content
stringlengths 20
64.1k
⌀ |
---|
राजेश घिमिरे भारतको हरियाणास्थित केमिकल उद्योगमा २५ वर्ष काम गरेर घर फर्किएका चिन्तामणि चापागाईं कृषि र समाजसेवामा व्यस्त थिए।, नवलपुरको डण्डामा १५ कट्ठा खेतमा अन्नबाली लगाउने, गाईवस्तुलाई घाँस जोहो गर्नेदेखि छिमेकमा आपतविपद पर्दा कुद्न भ्याउँथे। समाजसेवामा सक्रिय उनी सरकारबाट अनुदान लिएर स्थानीयलाई कृषि, पशुपालनमा लाग्न प्रोत्साहन र सहजीकरण समेत गर्थे।, ६७ वर्षको उमेरमा पनि उनको सक्रियता घटेको थिएन। बाबुमा देखिएको ऊर्जाले चार छोराहरूलाई समेत मेहनत गर्न प्रेरित गर्थ्यो।, झट्ट हेर्दा बलियो, हृष्टपुष्ट देखिने चिन्तामणि भदौ १४ गते मंगलबार साँझ पनि सधैंझैं डोको बोकेर घर नजिकैको खेतमा घाँस काट्न पुगे। खाँदेर डोको भरिने गरी घाँस काटे। जब घाँस डोकोमा हाल्ने बेला भयो, उनलाई पृथ्वी घुमेको अनुभव भयो। आँखा अगाडिका सबै बस्तु घुमेको देखेको करिब चौबीस घन्टापछि बल्ल चिन्तामणिले आफू अस्पतालको शैय्यामा रहेको थाहा पाए।, यो अवधिमा चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीको समूहले उनको समस्या पत्ता लगाएर मुटुको शल्यक्रिया गरिसकेका थिए। , अस्पतालका मुटु, छाती र रक्तनली (सिभिटिएस) सर्जन डाक्टर अनिल आचार्यले चिन्तामणिको मुटुबाट बाहिर निस्किने मुख्य नली च्यातिएर मुटुको बाहिर र झिल्लीमा रगत चुहिने समस्या (टाइप ए ओर्टिक डिसेक्सन विथ कार्डियाक टेम्पोनेन्ड) भएको पत्ता लागेपछि तुरून्तै शल्यक्रिया गरिएको बताए।, 'यो असाध्यै जटिल शल्यक्रिया हो। यो अवस्थामा बिरामीले समयमा उपचार नपाएन बाँच्न गाह्रो हुन्छ। यस्तो समस्या भएका बिरामीको शल्यक्रियाको तयारी हुँदाहुँदै निधन भएका घटना पनि छन्,' डा. आचार्यले भने, 'उहाँ समयमै अस्पताल आइपुग्नुभयो। हामीले समयमै रोग पत्ता लगाएर शल्यक्रिया गर्न सक्यौं।', यस्तो शल्यक्रिया चितवन मेडिकल कलेजमा पहिलो पटक गरिएको डा. आचार्यले जानकारी दिए।, डा. आचार्य, सिभिटिएस सर्जन डा. अल्का सिंह, एनेस्थेसियोलोजिस्ट डा. प्रवेश ज्ञवाली, डा. विमल रानाभाट, पर्फ्युजनिस्ट गोविन्द बुढानगरिया तथा नर्सहरूको समूहले शल्यक्रिया गरेका थिए। चिन्तामणिको मुटुबाट बाहिर निस्कने मुख्य नली झिकेर नयाँ राखिएको र भल्भको मर्मत गरिएको डा. आचार्यले बताए।, घाँस काट्न गएका बाबु लामो समय घर नफर्किएपछि घरमै रहेका कान्छा छोराले खोजी सुरू गरेका थिए। खेतमा खोज्दै जाँदा डोकोनजिकै हिलोमा लडेको अवस्थामा भेटिएपछि चिन्तामणिलाई तुरून्तै एम्बुलेन्समा मध्यविन्दु अस्पताल लगियो। अस्पतालले उपचारको प्रयास गर्यो।, 'पिसाब जाँच गर्न खोज्दा बुबाको पिसाब नै आएनछ,' अस्पतालमा भेटिएका माइला छोरा हरिले भने, 'अस्पतालले चितवन मेडिकल कलेज रिफर गरिदियो।', गत बुधबार बिहान १ बजे उनलाई भरतपुरस्थित चितवन मेडिकल कलेज ल्याइयो।, 'बिरामीको अवस्था देखेपछि हामीले तुरून्तै जाँच गर्यौं, रोग पत्ता लाग्यो। हामीसँग मुटुको जटिल शल्यक्रियाका लागि आवश्यक जनशक्ति भएकाले सोही दिन शल्यक्रिया सुरू गर्न सक्यौं,' डा. आचार्यले भने, 'उहाँ अब खतरामुक्त हुनुहुन्छ।', शल्यक्रियापछि लगातार दस दिन आइसियुमा रहेका चिन्तामणि अहिले सिभिटिएस वार्डमा छन्।, 'होस खुल्दा त अब नबाँच्ने भएँ कि जस्तो लागेको थियो,' शैय्यामै रहेका चिन्तामणिले भने, 'डाक्टरले हृदय खोलेर हाँस्न सक्ने बनाइदिए। अब मलाई पहाडमा काम गरेर पनि बाँच्न सक्छु जस्तो लागेको छ। हिम्मत अझै बढेको छ।', छोरा हरिका अनुसार यसअघि सामान्य युरिक एसिड, कहिलेकाहीँ निद्रा कम लाग्नेबाहेक चिन्तामणिको स्वास्थ्यमा समस्या थिएन। केही महिनाअघि अर्का छोरा भेट्न भारत जाँदा उनले त्यहीँको अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए।, 'त्यतिखेर सबै रिपोर्टहरू सामान्य आए। तर अहिले एक्कासि मुटुमा समस्या आइपर्यो,' हरिले सुनाए।, शल्यक्रियामा सहभागी सिभिटिएस सर्जन डा. अल्का सिंहका अनुसार यस्तो समस्या कमै मान्छेमा हुन्छ। लक्षणहरू सबै हृदयघातका जस्तै हुन्छन्। तर यो रोग हृदयघातभन्दा फरक हो।, 'अचानक छाती र पिठ्युँमा अत्यधिक दुख्ने लक्षणहरू देखिन्छ। मिर्गौला र कलेजोमा पनि समस्या ल्याउँछ। जतिसक्दो छिटो अस्पताल पुर्याएर जाँच गर्ने, तुरून्तै शल्यक्रिया गर्ने र शल्यक्रिया पछिको स्याहार अवस्था राम्रो भएन भने बचाउन गाह्रो हुन्छ,' डा. सिंहले भनिन्, 'उहाँको पनि मिर्गौला र कलेजोसमेत बिग्रिसकेको थियो। शल्यक्रियापछि सुधार भइरहेको छ।', यस्तो समस्या रगतका नलीहरू कमजोर भएका, उच्च रक्तचाप भएका बिरामीमा देखिने गरेको उनले बताइन्।, चिन्तामणिको शल्यक्रियामा मात्रै करिब पाँच लाख रूपैयाँ खर्च भएको छ। जटिल रोगको उपचारमा सरकारले विपन्न नागरिकका लागि एक लाख रूपैयाँ बराबरको छुट उपलब्ध गराउँछ। शल्यक्रियादेखि अहिलेसम्म आठ लाख रूपैयाँभन्दा बढी खर्च भएको उनको परिवारका सदस्यले बताए।, मुटुको शल्यक्रिया काठमाडौंका गंगलाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियाथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हुन्छ। यी अस्पतालले १४ वर्षभन्दा कम र ७५ वर्षभन्दा माथिका तथा मुटुका बाथ रोग भएका बिरामीको उपचार निःशुल्क गर्छन्। यसबाहेक चितवन मेडिकल कलेजमा मुटुको जटिल शल्यक्रिया हुने गरेको छ।, जन्मिएको केही महिनाका बालबालिकादेखि वृद्धवृद्धाको समेत मुटुको जटिल शल्यक्रिया गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए।, 'हामीकहाँ मुटुका जटिल शल्यक्रिया गर्नसक्ने संरचना, उपकरण र स्वास्थ्यकर्मीको समूह छ,' देवकोटाले भने, 'सामान्य नागरिकले पनि यहाँ सहज रूपमा उपचार पाउने गरी सरकारले व्यवस्था गर्नुपर्छ।', डा. आचार्यले देशभरका बिरामीहरू मुटुको शल्यक्रियाका लागि काठमाडौंका दुइटा अस्पतालको मात्रै भर पर्नु पर्दा समस्या भइरहेको बताए। उपचार सेवामा विकेन्द्रीकरण गर्न सके देशभरका बिरामीले सहज र सुलभ उपचार सेवा पाउने उनको भनाइ छ।, चितवन मेडिकल कलेजमा दैनिक एक जना बिरामीको मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता छ। यहाँ पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाबाट धेरै बिरामी मुटुको समस्या लिएर उपचारका लागि आउने गरेको देवकोटाले बताए। ,
'डाक्टरले हृदय खोलेर हाँस्न सक्ने बनाइदिए' |
रासस काठमाडौं महानगरपालिकाले सोमबार मात्र ४० भन्दा बढी अवैध संरचना भत्काएको छ।, अवैध रूपमा निर्माण भएका संरचना भत्काउन महानगरले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचना डोजर लगाएर भत्काउन सुरू गरेको हो। , उक्त कार्यअन्तर्गत सोमबार महानगरले काठमाडौं र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोला मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ।, त्यसैगरी सडक मिचेर बनाइएका पर्खाल पनि डोजर लगाएर भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।, माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्याङ र खुसिबुँमा पनि अवैध रूपमा बनाइएका ६ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए।, हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको र ती सबैलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको महानगरले जनाएको छ।, महानगरले यही भदौ ६ गतेदेखि अवैध रूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेको हो।,
एकै दिन भत्काइए ४० भन्दा बढी संरचना |
सेतोपाटी संवाददाता झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ। गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, गत साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो। भद्रपुर–४ स्थित आमडाँगीमा इलाम टि–प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भयो।, गत शनिबारमात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक–एक जनाले सोही क्रममा ज्यान गुमाए। बुद्धशान्ति–२ मा आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीले बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाइ माछा मार्ने क्रममा अकालमा ज्यान गुमाए भने सोही दिन मेचीनगर–५ स्थित हडिया खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा मेचीनगर–११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भयो ।, यस्तै हल्दिबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय खोला–नालामा विद्युत् प्रवाह गरी माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर अकालमै बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् । सो क्रममा अधिकांशको घटनास्थलमै र केहीको उपचारका क्रममा मृत्यु हुने गरेको छ ।, जिल्लामा वैशाखयता मनसुनजन्य घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । केहीको वर्षाका कारण नदी तथा खोलामा आएको बाढीले बगाउँदा र केहीको नहर, खोला तथा नदीमा पौडी खेल्ने क्रममा बगाउँदा मृत्यु भएको हो ।, जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै विगत केही दिनदेखि करेन्ट लागेर विभिन्न घटना–दुर्घटना भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । करेन्ट लगाएर माछा मार्ने, विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी नअपनाउने, खुलारूपमा रहेका बिजुलीका नाङ्गा तारले दुर्घटना बढाएकाले त्यस्ता कार्य निषेध गर्न सबै पक्षलाई आग्रह गरेको छ । साथै अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्न यहाँका विद्युत् प्राधिकरणका सबै शाखालाई निर्देशन दिइएको छ। ,रासस,
विद्युतीय तारको प्रयोग गरी माछा नमार्न आग्रह |
युनिक श्रेष्ठ बिहानै मादक पदार्थ सेवन गरेर रूपा क्षेत्री त्यसदिन आफ्ना श्रीमानको घरमा पुगिन्। दोलखाका ६३ वर्षीय घ्याल्मो लामा ललितपुरको हरिसिद्धीमा आफ्नी छोरीसँगै बस्थे।, भदौ १६ गते बिहान करिब १० बजेतिर रूपा डेरामा पुगेर श्रीमान घ्याल्मोसँग झगडा गरिन् र दुई थप्पड हिर्काइन्।, उनी घ्याल्मोकी तेस्री श्रीमती हुन्। रूपा पनि हरिसिद्धीमै छुटिएर बस्दै आएकी थिइन्।, उनीहरू दुबै जना ज्यामी काम गर्थे। ७२ सालको भूकम्पपछि काठमाडौंमा ज्यामी काम गर्दागर्दै उनीहरूले विवाह गरेका थिए।, उनीहरूबीच झगडा भएको त्यो पहिलो दिन थिएन।, उनीहरूले सात वर्षअघि प्रेम विवाह गरेका थिए। बिहेको ६ महिनामात्रै उनीहरूको सम्बन्ध राम्रो भयो। त्यसपछि सधैंजसो झगडामात्र।, त्यसदिन पनि उनीहरूबीच झगडा भयो। रूपाले दुई थप्पड हिर्काएपछि घ्याल्मो घरबाट निस्किए। उनको पछि-पछि रूपा पनि निस्किइन्।, रिसमा हिँडेका घ्याल्मो एउटा माइक्रो भ्यानमा चढेर फुल्चोकीतिर लागे। उनलाई पछ्याउँदै रूपा पनि गोदावरीको अन्तिम स्टपसम्म पुगिन्।, त्यहाँबाट हिँडेर उनीहरू फुल्चोकीको जंगलतर्फ लागे। फुल्चोकीको एक ठाउँमा पुगेर फेरि झगडा गर्न थालेका थिए।, झगडा गर्दागर्दै रूपाले भनिन्, ‘कि मर कि मलाई मारिदे।’, डाँडाको थाप्लोमा फूल्चोकीमाई छिन् भने नजिकै बौद्ध चैत्य। त्यहाँ डोरीमा थुप्रै ध्वजापता झुन्ड्याइको थियो। झोंक चलेपछि घ्याल्मोले त्यही डोरीले घाँटी कसेर रूपाको हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए।, हत्या गरेपछि घ्याल्मो त्यहाँबाट फर्किए। त्यसदिन यता उनले सामान्य रूपमा आफ्नो दिन बिताउन थालेका थिए।, मृतक: रूपा, तर आइतबार दिउँसो आएको एउटा सूचनाले उनलाई प्रहरीको हिरासतसम्म पुर्यायो।, करिब साढे १२ बजेतिर नेपाल प्रहरीलाई फुल्चोकी डाँडामा एक जनाको शव भेटिएको खबर आयो। च्याउ टिप्न गएकी एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।, घटना शंकास्पद छ भन्ने खबरपछि परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीको नेतृत्वमा टोली परिचालन भयो। घटनाबारे एसएसपी पोखरेलसम्म रिपोर्टिङ भइसकेको थियो।, शव पूरै सडिसकेको अवस्थामा थियो। अनुहार हेरेर पहिचान हुनसक्ने आधार नै नभएको एसएसपी पोखरेलले बताए।, उनका अनुसार चिसो स्थानमा भएको हुँदा शव सबै नगलेको हो। सामान्य तापक्रममा भने शव १२ घण्टापछि गल्न सुरू हुने उनले बताए।, घटनास्थलबाट प्रहरीले एउटा ब्याग र मोबाइल फोन भेटायो। फोनमा पनि सिमको आधा टुक्रामात्रै भेटिएको थियो। ब्यागमा पनि पहिचान खुल्ने कुनै कागजात भेटिएन।, घटनास्थल पुगेको डिएसपीको टोली पनि उनको हत्या नै भएको हो भन्ने पूर्ण रूपमा विश्वस्त भइसकेको थियो। टोलीले फोरेन्सिक चिकित्सकलाई पनि सँगै लगेको थियो।, ‘घाँटीमा डोरी भएको कारण उनको हत्या नै हो भन्ने थाहा पाउन सक्यौं,’ एसएसपी पोखरेलले भने, ‘आत्महत्या गरेको भए कतै झुन्डिएको अवस्थामा हुनुपर्ने थियो। तर त्यस्तो थिएन।’, शव भुइँ घोप्टो परेको अवस्थामा फेला परेको थियो। यस घटनामा शवको पहिचान गर्नु नै प्रहरीको मुख्य चुनौती बनेको थियो। पहिचान खुलाउन प्रहरीले विभिन्न मानिससँग सोधपुछ समेत गरेको थियो।, प्रहरीले यसमा विभिन्न पाटोबाट अनुसन्धान गरी उनको पहिचान खुलाएको एसएसपी पोखरेलले बताए।, ‘अनुहारको भाग गलेर खप्परमात्रै बाँकी थियो। जसले गर्दा मान्छे को हो भन्ने दुविधा थियो। प्राविधिक रूपमा अनुसन्धान थाल्यौं,’ उनले भने, ‘कुनै आधार नभेटेको भए, पहिचान नखुलेको भए हामीलाई अनुसन्धान गर्न गाह्रो हुन्थ्यो। धेरै समय लाग्थ्यो।’, उनको पहिचान खुल्नेबित्तिकै उनका श्रीमान घ्याल्मो शंकाको घेरामा तानिए।, पक्राउ परेका घ्याल्मो लामा।, खोज्दै जाँदा प्रहरीले उनलाई सोमबार ललितपुरको युएनपार्कमा फेला पारी पक्राउ गरेको हो।, उनले हत्या गरेको पनि स्वीकारिसकेको एसएसपी पोखरेलले बताए। हत्या गर्ने मनसाय नभए पनि त्यो दिन आवेगमा आएर हत्या गरेको प्रहरीसँग उनले भनेका छन्।, ‘मैले मार्छु नै भन्ने सोचेको त थिइनँ। तर त्यहाँको अवस्थाले हत्या गर्न पुगेँ,’ घ्याल्मोको भनाइ उदृत गर्दै पोखरेलले भने।, अहिलेसम्म उनको मात्रै संलग्नता देखिएको बुझिएको छ। यद्यपि अनुसन्धानबाट थप कुरा खुल्न सक्ने प्रहरीको भनाइ छ।, पक्राउ गरेपछि प्रहरीले सोमबार परिसरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।, शवको पोष्टमर्टम गर्न ललितपुरको पाटन अस्पतालमा राखिएको छ।, ,
श्रीमानलाई पछ्याउँदै फुल्चोकी पुगिन् रूपा, उनैको हातबाट गुमाइन् ज्यान |
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीमा छतबाट खसेर २२ वर्षीय युवकको मृत्यु भएको छ।, होस्टल रहेको घरको तेस्रो तला (छत) बाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनी विगत एक वर्षदेखि रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलमा बस्दै आएका थिए।, सोमबार बिहान १० बजे होस्टलको छतबाट अचानक खस्दा गुरूङ गम्भीर घाइते भएका थिए। , उनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , उनी कसरी लडेका थिए भन्ने खुलिसकेको छैन। उनी ब्रिटिस गोरखामा जानका लागि उक्त होस्टलमा बसेर प्रशिक्षण लिँदै थिए।, मृतक गुरुङका परिवारले भने यो घटना शंकास्पद भएको बताएका छन्।, प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान अघि बढाएको छ।,
सामाखुसीमा छतबाट खसेर एक युवकको मृत्यु |
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, जसको कारण देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।, मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।, देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।, मंगलवार राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको भनाइ छ। , यस्तै बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ । ,
न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा, कस्तो रहला आज दिनभरको मौसम? |
सेतोपाटी संवाददाता बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।, 'बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ', उनले भने। गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।, विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए ।, गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले जानकारी दिए । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् । रासस,
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द |
सेतोपाटी संवाददाता दार्चुलामा बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।, शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए। , महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो।, यस्तै नौगाड गाउँपालिकाका ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको प्रहरीले जनाएको छ।, अहिले थप खोजी तथा उद्धारका लागि सेनाको हेलिकप्टर पनि दार्चुला पुगेको गाहामगरले बताए।, उनले उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयको टोली खटिएको बताए।, नौगाढका ३ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएको छ।, महाकाली नगरापालिका–२ मैखोलीका १ जनाको उद्धार गर्न हेलिकप्टर गएको बुझिएको छ। अहिलेसम्म महाकाली नगरपालिकामा घरमा सुतिरहेका ७ जना घरसँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।, उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।, तस्बिरहरू:, तस्बिर: रासस, तस्बिर: नरेन्द्रसिंह कार्की/ रासस, तस्बिर: नरेन्द्रसिंह कार्की/ रासस, तस्बिर: नरेन्द्रसिंह कार्की/ रासस,
दार्चुलामा बाढी-पहिरो: पाँच जनाको मृत्यु, सात जना अझै बेपत्ता (तस्बिरहरू) |
डा. रचना सिंह राणा आँखामा 'डार्क सर्कल' देखिनुको धेरै कारण हुन्छन्। त्यसमध्ये अनिन्द्रा र स्ट्रेस प्रमुख हो। यसबाहेक शरीरका अरू समस्या पनि छन् जसको कारण आँखामा डार्क सर्कल देखिन्छ।, कहिलेकाहीँ आँखा र नाकमा हुने एलर्जीले पनि यस्तो हुन्छ। आँखा चिलाइरहने अनि नाकबाट सिँगान बगिरहने समस्या भएकाको आँखामा डार्क सर्कल देखिन्छ।, आँखामा डार्क सर्कल देखिनुको प्रमुख कारण शरीरको समस्याले हो। थकान बढी भएका, निन्द्रा नपुग्ने, नाकमा सिँगान धेरै बग्ने र थाइराइडको समस्याले समेत आँखाको चारैतिर कालो देखिन्छ।, यस्तै आँखा र टाउकोमा कुनै चोटपटक लाग्दा पनि डार्क सर्कल देखिन्छ। आँखाको तल्लो भाग सुन्निएर त्यहाँ पानी भरिएपछि डार्क सर्कल देखिन्छ। त्यसैले शरीरमा पानीको अभाव हुन दिनु हुँदैन।, आफूलाई चाहिने निन्द्रा पुर्याउनुपर्छ। सकेसम्म राति अबेरसम्म बस्नु हुँदैन। त्यस्तै आवश्यक मात्रामा आराम गर्नुपर्छ। आखाँको तल्लो भागमा आइसले ५-१० मिनेट सेक्न सकिन्छ। त्यस्तो गरेमा पनि डार्क सर्कल कम हुन्छ।, पछिल्लो सयम यो प्रति मान्छे धेरै गम्भीर हुन थालेका छन्। उनीहरू चिकित्स कहाँ जान्छन्। विशेष गरेर युवाहरू सचेत छन्। यसले आफ्नो आत्मबल समेत घट्छ भनेर मान्छेहरुले चासो दिएका छन्।, आँखा फरफराउने समस्या उत्तिकै छ। कुन आँखा फरफरायो भने राम्रो-नराम्रो भन्ने छ। यो एउटा गलत बुझाई मात्र हो। कुनै कारणले गर्दा आँखामा जोड पर्यो भने, निन्द्रा परेन भने आँखा आफैं फरफराउने हो। आँखा धेरै सुख्खा भएपछि आँखा झिम्क्याउने हुन्छ। कतिपयलाई भने यो बानीनै लागेको हुन्छ।, हामीले पढेपछि थाहा पायौं कि, जुन आँखा थाकेको छ, त्यहीँ बढी फरफराउँछ। आँखा फरफराउन साथ गलत बुझ्ने होइन बरू अलि धेरै स्ट्रेस भयो कि भनेर सोच्नुपर्छ।, आँखा फरफराउने समस्या हुनेले मेरा दैनिक गतिविधिको कारण पर्याप्त आराम पुगेको छ कि छैन भनेर सोच्नुपर्छ।, आँखा सुख्खा नहुने कुनै औषधि राख्न सकिन्छ। कहिलेकाहीँ काममा व्यस्त हुँदा आवश्यक पानी खाइएको हुँदैन यसलाई पनि ध्यान दिन जरूरी छ। कसैको वंशाणुगत समस्या पनि हुनसक्छ।, आँखामा देखिने डार्क सर्कलको समस्या र यसको उपचार अनि आँखा फरफराउने समस्याबारे तिलगंगा आँखा अस्पतालमा कार्यरत नानी रोग विशेषज्ञ डा. रचना सिंह राणासँग हामीले भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ:,
आँखामा ‘डार्क सर्कल’ किन देखिन्छ, कसरी गर्ने उपचार (भिडिओ) |
