छन् नि, हो रहेछ। हँसाउने मान्छेको जिन्दगीमा दु:ख र आँशु मात्रै हुने रहेछ।’, कमेडियनले व्यंग्य गरेकै भरमा मुद्दा चलाएर सिंहलाई पक्राउ गरेपछि धेरैले त्यसको विरोध जनाएका छन्। कतिपयले माफी मागिसकेपछि यो कुरा टुंग्याउनु पर्ने पनि तर्क गरेका छन्।, सिंहको पक्राउले कमेडी गरेकै भरमा कसैमाथि मुद्दा चलाउनुहुन्छ वा हुन्न भन्ने बहस सिर्जना गरेको छ।, गायक योगेश्वर अमात्य नेवारहरूमाथि व्यंग्य गरेकै आधारमा यसरी कमेडियनलाई हिरासतमा राख्नुपर्ने कारण नदेखेको बताउँछन्।, ‘म स्ट्यान्डअप कमेडियनलाई नेवार समुदायमाथि कमेडी गरेकै भरमा हिरासतमा थुन्नुपर्ने कुनै कारण देख्दिनँ। नेवारहरूमा अलि स्वीकार्यता र फराकिलो मानसिकता आवश्यक छ,’ उनले भने, ‘कमेडियनको पक्षमा वकालत गर्दैगर्दा उनले नेवारहरूबारे अलि रिसर्च भने गर्नुपर्छ भन्ने लाग्छ। भक्तपुर नेवारी शब्द होइन। नेवारहरूले भक्तपुरलाई अहिले पनि ख्व:प भन्छन्। नेवार किशोरीहरूले बेलसँग विवाह गर्ने होइन। सुवर्ण कुमार (भगवान नारायण)सँग गर्ने हो। बेल साक्षी मात्रै हुने हो।’, अभियन्ता सुमन सायमीले भने सिंहको खुलेर विरोध गरेका छन्। सायमी गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार थिए। सिंहले गरेको कमेडीले समुदायमाथि नै प्रहार गरेको उनको भनाइ छ।, ‘आज हाम्रो समुदायमाथि प्रहार गर्यो। भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला। यसले सामुदायिक सद्भाव भत्काउँछ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ। उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ।’, स्ट्यान्डअप कमेडियन आयुष श्रेष्ठले भने यसरी कमेडी गरेकै आधारमा पक्राउ गर्न नहुने धारणा व्यक्त गरेका छन्। उनी यो विषय वाक स्वतन्त्रता भित्र पर्ने तर्क गर्छन्। अपूर्व क्षितिज सिंहले भनेका जोकहरू नराम्रा, ‘अफेन्सिभ’, रिसर्च नपुगेको हुनसक्ने तर यतिमै कसैलाई हिरासतमा राख्न जरूरी नभएको उनले बताए।, ‘अपूर्वले भनेका जोकहरू नराम्रा, अफेन्सिभ, रिसर्च नपुगेको होलान्। कतिपय कुरा धेरै मान्छेलाई अफेन्सिभ लाग्छ, त्यही कुरा धेरैलाई नलाग्न पनि सक्छ। धेरै कुरा म आफैंलाई पनि चित्त बुझेको छैन,’ उनले भने,‘तर चित्त बुझेको छैन भन्दैमा कानुनी प्रक्रिया अघि बढाउनु ठीक हुँदैन। किनकी कमेडी गर्दा कसैलाई कारबाही गर्यो भने नजिर राम्रो बस्दैन।’, हिंसा भड्काउने, घृणा फैलाउनेजस्ता काम गर्न नहुने भए पनि सिंहले त्यस्तो नगरेको उनको दाबी छ। सिंहले बोलेका कुराहरू ठीक/बेठीक तिर लाग्नुभन्दा पनि बोलेकै भरमा थुन्नु गलत हुने उनी बताउँछन्।, यसअघि पनि कमेडियनले सिनेमा समीक्षा गरेकै कारण पक्राउ गरेको घटना पनि उनले सम्झिए। कमेडियन प्रनेश गौतमलाई पनि प्रहरीले 'वीर विक्रम २' समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा २०७६ जेठमा पक्राउ गरेको थियो।, स्ट्यान्डअप कमेडी लाइभ गर्दा र भिडिओ हाल्दा फरक खालको प्रतिक्रिया आउने गर्दा पनि यस्ता समस्याहरू आउन थालेको श्रेष्ठ बताउँछन्।, ‘स्ट्यान्डअप वर्षौंदेखि गरिरहेका छौं। हामी ठाउँठाउँमा गएर मान्छेकै अगाडि जोकहरू भनिरहेको हो। अपूर्वले पनि मानिसहरूको अगाडि नै गरेको हो। त्यहाँ धेरै समुदायका मानिसहरू पनि छन्,’ उनले भने,‘लाइभ गर्दा एउटा सम्बन्ध बनिसकेको हुन्छ। यो मान्छे जिस्किन आएको भन्ने हुन्छ। हाम्रो मनसाय पनि यही नै हो र भिडिओमा जाँदा भने घृणा फैलाउन खोज्दैछन् भनेर सोच्छन्। हामी साथी बनेर जिस्किरहेको मात्रै हो।’, उनले थपे, ‘हाम्रा समुदायमा मानिसहरू असहिष्णु हुँदै गइरहेको भन्ने देखिन्छ। असन्तुष्टिहरू होलान् तर त्यो असन्तुष्टि देखाउने ठाउँ अन्त नै हो। यसरी कमेडियनहरूमाथि खनिनु हुन्न। कमेडी जस्तो झिनो कुरामा खनिनु हुन्न जस्तो लाग्छ।’, कुनै पनि समुदाय वा व्यक्तिहरूमाथि लक्षित गरी घृणा फैलाउने उद्देश्य नभए पनि त्यसरी बुझ्ने गर्दा समस्या उत्पन्न भएको उनले बताए।, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने सिंहको विरोध गरेका छन्। कलाकारको काम सबै समुदायलाई मिलाउने हुनुपर्ने उनको भनाइ छ। , ‘हामी कलाकारहरूको काम सबै समुदायलाई मिलाउनु हो। देशलाई एक ढिक्का बनाएर राम्रोसँग अगाडि बढाउनु हो। त्यस्ता कुरालाई प्रोत्साहन हुने खालको हुनुपर्छ,’ उनले सेतोपाटीसँग कुरा गर्दै भने, ‘समुदायलाई फुटाउने, चित्त दुखाउने, क्षेत्रीय आक्षेप लगाउने, अपांगता भएका व्यक्तिलाई चोट पुर्याउने खालका शब्दहरू प्रयोग गर्न हुँदैन। यो वाइयात नै छ। सुन्नै नसकिने खालको छ।’, आफूहरूले व्यंग्य गर्दै आएको भए पनि यस भिडिओमा भने समुदायलाई नै चिढ्याउने खालको भएको उनले बताए। आयोजकहरूले पनि यस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।, स्ट्यान्डअप कमेडियन सीता न्यौपाने सिंहले हिरासतमै राख्नुपर्ने गल्ती नगरेको बताउँछिन्।, गल्ती भइहाले पनि एक पटक सुध्रिने मौका भने दिनुपर्ने उनको भनाइ छ।, ‘फ्रिडम अफ स्पिच भन्ने कुरा पनि छ। तर बुलिङ पनि हुनुहुन्न। कमेडी गरेर माफी मागिसक्दा पनि पक्राउ नै गर्नुपर्ने जस्तो मलाई लाग्दैन। एकचोटी सुध्रिने मौका दिनुपर्छ,’ उनले भने, ‘गल्ती त हुन्छ। तर सुरूमै जेल हाल्न हुन्न।’, कमेडी गरेकै कारण कोही पक्राउ परेपछि भोलि कमेडी गर्दा पनि डराउनुपर्ने अवस्था आउने उनले बताइन्।, यसअघि कमेडी हबमा न्यौपानेले नै गरेको एउटा हाँस्य नाटकमा पनि विरोध भएको थियो। महादेवमाथि व्यंग्य गरेको भन्दै उनको आलोचना भएको थियो। पछि यस विषयमा कमेडी हबका निर्देशक केदार घिमिरेले माफी समेत मागे।, ‘म पनि हिन्दु नै हो। शिवलाई म पनि पुज्छु। तर त्यसमा विरोध भयो,’ न्यौपानेले भनिन्, ‘विदेशमा क्याथोलिकहरूलाई, जिजसहरूलाई पनि व्यंग्य गरिरहेका हुन्छन्। त्यो त मनोरञ्जनको पाटो हो। तर फेरि उनीहरू आफैंले पनि पुज्नुपर्ने हो कि मान्नुपर्ने हो त्यो गरिरहेका हुन्छन्। अलिकति उदारता पनि चाहिन्छ। हामीले पनि अरूको सेन्टिमेन्ट पनि हर्ट गर्नुभएन तर सुध्रिने पनि मौका चाहिन्छ।’,
कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा? |
सेतोपाटी संवाददाता पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहले ९४ वर्षको उमेरमा आँखाको अपरेसन गरेकी छन्।, पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको अपरेसन गराएकी हुन्।, उनको डाक्टर सुमन थापाको नेतृत्वमा रहेको टोलीले अपरेसन गरेका हुन्।, शाहलाई लिएर पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली अस्पताल पुगेको थियो।,
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको आँखाको अपरेसन |
सेतोपाटी संवाददाता अछाममा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका २ का २५ वर्षीया वमबहादुर धामीको आफन्तले घटनास्थलको मुचुल्का उठाउन दिएका छैनन्।, धामीको हत्या भएकोले प्रहरीले सोही अनुसार अनुसन्धान अगाडि बढाउनुपर्ने दबाबस्वरूप आफन्तले सडक समेत बन्द गरेका छन्, यस्तै उनीहरूले प्रहरीलाई घटनास्थलको मुचुल्का समेत उठाउन दिएका छैनन्।, विनायक बजारबाट नजिकै रहेको मध्यपहाडी सडक खण्डको छेउको नालीमा मंगलबार राति धामी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेका थिए। , घटनास्थलमा रहेको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिए।, उनले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताए।,
हत्या भएको भन्दै घटनास्थलको मुचुल्का उठाउन दिएनन् अछाममा मृत फेला परेका युवकका आफन्तले |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै १३ जनाविरूद्ध मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले उनीहरूविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।, तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालयका तत्कालीन प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरूद्ध मुद्दा दायर गरेको हो।, यस्तै, गायत्रीदेवी जयसवाल, उनका छोरा शत्रुधन, बिचौलिया सुमनकान्त ठाकुर, उपेन्द्रलाल कर्ण कायस्थ, मनोजलाल कर्ण, सूर्यनारायण लालकर्ण, जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार डि. हविव साह, गुठी संस्थानका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोदकुमार कर्णविरूद्ध मुद्दा दायर गरेको हो।, धनुषाको साविक भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता भएकाले कारबाही गरिदिन भन्दै अख्तियारमा उजुरी परेको थियो।, यसमा अनुसन्धान हुँदा गुठीको नाममा रहेको जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।, तत्कालीन प्रजिअ तथा समितिका अध्यक्ष गौतमले गुठी संस्थानकै खातामा भुक्तानी हुनुपर्ने एक करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ कानुनविपरीत मोही कायम हुनै नसक्ने व्यक्तिहरूलाई मोही कायम गराई मुआब्जा भुक्तानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।, गुठी संस्थान धनुषाका तत्कालीन कार्यालय प्रमुख पाण्डे, तत्कालीन सहायक प्रशासक आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक भुसालले संस्थानको खातामा भुक्तानी हुनुपर्ने रकम गायत्री देवी जयसवाल र सूर्यनारायण लाल कर्णलाई मोही कायम गरी मुआब्जा दिएको अख्तियारको ठहर छ।, गायत्रीदेवी र उनका छोरा शत्रुधनले भने वास्तविकतालाई लुकाएर कानुनविपरीत मोहीयानी हकका प्रमाणपत्रका आधारमा मुआब्जा दाबी गरी ८९ लाख ८३ हजार ३३४ रुपैयाँ भुक्तानी लिएर संस्थानलाई नोक्सानी पुर्याएको अख्तियारले जनाएको छ।, सुमनकान्त ठाकुरले संस्थानका तत्कालीन प्रमुख राजबाबुलगायत र गायत्रीदेवीबीच बिचौलियाको भूमिका खेलेर संस्थानलाई ८९ लाख ८३ हजार ३३४ रुपैयाँ रकम नोक्सानी गराएको भन्दै मुद्दा दायर गरेको हो।, उपेन्द्रलाल तथा मनोजलालले कानुनी प्रक्रियाविपरीत सिर्जित भएका र कुनै पनि सरकारी कागजातले आफूहरू हकवाला पुष्टि नहुने बनावटी मोहीयानी हकका प्रमाणपत्र पेश गरी सो आधारमा सूर्यनारायण लालकर्णलाई मुआब्जा दाबी गर्न लगाएका थिए।, आफूहरूले मुआब्जा बुझ्न मञ्जुरीनामा दिई गैरकानुनी रूपम रकम भुक्तानी लिएर आफूहरूले प्राप्त रकम बाँडफाँट गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो। उनीहरूविरूद्ध २४ दाख ८३ हजार ३३३ रुपैयाँ हानिनोक्सानी गरेको अख्तियारले ठहर गरेको छ।, यस्तै गायत्रीले गैरकानुनी रूपमा भुक्तानी लिएको मुआब्जा रकम संस्थानको नाममा फिर्ता गरी पाउँ भनी उच्च अदालत जनकपुरमा दायर भएको मुद्दामा जिल्ला अदालत धनुषाका तत्कालीन डि. हविव साह, गुठी संस्थानका सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय प्रमोदकुमार कर्णको मिलेमतोमा अदालतबाट जारी भएको म्याद सूचना गलत किसिमले गलत कार्यालयमा पठाएका थिए। त्यसरी अधिकार प्राप्त अधिकारी समक्ष पुग्न नदिने उद्देश्यले अदालती कारबाहीका सरकारी कागजातहरू समेत लुकाएको अख्तियारले जनाएको छ। , उनीहरूले संस्थानलाई पुगेको हानी नोक्सानी अदालतबाट फिर्ता गराउन नदिने, गायत्रीदेवीकै पक्षमा फैसला गराउने र आफूहरूलाई फाइदा हुने काम गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। , कसुर पुष्टि भएकोमा उनीहरूलाई बिगो रकम असुल गरी कैद सजायको मागदाबी गरेको छ।,
धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा |
सेतोपाटी संवाददाता काठमाडौंको बुद्धनगरको एक घरको छैठौ तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ।, बुधबार साँझ पौने ६ बजे काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट एक बालक र एक बालिकाको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार साढे ६ तला घरको छैठौ तलाबाट खसेर दुई जनाको मृत्यु भएको हो।, भारत विहार घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं-२९ बस्ने १४ वर्षीया बालिका खसेका हुन्।, उनीहरू खसेपछि तत्काल उपचारको लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।,
काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको छ तलाबाट खसेर दुई बालबालिकाको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ।, बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महाविर पुनबीच भेटवार्ता भएको थियो।, उक्त भेटमा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। , मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा अड्चन आए/नआएको बारेमा पनि छलफल भएको स्वकीय सचिव शाहले बताए। , ‘अनौपचारिक सहकार्य भइरहेको र औपचारिक सहकार्य अन्तिम अवस्थामा पुगेकोबारे छलफल भएको थियो,' उनले भने, 'मेयरज्यूको निर्देशनमा सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारी र म आजै आविष्कार केन्द्र पनि पुगेका थियौं।’ , पुनले उनीहरूलाई कीर्तिपुरस्थित आविष्कार केन्द्रको भ्रमण गराई कामबारे जानकारी दिएका थिए। यस्तै महानगरसँग थप सहकार्य कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको उनले बताए।, भूपदेवले स्वास्थ्य चौकी, पार्कलगायत अन्य क्षेत्रमा तिर्नुपर्ने शुल्कलाई पूर्णरूपमा डिजिटलाइज गर्न सहकार्य गर्ने गरी कामहरू समेत हुने बताए।,
काठमाडौं महानगरले आविष्कार केन्द्र खोल्ने |
रासस सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ।, स्थानीय अमित थामीको बुधबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ।, मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए।, उनकी आमा र बहिनी भने सकुशल रहेका छन्।, खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन्।, मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी र स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको छ।,
खोला तर्ने क्रममा सिन्धुपाल्चोकमा एकको मृत्यु |
सेतोपाटी संवाददाता बझाङमा जीपको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।, मंगलबार साँझ केदारस्युँ गाउँपालिका–१ भार्तडामा सुपप्र ०१००१ च २६९० नम्बरको जीपले ठक्कर दिँदा बित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार ठक्कर दिने जीप चालक दिपेन्द्र धामी प्रहरीको नियन्त्रणमा छन्।, ओखेडाको शव जिल्ला सदरमुकामको अस्पतालमा ल्याउने काम भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।,
गाडीको ठक्करबाट एकको मृत्यु |
रासस प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्।, महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।, हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए।, आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए। यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ।, सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो। , आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ। यस अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ।,
आज ऋषिपञ्चमी |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। , आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।, आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।, भोलि शुक्रबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै शनिबार प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउउन विभागले सचेत गराएको छ ।,
काठमाडौं उपत्यकासहित देशभर वर्षा |
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्व भएको छ। , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।, घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।, बाटो अवरूद्ध भएसँगै दुबै तर्फ सवारीको लामो लाइन लागेको छ।, यसअघि पनि पानी पर्नासाथ चितवन-मुग्लिन सडक खण्ड अवरूद्ध हुँदै आएको छ।,
पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध |
रासस बझाङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।, वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।, केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए।, ओखेडाको घटनास्थलमै मृत्यु भएको हो।, बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।,
जिपको ठक्करले बझाङमा पैदल यात्रीको मृत्यु |
सेतोपाटी संवाददाता डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो।, उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो।, उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। मंगलबार बिहान उनको मृत्यु भए पनि बुधबार मात्रै डेंगीका कारण मृत्यु भएको खुलेको थियो।, पछिल्लो समय कैलालीमा डेंगीको प्रकोप फैलिएको छ।, साउन १ गतेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगी संक्रमण भएको पाइएको थियो।, डेंगी संक्रमणबाट बच्नका लागि सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रहसमेत गरेका छन्।,
डेंगी संक्रमणले कैलालीमा एक महिलाको मृत्यु |
सेतोपाटी संवाददाता जनकपुरबाट रेल चढाएर भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई उद्धार गरिएको छ।, जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर २३ लादोवेलका २३ वर्षीय दिलमहमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ विल्टाहाका २० वर्षीया रानी भन्ने मुस्कान मण्डलले दुई किशोरीलाई भारततर्फ लैजाँदै थिए।, शंका लागेपछि प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित इनरुवा रेल्वे स्टेसनमा उनीहरुलाई सोधपुछ गरेको थियो। उनीहरूले गोलमटोल जवाफ दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।, राम्रो काममा लगाइदिने भनेर किशोरीलाई दिल्लीतर्फ लैजाँदै गरेको अनुसन्धानबाट खुलेको छ।, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।, प्रहरीका अनुसार दिल्लीतर्फ लैजान उनीहरूले दुवै किशोरीलाई चार दिनदेखि जनकपुरमा राखेका थिए।, उनीहरुमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।,
रेल चढाएर दिल्ली लैजाँदै गरिएका दुई किशोरीको उद्धार, तीन जना पक्राउ |
नारायणकुमार राई/रासस प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुंगा) का मूर्तिहरू बन्न बन्द भएको छ। जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति थिए। स्वास्थ्यमा समस्या देखापरेपछि उनले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अब धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ।, ७२ वर्षीय धनकुटा नगरपालिका–६ निवासी जोशीले काम गर्ने क्रममा आफ्नो स्वास्थ्यले साथ नदिएपछि मूर्ति निर्माण काम गर्न छाडेको जानकारी दिए।, 'उच्च रक्तचापले बिरामी भएर हात कमजोर भयो, परिवारले पनि काम नगर्नु भनेपछि छाडिदिएँ', उनले भने।, यस क्षेत्रमा उनी झण्डै २५ वर्षसम्म क्रियाशील भए। वि.सं २०३० देखि १८ वर्ष सरकारी सेवा गरेर २०५२ सालमा निवृत्त भएपछि उनी यस क्षेत्रमा संलग्न भएका हुन्। , कुनै प्रशिक्षण नलिएका जोशीले सानैबाट मूर्तिकलामा रूचि भएकाले जागिर छाडेपछि यसलाई आफ्नो निर्वाहको माध्यम बनाउनु भएको थियो।, कलाकारितामा लागेपछि नाम र दाम मिलेको बताउँदै उनले भने, 'यसले मलाई पाँच जनाको परिवारको जीवनयापनका लागि सहज भएको थियो। अब यो काम छाडेपछि भने आर्थिक समस्याले पिरोलेको छ।' , उनले निर्माण गरेका पत्थरका मूर्ति विभिन्न मन्दिर र सार्वजनिक स्थलमा स्थापना गरिएका छन्।, प्रारम्भमा एक मूर्तिको एक हजार आठ सय रुपैयाँमा काम गरेका जोशीले पछिल्लो समय एक लाखसम्म लिने गरेको बताए। उनका अनुसार एक फुट पत्थरको मूर्ति बनाउन १५ दिनदेखि एक महिना लाग्ने गर्दछ। उनले आफूले निर्माण गरेका मूर्तिहरू जिल्ला बाहेक काठमाडौं, रोल्पा, तेह्रथुम, सुनसरीका लागि ७० भन्दा स्थानमा स्थापना गरिएको जानकारी दिए। , काठमाडौं त्रिभुवन विश्वविद्यालयका लागि लक्ष्मीप्रसाद देवकोटाको शालिक, धनकुटा छिन्ताङ्ग हत्या काण्डका १६ शहिदमध्ये १० वटा शालिक, धनकुटाका शहिद भीमनारायण श्रेष्ठको शालिक, धनकुटाका प्रजातन्त्र सेनानी डगलसिंह लिम्बूको शालिक जोशीका मुख्य कृति हुन्।, आफ्नो एकल प्रयासमा चार वर्ष लगाएर धनकुटा नगरपालिका–६ को लहरे चौतारा भन्ने स्थानमा निःशुल्क रूपमा विशाल पत्थरमा कुँदेर गणेश र महाकालीको मूर्तिसँगै मन्दिर र पार्क बनाएपछि जोशी देशभरि चर्चामा आएका थिए।, वि.सं २०५९ देखि २०६३ मा निर्मित यस श्री शक्ति विनायक मन्दिर तथा पार्कमा ती मूर्तिबाहेक सिमेन्टबाट बनेको सिड्नी साई बाबा, भीमसेन, गजराजलगायत विभिन्न मूर्तिहरू यहाँको मुख्य आकर्षण रहेको छ।, यस क्षेत्रमा नाम र दाम भए पनि नयाँ पुस्तामा जागरण र धैर्यता नभएकाले प्रस्तर कलालाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न नसकिएको उनको गुनासो छ।, 'अहिलेका पुस्ताहरू कम्प्युटरमा बटम थिचेर तुरून्त बन्ने वस्तु खोज्छन् तर पत्थरमा मूर्ति बनाउने त्यस्तो सोच र धैर्यताले सम्भव छैन', जोशीले भने।, नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९), साविक जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिकालगायत देशका विभिन्न संघ/संस्थाबाट उनी सम्मानित तथा पुरस्कृत भएका छन्।,
बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति |
सेतोपाटी संवाददाता रोल्पामा श्रीमान-श्रीमतीको शव फेला परेको छ। उनीहरूको हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ। , जिल्लाको माडी गाउँपालिका वडा नं. ३ तालावाङमा जिल्लाकै परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती बुधबार दिउँसो मृत फेला परेका थिए।, उनीहरू स्थानीय जयलाल डाँगीको घरमा मजदुरी गरी बस्दै आएका थिए।, मृत फेला परेका दुबै जनाको शरीरमा घाउ खत र चोटपटक देखिएको हुँदा उनीहरूको कसैले रातिमा विभत्स हत्या गरेको अनुमान भइरहेको एक प्रहरी अधिकारीले सेतोपाटीलाई बताए। , पुन दम्पतीको शव फेला परेको सूचना पाएलगत्तै घटनास्थलतर्फ गएका जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले भने घटनाबारे केही बताउन चाहेनन्। , ती प्रहरी अधिकारीका अनुसार दुर्गाले बिहेपछि श्रीमतीलाई घरमा समेत भित्र्याएका थिएनन्। उनीहरू बीचमा जिल्लाबाहिर इँट्टा भट्टामा काम गर्ने क्रममा प्रेममा परेपछि बिहे भएको भन्ने कुरा आफूले सुनेको ती प्रहरी अधिकारीले बताए। , ,
रोल्पामा श्रीमान-श्रीमतीको शव फेला, हत्याको आशंका |
रासस प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो। पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो। , सहरमा जताततै प्लास्टिक छन्। सहरको फोहोर व्यस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ। तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक। प्लास्टिक सडक सय मिटर मात्र छ। , चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो। , कम्पनीका मेकानिकल इञ्जिनियर विमल बाँस्तोला र सिभिल इञ्जिनियर राजिव सुवेदी प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान गएका थिए। त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो। यसमा उनीहरू सफल बने। यो प्रविधि अरू ठाउँमा पनि विकास गर्न चाहे पनि स्रोत साधनको कमी यतिखेर समस्याका रूपमा देखिएको छ।, यसका लागि प्लास्टिक टुक्रा पार्नुपर्छ। जुन काम गर्न मेसिन पाउनै मुश्किल छ। भएका मेसिन बिग्रिँदा बनाउनका लागि चीन वा भारत पुर्याउनुपर्छ। हैरानी खेप्नुभन्दा मेसिन नेपालमै बनाउनेतर्फ उनीहरू ध्यान मोडियो। अनुसन्धानकै क्रममा गण्डकी प्रदेशले सञ्चालन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘जिपास्ट’ सँग ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीले काम गरेको हो। 'हामीले प्लास्टिक टुक्रा कसरी बनाउने भनेर रिसर्च गरिरहेका थियौं', इञ्जिनियर विमल बाँस्तोलाले भने, 'त्यही क्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) सित कुरा भयो।', त्यसपछि आफूहरूको काममा जिपास्टले सहयोग गरेको उनले बताए। , उक्त प्लास्टिक पेल्ने मेसिनको अनुसन्धान विकासका लागि धेरै रकम आवश्यक पर्ने भएकाले जिपास्टले सहयोग गरेको बाँस्तोलाले जानकारी दिए।, 'अहिले हामीलाई धेरै कुरामा सहज भएको छ', उनले भने, 'प्लास्टिक सडक कार्यक्रम देशैभरि फैलाउने हाम्रो योजना छ, त्यसमा जिपास्टबाट सहयोग पाए सहज हुने थियो।', गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा नवीतम सोच राख्नेका लागि जिपास्ट स्थापना गरेको हो। , प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सहयोग पुर्याउन यसको स्थापना गरिएको प्रतिष्ठानका प्रमुख ढाका भण्डारीले जानकारी दिए।, यो स्थापना भएको २० महिना भयो।, 'प्रदेशभर विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियटिभ रूपमा लाग्नेहरूलाई सहयोग पुग्ने गरी यो प्रतिष्ठानको परिकल्पना अघि बढेको हो', उनले भने, 'स्थापना भएको छोटो समयमा पनि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै अन्य संस्था र व्यक्तिलाई सेवा दिन पाएका छौं।', प्रतिष्ठानले कर्मचारी भर्नादेखि प्रयोगशाला स्थापना, अनुसन्धानकर्ताका लागि फेलोसिप, अनुसन्धानका लागि लागत साझेदारी, वर्कसप, तालिमको काम गरिरहेको उनले जानकारी दिए।, जिपास्ट प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ।, प्रदेशलाई सक्षम बनाउन आवश्यकताका आधारमा प्रतिष्ठानलाई प्रयोग गर्ने मन्त्रालयको योजना छ। यसलाई अझै प्रभावकारी बनाउन यस वर्ष पनि नयाँ योजना बनाएर बजेट छुट्याइएको प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए।, मन्त्री श्रेष्ठले भने, 'लुप्त अवस्थामा रहेका चिजलाई अनुसन्धान गरेर कसरी उत्पादन बढाउने, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने कुरा जिपास्टसँग जोडिएको छ।', चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनी जस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा नवीनतम सोचका साथ काम गर्ने संघ वा व्यक्तिलाई सहयोग गर्ने जिपास्टको योजना रहेको उनले जानकारी दिए। ,
विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको 'जिपास्ट' |
सविना कार्की राम्रा सामुदायिक स्कुल, विद्यालय तहमै फाइन-आर्ट्स पढ्न, पढाउन चाहनुहुन्छ? हो भने विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएपछि ११ कक्षामै भर्ना पाइन्छ।, विद्यालयमै फाइन-आर्ट्स पढ्न चाहने विद्यार्थीका लागि संघीय राजधानी काठमाडौंस्थित शहीदशुक्र माध्यमिक विद्यालयमा यस्तो सुविधा उपलब्ध छ।, प्रधानाध्यापक कृष्ण अधिकारीका अनुसार चित्रकला सम्बन्धी रूचि भएका विद्यार्थीहरूलाई लक्षित गरेर शहीदशुक्रले कक्षा ११ मा चालु शैक्षिक वर्षमा 'फाइन-आर्ट्स' पढाउन सुरू गरेको छ। , शहीदशुक्रमा फाइन-आर्ट्सतर्फ २० जना विद्यार्थी ११ कक्षामा भर्ना भएका छन्। यसमा छात्राको रूचि बढी देखिएको छ। भर्ना भएमध्ये १३ जना छात्रा छन्। , स्कुलमा फाइन-आर्ट्स पढाइ सुरू भएपछि तल्लो कक्षाका विद्यार्थीलाई पनि चित्र कोर्न प्रेरणा मिल्ने प्रधानाध्यापक अधिकारीको विश्वास छ। फाइन-आर्ट्स शिक्षा तल्ला कक्षाहरूमा पनि पुर्याउने योजना रहेको उनले बताए। , फाइन-आर्ट्स अध्यापनका लागि स्कुललाई 'नेपाल व्यावसायिक कलाकार संघ' ले प्राविधिक सहयोग गर्ने भएको छ। आसपासका विद्यालयमा यो विषय नभएकाले आगामी दिनमा शहीदशुक्रमा विद्यार्थीको आकर्षण बढ्ने पनि प्रधानाध्यापक अधिकारीको अपेक्षा छ। , माध्यमिक तहमै फाइन-आर्ट्स पढाउनुलाई आफ्नो विद्यालयको पृथक प्रयास मानेका छन् उनले। भन्छन्, 'विद्यालयको यो फरक प्रयास हो। भविष्यमा फाइन-आर्ट्सका लागि शहीदशुक्र राम्रो प्लेटफर्म बन्नेछ।', शहीदशुक्रले यसै वर्ष कक्षा ११ को पढाइ सुरू गरेको हो। पहिलो वर्षमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पढाइ सुरू गरिएको छ। फाइन-आर्ट्स मानविकी संकाय अन्तर्गत पर्छ।, विद्यालयको भौतिक पूर्वाधार पनि सुधार हुँदैछ। विद्यार्थीहरूका लागि 'म्युजिकल हल' तयार हुँदैछ। यहाँ विद्यार्थीले पढाइसँगै गीतसंगीतबाट मनोरञ्जन गर्न पाउनेछन्। फुर्सदको समयमा हलमा संगीत सिक्न पाउनेछन्।, शहीदशुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारी। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, शहीदशुक्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रोशन शाह। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, चाँडै एक जना संगीत शिक्षक राख्ने तयारी भएको पनि प्रधानाध्यापक अधिकारीले बताए। , विद्यालयमा हाल १६ वटा कक्षाकोठामा पढाइ हुन्छ। थप १० वटा कोठा तयार हुँदै छन्। सभाकक्ष पनि बन्दैछ।, हाल विद्यालयमा पूर्व प्राथमिकदेखि कक्षा ११ सम्ममा चार सय जना विद्यार्थी छन्। भौतिक पूर्वाधारअनुसार यो संख्या निकै कम हो।, प्रधानाध्यापक अधिकारीका अनुसार कुनै समय थियो, शहीदशुक्रमा हजार जनाभन्दा बढी विद्यार्थी पढ्थे। विद्यालय नजिकै रहेको पुरानो बसपार्क विस्थापित भएपछि विद्यार्थी संख्या ह्वात्तै घट्यो। कोरोना महामारीमा त दुई सय जना मात्रै बाँकी रहे। , कोरोना संक्रमण मत्थर भएर भौतिक उपस्थितिमा पढाइ सुरू भएपछि फेरि विद्यार्थी संख्या बढ्दै गयो। अभिभावकहरूको आकर्षण अंग्रेजी माध्यमतर्फ भएकाले पनि विद्यार्थी संख्या घटेको सहायक प्रधानाध्यापक रोशन शाहको निष्कर्ष छ। यही निष्कर्षका आधारमा शहीदशुक्रले अंग्रेजी माध्यममा पढाउन सुरू गर्यो। निष्कर्ष सही ठहरियो, किनभने विद्यार्थी संख्या पनि बढ्न थाल्यो। , हाल विद्यार्थीको रोजाइअनुसार अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। , यहाँ बिहानी र दिवा गरी दुई सत्रमा पढाइ हुन्छ। कक्षा ९ देखि ११ सम्म बिहान ६ बजेदेखि ११ बजेसम्म पढाइ हुन्छ। पूर्वप्राथमिकदेखि कक्षा ८ सम्मका विद्यार्थी बिहान ११ बजेदेखि ५ बजेसम्म पढ्छन्। कक्षा तीनसम्मका विद्यार्थीले अपराह्न तीन बजे छुट्टी पाउँछन्। , विद्यार्थीहरू सात वटै प्रदेशका छन्। दोलखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका विद्यार्थी धेरै छन्। विद्यालयमा २६ जना शिक्षक छन्। यीमध्ये २१ जना सरकारी दरबन्दीमा र बाँकी निजी स्रोतमा छन्। , प्रधानाध्यापक अधिकारीका अनुसार अहिले विद्यालयले विद्यार्थी संख्या बढाउनमा जोड दिएको छ।, 'बितेका दुई वर्ष हामीले पूर्वाधार थप्यौं। हाम्रो ठाउँले भ्याएसम्म संरचना खडा गर्ने काम सकेका छौं,' उनले भने, 'अब विद्यार्थी संख्या बढाउनेतिर सिंगो विद्यालय लागिपरेको छ।' , कोभिड महामारीपछि निजी विद्यालयबाट पनि विद्यार्थीहरू शहीदशुक्रमा आउन थालेको अधिकारीले बताए। अंग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थी संख्या बढेको उनको भनाइ छ।, उनले भने, 'सामुदायिक विद्यालयमा विद्यार्थीले छात्रवृत्ति पनि पाउँछन्। एसइईको नतिजा राम्रो हुँदै गएको छ। विद्यार्थी संख्या पनि बढेको छ।', विद्यालयहरूमा शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढ्दो छ। राजधानी काठमाडौंका धेरै विद्यालयले विद्युतीय स्मार्ट-बोर्ड राखेर पढाउन थालेका छन्। शहीदशुक्रले पनि स्मार्ट-बोर्ड राखेको छ। समयको मागअनुसार विद्यालयले आधुनिक प्रविधिमा जोड दिएको प्रधानाध्यापक अधिकारीले बताए। स्मार्ट-बोर्डमा श्रव्यदृश्यसहित पढाउन सकिन्छ। , अहिले स्मार्ट-बोर्ड सबै कक्षामा पुगिसकेको छैन। सबै कक्षामा राख्न पहल भइरहेको प्रधानाध्यापक अधिकारीले बताए। उनका अनुसार सूचना, सञ्चार र प्रविधि (आइसिटी) का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष ६ लाख ५० हजार रूपैयाँ बजेट प्राप्त भएको थियो। , विद्यालयले प्रविधिअनुकूल पुस्तकालयको सफ्टवेयर पनि बनाउँदै छ।, 'पुस्तकालयमा नभएको पुस्तक पनि सफ्टवेयरमार्फत खोजेर पढ्न मिल्छ। अडिओ, भिडिओ पनि हुन्छ,' उनले भने।, अब विद्यार्थीको हाजिरी पनि सफ्टवेयरबाटै हुनेछ। विद्यालयले शिक्षण सिकाइ सहज बनाउन अधिकतम प्रयास गरेको उनले बताए। , पाँच कक्षासम्मका विद्यार्थीका लागि खानाको प्रबन्ध छ। उनीहरूले बिहानको खाना विद्यालयमै खान पाउँछन्। खानाका लागि 'चाइना फाउन्डेसन पोभर्टी एलिभेसन फर नेपाल' ले आर्थिक सहयोग गरेको छ। उक्त संस्थाले विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री पनि सहयोग गरेको उनले बताए। , विद्यार्थीहरूलाई खाना र खाजा खुवाउन विद्यालयमा तीन जना 'आमा' छन्।, 'विद्यालयमै खाना र खाजा पाउने भएपछि विद्यार्थीहरू चाँडै आइपुग्छन्,' प्रधानाध्यापक अधिकारीले भने, 'सामुदायिक विद्यालयमा हुनुपर्ने यस्ता थुप्रै सुविधा हामीले दिएका छौं।' , शहीदशुक्र माध्यमिक विद्यालयको स्थापना २०१८ सालमा भएको हो। राणा शासनविरूद्धको क्रान्तिका शहीद शुक्रराज शास्त्रीकी माइली बहिनी चन्द्रकान्ता देवी मल्लले महिलालाई र विपन्न परिवारका बालबालिकालाई पढाउन एउटा स्कुल खोलेकी थिइन्। विद्यालयको अभिलेखअनुसार उक्त स्कुल 'किलागत खिउँल' टोलमा थियो। , त्यही स्कुल हालको शहीदशुक्र माध्यमिक विद्यालय हो। यो विद्यालय २०३४ सालमा एसएलसी परीक्षामा सहभागी भएको थियो। विद्यालयले माध्यमिक कक्षा पढाउन २०३१ सालमा स्वीकृति पाएको थियो। विद्यालय २०२८ सालमा बागबजारको अद्वैत मार्गमा सरेको हो। यो विद्यालय कुल ती रोपनी क्षेत्रफलमा रहेको छ।, प्रधानाध्यापक अधिकारीका अनुसार विद्यार्थीको लेखन र बौद्धिक क्षमता अभिवृद्धिका लागि हाजिरीजवाफ; कविता, कथा लेखनजस्ता प्रतियोगिताहरू हुन्छन्। ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, कराते लगायतका खेलकुद पनि हुन्छ। , शहीदशुक्रलाई काठमाडौं महानगरपालिकाले नमूना विद्यालयमा छनौट गरेको छ। महानगरले 'एक वडा, एक नमूना विद्यालय' भन्ने गरेको छ। , प्रधानाध्यापक अधिकारी चाहिँ आफ्नो विद्यालय नमूना बन्ने प्रयासमा रहेको बताउँछन्।, 'हाम्रो स्कुललाई साँच्चैको नमूना बनाउन व्यवस्थापन समितिसहित सिंगो विद्यालय परिवार सक्रिय छ,' उनले भने।, सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, , यी पनि पढ्नुहोस्ः , १४५ वर्ष पुरानो स्कुल जहाँ टाढा-टाढाबाट आउँछन् संस्कृत पढ्न, नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल, अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, , काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी,
साँच्चैको नमूना बन्ने प्रयासमा छ काठमाडौंको यो सामुदायिक स्कुल |
सेतोपाटी संवाददाता नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन्। २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ। ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन।, प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्कअनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ। विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत पाएका छन्।, सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ। १ नं प्रदेशमा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ।, ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ। झापा, मोरङ, सुनसरी, धनकुटा,सप्तरी, सिराहा, धनुषा,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा,रामेछाप, दोलखा,काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर सारभूत रूपमा विद्युतीकरण भएका जिल्लाहरू हुन्।, यसैगरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा,पर्वत, मुस्ताङ, बागलुङ, गुल्मी, प्युठान, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा सारभूत रूपमा विद्युतीकरण भएको छ।, इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, खोटाङ, उदयपुर, सिन्धुली, मकवानपुर,गोरखा, पाल्पा, म्याग्दी, रूकुमपश्चिम, डाटी र डडेल्धुरा गरी १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ। ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गा, मनाङ, रोल्पा, सल्यान सुर्खेत, दैलेख, अछाम र दार्चुला गरी १० जिल्लामा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ।, रूकुमपूर्व, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी ७ जिल्ला २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्लामा पर्दछन्। सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी ४ जिल्लामा ० देखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ।, डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन। राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत् विद्युतीकरण गर्ने सरकारको कार्यक्रम छ। , प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्ष (सन् २०२४)भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई पूरा गर्न योजनाबद्ध रूपमा काम भइरहेको बताए।, ‘आर्थिक वर्ष २०७२/७३मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो भने अहिले ९२.५१ प्रतिशतमा पुगेको छ, ७ प्रदेशमध्ये ४ प्रदेश करिब करिब पूर्ण विद्युतीकरण भएका छन्’, उनले भने,‘भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युतीकरणमा केही ढिलाइ भएता पनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत पुर्याउने गरी उच्च प्राथमिकताका साथ काम भइरहेको छ, यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनौटका लागि टेन्डर आह्वान गरिसकेका छौं।’, प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गर्दै छ। सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युतको पहुँच विस्तारमा रकम जुटाइएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।, प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललले कोभिड-१९ महामारीको प्रभाव, निर्माण सामग्री तथा उपकरणहरूको मूल्य वृद्धि, विश्वव्यापी रूपमा बिग्रिएको आपूर्ति चेनको अवस्थामा पनि गत आवमा थप १० जिल्लालाई सारभूत रूपमा विद्युतीकरण गर्न सकिएको बताए। उनले भने, ‘आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहहरूमा विद्युतीकरण गर्न टेण्डरको प्रक्रियामा गइसकेका छौं।’,
४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम |
रञ्जिता अधिकारी/रासस तीजको रौनक जताततै थियो। तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदी-बहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फर्किंदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो। यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए।, मंगलबार बेलुकी करिब साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो। नौ जना घाइते भए। सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ। तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हेरेर टोलाउँदै आँसु पुछ्दै गरेकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भनिन्, 'सँगै नाचेको भिडिओ टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई आँखा अगाडि गुमाउनुपर्यो, मनै थाम्नै सकिएको छैन।', सोह्र वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुपर्यो। आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उनले बताइन्। यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ।, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिइन्। उनलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ। मंगलबार बेलुका ५ बजे घटना भएको थियो उपचारका लागि घोराही ल्याउँदा बुधबार ५ बजेको थियो।, गुरौँगाउँबाट उनीसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो। यमकुमारीलाई चट्याङ लाग्दा आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा साहको घटनास्थलमै मृत्यु भयो।, आँखा अगाडि छोरी गुमाउनुपर्दा उनलाई सम्हालिन गाह्रो भएको छ। यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ।, ‘नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो दुई बजेदखि नाच्न गएका थियौं, ठूलो पानी पर्न थालेपछि साँझ पाँच बजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौं, होश आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन’, उनले भनिन्।, चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियौं। अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन्। त्यो घटनाले मन स्थिर हुनसकेको छैन। , घाइतेलाई उपचारका लागि समयमै अस्पताल पुर्याउन सकिएन। त्यो ठाउँ भौगोलिक रूपमा विकट छ। सडक र सञ्चारको सुविधा छैन। घटना भएपछि गाउँलेका घर-घरमा खबर गर्न हिँड्दाहिँड्दै थकाइ लागेको थियो। साँघुरो कच्ची बाटोका कारण डोको र कपडाको झोलुङ्गा बनाएर घाइतेलाई अस्पताल ल्याउनुपरेको सोही घटनामा परेकी घोराही–१२ की बेलकुमारी घर्तीले बताइन्।, घाइतेलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि नसकेको उनले बताइन्। गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा विदेशी भूमिमा गएका छन्। गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमात्रै रहेको बेलकुमारीको भनाइ थियो। ,
