content
stringlengths
20
64.1k
रासस पश्चिमी वायुका कारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।     , जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने  प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, पश्चिमी वायुका कारण हल्का वर्षाको सम्भावना
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।,  , आजको शृंखलामा हामीले कात्तिक ५ देखि कात्तिक ११ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, काठमाडौंको न्यूरोडमा सजाइएको झिलिमिली बत्तीअगाडि सेल्फी लिँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, भाइटीकाको दिन काठमाडौंको रानीपोखरीमा तस्बिर लिँदै एक वृद्ध। तस्बिर: नवीनबाबु गुरूङ ,  , भृकुटीमण्डपमा नेपालमा पाइने विभिन्न प्रकारका रोटीको प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा सहभागी एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ,  , कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँएको छ। गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर पूजा गरिएको छ। तस्बिर: नवीनबाबु गुरूङ , नेपालीहरूको घर-घरमा लक्ष्मीपूजा गरिँदै छ। लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँ-सहर झिलिमिली पारेका छन्। तस्बिर: नवीनबाबु गुरूङ , तिहारको चौैथो दिन म्ह: पूजामा सहभागी हुँदै एक बालक। नेवार समुदायले म्ह: पूजा गर्ने चलन छ।  तस्बिर: नारायण महर्जन/सेतोपाटी,  , काठमाडौंबाट देखिएको सूर्यग्रहण। कात्तिक ८ गते अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो। तस्बिर: नवीनबाबु गुरूङ, कीर्तिपुरको नगाउँ दोबाटोमा घरको छतमा बसेर झिरझिरे बाल्दै एक बालिका। तस्बिर:  नारायण महर्जन/सेतोपाटी, चन्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई सूर्योदयसँगै स्वागत गरिएको छ।  बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरू भएको खुसीयालीमा निकालिएको र्‍यालीमा सहभागीहरू। तस्बिर: नवीनबाबु गुरूङ, साताका क्लिक
सेतोपाटी संवाददाता खोटाङमा काकामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले भतिजलाई पक्राउ गरेको छ। , दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।, उनीमाथि आफ्नै ५९ वर्षीय काका मानबहादुरको हत्या गरेको आरोप छ। , आपसी वादविवादको क्रममा मादक पदार्थ सेवन गरेका पत्थरमानले खुकुरी प्रहार गर्दा मानबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , उक्त खबर पाएपछि प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।, काकामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भतिज पक्राउ
सेतोपाटी संवाददाता दाङको तालमा डुबेर एक जनाको मृत्यु भएको छ।, जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ४ मौली गाउँका ६५ वर्षीय लवरु चौधरीको स्थानीय सिंचाईका लागि निर्मित तालमा डुबेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार भैंसी गोठमा गएका चौधरी शुक्रबार बिहान ११ बजेतिर तालमा डुबेका थिए।, उनको शव शनिबार बिहान १० बजेतिर फेला परेको डिएसपी मल्लले बताए।, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा शव पोष्टमर्टमका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय हेकुली मौली र गाउँका स्थानीयले शनिबार उनको शव तालबाट निकालेका थिए।, दाङको तालमा डुबेर एक जनाको मृत्यु
नवीनबाबु गुरूङ छठ मनाउन काठमाडौंको कमलपोखरी सजाउन थालिएको छ। , आइतबार परेको छठ पर्व मनाउन भक्तजनहरूले शनिबार कमलपोखरी सजाउन थालेका हुन्। , कमलपोखरीमा छठी देविको मूर्ति पनि राखिएको छ। यस्तै पोखरीका संरचनामा रंगरोगन तथा बत्तीले सजाइएको छ। , निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट सुरू गरिन्छ।, छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रूपमा समेत लिने गरिएको छ।, यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहायखाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ।, तस्बिरहरू:, छठ मनाउन सजाउन थालियो कमलपोखरी (तस्बिरहरू)
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।  , ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होमकुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।, प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रुपैयासहित पक्राउ गरेको हो। , उनीहरूबाट रातो रङको क्वाइन २३ थान, तास, कालो रङको क्वाइन २२ थान, सेतो क्वाइन १८ थान र ३ वटा गाडीसहित पक्राउ गरेको हो।, जुवा खेलेको आरोपमा झन्डै ८ लाखसहित ६ जना ललितपुरबाट पक्राउ
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , तुलसीपुरस्थित मदनआश्रित चोकमा रा ७ प १६२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैका का २४ वर्षीय रवि बस्नेतको मृत्यु भएको हो।, शुक्रबार बेलुका पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका-६ को मदन आश्रित चोक नजिकै अनियन्त्रीत भई मोटरसाइकल पटिँल्दा बस्नेत घाइते भएका थिए।, दुर्घटनामा परी घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।, शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए।, उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।, तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए।, उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए।, घटनामा तीन जना गम्भीर घाइते समेत छन्।, सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन्।, कमलको दाहिने हात र दुबै खुट्टा भाँचिएको छ।  मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ भने दर्शनाको पेटमा प्वाल परेको, दुबै खुट्टामा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ। उनीहरूलाई पनि हेलिकप्टरबाट उपचारको लागि सुर्खेतमा पठाइएको छ।, डिएसपी रिमालका अनुसार विस्फोट भएको बम नयाँ हो वा पूरानो भन्ने अनुसन्धान भइरहेको छ।, कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते
डा. ऋचा अमात्य, मानसिक रोग विशेषज्ञ डिप्रेसन भन्नाले मनमा निरासापन हुनु र निरासपनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निरास हुन्छ।, कहिलकाहीँ रून मन लाग्छ। आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निरासापन आउँछ। आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो भने, अनि आर्थिक रूपमा समस्या पर्‍यो भने पनि मानिस निरास हुन्छ।, डिप्रेसन किन हुन्छ? डिप्रेसनका लक्षणहरू के-के हुन्, डिप्रेसनको उपचार कसरी गर्ने, पुरुषलाई भन्दा महिलालाई डिप्रेसन किन धेरै हुन्छ लगायत विषयमा हामीले मेडिसिटी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर ऋचा आमात्यसँग भिडिओ कुराकानी गरेका छौं।, यस कुराकानीका मुख्य अंशहरू यसप्रकार छन्।, -  मनमा निरासपन हुनु, सानो कुरामा चिटचिटाहट हुनु, केही काममा जाँगर नहुनु, थकान हुनु, काममा ध्यान केन्द्रित नहुनु, निद्रा नलाग्नु यसका प्रमुख लक्षण हुन्।, - डिप्रेसन भएको व्यक्तिले आफ्नो भविष्य अन्धकार देख्छ जसले गर्दा उसलाई आत्महत्यासम्म सोच आउन सक्छ। विगतमा मैले गल्ती गरेँ भनेर धेरै पछुतो मान्छ। कसैलाई खानाको रूचि हुँदैन भने कसैलाई धेरै खान मन लाग्छ।, - सर्वप्रथम त बिरामीले आफ्नो व्यवहारमा पनि ध्यान दिनुपर्छ। परिवारका सदस्यहरूले ख्याल गर्नुपर्छ। उपचारका लागि चिकित्सककहाँ जानुपर्छ। अन्यत्र जाने होइन, मनोचिकित्सक या साइकियाट्रिस्टकहाँ जानुपर्छ।, - कतिपय अवस्थामा परामर्श मात्रै गरेर पनि उपचार गर्न सकिन्छ। तर डिप्रेसन कडा हुँदै गएको छ भने औषधि खानुपर्छ।, - जति चाँडो रोग थाहा पायो त्यति चाँडो नियन्त्रणमा ल्याउन सकिन्छ। ढिला भयो, औषधि सेवन नियमित भएन भने डिप्रेसनसँगै अरू समस्या निम्तिन सक्छ।, - यसको कुनै उमेर समूह भन्ने छैन। तर २० देखि ३५ वर्षसम्म बढी देखिन्छ।, - डिप्रेसन महिलाहरूमा पुरुषको तुलनामा बढी देखिन्छ; दुई गुणा बढी। विश्वभरि गरिएको तथ्यांकमा महिलालाई धेरै भार उठाउन पर्छ जसले गर्दा उनीहरू धेरै डिप्रेसनमा परेका हुन्छन्। कार्यालयको काम अनि घरमा पनि कामले गर्दा समेत उनीहरूलाई डिप्रेसन हुन्छ। , - मनोरोग भएमा कुनै अप्ठ्यारो नमानी मनोचिकित्सक र साइकियाट्रिस्टलाई भेट्नुपर्छ। किनकि हामी खुसी भयौं भने मात्रै पूर्ण रूपमा स्वस्थ हुन सक्छौं।, (यो स्टोरी सेतोपाटीमा पहिलो पटक २०७७ पुस ४ गते प्रकाशित थियो।), डिप्रेसन किन हुन्छ, के हुन् लक्षण? (भिडिओ)
सेतोपाटी संवाददाता  , डेंगीको संक्रमणका कारण रूपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ।  ३० वर्षदेखि रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रानाको बुधबार बिहान निधन भएको हो।, डेंगी संक्रमणसँगै जण्डिस, निमोनिया र मिर्गौलामा समेत समस्या देखिएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो।, मास्की रानाको बुधबार बिहान उपचारकै क्रममा अस्पतालमै निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव बिनोद परियारले जानकारी दिए।, स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं ३ बारिचौर स्थायी घर भएका मास्की रानाले रूपन्देहीबाटै पत्रकारिताको सुरूआत गरेका थिए।, आर्थिक अवस्था कमजोर रहेको कारण उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो।, नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य रहेका मास्की राना लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए।, केही वर्षअघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा र दुई छोरी छन्। सरल, सादगी, पेशाप्रति बफादार र लगनशील रानाको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको महासंघले जनाएको छ।, उपचारका क्रममा बिते डेंगी संक्रमण भएका पत्रकार राना
मधुकर अधिकारी अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ। त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ। यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन्। कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन्। यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी रहेको छ। उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा छन्।, प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डाक्टर ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन्। भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेका छन्। सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छन्।, सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ। उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी हुन्। सन् २०२१ मा उम्मेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छन्। भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन्।, उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका हुन्। भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफ्नो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन्। सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ।,  उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो। यसले गर्दा मतदाताले उम्मेदवारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन्। भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा आफनो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन्। उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए। यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ। उनको क्षेत्र ३ जनाले प्रतिनिधित्व गर्छन्। भण्डारी भन्छन्- मैंल मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिवद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु। करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरु मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन्।, मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटिमा बसेर काम गरेका भण्डारी आफनो चार वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन्।  ‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्‍यौं। यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो। महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम गर्‍यौं,’ उनले भने।, उक्त समितिमा बसेर लङ्ग टर्म केयर, जेष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफनो कार्यकाल सफल भएको भण्डारी टिप्पणी गर्छन्।, नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको उल्लेख गर्दै उनले भने- कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँ।, दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका भण्डारीले कोरोना महामारीको बीचमा एक हजार पाँच सय नेपालीको बेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए। भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रूपमा नआएकाले राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन्।, भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुमहरूको निर्माणको लागि भनेर पाँच लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन्। भण्डारी सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बाराक ओबामाको चुनावी अभियानमा स्वयंसेवक बनेका थिए।, मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहेका भण्डारी अपरान्ह ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्छन्। उनी  भन्छन्,‘मैले आफनो पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टिममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु।’, उता सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दे आएका वहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेकी छन्। उनको पहिलो पटकको राजनीतिक यात्राले नै नयाँ उचाइ हासिल गर्न सकेको छ। पर्यावरणको क्षेत्रमा काम गर्ने श्रेष्ठले आफनो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेकी छन्। उनी ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएकी छन्। यी नारा तय गर्नुमा आफनो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउँछिन्। उनी भन्छिन्- यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नु परेको छ। यसलाई मैले मुख्य मुद्दा बनाएको छु। मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरु निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो। यसको लागि कतिपय कानुन बनाउनु पर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ।, उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश गरिएको छ। उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेकी छन्। उनीलगायत न्यूयोर्क राज्यका चार एसेम्बली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुर्‍याएको छ।, सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी हुन्। सहना भन्छिन्, ‘मैले उमेदवार हुने सोच बनाएको एक वर्ष भयो। यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ।’, उनी श्रीमानसँग न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी छन्। उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत हुन्। ‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो,’उनले भनिन्।   , यसपटकको निर्वाचनमा दुई जना मात्र निर्वाचनको मैदानमा भए पनि विगत वर्षमा अनेकन राज्यमा नेपालीले उम्मेदवारी दिँदै आएका छन्। तर अहिलेसम्म सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैनन्। यसरी अमेरिकाको राजनीतिमा होमिनेहरू दर्शन रौनियारले सन् २०१२ मा वासिङ्गटन स्टेटको कंग्रेसनल डिष्ट्रिक १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए तर उनी प्राइमेरी निर्वाचन मा नै पराजय भए।, यसैगरी टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिष्ट्रिक ९२ वाट उम्मेदवार बनेका दिनेश शर्माले पनि यस पटकको लागि प्राइमेरी निर्वाचनमा पराजयको सामना गर्नु पर्‍यो। नेपाली अमेरिकन मतदाताको राम्रो मत भएको स्थानमा पनि शर्माले जीत हासिल गर्न सकेनन्।  ,(रासस), अमेरिकी निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार
रासस प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।, सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्।, उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो। सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने ठूलो छ।, तीन वटा गाउँपालिका रहेको यस उच्च हिमाले क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ। त्यसैले तीन वटै खाद्यान्न पुर्‍याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ। कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्र समेत राखेको छ।, मोटर गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरिने शे-फोक्सुण्डो गाउँपालिकाका प्रेम गुरूङले बताए। ‘यो वर्ष हिमपात सुरू भइसकेको छ, केही समयभित्र नाकाहरु पनि बन्द हुन्छन्,’ उनले भने, ‘वर्ष दिनदेखि ठेकेदारले चामल नल्याएका कारण डिपोमा एक दाना चामल पनि छैन।’, यस क्षेत्रमा चिनियाँ भू-भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुन समेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताए।, यो वर्ष पनि सदरमुकाम बाहिरका बिक्री केन्द्रमा हवाइमार्गमार्फत् आयोडिनयुक्त नुन ढुवानीका लागि भदौ ५ गते बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म नुन पुग्न सकेको छैन। नेपालगञ्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल, सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने भनि कोटा निर्धारण गरिएको थियो।, पाँच वर्षअघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमनका क्रममा तेन्जे नाकामा जथाभावी फालिएको अवस्थामा फेला परेको थियो। नुन र खाद्यान्न ढुवानीका लागि कुनै पनि चासो नलिएको भन्दै जनप्रतिनिधि र सरकारी निकायप्रति उपल्लो डोल्पाबासी सवर्बसाधारणले गुनासो गरिरहेको डोल्पोबुद्ध गाउँपालिका-३ का पुटी गुरूङको भनाइ छ।, ‘समय हुँदासम्म ढुवानी हुँदैन, पछि हिमपातले बाटो अवरूद्ध भएपछि बाटो बन्द भयो भन्दै खाद्यान्न ढुवानी गरिदैन। यो समस्या जहिले पनि रहन्छ,’ उनले भने।, सरकारले सहुलियतमा उपलब्ध गराउने नुन र चामल आपूर्ति नहुँदा नागरिकहरूले सदुरमुकाम दुनै बजारबाट महंगोमा खरिद गर्न बाध्य भएका छन्।, उपल्लो डोल्पामा पाँच वर्षदेखि पुगेन आयोडिन नुन
एजेन्सी संसारकै फोहोरी मान्छेको उपनाम पाएका इरानका अमाउ हाजीको ९४ वर्षको उमेरमा मृत्यु भएको छ।, इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणी प्रान्त फार्सको देज्गाह गाउँ गत आइतबार उनको मृत्यु भएको हो।, हाजीले ५० वर्षसम्म पानीले आफ्नो शरीर नुहाएका थिएनन्। केही महिनाअघि गाउँलेहरूले उनलाई नुहाउन प्रोत्साहन गरेका थिए। नुहाएको केही महिनामै उनको मृत्यु भएको इर्ना न्युज एजेन्सीले जनाएको छ।, गाउँलेहरूले युवा हुँदा कुनै घटना भएकाले हाजीले नुहाउन छोडिदिएको हुन सक्ने बताएका छन्। उनलाई नुहाएपछि बिरामी परिन्छ भन्ने डर थियो।, उनका बारेमा सन् २०१३ मा ‘अ स्ट्रेन्ज लाइफ अफ अमाउ हाजी’ नामक डकुमेन्ट्री बनेको थियो। उनी ताजा खानाले पनि आफू बिरामी पर्छु भन्ने ठान्थे तर जनावरको मलमुत्र मिसिएको हुक्का तान्थे।, उनी बाक्लो लुगा लगाउँथे र गाउँलेहरूले बनाइदिएको झुप्रोमा बस्थे। उनी पानी पनि सफा पिउँदैनथे। धुमपानका भने उनी शौखिन थिए। एउटा तस्बिरमा उनले एकैसाथ धेरै चुरोट पिइरहेको देखिन्छ। , गाउँलेको आग्रहमा ५० वर्षपछि नुहाएका उनी केही महिनामै बिते
नवीनबाबु गुरूङ चन्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ।, नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरू भएको खुसीयालीमा अहिले राजधानी काठमाडौंमा विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको छ।, यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूआत गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो।, तस्बिरमा हेर्नुस् काठमाडौंमा नेपाल संवतको नयाँ वर्षलाई गरिएको स्वागत:, काठमाडौंमा यसरी स्वागत गरियो नेपाल संवत ११४३ लाई (तस्बिरहरू)