रमेश लम्साल/ रासस सरकारले सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर भूमिसँग सम्बन्धित कामलाई छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ।, मालपोत तथा नापी कार्यालयमा नै नगइकन पब्लिक एक्सेस मोड्युलको प्रयोगबाट बैंक तथा वित्तीय संस्था तथा कर्मचारी सञ्चय कोष समेतले जग्गा रोक्का वा फुकुवा गर्ने व्यवस्था गरिएको छ।, यसबाट जग्गाधनी वा बैंक तथा वित्तीय संस्थालाई पनि कार्य सम्पादन गर्न सहज भएको छ। विशेषगरी निजामती एवम् विभिन्न सरकारी निकायका कार्यरत कर्मचारीले कर्मचारी सञ्चय कोषमार्फत ऋण लिँदा राखिने जग्गा रोक्काको कामसमेत यसबाट थप सहज भएको छ। त्यस्तै घर वा जग्गाको फुकुवासमेत मालपोत कार्यालयमा नै नगइकन काम हुने गरी व्यवस्था गरिएको छ।, यसले सहज रूपमा सेवाग्राहीले सुविधा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सूचना प्रविधिको अधिकतम उपयोग गरेर सेवालाई विश्वासिलो, भरपर्दो बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको जानकारी दिइन्।, उनले सूचना तथा प्रविधिको प्रयोगबाट उपलब्ध हुने सेवाबाट आर्थिक अनियमितता रोक्न सकिने र अनावश्यक झन्झटसमेत व्यहोर्नु नपर्ने भए पनि सेवाग्राहीले सहज रूपमा काम गर्न सक्ने वातावरण सिर्जना भएको बताइन्। जग्गा प्रशासनसम्बन्धी सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका एक सय २६ वटै भूमिसुधार तथा मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रवाह भएको छ।, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रणालीगत सबलीकरणअन्तर्गत हार्डवेयरको स्तरोन्नति कार्य सम्पन्न भएको छ। प्रणाली नचलेको तथा सर्भरमा समस्या भएको जस्ता बहाना देखाएर सेवाग्राहीलाई दुःख दिनसमेत नसक्ने गरी प्रणालीको स्तरोन्नति गरिएको छ। देशभरका मालपोत तथा नापी कार्यालयमा कर्मचारीको आकर्षण बढाउन पनि यस खालको व्यवस्था गर्नुपरेको सरकारको बुझाइ छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार सरकारी निकायमध्ये सबैभन्दा बढी आर्थिक अनियमितता हुने निकायका रुपमा मालपोत र नापी कार्यालय देखिँदै आएको छ। सोही कारण पनि ती निकायका कर्मचारीको आकर्षण घटेको देखिन्छ।, सेवाग्राही र कर्मचारीको भेट नै हुन नपर्ने व्यवस्था गरिएपछि आर्थिक अनियमिततासमेत रोक्न सकिने सरकारको बुझाइ छ।, सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइनमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ भूमिसुधार तथा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ। उक्त प्रणालीको प्रयोगबाट कार्यसम्पादनमा समेत सहजता भएको छ।, मालपोत कार्यालयमा नै नगइकन बैंक तथा वित्तीय संस्था एवम् कर्मचारी सञ्चय कोषले समेत जग्गा रोक्का राख्न वा फुकुवा गर्न सकिन्छ। उक्त सेवा हाल कलंकी र ललितपुर मालपोत कार्यालयबाट सुरू गरिएको छ। अन्य मालपोत कार्यालयमा पनि लागू गर्ने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन्।, नापी कार्यालयबाट प्रदान गरिने सेवालाई सरल एवम् सहज बनाउनका लागि नक्सा प्रिन्ट लगायतका सेवा अनलाइनमार्फत जुनसुकै स्थानबाट प्राप्त गर्न सकिने गरी विकास गरिएको ‘मेरो कित्ता’ प्रणाली र नेपाल भूसूचना प्रणालीबाट ५० नापी कार्यालयमा सेवा प्रवाह गरिएको छ। मन्त्रालयबाटै मालपोत र नापी कार्यालयको गतिविधि एवम् सेवा प्रवाहको अवस्था अनलाइन प्रणालीको माध्यमबाट नियमन गर्न सकिने प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ।, मालपोत कार्यालयलाई मन्त्रालयबाटै प्रत्यक्ष रूपमा अनुगमन तथा निरीक्षण गर्न सकिने गरी सिसिटीभी सर्भिलेन्स सिष्टम स्थापना गरिएको छ। यसबाट कर्मचारी सर्भर नचलेको वा प्राविधिक समस्या भएको भनेर सेवाग्राहीलाई दुःख दिने सम्भावना क्रमशः अन्त्य भएको छ।, सबै मालपोत कार्यालयको सेवा प्रवाहका लागि प्रयोगमा रहेको नेटवर्क मन्त्रालयबाटै अनुगमन गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएपछि हरेक दिनको विवरणसमेत सहज भई उपलब्ध हुने गरेको छ। यसबाट मालपोत कार्यालयबाट प्रवाह भएको सेवा संख्या तथा संकलन भएको राजश्वको विवरणसमेत प्राप्त हुने गरेको छ। सूचना प्रविधिको प्रयोगले भूमि प्रशासनमा गुणात्मक परिवर्तन भएको र त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको मन्त्री श्रेष्ठको भनाइ छ।,
सूचना प्रविधिको प्रयोगले बदलिए देशभरका मालपोत कार्यालय |
रासस बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।, मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका हुन्।, इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा छन्।, उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।, सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।,
बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते |
सेतोपाटी संवाददाता देशभर थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३७४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, १७१८ जनाको पिसिआरबाट ११२ र २०२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो।, योसँगै देशभर २४३० जना सक्रिय संक्रमित छन्। १३० जना संक्रमित निको समेत भएर घर फर्किएका छन्।, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। ,
थप १६३ जनामा कोरोना संक्रमण |
सेतोपाटी संवाददाता कञ्चनपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।, दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको हो। , दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।, वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।,
बाढीले बगाउँदा दोधारा चाँदनीमा एकको मृत्यु |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह संयुक्त राष्ट्रसंघका प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन्।, संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय सम्मेलनमा सहभागी भएर शनिबार उनी काठमाडौं फर्किएका हुन्।, सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू, प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।, विमानस्थलमा कुराकानी गर्दै उनले उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डामा छलफल भएको बताए।, यस्तै ए४पी (एक्सन फर पिशकिपिङ)को कार्यान्वयन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले बताए।, साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा भएको उल्लेख गरे। साथै समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको बताए।, भदौ १५ गते सुरू भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता थियो।, उक्त समिटमा नेपालको तर्फबाट ४ सदस्यीय टोली सहभागी भएको थियो ।, ,
स्वदेश फर्किए प्रहरी आइजिपी सिंह |
सेतोपाटी संवाददाता काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्।, काठमाडौं बस्तीहरूले भरिएको सहर हो। मानिसको भिड र अव्यवस्थित बसोबासका कारण खाली ठाउँ प्रायः शून्य छ। खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँका त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन।, खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैन। काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन्।, खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ। टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा। तर आज यी कुनै पनि ठाउँ खुला छैनन्। अतिक्रमण, व्यावसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन्। , बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिँढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन बढ्दै गएको छ। खाली भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन्। हेर्नुस् ,न्युज एजेन्सी नेपाल,ले खिचेको दृश्य:, , ,
अस्तव्यस्त काठमाडौंका खुला ठाउँ (तस्बिरहरू) |
सेतोपाटी संवाददाता बुटवलको ईलाका प्रशासन कार्यालय अगाडी खुलेआम घरेलु मदिरा बिक्री वितरण भइरहँदा बेखबर बनेको छ।, सरकारले सरकारी कार्यालय र अस्पतालको पाँच सय मिटर आसपास क्षेत्रमा मदिराजन्य वस्तु बिक्री वितरण गर्न निषेध गरेको छ। तर पनि बुटवलमा नियन्त्रण गर्ने कार्यालय अगाडि नै खुलेआम घरेलु मदिरा बिक्री वितरण भइरहेको हो।, बुटवलको ट्राफिक चोकमा संचालनमा रहेका कफिसपहरूलाई असुरक्षाको कारण भन्दै नियन्त्रण गरेको बुटवल उपमहानगरपालिका समेत घरेलु मदिरा बिक्री हुँदा भने कुनै चासो दिएको छैन।, लुम्बिनी बस टर्मिनलदेखि माथि लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ निर्मित भवन अगाडी सम्म ठेलामा विभिन्न पेय पदार्थ र मिनिरल वाटरका बोतलमा राखेर मदिरा बिक्री हुने गरेको छ।, अस्पतालको मुखैमा धुँवाको मुस्लो सहित ठेलामा सेकुवा पोल्दा वातावरण समेत प्रदुषण हुने गरेको छ।, सडकमै खुलेआम मदिरा बिक्री हुँदा विभिन्न स्थानबाट आएका यात्रु, अस्पतालमा भर्ना गरिएका बिरामी कुरूवा समेत असुरक्षित हुने गरेका छन्। सोही स्थानको फुटपाथमा दिनभर अन्य व्यापार गर्ने व्यापारीहरू सरकारी कार्यालय बन्द नहुँदै मदिरा बिक्री सुरू भइसक्ने बताउँछन्।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले घरेलु मदिरा बिक्री भएको बारे आफूलाई जानकारी नभएको र अब तत्काल हटाउने बताए।,
बुटवल इलाका प्रशासन कार्यालय अगाडि घरेलु मदिरा खुलेआम बेच्दै |
सेतोपाटी संवाददाता विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार घर फर्किएनन्।, उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन छन्।, बुटवल उपमहानगर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार विद्यालय गएका थिए। उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन्।, तीनै जना विद्यार्थी सँगै निस्केका थिए।, विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरिएको हो।, उनीहरूमध्ये समीर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका थिए। आफूहरूलाई अचेत बनाई ल्याएको र दिउँसो २ बजेपछि मात्रै होस खुलेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताएका थिए।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले परिवारको निवेदन अनुसार हराइरहेका विद्यार्थीको खोजि जारी रहेको बताए।,
विद्यालय हिँडेका बुटवलका ३ विद्यार्थी सम्पर्कविहीन |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। , जसको कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।, सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।,
,
न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर, कस्तो छ आजको मौसम? |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।, आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। , प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।, आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। , यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।, यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।, सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन्।, कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। , आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। , यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ।, कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। , आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए।, त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् उनले सुनाए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ। , यसैगरी यस वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध नपरेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। भदौ ३१ गते सप्तमी तिथि श्राद्ध परेको छ। अष्टमी तिथि भने असोज २ गते परेको छ। असोज २ गते अष्टमी तिथि बढी परेकाले त्यस दिन अष्टमी श्राद्ध गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।, पुरोहितले आफू अनुकूल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउँदै उनले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्ने बताए। , यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए। , पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि सुझाव दिए । , पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ शुरू हुन्छ।, वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ। ,रासस,
सोह्र श्राद्ध शुरू, आज दुई तिथिको श्राद्ध |
सेतोपाटी संवाददाता पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन्।, हिमानी ट्रष्टमार्फत शाहले शनिबार गोरखाका विभिन्न पालिकाका विद्यार्थीलाई झोलालगायत १९ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन्।, गोरखा बजारस्थित शक्ति माध्यमिक विद्यालयमा भएको कार्यक्रममा हिमानीकी छोरी कृतिका पनि सहभागी थिइन्।, उनीहरूले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका र धार्चे गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन्।, तीन हजार सात सय ५० जना विद्यार्थीलाई चाइना फाउन्डेसनमार्फत प्राप्त सामग्री हिमानीले हस्तान्तरण गरेकी हुन्।, चाइना फाउण्डेसनले वर्षेनी गोरखा, लमजुङ, मनाङ र गुल्मीका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँछ।, यसैबीच हिमानी र कृतिकाले गोरखा दरबारस्थित गोरखकाली र गोरखनाथको पूजा गरेका थिए। उनीहरूले कैलाशकुटमा राखिएको देवीको दर्शन पनि गरेका थिए।,
गोरखामा हिमानीले बाँडिन् विद्यार्थीलाई शैक्षिक सामग्री |
सेतोपाटी संवाददाता मोहना नदीमा एक पुरुषको शव फेला परेको छ।, धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो।, उक्त शव सडेको अवस्थामा फेला परेको छ।, शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, शवको पहिचान गर्न आफन्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।,
मोहना नदीमा भेटियो पुरूषको शव |
एजेन्सी पूर्वी पपुवा न्यू गिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।, स्थानीय समय अनुसार ९: ४६ बजे गएको शक्तिशाली भुकम्प सँगै अमेरिकी भूगर्भ सर्वेक्षणले सुनामीको चेतावनी जारी गरेको थियो।, यूएसजीएसले भूकम्प कयानन्टु शहरबाट ६७ किलोमिटर टाढा ६१ किलोमिटर गहिराइमा आएको बताएको छ। , भूकम्पका कारण तटीय सहर मदाङ र थप भित्री क्षेत्रका अधिकांश भवनमा क्षति पुगेको छ। यद्यपी क्षतिको विवरण आइनसकेको एपीले जनाएको छ।, भूकम्पले पपुवान्युगिनीका केही भागमा बिजुली अवरूद्ध भएपछि सुनामीको खतरा टरेको यूएसजीएसले जानकारी दिएको छ।, भूकम्पको झट्का केन्द्रबिन्दु नजिकका शहरहरूदेखि पोर्ट मोरेस्बीसम्म करिब ३०० माइल (४८० किलोमिटर) टाढा देशभरि व्यापक रूपमा महसुस गरिएको थियो। , पूर्वी हाईल्याण्ड सहर गोरोकामा रहेको एक विश्वविद्यालयमासमेत क्षति पुगेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा भूकम्पको समयमा भित्ता र झ्यालहरूमा ठूला दरारहरू देखिएका छन्। , भूकम्प निकै शक्तिशाली भएको मदाङका स्थानीयले एएफपीलाई जानकारी दिएका छन्।, पपुवा न्यु गिनी प्रशान्त महासागरको रिङ अफ फायरमा छ, जसका कारण यहाँ बारम्बार भूकम्प जाने गर्छ। , यसअघि सन् २०१८ मा गएको ७.५ रेक्टर स्केलको भूमक्पमा परि १२५ जनाले ज्यान गुमाएका थिए।, सन् २००४ मा छिमेकी इन्डोनेसियामा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो। जसले सुनामी निम्त्याएको थियो। उक्त सुनामीको कारण २ लाख २० हजार मानिसको ज्यान गएको थियो।,
पपुवान्यूगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प |
नवीनबाबु गुरूङ आजबाट विधिवत सोह्रश्राद्ध शुरु भएको छ।, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत शुरु हुन्छ।, आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको भीड लाग्छ।, काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (वागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरुको भीड रहेको छ। आज तनहुँ र चितवनको देवघाटधाम, म्याग्दीको गलेश्वर, बराहक्षेत्र, रुरु क्षेत्र लगायतका पावन भूमिमा श्राद्ध गर्नेहरुको भीड हुन्छ।, तिथि घटबढका कारण आजै प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्नेछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधा दान र पिण्डदान गरिन्छ।, चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने शास्त्रोक्त कथन रही आएको छ।, यो समय पितृहरुले आश गरेर बसेको हुने भएकोले पनि पितृलाई पिण्डदान र तर्पण दिने गरिन्छ। सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृऋणबाट पनि मुक्त मिल्ने कथन छ।, यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने धार्मिक विश्वास पनि रही आएको छ । पितृ पक्ष सकिएलगत्तै बडा दशैँ शुरु हुन्छ । ठूलो चाडअघि पितृहरुलाई सन्तुष्ट पार्नु वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको धार्मिक मान्यता छ । जसकारण पनि आजबाट १६ दिनसम्म पितृहरुलाई तर्पण, पिण्डदान, सिधा दान गरेर सोह्रश्राद्धको समापन गरिन्छ । ,
पशुपतिमा श्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू) |
सेतोपाटी संवाददाता चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको थियो।,
,
शनिबारदेखि हराएका अधिकारी आइतबार बिहान ८ः३० वजे मृत भेटिएका हुन्। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ।,
चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु |
सेतोपाटी संवाददाता बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्।, बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।, सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।, ‘परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ’, प्रमुख केसीले भने। ,रासस,
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए |
सेतोपाटी संवाददाता करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय कमल बराईली, ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ् र ४७ वर्षीय सन्त चौधरी रहेका छन्। उनीहरुको फरक-फरक स्थानमा मृत्यु भएको हो। बराईलीको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा मुत्यु भएको थयो। कुलोको पानीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा बराईली घाइते भएका थिए। बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ,
जिल्लाको हल्दीबारी गाउँपालिका–५ का थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछामार्ने क्रममा घटनास्थलमै मृत्यु भएको थियो । यस्तै मेचीनगर नगरपालिका–५ हडिया खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा मेचीनगर ११ धाइजनका ४७ बर्षीया सन्त चौधरीको मृत्यु भएको हो ।,
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ,
करेन्ट लगाएर माछा मार्दा झापामा तीनको मृत्यु |
सेतोपाटी संवाददाता बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। , १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।, विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए। , काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ। , लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ। , भदौ ६ गते उनी केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए। , क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्। , गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए। , लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन। , उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ। , भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। , जाहेरी परेपछि प्रहरीले सोही दिन पीडितको स्वास्थ्य परीक्षण गराएको थियो। , प्रहरीले घटनास्थलबाट प्रमाणहरू जुटाउने काम गरिरहेको जनाएको छ। प्रहरीले काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि संकलन गरेको छ। उनीहरू काठमाडौंको होटलमा जानुअघि भक्तपुरको नगरकोटस्थित होटलमा पनि पुगेको प्रहरीले जनाएको छ।,
सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा |
सेतोपाटी संवाददाता गुल्मीमा मानिसमाथि आक्रमण गर्ने चितुवा मारिएको छ।, रेसुङ्गा नगरपालिका-६ बिन्तीचौरमा आइतबार बिहान करिब साढे ६ बजे चितुवाले मानिसमाथि आक्रमण गरेको थियो।, पोथी चितुवाको आक्रमणबाट स्थानीय अन्दाजी ३० वर्षीय यमबहादुर कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले जानकारी दिए।, उनका अनुसार चितुवा राती कुँवरको कुखुरा फार्ममा पसेको थियो। चितुवाले फार्ममा भएका ४५ वटा कुखुरासमेत मारेको छ।, बिहान कुखुरा फार्ममा पुगेका कुँवरमाथि एक्कासी चितुवाले झम्टिएको उनले बताए।, ‘यसबहादुरमाथि झम्टिँदा ढाड, हात र अनुहारमा अलि चोट लागेको छ,’ उनले भने,‘दाइलाई चितुवाले आक्रमण गरेपछि भाइचाहिँले पछाडिबाट चितुवालाई हिर्काएका रहेछन्।’, यमबहादुरका २८ वर्षीय भाइ डोमबहादुरले हिर्काउँदा केही पर गएर चितुवा मरेको प्रहरीले जनाएको छ।, एसपी दाहालका अनुसार अधबैंसे चितुवा एक मिटर ६६ सेन्टिमिटरको छ। चितुवा अन्दाजी ३० किलोको छ।, घाइते भएका यमबहादुरको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ। उनी खतरामुक्त भइसके पनि रिफर गर्ने तयारी रहेको एसपी दाहालले बताए।, घटनापछि डिभिजन वन कार्यालयको टोली पनि घटनास्थल पुगेको थियो।, चितुवाको मुचुल्का गरी उठाएको वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए। उनका अनुसार चितुवामा पनि केही चोट लागेको छ।, बाहिरी चोट भन्दा पनि भित्री चोटले चितुवा मरेको हो कि भन्ने आशंका गरिएको छ।, ‘यसलाई मानिसले नै मारेको भन्दा पनि द्वन्द्वमा मारिएको भन्न पर्छ। चितुवाको मृत्युको कारण थाहा भइसकेको हुँदा पोष्टमर्टम गर्दैनौं,’ उनले भने।, डिभिजन वन कार्यालयले यसको व्यवस्थापन गर्ने तयारी समेत थालेको छ।,
कुखुरा खोरमा गएका यमबहादुरमाथि चितुवा झम्टिएपछि... |
नवीनबाबु गुरूङ ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ।, मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो।, ‘हामीले यसअघि पटक-पटक जानकारी गराएका थियौं। छलफलमा समेत बोलायौ। तर उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज हटाउन खोजेका थियौं अत्यधिक संवेदनशील भएकाले अहिले सिल गरेका हौ’, महानगरका प्रमुख चिरीबाबु महर्जनले भने।, विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउनू भनेर सम्झायौं। तर जति गरे पनि उहाँहरूले नमानेपछि बाध्य भएर हटाउनु परेको मेयर महर्जनले जानकारी दिए।, पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए। हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ। ,
मापदण्ड विपरीतको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरले गर्यो सिल |
सेतोपाटी संवाददाता लेनदेन मुद्दामा अदालतबाट दुई वर्ष कैद तोकिएको महिला पक्राउ परेकी छिन्।, घोराही उपमहानगरपालिका-१२ की ३७ वर्षीया चुमकुमारी बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजनकुमार गौतमले जानकारी दिए।, उनका अनुसार २०७५ साल चैत १३ गते जिल्ला अदालत दाङले लेनदेन मुद्दामा दोषी ठहर गरेको थियो। उक्त फैसलाले दुई वर्ष कैद सुनाएको थियो। फैसलापछि उनी फरार भएको प्रहरीले जनाएको छ। , प्रहरीले उनलाई शुक्रबार घोराही–१३ कलमघारी गाउँबाट पक्राउ गरेको हो।, आइतबार जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि बुढालाई कारागार चलान गरिएको डिएसपी गौतमले जानकारी दिए।,
दुई वर्ष कैद तोकिएकी फरार महिला दाङबाट पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ। , पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। , उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो। , प्रहरी उपरीक्षक लामिछानेले अन्य प्रयोजन गरेका कारण बेसमेन्ट खाली गरिएको बताए। यस्तै यसपछि तीनकुने एरियामा समेत जाने बताए।, ‘त्यहाँ फुटपाथ मिचेर भर्याङ हालिएको छ,’ उनले भने, 'त्यो पनि हामी हटाउने छौं।', पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने र नक्साविपरित बनाइएका संरसचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।,
महानगरले खाली गर्यो कोटेश्वरको भाटभटेनी बेसमेन्ट |
सेतोपाटी संवाददाता काठमाडौं महनगरपालिकाका तीन वटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन्।, महानगरले सात दिने अल्टिमेटम दिएपछि तीन वटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनका अनुसार सोल्टी होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन्। यी दुई क्यासिनोले ३० लाख कर तिरेका हुन्।, बुधबारै मेरियट होटलले १९ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो।,
सोल्टीसहित तीन क्यासिनोले बुझाए महानगरलाई मनोरञ्जन कर |
सेतोपाटी संवाददाता काठमाडौं महनगरपालिकाका तीनवटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन्।, महानगरले सात दिने अल्टिमेटम दिएपछि तीनवटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनका अनुसार सोल्टि होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन्। यी दुई क्यासिनोले गरी ३० लाख कर तिरेका हुन्, बुधबारै म्यारियट होटलले १९ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो।,
सोल्टिसहित तीन क्यासिनोले बुझाए महानगरलाई मनोरञ्जन कर |
सविता बुढा धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको हो।, उक्त शव धनगढी-१३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए।, ‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा थियो,’ जोशीले भने,‘त्यसैका आधारमा उनको पहिचान खुलेको हो।’, शर्मा भदौ २० गतेदेखि हराइरहेकी थिइन्। ८ कक्षामा पढ्ने शर्माको परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। , प्रहरीको प्रारम्भिक अनुसन्धान उनले २० गते नै नदीमा हाम फालेको देखिएको छ।, ‘प्रारम्भिक अनुसन्धानमा उनले प्रेम प्रस्ताव राखेका किशोरले फेसबुकमा ब्लक गरेपछि पीडा सहन नसकी आत्महत्या गरेको देखिएको छ,’ डिएसपी जोशीले भने,‘हामी थप अनुसन्धान गर्दैछौं।’, उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।,
मोहना नदीमा भेटियो चार दिनदेखि हराइरहेकी किशोरीको शव |
सेतोपाटी संवाददाता बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।, स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।, उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।, उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो।, उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन्।, एलिजावेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए। महारानीका रूपमा एलिजावेथले ती सबै चुनौती डटेर सामना गरिन्। उनले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राखिन्।, एलिजावेथ कुनै दिन बेलायतकी महारानी बन्लिन् भन्ने कसैले सोचेका थिएनन्। उनको जन्म सन् १९२६ अप्रिल २१ का दिन बर्कलेमा भएको थियो। उनी त्यति बेलाका राजा जर्ज पाँचौंका दोस्रो छोरा 'ड्युक अफ यार्क' अल्बर्टकी जेठी छोरी हुन्।, सन् १९३६ मा तत्कालीन बेलायती राजा जर्ज पाँचौंको निधनपछि उनको जेठो छोरा डेविडले एडवर्ड आठौंका रूपमा गद्दी सम्हालेका थिए। तर एडवर्डले दुईचोटि सम्बन्ध विच्छेद गरिसकेकी अमेरिकी महिला वैलिस सिम्पसनसँग विवाह गरेपछि बेलायतमा उनको तीव्र विरोध भयो। यही विरोधका कारण एडवर्ड आठौंले गद्दी त्याग गरे।, त्यसपछि एलिजावेथका पिता 'ड्युक अफ यार्क' जर्ज छैठौंका रूपमा गद्दीमा बसे। तर उनलाई राजा बन्न कुनै रूचि थिएन।, पिताको गद्दी आरोहणपछि १० वर्षकी एलिजावेथ त्यसका उत्तराधिकारी भइन्। उनलाई त्यति बेलादेखि नै आफ्नो भावी जिम्मेवारीको अनुभूति हुन थालेको थियो। यो अनुभवले उनलाई पछि राजकाज सम्हाल्न धेरै सहज भयो।, त्यो बेला हिटलरको शक्ति तीव्र गतिले बढ्दै थियो। युरोपमा बढ्दो तनाव र ध्रुवीकरणबीच राजा जर्ज छैठौंले आफ्नो परिवारसहित देशव्यापी भ्रमण गरे। एलिजावेथ पितासँगै भ्रमणमा गएकी थिइन्। उनको निम्ति त्यो यात्रा राजनीति बुझ्ने ठूलो अवसर साबित भयो।, एलिजावेथले स्कुल गएर औपचारिक शिक्षा लिएकी थिइनन्। उनी र उनकी बहिनी मार्गरेटको शिक्षादिक्षा दरबारमै भएको थियो। एलिजावेथ आफ्ना पिता र हजुरबुवाकी एकदमै प्यारी थिइन्। उनलाई माया गरेर 'लिलिबेट' भनिन्थ्यो। उनलाई सानोमा आफ्नै नाम एलिजावेथ उच्चारण गर्न गाह्रो हुन्थ्यो।, एलिजावेथले छ वर्षको उमेरमै घोडसवारी सिकेकी थिइन्। घोडसवारी सिक्दा उनले आफ्ना गुरूलाई भनेकी थिइन्, 'मलाई गाउँमा बस्ने सामान्य केटी बन्न मन छ र गाउँमा गएर थुप्रै कुकुर र घोडा पाल्न मन छ।', सानैदेखि एलिजावेथ एकदमै जिम्मेवार स्वभावकी थिइन्। बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल उनको स्वभावबाट प्रभावित थिए। चर्चिलले महारानी एलिजावेथबारे भनेका थिए, 'कम उमेरमै पनि उनको स्वभाव एकदमै ओजपूर्ण र रवाफिलो छ।', कहिल्यै स्कुल नगए पनि एलिजावेथले धेरै भाषा सिकेकी थिइन्। उनले बेलायतको संवैधानिक इतिहासमा राम्रो अध्ययन गरेकी थिइन्। एलिजावेथ र उनकी बहिनी मार्गरेटले आफ्ना समकालीन केटीहरूसँग राम्रो मेलजोल राख्न सकून् भनेर बकिङहम दरबारका नाममा गर्ल्स गाइड कम्पनी स्थापना गरिएको थियो।, सन् १९३९ मा १३ वर्षकी एलिजावेथ आफ्ना आमाबुवासँग डार्टमथको रोयल नेवल कलेज गएकी थिइन्। त्यहाँ उनको भेट ग्रिसका राजकुमार फिलिपसँग भयो। उनीहरूको यो पहिलो भेट थिएन। तर जब नेवल कलेजमा उनीहरूको भेट भयो, एलिजावेथले राजकुमार फिलिपबारे चासो देखाउन थालिन्।, त्यसपछि उनीहरूबीच लगातार भेट हुँदै गयो। छुट्टीमा राजकुमार फिलिप आफ्ना शाही नातेदारहरूलाई भेट्न लन्डन गए। सन् १९४४ सम्म आइपुग्दा एलिजावेथ र फिलिप एकअर्कालाई प्रेम गर्न थालिसकेका थिए। उनीहरू एकअर्कालाई चिठी लेख्थे। एलिजावेथले फिलिपको तस्बिर पनि आफ्नो कोठामा राख्न थालेकी थिइन्।, दोस्रो विश्वयुद्ध सकिएपछि तत्कालीन राजकुमारीका रूपमा एलिजावेथ अक्जिलरी टेरिटोरियल सर्विसमा सहभागी हुन गएकी थिइन्। त्यहाँ उनले गाडी चलाउन र गाडी मर्मत गर्न सिकिन्।, सन् १९४५ मे ८ मा राजकुमारी एलिजावेथले शाही परिवारसँग मिलेर विश्वयुद्ध सकिएको अवसरमा उत्सव मनाएकी थिइन्। त्यसमा बेलायतको जित भएको थियो। त्यो बेला उनले आमजनताको बीचमा गएर खुसी बाँड्न आफ्ना आमाबुवासँग अनुमति मागेको प्रसंग पछि उल्लेख गरेकी थिइन्। यसरी आमजनताको बीचमा गएर उत्सव मनाउँदा कसैले चिन्लान् कि भन्ने उनलाई खुब डर थियो।, विश्वयुद्ध समाप्तिपछि उनी राजकुमार फिलिपसँग विवाह गर्न चाहन्थिन्। तर उनीहरूको विवाहमा केही समस्या आए।, एलिजावेथका बुवा राजा जर्ज आफ्नी प्यारी छोरीलाई आफूबाट टाढा पठाउन चाहँदैन थिए। अर्कातिर फिलिप पनि कुनै अर्को मुलुकमा गएर बस्न तयार थिएनन्। पछि यी सबै समस्या समाधान भए।, उनीहरूले सन् १९४७ नोभेम्बर २० मा लन्डनको शाही चर्च वेस्टमिन्स्टर एबेमा विवाह गरे।, बेलायतको शाही परिवारमा विवाह भएपछि राजकुमार फिलिपलाई 'ड्युक अफ एडिनबरा' को उपाधिबाट सम्मान गरियो। तर उनले शाही नौसेनाको जागिर छाडेनन्। विवाहपछि एलिजावेथ र फिलिपले सामान्य दम्पतीका रूपमा केही समय माल्टामा बिताएका थिए।, एलिजावेथ र फिलिपका पहिलो सन्तान राजकुमार चार्ल्सको जन्म सन् १९४८ मा भयो। त्यसको दुई वर्षपछि छोरी ऐन पनि जन्मिइन्।, यसबीच एलिजावेथका बुवा राजा जर्जको स्वास्थ्य खराब हुँदै गयो। उनलाई फोक्सोको क्यान्सर थियो। सन् १९५२ जनवरीमा एलिजावेथ र उनका पति फिलिप विदेश भ्रमणमा जाने बेला स्वास्थ्य समस्याका बाबजुद राजा जर्ज आफ्ना छोरी-ज्वाइँलाई छाड्न विमानस्थल आएका थिए। त्यो छोरी र बाबुको अन्तिम भेट थियो।, एलिजावेथ र फिलिप केन्यामै रहेका बेला यता बेलायतमा राजा जर्जको निधन भयो। त्यसपछि उनीहरूलाई तुरून्तै बेलायत फिर्ता बोलाइयो र हतारहतारमै एलिजावेथलाई महारानी घोषणा गरियो।, त्यो समय सम्झँदै महारानी एलिजावेथले लेखेकी थिइन्, 'मेरो बुवाको निधन एकदमै छिटो भयो। मैले उहाँसँगै बसेर शाही कामकाज सिक्ने पर्याप्त मौका पाइनँ। अचानक काँधमा आएको जिम्मेवारी निर्वाह गर्ने चुनौती मेरो अगाडि थियो।', सन् १९५३ मा एलिजावेथले गद्दी आरोहण गरेको घटना संसारभरका दुई करोडभन्दा बढीले टेलिभिजनमा हेरेका थिए।, त्यो बेला विश्वयुद्धका कारण बोक्नुपरेको आर्थिक भारका कारण बेलायत समस्यामा थियो। तत्कालीन प्रधानमन्त्री चर्चिलले आर्थिक समस्या बेला शाही परिवारले फजुल खर्च गरेको भन्दै असन्तुष्टि जनाएका थिए। उनी गद्दी आरोहण समारोह भव्य रूपमा आयोजना गर्ने पक्षमा थिएनन्। तर बेलायती जनता आफ्नी नयाँ महारानीका साथ थिए।, विश्वयुद्धपछि बेलायतको हैसियत एकदमै तल झरेको थियो। कुनै समयमा कहिल्यै सूर्यास्त नहुने बेलायती साम्राज्य संकुचित हुँदै गएको थियो। भारत लगायत संसारका थुप्रै मुलुक बेलायती उपनिवेशबाट मुक्त भइसकेका थिए। त्यस्तो बेला बेलायतको गौरव फिर्ता ल्याउन महारानी एलिजावेथले कमनवेल्थ मुलुकहरूको भ्रमण गर्ने निर्णय लिइन्।, उनी बेलायतकी पहिलो महारानी थिइन् जसले अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रणम गरिन्। उनले दुईतिहाइ अस्ट्रेलियन नागरिकलाई प्रत्यक्ष देखेको भनाइ छ।, बेलायती उपनिवेशबाट अन्य मुलुकहरू स्वतन्त्र हुने क्रमसँगै महारानी एलिजावेथको कमनवेल्थप्रति रूचि बढ्दै गयो। यसका बाबजुद उनले बेलायतको शक्ति कमजोर हुनबाट भने रोक्न सकिनन्।, एलिजावेथ बेलायतकी महारानीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट कहिल्यै पछि परिनन्। सन् १९९१ को खाडी युद्धपछि उनले अमेरिका भ्रमण गरेकी थिइन्। त्यहाँ उनले अमेरिकी कंग्रेसमा सम्बोधन पनि गरिन्। उनी अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने पहिलो बेलायती महारानी हुन्। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले उनको खुब तारिफ पनि गरेका थिए।, नब्बेको दशक भने शाही परिवारका लागि एकदमै खराब रह्यो।, महारानी एलिजावेथका दोस्रो छोरा 'ड्युक अफ यार्क' र उनकी पत्नी साराको सम्बन्ध विच्छेद भयो। उनकी छोरी राजकुमारी ऐनको पनि पति मार्क फिलिप्ससँग सम्बन्ध बिच्छेद भयो। पछि राजकुमार चार्ल्स र राजकुमारी डायनाबीचको तनावपूर्ण सम्बन्ध पनि सार्वजनिक भयो। उनीहरूले पनि आफ्नो वैवाहिक सम्बन्ध तोडे।, यति मात्र होइन, नब्बेकै दशकमा विंडसर दरबारमा भयंकर आगलागी भयो। त्यसपछि दरबारको मर्मतसम्भार खर्च कसले बेहोर्ने भनेर बेलायतमा ठूलो बहस भयो। मर्मतको खर्च शाही परिवारले नै बेहोर्ने वा बेलायती जनताबाट असुल गरेको करले बेहोर्ने भनेर तीव्र बहस चल्यो। यही विषयलाई लिएर सिंगो बेलायत दुई कित्तामा बाँडिएको थियो।, महारानीले यो विवाद साम्य पार्न एउटा उपाय निकालिन्। उनले मर्मत खर्च जुटाउन सर्वसाधारणको निम्ति बकिङहम दरबार खुला गरिन्। सँगसँगै यो घोषणा पनि गरिन्, महारानी र युवराज 'प्रिन्स अफ वेल्स' दुवैले आफ्नो आम्दानीमा कर तिर्ने छन्।, यसबीच घरेलु स्तरमा महारानी एलिजावेथसामु शाही परिवारको इज्जत बचाउने चुनौती पनि आयो।, राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्ध बिच्छेदले बेलायती शाही परिवारको इज्जतमा दाग लागेको थियो। त्यही बेला सन् १९९७ मा राजकुमारी डायनाको निधन भएपछि जनता शाही परिवारविरूद्ध उभिए। महारानी एलिजावेथले निजी स्तरमा थुप्रै आरोप सामना गर्नुपर्यो।, पेरिसमा भएको दुर्घटनामा राजकुमारी डायनाको मृत्यु भएपछि हजारौं नागरिकले सडकमा निस्केर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे। त्यसको केही समयपछि महारानी एलिजावेथले राजकुमारी डायनाको निधनमा देशवासीका नाम सन्देश दिइन्। उनले सन्देशमा भनेकी थिइन्, 'शाही परिवारले बदलिँदो समयअनुरूप आफूलाई बदल्ने कोसिस गर्नेछ।', उनले एक भाषणमा यो पनि भनेकी थिइन्, 'कुनै पनि संस्था वा व्यक्ति जवाफदेहिताबाट मुक्त हुँदैन। बेलायती शाही परिवार पनि हरेक किसिमको जाँच पड्तालका लागि तयार छ।', (बिबिसीको सहयोगमा),
एलिजावेथ बेलायतकी महारानी बन्लिन् भन्ने कसैले सोचेका थिएनन् |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।, नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।, बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिनेछ। , पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ। ,
१ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार महाविर पुनलाई |
राजेन्द्रप्रसाद पनेरु/रासस कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपांगता छ। उनको कम्मरमुनिको भाग चल्दैन।, तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो। शारीरिक अपांगताकै कारण उच्च शिक्षा पढ्ने धोको उनको पूरा हुन सकेन। गाउँ नजिकैको विद्यालयबाट उनले ५ कक्षासम्मको पढाइ गरेकी छन्। पाँच कक्षामाथि पढ्नका लागि गाउँ नजिकैको सनवोरा नदी तर्नु पर्दथ्यो। ह्विलचियर गुडाएर नदी तरेर टाढाको विद्यालय पुग्न सम्भव थिएन। त्यै भएर उनको उच्च शिक्षा पढ्ने धोको पूरा हुन सकेन। , ‘विद्यालय जाँदासमेत साथीसंगीले गाई गोरुजस्तै हिँड्छौं, जीवनमा के नै गर्न सक्छौं भनेर नराम्रो तरिकाले जिस्क्याउँथे’, विगत सम्झँदै उनले भने, ‘त्यसको प्रवाह गरिनँ, उच्च शिक्षा पूरा गर्ने सपना पूरा नभए पनि निरास भइन्, समाजकै अगाडि केही गरेर देखाउने दृढ सङ्कल्पमा अडिग थिए, अवसरको खोजीमा थिए, परिवारका लागि बोझ नभएर सहारा बन्ने धोको थियो।’,
,
विसं २०६४ मा गैरसरकारी संस्थाको सहयोगमा दुर्गाले छ महिने सिलाइकटाइ गर्ने तालिम लिइन्। तालिम पाएपछि उनको दिनचर्या नै फेरिएको छ। , तालिम लिएपश्चात् संस्थाले उपलब्ध गराएको हाते सिलाइ गर्ने मेसिनले उनले गाउँघरमै सिलाइको कार्य गरी कमाइ गर्दै आएकी थिइन्। त्यसै क्रममा संघ/संस्थाले सञ्चालन गर्ने सिलाइकटाइ तालिममा सुरूमा सहायक प्रशिक्षकका रूपमा काम दिन्थे।,
,
‘त्यसबाट आउने पारिश्रमिकले घरको खर्च चलाउन सहज हुन्थ्यो’, उनले भनिन्, ‘सिलाइकटाइमा एक लेवलको परीक्षा पास गरेपछि प्रमुख प्रशिक्षकका रूपमा नगरपालिकाबाट सञ्चालन हुने तालिममा अब काम पाइन थालेको छ।’, सिलाइकटाइको दोस्रो लेवलको परीक्षा पास गर्ने उनको धोको छ। तालिम सञ्चालन गरेबापत उनले रु ३० हजारदेखि रु ४५ हजारसम्म पारिश्रमिक बुझ्ने गरेकी छन्। तालिम दिने कार्यसँगै उनले शुक्लाफाँटा–५ वन समिति बजारमा रु दुई लाख लगानी गरी सिलाइकटाइ गर्ने पसल सञ्चालन गरेकी छन्। पसलमा पैसा तिरेर सिलाइकटाइ सिक्ने आउने गर्दछन्।,
,
दैनिक दुई घण्टा सिलाइकटाइ सिक्नेबाट उनले मासिक रूपमा रु एक हजार शुल्क लिने गर्छिन्। दुर्गाको पसलमा अहिले सिलाइकटाइको चार जनाले प्रशिक्षण लिइरहेका छन्।, दुर्गाले कपडा कटिङ गर्ने कार्यसँगै जेन्सले लगाउने कमिज, पाइन्ट, कोट र लेडिजले लगाउने ब्लाउज, पेटिकोट, सलवार, कुर्तालगायत सिलाइ गर्छिन्। भनेकै समयमा कपडा सिलाइ गरी दिने र चाहेकै डिजाइनमा कपडा सिउने भएकाले दुर्गाको पसलप्रति ग्राहकको विश्वास बढ्दो रूपमा रहेको छ। , ‘तालिम सञ्चालन भएका बेला प्रशिक्षकका रूपमा कार्य गर्छु’, उनले भने, ‘बाँकी समय पसलमै कपडा सिउने कार्यमा खर्चिने गर्दछु, कपडा सिलाइ गरेवापत दैनिक रु दुई हजारदेखि रु चार हजारसम्म कमाइ हुन्छ, सिजनमा त्योभन्दा दोब्बर तेब्बर बढी कमाइ हुन्छ।’, परिवारमा एक्लो कमाउने दुर्गा नै हुन्। परिवारको पूरै खर्च उनले नै बहन गर्दै आएकी छन्। , ‘बुवा, आमा र भाइको खर्च मैले नै बेहोर्छु’, उनले भनिन्, ‘शारीरिक अपांगता भएपछि परिवार निकै तनावमा हुन्थे, तालिम लिएर सिलाइकटाइको कार्य गर्न थालेपछि परिवार पूरै खुसी छ, दिनभरि सिलाइ गरेर आएको पैसा आमाको हातमा राखिदिन्छु।’, घरका लागि आवश्यक सामान खरिद गरेर दुर्गाले नै लग्ने गर्छिन्।, पसलको भाडा तिरेर बाँकी रकम आमालाई बुझाउने गरेको उनी बताउँछन्।, गाउँकै समूहमा भविष्यका लागि दुर्गाले रकम बचत समेत गर्दै आएकी छन्। समूहमा उनको एक लाख रुपैयाँ बढी रकम बचत रहेको छ। विगतको जस्तो अहिले सनवोरा नदीसमेत तर्नुपर्दैन।, नदीमा पक्की पुल निर्माण भएपछि दुर्गा दैनिक घरबाटै सडकमा ट्राइसाइकल गुडाएर सात किलोमिटरको यात्रा तय गर्दै पसलसम्म पुग्छिन्।,
,
‘घाम पानी जे भए पनि दैनिक ट्राइसाइकल गुडाएर पसलमा पुग्छु’, उनले भनिन्, ‘अब बानी नै परिसक्यो, जीवनसँग संघर्ष गर्न सिकेको छु, त्यसैले पसल सञ्चालन गर्न सक्षम भए।’, दुर्गाका बुवा जग्गुराम चौधरी छोरीको संघर्ष देखेर दंग छन्।, उनी भन्छन्, ‘शारीरिक अपांगता भएको छोरीले जीवनमा संघर्ष गरी व्यवसायी होला भनेर सोचेका थिएनौं, गरेर देखाएकी छ, यसमै हामी सन्तुष्ट छौं, अपांगता भएपछि यसको भविष्य के होला भनेर सोच्थ्यौं, कमाइ गर्न थालेपछि ढुक्क छौं, अब चिन्ता छैन।’,
,