,
सोही वडाका वडाध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुःखी भएको बताए। यसका लागि नगर कार्यपालिकाबाट दुर्गमका नागरिकको आधारभूत सेवाका लागि विशेष पहल गर्न लगाउने बचन दिए।, ‘कहिले पनि त्यो ठाउँमा फोन लाग्दैन, बिजुली बत्तीको पनि व्यवस्था छैन, खानेपानीको समस्या पनि उस्तै छ’, उनले भने, ‘अब कसरी हुन्छ गुरौँका नागरिकका लागि केही गरेरै छाड्नेछु’, उनले भने।, घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बिरामीको उपचार गर्दा अस्पतालमा लाग्ने सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।, ज्यान गुमाएकाहरूको परिवारलाई विपद् व्यवस्थापन समितिबाट रकमसहित राहतको व्यवस्था गर्ने उनले बताए। घाइतेलाई मानसिक पीडा धेरै छ। उपचारसँगै परामर्शको काम भइरहेको सम्बद्ध चिकित्सकको भनाइ थियो।, चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीया निरुता साह, १५ वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यामुसरी थापा, ३८ वर्षीया यमकुमारी साह रहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। यसैगरी सामान्य घाइते हुनेमा चार वर्षकी जेनिशा साह, १४ वर्षीया अन्जना घर्ती, १५ वर्षीया सावित्रा वली, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली रहेको प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।,
चट्याङको आवाजले अझै झस्काइरहन्छ गुरौंगाउँवासीलाई |
एजेन्सी ब्राजिलमा २६ वर्षदेखि अमेजन जंगलमा एक्लै बाँचिरहेका आदिवासी पुरूषको मृत्यु भएको छ। उनको मृत्युसँगै अरू मान्छेको सम्पर्कमा नआएको उनको समुदाय नै दुनियाँबाट लोप भएको छ।, बिबिसीका अनुसार ब्राजिलका अधिकारीहरूले गत मंगलबार (भदौ ७) मा ती पुरूषको शव जंगलको बीचमा रहेको उनको झुपडीको छेउमा फेला परेको हो।, शरिरमा प्वाँखहरू लगाएको अवस्थामा उनको शव भेटिएको थियो। शव भेटिएको ठाउँ वरपर उनीमाथि आक्रमण भएको कुनै अवशेष नदेखिएकाले ती पुरूषको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने अनुमान गरिएको छ। आफू अब मर्छु भन्ने थाहा पाएपछि उनले प्वाँखले शरिर छोपेको हुनसक्ने अधिकारीहरूले बताएका छन्।, अमेजनको जंगलमा बाँकी संसारसँग नजोडिएका दर्जनौं आदिवासी समुदायहरू छन्। हालै निधन भएका ती पुरूषको समुदाय पनि कुनैबेला अमेजनको जंगलमा ठूलो संख्यामा थियो।, सन् १९७० को दशकमा जमिन अतिक्रमणकारीहरूले उनको समुदायको मानिसहरूलाई मारिदिएको विश्वास गरिन्छ।, सन् १९९५ मा अवैध खानी उत्खनन् गर्नेहरूले उनको समुदायका ६ जनाको हत्या गरेपछि उनी एक्लै परेका थिए।, ब्राजिलको आदिवासी मामिलासम्बन्धी निकायले उनी एक्लै बाँचिरहेका छन् भन्ने कुरा सन् १९९६ मा मात्रै थाहा पाएको थियो। त्यसपछि ती पुरूषको सुरक्षाका लागि सरकारले त्यो क्षेत्रलाई संरक्षण गरेको थियो।, अरू मानिससँग सम्पर्कमा नआउने भएकाले ती पुरूषको नाम के हो, उनी के भाषा बोल्थे भन्ने केही पनि पत्ता लाग्न सकेको थिएन। अनुसन्धानकर्ताहरूले उनको नाम ‘म्यान अफ द होल’ राखिदिएका थिए। किनकी उनी आफ्नो क्षेत्रको जमिनमा ठूला ठूला प्वाल बनाउँथे। तीमध्ये केही प्वाल जंगली जनावरलाई पासोमा पार्नका लागि हुन्थे भने केहीमा उनी आफैं लुक्थे।, ती पुरूषले मकैलगायत केही बाली लगाएको, मह, मेवा, केरा संकलन गरेको तथ्यहरू फेला परेका छन्। , सन् २०१८ मा अनुसन्धानकर्ताहरूले ती पुरूषको एउटा भिडिओ खिचेका थिए। त्यतिबेला उनी बञ्चरोजस्तो कुराले रूख काटिरहेका थिए। , अनुसन्धानकर्ताहरूले ती पुरूषको अहिले ६० वर्षको पुगेको हुन सक्ने अनुमान गरेका छन्।, उनको शव पोष्टमर्टम गर्न राजधानी ब्रासिलियाको अस्पतालमा पुर्याइएको छ। उनलाई कुनै रोग लागेको थियो कि थिएन भनेर जाँच गरिनेछ। उनको डिएनए पनि परीक्षण गरिने जनाएको छ।, ब्राजिलमा कुनै आदिवासी समुदाय लोप भएको यो पहिलो घटनाका रूपमा रेकर्डमा रहेको छ। अरू थुप्रै आदिवासी समुदायको लोप रेकर्डमै नरहेको हुन सक्ने विज्ञहरूले बताएका छन्।, ब्राजिलमा बाहिरी मान्छेको सम्पर्कमा नरहेका करिब ११४ समुदाय रहेको बताइन्छ। तर सरकारी निकायले अहिलेसम्म २८ समुदायलाई मात्र मान्यता दिएको छ। बाँकी ८६ समुदायले राज्यको कुनै संरक्षण पाएका छैनन्।, पछिल्लो समय अमेजन जंगलमाथि भइरहेको अतिक्रमणले जंगलभित्र बस्ने समुदायको अस्तित्वमाथि थप चुनौती थपेको छ। , ,
संसारको ध्यान ताने झुपडी छेउमा बितेका एक्ला पुरूषले |
सेतोपाटी संवाददाता रौतहटमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।, मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन्। उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए।, यस्तै चट्याङ लागेर एक जना घाइते समेत भएका छन्। सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन्। उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ।, बिहान उनीहरू चारै जना सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए। त्यसक्रममा उनीहरूलाई चट्याङ लागेको हो। , ,
रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु |
सेतोपाटी संवाददाता भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखिनै खुलेपनि सधैको वर्षमा झै यसपालि भीड छैन।, दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।, मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ। यद्यपि सधैको वर्षमा झै यसपालि पशुपतिमा भक्तजनको लाइन छैन। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको सानो समूह पशुपति क्षेत्रमा देखिन्छ।, मूल मन्दिर प्राङ्गणमा मात्र ब्रतालु लाममा बसेका छन्। बाहिरी क्षेत्रमा भीडभाड छैन। पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। कोषले यस वर्षको हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ ।, कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।, यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ । , पशुपतिनाथको बाहिरी मूलढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तिजमा पहिलोपटक खुला गरिएको हो । पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन।, वर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन् । तिजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ।, दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरी पारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ।, पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ।, हेर्नुहोस् तस्बिरहरू, हेर्नुहोस् पशुपति मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाहरू।,
पशुपतिमा छैन ब्रतालुको भिड, मूल मन्दिर प्राङ्गणमा मात्र ब्रतालु लाइनमा |
सेतोपाटी संवाददाता तिजको दिन आज काठमाडौं सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी खटिएका छन्।, पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंमा मंगलबार कूल दुई हजार चार सय प्रहरी खटिएका छन्।, एक हजार महिला प्रहरी र एक हजार चार सय पुरूष प्रहरी खटिएका छन्।, परिसरले सिफ्टअनुसार प्रहरी परिचालन गरेको हो। पशुपति क्षेत्रमा मात्रै एक हजार दुई सय प्रहरी परिचालन गरेको एसपी मैनालीले बताए।, यस्तै प्रहरीले सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ।, एम्बुलेन्स तथा चिकित्सकीय टोली पनि तैनाथ राखिएको एसपी मैनालीले जानकारी दिए।, परिसरले पाकेटमारी तथा गरगहना चोरी हुन सक्ने भन्दै सचेत हुन पनि आग्रह गरेको छ।, 'गरगहना लगाएर नआउन अनुरोध गरिएको छ। सकेसम्म सजिलो तरिकाले दर्शन गरी जाऔं भन्ने अनुरोध छ,' एसपी मैनालीले भने, 'गरगहना लगाउँदा चोरी हुन सक्ने सम्भावना पनि हुन सक्छ।',
तिजको अवसरमा सुरक्षाका लागि काठमाडौंमा खटिए दुई हजार बढी प्रहरी |
सेतोपाटी संवाददाता झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन्।, मंगलबार बिहान पौने ९ बजे भद्रपुर नगरपालिका-३ स्थित मेची नदी किनारमा १८ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, सोमबार अपराह्न पौने ५ बजे भद्रपुर-४ नर्सिङ बगान छेउमा रहेको मेची नदीमा पौडी खेल्ने क्रममा रंगिला चोक बस्ने १८ वर्षीय सामुएल भुजेल बेपत्ता भएका थिए।, उनलाई नदीले बगाएको भन्ने खबर प्रहरीले पाएको थियो। सोही खबरपछि प्रहरीको टोली खटिएर खोजी गरेको थियो।, खोज्ने क्रममा उनको शव फेला परेको हो।, घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
मेची नदीले बगाउँदा बेपत्ता युवक मृत फेला |
एजेन्सी भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्। मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा अडानी एलन मस्क र जेफ बेजोसपछि रहेका छन्।, उनको सम्पत्ति १३७ अर्ब डलर छ। टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्ति पछिल्लो समय घट्दा अडानीले १.१२ अर्ब डलर सम्पत्ति थपेका छन्।, अडानी अहिले एसियाकै धनी व्यक्ति हुन्। एसियामा संसारका झन्डै ६० प्रतिशत मानिस बसोबास गर्छन्। तर अहिलेसम्म कोही पनि संसारभरिका धनाढ्यको सूचीमा तेस्रो स्थानमा पुगेका थिएनन्। यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी र चीनका ज्याक मा कहिले पनि संसारका धनाढ्यको सूचीमा तेस्रो नम्बरसम्म पुग्न सकेका थिएनन्।, अम्बानी अहिले अर्बपतिको सूचीमा ११ औं स्थानमा छन् भने ज्याकमा ३५ नम्बरमा पुगेका छन्।, ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन्। उनी भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनीका मालिक हुन्।, उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टीसँग निकट सम्बन्ध छ। ,केही दिनअघि अडानीको कम्पनीले भारतको एनडिटिभीको बहुमत सेयर किन्ने बताएको थियो। , ,
भारतका अडानी बने संसारकै तेस्रो धनाढ्य |
सेतोपाटी संवाददाता ९ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्।, भक्तपुर जिल्ला अदालतले ९ लाख २४ हजार ८७० रुपैयाँ जरिवाना तोकेका फरार व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिए ।, मध्यपुर ठिमी नगरपालिका-५ घर भएका ५४ वर्षीय हरिकृष्ण प्रजापतिलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।, ‘दुषित लिखत दर्ता बदर, हक कायम’ शीर्षकमा उनलाई ९ लाख २४ हजार ८७० रुपैयाँ जरिवाना तोकेको थियो। सो फैसला कार्यान्वयन गर्नको लागि प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रहरीले अदालतमा पेश गरेको छ।,
९ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ |
सेतोपाटी संवाददाता मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको भुइँतलामा एक महिला मृत फेला परेकी छन्।, वीरेन्द्रनगर-८ मा रहेको व्यवस्थापन संकायको भवनमा अन्दाजी २९ वर्षीया महिला मृत फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।, मृतकको पहिचान भने खुलेको छैन।, सोमबार अपराह्न साढे चार बजे महिला मृत अवस्थामा फेला परेकी हुन्।, मृत अवस्थामा फेला परेकी ती महिलाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, मृतकको शव पोष्टमर्टमका लागि प्रदेश अस्पताल कालागाँउमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएकाे छ।,
मध्यपश्चिम विश्वविद्यालयको भवनमा एक महिला मृत फेला |
नवीनबाबु गुरूङ काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण परिसरमा विद्युतीय सवारी साधन चार्ज गर्न स्टेशन स्थापना गरी सञ्चालनमा ल्याइएको छ।, मंगलबार ऊर्जा मन्त्री पम्फा भुसालले उक्त स्टेशनको शुभारम्भ गरेकी हुन्।, विद्युतीय सवारी प्रयोगलाई बढाउन र विद्युत खपत प्रवर्द्धनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।, देशका विभिन्न ५१ स्थानमा सवारी चार्जिङ स्टेशन स्थापनाका काम भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ।, यीमध्ये २६ वटा ठूला सवारी साधन र २५ वटा साना सवारी साधन चार्ज गर्न मिल्ने स्टेशन हुनेछन्।, सवारी साधन चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिन्छ।, करिब आधादेखि एक घन्टा चार्ज गर्दा व्याट्री पूर्ण चार्ज हुने पनि प्राधिकरणको भनाइ छ।,
विद्युतीय सवारी चार्ज गर्न रत्नपार्कमा स्टेशन (तस्बिरहरू) |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, घटना चालीस वर्षअघिको हो। पशुपति परिसरमा तीजको लोकभाका घन्किँदै थियो। राता पहिरनमा सजिएका महिलाहरू हरितालिका तीज मनाउन गरगहनासहित चिटिक्क परेर आएका थिए।, उमिशा पाण्डे पनि केटीकै पहिरन र गरगहना लगाएर तीज मनाउन पशुपति पुगेकी थिइन्। उनले जुन दिनदेखि आफू लैंगिक रूपले महिला भएको पहिचान गरिन्, त्यही दिनबाट तीजको व्रत बस्न सुरू गरेकी हुन्/, पशुपतिनाथ मन्दिरमा जम्मा भएका अरू दर्शनार्थीहरूले भने उमिशाको यो पहिचान स्वीकार गरेनन्।, 'मैले स्वीकार गरेको आफ्नो परिचय समाजलाई सह्य भएन। त्यस दिन पशुपतिमा जम्मा भएको भीडले ममाथि दुर्व्यवहार गर्यो। मलाई जिउमा चिमोट्ने र बचन सुनाउने गर्न थाल्यो,' चालीस वर्षअघिको तीज सम्झँदै उमिशाले भनिन्, 'मलाई एकदमै दु:ख लाग्यो। आफूलाई थाम्न नसकेर म आफ्न साथीहरूसँग सरासर घर फर्किएँ।', यो चालीस वर्षमा पशुपतिलाई किनार पारेर बग्ने बागमतीमा धेरै पानी बगिसक्यो। उमिशाजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको पहिचानलाई समाजले पहिलेभन्दा धेरै स्वीकार गर्न थालिसकेको छ। तर तीजमा व्रत बस्ने र मन्दिर गएर पूजापाठ गर्ने कुरा आउँदा भने आज पनि उनीहरूमाथिको विभेद उस्तै छ।, अघिल्लो वर्षको कुरा हो। चितवनकी नविना गुरूङ तीजको व्रत बसेकी थिइन्। उनी मन्दिरमै गएर भगवान शिवको पूजा गर्न चाहन्थिन्। तर जसै उनी मन्दिर छिर्न खोजिन्, त्यहाँका पुजारी र अन्य व्रतालु महिलाहरूले समेत उनको बाटो छेके।, 'मजस्तो पारलैंगिक मान्छेले मन्दिरको मूर्तिलाई छोयो भने अशुभ हुन्छ भन्दै मलाई पूजा गर्न दिइएन,' नविनाले भनिन्, ‘तिमीहरूले पूजा गर्यौ भने देवता पनि तर्सिन्छ, अशुभ हुन्छ भनेर बचन सुनाएपछि म मन्दिरभित्र जान पाइनँ। बाहिरैबाट पूजा गरेर घर फर्किएँ।’, यति मात्र होइन, त्यसै वर्ष तीजमा नारायणगढको एक महिला समूहले तीजको दर खाने कार्यक्रम राखेको थियो। कार्यक्रममा नवीना र उनकी साथी सुनिता तामाङ पनि गएकी थिइन्। त्यहाँ पूजापाठ केही थिएन तर सामान्य दर खाने कार्यक्रममा पनि आफूहरूमाथि विभेद गरिएको नविना बताउँछिन्।, 'केही महिलाले हामीलाई हेर्दै 'छक्काहरू पनि आएका रहेछन्' भनेर कानेखुसी गरे। हामीलाई राम्ररी नाचगान गर्न दिएनन्। दर खान लाम लाग्दा 'यस्ताहरूलाई किन बोलाएको होला? कार्यक्रम नै बिग्रियो' भन्दै मुख बिगारे। कतिले त हामीलाई धकेल्न पनि थाले,' उनले भनिन्।, उमिशा र नविनाजस्ता धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू तीज लगायत चाडपर्व मनाउँदा आफूहरूमाथि विभेद हुने गरेको बताउँछन्। खासगरी महिलाको पर्व भनिने तीजमै आफूहरूलाई मन्दिर छिर्न निषेध गरिँदा साह्रै खल्लो लाग्ने गरेको उनीहरूको अनुभव छ।, 'महिला अधिकार र बराबरीका कुरा गर्नेहरूले त हामीलाई विभेद गर्छन् भने अरूलाई बुझाउन त झन् धेरै समय लाग्छ,' नविनाले भनिन्, 'यो वर्ष चाहिँ अलि सुधारिएको देखिन्छ।', नविनाले तीजको व्रत बस्न थालेको पाँच वर्ष भयो। यसबीच उनले चाडपर्व बेला आफूमाथि विभेदपूर्ण व्यवहार गर्नेविरूद्ध प्रहरीमा उजुरी पनि दिन थालेकी छन्। यसरी उजुरी दिन थालेपछि विभेद कम हुँदै गएको उनको अनुभव छ।, 'विभेद हुँदैछ भन्ने चाल पाएपछि चुप लागेर बस्न नहुने रहेछ। जति चुप लाग्यो, विभेद उति बढ्छ। हामीले त्यसको विरोधमा बोल्नुपर्ने रहेछ,' उनले भनिन्।, मानव सचेत समाजका कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ पनि तीज मनाउन पहिलेभन्दा सहज हुँदै गएको बताउँछन्।, उनका अनुसार पहिला एउटा कोठाभित्र लुकेर र कसैले केही भन्लान् कि भनेर डराउँदै तीज मनाउनुपर्थ्यो। अहिले त्यो हट्दै गएको छ।, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि खुलेर बाहिर आउने र तीज बेला ठाउँठाउँमा खुलेर नाच्न थालेको उनी बताउँछन्।, नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरूङ सांस्कृतिक अधिकारका दृष्टिले पनि आफूहरूले तीज मनाउन पाउने बताउँछिन्।, 'तीजले हाम्रो समुदायका व्यक्तिहरूलाई दुःख पीडा पोख्ने ठाउँ दिएको छ। यो भनेको विवाहित महिलाहरू माइती गएर आफ्नो सुखदु:ख पोख्ने चाड हो। तर हामीलाई त परिवारले नै बहिष्कार गरेको छ, हामी कहाँ गएर आफ्नो सुखदु:ख पोख्ने? कसलाई गएर आफ्नो वेदना सुनाउने?’ गुरूङले भनिन्।, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका महिलाहरूलाई तीज मनाउन सहज होस् भनेर ब्लु डाइमन्ड सोसाइटीले आफ्नो स्थापनाकालदेखि तीज कार्यक्रम आयोजना गर्दै आएको छ। यसले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि तीज मनाउन सहज हुँदै गएको अध्यक्ष गुरूङ बताउँछिन्।, यी पनि पढ्नुहोस्ः , जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग', घरगाउँ गएर आफ्नो कथा सुनाउने सपना छ', जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्यो, पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी, हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान, ,
'अशुभ हुन्छ भन्दै हामीलाई मन्दिरको मूर्ति पुज्न दिइँदैन' |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका निमित्त आइजिपी सहकुल थापाले १५ बुँदे निर्देशन दिएका छन। , सातवटै प्रदेशका प्रमुखहरु, विमानस्थल प्रहरी र काठमाडौं उपत्यका ट्राफिकका प्रमुख, प्रदेश ट्राफिक कार्यालयका प्रमुखहरु लगायतका प्रहरीलाई थापाले मंगलबार १५ बुदेँ निर्देशन दिएका हुन। , निर्वाचन, शान्ति सुरक्षा, चाडबाड केन्द्रित सुरक्षा, अपराध अनुसन्धान, आर्थिक अपराध, सीमा अपराध लगायतका विषयमा केन्द्रित भएर निमित्त आइजिपी थापाले निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, त्यस्तै निमित्त आइजिपी थापाले ट्राफिक ब्यवस्थापन चुस्त बनाउन तथा थुनुवाहरुलाई विशेष ध्यान दिन पनि निर्देशन दिएका छन। , थापाले मिटर ब्याजीहरुविरुद्ध कडा भएर प्रस्तुत हुन निर्देशन दिएको एक डिआइजीले बताए।, 'मिटरब्याजका कारण धेरै परिवारविहिन भएका छन, प्रहरीले यसमा निर्मम भएर अनुसन्धान गर्नुपर्छ,' थापाले भने।, नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंह मंगलबार अमेरिकामा हुने 'पुलिस समिट'मा सहभागि हुन गएपछि थापाले निमित्त आइजिपीको जिम्मेवारी पाएका हुन।,
प्रहरीलाई निमित्त आइजिपी थापाको निर्देशन- मिटरब्याजीलाई नछाड्नू |
