content
stringlengths
20
64.1k
रासस अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।, पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।, अछाम केन्द्रबिन्दु भएर भूकम्प
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको डिएसपी बुढाथोकीले बताए। , हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा दुई फिट खाडल खनेर उनले शिशुलाई पुरेकी थिइन्। , शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , शवको पोष्टमर्टमको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन्। , जन्मनेबित्तिकै बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ
एजेन्सी विश्वका १ अर्ब युवाको श्रवण शक्ति गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ।, गीतसंगीत सुन्नका लागि हेडफोन र एयर बडको असुरक्षित प्रयोग बढिरहेकाले त्यसले श्रवण शक्ति गुम्ने खतरा रहेको पाइएको द गार्डियनले उल्लेख गरेको छ।, अनुसन्धाकर्ता टोलीका अनुसार १२ देखि ३४ वर्ष उमेर समूहका २४ प्रतिशत व्यक्तिले असुरक्षित तहमा संगीत सुनिरहेका छन्।, यो अनुसन्धान विश्व स्वास्थ्यसम्बन्धी जर्नल बीएजे गल्लोबल हेल्थमा प्रकाशित भएको हो। , युवाहरूको श्रवण शक्ति गुम्न नदिन उनीहरू आफैँ सचेत हुनुपर्ने र सरकारले तत्काल सुरक्षित श्रवण नीति बनाउनुपर्ने अध्ययनको निष्कर्ष छ। , विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४ करोड ३० लाख मानिसको श्रवण शक्ति गुमेको छ। व्यक्तिगत श्रवण यन्त्रको प्रयोगका कारण युवाहरू जोखिममा रहेको चिन्ता त्यस संस्थाले  समेत जाहेर गरेको छ। , ‘बारम्बार असुरक्षित तबरले संगीत सुन्दा श्रवण प्रणालीमा असर पर्छ। यसले कम सुन्ने देखि बहिरो हुनेसम्मको स्थितिमा पुर्‍याउँछ,’ अध्ययनमा भनिएको छ।, यो अध्ययन अमेरिकाको साउथ क्यारोलिना युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेका हुन्। उनीहरूले सन् २००० देखि २०२१ सम्म बजारमा आएका हेडफोन तथा एयरबडको गुणस्तर अध्ययन गरेका छन्।, यो अध्ययन १९ हजार व्यक्तिमा आधारित छ। अध्ययनका अनुसार २३ प्रतिशत वयस्क र २७ प्रतिशत नाबालकहरूले असुरक्षित  रूपमा गीतसंगीत सुनिरहेका छन्।, असुरक्षित ढंगले गीतसंगीत सुन्दा १ अर्ब युवाका श्रवण शक्ति गुम्ने खतरा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ट्राफिकहरू निर्वाचनका लागि खटिएका कारण विभिन्न ठाउँमा जाम भएको छ। , उपत्यकामा कार्यरत ट्राफिकहरू चुनावका लागि बाहिर खटिँदा जनशक्तिको अभाव भएको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।, उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै १७ सय ट्राफिकहरू कार्यरत थिए।, ‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’, यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।, एसएसपी भट्टका अनुसार भित्री सडकमा भने जनशक्तिको अभावका कारण ट्राफिक प्रहरी छैनन्।  , निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा जाम
एजेन्सी पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ।, युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने प्रेजवाडोमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।, रूसले प्रहार गरेको क्षेप्यास्त्र खसेको आशंका भए पनि त्यसबारे पुष्टि हुन सकेको छैन। घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ। , अमेरिकासहित उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सम्बद्ध अन्य राष्ट्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।, किएभमा हमलाका लागि रूसले मंगलबार ठूलै क्षेप्यास्त्र प्रयोग गरेको थियो।, पोल्याण्डका राष्ट्रपति आन्ट्रे डुडाले कसको मिसाइल खसेको भन्ने निष्कर्षमा अझै नपुगेको बताए।, ‘यो मिसाइल रूस निर्मितनै देखिन्छ। तर हामी अनुसन्धान गरिरहेकै छौँ,’ उनले भनेका छन्।, आफ्नो सदस्य राष्ट्र पोल्याण्डमा क्षेप्यास्त्र खसेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेटोको भनाइ छ।, साथै जी २० शिखर सम्मेलनमा सहभागी हुन बाली पुगेका नेटो सदस्य राष्ट्रहरूका प्रमुख घटनापछि आकस्मिक बैठकमा जुट्दैछन्।, पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुईको मृत्यु, नेटोको आकस्मिक बैठक बालीमा
सेतोपाटी संवाददाता मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ।, मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए।, सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुने कार्यालयले जनाएको छ।, कार्यालयले बुधबार एक सूचना जारी गर्दै रेल सञ्चालन बन्द हुनेबारे जानकारी दिएको हो।  ,  , भोलिदेखि चार दिन रेल नचल्ने
सेतोपाटी संवाददाता भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो। पौने ९ बजे उनी मृत भेटिएको डिएसपी पाण्डेले बताए। मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन्।, यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो। उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ। , नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो। , घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   , भक्तपुरमा आगलागी हुँदा २५ वर्षीया युवतीको मृत्यु
सुशीला ओली/रासस दाङको घोराही सहरदेखि गाउँसम्म सडकको ट्याक बनाउने काममा व्यस्त छिन्, अनिता थारु। उनी चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदैछिन्।, पछिल्लो समय भने उनले घोराही उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन्।, उनले १२ कक्षासम्म पढेकी छन्। आर्थिक अवस्था कमजोर हुँदा पढाइलाई निरन्तरता दिन नसकेको उनले बताइन्।, उनले सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन थालेकी हुन्।, निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ।, उनले २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिएर लाइसेन्स पनि लिएकी थिइन्।, अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनले बताइन्।, बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरुलाई सुझाव छ।, निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट सन्तुष्ट रहेको उनले बताइन्।, ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ। धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला। पढ्न सकिएन। त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ,’ उनले भनिन्।, पहिले-पहिले महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनले बताइन्। ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ’, उनले भनिन्।, जसले चलाउँछिन् ग्रेडर मेसिन
सेतोपाटी संवाददाता आसन्न निर्वाचनलाई लक्षित गर्दै सुर्खेतमा मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ।, शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले आजदेखि मतदानको दिन मंसिर ४ गतेसम्म मदिरा बिक्री तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो।, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादिन बनाउनका लागि सर्वदलीय बैठकबाट यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।, मदिरा सेवन तथा बिक्री नगर्ने निर्णय कार्यान्वयनका लागि जिल्लास्थित राजनीतिक दल, उद्योगी, व्यवसायी, सर्वसाधारण लगायतलाई प्रशासनले आग्रह पनि गरेको छ।, यस्तै, निर्वाचनको मत परिणाम घोषणा नभएसम्म जिल्लाभित्र मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद तथा अन्य मनोरञ्जनका क्रियाकलाप गर्न पनि रोक लगाइएको छ।, मतदान सुरू हुनुभन्दा २४ घण्टा अघिदेखि ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकर लगायतका विस्फोटनमा प्रयोग हुन सक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा पनि रोक लगाउने निर्णय पनि जिल्लास्थित सर्वदलीय बैठकले गरेको छ।, सुर्खेतमा आजदेखि मदिरा बिक्री/वितरणमा रोक
रासस अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।, ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ।, यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ।,  , अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ
रासस पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्।, यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ।, आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।, ‘सबै रुख नकाटिन पनि सक्छन्। काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ,’ उनले भने।, सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन्। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए।, सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको उनले बताए।, व्यक्तिगत संरचना सात सय ६७ वटा भत्काइएका छन्। आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ।, जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको उनले बताए।, क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ।, आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासी लगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने उनले बताए।, पृथ्वी राजमार्ग विस्तारका लागि थप ४६६ रूख काटिँदै
रासस गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन्। , इलाका प्रशासन कार्यालय, टीकापुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका हुन्।, 'राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन्। जनशक्ति थप हुने कुरामा समस्या हुँदै आएको छ,' उनले भने, 'भएको जनशक्ति पनि कामको चाप बढी हुने भएकाले प्रशासनमा बस्न मान्दैनन्।', कर्मचारीलाई प्रशासन क्षेत्रमा टिकाउन थप सेवा सुविधाको व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै उनले त्यसमा मन्त्रालयले समन्वय गरिरहेको बताए।, सेवाग्राहीका दृष्टिकोणले इलाका प्रशासन कार्यालय, टीकापुरमा जनशक्ति थप गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले ११ कर्मचारीले कैलालीको कुल जनसंख्याको एक तिहाइ सेवाग्राहीलाई सेवा प्रवाह गर्नु चानचुने कुरा नभएको बताए।, 'समस्या देशैभरका प्रशासनमा छ। कामको चाप बढी, जनशक्ति कम हुँदा सेवा प्रवाह समस्या देखिनु स्वाभाविक हो। इलाका प्रशासन कार्यालय, टीकापुरको कार्यालय व्यवस्थापनसँगै कर्मचारी व्यवस्थापनमा गृहको ध्यान जानेछ,' उनले भने।, २०७७ पुस २६ गते प्रशासन कार्यालयको भवन निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। २०७९ पुस २५ गते सम्पन्न गर्नुपर्ने भवनको काम निर्माण कम्पनीले समयभन्दा अगाडि, २०७९ असोज ७ गते नै सम्पन्न गरिसकेको थियो। तीन करोड २३ लाख ८८ हजार पाँच सय ३१ रूपैयाँ लागतमा भवन निर्माणको लागि सम्झौता भएको थियो।, इलाका प्रशासन कार्यालय, टीकापुरमा कैलालीका पाँच स्थानीय तहका सेवाग्राही सेवाका लागि आउने गरेका छन्। टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका करिब तीन लाख १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने गरेको कार्यालयका प्रमुख पुष्कर खड्काले जानकारी दिए।, 'दैनिक ७० देखि ८० नयाँ नागरिकता, ५० देखि ६० नागरिकताको प्रतिलिपि लिनका लागि मात्रै सेवाग्राही प्रशासनमा आउने गर्नुभएको छ,' कार्यालय प्रमुख खड्काले भने, 'जनशक्ति निकै कम छ। भएको दरबन्दीअनुसार पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन।', 'प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ'
सेतोपाटी संवाददाता अखिल (क्रान्तिकारी)ले स्नातक तहको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयसँग माग गरेको छ।, परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका संयोजक पवन कार्कीले एक साताभित्र ९ वटा माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।, स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि त्रिविले रिजल्ट गर्न सकेको छैन।, ‘एक साताभित्र माग पूरा गर्न नसके विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू असक्षम भएको घोषणा गरी अखिल क्रान्तिकारी सशक्त आन्दोलनमा जान बाध्य हुनेछ,’ ज्ञापन पत्रमा भनिएको छ।, परीक्षा भएको डेढ वर्षसमम्म पनि रिजल्ट नगरेर त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र त्रिविकै साख गिराएको आरोप पनि अखिल क्रान्तिकारीको छ।, ‘स्नातक तह पहिलो वर्षको १६ महिनाअघि लिएको परीक्षाको रिजल्ट अझै नभएको र उक्त परीक्षाको नतिजा हालसम्म नहुनुको कारण सत्यतथ्य सार्वजनिक गरी सात दिनभित्र रिज्ट प्रकाशित गर्नुपर्ने’ ज्ञापन पत्रमा उल्लेख छ।, साथै स्नातक तेस्रो वर्ष र स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशनमा ढिलाइ भइरहेको अखिल क्रान्तिकारीको भनाइ छ। बिए एलएलबीको रिजल्ट भएको तीन महिना भइसक्दा पनि ट्रान्सकृप्ट लिन नपाइएको गुनासो विद्यार्थीहरूको छ।, परीक्षा नियन्त्रक जोशीले लिइएका परीक्षाका रिजल्ट सकेसम्म छिटो प्रकाशन गर्ने बताएका थिए।, ७ दिनभित्र स्नातक पहिलो वर्षको रिजल्ट गर्न अखिल क्रान्तिकारीको माग, नभए आन्दोलन
डा. पारस श्रेष्ठ छालामा सेतो दाग अथवा कुनै किसिमको बुट्टा देखिनु सेतो दुबी हो।, छालाको रंग उडेर दाग देखिनु पनि सेतो दुबीनै हो। यो छालाको जुनसुकै भागमा हुनसक्छ। शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो, सेतो दुबी।, हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्छ। जसले छालालाई रङ दिने कोषहरु नष्ट हुनपुग्छन्।, धेरै जसो मान्छेमा एक दुई वटा थोप्लाजस्तोबाट सुरू भएर शरीरभरि फैलिन सक्छ। यसलाई चिकित्सककहाँ गएर पहिचान गर्नुपर्छ।, सेतो दुबीको समस्या जुनसुकै उमेर समूहकालाई हुनसक्छ, तर १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा तुलानात्मक रुपमा बढी देखापर्छ। सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छ।, सेतो दुबीलाई रोग मानिदैन। यो समस्या हुँदा दुख्ने, पोल्ने हुँदैन। सेतो दुबीको उपचार नगर्दा पनि केही फरक पर्दैन। तर अनुहार वा शरीरका कुनै भागमा सेतो दागले नराम्रो देखाउने हुँदा यसलाई ठूलो समस्याका रूपमा लिने गरेको पाइन्छ। , सेतो दुबी प्रायः ओठ, आँखा, कुइना, कम्मर, घुडामा देखापर्छ। यो अरूलाई सर्दैन तर आफ्नै जिउमा फैलिनसक्छ। सेतो दुबी पनि दुई किसिका हुन्छन्ः सेगमेन्टल र नन सेगमेन्टल।, शरीरको एउटै अंगमा मात्रै आउने वा एउटै साइडमा मात्रै आउने सेगमेन्टल हो। शरीरको सबैतिर फैलिने नन सेगमेन्टल दुबी हो। तीमध्ये ओठमा र औंलामा आउने दुबी बढी आक्रमक किसिमको हुन्छ। यस्तो दुबी ठिक हुन समेत समय लाग्छ। , सेतो दुबीको उपचार दुई तरिकाबाट गरिन्छ। एउटा औषधि लगाउने/खाने र घाममा सेकाउने। अर्को मेसिनमा सेक्ने जसलाई ‘फोटो थेरापी’ भनिन्छ। उक्त प्रविधिबाट पनि ठिक नभए शल्यक्रिया गर्नुपर्ने हुनसक्छ।, सेतो दुबी किन हुन्छ यसको उपचार कसरी गर्ने र लापबाही गरे के हुन्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर ‘बि एण्ड बि’ अस्पताल र समाज स्किन तथा लेजर क्लिनिकमा कार्यरत छाला रोग विशेषज्ञ डा. पारस श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौ।, हेर्नुहोस् भिडिओ, सेतो दुबीको उपचार कसरी गर्ने, लापरबाही गरे के हुन्छ? (भिडिओ)
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहनेछ। बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यस्तै प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने विभागको अनुमान छ। , भोलि शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदली रही  प्रदेश एकको पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।, बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउन आग्रह गरेको छ।, साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।, यस्तो छ आजको मौसम, पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला
सेतोपाटी संवाददाता किष्ट शिक्षण अस्पतालले ५० औं सफल मिर्गौला प्रत्यारोपण गरेको छ। , किष्टले अहिलेसम्म ५१ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको हो। ती सबै प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी दिएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत फागुन १८ गते किष्टलाई मिर्गौला प्रत्यारोपण गर्न स्वीकृति दिएको थियो।, गत वैशाख ८ गते किष्ट अस्पतालले पहिलो मिर्गौला प्रत्यारोपण गरेको थियो। , गुणस्तरीय प्रत्यारोपणले बिरामीहरू विदेश जानुपर्ने बाध्यता पनि कम भएको अस्पतालले जनाएको छ।, 'प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरू अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरूबाट यस अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आफ्नो काममा फर्किसक्नु भएको छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रतिष्ठानले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गरेका कारण विगतमा यस सेवा लिनका लागि विदेश जानुपर्ने बाध्यतालाई केही हद सम्म रोक्ने प्रयास गरेको छ।’, विगत चार वर्षयता अस्पतालले विपन्न मिर्गौलाका बिरामीलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आएको जनाएको छ।, अस्पतालले 'पेर एक्सचेन्ज' प्रत्यारोपण पनि सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ। , 'नजिकको नातेदारले आफ्नो अंग दान दिन पाउने हुँदा नातेदार परिवारका सदस्यहरू दाता र ग्रहणकर्ताबीच रगत परीक्षण मेल नखाएमा यस्तै परिस्थितिबाट गुज्रिरहेको अर्को परिवारबीच पारस्परिक सहमति भएमा दुबै बिरामीको एकै साथ प्रत्यारोपण कार्य गर्न सकिने कानूनी प्रावधान छ,' विज्ञप्तिमा भनिएको छ,' अस्पतालले यस प्रकारको पेर एक्सचेन्ज प्रक्रियालाई समेत प्रोत्साहित गरेको छ। र सफलताका साथ प्रत्यारोपण सम्पन्न गरेको छ। , यस्तो प्रत्यारोपण गर्नेमध्ये किष्ट शिक्षण अस्पताल पहिलो र एक मात्र संस्था भएको दाबी समेत गरिएको छ।, अस्पतालले प्रत्यारोपणको लागि प्याकेज खर्च साढे चार लाखबाट सुरू गरेको छ। अस्पतालले प्रत्यारोपणलाई सहज र सरल बनाउन छुट्टै विभाग पनि बनाएको जनाएको छ।, 'बिरामी पहिलो पटक अस्पताल आएदेखि चिकित्सकीय परामर्श र कानुनी परीक्षणलाई साथसाथै अगाडि बढाइन्छ। जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६-७ चरणको छलफल भेटघाट र परीक्षण पछि सत्रै आधारहरू ठीक भएमा बिरामी सम्पर्क आएको दिनबाट छिटोमा १३ दिन भित्रमा प्रत्यारोपण गराउने गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।, किष्ट शिक्षण अस्पतालमा ५० औं सफल मिर्गौला प्रत्यारोपण
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस आगामी मंसिर १ देखि ५ गतेसम्म बन्द हुने भएका छन्।, शुक्रबार त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो। मंसिर ३ गते शनिबार परेको छ भने ४ गते निर्वाचनकै दिन हो।, त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।, बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको हो।, निर्वाचनका कारण त्रिविका क्याम्पस र कार्यालयमा बिदा
