content
stringlengths 20
64.1k
⌀ |
---|
भगवती पाण्डे लागु औषध मुद्दामा पक्राउ पुर्जी जारी भएको एकमहिनासम्म पनि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई पक्राउ गर्न प्रहरी असफल भएको छ। , साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यसहित दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोप उनलाई लागेको थियो। गुप्ताविरूद्ध मुद्दा दर्ता र पक्राउका लागि प्रहरीले चासो नदिएको र उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको अन्य राजनीतिक दल र जेल चलना भएका भारतीयका परिवारले गुनासो गरेका छन्। , गुप्ता नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका हुन्। राजनीति पहुँचको आडमा मुद्दा प्रभावित बनाउनका लागि सरकारी वकिल कार्यालयका चन्द्रबहादुर सिंजालीको समेत सरुवा गराएको स्थानीय धरेन्द्र यादवले आरोप लगाएका छन्। , गुप्ताकै योजना अनुसार गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको थियो।, तर प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको निष्कर्ष निकालेको थियो। गाउँपालिका अध्यक्ष गुप्ता घटनाका प्रमुख योजनाकार रहेको र जिल्ला प्रहरी प्रमुखकको भूमिका शंकास्पद रहेको निष्कर्षमा प्रदेश प्रहरी कार्यालयको टोली पुगेको थियो। , अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजाएको मागदाबी सहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, तर, घटनामा मुछिएका पाण्डे मलेसिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन्। सरकारी वकिल कार्यालय नवलपरासीका तत्कालीन अधिकृत चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिएको बताए।, यसबीचमा अध्यक्ष गुप्ताले धोबीलाई ८० लाख रुपैयाँ दिने सर्तमा उनलाई बयान फेर्न लगाएका थिए। उनले धोबीनै घटनाको मुख्य दोषी देखाएर आफू उम्किन खोजेको धोबीकी श्रीमतीले बताएकी छिन्। , यता २०७४ सालको स्थानीय चुनावमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आधा दर्जनभन्दा बढि उजुरीहरू परेका छन्।, गुप्ताले यसअघि गाउँपालिका अध्यक्षको पद दुरूपयोग गरि विभिन्न क्षेत्रबाट लाखौं रुपैयाँ हिनामिना गरेर अकुत सम्पति जोडेको भन्दै अख्तियारमा उजुरी परेका थियो।, गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सुनवल, बुटवल, अर्घाखाँची लगायतका स्थानमा अकुत सम्पति जोडेको भन्दै आम्दानीको स्रोत छानबिन गरी कारबाहीको माग उजुरीमा गरिएको छ।, अख्तियारमा परेको उजुरीका अनुसार गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखाँचीमा भवन बनाएका छन्।, गाउँपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौता विपरित कार्यपालिका बैठकमा निर्णय नगरको उल्लेख छ। यस्तै डिजिटल भिलेज प्रोफाइल ५-५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने भएपनि गुप्ताले नियमविपरीत ५ वर्ष नपुग्दै अध्यावधिक गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा भनिएको छ।, २०७५ सालमा डिजिटल भिलेज प्रोफाइल बनाए वापत ४० लाख भुक्तानी भएको र २०७८-७९ मा पनि सोहि कामको लागि पुनः २० लाख रूपैयाँ भुक्तानी गरिएको छ।,
लागुऔषध प्रकरणमा मुछिएका गाउँपालिका अध्यक्ष पाण्डे अझै फरार |
सेतोपाटी संवाददाता देशकै संघीय राजधानी काठमाडौंमा विकासका संरचनाहरू कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ।, देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं।, स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस्। तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख सहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ।, कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो। चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन्।, जमानामा बनेका सडकहरूमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धूलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौंसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ। भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ।, सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवालजवाफमै सीमित छन्। चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ।, दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरूले सकिरहेका छैनन्। राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन्।, कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ। कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्। कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरू छरपस्ट देख्न सकिन्छ।, कथामा हामीले बोलिरहनुभन्दा पनि फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लंग बोल्छ।, हेर्नुहोस् न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू। ,
काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर) |
सेतोपाटी संवाददाता स्वर्गीय डा. हर्क गुरूङको १६ औं स्मृति दिवस मनाइएको छ।, नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार संघ-संस्थाहरूले संयुक्त रूपमा एक कार्यक्रम आयोजना गरी स्वर्गीय डा. हर्क गुरूङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो।, कार्यक्रममा डा. गुरूङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाइ सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो।, गुरूङ सर्वस्विकार्य र बोलेको सबैले विश्वास गर्ने व्यक्ति भएको प्राध्यापक डा. सुवेदीले बताए। , ‘उहाँको योगदानलाई कुनै एक विषयमा मात्रै सिमित गर्नु कठीन छ,’ उनले भने, ‘नेपालको भविष्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उहाँ हो। उहाँले गर्नुभएको अनुसन्धान र प्रकाशित पुस्तकहरूबाट पनि यो तथ्य प्रमाणित भएको छ।’, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापक एवं संस्थापक सल्लाहकार स्वर्गीय डा. गुरुङको १६ वर्षअघि वन्य जन्तु संरक्षण सम्बन्धित एक कार्यक्रममा सहभागी भई फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।, उनको सम्झनामा एनएमएसहित गुरूङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमु बौद्ध सेवा समिति र न्यू एराले संयुक्त रूपमा स्मृति सभाको आयोजना गरेको हो।, ,
हर्क गुरुङको १६औं स्मृति दिवस |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।,
४ हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार २३४ जनाको पिसिआर र दुई हजार ८९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२८३ जना सक्रिय संक्रमित छन्।,
११६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको जनाको मृत्यु भएको छ।,
देशभर थपिए ७४ कोरोना संक्रमित |
नवीनबाबु गुरूङ दसैं नजिकिएसँगै न्युरोड-असन बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ। , शनिबार राजधानीका मुख्य बजार असन, इन्द्रचोक, सपिङ मल तथा खुला बजारमा किनमेल गर्नेको घुँइचो लागेको हो।, खाद्यान्न, लत्ताकपडा, गरगहना, मरमसलालगायत किनमेल गर्न आउने ग्राहकहरूको चाप बढेको हो। , यस्तै काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई शनिबारबाटै खुलामञ्चमा पार्किङको व्यवस्था समेत गरिएको छ।, असोज ८ गतेदेखि फूलपातीसम्म उक्त व्यवस्था लागू गरिएको हो।, ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ।, ,
असनमा दसैंका लागि किनमेल गर्नेको भिड (तस्बिरहरू) |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षाको सुधारको मागसहित अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्ने तयारी गरेका छन्।, डा. केसीको माग पूरा गर्न सरकार तयार देखिएपछि अनसन तोड्ने तयारी भइरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।, ‘अहिले सहमतिको मस्यौदा तयार भइरहेको छ। मस्यौदाहरूमा छलफल भइरहेको छ। त्यसमा हस्ताक्षर गरेर उहाँले अनसन तोड्नुहुनेछ। अहिलेसम्म सरकार माग पूरा गर्ने मनस्थितिमा छ,’ उनले भने।, केसीले भदौ २७ बाट धनगढीको कृष्ण मन्दिरमा अनसन सुरू गरेका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याएर टिचिङ अस्पताल महाराजगञ्जमा ल्याइएको थियो।, डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने सहितका माग राखेका थिए।,
माग पूरा गर्न सरकार सहमत भएपछि अनसन तोड्दै डा. केसी |
सेतोपाटी संवाददाता झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका एक व्यक्तिको बुधबार अपराह्न हत्या भएको छ। , दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसोबास गर्दै आएका एलबी भनिने ४६ बर्षीय लालबहादुर गुरुङको झापा र इलामको सिमानामा रहेको रतुवाखोलास्थित झोलुंगे पुलमा अज्ञात समूहको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार बुधबार अपराह्न साढे ४ बजेतिर उनीमाथि धारिलो हतियार प्रहार हुँदा खुट्टा र हातमा गहिरो चोट लागेको थियो। गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, गम्भीर घाइते अवस्थाका उनलाई झोलुङे पुलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो। बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ।, प्रहरीका अनुसार गुरुङ यसअघि पटकपटक जेल सजाय भोगेर केही समयअघि मात्र शरणार्थी शिविरमा आएका थिए। पुरानो रिसइवीका कारण कसैले उनको हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ।, मृतक गुरूङ परिवारसहित शिविरमा बस्दै आएका थिए।,
खुकुरी प्रहार गरी भुटानी शरणार्थीको हत्या |
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम छन्।, बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।, पक्राउ परेकाहरूबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औंठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए।,
अवैध रूपमा ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ |
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। प्रदेश–१, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम र प्रदेश–१ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ।, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।, यस्तै भोलि शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली देशको तराई भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। , भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।,
देशभर बदली, बागमतीसहित चार प्रदेशमा वर्षा |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ।, गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो।, जेब्राक्रसमै बसले विद्यार्थीलाई ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्।, घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन्। साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका छन्।, काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो।, घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।,
स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु, पृथ्वीराजमार्ग अवरूद्ध |
सेतोपाटी संवाददाता विगतका वर्षझैं यसवर्ष पनि चाडपर्वको समयमा यात्रुहरू ठगिन सक्ने समस्यालाई मध्यनजर गरी बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।, बुटवल उपमहानगरपालिकाले यातायात व्यवसायी, सुरक्षा निकाय लगायतको सहकार्यमा सहायता कक्ष स्थापना गरेको हो।, बिहीबारदेखि संचालन गरिएको उक्त सहायता कक्षमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि कुनै समस्यामा परे सम्पर्क गर्न आग्रह गरिएको छ।, सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधी, मास्कजस्ता सुविधा पाउने उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी दिए।, उपमहानगरपालिकाले बसपार्कमा स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट समेत परिचालन गरेको उपमहानगरपालिकाका नगर प्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन्।, ‘हामीले बसपार्कमा आउने यात्रुको यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने, यात्रुलाई परेका समस्या समाधानसँगै बसपार्कभित्रको सरसफाइ गर्ने कामको पनि सुरुवात गरेका छौं', अर्यालले भनिन्।, यी कामको लागि उपमहानगरपालिकाबाट तीनवटा युनिटलाई चाडपर्व भरी खटाइएको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिए।,
बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ। , महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो। अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।, फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।, वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो।, मेयर बालेन शाहको सचिवालयका एक सदस्य, कुमार व्यञ्जनकारले नक्सामा पार्क बनाउने भने पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको जानकारी दिए।, ‘अहिले जुन ठाउँमा औषधि पसल राखिएको छ। त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिएको छ,’ उनले भने।, यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो। वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको उनले बताए। यहाँ ६ वटाभन्दा धेरै फार्मेसी सञ्चालनमा थिए।, अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ।, सबै तस्बिरः नवीनबाबु गुरूङ, , ,
वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर, अब पार्क बनाइने (तस्बिरहरू) |
सेतोपाटी संवाददाता भक्तपुरमा बसले ठक्कर दिँदा वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। , भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए।, उनका अनुसार बिहीबार सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोकमा दुर्घटना भएको हो। सल्लाघारीबाट जगाती जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बोक्ने बसले पैदलयात्रीलाई ठक्कर दिएको हो। , गम्भीर घाइते भएकी दिलमायालाई उपचारका लागि डा. इवामुरा अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने २९ वर्षीय बिनोद कार्कीलाई बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
भक्तपुरमा बस दुर्घटना हुँदा वृद्ध पैदलयात्रीको मृत्यु |
सेतोपाटी संवाददाता कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।, गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा ३६ वर्षीय शेरबहादुर नामजाली मगरलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।, बिहीबार बिहान आफ्नी ३३ वर्षीय श्रीमती ललिता नाम्जाली मगरको हत्या गरी फरार रहेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनी बुधबार मात्रै भारतबाट फर्केका थिए।, श्रीमतीको हत्यासँगै १७ वर्षीय छोरी लक्ष्मी नाम्जाली मगरलाई पनि उनले कृटपिट गरेको आरोप छ।, कृटपिटबाट उनको टाउकोमा चोट लागेको छ।, यस्तै १२ वर्षीय छोरा विजय नाम्जाली मगर पनि घाइते छन्। उनलाई चोट लागेको छ। लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।, श्रीमतीको हत्या र छोराछोरीलाई कुटपिट गरेर भागेका शेरबहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसधान सुरू गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए।,
कैलालीमा श्रीमतीको हत्या आरोपमा पक्राउ परे श्रीमान् |
नारायण खड्का रुकुम पूर्वमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो झन्डै ३ बजे भएको दुर्घटनामा परि तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए। , उनका अनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। , ‘हाम्रो स्थानीय युनिट घटनास्थलमा छ,’ उनले भने ‘म घटनास्थल पुग्दै छु। तीन जनाको मृत्यु भएको भन्ने प्रारम्भिक खबर छ।’, घाइतेलाई उद्धार गरि स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए। , काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताए। , बस एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए।,
रुकुम-पूर्वमा बस दुर्घटनाः तीनको मृत्यु , १२ जना घाइते |
सेतोपाटी संवाददाता मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ।, भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।, काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन्। , ‘बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुन्छ’, उनले भने। ,
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, १७ घाइते |
सेतोपाटी संवाददाता चाडपर्वको बेला भारतसँग सीमा जोडिएका नेपाली बजार सुनसान हुँदा सीमापारिका भारतीय बजार गुल्जार हुने गरेका छन्।, भारतबाट सामान आयात हुने दोस्रो ठूलो नाका रूपन्देहीको बेलहिया हो। सोही नाका हुँदै दैनिक सयौं नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार सुनौली पुग्ने गर्छन्।, बस्तुको गुणस्तरभन्दा पनि चाडपर्वका बेला सस्तोमा सामान पाइने लोभले उपभोक्ताहरू भारत पुग्ने गर्छन्।, यसैबीच सुनौली बजार जाने नेपालीलाई रोक्न सिद्धार्थ उद्योग वाणिज्य संघले दसैं लक्षित सस्तो बजार सञ्चालन गर्ने भएको छ।, नेपाली उपभोक्तालाई स्वदेशमै सामान खरिद गर्ने बानी विकास गर्न र सस्तो दरमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यसहित संघले सस्तो बजार सञ्चालन गर्न लागेको हो।, दसैंको घटस्थापनाको भोलिपल्ट असोज ११ गतेदेखि संघको कार्यालय परिसरमै सञ्चालन गरिने सस्तो बजार चार दिनसम्म जारी रहने संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले जानकारी दिए।, न्यौपानेका अनुसार विगतका दुई वर्ष कोरोना महामारीले प्रभावित बनेको आर्थिक क्षेत्रलाई केही चलायमान बनाउन बजार सञ्चालनमा ल्याइएको हो। त्यस्तै नेपाली उपभोक्तालाई भारत र नेपाली बजारमा पाइने वस्तुको गुणस्तर र मूल्यबारे सचेत बनाउन समेत सस्तो बजार प्रभावकारी हुने बताउँछन्।, सस्तो बजारमा साल्ट ट्रेडिङ, खाद्यान्न, जुत्ता चप्पल, दैनिक उपभोग्य वस्तु, दुई पांग्रे अटोमोबाइल्ससहितका १५ देखि १७ वटा स्टल रहने छ।, ‘चार दिनको हाम्रो यस प्रयासबाट केही हदसम्म भैरहवा बजारमा आर्थिक चलायमान हुने र उपभोक्ताहरु आफैंले सीमापारि र वारि पाइने वस्तुको गुणस्तर र मूल्यबारे जानकारी लिन सक्ने छन्’, न्यौपानेले भने।, सीमा क्षेत्रका भारतीय बजारहरू नेपाली उपभोक्ता लक्षित गरी सञ्चालन गरिएको हुन्। , त्यहाँ बिक्री वितरण हुने वस्तुहरू केही सस्तो जस्तो देखिए पनि गुणस्तरमा कमसल हुने भए पनि त्यसलाई पहिचान गर्न नसक्दा नेपालीहरू ठगिने गरेका छन्। चाडपर्व लक्षित यस्ता बजारले एकै स्थानमा सबै वस्तु किनमेल गर्न पाइनुका साथै गुणस्तरप्रति पनि उपभोक्ताहरुलाई सचेत बनाउने संघको दाबी छ।, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमा क्षेत्रको बजार भएकाले किनमेलको लागि भारततर्फ जाँदा भैरहवाको बजार सुनसान हुने गरेकोले किनमेलको लागि भारत जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।, सस्तो बजारमा खरिद गर्ने उपभोक्ताहरुका लागि ५ देखि २० प्रतिशतसम्म छुट सुविधा दिने संघले जनाएको छ। भैरहवासँग जोडिएको भारतीय बजार सुनौलीमा सामान खरिद गर्न जाने नेपाली उपभोक्ताहरुको दैनिक भिड लाग्ने गर्छ। उक्त भिड चाडपर्वको समयमा १० गुणासम्म बढ्ने गर्छ।, दैनिक उपभोग्य वस्तु किनमेलकै लागि उपभोक्ताहरु भारतीय बजारमा जाँदा एकतर्फ सरकारलाई राजश्व बुझाएर व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरू मर्कामा पर्ने गरेका छन् भने अर्कातर्फ भन्सार नतिरी दैनिक लाखौंको सामान नेपाल भित्रिँदा मूलुकले राजस्व समेत गुमाउँदै आएको छ।, सीमा क्षेत्रका नेपाली व्यवसायीले दैनिक उपभोग्य सामान किनमेलको लागि भारतीय बजार जाने नेपाली उपभोक्ता रोक्न भन्सार तथा प्रशासनसँग वर्षौंदेखि माग गर्दै आएका छन्।, संघका महासचिव विजय पाण्डेले नेपाली उपभोक्ताले स्वदेशमै किनमेल गर्ने बानीको विकास गर्न सके आफू गुणस्तरमा ठगिनबाट जोगिनुको साथै नेपाली व्यवसाय समेत फस्टाई सरकारको राजश्वमा पनि वृद्धि हुने बताए।,
भैरहवाका उपभोक्तालाई नेपालमै किनमेल गर्ने बानी बसाल्न सस्तो दसैं बजार |
सेतोपाटी संवाददाता रुकुमपूर्वमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो करिब ३ बजे भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो।, साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। , उनकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।, ‘घटनास्थलमा प्रहरी पुगिसकेको छ,’ उनले भने। घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको उनले बताए। , काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्यपहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताए। , बस एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए।,
रुकुम-पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ जना घाइते (अपडेट) |
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा १ प १५५१ नंम्बरको बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ। , बसको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।,
भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न छलफल सुरू गरेको छ। यस सम्बन्धमा प्रदेश सरकारले स्वास्थ्यसम्बन्धी विज्ञहरूको धारणा लिन थालेको छ।, सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णाली अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने घोषणा गरेको थियो। , नीति तथा कार्यक्रममा भनिएको छ, 'प्रदेश अस्पताललाई मानित विश्वविद्यालयको अवधारणाअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गरिनेछ।', कर्णाली प्रदेश अस्पतालको इतिहास २०१९ सालमा सुरू हुन्छ। सुर्खेत जिल्लाको तत्कालीन सदरमुकाम गोठिकाँडामा एउटा स्वास्थ्य केन्द्र थियो। कोठीकाँडा सुर्खेत उपत्यकाबाट करिब १७ किलोमिटर माथि डाँडामा पर्छ।, २०२४ सालमा जिल्ला सदरमुकाम सुर्खेत उपत्यकामा सारिएपछि स्वास्थ्य केन्द्र पनि स्थानान्तरण भयो।, वीरेन्द्रनगरमा स्थानान्तरण भएको स्वास्थ्य केन्द्र २०२९ सालमा १५ शैय्याको जिल्ला अस्पतालका रूपमा विकास भयो। २०४९ सालमा २५ शैय्यामा स्तरोन्नति गरियो। उक्त अस्पताल २०६२ फागुन ७ गते मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति गरियो। त्यस बेला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा १५ वटा जिल्ला थिए।, संघीयतासँगै २०७५ कात्तिक १३ गते यो अस्पताल कर्णाली प्रदेश अस्पतालमा रूपान्तरण गरिएको हो। प्रदेश सरकारको मुख्य लगानी र संघीय सरकारको सहलगानीमा विशेषज्ञ सेवासहितको प्रदेश अस्पतालका रूपमा सञ्चालन गर्न लागिएको हो।, हाल कर्णाली अस्पतालले तीन सय शैय्याको सेवा दिँदै आएको छ। यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न प्रदेश सरकारले ऐनको प्रारम्भिक मस्यौदा बनाएको छ।, 'अहिले यो मस्यौदा नमूना जस्तै हो। पछि छलफल र अन्तर्क्रियामार्फत् पूर्ण मस्यौदा बनाउने काम होला,' कर्णाली अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्मर खड्काले भने, 'मस्यौदालाई नै पूर्ण रूप दिन बाँकी छ।', मस्यौदामा यो अस्पताललाई सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम दिइएको छ। यसमा रायसुझाव लिन बाँकी रहेको डा. खड्काले बताए, 'यही नाम पनि राख्न सकिन्छ, अर्को कुनै नाम पनि आउला।', हाल जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यो कर्णालीको एक मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान हो।, एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदाहुँदै अर्को अस्पताललाई किन बनाउने?, उक्त प्रश्नमा प्रदेश अस्पतालका निर्देशक खड्काले तीन वटा मुख्य आधार रहेको बताए।, पहिलो, यो अस्पतालले कर्णालीलाई मात्र नभई अर्को प्रदेशका नागरिकलाई पनि सेवा दिने भएकाले यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विस्तार गर्नु आवश्यक छ।, 'कर्णालीका करिब १७ लाख नागरिकको भरोसा गर्ने अस्पताल यही हो। प्रदेशका जुनसुकै अस्पतालबाट यहाँ रिफर हुन्छ,' उनले भने, 'सुदूरपश्चिमका केही जिल्लाका मानिस पनि यहाँ रिफर हुन्छन्। यसलाई थप मजबुत बनाउन प्रतिष्ठान आवश्यक छ।', अर्को आधार यसको दशकौं पुरानो पहिचान हो। ४० वर्ष अघिदेखि नै यो जिल्ला अस्पताल भएको उनी बताउँछन्।, 'हाम्रो अस्पतालको स्वास्थ्य क्षेत्रमा पुराना पहिचान छ। अब अझ विस्तृत पहिचान बनाएर लैजानुपर्छ,' उनले भने।, कर्णालीबाहेक सबै प्रदेशका राजधानीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहनु पनि सुर्खेतमा त्यस्तै प्रतिष्ठान चाहिन्छ भन्ने अर्को एक आधार हो। डाक्टर खड्काले गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा विकासका लागि पनि सुर्खेतमा प्रतिष्ठान आवश्यक रहेको बताए।, कर्णाली अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन केही चुनौती रहेको विज्ञहरूको भनाइ छ।, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राध्यापक डाक्टर अर्जुन कार्कीका अनुसार प्रदेश अस्पताललाई सबै पूर्वाधार निर्माण गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु निकै चुनौतीपूर्ण छ।, 'काम आकांक्षाबाटै हुन्छ तर प्रतिष्ठानका लागि आवश्यक पूर्वाधार बनाउनु चुनौतीपूर्ण छ,' उनले भने, 'कर्णालीमा एउटा प्रतिष्ठान हुँदाहुँदै अर्को किन बनाउनुपर्यो भन्ने पुष्टि गर्न सजिलो छैन।', कर्णाली प्रतिष्ठानका पूर्वडीन प्राध्यापक डाक्टर बोधनाथ मराठाका अनुसार एउटा प्रतिष्ठान हुँदाहुँदै अर्को बनाउन आर्थिक व्यवस्थापन पनि चुनौतीपूर्ण हुनेछ। प्रतिष्ठान आफैंले कमाएर कति खर्च बेहोर्ने र प्रदेश सरकारले कति बेहोर्ने भन्ने कुरा प्रष्ट हुनु पर्ने उनको भनाइ छ।, 'पश्चिम नेपाललाई चाहिने स्वास्थ्य विज्ञहरू अस्पतालले आफैं उत्पादन गर्ने कुरा सह्रानीय छ,' उनले भने, 'तर प्रतिष्ठान स्थापना भएपछि खर्च बेहोर्ने कुरा प्रष्ट हुन पर्छ नत्र आर्थिक भार धान्न समस्या हुन सक्छ।', नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाका अनुसार 'नेपालमा आवश्यकभन्दा धेरै स्वास्थ्य विज्ञान प्रतिष्ठान भइसके, अर्को आवश्यक छैन' भन्ने द्वन्द्वात्मक धारणा नै कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने बाटोको ठूलो चुनौती हो।, डा. कोइरालाले जुम्लामा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव हुँदा सुर्खेतलाई छाडेर गरेर जुम्लामा बन्न उपयुक्त हुँदैन भन्ने धारणा पनि आएको उनले बताए।, 'अहिले शिक्षा नीतिमा एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान भनिएको छ,' उनले भने, 'कर्णाली प्रदेश अस्पतालले कर्णाली प्रतिष्ठानसँग समन्वय गरेर पनि शैक्षिक कार्यक्रम अगाडि बढाउन सक्छ। प्रदेशको राजधानी र ठूलो सहर भएकाले प्रतिष्ठानको आवश्यकता ठानिएको होला।', उनका अनुसार अबको पाँच वर्षमा नेपालमा चाहिने एमबिबिएस डाक्टर उत्पादन भइसक्ने भएकाले प्रतिष्ठानमा जोड दिन आवश्यक छैन। प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विस्तार गर्नुअघि पूर्ण तयारी गर्नुपर्ने स्वास्थ्यविज्ञ प्राध्यापक डाक्टर रमेशकान्त अधिकारीको भनाइ छ।, 'अस्पतालले गरेको निर्णय प्रशंसायोग्य छ। अस्पतालले बिरामी हेर्ने मात्र भन्दा पनि अध्ययन–अध्यापनमा जोड दिनु आजको आवश्यकता हो,' उनले भने, 'प्रतिष्ठान बनाउन राम्रो तयारी गर्नुपर्छ।', कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुरूमा एउटा समिति बनाएर कार्ययोजना बनाउनुपर्ने डा. कार्कीको सुझाव छ। यसमा कर्णाली प्रदेश सरकारको पूर्ण सहयोग चाहिन्छ। यो प्रदेश अस्पताल प्रदेश सरकार मातहत छ। प्रतिष्ठान पनि प्रदेश सरकारबाट सञ्चालन हुनेछ।, यसको आर्थिक भार प्रदेश सरकारले मात्र धान्न सक्छ कि सक्दैन, प्रष्ट हुनुपर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकालले बताए।, 'भोलि प्रतिष्ठान बनेपछि शैक्षिक कार्यक्रम सञ्चालन होलान् र त्यसबाट पनि केही आम्दानी होला, यतिमा मात्र भर परेर हुँदैन,' उनले भने, 'प्रतिष्ठानले आफ्नो आम्दानीको केही कार्यक्रम नल्याई बिरामीमा मात्र भर पर्ने हो भने प्रदेश सरकारलाई ठूलो भार पर्छ। यसमा राम्रो पूर्वतयारी आवश्यक छ।', प्रदेश अस्पताललाई प्रतिष्ठान बनाएर कर्णालीमा व्याप्त विशेषज्ञ डाक्टरको अभाव पूर्ति गर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीको भनाइ छ। कर्णालीका प्रत्येक स्थानीय तहमा बन्ने १५ शैय्याका अस्पतालका लागि प्रतिष्ठानले विशेषज्ञ उत्पादन गर्न सहयोग गर्ने उनले बताइन्। गाउँमा विशेषज्ञ डाक्टर नपाउने समस्या समाधान गर्न वीरेन्द्रनगरमा प्रतिष्ठान बनाउनु जरुरी रहेको उनको भनाइ छ।, प्रतिष्ठान स्थापनाको कुरा राजनीतिकरण गर्न नहुने बताइन्। यसलाई सफल बनाउन राजनीतिक दलहरूले सघाउनु पर्ने उनको भनाइ छ। हालको कर्णाली अस्पतालमा ३२५ जनाको दरबन्दी छ। प्रदेश सरकारले १५० शैय्याको स्वीकृति दिएको छ। हाल तीन सय शैय्या सञ्चालन गर्न स्थायी तथा करार गरी ४३९ जना कर्मचारी छन्।, चालु आर्थिक वर्षको बजेटमा अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरी विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने, भौतिक संरचना विस्तार गर्ने र आधुनिक उपकरणसहितको सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। बजेट वक्तव्यमा अस्पताललाई पाँच सय शैय्याको बनाउने भनिएको छ।, निर्देशक खड्काका अनुसार अस्पतालसँग २० बिघा जग्गा छ। प्रतिष्ठान बनाउन यति जग्गा पर्याप्त हुन्छ। हाल ६ बिघा जग्गामा अस्पताल रहेको उनले बताए। प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले मौजुदा भवनमा तला थप्न चाँडै ठेक्का हुने उनले बताए।, अस्पतालमा हाल दैनिक औसत ५२५ जना बिरामीले सेवा लिन्छन्। एमएसएस (मिनिमम सर्भिस स्ट्यान्डर्ड्स) स्कोरमा अस्पताल नेपालका सरकारी अस्पतालमध्ये पहिलो नम्बरमा परेको छ। पछिल्लो सर्वेक्षणबाट यो अस्पतालले ७९ स्कोर पाएको छ।,
६० वर्ष पुरानो कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने प्रयास |
सेतोपाटी संवाददाता हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।, जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै आइतबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना ज्यान गुमाएका सात जनामध्ये दुई जनाको सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार मृतक सात जनामध्ये हालसम्म दुई जनाको मात्र सनाखत भएको छ। सनाखत भएकाहरू नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराका अन्दुवा मियाँ ठकुराई छन्।, बिहीबार दिउँसो बा ३ ख ७८५८ नम्बरको यात्रुबाहक बस बाह्रघुम्तीमा दुर्घटनामा परेको थियो। बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त बस काठमाडौंबाट वीरगन्जकाका लागि छुटेको प्रहरी निरीक्षक घिमिरेले बताए।, उनका अनुसार उक्त बसमा चालकबाहके बालबच्चासहित ३२ जना सवार थिए। मृतकबाहेक बाँकी सबै यात्रु घाइते छन्। त्यसमध्ये चार जनाको अवस्था गम्भीर छ।, ‘गाडीमा सवार सात जनाको मृत्यु भएको छ,’ घिमिरेले भने, ‘अरू २५ जना घाइते छन्। तीमध्ये २१ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।’, गम्भीर घाइते चार जनालाई चितवनस्थित पुरानो मेडिकल अस्पतालमा उपचारका लागि रिफर गरिएको उनले बताए। , घिमिरेका अनुसार बस चालक भने अहिसम्म फरार छन्। उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
मकवानपुर दुर्घटनामा ज्यान गुमाउने ७ जनामध्ये दुईको सनाखत, २५ घाइतेको उपचार हुँदै |
मन्दिरा घिमिरे प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ। , डिभी परेपछि भिसा प्रक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सात जना र बनाउने दुई जनासहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीया राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीया सविता श्रेष्ठ छन्। , यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्। त्यस्तै एक जना काठमाडौंका २१ वर्षीय सूर्यराज खत्री पक्राउ परेका हुन्।, प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो।, पक्राउ परेका नौ जनामध्ये दिनेश प्रसाईं र सूर्यबहादुर श्रेष्ठले नक्कली प्रमाणपत्र बनाउने गरेका थिए। उनीहरू दुवै स्टुडियो सञ्चालक हुन्। प्रहरीले उनीहरू दुईलाई भने झापाबाट पक्राउ गरेको हो।, ‘उनीहरूले सन् २०२१ मा डिभी भरेका रहेछन्,’ उनले सेतोपाटीसँग भने, ‘डिभीको नतिजामा नाम निस्कियो। त्यसपछि उनीहरू भिसा प्रक्रियामा जानुपर्थ्यो। जसका लागि कक्षा १२ को शैक्षिक प्रमाणपत्र आवश्यक पर्ने भएकाले उनीहरूले नक्कली प्रमाणपत्र बुझाएका थिए।’, डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेस गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी उपरीक्षक रेग्मीले बताए। , अमेरिकी दूतावासले केही व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीलाई खबर गरेको थियो। , ‘दूतावासले प्रमाणपत्र हेरेपछि केही व्यक्तिको शंका लागेर हामीलाई खबर गरेको थियो। त्यसपछि ती प्रमाणपत्रहरू हामीले उच्च माध्यमिक परीक्षा केन्द्रमा जाँचका लागि पठाएका थियौं। जाँचको क्रममा नक्कली भनी पत्ता लागेको हो,’ उनले भने।, ‘उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन १५ हजारदेखि ८ लाखसम्म तिरेका रहेछन्,' उनले भने, ‘प्रायःले बाहिरी जिल्लाबाटै नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अनुसन्धानको क्रममा खुलेको छ।’, प्रहरीले उनीहरूको साथबाट ८ थान शैक्षिक प्रमाणपत्र र पाँच थान राहदानी बरामद गरेको छ।, पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने ९ जना पक्राउ |
रासस महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरूद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ।, अनिरूद्धमाथि महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फसाएर उठिबास र घरबारबिहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप छ।, भङ्गाहा नगरपालिका–५ बस्ने ४० वर्षीय अनिरूद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो।, महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरूद्धले थुप्रै मानिससँग अवैध रूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारबिहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन्।, अनिरूद्धलाई ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो। उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश भएपछि जलेश्वर कारागारमा पठाइएको छ ।,
मिटरब्याजी अनिरूद्ध साह पुर्पक्षका लागि जेल चलान |
सेतोपाटी संवाददाता दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो।, मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो।, तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्।, घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।, जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।,
दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना |
सेतोपाटी संवाददाता झापामा घरको चार तलामाथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ।, घरको चार तलामाथि फलेका करेला टिप्न जाँदा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो।, उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।,
करेला टिप्न जाँदा घरको छतबाट खसेर महिलाको मृत्यु |
सेतोपाटी संवाददाता धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।, शुक्रबार बिहान धनगढी–उपमहानगरपालिका–४ का ६० वर्षीय खडकसिंह खड्का विद्यालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।, घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
धनगढीको विद्यालय परिसरभित्र एक वृद्ध मृत फेला |
रासस जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन्।, बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्।, उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो।, होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए।, ‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ। मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ,’ उनले भने।, परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताए।,
जंगली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ |
सेतोपाटी संवाददाता धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, शुक्रबार से १ त ३५०३ नम्बरको ट्याक्टर धनगढी उपमहानगरपालिका उल्टापानी नालामा दुर्घटनामा परेको थियो।, ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।, दुर्घटनामा ट्याक्टर चालक ४३ वर्षका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।, शव पोस्टमर्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।,
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु |
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ।, मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, पाण्डेका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए।, गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए।, उपचारका लागि तत्काल समिट अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची-३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।,
भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु |
रासस विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल जीर्ण भइसकेको छ।, म्याग्दीको बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।, एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो।, बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो।, अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन्। तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो।, विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले बताए।, ‘यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे। लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो’, उनले भने।, जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो। अहिले पुल जीर्ण छ।, पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ। पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ। जालीमा खिया लागेको छ।, बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ।, साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन्।,
मर्मत भएन १३५ वर्ष पुरानो झोलुङ्गे पुल |
सेतोपाटी संवाददाता कलाकार राजु मल्होत्रा मृत फेला परेका छन्। , बुटवलको देवीनगरस्थित आफ्नै निवासमा शुक्रबार राति २ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। , ३५ वर्षीय मल्होत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। उनले बुटवलमै रहेर दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय समेत गरेका छन्।, मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको छ।, घटनाबारे अनुसन्धान अघि बढाईएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।,
कलाकार मल्होत्रा मृत फेला |
राजु अधिकारी केही महिनायता खोटाङकी जयन्ता राई विराटनगर र जनकपुर ओहोरदोहोर गरिरहेकी छन्। , यही क्रममा बुधबार अपराह्न उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका सामु उभिएकी थिइन्। मुख्यमन्त्रीको दायाँबायाँ थिए संस्कृति मन्त्री खिनु लड्वा लिम्बू र उद्योगमन्त्री ओम सरावगी।, नेपालको संघीयताबारे विद्यावारिधि गरिरहेकी जयन्ता विराटनगरकै केही विद्यार्थीहरूसहित मुख्यमन्त्री भेट्न पुगेकी थिइन्।, उनले सुरूमै भनिन्, 'मुख्यमन्त्रीज्यू, म लन्डनबाट यहाँ पिएचडीका लागि अध्ययन–अनुसन्धान गर्न फिल्डवर्क गर्न आएकी थिएँ। तर यहाँको सिस्टमले मलाई यति हैरान बनायो कि, आज ज्ञापनपत्र नै बुझाउनुपर्यो। यसलाई मेरो बाध्यताका रूपमा बुझिदिनुहोला।', खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका घर भएकी जयन्ता सोअस युनिभर्सिटी अफ लन्डनमा नेपालको संघीयताबारे पिएचडी गरिरहेकी छन्। पिएचडी थेसिसकै लागि स्थलगत अध्ययन गर्न उनले रोजेको ठाउँ थियो, प्रदेश १ र मधेश प्रदेश।, अध्ययन अवलोकनका लागि प्रदेशसभा, प्रदेशका विभिन्न मन्त्रालयहरू तथा कार्यालयहरू गइरहनु उनको बाध्यता हो। तर यसबीचमा उनले देखिन् र भोगिन् पनि, प्रदेशसभा जान पनि कसैको 'सोर्स' चाहिने रहेछ!, 'सोर्स' बेगर सभामा पस्नै नपाइने, मन्त्री र मुख्यमन्त्रीहरूसँग भेट गर्न त त्यो भन्दा ठूलो हैरानी सहनुपर्ने अनुभव उनको रह्यो।, 'गएको स्थानीय चुनावभन्दा अघिदेखि म निरन्तर फिल्डवर्कमै छु,' जयन्ताले भनिन्, 'यसबीचमा विद्यार्थीले अध्ययन अनुसन्धान क्रममा भोगेको अवरोध, अपमान, विभेद साथै मौलिक अधिकारमा भएको सूचनाको अधिकार र ज्ञान निर्माणको प्रक्रिया कुण्ठित पार्न सरकारका कर्मचारीहरूबाटै प्रयास हुँदो रहेछ। यसले मलाई अचम्मित र दुखी बनाएको छ।', कलेज जीवनका क्रममा कहिले अमेरिका र कहिले बेलायतमा रहँदा आफूले त्यहाँ कलेज, सरकार सबैबाट सधैं सहयोग पाइन्। आफ्नै देशमा भने सरकारकै निकायबाट असहयोग र अपमान सहनुपरेको उनी बताउँछिन्।, उनका अनुसार प्रदेशसभामा हुने बैठक, बहस र प्रदेश सरकारमार्फत गरिने विभिन्न छलफल कार्यक्रम र योजनाहरूमा सहभागी भई अवलोकन गर्नुपर्ने बाध्यता उनको शैक्षिक अनुसन्धानले माग गर्छ। तर त्यस अनुरूप आफूले कुनै पनि गतिविधिमा सहभागी हुन नपाएको, उल्टै अपमान सहनुपरेको उनको आरोप छ।, 'म र म जस्ता अनुसन्धानकर्ता विद्यार्थीले यस्तो अवस्था अबदेखि भोग्न नपरोस् भनेर ज्ञापनपत्रसहित मुख्यमन्त्रीलाई भेटेकी हुँ', उनले भनिन्, 'यो देशलाई अनुसन्धान, अध्ययन गर्ने जनशक्ति नै चाहिन्न जस्तो व्यवहार पाइलैपिच्छे देखाउन भएन।', गएको साउन ९ गते प्रदेश १ को प्रदेशसभा सचिवालयको एउटा कार्यक्रमले त जयन्तालाई आक्रोशित मात्रै पारेन, मुख्यमन्त्रीदेखि सभामुखसम्मलाई भेटेर ज्ञापनपत्र दिने अवस्थामा पुर्यायो। उनका अनुसार त्यस दिन संसद सचिवालयमा संविधानविद विपीन अधिकारीसँग सचिवालयका कर्मचारीहरूको अन्तर्क्रिया कार्यक्रम थियो।, अवलोकनका लागि सो कार्यक्रममा बस्न सकिन्छ कि सकिँदैन भनेर उनले त्यहाँका कर्मचारीहरूलाई सोधीखोजी गरिन्। कार्यक्रमबारे आफूहरूलाई सबै कुरा थाहा नभएको र सचिवलाई सोध्न भनियो।, 'म उहाँलाई सोध्न जाँदा उहाँ अरू व्यक्तिहरूसँग कुराकानी गरेर बसिरहनुभएको थियो। म नसोधी फर्किएँ,' उनले भनिन्, 'कार्यक्रम सुरू हुनुअगाडि एक जना कर्मचारीसँगै बस्न मिले बसौंला, नमिले नबसौंला भन्ने मानसिकताले कार्यक्रम हलमा गएँ। कोठामा प्रवेश गर्न र बस्न दिइयो। केही समयपछि सचिव आउनुभयो। अतिथि र कार्यक्रमको स्वरूपका बारेमा छोटकरीमा बताउनुभयो। कर्मचारीहरूले आफ्नो परिचय दिने क्रम सुरू भइसकेको थियो। त्यही क्रममा सचिवले मतिर हेरेर उहाँलाई हामीले यहाँ बसाएका हौं भनेर सोध्नुभयो। होइन भनेपछि उहाँले मलाई बाहिर निकाल्नुभयो।', उनले अगाडि भनिन्, 'उहाँले नै म पिएचडी स्कलर भनेर चिनाउँदै बाहिर निकालेपछि मलाई ज्यादै अपमानबोध भयो। तीस-चालीस जना कर्मचारीका बीचमा बसेर कार्यक्रम सुरू भइसकेपछि ममाथि उहाँहरू जसरी प्रस्तुत हुनुभयो, त्यो अपमानजनक थियो। कार्यक्रम सुरू हुनुअगावै मलाई बस्न नमिल्ने भन्न सक्नुहुन्थ्यो। दोस्रो, उहाँले म माथि विभेद गर्नुभयो। त्यहाँ कर्मचारीबाहेक अन्य सहभागी पनि थिए। अरू बस्न मिल्ने, म विद्यार्थी बस्न नमिल्ने कसरी भयो?', यस्तो अपमान आफूले पटक पटक भोगेको उनको भनाइ छ।, 'प्रदेश एकको नामकरणको विषयमा दबाब दिन प्रदेशसभा अगाडि प्रदर्शन चलिरहेको थियो। म बाहिर कसरी प्रदर्शन हुन्छ र प्रदेशसभाभित्र ती विषयलाई कसरी सम्बोधन गरिन्छ भनेर अवलोकन गरिरहेकी थिएँ,' केही समयअघिको कुरा उनले सुनाइन्, 'तर मर्यादापालकले मलाई बाहिर भित्र गर्ने होइन भन्दै अशिष्ट ढंगले हकार्नुभयो। राम्रोसँग बोलेर सोध्न सक्नुहुन्थ्यो नि! शासक वर्गलाई जनताले आफ्नो अधिकार र स्वतन्त्रता प्रयोग गरेको मन नपरेको जस्तो देखियो।', प्रदेशसभाले प्रकाशन गरेको सांसद तथा सचिवालयको पूर्ण विवरण भएको डायरी माग गर्दा पनि कर्मचारीले सचिवलाई सोध्नुपर्ने बताएको, संसदका सूचना माग्दा नदिने गरेको उनले बताइन्।, यस्तै अनुभव उनले मधेश प्रदेशमा पनि भोगिन्।, प्रदेश सचिवालयका सचिव लगायतका केही कर्मचारीले आफूलाई बारम्बार अपमान गरेको उनको अनुभव छ। सांसदहरूसँग प्रदेशसभा जाँदा कुनै रोकटोक नहुने तर एक्लै जाँदा कहिल्यै संसदमा प्रवेश नपाएको उनले बताइन्।, 'म इतिहास पढिरहेकी छु, समाज बुझ्न हिँडिरहेकी छु। संसार जान्न खोजिरहेकी छु। मेरो कुनै पावर र अथोरिटी छैन, म जस्तो विद्यार्थी सताएर उहाँहरूले पाउने के हो,' उनले भनिन्, 'युट्युबमा संसद बैठक हेर्नुसम्म भन्ने जवाफ पाएँ। युट्युब हेरेर मैले के अवलोकन गर्ने? म लन्डनबाट यहाँसम्म किन आउनुपर्थ्यो?', मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा प्रणाली नहुँदा व्यक्ति बलियो हुने उल्लेख गर्दै उनले भनेकी छन्, 'मैले जुन समस्याको सामना गरिरहेको छु, यो समस्या मेरो मात्र होइन। अध्ययन, अनुसन्धानमा लागेका समग्र विद्यार्थीको हो। यसलाई 'कलेक्टिभ एक्सन' का रूपमा प्रणालीमार्फत समाधान गरियोस् भन्ने माग छ।', अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूलाई विशेष प्रवेश पासको व्यवस्था गर्न माग गर्दै उनले ज्ञापनपत्रमा प्रदेश सभा, संसदीय समिति, मन्त्रालय लगायत सरकारसँग सम्बन्धित निकायमा हुने, सुरक्षा हिसाबले अति संवेदनशीलबाहेकका कार्यक्रम विद्यार्थीलाई अवलोकन गर्न दिने व्यवस्था गर्न पनि माग गरेकी छन्।, 'विद्यार्थीहरूले सम्बन्धित विषयवस्तुको बारेमा पढेर मात्र होइन सुनेर सोधेर हेरेर अवलोकन गरेर ज्ञान निर्माण गर्ने हो। अनुसन्धान गर्दा अवलोकनको ठूलो भूमिका हुन्छ,' उनले भनिन्, 'त्यो व्यवस्था विद्यार्थीका लागि हुनुपर्छ।',
लन्डनबाट अध्ययन गर्न आएकी जयन्ता भन्छिन्- सिस्टमले हैरान बनायो |
रासस यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टिका-टिप्पणीविरूद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट निवेदन दायर भएको छ।, कानुन संकायका विद्यार्थी रेजिना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टिका टिप्पणी कानुनसम्मत नहुने जिकिर गरिएको छ।, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दायर सो रिटमा परमादेश-प्रतिषेध लगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ।, ,
अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर |
सेतोपाटी संवाददाता नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट दर्ता गर्न भन्दै परेको निवेदनमा तोकिएको सुनुवाइ सरेको छ। , मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परे पनि हेर्न नमिल्ने भएकाले सुनुवाइ सर्ने भएको हो। , न्यायाधीश शर्माले हेर्न नमिल्ने सर्वोच्चको वेवसाइटमा जनाइएको छ। , संसदका दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ पठाइएको विधेयक प्रमाणिकरण नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट सर्वोच्चले दरपीठ गरेको थियो। दरपीठ विरूद्ध भण्डारीले अर्को निवेदन दिएका थिए। न्यायाधीश शर्माले हेर्न नमिलेपछि अब यो निवेदनमा अर्कोदिन सुनुवाइ हुनेछ।, सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाएको आजै १५ दिन पुग्दै छ। , संविधान अनुसार संसदका दुवै सदनले पास गरेर पठाएपछि १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुपर्छ।,
नागरिकता विधेयक पास नगर्न माग गरिएको रिट न्यायाधीश शर्माले ‘हेर्न नमिल्ने’ |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं तिहारलाई लक्षित विशेष सुरक्षा योजना अघि सारेको छ।, चाडपर्वको बेला सवारी साधनबाट ठगी हुनसक्ने र अपराध हुने भन्दै काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना अघि सारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार चाडपर्वको समयमा सवारी साधनको टिकटमा हुने ठगी, अवैध मदिरा बिक्री वितरण, सवारी दुर्घटना, पकेटमार र लुटपाटलगायतका काम हुने भएकाले विशेष सुरक्षा योजना अघि सारिएको हो।, यो सँगै प्रहरीले चाडपर्व लक्षित राजधानीका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। , सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चाबहिल चोक, गोंगबु, नयाँ बसपार्क, बालाजु बाइपास, कलंकी र बल्खुमा यात्रु सहायता कक्ष राखिने भएको छ।, चाडपर्वका लागि काठमाडौंमा ३ हजार ३ सय ४३ सुरक्षाकर्मी खटाइएको प्रहरी उपरीक्षक मैनालीले बताए।, उनका अनुसार चाडपर्वमा प्रहरीको ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती हुनेछ।, यस्तै, बिहान र रातको समयमा २४ वटा मोबाइल गस्ती, ७६ वटा साइकल गस्ती, १४ वटा क्वीक रेस्पोन्स टिम र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने प्रहरीको तयारी छ।,
चाडपर्व लक्षित काठमाडौं प्रहरीको सुरक्षा योजना सार्वजनिक |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कारको आरोपमा दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गोठलीपुरका ५१ वर्षीय नन्दराम कवर (मगर) पक्राउ परेका छन्।, पीडित १६ वर्षीया बालिकाले आरोपित कवरविरूद्ध सोमबार किटानी जाहेरी दिएपछि सोमबारै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई बताए। , जाहेरीमा गत फागुनमा कवरले स्थानीय एक जनाको गोठमा लगेर आफूमाथि बलात्कार गरेको पीडितले उल्लेख गरेकी छन्।, बलात्कारबाट बालिका गर्भवती भएकी थिइन्। बलात्कार भएको सात महिनापछि, गत भदौ २६ गते उनले बच्चालाई जन्म दिएकी छन्। बच्चाको हाल राप्ती प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।, बलात्कारपछि कवरले बालिकाको परिवारलाई ६ हजार नगद दिएर कतै नभन्न भनेका थिए। डर र लोकलाजका कारण गुपचुप बस्न बाध्य भएको बालिकाकी आमाले बताएकी प्रहरीले जनाएको छ।, ‘अभिभावकले थाहा पाएपछि सुरूमा गाउँघरमै कुरा मिलाउन पीडकसहित केहीले प्रयास भएको खुल्न आएको छ,’ डिएसपी मल्लले भने, ‘पीडितले नमाने पनि लोकलाज छल्न अभिभावकले काठमाडौं लगेर गर्भपतन गराउन प्रयास गरेको समेत तथ्य खुलेको छ।’, जिल्ला अदालतले घटना अनुसन्धानका लागि कवरलाई मंगलबार पाँच दिन थुनामा राख्न अनुमति प्रदान गरेको डिएसपी मल्लले बताए। , कानुनअनुसार १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहर्छ।,
नाबालिगमाथि बलात्कारको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।, सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। सो दुर्घटनामा परेर अन्य चार जना गम्भिर घाइते भएका छन्। उनीहरूको विएण्सी अस्पतालमा उपचार भइरहेको छ। , पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार अपरान्ह साढे ४ बजे कार दुर्घटनामा परेको थियो। तीव्र गतिको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।, तीव्र गतिको कार सडक किनारको बरको रूखमा ठोक्किएको थियो। कारमा ६ जना सवार थिए। बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।, दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
झापा दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति बनेको छ। , मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा समिति गठन भएको हो। , काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्रसिंह धानुकका अनुसार यसमा ५ जना छन्। , प्रहरीले यस घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरेको हो। काठमाडौंकै बीच सडकमा सोमबार साँझ मोहम्मदको हत्या भएको थियो। , यसको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं, कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकारीहरू रहनेछन्।, यो पनि: ,नक्कली नोट कारोबारसँग जोडिएको गोठाटारमा मारिएका मोहम्मदको घटना, काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो।, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा पेस्तोलसहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटी-लेखेटी गोली हानेका थिए। गाडीबाट बाहिर निस्किए लगत्तै उनलाई पछाडिबाट एक व्यक्तिले गोली हानेको सिसिटिभी फुटेजमा देखिन्छ।, गोली प्रहार हुन थालेपछि मोहम्मद जोगिन प्रयास गरिरहेका थिए। उनी बा ६ च ५१५२ नम्बरको गाडीलाई एक चक्कर लगाएपछि ढलेका थिए।, चार राउन्ड गोली प्रहार हुँदा उनको टाउको, कोखा र तिघ्रामा लाग्यो। गोली प्रहारबाट गम्भीर घाइते भएका उनी सडकमै ढले।, आफ्ना बुवा घर अगाडि सडकमा गोली हानेको देखेपछि उनकी छोरी एक तलामाथिबाट हामफालेकी थिइन्। उनी तल झरेपछि मोहम्मदमाथि गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकल चढेर भागेका थिए। छोरीले गोली चलाउने समूहलाई लखेट्दै केही परसम्म पुगिन्। तर मोटरसाइकल चढेर उनीहरू भागे।, साँझपख घटना भए पनि त्यहाँ तत्काल छरछिमेकी जम्मा भएनन्। कसैको सहयोग पाएको भए गोली चलाउने व्यक्ति घटनालगत्तै पक्राउ पर्ने प्रहरी अधिकारी बताउँछन्।, गोली लागेर गम्भीर घाइते भएका मोहम्मदलाई उपचारको लागि नजिकैको शंकरापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।, सोमबार साँझ गोली चलेर मोहम्मदको हत्या भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्न रहेकालाई नियन्त्रणमा लिन सकेको छैन। कसले र किन उनको हत्या गरेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।, घटनाको खबर पाएपछि घटनास्थलमा प्रहरी पुगेको थियो। घटनास्थलबाट मोहम्मदलाई गोली प्रहार गरेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ। घटनास्थलमा गोलीका खोका पनि भेटिएका थिए।, यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको छ।, घटनाको अनुसन्धान र हत्या गर्ने व्यक्तिको खोजी भइरहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।, मृतकको विगत पनि खोतल्नेलगायत अनुसन्धानकै क्रम चलिरहेकोले यसबारे थप बताउन नमिल्ने उनको भनाइ छ। , घटनालगत्तै प्रहरीले केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ। केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक सोधपुछ पनि गरिरहेको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको घटनामा संलग्नता छ कि छैन खुलिसकेको छैन।, प्रहरीले गोली हान्ने व्यक्तिको हुलिया खुलिसकेको बताएको छ।तर ती व्यक्ति अझै प्रहरी नियन्त्रणमा आएका छैनन्।, काठमाडौंमै गोली प्रहारबाट हत्या भएपछि यो विषयमा छुट्टै समिति बनाएर अनुसन्धान गर्ने तयारी पनि प्रहरीको छ। विभिन्न इकाइका अनुसन्धानकर्तालाई समेटेर घटनाको अनुसन्धान अघि बढाउन लागेको एक प्रहरी अधिकृतले जानकारी दिए।, 'परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र सिआइबीको छुट्टाछुट्टै टोलीले अनुसन्धान सुरू गरिसकेका छन्। एउटा समिति बनाएर अनुसन्धान गर्ने तयारीमा छौं। आज समिति गठन हुन्छ र संयुक्त अनुसन्धान अघि बढ्छ,’ उनले भने।, गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमै गार्मेन्टको व्यवसाय गरिरहेका थिए। उनी पछिल्लो समय व्यवसायी भनेर चिनिए पनि उनी आपराधिक पृष्ठभूमिकै व्यक्ति भएको प्रहरीले बताएको छ।, उनको आपराधिक पृष्ठभूमि बुझ्नका लागि १५ वर्षअघि फर्किनुपर्छ। २०६४ साल असार २० गते बलराम पटुवा नाम गरेका एक व्यक्तिको काठमाडौंको अनामनगरस्थित धोबीखोलामा गोली प्रहारबाट हत्या भएको थियो।, उक्त हत्या आरोपमा लाल मोहम्मद पक्राउ परेका थिए। यस घटनामा अरू पनि पक्राउ परेका थिए। हत्या आरोपमा पक्राउ परेका मोहम्मद १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए।, त्यसयता उनी गार्मेन्टको व्यवसाय गरिरहेका छन्। त्यतिबेला मोहम्मद नक्कली भारतीय नोटको कारोबार गर्ने गिरोहमा सामेल थिए। उनी त्यसबेला अर्का कारोबारी इल्ताफ हुसेन अन्सारीसँग काम गर्थे।, अन्सारी पछिल्लो समय २०७७ सालमा काठमाडौंमा भेटिएको साढे १४ किलो नक्कली सुन प्रकरणमा मुछिएका थिए। त्यतिबेला उनको साथबाट आधा किलो सुन पनि बरामद भएको थियो। बाँकी चाँदीमा सुनको जलप लगाएको अवस्थामा फेला परेको थियो।, उनीहरूकै समूहले बलराम पटुवाको हत्या गरेको खुलेको थियो।, त्यो घटना हुनुअघि नक्कली नोटको कारोबार युनुस अन्सारीले गर्थे। उनी २०६५ सालमा पक्राउ परेका थिए।, केन्द्रीय कारागारमा रहेका उनलाई २०६७ सालमा कारागार भित्रै गोली हानेर हत्या गर्ने प्रयास भएको थियो। तर उक्त घटनामा उनी बचेका थिए। उनको कुममा गोली लागेको थियो। गोली हानेको आरोपमा प्रहरीले मञ्जित सिंहलाई पक्राउ गरेको थियो।, यसैगरी २०६६ साल माघ २४ मा स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका प्रमुख जमिम शाहको हत्या भयो। लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा भारतीय समूहले गोली हानेर उनको हत्या गरेको थियो। उनी पनि नक्कली नोटकै कारोबारमा संलग्न भएकाले मारिएको प्रहरी अधिकारीको भनाइ छ।, त्यसैगरी २०६८ असोज ९ मा इस्लामिक संघका महासचिव फैजान अहमदको पनि हत्या भएको थियो। उनको पनि घन्टाघर क्षेत्रमा हत्या भएको थियो।, उनीहरू सबैको हत्या हुनुको एउटै कारण नक्कली नोटको कारोबार भएको सिआइबीका एक अधिकारीले बताए।, सोमबार मोहम्मदको हत्या भएको पनि यसैको सिलसिला भएको सिआईबी स्रोतले दाबी गरेको छ।, ‘युनुस अन्सारीलाई गोली हानेको घटना, टेलिभिजन सञ्चालक जमिम शाह, फैजानको घटनाहरू लगायत छन्। यी सबै एकअर्कासँग सम्बन्धित छन्,’ ती सिआईबीका उच्च अधिकारीले भने, ‘पात्र पनि सम्बन्धित नै छन्। घटनाहरू पनि सम्बन्धित नै छन्। अन्त्यमा यो जोडिने नक्कली नोटको कारोबारसँगै हो।’, अहिले भएको मोहम्मदको हत्या पनि भारतबाटै केही व्यक्ति आएर गरेको हुन सक्ने प्रहरी स्रोत दाबी गर्छ। गोली हानेको फुटेज हेर्दा पेशेवर व्यक्तिकै संलग्नता जस्तो देखिने प्रहरीले दाबी गरेको छ।, पछिल्लो समय उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न थिए वा थिएनन् भन्ने खुलेको छैन। तर संगठित रूपमै आपराधिक क्रियाकलाप गरिरहेका उनीहरूले अरूलाई पनि परिचालन गर्ने गरेको प्रहरीको भनाइ छ।, ‘उनले व्यक्तिगत रूपमा आपराधिक क्रियाकलाप सञ्चालन गरेका थिए वा थिएनन् अहिले नै भन्न सकिन्न। संगठित अपराधको पराकाष्ठा नै हुने गरेको छ,’ ती अधिकारीले भने।, भारतीय नक्कली नोटको कारोबार गर्ने गिरोहहरू रअको निगरानीमा हुने गरेको पनि ती प्रहरी अधिकारीले बताए। भारतीय नक्कली नोटको कारोबारले भारतीय बैंकिङ प्रणालीमा समेत असर पर्ने हुँदा कारोबारीविरूद्ध राज्य नै लाग्ने दाबी उनको थियो।, त्यसैगरी यस्ता संगठित अपराधका घटनामा दुई वटा कारणले हत्या हुने गरेको प्रहरी अधिकारीको जिकीर छ।, ‘एउटा आन्तरिक प्रतिद्वन्द्वीका कारण हुन्छ। जस्तै तस्कर-तस्करबीच कुनै विषयमा विवाद भयो। यहीँ मोहम्मदको पनि आ-आफ्नै प्रतिद्वन्द्वीका आपसी मतभेदका कारण जेल परेका हुन्,’ ती अधिकारीले भने, ‘उनीहरूबीच कसले धेरै कमायो भन्ने विषयमा पनि एक खालको विवाद हुने भयो।’, उनले अगाडि थपे, ‘अर्को कारण एउटा ग्याङले अर्को ग्याङलाई सकाउने उद्देश्यले हो। त्यसका लागि भाडाका सुटर प्रयोग गर्न सक्छन्। यसमा यो कारणले पनि हुन सक्छ अर्को आन्तरिक प्रतिद्वन्द्वका कारण पनि हुनसक्छ।’, सम्बन्धित समाचार: ,एक तलामाथिबाट हाम फालेर छोरीले झम्टिएपछि भागेका थिए मोहम्मदलाई गोली हानिरहेका आक्रमणकारी, १० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो, काठमाडौंको गोठाटारमा चल्यो गोली, एक घाइते,
गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति गठन |
सेतोपाटी संवाददाता धनुषाको बाँसघारीमा एक महिलाको शव फेला परेको छ।, मिथिला विहारी नगरपालिका-५ बस्ने ४५ वर्षीया जिवछी देवी मण्डलको शव मंगलबार दिउँसो बाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ।, मण्डलको आफ्नै घर नजिककैको बाँस झाडीमा उनको शव फेला परेको हो। उनको टाउकोमा केही प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। , शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए। ,
बाँसघारीमा महिलाको शव फेला |
सेतोपाटी संवाददाता अञ्जली श्रेष्ठ रञ्जितको नेतृत्वमा पोखरा अप्टिमिष्ट क्लबको नयाँ कार्यसमिति चयन भएको छ।, अञ्जलीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा सुरज लामगादे र कोषाध्यक्षमा शान्ति थापा निर्विरोध चयन भए।, आगामी २०२२-२०२३ को लागि गठन भएको नयाँ कार्यसमितले बालबालिका तथा किशोर किशोरीको सवालमा काम गर्नेछ।, संस्थाको संस्थापक अध्यक्ष केशव काफ्लेका अनुसार सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित भएको संस्थाको गठन भएको हो।, कार्यक्रममा नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिँदै संस्थापक अध्यक्ष काफ्लेले बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने बताए।, उनले समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु सञ्चालन गर्दै लैजाने अप्टिमिष्ट ईन्टरनेशनलको उद्धेश्य अनुसार अघि बढ्न नेतृत्वलाई सुझाव दिए।, कार्यक्रममा दिपक पौडेल, गीता क्षेत्री, मिरा मैनाली र लेखनाथ अप्टिमिष्ट क्लबका अध्यक्ष रोशन अधिकारीले आफ्नो धारणा राखेका थिए।, अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हाल नेपालमा ४१ भन्दा बढी ठाउँमा संस्थाको शाखा कार्यालय गठन भइसकेको छ।,
अप्टिमिष्ट क्लब पोखराको नेतृत्वमा अञ्जली |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।, धोविघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतलमा उपचार भइरहेको छ।, गोदाम बच्चु साहले सञ्चालन गर्दै आएका थिए।, विगत १४ वर्षदेखि कवाडी गोदाम सञ्चालन गर्दै आएका साहले ५ जनालाई रोजगारीसमेत दिएका थिए।, उनी भारतीय नागरिक भए पनि २०-२२ वर्षदेखि नेपालमै बसेर विभिन्न व्यवसाय गर्दै आएका थिए।, अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए। उनीहरूमध्ये गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्।,
आगोको सप्काले भेटेर उनीहरूको अनुहार जलेको छ। , विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ। , अझै आगो नियन्त्रण आइसकेको छैन। काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास गरिरहेका छन्।, क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।, तस्बिरहरू नवीनबाबु गुरूङ/सेतोपाटी,
तस्बिरमा हेर्नुहोस् धोविघाटको आगलागी |
रासस बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए।, यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् । , यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।,
डेँगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित एक कवाडी ग्यारेजमा आगलागी भएको छ।, धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी कारखानामा बुधबार दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्।, आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीका अनुसार आगलागीको कारण थाहा हुन सकेको छैन। , ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।, घाइतेको अनुहार जलेको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।,
ललितपुरको धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी, तीन जना घाइते |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नगरभित्रका अनियमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।, ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्शा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिन भित्र हटाउन सूचना जारी गरेको हो।, नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृत लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र सुधार गर्न वा हटाउन सूचीत गरेको छ।, यदि नहटाएको खण्डमा महानगर आफैंले कानुन बमोजिम संरचना हटाउने भएको छ।, ‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने,’ सूचनामा उल्लेख छ।,
ललितपुर महानगरभित्र रहेका मापदण्डविपरीत संरचना ३५ दिनभित्र हटाउनुपर्ने |
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालन भएका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ।, नगरपालिकाले बजार अनुगमन गर्ने क्रममा अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालनमा रहेको भेट्टाएपछि एक साताको समय दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जानकारी दिए। , ‘हामीले एक साताभित्र नगरपालिकामा आएर दर्ता गर्न भनेका छौं,’ उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा अनधिकृत रूपमा औषधि बेचेको पाइयो।’ , नगर प्रमुख किशोरकुमार लिम्बुसहित नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले अनुगमन गर्दा बजारमा शैक्षिक योग्यताको प्रमाणपत्र र दर्ताबिनै फार्मेसीले अनधिकृत रूपमा औषधि बिक्री गरिरहेको भेटिएको हो। , दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले नगरभित्र भारतीय नागरिकले अवैध रूपमा फार्मेसी सञ्चालन गरेको पाइएको बताए।, ‘नेपाल सरकारले बन्देज गरेका औषधि समेत बिक्री गरेको भेटियो,’ उनले भने, ‘ती अवैध फार्मेसी सबै भारतीय नागरिकका हुन्। एक साताभित्र प्रक्रिया पूरा गरेर दर्ता गर्न नभए बन्द गर्न भनेका छौं।’, उनले एक साताभित्र दर्ता प्रक्रियामा नआए बन्द गरिने बताए।, ‘न दर्ता प्रमाणपत्र छ न शैक्षिक प्रमाणपत्र छ,’ उनले भने, ‘आवश्यकताभन्दा बढी डोज र सरकारले बन्देज गरेका औषधि समेत बिक्री गरेको पाइयो।’, उनले नगरपालिकाले एक सातापछि अनुगमन गरेर कारबाही प्रक्रियामा जाने बताए। यस्तै नगरपालिकामा २१ वटा फार्मेसी अवैध भेटिएको बताए।, ती फार्मेसीले बिरामीलाई औषधि दिने, सुई लगाउने, अवैध रूपमा गर्भपतनसम्म गराउने गरेको पाइएको छ। अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए। , दोधारा चाँदनी नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग खुला सीमा भएका कारण यहाँ भारतीय नागरिकको बढी आवतजावत हुने गरेको छ। नगर प्रमुख लिम्बूले फार्मेसीले अवैध रूपमा लागुऔषध बिक्री गर्न थालेपछि यहाँका युवापुस्ता बिग्रिन थालेको बताए। उनले कानुन र सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन नगरे पसल बन्द गराउने समेत बताए। ,
कञ्चनपुरमा अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेटम |
सेतोपाटी संवाददाता कैलालीमा एक युवक मृत फेला परेका छन्।, गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत फेला परेको प्रहरीले जनाएको छ।, बडेला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, मृत अवस्थामा फेला परेका युवकको टाउको र खुट्टामा चोट छ। घटना शंकास्पद रहेकाले सोहि अनुसार अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए।,
कैलालीमा युवक मृत फेला |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा घाइते भएकालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। , घाइतेमध्ये ६५ वर्षीय शिवनारायण पोदार गम्भीर छन्। भारतीय नागरिक उनको अनुहार र शरीरका केही भाग जलेको छ। , यस्तै चितवनका ३० वर्षीय गणेश गुरूङ र ४५ वर्षीय भारतीय नागरिक राम आश्रित साहलाई पनि थप उपचारका लागि कीर्तिपुर पठाइएको ललितपुरका एसपी सुशील शाहीले जानकारी दिए।, घाइते तीनै जना कवाडी गोदाममै कार्यरत थिए।, धोविघाट रिङरोडबाहिर एभेन्स स्कुलसँगै रहेको बच्चा साहले सञ्चालन गर्दै आएको कवाडी गोदाममा बुधबार दिउँसो १ बजेतिर आगो लागेको हो। , विगत १४ वर्षदेखि कवाडी गोदाम सञ्चालन गर्दै आएका साहले ५ जनालाई रोजगारीसमेत दिएका थिए।, उनी भारतीय नागरिक भए पनि २०-२२ वर्षदेखि नेपालमै बसेर विभिन्न व्यवसाय गर्दै आएका थिए।, अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए।, बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। , काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।,
ललितपुरको धोविघाट आगलागीका घाइतेलाई थप उपचारका लागि कीर्तिपुर पठाइयो |
राजेश घिमिरे गत भदौ ३० गते साँझ एक पुरुष स्कुटर चढेर नारायणी नदीको पुलमा पुगे। चाँदी रङको स्कुटर, निलो चप्पल र सामसुङ मोबाइल फोन पुलैमा राखे अनि आफू नदीमा हामफाले।, ती पुरुष चितवनको कालिका नगरपालिका–७ का बासिन्दा रहेको पत्ता लाग्यो। उनको अवस्था अझै थाहा भएको छैन।, त्यसको ९ दिनअघि त्यही पुलबाट ३० वर्षीय एक पुरुष नदीमा हामफालेका थिए। त्यसअघि भदौ १२ गते पनि स्कुटी चढेर पुलमा पुगेका अन्दाजी ३० वर्षका पुरुष हामफालेर बेपत्ता भएका थिए।, भदौकै ८ गते भरतपुर महानगर–८ का ४९ वर्षीय एक पुरुषले नारायणी पुलबाट हामफालेका थिए। अघिल्लो दिन ७ गते खैरहनी नगरपालिका–७ की २६ वर्षीया एक महिला हामफालेकी थिइन्। चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने यो पुलबाट भदौको तीन हप्तामा नारायणी नदीमा हामफालेका मध्ये एक जनाको प्रहरीले सकुशल उद्धार गर्यो। अरू बेपत्ता छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जिल्लामा आत्महत्या गर्ने क्रम बढेको बताए।, ‘तीन हप्तामा एकै ठाउँबाट पाँच जनाले आत्महत्याको प्रयास गर्ने असाध्यै दुखद अवस्था देखियो,’ उनले भने, ‘यी घटनाले नारायणी नदीको पुल सुरक्षित बनाउन आवश्यक रहेको देखाउँछन्।’, उनले पुल सुरक्षाको प्रबन्ध गर्न तीन वटै तहका सरकार गम्भीर बन्नु पर्ने अवस्था देखिएको बताए।, भदौ ३१ गते तनहुँ र चितवन जोड्ने मुग्लिन पुलबाट हामफालेर २७ वर्षीय युवकले आत्महत्या गरे। दोलखाको गैरीमुदी–९ का ती युवक मोटरसाइकल, चप्पल र झोला पुलमा राखेर त्रिशूली नदीमा हामफालेका थिए। उनको शव सोही दिन फेला परेको थियो।, ‘यी घटनाहरूले युवाहरूले आत्महत्या कति सजिलो ठानेका छन् भन्ने देखाउँछ,’ जिल्ला प्रहरी कार्यालय चितवनका अर्का डिएसपी नरहरि अधिकारी भन्छन्, ‘केही समययता देखिएको आत्महत्या र आत्महत्या प्रयास निकै खतरानाक छ।’, उनका अनुसार गत आर्थिक वर्षमा चितवनमा २१४ जनाले आत्महत्या गरेकोमा ४० जना २६ देखि ३५ वर्षसम्म उमेरका थिए। आत्महत्या गर्नेमा ३६ देखि ४५ वर्षसम्मका ३४ जना, ४६ देखि ६० वर्षसम्मका ५० जना र ६० वर्षमाथिका ४२ जना थिए। १६ देखि २५ वर्षसम्मका ३७ जना र १६ वर्षमुनिका ८ जना थिए।, ‘विश्व आत्महत्या रोकथाम दिवस’ को अवसरमा जिल्ला प्रहरी कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्यांकले आत्महत्या गर्नेमध्ये ३९ प्रतिशत कृषि क्षेत्रमा आबद्ध व्यक्ति रहेको देखाउँछ। उक्त तथ्यांकमा कृषक ८४ जना, ज्यामी/मजदुर ३८ जना, गृहिणी ३३ जना, विद्यार्थी २२ जना, कर्मचारी र व्यापारी पाँच–पाँच जना रहेको उल्लेख गरिएको छ। आत्महत्या गर्नेमा बेरोजगार युवा १८ जना थिए। अन्य ७ जनाको पेसा नखुलेको जनाइएको छ। गत असारमा मात्रै १३ जना किसानले आत्महत्या गरेको विवरण प्रहरीमा छ।, जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा ६२ जनाले आवेशमा आएर आत्महत्या गरेको उल्लेख गरिएको छ।, ४२ जना निराशाले, ३२ जना पारिवारिक कलहले, १९ जना असफलताले, १७ जना परिवारबाट अपहेलनाका कारणले, १७ जना दीर्घ रोगका कारणले, १२ जना प्रेममा धोका पाएका कारणले र ८ जना गरिबीका कारणले आत्महत्याको बाटो रोजेको प्रहरीको विवरणमा उल्लेख गरिएको छ।, गत आर्थिक वर्षमा १४७ जनाले आत्महत्याको प्रयास गरेको पनि प्रहरीको विवरण छ।, चितवनमा आर्थिक वर्ष २०७७/७८ मा अझ बढी, २१९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको विवरण छ।पछिल्ला तीन वर्षमा बागमती प्रदेशका १० जिल्लाको तथ्यांक हेर्दा सबैभन्दा बढी आत्महत्याका घटना चितवनमा भएको देखिन्छ।, गत आर्थिक वर्षमा देशभरमा ६ हजार ७९३ जनाले आत्महत्या गरेकोमा बागमती प्रदेशमामात्रै ९०२ जना थिए। प्रदेश एक, लुम्बिनी प्रदेश र मधेस प्रदेशले बागमतीलाई पनि उछिनेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी पण्डितका अनुसार सामान्य निहुँमा पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ। कपाल छोटो बनाइदिएको, मोबाइल चलाउन नपाएको, आफूले भनेजस्तो मोबाइल नपाएको, रोजेको पाइन्ट नकिनिदिएको जस्ता निहुँमा पनि बालबालिकामा आत्महत्याका घटना भएका छन्।, ‘छोराछोरीले टेरेनन् भनेर आमाले र आमालाई रोग लाग्यो भनेर छोरीले आत्महत्या गरेका घटना छन्,’ उनले भने, ‘परीक्षामा राम्रो अंक आएन भनेर विद्यार्थीले आत्महत्या गरेका छन्।, पण्डितका अनुसार अन्तरजातीय प्रेम परिवारमा अस्वीकार भएर, प्रेममा बिछोड भएर, व्यापारमा घाटा भएर, लेनदेनमा झगडा भएर पनि आत्महत्याका घटना भएका छन्।, वैदेशिक रोजगारी र पेशाव्यवसायमा असफलता, निःसन्तान हुनुको पीडा पनि आत्महत्याका कारण बनेका छन्।, सामाजिक सञ्जालमा अश्लिल फोटो र भिडिओ पोस्ट गरिदिने धम्की आएर पनि आत्महत्याका घटना भएको डिएसपी पण्डितले बताए।, पेसा-व्यवसायमा असफल भएपछि आत्महत्याको बाटो रोज्नेमा चार्टर्ड एकाउन्टेन्ट र डाक्टर पनि छन्।, बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार मान्छेले आत्महत्या गर्नुअघि केही न केही प्रतिक्रिया जनाउने भएकाले समयमै पहिचान गरेर परामर्श दिन सके आत्महत्या रोकिन सक्छ।, प्रदेश प्रहरीले आत्महत्या न्यूनीकरणका लागि प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन्। , गरिब, बेरोजगार, गम्भीर प्रकृतिका दीर्घरोगबाट पीडित व्यक्तिहरू आत्महत्यातिर अग्रसर हुने गरेको मनोपरामर्शदाताहरू बताउँछन्। दुःखी पारिवारिक जीवन, अवैध गर्भजस्ता कारणले आत्महत्या हुने गरेको छ। अत्यधिक मादक पदार्थ तथा लागूपदार्थ सेवन, घरेलु हिंसा, डिप्रेसनको रोग, मानसिक विचलन, पारिवारिक तथा सामाजिक तिरस्कारका कारणले पनि आत्महत्या हुने गरेको छ।, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था ‘होल्डिङ होप’ की मानसिक परामर्शदाता रीता केसी मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको कमीले आत्महत्याका घटना बढ्दै गएको बताउँछिन्।, कोरोना महामारीपछि देखिएको आर्थिक मन्दी, बढ्दो बेरोजगारी र गरिबीले मानसिक स्वास्थ्यमा गम्भीर असर गरेको पनि उनले बताइन्।, ‘कोरोना महामारीपछि धेरै मान्छेको आनीबानीमा परिवर्तन आएको देखिन्छ। व्यापार पहिलेको लयमा फर्किन नसक्दा तनाव भएको छ। झर्किने र नबोल्ने समस्याबाट सुरु भएर आत्महत्यासम्म पुग्ने गरेको छ,’ उनी भन्छिन्।, समयमा मलबिउ नपाउने, उत्पादनले उचित मूल्य नपाउने, परिवार पाल्न कठिन हुने, ऋणको बोझ बढ्दै जाने समस्याले किसानलाई आत्यहत्यातिर लैजाने गरेको उनले बताइन्।, ‘तनाव बढ्दै गएर डिप्रेसनको तहमा पुग्छ तै पनि मान्छे कुरा लुकाएर राख्छ। अन्ततः आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ,’ केसी भन्छिन्।, के हो त यसको समाधान?, मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजस्तै ख्याल गर्नु पर्ने मानसिक परामर्शदाता केसीको भनाइ छ।, उनका अनुसार रुघाखोकी लाग्दा, टाउको दुख्दा, ज्वरो आउँदा अस्पताल गएजस्तै मनमा तनाव हुने, डर लाग्ने, निद्रा नलाग्ने, खाना नरुच्ने, धेरै रिस उठ्ने, विरक्त लाग्ने र जाँगर नलाग्ने जस्ता समस्या हुँदा मनोपरामर्शदाता वा मनोचिकित्सक भेट्नु पर्छ।, ‘बरु बोक्सी लाग्यो कि भनेर झारफुक गर्ने चलन छ, अस्पताल जाने चलन छैन। समस्या देखाउन लाज मान्ने चलन छ,’ केसी भन्छिन्, ‘मानसिक स्वास्थ्य ठीक राख्नु आवश्यक छ, समयमै समस्या पहिचान भयो भने ज्यान बचाउन सकिन्छ।’, केसीका अनुसार बालबालिकाको आनीबानीबारे घर र विद्यालयले ध्यान दिनु पर्छ। छोराछोरीले आमाबाबुको आनीबानीमा ध्यान दिनु पर्छ। समस्या छ भन्ने लागेमा तरुन्तै मनोपरामर्शदाता वा मनोचिकित्सकलाई भेटेर सबै कुरा बताउनु पर्छ।, केसीका अनुसार मानसिक समस्यामा केही शारीरिक लक्षणहरू देखापर्छन्। यस्तो समस्या नजिकका मान्छेलाई थाहा हुन्छ।, ‘बेलैमा नियन्त्रण गर्न सकियो भने आत्महत्यासम्म पुग्नै पाउँदैन,’ उनी भन्छिन्, ‘समस्या सुनिदिँदामात्रै पनि धेरै समाधान निस्कन सक्छ।’, निजी क्षेत्रले बिस्तारै मानसिक स्वास्थ्यमा ध्यान दिन थाले पनि सरकारी निकायले अझै पनि बेवास्ता गरेको केसीको भनाइ छ।, ‘मान्छेको मन छ भने त्यो पनि दुख्छ र हामी मनको बिरामी हुन्छौँ, यौ नौलो कुरा होइन। यसको उपचार सम्भव छ,’ उनले भनिन्, ‘कसैलाई औषधि आवश्यक पर्छ, कसैलाई परामर्शले नै काम गर्छ।’, आत्महत्या न्यूनीकरण गर्न मानसिक समस्यामा समयमै परामर्श र उपचार नै सबैभन्दा राम्रो उपाय हो। केसीका अनुसार जति चाँडो समस्या थाहा हुन्छ समाधानको मौका पनि त्यति नै बढी हुन्छ। ,
एउटै पुलबाट तीन सातामा ५ जनाले हामफाले |
सेतोपाटी संवाददाता संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाले बताएका छन्।, संविधानले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ। तर यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा सरोकारवालाको भनाइ थियो। , बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारण सभाको अवसरमा आयोजित नि:शुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद् विष्णु कार्कीले निःशुल्क शिक्षाका नाममा झुटको खेती भइरहेको आरोप लगाए। , उनले विभिन्न राजनीतिक स्वार्थको लागि पटक–पटक निःशुल्क शिक्षाको भ्रमको खेती भएको दाबी गरेका थिए।, अर्का शिक्षाविद् विनय कुसियत सरकारले शिक्षामा बजेट २.५ गुणाले बढाउनुपर्ने बताए। उनले सरकारले अन्य भौतिक गतिविधिमा लगानी गरे पनि गुणस्तरीय र समतामूलक शिक्षाका लागि लगानी नगरेको दाबी गरे। यसका लागि संघीय सरकारले मात्र नभई स्थानीय सरकारले पनि शिक्षामा लगानी बढाउनुपर्नेमा उनको जोड थियो। , कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले संविधानले व्यवस्था गरेको बाहेक कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने बताए।, उनले कानूनले निषेधित गरेका विषय बाहेकमा शुल्क लिन नपाइने भए पनि विद्यालयले दिएका अतिरिक्त सेवामा सहयोगका रुपमा पैसा लिन पाइने बताए।, तर विद्यालयका अनुसार सरकारले दिने अनुदान विद्यालय सञ्चालनलाई अपुग छ ।, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय सरकारले विद्यालय शिक्षाको पूर्ण स्वामित्व नलिँदासम्म नि:शुल्क शिक्षा सम्भव नभएको बताए। स्थानीय सरकारलाई क्षमताका आधारमा वर्गीकरण गरेर संघ र प्रदेशले थप लगानी गरेमात्रै नि:शुल्क शिक्षा सम्भव हुने बताए।, नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले संविधानले एकातिर नि:शुल्क शिक्षा भन्ने र अर्कोतर्फ बालबालिका शुल्क तिर्न नसकेकै कारण पढाइबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताएकी थिइन्।,
विद्यालय तहमा नि:शुल्क शिक्षा लागु नभएको गुनासो |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित एउटा कवाडी गोदाममा लागेको आगो करिब डेढ घन्टामा नियन्त्रणमा आएको छ।, ललितपुर महानगरपालिका-३ धोविघाट, एभेन्स स्कुलस्थित प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा साहले सञ्चालन गरेको कागजको कवाडी गोदाममा बुधबार दिउँसो १२:५५ बजे आगो लागेको हो।, करेन्ट सर्ट भएर लागेको आगो नियन्त्रणका लागि ललितपुरका २, काठमाडौं र भक्तपुरका १-१ वटा दमकल तथा ५ वटा पानी ट्याङ्करलाई करिब डेढ घन्टा लागेको थियो।, आगलागीमा परि २ भारतीयसहित ३ जना घाइते भएका छन्। जसमध्ये भारत घर भएका ६५ वर्षिय शिवनारायण पोदार गम्भीर घाइते भएका छन्। उनको पुरै शरीर जलेको प्रहरीले जनाएको छ।, यस्तै भारतकै ४५ वर्षिय राम आशिष साह र चितवनका ३० वर्षिय गणेश गुरूङको शरीर आंशिक जलेको छ।, तीनै जना घाइतेलाई स्टार अस्पताल सानेमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।, आगलागी नियन्त्रणका लागि प्रहरी नायब उपरिक्षकको कमाण्डमा ९० जना नेपाल प्रहरी, २५ जना नेपाली सेना, ४० जना ललितपुर महानगरपालिका प्रहरी परिचालन भएको थियो।, विगत १४ वर्षदेखि कवाडी गोदाम सञ्चालन गर्दै आएका साहले ५ जनालाई रोजगारीसमेत दिएका थिए।, उनी भारतीय नागरिक भए पनि २०-२२ वर्षदेखि नेपालमै बसेर विभिन्न व्यवसाय गर्दै आएका थिए।, अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए। , क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।,
ललितपुरको धोविघाटमा लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा |
विवेक राई भारतमा लम्पी भाइरसले पाँच महिनाको अवधिमा एक लाख पशुचौपाया मरेका छन्।, गत अप्रिलमा पहिलोपटक गुजरातमा देखा परेको यो रोग अहिले डेढ करोड बढी पशुचौपायामा देखिसकेको छ।, भारतमा यो रोग तीब्र फैलिरहँदा यसको जोखिम नेपालमा पनि बढेर गएको छ। किनभने अहिले भारतमा यो रोग फैलिएको ८ वटा राज्यमध्ये दुई वटा राज्य नेपालसँग सीमा जोडिएका छन्। जसमा उत्तरप्रदेश र उत्तराखण्ड छन्।, भौगोलिक हिसाबले उत्तराखण्डसँग नेपालको थोरै सीमा जोडिए पनि उत्तरप्रदेशसँग भने ठूलो भाग जोडिएको छ। कतिपय ठाउँहरूमा त नेपाल र भारतको चरनस्थल नै एउटै छ। त्यसैले पनि नेपाल यो रोगको प्रत्यक्ष जोखिममा छ।, विशेषज्ञहरूका अनुसार लम्पी भाइरस भैंसीभन्दा पनि गाईमा बढी देखिएको छ। यो रोग लागेपछि मुख्य त गाईभैंसीको दुध उत्पादन क्षमतामा ह्रास आउने गर्छ।, नेपाल लाइभस्टक आयोजनाका निर्देशक डा. उमेश दाहाल यो रोग गाईभैंसीमा लागेपछि ५० प्रतिशतसम्म दुध उत्पादन घट्ने बताउँछन्। योसँगै प्रजनन समस्या आउने र कहिलेकाहीँ गर्भपतनसमेत हुने जोखिम हुन्छ।, साथै पशुचौपायाको छालाको गुणस्तरमा ह्रास आउनेदेखि तौल घट्ने र मृत्युसमेत हुनसक्दछ।, नेपालमा यो रोग नभित्रिएको भने होइन। पशु सेवा विभागकी महानिर्देशक डाक्टर सम्झनाकुमारी काफ्ले पाण्डेका अनुसार लम्पी भाइरस दुई वर्षअघि नै नेपालमा देखा परिसकेको छ।, 'नेपालमा दुई वर्ष अगाडि नै यो रोग देखिसकेको छ। तर त्यो बेला धेरै चौपायाहरू मरेन,' उनले भनिन्। विभागकै एक अधिकारीका अनुसार गत वर्ष पनि नेपालमा लम्पी भाइरस देखिएको थियो।, विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा २७ हजार चौपायामा लम्पी देखिएको थियो। काठमाडौंसहित ३१ वटा जिल्लामा फैलिएको यो रोगबाट गत वर्ष ४०३ वटा चौपायाको मृत्यु भएको थियो।, यसवर्ष भने लम्पी भाइरस नेपाल भित्रिएको पुष्टि भइसकेको छैन। महानिर्देशक पाण्डेले यसवर्ष पनि नेपालमा फ्याट्टफुट्ट यो रोग देखिएको बताइन्। तर विभागसँग यसको आधिकारिक तथ्यांक भने छैन।, विभागकै सूचना अधिकारी चन्द्र ढकालले पनि भारतमा यो संक्रमण व्यापक भए पनि नेपालमा भित्रिएको आधिकारिक जानकारी नआएको जनाए। तर छिमेकी भारतमा यो रोगले समस्या निम्त्याउँदा नेपालमा भने यसको रोकथामको लागि सरकारी पक्षबाट ठोस कदम चालिएको देखिँदैन।, लम्पीको बढी जोखिम रहेका तराईका जिल्लाहरूको अवस्था के-के छ भन्ने विभागलाई नै जानकारी छैन। महानिर्देशक पाण्डेले सरकारले लम्पीको रोकथामको लागि आवश्यक काम गरिरहेको बताइन्।, उनले लम्पीविरूद्धको खोप ल्याउनका लागि निजी क्षेत्रलाई अनुमति दिइएको पनि बताएकी छन्।, 'अहिलेसम्म खोप लगाइएको छैन तर हामीले खोप ल्याउनका लागि अनुमति दिइसकेका छौं,' उनले भनिन्। साथै भारतबाट गाईंभैसी वैधानिक तरिकाबाट नेपाल नआउने हुँदा लम्पी भारतमा जस्तो नेपालमा फैलिने जोखिम कम रहेको छ।, यी दुई देशबीच खुला सीमा रहेका कारण त्यस्ता क्षेत्रहरूमा लम्पी भित्रिने जोखिम रहेको उल्लेख गर्दै उनले भनिन्, 'कतिपय सीमा क्षेत्रमा हाम्रो चरिचरन क्षेत्र एउटै हुनसक्छन्। पहिले पनि त्यसरी नै सरेर लम्पी नेपाल आएको थियो।' तर बर्खामा बढी संक्रिय हुने यो संक्रमण नेपालमा अहिलेसम्म व्यापाक नभएको हुँदा अब धेरै जोखिम नहुने उनको भनाइ छ।, उनी भन्छिन्, 'यो जति बढी देखिनुपर्ने हो, त्यो असार, साउन र भदौ महिनामा देखिनुपर्थ्यो। अब त बर्खा पनि सकिन लाग्यो त्यसैले अब त्यति धेरै जोखिम होला जस्तो लाग्दैन।', किसानहरूले आफ्ना चौपायाहरूको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताइन्। त्यसका लागि चौपायाहरूको गोठ सफा राख्ने र जैविक सुरक्षाका विधिहरू पालना गर्नुपर्ने उनको सुझाव छ।, विशेषत यो रोग संक्रमित लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट सर्ने गर्छ। साथै संक्रमित गाईभैंसीहरूको ओसारपसार र चरन क्षेत्र एउटै हुँदा पनि यो रोग आपसमा सर्ने हुन्छ। योसँगै कहिलेकाहीँ प्राकृतिक र कृत्रिम गर्भाधारणबाट पनि यो रोग सर्ने गर्छ भने एउटै सुई दुइटा गाईवस्तुमा प्रयोग गर्दा नि यो रोग सर्ने गर्छ।, लम्पी भएपछि प्राय गाईभैंसीमा उच्च ज्वरो आउने गर्छ भने घाँटी र टाउकोमा गोला गिर्खाहरू देखिने गर्छ। त्यस्ता गिर्खाहरू केही समयपछि हराएर जाने पनि हुन्छ। तर कहिलेकाहीँ भने फुटेर गहिरो घाउ हुने गर्छ। यसका साथै मुख, ओठ र नाकभित्र पनि घाउ आउन सक्छ। आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने गर्छ। यस्तो लक्षणहरू देखिए जतिसक्दो छिटो भेटेरेनेरी डाक्टरलाई देखाउँपर्ने विज्ञहरू बताउँछन्।,
लम्पी भाइरसले भारतमा पाँच महिनामै एक लाख पशुचौपायाको मृत्यु, नेपालमा जोखिम कति? |
सेतोपाटी संवाददाता चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर ९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं आएका छन्।, धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौं आएका हुन्। , धनगढीमा अनशन बसिरहेको डा. केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौं आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।, उनी अहिले त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि भर्ना भएका छन्।, डा. केसी आफ्ना शुभचिन्तकको आग्रहमा आफैंले टिकट काटेर काठमाडौं आउन तयार भएका हुन्। राज्यलाई कुनै पनि भार नपार्ने भन्दै यसअघि उनलाई लिन गएको नेपाली सेनाको स्काइ ट्रकमा उनी आउन मानेका थिएनन्।, मंगलबार दिउँसो गृह मन्त्रालयले सेनाको स्काई ट्रक धनगढी पठाए पनि उनी आउन नमानेपछि रित्तै फर्किएको थियो।, धनगढीमा १० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो।, बुधबार सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामो समयसम्म भोकै बस्दा उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोले उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रेफर गरिएको जनाएको छ।, धनगढीबाट अपराह्न ५ बजेको श्री एयरलाइन्सको नियमित उडानबाट उनी काठमाडौं आएका हुन्।, सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार डाक्टर केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र थप गम्भीर स्थिति देखापर्ने भन्दै तत्काल थप उपचार आवश्यक देखिएको हो।, त्यस्तै उनको पेटमा कडा खालको अल्सर भइ रक्तश्राव भएको आंशकासमेत उनले गरेका छन्।, अनशन बसेको तेस्रो दिनबाट डा. केसीको स्वास्थ्यमा समस्या देखा पर्न थालेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको थियो।, भोकै बस्दा स्वास्थ्यमा समस्या आएको र समयमै स्वास्थ्यको ख्याल गर्न उनलाई अस्पताल प्रशाशनले सुझाव दिएको थियो।, तर, केसीले मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको डाक्टर कमरले बताए।, मेडिकल क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राख्दै धनगढीको लक्ष्मीनारायण मन्दिरमा डा. केसी गत सोमबारदेखि आमरण अनसनमा थिए।,
स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि डाक्टर केसी काठमाडौंमा |
भगवती पाण्डे कोभिड केहि मत्थर हुँदा पछिल्लो दुई तीन महिनायता डेंगीको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। संक्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै संख्यामा बढिरहेको छ।, लुम्बिनी प्रदेशमा मात्रै डेंगी संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलले जानकारी दिए। सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन्। , उनका अनुसार पाल्पा, दाङ र बर्दियामा एक-एक जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ।, पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगी संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। डेंगी संक्रमणपछि गत भदौ २७ गते तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना भएका पुरूषको असोज १ गते उपचारको क्रममा मृत्यु भएको हो।, त्यस्तै भदौ २७ गते नै दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिलाको पनि डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार उनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।, प्रवक्ता पौडेलका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगी संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो। डेंगी संक्रमण भएपछि भदौ १४ गते उनी भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए। भर्ना भएको चार दिनपछि उपचारको क्रममा उनको मृत्यु भएको हो।, प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा असोज ४ गतेसम्म २ हजार ६ सय ८३ जनामा डेंगीको संक्रमण भएको जानकारी दिए। भदौ महिनामा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगी संक्रमितको दैनिक भिड लाग्ने गरेको छ।, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगी संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ।, गत साउन मसान्तसम्म करिब ४ सय जनामा डेंगीको संक्रमण पुष्टि भएकोमा भदौ महिनामा मात्रै २२ सयभन्दा बढि संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए।, ‘असोज महिना लागेपछि पनि दैनिक रूपमा पानी परिरहेकोले अझै पनि डेंगी बढ्न सक्ने जोखिम उच्च छ।’ पौडेलले भने। , तर, लुम्बिनी प्रदेश सरकारले डेंगी नियन्त्रणका लागि भने अहिलेसम्म कुनैपनि बजेट बिनियोजन गरेको छैन। निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्याएकोमा अहिलेसम्म सोहि बजेटबाट काम चलाइरहेको बताउँछन्।, रूपन्देहीमा पहिलोपटक २०६७/६८ मा २ सय ९० जनामा देखिएको डेंगीको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर २ हजार ९ सय ३० जनामा देखिएको थियो। संक्रमण ह्वात्तै बढेपछि रोकथामका लागि बुटवल उपमहानगरपालिकाले डेंगीको संक्रमण फैलाउने लामखुट्टेको लार्भा खोज गरी नष्ट गर्ने अभियान चलाएका कारण गतवर्ष संक्रमण फैलिएको थिएन।, तर, यसवर्ष भने उक्त अभियान शून्य भएपछि डेंगी संक्रमण महामारीको रूपमा फैलिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले रूपन्देहीमा यसवर्ष डेंगी संक्रमणबाट कसैको मृत्यु नभएपनि संक्रमितहरूको संख्या भने बढिरहेको छ।, शाहका अनुसार रूपन्देहीमा असोज ४ गतेसम्म ६ सय ७९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। रूपन्देहीमा असार महिनादेखि नै डेंगी संक्रमित फेला परेपनि भदौ र असोज महिनामा धेरै थपिएको उनले बताए।, लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजियन चिकित्सक नन्दु पाठकले असार महिनादेखि नै अस्पतालमा संक्रमित आउने गरेको बताए। साउन र भदौको दोश्रो सातापछिका दिनमा संक्रमितहरु थपिएको उनले बताए।, डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो। वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन्।, यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरिर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ।, भदौपछि कात्तिक, मंसिरसम्म डेंगीका जिवाणु सार्ने लामखुट्टेको वृद्धि बढ्ने भएको रूपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताए। त्यसैले अझै पनि डेंगीको संक्रमण फैलिन सक्ने भएको उनले बताए।, ‘पानी परिरहेकोले लामखुट्टेको वृद्धि हुने मौसम अझैपनि बाँकि छ,’ शाहले भने, ‘जति ढिलोसम्म वर्षा हुन्छ। डेंगीको संक्रमण पनि त्यति नै बढ्न सक्ने जोखिम हुन्छ।’,
लुम्बिनीमा डेंगी संक्रमणबाट तीनको मृत्यु, झन्डै २७ सय संक्रमित |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८१ जनामा संक्रमण पुष्टि भएको हो।,
३ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार ९७ जनाको पिसिआर र दुई हजार ३५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १४८३ जना सक्रिय संक्रमित छन्।,
१७५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ८१ कोरोना संक्रमित |
एजेन्सी चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ।, दक्षिण-पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको ,बीबीसी,ले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो।, दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ।, उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो। चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ।, २ करोड १० लाख जनसंख्या बसोबास गर्ने बेइजिङमा सार्वजनिक संस्था वा स्थानमा जानुपर्दा प्रत्येक तीन दिनको कोरोना रिपोर्ट लिएर जानुपर्ने नीति छ।,
चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन्।, उनीहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन्।, सम्मानित हुनेहरूमा कुलमान घिसिङ, नीर शाह, राजेश हमाल, गंगाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कँडेल, एकनारायण अर्याल, डा. पेमनारायण कँडेल, कृष्णहरि पुस्कर र लीलादेवी गडतौला छन्।,
सुकीर्तिमय राष्ट्रदीप पदकबाट मह जोडी, कुलमान घिसिङसहित १७ जना सम्मानित |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।, जसको कारण देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै भोलि मंगलबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, यस्तै बुधबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,
न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्ने अभियानलाई जारी राखेको छ। , महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो।, टुकुचा अतिक्रमण गरेको भन्दै सम्भावित क्षेत्र पहिचान गरेर महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ। , महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक, सिद्धार्थ बैंक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ ।, चार मिटर कायम गर्नेगरी टुकुचाको व्यवस्थापन गर्ने महानगरको योजना छ।, यसैबीच पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।, ‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइएको देखिन्छ। सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदामा पर्छ,’ विभागका महानिर्देशक दामोदर गौतमले आइतबार सेतोपाटीसँग भने, ‘डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्छ भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ। थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न दुई जनाको टोली पठाउँदै छौं।’, इञ्जिनियर र पुरातत्वविदसहितको उक्त टोलीले महानगरसँग कुरा गर्नेछ। यो विषयमा पुरातत्व विभाग दुई किसिमबाट अगाडि बढ्ने गौतमले बताएका छन्।, ‘सबभन्दा पहिला त काठमाडौं महानगरले हात्तीसार क्षेत्रमा गरिरहेको उत्खननबाट भूमिगत सुरूङमा असर नपरोस् भनेर हामी कुरा गर्छौं। महानगरले आफ्नो अभियान चलाउँदा पुरातात्विक सम्पदा मासिनुभएन। त्यसैले उनीहरूको अभियानलाई असर नगर्ने र हाम्रो सम्पदा पनि संरक्षण हुने गरी अघि बढ्ने छौं,’ महानिर्देशक गौतमले भने।, सँगसँगै, टुकुचाको भूमिगत सुरूङ निर्माणसम्बन्धी ऐतिहासिक दस्तावेजहरू खोजी गरी विस्तृत अध्ययन गर्ने उनले बताए।,
यसअघि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।, आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।, अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।, हेर्नुहोस् तस्बिरहरू (सबै तस्बिर-नवीनबाबु गुरूङ/सेतोपाटी), ,
आज पनि डोजर लिएर टुकुचा उत्खनन् गर्दै काठमाडौं महानगर |
एजेन्सी ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको रोयटर्सले जनाएको छ।, शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ।, ताइवानको पर्यटकीय क्षेत्र लियुसी पर्वतीय क्षेत्रमा सडक अवरुद्ध हुँदा ६ सय जना बढी फसेका थिए। उनीहरुको शकुशल उद्दार गरिएको छ।,
ताइवानमा शक्तिशाली भुकम्पः भवनहरू भत्किए, सडक अवरूद्ध |
सेतोपाटी संवाददाता काठमाडौंको कपनमा आगलागी भएको छ। , बुधबार कपनको एक घरमा बेलुकी पौने ७ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘आगलागी भएको छ,’ उनले भने, ’अहिले घटनास्थलमा छौं। थप विवरण आउन बाँकी छ।’, आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ। , ,
काठमाडौंको कपनमा आगलागी |
सेतोपाटी संवाददाता आगामी असोज ७ र ८ गते काठमाडौंमा तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषदपको चौथो राष्ट्रिय महाधिवेशन हुने भएको छ।, तमूहरूको हक, हित, अधिकार र पहिचानको लागि तमू महिलाको एकता, राज्यको हरेक निकायमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता भन्ने मूल नाराका महाधिवेशन हुने भएको हो।, काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै तमुस्यो ह्युलाको कार्यबाहक महासचिव डालमाया गुरूङले आफ्नो समुदायको हक, हित र अधिकार तथा तमू महिलाको लैंगिक अधिकार सुनिश्चित गर्न लागि परेको बताइन्।, असोज ७ गते गोंगबुस्थित बिजी बैंक्वेटमा उद्घाटन सत्र राखेको तमूस्यो ह्युलले बाँकी कार्यक्रम तमु ह्युल छोजं धी गुरूङ राष्ट्रिय परिषदको केन्द्रिय कार्यलय मित्रनगरमा हुनेछ।, महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं परिषद्का कार्यवाहक अध्यक्ष टिचन तमूस्योका अनुसार कार्यक्रमको तयारी पुरा भइसकेको छ।, महाधिवेशनमा देशभरबाट ७ बाटै प्रदेशबाट ४-४ जना प्रतिनिधि १-१ जना पर्यवेक्षक, ४४ जिल्लाबाट ४-४ जना प्रतिनिधि १-१ जना पर्यवेक्षक र विधानको अनुसूची ७ अन्तर्गतका ३९ वटा संघ–संस्थाबाट १-१ जना प्रतिनिधि र १-१ जना पर्यवेक्षक सहभागी हुनेछन्।,
असोज ७ र ८ गते तमूस्यो ह्युल छोंज धींको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौँमा |
एजेन्सी भारतको केरलाका ३० वर्षीय अटो चालक एकै रातमा करोडपति बनेका छन्।, केरला श्रीबरहमका अनुपलाई २५ करोड भारतीय रुपैयाँको चिठ्ठा परेको टाइम्स अफ इण्डियाले जनाएको छ। आइतबार उनको टिकट नम्बर टिजे-७५०६०५ले २५ करोड रुपैयाँको चिठ्ठा जितेको हो।, शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए।, ‘मलाई टिकट किन्न मन थियो। टिकटको मूल्य ५ सय रुपैयाँ थियो। तर मसँग पुग्ने रकम थिएन,’ उनले भनेका छन्।, उनले कर कटौतीपछि १५ करोड ७५ लाख रूपैयाँ पाउनेछन्।, चिठ्ठा जितेको खबर उनकी श्रीमती मायाले दिएकी थिइन्। , अनुप अटो चालक हुनुअघि फुटपाथमा खाजा बेच्थे। उनी मलेसिया जाने तयारीमा पनि थिए। ,
अटो चालकले एक दिनअघि टिकट किने, भोलिपल्ट २५ करोडको चिठ्ठा पर्यो |
सेतोपाटी संवाददाता देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , ७५ जनाको पिसिआर र १६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। , एक सय ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर एक हजार सात सय ५० जना सक्रिय संक्रमित छन्।,
थप ९१ जनामा कोरोना संक्रमण |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय महिला फुटबल टिमले विश्वमै नेपालको नाम चिनाउनुपर्ने बताएका छन्।, काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेका नेपाली टिमलाई बधाई दिँदै शाहले नेपालको नाम विश्वमै चिनाउन शुभकामना दिएका हुन्।, उनले नेपाललाई सँधै सगरमाथा र गौतम बुद्धको नामले मात्रै नभएर फुटबल, कलाकारितालगायतले पनि चिनाउनुपर्ने बताए।, ‘कतिपय देश एकदमै गरिब छ। तर फुटबल, क्रिकेट, भलिबलमा एकदमै माथि पुगेर देशको नाम राखेको छ। हाम्रो नेपाललाई केले चिनाउने त? सँधै सगरमाथा र बुद्ध भनेर भएन,’ उनले भने, ‘फुटबलले चिनाउने, कलाकारिताले चिनाउने, सबै चिजहरू छन्। तपाईंहरूले चिनाउनुहोस्। नेपाललाई पहिलो पटक ग्लोबल लेभलमा चिनाउन तपाईंहरूबाटै सुरूवात होस् भन्ने मेरो इच्छा छ।’, यस्तै काठमाडौं महानगरपालिकाले पनि नेपाली खेलकुदको विकासमा सधै सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।, काठमाडौंमा खाली भएका ठाउँमा राति पनि खेल्न मिल्ने गरी मैदान बनाइने उनले बताए।, ‘काठमाडौं महानगरपालिकाले पनि अब खेलकुदलाई प्रवर्द्धन गर्न खोजेको छ। खाली भएका ठाउँमा बत्ती राखेर बेलुका पनि खेल्न सकियोस् भनेर महानगरले योजना बनाएको छ’, उनले भने, ‘नेपालीको खेल्ने आवर नै पुगेको छैन। खेलाडीले खेल्ने र अभ्यास गर्ने समय नै पाएका छैनन्। बच्चाहरू खेल्नै नपाएपछि कसरी अगाडि बढून्?’,
महिला फुटबल टोलीलाई बालेनले दिए शुभकामना |
सेतोपाटी संवाददाता बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।, गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो।, धोवीलाई घरमै करेन्ट लागेको थियो। उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो।, त्यस्तै थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो।, बर्दियामै करेन्ट लागेर एक जना बालिका पनि घाइते भएको डिएसपी बोहराले बताए। , उनका अनुसार बालिकाको उपचारपछि घर फर्किसकेकी छन्। , ,
बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु |
सेतोपाटी संवाददाता संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।, संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा बारा घर भई थानकोट बस्ने २५ वर्षीय निश्चल अधिकारी, पर्वत घर भई बनस्थली बस्ने ४६ वर्षीय चन्द्रप्रकाश पौडेल, मकवानपुर घर भई धापासी बस्ने ४४ वर्षीय रमेश बानियाँ, धादिङ घर भई कोटेश्वर बस्ने ३२ वर्षीय सन्तोषकुमार सिलवाल र मकवानपुर घर भई कलंकी बस्ने १६ वर्षीय आषिक खतिवडा छन्।, , ,
संविधान जलाउने ५ जना पक्राउ (तस्बिरहरू) |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले हात्तिसारस्थित टुकुचा खोतल्ने कामलाई निरन्तरता दिएको छ।, सोमबार बिहानैदेखि पुतलीसडक-हात्तिसार-कमलादी क्षेत्रमा टुकुचा खोतल्ने अभियानलाई निरन्तरता दिएको महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक मिनबहादुर थापाले जानकारी दिए।, टुकुचा उत्खनन् गर्ने क्रम जारी रहेपनि हात्तिसारको एक घरमा फेला पार्न सकिएको छैन। , ‘टुकुचा खोला कताबाट बगिरहेको छ। त्यो थाहा छैन,’ उनले भने, ‘त्यो खोतल्ने काम भइरहेको छ। अहिले ठ्याक्कै नभेटिएको मात्र हो। छिट्टै पत्ता लगाउँछौं।’, बिहान महानगरपालिकाको टोलीले सिद्धार्थ बैंकको अन्डरग्राउन्ड पार्किङको वाल पनि भत्काएको छ।, हात्तिसारमै रहेको नेपाल हाउस रेष्टुरेन्ट बार एण्ड बेकरीको एकतले संरचना पनि महानगरले भत्काएको छ। यस संरचना मुनिबाट टुकुचा बगिरहेको भन्दै महानगरले संरचना भत्काएको हो। , यसअघि शनिबार नै लक्ष्मी बैंक र सिद्धार्थ बैंक परिसरमा पनि टुकुचा फेला पारेको थियो। महानगरले बाटो खनेर छाडेका ठाउँमा जग्गाधनीले संरचना पन्छ्याउन थालेका हुन्। , महानगरले टुकुचा उत्खनन् गरिरहेपनि भत्काउन अघि आफूहरूलाई जानकारी नदिएको स्थानीय नवीन तामाङले सेतोपाटीलाई बताए।, कुनै पनि संरचना भत्काउनुअघि महानगरले सूचना दिनुपर्ने उनी बताउँछन्।, 'उहाँहरू सिधै डोजर लिएर आउनुहुन्छ। सूचना गोरखापत्रमा निकालेको छ भन्नुहुन्छ,’ उनले भने, ‘हामीले त्यो सूचना त देखेका पनि छैनौं। न त उहाँहरूले यो नै भनेर देखाउनुभएको छ।', एकैचोटी आएर संरचना भत्काउन थालेपछि सूचना कहाँ र कस्तो खालको छ भनेर सोध्न पनि नसक्ने अवस्था भएको उनी गुनासो गर्छन्। , ‘सबैले बालेनले राम्रो काम गर्यो भनेर तारिफ गरिरहनुभएको छ,’ उनले भने, ‘तर उहाँले कस्तो काम गर्नुभएको छ भन्ने परेको मान्छेलाई मात्रै थाहा हुन्छ। आफ्नो नि परोस् त! यो कति दिनको काम हो थाहा छैन। भ्वाङ्ग पार्दै राखिरहेको छ। अर्को दुर्घटना निम्त्याउला भन्ने आपत छ।’, आइतबार मात्रै उच्च अदालत पाटनले तीन घरका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। स्टे अर्डरअल्पकालीन अन्तरिम आदेश भएका संरचनामा भने महानगरले हात हालेको छैन। घरधनीले महानगर आएर संरचना भत्काउला भनेर अदालतको अल्पकालीन अन्तरिम आदेश बाहिरै टाँसेका छन्।, आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेका कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।, निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिइएको थियो।, यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।, निवेदकहरूले कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको, साथै कित्ता नम्बर ७ को ९ आना बढी जग्गामा भएको घर समेत २०६८ सालमा किनेर भोग चलन गर्दै आएको देखिएको अदालतले जनाएको छ। , प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए। आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरले कानुनी प्रकृया नपुर्याइ, क्षतिपूर्ति नदिइ हटाउन लागेको रिट निवेदनमा उल्लेख गरेका थिए।, यी पनिः, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, तस्बिरहरूः नवीनबाबु गुरूङ/ सेतोपाटी, ,
अदालतको स्टेअर्डर भएको घरलाई छोएन महानगरले, अरू ठाउँमा खोज्दै टुकुचा |
सेतोपाटी संवाददाता प्रदेशमा रहेको निजी शैक्षिक संस्थाहरूलाई एकीकरणसँगै नियमन गर्न कर्णाली प्रदेशमा नेपाल निजी शैक्षिक संघ स्थापना गरिएको छ।, प्रदेशमा रहेको विभिन्न निजी शैक्षिक संस्थाहरूलाई एकीकृत गरी उनीहरूको नियमन गर्न नेपाल निजी शैक्षिक संघ गठन गरिएको हो।, निजी शैक्षिक संस्था सञ्चालक त्रिभुवन ढकालको संयोजकत्वमा १३ सदस्यीय संघ गठन गरिएको हो।, ढकालको संयोजकत्वमा रहेको नेपाल निजी शैक्षिक संघको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, उपाध्यक्षमा लोकेन्द्रबहादुर गिरी, सचिवमा विष्णुकान्त न्यौपाने, सहसचिवमा एपेन्द्रकुमार खत्री, कोषाध्यक्षमा तिर्थराज अधिकारी छन्।, यस्तै सक्रीय सदस्यहरुमा सन्तोष दाहाल, रमेशबहादुर गुरुङ, सहकोषाध्यक्षमा गणेश सिंह ठकुरी रहेका छन्।, सल्लाहकार सदस्यमा कृष्णप्रसाद ढकाल, सन्तोष शर्मा, प्रेमप्रसाद सापकोटा र ध्रुवबहादुर सिंह रहेका छन्।, प्रदेशमा रहेका स्कुल र कलेजबाहेकका शैक्षिक संस्थाहरुलाई एकीकृत तथा नियमन गर्न संस्था स्थापना गरिएको अध्यक्ष ढकालले बताए।, ‘यहाँ धेरै संस्थाहरु दर्ता नभएर नीति र नियमविपरित चलेका छन्, यसलाई नियमन गर्नु हाम्रो दायित्व हुनेछ,’ अध्यक्ष ढकालले भने, ‘सबै संस्थाहरुलाई आबद्ध हुने मनशाय पाएका छौं, यसले गर्दा यो संगठनले भोलिका दिनमा शैक्षिक शुल्कको विभेदलाई न्युनिकरण गर्न पनि सघाउ पुर्याउनेछ।’, अहिले गठन भएको संघमा निजी शैक्षिक संस्था (ईन्स्टिच्युड, तालिम केन्द्र) सँगै सिटीईभिटीद्वारा सञ्चालित शैक्षिक संस्थाहरु आबद्ध हुने ढकालले बताए।, उनका अनुसार हाल कर्णाली प्रदेशमा ३२ वटा निजी शैक्षिक संस्थाहरु नेपाल सरकारबाट सम्बन्धत प्राप्त गरी प्रक्रियाअनुसार चलेका छन्। यस्तै १२ वटा शैक्षिक संस्थाहरु सिटिईभिटीमार्फत चलेका छन् भने प्रदेशमा १६ वटा निजी शैक्षिक संस्थाहरु विना सम्बन्धन सञ्चालनमा रहेका छन्।, ‘भोलिका दिनमा सबै निजी र सिटिईभिटीमा भएका संस्थाहरुको एउटै शुल्क रहोस् भन्ने हाम्रो उद्देश्य हो, यसले कर्णालीमा भएको अनुचित शैक्षिक व्यापारलाई नियमन गर्ने अपेक्षा गरिएको छ।’ ढकालले भने।,
निजी शैक्षिक संस्थालाई नियमन गर्न कर्णालीमा बन्यो संघ |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा गोली चलेको छ।, सोमबार साँझ गोलीले लागेर एक जना घाइते समेत भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। , घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन। , कसले गोली चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ।,
काठमाडौंको गोठाटारमा चल्यो गोली, एक घाइते |
सेतोपाटी संवाददाता बागलुङको कुश्मी प्राविका शिक्षिका सीता कँडेलले कक्षा–२ मा पढ्ने बालिका लविशा शाहीलाई बोकेर पहिरो पार गरिन्।, गत भदौ २९ गते स्कुलमा विद्यार्थीलाई कोभिड–१९ विर"द्ध दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो। शिक्षिका कँडेलले बालबालिका बोकेर जोखिमयुक्त पहिरो वारपार गरेकी थिइन्। सोही दिन राष्ट्रिय बालदिवस पर्थ्यो।, बालबालिकालाई खोप लगाएर बाल दिवस मनाएको विद्यालयका प्रध्यानाध्यापक होमनाथ शर्माले बताए।, उनका अनुसार बागलुङ नगरपालिकाको रामतोलामा भदौ २१ गते गएको पहिरोले ओडार, खौर, काभ्रे लगायत गाउँका बालबालिकाको स्कुल जाने बाटो बन्द गरिदिएको छ।, ‘पानी परेका बेला हिलो माटो र नपरेका बेला सुख्खा पहिरो झरिराखेको छ,’ शर्माले भने, ‘अझै बालबालिका सहजै स्कुल आउजाउ गर्न सकेका छैनन्।’, स्कुल जाने बाटो बन्द भएपछि बालबालिकालाई अन्य विकल्पका माध्यमबाट अध्यापन गराइएको छ।, पहिरोले पैदलमार्ग बगाएपछि कम्तिमा १४ जना बालबालिका स्कुलको पहुँचबाहिर पुगेका छन्।, प्रध्यानाध्यापक शर्माका अनुसार पहिरोले बाटो बन्द गरिदिएपछि उक्त गाउँका बालबालिकालाई नजिकैको मुना बालविकास केन्द्र पठाइएको छ।, ‘पहिरो पारी हाम्रो एक जना मेडम हुनुहुन्छ, उहाँले बालविकास केन्द्रमा विद्यार्थी बोलाएर पढाउनुहुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ यताबाट हामी पनि जान्छौं।’, उक्त विद्यालयमा अहिले ३६ जना विद्यार्थी अध्ययन गर्छन्। उनीहरूलाई पढाउन ३ जना शिक्षक दरबन्दी रहेको शर्माले बताए। अहिले विद्यालय र बालविकास केन्द्र गरी २ ठाउँमा पढाउँदा शिक्षक अभाव भएको छ।, बालविकास केन्द्रका सहजकर्ताले स्कुलका विद्यार्थी अध्यापन गराउन सहयोग गरेको शर्माले बताए। बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलामा गएको पहिरोले अर्को विद्यालय सरस्वती प्रावि पनि प्रभावित भएको छ।, पहिरोले गर्दा उक्त विद्यालय जाने विद्यार्थी १ घण्टा बढी हिडेर जानुपर्ने अवस्था आएको स्थानीयले बताएका छन्। पहिरोले बाटो बन्द भएपछि विद्यार्थीलाई मात्र होइन, स्थानीय किसानलाई पनि समस्या परेको छ। पहिरोका कारण २ वटा गोठ बगाएका छन् भने केही घरहरु जोखिममा छन्।, पहिरोको बाटो छलेर वैकल्पिक बाटो प्रयोग गर्दा स्थानीय किसानलाई गोठमा पुग्न १ घण्टा बढी हिड्नुपरेको छ। पहिरो वारी गाउँ र पारी पहिरो भएकाले धेरै घुम्नु परेको स्थानीय किसान टिकाराम पौडेलले बताए।, पहिरोले कुश्मी फाँटका २ वटा कुलो, धानखेत, कोदो रोपिएको बारी लगायत पुरिदिएको छ। पानी पर्न अझै नरोकिएकाले जोखिम कायमै रहेको शिक्षक शर्माले बताए।,
बागलुङमा स्कुल जाने बाटो पहिरोले बन्द |
सेतोपाटी संवाददाता २००७ सालका क्रान्तियोद्धा तोरेन्द्रमानसिंह प्रधानको निधन भएको छ।, त्यसबेला प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका विराटनगरका प्रधान जीवनको अन्तिम घडीसम्म पनि लोकतान्त्रिक आन्दोलनका पक्षमा अडिग रहे।, उनै प्रधानको सोमबार विराटनगरस्थित न्यूरो अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको हो।, अध्येता भाष्कर गौतमका अनुसार प्रधान २००७ सालताका बनारसमा पढिरहेका थिए।, नेपालमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति सुरु हुने भएपछि उनी अन्य साथीहरुसहित नेपाल आएका थिए।, ‘प्रजातन्त्र प्राप्तिका लागि आन्दोलनको अगुवाइ गरिरहेका कांग्रेसका कोइरालाहरू र कम्युनिष्टका मनमोहन अधिकारीहरूसँग उहाँको राम्रो सम्बन्ध थियो,’ गौतमले भने, ‘त्यस बेला उहाँहरूको टिमले पूर्वमा आन्दोलनको अगुवाइ गरेको थियो। उहाँ त्यसको सक्रियमध्येको एक हुनुहुन्थ्यो।’, उनले थपे, ‘उहाँलाई कांग्रेसले सधैं कम्युनिष्ट ठान्यो, कम्युनिष्टले सधैं कांग्रेस ठान्यो। तर, उहाँले आफूलाई लोकतन्त्रप्रति प्रतिबद्ध योद्धाका रूपमा जीवनभर उभ्याउनुभयो।’, २००७ सालमा क्रान्तिमा होमिएका उनी २०६२–०६३ मा पनि विराटनगरको आन्दोलनको सबैभन्दा सम्मानित आन्दोलनकारी मानिन्थे।, पेशागत रुपमा उनी पानीबारे विशेषज्ञता राख्थे।, ‘जलविद्युत, खानेपानी, जस्ता कुरामा उहाँको विशेषज्ञता थियो,’ गौतमले भने, ‘उहाँको मुख्य रूचि भन्नु नै राजनीति र पानी थियो।’, विराटनगर महानगरपालिका-१० का बासिन्दा उनी मुटु र स्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिए।, मंगलबार बिहान स्थानीय सिंघिया घाटमा उनको अन्त्येष्टि गर्ने कार्यक्रम छ।,
क्रान्तियोद्धा तोरेन्द्रमानसिंह प्रधानको निधन |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ।, मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ।, 'उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको छ,' प्रहरी स्रोतले भन्यो।, सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका- ८ मा दुई जना बन्दुकधारीहरूले मोहम्मदलाई गोली हानेर भागेका थिए। मोहम्मदको टाउको, कोखा र तिघ्रामा गोली लागेको थियो। घाइते मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको हो।, प्रहरीका अनुसार घटनास्थलमा बन्दुक र गोलीका चार वटा खोका भेटिएको छ।, गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ।, सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।, मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ। , उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर दुई जना बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।, गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।, सम्बन्धित समाचारः ,गोठाटारमा गोली हानिएका व्यवसायी मोहम्मदको मृत्यु (भिडिओ),
१० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ। , कागेश्वरी मनोहरा नगरपालिका- ८ मा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ। , घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन्। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।, घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन। , घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ। कार्यालयबाट पनि प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको छ।,
गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मदको मृत्यु भएको छ। , गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।, कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ।, मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ। , उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।, गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए। , घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।, गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ।, १० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद, काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ।, मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ।, 'उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको छ,' प्रहरी स्रोतले भन्यो।,
एक तलामाथिबाट हाम फालेर छोरीले झम्टिएपछि भागेका थिए मोहम्मदलाई गोली हानिरहेका आक्रमणकारी |
सेतोपाटी संवाददाता नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ।, मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ। यो वर्ष नेपालमा मनसुन साधारण मितिभन्दा एक हप्ता अघिनै अर्थात् जुन २२ मा प्रवेश गरेको थियो। त्यस अर्थमा सोही अनुपातमा मनसुन बाहिरिने आँकलन गरिएको थियो। , मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि पारेर बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।, मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।, अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा भइरहेको छ। यसैले मनसुन अझै हप्ता-दश दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।, ‘यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो। अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको २-५ दिन तलमाथि हुनसक्छ’, अधिकारीले सेतोपाटीसँग भने, ‘भारतको राजस्थानतिरबाट हटेर नेपालको पश्चिमबाट हट्दै हट्दै आउनुपर्ने हुन्छ। राजस्थानमा आज भोलिमै हट्नेछ। त्यो क्रम बिस्तारै नेपालमा आउँछ।’, अघिल्लो वर्ष पनि दशैंकै आसपास अर्थात अक्टुबर ६ मा भारतमा सकिएको मनसुन केही दिनपछि नेपालमा सकिएको थियो। सोही अनुसार यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म मनसुन पुग्ने देखिएको हो। , ‘मनसुन सधैं एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो। कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ। यसपालिको औसत अक्टुबर २ छ। पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ’, उनले भने।, यसपालि दसैंको फुलपातीलाई औसत मिति मानेर २-५ दिन तलमाथि नेपालमा मनसुन अन्त्य हुने उनले बताए।, विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ। मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ।, मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बताउँछन्।, नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।, नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।, हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापीय प्रणाली रहेको छ। अर्को न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ।, हाल नेपालमा अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ।, आगामी मंगलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ।, आज (मंगलबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। , अहिले बिहान पनि मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारी बताउँछन्। , उनका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , यस्तै राति पनि लुम्बिनी प्रदेश र देशका पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। यस क्रममा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए। , यसैबीच आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले दिए।, हाल काठमाडौं उपत्यकाको तापक्रम २१ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।,
यसपालि नेपालमा मनसुन कहिले सकिन्छ, के भन्छन् मौसमविद? |
रासस मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, वकैया–११ आहालडाँडाका करिब ५५ वर्षीय आइतसिंह भोलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।, चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।,
चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु |
सेतोपाटी संवाददाता मेक्सिकोको पश्चिमी क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। सोमबार ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।, जनघनत्व बढी रहेको पश्चिमी शहर मिचुवाकानलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो। भुकम्पका कारण प्यासिफिक पोर्टस्थित मन्जानिलोमा भवन भत्किँदा दुईको मृत्यु भएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।,
मेक्सिकोमा ७ दशमलव ६ रेक्टरको भुकम्प, २ को मृत्यु |
रासस ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्ष्य गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो।, कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए। , ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ। ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ।, यस्तै चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ।, कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ।, कार्यालयका प्रवक्ता भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए। ,
ट्राफिक प्रहरीद्वारा उपत्यकाका सबै नाकामा विशेष चेक जाँच |
सेतोपाटी संवाददाता सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।, चार जना घाइते भएका छन्।, सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङ लागेर ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।, चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकले घलानलाई मृत घोषणा गरिदिएपछि उनको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ।, चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी श्रीमती २६ वर्षीया नन्दीमाया घालान, छोरी ३ वर्षीया प्रतिमा र स्थानीय रुद्रबहादुर सन्तयाङ घाइते छन्।, घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।,
चट्याङ लागेर सर्लाहीमा एकको मृत्यु, ४ जना घाइते |
युनिक श्रेष्ठ काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो।, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा पेस्तोलसहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटी-लेखेटी गोली हानेका थिए। गाडीबाट बाहिर निस्किए लगत्तै उनलाई पछाडिबाट एक व्यक्तिले गोली हानेको सिसिटिभी फुटेजमा देखिन्छ।, गोली प्रहार हुन थालेपछि मोहम्मद जोगिन प्रयास गरिरहेका थिए। उनी बा ६ च ५१५२ नम्बरको गाडीलाई एक चक्कर लगाएपछि ढलेका थिए।, चार राउन्ड गोली प्रहार हुँदा उनको टाउको, कोखा र तिघ्रामा लाग्यो। गोली प्रहारबाट गम्भीर घाइते भएका उनी सडकमै ढले।, आफ्ना बुवा घर अगाडि सडकमा गोली हानेको देखेपछि उनकी छोरी एक तलामाथिबाट हामफालेकी थिइन्। उनी तल झरेपछि मोहम्मदमाथि गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकल चढेर भागेका थिए। छोरीले गोली चलाउने समूहलाई लखेट्दै केही परसम्म पुगिन्। तर मोटरसाइकल चढेर उनीहरू भागे।, साँझपख घटना भए पनि त्यहाँ तत्काल छरछिमेकी जम्मा भएनन्। कसैको सहयोग पाएको भए गोली चलाउने व्यक्ति घटनालगत्तै पक्राउ पर्ने प्रहरी अधिकारी बताउँछन्।, गोली लागेर गम्भीर घाइते भएका मोहम्मदलाई उपचारको लागि नजिकैको शंकरापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।, सोमबार साँझ गोली चलेर मोहम्मदको हत्या भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्न रहेकालाई नियन्त्रणमा लिन सकेको छैन। कसले र किन उनको हत्या गरेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।, घटनाको खबर पाएपछि घटनास्थलमा प्रहरी पुगेको थियो। घटनास्थलबाट मोहम्मदलाई गोली प्रहार गरेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ। घटनास्थलमा गोलीका खोका पनि भेटिएका थिए।, यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको छ।, घटनाको अनुसन्धान र हत्या गर्ने व्यक्तिको खोजी भइरहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।, मृतकको विगत पनि खोतल्नेलगायत अनुसन्धानकै क्रम चलिरहेकोले यसबारे थप बताउन नमिल्ने उनको भनाइ छ। , घटनालगत्तै प्रहरीले केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ। केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक सोधपुछ पनि गरिरहेको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको घटनामा संलग्नता छ कि छैन खुलिसकेको छैन।, प्रहरीले गोली हान्ने व्यक्तिको हुलिया खुलिसकेको बताएको छ।तर ती व्यक्ति अझै प्रहरी नियन्त्रणमा आएका छैनन्।, काठमाडौंमै गोली प्रहारबाट हत्या भएपछि यो विषयमा छुट्टै समिति बनाएर अनुसन्धान गर्ने तयारी पनि प्रहरीको छ। विभिन्न इकाइका अनुसन्धानकर्तालाई समेटेर घटनाको अनुसन्धान अघि बढाउन लागेको एक प्रहरी अधिकृतले जानकारी दिए।, 'परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र सिआइबीको छुट्टाछुट्टै टोलीले अनुसन्धान सुरू गरिसकेका छन्। एउटा समिति बनाएर अनुसन्धान गर्ने तयारीमा छौं। आज समिति गठन हुन्छ र संयुक्त अनुसन्धान अघि बढ्छ,’ उनले भने।, गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमै गार्मेन्टको व्यवसाय गरिरहेका थिए। उनी पछिल्लो समय व्यवसायी भनेर चिनिए पनि उनी आपराधिक पृष्ठभूमिकै व्यक्ति भएको प्रहरीले बताएको छ।, उनको आपराधिक पृष्ठभूमि बुझ्नका लागि १५ वर्षअघि फर्किनुपर्छ। २०६४ साल असार २० गते बलराम पटुवा नाम गरेका एक व्यक्तिको काठमाडौंको अनामनगरस्थित धोबीखोलामा गोली प्रहारबाट हत्या भएको थियो।, उक्त हत्या आरोपमा लाल मोहम्मद पक्राउ परेका थिए। यस घटनामा अरू पनि पक्राउ परेका थिए। हत्या आरोपमा पक्राउ परेका मोहम्मद १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए।, त्यसयता उनी गार्मेन्टको व्यवसाय गरिरहेका छन्। त्यतिबेला मोहम्मद नक्कली भारतीय नोटको कारोबार गर्ने गिरोहमा सामेल थिए। उनी त्यसबेला अर्का कारोबारी इल्ताफ हुसेन अन्सारीसँग काम गर्थे।, अन्सारी पछिल्लो समय २०७७ सालमा काठमाडौंमा भेटिएको साढे १४ किलो नक्कली सुन प्रकरणमा मुछिएका थिए। त्यतिबेला उनको साथबाट आधा किलो सुन पनि बरामद भएको थियो। बाँकी चाँदीमा सुनको जलप लगाएको अवस्थामा फेला परेको थियो।, उनीहरूकै समूहले बलराम पटुवाको हत्या गरेको खुलेको थियो।, त्यो घटना हुनुअघि नक्कली नोटको कारोबार युनुस अन्सारीले गर्थे। उनी २०६५ सालमा पक्राउ परेका थिए।, केन्द्रीय कारागारमा रहेका उनलाई २०६७ सालमा कारागार भित्रै गोली हानेर हत्या गर्ने प्रयास भएको थियो। तर उक्त घटनामा उनी बचेका थिए। उनको कुममा गोली लागेको थियो। गोली हानेको आरोपमा प्रहरीले मञ्जित सिंहलाई पक्राउ गरेको थियो।, यसैगरी २०६६ साल माघ २४ मा स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका प्रमुख जमिम शाहको हत्या भयो। लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा भारतीय समूहले गोली हानेर उनको हत्या गरेको थियो। उनी पनि नक्कली नोटकै कारोबारमा संलग्न भएकाले मारिएको प्रहरी अधिकारीको भनाइ छ।, त्यसैगरी २०६८ असोज ९ मा इस्लामिक संघका महासचिव फैजान अहमदको पनि हत्या भएको थियो। उनको पनि घन्टाघर क्षेत्रमा हत्या भएको थियो।, उनीहरू सबैको हत्या हुनुको एउटै कारण नक्कली नोटको कारोबार भएको सिआइबीका एक अधिकारीले बताए।, सोमबार मोहम्मदको हत्या भएको पनि यसैको सिलसिला भएको सिआईबी स्रोतले दाबी गरेको छ।, ‘युनुस अन्सारीलाई गोली हानेको घटना, टेलिभिजन सञ्चालक जमिम शाह, फैजानको घटनाहरू लगायत छन्। यी सबै एकअर्कासँग सम्बन्धित छन्,’ ती सिआईबीका उच्च अधिकारीले भने, ‘पात्र पनि सम्बन्धित नै छन्। घटनाहरू पनि सम्बन्धित नै छन्। अन्त्यमा यो जोडिने नक्कली नोटको कारोबारसँगै हो।’, अहिले भएको मोहम्मदको हत्या पनि भारतबाटै केही व्यक्ति आएर गरेको हुन सक्ने प्रहरी स्रोत दाबी गर्छ। गोली हानेको फुटेज हेर्दा पेशेवर व्यक्तिकै संलग्नता जस्तो देखिने प्रहरीले दाबी गरेको छ।, पछिल्लो समय उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न थिए वा थिएनन् भन्ने खुलेको छैन। तर संगठित रूपमै आपराधिक क्रियाकलाप गरिरहेका उनीहरूले अरूलाई पनि परिचालन गर्ने गरेको प्रहरीको भनाइ छ।, ‘उनले व्यक्तिगत रूपमा आपराधिक क्रियाकलाप सञ्चालन गरेका थिए वा थिएनन् अहिले नै भन्न सकिन्न। संगठित अपराधको पराकाष्ठा नै हुने गरेको छ,’ ती अधिकारीले भने।, भारतीय नक्कली नोटको कारोबार गर्ने गिरोहहरू रअको निगरानीमा हुने गरेको पनि ती प्रहरी अधिकारीले बताए। भारतीय नक्कली नोटको कारोबारले भारतीय बैंकिङ प्रणालीमा समेत असर पर्ने हुँदा कारोबारीविरूद्ध राज्य नै लाग्ने दाबी उनको थियो।, त्यसैगरी यस्ता संगठित अपराधका घटनामा दुई वटा कारणले हत्या हुने गरेको प्रहरी अधिकारीको जिकीर छ।, ‘एउटा आन्तरिक प्रतिद्वन्द्वीका कारण हुन्छ। जस्तै तस्कर-तस्करबीच कुनै विषयमा विवाद भयो। यहीँ मोहम्मदको पनि आ-आफ्नै प्रतिद्वन्द्वीका आपसी मतभेदका कारण जेल परेका हुन्,’ ती अधिकारीले भने, ‘उनीहरूबीच कसले धेरै कमायो भन्ने विषयमा पनि एक खालको विवाद हुने भयो।’, उनले अगाडि थपे, ‘अर्को कारण एउटा ग्याङले अर्को ग्याङलाई सकाउने उद्देश्यले हो। त्यसका लागि भाडाका सुटर प्रयोग गर्न सक्छन्। यसमा यो कारणले पनि हुन सक्छ अर्को आन्तरिक प्रतिद्वन्द्वका कारण पनि हुनसक्छ।’, सम्बन्धित समाचार: ,एक तलामाथिबाट हाम फालेर छोरीले झम्टिएपछि भागेका थिए मोहम्मदलाई गोली हानिरहेका आक्रमणकारी, १० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो, काठमाडौंको गोठाटारमा चल्यो गोली, एक घाइते,
नक्कली नोट कारोबारसँग जोडिएको गोठाटारमा मारिएका मोहम्मदको घटना |
सेतोपाटी संवाददाता अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि, एनएमए र सरकारी प्रतिनिधिबीच वार्ता सुरू भएको हो। आइबार प्रारम्भिक छलफलपछि सोमबार बैठक बसेको हो।, डा. केसीले उठाएका मागका सवालमा सुरु भएको छलफलमा सरकारका तर्फआट प्रधानमन्त्री कार्यालयका सचिव डा राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी छन्।, त्यसैगरी नेपाल चिकित्सक संघकातर्फबाट उपाध्यक्ष डा. अनिलविक्रम कार्की र डाक्टर केसीका तर्फबाट डा.जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओमप्रकाश अर्याल र डा. विष्णु पोखरेल छन्।, यसअघि आइतबार भएको पहिलो वार्तामा विषयवस्तुमा मात्र प्रवेश भएकाले आजको बैठकमा मुद्दाबारे छलफल हुनेछ।, डा. केसी सात बुँदे माग राख्दै भदौ २७ बाट धनगढीमा अनसनरत छन्। यो उनको २० औँ अनसन हो।,
डा. केसीका प्रतिनिधि, एनएमए र सरकारबीच वार्ता सुरू |
सुदीप श्रेष्ठ टुकुचाको भूमिगत सुरूङ राणाकालमै निर्मित पुरातात्विक सम्पदा भए पनि त्यसमाथिको जग्गा कसैले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने जिकिर धेरैले गरिरहेका छन्।, कतिले त जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको हात्तीसार क्षेत्रमा बसोबास गर्नेहरूलाई अनधिकृत रूपमा टुकुचा पुरेर घर बनाएको भन्दै ‘भूमाफिया’ को आरोप पनि लगाएका छन्।, हात्तीसारमा बस्नेहरू आखिर को हुन्? उनीहरू कसरी यहाँ आइपुगे? कसरी यहाँको जग्गा उनीहरूको स्वामित्वमा आयो? यी जग्गा उनीहरूले किनेका हुन् कि सार्वजनिक सम्पत्ति हडपेका हुन्? किनेका हुन् भने कोबाट किनेका हुन्? जग्गा बेच्नले पनि त्यो कहाँबाट पाए?, हामी यिनै प्रश्न लिएर सोमबार हात्तीसार गयौं।, यो हात्तीसारका पाँच जना जग्गा/घरधनीहरूको कथा हो। उनीहरूको कथा यहाँका धेरैजसो बासिन्दाको साझा कथा पनि हो।, सबभन्दा पहिला ८० वर्ष नाघेकी शारदा मानन्धरको कथा सुनौं।, जयनेपाल हलबाट काठमाडौं प्लाजातिर जाँदा लक्ष्मी बैंक पुग्नुभन्दा अलिकति अगाडि दाहिनेतर्फ ‘कफी टक’ भन्ने क्याफे आउँछ। यो क्याफे शारदाको जग्गा भाडामा लिएर खोलिएको हो। उनी बस्ने घर क्याफेको ठ्याक्कै पछाडि र मूल सडकभन्दा अलिकति भित्र पर्छ। उनी आफ्ना छोरा–बुहारीसँग यही घरमा बस्छिन्।, काठमाडौं महानगरपालिकाले उनको जग्गा पनि टुकुचामाथि पर्छ भन्दै त्यहाँ बनेका संरचना भत्काउने चेतावनी दिएको छ। सोमबार उनको घर छिर्ने ढोकामै महानगरले डोजर चलायो र त्यो क्याफे भएको संरचना टुकुचामाथि बनेको भन्दै तत्काल हटाउन चेतावनी दियो। औपचारिक चिठी र म्याद दिइएको छैन तर कुनै पनि बेला डोजर चल्नसक्छ भन्ने डरले कफी टक क्याफेले सोमबारै आफ्ना सामान खाली गरेका छन्।, काठमाडौंको रैथाने नेवार परिवारकी शारदा मानन्धर कसरी हात्तीसार आइपुगिन् त?, शारदा मानन्धर।, उनी २०२७ सालमा तेजराज मानन्धरसँग विवाह गरेर हात्तीसार आएकी हुन्। उनको माइती वसन्तपुर हो भने तेजराजको पुर्ख्यौली घर मखन हो।, तेजराजका बुवा दीपराज मानन्धर पहिल्यैदेखि व्यापार व्यवसायमा संलग्न थिए। व्यापारकै सिलसिलामा उनी भारतको कलकत्ता गए। त्यहाँ केही समय काम गरेर नेपाल फर्के। यहाँ आएपछि हात्तीसारमा एउटा पुरानो घर किने र मखनको पुर्ख्यौली थलो छाडेर यतै बसोबास गर्न थाले।, ‘मेरो ससुरा (दीपराज मानन्धर) ले २०२१ सालमा यो घर किनेको भन्नुहुन्थ्यो। त्यति बेला यो लालदरबारकै हिस्सा थियो। हामीले वीरशमशेरकै सन्तानमध्येबाट किनेका थियौं। उहाँको नाउँ चाहिँ मलाई सम्झना छैन। हामी ‘रानीसाहेब’ भन्थ्यौं। म बिहे गरेर आउँदा रानीसाहेबहरू यहीँ पछाडि अर्को घरमा बस्नुहुन्थ्यो,’ शारदाले भनिन्, ‘अहिले त रानीसाहेब बितिसक्नुभयो। उहाँको परिवार पनि यो ठाउँ छाडेर गइसक्नुभयो।’, ‘रानीसाहेब’ भनिने ती जग्गा/घरधनी वीरशमशेरको पाँचौं पुस्ताकी छोरी हुन्। उनले यो सम्पत्ति दाइजोमा पाएकी थिइन्।, शारदा मानन्धर अहिले पनि त्यही घरमा बस्छिन् जहाँ उनी बिहे गरेर आइन्। नब्बे सालको भुइँचालोभन्दा अगाडि नै बनेको यही घरमा उनले जिन्दगीका ५२ वर्ष बिताइसकिन्। अहिले बुढेसकालमा एकाएक आफ्नो घर भत्काउने चेतावनी सुन्दा उनी कहालिन्छिन्।, ‘जिन्दगी लगभग यही घरमा बित्यो,’ उनले भनिन्, ‘मलाई यसको कत्ति माया कत्ति!’, शारदाका अनुसार उनको ससुराले यो घर किन्दा जग्गाको लालपुर्जा र घरको नक्सा थिएन। २०४५ सालमा ससुराको निधनपछि उनका श्रीमानले २०४९/५० तिर लालपुर्जा बनाउनुका साथै नक्सासमेत पास गराएको उनी बताउँछिन्।, तीस वर्ष सरकारी सेवामा रहेर राष्ट्रिय योजना आयोगको अधिकृतबाट रिटायर्ड भएकी शारदाले भनिन्, ‘पहिले पहिले हामीले यहाँ जमिनमुनि टुकुचा बग्छ भन्ने त सुनेका थियौं तर कहाँनिर बग्छ कसैलाई थाहा थिएन। नापीनक्सामा कहीँ पनि टुकुचाको बाटो उल्लेख छैन। कहाँ घर बनाउन हुन्छ र कहाँ हुँदैन भनेर अहिलेसम्म कसैले भनेनन्।’, हात्तीसारको यो ठाउँमा अहिले तीन–चार घर मानन्धर परिवारको बसोबास छ। उनीहरू सबै दीपराजकै खलक हुन्।दीपराजले नै आफ्ना छोराहरूमा जग्गा भागबन्डा गरिदिएका थिए। उनले जम्मा कति क्षेत्रफल किनेका थिए भन्ने शारदालाई थाहा छैन। तर आफ्नो श्रीमानको भागमा १ रोपनी १४ आना २ पैसा परेको उनी बताउँछिन्।, नब्बे सालको भुइँचालोमा एउटा इँटाधरि नहल्लिएको उनको घरलाई २०७२ को भुइँचालोले भने केही क्षति पुर्याएको थियो। घरका भित्ताहरूमा ठाउँठाउँ चिरा परेका थिए। एउटा पर्खाल पनि भत्किएको थियो। उनीहरूलाई घर मर्मतसम्भार गर्न पैसाको खाँचो पर्यो।, ‘त्यही भएर हामीले आफू बस्ने घर र सडकको बीचमा रहेको खाली जग्गा कफी टकलाई भाडामा दियौं,’ उनले भनिन्, 'यसको भाडा जीविकाको एउटा बाटो बनेको थियो। यो पनि हटेपछि गाह्रो होला।', शारदालाई क्याफे बसेको जग्गा मात्र होइन, आफू बिहे गरेर आएको र ५० वर्षदेखि बसिरहेको पुरानो घरमा समेत डोजर चल्ला कि भन्ने डर छ।, ‘म फोक्सोको बिरामी छु। थुप्रै महिना भइसक्यो ओछ्यान परेकी। अस्ति भर्खर अस्पतालमा लामो समय बिताएर आएँ,’ शारदाले भनिन्, ‘भन्नासाथ जुरूक्क उठेर हिँड्न सक्दिनँ। भोलि तुरून्तै घर छाडेर जाऊ भन्यो भने म बिरामी बूढी मान्छेलाई रातारात अर्को ठाउँ सार्न मेरा छोराहरूलाई कति गाह्रो हुन्छ होला! म त सम्झिएरै आत्तिएकी छु।’, शारदा मानन्धरको घरभन्दा अलिकति अगाडि जयनेपाल हल नजिकै अर्का स्थानीय योगेश मिश्रको घर छ।, योगेश मिश्र।, योगेश ५४ वर्षका भए। उनको जन्म २०२५ सालमा हात्तीसारमै भएको थियो।, ‘मेरो बुवा (भवानी मिश्र) ले २०२१ सालमा ढाकेन्द्र दिव्येश्वरी शाहबाट यो जग्गा किन्नुभएको थियो,’ योगेशले भने, ‘दिव्येश्वरी शाह भनेको वीरशमशेरको पाँचौं पुस्ताकी छोरी हुनुहुन्थ्यो। यहाँ करिब पाँच–छ रोपनी जग्गा उहाँलाई दाइजोमा प्राप्त भएको थियो। त्यही जग्गामध्ये करिब एक रोपनी मेरो बुवाले किन्नुभयो।’, शारदाले भनेको ‘रानीसाहेब’ र दिव्येश्वरी शाह दिदीबहिनी हुनसक्ने उनी बताउँछन्।, उनका अनुसार यो जग्गा पहिले लालदरबार परिसरभित्रको एउटा अंश थियो। वीरशमशेरको पालामा यो ठाउँलाई गिन्नी पोखरी बगैंचा भनिन्थ्यो। जग्गाको स्वामित्व हस्तान्तरण गरिएको कागजातमा ‘लालदरबारमा रहेको गिन्नी पोखरी बगैंचाको जग्गा फलानोलाई दिने’ भनेर लेखिएको मिश्र बताउँछन्।, ‘वीरशमशेरले दरबारको बगैंचालाई असर नपरोस् भनेर टुकुचा जमिनमुनि बगाएका हुन् भन्ने पनि सुनिन्छ,’ उनले भने।, मिश्रको पुर्ख्यौली घर किलागल हो। आजभन्दा करिब चार सय वर्षअघि मल्लकालमै आफ्नो खलक काठमाडौं आएको उनी बताउँछन्। ‘हाम्रो पुर्खाको इतिहास हेर्ने हो भने हामी पृथ्वीनारायण शाहभन्दा अगाडि काठमाडौं आएका हौं,’ उनले भने।, योगेशका बुवा भवानी त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीका प्राध्यापक थिए। उनी त्रिचन्द्र कलेज लगायत काठमाडौंका विभिन्न कलेजमा पढाउँथे। राणा खलकका सन्तानलाई घरमै गएर अंग्रेजी ट्युसन पनि पढाउँथे। यही कारणले राणा परिवारसँग उनको चिनजान भयो र त्यही सम्बन्धका आधारमा उनले हात्तीसारमा जग्गा किने।, जग्गा किनेको चार वर्षपछि योगेश जन्मेकै साल भवानीले दुईवटा साना घर बनाए। दुवै घर यथावत् छन्। तीमध्ये एउटा घरको केही भाग मूल सडकमा लागू भएको नयाँ मापदण्डबमोजिम भत्काउनुपरेको थियो भने दोस्रो घर जस्ताको तस्तै छ।, ‘दुवै घर धेरै पुराना भइसके। नजिक डोजर चल्यो भने यसै भत्केला कि भन्ने डर हुन्छ,’ उनले भने, ‘म अहिले पनि यही घरमा बस्छु। मेरो भान्सा अहिले पनि यही घरमा छ। मेरो दैनिक जीवन यहीँबाट चल्छ।’, ‘हाम्रो घरको नक्सा तत्कालीन नगर पञ्चायतबाट स्वीकृत भएको छ। त्यो बेला हात्तीसारमा घर बनाउन राजदरबारबाट पनि नक्सा स्वीकृत गराउनुपर्थ्यो। नगर पञ्चायत र राजदबारबाट स्वीकृत नक्सामा हामीले एक इन्च तलमाथि गरेका छैनौं,’ मिश्रले भने।, शारदा र योगेशपछि हामीले हात्तीसारमै घर भएका तर हाल भक्तपुर बस्ने एक व्यवसायीसँग कुरा गर्यौं। उनले आफ्नो नाम उल्लेख गर्न चाहेनन्।, उनले पनि आफ्ना बुवाले २०२१–२२ सालतिर राणाहरूबाटै जग्गा किनेको बताए। उनको बुवाले जग्गा किनेको शाम्बशमशेर जंगबहादुर राणाबाट हो। शाम्बशमशेर भनेका वीरशमशेरका नाति हुन्।, ‘मेरो बुवाले जग्गा किन्दा राणाजीहरूका दरबारबाहेक यस्तै पाँच–छवटा घर मात्र थिए,’ उनले भने, ‘मलाई सम्झना भएसम्म यहाँ पहिले राणाजीहरूकै बसोबास थियो। सुरूमा वीरशमशेरले आफ्ना छोरा–नातिहरूमा जग्गा भागबन्डा गरे। तिनै छोरा–नातिहरूले बिस्तारै हामीजस्ता बाहिरका मान्छेलाई पनि बेच्न थाले र सर्वसाधारण नागरिकहरूको पनि हात्तीसारमा प्रवेश सुरू भयो।’, यसरी वीरशमशेर राणाका सन्तानबाट सोझै जग्गा किनेर अहिलेसम्म भोगचलन गरिरहेका परिवार करिब आधा दर्जन छन्। त्यसबाहेक अधिकांश जग्गाको कारोबार तीन–चारचोटिभन्दा बढी भइसकेको छ। वीरशमशेरको खलकबाट तीन–चार जना व्यक्तिलाई बिक्री हुँदै अहिलेका जग्गाधनीको नाममा स्वामित्व हस्तान्तरण हुन आएको देखिन्छ। लक्ष्मी बैंक बसेको जग्गा त्यसैमध्ये एक हो।, लक्ष्मी बैंक जुन घरमा बसेको छ, त्यो जग्गाको क्षेत्रफल ५८ आना छ। उनीहरूले यो जग्गा २०५७ र २०६३ गरी दुईपटक किनेका हुन्। कुनै जग्गा सुनीलकृष्ण ताम्राकारबाट किनेका थिए, कुनै निलिकृष्ण ताम्राकारबाट। त्यस्तै कुनै जग्गा महेश्वरराज वैद्यबाट किने त कुनै डाक्टर सच्चेकुमार पहाडीबाट। तर यी जग्गाको मूल स्रोत ओमकारशमशेर जंगबहादुर राणा भएको मालपोतको लालपुर्जाबाट देखिन्छ। ओमकार भनेका शाम्बशमशेरका छोरा र वीरशमशेरका पनाति हुन्।, हामीले यसबारे जयनेपाल हलका एक सञ्चालक अशोक राणासँग पनि कुरा गरेका थियौं। उनी वीरशमशेरका खनाति हुन्। अहिले हात्तीसारमा वीरशमशेरको खलकसँग प्रत्यक्ष सम्बन्धित राणाहरूको बसोबास कम हुँदै गएको छ। तीमध्ये अशोक राणा एक हुन्।, कुनै समय यहाँ वीरशमशेरकै खलकका सदस्यहरूको दरबार मात्र भएको र पछि उनकै परिवारबाट अरूलाई जग्गा बिक्री गरिएको उनले बताए। शाम्बशमेशर भनेका वीरशमशेरका नाति र शाम्बशमशेरका छोरा ओमकारशमशेर भएको पनि उनले पुष्टि गरे।, तस्बिरको दायाँ भाग नारायणहिति दरबार संग्रहालय क्षेत्र हो जहाँ टुकुचा बगिरहेको देखिन्छ। त्यसको दायाँ सडक र त्यहाँभन्दा माथि हात्तीसार क्षेत्रका घरहरू छन्। यहाँबाट टुकुचा भूमिगत रूपमा बग्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हात्तीसारमा घर भएका शारदा मानन्धर, योगेश मिश्र, नाम उल्लेख गर्न नचाहने व्यवसायी, लक्ष्मी बैंक र अशोक राणासँगको कुराकानीका आधारमा हामी के थाहा पाउँछौं भने यहाँका जुन जग्गा ‘टुकुचा मिचेर अनधिकृत रूपमा कब्जा गरिएको’ भनेर काठमाडौं महानगरले भनिरहेको छ, ती सबै कुनै न कुनै रूपमा वीरशमशेरकै खलकबाट बिक्री वितरण भएका हुन्।, राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजमा बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको उल्लेख छ। उक्त जग्गा प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको दस्तावेजबाट देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।, यसबाट थाहा हुन्छ, तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले दरबारको प्रयोजनका लागि स्थानीय किसानका जग्गा मुआब्जा दिएर अधिग्रहण गरी आफ्नो स्वामित्वमा ल्याएका थिए। सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार निर्वाचन आयोग बसेको बहादुर भवनदेखि नागपोखरी–कमलपोखरी क्षेत्रसम्मको जग्गा अधिग्रहण गरिएको थियो।, वीरशमशेरले आफ्नो स्वामित्वमा ल्याएका तिनै जग्गा २००७ सालमा राणा शासन अन्त्यपछि अन्य व्यक्तिहरूलाई बिक्री गर्न थालिएको योगेश मिश्र बताउँछन्।, ‘यहाँ २०१४–१५ सालदेखि जग्गा किनबेच सुरू भएको हो। सबभन्दा बढी किनबेच २०२१ सालपछि भयो,’ उनले भने।, काठमाडौंमा पहिलोपटक २०२२ सालमा नापी भए पनि हात्तीसारको नापी भएको थिएन। त्यो बेलासम्म पूरै क्षेत्र लालदरबारको हिस्सा भएकाले नापी नभएको हो कि भन्ने मिश्रलाई लाग्छ, ‘यहाँको पहिलो नापी २०३२ सालमा भयो। मसँग त्यो नापीनक्सा सुरक्षित छ। कहीँ पनि टुकुचा उल्लेख छैन।’, हामीले भेटेका अरू जग्गाधनीहरूले पनि आफूसँग भएको सरकारी नापी कार्यालयबाट जारी नक्सामा टुकुचा नभएको बताएका छन्।, 'आजभन्दा करिब १३० वर्षअघि राणा प्रधानमन्त्रीले नै भूमिगत सुरूङ खनेर जमिनमुनि हालेको टुकुचाबारे सरकारलाई त केही थाहा थिएन भने त्यो कुरा हामीले थाहा पाउनुपर्छ भनेर महानगरले जोरजबर्जस्ती गर्नु सरासर अत्याचार र गुन्डागर्दी हो,' मिश्रले भने।, यहाँका अधिकांश स्थानीयले काठमाडौं महानगरबाट घरको नक्सा पास पनि गराएका छन्। उनीहरूसँग निर्माण सम्पन्न भएको कागजात पनि छ। नापीनक्सा, घरनक्सा लगायत कुनै पनि सरकारी दस्तावेजमा कहीँकतै टुकुचा बग्ने बाटो खुलाइएको छैन।, काठमाडौं महानगरले भने यी कुरा वास्ता राखेको देखिँदैन।, दलबलसहित डोजर लिएर घर भत्काउने एकसूत्रीय एजेन्डामा निस्केको महानगरले हात्तीसारका यी जग्गा कुन सालमा कसले कसबाट खरिद गरे र त्यसको स्वामित्व कति व्यक्तिहरूमा हस्तान्तरण हुँदै आजका जग्गाधनीसम्म आइपुग्यो भन्ने सामान्य खोजबीन पनि गरेको छैन। स्थानीयहरूसँग एकचोटि छलफल गरेको भए सजिलै थाहा पाइने यो तथ्यसँग महानगर बेखबर छ र सबैलाई एउटै डालोमा हाल्दै ‘टुकुचा मासेर घर बनाउने भूमाफिया’ को लेबल लगाएर बदनाम गरिरहेको छ।, महानगरले न जग्गा किनबेचको लगत राखेको देखिन्छ, न त उनीहरूसँग भएको नापीनक्सा, घरको नक्सा र निर्माण सम्पन्न भएको कागजपत्र नै हेर्ने आवश्यकता ठानेको छ।, ‘नगर प्रहरीहरू आउँदा टोलमा जात्रा लाग्छ। मान्छेहरू वरिपरि घेरा हालेर हामीलाई चिडियाखानाका जन्तुजस्तो हेर्छन्। भूमाफिया भनेको को रहेछ भनेको त यी पो रहेछन् भनेर कराउँछन्। यसले हामीलाई मानसिक तनाव दिइरहेको छ। के यो राज्यको दमन होइन? हाम्रो निजी सम्पत्तिको हकमाथि राज्यको ठाडो अतिक्रमण होइन? खासमा हामीले जग्गा अतिक्रमण गरेको होइन, महानगरले हाम्रो निजी सम्पत्तिमाथि अतिक्रमण गरेको छ,’ योगेश मिश्रले भने।, उनले अगाडि भने, ‘महानगर डोजर लिएर आउँदा हामी आफूसँग भएका कागजपत्र देखाउन जान्छौं। नगर प्रहरी प्रमुख ती कागजपत्र हेर्न मान्नुहुन्न। यस्ता प्राविधिक कुरामा मलाई मतलब छैन, तपाईंहरू इञ्जिनियरलाई देखाउन जानूस् भन्नुहुन्छ। तर इञ्जिनियर फिल्डमा आएका हुँदैनन्।’, ‘उहाँहरू चाहिँ सिधै आएर हाम्रो घरको आँगनमा डोजर तेर्स्याउने अनि हामी आफ्नो बचाउको निम्ति कागजपत्र देखाउन इञ्जिनियरलाई कहाँ खोज्दै हिँड्ने? कि त इञ्जिनियर पनि सँगसँगै लिएर आउनुपर्यो,’ उनले भने।, मिश्रका अनुसार महानगर टोली हरेक दिन गुन्डागर्दी शैलीमा डोजर, क्यामरा र भीड लिएर आउँछ। चारैतिरबाट क्यामराले घेर्छन् र कसैले आफ्नो कुरा राख्न खोज्यो भने भीडका मान्छे होहल्ला गर्न थाल्छन्। ‘भूमाफियालाई हटाउनैपर्छ’ भनेर कराउँदै सुरूमै हतोत्साही गराउँछन्। चिच्याउँछन्, हाहु गर्छन्। नगर प्रहरीहरू पनि स्थानीयका कुरा सुन्नै खोज्दैनन्। कसैले तर्क गर्न खोजे, उल्टै ठूल्ठूलो स्वरले थर्काउँछन्।, योगेशले भनेजस्तै घटना हात्तीसारमा सोमबार भएको थियो।, उदीपरत्न शाक्यले चार वर्षअगाडि मात्र यहाँ घर बनाएका रहेछन्। अहिले त्यही घरमुनि टुकुचा बग्छ भनेर महानगर टोली डोजर लिएर आएपछि उनी आफ्नो कागजपत्रको फाइल बोकेर नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई देखाउन आएका थिए।, उनीसँग नापीनक्सा छ जसमा टुकुचाको चिह्न कहीँकतै छैन। उनीसँग महानगरले नै पास गरेको घर नक्सा र निर्माण सम्पन्न भएको कागजपत्र पनि छ। उनले ती सबै नक्सा हेरेर त्यसपछि मात्र निर्णय लिन नगर प्रहरी प्रमुख पाण्डेलाई बारम्बार आग्रह गरे।, पाण्डेले उनको कुरा सुन्न चाहेनन्।, शाक्यले ल्याएको फाइल एकचोटि खोल्ने कष्टधरि नगरी उनले भने, ‘यस्तो कागजपत्र मलाई देखाउन जरूरी छैन।’, शाक्यले सोधे, ‘किन जरूरी छैन?’, पाण्डेले उनलाई थर्काउँदै ठूलो स्वरमा भने, ‘के तपाईंले मेरो काममा हर्डल (अवरोध) गर्न खोजेको?’, उनले अगाडि भने, ‘यो प्राविधिक विषय हो। म यस्तो प्राविधिक विषय बुझ्दिनँ। तपाईं कार्यालयमा गएर इञ्जिनियरलाई देखाउनुस्।’, त्यसपछि शाक्यले उनलाई आफ्नो कुरा बुझाउन खोजे। उनलाई एकचोटि आफ्नो कागजपत्र हेरिदिन अनुनयविनय नै गरे।, तर पाण्डे फोनमा कुरा गर्दै पन्छिन थाले।, तै पनि शाक्यले पछ्याउन नछाडेपछि पाण्डेले फेरि भने, ‘मलाई यो प्राविधिक विषयको आइडिया भएन। तपाईंको घरमुनि टुकुचा बगेको छ भने त्यो भत्किन्छ।’, शाक्यले सोधे, ‘त्यसो भए भन्नुस् न त, टुकुचा बगेको छ कि छैन?’, पाण्डेले ठूलो स्वरमा झर्किँदै ठाडो जवाफ दिए, ‘त्यही त हामी खोज्दैछौं। हामीले खोजेर तल बगेको पत्ता लाग्यो भने भत्किन्छ।’, आखिर शाक्यको केही सीप चलेन। नापीदेखि मालपोत र महानगरसमेतले दिएका कागजपत्र प्रस्तुत गर्दागर्दै पनि उनको कुरा सुनुवाइ भएन। उनी निरीह बने।, हात्तीसारका हरेक जग्गा/घरधनीले अहिले यस्तै निरीह अनुभव गरिरहेका छन्।, नगर प्रहरी प्रमुख पाण्डे मात्र होइन, मेयर बालेन शाहको रवैया पनि यस्तै भएको उनीहरू बताउँछन्।, योगेश मिश्र यो डोजर आतंक सुरू हुनुभन्दा करिब एक साताअघि नै महानगरको कार्यालयमै बालेन शाहलाई भेट्न गएका थिए। दुई–तीन दिन लगातार प्रयासपछि बल्लतल्ल भेट भए पनि शाहले आफ्नो कुरामा चासो नदेखाएको उनले बताए।, ‘मैले व्यक्तिगत रूपमा उहाँलाई भेटेर यहाँको सबै स्थिति जानकारी गराएको थिएँ। हामीसँग नापीनक्सा छ, लालपुर्जा छ र घरको नक्सापास पनि भइसकेको छ भनेर भनेको थिएँ,’ उनले बालेनसँगको कुराकानी उद्धृत गर्दै भने, ‘जमिनमुनि पुरिएको टुकुचा खोल्नुछ र त्यसको निम्ति हाम्रो घर हटाउनुछ भने नियम–कानुनअनुसार आउनुस्, सबैको सहमतिमा कसरी व्यवस्थापन गर्न सकिन्छ छलफल गरौं भन्दा पनि उहाँले सुन्नुभएन।’, उनले अगाडि भने, ‘मेयरज्यूले तात्तै खाऊँ, जल्दी मरौं जस्तो गर्नुभयो। मैले उहाँलाई आफ्नो कुरा सम्झाउनै सकिनँ। खासमा उहाँ हाम्रो कुरा सुन्नै चाहनुहुन्न। जसरी भए पनि यहाँका घरहरू हटाएरै छाड्ने मनसायमा हुनुहुन्छ।’, महानगरले सोमबार डोजर चलाएको ठाउँ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, महानगरले हात्तीसारमा डोजर चलाउनुअघि कानुनी प्रक्रियासमेत पूरा गरेको छैन।, उसले अहिलेसम्म दुईवटा सूचना जारी गरेको छ। पहिलो सूचनामा ‘प्रचलित मापदण्डअनुरूप निर्माण भएका तर नक्सापास नगरिएका भवनलाई एक वर्षभित्र नक्सा पास गर्न’ आह्वान गरिएको थियो।, यही सूचनामा ‘नक्सा पास नगरी बनाइएका तर मापदण्ड अनुकूल रहेमा त्यस्ता भवनको नक्सा सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र पेस गर्न’ भनिएको थियो।, त्यसपछि अर्को सूचनामा ‘टुकुचा किनार क्षेत्रमा स्वीकृत नक्साविपरीत, मापदण्डविपरीत वा स्वीकृति नै नलिई घर/टहरा निर्माण गरिएको भए सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त संरचना हटाउन’ भनिएको थियो।, ‘यी दुवै सूचना हाम्रो निम्ति आकर्षित हुँदैनन्,’ मिश्रले भने, ‘एक त हामीले मापदण्डअनुरूप घर बनाएर नक्सापास गरिसकेका छौं। अर्को, हाम्रो हात्तीसारको नापीनक्सामा टुकुचाको उल्लेख नै नभएकाले हामीले किनार क्षेत्रको मापदण्ड पालना गर्नुपर्ने कुरै आएन।’, अहिले आएर महानगरले हुँदै नभएको टुकुचा किनारको मापदण्डसमेत यहाँका बासिन्दाले पालना गर्नुपर्छ भन्दै दिनरात माइकिङ गरेर थर्काइरहेको छ। मापदण्ड पूरा नभएका घर भत्काउने चेतावनी पनि दिइरहेको छ।, ‘जब राज्यसँग नै हात्तीसारमा भूमिगत टुकुचा बग्ने बाटोको नक्सा छैन भने हामीसँग हुने कुरै भएन,’ मिश्रले भने, ‘एकातिर महानगर आफैं टुकुचा खोज्दै हिँडेको छ, उसलाई नै कहाँबाट बग्छ थाहा छैन। अर्कातिर ऊ आफैं हचुवा पारामा हाम्रो जग्गामुनि बग्छ भनेर घर भत्काउने चेतावनी दिइरहेको छ।’, महानगरले हात्तीसारमा पनि टुकुचा किनारको मापदण्ड लागू गरेर घर–जग्गा हटाउने हो भने त्यसको निम्ति कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र स्थानीयसँग छलफल गरी कानुनी रूपमै नयाँ शिराबाट यहाँका घरजग्गा अधिग्रहण गर्नुपर्ने मिश्रको भनाइ छ।, ‘महानगरको टुकुचा पुनर्स्थापना अभियानमा हामी सहयोग गर्न तयार छौं तर उहाँहरू कानुनी रूपमा आउनुपर्यो। राज्यले नागरिकमाथि जथाभाबी दमन गर्नुभएन,’ उनले भने।, उनले अगाडि भने, ‘महानगरले अलिकति पनि कानुनी बाटो पालना गरेको थियो भने हिजो (आइतबार) उच्च अदालतले अन्तरिम आदेश दिँदादिँदै भोलिपल्ट त्यस्तै प्रकृतिका अरू घर भत्काउन एकाबिहानै डोजर लिएर किन आयो? अदालतमा रिट लिएर गएका तीनवटा घर नभत्काउनू भनी अन्तरिम आदेश भएपछि अरू घरमा पनि त्यही नियम लागू हुनुपर्दैन र? यो त सामान्य कमन सेन्सको कुरा होइन?’, आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेका कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घर कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।, अन्तरिम आदेश जारी भएका तीन घरमा महानगरले हात हालेको छैन। घरधनीले महानगर आएर संरचना भत्काउला भनेर अदालतको अन्तरिम आदेश घरबाहिरै टाँसेका छन्।, त्यस्तै प्रकृतिका अन्य केही घरमा भने सोमबार नै धमाधम डोजर चलाइयो। एउटा घरमा त बिहानदेखि साँझसम्म लगातार खनिएको थियो। दिनभरि खन्दा पनि भूमिगत सुरूङ फेला परेको थिएन।, महानगरले टुकुचा सुरूङ खन्न हात्तीसारमा सोमबार डोजर चलाएको घर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हात्तीसारको घटनामा दुईवटा डरलाग्दा पक्ष देखिएका छन् —, एउटा, नियम–कानुन पुर्याएर जग्गा किनेका र नियमअनुसारै घर बनाएर बसिरहेकाहरू पनि महानगरको आतंकसँग डराइरहेका छन्। उनीहरू हातमा सरकारी कागजपत्र बोकेर बसेका छन् तर कानुनी उपचार निम्ति अदालत जाने हिम्मत गर्दैनन्।, धेरै मान्छे महानगरको पक्षमा उभिएकाले आफ्नो सही कुरा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ। यसविरूद्ध बोल्दा महानगरको डोजर सँगसँगै घर घेर्न आइपुग्ने भीड आक्रामक भएर जाइलाग्ने हो कि भन्ने उनीहरूलाई डर छ।, ‘अहिलेको समय महानगरसँग झगडा कसले मोलोस्! बरू हामी सकेसम्म कम्प्रमाइज गर्न खोजिरहेका छौं,’ हात्तीसारमा घर भएका एक स्थानीयले भने, ‘सबै कागजपत्र दुरूस्त भए पनि हामीलाई झगडा गर्नु छैन। हाम्रो घर भत्किँदैन र जग्गा मात्र अलिकति जाने हो भने हामी सहमति गर्न तयार छौं।’, दोस्रो डरलाग्दो पक्ष के भने, यहाँका स्थानीयले आफ्नो समस्या लिएर विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटिसके। काठमाडौंका सांसदहरूसँग कुरा गरिसके। उनीहरू सहानुभूति देखाउँछन् तर खुलेर बोल्न तयार छैनन्।, ‘उहाँहरू सबैलाई हामी कानुनसम्मत छौं र महानगरको कदम गैरकानुनी छ भन्ने थाहा छ। तर चुनावको अगाडि धेरैको वाहवाही पाइरहेको महानगरको अभियानविरूद्ध बोल्दा कतै चुनावमै असर पर्ने हो कि भन्ने उहाँहरूलाई डर छ,’ ती स्थानीयले भने, ‘काठमाडौंका मेयरलाई आफूले के–के न काम गरेँ भनेर देखाउनुछ, नेताहरूलाई भने आफ्नो राजनीतिको मात्र चिन्ता छ। त्यसको घानमा हामी पिसिएका छौं।’, यसरी महानगरको एकलौटी ‘दादागिरी’ का अगाडि हार मान्दै गइरहेका स्थानीयहरू सम्झौताका लागि तयार त हुँदै छन् तर महानगर त्यसका लागि पनि राजी नहोला भन्ने उनीहरूलाई चिन्ता छ।, 'राजनीतिज्ञहरूले त सुनेनन् नै, मिडिया पनि हाम्रो कुरा सोध्न आएका छैनन्,' उनीहरू भन्छन्।, आफूहरूले दशकौंअघि कानुनी रूपमा किनेको, सरकार र महानगरको स्वीकृति लिएर नक्सा पास गरी घर बनाएको र सरकारी दस्तुर तिर्दै आएको सम्पत्तिमाथि महानगरले डोजर चलाउन खोज्दा मिडियाले आफ्नो कुरा सुन्ने चासो नदेखाएको स्थानीयले बताएका छन्।, महानगरले भूमिगत सुरूङ खनेर टुकुचा खोल्छ र त्यसमाथि बनेका घर भत्काउँछ भने पनि नियमसम्मत आउनुपर्यो र क्षतिपूर्ति दिएर स्थानान्तरणको बाटो खोल्नुपर्यो भन्ने उनीहरूको माग छ।, थप पढ्नुहोस्:, महानगरको गुण्डागर्दी बन्द गर, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?,
टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा? |
राजेश घिमिरे चितवनको सौराहा ‘वाइल्डलाइफ टुरिजम’ को केन्द्र मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहामा वन र वन्यजन्तुको अवलोकन गर्न लालायित देशी, विदेशी पर्यटकहरू पुग्ने गर्छन्।, निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु हेरेर लोभिन्छन्। आडैमा रहेको राप्ती नदीमा देखिने घडियाल गोही हेरेर दंग पर्छन्।, पर्यटकको आकर्षणको केन्द्र सौराहाको मुख्य सडक अचेल व्यस्त छ। पर्यटकको चापले होइन, यहाँ भइरहेको विकासले गतिविधिले।, दुवैतर्फ राखिएका निर्माण सामग्रीले सडक साँघुरो बनेको छ। नियमित वर्षाबीच पनि केही मजदुरहरू काम गर्दै देखिन्छन्।, करिब दुई किलोमिटर लामो मुख्य सडकको धेरैजसो ठाउँमा दुबैतर्फ कुलो खनिएको छ। केही ठाउँमा ढलान भइसकेको छ। कतै ढलानको काम हुँदैछ।, ‘सौराहा नाला तथा फुटपाथ निर्माण योजना’ शीर्षकमा प्रदेश समपूरक बजेटबाट यो काम भइरहेको हो।, यो योजनाअन्तर्गत सौराहाको मुख्य सडकमा दुबै किनारामा डेढ–डेढ मिटरको नाला बनाउने काम अहिले हुँदैछ। ढलान गरिएको नालामाथि टायल ओछ्याएर फुटपाथ बनाउने योजना छ।, यसरी काम हुँदै गरे पनि यसबाट राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जलाई प्रत्यक्ष असर पर्ने देखिएको छ। सौराहाको सडकमा अहिलेसम्म वर्षाको समयमा अकासे पानी बग्थ्यो। त्यो पानी आडैमा रहेको राप्ती नदीमा मिसिन्थ्यो।, उक्त योजना सम्पन्न भएसँगै बन्द नालाभित्र बग्ने जुनसुकै वस्तु सिधै राप्ती नदीमा जानेछ।, ‘नौ मिटरको पिचपछिको होचो भाग ओपन ड्रेन जस्तो थियो। त्यहाँबाट के बग्छ हामी सबैले देख्थ्यौँ। त्यसैले सिधै नदीमा जाँदा पनि खासै असर परेको थिएन,’ सौराहाको हात्ती चोकमा रेस्टुरेन्ट चलाउने एक व्यवसायीले भने, ‘अब त बन्द नालाबाट जे पनि सिधै राप्तीमा खस्ने भयो।’, उनका अनुसार बन्द ढलको फाइदा उठाएर व्यापारीहरूले सबै फोहोर राप्ती नदीमा विसर्जन गर्ने अवसर पाउने छन्।, नगरपालिकाले आगामी दिनमा नयाँ योजना बनाउँदा सौराहालाई बेवास्ता गर्ने र आफूलाई लक्षित गर्ने डरले यहाँका पर्यटन व्यवसायीहरू मौन छन्।, सञ्चारमाध्यमबाट नाम सार्वजनिक नगर्ने सर्तमा धेरै पर्यटन व्यवसायीले उक्त योजनाको आलोचना गरेका छन्।, एक जना पुराना पर्यटन व्यवसायीले सेतोपाटीसँग भने, ‘हामीले संरक्षणमा गम्भीर असर पर्ने योजना सौराहामा नल्याइदिनू भनेर नगरपालिकालाई पटक–पटक आग्रह गर्यौँ। उनीहरूले ल्याएरै छाडे। यो कसको लागि, किन ल्याइयो भन्ने हामीले जान्न सकेका छैनौँ।’, ढल निर्माण सकिएसँगै सौराहाबाट बग्ने फोहोरले राप्ती दुर्गन्धित भयो, फोहोर पानी खाएर वन्यजन्तु बिरामी परे, निकुञ्ज संरक्षण असर पर्यो भन्ने आरोप पर्यटन व्यवसायीमाथि आउन थाल्ने उनको शंका छ।, गैंडा चोकका एक व्यवसायीले निर्माण सम्पन्न गर्नु पर्ने म्याद नजिकिन थालेपछि हतारमा गुणस्तरहीन काम भएको आरोप लगाए।, ‘पहिले हामीले यो काम सुरु नगर्न आग्रह गर्यौं। सुरु भइसकेपछि काम गुणस्तरीय भए हुन्थ्यो भन्ने आशा गर्यौँ तर यी दुबै भएन,’ ती व्यवसायीले भने, ‘मुसलधारे वर्षामा पनि काम भइरहेको छ। ढलानमा हिलोसहितको मसला छ। माटोमाथि मसला हालेर काम भइरहेको छ।’, उनले सस्तोमा काम सक्न ठेकेदारले निर्माणमा लापरबाही गरेको आरोप लगाए।, ‘नचाहिने योजना ल्याएर गुणस्तरहीन काम गरी सरकारी बजेट दोहन गरिएको छ,’ ती व्यवसायीले भने, ‘सौराहाको बदनाम गर्न सरकारी निकायहरू लागेको देखेर चकित छौँ।’, उक्त योजनाको काम गत असार मसान्तभित्रमा सकिने गरी २०७८ माघ १६ गते सुरु भएको थियो।, बागमती प्रदेश सरकारको डेढ करोड र रत्ननगर नगरपालिकाको डेढ करोड रुपैयाँ बजेटमा सुरु भएको योजना गत असार मसान्तसम्ममा एक छेउ पनि सकिएन।, निर्माण व्यवसायीले निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले समयमा काम गर्न नसकेको जिकिर गर्दै म्याद थप थप्न दबाब दिएपछि पुस मसान्तसम्म थपिएको छ।, रत्ननगर नगरपालिकाको पूर्वाधार शाखाका इन्जिनियर शंकरबहादुर कुँवरका अनुसार नाला निर्माणको काम भरतपुरको शिवम कन्स्ट्रक्सन र काठमाडौंको एसओ कन्स्ट्रक्सनले गर्दै छन्।, पहिलो चरणमा करिब ११ सय मिटर सडकमा नाला बनाउने काम भइरहेको कुँवरले बताए। उनले भने, ‘हाल गैँडा चोकबाट दक्षिणतर्फको नालाको पानी राप्ती ड्याम नजिकै जम्मा गरेर ट्रिटमेन्ट गरी नदीमा पठाउने, उत्तरतर्फको नालाको पानी बीचको घोलबाट सिधै राप्तीमा जानेछ।’, उनले ढल निर्माणका क्रममा केही ठाउँमा विवाद आएको र त्यसको समाधानका लागि नगरपालिकाले प्रयास गरिरहेको बताए।,
ढल निर्माण गर्दा सडक छेउका केही घरहरू भत्किने भएकाले केही ठाउँमा विवाद भइरहेको कुँवरको भनाइ छ।, सौराहामा यस वर्ष पनि सोही कामका लागि समपुरक बजेटमा तीन करोड रुपैयाँको योजना परेको छ। उक्त बजेटले बाँकी नाला निर्माण गर्ने लक्ष्य रहेको कुँवरले बताए।, ‘अख्तियारी आइसकेको छ। मेयरसाबको टोलीले स्थलगत अवलोकन गरिसकेको छ। अब ठेक्का लाग्न बाँकी छ,’ उनले भने, ‘छिटै काम सुरु हुन्छ।’, नयाँ बजेटले चरा चोकबाट पश्चिमतर्फ करिब पाँच सय मिटर सडकको दुई किनारामा नाला बनाउने तयारी भएको बताए।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निर्माणको जानकारी पाएसँगै तत्कालीन मेयरसँग जिज्ञासा राख्दा पानीमात्र बग्ने गरी ढल र फुटपाथ निर्माण गर्न लागिएको जानकारी गराएको बताए।, तत्कालीन मेयरसँग कुरा गर्दा यहाँबाट फोहार वस्तु बग्दैन भनेको आचार्यले बताए।, ‘मैले ढल ट्रिटमेन्ट गरेरमात्रै नदीमा फाल्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘त्यसो नहुने हो भने त संरक्षणमा असर गर्छ। यस्तो अवस्थामा सच्याउनुपर्ने हुनुसक्छ। म फेरि पनि नगरपालिकासँग कुरा गर्छु।’, सौराहा रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा पर्छ। यो वडाका वडाध्यक्ष किरण महतोेले विशुद्ध आकाशे पानीको लागिमात्रै ढल निर्माण गरिएको बताए। ‘तैपनी कसैले अन्य फोहोर पनि मिसाइदिन्छन् कि भन्ने डर त छ,’ महतोले भने, ‘हामी यस विषयमा सचेत छौं। नियमित निगरानी गर्छौं।’, उनले आकाशे पानीमात्रै बग्ने भएकाले फिल्टर नगरी नदीमा फाल्दा पनि असर नपर्ने बताए। ‘कैसैले बेइमानी गरि नाला फोरेर पानीमा अरु फोहोर मिसाइदिन सक्छ, त्यो सिधै नदीमा पस्यो भने असर गर्छ भन्ने कुरा आइरहेको छ। हामीले पनि यस विषयमा छलफल गरिरहेका छौं। मेयर, उपमेयरसहितको टोलीले अनुगमन गरेपछि यहाँ केही गर्नुपर्छ भन्ने सल्लाह चाहि भएको छ,’ वडाध्यक्ष महतोले भने।, उनले उक्त योजना सौराहाका पर्यटन व्यवसायी, स्थानीयबासी, विभिन्न संघ, संस्थाहरुको सुझावको आधारमा बनेको गुरुयोजनाका आधारमा अघि बढेको दाबी गरे। करोडौं रुपैयाँ खर्च गरेर बनिरहेको योजनालाई सफल बनाउन पर्यटन व्यवसायीले सहयोग नगरे यसको असर समग्र सौराहाको पर्यटनमा पर्ने महतोले बताए। उनले गुरुयोजनाअनुसार नै ढल निर्माण कार्यलाई हरेक वर्ष बढाउँदै लैजान बजेट प्राप्त भइरहेको बताए।,
सौराहाको ढल सिधै राप्तीमा! |
सेतोपाटी संवाददाता बाँकेमा ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमान-श्रीमतीसहित तीन जना छन्।, कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीकाअनुसार यशोदा कार्कीको चप्परडौडीस्थित घरबाट शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, पाँच लाख ७३ हजार हजार ८ सय १० रुपैयाँ, डिजिटल तराजु बरामद भएको डिएसपी घर्तीले सेतोपाटीलाई बताए।, घर्तीका अनुसार रुद्रबहादुर कार्की पेशाले चालक थिए। उनले ब्राउनसुगरको प्रयोग तथा कारोबार गर्दै आएका थिए।, ‘पति-पत्नि प्रयोगकर्ता र ब्राउनसुगरको अबैध कारोबारी भएको खुलेको छ,’ डिएसपी घर्तीले भने।, ब्राउनसुगरको अवैध कारोबार भइरहेको सूचनाका आधारमा सुरूमा गिरीलाई पछ्याउँदै प्रहरी कार्कीको घर पुगेको थियो।, गिरी उनीहरूको घरबाट ब्राउनसुगर किनेर बाहिर निस्किएको केही बेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो।, गिरीमाथि सोधपुछ तथा अनुसन्धान गर्दा कार्कीको घरबाट ल्याएको भन्ने सुराकको आधारमा प्रहरी कार्कीको घर तसाली गर्न गएको इलका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी ऐनप्रसाद मल्लले बताए।, ठूलो परिमाणमा ब्राउनसुगर फेला परेको हुँदा कानुनी सजाय आजिवन वा १५ वर्षभन्दा माथि कैद सजाय हुन व्यवस्था रहेको उनले बताए।,
बाँकेमा ब्राउनसुगरसहित तीन जना पक्राउ |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ। , शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको हो। सोहि क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ। , खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।, महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।, बिहीबार जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।, महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ।, तस्बिरहरू:, , ,
कमलादीको लक्ष्मी बैंक परिसर खोतल्दा भेटियो टुकुचा खोला (तस्बिरहरू) |
सविता बुढा अछामको तर्माखाद गाउँपालिका-५ नाडामा पहिरो गएको १० घण्टा बढी बितिसकेको छ। , गाउँमा पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेपछि त्यहाँका स्थानीयहरू डराइरहेका छन्।, पहिरोमा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको छ। उनीहरूको खोजी गाउँले आफैंले गरेका थिए।, अहिले पनि सिमसिमे पानी परिहेको छ। डाँडाबाट पहिरो खस्ने अझै उच्च जोखिम छ। गाउँमाथिबाट अलिअलि ढुंगामाटो बगिरहेको छ। , पहिरोले आंशिक रूपमा क्षति पुर्याएका र उच्च जोखिममा भएका स्थानीयहरू सुरक्षित ठाउँमा जान चाहन्छन्। तर, सुरक्षित ठाउँ कसरी जाने भन्ने विकल्प उनीहरूसँग छैन। , ‘चारैतिरबाट बाटो बन्द छ, केही बुढापाका र बालबच्चामाथि छानामा राखेर आएका छौं, बाँचेका सबैलाई उद्धार गरी सुरक्षित ठाउँमा लान बाटो नभएर धेरै गाह्रो भएको छ,’ वडा सदस्य कमलादेवी बुढाले भनिन्।, उनका अनुसार पहिरो प्रभावितहरूलाई तत्काल सुरक्षित ठाउँमा लग्नुपर्ने अवस्था छ।, घटनाको लामोसमयसम्म त्यहाँ कुनैपनि उद्धार स्थानीयहरूको सम्पर्कमा छैनन्।, ‘पहिरो प्रभावित र बेपत्ता भएकाहरूको खोजीका लागि हाम्रो टोल समाजका सबै स्थानीयहरू जम्मा भएका छौं, गाउँकै प्रहरी चौकीका दुई जना प्रहरी पनि छन्,’ उनले भनिन्।, नाडावासीहरू अहिले उद्धारको टोलीको पर्खाइमा छन्। घटनास्थलतर्फ उद्धार टोली आएको या, नआएकोबारे केही जानकारी नभएको स्थानीय प्रतापबहादुर शाहीले बताए।, ‘प्रहरी अन्य उद्धार टोली सम्पर्कमा छैनन्, बाटो अवरूद्ध छ। कहाँ पुगे भन्ने केही सम्पर्क छैन,’ उनले भने।, उद्धारका लागि आफूहरूले कसैलाई फोन गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन्।, ‘हामी प्रभावितहरूको खोजी उद्धारमा छौं, हामी आफैं व्यस्त छौं, कसैलाई फोन गर्नसक्ने अवस्था छैनौं,’ उनले भने।, तुर्माखाद गाउँपालिकाका-५ का वडाध्यक्ष मोहनबहादुर शाहीका अनुसार घटनास्थलमा उद्धारका लागि गएका सुरक्षाकर्मी र प्रशासनको टोली बाटो अवरूद्धका कारण बीचमै अड्किरहेको छ।, ‘जिल्लाबाट गएका प्रहरी, आर्मी लगायतका सुरक्षा निकायका टोली बाटोमै अड्किएका छन् भन्ने जानकारी पाएको छ, वडा पाँचमा अडिएको छ। घटनास्थलबाट उनीहरू डेढ, दुई घण्टा टाढा छन्,’ उनले भने।, शाहीका अनुसार माथिबाट पहिरो आइरहेको कारण वडा नम्बर ५ कै ठाक्चा खोलामा थुनिएको छ। जताततै पहिरो छ। भिरालो जमिन छ। , ‘मेरो भर्खर आउँदै गरेको टोली फोनमा कुरा भएको थियो, खोलामा पहिरो आइरहेका कारण हामी बाटोमै रोकिएका छौं भन्दै थिए, उनीहरू माथिबाट आउनुपर्ने हो, बाटो थाहा नभएर तलबाट आएछन्, पहिरो कम भएदेखि केहि घण्टापछि घटनास्थलमा उक्त टोलीहरू पुग्छन् कि?,’ वडा अध्यक्ष शाहीले भने।, नाडाका तत्काल पाँच घरपरिवारलाई अन्त सार्नुपर्ने अवस्था छ। उद्धार टोली बाटोमै अलपत्र हुँदा सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न त्यहाँ लगिएको थियो।, ‘जोखिम परिवारलाई उद्धार गर्न केही समयअघि हेलिकप्टर सुर्खेतबाट लगिएको थियो, बाक्लो कुहिरो लागेकोले ल्यान्ड हुन सकेन, दुई-चार चक्कर लगाई फर्कियो, मौसममा केहि सुधार भएपछि फेरि लग्नेछौं,’ उनले भने।, नाडामा जग्गा जमिन धानवालीमा पनि ठूलो क्षति भएको छ। भिरालो जमिन भएकाले माथि पाखा डाँडाबाट आएको पहिरोले ठूलोमात्रामा जमिन लगेको वडाध्यक्ष शाहीले बताए।, ‘ठूलो पहिरो आएकोले बेपत्ता भएकाहरूको खोजी कार्य गर्न गाह्रो भएको हो,’ उनले भने।, जिल्ला प्रहरी कार्यालय अछामा डिएसपी नारायण डाँगीका अनुसार जिल्लामा पहिरोका कारण २२ जनाको मृत्यु भएको छ।, जिल्लामा अझै केही बेपत्ता छन्। ११ जनाको उद्धार गरेर अस्पतालमा ल्याई पुऱ्याएर उपचार भइरहेको छ। तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।, पहिरोका कारण तुर्माखादका ४ जना, कमलबजारका १२ जना, ढकारी गाउँपालिकामा १ जना गरी १७ जनाको मृत्यु भएको छ। पछि थप पाँच जनाको शव फेला परेको कार्यालयले जनाएको छ। , कमलबजार र ढकारी गाउँपालिकामा पहिरो प्रभावितहरूको उद्धार करिब-करिब भइसकेको छ। तर पनि तुर्माखाद गाउँपालिका विकट भएका कारण उद्धार टोली घटनास्थलमा पुग्न नसकेको उनले बताए।, ‘अहिले पहिरो प्रभावितहरूको उद्धार कार्य जारी छ, तुर्माखादमा अहिलेसम्म पहिरो आइरहेको र बाटो अवरूद्ध भएको र त्यसमाथि उक्त स्थल धेरै विकट र टाढा भएका कारण उद्धार टोली घटनास्थलमा पुग्न नसकेको हो,’ उनले भने।, मृतकको पहिचान पनि खुलेको छ।, ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ। , यस्तै, कमलबजार नगरपालिका-६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरू कामीको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ।, यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।,
अछाममा पहिरोले गाउँ लगेपछि नाडावासी उद्धारको पर्खाइमा |
रासस अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। , लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।, अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ। यस्तै छ जना बेपत्ता छन्।, उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ।, हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ।, प्रशासन कार्यालयकाअनुसार उक्त वडामा तीन जना पहिरामा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए।, ‘यकिन विवरण आइसकेको छैन। मृतकको सङ्ख्या बढ्न सक्छ,’ उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।’ , त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ। अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ। लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौं परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।,
अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुग्यो |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।,
३ हजार ७४० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार ५७४ जनाको पिसिआर र २ हजार १६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १९६६ जना सक्रिय संक्रमित छन्।,
१३१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ६३ कोरोना संक्रमित |
सेतोपाटी संवाददाता विगत चार महिनादेखि भारतमा बाध्यकारी तथा बेचबिखनको उच्च जोखिममा रहेका १० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।, भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बाल कल्याण समिति मुम्बइको समन्वयमा बालकहरूको उद्वार गरिएको हो।, विगत २४ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘साथसाथ’ संस्थाले बालकहरूको उद्धार गर्न पहल गरेको थियो। , उद्धार गरिएका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा लगायत सरोकारवाला निकायहरूको समन्वयनमा परिवारसँग पुर्नमिलन गराइएको छ।, उद्धार भएका ११ देखि १७ वर्ष उमेर समुहका बालकहरू रौतहट, सुनसरी र मोरङ जिल्लाका छन्। , पछिल्लो समय नेपालबाट विभिन्न बाहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरूमा लैजाने क्रम बढेको राष्ट्रिय बालअधिकार परिषदका देवीप्रसाद डोटेलले बताए।, ‘बेचबिखनमा बालिका तथा महिला मात्र नभई बालकहरू पनि उच्च जोखिममा रहेको यो घटनाले पुष्टि गर्छ, त्यसैले बालकप्रति संवेदनशील हुनुपर्ने अवस्था रहेको छ,’ डोटेलले भने। , मधेस प्रदेश राष्ट्रिय बालअधिकार परिषदका संयोजक संजिब महतोले बालबालिकाप्रति अभिभावकहरू नै चनाखो हुनुपर्नेमा जोड दिएका छन्। उनले बालकको अवस्थाबारे थप फलोअप गर्ने समेत बताए। , कार्यक्रममा विरगञ्ज महानगरपालिका बाल कल्याण अधिकारी सावित्रि भण्डारी, महिला बालबालिका सेवा केन्द्र पर्साकी प्रहरी सहायक निरीक्षक नयनकला टमाटा, अधिवक्ता तथा अभियान्ता दिलिप कोइराला, अभियन्ता रसना ढकाल लगायतको उपस्थिति रहेको थियो।,
भारतमा बेचबिखनको जोखिममा रहेका १० बालकको उद्धार |
नारायण खड्का दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाएकी छन्। , घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आगो लगाएको थियो। , उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखिएको ठाउँमा जलाइएको थियो। , खत्री स्वंयले सुरूमा ब्याट्रीबाट करेन्ट प्रवाह भई एकाएक आगो लागेको हुन सक्ने प्रहरीलाई बताएका थिए। प्रहरीले पनि त्यही नै सोचेको थियो। तर, आसपासमा केही प्लाष्टिकका टुक्राहरू देखिएको थियो। त्यसपछि प्रहरीले शंका गरी अनुसन्धान अगाडि बढाएको थियो। , जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमका अनुसार अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा खत्रीकी आफ्नै बहिनी बागलुङ घर भई झन्डै एक महिनादेखि घोराही उपमहानगरपालिका-१५ मा बस्दै आएकी २९ वर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका-१७ घर भई कमलासँगै बस्दै आएका २३ वर्षीय मिलन पौडेलले मिलेर आगो लगाएको तथ्य खुलेको छ। , कमला र मिलन भदौ ८ गते मात्रै काठमाडौंबाट घोराही आएका थिए। , डिएसपी गौतमका अनुसार पौडेलले कमलालाई अरू मान्छे अगाडि बोलाउँदा दिदी नाताले बोलाउने गरेतापनि उनीहरूबीच अरू सम्बन्ध रहेको तथ्य स्पष्ट भइसकेको छ।, ‘पौडेलले मैले कमला दिदीबाट पैसा लिन पर्ने हुँदा लिन भनेर आएको हुँ भन्ने गरेको भएपनि उनीहरू यो बीचमा रातदिनसँगै कोठामा बसेको पाइएको छ,’ गौतमले भने, ‘त्यही कारण दाजुले बहिनीलाई गाली गर्दै आएका थिए।’, अघिल्लो दिन मात्रै दाजुले बहिनी कमला र मिलनलाई सार्वजनिक रूपमै गाली गरेका थिए। साथै बहिनीलाई आफ्नो चरित्रको ख्याल गरेर बस्नुपर्छ भन्दै थप्पड समेत हानेका थिए। त्यसको दोस्रो दिन कमला बिरामी भएपछि दाजु भाउजूसहित मिलन पनि अस्पतालमा उपचारका लागि पुगेका थिए।, राती अस्पतालमा देखाएर फर्किने क्रममा कमला र मिलनले दाजु भाउजूलाई बच्चाबच्चीसहित कोठामा जान आग्रह गरेका थिए। त्यसपछि दाजु भाउजू आफ्नो कोठामा फर्किएको प्रहरीले जनाएको छ। , पछि-पछि आउँदै गरेका कमलाको मनमा दाजुसँग बदला लिने सोच जागेको र उक्त योजना मिलनलाई समेत सुनाएको डिएसपी गौतमले बताए।, ‘दुवै जनाले बाटोमा फेला परेका बोरा र प्लाष्टिक टिपेर अटो पार्किङ भएको ठाउँमा पुगेछन्,’ उनले भने, 'त्यहाँ आगो बालेर अटोमा झोसिदिएछन् र कोठामा गएर सुतेछन्।', अनुसन्धानको क्रममा दाजुको अटोमा बहिनीले नै योजनाबद्ध ढंगले आगो लागाएको भन्ने सूचना पाएको डिएसपी गौतमले बताए।, त्यसपछि उनीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्वीकार गरेको पनि प्रहरीले जनाएको छ।, डिएसपी गौतमका अनुसार कमला र मिलनको भेट काठमाडौंमै भएको खुल्न आएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
एक थप्पड हानेपछि बहिनीले केटा साथीसँग मिलेर जलाइन् दाजुको अटो |
सेतोपाटी संवाददाता हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको अधिकांश स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा रहेको छ ।, जसको प्रभावले अझै केही दिन वर्षा हुनेछ। ठूलो पानी नपरे पनि अझै केही दिन हल्का वर्षा भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, भोलि सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।, मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,
वर्षा अझै केही दिन जारी रहने, यस्तो छ आजको मौसम |
एजेन्सी दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ।, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।, युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ। ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो।, ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो। राजधानी ताइपेईमा केही समय भवनहरू हल्लिएका थिए।, विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा थोरै जनसङ्ख्या रहेको क्षेत्र हो।, Notable quake, preliminary info: M 6.6 - 91 km E of Yujing, Taiwan ,https://t.co/HUPonReDi2,
— USGS Earthquakes (@USGS_Quakes) ,September 17, 2022, रोयटर्सका अनुसार भूकम्प गए पनि ताइवानको पूर्वी तटमा बिजुली आपूर्तिमा कुनै अवरोध भएको छैन। यस्तै दक्षिणी सहर ताइनान र काओसिङमा रहेको विज्ञान पार्क, प्रमुख अर्धचालक कारखानाको घर लगयातमा कुनै प्रभाव परेको छैन।, भूकम्पको रेक्टर स्केल ७ भन्दा माथि नभएसम्म ताइवानले सुनामीको चेतावनी दिने गरेको छैन।, दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो।, सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए।,
ताइवानमा शक्तिशाली भूकम्प |
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार धनगढीको पार्क मोडमा युवाहरूले प्रदर्शन गरेका छन्।, विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवाहरूको एक समूहले पार्क मोडमा डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यान आकर्षण गर्न प्रदर्शन गरेको हो।, धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे मागसहित डाक्टर केसी ६ दिनदेखि २० औं सत्याग्रहमा बसेका छन्।, सत्याग्रहको तीन दिनपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको छ। उनी सेती प्रादेशिक अस्पतालको बेडमै सत्याग्रहमा छन्।, खाना नखाएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रादेशिक अस्पतालले एक सूचना समेत जारी गरेर जानकारी गराएको छ।, स्वास्थ्य अवस्था गम्भीर भएपनि यसतर्फ सरकारले ध्यान नदिएको विषयमा चासो राख्दै प्रदर्शन गरिएको सेती प्रादेशिक अस्पतालमा कार्यरत दन्त चिकित्सक डाक्टर अमृत जैसीले जानकारी दिए।, ‘चिकित्सा क्षेत्र सुधारको निम्ति अनशनरत डा. केसीको स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गइरहेको छ। उहाँको मागतर्फ सरकारको ध्यान जाओस्, सरकारले गठन गरेको वार्ता टोलीसँग छिटो वार्ता होस्,’ उनले भने।, उनका अनुसार आइतबार बिहान ९ बजे पार्कमोडमा पुन: बृहत् प्रदर्शनको तयारी भइरहेको छ।, खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए।, ‘अहिले सुगर धेरै घटेको छ। श्वासप्रश्वासमा पनि विस्तारै समस्या देखिएको छ। ६ दिनदेखि केही खानेकुरा नखाँदा शरीर एकदमै कमजोर महसुस हुने, मांसपेशी र टाउको दुख्ने लगायत समस्या देखिएका छन्,’ डाक्टर कमरले भने।, मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर आवाज उठाउँदै आइरहेका केसीले प्रधानमन्त्रीको क्षेत्रमा सत्याग्रहमा बसे माग सम्बोधन हुन्छ कि भन्ने विश्वासमा सत्याग्रह जारी राखेका छन्।,
गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि युवाहरूले गरे प्रदर्शन |
रासस अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।, कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ।, यस्तै कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामीको मृत्यु भएको छ।, कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।, पहिरोमा परी ११ जना घाइते भएका छन्। ती मध्ये तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो।,
अछाम पहिरो: मृतकको संख्या २२ पुग्यो, ११ घाइते |
सेतोपाटी संवाददाता काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको छ।, आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको हो। , शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो।, केनाइन स्कुलबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको एसपी मैनालीले बताए।, मृतकको टाउकोमा चोट लागेको छ।, चोट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,
काठमाडौंको गैरीगाउँमा मृत भेटिए युवा |
सविता बुढा गत वर्ष कात्तिकमा परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको थियो। कैलाली र कञ्चनपुरमा लगाएको धान बालीमा त्यतिबेला धेरै नोक्सानी पुगेको थियो। , अहिले त्यहीँको प्रभावले यहाँको जनजीवनमा असर परेको छ। , यो वर्षपनि सुदूरपश्चिममा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ। , पछिल्लो सातायता मात्रै यस प्रदेशमा बाढी र पहिरोका कारण २७ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्। , गत शुक्रबार दार्चुलाको महाकालीमा आएको बाढीबाट-२ र नौगाडमा गएको पहिरोबाट-३ गरी पाँच जनाको मृत्यु भएको छ। बाढीमा बेपत्ता भएका अन्य दश जनाको खोजी अझै जारी छ। उनीहरू फेला परेका छैनन्।, मानवीय क्षतिसँगै त्यहाँको खेतीयोग्य जग्गा जमिन, भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन्।, उनका अनुसार बेपत्ता दश जनाको खोजी जारी छ। , ‘उहाँहरूलाई खोज्ने जारी छ, खोला बढ्ने र घट्ने भइरहेकाले बेपत्ताको खोज्न सकिएको छैन। यस्तै महाकालीमा पनि पानीको बहाव घटेको छैन, खोलामा ठूलो भल छ, त्यहाँ खोज्न स्काइभेटर लगाइरहेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी साउँदले भनिन्।, जिल्लामा प्रारम्भीक तथ्यांक संकलनको क्रममा महाकाली नगरपालिका बाढीबाट ७५ र नौगाड गाउँपालिकामा पहिरोबाट १७ गरी ९१ घरपरिवारहरू प्रभावित भएका छन्। , जसमध्ये ४२ घरपरिवार पुर्णरूपमा विस्थापित भएको छन्। , प्रदेश सरकारले दिने राहतमा बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई एक/एक लाख र ३० हजार क्रिया खर्च भन्दै एक लाख ३० हजार रकम प्रदान गर्ने सहायक प्रमुख जिल्ला अधिकारी साउँदले बताइन्।, यस्तै पूर्णरुपमा विस्थापित भएका घरपरिवारलाई ५० का दरले राहत उपलब्ध गर्ने भएको । , ‘राहत रकम दिनका लागि मुचुल्का गर्ने काम भइरहेको छ, केहि दिनमा राहत दिने भन्ने छलफल भइरहेको छ, आंशिक क्षति भएका परिवारलाई राहत दिन प्रदेश सरकारलाई थप तथ्यांक पठाउँछौं, त्यहाँबाट रकम आए राहत प्रदान हुन्छ, अझै प्रभावित बढ्ने अनुमान पनि गरिएको छ,’ उनले भनिन्।, जिल्ला विपद् व्यवस्थापन समितिका रहेको संघ सरकारको बजेटबाट पनि आवश्यकता हेरेर राहत प्रदान गरिने उनले बताइन्।,
बाढी र पहिरोबाट प्रभावित भएकाहरू अहिले आफन्त तथा सरकारी भवनमा बसेका छन्। , यस्तै दुई दिनदेखि परेको अविरल वर्षाका कारण शुक्रबार राति अछाममा पनि ठूलो मात्रामा जनधनको क्षति गरेको छ। , यहाँको तुर्माखाद गाउँपालिका–५ नाडामा दुईघर पुरिदा ९ जना पहिरोमा बेपत्ता भएका थिए। जसमध्ये अहिलेसम्म ८ जनाको शव फेला परिसकेको छ भने अझै एक जना फेला परेका छैनन्। पानी परिरहेकाले नाडामा अझै पहिरोको जोखिम छ। त्यहाँ अहिले उद्धार टोली पुगिसकेका छन्, उनीहरूले बेपत्ता खोजी गरिरहेका छन् भने, जोखिममा रहेकालाई अर्काे सुरक्षित गाउँमा सार्ने काम भइरहेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।, ‘गाउँपालिकासँग समन्वय गरेर उद्धारको काम भइरहेको छ, आज टाढा भएकोले राहत दिन सकिएन, भोली राहत लिएर जान्छौं, उद्धार टोली पनि त्यतै छ,’ उनले भने।, यस्तै, कमलबजार नगरपालिका–६ र ८ वडाका १२ जनाको पहिरोमा पुरिएर ज्यान गएको छ।, ढकारी गाउँपालिका–६ मा पनि एक जानको पहिरोका कारण मृत्यु भएको छ। सोही ठाउँका एक जना अझै बेपत्ता छन्। , जिल्लाका तीनवटा स्थानीय तहका पाँच ठाउँमा पहिरो जाँदा त्यहाँ अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। केहि बेपत्ता भएका छन्। यसका साथै भौतिक संरचनामा पनि धेरै क्षति भएको रिजालले जानकारी दिए।, ‘बेपत्ताको यकिन तथ्यांक थाहा भएको छैन, आज हामीले स्थानीय तहसँग समन्वय गरेर उद्धारको काम गरिरहेका छौं, विस्थापितलाई खाना, बासको व्यवस्था रहेका जोखिममा रहेकालाई सुरक्षित ठाउँ राखिरहेका छौं, राहतको लागि पनि पहल गरेका छौं, निर्णय भएपछि भोली, पर्सी राहत वितरण गर्नेछौं,’ उनले भने। , यस्तै प्रदेशका अन्य पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढेको छ भने यी जिल्लामा पहिरोबाट कयौं परिवार विस्थापित भएका छन्।, पानी परिहेकोले जोखिम स्थानमा रहेका स्थानीयले सर्तकता अपनाउन सम्बन्धित जिल्ला प्रशासनले सूचना जारी गरेका छन्। , यता तराईका कैलाली र कञ्चनपुरमा पनि नदीमा पानी बहाव बढेर आएको बाढीले हजारौं घर डुवानमा परेका छन्।, कैलालीमा बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, लम्कीचुहा र धनगढी उपमहानगरपालिकाका बस्तीहरू डुबानमा परेका छन्। कैलालीको पहाडी क्षेत्रपनि पहिरोले प्रभावित भएको छ।, बढी मात्रामा कैलालीको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। , उनका अनुसार बाढीका जिल्लाका ६ हजार बढी नागरिकहरू प्रभावित भएका छन्।, नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको पनि सूचना अधिकारी जोशीले बताए।, खोलामा बगेर एक युवती बेपत्ता भएकी छन्। धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिए।, चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ।, उता कञ्चनपुरमा पनि हजारौं घर डुवानमा परेका छन्, भने शुक्लाफाँटा–१२ मा तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यहाँ बनहरा नदीमा जलस्तर बढिरहेको र तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ।, तस्बिरहरू:,
बाढी-पहिरोको प्रभाव: सुदूरपश्चिममा ठूलो जनधनको क्षति |
सेतोपाटी संवाददाता दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।, घाइते चार जनामध्ये जिप चालक धनबहादुर धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।, नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटना दुर्घटना भएको थियो।, दुर्घटनामा चालक धामीसहित २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।, घाइते सबैको गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।,
दार्चुलामा जिप दुर्घटना हुँदा चार जना घाइते |
एजेन्सी दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदैछ। स्थानीय समय अनुसार ११ बजे अन्त्येष्टि हुने बीबीसीले जनाएको छ। उनको अन्त्येष्टि वेस्टमिनिस्टर अब्बेमा हुनेछ।, उनीप्रति अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न विश्वभरबाट पाँच सय प्रतिनिधि उपस्थित हुनेछन्। नेपालबाट परराष्ट्र मन्त्री कार्यक्रममा सहभागी भएका छन्।, उनको निधन १० दिनअघि भएको थियो। एलिजावेथ द्वितीय ७० वर्ष बेलायतको महारानी भएकी थिइन्।,
बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदै |
प्रशन्न पोखरेल काठमाडौंनजिकै बर्खाको पानी संकलन गरेर ताल बनाइएको छ।, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको सिमसार क्षेत्रलाई केही विस्तार गरेर २४ मिटर अग्लो ड्याम बनाएर 'धाप ताल' बनाइएको हो।, यहाँ धापमा बाँध बाँधेर ताल बनाउनुको उद्देश्य हिउँदमा बागमतीमा पानीको बहाब बढाउनु हो।, केही वर्षयता काठमाडौं उपत्यकामा पानीको उपलब्धता र गुणस्तर घट्दै गइरहेको छ। सहरबीचमै बागमती नदी भए पनि यहाँको पानी छोइसक्नु छैन। ढल मिसिएर प्रदूषित छ। हिउँदका बेला त पानीको बहाबै कम हुन्छ।, त्यसैले बर्खाको असार, साउन, भदौ र असोजमा परेको पानी जम्मा गरेर बाँकी आठ महिना बागमतीमा पानीको बहाब बढाउन धापमा बाँध बनाएर कृत्रिम ताल बनाइएको हो। यो बाँध निर्माण गर्न सन् २०१५ मै सम्झौता गरिएको थियो, भ्याटबाहेक ४५ करोड रूपैयाँमा।, कृत्रिम ताल निर्माण आयोजनाका अनुसार बाँध बनाउन एसियाली विकास बैंकबाट ऋण लिइएको छ। ४५ करोडमध्ये ८४ प्रतिशत ऋण हो भने बाँकी नेपाल सरकारले बजेट दिएको छ।, धापको ड्याममा ८ लाख ५० हजार घनमिटरभन्दा धेरै पानी संकलन गर्न मिल्छ। तालमा पानी भरिन करिब तीन मिटर मात्रै बाँकी छ।, धाप नागमती नदीको मुहानस्थल हो। नागमती बागमतीको सहायक नदी हो। धापमा संकलन गरेको पानी अब हिउँदमा त्यहाँबाट प्रतिसेकेन्ड ४० लिटरका दरले नागमतीमा छाडिन्छ। नागमती हुँदै पानी बागमतीमा मिसिन्छ र हिउँदका बेला बागमतीमा पानीको बहाब केही बढ्छ।, 'सुन्दरीजलभन्दा तलको क्षेत्रमा बागमतीको पानी गुणस्तरहीन छ। खान मिल्दैन, नुहाउन मिल्ने छैन,' बाँध निर्माण आयोजनामा खटिएका इञ्जिनियर निश्चल छत्कुलीले भने, 'अब भने धाप ड्याममा जम्मा भएको सफा पानी नागमती हुँदै बागमतीमा पठाउँछौं।', १२ हेक्टरको तालमा पछिल्लो अनुगमनले १३ लाख घनमिटरसम्म पानी अडिने देखिएको छ। काठमाडौंनजिकै रहेकाले यो ताललाई पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्न खोजिएको छ।, 'निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पर्यटकलाई नियमनसहित घुम्न दिनेबारे पनि छलफल भइरहेको छ,' उनले भने, ‘यसबारे शिवपुरी-नागार्जुन निकुञ्जसँग कुराकानी गरिएको छ।’, यो ताल चाबहिलबाट करिब ३५ किलोमिटरको दूरीमा छ।, यो ताल जान सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रबाट जंगल नै जंगलको बाटो उकालो लाग्नुपर्छ। सडक कच्ची भए पनि चारपांग्रे र दुईपांग्रे सवारी जान सक्छन्।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, बागमती सुधार आयोजनाले हिउँदमा बागमतीमा पानी प्रवाह गर्न यो ताल बनाएका हुन्।, बागमतीमा पानीको बहाब अझै बढाउन अर्को आयोजना पनि बनाउने तयारी छ।, नागमती खोलामा बाँध बनाएर धाप र नागमती गरी प्रतिसेकेन्ड ४५० लिटर पानी बागमतीमा छाड्ने तयारी छ। धापमा बाँध बनाएर पानी संकलन गरिसके पनि नागमती बाँध अध्ययनकै क्रममा छ।, भिडिओ:, धापभन्दा केही तल शिवपुरी-नागार्जुन निकुञ्जभित्रकै जग्गामा नागमती बाँध बाँध्ने र त्यहाँबाट २.१२ मेगावाट बिजुली निकाल्ने तयारी रहेको इञ्जिनियर छत्कुलीले बताए। बाँध स्थलबाट करिब चार किलोमिटर पाइपलाइनबाट पानी लगेर सुन्दरीजलको पावर-हाउसमा खसाउने योजनाका साथ अध्ययनको काम भइरहेको छ।, सन् २०१७ मै एसियाली विकास बैंकको आर्थिक सहयोगमा नागमती बाँधको विस्तृत सम्भाव्यता अध्ययन सुरू गरिएको थियो। धापजस्तै नागमती बाँधमा पनि पानी संकलन गर्न सके हिउँदमा प्रतिसेकेन्ड ४५० लिटर सफा पानी बागमतीमा मिसाउन सकिने उनले बताए।, नागमतीमा बाँध बनाएर पानी संकलन गर्न वन मन्त्रालय र शिवपुरी-नागार्जुन निकुञ्ज लगायतले सहमति दिइसकेका छन्। यो बाँध बनाएर विद्युत पावस हाउस बनाउँदा जम्मा १४ घरलाई मुआब्जा दिएर हटाउनुपर्ने देखिन्छ, अरू सबै निकुञ्जको क्षेत्रभित्र पर्छ।, नागमतीमा ९४.५ मिटर उचाइको बाँध हुनेछ।, वल्लो डाँडादेखि पल्लो डाँडासम्म फैलिने ड्याम पाँच सय ५३ मिटर लम्बाइको हुनेछ। यो बाँध बनाउँदा ५० हेक्टर निकुञ्जको जग्गा डुबानमा पर्ने अध्ययनले देखाएको छ।, नागमतीको पानी मेलम्ची खानेपानी आयोजनालाई दिएर काठमाडौं उपत्यकाभित्र वितरण गर्न सकिने पनि उनले बताए। यसका लागि पनि अध्ययन भइरहेका छन्।, नागमती बाँध बनाउन सन् २०१७ मा गरेको अध्ययनअनुसार ७ अर्ब ६२ करोड रूपैयाँ लाग्ने देखिएको थियो। , , , ,
४५ करोड खर्चेर काठमाडौंनजिकै डाँडामा किन बनाइयो ताल? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.