मन्दिरा घिमिरे काठमाडौं उपत्यकामा डेंगी संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।, अस्पतालमा बिरामीको संख्या बढेसँगै अस्पतालमा बिरामी राख्ने स्थान कम हुँदै गएका छन्। धेरै अस्पताल डेंगीको बिरामीले भरिएका छन्।, काठमाडौं उपत्यकामा धेरै डेंगीका बिरामी देख्न थालेपछि टेकु अस्पतालले सोमबारदेखि ‘डेंगी क्लिनिक’ को सुरूवात गरेको छ।, काठमाडौंमा डेंगी बिरामीको चाप बढेपछि डेंगी क्लिनिक दोस्रोपटक सञ्चालन गरिएको डाक्टर शेरबहादुर पुनले जानकारी दिए।, उनका अनुसार टेकु अस्पतालमा डेंगी क्लिनिक चलाइएको यो दोस्रोपटक हो। पहिलो सन् २०१९ मा डेंगी महामारी फैलिएको बेला चलाइएको थियो।, पहिले डेंगी क्लिनिकमा आउने बिरामीको संख्या उल्लेखनीय रहेता पनि यो पटक टेकु अस्पताल नै आउनेको संख्या केही कम हुने आशंका उनले गरे।, ‘पहिले प्राइभेट अस्पताल अहिले जति थिएन,’ उनले भने, ‘त्यहिकारण पनि मानिसहरू उपचारका लागि प्राइभेट अस्पताल नै पुग्छन्।’, पहिले टेकु अस्पतालमा डेंगी बिरामीले भरिएको र ठाउँको अभावले टेन्ट राखेर सेवा दिएको उनले स्मरण गरे।, ‘डेंगी रोग लामखुट्टेको टोकाइबाट आउने भाइरल ज्वरो हो,’ उनले भने, ‘विशेषतः एडिस जातिका एजिप्टाइ र अल्बोपिक्टस जातीका पोथी लामखुट्टको टोकाइले उक्त ज्वरो आउने गर्छ।’, पेट, टाउको, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुने, बान्ता लाग्ने, बान्ता गर्दा रगत आउने, आँखा दुख्नु डेंगीका सुरुवाती लक्षणहरू भएको पुनले बताए।, सुरूको दिनमा १०३, १०४ डिग्री ज्वरो आउने गर्छ। कसैलाई यो भन्दा बढी पनि आउन सक्ने उनी बताउँछन्।, डेंगीको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय भएको उनले बताए।, ‘मैले त फ्लेक्जन खाएँ, सिटामोल खाएँ तर ज्वरो घट्दै घटेन’ भनेर बिरामी आउने गरेको उनले बताए।, यस्तै केही समय राहत हुने भनी मानिसहरूले धेरै डोजको औषधी प्रयोग गरेको बताए।, ‘अहिले बिरामीहरूले आराम हुन्छ भनेर फ्लेक्जन जस्ता औषधीहरू खाएर आएको बताउनुहुन्छ,’ उनले भने, ‘त्यो गलत हो। बरू ज्वरो घट्दै घटेन भने तीन देखि चार समयसम्म सिटामोल नै प्रयोग गर्दा हुन्छ।’, धेरै फ्लक्जन प्रयोग गरेका बिरामीलाई सोही औषधीले आँखामा समेत समस्या पारेको उनले बताए।, उनका अनुसार शंकास्पद लक्षण लिएर दैनिक ओपिडीमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशतमा डेंगी संक्रमण नै पुष्टि हुने गरेको छ।, ‘ओपिडीमा आउने बिरामीको चाप अत्यधिक छ, इमर्जेन्सीमा पनि छन्। बेडले पनि धान्दैन,’ उनले भने, ‘त्यतिबेला एउटै बेडमा दुईजना बिरामी पनि राखेर उपचार गराएका छौं।’, इमर्जेन्सी र ओपिडीमा आउने ६० प्रतिशत बिरामीमा डेंगी पुष्टि हुने गरेको छ। यदी यही संख्यामा संक्रमित बढ्दै गए अस्पतालमा कोभिड संक्रमणकालको जस्तै अवस्था आउने उनले बताए।, टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार टेकुमा उपचार गराउन आउने ५० प्रतिशतमा डेंगी संक्रमण पुष्टि भएको छ।, त्यस्तै अस्पतालमा भर्ना भई उपचार गराएर ८८ जना गएका छन्। अहिले अस्पतालमा २२ जनाको उपचार भइरहेको र ४ जनाको आइसियूमा उपचार भइरहेको उनले बताए।, ‘केहि दिनअघि त उपचार गर्न बेड नै खाली थिएन,’ उनले भने, ‘अहिले केही कम देखिएको छ। तर पनि डेंगीको संक्रमण कम हुँदै गएको भन्न मिल्दैन।’, डेंगीको लक्षण देखिएर आउने बिरामीको संख्या बढेपछि क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले टेन्टमा राखेर पनि बिरामीको उपचार गरिरहेको छ।, सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी,
टेकुमा फेरि सञ्चालनमा ल्याइयो ‘डेंगी क्लिनिक’ (तस्बिरहरू) |
सेतोपाटी संवाददाता इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित पक्राउ परेका छन्।, लमजुङ दोर्दी गाउँपालिका-१ भर्तेका ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न मानव बेचबिखन ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।, इन्टरपोल मकाउको समन्वयमा उनलाई प्रहरीले मकाउमा पक्राउ गरेको थियो।, पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानडियन कम्पनीमा रोजगारी मिलाइदिने प्रलोभनमा पारेका थिए।, उनले पीडितहरूबाट २५ सय डलर र पासपोर्ट समेत लिएर दुबईमा राखेका थिए। दुबईबाट फेरि लिबिया पुर्याएका थिए। त्यहाँबाट इटाली लाने भन्दै पीडितहरूबाट तीन लाख रुपैयाँ लिएका थिए।, सो पैसा उनले आफ्नी श्रीमतीको खातामा जम्मा गराएका थिए। त्यसपछि उनी त्यहाँबाट फरार भएका थिए।, पीडितहरू लिबियाको शरणार्थी क्याममा राखिएका थिए। लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्ट स्थित नेपाली राजदूतावास र आइओएमको समन्जयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो।, पक्राउ परेका अधिकारीमाथि कारबाही तथा अनुसन्धानको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको छ।,
रेड नोटिस जारी भएका मानव बेचबिखन मुद्दाका फरार व्यक्ति मकाउबाट पक्राउ |
सेतोपाटी संवाददाता देशभर २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ३९२१ जनामा परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको छ।, आज २३२ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन्। सक्रिय संक्रमितको संख्या ३१४६ पुगेको छ।, पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर छन्।, संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु छन्।, , ,
थप २५७ मा कोरोना संक्रमण |
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।, सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।, पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।, अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए।, पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराले सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।,
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध |
नवीनबाबु गुरूङ काठमाडौंमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूले पनि तीज पर्व मनाएका छन्। नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को अगुवाइमा यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूले तीज पर्व मनाएका हुन्। , काठमाडौंको गैरीधारास्थित एक पार्टी प्यालेसमा उनीहरूले नाचगान गरी तीज मनाए।, लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले पनि तीज मनाउन पाउनुपर्छ भन्दै विगत एक दशकदेखि नीलहिरा समाजले कार्यक्रम आयोजना गर्दै आएको छ। , विवाहिता समलिंगी, तेस्रोलिंगी, पारलैंगिक महिलाहरूले जीवनसाथीको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै र अविवाहितले योग्य जीवनसाथी पाऊँ भनेर तीज पर्व मनाएको बताए।, 'समलिंगी, तेस्रोलिंगी माथि हुँदै आएको विभेद, दुर्व्यवहारविरूद्ध आवाज उठाउने अरू पर्व नभएकाले तीजलाई सुखदुःख साटासाट गर्ने अवसरका रूपमा मनाउन थालिएको हो,' नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन्।, यो पनि पढ्नुहोस्- ,'अशुभ हुन्छ भन्दै हामीलाई मन्दिरको मूर्ति पुज्न दिइँदैन', हेर्नुहोस् तस्बिरहरूः ,
यस्तो रह्यो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तीज (तस्बिरहरू) |
सेतोपाटी संवाददाता रोल्पाको माडी खोलामा गत शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका चालक मृत फेला परेका छन्।, नुवाकोट ककनी गाउँपालिका-४ चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका हुन्।, बा ७ च ५००२ नम्बरको जिप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक तामाङ बेपत्ता भएका थिए।, घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलो मिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।, तामाङ काम गर्ने निर्माण कम्पनीका प्रोपाइटर सिद्धार्थ तामाङले शव बुद्धिबहादुरकै भएको पहिचान गरेको सापकोटाले उल्लेख गरे।, प्रजिअ सापकोटाले शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल लिवाङ ल्याउने तयारी भइरहेको बताए।, यसैबीच हराएका चालक तामाङ मृत फेला परेको विषयमा प्रजिअ सापकोटाले नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका पोलिट ब्युरफ सदस्य हितबहादुर तामाङलाई जानकारी गराएका छन्।, आफ्नो जिल्लाका नागरिक रोल्पामा सडक दुर्घटनामा परी बेपत्ता भएको जानकारी पाएपछि सांसद तामाङले प्रजिअ सापकोटालाई टेलिफोन गरी उनको खोजीमा तदारुकता देखाउन आग्रह गरेका थिए।, ‘रोल्पाका प्रमुख जिल्ला अधिकारीले मलाई फोन गरेर हराएका चालक मृत भेटिएको जानकारी गराउनुभएको छ,’ सांसद तामाङले भने।,
रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक मृत भेटिए |
सेतोपाटी संवाददाता हाल देशभर मौसम सामान्यदेखि पूर्णतया बदली रही काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही, प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख गरिएको छ। बुलेटिनअनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, भोलि बिहिबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार पनि प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, वर्षाको सम्भावना रहेकाका स्थानमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।,
शुक्रबारसम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह |
सेतोपाटी संवाददाता अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्।, पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका प्रहरीले जनाएको छ।, मंगलबार बेलुकी करिब ११ बजे उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो।, उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए।, टाउकोमा चोटपटक लागेको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीले जानकारी दिए।, ‘सडकमाथि ठूलो भिर छ, त्यहीँबाट लडेको हो की भन्ने शंका छ। यद्यपी हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने।,
अछाममा मृत भेटिए युवा |
सेतोपाटी संवाददाता चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ।, १२ जना घाइते छन्।, घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए।, घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो।, डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए। घटनास्थलतर्फ प्रहरी पठाइएको र चार/पाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए।, त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन।,
चट्याङ लागेर दाङमा २ को मृत्यु, १२ जना घाइते |
सेतोपाटी संवाददाता तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ।, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ।, उनी वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झडप भएको थियो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका थिए।, घटनामा संलग्नको खोजी भइरहेको उनले बताए। जिसीलाई अस्पताल पुर्याउने व्यक्तिहरुलाई घटनाका बारेमा सोधपुछ भइरहेको उनले बताए।,
नाचगान हेर्न गएका युवाको सुर्खेतमा हत्या |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आजबाट कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ।, महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।, यसअघि महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि आजबाट निःशुल्क पार्किङ सेवा सञ्चालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।, पार्किङ शुल्क हटेसँगै यहाँ २२५ वटा मोटरसाइकल एकतर्फी रूपमा सेवाग्राही र अन्यले निः शुल्क पार्क गर्न पाउँछन्। , यसअघि ललितपुर महानगर अगाडिको सडकमा वडाले सवारी पार्किङ गरेवापत पैसा लिँदै आएको थियो।, , यसअघि सार्वजनिक सडकमा जथाभावी सवारी शुल्क लिँदै आएको गुनासो बढेपछि महानगरले कुमारीपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको छ।, निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक-चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि महानगरले ल्याएको छ ।, सडकका दुबै किनारमा सवारी साधन पार्किङ गरिँदा यातायात र पैदलयात्री आवागनमा ठूलो समस्या रहेको देखिन्छ । सहरका भित्री सडकमा देखिने गरेका समस्याले मुख्य सडकमार्गमा सवारीको जाम बढ्ने गरेको छ ।, त्यसैलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई जरिवाना तिराउने निर्णय गरेको हो।, जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीलाई जरिवाना तिराउन र पाङ्ग्रा (ह्विल) लक गर्न थालिएको ललितपुर नगर प्रहरी प्रमुख हाछेथुले जानकारी दिए।, नगर प्रहरी र ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा उक्त कार्यक्रम शुरु गरिएको हो । पैदलयात्रीलाई हिँड्न असहज हुने ढंगले जथाभावी पार्किङ गरिएकाले यो कदम चालिएको बताइएको छ। , ‘हामीले ललितपुरमा पर्याप्त पार्किङ क्षेत्र छुट्टाएका छौं। जथाभावी पार्किङ गर्नेक्रममा केही कमि आएको छ। आगामी दिनमा सबै नागरिक सचेत हुनेछन्,’ उनले भने, ‘कारबाही र जरीवाना हाम्रो उद्देश्य होइन। हामी त स्वच्छ र स्वस्थ्य सहरको परिकल्पनामा लागेका छौं।’, ललितपुर महानगरले बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृति लिएका व्यापारिक भवनहरूको अनुगमन भइरहेको र मापदण्ड विपरित अन्य ब्यापारिक प्रयोजनका लागि बनाइएका संरचना हटाइने जानकारी दिए।, महानगरले असार ६ गते नै जमिन तला, बेसमेन्टलाई गाडी पार्किङकै रूपमा सञ्चालन गर्न सूचना जारी गरिसकेको भन्दै प्रमुख महर्जनले हालसम्म प्रयोजनबमोजिमकै संरचना भेटेका र अनुगमनका क्रममा प्रयोजनविपरीत प्रयोग गरेको पाइए कारबाही गर्ने बताए।, ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले ललितपुरलाई ट्राफिक व्यवस्थापनमा चुस्त दुरूस्त राख्न आफूहरूले काम गरिरहेको बताए। उनले भूमिगत पार्किङ भएका भवनको निगरानी गरिरहेको र नियम विपरित संरचना बनाएको पाइएमा कारबाही गर्नेसमेत बताए। , ‘६ असारमै हामीले ट्राफिक व्यवस्थापनबारे मेयरसाबले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, त्यसको १५ नम्बर बुँदामा हामीले सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजन अनुसार छ क छैन भनेर अनगुगन गर्ने योजना बनाएका थियौं,’ कुरा गर्दै ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुले भने,’ त्यसअनुसार हामीले पार्किङको सहज व्यवस्थापनका लागि अनुगमन गरेर काम गरिरहेका छौं।’, थापाथली पुलदेखि कानदेवतास्थानसम्म दुर्घटना हुनसक्ने गरी राखिएको सिमेन्टको ब्लक हटाएर प्लाष्टिकको डिभाइडर राख्ने निर्णय महानगरले कार्यान्वयन गरिसकेको छ। ,
ललितपुर महानगरअगाडि पार्किङ गर्न अब पैसा नलाग्ने |
एजेन्सी छिमेकी मुलुक भारतमा गत वर्ष औसतमा दैनिक ८७ जना महिलामाथि बलात्कार भएको भन्दै उजुरी परेका छन्।, भारतको नेशनल क्राइम रेकर्ड्स ब्युरोले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२१ मा भारतभरि बलात्कारसम्बन्धी ३१ हजार ६ सय ७७ उजुरी दर्ता भएको द वायरले जनाएको छ।, सन् २०२० भन्दा २०२१ मा भारतमा बलात्कारका घटना झन्डै २० प्रतिशतले बढेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ।, बलात्कारसम्बन्धी सबैभन्दा धेरै उजुरी राजस्थानमा दर्ता भएका छन् भने दोस्रो स्थानमा मध्यप्रदेश र तेस्रोमा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश छ।, भारतभरि गत वर्ष ४ लाख २८ हजार बढी महिला हिंसाका घटना भएका छन्।, ,
भारतमा भए एक वर्षमा ३१ हजार बलात्कारका घटना |
सेतोपाटी संवाददाता किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने भएको छ।, समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनाएको छ।, ‘काठमाडौंमा सडक संघर्ष सुरू भएको आगामी बिहीबार एक महिना पुग्छ। सो दिन संघर्ष समितिको आह्वानमा किसान-मजदुर मार्च हुँदैछ। विभिन्न दलसँग आबद्ध किसान तथा मजदुर संगठन, अन्य पेशागत संगठन र सम्पूर्ण अधिकारकर्मीलाई यस मार्चमा उत्साहप्रद सहभागिता जनाउन संघर्ष समिति हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।, सरकारले दृष्टिबन्धकलगायत अन्य तमसुक अवैध घोषणा गर्दै किसानलाई क्षतिपूर्ति दिनुपर्ने समितिको माग छ।, यस्तै, आफ्नो मागलाई पन्छाउँदै सरकारले सहसचिवको संयोजनमा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल गठन गरेता पनि उक्त कार्यदलमा पीडित पक्षको सहभागिता नभएकाले राज्यप्रति आशा गरे पनि भरोसा गरिहाल्ने आधार नभएको समितिको ठहर छ।, समितिले गिरफ्तार गरिएका मिटरब्याजी साहुहरू धरौटीमा छुट्ने सिलसिला तत्काल बन्द गर, तत्कालै सरकारले ऋणभन्दा बढी रकम तिरिसकेका किसानलाई ऋणमुक्त घोषणा गर, बन्धक बनाइएका जमिन फुकुवा गर्ने प्रतिवद्धतासहित शीघ्र काम थाल जस्ता माग राखेको छ।, ,
बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान-मजदुर मार्च |
नारायण खड्का तीजको उल्लासमा दिनभर एकै ठाउँमा भेला भई नाचगान गरी पूजाको लागि घरतर्फं फर्किंदै गरेकाहरूमाथि चट्याङ पर्दा दुई किशोरीको ज्यान गएको छ। , मंगलबार बेलुका साढे ६ बजेतिर नाचगान सकेर ब्रतालु दिदी-बहिनीहरू घरतर्फ पूजा आराधनाका लागि फर्कंदै गर्दा स्थानीय कुलवीर बुढाको घरनजिकै चट्याङ परेको थियो। जसका कारण १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनिषा शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, बुधबार बिहान प्रहरीसँगै वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षत्रीअनुसार उनीहरू घोराही उपमहानगरपालिका वडा नं. १२ गुरौं गाउँको डाँडोमा भेला भई नाचगान गरेका थिए। सँगै रहेका अन्य नौ जना महिला दिदी बहिनी पनि बेहोस भएर भुइँमा लडेको अवस्थाले गाउँमा ठूलो बज्रपात परेको भनेर स्थानीयले आफूलाई खबर गरेको वडाध्यक्ष क्षत्रीले बताए। , घाइते थप चार जनालाई डोकोमा बोकेर घोराही बजारस्थित अस्पताल ल्याउन थालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। , घटनाका चार जना मध्यम खाले घाइते भएका छन्। उनीहरू १५ बर्षीया निरुता शाह, २० वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यमसरी थापा र ३८ वर्षीया यमकुमारी शाह हुन्। , प्रहरीका अनुसार उनीहरू सबै बोल्ने सक्ने अवस्थाका छन्। तीबाहेक अन्य पाँच जनाको अवस्था सामान्य छ। , सुरूमा प्रहरीले थप १२ जना घाइते रहेको बताए पनि पछि नौ जनामात्रै घाइते रहेको जानकारी दिएको छ। , दाङ र रोल्पाको सीमाना क्षेत्र गुरौं गाउँमा पुग्न प्रहरीलाई पैदल चार घन्टा लागेको डिएसपी गौतमले बताए। , ‘पहाडको अप्ठ्यारो भूगोल छ,’ डिएसपी गौतमले भने, ‘त्यसैले घाइतेलाई डोकोमा राखेर बोकेर ल्याउनुपर्ने अवस्था छ।’ , मृतकको शव पनि डोकोमै बोकेर पोष्टमर्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउन थालिएको उनले जानकारी दिए।, बाटो नभएको ठाउँसम्म सबैलाई डोकोमा बोकेर ल्याउन र बाटो भएको ठाउँसम्म प्रहरी र नगरपालिकाको गाडीले अस्पतालसम्म ल्याउने तयारी गरिएको छ। , घटनाबारे बुधबार बिहानमात्रै वडाध्यक्ष द्रोणबहादुर बहकरीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलतर्फ प्रहरी खटाइएको थियो। प्रहरी बिहान १० बजे मात्रै घटनास्थल पुगेको थियो। , त्यसअघिसम्म विकट ठाउँ भएको हुँदा प्रहरी र वडाध्यक्षलाई समेत फोन सम्पर्क हुन सकेको थिएन।, वडाध्यक्ष क्षत्रीले तीजको उल्लासमा निराहार ब्रत बसेर छरछिमेकका महिला दिदी बहिनी डाँडोमा भेला भई नाचगान गरी घरतर्फ फर्कने समयमा परेको चट्याङले दुई किशोरीको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको बताए। , घटनापछि स्थानीयलाई सम्झाउन बुझाउन निकै कठिन भइरहेको उनले सेतोपाटीलाई बताए। चट्याङले दुई किशोरीको मृत्युपछि उल्लासको समयमा गाउँ घर सबैलाई आँसुमा डुबाएको उनले बताए।,