सेतोपाटी संवाददाता युक्रेनको खेर्सन क्षेत्रबाट रूसको सेना फिर्ता गएको छ। रूसको रक्षा मन्त्रालयले आफ्नो सेना खेर्सन क्षेत्रबाट पछि हटेको बताएको सिएनएनले लेखेको छ।, सिएनएनका अनुसार खेर्सनको पश्चिमी क्षेत्रबाट रूसका बीस हजार सेना त्यसतर्फ प्रवेश गर्न खोज्दै थिए। पूर्वी क्षेत्रबाट युक्रेनी सेनाले घेरा हालेपछि उनीहरू फिर्ता भएका हुन्। , रूसले कब्जामा लिन खोजेको त्यस क्षेत्रमा प्रवेश गरेर युक्रेनी सेनाले राष्ट्रिय झन्डा समेत फहराएका छन्।, मस्कोका लागि यो ठूलो धक्का रहेको सिएनएनले लेखेको छ। रूसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले उक्त क्षेत्र रूसमा गाभिएको र त्यहाँबाट आफ्ना सेना पछि हट्नु राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अपमानजनक रहेको प्रतिक्रिया दिएका छन्।, पेस्कोभको भनाइ उद्दृत गर्दै सिएनएले लेखेको छ, 'खेर्सन रूसमा गाभिएको भूमि हो। त्यहाँबाट सेना फिर्ता हुनु भनेको राष्ट्रपति भ्लादिमिर पुटिनका निम्ति अपमानजनक हो।', खेर्सनमा राष्ट्रिय झन्डा फहराएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सचेत हुँदै भूमिको रक्षा गर्न सेनालाई निर्देशन दिएका छन्।, रूसी सेनाले धराप बिच्छाएको हुनसक्ने भन्दै उनले सचेत हुन सेनालाई आग्रह गरेका हुन्।, रूस र युक्रेन युद्ध गत फेब्रुअरी २४ बाट सुरू भएको थियो।, युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यता लिन खोजेको र यो आफ्नो लागि सुरक्षा चुनौती रहेको भन्दै रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो।, खेर्सनबाट रूसी सेना फिर्ता, फहराइयो युक्रेनको झन्डा
रासस पर्वतकाे कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिनका लागि बन्द हुने भएको छ।, पुलको नियमित मर्मतका लागि शनिबारदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ।, पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइका लागि बन्द गरिने कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए।, पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका-१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारण आवातजावत गर्दै आएका छन्।, पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक-एक वर्षमा परिवर्तन गर्नुपर्ने हुँदा बन्द गर्नुपरेको शर्माले बताए। तर यसपटक लामो समयपछि मात्रै मर्मत गर्न थालिएको हो।, यान्त्रिक पुल बन्द हुँदा दुवै क्षेत्रका सर्वसाधारण एक घण्टाको घुमाउरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गे पुल वा शुल्क तिरेर बन्जी पुलबाट आवातजावत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।, यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन्।, पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटक समेत आउने गरेका छन्। २०६८ मा करिब चार करोड रुपैयाँ लागतमा बनाइएको यो पुलबाट एक डब्बामा एकपटकमा आठ जना मानिस आवातजावत गर्छन्। पुलमा दुईवटा डिब्बा छन्।, पुलका कारण स्थानीयलाई यात्रामा सहजता हुनुका साथै सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ। पुल प्रयोग गर्नका लागि स्थानीयवासी र अन्य यात्रुका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।, कुश्मा-बलेवा यान्त्रिक पुल बन्द हुँदा शुल्क तिरी आवतजावत गर्नुपर्ने बाध्यता
रासस काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने काममा प्रतिबन्ध लगाएको छ।, खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ।, यस्ता कामले देशको राजधानीसमेत रहेको सहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो।, लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहोर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।, महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ।, प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ।, काठमाडौं महानगरले लगायो खुला रूपमा आगो बाल्ने र फोहोर जलाउने काममा प्रतिबन्ध
सेतोपाटी संवाददाता नेपाली भाषा र साहित्यिकको जगेर्ना र विकासको टेवा पुर्‍याउने उद्देश्यले ‘समकालिन साहित्य चौतारी’ स्थापना भएको छ। , जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आधिकारिक रूपमा दर्ता भएको संस्थाले साहित्यकार विमला चन्द सानुको अध्यक्षतामा नौ सदस्यीय कार्य समितिसमेत गठन गरेको छ।, साहित्यिक क्षेत्रका अग्रजको सम्मानका साथै उहाँहरूका पदचापलाई पछ्याउँदै समकालीन साहित्यिक मनहरूसँग सहयात्रा गर्ने उद्धेश्यका साथ संस्था स्थापना भएको संस्थाका सल्लाहकार आसम गुवाहाटीका साहित्यकार पुरूषोत्तम उपाध्याय दाहालले बताए।, संस्थाको उपाध्यक्षमा प्रमोद ढकाल (विराटनगर), सचिवमा अलख निरन्जन (लोहार, कैलाली), कोषाध्यक्षमा सिर्जना नेपाल सुवेदी (इटहरी) छन्।  यस्तै सदस्यमा कुमारी चेम्जोङ (झापा), तपेन्द्र मलाती (अछाम), ज्योति खवास (इटहरी), शारदा भट्टराई (विराटनगरण र  वीरेन्द्र विवश (अछाम) छन्। , २०७७ सालमा समकालीन साहित्य चौतारी नामको फेसबुक पेज खोलेर प्रत्यक्ष प्रसारण शुरू गरिएको साहित्यिक यात्रा ७०८ औं शृङ्खलासम्म पुगेको छ।, यसको उद्देश आफ्ना अग्रज साहित्यकारको सम्मान, समकालीन सर्जकसँगको सहकार्य र अनुज सर्जकका लागि विशाल मञ्च उपल्ब्ध गराएर साहित्यिक मनहरु सङ्गको समधुर सम्बन्धलाई अझै बलियो बनाउने रहेको उपाध्यायले बताए।, समकालीनको लाईभमा विभिन्न साहित्यिक सर्ककहरु बिमला चन्द सानू, अलख निरन्जन लोहार टीकापुर,  विजय खड्का गगन गुल्मी, मिरा बराल चितवन, टंक चन्द अमेरिका, भुमिराज तिमिल्सिना, उमेश बिश्वकर्मा, मीन बहादुर थापा मिलन टीकापुर, कुमारी चेम्जोङ विस्मृती झापा, सानू जोशी कंचनपुर, सरु रोकाया,  विरेन्द्र विवश, ज्योती खवास, सिर्जना नेपाल सुवेदी, शारदा भट्टराई, तपेन्द्र मलाती, हरि सुनार र पुरुषोत्तम उपाध्याय दाहाल लगायतले साहित्यिक रचनाहरु प्रस्तुत गर्दै आएका छन्। , ‘समकालिन साहित्य चौतारी’ स्थापना
सेतोपाटी संवाददाता प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , शुक्रबार धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार गिरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन्।  , प्रहरीलाई गिरीले ती बालिकालाई ललाई-फकाई स्वयम्भूस्थित स्तुप जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको थियो। , यस्तै, प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।     , घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।, स्वयम्भूमा जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
रासस नवलपरासीपूर्वको कावासोती नगरपालिका-१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्।, सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो।, काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती-१ का २० वर्षीय मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए।, उपचारका लागि परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली-१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो। सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक-पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्। , घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जनाएको छ।, सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। , झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा र्‍यापर घाइते
रासस शनिबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ।, राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो।, भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।, यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र राति ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो।, ६.६ रेक्टर स्केलको भूकम्पमा परेर छ जनाले ज्यान गुमाएका थिए।, पुनः भूकम्पको धक्का महसुस
रासस बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ।, शनिबार बिहान बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।, मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ। जंगल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको शर्माले बताए।, बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ। बाघको मृत्युको कारण खुल्न बाँकी छ।, बर्दियामा पाटे बाघ मृत फेला
सेतोपाटी संवाददाता धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार शनिबार राति ८:२० बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा जिप दुर्घटना भएको हो।, टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जिपमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।, उनका अनुसार जिप आफैं अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।, दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। , चालकसहित ६ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको थियो। , घाइतेमध्ये किसन बिकबाहेक अरू सबैलाई सामान्य उपचार गरेर दस बजे राति डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। चालक समिर गदेल भने जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन्।, जिप दुर्घटनामा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , शनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो। त्यस्तै बा २८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो। , ‘बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो', उनले भने। , चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।   , भक्तपुरमा कार र बाइक ठोक्किँदा एकको मृत्यु
रासस खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ।, पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो।, ‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ’, उनले भने।, उनकाअनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन्।, खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन्।, मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीय चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए।, सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन्। , भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ
रासस जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ।, अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ।, सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पाउन सकेको देखिँदैन।, यी विषयले प्राविधिकरूपमा महत्व पाए पनि र सम्मेलनको उच्चस्तरीय सत्रमा राजनीतिकरूपमा कुरा उठे पनि औपचारिक एजेण्डा बन्न नसकेको सम्मेलनमा सहभागी ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ सदस्य  विमलराज रेग्मीले जानकारी दिए।, यी विषयमा विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा विभिन्न छलफल गरिएको छ। यद्यपि अफ्रिकी महादेशमा भइरहेको सम्मेलनमा पनि यी विषयलाई औपचारिक एजेण्डा बनाउन नसक्नु दुर्भाग्य भएको बताउँदै उनले आगामी सम्मेलनमा औपचारिक एजेण्डा बन्ने अपेक्षा गरेका छन्।, जलवायुमा देखिएका परिवर्तनशीलता जस्तैः अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण नेपालमा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको पाइएको जनाइएको छ।, सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारणले विश्वमा नै खाद्य प्रणालीमा परेको सङ्कटको विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठनुपर्ने बताए।, ‘डिसिए’का जलवायु कार्य सल्लाहकार राजन थापाले सम्मेलनको सुरुआती चरण हेर्दा खाद्य सङ्कटको विषय जबर्जस्त आउनुपर्ने अपेक्षा रहेको भए पनि अफ्रिकी मुुलुकले यसअघि उठाएर जसरी यो विषय उठाएको नदेखिएको बताए।, सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले विश्वव्यापीरूपमा नै खाद्य सङ्कट बढाएको उल्लेख गर्दै यसको समाधानका लागि न्यूनीकरणमा नै जानुपर्ने बताए।, १५ हजार युरो राशिको मञ्चलाई, मधेस प्रदेशका विभिन्न जिल्ला कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्चले १५ हजार युरो राशिको पुरस्कार प्राप्त गरेको छ।, नेदरल्याण्डमा मुख्यालय रहेको ग्लोबल सेन्टर अन एड्याप्टेसन नामक संस्थाले यो वर्षदेखि दिन थालेको स्थानीय अनुकूलन च्याम्पिययन अवार्ड (लोकल एड्याप्टेसन च्याम्पियन अवार्ड) अन्तर्गतका विभिन्न चार विधामध्ये लोकल इनोभोनेशन क्याटागोरीमा मञ्चले उक्त पुरस्कार पाएको हो।, गत आइतबारदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।, भर्चुअल माध्यमवाट पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा ग्लोबल सेन्टर अन एड्याप्टेसन सञ्चालक समितिका अध्यक्ष वान्की मुनले स्थानीय अनुकूलनका लागि स्थानीय सरकार र समुदायको महत्वपूर्ण योगदान हुने र विकास योजनालाई समावेशी बनाउनुपर्ने बताए।, अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले पाएन प्राथमिकता
रासस मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुबाहक जीप दुर्घटना भएको हो। , मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए। , उनका अनुसार जीपमा १० जना सवार थिए।, उनले भने, 'एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।', घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु
रासस सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन्।, सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मंगलबार सोलुखोलामा भेटिएको हो।, कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए। त्यसयता उनी बेपत्ता थिए।, घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले  खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए।, कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टंकबहादुर कार्कीले बताए।, घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए।, घाँस काट्न गएका पुरुष मृत फेला
सेतोपाटी संवाददाता बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।, तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ।, उनले सार्वजनिक पद धारण गरेको २३ वर्षको अवधिमा विश्लेषण गर्दा उपाध्यायले २८ लाख ९ सय ११ आम्दानी गरिएको देखिएको तर  सोही अवधिमा उनको खर्च तथा लगानीतर्फ हेर्दा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बीमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद र बैंक मौज्दातसमेत गरी जम्मा एक करोड सन्ताउन्‍न लाख पाँच हजार एक सय चौतिस रूपैंया पच्चीस पैसा देखिएको अख्तियारले जनाएको छ।, यसरी हेर्दा समग्रमा एक करोड नौ लाख चार हजार दुई सय बाइस रूपैयाँ पचास पैसा आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिन्छ।, ‘निज सार्वजनिक सेवा प्रवेश मिति २०५५।०५।२५ गते देखि मिति २०७८।०३।३१ गते सम्मको आय व्यय विवरणमा विभिन्न मितिमा कुल जम्मा रकम रू.एक करोड दश लाख सतसठ्ठी हजार सात सय ३८ रूपैयाँ बराबरको स्रोत नपुगेको देखिएको हुँदा सार्वजनिक पद धारण गरेका शिवराज उपाध्यायले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज शिवराज उपाध्यायलाई बिगो एक करोड दश लाख सतसठ्ठी हजार सात सय अड्तीस रूपैयाँ मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ', अख्तियारको जारी विज्ञप्तिमा उल्लेख छ।, यसैगरी आरोपीको नाममा रहेको जग्गा जमिनबाट असुल उपर गरी जफत गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ।, ‘साथै, शिवराज उपाध्यायले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरूमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम जयादेवी उपाध्यायलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।   ,  , २३ वर्षको अवधिमा नासुको कमाइ एक करोड बढी!
नवीनबाबु गुरूङ चन्द्रग्रहण लागेको छ।, नेपाली पञ्चाङ्गअनुसार आज अर्थात् कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ। , आकाश सफा भएका ठाउँबाट आजको चन्द्र ग्रहण देखिएको छ। सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ। जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब ग्रहण लाग्ने गर्छ।, ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ।, हेर्नुहोस् काठमाडौंको आकाशबाट यस्तो देखियो चन्द्र ग्रहण, यस्तो देखियो काठमाडौंबाट चन्द्रग्रहण
सेतोपाटी संवाददाता रूपन्देहीमा करोडौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ। भैरहवा भन्सार कार्यालयले अवैध पैठारी गरी नेपाल भित्र्याइएको २ करोड रूपैयाँ मूल्य बराबरको सामानसहित एक जनालाई पक्राउ गरेको हो।, अनुसन्धानको क्रममा कपिलवस्तु पुगेको भन्सारको गस्ती टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बरकुलमा भण्डारण गरिराखेको सामान बरामद गरेको जनाएको छ। , गोदामबाट उच्च मूल्य र भन्सार महसुल बढी रहेका सूर्ति, लत्ताकपडा, जुत्ता चप्पललगायत फेन्सीजन्य सामग्री फेला परेको भन्सारको गस्ती टोलीले जनाएको छ।, तस्करीको सामान आउँदै गरेको सुराकीका आधारमा भन्सारका कर्मचारीले मंगलबार बिहान सामानसहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएपछि थप सामानसम्म पुग्न सकेको हो।, अनुसन्धान गर्ने क्रममा बुटवलको तिनाउ पुल नजिकबाट थप एक पिकअप भ्यानसहित एक जना चालक र गोदाम घर पत्ता लागेको भन्सार कार्यालय भैरहवाका प्रमुख मनिराम पौडेलले जानकारी दिए।, नियन्त्रणमा लिएको भ्यानसहित पुग्दा गोदामबाट दुइटा ट्रकमा राखिएको सामान बरामद भएको पौडेलले बताए। , 'खुला स्थानमा दुइटा ट्रक सामान राखिएको अवस्थामा थिए', पौडेलले भने।, तस्करी गरी भण्डारण गरेको गोदाम घर सशस्त्र प्रहरीको बिओपीदेखि २ सय मिटरको दुरीमा छ। भैरहवा भन्सार कार्यालयका अनुसार गत वर्षको तुलनामा फेन्सीजन्य सामग्रीको आयातमा ६२ प्रतिशतले कमी आएको छ। , गएको मंसिरदेखि एलसी अनिवार्य भएकाले त्यस्ता सामग्री अवैध पैठारी गरी भित्रिरहेको भन्सारका अधिकारीहरूको दाबी छ। , निर्वाचनको बेलामा यति धेरै सुरक्षा निकाय र सुरक्षाकर्मीको परिचालन हुँदाहुँदै यति धेरै सामान बिना भन्सार कसरी नेपाल भित्रिए भन्ने विषय आफैंमा रहस्यमय छ। , पछिल्ला दिनमा अवैधानिक किसिमबाट भारतबाट नेपालमा सामान भित्रिने क्रम बढ्दै जान थालेको बताइएको छ।, रूपन्देहीमा करोडौं मूल्यको भन्सार छलीको सामान बरामद
भूमिराज पिठातोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको हो।, सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्।, कतिपय ठाउँमा भूकम्पलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन्। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।, भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ।, (रासस),  , भूकम्पको धक्का महसुस
