content
stringlengths
20
64.1k
नारायण खड्का दाङ एयरपोर्टमा पहिलो पटक जहाजमा इन्धन भर्न सुरू भएको छ। बिक्रम सम्बत २०११ सालदेखि सेवा सुरू भएको दाङ एयरपोर्टमा आइतबार नेपाल वायु सेवा निगमको जहाजमा चार सय ६० लिटर इन्धन भरेको हो। , आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, रूपन्देहीको भैरहवा कार्यालयबाट दुई जना र बाँकेको नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिक टोली आएर दाङ एयरपोर्टमा पहिलो पटक इन्धन भरेका हुन्। , तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ एयरपोर्टमा विमान सेवा सुरू भएको ६ दशक लामो इतिहसमै पहिलो पटक इन्धन डिपो सञ्चालनमा आएको छ। यो सँगै विमानमा इन्धन रिफ्यूलिङको काम दाङमै सुरु भएको हो। यसले अब अन्य विमान सेवाहरुले पनि उडान भर्ने आशा पलाएको छ। , नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिश चन्द्र यादवले अब दाङ एयरपोर्टबाटै नियमित रिफ्यूलिङको काम हुने ,सेतोपाटी,लाई बताए । , गत वर्ष साउनदेखि करिब डेढ करोड लागतमा विमानस्थलका लागि छुट्टै डिपो निर्माणको काम सुरू भएको थियो। डिपोको लागि आवश्यक संरचना निर्माण पुरा गरी ६ महिना पहिलेबाटै बाउजरमा इन्धन राखिदै आइएको थियो। , लामो समयसम्म बाउजर प्रयोगमा नआएको भन्दै निगमले बाउजर बाहिरी जिल्ला पठाउने तयारी गर्दा त्यसको ब्यापक बिरोध पछि रोकिएको थियो। बाउजर रोक्न तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीले डिपोमा ताला नै लगाएकी थिइन्। , आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा आएको विमानस्थलको डिपोको प्रारम्भीक परीक्षण यसअघिनै ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारत र  केन्द्रीय कार्यालयको परीक्षण पछि डिपो औपचारिक रुपमा सञ्चालनमा आएको हो । , निगमका प्रदेश प्रमुख यादवले इन्धन डिपोमा ३० हजार लिटर र बाउजरमा ११ हजार गरि ४१ हजार  लिटर इन्धन भण्डारण गर्न मिल्ने बताए। , नियमित विमान सेवा सञ्चालन भए पनि तीन महिना पुग्ने इन्धन मौज्दात रहेको  इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए। कथमकदाचित थप इन्धन आवश्यक परे तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने र त्यो सबै ब्यवस्थापन मिलाइएको प्रमुख श्रेष्ठले बताए। , ‘आवश्यक परेको समयमा जतिखेर पनि थप इन्धन ल्याउन कुनै समस्या हुने छैन,’ उनले भने, ‘नेपाली सेनाका हेलिकप्टरदेखि आपतकालिन अवस्थामा यहाँ अवतरण गर्ने साना विमानलाई पनि अब समस्या रहने छैन।’ , यसअघि दाङ आउने-जाने जहाजले काठमाडौंबाटै इन्धन बोकेर आउनुपर्ने बाध्यता थियो। , १९ सिटे बिमानका केही सिटमा इन्धन राखेर आउनु पर्ने हुँदा दाङ–काठमाडौं हवाई सेवा बाँकेको राँझा विमानस्थलको तुलनामा यात्रुलाई निकै महँगो पर्दै आएको थियो। दाङको टरिगाउँ एयरपोर्टबाट नेपालगन्जको राँझा विमानस्थल झन्डै १ सय १५ किलोमिटर पश्चिममा छ।  , वायु सेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले दाङ एयरपोर्टमै डिपो औपचारिक रूपमा सुरु भएपछि अबदेखि विमानले सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने बाध्यता हटेको बताए।, ‘इन्धन बोक्ने सिटमा अब यात्रु राखिने छ,’ उनले भने, ‘जसकारण भाँडादर केही सस्तो हुनसक्छ र यात्रुलाई पनि सहज हुनेछ।’ , दाङ एयरपोर्टको धावनमार्ग ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे गरिएको छ। जसले ठूला विमान अवतरण गर्न सक्दैनन्। त्यहीँ भएर हाल यहाँ नेपाल बायु सेवा निगमको १९ सिटे जहाज मात्रै सञ्चालन हुँदै आएको छ। बाँकेस्थित राँझा विमानस्थल भन्दा यात्रुलाई भाडा महँगो पर्नुको प्रमुख कारण ठूला विमान नआउनु पनि हो। , दाङस्थित टरिगाउँ एयरपोर्टकको धावनमार्ग बिस्तारको कुरा उठ्दै आएको  पनि त्यसले सार्थकता पाउन सकेको छैन। , यद्यपि हरेक निर्वाचनहरुमा दाङ एयरपोर्टको बिस्तार सबै दलका नेता कार्यकर्ताको प्रमुख मुद्दा बन्दै आएको छ। भोट माग्ने र जित्ने माध्यम एयरपोर्ट बनाइदै आइए पनि एयरपोर्टको अवस्था उस्तै छ। तत्कालिन माओवादीका लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा दाङ एयरपोर्टको धावनमार्ग कालोपत्रे भएको थियो। , हाल दाङ-काठमाडौं न्यूनतम भाडा ८ हजार ८ सय १० कायम गरिएको छ भने अधिकतम १२ हजार ६ सय ६५ सम्म छ। काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैंया बढी भाडा निर्धारण गरिएको छ।  त्यहीँ भएर अधिकांश दाङ, सल्यान, रोल्पा, प्यूठान, जाजरकोट र रुकुमका यात्रु विमान चढ्न बाँके जान बाध्य छन्। , दाङ एयरपोर्ट हवाइ सेवाको लागि सबैभन्दा सुरक्षित एयरपोर्टमध्येको एक मानिन्छ। यहाँ बाँकेको राँझा बिमानस्थल वा भैरहवा विमानस्थलमा जस्तो तुँवालोको समस्या छैन। यहाँ पुस माघमा पनि बिहान सबेरै पारिलो घाम लाग्नेगर्छ। , केही वर्ष पहिलेसम्म यहाँ दैनिक दुई पटक विमानले सेवा दिदै आएको थियो। तर, पछिल्लो समय विमान सेवा दैनिक छैन। विमान अभावका कारण पछिल्लो समय हप्तामा तीन दिन मात्रै सेवा दिने गरेको छ। अब अन्य निजी कम्पनीका साना विमानले पनि सेवा दिन सक्ने र त्यसले यात्रुलाई लाभ हुने आशा गरिएको छ । , ६ दशकपछि पहिलो पटक दाङ एयरपोर्टमा ‘रिफ्यूलिङ’ सुविधा
सुदीप श्रेष्ठ काठमाडौंको हात्तीसारमा भूमिगत बग्ने टुकुचालाई सतहमा ल्याउने भन्दै मेयर बालेन शाहले डोजर चलाएको १३० वर्ष पुरानो राणाकालीन सुरूङ पुनर्निर्माण गर्ने जिम्मा कसको हो भन्ने अहिले प्रश्न उठेको छ।, पुरातत्व विभागको प्रतिवेदनलाई आधार मान्ने हो भने काठमाडौं महानगरपालिकाले भत्काएको सुरूङ महानगरले नै मौलिक स्वरूपमा पुनर्निर्माण गर्नुपर्नेछ। यसका लागि पुरातत्वसँग समन्वय गरेर काम गर्न भनिएको छ।, हात्तीसारका पीडितहरूले महानगरको डोजरले कोपरेर ह्वांग पारेको टुकुचा सुरूङ जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्ने आवाज उठाइरहेका छन्। पीडितहरूको हस्ताक्षर संकलन गरेर पुरातत्व विभागमा ज्ञापनपत्र दिने तयारी भइरहेको छ। महानगरले खाल्डो खनेका ठाउँमा डिल भासिँदै गएकाले जोखिम बढेको र खुला टुकुचाबाट डुङ्डुङ्ती दुर्गन्ध फैलिन थालेको स्थानीय बताउँछन्।, महानगरले पुरातात्विक महत्वको भूमिगत सुरूङमा डोजर चलाएपछि पुरातत्व विभागको टोली त्यहाँ अध्ययन गर्न गएको थियो। पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको टोलीले तयार पारेको अध्ययन प्रतिवेदन विभागले हालसम्म सार्वजनिक गरेको छैन। विभाग सम्बद्ध स्रोतबाट सेतोपाटीलाई उक्त प्रतिवेदन प्राप्त भएको छ।, पुरातत्वले आफ्नो प्रतिवेदनमा आजभन्दा कम्तिमा १३० वर्षअघि निकै व्यवस्थित र वैज्ञानिक तरिकाले बनाइएको गुम्बज शैलीको भूमिगत सुरूङलाई महानगरको डोजरले तीन ठाउँमा क्षति पुर्‍याएको जनाएको छ।, 'प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सय वर्ष नाघेका मौलिक स्वरूपमा रहेका कुनै पनि संरचना पुरातात्विक महत्वको हुन्छ,' पुरातत्व भन्छ, 'टुकुचाको भूमिगत संरचना कम्तिमा १३० वर्षअघि राणाकालमा बन्नुका साथै इञ्जिनियरिङ दृष्टिले निकै महत्वपूर्ण भएकाले पुरातत्व विभागको समन्वयमा महानगरपालिकाद्वारा मौलिक स्वरूपमा संरक्षण गर्नुपर्ने देखिन्छ।', यो सुरूङको लम्बाइ ४४० मिटर छ। टुकुचाको दुवैतर्फ इँटाको गारो उठाएर माथिपट्टि अर्धगोलाकार गुम्बज स्वरूपमा चुनासुर्कीको मोटार प्रयोग गरी भूमिगत 'ढल' संरचना बनाइएको विभागले जनाएको छ।, राणाकालमा टुकुचाको दुवैतर्फ पर्ने हात्तीसार दरबार, सेतो दरबार, लाल दरबार र ती दरबारसँग सम्बन्धित वास्तुकलामा टुकुचाको बाढी नपसोस् र दरबार क्षेत्र दुर्गन्धित नहोस् भनेर ढल निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ। विभाग भन्छ, 'यस्तो संरचना अध्ययनका लागि महत्वपूर्ण भएकाले जोगाउन सकेको खण्डमा पर्यटकका लागि समेत आकर्षण केन्द्र हुन सक्छ। अतः महानगरपालिकाद्वारा टुकुचा देखाउने क्रममा क्षति पुर्‍याइएको ढल मौलिक स्वरूपमा संरक्षण गर्नुपर्ने देखिन्छ।', पुरातत्व विभागले सुरूङको निर्माण इतिहास र निर्माण ढाँचाबारे पनि विस्तारमा वर्णन गरेको छ।, सबभन्दा पहिला कुरा गरौं, सुरूङको निर्माण इतिहासबारे पुरातत्व के भन्छ?, तस्बिरको तल्लो भाग नारायणहिति दरबार संग्रहालय क्षेत्र हो जहाँ टुकुचा बगिरहेको देखिन्छ। त्यसको माथि सडक र त्यहाँभन्दा माथि घरहरू छन्। यहाँबाट टुकुचा भूमिगत रूपमा बग्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, इतिहास खोज्ने क्रममा पुरातत्वले अमेरिका बस्ने 'मनोज मनुज' नामका व्यक्तिले आफ्नो फेसबुकमा सेयर गरेको एउटा दस्तावेजलाई आधार मानेको छ। त्यो दस्तावेज प्रधानमन्त्री वीरशमशेर र कमान्डर-इन-चिफ जनरल देवशमशेरको सहीछाप भएको विक्रम सम्बत १९४९ माघ सुदी २ मा जारी लालमोहर हो।, उक्त लालमोहरअनुसार सतहमा बगेको टुकुचालाई भूमिगत सुरूङ खनेर जमिनमुनि बगाइएको र त्यसमाथि पटांगिनी बनाइएको पुष्टि हुन्छ।, टुकुचा दायाँबायाँका जग्गा अधिग्रहणबारे लालमोहरमा भनिएको छ, 'दुनियाँको गुठी बिर्ता जग्गा सदर दफटर खानाबाट नापजाँच गरी ठहर्‍याएको जग्गा एक रोपनीको २०० रूपैयाँका दरले र मिचिएको बालीसमेत त्यस अड्डाबाट दिएको दरभाउले रूपैयाँ दिलाई दिनू।', 'पटांगिनीलाई नेपाली शब्दकोषले घरका दायाँबायाँ बनाएको खुला मैदान, कोखे आँगनसम्म परेको फराकिलो चउरका रूपमा परिभाषित गरेको छ,' पुरातत्व भन्छ, 'तत्कालीन प्रधानमन्त्री वीरशमशेरले नारायणदहिति राजदरबारको दक्षिणपूर्वी क्षेत्रमा आफ्ना रानी र छोराहरूका लागि भव्य दरबार, मनोरञ्जन स्थल, पौडी पोखरी, गोही पाल्ने पोखरी लगायत दरबार वास्तुकलासँग सम्बन्धित अनेकौं संरचना बनाएका थिए। तीमध्ये टुकुचापारि खाल्डो रहेको जमिन पुरेर पटांगिनी बनाएको लालमोहरमा उल्लेख छ।', पुरातत्व अगाडि भन्छ, 'पटांगिनीमा तत्कालीन राणाहरूले ठूला ठूला समारोह आयोजना गर्थे। हाल उक्त पटांगिनी कुन ठाउँमा थियो भन्न यो छोटो अनुसन्धानमा सम्भव देखिँदैन। हात्तीसार क्षेत्रमा रहेका अधिकांश जग्गाको स्वामित्व निजी भएको हुँदा यो खोज चुनौतीपूर्ण छ। नारायणहिति दरबार र त्यसको दक्षिणपूर्वमा पर्ने सेतो दरबार, लाल दरबार, हात्तीसार दरबार लगायत क्षेत्रको राणाकालभन्दा पहिलेको इतिहास अज्ञात छ।', यहाँनिर पुरातत्वले पुरूषोत्तमशमशेर जबराको 'राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू' शीर्षक किताब उद्धृत गर्दै प्रतिवेदनमा लेखेको छ, 'वीरशमशेरले राजदरबारलाई हनुमानढोकाबाट नारायणहितिमा सारेपछि पहिलेको रणोद्दिप सिंहको निजी निवास रहेको नारायणहिति दरबार साँघुरो भयो। त्यसैले वीरशमशेरले करिब ४४४ रोपनी २ आना जग्गा अधिग्रहण गरी नारायणहिति राजदरबार बढाएका थिए।', यसबाहेक वीरशमशेरले नारायणहिति दरबारको दक्षिणपूर्वस्थित टुकुचा खोलाको दायाँ र बायाँ सेतो दरबार, लाल दरबार, फोहोरा दरबार, हात्तीसार दरबार, पोखरी, धारा, पटांगिनी लगायत संरचना आफ्ना प्रिय रानी र विभिन्न छोराहरूलाई बनाइदिएको पुरूषोत्तम जबराले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।, ती ठाउँमा राणाकालभन्दा अगाडि ज्यापुहरूको धान खेत रहेको हुँदा करिब १ हजार १ सय १९ रोपनी जग्गा केही न्यून मूल्यमा खरिद गरेको र केही अधिग्रहण गरेर ती संरचना बनाइएको पनि उक्त किताबमा छ।, 'यसबाट स्पष्ट हुन्छ, अहिलेको नारायणहितिको पूर्वमा अवस्थित पर्खालदेखि वर्तमान तीनधारा मार्गसम्म नै राणाकालको सुरूआतसम्म टुकुचा खुला थियो र त्यसको दायाँबायाँ ज्यापुहरूको खेत थियो,' पुरातत्व भन्छ, 'यसै पृष्ठभूमिमा वर्तमान नारायणहिति दरबार संग्रहालयको पूर्वतर्फको पर्खालनजिकै अर्थात् जयनेपाल हलको प्रांगणदेखि करिब ३० मिटर उत्तरतर्फबाट काठमाडौं प्लाजानजिकै पर्ने तीनधारा मार्गसम्म करिब ४४० मिटर लामो टुकुचा खोलालाई भूमिगत पारेर ढल निर्माण गरिएको देखिन्छ।', तस्बिरको देब्रे भाग नारायणहिति दरबार संग्रहालय क्षेत्र हो जहाँ टुकुचा बगिरहेको देखिन्छ। त्यसको दायाँ सडक र घरहरू छन्। यहाँबाट टुकुचा भूमिगत रूपमा बग्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, अब हामी ढलको निर्माण ढाँचाबारे कुरा गरौं।, उक्त भूमिगत ढल माथिपट्टि अर्धगोलाकार गुम्बज स्वरूपमा रहेको र माआप्पा इँटाको गारोमा मास, चाकु, सरेस, चुना, पिना र सुर्कीजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरेर बनाइएकाे पुरातत्वले भनेको छ।, 'यसरी चुनासुर्कीको मोटार प्रयोग गरी संरचना बनाउने परम्पराको सुरूआत राणाकालमा भएको हुँदा उक्त संरचना राणाकालमै बनेको कुरामा कुनै दुबिधा रहेन,' पुरातत्व भन्छ, 'जयनेपाल हल पछाडि महानगरले डोजर प्रयोग गरेको ठाउँमा सुरूङको माथिपट्टि सतहमा 'श्री ३ वीर' अभिलेख अंकित इँटा भेटिएको छ। यसले उक्त संरचना कम्तिमा वीरशमशेरको पालाभन्दा अगाडि बनेको वा समकालीन देखिन्छ।', पुरातत्वका अनुसार जयनेपाल हलको आँगनको माथिल्लो सतहमा करिब ५५ फिट भत्काइएको छ। सुरूङको माथिल्लो सतहको अर्धगोलाकार संरचना २० फिटजति हटाएर बगिरहेको टुकुचा देखाइएको छ। यहाँ टुकुचाको दुवैतर्फ इँटाको ८० सेन्टिमिटर चौडा मजबुत गारो उठाउँदै अर्धगोलाकार गुम्बज निकालेर खोला छोपिएको पुरातत्वले भनेको छ।, प्रतिवेदनअनुसार दुवै गारोको बीचमा खुला ठाउँ २ मिटर ६ सेन्टिमिटर छ। गुम्बजको तल्लो भागदेखि खोलाको पिँधसम्म १.४० सेन्टिमिटर उचाइ छ। सुरूङमा २१x१४x५ सेन्टिमिटर, २०x१२x५ सेन्टिमिटर नापका सादा माआप्पा इँटा र चुनासुर्कीको मोटार प्रयोग गरिएको छ। यहाँ प्रयोग भएको इँटामा कुनै अभिलेख छैन।, सुरूङ बनाइसकेपछि भित्रपट्टिको पानी बाहिर र बाहिरको पानी भित्र नजाओस् भनेर वरिपरि कालो माटोको लेपन लगाइएको छ। सुरूङको माथिल्लो सतहमा पाइएको पर्खालमा 'श्री ३ वीर' अभिलेख अंकित इँटा छ। यसको नाप २३x११x७ र २२x११x७ सेन्टिमिटर छ। सबभन्दा माथिपट्टि अहिलेको जमिनको तह छ।, नारायणहितिको पर्खालभित्र जुन ठाउँबाट ढल सुरू हुन्छ, त्यहाँ टुकुचा खोलामा माथिबाट आउने बाढीले ढललाई क्षति नपुऱ्याओस् भनेर साँचो निर्माण गरी पातपतिंगर र अन्य सामग्री छेक्ने विधि अपनाइएको छ। उक्त साँचो पानी अड्कलेर पठाउने तरिकाले निर्माण गरिएको पुरातत्वले जनाएको छ।, 'नारायणहिति दरबारको पर्खालबाट सुरू भएको ढल निश्चित दुरी पार गरेपछि छांगोजसरी तल खसालेर फेरि निश्चित दुरीसम्म 'स्लोप' (भिरालो) मिलाउँदै काठमाडौं प्लाजा नजिकै खसालिएको छ। यसबाट उक्त ढल निकै व्यवस्थित र वैज्ञानिक तरिकाले बनाएको देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ।, निर्माण इतिहास र निर्माण ढाँचापछि अब हामी हात्तीसार क्षेत्रमा प्राप्त विवरणबारे पुरातत्वको प्रतिवेदनमा के छ, त्यो हेरौं।, जयनेपालको आँगनमा प्राप्त विवरणबारे त हामीले माथि चर्चा गरिसक्यौं। यसबाहेक जयनेपाल र लक्ष्मी बैंकको बीचमा पर्ने ठाउँमा १४x१६ फिट माथिल्लो सतह र सुरूङको २.५ मिटर अर्धगोलाकार गुम्बज संरचना भत्काई टुकुचा देखाइएको पुरातत्वको प्रतिवेदनमा छ।, लक्ष्मी बैंक क्षेत्रमा जमिनको सतहदेखि १२ फिट तल सुरूङको अर्धगोलाकार गुम्बज देखिन्छ। माथिल्लो सतहको २१x१४ फिट भत्काइएको छ भने तल गुम्बजको २ मिटर खण्ड भत्काएर टुकुचा देखाइएको छ।, त्यस्तै लक्ष्मी बैंकदेखि दक्षिण र काठमाडौं प्लाजादेखि उत्तरतर्फ दुई ठाउँमा डोजर प्रयोग गरी टुकुचाको खोजी गरे पनि फेला नपरेको प्रतिवेदनमा छ।, पुरातत्वले टुकुचाको स्रोत र योसँग जोडिएका केही सांस्कृतिक पक्षको पनि चर्चा गरेको छ।, कतिपय इतिहासविदले काठमाडौं उपत्यकाका अन्य नदीनालाजस्तै टुकुचाको उद्गमस्थल पनि शिवपुरी जलाधार क्षेत्र नै भएको र यो बुढानिलकण्ठबाट नारायणथान, बाँसबारी हुँदै चुनदेवी क्षेत्रमा प्रवेश गर्ने र त्यहाँबाट कालमोचन घाटमा गएर बागमती नदीमा मिसिने उल्लेख गरेका छन्।, पुरातत्वले भने टुकुचाको उद्गमस्थलबारे यकिन आधार नभएको जनाएको छ।, प्रतिवेदनमा चुनदेवी क्षेत्रका वयोवृद्धहरूलाई उद्धृत गर्दै भनिएको छ, 'चुनदेवी, गणेश बस्ती, टुसाल, चण्डोल लगायत क्षेत्र पहिले काठमाडौं उपत्यकाको सिमसार क्षेत्रमध्ये एक थियो। त्यही सिमसार क्षेत्रबाट निस्केको एउटा सानो खोला टुकुचा हो।', पुरातत्व अगाडि भन्छ, 'वर्तमान समयमा टुकुचा चुनदेवी, टुँडालदेवी मन्दिर, चिनियाँ दूतावास, नीलसरस्वती, नारायणहिति संग्रहालय, जयनेपाल हल, तीनधारा मार्ग, बागबजार, अद्वैतमार्ग, भृकुटी मण्डप, भद्रकालीस्थित सेनाको मुख्यालय हुँदै कालमोचन घाटमा पुगेर बागमतीमा मिसिन्छ। हाल टुकुचाको कुल लम्बाइ लगभग ६ किलोमिटर छ।', टुकुचा आसपास पर्ने प्रमुख धार्मिक स्थलमध्ये काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित चुनदेवी मन्दिर र त्यहाँ रहेको इक्षेश्वर कुवालाई नै टुकुचाको उद्गमस्थल मानिने प्रतिवेदनमा उल्लेख छ।, टुकुचा किनारमा अवस्थित अर्को महत्त्वपूर्ण सम्पदा टुँडालदेवी मन्दिर हो, पुरातत्व भन्छ, 'मन्दिरको गर्भगृहमा रहेको मातृका तेस्रो-चौथो शताब्दीतिरको मानिन्छ। करिब ३० वर्ष अगाडिसम्म उक्त क्षेत्र दाहसंस्कार गर्ने घाट थियो।', यसैगरी टुकुचा किनारमा रहेका अन्य सम्पदामा नील सरस्वती, कमलादी गणेश, कालमोचन घाटस्थित जंगम हिरण्य मन्दिर लगायत महत्त्वपूर्ण रहेको पुरातत्वले भनेको छ।, थप पढ्नुहोस्:, भत्काइएको सुरूङ नबनेपछि हात्तीसारमा टुकुचा डुङ्डुङ्ती, स्वयम्भू महाचैत्य पुनर्निर्माण र टुकुचा सुरूङ बनाउने जोगवीर स्थापितको कथा, जयनेपालमा भासियो टुकुचा सुरूङसँगैको सडकपेटी, पुरातत्वले टुकुचा सुरूङमा भेट्यो 'श्री ३ वीर' लेखिएको इँटा, टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, काठमाडौं महानगरले डोजर चलाएको टुकुचा सुरूङबारे पुरातत्वको प्रतिवेदन
सविता बुढा अहिले समाजिक सञ्जालमा कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा गाईलाई खाल्डोमा जिउँदै पुरिएको भन्ने चर्चा छ। , गाईलाई गाडिएका केही तस्वीर, भिडिओ सामाजिक सञ्जालमा आएका छन्। , छाडा गाईलाई जिउँदै गाडेर मारिएको भन्ने आरोप लागेपछि वेदकोट नगरपालिकाले भने यो विषयमा भ्रम फैलाइएको दाबी गरेको छ।, वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बाहिर सुनिए जसरी जिउँदै गाईलाई मारिएको भन्ने खबर झूटो भएको बताए।, बुधबार सो आरोप गलत भएको भन्दै नगरपालिकाले पत्रकार सम्मेलन गरी खण्डन गरेको छ। , नगरपालिकाका अनुसार मंसिर १८ गते शनिबारका दिन पशु व्यवस्थापनका क्रममा नगरपालिकामा भिड देखिएको थियो। त्यस दिन स्थानीयले २ सय बढी चौपाया ल्याएर नगरपालिकाको क्षेत्रमा हुलेर गएका थिए। , नगरपालिका क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको नौ किलोमिटर सडकमा गन्दा २५० को संख्यामा चौपाया रहेको नगरपालिकाले जनाएको छ। यिनैले किसानको धानको नोक्सानी गरेको  र अहिले फेरि गहुँ उम्रेको अवस्थामा त्यसले थप नोक्सानी गर्ने भन्दै स्थानीय किसान पटक पटक नगरपालिका आउने गरेका छन्।, गत हप्तामात्रै पनि किसानहरूले यो समस्या लिएर व्यवस्थापन गर्नुपर्यो भन्दै मेयरकहाँ पुगेका थिए।, नगरपालिकामा ल्याई छोडिएका गाई गोरुलाई  तत्कालका लागि मुसिकोटको व्यवस्थापन केन्द्रमा राख्ने कुरा भएको र त्यहाँ लगिएको उनले बताए।, हिँडाएर लगे बाटोमा समस्या हुन्छ भने पछि ठूला ट्रकमा लगिएको उनको भनाइ छ। , लैजाने क्रममा  वडा नम्बर ७ स्थित  पुतलीबजारमा एक समूहले ट्रक रोकेको र एक लाख दिए मात्र जान दिने भनेपछि समस्या आएको उनले बताए।, करिब १२/१४ घण्टासम्म खानापानी नखाएर गाई ट्रकमा रोकिएपछि केही मरेको र तिनैलाई खाल्डोमा पुरिएको मेयर बोहराले स्पष्ट पारे।, वेदकोट नगरपालिकाले अहिलेसम्म २ ठाउँमा छाडा पशुचौपाया व्यवस्थापन केन्द्र बनाएको मेयरले बताए।, ‘त्यसमध्येको वडा नम्ब्र १ मा बनेको चौपाया व्यवस्थापन केन्द्र जंगली हातीले ध्वस्त गरेको छ, त्यहाँ गाई राख्न नसकिएको र त्यसमा गरिको लगानी समाप्त भएको छ,’ उनले भने।, उनका अनुसार वडा नम्बर ६ को मुसेपानीको धार्मिक वनमा छाडा गाईगोरु व्यवस्थापना केन्द्र चालु अवस्थामा छ। त्यहाँ पराल संकलन, पानी र चरनको अनुमति वनले दिएको छ। , मरेका चौपाया व्यवस्थापन गर्न नगरपालिकाको दायित्व हुने तर जिउँदा चौपायालाई सुरक्षित व्यवस्थापन केन्द्र लगिएको मेयर बोहराले बताए।, यो समस्या समाधान गर्न पशु शाखाका अधिकृतको अध्यक्षतामा  छानबिन समिति गठन गर्ने मेयरले बताए।, ‘नगरपालिकामा देखिएको यो समस्यालाई दीगो व्यवस्थापनका लागि सुझाव संकलन गर्ने, समिति नै बनाएर काम गर्नेछौं,’ उनले भने।, वेदकोट नगरपालिकाले अहिलेसम्म छाडा पशुचौपाय व्यवस्थापन गर्ने शीर्षकमा एक करोड २१ लाख बढी बजेट खर्च गरिसकेको छ। , आर्थिक वर्ष २०७४/७५ मा ४० लाख बजेट छुट्याएकोमा ३६ लाख २४ हजार ३३१ खर्च गरेको छ।, यस्तै, यो नगरपालिकाले २०७५/७६ मा २३, लाख १७ हजार ५०५ रुपैयाँ विनियोजन गरेर ७ लाख ४५ हजार ९९३ लाख खर्च गरेको थियो। , छाडा पशुचौपाया व्यवस्थापनकै नाममा आर्थिक वर्ष ७६/७७ मा ५० लाख विनियोजन गरेकोमा २३ लाख ५३ हजार ७६९ खर्च भएको नगरपालिकाले पत्रकार सम्मेलन गरी जनाएको छ। , यस्तै, आर्थिक वर्ष ७७/७८ मा ४० लाख विनियोन भएकोमा २१ लाख १९ हजार ३२५ खर्च भएको छ। , गत आर्थिक वर्षमा वेदकोट नगरपालिकाले ५० लाख ३० हजार बजेट विनियोजन गरेकोमा २६ लाख ८९ हजार १४६ खर्च गरेको छ।  , यो वर्ष पनि पशुचौपाय व्यवस्थापनमा ४० लाख छुट्याएको छ भने अहिलेसम्म ५ लाख ६८ हजार ५ सय खर्च गरेको छ। , विगत ६ आर्थिक वर्षमा २ करोड ४३ लाख ४७ हजार ५०५ लाख बढी बजेट छुट्याएको छ भने १ करोड २१ लाख १ हजार ६४ रुपैयाँ बढी खर्च गरेको छ। , पहिलो कुरा त छुट्याएको सबै बजेट खर्च गर्न नसकेको वेदकोटले अहिले पशु चौपाया मारेर खाल्डोमा गाडेको आरोप लागेको छ। , छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले प्रत्येक वर्ष बजेट छुट्याए त्यो अनुसार काम नगरेको स्थानीय धनदेव विष्टले बताए।, ‘जति बजेट छुट्याए पनि छाडा गाईगोरुको समस्या जस्तोतस्तै देखिएको छ, हामीलाई धेरै समस्या छ, यसको व्यवस्थापन गर्ने निकायहरूले ध्यान दिएको छैन’, उनले भने।, सुदूरपश्चिमका तराई जिल्ला कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहमा छाडा गाईगोरुको समस्या जटिल बनेको छ।, छाडा गाई-गोरुलाई जिउँदै गाडेर मारिएको भन्ने खबर झूटो- वेदकोट नगरपालिका
सेतोपाटी संवाददाता दार्चुलाको नेपाल-भारत सिमानामा पर्ने महाकाली नदीमा भइरहेको एकतर्फी तटबन्धनको काम रोक्ने सहमति भएको छ। , महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचना रोक्ने सहमतिभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। , उनका अनुसार बुधबार बैठक बसेर हाललाई विवादित भएको ठाउँमा निर्माण भइरहेको तटबन्धन रोक्ने सहमतिभएको हो। , ‘भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धनको काम रोक्ने सहमतिभएको हो,’ उनले भने, ‘१० दिनको लागि उक्त काम रोकिने निर्णय गरिएको हो।’ , यस दश दिनको समयमा नदीको बहाव क्षेत्रलाई नेपाल र भारतको बीचमा पार्ने काम गरिनेछ। त्यसपछि मात्र के-कसरी काम गर्ने भन्नेबारे निर्णय गर्ने उनले बताए। , महाकाली नदीमा भारतले बनाइरहेको तटबन्धन रोक्ने सहमति
सेतोपाटी संवाददाता काठमाडौं महानरपालिकाले २८ ‍औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाउने भएको छ। , महानगरापलिकाले २८ औं स्थापनाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। , उनका अनुसार मंसिर २३ गते बिहान विशेष सरसफाइ गरी औपचारिक रूपमा कार्यक्रम सुरू गरी दिवस मनाइने छ। , २०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ गते महानगर दिवसका रूपमा मनाइँदै आएको उनले बताए।, कार्यक्रममा अनलाइनमार्फत् सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरूको रूची बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरू लागि चित्रकला र निबन्ध लेखन, शिक्षक स्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बीचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछ।  , यस्तै परम्परागत गुरूहरूको सम्मान, मेयर ११ र प्रमुख प्रशाकसीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुने बताइएको छ। , कलाहरूको प्रवर्द्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्बिर र प्रदर्शनी पनि हुनेछ।, मानन्धरका अनुसार महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न खाना मेला लगायतका विभिन्न कार्यक्रम हुनेछ। ,  , २८ औं महानगर दिवस सप्ताहव्यापी रूपमा मनाइने
रासस दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो।, बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरू नगर्ने सहमति बनेको छ।, भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको थियो। आज भएको छलफलमा दस दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो।, खलंगाका स्थानीयवासीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए।, नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यकबाहेकका अस्थायी निर्माण गरेका संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमतिसमेत भएको प्रजिअ उपाध्यायले जानकारी दिए। प्रजिअ उपाध्यायका अनुसार तोकिएको समय दस दिनभित्र सहमतिअनुसार काम गरे नगरेको अवस्थालाई हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने छ।, खलंगास्थित बांगाबगर क्षेत्रको पारिपट्टि भारतले महाकाली नदी नेपालतर्फ फर्किने गरी निर्माण गरिरहेको तटबन्धको चौतर्फी चर्चा भएको छ। नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमनसमेत गरेका थिए।, दार्चुला सीमा विवाद- महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति
रासस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।, पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक ठक्कर खाएको थियो।, बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ।, बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते छन्।, बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फरुपमा मात्रै यातायात सञ्चालन भएको छ। दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फीरुपमा सवारी सञ्चालनमा आउने उनले बताए।, नवलपुरमा बस र ट्रक ठक्कर खाँदा १७ जना घाइते
सेतोपाटी संवाददाता वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सवारी साधनबाट निस्केको धुवाँले वायु प्रदूषण बढाएको बताएको छ।, हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागको भनाइ छ।, वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ। साथै खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको विभाग बताउँछ।, काठमाडौं उपत्यकाभित्र सञ्चालन भइरहेका सवारी साधनमध्ये धेरैमा धुवाँ निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएको विभागले बताएको छ।, सवारी साधन परीक्षण गर्न पनि विभागले आग्रह गरेको छ। छड्के रूपमा सवारी साधनको धुवाँ निस्कासनको अवस्था परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेको पाइएको विभागको भनाइ छ।, सवारी साधनलाई मर्मत गरी दुरूस्त राख्न पनि विभागले भनेको छ। पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रूपैयाँसम्म जरिवाना हुने विभागले चेतावनी दिएको छ।, जुनसुकै बेला वातावरण विभागबाट सवारी साधनमा छड्के जाँच हुन सक्ने विभागले बताएको छ।, सवारी साधनको धुवाँले प्रदूषण बढायो, १ लाखसम्म जरिवाना लिन्छौं- वातावरण विभाग