सेतोपाटी संवाददाता अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुनका गरगहना चोरी भएको छ। ललितपुरको भैंसेपाटीस्थत उनको घरबाट लक्ष्मीपूजाको राति चोरी भएको हो।, ललितपुर प्रहरी प्रवक्ता एसपी सूर्यविक्रम शाहीका अनुसार कार्कीले लक्ष्मीपूजाको साँझ खाना खान बाहिर गएका बेला घरबाट नगद ३० हजार र ५-७ तोला सुनका गहना चोरी भएको उजुरी दिएकी छन्।, ‘हामीले अनुसन्धान गरिरहेका छौं। घटना राती ९-१० बजेतिर भएको देखिन्छ,’ प्रवक्ता शाहीले भने।, अभिनेत्री प्रियंका कार्कीको घरबाट चोरी भयो नगद र सुनका गहना
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ।, जिल्लाको गंगादेव गाउँपालिका- ७ आराखोलाका २२ वर्षीय अमर बिकको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले बताए।, पैदल हिँडिरहेका बिकको मंगलबार बेलुका साढे ६ बजेतिर स्थानीय भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको डिएसपी घिमिरेले जानकारी दिए।, घटनास्थलको सुरक्षा प्रहरीले गरे पनि मुचुल्का बनाई शव उठाउन बुधबार बिहान प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको घिमिरेले बताए। घटनास्थल पुग्न झन्डै चार घन्टा पैदल हिँड्नु पर्छ।, बिकले मदिरा सेवन गरेको हुन सक्ने आशंका गरिएको प्रहरीले जानकारी दिएको छ।, भिरबाट लडेर युवकको मृत्यु
रासस लिंगे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ।, दैलेखको नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर सोही वडा बस्ने १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो।, पिङ खेल्न सुरू गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासि लडेका थिए।, स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए।, जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ। पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ।, पिङबाट लडेर युवकको मृत्यु
नारायण खड्का रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।, रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई जानकारी दिए।, मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, उनका दाजु सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिकाका निवासी ५० वर्षीया फाम्सी केसी रहेको डिएसपी घिमिरेले बताए। , रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार ब्रेकले काम नगर्दा दुर्घटना भएको र जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।, दुर्घटनामा परेर १२ जना घाइते भएका छन्।, घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका– २ खुँग्रीकी ५४ वर्षीय चन्द्रचमन सिंह, ३८ वर्षीया दीपा ठकुरी, १४ वर्षीया नीतु सिंह, ३१ वर्षीया निलम सिंह, १० वर्षीया आस्था थापा, ७ वर्षीया स्वस्तिका थापा, सुनिलस्मृति– ३ मिझिङका ४८ वर्षीय जितबहादुर विष्ट (गाडी चालक), सोही ठाउँकी २४ वर्षीया मेनुका विष्ट, ४२ वर्षीया कुशुमा विष्ट छन्। , त्यस्तै दाङ तुलसीपुर उपमहानगपालिका-१५ डुरुवाकी ४० वर्षीया ईश्वरी थापा, तुलसीपुर– ६ की ४५ वर्षीया भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका- ६ की ५० वर्षीया निर्मला शर्मा दुर्घटनामा परी घाइते भएका छन्।, घाइते सबैलाई रोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी घिमिरेले बताए।, दुर्घटनामा एकै घरका दाजुभाइसहित तीनको मृत्यु, १२ घाइते
रासस महिलाको तस्बिर दुरूपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, प्रहरीको साइबर ब्युरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो।, ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिर दुरूपयोग गरेर अनावश्यक दुःख हैरानी दिएकाले पक्राउ गरिएको जानकारी दिए।, भण्डारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।, सामाजिक सञ्जालमा महिलाको तस्बिर दुरूपयोग गर्ने पक्राउ
भगवती पाण्डे सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि बुटवलमा कार्यान्वयन हुन सकेको छैन। , तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला सीमा-नाकाको फाइदा उठाउँदै गैरकानुनी रूपमा भित्र्याइने यी सामग्रीको बिक्री-वितरणमा स्थानीय प्रशासन भने बेखबर बन्ने गरेको छ।, विगतमा किराना र रङ पसलहरूमा लुकिछिपी बिक्री-वितरण हुने पटकाहरू यसपटक विद्यालयअगाडिकै कतिपय पुस्तक पसलमा खुलेआम बिक्री भएको पाइएको छ। त्यस्तै डिपार्टमेन्टल स्टोरमा पनि पाइन थालेको छ। जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि साँझको समयमा यत्रतत्र पटका पड्किएको आवाजले बालबालिका तथा वृद्धवृद्धालाई आतंकित बनाएको छ।, प्रहरी प्रशासनको बेवास्ताका कारण पछिल्लो समय बुटवल तथा आसपासका क्षेत्रहरूमा गैरकानुनी क्रियाकलापले प्रसय पाउन थालेको सर्वसाधारणको गुनासो छ। प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक बन्ने बस्ने गरेको बुटवल-१० कालिकानगरका हरि केसी बताउँछन्।, बुटवल-११ होराइजन चोकका केदार नेपालले पनि रमाइलो गर्ने नाममा हिँड्दै गर्दा खुट्टैनिर पटका पड्काइदिएको भन्दै कसैले नियन्त्रणमा चासो नदिँदा त्रास उत्पन्न भएको बताए।, रमाइलोका लागि भन्दै पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री-वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो। , आतिसबाजी पटका, झिरझिरे, आलुबम जस्ता विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।, खुलेआम पटका पड्काउँदा मुकदर्शक प्रशासन
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०१-०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट काकरभिट्टा तर्फ गइरहेको मे १ ख २३२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो।, दुर्घटनामा परेर दमक-५ बस्ने निर्मल दासको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।, दुर्घटनामा संलग्न ध्रुवतारा यातायातको उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय, झिलझिलेले नियन्त्रणमा लिएको छ।, प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान सुरू गरेको जनाएको छ।, बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
रासस उदयपुर जिल्लाको दुइटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ।, प्रहरीका अनुसार बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार तामाङ तीव्र गतिमा थिए। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। उनलाई उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगिए पनि उपचारका क्रममा गए राति नै उनको मृत्यु भएको जिल्ला प्रहरीले बताएको छ।, यता मंगलबार साँझ नै जिल्लाको कटारी नगरपालिका–११ बेतिनी बजारबाट गहुँबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।, मोटरसाइकल पछाडि बस्ने २१ वर्षीया इन्दिरा कार्की घाइते भएको प्रहरीले बताएको छ ।, लु ८८ प १८५६ नम्बरको 'अनटेस्ट' मोटरसाइकल चलाएर बेतिनीबाट गहुँबारी जाँदै गरेका श्रेष्ठको राति ८ बजे गहुँबारीमा दुर्घटना भएको हो। श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ।, उदयपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
डा. प्रकाश श्रेष्ठ जाडोमा विशेषगरी दीर्घ रोग हुनेहरूले ध्यान दिनुपर्छ। त्यसमा पनि बाथ, स्वासप्रश्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ। जब जाडोयाम सुरू हुन्छ, स्वासप्रश्वासका लागि प्रयोग हुने नलीहरू खुम्चिने गर्छ।, नलीहरू खुम्चिसकेपछि मुरलीको जस्तै आवाज आउँछ। त्यो आवाज आउनु भनेको दम बल्झिनु हो। दमका औषधि खाइरहने बिरामीले आफूलाई केही नभएको भन्दै औषधि खान छोड्छ। यस्तो अवस्थामा बिरामीलाई दमले अझै च्याप्ने गर्छ।, जाडोको कारणले रक्तनली साँघुरो भएर जान्छ जसले गर्दा रक्तचाप बढ्छ। यसले पक्षघात हुन सक्ने खतरा रहन्छ। मुटुसम्बन्धी समस्या हुनेहरूलाई हृदयघात पनि हुनसक्ने खतरा रहन्छ। बाथसम्बन्धी व्यथाले मासु र हड्डी जुन तन्किने हो त्यो तन्किन पाउँदैन। जसले गर्दा बिरामीलाई समस्या पर्छ।, सामान्य अवस्थामा रहेको व्यक्तिलाई सताउने भनेको भाइरलको संक्रमणले हो। रूघाखोकी, घाँटी खसखस, एलर्जी जस्ता समस्या जाडो मौसममै हुन्छ।, जाडोमा बढी रूघाखोकी लाग्नुको प्रमुख कारण भनेको गर्मी समयमा चलिरहेको जीवनशैलीमा एक्कासि परिवर्तन भएर हो। गर्मीबाट जाडोमा आउँदा एलर्जी हुन्छ। जाडोयाममा विशेष किसिमको भाइरसको चहलपहल पनि हुन्छ जुन हाम्रो शरीरमा सजिलै छिर्न सक्छ। सजिलै छिर्ने भएको कारणले नै यो भाइरलको संक्रमण हुने हो।, रूघाखोकी लागेमा के गर्ने?, रूघाखोकी लागेपछि के गर्ने भन्नेमा हामीले विशेष ख्याल गर्नुपर्छ। रूघाखोकी भन्नसाथ डराइहाल्नु पनि पर्दैन भने हेलचेक्रयाँइ पनि गर्नु हुँदैन। रूघाखोकीले गर्दा ज्यान जान सक्ने अवस्था पनि आउँछ। तर हामीले बुझ्न पर्ने के हो भने, रुघाको सुरूआती अवस्थामा तातो पानी, झोलिलो कुराहरू बढी खाने र आराम गरेर बस्ने गर्नुपर्छ।, भाइरसको उपचार भनेकै आराम गर्ने हो। सामान्यतया भाइरस ७ दिनदेखि १४ दिनसम्म हुन्छ। ७ देखि १४ दिनसम्म आलस्य हुने ज्वरो आउने, जिउ कटकटी दुख्ने, रूघाखोकी लाग्ने हुनसक्छ। त्यति समयसम्म झोलिलो खानेकुरा खाने र आराम गरेर बस्नुपर्छ।, तर त्यही बेलामा स्वासप्रश्वाससम्बन्धी व्यथा सुरू भयो भने भाइरसको कारणले जिउ दुख्छ। अझै बढेर गयो र केही खान सकिएन भने तुरून्त नजिकको अस्पतालमा वा चिकित्सककहाँ गएर सल्लाह लिनु बुद्धिमानी हुन्छ।, जथाभावी औषधि खानु हुँदैन, अहिले छ्यापछ्याप्ती औषधि पसलहरू छन् जहाँ सजिलै सामान्य रोगको औषधि किन्न पाइन्छ। यो एकदमै दुर्भाग्यपूर्ण पाटो हो। हुन त सामान्य मानिसलाई जहाँ पायो त्यहीँ औषधि किन्न सजिलो लाग्छ। बेच्ने मान्छेलाई पनि सजिलो लाग्छ होला। तर त्यसको खराब पाटोको बारेमा हामी कमैलाई थाहा छ। एन्टिबायोटिक जहाँबाट पनि बेचिरहेको देखिन्छ। रूघा लागेर ओपिडीमा आएको बिरामीले २, ३ वटा एन्टिबायोटिक पहिला नै खाइसकेको हुन्छ।, हामीले बुझ्नपर्ने कुरा के हो भने एन्टिबायोटिक मात्रै उपचार होइन। भाइरलको संक्रमणमा एन्टिबायोटिकको केही पनि भूमिका हुँदैन। एन्टिबायोटिक खानै पर्दैन।, भाइरलको संक्रमणमा गर्ने भनेको आराम हो। शरीर धेरै दुख्यो भने पारासिटामोल खाने हो। म के भन्न चाहन्छु भने, हामीले आफूखुसी औषधि खान पर्‍यो भने पारासिटामोल मात्रै हो। त्यो पनि बढीमा दिनमा ३ चक्की खाने हो। त्योभन्दा माथिको कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना खानु हुँदैन। औषधिको पनि आफ्नै असरहरू हुन्छ। यसले गर्दा कतिलाई एलर्जी हुन्छ भने कतिको ज्यानै जानसक्छ।, जथाभावी एन्टिबायोटिक प्रयोग गर्यो भने त्यही एन्टिबायोटिकले पछि काम नगर्ने पनि हुन सक्छ।, जाडोमा के खाने, के नखाने?, जाडोमा विशेषत खान पर्ने भनेको झोलिलो खाना हो। शरीरमा नुन पोटासको मात्राहरू कमी भइरहेको हुन्छ त्यसलाई सन्तुलन गर्न झोलिलो कुराहरू, सुप र पानी खानुपर्छ। चिसो पानी भन्दा पनि मनतातो पानी खानु शरीरका लागि फाइदाजनक हुन्छ।, सामान्य खाने कुराहरूमा जे पनि खान सकिन्छ। कुनै विशेष किसिमको व्यथा छ भने खानेकुरामा पनि ध्यान दिनुपर्छ। जस्तै: बाथको बिरामीले प्रोटिन भएको खाना थोरै खानुपर्छ। कतिपय बिरामीले सागसब्जी खानु हुँदैन।, बिरामी भएकाहरूले के खाने, के नखाने भन्ने कुरा चिकित्सकले दिने सल्लाहमा भर पर्छ। सुगर रोग भएका बिरामीले गुलियो कम खानुपर्छ। खानै हुन्न भन्ने होइन । थोरै मात्रामा सबै खान मिल्छ तर खानै नहुने भनेको चुरोट र सुर्तीजन्य पदार्थ हो ।, के रक्सीले जाडो हटाउँछ?, कति जना बिरामीहरू 'म बेलुकी बेलुकी एक पेग खान्छु, त्यसपछि एकदम राम्रोसँग निदाउँछु डाक्टरसाब' भन्नुहुन्छ।, हामीले हाम्रो शरीर आफूखुसी नै चलाइरहेका हुन्छौं। आफ्नो शरीरले कति थेग्ने, कति नथेग्ने भन्ने पनि हुन्छ। रक्सी खानै हुँदैन भन्ने होइन। मुटुका रोगीहरूले समेत ६० एमएलसम्म रक्सी खान सकिन्छ भन्ने विश्वव्यापी रूपमै स्थापित छ।, तर रक्सी खाँदैमा तातो हुने भन्नेमा कुनै सत्यता छैन। रक्सी खाएपछि त्यसको नशाले हामीलाई बाहिरको वातावरण थाहा हुँदैन जसले गर्दाखेरि रक्सी खानेहरूलाई आफूलाई तातो भएजस्तो भएको हो। नशा हुन्जे त्यस्तो हुने हो।, जाडोमा के, गर्ने के नगर्ने?, समाज आधुनिक भएसँगै हामी अर्काको धेरै देखासिकी गर्छौं। बिहान हिँड्नु एउटा फेसन जस्तै भएको छ। यसमा बुझ्नपर्ने कुरा के छ भने, दीर्घ रोग (दम, मुटु, उच्च रक्तचापको औषधि लिनेहरू) लागेको मानिस छ भने सबेरै बिहान र राति हिँड्नु हुँदैन।, बिहान र रातिको तापक्रम घटेको हुन्छ। त्यस्तो बेला स्वासनली र रक्तनलीहरू पनि खुम्चिने हुन्छ। स्वासनली खुम्चिएपछि स्वासप्रश्वासमा समस्या हुन्छ। यस्तो बेलामा मस्तिष्कमा अक्सिजन पुग्दैन जसले गर्दा मान्छे बेहोस हुन्छ। यस्ता बिरामीहरूले हिँडडुल गर्दा ध्यान दिनुपर्छ।, जाडोयाममा बढी एलर्जी हुन्छ। त्यसैले धूलो, धूँवामा हिँड्दा मात्रै होइन अरूबेला पनि मास्क लगाउनुपर्छ। सल, गलबन्दी र स्कार्फ लगायतका न्यानो कपडा लगाउनुपर्छ। खानपिनमा ध्यान दिनुपर्छ। चिसो भन्दा पनि तातो र मनतातो पानी बढी खानुपर्छ।, जाडोमा बिहानीको घाममा बस्नु एकदमै राम्रो हुन्छ। बिहानको घाममा भिटामिन डी पनि प्राप्त हुन्। यसले दमका दीर्घ रोगीलाई सहयोग गर्छ। सँगै हड्डीको लागि पनि सहयोग पुग्छ। तर दिउँसोको घाममा बस्दा भने ख्याल गर्नुपर्छ। घाममा बस्नु छ भने सनस्क्रिन क्रिमहरू लगाएर बस्नु बुद्धिमानी हुन्छ।, (डाक्टर प्रकाश श्रेष्ठ बयोधा अस्पतालमा कार्यरत छन्।), (यो स्टोरी सेतोपाटीमा पहिलो पटक २०७६ कात्तिक १० गते प्रकाशित थियो), जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने? (भिडिओ)
पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।, यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।, भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले बताए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।, यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। बिहान ८:४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन्। तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।, आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीयो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।, तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले बताए।, टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।, दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला, दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।, खञ्जनेश्वर महादेवमा भक्तजन, यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए।, ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,’  उनले भने।, विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विसं २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो। बालगोपालेश्वर मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो।, भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन्। ,(रासस), आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
एजेन्सी इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ।, द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने  जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन्।  ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन्। साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएका थिए।, प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखिएको थियो। उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।, पाइथन सर्प सात मिटरसम्म लामो हुन्छ। यसले आहाराका रूपमा स-साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना बिरलै हुने गर्छन्।, खोज्दै जाँदा सर्पको पेटभित्र भेटियो हराइरहेकी महिलाको शव
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसी घरबाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ।, प्रहरी वृत्त बालाजुबाट खटिएको  टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।, जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटारबाट ८ पक्राउ
रोहित महतो महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ।, बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले जानकारी दिए।, उनका अनुसार आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो। दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको डिएसपी यादवले बताए।, उनीहरूको अवस्था सामान्य छ। अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेका थिए। चार जनालाई गोली लागेको हल्ला चले पनि अहिलेसम्म पुष्टि हुन नसकेको डिएसपी यादवको भनाइ छ। अहिले अवस्था सामान्य रहेको उनले बताए।, शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा  साँझ ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।, महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बुधबार लम्कीचुहा नगरपालिका-४ बलियाका १९ वर्षीय कमल बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर बजगाईं घाइते भएका थिए।  , घाइते बजगाईंलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।, कैलालीमा करेन्ट लागेर युवकको मृत्यु
रासस नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो।, सडक निर्माणका लागि चार वर्षमा तीन पटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक-दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।’, जेभीले नेपाल सरकारबाट २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ। धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ। उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ। करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता २०७५ वैशाख २६ गते भएको थियो।, सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो। दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुबैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ। सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो। जसका लागि ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो।, सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जिनियर पुजन न्यौपानेले बताए। कार्यालयले अब २१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए।, चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक
नवीनबाबु गुरूङ नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। टीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा भए पनि दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्न सुरू गरिसकेका छन्। , आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।, दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।, हेर्नुस् तस्बिरहरू:, तस्बिरमा हेर्नुस् रानीपोखरीको भाइटीका