कृष्ण न्यौपाने/रासस 'पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ', तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, 'जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ।', व्यास–२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहेका परियारले विद्यालय छाडेको २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिएका छन्। , व्यास–१४ स्थित केशवटार माविमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाइ छाडेका बुढाले गत वर्ष सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका थिए।, एसइईमा एक दशमलव छ जिपिए ल्याएका उनले हाल बाल मन्दिर माविबाट उच्च शिक्षा सुरूआत गरेका छन्। , अझ रोचक त के भने परियारका दुई छोरी र एक छोरा पनि यही विद्यालयमा अध्ययनरत छन्।, ठूलो छोरा १३ वर्षीय शिवशंकर बुढा परियार कक्षा ६ मा अध्ययनरत छन्। छोरी ११ वर्षीया पूर्णिमा परियार कक्षा ४ र अर्की छोरी नौ वर्षीया लक्ष्मी परियार कक्षा एलकेजीमा अध्ययनरत छन्। , छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लाग्ने गरेको परियार बताउँछन्।, ‘हामी त सबै एउटै विद्यालयमा पढ्छौं, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्छ’, परियारले भने, ‘सुरू–सुरूमा त केही अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले त सबै विद्यार्थी साथीजस्तै भइसके।’, परियारको कक्षामा ४२ विद्यार्थी छन्। सबै विद्यार्थी छोराछोरी जस्तै लाग्छन् उनलाई।, ‘उमेरका हिसाबले सबै छोराछोरी जस्तै लाग्छन्, अहिले त सबै मेरा साथी हुन्’, परियारले भने।, सुरूमा विद्यालय जाँदा विद्यार्थीहरू खिस्स हाँस्ने गरेको उनले सुनाए।, यसरी आयो पढ्ने सोच, नेपाल कराँते संघ  गोजो एकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तर्वार्ता दिन गएका थिए। त्यतिबेला एसएलसी उत्तीर्ण नगरेको भएर उनी छनोट हुन सकेनन्। त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हीनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो। , 'खेलकुदबाट स्वयंसेवक प्रशिक्षक खटाउने भनेर अन्तर्वार्ता दिन जाँदा एसएलसी उत्तीर्ण नहुँदा फालिएँ, त्यहाँबाट पढ्न पर्ने रहेछ भन्ने लाग्यो', परियारले विगत सम्झँदै भने, 'पढाइजस्तो ठूलो केही पनि रहेनछ भन्ने अनुभूति भयो।', राजनीतिमा पनि आस्था रहेको र पछि गएर पढाइले केही समस्या हुन्छ भन्ने लागेर दुई वर्षअघि केशवटार माविमा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएको परियारले बताए। , केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियार सम्झिन्छन्।, 'उहाँले सधैं मलाई अध्ययनका लागि प्रोत्साहित गरिरहनुहुन्थ्यो, कक्षा ९ मा पुनः भर्ना हुने बेलामा पनि उहाँले मलाई सहयोग गर्नुभयो', परियारले भने, 'पढ्नलाई उमेरले छेक्दैन, अध्ययन छाडेकाहरूलाई पनि पुनःअध्ययनलाई निरन्तरता दिनुस् भन्न चाहन्छु।', राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित संघ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराँते संघ गोजो एकाइको प्रमुख प्रशिक्षक रहेका  परियारले विद्यावारिधी गर्ने लक्ष्य रहेको बताए।, 'मेरो लक्ष्य विद्यावारिधी गर्ने लक्ष्य छ, बाँचुन्जेल पढेँ भने विद्यावारिधी गर्छु भन्ने आशा छ', परियारले भने, 'पढाइ भनेको जीवनलाई अति आवश्यक छ, इच्छा लाग्यो भने पढाइलाई उमेरले छेक्दैन, यत्तिको उमेरको मान्छे त आएर पढेको छ भनेर विद्यालयका बालबालिकामा पनि पढ्ने प्रोत्साहन जागेको छ।', परियारको पढ्ने इच्छाले पढाइलाई उमेरले छेक्दैन भन्ने प्रमाणित भएको बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनालले बताए।, 'उहाँको पढ्ने आँट र साहस देखेर विद्यालयमा विद्यार्थीलाई प्रेरणा मिल्नाका साथै हौसला प्राप्त भएको छ', खनालले भने, 'हामीहरूले पनि उहाँलाई हौसला दिइरहेकाछौं।',  , '...त्यसपछि पढ्न पर्ने रहेछ भन्ने लाग्यो'
सेतोपाटी संवाददाता गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा जनधनको क्षति भएको छ।, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको भूकम्पले घर भत्किँदा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।, घाइते भएका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।, खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। , उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।,  , घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खट्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।, उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको नेपाली सेनाले जनाएको छ।, घटनास्थलमा रहेका नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले भूकम्प प्रभावितलाई सहयोग गर्न अपिल गरेका छन्।, राहत सहयोग गरिदिन उनले आग्रह गरेका हुन्।, तस्बिरहरू:,  , डोटीमा भूकम्पले भत्कायो घर (तस्बिरहरू)
रासस गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।, घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए।, सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो।, उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।, गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।, भूकम्पबाट डोटीशको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो।, उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।, भूकम्पले घर भत्किँदा घाइते भएकालाई हेलिकप्टरबाट उद्धार, राहत वितरण गरिँदै
सेतोपाटी संवाददाता गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ।, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको सेतोपाटीलाई जानकारी दिइन्।, ‘६ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्,’ उनले भनिन्, ‘एउटा बच्चाको सकुशल उद्धार गरिएको छ।’, पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ। , गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।, घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।, खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ।, भूकम्प गएपछि मानिसहरू रातभर घरबाहिरै बसेका थिए। , भूकम्पले डोटीमा ६ जनाको मृत्यु
सेतोपाटी संवाददाता नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशको अध्यक्षमा अमृत काफ्ले चुनिएका छन्। मंगलबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।, समितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा र सहकोषाध्यक्षमा भोगेन्द्र साह चयन भएका छन्।, समितिको सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदिप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी चयन भएका छन्।, अधिवेशनले डा. रमेश घिमिरे, डा. प्रदेश घिमिरे, सञ्जय साह, अशोक साह, जयनारायण झा रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। , अधिवेशनको घोषणासभामा प्रमुख अतिथि स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले मेडिकल हबकोरुपमा विकास हुँदै गएको चितवनमा रेडियोलोजिष्टहरुको पेशागत सुरक्षा महत्वपूर्ण विषय भएको बताए। रोग पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने रेडियोलोजिष्टको दरबन्दी सरकारी स्वास्थ्य संस्थाहरुमा अन्यन्त न्यून रहेको उनले बताए।, भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका केशव भट्टले पालिकाहरुमा रेडियोलोजिष्ट दरबन्दी सिर्जना गर्नुपर्ने बताए।, नेपाल रेडियोलोजिकल सोसाइटी नेपाल भरिका सम्पूर्ण रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको छाता संगठन हो।, नेपालमा रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिष्ट गरी चार हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भइसकेका छन्।, देशभरिका सम्पूर्ण रेडियोग्राफी तथा रेडियोलोजी स्वास्थ्यकर्मीरुलाई एकतावद्ध गर्दै व्यावसायिकता प्रवर्द्धन, व्यावसायिक हकहितको सुरक्षा तथा सेवाको गुणस्तर एवं सेवाग्राहीको उपभोक्ता अधिकारको प्रवर्द्धन गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष काफ्लेले बताए। काफ्ले चितवनमा सामाजिक कामहरुमा पनि सकृय छन्।, रेडियोलोजिकल सोसाइटी बागमतीको अध्यक्षमा अमृत काफ्ले
सेतोपाटी संवाददाता प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।, गए राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको थियो। उनीहरू पूर्णिमा मेला हेर्न जाँदै थिए।, लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैयाँ घर्ती, खुमान थापा र जुनकी थापाको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ।, प्यूठान नगरपालिका ५ खैराबाट जिप पूर्णगाउँ जाँदै गर्दा दुर्घटनामा परेको थियो।, जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। , जिपका चालक विनोद केएम फरार छन्। जिपमा १७ जना थिए।, प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु
नवीनबाबु गुरूङ ‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो।, यो ट्रयाकमा उबडखाबड घुम्तिहरू हुन्छन्। यसमा माउन्टेन बाइकरले रमाइलो र साहसिक यात्राको अभ्यासका लागि प्रयोग गर्न सक्छन्।, ‘पम्प फर पिस’ संस्थाले एक दशकदेखि विपन्न देशमा यस्ता ट्रयाक बनाउँदै आएको छ।, हेर्नुहोस् तस्बिरहरू,  ,  , नेपालमा खुल्यो ‘पम्प ट्रयाक’ (तस्बिरहरू)
रासस वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ।, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्क्स निर्माण नसकिएकाले वर्षामा सुरूङमा पानी बन्द गरिन्छ। , वि.सं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरूङ बन्द गर्न थालिएको हो।, बाढी आउने अघिल्लो दिन सुरूङ बन्द गरिएकाले सुरूङभित्र क्षति हुन पाएको थिएन।, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेकामा यो महिनामा पानी नआउने निश्चित भएको छ।, गतवर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो।, सडक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले बताए।,  , 'गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैंले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन, तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ, मेलम्चीको पानी राजधानी लगेर महसुल उठाएपछि त्यसको २५ प्रतिशत लेबी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका हौं, यहाँको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महसुल लिन्छ, महसुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ',उनले भने।,  , राजधानीवासीलाई पानी खुवाउने हेलम्बुको सडकमा वर्षा लागेपछि हिँड्न नसकिने समस्या समाधानका लागि पनि स्थानीय सरकारले माग गर्दै आएको छ।, मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी गएर धनजनको क्षति भएको डेढ वर्ष बित्दा पनि पुनःनिर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ।, मेलम्ची बाढीको विषय चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको हो। ,   , अध्यक्ष शेर्पाले भने, 'हामीले मात्र सहयोग गरिरहने? मेलम्ची पीडितलाई केही गर्न नपर्ने? राजधानीलाई पानी खुवाउने हेलम्बुमा वर्षामा आउन सकिन्न, राजधानीको खानेपानी ल्याउने मुहानमा जाने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्दैन?', स्थानीय सरकार नहुँदा सामाजिक संस्थामार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत् लैजानुपर्ने माग पनि उनले गरे।,  , गतवर्ष पानी पठाउँदा खानेपानी मन्त्रीमार्फत् प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र नबुझाइएकामा पनि स्थानीयवासी आक्रोशित छन्।, स्थानीय सरकारले पानी नरोकी सरोकार सम्बोधन गर्न जोडदार माग गरेको जनाइएको छ। पानी रोक्दा भने यहाँभन्दा जटिल परिस्थिति आउने भएकाले सचेत हुन अध्यक्ष शेर्पाले आग्रह गरे।, यता मेलम्चीको पानी काठमाडौं ल्याउन पूर्वाधार पुनःनिर्माणको तयारी हुन थालेको छ।, वर्षामा बन्द गरिएको मेलम्चीको पानी फेरि राजधानी ल्याउन प्राविधिक अध्ययन गर्न आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ नेतृत्वको समूह आज आयोजनास्थल पुगेको छ।, मुहानस्थलको स्थलगत अध्ययन गरी कहिलेसम्म पानी राजधानी लैजान सकिन्छ भन्न सकिने उनले बताए।, राजधानीमा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ। पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा वितरण गरिन्छ। मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म २७.५ किमी सुरूङ मार्ग हुँदै राजधानी ल्याइन्छ।,  , विसं २०७७ चैतमा बहुप्रतिक्षित मेलम्चीको पानी राजधानी आइपुगेको हो । करिब साँढे दुई महिनापछि वर्षाले असर गर्न सक्ने अनुमानका कारण २०७८ साल जेठ अन्तिम साता सुरुङमा पानी हाल्न बन्द गरिएको थियो । सुरुङमा पानी बन्द गरिएको भोलिपल्ट नै असार १ गते आएको गेग्रानसहितको बाढीले मुहानस्थलमाक्षति पुगेको थियो ।,  विसं २०७८ जेठ अन्तिम साता बन्द गरिएको पानी पाँच महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो । यसवर्ष भने सुरुङमा पानी बन्द गरिएको पाँच महिना पूरा हुँदा पनि फेरि ल्याउन पहल हुन नसक्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताउनुभयो ।, ---, काठमाडौंमा कहिले आउँछ मेलम्चीको पानी?
सेतोपाटी संवाददाता पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्। , अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले सेतोपाटीलाई जानकारी दिए।, एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्।, 'निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्‍यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो,' एसएसपी बोहोराले भने, 'त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको देखियो। उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।', अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको उनले बताए। अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।, कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका 'धम्बोजी, 'नोरा', 'जासुसीको जालो' र 'चक्रव्यूहमा चन्द्रसूर्य' किताब पनि प्रकाशित छन्। ,  , पत्रकार सरोजराज अधिकारी होटलमा मृत फेला
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।, बुधबार साँझ ४: ४० बजे काठमाडौं ३ नारायण गोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। , तत्कालै प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा कास्की, साविक कालिका गा.वि.स. ९ घर भएका ४७ वर्षीय बेल बहादुर राना मगर र कास्की मादी गा.पा.५ बस्ने ४१ वर्षीया कल्पना राना मगर छन्।, प्रहरीले ना ८ ख १८४१ का ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।, काठमाडौंमा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु
सविता बुढा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।, भूकम्पका कारण सुदूरपश्चिममा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गौरामा जनधनको क्षति पुग्यो। यहाँ भूकम्पका धक्काका कारण घर भत्किँदा ६ जना स्थानीयको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। , यस्तै, ८ घर पूर्ण रूपले भत्केका छन्। २० घरहरू आधा भत्किएका छन्। यस्तै वडाका ढाई सय घरहरू भूकम्पका कारण चर्किएका छन्। ३५ घरपरिवारका मान्छेहरू अहिले विस्थापित भएका छन्। उनीहरू बाहिर त्रिपाल लगाएर बसेका छन्। , पूर्वी चौकी गाउँपालिकामा काम गर्ने प्राविधिक कर्मचारी गणेश ओझाले बेलुकाको खाना खाने समयमा भूकम्प गएको थाहा पाए।, ‘खाना खाने समयमा घरै हल्लेको थियो,  त्यही बेला म सचेत भएँ, किनकी पहिला काठमाडौंको भूकम्पको अनुभव मसँग थियो, पछि धेरैबेरसम्म नआएपछि भने अब आउँदैन होला भनेर म खाना खाएर निदाएँ,’उनले भने। , फेरि राती २ बजेर १२ मिनेटमा घर हल्लिन थालेपछि उनको निन्द्रा खुल्यो। उनी दौडिँदै बाहिर निस्किए। त्यहीबेला पर गैरागाउँबाट चिच्याएको आवाज आयो।, ‘एकैचोटि ठूलो आवाज आयो, कराएको, चिच्याएको रोएको, आवाज सुनेपछि त शरीर नै जिरिङ्ग भयो,’ उनले भने।, १५ मिनेटपछि उनले गैरामा भूकम्पले ठूलो क्षति गरेको थाहा पाए। सुरक्षाकर्मीको टोली राती घटनास्थलमा पुग्यो। , पूर्वीचौकी गाउँपालिका–३ का वडा अध्यक्ष खडकबहादुर धामीका अनुसार गैरावासी राती मस्त निन्द्रामा थिए। ९ बजेतिर आएको भूकम्पबारे कतिपयले थाहा पाए पनि पछि लगत्तै नगएपछि स्थानीयहरू निदाए।, फेरि रातीको भूकम्पले स्थानीयहरूको निन्द्रा खुल्यो। , हतारमा ज्यान जोगाउन दौडिँदै बाहिर आउन खोज्दा दुई घरका ६ जना घरभित्र पुरिए।, ‘सेकेण्डमै घर भत्किएपछि ज्यान जोगाउन बाहिर आउन खोज्दा पनि केही स्थानीयको दुःखद् मृत्यु भयो, उहाँहरूले बाहिर निस्किन पाउनुभएन, भाग्दै बाहिर आउन खोज्दा पनि भूकम्पको एकै झट्कामा पुरिए स्थानीय’, वडा अध्यक्ष धामीले भने। , उनका अनुसार भत्किएका घरहरू झण्डै १० पर्ष पुराना कच्ची  थिए। , घरहरू निकै कमजोर हुँदा मानवीय क्षति छिनभरैमा भएको वडा अध्यक्ष धामीले बताए।, भूकम्पका कारण अन्य ८ जना घाइते छन् । उनीहरूको सिलगढीमा उपचार भइरहेको छ। तीन जना भने धनगढीमा उपचारका लागि रिफर गरिएको छ।, घटनापछि गैराका गाउँका स्थानीयहरूले रातभरी खुला आकाशमा रात कटाए।, ‘हिजोको घटनाले स्थानीयहरू धेरै डराइरहेका छन्। विस्थापित भएकाहरू अब कहाँ बस्ने भन्ने समस्यामा छन्,’ धामीले भने।, नेपाल प्रहरी, आर्मी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेको छ।, अहिले पनि केही सुरक्षाकर्मीले पुरिएका स्थानीयका सामान निकाल्ने काम गरिरहेका छन्। ,  गाउँपालिकाबाट र रेडक्रस सोसाइटीले विस्थापितहरूलाई राहत उपलब्ध गराउने काम गरिरहेको छ। थप राहतका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको वडा अध्यक्ष धामीले बताए। , 'भाग्दै बाहिर आउन खोज्दा पनि भूकम्पको एकै झट्कामा पुरिए स्थानीय'
सेतोपाटी संवाददाता भूकम्प प्रभावित डोटीमा राहत सामग्री पठाइएको गृह मन्त्रालयले बताएको छ।, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति निकालेर भूकम्प प्रभावित क्षेत्रमा धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको उल्लेख गरेका छन्।, गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा डोटीको पूर्वीचौकीमा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।, भूकम्पबाट १० वटा घर पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ।, भूकम्पमा परेर मृत्यु भएकाहरूको परिवारलाई र घर भत्केकाहरूलाई राहत दिने तयारी सरकारको छ।, भूकम्पमा परेर घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो।, भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले बिहानै निर्देशन दिएका थिए।, साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले पनि उद्धार र राहतमा जुट्न आग्रह गरेका थिए।, यस्तो छ गृहको विज्ञप्ति:, भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत सामग्री पठाइएको छ: गृह मन्त्रालय
रासस नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ।, यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो।, भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो।, कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो। सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।, सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रबिन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।, कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो।, नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रबिन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो। त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे।, मंगलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा छ जनाले ज्यान गुमाए भने पाँच जना घाइते भए। त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौं घर क्षतिग्रस्त भएको बताइएको छ।,  , २२ दिनमा छ पटक भूकम्पको धक्का