तीजको ब्रत तोड्न पाएनन् दीपा र मनिषाले |
नवीनबाबु गुरूङ आज गणेश चौथी। भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ।, हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन्। आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ। आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड छ।, गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु मोदक बोकेर पुगेका छन्। कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ। आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ।, हरितालिका तिजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ। हिजो व्रत बसेका महिलाहरुले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन्। यस दिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ।, भोलि (बिहीवार) ऋषिपञ्चमी पर्व मनाइएपछि तिज औपचारिक रुपमा समापन हुन्छ। गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन्। आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ। चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ। कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ।,
आज गणेश चौथी मनाइँदै (तस्बिरहरू) |
रासस धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन। उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । , फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो ।, उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताए। समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ ।, डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाबाट निस्किएका प्लास्टिकजन्य बस्तु तथा नकुहिने फोहर सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। , कालिकोटेले यही भदौ १२ गते सव डिभिजनलाई पत्र लेखेका छन्। सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ। जिल्लाको पत्र आएलगत्तै पाँचकन्या सव डिभिजनले सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहर नफाल्न उपमहानगपालिकालाई पत्राचार गरेको छ।,
वन क्षेत्रमा फोहर नफाल्न धरान उपमहानगरपालिकालाई पत्र |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।, तिजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन्।, तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ।, कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ।, ‘गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकिएको’ छ।,
तिजका लागि पाशुपत क्षेत्रमा मासु, मदिरालगायत बिक्रीमा रोक |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ।, आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए।, माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए।, भेरी नगरपालिका १ मैतेस्थित माइतीमा दर खाएर उनी घर फर्कदै थिइन्। पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए।, आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो।, आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो। पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो। दुई जनाको मृत्यु भएको र एकको उपचार जारी रहेको प्रहरीले जनाएको छ।,
पहिरोमा परेर रूकुम पश्चिममा आमा-छोरीको मृत्यु, अर्की छोरीको उपचार जारी |
नवीनबाबु गुरूङ न्यूरोडको सुरज आर्केडको पार्किङ आज काठमाडौं महानगरपालिकाको टोलीले खाली गर्ने भएको छ।, महानगरको टोली आउने भनेर पत्रकारहरू पुगेपछि आर्केडका पसल बन्द गरिएका छन्। व्यापारीहरू त्यहाँबाट निस्किएका छन्।, आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ। ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा महानगर छ।, काठमाडौं महानगरले पछिल्लो समय सरकारी तथा निजी भवनहरूका पार्किङ खाली गराइरहेको छ।, तस्बिरहरू:,
पार्किङ खाली गर्न महानगर आउने भएपछि न्यूरोडको सुरज आर्केडका पसल भए बन्द (तस्बिरहरू) |
रासस १३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ ।, भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो ।,
विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ ।, कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिए ।, उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ । ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’ उनले भने, ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौं ।’, उनले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताए । ‘परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन्’ उनले भने, ‘रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक/दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।’, सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने बताए । ‘भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ विषादी परीक्षण नगरी तरकारी आयात हुन दिनुहुँदैन’ उनले भने, ‘परीक्षणकै लागि नाकामा लामो समय तरकारीका गाडी रोकेर राख्नुपर्ने बाध्यता छ ।’, उनले गड्डाचौकी भन्सार कार्यालयमा प्रयोगशाला भएर व्यवसायीलाई सहज हुने बताए ।, पछिल्लो केही वर्षयता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको अध्यक्ष सुनारले जानकारी दिए ।, अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेको व्यवसायी बताउँछन् । ‘आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ ।’ सब्जीमण्डीका तरकारी व्यवसायी सन्तोष महरले भने, ‘७० प्रतिशत स्थानीय उत्पादन छ ३० प्रतिशत मात्रै बाहिरबाट आउँछ ।’, सिजनको बेला स्थानीय उत्पादन प्रशस्त हुने भए पनि शीतभण्डारको अभावका कारण अफ सिजनका बेला भारतबाट तरकारी आयात हुने गरेको व्यवसायीका बताउँछन् ।,
भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला |
नवीनबाबु गुरूङ येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा हरेक वर्ष हामीले यसिं (लिंगो) तानेको, उठाएको र ढालेको देख्दै आएका छौं। एक सातासम्म चल्ने इन्द्रजात्रा हनुमानढोकामा यसिं उठाएपछि मात्र सुरू हुन्छ।, त्यही यसिंका लागि चाहिने रूख लिन सोमबार बिहान ९ बजेर १७ मिनेटको साइतमा मानन्धर समुदाय ‘वन यात्रा’ का लागि भक्तपुरको नालातर्फ निस्किएका छन्। येँया पुन्हीमा गाडिने यसिं बन्दोबस्तको जिम्मा मानन्धर गुठीलाई छ। यही गुठीले हरेक वर्ष भक्तपुर, नालाको सल्लाघारीबाट रूख काटेर ल्याउँछन्। यसपालि रूख काट्न मंगलबार राति ८ बजेर ९ मिनेटको साइत जुरेको छ।, पहिले–पहिले रूख काट्ने मान्छे हिँडेरै जान्थे। अचेल गाडी चढेर जाने छुट छ। बेलुका पूजाआजा गरेर बोकाको बलि चढाएपछि साइत पारेर रूख काट्ने चलन छ।, रूखलाई भक्तपुरदेखि तानेर अष्टमीको दिन नगर प्रवेश गराइन्छ। नगर प्रवेश गरेपछि डोरी बाँधेर द्वादशीको दिन हनुमानढोका दरबारअगाडि यसिं उठाइन्छ। त्यसपछि आधिकारिक रुपमा इन्द्रजात्रा सुरू हुन्छ। योपटक यसिं उठाउने साइत भाद्र २२ गते बिहान ७ बजेर १७ मिनेटमा छ।, ,
इन्द्रजात्राको लागि रूख काट्न नालातर्फ निस्किए मानन्धर समुदाय (तस्बिरहरू) |
सेतोपाटी संवाददाता काठमाडौंको न्यूरोडस्थित सुरज आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घन्टाको समय दिएको छ। , सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो। , पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ। , महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि नै आफूहरूले पटक पटक जानकारी गराइसकेको भएकाले अन्तिम पटक आज दिनभरीका लागि समय दिएको बताए।, ‘हामीले २४ घन्टाको थप समय दिएर पसल खाली गर्न भनेका छौ’,पाण्डेले भने,‘हाम्रो उद्धेश्य क्षति पुर्याउने होइन, उहाँहरूले समय माग्नुभयो हामीले दिएर आएका छौ। हाम्रो समयसम्म हटाउनु भएन भने हामी हटाउँछौ।’, महानगरले बसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउने भएको छ। पार्किङका लागि बनाएको संरचना ब्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन खोजिएको महानगरले जनाएको छ।, ,
सुरज आर्केडलाई समय दिएर महानगरको टोली फर्कियो |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका छन्। , विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गरेका छन्। उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्।, विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्। उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, ती शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लागेको एसपी मैनालीले बताए।, ‘शिक्षकलाई नियन्त्रणमा लिएको छ। विद्यार्थीसँग च्याट गरेको भन्ने खबर आएको छ। के-कस्तो विषय हुन् भन्ने थप बुझ्ने काम भइरहेको छ,’ उनले भने।, ,
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बानेश्वरको नोबेल कलेजका एक शिक्षक पक्राउ |
भीष्मराज ओझा/रासस पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ । , आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन्।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका हुन्। , हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । दुबै आमा र दुबै बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए।, नेपालमा हाल जंगली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाईसराई गरेर आउने (झापा र शुक्लाफाटामा) २०० को हाराहारीमा र घरपालुवा १७८ (सरकारी १०२ र निजी ७६) को संख्यामा हात्ती छन्।, घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उहाँले बताउनुभयो । चितनवमा हात्तीको प्रजनन केन्द्र सफल रुपमा सञ्चालित छ।, हात्तीले एकै दिन भाले र पोथी बच्चा जन्माउनु खुशीको कुरा भएको बताउँदै महानिर्देशक ढकालले यिनीहरूको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले हात्तीसारमा काम गर्ने कर्मचारीको सेवासुविधा वृद्धि गरी प्रोत्साहन गर्नुपर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए।, हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो। हात्तीलाई हिन्दू धर्ममा भगवानको रुपमा पूजा गर्ने गरिन्छ। विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ। , सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जंगली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको जानकारी दिदै उनले पर्यटन प्रर्बद्धनमा पनि हात्तीको ठूलो योगदान रहेको बताए। यसका साथै बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ। हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ। यो समस्या न्यूनिकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ।, हात्ती कै विषयमा विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार जंगली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज र त्यसपछि पर्सा राष्टिय निकुञ्ज हो। पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चनौती बढ्दै गएका छन्।, बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेण्ट लागेर हात्ती मर्ने गरेको छ भने बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती भएको उनले बताए।, नेपालमा हालसम्म बाघ र गैंडाको जस्तो व्यवस्थितरूपमा हात्तीको गणना गर्ने नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उनको तर्क थियो। ,
सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन् |
सेतोपाटी संवाददाता प्रारम्भिक बाल विकास शिक्षकहरूको कर्णाली प्रदेशस्तरीय सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ।, शुक्रबार र शनिबार भएको प्रथम प्रदेशस्तरीय भेलाले विभिन्न प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको हो।, कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्णाली प्रदेशको प्रारम्भिक बालविकासको एकीकृत रणनीतिक योजना सबै स्थानीय तहमा कार्यान्वयनका लागि सहजीकरण गर्ने, बाल विकास केन्द्रको न्यूनतम मापदण्ड लागु गरी सबै स्थानीय तहमा रहेका बाल विकास केन्द्रमा कार्यान्वयन गर्ने, स्थानीय तहका प्रत्येक वडाहरूमा कम्तिमा एक नमुना बाल विकास केन्द्र स्थापना गर्न प्रदेश सरकारको अग्रसरता तथा स्थानीय सरकारको सहयोगमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता गरिएको छ।, बाल विकास केन्द्रको भौतिक तथा शैक्षिक व्यवस्थापन सुदृढ गर्न नमुना बाल विकास केन्द्रहरूलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गर्ने, बालविकास केन्द्रका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न प्रारम्भिक सिकाइ तथा विकास मापदण्डको आधारमा आधारभूत तालिम, प्रारम्भिक साक्षरता र गणितीय सीप सम्बन्धी तालिम, अवलोकन भ्रमण, शैक्षिक सामग्री निर्माण कार्यशाला, घुम्ती बैठकको व्यवस्था गर्ने प्रतिबद्धता पनि सम्मेलनमार्फत गरिएको छ।, वर्षमा कम्तिमा २२० दिन बाल विकास केन्द्र खुल्ने र १९२ दिन सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, बालबालिकाहरूको दैनिक उपस्थिति दर कम्तिमा ९० प्रतिशतभन्दा बढी सुनिश्चित गर्न, बालबालिकाहरूको टिकाउ दर शत प्रतिशत बढाउने र बीचमै विद्यालय छोढ्ने दरलाई शून्यमा झार्ने प्रतिबद्धता पनि गरिएको छ।, प्रत्येक ६ महिनाको एकपटक बालबालिकाहरूको स्वास्थ्य परीक्षण गराई आवश्यक भिटामिन र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि प्रयोगको व्यवस्था सुनिश्चित गराउने लगायतका प्रतिबद्धता सम्मेलनमार्फत गरिएको छ।, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सेभ द चिल्ड्रेनको आयोजना गरिएको उक्त सम्मेलन प्रारम्भिक बालविकास शिक्षकहरूको नेपालमै पहिला प्रदेश सम्मेलन हो।, यसअघि पनि जाजरकोटको छेडागाड नगरपालिका र कुशे गाउँपालिकामा पहिलो पालिकास्तरीय भेला आयोजना गरिएको थियो।,
प्रारम्भिक बाल विकासका लागि ११ बुँदे घोषणापत्र जारी |
सेतोपाटी संवाददाता रूपन्देहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , देवदह नगरपालिका-१० दलदले बस्ने २७ वर्षीय दीपक पुनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ। , उनले आफ्नै ५१ वर्षीय बुवा प्रेमप्रसादको हत्या गरेको आरोप छ। , आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। , हत्या गरेको खबरपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।,
रूपन्देहीमा बुवाको हत्या आरोपमा एक पक्राउ |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले अनुमति विना बनाएका व्यापारिक संरचना हटाउन सुरू गरेको छ। भवन निर्माण गर्ने क्रममा भुइँतलामा पार्किङका लागि भनेर गरिएको नक्सा पास अनुसार काम नभएपछि महानगरले खाली गराउन थालेको हो।, यसै क्रममा सोमबार महानगरको टोली न्यूरोडस्थित सुरज आर्केड पुगेर त्यहाँको अवलोकन गरेको छ। यसअघिनै पटक पटक समय दिएर सूचना निकाले पनि व्यापारीहरूले अटेरी गरेपछि महानगरको टोली पुगेको हो। , ब्यापारीहरूले समय मागेपछि आज पुनः महानगरले २४ घन्टाको समय दिएर फर्किएको छ। महानगर फर्किएपछि ब्यापारीहरूलाई आफ्नो सामान सम्हाल्न हतारो परेको छ। , हेर्नुहोस् तस्बिरमा, ,
महानगरको निर्देशनपछि सटर खाली गर्न ब्यापारीको हतारो |
सेतोपाटी संवाददाता सल्यानमा दिदी-बहिनी नाता पर्ने दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका-४ का १९ वर्षीय छविलाल गिरी छन्। १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा गिरी पक्राउ परेका हुन। सोही ठाउँका २० वर्षीय मेघराज थापा भने फरार छन्। उनीविरूद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेको छ। , जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बिहे गर्ने प्रलोभनमा पारी गिरी र थापाले दिदी-बहिनी नाता पर्ने दुई किशोरीलाई स्थानीय त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाएर रातभर बलात्कार गरेका थिए। , भदौ ८ गते राति १० बजेतिर उनीहरूले दुई किशोरीलाई बिहेको प्रलोभनमा पारी ललाई-फकाई विद्यालयमा बोलाएर दुबै जनालाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। , त्यसपछि उनीहरूले भदौ ९ गते ती दुई जनालाई बिहे गरेर घर लैजान्छौं भन्दै दिनभर जंगलमा राखेका थिए। त्यही क्रममा उनीहरू एकाएक फरार भएपछि पीडितले प्रहरीमा गएर जाहेरी दिएका थिए। , भदौ १० गतेको जाहेरीपछि फरार भएकामध्ये गिरीलाई प्रहरी पक्राउ गर्न सफल भए पनि थापाको खोजी कार्य जारी रहेको खनालले बताए। , पक्राउ परेका गिरीमाथि थप अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट ८ दिनको म्याद थप भइसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
सल्यानमा दुई किशोरी बलात्कार गर्ने पक्राउ |
राजाराम कार्की/रासस चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन्। हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्। तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ। , तीज प्राचीन तथा महत्वपूर्ण चाड हो। यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन्। व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ। जो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। , ‘भोक नलाग्दै पटकपटक खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ’, चिकित्सक प्रदिप चालिसे भन्छन्। हिजोआज तीज आउनुपूर्व नै गरिष्ठ भोजन गर्ने प्रचलन बढ्दै गएको छ। मीठो मसिनो खाने अवसरका रुपमा धेरै चिल्लो पदार्थ प्राप्त हुने माछा, मासु तथा अन्य बजारमा पाइने अखाद्य मिठाइ एवं पेयपदार्थ स्वास्थ्यका लागि लाभदायक छैन। चिकित्सक भूषण श्रेष्ठ तीजमा अस्वस्थ र अपाच्य खाना नभइ ताजा दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी र दुग्धजन्य पदार्थ अवलम्बन गर्नु स्वास्थ्यका लागि हितकार हुने बताउँछन्।, प्राचीन हिन्दू नारीले तीजमा वर्षदिनभर साचेर राखेका बास्नादार चामल–मालभोग, कालोमसिनो, बास्मती, मनसुली, बुढोसुवालगायतका जातका चामल र दूध मिसाएर तयार पारिने खिर तथा ढकनी खाने चलन थियो। अहिले ताजा, दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी खाने चलन क्रमशः कम हुँदै गए पनि गाँउघरमा अझै पनि खिर खान नै बढी रूचाउँछन्। त्यसैले बजारमा अघिपछिको भन्दा धेरै दूधको माग भएको छ।, विश्वमा खिर खाने प्रचलन १४औँ शताव्दीबाट सुरू भएको पाइन्छ। खिर खाने प्रचलनको सुरुआत छिमेकी मुलुक चीनबाट भएको अनुमान छ। हाल खिर विश्वका प्रायःजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बंगलादेशमा पायस, श्रीलङ्कार्मा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ।, खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढीमात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ। युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइन्छ। खिर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यकपर्ने सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने हुनाले खिर उपयोगी सिद्ध भएको छ। खिर दूधबाट तयार पारिने पदार्थ हो। तीजमा खिर खाने चलन भएकाले बजारमा दूधको अभाव हुने भएको दुग्ध विकास संस्थानका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।, संस्थानले उपत्यकामा प्रतिदिन ७० हजार लिटर दूध, पाँच हजार लिटर दही बिक्री गर्दै आएको छ। तीजको आसपासमा उपत्यकाका लागि एक लाख १५ हजार लिटर दूधको माग भए पनि संस्थानले ८५ हजार लिटर मात्र उपलब्ध गराउनसक्ने जनाएको छ। , नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले यस वर्षको तीजमा १५ प्रतिशत दूध पुर्याउन नसक्ने जानकारी दिए। मुलुकभर कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको र त्यसमध्ये हाल ३१ लाख लिटर दूध बजारमा खपत भइरहेको तथा तीजको समयमा झन्डै पाँच लाख लिटर दूध पुर्याउन मुस्किल पर्ने जानकारी दिए।, दूध मानव जीवनका लागि अति उत्तम खाद्यपदार्थ हो। बच्चा जन्मेपश्चात् आमाले दूध सेवन गराउने सर्वविदितै छ। दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई आवश्यक तत्व पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो।, नेपालको खाद्य नियमावलीअनुसार (मानक प्रशोधित) दूधमा तीन प्रतिशत चिल्लो, चार दशमलव शून्य सात सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ।,