रासस हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ। यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ।, यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो। यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ। सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ।, हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो।, विडम्बना! अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउसीमा र्‍याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन।, एक दशकअघि हरेकलाई हेरौँ हेरौँ लाग्ने देउसीभैली आज सुन्दा बुझ्न र पचाउन गाह्रो हुँदै गएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए।, ‘हरेक संस्कृतिले आफ्नै सभ्यता र मौलिकता बोकेको हुन्छ,’ आचार्यले भने, ‘त्यसको जगेर्ना, संरक्षण र संवर्द्धन न गर्ने दायित्व पछिल्लो पुस्ताको हुन्छ।’, विभिन्न सांस्कृतिक चाडपर्व, शुभसाइत, शुभ दिन, शुभमुहूर्तमा प्रकट हुने हाम्रो संस्कृति र मौलिक परम्परा आधुनिक जीवनशैलीका कारण हराउँदै जानु चिन्ताको विषय बनेको उनले बताए। परिवर्तनका नाममा अनुशासनहीन गतिविधिलाई नियन्त्रण गरेर सांस्कृतिक तथा मौलिक सम्पदालाई बचाउन सकिएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम हुने जानकार आचार्यको भनाइ छ।, अहिलेको पुस्ताले पुर्खाको विरासतलाई बचाउनेभन्दा ध्वस्त पार्ने काम गरेको जुम्लाको तिला गाउँपालिका–४ की  ९९ वर्षीया कालु शाहीले बताइन्। ज्येष्ठ महिला शाहीले भनिन्, ‘हामी कहाँ १०–१५ वर्ष अघिसम्म यस्तो देउसीभैली खेल्ने संस्कृति देखिँदैनथ्यो। त्यसपछि मात्र खेल्ने हाम्रा भाइ छोराहरूको देउसीभैली राम्रो लागेर हामी पनि मिसिन्थ्यौँ।’, आजभोलिको देउसीभैली हेर्दा त निकै छाडाजस्तो लाग्ने गरेको उनले बताइन्।  शाहीका अनुसार अचेलको भैलीमा ती छोरा–छोरी (केटाकेटी)मा एकातिर अनुशासन देख्न पाइँदैन भने अर्कातिर गीत पनि भाका, लय र शैली नमिलेको अनि कुराको शैलीमा गीत गाउने गरेको पाइन्छ। नाच झनै उत्ताउलो किसिमको हेर्न नसकिने भएको उनले प्रतिक्रिया दिइन्।, सोही वडाका ८० वर्षीय वीरबहादुर सिंहका अनुसार बनिबनाउ गीत गाउने आजको पुस्ताले आफ्नो सिर्जना रत्ति पनि प्रस्तुत गर्न नसकेको तर्क गरे।, ‘नयाँ पुस्ताले देउसीभैलीमा न आफ्नो संस्कृति पछ्याएको छ न त आफ्नो सिर्जना नै पस्कन सकेको छ,’ उनले  भनिन्, ‘यसले आजको पुस्तालाई गीत, सङ्गीत र सिर्जनामा समेत परनिर्भर बनाएको छ।’, फेरिँदै गएको देउसीभैलीले हाम्रो नेपालीपनलाई आयातित संस्कृतिमा रूपान्तरण गरेको उनको बुझाइ छ। मूलतः संस्कृति तथा मौलिकताको संरक्षण, सभ्यताको उजागर र सिर्जना शक्तिमा जोड दिने संयन्त्रको निर्माण गर्नुपर्नेमा संस्कृतिसम्बन्धी जानकारहरूले गम्भीर चासो व्यक्त गर्दै आएका छन्।, ‘देउसी-भैलीमा न मौलिकता छ, न सिर्जना नै’
रासस चिसो मौसम सुरू भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ। घामको किरण सुरू भएसँगै कुहिरो बिस्तारै फाट्छ। अनि दमौली बजार छर्लङ्ग देखिन्छ। साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला।, चिसो मौसम सुरू भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोट पुग्ने क्रम बढेको छ। पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ। मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए।, ‘जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,’ श्रेष्ठले भने।, मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। व्यास नगरपालिका-३ शान्तिनगरका सौगातराज खनियाँले बिहान मानुङकोटबाट देखिने दृश्य अत्यन्तै लोभलाग्दो रहेको बताए।, ‘डाँडामा बसेर दमौली बजार ढाकेको कुहिरो हेर्दा आनन्द आउँछ, यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो छ,’ उनले भने। मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा विसं २०५२ सालमा मानुङकोट छाडेकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छन्। मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए।, मानुङकोट जाने सडक कालोपत्र भएको छ। अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो। कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ।, कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक
नवीनबाबु गुरूङ यमपञ्चकको दोस्रो दिन सोमबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।, हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो।, यसै अवसर पारेर नेपाल  आर्मी र नेपाल प्रहरीले विशेष कार्यक्रमको आयोजना गर कुकुर पूजा गरेको छ।, नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो। कार्यक्रममा अनुसन्धानमा उत्कृष्ट भएका एउटा कुकुरलाई सम्मान पनि गरिएको थियो।, केन्द्रीय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरूलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ। , हेर्नुस् तस्बिरहरू:, तस्बिरमा हेर्नुस् प्रहरीलाई अनुसन्धानमा सघाउने कुकुरको पूजा
सेतोपाटी संवाददाता काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई केही दिनअघि नगर प्रहरीले हटाइदियो।, तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्ष आग्रह गरेकी थिइन्।, तामाङको ठेला नगर प्रहरीले हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त भिडिओ डाक्टर बुद्धिमान श्रेष्ठले पनि हेरे। कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलका सञ्चालकसमेत रहेका श्रेष्ठले तामाङको पाखुरामा राखेको स्टिल केडीसी अस्पताल बसुन्धारामा निकालिदिने बचन दिएका थिए।, सोहीअनुसार तामाङलाई गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार उनको हातमा रहेको स्टिल निकालिएको छ। अर्थोपेडिक सर्जन डाक्टर सविन पोखरेल नेतृत्वमा रहेको चिकित्सक टोलीले तामाङको शल्यक्रिया गरेको हो। उनको शल्यक्रिया सफल भएको र सोमबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।, सर्मिलाको पाखुराबाट स्टिल निकालिदियो अस्पतालले
रासस नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।, दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।, उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो।, नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ।, नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।, विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिए।, महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए।, विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए।, हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो। जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ।, वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ। तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो।, देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ। चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय थिए।, यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो। विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सरेको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ।, महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए। उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका थिए।, विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्।, देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो। नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो।, महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ। यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ।, महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव-भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ।, यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।, मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो।, सोही क्रममा एक्सबिबि सव-भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो।, मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। यो सव-भेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ।, नेपालमा पहिलो पटक भेटियो कोरोनाको एक्सबिबी सब-भेरियन्ट
रासस प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास र कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु ९ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरेको बताए।, पक्राउ परेकामध्ये ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।, प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो।, प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।, काठमाडौंमा जुवातास खेल्ने ६२ जना पक्राउ
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन। तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक वैज्ञानिकहरूले कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध पनि भएको बताएका छन्।, मतलब, मान्छेलाई पीडा हुँदा कुकुरले पनि पीडा अनुभूत गर्न सक्छ। मान्छेको खुसी र दुःखलाई महशुस गर्न सक्ने खुबी कुकुरमा हुन्छ।, केही महिनाअघि रिलिज भएको हलिउड फिल्म ‘अल्फा’ ले कुकुरको विकासक्रमलाई सरल ढंगले चित्रण गरेको छ।, फिल्ममा मान्छे शिकारी र जंगली अवस्थामा हुँदाको कथा छ। बीस हजार वर्षअघि युरोपमा एक किशोर शिकारी आफ्नो टोलीसँग छुट्छ। टोलीबाट टाढा भएपछि ऊ एक्लै पर्छ। फर्कने बाटो खोज्न थाल्छ। त्यही क्रममा किशोरको भेट एउटा ब्वाँसोसँग हुन्छ। ब्वाँसो पनि शिकारकै खोजीमा हुन्छ। किशोरलाई आक्रमण गर्छ। दुवैको लडाइँमा ब्वाँसो घाइते हुन्छ।, घाइते ब्वाँसो देखेर किशोरको मनमा माया जाग्छ। उसको हेरचाह गर्छ। किशोरको माया देखेर ब्वाँसोलाई पनि ऊप्रति विश्वास पलाउन थाल्छ। उनीहरूको सम्बन्ध छिप्पिन्छ। उनीहरू साथी बन्छन्। सँगै शिकार गर्न सिक्छन्। किशोरले ब्वाँसोको नाम राख्छ- अल्फा।, उनीहरूको आत्मीयता देखेर अरू मान्छे पनि चकित खान्छन्। ब्वाँसोलाई विश्वास गर्न थाल्छन्। , यही ब्वाँसो समयक्रमसँगै कुकुर भएको मानिन्छ।, फिल्मले कुकुरको विकासक्रम झल्काउन केही काल्पनिक घटनाको सहारा लिए पनि हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो भन्ने केही वैज्ञानिकहरूले पनि प्रमाणित गरेका छन्।, उनीहरूले संसारका विभिन्न देशबाट कुकुरका डिएनए संकलन गरेका छन्। ती सबैको परीक्षणबाट घरपालुवा कुकुरको विकास मध्य–एसियाबाट भएको निष्कर्ष निकालेका छन्। त्यसमा पनि नेपाल वा मंगोलियाबाट कुकुर घरमा पाल्ने चलन सुरु भएको उनीहरूको भनाइ छ।, वर्षौंदेखि कुकुरको यो रहस्यपूर्ण कथा खोतलिरहेका वैज्ञानिकले घरपालुवा कुकुर विकास भएको समय कम्तीमा १५ हजार वर्ष अघिलाई मानेका छन्।  पहिले दक्षिणी चीन, मध्यपूर्व, साइबेरिया र युरोपबाट घरपालुवा कुकुर विकास भएको अनुमान थियो। नयाँ अनुसन्धानले मध्य–एसियालाई घरपालुवा कुकुरको उद्गम स्थल मानेको हो।, दुई वर्षअघि अमेरिकाको न्यूयोर्कस्थित कर्नल युनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसनको एडम बोयको ल्याबरेटोरीले संसारका ३८ देशबाट ५ सय ४९ थरीका कुकुरको डिएनए परीक्षण गरी यो निष्कर्ष निकालेको थियो। यो नतिजा नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित भइसकेको छ।, वैज्ञानिकहरूले एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्व, अस्ट्रेलिया लगायत संसारभरको प्रतिनिधित्व हुने गरी कुकुरको डिएनए संकलन गरेका थिए। उनीहरूका अनुसार कुकुरको सबभन्दा पुरानो पुर्खाको खोजीमा यो परीक्षण केन्द्रित थियो।, ‘घरपालुवा कुकुरको विकास कहिले र किन भयो भन्ने विषयमा धेरै बहस हुँदै आएका छन्,’ अनुसन्धानका लेखक एडम बोयकोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन्, ‘मेरो विचारमा सबभन्दा पहिला हामीलाई यो विकास कहाँ भयो भन्ने थाहा हुनुपर्छ।’, ‘पछिल्लो अनुसन्धानले मध्य–एसियाको कुन देशबाट घरपालुवा कुकुर विकास भएको हुनसक्छ भनी हामीले पुर्खाको जरा पत्ता लगाएका छौं, समग्र विकासक्रम पहिल्याउनमा यसले नयाँ दिशा दिएको छ,’ उनले थपे।, घरपालुवा कुकुरको पुर्खाको खोजीमा दत्तचित्त केही वैज्ञानिक भने एडम बोयकोको निष्कर्षसँग सहमत छैनन्।, स्विडेनको स्टकहोल्मस्थित रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक पिटर साभोलेनिनले यो विषयमा गहन अनुसन्धान गरेका छन्। उनको निष्कर्ष छ, घरपालुवा कुकुरको विकासक्रम दक्षिणपूर्वी एसियाबाट सुरु भएको हो। उनी दक्षिणी चीन यसको उद्गम हुन सक्ने बताउँछन्।, नयाँ अनुसन्धानमा दक्षिणी चीनमा पाइने कुकुरको डिएनए नमूना नसमेटिएको औंल्याउँदै उनले ‘द क्रिश्चियन साइन्स मनिटर’ सँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरू दक्षिणी चीनबाट विकास भएको विश्वास गर्दैनन् भने कम्तीमा त्यहाँका कुकुरको डिएनए परीक्षण गरेर यो मान्यतालाई वैज्ञानिक रूपमा अस्वीकार गर्ने हिम्मत गर्नुपर्थ्यो।’, बोयकोको आफ्नै तर्क छ।, ‘हो, बढीभन्दा बढी ठाउँबाट डिएनए संकलन गर्न सकेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीले उत्तरी भियतनामका कुकुरको नमूना परीक्षण गरेका छौं, यो चिनियाँ सीमा नजिक नै पर्छ।’, अमेरिकाकै लस एन्जेल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका रोबर्ट वेन पनि एडम बोयकोको निष्कर्षसँग सहमति राख्दैनन्। उनले डिएनएका पुराना अवशेषको अनुसन्धानबाट सन् २०१३ मै घरपालुवा कुकुरको विकास युरोपबाट भएको निष्कर्ष निकालेका थिए।, अक्सफोर्ड युनिभर्सिटीका ग्रेगर लार्सनले भने यो नतिजालाई ‘उपलब्धिमूलक’ भनी व्याख्या गरेका छन्।,  , उद्गम स्थलमा फरक मत रहे पनि कुकुर संसारकै पहिलो घरपालुवा जनावर हो भन्नेमा वैज्ञानिकहरू सहमत छन्। तर, मानिसले नियोजित रूपमै यसलाई आफ्नो साथी बनाएका होइनन्।, वैज्ञानिकहरूको अनुमानअनुसार, मान्छे समूहमा बस्न थालिसकेका थिए। जंगलका ब्वाँसो आहारा खोजीमा मानव बसोबास छेउछाउ जान थाले। मान्छेले बढी भएर फालेका खानेकुरा उनीहरूको आहारा बन्दै गयो। पछि यो यति नियमित हुँदै गयो, मान्छेको समूह एक ठाउँबाट अर्को ठाउँ चहार्दा पनि ती ब्वाँसो उनीहरूलाई पछ्याउन थाले।, मान्छेलाई पनि उनीहरूको साथ सहज हुँदै गयो। जंगल–जंगल भौंतारिँदा ब्वाँसोको साथले सुरक्षा अनुभूति भयो। त्यसैले, न मान्छेले तिनलाई लखेटे न तिनले मान्छेलाई पछ्याउन छाडे।, यसरी मान्छे र कुकुर सँगै हुन थाले। , दुई वर्षअघिको एक वैज्ञानिक अनुसन्धानले कुकुरको पाचन प्रणाली र पाचन रस लगभग मान्छेकै जस्तो भइसकेको देखाएको छ। हजारौं हजार वर्षदेखि मान्छेले खाने चिजमै भर पर्दै आएकाले कुकुरको पाचन रस र प्रणालीमा त्यहीअनुसार परिवर्तन भएको वैज्ञानिकहरूको विश्वास छ।, अहिले पनि कुकुरका पूर्खा ब्वाँसो छँदै छ। कतिपयले स्याललाई पनि कुकुरका पूर्खा मान्छन्। ब्वाँसो, स्याल र कुकुरको जैविक जात एकै मानिन्छ। यिनीहरू 'क्यानिस' वर्गमा पर्छन्। तर धेरै अनुसन्धानले कुकुरको विशेषता ब्वाँसोसँगै धेरै मिलेको देखाएको छ। वैज्ञानिकहरूले लगातार गर्दै आएको डिएनए र जीन परीक्षणबाट यस्तो निष्कर्ष निकालेका हुन्। धेरै परीक्षणमा त ब्वाँसो र कुकुरबीच सम्बन्ध गराएर स्वस्थ्य बच्चा जन्मिएका पनि छन्। , कुकुरको इतिहास अध्ययन गर्न वैज्ञानिकहरूले छाडेका छैनन्। यी निष्कर्षमा सबैको सहमति पनि छैन। उनीहरू अझै देशभर खोजतलास र परीक्षण गरिनै रहेका छन्। अब यति मिहिनेत किन भइरहेको भन्ठान्नुहुन्छ भने यसको पनि जवाफ वैज्ञानिकहरूले दिएका छन्। , उनीहरू भन्छन्, ‘कुकुरको पुर्खाको खोजी भनेको एक किसिमले मान्छेकै पुर्खाको खोजी हो। कुकुरको कथाले वास्तवमा हामीलाई मानवीय विकासक्रमकै नयाँ कथा थाहा पाउन मद्दत गर्छ। कुकुरका पूर्खाले हजारौं वर्षदेखि मान्छेका पूर्खा पछ्याउँदै आएका छन्।’, पक्कै पनि। , त्यसैले त हामी कुकुरसँग घनिष्ट छौं। संसारभर कुकुर साथी त छँदैछ, पहरेदार छ, सुरक्षाकर्मी छ। तर हामी नेपालीले जति आत्मसात अरू कसले गरेको होला! , हामीकहाँ त कुकुरलाई फूलमाला लगाएर पूजा गर्ने चाड नै छ।, (आर्काइभबाट), शिकारी ब्वाँसो कसरी बन्यो हाम्रो कुकुर?
एजेन्सी कोरियन एयरलाइन्सको एउटा जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट निस्किएर घाँसे मैदानमा जोतिएको छ।, समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डि ङका क्रममा धावन मार्ग छोडेको हो।, भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा जहाज धावनमार्गबाट चिप्लिएको हो।, जहाजमा १६२ यात्रु र ११ जना चालक दलका सदस्य थिए। उनीहरूलाई सकुशल जहाजबाट निकालिएको छ।, उक्त जहाज घाँसे मैदानमा गएर धावनमार्गको अन्तिममा अड्किएपछि उक्त विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन।  अधिकारीहरूले कोरियन एयरको जहाज निकाल्ने प्रयास भइरहेको बताएका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको छ।, घटनापछि कोरियन एयरलाइन्सका अध्यक्ष  इ होङ हले वक्तव्य जारी गर्दै माफी मागेका छन्।, फिलिपिन्समा विमानस्थलको घाँसे मैदानमा जोतियो कोरियन एयरको जहाज (तस्बिरहरू)
सेतोपाटी संवाददाता सोमबार साँझ काठमाडौंको बालाजुमा आगलागी भएको छ। , तारकेश्वर नगरपालिकाको लोलाङ हाइट, बालाजुमा रहेको एक जुत्ता कारखानामा आगो लागेको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार कारखानासँगै जोडिएका केही सटरहरूमा पनि आगलागी भएको छ। आगलागी सोमबार साँझ ६ः५० बजेतिर भएको हो।, अहिले आगो निभाउने प्रयास भइरहेको छ।, काठमाडौंको बालाजुमा आगलागी
रासस नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए।, उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना संकलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो।, मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। , अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन्। मन्त्रालयले मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ।, नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
रासस प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ। आर्थिक रूपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन्। यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन्।, परम्परागत रूपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन्।, अनकन्टार जंगल, पहाड र हिमालका बुकीसम्म नै घुम्ती रूपमा गरिने भेडापालन र गाईभैंसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रूपमा पाल्ने गरिन्छ। , अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए।, 'हामी पनि गोठमा हुन्छौं, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जंगली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ', उनले भने।, खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर छन्।, अधिकांश समय जंगलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रूपमा लिने गरिन्छ। , खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैंसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन्।, चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए।, जंगलका बाघ, चितुवा, भालु लगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए। , 'गोठदेखि जंगलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र संकेत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामी गोठमा कुकुरकै भरमा हुन्छौं', उनले भने।, करिब छ सय बढी भेडापालन गरेको छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन्। चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहेका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताइन्।, गोठका सारथी बनेका कुकुरलाई जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ। जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन छ।, घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रूपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ।, यमपञ्चक अर्थात् दीपावली पर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ।,  , सन्दर्भ कुकुर तिहारः सहरमा रहर, गाउँमा गोठालाका भर
नवीनबाबु गुरूङ तिहारको आज महत्वपूर्ण दिन हो। आज नेपालीहरूको घर-घरमा लक्ष्मीपूजा गरिँदैछ।, लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारेका छन्। , देशको संघीय राजधानी काठमाडौं यति बेला दीपावलीले झलमल्ल बनेको छ। , घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै काठमाडौं सहर यति बेला झलमल्ल बलेको छ।, दीपावलीको साँझ सहर आज उल्लासमय बनेको छ।, लक्ष्मीपूजाको साँझ यस्तो देखियो काठमाडौं सहर (तस्बिरहरू)