दुर्गाले एक लेवलको कक्षा पास गरे पनि दुई लेवलको कार्य गर्न समक्ष भएको नगरपालिकाको उद्योग शाखाका प्रमुख धनबहादुर चौधरीले बताए।, ‘दोस्रो लेवलको परीक्षामा सहभागी गराउनका लागि प्रयास गर्छौैं’, उनले भने, ‘नगरपालिकाबाट सञ्चालन हुने तालिममा प्रशिक्षकका रूपमा दुर्गालाई नै लिँदै आएका छौं।’ ,
दुर्गालाई व्यवसायी बन्न छेकेन अपांगताले |
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट एउटा आइटी कम्पनीका सिइओलाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेललाई पक्राउ गरेको साइबर ब्युरो कार्यालयले जानकारी दिएको छ। पोखरेल जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन्।, प्रहरीले पोखरेललाई बुधबार झम्सिखेलबाट पक्राउ गरेको हो।, प्रहरीका अनुसार पोखरेलले कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याएर डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने गर्थे। , जिनिस कम्पनीले सुन्दर ग्रुप अफ कम्पनी प्रालिलाई वेब पोर्टल र डेटालाई होस्टिङ सर्भिस लगायतको सुविधा प्रदान गर्दै आएको थियो। त्यसै क्रममा जिनिसले अनधिकृत रूपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी डेटाहरू नष्ट गरेको हो। त्यसपछि सुन्दर ग्रुपले साइबर ब्युरोमा जाहेरी दिएको प्रहरीले जनाएको छ। ,
,
अनुसन्धानका क्रममा पोखरेलको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनीमाथि जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ। ,
साइबर अपराध मुद्दामा पक्राउ परे आइटी कम्पनीका सिइओ |
रासस दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरूष मृत फेला परेका छन्। , कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ।, घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। , मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन। शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
दोलखाको सुन्द्रावतीमा एक पुरूष मृत फेला |
सेतोपाटी संवाददाता प्रहरीले तनहुँबाट करिब बीस वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, तनहुँको भानु नगरपालिका-८ का ४० वर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, खड्काका अनुसार अनुपले २०६० साल साउन १८ गते ५५ वर्षीय चाउरे श्रेष्ठलाई कोदालोले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका चाउरेको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा पुर्याउँदा बाटोमा नै मृत्यु थियो।, प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका श्रेष्ठलाई नवलपरासीबाट पक्राउ गरेको हो।, प्रहरीले तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।,
२० वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २४४८ जना सक्रिय संक्रमित छन्।, १३३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। ,
देशभर थपिए १५२ कोरोना संक्रमित, दुईको मृत्यु |
सेतोपाटी संवाददाता भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी तथा चिकित्सकहरूले अस्पतालमा पोष्ट ग्रेजुएट क्यान्सर इन्स्टिच्युट स्थापना गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।, बिपी कोइरालाको १०९ अौं जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भरतपुर आएका प्रधानमन्त्री देउवाले क्यान्सर अस्पतालको अवलोकन गरेका थिए।, प्रधानमन्त्रीसमक्ष इन्स्टिच्युट स्थापना र पेट सिटी स्क्यान मेसिन माग गरेको अस्पतालका अध्यक्ष डाक्टर निर्मल लामिछानेले बताए।, 'अस्पतालमा अब पोष्ट ग्रेजुएटको पढाइ सुरू गर्नुपर्यो। नेपालमा सुरू नै नभएको साइक्लाेटन सहितको पेट सिटी स्क्यान मेसिन पनि यहाँ आवश्यक छ भनेर हामीले कुरा राख्यौं,' डा.लामिछानेले भने, 'प्रधानमन्त्रीले हुन्छ म प्रयास गर्छु भन्नुभएको छ।', पेट सिटी स्क्यान मेसिनले शरीरकाे सबै भागमा क्यान्सर फैलिए, नफैलिएकाे पत्ता लगाउँछ।, क्यान्सर अस्पतालमा यो मेसिन ल्याउन खोजिएको वर्षौं भइसक्यो। रामवरण यादवले राष्ट्रपति हुँदा यहाँ उक्त मेसिन ल्याउन अग्रसरता देखाएका थिए। त्यतिखेर सरकारले बजेट छुट्टाउँदा पनि अस्पतालले मेसिन खरिद गर्न सकेको थिएन। , प्रधानमन्त्रीले क्यान्सरका बिरामीको उपचारमा खटेकोमा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएको उनले बताए।,
प्रधानमन्त्रीसँग भरतपुरमा क्यान्सर इन्स्टिच्युट स्थापना गर्न र पेट सिटी स्क्यान मेसिन माग |
रासस जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन्।, जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ। , प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेक सबै ठप्प पारेका थिए। , प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमतिपछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ।, गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए।, यहाँको एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।, जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको थियो। ,
काममा फर्किए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर |
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशका वायुसेवा कम्पनीले उडानका लागि चासो व्यक्त गरिरहेका बेला विमानस्थलको दिगो सञ्चालनका लागि हवाई सुरक्षाबारे छलफल थालिएको छ।, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै चार महिनापछि विमानस्थलको हवाई सुरक्षा शाखाले शुक्रबार हवाई सुरक्षामा देखिएका चुनौती र समस्याबारे सरोकारवालासँग अन्तरक्रिया गरेको हो।, अन्तरक्रियामा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले विमानस्थलको आन्तरिक व्यवस्थापनसँगै अन्तर्राष्ट्रिय विमानको प्रवेशको लागि सिधा एयर रूटको अभाव र भएको एयर रूटमा समेत विभिन्न उद्योगका अग्लाअग्ला चिम्निहरु बाधक बनिरहेको बताए।, महाप्रबन्धक दाहालले विमानस्थलको एयर रूटमा पर्ने विभिन्न उद्योगले निर्माण गरेका अग्ला संरचना हटाउन पत्राचार भए पनि नहटाउँदा समस्या देखिएको बताए।, दाहालका अनुसार विमानस्थल नजिकै उत्तरतर्फ रहेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नि हटाउन विमानस्थल सञ्चालक समितिबाटै निर्णय भई पटक पटक पत्राचार भए पनि उद्योगले हालसम्म अटेर गर्दै आएका छन्।, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार विमानस्थल रनवेको करिब ४ हजार मिटर क्षेत्रमा ४५ मिटरभन्दा अग्ला संरचना राख्न पाईदैन।, तर विमानस्थलदेखि ३२ सय मिटर उत्तरमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले १ सय २४ मिटर अग्लो चिम्नी निर्माण गरेपछि विमानस्थल आयोजनाले ४ वर्ष पहिलेदेखि नै त्यसलाई हटाउन पत्र काट्दै आईरहेको जनाएको छ।, चिम्नीको उचाई घटाउन उद्योगलाई पहिलो पटक २०७५ चैत १० गते पत्राचार गरेको विमानस्थल आयोजनाले २०७६ साल असार १७ गते दोस्रो पत्र र हालै तेस्रो पत्र काटेको जनाएको छ।, विमानस्थलको उत्तरतर्फ अर्घाखाँची सिमेन्टसँगै ईट्टा उद्योगका अग्ला अग्ला चिम्नीले पनि विमानस्थलमा असुरक्षासँगै प्रदूषण थपिरहेका छन्। विमानस्थलका महानिर्देशक दाहालले इट्टा उद्योगले प्रदुषण बढाए पनि अन्य सुरक्षामा भने बाधक नबनेको बताए।, दाहालले विभिन्न विमान कम्पनीले यहाँबाट उडान भर्ने चासो दिईरहेको र सिधा एयर रूटका लागि भारत सरकारसँग पत्राचार र समन्वय भईरहेको जानकारी दिए।, कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विमानस्थलको सुरक्षा प्रबन्धसँगै पर्यटकलाई कसरी सुविधा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सुझाव दिए। , उनले सस्तो हवाई टिकट काटेर आएका यात्रुसँग ट्याक्सीले चर्को भाडा असुल गर्दै आएको उल्लेख गर्दै ट्याक्सीको एउटै भाडा दररेट तय गर्नुपर्ने बताए। ‘दररेट कायम नहुँदा एउटै ट्याक्सीले भैरहवाबाट बुटवलसम्म यात्रु लगेको १५ सयदेखि २ हजारसम्म लिने गरेका छन्, यस्तो प्रवृत्तिले पर्यटकलाई आकर्षित गर्न सकिदैन,’ उनले भने।, पाण्डेले विमानस्थलमा आफन्त लिन र छोड्न आउने निजी सवारीसाधनबाट विमानस्थल प्रवेश गरेपछि नै पार्किङ शुल्क असुल गर्दै आएको भन्दै त्यस्ता सवारीसाधनबाट शुल्क असुल गर्ने काम तत्काल बन्द गर्न निर्देशन दिए। , ‘पार्किङ क्षेत्रमा प्रवेश गर्ने वित्तिकै शुल्क लिनु गैरकानुनी हो, कि त प्रवेश शुल्क भनेर पैसा लिएको हुनुपर्यो नभए प्रवेश गर्दैमा पार्किङ शुल्क भनेर पैसा लिन पाईदैन,’ उनले भने।, प्रमुख जिल्ला अधिकारी पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि विदेशी पर्यटकको चाप स्वतः बढ्ने भए पनि होटलको सेवामा भने सुधार हुन नसकेको बताए। , ‘होटलले पाहुनालाई भित्र लैजाने मात्र होईन भित्र लगिसकेपछि दिने सेवा सुविधामा पनि सुधार गर्नुपर्यो, सबै बर्गका पर्यटक र यात्रुले धान्न सक्ने सबै प्रकारका होटल सञ्चालन गर्नुपर्छ’, उनले सुझाव दिए।, कार्यक्रममा सहभागीले हवाई यात्रुहरुको चाप बढेसँगै भन्सार, अध्यागमन, स्वास्थ्य, क्वारेन्टाईन, बैंकको व्यवस्था र विमानस्थल भित्र र बाहिरको सुरक्षाको लागि सिसिटिभी जडान गर्नेतर्फ ध्यान दिन विमानस्थल र सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए।, जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वटा अवतरण र भैरहवादेखि कुवेतका लागि ५० वटा उडान गरिसकेको विमानस्थलले जनाएको छ। , ती उडान र अवतरणबाट १२ हजार ३ सय ७२ जना यात्रुले सेवा लिईसकेको महाप्रबन्धक दाहालले जनाएका छन्। जसमध्ये ५ हजार ७ सय ८० जनाले भैरहवा अवतरण गर्दा ६ हजार ६ सय ९२ जनाले भैरहवादेखि उडान भरेका छन्।,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योगका चिम्नी बाधक बन्दै |
रासस कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्।, यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन्।, आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण शाहीले बताए। काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ। , ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ।, बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको डिएसपी शाहीले बताए। , ‘भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो। त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्’, डिएसपी शाहीले भने, ‘केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौं।’ , बलात्कृत किशोरीले आज बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उनले जानकारी दिए।,
देउडा हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार |
नवीनबाबु गुरूङ काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी इन्द्रजात्रा मनाइएको छ।, काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत उपस्थित थिए। , आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। त्यसैले उनी त्यहाँ पुगेकी हुन्। , वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाउने गरिन्छ।, प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।, भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।, भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ।, इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरू भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ। , तस्बिरहरू:,
तस्बिरमा हेर्नुस्, बसन्तपुरमा इन्द्रजात्राको रौनक |
सेतोपाटी संवाददाता आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर रहेको छ।, आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ।, भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तै भोलि आइतबार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , यस्तै सोमबार पनि प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ,
काठमाडौंसहित अधिकांश स्थानमा वर्षा, कस्तो छ आजको मौसम? |
सेतोपाटी संवाददाता आफ्नो प्रशासनिक कार्यालय अगाडिको सडक कब्जा गरी व्यापार व्यवसाय गरेकाहरूलाई नहटाएको भन्दै आलोचना बढेपछि बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्र गरिएका व्यापार व्यवसाय र अव्यवस्थित पार्किङ खाली गर्न ३ दिने अल्टिमेटम दिएको छ।, पछिल्लो समय काठमाडौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक र फुटपाथमा गरिएको अतिक्रमण हटाएर प्रशंसा बटुलिरहँदा पनि त्यसतर्फ चासो नदिएको उपमहानगरपालिकालाई तिलोत्तमा नगरपालिकाले असोज ५ गतेभित्र सार्वजनिक स्थलको अतिक्रमण हटाउन अल्टिमेटम दिएपछि भने दबाब परेको हो।, उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै तीन दिनभित्र सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कशपहरू हटाउन अल्टिमेटम दिएको छ।, उपमहानगरपालिकाका अधिकृत डोलराज पौडेलले हस्ताक्षर गरी सार्वजनिक गरिएको उक्त सूचनामा गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगर, भित्री सडकमा समेत सडक पेटी, चोक चौराहमा अव्यवस्थित रूपमा राखिएका ठेला, ट्यांकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतको अवरोध हटाउन अनुरोध गरिएको छ।, ‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्न योग्य बुटवल सहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडक समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, ट्यांकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामान राखी अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिनभित्र खाली गरिदिनुहुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख गरिएको छ।, उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिक चोक, तीनकुने चोक, देवीनगर, दिपनगर, अस्पताल लाइन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरी ठेला राख्ने मात्र होइन हाटबजार समेत सञ्चालन गर्दै आएका छन्।, एकातर्फ निर्माणको क्रममा पारिएको अस्तव्यस्त सडक र अर्कोतर्फ फुटपाथ र सडक नै कब्जा गरी व्यापार व्यवसाय संचालन गरिँदा सवारी चालक र फुटपाथमा पैदल यात्रा गर्ने यात्रुहरूले समेत सास्ती भोग्दै आएका छन्।, अहिले फुटपाथ नै व्यापारीहरूले कब्जामा राख्ने गरेका छन्। जसले गर्दा यात्रुहरू भीडमा जोगिएर हिँड्न निकै सकस हुने गरेको छ।, लुम्बिनी प्रादेशिक अस्पतालको पूर्व र उत्तरतर्फका दुबै गेटसम्म पुगेर एम्बुलेन्सलाई आवतजावत गर्न समेत असुविधा हुने गरी व्यवसायीले ठेला र भुइँमै बिच्छाएर पसल थाप्ने गरेका छन्।, बुटवल उपमहानगरपालिकाले फुटपाथमा रहेका ठेला र भुइँमै पसल थापेका व्यवसायीसँग समेत ठेकेदारमार्फत् दैनिक कर असुल गरेको भन्दै आलोचना हुने गरेको थियो।, भुइँ र ठेलामा व्यवसाय गर्नेहरू मात्र होइन सटर भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरूले पनि सडक र फुटपाथमा सामान राखेर कब्जा गर्दै आएका छन्।,
सडक पेटी र फुटपाथबाट पसल, ठेला र पार्किङ हटाउन बुटवलमा तीन दिने अल्टिमेटम |
रासस ओखलढुंगाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको शुक्रबार मृत्यु भएको हो।, जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार शेर्पालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुंगा सामुदायिक अस्पताल लगिएको थियो।, जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौं पठाएको थियो। , उपचारका लागि काठमाडौं लैजाने क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ। , ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिइएको पनि अधिकारीले बताए।,
दुर्घटनामा एक युवकको मृत्यु |
सेतोपाटी संवाददाता गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। , बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए।, हाल पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।, बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ। ,
दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता |
सेतोपाटी संवाददाता दाङ जिल्ला अदालतको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरको एक ब्यक्तिको घरमा सुनका गरगहना र नगद चोरी गरेको अभियोमगा पक्राउ परेका घोराही–१७ का २२ वर्षीय विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तलामाथिबाट भुइमा हाम फालेर भागेका थिए। , उनी भागेको लगभग २४ घन्टाको अवधिका घोराही–लमही सडक खण्डको जंगल बीचको एक घरबाट शुक्रबार राति उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुुर वलीले ,सेतोपाटी,लाई बताए। , ‘अदालतमा म्याद थप्न लगेको समयमा शौचालयबाट भागेका विश्वकर्मालाई हामीले एक दिन भित्रै पक्राउ गर्न सफल भएका छौं,’ एसपी वलीले भने ‘ उनलाई घोराही–लमही सडक खण्डमा पर्ने एक घरबाट पक्राउ गरिएको हो ।’ घटनाबारे शनिवार थप जानकारी दिने एसपी वलीले बताए।, यो पनि हेर्नुहोस्- , अदालत भवनको दुई तला माथिबाट हाम फालेर भागेका थिए विश्वकर्मा,
अदालतको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ |
विवेक मिश्र/रासस भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको छ। , चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । , सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ। देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन्। ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्’, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ।’, कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउँछन्। उनका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाउना चरा झुण्डमै आउने गरेको पाइएको छ।, प्राध्यापक डा दामोदर थापा क्षेत्रीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरीयासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ। ‘कोसी टप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्’, विशेष गरी मङ्सिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने उनले बताए।, प्रा डा थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोजस्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निकै असर पुर्याएको छ तर केही मात्रामा चै विस्तारै विस्तारै स्वभाविक हुँदै जाँदा पनि रहेछन्। साइबेरीया देखि आउने एक प्रकारका चरा, कर्मोरेन्ट (लामो घाँटी भएको एक प्रकारको चरा), विभिन्न किसिमका बकुल्लाका जात र पानि हाँसका विभिन्न जात प्रशस्तै पाइने गरेको प्रा डा थापाले बताए।, उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौं पर्यटक चरा बसाइँसरी आउने गर्दछन्। , बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक रहेको छ। करिब ५० प्रजातीका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलंकातिर जाने गर्छन्।, जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्राय रहने गर्दछन् । , जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्। अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।, दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । , नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।,
जाडो छल्न फाट्टफुट्ट नेपाल आइपुगे पर्यटक चरा |
सेतोपाटी संवाददाता डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। , शुक्रबार साँझ जोरायल गाउँपालिका–१ मणिपुरका ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु प्रहरीले जनाएको छ।, मणिपुर सडक खण्डमा सुप प्र ०१-०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए।,
डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु |
मणिराम दाहाल/रासस मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्।, यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन्। उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर छ। , सुरूमा यस क्षेत्रमा उनको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन। अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ छन्।, कर्मका पूजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ। उमेरले सात दशकको घामपानी खेपेका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन्। उनको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन। , ‘देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ’, भक्तबहादुर भन्छन्। केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ। , भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए। उनी सुरूमा साविक हरैँचा गाविसमा बसोबास गर्थे। ‘सुरूमा हरैँचा सानो बजार थियो। विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थिए’, भक्तबहादुर विगत सम्जिए।, भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरूमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो। सामान्य परिवारमा जन्मिएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिए। उनले केही समय घुमफिर गरी बिताए त्यसपछि मेकानिकका साथमा लागेर साइकल बनाउने काम सिके। भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे। ‘यही मेरो स्थायी काम भयो’, उनले सुनाए।, जुँघा पालेका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छन्। ‘बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो’, उनी भन्छन्। निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिन्छन्।, उनको घरमा पहिले ६ जनाको परिवार थियो। दुई छोरीको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको उनले बताए।, भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक १५ हजार जति कमाउँछन्। यसैबाट घर परिवार चलाउँछन्। उनले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन्। भक्तबहादुर त्यहीँ घरमा दुःख सुख बस्छन्।, मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउँछन्। ‘मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो’, उनले भने।, लामो समयदेखि साइकल मर्मतको सीपमा लागेका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन्। चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउँछन्।, पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उनी बताउँछन्। साइकल बनाउन साह्रोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुर भन्छन्। भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रूचाउँछन्। उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउँछ।,
भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। , सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.न.३-०२-००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो। , अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। , काठमाडौं-२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका-१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृत्यु भएको हो। , उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। , प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका-१२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ।, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।,
कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु |
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।, शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। , पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्। , नौगाडको सल्लामा पहिरोका कारण ८ घर पुरिएका छन्।, पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।, यता दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगत मगरका अनुसार अविरल वर्षाले नदीहरूमा बाढी आएपछि सदरमुकामका ४ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।, जोखिममा रहेका स्थानीय र उनीहरुका सरसमानलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको प्रहरी निरिक्षक मगरले जानकारी दिए।,
दार्चुलामा बाढी पहिरोः दुईको मृत्यु, दुई दर्जन बढी घरमा क्षति ५ जना बेपत्ता |
रासस सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ।, अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो। सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरू गरेको थियो।, भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ। अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामीले बीमा गरेका छन्।, त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा ९३ करोड ५८ लाख ९५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी लिएको छ। अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षमा बीमा दाबी रकम बढेको छ।, यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले १३ करोड ३२ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी पाएको छ। गत आर्थिक वर्षमा अस्पतालले ३० करोड ७९ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी लिएको थियो। बीमामा बिरामीको आकर्षण बढेकै कारण संख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो।, ‘दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो,’ पौडेलले भने।, स्वास्थ्य बीमा बोर्डबाट हालसम्म चार सय ५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ। बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ।, अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ।, स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ। उनले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाइ उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताए।, स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत छन्। रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन्।, अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ।, ‘सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन्,’ उनले भने।, बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन्। अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन्।, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा शाखामार्फत गरिएका मेहनत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए।, ‘साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्वपूर्ण छ,’ उनले भने। , यसरी लाग्नेलाई संस्थागत रुपमा अस्पतालले सधैँ सम्मान गर्ने भन्दै उनले अस्पतालमा ओएनएम सर्वेअनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताए।, छ सय शय्याको अस्पतालमा नेपाल सरकारका एक सय ७५ कर्मचारी छन्। बाँकी अस्पताल विकास समितिले धान्दै आएको छ।,
भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको आकर्षण बढ्दो |
सेतोपाटी संवाददाता प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।, शनिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। बैठक आज १ बजेको लागि तोकिएको थियो।, विशेष कारणले बैठक स्थगित भएको जनाएको छ।, बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो।,
प्रतिनिधि सभाको बैठक स्थगित |
सेतोपाटी संवाददाता पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयको सटरमा पोखरा महानगरले बिहीबार डोजर चलाएको छ।, यी दुई भवनमा २७ वटा सटर थिए।, पोखरा महानगरले यी सटर भाडामा दिन दिएको सम्झौता ३ वर्षअघि नै सकिएको थियो।, भाडा सम्झौता सकिएपछि पनि सटरका व्यवसायीले सटर नछाडेको र भाडा पनि नतिरेको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए।, सटरमा डोजर लगाउन पोखरा महानगरका मेयर धनराज आचार्य २ वटा डोजर लिएर पुगेका थिए। उक्त स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय र पार्क बनाउने महानगरको योजना रहेको मेयर आचार्यले जानकारी दिए।, डोजर चलाउनुअघि सटर छाड्न सार्वजनिक सूचना दिएको र पटक पटक व्यवसायीलाई सटर छाड्न आग्रह गरेको उनले बताए।,
पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर (तस्बिरहरू) |
एजेन्सी क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतबार १० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , आक्रमणकारीमध्ये मिल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेको हो भने आक्रमणको एक दिनपछि अर्का व्यक्तिको शव फेला परेको थियो।, प्रहरीका अनुसार मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनबाट स्थानीय समय अनुसार दिउँसो ३:३० बजे पक्राउ गरेको हो।, आइतबार विभिन्न १३ स्थानमा भएका आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए। घाइतेमध्ये १० जना अझै अस्पतालमा छन्। जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ।, प्रहरीले मिल्सलाई पक्राउ गर्नुअघि एक सार्वजनिक सूचना जारी गर्दै मिल्स अझै फरार रहेकाले सचेत हुन आग्रह गरेको थियो। , मिल्सको गिरफ्तारीसँगै प्रहरीले अहिले कुनै खतरा नरहेको स्पष्ट पारेको छ। , प्रहरीका अनुसार आक्रमणमा संलग्न दुबै दाजुभाइ हुन्।, प्रहरीले दुवै दाजुभाइविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। गिरफ्तार मिल्स स्यान्डरसनलाई हत्या र हत्या प्रयासको आरोप लगाइएको छ। मिल्सविरूद्ध वर्षौंदेखि कैयौं आपराधिक मुद्दा दर्ता भएका छन्।,
दुई दाजुभाइद्वारा क्यानडामा छुरा प्रहार गरी १० जनाको हत्या |
नवीनबाबु गुरूङ इन्द्रजात्राको दोस्रो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ।, तलेजु भवानी मन्दिर अगाडि बिहीबार सामुहिक कुमारी पूजा गरिएको हो। महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो।, प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।, हेर्नुहोस् तस्बिरहरू,
बसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरू) |
सेतोपाटी संवाददाता प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ।, काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।, धादिङ निलकण्ठ नगरपालिका-४ घर भई बसुन्धरा बस्ने ३३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका हुन्। , राति बिष्णुमती पुलमा प्रहरी प्रभाग गोंगबुबाट प्रहरी सहायक निरीक्षक (असई) सञ्जमान तामाङ सहितको टोली चेकिङमा खटिएको थियो। बा ३ प ७००५ नम्बरको मोटरसाइकलमा विक आएका थिए। मोटरसाइकल रोकेर चेक गर्ने क्रममा उनले प्रहरीलाई एक हजार रुपैयाँ दिएपछि पक्राउ गरेको परिसरले जनाएको छ।,
प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ ले आफ्नो अपमान गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका छन्। सुदूरपश्चिमका प्रभावशाली ४३ जना स्रष्टाहरूले सामूहिक विज्ञप्ति निकालेर त्यसको चर्को विरोध जनाएका छन्। , प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री, सहकुलपतिमा सामाजिक विकास मन्त्री र सदस्य सचिवमा मन्त्रालयका सचिव रहने व्यवस्थासहितको ऐनले पञ्चायतकालिन प्रवृत्तीको पुनरावृत्ति गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका हुन्। उनीहरूले ती सबै पदमा स्रष्टाहरूबाटै नियुक्त हुनु पर्नेलगायतका माग राखेका छन्।, ऐन संशोधनका लागि विभिन्न ७ बुँदे मागसहितको विज्ञप्ति सुदूरपश्चिम प्रदेश सरकारसहित सरोकारवालालाई उनीहरूले बुझाइसकेका छन्। स्रष्टाहरूको अपमान हुने गरि ऐन बनाएकामा सुदूरपश्चिम प्रदेश सरकारले आत्मआलोचना गर्नु पर्ने पनि उनीहरूको माग छ। , ‘यो स्रष्टाविरोधी ऐन संशोधन नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ’, आन्दोलनका अभियन्ता एवम् गीतकार राजेन्द्र शाह वि.पीले भने, ‘पहिलो चरणमा सामुहिक विज्ञप्ति प्रदेश सरकारलाई झक्झकाएका छौं। यति गर्दा पनि सुनुवाई भएन र यही ऐन नै कार्यान्वयन गर्न खोजे भने हामी कडा भन्दा कडा आन्दोलन गर्नेछौं।’, यो पनि हेर्नुहोस्- ,सुदूरपश्चिममा स्रष्टाहरूको अपमान किन?, यसरी विज्ञप्ति जारी गर्नेहरूमा नन्दकृष्ण जोशी, नरेन्दरराज रेग्मी, यज्ञराज उपाध्याय, भोजराज भट्ट, हेमन्त विवश, राजेन्द्र प्रसाद शाह वि.पी, डिक्रा बादी, लालबहादुर थापा, विनोद बाजुरेली, राजाराम भाट, चक्र बम, डा. राजेन्द्र भट्ट, सूर्य विरही साउँद, टंक तिमिल्सिना, गौरी भट्ट, रेखा जोशीलगायत छन्। , एकातिर ऐनको चर्को विरोध भैरहेको छ भने अर्कातिर मौजुदा ऐनमै टेकेर उपकुलपति र प्राज्ञ पदमा नियुक्ती पाउँ भन्दै केही स्रष्टाहरू नेताहरूको चाकडीमा दौडधुप गरिरहेका छन्। स्रष्टाविरोधी ऐन स्वीकार गरी जागिर खान खोज्नेहरूलाई आन्दोलित स्रष्टाहरूले खबरदारी समेत गरेका छन्। , स्रष्टाका मागहरू , सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति, सहकुलपति, उपकुलपति र सदस्य सचिवलगायत सबै पदमा स्रष्टाहरूबाटै नियुक्ती हुने व्यवस्था गरियोस्। सबै पदमा स्रष्टाहरू नियुक्त भए मात्र वास्तविक प्रज्ञा प्रतिष्ठान बन्ने छ। , अहिलेको ऐनमा उपकुलपति हुन कुनै विषयमा स्नातकोत्तर उर्तिण हुनुपर्ने भनिएको छ। यो व्यवस्था स्रष्टाको हितमा छैन र व्यावहारिक पनि छैन। यो प्रावधान हटाइयोस्। स्रष्टाहरूको योग्यता भन्नु नै उनीहरूले आआफ्नो क्षेत्रमा पुर्याएको योगदान, कला, साहित्य, संस्कृति प्रवद्र्धनमा खेलेको भूमिका, प्रकाशित कृति वा सिर्जना हुन्। , ऐनमा उपकुलपतिको उमेर ४० वर्ष पुरा भै ६५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ। यो प्रावधान पनि गलत छ। त्यसैले उमेरको हदबन्दी हटाइयोस्। , ऐनमा यि बाहेक पनि अनेकौं त्रुटी र कमजोरी रहेका छन्। तिनलाई सच्याएर मात्र ऐन जारी गरियोस्। , आगामी दिनमा दुरगामी महत्वका यस्ता ऐन तथा नियम बनाउँदा सुदूरपश्चिमका स्रष्टाहरूसँग गहन छलफल, परामर्श तथा समन्वय गरियोस्। , सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन संशोधन गर्ने सम्बन्धमा–संगीत तथा नाट्य, ललितकला एवम् भाषा साहित्य विधाबाट ३÷३ जना प्रतिनिधि रहने गरी विज्ञ समूह चयन गरियोस्। जसले वस्तुगत विश््रलेषण गरि समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरोस्। , स्रष्टाहरूको अपमान हुने गरि ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ बनाएकामा सुदूरपश्चिम प्रदेश सरकारले आत्मआलोचना गरोस्। , ,
‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ ले अपमान गरेको भन्दै स्रष्टाहरू आन्दोलित |
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा 'ग्याङ फाइट' भएको छ।, गएराति क्लबमा दुई पक्षबीच 'ग्याङ फाइट' भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।, प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, 'ग्याङ फाइट' हुँदा एक जना घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा भएको मैनालीले बताए।, अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।, ,
दरबारमार्गको क्लबमा 'ग्याङ फाइट' हुँदा एक जना घाइते, १० जना प्रहरीको नियन्त्रणमा |
रासस पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ।, पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो।, महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको हो।, महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ।, महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ। , महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन्। भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ।, भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो। सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरू गरिएको हो।, वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरू गरिएको बताए।, महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले सुनाए।, उनले भने, ‘भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौं।’, महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ।, पृथ्वीचोकमा भवनका लागि दुई करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सो भवन दुई रोपनी जमिनमा बन्नेछ। , पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरू गरेको छ।, वडा कार्यालयले सूचना जारी गरी आ-आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन्।, पोखरा–२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरू गरेको सो वडाका वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताए।,
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर (भिडिओ) |
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले सामूहिक राजीनामा दिएका छन्।, बुधबार बेलुका उनीहरूले सामूहिक रूपमा राजीनामा दिएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए।, ‘यहाँ उपलब्ध ५९ जना डाक्टरहरू हुनुहुन्छ, उहाँहरू सबैले राजीनामा दिइसक्नुभएको छ,’ रजिष्ट्रार महतले भने, ‘प्रहरी र प्रशासनले किन डाक्टरविरूद्ध गलत उजुरी पर्यो, यसबारे छानबिन गरी अदालतको पक्राउ पुर्जी खारेज हुनुपर्छ भन्ने उहाँहरूको माग छ।’, प्रतिष्ठामा जम्मा ११० जना चिकित्सक छन्। चिकित्सक बाहेकका अरू कर्मचारी तथा स्वास्थ्यकर्मीको भने राजीनामा नआएको उनले बताए।, प्रतिष्ठनमा कार्यरत डा. करण साहलाई जुम्ला जिल्ला अदालतले पक्राउ गर्न मंगलबार पुर्जी जारी गरेको थियो।, उनीमाथि बाल हिंसा गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि प्रहरीले चलाएको प्रक्रियाअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो।, भदौ २ गते प्रतिष्ठानमै कार्यरत ओपिडी असिस्टेन्ट धनबहादुर शाहीले आफ्नो छोरोको उपचार गर्न इन्कार गरेको भन्दै डा. साहमाथि कुटपिट गरेका थिए। कुटपिटपछि उनी प्रहरीको नियन्त्रणमा छन्।, कुटपिट गर्ने धनबहादुरकी श्रीमती आशा हमाल शाहीले डा. साहविरूद्ध उजुरी दिएकी हुन्।, डाक्टरलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा कर्णाली स्वास्थ्य विज्ञानमा स्वास्थ्यकर्मी तथा डाक्टरहरू आन्दोलन गरिरहेका छन्। मंगलबारदेखि नै प्रतिष्ठानमा इमरजेन्सी बाहेकको सेवा ठप्प पारिएको छ।, डाक्टरमाथि कुटपिट गर्ने शाहीलाई प्रतिष्ठानको जाँचबुझ समितिले ४५ दिनसम्मका लागि निलम्बन गरेको छ।, यो पनि:, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीले गरे राजीनामा दिने घोषणा, कर्मचारी र डाक्टरबीच लफडा बढ्दै जाँदा ठप्प भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५९ जना डाक्टरले दिए सामूहिक राजीनामा |
रासस दैलेख नारायण नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई नगरपालिकाभित्र रहेका विद्यालयमा बालविकास योजनाबारे जानकारी गराएको छ। , एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो।, नगरप्रमुख, निर्वाचित वडाध्यक्ष, वडासचिव, बालबालिकाका क्षेत्रमा काम गरिरहेका निकायलाई राखेर बालविकास योजनाको प्रभावकारिता, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको भूमिकाका बारेमा छलफल गरिएको छ। , नगरपालिकाभित्रको शैक्षिक अवस्था सुधार गर्नेबारेमा शैक्षिक रणनीति निर्माण गर्ने तयारी गरेको र सोहीअनुसार विद्यालयका शिक्षक तथा बालबालिकाको शैक्षिकस्तरसँगै पोषण सुधारका काम गर्ने तयारी गरेको नगरप्रमुख लोमन शर्माले जानकारी दिए।,
,
नगरपालिका र सेतो गुराँस बालविकास सेवा दैलेखको संयुक्त साझेदारीमा यो अभियान थालनी गरिएको हो।, बालबालिकालाई गर्भावस्थादेखि जन्मेको आठ वर्षसम्म आवश्यक पर्ने सबैखाले विकासमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको र योजना निर्माणको तयारी भएको सेतो गुराँस बालविकास सेवाकी निर्देशक राधा मल्लले बताइन्। , उनले उक्त नगरपालिकाभित्रका ३८ विद्यालयमा शैक्षिक सुधार अभियान सुरू गरिने र सोहीअनुसार बालबालिकालाई पोषणयुक्त आहार, विद्यालयको भौतिक संरचनामा प्रभावकारिता, कक्षाकोठाको व्यवस्थापन, शिक्षासँगै स्वास्थ्य वृद्धि अभियान थालिने बताए।,
जनप्रतिनिधिलाई बालविकास योजनाबारे जानकारी |
सेतोपाटी संवाददाता देशभर थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ४ हजार ४०१ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५१८ जनाको पिसिआर परीक्षण गर्दा १३७ र २८८३ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।, १६८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।, यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २४७३ जना सक्रिय संक्रमित छन्।,
थपिए २२७ कोरोना संक्रमित, एक जनाको मृत्यु |