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। , नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा जिप दुर्घटना भएको हो।, यारीका लागि गएको बा१८च १४१७ नम्बरको जिप बुधबार ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो।, घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन्जोक लामा छन्।, चालक लामा सामान्य घाइते भएका छन्। स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ।, घाइते दुवै जनालाई हेलिकप्टरबाट सदरमुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।, घाइते एकको टाउकामा चोट लागेको छ भने एकको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताइन्।, हुम्लामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भु-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन आग्रह गरेको छ। , यस्तै तापक्रममा कमि आउने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ।, हाल सुदूरपश्चिम,  कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। , आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।, यस्तै शुक्रबार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।, शनिबार प्रदेश १ को पहाडी थोरै स्थानहरुमा र बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया सफा रहनेछ।, हिमपातको सम्भावना छ, पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउनू- मौसम विभाग
भगवती पाण्डे जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गत कात्तिक १९ गते मंसिर ४ गते हुन गइरहेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको सूचना जारी गर्‍यो।, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा जारी गरिएको उक्त सार्वजनिक सूचनामा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सु-सम्पन्न गर्ने सन्दर्भमा 'निर्वाचन आचार संहितालाई कडाइका साथ पालन गराउन, मतदानको दिन भन्दा १५ दिन आगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गरिएको' उल्लेख गरिएको छ।, तर आफ्नै कार्यालय इलाका प्रशासन कार्यालयबाहिर सडक किनारमै घरेलु मदिरा बिक्री वितरण हुँदा भने बेखबर बनेको छ।, यसअघि गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) ले गत भदौ ३० गते नै पत्र काटेर निर्वाचन प्रचारप्रसारको १५ दिनको अवधिमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउन निर्देशन गरेको थियो।, सोही निर्देशन अनुरूप कात्तिक १९ गतेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मदिराजन्य पदार्थ बिक्री-वितरण र सेवन गर्न रोक लगाएको सूचना जारी गरेको थियो।, निषेध गरिएका कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै सूचना जारी गरेको जिल्ला प्रशासनले आफ्नै कार्यालय बाहिर भइरहेको खुलेआम घरेलु मदिरा बिक्री-वितरणलाई रोक लगाउन सकेको छैन।,  , इलाका प्रशासन कार्यालय बुटवलको परिसरसँगै जोडिएको लुम्बिनी बस टर्मिनलको मुखैमा बर्सौंदेखि घरेलु मदिरा र सेकुवा बेचबिखन हुँदै आएको छ।, 'कहिलेकाहीँ प्रहरी आउँछन् भोलिदेखि नआउनू भन्छन्, केहीबेर कुरा मिलाएपछि फर्केर जान्छन्, अबदेखि नआउनू है भन्दै फर्किएको प्रहरी १०/१५ दिनसम्म देखिँदैन, ठेलामा मदिरा र सेकुवा बिक्री गर्नेहरूलाई भोलि कहिल्यै आउँदैन,' सँगैको ट्याक्सी पार्कमा भेटिएका एक ट्याक्सी चालकले भने।, एक महिना अघिसम्म इलाका प्रशासन कार्यालयको गेटैमा समेत बिक्री वितरण हुने गरेकोमा त्यसलाई हटाएको प्रहरीले इलाका प्रशासन कार्यालयसँगै जोडिएको दक्षिणतर्फको बस टर्मिनल अगाडिका ठेलाहरू भने हटाउन सकेको छैन।, सरकारले घरेलु मदिराको बिक्री-वितरणलाई अवैध मान्दै आएको छ भने सरकारी कार्यालय, विद्यालय र अस्पतालको पाँच सय मिटर आसपास क्षेत्रमा कुनै पनी मदिराजन्य वस्तु बिक्री-वितरण गर्न निषेध गरेको छ।, त्यसैमाथि निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने भन्दै १५ दिन सम्मका लागि मदिराको बेचबिखन र सेवन निषेध गरेको जिल्ला प्रशासनले इलाका प्रशासन कार्यालय अगाडि खुल्लम खुला घरेलु मदिरा बेचबिखन हुँदा समेत बेखर हुनु आश्चर्यजनक छ।, यो स्थानमा साँझ पर्नासाथ सेकुवा तथा मदिरा व्यवसायीहरू आफ्ना घुम्ती ठेला लिएर त्यहाँ पुग्छन्। मदिरा सेवन गर्नेहरू पनि साँझ नपर्दै त्यहाँ पुग्छन्।, दैनिक हजारौं यात्रुहरू ओहोरदोहोर गर्ने बस टर्मिनलको मुखैमा खुलेआम सडकमै घरेलु मदिरा बिक्री-वितरण र सेवन हुँदा यात्रुहरू असुरक्षित हुने गरेका छन्।, 'नौ/दस बजेसम्म यस्तै हुन्छ, कहिलेकाहीँ त आपसमा लडाइँ पनि गर्छन्', ती ट्याक्सी चालकले भने।, सडकमै लहरै ठेला राखेर धुवाँको मुस्लो उडाउँदै पोलेको सेकुवासँगै ग्यालेन र मिनिरल वाटरका बोतलमा राखेर मदिरा बिक्री गर्छन्। , यसका साथै बस टर्मिनलभित्र बुटवल उपमहानगरपालिकाको नवनिर्मित व्यावसायिक भवनमा केही सटरबाट समेत घरेलु मदिरा बेचबिखन हुने गरेको छ। , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना कार्यान्वयन गर्नका लागि भएकोले तत्काल उक्त क्षेत्रमा अनुगमन गरी नियन्त्रण गरिने बताए।, ´हामीले जारी गरेको सूचना साँच्चै नै कार्यान्वयन गर्नका लागि हो, हामी कडाइका साथ कार्यान्वयन गर्छौं। कहीँकतै कमजोरी या जानकारी नआएकोले हुन सक्छ म प्रहरीलाई तुरून्त निर्देशन दिन्छु,´ पाण्डेले भने।, 'अबदेखि नआउनू है भन्दै फर्किएको प्रहरी १०/१५ दिनसम्म देखिँदैन'
रासस काठमाडौंको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।, नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, गए राति ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।, पोखरा महानगरपालिका वडा नम्बर ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र ४७ वर्षीया कल्पना राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।, तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रहरीको अनुमान छ।, ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ट्रकले स्कुटरलाई ठक्कर दिँदा बसुन्धरामा २ जनाको मृत्यु
सेतोपाटी संवाददाता पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ। , बुद्धशान्ति गाउँपालिका वडा-१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , उनीहरूको स्थानीय बुधबारे बजारमा सुन चाँदीका गरगहनाको पसल गर्दै आएका थिए।, श्रीमान-श्रीमती बीचको सामान्य विवाद बढेर उग्ररूप लिएपछि आक्रोशित भएका श्रीमान ३२ वर्षीय रघुनाथ गोरडले पानी पिउन प्रयोग गरिने करूवा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।, प्रहरीले हत्या आरोपमा मृतकको श्रीमान रघुनाथलाई आज बिहान नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान सुरू गरेको बताएको छ।, करूवा प्रहार गरेर श्रीमतीको हत्या
रासस तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, घरको भान्सा कोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, आगोले जलेका बालकको उपचार क्रममा मृत्यु
सेतोपाटी संवाददाता बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो।, ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।, यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो। आठ जना घाइते भएका थिए।, बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प
एजेन्सी रूसी आक्रमणबाट क्षति पुगेको विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने भएको छ।, जहाज मर्मतका लागि आवश्यक प्राविधिक खाका बनाउने काम सुरु भएको सिएनएनले जनाएको छ।, गत फेब्रुअरी २७ मा रूसले युक्रेनको हवाइ अड्डा होस्टोमलमा आक्रमण गर्दा कल साइ एन-२२५ रहेको एन्टोनोभ जहाजमा क्षति पुगेको थियो।  , क्षति पुगेको जहाज सन् १९८० मा बनेको थियो। भार बोक्ने आधारमा उक्त जहाज बोइङ ७४७ भन्दा दोब्बर क्षमताको थियो। त्यस जहाजको चौडाइ ८४ मिटर र उचाइ २७५ फिट रहेको छ। रूसको आक्रमणबाट जहाजको अग्रभागमा क्षति पुगेको थियो।, जहाज मर्मतका लागि ५० करोड २० लाख अमेरिकी डलर लागत अनुमान गरिएको छ।, एन्टोनोभले मर्मत कार्य सुरू भएको जनाएको छ। ‘मर्मतका लागि खाका तयार पार्ने काम सुरु भएको छ। जहाजलाई सञ्चालनमा ल्याउनका निम्ति ३० प्रतिशत नयाँ सामाग्री राख्नुपर्ने हुन्छ,’ कम्पनीले भनेको छ।, युक्रेनको सरकारले पनि जहाज फेरि आकाशमा उड्ने आशा राखेको छ। ‘हामी आशावादी छौँ एन्टोनोभ फेरि आकाशमा देखिनेछ,’ सिएनएनले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।, एन्टोनोभ जहाजमा रूसले आक्रमण गरेपछि युक्रेनको रक्षा मन्त्रालयले जहाज मर्मतका लागि ३ अर्ब डलर लागत लाग्ने र त्यस रकम रूसले व्यहोर्नुपर्ने बताएको थियो। मर्मतका लागि कम्तिमा पनि पाँच वर्ष लाग्ने रक्षा मन्त्रालयको भनाइ थियो।, रूसी आक्रमणबाट क्षति पुगेको एन्टोनोभ जहाज मर्मत गरिने
नवीनबाबु गुरूङ काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ।, मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो।, मेलम्ची खानेपानी आयोजनाबाट हिजोआज पानी ल्याइएको छैन। तर उक्त आयोजनाको पानी वितरणका लागि पाइपलाइन विस्तार तथा परीक्षणका काम भइरहेका छन्।, बागमतीको पानी राखेर पाइप परीक्षण गर्ने क्रममा आज दिउँसो सडकमा पानी संकलन हुँदा सवारी आवागमनमा समस्या भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।, तीनकुनेस्थित न्यौपाने टावरको पुलमुनि सडकमा पानी संकलन भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको थियो।, तस्बिरहरू:,  , तीनकुनेको सडकमा जब पानी तालियो (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। , शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।, बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए। , दुर्घटना हुँदा चालकसहित १९ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ। , बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।, प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूको विवरण र उनीहरूको अवस्था:, १)  धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ। उनको टाउकोमा चोट लागेको छ र अवस्था गम्भीर छ।, २) पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी। उनको दुवै हात खुट्टामा चोट लागेको छ। अवस्था मध्यम छ।, ३) रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर। उनको टाउकोमा चोट लागेको छ। अवस्था मध्यम छ।, ४) दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ। उनको अवस्था मध्यम छ।, ५) पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक। उनको अवस्था मध्यम छ।, ६)  कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत। उनको अवस्था मध्यम छ।, ७)  कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी। उनको अवस्था मध्यम छ।, ८) काठमाडौंका बासिन्दा अनिष लामिछाने। उनको अवस्था मध्यम छ।, ९) बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी।  उनको अवस्था मध्यम छ।, १०) रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली। उनको अवस्था मध्यम छ।, ११) रूकुमको सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का।  उनको अवस्था मध्यम छ।, १२) रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही।  उनको अवस्था मध्यम छ।, १३) दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती। उनको अवस्था मध्यम छ।, १४) सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह। उनको अवस्था मध्यम छ।, १५) बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल। उनको अवस्था मध्यम छ।, १६) रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक। उनको अवस्था मध्यम छ।, १७) रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा। उनको अवस्था मध्यम छ।, १८) रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा। उनको अवस्था मध्यम छ।, १९) धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ। उनको अवस्था मध्यम छ।, सबै घाइतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।, काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो
रासस सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्दै गएको छ।, शनिबार पाँच हजार बढी पर्यटक मानुङकोट पुगेका थिए।, दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन्।, मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो।, शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए।, ‘यस वर्षको सबैभन्दा बढी भीड शनिबार भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ’, उनले भने, ‘आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो।’, व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याएको बताए।, ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ। हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्‍यौँ,’ उनले भने।, केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन्। होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए।, चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन्। चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ। घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ। अनि दमौली बजार छर्लङ्ग देखिन्छ। साथमै देखिन्छ सुन्दर हिमशृङ्खला।, पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए।, मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ। मानुङकोटबाट धवलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।, गत वर्ष पनि मानुङकोटमा पर्यटकको भिड थियो।, मानुङकोटमा फेरि बढ्यो भिड
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दुर्घटनामा परी गम्भीर घाइते भएका पुण्यप्रसाद बोहोराको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ का २७ वर्षीय बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। , पाण्डेका अनुसार शनिबार राति १० बजे लोकन्थलीमा प्र ३-०२-०१२प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।, दुर्घटना के-कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको पनि उनले बताए।, भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सेतोपाटी संवाददाता ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको आरोपमा उनका श्रीमान रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।, रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य विवादमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।, चिर्पटले हिर्काउँदा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो। , प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।, ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।, शनिबार राति १० बजे लोकन्थलीमा मोटरसाइकल दुर्घटना भएको हो।, प्र ३-०२-०१२प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, दुर्घटना हुँदा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर हुने २७ वर्षीय पुण्यप्रसाद बोहोरा घाइते भएका हुन्। , सिभिल अस्पतालमा उनको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , दुर्घटना के-कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको पनि उनले बताए।, लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते
रासस जयनगर–कुर्था रेलमार्गमा कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ।, कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ।, नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने बताए।, कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताए।, ‘जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँ। यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ, रेल अनटाइम्ली चलाउँछौँ’, उनले भने।, जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेलमार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए।, त्यसयता निर्धारित समयतालिकाअनुसार नै नियमित रेल चल्दै आएको प्रबन्ध सञ्चालक झाको भनाइ छ। जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने गरेको छ।, रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने स्थानीयको विश्वास छ। रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन रहेका छन्। तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन्।, रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जीनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए।, ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ। एसीका लागि भने त्यसको पाँच गुणा अर्थात् रु चार सय ५० तिर्नुपर्ने कम्पनीले जनाएको छ। कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ।, तीर्थालुलाई सुविधा दिन तीन दिन ‘अनटाइम्ली’ रेल चल्ने
एजेन्सी भारतका पहिलो मतदाताका रूपमा परिचित श्याम शरण नेगीको १ सय ५ वर्षको उमेरमा निधन भएको छ।, बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतमा सन् १९५२ मा भएको पहिलो आम निर्वाचनमा नेगीलेनै पहिलो पटक मतदान गरेको बिबिसीले जनाएको छ।, उनको शनिबार राति निधन भएको हो।, शताब्दी पुरूष नेगीले मृत्यु हुनु तीन दिनअघि पनि हिमाञ्चल प्रदेशमा विधानसभाका लागि भएको निर्वाचनमा मतदान गरेका थिए। सन् १९५२ को आम निर्वाचन यता नेगीले हरेकपटक मतदान गरेको बिबिसीले उल्लेख गरेको छ।, हिमाञ्चल प्रदेशमा भारी हिमपातलाई मध्यनजर गर्दै सन् १९५२ को आम निर्वाचनको मितिभन्दा पाँच महिना अगावै त्यहाँ मतदानको व्यवस्था मिलाइएको थियो। शिक्षकका रूपमा कार्यरत उनले पहिलो मत जाहेर गरेका थिए। त्यस निर्वाचनबाट भारतीय राष्ट्रिय कंग्रेसले बहुमत ल्याएको थियो। आम निर्वाचनमा पार्टीले बहुमत ल्याएपछि जवाहरलाल नेहरू प्रधानमन्त्री बनेका थिए।, भारतको निर्वाचन आयोगले सन् २०१४ मा नेगीलाई निर्वाचन दूत बनाउँदै मतदानका लागि युवाहरूलाई आकर्षित गर्ने श्रव्य-दृश्य सामग्री निर्माण गरेको थियो। त्यसमा उनले युवाहरूलाई मतदानका निम्ति प्रेरित गरेका थिए।, 'निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नु हाम्रो अधिकार मात्र नभएर कर्तव्य पनि हो। लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन युवाहरु अग्रसर हुनुपर्छ,' उनले भनेका थिए। , नेगीको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टिको तयारी गरिएको छ।, १ सय ५ वर्षमा बिते भारतका पहिलो मतदाता नेगी