रासस हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ।, उक्त मौसमी प्रणालीको प्रभावले आज मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश १ र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने छ।, दिउँसो प्रदेश १ र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।, आज काठमाडौंको न्यूनतम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ।, हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ।, सोमबार कैलारी गाउँपालिका-३ भर्रीटोलकी ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।, खेतमा काटेको धान हाल्ने क्रममा उनको कपडा बेरिएर थ्रेसरमा परेको थियो। कपडापछि उनी पनि थ्रेसरमा परेकी थिइन्।, उनको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।, थ्रेसरमा परेर कैलालीमा एक महिलाको मृत्यु
रासस कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। , गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।, गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरूमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।, वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ। पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ। गाईलाई गौमाताका रूपमा सम्मान पनि गरिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।, आज गाई पूजा
रासस दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा सोमबार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका-९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।, दुबै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु
नवीनबाबु गुरूङ कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। , गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर पूजा गरिएको छ। , गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।, गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरूमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।, वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ। पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ। गाईलाई गौमाताका रूपमा सम्मान पनि गरिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।, तस्बिरमा हेर्नुस् गाई पूजा
सेतोपाटी संवाददाता सिरहा प्रहरीले १५ लाख मूल्य बराबरको पटका तथा पटकाजन्य पदार्थ नष्ट गरेको छ।, सिरहा प्रहरीका अनुसार भारतबाट केही दिनअघि नेपाल भित्र्याइएको उक्त पटाका प्रहरीले बरामद् गरेको थियो।, बरामद भएको पटका मंगलबार स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो।, प्रहरीले तिहारका बेला पटका नपड्काउन भनेको छ। , प्रहरीले नष्ट गर्‍यो १५ लाख बराबरको पटका
सेतोपाटी आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।, ग्रहणले अपरान्ह ४ः५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।, करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ।, शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।, ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।, ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।, निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । , पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः ।।, अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । , बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।, अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ।, सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ। यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन।, ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ। ,(राससको सहयोगमा), आज खण्डग्रास सूर्यग्रहण लाग्दै
सेतोपाटी संवाददाता दाङको घोराहीमा फर्निचर उद्योग र सो रूमहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।, बिजुली सर्ट हुँदा सोमबार मध्यरातमा आगो लागेको थियो। घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा एकै साथ आगो लागेपछि स्थानीय त्रसित बनेका थिए।, आगलागीबाट तीन फर्निचर उद्योग, एउटा सो रूम पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ओम प्रकृति सो रूमममा आगलागी भएको हो।, आगलागीबाट झन्डै ६ करोड ६८ लाख क्षति भएको अनुमान गरिएको एसपी वलीले जानकारी दिए।, पहिला कुन उद्योगबाट आगलागी भएको हो भन्ने टुंगो लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी वलीले बताए।, राति करिब १२ बजेतिर लागेको आगो लागेको भए पनि प्रहरीलाई १ बजेतिर मात्रै भएको एसपी वलीले जानकारी दिए।, बिहान साढे ४ बजेतिर मात्रै आगो नियन्त्रणामा आएको थियो। आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रातभर खटिएका थिए।, आगो नियन्त्रणमा लिन जिल्लाभरका वारूण यन्त्र प्रयोग गरिएका थिए।  जिल्ला सदरमुकाम घोराही भएको आगजनी नियन्त्रणमा लिन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाबाट समेत  दमकल ल्याइएकाको थियो। त्यसका साथ आसपासमा खन्न र जेसिबीहरू पनि प्रयोग गरिएको एसपी वलीले बताए।, ‘प्रहरीको सक्रियताले थप दुई करोड भन्दा क्षति जोगियो,’ उनले भने, ‘जिल्लामा उपलब्ध सबै दमकल, जेसिबी र सम्पूर्ण प्रहरी एकै साथ घटनास्थल खटाएपछि आगो नियन्त्रणमा लिन सम्भव भएको हो।’, यसैबीच गएराति भएको आगलागीका पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले दुई लाखको कोष स्थापना गरिएको छ।, दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलबार बिहानै बसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यवसायीलाई राहत दिन संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिए।, कोषमा सहयोग रकम जम्मा गर्न सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ।, घोराहीका तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी
नारायण खड्का दाङको दंगीशरण गाउँपालिका-२ का २२ वर्षीय कृष्ण शाह रूपन्देहीको बुटवलस्थित कृषि सहकारी संस्थामा कार्यरत छन्।, तिहार आइसकेकाले कृष्णकी १६ वर्षीया बहिनी रमाले उनलाई छिट्टै आउन भनेकी थिइन्। आमाबुवाका उनीहरू दुई सन्तान मात्र हुन्। कृष्ण अविवाहित छन्।, बहिनी रमासँग टीका लगाउने उत्साहसहित कृष्ण गाउँ फर्किएका थिए। गाउँले साथीभाइसँगको भेटघाट र रमाइलो त छँदै थियो। देउसी-भैलोको पनि तयारी हुँदै थियो।, कात्तिक २ गते सल्यानबाट १६ वर्षीया गंगा चन्द र उनका भाइ पनि रमाको घरमा आए। गंगा कृष्णकी भतिजी पर्छिन्। रमा र गंगा नातेदार भए पनि मिल्ने साथीको जस्तो सम्बन्ध थियो। बसाइ सर्नुअघि दुवै जना एकै विद्यालय पढ्थे। सरेपछि भने आफ्नै ठाउँका स्थानीय विद्यालयमा कक्षा १० मा पढिरहेका थिए।, गंगाहरूको यसपालि भाइटीका थिएन। ६ महिनाअगाडि मात्रै गंगा र उनका भाइले आमा गुमाएका थिए। चाडवाडमा नियास्रो नहोस् भनेर उनीहरू रमाको घर आएका थिए।, भेटपछि दुवै निकै खुसी थिए। सँगै गाउँ डुल्थे, रमाउँथे।, गत कात्तिक ५ गते पनि उनीहरू दुई जना र गंगाका भाइ बाख्रा चराउन बबई नदी किनार पुगेका थिए। त्यही समयमा रमाकी आमा गीता पनि बबई नदीमा लुगा धुन गएकी थिइन्।, शनिबारको दिन, दिउँसो १२ बज्दै थियो। नदी किनार गर्मी चर्कियो। रमा, गंगा र रमाकी गाउँकै साथी पुष्पा बस्नेतले बबईमा डुबल्की मार्ने सोचे।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी गाउँको सिमानामा पर्ने सिमलकुनाघाट नजिकै बबई नदीको एउटा सानो भँगालोमा उनीहरू नुहाउन पसे। रमाकी आमा गीता आफ्नै धुनमा लुगा धुन व्यस्त थिइन्। गंगाका भाइ सानै भएकाले किनारबाटै दिदीहरूको रमाइलो हेर्दै थिए।, सानो भँगालोमा रमाउँदा रमाउँदै तीनै जना ठूलो भँगालोमा पुगे।, गाईवस्तु चराउन त्यतै पुगेका गाउँकै मनिष चौधरीले एक्कासि पुष्पा डुब्दै, उत्रिँदै आत्तिएर हातखुट्टा चलाउँदै, कराउँदै गुहार मागिरहेकी देखे। मनिष दौडिएर पुगे र बग्दै गरेकी पुष्पाको‍ उद्धार गरेर बचाउन सफल भए।, सुरूमा तीन जना नदीमा नुहाउन पसेको मनिषले देखेका थिए। पुष्पालाई बचाए पनि गंगा र रमालाई उनले पानीमा देखेनन्।, अरू प्रत्यक्षदर्शीका अनुसार ठूलो भँगालोमा पुगेपछि रमा र गंगा डुब्न थाले। त्यसक्रममा उनीहरूले बच्ने आशमा एकअर्कालाई च्याप्पै समातेका थिए। रमाको खुट्टा गंगाले समातेकी थिइन्। तर दुवै जना एकै पलमा डुबे।, गंगाका भाइले नदीको किनारबाट हेर्दाहेर्दै एक मिनेटमै उनीहरू अलप भए। बबईले बगायो।, भाइ चिच्याउँदै रमाकी आमा गीतासम्म पुगे। रमा र गंगा डुबेर बेपत्ता भएको देखेर गीताको होसहवास उड्यो।, पाँच-सात मिनेटसम्म त निस्किहाल्छन् कि भन्ने आशमा बेचैन हुँदै प्रतीक्षा गरे। मनिष र अरूहरू पनि के गर्ने, कसो गर्ने मेलो नपाएर सोच्दै यताउता दौडधुप गर्न थाले। कुरा गाउँसम्म पुग्यो।, कृष्णले बहिनी रमा र भतिजी गंगा डुबेर बेपत्ता भएको खबर दस मिनेटभित्रै पाए। उनी लगायत खबर पाउने जति सबै दौडिएर बबई किनारमा आए। डुबेको स्थानदेखि तलमाथि जताततै हेरे, खोजे।, उनीहरू फेला परेनन्।, त्यसपछि आसपासका गाउँ र छिमेकलाई जानकारी दिए। उनीहरूले प्रहरी प्रशासनलाई खबर गरे। स्थानीय गाउँले, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर खोजी सुरू भयो। बेलुका अबेरसम्म खोज्दा पनि दुई किशोरी कतै फेला परेनन्।, खबर आसपासका गाउँमा फैलियो। धान काट्ने चटारो भए पनि स्थानीय किसानहरू काम रोकेर खोजीमा खटिए। देउसी-भैलोको तयारी गर्दै गरेकाहरू पनि खोजी र उद्धारमा आए। गंगा र रमा डुबेको ठाउँ र त्यसदेखि पाँच-सात किलोमिटर उत्तर दक्षिणमा स्थानीय पौडिबाजदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका पौडी खेल्न जान्नेहरूले खोजिसकेका थिए।, रमा र गंगा डुबेको २४ घन्टा बितिसक्दा पनि फेला पर्न सकेका थिएनन्। बाँके र दाङको भालुवाङबाट सशस्त्र प्रहरीका गोताखोर बोलाउने अन्तिम तयारी प्रहरी प्रशासनले गरिरहेको थियो।, उनीहरूलाई जीवितै पाउने आश घरपरिवारले मारिसकेका थिए।, कात्तिक ६ गते बिहानैदेखि उनीहरूको खोजी थालियो। दिउँसो साढे तीन बजेतिर बबई उत्तरको तुलसीपुर–११ बेलटाकुरा गाउँका तेजबहादुर चन्दले उनीहरू डुबेकै ठाउँमा डुबुल्की लगाए।, उनले निकै गहिराइबाट रमाको शव निकाल्दा त्यहाँ भएका सबै स्तब्ध भए।, गंगाको शव पनि निस्कियो।, 'मैले फेला पार्दा दुई दिदीबहिनी पानीमुनि एकअर्कालाई च्याप्प समातेकै अवस्थामा थिए,' तेजबहादुरले भने।, गाउँमा सन्नाटा छायो। उनीहरूको शव पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो। काग तिहारको दिन, साँझ अबेर भइसकेकाले पोस्टमर्टम हुन सकेन। लक्ष्मीपूजाको दिन, सोमबार बिहानै पोस्टमर्टम पूरा भएपछि आफन्तले शव बुझे।, उनीहरू जुन स्थानमा डुबेका थिए, दुवैको शव त्यहीँ लगियो। रमा र गंगाको सँगै अन्त्येष्टि भयो।, आफन्त र स्थानीयका आँखा आँशुले भरिएका थिए।, एक स्थानीयले आँशु पुछ्दै भने, 'यो कस्तो कल्पना नगरेकै दिन आइलाग्यो। आज लक्ष्मीपूजाको दिन दुई लक्ष्मीलाई चितामा राखेर जलाउनुपर्‍यो।', बहिनी गुमाउँदा दाजु कृष्णको मन फुट्नै लागेको छ। बाख्रा चराउन नदीतिर आउनुअघि रमाले आफूलाई भाइटीकाको किनमेलका लागि तुलसीपुर बजार लैजान आग्रह गरेको सम्झिए।, 'भोलि भाइटीकाका लागि किनमेलका लागि हजुर र म सँगै बजार जाम्ला है दादा भनेकी थिई,' कृष्णले भक्कानिँदै भने, 'मलाई नयाँ कपडा किन्दिनुपर्छ भन्दै थिई। नयाँ कपडा लगाउने र मेरो निधारमा सप्तरंगी टीका लगाइदिँदै दिर्घायुको कामना गर्ने उसको सपना अधुरै रह्यो।', रमाले भाइटीकाका लागि भनेर आँगनमा रोपेको सयपत्री फूल यतिखेर ढकमक्क फूलेको छ। बहिनी गुमाएपछि ती फूल देख्दा पनि नरमाइलो लागेको उनले बताए।, 'बहिनी र भतिजीलाई बबईले निलेपछि आँगनमा फूलेका सयपत्री देख्दा पनि रिस मात्रै उठ्छ,' उनले भने, 'मेरो एक्ली बहिनीलाई यति छिट्टै गुमाउनु पर्ला भनेर कहिल्यै कल्पना गरेको थिइनँ।', यो घटनापछि आमाबुवा र आफन्तलाई सम्झाउन मुस्किल भइरहेको उनले बताए।, 'सबै तिर उल्लास छाएको होला,' कृष्णले भने, 'यो झिलिमिली पर्वमा हाम्रो मनमा भने निष्पट्ट अन्धकार छाएको छ।', कृष्णका सानो बुवाका छोरा २९ वर्षीय रमेश शाहले पनि बहिनीसँग भाइटीका लगाउने सपना अधुरै रहेको बताए। उनी रमाकै हातबाट टीका लगाउँथे।, 'म एक महिनाअगाडि मात्रै जापानबाट भाइटीकाका लागि घर फर्केको थिएँ,' रमेशले भने, 'सबै तयारी भइसकेको थियो। यो बीचमा नचिताएकै घटना भयो। बहिनीले आँशुको आहालमा डुबाएर गइन्।', छिमेकी गाउँमा केही दिनपहिले मात्रै हत्या गरी गाडिएको अवस्थामा फेला परेका ,रोशनी महतरा र शरद आचार्यको शव बबई नदी किनारमै एकैसाथ जलाइएको थियो।, एकाएक भएका दुई घटनाका कारण यो गाउँमा सन्नाटा छाएको छ।, 'बहिनी र भतिजीलाई बबईले निलेपछि आँगनमा फुलेको सयपत्री देख्दा पनि रिस उठ्छ'
सेतोपाटी संवाददाता दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार ब्यास गाउँपालिका– ५ धौलाकोटमा ट्र्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको हो।, ब्यास गाउँपालिका–४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।, दुर्घटनामा सोही गाउँपालिकाको ४ नम्बर वडाका अन्दाजी ४० वर्षीय देवानसिंह विष्टको मृत्यु भएको प्रहरीले जनाएको हो।, ट्र्याक्टर दार्चुला तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।, दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ।, गत असोज १९-२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका-४ स्थित विद्युत गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्‍याएको छ। यसैगरी, बाढी पहिरोबाट  विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ।, बाढी-पहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत गर्नु पर्ने छ। नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरू गरिसकेको छ। चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ। , साथै, वैकल्पिक व्यवस्थामार्फत् विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, ‘पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल विद्युत आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत उत्पादनको प्रयास गरिरहेका छौं,’ उनले भने। , भौगोलिक रूपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन।, नेपाल विद्युत प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको छ। मुगुमा विद्युत सेवा लिने ग्राहकको संख्या ३१०० छ।, बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्‍याउँदा मुगु बिजुलीविहीन
सेतोपाटी संवाददाता कैलालीमा कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ। , गौरीगंगा नगरपालिका–५ अण्डैया शिविरका ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको हो।, प्रहरीका अनुसार घरको कोठामा बत्ती बाल्ने क्रममा उनको बायाँ हातमा करेन्ट लागि गम्भीर भएका थिए।, घाइतेको उपचारका क्रममा मृत्यु भएको हो।, कोठाभित्र बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु
पूर्णप्रसाद मिश्र/रासस प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ।, कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।, यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।, आइतबार बेलुकी ०५ः०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।, यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।, यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।, कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। सोमबार बिहान अरूणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।, गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ। गोरूपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ।, प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।, भाइटीका कात्तिक १० गते ११ः३७ बजे उत्तम साइत, कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए।, सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।, झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले सहरमा घुम्दा मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।, यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पड्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अंगभंग हुने समस्यासमेत बढ्न थालेको छ।, नेपाल प्रहरीले पटाका नपड्काई सभ्यरूपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्किन भने छोडेको छैन।, किन लक्ष्मीपूजाको भोलिपल्ट मनाइँदैछ गाई तिहार?, यमपञ्चक सुरूः धनतेरस आज, काग तिहार भोलि
सेतोपाटी संवाददाता कैलालीमा ड्युटी गरिरहेका प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु भएको छ।, शुक्रबार साँझ इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत हवल्दार ३६ वर्षीय नेत्रप्रसाद जैसीलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो।, उनलाई धनगढीबाट पूर्व जान लागेको बसले चिसापानी आउने क्रममा ठक्कर दिएको हो।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।, ड्युटी गरिरहेका प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु
सेतोपाटी संवाददाता सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो।, परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे।, परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ।, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ।, छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ।, यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।, तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीले आग्रह गरेको छ।रासस, तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ।, जीतपुरदेखि तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक शुक्रबार साँझ बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा दुर्घटनामा परेको हो।, उक्त दुर्घटनामा परी साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, सडकमा गुडिरहेको उक्त गाडी अनियन्त्रित भई साइकललाई ठक्कर दिएको थियो। ठक्करपछि साइकलमा सवार अमर तङनामीको निधन भएको छ।, त्यस्तै सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। , दुर्घटनामा आधा दर्जन बढी घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ।, सामान्य अवस्थाका ४ जनाको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।, स्थानीयले दुर्घटनाग्रस्त गाडीमा मदिरा भेटिएको र प्रहरीको लापरबाहीकै कारण दुर्घटना भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका छन्।, स्थानीय बुद्धि पाण्डेले दुर्घटनाग्रस्त सशस्त्र प्रहरीको गाडीमा मदिरा भेटिएकोले छानबिन हुनुपर्ने सेतोपाटीलाई बताए।, सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु
सेतोपाटी संवाददाता पर्सामा हात्तीको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ।, शुक्रबार दिउँसो सवा २ बजे ठोरी गाउँपालिका-५ सुवर्णपुरमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए।, बारा जितपुर सिमरा उपमहानगरपालिका-५ डुमरवाना बस्ने ३१ वर्षीय रमेश महराको मृत्यु भएको हो।, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत कर्मचारी महराको मृत्यु भएको हो। उनले कामिनी कली नामक हात्तीलाई चराई हात्तीसारमा बाँध्नेक्रममा आक्रमण गरेको हो।, गम्भीर घाइते भएका महराको उपचारको लागि मेडिसिटी बयोधा अस्पताल वीरगन्जमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी गिरीले बताए।, पर्सामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
सेतोपाटी संवाददाता यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ।, रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम  छ।, दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए।, विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन्। ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’, उनले भने।, काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ।, रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने
रासस पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ।, नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो। कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए। , मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए। यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनको भनाइ छ।, यस्तो भत्ता एसईई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ।, एसईईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ। सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए। रासस, एसईईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता
डा.अरूण शाही हाम्रो समाज वा परिवारमा कोही न कोही स्तन क्यान्सरसँग लडिरहेकै हुन्छन्। किनकि, अधिकांश गाउँ, टोल या सहरमा यो रोग नभएको व्यक्ति भेटिन मुस्किल हुन्छ।, तथ्यांकले पनि  यसलाई थोरबहुत पुष्टि गर्छ। विश्वमा महिलामा हुने क्यान्सर मध्ये स्तनक्यान्सर पहिलो नम्बरमा छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ। , सन् २०२० को ग्लोबोक्यान (डब्लुएचओ) को तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन ६ जना महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यहीँ क्यान्सरबाट मृत्यु हुने गरेको छ।, अमेरिकी क्यान्सर सोसाइटीको तथ्यांकअनुसार प्रत्येक आठ महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी महिलाको मृत्यु स्तन क्यान्सरबाट हुने गरेको छ।, स्तन क्यान्सरविरूद्ध जागरण फैलाउने अभियानका रूपमा अक्टोबर महिनालाई लिइन्छ। यहीँ महिनामा संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अभियान चलाइन्छ। यो महिनामा मानिसले गुलाबी रंगको रिवन वा पहिरन लगाएर अभियानमा सहभागी हुन्छन्। , त्यस्तै, विभिन्न कार्यक्रम गरेर समाजका सबै महिलामा स्तन क्यान्सरको जोखिम कम गर्नेबारे सचेतना फैलाइन्छ। कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने भन्नेबारे जागरण फैलाउने अभियानको मुख्य उद्देश्य हो।, वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यहीँ कारणले हुन्छ भन्ने अझै पत्ता लागेको छैन। तर यसका केही कारणको पहिचान भएको छ।, १) महिला हुनु र बढ्दो उमेर (धेरैजसो स्तन क्यान्सर ५५ वर्षभन्दा माथिका महिलालाई हुन्छ), २) परिवारमा कसैलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा, ३) जातीय (गोरा महिलालाई धेरै), ४) स्तनको घनत्व बढ्नु, ५) वंशाणुगत (परिवारमा कसैलाई भएमा), ६) सानो उमेरमा महिनावारी भए वा धेरै उमेरमा महिनावारी सुकेमा।, अन्य स्तन क्यान्सर हुनसक्ने अन्य जोखिमहरू, १) धेरै गर्भनिरोधक औषधि प्रयोग गरेमा, २) हर्मोन थेरापी धेरै लिएमा, ३) ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुनुमा, ४) अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गरेमा, ५) धेरै मोटा महिला वा शारीरिक व्यायाम नगरेमा, स्तन क्यान्सरको जोखिम कम गर्ने उपायहरू, १) रक्सी तथा सूर्तिजन्य पदार्थबाट टाढा रहने, २) स्तनपान गराउने, ३) शरीरको तौल स्वास्थ्य लेबलमा राख्ने, ४) योगा, कसरत र दैनिक शारीरिक व्यायाम गर्ने र पौष्टिक खानेकुरा खाने, ५) स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गरी उपचार गर्नुपर्छ।, स्तन क्यान्सरका लक्षण, १) स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु, २) स्तनको आकार र प्रकारमा परिवर्तन आउनु, ३) स्तन दुख्नु वा सुन्निनु, ४) स्तनमा खाल्टो पर्नु, ५) स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु, ६) शरीरको अनावश्यक तौल घट्नु, स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नुनै स्तन क्यान्सरलाई निर्मूल पार्ने अचुक अस्त्र हो। , यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गरियो भने शतप्रतिशत निर्मूल पार्न सकिन्छ। ढिलो अर्थात् स्टेज तीन वा चारमा पत्ता लागे यसलाई निको पार्न सकिदैन। , यस्तो अवस्थामा यो क्यान्सरलाई प्यालियटिभ उपचार गरी बिरामीको पीडा कम गर्न सकिन्छ।, स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गर्न दुई महत्वपूर्ण उपाय छन्।, १) आफ्नो स्तन आफैं जाँच्ने, १८ वर्ष उमेरभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफैं जाँच गर्नुपर्छ। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्नुपर्छ। स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरूको अवस्थामा थाहा पाउनुपर्छ। केही परिवर्तन भेटिएमा तुरून्त चिकित्सकको परामर्श लिनुपर्छ।, २) म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने, स्तन क्यान्सरलाई सुरूको अवस्था पत्ता लगाउन महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो। , अमेरिकी क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एक पटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स–रे हो, जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्छ।, म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स–रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यी जाँचमा स्तन क्यान्सरको शंका भए बायोप्सी गरेर स्तन क्यान्सर भए-नभएको निश्चित हुन्छ।, अन्त्यमा, वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवका आधारमा, जुन महिलाको दैनिक जीवनशैली स्वस्थ्य तथा अनुशासित हुन्छ, उनीहरूमा स्तन क्यान्सरको जोखिम अरूभन्दा न्युन हुन्छ। त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौष्टिक खानासँगै स्वस्थ्य जीवन निर्वाह गर्नुपर्छ। स्तन क्यान्सरसम्बन्धी केही शंका भए चिकित्सकको परामर्श लिनुपर्छ। उमेर पुगिसकेपछि चिकित्सकको सल्लाहबमोजिम प्रत्येक वर्षमा एकपटक म्यामोग्राफी गर्दा राम्रो हुन्छ।, स्तन क्यान्सरका कारण, यसका उपचार र जोगिने उपायबारे हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत  मेडिकल अंकोलोजिस्ट डा.अरूण शाहीसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, स्तन क्यान्सर भएको आफैंले कसरी पत्ता लगाउने (भिडिओ)
सेतोपाटी संवाददाता दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। , जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्। , चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर नुहाउन भनेर गएका तीन मध्ये दुई जना बगेका हुन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण – २ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नुहाउन गएका उनीहरू शनिबार दिउँसो बगेर बेपत्ता भएका हुन्। बेपत्ता भएको खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी कार्यमा खटिएको डिएसपी मल्लले जानकारी दिए। , स्थानीय पौडीबाज लगायत सर्वसाधारण मानिस बेपत्ताको  खोजीमा खटिए पनि हालसम्म फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।, केही दिन पहिले मात्रै एक जना ब्यक्तिको सितलपुर पुलभन्दा केही माथिबाट नदी तर्ने क्रममा बगेर मृत्यु भएको थियो।, बबई नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता
सेतोपाटी संवाददाता हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन्।, न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ। वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन।, नेपालको इतिहास झल्काउने राजा महाराजाको फोटो, सालिक, मूर्तिहरू फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ।, गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ। सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ। तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन।, सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन। पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन। अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन्।, प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधा सम्पन्न र नमुना होला भन्ने लाग्छ नै। तर सोचजस्तो छैन सिंहदरबार। त्यहाँ भित्रका दृश्यहरू अव्यवस्थित छन्। सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरूमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ।, नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन्। मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरू त्यत्तिकै मिल्काइएको छ। यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन।, सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरू सिंहदरबारको मुटु जोगाउने एजेन्डामा बेखबर छन्। यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन। आजको फोटो फिचरमा, न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारले कैद गरेका यी दृश्यहरू :, अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)
नवीनबाबु गुरूङ तिहारले लगभग नेपालीहरूलाई छोपिसकेको छ। बजारमा किनमेल गर्नेदेखि घर, पसल सजावटको काममा मानिसहरू व्यस्त छन्।, हर्ष र उल्लासको पर्व तिहार ५ दिनसम्म मनाइन्छ। तिहारलाई झिलिमिली बत्तीको पर्व, दिपावली पनि भनिन्छ।, तिहार ढोकैमा आइसक्दा काठमाडौका विभिन्न व्यापारिक केन्द्र, घर, टोलमा झिलिमिली देखिन थालिसकेको छ।, काठमाडौंको न्यूरोड र आसपासको क्षेत्रमा तिहारले छोपिसकेको आभास हुन्छ। व्यापारिक केन्द्र अनि मानिसहरूको चहलपहलबीचको झिलिमिली बत्तीले न्यूरोड मनोरम देखिएको छ।, साँझमा यो क्षेत्रमा मानिसहरू रमाइरहेका देखिन्थे। केही सेल्फी खिच्न त केही टिकटक भिडिओ बनाउन व्यस्त थिए।, हेरौं झिलिमिली साँझका केही तस्बिरः,  , न्यूरोडको झिलिमिली (तस्बिरहरू)
रासस डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ।, शनिबार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सात सय ९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।, देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ। हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ।, शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन्।, डेंगीबाट थप एक जनाको मृत्यु
नारायण खड्का तुलसीपुरमा दुई जना किशोरकिशोरीको हत्या भएको एक हप्तापछि प्रहरीले पक्राउ परेकामध्ये दुई जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गर्ने अन्तिम तयारी गरेको छ।, सबैभन्दा पहिला पक्राउ परेका टिपर चालक र उनका सल्यानका साथीविरूद्ध किटानी जाहेरीसहित प्रहरीले उनीहरूबिरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयसमक्ष सिफारिस गर्ने अन्तिम तयारी गरेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिएका छन्।, ‘प्रहरीले पक्राउ परेकामध्ये हेटौंडाका टिपर चालक सल्यानका उनका साथीविरूद्ध मुद्दा चलाउनका लागि सरकारी वकिल कार्यालयलाई आग्रह गर्ने अन्तिम तयारी गरिसकेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘हामी आइतबार नै हत्यामा संलग्न सम्भावित अभियुक्तको बयान र प्रमाणका आधारमा मुद्दा चलाउन आग्रहका साथ सिफारिस गर्दैछौं।’, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा विभत्स हत्या गरी गाडेको अवस्थामा स्थानीय १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव असोज ३० गते फेला परेको थियो।, पक्राउ परेकामध्ये टिपर चालकले घटना स्वीकार्दै सरसर्ती बताएको, दोस्रो दिन हत्यास्थल देखाएको प्रहरीको दाबी छ।, ‘घटनास्थल हामीले पनि देखेका थिएनौं,’ ती प्रहरी अधिकारीले भने, ‘उसैले हामीलाई घटनास्थलसम्म पुर्‍याएको हो।’, उनले सल्यानका साथीले सानो काम छ भनेर बोलाएको हुँदा पहिलो पटक दमारगाउँ पुगेको बयान प्रहरी समक्ष गरेका छन्।, ‘साथीले काम छ भनेर बोलाएको हुँदा म पहिलो पटक दमारगाउँमा गएको थिएँ र मलाई यो सबै योजनाबारे कुनै जानकारी दिइएको थिएन,’ उनको बयान उद्धृत गर्दे अर्का प्रहरी अधिकारीले भने, ‘हामी घटनामा चार जना संलग्न थियौं र अन्य दुई जना नयाँ मानिसलाई म चिन्दैन।’, पक्राउ परेका सल्यानका युवा पनि चालक नै हुन। उनको ससुराली दमारगाउँमै हो। प्रहरीका अनुसार पक्राउ परेका उनीहरू मिल्ने साथी हुन्।, ‘अघिल्लो दिन उनीहरूले एक-अर्काको मोबाइल सेट साटेको र घटनालगत्तै सल्यानका युवाले आफ्नो मोबाइल फोन अफ गरेपछि अत्तालिदै फोन डायल गर्ने क्रममा टिपर चालकले शरदकी हजुरआमालाई फोन सम्पर्क गरेको भन्ने खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘म शरदको हजुरआमा हुँ भनेपछि उसले शरद खै, कहाँ छन् भनेर सोधपुछ गरेको खुलेको छ।’, सल्यानका ती  युवाले मुख नखोलेपछि प्रहरीलाई घटनामा संलग्न रहेका भनिएका अन्य दुई जना को थिए? भनेर पत्ता लगाउन कठिन भइरहेको छ।, ‘रोशनी र शरदको हत्यामा संलग्न अन्य दुई जना को हुन र उनीहरूको हत्याको कारण के थियो? भन्ने कुराको निचोडमा प्रहरी पुग्न त्यही भएर सकिरहेको छैन,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘यद्यपी विभिन्न आधारमा सल्यानका युवाले इन्कार गरे पनि उनको संलग्नता पुष्टि गर्ने थुप्रै आधार फेला परिसकेका छन्।’, प्रहरीको हालसम्मको अनुसन्धानले रोशनी र शरद हत्यामा त्रिकोणात्मक प्रेमलाई  कारण मानेको छ। यसअघि पनि प्रहरीले ‘मल्टिपल रिलेसनका कारण घटना भएको हुन सक्ने बताउँदै आएको थियो। अन्यथा उनीहरुको हत्या हुने त्यस्तो खास कारण नरहेको प्रहरी अधिकारीहरु बताउँछन्।, रोशनीका बुवाआमा दुबै रोजगारीका लागि छिमेकी देश भारतमा थिए। दाजु केही समय पहिले मात्रै भारत गएका थिए। दुई दिदी बहिनी मात्रै घरमा बस्दै आएका थिए। दुबैले स्थानीय अम्बापुर माविमा कक्षा ८ मा पढ्ने गर्थे। रोशन पनि आमासँगै दमारगाउँमै मामाको घरमा बसेर सोही विद्यालयमा कक्षा ९ मा पढ्दै थिए।  उनका बुवा आमाको छोडपत्र भएका कारण आमा पनि माइतीमै बस्दै आएकी थिइन।, ‘गरिबीसँग जुधिरहेका परिवारका उनीहरू दुबैलाई धन पैसाका बन्धक बनाउने वा अपहरण गरी हत्या गर्नुपर्ने कारण देखिँदैन,’ एक प्रहरी अधिकारीले भने, ‘त्यसैले यो त्रिकोणात्मक प्रेम सम्बन्धले निम्त्याएको दुःखद परिणाक हो कि? भन्ने हाम्रो आशंका छ।’, रोशनी-शरद हत्याकाण्ड: पक्राउ परेका दुई जनाविरूद्ध मुद्दा चलाउने प्रहरीको तयारी
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।, प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।, २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो। , दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। , सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता आज काग तिहार मनाइँदैछ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ।, कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ।, यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।, कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो।, लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ।, काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।, कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ।, पढ्नुस् कागबारे यो सामग्री: , चराहरूको 'डन'ले चिन्छ झटारो हान्ने मान्छे, काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।, हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर पठाएकाले तिहारको पहिलो दिनै कागपूजा गर्ने प्रचलन बसेको हो।, काग र हामी मान्छेबीच धर्मको मात्रै सम्बन्ध छ त? , हामीले यसबारे चराविद् डा. हेमसागर बरालसँग सोधेका छौं। उनले कागबारे विभिन्न रोचक तथ्य बताउँदै यसका अनौठा आनीबानी र विशेषता सुनाए। र, कागका यी बानी मान्छेको हितमा भएको उनी बताउँछन्।, बरालका अनुसार कागको विकासक्रम मान्छेसँगै भएको देखिएको छ। त्यसैले यो मानिसको साथी बन्दै गयो। , 'काग निकै बाठो हुन्छ। उखानै छ, कागजस्तो चलाख। त्यो विम्ब त्यसै सिर्जना भएको होइन। कागले मान्छेको कल्पना बाहिरका क्रियाकलाप देखाउँछ,' चराविद् बराल भन्छन्, 'कोही मान्छेसँग खानेकुरा छ भन्ने थाहा पायो भने काग पछिपछि लाग्छ। र, खानेकुरा बढी भए भविष्यका लागि सञ्चय समेत गर्छ।', उनले सगरमाथा राष्ट्रिय निकुञ्ज घुम्दा कागसँगको अनुभव सुनाए।, बरालसँग खानेकुरा थियो। कागले थाहा पायो र पछि लाग्यो। उनको वरिपरि उड्दै–उफ्रिँदै काँ..काँ.. गर्न थाल्यो। चराबारे अध्ययन गरिरहने बरालले सोचे– यसले के भन्न खोज्दैछ?, 'मसँग भएको बिस्कुट दिएँ। मैलेभन्दा छिटो खाइसक्यो र फेरि आयो। चार पटकसम्म यसो गरेपछि म कागको पछिपछि गएँ। थाहा पाएँ, उसले त बिस्कुट नखाई माटोमुनि गाडेको पो रहेछ,' उनले सुनाए। उनका अनुसार 'खाद्य भण्डार'बारे उनले थाहा पाएपछि कागले त्यही ठाउँमा फेरि लुकाएन।, त्यस्तै सगरमाथा क्याम्पमा बस्दा कागले बिर्को फुटाएर जाम खाएछ। हामीलाई खोल्नै हम्मे पर्ने बिर्को कागले प्वालै पार्न सक्नेरहेछ। यो घटनाबाट उनले थाहा पाए– 'चराको धन चुच्चो' त्यसै भनिएको रहेनछ।, कागका यी बानी थाहा पाएपछि उनी अर्को कुरामा पनि निश्चित भए– कागको सम्झने क्षमता अरू चराकोभन्दा तेज हुन्छ। कागले आफ्ना वरपरका मान्छे चिन्छ। अझ दस जनासम्म गणना पनि गर्नसक्छ। , बरालका अनुसार कागले माया गर्ने र नगर्ने मान्छे पनि चिन्नसक्छ। मान्छेको हाउभाउ, आवाज, बाहिरी आवरण सजिलै पहिचान गर्नसक्छ। समुदायबाहिरको मान्छे देख्यो भने कराएर संकेत गर्छ। काग कराएको आवाज सुनेर कोही पाहुना आउँदैछन् भन्ने लख काट्ने चलनका पछाडि यही कारण हुनसक्ने उनको अनुमान छ।, मान्छेसँग कसरी नजिक हुने र फाइदा लिने, कुन समयमा मान्छेले आफूलाई सहयोग गर्छ, यी सबै कागले सजिलै अनुमान लगाउन सक्ने उनी बताउँछन्।, कागको आनीबानी बताउँदै उनले सुनाए, 'मेरो एकजना साथीले हरेक बिहान ६ बजे कागलाई पाउरोटी दिन्थ्यो। महिनौं बितेपछि कागहरू त्यो घर, मान्छे र छतसँग परिचित भए। कुनै दिन उठ्न ढिला हुँदा कागको झुन्ड घरै घेरेर कराएर उत्पात् गर्न थाले। गमला नै फुटाउनेसम्म पनि गर्थे।', यसले खाना दिन्छ भन्ने थाहा पाएपछि त्यो मान्छे र घरसँग काग आत्मीय बन्ने रहेछ। घरका सन्तानझैं मात्तिन्छ र पुलपुलिन्छ पनि। सधैं धपाउने, खाना नदिने भए काग पक्कै पनि नआउने बरालको भनाइ छ।, सामान्यतया नेपालमा पाइने घरकाग, वनकाग, टेमु, टुंगा र राजाकाग हुन्। यीमध्ये हामीले वरपर देख्ने घाँटी फुस्रो भएको घरकाग हो। निख्खर कालो देखिने वनकाग। टेमु कागको खुट्टा रातो र चुच्चो पहेँलो हुन्छ भने टुंगाको चुच्चो र खुट्टा दुवै रातो हुन्छ। राजाकाग घरकागभन्दा दुई गुणा ठूलो हुन्छ। उपल्लो हिमाली भेग राजाकाग देख्न सकिने उनी बताउँछन्।, सानो आकार तर धेरै संख्यामा पाइने घरकाग काठमाडौं उपत्यकामा मात्रै लाखौं भएको बराल अनुमान गर्छन्। घरकागले हावापानी र मान्छेको बस्तीका आधारमा बासस्थान तय गर्छन्। अन्य चराजस्तो घुमफिरमा निस्कने बानी कागको हुँदैन।, काठमाडौं उपत्यकामा बस्ती बाक्लिँदै जाँदा पशुपंक्षी र जनावरको संख्या घट्दै गएको छ। कागको हकमा विपरीत हुन्छ।, 'काग मान्छे नजिक हुन खोज्छ र बाक्लो बस्तीमै घुलमिल हुन्छ। कागले आफ्नो वरपरको वातावरण सहजै स्वीकार्न पनि सक्छ। परिस्थितिसँग अपडेट भइरहन्छ। अरू साना चरा भने कागजसरी आफूलाई समयानूकुल बनाउन सक्दैनन्,' बरालले भने।, काग फोहोरी पनि हुन्छ। फोहोरको थुप्रोमा हेर्‍यौं भने सबभन्दा धेरै काग नै देखिन्छ। दिसापिसाब, खकार, सिनोदेखि मान्छेले दिएका वा फालेका खाना, मासु सबै खान्छ। तर फोहोर खाने भएकैले वरपर सफा राख्न कागले मद्दत पुगेको पनि डा. बरालको बुझाइ छ।, कागले ठुङ्दा वा छुँदा अशुभ हुन्छ भन्ने चलन पनि फोहोरी चिज खाने भएकैले मानिएको हुनसक्ने उनको तर्क छ। 'खुट्टा, चुच्चोमा फोहोरका कीटाणु हुन्छन् र मान्छेमा सरेर रोग लाग्ला भन्ने हुनसक्छ,' उनले भने। तर कागबाट रोगै लागेको हामीले सुनेका छैनौं।, कागले बालीनालीका कीराफट्यांग्रा नष्ट गरिदिनेदेखि खतराको संकेतसम्म दिन्छ।, 'सानो बस्तीमा बाघ आयो भने मान्छेलाई थाहा नहुनसक्छ। तर कागले चाँडै थाहापाउँछ र कराएर हल्ला मच्चाउँदै हाम्रो ध्यान खिच्छ। याद गर्नुभएकै होला, काग एकैपटक कराउन थाले भने हामी के भएछ भनेर चासो लिन्छौं, सजग रहन्छौं,' बरालले भने।, घरकागले अरू चरालेभन्दा धेरै सञ्चार गरिरहेका हुन्छन्। खतराको संकेत गर्दा, नयाँ केही थाहा पाए, खानेकुरा खोज्दा र भेटिँदा साथीहरूलाई बोलाउने स्वर भिन्नभिन्न हुन्छ। जस्तैः खतरा जनाउ दिनुपर्यो भने जमिन वा रूखबाट कराउँदै माथितिर उड्छन्। भुइँतिर हेर्दै असामान्य रूपमा हावामा बत्तिन्छन्। छट्पटाहट देखिन्छ।, एउटा कागलाई कुनै जीव वा मान्छेले आक्रमण गर्दा उनीहरू औधी चनाखो हुन्छन्। कति खतरा छ आकलन गरेर त्यहीअनुसार सामूहिक आक्रमणमा उत्रन्छन्। आवाजमा पीडा व्यक्त गर्छन्। प्रत्याक्रमणमा मान्छे वा जनावरलाई घाइते बनाउन पनि सक्छन्।, अर्को कुरा, सामान्यतः कागले आक्रमणकारीको हुलिया सहजै पहिचान गर्छ। उसले दुश्मन पुनः पहिचान गर्‍यो भने कराएर विरोध प्रदर्शन गर्छ वा आक्रमण गर्न पनि पछि पर्दैन। झटारो हान्नुभएको छ भने होस् गर्नुहोला।, ओथारा बसेका बेला काग अझै रिसाहा बन्छन्। वरिपरि कुनै जनावर–मान्छे आउनासाथ झगडामा उत्रिइहाल्छन्।, काग हाम्रा लागि जति सहयोगी र नजिक छ, अरू चराका लागि ठीक उल्टो व्यहोरा देखाउँछ। साना चरालाई हेप्ने, उनीहरूका अण्डा खाइदिने, सिकार बनाउने यसको बानीले यसलाई साना चराको झुन्डमा 'डन' नै बनाउँछ। काग धेरै हुँदै जाँदा साना चरा विस्थापित हुँदै जाने बराल बताउँछन्।, काग बाठो र आरिसे मात्रै हुँदैन, नाटकीय हाउभाउमा अरू चराभन्दा दुईगुणा अब्बल हुन्छ। नाटकै गरेर पनि उसले अरू चरा खेद्छ। साना चरा लखेटेरै उसको आहारा नखाई चित्त बुझाउँदैन। अझ लाटोकोसेरो देख्यो भने त कागले खप्नै सक्दैन। कागलाई चील र बाजबाट मात्र खतरा भएको बराल बताउँछन्। गिद्ध भने साथी हुन्छ रे।, जति नै हेला गरिएजस्तो देखिए पनि कागलाई मान्छेले एकदमै मनपराएको चरा भन्न रुचाउँछन् चराविद् बराल।, 'नभए काग पूजा किन गर्थ्यौं होला,' उनी तर्क गर्छन्।,  , आज काग तिहार मनाइँदै
