content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता ललितपुरको लुभुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार बिहान करिब २ बजे महालक्ष्मी नगरपालिका-८ लुभु चौतारामा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले जानकारी दिए।, दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही घर भई लुभु बस्दै आएका २६ वर्षीय मोहन बाबु खत्री छन्।, बा ९३ प ८९० नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई घरको पर्खालमा ठक्कर खाँदा खत्री गम्भीर घाइते भएका थिए।, उपचारको लागि उनलाई इमाडोलको किष्ट अस्पताल लगिएको थियो। उनको अस्पताल नपुग्दै मृत्यु भएको एसपी शाहीले बताए।, अहिले उनको शव किष्ट अस्पतालमा राखिएको छ। पोष्टमार्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिएको छ।, लुभुमा मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु
रासस पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रूखबाट लडेर गएराति एक जनाको मृत्यु भएको छ।, तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, पोल्ने क्रममा उनी रूखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए।, शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ।,  , अरिङ्गाल पोल्ने क्रममा रूखबाट लडेर मृत्यु
रासस  , जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो। , व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिए भन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई-दुई लाखका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। , ‘ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो’, गैह्रेले भने, ‘सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ।’, सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाखका दरले जरिवाना गरिएको छ। उक्त जरिवाना असोज २७ गतेदेखि सात दिनभित्र प्रशासन कार्यालयको नाममा नेपाल बैङ्क दमौली शाखाको राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ। ‘उक्त अवधिभर जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुनेछ’, गैह्रेले भने। , प्रशासनको उक्त निर्णयमा चित्त नबुझेमा सात दिनभित्र उल्लेखित जरिवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौँको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रतिसहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ। , सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले यो निर्णयले अन्य होटललाई पनि सच्चिने मौका मिल्ने बताए। ‘अन्य होटलमा पनि यस्तो कार्य भएको हुन सक्छ, प्रशासनले जरिवाना गरेको निर्णयले अरु होटल सञ्चालकलाई पनि झस्काउन सक्ने र सचेत हुने मौका मिल्छ’, उनले भने। पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालित होटलहरूले ग्राहकसँग तोकिए भन्दा बढी मूल्य लिने गरेको गुनासो बेला–बेलामा आउने गरेको थियो।, तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना
सेतोपाटी संवाददाता दाङको बबई नदी तर्ने क्रममा बगेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरीको शनिबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, उनी शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट नदी पार गर्दै थिए। त्यसक्रममा उनलाई नदीले बगाएको थियो। , नदीमा बेपत्ता भएका उनको आज शव फेला परेको हो। , चौधरी बिहीबार तुलसीपुर –१३ स्थित गिधन्या गाउँमा आफन्तको १३ दिने शुद्धिशान्तिको कार्यक्रममा सहभागी हुन गएका थिए।, शुद्धिशान्तिको कार्यक्रमा सहभागी भई शुक्रबार बबई तर्ने क्रममा उनलाई बगाएको हो।, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमर्टम पछि चौधरीको शव आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ।, भेटियो बबईमा बगेका पुरूषको शव
सेतोपाटी संवाददाता डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखा परेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्।, डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्।, अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्।, उनका अनुसार डेंगी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, बान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरू बढी देखिने गर्छन्।  , डेंगी, फ्लू र सामान्य रूघाखोकी, ज्वरोलगायतमा केही लक्षण आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी शतर्क रहन पनि  डाक्टर गौतमको सुझाव छ। डेंगी सरूवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन्।, ‘डेंगीमा ज्वरो सुरूमा नै धेरै आउँछ। केही प्रतिशत बिरामीको सामान्य ज्वरो पनि छ। रूघाखोकीको लक्षण त्यति देखिएन। तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ। घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौं। धेरै जना झुक्किनुभएको छ टन्सिल हो कि भनेर,’ उनले भनिन्।, डाक्टर गौतमले यस वर्ष गत भदौदेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू बढेका र अस्पतालहरूमा डेंगीका बिरामीको चाप बढेको बताइन्।, ‘भदौदेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामी आइरहेका छन्। डेंगीका बिरामीको चाप धेरै छ। त्यसमा पनि डेंगीसँगै डेंगीजस्तै लक्षण दखिने फ्लूका बिरामी, कोभिडका पनि केही बिरामीहामीले भेटेका छौं,’ उनले भनिन्।, डाक्टर गौतमका अनुसार सामान्यतः रूघाखोकी, डेंगी र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिन्छ। सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जान्छ। भाइरल ज्वरोका बिरामी पछिल्लो समय धेरै देखिन थालेको भन्दै उनले स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन्।, त्यस्तै धेरै घाँटी दुख्ने, सुरूमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगी हुनसक्ने तर ज्वरो आउनेबित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घन्टापछि मात्रै अस्पताल जान सुझाव दिइन्।, डेंगीका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या
सुशीला रेग्मी/रासस गत असोजको २२ गते रातको करिब ३ बजेको थियो। ठूलो वेगले एक्कासि ड्याङडुङ आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्युँझिए। अँधेरी रात निद्राबाट ब्युँझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासि घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो। , निस्दी गाउँपालिका–३ क्याङ्रुङस्थित डाँडाथर बस्ने बेगबहादुर लगातार ड्याङडुङ्ग आवाजले घर नै हल्लाउने गरी घर अगाडिका बारी सखापै पारेर पहिरोसँगै खसेको देखेपछि मस्त निद्रामा रहेका आफ्नो श्रीमती र छोरा लिएर गुहार माग्दै गाउँ पसे।, मीठो निद्रामा रहेको बेगबहादुरको परिवारलाई यस पटकको वर्षाले जीवनभर नमेटिने संकटको अवस्था सिर्जना गरिदियो। अर्कासँग ऋण काँढेर दुःखले बनाएको घर सदाका लागि छाड्नुपर्ने अवस्थाले आफूलाई जीवनभर पीडा थपिदिएको गुनासो पोख्छन्।, 'गाउँ नै सखापै पार्ने गरी ठूलो आवाजमा पहिरो खसेको छ, घर अगाडिका बारीमा लगाइएका कोदो, गेडागुडी सहितको सबै जमिन एकैछिन माटोमा विलीन हुन पुग्यो, घरभित्र पस्न सक्ने अवस्था छैन, अब कहाँ गएर बस्ने हो?', उनले भने, 'कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो।' , पहिराले बेगबहादुरको तीनजनाको परिवार बिचल्लीमा परेको छ। चार वर्षअघि ऋण खोजेर बनाएको पक्की घर पहिराको चपेटामा परेपछि उनको परिवारमा गाँस–बासको समस्या निम्तिएको छ।, पालिकाबाट एक वटा सानो त्रिपालबाहेक अन्य राहत अहिलेसम्म केही नपाएको उनी बताउँछन्। , आफूसँग भएको त्यही एउटा घर पनि पहिराको जोखिममा परेपछि उनलाई न दिनमा भोक न रातमा निद्रा जस्तै भएको छ। दिनभर पहिरो गएको ठाउँमा आफूले दुःख गरेर बनाएको घर र पहिराले लगेको बारी हेरेर साँझपख छिमेकीको घरमा बास बस्दै आएका छन्।, सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरेर बास बस्ने व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग उनको अनुरोध छ।, करिब तीन घण्टा लगातार पहिरो खस्दा धेरै परसम्मका जमिन ठाउँ-ठाउँमा धाँजा फाटेका छन् भने घरका जग तथा भित्ताहरू चर्किएका छन्।, युबहादुर पल्लीको घर पहिराको थरथरावटले चर्किएपछि घरबारी नै पूरै जोखिममा छ। भर्खरै नयाँ बनाएको घरसहित बारी पहिराको जोखिममा परेपछि परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको उनी गुनासो गर्छन्। , ढुंगा, माटोबाट निर्मित सो घरमा १२ जनाको परिवार बसोबास गर्दै आएकामा अहिले घर नै छाडेर अन्यत्र बास लिनुपर्दा अप्ठ्यारो परेको छ।, छिमेकीको घरमा पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ।, युबहादुरको घरसहित करिब १० रोपनी खेतीयोग्य बारी चर्किएर हिँड्नै नहुने गरी जोखिम बढेको छ।, 'गाउँमा सोच्दै नसोचेको विपद् आइपरेको छ, रातभर निद्रा लाग्दैन, जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै कानमा गुञ्जिरहन्छ, हाललाई ज्यान बचाउन छिमेकीको घरमा बसोबास गरिरहेका छौं, कतिन्जेलसम्म यसरी बस्ने हो जीवनको कुनै ठेगान छैन', उनले भने।, दैनिकजसो पहिरो खस्ने गर्दा आसपासका बस्तीमा पहिरो फैलने जोखिम बढेको देखिन्छ। गाउँमा पहिरो गएपछि दुई दिनसम्म लक्ष्मी माविको भवनमा आश्रय लिएर बसेको निरा सोती बताउँछिन्।, विद्यालय सञ्चालन भएपछि अहिले छिमेकीको घरमा परिवारसहित आश्रय लिइराखेकी छन्। जोखिमका बाबजुद पनि आफ्नै घरमा साँझ-बिहान खाना खाएर छिमेकीको घरमा राति सुत्न जाने गरेको उनी बताउँछिन्।, बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने व्यवस्था मिलाउन स्थानीय सरकारसँग पीडितको माग छ।, यही असोज २२ गते बिहान करिब ३ बजेको समयमा अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ स्थित क्याङ्रुङमा रहेको डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँ नै पहिराको जोखिममा परेको छ।, तत्कालका लागि यहाँका २८ घरपरिवारलाई बसोबासका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिएको छ भने गाउँका अन्य आसपासका घरहरूमा पनि जोखिम उत्तिकै छ। , यहाँका दुर्गाबहादुर पल्ली, नन्दबहादुर पल्ली, बेगबहादुर पल्ली, यमबहादुर पल्ली, रनबहादुर सोती, ठगबहादुर सोती, धनबहादुर सोती, प्रतापसिं सोती, बोमबहादुर सोती, खेमबहादुर सोती, मोतिराम बयम्बु, धनबहादुर बयम्बु, बलबहादुर सोती, रक्तबहादुर सोती, दलबहादुर विक, गिरप्रसाद बयम्बु, जसदेव विक, ठगबहादुर सुनार, नरबहादुर सोती, शेरबहादुर सोती, धनबहादुर सोतीको परिवार पूरै विस्थापित भएको छ।, यी परिवारका सदस्य आफन्त, छिमेकी तथा विद्यालयका भवनमा बसोबास गरिरहेका छन्।, यस्तै रिक विक, लिबहादुर सोती, लोकबहादुर सोती, पदमबहादुर सोती, ठनबहादुर सोती, रेवती सोती र तुल्सीप्रसाद सोतीको घर जोखिममा परेको छ। पहिराबाट करिब तीन सयभन्दा बढी गाउँका स्थानीय प्रत्यक्ष मारमा परेका छन्। पहिरो गएपछि पाँच घरपरिवारलाई दुई दिनसम्म लक्ष्मी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेर राखिएको थियो भने विद्यालय खुलेपछि असोज २४ गते तीन घरपरिवार छिमेकी तथा आफन्तको घरमा आश्रय लिन पुगेका छन्। बाँकी दुई घरपरिवार अझै पनि विद्यालयको भवनमा नै बसोबास गरिरहेका छन्। यहाँ रहेको एक स्थानीय क्लब भवनको आडैबाट पहिरो खस्दा जोखिममा परेको छ।, ङनबहादुर सोतीको वर्षौंदेखि भोग चलन गर्दै आएको करिब चार रोपनी जग्गाबाटै ठूलो पहिरो गएपछि उनी चिन्तित छन्। बाउबाजेको पालादेखि नै उपयोग गर्दै आएको जग्गामा विभिन्न कृषि बाली राम्रै उब्जनी हुन्थ्यो। यसैबाट उनको परिवारको गुजारा दुःखसुखले चलेकै थियो। अहिले नाम निशाना नै पहिल्याउन नसक्ने गरी पहिराले क्षति पुर्‍याएको सोतीको भनाइ छ।, गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले अकस्मात गएको पहिराले गाउँका धेरै घर परिवारहरू विस्थापित हुन पुगेकाले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताउँछन्।, पीडितलाई खानबस्नका लागि समस्या परेमा आवश्यक सहयोग गर्ने र वैकल्पिक बसोबासका लागि पालिकाको खर्चले धान्न नसक्ने अवस्था सिर्जना भएमा प्रदेश र सङ्घ सरकारमार्फत सहयोग माग गर्ने अध्यक्ष सारुको भनाइ छ।, साथै यही असोज २५ गते पहिरो प्रभावित क्षेत्रको निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री, श्री दी फेमस महिन्द्र दल गणबाट जमदार बुद्धिबहादुर थापा मगर, पत्रकारसहितको टोलीले स्थलगत अवलोकन, निरीक्षण एवम् पहिरो पीडितसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिइएको छ।, पहिरो गएको आसपासको क्षेत्रमा बसोबास गर्न नमिल्ने गरी जोखिम बढेकाले यहाँबाट बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा पीडितलाई राखिएको अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ बताउँछिन्। उनका अनुसार पालिकाले पीडितलाई घरमा भएका सामान सुरक्षित साथ राख्न त्रिपालको व्यवस्था गरेको छ। , पहिरो पीडितको उचित व्यवस्थापनका लागि तत्काल पालिकाले नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्ने र आवश्यक सहयोगका लागि प्रशासन कार्यालयले माथिल्लो निकायमा जानकारी गराउने इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले बताए।, 'स्थलगत रूपमा अनुगमन गर्दा पहिरो आसपासका घर बढी जोखिममा परेकाले ती बस्तीलाई तत्काल अन्यत्र स्थानान्तरणको व्यवस्था गर्नुपर्ने देखिएको छ', उनले भने, 'जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट पनि आवश्यक सहयोग हुनेछ।' , पहिराको अवस्था हेर्दा डरलाग्दो र गाउँ नै पूरै जोखिममा रहेकाले प्रभावित क्षेत्रका सबै बस्ती नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताउँछिन्, लक्ष्मी माविका शिक्षक होम राना।, गाउँमा रहेका करिब ४६ घरधुरीमध्ये हाललाई २२ घर नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने उनले बताइन्।, उत्तरतर्फ (पहिरो गएको तलको भाग) पर्ने पोखरीथरमा ७५ घर, माथि रहेको खलबारी टोलका ४० घरधुरीमा पहिराको असर पर्ने भएकाले विस्तारै चरणबद्ध रुपमा अन्यत्र सार्नुपर्ने अवस्था रहेको शिक्षक रानाले बताइन्।, यहाँ पाँच सय मिटर चौडाइ र एक हजार पाँच सय मिटर लम्बाइ पहिरो गएको स्थानीयवासीको अनुमान छ।, पहिरो गएको स्थानदेखि सिधै तल बस्ती नरहेकाले मानवीय क्षति भने हुन पाएन। पहिरो प्रभावित क्षेत्रमा यहाँका स्थानीयले परापूर्वकालदेखि नै मकै, कोदो, गेडागुडी जस्ता कृषि बाली लगाउँदै आएका थिए। , यसैगरी गाउँ नजिकै रहेको लक्ष्मी माविको भवन जोखिममा परेको छ। विद्यालयका छवटा कोठा जोखिममा परेकाले पठनपाठनमा त्रास बढेको प्रधानाध्यापक पदमबहादुर थापाले बताए।, उनका अनुसार पुस्तकालय, बालविकास कक्षा र कक्षा १ देखि ४ सम्म अध्ययन हुने कोठा जोखिममा छन्। विद्यालयको दक्षिणतर्फको भागमा पहिरो गएकाले जोखिम मोलेर शिक्षण गर्नु परेको शिक्षकको गुनासो छ।, 'रातभर निद्रा लाग्दैन, ड्याङडुङ आवाजले झस्काइरहन्छ'
रासस म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन्। विश्वको सातौं (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ।, आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौ जनाको उद्धार भएको छ। थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन्।, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मंगलबार ताकममा ल्याएर छाडेको छ। बुद्धि , प्रकाश, कुमार, वीरबहादुर  र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए। , ‘असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्षात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौं’, उनले भने, ‘हामी पनि चार दिन ठाटीमा भोकै बस्यौं। खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन्।’  , चार जना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ।, उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए।, हिउँमा पुरिएर मरे ४५ घोडा-खच्चड
रासस भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरू भएको आठ वर्ष भयो। निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ। , पुल निर्माण अलपत्र अवस्थामा छ। बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ।  , निर्माणका क्रममा पुल दुईपटक भत्कियो। सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए। पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन। , पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताए।, उनले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गरे। , ‘निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौं’, उनले भने, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौं तर पुल निर्माणले गति लिन सकेन।’, उनले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताए। , पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उनले चेतावनी दिए। , देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताए।, उनले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताए।, देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताए।, यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उनले बताए। पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरूङको भनाइ छ।, चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ। डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०/४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ। चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ।, त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन्। सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपथ्र्यो। तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ। यो बीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ।, सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताए।, उनले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरू गर्न नसकिएको बताए।, ‘भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्‍यो’, उनले भने, ‘यो बीचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन।’, सम्झौता हुँदा पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ। , आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै उच्च अदालतमा परेको रिटहरूमाथि आज सुनुवाई हुँदैछ। , न्यायाधीश टेक प्रसाद ढुंगाना र बिमल सुवेदीको इजलासमा परेको उक्त मुद्दा पेशी सूचीको पहिलो नम्बरमा छ। , यसअघि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।, हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै असोज २ गते न्यायाधीश किरण पोखरेलको इजलासले उनीहरूको जग्गाजमिनमाथि कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको थियो। , यो सँगै अदालतले प्रमाण झिकाउने आदेशसमेत दिएको थियो।, उक्त आदेश निरन्तरता दिने वा नदिने सम्बन्धमा आज दुवै पक्षबीच बहस हुनेछ। दुबै पक्षको बहस सकिएपछि अदालतले अर्को आदेश दिनेछ। , काठमाडौं महानगरले भदौ अन्त्यतिर टुकुचा उत्खनन् गरि सतहमा ल्याउन हात्तिसारक्षेत्रमा डोजर चलाएको थियो। टुकुचा माथि बनेका घरहरूपनि महानगरको डोजरले भत्काएको थियो।, यो पनि हेर्नुहोस्, महानगरको गुण्डागर्दी बन्द गर,- सम्पादकीय, टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, टुकुचामाथिका घरजग्गा भत्काउने निर्णयविरूद्धका रिट न्यायाधीश ढुंगाना र सुवेदीको इजलासमा