लक्ष्मी गारु/रासस लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ।, यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’। हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ।, नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ। नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन्।, मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्। मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ।, ‘यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने।, कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो। यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन्। त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन्।, खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ। नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्।, यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ।, भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ।, धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ। यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ।, यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो। यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ।, यःमरी माग्दा यसरी गीत गाउने गरिन्छ।, त्य छिं त्य, बक छिं त्य , थाबले यागु सामा वलः, यःमरी छगः ती यः , व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती , न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई , तालापाता कुलिचां जुसें त्यः , यःमरी माकु, उकि दुने चाकु, व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा, अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो यःमरी एउटा देउ, यःमरी दिए तरुनी नदिए चाउरी बूढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी।, उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै यःमरी माग्न भने जान छाडेका छन्। युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन्।, यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ। यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ। नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ। हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ। पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ। त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ।, औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ। यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ। सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ।, आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ। यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ। सो हाँसीमा यःमरी राखेर बाफले यःमरी पकाइन्छ। करिब पाँच मिनेट जति बफाएपछि यःमरी तयार हुन्छ। अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ। पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ।, त्यसैले यो सबैलाई मन पर्दछ। सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठले बताए।, नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ। धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हिका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ।, विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो। यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको उनले बताए।, ‘बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ’, उनले भने। त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ। त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ।, त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ।, वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ। जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने पकवान यःमरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ। यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ।, यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ। यस पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ।, धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे। उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो। एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुपर्‍यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन्।, गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन्। त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन्। केही बेर ज्ञानगुणका कुराहरू गरेछन्।, त्यसपछि यःमरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तघ्र्यान भएछन्। कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन्। यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन्।, त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ। श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ। कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ। यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन्। बौद्धमार्गीले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अर्थ्याउँदै आएका छन्।, धुमधामले मनाइँदै नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’
सेतोपाटी संवाददाता नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ।, ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्।, आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्।, काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ।, चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गर्दछन्।, ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउने गर्दछन् । ज्यापु दिवसको अवसरमा वसन्तपुरमा निकालिएको  र्‍यालीमा सहभागी हुँदै काठमाडौं महानगरपाकिलाका पूर्व मेयर विद्यासुन्दर शाक्यले १९ औं राष्ट्रिय ज्यापु दिवसमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको बताए।, उनले नेपालका किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलनअनुसार सरकारले आजको दिनलाई राष्ट्रिय ज्यापु दिवसका रुपमा मनाउने गरेको समेत बताए। उनले आफ्नो कार्यकालमा महानगरपालिकाले काठमाडौं भित्र रहेका मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान शुरु गरेको र अहिले पनि सांस्कृतिक महत्वका कार्यक्रमहरुले स्थान बढी पाइरहेको बताए।, आज राष्ट्रिय ज्यापु दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।, वसन्तपुरमा मनाइयो ज्यापु दिवस
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'को चीनमा क्वारेन्टिनमा उपचार सुरू गरिएको छ।, पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरू भएको हो।, चौथो लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ। पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन्।, चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरूको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।, पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन्।, नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन्।, वर्षमान पुनको चीनमा अस्पतालको क्वारेन्टिनमा राखेर उपचार गरिँदै
सेतोपाटी संवाददाता भोट हाल्न गाउँ जाने क्रममा नरसिंह विष्टको हत्या गरिएको प्रकरणको अनुसन्धानका लागि वडा अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। , मंसिर ३ गते रातिदेखि बेपत्ता भएका दार्चुलाको ब्यास गाउँपालिकाका विष्ट निर्वाचनको दिन हत्या गरिएको अवस्थामा फेला परेका थिए।, विष्टको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आधारमा थप अनुसन्धानका लागि प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको हो।, बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। , दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट निर्वाचनमा भोट हाल्न भन्दै मंसिर ३ गते घर जान हिँडेको परिवार स्रोतले जनाएको छ। , भोलिपल्ट पनि घर नपुगेपछि उनको खोजी सुरू गरिएको थियो। सो क्रममा मंसिर ४ गते घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेका थिए।, मृतकको शरीरमा चोटपटक पनि देखिएको थियो।, अनुसन्धानका लागि प्रहरीले सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो। , मंसिर १२ गते प्रहरीले दीपकको घटनामा संलग्नता पुष्टि भएको भन्दै सार्वजनिक गरेको थियो। , दीपकले प्रहरीसमक्ष आफूले मादक पदार्थ सेवन गरी विवाद भएका बेला टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको भनेका थिए।, यस विषयमा प्रहरीले अन्य केही व्यक्तिको संलग्नता रहेको सूचना पाएपछि अनुसन्धान जारी राखेको छ।, नरसिंह विष्टको मृत्यु प्रकरण: वर्तमान र पूर्व-वडाध्यक्षसहित तीन जना पक्राउ
युवराज पाण्डे दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन्।, सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन्। कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन।, खरले निर्माण भएका फुसका घर र बालबालिका धुलाम्मे भएर खेलिरहेको दृश्यले यो स्थानमा सरकार भएको वा नभएको कुनै अनुभूति हुँदैन। स्थानीय सरकार विगतको तुलनामा अहिले विकासले गति लिएको जिकिर गरिरहेको छ।, नरैनापुर–५ मटहैयाका विनय दीक्षितले अहिले नरैनापुर आउन भारतीय सडकको प्रयोग गर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै साक्षरताको अभावले यहाँको विकासले गति लिन नसकेको जानकारी दिए।, स्थानीय सरकार निर्माण भए पनि प्रभावकारी रूपमा काम गर्न नसेकेको गुनासो गर्दै उनले अनुत्पादक ठाउँमा स्थानीय सरकारले बजेट खर्च गरेको आरोप लगाए।, दीक्षितले भने, 'धार्मिकस्थलमा बढी बजेट खर्च भएको छ, त्यसले परिणाम दिएको छैन।', नगदे बालीका रूपमा उखुखेती र फलफूल खेती गरेर पनि स्थानीयवासीले आम्दानीको स्रोत बढाउन सक्ने बताइएको छ।, उनले औद्योगिक ग्राम निर्माण गर्ने ठाउँमा रंगशाला निर्माण भएको जानकारी दिँदै लगानी अनुसारको प्रतिफल पाउन नसकेको र कृषिमा भएको लगानी खेर गएको बताए।, सिँचाइको अभाव हटाउन स्थानीय नहरलाई प्रयोगमा ल्याउन सकिने र त्यसबाट उत्पादनमा वृद्धि गर्न सकिने बताइन्छ। विद्युतीकरण भएपछि मोटर चलाएर गहुँ लगायतका खेतीमा सिँचाइ गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन।,  , गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पाँच वर्षअघिको गाउँपालिका र अहिलेको गाउँपालिकामा भिन्नता आएको उल्लेख गर्दै सडक पूर्वाधारको विकास भएको बताए।, उनले भने, 'विद्युतीकरण भएको थिएन, त्यसको व्यवस्थापन गरिएको छ र शिक्षाको विषयलाई प्राथमिकता दिइएको छ।', अध्यक्ष साहले बालबालिकाको संख्या बढ्दै गएकाले विद्यालय वा मदरसामा बसेर पढ्ने स्थानको अभाव भएको उल्लेख गर्दै सरकारसँग शिक्षाको विशेष प्याकेज माग गरेको बताए। सो गाउँपालिकामा मदरसासहित ४४ विद्यालय छन्।, अहिले पनि यहाँको आधारभूत आवश्यकताका लागि भारतीय बजारमा निर्भरता रहेको र कृषिमा समेत परनिर्भरता नघटेको बताइएको छ।, स्थानीयको आम्दानी स्रोत बढाउन पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष साहले उद्योग स्थापनाका लागि पनि छलफल भइरहेको बताए।, उनले नरैनापुरलाई अगैया बजारसँग जोडेपछि गाउँपालिकाको विकास तीव्र हुने जनाउँदै शिक्षा, स्वास्थ्य र सडक निर्माणपछि नरैनापुरका स्थानीय विकासको लयमा फर्कने विश्वास रहेको उल्लेख गरे।, नरैनापुर–६ कुदरवेटवाका त्रिभुवनप्रसाद यादवले नरैनापुरको विकास सुस्तगतिमा भइरहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यमा पहुँच बढेको बताए।, तराईमा भएका स्थानीयवासीको अर्थावस्था कमजोर भएकाले खरले छाएका फुसका घर रहेको औंल्याउँदै उनले सरकारले पनि फुसका घर हटाउने नीतिअनुसार ती घरलाई विस्थापन गरेर टिनले छाएको घर निर्माणमा जोड दिएको बताए।, यादव भन्छन्, ‘अब सहरी विकासको योजना अघि सारेर मात्रै सहरीकरणलाई बढावा दिन सकिन्छ।’ , यस गाउँपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ।, नेपालगञ्ज बजारबाट करिब ४६ किलोमिटर पूर्व दक्षिणमा पर्ने गाउँपालिका साविकका छ गाविस मिलेर गाउँपालिका भएको थियो। नरैनापुरको उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ बाँकेको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना पर्छ। ,रासस, विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी
रासस पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरू भएको छ।, सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवाला निकायले जोड दिएका छन्।, सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरू गरिएको बताउँछन्।, 'रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौं', उनले भने। , सो अभियानलाई पाल्पाको रामपुरबाट सुरू गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय–सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताए।  , सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन्।, हाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत रामपुर–५ स्थित मटेरी ठूलोटारबाट अभियान सुरू गर्न त्यहाँ अहिले सार्वजनिक र निजी जग्गा छुट्याउने काम भइसकेको नगरप्रमुख थापाले जानकारी दिए।, 'रामपुरलाई सुन्दर र हरियाली सहर बनाउने सङ्कल्प लिएका छौं, हाललाई कायम भएको बाटोको मापदण्डअनुसार अनधिकृत रूपमा बनेका संरचनालाई हटाउनेछौं', उनले भने, 'राष्ट्रिय गौरवका योजनापश्चात नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाइनेछ।', रामपुर नगरले बजारमा अव्यवस्थित रूपमा सडकपेटी मिचेर राखेका सामान जफत गर्ने अभियानसमेत सुरू गरेको छ। सडकपेटी मिचेर छरपस्ट राखिएका सामानले बजारमा दुर्घटनाको जोखिम बढेको थियो। अहिले सो अभियानले रामपुरको मुटु मानिने बेझाड बजार व्यवस्थित बन्दै गएको छ।, पाल्पा क्षेत्र नं १ (१) मा प्रदेशसभा सदस्यमा नवनिर्वाचित राजुप्रसाद श्रेष्ठले पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको र तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिएको बताए।, 'विसं २०५४ मा साविक रामपुर गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दादेखि नै सार्वजनिक जग्गा संरक्षणमा अग्रसर भएर लागेको हुँ, त्यसयता सार्वजनिक जग्गा हडप्ने कार्यमा केही स्थिरता आएको छ, सार्वजनिक जग्गामा बनेका संरचनालाई हटाएर यसलाई व्यवस्थित बनाउनुपर्छ', उनले भने।, राजनीतिक दलले अडान लिन नसक्दा सार्वजनिक जग्गा हडप्ने कार्य भएको हुँदा बाटो मिचेर बनाइएका घर, भवन भत्काउनुपर्ने समाजसेवी फणेश्वर गौतमले बताए।, साँच्चिकै सुकुम्बासी हुन् या होइनन् पहिल्याएर सुकुम्बासी भएमा सार्वजनिक जग्गामा बसोबास गर्न दिनुपर्ने र अन्यत्र पालिकामा स्थायी बसोबास रहेका तर रामपुरमा अस्थायी रूपमा सार्वजनिक जग्गा हडपेर बसेका छन् भने तिनलाई हटाउनुपर्ने समाजसेवी तथा ज्येष्ठ राजनीतिज्ञ देवराज ढकालले बताए। , मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सार्वजनिक जमिन संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय निकाय वा प्रशासनको रहेको बताउँछन्।, सबैभन्दा पहिला रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने यहाँका स्थानीयबासीको माग छ।, राजनीतिक शक्तिको आडमा रहेर रातारात सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनाउने गलत प्रवृत्ति छ। त्यसलाई रोक्न र सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण गर्दै बाल खेल संसारको योजना समितिले ल्याएको छ।, रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान
राजु अधिकारी अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा अवैध रूपमा बैकिङ कारोबार गरिरहेका व्यापारीलाई पैसा जिम्मा लगाउँदा धेरै सर्वसाधारणको रकम जोखिममा परेको पाइएको छ। , खासगरी सुनचाँदी पसल सञ्चालकहरूले वित्तीय संस्थाले झैं गरी पासबुक बनाउने, सर्वसाधारणबाट बचत संकलन गर्ने अवैध काम गर्दा तिनकहाँ रकम जम्मा गर्नेको लगानी जोखिममा परेको हो।  , मोरङको सुन्दरहरैचा नगरपालिका १० मा कुखुरा फार्म चलाउँदै आएका इन्द्र पुरीले अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा स्थानीय बजारमै रहेको कमला ज्वेलर्समा नियमित बचत गर्दै आएका थिए।, ज्वेलर्सका सञ्चालक राजु विश्वकर्माले कम्तीमा १८ देखि बढीमा २४ प्रतिशतसम्म ब्याज दिने भनेपछि पुरीले पटक–पटक गरेर ज्वेलर्समा १० लाख रुपैयाँ जम्मा गरेका थिए। , तर, उनी त्यसबेला खंग्रङ्ग बने, जतिबेला ज्वेलरी सन्चालक विश्वकर्मा उनीजस्तै अरु बचतकर्ताको उजुरीका आधारमा प्रहरी फन्दामा परेको थाहा पाए। ‘राम्रो ब्याज पाइन्छ भनेर पैसा ज्वेलर्सकहाँ राखेको थिएँ,’ जिल्ला प्रहरी कार्यालय मोरङमा आइपुगेका पुरीले भने ‘अहिले त हामीलाई ब्याज दिन्छु भन्ने मान्छे नै प्रहरीमा थुनिएको थाहा पाउँदा छक्क परेको छु।’ उनले आफ्नो १० लाख रुपैयाँ डुब्ने चिन्ताले सताएको सुनाए। , वित्तीय संस्थाले जस्तै गरी अवैध रूपमा बैकिङ कारोबार चलाउँदै आएका ज्वेलर्स सन्चालकबाट ठगिनेको सूची लामो भएको मोरङ प्रहरीले जनाएको छ। , प्रहरीले कमला ज्वेलर्सका सञ्चालक विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान गर्दा ५५ जनाको १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको भेटिएको छ।  ‘अहिले उजुरी दिन आउनेको संख्या बढ्दै गएको छ,’ डिएसपी टिकाबहादुर कार्कीले भने ‘सुरुमा १५ जनाको मात्रै उजुरी आएको थियो। अहिले ५५ जना पुगिसकेको छ। अरु पनि हुनसक्ने सम्भावना देखिन्छ।’ प्रहरीका अनुसार सर्वसाधारणबाट संकलन गरेको रकम अभियुक्तले घरजग्गामा लगानी गर्ने गरेको पाइएको छ। , सर्वसाधारणमा वित्तीय साक्षरता अभावले यस्तो समस्या आउने गरेको सहकारीकर्मीहरु बताउँछन्। ‘कहाँ पैसा जम्मा गर्ने, कोबाट ऋण लिने, कोबाट नलिने भन्ने ज्ञान अभावमा यस्तो अवस्था आउनसक्छ’, पूर्वीद्वार सहकारीका अध्यक्ष विपी भट्टराई भन्छन् ‘यस्तो ठगीधन्दा चलाउनेहरुबाट सर्वसाधारण जोगाउन वित्तीय साक्षरताको खाँचो देखिन्छ।’ , कानुन अनुसार कुनै पनि संस्थाले बैकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने हुन्छ। तर, कुनै पनि प्रकारको स्वीकृति नलिइ बैकिङ कारोबार चलाउनेहरुका कारण सर्वसाधारण ठगिँदै आएका छन्। यसअघि मोरङकै उर्लाबारी र बुढीगंगामा पनि सुन्दरहरैंचाको जस्तै सुनचाँदी पसल सन्चालकले पासबुक छापेरै बैकिङ कारोबार गरेको भेटिएको थियो।, धेरै ब्याजको लोभमा व्यक्तिकहाँ पैसा बचत गर्दा करोडौं रकम जोखिममा
सेतोपाटी संवाददाता चितवनमा मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै काठमाडौंबाट मुग्लिन जाँदै गरेको बाइक र विपरीत दिशाबाट आउँदै गरेको गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। , बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको गाडी ठोक्किएका हुन्। , दुर्घटनामा घाइते भएका जर्मन नागरिक माइकल मेएर ओल्बरस्लेबेनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। , गाडीका चालक २१ वर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना घाइतेको उपचार भइरहेको छ। ,  , फिस्लिङमा गाडीसँग मोटरसाइकल ठोक्किँदा जर्मन नागरिकको मृत्यु
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ। , बिहीबार दिउँसो सवा २ बजे उडेको इन्डिगो एयरको विमानका एक जना यात्रु बिरामी परेपछि आकस्मिक अवतरण भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जिसीले जानकारी दिए। , १६१ यात्रु बोकेको विमानमा सल्यान घर भएका रूद्रवीर खत्री पनि सवार थिए। उनमा छारे रोगको समस्या देखिएको एसएसपी जिसीले बताए। , उनमा विमान उडेको केहीबेरमै एक्कासि समस्या देखिएपछि अवतरण गरेको हो। जिसीका अनुसार विमान उडेको सात मिनेटपछि नै अवतरण गरिएको थियो। , अहिले उनको उपचारको लागि नर्भिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। , उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनका आफन्त पनि सम्पर्कमा आइसकेका छन्।, यता उक्त विमान भने दिल्ली गइसकेको छ।,  , दिल्ली उडेको विमानका यात्रु बिरामी परेपछि आकस्मिक अवतरण
रासस पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरू गरिएको थियो।, तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरू गरिएको थियो।, पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनीले ठेक्का लिएको थियो।, आव २०७३/७४ मा रु २८ करोड लागत अनुमान गरिए पनि रु २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरिएको थियो। हालसम्म भवनको ६० प्रतिशतमात्रै प्रगति भएको अस्पतालले जनाएको छ। , अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माणकार्य भने अधुरो अवस्थामै छ।, आव २०७६/७७ मा भवन निर्माण सक्ने लक्ष्य लिइएको भए पनि अझै काम बाँकी नै छ। , गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनमा पाँच ब्लक छन्।, समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ।, समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए। , उनले पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण कार्य अलपत्र परेको बताए।, सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको छ, करोडौंको योजनामा झारा टार्ने शैलीमा काम गरेका छन्।’ , पचास शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताउनुभयो । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ २०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो।, लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवनको यसै आर्थिक वर्षमा निर्माणकार्य सम्पन्न नभएमा ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए।, तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए।, मेहलकुना अस्पतालको नयाँ भवन निर्माण अधुरै
सेतोपाटी संवाददाता ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृत्यु भएको छ।, सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीले जानकारी दिए।, उनका अनुसार चौधरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।, ‘घरमा बुधबार बिहान ९ बजेतिर उनी आफ्नै कोठामा झुन्डिएकी रहिछन्,’ उनले भने, ‘त्यसपछि अर्धचेत भएकी उनलाई परिवारले पाटन अस्पताल पुर्‍याएको थियो।’, पाटन अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको एसपी शाहीले बताए।, उनका अनुसार चौधरी केही समयअघि मात्रै स-परिवार घर गएकी थिइन्। त्यसपछि मंसिर छ गते काठमाडौं फर्किएर बुधबार कलेज पनि गएकी थिइन्।, ‘लामो समयपछि उनी हिजो कलेज गएकी रहिछन्। कलेजमा अनुशासन विभागका प्रमुखले केही साधेका रहेछन्। यो कुरा अनुसन्धानको विषय रहेको छ,' उनले भने, ‘सो क्रममा उनलाई कलेजले निष्कासन समेत गरेको रहेछ।’, कलेजले ती शिक्षकलाई निलम्बन गरेको समेत उनले बताए।, चौधरीको शव पोस्टमर्टमका लागि पाटन अस्पतालमा राखिएको छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।, झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।, महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।, महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। , महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ।, ‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।’, काठमाडौँ महानगरले फोहोर न्यूनीकरण अभियान थाल्ने
सेतोपाटी संवाददाता काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ।, मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो।, अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घरघरमा वितरण गर्ने गरिन्छ।, गत वर्ष पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो। तर बर्खा लागेपछि मेलम्चीको पानी ल्याउन छाडिएको थियो।, खानेपानी मन्त्री उमाकान्त चौधरीले आज महाँकालमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको सुरूवात गर्नेछन्।, मेलम्ची खानेपानी विकास समितिले अब छ महिना मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सकिने र कुनै अवरोध नआउने बताइरहेको छ। अम्बाथानमा अस्थायी संरचना तयार गरेर पानी ल्याइएको छ।, आजदेखि दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। , आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ।, गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरूङको अन्तिम विन्दुमा यहीँ मंसिर १८ गते आइपुगेको पानी सुरूङमा सुरूङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरूङ जम्मा भएको फोहर सफा गर्न सुरूङको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका ईञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यहीँ मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो।, केही दिन सुरूङमा भरिएको पानी बिहीबारदेखि महांकालचौर शाखामा पठाइएको उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको थियो।, असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो। आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।, यहीँ मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरूङ सफा गरेको थियो। पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ। यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।, वर्षामा बाढी आएर सुरूङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो। विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो। , मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ। अर्बौ रकम खर्च गरेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा मात्र पानी आउन थालेपछि राजधानीवासी काकाकुल हुनुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।, आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए। राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो।, नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायीरुपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो।, मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक जना पुरूष मृत फेला परेका छन्। , पुनर्वास नगरपालिका वडा नम्बर ११ अम्मरबस्तीका अन्दाजी ४५ वर्षीय हरि कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी शुक्रबार बिहान बेलौरी सडकखण्डको छेउमा मृत फेला परेका हुन्। , घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, कञ्चनपुरमा सडकखण्ड छेउमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका -१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। , उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो। , ‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,' उनले भने, 'छोरीलाई भेट्न जाँदा खसेर मृत्यु भएको हो।' , कसरी खसेर मृत्यु भएको भन्नबारे थप अनुसन्धान भइरहेको उनले बताए। ,  , बिरामी छोरीलाई भेट्न गएकी थिइन्, अस्पतालको तीन तलाबाट खसेर बितिन्
सेतोपाटी संवाददाता धनगढीमा एक युवती मृत फेला परेकी छन्। , धनगढी उपमहानगरपालिका–६ जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–६ की उनी दिदीको घरमा बस्दै धनगढीमा पढिरहेकी थिइन्। , प्रहरीका अनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि प्रहरीलाई खबर आएको थियो।, हाल घटनास्थलमा प्रहरी खटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, धनगढीमा भान्छा कोठामा मृत भेटिइन् युवती
सेतोपाटी संवाददाता नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ।, नेपालका लागि जापानी राजदूत  युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्।, सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई रोजगारीमा सहयोगको उद्देश्यले काठमाडौंको अनामनगरमा जापान टाउन सञ्चालनमा ल्याइएको बताइएको छ।, ‘टोकियोमा पनि एक सानो काठमाडौं छ। नेपालमा पनि सानो जापान स्थापना भएको छ,’ उद्घाटन समारोहमा राजदूतल टिकुताले भनेका छन्।, नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन बोर्ड र आइडिया स्टुडियोको सहकार्यमा नेपालमा प्रविधि क्षेत्रमा रहेको अवसरबारे अन्तर्क्रिया समेत भएको थियो।, सूचना प्रविधि क्षेत्रमा काम गर्ने ३६ बढी जापानी प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए।, उनीहरूले नेपालको जनशक्तिको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतविद्धता जनाएका छन्।, नेपाल-जापानबीच व्यापारिक साझेदारीका लागि जापान टाउन स्थापना
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य शुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।, आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।, ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेनले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो।, फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ। चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिनेछ।, जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ।, शुरूमा ब्यारेकेडहरू राखेर काम शुरू गरिनेछ। काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो। फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपाँग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ।, कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ।, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाँग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, ग्वार्कोमा फ्लाइओभर निर्माण शुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्यो
रासस कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।, बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए।, ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ। उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ,’ उनले भने।, दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए।, ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ। यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने।, विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए।, ‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ। आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ,’ उनले भने।, २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई वडाले पैसा दिने
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.८ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९.९ डिग्रीको अनुमान गरिएको छ।, मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ। , हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको ।, तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ।, मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ।, दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए।, हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ५, जुम्लामा माइनस ३.८, र जिरिमा १.८ रहेको छ।, पानी पर्‍यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए।, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  , तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।, देशभर चिसो बढ्यो
सेतोपाटी संवाददाता मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ।, गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।, अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।, उनकाअनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर-घरमा पठाइनेछ।, ‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने।, मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन्।, तर सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ। नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन।, काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन्।, केही दिनअघि काठमाडौं १ का सांसद प्रकाशमान सिंहले अम्बाथान पुगेर आयोजनाको अहिलेको अवस्थाबारे बुझेर फर्केका थिए।, सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, काठमाडौंका घर-घरमा आउन कति दिन लाग्छ?