नवीनबाबु गुरूङ आजदेखि तिहार सुरू भएको छ। आज घरघरमा काग तिहार मनाइँदैछ।, तिहारमा हरेक दिन विभिन्न पूजा गरिन्छ। तिहारमा हुने पूजामा फूलको विशेष प्रयोग हुन्छ। त्यसैले पनि तिहारलाई फूलै फूलको पर्व पनि भन्ने गरिन्छ।, तिहारमा फूलको खपत धेरै हुने भएपछि किसानहरूले फूलको व्यवसायिक खेती नै गर्छन्।, काठमाडौं उपत्यका वरपर पनि फूलको व्यवसायिक खेती हुने गरेको छ। , काठमाडौंको इचंगु बतासेडाँडाँ लगायतका क्षेत्रमा फूल खेती हुने गरेको छ। यसपालि पानी धेरै परेकाले फूल खेती राम्रो नभएको किसानको गुनासो छ। , किसानहरू तिहारमा बिक्रीका लागि हिजोआज फूल टिप्न व्यस्त छन्। तिहारमा फूलका मालाको प्रयोग बढी हुने गर्छ। केही किसानका बारीसम्मै फूल खोज्दै ग्राहक पुग्ने गरेका छन्।, तस्बिरहरू:, तिहारलाई फूल टिप्न व्यस्त किसान (तस्बिरहरू)
सेतोपाटी संवाददाता युएनडिपी संसद सहयोग परियोजनाको सहयोग र नेपाल सेन्टर फर सेक्यूरिटी गर्भर्नेन्सको आयोजनामा संसदीय लोकतन्त्र र पत्रकारिता विषयक ३ दिने कार्यक्रम सम्पन्न भएको छ।, देशका सात वटै प्रदेश र संघीय संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि मार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढिकरणमा लक्षित रहेर आयोजना गरिएको कार्यक्रममा पत्रकार जगत नेपाल, हरिबहादुर थापा, शिव गाउले, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल र सांसद दिपक प्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास,  संसदीय पत्रकारितको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई आवश्यक ज्ञान, सिप अनुभव लयायतका विषयहरुमा छलफल गरेका थिए ।, कार्यक्रममा सहभागि पत्रकारले संघीय र प्रादेशिक संसदका संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरणिय घटनाको चर्चा गरेका थिए।,  कार्यक्रममा युनडिपीको संसद सहयोग परियोजनका प्रमुख राज बहादुर श्रेष्ठ र टिम लिडर  दिलादत्त पन्तको समेत सहभागिता थियो ।  , कार्यक्रमको समन्वय नेपाल सेन्टर फर सेक्यूरिटी गर्भन्नेसका अध्यक्ष अभयराज जोशी र सहजीकरण चिरन्जीबी भण्डारीले गरेका थिए।, पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तीन दिने तालिम
रासस कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ।, कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ।, यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए। यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ।, तिहारलाई दीपको पर्व पनि भनिन्छ। यो नेपालीको दोस्रो ठूलो चाड हो। यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ।, सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ। यसलाई नरक चतुर्दशी पनि भनिन्छ। यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ।, चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ। चौथो दिन बुधबार गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ। पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ।, नयाँ भाँडा किनेर मनाइयो धनतेरस, गरियो कुबेरको विशेष पूजा यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ।, यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ। केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन्।, आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ। यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ।, धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ।, आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ। यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो।, भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ। नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ।, आजदेखि तिहार सुरू
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने भएको छ।, पैदल यात्रुलाई असर गरेको भन्दै यसअघि सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गरी पसल राख्न दिने भएको हो।, स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा आजदेखि तिहारभरि पसल राख्न दिने महानगरपालिकाले निर्णय गरेको हो।, ‘हामीले तिहारको समयमा व्यवस्थित गरेर लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न दिने निर्णय गरेका हौं,’ मेयर चिरीबाबु महर्जनले भने, ‘तिहारपछि हामी फेरि खाली गर्नेछौं।’, पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको फुटपाथमा पसल राख्दा आवतजावतमा असहजता भए पनि तिहारको समयमा गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए।, ‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएका हौं,’ उनले भने,‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चारपाङ्ग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय भएको छ।’, ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने
रासस पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको कथा भने नमीठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनका रहर होइन। पोखराबाट सुरू भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ।, एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गरेकी  उनी बागलुङसम्म आएकी छन्। पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आएकी उनले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेचिन्।, बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराखेकी छन्। यहाँबाट पनि उनलाई काम गर्ने वातावरण सहज छैन।, 'पढे/लेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरूको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो', उनले भनिन्, 'ज्यान पाल्न पर्‍यो, काम नगरी पाल्न सकिन्नँ, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तो भए पनि गर्छु, सानो–ठूलो मानिँदैन।', चालिस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताइन्।, उनले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोखिन्। बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उनको भनाइ छ। यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उनले बताइन्।, 'पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ', नेपालीले भनिन्, 'बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरूको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौं, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन्।', धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ।, दुई छोरीले पोखरा पढ्ने र श्रीमानले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनको भनाइ छ।, 'हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमानले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैंका बेला राम्रो भयो, अहिले कम छ', उनले भनिन्।, नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्छिन्। यो सिजन स्याउ, अम्बा र सुन्तलाको भएको अन्तै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ।, फलफूल बेचेर दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँछिन्।, 'अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही रु १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुपर्‍यो, खानुपर्‍यो, छोरीलाई पढाउनुपर्‍यो, खर्च बढेकोबढ्यै छ, कमाइ घट्दो छ', उनले भनिन्, 'अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्नुहुन्थ्यो, काम नगरेसम्म खान–लाउन पुग्दैन।', धनमायाका श्रीमान कुमार नेपालीले बागलुङ बजारको एक सिलाइ-कटाइ पसलमा काम गर्दै आएका छन्। उनले आफूहरू दुई अनपढ भएको हुँदा भौंतारिनुपरेको बताए।, कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पनि गर्न तयार हुनुपर्ने बताउँछन्। दुई जनाको मेहनतले परिवार चल्दै आएको उनको भनाइ छ।, 'सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने, कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, उनले (धनमाया) सडकमा बेचेर र मैले कपडा सिलाएर थोरैथोकै कमाउँछौं, जसोतसो महिनाभरि खानलाउन पुगेको छ', कुमारले भने।, उनले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिइ सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोखे।, उनी भन्छन्, 'सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौं, पोखरामा राम्रै थियो, हटाउनुभयो, बेनीमा कमाइ नै हुन नसकेपछि अहिले बागलुङ आएका छौं, यहाँ पनि बाटोमा व्यापार नर्गन भन्दै हुनुहुन्छ रे, हामीजस्ता गरिब, दुःखीले अब के गरेर ज्यान पाल्ने ?', उनले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाए। काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताए। बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्र रूपमा राखिएका सामान हटाउन थालेको छ। यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन्।,  , मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा
सेतोपाटी संवाददाता न्यूरोडस्थित पसलहरूमा व्यापारीले तिहारका लागि राखेको झिलिमिली काठमाडौं महानगरपालिकाले हटाइदिएको छ।, पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिलीले सर्वसाधारणलाई बाटो हिँड्न कठिनाइ भएको भन्दै महानगरले आज हटाएको हो।, काठमाडौं महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले न्युरोड क्षेत्रका पसल अगाडि राखिएका फूल गेटलगायत संरचना हटाइएको जानकारी दिए।, उनकाअनुसार ती सजावट सामाग्रीले मानिसहरूलाई फुटपाथमा हिँड्न कठिनाइ भइरहेको थियो।    , ‘उहाँहरूले पसल सजाउने भन्दै फलाम प्रयोग गरी सजावटका सामग्री नै फुटपाथमा राख्नुभएको थियो,’ उनले भने, 'फुटपाथमा समेत असर पर्ने गरी राखेका र फलाम प्रयोग गरी राखिएका सजावटका सामग्री मात्र महानगरले हटाएको छ।', सुनचाँदी व्यवसायीहरूले फूलले सजावट गरेका थिए। पसलमाथि राखिएका सजावट भने हटाइएको छैन।, पछिल्लो समय महानगरले फुटपाथ खाली गर्दै आएको छ। त्यसका साथसाथै विभिन्न अनधिकृत संरचना पनि भत्काउँदै आएको छ।, महानगरले हटायो न्युरोडमा व्यापारीले बनाएको झिलिमिली
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, पारलैंगिक पुरुष एलिन भण्डारीले २१ वर्ष हुँदादेखि हर्मोन औषधि खान थालेका हुन्। सामाजिक सञ्जालमार्फत पहिलोपटक उनले हर्मोनबारे थाहा पाएका थिए।, त्यति बेला यसबारे धेरै जानकारी नभए पनि विदेशी साथीहरूले उनलाई खाँदा राम्रो हुने सल्लाह दिएका थिए। त्यसअघि उनले ललितपुको एक अस्पतालमा हर्मोन थेरापीको परीक्षण गराए। , 'सबै शरीर परीक्षण गरेर कुनै रोग नदेखिएपछि डाक्टरले मलाई औषधि खान सुझाएका थिए,' एलिनले भने, 'औषधि खान थालेपछि महिनावारी रोकिने, स्तन सुक्दै जाने, दाह्रीजुँगा पलाउने, मांसपेसीहरू दह्रो हुँदै जाने, कपाल झर्ने जस्ता परिवर्तन देखिन थाल्यो।', औषधि प्रयोग गरेको करिब ६ महिनाभित्रै उनमा यस्ता परिवर्तन देखिन थालेको थियो। आफ्नो वास्तविक पहिचान पुरुष हो भन्ने निधो गरिसकेका थिए उनले।, 'त्यसैले महिला शरीरको पहिचान पाठेघर पनि निकाल्ने भएँ,' उनले भने।, तीन–तीन महिनामा औषधिको असरबारे जचाउँन गइरहन्थे। हाल एलिनले यसरी औषधि खान थालेकै २३ वर्ष भयो। नीलहिरा समाज (ब्लु-डाइमन्ड सोसाइटी) आवद्ध रहेर एलिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्छन्। , आफूले स्वास्थ्य जाँच अनि अध्ययन गरेर खाए पनि धेरै पारलैंगिक व्यक्तिलाई हर्मोन औषधि कसरी खाने भन्ने जानकारी नहुँदा जोखिममा परेको उनी बताउँछन्। , 'हर्मोनको औषधि लुकिछिपी खानुपर्छ भन्ने ठानेर उनीहरू बजारमा त्यत्तिकै राखिएका औषधि आफैं किनेर खाइरहेका हुन्छन्। त्यसले साथीहरूलाई झनै असर गरेको छ,' उनले भने।, एलिन जस्तै पारलैंगिक महिला रूक्शना कपालीले पनि १५ वर्षको उमेरदेखि हर्मोन थेरापी गर्न थालेकी हुन्। आठ कक्षा पढ्दै गर्दा रूक्शनाले कलाकार सन्तोष पन्तकी छोरीको पहिचानबारे समाचारमा पढेकी थिइन्। त्यो पढेपछि हर्मोनबारे उनले गुगलमा खोज्न थालिन्।, 'मैले हर्मोन परिवर्तन सम्बन्धी थप जान्न विशेषज्ञ डा. अन्शु मालीको सहयोग लिएँ। डाक्टरको सल्लाहअनुसार हर्मोन औषधि खान थालेँ। त्यो खाएपछि शारीरिक परिवर्तन देखिन थाल्यो,' उनले भनिन्।, जसरी एलिनले पारलैंगिक पुरुष बन्दा शारीरिक परिवर्तन महसुस गरे, त्यसैगरी हर्मोन प्रयोग गरेर पारलैगिंक महिला बन्दा परिवर्तन देखिन्छ। जस्तो कपाल पातलिने, अनुहारको छाला नरम हुने, दाह्रीजुँगा पलाउन छाड्ने, स्तनहरू बढ्न थाल्ने, आदि। पारलैंगिक महिलाको स्वरमा भने परिवर्तन आउँदैन। यी सबै परिवर्तन रूक्शनामा पनि देखिन थाल्यो। उनले निरन्तर यो औषधि खाइरहेकी छन्।, तर अरू धेरैलाई यसबारे थाहा नभएको उनी बताउँछिन्। , 'परिवार र समाजबाट धेरै यौनिक तथा लैगिंक अल्पसंख्यक व्यक्तिहरू बहिष्कृत छन्। उनीहरू कतिले स्कुलधरि पढ्न पाएका छैनन् जसकारण उनीहरूलाई यसबारे थाहा छैन। त्योसँगै हर्मोनबारे काम गरिरहेका विशेषज्ञहरूलाई हामीजस्ता पारलैंगिक व्यक्तिहरूबारे नै थाहा छैन,' उनले भनिन्।, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू हर्मोन औषधि प्रयोग गरेपछि आफूमा आत्मविश्वास बढेको बताउँछन्। पारलैंगिक व्यक्तिहरूलाई यस्तो औषधिले शारीरिक रूपमै पहिचान बनाउन सहयोग पुर्‍याउँछ। , अल्का हस्पिटलका हर्मोन विशेषज्ञ डा. सुनील पोखरेलका अनुसार हर्मोन भनेको रसायन हो। मानव शरीरका विभिन्न ग्रन्थीले फरकफरक हर्मोन उत्पादन गर्छ। जसको काम छुट्टाछुट्टै हुन्छ। महिला र पुरुषको हर्मोन फरकफरक हुन्छ। महिलाको डिम्बाशयबाट एस्ट्रोजन तथा प्रोजेस्टेरोन हर्मोन उत्पादन हुन्छ। पुरुषले उत्पादन गर्ने हर्मोनको नाम टेस्टोस्टेरोन हो।, पुरुष शरीर लिएर जन्मिएका व्यक्तिलाई पारलैंगिक महिला बन्नु छ भने उसले एस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोन प्रयोग गर्नुपर्छ। त्यस्तै महिला शरीर लिएर जन्मिएकाले परलैंगिक पुरुष बन्न टेस्टोस्टेरोन हर्मोन लिनुपर्छ।, हर्मोन सुरू गरेपछि कम्तीमा ३ देखि ६ महिनाभित्र शारीरिक परिवर्तन देखिन थाल्ने डा. सुनील बताउँछन्। , 'कुनै पनि हर्मोन लिँदा पहिले शारीरिक परीक्षण गराउनै पर्छ। परीक्षण नगरी लुकिछिपी वा साथीभाइको देखासिकी गरेर औषधि सेवन गर्दा शारीरिक अनि मानसिक समस्या देखापरेको छ। जस्तो निद्रा धेरै लाग्ने वा नलाग्ने, भोक धेरै लाग्ने वा नलाग्ने, शरीर कमजोर हुने लगायत,' उनले भने।, डा. सुनीलका अनुसार पारलैगिंक पुरुष बन्न टेस्टोस्टेरोन हर्मोन प्रयोग गर्दा पहिलो असर रगतमा पर्छ। यसले हेमोग्लोबिन बढाइदिन्छ। यसकारण शरीरमा हेमोग्लोबिनको मात्रा हेरेर मात्र औषिधि खानु पर्छ। रगत बढी भएमा व्यक्तिको ज्यान जाने खतरा पनि हुन्छ। त्यसैले यो हर्मोन प्रयोग गरेपछि महिनामा एकपटक रगत फाल्नु पर्ने अवस्था आउन सक्ने पनि उनले बताए।, त्यस्तै पारलैगिंक महिला बन्न एस्ट्रोजेन हर्मोन औषधि खाँदा व्यक्तिलाई रगत जम्ने समस्या हुन सक्छ। त्यस्ता व्यक्तिले व्यायाममा पनि ध्यान दिनु पर्छ। , पारलैंगिक महिलाले प्रोजेस्टेरोन हर्मोन भने प्रयोग गर्न हुँदैन। यसले शरीरमा असर पुर्‍याउने डा. सुनील बताउँछन्।, तर कतिपयले लुकिछिपी प्रोजेस्टेरोन हर्मोन औषधि प्रयोग गरिरहेका छन्।, त्यसको कारण बताउँदै डा. सुनील भन्छन्, 'उहाँहरू कतिलाई परिवार र समाजले स्वीकार नगरेको अवस्था छ। त्यसले गर्दा आर्थिक हिसाबले पनि उहाँहरू कमजोर हुनु पर्छ। यो बजारमा सस्तो मूल्यमा सजिलै पाइने भएकाले पनि यसरी किनेर लिइराख्नुभएको छ।', यसरी जथाभावी हर्मोन औषधि बिक्रीबारे सरकारले नियन्त्रण गर्नुपर्ने उनी बताउँछन्। हर्मोन औषधि खान थालेको दुई वर्षपछि मात्र आवश्यक शल्यक्रिया गर्नुपर्ने उनले बताए। साथै कुनै दीर्घकालीन रोग वा मानसिक बिमारी भए हर्मोन प्रयोग गर्दा ध्यान दिनु पर्छ।, हर्मोन औषधि प्रयोग गरेका व्यक्तिले मद्यपान, धूमपान पनि गर्न हुँदैन। हरियो सागपात, झोलिला खानेकुराहरू मिलाएर खानु पर्छ। शारीरिक व्यायाम गर्नु पर्छ। धेरै चिल्लो, पिरो, मसालेदार खानेकुरा खानु हुँदैन।, कतिपय विकसित मुलुकमा कुनै सन्तान पारलैंगिक पुरुष वा महिला भएमा र उनीहरूलाई हर्मोन खुवाउन परे परिवारले सानैदेखि खुवाउँछन्। आफ्नो बालबच्चाले फरक व्यवहार देखाउन थाले स्वास्थ्य परीक्षण गराएर बच्चैबाट औषधि खुवाउन मिल्ने व्यवस्था भएको डा. सुनीलले जानकारी दिए। नेपालमा भने १८ वर्षको उमेरपछि मात्र औषधि दिइने उनले बताए।, '१८ वर्षपछिको उमेरलाई परिपक्व मानिन्छ। सानैदेखि औषधि दिँदा उनीहरूलाई आफ्नो शरीरको हर्मोन परिवर्तन गरेको मनपरेन भने अर्को समस्या हुन्छ। त्यसैले हामीले दिने गरेका छैनौं,' उनले भने।, यही उमेरमा हर्मोन औषधि खानु पर्छ भन्ने चाहिँ छैन।, पारलैंगिक महिला रूक्शना भने परिपक्व भएपछि मात्र औषधि खाने भनेर कुरेर बस्दा शरीरमा धेरै परिवर्तन भइसक्ने र यसले पछि गाह्रो हुने बताउँछिन्।, 'कतिलाई हर्मोन खानेबित्तिकै परिवर्तन हुँदैन भन्ने थाहा हुँदैन। त्यसैले कतिले एकैपटक धेरै लिन्छन्। यसले झन् स्वास्थ्यमा असर पुर्‍याउँछ। कतिले छिटो परिवर्तन होला भनेर पनि धेरै औषधि खान्छन्। तर औषधि खाएको ६ महिनापछि परिवर्तन आउँछ भन्ने सबैलाई जानकारी हुन आवश्यक छ,' उनले भनिन्। , हर्मोनको औषधि सुरू गरेपछि जीवनभर खाइरहनुपर्छ। यो भने धेरैले झन्झटिलो मान्छन्। बीचमा औषधि खान छुट्यो भने पहिलेजस्तै शारीरिक स्वरूप देखा पर्न थाल्ने डाक्टर सुनीलले बताए।, हर्मोन सुरू गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, झुमझुम, कमजोरी, वान्ता हुने, पेटमा समस्या आउने, दुख्ने, पखाला लाग्ने जस्ता अरू समस्या पनि निम्तिन सक्छन्। हर्मोन थेरापी गराइरहेका केही पारलैंगिक पुरुष र महिलाहरूले आफूहरूले यस्ता समस्या भोगेको बताएका छन्। तर यसबारे जानकारी र परामर्श लिने उचित र सहज ठाउँ नहुँदा निकै मुश्किल भएको पनि उनीहरूले बताए।, स्वास्थ्यजस्तो संवदेनशील कुरा भएकाले लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई हर्मोन थेरापीबारे सर्वसुलभ र भरपर्दो जानकारी र परामर्शको खाँचो देखिएको छ।, हर्मोन औषधिबारे जानकारी नहुँदा जोखिममा छन् पारलैंगिक व्यक्तिहरू