अपाच्य होइन पोसिलो खाना उत्तम |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।, जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए।, जाहेरीपछि आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो।, पक्राउ परेका सिंहमाथि अनुसन्धान थालेको परिसरले जनाएको छ।, प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १०को दफा १६५ को सामाजिक रितिस्थितिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।, गत शुक्रबार युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालिएको थियो। जसमा नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्।, भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन्।, यस्तै उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए। भिडिओमार्फत् पनि उनले माफी मागेका थिए।, यो पनि: ,कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह,
कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा कुटपिटबाट ससुराको मृत्यु भएको छ।, ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार हेलम्बु गाउँपालिका-१ गोवागाङ बस्ने २३ वर्षीया बुहारी रीता तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव बुढाथोकीले जानकारी दिए।, उनीमाथि ८० वर्षीय ससुरा कामीढिण्डु लामाको हत्या गरेको आरोप छ।, घरायसी विषयमा विवाद हुँदा काठको चिर्पटले हिर्काएर हत्या गरेको डिएसपी बुढाथोकीले जानकारी दिए।, कामीढिण्डुको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्वास्थ्य चौकी लगिएको थियो।, सोमबार बिहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए।, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। ,
सिन्धुपाल्चोकमा कुटपिटबाट ससुराको मृत्यु, बुहारी पक्राउ |
रमेश लम्साल चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद संकेत देखा परेका छन्। कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ।, नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ। हाल दैनिक रूपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ। माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय १० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ ।, भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरणले चालू आवमा मात्रै रु १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ। थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ।, आगामी दुई वर्षपछि मुलुक पूर्णरूपमा बिजुली निर्यात गर्ने देशका रूपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ। ‘आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुनसक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछौं’, कार्यकारी निर्देशक घिसिङले भने।, गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो। गत जेठको १५ गतेदेखि पुनः बिजुली निर्यात सुरु भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात शुरु भएको छ। चालु आवको साउन महिनामा मात्रै झण्डै रु दुई अर्ब बराबरको बिजुली निर्यात भएको छ।, वर्षातको मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाइ छ। प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रूपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो। आन्तरिकरूपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ।, गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप सात सय ४१ मेगावाट बिजुली थप भएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जिव देवको भनाइ छ । मुलुकको कूल जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ ।, निर्यातका लागि छैन अवरोध, मुलुकभित्र बिजुलीको उत्पादन बढ्दै जाँदा थप निर्यातका लागि प्रसारण लाइन नभएको भन्ने आशंका व्यक्त भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने त्यसलाई नकारे। उनले हाल भारतका विभिन्न राज्यमा विभिन्न स्थानबाट प्रसारण प्रणाली जोडिएको जानकारी दिए।, विगतमा बिजुली आयात गर्ने मात्रै विषयले प्राथमिकता पाउने गरेकामा पछिल्ला दिनमा निर्यातको विषयले प्राथमिकता पाएको उल्लेख गर्दै उनले आठ स्थानबाट दुई देश जोडिएको बताए।, भारतीय कम्पनी सतलजले ढल्केबर हुँदै सीतामढी जोड्नका लागि निर्माण गरिरहेको चार सय केभी क्षमताको प्रसारण लाइनबाटै पनि बिजुली भारत पठाउन सकिने जानकारी दिए। सो प्रसारण लाइनले दुई हजार मेगावाट बिजुली बोक्न सक्छ। यस्तै चार सय केभी क्षमताको ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा चलाउँदा एक हजार दुई सय मेगावाट बराबर बिजुली पठाउन सकिन्छ।, उता न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे। सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड इण्डियाले जिम्मा लिएको छ। त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ। कूल एक सय ४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ। त्यस आधारमा लगानी पनि एक अर्ब कम लाग्ने देखिएको छ।, नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफैंले निर्माण गर्ने भएको छ। भारततर्फको कूल एक सय २० किलोमिटरमध्ये ९६ किलोमिटर मात्रै निर्माण हुने भएको छ।, यस्तै लम्की–बरेली र इनरूवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया सुरु गरिने भएको छ। ती दुवै प्रसारण लाइन चार सय केभी क्षमताका छन्। आन्तरिक रूपमा आयोजना निर्माण सम्पन्न हुँदै जाँदा प्रसारण लाइन तयार भइसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ।, प्राधिकरणले सतलजले निर्माण गरिरहेको प्रसारण लाइनमा समेत प्रयोग गर्न पाउने भएको छ । त्यस आधारमा पनि कुनै समस्या नहुने जनाएको छ। आन्तरिकरुपमा निर्माणमा रहेको हेटौंडा– इनरूवा प्रसारण लाइनको अवरोधसमेत खुलेका अवस्थामा सो लाइनमार्फत थप बिजुली प्रवाहका लागि मार्ग प्रशस्त हुने जनाएको छ।, हाल देशभर ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रणालीको बिजुली पुगेको उनले जानकारी दिए। सरकारको निरन्तरको प्रयास र प्राधिकरणको सकारात्मक योजना र पहलका कारण चार वर्षअघि ६२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको भए पनि हाल त्यो बढेर ९५ प्रतिशत पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।, प्राधिकरणले बिजुली नपुगेका दुर्गम स्थानका लागि बोलपत्रसमेत गरिसकेकाले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुग्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० हजार घरधुरीमा उज्यालो पुर्याउनेछ।, आन्तरिकरूपमा पनि बिजुली खपतको मात्रामा २५ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ। हरेक वर्ष बिजुलीको खपतमा वृद्धि भएको र त्यो निरन्तररुपमा अगाडि बढ्ने क्रममा नै रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।, देशभित्रै बिजुली खपतका लागि विद्युतीय चुल्होको प्रवर्द्धन तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइएको उनको भनाइ छ। प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चार्जिङ स्टेशन र विद्युतीय चुल्हो प्रयोगको अभियान नै सञ्चालन गर्ने भएको छ। ,
८५ दिनमा ६ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण |
सञ्चिता घिमिरे, शर्मिला पाठक ‘माइत जाने बेला भयो कुनकुन सारी लाउने हो ,
बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’ , धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउँछिन्। आफ्ना छोरी, बुहारी र नातिनीहरुले स्पिकरमा बजाएका गीत चित्त नबुझेर उनी आफ्नो समयको गीत गुनगुनाउँछिन्। त्यतिबेला उनी तीन दिनसम्म तीज गीत गाउथिन्। अहिले उनका सन्तानले त्यो भाका टिप्न जानेका छैनन्।, आमा र दिदीहरुबाटै सुनेरै गीत सिकेकी विन्दाले पहिलेका गीतले ग्रामीण परिवेशमा घरघरमा भइरहेको महिला हिंसाको झल्को दिन्थ्यो। परिवार र समाजले महिलामाथि गरेको विभेदको झल्को गीतमा हुन्थ्यो। एउटी छोरीले अर्का (श्रीमान्) को घरमा पाएको दुःख कष्टको अभिव्यक्ति पाइन्थ्यो। , समाज बदलिएसँगै तीज मनाउने तरिका, भाका, नाच, खाइने खानकुरा, लगाउने लुगा सबैमा परिवर्तन आइसकेको छ। हामीले यसरी तीज मनाउने गरेका थियौँ भन्ने कुरा अहिलेका पुस्ताका लागि कथा जस्तै बनेको छ। धेरैले त अग्रजका अनुभव सुन्न चासो नै दिँदैनन्। चासो लिएर सुन्नेले पनि त्यसको मर्म नबुझेको पुरानो पुस्ताको गुनासो छ। , ‘स्वतन्त्रताको अधिकार’ कानुनले सुनिश्चित गर्नु पहिले नै तीज त्यसलाई कार्यान्वयन गर्ने अवसरका रूपमा रहेको थियो। वर्षभर श्रीमानको घरमा भएको थिचोमिचो महिलाले गीतमार्फत व्यक्त गर्दथे।, अहिले कतिपय महिला व्रत बस्दैनन्। कतिले निराहार व्रत बस्ने गरेका छन् भने कतिपयले आफ्नो इच्छा र स्वास्थ्यअनुसार पानी मात्र वा फलफूल वा रोटीलगायत खानेकुरा खाने गरेका छन्। पहिले पहिले तीजमा सबै महिलाले निराहार नै व्रत बस्ने गरेको घरघरका आमा र हजुरआमा बताउँछन्। अहिलेको पुस्ताले रमाइलोका लागि व्रत बस्ने गरेकामा त्यतिबेला निराहार व्रत बस्नु अनिवार्य जस्तै थियो। पाठकले भनिन्, ‘दिनभर व्रत बसेर साँझ बुढाको गोडा धोएको पानी खाएपछि मात्रै पानी खाइन्थ्यो।’, अचेल तीजभन्दा एक महिना पहिलेदेखि दर खाने र नाचगान सुरु हुन्छ। तीजमा लगाउने लुगा र खानेकुुराको तयारी निकै पहिलेदेखि हुने गरेको छ। त्यति हुँदाहुँदै पनि ७८ वर्षीया रामकुमारी शर्माले पहिलेको जस्तो अहिलेको तीजमा रौनक भेटेकी छैनन्। अचेलका मान्छेले वर्षभर नै नाचगान र रमाइलो गर्न पाउने भएकाले तीज नै कुर्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो। , कुशेऔँसीदेखि चेलीबेटीले नै तीज सुरु भएको मान्ने गरेका छन्। पहिले सडक र गाडी नहुँदा हिँडेरै माइती पुग्नुपथ्र्याे। रामकुमारी पनि झण्डै सात घण्टा हिँडेर मकवानपुरको मन्थली पुग्थिन्। औँसीका दिन माइती गएपछि एकैपटक पञ्चमी सकेर आउने गर्थिन्। ‘बाल बच्चा जन्मेपछि धेरैसमयसम्म माइत जान नपाइएपछि घरमै बसेर तीज भनाइन्थ्यो पाँच, छ महिनासम्म जान नपाएको माइती जान पाउँदा साह्रै रमाइलो हुन्थ्यो,’ उनले भनिन्।, तीजमा व्रतका रुपमा विशेष खानेकुरा खाने चलन पहिलेदेखि थियो। साँझमा सामान्य खाना खाएर राति १२ बजे पहिले खिर खाइने गरिएको काभ्रेकी सुन्तली केसीले बताइन्। उतिबेला दरका रुपमा खिर खाने गरिन्थ्यो। भर्खर जीवनको सात दशक पार गरेकी उनी दर खाने दिनमा दिउँसोदेखि नै सेल, पुरी पकाएर खाने गरिएको सम्झिन्छन्। अहिलेजस्तो बजारको खानेकुरा नभए पनि चेलीबेटीका लागि माइतीले विशेष खानेकुराको जोहो गर्ने गरेको सुन्तलीले बताइन्।, कुनै फल फल्दा होस् वा मीठो अन्न बनाउँदा छोरी तीजमा आउँछे अनि खुवाउनुपर्छ भन्ने आमाबुबालाई लाग्थ्यो। उनले भनिन्, ‘घरमा भनेजस्तो खान नपाउने र समयमा नपाउने भएकाले माइतीमा आमाले पकाएको जे पनि मीठो लाग्थ्यो।’ पहिले दर खाने दिनदेखि नै नाचगान गरिन्थ्यो। टाढा घर भएका चेलीबेटी औँसीकै दिनदेखि आउने हुँदा त्यो दिनदेखि नै रौनक सुरु हुने सुन्तलीले बताइन्।, टाढा भएर वा घरमा सासूससुरा र श्रीमानले नपठाउने चेली रोएरै घाँसदाउरा गर्ने गरेको उनले बताइन्। तीज लागेपछि पाखामा घाँस काट्न जाँदा माइतीबाट आउने बाटो देखिन्थ्यो र सधैँ त्यही बाटो हेर्न मन लाग्थ्यो। ‘अहिले पो केटी स्कुटर चलाएर राति बिहान आफैँ हिँड्छन्, हाम्रो पालामा छोरी चेलीलाई कसैको जिम्मा नलगाइ हिँड्न दिइदैनथ्यो’, सुन्तलीले भनिन्, ‘माइती लिन आए त जान पाइन्थ्यो भन्दै कुरेर बसिन्थ्यो।’ पहिले अहिले जस्तो फेरिफेरि लगाउन लुगा नहुने र वर्षौंसम्म एउटै सारी जतनले लगाउने गरिन्थ्यो। पहिले नाचगान त दर खाने दिनबाट सुरु हुन्थ्यो। व्रतको दिन दिनभर नाचगान गरेर रातैसम्म पनि गाउने र नाच्ने हुन्थ्यो। सबै जम्मा भएर नजिकैको मन्दिर गएर दर्शन गरिने उनले बताइन्। निराहार व्रत बसे पनि तीजको रमाइलोले कति पनि भोक र थकाइको महसुस नहुने उनको भनाइ थियो। , सानो समूहमै तीज मनाउँछ नयाँ पुस्ता, अचेल महिनौँअघिदेखि दर खाने र कोठामा वा छतमा सानो समूहमा जम्मा भएर नाच्ने चलन देशभित्र मात्रै नभएर विदेशमा बसोबास गर्ने नेपालीमा समेत पाइएको छ।, तीज मनाउने मात्रैभन्दा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा हाल्ने बढी छन्। तीजभन्दा पहिलेदेखि नै नाचगान सुरु गरे पनि तीजकै बेलामा भने कम रमाइलो हुने गरेको पुरानो पुस्ताको अनुभव छ। एकै ठाउँमा ठूलो सङ्ख्यामा जम्मा हुनेभन्दा सानो सानो समूहमा स्पिकर बजाएर नाचेर तीज मनाउने गरेको पाइन्छ। , कोभिड सङ्क्रमणका कारण घरघरमै तीज मनाउने चलन बढ्दै छ। अहिलेका मान्छे सबैसँग घुलमिल गर्नेभन्दा सानो समूहमा आफ्नै घरपरिवार र नजिकैका साथीभाइसँग रमाउने गरेको आमा पुस्ताको अनुभव छ। मोबाइल, ल्यापटप, टेलिभिजन, आइप्याडका कारण कोठाभित्रै रमाइरहेका पुस्ता तीजजस्तो चाडमा समेत बाहिर निस्केर ठूलो समूहमा घुलमिल गर्न चाहँँदैन।,
आमा पुस्ता भन्छन्ः ‘छोरी, बुहारीले वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन्’ |
सेतोपाटी संवाददाता रूपन्देहीको शुद्दोधन गाउँपालिकास्थित फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला परेको छ।, सौ फर्साटिकरस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ।, सोमबार बिहान करिब ८ बजेतिर स्थानीय दुर्गा रानाले झाडीमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।, प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्धार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए थियो। शिशुलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइ पुन : प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।, बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। हाल शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। शिशु कसले जन्माएर फालेको भन्नेबारे खोजी भईरहेको प्रहरीले जनाएको छ।,
रूपन्देहीमा बेवारिसे नवजात शिशु फेला |
सेतोपाटी संवाददाता देशभर थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए।, ४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।, २२३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।, सोमबार यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। देशभर ३२३५ जना सक्रिय संक्रमित छन्।,
देशभर थपिए २२६ कोरोना संक्रमित |
सेतोपाटी संवाददाता काठमाडौंबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका-६ कपन साततलेबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका-३ घर भई काठमाडौं-६ सरस्वतीनगर बस्ने ५० वर्षीय देवीप्रसाद शिवाकोटी छन्। उनीबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर बरामद गरेको छ। उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो।, लागु औषध बिक्री-वितरण गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएर उनलाई नियन्त्रणमा लिएको हो।, उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसुर काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।,
काठमाडौंको कपनबाट ब्राउनसुगरसहित एक पक्राउ |
सेतोपाटी संवाददाता तीन वर्षअघि जग्गा किन्ने योजनामा थिइन् बसुन्धरा खतिवडा। मोरङको सुन्दरहरैंचा नगरपालिक–१२ की बसुन्धराले त्यसबेला बेलबारी–३ का चित्रबहादुर बस्नेतलाई भेटिन्।, ५७ वर्षीय चित्रबहादुरले बसुन्धराको जग्गा किन्ने योजनामा सहयोग गर्ने मात्रै बताएनन्, राम्रो भन्दै एउटा जग्गा नै देखाए। बसुन्धरालाई जग्गा मनपर्यो। २०७६ पुस ३ गते चित्रबहादुरसँग जग्गा किन्नका लागि बैना गरिन्। ११ लाख ५० हजार रुपैयाँ दिएर उनले बैना त गरिन् तर लामो समयसम्म उनले जग्गा पास नै गरिदिएनन्।, बसुन्धरालाई पछि मात्रै थाहा भयो, जुन जग्गा किन्न भनेर उनले बैना रकम बुझाइन्, त्यो जमिन ऐलानी रहेछ।, ‘आज गर्छु, भोलि गर्छु भन्दै झुलाएको झुलाई गरेपछि अस्ति साउन २३ मा प्रहरीमा जाहेरी दिन बाध्य भएँ,’ उनले भनिन्, ‘बुझ्दै जाँदा थाहा भयो मलाई देखाएको जग्गा ऐलानी रहेछ। नम्बरी भनेर पास गरिदिने भनेको जग्गा ऐलानी परेपछि प्रहरीमा निवेदन दिएको हुँ।’, अहिले बेलबारी–३ मा बस्दै आएकी उनको निवेदनकै आधारमा प्रहरीले चित्रबहादुरलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले बेलबारी नगरपालिका–३ खोरिया टोलका ५७ उनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी मोरङका अनुसार चित्रबहादुरले बसुन्धरालाई ३ कट्ठा ९ धुर ऐलानी जग्गा देखाएका थिए। बैनावापतको कागज पनि प्रहरीले फेला पारेको छ ।, प्रहरीले अभियुक्त चित्रबहादुरविरुद्ध ठगी मुद्दा चलाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ ।,
किन्न बैना गरेको जग्गा ऐलानी परेपछि... |
रासस तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आमाछोरा घाइते भएका छन्। घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शंकर गुरुङ रहेको प्रहरीले जनाएको छ। , घरमै सुतिरहेका बेला सोमबार चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। निर्माणाधीन घर भएकाले झ्यालढोका नभएको घरमा उनीहरू सुतेका बेला चितुवा छिरेको थियो। , चितुवाले सुरूमा छोरालाई आक्रमण गरेको र चितुवा लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो। घाइते दुवै दमौली अस्पतालमा उपचारपश्चात् घर फर्किएको अस्पतालले जनाएको छ।, जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ। बस्तीछेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्ने गरेको छ। जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतंक छ। गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट तीन वर्षीय बालक घाइते भएका थिए। उनको चितवनमा उपचार भइरहेको छ। ती बालकको सफल शल्यक्रिया गरिएको छ। , मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकार अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। जंगल फँडानी गरेर बस्ती बसाल्ने, जंगली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।, चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको शिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ।, चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडीहरू सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल गर्न वन कार्यालयले अनुरोध गरेको छ।, चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।,
घरमा सुतेकै बेला चितुवाले गर्यो आक्रमण, आमाछोरा घाइते |
सेतोपाटी संवाददाता सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा कालिमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको हो।, जिल्ला अस्पताल पुर्याएलगतै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।, घाइते हुनेमा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए। अरू दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन। घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार जारी छ। , कालिमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो।, क्षमताभन्दा धेरै बढी यात्रु बोकेकाले अटोरिक्सा अनियन्त्रित भएर दुर्घटनामा परेको पूर्वानुमान गरिएको खनालले बताए। घाइतेले भने उकालोमा अटोरिक्सा ब्याक भएका कारण दुर्घटनामा परेको बताएका छन्।, अटोरिक्सा सडकदेखि करिब १०० मिटर तल खसेको थियो।,