रासस नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ।, मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।, दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए। , उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए।, नारायणगढ–मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा चालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।, आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।, उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्।  उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो। , तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाएको मृतकका आफन्तको भनाइ छ। त्यसपछि आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको मृतकका काका उत्तम न्यौपानेले बताए। , ‘उनीहरूले बारम्बार फोन गरेर सामान लिन बोलाएपछि पुष्पा त्यहाँ पुगेकी थिइन्। उनीहरूको घरअगाडि नै हाम्री छोरी जलिन्,’ उनले भने, ‘२० मिनेटसम्म पनि उनी जलिरहिन्। तर उनीहरूले बचाएनन्।’ , पछि केटाका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी उनी जलेको जानकारी गराएका थिए। तर उनीहरूले अस्पताल नपुर्‍याई मर्न दिएको आरोप  पुष्पाका परिवारको छ। , पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। , त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। , पुष्पाले आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छ। यद्यपि केटा पक्षको परिवारले जलेको देख्दा पनि उद्धार नगरेको हुँदा आत्महत्या नभएको उत्तम बताउँछन्।   , पुष्पाका परिवारले इन्गेजमेन्ट तोड्ने केटासहित उनको परिवारका चार जनाविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएको थियो। , मृतकका काका उत्तम न्यौपानेका अनुसार प्रहरीले चारै जनालाई सुरूमा हिरासतमा लिएको थियो। तर पछि केटालाई मात्र काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरी अन्यलाई छाडेको छ।  , पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे।, दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो। , पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए। , ‘पुष्पा काम गर्ने शो रूममा आउँदा चिनेका रहेछन्। फेसबुकको डिटेल्स लिएर उनीहरूबीच कुराकानी अघि बढेको थियो,’ काका उत्तमले भने, ‘पुष्पाले विवाह नै गरौं। माग्न आऊ भनेपछि हामीले पनि सहमति जनाएका थियौं।’, केटालाई आफूले पनि चिनेको हुँदा उनीहरूको विवाहमा राजी भएको उनले बताए।, अहिले के कारणले इन्गेजमेन्ट तोडेको जानकारी नै नदिएको उत्तम बताउँछन्। , ‘हामीले कारण सोध्दा पनि पुष्पालाई थाहा छ भने। केही कारण नै नबताई सम्बन्ध तोडे,’ उनले भने, ‘हामीले बुझ्दा केटाको अर्कैसँग अफेयर भएकाले त्यस्तो गरेका हुन् रे।’, उनीहरूबीच इन्गेजमेन्ट भएपनि कहिले विवाह गर्ने भन्ने टुंगो लागिसकेको थिएन। , घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगनञ्जले गरिरहेको छ। , धुम्बाराहीमा जलेकी पुष्पाको कीर्तिपुर अस्पतालमा मृत्यु
रासस पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ।, परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो।, न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री  प्रयोग भने हिजोआज घट्दै गएको छ।, गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ।, गाउँ–गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ। विकल्पमा बजारमा पाइने प्लास्टिकका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन्।, कावासोती नगरपालिका–११ लालकुमारी महतोले विगतका वर्षहरूमा फुर्सदको समय गुन्द्री बुन्ने गरे पनि अहिले गुन्द्री बुन्न छाडेकी छन्।, पक्की घरमा मात्रै नभएर छरितो र सफाका लागि कच्ची घरमा समेत परालका गुन्द्रीको प्रयोग घटेको छ। आफैंले बुन्ने गुन्द्रीका लागि श्रम र समय लाग्ने भएकाले पनि सजिलो विकल्पका रूपमा प्लाष्टिकको गुन्द्री रोजाइमा पर्न थालेको महतो बताउँछिन्। , घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले पनि घरमा गुन्द्री बुन्ने चलन घट्दै गएको कावासोती–११ की भीमकुमारी भट्टराईले बताइन्।, 'पराल, जुट किनेर आफ्नो मेहनत जोड्दा एउटा गुन्द्रीको सात सय रुपैयाँ जति पर्न जान्छ। परालको एउटा गुन्द्रीको पैसाले प्लास्टिकका तीन गुन्द्री पाइन्छन्, टिकाउ र सफा पनि हुन्छ', उनले भनिन्।, गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको कावासोती नगरपालिका–११ की लक्ष्मी भुसाल बताउँछिन्। , समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उनको बुझाइ छ।, 'गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन। यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ। गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ। तुलनात्मक रूपमा प्लाष्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ', उनले भनिन्।, बजारमा पाइने प्लाष्टिकबाट बनेका गुन्द्रीको प्रयोगले  पुख्र्यौली सीप हस्तान्तरणमा पनि कमी आएको कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारी पौडेल बताउँछन्। , नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या पनि घट्दै गएको हो।, आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई  जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना  परम्पराको महत्व सिकाउनुपर्ने उनले बताए।, परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप हराउँदै
सेतोपाटी संवाददाता कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ।, एक महिलाले न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडित महिलाले मंसिर पहिलो साता नै जाहेरी दिएको प्रहरीले जनाएको छ।  , यता न्यायाधीश गिरीले पनि ती महिलाविरूद्ध चोरीको मुद्दामा जाहेरी दिएका छन्।, यी दुबै उजुरी दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीनबहादुर घलेले जानकारी दिए। , ‘बलात्कार आरोपमा न्यायाधीश गिरीविरूद्ध निवेदन आएको छ,’ डिएसपी घलेले भने, ‘जाहेरी दिन आएकी महिलाविरूद्ध पनि न्यायधीश गिरीले चोरीको आरोप लगाउँदै जाहेरी दिनुभएको छ। तर हामीले दुबैको मुद्दा दर्ता गरेका छैनौं। प्रारम्भिक अनुसन्धान गरिराखेका छौं।’, जाहेरी किन दर्ता नगरिएको भन्ने प्रश्नबारे उनले थप बताउन चाहेनन्।, कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कार आरोप
सेतोपाटी संवाददाता पटक/पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरूवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरू गरेको छ। , ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो। , मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन्।, व्यापारी र केही स्थानीयको अवरोधबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ। , नगर सफा राख्ने कार्यमा नगरबासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ। , सडकपेटी खाली गराउन पुगेका नगरप्रमुख केदार भण्डारीले पटक/पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए।, उनले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको बताए।, तस्बिरहरू:, नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं महनगरपालिकाले लोक सेवा आयोगको परीक्षा पास गरेर वेटिङ लिस्टमा भएका इन्जिनियरलाई करारमा जागिर दिने भएको छ।, महानगरका अनुसार पूर्वाधार कामका लागि इन्जिनियर राख्नुपर्ने हुँदा गत वर्ष लोकसेवाको परिक्षा दिएर वेटिङमा परेकालाई प्राथमिकता दिएको हो। , मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरले गत वर्ष लोक सेवाले खुलाएको विज्ञापनमा पास भई वेटिङ लिस्टमा रहेका उम्मेदवारलाई जागिरका लागि निवेदन दिन भनेको हो। , महानगरले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियरले सात दिनभित्र कागजातसहित निवेदन दिन भनेको छ।,  , लोकसेवा पास भई वेटिङमा बसेका इन्जिनियरलाई काठमाडौं महानगरले करारमा जागिर दिने
सेतोपाटी संवाददाता पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। , झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। , उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए। त्यसबापत १२ लाख रुपैयाँ लाग्ने बताएका थिए। पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने फ्रुटकिपिङको काम लगाइदिने भनेर विश्वासमा लिएको एसपी रेग्मीले बताए। , त्यसरी प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। वैदेशिक रोजगार विभागमा उजुरी परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो। , प्रहरीले उनलाई पक्राउ गरी विभागको कार्यालयमा पठाएको छ। ,  , पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख ठगी गरेको आरोपमा एक पक्राउ
रासस काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। , हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। , कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन्।, पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ। , कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ। , दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएकी थिइन्।   , महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा  नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो। तर हालसम्म चार वटा मात्र निर्माण भएको छ। महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन। , हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ। त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चाबहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ।, आकाशे पुल मर्मत गर्दै काठमाडौं महानगर
सेतोपाटी संवाददाता साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ परेका छन्। , ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको एसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिए। , चितवन रत्ननगर नगरपालिका-५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतोलाई साइबर ब्युरोले पक्राउ गरेको हो। उनले ‘साइबर ब्युरो नेपाल’ नामको फेसबुक पेज बनाएको आरोप छ। , उनलाई चितवन प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो।, उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।   ,  , साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक पक्राउ
सुदीप श्रेष्ठ काठमाडौंको हात्तीसारमा भूमिगत सुरूङबाट बग्ने टुकुचालाई सतहमा ल्याउने भन्दै मेयर बालेन शाहले साढे दुई महिनाअघि त्यहाँका घरहरूमाथि डोजर चलाएका थिए।, त्यसयता हात्तीसारका जग्गा/घरधनीहरू आफ्ना लालपुर्जा, नापीनक्सा र महानगरले नै पास गरेर दिएको घरको नक्सा बोकेर अदालत गएका छन्। पुरातत्व विभागले पनि टुकुचा बग्ने गुम्बज शैलीको सुरूङ आजभन्दा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा बनेको पुष्टि गर्दै आफ्नो अनुमतिबिना उक्त ‘पुरातात्विक सम्पदा’ नबिगार्नू-नभत्काउनू भनेको छ।, हात्तीसारका पीडितहरू अब आफ्नो सम्पत्तिको नोक्सानीबापत् काठमाडौं महानगरसँग क्षतिपूर्ति मागिरहेका छन्। महानगरले भत्काएको घर–पर्खाल उसैले बनाइदिनुपर्ने मागसहित उनीहरू अर्को मुद्दा हाल्ने तयारीमा छन्।, यति मात्र होइन, डोजरले कोपरेर ह्वांग पारिएको टुकुचा सुरूङ जतिसक्दो छिटो पुनर्निर्माण गरिनुपर्ने आवाज पनि यहाँ उठ्न थालेको छ। यसका लागि पीडितहरूको हस्ताक्षर संकलन गरेर पुरातत्व विभागमा ज्ञापनपत्र दिने तयारी भइरहेको स्थानीय योगेश मिश्र बताउँछन्।, ‘टुकुचा सुरूङ पुरातात्विक सम्पदा भएकाले अब यो विषय हेर्ने सरोकारवाला निकाय पुरातत्व विभाग हो। त्यसैले भत्काइएको सुरूङ जतिसक्दो छिटो पुरानै अवस्थामा बनाउनुपर्‍यो भनेर हामी पुरातत्वलाई भन्न जाँदैछौं,’ उनले भने, ‘क्षतिपूर्तिको जिम्मा महानगरले लिओस्, पुनर्निर्माणको काम पुरातत्वले अघि बढाओस्।’, स्थानीयले क्षतिपूर्ति र सुरूङ पुनर्निर्माणको माग गर्नुमा केही कारण छन्। महानगरले खाल्डो खनेका ठाउँमा डिल भासिँदै गएकाले जोखिम बढेको र खुला टुकुचाबाट डुङ्डुङ्ती दुर्गन्ध फैलिन थालेको उनीहरूको भनाइ छ।, स्थानीयले उठाएका यिनै विषयबारे जान्न हामी सोमबार हात्तीसार गयौं र जयनेपाल हलदेखि कमलादीसम्म जहाँ जहाँ डोजर चलेको थियो, त्यहाँ त्यहाँको अवस्था हेर्‍यौं।, जयनेपाल हलको आँगनमा महानगरले खनेको खाल्डो देखाउँदै हात्तीसारका स्थानीय योगेश मिश्र। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हाम्रो यात्रा सुरू हुन्छ जयनेपाल हल प्रांगणबाट, जहाँ भदौ ३० गते महानगरले पहिलोपटक टुकुचाको भूमिगत सुरूङ खोतलेको थियो। आज यो ठाउँको दुरावस्था सडकबाटै प्रस्ट देखिन्छ।, पहिले महानगरले खनेको ठाउँ र सडकको बीचमा जयनेपाल हलको पर्खाल थियो। पर्खाल भत्किएपछि जस्तापाताले बारियो। त्यही जस्ताले बारिएको ठाउँ पनि अहिले सग्लो छैन। पर्खालको अवशेष गर्ल्यामगुर्लुम तल खसेको छ। जस्तापाता सबै उक्किएका छन्। कुनै पूर्व फर्किएका छन्, कुनै पश्चिम।, महानगरले खनेर अलपत्र छाडेको खाल्डो अहिले निकै चौडा भएको छ। खाल्डो वरिपरिका डिल भासिँदै गएका छन्। माटो फुसफुस झर्दैछ, इँटाहरू पत्रपत्र उक्किएका छन्। यसले जयनेपालको आँगन मात्र होइन, बाहिरको सडकपेटी पनि भत्किएको छ।, महानगरले खनेको एक सातामै सडकपेटी भासिएर प्वाल परेको थियो। त्यो प्वाल टुकुचा सुरूङसम्मै ह्वांग खुलेको थियो। यति हुँदा पनि मान्छेको ओहोरदोहोर रोकिएको थिएन। आधी पेटीमा हिँडडुल गर्न मिल्थ्यो। अहिले पूरै भासिएकाले ओहोरदोहोर बन्द छ।, खाल्डो चौडा हुँदै जानु र वरिपरिका संरचना भासिनुको मुख्य कारण महानगरले कुनै सुरक्षा उपाय नअपनाई जथाभाबी डोजर चलाउनु हो।, कुनै पनि भूमिगत संरचना खन्नुभन्दा पहिला छेउछाउमा टेकाहरू दिनुपर्छ। गहिरो खाडल खन्दा त झन् टेका नलगाई हुन्न। टेका लगाएन भने छेउछाउको माटो फुसफुस झरेर डिल भासिँदै जान्छ। केही इञ्जिनियरले त्यति बेलै महानगरले कुनै छेकबारबिना १५ फिट खाल्डो खनेकाले जोखिमपूर्ण हुनसक्छ भनेका थिए। महानगरले त्यसको सुनुवाइ गरेन, जसको परिणाम आज देखिएको छ।, हात्तीसारका स्थानीय योगेश मिश्र खाल्डोमा दिनप्रतिदिन माटो खस्दै गएको बताउँछन्।, ‘हामीले देख्दादेख्दै खाल्डो ठूलो भइसक्यो,’ उनले भने, ‘तुरून्त पुरिएन भने कुनै दिन जयनेपाल हलको आँगन जम्मै भासिन सक्छ। छेउको सडकपेटी हुँदै सडकसमेत भासिने डर छ।’, यहाँका स्थानीयले झेलिरहेको अर्को समस्या टुकुचाको दुर्गन्ध हो। ढलमा परिणत भएको टुकुचा पहिले सुरूङभित्र थुनिँदा हात्तीसारमा दुर्गन्ध थिएन। महानगरले खनेर खुल्लै छाडेपछि ढलको गन्ध टाढैदेखि नाकमा ठोक्किन आइपुग्छ।, ‘जति बेला टुकुचा खनियो, बर्खा सकिएको थिएन। त्यति बेला धेरै पानी बग्थ्यो, दुर्गन्ध कम थियो। अहिले पानी कम, ढल धेरै बग्छ। दिउँसो २–३ बजेपछि त डुङ्डुङ्ती गनाएर बस्नै सकिन्न,’ मिश्रले भने।, महानगरले खनेको खाडलका कारण भासिएको सडकपेटी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, जयनेपालको गेटमा सानो पसल थापेर बसिरहेकी शान्ति तामाङले अर्को खतरा पनि औंल्याइन्। त्यो हो, भूमिगत सुरूङमा प्रयोग भएका पुराना इँटा चोरी हुने डर।, उनका अनुसार धेरै मान्छे सुरूङमा प्रयोग भएका राणाकालीन इँटा माग्न आइरहन्छन्। माग्न आउनेलाई त उनी फर्काइदिन्छिन् तर कसैले खुसुक्क छिरेर इँटा लग्यो भने रोक्न मुश्किल पर्ने उनी बताउँछिन्।, ‘बार नाघेर भित्र छिर्न र इँटा चोर्न गाह्रो छैन,’ उनले भनिन्, ‘मान्छेहरू रातबिरात भित्र चिहाइरहेका हुन्छन्। हामीले देखेसम्म त रोक्ने हो, नदेखे के गर्ने? कति दिन पहरेदारी गरेर बस्ने?’, उनले अगाडि भनिन्, ‘यहाँका इँटा एकदमै पुराना र मूल्यवान छन् भनिन्छ। भोलि हरायो भने दोषी बन्नुपर्ने हामी नै त होला! बरू यी इँटा हराएर नासिनुभन्दा पहिले नै संरक्षण गरे बेस हुन्थ्यो नि, होइन र?’, परम्परागत इँटा र सुर्कीचुना प्रयोग गरेर गुम्बज शैलीमा निर्माण गरिएको भूमिगत सुरूङमा दुई किसिमका इँटा प्रयोग भएको पुरातत्व विभागले जनाएको छ। विभागको टोलीले सुरूङ भित्रैसम्म गएर अध्ययन गर्ने क्रममा माथिल्लो तहको इँटामा ‘श्री ३ वीर’ कुँदिएको फेला परेको थियो। यो आफैंमा एक ‘महत्वपूर्ण अभिलेख’ भएको पुरातत्वविद् तथा अध्ययन टोलीका संयोजक भाष्कर ज्ञवाली बताउँछन्।, उनका अनुसार यसले उक्त सुरूङ वीरशमशेरकै पालामा बनेको प्रमाणित गर्छ। ‘श्री ३ वीर’ कुँदिएका ती इँटाको लम्बाइ २२ सेन्टिमिटर, चौडाइ १२ सेन्टिमिटर र मोटाइ ७ सेन्टिमिटरको छ।, योभन्दा तल्लो तहमा अलि साना आकारका इँटा छन्, जसको लम्बाइ २० सेन्टिमिटर, चौडाइ १२ सेन्टिमिटर र मोटाइ ५ सेन्टिमिटर छ। यी इँटामा ‘श्री ३ वीर’ उल्लेख छैन। कतिपयमा ‘हीरा’ भनेर लेखिएको पाइन्छ। यस्ता इँटा काठमाडौंमा परम्परागत रूपले प्रयोग हुँदै आएका ‘माआपा’ हुन्। मल्लकालीन संरचनामा पनि यस्तै इँटा प्रयोग भएको पाइन्छ।, हामी पुग्दा दुवैथरी इँटा भुइँमा असरल्ल थिए। यसअघि धरहरामा प्रयोग भएका राणाकालीन इँटा पनि संरक्षण अभावले मासिएको उदाहरण ताजै छ। कतिपय त्यस्ता इँटा होटल, रेस्टुरेन्टहरूले सजावटमा प्रयोग गरेको पाइएको थियो।, जयनेपालमा खनिएको खाल्डोले सबभन्दा जोखिम सँगैको घरलाई छ। भूमिगत सुरूङ ठ्याक्कै त्यो घरमुनिबाट अगाडि बढ्छ। खाल्डो चौडा हुँदै जाँदा कुनै दिन सिँगो घर नै भासिन सक्छ। अहिले त्यहाँको भुइँतल्ला खाली गरिएको छ। माथिल्लो तल्लामा केही कार्यालय सञ्चालन भइरहेका छन्।, हामी जयनेपालबाट कमलादीतर्फ अघि बढ्दै एउटा आवासीय घरमा छिर्‍यौं। यो निरज कटवालको घर हो। यहाँ करिब ५० वर्षदेखि उनको परिवार बस्दै आएको छ। निरज आफ्नो बुवाको बिहे र आफ्नो जन्म यही घरमा भएको बताउँछन्।, आवासीय घर भन्ने जान्दाजान्दै महानगरले फुच्चे डोजर कम्पाउन्डमा हुलेर बिनासूचना पर्खाल कोपरेको थियो। महानगरले कोपरेको पर्खाल अहिले पनि उस्तै छ। हामी पुग्दा कटवाल आँगनमै थिए। उनले पर्खालको भग्नावशेष देखाए र भने, ‘मान्छेले सबभन्दा सुरक्षित महसुस गर्ने आफ्नो घरमा हो। बालेन शाहले भने हामीलाई आफ्नै घरमा सुरक्षित बस्न दिएनन्।’, आँखाको अप्रेसन गरेर कालो चस्मा लगाइरहेका कटवाललाई महानगरको डोजर घरभित्र पस्दाको त्रासदी अहिले पनि झल्झल्ती आँखामा आइरहन्छ।, मेयर शाहले ‘अधिनायकवादी शैलीमा अर्काको घर भत्काउँदै हिँडेको’ रिस पोख्दै ४५ वर्षीय कटवालले भने, ‘लोकतन्त्रमा सबभन्दा शक्तिशाली जनता हुन् भनिन्छ, तर महानगरले डोजर चलाउँदा हामीलाई आफू एकदमै निरीह महसुस भयो।’, उनले अगाडि भने, ‘राज्यले दिएको वैधानिक लालपुर्जा, नापीनक्सा र महानगरले आफैं पास गरेको घरको नक्सा साथमै हुँदा पनि हामीलाई भूमाफियाका रूपमा चित्रण गरियो। मिडियामा बेइज्जत गरियो। त्यो बेला नगर प्रहरीको दलबल, आफ्ना अगाडि तेर्सिएका दर्जनौं क्यामरा र डोजरको एक–एक ठोकरमा ताली पड्काउने भीड देखेर स्थानीय बासिन्दा डरले चुपचाप बस्न बाध्य भए।’, अहिले साढे दुई महिनापछि भने बल्ल केही साहस पलाएको र आफ्नो सम्पत्तिको नोक्सानीबापत् महानगरसँग क्षतिपूर्ति माग्ने र पुरातत्वमा गएर पुनर्निर्माणको कुरा उठाउने अवस्थामा पुगेको मिश्र बताउँछन्।, पुनर्निर्माण र क्षतिपूर्तिको आवाज उठिरहेकै बेला केही घरधनीले प्वाल परेका भित्ता अस्थायी रूपले छोपछाप पार्ने र खाल्डो पुरपार पार्ने पनि गरिरहेका छन्।, निरज कटवालको घरनजिकै उदीपरत्न शाक्यको निर्माणाधीन व्यावसायिक कम्प्लेक्स छ। यहाँ पनि टुकुचा बग्छ भन्दै महानगरले डोजर चलाएको थियो। उनीहरूले एउटा भित्ता प्वाल पारिदिएका थिए। घर निर्माण पनि रोकिएको थियो। अहिले निर्माण फेरि सुरू भएको छ। प्वाल पारिएको भित्ता प्लाइउड ठोकेर टालिएको छ।, हामी त्यहाँबाट टेम्पल ट्री र कफी टक रेस्टुरेन्ट भएका घरमा गयौं। महानगरले टेम्पल ट्रीको ठ्याक्कै अगाडि ठूलो खाल्डो खनेको थियो भने कफी टक बसेको अस्थायी टहरा भत्काउने धम्की दिएपछि रेस्टुरेन्ट सञ्चालकहरू आफैंले सामान हटाएका थिए।, अहिले टेम्पल ट्री अगाडिको खाल्डो ठूल्ठूला फ्लेक्स र प्लाइउड राखेर छोपिएको छ। चारैतिर बार पनि लगाइएको छ।, कफी टक बसेको टहराको तल्लो भागमा अहिले पनि रेस्टुरेन्टका सामान असरल्ल छन्। माथि क्याफे फेरि चल्न थालेको छ।, ‘कति दिन यत्तिकै राख्नू!’ यहाँका घरधनी सुरज मानन्धरले भने, ‘यसै छाड्दा दुर्गन्धले बसिनसक्नु भयो। राति अँध्यारोमा कोही खस्ला कि भन्ने डर। त्यही भएर अहिलेलाई अस्थायी रूपमा फ्लेक्स र प्लाइउड राखेर खाल्डो छोप्यौं। रेस्टुरेन्ट र क्याफे पनि फेरि सञ्चालनमा आएका छन्। मान्छेको रोजीरोटी सधैं बन्द गरेर पनि त भएन।’, टेम्पल ट्री रेस्टुरेन्टनिर महानगरले खनेको खाडल स्थानीय आफैंले अस्थायी रूपले छोपछाप पारेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, 'कफी टक' रेस्टुरेन्टले यही प्लास्टिकको पालभित्र आफ्ना सामान थुपारेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, सुरजको घर परिसरमा जस्तै लक्ष्मी बैंक पछाडिको खाल्डो पनि जस्ताले छोपछाप पारिएको छ। बाटैमा खाल्डो खनिएकाले पछाडि घरसम्म गाडी लैजान भने मिल्दैन।, सिद्धार्थ बैंकले पनि आफ्नो पार्किङ क्षेत्रको खाल्डो छोपेर वरिपरि बार लगाएको छ।, हामी त्यहाँबाट हात्तीसारको सबभन्दा पुछारमा इम्पेरियल कलेजनिर रहेको घरमा पुग्यौं। महानगरले अन्तिममा डोजर चलाएको यहीँ हो। दिनैभरि खन्दा पनि टुकुचा फेला परेको थिएन। त्यही भएर यहाँका घरधनीले खाल्डो माटोले पुरेर पहिलेजस्तै माथिबाट स्ल्याब ओछ्याइसकेका छन्।, ‘जयनेपाल हलबाहेक अरू खाल्डाहरू स्थानीय आफैंले छोपेका छन्,’ मिश्रले भने, ‘तर यो स्थायी समाधान होइन। पुरातत्व विभागले तुरून्तै ध्यान दिएन भने त्यही जस्तापाता, काठ र ढुंगामाटो सुरूङभित्र खसेर कुनै दिन टुकुचा नै जाम होला भन्ने अर्को डर छ। त्यसैले यो समस्या जतिसक्दो छिटो हल होस् भन्ने हामी चाहन्छौं।’, हामीले हात्तीसारका स्थानीयले उठाएका समस्याबारे पुरातत्व विभागसँग पनि कुरा गरेका छौं।, भूमिगत सुरूङ पुनर्निर्माणबारे प्रश्न गर्दा विभागका प्रवक्ता रामबहादुर कुँवर ‘अहिलेसम्म कुनै निर्णय नभएको’ बताउँछन्।, ‘यो नेपालको महत्वपूर्ण ऐतिहासिक सम्पदा हो भन्नेमा कुनै दुबिधा छैन। यति लामो र पुरानो सुरूङ हामीले अहिलेसम्म भेटेका थिएनौं। त्यसैले यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ,’ प्रवक्ता कुँवरले भने, ‘हामीले पुरातत्व विभागको अनुमतिबेगर भूमिगत सुरूङ नचलाउनू र नभत्काउनू भनेर महानगरलाई भनिसकेका छौं।’, यति हुँदाहुँदै भत्काइएको संरचना कसले बनाउने र कसरी बनाउने भन्नेबारे कुनै टुंगो नभएको उनले बताए।, ‘हाम्रो सरोकार भनेको सुरूङ संरचनामा मात्र हो,’ कुँवरले भने, ‘त्यसैले अदालतको अन्तिम आदेश र महानगरले आफ्नो योजना कसरी अगाडि बढाउँछ भन्ने कुरेर बसेका छौं। त्यसपछि मात्र औपचारिक रूपमा कुनै निर्णयमा पुग्न सक्छौं।’, लामो समय भूमिगत रहेको सुरूङ एकाएक डोजरले खोस्रँदा भारवहन क्षमतामा असर परेको छ कि छैन भनेर अध्ययन हुनुपर्ने उनले बताए। यसको ऐतिहासिक पक्ष र वास्तुकलामाथि विस्तृत अध्ययन गर्न पनि बाँकी रहेको उनको भनाइ छ।, पुरातात्विक सम्पदा संरक्षण ऐनमा सय वर्षभन्दा पुरानो संरचना कसैले मास्न नपाउने र मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने उल्लेख छ। वीरशमशेर राणाको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथिबाट पुरिएको पुष्टि हुन्छ।, पुरातत्वविदहरूको टोलीले टुकुचा बग्ने भूमिगत सुरूङको बनोट र संरचनाबारे थप विवरण पनि फेला पारेको छ।, नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्‍याइएको छ। त्यसैले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।, जयनेपालको आँगनदेखि काठमाडौं प्लाजासम्मको सुरूङको गहिराइ एकनास छैन। यो सुरूङ तह–तह (स्टेप–स्टेप) मा बाँडिएको छ। अघिल्लो तहको तुलनामा पछिल्लो तह गहिरो हुँदै जान्छ। जयनेपालको आँगनमा फेला परेको सुरूङ जमिनको सतहभन्दा १५ फिटमुनि छ भने त्यहाँभन्दा तल टेम्पल ट्रीको आँगनमा फेला परेको सुरूङ झन्डै २० फिट गहिरो छ।, अर्को महत्वपूर्ण तथ्य के भने, तह–तहमा बाँडिएको सुरूङ जयनेपालदेखि काठमाडौं प्लाजासम्म एकसरो निर्माण भएको छैन। सुरूङ बीच–बीचमा टुट्छ। टुटेको ठाउँमा टुकुचाको पानी छांगाजस्तो खस्छ र फेरि अर्को तहको अझ गहिरो सुरूङभित्र पस्छ।, यसलाई सजिलोसँग व्याख्या गर्दा जयनेपालको आँगनमा बनेको १५ फिट गहिरो सुरूङको प्वाल टेम्पल ट्रीनिर पुगेपछि खुल्छ। त्यहाँ टुकुचाको पानी छाँगाजस्तो तल खस्छ र करिब २० फिट गहिरोमा बनेको अर्को सुरूङको प्वालभित्र पस्छ।, यही क्रमअनुसार भूमिगत सुरूङको अन्तिम प्वाल काठमाडौं प्लाजाको पार्किङमा पुगेर खुल्छ।, ‘काठमाडौं प्लाजामा गएर हेर्नुभयो भने त्यहाँ टुकुचाको पानी छांगाजस्तो खसेको देखिन्छ,’ ज्ञवालीले भने, ‘त्यहाँ जस्तो खालको स्टेप–स्टेप (तह–तह) संरचना देखिन्छ, माथि पनि सुरूङको बनोट त्यस्तै छ।’, उनले अगाडि भने, ‘टेम्पल ट्रीनेर सुरूङ खनेको ठाउँमा गएर ध्यान दिएर सुन्ने हो भने पानी छांगाजस्तो खसेको सुनिन्छ।’, बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।, उनले १९४३ फागुनमा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराएका थिए। त्यसैको आसपास एकपछि अर्को थुप्रै दरबार निर्माण गराए जसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको भूभाग अधिग्रहण गरिएको थियो।, वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ। यही क्रममा अहिले याक एन्ड यती होटल रहेको लालदरबार, सेतो दरबार, फोहोरा दरबार र हात्तीसार दरबारहरू बने। जमिन सम्याएर बनाइएको पटांगिनीमा राणाकालमा ठूल्ठूला समारोह आयोजना हुन्थे।, हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्। वीरशमशेरले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमलाल जबराको किताबमा उल्लेख छ।, त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म बाँकी छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै भएको विज्ञहरू बताउँछन्।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, थप पढ्नुहोस्:, स्वयम्भू महाचैत्य पुनर्निर्माण र टुकुचा सुरूङ बनाउने जोगवीर स्थापितको कथा, जयनेपालमा भासियो टुकुचा सुरूङसँगैको सडकपेटी, पुरातत्वले टुकुचा सुरूङमा भेट्यो 'श्री ३ वीर' लेखिएको इँटा, टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, भत्काइएको सुरूङ नबनेपछि हात्तीसारमा टुकुचा डुङ्डुङ्ती