सेतोपाटी संवाददाता दाङको बबई नदीमा डुबेर बेपत्ता रहेका दुई बालिकाको शव २४ घन्टापछि फेला परेको छ। , दंगीशरण गाउँपालिका वडा नं. २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर– १ की १५ वर्षीया गोमा चन्द नुहाउने क्रममा शनिबार दिउँसो १ बजेतिर बगेर बेपत्ता थिए। सल्यानकी चन्द आफन्तको घरमा गएकी पाहुना हुन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ गोलटाकुरीमा पर्ने सिमलकुना घाटनजिकै बबई नदीमा डुबेकै स्थानबाट दुबैको शव निकालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। , उनीहरूको शव धेरै गहिराइबाट निकालिएको प्रहरीले जानकारी दिएको छ। , नुहाउन गएका तीन बालिकामध्ये एक जना भने पौडिएर ज्यान जोगाउन सफल भएकी थिइन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले तीनमध्ये दुई बालिका दिउँसो १ बजेतिर डुबेर बेपत्ता भएको खबर प्रहरीलाई स्थानीयले दिएको जानकारी दिएका थिए। लगत्तै उनीहरूको खोजीमा प्रहरी र स्थानीय खटिएपछि शनिबार दिनभर खोज्दा फेला परेका थिएनन्। , आइतबार बिहानैदेखि फेरि उनीहरूको खोजी सुरू भएको थियो। त्यसका लागि गोताखोर पनि बोलाइएको थियो। खोजी गर्ने क्रममा आइतबार दिउँसो साढे ३ बजेतिर दुई बालिकाको शव एकै ठाउँमा फेला परेको प्रहरीले जानकारी दिएको छ। , उनीहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय पौडीबाज पनि लागेका थिए। , तिहारको पूर्व-सन्ध्यामा दुई बालिकाको एकै साथ डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। आसपासका गाउँका स्थानीय त्यही भएर देउसी-भैलोसमेत खेल्न नगएको एक जना स्थानीयले बताए। , एक साता पहिलेमात्रै सितलपुर पुलभन्दा केही माथिबाट बबई नदी तर्ने क्रममा एक जना व्यक्तिको बगेर मृत्यु भएको थियो।, बबईमा डुबेका दुई बालिकाको शव २४ घन्टापछि फेला
सेतोपाटी संवाददाता काठमाडौं महानगरले डोजर लगाउँदै आएको टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागले ठहर गरेको छ।, पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा बनेको विज्ञ समितिले टुकुचाको संरक्षण गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।, ‘समितिले बुझाएको प्रतिवेदनमा महानगरले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने र त्यसलाई संरक्षण गर्नुपर्ने जनाइएको छ’, उनले भने।, उनका अनुसार समितिले हाल टुकुचा संरक्षण गर्नुपर्ने उल्लेख गरेको छ।, ‘टुकुचा सुरूङ राणाकालीन समयमा बनेको संरचना हो,’ उनले भने, ‘हाल उक्त संरचना संरक्षण गर्नुपर्छ। अझ यसको थप विस्तृत अध्ययन गर्नुपर्छ।’  , महानगरले डोजर चलाएका सबै ठाउँको स्थलगत भ्रमण गरी भौतिक अध्ययन गरेको थियो।, काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा कसैले पनि भत्काउन-बिगार्न नपाइने कानुनविपरीत जथाभावी डोजर चलाउन थालेपछि पुरातत्व विभागले विज्ञ समिति गठन गरेर अध्ययन गरेको थियो।,  , महानगरले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागको निष्कर्ष
समिक्षा अधिकारी आर्काइभः, काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।, हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर पठाएकाले तिहारको पहिलो दिनै कागपूजा गर्ने प्रचलन बसेको हो।, काग र हामी मान्छेबीच धर्मको मात्रै सम्बन्ध छ त? , हामीले यसबारे चराविद् डा. हेमसागर बरालसँग सोधेका छौं। उनले कागबारे विभिन्न रोचक तथ्य बताउँदै यसका अनौठा आनीबानी र विशेषता सुनाए। र, कागका यी बानी मान्छेको हितमा भएको उनी बताउँछन्।, बरालका अनुसार कागको विकासक्रम मान्छेसँगै भएको देखिएको छ। त्यसैले यो मानिसको साथी बन्दै गयो। , 'काग निकै बाठो हुन्छ। उखानै छ, कागजस्तो चलाख। त्यो विम्ब त्यसै सिर्जना भएको होइन। कागले मान्छेको कल्पना बाहिरका क्रियाकलाप देखाउँछ,' चराविद् बराल भन्छन्, 'कोही मान्छेसँग खानेकुरा छ भन्ने थाहा पायो भने काग पछिपछि लाग्छ। र, खानेकुरा बढी भए भविष्यका लागि सञ्चय समेत गर्छ।', उनले सगरमाथा राष्ट्रिय निकुञ्ज घुम्दा कागसँगको अनुभव सुनाए।, चराविद् डा. हेमसागर बराल, बरालसँग खानेकुरा थियो। कागले थाहा पायो र पछि लाग्यो। उनको वरिपरि उड्दै–उफ्रिँदै काँ..काँ.. गर्न थाल्यो। चराबारे अध्ययन गरिरहने बरालले सोचे– यसले के भन्न खोज्दैछ?, 'मसँग भएको बिस्कुट दिएँ। मैलेभन्दा छिटो खाइसक्यो र फेरि आयो। चार पटकसम्म यसो गरेपछि म कागको पछिपछि गएँ। थाहा पाएँ, उसले त बिस्कुट नखाई माटोमुनि गाडेको पो रहेछ,' उनले सुनाए। उनका अनुसार 'खाद्य भण्डार'बारे उनले थाहा पाएपछि कागले त्यही ठाउँमा फेरि लुकाएन।, त्यस्तै सगरमाथा क्याम्पमा बस्दा कागले बिर्को फुटाएर जाम खाएछ। हामीलाई खोल्नै हम्मे पर्ने बिर्को कागले प्वालै पार्न सक्नेरहेछ। यो घटनाबाट उनले थाहा पाए– 'चराको धन चुच्चो' त्यसै भनिएको रहेनछ।, कागका यी बानी थाहा पाएपछि उनी अर्को कुरामा पनि निश्चित भए– कागको सम्झने क्षमता अरू चराकोभन्दा तेज हुन्छ। कागले आफ्ना वरपरका मान्छे चिन्छ। अझ दस जनासम्म गणना पनि गर्नसक्छ। , बरालका अनुसार कागले माया गर्ने र नगर्ने मान्छे पनि चिन्नसक्छ। मान्छेको हाउभाउ, आवाज, बाहिरी आवरण सजिलै पहिचान गर्नसक्छ। समुदायबाहिरको मान्छे देख्यो भने कराएर संकेत गर्छ। काग कराएको आवाज सुनेर कोही पाहुना आउँदैछन् भन्ने लख काट्ने चलनका पछाडि यही कारण हुनसक्ने उनको अनुमान छ।, मान्छेसँग कसरी नजिक हुने र फाइदा लिने, कुन समयमा मान्छेले आफूलाई सहयोग गर्छ, यी सबै कागले सजिलै अनुमान लगाउन सक्ने उनी बताउँछन्।, कागको आनीबानी बताउँदै उनले सुनाए, 'मेरो एकजना साथीले हरेक बिहान ६ बजे कागलाई पाउरोटी दिन्थ्यो। महिनौं बितेपछि कागहरू त्यो घर, मान्छे र छतसँग परिचित भए। कुनै दिन उठ्न ढिला हुँदा कागको झुन्ड घरै घेरेर कराएर उत्पात् गर्न थाले। गमला नै फुटाउनेसम्म पनि गर्थे।', यसले खाना दिन्छ भन्ने थाहा पाएपछि त्यो मान्छे र घरसँग काग आत्मीय बन्ने रहेछ। घरका सन्तानझैं मात्तिन्छ र पुलपुलिन्छ पनि। सधैं धपाउने, खाना नदिने भए काग पक्कै पनि नआउने बरालको भनाइ छ।, सामान्यतया नेपालमा पाइने घरकाग, वनकाग, टेमु, टुंगा र राजाकाग हुन्। यीमध्ये हामीले वरपर देख्ने घाँटी फुस्रो भएको घरकाग हो। निख्खर कालो देखिने वनकाग। टेमु कागको खुट्टा रातो र चुच्चो पहेँलो हुन्छ भने टुंगाको चुच्चो र खुट्टा दुवै रातो हुन्छ। राजाकाग घरकागभन्दा दुई गुणा ठूलो हुन्छ। उपल्लो हिमाली भेग राजाकाग देख्न सकिने उनी बताउँछन्।, सानो आकार तर धेरै संख्यामा पाइने घरकाग काठमाडौं उपत्यकामा मात्रै लाखौं भएको बराल अनुमान गर्छन्। घरकागले हावापानी र मान्छेको बस्तीका आधारमा बासस्थान तय गर्छन्। अन्य चराजस्तो घुमफिरमा निस्कने बानी कागको हुँदैन।, काठमाडौं उपत्यकामा बस्ती बाक्लिँदै जाँदा पशुपंक्षी र जनावरको संख्या घट्दै गएको छ। कागको हकमा विपरीत हुन्छ।, 'काग मान्छे नजिक हुन खोज्छ र बाक्लो बस्तीमै घुलमिल हुन्छ। कागले आफ्नो वरपरको वातावरण सहजै स्वीकार्न पनि सक्छ। परिस्थितिसँग अपडेट भइरहन्छ। अरू साना चरा भने कागजसरी आफूलाई समयानूकुल बनाउन सक्दैनन्,' बरालले भने।, काग फोहोरी पनि हुन्छ। फोहोरको थुप्रोमा हेर्‍यौं भने सबभन्दा धेरै काग नै देखिन्छ। दिसापिसाब, खकार, सिनोदेखि मान्छेले दिएका वा फालेका खाना, मासु सबै खान्छ। तर फोहोर खाने भएकैले वरपर सफा राख्न कागले मद्दत पुगेको पनि डा. बरालको बुझाइ छ।, कागले ठुङ्दा वा छुँदा अशुभ हुन्छ भन्ने चलन पनि फोहोरी चिज खाने भएकैले मानिएको हुनसक्ने उनको तर्क छ। 'खुट्टा, चुच्चोमा फोहोरका कीटाणु हुन्छन् र मान्छेमा सरेर रोग लाग्ला भन्ने हुनसक्छ,' उनले भने। तर कागबाट रोगै लागेको हामीले सुनेका छैनौं।, कागले बालीनालीका कीराफट्यांग्रा नष्ट गरिदिनेदेखि खतराको संकेतसम्म दिन्छ।, 'सानो बस्तीमा बाघ आयो भने मान्छेलाई थाहा नहुनसक्छ। तर कागले चाँडै थाहापाउँछ र कराएर हल्ला मच्चाउँदै हाम्रो ध्यान खिच्छ। याद गर्नुभएकै होला, काग एकैपटक कराउन थाले भने हामी के भएछ भनेर चासो लिन्छौं, सजग रहन्छौं,' बरालले भने।, घरकागले अरू चरालेभन्दा धेरै सञ्चार गरिरहेका हुन्छन्। खतराको संकेत गर्दा, नयाँ केही थाहा पाए, खानेकुरा खोज्दा र भेटिँदा साथीहरूलाई बोलाउने स्वर भिन्नभिन्न हुन्छ। जस्तैः खतरा जनाउ दिनुपर्यो भने जमिन वा रूखबाट कराउँदै माथितिर उड्छन्। भुइँतिर हेर्दै असामान्य रूपमा हावामा बत्तिन्छन्। छट्पटाहट देखिन्छ।, एउटा कागलाई कुनै जीव वा मान्छेले आक्रमण गर्दा उनीहरू औधी चनाखो हुन्छन्। कति खतरा छ आकलन गरेर त्यहीअनुसार सामूहिक आक्रमणमा उत्रन्छन्। आवाजमा पीडा व्यक्त गर्छन्। प्रत्याक्रमणमा मान्छे वा जनावरलाई घाइते बनाउन पनि सक्छन्।, अर्को कुरा, सामान्यतः कागले आक्रमणकारीको हुलिया सहजै पहिचान गर्छ। उसले दुश्मन पुनः पहिचान गर्‍यो भने कराएर विरोध प्रदर्शन गर्छ वा आक्रमण गर्न पनि पछि पर्दैन। झटारो हान्नुभएको छ भने होस् गर्नुहोला।, ओथारा बसेका बेला काग अझै रिसाहा बन्छन्। वरिपरि कुनै जनावर–मान्छे आउनासाथ झगडामा उत्रिइहाल्छन्।, काग हाम्रा लागि जति सहयोगी र नजिक छ, अरू चराका लागि ठीक उल्टो व्यहोरा देखाउँछ। साना चरालाई हेप्ने, उनीहरूका अण्डा खाइदिने, सिकार बनाउने यसको बानीले यसलाई साना चराको झुन्डमा 'डन' नै बनाउँछ। काग धेरै हुँदै जाँदा साना चरा विस्थापित हुँदै जाने बराल बताउँछन्।, काग बाठो र आरिसे मात्रै हुँदैन, नाटकीय हाउभाउमा अरू चराभन्दा दुईगुणा अब्बल हुन्छ। नाटकै गरेर पनि उसले अरू चरा खेद्छ। साना चरा लखेटेरै उसको आहारा नखाई चित्त बुझाउँदैन। अझ लाटोकोसेरो देख्यो भने त कागले खप्नै सक्दैन। कागलाई चील र बाजबाट मात्र खतरा भएको बराल बताउँछन्। गिद्ध भने साथी हुन्छ रे।, जति नै हेला गरिएजस्तो देखिए पनि कागलाई मान्छेले एकदमै मनपराएको चरा भन्न रुचाउँछन् चराविद् बराल।, 'नभए काग पूजा किन गर्थ्यौं होला,' उनी तर्क गर्छन्।, (काग तिहारका दिन हामीले यो स्टोरी पुनः प्रकाशन गरेका हौं।), चराहरूको 'डन' ले चिन्छ झटारो हान्ने मान्छे
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अनधिकृत फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ। , राति फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ।, सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति, व्यवसायी तथा संस्थाका प्रतिनिधिलाई जरिवाना तिराएको हो। , वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा  साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए। , उनका अनुसार फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ। , ‘जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्नुहुन्छ भने कति व्यक्तिहरु जरिवाना तिर्नु नपर्ने अडान लिनुहुन्छ,’ उनले भने, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले आफ्नो फोहोर फाल्न अरूलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन्।’, कतिले फोहोर फाल्न हातैमा बोकेर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेको उनले बताए। , घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ। , यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ।  ,  , राती फोहोर फाल्नेमाथि महानगरको निगरानी, तीन महिनामा ४ लाख जरिवाना असुल
रासस नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरू गरेका छन्।, अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन्। वन्यजन्तु संरक्षणमा काम गर्दै आएका संस्थाहरू; प्रकृतिका साथीहरू काठमाडौं, सर्प संरक्षण समाज, नेपाल र पोखरा महानगरपालिका–२५' ले आइतबार पोखरामा किङ कोब्रा संरक्षणका लागि छलफल कार्यक्रम आयोजना गरे।, सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले राज गोमनलाई नचलाउने, नजिस्क्याउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने बताए।, 'नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त कम छ। यसले आहाराका रूपमा अन्य प्रजातिका सर्प खाने गर्छ,' आचार्यले भने, 'कहिलेकाहीँ आफ्नै प्रजातिको सर्प पनि खाने गरेको अनुसन्धानबाट खुल्न आएको छ।' , उनले थपे, 'नेपालको कानुनले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। गोमन सर्पले टोकेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम भाइल प्रयोग गर्नु राम्रो हुन्छर तर त्यस्तो स्नेक एन्टिभेनम नहुँदा पोलिभलेन्ट लगाउने गरिन्छ। यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।', नेपालमा पोलिभलेन्ट नै प्रयोग हुँदै आएको र पोलिभलेन्ट करेत, कमन कोब्रा र दुई भाइपर सर्प प्रजातिको विष सम्मिश्रण गरी तयार पारिने जानकरी सो अवसरमा दिइएको थियो।, सर्पसम्बन्धी विज्ञ ऋषि बरालले नेपालमा २२ सर्प प्रजाति विषालु भएको र विषरहित र विषसहितका गरी नेपालमा ८२ प्रजातिका सर्प सूचीकृत भएको जानकारी दिए। नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने र तीमध्ये दुई हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको तथ्यांक सो अवसरमा विज्ञहरूले दिएका छन्।, 'गोमन जस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै मानिसको शरीरमा विष फैलिएको लक्षण देखापर्छ। बिरामीले आँखा उघार्न सक्दैन। मुख बन्द हुन्छ। मुखबाट जिब्रोबाहिर निकाल्न सक्दैन। पानी निल्न असजिलो हुन्छ। हातखुट्टा तथा मांसपेशी चल्न कठिन। मुखबाट र्‍याल छाड्ने हुन्छ,' सर्पसम्बन्धी अनुसन्धान गर्दै आएका अभिषेक सापकोटाले भने, 'विषालु सर्पले टोक्ने बित्तिकै बिरामीलाई जतिसक्दो अस्पताल पुर्‍याउनु पर्छ।', नेपालकै एक संस्थाको अध्ययनअनुसार सर्पको टोकाइबाट अधिकांश महिला र बालबालिकाको मृत्यु हुने गरेको छ। तराई क्षेत्रमा हरेक एक लाख मानिसमध्ये २२ जनाको सर्पको टोकाइबाट नै मृत्यु हुने गरेको तथ्यांक उक्त अध्ययनले देखाएको छ। सर्पले अधिकांश मानिसलाई घुँडाभन्दा तल्लो भागमा टोक्ने गरेको पनि तथ्यांकमा उल्लेख छ।, विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गरेको र यीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेको जानकारी कार्यक्रममा दिइएको थियो। नेपालमा पाइने २२ प्रजाति विषालु छन्। तीमध्ये गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर स्नेक (कर्कट नाग) धेरै विषालु मानिन्छ।, छलफल कार्यक्रममा जिल्ला वन कार्यालय, प्रदेश कार्यालय तथा वन मन्त्रालयका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो।, दुर्लभ सर्प 'राज गोमन' को संरक्षणबारे चिन्ता
नवीनबाबु गुरूङ यस वर्षको तिहार आइतबारदेखि सुरू हुँदैछ। तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल र झकिझकाउ सुरू भइसकेको छ।  तिहार नजिकिएसँगै बजारमा मानिसहरूको भीड लाग्न थालेको छ।, काठमाडौंको निकै व्यस्त रहने बजार असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा तिहारका लागि चाहिने सामग्री बिक्री हुन थालिसकेका छन्।, व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दीयोलगायत सामग्री बिक्रीका लागि राखेका छन्।, हेर्नुहोस् तस्बिरहरू:, बजारमा बढ्यो तिहारको चहलपहल (तस्बिरहरू)
रासस कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।, ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ।, शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।, ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।, निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । , पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः ।।, अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । , बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।, अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ।, सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ। यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन।, ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ।,  , कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण
सेतोपाटी संवाददाता बझाङमा एक युवक मृत फेला परेका छन्। , मष्टा गाउँपालिका–१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी मृत फेला परेको प्रहरीले जनाएको छ ।, पुरी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।, उनका अनुसार घटनाबारे थपे आवश्यक अनुसन्धान भइरहेको छ।, बझाङमा एक युवक मृत
रासस चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटेगोरी) को मान्यता प्राप्त गरेको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेसनल पब्लिक हेल्थ ल्याब्रोटरी) ले उक्त मान्यता प्रदान गरेको हो। राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो।,  , चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो।, अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए।,  , प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना संकलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालय लगायतको व्यवस्था गरेको छ।, न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए।,  , सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ। देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए।, उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ।,  , विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ। अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।,  , सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए।, उनले भने, 'प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो। प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ।',  , अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैंले बनाएको बताए।, उनले भने, 'राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छाैँ।' , अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उनको भनाइ छ। देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ।, चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहलाई  काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।, उनको आज बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।, न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशमा उनको बयान लिइने उनले बताए। यस्तै आजै थुनछेक बहस समेत हुनसक्ने प्रवक्ता दाहालले बताए।, ‘अहिले इजलाशले प्रतिवादीको बयान लिन्छ। त्यसपछि थुनछेक बहस हुन्छ,’ उनले भने,‘एक जनामात्रै प्रतिवादी भएकाले थुनछेक बहस पनि आजै भएर आदेश आउने सम्भावना छ।’, कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।, उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।, यी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा दर्ता गरेको थियो। तर अदालतले हेर्न नभ्याएपछि बिहीबार बयान लिन लागेको हो।, सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।, दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा (२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।, सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, प्रतिवेदन बुझाउँदा अपूर्वलाई पनि उपस्थित गराइएको थियो। तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लियो।, भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।, उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।, कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।, 'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।, त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।, सम्बन्धित समाचार:, अपूर्वक्षितिज सिंहलाई ५ वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा, अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साँधेको पूर्वाग्रह, कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्‍यो प्रहरीले, तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह, तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, अपूर्वक्षितिजलाई अदालत लगियो, इजलासले आजै बयान लिने