दुर्घटनामा दुईको मृत्यु, ५ घाइते |
रासस विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ।, सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।, इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।, ‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो,’ उनले भने।, दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
विराटनगरबाट तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ।, आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताए।, ‘हुबहु प्रश्न सोधिएकोबारे कारबाही गरिसकिएको छ। यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा हुबहु प्रश्नपत्र निकाल्ने यो पो रहेछ भन्ने हुन्छ,’ उपकुलपति बाँस्कोटाले भने।, त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्याएपछि विरोध भएको थियो। , हुबहु प्रश्नपत्र तयार गर्ने र एउटा विषयको उल्लेख गरेर अर्कै प्रश्नपत्र तयार पार्नेमाथि छानबिन गरी कारबाही गरिएको उनले बताए। ‘तीन वर्षसम्म पठनपाठन र परीक्षाका काम गर्न उहाँहरूमाथि रोकेका छौं,’ उनले भने, ‘उहाँहरूलाई विभागीय कारबाही गरिसकिएको छ।’, नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ। , त्रिविले पत्रकार सम्मेलन गरिरहँदा नेविसंघले भने त्रिवि परिसरमा प्रदर्शन गरिरहेको थियो। हुबहु प्रश्नपत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेका थिए। उनीहरूले उपकुलपति बाँस्कोटाको राजीनामा पनि माग गर्दै प्रश्न गरेका छन्।, ,
त्रिविले भन्यो- हुबहु प्रश्नपत्र निकाल्नेलाई कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन |
रासस पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व थारु समुदायको लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रही आएको छ ।, रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । , व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको कञ्चनपुरको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए । ‘यो पर्वमा विशेष गरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ,’ उनले भने, ‘यो पर्व तीन दिनसम्म मनाउँछौँ ।’, उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनी बिचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारु समुदायमा छ ।, थारु अगुवाका अनुसार अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारु राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारु राजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।, पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए ।, भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् । , यसैबीच पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो।,
आज अटवारी पर्व मनाउँदै थारु समुदाय |
सेतोपाटी संवाददाता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । , प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए। बेनी–मालढुंगा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो। , हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो। बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते भएका थिए। पहिराले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्याएको छ। , यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ। हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो। पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।,
, खोलाले बगाएर बेपत्ता , म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।, नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए। म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ।,
पहिराले बागलुङ–बेनी सडक अवरुद्ध |
एजेन्सी पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ।, सरकारी तथ्यांकलाई उद्धृत गर्दै समाचार पत्र द डनले मध्य जुनदेखि अहिलेसम्म तीन करोड बढी मानिसहरू विस्थापित भइसकेको जनाएको छ।, यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ। सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर परेको छ।, Horrifying footage from S. ,#Pakistan, today of entire building washed away by floods. Over 935 people killed, more than 33 million affected, worst natural disaster for country in decades: ,pic.twitter.com/aO6ZMlQycf,
— Joyce Karam (@Joyce_Karam) ,August 26, 2022, शुक्रबार र शनिबार भएको भारी वर्षाले थप क्षेत्रमा बाढी र डुबानको चपेटामा परेका छन्। विभिन्न नदीहरूको बहाव बढ्दा छेउका घरहरू भत्किएका छन्। , प्रधानमन्त्री सहबाज सरिफले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँ (२२ अर्ब रुपैयाँ) बजेट छुट्याएको घोषणा गरेका छन्।, बाढी प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री सरिफले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। कतार रेडक्रसले पाकिस्तानलाई १ लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ। टर्की, युनाइटेड अरब इमिरेट्सले पनि सहयोगको प्रतिवद्धता जनाएका छन्।, ,
पाकिस्तानमा बाढीको विध्वंश, अहिलेसम्म झन्डै हजार जनाको मृत्यु (तस्बिरहरू) |
सेतोपाटी संवाददाता प्रहरी हुँ भनि पक्राउ परेकालाई छुटाउने भन्दै उनीहरूका अभिभावकबाट रकम असुल्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१४ का २० वर्षीय प्रतिक बस्नेत छन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बस्नेतले मदिरा सेवन गरि हो-हल्ला गरेको अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१० नारायणपुरका तीन युवाका अभिभावकबाट आफूले प्रहरीसँग सेटिङ मिलाइदिने भन्दै ५० हजार रकम असुलेका थिए। , बस्नेत पनि झन्डै २२ दिन अगाडि मदिरा सेवन गरि हो-हल्ला गरेको अभियोगमा पक्राउ परेका थिए। प्रहरीले बस्नेत विरूद्ध सार्वजनिक शान्ति सुरक्षा कसुरमा मुद्दा चलाएकाले थुनामा थिए। उनी भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालयको थुनावा कक्षबाट छुटेका थिए। , थुनामा बस्दा भएको चिनजानका आधारमा पक्राउ परेका नारायणपुरका तीन युवाका अभिभावकलाई आफ्नो प्रहरी भित्र सबै सेटिङ रहेको भन्दै छोरा छुटाउने भए पैंसाको लोभ नमानि ५० हजार रूपैंया असुलेको तथ्य खुलेको डिएसपी गौतमले जानकारी दिए। , ‘अभिभावकहरू हाम्रोमा आएर हामीले ५० हजार दिइसक्यौं, छोरा छोड्दिनु पर्यो भन्न आउनुभयो,’ डिएसपी गौतमले भने, ‘उहाँहरूका कुरा सुनेर हामी सुरूमा अक्क न बक्क परेका थियौं।’, त्यसपछि प्रहरी अभिलेखमा रहेको फोटो उनीहरूलाई देखाएपछि बस्नेतलाई पहिचान गरेका थिए। बस्नेतको मोवाइल लोकेसन ट्रयाक गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा उनलाई प्यूठानको बिजुवारबाट शनिबार पक्राउ गरिएको डिएसपी गौतमले बताए । , पक्राउ परेका बस्नेतलाई शनिबार राति जिल्ला प्रहरी कार्यालयमा ल्याइ थुनामा राखिएको गौतमले बताए। , घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।,
प्रहरी हुँ भन्दै पक्राउ परेका ब्यक्तिका अभिभावकबाट रकम असुल्ने पक्राउ |
रासस कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो- बसपार्क।, जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारी साधन पार्किङका लागि बसपार्क छैन। कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन। बसपार्क नहुँदा सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन्।, बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नु परिरहेको बस चालक कृष्ण चौधरी बताउँछन्। , ‘बिहानै धनगढीका लागि भजनीबाट पालो पर्छ। राति भजनीमा बस्नुपर्छ’, उनले भने, ‘रातभर बस सडकमा पार्किङ गर्नुपर्छ। रातको समयमा बसमा कसैले आक्रमण गर्ने हो कि भन्ने डर मनमा भइरहन्छ।’, खुला सडकमा बस पार्किङ गर्नुपर्दा व्यवसायी निकै डराउने गरेका छन्। उनले कैयौं सवारी धनी भजनी रूटबाट सवारी चलाउनै नमान्ने गरेको बताए। , रातिका समयमा कतै आफ्नो सवारी साधन तोडफोड हुने हो कि भन्ने त्रास रातभर हुने गरेको सन्तोष कठरिया बताउँछन्।, ‘बिहानै भजनीबाट पालो परेको दिन साँझ भजनी गएर रात बस्नुपर्छ। आफ्नो बसाइ सुरक्षित भए पनि बस सडकमा पार्किङ गर्दा ध्यान रातभर सडकमै हुन्छ’, उनले भने, ‘बसपार्क भजनीका लागि निकै आवश्यक छ। आज बसपार्क नभएकै कारण बस व्यवसायी भजनी आउन नै मान्ने अवस्था छैन।’, अहिले भजनीबाट छोटो दूरीमा धनगढी, नेपालगञ्ज र लामो दूरीका लागि काठमाडौंसम्मका लागि बस छुट्ने गरेको छ। छोटो दूरीमा २० देखि आधा घण्टाको फरकमा बस छुट्ने गरेको छ।, पूर्व–पश्चिम राजमार्गको सुखडबाट करिब २० किलोमिटरभित्र रहेको भजनी पुग्ने सडकको अवस्था पनि निकै नाजुक छ।, एकपटक कालोपत्र भइसकेको सडकको अहिले पुनः मर्मत सम्भार भइरहेको छ।, एकातिर सडकको समस्या र अर्को पार्किङको समस्याले भजनी बजारले विकासमा फड्को मार्न नसकेको स्थानीय भोजराम चौधरी बताउँछन्।, बसपार्क नभएकै कारण बजार क्षेत्रमा पार्किङको समस्या भएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। दैनिक सवारी चाप बढ्दै गएको छ।, भजनी बजारमा व्यवसाय गर्दै आएका हरि देवकोटाको पसलको अगाडि प्रायः सवारी साधन पार्किङ हुने गरेका छन्।, पसलको अगाडि सवारी साधन पार्किङ हुँदा व्यवसायमा समेत असर परेको उनी बताउँछन्।, ‘व्यवसायमा त असर परेकै छ, कैयौं दुर्घटना आँखा अगाडि भएका पनि छन्’, उनले भने, ‘विकल्प छैन, सवारी चालक पनि रहरले नभई बाध्यताले पार्किङ गर्दै आएका छन्। ट्राफिक प्रहरी पनि निरीह बन्नुपरेको छ।’, उनले बसपार्क नभएकै कारण भजनी क्षेत्रबाट सार्वजनिक सवारी साधनको आवागमनमा कमी आएको भन्दै त्यसलाई स्थानीय सरकारले गम्भीरताका साथ लिनुपर्ने बताएका छन्।, नगरपालिकाले बसपार्कका लागि महुल्याल सामुदायिक वनको खाली जग्गा प्रयोग गर्ने निर्णय गरेको थियो।, सो निर्णय अहिलेको जनप्रतिनिधिले खोज्दा नभेट्टाएको नगरप्रमुख केवल चौधरीले जानकारी दिए।, उनले भजनीको सबभन्दा ठूलो समस्यामध्ये बसपार्क निर्माण नै भएको बताए।, ‘हामीसँग जग्गा भएको भए पनि सहजै काम अगाडि बढाउन सकिने अवस्था थियो। जग्गा छैन, कहाँ, काम कसरी अगाडि बढाउने?’ उनले भने, ‘अहिले जग्गाको खोजी गरिरहेका छौं। सम्भवतः जग्गा पाएलगत्तै बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँछौं।’, उनले बसपार्क निर्माणका लागि धेरै बजेट चाहिने र नगरपालिकाको बजेटले निर्माण सम्भव नभएको जनाउँदै यसका लागि संघीय सरकारसँग समन्वय पनि भइसकेको जानकारी दिए।, ‘हामीले संघीय सरकारसँग बजेट माग गरेका छौं, उहाँले जग्गा यकिन भए बजेटमा समस्या नहुने प्रतिक्रिया दिनुभएको छ’, नगरप्रमुख चौधरीले भने, ‘बसपार्कको विषयमा हामी निकै गम्भीर छौं, लागिरहेका छौं। आशा गरौं बसपार्क निर्माण हाम्रै पालामा हुन्छ।’,
,
बसपार्क नहुँदा पार्किङको समस्या |
डम्मर बुढामगर/रासस बागलुङ तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौं दुःखकष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्।, गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउँछन्।, ‘अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नुपर्दैन, यो ठाउँका मान्छेलाई सबभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपर्थ्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो’, छन्त्यालले भने, ‘आजभोलि त बजार जान पनि पर्दैन सबैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ।’, दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन्।, स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली–ओराली गर्थे। त्यही गोरेटोमै पशु चौपाया ओहोरदोहोर गराउँथे। अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन्। गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फरिएको छ र जीवनशैली नै फेरिएको ।, कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन्। यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयबासीले कल्पनासमेत गरेका थिएनन्। तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दंग छन्। सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ।, कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन।, ‘गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ’, छन्त्याल भन्छन्, ‘हामी त निकै दुर्गममा छौं, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैं गाडी गुड्दा अचम्म लाग्छ।’, उनले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउँछन्।, ‘हाम्रो पालामा कोही मान्छे बिरामी पर्यो भने डोकामा बोकेर अस्पताल पुर्याउनुपर्थ्यो, बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पुर्याउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ।’, तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पुर्याएको छ। यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ।, अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन। सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धमाधम निर्माण भइरहेका छन्।, तमानखोला गाउँपालिका–४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष भए।, उनी पनि गाउँमा सडक आएपछि निकै खुसी छन्। वि.सं २०१८ देखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आएका छन्त्याल अहिले आफ्नै घर अगाडि ती सामान पाउँदा दंग छन्।, सडक नहुँदा गाउँलेहरूले कैयन् समस्या सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताए। गाउँमा घाँस दाउराको भन्दा औषधोपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै सुविधा सहज रूपमा लिन सक्ने छन्त्यालको भनाइ छ।, आफूले धेरैपटक बुटवलबाट नुन लिएर उपभोग गरेको सुनाउँदै अहिले घर छेउकै दोकानबाट नुनतेल र चाहिए जति सामान ल्याउने गरेको बताउँछन्।, ‘घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर खसौली बटौली जान्थ्यौं, बाटोमै खाना पाकाएर खान्थ्यौं, बाटोमै सुत्थ्यौं, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि’, उनले भने, ‘अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुःख सुनाउँदा उनीहरूलाई कथाजस्तो लाग्छ रे, बटौलीबाट नुन बोकेर खाएका हौं भन्दा पत्याउँदैनन्।’, आफूले मोटर गाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताए।, आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै छन्त्यालले अब बढी उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्याउन सहजसमेत बनेको बताउँछन्।, ‘मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खरबाङ, बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ’, उनले भने, ‘पहिले उत्पादन भएका आलु, सिमीहरूले गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यही गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ।’, आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ। आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्री बजार बाहिर जाँदैनथे। सडक थिएन। स्थानीयले बोकेर बजारसम्म पुर्याउन गाह्रो थियो। जब गाउँहरू मोटरबाटोले जोडिए। तब उत्पादित वस्तुले बजार पाउन थाले। कृषकको पनि जीवनशैली सहज बन्दै गयो।, मोटरबाटोले गाउँ जोडिएपछि गाउँलेको जनजीवन फेरिएको तमानखोला गाउँपालिका–२ का भीमबहादुर घर्ती मगरले बताए। उनले सडकले गाउँ जोडिनुका साथै तमानखोलामा विकासको ढोका खुलेको बताउँछन्।, सडकका कारण गाउँमा विस्तारै साना उद्योगहरू सञ्चालनमा आउन थालेको र रोजगारीको सिर्जनासमेत हुन थालेको घर्तीको भनाइ छ।, ‘मोटरबाटोले गाउँ मात्रै जोडिएन, यसले त सिंगो तमानाखोलाको विकासको ढोका खोल्यो, अब यहाँ थुप्रै विकास हुने छन्, कतिपय विकासका काम त सुरू भइसके, ठाउँ–ठाउँमा पुल बने, सडक बने, खानेपानीका धारा बने, कतिपय ठाउँमा बन्दैछन्, विकास भन्ने यही त हो नि, हामीले चाहेको खोजेको पनि यही हो’, घर्तीमगरले भने, ‘अहिले त गाउँ/गाउँका साना उद्योग पनि सञ्चालन भइरहेका छन्, यहाँ थोरैले भए पनि रोजगार पाएका छन्।’, अब वर्षौंदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन्।, तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुइटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए। अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ। गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए।, म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ।, चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पुर्याएको छ।, सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन्। पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षातको समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन। , यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ। यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ।, गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो। ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुइटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ।, गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताए।, चुनौतीका बाबजुद सबै बस्तीमा सडक पुर्याउन सफल भएको बताए। भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उनी बताउँछन्।, ‘तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुत पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्’, अध्यक्ष बुढामगरले भने, ‘पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौं, अब ती सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी विकास गर्नुपर्ने छ, हामी त्यसअनुसार लागिपरिरहेका छौं।’, अध्यक्ष बुढामगरले सडक नै विकास निर्माणको मुख्य आधार भएको र सडक निर्माणपछि मात्रै अन्य विकास गर्न सकिने बताए।, गाउँपालिकाले पहिलो वर्षदेखि नै सडकलाई प्राथमिता दिएर काम गरेको हुँदा अन्य विकास निर्माणका कामहरू गर्न सजिलो भएको अध्यक्ष बुढामगरको भनाइ छ। , सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पुर्याएको उनले बताए।, ‘पाँच वर्ष अगाडि पालिकाका धेरै गाउँहरू सडकविहीन थिए, अहिले जहाँ पुग्छौं, त्यहाँ गाडीमै पुग्न सक्छौं, कहीँकतै साना बस्ती भएको ठाउँमा सडक नपुगेको होला तर सबै ठाउँमा सडक पुगेको छ, हामी निर्वाचित भएर आएको पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेका थियौं, अहिले दोस्रो कार्यकाल पनि सुरू भएको छ, अब सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्छौं’, अध्यक्ष बुढामगरले भने, ‘सडक निर्माणपछि अन्य विकासका काम पनि गर्न सहज भएको छ।’, सडकले कृषकलाई समेत ठूलो राहत पुर्याएको अध्यक्ष बुढामगरको भनाइ छ।, उनले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताउँछन्।, ‘सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलुखेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषक खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्’, उनले भने,‘अझ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायतका गन्तव्यमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद–बर्खा जहिले पनि मान्छे आइरहन्छन्।’, गाउँपालिकाले सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि जोड दिएको छ।, नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि एक घण्टाको दूरीमा सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाएको छ। शिक्षातर्फ पनि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरू गरेको छ।,