विक्रम गिरी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन्। , विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्।, राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन्। स्थापित यस अस्पतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन्। , अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन्। यसका लागि स्थानीय तहको सहयोग जरूरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो।, सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन्। नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन्। , स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन्। , सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन्।, पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरूरी रहेको उल्लेख गरिन्। , सो अवसरमा अस्पतालका संस्थापक हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले अस्पताल स्थापना गर्नुको उद्देश्यबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।, स्थानीय र पर्यटकले उपचार अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल स्थापना गरेको उनको भनाइ थियो।, पर्यटक लेक लागेर बीचमै भ्रमण गर्ने इच्छा त्यागेर आफ्नो देश फर्किने गरेका तथा स्थानीय लेक लागेर ज्यानै गुमाउनुपर्दाको अवस्थाबारे उनले राष्ट्रपति भण्डारीसमक्ष अवगत गराएका थिए। बिरामीलाई घण्टौं टाढा लुक्ला अस्पताल लैजानुपर्दाको पीडाबाट प्रभावित भई अस्पताल स्थापना गरेको उनले बताए।, पर्यटन व्यवसायी शेर्पा परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायूक्त १५ शैय्याको अस्पताल निर्माण गरेको हो। यो अस्पताल निर्माण गर्न करिब २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिइन्। अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ। सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो। स्थानीयलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचारको थालनी आजैदेखि गरिएको संस्थापक शेर्पाले बताए। , नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको शेर्पाको भनाइ छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ। उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ।,  , यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुनेहुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो।, जुलाई, २०१७ मा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताए। जर्मनीका नागरिक डा मथेस बाउमेनले रु पाँच करोड र अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको संस्थापक शेर्पाले जानकारी दिए। हाल अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन्।,  , अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ। त्यसका लागि ५० लाख रुपैयाँ रकम खर्च हुने बताइएको छ। एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातर्फ मौसम खराबी हुँदा काठमाडौंसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो। ,रासस, २० करोडमा बन्यो हिमालयन शेर्पा अस्पताल, राष्ट्रपतिले गरिन् उद्घाटन
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, 'नमस्ते म आदित्य राई। समलिंगी पुरूष साथै शारीरिक अपांगता भएको व्यक्ति। म आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुनुमा गर्व गर्छु,' १२ वर्षअघि आदित्यले एफएम रेडियो 'पहिचान' मा आफ्नो परिचय दिएका थिए।, गर्वसाथ आफ्नो वास्तविक पहिचान बताउने हिम्मत गर्दा आदित्यले स्याब्बासी भने पाएनन्। सार्वजनिक रूपमा आफ्नो पहिचान खुलाएकै कारण थुप्रै अवसर गुमाए। खाने-बस्नेदेखि पढ्नेसम्म।, 'रेडियोमा तिम्रो बारेमा हामीले सुन्यौं, अब हामी तिमीलाई राख्न सक्दैनौं। लुगाफाटा बोकेर यहाँबाट निस्केर जाऊ भनेपछि म त छानोबाट खसेजस्तै भएँ त्यति बेला,' उनले भने।, उनी त्यो बेला काठमाडौंको एक संस्थामा बस्थे। संस्था सञ्चालकहरूले आदित्य लैंगिक तथा अल्पसंख्यक समुदायका भएको सार्वजनिक गरेपछि नराख्ने भने।, 'मैले त जीवनको सबै थोक गुमाएँ,' उनले भने।, पोखरामा जन्मेका आदित्य अपांगता भएका व्यक्ति हुन्। उनी तीन वर्षका हुँदा घरमा आगलागी भएको थियो। आगोले उनको देब्रे हात जल्यो। हत्केलाको भाग काटियो।, ऊ बेला, जलेको हातलाई परिवारले पनि खास वास्ता गरेन। उनको अवस्था देखेर एउटा संस्थाले पालनपोषण गर्ने भन्दै काठमाडौं ल्यायो।, संस्थामा सबभन्दा कम उमेरका थिए उनी। हातको आलो घाउ बिसेक भइसकेको थिएन। आदित्यका अनुसार संस्थाले त्यहाँ भएका केटाकेटीलाई काम गराउँथे। उमेरअनुसार झिनामसिना कामदेखि भाँडा माझ्ने र सरसफाइको कामसम्म।, 'संस्थामा मभन्दा ठूला दाइहरूले त भाँडा माझेन भने गाली र कुटाइ पनि खान्थे,' उनले भने, 'दिनभर काम गरेर बिहान बेलुका खान चाहिँ पाइन्थ्यो।', संस्थाको बसाइमा आदित्यको चुनौती यो मात्र थिएन। उनको आफ्नो वास्तविक पहिचानसँगको संघर्ष सुरू हुँदै थियो। सानैदेखि गाजल र जामा लगाउन, कपाल पाल्न मनपराउँथे। यस्ता गतिविधिले उनलाई आफ्नो पहिचानबारे अलमल हुन्थ्यो।, बिस्तारै उमेर बढ्दै गयो। दस कक्षा पढ्दै गर्दा संस्थामा सँगै बस्ने ठूला उमेरकाहरूबाट यौनहिंसामा परेको उनी बताउँछन्।, 'मभन्दा ठूला उमेरका केही व्यक्तिहरूले ममाथि यौनहिंसा गर्न थाले। तीन वर्षसम्म म सधैं यौनहिंसा परेँ। तर म केही बोल्न सक्दिनँ थिएँ,' आदित्यले भने, 'अहिले उनीहरू धेरै अगाडि बढिसके। कारबाही गर्न त मन छ नि। तर हाम्रो लागि बोलिदिने कोही छैन!', उनका अनुसार यौनहिंसाबारे उनले संस्था सञ्चालकलाई भने। तर उनले पनि वास्ता गरेनन्।, 'सञ्चालक पनि उनीहरूसँग डराउँथे,' आदित्यले भने।, एकातिर यौनहिंसा, अर्कातिर अपमान।, उक्त संस्थामा शारीरिक अपांगता भएका उनी मात्र थिए। पुरूष भएर केटीको पहिरनमा नाच्ने-गाउने पनि उनी मात्रै। यही कारण उनीमाथि दुर्व्यवहार हुन्थ्यो। स्कुलको कक्षामा समेत उनी मजाक बन्थे।, 'साथीहरू छक्का भनेर जिस्काउँथे। शिक्षकहरू एउटा हात भएको केटी भनेर गाली गर्नुहुन्थ्यो,' आदित्यले सुनाए, 'केटा भएर केटीको जस्तो बानीबेहोरा गर्न हुँदैन भन्दै शिक्षकले हप्काउँथे। यी कुराले मलाई साह्रै मानसिक तनाव हुन्थ्यो। स्कुल जान मन हुन्थेन।', तैपनि उनले हार मानेनन्। शिक्षा चाहिन्छ भन्ने उनले बुझेका थिए। पढेर मात्र यी कुराहरूसँग लड्न सकिने महसुस भइसकेको थियो। नृत्यसँगै उनलाई चित्रकलामा रूचि बढ्यो। त्यसैले एसएलसी पास गरेपछि कला नै पढे।, उनी निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले सञ्चालन गरेको कार्यक्रम 'पहिचान' सुन्थे। त्यहीँबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका कथाहरू सुन्ने मौका पाए। कथाहरू सुन्दै गर्दा विस्तारै उनले आफू पनि यही समुदायको हुँ भन्ने बुझ्दै गए। तर आफू समलिंगी पुरूष भनेर प्रष्ट थिएनन्।, प्लस-टु परीक्षा दिएपछि उनले पनि त्यही कार्यक्रममा आफ्नो कथा भने।, 'मेरो जन्म केटाको रूपमा भए पनि मेरो व्यवहार केटीजस्तो छ। म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुँ र यसमा गर्व गर्छु,' उनले त्यो बेला एफएममा भनेका कुरा सम्झिए।, यसपछि उनी निलहिरा समाजमा परामर्शका लागि गए। त्यहाँ उनले आफ्नो पहिचान बुझे। समलिंगी पुरूष अर्को पुरूषसँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षित हुन्छ भन्ने थाहा पाए। अनि आफूलाई समलिंगी पुरूषको पहिचान दिन थाले।, उनले समुदायको अधिकारका लागि बोल्ने मान्छेहरूसँग भेटेपछि धेरै राम्रो हुने सोचेका थिए। तर केही व्यक्तिले त्यहाँ पनि उनलाई विभेद गरेको उनी बताउँछन्।, 'समलिंगीहरू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा नसमेटिने भन्दै विभेद हुन्थ्यो,' उनले भने, 'मेरो अपांगताका कारण पनि हेपाइमा पर्थेँ। मसँग हिँड्न नमान्ने, कार्यक्रमका बारेमा जानकारी नदिनेजस्ता व्यवहार हुन्थे। आफ्नै समुदायका मान्छेले विभेद गर्दा मन दुख्छ।', 'अपांगता भएको समलिंगी मान्छे' भन्दै जिस्काउने, हेप्ने हुँदा आदित्यलाई नराम्रो लाग्थ्यो।, उनले एउटा घटना सुनाए- एक दिन समुदायको अधिकारबारे कार्यक्रममा उनी सहभागी भएका थिए। कार्यक्रममा उनको बोल्ने पालो आयो। अरू बोल्दा सबैले ध्यान दिएर सुनिरहेका थिए। उनी अगाडि जानेबित्तिकै हल्ला गर्न थाले।, 'जब म सम्मेलनहरूमा जान्छु तब मलाई अपहेलित महसुस हुन्छ। मेरो हात देखेपछि केही बोल्न सक्दैन यसले भन्नेजस्तो व्यवहार गर्छन,' उनले थपे, 'अरू बोल्दा शान्त कोठा हुन्छ, मलाई सुन्ने कोही हुँदैन।', आदित्यका अनुसार उनलाई कोठा पाउन पनि मुस्किल छ।, 'एउटा हात नभएकोले कसरी भाडा तिर्छ भनेर सोध्छन् घरभेटीहरू,' उनले भने, 'यता परिवारले बेवास्ता गर्छ। उता आफ्नै समुदायका व्यक्तिले विभेद गर्छन्। आखिर मेरो पहिचान कहाँ छ?', यस्ता कुराहरूले उनलाई रातभरि सुत्न दिँदैन। हार भने मान्दैनन्। यहाँसम्म त लडेँ, अब किन आत्तिने भन्दै मनोबल बढाउँछन्। आफूलाई मजबुत बनाएर अघि सर्दै जानुपर्ने र कर्म गर्नुपर्नेमा विश्वास राख्छन्। , त्यसैले उनले आफ्नो शिक्षालाई सधैं प्राथमिकता दिए। निलहिरा समाजमा काम गर्दा विस्तारै उनको पारिश्रमिक बढ्न थालेपछि बीचमा रोकिएको पढाइलाई उनले निरन्तर दिए। तीन वर्षे स्नातकको परीक्षा दिएर बसेका उनी अहिले नतिजाको पर्खाइमा छन्।, बाधा र अड्चन भए पनि उनी आफ्नो अधिकारको मुद्दा राख्न डराउँदैनन्। जुनसुकै कार्यक्रममा अधिकारको कुरा प्रष्ट राख्न जान्छन्। केही समयअघि बेलायतमा भएको सम्मेलनमा पनि पुगेका थिए।, उनका अनुसार 'वन यङ वर्ल्ड' सम्मेलनमा उनी नेपालबाट 'युवा शान्ति दूत' का रूपमा सहभागी भएका थिए। त्यहाँ एक सय ९५ देशका व्यक्तिहरूको सहभागिता थियो। सम्मेलनमा उनले नेपालको झन्डा देखाए। आफ्नो कथा सुनाए।, 'फेसबुकमा देखेर आवेदन दिएको थिएँ। अन्तर्वार्तामा पास भएँ अनि सम्मेलनमा जान पाएँ,' उनले भने, 'नयाँ मान्छेहरूसँग भेट भयो। आफ्नो कथा सुनाउने मौका पाएँ। खुसी लाग्यो।', उनी ८ दिनसम्म सम्मेलनमा बसेका थिए। , आदित्यले आफ्नो कलाबाट पनि सम्मान पाएका छन्। गत सेप्टेम्बर ११ मा 'फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रिडम साउथ एसिया' ले आयोजना गरेको 'प्राइड भिजुअल आर्ट प्रतियोगिता- २०२२' मा उनी विजेता भएका थिए। उनले समलिंगीको चित्र बनाएका थिए। , चित्रमा आदित्यले आफ्नै कथाको सार कोरेका थिए।, 'एक अनाथ, अपांगता भएको समलिंगी मानिस। जलेर बाँचे। अनाथका रूपमा बाल्यकालमा मैले उपनाम, यौन उत्पीडन र सबै प्रकारका भेदभाव र दुर्व्यवहारको सामना गरेँ। हरेक चुनौतीलाई गर्वका साथ जितेको छु,' आफूले बनाएको चित्रको सार उनले बताए।, शारीरिक अपांगता भएका समलिंगी व्यक्तिहरूका लागि उनी संस्था पनि खोल्दै छन्।, 'इन्द्रेणी अपांगता नेपाल' नामक संस्था दर्ताको प्रक्रियामा लागेका आदित्य भन्छन्, 'पहिले म बोल्न सक्दिनँ थिएँ। त्यसैले दुःख पाएँ। अब पहिचानका लागि लड्छु, अधिकारका लागि बोल्छु।', सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग', घरगाउँ गएर आफ्नो कथा सुनाउने सपना छ', जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्‍यो, पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ', ६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो, 'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?', 'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन', अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी, हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान, 'हात नभएकाले कसरी घरभाडा तिर्छ भन्छन्'
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टि भएको हो।, एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७० जना सक्रिय संक्रमित छन्।, १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए २८ जना कोरोना संक्रमित
रासस निर्वाचनका बेला कञ्चनपुरको दक्षिणि क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ।, निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुंगोमा पुर्‍याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन्। तर, निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले बिर्सने गरेका छन्। राजमार्ग स्तरोन्नति गरी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष बित्नै लागे पनि अधुरो नै रहेको छ।, राजमार्गको केही भाग कालोपत्र गरिए पनि सडक पूरै कालोपत्र हुनसकेको छैन।, 'सडक निर्माणका लागि पटक–पटक निर्माण कम्पनीको म्याद थप्ने कार्य मात्रै हुँदै आएको छ', स्थानीय कालुराम चौधरीले भने, 'सडक कालोपत्रको कार्य पूरा हुनसकेको छैन।',  , विगतमा निर्वाचनका बेला राजमार्ग निर्माण गरेरै छाड्ने राजनीतिक दलका उम्मेदवारले मतदाता समक्ष गरेका अहिलेको निर्वाचनमा पनि त्यही पुरानै वाचा लिएर उम्मेदवार घरदैलोमा पुगेको उनले बताए।, 'सडक पूरै कालोपत्र हुन नपाउँदै खाल्डाखुल्डी भएर जीर्ण बन्न थालेको छ', उनले भने, 'गुणस्तरीय कार्य गरी सडक निर्माणको कार्य निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता आउनुपर्छ।',  , सडक कालोपत्र गर्ने कार्यलाई अगाडि बढाउनका लागि स्थानीय बासिन्दाले पटक–पटक सडक अवरूद्ध गरेर दबाब दिँदै आएका छन्।, स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि केही दिन सडक कालोपत्र गर्ने कार्य अगाडि बढाए जस्तो गरेर निर्माण व्यवसायीले पुनः कार्यमा ढिलासुस्ती गर्ने गरेको स्थानीय सियाराम रानाले बताए। , 'कहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले रोकेको भन्छन्, कहिले केन्द्रबाट प्रदेश मातहतमा कार्य आउँदा विलम्ब भएको हो भन्छन्',उनले भने, 'निकुञ्जले रोकेको भए पनि समस्या समाधान गरेर कार्य अगाडि बढाउनुपर्ने हो, यसका लागि कोही अगाडि आउँदैन, समस्या देखाएर पन्छिने कार्य मात्रै हुँदै आएको छ।',  , शुक्लाफाँटा नगरपालिकाको कलुवापुरदेखि जिल्लाको दक्षिणि क्षेत्र बेलौरी जोड्ने एक मात्रै मार्ग निर्माणको कार्य तत्कालीन पञ्चायतीकालबाट सुरू भएको हो।, पञ्चायतीकाल निर्माण भएको सडक कालोपत्र भएको हेर्नका लागि यस क्षेत्रका बासिन्दाले वर्षौंसम्म कुर्नुपर्ने भएको स्थानीय बासिन्दाको भनाइ छ।, राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि कालागौंडीसम्मको तीन किलोमिटर सडक र कलुवापुरदेखि बन्साहसम्मको झण्डै तीन किलोमिटर सडक बहुवर्षीय ठेक्का भए पनि अहिलेसम्म कालोपत्र हुनसकेको छैन।,  , कालोपत्र गरिएको सडक निर्माण कार्य पूरा नहुँदै खाल्डाखुल्डी हुन थालेपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।, सडक स्तरोन्नति गरी तीन वर्षभित्रै कालोपत्र गर्नका लागि विसं २०७३ को भदौ महिनामा सन्तोष थेगिम जेभीसँग रु १८ करोड २० लाखमा सम्झौता गरिएको थियो।  , सात वर्षसम्म पनि अधुरै कलुवापुर बेलौरी राजमार्ग
सेतोपाटी संवाददाता पछिल्लो एक सातामा तीन सय जनामा डेंगीको संक्रमण देखिएको छ।, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो। , योसँगै देशभर डेंगी संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।, कात्तिक महिनाको सुरूमै संक्रमितको संख्या घटे पनि डेंगीको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ।,  , एक हप्तामा तीन सय जनालाई देखियो डेंगी
रासस कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। , चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ।, यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ। , बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। , कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।, यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो। यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ। औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।,  , कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने, के गर्नु हुन्छ, के हुँदैन?
रासस प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ।, सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ।, उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।, उनले नक्कली फेसबुक बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ।, फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या पनि गरेको पाइएको प्रहरीले जनाएको छ।, उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।, नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने पक्राउ
एजेन्सी तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।, दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो।, बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन्। स्थानीय र माझीहरूले डुंगाबाट यात्रुलाई उद्धार गरेका थिए।, घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीसँग कुरा गर्दा एक जना फ्लाइट अटेन्डेन्टले विमानको पछाडिको ढोका खोलेकाले विमानबाट केही व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए।, विमान दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको कारण खराब मौसम भनिएको छ।, भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै पर्छ। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन्।, तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु
प्रतिमा सिलवाल पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करिब सात किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ।, खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो यो।, बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करिब पाँच सय मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने 'व्यवस्थित' देखिने घरहरू भएको एउटा बस्ती देखिन्छ।, सरकारले अघिल्ला दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा एक करोड २५ लाख रूपैयाँ खर्च गरेर बनाइदिएका घरहरूले बनेको बस्ती हो यो।, एकै रङ र आकारका २८ वटा घरधुरीमा बस्नेहरू एक सय ३० जना छन्।, यिनैमध्ये एउटा घरमा बस्थ्यो रामचन्द्र माझी र गीताको परिवार।, जेठ १२ गते उनीहरू बेलुकीको खानासँगै रक्सी पिइरहेका थिए। रक्सीले मातिएका रामचन्द्रले गीतालाई यौनसम्पर्कका लागि तयार हुन भने। गीता मानिनन्। रामचन्द्रले रिसमा गीताको मलद्वार र योनीमा हात र काठ हालेर क्षतविक्षत बनाइदिए। , अहिले थुनामा रहेका रामचन्द्रले प्रहरीलाई दिएको बयानअनुसार आफ्नो यौन तिर्सना मेटाउन नपाएको झोँकमा उनले गीतामाथि शारीरिक हिंसा गरेका हुन्। घाइते गीताको उपचारका क्रममा जेठ १६ गते निधन भयो।, पहिले पनि रामचन्द्रले गीतालाई कुटपिट गरिरहने उनीहरूकी १४ वर्षीया छोरी सुस्मिता बताउँछिन्।, 'बुबाले ममीलाई पहिला पनि को–कोसँग सुतिस् भन्दै पिट्नुहुन्थ्यो। हामी छुट्याउन जाँदा उल्टै कुटाइ खान्थ्यौं,' सुस्मिताले भनिन्।, यो कहालीलाग्दो कथा उनको परिवारको मात्र होइन। यहाँका हरेकजसो घरमा अभाव, अशिक्षा र हिंसाका दर्दनाक कहानी भेटिन्छन्। यस्तो अनुभव र घटना उनीहरूको दैनिकीजत्तिकै सामान्य भइसकेको छ।, रामचन्द्रले आक्रमण गर्दा गीता चिच्याएकी थिइन्। उनको पीडा र गुहार सुनेर घर जोडिएका छिमेकी पनि छुट्याउन गएनन्। बस्तीमा कुटपिट, चिच्याहट र बर्बरता नियमित चलिरहने प्रक्रिया न हो!, गीता भरतपुर अस्पतालको शैय्यामा छँदा उनकी कान्छी देउरानी उमाले हातमा घाउको खत देखाउँदै भनेकी थिइन्, 'रक्सी खाएपछि गाली नगरेको र नकुटेको दिनै हुँदैन।', गीताको मृत्यु भएको पर्सिपल्ट, जेठ १७ गते गाउँलेले राप्ती किनारमा उनको दाहसंस्कार गरे। मलामीमध्येका जितन माझी रक्सीले मातेर घर फर्किएका थिए।, अन्दाजी २० वर्षीया उनकी श्रीमती सञ्जु एक महिनाकी सुत्केरी थिइन्। घर आएर उनले राम्रो खाना नबनाएको निहुँमा झगडा गरे।, 'बढी भइस् भने गीताकै हालत बनाइदिन्छु भन्दै लात्तीले हान्यो,' १८ वर्षीया सञ्जुले भनिन्।, सुत्केरीलाई कुटेको घटना स्थानीय बासिन्दा तथा वडा सदस्य ग्यायन्ती पासवानले थाहा पाइन्।, गीताको घटनाको रापताप बाँकी नै थियो। पासवानले प्रहरी बोलाइदिइन्। लोग्ने नहुँदा आफूलाई खानेकुराको जोहो कसले गरिदेला भन्ने चिन्ताले सञ्जुलाई गाँज्यो। उनले जाहेरी दिन मानिनन्। जितन एक रात प्रहरी चौकीमा बसेर फर्किए।, गीताको हत्यामा पनि चार दिनसम्म रामचन्द्रविरूद्ध जाहेरी दिने कोही फेला परेको थिएन। चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जाहेरी नपरेपछि प्रहरी प्रतिवेदनकै आधारमा मुद्दा अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनमा गत जेठ मसान्तसम्म माझी बस्तीमा विभिन्न १८ वटा फौजदारी घटनाको विवरण छ। तीमध्ये एक गीता माझीको हत्या, अरू दुइटा लागुऔषधका र बाँकी १५ वटा घरेलु हिंसा र कुटपिटका हुन्। कुनै पनि घटनामा जाहेरी नपरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।, कमाइ ल्याउने श्रीमानको भरका कारण घरेलु हिंसाका घटनाहरूमा जाहेरी पर्दैन।, बस्तीको पहिलो घरमा बस्ने कौशिला माझी २० वर्षकी भइन्। घरैअगाडि विद्यालय छ। ‍त्यहाँ पढ्न कहिल्यै गइनन्। नौ वर्षकी हुँदा आमा मेर्खुनिया र बुबा निका माझीले वीरेठाँटीको एउटा होटलमा भाँडा माझ्न पठाइदिएका थिए। १२ वर्षकी भएपछि घर फर्केर ज्याला-मजदुरीमा अल्झिन्। निरन्तरको श्रम र कहालीबाट उन्मुक्तिको सपना देख्न थालिन्।, माझी बस्ती।, कौशिला माझी छोरीसँग। , नजिकैको गाउँमा थिए रवि चौधरी। एकअर्काप्रति आकर्षण बढ्यो। कलिलो रहरले लतारिएर रविसँगै भागिन्।, 'बुवाआमाले पुलिसमा उजुरी गरेछन्। पुलिसले सानै उमेरमा बिहे गर्न पाइँदैन भनेर कागज गरायो,' कौशिलाले भनिन्, 'घर आएपछि गाउँलेले अर्कासँग गइसकेकी केटी घरमा राख्नुहुन्न भनेर रविकै जिम्मा लगाए।', बिहे गरेको केही वर्षसम्म कौशिलालाई जीवन सामान्य लागेको थियो। पछि रविको सम्बन्ध कौशिलासँग मात्रै सीमित रहेन। कुटपिट पनि सुरू भयो।, 'अहिलेसम्म मसहित चार जनालाई बिहे गरिसक्यो,' कौशिलाले भनिन्, 'मेरै भाउजूलाई पनि भगाएर लगेको थियो। पछि दाइले प्रहरीमा उजुरी गरेर फर्कायो।', रविले भर्खरै अर्की श्रीमती भित्र्याएका छन्। कौशिलाको पेटमा पाँच महिनाको गर्भ छ। उनी छोरीसहित जेठानीकहाँ शरण लिएर बसिरहेकी छन्।, अठार-बीस वर्षका सञ्जु र कौशिलाजस्ता युवती मात्रै होइन, ६० उमेर काटिसकेकी छिङुरी माझीले समेत लोग्नेबाट कुटाइ खाइरहेकी छन्। पहिलो श्रीमान बितेपछि उनले भोला माझीसँग बिहे गरेकी हुन्।, 'बिहानै रक्सी खाएर आउँछ र कुट्छ,' छिङुरीले भनिन्, 'पहिलो श्रीमान बितेपछि योसँग बिहे गरेकी हुँ।', उनका पहिलो श्रीमान कपिलदेव बित्दा चार जना छोराछोरी थिए। छिङुरी खोलामा गएर घुँगी र माछा ल्याउँथिन्। बच्चाहरूलाई त्यही ख्वाउँथिन्। बचेको बेच्थिन्। कपिलदेवको किरिया नसक्दै देउरानीले 'तिम्रो बच्चा पाल्ने ठेक्का हाम्रो हो र' भन्न थालिन्। दुई देवरले पनि अर्काको बालबच्चा किन पाल्ने भने।, 'त्यही बेला यो भोला माझी काम खोज्दै कताबाट आयो। मेरो हालत देखेर दया लागेछ, यसैले मेरो हात थाम्यो। दुई छोरीको बिहे गरिदियो,' छिङुरीले भनिन्, 'योसँग आएपछि जन्मिएको छोरा १२ वर्षको छ। सञ्जुको लोग्ने जितन पहिलो लोग्नेबाटको मेरो छोरा हो।', उनका दुई छोरी र छोराहरूको घर यही गाउँमा छ। सबै चामल उनीहरूलाई दिन्छे भनेर भोला शंका गरिरहन्छन्। अरू लोग्नेमान्छेलाई आँखा लगाइस् भनेर पनि गाली गर्छन्।, 'बिहान भात पकायो भने अहिले नपका भन्छ। मलाई भोक लाग्यो र पकाइहालेँ भने ऊ आएर कुट्छ,' छिङुरीले भनिन्, 'कुटाइ र माया एउटै हो कि जस्तो लाग्न थालेको छ!', बिहान ११ बजेतिर छिङुरीले आफ्नो व्यथा सुनाइरहँदा अन्दाजी ६५ वर्षका भोला रक्सीले लट्ठिएर छेउमै बसिरहेका थिए।, उनले आफ्नो बचाउ गर्दै भने, 'काममा कहिलेकाहीँ ढिला हुन्छ। कोसँग गएर आइस् भन्छे। गल्ती गरेको छैन। बिहानै भात पकाए चिसो हुन्छ भनेर ढिलो पकाउनु भनेको हुँ। म गुहु सोहोरेर (सेप्टिक ट्यांकी सफा गर्ने काम) कमाउँछु। त्यही कमाइबाट घर चलाउँछु। बूढाबूढी सँगै रक्सी खाए ठिक छ। मैले एक्लै खाएँ भने झगडा गर्न थाल्छे। आज बिहान काम सकेर रक्सी खाएको हुँ। कसैसँग झगडा गरेको छैन। श्रीमतीलाई गाली चाहिँ गर्छु। यसले पनि अरूको कुरा सुनेर केके भनिराख्छे। सालीसँग गफ गर्दा पनि शंका गर्छे।', भोला र छिङुरी माझी।, श्रीमानश्रीमतीको आ-आफ्नै गुनासो छ। शंकाले यो बस्तीमा हिंसाको आगो सल्काएको छ।, 'यहाँ लोग्नेले नकुटेका आइमाई र झगडा नभएको दिनै हुँदैन,' वडा सदस्य ग्यायन्ती पासवान भन्छिन्।, ३७ वर्षीया ग्यायन्ती गत वैशाख भएको स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी हुन्। जेठ ६ गते निकालिएको विजय जुलुसमा अघिअघि हिँडेकी ग्यायन्ती अबिरले राताम्मे अनुहार र मालाले भरिएको घाँटी लिएर घर पुगिन्।, घरभित्र पस्न नपाउँदै उनलाई पति राम गोसाईंले बेहोसै हुने गरी कुटे।, कारण थियो– केटा मान्छेहरूको हुलमा सँगसँगै लहर मिलाएर हिँडेको!, 'चुनाव प्रचारका बेला अरूको मोटरसाइकलमा किन बसेकी भनेर कुट्नुभयो। जुलुसमा अरू लोग्नेमान्छेलाई आँखा लगाइस् भनेर पनि कुट्नुभयो,' ग्यायन्तीले भनिन्।, उसो त चुनावका बेला ग्यायन्तीको प्रचारमा राम एक महिना खटिए पनि।, 'दिनभर सँगै हिँड्यो, बेलुका घर आएपछि कुटाइ खायो,' ग्यायन्ती भन्छिन्, 'घर आएपछि कहिले पातलेसँग लभ गरिस् त कहिले मोटेसँग किन बोलिस् भन्दै कुट्नुहुन्थ्यो।', १५ वर्षमै बिहे गरेकी चार सन्तानकी आमा ग्यायन्ती सुत्केरी स्याहार्ने, बिहे भोज आदिमा भाँडा माझ्ने जस्ता काम गरेर गुजारा चलाउँछिन्।, भन्छिन्, 'यहाँका मान्छेहरू रक्सी खाएर यत्तिकै जुधिरहन्छन्। बुढाले अति गरेपछि बुढीहरू पनि बच्चा छोडेर भाग्छन्।', जयश्री माझीको अवस्था अहिले यस्तै छ। उनकी श्रीमती फूलकुमारी पाँच महिनाअघि नै तीन सन्तानलाई छोडेर माइती गाउँमा बस्न थालेकी छन्।, ३५ वर्षीय जयश्री सधैं मातेका हुन्छन्। गीता माझीको मृत्यु भएको तीन दिनपछि बिहान ८ बजेतिर भेट्दा भने उनी रक्सी खाएजस्ता देखिएनन्। पैसा रहेनछ। फूलकुमारी नभएपछि घरमा चुल्हो बल्न सकेको छैन। छोराछोरी स्कुल जान छाडेका छन्। अत्यधिक रक्सी सेवनले गलेको ज्यानका जयश्री काम गर्न पनि सक्दैनन्।, 'उसले गाउँमै किराना पसल चलाउँथी। त्यही कमाइबाट घर चल्थ्यो। केटाकेटी स्कुल जान्थे,' जयश्रीले भने, 'मेरो बुद्धि बिग्रिएर उसले छोडेकी हो। धेरै रक्सी खान थालेपछि म काममा जान नसक्ने भएँ। हिँड्दा हिँड्दै ढल्छु। छोराछोरी आमा लिन जाऊ भन्छन्, मलाई उसको अगाडि पर्ने आँट छैन।', अहिले पनि श्रीमान र तीन सन्तानका लागि खानाको सरजाम र केही खर्च फूलकुमारीकी आमाले पठाइरहेको जयश्री बताउँछन्।,  जयश्री माझी जसको घर उनको अनियन्त्रित मदिरा सेवनका कारण उजाडिएको छ।, जयश्रीसँग कुरा गरेर अघि बढ्दै गर्दा बस्तीमै भेटिए सन्तोष माझी। बिहान साढे ८ बजे नै उनी रक्सीले मातिसकेका थिए।, उनी आफूलाई विशेष ठान्दा रहेछन् किनकी उनको नागरिकता छ।, अघिल्लो दिन राति छोरा र श्रीमतीलाई कुटेर घरबाट लखेटेका उनको हातमा एउटा बट्टा थियो।, त्यो बट्टा देखाउँदै उनले भने, 'हात मर्किएर ब्यान्डेज किन्न गएको थिएँ। फर्किँदा २५ रूपैयाँको रक्सी खाएर आएँ। बिहानै ट्र्याक्टरमा पराल लोड गरेर १०० रूपैयाँ आएको थियो।', अघिल्लो रात छिमेकीसँग झगडा हुँदा उनको हातमा चोट लागेको रहेछ। गाउँका अरू पुरूषले आफ्नी श्रीमतीलाई 'आँखा लगाउने गरेको' र त्यही निहुँमा झगडा भएको उनले सुनाए।, 'हिजो बेलुका श्रीमती र छोरा मलाई छोडेर गए। मेरो नागरिकता छ। यहाँका मान्छेहरूभन्दा म ठूलो हुँ,' रक्सीकै सुरमा उनी भन्दै थिए।, सन्तोषले नागरिकताको धाक यसै लगाएका होइनन्, बस्तीभरिमा जम्मा १२ जनाको मात्र नागरिकता छ। सन्तोष तिनै दर्जन नागरिकमध्ये एक हुन्।, नागरिकतै नभएका एम्पी माझी र झिन्का माझीसँगलाई त आफ्नो उमेर पनि थाहा छैन।, एम्पी सानै छँदा बाराको सिमराबाट बुबाआमासँगै यो ठाउँमा आएर यतै बसेको बताउँछिन्। , 'पहिले नागरिकताको कुरा गर्दा मान्छेहरू तिमीलाई विदेश जानु छैन, जग्गा पनि छैन, किन नागरिकता चाहियो भन्थे। हामीलाई पनि हो जस्तो लाग्थ्यो,' एम्पीले भनिन्, 'अहिले थाहा भयो नागरिकता त चाहिने रहेछ।' , कठारमा बस्दै आएकी एम्पी माझी। , यसअघि उनीहरू नागरिकता बनाउन वडाध्यक्ष कारीराम महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएका थिए। प्रमुख जिल्ला अधिकारीले त्यो समूहका सबैभन्दा ज्येष्ठतर्फ हेरेर 'तपाईंहरू कहाँबाट आएको' भनेर सोधे।, 'बिहानैदेखि रक्सीले मातेका ती बुढालाई झ्वाँक चल्यो र उनले इन्डियाबाट भनिदिए। अनि त हामीले पनि नागरिकता पाएनौं,' एम्पी भन्छिन्।, बस्तीका अर्का बासिन्दा रामु माझीले २०४७ देखि २०६४ सालसम्मका निर्वाचनमा मतदान गरेका छन्। २०६४ सालमा गाउँमा आइपुगेको नागरिकता वितरण टोलीले उनीहरूसँग थुप्रै कागजात माग्यो। नागरिकता भने नदिएको उनले बताए।, 'भरतपुरमा सिडिओलाई भेट्न पनि गयौं तर नागरिकता बनाइदिएनन्। आशैआशमा बुढापाका मरिसके,' उनले भने।, रामु आफ्ना छोरालाई वैदेशिक रोजगारीमा पठाउन चाहन्छन्। नागरिकता नभएकैले सकिरहेका छैनन्। रामुकी श्रीमतीको भने माइतीबाट बनाएको नागरिकता छ। तर आमाको नागरिकताबाट बच्चाहरूको जन्मदर्ता समेत हुन नसकेको गुनासो उनले गरे।, कुल १३० जनसंख्या रहेको यो बस्तीका ८३ जना नागरिकताका लागि योग्य छन्। तर आफ्नै जमिन नभएका उनीहरू नागरिकता, व्यक्तिगत घटना दर्ता जस्ता आधारभूत अधिकारबाटै बञ्चित छन्। यहाँ २०२७ सालदेखि नै माझी बस्ती रहेको बताउने बवन चौधरी बसोबासकै आधारमा पनि यो समुदायका व्यक्तिले नागरिकता पाउनुपर्ने जिकिर गर्छन्।, 'यही देशमा बसिरहेका, यहीँ काम गरिरहेकाले नागरिकता पाउनुपर्छ। सरकारले छानबिन गरोस्, हामी मुचुल्कामा हस्ताक्षर गर्न तयार छौं,' ५० वर्षीय बवनले भने।, उनका अनुसार खोला किनार अस्थायी बसोबास गर्ने र माछा मार्ने यहाँका माझीहरू तराईमा मुसहर भनेर चिनिने समुदायका हुन्। , माझी बस्तीका बासिन्दा, देशको मध्यभागमा रहेको विकसित मानिने जिल्ला चितवनको यो बस्तीमा आइपुगेर समय टक्क रोकिए जस्तो लाग्छ। यहाँका बासिन्दाको स्मृतिमा हिजोका कुरा धेरै छैनन्।, आफ्नो जीवनमा भएका व्यक्तिगत घटनाको अभिलेख छैन। बाहिरबाट बिहे गरेर आएका महिलाबाहेक कसैको पनि व्यक्तिगत घटना दर्ता छैन। आमाबालाई सन्तान जन्माएको तिथिमिति थाहा छैन। सन्तानको पालनपोषण र शिक्षा त परको कुरा!, यहाँका विद्यार्थीलाई सात कक्षाभन्दा माथि पुग्नै मुश्किल छ।, कठार माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेका अनुसार माझी बस्तीका दुई जना; मुन्नीलाल माझी र अमिर माझी कक्षा १० मा पुगेका थिए। २०७४ सालमा एसइई दिएका उनीहरू उत्तीर्ण हुन सकेनन्।, विद्यालयको तथ्यांकअनुसार हाल यो बस्तीका ८ जना बालबालिका पूर्वप्राथमिक तहमा भर्ना छन्। त्यस्तै कक्षा १ देखि ७ सम्म २६ जना भर्ना भएका छन्। , 'आधाभन्दा बढी विद्यालय आउँदैनन्,' प्रधानाध्यापक घिमिरेले भने।, कठार माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरे। , कठार माध्यमिक विद्यालयमा अध्ययन गर्दै बालबालिका र विद्यालय। , २०७८ सालमा सात कक्षामाथि पुग्ने विद्यार्थी एक जना मात्र थिए। प्रथम भएका विनोद माझीले आठ कक्षामा भर्ना भने  लिएनन्। घरमा हुने झैझगडा, आफ्नो जन्मदर्ता नरहेको र स्कुलमा एक जना पनि साथी बनाउन नसकेकाले स्कुल जान मन नभएको उनी बताउँछन्।, चितवनका जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीका अनुसार कक्षा ८ मा पुगेपछि जिल्लास्तरीय परीक्षा हुने भएकाले विद्यालयमा जन्मदर्ता पेस गर्न अनिवार्य छ। , यो समुदायका अधिकांश अभिभावक मजदुरीका लागि बिहानै घरबाट निस्किन्छन्। घरमा खाना हुँदैन। त्यसैले केटाकेटी भोक मेटाउन बाबुआमाका पछिपछि लाग्ने गरेको यहाँका बालबालिकाको शिक्षाका लागि काम गरिरहेको लुमन्ती आवासका लागि सहयोग समितिकी सामुदायिक परिचालक रञ्जिता खनाल देवकोटा बताउँछिन्।, 'अभिभावकमा छोराछोरीलाई नियमित विद्यालय पठाउनुपर्छ भन्ने चेतना नहुँदा प्राथमिक तहमै विद्यालय छोड्नेहरू बढी छन्,' उनले भनिन्।, जेठ १६ गते बिहान बस्तीमा पुग्दा करिब ११ वर्षे एक बालक सडकमा खेलिरहेका थिए। उनले कापी नभएर स्कुल नगएको भने। उनका अभिभावक पनि छोरालाई स्कुल पठाउन उत्साहित देखिएनन्। , विद्यालयमा गएर बुझ्दा कक्षा २ मा भर्ना भएका उनलाई विद्यालयले नै 'केही दिन विद्यालय नआउनू' भनेको रहेछ। शिक्षकलाई नटेर्ने, आफूभन्दा साना विद्यार्थीलाई पिट्ने उनको स्वभावमा परिवर्तन ल्याउन विद्यालयले प्रयास गरिरहेको रहेछ।, 'एकदिन ती बालकले एक कक्षामा पढ्ने बालिकाको संवेदनशील अंगमा जबरजस्ती सुम्सुम्याउने गरेको थाहा लागेपछि उनलाई केही समय घरै बस्न भनिएको हो,' एक शिक्षकले भने।, समुदायका अधिकांश बालबालिकाले आक्रामक व्यवहार पनि देखाउने गरेको प्रधानाध्यापक घिमिरे बताउँछन्। यद्यपि माझी समुदायका बालबालिकामा सिक्ने क्षमता राम्रो भएको शिक्षकहरूको अनुभव छ। केही बालबालिका त कक्षामा पहिलो पनि भएका छन्।, मानसिक रोग विशेषज्ञ डाक्टर सिपी सेढाईंका अनुसार परिवारमा भइरहने झगडा र अभिभावकको अनुशासनहीन व्यवहारका कारण बालबालिका आक्रामक हुन्छन्। यस्तो बेला उनीहरूमा 'फल्टी लर्निङ' हुनपुग्छ।, 'परिवार र समाजको गलत व्यवहारका कारण उनीहरूले बदमासी दोहोर्‍याउँछन् र दीर्घकालमा आपराधिक मानसिकताको समेत विकास हुन सक्छ,' डा. सेढाईं भन्छन्।, माझी बस्तीभन्दा करिब सय मिटर पूर्व बस्ने रेवती पाण्डेका अनुसार यहाँका रैथाने थारूहरू मात्रै हुन्।, नुवाकोटबाट ४० वर्षअघि चितवन झरेका पाण्डेका अनुसार पछि बसाइँ सरेर आएका अन्य थुप्रै समुदाय एकआपसमा घुलमिल हुँदै गए। एकअर्काको संस्कृति र सभ्यता संक्रमण हुँदै गयो। दलित माझीहरू भने एक्लिए।, 'माझीहरूको बसोबास बढ्दै गयो तर सामुदायिक छलफल वा अरू क्रियाकलापमा उनीहरूको सहभागिता हुन सकेन,' उनले भने।, स्थानीय रेवती पाण्डे। , माझी र अन्य समुदायबीचको सम्बन्ध मालिक र मजदुर जस्तो मात्रै छ। वरपरका गाउँ–बस्तीमा केही काम पर्‍यो वा श्रमिक चाहियो भने यहाँका मानिसलाई बोलाउँछन्। ज्याला दिन्छन् तर पैंचो–सरसापट चल्दैन। चाडपर्वमा आउजाउ हुँदैन। आडैका ब्राह्मण, क्षेत्री र थारू समुदायका बालबालिका खेल्न पनि माझी बस्तीभित्र नजाने उनले बताए।, 'चालीस वर्षअघि मैले देखेको माझी बस्तीको चेतना, सभ्यता अहिले पनि उस्तै छ,' पाण्डेले भने।, पूर्वी चितवनको खैरहनी नगरपालिकाका बासिन्दा एवं जानकार प्रेम रिमालले पनि माझी समुदायलाई कतैबाट पनि सचेतना र विकासतर्फ अघि बढ्ने प्रेरणा नमिलेको बताए। उनका अनुसार यहाँका बहुसंख्यक आदिवासी थारू समुदायमा केही अघिसम्म पहिचान र अधिकारकै समस्या थियो। उनीहरू सामेली प्रक्रियामा भर्खरै प्रवेश गरेका हुन्। यस्तो अवस्थामा दलित माझीहरू सामेलीकरणका लागि प्रेरित हुन सकेनन्।, वडा नम्बर १० की वडा सदस्य एवम् सामाजिक कार्यकर्ता मीरा चौधरी यो समुदायमा प्रौढ कक्षा सञ्चालन गर्न नसकेको बताउँछिन्। सहकारीको सदस्य बनाएर बचतका लागि प्रेरित गर्ने प्रयास पनि असफल भयो।, अरू समुदायलाई भैपरी आउँदा सेवकको आवश्यकता पूर्ति गर्ने माध्यम बनिरहे उनीहरू। त्यस बेलाका ठूलाठालुले स्वार्थवस् मुसहरको उत्थानमा ध्यान नै दिएनन्। ठूलो सहरमा श्रमिकको आवश्यकता पूर्ति गर्ने 'स्लम' जस्तै भइरहे उनीहरू।, अशिक्षा र चरम अभावका कारण माछा, मुसा र घुँगीमाथिको अधिकारमै रूमल्लिएका माझीहरूलाई त्योभन्दा माथिको सपना साँच्न कसैले पनि प्रेरित नगरेको स्थानीय प्रेम रिमाल बताउँछन्।, 'अहिले पनि राजा र रैतीको सोच हाम्रो समाजमा व्याप्त छ। त्यसैले गाउँघरका जान्ने–बुझ्ने भनिएकाहरू हुन् वा स्थानीय जनप्रतिनिधि र दलहरू, यी सीमान्तकृतलाई यो दलदलबाट निकाल्ने इमानदार प्रयासका लागि इच्छुक छैनन्,' रिमाल भन्छन्, 'यहाँका ठूलाठालुहरू यो समुदायलाई उपयोग मात्र गर्न चाहन्छन्। दलहरू यस्तो जनसंख्यालाई यही हालतमा बाँच्न अभिशप्त बनाइरहँदा निर्वाचनका बेला हुलहुज्जतमा लगाउन, फर्जी मतदाता बनाउन सजिलो हुने स्वार्थी सोच राख्छन्।', उनीहरूका लागि बनाइएको एकीकृत बस्तीमा पनि दलहरूको राजनीतिक स्वार्थको गन्ध देख्छन् रिमाल। आवास योजनाका नाममा बजेट निकासा गरेर त्यसबाट कमिसन लिन पनि यो बस्ती बनाइएको उनको दाबी छ।, 'एकै ठाउँमा राख्दा उनीहरूलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न सहज हुने र लोककल्याणकारी काम गरेको देखाउन पाइने भएका कारण पनि मुसहर बस्तीमा सरकारले घर बनायो,' उनले भने, 'त्यहाँका बासिन्दामा चेतना भर्न र अन्य सुविधा उपलब्ध गराउन भने उत्सुक भएन।', बस्तीमा महिला हिंसा, लागुऔषध, बालविवाह, घरेलु मदिरा उत्पादन र सेवन मुख्य समस्या हो। आफ्नै आँखा अगाडिको बस्तीमा यस्तो बिजोग अवस्था हुँदाहुँदै पनि स्थानीय नेता र जनप्रतिनिधिलाई भने वास्तै छैन। , पूर्व वडाध्यक्ष कारीराम महतो आफ्नो पालामा व्यवस्थित घर बनाएको, नागरिकताका लागि पहल गरेको दाबी गर्छन्। बासिन्दाहरूको व्यवहार परिवर्तन गराउने कोशिस गरे पनि सफल नभएको उनले बताए। , 'आर्थिक विकासका लागि त्यो बेला बंगुरपालन सिकाइयो। तर पाठापाठी अलि ठूलो भएपछि काटेर खाइहाल्ने वा बेचिदिने गर्नुहुन्थ्यो। सिलाइ–कटाइ तालिम दिएर मेसिन नै हस्तान्तरण गरेका छौं। जति प्रयास गर्दा पनि उहाँहरूको व्यवहार परिवर्तन गर्न सकेनौं,' उनी भन्छन्।, यसपालि वडाध्यक्ष निर्वाचित भएका चन्द्रविक्रम चौधरीले यहाँको मुख्य समस्या चेतनाको कमी भएको बताए। आफू भर्खरै आएको भन्दै उनले अब उनीहरूका लागि काम गर्ने दाबी गरे।, खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेती भने गीता माझीको मृत्युपछि मात्रै यो बस्तीबारे थाहा पाएको बताउँछिन्। , 'कुनै पनि चेतना नभएको, मानवीय विचार नै नभएको जस्तो छ यो बस्ती,' उनले भनिन्।, यो समुदायको समस्या आफ्नो कार्यकालका लागि चुनौती रहेको उनको बुझाइ छ। समुदायमा चेतना फैलाएर, संगठित आयआर्जनमा लगाउनेबारे छलफल गरिने उनले बताइन्। , स्थानीय प्रेम रिमाल भने देशको राजनीतिक नेतृत्वमा संविधान र कानुनका कल्याणकारी व्यवस्थालाई जनस्तरसम्म पुर्‍याउने क्षमता नहुनुले कस्तो परिणाम ल्याउन सक्छ भन्ने उदाहरण यो मुसहर बस्ती भएको बताउँछन्।, (यो स्टोरी खोज पत्रकारिता केन्द्रले तयार पारेको हो।), सबै तस्बिरः मनिष पौडेल/खोपके,  ,  , शंकाको आगोले बिगारेको एउटा बस्ती
नारायण खड्का दाङका रोशनी महतरा र शरद आचार्य हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , उनीहरूको हत्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो। , दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको पासोमा परेर रोशनी र शदरको ज्यान गएको थियो। , तुलसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा उनीहरू दुबैको शव एकै ठाउँमा पुरिएको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो। , एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको हो। , पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ। , सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली  चारै जनाले सल्लाह गरेर शब फालेको तथ्य खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। , त्यसपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा लुकाएको प्रहरीले बताएको छ। , पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू बिरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ। , यी बाहेक अन्य सात जनालाई प्रहरीले (अन्य कसुर अन्तर्गत) मुद्दा चलाउने भएको छ। प्रहरी घटना अनुसन्धानका क्रममा पक्राउ परेका हेटौंडाका टिपर चालक र सल्यानका गाडी चालकलाई पनि सोही शीर्षकमा मुद्दा चलाउने भएको छ। यद्यपि उनीहरूको रोशनी र शरद मृत्यु प्रकरणमा कुनै संलग्नता नरहेको प्रहरीले स्पष्ट पारेको छ।, उनीहरूले घटना स्वीकार गरि प्रहरीलाई अलमल्याउने र दिगभ्रमित पार्ने काम गरेकाले मुद्दा चलाउन लागिएको एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए। , तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव असोज ३० गते दिउँसो भेटिएको थियो। , उनीहरू घरबाट असोज २७ गते रातिदेखि बेपत्ता थिए। यी दुबै राति एक आपसलाई भेट्न निस्किएको समयमा विद्युतीय पासोमा परेका थिए।, यो पनि , बँदेल मार्न थापेको विद्युतीय पासोमा परी दाङका रोशनी र शरदको मृत्यु, दाङका रोशनी र शरदको हत्यामा संलग्न चार जना सार्वजनिक
सेतोपाटी संवाददाता रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्।, देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन्।, कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ।, देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताए।, बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलेर घटनाको अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ।, घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।, ‘कोठाको भित्रबाट चुकुल लगाएको छ, घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ, तर अनुसन्धान नगरी यहि हो भन्न सकिँदैन,’ उनले भने।, वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए।, आइतबार साँझसम्म पारिवारिक कलह, झै-झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन्।, बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।, रूपन्देहीको देवदहमा दम्पती मृत फेला
सेतोपाटी संवाददाता सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।, अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।, ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो ,वेभसाइट,मा उल्लेख गरेकी छन्।, ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।, ‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,' उनले भनेकी छन्।, हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्।, 'गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ,' उनले भनेकी छन्।, फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।, सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा
रासस हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।, उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्।, उनकाअनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ।, राजधानी काठमाडौँमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ। दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताइन्।, हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ।, दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।, हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेकाहरूलाई नियन्त्रणमा लिएको छ।, तीन लाख ५८ हजार ८ सय ५५ रूपैयाँसहित जुवातास खेलिरहेकाहरू पक्राउ परेका हुन्।, एसपी दिनेश मैनालीका अनुसार आइतबार बेलुकी करिब ८ बजे काठमाडौं महानगरपालिका ७ गंगाहिटि मिरमिरे टोलस्थित एक घरबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो।, उनीहरूको साथबाट चार थान मोबाइल पनि बरामद भएको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको र थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन।, जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले मिरमिरे टोलको घरमा छापा हानेको थियो।, तीन लाख ५८ हजारसहित जुवातास खेल्नेहरू काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ।, कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो।, प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।, विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको हो।, धरानमा भोलि सार्वजनिक बिदा
रासस राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन्। , राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको हो।, राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।, ‘मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौं।’ , राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ।, राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताए।, राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआजा तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन्।, राष्ट्रपति भण्डारी भोलि मुस्ताङ जाने
एजेन्सी संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ।, सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो। त्यस सम्झौता पालना नभएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।, इजिप्टमा जारी जलवायु परिवर्तन शिखर सम्मेलनमा राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले विगतका ८ वर्षमा हरेक वर्ष तापक्रम वृद्धि भएको औँल्याएको द गार्डियनले लेखेको छ।, जलवायु परिवर्तनका कारण हिउँ द्रुत रूपमा पग्लिएको र समुन्द्री सतहसमेत ३० वर्ष यताकै दोब्बर रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ। तापक्रम नियन्त्रणका विषयमा गम्भीर नहुँदा पाकिस्तानदेखि पोर्तोरिकोसम्म अनपेक्षित रूपमा गर्मी बढेको प्रतिवेदनमा उल्लेख छ।, कोप-२७ सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्,‘जलवायु परिवर्तनका सवालमा गम्भीर नबनेमा हामी ठूलो संकटमा हुनेछौँ।, विश्व मौसम विज्ञान संगठनले सन् २०२२ मा विश्व तापमान १.१५ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ।, कार्बन तथा मिथेन उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने विश्वक तापमान २.५ डिग्री सेल्सियस पुग्ने प्रतिवेदनमा उल्लेख छ।, सन् २०२२ मा विश्व तापमान बढ्ने प्रक्षेपण, कति पुग्छ?
सेतोपाटी संवाददाता गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत गृहहरूमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ।, पहिरोले क्षति पुर्‍याएका विद्युत गृह पुनर्निर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत् विद्युत उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने छ। यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लाहरूमा पुर्‍याइसकेको छ।, गत असोज १९-२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले  मुगुस्थित ४०० किलोवाटको गमगाड र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युत गृहको नहरमा ठूलो क्षति पुर्‍याएको छ। नहरमा क्षति पुगी विद्युत उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युतविहीन भएका थिए। भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन। क्षति पुगेका विद्युत गृहका संरचनाको पुनर्निर्माण भइरहेको छ।, प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालीकोटमा रहेको ३०० केभिए क्षमताको जेनेरेटर मुगुमा लगेको छ। हुल्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरको व्यवस्था गरिएको छ। प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुल्लामा दुई हजार तीन सय ग्राहक छन्।, जेनेरेटर कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमकोट लगिएका हुन्। प्राधिकरणले ती जेनेरेटर सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो। राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्‍याइएको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवसम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमकोट पुगेको थियो।, प्राधिकरण र हुल्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिरोले क्षति पुर्‍याएको हेल्दुङ विद्युतगृहको संरचना र त्यहाँ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गरेको थियो। टोलीले एक महिनाभित्रमा पुनर्निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलगायतलाई निर्देशन दिएको छ।, कार्यकारी निर्देशक घिसिङले साना विद्युतगृहको पुनर्निर्माण भइरहेको र यसका लागि अझै कम्तीमा एक महिना लाग्ने देखिएकोले यस अवधिमा त्यस क्षेत्रको विद्युतविहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत् जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रूपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको बताए।, ‘जेनेरेटरमार्फत् विद्युत उत्पादन गर्दा लागत प्रतियुनिट ८० रुपैयाँभन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम ३० रुपैयाँ मात्र उठ्छ, यहाँ खपत हुने विद्युतको आम्दानीभन्दा लागत दोब्बरभन्दा महंगो छ, तर सबैको घरमा उज्यालो पुर्‍याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युतलाई आधारभूत आवश्यकताको वस्तुको रूपमा लिएर हेलिकोप्टरमार्फत् सामान ढुवानी गरेरै भए पनि आपूर्तिको व्यवस्था गरेका छौं’, घिसिङले भने,‘क्षति पुगेका विद्युत गृहहरूको जतिसक्दो छिट्टो पुनर्निर्माण तथा मर्मत गर्ने छौं, तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन, तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्‍याउने गरी काम गरिरहेका छौं।’, हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फतसमेत पहिरोले क्षति पुर्‍याएको विद्युतगृहको नहरको पुनर्निर्माण भइरहेको बताइन्।, ‘पुनर्निर्माणमार्फत विद्युतगृह तत्कालका लागि सञ्चालनमा ल्याएपनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकोले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नु पर्छ’, उनले भनिन्।, मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगाड विद्युतगृहको पुनर्निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्तिको व्यवस्था गर्न आग्रह गरे। उनले पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाए।, ‘कर्णालीको विद्युतीकरण उच्च प्राथमिकतामा’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए।, ‘कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कम्तीमा पनि २/२ मेगावाटका सौर्य ऊर्जा प्लान्ट राख्ने, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्न, सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुँच विस्तारमा खर्च भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।, ‘दुई वर्षभित्रमा कर्णाली प्रदेशका जिल्लाहरूको विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य राखी टेण्डरको प्रक्रिया अगाडि बढाइसकेका छौं, एसियाली विकास बैकको अनुदानमा सौर्य ऊर्जा केन्द्र स्थापना गर्न पनि छलफल भइरहेको र यसबारे छिट्टै निर्णय हुने छ,’ उनले भने।, प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत् मार्फत विद्युत् आपूर्ति गरिरहेको छ। मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुग्ने छ। कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ।, मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली
सेतोपाटी संवाददाता आगामी मंसिर ४ गते हुने निर्वाचनका दिन आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ। , सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्यनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए।, उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्‍यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए। सडक, खोला,नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जानकारी दिए। , सहसचिव कोईरालाले सम्भावित विपद्को आँकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे। निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताए। , ‘स्थानीय तहको निर्वाचनमा जल तथा मौसम विज्ञान विभागले हामीलाई जुन पूर्व सूचना दिएको थियो। त्यसैको आधारमा हाम्रो सबै संयन्त्रहरु तयारी अवस्थामा थियो। त्यहीँ प्रक्रिया अनुरुप अहिले पनि हामी जल तथा मौसम विज्ञान विभागसँग सम्पर्कमै छौँ। उहाँहरुले पूर्वसूचना हामीलाई दिइहाल्नु हुन्छ’, उनले भने, ‘हामीले सबै जिल्ला प्रशासनहरुमा विशेषगरी निर्वाचनको समयमा बेमौसमी रुपमा पानी पर्नसक्ने, पहिरो जानसक्ने, बाढी आउनसक्ने, अन्य प्रकारको प्रकोपहरु आउनसक्ने सम्भावनातर्फ इंगित गरेर सिडिओको नियन्त्रणमा जिल्लाको सुरक्षा निकायको र्‍यापिड रेस्पोन्स फोर्स हुन्छ।’, सिडिओले संयोजन गरेर सबैलाई अलर्ट अवस्थामा राख्ने भनेर मन्त्रालयबाट परिपत्र भइसकेको उनले जानकारी दिए। , सहसचिव कोईरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए।, मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाटमा स्‍कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएपछि प्रहरीले बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन अनुरोध गरेको छ।, काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५मा अध्ययनरत १३ वर्षीय बालकको उपचारको क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको हो। उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।, यसरी दुर्घटना हुनबाट जोगिन बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको हो।, ‘बालबालिका हाम्रा वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्‍याउन पर्ने हुन्छ। सानो असावधानीले मात्रपनि ठूलो घटना घट्न जाने हुन्छ,’ परिसरले भनेको छ, ‘तसर्थ, सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन हुन समेत यस परिसर अनुरोध गर्दछ।’, यस्तै कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनको पलना गरी कुनै पनि घटना हुनबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले अनुरोध गरेको छ।, बुधबार दिउँसो साढे ३ बजे स्कुल छुट्‍टी भएपछि घर जान बा १ क ४६४२ नम्बरको बसको अन्तिम सिटमा ती बालक बसेका थिए। बस गुडेपछि उनले झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, यस घटनाको अनुसन्धान प्रहरी वृत्त दरबारमार्गले गरिरहेको छ।, बालबालिकाको रेखदेखमा उचित ध्यान पुर्‍याउन काठमाडौं प्रहरीको अनुरोध
सेतोपाटी संवाददाता हुन्डी कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, ३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट  उनीहरूलाई बुधबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल छन्।, हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले उनीहरूको निगरानी गरेको थियो।  , उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान गर्न बिहीबार जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।, साढे ३१ लाख बढी हुन्डीको रकमसहित तीन जना न्युरोडबाट पक्राउ
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।, बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएपछि हेर्दाहेर्दैमा राखिएको हो।, आज प्रतिवादी लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले बहस गरेका छन्। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका हुन्।, सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका छन्।, पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका छन्। चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए।, सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरेका थिए।, पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। , त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए।, इजलाशले शुक्रबार जवाफी बहस गर्न सरकारी वकिललाई साढे १० बजे बोलाएको छ।, यसो हुँदा भोलि नै आदेश आउने सम्भावना देखिएको काठमाडौं सकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।, ‘आज प्रतिवादीको पक्षका वकिलहरूले बहस गरे। सरकारी वकिललाई भोलि साढे १० बजेका लागि बोलाएको छ,’ उनले भने, ‘जवाफी बहस सकेपछि भोलि दिउँसोसम्म आदेश आउने सम्भावना छ।’, सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।, सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।, २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि आदेश आउने सम्भावना
पूर्णप्रसाद मिश्र/रासस हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ।, प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।, आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ।, हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ।, तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ।, कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ।, यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ। , तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ।, कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ।आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ।, रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ। यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ।, किसानले उखुको बोट मठमा गाड्छन्। आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।, ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ। कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्।, विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ।, आज काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ। यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ।, आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ। वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।, तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्ट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, बागमती ए ए ए २६८७ नम्बरको स्कुटर र बागमती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटना हुँदा उक्त सवारीसाधनमा सवार चार जना घाइते भएका थिए।, घाइतेको उपचारको लागि उनीहरूलाई विभिन्न अस्पताल लगिएको थियो।, मोटरसाइकल पछाडि सवार धादिङ गजुरी गाउँपालिका-७ घर भई काठमाडौंको नयाँ बजार बस्ने १७ वर्षीया आयुषा सुवेदीको मृत्यु भएको हो। उनको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए।, झापा कमल गाउँपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने १८ वर्षीय करण दाहाल सामान्य घाइते भएका थिए। उनलाई उपचारपछि डिस्चार्ज भएर प्रहरी वृत्त ठिमीमा राखिएको छ।, स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका-२ मगरगाउँ बस्ने ३५ वर्षीया पुष्पा थापामगर र उनका ७ वर्षीय छोरा समर्जन थापामगरको बिएन्डबी अस्पातलमा उपचार भइरहेको छ।, दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा छ।, प्रहरी वृत्त ठिमी भक्तपुरबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, तीन घाइते
एजेन्सी सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आजदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्ने भएका छन्।, ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थाल्ने भएका हुन्।, ट्विटरमा अहिले ७ हजार ५ सयभन्दा बढी कर्मचारी छन्। मस्कले आधा कर्मचारीलाई कामबाट निकाल्न सक्ने जनाइएको छ।, शुक्रबारदेखि कर्मचारीहरूलाई ट्विटरले इमले गर्न थाल्नेछ। काम जारी राख्न पाउने कर्मचारीको अफिसियल इमेल ठेगानामा र जागिर छोड्नु पर्ने कर्मचारीलाई व्यक्तिगत खातामा इमेल आउने बताइएको छ।, ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ।, ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए।, ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ।   ,  , मस्कले आजदेखि ट्विटरका कर्मचारी निकाल्न थाल्ने
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा २९ तोला सुन र एक लाख ५० हजार रुपैयाँ डकैती भएको घटनाका मुख्य आरोपी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।, गत साउन २४ गते बिहान ३ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ४ चम्पादेवीस्थित एक घरमा अज्ञात समूहले डकैती गरेका थिए।, हतियारसहित पसेर उनीहरूले २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरी फरार भएका थिए। उक्त घटनामा संलग्न मुख्य आरोपीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो।, यस घटनाका मुख्य योजनाकार काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मसिने घर भई काठमाडौं महानगपालिका वडा नम्बर १५ स्वयम्भू बस्ने ४९ वर्षीय प्रेम भन्ने सानुकान्छा तामाङ हुन्।, उनलाई काठमाडौं जिल्ला अदालतको बिहीबारको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनलाई केन्द्रीय कार्यालय जगन्नाथ देवलमा राखिएको छ।, यस घटनामा संलग्न चार जना यसअघि नै पक्राउ परिसकेका थिए। उनीहरू असोज ३० गते नै पुर्पक्षका लागि थुनामा पठाइकेका छन्। तर प्रेम भने घटना भएयता फरार रहेका थिए।, अनुसन्धानको क्रममा उनलाई सोमबार कीर्तिपुरको त्रिवि गेट नजिकैबाट पक्राउ गरेको एसपी दिनेशराज मैनालीले बताए। उनीहरूले कीर्तिपुरका ७४ वर्षीय नारायण बस्नेतको घरमा डकैती गरेका थिए। बस्नेत आफ्नी श्रीमती र बहिनीसँग बस्थे। उनीहरू सबै जना ७० वर्ष माथिका हुन्।, घरको ढोका फोडेर भित्र पसेका उनीहरूले नगद र गहना लगेका थिए। खुकुरी देखाएर उनीहरूले २९ तोलाका गरगहना लुटेर भागेका थिए। लुटपाट गर्नुअघि उनीहरूले घरको रेकी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको थियो।, उनीहरूले कहिले आफूहरू प्रहरी, सशस्त्र प्रहरी हो भनेर घर प्रवेश गरेर खानतलासी लिन्थे त कहिले घरको टिभी बिग्रिएको छ भने त्यसभित्र बहुमूल्य चिज हुने भन्दै प्रवेश गर्थे। त्यसरी घर भित्रका कोठा, ढोकालगायत के-कस्तो छ भन्ने समेत जानकारी लिने गर्थे। कीर्तिपुरको घटनामा पनि पीडित बस्नेतको बारीमा रहेको मकै भाँचिदिने भन्दै उनीहरू पुगेका थिए।, यो पनि: ,घरको रेकी गरेर काठमाडौंमा श्रृंखलाबद्ध डकैती, कीर्तिपुरमा २९ तोला सुन र नगद डकैती घटनाका मुख्य आरोपी प्रेम पुर्पक्षका लागि थुनामा
सेतोपाटी संवाददाता कागजको कार्टुन बक्समा सुनको लेपन लगाएर तस्कारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करी गरेको आरोपमा ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कसिमलाई पक्राउ गरेको हो। दुबईबाट नेपाल एयरलाइन्सको विमानमार्फत कात्तिक ८ गते काठमाडौं आएका उनलाई प्रहरीले पक्राउ गरेको हो।, उनी पक्राउ परेको घटनाबारे बिहीबार मात्रै कार्यालयले सार्वजनिक गरेको हो।  , उनले बोकेको कार्टुन बक्समा शंका लागेर च्याती हर्दा कागजको पत्रभित्र सुनको लेपन गरिएको फेला परेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।, उनका अनुसार उक्त कार्टुनको तौल २ किलो ३५० ग्राम थियो। यस्तै कसिमले मलद्वारमा पनि सुन लुकाएर ल्याएका थिए। उनलाई शौच गराउँदा थप सुन बरामद भएको प्रहरीले जनाएको छ।, उनले सुनलाई अर्धठोस बनाएर दुई वटा पोका लुकाएर ल्याएका थिए। उक्त धातुको तौल ३३१ ग्राम रहेको प्रहरीले जनाएको छ।, नेपाल सुनचाँदी व्यवसायी महासंघले धातुको परीक्षण गर्दा कार्टुनलाई गलाएपछि सुनको तौल ४२९.८२० ग्राम र दुई वटा पोकालाई गलाएपछि सुनको तौल २५०.८५० ग्राम भएको प्रहरीले जनाएको छ। उनीबाट जम्मा सुन ६८०.६७० ग्राम बरामद भएको हो।, घटनाको अनुसन्धान गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको थियो।, कार्टुन बक्समा सुनको लेपन गरी तस्कारी गरेको आरोपमा विमानस्थलबाट एक पक्राउ
सेतोपाटी संवाददाता परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।, बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो।, प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।  , ‘उपचारको लागि उहाँलाई काठमाडौं मोडल अस्पताल लगिएको थियो। तर बचाउन सकिएन,’ परराष्ट्रकी प्रवक्ता सहसचिव सेवा लम्सालले सेतोपाटीसँग भनिन्।, २०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्। सो महाशाखाकी प्रमुख प्रवक्ता लम्साल हुन्।, ‘उहाँ एकदमै होनाहार अधिकृत हुनुहुन्थ्यो,’ लम्सालले भनिन्,‘दुर्घटनामा उहाँलाई गुमायौं।’, सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन्।, सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।, रहिनन् बाटो काट्न लाग्दा सिंहदरबारमा मोटरसाइकलले ठक्कर दिएकी परराष्ट्रकी अधिकृत सुब्बा
सेतोपाटी संवाददाता क्यान्सरसँग लडिरहेका बालबालिकालाई आर्थिक एवम् मानसिक रूपमा सहयोग गर्न ३७ वर्षिय समीर श्रेष्ठले ‘परोपकारी साइकल यात्रा’ सुरू गर्दैछन्। स्थानीय घर चितवनका समीरले आउँदो आइतबार (कात्तिक २० गते) देखि उक्त यात्रा सुरू गर्ने भएका हुन्।, समीर काठमाडौंदेखि इलामसम्म साइकलमा जाँदैछन्। काठमाडौंदेखि इलाम करिब ६०० किलोमिटर लामो दूरीमा पर्छ। समीरले यसको लागि एक हप्ताको समय दिएका छन्। , ‘यो यात्राबाट संकलन हुने रकम क्यान्सरको उपचार गरिरहेका बालबालिकाको लागि खर्चिने हो,’ उनी परोपकारी यात्राबारे भन्छन्, ‘हालसम्म हामीले सयौं बालबालिकको उपचारमा विभिन्न माध्यमले सहयोग पुर्‍याएका छौं।’ , समीरले २०६३ सालदेखि ‘दीर्घजीवी स्वयंसेवक समूह’मार्फत यो कार्य गर्दैछन्। उनी उक्त संस्थाका अध्यक्ष समेत हुन्। , समीरका अनुसार हाल नेपालमा प्रत्येक वर्ष १६ सयभन्दा बढी बालबालिकाहरू विभिन्न क्यान्सरबाट पिडित छन्। तीमध्ये धेरेको आर्थिक अवस्था कमजोर भएकै कारण उचित उपचार र हेरचाह पाएका छैनन्। दीर्घजीवी समूहले विगत १६ वर्षदेखि यस्ता बालबालिकहरूलाई मनोसामाजिक र मनोवैज्ञानिक तरिकाले सहायता पुर्‍याइरहेको छ। , तराईमा जन्मे-हुर्केका समीर २०५८ सालतिर काठमाडौं आए। यहाँ उनी काका-काकीसँग बानेश्वर बसे। कामले गर्दा उनी बानेश्वरदेखि न्यूरोड आउ-जाउ गरिरहन्थे। , ‘ट्याम्पु वा माइक्रो चढ्थेँ। त्योबेला मभन्दा साना भाइहरूलाई सह-चालकको रूपमा देख्थेँ। नराम्रो लाग्थ्यो। उनीहरू बाध्यताले त्यहाँ थिए,’ समीरले आफ्नो भावना व्यक्त गरे, ‘कहिलेकाहीँ साइकल चलाउँदा पनि गल्ली-गल्लीमा बेवारिसे भाइ-बहिनीहरू देख्थेँ। उनीहरूको दैनिकी देख्दा निकै नराम्रो लाग्थ्यो।’, त्यसपछि उनले आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपालमा बालबालिकाहरूको क्षेत्रमा काम गरिरहेका विभिन्न संघ-संस्थाबारे बुझे। छोटो अध्ययनपछि नेपालमा सडक बालबालिकाहरूको लागि सेवा पुर्‍याउने थुप्रै संस्थाहरू भएको बुझे। , अब भने उनलाई बालबालिकाकै क्षेत्र तर धेरैको ध्यान नगएको क्षेत्रमा काम गर्ने सोच पलायो। यसो हुँदा भिन्न र आवश्यक कामतर्फ आफ्नो ध्यान केन्द्रीत होला भन्ने लागेको उनी बताउँछन्। , विभिन्न संस्थाहरूबारे बुज्नेक्रम उनी २०६२ सालतिर कान्ति बाल अस्पतालको क्यानसर वार्ड पुगे। त्यहाँ उनले क्यानसरसँग लडिरहेका बालबालिकाहरूसँग समय बिताए। उनीहरूको मनोबल बढाउन कथा वाचन गर्ने, रमाइला खेलहरू खेलाउने गरे। यसरी उनी बालबालिकाहरूसँग थप नजिकिए। अन्य रोगको तुलनामा क्यान्सर लागेका बालबालिकाहरूलाई मानसिक सहयोग आवश्यक पर्ने रहेछ भन्ने बुझे।, उनका अनुसार क्यान्सर वार्डमा काम गर्दा उनी क्यान्सर लागेका बालबालिकाहरूसँग थप नजिकिए। उनीहरूको भावना बुझे। ती बालबालिकाहरूको अभिभावहरूसँग कुराकानी गरे। कतिपयले आर्थिक समस्या झेल्नुपरेकै कारण समयमा उपचार गर्न नसकेको बताए।, ‘यस्तो अवस्था देखेपछि अन्देखा गर्न सकिनँ। उनीहरूलाई सहयोग र सेवा पुर्‍याउन संस्थागत जाने सोचेँ,’ उनले भने, ‘साथीहरूसँग कुरा गरेपछि दीर्घजीवी स्वयंसेवक समूह सञ्चालनमा आएको हो।’ , संस्थाले शिशुदेखि १६ वर्षसम्मका क्यान्सर लागेका बालबालिकाको हेरचार र मनोबल वृद्धिको लागि सेवा पुर्‍याउँदैछ। , १६ वर्षमा सयौं बालबालिकाले संस्थाको मद्दतमा सही समयमा उपचार पाएर निको भएका छन्। विगत चार वर्षदेखि भने संस्थाले दिवा सेवा केन्द्र पनि सञ्चालन गर्दैछ। , बालबालिकाको मानसिक स्वास्थ्य स्वस्थ राख्न र मनोबल बढाउन संस्थाले विभिन्न किसिमको थेरापी पनि गराउँदैछ। जसमध्ये सांगितिक, नृत्यमार्फत, चित्रकला मार्फत गराइने थेरापीहरू केही हुन्। त्यस्तै, समय-समयमा उनीहरू क्यान्सर लागेका बालबालिकाहरूलाई स्फूर्ति र मनोरञ्जनका लागि उपत्यका बाहिर लगेर घुमाउने गरेका छन्। , दीर्घजीवी स्वयंसेवक समूहलाई समाजको विभिन्न क्षेत्रबाट स्वैच्छिक आर्थिक सहयोग आउँछ। तर यसबाहेक संस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आर्थिक सहयोग जुटाउँदैछ। , सोहीअनुसार समीरले यसपटक ‘काठमाडौंदेखि इलामको परोपकारी साइकल यात्रा’ सुरू गर्ने भएका हुन्। उनी यो यात्रामा एक्लै जाँदेछन्। , समीरलाई साइकल चलाउन रमाइलो लाग्छ। यसैबाट केही गर्ने सोचेका उनले साइकल यात्रालाई आफ्नो संस्थाको लागि आर्थिक सहयोग जुटाउने एक माध्याम बनाएका छन्। , ‘साइकल यात्रा समय अगावै मानिसहरूबाट आर्थिक सहयोग लिने होइन,’ उनी भन्छन्, ‘म सहयोग गर्न चाहने व्यक्तिहरूबाट प्रतिज्ञा लिन्छु। यात्राक्रम सामाजिक सञ्चालमार्फत अपडेट गर्छु र सकेपछि उहाँहरूलाई जानकारी गराउँछु। त्यसपछि बल्ल सहयोग स्वीकार्छु।’, समीरका अनुसार विकसित राष्ट्रहरूमा प्रतिज्ञा अनुसार नै संस्था वा व्यक्तिगत विभिन्न कार्य विशेष आर्थिक सहयोग लिने गरेका छन्। नेपाली समाजमा यो नौलो भएपनि उनी यसलाई व्यवहारिक रूपमा अघि बढाउन चाहन्छन्। , ‘यस्तो हुदाँ आर्थिक सहयोग गर्ने व्यक्तिलाई पनि आफ्नो सहयोग सही ठाउँमा पुगेको छ भन्ने महशुस हुन्छ। हामी यस विषयमा पारदर्शी छौं,’ उनले भने। , यसपटकको काठमाडौंदेखि इलामसम्मको परोपकारी एकल साइकल यात्राबाट समीरले करिब ६ लाख रूपैयाँ आर्थिक सहयोग जुटाउने लक्ष्य राखेका छन्। , क्यान्सर पीडितलाई आर्थिक सहयोग जुटाउन साइकल यात्रा गर्दै समीर
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ। , काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।, न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशमा बहस भएको थियो।, बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए।, सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।, पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए। चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए।, सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरे।, पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। , त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए।, सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।, सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।, २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि आदेश आउने सम्भावना, सन्दीप लामिछानेको आज थुनछेक बहस हुने, सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस, सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै, यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान, १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति, पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू), पक्राउ परे सन्दीप लामिछाने, सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, केहीबेरमै आदेश आउने
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। , काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको हो। , शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्।, बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए।, सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।, पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए। चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए।, सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरे।, पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। , त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए।, सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।, सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।, २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, सम्बन्धित समाचार:, सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि आदेश आउने सम्भावना, सन्दीप लामिछानेको आज थुनछेक बहस हुने, सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस, सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै, यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान, १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति, पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू), पक्राउ परे सन्दीप लामिछाने, सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सेतोपाटी संवाददाता गुल्मी र स्याङ्जाको संगमस्थल कालीगण्डकीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।, स्याङ्जा र गुल्मी जोड्ने आँधिमुहान पुलबाट हाम फालेर कालीगण्डकी गाउँपालिका-१ गुल्मी हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डेय बेपत्ता भएको जैपते चौकीमा कार्यरत प्रहरी जवान राजु बाँनियाले जानकारी दिए।, उनका अनुसार शुक्रबार बिहान टेकराजले करिब ११ बजेको समयमा कालिगण्डकीमा हाम फालेका थिए। त्यसपछि उनी बेपत्ता भएका हुन्।, मिर्मी आधिमुहान ड्यामको पानी छोडिएकोले बेपत्ताको खोजी गर्न गाह्रो भएको स्थानीय सुमन पाण्डेयले जानकारी दिए।, बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।, कालीगण्डकीमा हामफालेर एक व्यक्ति बेपत्ता
सेतोपाटी संवाददाता काठमाडौंमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। , सिन्धुपाल्चोक चौतारा-७ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ७० वर्षीया आमाको हत्या गरेको आरोपमा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार बिहीबार छोरा जयबहादुरले आफ्नै ७० वर्षीय आमा फुलमायाँ तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।, प्रहरीले उनको साथबाट खुकुरी र चक्कु बरामद गरेको छ।, शवको मुचुल्का लगायतको काम सकेर पोष्‍ट मार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा पठाएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। , ज्यान सम्बन्धी कसुर मुद्दामा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।,  , आमाको हत्या गरेको आरोपमा काठमाडौंबाट छोरा पक्राउ
सेतोपाटी संवाददाता कीर्तिपुरमा चितुवाका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। , बिहीबार राति करिब ९ बजे त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानअगाडि मोटरसाइकल दुर्घटनामा परेको हो। , चितुवाले बाटो काट्दै गरेको देखेपछि मोटरसाइकलले ब्रेक समात्दा लडेर चालक घाइते भएका हुन्। , प्रहरी वृत्त कीर्तिपुरका डिएसपी पुरूषोत्तम पाण्डेका अनुसार बाटोमा एक्कासी चितुवा आउँदा मोटरसाइकको ब्रेक लगाउँदा लडेर दुर्घटनामा भएको हो। , दुर्घटनामा घाइते भएका चालक निशान्त चौधरी खतरामुक्त छन्। , ‘चितुवासँगै ठोक्किनचाहिँ पाएन। एक्कासी सडकमा चितुवा आयो, मोटरसाइकलले झ्याप्प ब्रेक समात्दा लडेको देखिन्छ,’ उनले भने।, उनी कामबाट कीर्तिपुर-३ समलस्थित डेरामा फर्किरहेको थिए।, घाइते निशान्तको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको डिएसपी पाण्डेले बताए। , उनका अनुसार हरेक वर्ष यही सिजनमा त्रिवि क्षेत्रका खुल्ला जंगलमा चितुवा देखा पर्ने गरेको छ। , आहाराको खोजीमा निस्कने चितुवा बागवानी-आयुर्वेद अस्पताल-क्रिकेट ग्राउण्ड-त्रिवि सेवा आयोग हुँदै विद्यार्थी क्लबको जंगलसम्म ओहोरदोहोर गरिरहने डिएसपी पाण्डेले बताए। ,  , कीर्तिपुरको सडकमा एक्कासी चितुवा आएपछि मोटरसाइकलबाट लडे चालक
रोहित महतो महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।, विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन्।, उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले पनि बच्चा र शिवराजको डिएनए मिलेको पुष्टि गरे।, शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए।, बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।, त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो।, जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो।, ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो।, निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए।, जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन्।, तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन्।, दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो।, डिएनए परीक्षणको रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेशी चढ्न सकेको थिएन।, जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो। शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।, निहारिकाले भने आफूलाई शिवराजको सम्पत्ति लगायतका अधिकार नभइ न्याय चाहिएको बताइन्। अदालतले छोडेका शिवराजलाई तुरून्तै पक्राउ गर्न समेत उनले माग गरेकी छन्।, ‘मलाई कुनै प्रकारको अंश, नाता कायम र बच्चाको सम्पत्तिको अधिकार चाहिएन। शिवराजलाई तुरन्त प्रहरीले पक्रिनुपर्यो। बलात्कारको अभियोगमा कारबाही अघि बढाउनपर्यो,’ उनले भनिन्, ‘केही मिडियाले मलाई सोधेको थियो उसको बच्चा निस्किएनन भने के गर्नुहुन्छ। तर अब मिल्यो। एउटा महिला भएर यति वर्ष मैले रोए, कराएँ, जति मेरो क्षतिभएको छ राज्यले दिन्छ? मलाई न्याय चाहियो।’,  , निहारिका राजपूत घटना: शिवराजसँग मिल्यो छोराको डिएनए
सेतोपाटी संवाददाता दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्।, चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो। बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन्। , उनीहरू घोराही-१५ स्थित निरूको फुपुको घरमा गएका थिए।, बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए। श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए। , तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन्। निरू एउटा कोठामा मृत फेला परेको र अर्को कोठामा नवीन झुण्डिएको अवस्थामा फेला परेको डिएसपी गौतमले जानकारी दिए।, निरुको घाँटी थिचेर हत्या गरेपछि नवीनले अर्कै कोठामा गएर आत्महत्या गरेको खुलेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले जानकारी दिए।, दाङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या