रासस विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ।, पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो।, कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए।, समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ।, होटलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिले जनाएको छ।, होटल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ।, होटल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका बेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटल व्यवसायीसँग समितिले छलफलसमेत गरेको छ।,
,
समितिले सार्क मुलुकका पर्यटकसँग रु एक सय र सार्क बाहिरका पर्यटकसँग रु चार सय शुल्क लिने गरेको छ। बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन्।,
बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने |
युनिक श्रेष्ठ प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्वक्षितिज सिंह अहिले वीर अस्पतालमा उपचाररत छन्।, कोरोना भाइरसको संक्रमण देखिएपछि हिरासतमा रहेका उनी मंगलबार राति अस्पताल भर्ना भएका हुन्।, अहिले कोभिड वार्डमा उपचार भइरहेको उनका साथी अर्जुन पौडेलले जानकारी दिए। अपूर्वको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए।, अस्पतालमा भए पनि उनी हिरासतमुक्त भएका भने होइनन्। उनी अझै पनि प्रहरीको निगरानीमा छन्। भदौ १२ गते पक्राउ परेका उनी कहिले छुट्छन् भन्ने चासोको विषय बनेको छ।, नेवा समुदायमाथि लक्षित गर्दै स्ट्यान्डअप कमेडी गर्दा अभियन्ताले उनीविरूद्ध जाहेरी दिएका थिए। चार वटा विभिन्न शीर्षकमा दिएको जाहेरीका कारण उनको अनुसन्धान सकिन ढिलाइ भइरहेको प्रहरीको भनाइ छ।, प्रहरीले सुरूमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर अन्तर्गत अनुसन्धान गरिरहेको थियो।, अनुसन्धान गर्न प्रहरीले सुरूमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको थियो। त्यसपछि बुधबार फेरि पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।, उनीविरूद्ध दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।, यी चार वटा जाहेरी दिन १०४ जनाले हस्ताक्षर गरेका छन्।, गत आइतबार अपूर्वलाई कारबाही गर्न पुगेको र ‘क्षमा’ गरी छुटाउन पहल गर्ने भन्दै अभियन्ताको समूह जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पुगेको थियो। अभियन्ताले क्षमापत्र समेत तयार गरी प्रशासन कार्यालयमा बुझाउने तयारी गरेका थिए।, मिलापत्र गर्ने भन्दै अभियन्ता प्रहरी कार्यालय पुगे पनि अपूर्व छुट्न सकेनन्। १२ औं दिनदेखि प्रहरी हिरासतमा छन्।, परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले यस घटनामा कुनै पनि खालको मिलापत्र नभएको बताए।, अपूर्वलाई छुटाउन पहल गर्दा पनि किन अझै नछुटेका हुन् भन्ने प्रश्न हामीले अभियन्ता यादवलाल कायस्थसँग सोध्यौं।, यसमा मिलापत्र गर्ने भनेर पहल गर्दा पनि सम्भव नभएको उनले बताए। मिलापत्र गर्न उनीहरूले ‘क्षमापत्र’ पनि बनाइसकेका थिए।, ‘जुन मान्छे पहिला जाहेरी लिएर गएका थियौं नि, नेवा सभ्यतामा प्रहार गर्दा उपत्यकाभरिबाट स्वत:स्फूर्त रूपमा आएका थिए। यसमा १०४ जना मानिसले जाहेरी दिएका छन्,’ उनले भने, ‘त्यो जाहेरी फिर्ता गर्न र मिलापत्र बनाउन १०४ जनामध्ये धेरै मान्छे चाहिने रहेछ।’, यसरी छुटाउन जाँदा फेरि आफ्नै मान्छेहरू पनि थुनिनसक्ने सम्भावना भएको हुँदा अभियन्ता हच्किएको देखिन्छ। मिलापत्र गरी छुटाउन पहल गर्न आफूहरू २०-२५ जनामात्रै परिसर पुगेको पनि उनले बताए।, अभियन्ता परिसर पुग्दा अपूर्व हिरासतमा बसेको आठौं दिन भइसकेको थियो।, ‘फिर्ता गर्छौं भनेर जाँदा हिजो ८ दिनसम्म थुनाउने, के-को आधारमा आज अपूर्व निर्दोष भनेर आयौं। निर्दोष हो भने किन थुनायौं त। यसो गर्दा छुटाउन गएका मानिसहरू थुनिने भयौं,’ उनले भने, ‘अपूर्व दोषी हो, कडा कारबाही गर भनेर जाहेरी दिने अनि आज आएर तिमीहरूले प्रहरीलाई मजाक बनाउने ? भन्ने विषय उठ्ने भएको हुँदा यो अन्यौल भएको हो।’, यस घटनाको समाधान के हुनसक्छ भनेर मध्यमार्गी बाटोको पनि खोजी भइरहेको उनी बताउँछन्। यसको लागि आफूले बिहीबार ललितपुरको कुपन्डोलमा वकिलहरूसँग छलफल गर्न लागेको बताए।, त्यसैगरी आधिकारिक समिति समेत बनाएर निर्णय लिने तयारी भइरहेको उनी बताउँछन्।, उनले यस घटनामा विभिन्न स्वार्थ बोकेका मानिसहरू पनि भएको बताए। कतिपय मानिस किन छुटाउने भन्ने पक्षमा पनि रहेको उनी बताउँछन्।, ‘विभिन्न स्वार्थ भएका मानिसहरू पनि छिरे। हामीले छुटाउने भन्दा पनि यिनीहरू को हो र छुटाउनलाई ? किन छुटाउन दिने भन्ने प्रश्न पनि उठ्यो,’ उनले भने, ‘संसदमा एमालेका नेताले छुटाउन पर्छ भनेर माग गरे पनि यता कार्यकर्ताहरूले छुटाउन हुन्न भन्ने पनि देखिन्छ। तिकडम, षड्यन्त्र र छलकपट गर्न खोजेको पनि देखियो।’, बुधबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको बैठकमा अपूर्वलाई रिहाइ गर्न माग गरेका थिए।, उनीविरूद्धको जाहेरीको कसैले पनि नेतृत्व नगरेको हुँदा अप्ठेरो परेको पनि कायस्थले बताए। स्वत:स्फूर्त रूपमा आएका मानिसहरूलाई नेतृत्व कसैले नगर्दा समस्या आएको उनी बताउँछन्।, अपूर्वको स्वास्थ्य अवस्थाबारे बुझ्न आफू अस्पताल पनि जाने तयारीमा रहेको उनले बताए।, कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। ‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।, त्यसपछि अपूर्वले भिडिओ हटाएर माफी पनि मागेका थिए। उनले फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो।, अभियन्ताले दिएको निवेदन शनिबार भन्दै नलिएपछि त्यो भीड उग्र बनेको कायस्थ बताउँछन्। जसले गर्दा पनि अपूर्वलाई हिरासतमा पुर्याएको उनको तर्क छ।, यसरी जाहेरी दिएपछि भदौ १२ गते आइतबार परिसर पुगेका अपूर्वलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।,
अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले? |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध हालसम्म पक्राउ पुर्जी जारी भएको छैन।, काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले स्पष्ट पारे। उनले बिहिबार अपरान्ह पौने ४ बजे सम्ममा पुर्जी जारी नभएको सेतोपाटीलाई जानकारी दिए।, ‘प्रारम्भीक अनुसन्धानको प्रक्रियामा छौं। अहिले पौने ४ बजेसम्म पुर्जी जारी भइसकेको छैन,’ उनले भने। , काठमाडौं जिल्ला अदालतले पनि अहिलेसम्म अनुमति दिइनसकेको सूचना अधिकारी दीपक दाहालले बताए। , ‘अनुमति लिन आएको देखिएको छैन। अदालतबाट पनि अनुमति दिएको अहिलेसम्म देखिन्न,’ उनले सेतोपाटीसँग भने।, भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।, जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो।, प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।, यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।, क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन। , १८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।, मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’ , सन्दीपको विषयमा आइसिसीको चासो, यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले चासो देखाएको छ।, क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार आइसिसीका उच्च अधिकारीले घटनामा चासो दिएका छन्। , 'आइसिसीका उच्च अधिकारीले मलाई यसविषयमा बारम्बार सोधेका छन्। मैले घटनाको ब्रिफिङ गरेको छु,' मल्लले भने, 'आइसिसीले यो केसमा के हुन सक्छ भनेर चासो राखेको छ। मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन्।', सम्बन्धित समाचारहरू:, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो,
सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छैन: काठमाडौं प्रहरी |
सेतोपाटी संवाददाता धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन्।, लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ।, बुधबार दिउँसो साढे २ बजे लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट १ लाख ८० हजार रुपैयाँ निकालेर स्थानीय ७५ वर्षीय रामदास घर फर्किंदै गर्दा दुबै जनाले लुटपाट गरेका थिए। धनुषाका एसपी बसन्त रजौरेका अनुसार लुटपाट गर्नुअघि सरोज र नरेश दुबैले बैंकबाट पैसा निकाल्ने व्यक्तिहरूको रेकी गरेका थिए।, दासले पैसा निकालेर घर फर्किंदै गर्दा ज १२ प ८५९३ नम्बरको मोटरसाइकलमा सवार भई एकान्त देखेपछि दुबै जनाले लुटपाट गरेका थिए। , वृद्ध दासलाई एक्लै पैदलै घरतर्फ जाँदै गरेको देखेर दुबै जनाले झोलाबाट पैसा लुटेर भागेका थिए।, अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि धनुषाका एसपी रजौरे आफैं घटनास्थल पुगेर अनुसन्धान सुरू गरेका थिए।, अनुसन्धान गर्दै जाँदा दुबै जनाले लुटपाट गरेको रकम र मोटरसाइकलसहित बुधबार बेलुकी पक्राउ परेको एसपी रजौरेले बताए।, उनका अनुसार लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले बरामद गरेको छ। त्यसैगरी सरोजबाट १ हजार ५ सय बरामद गरिएको उनले बताए।, ,
धनुषामा दिउँसै पैसा लुटेर फरार दुई युवक पक्राउ |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। , बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। , अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएको कारणले छाडिएको उनले बताए। यसमा प्रहरीको अनुसन्धान पनि नसकिएको उनले बताए।, ‘प्रहरीले सहमति मागेपछि छाड्न अनुमति दिएका हौं,’ उनले भने। यद्यपि अनुसन्धान भने नसकिएको उनले बताए। , उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत् छन्। , उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।, सम्बन्धित समाचार:, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी,
तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए।, बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ। , शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। , कोषको नीति, कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। , जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधीको संरक्षण र संवर्द्धनलाई कोषले प्राथमिकता दिएको सदस्य-सचिव मिलनकुमार थापाले बताए।, बैठकमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरूयोजनालाई छिट्टै अन्तिम रूप दिनेबारे पनि छलफल भएको थियो। गुरूयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने मन्त्री श्रेष्ठले बताए। , पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा हुने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताए। , पशुपति क्षेत्र विकास कोषका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम सञ्चालन गर्न २४ करोड बजेट विनियोजन भएको तथा कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि २० करोड ७० लाख रुपैयाँ पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले बताए।,
, ,
पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने |
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्।, टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।, टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ।, यस एपमार्फत् महिलाको शारीरिक शोषण समेत भइरहेकाले समितिले मुख्यमन्त्री कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।, ‘नेपाली तथा विदेशी युवाहरूले हाम्रा समाजका महिलालाई प्रलोभनमा पारेर आफ्नो गोप्य अंग देखाउन बाध्य पार्छन् र यसले विदेशमा बस्ने युवाहरूको आर्थिक र मानसिक स्वास्थ्यमा समेत असर गर्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘टिकटकका कारण धेरै आमाबुवाले आफ्ना छोराछोरी गुमाएका छन्। साथै यसलाई हाम्रो सामाजिक, संस्कृतिसँग तुलना गर्ने हो भने हाम्रो समाज ठूलो संकटमा पर्ने देखिन्छ।’, कला प्रदर्शनीको बहानामा अश्लिलता, अभ्रदता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेकाले टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने समितिका संयोजक सुमन चौधरीले बताए। , ‘धेरै विद्यार्थीहरूले टिकटक एपका कारण राम्ररी पढ्न पाएका छैनन्। दिनभर फलोअर कसरी बढाउने, गिफ्ट कसरी पाउने, स्टार कसरी बन्ने होडमा गइरहेको देखिन्छ, ‘ उनले भने, ‘३ लाख रुपैयाँ खर्च गरेर हाम्रा देशका युवा विदेश कमाउन जान्छन्। टिकटक स्टारले गोप्य अंग देखाउने शर्तमा उनीहरूबाट महँगो गिफ्ट तान्छन्। धेरै युवाले घरमा पैसा नै पठाउँदैनन्। दिनभर टिकटकमै लागेका हुन्छन्। यसले धेरैको घर परिवारै बर्बाद भएको धेरै घटना भएको छ।’, पछिल्लो समय टिकटकमा गिफ्ट पाउने चक्करमा केही युवतीको एमएमएस भिडिओ समेत बाहिरिएको उनको भनाइ छ।, टिकटक बन्द संघर्ष समितिले आन्दोलनको क्रममा यसअघि मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीलाई यो एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।,
टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाले गरे प्रदर्शन |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो।, मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको हो।, भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।, जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो।, प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।, यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।, क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन। , १८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।, मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’ , सन्दीपको विषयमा आइसिसीको चासो, यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले चासो देखाएको छ।, क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार आइसिसीका उच्च अधिकारीले घटनामा चासो दिएका छन्। , 'आइसिसीका उच्च अधिकारीले मलाई यसविषयमा बारम्बार सोधेका छन्। मैले घटनाको ब्रिफिङ गरेको छु,' मल्लले भने, 'आइसिसीले यो केसमा के हुन सक्छ भनेर चासो राखेको छ। मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन्।', सम्बन्धित समाचारहरू:, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो,
सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी |
सेतोपाटी संवाददाता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै छानबिनका लागि प्रहरीमा निवेदन परेको छ।, केन्द्रमै कार्यरत एक महिला चिकित्सकले आफूमाथि डाक्टर श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, डा पुकारले आफूमाथि पटक पटक दुर्व्यवहार गरेको भन्दै उनले न्यायका लागि वास्तविकता बुझेर छलफल तथा खबर पाउँ भनि मंगलबार निवेदन परेको डिएसपी पाण्डेले बताए।, डा पुकारले दुर्व्यवहार गरेको भन्दै न्यायको माग गर्दै उजुरी दिएपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।, ‘डाक्टर श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै एक जना महिला चिकित्सकले वास्तविकता छानबिन गरिदिन माग गर्दै उजुरी दिनुभएको छ। हामी वास्तविकता बुझ्दैछौ’, डिएसपी पाण्डेले भने। ,
दुर्व्यवहार गरेकोमा छानबिनको माग गर्दै महिला सहकर्मीले प्रहरीमा दिइन् डा. पुकारविरूद्ध निवेदन |
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको छ।, बेला फाउन्डेसनले क्यानडा दूतावासको सहयोगमा नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिव्यक्तिबारे कार्यक्रम गरेको हो। , पत्रकारिता क्षेत्रमा उक्त समुदायको सहभागिताबारे छलफलसँगै तालिम समेत दिने कार्यक्रममा बताइएको छ।, कार्यक्रममा समुदायका सदस्यलाई उनीहरूको व्यावसायिक, आर्थिक र सामाजिक विकासको साथसाथै मिडियामा समावेशी रिपोर्टिङ बढाउनको लागि आमसञ्चार प्रशिक्षण दिइने जनाइएको छ। , कार्यक्रममा बोल्दै क्यानडाका उपराजदूत अमान्डा स्ट्रोहानले पत्रकारितामार्फत् समुदायका व्यक्तिहरूले आफ्नो आवाज व्यक्त गर्न र आफ्नो अधिकारको लागि बोल्ने विश्वास व्यक्त गरेकी थिइन्।, उनले भनिन्, 'कार्यक्रमले प्रशिक्षार्थीहरूको आत्मविश्वास निर्माण गर्न र उनीहरूको जीविकोपार्जनमा सुधार गर्न, मिडियामा निष्पक्ष, सटिक र सम्मानजनक रिपोर्टिङको सीप विकासमा मद्दत गर्नेछ। हामी नेपालका विभिन्न मिडिया हाउसको समर्थन र समावेशी संस्थाहरू निर्माण गर्ने प्रतिबद्धताका लागि आभारी छौं।' , कार्यक्रममा मिडियाका सम्पादकले समुदायलाई आफ्नो संस्थाले स्वागत गर्न आतुर रहेको समेत बताएका थिए।, कार्यक्रममा समानुपातिक अधिकार, सहभागी, पहिचान सहितको नागरिकता, वैवाहिक दर्ता, सेवासुविधामा गरिएको विभेदबारे छलफल भएको थियो।, साथै, कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यववस्था हुनुपर्छ भन्दै छलफल भएको थियो।,
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि कार्यक्रम |
एजेन्सी बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ। बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उनी अहिले चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।, ९६ वर्षीया महारानीको स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताइएको छ। उनी अहिले स्कटल्यान्डमा रहेको बारमोरल क्यासलमा छन्। नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई उनले त्यहीँ सपथ खुवाएकी थिइन्।, बुधबार हुने भनिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे चर्चा भएको थियो।, The whole country will be deeply concerned by the news from Buckingham Palace this lunchtime.,
My thoughts - and the thoughts of people across our United Kingdom - are with Her Majesty The Queen and her family at this time.,
— Liz Truss (@trussliz) ,September 8, 2022, प्रधानमन्त्री ट्रसले बिहीबार ट्विट गर्दै बहिङ्गम दरबारबाट महारानीका बारेमा आएको समाचारमा सम्पूर्ण मुलुक नै चिन्तित भएको बताएकी छन्।, उनले लेखेकी छन्- म र संयुक्त अधिराज्यभरिका सबै नागरिकको साथ अहिले महारानी र उनको परिवारलाई छ।, महारानी बिरामी परेको खबरपछि उनका छोरा-बुहारी नातीसहित परिवारका सदस्य बारमोरल क्यासल गएका छन्। ,
बेलायतकी महारानी चिकित्सकको निगरानीमा |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो।, मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पुर्जी जारी गरेको।, १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।, करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’ , पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छन्। तर अहिले उनी नेपालमा छैनन्।, उनी घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट उनी क्यारेबियन मुलुक सेन्ट लुसिया पुगेका छन्।, उनले त्यहाँबाट क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँग सम्पर्क पनि गरेका छन्। सन्दीपले क्यानसँग सम्पर्क गरी कानुनी सहयोगको अपेक्षा राखेका हुन्।, क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैका तलावाजको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनले क्यानसँग यो खेल सकेपछि मात्रै फर्किने बताएका छन्। , काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले उनी जुनसुकै अवस्थामा पक्राउ पर्न सक्ने बताए।, ‘हामी आफैं पनि सम्पर्क गर्छौं। पुर्जी नै जारी भइसकेपछि उनले आत्मसमर्पण गर्ने भन्ने हुँदैन। कुनैबेला पनि पक्राउ गर्न सक्छौं,’ उनले भने, ‘आवश्यक सबै प्रक्रिया पुर्याउँछौं।’, विदेशमा रहेका उनलाई पक्राउ गर्न प्रहरीले औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्न सक्ने उनी बताउँछन्।, नेपाल नआएमा इन्टरपोलको सहयोगमा पक्राउ गर्न सकिने बोहराले बताए। इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ। उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन।, जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो। केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआएजी) टेकप्रसाद राईले बुधबार सेतोपाटीसँग कुराकानी गर्दै सन्दीपमाथि निगरानी सुरू भइसकेको बताएका थिए।, सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।, ‘आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि पक्राउ गर्न सक्छौं,’ उनले भनेका थिए, ‘नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्याएर जान्छौं।’, भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।, प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर उनको स्वास्थ्य परीक्षण गरिएको हो।, प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।, यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, सम्बन्धित समाचारहरू:, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो, सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी,
सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, प्रहरीले अब के गर्छ? |
नारायण खड्का म्याद थप्नका लागि लगिएका एक जना बन्दी दाङ जिल्ला अदालतबाट फरार भएका छन्। , सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही– १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले म्याद थपका लागि लगिएका विश्वकर्मालाई भित्र न्यायाधीशसमक्ष पेस गर्ने क्रममा शौचालय जान्छु भनेर त्यहीँबाट भागेको भन्ने सूचना आफूले पाएको सेतोपाटीलाई बताए। , ‘लङ ट्वाइलेट लाग्यो भनेपछि जिल्ला अदालतभित्रै शौचालय जान दिइएको रहेछ,’ एसपी वलीले भने, ‘त्यही क्रममा ऊ शौचालयको झ्यालबाट फरार भएको भन्नेछ।’, शौचालय गएका विश्वकर्मा लामो समयसम्म पनि नआएपछि ढोका फोरेर पाँच बजेतिर हेर्दा त्यहाँ फेला नपरेको एसपी वलीले बताए। , पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिलाई एक दिनभन्दा बढी थुनामा राख्न अदालतको आदेश लिनुपर्छ। त्यसरी अदालत लैजाँदा हत्कडी लगाइए पनि न्यायाधीशकहाँ उपस्थित गराउँदा हत्कडी खोल्ने गरिन्छ। , त्यसैको फाइदा उठाउँदै विश्वकर्माले शौचालय जान्छु भनेर योजनाबद्ध रूपमा झ्यालबाट हाम फालेर निस्किएको र त्यसपछि अदालतको पर्खाल नाघेर फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। , ‘फरार विश्वकर्माको खोजीमै तल्लीन छौं,’ उनले भने, ‘विश्वास छ छिट्टै पक्राउ गर्न सफल हुनेछौं।’, जिल्ला प्रहरी प्रमुख एसपी वलीले आफू एआइजीको स्कर्टिङको लागि भालुबाङमा रहेको जानकारी दिँदै म्याद थप्न लैजाँदा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने बताए। , ‘बन्दीलाई म्याद थप्न लैजाँदा प्रहरीले अपनाउनु पर्ने सावधानीमा किन कमजोरी भएको हो?,’ उनले प्रश्न गरे, ‘म कार्यालय पुगेपछि अदालत लैजाने प्रहरीमाथि अनुसन्धान गर्नेछु।’ , त्यसमा प्रहरीको मिलेमतो देखिए कारबाही गर्ने उनले बताए। , जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय बीचको दूरी करिब एक डेढ सय मिटरको हाराहारीमा छ। नजिकै सशस्त्र प्रहरीको युनिट पनि बसेको छ। त्यसको सम्मुख पूर्वतिर भरतपुर डाँडोमा नेपाली सेनाको रणसिंह गण पनि बसेको छ। जिल्ला अदालत घोराहीको सुरक्षा घेराभित्र पर्ने प्रमुख स्थान हो।,
शौचालय जान्छु भन्दै अदालतबाटै फरार भए म्याद थप्न लगिएका बन्दी |
सेतोपाटी संवाददाता क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।, भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ। आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्। , जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ। , अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो। , ‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछाानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।, प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।, यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।, क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन। , १८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।, मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’ , सम्बन्धित समाचारहरू:, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो, सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, प्रहरीले अब के गर्छ?, ,
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन |
सेतोपाटी संवाददाता दार्चुलामा डेंगी संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ। , संक्रमणबाट मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।, उनका अनुसार बालिकालाई एक हप्ताअघि अकस्मात ज्वरो आएको थियो। त्यसपछि भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर जाँच गर्दा बालिकामा डेंगी र स्क्रब-टाइफसको संक्रमण भएको रिपोर्ट आयो। , त्यो दिन उनलाई आफन्तले घर ल्याए पनि २१ गते उनलाई फेरि अस्पताल लगिएको थियो।, उपचारकै क्रममा उनको बिहीबार मृत्यु भएको संयोजक ओझाले बताए।,
डेंगी र स्क्रब-टाइफस संक्रमण भएकी बालिकाको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैबाट पानी परिरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । सोही कारण बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावनासमेत रहेको छ। , महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। , प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , यस्तै भोलि बिहिबार प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।, शुक्रबार पनि लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।, भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ,
काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा |
युवराज श्रेष्ठ अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्।, जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्।, बलात्कार आरोपबाट सफाइ पाए पनि पललाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। उनका अनुसार पलले पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला भएको छ। , ‘पल शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन्। उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको छ,’ पौड्यालले भने, ‘बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय फैसला भएको छ।’, जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ।, जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए। , पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। , प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।, उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।, तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए। बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको बताएका थिए।,
पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति |
सेतोपाटी संवाददाता चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाउँदै छन्।, यस अवसरमा चितवन, मकवानपुर, धादिङलगायत जिल्लामा बिदा दिइएको छ।, चेपाङ समुदायले मनाउने प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।, जिल्ला प्रशासन कार्यालय चितवनले पनि मंगलबार सूचना जारी गर्दै सार्वजनिक बिदाको जानकारी दिएको थियो।, चेपाङ समुदायको बसोबास बढी रहेका जिल्लाहरुमा चितवन, मकवानपुर, धादिङ र गोरखा पर्छन्।, चितवनका राप्ती, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा धेरै चेपाङ समुदायको बसोबास छ।, भरतपुर महानगरपालिकाको वडा नम्बर २९ (साविकको कबिलास गाविसमा) पनि यो समुदायको बसोबास उल्लेख्य छ।, नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम पर्वको रूपमा मनाउन थालिएको हो। चेपाङहरू प्रकृतिको पूजा गर्छन्।, गिठा-भ्याकुर खाने उनीहरुको साइनो वनजङ्गलसँग राम्रोसँग गाँसिएको छ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गरिन्छ। छोनामको दिन अन्नबाली र फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने चलन छ।, चेपाङ समुदाय नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता राख्छ। यो पर्वमा उनीहरु उब्जिएको अन्नले वर्षैभरी खान पुगोस् भनेर कामना गर्छन्।, छोनाममा चेपाङ झाँक्री(पान्दे)हरुले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउँछन्। यस दिन चेपाङहरु कुनै काम नगरी रमाइलो गर्छन्।, नाताकुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्।,
चेपाङ समुदाय न्वागी पर्व मनाउँदै, चितवनलगायत जिल्लामा बिदा |
सेतोपाटी संवाददाता धनुषामा दुई युवतीको शव फेला परेको छ।, नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन्। , मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए।, चउरमा घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए।, शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।, घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि थप कुरा खुल्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।,
घाँस काट्न गएका धनुषाका दुई युवती मृत फेला |
नवीनबाबु गुरूङ इन्द्रजात्राको लिंगो (य:सिं) बुधबार बिहान हनुमानढोकामा ठड्याइएको छ। , प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।, इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।, भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ ।, परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ।, इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ। नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ ।, आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ।, ,
आजदेखि इन्द्रजात्रा सुरू, हनुमानढोकामा य: सिं ठड्याइयो (तस्बिरहरू) |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइटा होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरीले सुरू गरेको छ।, गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो। जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धान गर्ने काम प्रहरीले अघि बढाएको छ।, ती किशोरीसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।, सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ।, ‘सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सिसिक्यामेरा फुटेजमा देखिएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘नगरकोटमा पनि सन्दीप र ती बालिका गएको होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको छ।’,
सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी |
सेतोपाटी संवाददाता लागुऔषध (चरेश) मुद्दामा एक वर्ष तीन महिना कैद सयाज पाएकी जाजरकोटकी ६७ वर्षीया एक महिलालाई पक्राउ गरी प्रहरीले जेल चलान गरेको छ।, जाजरकोट नलगाड नगरपालिका ३ की ओमकुमारी थापालाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत उपस्थित गराई भदौ १९ मा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।, उनीविरूद्ध २०७१ मंसिर २५ मा बाँके जिल्ला अदालतले एक वर्ष तीन महिना कैद सजाय गर्ने फैसला गरेको थियो। उनले अब एक वर्ष एक महिना कैद सजाय काट्नुपर्ने प्रहरीको भनाइ छ।,
लागुऔषध मुद्दामा ८ वर्षपछि पक्राउ परिन् ६७ वर्षीया महिला |
रामबहादुर थापा/रासस बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ। , नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो। , आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ।, ‘वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत् छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्’, उनले भने, ‘विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास छ।’, नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन। त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौं खर्चन तयार हुन्छन्।, आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन्। बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।, ‘बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ’, उनले भने, ‘वैधानिक रूपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ।’, बँदेल सिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ।, विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ।, आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो। सोही आधारमा विभागले दुई याममा ११/११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो।, प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताए।, नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ। गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ। यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’ मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ।, आरक्षका सातवटै सिकार ‘ब्लक’ मा बँदेल पाइन्छ। फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए।, ‘बँदेलको सिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ’, उनले भने, ‘यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, सिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ।’, नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उनको भनाइ छ।, ‘हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ’, थापाले भने, ‘नेपालीहरू पनि ढोरपाटनमा सिकार खेल्न इच्छुक छन्, सिकारमा रमाउन चाहन्छन्, त्यो अवसर दिनुपर्छ।’, रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पन्छीको समेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ।, विभागले केही दिनमै चालु आवको पहिलो सिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ। विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ।, ढोरपाटनमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन्।, बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ। वर्षमा २० नाउर र ११ झारलको सिकार गरिन्छ। सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ। कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन्।, चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए।, आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन्। सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन्। सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। सिकारीहरू हेलिकप्टरबाट आरक्षमा पुग्छन्। सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन्। , वि.सं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो। एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रूकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ।, रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ। ,
ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने |
सेतोपाटी संवाददाता राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। , १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो। , कानुनी प्रक्रिया पुर्याएर प्रहरीले सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए। , ‘कानुनी काम पूरा गरेर हामी पक्राउ पुर्जी जारी गर्न अदालत जान्छौं। कागजातको काम छन्,’ उनले भने, ‘सम्भवत: आजै पुर्जी जारी गर्न अदालत जान्छौं वा भोलि पनि जान सक्छौं।’, कुनै पनि घटनामा आरोप लागेका वा सम्बन्धित मानिसलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतसँग अनुमति माग्नुपर्ने कानुनी प्रावधान छ। , प्रहरीले घटनास्थलबाट मुचुल्का उठाउने काम पनि गरिरहेको जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरी दर्ता गरेसँगै पीडित नाबालिगको स्वास्थ्य परीक्षण समेत गराइएको छ। उनको एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षण गरिएको हो। , लामिछानेले पीडित नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा पुर्याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। , लामिछानेले आफूमाथि त्यस रात पटकपटक बलात्कार गरेको प्रहरीसँमक्ष बयान दिएकी छन्। काठमाडौं-९ सिनामंगल को होटलमा जानुअघि उनीहरू भक्तपुरको नगरकोटमा पनि पुगेको प्रहरीले बताएको छ। , यस घटनाको अनुसन्धान प्रहरी परिसर र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ।, घटनाको भोलिपल्ट नै सन्दीप लामिछाने केन्यामा भएको टी-२० क्रिकेट खेल्न गएका थिए। पाँच खेल खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए। , उनी कहिले फर्किने भन्ने टुंगो लागेको छैन।,
,
सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको छ।, महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै ईन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र भएकाले यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौं महानगरपालिकाले जात्रा अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको स्पष्ट पारेको हो।, २०७६ सालमा भगिनी सम्बन्ध भएका नगरबाट पाहुना बोलाउन थालिएको नगर प्रमुख बालेन शाहले जानकारी दिए। उनले यो असल कामको शुरुवात गर्ने तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाई धन्यवाद दिए।, ‘यस वर्ष हामीले भगिनी सम्बन्ध भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय नगरसँगै दक्षिण एशियाली मुलुकका राजधानी सहरबाट प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न आमन्त्रण गरेका छौं’, मेयर शाहले भने, ‘यस्तै नेपालका सबै महानगरका प्रमुख र उपप्रमुख तथा काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिसकेका छौं।’, देशभित्रका ५ वटा नगरसँगै महानगरको १८ वटा अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध छ। यसरी सम्बन्ध गाँसिएका अन्तर्राष्ट्रिय नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन्। , ‘काठमाडौं महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ’, शाहले भने, ‘यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ।’, मेयर शाहले अहिले विश्वमा कोविड संक्रमणको दर बढिरहेकाले जात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय प्रतिनिधित्व यसैमा निर्भर रहने बताए। , ‘चीनमा संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाई गरिएकोले पाहुनाहरु आउन कठिन हुने प्रारम्भिक सूचना पाएका छौं’, उनले भने।, मेयर शाहले इन्द्र जात्राको अवसरमा जीवित देवी देवता श्री कुमारी, श्री गणेश र श्री भैरवको रथारोहण, रथयात्रा, विभिन्न नाचहरु, परम्परागत भेषभूषाको अवलोकनकालागि सम्पूर्णमा निमन्त्रणासमेत दिए।, इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन्।, उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरकोनै पर्व भएको बताउनु भयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीबार अतिथिहरू आउने क्रम जारी रहने बताइन्।, उनले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताइन्। उनले बोलाइएका पाहुनाहरु र देशवासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताइन्।, ‘यो जात्राको महत्व विविधतायुक्त छ। आजबाट विधिवत इन्द्रजात्रा शुरू भएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई,
राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’, उनले भनिन्, ‘यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो। हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ। भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ।’,
, सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी, ,