रासस करिब पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरू गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ। फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो। सुरूको एक दुई हप्ता कामपाको योजनाअनुरूप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन।  , कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन्। कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ।, ‘सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ। जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहोरको स्रोतमा नै वर्गीकरणको काम पुनः सुरू हुन्छ,  आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पुर्णता पाउने छ,’ लम्सालले भने, ‘कामपालाई कानुनी रूपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन। त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो।‘, स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ। निजी क्षेत्रबाट दुई सय गाडीले फोहोर ओसार्छन्।, काठमाडौँ उपत्यकाको १८ पालिकाको फोहोर दैनिक रूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न थालिएको हो। सबै किसिमका फोहोर बञ्चरेडाँडा पु¥याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो। आगामी दिनमा प्रभावकारीरुपमा फोहोरको दीर्घकालिन समाधानका लागि स्थान पहिचान गरी कुहीने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन। , रोकियो काठमाडौं महानगरले सुरू गरेको कुहिने र नकुहिने फोहोरको वर्गीकरण
राजु अधिकारी भारतीय पक्षले झन्डै एक वर्षपछि मीरगन्ज पुलको अवरोध हटाएको छ। बिहारलाई नेपालको विराटनगरसँग जोड्ने मार्गमा पर्ने मीरगन्ज पुलमा भएको अवरोध खुलेपछि मंगलबार साँझदेखि मालवाहक सवारी साधन त्यही पुल हुँदै विराटनगर प्रवेश गर्न थालेका छन्।, यो पुलमा सधैंजसो दोहोरिने अवरोधले नेपाली उद्योगी–व्यवसायीका लागि लागत र झन्झट बढाउने कारण बन्दै आएको छ।, ‘झन्डै १२ महिनापछि मीरगन्ज पुल सन्चालन गर्न दिन भारतीय पक्ष राजी भएको छ,’ मोरङ व्यापार संघका निर्देशक कृष्ण रेग्मीले भने, ‘मंगलबार साँझदेखि यही पुल हुँदै मालवाहक सवारी साधनहरू नेपाल प्रवेश गर्न थालेका छन्। अब आयात व्यापारमा सहजता आउने निश्चित भएको छ।’, मंगलबार नेपाली र भारतीय पक्षका सरोकारवालाबीचको लामो छलफलपछि भारतीय पक्ष पुल खुलाउन सहमत भएको हो।, छलफलमा भारतका तर्फबाट आइसीपी प्रबन्धक रत्नकर यादव , एसडीएम एस कुमार,  एनएच आई उमेश यादव र भाजपा नेता दिलीप झा सहभागी थिए। नेपालका तर्फबाट मोरङ व्यापार संघका विनीत सिंहानिया, मनीष मारु, सुशील सुराना लगायत सहभागी भएको निर्देशक रेग्मीले जानकारी दिए।, मीरगन्जमा निर्माण सम्पन्न भइसकेको नयाँ पुल प्रयोग गर्न नदिने, पुरानो पुलमा पनि जोखिम देखाउँदै अवरोध गर्ने भारतीय शैलीले नेपाली उद्योगी–व्यवसायी हैरान बन्दै आएका छन्। यस्तो भारतीय शैलीले  नेपाली पक्षले छोटो बाटो प्रयोग गर्न पाएको थिएन।, बिहार अररिया जिल्लाको मीरगन्ज पुलबाट विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी आईसीपी जम्मा एक किलोमिटर दूरीमा छ। तर, दुबै पुल प्रयोग गर्न नपाउँदा नेपाली पक्षले एक वर्षयता १२० किलोमिटर लामो दूरी पार गरेर सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नुपरेको थियो।, यसले नेपाली आयातकर्ताको लाागत लागत र झन्झट दुबै बढाएको थियो।, विराटनगरका उद्योगीहरूका अनुसार भण्टाबारी नाका हुँदै सामान आयात गर्दा प्रतिट्रक कम्तीमा १५ हजार रुपैयाँ लागत बढेको थियो। ‘अब त्यो लागत र झन्झट दुबै घटेको छ’, रेग्मीले भने ‘अब यो पुल दीर्घकालीन रूपमा चलाउनेबारे निश्चितता भए झनै राम्रो हुनेछ।’, मीरगन्ज पुल प्रयोग गर्न नपाईै भण्टाबारी हुँदै सामान ल्याउँदा नेपाली उद्योगीहरूले बाटोभरी स्थानीय सरकारले लिने विभिन्न शीर्षकको कर र ढुवानी खर्च बढेको बताउँदै आएका छन्।  हरेक मालवस्तुमा प्रतिकेजी डेढ रुपैयाँसम्म लागत बढेको उद्योगीहरु बताउँछन्।, सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी र विराटनगरका व्यवसायीले १२ महिनायता विराटनगरको रानी नाकाबाट सामान आयात गर्न पाएका थिएनन्।, तेस्रो देशबाट भारतका कलकत्ता, विशाखापट्नम, मुम्बई, अमहदावाद जस्ता बन्दरगाह आइपुग्ने औद्योगिक कच्चा पदार्थदेखि खाद्यान्नसम्मका वस्तुहरू भारत बिहारको जोगबनी हुँदै विराटनगर भित्रने गर्थे। पुल अवरोध हुँदा  तेस्रो देश तथा भारतबाट विराटनगर ल्याइने सबैजसो वस्तु बोकेका कन्टेनर र ट्रकहरु भण्टाबारी नाकाबाट भित्रने गरेका थिए।, विराटनगरका उद्योगी व्यवसायीले सात वर्षयता कुनै न कुनै बेला मीरगन्ज पुलको समस्याले सास्ती खेपिरहेकै छन्। अंग्रेजकै पालामा बनेको झन्डै सय वर्ष पुरानो फलामे पुल भासिने समस्याले नेपाली आयातकर्तालाई दुःख दिइरहेको छ। एक वर्षअघि त्यही पुलमा समस्या उत्पन्न भयो। त्यसयता रानी नाकाबाट सामान आयात हुन सकेको थिएन।, वर्ष दिनपछि हट्यो मीरगन्ज पुलमा भारतीय पक्षको अवरोध
शोभा शर्मा समलिंगी विवाह गर्न पाइने कानुन बनाउन परमादेश माग्दै सर्वोच्च अदालतमा रिट परेको छ।, काठमाडौं महानगर-२६ बस्ने ४१ वर्षीया लक्ष्मी घलान, मितिनी नेपाल, महिला कानुन र विकास मञ्च लगायतले संयुक्त रूपमा रिट दायर गरेका हुन्।, निवेदकमध्ये एक मञ्चका अधिवक्ता दिपेश श्रेष्ठका अनुसार सोमबार संवैधानिक इजलासमा रिट दर्ता गरिएको हो। , 'संवैधानिक इजलासमा हिजो रिट दर्ता भयो। पेसी भने हामीले पाएका छैनौं,' उनले भने।, मुलुकी ऐन लगायतका कानुनले समलिंगी र लैंगिक तथा यौनिक अल्पसंख्यकबीचको विवाहलाई मान्यता दिएको छैन। त्यसैले तिनको खारेजी र नयाँ कानुनी व्यवस्थाका लागि रिट दिएको श्रेष्ठले बताए।, 'मुलुकी देवानी संहिता, २०७४ को विवाहसम्बन्धी व्यवस्थाले पुरूष र महिलाबीच मात्र विवाह हुन सक्ने भनेकाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित छन्। विपक्षीहरूका नाममा परमादेश लगायतका निर्देशनात्मक तथा अन्य उपयुक्त आदेशसहित जो चाहिने आज्ञा आदेश पुर्जी जारी गरी पाऊँ,' रिटमा भनिएको छ।, रिटमा नेपाल सरकार, कानुन मन्त्रालय र संघीय संसदलाई विपक्षी बनाइएको छ।, निवेदकमध्येकी लक्ष्मी घलानले आफू २५ वर्षयता सँगै बस्दै आएकी मीरा ब्रजाचार्यसँग विवाह गर्न कानुनी अवरोध हुँदा निकै अप्ठ्यारो भोग्नुपरेको अनुभव रिटमा उल्लेख गरेकी छन्।, उनी १७ वर्षकी हुँदा मीरा (मेरी) सँग पहिलोपटक भेट भएको थियो। केटी मन परे पनि उनलाई आफू समलिंगी भन्ने थाहा थिएन। मीरासँग प्रेम सम्बन्ध भएपछि भने उनले आफ्नो यौनिकताबारे थाहा पाइन्। मीराले पनि आफ्नो घरपरिवारका सबैलाई 'म लक्ष्मीलाई प्रेम गर्छु र उसैसँग मात्र विवाह गर्छु' भनिन्।, 'हामीलाई आफ्नै परिवारबाट ताथानाम गालीगलौज र कुटपिटसमेत भएकाले हामीले आ-आफ्ना घरबाट भागेर काठमाडौं हिँडेका थियौं। तर परिवारले प्रहरीलाई मानव बेचविखन मुद्दामा उजुरी गरेको खबर पायौं। म भाग्न सफल भएँ। मीरालाई भने उनको परिवारले फेरि घरमा नै फर्काई लगे। त्यसको केही समयपछि हामी फेरि भेट्यौं। २०६० सालदेखि हामी सँगै बस्न थालेका हौं,' लक्ष्मीले रिटमा लेखेकी छन्।, आफूहरूले सम्बन्ध कायम राख्न पटकपटक विभिन्न निकायमा निवेदन दिए पनि कसैले चासो नदिएको लक्ष्मीको भनाइ छ।, २०६२ वैशाखमा सम्बन्ध कायम गरिपाऊँ भनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा फारम भर्न जाँदा त्यहाँका कर्मचारीले उनीहरूको खिल्ली उडाए। २०६५ चैतमा उनलाई विदेश जानुपर्ने भएको थियो। त्यति बेला अविवाहित भएको प्रमाण ल्याउन भनियो। वडामा सिफारिस लिन जाँदा तत्कालीन वडा सचिवले 'तपाईंको विवाह भइसकेको हुँदा अविवाहितको सिफारिस गर्न मिल्दैन' भनिदिए।, समाज र परिवारबाटै निरन्तर बहिष्करण र विभेद भोग्दै आएको र कानुनले सुनिश्चित गरेका अधिकार उपभोग गर्नबाट समेत उनीहरू वञ्चित छन्।, 'हामीले दु:खसुख गरेर कमाएको पैसा बैंकमा संयुक्त खाता खोलेर जम्मा गर्छौं भन्दा पनि पाएनौं। हामी दुई जनाको नाता खुलाउने कागजात मागिने र हामीले त्यसरी माग भएको कागजात पेस गर्न नसक्ने अवस्थाले हामीले संयुक्त नाममा बैंक खाता खोल्न सकेका छैनौं,' लक्ष्मीले लेखेकी छन्।, त्यस्तै उनले जीवन बिमा गराएकी रहिछन्। इच्छाएको व्यक्तिमा आमाको नाम राख्दै आएकी थिइन्। आमाको मृत्युपछि मीरालाई इच्छाएको व्यक्तिमा राख्न खोजिन्। बिमा कम्पनीले कानुन नभएको कारण देखाउँदै मानेन।, 'हाम्रो सम्बन्धको कानुनी पहिचान हुन नसक्दा हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति र हालसालै मैले बनाएको घरमा पनि मीराको हक नलाग्ने स्थिति छ। एकअर्काको जीवनसाथीको हैसियतले अधिकार सुनिश्चित हुन सकेको छैन,' लक्ष्मीले लेखेकी छन्, 'भोलि हाम्रो सम्पत्तिमा परिवारका अन्य कोही सदस्य, जसले कहिल्यै हाम्रो भावनाको कदर गरेनन् र कहिल्यै हामीलाई साथ, सहयोग गरेनन्, बरू उल्टै विभिन्न तरिकाबाट हामीलाई दु:ख दिइरहेका छन्, उनीहरूले नै हाम्रो सम्पत्तिमा हक जमाउने कुराले हामीलाई निकै पीडा र चिन्ता दिने गरेको छ।', यस्ता कानुनी अड्चनले सदैव असुरक्षित महसुस गराएको उनीहरूको भनाइ छ।, कोसँग जीवन बिताउने र कोसँग विवाह गर्ने भन्ने व्यक्तिको नितान्त आफ्नो छनौटको विषय भएको उनले रिटमा उल्लेख गरेकी छन्। विवाहको हक र परिवारको हक सबैले समान रूपमा उपभोग गर्न पाउनुपर्नेमा आफूहरूले परिवार बनाउने उद्देश्यले धर्मसन्तान राख्न खोज्दा त्यसका लागि समेत कानुन बाधा भएको उनको भनाइ छ।, उनले लेखेकी छन्, 'हामीलाई अन्य व्यक्तिले जस्तै विवाहिता व्यक्तिले प्राप्त गर्न सक्ने कर छुटको दायरा लागू हुन्न। हामीले समाज र परिवारबाट निरन्तर भेदभाव, बहिष्करण सहन गर्दै आएका छौं। त्यसमाथि कानुनले हाम्रो सम्बन्धलाई मान्यता नदिएकाले सरकारबाट उपलब्ध कर छुट, आर्थिक कारोबारबाट वञ्चित रहनुपर्ने र स्वतन्त्रतापूर्वक देशबाहिर आवतजावत गर्न पनि समस्या छ। हामीले अन्य व्यक्तिहरू जस्तै समान रूपमा विवाहको हक र परिवारको हक उपभोग गर्न नमिल्ने अवस्थाले यो निवदेन लिई उपस्थित भएको छु।', उनीहरूले रिटमा नेपाल पक्षराष्ट्र भएका मानवअधिकारको विश्वव्यापी घोषणापत्र, महिलाविरूद्ध हुने सबै प्रकारका भेदभावविरूद्धको महासन्धि (सिड), नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र लगायतका अभिसन्धिहरूले लैंगिक समानता, समलिंगी विवाहजस्ता विषय सम्बोधन गरेको उल्लेख छ।, नेपालको संविधानले सुनिश्चित गरेको समानताको हक र विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक र आत्मनिर्णयको हकलाई सबै नागरिकले, विशेष गरेर यौनिक तथा लैंगिक अल्पसंख्यकले समान रूपमा उपभोग गर्न नपाएको रिटमा उल्लेख छ।, 'नेपालको संविधानले धारा १२ अन्तर्गत लैंगिक तथ यौनिक अल्पसंख्यकलाई नागरिकका रूपमा स्वीकार गरिसकेको र धारा १८ अन्तर्गत समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् भनी उल्लेख गर्दागर्दै मुलुकी देवानी संहिताले विवाहसम्बन्धी व्यवस्थामा महिला र पुरूष मात्र वैवाहिक सम्बन्धमा गाँसिने भन्ने व्यवस्था नेपालको संविधानको माथि उल्लिखित धाराहरूसँग बाझिएको देखिन्छ,' रिटमा भनिएको छ।, यति मात्र होइन, नेपालका नियम तथा कानुनमा महिला र पुरूषलाई मात्र जनाउने शब्दहरूले पनि विभेद गरेको रिटमा उल्लेख छ। धर्मपुत्र र धर्मपुत्री भन्ने शब्द त्यसैमध्ये पर्छन्।, समलिंगी विवाहबारे सर्वोच्च अदालतले समेत नजिर प्रतिपादन गरेको रिटमा उल्लेख छ।, सुनिलबाबु पन्तविरूद्ध नेपाल सरकार भएको रिटमा २०६४ पुस ६ गते गरिको फैसलामा पनि रिटमा उद्धृत छ।, 'फैसलामा समलिंगीहरू पनि प्राकृतिक व्यक्ति भएको कारण उनीहरूले समाजमा ती सबै स्वतन्त्रता उपयोग गरी सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनी उल्लेख गरिएको छ। समलिंगी विवाहका सम्बन्धमा हेर्दा एउटा सावालक व्यक्तिले अर्को सावालक व्यक्तिसँग राजीखुसी मञ्जुरीले आफ्नो चाहनाअनुरूप वैवाहिक सम्बन्ध राख्न पाउनु उसको नैसर्गिक हक र अधिकार हो,' उक्त फैसलामा भनिएको थियो।, उक्त फैसलामा विवाहबारे अन्य देशका अनुभव अध्ययन गर्न समिति बनाउने र समितिले दिएको सुझावका आधारमा कानुनी व्यवस्था तय गर्न भनेको थियो।, सुमन पन्तविरूद्ध गृह मन्त्रालय, अध्यागमन विभाग मुद्दामा निवेदिकाको दाम्पत्य सम्बन्ध कायम रहेको लेस्ली लुइस मेल्नीकलाई गैरपर्यटकीय भिसा जारी गर्नू भनी परमादेश जारी गरिएको थियो। त्यस्तै रजनी शाहीविरूद्ध राष्ट्रिय महिला आयोगको मुद्दामा नेपालको सर्वोच्च अदालतले शाहीलाई आफ्नो साथी प्रेमकुमारी नेपालीसँग बस्न अनुमति दिने गरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका जोडीको पक्षमा फैसला गरेको थियो।, शाहीको मुद्दामा अदालतले 'जीवनसाथी छनौटको कुरा आफ्नो व्यक्तिगत छनौटको अधिकार' भनी उल्लेख गरेको थियो। अदालतले 'व्यक्तिगत स्वतन्त्रतालाई प्रतिबन्ध लगाउनु थुनामा राख्नु बराबर हो र यौन अभिरूचिमाथिको सामाजिक हस्तक्षेप हो' भनेर पनि उल्लेख गरेको थियो।, 'देशको सर्वोच्च निकायले आफ्ना फैसलाहरूमा पटकपटक समलिंगी विवाह सम्बन्धमा कानुन बनाउन निर्देशन जारी गर्दा पनि सम्बन्धित निकायले यसमा उचित ध्यान नदिँदा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको नैसर्गिक हकका साथै संवैधानिक हक हनन भएको छ,' लक्ष्मी लगायतले दिएको रिटमा भनिएको छ।, समलिंगी विवाहको कानुन बनाउन परमादेश माग्दै सर्वोच्चमा रिट
रासस रूपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ। , रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटी रूपमा पर्खाल निर्माण सुरू गरेको छ। दसगजासँगै जोडिएर एकलौटी रूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ।, भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ। सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दसगजाभरि इँटा खसालेको छ। पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ।, नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटी रूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।, 'सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो,' अर्यालले भने, 'हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्‍यौं र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौं।', भारतले दसगजालाई नै प्रभावित पार्ने गरी निर्माण कार्य सुरू गरेको उनले बताए। दसगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ तर यसमा भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाइ छ।, 'दसगजा क्षेत्रमा कुनै पनि काम गर्दा प्राविधिक टोलीको प्रतिवेदनको आधारमा गर्न पाइन्छ,' उनले भने, 'हामीले पनि गृहमन्त्रालयमा खबर गरेका छौं, मन्त्रालयले यसबारे आवश्यक समन्वय गर्नेछ।', नेपाल भारतको सीमानाका बेलहियामा एकीकृत जाँचचौकी निर्माणको चरणमा छ। नेपालले धेरै समयअघि नै जग्गा अधिग्रहण गरे पनि भारतीय पक्ष भने जग्गा अधिग्रहणको कारण रोकिएको थियो। पूर्वनिर्धारित क्षेत्रभन्दा केही पश्चिम अहिले भारतीय पक्षले आइसिपी निर्माणका लागि जग्गा लिएको छ।, दसगजालाई नै असर पर्ने गरी भारतको पर्खाल
रासस पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।, झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।, घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिसामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ।, आचायले पोर्चुगल जान १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको हो। यसरी पोर्चुगल गएपछि मासिक एक लाख रूपैयाँ कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट २७ लाख रूपैयाँ असुलेको खुलेको छ।, आचार्यलाई थप कारबाहीका लागि मंगलबारै वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा बुझाइएको छ।, प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौंको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ। उनीमाथि चार लाख ५० हजार रूपैयाँ बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ।, पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
सेतोपाटी संवाददाता कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।, दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।, हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।, बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुगेकी थिइन्। उनी साँझसम्म पनि घर नफर्केपछि खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ।, दाउरा खोज्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ।, गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी बागमतीमा बगाइएको छ। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहोर सफा गर्न सुरूङको पानी बागमतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए। सुरूको पानी बागमतीमा पठाएपछि मंगलबारदेखि सुरुङको गेट बन्द गरिएको छ।, केही दिन सुरुङ भर्न पानी बन्द गरिने उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो।, असारदेखि सुरुङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल एक हप्तामा आइपुगेको हो। अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुनाए।, मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरुङ सफा गरेको छ। सुरूङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने छ।, पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ। यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।, वर्षामा बाढी आएर सुरूङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो। २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।, मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ।, मेलम्चीको पानी तेस्रोपटक सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।, महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो।, कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रेका छन्। यस्ता फोहोर ३५ दिनभित्र हटाउन पनि महानगरले भनेको छ। तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्नेछ।, कार्यालय परिसरका फोहोर व्यवस्थापन गरी सहरलाई सफा राख्न पनि महानगरले आग्रह गरेको छ।, काठमाडौंका सरकारी र निजी कार्यालय परिसरका फोहोर हटाउन महानगरको निर्देशन
सेतोपाटी संवाददाता भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ।, हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।, भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए।, हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्।, घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ।, घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।, भिनाजुले हँसिया प्रहार गर्दा एउटा सालोको मृत्यु, अर्को घाइते
सेतोपाटी संवाददाता नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण आगामी शुक्रबारदेखि सुरू हुने भएको छ।, ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।, आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्न लागेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए।, फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ।, चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो।, ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।, कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ।, सुरूमा त्यहाँ ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। खन्ने लगायतका काम गर्न भने अझै समय लाग्ने सडक विभागका अध्‍ययन तथा अनुसन्धान शाखाका सिडिई सौरभ बज्राचार्यले बताए।, काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।, ललितपुरको ग्वार्को चोकमा देखिएको ट्राफिक जाम। तस्बिरः निशा भण्डारी/सेतोपाटी, फ्लाईओभर निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ।  , यो क्षेत्रमा पिक आवरमा ग्वार्कोबाट कोटेश्वरतर्फ जान बिहान ९ देखि ११ बजेसम्म एक मिनेटमा ४३ वटा मोटरसाइकल र २१ वटा चारपाङ्ग्रे चल्छन्। यस्तै साँझ ४ बजेदेखि ६ बजेसम्म ४९ वटा मोटरसाइकल र २० वटा कार एक मिनेटमा पास हुन्छन्।, यस्तै कोटेश्वरबाट ग्वार्कोतर्फ आउने बिहान ९ बजेदेखि ११ बजेसम्म ५४ वटा मोटरसाइकल र साँझ ४ बजेदेखि ६ बजेसम्म ५० वटा मोटरसाइकल र २२ वटा चारपाङ्ग्रे एक मिनेटमा पास हुँदै आएका छन्। , त्यसको व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेरेर सवारी डाइभर्सन गर्न भनेको छ।, निर्माणको काम सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाउने योजना ट्राफिक प्रहरी कार्यालयको छ। , कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने तयारी छ।, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने कार्यालयको तयारी छ। , यो क्षेत्रमा कसरी जाम कम गर्ने भन्ने बारेमा हामीले पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाथेछुलाई सोधेका छौ। उनले यसका लागि १५ वटा आधार दिएका छन्।, यी हुन् ग्वार्कोमा सवारी जाम कम हुने १५ आधारहरू:, १) कलंकीबाट बल्खु, सातदोबाटो, ग्वार्को, कोटेश्वर आउने रात्रि बसलाई कलंकी-बसपार्क-चाबहिल-गौशालाहुँदै कोटेश्वरतर्फ आउन दिने।, २) कोटेश्वरबाट ग्वार्को-सातदोबाटो-बल्खुहुँदै कलंकी जाने रात्रि बसलाई कोटेश्वर-चाबहिल-बसपार्क भएर कलंकीतर्फ जान दिने।, ३) चाबहिल, गौशाला, बनेपा, भक्तपुरबाट छुट्ने रात्रि बसहरू ग्वार्को-सातदोबाटो बाटो प्रयोग गर्न नदिई-महाराजगंज-बसपार्क हुँदै कलंकी तर्फ पठाउने।, ४) कलंकीबाट बल्खु, सातदोबाटो, ग्वार्को, कोटेश्वर आउने मालवाहक सवारी साधनलाई-कलंकी-बसपार्क-चाबहिल-गौशाला-हुँदै कोटेश्वरतर्फ आउन दिने।, ६) कोटेश्वरबाट ग्वार्को-सातदोबाटो-बल्खुहुँदै कलंकी जाने मालबाहक सवारीलाई कोटेश्वर - चाबहिल - बसपार्कहुँदै कलंकीतर्फ जान दिने।, ७) चाबहिल क्षेत्रमा धेरै ट्राफिक जाम भयो भने मालवाहक सवारी साधनलाई ओभर ब्रिज नबनेसम्मको लागि मात्र राति ८ बजेदेखि बिहान ८ बजेसम्म कलंकीबाट सातदोबाटो, ग्वार्को हुँदै कोटेश्वरतर्फ जान र आउन दिने।, ८) यु.एन. पार्क नजिकको ललितपुर र काठमाडौं जोड्ने पुल साँघुरो भई धेरै ट्राफिक जाम भईरहेको र झन ग्वार्कोले गर्दा ट्राफिक जाम अत्यधिक हुने भएकोले त्यस ठाँउमा बेलीब्रिज बनाई एउटा पुलबाट आउने र अर्को पुलबाट जाने गर्न सकिन्छ। , ९) काठमाडौंमा जस्तै ललितपुरको नाकामा पनि बालकुमारी मनोहरा पुलमुनी बाटो बनाउनुपर्छ।, १०) कोटेश्वरतर्फबाट आएको सवारी साधन बालकुमारी मनोहरा पुल क्रस गरी ललितपुरको करिडोरतर्फ जान दिनुपर्दछ। त्यहाँ राखिएको अस्थाई सिमेन्टको बेरिकेट्स हटाउनुपर्छ।, ११) सबैभन्दा छेउको बाटो (सर्भिस ट्र्याक) भन्दा उताकोलाई ‘वानवे’ गर्नुपर्छ। बालकुमारी मनोहरा पुलबाट ग्वार्को हुँदै सातदोबाटोतर्फ जाने बनाउने। यस्तै सातदोबाटोबाट ग्वार्को-बालकुमारी हुँदै मनोहरा पुलतर्फ जाने बनाउने।, १२) मंगलबजारबाट ग्वार्कोहुँदै कोटेश्वरतर्फ जाने दुई पाङग्रे र चार पाङ्ग्रे सवारी साधनलाई वडा नं. ७ कार्यालय अगाडि पिलाछेँ-बालकुमारीहुँदै कोटेश्वर तर्फ जान दिने।, १३) लगनखेलबाट इमाडोलतर्फ चल्ने सार्वजनिक मिनिबसहरू सातदोबाटो हुँदै प्रयोग गर्न दिने। इमाडोलतर्फ बाट ग्वार्को हुँदै सातदोबाटो जाने सवारीसाधनलाई हरिसिद्धि-हातिवनतर्फबाट  सातदोबाटो भएर पठाउने।, १४) इमाडोलबाट भक्तपुरतर्फ जाने सवारी साधनलाई ग्वार्कोको बाटो प्रयोग गर्न नदिएर बालकोट हुँदै भक्तपुर पठाउने।, १५) फ्लाई ओभर ब्रिज निर्माणमा ठूला कार्य बेलुका ८ बजे देखि बिहान ८ बजेसम्म गर्ने र साना कामहरू मात्र दिउँसो गर्ने।, हेर्नुहोस् निर्माण कार्य सुरू नहुँदै भएका सवारी जामका तस्बिर:, सबै तस्बिरहरूः निशा भण्डारी/सेतोपाटी, शुक्रबारदेखि ग्वार्कोमा फ्लाइ ओभरको काम सुरू गरिँदै, ट्राफिक जाम कसरी व्यवस्थापन गरिन्छ?
सविता बुढा कुरा ६ वर्षअघिको हो। धनगढीको एक सडकमा मानसिक रोगी एक गर्भवती महिला बेवारिसे भएर डुल्थिन्। शरीरमा झुत्रो हुन थालेको फोहर लुगा हुन्थ्यो।, धनगढीकै बासिन्दा कल्पना भट्ट तिहार मनाउन काठमाडौंबाट घर अएकी थिइन्। उनले ती महिलालाई देखिन्। उनको मन भावुक भयो।, कल्पनाले काठमाडौंका सडकमा पनि बेवारिसे महिलाहरू नदेखेकी होइनन् तर तिनमा गहिरो ध्यान गएको थिएन।, आफ्नै सहरको सडकमा मानसिक सन्तुलन गुमाएकी गर्भवती बेवारिसे देख्दा सहयोग गर्न पाए हुन्थ्यो जस्तो भयो तर कुनै उपाय सुझेन।, उनले उद्धार गर्न सक्ने संघसंस्था पनि सम्झन सकिनन्। आफूले गर्न पनि सकिनन्। मन भने खिन्न भइरह्यो। , यस्तो एउटा मार्मिक दृश्यको झझल्को लिएर तिहारपछि कल्पना काठमाडौं फर्किन्। त्यो दृश्यले उनलाई पछ्याइरह्यो।, उनले आफूले देखेका यस्तै मिल्दाजुल्दा केही दृश्यहरू सम्झिन्।, तिनले उनको मनमा धेरै कुरा खेले।  कल्पना असहाय, बेवारिसे र मानसिक सन्तुलन गुमाएर सडकमा पुगेका महिलाहरूको सेवा आफैले गर्ने निष्कर्षमा पुगिन्। एउटा संस्था खोल्ने र काम सुरू गर्ने योजा बनाएर उनी काठमाडौंबाट धनगढी फर्किइन्।, उनले आफ्नै सहर धनगढीमा ११ जना महिलाको टिम बनाइन्। सबै प्रक्रिया पूरा गरेर पाँच वर्षअघि ‘दृष्टि फाउन्डेसन’ नामको संस्था दर्ता गराइन्।, ‘खुला आकाशलाई छानो र फोहोरको थुप्रोलाई मानो बनाएका धेरै महिला देखेँ। यस्ता दृश्यले मलाई उनीहरूका लागि केही गर्नुपर्छ भन्ने सोच आयो,’ कल्पनाले भनिन्, ‘म चुप लागेर बस्न सकिनँ। यस्ता असहायहरूको सेवाका लागि काम गर्ने निर्णयमा पुगेँ।’, सुरुमा ११ जनाले जनही १० हजार रुपैयाँका दरले पैसा जम्मा गरेर काम सुरु गरे। संस्था दर्ता भएको पहिलो एक महिनामै सडकबाट आठ जना महिलाको उद्धार भयो।, संस्थाको काममा धनगढीकै बासिन्दा हरि श्रीपालीले सहियोग गरे। उनले उद्धार गरिएकाहरूलाई राख्न एउटा घर निःशुल्क उपलव्ध गराए।, ‘उद्धार गरेर राख्ने ठाउँ थिएन। सबै व्यवस्थापन गर्न सकिएको थिएन। हरि श्रीपालीजीले घर दिनुभयो,’ कल्पनाले भनिन्, ‘उद्धार गरेका ल्याएकालाई त्यही घरमा राख्यौँ।’, सडकबाट महिलाको उद्धार गर्ने क्रम बढ्यो। समय निःशुल्क घर पाइए पनि हरिले दिएको घर साँघुरो हुन थाल्यो। अर्को घर पनि चाहिने भयो तर घर पाउन सजिलो भएन।, कल्पनाले घर खोज्दाको सकस सुनाइन्, ‘धेरै ठाउँमा खोज्यौँ तर पाइएन। घर खाली भए पनि बौलाहाहरूलाई राख्न नदिने भने।’, निकै दिनको प्रयासमा एउटा घर फेला पर्‍यो। राख्ने ठाउँ भएपछि थप उद्धार कार्य सजिलो भयो।, यसरी धनगढी उपमहानगरपालिका, कैलाली गाउँकी कल्पना भट्ट पाँच वर्षदेखि सडकमा बेसहारा महिलाको सहारा बनेकी छन्।, कल्पनाले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेकी छन्। उनी एक गैरसरकारी संस्थामा ११ वर्षदेखि जागिरे थिइन्। अझ राम्रो जागिर गर्ने सपना देखेकी थिइन्।, उनी त भएको जागिर पनि बेसहारा र मानसिक सन्तुलन गुमाएकाहरूको उद्धार र सेवामा पो लागिन्।, ‘सरकारी अधिकृत बन्ने सपना थियो। सडकमा बेसहारा महिलाको पीडाभन्दा मेरो सपना ठूलो जस्तो लागेन,’ उनले भनिन्, ‘आफ्नो सपना ल्यागेर अचानक सेवाको काममा लागेँ।’, कल्पनाको पुर्ख्यौली घर डडेलधुरा हो। बुबाआमा धनगढीमा जमिन किनेर बसाइँ सरे। बुबा व्यापार गर्थे। आमाले भैँसी पालेकी थिइन्।, दुई भाइ र एक बहिनीकी दिदी कल्पना १४ वर्षकी हुँदा मिर्गौलाको रोगले बुबाको निधन भयो। यसपछि घरमा आर्थिक समस्या हुन थाल्यो। खेतीपातीबाट खान पुग्ने अन्न आउँथ्यो तर बैंकको ऋणका कारणले पैसाको अभाव भइरह्यो।, आमाले पालेका भैँसी घरखर्च र छोराछोरीको पढाइखर्चका मुख्य स्रोत थिए।, ‘म स्कुल जाँदा तीनचार लिटर दूध बोकेर जान्थेँ। बाटोमा दूध बेचेर स्कुल पुग्थेँ,’ उनले भनिन्, ‘यही पैसाले हाम्रो पढाइ खर्च चल्थ्यो।’, एसएलसी परीक्षा दिएपछि कल्पना महिलाका लागि काम गर्ने एक गैरसरकारी संस्थामा जागिरे भइन्। संस्थाले काठमाडौंमा काम गर्दै पढ्ने अवसर दियो।, उनले काम गर्दै, पैसा कमाउँदै पढाइ अघि बढाइन्। उनले भनिन्, ‘घरबाट मलाई खर्च दिएर पढाउन सक्ने अवस्था थिएन। एसएलसीपछि काम गर्दै पढाइ पूरा गरेँ।’, कल्पनाले भाइबहिनीको पढाइ खर्चका लागि पनि मद्दत गरिन्।, दृष्टि फाउन्डेसनमा हाल १२ जना बालबालिका र ४० जना महिला आश्रित छन्। यी बालबालिका आमासँगै उद्धार गरिएका हुन्।  यिनको हेरचार र पालनपोषणको व्यवस्थापनमै कल्पनाको दिन बित्ने गरेको छ।, संस्थाले बेसहाराका परिवार खोजेर पुनर्मिलन पनि गराउने गरेको छ। पाँच वर्षमा ११२ जनालाई तिनका परिवारमा पुनर्मिलन गराएको कल्पनाले बताइन्। उनका अनुसार संस्थाले सडकबाट उद्धार, उपचार र परामर्शपछि परिवारमा पुनर्मिलन गराउने गरेको छ। पुनर्मिलन गराइएकामा धेरै जसो मानसिक सन्तुलन गुमाएर उपचार भएकाहरू छन्।, ती मध्ये एक हुन दाङ घर भएकी गौधुली। , उनी दुई वर्षअघि मानसिक सुन्तुलन गुमाएपछि श्रीमान् र घरपरिवारले वास्ता नगर्दा सडकमा आइपुगेकी थिइन्। खासमा सडकमा उनलाई श्रीमान्ले नै पुर्‍याएका थिए। मानसिक रोग लागेपछि श्रीमानले नेपालगन्जमा उपचार गर्न लैजाने भन्दै उनलाई ट्रकमा बसालिदिएर छोडेका थिए। , गौधुली त्यहि ट्रकबाट धनगढी पुगीन्। धनगढीको चटकपुरको आर्मी ब्यारेक नजिकै उनी सडक छेउमा भौतारिँदै थिइन्। त्यही सडकबाट कल्पनाको टिमले उनलाई दृष्टिफाण्डेसन सम्म पुर्‍याए।, फाउण्डेसनमा करिव १ वर्षसम्म पालनपोषण, औषधी उपचार र परामर्शपछि उनी निको भइन्।, निको भएपछि उनको आफन्तको खोजी गरियो। घरका सम्पर्कमा आएनन्। गौधलीका माइतीहरू भने सम्पर्कमा आए। कल्पनाको टिमले उनकै माइतीमा लगेर गौधलीको पुरिवारसँग पुनर्मिलन गराएर आए। अहिले गौधली ठेलामा मकै विक्रि गर्ने काम गर्छिन्।, ‘म नजिक भए मैले कमाएको पैसा फाउण्डेसनमा दिन्थेँ, मेरो लागि त कल्पना दिदि भगवान् हुन्, म बेसुर थिए, अहिले काम गर्ने समेत भएकी छु, उहाँले गर्दा मैले नयाँ जिन्दगी पाएँ’ उनले फोनमा  सेतोपाटीसँग भनिन्। , कैलालीकै चौधरी थरकी एक महिला मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकी थिइन्। दृष्टि फाउन्डेसनको सहारा र सहयोगमा उनी पनि निको भएर घर फर्किन्।, दृष्टि फाउन्डेनसले महिलाको मात्र उद्धार र संरक्षण गर्छ। सडकमा बेसहारा महिला देख्नेले संस्थामा फोन गरेर जानकारी गराउने गरेका छन्।, कल्पनाका अनुसार संस्थाले उद्धार कार्यमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गर्ने गरेको छ।, उद्धारपछि नुवाइधुवाइ गरिदिएर सफा लुगा लगाइदिने गरिएको छ। यसपछि चिकित्सकसँग परामर्श गरेर आवश्यक उपचारको काम हुन्छ।, मानसिक तनाव, समाजको तिरस्कार, पारिवारिक कलह, घरेलु हिंसा, बलात्कार जस्ता कारणले महिलाहरू मानसिक सन्तुलन गुमाएर सडकमा पुग्ने गरेको कल्पनाको भनाइ छ।, भन्छिन्, ‘कतिपय महिलाहरू सडकमै गर्भवती हुन्छन्, अलपत्र भएर सडकमा बस्दा त्यही बलात्कृत हुन्छन्।’, हाल दृष्टि फान्डेसनको आफ्नै भवन बनेको छ। कल्पनाका अनुसार धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेशसभाका तत्कालीन सदस्य डिल्लीराज पन्तको सहयोगमा भवन बनेको हो।, संस्थामा आश्रितहरूको हेरचाहका लागि छ जना स्वस्यमसेवक छन्। ती सबै कलेज पढ्ने छात्रा हुन्। स्वयंसेवकले खानेबस्ने सुविधा र पढाइखर्च पाउँछन्।, मानसिक रोगी र बेसहारा भएर सडकमा आएकाहरूलाई हेर्ने नजर राम्रो नरहेको कल्पनाको अनुभव छ। सेवा गर्नेप्रति पनि सकारात्मक दृष्टि छैन।, ‘हामी सेवा गर्नेलाई पनि हेर्ने नजर गलत छ। संस्थालाई आर्थिक समस्यामात्रै होइन, सामाजिक चुनौती पनि छ,’ कल्पना भन्छिन्, ‘हामीले आफ्नै भवन बनायौँ तर यहाँ बौलाहा राख्नु भएन, ठाउँ सार्नुपर्‍यो भन्नेहरू पनि छन्।’, आश्रितहरूका लागि खाद्य सामग्री स्थानीय सहयोगीहरूको मुठी दान र विभिन्न दाताहरूको सहयोगले जुट्ने गरेको छ। संस्थामा आश्रित रहेकै अवस्थामा मृत्यु भएकालाई आफैँले दागबत्ती दिएको कल्पनाले बताइन्।, ‘म सानै छँदा बुबाको निधन भयो, आठ कक्षामा पढ्थेँ। बुबाको लास छुन पाइनँ। परैबाट फूल चढाएँ। छोरीले लास छुनु हुँदैन भन्थे,’ उनले भनिन्, ‘संस्थाको काममा लागेपछि आफ्नै हातले १५ जनाको चितामा दागबत्ती दिएकी छु।’, आश्रित रहेकै अवस्थामा मृत्यु भए संस्थाले नै दाहसंस्कार गर्छ। कतिपयले यस कामको आलोचना पनि गर्ने गरेका छन्। कल्पना भन्छिन्, ‘मैले दागबत्ती दिँदा संस्कार मिचेको भनेर आलोचना गर्नेहरू पनि छन्।’, कल्पना दृढ अठोटका साथ अघि बढेकी छन्। उनका लागि ती बेसहाराको पीडाको तुलनामा आलोचना त केही पनि होइन। भन्छिन्, ‘मेरो पीडाभन्दा हजार गुणा पीडा ती असहाय चेलीहरूको छ। म त्यो पीडा कम गर्ने बाटोमा छु।’, धनगढी उपमहानगरपालिका वडा १३ का वडाध्यक्ष विजयराज जोशी मानसिक सन्तुलन गुमाएर, बेसहारा भएर सडकमा आएकाहरूलाई सहारा दिने काम सराहनीय रहेको बताउँछन्।, ‘राज्यले गर्ने काम एउटा संस्थाले गरेको छ। धेरै बेसहारा महिलाले नयाँ जीवन पाउनु सराहनीय काम हो,’ उनले भने।, कल्पनाका भाइ दीपेन्द्र दिदीको पहलमा भएको कामबाट खुसी छन्। भन्छन्, ‘दिदीले आफूलाई बिर्सेर अरूका लागि काम गर्नुभएको छ। आफ्नी दिदीप्रति मलाई गौरव छ।’, दृष्टि फाउन्डेसनको काम मन पराएर सहयोग गर्नेहरूको संख्या पनि बढ्दै छ। दाताहरूले खाद्यन्न, लत्ताकपडा, नगद दिने गर्छन्।, धनगढीका अर्जुन खनालले दृष्टि फाउन्डेसनलाई आफूले पनि सक्दो सहयोग गरेको बताए।,  , सडक पुगेका महिलाको सहारा बनेकी कल्पना
सेतोपाटी संवाददाता सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिए। , उनले मंगलबार दिउँसो आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरको हत्या गरेको आरोप छ। अम्मरले धारिलो हतियार हँसियाको प्रहार गरी हत्या गरेको एसपी विष्टले बताए। , उनले श्रीमतीको हत्यापछि टाउको काटेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ। बजारसम्म पुगिसक्दा स्थानीयले देखेर सोधिखोजी गरेपछि प्रहरीलाई बोलाइएको थियो। , उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। , एसपी विष्टका अनुसार पक्राउ परेका अम्मरबहादुर गत वैशाखमा मात्रै भारतबाट घर फर्किएका थिए। , उनी वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्ष दुबई, ३ वर्ष मलेसिया र भारतमा ४-५ महिना बसेर फर्किएका थिए। वैदेशिक रोजगारमा कमाएर श्रीमतीलाई पठाएको रकम सकाएको  कारणले पनि उनीहरूबीच झगडा हुने गरेको एसपी विष्टले बताए। , त्यस्तै फेसबुकमा पनि धेरै समय बिताउने गरेको कारणले शंका पैदा भएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको विष्टले जानकारी दिए। , हत्या गरेर टाउको आफैंले झोलामा बोकेर हिँडे पनि बाँकी अरू भाग भने उनले घरमै छाडेका थिए। , शवको पोष्टमर्टम गर्न प्रदेश अस्पतालमा पठाएको प्रहरीले छ।, यता अम्मरबहादुरमाथि थप अनुसन्धान गर्न कागजी काम गरिरहेको एसपी विष्टले बताए। , श्रीमतीको हत्या गरी प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगे अम्मरबहादुर
एजेन्सी राष्ट्रिय जनता दलका नेता तथा भारतीय राज्य विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।, यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।, मिर्गौला रोगले पीडित यादवको उपचार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा भइरहेको छ।, यादवको सघन उपचार कक्षमा उपचार भइरहेको उनका छोरा तेजस्वी यादवले ट्वीटरमार्फत जानकारी दिएका छन्। ,  , लालु यादवलाई छोरीले दिइन् मिर्गौला
रासस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।, चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन्।, 'स्थानीय स्तरमा रोजगारीको अवसर छैन,' उनले भने, 'गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको संख्या बढेसँगै गाउँमा पुरूषको संख्या पातलिन थालेको हो।', हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवा भारत जान बाध्य भएको उनको भनाइ छ।, यहाँका प्राय: युवादेखि वृद्धसम्मका धेरैजसो व्यक्ति रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ।, स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकाले मंसिरदेखि फागुनसम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरू बढी हुने यहाँका स्थानीय बताउँछन्।, रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरू भएपछि मात्रै जुम्ला फर्कने गर्छन्। जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायत क्षेत्रमा जाने गरेका छन्।, सिङ्जाका बाढी पीडितलाई राहत वितरण, जुम्लाको सिङ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका ३७० घरधुरीका बाढीपीडितलाई राहत वितरण गरिएको छ।, कनकासुन्दरी गाउँपालिकाका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिङ्जा गाउँपालिकाभित्रका १०० घरधुरीलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।, गत असोज महिनाको अन्तिम साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले सिङ्जा भेगका तीन पालिका सबभन्दा धेरै धनजन क्षति भएको थियो।, सरकारले सिङ्जा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेसनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल लगायत राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए।, चुनाव सकियो, अब पालो भारत जाने!
सबिना श्रेष्ठ जोरपाटीस्थित बोधिसत्व इन एक्सन (बिआइए) को भवनबाहिर एउटा बोर्ड छ, जसमा लेखिएको छ– निःशुल्क ह्विलचेयर मर्मत केन्द्र।, यहाँ ह्विलचेयर मर्मतको काम २८ वर्षीय रामकाजी मिजारले गर्छन्, जो आफैं पनि ह्विलचेयरमा हिँडडुल गर्छन्।, रामकाजीले यो काम थालेको झन्डै एक दशक भयो। दुई महिनायता उनलाई गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग पनि गर्दै आएको छ।, उनले ह्विलचेयर बनाउने कामको सुरूआत रहरभन्दा बाध्यताले गरेका थिए। अहिले यही काम उनको परिचय बनेको छ।, 'ह्विलचेयर बिग्रिँदा म लगायत मेरा साथीहरूले एकदमै दुःख पाएका थियौं। गाडी बनाउने वर्कसपहरूमा लग्दा कसैले बनाइदिँदैनथे,' उनले भने, 'म आफैंले खोलखाल पार्ने, रिपेयरिङ गर्ने, पंचर टाल्ने काम गर्न थालेँ।', रामकाजीले अपांगता हुनुअघि साढे चार वर्ष काठमाडौंमा वेल्डिङको काम गरेका थिए। त्यही सिपले ह्विलचेयर मर्मत गर्न सहयोग पुर्‍याएको उनी बताउँछन्।, २०६८ असारमा उनी आफ्नो घर दोलखा जाँदा डाले घाँस झार्न रूख चढेका थिए। रूखनजिकै नांगो तारमा जसै हाँगाले छोयो, उनी करेन्ट लागेर भुइँमा खसे। नराम्ररी भुइँमा बजारिँदा उनको मेरूदण्ड भाँचियो।, 'गाउँमा अपांगता भएको व्यक्ति कोही नदेख्दा म आत्तिएको थिएँ। खगेन्द्र नवजीवन केन्द्र (जोरपाटी) मा आफूजस्ता धेरै मान्छे देखेपछि मन भुल्यो। अब म हिँड्न नसक्ने रहेछु भन्ने पनि यहीँ आएर थाहा पाएँ,' रामकाजीले भने, 'मभन्दा खुट्टा धेरै चल्ने साथीहरू पनि मेरूदण्ड भाँचिएर हिँडडुल गर्न सकेका थिएनन्। संसारभर हिँडिरहेको, काम गरिरहेको मान्छे, एक्कासि अपांग भएँ भन्ने थाहा पाउँदा दुई–चार दिन त खानै मन लागेन, निद्रै नलाग्ने, छटपटी भयो।', खगेन्द्र नवजीवन केन्द्रको तीनमहिने बसाइपछि रामकाजीले आफ्नो जीवन अपांगताकै कारण खेर जान नदिने अठोट लिएका थिए।, उनी तातोपानीस्थित सिर्जनशील कला केन्द्रमा थांका सिक्न थाले। त्यहाँ उनीजस्तै अपांगता भएका छ-सात जना व्यक्ति थांका बनाउँथे। तर त्यहाँका संस्थापकले केही समयपछि संस्था राम्ररी चलाउन सकेनन्। उनले काठमाडौंमा विभिन्न सामाजिक काम गर्दै आएका चोग्याल रिम्पोचेसँग सम्पर्क गरे। रिम्पोचेले उनीहरूलाई आफ्नो घर चाबहिल ल्याए र थांकाको कामलाई निरन्तरता दिए।, उनै चोग्याल रिम्पोचेले पछि अपांगता भएका व्यक्तिहरूलाई सिपमूलक काम सिकाउन 'बोधिसत्व इन एक्सन' (बिआइए) नामक संस्था नै खोले।, बिआइए आएपछि रामकाजीले चार–पाँच वर्ष थांकाकै कामलाई निरन्तरता दिए। पछि थांकाभन्दा ह्विलचेयर मर्मतमा उनको मन बस्यो। बिआइएमा सयौंको संख्यामा अपांगता भएका व्यक्ति बस्थे। उनीहरूको ह्विलचेयर बिग्रिने समस्या दिनैजसो आउँथ्यो तर बनाउने ठाउँ पाइन्थेन। रामकाजीलाई थांकाभन्दा ह्विलचेयर मर्मतको काम महत्वपूर्ण लाग्यो।, यसबीच रामकाजीले जापानले दिएका दुइटा तालिम लिने अवसर पाए। यसले ह्विलचेयर मर्मतमा झनै निखार ल्यायो।, 'पहिले आफ्नो बलबुताले भ्याएसम्म अलिअलि गर्थेँ। दुइटा तालिम लिएपछि झनै दक्ष भएँ,' उनले भने, 'अहिले त म ह्विलचेयर मर्मत मात्र होइन, मोडिफाइ पनि गर्न सक्छु। कोही साथीहरू घोप्टो परेर बस्ने वा ढल्केर मात्र बस्न सक्ने हुनुहुन्छ भने म ह्विलचेयरलाई त्यति नै डिग्रीमा ढल्काएर बनाउन सक्छु।', दुई महिनायता रामकाजीले गोकर्णेश्वर नगरपालिका कर्मचारीका रूपमा ह्विलचेयर बनाउन थालेका छन्। उनी बिआइए र आफ्ना साथीहरूसँगै नगरपालिकाभित्र बिग्रिएका ह्विलचेयरको पनि मर्मत गर्छन्।, उनका अनुसार नेपालमा अपांगता भएका सबभन्दा धेरै व्यक्ति गोकर्णेश्वर नगरपालिका वरपर नै बस्छन्। यता धेरै बस्नुको कारण यहाँ अपांगता भएका व्यक्तिका लागि धेरै संघ–संस्था खुल्नु र रोजगारको अवसर हुनु हो।, 'नगरपालिकाले अपांगता भएका व्यक्तिहरूको समस्या बुझेको छ। यहाँका हरेक संघ–संस्थालाई बजेट छुट्याएको छ,' उनले भने।, रामकाजीकहाँ गोकर्णेश्वर नगरपालिका मात्र नभएर धेरै टाढादेखिका मान्छे आउँछन्। हामी पुग्दा गोरखासम्म पुर्‍याउनुपर्ने ह्विलचेयर मर्मतका लागि ल्याइएको थियो।, 'काठमाडौंमा ह्विलचेयर प्रयोगकर्तालाई जति सुविधा छ, गाउँकालाई त्यति सुविधा छैन,' उनले भने, 'काठमाडौंमा विभिन्न संघ–संस्थाले बेलाबेला ह्विलचेयर वितरण गर्छन्। यहाँ कति प्रयोगकर्तासँग दुई-तीनवटासम्म ह्विलचेयर छ। गाउँका मान्छेसँग भने एउटा पनि नहुन सक्छ। यस्तो अवस्था हामी मिलेर बदल्नुपर्छ।', धेरैले चढ्ने स्ट्यान्डर्ड ह्विलचेयर हो। त्यसबाहेक कहिलेकाहीँ विदेशीले फरक खालका ह्विलचेयर बाँड्ने गरेका छन्। कतिले बाहिरबाटै मगाउँछन्।, एकपटक जर्मनीका एक व्यक्तिले करिब हजारवटा ह्विलचेयर नेपालमा वितरण गरेका रहेछन्। त्यो ह्विलचेयर खोल्ने सामान नहुँदा रामकाजीलाई समस्या भएको थियो। एउटा ह्विलचेयरको पछाडि उनले मर्मत सामग्री फेला पारे। अहिले उनी त्यही प्रयोग गर्छन्।, यसरी बेलाबखत आउने फरक खालका ह्विलचेयरबाहेक अन्य सामान्य ह्विलचेयर मर्मत गर्दा पनि केही समस्या आउँछन्। कुनैको टायर पाउन मुस्किल हुन्छ। त्यसलाई विदेशबाट अर्डर गरेर ल्याउनुपर्छ। पहिलेको तुलनामा भने समस्या कम हुँदै गएको उनी बताउँछन्।, 'पहिले टायरमा पम्पले हावा हाल्नुपर्थ्यो, अहिले मेसिन छ। धुने, काट्ने, ड्रिल गर्ने सबै प्रकारको मेसिन पाइन्छ,' उनले भने, 'पहिला सामान्य भाँचियो भने पनि वेल्डिङ गर्न बाहिर लग्नुपर्थ्यो। अहिले सहज भएको छ।', ह्विलचेयर मर्मतका सामान पहिले उनले राष्ट्रिय अपांग पुनर्स्थापना केन्द्र र बिआइएमार्फत् पाउँथे। पुनर्स्थापना केन्द्रले लकडाउनयता सामग्री बाँडेको छैन। बिआइएले पनि उनी नगरपालिकामा कार्यरत भएयता सुविधा कटौती गरेको छ। अब त्यो सुविधा आफैंले दिन बजेट छुट्याएको नगरपालिकाका मेयर दीपक रिसाल बताउँछन्।, रिसाललाई अपांगता भएका व्यक्तिको ह्विलचेयर मर्मतमा सहयोग पुर्‍याउनु पर्छ भन्ने सोच उनी मेयर निर्वाचित हुनुअघि नै आएको थियो।, 'एकदिन बाटोमा हिँड्दै गर्दा ह्विलचेयर बिग्रिएर अलपत्र परेका एक प्रयोगकर्तालाई देखेको थिएँ। कुनै दिन पावरमा पुगेँ भने अपांगता भएका व्यक्तिको ह्विलचेयर मर्मतमा सहयोग गर्छु भन्ने त्यसै दिन सोचेको थिएँ,' उनले भने।, ह्विलचेयर कुन बेला कस्तो ठाउँमा बिग्रिन्छ भन्ने थाहा हुँदैन। बिग्रिएकै ठाउँमा गएर मर्मत गराउने सोच पनि रिसालले बनाएका छन्। त्यसका लागि गाडी किन्न २६ लाख बजेट छुट्याएको उनी बताउँछन्। निःशुल्क ह्विलचेयर मर्मत मात्र होइन, अपांगता भएका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य, पूर्वाधार र खेलकुदमा पनि सहयोग पुर्‍याएको छ।, 'अपांगताको (क) र (ख) वर्गमा पर्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई नगरपालिकाले एक लाख रूपैयाँको स्वास्थ्य बिमा गरिदिएको छ। उनीहरूले मेडिकल कलेजमा स्वास्थ्य उपचार गराउँदा छुट पनि पाउँछन्,' उनले भने।, खेलकुदतर्फ अपांगता भएका व्यक्तिका लागि बास्केटबल, पौडी लगायत प्रतियोगिता आयोजना गरिन्छ। राम्रा खेलाडीलाई प्रोत्साहन दिइन्छ। नगरपालिकामा अपांगतामैत्री बास्केटबल कोर्ट निर्माणको पहल पनि गरेको उनले बताए।, त्यस्तै पूर्वाधारतर्फ अस्पताल क्षेत्रदेखि नगरपालिकाभित्रका विभिन्न ठाउँमा अपांगतामैत्री सडकपेटी निर्माण भइरहेको छ।, 'अपांगता भएका व्यक्ति धेरै बस्ने गोकर्णेश्वर नगरपालिकालाई हामी अपांगतामैत्री बनाउन चाहन्छौं। त्यसका लागि सक्दो पहल गरिरहेका छौं,' उनले भने।, नगरपालिकाले आफूजस्ता अपांगता भएका व्यक्तिलाई सहयोग गरेकोमा धन्यवाद दिँदै रामकाजी मिजारले भने, 'यसले हाम्रो मनोबल बढाएको छ। काम गर्न ऊर्जा थपेको छ।', सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, जो ह्विलचेयरमै बसेर ह्विलचेयर बनाउँछन्
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ ।, मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईले सेतोपाटीसँग भने, ‘तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।’ , तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जानसक्ने उनले बताए।, मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ।, दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए।, आज बिहान साढे ७ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। यो हालसम्मको सबैभन्दा कम तापक्रम हो।, हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ रहेको छ।, पानी पर्‍यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए।, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  , तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।, मौसम विभागले भन्यो- तापक्रम घटिरहेको छ, चिसोबाट बच्न सतर्क रहनूहोला
सेतोपाटी संवाददाता बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो।, उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताए।, शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ।, राप्तीमा डुबेर २ जनाको मृत्यु
सेतोपाटी संवाददाता बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्।, महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो। उनलाई आजै बैतडीलाई लैजान लागिएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक भोलाप्रसाद रावलले जानकारी दिए।    , गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।, २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन्। उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन्।, यो पनि पढ्नुस्: , म्यादी प्रहरी बनेर कमाएको पैसा पनि बुझ्न पाइनन् मायाले, त्यही क्रममा उनको भेट कोलीसँग भएको थियो। पछि उनैले मायाको हत्या गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो।, माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान कोली कञ्चनपुरबाट पक्राउ
विनोद सापकोटा आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ हुने गरेको झापाको पर्यटकीय दोमुखा जाने सडक अब कालोपत्रे हुने भएको छ। , शिवसताक्षी नगरपालिकाले पूर्व-पश्चिम राजमार्गको माइधार देखि दोमुखा सम्मको २९ सय मिटर सडक कालोपत्रे गर्ने भएको हो।, नगरपालिकाले उक्त सडक कालोपत्रे गर्न दसौं नगर सभाबाट ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख मेघाहाङ थोप्रा (रोषन)ले बताए। यो सडक ७ मिटर चौडाई हुने छ।, ०४८ पछिका हरेक निर्वाचनमा उम्मेदवारले यहि सडकलाई चुनावी एजेण्डा बनाएर निर्वाचन जित्ने गरेपनि सडक निर्माण हुन सकेको थिएन।, ‘माइधार-दोमुखा सडक निर्वाचन जितेपछि कालोपत्रे गर्छौं भनेर मतदाता प्रभावमा पार्थे,’ दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश तिम्सिनाले भने, ‘तर यो सडकको कालोपत्रे हुन सकेको थिएन। उम्मेदवारको चुनावी एजेन्डा र भाषणमा मात्र सडक कालोपत्रे भयो।’, यो क्षेत्रमा हाल सम्म सिपी मैनाली, राधाकृष्ण मैनाली, तारासम याङया, केशवकुमार बुढाथोकी, लालप्रसाद साँवाले निर्वाचन जितेका छन्। याङया र साँवा मात्रै यहाँका स्थानीय हुन्।, तर उनीहरूले सडक कालोपत्रेका लागि ध्यान दिएनन्।, स्थानीय तहको निर्वाचन ०७४ मा नगर प्रमुखका प्रत्यासी उम्मेदवार सबैले यही विषयलाई एजेन्डा बनाएका थिए। , तात्‍कालीन मेयर चन्द्रकुमार शेर्माले भने आफूले बाचा गरेअनुसार काम भइरहेपनि कालोपत्रे गर्न नसकिएको बताए। , ‘मैले मत माग्न जाँदा नगरका पर्यटकीय क्षेत्र सम्म पुग्न सडक कालोपत्रे गरिने छ भनेको थिएँ। रिङ रोड बन्यो,’ उनले भने, ‘सडक निर्माणका लागि प्रदेश र केन्द्रसँग पटकपटक पहल गर्दासमेत सुनुवाइ भएन। नगर एक्लैको बजेटले सम्भव नहुँदा मेरो कार्यकालमा माइधार-दोमुखा सडक फराकिलो भयो। तर कालोपत्रे गर्न सकिएन।’, अहिले पनि नेकपा एमालेले शिवसताक्षी नगरपालिकाको प्रमुख कार्यकारी पद जितेको छ। नगर सभाबाटै अनुमोदन गरेर आन्तरिक स्रोतबाट सडक कालोपत्रे गर्न शिवसताक्षी नगरपालिका जुटेको नगर प्रमुख थोप्राले बताए।, प्रमुख थोप्राले पनि चुनाव अगाडि एक वर्षभित्र सडक कालोपत्रे गर्ने बाचा गरेका थिए। अहिले सडक कालोपत्रे गर्न नगरपालिकाले ठेक्का आह्वान समेत गरिसकेको छ। , आह्वान भएसँगै माघको पहिलो हप्तादेखि कालोपत्रेको काम सुरू गरिने र यही चालु आवमै सकाउने बताए। , दोमुखा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र हो। दोमुखा धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष धनवहादुर लावतीका अनुसार सिजनमा दैनिक कम्तिमा एक हजार पर्यटक घुम्न, वनभोज खान र रमाइलो गर्न आउँछन्। दोमुखाबाट गत वर्षमात्र समितिले ४६ लाख आम्दानी गरेको थियो।, सडक कालोपत्रे भएपछि एक करोड आम्दानी हुन सक्ने समितिका अध्यक्ष लावतीले बताए। , ‘पर्यटकीय क्षेत्रको सडक भएकाले कालोपत्रेका लागि हामीले पनि धेरै वर्षदेखि पहल गर्दै आएका थियौं, नेतालाई भेट्यौं, मन्त्रालयसम्म पुग्यौं, कसैले सुनुवाइ गरेन,’ उनले भने, ‘अन्तिममा नगरपालिकाले नै सडक कालोपत्रे बनाउन पुग्ने गरी बजेट विनियोजन गरेको छ, हामी साह्रै खुसी छौं।’ , बल्ल कालोपत्रे हुने भयो झापाको दोमुखा सडक
सेतोपाटी संवाददाता रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। , आइतबार बिहान पौने १२ बजे खाँडादेवि गाउँपालिका-३ भीरपानी हुन्दुरखोलामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्। , पगरवासबाट सिन्धुली जाँदै गरेको ज -१ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , दुर्घटनामा दुई जना गम्भीर घाइते र तीन जना सामान्य घाइते छन्। , सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर-६ भोटेपानी बस्ने वर्ष ४३ को कुमार तामाङ र ७० वर्षीय पदमबहादुर तामाङ गम्भीर घाइते छन्। , रामेछापमा अटो दुर्घटना हुँदा पाँच घाइते
सेतोपाटी संवाददाता काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ। , आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान साउजिंगमाथि चक्कु प्रहार गरेका हुन्।, प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो। दुई वर्ष उनीहरू जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ।, घाइते दुबै जनाको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। लि चुआनको पेटमा र साउजिंगको कानमा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार लिको अवस्था गम्भीर छ।, प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ। ,  ,  , लेनदेनको विषयमा विवाद हुँदा इन्द्रचोकमा एक चिनियाँले गरे दुई चिनियाँमाथि चक्कु प्रहार