सेतोपाटी संवाददाता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजा होटलमा जलेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। , शरीरमा आगो लागेकी २३ वर्षीया युवतीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , यस घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाल छन्। श्रेष्ठ होटलका कर्मचारी हुन् भन् रिजाल मृतककी प्रेमी हुन्।, एसपी मैनालीका अनुसार घटना सोमबार बिहान भएको थियो। युवतीमाथि पेट्रोल अरू कसैले छर्केको हो वा उनी आफैंले छर्केकी हुन् भन्ने खुलिसकेको छैन। , आगो लागेपछि गम्भीर घाइते भएकी युवतीको उपचारको लागि वीर अस्पताल हुँदै कीर्तिपुर लगिएको थियो।, त्यहाँ उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएपछि घटना बाहिर आएको थियो। अस्पतालले प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न रहेको आशंकामा रिजाललाई पक्राउ गरेको हो। यस्तै श्रेष्ठलाई घटनाबारे गुपचुप राखेको आरोपमा पक्राउ गरिएको एसपी मैनालीले बताए।, ‘यसमा ती युवतीको मृत्यु जलेर भएको हो। के भएको थियो अनुसन्धान भइरहेको छ,’ उनले भने।, पक्राउ परेका दुई जनामाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको छ।, काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पनि पाएको छ।,  , क्राउनप्लाजा होटलमा जलेकी युवतीको कीर्तिपुर अस्पतालमा मृत्यु, दुई पक्राउ
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलमा एक जना डाक्टर मृत फेला परेकी छन्।, सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत डाक्टर सुस्मिता पाठक मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोज लामाले जानकारी दिए।, महोत्तरी जलेश्वर नगरपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका-२* इमाडोलस्थित एउटा घरमा उनी डेरामा बस्दै आएकी थिइन्। मंगलबार दिउँसो २ बजेसम्म पनि उनको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।, डिएसपी लामाका अनुसार कोठा भित्रबाटै चुकुल लगाइएको थियो।, खबर आएपछि प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट प्रहरी परिचालन भएको थियो।, ‘प्रहरी, जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो। डाक्टर भुइँमा मृत फेला पर्नुभएको थियो,’ डिएसपी लामाले भने।, उनका अनुसार खाटमा औषधि भरिएको सिरिन्ज पनि फेला परेको थियो। यस्तै मृतकको दायाँ हातको हत्केलामा खाली सिरिन्ज थियो। उनको मोबाइलमा सिरिन्ज हान्दै गरेको भिडिओ पनि खिचेको फेला परेको छ।, डेरामा कुनै सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ।, उनको शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको थियो। पोष्टमर्टमपछि शव मृतकको परिवारको जिम्मा लगाइसकेको परिसरले जनाएको छ।, घटनाबारे पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि थप थाहा हुने लामाले बताए। , सच्याइएको*, इमाडोलको डेरामा मृत फेला परिन् डाक्टर पाठक
सेतोपाटी संवाददाता वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ।, किष्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा थप सुधार आएको निर्देशक प्रा. डाक्‍टर सुरज बज्राचार्यले जानकारी दिए। बुधबार दिउँसो २ बजे स्वास्थ्य बुलेटिन जारी गर्दै उनलाई आइसियूबाट डिलक्स क्याबिनमा सारेको जानकारी दिएका हुन्।, उनलाई डिलक्स क्याबिनमा सारेपनि सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा नर्सिङ सेवा दिएर उपचार गरिरहेको अस्पतालले जनाएको छ।, ‘आजको स्वास्थ्यमा केही सुधार भएको छ। पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्छ।’, उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो। ,  , सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
सेतोपाटी संवाददाता बारामा पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको छ।, बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँस्थित नागिना पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको हो।, जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूको घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। , २५ वर्षीया सुजाता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा र १६ महिने छोरा राजवीर मृत फेला परेका हुन्। स्थानीयका अनुसार गन्हाउँदै गरेको उनीहरूको शव घाँसले छोपिएको थियो।, उनीहरू हराएको भनेर छिमेकीले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाएपछि खोजी गरिहँदा आज उनीहरूको शव फेला परेको हो। , उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय श्रीमान दीपेन्द्रलाई वीरगन्जबाट पक्राउ गरेको एसपी बोगटीले बताए।, ‘परिवार भित्रको सदस्यबाट भएको हुनसक्ने देखिएको छ। मृतकका बुवा भागेको पनि देखिन्छ। वीरगन्जमा सवारी दुर्घटनामा परेर अस्पतालमा भर्ना भएको अवस्थामा हामीले फेला पारेका छौं,’ उनले भने। , उनको नरायणी अस्पतालमा वीरगन्जमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि त्यहीँ रहेको न्युरो अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको अवस्था सामान्य रहेको पर्साका डिएसपी दिपक गिरिले बताए।, प्रहरीको नियन्त्रणमा उनको उपचार भइरहेको छ।, ‘उनले भाग्दै गरेको साइकल चोरीको रहेछ। उसको साथबाट फेला परेको मोबाइल पनि चोरीकै छ,’ डिएसपी गिरिले भने ।, यो घटना पारिवारिक द्वन्द्व, रिसिइबी र झै-झगडाका कारण भएको हुनसक्ने प्रहरीको बुझाइ छ।, उनीहरूको परिवारबीच समय-समयमा झैझगडा भइरहने गरेको पनि खुलेको छ।, मृतक सुजाता माइतीमा बसेर केही दिन अघि मात्रै फर्किएको एसपी बोगटीले बताए। उनी माइतीबाट फर्किन नचाहे पनि यता आएकी थिइन्।, स्थानीयका अनुसार सोमबार दिउँसो मृतक सुजाताकी श्रीमान दीपेन्द्र र उनका छोराछोरी घोंंघी मार्न भन्दै चौरीतर्फ निस्केका थिए। त्यहाँ सुजाता र दीपेन्द्रबीच झगडा परेको वडाध्यक्ष सन्तोष साहले जानकारी दिए।, ‘दीपेन्द्र काम गर्न चाहँदैनथे परिवार चलाउन मुस्किल परेको थियो। श्रीमतीले कमाउन जानु भन्दा पहिले पनि घरमा झगडा परिरहन्थ्यो। झगडाको कारण अन्य घरासयी कारण पनि थियो,’ वडाध्यक्ष साहले भने, ‘घोंघी मार्न गएको बेला पनि विवाद भएपछि दीपेन्द्रले नै तीनैजनालाई गर्दन काटेर मारेको प्रहरीमा बयान दिएको मैले बुझेको छु।’, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।, बारामा एकै परिवारका मृत फेला परेका तीन जनाको हत्या भएको खुलासा, श्रीमान पक्राउ
सेतोपाटी संवाददाता बारामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।, बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँमा एकै परिवारका तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।, गाउँको नागिना पोखरी किनारमा उनीहरू मृत फेला परेको एसपी बोगटीले बताए।, २५ वर्षीया सुजाता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा र १६ महिने छोरा मृत फेला परेका हुन्।, खबर आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। अहिले एसपी बोगटी पनि जाँदै गरेको बताए।, उनका अनुसार मृतकहरू हिजोदेखि हराइरहेका थिए।, ‘पोखरी किनारमा फेला परेको छ। घटना हिजो नै भएको जस्तो देखिन्छ,’ उनले भने, ‘छिमेकीले उनीहरू हराएको भनेर खबर आएको थियो। खोजी गर्दै थियौं, आज शव फेला पर्‍यो।’, प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।, बारामा एकै परिवारका तीन जना मृत फेला
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, आउँदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार दुवैतर्फ दर्ता भएका जम्मा उम्मेदवार ६ हजार दुई जना छन्। , यसमध्ये पुरुष ५ हजार ४ सय ६९ जना छन् भने महिला ५३२ जना। बाँकी एक जनाको भने लैंगिक पहिचानमा अन्य लेखिएको छ। , ती एक जना हुन् महेन्द्र साह तेली। , मधेश प्रदेश, सर्लाही जिल्लाको क्षेत्र नम्बर २ (ख) मा नेपाल जनता पार्टीका तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएकी साह पारलैंगिक महिला हुन्। उनको नागरिकतामा नाम पुरुषको छ, लैंगिक पहिचानमा 'तेस्रो' लेखिएको छ। , आयोगको अहिलेसम्मको तथ्यांकअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी एक मात्र उम्मेदवार हुन् उनी।, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका निम्ति आवाज उठाउनै आफूले उम्मेदवारी दिएको उनले बताइन्।, 'आफ्नो समुदायको बारेमा कुनै राजनीतिक दलहरूले आवाज उठाएका छैनन्। त्यसैले अब म बोल्छु भनेर उठेकी हुँ,' ५९ वर्षीय साहले सेतोपाटीसँग भनिन्।, सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ की स्थायी बासिन्दा साहको जन्म छोराका रूपमा भएको थियो। परिवार शिक्षित नै भएकाले बाल्यवस्था ठिकठाक बित्यो।, सानो छँदा उनको स्वभावमा खासै अन्तर देखिएन। हुर्किँदै जाँदा आफ्नो स्वभाव महिलाको जस्तो बन्दै गएको उनले बताइन्।, 'पाँच कक्षा पढ्दै गर्दा ममा महिलाको स्वभाव देखिन थालिसकेको थियो। कक्षामा शिक्षकले समेत गाली र बेइज्जती गर्न थाले,' उनले भनिन्, 'कक्षामा सबैले विभिन्न उपनाम दिएर जिस्काउँथे। मानसिक तनाव बढ्थ्यो।’, आफूभित्रको पहिचानलाई चिन्ने संघर्ष चलिरहेका बेला उनलाई तनावले घेर्‍यो। स्कुल जान मन लाग्न छाड्यो। अनि पाँच कक्षा पढ्दापढ्दै उनले स्कुल छाडिदिइन्।, 'म अरू केटाभन्दा अलग भएकै कारण, मेरो स्वभावकै कारण स्कुलमा मलाई राम्रो व्यवहार भएन। अनि स्कुलको त्यो वातावरणकै कारण म जानै छाडेँ,' उनले भनिन्, 'अब पहिचानकै कारण कसैले पनि पढाइ छोड्न नपरोस् भन्ने मलाई लाग्छ।', साहका अनुसार उनी हुर्किरहेको समयमा, उनको गाउँमा पारलैंगिक भन्ने थाहा भएपछि समाजले हेला गर्थ्यो। परिवारका सदस्यलाई पनि उनीहरूजस्ता व्यक्तिलाई घरमा नराख्न भनेर दबाब आउँथ्यो। त्यसैले उनको परिवारले उनलाई 'किन्नर समाज' को साथ लगाएर भारत पठाइदियो।, सामान्य भाषामा भारतमा किन्नर समाज भन्नाले बाजा बजाएर, गीत गाउँदै, नाचगान गर्दै बच्चाको जन्म भएको अवसर र अन्य उत्सवहरूमा आशीर्वाद दिनेहरू यौनिक तथा लैंगिक अलपसंख्यक समुदायका व्यक्तिहरूको समूहलाई बुझिन्छ। यस्तो समूहमा प्रायः आफ्नो जन्मको पहिचानभन्दा अलग पहिचान भएका व्यक्तिहरू हुन्छन्। , साहले भारतमा यसरी नै काम गरेर बीस वर्ष बिताइन्। अरूको भलो होस् भन्दै आशीर्वाद दिने काममा उनीहरू पैसा, लत्ताकपडा, चामल लगायत पाउँथे।, 'बीस वर्षसम्म मैले भारतमा धेरै दुःख भोगेँ। त्यसपछि भने यसरी हुँदैन, आफ्नो अधिकारका लागि मैले पनि बोल्नुपर्छ भनेर नेपाल फर्किने निर्णय गरेँ,' उनले भनिन्।, नेपाली समाज दुई दशकमा धेरै फेरिसकेको थियो। तर उनी र लैंगिक तथा अल्पसंख्यक समुदायका अरू व्यक्तिहरूलाई त्यति धेरै सहज थिएन।, उनी भारत जाँदा पुरुष हुलियामा गएकी थिइन्, फर्किँदा महिला हुलियामा आइन्। उनले आफ्नो भन्ने नाम पनि फेरेकी थिइन्- महेन्द्र साहबाट राधा मौसी।, 'पहिला केटाको हुलियामा गएकी म पछि गाउँ फर्किँदा केटी बनेर आएँ,' उनले भनिन्।, पारलैंगिक महिला राधा मौसी बनेर आएकी उनले आफ्नो पहिचान छिमेकीहरूसँग बाँड्न थालिन्। सुरूमा उनलाई धेरै गाह्रो भएको थियो। समाजले सहजै पचाएन। तर अनेकन हन्डर खाइसकेकी साह हच्किनन्। उनी लागिरहिन्। आफ्नो समुदायको अधिकारका लागि बोल्दै हिँडिन्। हिंसामा परेका महिलाका लागि आवाज उठाउन थालिन्। त्यसपछि बल्ल उनलाई समाजले स्वीकार गर्दै गयो। सामान्य व्यक्तिसरह व्यवहार गर्न थाल्यो।, 'त्यसपछि मैले मेरो पारलैंगिक पहिचानसहितको नागरिकता पनि बनाएँ,' उनले भनिन्, 'नाम भने पुरुषकै छ।', तर नाम पुरुषको जस्तो मात्र न हो, उनी आफूलाई महिला भनेर चिनाउँछिन्। र उनले आफूलाई जे भन्न रूचाउँछिन्, त्यो नै उनको वास्तविक पहिचान हो।, भारतबाट फर्केयता उनले निरन्तर आफ्नो, लैंगिक तथा अल्पसंख्यकको र अरू समुदायका लागि पनि आवाज उठाइरहेकी छन्। उठाइएका आवाज सधैं सुनुवाइ हुँदैनन्। सुनुवाइ भए पनि कार्यान्वयन हुँदैनन्। साहले पनि यस्ता थुप्रै अवस्था भोगिन्।, 'समुदायको लागि आवाज उठाए पनि कार्यान्वयन नहुँदा म निराश हुन्थेँ। केही गर्न नसकेको जस्तो लाग्थ्यो,' उनले भनिन्।, यही निराशालाई आशामा बदल्न उनले राजनीतिमा प्रवेश गर्ने सोच बनाएकी हुन्। उनको सोचलाई परिवार र छिमेकीले पनि साथ र हौसला दिएको उनी बताउँछिन्।, सुरूमा उनी कुनै पनि पार्टीमा आवद्ध थिइनन्। उनले स्थानीय चुनावमा स्वतन्त्र मेयरको उम्मेदवारी दिएकी थिइन्। उनका प्रतिस्पर्धीले १७०० भोटले उछिने।, 'मैदानमा आउन सक्नु नै मेरो ठूलो जीत हो। हारजीत त भइहाल्छ। तर मैले मेरो पहिचानसहित अघि बढेँ। म र मजस्ता साथीहरूको पहिचानलाई समाजले अझै तल पारेको छ,' साहले भनिन्।, पारलैंगिक महिला भएकै कारण उनले आफ्नो जीवनमा धेरै तीता अनुभव गरेकी छन्। त्यस्ता धेरै समस्यामा उनले थोरैसँग मात्र लडेर जितेकी छन्। राजनीतिमा लागेपछि मात्र समुदायको अधिकारका लागि आवाज बुलन्द बनाउँदै व्यावहारिक रूपमा पनि लागू गर्न सकिने विश्वास उनलाई छ।, 'त्यसैले मैले राजनीतिमै यात्रा सुरू गरेकी हुँ,' उनले भनिन्।, पहिचानकै कारण स्कुल छाडेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि पढ्ने वातावरण बनाउने, पहिचानसहितको नागरिकता दिलाउने, दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउने, न्यायालयमा बराबरीको अधिकार लागू गर्ने, अन्य समुदायलाई जसरी समानुपातिक अधिकार दिलाउने जस्ता कुरालाई उनले राजनीतिक यात्रामा पूरा गर्ने सपना बोकेकी छिन्।, भन्छिन्, 'सपना त छ। अब यही समुदायको विश्वास र आश पनि छ। चुनावमा जितेँ भने यी सपना साकार पार्नेछु।', यी पनि पढ्नुहोस्ः , जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग', घरगाउँ गएर आफ्नो कथा सुनाउने सपना छ', जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्‍यो, पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी, हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान, ६ हजारमा 'एक' महेन्द्र साह
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानूमान गरेको छ। , जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले बुधबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए।, वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिए पनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे।, वर्षात् सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको  भनाइ थियो।, वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘अहिले तत्कालै आज भोलि नै मौसम बाहिरिने सम्भावना छैन। तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ। अब हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाहिँ मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं। बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा। अब धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन। मनसुन पछाडिका अरू समयमा पनि त्यस्ता खालको मौसमी गतिविधि हुन सक्छ। त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तन नसक्ने भन्ने चाहिँ होइन।’, विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ? भन्नेबारे हिउँद याम सुरू हुनुअघि नै जानकारी दिने पनि बताएको छ।, वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए।, उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ? भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए।, वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘भर्खर मौमस सकिँदैछ अहिले। जल तथा मौसम विज्ञान विभागले अब आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाहिँ हामीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं। हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं।’, विभागले मौसमी अवस्थाबारे २४ घण्टा नै सेवा दिइरहने गर्दछ।, अर्को हप्तासम्म मौसमी वर्षा कायमै रहने
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।, १ हजार ७२३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ७४३ जनाको पिसिआर र ९८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५९८ जना सक्रिय संक्रमित छन्।, २२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ५१ कोरोना संक्रमित
नवीनबाबु गुरूङ हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ। तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ।, बोलाछेँ, ठिमी, ब्यासी, पोटरी स्क्वायरलगायत स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा, पालाचा (पाला) बनाइँदै गरेको देख्न सकिन्छ।, काठमाडौं उपत्यकामा माटोका सामानको लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वायरका कुमालेहरूलाई भ्याइनभ्याई हुन थालेको छ।, पालाको व्यापार तिहारमा अत्यधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले पोट्री स्क्वायरका प्रायः सबै कुमाले भाँडा बनाउन व्यस्त छन्।, दीयोको प्रयोग तिहारमा मात्र हुने होइन। बाह्रै महिना खपत भइरहन्छ, तिहारमा अलिकति माग बढ्नेमात्र हो। त्यही भएर बजारमा जतिसुकै झिलिमिली बत्ती आए पनि दीयोको माग नघट्ने व्यवसायीहरू बताउँछन्।, तिहारमा मात्र एक जनाले राम्रोसँग पाला बनाएर बेचे ५०-६० हजारसम्म कमाउने गरेको व्यवसायीको अनुभव छ। तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको छ।, पाला बनाउन झ्याउ हुने र पैसा कम आउने भएकोले धेरै कुमालेहरूले पालाभन्दा अरू चिज बनाउनतर्फ लागिसकेका छन्।, माटोको भाँडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले बिस्तारै यो पेसा छोड्दै गएका छन्।, व्यवसायीहरूका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने गरेको छ।, दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्षयता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।, सुरक्षाको दृष्टिकोणले समेत  पाला उत्तम मानिने गरिन्छ। आगलागी नहुने भएकाले माग बढेको जानकारहरू बताउँछन्।  , तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामग्रीको माग उच्च हुने गरेको छ।, भक्तपुरमा यसरी बनाइँदै छ पाला (तस्बिरहरू)
सेतोपाटी संवाददाता हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। , आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, आज राति प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , भोलि शुक्रबार र शनिबार प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। , मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ। , नेपालमा उत्तर प्रदेश आसपासको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, यस्तो छ आजको मौसम
दुर्गा देवकोटा/रासस कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो। , ‘घरभरि झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियौ’, श्यामले भने, ‘श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ।’, घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सकेनन्। बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ। ‘असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्नथाल्यो’, श्यामले भने, ‘जीवन अस्तव्यस्त भएको छ। बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ। त्रासैत्रासमा घर सफा गर्न थालेका छौँ। अब जस्तो भए पनि घरमै बस्छौँ।’, टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उनको घरमा पनि सर्प देखियो। ‘घर वरिपरि पानी बगिरहेको छ। घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो। घरभित्र झारपात, हिलो र बालुवा मात्र छ’, धनाले भनिन्, ‘सारा फोहोर घरभित्र र बस्तीमा आएको छ। जताततै गन्हाएको छ। सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन्।’ , प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ। टीकापुर ७ का अनु धामीको घरभित्र दुई किसिमका सर्प देखिए। ‘बाहिर जलमग्न भएपछि हाम्रो घरभित्र सर्प देखिए, माटोको घर हिलाम्मे भएका छन्। त्यसैमाथि किरा फट्याङ्ग्राको पनि त्रास बढेको छ’, उनले भनिन्, ‘मौसमअनुसार वर्षा सकिने समय भएको छ तर यहाँ साउन, भदौजस्तै बस्ती जलमग्न छन्। लामखुट्टे पनि उस्तै छन्।’, बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ। भजनीकी धनादेवी विक बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गर्नुहुन्छ। , ‘बस्तीमै स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्छ। यसका साथै हामीलाई घर सरसफाइका लागि हातमा लगाउने पञ्जा, खुट्टामा लगाउने बुटजस्ता सामान सहयोग भएको भए सहज हुन्थ्यो’, उनले भने, ‘बाढीले फोहोर थुप्रिएका घर सफा गर्न निकै कठिन छ। कतिपयका घरमा पुरुष छैनन्, महिला, बालबालिकामात्र छन्, उनीहरुले कसरी सफा गर्नु?’, लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन्। घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ। जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्छ। यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाहले बताए।, ‘झुल लगाएर सुत्ने गर्नुपर्छ। पानीले दुलो भरिएर सर्प बाहिर आउने भएकाले घरभित्र सुरक्षित ठाउँ खोज्न पस्छन्, यस्तो बेला सर्पदंशका घटना हुनसक्छन्’, डाक्टर शाहले भने, ‘अस्पतालमा पानी पर्ने समयमा सर्पदंशका बिरामी आउँछन्। यसपटकको वर्षापछि तीन जना सर्पदंशका बिरामी आएका थिए।’, सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनी सल्लाह दिन्छन्। ‘घर भिजेकाले सर्प घरको धुरीवामाथि सुरक्षित ठाउँमा हुनसक्छन्’, उनले भने, ‘अनिवार्य झुल लगाएर सुत्ने, आफ्नो स्वास्थ्यको आफैँले ख्याल गर्ने गर्नुपर्छ।’ , बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास
सेतोपाटी संवाददाता अस्वस्थ भएर अस्पतालमा उपचाररत शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। , किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जानकारी दिएका छन्।, उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेका छन्। ‘उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा उहाँलाई डिलक्स क्याविनमा सिफ्ट गरी सधन उपचार कक्ष (आइसीयू) सरहकै सुक्ष्म निगरानीमा नर्सिग तथा मल्टीडिसिप्लिनरी केयरसहित उपचार गरिएको छ’, अस्पतालद्वारा जारी गरिएको बुलेटिनमा भनिएको छ।, जोशीको पछिल्लो समयमा देखिएको निमोनियाको संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको उपचारसमेत जारी राखिएको छ।  खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् कोर्स निरन्तर दिइनुपर्ने देखिएको अस्पतालले जनाएको छ।, स्वास्थ्यमा समस्या आएपछि १९ दिनदेखि उनको अस्पतालमा राखेर उपचार गरिएको छ।,  , शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
नवीनबाबु गुरूङ बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।, अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो।, असोज २० गते काठमाडौं ओर्लिएलगत्तै पक्राउ परेका लामिछानेलाई प्रहरीले हतकडी लगाएर प्रहरी कार्यालय पुर्‍याएको थियो। , आज म्याद थपका लागि अदालतमा उपस्थित भएका सन्दीपको हातमा हतकडी थिएन। उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। , गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। , अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।, हेर्नुहोस् अदालतमा उपस्थित सन्दीपका तस्बिरहरू, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू)
नवीनबाबु गुरूङ जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। , बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए।, असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो।, गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। , अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।, उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।,  ,  ,  ,  , सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। , नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।, गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। , गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। , अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।, उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ।, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।, सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।, ‘उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ। त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’, सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए।, ‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उनले भने, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’, त्यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पुर्‍याउन पनि वकिलहरूले माग गरेका छन्।, गत बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे पनि दसैं बिदाका कारण अदालत बन्द थियो।, प्रहरीले त्यही दिनदेखि लागू हुनेगरी १० दिनको म्याद माग गरेको पनि घिमिरेले बताए।, ‘सन्दीप एक व्यक्ति मात्रै नभएर संस्थासमेत भएकाले हामीले यस मुद्दालाई फास्ट ट्रयाकमा लग्नुपर्छ भनेर माग गरेका थियौं। एकतर्फको अनुसन्धान सकिसकेको छ। अब सन्दीपको बयान लिन धेरै समय लाग्दैन,’ घिमिरेले सेतोपाटीसँग भने, ‘प्रहरीले पक्राउ परेको दिनदेखि १० दिन हिरासतमा राख्न अनुमति माग्नुभएको थियो। त्यसमा अब्जेक्सन गरेका थियौं। पक्राउ परेको दिनदेखि भनेको हुँदा हामीले केही भनेनौं। सात दिनको म्याद दिनुभयो।’, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। लामिछानेले इजलासमा त्यसको प्रतिकार समेत गरेका छन्।, आफैंले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएको वकिल घिमिरेले बताए।, ‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ सन्दीपको भनाइ उदृत गर्दै घिमिरेले भने, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भन्नुभयो।’, लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन्।, सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई फेरि सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ।, बिहीबार बिहान आइसियूमा सारेको किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।, ‘जोशी ज्यूको अक्सिजन स्याचुरेसन लेभल कमी भएकाले आज सघन कक्षमा सिफ्ट गरियो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।, स्वास्थ्यमा केही सुधार आएपछि अस्पतालले बुधबार आइसियूबाट डिलक्स क्याबिनमा सारेको थियो। तर फेरि अक्सिजन स्याचुरेसन लेभल कमी भएकाले उनलाई आइसियूमा सारिएको हो।, निमोनिया संक्रमण र मुटुको चालसबन्धी समस्या भएकाले उनलाई एन्टिबायोटिक्स दिइरहनुपरेको डाक्टर बज्राचार्यले बताए।, उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो। ,  , अक्सिजन लेभलमा कमी आएपछि सत्यमोहन जोशीलाई फेरि सारियो आइसियूमा
रासस चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ।, आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बंगुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो।,     , चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैंडा मरेको हो। सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए।, कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको जानकारी दिए।, बंगुर फार्ममा नांगो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए। यो आर्थिक वर्षमा यससँगै दुई गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार छ सय ९४ गैंडा छन्।, करेन्ट लागेर गैंडाको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।, १ हजार ७८६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ७२५ जनाको पिसिआर र एक हजार ६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ६२२ जना सक्रिय संक्रमित छन्।, २१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ५१ कोरोना संक्रमित
सेतोपाटी संवाददाता अन्नपूर्ण फेरो पदमार्गमा गएका एक अमेरिकी पदयात्रीको चिप्लिएर मृत्यु भएको छ।, मनाङको दानाक्यु र तिमाङको बीचतिर चिप्लिएका अमेरिकी नागरिक पल जोसेफको मृत्यु भएको मनाङ प्रहरी प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए। , उनका अनुसार जोसेफसहितको टोली मनाङको विकट मानिने नार गाउँ पुगेर काठमाडौं फर्कने क्रममा थियो। चिप्लिएर बाटोबाट केही तल खसेर घाइते भएका जोसेफको प्रहरीले उद्धार गरेर लमजुङको बेसीसहरस्थित जिल्ला अस्पताल पठाएको थियो।, मौसम खराबीका कारण हेलिकप्टर जान नसकेपछि एम्बुलेन्समा राखेर उनलाई बेसीसहर पठाएको थियो। , बेसीसहरस्थित लमजुङ अस्पतालका चिकित्सकले जोसेफलाई आइतबार राति मृत घोषणा गरेको डिएसपी केसीले जानकारी दिए।, मनाङमा चिप्लिएर बिते अमेरिकी पदयात्री
सेतोपाटी संवाददाता तास खेल्दा हारजीत भएको विषयलाई लिएर उत्पन्न विवादका कारण ज्यान गुमाएका नवीन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , झापा जिल्ला प्रहरीले उनीहरूलाई असोज २० गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।, प्रहरीका अनुसार अर्जुनधारा-११ मा रहेको 'ताप्लेजुङ इलाम होटल' का सञ्चालक, कर्मचारी र उनकी श्रीमतीलाई नवीन्द्रको हत्या आरोपमा पक्राउ गरिएको छ।, इलाम-९ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी (होटल सञ्चालक), पाँचथरको फिदिम नगरपालिका–१२ घर भएका २१ वर्षीय अमृत आचार्य (होटलका कर्मचारी) र पाँचथरकै फालेलुङ गाउँपालिका- ७ घर भएकी आचार्यकी श्रीमती बिमला राईलाई प्रहरीले सार्वजनिक गरेको हो।, प्रहरीका अनुसार गुरुङको हत्या हुँदासम्म बिमला सोही होटलमा थिइन्। घटनापछि उनी भागेर पाँचथर गई लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।, ताप्लेजुङको सिदिम्बा गाउँपालिका-४ सुरुमखिम घर भएका नवीन्द्र अर्जुनधारा–११ बसपार्क क्षेत्रमै बस्दै आएका थिए। इन्द्रबहादुर, अमृत र फरार अर्का एक जनासहितले २५ वर्षीय नवीन्द्रमाथि लोहोरो र चक्कु प्रयोग गरेका थिए। मरणासन्न अवस्थामा पुगेका नवीन्द्रलाई पछि नजिकैको सडक किनारमा लगेर फालिदिएको प्रहरीले जनाएको छ।, गत असोज १७ गते (दसैंको महाअष्टमीका दिन) इन्द्रबहादुरको होटलको पहिलो तलामा मादक पदार्थ सेवन गरी तास खेलिरहेका उनीहरूबीच हारजीतको विषयमा विवाद बढेको थियो। विवादले चरम रूप लिँदा हत्याको अवस्थासम्म पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए।, उनका अनुसार विवाद बढ्दै गएसँगै इन्द्रबहादुर, अमृत र अर्का एक व्यक्तिले नवीन्द्रलाई मसला पिस्न प्रयोग गरिने लोहोरो र चक्कु प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। घटना ढाकछोप गर्न अर्धचेत अवस्थाका नवीन्द्रलाई उनीहरूले बोकेर नजिकैको खाली जमिनको सडक किनारमा फालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।, घटनाबारेमा प्रहरीले असोज १८ गते बिहान थाहा पाएको थियो।, सुरूमा स्वाभाविक मृत्यु हो कि भने जस्तो देखिए पनि मृतकको पछाडिपट्टि चोट देखेपछि हत्या भएकोतर्फ प्रहरीले आशंका गरी अनुसन्धान सुरू गरेको थियो।, सोपश्चात प्रहरीले मृतकका साथमा रहेको मोबाइल कलका आधारमा घटनाका दोषी पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरले जानकारी दिए।, घटनामा संलग्न एक जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।, हत्या आरोपमा तीन जना पक्राउ
सेतोपाटी संवाददाता व्यवसायी सुरजराज पाण्डेले आउँदो मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।, उनले काठमाडौं क्षेत्र नम्बर १ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।, उनले आइतबार काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयपत्र दर्ता गराएका थिए। , उनी व्यवसायी मात्रै नभएर सामाजिक अभियन्ता समेत हुन्। उनी ‘फाइब्रो’ नामको कपडा ब्रान्डका संस्थापक हुन्। , सुरजराज पाण्डेको काठमाडौं क्षेत्र नम्बर १ (ख)मा उम्मेदवारी
सेतोपाटी संवाददाता डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ।, देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो।, उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।, ‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ।, डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीमाथि आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने बताए।, शेरबहादुर देउवाविरूद्ध उजुरी
सेतोपाटी संवाददाता दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो।, प्रहरीका अनुसार घटना मंगलबार बिहान सवा ५ बजेको हो।, काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो।, घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन्। उनीहरूको टाउको, गोडा लगायत विभिन्न शरीरमा चोट लागेको थियो। अहिले उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।, एसएसपी भरत बोहराका अनुसार उनीहरूको स्वास्थ्यमा सुधार आएको छ।, पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, बिनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा छन्।, यस्तै, प्रहरीले मोटरसाइकल भाडामा दिने व्यक्तिलाई पनि पक्राउ गरेको छ। चाबहिल बस्ने २६ वर्षीय करण डंगोल पनि पक्राउ परेका छन्।, उनलाई यस घटनाबारे जानकारी भए/नभएकोबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।, ती दुई बाउन्सर आफ्नो काम सकेर मंगलबार बिहान गल्कोपाखास्थित डेरामा फर्किंदै थिए। त्यही बेला उनीहरूलाई दोर्जे लामा लगायतको समूहले चार वटा मोटरसाइकलमा पछ्यायो।, बाउन्सरहरू कोठा नजिकै पुगेपछि एक्कासि आक्रमण गरेको एसएसपी बोहराले जानकारी दिए।, कुटपिट गरेर फरार भएको खबर पाएपछि प्रहरीले बाउन्सरको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।, उक्त समूहले ती बाउन्सरको हत्या नै गर्ने योजना बनाएर पिछा गरेका थिए।, यस घटनामा परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त लैनचौरबाट टोली परिचालन गरिएको थियो।, प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी कार्यालय दोलखा समेतको सहयोगमा आरोपीहरूलाई पक्राउ गरिएको एसएसपी बोहराले बताए।, प्रहरीले घटनामा प्रयोग भएका तीन वटा खुकुरी, घटनास्थलमा फेला परेका इँटा र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ।, एसएसपी बोहराका अनुसार यो घटना रिसिइबीका साँध्न भएको खुलेको छ।, यो घटना हुनुअघि भदौ २२ गते राति क्लब प्लाटिनममा दुई पक्षबीच झडप भएको थियो। जसमा ६ जना घाइते समेत भएका थिए।, ‘त्यतिबेला पार्टी गर्दागर्दै दुई पक्षबीच झडप भएको थियो। बाउन्सरले छुटाउन खोज्दा उनीहरूलाई पनि हिर्काए। फेरि बाउन्सरले पनि उनीहरूलाई हिर्काएका थिए। त्यतिबेला भएको झडपको रिसिइबी साँध्नलाई उनीहरूले बाउन्सरको हत्या गर्ने प्रयास गरेको देखियो,’ एसएसपी बोहराले भने।, यस घटनामा मुख्य योजनाकार दोर्जे हुन्। बाइक मिलाउनेदेखि कुटपिट गर्ने व्यवस्था मिलाउने समेतको काम उनैले गरेको बोहराले बताए।, ‘योजना सबै उनले बनाए पनि उनी घटनास्थलमा पुगेका थिए/थिएनन् भन्ने बुझ्ने काम भइरहेको छ,’ उनले भने।, उनीहरूमध्ये एक जना त पहिले १० वर्ष जेल बसेर आएको समेत खुलेको छ।, दीपेन लामा डाँका मुद्दामा १० वर्ष जेल बसेर तीन वर्षअघिमात्रै जेलबाट छुटेका व्यक्ति हुन्।, पक्राउ परेका उनीहरूमाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको परिसरले जनाएको छ। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ।, रिसिइबी साँध्न क्लब प्लाटिनमका दुई बाउन्सरको हत्या प्रयास, आठ पक्राउ
विनोद सापकोटा पूर्व–पश्चिम राजमार्गको कनकाई पुलमा खाल्डाखुल्डी हुँदा दुर्घटना जोखिम बढेको छ।, झापाको कनकाई नदीको पुलको दर्जन बढी ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। खाल्डा परेको कतिपय ठाँउमा रड ठाडा परेर दुर्घटना हुन थालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ।, प्रहरीका अनुसार दसैं अवधिमा मात्र कनकाई पुलमा ११ वटा दुर्घटना भए। एक जना घाइते अझै सिकिस्त रहेको बिएन्डसी अस्पताल बिर्तामोडले जनाएको छ।, पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको सवारीचालक रामबहादुर दाहालले बताए।, खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कार लगायतका साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।, कार्यालयले खाल्डा पुर्न नियामक निकाय सडक विभाग, स्थानीय पालिका, प्रशासन लगायतसँग दसैंअघि नै कुरा गरेको जनाएको छ। तर हालसम्म खाल्डा जस्ताको तस्तै रहेको बताएको छ।, तीव्र गतिमा गुडाइने मोटरसाइकल लगायत अन्य सवारी खाल्डोमा परेर उछिट्टिने डर हुन्छ। यो अवस्थामा चालकले धेरै ख्याल गरेर सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोक जवेगुले बताए।, ‘कनकाई पुलमा डरलाग्दा खाल्डाखुल्डी छन्। जोगिएर सवारी साधन चलाउनुहोस्,’ उनले सवारी चालकहरूलाई सुझाव दिए।, डिभिजन सडक कार्यालय दमकले पुलको माथिल्लो भागको कालोपत्रे र जोर्नी जीर्ण भएकाले मर्मत हुने बताएको छ। दसैं बिदाका कारणले ढिला भएको र अब चाँडै मर्मत हुने दाबी कार्यालयले गरेको छ।, पुलमा डरलाग्दा खाल्डाखुल्डी, दसैं अवधिमा मात्र ११ वटा दुर्घटना
रासस कुल २८ लाख ५६ हजार भारतीय नोटसहित वीरगन्जबाट तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाएको छ।, पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।, पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।, २८ लाख भारूसहित तीन महिला पक्राउ
रासस विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ।, महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको एक सय दिनभित्र नक्सा पेस गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ।, 'विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सूचना प्रकाशित भएको मितिले सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायलाई अनुरोध छ,' महानगरको सूचनामा भनिएको छ, 'तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने ब्यहोरा सूचित गरिन्छ।', महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर नागेश कोइरालाले बताए।, राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिँदै उनले भने, 'हामीले सय दिने सूचना जारी गरेका छौं। सूचनाअनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ।', महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीन/चार तलेसम्म बनाएको पाइएको बताए। उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो।, यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ।, घर र भवनको नक्सा पास गर्न विराटनगरले दियो १ सय दिन
रासस मनाङबाट आन्तरिक तथा बाह्य पर्यटक गरी ८२  जनाको उद्धार गरिएको छ।, मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।, अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए।, हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उनले बताए।, ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।, बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।, गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।,  , मनाङमा अलपत्र परेका ८२ जनालाई हेलिकप्टरबाट उद्धार
नवीनबाबु गुरूङ दसैं भर्खरै सकिएको छ। चाडवाडसँगै वर्षायाममा लगाएको धानबाली पाकेर भित्र्याउने बेला हुँदै गर्दा किसानहरूमा यति बेला अर्को उत्साह थपिएको छ। , धानबाली पाकेर पहेँलै खेत हुँदा मौसमले भने किसानहरूलाई खासै साथ दिएको छैन। पाकेको धान काटेर भित्र्याउने बेला झरी पर्दा बाली खेतमा लत्रेको छ। मौसमकै कारण किसानहरूमा धान सम्हाल्ने चटारो थपिएको छ।, तैपनि कतिपयले ओभानो ठाउँको धान उठाउन थालेको देखिन्छ।, ललितपुरको भैंसेपाटी नजिकै रहेको खेतमा सोमबार यस्तै दृश्य देखियो। फाँटहरू पाकेको धानले सुन्दर देखिएका थिए।, किसानहरू पहेँलो धानखेतका बीचमा थिए। कोही धान काट्दै त कोही ढलेको धान हिलोबाट बचाउन उठाउँदै गरेका।, केही किसान ओभानो ठाउँको धान झाट्दै थिए भने कोही केलाउँदै। केही किसान धान बोकेर घर लैजाँदै थिए। कोही भने धानको बाला सम्हाल्दै।, हेरौं केही तस्बिरहरूः, किसानहरूलाई धान सम्हाल्ने चटारो (तस्बिरहरू)