इन्द्रजात्रामा राष्ट्रिय-अन्तर्राष्ट्रिय पाहुनालाई निम्तो |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।, क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।, सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।, मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरूद्ध जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ।, भदौ ५ गते मध्यराती काठमाडौं-९ सिनामंगलस्थित एक होटलमा पुर्याएर सन्दीपले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशालामा जाहेरी दिएकी छन्। त्यसअघि उनीहरू भक्तपुरको नगरकोट पनि पुगेको देखिएको छ।, प्रहरीले घटनाको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने र बयान लिने काम पनि अगाडि बढाएको छ। प्रहरीले काठमाडौं र नगरकोटमा बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।, बुधबार कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ।, अनुसन्धान भइरहँदा विदेशमा रहेका सन्दीपलाई कसरी नेपाल ल्याइन्छ?, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रमाण संकलन भएपछि सन्दीपलाई लिग सकिनुअघि नै नेपाल ल्याउन प्रक्रिया थाल्ने/नथाल्ने निर्धारण हुने बताए।, ‘अहिले हामीले मुद्दा दर्ता गरेर प्रमाणहरू संकलन गरिरहेका छौं। त्यो सकेपछि कसरी अगाडि बढाउने भन्ने टुंगो लाग्छ,’ उनले भने।, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले सन्दीप लामिछानेमाथि निगरानी थालिसकेको बताए। सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।, नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीसँग औपचारिक/अनौपचारिक रूपमा काम गर्ने बताए।, ‘आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि पक्राउ गर्न सक्छौं,’ उनले भने, ‘नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्याएर जान्छौं।’, अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै जाँदा आवश्यक परेमा इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्न सकिने उनले बताए।, इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ। उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन।, प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर उनको स्वास्थ्य परीक्षण गरिएको हो।,
विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कसरी ल्याउँछ नेपाल? |
सेतोपाटी संवाददाता नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।, भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ।, मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो।, प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।, प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।, त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बलात्कार गरेको प्रहरीसँग भनेकी छन्। जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ।, बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।, घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ।, घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला र परिसरले गरिरहेको छ।, लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।, क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।, सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।, सम्बन्धित समाचारहरू:, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ,
सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी |
सेतोपाटी संवाददाता नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।, लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।, लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ।, लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए।, सोही राती आफूमाथि लामिछानेले पटक-पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ।, काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन्। , जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ।, घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ।, भदौ ६ गते लामिछाने टी-२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।,
प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे |
नारायण खड्का दिउँसोको टन्टलापुर घाम छ। विशाल गुप्ता पसिना पुछ्दै फलफूलको ठेला गुडाउँदै छन्। उनी फलफूल बेच्छन्। विशाल व्यवस्थापन संकायमा स्नातक तहको चौथो वर्षका विद्यार्थी हुन्। उनी राप्ती बबई क्याम्पसमा पढ्छन्।, उनको ठेला बजारमा निर्वाध गुड्न पाउँदैन। तुलसीपुर उपमहानगरपालिकाको गाडीले कति बेला कहाँ भेट्छ र ठेलासहित सबै सामान उठाएर लैजान्छ भन्ने निश्चित नै हुँदैन।, यस्तै, तनावबीच उनी ठेला गुडाउँदै थिए। उनी कान र आँखा चनाखो राखेर ठेला गुडाउँछन्। तुलसीपुर बजारका गल्लीमा घुम्न पाउँदा उनलाई एक दिनमा एक हजारदेखि १५ सय रुपैयाँसम्म फाइदा हुन्छ।, यसरी ठेलामा सामान बेच्नु उनको बाध्यता हो। उनले जागिरका लागि प्रयास नगरेका होइनन् तर नागरिकताको प्रमाणपत्र नहुँदा अप्ठ्यारोमा छन्।, ‘म पढे/लेखेको व्यक्ति भए पनि मसँग नेपाली नागरिकता छैन,’ उनले भने, ‘जागिर खोज्न जाँदा जहाँ पनि सबभन्दा पहिला नागरिकता माग्छन्। नागरिकता नहुँदा म जागिरका लागि अनफिट (अयोग्य) भएको छु।’, विशालले आफू पढाइमा अब्बल रहेको दाबी गरे। उनी विद्यालयमा शिक्षक बन्न सक्थे तर नागरिकता नभएका अड्किएको छ। नागरिकता नहुँदा उनले आफ्नो नामबाट मोबाइल फोनको सिमकार्ड निकाल्न पाएका छैनन्। बैंक खाता पनि छैन।, उनी भन्छन्, ‘नागरिकता पाउन नसकेका हामीजस्ता व्यक्तिको पहिचान गरी राज्यले समाधान दिनुपर्छ, हामीलाई नागरिकता दिनुपर्छ।’, विशाल २५ वर्षअघि तुलसीपुरमै जन्मेका हुन्, यही हुर्के, बढे। उनका दाजु विवेकले २०६३ सालमा आएको घुम्ती टोलीबाट नेपाली नागरिकताको प्रमाणपत्र पाए। विवेकपछिका तीन भाइ र तीन बहिनी नागरिकताविहीन छन्।, दुई दिदीको बिहे भइसकेको छ। अरू अविवाहित छन्। विशालका अनुसार उनले दाजुको नागरिकताको आधारमा अभिभावक कायम गरेर पढ्न पाएका हुन्।, विशालका बुवाआमा भारतीय नागरिक हुन्, घर भारतको तुलसीपुरमा छ। विशालले आफ्नो पुर्ख्यौली घर देखेका छन् तर आफू नेपालमै जन्मे–हुर्केकाले नेपाली नै हुँ भन्छन्।, ‘मलाई भारतको नागरिकता लिएर भारतीय बन्न मन छैन,’ विशाल भन्छन्, ‘म यहीँ जन्मेँ, यही हुर्कें र मलाई यही ठाउँको माया छ। म नेपाली नागरिकता लिन चाहन्छु।’, नागरिकताको प्रमाणपत्र भए वा नभए पनि विशाल आफूलाई नेपाली हुँ भन्छन्। मेरो जीवन नेपालकै लागि हो भन्छन्।, ‘म नेपाली भूमिमा जन्मेँ, यहीँको नुन खाएँ। मैले खाएको नुनको भारा (ऋण) नेपाल राष्ट्रलाई तिर्न चाहन्छु,’ उनी भन्छन्, ‘नेपाली नागरिकता नपाए पनि मेरो जीवन यही देशका लागि समर्पित गर्छु।’त, तुलसीपर उपमहानगरपालिका अगाडि बिगतदेखिनै जफत गरि राखिएका ठेलाहरू । तस्बिर- नारायण खड्का, विशालले ठेला गुडाउँदै फलफूल बेचेको उनका कतिपय साथीहरूलाई मन पर्दैन रे, कोहीकोही नदेखेजस्तो गरेर हिँड्छन् रे। सबै यस्ता पनि छैनन्। कतिपयले चाहिँ श्रम गरेर बाँच्नु राम्रो हो, तिमी मेहनती छौ भनेर प्रोत्साहित गर्छन् रे।, विशाल भन्छन्, ‘मैले मान्छेको प्रवृत्ति चिन्ने मौका पनि पाएको छु। यहाँ भैयावादी (भारतीय ठानेर भैया भन्ने) प्रवृत्ति छ।’, विशाललाई साहित्यमा पनि रूचि छ। ग्राहक नआएर फुर्सद भएका बेला मोबाइल (फोनसेट) मै कविता लेख्छु भन्छन्। उनले एउटा उपन्यास पनि तयार पारेका छन् रे।, भन्छन्, ‘म उपन्यास छपाउने विचारमा छु। त्यसका लागि पनि पैसा जम्मा गर्दैछु।’, तुलसीपुरको घोराही चोकमा उनका बुवा रामदयाल गुप्ता र आमा निर्मला फलफूलकै व्यापारमा छन्। दाजु विवेक त्यही पसल हेर्छन्। पारिवारिक पेसामा आफू चाहिँ ठेला लिएर बाहिर निस्केको विशालले बताए।, ‘केही काम नगरी गफ चुटेर बस्नु एउटा युवाका लागि लाज लाग्ने कुरा हो। केही पनि काम नगरी पृथ्वीको बोझ बनेर बस्न सुहाउँदैन,’ उनी भन्छन्, ‘ठेला गुडाउँदै व्यापार गर्दा समाज पढ्न पाइन्छ र थोरै भए पनि कमाएर खर्च चलाउन पाइन्छ।’, विशाल व्यस्त बजारमा ठेला राखेर गर्ने व्यापार अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्थे। तुलसीपुरका मेयर घनश्याम पाण्डेको समयमा बजार व्यवस्थापन गर्ने बहानामा ठेला दर्ता गर्न लगाइयो। दर्ता नभएका ठेला जफत गरिए।, विशालका अनुसार दर्ताका नाममा तीन हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म रकम असुल गरिएको थियो।, त्यो रकम कार्यपालिकाका केही सदस्य र केही वडा सदस्यको गोजीमा पुगेको भन्ने सूचनापछि व्यापक विरोध भयो। रकम उठाउनेहरूले फिर्ता गर्ने वाचा पनि गरे। अन्ततः ठेला दर्ता अभियानले हावा खायो।, स्थानीय सत्ताकै आडमा ज्यादती भएको विशालको आरोप छ। त्यसपछि भने उनी ठेलावाला बनेर निस्किए। ठेला राख्न दिनु हुन्न भन्ने आफ्नो मान्यता बदले। अहिले उनी ठेलावालाको हकअधिकारका पक्षमा बोल्न थालेका छन्।, ‘बजार व्यवस्थित गर्नु राम्रो कुरा हो। सहर बजारमा ठेलागाडाले दुर्घटनाको जोखिम पनि बढाउँछ,’ उनको प्रश्न छ, ‘हामीबाट दर्ताको नाममा असुलेको पैसा कहाँ गयो? हाम्रो व्यवस्थापन गर्न नगरपालिकाले किन चासो दिएन?’, नगरपालिकाले देखाएकै ठाउँमा ठेला लगाउन आफूहरू तयार रहेको विशालको भनाइ छ।, ‘अब हामीलाई सल्यान रोडको ट्याक्सी पार्क पछाडि र बसपार्कको पुलमुनि ठेला राख भनेर हुन्छ?’ उनको प्रश्न छ, ‘त्यहाँ हाम्रो लागि शौचालय र खानेपानीको प्रबन्ध हुनुपर्छ कि पर्दैन?’, उनका अनुसार ग्राहक नपुग्ने ठाउँमा ठेला लगाऊ भनेर हुँदैन।, जीवन चलाउन आफूहरू (ठेलावाला) बजारमा लुकीछिपी भए पनि ठेला गुडाउन बाध्य भएको उनले बताए।, नगरका कर्मचारीले ठेला राख्न दिँदैनन्। मकै पोलेर बेच्ने, च्याउ, सुन्तला, काफल, तरकारीका बेर्ना आदि बेच्ने सानातिना व्यापारीहरू नगरका कर्मचारी देखापरे भने भागभाग गर्छन्।, ‘उनीहरू (नगर कर्मचारी) आएर हामीलाई बिचल्ली पारेर उठाएर लैजान्छन्,’ विशाल भन्छन्, ‘हात जोडेर रोइकराइ गर्दा पनि सुन्दैनन्। राज्य निर्दयी हुँदो रहेछ, म भोग्दै छु।’, नगर कर्मचारीले कसैका ठेला र सामान जफत गरे भने विशाल उपमहानगर कार्यालय पुगेर प्रतिरक्षा गर्छन्। यसै क्रममा एक पटक कार्यालय अगाडि नाराबाजी गर्दा आफूविरूद्ध मुद्दा चलाएर फसाउने षड्यन्त्र गरेको पनि उनले बताए।, आफूलाई सुकुम्बासी भन्ने मेयर टीकाराम खड्काले सडकमा सानो व्यापार गरेर जीवन चलाउनेको दुःखबारे अलिकति पनि चिन्तन नगरेको विशालको आरोप छ। ठेला व्यवस्थापनबारे कुरा गर्न खोज्दा खड्काले समय नदिएको विशालको भनाइ छ।, तुलसीपुर बजारमा कतिपय व्यापारीले आफ्नो पसल अगाडिको फुटपाथ भाडामा लगाएका उदाहरण छन्। त्यस्ता पहुँचवाला व्यापारी नगरपालिकाको नजरमा परेका छैनन्।, तुलसीपुर उपमहानगर कार्यालय अगाडि उत्तानो पारेर लडाइएका सय वटाभन्दा बढी ठेला छन्। कर्मचारीले कब्जा गरेका गरिबका ठेला फिर्ता गरिएका छैनन्।, ‘हेर्दै जानुहोला गरिबको आँसुले एक दिन तिनीहरूलाई सराप्नेछ,’ विशाल आक्रोश प्रकट गर्छन्, ‘जीवनभरको कमाइले ठेला किन्नेको बिजोग भएको छ।’, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे ठेला व्यवस्थापन गर्न जरूरी रहेको बताउँछन्।, ‘हाम्रा व्यापारीले व्यवसाय दर्ता गर्ने, कर तिर्ने; कसैले दर्ताबिना फाइदा लिने कुरा हुँदैन,’ चालिसे भन्छन्, ‘सय र पचास रुपैयाँ भन्दै कराउँदै सामान बेच्नेहरूका कारण हाम्रा व्यापारी मर्कामा परेका छन्।’, ठेलामा व्यापार गर्नेहरूका कारण बजार अस्तव्यस्त बनेको र दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ। फुटपाथमा हुने व्यापारमा पनि सुधार आवश्यक रहेको उनले बताए।, चालिसेका अनुसार ठेलावालाहरूलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्नुपर्छ। ठेला व्यवस्थापनबारे आफूले खाका तयार पारेको उनले बताए। उनले त्यो खाका मेयरलाई बुझाउने छन्।, अर्का एक व्यवसायीका अनुसार ठेलासँगै राजनीति पनि जोडिएकाले व्यवस्थापनमा समस्या भएको छ।, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले मुख्य सडकमा राखिने ठेलागाढा जफत गर्ने गरेको र जरिवाना तिरे सामान फिर्ता दिइएको बताउँछन्। मुख्य सडकमा ठेला राख्नेलाई १५ सय जरिवाना तोकिएको छ। , 'ठेला पसलहरूलाई दर्ता गरेर व्यवस्थित गर्ने कुरा पहिले भएको थियो। तर विवादका कारण रोकियो। मुख्य मेन सडकमा राखिएका ठेला जफत गरिरहेका छौं। जरिवाना दिएपछि सामान फिर्ता दिन्छौं। ठेला भने जफत हुन्छ,' उनले भने।,
किन लुकीछिपी ठेलामा व्यापार गर्दैछन् विशाल? |
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि ओपिडी सेवा बन्द गरेका छन्। जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका हुन्।, आइतबार डाक्टर साहमाथि बालहिंसा गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो। प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी गरेको हो। डाक्टर साह जुम्ला बाहिर भएकाले पक्राउ गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्या उत्पन्न हुनुको मुख्य कारण भदौ २ गतेको घटना हो। त्यसदिन प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाही र डाक्टर साहबीच लफडा भएको थियो। धनबहादुरले आवेगमा आएर डाक्टर साहमाथि हातपात समेत गरेका थिए।, डाक्टर र कर्मचारी बीचको उक्त लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको छ।, भदौ २ गते ओपिडी असिस्टेन्ट शाही आफ्ना ६ वर्षीय छोराको उपचार गराउनका लागि ९ बजे प्रतिष्ठानमा पुगेका थिए। ओपिडी नखुलिसकेकोले उनले छोरालाई सिधै आकस्मिक कक्षमा उपचारका लागि लिए।, उनले त्यहाँ भएका डाक्टर साहसँग छोराको पेट दुखेको र टाउकोमा टाका लगाइएकोले त्यसलाई काट्नुपर्ने बताए। डाक्टरले उनलाई यस्तो सानोतिनो कुराको लागि इमरजेन्सी वार्डमा उपचार नगरिने र ओपिडी खुलेपछि जान भने।, सिसिटिभी फुटेजमा धनबहादुर छोरालाई लिएर ९ बजेर १३ मिनेटमा आकस्मिक कक्षको ढोकामा पुग्छन् र बाहिरैबाट डाक्टरलाई उपचारका लागि आग्रह गर्छन्। उनले बारम्बार अग्रह गर्दा पनि उपचार गर्न नमानेपछि उनी प्रतिष्ठानमै कार्यरत साथी अखिल गौतमलाई ल्याएर आउँछन्।, गौतमले पनि डाक्टरसँग बालकलाई हेर्दिन आग्रह गर्छन्। तर डाक्टरले उनको कुरा पनि अस्वीकार गरिदिन्छन्।, ९ बजेर १८ मिनेटमा गौतमको अनुरोध पनि अस्वीकार गर्दै डाक्टर साह ढोकाबाहिर निस्कन्छन्। धनबहादुर बाहिर निस्किएर डाक्टरमाथि हात हाल्छन्। धनबहादुरले साहलाई धकेलेर एक पटक हानेपछि डाक्टर बस्छन्। त्यसपछि पनि धनबहादुरले दुई पटक हातले हानेका छन् भने एक पटक लात्तिले हानेका छन्।, ‘उहाँ आएर डाक्टरलाई भन्नुभएछ, डाक्टरले यहाँ हुँदैन भनेपछि उहाँ मकहाँ पुग्नुभयो,’ हातपात हुनुअघि धनबहादुरसँग सहजीकरण गर्न पुगेका गौतमले सेतोपाटीसँग भने, ‘म गएर बाबुलाई उपचार गराएर स्कुल लैजानुपर्ने भएर इमरजेन्सीमा आउनु भएको हो, उहाँ पनि यहीँको स्टाफ हो भनें। डाक्टरले स्टाफ भए त झनै गर्दिनँ भन्नुभयो।’, उनले थपे, ‘म डाइरेक्टरलाई फोन गरेर भन्छु भनेर फोनको लक खोल्दै थिएँ, उहाँ (धनबहादुर) ले आवेगमा आएर डाक्टरलाई हानिसक्नुभएछ।’, गौतमका अनुसार त्यसअघि एकजना आकस्मिक कक्षमा कार्यरत महिला स्वास्थ्यकर्मीले डाक्टरसँग गएर बरू बच्चलाई म हेर्दिन्छु समेत भनेकी थिइन्। त्यसमा पनि डाक्टरले ती स्वास्थ्यकर्मीलाई नै हप्काएको सिसी टिभी फुटेजमा देखिन्छ।,
‘नर्सले म हेर्दिन्छु नि भन्नुभएको रहेछ, डाक्टरले कैंची दिएर ल गर भनेर हपार्नुभएको रहेछ,’ गौतमले भने, ‘त्यो पनि मेडिकल कैंची होइन पेपर काट्न प्रयोग गरिने कैंची थियो।’, डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर त्यही दिनदेखि प्रहरी हिरासतमा छन्। उनलाई बयानका लागि आज अदालतमा उपस्थित गराइँदै छ।, आफ्ना बालक छोरामाथि हिंसा गरेको भन्दै धनबहादुरकी श्रीमती आशा हमाल शाहीले गत सोमबार प्रहरीमा जाहेरी दिएकी थिइन्।, ‘अलिकति पहिला टाउकोमा सानो चोट पनि लागेको थियो, त्यसमा टाका लगाइएको थियो, त्यो दिन बिहानैदेखि छोराले पेट दुख्यो भनिरहेको थियो,’ आशाले सेतोपाटीसँग भनिन्, ‘बाबु पेट दुख्यो भनेर पछि रून थाल्यो। उनको बाबाले म हस्पिटल लिएर उपचार गराएर स्कुल पुर्याउँछु र म अफिसमा जान्छु भनेर बाबुलाई लिनभएको हो, धेरैचोटी डाक्टरलाई हेर्दिनुहोस् भनेर रिक्वेस्ट गर्नुभयो।’,
उनका अनुसार धनबहादुरले आफू पनि प्रतिष्ठानकै कर्मचारी हो भनेपछि पनि डाक्टर साहले बिरामी हेर्न इन्कार गरेका थिए।, ‘मेरो आज मुड छैन, यस्ता बिरामी कति हुन्छन् कति। यहाँका यी जुम्लीहरू के खाएर बिरामी हुन्छन्। मेरो मुडै छैन भनेर उहाँ मोबाइलमा मात्र व्यस्त हुनुभयो,’ उनले भनिन्, ‘त्यहाँ अरू बिरामी पनि कोही थिएनन्, मेरो बुढाले कति धेरै रिक्वेस्ट गर्नुभा छ।’, छोरालाई पछि आफूले जुम्लाको निजी ओम पोलिक्लिनिक लिएर उपचार गराएको आशाले बताइन्।, प्रहरीले धनबहादुरलाई पक्राउ गरेपछि यो विषयलाई भित्रै सहमति गरी मिलाउन पनि आफूले उच्चस्तरका पदाधिकारीसँग आग्रह गरेको उनले बताइन्।, ‘आवेग सहन नसकेर मेरो श्रीमानले गल्ती गरिहाल्नुभयो, उहाँले र मैले माफी माग्छौं भनेर धेरै आग्रह गरेकी पनि थिएँ, तर सुनुवाइ नै भएन,’ उनले भनिन्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ।, घटना र अबको सेवा सुचारू गर्ने विषयमा प्रतिष्ठानका उपकुलपति नै अन्यौलमा छन्।, ‘घटनापछि डाक्टरको उजुरीका आधारमा भित्र नियमानुसार प्रक्रिया चलिरहेको थियो। हामीले समिति बनाएर कुटपिट गर्ने सदस्यलाई निलम्बन पनि गरिसकेका थियौं,’ उपकुलपति डाक्टर मंगल रावलले भने, ‘अब बीचमा डाक्टरलाई नै पक्राउ पुर्जी जारी भयो भनेपछि कसैले पनि इमरजेन्सीबाहेकका काम नगर्ने भनेका छन्, म आफैं अचम्मित छु।’, उनले यो घटनाले डाक्टर हतोत्साही भएको बताए।, ‘एक त कर्णालीमा डाक्टर ल्याउनै समस्या छ, त्यसैमाथि यसरी डिमोटिभेट गर्यो भने त संस्थाकै भविष्य धरापमा पर्छ,’ उनले भने, ‘आन्तरिक रुपमा हाम्रो समितिले काम गरिरहेको छ, बाहिरका कानुनी कुरामा दुवै पक्षबाट परेको उजुरीमा छानबिन भइरहेकै होला।’, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर कमल पन्थीले आफूहरूको माग अदालतले जारी गरेको पक्राउ पुर्जी खारेज गर्नुपर्ने रहेको बताए।, ‘हाम्रा साथीमाथि भएको अन्यायविरूद्ध अनिश्चितकालीन आन्दोलन सुरू गरेका छौं,’ उनले भने। ,
कर्मचारी र डाक्टरबीच लफडा बढ्दै जाँदा ठप्प भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान |
सेतोपाटी संवाददाता दाङको घोराही–लमही सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनापछि ट्रकमा च्यापिएका एक पुरूषको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।, उनका अनुसार मृतक रुपेन्देहीको रोहिणी गाउँपालिका-६ का २७ वर्षीय सखर खाँ छन्। , उनी ट्रकका सहचालक हुन्। ट्रक चालक तथा साहु अली हसन दुर्घटना लगत्तै फरार भएका थिए। , उनको खोजी भइरहेको एसपी वलीले बताए। , घोराही उपमहागनरपालिका-३ को भैंसीखोला मोडमा लु २ ख ५१३ नम्बरको ट्रक बुधबार दिउँसो १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।, सहचालक खाँलाई जेसिबीको सहयोगमा उद्धार गरिएको थियो। भैंसीको छाला लोड गरेको उक्त ट्रक घोराहीबाट विराटनगरतर्फ जाँदै थियो।, मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।,
दाङमा ट्रक दुर्घटना हुँदा एक पुरूषको मृत्यु |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।, सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।, १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो।, यस विषयमा आफूहरूको अनुसन्धान नसकिएकाले म्याद थप गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए।, ‘चार वटा शीर्षकमा जाहेरी परेका छन्। यसको मुद्दा प्रशासन र अदालत दुबै ठाउँमा छ। म्याद थप गरेर आज-भोलि पठाउँछौं,’ उनले भने।, परिसरले सुरूमा उनीविरूद्ध एउटा शीर्षकमा म्याद थप गरेको थियो।, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।, यो शीर्षकमा अनुसन्धान गर्न प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति पाएको थियो।, यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए।, यसअघि नेवा अभियन्ताले गत आइतबार मिलापत्र गर्ने र अपूर्वलाई छुटाउन पहल गर्ने भनेका थिए। अभियन्ता पक्ष र अपूर्वका परिवार बसेर छलफल समेत गरेका थिए।, एसएसपी बोहराले उनीहरूबीच कुनै मिलापत्र नभएको बताए।, बुधबार नै नेकपा एमालेका प्रमुख सचेतक तथा सासंद विशाल भट्टराईले पनि अपूर्वको रिहाइको माग गरेका छन्।, उनले अपूर्वमाथि अत्याचार नगर्न भनेका हुन्।, ‘अपूर्व क्षितिज सिंह जस्तो कलाकारलाई १० औं दिन देखि थुनामा राख्ने काम यो सरकारले गरिरहेको छ। र म उहाँलाई सिघ्र रिहाइको माग गर्न चाहन्छु,’ उनले भने, ‘उहाँले यसअघि नै आफ्नो पोष्टबाट डिलिटमात्रै गर्नुभएको छैन। क्षमायाचना पनि गर्नुभएको छ। उहाँलाई थुनेर कुनै पनि खालको अत्याचार नगरियोस् र कलाकारमाथि कुनै खालको दमन नगरियोस्।’,
कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.