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ। प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ। दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ।, गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरूको गुनासो आउने गरेको छ।, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नु पर्ने कामका विषयमा जानकारी लिएको छ। , टोलीले नगरपालिका प्रमुखहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी सुरू हुनुभन्दा पहिले नै विद्युत आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ। साथै सुदूरपश्चिमका जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ।, कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए।, ‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरू गर्न लागेका छौं, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं, १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन’, घिसिङले भने, ‘अहिले कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनु पर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो, यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत आयोजनाको करिब एक सय मेगावाट विद्युत अत्तरिया सबसबस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने छ।’, उनले कर्णाली, सेती, र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए।, लमही-छिन्चु, छिन्चु-दोदोधारा, दोदोधारा-नयाँ अत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन्। लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००/१३२ सबस्टेसन निर्माण गरिने छ।, प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रूट तथा सबस्टेसन निर्माण गरी ठाउँ, सञ्चालित सबस्टेसन, निर्माणाधीन आयोजननाको पनि अनुगमन गरेको थियो।,  , कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै
एकराज पाठक मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन्।, यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर।, हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन्। , यस वर्ष उनी नेपाल आएको यो तेस्रो पटक हो।, 'पछिल्लो समय बुवाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु,' उनले भनिन्। , चार वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहिछन्, बुवासँग 'तर धेरै सम्झना छैन, चार वर्षकी थिएँ। यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन। कताकति मात्र शौचालय थिए। बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि।' , उनका बुबा अर्थात् टोनी हेगन। नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला। टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रूपमा सन् १९५० मा यहाँ आएका थिए।, नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका रहेछन्। त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएछन्। प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन्। उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन।  ,  , सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे।नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका उनले नेपाल सम्भवत सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका छन्। , नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्‍याइदिएका छन्। , नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ।, उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ।, उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो। , आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैंले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन्।, हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ।, 'बुवाले माया गरेको र बुवालाई सम्मान गरेको देश नेपाल। मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ', क्याटरिनले भनिन्।, उनी नेपालका कैयौं जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्छिन्। , नेपालका लागि बुवाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्छिन् डा क्याट्रिन।, 'नेपालका बारेमा बुवाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ। फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु', उनले भनिन्। , टोनीले नेपालमा खिचेका तस्बिरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो।, 'नेपालमा उनका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ। उनका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ', उनी भन्छिन्।  , नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्बिर एवं दृश्यहरू प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ।, क्याट्रिन भन्छिन्, 'महत्वपूर्ण तस्बिरहरू छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका। ग्ल्यासिएरहरू पग्लिँदै गरेका कैयौं महत्वपूर्ण तस्बिरहरू उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ। उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरूपमा परिवर्तन आएको पनि हुनसक्छ। यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ। यस्तै पक्षहरूलाई उजागर गर्ने काम हामीले गरिरहेका छौं। उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्बिरहरूको प्रदर्शनी पनि नेपालमा गरेका थियौं। यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ।', बुवाजस्तै उनले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गरेकी छन्।, नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उनलाई।, 'पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो। कुनै पनि पदमार्गबाट हामी हिँड्यौं भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरूका परम्पराको पनि अध्ययन गर्नसक्छौं। साथै मानिसको खानपान र उनीहरूका दैनिकीको बारेमा अनुुसन्धान निकै चाखलाग्दो विषय हो। नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ', उनी भन्छिन्। , टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे। बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैं प्रशंसा गर्ने गर्नुहुन्थ्यो भन्छिन्।, क्याट्रिन भन्छिन्, 'त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ। म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ।' , उनी चिकित्सक भएर होला उनलाई अर्गानिक कृषि उत्पादन मनपर्छ। स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने बताउँछन्।, अर्गानिक आलु उत्पादन फार्म रहेको उनी बताउँछिन्।, समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उनले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिन्छिन्। नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्छिन्।, 'पदयात्रा शारीरिक तन्दुरूस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा। पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो। ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु। त्यसपछि म अर्काे पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ', क्याट्रिन भन्छिन्।  , नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उनलाई साह्रै नराम्रो लाग्छ।, पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोतल, झोला आदि फालिएको देखिने बताउँदै उनले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्नेहुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिन्छिन्। , कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरूलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उनी चाहन्छिन्।, 'हुम्ला, मानसरोवरमा मैले एकपटक देखें कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए। स्थानीयले के पाए त ? यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होऊन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरूका स्थानीय उपज खपत हुन्। पर्यटनको दीगो विकास भनेको यही हो। स्थानीयको सहभागिता र उनीहरुले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दीगो विकास सम्भव छैन। विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन', उनको भनाइ छ।   , नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछिन्।, पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्छिन् उनी।, 'कति धेरै फरक भइसक्यो। उबेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला। बालिका, महिला अहिले कति शिक्षित भइसके। राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन्। स्कूल कलेज गाउँगाउँमा छन्। सरसफाइ छ। बाटोघाटो पुगेको छ', पचास वर्षअघिको नेपाल सम्झिँदै उनी भन्छिन् तर पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उनी महसुस गर्छिन्।, तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै भनिन्, 'एक जना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो। मैले काठमाडौं लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छाैंभन्दा पनि बुबाआमा र आफन्तले मानेनन्। घरायसी उपचारले नै ठीक हुन्छ भने। बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन्। काठमाडौं आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरू मानेनन्। यो घटनाले मलाई छोइरहन्छ। मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिऊन् भन्ने लाग्छ।' , आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुवाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछिन्। हुन पनि उनी नेपाल जति अरू देश घुमेकी छैनन् अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन।, भन्छिन्, 'नेपाल त प्रकृतिले नै वरदानस्वरूप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन् नयाँ लाग्छ।' ,रासस,  , नेपालमा बुवाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी
सेतोपाटी संवाददाता काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ।, आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , २९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो।, उनी र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका हुन्।, चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो। यता चुआनको पनि पेटमा गहिरो चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार जारी छ।, प्रहरीका अनुसार उनीहरूबीच इन्द्रचोकको बाटोमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो।, उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ।, प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ।, सम्बन्धित समाचारः ,लेनदेनको विषयमा विवाद हुँदा इन्द्रचोकमा एक चिनियाँले गरे दुई चिनियाँमाथि चक्कु प्रहार, इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँको मृत्यु
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा शुक्रबारदेखि फ्लाइओभर निर्माणको काम सुरू हुने भएको छ। , शुक्रबार बिहान ६ बजेदेखि ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो। , ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो।, निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ। , त्यसको व्यवस्थापन गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ। , निर्माणको काम सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाउने योजना बनाएको छ। , कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने तयारी छ।, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने कार्यालयको तयारी छ। , सुरूमा त्यहाँ ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। खन्ने लगायतका काम गर्न भने अझै समय लाग्ने सडक विभागका अध्‍ययन तथा अनुसन्धान शाखाका सिडिई सौरभ बज्राचार्यले जानकारी दिए। ,  ,  , ग्वार्कोमा फ्लाइओभर निर्माण हुँदै, कसरी गरिन्छ ट्राफिक व्यवस्थापन?
रासस रूपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौं ठगी गरेका छन्।, विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेसनका लागि लाखौं असूल गरी अहिले ती युवा फरार छन्।, रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका छन्।, सम्मरीमाई गाउँपालिका–७ बस्ने मकसुद मुसलमानले कोटहीमाई, सम्मरीमाई तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका एक सयभन्दा बढी स्थानीयलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेको छ। , मर्चबारको भैंसागाहन बस्ने उनी आफ्नो छेउछाउका गाउँमा घर बनाइदिने भन्दै विपन्न परिवारलाई आश्वासन दिने र फारम भर्नुपर्ने भन्दै रकम माग गर्दथे।, उनले फारम भर्न र अन्य प्रक्रियाका लागि भन्दै प्रतिव्यक्ति रु एक लाख ५५ हजारसम्म रकम लिने गरेको पीडितहरूले बताएका छन्। , कोटहीमाई गाउँपालिका–१ सिपवा बस्ने जमिरुन निशाको नौ जनाको परिवार एउटै कोठामा गुजारा गरिरहेको थियो। दैनिकजसो टोलमा आउने मकसुदको प्रलोभनमा उनी परे र उनले घर बन्ने आशमा कृषि विकास बैंकबाट रु एक लाख आठ हजार कर्जा लिएर मकसुदलाई बुझाए। , रकम बुझाएदेखि मकसुद सम्पर्कमा नआएको जमिरुनले बताए। दैनिक ज्यालादारी गरी खाने उनको परिवारलाई अहिले बैंकको ब्याजले पिरोलेको छ। , रकम लिएको कुनै रसिद वा कागजसमेत नपाएको जमिरुनको भनाइ छ।, कोटहीमाई–१ कै परस्पुर बस्ने ८० वर्षीय मंहगु हरिजन र उनकी श्रीमती सिगारीले ज्येष्ठ नागरिक भत्ताबाट पाएको रकम घर बनाइदिने आश्वासनपछि प्रलोभनमा परेर रु ५४ हजार मकसुदलाई बुझाएको जानकारी दिए। , मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो संकलन गर्न तथा जग्गा नापजाँच गर्न कर्मचारीसमेत राखेको पीडितले बताएका छन्।, ठगीमा परेका पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा गत कात्तिक २१ गते नै यसबारे उजुरी दिएका छन्।, सोही दिन जिल्ला प्रशासन कार्यालयले सक्कलै निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो। , जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय मर्चवारलाई निज मकसुदलाई पक्राउ गर्न पत्राचार गरेको थियो।, प्रक्रियामा गए पनि न्याय नपाएको पीडितको आरोप छ। पत्र आए पनि प्रहरीले मकसुदलाई पक्राउ गर्न तदारूकता नदेखाएको निवेदक प्रेमलाल कोहारको आरोप छ।, लुम्बिनी साँस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहार, माया कुर्मी, गुडिया लोध र गीता हरिजन लगायतले संयुक्त निवेदन दिएका छन्।, पक्की घरको आशमा ऋण लिएर मकसुदलाई जनही रु एक लाख ५५ हजार दिएको निवेदकहरूको भनाइ छ।, यस विषयमा इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख, प्रहरी निरीक्षक तेजबहादुर खत्रीले पटक–पटक प्रहरी मकसुदको घर पठाउँदा पनि फेला पर्न नसकेको बताए। , घर बनाइदिने प्रलोभन देखाएर लाखौं ठगी गरी फरार
सेतोपाटी संवाददाता दार्चुलाको भारत- नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। , आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले जानकारी दिए। , महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ। त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको इन्स्पेक्टर शाहीले बताए। , उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ। त्यस्‍तै अहिले दुई पक्षबीच वार्ता भइरहेको छ। , भारतबाट सरकारी अधिकारी र नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छलफल भएको छ। नेपाली पक्ष भारत पुगेर छलफल गरी फर्किएको हो।, ढुंगाले लागेर आधिकारिक रूपमा कोही घाइते भएको जानकारी नआएको इन्स्पेक्टर शाहीले बताए। , ढुंगा हानाहान भएपछि एक घण्टा सीमा बन्द भएर अहिले खुलेको उनले बताए।,  , महाकाली वारिपारि नेपाली-भारतीयबीच ढुंगा हानाहान
नवीनबाबु गुरूङ सरकारले आफूहरूमाथि गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा सुकुम्बासीमाथि प्रदर्शन भएको छ।, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प उठिबास गराउन नपाउने भन्दै प्रदर्शन गरेका हुन्।, प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन्।, उनीहरूले माइतीघरबाट नयाँ बानेश्वरसम्म जुलुससहित प्रदर्शन गरेका थिए। हेर्नुहोस् तस्बिरहरू।, काठमाडौंमा सुकुम्बासीको प्रदर्शन- बिना विकल्प उठिबास गराउन पाइन्न (तस्बिरहरू)
रासस वनको माँझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरूका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन्। विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ। , पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो। विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन्।, विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो।  त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन्।, ‘गत वर्षसम्म १०/१५ विद्यार्थी नियमित पढ्न आउँथे,’ उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ  तर बर्खामा तर्न सकिँदैन। पुल नहुँदा विद्यार्थी नजिक  छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ।’, विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन्। चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने आफ्नो  चाहना रहेको उनले बताइन्। विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घन्टा टाढाको विद्यालयमा पुग्छन्।, विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ।, ‘गाउँको ७० घरका  विद्यार्थी पढ्ने एक्लो विद्यालय हो,’ स्थानीय शेरबहादुर केसीले भने, ‘विद्यालय आउने  खोलामा पुल, सहज बाटो निर्माण र  अङ्ग्रेजी माध्यमबाट पठनपाठन  गर्न पालिकामा छलफल भइरहेको छ।’, गाउँपालिकाले अरू विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ।, ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन,’ गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ। केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ।’, जहाँ एक्ली शिक्षिका पढाउँछिन् एक जना विद्यार्थी
रासस नलगाड जलविद्युत आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ। , नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो।, सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत सास्ती व्यहोर्नु परेको छ। , जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले लिएको पुलको ठेक्काको काम नगर्दा अलपत्र परेको हो।, भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्ने काम गर्दछ। , पुल निर्माण नहुँदा नलगाड नदीमा परेर धेरैले ज्यानसमेत गुमाएको स्थानीय रामबहादुर खत्रीले बताए।, खत्रीले भने, 'पुल निर्माण नहुँदा हामीले धेरै दु:ख पाएका छौं, नलगाड नदीमा काठको लाप्को बनाएर यातायातका साधन खोलामा तार्दा जोखिम हुने गर्छ। काठबाट पुल बनाउँदा थप पैसा खर्च भएपछि त्यो सबै यात्रुबाट नै असुल्ने काम हुन्छ।',  , नगरप्रमुख खड्काको कम्पनी खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिले सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो।, पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारी साधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारी साधन साधुतरामा रोकिने गरेका छन्।, नलगाड जलविद्युत आयोजनामा फिल्ड इञ्जिनियर पदम थापाका अनुसार दुई वर्षभित्र पुल निर्माण गर्ने सम्झौता थियो। तर अहिले ६ वर्ष पूरा भइसकेको छ। , पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुई पिल्लर उठाइएको छ तर खारापट्टिको पिल्लर निर्माण गर्दा दुई मिटर ढलान गरेर मात्र पिल्लर राख्नुपर्ने थापाको भनाइ छ।, पिल्लर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुनः पूर्ण पिल्लर निर्माण गर्न आग्रह गरिएको थियो। , ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिल्लर हालेपछि कार्यालयद्वारा ठेकेदार कम्पनीलाई रकम भुक्तानी रोकेपछि अहिले समस्या आएको छ।, ठेकेदार कम्पनीले साढे तीन करोड लागतमा  वि.सं २०७२ मा पुनर्निर्माणको ठेक्का लिएको थियो।, सम्झौता सकिँदा पनि बनेन पुल
सुरेश आचार्य सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन्। जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ। १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन्। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सांकेतिक भाषामै पढाउनुपर्छ।, त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ।, सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल। , विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जना विशेष शिक्षा परिषदबाट नियुक्त भएका छन् भने विद्यालयमा चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी रहेका छन्।, कूल ९६ जना अध्ययनरत विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन्। , विद्यालयमा विषयगत संकेत सामग्रीको अभावका कारण सुन्ने र बोल्ने क्षमता नभएका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ।, 'साना कक्षामा साङ्केतिक सङ्केत अभावले खासै समस्या हुँदैन', विद्यालयका प्रध्यानाध्यापक चिन्तामणि कँडेलले भन्छन्, 'खासगरी पठनपाठनमा प्रयोग हुने साङ्केतिक सङ्केत अभावले माथिल्लो कक्षाका विद्यार्थीहरू भने प्रभावित बन्ने गरेका छन्।' ,     , विद्यालयमा गणित, विज्ञान, वातावरण शिक्षा लगायतका विषयमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ।, कक्षा १० सम्म अध्यापन गराइरहेका शिक्षकहरूमा विषयगत संकेत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउँछन्। , उनी भन्छन्, 'सङ्केत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ। विषयगत सङ्केत अभावले विद्यार्थीलाई प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ।' ,     , प्रअ कँडेलका अनुसार नेपालमा विषयगत सङ्केतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान सुरू नभएको मात्र होइन, विषयगत संकेतका विषयमा नेपालमा पुस्तकहरूको पनि अभाव रहेको छ।, अन्य मुलुकहरूमा विषयगत सङ्केतहरूको व्यवस्था गरिएको भए पनि नेपालमा भने अन्य मुलुकको सङ्केतले काम गर्दैन।, 'पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ। यस विषयमा हामी शिक्षकहरूले प्रयास पनि गरेका छौं', उनले भने, 'साङ्केतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौं। शिक्षकहरूलाई विषयगत सङ्केतका लागि थप तालिमको आवश्यक छ।', प्रअ कँडेल सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित विद्यालय आफैंले भने सधैं अभाव खेप्नुपरेको बताउँछन्।, विसं २०३७ मा स्थापना भएको यस विद्यालयको भवन जीर्ण छ। कक्षा कोठा पनि पर्याप्त छैन भने यहाँ खेल मैदान, पाठ्यपुस्तक, शैक्षिक सामग्री र शिक्षकको पनि अभाव छ।, उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको शैक्षिकस्तर माथि उठाउन समस्या भएको प्रअ कँडेल बताउँछन्।, यस विद्यालयमा प्राथमिक तहमा एक, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा एक जना गरी छ जनाको दरबन्दी रहेको छ।, विद्यालयमा कम्तीमा नौ जना शिक्षक आवश्यक रहेको प्रअ कँडेलको भनाइ छ। उनी अन्य विद्यालयका शिक्षकसरह यहाँका शिक्षकलाई सेवासुविधा नभएको बताउँछन्। , वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालयका रूपमा छ।, सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाँभेर यही विद्यालयमा ल्याइएको हो। अहिले पनि यो विद्यालय संघीय सरकारकै स्वामित्वमा छ। , विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा पठनपाठन हुने गर्दछ।, 'पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ', प्रअ कँडेल भन्छन्, 'शौचालय जीर्ण अवस्थामा छ भने खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीलाई पसलबाट किनेर ल्याउनु पर्दछ।' , विशेष शिक्षामार्फत् सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अंग्रेजी शिक्षक रमेशकुमार कार्की बताउँछन्।, सांकेतिक भाषाका लागि आवश्यक सामग्री नहुँदा पठनपाठनमा समस्या रहेको उनको भनाइ छ।, उनका अनुसार नेपालीमा अनुवाद गरी फेरि सांकेतिक रूपमा बुझाउन गाह्रो हुन्छ। सम्बन्धित विभागले नै पाठ्यक्रम अनुसार सांकेतिक संकेत चिन्हको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उनको धारणा छ। ,     , श्रवण शक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एकमात्र विद्यालय भएकाले पनि यहाँ विद्यार्थी आउनेक्रम बढ्दो छ। आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको छ।, प्रधानाध्यापक कँडेलका अनुसार वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा नयाँ भवनका लागि दिएको ५० लाख रुपैयाँले अहिले भवन बनिरहेको छ।  , जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र बहिरा स्कुलको पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासमा कुनै जनप्रतिनिधिको ध्यान नपुगेको अभिभावकहरूको गुनासो छ।, सांकेतिक भाषाको पठनपाठन हुने यस विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिकस्तर सुधारका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीय अभिभावक लक्ष्मी उपाध्याय जोड दिन्छिन्।, उनी भन्छिन्, 'राज्यले नै ध्यान नदिँदा बालबालिकाहरूको पठनपाठन प्रभावित भइरहेको छ।' , विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री खरिद गर्न सरकारले प्रतिविद्यार्थी मासिक ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ।, विद्यालयमा हाल सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान, बाँके, बर्दिया र कैलालीका विद्यार्थी अध्ययनरत छन्।, कूल ९६ जना विद्यार्थी अध्ययनरत सिद्ध बहिरा बाल स्कुलमा ४६ छात्रा र ५० छात्र छन्। यहाँ पाँच छात्र र नौ छात्रा गरी १४ दलित विद्यार्थी छन्।, विद्यालयमा ८१ जना आवासीय रूपमै अध्ययन गरिरहेका छन् भने १५ जना घरबाटै आवतजावत गर्दै आएका छन्।  , विद्यालयमा सबभन्दा धेरै दैलेख जिल्लाका ३४ जना विद्यार्थी अध्ययनरत छन् भने सुर्खेतका २८, कालिकोटका १५, हुम्लाका १५, जाजरकोटका चार, कैलालीका तीन, अछामका तीन, डोल्पाका दुई तथा मुगु र डोटीका एक/एक जना विद्यार्थी अध्ययनरत छन्। ,रासस, अभावमा गुज्रिँदै सांकेतिक विद्यालय
सेतोपाटी संवाददाता चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन।, बोर्डको अध्यक्ष हुनका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले दिएको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश सिहं राउतको इजलासले अन्तरिम आदेश नदिई  पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।, साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।, शैक्षिक योग्यता साथै यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो।, दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।, शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा मुद्दा दिएका थिए।, चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति विरूद्धको रिटमा अदालतले दिएन अन्तरिम आदेश
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ। , जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो। , एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको बैठकले सो खण्डको सुरक्षाको विषयमा विभिन्न निर्णय गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनकारी दिए। , 'बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकातर्फ एउटै रूट हुँदै चल्ने सवारी साधनलाई बिहानदेखि बेलुकासम्मको अवधिमा जाँच गर्न मुण्डे, कुमसोत, बोझा पोखरी, कोखे र देवीथानमा चेकपोष्ट स्थापना गरिएको छ', उनले भने, 'कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको सिमाना रकुवा, थामबेंसी र ढोडेनीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि स्थलगत अनुगमन गरिएको छ।', पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णय गरिएको छ। त्यसैगरी नगरपालिका तथा गाउँपालिकाभित्र रहेका सडकको स्थानीय पालिका र सडक डिभिजन कार्यालयले नियमति सडक मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए। , ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडा मनपर्दो रहेको गुनासो आएकाले जिल्ला यातायात व्यवस्था कार्यालयले उपसमिति बनाइ भाडा निर्धारण, बाटो इजाजतपत्र लगायतका विषयमा नियमन गर्ने भएको छ।, ग्रामीण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन, चेकपोष्ट स्थापनाका साथै स्थानीय प्रतिनिधिसँग अन्तर्क्रिया गरी तयारी थालिएको प्रहरी उपरीक्षक तिवारीले बताए। , कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटारमा गत कात्तिक १५ गते भएको सवारी दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। सो दुर्घटनाको एक महिनापछि धौवादीमा गत मंसिर १५ गते सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो। , सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट रूपन्देहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।, रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ हिरापुरमा बालुवा लोड गरेको रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, टिपरको ठक्करबाट मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, टिपरको ठक्करबाट गभ्मीर घाइते भएका शर्माको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।, दुर्घटनापछि ठक्कर दिने टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको अर्यालले बताए।, रूपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ।, धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ। , दिल्लीका बासिन्दा हरेक जाडो याममा वायु प्रदुषणको समस्या खेप्दै आएका छन्। सवारी साधनले उत्सर्जन गर्ने धुँवा र कृषि सामग्री भित्र्याएपछि मलका लागि भन्दै खेतमा लगाइने आगोका कारण पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन्।, भारतको केन्द्रीय प्रदुषण मापन बोर्डले सोमबार दिल्लीको वायुको गुणस्तर निकै कमजोर रहेको बताएको छ।, ‘वायु प्रदुषणको सूचांक ३०० देखि ४ सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा हुनु हो,’ बोर्डले भनेको छ।, केन्द्रीय सरकारलेनै दिल्ली र छिमेकी सहरमा निर्माणसम्बन्धी काममा प्रतिबन्ध लगाउनुका साथै डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालन पनि केही समयका लागि रोक लगाएको छ। , दिल्लीमा बढ्यो वायु प्रदुषण, सरकारले लगायो निजी पूर्वाधार निर्माणमा रोक
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँमा एक जना मृत फेला परेका छन्। , गोदावरी नगरपालिका-११ चापागाउँस्थित एक घरमा डेरा गरी बस्ने एक पुरूष सोमबार मृत फेला परेका हुन्। , नुवाकोट घर भई डेरामा बस्दै आएका ५० वर्षीय कान्छा तामाङ कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी दीपक भारतीले जानकारी दिए। , प्रहरीका अनुसार कान्छा तामाङ सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति हुन्। सोमबार भने उनलाई स्थानीयले मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।, उनी अत्यधिक मापसे गर्ने र एक्लै बस्थे। मापसेकै कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। , उनको शव पोष्टमर्टम गर्न ललितपुरको पाटन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।, प्रहरीले मृतकका आफन्त पनि खोजिरहेको डिएसपी भारतीले बताए।, प्रहरीले घटना शंकास्पद नदेखिएको बताएको छ। यसमा आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।,  , चापागाउँमा एक पुरूष मृत फेला
रासस गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरू गरिएको छ। , नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो। व्यास–५ को पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए। , व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए।, पाटनतर्फ तीन सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा एक सय दुई मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताए। , नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएका थिए।, मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए।, वैशाखमा टेण्डर भए पनि वर्षायाम सुरू भएकाले अहिले आएर निर्माण कार्य सुरूआत गरिएको हो।, दुई महिनाभित्र निर्माण काम सम्पन्न गर्नेगरी एमआर एण्ड ग्रुप प्रालिले निर्माणको जिम्मा पाएको छ। , नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बसेर कटाउनुपरेको उनले पीडा सुनाए।, अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकूल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माध्यमिक विद्यालयलगायत क्षति हुने देखिएको छ। , तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ।, नगरपालिकाले मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न सङ्घ सरकारबाट बजेट विनियोजन गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। , गत वर्ष रु पाँच करोड र यस वर्ष रु २९ करोड बजेट विनियोजन गरिएको छ।, उनले भने, 'बर्सेनि नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भइरहेको छ।' ,  , बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाइँदै
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय दाङले पुस ५ गतेभित्र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन आग्रह गरेको छ। , मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गर्दै  दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ-बायाँ ३१/ ३१ मिटरभित्र रहेका संरचना हटाउन कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले निर्देशन दिएका छन्। , तोकिएको समयमा त्यस्ता संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउन लागेको खर्च सडक मिच्ने व्यक्ति वा संघ सरकारी बाँकी सरह असुल उपर गरिने जारी सूचनामा उल्लेख छ।, एमसिसी परियोजनाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको यो सडक खण्ड चार लेनमा विस्तार गर्ने योजना छ। , दाङ सडकखण्ड करिब ७७ किलोमिटर रहेको छ।, सडक डिभिजन कार्यालयले पूर्व-पश्चिम राजमार्गमा पर्ने राप्ती र गढवा गाउँपालिकासहित लमही नगरपालिकालाई पत्राचार गरी  वडाको सूचना पार्टीमा  सूचना टाँस गर्न आग्रह गरिसकेको छ।, पुस ५ गतेभित्र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङखण्डको सडक मिचेर बनाइएको संरचना हटाउन निर्देशन
सेतोपाटी संवाददाता काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ।, काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा समितिको बैठकले रात्रिकालीन व्यवसायलाई समय तोकेको हो।, यस्ता व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय तोकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, त्यस निर्णय अनुसार मदिरा पसलहरू राति १० बजेसम्ममात्रै सञ्चालन गर्न पाइने छन्।, रेष्टुरेन्टहरू मध्यराति १२ बजेसम्म, डान्स दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बारहरू २ बजेसम्म र क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको हो।, परिसरका एसएसपी भरत बोहराका अनुसार पहिले पनि यही समयअनुसार सञ्चालन गरिन्‍थ्यो। तर लिपिबद्ध रूपमा निर्णय भइनसकेको हुँदा अहिले निर्णय गरिएको बताए।, काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने
राजेश घिमिरे भरतपुर महानगरपालिका नारायणगढस्थित नारायणी नदीको किनारलाई प्रमुख पर्यटकीय गन्तव्य मान्छ। पछिल्ला वर्षमा यहाँ चहलपहल निकै बढेको छ। नदीमा स्नान गर्ने, आरती गर्ने, डुंगा चढ्ने, खाजा खाने, फोटो खिचाउनेदेखि समय बिताउन आउनेहरूले नदी किनार प्रायः भरिभराउ देखिन्छ।, आइतबार भने यो चौरमा एकाएक फोहोरको डंगुर देखापर्‍यो। नगरभरिबाट संकलन गरिएका दर्जनौं ट्र्याक्टर फोहोर नदीको किनारमा थुपारिएको देख्दा यहाँ घुम्न आएका पर्यटक अचम्म परे। आफ्नो घरअगाडिको चौर फोहोरले भरिन थालेपछि स्थानीयबासी पनि आक्रोशित भए। तर जिज्ञासु सबैलाई फकाइवरी भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनले नारायणी नदीसँग जोडिएको मैदानमा खाल्डो खनेर फोहोर गाडे।, नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने गरी किनारलाई डम्पिङ साइट बनाउन खोजिएको भन्दै अहिले भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनको चर्को विरोध भइरहेको छ। महानगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्पतर्फ ध्यान नदिई नारायणी नदीलाई दुषित बनाउने गरी काम गरेको भन्दै सामाजिक अभियन्ताहरले विरोध गरेका छन्। आफूहरूलाई झुक्काएर फोहोर गाडिएको भन्दै स्थानीयबासीले पनि विरोध गरेका छन्।, उद्योग वाणिज्य संघ चितवनले नदी किनारमा हरेक दुई वर्षमा चितवन महोत्सव आयोजना गर्छ। आगामी पुस २५ गतेदेखि महोत्सव गरिँदैछ। महोत्सव गर्ने गरिएको स्थानमा यस वर्ष नदीमा आएको बाढीले ठूलो खाल्डो बनाइदिएपछि महानगरपालिका र संघले फोहोरले पुर्ने जुक्ति निकालेका थिए। खाल्डो पुर्न ढुंगा, माटो नपाएपछि बाध्य भएर फोहोरको विकल्प रोज्नुपरेको संघले जनाएको छ।, संघका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवका लागि किनार सम्याउन ढुंगा, माटो नपाएपछि महानगरपालिकासँग सहमति लिएर फोहोर प्रयोग गरिएको बताए।, 'यसै पनि भरतपुरको फोहोर नदीको किनारमै फाल्ने गरिएको थियो। हामीले त्यो फोहोर बाहिर ननिस्कने गरी गाडेर महोत्सव सञ्चालन गर्न मिल्ने बनाएका हौं,' श्रेष्ठले भने, 'यसले नदीलाई असर गर्छ जस्तो लाग्दैन।', तर पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत संस्थाहरू भने मानव चहलपहल बाक्लो हुने स्थानमा गाडिएको फोहोरको रसायनले नदी, जलचर, नदीसँग जोडिने व्यक्ति र समुदायमा गम्भीर असर पार्ने बताउँछन्।, वातावरण संरक्षणका लागि काम गर्ने संस्था नेपाल विकास समाजमा आवद्ध इञ्जिनियर सागर कार्की किनारमा गाडिएको फोहोरले नदीको पारिस्थितिकीय प्रणालीमा असर पुर्‍याउनुका साथै हानिकारक र विषादीयुक्त रसायनले भूमिगत पानीलाई विकार गर्ने बताउँछन्।, 'वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले यो वातावरण र उपभोक्ता हीतविपरीत डरलाग्दो कदम हो,' कार्कीले भने, 'पर्यटकीय चहलपहल बढी हुँदै गएको ठाउँमा यसरी फोहोर गाडिनु ठूलो खेलवाड हो।', भरतपुर महानगर क्षेत्रमा सरसफाइ अभियानमा सक्रिय संस्था 'वे ग्रुप नेपाल' का अध्यक्ष भोजनारायण कँडेलले नदी किनारमा गाडेर फोहोर व्यवस्थापन गर्ने सोच गलत भएको बताए।, 'फोहोर व्यवस्थापनका लागि जतिसक्दो छिटो ल्यान्डफिल साइटको व्यवस्था गर्नुपर्नेमा नदीको किनारमा गाढेर काम चलाउँछौं भन्ने सोच्नु गलत हो,' कँडेलले भने, 'माटोको विकल्प घरेलु फोहोर हुनै सक्दैन।', नारायणी नदीले हरेक वर्ष खतराको तह पार गर्ने गरेको छ। नदीमा बाढी आउँदा किनारमा क्षति पुर्‍याउने र यहाँ गाडिएका फोहोर नदीमा मिसिने चिन्ता धेरैको छ।, 'बेटर चितवन' नामक संस्थाका वातावरण संयोजक सुवर्ण घिमिरेले धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचय बनाउँदै गएको नारायणी नदीको किनारमा फोहोर गाडिएको कार्यको विरोधमा संघर्षमा उत्रिएको बताए।, 'हामीले यस विषयमा महानगरपालिका, उद्योग वाणिज्य संघ, निर्वाचित जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराइसकेका छौं। यस विषयमा गम्भीर भएर नदी किनारलाई विगतकै अवस्थामा नफर्काइँदासम्म हामी संघर्षमै रहन्छौं,' उनले भने, 'फोहोरको थुप्रोमाथि उभिएर महोत्सवमा भाग नलिन हामी सबैलाई आह्वान गर्छौं।', वातावरण संरक्षणमा सक्रिय युवाहरूको चिन्ता नदी किनारमा खुला र जमिनमुनि फोहोर फाल्ने क्रम बढ्दै जाँदा महानगरपालिकाले फोहोर व्यवस्थापनको स्थानीय विकल्पतिर चासो नदिने दिन छाड्ने हो कि भन्नेतर्फ पनि देखिन्छ।, महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योग वाणिज्य संघले नदी किनारमा फोहोर गाडेको विषयमा आफूलाई जानकारी नभएको बताए।, 'गाडिएको रहेछ भने त्यो गलत भयो। म तत्काल बैठक राखेर पहिलेकै अवस्थामा फर्काउन प्रयास गर्छु,' उनले सेतोपाटीसँग भनेका थिए।, तर उनले भनेजस्तो पहिलेको अवस्थामा फर्काउने काम भएको छैन। बरू फोहोरलाई ढुंगामाटोले पुरेको ठाउँमा पानी हालेर पक्की बनाउने प्रयास भइरहेको छ।, त्यसो त भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारमा फोहोर फाल्न थालेको १६ वर्षभन्दा बढी भयो। नारायणी पुलदेखि पश्चिमतर्फको किनारमा फाल्दै आएको फोहोरलाई पहिलोपटक उत्तरतर्फको किनारमा गाडिएको हो।, नगरभरिको फोहोर लगेर नदी किनारमा फालिएकोमा महानगरपालिकाको आलोचना हुँदै आएको छ। महानगरपालिकाकी प्रमुख रेनु दाहालले नदी फोहोर फाल्ने ठाउँ होइन भन्ने जान्दाजान्दै पनि यसबाहेकको विकल्प तयार नहुँदासम्म नदी किनारमै व्यवस्थापन गर्न बाध्य भएको बताउने गरेकी छन्।, फोहोर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाले ल्यान्डफिल साइटको योजना अघि सारेको वर्षौं भयो। तर अहिलेसम्म जमिन प्राप्त गर्नेभन्दा बढी प्रगति भएको छैन।, ल्यान्डफिल साइट निर्माणका लागि नेपाल सरकारले भरतपुर–२ मा रहेको जलदेवी सामुदायिक वन अन्तर्गतको १५ बिगाहा वन क्षेत्रको जमिन उपलब्ध गराएको करिब एक दशक भयो। उक्त जमिनको सट्टामा तत्कालीन उपमहानगरपालिकाले करिब दुई करोड रूपैयाँ खर्च गरेर माडी नगरपालिकामा १५ बिगाहा जमिन खरिद गरेको पनि पाँच वर्ष भयो। सरकारी वन उपयोग गर्दा सोही बराबरको अर्को जमिनमा वृक्षरोपण गर्नुपर्ने प्रावधान अन्तर्गत यसो गरिएको हो।, लामो समयपछि महानगरपालिकाले २०७५ सालमा ल्यान्डफिल साइट बनाउन साझेदार फेला पार्‍यो। दक्षिण कोरियाको सुडोनोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनका प्रमुख सियो जु वन र महानगरकी मेयर रेनु दाहालबीच २०७५ भदौ २८ गते ल्यान्डफिल साइट निर्माणको सम्झौता भएको थियो। सोही दिनबाट लागू हुनेगरी १५ महिना भित्रमा गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने घोषणासमेत गरिएको थियो। यसका लागि आवश्यक बजेट कोरियाली सरकारले उपलब्ध गराउने सहमति थियो।, तर चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ल्यान्डफिल साइटको डिपिआरसमेत महानगरले प्राप्त गरेको छैन।, महानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख इञ्जिनियर विराट घिमिरे कोरियन संस्थाले डिपिआर निर्माणको काम सकेको जानकारी गराए पनि महानगरले प्राप्त नगरेको बताए।, 'उसले गर्दै आएको ढिलाइबाट अब ऊ यहाँ काम गर्न अनिच्छुक भएको हो कि भन्ने पनि बुझिन्छ,' घिमिरेले भने, 'काम गर्दैनौं भनिसकेको त छैन तर काम गर्ने नगर्नेबारे आगामी जनवरीसम्ममा जानकारी गराउँछौं भनेका छन्।', घिमिरेले कोरियन संस्थाले कम चासो देखाएको बुझेपछि महानगरपालिकाले छुट्टै मोडलमा ल्यान्डफिल साइट निर्माण गर्नेगरी योजना तयार पार्न थालेको बताए। उनले आगामी असार मसान्तसम्ममा राय, सुझाव संकलन गरेर योजना तयार पार्ने र आगामी आर्थिक वर्षबाट निर्माणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए।, 'कोरियन संस्थालाई कुर्दाकुर्दा चार वर्ष खेर गयो। अब नयाँ योजना बनेर ल्यान्डफिल साइट नबन्दासम्म फोहोर व्यवस्थापनको नयाँ विकल्प हामीसँग हुँदैन। सकेसम्म कम क्षति हुने गरी नदी किनारमा व्यवस्थापन गर्ने एक मात्र उपाय हामीसँग छ,' उनले भने।, घिमिरेले उद्योग वाणिज्य संघले महोत्सवका लागि चौर सम्याउन ढुंगा, माटो नपाएको गुनासो गरेपछि फोहोरलाई गाड्ने विकल्प दिनुपरेको बताए।, महानगरबाट दैनिक ७० टनभन्दा बढी फोहोर निस्किने गरेको घिमिरे बताउँछन्। दैनिक २० देखि २५ वटा ट्रक उक्त फोहोर बोकेर फाल्न नारायणी किनारमा पुग्ने गर्छन्। त्यो फोहोरले नारायणी नदी त दुर्गन्धित बनाएको छ नै, किनारसँग जोडिएको नगर वन क्षेत्रका रूखबिरूवाहरूमा समेत असर पार्ने गरेको छ। नदीमा बस्ने गोही, डल्फिन लगायतका लोपोन्मुख प्राणी तथा पानी खान नदीमा पुग्ने वन्यजन्तुमा गम्भीर असर परिरहेको छ।, नारायणीको किनारमा फाल्नुअघि महानगरले जलदेवी सामुदायिक वनमै लगेर फोहोर फाल्थ्यो। जैविक महत्वको वनमा फोहर फालेको भनेर १६ वर्षअघि तत्कालीन पुनरावेदन अदालत हेटौंडाले रोक लगायो। पछि वन क्षत्रमा आइइई गरेर वैधानिक रूपमै ल्यान्डफिल साइट बनाउने गरी मन्त्रिपरिषद बैठकले निर्णय गरिदिएको थियो।, त्यसपछि भरतपुरको ओरालो र व्यस्त बजार नारायणगढको पुल्चोकबाट भित्र नारायणी नदी किनारमा भरतपुर महानगरबाट उठाइएको फोहोर फाल्न थालिएको हो। त्यसयता नारायणीले भरतपुरबाट निस्किएको फोहोर निरन्तर बगाइरहेको छ। भरतपुर–३ को पुल्चोकबाट सुरू गरेर वडा प्रहरी कार्यालय, सन्सारीमाई टोल क्षेत्र हुँदै भरतपुर–४ को नारायणी दोभान टोल नजिकको किनारसम्म ७ किलोमिटर फोहोरले भरिएको छ।, महानगरले फोहोर फालिसकेपछि माटो हालेर पुर्ने त गरेको छ तर पुरेको फोहार जीवजन्तु तथा पानीले खोतलेर छरपस्टै पारिदिन्छ। हिउँदमा नदी सुक्ने हुँदा गाडीहरू बस्तीदेखि तीन-चार किलोमिटर परसम्म पुगेर फोहोर फाल्छन्। वर्षामा नदीको भंगालो नै नदीसरह उर्लने हुँदा फोहोर बोक्ने गाडी पर जान सक्दैनन्। त्यसैले वरै फोहोर बिसर्जन गरिने गरिएको छ।, चितवन महोत्सव गर्न नगरभरिको फोहोर नारायणी किनारमा गाडिएपछि
सेतोपाटी संवाददाता काठमाडौंमा प्रहरीले दिउँसै चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले जानकारी दिए। , उनका अनुसार तामाङले बौद्ध, कपन जस्ता एरियामा दिउँसै चोरी गर्ने गरेका थिए। , तामाङले चोरी गरेको ४ लाख ८१ हजार ६५० रूपैयाँ र विभिन्न औजारसहित मंगलबार नियन्त्रणमा लिएको एसएसपी बोहोराले बताए।, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।, एसएसपी बोहराका अनुसार उनी पटकपटक पक्राउ परिसकेका छन्। उनी विभिन्न समयमा धरौटी बुझाएर छुटेका आरोपित व्यक्ति हुन्। ,  ,  , काठमाडौंमा दिउँसै घरमा चोरी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता धनगढीमा निषेधाज्ञा जारी गरिएको छ।, जिल्ला प्रशासन कार्यालय कैलालीले जारी आदेशमा बिहीबार साँझ ७ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।, बिहीबार बेलुका ७ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।, बुधबार बिहान १० बजेतिर धनगढी उपहानगरपालिका–४ हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले च्यापेर कक्षा ८ मा पढ्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो।, प्रहरीका अनुसार घरबाट विद्यालय जाँदै गरेकी मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्। उनको मृत्यु भएपछि धनगढी बजारमा प्रदर्शन भएको थियो। अवस्था तनावग्रस्त भएपछि थप अराजक गतिविधि हुनबाट रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले बताए।, चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध जनाएका छन्। , ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।, घटनास्थलमा रहेको बालिकाको शव अहिले भने सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।, आफन्तको सहमतिबिना घटनास्थलबाट उठाएर अस्पताल ल्याएको भन्दै स्थानीयहरूले सेती प्रादेशिक अस्पतालमा प्रदर्शन गरिरहेका छन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले घटनालाई लिएर आफन्तहरूले आक्रोश पोखिरहेको बताए। उनका अनुसार शव सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।, धनगढीमा निषेधाज्ञा जारी
रासस सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्।, गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जनाएको छ।, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो।, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताए।,  , पेस्तोलसहित दुई युवक पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।, आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको छ।, ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।, आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने पनि बताएको छ।, आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो। आचारसंहिता लागु नहुने सूचना निर्वाचन आयोगले जारी गरेपछि भूमि आयोगले आफ्ना कामलाई निरन्तरता दिने पनि बताएको छ।, भूमि आयोगले भन्यो- काठमाडौंलगायत ठाउँका सुकुम्बासीलाई अहिले नहटाऊ
रासस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।, दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।, दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे।, दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन। घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ।, सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान छ। साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी थियो।, घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको संख्या बढेको जनाइएको छ। घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।, दुर्घटनामा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेहरूमा बुलिङटारका ६० वर्षका होम बहादुर रानाभाट, ६७ वर्षीया मनसुभा बराल, डेडगाँउका २८ वर्षका केशरी दराई र ५८ वर्षका यामबहादुर ठाडा छन्।, जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
सविता बुढा बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको शव हत्या गरिएको अवस्थामा जंगलमा फेला पर्‍यो।, गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।, २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन्। उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन्।, त्यही क्रममा सशस्त्र प्रहरीका भरत कोलीसँग उनको चिनजान भयो। उनी चुनावमा भने पञ्चेश्वर ४ को मतदान केन्द्रमा खटिएका थिए। ड्युटी फरक-फरक ठाउँमा भए पनि माया र भरतबीच कुराकानी निरन्तर हुन थालेको थियो। उनीहरूले फोन, म्यासेज र म्यासेन्जरमा कुराकानी गरेका थिए।, कुराकानी बढ्दै गएपछि भरतले मायासँग विवाह गर्ने प्रस्ताव राखेका थिए। मायाका दाजु तिंकु लुहारका अनुसार भरतले मायासँग विवाहको प्रस्ताव राखेका थिए। चुनाव सकेपछि बहिनी माग्न आउने कुरा भरतले आफूसँग टेलिफोनमा गरेको तिंकु बताउँछन्।, भरतको घर बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ को सोलवाला हो। उनले सशस्त्र प्रहरीमा जागिर गर्न थालेको २ वर्ष भएको थियो।, घटना हुनुभन्दा २ दिन पहिले माया साथीहरूसँग स्थानीय बजार कुलाउ गएकी थिइन्। त्यहाँ बैंक पनि छ। म्यादी हुँदा काम गरेको पैसा बैंक खातामा आयो कि आएन भनेर बुझ्न र आएको रहेछ भने सरसामान किनेर ल्याउन माया त्यस दिन कुलाउ बजार गएकी थिइन्।, कुलाउमा भरत पनि आएका थिए। भरतसँग मायाको भेटघाट भयो। सँगै बजार गएका साथीहरू भने मायालाई त्यही छाडेर घर फर्किए। तर माया घर नफर्किएपछि उनका परिवारले माया खोइ भनेर सोधेका थिए। साथीहरूले माया साथीसँग छ, एकछिनमा आउँछ भन्ने जवाफ दिएका थिए।, ‘त्यसदिन भरतले मायाको मोबाइल लगेछ, त्यही मोबाइलको लागि माया अबेरसम्म कुलाउमा थिइन्, तर केटोले मोबाइल दिएनछ, उनी मोबाइलबिना नै घर फर्किइन्,’ मायाका दाजु किट्ट लुहारलेले भने।, भरतले मंगलबार फेरि कुलाउ बजार आउन र मोबाइल लैजान भनेका थिए। मायाले १५ वर्षीय भतिजी नेहालाई पनि सँगै लगेकी थिइन्। घरबाट बिहान १० बजेतिर लुगा सिलाउन जाने भन्दै उनीहरू निस्किएका थिए।, भरतले उनीहरूलाई फेरि कुलाउ नआउन र शिवनाथ आउन जानकारी गराएका थिए। कुलाउबाटै माथितिर शिवनाथ जाने बाटो छ। त्यहीबाट उनीहरू त्यहाँ गए।, शिवनाथमा भरतसँग भेट भयो। भरतले मायासँगै गएकी नेहालाई भने ‘तिमी यहीँ बस, हामी पर बस्छौं। कुरा छ।’, नेहा उनीहरूलाई पर्खेर बसिन्। अबेरसम्म पनि भरत र माया आएनन्। करिब साढे २ घन्टापछि भरत मात्रै आए। भरतले नेहालाई पनि आक्रमण गर्न गएका थिए। भरतले नेहालाई चक्कु प्रहार गरेका थिए। उनले प्रतिकार गरिन् र त्यहाँबाट भागिन्। उनी घाइते थिइन्। उनको छातीमा चक्कु प्रहार भएको थियो। रातभर जंगलमा अलपत्र रहेकी घाइते नेहालाई भोलिपल्ट गोठालाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले उनको उद्धार गरेका थिए। उनको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ।, भरतले मोबाइल लिन आउनु भनेर बोलाएको र जंगलमा चक्कु प्रहार गरेको घाइते नेहाले बताएकी छन्। गाउँपालिकाले नेहाको उपचारका लागि ६० हजार उपलब्ध गराएको वडाध्यक्ष जनकबहादुर चन्दले बताए। पीडित परिवारलाई दुई लाख ५० हजार दिने निर्णय गरेको छ।, नेहालाई फेला पारेपछि मायाको खोजी गरिएको थियो। नेहा भेटिएको ठाउँभन्दा करिब तीन किमी पर शिवनाथ गाउँपालिका ६ मा नेपाल टेलिकमको टावर नजिकै जंगलमा मायाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। घटनास्थल सडकभन्दा करिब १५० मिटर माथि छ। मायाको खल्तीमा मोबाइल फेला परेको छ। घटनास्थलभन्दा केही पर मड भन्ने ठाउँमा भरतले फिर्ता गरेको मायाको मोबाइल फेला गरेको छ। घटनास्थलबाट रगत लागेको कालो क्याप, भाँचिएको अवस्थामा चक्कु बरामद भएको छ।, मायाले कक्षा १२ पास भएपछि पढाइलाई अघि बढाउन सकेकी थिइनन्। बुवाको निधनपछि उनी आमा र दाजुसँग बसेकी थिइन्। करिब २५ दिनअघि मात्र उनको दिदीको डेंगीका कारण मृत्यु भएको थियो।, तिंकुका अनुसार मायाले म्यादी प्रहरी बनेर कमाएको सबै पैसा पनि उनले बुझ्न पाइनन्। , ‘एक पटक १२ हजार रुपैयाँ खातामा आयो भन्थी। अरू पैसा उसले बुझ्न पाइन,’ तिंकुले भने। , जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटना अनुसन्धानकै क्रममा रहेको छ।, बिहीबार मृतकका आफन्तले भरत कोलीविरूद्ध किटानी जाहेरी दर्ता गरेका छन्।, ‘घटनासँग सम्बन्धित जे-जति कुरा छन्, अनुसन्धान पछि थाहा हुन्छ, अहिले नै यही हो भन्न सकिँदैन, घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ, आरोपी फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको छ,’ जोशीले भने।, प्रहरीका अनुसार भरत कोली पोखरामा कार्यरत थिए। उनी चुनावपछि बिदामा घर फर्केका थिए।, म्यादी प्रहरी बनेर कमाएको पैसा पनि बुझ्न पाइनन् मायाले
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकमा बिहीबार साँझ बससँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस ठोक्किएका हुन्। , दुर्घटनामा मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो।, बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौंको हलचोकमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।, बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, उक्त घर भुवन श्रेष्ठको हो। उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो।, यसको अनुसन्धान प्रहरी वृत्त ठिमीबाट भइरहेको छ।, भक्तपुरमा चार तला माथिबाट खसेर किशोरको मृत्यु
सेतोपाटी संवाददाता धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। , ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्।, बिहिबार बिहान १० बजे धनगढीको पञ्चोदय माद्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।, घटनाले वृहत रूप लिएपछि बिहिबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो।, निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासन विरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएका हुन्।, प्रर्दशनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ।, विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्।,  , धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा, केही पक्राउ
सेतोपाटी संवाददाता धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ।, बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।, उनको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद थियो। , त्यही विवादको क्रममा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो। , त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। , प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादवसहित ६ जनालाई पक्राउ गरेको छ। , साथै, कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।,  , धनुषामा कुटपिट गरी एकको हत्या, ६ जना पक्राउ