,
'पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ' |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुई गगनचुम्बी भवनलाई आज भत्काइँदै छ।, दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला छन्। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।, आइतबार साढे २ बजे झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको छ। बारूदमा आगो लागेको पाँच सेकेन्डमै दुबै टावर ध्वस्त हुने बताइएको छ।, ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ। केहीबेर नजिकै रहेको राजमार्ग बन्द गरिनेछ।, सुपरटेक ट्विनटावर भनिने ती भवनलाई भत्काउन महिनौंदेखि तयारी गरिएको थियो। एडिफिस इन्जिनियरिङ कम्पनी यी भवन भत्काउने काम गरिरहेको छ।, गत वर्ष यही समयमा भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती ४० तले दुइटा भवन भत्काउन आदेश दिएको थियो।, न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले सुपरटेक लिमिटेड ग्रुपकै खर्चमा भवन भत्काउन आदेश दिएको हो।, यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो। सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो।, सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ। ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए। सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ।, सुपरटेको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए। उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो। ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने भन्दै मुद्दा हालेका थिए।, सर्वोच्च अदालतले ती दुई टावरमा दुई भवनबीच कायम हुनु पर्ने दूरी र अग्नि नियन्त्रणको मापदण्ड पनि पालना नभएको बताएको छ।, सर्वोच्चले मापदण्डविपरीत ती भवन निमार्णका लागि स्वीकृति दिने अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन भनेको छ।,
भारतमा आज ध्वस्त पारिँदैछन् अवैध रूपमा बनाइएका दुइटा गगनचुम्बी भवन |
रासस कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो।, दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्।, खोलाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन्।, बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताइन्। , यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उनले बताइन्। , ‘बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो’, उनले भनिन्, ‘बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौं र घरभित्र सुत्न पाएका छौं।’, यसअघि पटक–पटक बिजुली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ। विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ।, नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताए।, लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले बताए। सो टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत् छ।,
बस्ती बसेको बीस वर्षपछि बिजुली |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव-वे मा बनेको अनधिकृत संरचना भत्काएको छ।, सव-वे जाने बाटोमा बनाइएका अनधिकृत संरचना भत्काउन थालिएको काठमाडौं महानगरपालिकाका एक नगर प्रहरीले जानकारी दिए।, उनका अनुसार त्यहाँ केही संरचनाहरू अनधिकृत रूपमा बनाइएका छन्। अहिले नगर प्रहरी टोलीले तीन वटा सटरहरू भत्काउँदै छन्।, ‘बाहिरका संरचना भत्काइएका हुन्,’ एक नगर प्रहरीले भने, ‘फुटपाथमा स-सना सटरहरू बनाइएका थिए। ती संरचना अहिले केही भत्काएर छोडेका छौं।’, केही व्यवसायी अहिले 'छोडिदिनू हामी आफैं खाली गर्छौ,' भनेपछि छोडेका उनले बताए। बेलुकीसम्म उनीहरूले खाली गरी भत्काएर फुटपाथ सफा गरिदिनुपर्ने उनले बताए।, यस्तै सव-वेमा पहिले नै भएका सात वटा सटरहरू भने महानगरले भत्काउने छैन।, ‘जुन संरचनाहरू नक्सा पास नगरी बनाइएका छन्,' उनले भने, ‘ती सबै भत्काइने छ। अरू केही पनि गर्दैनौं।’,
काठमाडौं महानगरले भत्कायो रत्नपार्कको सब-वेका अनधिकृत संरचना (तस्बिरहरू) |
सेतोपाटी संवाददाता पाल्पामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।, शनिबार राति करिब ८ बजे माथागढी गाउँपालिका-४ नेटा बस्ने १४ वर्षीय बालकले आफ्नै ४५ वर्षिय बुवा तिलबहादुर मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।, उनीहरूबीच गए राति झगडा भएको थियो।, त्यसक्रममा चिर्पटले तिलबहादुरको टाउकोमा हिर्काएका थिए, चिर्पट प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले १४ वर्षीय छोरालाई नियन्त्रणमा लिएको छ।, उनको उमेर प्रमाणित गरी कानुनी कारबाही अघि बढाउने प्रहरी नायब उपरीक्षक थापाले बताए। शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको छ।, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।,
पाल्पामा बुवाको हत्या गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुरमा एक महिला मृत फेला परेकी छन्।, आइतबार बिहान शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा एक महिला मृत फेला परेकी हुन्।, उनी सोही ठाउँमा बस्ने ४६ वर्षीया बिमला तामाङ भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
काठमाडौंको शंखरापुरमा एक महिला मृत फेला |
एजेन्सी भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ।, आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो। राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।, झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको थियो।, Following the orders of the apex court, today the Supertech twin towers located in Sector 93A in Noida were demolished after ensuring stringent safety protocols. ,#TwinTowers, ,pic.twitter.com/4N8Ujz96XT,
— Pankaj Singh (@PankajSinghBJP) ,August 28, 2022, ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ। केहीबेर नजिकै रहेको राजमार्ग बन्द गरिएको छ।, भवन भत्किँदा फैलिएको धुलो हटाउन सयौं कर्मचारीहरू खटाइएको छ।, सुपरटेक ट्विनटावर भनिने ती भवनलाई भत्काउन महिनौंदेखि तयारी गरिएको थियो। एडिफिस इन्जिनियरिङ कम्पनी यी भवन भत्काएको हो।, गत वर्ष यही समयमा भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती दुइटा भवन भत्काउन आदेश दिएको थियो।, न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले सुपरटेक लिमिटेड ग्रुपकै खर्चमा भवन भत्काउन आदेश दिएको हो।, यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो। सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो।, सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ। ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए। सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ।, सुपरटेको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए। उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो। ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने भन्दै मुद्दा हालेका थिए।, सर्वोच्च अदालतले ती दुई टावरमा दुई भवनबीच कायम हुनु पर्ने दूरी र अग्नि नियन्त्रणको मापदण्ड पनि पालना नभएको बताएको छ।, सर्वोच्चले मापदण्डविपरीत ती भवन निमार्णका लागि स्वीकृति दिने अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन भनेको छ।,
भारतमा ध्वस्त बनाइयो अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।, ‘जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौं। जाहेरीअनुसार अनुसन्धान अघि बढ्छ,’ उनले भने।, नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए। अभियन्ताहरू शनिबार नै परिसरमा पुगेर उनीमाथि कारबाही गर्न माग गरेका थिए।, युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालेका थिए। जसले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्।, उनीविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने एसएसपी बोहराले बताए।, भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन्।, यस्तै उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए। भिडिओमार्फत् पनि उनले माफी मागेका थिए।, ,
कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २०२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २०६४ जनाको पिसिआर र १७६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित छन्।, ४६२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।,
३ हजार ८३३ मा कोरोना परीक्षण गर्दा २०२ लाई संक्रमण |
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धारामा एक जना पुरूषको शव फेला परेको छ।, आइतबार अपरान्ह ४ बजे काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित एक प्रतीक्षालयको मुनि पुरूषको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले जानकारी दिए।, उनका अनुसार शवको सनाखत भइसकेको छैन।, ४ बजे एक पुरूष मृत अवस्थामा फेला परेको भन्ने खबर पाएपछि प्रहरी वृत्त महाराजगन्ज र कार्यालयको टोली घटनास्थलमा पुगेको छ।, ती पुरूषको केही दिन अगाडि नै मृत्यु भइसकेको हुनुपर्ने डिएसपी पन्थीले बताए। शव त्रिपालले छोपिएको अवस्थामा फेला परेको हो।, ‘केहीदिन अघि नै मृत्यु भइसकेको हुनुपर्छ। गन्ध आइरहेको छ,’ उनले भने, ‘प्रतीक्षालयको तलपट्टि झाडी जस्तो ठाउँमा शव फेला छ।’, प्रारम्भिक अनुसन्धानबाट पनि घटना शंकास्पद नदेखिएको उनले बताए।, ‘केही लागुऔषध खाएर त्यहाँ आएर सुतेकोजस्तो देखिन्छ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट घाउचोट देखिएको छैन।’, यसबारे थप कुरा पोष्टमर्टमबाट खुल्न सक्ने पनि उनले बताए।, घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,
काठमाडौंको बसुन्धारामा एक पुरूष मृत फेला |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको छ।, सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन महानगरले शुक्रबारदेखि एक लाइन पार्किङको व्यवस्था लागु गरेको हो।, पहिलेदेखि नै एक लाइन पार्किङको व्यवस्था भएपनि मापदण्ड विपरित पार्किङ हुँदै आएको थियो। त्यसैले यसलाई कडाइका साथ लागु गरिएको महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , बिहीबार नै महानगरबाट एक लाइन पार्किङ गर्न आदेश आएको पार्किङमा कार्यरत कर्मचारीले बताए।, शुक्रबार नै आदेश आएता पनि पार्किङ गरेको स्थल भरिसकेको हुँदा व्यस्थापन गर्न कठिन भएको कारण शुक्रबारदेखि लागु गरिएको उनले बताए।, महानगरले भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा एक लाइन पार्किङ कडाइसाथ लागु गरेको छ।, यस्तै पार्किङ स्थलमा दुई लाइन पार्किङ गरे कर्मचारी र सवारीधनी दुवैलाई महानगरले कारबाही गर्ने बताएको छ।, सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी, ,
न्युरोड क्षेत्रमा अब एक लाइन मात्रै पार्किङ (तस्बिरहरू) |
सबिना श्रेष्ठ महाकवि लक्ष्मीप्रसाद देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो। त्यही मिति लक्षित गर्दै मैतिदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा निवास (कविकुञ्ज) उद्घाटनको तयारी हुँदैछ।, गत वर्ष संग्रहालय बनाउने नाममा नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा अचानक उनको पुरानो घर भत्काइँदा विवाद र आलोचना आएको थियो। संग्रहालय बनाउने नाममा प्रतिष्ठानले संग्रहालयजत्तिकै बहुमूल्य घर भत्काएको भन्दै धेरैले 'देवकोटा बित्दाजत्तिकै पीडा भएको' महसुस गरेको भनेका थिए।, त्यस बेला भवन भत्काउँदा जतिले आलोचना र गाली गरे, अब भवनको स्वरूप पहिलेजस्तै आएकाले यो पटक ताली बजाउने र प्रशंसा गर्ने प्रतिष्ठानको दाबी छ। , 'हामीले बनाएको घरले पुरानो घरको मर्म बोकेको छ। यो घर देखेपछि साहित्यलाई माया गर्ने सबै खुसी हुनेछन्,' प्रतिष्ठानका सचिव जगतप्रसाद उपाध्यायले भने, 'पहिले चित्त दुखाउनेहरूलाई पनि अब गुनासो गर्ने ठाउँ रहला जस्तो लाग्दैन।', प्रतिष्ठानका उपकुलपति जगमान गुरुङका अनुसार मैतिदेवीको घर देवकोटाले १९९० सालमा किनेका थिए। उनी जन्मेको घर भने पुतलीसडकस्थित हालको कुमारी हलनजिकै छ।, पशुपतिको महास्नान गुठीको नाममा रहेको जग्गामा मोहीको हक पाएपछि देवकोटाले यहाँ घर बनाएका हुन्। यही घरमा उनले आफ्ना लेखनका सिर्जनशील वर्षहरू बिताएका थिए।, १६ वर्षअघिसम्म त्यहाँ देवकोटाको परिवार बस्दै आएका थिए। यसलाई प्रतिष्ठानले दुई करोड ५० लाख रूपैयाँमा किनेर मोहियानी हक आफूमा ल्याएको हो। हक आफ्नो भएपछि प्रतिष्ठानले कामको सुरूआत नै भवन भत्काएर गर्यो।, यो भवन भ्रमण गरेर सबलीकरणको सम्भावना भएको सल्लाह दिएर आएका विज्ञहरूसमेत यो घर भत्किँदा आश्चर्यमा परेका थिए। संस्कृति संरक्षणकर्मी एवं पुराना भवनहरू संरक्षण गर्दै आएका रवीन्द्र पुरीले भवन भत्किनुभन्दा करिब डेढ वर्षअघि प्रतिष्ठानका प्राज्ञहरूलाई सबलीकरण गर्ने सल्लाह दिएका थिए।, एकाएक घर भत्किएको खबर थाहा पाएपछि उनले आश्चर्य र आक्रोशको भावमा सेतोपाटीसँग भनेका थिए, 'करिब ८० वर्ष पुरानो देवकोटाको त्यो घर अलिकति पनि यताउता नभएको मलाई सम्झना छ। बांगोटिंगोसमेत थिएन। डकर्मीको भाषामा भन्दा घन्टीसमेत मिल्ने (९० डिग्री) अवस्थामा थियो।', १२ आना एक दाम क्षेत्रफलमा फैलिएको यो घरमा जहाँ पाइला टेक्यो त्यहीँ भासिने अवस्था आएको र सबलीकरणको सम्भावना नदेखेपछि भत्काउन परेको प्रतिष्ठानका सचिव उपाध्याय बताउँछन्। , 'उहाँहरूले सबलीकरण गरेर बनाउँछु त भन्नुभएको थियो तर नेपाल सरकारको सार्वजनिक खरिद ऐन नियमावली र आर्थिक कार्यविधि हेर्दाखेरि कसैलाई सिधै तोकेर दिने स्थिति रहेन। टेन्डर प्रक्रियाबाट प्रतिस्पर्धामा जानैपर्ने अवस्था थियो,' उनले भने।, संग्रहालय बनाउने नाममा भवन भत्काएपछि प्रतिष्ठानलाई मुद्दा परेको थियो। सर्वोच्च अदालतले गत असोज १४ गते पत्रचार गर्दै प्रतिष्ठानलाई भनेको थियो, 'महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर 'कविकुञ्ज' को पुरानो फोटोको आधारमा भुइँतलासहित तीनतले पाखे-छाने मौलिक वास्तुशैलीमा परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्न/गराउनु हुन विभागीय निर्णयानुसार अनुरोध गरिन्छ।', त्यहीअनुसार निर्माण गर्ने सहमतिमा यो घर प्रतिष्ठानले बनाउने अनुमति पाएको थियो। , हामीले बाहिरबाट झट्ट हेर्दा कविकुञ्जको पुरानै स्वरूपमा यो घर निर्माण भएको देखिन्छ। भुइँतलासहितको तीनतले छानेशैलीमा बनेको यो घर बिकोएमके जेभी निर्माण कम्पनीले करिब सात करोड ११ लाख रूपैयाँमा बनाइरहेको छ।, भवन निर्माणको काम सकिएपछि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयका रूपमा कविकुञ्ज सर्वसाधारणको पहुँचमा पुग्ने प्रतिष्ठानले बताएको छ। यो भवनलाई संग्रहालयका रूपमा कसरी सर्वसाधारणसम्म पुर्याउने भन्नेमा प्रतिष्ठानले अवधारणा पनि बनाएको छ।, घरको ठ्याक्कैअगाडि देवकोटाको पूर्ण कदको शालिक राखिनेछ। यसका लागि प्रतिष्ठानले मूर्तिकारलाई जिम्मेवारी दिइसक्यो। अहिले यहाँ मूर्ति अड्याउन तयारी अवस्थामा रहेको फलामे डन्डी देख्न सकिन्छ। देवकोटा प्रकृतिप्रेमी भएकाले रूख–बिरूवासहितको बगैंचा अनि पानीको छाँगोजस्तो बनाउने तयारी हुँदैछ। , देवकोटालाई सरस्वतीको प्रतीक मान्दै संग्रहालयको भुइँतलामा सरस्वतीको प्रतिमा हुनेछ। यो तलामा श्रव्यदृश्य सामग्री राख्ने योजना छ। प्रतिष्ठानका अनुसार यी सामग्री देवकोटाबारे हुनेछन्।, भारतको दिल्लीको एक भेलामा देवकोटाले बसेर 'पागल' कविता वाचन गरिरहेको फोटो भेटेपछि प्रतिष्ठानले दुरुस्तै देखिने शालिक पनि बनाउन लगाएको छ। त्यसलाई भुइँतलाको श्रव्यदृश्य कक्षमा राख्ने वा दोस्रो तलाको पाण्डुलिपि कक्षमा राख्ने भन्नेबारे भने अझै अन्योल भएको सचिव उपाध्याय बताउँछन्। यही तलामा आगन्तुकहरूले रिसेप्सन र प्रतिक्षालय भेट्नेछन्। , पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका भाँडाकुँडाहरू, लगाएका लुगाहरू र अन्य सामग्रीहरू राखिनेछन्। भवन निर्माणक्रममा यहाँ जाँतो भेटिएको थियो। त्यसलाई पनि यहीँ राखिनेछ।, त्यसमाथिको तलामा देवकोटाले आफ्नो जीवनकालमा लेखेका कविता, खण्डकाव्य, समालोचना, भूमिका, अनुवाद लगायत जति पनि सामग्री छन्, ती राखिनेछन्। त्यसबाहेक उनका प्रकाशित–अप्रकाशित कृतिका पाण्डुलिपि पनि त्यहाँ हुनेछन्। , 'देवकोटा जहाँ जानुहुन्थ्यो, जे फेला पार्नुहुन्थ्यो त्यसैमा लेखिहाल्नुहुन्थ्यो। केही नभेटे चुरोटको खोलमा पनि लेख्ने उहाँको स्वभाव थियो,' प्रतिष्ठानका सचिव उपाध्यायले भने, 'उहाँले लेख्नुभएका सामग्री संकलनका निम्ति उहाँका नातागोता, परिवारका साथसाथै साथीभाइ जोसँग छन्, हामीलाई उपलब्ध गराइदिन सूचना पनि जारी गरिसकेका छौं।', त्यसबाहेक यो तलामा देवकोटा बारेमा भएका अनुसन्धान र थेसिस सामग्री राखिनेछन्। , तेस्रो तला बुइँगल भएकाले त्यहाँ करिब बीस/तीस जना मान्छे अट्ने ठाउँ छ। त्यसलाई प्रवचन वा अन्तर्क्रिया कक्ष बनाउने उपाध्याय बताउँछन्। उनका अनुसार यो भवन निर्माण गर्दा भक्तपुरे इँटा, सुर्खी, चुना र काठ प्रयोग भएको छ।, सर्वोच्चको अन्तरिम आदेशअनुसार भवन बनाउँदा प्रयोग गर्न मिल्ने इँटा र झ्याल राख्न भनिएको थियो। भवनमा कतैकतै पहिले भएका भवनका पुराना झ्यालहरू पनि देख्न सकिन्छ। पहिलेको भवनमा प्रयोग भएको इँटा भने काँचो भएकाले त्यति धेरै प्रयोग गर्न नसकिएको उपाध्यायले बताए।, भवनको बाहिरी मोहडामा मौलिकता देखिए पनि भित्री संरचनामा भरपुर आधुनिकीकरण भएको छ। भवनमा एसी र लिफ्ट निर्माण गर्न संरचना तयार भइसक्यो। त्यसका साथै सिमेन्ट पनि भरपुर प्रयोग भएको देख्न सकिन्छ। यो पुरातत्व विभागको मापदण्डभित्र पर्दैन।, सचिव उपाध्यायले भवन बलियो र भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न बनाउन ती सामाग्री राख्नुपरेको बताए। अपांगता भएका व्यक्तिहरूका लागि अनुकूल बनाउन र सबैको पहुँचमा पुर्याउन भवनमा लिफ्ट राखिएको उनको भनाइ छ।, 'हामी संग्रहालय निर्माणको लगभग अन्तिम चरणमा छौं। सर्वसाधारणका लागि छिटै खुला गर्न हामी आतुर छौं,' उपाध्यायले भने।, तस्बिर र भिडिओ- नवीनबाबु गुरुङ/सेतोपाटी, ,
यस्तो बन्दैछ महाकवि देवकोटाको घर (तस्बिर र भिडिओसहित) |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले हरेक वडामा फिजिसियन डाक्टर राख्ने प्रस्ताव राखेको छ।, स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका सबै वडामा क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। यस्तै पहिले एमबिबिएस डाक्टर राख्ने योजना बनाए पनि अहिले फिजिसियन डाक्टर राख्दा उपयुक्त हुने भएकाले उक्त निर्णय गरेको महानगरका प्रमुख बालेन शाहले बताए।, यसका लागि करारमा ३२ जना फिजिसियन र नर्स राखिने बालेनले बताए। , यस्तै स्वास्थ्यमा साना समस्या आउँदा नजिकैको स्वास्थ्य केन्द्रमा गएर परामर्श लिन सकिने उनले बताए।, ‘स्वास्थ्यमा साना-साना समस्या आउँदा पनि अस्पताल नै जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘कसैलाई पिसाब पोलेको हुन सक्छ। त्यसको लागि फिजिसियनसँग परामर्श लिन सकिन्छ।’, वडास्तरमा फिजिसियन मात्र हुँदा पनि अस्पतालमा चाप कम हुने उनले बताए। ,
काठमाडौंका सबै वडामा फिजिसियन डाक्टर राख्ने महानगरको प्रस्ताव |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.