सेतोपाटी संवाददाता हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। , प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , भोलि बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , यस्तै बिहिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै, यस्तो छ आजको मौसम
रासस हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ।, ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।, गत आइतबार राति आएको पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।, पहिरामा परेर पाँच घाइते भएका छन्।, घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन्। घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ।, पहिरोमा पुरिएर हुम्लामा एकै परिवारका चार जनाको मृत्यु
रासस चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ।, खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको हो।, छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।, उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो।, मौसमका सुधार नआएपछि हेलिकोप्टर पुन: सुर्खेतमै फिर्ता भएको थियो।, मौसम खराब हुँदा हेलिकप्टर आउन सकेन, गर्भवतीको मृत्यु
रासस ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो।, जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए।, लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले जानकारी दिए।, पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन्।, फरार रहेका एक जनाको खोजी जारी रहेको डिएसपी राईले जानकारी दिए।, उनीहरूबाट बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैचीलगायत सामग्री) पनि प्रहरीले सार्वजनिक गरेको छ।, मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा रु ११ लाख ६३ हजार २५० लुटपाट भएको उल्लेख गरिएको छ।, यसैगरी हाल सुनको बजारभाउअनुसार रु तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन्।, पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए।, ‘सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौं, अनुसन्धान हुन्छ,’ उनले भने।, आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए।, लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ। उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौंस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।, आरोपितविरूद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद
रासस राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन्।, कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत् उनको स्वास्थ्यमा सुधार आएपछि आज मध्यान्ह १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। , 'उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो', उनले भने, 'राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य छन्।' , यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रूघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो।, त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो। उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो।, राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज
सेतोपाटी संवाददाता गरिब बिरामीको उपचारका लागि ओमकुमारी शान्ति कोषले स्थापना गरेको अक्षय कोषका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले ४० लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको छ।, मंगलबार बेनी बजारमा आयोजित कार्यक्रममा मोनाका अध्यक्ष कर्ण पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।, हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवी प्रकोपमा राहतस्वरुप करिब ३ करोड रूपैयाँ सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए।, कार्यक्रममा कोषका महासचिव लोकबहादुर पुनले ओमकुमारी शान्ति कोषका गतिविधिबारे जानकारी गराएका थिए। वि.सं. २०७१ मा स्थापना भएको कोषले गरिब बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ। उसले हालसम्म २६५ जनाको उपचार गरिसकेको छ। , रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, बेनी नगरपालिकाका प्रमुख सुरत थापा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, कोषका अध्यक्ष शाक्यलगायतले जिल्लाको विकासमा मोना हङकङले पुर्‍याएको योगदानको तारिफ गरेका थिए।, धौलागिरि पदयात्राको तयारीमा मोना हङकङको टोली। तस्बिरःसेतोपाटी, यसैबीच मोनाले धौलागिरि चक्रिय पदमार्गको प्रवर्द्धन गर्ने भएको छ। मोना हङकङका अध्यक्ष कर्ण पुनको नेतृत्वमा बुधबारदेखि एउटा टोली त्यसतर्फ प्रस्थान गर्दैछ। उनीहरू बेनीबजारबाट मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरि बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कनेछन्। , ‘हामी धौलागिरि पदमार्ग प्रवद्र्धनका लागि पदयात्रामा निस्कँदैछौं’, पुनले भने, ‘आफ्नो मातृभूमिको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य अवलोकन गरेर हामी यसको व्यापक प्रचार गर्नेछौं। हाम्रो अभियानबाट प्रेरित भएर अरुलाई पनि पदयात्रा गर्न प्रोत्साहन मिल्नेछ।’, पदयात्रा टोलीमा अध्यक्ष पुनसहित उनकी जीवनसाथी मनु पुन, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरि, उनकी जीवनसाथी सुनिता पूर्जा पुन, सचिव जेबेन्द्र फगामी उनकी जीवन साथी मन्दिरा फगामी, सल्लाहकार राजु गर्बुजा पुन, उनकी जीवनसाथी देवामाया पुन र पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर, उनकी जीवन साथी लक्ष्मी थापा मगर सहभागी छन्। साथै तीन जना पत्रकार पनि पदयात्रामा जाँदैछन्।, गरिबको उपचार गर्न मोना हङकङको ४० लाख रूपैयाँ सहयोग
रासस बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलकी पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। , उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगी संक्रमणको अर्को चिन्ताले पिरोलेको छ।, 'चिसो भुइँमा एउटा ओछ्याउन लगाउँछिन्, अनि सुत्छिन् त्यसपछि लामखुट्टेले उनलाई सुत्नै दिँदैन। रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ। उनी भन्छिन्- लामखुट्टेले सुत्न दिँदैन।, अर्की बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगी संक्रमणको जोखिममा छिन्।, उनले भनिन्, 'घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु।', उनीहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेंगीको जोखिममा परेका छन्। , नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन। यतिबेला उनको घर डुबिसकेको छ।, 'घरबाट केही सामान ल्याउन पाइएन', उनले भनिन्, 'यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी भएको जनाउँदै भनिन्, 'साँझलाई चामल, तरकारी छैन, बाढीपीडित अहिले समस्यामा परेका छन्।', यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताइन्।, 'झुलको व्यवस्था हुनुपर्छु', उनले भने, 'नत्र हामी सबै डेंगी संक्रमणको सिकार हुन्छौं।', लगातार भइरहेको वर्षाका कारण विद्युत समेत अनियमित हुँदा थप समस्या झेल्नुपरेको उनले बताइन्।, 'बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्', उनले भनिन्, 'बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन्।', बाढीपीडितहरू डेंगी संक्रमणको जोखिममा परेको भन्दै उनले तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गरिन्।  , यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ। वडा तथा पालिका सरकारले तत्काल डेंगी संक्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ।, अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भई आश्रित छन्।, ज्येष्ठ नागरिक  र गर्भवतीलाई समस्या, चिसोका कारण बाढीपीडित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका छन्। घरमा बाढी पसेपछि विद्यालयमा आश्रित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका हुन्। चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई ज्वरोले सताउन थालेको छ। चिसोले ज्वरो आई बिरामी भएको कमानसिंह ठकुरीले बताए।, उनले भने, 'चिसो भुइँमा सुत्नुपर्छ, बूढो पनि भइयो, शरीरले चिसो पचाउन सक्दैन त्यसैले पनि होला, ज्वरो आएर थलिएको छु।', न्यानो बसाइँ नहुनु र खानपिनको समस्याका कारण आफू बिरामी भएको धनबहादुर तामाङले बताए। , उनले भने, 'बाहिर पानी रोकिएको छैन, स्वास्थ्योपचार गर्न कहाँ जानु।', साथै यहाँ रहेका सुत्केरी र गर्भवतलाई समेत समस्या हुँदै आएको छ। यतिबेला चिसोबाट बच्नुपर्ने र पौष्टिक र झोलिलो खानेकुरा खानुपर्ने समयमा उनीहरू त्यसबाट बञ्चित भएका छन्।, यसैबीच विस्थापित बाढीपीडितलाई स्वास्थ्य लगायतका समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले समस्याका बारेमा जानकारी लिने भएको छ। त्यहाँको समस्याबारे अध्ययन गरी स्वास्थ्योपचार गर्ने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए। , उनले भने, 'आश्रयस्थलमा बसेका बाढीपीडितलाई डेंगीको जोखिम बढेको छ भने अन्य स्वास्थ्य समस्या भएको जानकारी आएको छ, त्यसका लागि स्वास्थ्य टोलीमार्फत् समस्या समाधान गर्नेछौं।', विस्थापित बाढीपीडित भन्छन्– रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ
दिपकजंग शाही १९ गतेदेखि सुरू भएको लगातार वर्षाले कर्णालीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। पछिल्लो एक सातामा वर्षाका कारण आएको पहिरो तथा विभिन्न प्रकृतिका विपदमा परि प्रदेशभर ३३ जनाको मृत्यु भएको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २२ जना मानिस बेपत्ता भएका छन् भने २१ जना घाईते भएका छन्। वर्षाका कारण घरमा क्षति पुगेर ४८० जना विस्थापित भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार जुम्लामा मात्र विपदबाट ९ जनाको मृत्यु भएको छ। यस्तै सुर्खेतमा १, जाजरकोटमा ३, सल्यानमा २, कालीकोटमा ४, मुगुमा ८, हुम्लामा ४ र डोल्पामा २ जनाको मृत्यु भएको छ।, विपदमा परि बेपत्ता भएकामध्ये दैलेखमा १, जुम्लामा २, कालीकोटमा १९ जना छन्।, जाजरकोटमा १, रूकुम पश्चिममा १, जुम्लामा २, कालीकोटमा ७, मुगुमा ५, हुम्लामा ५ जना विपदबाट घाईते भएको प्रहरीले जनाएको छ।, प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ८ जना, दैलेखमा १०३ जना, जाजरकोटमा २, रुकुम पश्चिममा २, सल्यानमा ९, जुम्लामा ८६, कालीकोटमा ४८, मुगुमा १७८, हुम्लामा ४० र डोल्पमा ४ जना बर्षाका कारण घरमा क्षति पुगेपछि विस्थापित भएका छन्।, वर्षाले प्रदेशभरका ६० वटा घरमा पानी पसेर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने २ हजार ८८९ परिवार निरन्तरको वर्षाले प्रभावित भएको प्रहरीले जनाएको छ।, वर्षाका कारण कर्णाली राजमार्ग र त्यसका सहायक मार्गहरु अवरूद्ध भएपछि आवतजावतमा कठिनाई भएको छ। प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली उद्दार कार्यमा खटिएको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घर क्षति भएर विस्थापित भएका परिवारका लागि प्रदेश सरकारबाट राहत पठाउने प्रक्रिया सुरु भएको छ भने घाईतेहरुको उद्दारका लागि निरन्तर हेलिकप्टर परिचालन गरिएको छ।, निरन्तर वर्षाका कारण कर्णालीमा ३३ जनाको मृत्यु, २२ जना बेपत्ता
रासस लगातारको वर्षाले दसैं मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन्।, सुदूरपश्चिममा दसैंको दिनदेखि वर्षा भइरहेको छ। वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा  यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन्।, पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला–बेलामा अवरूद्ध भइरहेका छन्।, राजमार्ग अवरूद्ध हुँदा दसैं मनाएर फर्किने यात्रु घण्टौंसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैंको टीका लगाएर फर्किरहेका हुन्। , बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ–ठाउँमा सडक अवरूद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताए।, लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको हो। निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरूद्ध हुँदा दसैं मनाएर फर्किनेसमेत समस्यामा परेका छन्। राजमार्ग क्षेत्रमा पहिराको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।, यस्तै, लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन्।, बाटोमा सडक अवरूद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौं जानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताए।, बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उनको भनाइ छ। , पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने गरिएको भए पनि लगातारको वर्षाले पुनः अवरूद्ध हुने गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, राजमार्ग क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएका भए पनि ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले समस्या हुने गरेको उनको भनाइ छ।, सुदूर पहाडको जनजीवन पनि प्रभावित , यसैबीच निरन्तरको वर्षाले सुदूरपहाडको जनजीवन प्रभावित बनेको छ।, वर्षाले दैनिक कामकाज गर्न, विद्यालय जाने बालबालिका, दैनिक ज्याला मजदूरी गर्ने मजदूर, किसानलगायत सबै क्षेत्र प्रभावित बनेको छ।, वर्षाले विद्यार्थीको उपस्थिति पनि न्यून रहेकाले पठनपाठन कार्य पनि प्रभावित भएको दोगडाकेदार–७ स्थित भुमेश्वर माविका शिक्षक कृष्णसिंह विष्टले बताए।, वर्षाले जाडो पनि बढायो, यसले बालबालिका पनि उपस्थित कमै भएका विष्टको भनाइ छ।, पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरूद्ध छ। सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो।,  , पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजित विष्टले बताए।, खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताए। केही ठाउँमा काटेको खर कुहिन थालेको र  कुनै ठाउँका किसानले खर काट्न नपाउँदा  किसान चिन्तित भएका छन्। , वर्षाले गाउँबाट फर्किन पाएनन् दसैं मनाउन गएकाहरू
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।, नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, सुनारले सोमबार राति ११ वर्षीया नाबालिगलाई उनकै डेरामा गएर बलात्कार गरेको आरोप छ।, बलात्कार गरेको खबरपछि प्रहरी वृत्त ठिमीको टोलीले उनलाई पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, नाबालिगमाथि बलात्कार आरोपमा भक्तपुरबाट एक पक्राउ
सेतोपाटी संवाददाता पोखरामा रहेको फेवाताल सफाइ अभियान सुरू गरिएको छ।, पोखरा महानगरपालिकाको नेतृत्वमा वडाहरूको सक्रियतामा ३३ स्थानबाट फेवाताल सफाइ अभियान सुरू गरिएको हो।, ३३ वटै वडाका जनप्रतिनिधिसहित करिब पाँच हजार भन्दा बढीले फेवाताल सफाइ अभियानमा सहभागिता जनाएका छन्।, पोखरा महानगरका मेयर धनराज आचार्यले दुई सय ट्रक भन्दा बढी फोहोर संकलन गरिसकिएको बताए।, फेवातालमा रहेका जलकुम्भी निकालिएको हो। फेवातालको करिब ७५ प्रतिशत क्षेत्रमा जलकुम्भी फैलिएपछि निकाल्न थालिएको हो।, फेवाताल सरसफाइ अभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लव, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू लगायत पनि सहभागी छन्।, तस्बिरहरू:, फेवातालबाट यसरी निकालिँदैछ जलकुम्भी (तस्बिरहरू)
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७५ जना सक्रिय संक्रमित छन्।, २९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए ४४ संक्रमित, निको भए २९ जना
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ।, किष्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  , अस्पतालले मंगलबार दिउँसो २ बजे उनको स्वास्थ्य बुलेटिन जारी गरेको हो।, छातीमा निमोनिया संक्रमण नियन्त्रण गर्न दिइएको एन्टिबायोटिक्स कोर्स जारी रहेको अस्पतालले जनाएको छ।, गत आइतबार उनको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको थियो।, यस्तै उनको मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखिएको छ।, तैपनि उनलाई आइसियूमै राखेर उपचार गर्नुपर्ने डा. बज्राचार्यले बताए। , उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो। , सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार
रासस मंगलबार एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरूद्धको खोप लगाएका छन्।, पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७५ जना सक्रिय संक्रमित छन्।, २९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । , हालसम्म ७६ जिल्लामा डेंगी फैलिसकेको मन्त्रालयले जनाएको छ। साउनयता ३३ हजार नौ सय ७५ सम्भावित डेंगी संक्रमित भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको छ।, एकैदिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरूद्धको खोप
सेतोपाटी संवाददाता झापामा डेंगी संक्रमण भएर दुई जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको हो।, भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा क्षेत्रीको डेंगी संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।, भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौं तहका परिवार नियोजन अधिकृत हुन्।, श्रीमती मित्रा भट्टराईको खुट्टामा चोट लागेपछि उनको उपचार गराउन भदौको पहिलो साता भट्टराई काठमाडौं गएका थिए। झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेंगी संक्रमण पुष्टि भयो।, काठमाडौंमा पढिरहेकी छोरीलाई डेंगी भएपछि उनी फेरि दसैंमा काठमाडौं गए। काठमाडौंमा नै उनलाई डेंगी संक्रमण भएको पारिवारिक निकट स्रोतले जनाएको छ।, काठमाडौंको ह्याम्स हस्पिटलमा उपचार गराइरहेका उनको हिजो बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका अधिकृत बालकृष्ण भण्डारीले सेतोपाटीलाई जानकारी दिए। उनलाई सुगर र मुटुको समस्या पनि थियो।, यता बिर्तामोड–३ निवासी निशा क्षेत्रीको उपचारको क्रममा बिएन्डसी अस्पताल, बिर्तामोडमा मृत्यु भएको छ। काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत क्षेत्रीलाई डेंगी संक्रमण भएको थियो।, काठमाडौंमा डेंगी संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल ल्याइएको थियो। कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि मंगलबार बिहान उनको मृत्यु भएको अस्पतालका जन-सम्पर्क अधिकारी प्रमिस गिरीले बताए।, डेंगीबाट झापामा एक स्वास्थ्यकर्मीसहित दुईको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि धारिलो हतियार प्रहार भएको छ।, मंगलबार बिहान करिब ५ बजे काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा दुई जना बाउन्सरमाथि धारिलो हतियार र बियरको बोटलले प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, अज्ञात समूहले प्रहार गरी फरार भएको उनले बताए। घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन्।, उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।, केही समयअघि पनि क्लब प्लाटिनममै बाउन्सरसँग झडप भएको थियो। त्यतिबेला पक्राउ परेका व्यक्तिहरू नै यसमा संलग्न छन् कि भन्ने प्रहरीको आशंका छ।, प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर भेरिफाइ समेत गरिरहेको एसपी मैनालीले बताए।, क्लबका दुई बाउन्सरमाथि धारिलो हतियार प्रहार
नवीनबाबु गुरूङ लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरूद्ध विरोध मंगलबार प्रदर्शन भएको छ।, माइतीघरमा जम्मा भएर प्रदर्शनकारीलाई नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेकाका थिए।, प्रदर्शनकारीहरुले ‘सामुहिक ऋण मिनाहा गर’, ‘आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर’, ‘आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’, ‘समाजवादी अर्थतन्त्रको विकास गर’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका थिए ।, हेर्नुहोस् तस्बिरहरू, लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्ध विरोध प्रदर्शन
रासस एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ।, एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।, मंगलबार विपद व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपदले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उनले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्किँदा आठ जनाको मृत्यु भएको बताए।, त्यस्तै गुठीचौर गाउँपालिकामा एक र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ।, 'हिमा गाउँपालिकाकै एक जना अझै बेपत्ता छन्। सदरमुकाम खलंगामा विद्युत्, सञ्चार एक सातादेखि अवरूद्ध छ,' प्रजिअ केशरीले भने। , उनका अनुसार जिल्लाभर ८५ भन्दा बढी घर पूर्ण र दुई सयभन्दा बढी घर आंशिक रूपमा क्षति भएको छ। अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिपूर्तिको यकिन तथ्यांक संकलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागि परेको उनले बताए।, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अविरल वर्षाले कर्णाली राजमार्ग अवरूद्ध भएको जानकारी दिए। उनका अनुसार अझै दुई सातासम्म राजमार्ग सञ्चालन हुने छैन। सडक डिभिजन कार्यालयले सडकमा डोजर लगाएको छ। नाग्म गमगडी सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको कार्यालयले जनाएको छ। , तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। घरवारबिहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। , स्थानीय तहको विपद व्यवस्थापन समितिसँग सहकार्य र समन्वय गर्न जिल्ला विपद व्यवस्थापन समितिलाई सुझाव दिइएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिए।, सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घर पूर्ण रूपमा क्षति भएको जानकारी दिए। सिञ्जाका सबै वडामा भएको क्षतिपूर्तिको तथ्यांक संकलन गर्न वडाध्यक्षलाई खटाइएको उनको भनाइ थियो।, अविरल वर्षाले धानबालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्यांक संकलन गर्न लगाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। , जुम्लामा बाढीपहिरोले १० को मृत्यु, एक बेपत्ता
सविता बुढा बुधबारदेखि लगातारको परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिममा जनजीवन प्रभावित बनेको छ।, प्रदेशका पहाडी जिल्लामा ग्रामिण सडक, विद्युत अवरूद्ध भएको छ भने जोखिम ठाउँमा पहिरो समेत खसिरहेको छ।, सडक अवरूद्ध हुँदा दसैंका लागि गाउँघर गएकाहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किन समस्या भएको बताइएको छ।, लगातारको वर्षाका कारण बाजुरा र अछामको मध्य भाग भएर बग्ने बुढीगंगा नदीको वरिपरिबाट पहिरो खसिरहेको छ। जसकारण बुढीगंगा नदी थुनिने खतरा बढेको सो क्षेत्रका स्थानीयहरू बताउँछन्।, बुढीगंगा थुनियो र बाढी आयो भने बाजुरा र अछाममा मात्रै नभएर कर्णाली तटीय क्षेत्रमा पनि क्षति हुनसक्ने जिल्ला प्रशासनले जनाएको छ।, जोखिम बस्तीमा बसोवास गर्नेहरूलाई समयमै सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ। यद्यपि अहिलेसम्म पहाडी क्षेत्रमा क्षति भएको भन्ने खबर आएको छैन। , प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरका अधिकांस ठाउँ डुबानमा परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने झोलुंगे पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको छ। त्यहाँ जोखिम हुनसक्ने भन्दै सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ।,  , धनगढीका अधिकांश बस्तीहरू डुबानमा परेका छन्। अकासे पानी जमेर उपमहानगरपालिकाको वडा नम्बर १ देखि ८ सम्मका सयौं  घरमा पानी पसेको छ। घरभित्रै पानी भरिन थालेपछि नगर प्रहरी, सफाइ कर्मचारी र मेयर गोपाल हमालको सचिवालयको टिम सहयोगका लागि खटिएको छ।, धनगढी डुबानमा पर्नुका कारण अनेकौं छन्। खोलानाला मिचेर पर्खाल, घर लगायतका संरचना बनाइनुले पानी बग्न नपाएर डुबान हुने गरेको धेरैको तर्क छ।  यस्तै नयाँ सडकहरू पुराना घरको सतहभन्दा बढी नै अग्ला छन्। अग्ला सडकका किनारमा बनेका नाली साना र फोहोर थुप्रिएर जाम हुनाले विगतदेखि नै आफ्नो घर डुबानमा पर्ने गरेको धनगढी बसपार्क पछाडि बस्ने पदम जोराको भनाइ छ।, धनगढीमा अव्यवस्थित तरिकाले बनेका घरहरू पनि डुबानमा परिरहेका छन्। यस्तै अकासे पानी भण्डार हुने तालतलैयाहरू वर्षाैं पहिलेदेखि मिचेर संरचना बनाइएकाले पनि पानी घरतिर बग्ने गरेको छ।, 'नाला अतिक्रमण तोड्नुपर्‍यो। सुरूदेखि निकाससम्म मेयरले ध्यान दिनुपर्‍यो। अरू नेता पनि भोट माग्न आउनेले अहिले हेर्न आउनुपर्‍यो। सर्प र कीराको डर, एकतले घरमा पानी जमेर खाना पकाउन सकिने अवस्था छैन,' जोराले भने।, अहिलेको मात्रै होइन, बर्सेनिका समस्याका रूपमा डुबान नियन्त्रण गर्ने मुद्दा धनगढी उपमहानगरले कहिलेसम्म पूरा गरिसक्छ भन्ने पर्खाइमा छन् नगरबासी।, कैलाली जिल्लाभित्र वर्षाका कारण भएको क्षतिको विवरण पाउन स्थानीय प्रशासनलाई सकस भइरहेको छ।, कैलाली प्रशासनले जिल्लाका १३ वटै पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत पदाधिकारीलाई क्षतिको विवरण पठाउन आग्रह गर्दै आए पनि कहीँकतैबाट वितरण पाउन नसकेको जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।, धनगढीका सयौं घरमा पस्यो पानी
डा. रविन बहादुर बस्नेत, कन्सल्टेन्ट युरो सर्जन मान्छेका दुइटा मिर्गौला हुन्छन्। मिर्गौलाको विभिन्न काममध्ये प्रमुख काम शरीरको फोहोर पिसाबको माध्यमबाट फाल्ने हो। ती फोहोर नुन लगायतका तत्व हुन्छन्। त्यसलाई मिर्गौलाले पिसाबमा घोलेर फाल्छ, कुनै पनि तत्व घुलनशीलताको मात्राभन्दा धेरै छ भने नघुलेर ढुंगा बन्छ। जन्मजात मिर्गौलामा खराबी छ भने मिर्गौलामा पत्थरी बन्न सक्छ। युरिक एसिडको मात्रा धेरै भएर, पाराथाइरोइड लगायतका कारणले पनि पत्थरी हुन सक्छ। पिसाबको बारम्बार संक्रमण हुनेहरूलाई पनि पत्थरी हुन सक्छ।, बिरामीको समस्याको आधारमा मिर्गौलामा पत्थरी भएको थाहा हुन्छ। मिर्गौलामा पत्थरी भएमा धेरैलाई देखिने समस्या दुखाइ हो। सानो ढुंगा छ भने समस्या नदिन सक्छ। कतिपय अवस्थामा ढुंगा ठूलो भएर मिर्गौला बिग्रिएपछि समेत बिरामी आइरहेका हुन्छन्।, मिर्गौलाबाट तल झरेर पिसाबनलीमा आउँदा पिसाब बन्द भएपछि बिरामीलाई ढाड दुख्ने लगायतका समस्या हुन्छ। त्यसले पनि बिरामी अस्पताल आउँछन्। कतिपय अवस्थामा वान्ता भएर, पिसाब नथिग्रिएर अनि पिसाबमा रगत देखिएर समेत बिरामी अस्पताल आउन सक्छन्।, मिर्गौलामा भएको पत्थरीको आधारमा उपचारको विधि निर्धारण हुन्छ। कतिपय अवस्थामा मिर्गौलाको ढुंगा सानो छ र त्यसले अप्ठ्यारो पारेको छैन भने शल्यक्रिया नगर्दा पनि हुन्छ। तर ढुंगा ठूलो छ वा सानो भए पनि अप्ठ्यारो ठाउँमा छ भने शल्यक्रिया गर्नुपर्छ।, पुरानो विधिमा चिरेर शल्यक्रिया गरिन्थ्यो। तर हिजोआज निकै कम मात्रामा चिर्ने गरिन्छ। साह्रै ठूलो ढुंगा छ भने मात्रै चिर्नुपर्छ।, मिर्गौलामा पत्थरी बन्ने भनेकै पिसाबमा घुलनशीलता कम भएर हो। जो मान्छेले पानी कम खान्छ, जो मान्छे धेरै गर्मीमा बस्छ, उनीहरूको मिर्गौलामा पत्थरी हुने धेरै सम्भावना हुन्छ।, मिर्गौलाको पत्थरीबाट जोगिने सबैभन्दा महत्वपूर्ण कुरा पानी हो। सामान्य दिनमा साढे २ देखि ३ लिटर पानी वा झोलिलो पदार्थ खानुपर्छ। गर्मी मौसम भएको ठाउँमा बस्नेले अझै धेरै खानुपर्छ। मिर्गौलामा भएको पत्थरीको आधारमा के खाने र के नखाने भनेर चिकित्सकले भन्न सक्छन्।, मिर्गौलामा पत्थरी भएर लापरबाही गर्नेहरूलाई विभिन्न समस्या निम्तिन सक्छ। दुखाइ धेरै हुन्छ। दैनिक गर्ने काममा असर पर्छ। मिर्गौला नै बिग्रिन सक्छ। मिर्गौला झिक्नपर्ने कारणमध्ये ९० प्रतिशत मिर्गौलाको पत्थरी नै देखिएको छ।, (मिर्गौलामा हुने पत्थरी र यसको उपचारबारे हामीले कन्सल्टेन्ट युरो सर्जन सह-प्राध्यापक डाक्टर रविन बहादुर बस्नेतसँग भिडिओ कुराकानी गरेका छौं। वीर अस्पतालका प्रमुख कन्सलटेन्ट युरो सर्जन तथा युरोलोजी विभागका प्रमुख बस्नेत सुमेरू  सिटी अस्पतालमा समेत कार्यरत छन्।), मिर्गौलामा पत्थरी भएको कसरी थाहा हुन्छ, कस्तो अवस्थामा शल्यक्रिया गर्ने? (भिडिओ)
नवीनबाबु गुरूङ दसैं सकिन एक दिन बाँकी छ। कोजाग्रत पूर्णिमासँगै दसैं समापन हुन्छ। दसैं सकिन लाग्दा आफ्नो घरगाउँमा दसैं मनाउन गएकाहरू काठमाडौं फर्किन थालेका छन्।, दसैं सकिएसँगै सरकारी तथा निजी कार्यालय तथा संघसंस्थाहरू खुल्ने भएपछि काठमाडौं फर्किनेहरू बढ्न थालेका हन्।, काठमाडौंको मुख्य नाका कोटेश्वर, कलंकी, बल्खु, नयाँ बसपार्क लगायतका क्षेत्रमा यति बेला मानिसहरूको बाक्लो भिडभाड देख्न सकिन्छ।, यो वर्ष दसैं मनाउन उपत्यकाबाट करिब २० लाख मानिस घरगाउँ गएको उपत्यका ट्राफिक प्रहरीको आकलन छ।, हेर्नुहोस् तस्बिरहरू-, दसैं मनाएर मानिसहरू फर्किन थाले काठमाडौं (तस्बिरहरू)
रासस नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो। तर पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ। , अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए।, जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरू भएको थियो।, हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केही दिन लम्बिएको मौसमविद् पौडेलले बताए।, उनले भने, 'मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ। यो वर्ष मनसुन बाहिरिने क्रममा बंगालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो।', अहिले राजधानी काठमाडौं, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा छ। पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ।, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रित रहेको मौसमविद् पौडेलले बताए। उनका अनुसार आगामी मंगलबारदेखि मौसममा सुधार आउनेछ।, मनसुन रहँदासम्म पानी पर्ने सम्भावना रहे पनि लगातारको झरी पर्दैन।, महाशाखाको पछिल्लो तीन घन्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ।, मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ। वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो आएको छ।, कहिले बाहिरिन्छ मनसुन?
रासस नुवाकोटको विदुर नगरपालिका–५ मा शनिबार अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।, घाइते हुने दसैंको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त हुन्।, बेलकोटगढी–१२ मदानपुरबाट दसैंको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रूपक खड्काले जानकारी दिए।, उनका अनुसार घाइतेमध्ये बेलकोटगढी–१२ का १७ वर्षीय दिपेश गजुरेल, बेलकोटगढी–६ का १८ वर्षीय प्रवत सुवेदी र विदुर–१२ का ६५ वर्षीय छविलाल रिमालको टाउकोसहित शरीरको विभिन्न अंगमा चोट लागेको छ। उनीहरूको त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ। बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।, अन्य घाइतेमा बेलकोटगढी–१२ का ४४ वर्षीय सुदर्शन गजुरेल र उनकी श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीका बुबा ३८ वर्षीय रामहरि सुवेदी, छविलाल रिमालका छोरा १८ वर्षीय सागर रिमाल, बेलकोटगढी–१२ का ३४ वर्षीय बसन्त सिलवाल र उनकी १६ महिनाकी छोरी ऋतु सिलवाल छन्। , यस्तै बेलकोटगढी–७ का १२ वर्षीय समीर ढकाल, विदुर–१२ की ४६ वर्षीया महेश्वरी पण्डित र उनकी छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानकी १९ वर्षीया शर्मिला पण्डित र बोलेरो चालक बेलकोटगढी–१२ का २५ वर्षीय ठाकुर गजुरेल पनि घाइते भएका छन्। , प्रदेश ३–०१–०२३ च–९०३८ नम्बर को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।, सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैंको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए।, गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जनाको अवस्था गम्भीर
रासस चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव शनिबार भेटिएको छ।, दसैं मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरी लगायतको टोलीले सो स्थाननजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो।, यसअघि मृतक युवतीका श्रीमान सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो।, शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको भने प्रहरीले उद्धार गरेको छ। तीनै जना करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ।, बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ। उनीहरू असोज १६ गते त्यसतर्फ गएका थिए। फर्किने क्रममा शर्मिला र उनका श्रीमान बुद्धको मृत्यु भएको हो। दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदैछ।, मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो
रासस गोरखामा रूखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।, भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।, 'सात वर्षका दुई बालकको काप्राको रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ,' उनले भने, 'बुबा हेमबहादुरको शव अर्कै रूखमा भेटिएको छ।', घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रूखमा झुन्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।, घरबाट झन्डै डेढ किलोमिटर पश्चिम-दक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए। बुबा हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रूखभन्दा केही पर अर्को रूखमा फेला परेको हो।, घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको प्रहरी उपरीक्षक खनालले बताए।, 'घटना कसरी भयो भनेर खुल्न बाँकी नै छ,' उनले भने, 'शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। तीनै जनाको शव पोस्टमर्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।' , बिहान स्थानीयले रूखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए।, रूखमा झुन्डिएको अवस्थामा जुम्ल्याहा छोरा र बाबुको शव फेला
रासस त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा शनिबार बिहान खसेको सुख्खा पहिरोले यातायात अवरूद्ध भएकव थियो। सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि शनिबारै साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ।, बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आएका सवारीसाधनलाई सिमभञ्ज्याङमा र हेटौंडाबाट आएकालाई भैंसेमा रोकेको थियो।, पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सञ्चालन
रासस सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।, शनिबार राति ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुलनजिक सुख्खा पहिरो खसेको हो। , पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ।, सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरू गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। , बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरूद्ध भएको थियो।, यो वर्ष मात्रै दुई दर्जनभन्दा धेरै पटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।,  , नारायणगढ–मुग्लिन सडकमा फेरि खस्यो पहिरो, सडक एकतर्फी सञ्चालन
सेतोपाटी संवाददाता १७ दिनदेखि ललितपुरको किष्ट अस्‍पतालमा उपचाररत् १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई आइसियूमा सारिने भएको छ।, आइतबार अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएकाले आइसियूमा सार्न लागिएको हो।, ‘समग्र स्वास्थ्यमा उल्लेखनीय प्रगति भएको पाइएको छैन र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण पमोनोलोजिष्ट तथा इन्टरनल मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. मिलेशजंग सिजापतिको सल्लाहबमोजिम सघन उपचार कक्षमा सारिन लागिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।, उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो।, उनमा डेंगीको संक्रमण देखिएको थियो जसले उनलाई गलाएको चिकित्सकको भनाइ छ। सुरूआती दिनमा उनको स्वास्थ्यमा सुधार देखिए पनि पछिल्ला ३-४ दिनदेखि जोशीको खानामा अरूची देखिएको अस्पतालले जनाएको छ।, उनी अहिले खुलेर संवाद गर्न पनि नसक्ने अवस्थामा छन्।, किष्ट अस्पतालमा उपचाररत् सत्यमोहन जोशीलाई आइसियूमा सारिँदै
राजेश घिमिरे चितवन मेडिकल कलेजले आइसियु कक्षमा पसेर तोडफोड गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।, अस्पतालमा तोडफोड गरी स्वास्थ्यकर्मीमाथि कुटपिटको धम्की दिनेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै कलेजले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको ध्यानाकर्षण गराएको हो।, पाचन प्रणालीमा संक्रमण भएर रगतमा फैलिएपछि धेरै अंगले काम गर्न छाडिसकेको अवस्थामा अस्पताल पुर्‍याइएका भरतपुर महानगरपालिका–१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो।, दिउँसो सवा १२ बजे गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका कुँवरलाई तुरून्तै आइसियुमा राखेर उपचार सुरू गरिएको थियो। उपचारका क्रममा उनको साँझ सवा ५ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले बताए।, मंगलबार अस्पताल पुगेका मृतकका आफन्तहरूले भने चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका थिए।, अस्पतालका प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेले उपचारका क्रममा बिरामीको मृत्यु भएपछि दर्जनौं व्यक्तिहरूको समूह प्रवेश गरेर आइसियु कक्षमा तोडफोड गरेको बताए।, 'आइसियुमा अन्य गम्भीर अवस्थाका बिरामी पनि थिए। स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्ने भन्दै प्रवेश गरेको समूहले अरू बिरामीको स्वास्थ्यको कुनै पर्वाह नगरी अन्धाधुन्ध तोडफोड गरे,' डा. न्यौपानेले भने, 'अस्पतालले बिरामीलाई सेवा दिने वातावरण पनि भएन।', डाक्टरको लापरबाही भएको प्रमाणित भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने र कारबाही हुने उनले बताए। तर यसो गर्नुको साटो संवेदनशील क्षेत्रमा हुलहुज्जत गरेर अन्धाधुन्ध तोडफोड गरिएको उनले बताए।, प्रहरीले तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर यसै छाडेको र जाहेरी लिन आनाकानी गरेको आरोप पनि डा. न्यौपानेले लगाएका छन्।, 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनले अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको छ। तर प्रहरीले आफ्नैअगाडि तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर पनि छाड्यो,' न्यौपानेले भने, 'तोडफोडमा संलग्नलाई कानुनअनुसार कारबाही र तोडफोडको क्षतिपूर्ति दिलाउनुपर्छ।', उनले उक्त घटनापछि अस्पतालका स्वास्थ्यकर्मीहरू सेवामा संलग्न हुन डराएको बताए।, चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भने अस्पतालमा तोडफोड भएको विषयमा अनुसन्धान भइरहेको बताए।, उनका अनुसार डिएसपी विजयराज पण्डितको संयोजकत्वमा छानबिन समिति नै बनाएर अनुसन्धान भइरहेको छ।, 'सिसिटिभी फुटेज हेरेर, अन्य अनुसन्धान पनि गरेर तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिन्छौं,' एसपी अधिकारीले भने, 'कारबाही नगर्ने कुरै आउँदैन।', उनले प्रहरीले जाहेरी दर्ता गर्दिनँ नभनेको पनि दाबी गरे।, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि अस्पतालको आइसियुमा पसेर तोडफोड गर्नेहरूलाई कारबाही गर्ने बताए। चितवन मेडिकल कलेजका प्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै तामाङले संवेदनशील क्षेत्रमा तोडफोड गरिएकाले ज्यान मार्ने उद्योगमै पनि मुद्दा चलाउन सकिने बताए।, चितवन मेडिकल कलेजले भने तोडफोडमा संलग्नहरूलाई राजनीतिक संरक्षण भएको आरोप लगाएको छ। जनप्रतिनिधिकै नेतृत्वमा अस्पताल तोडफोड गरिएको भन्दै अस्पताल प्रशासनले स्वास्थ्य क्षेत्रमा आक्रमण गर्नेलाई राजनीतिक संरक्षण नगर्न आग्रह गरेको छ।, चिकित्सकहरू भन्छन्–गम्भीर बिरामीको उपचारै सुरू गर्न नसकिने अवस्था आयो, चितवन मेडिकल कलेजमा भएको तोडफोडको घटनाले स्वास्थ्यकर्मीको काम गर्ने मनोबल घटाएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले आइसियुमै पसेर तोडफोड गरिएको घटनाको जतिसुकै निन्दा गरे पनि कम हुने बताए।, 'डाक्टरको लापरबाहीले मरेको लागेमा प्रशासनमार्फत नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने बाटो छँदैछ। काउन्सिलले छानबिन गरेर लापरबाही गर्नेलाई कारबाही गर्ने गरेको छ। तर सिधै आइसियु पुगेर तोडफोड गर्ने, डाक्टरलाई कुटेरै तह लगाउँछु भन्ने चलनले स्वास्थ्यकर्मीको मनोबल गिराएको छ,' डा. कार्कीले भने, 'यो अवस्थामा अस्पतालले कसरी सेवा दिने? बिरामीको अवस्था गम्भीर छ भन्ने जान्दाजान्दै कसरी भर्ना लिने?', स्वास्थ्य क्षेत्रमाथि आक्रमणमा राजनीतिक संरक्षण पाएको एउटा पेशेवर समूह नै सक्रिय रहेको हुनसक्ने आशंका कार्कीको छ। उनले २०६६ सालमा जारी भएको 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन' लाई संशोधन गरेर २०७९ मा ल्याइएको अध्यादेशले गरेको व्यवस्था कार्यान्वयन गर्न पनि प्रशासन चुक्दै आएको बताए।, '२०६६ को भन्दा राम्रो भएर अध्यादेश आयो भनेका थियौं। तर त्यसभित्रको कमजोरी खोजेर कार्यान्वयनमा आलटाल गरिँदै आएको छ,' कार्कीले भने, 'अस्पतालले दिने सेवाहरूलाई प्रभावकारी बनाउने हो भने कानुन अझै कडा पार्नुपर्छ र त्यसको कार्यान्वयन मजबुत बनाउनुपर्छ।’, उक्त ऐनको दफा ३ को 'ख' मा तोडफोड वा हानीनोक्सानी र 'ग' मा स्वास्थ्यकर्मी र कर्मचारीलाई कुटपिट वा शारीरिक रूपमा चोट पुर्‍याएमा तीन वर्षसम्म कैद वा ३ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।, दफा ३ को 'क' मा स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि ५ वर्षसम्म कैद वा दुई देखि ५ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। सोही दफाको 'घ' मा तालाबन्दी वा घेराउ गरेमा, 'ङ' मा बिरामीको बाधा गरेमा र 'च' मा स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा १ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।, तोडफोड वा हानीनोक्सानीको मूल्यांकनका आधारमा मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट हानीनोक्सानी वापतको मुनासिव क्षतिपूर्ति भराइदिनुपर्ने छ भनेर ऐनमा उल्लेख छ।, उक्त ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मुनासिव आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था पनि छ।, यस व्यवस्थाअनुसार कोही पनि कसुरदार धरौटीमा रिहा हुन सक्दैनन्। चितवन मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. दयाराम लम्सालले ऐनको खिल्ली उडाउँदै प्रशासनले घटनालाई गुपचुप गर्न खोजेको बताए।, डा. कार्कीले स्वास्थ्यकर्मी माथि आक्रमण, स्वास्थ्यसंस्था माथिको आगजनी, तोडफोडका घटनाहरू राजनीतिक दबावका आधारमा मिलाउँदा घटना झनै बढ्दै जाने बताए।, 'कानुनी उपचार खोज्दा अस्पताल, स्वास्थ्यकर्मीले सुरक्षित महसुस गर्न सक्छन्। अनि उपचारमा लापरबाही गरेको भए सम्बन्धित व्यक्ति दण्डित पनि हुन्छ। पीडितले क्षतिपूर्ति पनि पाउँछन्। यो राज्यको दायित्व पनि हो,' कार्कीले भने।, क्षतिपूर्ति पाउनका लागि तोडफोड गरिएको घटना मिलाउन खोज्दा कसैलाई फाइदा नहुने उनले बताए।, भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले उपचारमा कमजोरी भए कानुनको सहायता लिनुपर्नेमा तोडफोडमा उत्रिनु दुखद भएको बताए। उनले आम नागरिकको उपचारमा कमजोरी भएमा दोषीलाई कारबाही हुने र मृतक परिवारले क्षतिपूर्ति पाउने भन्ने विश्वास जगाउन नसक्दा आवेगमा आएर तोडफोड, कुटपिटका घटना हुने गरेको बताए।, यस्ता घटना कम गर्न 'क्विक रेस्पोन्स टिम' बनाएर काम गर्नुपर्ने उनले बताए।, चितवनका चिकित्सक भन्छन्– गम्भीर बिरामीको उपचार गर्नै नसकिने अवस्था आयो
सेतोपाटी संवाददाता पहिरोले घर भत्किँदा कालिकोटमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिलागुफा नगरपालिका–७ बालीगाउँमा ध्रुवराज विष्टको घर पहिरोले भत्किएको हो।, आइतबार बिहान साढे १० बजे घर माथिबाट खसेको पहिरोले घर भत्काएको हो।, ४२ वर्षीय ध्रुवराज विष्ट, उनकी ३५ वर्षीया श्रीमती ममता विष्ट, १५ वर्षीय छोरा भरत विष्ट, १३ वर्षीय छोरा कृपेश विष्ट र ११ वर्षीया छोरी ज्यानी बिष्ट बेपत्ता भएका हुन्।, घर माथिबाट आएको पहिराले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले भत्काएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।, घटनास्थलमा प्रहरी टोली खटिएको छ। तर निरन्तर वर्षाका कारण बेपत्ताहरूको खोजी कार्यमा कठिनाइ भएको छ।, ध्रुवराजका १६ वटा पशुचौपाया पनि पहिरोमा परि बेपत्ता रहेको प्रहरीले जनाएको छ।, पहिरोले घर भत्काउँदा कालिकोटमा एकै परिवारका पाँच बेपत्ता
सेतोपाटी संवाददाता हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। , लुम्बिनी  प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  यी प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।, यस्तै भोलि सोमबार लुम्बिनी  प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारि वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।, मंगलबार प्रदेश नं १ का केहि  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  , भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत  दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,  , आज पनि अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह
सेतोपाटी संवाददाता रामेछापको भिरपानीमा बस दुर्घटना भएको छ।, रामेछापबाट काठामाडौं आउँदै गरेको बा ३ ख ४०४८ नंको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।, घाइते सबैलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए।, १२ जना मध्ये एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।, रामेछापमा बस दुर्घटना हुँदा १२ जना घाइते
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बेलौरी नगरपालिका–१ फाटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मुत्यु प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार सर्भिस-तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमर्टमका लागि महाकाली अस्पतालमा लगिएको छ।, करेन्ट लागेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।, प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।, जसको प्रभावले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।, महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, भोलि मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।, यस्तै, असोज २६ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता कालीकोटमा एक जना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन्।, खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदम रावत बगेका थिए।, सेरावाडा खोलाले बगाएका रावत तीला नदीमा पुगेर बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार रावत बगेको खबर सोमबार बिहान साढे ९ बजे प्राप्त भएको हो। उक्त क्षेत्रमा रहेको टाकुल्ला खोला बढेको कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको प्रदेश प्रहरीले जनाएको छ।, खोलाले बगाउँदा एक जना प्रहरी जवान बेपत्ता
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।, काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो।, अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।, उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।, त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ।, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार नखोल्ने भएको छ।, भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो।, शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणले जनाएको छ।, शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचना निकालेर जानकारी दिएको छ।,  , शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द गर्‍यो प्राधिकरणले
सेतोपाटी संवाददाता कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।, आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन् भने खोजी गर्न प्रहरी परिचालन गरिएको छ।, स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएका थिए।, सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने प्रहरीको अनुमान छ।, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार मलामी गएकाहरू पहिरोसँगै तिला नदीमा आएको बाढीमा परेको हुन सक्ने अनुमान छ।, राँचुलीका करिब ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७९ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही, २३ वर्षीय प्रशान्त शाही सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।, कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन
सेतोपाटी संवाददाता कारको ठक्करले दाङमा एक जना महिलाको मृत्यु भएको छ।, कारले ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १० चारबगियाकी ७५ वर्षीया कुँवारी उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ।, डिएसपी राजन गौतमका अनुसार आइतबार साँझ ६ बजेतिर हापुरदेखि नारायणपुरतर्फ आउँदै गरेको कारले उपाध्यायलाई ठक्कर दिएको थियो।, कारको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।, कार र चालक प्रहरी नियन्त्रणमा छन्।, कारको ठक्करबाट दाङमा महिलाको मृत्यु
सेतोपाटी संवाददाता उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।, सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो।, केही दिनदेखिको अविरल वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो। उक्त पहिरोमा परेर घाइते भएका उनलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको हो।, उनलाई उद्धार गरी काठमाडौं ल्याइएको हो। उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।, पहिरोमा परेर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार
सेतोपाटी संवाददाता हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ।, मेल्डाम डुमबाडा बस्ने मनबिर विकको घर माथिबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये चार जनाको मृत्यु भएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको हो।, मृत्यु हुनेमा ६० वर्षीया तुलसा कामी, ७ वर्षीया बालिका बसन्ता कामी, ९ वर्षीया बालिका सुस्मिता कामी र १२ वर्षीया बालिका हैजाली कामी छन्।, सोही घरमा रहेका ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीया औगाती कामी, १२ वर्षीया निरुता कामी, १४ वर्षीया मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी घाइते भएका छन्।, ३६ वर्षीया औगती कामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ७ जना प्रहरी खटिएका छन्।, पहिरोले घर भत्किँदा ४ जनाको मृत्यु, पाँच घाइते
सेतोपाटी संवाददाता तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण कर्णाली प्रदेशका जिल्ला जोड्ने सबै सडक अवरूद्ध भएका छन्।, जिल्ला जोड्ने मुख्य सडकहरूमा नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग, साविकको कर्णालीका जिल्ला जोड्ने कर्णाली राजमार्ग, छिन्चु-जाजरकोट-डोल्पा सडक खण्ड, सुर्खेत–दैलेख सडक खण्ड निरन्तरको वर्षाका कारण आएको पहिरोले अवरूद्ध भएका हुन्।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोट–डोल्पा, दाङ–सल्यान लोकमार्ग पहिरोका कारण अवरूद्ध बनेका छन्।, दैलेख–सुर्खेत सडकखण्डको जिरो पोइन्ट नजिक पहिरो गएपछि यातायात ठप्प रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, यस्तै छिन्चु–जाजरकोट खण्डमा कम्तिमा तीन ठाउँमा पहिरो खसेको छ।, नेपालगञ्ज-सुर्खेत जोड्ने रत्न राजमार्गमा खसेका पहिरो पन्छाउने काम जारी रहेको र यातायातका साधन चलाउन मिल्ने बनेको प्रहरीले जनाएको छ।, राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको पैंसठ्ठीमा र बबई-छिन्चु खण्डको हर्रेमा पहिरो झरेको छ।, त्यस्तै वर्षाका कारण हृीरेन्द्रनगर उपत्यकाको तल्लो भाग डुबानमा परेको छ। उक्त क्षेत्रमा प्रशासनको टोलीले उद्धार कार्य गरिरहेको छ।, यस्तै भेरी नदीको पानीको सतह खतराको नजिक पुगेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले भनेको छ।, कर्णाली जोड्ने सबै सडक अवरूद्ध
रासस नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणीले बिहान ११ः५५ बजे फेरि खतराको तह पार गरेको हो।, देवघाट मापन केन्द्रमा नारायणीका तह ९.०८ मिटर पुगेको छ। यो क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ।, त्यस्तै नारायणी नदी पुल क्षेत्रमा पानीको सतह अहिलेसम्मकै धेरै १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह संकेत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।, जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।, भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरे।, भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरू बाढीको जोखिममा छन्। राप्ती र नारायणी दुवै नदीको तटीय क्षेत्र भरतपुर २७ र २८ नम्बर वडामा बढी जोखिम छ।, वडा नम्बर १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरूमा जोखिम छ। यस्तै वडा नम्बर २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्ती पनि जोखिममा छन्।, नारायणघाट पुलमा पानीको सतह अहिलेसम्मकै बढी
रासस चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकम खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ।, सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोला लगायत दर्जनौं स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरूद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।, बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दुरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन्। लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरू ठप्प भएका छन् भने आधा दर्जन गाडी पहिरोमै फसेका छन्।, पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताए। उनी ३७ जना यात्रु लिएर रूकुमदेखि काठमाडौं हिँडेका थिए। अहिले कालापैराको पहिरामा फसेका छन्।, दसैं मनाएर काठमाडौं फर्किएका यात्रु लिएर आएको उनी बताउँछन्। 'दसैंको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौं हिँडेको पहिरामा गाडी फसेर तनाव भयो,' उनले भने।, रूकुमदेखि काठमाडौं हिँडेका प्रेम पुन मगरले पहिराका कारण आफूहरू अलपत्र परेको बताए। उनले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको जानकारी दिए।, 'यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौं। काठमाडौं पुग्न हतार थियो र हिँडियो। अहिले बीच बाटोमा अलपत्र परियो। यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो,' उनले भने।, पहिराले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौं संख्यामा यात्रुहरू अलपत्र छन्। लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरू समस्यामा परेको स्थानीय मनप्रसाद पौडेलले बताए।, 'गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपर्थ्यो। अहिले यसरी सयौं मान्छेहरू बीच बाटोमा अलपत्र पर्नुपरेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि,' उनले भने, 'यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरूलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब?', बुर्तिबाङदेखि रूकुम र रूकुमदेखि काठमाडौं, बागलुङ, पोखरा जाने गाडीहरू लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरू भोकले ब्याकुल बनेका छन्। नजिक होटल तथा पसल नहुँदा आफूहरूले समस्या भोग्नुपरेको यात्रु गोमा सुनारले बताइन्। पैसा भएर पनि होटल पसलहरू नजिक नहुँदा भोकै बस्नुपरेको उनको भनाइ छ।, 'निकै समस्यामा परियो, दसैं मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरू हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउँसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौं। नजिक होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो। डोजरले बाटो खुलाउन त लागेको छ तर यहाँ मात्रै रैनछ पहिरो, धेरै ठाउँमा गएको रैछ,' सुनारले भनिन्।, निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताए। उनले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको जानकारी दिए। वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उनको भनाइ छ।, 'हिजोदेखि नै हामीले सडक खुलाउन थालेका थियौं। हिजो केही ठाउँमा खुलाएका थियौं, रातभरिको वर्षाले फेरि पहिरो झरेर सडक अवरूद्ध बनाएको छ। हामी निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौं,' अध्यक्ष पौडेलले भने, 'वर्षा नै रोकिएन, यसले थप समस्या बनायो। यात्रुहरूलाई पनि निकै समस्या भएको छ। पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन।', विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा, निरन्तर वर्षाका कारण बागलुङको काठेखोलामा एक विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा परेका छन्।, काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित जनप्रिय आधारभूत विद्यालयको सातकोठे भवन र स्थानीय शमशेर मल्ल, गणेशबहादुर थापा, डिलकुमारी हमाल र लक्षु हमालको घर पहिराको उच्च जोखिममा परेको स्थानीय गंगा थापा ‘भिक्षु’ले जानकारी दिए।, पहिराले घर बगाउन थालेपछि चार परिवारलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ। डिलकुमारी हमाल र लक्षु हमालको घर विद्यालय भवनसँगै जोखिममा रहेको थापाले बताए।, भवनको अगाडिदेखि ठूलो पहिरो जाँदा विद्यालय जोखिममा परेको प्रधानाध्यापक नरबहादुर थापा बताउँछन्। विद्यालय अगाडि मोटरबाटो रहेको र समय–समयमा डोजरले सडक खन्दा त्यसको थर्कोले पहिरो गएको उनको भनाइ छ।, 'स्कुल अगाडि मोटरबाटो छ, बेला–बेला मोटरबाटोमा डोजर चलाउँछन्। डोजरको थर्कोले यति ठूलो पहिरो गयो, पहिराले सातकोठे भवन बगाउने जोखिम बढेको छ,' उनले भने, 'विद्यालयको तलपट्टि सडक निर्माण नगरेको भए अहिले यस्तो जोखिम हुने थिएन।', आठसम्म पढाइ हुने विद्यालयमा ८२ विद्यार्थी अध्ययनरत छन्।, लोकमार्गका दर्जनौं स्थानमा पहिरो, सयौं यात्रु अलपत्र
रासस कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो।, संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीले गएराति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको जानकारी दिए।, यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रूपैयाँको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो। उक्त समस्या समाधान हुनेबित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो।, इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरूद्ध भएको हो।, पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए।, बाढीले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द
सेतोपाटी संवाददाता हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ।, किन होला त? , किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं। दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं। , सानोदेखि नै गर्दै आएको काम पनि सिकाउनुपर्छ र भन्नु होला! दाँत माझ्ने पनि नियम हुन्छ र भन्ने पनि लाग्ला! तर संसारका धेरै देशमा भएका अनुसन्धानले अधिकांश मान्छेले गलत तरिकाले दाँत माझिरहेको देखाएका छन्। त्यसैले अहिले पनि अध्येताहरू हामीलाई दाँत माझ्ने तरिका सुझाइरहेका हुन्छन्। , दाँतमा समस्या आउने भनेको त्यहाँ जम्मा हुने फोहोरले हो। फोहोर भन्नाले ब्याक्टेरिया, तिनले निकाल्ने एसिड (अम्ल) र खानेकुराका लेग्रा हुन्। खानेकुरा खानेबित्तिकै यी सबै कुरा दाँतमा बस्छन्। तत्कालका लागि हानिकारक पनि हुँदैनन्। तर लामो समयसम्म यी सफा नभएर दाँतमा बसिरहे समस्या निम्त्याउँछन्।, कति समयमा यस्ता पदार्थ दाँतका लागि हानिकारक बन्छन् भन्ने यकिन त छैन, तर सामान्यतया १२ घन्टासम्म यसै छाडिए हानिकारक हुन थाल्ने अध्येताहरूले बताएका छन्। , अध्ययनहरूका अनुसार हाम्रो दन्त स्वास्थ्यमा दाँत माझ्ने तरिकाले ठूलो फरक पार्छ। सही तरिका र शैली पछ्याएदेखि दाँतमा देखिने धेरै समस्या कम हुने उनीहरूले बताएका छन्। , उसो भए दाँत कसरी माझ्ने? कति समय माझ्ने? कस्तो ब्रस वा मञ्जनले माझ्ने?, हामीले स्वास्थ्यसम्बन्धी लेख प्रकाशन गर्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित लेखका आधारमा यी र यस्तै प्रश्नको जवाफ खोजेर यहाँ बुँदामा प्रस्तुत गरेका छौं।, १. कस्तो ब्रसले माझ्ने?, धेरैजसोका लागि नरम तार र तारहरूबीचको दुरी मध्यम भएको ब्रस उपयुक्त हुन्छ।, फराकिलो तार भएको ब्रसभन्दा मसिना रेसा भएका ब्रसले अप्ठ्यारा र भित्री भागसम्म पुगेर सफा गर्न मद्दत गर्छ। तर कतिपय मसिना रेसा भएका ब्रसले संवेदनशील गिँजामा असर पार्न सक्छन्।, त्यसैले सबभन्दा उपयुक्त नरम र मध्यम रेसा भएका ब्रस हुन्छ। किनकी यसले गिँजा र दाँतलाई असर गर्दैन।, कतिले ब्रस घोटीघोटी दाँत माझ्छन्। यसो गर्नु हुँदैन। यसरी माझे दाँत र गिँजा दुवैलाई असर पर्छ।, अनि ब्रस छान्दा हातमा सजिलै अट्ने र समाउन सजिलो हुने ह्यान्डल भएको छान्नुपर्छ। एउटै ब्रस लामो समय चलाउनु पनि हुँदैन। सामान्यतया चार-पाँच महिनाभन्दा बढी समय एउटै ब्रस प्रयोग गर्नु राम्रो मानिँदैन। त्यस्तै ब्रसका तार फ्याँ परे वा बिग्रिएजस्तो देखिए भने त्यसले अब काम गर्दैन भन्ने बुझे हुन्छ। , हातले घोटेर माझ्ने ब्रसभन्दा विद्युतीय ब्रस धेरै प्रभावकारी हुने पनि वैज्ञानिक अध्ययनले पुष्टि गरेका छन्।, अर्को मुख्य कुरा, दाँतसँगै हाम्रो ब्रस पनि सफा गर्नुपर्छ। हामीले दाँत माझिसकेपछि ब्रसमा ब्याक्टेरिया बसेका हुन्छन्। ब्रस राम्ररी सफा नगरी राखे ब्याक्टेरिया त्यहाँ रहिरहन्छ। माझिसकेपछि केही समय धारामा थापेर ब्रस पनि सफा गर्न नभुल्नुहोला।, २. कस्तो मञ्जनले माझ्ने?, दाँत माझ्दा धेरैजसो फाइदा मञ्जनले नै दिने हो। मञ्जनमा हुने मुख्य पदार्थ भनेको फ्लोराइड हो जसले दाँतमा कीरा लाग्न रोक्ने पुष्टि भइसकेको छ। फ्लोराइडले दाँतबाट गुमेको खनिज फर्काउँछ र बलियो पनि बनाउँछ।, फ्लोराइडको मात्रा १३५० देखि १५०० पिपिएम भएको मञ्जन राम्रो हुन्छ। यत्ति मात्रा भएको मञ्जनले कीरा रोक्न प्रभावकारी भूमिका खेल्छ। प्रायः मञ्जनको पछाडि भागमा फ्लोराइडको मात्रा उल्लेख गरिएको हुन्छ। सामान्यतया यो प्रतिशतमा उल्लेख हुन्छ।, केटाकेटीले भने दाँत माझ्दा आधाजसो निल्ने भएकाले उनीहरूका लागि बनाइएका अधिकांश मञ्जनमा फ्लोराइड कम हुन्छ वा हुँदै हुँदैन। फ्लोराइड निलिनु स्वस्थकर मानिँदैन। तर केटाकेटीकै दाँत सबभन्दा जोखिममा पनि हुन्छन्। त्यसैले उनीहरूको उमेर र दाँतको अवस्था हेरेर दन्त चिकित्सकको सल्लाहमा मञ्जन चलाउन दिनु राम्रो हुन्छ। , ३. दाँत कसरी माझ्ने?, सबभन्दा पहिले केराउ आकार जति मञ्जन ब्रसमा लगाउने। यसलाई दाँतमा दायाँबायाँ सिधै घोट्ने होइन। घुमाइ घुमाइ गोलाकार बनाउँदै माझ्नुपर्छ।, अनि ब्रस सिधा, तेर्सो वा ठाडो बनाउनु हुँदैन। ४५ डिग्रीको कोणमा अर्थात् अलिकति छड्के बनाएर माझ्नुपर्छ। अनि मुख आँ गरेर दाँतको भित्रपट्टिसम्म सफा गर्नुपर्छ।, ४. दाँत कति समय माझ्ने? कतिपटक माझ्ने?, ब्याक्टेरियाले चिनी र चिनीजन्य पदार्थ लिएर अम्ल उत्पादन गर्छ। यो अम्लले दाँतमा भएका खनिज तत्व पगाल्छ। अनि हाम्रा आँखाले देख्न नसक्ने स-साना प्वाल बन्न थाल्छन्। यो प्रक्रिया बन्द नभए र बेलैमा उपचार नगरे आँखाले देख्न सकिने प्वाल बन्छन्। यसैलाई सामान्य भाषामा हामी दाँतमा कीरा लागेको भन्छौं।, हामीले दिनको दुईपटक, दिनमा र रातमा दाँत माझ्नुपर्छ। दिउँसोको तुलनामा राति हामीले कम मात्रामा थुक उत्पादन गर्छौं। थुकले हाम्रो दाँतको सुरक्षा गर्छ। कम थुक भएकै कारण राति हाम्रो दाँतको सुरक्षा पनि कम हुन्छ र अम्ल उत्पादन हुने जोखिम बढ्छ।, त्यसैले राति सुत्नुभन्दा अगाडि दाँत राम्ररी माझेर सबै लेग्रा हटाउन जरूरी छ। नभए त रातभर ब्याक्टेरिया तिनै लेग्रा खाएर हुर्किन्छ।, बेलुकी दाँत माझिसकेपछि सादा पानीबाहेक अरू कुरा खानु हुँदैन। यसो हुँदा मञ्जनबाट पाएको फ्लोराइडले लामो समय राम्ररी काम गर्न पनि पाउँछ।, अध्येताहरूका अनुसार दाँतमा भएका लेग्रा र अन्य हानिकारक पदार्थ हटाउन कम्तीमा दुई-तीन मिनेटसम्म माझ्नु उपयुक्त हुन्छ। खस्याकखुसुक एक मिनेट पनि नमाझ्दा दाँत सफा हुँदैन।, ५. जिब्रो पनि सफा गर्नुपर्छः, दाँतमा भएका ब्याक्टेरिया हाम्रो जिब्रोमा पनि बसेका हुन्छन्। जिब्रोका ब्याक्टेरियाले पनि दाँत र मुखको स्वास्थ्यमा असर पार्छन्। जिब्रोका ब्याक्टेरिया सहजै हटाउन मुश्किल हुन्छ। त्यसैले जिब्रोमा पनि ब्रस लगाउनुपर्छ।, दाँत माझिसकेपछि फेरि अलिकति मञ्जन राखेर हलुका र विस्तारै जिब्रोमा पनि ब्रस गर्ने बानी बसाउनुपर्छ।, ६. दाँत माझ्दा थुक्ने गर्नुहोस्, कुला गर्ने होइनः, दाँत माझेपछि पानी वा बजारमा पाइने माउथवासले कुला पनि नगर्न अध्येताहरू सुझाउँछन्। यसले मञ्जनबाट प्राप्त फ्लोराइड पनि पखालिन्छ।, कुला नगरी दाँत माझ्ने चलनै नभएकाको बानी यसै त फेरिँदैन। तर याद राख्नुहोस्, तपाईंले कुला गर्नुको साटो सर्लक्क पखालेर थुक्नु मात्र भयो भने दाँत कीरा लाग्ने समस्या २५ प्रतिशतसम्म कम हुने अध्ययनहरूले देखाएका छन्।, आफ्नो दाँत स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने चिनी खाने बानी पनि कम गर्नुहोस्। सामान्यतया प्राकृतिक फल र खानेकुरामा पाइने चिनीको तुलनामा खानेकुरामा पछि राखिएको चिनीले दाँतलाई धेरै असर गर्छ। चिनीजन्य खानेकुरा दाँतका ब्याक्टेरियाले लिन निकै सहज हुन्छ।, कुन खालको चिनी दाँतका लागि सबभन्दा खराब हो भन्न त निकै कठिन छ। तैपनि उदाहरण दिनुपर्दा प्राकृतिक फलमा पाइने चिनी ठिकै हुन्छ। तर बजारमा पाइने फलफूलका जुस हानिकारक हुन्छन्। त्यसैले आफू र घरपरिवारका अन्य सदस्य, विशेषगरी केटाकेटीले कति र कस्तो चिनी खाइरहेका छन् भन्ने याद गर्नुपर्छ।, स्वस्थ दाँतका लागि यत्ति गरे पनि पर्याप्त हुन्छ-, दिनमा दुईपटक फ्लोराइड भएको मञ्जनले दुई-तीन मिनेट सही तरिकामा दाँत माझ्नुहोस्।, कुला गर्ने होइन, थुक्ने बानी गर्नुहोस्।, दाँत माझेपछि राति केही नखानुहोस्।, अनि चिनी कम खानुहोस्।, (यो लेख विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको हो र यसलाई हामीले पुनः प्रकाशन गरेका हौं।), हामी दाँत कसरी माझिरहेका छौं? यी हुन् ध्यान दिनैपर्ने ६ कुरा
सेतोपाटी संवाददाता चार दिनदेखि परेको अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा तटबन्ध नै बगाएको छ।, बुटवल-११, बुद्धनगर, शिवालय टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र पर्खाल बाढीले बगाएको हो।, सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि उपमहानगरपालिकाले ६० मिटरको तटबन्ध लगाएको थियो। तर बिहीबार रातिको बाढीले गत वर्ष लगाएको ५० मिटर तटबन्ध बगाएको वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए।, तटबन्ध बगाएर शिवालय टोलका ९ घरपरिवार जोखिममा परेपछि त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सारिएका छन्। वडा अध्यक्ष क्षेत्रीले विस्थापित ९ घरपरिवारलाई बुद्धनगरमै रहेको सहिद स्मारक विद्यालयमा राखिएको र पानी आउने क्रम रोकिएपछि थप व्यवस्थापनका लागि उपमहानगरपालिकामा पहल भइरहेको बताए।, स्थानीयले बुटवल उपमहानगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन्।, स्थानीय नारायण बन्जाडेले निर्वाचनका बेला सुकुम्बासीहरूको समस्यालाई प्रमुख मुद्दा बनाएर निर्वाचन जितेकाहरू साढे चार महिना बितिसक्दा पनि फर्किएर नगएको गुनासो गरे।, निर्वाचनपछि पनि बलियो र दिर्घकालीन समस्या समाधान गर्ने गरी तटबन्ध लगाउने पर्याप्त समय भए पनि बाढी नआउँदासम्म फर्किएर नगएको उनले बताए।, ‘भोट माग्न दिनरात घरघरमा आएका जनप्रतिनिधिरू निर्वाचन जितेपछि फर्किएर आउनुभएको छैन। निर्वाचनलगत्तै काम गरेको भए अहिले बस्ती छाडेर हिँड्नुपर्ने अवस्था आउने थिएन,’ बन्जाडेले भने।, उनले उपमहानगरपालिकाले लगाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको गुनासो गरे।, ‘यस्तो बाढीले बगाउने तटबन्ध कस्तो होला। सबै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरिएको छ,’ उनले भने।, वडा अध्यक्ष क्षेत्रीले बुद्धनगर र शिवालय टोलमा लगाइएको तटबन्ध तिनाउ नदीमा आएको बाढीले बर्सेनि कटान गरिरहेकाले समस्या बल्झिइरहेको बताए। उपमहानगरपालिकाले बर्सेनि संरचना निर्माण गरे पनि बाढी आउनेबित्तिकै भत्किने क्रम नरोकिएको उनले बताए।,  , तिनाउको बाढीले तटबन्ध नै बगायो, ९ घरपरिवार विस्थापित
सेतोपाटी मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।, महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ। पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ।, मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।, महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। , वर्षाका कारण देशका विभिन्न ठाउँमा डुबान भएको छ भने पहिरोले सडकहरू अवरूद्ध भएका छन्।, १६ तस्बिरमा हेर्नुहोस् विभिन्न ठाउँँमा वर्षाले पारेको प्रभावः, बुटवलको तिनाउ नदीमा आएको बाढीले भत्काएको तटबन्ध। तस्बिरः भगवती पाण्डे/सेतोपाटी, तीन दिनको अविरल वर्षाका कारण दाङ घोराही–१४ झिगौरामा भत्किएको घर। मानवीय क्षति नभए पनि घर बस्न नमिल्ने गरी भत्किएको छ। तस्बिरः रञ्जिता अधिकारी/रासस, अविरल वर्षाका कारण शुक्रबार तनहुँ व्यास नगरपालिका–१ निर्मलबस्तीमा पहिरा जाँदा जोखिममा परेका तीन घर। पहिरोका कारण खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिमग्रत छन्। तस्बिरः सानेबहादुर नेपाल/रासस, तनहुँको घिरिङ्ग गाउँपालिका–५ देउरालीमा शुक्रबार पहिरो जाँदा अवरुद्व भएको श्रृङ्गपथ मार्ग। जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने उक्त मार्ग पहिरा जाँदा पूर्ण रूपमा अवरुद्ध भएको हो। तस्बिरः सानेबहादुर नेपाल/रासस, अविरल वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भागमा डुबान हुन थालेपछि सुरक्षित स्थानमा जाँदै स्थानीय बासिन्दा। तस्बिरः सुरेश आचार्य/रासस, अविरल बर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय। तस्बिरः तिलकराज ओझा/रासस, वर्षाका कारण माथिदेखि झरेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड। तस्बिरः डम्मर बुढा मगर/रासस, पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर। तस्बिरः दयाराम आचार्य/रासस, पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर। तस्बिरः दयाराम आचार्य/रासस, नवलपुरको कावासोती स्थिती पूर्व–पश्चिम राजमार्गमा अविरल वर्षापछि भरिएको पानी। तस्बिरः दयाराम आचार्य/रासस, नवलपुरको सदरमुकाम कावासोतीको दुःखका रुपमा चिनिने केरुङ्गे खोलामा आएको बाढी। तस्बिरः दयाराम आचार्य/रासस,  , म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा वर्षा र हुरीवतासले खेतमा नै ढलेको धान। तस्बिरः ध्रुवसागर शर्मा/रासस, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुल नजिक शुक्रबार बिहान खसेको पहिरो। तस्बिरः कृष्ण न्यौपाने/रासस, तनहुँको घिरिङ गाउँपालिका–३ खिलामा बिहीबार दिउँसो खसेको पहिरा हटाइँदै। तस्बिरः कृष्ण न्यौपाने/रासस, डुबानमा परेको दाङको गाउँ। तस्बिरः दुख्खहरण यादव, १६ तस्बिरमा हेर्नुहोस् वर्षाको असर
नारायण खड्का तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ। , राप्ती गाउँपालिका वडा नम्बर ५, ६ र ७ मा दुई सय ५० वटाभन्दा धेरै कच्ची घर डुबानमा परेका छन्। सयौं मानिस विस्थापित भएका छन्। , गाउँपालिकाको वडा नम्बर ६ मा घरहरू डुबानमा पर्दा छानामा बसेर हारगुहार गरिरहेका ६ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। , राप्तीमा आएको बाढीले स्थानीय खोलाहरू थुनिएपछि बाढी बस्तीमा पसेको हो। डुबानमा परेका बस्तीका सर्वसाधारण आफैं सुरक्षित स्थानमा गएर बसेको तथा फसेका कतिपयलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।, त्यस्तै दाङ देउखुरीकै गढवा गाउँपालिका क्षेत्र पनि जलमग्न बनेको छ।, 'गढवाका अधिकांश वडाका बस्ती डुबानमा परेको खबर छ,' प्रवक्ता गौतमले भने, 'सबैतिर जलमग्न छ, प्रहरी पनि जान सक्ने अवस्था छैन। मैले बुझ्दा त्यहाँ एकदेखि डेढ सय घर डुबानमा परेको प्रारम्भिक सूचना पाएको छु।', दाङमा पानी पर्ने क्रम जारी भएकाले जोखिम बढ्न सक्ने खतरा उनले औंल्याए। विपदको समयमा सबैले जिउज्यानको सुरक्षाका लागि हातेमालो गर्नुपर्ने परिस्थिति आएकाले स्थानीय जनप्रतिनिधिदेखि सबैलाई हारगुहार गरिएको उनले बताए। , गढवाका पत्रकार दुख्खहरण यादवका अनुसार गाउँपालिकाको झन्डै दस गाउँ डुबानमा परेको छ। गढवा बजारसमेत डुबानमा परेको उनले बताए। गढवा बजारको सामुदायिक पुस्तकालयको पर्खाल ढलेको, गढवा वडा नम्बर ७ कार्यालयको पर्खाल ढलेको, पुरानो गढवा गाउँपालिका भवन तथा हाल लुम्बिनी प्रदेशका सभामुखका लागि भनेर प्रस्तावित आवास डुवानमा परेको उनले जानकारी दिए।, राप्ती तटीय क्षेत्रका तकियापुर, बोझिपुर, लोखरपुर लगायतका गाउँमा राप्तीको बाढी पसेर डुबान भएको यादवको भनाइ छ।, 'राप्तीको बाढीले ब्लक गर्दा स्थानीय खोलाहरू थुनिएर धर्मापुर, झारबैरा, कान्छी गाउँ, भक्नहवा, मोतिपुर, सेमरी लगायत गाउँ-बस्ती डुबानमा परेका छन्,' पत्रकार यादवले भने, 'गाउँपालिका अन्तरगत वडा नम्बर ४, ५ र ७ नम्बरका सयौं घर डुबानमा परेका छन्। सर्वसाधारणको बिचल्ली भएको छ।', पूर्व-पश्चिम राजमार्ग लगयत विभिन्न सडक खण्ड अवरूद्ध , पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेका कारण गन्तव्यमा हिँडेका यात्रु बाटोमै थुनिएका छन्। जिल्ला प्रहरी प्रवक्ता गौतमका अनुसार राप्ती गाउँपालिकाको भालुवाङ बजारदेखि पाँच किलोमिटर पश्चिम कालाकाँटेमा ठूलो पहिरो खसेको छ।, उक्त क्षेत्र गढवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्छ। पहिरो पन्छाउन बिहानैदेखि प्रयास जारी रहे पनि सम्भव नभएको र दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेको उनले जानकारी दिए।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका क्षेत्रको च्याउखोलामा पहिरोसँगै रूख ढलेर सडक खण्ड अवरूद्ध भएको छ। त्यो पनि पन्छाउने प्रयास जारी रहेको उनले बताए।, डुबानमा परेको देउखुरी क्षेत्रमा जान भनेर हिँडेका जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी दिउँसो साढे २ बजेसम्म पनि पहिरोका कारण सडक खण्डमै रोकिनुपरेको पनि गौतमले बताए।, उनका अनुसार घोराही–लमही सडक खण्डको मुसोट खोलाभन्दा केही पर पनि ठूलो पहिरो झरेको खबर केही बेरअगाडि प्राप्त भएको छ। सो सडक खण्डमा त्योबाहेक अरू ठाउँमा पनि पहिरो झरेकाले अवरूद्ध भएको छ।, त्यस्तै शुक्रबार दिउँसो झरेको पहिरोको कारण राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्ड अवरूद्ध भएको छ। सडक खण्डको भञ्ज्याङमा पहिरो झरेकाले पन्छाउने प्रयासका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल घटनास्थलतर्फ लागेका छन्।, लमहीदेखि गढवा हुँदै कोइलाबास जाने सडक खण्ड पनि बाढी-पहिरोका कारण अवरूद्ध छ। राप्ती नदी लगायत स्थानीय खोलामा आएको बाढीका कारण सडक खण्डमा बाढी पस्दा यातायात ठप्प बनेको हो।, राप्ती गाउँपालिकाकै भालुवाङ बजारदेखि उत्तर प्युठान जिल्ला जोड्ने सडक खण्ड पहिरोका कारण बिहानैदेखि अवरूद्ध छ। भालुवाङ बजारदेखि ६ किलोमिटर उत्तर राप्ती गाउँपालिकाको कावासोती क्षेत्रमा ठूलो पहिरो झरेका कारण पन्छाउन मुस्किल भइरहेको प्रहरीले बताएको छ। , घोराही बजारदेखि उत्तर रोल्पा जिल्ला जोड्ने सहिद मार्ग अवरूद्ध नै छ। दाङ–रोल्पा सिमाना क्षेत्रमा पहिरो झरेका कारण सहिद मार्ग अवरूद्ध बनेको प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी प्रवक्ता गौतमले लगातार वर्षासँगै परेको चट्याङ लागेर दिउँसो लमही नगरपालिका वडा नम्बर २ मा बिमला चौधरी अचेत भएको खबरपछि उद्धार गरी अस्पताल पुर्‍याइएको बताए। , पूर्व-पश्चिम राजमार्ग अवरूद्ध हुँदा कपिलबस्तु हुँदै दाङ र बाँकेको नेपालगन्ज वा बर्दियातर्फ आउजाउ गर्ने यात्रु मात्रै नभई बिरामीसमेत सडकमै अलपत्र परेका छन्।, बाँके, बर्दिया, सुर्खेत लगायत क्षेत्रबाट दाङ प्रवेश गर्ने राप्ती राजमार्गको अमेलिया बजार हुँदै तुलसीपुर सडक खण्ड र पूर्व-पश्चिम राजमार्ग हुँदै लमहीदेखि घोराही जाने सडक खण्ड पनि अवरूद्ध हुँदा दसैंमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।, ती बाहेक लमही–गढवा–कोइलाबास, भालुवाङ–प्युठान–पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अमेलिया–लमही–भालुवाङ हुँदै कपिलवस्तु तगा त्यताबाट आउवाउ गर्ने यात्रु पनि सडकमै रोकिन परेको छ।, पहिरोका कारण दाङसँग पहाडी जिल्लाहरूको सम्पर्क बिच्छेद हुँदा समस्या उत्पन्न भएको छ।, 'पहाडी जिल्ला जाने बाटोमा मात्रै समस्या छैन,' डिएसपी गौतमले भने, 'दाङ जिल्लाकै आन्तरिक बजार जोड्ने सडक खण्डहरू पनि अवरूद्ध हुँदा जिल्लाको लाइफलाइन लगभग ठप्प बन्न पुगेको छ।', बुधबारको बाढीमा परी तुलसीपुरमा एक र घोराहीमा दुई जना गरी तीन जनाको बगेर तथा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, हेर्नुहोस् दाङमा वर्षाले पारेको असर तस्बिरमाः, तस्बिरहरूः दुख्खहरण यादव,  तस्बिरहरूः प्रिया स्मृति गजमेर, तस्बिरहरूः टेकबहादुर पुन, 'सबैतिर जलमग्न छ, प्रहरी पनि जानसक्ने अवस्था छैन' (तस्बिरहरू)
सेतोपाटी संवाददाता यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा भएको छ।, यो पुरस्कार यसपालि बेलारूसका मानव अधिकार कार्यकर्ता एलेस बिआलियात्स्कीका साथै रूस र युक्रेनका मानव अधिकार संस्थालाई संयुक्त रूपमा दिइने भएको हो।, पुरस्कार पाउने रूसको 'मेमोरियल' र युक्रेनको 'सिभिल लिबर्टिज' संस्था हुन्।, सम्मानको घोषणा गर्दै नोबेल पुरस्कार कमिटीले भनेको छ, 'शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आ-आफ्नोमा देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छन्। उनीहरूले नागरिकहरूको अधिकार संरक्षणका लागि वर्षौं काम गरेका छन्।', त्यस्तै यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।, नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।, एर्नोले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यावसायिक लेखन थाल्नुअघि एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्। उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तक समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।, यस वर्ष चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार भने स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाएका छन्। ‘लोपोन्मुख होमिनिनको जिनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि उनलाई पुरस्कार दिइएको हो।, कसले पाए यस वर्षको नोबेल शान्ति पुरस्कार?
रासस भगवान रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुक्रबार ‘रामराज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ।, श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ शुक्रबार जलेश्वर आइपुगेको हो।, सयौं साधुसन्तसहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहणका लागि बाबा जलेश्वरनाथको मन्दिरमा लगेका छन्।, भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने र आपसी भाइचारा बढाउने उद्देश्यका साथ जलेश्वर आइपुगेको यस रथयात्रा जलेश्वरनाथ महादेवको दर्शनपछि आजै जनकपुरधाम लगिने छ।, नेपालको जलेश्वर, जनकपुर, हेटौंडा, नारायणघाट र काठमाडौंसम्म जाने यस यात्रा नेपालमा आठ दिनसम्म विभिन्न मठमन्दिरमा दर्शन एवं पूजाअर्चना गर्नेछन्।, यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन्।, अयोध्याबाट आइपुग्यो 'रामराज्य रथ'
रासस/सिन्ह्वा पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ।, यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले बिहीबार राति जनाएको छ। , एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा छ सय ३२ बालबालिका र तीन सय ४० महिला छन्।, देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ सात सय ६३ व्यक्तिको मृत्यु भएको छ।, त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा तीन सय ३६ जनाको मृत्यु भएको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः तीन सय आठ र दुई सय २१ जनाको मृत्यु भएको छ। , वर्षाका कारण देशभर २० लाख ४८ हजार  सात ८९ घर ध्वस्त भएका छन् भने एक लाख ६३ हजार दुई सय ३७ गाईवस्तु मर्ने अनुमान गरिएको छ।, बाढी प्रभावित क्षेत्रमा एनडिएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी छ।, पाकिस्तानमा बाढीका कारण एक हजार ७ सयको मृत्यु, २० लाख घर ध्वस्त
रासस तीन दिनको झरीसँगै शुक्रबार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ।, योसँगै तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ। स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ।, वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।, नदीको बहाव उच्चरूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।, समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे। प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गरे। साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जानसमेत उनले आग्रह गरे।, राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्रसमेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।, राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्छन्।, बाढी र डुबान सुरू भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन्। भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन्। नेपालगन्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउ लगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ।, वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ। बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।, राप्तीमा बज्यो आकस्मिक साइरन, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध
रासस गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ। , पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्छ। अविरल वर्षाका कारण छिनछिनमा पहिरो खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विक बताउँछन्।, पहिरा पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइनपुग्दै फेरि पहिरो खसेको जानकारी आएपछि दगुर्नु पर्ने बाध्यता रहेको उनले बताए।, शुक्रबार बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरूद्ध भएपछि पहिरो पन्छाएर सवारी साधन सञ्चालन गरेलगत्तै पुनः राजमार्ग रोकिएको उनले जानकारी दिए।, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। , पानी नरोकिएका कारण पहिरो पन्छाउन सास्ती हुने गरेको छ।, उनले भने, 'कतिखेर कहाँ पहिरो खस्छ, थाहै हुँदैन।', पहिरोका कारण सदरमुकाम दमौली–केशवटार जाने मार्ग अवरूद्ध भएपछि पन्छाउन थालिएको छ। , ६ घर जोखिममा, अविरल वर्षाका कारण विभिन्न स्थानका ६ वटा घर जोखिममा परेका छन्। व्यास नगरपालिका–१ निर्मलबस्ती नजिक छाब्दीखोला नजिक पहिरो जाँदा तीन घर जोखिममा परेका छन्। पहिरोका कारण छाब्दी लिफ्ट खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिए। पहिरोका कारण उक्त घरका मानिस सुरक्षाका लागि छिमेकीकोमा शरण लिनुपर्ने अवस्था छ।, त्यसैगरी व्यास नगरपालिका–३ देउराली नगरमा एक घरमा पहिराले क्षति बनाउनुका साथै व्यास–५ मानुङ्गमा दुई घरमा क्षति पुर्‍याएको छ। जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने श्रृङ्ग सडक मार्गमा पहिरो जाँदा पूर्ण रूपमा अवरूद्ध भएको छ।, जिल्लाको घिरिङ गाउँपालिका–५ देउरालीमा पहिरो गएका कारण सवारी आवागमन रोकिएको घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अञ्जान परियारले जानकारी दिए। सडक विस्तार नगरेसम्म ठूला कुनै पनि सवारी साधन चल्न नसक्ने अवस्था देखिएको उनले बताए।, खानेपानीको समस्या, वर्षाका कारण खानेपानीको समस्या पनि सर्वसाधारणले उत्तिकै भोग्नुपरेको छ। व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिरोले बगाएपछि खानेपानीको समस्या भएको हो।, खानेपानीको पाइप पहिरोले बगाएपछि धारामा पानी नआउँदा कहाँको पानी खाने भन्ने चिन्ता वडाबासीलाई छ। तीन दिनदेखि धारमा पानी नआएको स्थानीय कविता कोइरालाले जानकारी दिइन्।, वडामा रहेका करिब तीन हजार उपभोक्ताले उक्त खानेपानी समितिले वितरण गर्दै आएको पानी उपभोग गर्दै आएका थिए। , 'पहिरो पन्छाएर कार्यालय आइनपुग्दै फेरि खस्छ, दगुर्दै जानुपर्छ'
रासस काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ।, मृत्यु हुनेमा चार पैदल यात्रु र तीन जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने भएको प्रहरीले जनाएको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले चाडपर्वमा पनि सवारीसाधन व्यवस्थापनमा दिनरात नभनी ट्राफिक प्रहरी खटेकाले तुलनात्मक रूपमा यस वर्ष धनजनको क्षति कम भएको बताए।, काठमाडौं उपत्यकामा शुक्रबार सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन्। प्रमुख चोकहरूमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लिने र चढ्ने यात्रुको संख्या उल्लेखनीय छ।, काठमाडौंमा फूलपातीयता दुर्घटनामा परी ७ जनाको मृत्यु
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा शुक्रबार साँझ परेको चट्याङ लागेर बिर्तामोड ३ सैनिकमोडमा एक बालिकाको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ का रूपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो।, बालिका साइकलबाट गन्तव्यतर्फ जाँदै थिइन्। गुडिरहेको साइकलमा अचानक चट्याङ लाग्दा सन्जुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, चट्याङ लागेर बालिकाको मृत्यु
नारायण खड्का मोटरसाइकल दुर्घटनामा परी दाङमा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।, राप्ती गाउँपालिका वडा नम्बर ६ लठवाका ३६ वर्षीय सुलेश चौधरी र लमही नगरपालिका वडा नम्बर १ का ३५ बर्षीय लाहानु चौधरीको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए।, उनीहरू दुवै जना सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ भालुवाङ दाङमा कार्यरत थिए। सुलेश सशस्त्र प्रहरी हवल्दार हुन् भने लाहानु सशस्त्र प्रहरी सहायक हवल्दार हुन्।, मोटरसाइकलको पछाडि सवार लाहानुको उपचारका क्रममा स्थानीय मेडिकलमै गए राति पौने ११ बजेतिर मृत्यु भएको र चालक सुलेशको बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा शनिबार बिहान पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए।, पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल राति दस बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता गौतमले बताए।, ज्वालामाई गणका प्रमुख एसपी बिनोद केसीले बाढीमा फसेकाहरूको उद्धारमा खटिएका उनीहरू गणतर्फ आउने क्रममा दुर्घटनामा परेको  सेतोपाटीलाई बताए।, ‘उहाँहरू बिहानैदेखि सिसहनिया लगायतका क्षेत्रमा डुबानमा परेका व्यक्तिको उद्धारका लागि खटिनुभएको थियो,’ उनले भने, ‘बिडम्बना गणमा आउँदै गर्दा राति दुर्घटनामा परेर मृत्यु भयो ’, निरन्तर वर्षाका कारण चिफ्लो बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र बाहिरीभन्दा पनि भित्री चोट खेपेका कारण मृत्यु भएको एसपी केसीले बताए।, दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु
नारायण खड्का प्युठानमा शुक्रबार दिउँसो पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये एक जनाको शव फेला परेको छ।, माण्डवी गाउँपालिका वडा नम्बर ४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिँदा ६ जना बेपत्ता भएका थिए। ६ जनामध्ये एक जनाको शव भने साँझ फेला परेको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए।, फेला परेका एक जनाको शव निकाल्ने प्रयास भइरहेको र बाँकी ५ जना भने बेपत्ता नै रहेको उनले बताए।, जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार घटनास्थलमा पहिरो अझै गइरहेको छ।, 'निरन्तरको वर्षा र पहिरोका कारण हामी घटनास्थलतर्फ जान सकिरहेका छैनौं,' थापाले भने, 'सिम्लेखोलामा आएको बाढीले हामीलाई छेकेको छ।', सेना, सशस्त्र प्रहरी र प्रहरीको टोली घटनास्थल जान हिँडे पनि ठाउँठाउँमा झरेको पहिरो र खोलाहरूमा आएको बाढीका कारण अझै पुग्न नसकेको उनले बताए। , 'घटनास्थलमा अझै निरन्तर पहिरो झरिरहेको भन्ने छ,' डिएसपी थापाले भने, 'घटनास्थल पुगेपछि मात्र के कसो हो भन्न मिल्ला।', इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले पनि आफूहरू घटनास्थल जान हिँडेको र जंगलमा रहेको जानकारी दिए।, 'बाढी पहिरोले जान सक्ने अवस्था छैन,' उनले भने, 'अहिले पनि हामी जंगलमै छौं।', घटनास्थलमा रहेका माण्डवी गाउँपालिकाका अधिकारीले फेला परेको एक जनाको शव निकाल्न प्रयास गरिरहेको बताए।, 'यहाँ अँध्यारो भइसक्यो। एक जनाको शव पुरिएको अवस्थामा थोरै देखिएको  छ,' उनले भने, 'हामी निकाल्ने प्रयास गरिरहेका छौं। शव महिलाको वा पुरुषको भन्ने पनि यकिन भइसकेको छैन।', अध्यक्ष अधिकारीले दिउँसो साढे ३ बजेतिर पहिरोले घर पुरेको सूचना प्राप्त भएपछि आफू उद्धारका लागि केही बेरअघि घटनास्थल आइपुगेको बताए।, 'बीचमा ठूला खोलाहरू र भूगोल पनि जटिल भएकाले यही वडाको वडाध्यक्षज्यू यहाँ आउन सम्भव भएन। त्यसैले म आएको हुँ,' उनले भने, 'उपाध्यक्ष लगायतको टोली पनि घटनास्थल आउन थालेको भन्ने सुनेको छु। तर आइपुग्नुभएको छैन।' , गाउँपालिका अध्यक्ष अधिकारीले बेपत्ता ५ जना र शव फेला परेका एक जना गरी ६ जना सबै एकै घरपरिवारका नरहेको भन्ने बुझिएको जानकारी दिए। अधिकारीले दसैं मनाउन छोरीको घरमा आएका बुवाआमासमेत परेको कुरा सुन्नमा आएको बताए।, पहिरोमा पुरिनेमा ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, २१ वर्षीया टेकी राहु मगर, ६० वर्षीय हिराबहादुर थापा, १८ वर्षीया मौसमी थापा र  चार वर्षीय सुशान थापा रहेको उनले जानकारी दिए।, पहिरोले घर बगाउँदा बेपत्ता ६ मध्ये एकको शव फेला
रासस नेपालमा पछिल्लो पाँच दिनदेखि लगातार पानी परिरहेको छ। मनसुन सक्रिय रहेकाले अझै तीन दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना छ। आगामी मंगलबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ।, 'अबको तीन दिनसम्म वर्षाको सम्भावना छ। पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ,' उनले भने।, नेपालमा मनसुन अझै सक्रिय रहेकाले वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए।, हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर परेको हो। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ।, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, त्यस्तै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।, महाशाखाका अनुसार गत २४ घन्टामा वीरेन्द्रनगरमा १६९ र नेपालगन्जमा १६५ मिलिमिटर वर्षा मापन गरिएको छ। घोराहीमा १०४, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा ९.५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।, शनिबार काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ।, अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि बल्ल मौसममा सुधार
सेतोपाटी संवाददाता केही दिनदेखिको अविरल वर्षाका कारण जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको छ।, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जना बेपत्ता छन् भने दुई जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका दुई जनालाई उपचार निम्ति अस्पताल पठाइएको छ।, घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।, यसबीच गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनर्स्थापनामा केन्द्रित हुन गृह प्रशासन र प्रजिअलाई निर्देशन दिएका छन्।, पहिरोमा पुरिएर ५ जनाको मृत्यु
रासस त्रिभुवन राजपथको बाह्र घुम्तीमा केही बेरअघि सुख्खा पहिरो जाँदा हेटौंडादेखि काठमाडौंतर्फको यातायात अवरूद्ध भएको भैंसे प्रहरी चौकी मकवानपुरले जनाएको छ।, केही घन्टाभित्रै सुख्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, काठमाडौंबाट आएका र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रूपमा राखिएको भैंसे प्रहरीले जानकारी दिएको छ।, त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौंडा–काठमाडौं यातायात अवरूद्ध
रासस गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका २ इजरायली र ६ नेपालीलाई नेपाली सेनाले उद्धार गरेको छ।, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याइएको हो।, उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ।, गोरखाको मनास्लु इलाकाबाट २ इजरायलीसहित आठ जनाको उद्धार
राजेश घिमिरे अविरल वर्षाले गलेको भिरबाट सडकमा लेदो खसिरहेको थियो। कतै ठूला चट्टान र गेगर झरेका थिए। सडक हिलाम्मे थियो, कतै सडकमै खोलो बगेको देखिन्थ्यो। यात्रुहरू घन्टौंदेखि सडकमा अलपत्र थिए। , वर्षायाममा यस्तै हुन्छ नारायणगढ–मुग्लिन सडकको हाल।, यसपालि त दसैंमा पनि सुखले यात्रा गर्न दिएन यो सडकले। केराबारी, सत्रकिलो र अठारकिलो भन्ने ठाउँमा झरेको पहिरोले नारायणगढ–मुग्लिन सडक बिहीबार दिनभरजसो अवरूद्ध बन्यो। विजया दशमीको दिन यात्रा गर्दै गरेका यात्रुहरू दिनभर सडकमै रोकिए। , पूर्वी र पश्चिम नेपाललाई देशको राजधानी काठमाडौंसँग जोड्छ नारायणगढ–मुग्लिन सडकले। पूर्वका यात्रुहरूका लागि सडकको अर्को विकल्प भए पनि पश्चिमका यात्रुका सहज विकल्प छैन। जतिसुकै ट्राफिक जाम भए पनि पर्खिनु उनीहरूको बाध्यता हो। , जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार गत जेठ २४ गतेयता पहिरोका कारण यो सडक १०९ घन्टा अवरूद्ध बनेको छ। २४ गते सडकमा सुख्खा पहिरो झरेको थियो। त्यसयता प्रायः लेदो, गेगर, चट्टान झरेर सडक बन्द भएको छ।, गत साउनको १७ गते मौरी पुलमा झरेको पहिरोले लगातार २३ घन्टा सडक बन्द भएको थियो। सडक भासिने समस्या पनि यहाँ उस्तै छ।, 'बिहीबार दसैंको दिन यात्रुहरूलाई यात्रामा असहज नहोस् भनेर हामीले पहिल्यैबाटै तयारी गरेका थियौं। लगातारको वर्षासँगै पहिरो झर्न थाल्यो। तैपनि सकेसम्म छिटो पहिरो पन्छाएर यात्रुलाई गन्तव्यमा पठाउन प्रयास गर्‍यौं,' अधिकारीले भने, 'हामीले गर्नसक्ने भनेको ट्राफिक व्यवस्थापन मात्रै हो। पहिरो पन्छाउने काम सडक कार्यालयले गर्छ। जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउन समन्वय गर्छौं।', उनले यो सडक भएर दैनिक करिब १५ हजार सवारी साधनहरू चल्ने गरेको बताए। दसैंको समयमा ठूला गाडी कम चले पनि साना सवारी साधन अत्यधिक चलेको अधिकारीले बताए।, 'उपल्लो निकायबाट किन अहिलेसम्म सडक खुलेन भनेर सोधनी भइराख्ने, यात्रुहरू हामीले नै सडक बन्द गरे झैं गरेर ट्राफिक प्रहरीमाथि खनिने चलन छ,' उनले भने, 'राति पहिरो जाँदा काम गर्न उस्तै गाह्रो छ। तैपनि हामी आफ्नो जिम्मेवारीलाई सम्झिएर संयमित भएर काम गर्छौं।', २०६० सालमा १६ ठाउँमा पहिरो जाँदा यो सडक एक महिनासम्म अवरूद्ध भएको थियो। पछिल्लो पटक सन् २०१५ बाट दुई अर्ब ९० करोड रूपैयाँ लगानीमा तीन वर्ष लगाएर यो सडकको विस्तार गरिएको थियो। सडक विस्तारअन्तर्गत नै पुल निर्माणको काम अझै सकिएको छैन। केही पुल निर्माण सुरू गर्नै बाँकी छ। तर ठाउँठाउँमा पहिरो झरिरहने र सडक भासिने समस्याले यो सडकको यात्रा सधैं कष्टकर बन्ने गरेको छ। , मुग्लिनदेखि नागढुंगा, नारायणगढदेखि बुटवल र मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम पनि अहिले चलिरहेको छ। निर्माण कार्य चलिरहेका यी सडकहरूको यात्रा पनि कम कष्टकर छैन। , करिब तीन घन्टामा सकिने नारायणगढ–बुटवल यात्राको अवधि अहिले झन्डै दोब्बर पुगेको छ।, यो सडक खण्डलाई एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ४४ महिना पूरा भयो। ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १८ प्रतिशत मात्रै छ।, चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले निश्चित समय (२०७९ साउन २२ गते) भित्र काम नसकेपछि पुनः एक वर्षलाई म्याद थपिएको थियो। तर थपिएको समयमा पनि काम सुस्त गतिमा चलिरहेको छ।, चाइना स्टेट कन्स्ट्रक्सनले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको हो। उक्त सडकलाई दुई खण्डमा बाँडेर ठेक्का लगाइएको थियो। दसैं सुरू भएपछि यो सडक निर्माणको काम ठप्प छ। भत्किएर जिर्ण बनेको सडकमा यात्रा गर्न यात्रुहरूले निकै कष्ट झेलिरहेका छन्।, समय थप्दा पनि काममा ढालासुस्ती भएपछि सडक आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर निर्माण कम्पनीलाई चेतावनी दिएको थियो। २८ दिनभित्रमा उपस्थित भएर समयभित्रै निर्माण कार्य सक्ने प्रतिबद्धता गर्न सार्वजनिक सूचना जारी गरिएको थियो।, 'उक्त अवधिभित्रै कम्पनीका प्रतिनिधि र सडक विभागको उच्चस्तरीय बैठक भयो। चाडपर्व र वर्षाका कारण ढिलाई भयो। दसैंलगत्तै द्रूत गतिमा काम गर्छौं भनेर प्रतिबद्धता जनाएका छन्,' आयोजनाको गैंडाकोट-दाउन्ने खण्डका प्रमुख रमेशकुमार दिष्टीले भने।, उनले कम्पनीले द्रूत गतिमा काम गरेर अब बाँकी अवधिमा काम सक्न सम्भव रहेको बताए।, 'हामीले काम समयमा सक्न निर्देशन दिने, समन्वय गर्ने हो। काम सक्ने त ठेकेदारले नै हो। पछिल्लो प्रतिबद्धता पूरा गर्लान् भन्ने आशा गरौं,' उनले भने, 'पश्चिमतर्फ पनि समान गतिमा काम भए अर्को दसैंमा नारायणगढ-बुटवल सडक तयार भइसक्छ।', उनले आफ्नो खण्डमा पर्ने २२ मध्ये १५ पुल निर्माण भएर सवारी साधन चल्न थालिसकेको बताए। यी १५ पुल मध्ये केहीको एकतर्फी लेनमात्रै बनेको छ।, 'कम्तीमा एकतर्फी लेन १५ वटा पुलको बनिसकेकाले अब डाइभर्सनको भरपर्नु पर्ने अवस्था सकियो। यसले यात्रा केही हदसम्म भए पनि सहज भएको छ। अब सडक बनाउने, कालोपत्रे गर्ने काम दसैंलगत्तै अघि बढ्छ होला,' दिष्टीले भने।, यो सडकमा पुल निर्माण गर्नेक्रममा बनाइएका डाइभर्सन बाढीले बगाउँदा वर्षायाममा घन्टौंसम्म राजमार्ग अवरूद्ध हुन्थ्यो। , हाल दुई लेन रहेको नारायणगढ-बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ।, गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।, १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ। यो सडकले रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ।, २०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको थियो। विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए।, पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्डलाई दुइटा प्याकेज बनाएर ठेक्का लगाइएको छ। यो राजमार्गको विस्तारको प्रगति पनि सन्तोषजनक छैन। चार लेन विस्तार गर्न लागिएको सडकको ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा प्रगति करिब तीन प्रतिशत मात्रै छ। निर्माणाधीन सडक र ठाउँठाउँमा पहिरो गएको, सडक भासिएका कारण यात्रा गर्न सहज छैन।, यो सडक गण्डकी प्रदेशलाई देशको राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्ग हो। ८०.३३ किलोमिटर लम्बाइको सडकको स्तरोन्नति आर्थिक वर्ष २०७६/७७ मा सुरू भएको थियो। योजनाको अवधि आर्थिक वर्ष २०८५/८६ सम्म छ। योजनाको लागत १३.६२ अर्ब रूपैयाँ छ। , मुग्लिनदेखि नागढुंगा जोड्ने सडकको विस्तार काम पनि अहिले चलिरहेको छ। यो सडकअन्तर्गत तेस्रो खण्डमा पर्ने मलेखुदेखि मुग्लिनसम्म ४० किलोमिटर ठेक्का लागेको छ। सडकमा निर्माणको काम चलिरहँदा यातायात सेवा प्रभावित हुँदै आएको छ। , चार अर्ब ८० करोड रूपैयाँमा बजेटमा शर्मा–जेडआईसीजी जोइन्ट भेन्चरले कम्पनीले काम गरिरहेको छ। मलेखुबाट मुग्लिनसम्मको खण्डका लागि साढे ६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको थियो। तर उक्त निर्माण कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ कम आर्थिक प्रस्ताव गरेकाले ठेक्का पाएको हो। निर्माण कम्पनीले पूर्व तयारीका कामहरू सम्पन्न गरी निर्माणको कार्य ३ वर्षभित्र सक्नुपर्ने छ।, यो मुग्लिन–नागढुंगा सडक आयोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो। यसअन्तर्गत नागढुंगा–नौबिसे खण्ड १२.२६ किलोमिटरको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रूपैयाँमा एमएस जियाङसु–सगुन जेभी र नौबिसे–मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले ५ अर्ब ३३ करोड १९ लाखमा पाएको हो। यो सडक विस्तारको काम ३ वर्षमा सम्पन्न गरीसक्नुपर्ने छ। , पृथ्वी राजमार्गकै नौबिसेदेखि नागढुंगासम्म सुरुङमार्ग निर्माणको काम अहिले चलिरहेको छ।, काठमाडौं प्रवेश गर्ने सडकको बेहाल, यात्रुलाई जताततै सास्ती