रासस अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।, भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।, उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो।, गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।, घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका थिए। गएराति गमाल भिरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए।  , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।, भिरबाट लडेर वृद्धको मृत्यु
सेतोपाटी संवाददाता शिक्षित क्षेत्रबाटै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि दुर्व्यवहार हुन्छ। क्रुज एड्स नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पारलैंगिक महिला रूबिना तामाङले बिहिबार अस्पतालमा नर्सबाट दुर्व्यवहार भएको घटना सुनाएकी थिइन्।, एक वर्षअघि उनी काठमाडौंस्थित अस्पतालमा रगत जाँच गर्न गएकी थिइन्। पारलैंगिक व्यक्तिलाई अस्पतालले कसरी सेवा दिन्छन् भनेर उनी अध्ययन गर्न गएकी थिइन्। त्यहाँ उनी पारलैंगिक भन्ने थाहा भएपछि एचआईभी एड्सको संक्रमित व्यक्ति भन्दै दुर्व्यवहार गरिएको थियो।, ‘टान्स वुमन भन्दैमा सबैजना सेक्स वर्कर नै हुन्छन, एड्स नै लागेको छ भन्ने मान्छेको सोच छ। यो गलत हो। उपचार सबैले पाउनुपर्छ। घृणाको दृष्टिले होइन सम्मानले बाच्न पाउनुपर्छ,' उनले भनिन, 'पढे-लेखेकाबाटै यस्तो हुनु भनेको अपराध नै हो।’, अस्पतालमा मात्रै नभई सरकारी कार्यालयमा पारलैंगिक व्यक्तिलाई सम्मानजनक सेवा नदिने कार्यक्रममा बताइएको थियो। क्रुज एड्स नेपालकी कार्यक्रम संयोजक समता बमले सरोकारवाला संवेदनशील नभएकै कारण समुदायका व्यक्तिहरूले आत्महत्या गर्न बाध्य भएको घटनाबारे सुनाएकी हुन्।, क्रुज एड्स नेपालले एचआइभी एड्स भएका व्यक्तिलाई सेवा दिने र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ। साथै संस्थाले आफ्नै हेरचाह घरमा पचास जना व्यक्तिलाई सेवा दिइरहेको बमले जानकारी दिइन्।, कार्यक्रममा समुदायको समस्या र चुनौतीबारे सरोकारवाला निकायहरूसँग छलफल भएको थियो। राष्ट्रिय एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सामुदायिक तथा जिल्ला प्रहरी, परिषद् लगायतको कार्यक्रममा उपस्थित थियो।, शिक्षित क्षेत्रबाटै पारलैंगिक व्यक्तिलाई दुर्व्यवहार हुन्छः क्रुज नेपाल
सेतोपाटी संवाददाता सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।, प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए।, बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।, गोली लागेर लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्की घाइते छन्। उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।, पक्राउ पर्नेमा तीन जना भारतीय हुन्।, पक्राउ पर्नेमा विहारका १९ वर्षीय रेहान भन्ने आलोक सिंह, सौरभकुमार यादव, गुलसनकुमार सिंह र धनकोल गाउँपालिका-१ बस्ने ३२ वर्षीय डिजे भन्ने घिरेन्द्र सहनी छन्।, तीन जना भारतीय नागरिकलाई प्रहरीले बलरा नगरपालिका-३ लक्ष्मीपुरबाट मध्यराति पक्राउ गरेको हो। सहनीलाई भने धनकौल गाउँपालिकाबाट पक्राउ गरेको हो।, डिएसपी यादवका अनुसार उनीहरूले सहकारीमा भएका धनमाल चोरी गर्न खोजेका थिए। त्‍यसक्रममा कर्मचारी साजन कार्कीले प्रतिकार गरेका थिए।  प्रतिकार गरेपछि उनीहरूले कार्कीमाथि चार राउन्ड गोली प्रहार गरेको डिएसपी यादवले बताए।, गोली प्रहार गरी उनीहरू भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका थिए।, घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको थियो। उनीमाथि तीन राउन्ड गोली प्रहार भएको हो।, उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम छ। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छैन।, आरोपित व्यक्तिहरूले पनि पेस्तोल भारतबाट किनेर ल्याएको प्रारम्भिक अनुसन्‍धानबाट खुलेको डिएसपी यादवले बताए। , सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा चार पक्राउ
सेतोपाटी संवाददाता विद्युत तारबाट 'हुक' गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक र ४० वर्षीय भोला डिसी सँगै माछा मार्न गएका थिए।, उनीहरूले खोलामाथिको नांगो तारमा तार बल्झाएर करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा विपीनलाई करेन्ट लागेर मृत्यु भएको थियो। , घटनापछि अर्जुन र भोला फरार छन्। सँगै माछा मार्न गएका सर्वनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। , बुधबार दिउँसो मात्रै तुलसीपुर – १० पढ्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको थियो।, घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिँचाइ गर्ने क्रममा केसीलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, तुलसीपुरमा दुई दिनमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।, करेन्ट लाएर माछा मार्न खोज्दा एकको मृत्यु
सेतोपाटी संवाददाता दाङमा भएको हायस दुर्घटनामा परी चार जना घाइते भएका छन्।, बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका–१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा परी चार जना घाइते छन्। , घाइते मध्ये चालकको अवस्था गम्भीर छ।, नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर– १६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नं. १ का ५३ वर्षीय टोपेन्द्रबहादुर बिष्ट घाइते छन्।, अन्य सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा जारी छ।, गम्भीर घाइते चालक बिकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्ज तर्फ जाँदै गरेको रा १ ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर–१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको हो।, दाङमा हायस दुर्घटना हुँदा चालकसहित चार घाइते
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका बाघलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन्।, बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिक उत्सव समारोहमा बोल्दै कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले संख्या बढेसँगै बाघ-मानव द्वन्द्व बढ्नु चुनौतीको विषय रहेको बताए।, चुनावपछिको सरकारले बाघलाई पर्यटनसँग जोडेर नयाँ कार्यक्रम ल्याउने उनको भनाइ थियो।, ‘बाघको संख्या अत्यधिक बढेको सन्दर्भमा हामीले यसलाई पर्यटन जोडेर नयाँ पर्यटनको विकास गर्न सक्यौं भने यसबाट मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने छ। यतिबेला हामी मुलुकमा महानिर्वाचनको पूर्व सन्ध्यामा छौं,’ प्रधानमन्त्री देउवाले भने,‘मैले अब बन्ने सरकारले बाघलाई पर्यटनसँग जोडेर नयाँ आयामका कार्यक्रम सुरू गर्ने वचनबद्धता व्यक्त गर्न चाहन्छु।’, प्रधानमन्त्री देउवाले सरकारले जैविक विविधता संरक्षणको क्षेत्रमा अघि बढाएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन र सफल बनाउन चार दशकको यात्रामा कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।, कोषले समुदायमा आधारित संरक्षणको अभ्यास गर्दै नयाँ ट्रेन्ड सेट गर्न सफल भएको उनले बताए।  , ‘आज हामी विश्वमा संरक्षण क्षेत्रको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रको मोडल भनेर विश्वमा कहलिएका छौं। यो गौरवमय इतिहास निर्माण गर्न सफल राष्ट्रिय प्रकृति संरक्षण कोषलाई म हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।, कोषको वार्षिक उत्सवका अवसरमा प्रकृति, वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वनाथ उप्रेतीलाई एक लाख २५ हजार राशिको कोषको संरक्षक संरक्षण पुरस्कारबाट सम्मान गरिएको छ।, पुरस्कृत उप्रेतीलाई प्रधानमन्त्री देउवाले नगदसहित दोसल्ला र कदर–पत्रद्वारा सम्मान गरेका थिए। कोषले वंयजन्तु संरक्षणमा योगदान पुर्‍याउने विभिन्न निकाय तथा व्यक्तिलाई पनि कदर-पत्रबाट सम्मान गरेको छ।, बाघलाई अब हाम्रो पर्यटनसँग जोड्नुपर्छ: प्रधानमन्त्री देउवा
सेतोपाटी संवाददाता काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-८ मा प्रहरीको 'स्वाइप अपरेसन'मा अवैध घरलु मदिरा नष्ट गरिएको छ।, प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बुकाे संयुक्त टाेलीले बिहीबार 'स्वाइप अपरेसन' गरी अवैध घरलु ५ हजार लिटर रक्सी नष्ट गरेको हो।, काठमाडौं प्रहरी परिसर टेकुका अनुसार करिब ५ हजार अखाद्य र गुणस्तरहीन मदिरा बरामद गरिएको जनाएको छ।, प्रहरी प्रभाग बलम्बुकाे प्रहरी प्रमुख प्रहरी निरीक्षक सुभद्रा लामा वाइवा र प्रहरी वृत्तका थानकोटका प्रहरी निरीक्षक लिला आचार्यकाे टाेलीले अवैध मदिरा नियन्त्रणमा लिएकाे काठमाडौं प्रहरी परिसरले जनाएको छ।, नियन्त्रणमा लिएकाे मदिरा प्रहरीले चन्द्रागिरि-८ का जनप्रतिनिधिहरूकाे राेहवरमा नष्ट गरिएको थियाे।, काठमाडौं चन्द्रागिरिमा प्रहरीले लुकाइछिपाइ टहरा जंगलबीच बनाइरहेकाे अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गर्दै आइरहेकाे छ।, चन्द्रागिरिमा ५ हजार लिटर अखाद्य मदिरा नष्ट
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। , बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई  २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रवक्ता दीपक दाहालले जानकारी दिए। , न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो। बिहीबार अदालतले उनको बयान लिएको थियो। यस्तै थुनछेक बहसपछि अदालतले उनलाई  छाड्न भनेको हो। ्, कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।, उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।, यी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा दर्ता गरेको थियो। तर अदालतले हेर्न नभ्याएपछि बिहीबार बयान लिन लागेको हो।, सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।, दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा (२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।, सरकारी वकिल कार्यालयका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, अपूर्वक्षितिजले सरकारी वकिल कार्यालयमा दिएको बयानमा अपमानजनक वा अमानविय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदायमा द्वेष, रिस आवेग तथा खल्बयाउने उद्देश्यले कमेडी नगरेको बताएका छन्।   , ‘मैले नेवार समुदायहरूको भाषा, धर्म, संस्कृति, परम्परा प्रथा रितिस्थिती, रहन सहन समेतको विषयलाई लिएर अपमानजनक वा अमानविय व्यवहार, जातिय सद्भाब तथा सम्प्रदायमा द्वेष रिस आवेग तथा जातिय सद्भाब तथा सम्प्रदाय खल्बल्याई जातीय आवेग तथा उत्तेजना फैलाउने उद्देश्यले उक्त शब्दहरू प्रयोग गरेको होइन,’ उनले भनेका छन्।, तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लियो।, भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।, उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।, कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।, 'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।, त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।  , सम्बन्धित समाचार:, अपूर्वक्षितिज सिंहलाई ५ वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा, अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साँधेको पूर्वाग्रह, कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्‍यो प्रहरीले, तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह, तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, अपूर्वक्षितिजलाई धरौटीमा रिहा गर्न आदेश
सेतोपाटी संवाददाता काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।, पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो।, कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।, ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ।, गौशाला धर्मशालाले मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउनुपर्ने
एजेन्सी कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ।, संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार पुनेमा जारी विकासशील देशका खोप उत्पादकको सञ्जालको वार्षिक सम्मेलनमा पत्रकारसँग कुरा गर्दै पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड नामको खोप उत्पादन बन्द गरेको जानकारी दिए।, बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो।, ‘कोरोनासँग मान्छेहरू दिक्क भइसकेकाले बुस्टर डोजको माग नै छैन। साँच्चै भन्ने हो भने तपाईं, हामी सबै दिक्क भइसकेका छौं,’ उनले भने। सेरमले अब कोभ्याक्स नामको खोप बनाउन लागेको उनले बताए।, ओमिक्रोन भेरियन्ट विरूद्धको खोप बनाउनका लागि अमेरिकाको नोभाभ्याक्ससँग सेरमले सहकार्य गरिरहेको पुनावालाले जानकारी दिए। पश्चिमी मुलुकमा जाडोयाममा मानिसहरूले फ्लुको खोप लगाउँदा सँगै कोरोनाको खोप पनि लगाउन सक्ने भए पनि भारतमा फ्लुविरूद्धको खोप लगाउने चलन नभएको उनले बताए।, वर्ल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म ४ करोड ४६ लाख बढी मानिसलाई कोरोनाको संक्रमण भएको छ भने ५ लाख २८ हजार संक्रमितले ज्यान गुमाएका छन्।, बुधबार पनि भारतमा १ हजार ४ सय ९४ जना संक्रमित थपिएका छन्। भारत सरकारले अहिलेसम्म २ अर्ब १९ करोड ४६ लाख डोज खोप लगाइएको बताएको छ।, लगाउने मान्छे नभएपछि सेरमले नष्ट गर्‍यो १० करोड डोज कोरोना खोप
रासस तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।, घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो।, बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए।, चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो।, ‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,’ उनले भने।, बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन्। पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ।, गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।, चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो।, बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए।, पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ।, चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन्।, चितुवाको आक्रमणबाट बन्दीपुरमा बालिकाको मृत्यु
सुरेश आचार्य/रासस 'वीरेन्द्रनगर चक्रपथ' नाम दिएर १७ वर्षअघि निर्माण सुरूआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ। वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो। , कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको छैन। सत्र वर्षअघि सुब्बाकुनाबाट घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माण थालिएको थियो।,  , करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ। चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला–बेला विवाद हुँदै आएको छ। अरू त अरू चक्रपथको सुरूको बिन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुनसकेको छैन। , चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ। निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्र हुन बाँकी छ। वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिनसकेको छैन। , स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आयोजना निर्माणमा अवरोध गर्दै आएका छन्।, 'जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुपर्‍यो। विकासका नाममा उठिबास त लगाउनु भएन नि', वीरेन्द्रनगर–२ की अमृता कार्कीले भनिन्, 'हामी जग्गा दिन्छौं, तर हामीलाई उठिबास लगाएर विकास गर्न खोज्दा समस्या भएको छ।', उनले क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको बताए।, निर्माणाधीन चक्रपथ हेरिरहेको रूकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ।, विवाद नभएको क्षेत्रमा निर्माण सकिए पनि विवादित क्षेत्रको काम बाँकी रहेको कार्यालयका इञ्जिनियर सुरेश बस्यालले जानकारी दिए। , 'विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ। केही ठाउँमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ', उनले भने, 'जग्गा र वनको विवाद नभएका ठाउँमा करिब ६० प्रतिशत काम सकिएको छ।', निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाइ भएको उनको भनाइ छ।, सम्झौताविपरीत साँघुरियो सडक , चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकामा पटक–पटक म्याद थप भइरहेको छ।, पछिल्लोपटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माण कार्य पूरा गर्नुपर्ने सम्झौता थियो। तर अवरोध कायमै रहेकाले काम सकिने कुनै टुङ्गो छैन। संघीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकारमातहत छ।,  , रु १३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो। तर जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ। पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटाउनुपरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेश बस्यालले जानकारी दिए।,  , वीरेन्द्रनगर नगरपालिकाले छिट्टै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ। सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकाले केही समयमै समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन्।उनले प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने जानकारी दिइन्।,  , 'समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायबीच विभिन्न चरणमा छलफल भइरहेको छ', उनले भनिन्, 'वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभएर प्रदेशकै गौरवका रूपमा रहेको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माणको कामलाई प्रदेश र संघीय  सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिट्टै काम अघि बढ्छ।', १७ वर्षमा पनि बनेन 'वीरेन्द्रनगर चक्रपथ'
रासस सुर्खेतको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ।, राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुने गरी ३५ दिने समयसीमा तोकेको हो।, अलपत्र योजनाका काम ३५ दिनभित्र पुनः सुरू नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने लगायतका कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।, 'राज्यले करोडौंको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन', उनले भने, 'निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो ठहर छ। संयमतापूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नुपर्नेछ।', नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा योजनाको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्।, नगरप्रमुख भट्टराईले सार्वजनिक गरेको विवरणानुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडकअन्तर्गत नुनथलाको महुरेबाट राजापानीको सिम्पानी सडक कालोपत्र, अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला–दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ।, दोर्पाको पङ्खुखोला पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक ढलान/कालेपत्र, भुते–आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति, हाँटडाँडा काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नति, भालुखोला र मेवाखेला पुल, दिक्तेलबजार ढलानलगायतका काम पनि अलपत्र छ।, जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुईतले प्रशासनिक भवन, तीनतले प्राविधिक भवन, विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपुरो छ।, प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाबाटै सञ्चालन गर्ने गरी माटिकोरे खेलमैदान निर्माणको काम नै सुरू भएको छैन। गत वैशाख २९ गतेदेखि सुरू भई १८ महिनामा खेलमैदान निर्माणको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म सुरू नभएको हो।, जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकामा जनप्रतिनिधिको भूमिका सक्रिय नभएको गुनासो आउन थालेको छ।, अस्तव्यवस्त अवस्थामा रहेको यातायात व्यवस्थापन, बिचौलिया तथा कालोबजारी नियन्त्रण लगायतमा जनप्रतिनिधिको भूमिका नदेखिएको आरोप आउन थालेको हो।, अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन