content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्।, उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। , उनले आफू निर्दोष रहेको बताउँदै आएका छन्। उनीमाथि १७ वर्षीया बालिकालाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप छ। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।, सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ।, छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन। घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ।, जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।, त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, सम्बन्धित समाचारहरू: , सन्दीप लामिछानेविरूद्ध 'डिफ्युजन नोटिस' जारी, कहाँ गए सन्दीप लामिछाने?, सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, सन्दीप लामिछाने प्रकरण : राष्ट्रिय टोलीका व्यवस्थापकलाई स्पष्टीकरण सोध्न माग, सन्दीपले भने- नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु, क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, प्रहरीले अब के गर्छ?, सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्‍यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो, सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने
नवीनबाबु गुरूङ ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैंको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्।, यस पर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।, दसैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।, जात्राको छैठौं दिन शनिबार सिकाली मन्दिर परिसरमा देवगणहरूले नाचगान र परिक्रमा गरेका थिए। यो नृत्य सातौं दिन अर्थात् फूलपातीको दिन पनि गरिनेछ। , खोकनाबासीहरू सिकाली जात्रा दसैं जत्तिकै महत्वपूर्ण भएकाले दसैं नमनाएको बताउँछन्।, तस्बिरहरू:, खोकना यसरी मनाइयो ‘सिकाली पर्व’ (तस्बिरहरू)
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।, मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।, दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन्।, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
रासस धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। , यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। , सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले बताए।, मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन।, सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए।, दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए। घाइतेमध्ये पाँच जनाको अवस्था जटिल छ। दुईको अवस्था सामान्य छ।, धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
रासस यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्‍यो। केही पूर्णरूपमा विस्थापित भए भने केही आंशिक रूपमा।, पूर्ण रूपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रूपमा विस्थापित भएका राहतको लागि नगरपालिका धाउनमै व्यस्त छन्। , चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन। बाढीले क्षति पुर्‍याएका स्थानमा कयौंको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौंको बाढीले भिजेर पूर्ण रूपमा नष्ट भयो। भजनी नगरपालिका–५ लालभोजीमा तुलाराम चौधरी मङ्गलबार नगरपालिका पुगेका थिए।, बाढीका कारण विस्थापित भएका उनी राहतका लागि नगरपालिका पुगेका हुन्। घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका पुगेका उनी चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउँछन्।, ‘छ जनाको परिवार छ। घरमा खानको लागि केही छैन’, उनी भन्छन्, ‘के खाने, के लगाउने निकै समस्या छ। परिवार पाल्नुछ। खेती पाक्न अझै महिना लाग्छ।’, सोही ठाउँका रामबहादुर चौधरी पनि बाढीका कारण विस्थापित भए। घरको अन्नपात बग्यो। खेतमा लगाएको धानबाली नष्ट भयो। शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन नसकेका रामबहादुरलाई पनि खानको निकै समस्या भएको छ। नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उनी भन्छन्।, ‘घरमा खानलाई केही छैन। लगाउनलाई न त लुगा’, उनी भन्छन्, ‘चाडपर्व आए, आफूहरू त जसोतसो चुप बसौंला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पीर छ।’, उनी गाउँघरमा अरूको देखासिखी बढी चल्ने गरेको बताउँदै अर्कोले खाएको र लगाएको बालबालिकालाई जसरी पनि पुर्‍याउनुपर्ने बाध्यता जस्तै बन्ने गरेको बताउँछन्।, ‘हामी पीडित छौं। चाडपर्वमा रमाइलो नगर भन्नुभएन। आफूसँग अरूले गरेजस्तो गर्न स्रोत छैन’, उनी भन्छन्, ‘नगरपालिकाले २५ केजी चामल उपलब्ध गराएको छ। त्यसै चामलले हामीले दसैं मनाउनु छ। के बालबालिकाको इच्छा पूरा होला, चाडवाडमा के हाम्रो पेट भरिएला ?’, भजनी–३ का राजेन्द्र विक अझै घर फर्किएका छैनन्। परिवारका अन्य सदस्य घर फर्किएको भए पनि आफू अझै हुलाकी सडकको त्रिपालमै बस्दै आएको उनी बताउँछन्।, ‘घर लिपपोत हुँदैछ। गाई वस्तुको गोठ भत्केका कारण अन्त बाँध्ने ठाउँ नभएपछि तीनको रेखदेखको लागि हुलाकी सडकमै छु।’ उनी भन्छन्, ‘गोठ बनेपछि घर गाई वस्तु लिएर जानुपर्ला।’, उनी घर पुगेर अस्तव्यस्त घरको अवस्था, हिलाम्मे आँगन, भत्केका घरका भित्ताले मन थाम्न मुश्किल हुने गरेको बताउँछन्।, वडा नं ८ का रति ढकाल अझै घर फर्किएका छैनन्। उनी हुलाकी सडकको किनारमा त्रिपालमै बस्दै आएका छन्। उनका लागि यो पटकको दसैंले छुन सकेको छैन। दिउँसो घर पुगेर घर मर्मतको काम गरे पनि बस्नको लागि त्रिपालमै आउनुपर्ने बाध्यता रतिलाई छ।, ‘घर छैन। जमरा राख्ने ठाउँ छैन। खानको लागि घरमा अन्न छैन। हामीलाई केको दसैं।’ उनी भन्छन्, ‘ज्यान बाँचेको छ। कतैबाट खाद्यान्न सहयोग भयो भने त्यसैबाट गुजारा गरेर ज्यान जोगाउने बाटो खोज्दै छौं। यो वर्षको दसैं त त्यस्तै भयो हाम्रा लागि।’, भजनीका बाढी प्रभावितलाई सबभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ। घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ। खेतमा लगायतको धानबाली पनि कयौं किसानको नष्ट भएको छ। बाँकी रहेको धान भित्र्याउन पनि अझै महिना दिन लाग्ने स्थिति छ।, यसमा नगरपालिका पनि निकै चिन्तित छ। बाढीका कारण विस्थापित भएका करिब सात हजार परिवारलाई नगरपालिकाले आवश्यक खाद्यान्न उपलब्ध गराउन सक्ने स्थिति पनि छैन।, ‘हाम्रो चिन्ता पनि नागरिकलाई भोको हुन नदिन के गर्न सकिन्छ भन्ने नै हो।’ , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले भन्छन्, ‘घरमा भएको अन्न खाली भइसकेको छ। बाहिरको भित्र्याउन अझै एक महिना लाग्छ। अब एक महिनासम्म पुग्ने राहत नगरपालिकाको स्रोतले भ्याउन सक्दैन।’, उनी बाढीका कारण तीन हजार घर पूर्ण र चार हजार घरमा पानी पसेको अनुमानित तथ्यांक रहेको बताउँदै अझै वास्तविक तथ्यांक आउन समय लाग्ने बताउँछन्।, ‘हामीसँग वास्तविक तथ्यांक आइसकेको छैन। वास्तविक तथ्यांक आएपछि कति क्षति भएको रहेछ थाहा हुनेछ’ उनी भन्छन्, ‘पानी पसेका घरमा पनि खाद्यान्न बचेको छैन। बचेको खाद्यान्न पनि काम नलाग्ने भएको हामीले देखेर आएका छौं।’, नगर प्रमुख केवल चौधरीले विस्थापित नागरिकका लागि आवश्यक राहत सहयोगका लागि आह्वान गरिएको जनाउँदै राहत सामग्री नगरपालिकालाई उपलब्ध भए पनि विस्थापित धेरै भएका कारण पुर्‍याउन नसकिएको बताउँछन्।,  , बाढी प्रभावित भन्छन्: चाडपर्व आयो के खाने, के लगाउने ?
सुदीप श्रेष्ठ हात्तीसारमा टुकुचा खोल्सा जमिनमुनि बगाउन निर्माण गरिएको सुरूङ उत्खननको घटनापछि दुइटा नाम सामुन्ने आए —, एउटा नाम वीरशमशेर जंगबहादुर राणा, जसले आजभन्दा कम्तिमा १३० वर्षअघि स्थानीय किसानहरूको जग्गा अधिग्रहण गरी भूमिगत सुरूङ बनाए।, अर्को जोगवीर स्थापित, जसको इञ्जिनियरिङ डिजाइनमा टुकुचा सुरूङ बन्यो।, टुकुचा सुरूङ मात्र होइन, राणा प्रधानमन्त्री वीरशमशेरका पालामा बनेका अधिकांश दरबार — नारायणहिति, सेतो दरबार, चारबुर्जा दरबार, फोहोरा दरबार, हात्तीसार दरबार, जावलाखेल दरबार — लगायतको इञ्जिनियरिङ डिजाइन पनि जोगवीरले नै गरेका हुन्।, करिब सय वर्षअघि स्वयम्भू महाचैत्य पुनर्निर्माण जोगवीरकै नेतृत्वमा भएको थियो।, यसबाहेक थुप्रै चैत्य र आफ्नै टोलमा बहाल र चोकहरू बनाएको श्रेय उनको खातामा छ।, इतिहास अक्सर राजा–महाराजाको लेखिन्छ। सर्वसाधारणको कथाले इतिहासमा बिरलै ठाउँ पाउँछ। त्यसमाथि कालिगढ र कर्मीहरूको इतिहास त झनै लेखिन्न। ठूल्ठूला दरबार, हवेली र संरचनाहरूको इतिहास हेर्ने हो भने त्यो काम जुन राजा–महाराजाको पालामा भयो, उनीहरूको विवरणले इतिहासको गाथा भरिएको हुन्छ तर त्यही काममा रगत–पसिना बगाउने कालिगढ र कर्मीहरूको कथा ‘फुटनोट’ मा खुम्च्याएर राखिन्छ।, वीरशमशेर राणा र उनका वंशजबारे इतिहासले जति बढाइचढाइ लेख्यो, जोगवीर स्थापितबारे एक वाक्यभन्दा बढ्ता लेख्ने दरकार राखेन।, इतिहासले त कतिसम्म अन्याय गर्‍यो भने, उनको नाममा धरि एकरूपता छैन। कहीँ जोगवीर भनिएको छ, कहीँ जोगलाल। कहीँ दुवै अलग–अलग व्यक्ति हुन् भनिएको छ, कहीँ दुवैलाई एउटै व्यक्ति बताइएको छ।, मैले यो स्टोरी लेख्ने क्रममा जोगवीर जन्मे–हुर्केको टोलमा गएर उनको परिवारका सदस्यहरूसँग भेटेको थिएँ। उनका छरछिमेक, खलकका विभिन्न व्यक्ति र स्थापित समाजका दुई जना पदाधिकारीसँग पनि कुरा गरेँ। उनीहरू जोगवीरलाई कुलकै ‘गौरव’ मान्छन् र सबैको एउटै भनाइ छ– ‘इतिहासले जसलाई जोगलाल भन्छ, उहाँको खास नाम जोगवीर हो।’, यति मात्र होइन, यी तत्कालीन समयका सुविख्यात कालिगढ, कर्मी वा इञ्जिनियरलाई काठमाडौंले माया र सम्मानका साथ सम्झने नाम त अर्कै रहेछ — जोगवीनाय:।, जोगवीरको छोटकरी रूप ‘जोगवी’ र त्यसमा उनको काम जनाउने ‘नाय:’ (नाइके) शब्द जोडेर– जोगवीनाय:।, को हुन् त जोगवीनाय:?, आजभन्दा १३० वर्षअगाडि जब जनताका सन्तानलाई पढ्ने–लेख्ने सुविधा थिएन, त्यस्तो समयमा पनि उनी कसरी त्यत्रा आलिशान दरबार, कुशल कालिगढी झल्किने चैत्य र जमिन खनेर टुकुचा बगाउने भूमिगत सुरूङ खन्न काबिल भए?, के हो उनको शिल्पको राज? को हुन् उनका सन्तान? कहाँ बस्छन् ती? के गर्छन् ती?, यो कथा इतिहासको ‘फुटनोट’ मा सीमित उनै जोगवीर स्थापित उर्फ जोगवीनाय: र उनको वंशको वृत्तान्त हो।, इतिहासको पानामा गुमनाम मान्छे खोज्नु भनेको आफैंमा एउटा यात्रा हो। यो यात्रामा पाँचवटा पडाव आउँछन्। यी पाँचै पडाव पार गरेपछि बल्ल हामी सय वर्षअघि नेपाल मण्डलमा आफ्नो इञ्जिनियरिङ शिल्प देखाएर धूम मच्चाएका जोगवीर स्थापित र उनको कामबारे बुझ्न सक्नेछौं।, आउनुहोस् यात्रा सुरू गरौं।, जोगवीर स्थापितको स्केच। तस्बिर स्रोत: उराय समाज, काठमाडौं, महानगरका मेयर प्रत्यासी केशव स्थापितले चुनावअघि कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी लिच्छवि कालदेखिको इतिहास भएका शिल्पी हौं। मल्लहरूको प्रवेशपछि तलेजु मन्दिरदेखि थुप्रै मल्लकालीन दरबारहरू बनाउने हाम्रै पुर्खा हुन्। हामीले यो थर यसै पाएका होइनौं। यज्ञ गरेर पाएको पदवी हो– स्थापित।’, उनको यो भनाइ सम्झेर मलाई लाग्यो, कतै जोगवीर स्थापित भनेका केशव स्थापितकै जिज्यू–हजुरबुवा त होइनन्? वा, उनकै पुर्खाका कुनै सदस्य पो हुन् कि?, यही प्रश्न सोध्न मैले केशव स्थापितलाई फोन गरेँ।, एक घन्टाको अन्तरमा दुईचोटि कल गर्दा पनि उनले उठाएनन्। त्यसपछि मैले आफ्नो परिचयसहित मेसेज पठाएँ। त्यसको आधी घन्टामा फेरि कल गर्दा उनले बल्ल उठाए र भने, ‘भाइ म जिम जान लागेको, एकदमै हतार छ। तपाईंले के सोध्न खोज्नुभएको, तुरून्तै भनिहाल्नुस् त?’, मैले आफ्नो प्रश्न राखेँ।, जवाफमा उनले भने, ‘जोगलाल स्थापित त नामै गलत, उहाँको नाम जोगवीर स्थापित हो। तर उहाँ मेरो खलकमा पर्नुहुन्न भाइ।’, उनले अगाडि भने, ‘हामी पनि जोगवीरजस्तै शिल्पी नै हौं। म मिखाढोँ (आजको चलनचल्तीको भाषामा मखन) को स्थापित हुँ। मेरो वंश मिखाढोँसँग सम्बन्धित छ। उहाँहरू चाहिँ थायमदुको स्थापित खलक पर्नुभयो।’, ‘थायमदु’ नाउँ धेरैका लागि नौलो हुनसक्छ। यो काठमाडौं कोर–सिटीको माथिल्लो बस्ती अर्थात् इन्द्रचोकबाट पश्चिमतर्फ ठमेल, थँहिति, छत्रपाटी लगायत क्षेत्रको मध्य–भागमा पर्ने प्राचीन नेवार बस्ती हो, जसलाई हिजोआज बोलीचालीमा ‘बांगेमुढा’ भनिन्छ।, तपाईंहरूले दाँत दुख्दा भित्तामा किला ठोकेर सिक्का गाड्ने ठाउँ देख्नुभएको छ? सडक किनारमा रहेको त्यो ठाउँमा आज पनि थुप्रै सिक्का गाडिएका देखिन्छन्। स्थानीयहरू त्यसलाई ‘वास्या द्यः’ भन्छन्। केही समयअघि त्यहाँ सिक्का गाड्ने काठ मान्छेहरूले काटेर लान थालेपछि सिसाको बाकसले छोपेर राखिएको छ।, ‘थायमदुको कुन ठाउँमा होला त जोगवीरहरूको खलक?’ मैले केशव स्थापितलाई सोधेँ, ‘के तपाईं उहाँको खलकको कोही मान्छे चिन्नुहुन्छ?’, उनले असमर्थता जनाए।, केही व्यक्तिको नाम र फोन नम्बर त टिपाए तर ती व्यक्तिसँग सम्पर्क हुन सकेन।, एउटा कुरा चाहिँ थाहा भयो– जोगवीर स्थापित थायमदु अर्थात् बांगेमुढाका बासिन्दा रहेछन्। यो सूचना एउटा मुख्य ‘ब्रेक–थ्रू’ थियो।, यहाँ हाम्रो यात्राको पहिलो पडाव पार हुन्छ। अब हामीले थायमदुको घना बस्तीमा स्थापित खलक पहिचान गर्नुछ।, बांगेमुढास्थित थायमदु सत्तल। तस्बिर: नारायण महर्जन/सेतोपाटी, मल्ल, के. सुन्दर नेपाल भाषाका एक प्रख्यात् लेखक हुन्। उनका थुप्रै उपन्यास र किताबहरू प्रकाशित छन्। उनी राजनीतिकर्मी पनि हुन् र नेवार इतिहास र संस्कृतिका अध्येता पनि। त्योभन्दा महत्वपूर्ण परिचय त अर्कै छ — उनी मल्लकालमा तत्कालीन कान्तिपुर राज्यका विभिन्न मल्ल सामन्तहरूमध्ये एक सामन्तका वंशज हुन् जसलाई आज पनि ‘थकू जुजू’ भनेर चिनिन्छ। यस अर्थमा मल्ल राजाहरूसँग उनको धमिलो–धमिलो वंश साइनो गाँसिएको छ।, तर अहिले हामी जुन खोजमा छौं, त्यसका लागि मैले मल्ल के. सुन्दरलाई सम्झिनुको कारण अर्कै छ — उनी थायमदुका रैथाने बासिन्दा हुन्।, पारिवारिक विरासत, इतिहास र संस्कृतिका अध्येता र रैथानेसमेत भएकाले मलाई लाग्यो– थायमदुमा कसैले मलाई जोगवीर स्थापितको खलकसम्म पुर्‍याउन सक्छ भने ती मल्ल के. सुन्दर नै हुन्।, यहाँ मेरो अनुमान सही साबित भयो।, उनले जोगवीर स्थापितलाई वास्तविक नाउँले भन्दा ‘जोगवीनाय:’ भनेर बढ्ता चिनिन्छ भन्ने जानकारी मात्र दिएनन्, थायमदुमा उनको खलक कहाँ भेटिन्छ भनेर ठ्याक्कै ठाउँसमेत चिनाइदिए।, मैले उनले भनेअनुसार कुन बाटोबाट कता मोडिने र कुन गल्लीमा कतातिर छिर्ने भनेर डायरीमा नक्सा उतारेँ।, उनले यो पनि भनेँ, ‘त्यहाँ अहिले को–को बस्छन् मलाई थाहा छैन। जो बस्छन्, उनलाई जोगवीनाय:बारे कति जानकारी छ, त्यो पनि भन्न सक्दिनँ। तर एकचोटि त्यहाँ जानुभयो भने कोही न कोही अवश्य भेट्नुहुन्छ जसले तपाईंलाई जोगवीनाय:बारे बताउन सक्छ।’, यहाँ हाम्रो यात्राको दोस्रो पडाव पार हुन्छ। अब कम्तिमा जोगवीर स्थापित जन्मे–हुर्केको टोलसम्म हामी अवश्य पुग्नेछौं। त्यहाँ उनको खलक भेटिएला कि नभेटिएला, भेटिए पनि उनीहरू केही बताउन समर्थ होलान् कि नहोलान् भन्ने चाहिँ त्यहीँ पुगेपछि मात्र थाहा होला।, अगाडि बढौं है त!, थायमदुको न्हू बहा:। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, थायमदुमा, लिच्छविकालीन इखानारायण मन्दिर छ। त्यही मन्दिरलाई देब्रे पारेर असन जाने बाटोको दाहिनेपट्टि एउटा पुरानो सत्तल छ। काष्ठमण्डपकै ढाँचामा बनेको यो सत्तललाई ‘थायमदु’ भनिन्छ जसको नाउँबाटै टोलको नाउँ रहेको हो।, मल्ल के. सुन्दरसँग कुरा गरेपछि मलाई थायमदुमा जोगवीर स्थापितको टोल हेर्ने हुटहुटी यति बढ्यो, म त्यसै दिन राति ८ बजेतिर त्यहाँ पुगेँ।, डायरीमा कोरेको नक्सा पछ्याउँदै थायमदु सत्तलमा गएँ र त्यहाँका एक पसलेलाई ‘न्हू बहाः कहाँ पर्छ?’ भनेर सोधेँ।, उनले बाटो देखाइदिए।, म अब गन्तव्यको नजिक थिएँ।, थायमदु सत्तलको ठ्याक्कै पछाडि देब्रेतिर एउटा सानो गल्ली छ। घरहरूको बीचबाट छिर्ने त्यो गल्ली होचो भएकाले झुकेर हिँड्नुपर्छ।, जसै म साँघुरो, अँध्यारो गल्ली छिचोलेर भित्र छिरेँ, फराकिलो, उज्यालो बहाल मेरो सामुन्ने थियो।, न्हू बहाःको बीचमा दुइटा मध्यम आकारका बौद्ध स्तुप छन्। वरिपरि नेवार वास्तुकला झल्किने पुराना घरहरू छन्। केही नयाँ घर पनि बनिसकेका रहेछन् जसले नेवार वास्तुकलाको क्रमभंग गरेको अनुभूत हुन्छ।, रातको समय भएकाले बहाल सुनसान थियो। थुप्रै मोटरसाइकल दाँतको लहरझैं लश्कर मिलाएर पार्क गरिएका थिए। दिनभरि गल्लीमा भौंतारिएर थाकेका कुकुरहरूले मेरो पदचाप सुनेर पुलुक्क टाउको उठाए तर भुक्ने कष्ट गरेनन्।, मैले वरिपरि नियालेँ। त्यहाँ एक जना पनि मान्छे थिएनन्। घरहरूबाट भान्साको टाङटुङ आवाज सुनिँदै थियो। कुनै कुनै घरको झ्यालबाट हिन्दी सिरियलको संवाद उडेर आउँदै थियो।, मैले फेरि डायरी हेरेँ।, मल्ल के. सुन्दरले भनेका थिए, ‘न्हू बहाः पुगेपछि सिधा अगाडि अर्को गल्ली देख्नुहुन्छ। त्यो गल्ली नाघेपछि सानो चोक आउँछ। त्यसलाई ‘दथू चूक’ भनिन्छ। त्यो चोकभित्र फेरि अर्को चोक आउँछ जसलाई ‘ल्हवँ चूक’ भनिन्छ।’, उनले यो पनि भनेका थिए, ‘न्हू बहाः र भित्रका दुवै चोक जोगवीनाय:ले नै बनाएका हुन्।’, मैले डायरीबाट आँखा उठाएर सिधा अगाडि हेरेँ।, एउटा फराकिलो गल्ली देखियो। घरहरू मुनिबाट छिर्ने भए पनि त्यो गल्ली अघिको भन्दा अग्लो थियो।, म भित्र गएँ।, अगाडि बढेपछि सानो चोकमा पुगेँ। त्यहाँ एउटा मात्र घर नयाँ थियो, बाँकी जम्मै नेवार वस्तुकला झल्किने पुरानो डिजाइनका थिए।, मल्ल के. सुन्दरले भनेअनुसार म अहिले जोगवीर स्थापितले आफ्नै बसोबास निम्ति डिजाइन गरेको चोकमा थिएँ। तर यहाँबाट दोस्रो चोक छिर्ने गल्ली चाहिँ देखिएन। कसैलाई सोधुँ भने कोही मान्छे पनि थिएन। रातको समय अपरिचितको घरमा घन्टी बजाउन म अनकनाएँ।, भैगो भनेर जसै फर्किएको थिएँ, एक किशोरी स्कुटर चढेर न्हू बहा:बाट त्यही चोकभित्र छिरिन्।, थायमदुको न्हू बहा:। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, म पछ्याउँदै गएँ र सोधेँ, ‘तपाईंको घर यहीँ हो?’, उनले ‘हो’ भनेपछि मैले उनलाई जोगवीर स्थापितका बारेमा सोधेँ।, उनले जवाफ दिए, ‘हामी त ‘प्रधान’ हो। यहाँ अरू सबै घर स्थापितहरूका हुन्।’, रातको समय सानो चोकको गुनगुन पनि गाइँगुइँ सुनियो होला, ती किशोरीले इसारा गरेको घरबाट एक महिलाले घरक्क ढोका उघारिन्।, ‘हामी स्थापित हो, भन्नुस् कसलाई खोज्नुभएको?’, मेरो गोडामा फुर्ति आयो। लम्केर उनीतिर गएँ र सिधै प्रश्न गरिहालेँ, ‘तपाईं जोगवीर स्थापितलाई चिन्नुहुन्छ?’, ‘चिन्छु,’ ती महिलाले फ्याट्टै उत्तर दिइन्, ‘हाम्रो अजा (हजुरबुवा) हो।’, मैले सफलताको लामो सास फेरेँ।, ‘अजा कि अजाको पनि अजा?’, काठमाडौंमा प्रायः हजुरबुवाभन्दा अगाडिका सबै पुर्खालाई अजा नै भनिन्छ, त्यसैले मैले आफू प्रस्ट हुन यो प्रश्न सोधेको थिएँ। उनले जवाफ दिइन्, ‘अजाको पनि अजा।’, ‘ओहो तपाईं त ठ्याक्कै मैले खोजेको मान्छे फेला पर्नुभयो, तपाई जोगवीनाय:का बारेमा केही बताउन सक्नुहुन्छ?’, ‘म त बुहारी हुँ, मलाई खासै थाहा हुन्न,’ उनले भनिन्, ‘मेरो ससुराबुवालाई थाहा हुन्छ। तर अहिले उहाँ सुतिसक्नुभयो, तपाईं भोलि आउनुस् है।’, ‘तपाईंको ससुराबुवाको नाम?’, ‘पद्मरत्न स्थापित।’, मैले अझै ढुक्क हुन यो पनि सोधेँ, ‘यो चोकलाई के भनिन्छ?’, उनले ‘ल्हवँ चूक’ भनिन्।, ‘यहाँ त दुइटा चोक छ भन्ने सुनेको थिएँ!’, ‘अर्को चोक भित्र छ,’ उनले छेउको घरतिर हात लम्काउँदै भनिन्, ‘त्यहाँ जाने बाटो चाहिँ यो घरले थुनियो। तपाईं जाने भए अर्कोतिरबाट घुमेर जानुपर्छ।’, मलाई अहिले त्यहाँ जानु थिएन। जे खोजेको हो, त्यो मैले भेटिसकेको थिएँ। चोकको नाम चाहिँ छ्यासमिस भएछ।, यति बेलासम्म स्कुटर लिएर आएकी किशोरी आफ्नो घर पसिसकेकी थिइन्।, यहाँ हाम्रो यात्राको तेस्रो पडाव पार हुन्छ। अहिलेसम्मको यात्रामा हामीले जोगवीर स्थापित जन्मे–हुर्केको टोल मात्र होइन, उनकै खलकको घरसमेत पत्ता लगायौं। सबभन्दा खुसीको कुरा त, उनीहरू अझै जोगवीरलाई चिन्छन् र सम्झना गर्छन्।, अब जोगवीर स्थापित र हामीबीच एक रातको दुरी छ।, यो रात किन यति लामो हँ!, न्हू बहा:बाट भित्र पसेपछि आउने पहिलो चोक 'दथू चूक' र त्यहाँ रहेको जोगवीर स्थापितको पुर्ख्यौली घर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, दथू चूकभन्दा भित्रको ल्हवँ चूकमा रहेका पुराना घरहरू। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, मैले, चारचोटि घन्टी थिच्दा पनि साइँसुइँ सुनिएन। काठको पुरानो ढोका ढक्ढकाएँ, तै चालचुल भएन।, म एकछिन चुपचाप उभिइरहेँ।, पाँचौंपटक घन्टी थिचेको मात्र के थिएँ, किररर आवाजसँगै बुइगलमा काठको झ्याल घटटट खुल्यो। एक जना वृद्धले होचो झ्यालबाट टाउको निकाल्दै सोधे, ‘कुने सु?’ ,(तल को?), मैले माथि हेर्दै दुई हात जोडेर नमस्कार गरेँ र भनेँ, ‘म पद्मरत्न स्थापित बालाई खोज्न आएको।’, ‘जिए खः’ ,(मै हुँ),, उनले भने, ‘कुने च्वना च्वः, जी वे।’ ,(तल बस्दै गर्नुस् है, म आउँछु), बूढा मान्छेलाई पुरानो घरको पुरानो भर्‍याङ ओर्लन सकस भएछ क्यारे, करिब छ मिनेटपछि स्याँस्याँ गर्दै तलको ढोका घरक्क उघारे।, मैले आफ्नो परिचय दिएँ र उनलाई भेट्न आउनुको प्रयोजन बताएँ।, उनले मलाई भित्र आउने अनुमति दिए।, छिँढीको सानो कोठामा एउटा सानो टेबल र दुइटा कुर्सी थिए। भर्खरै कसैले त्यही टेबलमा बसेर खाना खाएका रहेछन् — टेबलमा भातका सिता, तरकारीका त्यान्द्रा र अचारका छिटाहरू छरपस्ट थिए।, म एउटा कुर्सीमा अलक्क बसेँ र अर्को कुर्सीमा बसेका पद्मरत्न स्थापितसँग कुराकानी गर्न थालेँ।, पद्मरत्न ८२ वर्षका भएछन्। जन्म, बिक्रम सम्बत् १९९७ साल।, उनी जोगवीर स्थापितका पनाति रहेछन्। तर साख्खै पनाति होइन।, ‘हामी जोगवीनाय:को दाजुभाइ खलकका सन्तान हौं,’ उनले नेवार भाषामा भने, ‘मलाई उहाँको बारेमा खासै धेरै थाहा छैन।’, म खङरङ्ग भएँ।, तै पनि केही सूचना निचोर्न सकिएला कि भनेर सोधेँ, ‘केही त सुन्नुभएको होला उहाँको बारेमा।’, ‘सुन्न त के–के सुनेँ सुनेँ, तर सब बिर्सिसकेँ। अचेल म मान्छे त राम्ररी चिन्दिनँ। अहिले तपाईंलाई भेटेँ, भोलि तपाईंलाई नै बिर्सिन्छु।’, पद्मरत्नबाट खासै सूचना आउलाजस्तो भएन।, धन्न उनले मलाई निराश चाहिँ बनाएनन्, ‘यो अगाडिको घर मेरो दाइ द्रव्यरत्न स्थापितको। ऊ चाहिँ जोगवीरको साख्खै पनाति। उसलाई सोध्नू भए थाहा हुन्छ।’, उनले अगाडि भने, ‘तर दाइहरू अचेल यहाँ बस्नुहुन्न।’, ‘कहाँ बस्नुहुन्छ त?’ मैले हड्बडाउँदै सोधेँ।, ‘खोई त्यो पनि बिर्सेँ,’ उनले भने, ‘त्यहीँ गएर सोध्नू। अहिले त्यो घरमा दाइको साली बस्छ। उसलाई थाहा होला।’, उनी छिटोछिटो मलाई विदा गर्न चाहन्थे। मैले पनि उनलाई धेरै बेर अल्मल्याइनँ।, म पद्मरत्नको घरभन्दा ठ्याक्कै अगाडि, काठका आँखीझ्यालहरूले भरिएको र काठकै बुट्टेदार ढोकाले सजिएको पुरानो घर ढक्ढकाउन गएँ।, यहाँ पनि पाँच मिनेटसम्म मान्छेको स्वर सुनिएन। छैठौं मिनेट बित्नै लाग्दा ढोका होइन, छिँढीको झ्यालको पर्दा खुल्यो।, एक जना महिलाले पर्दा पन्छाउँदै बाहिर हेरिन्। उनी र म बीच फलामे ग्रिलको दिवार थियो।, उनी द्रव्यरत्न स्थापितकी साली तारा श्रेष्ठ रहिछन्। उनी यहाँ बस्न थालेको २५–३० वर्ष भइसकेछ।, म आउनुको कारण बुझेपछि उनले भनिन्, ‘पहिले यो पूरै चोक जोगवीर स्थापितकै खलकको थियो रे। अहिले त सब लाखापाखा लागिसके।’, ‘द्रव्यरत्न बा चाहिँ कहाँ बस्नुहुन्छ त?’ मैले डराउँदै डराउँदै सोधेँ, ‘नेपालमै हुनुहुन्छ कि विदेशतिर?’, ‘नेपालमै हुनुहुन्छ,’ उनले मेरो आशा मर्न दिइनन्, ‘टोखामा बस्नुहुन्छ। मसँग छोरीको नम्बर छ। तपाईं फोन गरेर सोध्नुस्।’, मैले द्रव्यरत्नकी छोरी रोजी स्थापितको नम्बर टिपेँ र तुरून्तै फोन गरिहालेँ।, उताबाट रोजीको स्वर सुनेपछि मेरो सासमा सास आए।, मैले उनलाई सब कुरा बताएँ।, उनले भनिन्, ‘म एकचोटि बासँग कुरा गर्छु। उहाँले मान्नुभयो भने तपाईंलाई कल गर्छु।’, मसँग विकल्प थिएन। मैले उनको विश्वास जित्न आफू र आफ्नो उद्देश्यबारे दुई–चार कुरा थपेँ, ताकि त्यही सुनाएर उनले आफ्नो बाको विश्वास जित्न सकून्!, उनले उता मोबाइलको लाइन काटिन्, यता मेरो मुटु घन्टाघरको रालोझैं ढ्वाङढ्वाङ गर्न थाल्यो।, गन्तव्यबाट यति नजिक आएर पनि म र गन्तव्यबीच द्रव्यरत्नको सिंगो सहमतिको दुरी थियो।, प्रतीक्षाको घडी किन यति लामो हँ!, न्हू बहा: र दथू चूकबीच ओहोरदोहोर गर्ने बाटो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, न्हू बहा:मा फर्निचर कारखाना चलाउने राजु स्थापित। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, म आफ्नो अत्यास मार्न न्हू बहाःमा टहलिन थालेँ। त्यहाँ एउटा फर्निचर कारखाना थियो। एक जना व्यक्ति करौंतीले काठ चिर्दै थिए। उनी पनि जोगवीर स्थापितकै सन्तान हुन् कि भनेर मैले सोधेँ।, हो रहेछन्।, उनले मलाई स्थापित खलकबारे केही महत्वपूर्ण सूचना दिए।, ‘हामी स्थापित भनेको घर बनाउने शिल्पी हौं,’ ५९ वर्षीय राजु स्थापितले भने, ‘मल्लकाल र अझ त्योभन्दा अगाडि लिच्छविकालदेखि नै हाम्रो खलक संरचना निर्माणमा संलग्न छ।’, उनले अगाडि भने, ‘पहिले पहिले जसको घर बनाउँदा पनि जग हाल्नेदेखि भित्र–बाहिर सबै डिजाइन गर्ने हामीले नै हो। सर्वसाधारणको घरदेखि राजा–महाराजाका दरबार र मन्दिरदेखि चैत्यसम्म सबै हामीले नै बनाउँथ्यौं। तलेजु मन्दिरदेखि काठमाडौंका अधिकांश मल्लकालीन दरबार र मन्दिरहरूको जग हाल्ने काम स्थापितहरूले नै गरेको इतिहास छ।’, नयाँ संरचना स्थापना गर्ने भएकाले नै सम्मानपूर्वक ‘स्थापित’ भनिएको राजुको भनाइ छ।, उनका अनुसार काठमाडौंमा स्थापितहरूको बसोबास मुख्य गरी चार ठाउँमा रहेछ — थायमदु (बांगेमुढा), मिखाढोँ (मखन), लगन र भीमसेनस्थान।, यी चार ठाउँमा बस्ने स्थापितहरू चार छुट्टाछुट्टै खलक हुन्। यी खलकभित्र पनि छुट्टाछुट्टै परिवार छन्। प्रत्येक परिवारको आफ्नै गुठी छ जसलाई ‘कवः’ भनिन्छ।, उदाहरणका लागि, थायमदु खलकभित्र चारवटा कवः छन् — न्हू बहाः कवः, पेंग थाः कवः, सँ छेँ कवः र वला छेँ कवः।, कवःलाई व्यक्तिका आधारमा वर्गीकरण गर्ने हो भने न्हू बहाः कवः भनेको जोगवीर स्थापित उर्फ जोगवीनाय:को परिवार हो। त्यस्तै, पेंग थाः कवः रत्नदास–केशवदास स्थापितको परिवार हो भने सँ छेँ कवः तीर्थ स्थापितको र वला छेँ कवः सप्तरत्न स्थापितको परिवार हो।, सप्तरत्नका छोरा राजु स्थापित वला छेँ कवःकै सदस्य हुन्।, थायमदुजस्तै मिखाढोँ, लगन र भीमसेनस्थानको खलकभित्र पनि चार–पाँच कवः छन्।, राजुका अनुसार घर बनाउने स्थापित खलकमध्येबाट जो टोली नाइके छानिन्छ, उसलाई ‘नाय:’ भन्ने पदवी दिइन्छ। जोगवीर स्थापित तिनै टोली नाइकेमध्ये एक हुन्।, ‘न्हू बहाः टोलका सबै स्थापित जोगवीनाय:का सन्तान हुन्,’ राजुले भने, ‘हामी चाहिँ उहाँको दाजुभाइ खलकमा पर्छौं।’, उनले आफ्नो परिवारबारे पनि केही बताए।, राजुका बुवा सप्तरत्नलाई सबैले ‘ग्वारा स्थापित’ भनेर चिन्छन् — ज्यान मोटो भएकाले। नेवार भाषामा ‘ग्वारा’ को अर्थ मोटो हो। उनी जोगवीरजस्तै आफ्नो समयका नाय: अर्थात् नाइके मात्र थिएनन्, जोगवीरले जस्तै राजाका दरबारहरू बनाउने काम पनि गरे।, उनले नारायणहितिदेखि सुवर्णशमशेरको रवि भवन दरबारसम्म बनाएको राजु सम्झन्छन्।, वीरशमशेर राणाले बिक्रम सम्बत् १९४३ मा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराउँदा त्यसको इञ्जिनियरिङ डिजाइन जोगवीर स्थापितले गरेका थिए। त्यसको ७७ वर्षपछि २०२० सालमा जब राजा महेन्द्रले पुरानो नारायणहिति जगैदेखि भत्काएर अहिले हामीले देख्ने नयाँ दरबार निर्माण गराए, त्यहाँ काम गर्ने नेवार शिल्पीहरूमध्ये राजुका बुवा सप्तरत्न स्थापित पनि एक थिए।, त्यति बेला नारायणहिति दरबारको डिजाइन अमेरिकी आर्किटेक्ट बेन्जामिन पोल्कले गरेका थिए तर काम गर्ने शिल्पी स्थापितहरू नै भएको राजु बताउँछन्।, संयोगले जति बेला सप्तरत्न स्थापित नयाँ नारायणहिति दरबार बनाउँदै थिए, त्यसै वर्ष राजुको जन्म भएको थियो।, ‘बुवाले नारायणहिति बनाउँदाको धेरै अनुभव हामीलाई पछिसम्मै सुनाउने गर्नुहुन्थ्यो,’ राजुले भने, ‘दरबारको नक्सा डिजाइन विदेशबाटै बनेर आएको थियो रे। बुवाहरू त्यही डिजाइन हेरेर दरबारको संरचना बनाउनुहुन्थ्यो रे। काम गर्दै जाँदा कतिपय डिजाइन त विदेशी नक्साअनुसार नमिलेर बुवाहरूले आफैं बनाउनुभएको थियो रे।’, अमेरिकी आर्किटेक्टले बनाएको नक्सा संशोधन गरेर अर्कै ढाँचामा बनाएको एउटा उदाहरण सप्तरत्नले राजुलाई सुनाएका थिए। त्यही सम्झना राजुले मसँग बाँडे।, नारायणहितिको मूलढोकाभन्दा ठ्याक्कै अगाडि झन्डै तीन दर्जन खुड्किला भएको लाम्चो भर्‍याङ छ। पहिले त्यो भर्‍याङको डिजाइन गोलाकार रहेछ। निर्माण सुरू भएपछि जति जति खुड्किला थपिँदै गए, सप्तरत्न स्थापितलाई उति उति अप्ठ्यारो लाग्दै गयो। उनले भर्‍याङको वास्तुशैलीमा खोट देखेका थिए तर विदेशीले बनाएको डिजाइनमा खोट देखाउने आँट गर्न सकेका थिएनन्।, उनी सधैं त्यो भर्‍याङतिर हेर्दै मुसुमुसु हाँस्थे तर बोल्न चाहिँ सक्थेनन्।, एकदिन सप्तरत्न भर्‍याङतिर हेर्दै मुसुमुसु हाँसिरहेको राजा महेन्द्रले देखेछन्।, महेन्द्रले सोधे, ‘ए ग्वारा, के भो तँलाई? किन हाँसेको?’, ‘भनुँ भने के भनुँ सरकार, तर नभन्न पनि सक्दिनँ,’ सप्तरत्नले जवाफ दिए।, ‘भन् न भन्, किन हाँसिस् तँ?’, महेन्द्रले कर गरेपछि सप्तरत्नले भनेछन्, ‘महाराज, हुन त यो भर्‍याङ विदेशीले डिजाइन गरेका हुन्। उनले राम्रै गरे होलान्। तर मेरो दृष्टिमा यसको वास्तु मिल्दैन।’, ‘के मिल्दैन भन् त?’, महेन्द्रले भर्‍याङको वास्तु त्रुटि खोल्न अनुमति दिएपछि सप्तरत्नले जवाफ दिएछन्, ‘महाराज, यो गोलाकार भर्‍याङको भार एक ठाउँमा मात्र केन्द्रित छ। कुनै दिन यही भारले भर्‍याङ भत्किन्छ।’, यति सुनेपछि राजा महेन्द्रले जोखिम मोल्न चाहेनन्। उनले प्राविधिकहरूलाई डाकेर सोधे।, सप्तरत्नको शंका सही साबित भयो।, महेन्द्रले गोलाकार डिजाइनको सट्टा सप्तरत्नले भनेझैं नयाँ डिजाइनको भर्‍याङ बनाउन लगाए र उनलाई बक्सिस पनि दिए।, सप्तरत्नको खलकमा किम्बदन्तीझैं सुनिँदै–सुनाइँदै आएको यो घटनाको सत्यता पुष्टि हुन सक्दैन। तर यसले एउटा कुरा प्रस्ट भन्छ — चाहे त्यो सर्वसाधारणको घर होस् वा राजा–महाराजाको दरबार, हिन्दु धर्मावलम्बीको मन्दिर होस् वा बौद्ध धर्मका चैत्यहरू, जब कुनै संरचना निर्माणको कुरा आउँछ, त्यहाँ स्थापितहरूको योग्यतामाथि प्रश्न गरिन्न। त्यसमाथि नाय:ले भनेपछि त ‘पत्थरको लकीर’ भइहाल्यो!, हामीले कमै नाम सुनेको सप्तरत्न नाय: त यस्ता थिए भने इतिहासले कुशल शिल्पी मानेको र राणाहरूले धरि पत्याएका जोगवीनाय: झन् कस्ता थिए होलान्?, म अझै जोगवीनाय:की साख्खै खनातिनी रोजी स्थापितको फोनको प्रतीक्षामा छु।, झन्डै एक घन्टा राजुसँग कुरा गरेपछि रोजीको फोन आयो।, मैले कामिरहेको मुटु थामेर फोन उठाएँ।, रोजीले खुसखबरी सुनाइन्, ‘बुवाले हुन्छ भन्नुभयो। तपाईं आजै आउनुस्, हामी कुरिरहन्छौं।’, म फोन राख्नासाथ जोगवीरको पुर्ख्यौली थलो थायमदुबाट उनका पनातिको हालको बसोबास टोखातिर कुदेँ।, यहाँ हाम्रो यात्राको चौथो पडाव सकिन्छ र सुरू हुन्छ पाँचौं र अन्तिम पडाव, जसमा हाम्रो भेट जोगवीर स्थापितका आफ्नै पनाति द्रव्यरत्न स्थापितसँग हुँदैछ।, यो पडावमा जोगवीर स्थापितबारे कति जानकारी एकत्रित गर्न सकिन्छ, यसैमा हाम्रो पूरा यात्राको सफलता वा असफलता निर्भर गर्नेछ।, हेरौं के होला! दुई औंला भाँचेर ‘फिंगर क्रस’ गर्नुस् है!, जोगवीर स्थापितका पनाति द्रव्यरत्न स्थापित। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, टोखाको, भूतख्यः पार्कलाई दाहिने पारेर अगाडि बढेपछि थोरै उकालो आउँछ। त्यहाँबाट दुई–तीन घुम्ती छिचोलेपछि चारैतिर हरियाली देखिने शान्त ठाउँमा मूल सडकबाट देब्रेतिर पर्छ, द्रव्यरत्न स्थापितको घर।, घरको आँगनमै मेरो भेट रोजी स्थापितसँग भयो। उनले मलाई भुइँतलाको बैठक कोठामा लगेर राखिन् र आफू बालाई लिन माथि उक्लिन्।, दुई–तीन मिनेट पनि बितेको थिएन, रोजी वृद्ध बालाई लिएर बैठकमा आइन्।, म जुन जोगवीर स्थापितलाई पछयाउँदै थिएँ, उनका साख्खै पनाति द्रव्यरत्न स्थापित अहिले मेरा आँखाअगाडि थिए। हामी एउटै सोफामा आमुन्नेसामुन्ने थियौं। रोजी पनि कुर्सी तानेर छेउमा बसिन्। मलाई द्रव्यरत्नसँगको कुराकानीमा रोजीको खाँचो पर्नेछ। बुढेसकालका कारण सम्झनाशक्ति क्षीण हुँदै गएकाले द्रव्यरत्न सबै कुरा राम्ररी सुनाउन सक्दैनन्। उनले सुनाएका सबै कुरा सायद म राम्ररी बुझ्न सक्दिनँ।, बिक्रम सम्बत् १९९२ मा जन्मेका द्रव्यरत्न ८७ वर्षका भए। उनले आफ्नो जिज्यू–हजुरबुवा जोगवीरसँग एउटै समयकाल बिताउन पाएनन्।, उनका अनुसार जोगवीरको जन्म १८९५ मा भयो भने निधन १९८३ मा भयो। उनी ८८ वर्ष बाँचे।, द्रव्यरत्न जन्मँदा जोगवीरको निधन भएको नौ वर्ष बितिसकेको थियो। जोगवीर नब्बे सालको भुइँचालोभन्दा सात वर्षअगाडि नै बिते, द्रव्यरत्न भुइँचालोभन्दा दुई वर्ष पछाडि जन्मे।, एउटा परिवारको सम्झना हस्तान्तरण हुनलाई नौ वर्ष खासै लामो समय होइन। पुर्खाको सम्झना भनेको परिवारभित्र पुस्तौं पुस्ता बाँचिरहन्छ। नौ वर्षमा त झन् एकदमै तरोताजा रहने नै भयो। त्यही भएर द्रव्यरत्नले सानैदेखि आफ्ना जिज्यू–हजुरबुवाका बारेमा सुने, उनलाई चिन्ने मौका पाए र उनकै कथा–किस्साहरू सुन्दै हुर्के।, सायद त्यही प्रभावले हो वा स्थापितहरूको पुर्ख्यौली पेसा नै त्यही भएर हो, द्रव्यरत्न आफैं पनि इञ्जिनियर (ओभरसियर) हुन्। फरक यत्ति हो, जोगवीर पुर्ख्यौली ज्ञानका आधारमा इञ्जिनियर भए, द्रव्यरत्न पुल्चोक इञ्जिनियरिङ कलेजमा पढेर। उनले लामो समय खानेपानी संस्थानमा जागिर पनि खाए। २०४८ पछि गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा उनी सेवानिवृत्त भएका थिए।, धमिलिँदै गएको सम्झनाका रेखाहरू तानतुन पारेर द्रव्यरत्नले मलाई आफ्ना जिज्यू–हजुरबुवाको परिवार र कामबारे धेरै थोक सुनाए।, जोगवीर स्थापितका बुवाको नाम आशामरू स्थापित र आमा जोगवती स्थापित हो।, उनका दुई श्रीमती थिए — ज्ञानमाया स्थापित र दानमाया स्थापित। ज्ञानमायाको निधनपछि उनले दानमायासँग विवाह गरेका थिए।, जेठी श्रीमतीबाट उनका चार छोरा थिए। तीमध्ये दुई जना — दानवीर र प्रतापवीर — को नाम मात्र द्रव्यरत्नलाई याद छ। कान्छी श्रीमतीबाट एउटी छोरी मात्र भइन्, जोगकुमारी। उनको नरदेवीमा तुलाधर परिवारसँग विवाह भयो। त्यही परिवारका एक सन्तानले पछि ठमेलमा ‘स्टार होटल’ चलाएको उनले बताए।, प्रतापवीरको शाखा–सन्तानबारे द्रव्यरत्नलाई खासै हेक्का छैन।, अब रहे दानवीर, जो द्रव्यरत्नका साख्खै हजुरबुवा हुन् — दानवीरका छोरा बुद्धरत्न र बुद्धरत्नका दुई छोरा द्रव्यरत्न र योगरत्न। योगरत्न गणितका प्राध्यापक थिए। उनको निधन भइसकेको छ।, द्रव्यरत्नका दुई छोरा र दुई छोरी गरी चार सन्तान छन् — अञ्जली, अमोलरत्न, अमिनरत्न र रोजी। यीमध्ये अमिनरत्नको निधन भइसकेको छ भने अमोलरत्नको परिवार अस्ट्रेलिया बस्छ। अञ्जली पुतलीसडक बस्छिन्, रोजी आफ्नो बुवासँग टोखामै छिन्।, यो त भयो पारिवारिक वंशवृक्ष, अब जोगवीरले गरेका कामको कुरा गरौं।, स्वयम्भू महाचैत्यको वास्तुकला ढाँचा। यो तस्बिर हामीले 'आशा सफूकुथि' को थ्यासफू संकलनबाट लिएका हौं र संस्थाकै अनुमतिमा प्रकाशन गरेका हौं।, वीरशमशेरसँग जोडिनुअघि नै जोगवीर काठमाडौंका कहलिएका शिल्पी थिए। उनले स्वयम्भूमा अजिमा मन्दिरको ठ्याक्कै पछाडि रातो इँटाको चैत्य निर्माण गरे। ढुंगाले बनेका अन्य स्तुपको दाँजोमा यो विशेष देखिन्छ।, स्वयम्भूकै शान्तिपुरभन्दा पश्चिमतिरको चैत्य पनि उनैले बनाएका हुन्। बिक्रम सम्बत् १९७५ देखि १९७८ सम्म चलेको स्वयम्भू महाचैत्य पुनर्निर्माणको नेतृत्व पनि जोगवीरले गरेका थिए।, स्वयम्भू महाचैत्य पुनर्निर्माण गर्दा माथिल्लो भागमा तह–तह परेको घुमाउरो गजुर राख्ने र केही नयाँ बुद्ध मूर्तिहरू स्थापना गर्ने काम जोगवीरबाटै भएको द्रव्यरत्न सम्झन्छन्।, ‘स्वयम्भूमा गरेको कामलाई लिएर हाम्रो परिवारमा एउटा उखानै प्रचलित थियो — लामाजीको पैसा, धमा साहुको नाम, बनाउने जोगवीनाय:,’ द्रव्यरत्नले भने।, मैले उनलाई यसको अर्थ खुलाउन आग्रह गरेँ।, उनले हाँस्दै भने, ‘स्वयम्भू पुनर्निर्माण गर्न लामाजीहरूले थुप्रो पैसा लगानी गरेका थिए रे। मुख्य दाता र पैसाको चाँजापाँजो मिलाउने काम भने ज्याठाका धर्मा साहु (त्यति बेलाका चर्चित व्यापारी तथा समाजसेवी धर्ममान तुलाधर) ले गरे। त्यसैले नाम उनको मात्र आयो। अनि कामको जिम्मा चाहिँ हाम्रा जिज्यू–हजुरबुवा जोगवीनाय:को।’, यति मात्र होइन, उनले १९५५ सालमा सम्यक् दान पनि गरेका थिए।, नेपाल सम्बत् क्यालेन्डरअनुसार दसौं महिना (गुँला) भरि नेवाः बौद्ध धर्मावलम्बीहरू सम्यक् दान गर्छन्। यो बेला दिपंकर बुद्ध मूर्ति स्थापना गर्नुका साथै काठमाडौंका विभिन्न बहाबहीका थकाली र भन्तेहरूलाई दान दिइन्छ। सम्यक् दान क्रममा जोगवीरले स्थापना गरेको दिपंकर बुद्ध मूर्ति न्हू बहाःमा अहिले पनि छँदैछ।, जोगवीर स्थापितले १९५५ सालमा सम्यक् दान गरेर न्हू बहा: मा निर्माण गरेको बही द्य:, जहाँ दिपंकर बुद्ध मूर्ति छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यस्तै सामाजिक कार्य र पुस्तैनी शिल्पका कारण उनी वीरशमशेरको नजरमा परेको हुनसक्ने पनाति द्रव्यरत्न बताउँछन्।, राणाकालीन इतिहास हेर्ने हो भने जोगवीरभन्दा अगाडि रनसुर विष्टको नाम वास्तुकलाविद् (आर्किटेक्ट) का रूपमा उल्लेख भएको पाइन्छ। जंगबहादुर राणाको थापाथली दरबार रनसुन विष्टले बनाएको पुरूषोत्तमशमशेर जबराले आफ्नो किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १)’ मा लेखेका छन्। जब वीरशमशेरले आफ्नो निम्ति दरबार निर्माण गर्न सुरू गरे, त्यति बेला पनि रनसुर विष्ट छँदै थिए। तर उनले रनसुरलाई छाडेर काठमाडौंका चर्चित वास्तुकलाविद् जोगवीरलाई साथ लिए।, वीरशमशेरले सबभन्दा पहिला १९४३ सालमा ‘नारायणहिति’ दरबार निर्माण गराएको र पछि २०२० सालमा राजा महेन्द्रले त्यसलाई जगैदेखि भत्काएर नयाँ दरबार बनाउँदा सप्तरत्न स्थापितहरूले काम गरेको प्रसंग मैले माथि उल्लेख गरिसकेको छु। त्यही बेलाको अर्को एउटा प्रसंग मलाई द्रव्यरत्नले सुनाए।, ‘नारायणहिति बनाउँदा म पनि संलग्न थिएँ,’ उनले भने, ‘हामीले जग खन्दै जाँदा काठमाथि राखिएको ढुंगाको शिलालेख फेला पारेका थियौं जसमा वीरशमशेर र मेरो जिज्यू–हजुरबुवा जोगवीर स्थापितको नाम लेखिएको थियो।’, ‘अहिले कहाँ छ त त्यो शिलालेख?’ मैले सोधेँ।, ‘खोइ कहाँ छ!’ द्रव्यरत्नले भने, ‘हामीले त्यो शिलालेख दरबारका तत्कालीन बडाकाजी पुष्पराज राजभण्डारीलाई जिम्मा लगायौं। उहाँले महेन्द्र सरकारलाई देखाउँछु भनेर लग्नुभयो। त्यसपछि के भयो, थाहा छैन। सोधीखोजी गर्ने कुरा पनि भएन।’, नारायणहिति दरबारपछि वीरशमशेरले त्यसैको आसपास एकपछि अर्को थुप्रै दरबार निर्माण गराए। यसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको जम्मै भूभाग अधिग्रहण गरिएको सम्पदाविद् तथा इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सुदर्शनराज तिवारीले बताएका छन्।, वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ। त्यसको अर्को वर्ष लाल दरबार बन्यो जहाँ याक एन्ड यती होटल छ।, बिक्रम सम्बत् १९५० सालमा जमल बहालको उत्तरपूर्वपट्टि बनेको सेतो दरबारलाई वीरशमशेर पालाका दरबारहरूमध्ये सबभन्दा उत्कृष्ट मानिन्छ। यो त्यति बेला भारतको कलकत्तास्थित अंग्रेज सरकारका प्रतिनिधि बस्ने बेल्भेडोय दरबारको डिजाइनमा तयार पारिएको ‘द रानाज् अफ नेपाल’ किताबमा उल्लेख छ। बेल्जियम र भेनिसबाट ल्याइएका ऐना र फर्निचरहरूले सजिएको सेतो दरबार १९९० सालको आगलागीमा परेर ध्वस्त भयो। अहिले एउटा मोहडा मात्र बाँकी छ।, यही क्रममा फोहोरा दरबार र हात्तीसार दरबार पनि बने।, पुरूषोत्तमशमशेर जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ मा उल्लेख भएअनुसार वीरशमशेरले निर्माण गराएका सबै दरबारको डिजाइन जोगवीर स्थापितले नै गरेका थिए।, यी दरबार युरोपको ‘निओ–क्लासिकल’ ढाँचामा बनेका थिए। खासगरी जंगबहादुर राणाको बेलायत भ्रमणपछि काठमाडौंमा युरोपेली शैलीले प्रवेश पाएको थियो। राणाहरूको पश्चिमा सोखलाई जोगवीरजस्ता स्थानीय शिल्पीहरूले बखुबी पूरा गरे।, ‘जोगवीनाय:ले वीरशमशेरका लागि थुप्रै दरबार बनाउनुभएको थियो। यसले राणा खलकसँग उहाँको राम्रो हिमचिम भयो,’ उनले भने, ‘त्यही भएर हाम्रो घरमा राणाजीहरूबाट ठूल्ठूला ऐना र सन्दुकहरू उपहार आएका थिए।’, जोगवीर स्थापितका पनाति द्रव्यरत्न स्थापित। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यहाँनिर रोजीले थपिन्, ‘मैले देख्दासम्म हामीकहाँ राणाजीका दरबारमा हुनेजस्ता अग्ला–अग्ला ऐनाहरू थुप्रै थिए। बुवाका दाजुभाइबीच अंशबन्डा हुँदा ती ऐनाको पनि भाग लागेको थियो। अहिले पनि थायमदुको हाम्रो पुरानो घरमा दुईवटा त्यस्ता ऐना बाँकी नै छन्। अरू दाजुभाइ र दिदीबहिनीहरूकहाँ पनि एउटा न एउटा ऐना पुगेकै होला।’, ऐनाकै सम्बन्धमा मल्ल के. सुन्दरले मसँग भनेका थिए, ‘जोगवीनाय:को घरको बुइगलमा ऐनै ऐनाले भरिएको कोठा थियो जसलाई हामी ‘न्हाय्‌कं कोठा’ भन्थ्यौं। धेरैअगाडि म आफैं पनि एकचोटि त्यो कोठामा पुगेको छु। ती सबै ऐना राणाहरूले जोगवीनाय:लाई बक्सिस दिएका हुन्।’, जोगवीरको डिजाइनमा बनेका संरचनाको कुरा उठेपछि मैले टुकुचा खोल्सा जमिनमुनि बगाउन निर्माण गरिएको भूमिगत सुरूङको प्रसंग झिकेँ।, द्रव्यरत्न यो सुरूङलाई आफ्नो समयको ‘इञ्जिनियरिङ मास्टरपिस’ भन्छन्।, ‘त्यो समय सक्कली काम हुन्थ्यो,’ टेलिभिजन समाचारमा टुकुचा सुरूङ भत्काइँदै गरेको खबर देखेर दुखी भएका उनले भने, ‘अब भत्काएर बनायो भने त्यस्तो सक्कली काम हुनै सक्दैन।’, हात्तीसारमा टुकुचालाई सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका थिए।, उनले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमशमशेर जबराको किताबमा छ। त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै छन्।, ‘हाम्रै थायमदु टोलमा जमिन मुनि–मुनिबाट ढलहरू बगेको देखेको छु,’ रोजीले भनिन्, ‘त्यस्तो घना बस्तीमा पनि सुरूङ कसरी खनियो होला?’, यहाँ द्रव्यरत्नले जोगवीर स्थापितकै डिजाइनमा बनेको अर्को भूमिगत ढलबारे जानकारी दिए।, उनका अनुसार बर्खामा जमल बहालमा जम्ने पानीलाई निकास दिन भूमिगत ढल निर्माण गरिएको थियो जुन विश्वज्योति हल, सेतो दरबार र राजा महेन्द्रको शालिक हुँदै लाल दरबारको पछाडि पछाडिबाट काठमाडौं प्लाजानिर गएर टुकुचामा मिसिन्थ्यो।, ‘दरबारमार्गको सडक खन्ने बेला बीचमा कतै ढल बिग्रियो,’ खानेपानी संस्थानको लामो अनुभवका आधारमा द्रव्यरत्नले भने, ‘अहिले पनि त्यो ढल खोजेर बनाउने हो भने बर्सेनि जलमग्न हुने जमलको समस्या समाधान हुन सक्छ।’, यसरी आफ्नो समयकालमा अतुलनीय र अद्वितीय संरचनाहरू निर्माण गरेका जोगवीर स्थापितका सम्बन्धमा मलाई एउटा कुरा ताज्जुब लाग्छ — उनले इञ्जिनियरिङको औपचारिक शिक्षा पाएनन्। विदेशमा गएर तालिम पनि लिएनन्। तै पनि घरदेखि दरबार, चैत्यदेखि मन्दिर र भूमिगत सुरूङसम्मको डिजाइन कसरी गरे? के थियो उनको शिल्पको राज?, जवाफमा द्रव्यरत्नले भने, ‘हामी स्थापितहरू पुस्तैनी शिल्पी हौं। त्यसमाथि जोगवीनाय: अलि बढी नै काबिल हुनुहुन्थ्यो भनेर हामी सुन्थ्यौं।’, आफ्नो व्यक्तिगत खुबीका अतिरिक्त जोगवीर लगायत स्थापित खलकका शिल्पीहरूसँग वास्तुकलासम्बन्धी केही पुस्तैनी ग्रन्थ पनि थिए। नेपाली कागजमा हातले लेखिएका ती ग्रन्थ (थ्यासफू) मा कुन संरचना कसरी बनाउने भनेर सचित्र ढाँचा वर्णन गरिएको हुन्थ्यो।, घर बनाउँदा जग र माथिका तल्लाहरूको नापनक्सा कत्रो हुनुपर्छ र चैत्य र मन्दिर बनाउँदा अपनाउनुपर्ने वास्तुकला के हुन् भन्ने पनि थ्यासफूमा सिकाइएको हुन्थ्यो। यसले कुनै पनि संरचना बनाउँदा अध्ययन सामग्रीको काम गर्थ्यो।, घरको जग निर्माणसम्बन्धी वास्तु भएको थ्यासफू। यो तस्बिर हामीले आशा सफूकुथिको संकलनबाट लिएका हौं।, मन्दिर निर्माणसम्बन्धी थ्यासफू। यो तस्बिर हामीले आशा सफूकुथिको संकलनबाट लिएका हौं।, ‘के तपाईंसँग त्यस्ता थ्यासफूको कुनै नमूना होला?’ मैले सोधेँ।, ‘म सानो हुँदासम्म घरमा एक–दुईवटा देखेको थिएँ,’ उनले भने, ‘अहिले त कहाँ छ, भन्न सक्दिनँ।’, यही प्रश्न मैले मल्ल के. सुन्दरलाई गरेको थिएँ। उनले त्यस्ता केही थ्यासफूको संकलन रक्तकालीस्थित ‘आशा सफूकुथि’ मा रहेको जानकारी दिएका थिए। आशा सफूकुथि भनेको नेपाल भाषाका प्राचीन पाण्डुलिपिहरूको अभिलेखालय हो।, द्रव्यरत्नसँग भेटेको भोलिपल्ट मैले आशा सफूकुथि गएर प्राचीन वास्तुकलाबारे लेखिएका केही थ्यासफू हेरेको थिएँ। त्यसैबाट स्वयम्भू महाचैत्य, प्रतापपुर, कंग अजिमा (कंकेश्वरी) लगायतको नापनक्सासहितको तस्बिर लिएँ। आशा सफूकुथिका अभिलेखकर्ता शरद कसा भन्दै थिए, ‘वीरेन्द्र राजाको पालामा स्वयम्भूको प्रतापपुर आगो लागेर ध्वस्त भयो। पछि थ्यासफू हेरेर पुनर्निर्माण गरिएको थियो।’, पुस्तौं पुस्तादेखि वास्तुकलासम्बन्धी ज्ञान हस्तान्तरण गर्दै आएका तिनै थ्यासफूमध्ये एउटा त राजा भाष्कर मल्लको पालामा मखन टोलका जयशंकर स्थापितले लेखेको पनि फेला पर्‍यो। उक्त थ्यासफूमा जयंशकर स्थापितलाई ‘विश्वकर्माकै अवतार’ भनेर चिनाइएको छ।, यसबाट द्रव्यरत्नले आफ्ना पुर्खाको अध्ययन सामग्रीबारे मलाई सुनाएको कुरा पुष्टि हुन्छ।, राजा भाष्कर मल्लको पालामा मखनका जयशंकर स्थापितले लेखेको थ्यासफू। यो तस्बिर हामीले आशा सफूकुथिको संकलनबाट लिएका हौं।, स्वयम्भूको प्रतापपुरको वास्तु ढाँचा भएको थ्यासफू। यही थ्यासफूका आधारमा प्रतापपुर पुनर्निर्माण गरिएको थियो।, यो त परम्परागत नेवार वास्तुकलाको कुरा भयो तर जोगवीरले युरोपको ‘नियो–क्लासिकल’ ढाँचाका दरबार पनि बनाएका थिए। विरासतमा पाएको शिल्प र परम्परागत थ्यासफूकै भरमा आफूले देख्दै नदेखेको विदेशी ढाँचा कसरी यहाँ हुबहु उतार्न सकियो होला?, मेरो यो प्रश्नमा द्रव्यरत्नले एउटा राज खोले, ‘म सानो छँदा घरमा विदेशी आर्किटेक्चरका किताब पनि देख्थेँ जसमा विदेशी दरबारहरूको नमूना हुन्थ्यो।’, उनले अगाडि भने, ‘मेरो विचारमा यी नियो–क्लासिकल दरबारहरूको मूल इञ्जिनियरिङ डिजाइन विदेशमै हुन्थ्यो होला। राणाहरू त्यही नक्सा बोकेर ल्याउँथे र यहाँका शिल्पीलाई देखाएर त्यस्तै बनाउन लगाउँथे। विदेशी आर्किटेक्टले गरेको डिजाइनमा काठमाडौंको संस्कृति, चालचलन र हावापानीअनुसार परिमार्जन गर्ने काम यहाँका शिल्पीहरूको हुन्थ्यो।’, उनको यो भनाइ इतिहास र संस्कृतिका अध्येता मल्ल के. सुन्दरले पनि पुष्टि गरे।, झन्डै एक घन्टा कुराकानीपछि छुट्टिने बेला मैले द्रव्यरत्न स्थापितलाई सोधेँ, ‘अरू केही सम्झिनुहुन्छ जोगवीनाय:बारे?’, उनी एकछिन सोचमग्न भए।, अलि बेरमा सुस्तरी भने, ‘एउटा कुरा — तपाईंले थायमदु जाँदा हाम्रो ल्हवँ चूकमा घोडा बाँध्ने काठको थाम देख्नुभयो?’, म छक्क परेँ।, त्यस्तो साँघुरो चोकमा घोडा बाँध्ने थाम कहाँबाट आयो? किन चाहियो?, ‘अहँ मैले त देखिनँ।’, मेरो जवाफ सुनेर द्रव्यरत्नले मुसुक्क हाँस्दै भने, ‘उसो भए फेरि एकचोटि जानुस् र त्यो थाम खोज्नुस्। जोगवीनाय:को बारेमा लेख्ने हो भने त्यो तपाईंले हेर्नैपर्छ।’, मैले हुन्छ भनेँ र त्यसबारे विस्तृतमा सुन्न चाहेँ।, ‘राणाहरूको दरबार बनाउने र राणाजीहरूसँगै हिमचिम गर्ने भएपछि जोगवीनाय:को शान पनि राणाहरूको जस्तै थियो रे,’ उनले भने, ‘उहाँ घोडा चढ्नुहुन्थ्यो। आफ्नै चोकभित्र घोडा बाँध्ने तबेला बनाउनुभएको थियो। त्यो तबेला मैले देख्दासम्म पनि थियो।’, काठमाडौंको पुरानो बस्तीमा भित्री चोकहरू छिर्ने गल्ली प्रायः साँघुरो हुन्छ। कति ठाउँमा त घरको मुनिबाट टाउको निहुराएर जानुपर्छ। जोगवीनाय:ले भने आफ्नो चोक यस्तरी बनाएका रहेछन्, त्यहाँ एउटा चोकबाट अर्कोमा घोडा चढेरै जान मिल्थ्यो, द्रव्यरत्नले भने, ‘जुन चोक (ल्हवँ चूक) मा घोडा बाँध्ने थाम छ, त्यहाँको मूल ढोका नै अरूभन्दा ठूलो छ। त्यसलाई हामी ‘तँ द्वा’ (ठूलो ढोका) भन्छौं।’, ‘तपाईं एकचोटि जसरी भए पनि त्यहाँ पुग्नू है। त्यसको फोटो पनि खिचेर छाप्नू।’, यति भनेपछि म नगइरहन कहाँ सक्थेँ र! जोगवीरले घोडा बाँध्ने थाम हेर्ने हुटहुटी मलाई पनि कम्ता थिएन!, थायमदुको ल्हवँ चूकमा घोडा बाँध्ने काठको थाम। यही थाममा जोगवीर स्थापित आफ्नो घोडा बाँध्ने गर्थे। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, द्रव्यरत्न स्थापितसँग भेटेपछि हाम्रो यात्राको पाँचौं तथा अन्तिम पडाव पूरा हुन्छ।, यहाँसम्म आइपुग्दा जोगवीर स्थापित र उनको व्यक्तित्वको एउटा खाका बन्यो होला!, उनको धमिलो आकृतिमा हल्का इन्द्रधनुष भरियो होला!, यी उनै जोगवीर स्थापित उर्फ जोगवीनाय: हुन् जसले वीरशमशेरको पालामा दरबारहरू बनाए। जसले स्वयम्भू महाचैत्य पुनर्निर्माण गराए। आफ्नो चोक बनाए। काठमाडौंमा थुप्रै चैत्यहरू निर्माण गराए।, यी काठमाडौं थायमदुका उनै जोगवीनाय: हुन्, जसले हात्तीसारको जमिनमुनि भेटिएको भूमिगत सुरूङमा आजभन्दा १३० वर्षअघि आफ्नो रगत–पसिना बगाए।, थप पढ्नुहोस्:, जयनेपालमा भासियो टुकुचा सुरूङसँगैको सडकपेटी, पुरातत्वले टुकुचा सुरूङमा भेट्यो 'श्री ३ वीर' लेखिएको इँटा, टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, स्वयम्भू महाचैत्य पुनर्निर्माण र टुकुचा सुरूङ बनाउने जोगवीर स्थापितको कथा
सेतोपाटी संवाददाता ‘म हिमाल चढ्न एकदमै उत्सकु छु। मेरो जन्म हिमालमै मर्नका निम्ति भएको हुनुपर्छ,’ विश्वका अधिकांश उच्च हिम हिमश्रृंखलामा कीर्तिमान राखेकी ४९ वर्षिया हिलारी नेल्सनले फ्रान्सको मन्ट ब्ल्यांकबाट फर्किएपछि ,द ग्याजेट,सँग भनेकी थिइन्।, सन् २०१८ मै आफ्नो मृत्युबारे उनको कल्पना सत्य साबित भएको छ। बुधबार उनको पार्थीव शरीर नेपालको मनास्लु हिमालको आधार क्षेत्रमा भेटियो।, मनास्लु हिमालमा स्की गर्ने क्रममा आएको हिम पहिरोले उनले ज्यान गुमाइन्।, बाल्यकालदेखिनै साहसिक खेलमा रूची भएकी हिलारीले तीन वर्षको उमेरदेखिनै स्कीमा पाइला राखेकी थिइन्।, हरेक सप्ताहान्तमा उनका अभिभावकले अमेरिकाको सियटलमा उनलाई स्की खेल्न छोडिदिन्थे। स्कीको प्रारम्भिक अभ्यास हिलारीले त्यहीँ गरिन्।, कलेज पढ्दा बिदा मनाउन युरोप पुगेपछि उनले स्कीलाई नै आफ्नो भविश्य बनाउने अठोट गरिन्। त्यसपछि उनले अमेरिका र युरोपका हिमालमा मात्र होइन, संसारकै अग्ला ‍हिमालहरूमा स्की गर्ने अठोट गरिन्।, यसबारे एक ,अन्तरवार्ता,मा उनले भनेकी छिन्। ‘कलेज सकेपछि स्कीमा भविष्य खोज्दै म अल्प्स पुगेकी थिएँ। त्यो क्षेत्र मेरा निम्ति अर्को विश्वविद्यालय बन्यो। पाँच वर्ष त्यहाँ विताएपछि म कुशल स्की प्लेयर बनेर फर्किएँ।’, स्कीमा अमेरिकाको प्रतिनिधित्व गरेकी उनले सन् १९९६ देखि राष्ट्रलाई पदक दिलाउन थालिन्। उनी युरोपियन वुमन एक्सट्रिम स्किइङ च्याम्पियनसमेत बनिन्।, अमेरिकाको स्की टिममा १४ वर्षको उमेरदेखिनै प्रवेश गरेकी उनले १६ वर्षको उमेरमा युएस डाउनहीलको उपाधि जितिन्। त्यसपछि पछाडि फर्केर हेर्नु नपरेकी उनले सन् १९९७ को विश्व डाउन हिल च्याम्पियनसिपमा स्वर्ण पदक जितिन्।, स्कीको विश्वकपमा उनी तीन पटक च्याम्पियन बनिन् भने २७ पटक उत्कृष्ट १० मा परिन्।, नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन्। नेपालका अधिकांश ८ हजार माथिका हिमालमा सफल आरोहण र स्की गरेकी उनी २४ घण्टाभित्र  सगरमाथा र ल्होत्से चढ्ने पहिलो महिला बनिन्।, सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्। , सन् २०१५ मा उनले मकालु हिमालबाट स्की गरिन्।  मकालु हिमालमा स्की गर्ने उनी पहिलो महिला हुन्।, सन् २०१८ मा हिलारीले आफ्ना श्रीमान जिमसँग मिलेर ८ हजार ५१६ मिटर अग्लो लोत्से हिमालको टुप्पोबाट स्की गरेर फेदसम्म पुगिन्। , यस्तै उनले भारतको पप्सुरा हिमालमा स्की गरेरै चढ्ने र ओर्लिने रेकर्ड आफ्नै नाममा राखिन्।, यस्तै तिब्बत क्षेत्रबाट चोयूमा पनि उनले स्की गरिन्।, होली पिक्सका नामले परिचिति मंगोलियाको पाँच वटा चुलीमा पनि उनले सफलतापूर्वक स्की गरिन्।, विश्वका १६ मुलुकका ४० वटा हिमाल आरोहण गरेकी उनी नर्थ फेस टिमको पहिलो महिला क्याप्टेन समेत हुन्।, सन् १९७२ मा जन्मेकी उनी स्की माउन्टेनर हुन्। दुई सन्तानकी आमासमेत रहेकी नेल्सन आफ्ना सन्तानलाई पनि हिमाल आरोहण गर्न सिकाउँथिन्। , हिमालमै मर्न जन्मिएको भन्ने इच्छा गरेकी हिलारीको प्राण नभन्दै हिमालमै गएको छ। उनको निधनले अमेरिकाले कुशल खेलाडी र ,नर्थ फेसले, साहसिक क्याप्टेन गुमाएको छ।, विभिन्न एजेन्सीको सहयोगमा, ‘हिमालमै मर्न जन्मिएको’ भन्ने कीर्तिमानी हिलारी मनास्लुमा बितिन्
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार २८४ जनाको पिसिआर र एक हजार ५३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२२ जना सक्रिय संक्रमित छन्।, ५२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको जनाको मृत्यु भएको छ।, देशभर ३८ जना थपिए कोरोना संक्रमित
रासस मुस्ताङको घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ।, गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो।, किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए।, विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउका कार्टुन अनुदानमार्फत् वितरण गरिएकामा त्यसबाट अपेक्षित उपलब्धि नभएपछि अहिले पाँच किलो क्षमताको काटुर्न वितरण गर्न लागिएको हो।, उक्त कार्टुन अब भने सही सदुपयोग हुने विश्वास लिइएको जनाउँदै अध्यक्ष लालचनले भने, ‘विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउको कार्टुन सीमित व्यक्तिले मात्रै माग गर्ने गर्दथे।’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २० किलोको कार्टुन वितरण गर्दा धेरैले दोहोरोपनको फाइदासमेत उठाएको उनले बताए।, पालिकाले यस कार्यक्रमका लागि रु दुई लाख ५० हजार विनियोजन गरेको र किसानको मागअनुसार उक्त कार्यक्रमअन्तर्गत छ हजार तीन सय ५० कार्टुन ल्याइएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन्।, पालिकाभित्रका पाँच वटै वडामा मागबमोजिमको अनुपातमा कार्टुन वितरण हुने उनले बताए।, पाँच किलोको कार्टुन दसैं तिहार जस्ता महान चाडमा आफन्त, इष्टमित्र, साथीभाइलाई स्याउ लगायतका समान कोसेलीका रूपमा पठाउन मिल्ने जनाइएको छ।, पाँच किलोको कार्टुन प्लास्टिकको विकल्पका रूपमा उपयोग हुने बताउँदै उनले यी कार्टुनलाई किसानले ७५ % अनुदानमा प्रति कार्टुन रु १३ रुपैयाँ तिर्नुपर्ने जानकारी दिए। ,  , प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने कार्टुन
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा आगलागी भएको छ।  , बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘रानीवनस्थित एक फर्निचरमा आगलागी भएको छ। हामी घटनास्थल जाँदैछौ, विस्तृत जानकारी पछि आउनेछ,' उनले सेतोपाटीसँग भने। , घटना र क्षतिबारे थप विवरण आउन बाँकि रहेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।, काठमाडौंको बालाजुस्थित एक फर्निचर उद्योगमा आगलागी
सेतोपाटी संवाददाता नेपालमा अहिले डेंगीको प्रकोप बढिरहेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।, ७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार काठमाडौं,  ललितपुर,  मकवानपुर,  दाङ,  भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली गरी १८ हजार १ सय ६५ जना संक्रमित छन्। जुन ८६ प्रतिशतभन्दा बढी हो। तीमध्ये काठमाडौंमा ८१३२, ललितपुरमा ४३७७, मकवानपुरमा १७१७, दाङमा १२५२ जनामा संक्रमण देखिएको छ।, पछिल्लो तथ्यांक अनुसार डेंगीबाट ३२ जनाको मृत्यु भएको छ। गत ४ हप्तामा २१ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको छ।, घरमा रहेका डेंगी बिरामीले के खाने/ के नखाने? (भिडिओ), अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ। , कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्। , टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए। कतिपयले त 'प्लेट्लेट्स' बढ्छ भनेर मेवाको पात पनि खाने गरेको सुनाउँदै डा. पुनले त्यसमा कुनै सत्यता नभएको बताए। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २५ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने ३२ जनाको मृत्यु भइसकेको छ। तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ-आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ।  , यस्तो अवस्थामा घरमा रहेका डेंगीका बिरामीलाई के गर्ने, के नगर्ने भन्ने दुविधा हुनसक्छ।, हेर्नुस्, यही सन्दर्भमा डा. पुनसँग घरमा रहेका डेंगीका बिरामीले आफ्नो ख्याल कसरी गर्ने भन्नेबारे कुराकानी गरेर तयार पारिएको यो भिडिओः,  ,  , सबभन्दा बढी डेंगी फैलिएको यी १० जिल्ला
रासस धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय भतिजाको हत्या गरेका छन्।, क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, उनका अनुसार रविले अनुशलाई बुधबार साँझ फलामे रड प्रहार गरी हत्या गरेका हुन्।, रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए। स्थानीयस्तरमै उपचारका क्रममा आधा घण्टाभित्रै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।, घटनालगत्तै रविलाई प्रहरीले पक्राउ गरेको छ। रविलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।, हत्याको कारण खुल्न सकेको छैन। पारिवारिक विवादमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।, बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।, रड प्रहार गरी ४ वर्षीय बालकको हत्या
सेतोपाटी संवाददाता देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। , जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। , वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।, मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभावः कस्तो रहला आजको मौसम?
रासस महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।, ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।, अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।, घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो। अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो। , साथै, हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ। प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो। अभियुक्तमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छ/छैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको जनाइएको छ।,  , बलात्कारपछि हत्या आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ। उनको शव बाँसघारीमा फेला परेको थियो। फलामको पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरी सलले घाँटी कसेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।, खातुनको बलात्कार गरी हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि पोस्टमर्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए।, हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ। घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी यादवको भनाइ छ।, गत असोज ७ गते बिहान ११ बजे घाँस काट्न भनी अमना घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई निस्केकी थिइन्। साँझसम्म उनी घर नफर्केपछि छिमेकी तथा आफन्तले उनको खोज तलास सुरू गर्‍यो। नभेटेपछि स्थानीय प्रहरीलाई खबर गरियो।, खोजतलास क्रममा राति पौने १० बजे धिरापुर गाउँदेखि डेढ किलोमिटर पूर्वमा बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैंचाको बाँसघारीमा खातुनको शव फेला परेको थियो।, घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरूवालको डोरी चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताको गोजीको टुक्रा फालिएको र च्यातिएको अवस्थामा आरोपितको गन्जी पनि फेला परेको डिएसपी यादवले जानकारी दिए।, यादवका अनुसार हत्या आरोपी मोजाहिरले एक सय मिटरसम्म शव घिसारेर बाँसघारी ल्याएर राखेका थिए।, हत्यापश्चात् उनले मृतकले लगाएकी पाउजु र नाकको फुली निकालेर जलेश्वरस्थित एक सुन पसलमा ६ हजार रूपैयाँमा बेचेका थिए।, हत्या अरोपी मोजाहिरविरूद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी यादवले बताए।, घाँस काट्न निस्केकी महिलाको हत्या
सेतोपाटी संवाददाता काठमाडौंको रानीवनस्थित एक फर्निचरमा लागेको आगलागी नियन्त्रणमा आएको छ।  , बुधबार दिउँसो रानीवनको एलजी प्रालि फर्निचर उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार साढे १२ बजे लागेको आगलागी झन्डै साढे २ बजे नियन्त्रणमा आएको हो। एलपी ग्यास बिस्फोट हँदा आगलागी भएको उनले बताए। , एलजी प्रालि फर्निचरमा आगलागी हुँदा झन्डै ३० लाख बराबरको क्षति भएको उनले बताए। , आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटीबाट एक, काठमाडौंबाट महानगरपालिकाबाट दुई, नेपाली सेनाबाट एउटा दमकल र तीन वटा पानी ट्याङ्कर परिचालन गरिएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। , उनका अनुसार जिल्ला प्रहरी परिसरका प्रहरी, नगर प्रहरी प्रहरी, प्रहरी वृत्त बालाजु र स्वयम्भुबाट प्रहरी साथै ट्राफिक प्रभाग बालाजुबाट गरी १५० जना प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो , त्यस्तै नेपाली सेनाबाट ३२, सशस्त्र प्रहरी बलबाट ४० जना सुरक्षाकर्मीहरू परिचालन गरी आगो पूर्णरूपमा नियन्त्रणमा लिएको उनले बताए। , आगलागीको सम्बन्धमा प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। , काठमाडौंको बालाजुस्थित फर्निचरमा लागेको आगलागी नियन्त्रणमा
सेतोपाटी संवाददाता काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी दिएको छ। , बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी दिएको उनको सचिवालयले जानकारी दिएको छ।  , उपमेयर डंगोलले कालिमाटी र कुलेश्वर क्षेत्रमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको बताइन्।, ‘अनुगमनका क्रममा कतिपय ठाउँमा राम्रो भेटियो। कतिपय ठाउँमा भने उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको भेटियो,’ उनले भनिन्, ‘कतिपय खाद्यान्न पसलमा घुन लागेको चामल, चिउरा लगायतका खाद्य सामग्री पनि भेटियो। ती सबै सामग्री जफत गरेका छौं।’ , त्यस्तै, संगम स्वीटको पनि अनुगमन गर्ने क्रममा अशुद्ध तेल प्रयोग गरेको कारण चेतावनी दिएको बताइन्। , ‘त्यहाँ दुइटा किचेन रहेछ। एउटा किचेनमा प्रयोग भएको तेल शुद्ध भेटियो,’ उनले भनिन्, ‘अर्को किचेनमा प्रयोग भएको तेल भने अशुद्ध भेटियो। विज्ञको टोलीले परीक्षण गर्दा एउटा किचेनमा प्रयोग भएको तेल रातो बलेको र जुन प्रयोग नै गर्न नमिल्ने रहेछ।’, उनले संगम स्वीटलाई आइन्दा यस्तो प्रयोग गरे कारबाही गर्ने चेतावनी समेत दिएको बताइन्।, महानगरपालिकाले आज कालिमाटीस्थित फलफूल तथा तरकारी बजार लगायतको अनुगमन गरी खाद्यान्न पसलमा पनि अनुगमन गरेको थियो।,  , महानगरको बजार अनुगमनमा 'डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत, संगम स्वीटलाई चेतावनी
एजेन्सी अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।, इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ। , बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। , तुफानको कारण असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ। करिब १८ लाख मानिसको विद्युत आपूर्ति रोकिएको छ। , फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार यो निकै खराब दिन भएको भन्दै मानिसहरुलाई प्रार्थना गर्न आग्रह गरेका छन्। , अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ।, इतिहास हेर्ने हो भने हावाको कारण आउने पानीबाट धेरैको मृत्यु हुने गरेको छ।, फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ।, अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफान
डा. सूर्य देवकोटा, मुटु रोग विशेषज्ञ सामान्यततया मान्छेमा स्वास्थ्य समस्या भएपछि मात्रै अस्पताल जाने चलन छ। छाती दुख्यो भने, रिंगटा लाग्यो भने बल्ल मुटु परीक्षण गर्छन्। अहिले जनचेतना बढेकाले पहिले नै मुटुको परीक्षण गर्ने क्रम पनि बढ्दो छ।, तीस वर्ष कटेपछि वर्षमा एकपटक मुटु परीक्षण गर्नुपर्छ। व्यस्त सहरी जीवन, औद्योगीकरण र खानपिनमा आएको परिवर्तनले मोटोपन, उच्च रक्तचाप (हाइ ब्लडप्रेसर) र मधुमेह (सुगर) का बिरामी बढ्दो क्रममा छन्। यी सबैले मुटुलाई असर गर्छ। , मानिसहरूमा मुटुको रोगलाई बढावा दिने जोखिम कारकहरू; प्रेसर, सुगर, कोलस्ट्रोल बढ्दै गएको छ। , अहिले रक्तनलीसँग सम्बन्धित र मुटुको मांसपेशीसँग सम्बन्धित रोग बढेको देखिन्छ। जस्तै हृदयाघात, मुटुका नसाहरू साँघुरो हुने समस्या बढ्दो छ।, संसारभरि अल्पायुमा मृत्यु हुनेमध्ये धेरैको मुटु र रक्तनलीसँग सम्बन्धित समस्या छ। संसारमा मुटुकै कारण करिब दुई करोड मान्छेको उमेर नपुगी मृत्यु हुन्छ। नेपालमा भने यस्तो कुनै तथ्यांक छैन।, पहिला झाडापखला, निमोनिया, सरूवा रोगहरूका कारण धेरै मृत्यु हुन्थ्यो। अहिले नसर्ने रोगहरूका कारण धेरै मृत्यु हुन थालेको छ। पहिले मुटुको रोग धनी देशको भनिएको थियो। तर अहिले मुटु रोगका कारण मृत्यु हुनेमध्ये ८० प्रतिशत मृत्यु गरिब तथा अविकसित देशहरूमा भइरहेको छ। धनी र विकसित देशहरूमा धेरै घट्न थालेको छ।, मानिसहरूमा दालभात, तरकारी, फलफूल, साग खाने बानी हराएको छ। जंक फुड र आयातित खानाले समस्या बढेको छ। हाम्रा परम्परागत खाना धेरै स्वस्थकर छन्।, अहिले मासुको मात्रा पनि बढिरहेको छ। नुन र चिनी मिसिएको खानाको मात्रा बढेको छ। हाम्रो खानामा कार्बोहाइड्रेट अलि धेरै हुन्छ। मुटु रोगीको संख्या बढ्नुमा हामीले खाँदै आएको दालभातभन्दा जंक फुड धेरै जिम्मेवार छ।, परम्परागत खानामा परिवर्तन आउनु पनि मुटु रोगको कारण हो। स्वस्थ मुटुका लागि सन्तुलित भोजन हुनुपर्छ। घ्यु खानै हुँदैन भन्ने होइन। घरमै पकाएको खानामा खासै चिल्लो हुँदैन। खानाको मात्र कुरा होइन, त्यसलाई पचाउन पनि पर्छ। त्यसैले व्यायाम पनि जरूरी छ।, विश्व स्वास्थ्य संगठनले कम्तीमा एक सातामा १ सय ५० मिनेट हिँड्न भनेको छ। यसको सट्टामा पौडी, ब्याडमिन्टन लगायत खेल पनि हुनसक्छ। मुख्य कुरा शारीरिक रूपमा सक्रिय हुनुपर्छ भन्ने हो।, नेपालमा मुटुको प्रत्यारोपण बाहेकका सबैजसो उपचार सम्भव भइसकेको छ। मुटु रोगको उपचार सेवा काठमाडौंमा मात्र होइन, विराटनगर, पोखरा, चितवन ,बुटवलमा पनि धेरै विकास भइसकेको छ। देशकोस्तर अनुसार हामीकहाँ राम्रो उपचार हुन्छ। नेपालीहरू उपचारका लागि विदेशिन कम भइसकेको छ।, गाउँमा मान्छे स्वस्थ हुन्छन् भन्ने हाम्रो बुझाइ छ। तर त्यस्तो हैन। गाँउमा मुटुका बिरामी धेरै बढेका छन्। गाउँमा चुरोट सेवन धेरै हुन्छ। उनीहरू दुब्ला भए पनि मुटुको समस्या देखिएको छ। यद्यपि गाउँ र सहरमा मुटु रोगीको अवस्थाबारे हामीकहाँ अध्ययन भएको छैन।, मुटु स्वस्थ राख्न केही सुझावः, - खानपिनमा ध्यान दिनुपर्छ।, - फलफूल, सागसब्जी बढी भएको र नुन, चिल्लो कम भएको खाना खानुपर्छ।, - कार्बोहाइड्रेट र एनिमल फ्याट कम खानुपर्छ।, - कम्तीमा आधा घन्टा पसिना आउनेगरी हिँड्नुपर्छ।, - धूमपान, मद्यपान बन्द गर्नुपर्छ।, - तनावको व्यवस्थापन गर्नुपर्छ।, - प्रेसर, सुगरको समयमै उपचार गर्नुपर्छ।, - पर्याप्त मात्रामा सुत्नुपर्छ।, - धुवाँधूलोबाट जोगिनुपर्छ।, -ध्यान, योग गर्नुपर्छ। , मुटु रोग लाग्ने कारण, यसको उपचार र मुटु स्वस्थ राख्न अपनाउनुपर्ने विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पताल महारजगञ्ज र ग्रिनसिटी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटासँग सेतोपाटीले गरेको भिडिओ कुराकानी-, यी पनि हेर्नुहोस्ः , हृदयघात भएको कसरी थाहा पाउने? (भिडिओ), मुटु स्वस्थ राख्ने तीन तरिका, सामान्य लाग्ने टन्सिलले बिगार्न सक्छ मुटु (भिडिओ), ९५ प्रतिशतभन्दा बढी मुटु रोगको उपचार नेपालमै सम्भव छ (भिडिओ), 'जंक फुडको प्रयोगले मुटु रोगी बढेका छन्' (भिडिओ)
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा बनेको सिनियर प्रहरी अधिकृत आवास गृहको उद्घाटन गरिएको छ।, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी किरण बज्राचार्यले उक्त भवनको उद्घाटन गरिन्।, १ करोड ७ लाख २१ हजार ९४७ रुपैयाँ लागतमा आवास गृह निर्माण भएको हो।, १ करोड ४९ लाख ७ हजार ३२४ रुपैयाँ बजेट भएपनि निर्माण कम्पनी बालाजी निर्माण सेवाको सस्तो दरको प्रस्ताव स्वीकृत भएको थियो।, कोरोना महामारी र मूल्यबृद्धिको कारण देखाएर निर्माण कम्पनीले तोकिएको भन्दा २२ महिना पछि मात्रै निर्माणकार्य सम्पन्न गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक ईन्जिनियर ईश्वर थापाले बताए।, उनले निर्माण सम्पन्न हुँदा मूल्य अभिवृद्धि करसहित १ करोड ३२ लाख ८७८ रुपैयाँ खर्च भएको बताए।  , यो भवनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षकहरु बस्नेछन्। मुख्य कार्यालय नै पुरानो र जिर्ण अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुका लागि आवासको राम्रो व्यवस्था थिएन।, ३ विगाहा ८ कट्ठा जमिनमा रहेको प्रहरी कार्यालयमा आगामी वर्ष पनि नयाँ संरचनाहरु निर्माण गर्ने योजना बनिरहेको थापाले बताए।, भवन उद्घाटन गर्दै डिआइजी बज्राचार्यले चितवन सुरक्षाका दृष्टिले देशकै संवेदनशील र चुनौतीपूर्ण जिल्ला भएकाले यहाँका प्रहरीहरूलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताइन्।, उनले सिनियर प्रहरीका लागि आवास गृह बनेसँगै अन्य भौतिक संरचनाहरु पनि निर्माणको प्रयास भइरहेको बताइन्।, चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले चितवन सुरक्षाका दृष्टिले संबेदनशील जिल्ला भए पनि त्यहीँ अनुसार स्रोत साधन नभएको बताए।, उनले भौतिक पूर्वाधारको स्तरोन्नती गर्दै प्रहरीलाई स्रोत साधनले सम्पन्न बनाउनु आवश्यक रहेको बताए। , चितवनमा बन्यो सवा करोड लागतमा सिनियर प्रहरी अधिकृत आवास गृह
सेतोपाटी संवाददाता विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामूलक र्‍याली निकालिएको छ।, सन् १९९९ मा पहिलो पटक मनाउन सुरू गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मनाउने गरिन्छ। सोही अनुसार यस वर्ष पनि आफ्नो मुटु पनि स्वस्थ राखौं र अरूको मुटु पनि स्वस्थ राखौं भन्ने नारासहित बुटवलमा पनि मुटु दिवस मनाइएको हो।, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको र्‍यालीमा रूपन्देहीमा रहेका विभिन्न रोटरी तथा रोट्र्याक्ट क्लब तथा सामाजिक संघसंस्थाहरूको सहभागिता थियो।, बुटवल र तिलोत्तमा नगरपालिकाको संगमस्थल योगिकुटी चोकबाट व्याण्डबाजासहित निकालिएको र्‍याली राजमार्ग चौराह, मिलनचोक हुँदै नयाँ बसपार्क पुगेर समापन गरिएको थियो।, र्‍यालीमा सहभागीहरूले मुटुरोग तथा हृदयघातबाट कसरी जोगिन सकिन्छ भनी लेखिएका विभिन्न सचेतनामूलक प्लेकार्ड बोकेका थिए।, र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले आफ्नो जीवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए।, उनले पछिल्लो समय नेपालमा मुटु रोगीहरूको संख्या बढ्दै गएको भन्दै धूमपान मुटु रोगको मुख्य कारण बन्दै गएको उल्लेख गर्दै धूमपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोसो लगायतको सेवनलाई रोक्न सके मुटु रोग लाग्नबाट जोगिन सकिने बताए।, डा. गौतमले धूमपानसँगै चिल्लो, गुलियो र नुनिलो यी तिन चिजलाई कम गर्न सके मुटुरोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिने बताए।, मुटुरोगको लागि बढावा दिने मधुमेह र मोटोपनको समस्या छ भने त्यसको पनि समयमै उपचार गर्न उनले सुझाव दिए।, अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तीमा एकपटक भए पनि स्वास्थ्य परीक्षण गरी भविष्यमा हुन सक्ने स्वास्थ्य समस्याबाट सचेत बन्न आग्रह गरे।, कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अहिले नसर्ने रोगसँगै विभिन्न प्रकारका सर्ने रोगका कारण मानिसहरू आक्रान्त भइरहेको उल्लेख गर्दै सबै प्रकारका रोगहरूलाई कम गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताइन्।, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मुटु दिवसको अवसरमा बुधवार बुटवलमा म्याराथन दौड समेत आयोजना गरेको थियो।,  ,  ,  , मुटु दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली (तस्बिरहरू)
भगवती पाण्डे मिर्गौलाका बिरामीहरूको डायलासिस सेवा प्रदान गर्दै आएका अस्पतालले लामो समयदेखि डायलासिस गरे बापतको रकम पाउन नसक्दा आर्थिक संकटमा पुगेको गुनासो गरेका छन्।, सरकारले गत वैशाख महिनादेखि नै मिर्गाैलाका बिरामीहरूको डायलासिस सेवा बापतको रकम भुक्तानी नगरेको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले एक महिनाअघि नै डायलासिस सेवा बन्द गरेको जनाएको थियो।, उक्त मेडिकल कलेजले सरकारबाट पाउनुपर्ने १४ महिनादेखिको रकम भुक्तानी नभएको जनाएको छ। मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्म बिरामीको मिर्गौला डायलासिस हुँदै आएको थियो।, मिर्गौला बिरामीहरूको डायलासिस गराउँदै आएका लुम्बिनी प्रदेशका सबै जसो अस्पतालले सेवा दिएबापतको रकम भुक्तानीको जिम्मा पाएको बीमा बोर्डले रकम भुक्तानीमा ढिलासुस्ती गर्दा अस्पतालको सेवा नै प्रभावित हुने गरेको बताएका छन्।, मिर्गौलाका बिरामीहरूको डायलासिससँगै, मुटु र क्यान्सर लगायतका गम्भीर प्रकृतिका रोगका बिरामीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार नि:शुल्क गर्ने र उपचार सेवा वापतको रकम सम्बन्धित अस्पताललाई भुक्तानी दिँदै आएको थियो। यसअघि स्वास्थ्य विभागबाट रकम भुक्तानी हुँदै आएकोमा पछिल्लो समय भुक्तानीको जिम्मा बीमा बोर्डलाई दिएपछि भुक्तानीमा ढिलाइ हुँदै गएको अस्पताल सञ्चालकहरूको गुनासो छ।, लुम्बिनी प्रदेशमै सबभन्दा धेरै मिर्गौलाका बिरामीलाई डायलासिस सेवा प्रदान गर्दै आएको बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बीमा बोर्डले बिरामीहरूको उपचार गरेबापतकै ५ करोडभन्दा बढी रकम रोकेर राख्दा अस्पताल चरम आर्थिक संकटमा परेको बताए।, आलमले मिर्गौलाका बिरामीहरूको डायलासिस सँगै गरिब तथा विपन्न नागरिकहरूको मुटु रोगको उपचार गरेवापत बीमा बोर्डबाट वैशाखदेखि भदौ मसान्तसम्मको ५ करोड ६१ लाख ६६ हजार ४ सय ५२ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए।, आलमका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाका बिरामीहरूको डायलासिस गरेवापत ४ करोड ८२ लाख ९७ हजार ५ सय रुपैयाँ र मुटु रोगीको उपचार वापतको ७८ लाख ६८ हजार ९ सय ५२ रुपैयाँ भुक्तानी रोकिएको छ।, मुटु अस्पतालबाट नियमित रूपमा साढे चार सय जना बिरामीले मिर्गौलाको डायलासिस गराउँदै आएका छन्।, ‘सरकारबाट पाउनुपर्ने रकम ५ महिनासम्म रोकिँदा समुदायबाट सञ्चालन गरिएको अस्पताल चरम आर्थिक संकटमा परेको छ, रकम रोकिँदा बिरामीहरूलाई समेत चिन्तित बनाएको छ,’ अध्यक्ष आलमले भने।, उनले बीमा वापतकै रकम उपलब्ध गराउन नसकेको बीमा बोर्डलाई मिर्गौलाको डायलासिस सेवा वापतको रकम भुक्तानीको समेत जिम्मेवारी दिँदा झनै समस्या थपिएको बताए।, यता रूपन्देहीको भैरहवा मेडिकल कलेजले पनि गत वैशाखदेखिकै रकम भुक्तानी नभएको बताएको छ।, मेडिकल कलेजका व्यवस्थापक कमल ढकालले बीमा बोर्डबाट डायलासिस सेवा वापतको ६६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। मेडिकल कलेजमा नियमित ५० जना मिर्गौलाका बिरामीले डायलासिस सेवा लिँदै आएका छन्।, मेडिकल कलेजमा डायलासिस सेवा वापतको मात्र नभई सरकारले उपचारमा सहुलियत दिने घोषणा गरेका मुटु, क्यान्सर, मेरूदण्ड लगायतका बिरामीहरूको उपचार र स्वास्थ्य बीमा कार्यक्रम वापतको समेत गरी १० करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ।, ढकालले सरकारले बिरामीहरूको उपचारमा सहुलियत दिने घोषणा गरे पनि समयमा भुक्तानी नहुँदा अस्पतालमात्र नभई बिरामी समेत समस्यामा परेको बताए।, ‘करोडौं रकम महिनौंसम्म रोकिँदा मानिसको जीवनसँग जोडिएका अस्पतालहरू कसरी सञ्चालन गर्ने हो ?’ उनले प्रश्न गरे।, रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले पनि सरकारबाट ८० लाख रुपैयाँभन्दा बढी रकम पाउन बाँकी रहेको जनाएको छ। उक्त अस्पतालमा पनि ४० जनाभन्दा बढी मिर्गौलाका बिरामीले नियमित डायलासिस सेवा लिँदै आएका छन्।, अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले महिनौंसम्म रकम रोकिँदा अस्पताल सञ्चालनमै समस्या आउने गरेको बताए।, ‘पाउनुपर्ने रकम रोकिएपछि अस्पतालले दिनुपर्ने ठाउँमा पनि स्वाभाविक रूपमै रोकिने भयो, समयमा रकम नपाउँदा त्यसको प्रत्यक्ष मारमा बिरामी र अस्पतालका स्वास्थ्यकर्मीहरू नै पर्ने गरेका छन्,’ उनले भने।, सरकारले सम्बन्धित निकायमा सूचीकृत भएका अस्पताललाई मिर्गौलाका बिरामीहरूको डायलासिस गराएवापत एक पटकको २ हजार ५ सय रुपैयाँको दरले अस्पताललाई रकम भुक्तानी दिँदै आएको छ।, बीमा बोर्डले रकम भुक्तानी नगर्दा अस्पतालहरू आर्थिक संकटमा
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्।, बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्।, ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो,’ शाहले भनेका छन्,‘यो कायम छ। यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौं।’, महानगरको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिमा नै ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ। फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको मेयर शाहले उल्लेख गरेका छन्।  , ‘यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ। पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ। अन्य समयभन्दा योबेला  जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घरबाहिर निस्कने समय हो,’ उनले भनेका छन्,‘उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो। सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो। त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ। यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं।’, उनले सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिने कुरा पनि दोहोर्‍याएका छन्।, बालेन भन्छन्- फुटपाथ खाली गर्ने कुरामा पर्व विशेषका नाममा लचिलो हुन्नौं
सेतोपाटी संवाददाता डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । , स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। , यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुुका कारण मृत्यु भएको थियो ।, जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।  , चितवनमा डेंगुबाट एक महिलाको मृत्यु
शुरबहादुर सिंह/रासस सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ।, सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ।, वि.सं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो। राजमार्ग जोडिएपश्चात् कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ। यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन लगायतका सहरसहित राजधानी काठमाडौंसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ।,  , यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवातजावतले नयाँ ठाउँ बजार बनेका छन्। खुद्रे पसल थोक बिक्रेतामा रूपान्तरण भएका छन्। पैदलयात्रा गरिँदाका सङ्गमस्थल अपरिचित ठाउँमा परिणत भएका छन्। हिजो हिँडेका बाटो बिरानोमात्र भएका छैनन्, सडक यातायातले कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ। , आधुनिकताले सडक छेउमात्र होइन, गाउँ बस्तीलाई समेत छोइसकेको छ।, हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्वाकाङ्क्षा जगाएको छ। आज कर्णाली राजमार्ग छेउका डरलाग्दा भिरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन्। , सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई सफलता मिले पनि धेरैले सास्ती भोग्नुपरेको छ। कर्णाली राजमार्गअन्तरगत विशेषगरी कालीकोट र दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरू बाढी र पहिरोको उच्च जोखिममा छन्।, कमाउने रहरले यस्ता जोखिम ठाउँमा घर बनाएर बसेका नागरिकलाई बाढी र विशेषगरी पहिरोको कहरले सताउने गरेको छ। साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरमा कहिले यातायातका साधन ठोकिने समस्या त कहिले भिरै भत्केर घरहरू कणाली नदीमा जालान् भन्ने डर र चिन्ता छ।, सडकले जन्माएका ती बस्तीहरुको व्यवस्थापनमा कसैले ध्यान पुर्याएको देखिदैन। कहालीलाग्दो भिरमा बनेको सडक त्यसमा पनि गाडी आवातजावत गर्नसमेत नसक्ने साँघुरो अवस्थाले गाडी अगाडि बढ्न फराकिलो ठाउँ खोज्नुपर्दछ। विपरीत दिशाबाट आएका गाडी पार गर्न समय त लाग्छ नै, चालकले थोरै पनि संवेदनशीलता अपनाउन नसके दुर्घटनाको खतरा पनि त्यत्तिकै छ।, नेपाली सेनाले खोलेको साँघुरो ट्र्याक फराकिलो नगर्दै गाडी सञ्चालन गरियो। ट्र्याक खोलेको सात वर्षपछि २०७० सालमा ओटासिल प्रविधिबाट त्यही साँघुरो सडक कालोपत्र पनि गरियो। अहिले राजमार्गका विभिन्न ठाउँमा कालोपत्र उप्किँदा कर्णाली भित्रिने जो कोहीको यात्रालाई जोखिमयुक्त बनाएको छ।, भिर र साँघुरो सडककै कारण ट्र्याक खोलिएपश्चात् कर्णाली राजमार्गमा दर्जनौं गाडी दुर्घटना भएका छन् भने सयौं नागरिकले ज्यान गुमाइसकेका छन्।, धनको क्षति पनि त्यसरी नै भएको छ। बढ्दो दुर्घटनाका कारण हुने धनजनको क्षति रोक्न राजमार्गको तत्काल स्तरवृद्धि गरिने भनिए पनि त्यसको कार्यान्वयन नहुँदा जोखिम कायमै छ।, सडकको अवरोध र जोखिम कम गर्न जुम्लादेखि कालीकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकार पर्दछ। दुवै सङ्घअन्तरगतकै कार्यालय हुन्। सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक ठोस काम ती कार्यालयबाट भएको देखिँदैन। सामान्यतयाः राजमार्गको अवरोध हटाउने प्रयास भए पनि राजमार्गको स्तरोवृद्धि हुन सकेको छैन।, राजमार्गको स्तरवृद्धि नभएकै कारण कर्णालीको पर्यटन विकास हुन नसकेको युवा पर्यटन व्यवसायी हुम्ला निवासी नुर्वु लामा बताउँछन्।, ‘यहाँको नेतृत्वको पहलमा संघीय सरकारले सडकको स्तरोन्नति गर्नुपर्दछ’, लामाले भने, ‘अन्यथा प्राकृतिक, धार्मिक सांस्कृतिक तथा पुरातात्विक रूपले सम्पन्न कर्णाली आर्थिक, सामाजिक र राजनीतिक विकासमा अझै पछि पर्छ।’, कर्णाली राजमार्गको यात्रालाई सहज बनाउन पुल निर्माण कार्यलाई तीव्रता दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर तुलाराम शर्माले जानकारी दिए।, उनले भने, ‘सुर्खेत बाङ्गसिमलदेखि कालीकोट र जुम्लाको सीमामा पर्ने दही खोलासम्म १३२ किलोमिटर सडक खण्डमा निर्माण कार्य सुरू गरिएको २० मध्ये १५ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेका छौं।’, उनका अनुसार साइखोला, सिस्ने, बाङ्गेतडा, खिड्कीज्यूलामा पनि पुल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढेको छ। आर्थिक वर्ष २०६८/६९ देखि निर्माण कार्य सुरू भएको दैलेख आठबीस नगरपालिकाको ज्याक्सी खोलामाथिको पुल भने १२ वर्षसम्म पनि बन्न सकेको छैन।, दुई करोड रुपैयाँमा निर्माण सुरू गरिएको सुर्खेतदेखि ११३ किलोमिटर चेनिजमा पर्ने सो पुल निर्माण कम्पनीको लापरबाहीका कारण ढिला भएको इञ्जिनियर शर्माले बताए।, पविर–सुनकोशी–सिरुवा जेभीले निर्माण कार्यको जिम्मा लिएको बताउँदै उनले उक्त पुल सम्पन्नताका लागि २० दिन काम गरे पुग्ने बताए।, उनका अनुसार ठेकेदार कम्पनीलाई दुई दिनभित्र काममा लाग्न ताकेता लगाइएको छ तर सो जेभीले एक हप्ताको समय मागेकाले कारबाहीको अन्तिम अवस्था छौं।, तोकिएको समयमा काम सम्पन्न नगरे कालोसूचीमा राख्ने तयारी भइरहेको उनले बताए।, नेपाल सरकार ग्रामीण क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्ला र कालीकोटको सिमानामा विसं २०७४ देखि निर्माणाधीन अवस्थामा रहेको नाग्म पुल निर्माणकै क्रममा चर्किएको छ। त्यसको अनुगमन निरीक्षणको प्रतिवेदन तयारका लागि प्राविधिक टोली त्यहाँ पुगेर फर्किएको इञ्जिनियर शर्माले बताए। , ‘विभागको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी तयार गरिएको प्रतिवेदन विकास समितिमा पठाएको छ,’ उनले भने, ‘त्यहाँबाट के भनेर आउँछ, त्यहीअनुसार पुलको काम अगाडि बढ्छ।’, नाग्म पुल र त्यससँगै तिलागुफा नगरपालिकाको छिडाना पुल गरेर रु नौ करोड लगानीमा उक्त पुल बन्न लागेको उनले बताए।, कर्णालीमा सिङ्गल लेनको पुल भएका कारण धेरैले ज्यान गुमाउनु परेको उनको भनाइ थियो।, दुई लेनको कर्णाली राजमार्ग जतिसक्दो छिटो बनाउनुपर्ने आवश्यक रहेको भन्दै उनले यो कर्मचारीको तहबाट नभई कर्णालीको नेतृत्वको आवश्यक पहल र सङ्घीय सरकारको योजनामा परे मात्र निर्माण कार्य सुरू हुने जनाए।, राकमको बेलिब्रिज टाकुल्ला खोलामा सारिँदै, जुम्ला खलङ्गाको शून्यबिन्दु जुगाड खोलादेखि दहीखोलासम्म करिब १०४ किलोमिटर छ। त्यसबीचमा बर्सेनि नागरिकलाई दुःख दिइरहने कालीकोट सडकखण्डमा पर्ने टाकुल्ला खोला हो जुन तिलागुफा नगरपालिकामा पर्छ। वर्षामा टाकुल्ला खोला बढ्दा गाडी बन्द हुने समस्या वर्षौंदेखि यहाँका नागरिकहरूले भोग्दै आएका छन्। , उक्त खोलामा पुल निर्माण सुरू भएको करिब १३ वर्ष पुगेको छ। निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय जुम्लाबाट बेलाबेलामा ताकेता लगाउने काम भयो। टाकुल्लाको पुल निर्माणका लागि दुवैतिर बलियो खालका पर्खाल त बनेको छ। एक दशक बित्दा पनि आजका दिनसम्म उक्त खोलामाथि पुल निर्माणको कार्य सम्पन्न हुन सकेको छैन।, अहिले भने सवारी यातायात नियमित गर्ने विकल्पका रूपमा टाकुल्ला खोलामाथि बेलिब्रिज हाल्ने कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।, ‘राकम कर्णालीमा भएको बेलिब्रिज उठाएर टाकुल्लामा हाल्दैछौं,’ उनले भने, ‘यसका लागि रु.दुई करोडको बजेट छुट्याइएको हो।’, दुई लेनको सडक निर्माणका लागि राष्ट्रियस्तरमै पहल हुनुपर्नेमा उनले जोड दिए।, डिभिजन प्रमुख श्रेष्ठका अनुसार राजमार्गको कालीकोट सडक खण्डको पिलीमा जुम्ला सडक खण्डको रारालिहीमा दुईतर्फी सडक निर्माणका कार्य सुरू भएको छ।, सडक डिभिजन कार्यालय जुम्लाको कार्य क्षेत्रमा रहेको १०४ किलोमिटर सडक अहिले नै दुईतर्फी बन्ने अवस्था छैन। दुईतर्फीको सडक नहुञ्जेल कर्णालीको नागरिकले दुःख भोगी नै रहनुपर्ने अवस्था छ। , डिभिजन प्रमुख श्रेष्ठले भने, ‘सडकसँगै मोड सुधार गर्नुपर्ने छ। सडक चौडा गर्न राष्ट्रियस्तरबाट बजेट प्राप्त गरी बहुवर्षीय ठेक्का लगाउनु अनिवार्य छ। यसका लागि यहाँबाट नेतृत्व गर्ने जनप्रतिनिधिहरूले संघीय सरकारसँग पहल गर्न ढिला गर्नु हुँदैन। सडक यदि अवस्थामा रहे क्षतिमा कमी आउने देखिँदैन।’, उनले ९१ किलोमिटरको नाग्म–गमगढी सडकको करिब सात किलोमिटर दूरी कालोपत्र गर्न सुरू गर्न थालिएको जनाए।, कर्णाली राजमार्गको स्तरोन्नतिका लागि बृहत्तर विकास योजना तथा कार्यक्रम र त्यसको निरन्तरता नभएसम्म यहाँका नागरिकको मुहार नफेरिने नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए। , नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको जीवन रेखा मानिने यो राजमार्गको स्तरोन्नति टुक्रे योजनाले नहुने बताए।, ‘हामी वर्षौंदेखि यही सडकमा हिँडिरहेका छौं र साँघुरो सडकका कारण जोखिमपूर्ण यात्रा भयो भनेर लेखिरहेका पनि छौं,’ अध्यक्ष शाहीले भने, ‘तर पनि संघीय सरकारले यसको स्तरोन्नतिको योजना प्राथमिकतामा राखेको पाइँदैन।’, उनका अनुसार कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरू र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीहरूले पटकपटक राजमार्गको स्तरोन्नतिको माग सङ्घीय सरकारसँग अनुरोध गरेको पाइन्छ।, अब यहाँका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजसहित सरोकारवालाहरुको एकीकृत पहल अपरिहार्य रहेको उनको भनाइ थियो।, अधिकारवादी तथा कर्णालीका महिला नेतृ लक्ष्मीकन्या बुढाले राज्यले समानुपातिक विकासको अवधारणाअनुसार काम नगरेकाले राजमार्ग बनेको डेढ दशकसम्म पनि यसको स्तरोन्नति नभएको टिप्पणी गरे। यसका लागि कर्णालीका जनप्रतिनिधि र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले कर्णाली राजमार्ग सङ्घ सरकारसँग अन्तर्गत भएकाले त्यसको निर्माण तथा स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसँग नभएको जनाए। यसको स्तरवृद्धिका लागि पटकपटक भन्दा पनि सङ्घीय सरकारले सुनुवाइ नगरेको उनले दुःखेसो पोखे। स्तरोन्नतिका लागि अरबको बजेट लाग्ने राजमार्गमा करोडको बजेटले केही नहुने सडक इञ्जिनीयरहरुले बताउँदै आएका छन्। , राजमार्गको स्तरोन्नति नहुँदा आवातजावत गर्ने नागरिकको दैनिकी कष्टकर छ भने कर्णाली घुम्न जाने पर्यटकको यात्रा गन्तव्यसम्म नपुगुञ्जेलसम्म कहालीलाग्दो र निरस बन्ने गर्दछ। यसले पर्यटकमा समेत विकर्षण पैदा गराएको छ। असहज र पट्यारलाग्दो यात्राका कारणले होला, यहाँका नागरिक र कर्णाली घुम्न आउने पर्यटकहरूको एउटै प्रश्न हुन्छ, ‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’, ‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’
सेतोपाटी संवाददाता बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।, त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।, उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।, बुधबार त्रिवेणी-७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि वडा अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको छ।, मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ
शंकर श्रेष्ठ/रासस ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन्। बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन्। दसैंमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ।, उकालो–ओरालो र घुम्तीमा यात्रुबाहक बस जानै सक्दैनन्। त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जीपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन्। चालकसहित छ जनाको सिट क्षमता भएका सवारीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन्। चाडपर्व नजिकिएसँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन।, यात्रुको लोड त छँदैछ, खाद्यान्न, लत्ताकपडा लगायतका सामानको लोड पनि उस्तै हुन्छ। यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन्। सदरमुकामबाट बोलेरो जीप चढेर गन्तव्यतर्फ जाँदै गरेका यात्रु शिव मगर भन्छन्, ‘बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नैपर्छ भन्दै जीपले मनलाग्दी भाडा उठाउँछ, अरू गाडी चल्दैन, त्यसैले बाध्य भएर चर्काे भाडा तिरेरै हिँड्न बाध्य छौं।’, एक किलोमिटरको भाडा रु २५ सम्म तिर्न यात्रु बाध्य छन्। प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ। सदरमुकाम धादिङबेँसीबाट छ किलोमिटरको दूरीमा रहेको स्याउली गएको भाडा रु एक सय ५० तिर्नुपरेको मगरले सुनाए।, सदरमुकाम धादिङबेँसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ करिब १५ किलोमिटरको दूरीमा छ। धादिङबेँसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दूरी जम्माजम्मी २७ किलोमिटर छ। यी सडकमा गुड्ने बोलेरो र मुस्ताङ जीपले १५ देखि ३० किलोमिटरसम्मको भाडा पाँच सय रुपैयाँदेखि सात सय रुपैयाँ असुल्दै आएका छन्। त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ।, नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीबाट नेत्रावती–५ जाँदै गरेका तुलबहादुर तामाङ भन्छन्, ‘अघिल्ला वर्षहरूमा रु दुई सय भाडा थियो, अहिले रु पाँच सय लिन्छन्।’, यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ।, सदरमुकामबाट जिल्लाको खरी, मैदी, धुवाकोट, खाल्टेलगायतका बस्तीमा पुग्ने सवारी साधनले यसरी मनोमानी भाडा असुलिरहेका छन्।, पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने सवारी साधनका कारण जोखिमपूर्ण त छँदैछ चर्काे भाडा तिर्नु यात्रुको बाध्यता पनि छ।, ‘कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैनन्, साना गाडी नचढे हिँड्नुको विकल्प छैन’, मैदीबाट सदरमुकाम आएका यात्रु कृष्ण अधिकारीले भने, ‘बाटो राम्रो नभएकाले बस हिँड्दैनन्, बाध्यताले बोलेरो चढेर हिँड्नुपर्छ।’, यस्ता बोलेरोसँग बाटो इजाजतपत्र हुँदैन। क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छन्। टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुण्ड्याएर यात्रा गराइरहेका छन्। सदरमुकामबाट ग्रामीण बस्तीमा जाने बोलेरो जीपले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन्। दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन्। , चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन्।, ‘एकपटक गाउँ गएर फर्किंदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो’, चालक दीपक श्रेष्ठले भने।, एउटा जीपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ। त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ। जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्काे भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन्। निजी सवारीले चर्काे भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन्। महँगो भाडा असुलेर गुडिरहेका निजी सवारीलाई प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने  संयुक्त यातायात बस तथा जीप व्यवसायी सङ्घ धादिङका अध्यक्ष राम थापाले बताए।, हुन त संयुक्त यातायात बस तथा जीप व्यवसायी संघमार्फत् उत्तरी धादिङ चल्ने जीपले पनि निजी बोलेरोले जत्तिकै भाडा उठाइरहेका छन्।, छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेको प्रति स्थानीय प्रशासन पनि मौन  छ। स्थानीय सरकारले पनि बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन। दसैं सुरू भएदेखि झनै यस्ता साना सवारीको मनोमानी बढेको छ। बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका सवारी साधनले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन्।, चाडपर्वमा ग्रामीण यात्रुलाई समस्या: एक किमीको भाडा २५ रुपैयाँ!
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४५ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ६७८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ३०७ जनाको पिसिआर र एक हजार ३७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०७७ जना सक्रिय संक्रमित छन्।, ४५ जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेका संख्या शून्य छ।, देशभर थपिए ४५ कोरोना संक्रमित
रासस गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ। सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको बिहीबार बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो।, चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारीसाधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ।, तम्घास–रिडीको लागि साना सवारीको न्यूनतम समय १ घण्टा ३० मिनेट र ठूला सवारीको २ घण्टा समय तोकिएको छ। , रिडी–तम्घासको लागि साना सवारीको १ घण्टा ४५ मिनेट र ठूला सवारीको २ घण्टा १५ मिनेट समय तोकिएको छ। यो सडकखण्ड ४५ किलोमिटर दुरीको छ। तोकिएको समय सवारी आवतजावतको लागि न्यूनतम हो। उकालो र ओरालोको आधारमा समय छुट्टाछुट्टै निर्धारण भएको हो।, तोकिएको न्यूनतम समय अगावै सवारी आवतजावत गरेमा कानुनी कारबाही हुने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।, तीव्र गतिका कारणले हुनसक्ने दुर्घटनाप्रति लक्षित गर्दै न्यूनतम समय निर्धारण भएकोले नियम अक्षरशः पालना गर्न रानाभाटले सम्बन्धित पक्षलाई आग्रह गरे।, चाडपर्वको क्रममा हुने सवारी दुर्घटना शून्य पार्न सबैले ट्राफिक नियम पालना गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए।, तम्घास–रिडी सडकखण्ड साँघुरो र निकै व्यस्त रहेकाले न्यूनतम समय निर्धारण गरिएको हो। त्योबाहेक गुल्मीअन्तर्गत अन्य सडकखण्डमा समय निर्धारण भएको छैन।, दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण
रासस डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।, डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो। , काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।, सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ। , डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधि भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।, स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई सिटामोलको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ। , काठमाडौं उपत्यकामा डेंगीको संक्रमण अन्य स्थानको तुलनामा बढी रहेको मन्त्रालयको भनाइ छ।, डेंगी एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ। , डेंगीबाट ३८ को मृत्यु, नेपालमा हालसम्म डेंगी संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ। गत साउनयता २८ हजार एक सय नौ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। नेपालमा पहिलो पटक वि.सं २०६१ मा डेंगीको बिरामी देखिएको थियो। , प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार नौ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा आठ सय ५० जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।, डेंगी संक्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ।, स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल
सेतोपाटी संवाददाता माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ।, बुधवार साँझ गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीय जयकला खत्रीको मृत्यु भएको हो।, उनी घरनजिकैको सामुदायिक विद्यालयमा घर पोत्नका लागि आवश्यक पर्ने माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।, माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु
राजेश घिमिरे मंगलबार एक दम्पतीलाई एम्बुलेन्सले चितवन मेडिकल कलेज पुर्‍यायो। आकस्मिक कक्षमा पुग्दा उनीहरू दुबै छटपटाइरहेका थिए। श्रीमतीलाई हृदयघात भइसकेको थियो। स्वास्थ्य परीक्षण गर्दा श्रीमानको मुटुमा पनि कडा समस्या देखियो। हृदयघात भएकी श्रीमतीको तुरून्तै शल्यक्रिया गरी नशा खोलेर आइसियुमा उपचार भइरहेको छ। मुटुको चाल अत्यधिक भएका श्रीमानको अवस्था थप खराब बन्दै गएको छ।, ‘बुझ्दै जाँदा उनीहरूले निर्मसी(जडीबुटी)को सेवन धेरै गरेको पाइयो। त्यसले उनीहरूको मुटुमा धेरै असर गरिसकेको रहेछ,’ अस्पतालका मुटु रोग विशेषज्ञ डा.श्यामराज रेग्मीले भने, ‘आयुर्वेदिक औषधि, जडीबुटीले कुनै असर गर्दैन भन्ने गरिन्छ। त्यही भनेर मान्छेहरू जुनसुकै समयमा विधि नपुर्‍याई सेवन गर्छन्। त्यसले नजानिँदो रूपमा असर गरिरहेको हुनसक्छ।’, भाइरल संक्रमणबाट मुक्त हुन यार्सागुम्बा, जटामसी, निर्मसीजस्ता जडीबुटी खाने चलन छ।, नेपालमा पाइने धेरै जडीबुटीमा औषधिय गुण भएको प्रमाणित भए पनि मात्रा नमिलाई मनपरी सेवन गर्दा स्वास्थ्यमा असर गर्ने चिकित्सकहरू बताउँछन्।, रेग्मीले आफ्नो कुरालाई आयुर्वेदिक औषधिको विरोध गरिएको रूपमा नबुझ्न आग्रह गरे।, ‘आयुर्वेदको विरोध गरेजस्तो हुनसक्छ तर मैले लामो समयमा मुटुको उपचारमा बिताउँदाको अनुभव सुनाउँदैछु। यसको मनपरी सेवनले मुटुलाई असर परिरहेको छ,’ उनले भने।, कतिपय बिरामीले परीक्षणपछि दिइएका आवश्यक औषधि थन्काएर आयुर्वेदिक औषधि खाँदा स्वास्थ्य बिग्रिएको पनि पाएको डा.रेग्मीले बताए।, ‘आयुर्वेदिक औषधि खाँदै नखाऊ भन्न त हामीले मिलेन तर डाक्टरले जाँचेर दिएको औषधि फालेर जडीबुटी, आयुर्वेदिक औषधिमात्रै खाँदा त समस्या हुन्छ,’ उनले भने, ‘मुटुको समस्या हुँदा संसारभरका डाक्टरले सिफारिस गर्ने औषधि उस्तै हुन्छन्। तर त्यो नखाएर अन्य औषधि खाने, केही समयपछि अर्को नशा पनि बन्द गरेर अस्पताल आउने चलन बढ्न थाल्यो।’, काठमाडौंको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १० वर्ष सेवा गरेर विगत १० वर्षदेखि चितवन मेडिकल कलेजमा कार्यरत डा.रेग्मीले सकेसम्म मुटुमा समस्या आउनै नदिने र आइहाले विज्ञानले प्रमाणित गरेका औषधि सेवन गर्नुको अरू विकल्प नभएको बताए।  , विश्व मुटु दिवसको अवसरमा गरिएको अन्तर्क्रियामा डा.रेग्मीले मुटुमा समस्या देखिएपछि परीक्षण गर्न ढिलो गरिँदा पनि धेरैले ज्यान गुमाएको बताए।, ‘मुटुबाट रगत पास गर्ने नली बन्द भएको अवस्थामा ३० देखि ९० मिनेटभित्रमा अपरेशन गरिसक्नुपर्ने हुन्छ तर अन्य औषधि प्रयोग गर्ने, उपचार कता गर्ने भनेर निर्णय गर्नमा अलमल गर्ने, पैसा जुटाउन समय लाग्ने, उपचार सामग्रीको अभाव जस्ता समस्याले उपचार सुरू गर्नै नभ्याएका उदाहरण नेपालमा धेरै छन्,’ उनले भने।, काठमाडौंका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क बराबर र प्रविधि उही हुँदाहुँदै पनि मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिचकिच्याउने गरेको उनले बताए।, पुरानो मेडिकल कलेज भरतपुरका मुटु रोग विशेषज्ञ डा.मनोज श्रेष्ठले मुटुमा समस्या भएपछि धेरै ढिलो अस्पताल पुगेका बिरामीहरूको परीक्षण गर्दागर्दै मृत्यु भएको अनुभव सुनाए।, अस्पताल ढिलो पुग्दा शल्यक्रियाको तयारीमै बिरामीले ज्यान गुमाउन पुगेको उनले बताए।, ‘यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएर वा थाहा पाउँदा-पाउँदै पनि डाक्टरको विश्वास नगरेर उपचारका लागि काठमाडौं लैजाने चलन अझै छ। यसो गर्दा बिरामीको बाटैमा मृत्यु भएको, अस्पतालमा पुगेलगत्तै मृत्यु भएका घटना धेरै छन्,’ श्रेष्ठले भने, ‘अब चितवन मुटु रोगको उपचार गर्न काठमाडौं जत्तिकै तयार भइसकेको छ। दुई वटै मेडिकल कलेजमा आधुनिक क्याथल्याब छन्, काठमाडौंमा जत्तिकै सेवा दिइरहेका छन्।’, नारायणी सामुदायिक अस्पतालका मुटु रोग विशेषज्ञ डा.सुधिर रेग्मीले मुटु रोगको उपचारमा चितवनका स्वास्थ्य संस्थाहरूको विश्वसनीयता विस्तारै बढ्दै गएको बताए। तर मुटुको समस्या भएका बिरामीको उपचारमा राज्यबाट अपेक्षित सहयोग नभएको उनले बताए।, ‘धेरै देशमा मुटुको उपचार नि:शुल्क हुन्छ। अस्पतालको आकस्मिक कक्षमा पुगेपछि बिरामीलाई पैसाको तनाव हुँदैन तर यहाँ तनाव नै पैसाकै कुराबाट सुरू हुन्छ। पैसा जम्मा नगरेसम्म उपचार सुरू नै हुँदैन,’ रेग्मी भन्छन्, ‘अस्पतालको आकस्मिक कक्षमा पुगेपछि उपचार पाइन्छ भन्ने अनुभूति राज्यले गराउनुपर्छ।’, भरतपुर अस्पतालका मुटु रोग विशेषज्ञ डा.मणि गौतमकाअनुसार नेपालमा ‘हाइपरटेन्सन’का कारण मुटुका रोगी बढिरहेका छन्।, युवाहरूमा मुटुका बाथ रोगको समस्या पनि बढी देखिएको छ। तनाव, धूमपान, सुर्तीजन्य पदार्थ सेवन, मध्यपान, मधुमेह, उच्च रक्तचापका कारण मुटुको समस्या बढेको पाइएको उनले बताए।, ‘नेपालमा ७० प्रतिशतभन्दा बढीले कम्तीमा एक पटक मदिरा सेवन गरेको र ४८.८ प्रतिशतले नियमित सेवन गर्ने गरेको पाइएको छ। धूमपान गर्नेहरू २८ देखि ३० प्रतिशत रहेछन्। सुर्तीजन्य पदार्थ सेवन अझ बढीले गर्ने रहेछन्,’ १५ वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्यांक प्रस्तुत गर्दै डा.गौतमले भने, ‘मुटुको समस्या उनीहरूलाई नै बढी देखिएको छ।’, डा.गौतमले हरेक चार जनामध्ये एक जनामा हाइपरटेन्सनको समस्या रहेको देखिएको बताए।, ‘योभन्दा अघिल्लो अवस्था मानिने प्रि–हाइपरटेन्सनको चरणमा कुल जनसंख्याको १० प्रतिशत छन्। मोटोपना, पेट बढ्ने समस्या धेरै नेपालीमा छ। शारीरिक गतिविधि घट्दो क्रममा छ,’ गौतमले भने, ‘यी कारणले मान्छेको मुटुमा समस्या आउने गरेको छ।’, उनले कुल जनसंख्याको ९.१ प्रतिशतलाई मधुमेह भएको र १०.५ प्रतिशतलाई मधुमेहको सुरू हुन थालेको अध्ययनबाट देखिएको बताए।, विश्वका १७ प्रतिशत मधुमेही भारतमा रहेको, नेपाल र भारतको खानपान र जीवनशैली उस्तै भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा.गौतमले बताए।, नेपालमा २४.५ प्रतिशत वयस्कहरूमा उच्च रक्तचाप रहेको र मुटु रोगको लागि बलियो कारक उच्च रक्तचाप पनि रहेको उनले बताए।, चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा.शंकर लौडारीले वायु प्रदूषण पनि नेपालीमा मुटुको समस्या बढ्नुको प्रमुख कारण बनिरहेको बताए।, यसबाहेक खानामा चिल्लो र गुलियो पदार्थको प्रयोग बढी हुनु, तनाव र एन्जाइटीका कारण पनि मुटुमा असर परिरहेको उनले बताए।, उनले वायु प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोगहरू निम्त्याउने क्यान्सरको जोखिम पनि बढाउने बताए।, डा.लौडारीले नेपालमा मुटुको रक्तनलीका रोगहरू ३७ देखि ४३ प्रतिशत, मुटुको बाथरोग २० देखि २९ प्रतिशत, उच्च रक्तचापका कारणले मुटु सुन्निने रोग ७ देखि ९ प्रतिशत, मुटुको धड्कन गडबडी हुने रोगहरू ४ देखि ११ प्रतिशत र जन्मजात मुटुको रोगहरू ४ देखि ७ प्रतिशतमा देखिएको बताए।, छाती दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण मुटु रोगका हुन्छन्। ४० वर्ष उमेरपछि मुटु रोगको जोखिम बढ्दै जाने विशेषज्ञ चिकित्सकहरूले बताए।, मुटु रोगको उपचारमा सरकारले १ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ।, काठमाडौंको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भने ७५ वर्षभन्दा बढी र १५ वर्षभन्दा कम उमेरका बिरामीको नि:शुल्क उपचार हुन्छ। यो उमेरका बिरामीलाई नि:शुल्क सेवा पाउन काठमाडौं नै पुग्नुपर्ने बाध्यता छ।, चितवन मेडिकल कलेजका डाक्टर रेग्मीले यो सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने बताए।, विकसित देशमा मुटु ट्रान्सप्लान्ट गर्न, कृत्रिम मुटु राख्न पनि सुरू गरिए पनि नेपालमा भने यो सेवा सुरू हुन धेरै समय लाग्ने डा.रेग्मी बताउँछन्।, ‘जेजस्ता सुविधा छन् तिनलाई स्तरीय बनाउने र सेवाको विकेन्द्रीकरण गर्ने हो भने यही पनि धेरै सार्थक बन्न सक्छ,’ रेग्मी भन्छन्, ‘यस विषयमा राज्य गम्भीर बनोस् भन्ने सुझाव छ।’, मुटु रोग विशेषज्ञ डा.मणि गौतमले मुटुको समस्या कम गर्न खानपान, शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए।, ‘पर्याप्त फलफूल, तरकारीको सेवन गर्नुपर्छ, खानामा नुनको परिमाण घटाउनुपर्छ। नेपालमा नुनको मात्रा बढी सेवन गर्ने चलन छ, फलफूल नियमित खाने चलन छैन। यसमा सन्तुलन कायम गर्नुपर्छ,’ डा.गौतमले भने।, विशेषज्ञ चिकित्सकहरूले मुटुको समस्या आउन नदिन रातो मासु, चिल्लो खाना, तेलमा भुटेको, तारेको तयारी खाना नखान, हप्तामा ५ देखि ६ दिन २० देखि ३० मिनेट हिँड्न, दैनिक १० मिनेट जति दौडिन सुझाव दिएका छन्।, 'मनपरी जडीबुटी सेवन गर्दा मुटुमा कडा असर पर्नसक्छ'
रासस जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको हो।, सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन्।, घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ।, घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।, सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ।, दुर्घटनामा एकको मृत्यु
सेतोपाटी संवाददाता मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।, आज दिउँसो गएको हिउँ पहिरोमा परेर क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको हो।, मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले एक जनाको मृत्यु भएको सेतोपाटीलाई बताइन्।, पहिरोमा परेर १२ जना घाइते भएका थिए। तीमध्ये ९ जनाको उद्धार गर्न बाँकी छ।, ‘दुई जनालाई उद्धार गरेर हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ उनले भनिन्, ‘अरूलाई उद्धार गर्न दुइटा हेलिकप्टर सामागाउँमै तयारी अवस्थामा राखिएको छ।’, घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने ५ जना सामान्य घाइते रहेको उनले बताइन्। घाइते हुनेहरूको नाम खुलेको छैन।, मनास्लु हिउँ पहिरोमा परेर एकको मृत्यु, ९ घाइतेको उद्धार गरिँदै
सेतोपाटी संवाददाता गायिका जेरूसा राई चार दिनदेखि हराइरहेकी छन्।   , भदौ ६ गते बेलुकी घरबाट निस्किएकी जेरूसाको खोजी भइरहे पनि उनी कहाँ गइन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। गत बिहीबार बेलुकी साढे सात बजे कसैलाई केही नभनी घरबाट निस्किएकी छोरी फेला नपरेको उनकी आमा इश्का घिमिरेले बताइन्।, गत असार २७ गते अमेरिकाबाट नेपाल आएकी जेरूसा ललितपुरको धोविघाटमा आमासँग बस्दै आएकी थिइन्।, आमा इश्काले घरमा सानो नोट पनि भेटेकी थिइन्। त्यसपछि प्रहरीमा उजुरी दिएको उनले बताइन्।, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सूर्यविक्रम शाहीका अनुसार जेरूसाको खोजी कार्य भइरहेको छ।, ‘हामीले उनको खोजी कार्यलाई तीव्र पारेको छौं,’ उनले भने, ‘उनको फोटोसहित उपत्यका प्रहरी र नेपालभर प्रहरीलाई खोजीका लागि पत्राचार गरेका छौं।’, *सम्पादन गरिएको, कहाँ गइन् कसैलाई नभनी घरबाट निस्किएकी गायिका राई?
सेतोपाटी संवाददाता गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेकाहरूको उद्धार गर्न सुरू गरिएको छ।, आज मध्यान्ह गएको पहिरोमा परेर १० जनाभन्दा बढी घाइते भएका थिए।, गोरखाका एसपी केदार खनालले हिउँ पहिरोमा परेकामध्ये २ जनाको उद्धार गरिएको बताए।, ‘२ जनालाई उद्धार गरी कैलास एयरको हेलिकप्टरबाट काठमाडौंको कपनस्थित कोरोना अस्पताल लगेको छ,’ उनले सेतोपाटीसँग भने, ‘थप २ जनालाई हिउँ पहिरोस्थलबाट केही तल ल्याइएको छ।’, पहिरोमा परेका अरूको उद्धार गर्ने तयारी रहेको उनले बताए। सामागाउँमा तीन वटा हेलिकप्टर राखेर दिउँसोदेखि नै उद्धारको प्रयास गरिएको थियो।, मौसम प्रतिकूल भएकोले उद्धारमा समस्या भइरहेको उनले बताए।, सामागाउँमा एभरेष्ट र सिम्रिक एयरका हेलिकप्टर राखेर हिउँ पहिरोमा परेकाहरूको उद्धार गर्ने कार्य अघि बढाइएको उनले बताए।, आज मनास्लुको तेस्रो आधार शिविरबाट अक्सिजनलगायत सामग्री लिएर चौथो आधार शिविर जाँदै गरेका आरोहीका सहयोगी हिउँ पहिरोमा परेका थिए।, मनास्लु हिउँ पहिरो: २ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो, अरूको उद्धार गरिँदै
नारायण खड्का अमेरिका जान भनेर एक महिना पहिले घरबाट हिँडेका दाङका एक युवकको भारतमा मृत्यु भएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ६ राजपुरका २६ वर्षीय विनोद साहुको सोमबार उपचारका क्रममा दिल्लीमा मृत्यु भएको खबर आफूले पाएको  वडाध्यक्ष रोशनजंग शाहले सेतोपाटीलाई बताए। , फुपाजु उत्तमबहादुर वलीले विनोदको डेंगीका कारण सोमबार बिहान ५ बजेतिर मृत्यु भएको खबर आएको बताए। , अहिले शव घरतर्फ ल्याउन थालिएको उनले बताए।, ‘अहिले म नेपालगञ्ज बोर्डरमा शव कुरेर बसेको छु,’ वलीले भने, ‘यो दसैं कस्तो दशा बनेर बल्झिदियो।’, वलीका अनुसार करिब एक महिना पहिला विनोद अमेरिका जान भनेर घरबाट हिँडेका थिए। विनोद भारत हुँदै गैरकानुनी रूपमा अमेरिका जान थालेका थिए। , ‘झन्डै १०/१२ दिनदेखि भतिजालाई ज्वरो आइरहेको रहेछ,’ वलीले भने, ‘उनी औषधि खाँदै बसेछन् र हिजो बेलुका अलि गाह्रो भएपछि बल्ल अस्पताल लगिएको रहेछ।’, अस्पताल लगेर २०/२२ वटा स्लाइन चढाए पनि बचाउन सम्भव नभएको भनेर सँगै रहेका साथीहरूले खबर गरेको वलीले बताए। सँगै रहेका विनोदकै साथी र अमेरिका पठाउने व्यक्तिहरूकै सहयोगमा शव नेपालतर्फ ल्याइरहेको वलीले बताए। , ‘मैले सुनेको भतिजालाई अमेरिका पठाउन हालसम्म ४० देखि ४५ लाख खर्च भइसकेको छ रे,’ वलीले भने, ‘बाँकी कुरा पठाउने व्यक्तिहरूलाई बुझेपछि थाहा होला।’, काकी नाता पर्ने लोकमाया बुढाथोकीका अनुसार विनोद अविवाहित हुन्। विनोदका दाजु सन्तोष रोजगारीको खोजीमा दुई महिना पहिलेमात्रै मलेसिया गएका थिए। उनीहरूका बुवा मंगलको केही वर्ष पहिले तुलसीपुरमै मोटरसाइकलको ठक्करबाट मृत्यु भएको उनले बताइन्। , ‘विनोद मैले खेलाएको बच्चा हो,’ बुढाथोकीले भनिन्, ‘उसैको मृत्युको खबरले साह्रै मर्माहत तुल्याएको छ।’ , विनोद कान्छी आमा र भाइ बहिनीसँगै घरमा बस्दै आएको उनले बताइन्। फुपाजु वलीका अनुसार शव सोमबार रातिसम्म घर आइपुग्ने जानकारी  दिए। , पछिल्लो समय दाङ र आसपासका पहाडी जिल्लाबाट गैरकानुनी रूपमा छिमेकी देश भारत जाने युवाको ठूलो संख्या छ। त्यसरी अमेरिका सपना पछ्याउँदै जानेहरूबाट मानव तस्करले ४५ देखि ७५ लाखसम्म असुल्ने गरेका छन्। गैरकानुनी रूपमा त्यसरी जाने युवायुवतीमध्ये कतिपयको विभिन्न कारणले बाटोमै मृत्यु हुने गरेका खबर बेला बखत सार्वजनिक भइरहन्छन्।, एक महिनाअघि अमेरिका जान हिँडेका विनोद भारतमा डेंगीले बिते
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।, सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए। , उनका अनुसार इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको दुई दिन भएको छ। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।, केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। , लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्।, उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।, त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।, त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए। उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए। इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्‍काउने सिपिएलले बताएको थियो।, सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ।, छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन। घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ।, जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।, त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, सम्बन्धित समाचारहरू: , कहाँ गए सन्दीप लामिछाने?, सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, सन्दीप लामिछाने प्रकरण : राष्ट्रिय टोलीका व्यवस्थापकलाई स्पष्टीकरण सोध्न माग, सन्दीपले भने- नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु, क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, प्रहरीले अब के गर्छ?, सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्‍यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो, सन्दीप लामिछानेविरूद्ध 'डिफ्युजन नोटिस' जारी
सेतोपाटी संवाददाता प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।, ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।, उनका अनुसार धमलाले विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दिपककुमार ठाकुरको हत्या गरेको आरोप छ।  , प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।, सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए।, गत शुक्रबार ठाकुर मृत भेटिएको प्रहरीले जनाएको छ। , मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए।, छलमायालाई कर्तव्य ज्यानको कसुर मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।, शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक पक्राउ
सेतोपाटी संवाददाता धनुषामा प्रहरीले श्रीमतीको हत्या गरी फरार भएको आरोपमा श्रीमानलाई श्रीमतीको किरिया गरेकै ठाउँबाट पक्राउ गरेको छ।, आइतबार विहारी नगरपालिका-५ ललियाका ५० वर्षीय श्रीमान रामा मण्डललाई श्रीमतीको किरिया गरेकै ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए। , उनका अनुसार घरायसी विषयमा विवाद हुँदा रामाले कोदालोको बिँडले टाउकोमा प्रहार गरी ४५ वर्षीया श्रीमती जिवछी देवी मण्डलको हत्या गरेका हुन्। , गत असोज ४ गते दिउँसो बाँसघारीमा जिवछीको शव फेला परेको थियो।, बिहानै करिब ७ बजे जिवछी खेतबारीमा मल छर्न गएकी थिइन्। उनका श्रीमान पनि कोदालो र हँसिया लिई भकारी बनाउन बाँसको टाटी काट्न खेत पुगेको डिएसपी क्षेत्रीले बताए। , सोही क्रममा छिमेकीसँग लिएको ऋण कसरी चुक्ता गर्ने विषयमा झगडा सुरू भएको प्रहरीले जनाएको छ।   , ‘गालीगलौज हुन थालेपछि जिवछीले श्रीमानको बुवाको नाम जोडी गालीगलौज गर्न थालेपछि रामा आवेशमा आएको डिएसपी क्षेत्रीले बताए। , ‘त्यसपछि श्रीमानले कोदालोको बिँडले टाउकोमा हिर्काएछन्,’ उनले भने, 'महिलाको टाउको फुटी डिलबाट भुइँमा लडिन्। छटपटिन थालेपछि पुनः टाउकोमा हिर्काई उनले हत्या गरेको रहेछ।’, डिएसपी क्षेत्रीका अनुसार हत्यापश्चात शंका नलागोस् भनी रामाले जिवछीले लगाएको चुरा आफैंले फुटाएर घटनास्थलमा यत्रतत्र छरेका थिए। , हत्या गरेको कोदालो पनि अर्काको खेतमा फाली रामा भागेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको डिएसपी क्षेत्रीको भनाइ छ।, कान्छो छोरोले कमाएको पैसाले ऋण नतिर्दा घरमा विवाद सुरू भएको प्रहरीले जनाएको छ। , डिएसपी क्षेत्रीका अनुसार जिवछीका दुईजना छोरा विनय र संजय मण्डल वैदेशिक रोजगारको सिलसिलामा कतारमा बस्छन्। , जेठा छोरा विनयले एक वर्षअघि तीन वर्ष विदेशमा बसी कमाएको २० लाख रुपैयाँ, दाइजोमा पाएको मोटरसाइकल र श्रीमतीको गरगहना समेत बेचेर जिवछीले ऋण तिरेकी थिइन्।, तर कान्छो छोरा संजयले विदेशबाट कमाएको पैसा आमाको नाममा पठाए पनि बाँकी रहेको ऋण तिर्न सहयोग नगरेको कुरालाई लिई घर परिवारमा बेलाबखत झै-झगडा हुने गरेको थियो।, धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले आजबाट पर्व लक्षित बजार अनुगमन सुरू गरेको छ।, मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।, बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो।  , संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो।, हेर्नुहोस् तस्बिरहरू, उपमेयरको नेतृत्वमा काठमाडौं महानगरले थाल्यो बजार अनुगमन (तस्बिरहरू)
सेतोपाटी संवाददाता आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।, ‘आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ’, उनले भनिन्, ‘अब भारी वर्षाको सम्भाना छैन। बिहीबार रातिको लागि त सामान्यतया मौसम सफा हुनेछ।’ , यद्यपि मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ। , यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।, मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।, अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ। यसैले मनसुन अझै केही दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मानन्धरले जानकारी दिइन्।, ‘यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो। अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको १-२ दिन तलमाथि हुनसक्छ’, उनले सेतोपाटीसँग भनिन्, ‘मनसुन भइरहेपछि पानी परिरहन्छ भन्ने हुन्न। तर केही दिनका लागि आज भन्दा भोलि र भोलि भन्दा पर्सी सुधारात्मक छ।’, अघिल्लो वर्ष पनि दसैंकै आसपास अर्थात अक्टुबर ६ मा भारतमा सकिएको मनसुन केही दिनपछि नेपालमा सकिएको थियो। सोही अनुसार यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म मनसुन पुग्ने देखिएको हो। , ‘मनसुन सधैं एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो। कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ। यसपालिको औसत अक्टुबर २ छ। पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ’, उनले भनिन्।, मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको मौसमविद् बताउँछन्।, नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।, नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।, आजको मौसम, हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको उनले जानकारी दिइन्। , आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, त्यस्तै राती  देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, बिहीबार रातिबाट भारी वर्षा नहुने
सेतोपाटी संवाददाता मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ।, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको बताए।, सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो।, मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।, घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।, सात जना घाइतेलाई आज काठमाडौं ल्याइएको छ। उनीहरूलाई कपनस्थित कोरोना अस्पताल लगिएको उनले बताए।, एउटा शव हिम पहिरोस्थलबाट तल सामागाउँमा झार्ने तयारी भइरहेको छ। ‘शव पनि हेलिकप्टरबाट परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउँछौं,’ उनले भने।, सोमबार मौसम खराब हुँदा उद्धार गर्न कठिनाइ भएको थियो। आज बिहानदेखि मौसम खुलेकोले हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरिएको उनले बताए।, मनास्लु हिउँ पहिरो: घाइते सबैको उद्धार
सविता बुढा आमाछोरा बिहान सँगै स्कुल जान्छन्, सँगै फर्किन्छन्। आमा ३२ वर्षकी छन्, छोरा १५ वर्षका।, तपाईंले सोच्नुभयो होला, आमा शिक्षक र छोरो विद्यार्थी।, कुरो यसो होइन। दुवै जना विद्यार्थी हुन्। आमा सात कक्षामा पढ्छिन्, छोरो छ कक्षामा।, आमा बिहान चाँडै उठेर घरको केही काम गर्छिन्। आजकाल गर्मी मौसम छ, स्कुल बिहान लाग्छ। चाँडै उठेर तयार हुनु पर्छ। छोरालाई तयार पार्नु पर्छ।, आमा सर्टफ्रक लगाउँछिन्, घाँटीमा टाई पनि बाँध्छिन्। छोरा सर्टपैन्ट र टाई लगाएर तयार पर्छन्।, यी विद्यार्थीआमा हुन् सुदूरपश्चिम कञ्चनपुरको पुनर्वास नगरपालिका–६, त्रिभुवन बस्तीकी पार्वती सुनार।, पार्वती गत वैशाखमा स्कुल भर्ना भएकी हुन्। दुई छोराकी आमा यो उमेरमा केवल रहर वा लहडले सात कक्षामा पढ्न थालेकी होइनन्। अनेक हन्डर र ठक्करले उनलाई दोहोर्‍याएर स्कुल पुर्‍याएको हो।, उनले सेतोपाटीलाई आफ्नो जीवनकथा सुनाइन्।, पार्वती पहिलोपटक स्कुल जाँदा छ वर्ष उमेरकी थिइन्। सरासर पढेर आठ कक्षामा पुगिन्, उमेर १५ वर्ष भयो। यही उमेरमा जीवनयात्राले नयाँ घुम्ती लियो। आफूखुसी २४ वर्ष उमेरका पुरुषसँग भागी बिहे गरिन्।, किन त्यति चाँडै बिहे गरेको त?, जवाफमा पार्वतीले भनिन्, ‘त्यसबेला स्कुल पढ्दापढ्दै बिहे गर्ने चलन थियो। अहिले त त्यस्तो छैन। धेरै शिक्षित भइसके, बिहे गरे पनि कानूनले छुट्याइदिन्छ।’, बिहेको वर्षदिनमा पहिलो सन्तान छोरो जन्माइन्। चौथो वर्ष अर्को छोराको जन्म भयो।, श्रीमान् कामका लागि मलेसिया जाने भए। आफ्नो जमिन बन्दकी राखेर ऋण लिए। भिसा पनि आयो। काठमाडौं पुगेपछि एजेन्टले थप साढे एक लाख रुपैयाँ माग्यो। कहाँ हुनु त्यतिको पैसा! मलेसिया जाने सपना यतिमै भंग भयो।, मलेसिया जाने योजना असफल भएपछि पार्वतीका श्रीमान् पनि भारत गए। त्यसको पाँच वर्षपछि पार्वती पनि गइन्। बिहेको पाँच वर्षपछि श्रीमानका साथ लागेर पार्वती पनि भारत गइन्। पार्वती सात वर्ष भारत बसिन्।, उनले गर्ने काम के नै हुन्थ्यो र! घरको सरसफाइ त हो।, उनले भनिन्, ‘ट्वाइलेट र बाथरूम धाएँ। गाडी पनि सफा गरेँ। दैनिक आठ वटा घरमा काम गरेर महिनामा २०–२२ हजार कमाइ हुन्थ्यो।’, कुनै घरमालिकले राम्रै व्यवहार गर्थे। सधैँ हाम्रोमा काम गर भन्थे। कसैले चाडवाडमा लुगा पनि किनिदिन्थे। कोही चाहिँ ससानो कुरामा पनि गाली गर्ने खालका थिए।, ‘बिहान चार बजे उठेर काममा जानुपर्थ्यो, कोही मालिक अलिक छिटो गए छिटो आई भन्ने, थोरै ढिलो भए ढिलो आई भनेर कराउने,’ उनले भनिन्।, एक पटक पार्वती बिमार परिन्। उपचारमा ऋण काढ्नु पर्‍यो। पुरानै ऋण तिर्न भारत गएकी उनी आफैँ बिमार परेपछि ऋणको भार थपियो।, ‘बच्चा पढाउन पनि धेरै खर्च हुन्थेन। खानलाउनमै भारतको कमाइ ठिक्क भयो। अहिले रिन घटेको छ तर सकिएको छैन,’ उनले भनिन्।, भारतमा बाटो हिँड्दा स्कुले विद्यार्थीहरू देख्थिन्। अंग्रेजी बोलेको सुन्थिन्। उनलाई आफ्नो स्कुले जीवनको सम्झना आउन थाल्यो। आफूले पढाइ छाडेकोमा पछुतो लाग्न थाल्यो।, ‘त्यहाँ (भारत) का केटाकेटीले अंग्रेजी बोलेको सुनेर, राम्रो ड्रेस लाएर केटीहरू स्कुल गएको देखेर मलाई पढ्न रहर लाग्यो,’ पार्वतीले भनिन्।, सात वर्षपछि पार्वती घर फर्किन्।, गत वैशाखको अन्तिमतिर एक दिन पार्वती छोरासँगै स्कुल पुगिन्। शिक्षक कक्षमा पसेर म पनि पढ्ने विचारले भर्ना हुन आएकी हुँ भनिन्।, पार्वतीको कुराले शिक्षकहरू चकित भए। कोही त हाँस्न पनि थाले। उनीहरूमध्ये धेरैले पार्वतीले ठट्टा गरेकी हुन् भन्ने ठाने।  , प्रधानाध्यापक भरतकुमार बस्नेतले भने, ‘हामीले त ठट्टा गरेकी हुन् भन्ने सोच्यौँ। कुरा सुनेर हास्यौँ। छोरो भर्ना गर्न आएकी हुन् भन्ने ठान्यौँ।’, खासमा पार्वती छोरासँगै आफू पनि भर्ना हुने अठोटले नै स्कुल गएकी थिइन्। उनले म साँच्चै पढ्न चाहन्छु, भर्ना हुन आएकी हुँ भनेपछि प्रधानाध्यापक गम्भीर भए। आठ कक्षामा पढ्दापढ्दै बिहे गरेकी पार्वतीले १७ वर्षपछि आफ्नो छोरो पढ्ने जीवनज्योति माध्यमिक विद्यालयमा सात कक्षामा भर्ना पाइन्।, सामान्यतया सात कक्षाका विद्यार्थीको उमेर १३ वर्ष हुन्छ। उनीहरूका लागि साढे दुई गुणा बढी उमेरकी सहपाठी अचम्मकी पात्र भइन्। पार्वतीका लागि सहपाठीहरू छोराछोरी जास्ता भए।, प्रधानाध्यापक बस्नेतले भने, ‘सुरुका दिनमा बच्चाहरूले पार्वतीलाई जिस्क्याउने गरेछन्। मैले एक दिन प्रार्थनासभामा आमाछोरालाई अगाडि बोलाएँ। विद्यार्थीहरूलाई सम्झाएँ। त्यसपछि सबै विद्यार्थीले पार्वतीलाई साथी ठाने, सम्मान गर्न थाले।’, बस्नेतले शिक्षा क्षेत्रमा ३५ वर्षको अनुभवमा पार्वतीको पढ्ने अठोट आफ्ना लागि नौलो घटनाका रूपमा रहेको बताए। पार्वतीका अर्का एक छोरा अर्को स्कुलमा तीन कक्षामा पढ्छन्।, पार्वती स्कुल भर्ना भइन्, पढ्न थालिन् तर यो काम त्यति सजिलो पनि थिएन।, बिहे भएपछि पनि बाआमाले त उनलाई पढाइ नछाड भनेका हुन् तर त्यति सजिलो किन हुन्थ्यो! आजभोलि भन्दाभन्दै दिन बित्दै गयो। सन्तान जन्मियो।, अब त जिम्मेवारी पनि थपियो। कता स्कुल जानु! श्रीमानका पछि लागेर पैसा कमाउन भारत पो गइन्।, नेपाल फर्केपछि एक दिन पार्वतीले श्रीमानलाई आफू स्कुल भर्ना भएर पढ्न चाहेको बताइन्। श्रीमान् सहजै सहमत भए। पार्वतीको उत्साह बढ्यो।, अब सासुलाई मनाउनु थियो। श्रीमानले मानेपछि पार्वतीको आँट बढेको थियो। एक दिन सासुलाई पनि सुनाइन्।, ‘डर पनि भयो, सासुले नाइँ पो भन्नुहुन्छ कि भनेर तर पढ्छेस् भने पढ् भन्नुभयो,’ पार्वतीले भनिन्, ‘यसपछि म भर्नाका लागि स्कुल गएँ।’, छोरालाई लिएर स्कुल गएकी पार्वतीले पहिले छोराको भर्ना गराइन्। त्यसमा आठ सय रुपैयाँ लाग्यो। आफ्नो लागि पैसा पुगेन, यसै फर्किन्।, छोरा पाँच कक्षामा सर्वोत्कृष्ट भएका थिए।, आफ्नो भर्ना गर्न ऋण नै काढ्नु पर्‍यो। पार्वतीले भनिन्, ‘फुपुसँग पैसा मागेँ। के गर्ने होस् भनिन्। काम परेको छ भनेँ। बाबु (छोरो) लाई भर्ना गरेको तीन दिनपछि आएर सात कक्षामा नाम लेखाएँ।’, प्रधानाध्यपक बस्तेनले पार्वतीका लागि कक्षा १० सम्म कुनै पनि शुल्क नलिने निर्णय भएको बताए।, पार्वतीले छोरालाई स्कुलको पोसाक सिलाउन कपडा किनेकी थिइन्। आफू पनि पढ्ने भएपछि त्यो कपडा आफ्ना लागि सिलाइन्। छोरालाई पोहरकै ड्रेस लगाउँदै गर भनिन्।, आजकाल स्कुलको पोसाक लगाएर छोरासँगै स्कुल जानु पार्वतीको दिनचर्याको एक अंग भएको छ। आफू स्कुल गएर पढ्न थालेकोमा छोरो पनि खुसी भएको उनले बताइन्।, यसरी पार्वतीको पढाइ सुरु भयो तर यतिका वर्ष छुटेको पढाइ सम्हाल्न उनले निकै मिहिनेत गर्नु परेको छ।, भन्छिन्, ‘अहिले धेरै राम्रो गर्न नसेके पनि अन्तिम परीक्षासम्ममा म राम्ररी पास हुन्छु।’, गर्मी मौसम भएकाले आजकाल स्कुल बिहान लाग्छ। बिहानका केही काम पार्वतीले गर्छिन्। खाना सासुले बनाउँछिन्। बाह्र बजे स्कुल छुट्टी हुन्छ। घर गएपछि सबै काम गर्छिन्। बेलुकाको काम सकेपछि पढ्छिन्।, ‘आमा (सासु) आफूले पढ्नुभएको छैन। मलाई धेरै काम सघाउनुहुन्छ। राम्रो पढ् भन्नुहुन्छ,’ पार्वतीले भनिन्, ‘श्रीमानले अहिले म कमाउँछु, तँ पढ् भन्नुभएको छ।’, पार्वतीले कम्तीमा १२ कक्षा पूरा गर्ने सोचेकी छन्। त्यसपछि परिस्थिति हेरेर निर्णय लिने उनले बताइन्।, पढाइमा पार्वतीले घरपरिवार र शिक्षकहरूको सहयोग पाएकी छन् तर पढेलेखेकै मानिसले निराश बनाउँछन्। यो उमेरमा पढेर के गर्यौ भनेर टिप्पणी गर्छन्।, ‘म एमए पढेकोले त काम पाएको छैन। तिमी अहिले पढेर के गर्ने हो भनेर कमेन्ट पनि गरेका हुन्छन्,’ पार्वती भन्छिन्, ‘मेरो त पढ्ने अठोट हो। कामका बारेमा सोचेकै छैन। केही नभए पनि आफूजस्ता दिदीबहिनीलाई पढाउँछु।’, पार्वतीका श्रीमान् अहिले पनि भारतमै छन्। स्कुल जान थालेपछि केही सञ्चारमाध्यमले पार्वतीसँग अन्तर्वार्ता गरे। उनले भनिन्,, ‘श्रीमानले भारतमा हेरेर राम्रो भन्नुभयो। शिक्षकहरूले पनि राम्रो बोल्यौ भन्नुभयो।’, उमेर जेसुकै होस्, पार्वती पढाइमा अघि बढिन्। उनलाई अहिले कसैको नकारात्मक कुरा सुन्नु छैन। केवल आफ्नो अठोट पूरा गर्नु छ।, छोरासँग स्कुल जाने पार्वती
सेतोपाटी संवाददाता चाडपर्वको समयमा अपराधिक गतिविधि हुन नदिन चितवन प्रहरीले घर–घरमा पुगेर सचेतनामूलक सामग्री वितरण गर्न थालेको छ।, चाडपर्वको समयमा चोरी, लुटपाट जस्ता अपराधिक घटनामा वृद्धि हुने, जुवा, तास, लंगुर बुर्जा खेल्ने खेलाउने, लागूअ‍ौषध तथा मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्ने, सवारी दुर्घटना बढ्ने देखिएकाले यसलाई मध्यनजर गरेर सचेतनामूलक अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले बताए।, घर बाहिर निस्कँदा झ्याल ढोका राम्रोसँग लगाउन, बाहिर घुम्न जाँदा सपरिवारको तस्विर सामाजिक सञ्जालमा शेयर नगर्न, चाडपर्वलाई तडकभडक र भड्किलो नबनाउन, अपरिचित व्यक्तिले दिएको वस्तु नखान, रातको समयमा गहना लगाएर नहिँड्न अनुरोध गरिएको पर्चासहित प्रहरीहरु गाउँ–गाउँमा सचेतना अभियानमा सकृय भएको डिएसपी नरहरि अधिकारीले बताए।, गहनाहरु लकरमा राख्न, चोरी, डकैती, अपराधिक घटना भएको जानकारी पाए खबर गर्न, टोल सुधार समितिहरुसँग मिलेर सिसिटिभी जडानगरी समाजलाई अपराधजन्य गतिविधिबाट मुक्त बनाउन सहयोग गर्न अनुरोध गरिएको उनले बताए।, स्थानीय तह र टोल विकास संस्थाहरुसँग समन्वय गरेर सचेतना अभियान सञ्चालन गरिएको अधिकारीले बताए। जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर ६० हजार भन्दा बढी पर्चा वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, साथै सचेतनामूलक सामग्रीसहितको अडियो जिंगलहरु तयार पारेर टोलटोलमा प्रशारण गरिएको एसपी अधिकारीले बताए।  , उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमसँग सहकार्य गरेर सचेतना अभियानलाई प्रभावकारी बनाइएको बताए।, एसपी अधिकारीले जनशक्तिको भरपुर उपयोग गरि घर, बजार, सडक, सार्वजनिक यातायातका साधन सबैतिर परिचालन गर्ने बताए।, चोरी, डकैती, गुण्डागर्दी, ठगी, जुवा, तास तथा अपराधिक गतिविधि नियन्त्रण गर्न क्विक रेसपोन्स टिम परिचालन गरिएको, राजमार्ग तथा सहायक सडकहरुमा दुर्घटना हुन नदिन सवारी जाँच बढाएको, दुर्घटना भइहाले तुरुन्त उपचारका लागि अस्पताल पुर्‍याउने ‘अस्पताल रेस्क्यू टिम’ परिचालन गरिएको, कृतिम अभाव तथा कलोबजारी नियन्त्रण गर्न बजारमा सादा पोसाकमा प्रहरी परिचालन, जिल्लामा अबैध बस्तु भित्रिन नदिन नाका तथा चेक प्वाइन्टहरुमा जाँचमा कडाई गरिएको उनले बताए।, साथै अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउन, गुणस्तरहीन दैनिक उपभोग्य सामग्री विक्रीवितरण गर्न नदिन, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल बजार इलाकामा सुरक्षाकर्मी बढी परिचालन गरिएको उनले बताए।, चाडपर्वमा यातायातका साधनले मनपरी भाडा असुल्ने गुनासो आउने गरेकोले जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागेका बताए। सार्वजनिक यातायातका साधनमा अपराधिक गतिविधि हुन नदिन राजमार्गमा चल्ने ठूला गाडीमा युनिफर्मसहितको प्रहरी राख्ने, अपराधिक गतिविधि नियन्त्रण गर्न कुकुर पनि परिचालन गर्ने बताए।, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि नजिकिएकाले चाडपर्वमा शुभकामना आदानप्रदानका नाममा मतदाता प्रभावित पार्ने उद्देश्यले प्रचार प्रसार तथा चुनाव लक्षित आर्थिक गतिविधि हुन नदिन नियमितरुपमा गस्ती पेट्रोलिङको व्यवस्था गर्ने र देउँसी भैलो कार्यक्रममा राजनीतिक दलको प्रचार हुन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , चाडपर्वलाई भयरहित बनाउन चितवन प्रहरीको सचेतना अभियान
रासस वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।, मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरेका थिए।, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने बताए।, ‘अब दशै लगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत्त बढ्छसक्छ। करिब ७ महिना भित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ,’ उनले भने।, उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे। हाल रहेको सत्तलको तेस्रो तल्लामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ।,  , सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै
रासस सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक सात तले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि चिनियाँ पक्ष त्रिशूली आइपुगेको छ। , चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरू गरेको हो।, नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाको प्राविधिक (इञ्जिनियर) टोलीले सात तले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएका छन्। , भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको कार्यालय प्रमुख फुँयालले जानकारी दिए। सोहीअनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता (वि.सं २०७६ जेठमा) भएको थियो।,  , ‘वि.सं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले सात तले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि (सन् २०२०) फर्किने भनेर गएका थिए’, उनले भने, ‘चिनियाँ कम्पनीका प्राविधिक स्वदेश फर्केलगत्तै सुरू भएको कोरोनाको जोखिमले रोकिएको पुनर्निर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको छ।’ , चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले सात तले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सोही समयमा गरे पनि अहिले पुनः अघि बढाएका छन्।, यसअघि चिनियाँ प्राविधिक आठ जनाको टोलीले दरबारको सर्वेक्षण गरेको थियो भने अहिले कार्यक्षेत्रमा २० प्राविधिक एक सातादेखि खटिएका छन्। , तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि वि.सं १८०१ मा विजय हासिल गरेपश्चात सात तले दरबारको निर्माण गर्न लगाएको पाइन्छ।, उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिए। उनको अनुसार सात वर्षअघि गएको भूकम्पले नुवाकोट दरबारलाई क्षति पुर्‍याए पनि प्रबलीकरण गरेर सुरक्षित गर्नसक्ने प्राविधिक अध्ययनमा देखिएको चिनियाँ पक्षले जनाएको छ। सोही स्थानमा रहेको रङ्गमहल पनि सग्लो नै भएकाले के गर्ने भन्ने अध्ययन भइरहेको छ। , ‘दरबारबाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलाजा भवानीको मन्दिर, दरबार परिसरमा रहेको गारदघर, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्ण क्षति पुगेको छ।’, द्वारे शाहीले भने, ‘अब हुने पुनर्निर्माणमा पुरातात्विक संरचनालाई कायम गरेर बनाउनुपर्छ भन्ने सुनिश्चित हुनुपर्छ।’, दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिरसहित बूढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभागमार्फत् पुरातात्विक मौलिकपन (जस्तो पहिला थियो त्यस्तै) कायम राखेर पुनर्निर्माण सम्पन्न भइसकेको छ। , पुनर्निर्माणको म्याद थप हुन बाँकी, चिनियाँ पक्षले ४५ महिनाभित्र दरबारसहितको सात वटा संरचनाको प्राविधिक अध्ययनका आधारमा प्रबलीकरण तथा पुनर्निर्माण सम्पन्न गर्ने जनाएको थियो। तर उक्त अवधि गुज्रन लागिसकेको छ। नयाँ सम्झौता तथा म्याद के हुने निर्णय हुन बाँकी रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख फुँयालले बताए।, उनका अनुसार चिनियाँ पक्षले पहिलो चरणमा हाल खट राखेर थप क्षति हुनबाट रोकेका दरबारको प्रबलीकरण गरेर त्यसपछि अन्य संरचनाको काम अघि बढाउने तयारी गरेको छ। , नेपालमा गणतन्त्र स्थापना भएसँगै साततले दरबारलाई नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो।, उक्त दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएका छन्। खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएका छन्।, एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ।, सात तले दरबार पुनर्निर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो
रासस दाङको तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै थिए। कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त छन्।, ‘कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन’, उनले भने, ‘बरू अहिले प्लेट र कपको माग बढेको छ।’, अहिले उनको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ। बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उनले बताए।, पछिल्लो मागअनुसार प्लेट, कपहरू पुर्‍याउनै गाह्रो हुने गरेको छ।, ‘माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौं, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ’, उनले भने, ‘तर हामीले माग भएअनुसार पुर्‍याउन गाह्रो हुने गरेको छ।’, पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ।,  , माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उनको भनाइ थियो।, नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताए।, ‘माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अंगालिरहेका छौं, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा संकट पर्ने हो कि भन्ने चिन्ता छ’, उनले भने, ‘तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन्।’  , माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उनले बताए।  गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ। करिब ६० परिवार रहेको उक्त कुमाल गाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन्।, हस्तकला महासंघले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन्। तर उनीहरूले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन।, ‘हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन’, कविरामले भने, ‘त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौं।’, नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उनको भनाइ छ। अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन्।  , कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ। अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि  त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ।, स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ। , ‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’
रासस बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।, रातको समयमा घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको थियो। तर मंगलबार बिहान घरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।, अरिंगालले टोकेर एकको मृत्यु
सेतोपाटी संवाददाता धनुषाबाट प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।, सोमबार गणेशमान चारनाथ नगरपालिका-६ का ४० वर्षीय रेवीया सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए। , उनका अनुसार श्रीमान रेवीयाले घरमै ३५ वर्षीया श्रीमती आशा देवीको हत्या गरेका हुन्। उनले मादक पदार्थ सेवन गरेको र ढुंगाको चिप्लौटाले प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।, उनलाई घटनास्थलबाटै पक्राउ गरेको डिएसपी क्षेत्रीले बताए।  , रेवीयामाथी ज्यानमार्ने मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जनाएको छ। , धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
युवराज श्रेष्ठ गण्डकी प्रदेशका मन्त्रीहरूसहित सरकारी अधिकारी र पोखराका पर्यटन व्यवसायी मंगलबार लावालस्कर लगाएर विमानस्थल पुगे। हवाइजहाजमार्फत् पोखरा झरेका पर्यटकलाई उनीहरूले बाजा बजाएर स्वागत गरे।, पर्यटकलाई स्वागत गर्न गएको जम्बो टोलीको तुलनामा पर्यटकको संख्या अत्यन्त न्यून थियो। उनीहरूले ३ जना विदेशी पर्यटकलाई मात्र स्वागत गर्न पाए। गण्डकीका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विमानस्थलमा ओर्लनेबित्तिकै भारतीय पर्यटक भारती पाण्डे र स्पेनका पर्यटकद्वय इर्न अर्टिज रोवियो र जेन्से कार्कोसलाई स्वागत गर्न पाए।, कोभिड-१९ अघिजस्तो नेपालमा नेपालमा पर्यटक अझै आएका छैनन्। नेपाली पर्यटन बजारमा सबैभन्दा उत्कृष्ट सिजन सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मानिन्छ। यस सिजन पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ। कोभिड-१९ अघि काठमाडौंबाट पोखरा आउने जहाज र पोखराका डाँडाकाँडा र पदमार्गहरूमा विदेशी पर्यटकका घुइँचो लाग्थे। उपयुक्त सिजनमै पोखराको पर्यटन बजार अझै कोभिड-१९ अघिजस्तो गुलजार हुन नसकेको व्यवसायीहरू बताउँछन्।, कोभिड-१९ अघि नेपालमा आएका झन्डै १२ लाख पर्यटकमध्ये आधाजसो पोखरा आउँथे। अहिले नेपालमै पर्यटक कम आएको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेलले बताए।, ‘कोभिड-१९ पछि संसारभर आर्थिक मन्दी छायो, यसको मार पर्यटन बजारमा परेको छ,’ उनले भने, ‘रूस-युक्रेन युद्धले अर्को मार थपियो।’, बाराही ग्रुपका अध्यक्षसमेत रहेका पौडेलले कोभिड-१९ अघि नेपालमा पर्यटक ल्याउन गरिएका प्रयास अब पर्याप्त नहुने बताए। विश्वका विभिन्न देशले पर्यटन प्रवर्द्धनमा नयाँ-नयाँ ‘प्रडक्ट’ दिएको भन्दै नेपालले आफूप्रति आकर्षण गर्न नयाँ योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए।, ‘पुरानो तरिकाले अब पर्यटन प्रवर्द्धन गर्न सकिँदैन, हामीले नयाँ प्रडक्ट दिन सक्नुपर्छ,’ पौडेलले भने, ‘सरकारले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नयाँ योजनासहित प्रवर्द्धन गर्न आवश्यक भइसकेको छ।’, चीन, जापान लगायतका देशले आफ्ना नागरिकलाई बाहिर घुम्न जान नदिएको असर पनि नेपालको पर्यटनमा परेको उनको भनाइ छ।, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटक सोझै पोखरा आउन सक्ने ढोका खुल्दैछ। आगामी जनवरी १ अर्थात् पुस १७ गते विमानस्थल सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ। विमास्थल सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्ने भन्दै पोखराका व्यवसायी आशावादी छन्।, विमानस्थलको प्रवर्द्धनमा सरकारले अझै चासो दिएको छैन। अन्तर्राष्ट्रिय पर्यटन बजारमा सिधै पोखरा जान सकिन्छ भनेर जानकारी हुनुपर्ने पर्यटन व्यवसायी पौडेलले बताए।, ‘हामी निजी क्षेत्रले पर्यटकीय पूर्वाधार बनाउने हो, सेवा दिने हो, हामीले त्यो काम गरिराखेका छौं,’ उनले भने, ‘एयरपोर्ट चलाउन सरकारले गर्नुपर्ने प्रवर्द्धन अझै गरेको छैन।’, पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले छुट्टै संयन्त्र खडा गर्नुपर्ने उनको माग छ।, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समितिका संयोजक विक्रम गौतमले विमानस्थल निर्माणका काम ९८ प्रतिशत पूरा भएको बताए। तोकिएकै मितिमा विमानस्थल सञ्चालनम ल्याउन प्राधिकरण लागिपरेको भन्दै तीनै तहका सरकार र निजी क्षेत्रले विमानस्थलको प्रवर्द्धन गर्न सक्नुपर्ने उनले बताए।, ‘विमानस्थल बनेर मात्र पर्यटक आउँदैनन्, हामीले विमानस्थल बनाइसकेका छौं, छिट्टै सञ्चालनमा आउँदैछ,’ उनले भने, ‘नियमित विमानस्थल चलाउन गण्डकीको पर्यटन विश्व बजारमा पुग्नुपर्छ, पर्यटक किन सोझै पोखरा आउने भनेर विश्वास दिलाउन सक्नुपर्छ।’, विमानस्थल पूर्वको रिठ्ठेपानी डाँडा कटानको काम सुरू भइसकेको गौतमले बताए। यस्तै, पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थल सञ्चालनमा अवरोध पुग्ने ल्याण्डफिल साइट छिट्टै परिवर्तन गर्ने बताए।, विमानस्थल सञ्चालनमा आए पनि पर्याप्त यात्रु नभएसम्म एयरलायन्स कम्पनीहरूले उडान भर्न नसक्ने कम्पनीका प्रतिनिधिहरूले बताएका छन्। बोर्ड अफ एयरलायन्स रिप्रिजेन्टेटिभ अफ नेपाल (बान) का उपाध्यक्ष भोलाविक्रम थापाले पनि सरकारले आवश्यक मात्रामा एयरपोर्टको प्रवर्द्धन गर्न नसकेको बताए।, गण्डकी सरकार, पर्यटन बोर्ड र व्यवसायीले पोखरा विमानस्थलमा स्वागत गरेर विभिन्न एयरलायन्स कम्पनीका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गराउन लगेका थिए। नेपालमा अहिले रहेका अन्य विमानस्थलभन्दा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उत्कृष्ट बनेको एयरलायन्स कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।, विमानस्थल जति राम्रो भए पनि यात्रु नहुँदासम्म एयरलान्यस कम्पनीहरूले उडान भर्न नसक्ने बानका उपाध्यक्ष थापाले बताए।, ‘एयरलायन्स कम्पनीहरूले व्यापार हेरेर उडान भर्छन्,’ उनले भने, ‘एयरपोर्ट बन्दैमा यात्रु भएनन् भने विमान चल्दैनन्।’, भैरहवामा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलायन्सले मात्र अन्तर्राट्रिय उडान भरिराखेको छ। खाडी मुलुकमा जाने नेपाली कामदारलाई ल्याउने र लैजानेमा मात्र उक्त उडान सिमित छ। पोखरा विमानस्थलले भने पर्यटकलाई लक्षित गरेर प्रवर्द्धन गर्न सक्नुपर्ने उनले बताए।, उनका अनुसार विदेशबाट अउने जहाज काठमाडौं आउनभन्दा पोखरा आउन महंगो पर्नेछ। काठमाडौंबाट पोखरा आउन लाग्ने २५ मिनेट उडानको तेल खर्चका कारण पोखराको अन्तर्राष्ट्रिय उडान महंगो पर्न जाने थापाले बताए।, भारतबाट नेपाल छिर्ने विमानहरू सिमरा नाकाबाट मात्र छिर्न पाउँछन्। अन्य रूटमा भने भारतले अहिलेसम्म अनुमति दिएको छैन। जसले गर्दा अन्तर्राष्ट्रिय उडान भरेका विमानस्थल सिमराको घुमाउरो बाटो पोखरा आउनुपर्ने एयरलायन्स कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।, ‘काठमाडौंमा भन्दा महंगो टिकट काटेर पर्यटक किन पोखरा आउने भनेर सरकारले जवाफ दिन सक्नुपर्छ,’ उनले भने, ‘विमानस्थलको प्रवर्द्धन गर्न सरकारका विभिन्न निकाय र निजी क्षेत्र मिलेर काम नगरेसम्म अन्तर्राष्ट्रिय उडान गर्न गाह्रो छ।’, पोखराले साहसिक पर्यटनलाई केन्द्रित गरेर प्रवर्द्धन गर्न सक्ने उनको सुझाव छ। ‘अन्नपूर्ण क्षेत्र पदयात्राका लागि चर्चित छ, यसलाई अब नयाँ तरिकाले अघि बढाउनुपर्छ,’ उनले भने।, चीन सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर बनाएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्री वाङ यीले गत चैत १२ गते नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। विमानस्थलमा आवश्यक संरचना तयार भइसकेका छन् भने उपकरण जडानको काम पनि सकिएको विमानस्थलले जनाएको छ।, सरकारले रिठ्ठेपानी डाँडा कटान र पोखरा महानगरले ल्याण्डफिल साइट सार्न ढिलाइ गरेकाले विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको विमानस्थलका अधिकारीहरू बताउँछन्।, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले भारत, चीन, थाइल्याण्ड, कतार लगायतका देशबाट विमानस्थलले उडान भर्नेगरी प्रवर्द्धन गर्नुपर्ने बताए। यसका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने उनको भनाइ छ।, विमानस्थल सञ्चालन हुन नसके सरकारले चीनसँग लिएको २२ अर्ब ऋणको बोझ थपिने भन्दै उनले अहिले पोखरा आइरहेका विदेशी पर्यटक विमानबाट आउने अवस्था निर्माण गर्न जरूरी भएको बताए।, ‘पोखरा आउने अधिकांश पर्यटक चीन र भारतका छन्, उनीहरूले पोखरा विमानस्थलबाट आउने गरी प्रवर्द्धन गनुपर्छ,’ उनले भने, ‘अमेरिका, युरोपजस्ता देशका पर्यटक कतार, थाइल्याण्डजस्ता देशबाट ट्रान्जिट भएर आउँछन्, त्यहाँ पनि हामीले सिधै पोखरा गएर पदयात्रा जान सकिन्छ भनेर जानकारी गराउनुपर्छ।’, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा सिङ्गो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने बताए। उनले विमानस्थलसँगै व्यवसायीले पोखरा र आसपासमा पर्यटन पूर्वाधारमा लगानी बढाएको बताए।, ‘अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि व्यवसायीले अर्बौं रुपैयाँ लगानी थपेका छन्,’ उनले भने, ‘लगानी डुब्न नदिन पनि विमानस्थल सञ्चालनमा ढिलाइ गर्न हुँदैन।’, अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि सोझै पोखरा आउलान् त विदेशी पर्यटक?
सेतोपाटी संवाददाता देशभरि अहिले डेंगीको प्रकोप बढेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ।, तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्।, मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको छ।, बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ। अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ।, घरमा रहेका डेंगी बिरामीले के खाने/ के नखाने? (भिडिओ),  , अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ। , कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्। , टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए। कतिपयले त 'प्लेट्लेट्स' बढ्छ भनेर मेवाको पात पनि खाने गरेको सुनाउँदै डा. पुनले त्यसमा कुनै सत्यता नभएको बताए। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २४ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने २९ जनाको मृत्यु भइसकेको छ। तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ-आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ।  , यस्तो अवस्थामा घरमा रहेका डेंगीका बिरामीलाई के गर्ने, के नगर्ने भन्ने दुविधा हुनसक्छ।, हेर्नुस्, यही सन्दर्भमा डा. पुनसँग घरमा रहेका डेंगीका बिरामीले आफ्नो ख्याल कसरी गर्ने भन्नेबारे कुराकानी गरेर तयार पारिएको यो भिडिओः, ७८ प्रतिशत डेंगी संक्रमित बागमतीमा, साढे २ महिनामा देशभरि ३२ जनाको मृत्यु
दिपकजंग शाही जाजरकोटको बारेकोट गाउँपालिकाका गोविन्द सिंहसँग झण्डै ५ सय गुलेली छन्। वन्यजन्तु र चराचुरूंगीको संरक्षण गर्न रूचाउने गोविन्दले यी गुलेली किन राखे होलान्? , 'यो पनि चराहरूको संरक्षणका खातिर हो। मानिसहरू गुलेली किनेर चरा नमारून् भनेर मैले आफ्नो गाउँतिरका पसलमा भेटे जति गुलेली किन्छु र आफैंले राख्छु,' उनले भने। , उनको यस्तो व्यवहार उनका गाउँलेलाई अनौठो लाग्छ। कतिपयले दाताबाट पैसा ल्याएर जंगल घुम्छ भन्छन्। कतिपयले त बिदाको समयमा घरको काम नगरेर जंगल घुम्नेवाला बहुलाहा, कुकुरले टोकेको मान्छे समेत भनिदिन्छन्।, समाजको दृष्टिकोण यस्तो नकारात्मक भए पनि उनी निराश छैनन्। उनी आफ्नै लगानी र इच्छाले वन्यजन्तु तथा चराचुरूंगीको उद्धार गर्छन्। व्यक्तिगत खर्च गरेरै पनि चोरी शिकार नियन्त्रणमा लागेका छन्।, पेशाले भेटेरेनरीतर्फका सरकारी अधिकृत हुन् उनी। बारेकोट गाउँपालिकामै कार्यरत छन्। उनी वन्यजन्तु र चराचुरूंगीको खोजी र उद्धार गर्न थालेको एक दशक हुनै लाग्यो। दश वर्षअघि के भएको थियो जसले गर्दा गोविन्द जंगल जंगल डुल्न थाले भन्ने कुरा एकछिनपछि गरौंला। पहिले उनले कसरी गर्छन् संरक्षण भन्नेबारे कुरा गरौं।, गोविन्द आफ्नो जिल्लाको जंगल घुमेर वन्यजन्तु र चराचुरूंगीका तस्वीर खिच्छन्। कतै चोरी शिकार गर्नेहरूले मृग मार्न पासो थापेका रहेछन् भने निकाल्छन्। पासोमा परेर घाइते भएका जनावर उपचार गर्छन्। लामो उपचार चाहिने भए घरै लैजान्छन्।, गाउँलेहरूलाई गुलेली नबनाउन र नबोक्न अनुरोध गर्छन्। पसलहरूमा पुगेर समेत गुलेली नबेच्न आग्रह गर्छन्। कसैले बेच्न राखेको रहेछ भने आफैँ किनिदिन्छन्।, गोविन्दका अनुसार अहिलेसम्म उनले ४७० वटा गुलेली जम्मा पारेका छन्। जंगलबाट २६० वटा पासो निकालेका छन्।, जंगलमा मृग मार्न फलामको पासो थापिएको हुन्छ। मोटरसाइकलको चेनबाट पनि पासो बनाइएको हुन्छ। उनी पासो भेटेसम्म आफैं निकाल्छन्। कहिलेकाहीँ पारिश्रमिक दिएर पनि पासो खोज्न कसैलाई पठाउँछन्।, ‘भेटाएसम्म आफैं (पासो) उठाउँछु, नत्र अरू मानिसलाई व्यक्तिगत रूपमा पैसा दिएर पनि जंगल पठाउँछु,’ गोविन्द भन्छन्, ‘एउटा पासो निकालेको २५० देखि ४५० रुपैयाँसम्म दिने गरेको छु।’, यसरी जंगल पसेकाले ल्याएको पासो गनेर पैसा दिन्छन्। चोरी शिकारीबाट जंगली जनावर जोगाउन जंगलबाट पासो उठाउने गरेको उनले बताए।, वन्यजन्तु संरक्षणसँगै नयाँ वन्यजन्तु र चरा खोजी गर्नु गोविन्दको उद्देश्य हो। उनी जंगलमै बास पनि बस्छन्। आफू लगातार १५ दिनसम्म पनि जंगलमा बसेको उनले बताए।, जंगलमा उनी सुरक्षित ओडारमा बास बस्छन्। सातु, चिउरा, दालमोठ, बदामजस्ता खानेकुरा बोकेर जान्छन्। गोविन्द हाल सर्प, गिद्ध र पुतलीको अध्ययनमा छन्।, ‘आफ्नो जिल्लामा दुर्लभ वन्यजन्तु केके छन् भनेर खोजी गर्ने अभियान पनि हो। जंगलमा भेटिएका घाइते वन्यजन्तुको उद्धार गरी घरमै उपचार गर्ने गरेको छु,’ उनी भन्छन्, ‘हाम्रोतिर चोरी शिकारी धेरै छ। वन्यजन्तु अकालमा मर्नबाट जोगाउने मेरो उद्देश्य हो।’, जाजरकोटको पूर्वी भेगका जंगल घुम्ने क्रममा आफूले चार जातका हिमाली गिद्धका ३४ वटा गुँड भेटाएको गोविन्दले बताए।, उनका अनुसार नेपालमा तीस वर्षदेखि नभेटिएको दुर्लभ वन्यजन्तु कालो ओत (युरेसियन ओटर) बारेकोटको जंगलमा भेटेका छन्। यसलाई उनले आफ्नो अध्ययनको निकै महत्वपूर्ण उपलब्धी मानेका छन्।, गोविन्द कहिलेकाहीँ त कार्यालयमा बिदा लिएर पनि जंगल घुम्ने गरेका छन्। सार्वजनिक बिदाको दिन त उनी जंगलमै हुन्छन्। कार्यालय समयपछि पनि सकेसम्म कुनै न कुनै जंगलमा पुग्छन्।, विश्वका दुर्लभ वन्यजन्तुमध्ये रातो पान्डा, कस्तुरी, ब्वाँसो, सुन गिद्ध, सेतो गिद्ध, चिर कालिज जाजरकोटका जंगलमा भेटेको उनले बताए।, उनले आफूले भेटेका जनावरको फोटो खिच्ने गरेका छन्।, गोविन्दका अनुसार उनले यस्तो काम आफ्नै रुचिमा गरेका हुन्। यसमा लाग्ने खर्च पनि उनको निजी नै हो। खर्चको विषयमा मानिसहरू उनको कुरा पत्याउँदैनन्। भित्र-भित्रै कुनै दाताको पैसामा चलेको शंका गर्छन्।, ‘जंगलमा गएर मैले वन्यजन्तु र चराचुरूंगीको उद्धार गर्दा मानिसहरू डोनर (दाता) बाट पैसा ल्याएर गरेको भन्छन्। पैसा कमाउँछ भन्छन्,’ गोविन्दले भने, ‘कतिले त आफ्नो तलब खर्च गरेर जंगल घुम्न बहुलाहा कुकुरले टोकेको छ र पनि भन्छन्। मलाई यसमा कुनै गुनासो छैन। मेरो अभियान जारी रहन्छ।’, उनी जाजरकोटमा मात्रै सीमित छैनन्। सुर्खेत, दैलेख, सल्यान, रूकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, बाँके र बर्दियाका पनि जंगल घुमेका छन्।, गोविन्दले २०४४ सालमा सरकारी सेवा सुरू गरेका हुन्। जुम्लामा बाह्र वर्ष बसे। जाजरकोट बसेको बीस वर्षभन्दा बढी भयो। अन्यत्र पनि बसे।, बारेकोट गाउँपालिकामा दुई वर्ष प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे। त्यस बेला जंगल पस्न पाएनन्।, उनले भने, ‘प्रमुख जिम्मेवारीमा भएकाले जंगलतिर जान खासै समय मिलेन, प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छोडेँ।’, उमेरअनुसार उनको सेवा अवधि पाँच वर्ष बाँकी छ। यतिन्जेल आफ्नो अभियान जारी रहने उनले बताए। आफ्नो अभियानमा हालसम्म निजी रूपमा करिब दस लाख रुपैयाँ खर्च भएको बताए।, उनलाई सेवा निवृत्त भएपछि आफ्नो अभियान के होला भन्ने चिन्ता लाग्न थालेको छ। भन्छन्, ‘अहिले पो तलब आउँछ र खर्च गर्न पाउँछु। जागिर छोडेपछि त पैसाको समस्या हुन्छ।’, आफूले गरेको अध्ययन दस्तावेजका रूपमा विकास गर्ने उनको योजना छ। उनका अनुसार हालसम्म नेपालमा ८८७ प्रजातिका चरा पाइएको रेकर्ड छ। उनले तीन सय प्रजातिका चराको फोटो खिचेका छन्।, ‘मैले वन्यजन्तु र चराचुरूंगीका तस्वीरहरू जानकारीसहित दस्तावेजका रूपमा राख्न सकेँ भने पछिल्लो पिँढीलाई पनि सजिलो हुन्छ भन्ने लागेको छ,’ उनले भने।, गोविन्दका अनुसार जाजरकोटको बारेकोट क्षेत्र दुर्लभ रातो पान्डा पाइने ठाउँ हो। त्यस क्षेत्रमा बर्सेनि ती पान्डाका छालासहित मानिसहरू पक्राउ पर्ने गरेको उनले बताए। दुर्लभ जनावरको संरक्षणका लागि उचित व्यवस्था नभएको उनको भनाइ छ।, जंगल घुम्नु सजिलो काम होइन, अझ एक्लै त झन् गाह्रो। कयौंपटक हिंस्रक जनावरका सामुन्नेमा पनि परेका छन् तर अप्रिय केही भएको छैन।, ‘जाजरकोटको पश्चिम क्षेत्रको जंगलमा एक्लै थिएँ। चितुवा फेला पर्‍यो, दस मिटरजति पर थियो। त्यो त मतिरै आउन खोज्यो,’ उनले छ वर्षअघिको एउटा घटना सुनाए, ‘बीचमा रूखबाट एउटा लंगुर हाम फाल्यो, लंगुर ओरालो दौडियो। चितुवा त्यसैलाई लखेट्दै गयो, म बचेँ।’, एकपटक उनी जाजरकोटको सबभन्दा अग्लो ठाउँ कराइँचुली हिमाल क्षेत्रमा पुगे। त्यहाँ भालुसँग जम्काभेट भयो। उनले घटना सुनाए, ‘भालुले झम्टिन खोज्यो। म ठूलो स्वरमा कराएँ। भालु आफ्नो बाटो लाग्यो, म आफ्नो बाटो लागेँ।’, गोविन्दलाई जंगलमा घुमेर वन्यजन्तु र चराचुरूंगीको अध्ययन र उद्धारमा लाग्नुका पछाडि एउटा रोचक कारण छ।, कुरा २०७० सालमा भएको सेवाकालीन एउटा तालिमका सन्दर्भको हो।  , तालिमका लागि उनी काठमाडौं गएका थिए। तालिम बबरमहलमा थियो, सहभागी थिए ७० जना। त्यहाँ वन्यजन्तु र चराचुरूंगीका फोटो अवलोकन गराइएको थियो।, सहभागी प्रशिक्षार्थीहरूले आ-आफ्नो जिल्लामा पाइने वन्यजन्तुका बारेमा प्रस्तुति गर्नुपर्ने थियो।, गोविन्दले आफूले जानेसम्म जाजरकोटमा पाइने दुर्लभ वन्यजन्तु र चराको कुरा गरे। कतिले त विश्वास नै गरेनन्।, ‘जाजरकोटमा दुर्लभ वन्यजन्तु त के के पाइन्छन् थाहा भएन तर एक चिज चाहिँ अवश्य पाइन्छ,’ एक जना सहभागीले भनेछन्।, गोविन्द अलिक अचम्ममा परेछन्। उनले ‘ल भन्नुस् त के पाइन्छ’ भनेछन्।, ती सहभागीले फ्याट्ट भनिदिए, ‘झाडापखाला।’ हलमा हाँसो फैलियो। गोविन्द दुःखी भए। उनले जाजरकोटको उपहास भएको ठाने। जाजरकोटमा २०६६ सालमा झाडापखाला फैलिएर ३५० जनाभन्दा बढीको मृत्यु भएको थियो।  , तालिमको त्यही घटनापछि गोविन्दले वन्यजन्तु र चराचुरूंगीको अध्ययन थालेका हुुन्।, ‘तालिममा त्यस्तो बेइज्जत गरेपछि मलाई पीर पर्‍यो। एक जना पत्रकारलाई सुनाएँ। उनले झाडापखालापछि जाजरकोटका सांसदलाई त संसद छिर्न दिएका थिएन रे भनेर सुनाए,’ गोविन्दले भने, ‘अब म खोजेर देखाउँछु भन्ने अठोट लिएर जंगल पसेको हुँ।’, गोविन्दका अनुसार उनी कुनै दाताले पैसा देला वा थेसिस लेखौंला भनेर जंगल घुमेका होइनन्। आफूले फेला पारेका नयाँ तथ्य र खिचेका फोटा दस्ताबेजका रूपमा सुरक्षित गर्नेसम्म उनको लक्ष्य छ। बस्, यति नै हो। गोविन्द एक्लै जंगल घुम्छन्। यसमा उनका परिवारजनलाई चिन्ता हुन्छ। उनले सकेसम्म विश्वास दिलाएका छन्।, ‘सबै मानिस बिदामा घर बस्छन्, घरको काम गर्छन्, तपाईं एक्लै जंगल घुम्नुहुन्छ भनेर परिवारले भनिरहन्छन्,’ उनी भन्छन्, ‘आमाले बढी चिन्ता मान्नुहुन्छ। जंगलमा बिरामी भइस् भने कसैलाई थाहा हुँदैन भन्नुहुन्छ।’, गोविन्द चाँडै हुम्लाको लिमी क्षेत्रमा पर्ने जंगल घुम्ने योजनामा छन्।, गोविन्द आफ्नो परिवारको पारिवारिक खर्च धान्नुपर्ने एक्लो रोजगार व्यक्ति हुन्। उनलाई बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाह निकै राम्ररी जान्दछन्।, ‘उहाँ (गोविन्द) आफ्ना छोराछोरी मात्र होइन, भाइहरूको परिवारको पनि खर्च धान्नुपर्ने जिम्मेवारी भएको व्यक्ति हो। उहाँ आफ्नो तलब खर्च गरेर सामाजिक काम गर्नुहुन्छ,’ शाहले भने, ‘उहाँले वन्यजन्तु अध्ययन र संरक्षणमा जति काम गर्नु भएको छ त्यो सबै व्यक्तिगत खर्चमा हो।’, शाह गाउँपालिका अध्यक्ष हुँदा गोविन्द प्रमुख प्रशासकीय अधिकृत थिए। शाहका अनुसार गोविन्द कार्यालयप्रति पनि उत्तिकै गम्भीर छन्।, ‘उहाँ जंगल जाने भनेको कार्यालयको काम सकिएपछि हो, कर्मचारीले पाउने बिदामा पनि जानुहुन्छ,’ शाहले भने, ‘सामाजिक काम उहाँको आफ्नो रुचिको हो। कार्यालयको काममा कहिल्यै समस्या हुन दिनुभएन।’, गोविन्द पशुपंक्षी तथा वन्यजन्तुका प्रिय साथी हुन्। ती अबोध जनावरको संरक्षणप्रति उनको लगनशीलता देखेर मान्छेहरू अचम्म पर्ने गर्छन्।, १० वर्षदेखि जंगल-जंगल किन डुल्दैछन् गोविन्द?
सेतोपाटी संवाददाता लुम्बिनी आएका विदेशी पर्यटकलाई स्वागत गर्दै बुद्ध जन्मभूमि लुम्बिनीमा ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ।, लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संघसंस्थाहरूले पर्यटन दिवसको अवसरमा लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूलाई खादा लगाइदिएर स्वागत गरी पर्यटन दिवस मनाएका हुन्।, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, होल्याण्ड र भारतबाट आएका बाह्य पर्यटकहरूलाई खादा लगाएर लुम्बिनीमा स्वागत गरेका थिए।, पर्यटकहरूलाई खादा लगाएर स्वागत गर्दै शान्ति दीपदेखि मायादेवी मन्दिरसम्म लगिएको थियो। सोही क्रममा स्थानीय साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो।, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको उल्लेख गर्दै पर्यटन दिवसको अवसरमा विदेशी पाहुनालाई स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरे।, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरू निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनेको बताए।, विगतमा कोभिड महामारीका कारण पर्यटकहरूको आगमन केहि सुस्ताएको भएपनि सबै क्षेत्रबाट सहज वातावरण बन्दै जाँदा पर्यटकहरूको आगमन बढ्न थालेको बताए। लुम्बिनी विकास कोषले पर्यटकलाई भ्रमणका लागि टुरगाईडको समेत व्यवस्था गरेको बताए।, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा पर्यटकहरूलाई लक्षित गरि विशेष प्याकेजका कार्यक्रमहरू समेत सञ्चालन गरिएको बताए।, लुम्बिनी आएका पर्यटकलाई पर्यटन दिवसको स्वागत
रासस उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका संखुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा मंगलबार काठमाडौं लगिएको छ।, लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।, मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडाैं लैजान सहज भएको हो।, खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो।, 'मौसम प्रतिकूलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो। साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो,' लामिछानेले भने।, राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौं पठाइएको उनले बताए।, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।, मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो। राईलाई भने बचाउन सकिएको थिएन।, हिमपहिरोमा परेर मृत्यु भएका राईको शव काठमाडौं लगियो
नारायण खड्का गएराति सल्यानमा जीप दुर्घटना भएको छ।  , जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर गाडी दुर्घटना भएको अनुमान गरिएको छ। , दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रिगरि रा १ ज ५६३  नम्बरको डबल क्याप जीप सल्यानतर्फ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ्चार शाखामा कार्यरत सन्तोष बुढाथोकीले जानकारी दिए।  , दुर्घटनामा परि केहीको हताहती भएको भन्ने खबर प्राप्त भए पनि यकिन भइनसकेको इलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले बताए। , ‘हामी घटनास्थलतर्फ जाँदै छौं। तर, बाटोमा पहिरोका कारण बिचमै थुनियौं,’ बोहराले भने, ‘जेसिबी मागेका छौं, पहिरो पन्छाएपछि घटनास्थल पुग्न सकिने छ।’, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसी आफैं घटनास्थलतर्फ जान लागेको र घटनास्थल पुगेपछि मात्रै थप भन्न मिल्ने बताए। , जिल्ला प्रहरी प्रवक्ता सन्तोष खनालले केहीको हताहती भएको खबर आए पनि पुष्टि हुन बाँकी रहेको बताए। , मध्यरातमा दुर्घटना हुनु र घटनाबारे कसैले थाहाँ नपाउँदा घाइतेलाई समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा छटपटाएर मृत्यु भएको आशंका गरिएको छ।, जीप करिब ७० मिटर जति तल खसेको स्थानीयले बताएका छन्। स्थानीय एक जनाले दुर्घटनाम परि ६ जनाको मृत्यु भएको जानकारी दिए। तर, यो कुरा प्रहरी प्रशासनले भने पुष्टि गर्न बाँकी छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरको संचार शाखामा कार्यरत बुढाथोकीका अनुसार उनीहरु नेपालगंजबाट दाङ हुँदै सल्यानतर्फ जान लागेको भन्ने खुलेको छ।, सल्यानमा जीप दुर्घटना: केहीको हताहती भएको आशंका
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, शनिवार साँझ टिकापुर नगरपालिका-२ विजयनगर शिविरका ७० वर्षीय भोकारी थारूको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।, टिकापुर नगरपालिका-२ विजयनगरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्कर दिएको थियो ।, घटनापछि मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।, कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
ध्रुवसागर शर्मा बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देखेका छैनौ भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस्।, टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन्- रुम बेली तल्लो गाउँका ४९ वर्षिय भरीबहादुर पर्तेल।, विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उनले जीविकोपार्जन गर्दै आएका छन्।, जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उनले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलागाएत पोशाकहरु बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्छन्। , आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गर्दछन् भने कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन्। शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन्।, ‘मेरो आम्दानीको स्रोत भनेकै यहीँ कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु’, उनले भने।, पर्तेलको घरमा चार छोरा, एक छोरी र श्रीमती छन्। छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पती मात्र छन्। बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै  पोशाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन विताउने गरेका उनी चोयाका पोशाक बेचेरै वर्षमा एक लाख बराबरको आम्दानी गर्दै आएको बताए।, चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खुशी हुँदै पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ।, हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत एक सय दिने गरेका छन्।‘अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन्,’ उनले भने।, शनिबार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरू प्रदर्शन गरेर नै उनले तीन हजार भन्दाबढी आम्दानी गरे। पर्तेलको सीपको सम्मान गर्नुपर्ने र उनलाई प्रोत्साहित गरेर यस्तो कला प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुनले बताए।, पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी, थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गरेका छन्।, यस्ता सामाग्रीहरु गाउँघरमा फाट्टफुट्ट विक्री हुने गरे पनि यो पेशा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा विक्री वितरण गर्न थालेको उनको भनाइ छ।, आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरू र प्रशासन प्रमुखलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेलले बताए।, ‘चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन्।’, स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने पर्तेलको भनाइ छ।, चोयाका पोशाक लगाउने भरीबहादुर
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , जिल्लाको दंगीशरण गाउँपालिकाका ५९ वर्षीय शालिकराम वलीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। , शनिबार बेलुका सात बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ उच्चअदालत अगाडि दुर्घटना भएको हो। दक्षिणतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका वलीलाई ठक्कर दिएको थियो। , गम्भीर घाइते भएका वलीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। उनलाई थप उपचारका बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए। , मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानएको छ ।, दाङमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु
सविता बुढा गत चैतको एकदिन रातको आठ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिकाको साँडेपानीमा एक जना साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएर एउटा बस भाग्यो।, साइकल यात्री घाइते भए।, नम्बर खुल्न नसकेको उक्त बस प्रहरीले तत्कालै नियन्त्रणमा लिन सकेन। बस खोजी गर्ने काम प्रहरीका लागि ठूलै चुनौती थियो।, बस फेला पार्न राजमार्गमा जडित सिसिटिभी क्यामराले सहयोग गर्‍यो।, सिसिटिभी क्यामरामा देखिएको दृश्यका आधारमा बसको नम्बर थाहा भयो। खोजी गर्दै जाँदा पाल्पाको पूर्वखोला गाउँपालिका–४, देवीनगर घर भएका चालक पक्राउ परे। प्रहरीले कारबाही अघि बढायो। घाइतेको उपचार गरायो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार रार्जमार्ग क्षेत्रमा जडान भएका सिसिटिभी क्यामराले प्रहरीलाई आपराधिक क्रियाकलाप न्यूनीकरण तथा रोकथाम गर्न सहयोग पुगेको छ। अपराधका केही घटना र सडक दुर्घटना अनुसन्धान गर्न सिसिटिभी क्यामराको दृश्यले सहज भएको डिएसपी जोशीले बताए।, 'यहाँको एउटा ठूलो समस्या राजमार्गमा हुने सवारी दुर्घटना हो। कहिलेकाहीँ गाडी र चालक नचिनिने हुन्छ। त्यस्तो अवस्थामा सिसिटिभीले सहयोग पुग्छ,' उनले भने।, प्रहरी प्रशासनले राजमार्ग, भिडभाड हुने ठाउँ, सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति भएको क्षेत्र, दोबाटो–चौबाटो जस्ता ठाउँमा सिसिटिभी क्यामेरा राख्न प्रदेश सरकार र स्थानीय तहसँग माग गर्ने गरेको छ।, गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा स्वीकृत वार्षिक कार्यक्रमअनुसार एक करोड ७१ लाख रूपैयाँको लागतमा सिसिटिभी क्यामरा खरिद गरेर १३८ स्थानमा जडान गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीमा ९२ वटा र कञ्चनपुरमा ४६ वटा सिसिटिभी क्यामरा जडान गरिएका छन्।, तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आपराधिक गतिविधि नियन्त्रण गर्न, राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न र दुर्घटनाका दोषी पक्राउ गर्न सिसिटिभी क्यामराले सहयोग हुने बताएकी थिइन्।, उनका अनुसार जडित सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरले तथा इलाका प्रहरी कार्यालयहरूले हेर्ने गरी १२ ठाउँमा स्टेसन राखिएको छ।, सडकमा ती सिसिटिभी क्यामरा सजिलै जडान भएका भने होइनन्। लगातार बजेट छुट्याएको चौथो वर्षमा मात्र जडान हुन सकेको हो। पहिलो प्रदेश सरकारको पहिलो आर्थिक वर्ष २०७४/७५ मा सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म सिसिटिभी जडान गर्न बजेट छुट्याइएको थियो।, निर्वाचनपछि फागुनमा प्रदेश सरकार गठन भएकाले उक्त बजेट आर्थिक वर्षको आठ महिना बितेपछि प्रस्तुत भएको थियो। बजेट कार्यान्वयनमा समय अभाव भएको कारण देखाएर उक्त आर्थिक वर्षमा सिसिटिभी क्यामरा जडान गरिएन।, त्यसपछि पनि प्रदेश सरकारले लगातार तीन वटा आर्थिक वर्षमा सोही सडक खण्डमा सिसिटिभी जडान गर्न बजेट छुट्यायो। बजेट त भयो तर कुनै पनि वर्ष काम भएन। पहिलो वर्ष राजमार्गमा सिसिटिभी जडान गर्ने, त्यसपछि नौ वटै जिल्लाका भन्सार कार्यालय, सिमानाका लगायतका संवेदनशील क्षेत्र प्राथमिकताका साथ प्रविधिमैत्री बनाउने लक्ष्य प्रदेश सरकारको थियो। लक्ष्य राखियो तर काम भएन।, डिएसपी जोशीका अनुसार कैलालीमा प्रदेश सरकारले जडान गरेका सिसिटिभी क्यामरामध्ये ८९ वटा सञ्चालनमा छन्, तीन वटा बिग्रिएका छन्। जडान भएका कतिपय क्यामरा पोलका कारणले कहिलेकाहीँ कोण नमिल्ने समस्या पनि छ। नाइटभिजन क्यामरा नहुँदा रातिको दृश्य प्रष्ट नहुने समस्या पनि छ। यस्ता कारणले सिसिटिभी पर्याप्त उपयोगी हुन सकेको छैन।, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि आफ्नै स्रोतमा २२९ वटा सिसिटिभी क्यामरा जडान गरेकामा १८३ वटा चलेका छन्, ४० बिग्रिएका छन्। जडित क्यामरामा खराबी आए पनि मर्मतमा कार्य ढिलाइ हुने गरेको छ।, धनगढीका बासिन्दा रवीन्द्र विष्टका विचारमा 'सामान कम गुणस्तरको हुनु र समयमा मर्मत नहुनुले प्रविधि पर्याप्त उपयोगी हुन सकेको छैन। सार्वजनिक स्थानका गतिविधि अवलोकन अपराध नियन्त्रणमा सिसिटिभी क्यामरा निकै उपयोगी मानिएको छ। प्रविधिको अधिकतम उपयोग हुने गरी काम गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई उनको सुझाव छ।, विष्ट भन्छन्, 'राज्यको बजेटबाट काम गरेपछि कति उपयोगी र उपलब्धिमूलक भयो भन्ने पनि मूल्यांकन गर्नु पर्छ। यसो गर्दा मात्रै कमीकमजोरी सुधार गर्न मद्दत पुग्छ।', आर्थिक वर्ष २०७८/७९ मा पनि प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडान गर्न २ करोड ३० लाख रूपैयाँ बजेट छुट्याएको थियो। यो बजेट पनि काम नभएर फ्रिज भयो। चालु आर्थिक २०७९/८० मा पनि राजमार्गमा १२८ वटा सिसिटिभी क्यामरा जडान गर्न तीन करोड रूपैयाँ छुट्याइएको छ।, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहायक सूचना अधिकारी विश्वदीप बेस्राका अनुसार क्यामरा जडानका लागि नक्सांकनको काम सुरू भएको छ। चिसापानी, खैरला र गड्डाचौकीमा 'भेहिकल ट्र्याकिङ सिस्टम' जडान गर्न मन्त्रालय अन्तर्गत ६० लाख रूपैयाँ बजेट विनियोजन भएको उनले बताए। उनका अनुसार तस्करी र अवैध गाडी प्रवेश नियन्त्रण गर्न रोक्न भेहिकल ट्र्याकिङ सिस्टम लागू गर्ने तयारी भएको हो।, सडकमा सिसिटिभी क्यामरा जडान गर्नु निकै राम्रो काम भए पनि बजेट छुट्याउने तर समयमा काम नगर्ने प्रवृत्तिको भने नागरिकहरूले आलोचना गरेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ बा बासिन्दा रामप्रसाद चौधरी सरकारले वार्षिक कार्यक्रममा समावेश गरेका योजना कार्यान्वयन गर्न नसकेको बताउँछन्।, उनी भन्छन्, 'सिसिटिभीको मात्र कुरा होइन, अरू धेरै कार्यक्रम कार्यान्वयन भएका छैनन्। सरकार रातो किताबमा बजेट लेख्छ तर कार्यान्वयन गर्दैन।', सेतोपाटीसँग कुरा गरेका सबैजसो स्थानीयले सरकारी काममा हुने ढिलासुस्तीको विरोध गरे।, प्रहरी अनुसन्धानलाई सजिलो बनाउँदै छन् राजमार्गका सिसिटिभी क्यामरा
रोहित महतो के हाम्रा प्रहरी कार्यालय महिलाका मुद्दामा संवेदनशील छन्? के उनीहरू महिलाका कुरा सुन्छन्? उनीहरूको संरक्षण गर्छन्? उनीहरूलाई न्यायपूर्ण व्यवहार गर्छन्?, प्रहरी संगठन, कामकारबाही र प्रहरी कर्मचारीको शैलीलाई लिएर उल्लिखित प्रश्नबारे बेलाबेला बहस हुने गर्छ। , हामीले यस्ती महिला भेटेका छौं जो प्रहरी कार्यालयमा एक महिना धाएपछि बल्ल उजुरी दर्ता गर्न पाइन्। ती महिला हुन् धनुषाको नगराइन नगरपालिका, फूलगामाकी समतोलिया देवी। , उनलाई हामीले अघिल्लो हप्ता एक दिन जिल्ला प्रहरी कार्यालय परिसरमा भक्कानिँदै गरेको अवस्थामा भेटाएका थियौं।, त्यो दिन थाहा भयो, भदौ ४ गतेदेखि शनिबारबाहेक एक महिनासम्म हरेक दिन गत जिल्ला प्रहरी कार्यालय, धनुषा धाएकी रहिछन्। एउटा बालखा छोरो साथमा लिएर बिहान ६ बजे प्रहरी कार्यालय पुग्थिन् र बेलुका ५ बजे फर्किन्थिन्। कहिले बच्चा आफन्तको घरमा छाडेर आउँथिन्।, घरमा अर्की श्रीमती ल्याएपछि उनी पतिविरूद्ध बहुविवाहसम्बन्धी जाहेरी दिन चाहन्थिन्। उनी प्रहरीसम्म आउन पनि कम्ता सोच्नु परेको थिएन। बल्ल बल्ल उनी आइपुगेकी थिइन्। , उनका अनुसार सुरूमै प्रहरीले बिहे दर्ताको प्रमाण वा बिहेको फोटो वा भिडिओ ल्याएमात्रै जाहेरी गर्दा हुन्छ भन्यो।, ‘पुलिसले श्रीमानले अर्की श्रीमती ल्याएको फोटो वा भिडिओ लिएर आउनु भन्छ। मलाई घरमा पस्न दिएको छैन म कहाँबाट प्रमाण ल्याऊँ?’ प्रश्न गर्दै समतोलियाले भनिन्, ‘प्रहरी घरमा गए त प्रमाण पाइहाल्छ तर जाँदैनन्। पुलिसले मान्छे रूवाउने काम मात्र गर्छ।’, उनले दिनभर मजदुरी गर्दिरहिछन्। , ‘दिनभर भोकै बसेर न्याय मागेकी छु। पुलिसलाई हात जोडेकी छु तर सुन्दैन। घुस चाहिने हो कि, त्यो पनि भन्दैन,’ उनले आँखाभरी आँसु पार्दै भनिन्। , उनी काम छोडेर दिनभरी प्रहरी कार्यालयमा चक्कर काट्थिन्। सुरूमा समतोलिया प्रहरी शाखाको एउटा शाखामा जान्थिन्, अर्कोमा पठाउँथे, त्यसबाट फेरि अर्कोमा पुग्थिन्। यसरी प्रहरी कार्यालयको एक कोठाबाट अर्को कोठामा धाउँदै, आफ्नो उजुरी सुनाउँदा सुनाउँदै उनी दिक्दार भइन् तर प्रहरीले कुनै बाटो दिएन।, उनको कुरा सुनेपछि हामीले जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा शाखामा गएर किन उनको उजुरी दर्ता नभएको भनेर सोधेका थियौं। समतोलियाका पतिले बहुविवाह गरे नगरेको कुरा बुझ्न फूलगामा प्रहरी चौकीलाई बुझ्न भनेको शाखाले बतायो। , फूलगामा चौकीले दुई साताअघि नै समतोलियाका पति जयकुमार राउतले दोस्रो बिहे गरेको कुरा छिमेकीहरूबाट सुनिएको भनेर रिपोर्टिङ गरेको रहेछ।, फूलगामाका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) श्यामसुन्दर जयसवालले हामीसँग भने, ‘जयकुमारका छिमेकीबाट बुझ्दा उसले करिब एक महिनाअघि अर्की श्रीमती ल्याएको थाहा भयो तर लुकाएर राखेको छ।’, नजिकको प्रहरी चौकीले यति जानकारी दिँदा पनि जिल्ला प्रहरी कार्यालयले समतोलियलाई बेवास्ता गर्‍यो।, त्यहाँका एक प्रहरीले भने, ‘बिहे गरेर राखेको फोटो वा भिडिओ प्रमाण ल्याएको छैन भनेर प्रहरी कार्यालयले वास्ता नै गरेन। बलियो प्रमाणबिना कसरी मुद्दा दर्ता गर्नु भन्यो।’, सिरहाको मिर्चैयाकी समतोलियाको बिहे धनुषाको फूलगामाका जयकुमारसँग १४ वर्षअघि १४ वर्षकै उमेरमा भएको थियो। उनीहरूका दुई छोरा र एक छोरी छन्।, वैवाहिक जीवन राम्रै चलेको थियो। छोराछोरी पनि जन्मे। यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा जयकुमार साउदी अरब गए।, जयकुमारले उताबाट श्रीमती समतोलियाका नाममा पैसा पठाए। जयकुमारले यसो गरेको उनका बाबु र दाजुलाई मन परेन। उनीहरूले जयकुमार र समतोलिया दुवैलाई गाली गरे।, यसरी कमाइको कुरामा विवाद भएपछि जयकुमारले श्रीमतीलाई माइत गएर बस्न सुझाव दिए। समतोलियाले त्यो गर्न मानिनन्। उनको माइतीमा पनि गरिबी थियो। केही दिनमा उनी सुत्केरी भइन्। घरमै बच्चा जन्माइन्।, उनले सुत्केरी हुँदाको पीडा सुनाइन्, ‘चार दिनसम्म छटपटाएँ। मलाई अस्पताल लगेनन्। घरमै बच्चा जन्मियो। बच्चाको मुखबाट रगत आयो। आखिर एक महिना अस्पताल बस्नुपर्यो।’, घरमा बस्न सक्ने अवस्था भएन। समतोलिया माइत गइन्। आखिर माइतीमा पनि राम्रो भएन।, ‘ससुराल (पतिको घर) मा बस्न समस्या भएपछि माइत गएँ। केही दिन ठिकै भयो तर माइतमा पनि सम्बन्ध बिग्रिन थाल्यो,’ उनले भनिन्।, तीन वर्षपछि जयकुमार विदेशबाट फर्के। समतोलिया घर गइन्। केही दिन ठिकै चले पनि दिन बित्दै जाँदा कचमच सुरू भयो।, ‘सासू-ससुरा र जेठाजुले कुरा लगाएपछि श्रीमानले मलाई कुटपिट गर्न थाले। ससुराले नांगै पारेर बाँसको कर्चीले पिटे,’ उनले भनिन्।, जयकुमारका केही छिमेकीले समतोलियामाथि दिनदिनै गालीगलौज र कुटपिट हुने गरेको बताउँछन्।, समतोलिया दिनदिनै कुटिन थालेपछि गाउँमा ‘पञ्चायती’ भयो। अबदेखि नकुट्ने र गालीगलौज नगर्ने निर्णय भयो। दुई चार दिन शान्त भए पनि फेरि कुटपिट हुन थाल्यो।, उनका अनुसार घटना कुटपिटबाट पनि अघि बढ्यो। ससुराले यौन दुर्व्यवहार गरे।, ‘गाली र कुटाइ त सहेकै थिएँ, ससुराले इज्जत लुट्छु भनेर जिउमा जताततै छुन थाले। मलाई समाउन थाले,’ समतोलियाले भनिन्।, उनका अनुसार पहिले श्रीमानसँग राम्रै सम्बन्ध हुँदा पनि उनीमाथि ससुराले दुर्व्यवहार गर्थे। उनी बेलुका श्रीमानलाई सुनाउँथिन् तर पत्याउँदैन थिए। उल्टै कुटपिट गर्थे।, ‘घरको बेइज्जत गरेको भनेर (श्रीमानले) पिट्नुभयो। घरका सबै जना परिवारको इज्जत माटोमा मिलाउन खोजेको भनेर ममाथि आइलागे। मेरो कुरा कसैले सुन्दै सुनेनन्,’ समतोलियाले भनिन्।, बिहे भएको १२ वर्षमा तीन छोराछोरी जन्मे। गत फागुनमा उनले स्थायी बन्ध्याकरण गराइन्। डाक्टरले घाउ निको नभएसम्म यौन सम्बन्ध नराख्नू भनेका थिए। उनी माइत गइन्।, ‘डाक्टरले भनेको भनेर पुरुषले मान्दैन। धेरै श्रम पर्ने काम पनि नगर्नू भनेको थियो,’ समतोलियाले भनिन्, ‘म आराम गर्न भनेर माइत गएँ।’, केही दिनमा घरबाट सासूले फोन गरेर बोलाइन्। समतोलियाले घाउ ठिक भएपछि आउँछु भनिन्। उनी माइतमै थिइन्। एक दिन एक छिमेकीले जयकुमारले अर्की श्रीमती ल्याएको कुरा सुनाए। समतोलियालाई एकसाथ आकाश खसेजस्तो र धर्ती फाटेजस्तो भयो।, भोलिपल्टै उनी घर गइन् तर घरभित्र पस्न पाइनन्।, उनले भनिन्, ‘म घर गएँ तर घरभित्र पस्न दिएनन्। गाली गरे।’, समतोलिया माइत फर्किन्।, समतोलिया आफूमाथि कुटपिट भएको र श्रीमानले अर्की श्रीमती ल्याएर आफूलाई घरबाट निकालेको घटनाको उजुरी गर्न फूलगामा प्रहरी चौकी गइन्। चौकीले उनलाई जिल्ला प्रहरी कार्यालय पठाइदियो।, जिल्ला प्रहरी कार्यालयको ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ की प्रमुखले मिलेर बस्नू भनेर पठाइदिइन्।, ‘उहाँ (केन्द्रकी प्रमुख) ले मेरो दुःख बुझिदिनुभएन। म न्यायका लागि गएकी थिएँ तर मिलेर बस भनेर जबर्जस्ती पठाइदिनुभयो,’ समतोलियाले भनिन्, ‘मेरा ससुरा र जेठाजुले पैसा दिएर मिलाएको भन्ने सुनेकी छु।’, गत भदौ ३ गते जिल्ला अदालत धनुषाबाट श्रीमान जयकुमारले सम्बन्ध विच्छेदको मुद्दा दिएको सूचना आयो। समतोलिया छाँगाबाट खसिन्। रोइन्, कराइन्।, भोलिपल्टै अदालत गइन्। उनले आफूले सम्बन्ध बिच्छेद नचाहेको भन्ने जवाफ वकिलमार्फत् दिइन्।, सोही दिन उनी बहुविवाहसम्बन्धी उजुरी लेखाएर जिल्ला प्रहरी कार्यालय गइन्। प्रहरीले उजुरी दर्ता गरेन। प्रमाण लेऊ भन्यो।, अदालतमा श्रीमानले दिएको सम्बन्ध विच्छेदको मुद्दा छ। वकिललाई फी तिर्नुपर्छ। यता प्रहरी बहुविवाहको उजुरी लिँदैन।, ‘वकिलले २० हजार रुपैयाँ लिइसके। अब पेसी चढेपछि फेरि पैसा लाग्छ भनेका छन्,’ समतोलियाले आफैंसँग प्रश्न गरिन्, ‘म लेबरको काम गर्छु। बालबच्चा पाल्न एक/एक रुपैयाँ जम्मा गरेकी थिएँ। म कहाँबाट ल्याऊँ पैसा?’, उनले उजुरी दर्ता गराउन चिनजानका मान्छे गुहारिन्। सञ्चारकर्मी पनि गुहारिन्। चौतर्फी दबाबपछि गत बुधबार प्रहरीले उनको उजुरी दर्ता गरेको छ।, धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले प्रमाण अभावमा उजुरी दर्ता गर्न नसकेको बताए।, ‘कि त विवाह दर्ता ल्याउनु पर्यो, कि फोटो वा भिडिओ जस्तो ठोस प्रमाण ल्याउनुपर्‍यो अनि मुद्दा दर्ता हुने हो,’ उनले भने।, आखिर एक महिनापछि पनि त्यस्तो कुनै प्रमाणबिनै जिल्ला प्रहरी कार्यालयले समतोलियाको उजुरी दर्ता गर्‍यो। उक्त उजुरीमा प्रहरीले कसरी कारबाही अघि बढाउँछ, चासोको विषय भएको छ। , एउटी महिलाले प्रहरी कार्यालयमा महिना दिनसम्म काटेको चक्कर!
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार २०६ जनाको पिसिआर र १८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२२३ जना सक्रिय संक्रमित छन्।, एक सय जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ५१ कोरोना संक्रमित
सेतोपाटी संवाददाता सरकारी कोटामा बेलायत जान चाहने नर्सहरूसँग विभिन्न बहानामा पैसा असुल्न थालिएको गुनासो बढ्न थालेको छ। , गत भदौ ६ मा नेपाल सरकार र बेलायत सरकारबीच शून्य लागतमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका लागि नेपालबाट नर्सिङ जनशक्ति लैजाने सम्झौता भएको थियो।, दुई देशका सरकारबीच बिनाशुल्क नेपाली नर्स बेलायत पठाउने सम्झौता भए पनि विभिन्न एजेन्टहरूले बेलायत जान चाहने नर्सहरूसँग विभिन्न बहानामा पैसा असुल्न थालेका हुन्।, यसबारेमा बेलायती पत्रिका द गार्डियनमा ,आइतबार एउटा रिपोर्ट प्रकाशित भएको ,छ। , उक्त रिपोर्टमा बेलायती श्रम विज्ञहरूले नेपाली नर्सहरू बेलायत आउनुअघि नै शोषणमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न बहानामा पैसा उठाउने क्रम नरोकिए नेपालबाट नर्स ल्याउने प्रक्रिया नै रोक्नु पर्ने उनीहरूको चेतावनी छ। , बेलायतमा स्वास्थ्य जनशक्तिको अभाव पूर्तिका लागि त्यहाँको स्वास्थ्य विभाग व्यवस्थित र नैतिक तरिकाले जनशक्ति भर्तीको पक्षमा छ। नेपालसँग भएको सम्झौताअनुसार त्यस योजनामा बेलायत जान चाहने कामदारसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न पाइने छैन।, सरकारको आलोचना गर्दै उनीहरूले श्रमिकहरूलाई शोषणमा पर्न नदिने र उनीहरूको पूर्ण सुरक्षाको सुनिश्चितता बेलायत सरकारले गर्नुपर्ने श्रमिक अधिकारकर्मीहरूको माग छ।, गत मेमा भएको एक अनुसन्धानअनुसार वैदेशिक रोजगारीमा जान चाहने ४० प्रतिशत नेपालीले गैरकानुनी एजेन्सीको सहारा लिने गरेका छन्। त्यही महिनामा भएको अध्ययनअनुसार बेलायतमा जाने कृषि कामदारसँग पाँच लाख रुपैयाँसम्म लिएको पाइएको  थियो।, नेपाली नर्सलाई लक्षित गर्दै फेसबुकमा विभिन्न एजेन्सीका विज्ञापनसमेत पाइएको छ। उनीहरूले अनलाइन कोचिङदेखि अन्य विषयमा सहयोग गर्ने भन्दै विज्ञापन गरिरहेका छन्।, स्वास्थ्य जनशक्तिका हिसाबले नेपाल आफैं पनि विश्व स्वास्थ्य संगठनको रातो सूचीमा छ। त्यहाँबाट जनशक्ति भित्र्याउँदा नेपालमै संकट पर्न सक्ने चिन्ता श्रम विज्ञहरूको छ। प्रतिदश हजार व्यक्तिका लागि नेपालमा २१ नर्स छन् भने बेलायतमा प्रतिदश हजार व्यक्तिका निम्ति ८४ जना छन्।, आप्रवासी अधिकारका विषयमा नेपालमा काम गरिरहेका एण्डी हल भन्छन्, ‘आप्रवासनका हरेक काममा नेपालमा गैरकानुनी एजेन्टहरू संलग्न छन्। यस मामिलामा यहाँ प्रणालीगत भ्रष्टाचार छ।’, विश्व स्वास्थ्य संगठनमा स्वास्थ्य जनशक्ति मामिलाका निर्देशक जिम क्यामबेल पनि नेपाल र बेलायत दुबैले कामदार शोषणमा नपर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउँछन्।, ‘विश्व स्वास्थ्य संगठन नेपाल र बेलायत दुबैलाई श्रमिकहरूको सुरक्षित रूपमा काम गर्न पाउनु पर्ने अधिकारको सम्मान गर्न र भर्ना प्रक्रियामा हुने अवाञ्छित क्रियाकलाप रोक्न ध्यानाकर्षण गराउँछ,’ उनले भनेका छन्।, रोयल नर्सिङ कलेजकी प्रमुख कार्यकारी प्याट कलिनले विश्व स्वास्थ्य संगठनले रातो सूचीमा राखेको नेपालबाट जनशक्ति भर्ती गर्ने निर्णय आफैंमा चिन्ताजनक भन्दै त्यस्ता जनशक्तिको हितबारे दीर्घकालीन योजना आवश्यक रहेको बताइन्।, ‘भर्ना प्रक्रियामा देखिएका विकृति अन्त्यका लागि दीर्घकालीन योजना बनाउनुपर्छ। दुबै देशको हित हुनेगरी योजना बनाउन जरूरी छ। कमजोर स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभाव झेलिरहेका मुलुकहरूबाटै नर्स भित्र्याउने योजना आफैंमा अक्षम्य छ।’, नर्स अभाव पूर्तिका लागि बेलायतले ५० हजार जनशक्ति भित्र्याउने लक्ष्य राखेको छ।, प्रक्रिया सुरू हुनुअगावै बेलायत पठाउने बहानामा पैसा असुल भइरहेको गुनासोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको श्रम मन्त्री शेरबहादुर कुँवरले सेतोपाटीसँग बताए।, ‘प्रक्रिया अघि नबढ्दै विभिन्न बहानामा पैसा असुल भइरहेको गुनासो हामीले सुनिरहेका छौं। यस विषयमा मन्त्रालयले अनुसन्धान पनि अघि बढाएको छ,’ कुँवरले भने।, परीक्षामा उत्तीर्ण जनशक्ति शून्य लागतमा बेलायतमा जान पाउने उल्लेख गर्दै मन्त्री कुँवरले कसैले कुनै पनि बहानामा पैसा असुल गरे वैदेशिक रोजगार विभागमा उजुरी गर्न मन्त्रीले आग्रह गरेका छन्।, ‘बेलायतमा पैसा तिरेर होइन परीक्षामा उत्तीर्ण भएपछि नि:शुल्क जान पाइन्छ भन्ने कुरा बुझ्न जरूरी छ। कसैले कुनै पनि बहाना वा प्रलोभनमा पैसा असुल गरेको खण्डमा विभागमा आएर उजुरी गर्न सकिन्छ हामी तुरून्तै कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने।, गार्डियनमा प्रकाशित समाचामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री कुँवरले सम्झौताविपरीतका गतिविधि बन्द गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए।, गुनासो आएपछि केही कन्सल्टेन्सीहरूमा छापासमेत मारेको मन्त्री कुँवरले जानकारी दिए। , 'बेलायत सरकार र नेपाल सरकारबीच शून्य लागतमा जनशक्ति लाने सम्झौता भएको हो। सम्झौताविपरीतका कामले राष्ट्रको प्रतिष्ठामा समेत आँच पुग्ने भएकाले पैसा असुलीलाई हामीले गम्भीरतापूर्वक लिएका छौं। त्यसरी असुल गर्नेलाई मन्त्रालयले कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाउँदै उजुरी गरेर सहयोग गर्न म अनुरोध गर्छु,' उनले भने। , सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग विभिन्न बहानामा पैसा असुलेको गुनासो
सेतोपाटी संवाददाता प्रहरीले स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनीमा संलग्न सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।, आइतबार नेपाल राष्ट्र बैंक ऐन २०५८ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा संलग्न ५ चिनियाँ र दुई जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार कल सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षे युइहुआ, ४७ वर्षे सू सिजी, २८ वर्षे चेन मिङ्जु, १९ वर्षे छु यिक्युआङ र १९ वर्षे हुङ छिचेङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। उनीहरू पाँचै जना चिनियाँ नागरिक हुन्।, त्यस्तै भारत, उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी र १९ वर्षीया नेहा गुप्‍तालाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए। , गत साउन १० गते कल सेन्टरको नाममा अवैध काम गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेको थियो। उनीहरूले विभिन्न प्रविधिमार्फत धाकधम्की दिने र व्यक्तिगत गोपनीयता ह्याक गरी रकमको मोलमोलाइ गर्ने गरेको प्रहरीले जनाएको छ। , प्रहरीले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जनाएको छ।, सम्बन्धित समाचारः ,भारतीय ठग्न चिनियाँले नेपाली खटाउने काठमाडौंदेखि बुटवलसम्मका कल सेन्टर, स्काई वर्ल्ड सर्भिस सेन्टरमा संलग्न ५ चिनियाँ र २ भारतीय पुर्पक्षका लागि जेल चलान
सेतोपाटी संवाददाता नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ। नेपालले १० असोज २०५९ मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो। मुलुकी ऐनको ११औं संशोधनद्वारा गर्भपतनले कानुनी मान्यता पाएको थियो। कानुनी मान्यता पाएको २० वर्षमा नेपालले गर्भपतनलाई स्वास्थ्य सेवाको रुपमा मात्रै नभई महिलाको प्रजनन अधिकारको रुपमा अंगिकार गरिसकेको छ। , नेपालको संविधानले मौलिक हकको रुपमा अंगिकार गरेको प्रजनन स्वास्थ्य सेवा अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य सेवालाई व्यवस्थित गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ र नियमावली ०७७ लागु गरिएको छ। कानुनी मान्यता पाएको दिनलाई सम्झना गर्दै सात वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइन्छ। यस वर्ष ‘सुरक्षित गर्भपतनः अपराध होइन, अधिकार हो’ भन्ने नाराका साथ आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ। , दिवसको अवसरमा परिवार कल्याण महाशाखा, महिला कानुन र विकास मञ्च, आइपास नेपाललगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। आइपास नेपालले गर्भपतनको इतिहासदेखि वर्तमानसम्मका विभिन्न घटनाक्रमहरुलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन गरेको थियो। महिला विकास र कानुन मञ्चका कार्यकरी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरूआतदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे। सो क्रममा उनले हालसम्म ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताए। अझसम्म पनि ५८ प्रतिशतले महिलाले असुरक्षित गर्भपतन गराइरहेको तथ्यांक छ। , स्वास्थ राज्यमन्त्री हिराचन्द्र केसीले कानुनत धेरै अधिकार प्राप्त भएको तर त्यसअनुसार कार्यान्वयनमा समस्या रहेको बताए। सुरक्षित गर्भपतनबारे स्कुल शिक्षामै समावेश गर्न आवश्यक रहेको उनले जोड दिए। साथसाथै सुरक्षित गर्भपतनको अधिकारको दुरुपयोग पनि हुन सक्ने भएकाले ख्याल गर्नुपर्ने उनको भनाइ छ। , राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आमा बन्ने चाहना हुँदाहुँदै श्रीमानको इच्छा नहुँदा बन्न नपाएको, अपाङ्गता भएकाहरूले आमा बन्न पाउने अधिकारको विषयलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिइन्। काठमाडौं महानगर पालिकाकी उपमेयर सुनिता डङ्गोलले जानकारी नहुँदा पनि धेरैले समस्या भोग्नुपरेको बताइन्। उनले सुरक्षित गर्भपतन महिलाको प्रजनन् स्वास्थ्य अधिकार भएकाले यसलाई अपराधन भन्न नमिल्ने जिकीर गरिन्। ,  , ‘सुरक्षित गर्भपतन अपराध होइन, अधिकार हो’
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने अवस्था नरहेको बताएकी छन्। , आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले गर्भपतनलाई पापका रुपमा हेरिँदा समस्या बढिरहेको बताएकी हुन्। , ‘सुरक्षित गर्भपतन महिलाको प्रजनन् अधिकार हो। गर्भपतन सेवालाई सुरक्षित गुणस्तरीय, सर्वसुलभ बनाउनु जरुरी छ,’ उनले भनिन्। , यसबारे जनचेतना जगाउन र स्वास्थ्यकर्मीहरू को क्षमता अभिवृद्धिसमेत गर्न आबश्यक रहेको उनले औंल्याइन्। यसका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने समेत उनले उल्लेख गरिन्। , आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा परिवार कल्याण महाशाखा, महिला कानुन र विकास मञ्च, आइपास नेपाललगायतले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन्। कार्यक्रममा आइपास नेपालले गर्भपतनको इतिहासदेखि वर्तमानसम्मका विभिन्न घटनाक्रमहरुलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन गरेको थियो।, महिला विकास र कानुन मञ्चका कार्यकरी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरूआतदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे। सो क्रममा उनले हालसम्म ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताए। अझसम्म पनि ५८ प्रतिशतले महिलाले असुरक्षित गर्भपतन गराइरहेको तथ्यांक छ। , गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने वातावरण छैन- उपमेयर डंगोल
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट २५ लाख बराबरको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। , प्रहरीले ललितपुरबाट २५ लाख ५१ हजार ६०० बराबरको लागुऔषध एम्पुलसहित तीन जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। , पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२५ का ३९ वर्षीय अर्जुन ढकाल, बाराको कलैया उपमहानगरपालिका-८ का २१ वर्षीय अजय महत्तो र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ का ४४ वर्षीय रामबहादुर तिमिल्सिना हुन्। , उनका अनुसार प्रहरीले उनीहरूको साथबाट १२ हजार ७५८ एम्पुल नियन्त्रणमा लिएको हो। , प्रहरीले उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। सोही आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए।  , उनका अनुसार अर्जुनले लागुऔषध राख्नकै लागि भनेर बागडोलमा कोठा लिएका थिए। त्यस्तै, अर्जुनको बस्ने कोठा र भण्डारणका लागि लिएको कोठा, गाडीबाट भारी मात्रामा एम्पुल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , नियन्त्रणमा लिएका अर्जुनमाथि अनुसन्धान गर्दै जाँदा अजय र रामको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।, राम न्यु एन्जल कम्पनीको बसका सहचालक हुन् भने अजय चालक हुन्। उनीहरूलाई थसीखेलस्थित सडक किनारबाट बसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , प्रहरीले १२ हजार ७५८ एम्पुल, बोलेरोको गाडी र भाडाको बस नियन्त्रणमा लिएको जनाएको छ। , त्यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  , लागुऔषध राख्नकै लागि छुट्टै कोठा लिएका थिए अर्जुनको समूहले (भिडिओ)
विवेक राई अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ। , कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्। , टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए। कतिपयले त 'प्लेट्लेट्स' बढ्छ भनेर मेवाको पात पनि खाने गरेको सुनाउँदै डा. पुनले त्यसमा कुनै सत्यता नभएको बताए। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २४ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने २९ जनाको मृत्यु भइसकेको छ। तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ-आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ।  , यस्तो अवस्थामा घरमा रहेका डेंगीका बिरामीलाई के गर्ने, के नगर्ने भन्ने दुविधा हुनसक्छ।, हेर्नुस्, यही सन्दर्भमा डा. पुनसँग घरमा रहेका डेंगीका बिरामीले आफ्नो ख्याल कसरी गर्ने भन्नेबारे कुराकानी गरेर तयार पारिएको यो भिडिओः, घरमा रहेका डेंगी बिरामीले के खाने/ के नखाने? (भिडिओ)
रासस लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।, बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आइतबार राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। , जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।,  , लमजुङमा भूकम्पको धक्का महसुस
रामविकास चौधरी बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन्। रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएका छन्।, केही वर्षयतादेखि दानवनदीले कटान सुरू गरेपछि जमिनमुनि हराइरहेका प्राचीन अवशेषहरू एकपछि अर्को देखिँदै दानव नदीमा विलय हुन थालेका छन्। सुरूमा त इँटा, माटाका भाँडा र धातुका सामग्री मात्र भेटिन्थे। २०५७ सालतिर नदीको धार परिवर्तन भई कटान बढेपछि पुरातात्विक महत्वका संरचनाहरू प्रत्यक्ष फेला पर्न थालेका छन्।, २०७१ भदौ १ गते इँटाबाट बनाइएको गोलाकार स्तम्भमाथि ढुंगाबाट चारपाटे आकृति दिइएको करिब ३० फिट अग्लो संरचना फेला परेपछि यो ठाउँले विशेष चर्चा पाएको हो। नजिकै बन्जरही, सुमेरगढ, मकुनगढ, सिद्धनाथ र सुदेसरमा पनि यस्ता संरचना जमिनमुनि रहेको बुद्ध आदर्श मावि खुनगाइका शिक्षक हरिमोहन चौधरीले बताए।, 'प्राचीन समयमा त्यस ठाउँमा पम्पापुर नाम गरेको एक सुन्दर र समृद्ध नगर रहेको स्थानीय किम्बदन्ती छ,' शिक्षक चौधरीले भने, 'हैजा रोगको प्रकोपबाट धेरै जना मासिएको हुनसक्ने र बाँकी अन्यले नगर छोडेर अन्यत्र बसाइँ सरेको हुनसक्ने हाम्रो अनुमान छ।', कसैकसैले नगरलाई दानव नदीको बाढीले पुरेको मिथक पनि सुनाउने गरेको उनले बताए।, बाढीको भेलसँगै त्यहाँ रहेका धेरैजसो पुरातात्विक सम्पदा दानव नदीमा बग्दै गएका छन्।, '२०६८ सालमा नदी छेउमा पाँच फिटजति अग्लो ढुंगाको रिङ भेटिएको थियो,' स्थानीयवासी दिलीपकुमार श्रीवास्तवले भने, 'हामीले विकास कोषलाई भन्यौं। तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन। हेर्दा हेर्दै त्यो पनि नदीको भेलले बगाइसक्यो।', उमेरले ६९ वर्ष पुगेका स्थानीयवासी जुगुल किशोर त्रिपाठीले त्यहाँ पुरातात्विक महत्वको संरचना जोगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे।, 'म सानो छँदा त्यहाँ एउटा बाकस देखिएको थियो। भित्र के थियो थाहा भएन,' उनले भने, 'कसले लग्यो–लग्यो।', प्राचीन सभ्यताका ऐतिहासिक संरचना संरक्षण हुनुपर्ने उनको माग छ।, नदी कटान हुनुअघि त्यहाँ इँटका पर्खाल, माटाका भाँडा, बाकस, चाँदीका सिक्का र इनारहरू भेटिन्थे। कुनै–कुनै इनारमा मानिसका कंकाल देखिएको स्थानीयवासीले बताएका छन्।, 'त्यहाँ तीस–चालीस वटा इनार थिए,' स्थानीयवासी प्रकाश गुप्ताले भने, 'लगभग आठ–दस वर्षअघि उचाल्न नै नसक्ने एउटा ठूलो बाकस देखिएको थियो। त्यो पनि बर्खे भेलमा बग्यो।', प्रदेशसभा सदस्य अष्टभुजा पाठकले पनि भने, 'म सानो छँदा नहानमेला हेर्न त्यही बाटो भएर अजमा जान्थेँ। त्यति बेला केही संरचनाहरू बाहिरबाट देखेको हुँ। २०६९ सालमा इनार र २०७१ साल भदौ महिनाको बाढी कटानले त विशेष संरचना नै देखायो।', संरक्षणका लागि लागिपरेको भन्दै उनले अन्वेषण गर्ने हो भने जमिनमुनि प्राचीन नगर नै भेटिने दाबी गरे।, नदी कटानले जमीनमुनि देखिने माटोका भाँडा र धातुका सामग्री लगायतका वस्तु हर्पण सभ्यताको समकालीन भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी बताउँछन्।, 'भारतीय पुरातत्वशास्त्री एसबी देवले पनि अध्ययनका क्रममा त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकाल्नुभएको छ,' उनले भने, 'त्यहाँ देखिने माटाका लेयर मानव बस्तीका संकेत हुन्। प्रत्येक तहपिच्छे त्यहाँ मानिस बसेको भन्ने पुष्टि हुन्छ।', त्यहाँ भेटिएका कैयौं पुरातात्विक वस्तुहरू वर्षा र बाढीको भेलमा बगिसकेका र केही माटाका भाँडा लगायतका अन्य वस्तु स्थानीयवासीले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएको उनले बताए।, 'स्थानीयवासीले उपलब्ध गराएका पुरातात्विक वस्तु हामीले सुरक्षित राखेका छौं,' कोषका उपाध्यक्ष त्रिपाठीले भने, 'पछि अध्ययन–अनुसन्धान र उत्खनन गर्दा सहयोग हुनेछ।', पुरातत्वविद् र कोषका अनुसार सो क्षेत्र बुद्ध जीवनीसँग सम्बन्धित छ। सो क्षेत्रसँगै बुद्ध जीवनीसँग सरोकार राख्ने रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै दुई सय ३५ बढी पुरातात्विक सम्पदाहरू पत्ता लागेका छन्। तर यीमध्ये धेरै क्षेत्रको खोज–अनुसन्धान भने हुन नसकेको भन्दै कोषका उपाध्यक्ष त्रिपाठीले सम्पदाको संरक्षण र अध्ययन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय र पुरातत्व विभागसँग समन्वय भइरहेको जनाए।, सन् १९६४ मा भारतीय पुरातत्वशास्त्री एसबी देवले त्यस क्षेत्रको अध्ययन गरेका थिए। देवले त्यहाँ पाइएको माटोको संरचना भारतको हस्तिनापुरको समकालीन मानिन्छ भन्ने उल्लेख गरेका शोधकर्ता भोला गुप्ताले बताए।, उनले भने, 'देवले यसको अनुमानित समय ईशापूर्व ११औं शताब्दीदेखि लिएर ईशापूर्व सातौं शताब्दी मानेका छन्।', सो क्षेत्रमा भारतको मोहनजोदारो–हडप्पा सभ्यताभन्दा पनि प्राचीन सभ्यता रहेको देवले उल्लेख गरेका छन्।, विश्वको सबै प्राचीन सभ्यता नदीकै किनारबाट विस्तार भएको बताइन्छ। हडप्पा सभ्यता पनि एक हो। सिन्धुनदी तटमा सिन्धुघाँटी सभ्यता, मिश्रनदी तटमा मिश्र सभ्यता, चीनको सभ्यता, नील नदीको सभ्यता आदि विश्वका प्राचीन सभ्यतामध्येका एक हुन्।, पूरातत्वविद् हिमाल उप्रेती भन्छन्, 'हडप्पा सभ्यता आफ्नो नगर नियोजन प्रणाली, जल निकासी प्रणाली र सफाइका लागि हैशह प्रणालीमा बसेको मानिन्छ। त्यस प्रणालीमा प्रत्येक घरआँगनमा जलस्रोतका लागि इनार, एउटा खाना पकाउने रसोइघर अनिवार्य राखिन्थ्यो।', यो सभ्यताका विनाशका कारणका सम्बन्धमा विभिन्न विद्वानहरूको भिन्नभिन्न मत छ। प्रोफेसर चाइल्ड र ह्विलरले विदेशी आक्रमणलाई यस सभ्यताको पतनको मुख्य कारण बताएका छन्। प्रोफेसर फेयर सर्बिसले भने पारिस्थितिक असन्तुलनलाई मुख्य कारक मानेको पाइन्छ। तर बाढीलाई कारक बताउने सर्वाधिक विद्वानहरूको मत छ।, देवपछि न पुरातत्व विभागले कुनै अध्ययन–अन्वेषण गरेको छ न त सरकारले संरक्षणमा ध्यान नै पुर्‍याएको छ।, 'ऐतिहासिक पुरातात्विक सम्पदा जोगाउन पुरातत्व विभाग र सरकारले संरक्षणसँगै अध्ययन–अनुसन्धान र उत्खननमा प्राथमिकता दिन ढिलाइ गर्नु हुँदैन,' लुम्बिनी सांस्कृतिक नगरपालिका पूर्वप्रमुख मनमोहन चौधरीले भने, 'हामीले पहिलादेखि नै त्यस क्षेत्रबारे जानकारी गराएका छौं। तटबन्ध गर्न भनेका छौं। अझै काम अघि बढेको छैन।', जनताको तटबन्ध कार्यक्रमका महानिर्देशकसहित त्यस क्षेत्रको अवस्था बुझ्न पुगेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति निवर्तमान सभापति भरतकुमार शाहले त्यहाँको संरक्षणमा चासो दिने बताए।, शाहले भने, 'यो पुरातात्विक क्षेत्र हो। यहाँको संरक्षणमा पहल गर्छु।', नदी कटान नियन्त्रण गर्न तटबन्धका लागि पहल गर्ने उनले बताए।, बाढीको भेलसँगै बग्दै पुरातात्विक सम्पदा
पूर्णप्रसाद मिश्र विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ।, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।, बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।, आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।, जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।, कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ। जमराको जुस विभिन्न रोगमा औषधीको रुपमा सेवन गर्ने गरिएको छ।, घटस्थापनाको साइत बिहान १०:२३ बजे, आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।, आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घटस्थापनाको साइत बिहान १०:२३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।, सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए।, दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककाल देखिको परम्परा छ।, दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ। यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ।, आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ। नौ दिन नौ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।, आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।, दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ। , वडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन्। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ।, यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।, विजयादशमीको साइत असोज १९ गते ११:५१ बजे, नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ। कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ। तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए।, आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ।, (रासस), आजदेखि बडादसैँ सुरू, घटस्थापनाको साइत कति बजे?
सेतोपाटी संवाददाता सुनसरी जिल्लाको चतरा र आसपासमा ठूलो पानी परिरहेको छ।, यी क्षेत्र भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।, आज प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, असोज १० ,राती २:२० बजे,, पछिल्लो ३ घण्टामा सुनसरी जिल्लाको चतरा र आसपास भारी बर्षा मापन भएको छ, सो क्षेत्र भइ बहने स-सना नदीमा आकस्मिक बाढी हुन सक्ने, डुबान भइरहने होचा स्थानमा रहनुहुने सतर्कता अपनाईराखौ ।, — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) ,September 25, 2022, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।, जसको प्रभावले हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरुमा  हल्का वर्षा भइरहेको छ। , आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  , आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। , प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, भोलि मंगलबार र बुधबार पनि प्रदेश १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, सुनसरीको चतरा र आसपासका क्षेत्रमा ठूलो वर्षा, सावधानी अपनाउन आग्रह
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। लामिछाने सम्पर्कविहीन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको प्रहरीले जनाएको छ।, उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। लामिछाने प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। , तर सन्दीपले आइतबार राति सवा दस बजेतिर आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्। , उनले लेखेका छन्-, १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरू लगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छु।, मविरूद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।, यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरूद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।, क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ। चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।, मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरूद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत छ।, म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवाआमा, दाजुभाइ, मित्रहरू र क्रिकेट प्रेमीहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु। म वा मविरूद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।', राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।, त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, सम्बन्धित समाचारहरू: , कहाँ गए सन्दीप लामिछाने?, सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, सन्दीप लामिछाने प्रकरण : राष्ट्रिय टोलीका व्यवस्थापकलाई स्पष्टीकरण सोध्न माग, सन्दीपले भने- नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु, क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, प्रहरीले अब के गर्छ?, सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्‍यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो, म नेपाल फर्किने तरखरमा छु: सन्दीप लामिछाने
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।, बढ्दो सवारी चापलाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो।, (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि प्रवेश निषेध गरेको हो। , न्यूरोड जाने सबै किसिमका सवारीलाई अवस्था सामान्य नभएसम्म ‘डाइभर्सन' गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ।, प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ।, आज न्यूरोड क्षेत्रमा कुनै पनि किसिमको सवारी प्रवेश निषेध
सेतोपाटी संवाददाता एभरेष्ट अप्टिमिस्ट क्लवले काठमाडौंको कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।, क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लव डिस्ट्रिक्ट ३२५-ए २ का पूर्व डिस्ट्रिक्ट गभर्नर स्वर्गीय बिजु बज्राचार्यको ४५ औं दिनको पुण्यतिथिको अवसर पारेर कीर्तिपुरमा नि:शुल्क स्वास्थ्य सिविर आयोजना गरिएको हो। , एभरेष्ट अप्टिमिस्ट क्लव, लायन्स क्लब अफ काठमाडौं पायोनियर,  लायन्स क्लव काठमाडौं मेडिटेसन र किवानिज क्लव अफ क्यापिटलको संयुक्त आयोजनामा कीर्तिपुरको टेलिकम रोडस्थित ग्रिन हाउसमा भएको सिविरमा आँखा चेकजाँच, चस्मा वितरण तथा मधुमेह परीक्षण लगायत सामान्य स्वास्थ्य परीक्षण भएको हो।, कार्यक्रममा १६३ जना स्थानीय सर्वसाधारणले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका थिए।, आँखाको नजिकको दृष्टि कम हुने व्यक्तिलाई चश्मा समेत नि:शुल्क वितरण गरिएको थियो । कार्यक्रममा अप्टिमिस्ट इन्टरनेशनल नेपालका डिस्ट्रिक्ट गभर्नर पृथ्वीराज थापा, अप्टिमिस्ट तथा लायन्स क्लवका प्रतिनिधिहरू एवं किवानिज क्लवका फर्स्ट भाइस गभर्नर समेतको उपस्थिति थियो। , एभरेष्ट अप्टिमिस्ट क्लवकी फर्स्ट भाइस प्रेसिडेन्ट उर्मिला कार्कीले धेरैभन्दा धेरै मानिसले स्वास्थ्यलाभ लिन सकुन् भनेर राखिएको नि:शुल्क स्वास्थ्य सिविरमा सयौंको संख्यामा जनसमुदायको उपस्थितिले कार्यक्रम सफल भएको बताइन्।, एभरेष्ट अप्टिमिस्ट क्लवले विगतमा पनि बिभिन्न स्थानमा स्वास्थ्यसेवा, हंगर रिलिफ कार्यक्रम, न्यानो कपडा वितरण, रक्तदान कार्यक्रम लगायत सेवाका कार्यहरू गर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो।, अप्टिमिस्ट क्लवले बालबालिका तथा युवा लक्षित कार्यक्रमहरूलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको एभरेष्ट अप्टिमिस्ट क्लवका चार्टर्ड सेक्रेटरी समीर सागरले जानकारी गराए।, अप्टिमिष्ट क्लबको कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर
कृष्ण आचार्य/रासस पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ। बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुपर्‍यो। , गत जेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ। यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए।, उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्ड (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई-तीन पटक पहिरो खसेको उनले बताए।, ‘पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भने’, ‘पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ।’ उनले सडकखण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताए।, ‘जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, अधिकांश समय पहिराका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ’, उनले भने। अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गरे। उनले सडकखण्डमा पहिरो नआउनका लागि दीर्घकालीनरुपमा समाधान खोजिनुपर्ने बताए।, सडकखण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो। यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए।, उनले मौरी पुलमा भौगोलिक बनावट र शाखा बाटोकै कारण ठूलो पानी पर्नासाथ पहिरो खस्ने गरेको जानकारी दिए। मौरी खोलाले बगाएर ल्याएको ढुंगा–माटो जम्मा भएकाले पनि समस्या भएको उनको भनाइ छ। ‘खोलाको ढुंगा–माटो समयमै उठाउन सकिएको भए समस्या कम हुने थियो। दुई पुलमध्ये एउटा पुल पुरिएको छ । पानी आउनासाथ लेदो बगेर सडक पुरिहाल्छ’, उनले भने। , नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउनकै लागि २० किलोमा एउटा लोडर र जेसिभी, मौरी पुलमा चेन भएको स्काभेटर, मुग्लिनमा एउटा लोडर र फिस्लिङमा एउटा लोडर तयारी अवस्थामा राखिएको छ। जुगेडीदेखि मौवाखोलासम्मको सडकका लागि सडक डिभिजन कार्यालय भरतपुरले सबै स्रोतसाधन तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।, सडकखण्डमा पहिरो रोकथामका लागि भन्दै विभिन्न काम गरिए पनि प्रभावकारी बन्न सकेका छैनन्। इन्जिनियर कार्कीले कार्यालयको बजेट र क्षमताअनुसार पहिरो रोकथामका लागि काम गरिरहेको बताए। उहाँले यसको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र काम गर्नुपर्ने भन्दै त्यसका लागि धेरै बजेट आवश्यक पर्ने बताए। उनले सडकखण्डको अवस्था र गर्नुपर्ने कामका विषयमा सडक विभाग पनि जानकार रहेको बताए।, पछिल्लो समय आइतबार पनि सो सडकखण्डमा पहिरो जाँदा केहीबेर सडक अवरुद्ध भएको थियो । यस वर्ष असोजको दोस्रो सातासम्म पनि पानी परिरहेको छ । यस वर्ष चाडवाडको समयमा पहिराले दुःख दिने होकी भन्ने चिन्ता थपिएको सवारी चालक रोशन गुरूङले बताए। नारायणगढदेखि काठमाडौँसम्म दैनिक माइक्रो चलाउने उनी पानी पर्नासाथ नारायणगढ–मुलिन सडकको जाममा परिन्छ कि भन्ने चिन्तामा हुन्छन्।, सडकखण्डका दर्जन बढी पहिराको जोखिम ठाउँ रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिचान गरिसकेको छ। राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन्। सडक पुनःनिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो । , नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो। सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो। , नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
सेतोपाटी संवाददाता आजबाट नवरात्री शुरु भएको छ।, नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो।, आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ। नवरात्र शुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ।, काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ। यस अवसरमा भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिकास्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ।, दुर्गाको प्रतिकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ।, बडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन्।, नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ।, पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ।, दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ । ,  , आजबाट नवरात्री शुरु, देवी मन्दिरमा दर्शनार्थीको भिड
रासस मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ।, तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन।, भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ।, मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायसँग आवद्ध संघसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए।, मेची उद्योग वाणिज्य संघले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्‍याएको थियो। भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो। , मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले पाउने उल्लेख छ।, यो सुविधा पास पाउन भारतीय सवारी साधनले कुनै शुल्क बुझाउनु पर्दैन। यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक रु पाँच सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपथ्र्यो।, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारी साधनले नेपालसँगको सीमा नाघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताए।, ‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, मेची भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहेका निरौलाले भने, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकडभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौं।’, आजदेखि पूर्वी नाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’
नवीनबाबु गुरूङ काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा जमरा राखिएको हो।, उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईंसमेत गरेको थियो ।, दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।, आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।, जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।, हेर्नुहोस् तस्बिरहरू, हनुमानढोकास्थित दसैं घरमा जमरा राखियो (तस्बिरहरू)
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगी रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ। चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ। , नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेंगी रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए।, उनले भने, ‘नगर क्षेत्रभित्र पनि डेंगी रोगको संक्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु।’, अस्पतालका प्रमुख डा हेमनाथ आचार्यले डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए।, उनका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेंगी रोगका बिरामी भर्ना भएका छैनन्। पन्ध्र शय्याको अस्पतालले डेंगी रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत् मिलाएको छ।, लामखुट्टेको टोकाइबाट डेंगी हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ।, डेंगीको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ। यो लामखुट्टेले विशेषगरी दिउँसोमात्र टोक्ने गर्दछ र वर्षातको मौसम सुरू भएपछि डेंगी ज्वरोको समस्या बढ्न थाल्दछ।, एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरूची हुनु, जोर्नी तथा मांशपेसी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण रहेको डा आचार्यले बताए।, डेंगीबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैं राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्।, चन्द्रागिरि नगरपालिकामा डेंगीको निःशुल्क परीक्षण
एजेन्सी रूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए।, त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।, बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले उनले गोली चलाउनुको कारण खुलेको छैन।,  , रूसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु
सेतोपाटी संवाददाता नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ।, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो।, श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न भनेका छन्।, ‘सम्झौता कार्यान्वयनमा आउनुअघि नै विभिन्न प्रलोभनमा पैसा असुल्न खोजेको सुनेका छौं, त्यो गैरकानुनी हो। कसैले बेलायतको सरकारी कोटामा पठाइदिने भनेर पैसा लिन खोजेमा त्यो सरासर ठगी हो,’ कुँवरले सेतोपाटीसँग भने।, श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको बताए। यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरून्तै विभागमा उजुरी दिन अनुरोध गरे।, ‘बेलायतको सरकारी सेवामा जान चाहने जनशक्तिका लागि निश्चित प्रक्रियाहरू छन्। उनीहरूले अंग्रेजी भाषाको परीक्षा पास गरेको प्रमाणपत्र र शैक्षिक योग्यताका साथै कामको अनुभवका प्रमाणपत्र पेश गरेपछि दुबै पक्षका सरकारी प्रतिनिधि बसेर छनौट गर्ने हो। यसमा निजी कम्पनी वा एजेन्सी कसैको पनि भूमिका हुँदैन। कसैले पैसा लिन खोजे विभाग पुगेर वा प्रहरीसमक्ष ठगी मुद्दा दर्ता गर्नुस्,’ पोखरेलले भने।, बेलायतमा ६ महिनाभित्र नेपालबाट जनशक्ति लैजाने बताएको थियो। पहिलो चरणमा सय जना लैजाने गरी तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ।, बेलायत आउन इच्छुक जनशक्तिसँग पैसा असुल्न काम विभिन्न एजेन्सीले गरेको रिपोर्ट बेलायती पत्रिका द गार्डियनमा प्रकाशित भएको थियो। उक्त रिपोर्टमा बेलायती श्रम विज्ञहरूले नेपाली नर्सहरू बेलायत आउनुअघि नै शोषणमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न बहानामा पैसा उठाउने क्रम नरोकिए नेपालबाट नर्स ल्याउने प्रक्रिया नै रोक्नु पर्ने उनीहरूको चेतावनी छ।, बेलायतमा स्वास्थ्य जनशक्तिको अभाव पूर्तिका लागि त्यहाँको स्वास्थ्य विभाग व्यवस्थित र नैतिक तरिकाले जनशक्ति भर्तीको पक्षमा छ। नेपालसँग भएको सम्झौताअनुसार त्यस योजनामा बेलायत जान चाहने कामदारसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न पाइने छैन।, सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस्: श्रम मन्त्रालय
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ६२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ८२५ जनाको पिसिआर र १७९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११७८ जना सक्रिय संक्रमित छन्।, ८४ संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २६२४ मा परीक्षण गर्दा ५३ जनालाई कोरोना
सेतोपाटी संवाददाता सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।, अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्षसमेतलाई अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।,  आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुद्रसेन साह, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको जानकारी दिए।, आयोगले शुक्रबार ५४ लाख ८० हजार बिगो रकम मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। , अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस–१ (हाल बढैयाताल–६)मा चिरकु तेलीका नाममा २ विगाहा ६ कट्ठा जग्गा थियो। २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही भएनन्। कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो। तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारको दावी छ।, अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ । त्यो जग्गा किनेका कारण अञ्जना दाहालमाथि अख्तियारले जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको हो ।, सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिको नाममा गर्ने मालपोत कार्यालयका प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ।, प्रदेश प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार दसैं र तिहारलाई लक्षित गरी प्रदेशभर ४ हजार १४१ जना प्रहरी सुरक्षामा खटिने भएका छन्।, चाडपर्व लक्षित सुरक्षा योजना आइतबारदेखि लागू हुनेछ। प्रदेशका विभिन्न जिल्लामा १२५ वटा प्रहरीको क्युआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिने छ। नियमित चेक प्वाइन्ट ३१ स्थानमा निरन्तर गर्ने, आवश्यकता अनुसार आकस्मिक चेकिङ गर्ने, ५३ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।, यस्तै चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच टोली खटाउने, झैझगडा, जुवातास, चोरी, माधक पदार्थ सेवन जाँच गर्न ८६ स्थानमा प्रहरी खटाउने, २६५ स्थानमा मोबाइल तथा पैदल गस्ती गर्ने, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटकीय स्थलहरुमा सुरक्षा तथा बजार अनुगमनका लागि ७५ स्थानमा प्रहरी परिचालन गर्ने योजना कर्णाली प्रदेश प्रहरी कार्यालयको छ।, श्रेष्ठका अनुसार कर्डन सर्च तथा एम्बुस टोली १० स्थानमा खटाइनेछ। १८ स्थानमा लामो दुरीका सवारी चेकिङ गरिनेछ भने प्रदेशभर २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने योजना रहेको छ।, चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्ने, कुनै प्रकारको दुर्व्यवहार तथा आपराधिक घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने, कालोबजारी कृत्रिम अभाव सिर्जन हुन नदिने, सडक सुरक्षा तथा सुदृढ ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ चाडपर्व लक्षित सुरक्षा योजना तयार पारिएको श्रेष्ठले बताए।, गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवातास जस्ता आपराधिक घटना, ट्राफिक नियमको उल्लंघन तथा सवारी दुर्घटना, महिला तथा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार, चाडपर्वको अवसरमा हुने लागुऔषध बेचबिखन एवम् ओसारपसार, भन्सार तस्करी, अवैध हातहतियारको ओसारपसार जस्ता चुनौ प्रहरीलाई रहेको उनले बताए।, चाडबाडका बेला क्राईम हटस्पट पहिचान गर्न कुकुरसहितको चेकिङको व्यवस्था गर्ने, रिफ्रेस सेन्टर, सिसी क्यामरा, सवारीको गती चेक गर्ने गनलगायतका प्रविधिको उच्चतम प्रयोग गर्ने रणनीति प्रदेश प्रहरीले बनाएको छ।, चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत कर्णालीमा चार हजार १४१ जना प्रहरी परिचालन गरिने
सेतोपाटी संवाददाता शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। , विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्।, अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन्। , शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।, जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।, 'जोशीलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको छ,' अस्पतालले भनेको छ।, अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ। उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने स्थिति नरहेको पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्राध्यापक डाक्टर मिलेस जंगसिजापतीले बताएका छन्।, किष्ट शिक्षण अस्पतालले जोशी र उनकी श्रीमती राधादेवी जोशीको सम्पूर्ण स्वास्थ्यको जिम्मेवारी लिई सेवा दिँदै आएको बताएको छ।, सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण, अस्पताल भर्ना
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालयले हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको छ। , बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो ३ महिने कार्यविवरण सार्वजनिक गर्दै हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको जनाएको छ।, चितवनबाट ८५,  मकवानपुरबाट ७४, काभ्रेबाट ३६, सिन्धुलीबाट ३०, रामेछापबाट १३, सिन्धुपाल्चोकबाट १६, नुवाकोटबाट २४, धादिङबाट ३० र रसुवाबाट २ जना मानिस हराएको जाहेरी प्रहरीमा परेको थियो।, बागमती प्रदेशका १० वटा जिल्लामा भएका गतिविधिहरु समेटेर बागमती प्रदेश कार्यालयले ३ महिनो कार्यविवरण सार्वजनिक गरेको हो। , गत साउन, भदौं र असोजमा बागमती प्रदेश कार्यालय अन्तर्गत रहेका १० वटा प्रहरी कार्यालयले  २ हजार ३ सय २० किलो गाँजा समेत बरामद गरेको छ। , मकवानपुरबाट १६ सय ७६ किलो गाजाँ बरामद गरिएको डिआइजी किरण बज्राचार्यले जानकारी दिइन।,  , बागमती प्रदेशबाट ३ महिनामा २ हजार ३ सय २० किलो गाँजा बरामद
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। , नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा जागिर खाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले गीताविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। , गीता कैलालीको शिव माध्यमिक विद्यालय देवरियामा कार्यरत प्राथमिक तहकी राहत शिक्षिका हुन्। , उनको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेको थियो। उक्त निवेदनको आधारमा अनुसन्धान सुरू गरिएको थियो। सोहि क्रममा बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट प्रमाणपत्र बनाएको पाइएको हो। उनले एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक प्रमाणपत्र फेला परेका अख्तियारले जनाएको छ। , ‘आफ्नो योग्यता डाँटी झुटा प्रमाणपत्र पेस गरेर राष्ट्र सेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानी-नोक्सानी पुर्याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको छ,’ विशेष अदालतमा पेस गरेको अख्तियारले दर्ता गरेको आरोपपत्रमा लेखिएको छ।, सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्रीकी पत्नी गीता सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले टुकुचा बग्ने भूमिगत सुरूङ खन्न गत बिहीबार जयनेपाल हलको जुन ठाउँमा डोजर चलायो, त्यसको एक सातापछि शुक्रबार त्यही ठाउँनिर सडकपेटी भासिएको छ।, महानगरले खनेको ठाउँ र सडकको बीचमा जयनेपालको पर्खाल थियो। अहिले पर्खालको सट्टा जस्तापाताले बारिएको छ। त्यही जस्ताले बारिएको ठाउँमा शुक्रबार बिहानै सडक किनारको पेटी भासिएर प्वाल परेको हो। त्यो प्वाल सडकपेटीदेखि भूमिगत टुकुचा सुरूङसम्मै ह्वांग खुलेको छ।, कम्तिमा १३० वर्षअघि राणाकालमा बनेको संरचना जथाभाबी डोजरको नंग्राले कोपर्दा त्यसको भारवहन क्षमता घट्ने पुरातत्वविद तथा इञ्जिनियरहरूले बताउँदै आएका छन्। यसैको पहिलो उदाहरण शुक्रबार देखिएको छ।, यसबारे हामीले दुबई मेट्रो लगायत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सडक आयोजनाहरूमा काम गरेका इञ्जिनियर डिपी जैसीसँग कुरा गरेका छौं।, टुकुचा सुरूङका विभिन्न भागमा असुरक्षित तरिकाले डोजर चलाउँदा त्यसको प्रभाव अहिले देखिन थालेको उनले बताए।, उनका अनुसार यसरी डोजर चलाउनु मुख्यतया तीन कारणले ठिक थिएन — इञ्जिनियरिङ दृष्टिले, समयको दृष्टिले र सुरक्षा दृष्टिले।, सबभन्दा पहिला इञ्जिनियरिङ पक्षको चर्चा गरौं।, महानगरले जमिनमुनि बगेको टुकुचा सतहमा ल्याउन डोजरले ठाडो कटान गरेको छ। बिनाअध्ययन जमिन खन्दा भूमिगत सुरूङको माथिल्लो भागमा रहेको धनुष आकारको गुम्बज संरचना (आर्च) भत्किएको छ। आर्च भनेको सुरूङ निर्माणमा सबभन्दा महत्वपूर्ण संरचना भएको उनी बताउँछन्।, भूमिगत संरचना बनाउँदा त्यसको माथिल्लो भागमा धनुष आकारको आर्च बनाउनुको कारण माथिको सबै भार त्यही आर्चले धान्न सकोस् भनेर हो। माथिल्लो तहको माटो र त्यसमाथि बनेका घर लगायत संरचनाहरूको भार आर्चमा सबैतिर बराबर बाँडिएको हुन्छ। यहाँ माटोको तह १५ देखि २० फिट छ।, ‘वर्षौं वर्षअघि बनेको यो संरचना अहिलेसम्म जस्ताका तस्तै टिक्नुको कारण नै यही आर्च हो। यसलाई एक ठाउँमा चिरा पार्नेबित्तिकै वा भत्काउनेबित्तिकै माथिल्लो तहको जम्मै भार आर्चभन्दा मुनिको पर्खालमा पर्न जान्छ,’ निर्माणसम्बन्धी विज्ञ जैसीले भने, ‘पर्खालले मात्र पन्ध्र फिट अग्लो माटोको प्रेसर धान्न सक्दैन। यसले पूरै सुरूङ जोखिममा परेको छ।’, उनले अगाडि भने, ‘महानगरले जमिन खनेर छाडेको डिलमा कुनै सपोर्ट राखेको छैन। जमिन खन्दा सुरक्षा नियम पनि पालना गरिएको छैन। यदि डिल भत्किएर छेउछाउमा रहेका सडक, फुटपाथ वा घरहरू भत्किए भने महानगरले नै त्यसको जिम्मेवारी लिँदै सम्बन्धित व्यक्तिहरूलाई क्षतिपूर्ति दिनुपर्छ।’, इञ्जिनियरिङपछि कुरा गरौं, समयको।, बर्खाको अन्तिममा आएर जमिन खन्नु समयका हिसाबले पनि गलत निर्णय भएको जैसी बताउँछन्।, ‘निर्माण इञ्जिनियरहरूले जुन महिनादेखि सेप्टेम्बरसम्मलाई बर्खे मौसम मान्छन्। खासगरी नदीनाला नजिक गर्नुपर्ने कामहरू यो बेला सकभर गर्दैनन्,’ उनले भने, ‘अहिले जमिनको सतहको माटो बर्खाको पानीले टम्म भरिएको छ। माटोको वजन सामान्य समयको भन्दा धेरै हुन्छ।’, भन्नुको मतलब, टुकुचा सुरूङको आर्च भत्किएर दायाँबायाँ पर्खालमाथि जुन भार थपिएको छ, त्यो सामान्य समयको भन्दा निकै बढी हुन्छ। यसले पनि सुरूङमा थप क्षति पुग्ने र छेउछाउको जमिन भासिने खतरा बढेको उनी बताउँछन्।, उनले भर्खरै धोएको लुगाको उदाहरण दिए।, धोएको लुगाको वजन ओभानो लुगाभन्दा बढी हुन्छ। घाममा राखेर लुगाको पानी जम्मै सुकाएपछि मात्र त्यो वास्तविक वजनमा फर्किन्छ।, ‘माटोको प्रकृति पनि त्यस्तै हो। पानीमा भिजेपछि माटो गह्रुंगो हुन्छ। यही गह्रुंगो माटोको अतिरिक्त भार सुरूङमाथि थपिएको छ,’ उनले भने, ‘एउटा इञ्जिनियरले अहिलेको समयमा यस्तो काम गर्न हुन्छ कि हुँदैन भन्ने सामान्य कुरा पनि हेक्का नराखी हचुवा भरमा निर्णय लिएको देखिन्छ।’, यस्तो संरचना कसरी खन्ने त? यहाँ जैसीले महानगरबाट भएको तेस्रो गल्तीको चर्चा गरे।, ‘काठमाडौं महानगर सुरक्षा दृष्टिले पनि संवेदनशील भएको पाइँदैन,’ जैसीले भने, ‘कुनै पनि भूमिगत संरचना खन्नुभन्दा पहिला छेउछाउमा टेकाहरू दिएर सुरक्षा उपाय अपनाउनुपर्छ। गहिरो खाडल खन्दा त झन् टेका नलगाई हुन्न। खाल्डो खन्दै जाँदा कुनै पनि बेला डिल भासिन सक्छ। जो व्यक्ति खन्दै तल झर्छ, माटोले पुरिएर उसको ज्यान जान सक्छ। यस्तो दुर्घटनाका थुप्रै उदाहरण हामीले सुन्ने गरेका छौं।’, उनका अनुसार घना बस्ती बीचको टुकुचामा कम्तिमा १५ फिट खन्नु भनेको निकै गहिरो खाडल हो। मान्छेहरू बसोबास गर्ने घर लगायत अन्य भौतिक संरचना भएको ठाउँमा यति गहिरो खाडल खन्दा झन् बढी संवेदनशील हुनुपर्ने उनी बताउँछन्।, ‘महानगरका मेयर बालेन शाह स्ट्रक्चरल इञ्जिनियर पनि हुनुहुन्छ। उहाँलाई त यो जोखिमबारे अझ बढी ज्ञान हुनुपर्ने हो,' उनले भने, ‘उहाँ टुकुचा उत्खननमा प्राविधिक र सुरक्षा दृष्टिले समेत चुक्नुभएको छ।’, जयनेपाल हलको आँगनमा टुकुचा बग्ने भूमिगत सुरूङ र त्यसमाथि बनेको घर। सुरूङ खन्दा यस्ता घर जोखिममा परेका छन्। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, खासमा जयनेपालबाट सुरूङभित्र हालिएको टुकुचा कुन-कुन ठाउँ हुँदै बग्छ भन्ने थाहा पाउन जमिन खन्दै सुरूङ कोपर्न जरूरी पनि थिएन। अहिले नेपालमै उपलब्ध प्रविधिले जमिनमुनि ५० मिटरसम्म भएका इँटा, ढुंगा, धातु, काठ लगायत वस्तु थाहा पाउन सकिन्छ। पुरातात्विक उत्खननमा नेपालमै यस्तो प्रविधि प्रयोग गर्ने गरिएको छ। यो प्रविधिले टुकुचा हालिएको इँटाको यति ठूलो सुरूङ कहाँ कहाँबाट जान्छ भनी थाहा नपाउने कुरै थिएन।, पुरातत्व विभागले लुम्बिनी, तिलौराकोट लगायत क्षेत्र उत्खनन गर्नुअघि जमिनको सतहमा त्यस्तो उपकरण चलाएर मुनिको संरचना अध्ययन गरेको थियो। ‘म्याग्नोमिटर’ भनिने उपकरणले जमिनको जिओफिजिकल सर्वेक्षण गर्छ। जमिनमुनि कहीँ इँटा वा ढुंगाका संरचना दबिएर बसेको छ भने बाहिर सतहबाटै थाहा पाइन्छ। यसै आधारमा पछिल्लो समय ठूल्ठूला पुरातात्विक खोज र अन्वेषणहरू हुँदै आएका छन्।, मैले केही समयअघि लुम्बिनी र तिलौराकोट भ्रमण क्रममा बेलायतको डुरहाम विश्वविद्यालयका प्राध्यापक रोबिन कनिंघमसँग जमिन उत्खननको विधिबारे कुराकानी गरेको थिएँ।, आधुनिक प्रविधिका कारण पुरातात्विक उत्खनन सहज हुँदै गएको बताउँदै उनले भनेका थिए, ‘पहिला हामीले जमिनको सतहमा रहेका ढिस्को हेरेर अनुमानका भरमा खन्नुपर्थ्यो। यसरी अनुमानका भरमा जमिन खन्नु भनेको विनाश हो। अहिले आधुनिक प्रविधि र उपकरणहरूका कारण हामीले विनाश गर्नुपर्दैन। म्याग्नोमिटरको मद्दतले बाहिरी सतहबाटै तल के छ भन्ने थाहा पाउन सकिन्छ।’, यस्तो उपकरणले जमिनको सतहबाट ५० मिटरसम्मको गहिराइमा भएका चिजहरू देखिने उनले बताएका थिए।, महानगरबाट भएको प्राविधिक त्रुटि पुरातत्व विभागका अधिकारीले पनि औंल्याएका छन्।, पुरातत्वले महानगरले चलाएको डोजरबाट राणाकालीन भूमिगत सुरूङमा के–कस्ता भौतिक क्षति पुगेको छ भन्ने अध्ययन गरिरहेको छ। अध्ययनमा संलग्न पुरातत्वविद् भाष्कर ज्ञवालीले डोजरका बलिया नंग्राले कोपर्दा कम्तिमा १३० वर्षअघि बनेको सुरूङको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यसको कालिगढी र इञ्जिनियरिङलाई प्राविधिक रूपले खल्बल्याउने काम गरेको बताए।, ‘महानगरले अस्तव्यस्त तरिकाले भत्काएको छ। उनीहरूले यहाँ हात हाल्नुभन्दा अगाडि पुरातत्वसँग सोध्नुपर्थ्यो र समन्वय गर्नुपर्थ्यो,’ ज्ञवालीले भने, ‘भूमिगत रूपमा बग्ने टुकुचालाई जमिनको सतहमा ल्याउने नाममा जथाभाबी डोजर चलाउँदा संरचनामा असर परेको छ।’, यस्तो अस्तव्यस्त उत्खननले आगामी दिनमा थप भौतिक र मानवीय क्षति निम्त्याउने जोखिम रहेको उनले बताए।, जयनेपाल हलको आँगनमुनि टुकुचा बगाउन निर्माण गरिएको राणाकालीन भूमिगत सुरूङ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हामीले यसबारे सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग पनि कुरा गर्‍यौं।, उनले बर्खा याममा जमिन खन्दा वरिपरिको क्षेत्र भासिने डर हुने पुष्टि गरे।, ‘सामान्यतया बर्खामा जमिन खन्दा यस्तो जोखिम हुन्छ,’ उनले भने, ‘त्यही भएर हामी बर्खा बेला सकभर यस्तो काम गर्दैनौं। खानेपानीको निम्ति सडक खन्ने अनुमति पनि दिँदैनौं।’, उनका अनुसार बर्खामा गहिरो खाडल खन्दा पानी भरिने र वरिपरिको ढिस्को कमजोर भई माटो खस्ने सम्भावना बढी हुन्छ। यसरी माटो खस्दै जाँदा वरिपरिको जमिन र संरचनामा असर पर्न सक्छ।, ‘कहिलेकाहीँ त पूरै ढिस्को भासिने डर हुन्छ,’ उनले भने, ‘पानीमा भिजेको माटो त्यसै पनि गह्रुंगो हुन्छ। नजिकै खाल्डो खन्नेबित्तिकै भिजेको माटोको वजनले जमिनको सतह तल भासिन सक्छ।’, अब के गर्ने त?, महानगरको टुकुचा उत्खनन अहिले बन्द छ। उच्च अदालत पाटनले असोज २६ सम्मका लागि डोजर नचलाउनू भनेर अन्तरिम आदेश दिएको छ। असोज २६ गते दुवै पक्ष डाकेर छलफल गरेपछि थप निर्णय हुनेछ।, यसबीच महानगरले खनेर छाडेका खाल्डाहरू ह्वांगै छन्। जयनेपाल हलको आँगनदेखि कमलादीसम्म आधा दर्जन ठाउँमा डोजर चलाइएको थियो। तीमध्ये तीन ठाउँमा भूमिगत सुरूङको तहसम्म खनिएको छ जहाँ टुकुचा बगिरहेको देखिन्छ। अन्य ठाउँमा भने सुरूङको संरचना भेटिएन। कहीँ कहीँ डोजरले खोस्रेर मात्र छाडिएको छ।, खनिएका ठाउँहरू ह्वांगै छाड्दा टुकुचामा बग्ने ढलको दुर्गन्ध फैलिनुका साथै जयनेपाल हल छेउको सडकपेटीजस्तै अन्य ठाउँ पनि भासिनसक्ने खतरा बढेको स्थानीय किरण साख बताउँछन्।, ‘वर्षौंदेखि केही नभएको भूमिगत संरचनालाई महानगरको डोजरले चलाउने काम गर्‍यो। यसले आज जयनेपाल हल छेउको फुटपाथ भासियो, भोलि हाम्रो जग्गा र घरसमेत भासिन सक्छ,’ साखले भने, ‘यसको जिम्मेवारी महानगरले लिनुपर्छ।’, थप क्षति रोक्न के गर्ने भन्ने चिन्ता पनि अहिले स्थानीय बासिन्दालाई छ।, जोखिम कम गर्न भनेर स्थानीय आफैंले टुकुचा सुरूङ पुरपार पार्न मिल्दैन। सय वर्ष पुरानो पुरातात्विक सम्पदा भएकाले मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने पुरातत्वविद् भाष्कर ज्ञवालीले बताएका छन्। यो काम पुरातत्व विभागकै निगरानीमा हुनुपर्छ। पुरातत्व र महानगरको समन्वयमा जतिसक्दो छिटो जिर्णोद्धार गरिनुपर्ने जैसी बताउँछन्।, उनले तत्कालै अपनाउनुपर्ने केही सुरक्षा उपायबारे सुझाव पनि दिएका छन्।, ‘थप क्षति हुनुभन्दा अगाडि नै महानगरले खनिएका खाल्डामा काठको टेको लगाइहाल्नुपर्छ, ताकि डिलहरू भटाभट भत्किने नौबत नआओस्,’ उनले भने, ‘यसका लागि खाल्डो वरिपरिका भित्तामा काठहरू तह मिलाएर राख्नुपर्छ र त्यसमाथि एउटा डिलबाट अर्को डिलसम्म काठको थाम तेर्सो पारेर राख्नुपर्छ।’, ‘टुकुचा उघारेपछि अब सर्वसाधारणको सुरक्षाका लागि पनि त्यसै ह्वांग छाड्न मिल्दैन,’ उनले भने।, थप पढ्नुहोस्:, पुरातत्वले टुकुचा सुरूङमा भेट्यो 'श्री ३ वीर' लेखिएको इँटा, काठमाडौं महानगरलाई नापी विभागको जवाफ- नक्सामै नभएको टुकुचाको रेखांकन गर्न मिल्दैन, हात्तीसारमा डोजर चलाउनु निजी सम्पत्तिमाथि महानगरको धावा, महानगरको गुण्डागर्दी बन्द गर,- सम्पादकीय, टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, जयनेपालमा भासियो टुकुचा सुरूङसँगैको सडकपेटी
रासस वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन्।, चितवन राष्ट्रिय निकुञ्जको ५०औं स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा शुक्रबार कसरामा आयोजित कार्यक्रममा उनले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समुदायको हुनुपर्ने बताए।, वन्यजन्तु वनमा र मानव समुदायमा रहनुपर्ने बताउँदै उनले भने, 'तपाईंहरू वन्यजन्तुको संरक्षण गर्नुहोस्। तपाईंहरूको संरक्षण सरकारले गर्छ।', समुदायका लागि जीविकोपार्जनका कार्यक्रम मन्त्रालयले गर्ने उनको भनाइ थियो। , निकुञ्ज ऐन, २०२९ ले समस्या सिर्जना गरेको भन्दै उनले भने, 'यो ऐन मानिसको आवश्यकताअनुसार परिवर्तन हुन्छ।', यस ऐनका कारण पनि मानव र जनावरबीच द्वन्द्व बढ्दै गएको उनले बताए।, वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सरकारले काम सुरू गरेको उनले बताए। वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन नयाँ उपकरण जडान गरी वन्यजन्तु बस्तीमा पस्न रोक्ने तथा अन्य गतिविधि निकुञ्जले गर्ने उनको भनाइ थियो। भारतमा सफल परीक्षण भइसकेको 'एनाइडर' प्रविधिको यहाँ पनि प्रयोग गर्न लागिएको उनले जानकारी दिए।, 'भारतको झारखण्ड र उत्तर प्रदेशमा जनावर र मानवबीचको द्वन्द्व कम गर्न प्रयोग भएको उपकरण यहाँ पनि प्रयोग गर्ने तयारीमा छौं,' उनले भने। , यसका लागि सरकारले दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।, 'अहिले बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ,' उनले भने, 'यसले जनावरलाई बस्ती पस्न रोक्न मद्दत पुग्नेछ।', वातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको उनको भनाइ थियो।, 'वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर नेपालमा देखापर्न थालेको छ,' उनले भने, 'जलवायु परिवर्तनको विषयमा विज्ञहरूसँग परामर्श गर्ने काम भइरहेको छ। नेपालमा पनि क्लाइमेट इमर्जेन्सी लगाउनुपर्ने समय आइसकेको छ। विज्ञहरूको राय आएपछि निर्णय लिन्छौं।', कार्यक्रममा वक्ताहरूले निकुञ्ज र समुदायबीच द्वन्द्व न्यूनीकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए। राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्दा निकुञ्ज र समुदायबीच दुरी कम हुन नसकेको उनीहरूको भनाइ थियो। , चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा अहिले भएका गतिविधि र विगतका कामका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा जैविक विविधता संरक्षणमा सहयोग पुर्‍याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने, संरक्षणका विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको थियो। , निकुञ्जले ५०औं स्थापना दिवस पारेर वर्षभरि विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ। निकुञ्जले प्रकाशन गरेको स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण र वृत्तचित्र प्रदर्शन गरिएको थियो। २०३० सालमा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो। असोज ४ गते निकुञ्ज ५०औं वर्षमा प्रवेश गरेको छ।, 'वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन काम भइरहेको छ'
रासस शुक्रबार हेटौंडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ।, हेटौंडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। , अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीन बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।, उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो।, पौडी खेल्ने क्रममा खोलाले चार जनालाई बगाएकामा एक जना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ।, घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु
सेतोपाटी संवाददाता शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।  , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस्तै भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ।, जसको प्रभावले बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल लुम्बिनी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।, यस्तै भोलि आइतबार र सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, नेपालमा दुई वटा मनसुनको प्रभाव, काठमाडौंसहित चार प्रदेशमा भारी वर्षा हुने
सेतोपाटी संवाददाता काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ।, असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख छ। , कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागु गरिएको बताएको छ।, ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन आग्रहसमेत गरेको छ।, हेर्नुस् सूचना:, न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था
सेतोपाटी संवाददाता पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।, शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भउको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।, पहिरो खसेसँगै गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन्।, पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
रासस मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको ट्रकमुनि खेल्दै छिरेका एक १७ महिनाको बालकको सोही ट्रकले किच्दा मृत्यु भएको छ।, मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका १७ महिनाको छोरा सलिन श्रेष्ठ छन्।, सलिन खेल्दै गाडीमुनि छिरेको अवस्थामा गाडी अगाडि बढाउँदा किच्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि समिट अस्पताल लोकन्थली लगेपछि मृत्यु भएको अस्पतालले जनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका–३ घर भई हाल काठमाडौं मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए।, खेल्दै गाडीमुनि छिरेका १७ महिने बालकको मृत्यु
सेतोपाटी संवाददाता पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ।, गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।, चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।, पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
सेतोपाटी संवाददाता सेतोपाटी, सहकर्मी नवीनबाबु गुरूङले खिचेको फोटो यस वर्षकै राजनीतिक फोटो पत्रकारिता विधामा उत्कृष्ट ठहरिएको छ।, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २५ औं स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२’मा राजनीतिक विधातर्फ आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै गुरूङले अवार्ड हात पारेका हुन्।, फोटोपत्रकार गुरूङ तीन वटा विधामा मनोनित भए पनि उनले राजनीतिक विधामा अवार्ड जितेका हुन्।, एनएफपिजेले काठमाडौंमा एक कार्यक्रम गरि विभिन्न विधामा उत्कृष्ट फोटो खिच्ने फोटो पत्रकारहरूलाई अवार्ड र प्रमाणपत्र वितरण गरेको छ।, अवार्डमा सहभागिताका लागि एनएफपिजेले आवेदन खुला गरी विभिन्न विधामा पाँच जना नोमिनिज छनोट गरेको थियो। तिनै ५-५ जनाबाट अवार्ड विजेता छनोट गरिएको थियो।, अवार्डको निर्णायकमा संस्थाका पूर्वअध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले थिए।, नवीनबाहेक अन्य विधाअन्तर्गत दैनिक जीवन फोटो पत्रकारिता विधातर्फ सुनील शर्मा, खेलकुद फोटोपत्रकारिता विधामा हरिस सिंह नगाल,  महिला फोटो पत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधाका लागि हरि महर्जन, आर्थिक फोटो पत्रकारिता विधामा अशोक दुलाल, स्वतन्त्र फोटो पत्रकारिता विधाका लागि दीपेन्द्र मर्हजनले जितेका छन्।, प्रदेशस्तरीय फोटो पत्रकारिता अवार्ड विधातर्फ प्रदेश १ उत्कृष्ट फोटो पत्रकारिता विधामा गुरू ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमती प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा सन्तोष श्रेष्ठ, गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा वसन्त प्रताप सिंह र सुदूरपश्चिम प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा विनोद विष्टले अवार्ड पाए।, विजेतालाई अर्थमन्त्री जनार्दन शर्मा र खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए।, उक्त अवसरमा एनएफपिजेले कोरोनाको समयमा फोटोपत्रकारहरूले खिँचेका फोटोहरू संकलन गरी ‘लकडाउनमा नेपाल’ नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो।, कार्यक्रममा हरि गोपाल फोटो पत्रकारिता पुरस्कारअन्तर्गत साहसिक फोटो पुरस्कार झापाका नेत्रविक्रम विमलीले पाउँदा खेलकुदतर्फ विनय कुमार बानियाँ, पर्या–पर्यटनतर्फ प्रदीपकुमार श्रेष्ठ, संस्कृति सम्पदातर्फ किरण आचार्य, मनोरञ्जनतर्फ अजय मर्हजनले पाएका थिए। यस्तै डिआइजी माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार आर्यन धिमाललाई प्रदान गरिएको थियो। , यस वर्षको एनएफपिजे नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको थियो। उनले आफूले पाएको नगद ५० हजार रूपैयाँ पत्रकारहरूकै कोषमा राख्ने प्रतिवद्धतासहित उक्त कार्यक्रममा चेक हस्तान्तरण गरेका थिए ।, कार्यक्रममा संस्थाका संस्थापकहरू, वरिष्ठ फोटोपत्रकारलगायतलाई पनि सम्मान गरिएको थियो । यस्तै, राष्ट्रिय फोटोपत्रकार आपतकालीन राहत कोषमा रकम सहयोग गर्ने विभिन्न समाजसेवीहरूलाई पनि प्रशंसाप्रत्र प्रदान गरिएको थियो।, सेतोपाटीकर्मी गुरूङलाई एनएफपीजे राजनीतिक फोटोपत्रकारिता अवार्ड
विनोद सापकोटा झापाको मेची राजमार्गअन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर एक जना गम्भीर  घाइते भएका छन्।, चारआली-बुधबारे सडड खण्डमा गएराति ११.३० बजेतिर चारआलीतर्फ आउँदै गरेको प्र १–०१–०१४ प ३३५० र विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–२६७८ नम्बरको दुई वटा मोटरसाइकल एकापसमा जुधेका थिए।, दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले जानकारी दिए।, ‘दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो,’ पाठककले सेतोपाटीलाई जानकारी दिए।, दुर्घटनामा परेर मृत्यु हुनेमा कन्काई ४ बस्ने ३८ वर्षिय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा ४ बस्ने ४५ वर्षिय विष्णु थापा छन्।, दुर्घटनामा परि प्र १–०१–०१४ प ३३५० नं को मोटरसाइकलको पछाडि बस्ने कन्काईकै ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन्।, उनको बिएण्डसी हस्पिटलमै उपचार भइरहेको पाठकले जानकारी दिएका छन्।, मेची राजमार्गमा दुई मोटरसाईकल जुध्दा दुबै चालकको मृत्यु
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा ट्रकले ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ।, ललितपुर प्रहरीका अनुसार शनिबार साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको मृत्यु भएको हो।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका कामीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ज्यान गएको हो।, प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।, ट्रकको ठक्करबाट ग्वार्कोमा पैदल यात्रीको मृत्यु
निजा राजभण्डारी (बाटाजु) दसैँको बेला गर्भवती महिलाहरूले यात्रा गर्दा विशेष ध्यान दिनुपर्छ। गर्भवतीको लागि पहिलो तीन महिना अलि जोखिमको अवस्था हुन्छ। बच्चा भर्खर पाठेघरमा टाँसिएको हुनाले अझै चनाखो हुनुपर्छ।, कुन ठाउँमा जाने, कति समयको लागि जाने, कस्तो सवारी साधनमा यात्रा गर्ने, कति दुरीको यात्रा गर्ने जस्ता कुराहरू महत्वपूर्ण हुन्छन्। , नजिकै जादै हुनुहुन्छ अर्थात २-३ घण्टाको राम्रो पिच बाटो छ भने त्यसमा समस्या हुँदैन। विस्तारै सवारी साधन रोक्दै रोक्दै जान मिल्छ। , अलि टाढा जानुछ भने जहाजबाट गएको राम्रो। हुनत, जहाजको यात्रा गर्दा पनि जोखिम हुन्छ नै। किनकि, अन्तर्राष्ट्रिय उडानमा जस्तो आन्तरिक उडानमा जहाभित्र रक्तचापको सन्तुलन मिलेको हुँदैन। तर गाडीको तुलनामा जहाजको यात्रा धेरै सुरक्षित हुन्छ।, जहाजको सुविधा छैन, बसबाटै जानुपर्छ र बाटो पनि असजिलो छ भने धेरै कुरामा विचार पुर्‍याउनुपर्छ। सकेसम्म आफ्नै गाडी वा रिजर्ब गाडीमा गएको राम्रो हुन्छ। किनकि, भिडमा यात्रा गर्न त्यसै पनि कठिन हुन्छ, त्यसमाथि अफ्ठ्यारो बाटोमा झन गाह्रो हुन्छ। आफूले चाहे अनुसार गाडी चल्दैन। अर्को कुरा, श्वासप्रश्वासको समस्यादेखि संक्रमणको समस्यासमेत हुनसक्छ।, सार्वजनिक गाडीमा समयमा खान पाइँदैन, एउटै सिटमा एकै तरिकाले लामो समयसम्म बस्नुपर्ने बाध्यता हुन्छ। कतिपय ठाउँ जान २४ घन्टाभन्दा बढी समय पनि लाग्छ। त्यस्तो अवस्थामा जहाज अथवा आफू अनुकुलको गाडीमा जानु राम्रो र सुरक्षित हुन्छ।, गाडीमा गएर मात्र हुन्न, घर पुग्नका लागि निश्चित ठाउँबाट ‍हिँड्नुपर्ने हुन्छ। दुर्गममा जाँदा विभिन्न समस्या आउन सक्छन्। त्यसैले मिल्छ भने गर्भवतीले यस्तो लामो यात्रा नगरेकै राम्रो हुन्छ।, गर्भवती महिलाले बाइक र स्कुटरको प्रयोगबारे समेत जिज्ञासा राखेका हुन्छन्। छोटो दुरीमा हो भने मोटरसाइकल र स्कुटरबाट जान सकिन्छ। तर लामो बाटो अनि कच्ची बाटोमा समेत जानु पर्ने हुँदा नगएकै राम्रो हुन्छ। आफैंले चलाउँदा विस्तारै चलाउनुपर्छ।, गर्भको अवस्था हेरेर चिकित्सकको सुझाव अनुसार मात्र यात्रा गर्नुपर्छ। यदि सुरूदेखिनै गर्भमा समस्या छ भने यस्तो अवस्थामा अलि बढी ध्यान पुर्‍याउनुपर्छ।, गर्भवतीले के खाने, के नखाने? भनेर समेत जिज्ञासा निकै आउँछन्। , मेवा, भुईँकटहर, पेय पदार्थ, टिमुर र समुन्द्री माछाहरू महिलाले खानु हुँदैन। अरू धेरै कुरा खान सकिन्छ। तर खोलाको माछा खाएमा केही हुँदैन। दसैंमा मासु खाएमा पानीको मात्रा अलि बढाउनुपर्छ। चिल्लो धेरै खाएमा वाकवाक आउने समस्या झन् बढ्न सक्छ। चिल्लो पिरो अमिलो खाने कुरामा ध्यान दिनुपर्छ।, गर्भवतीले धुम्रपान र मध्यपान सेवन गर्नु हुँदैन। सकेसम्म धुम्रपान गर्नेसँग एउटै कोठामा समेत बस्नु हुँदैन। मदिरा सेवन दैनिक गर्नु हुँदैन कहिलेकाहीँ साथीभाइसँग बस्दा साह्रै थोरै खान मिल्छ तर सकेसम्म नखाएकै राम्रो।, गर्भवतीले कस्तो आसनमा सुत्ने भन्ने हुन्छ। , गर्भवतीलाई ६-७ महिना कटेपछि सुत्न धेरै गाह्रो हुन्छ। समय बढ्दै गएपछि पेट ठूलो हुँदै जान्छ। पाठेघर सानो हुन्छ। जसले गर्दा सुत्न असजिलो हुन्छ। त्यसैले सकेसम्म उत्तानो परेर सुत्नु हुँदैन। बायाँतर्फबाट सुत्दा राम्रो हुन्छ। एउटै आशनमा सुत्न गाह्रो हुन्छ। त्यसैले यदि उत्तानो परेर सुत्ने हो भने सिरानीको सपोर्ट लिन सकिन्छ। सबै आशनमा सुत्न मिल्छ, तर बायाँतर्फ सुतेको राम्रो हुन्छ।, गर्भवतीले यात्रा गर्दा कस्ता कुरामा ध्यान दिने, के खाने, के नखानेलगायतका विषयमा हामीले बात्सल्य नेचुरल आइभिएफमा कार्यरत आइभिएफ विशेषज्ञ निजा राजभण्डारी (बाटाजु) सँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, गर्भवतीले कसरी सुरक्षित यात्रा गर्ने, कस्तो खाना खाने? (भिडिओ)