सबिना श्रेष्ठ एक विदेशी फोटोग्राफरले हिउँ चितुवाका तस्बिर खिचेको भनेर संसार झुक्याएको भन्ने कुरा अहिले चर्चामा छ। यसबारे छानबिन हुँदै गर्ला।, यही बेला ललितपुर झम्सिखेलस्थित विन्डहर्स ग्यालरी हिउँ चितुवाकै प्रदर्शनी भइरहेको छ। नेपालका वाइल्ड-लाइफ फोटोग्राफर तासी आर घलेले खिचेका हिउँ चितुवाका तस्बिरहरू हेर्न पाइने सुनेर हामी यहाँ गएका थियौं।, फोटो प्रदर्शनीमा छिर्दा हामी नै एकछिन झुक्कियौं।, खै त हिउँ चितुवा! कतै अर्कैको कला प्रदर्शनीमा त आइपुगिएन!, तीनवटा 'एब्सट्रयाक्ट' चित्रजस्तै छन् एकातिरको भित्तामा। अर्को भित्तामा दुइटा ल्यान्डस्केप फोटा छन्। अर्को कुनामा थप दुइटा ल्यान्डस्केप छ।, अगाडि बढ्दै अर्को कोठा पुग्दा बल्ल हिउँ चितुवाहरू देखिए। ती तस्बिर खिच्ने तासी पनि त्यहीँ भेटिए।, 'तपाईंहरूजस्तै धेरै जना झुक्किनु हुन्छ,' मुस्कुराउँदै तासीले भने, 'यो त तासीको नभएर अर्कै प्रदर्शनीमा आइयो कि भन्नुहुन्छ। तासीले अरू कलाकारसँग मिलेर प्रदर्शनी गरेछ क्या हो पनि सोच्नु हुँदोरहेछ।', विन्डहर्स ग्यालरीमा अहिले तासीको 'मेल्टिङ पाराडाइज' शीर्षकको फोटो प्रदर्शनी भइरहेको छ। यो प्रदर्शनीले हिमाली क्षेत्रमा कसरी जलवायु परिवर्तनले हिमाल र हिउँ चितुवालाई असर पुर्‍याएको छ भन्ने देखाउन खोजेको छ।, तासीको प्रदर्शनीको सुरूआती झलकमै देखिने दुइटा ल्यान्डस्केप तस्बिरहरू मनाङको गंगपूर्ण तालका हुन्।, एउटामा ताल प्रष्टै देखिन्छ, अर्कोमा ताल बालुवाले पुरिएर नामनिसान छैन। एउटा सन् २०१९ मा खिचिएको फोटो हो भने अर्को सन् २०२१ मा। दुई वर्षको अन्तरालमा खिचिएको तस्बिरमा यति धेरै परिवर्तन देखिनु जलवायु परिवर्तनका कारण भएको अविरल वर्षा हो।, 'पछिल्लो वर्षको जुनमा महिनामा ८-९ दिन लगातार पानी पर्‍यो। पानीले बालुवा बगाएर सबै ताल पुरियो,' तासीले भने, 'अब त ताल थियो भन्न सम्झनामा तस्बिरहरू मात्र छन्।', तीनवटा एब्स्ट्रयाक्ट जस्ता देखिने तस्बिरहरू उनले त्यही तालतिर जमेको हिउँको क्लोज–अप सट खिचेका रहेछन्। ती हेर्दा एब्स्ट्रयाक्ट पेन्टिङजस्तै देखिन्छन्। सानोदेखिको रूचि र केही समय पेन्टिङ पनि सिकेका तासीको पेन्टिङप्रतिको रूचि यहाँ झल्किएको देखिन्छ।, अब कुरा गरौं हिउँ चितुवाको। , मनाङमा जन्मिएका तासीले सानैदेखि हिउँ चितुवा देख्दै आएका थिए। यसको महत्त्वबारे भने धेरैपछि मात्र थाहा पाए। नभए उनलाई यो जनावार खासै मन पर्दैन थियो।, 'हाम्रो वस्तुभाउ खाने भएकाले अधिकांश मनाङबासीलाई हिउँ चितुवा खासै मन पर्दैन,' उनले भने।, सन् २००४ मा अन्नपूर्ण क्षेत्र संरक्षण परियोजनाले नेचर-गाइड तालिम दिएको थियो। १३ दिने उक्त तालिममा उनले हिउँ चितुवाको महत्त्व बुझे। तिनले हिमालमा कस्ता भूमिका निर्वाह गर्छन् र किन तिनलाई संरक्षण गर्नुपर्छ भन्ने थाहा पाएपछि सानोदेखि मन नपराउने जनावरप्रति तासीको मन फेरियो।, 'हिउँ चितुवा त मेरै गाउँमा पाइन्छ। यसको एकचोटि फोटो त जसरी पनि खिच्नुपर्छ भन्ने त्यही समयदेखि सोच्न थालेँ,' उनले भने। , सन् २००६ मा बल्ल तासीको त्यो सोच पूरा भयो। त्यो साल उनले दुइटा एक साथ हिँडिरहेका हिउँ चितुवाका तस्बिर खिचे। हिउँ चितुवाहरू प्रायः एक्लै हिँड्छन्। जब सम्भोगको समय हुन्छ, उनीहरू एकअर्कालाई खोज्दै आउँछन्। तासीले त्यही क्रममा एकसाथ भएका दुई हिउँ चितुवा क्यामरामा कैद गरेका हुन्। नभए उनको संकलनमा धेरै त एक्ला हिउँ चितुवा नै छन्।, हिउँ चितुवाको फोटो जीवनमा एकपटक भए पनि खिच्नुपर्छ भन्ने सोचले जुर्मुराएका तासी एकपटकमा रोकिएनन्। पटकपटक खिचे। हिउँ चितुवा खिच्ने नशा नै चढ्यो।, कहिले एक्लो, कहिले सँगै हिँडेको, कहिले बालबच्चासँगैका, कहिले उनीहरूको आनीबानी खिच्ने भन्दाभन्दै उनले १६ वर्ष हिउँ चितुवाको खोजी गर्दै फोटो खिच्न बिताइसके। १६ वर्षको अन्तरालमा उनको तीसपटक हिउँ चितुवासँग भेट भयो। २९ पटक फोटो खिच्न सफल भए। एकपटक भने अवसर चुक्यो।, 'मनाङको लेदर भन्ने ठाउँबाट फेदीबीच दुई घन्टाको दुरी छ। एकैछिन त हो भनेर म क्यामरा छाडेर गएको थिएँ। खोला तरेको मात्र के थिएँ, हिउँ चितुवा आँखैअगाडि थियो। हतारहतार खोला तरेर क्यामरा लिई आउँदा हिउँ चितुवा गइसकेको रहेछ,' एकपटक गुमेको अवसरबारे उनले भने।, हिउँ चितुवाहरू जहिले पायो त्यहीले भेटिँदैनन्। कहिले महिनौं लाग्छ, कहिले यत्तिकै डुल्दा पनि भेटिने उनी बताउँछन्। विशेषगरी, माघ–फागुन उनीहरूलाई भेट्ने उत्तम समय हो। त्यही समयतिर उनीहरूको सम्भोगको समय पनि हो।, पोथी हिउँ चितुवा बढीमा ३५ किलोका हुन्छन्, भाले ५५ किलोका। जसरी हरेक मान्छेको हातको औंठाछाप फरक हुन्छ, चितुवाका शरीरको बुट्टा र पञ्जा फरक हुन्छ। उनीहरूले आफ्नो पुच्छरमा बोसो जम्मा गर्ने र त्यही बोसो ऊर्जाका रूपमा जाडोमा प्रयोग गर्छन्। जाडोमा चिसो हुँदा त्यही पुच्छरले आफ्नो मुख छोप्ने जस्ता आनीबानी तासीले अवलोकन गरेका छन्।, तासीले खिचेका तस्बिरहरूमा हिउँ चितुवासँग उनको क्यामराले सिधा संवाद गरेजस्तो देखिन्छ। उनीहरूका आँखाले सिधा क्यामरामा हेरेका छन्। त्यसरी हेर्नुको कारण उनले हिउँ चितुवाका तस्बिर खिच्ने दूरी निकै नजिक हुनु हो। तासीका अनुसार उनी ४०–५० मिटर दूरीमै रहेर फोटा खिच्छन्। अझ नजिकमा ६–७ मिटरमै आमनेसामने भएको उनले बताए।, हिउँ चितुवा खिच्न तासीले सबभन्दा धेरै समय बिताएको ११ घन्टा हो। , 'गत वर्ष बिहान सातदेखि बेलुका ६ बजेसम्म फोटो खिचेर बसेको थिएँ। कहिले उनीहरू घन्टौं मज्जाले सुतेर बसिदिन्छन्। हामी पनि त्यति बेला सुतेर बस्छौं। एकछिन हेर्‍यो, बस्यो अनि केही चाखलाग्दो हर्कत गरे भने फोटो खिच्यो,' उनले भने, 'त्यसरी कुर्दा उनीहरूसँग कुरा गरेजस्तै अनुभव हुन्छ। कहिले भनेजस्तै फ्रेममा आइदिन्छन्, कहिले आउँदैनन्।', त्यसरी नजिकै जाँदा डर लाग्दैन?, अहिलेसम्म हिउँ चितुवाले मानव जीवनलाई क्षति नपुर्‍याएको तासी बताउँछन्। उनीहरू बरू मान्छे देखेर लजाउने र भाग्ने स्वभावका हुन्छन् रे। उनीहरू नभागून् भनेर हिउँ चितुवा खोज्नेहरू हावाको गति बगेको उल्टो दिशातर्फ हिँड्ने रहेछन्।, 'उनीहरूको सुँघ्ने शक्ति एकदम तिखो हुन्छ। मान्छेको गन्ध थाहा पाएर उनीहरू भाग्न सक्ने भएकाले हामीहरू हावाको गतिको उल्टो हिँडेर खोजी गर्छौं,' उनले भने।, तासीको फोटो प्रदर्शनीमा हिमाल र हिउँ चितुवा मात्र होइन, हिउँ चितुवाले खाने जनावरका फोटा पनि छन्। हिउँ चितुवाले खाने प्रमुख खाना नावर (ब्लु शीप), झारल, घोरल हुन्। हुम्लातिर क्याङ (ह्वाइल एस) हो। तिनीहरूको पूरकका रूपमा मार्टिन, मार्मोट, ह्यामस्टर र चराहरू; रूडी सेलडक, हिमालयन स्नोकक लगायत पनि खान्छन्।, 'हिउँ चितुवाले नावर खाइदिएन भने तिनीहरूको संख्या बढ्ने भयो। अनि नावरले सबै घाँस खाइदिए भने वस्तुभाउले के खाने?' हिउँ चितुवाले पर्यावरणलाई कसरी सहयोग पुर्‍याएको छ भन्ने बताउँदै तासीले भने, 'उनीहरूले स्वस्थ र बलियो जनावरभन्दा रोगी र कमजोरलाई मार्ने हुन्। त्यसो हुँदा ति रोगी जनावरले सार्ने रोग पनि नियन्त्रण हुन्छ।', हिमाली भू–भागको पर्यावरण सन्तुलनमा हिउँ चितुवा यसकारण महत्त्वपूर्ण हुने तासी बताउँछन्। , हिजोआज बढ्दै गएको जलवायु परिवर्तन भने हिउँ चितुवाका लागि खतरा बन्दै गएको छ। हिउँ चितुवा पाइने उचाई तीन हजारदेखि साढे पाँच हजार मिटर हो। जलवायु परिवर्तनले हिमालमा अहिले चिसो कम हुन थालेको छ। तराई र पहाडि भू–भागमा पाइने जनावर पनि हिमालतिर आउन थालेका छन्। कमन लियोपार्ड (चितुवा) र ब्वाँसो अहिले हिउँ चितुवाका लागि मुख्य चुनौती हुन्। कमन लियोपार्ड हिउँ चितुवाभन्दा ठूलो हुन्छ। यी दुई जातका चितुवा एकै ठाउँ भेटिन थाले भने एकअर्काबीच द्वन्द्व हुनसक्छ।, अझ ठूलो चुनौती त ब्वाँसो हो। हिउँ चितुवा प्रायः एक्लै हिँड्छ, ब्वाँसो समूहमा। ब्वाँसो धेरै भए हिउँ चितुवाले खतरा महसुस गर्छ र लोप हुने सम्भावना बढ्दै जान्छ। तासीले एउटा तस्बिरमा मनाङमै भेटिएको ब्वाँसो पनि खिचेका छन्।, 'मनाङमा ४०–५० वर्षअघि ब्वाँसो थिए रे। पछि लोप भए। सन् २०१४ यता देखिन थालेका छन्,' उनले भने, 'अहिले पो दुई–तीनटा छन्। धेरै भए भने हिउँ चितुवाहरू यहाँ बस्न सक्दैनन्। बसाइ सर्न पनि सक्छन्। त्यसो भयो भने हामी फोटोग्राफरलाई पनि खोज्न धेरै सास्ती थपिन्छ।', हिउँ चितुवा पहिल्याउन 'क्यामरा ट्रयाप' थाप्दा तासीले सन् २०१२ मा नेपालमा दुर्लभ मानिने पालस क्याटको तस्बिर पनि खिचेका छन्। यो बिरालो प्रजातिको जनावर उनले फेला पारेकाले नेपालीमा 'तासी बिरालो' पनि भन्ने गरिन्छ। हिउँ चितुवा र जनावर संरक्षणमा काम गरेकाले उनले सन् २०१८ मा 'डिज्ने कन्जर्भेसन हिरो अवार्ड', विश्व वन्यजन्तु कोषको 'अब्राहम कन्जर्भेसन अवार्ड' लगायत अरू थुप्रै अवार्ड पाएका छन्।, हिउँ चितुवाको तरंग विश्वभर अहिले कितिया पावोलोब्स्की भनिने अमेरिकी नागरिकले खिचेको चार तस्बिरले पनि बढेको छ। उनले खिचेका भनिएका तस्बिर फोटोशप गरिएका झुटा हुन् भन्ने कुरा आइरहेको छ।, कितियाका तस्बिर भाइरल हुनु र आफ्नो प्रदर्शनी यही समयमा जुर्नु संयोग मान्छन् तासी।, मेल्टिङ पाराडाइज प्रदर्शनी तीन–चार महिनाअघिबाटै गर्ने तयारी भएको उनी बताउँछन्। , कितियाले खिचेका हिउँ चितुवाका तस्बिरको चर्चा आगोसरि संसारभर फैलिँदा तासीलाई सुरूमा नराम्रो लागेको पनि रहेछ।, भने, 'हामीले यतिका वर्ष फोटो खिच्यौं तर कसैले वास्ता गरेनन्। विदेशीले एकपटक पुगेर खिचेको तस्बिर भाइरल हुँदा नराम्रो भने लागेको थियो।', जे भए पनि उक्त चर्चाले नेपालमा हिउँ चितुवा भएको र त्यसको संरक्षण गर्नुपर्छ भन्ने जानकारी पुर्‍याउन सहयोग पुर्‍याएको उनी बताउँछन्।, एकपटक हिउँ चितुवाको फोटो खिच्छु भनेर लागेका तासीले जीवनको डेढ दशक यसमै बिताइसके। उनको मन अझै भरिएको छैन।, 'अब अगाडि पनि हिउँ चितुवा नै खिच्ने हो। थाहा छैन, हिउँ चितुवा र मेरो कस्तो सम्बन्ध छ। उनीहरूलाई खोज्न एकदम गाह्रो हुन्छ तर जब भेट्छु त्यही क्षण सबै दुःख बिर्सिन्छु।', जलवायु परिवर्तनको प्रभाव कम हुँदो हो त तासी र हिउँ चितुवाको सम्बन्ध झनै प्रगाढ र दीर्घकालीन हुँदो हो!, सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, १६ वर्षदेखि दुर्लभ हिउँ चितुवाको तस्बिर खिचिरहेका तासी (भिडिओ)
रासस जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।, कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो।, चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ।, सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौं भेडा लिएर महिनौं घर छाडेर हिँड्ने गरेका छन्। उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ।, घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ। भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ।, 'भेडालाई बाँधेर राख्न गाह्रो छ। खुलामा चराउनु पर्छ। खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ', दयानन्द पालले भने, 'राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ। आलोपालो गरेर २४ सैं घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ।', भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक सदानन्द पालले बताए। , पुर्ख्यौली पेशा भएर मात्र भेडापालन अंगालेको उल्लेख गर्दै उनले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको बताए।, वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ। आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ। भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ। भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उनी बताउँछन्।, भेडा चराउनैका लागि विराटनगर आएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बसेका छन्। एक सय २० भेडा लिएर हिँडेका उनीहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै बित्ने गरेको छ।, सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।, भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव
सेतोपाटी संवाददाता कपिलवस्तुमा एक जना भारतीय नागरिकमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ।, बिहीबार साँझ मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा ३५ वर्षीय भारतीय नागरिक ईरसाद खानमाथि गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चाकरचौडास्थित एक होटलमा रहेका खानमाथि अज्ञात समुहले गोली प्रहार गरेको जानकारी दिए।, गोली प्रहारबाट घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नौगढ लगिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।, उनका अनुसार खान चाकरचौडासँग सीमा जोडिएको भारतको सिद्धार्थनगरको अलिगढवाका बासिन्दा हुन्। खानको काँध र कम्मरमा गोली लागेको छ।, प्रमुख जिल्ला अधिकारी मिश्रले गोली प्रहारको घटनापछि भारतीय प्रहरीसँग समन्वय यस घटनामा संलग्न समुहको खोजी गरिरहेको बताए। ,  , कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार
सेतोपाटी संवाददाता धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।, स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ।, प्रहरीले हवाई फायर गरेपछि विद्यार्थीहरू तितरवितर भएका छन्। , ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्।, बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।, घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो।, निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्।, प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।, विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्। , अहिले जिप्रका कार्यालयमा छलफल जारी छ।, तस्बिरहरू:,  , धनगढी तनावग्रस्त, सात राउन्ड हवाई फायर (तस्बिरहरू)
सेतोपाटी संवाददाता मेलम्ची नदीको पानी सुरूङबाट काठमाडौंतर्फ पठाइएको छ।, सिन्धुपाल्चोकको अम्बाथानबाट मेलम्चीको पानी मंसिर १२ गतेदेखि सुरूङमा पठाउन सुरू गरिएको हो।, मेलम्चीको पानी सुरूङ हुँदै सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घर-घरमा वितरणका लागि पानी पठाउने तयारी छ।, आयोजनाका अनुसार मंसिर २५ गतेदेखि काठमाडौंका घर-घरमा मेलम्चीको पानी छाडिने सम्भावना छ। तर यसपालि सुन्दरीजलबाट काठमाडौंतर्फ पानी छाड्ने क्रममा कर्मचारीले अवरोध गर्न सक्छन्।, मेलम्ची खानेपानी विकास समितिअन्तर्गत रहेका ६१ जना कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्। उनीहरूले तलबबिनै काम गर्नु परेको भन्दै पानी वितरण अवरोध गरेर आन्दोलन चर्काउने तयारी गरेका छन्।, सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याउँदा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने र खानेपानी विभाग अन्तर्गतबाट यो आयोजना सञ्चालन गर्ने परिकल्पना गरेको छ।, बजेटमा विकास समिति खारेज गरिने उल्लेख गरिएको र विभागअन्तर्गत आयोजना गइनसकेकोले कर्मचारी तलबबाट बञ्चित छन्। विगत चार महिनादेखि ६१ जना कर्मचारीले तलब नपाएको समितिका कार्यकारी निर्देशन कमल श्रेष्ठले बताए।, ‘मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने भनेर बजेट भाषण गर्दा भनियो तर अरू केही काम गरिएन। त्यसले गर्दा कर्मचारीले तलब खान पाएनन्। केही निर्णय पनि गर्न सकिएको छैन,’ श्रेष्ठले भने, ‘तलब नपाए आन्दोलन गर्ने भनेर कर्मचारीले दबाब दिइरहेका छन्।’, अर्थ मन्त्रालयले पछिल्लो पटक तीन महिनाका लागि दिएको इन्धनसमेत सकिन लागेको उनले जानकारी दिए।, ‘पेट्रोल पम्पलाई एक महिनाको उधारो तिर्नुछ। अब पम्पले पत्याउनेवाला छैन,’ उनले भने, ‘गाडी मर्मत गर्ने पैसा पनि छैन।’, गत कात्तिक २२ गते यो समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कुरा राखेको पनि श्रेष्ठ बताउँछन्।, ‘समस्या समाधान हुने गुन्जायस अझै देखिएको छैन, कर्मचारीले सुन्दरीजलमा आउटलेट खोल्न दिएनन् भने यसको जिम्मेवारी कसले लिने थाहा छैन,’ उनले भने।, बिहीबार मेलम्ची खानेपानी आयोजनाका अवस्था बुझ्न अम्बाथान पुगेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई समितिका कार्यकारी निर्देशक श्रेष्ठले कर्मचारीलाई तलब खुवाउने वातावरणका लागि पहल गरिदिन आग्रहसमेत गरेका थिए।, ‘मलाई कर्मचारीले तलब समयमै पाउनुपर्‍यो भनेर दबाब दिइरहेका छन्। हामीले साउनदेखि तलब पाएका छैनौं,’ सिंहसँग गुनासो गर्दै उनले भने, ‘खानेपानी मन्त्रीले पनि यी काम भइसक्यो भन्नुहुन्छ तर हामीले त तलब पाएको छैन। प्रधानमन्त्रीज्यूलाई भनेर तत्काल कर्मचारीले तलब पाउने वातावरण मिलाइदिनुपर्‍यो।’, श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयसँग समन्वय नगरी आफैं विकास समिति खारेजको निर्णय गरेको थियो। ‘खानेपानी मन्त्रालयले अब विकास समिति चाहिँदैन भनेर कतै भनेको थिएन। अर्थ मन्त्रालयले आफैं खारेज गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘बजेट लेख्नेबेला विकास समिति खारेजका कुरा लेखिदिए। खानेपानीजस्तो संवेदनशील क्षेत्रबारे विकल्प नखोजी यस्तो निर्णय गरिदिने?’, सिंहले कर्मचारीका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए। साथै उनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौं पठाउन आवश्यक पूर्वाधारहरू खडा गरिनुपर्ने बताए।, ‘संघ, प्रदेश र सम्बन्धित पालिकाबीच समन्वय गरी मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा लैजानुपर्छ,’ सिंहले भने, ‘बाढीले पनि यहाँका संरचना क्षति पुर्‍याएका छन्, यसलाई विज्ञहरूसँग छलफल गरी दीर्घकालीन हुने गरी संरचना बनाउनुपर्छ।’, काठमाडौंका जनताले खानेपानीको समस्या समाधान गर्न माग गरिरहेको सिंहले बताए।, ‘चुनावका बेला म घरदैलोमा जाँदा काठमाडौंवासीहरूले पानी कहिले खुवाउँछौ? भनेर सोधेका छन्,’ उनले भने, ‘मेलम्ची यतिका वर्ष भइसक्यो के भयो? पानी वितरण केही समय गर्‍यो फेरि बन्द गर्‍यो के हो भन्छन्। छक्काउनलाई भनिरहेको हो कि भन्ने पनि छ। राजधानीमा पानीजस्तो आधारभूत आवश्यकता दिन सकिरहेको छैन। जहिले पनि आश्वासनमात्रै दिने भनेर जनताले भनिरहेका छन्, हामीले तदारूकताका साथ काम गर्छौं भनेका छौं।’, उनले आयोजना प्रभावित क्षेत्र हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधि र जनताहरूले उठान गर्दै आएका समस्या पनि समाधान गरिनुपर्ने बताए। पानी दिएबापत हेलम्बुलाई २५ प्रतिशत लेबी दिन ढिलाइ गर्न नहुने पनि उनले बताए।, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले मेलम्चीको पानी काठमाडौं पठाएबापत् २५ प्रतिशत शुल्क गाउँपालिकामा फिर्ता आउनुपर्ने र उक्त बजेट विकास निर्माणमा र मेलम्ची नदी संरक्षणमै खर्च गरिने बताए।, ‘मेलम्चीको पानी काठमाडौं लगेर घरघरमा शुल्क लिएर दिने हो भने त्यसबापत हामीलाई २५ प्रतिशत लेबी (शुल्क) दिनुपर्छ। तर सरकारले मेलम्चीको पानी काठमाडौंबासीलाई सित्तैमा खुवाउँछ भने हामीलाई पैसा चाहिएन,’ उनले भने, ‘हामी बिनाअवरोध काठमाडौंमा पानी पठाउन चाहन्छौं, किनकी यो क्षेत्रको विकासका लागि पानी पठाएबापत् पैसा पनि आउँछ!’, मेलम्चीको पानी सुन्दरीजल झरेपछि वितरण रोक्ने कर्मचारीको चेतावनी
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा आन्दोलनकारीलेनै क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ। , शुक्रबार महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाभित्र आन्दोलन गर्दा कुनै पनि सार्वजिक सम्पत्तिको नोक्सान वा क्षति भए सोही पार्टी/समूहले तिर्नुपर्ने बताएको हो। , स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई दिएको जनाएको छ। , यस्तै मुलुकी देवानीसंहिता २०७४ ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पतिको संरक्षण गर्ने दायित्व स्थानीय तह समेतको हुने कानुनी व्यवस्था भएको महानगरपालिकाले भनेको छ। , हेर्नुहोस् सूचना:, महानगरभित्र आन्दोलन गर्दा कुनै क्षति भए आन्दोलनकारीले बेहोर्नुपर्ने- काठमाडौं महानगर
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले कोभिड संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरे पनि झण्डै ९ सय मृतकका आफन्तले राहत पाउन सकेका छैनन्।, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले २०७७ साल जेठ २० गते कोभिड संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो।, त्यसअघि २०७६ साल चैत १० गतेको मन्त्रिपरिषद बैठकको निर्णयबाट प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो।, प्रदेश सरकारले तत्काल १० करोड रुपैयाँ जम्मा गरेर सुरू गरिएको उक्त कोषमा मन्त्रालयका कर्मचारी, उद्योगी, व्यवसायी, विभिन्न सामाजिक संघ संस्था तथा सर्वसाधारणले समेत स्वत: स्फूर्त रूपमा रकम प्रदान गरेका थिए।, त्यसयता लुम्बिनी प्रदेश सरकारले वार्षिक बजेटमै व्यवस्था गरी कोषमा रकम थप गर्दै गयो।, गत आर्थिक वर्ष २०७८/७९ सम्म कोषमा ७८ करोड ४३ लाख ८ हजार २५७ रुपैयाँ संकलन भएको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकमा छ।, कोष स्थापना गर्दा कोरोना नियन्त्रणको लागि क्वारेन्टाइन सञ्चालन तथा संक्रमितको उपचारको लागि आइसोलेसन अस्पताल निर्माण, स्वास्थ्य सामग्री र शववाहन खरिद मुख्य उद्देश्य थिए।, तर संक्रमणले महामारीको रूप लिँदै जाँदा मृतकका परिवारलाई राहत, संक्रमितको उपचारमा संलग्न चिकित्सकहरूलाई तलब, जोखिमभत्ता, होटल बास खर्च लगायतका खर्च थपिँदै गएपछि कोषमा रकम अभाव भएको मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा.पुष्पराज शर्मा कोभिडको संक्रमण महामारीको रूपमा फैलिएपछि गम्भीर प्रकृतिका संक्रमित र मृतकहरूको संख्या ह्वात्तै बढ्न थालेपछि केही मृतकका परिवारलाई राहत उपलब्ध गराउन नसकिएको बताउँछन्।, मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा २ हजार ४४३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। यो अवधिमा १ लाख ३९ हजार ५९३ जना संक्रमित भएका थिए।, मन्त्रालयका प्रवक्ता शर्माले कोभिडको दोस्रो चरणको संक्रमणमा एकैपटक धेरैको मृत्यु हुन थालेपछि सरकारको ध्यान मृतकका परिवारलाई राहत उपलब्ध गराउनेभन्दा पनि संक्रमितहरूको उपचार र कोभिड नियन्त्रणमा केन्द्रित हुँदा पछिल्ला मृतकहरूको परिवारलाई राहत उपलब्ध गराउन रकम अपुग भएको बताए।, तीनवटा आर्थिक वर्षमा गरी कोभिड कोषमा ७८ करोड ४३ लाख ८ हजार २५७ रुपैयाँ जम्मा गरेको प्रदेश सरकारले कोभिड नियन्त्रण, उपचार तथा राहतका लागि १ अर्ब ६ करोड १४ लाखभन्दा बढी खर्च गरिसकेको छ। तर मृतकका परिवारलाई राहत प्रदान गर्न अझै ३ करोड बढी रकम अपुग भएको प्रवक्ता शर्माले बताए।, शर्माका अनुसार हाल कोषमा ६ करोड ३६ लाख ४ हजार ४९७ रुपैयाँ बाँकी छ।, राहतका लागि मन्त्रालयमा निवेदन दिनेहरूको संख्या झण्डै ९ सय छ। सबै मृतकका परिवारलाई राहत उपलब्ध गराउन ३ करोड बढी रकम अपुग भएको र अर्थ मन्त्रालयमा रकम माग गरिएको प्रवक्ता शर्माले बताए।, प्रदेश सरकारले कोभिड कोषमा आर्थिक वर्ष २०७६/७७ मा ३३ करोड २३ लाख ९३ हजार ४९८, आर्थिक वर्ष २०७७/७८ मा २० करोड र आर्थिक वर्ष २०७८/७९ मा २५ करोड १९ लाख १४ हजार ७५९ रुपैयाँ जम्मा गरेको थियो।, प्रदेश सरकारले हालसम्म १ हजार ५७० जना मृतकका परिवारलाई राहत स्वरूप १५ करोड ७० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। बाँकी ८७३ जना मृतकका परिवारको निवेदन आएको एक वर्ष बढी समय भइसक्दा पनि राहत पाउन सकेका छैनन्।, मृतकका आफन्तले सरकार आफैंले दिने भनेको राहतको लागि पटक–पटक विभिन्न कार्यालयमा धाउँदा, यातायात खर्चमै धेरै रकम सकिए पनि राहत पाउन नसकेको गुनासो गर्न थालेका छन्।, मन्त्रालयका प्रवक्ता शर्माले राहतका लागि मन्त्रालयबाट निकासा भएको रकम कुन जिल्लाका मृतक हुन् सोही जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको र सोही कार्यालयबाटै प्रदान गर्ने गरिएको बताए।, ‘अपुग रकमका लागि अर्थ मन्त्रालयमा माग गरिएको र त्यहाँबाट निकासा भएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं,’ शर्माले भने।, सरकारले उपलब्ध गराउने राहत भुक्तानीको लागि कोभिड परीक्षण पुष्टि भएको र कोभिड संक्रमणका कारण निधन भएको भनी सरकारी चिकित्सकले प्रमाणित गरेको मृत्यु प्रमाणपत्र चाहिन्छ।, यसबाहेक मृतक र नातेदारको सम्बन्ध खुल्ने कागजात र स्थानीय तहले मृतकको कोभिड-१९ बाट निधन भएकाले राहत उपलब्ध गराइदिन गरेको सिफारिस पत्र समेत आवश्यक हुन्छ।, तर कतिपय मृतकका आफन्तले मृतकको अन्तिम संस्कारमा अलमलिँदा र समयमा कागजपत्र जुटाउन नसक्दा निवेदन समेत ढिलो गरी बुझाउँदा पनि रकम निकासामा ढिलाइ भएको शर्माको भनाइ छ।, कोभिड कोषमार्फत् मृतकका परिवारलाई राहत मात्र नभई आइसोलेसन अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य कार्यालय र आइसोलेसन सेन्टरमा समेत रकम प्रदान गरिएको छ।, मन्त्रालयका अनुसार कोषमार्फत् आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा गरी लुम्बिनी प्रादेशिक अस्पतालमा ८ करोड ४८ लाख ५९ हजार ८८० रुपैयाँ भुक्तानी भएको छ।, भीम अस्पतालमा २ करोड ३९ लाख ४८ हजार ८२०, राप्ती अस्पतालमा ३ करोड ८ लाख ८८ हजार र भेरी अस्पतालमा ३ करोड ३४ लाख रुपैयाँ भुक्तानी भएको छ।, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २ करोड ८२ लाख, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा ८ करोड ५५ लाख भुक्तानी गरिएको छ भने स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, आइसोलेसन सेन्टर तथा अन्य अस्पतालहरूमा गरी दुई आर्थिक वर्षमा ७ करोड ३४ लाख २६ हजार ५९ रुपैयाँ भुक्तानी भएको देखिन्छ।, त्यस्तै, कोषमार्फत १ करोड ८५ लाख रुपैयाँ शववाहन खरिदको लागि भुक्तानी गरिएको छ।, कोभिड संक्रमण महामारीको रूपमा देशभर एकैपटक फैलिँदा सबभन्दा बढी रकम आइसोलेसन अस्पताल निर्माण र सञ्चालनमै खर्च भएको छ।, लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालसँगै भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डी र बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने गरी आइसियू र भेन्टिलेटरसहित आइसोलेसन तयार गरेको थियो।, चारवटा आइसोलेसन अस्पतालहरूमा गरी ३२ वटा भेन्टिलेटर, १३२ वटा आइसियू बेड, २१९ एचडियू र ११० वटा जनरल बेड तयार गरिएको थियो।, विभिन्न जिल्लाका अस्पतालहरूमा २० वटा आइसियू, ९ वटा भेन्टिलेटर, १३६ वटा एचडियू र १५८ वटा जनरल बेड तयार गरी संक्रमितहरूको उपचार गरिएको थियो।, मन्त्रालयका प्रवक्ता शर्माले कोभिड कोषबाट कोरोना संक्रमितको उपचार, संक्रमण नियन्त्रण र मृतकका परिवारलाई राहतमात्र होइन संक्रमितको उपचारमा संलग्न चिकित्सकहरूलाई तलब, जोखिम भत्ता र होटल बास खर्चमा समेत खर्च हुँदा राहत उपलब्ध गराउन रकम अभाव भएको बताए।, यता उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि कोरोना जोखिम भत्ता नपाएको जनाएका छन्।, भीम अस्पताल भैरहवामा कार्यरत डा. आरिफ हुसेनले सुरूका केही महिना जोखिम भत्ता पाए पनि त्यसपछिको जोखिम भत्ता भने उपलब्ध नभएको बताए।, ‘परिवारसँग टाढा रहेर ज्यानकै जोखिम मोलेर संक्रमितको उपचारमा खटियो तर, सरकार आफैंले दिने भनेको जोखिम भत्ता भने पाउन सकिएन,’ हुसेनले भने।, प्रदेश सरकारले स्थापना गरेका कोरोना विशेष आइसोलेसन अस्पतालमा काम गरेका चिकित्सक तथा नर्सिङ स्टाफहरूले कोरोना जोखिमभत्ता नपाएको भन्दै केही समय आन्दोलन समेत गरेका थिए।, कोषमा पैसा नभएपछि लुम्बिनीमा कोभिडबाट मृत्यु भएकाका परिवारले पाएनन् राहत
सेतोपाटी संवाददाता महिला कानुन तथा विकास मन्चले काठमाडौं महानगरपालिकामा लैङ्गिक हिंसा छ कि छैन भनेर प्रश्न गरेको छ। महानगरपालिकाको लैंगिक हिंसा निवारण कोषमा उजुरी नआएपछि यस्तो प्रश्न उठेको हो।, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत शुक्रबार काठमाडौंमा आयोजित लैंगिक हिंसा विरुद्ध महानगरपालिकाको भूमिका विषयक कार्यक्रममार्फत् मन्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महानगरपालिकाका अधिकारीहरूसँग यो कोषमा कति रकम छ भनेर पनि प्रश्न गरे। , महानगरका अधिकारीहरूका अनुसार हाल कोषमा महानगर आफैंले छुट्याएको १० लाख र केन्द्रबाट आएको एक लाख गरी कुल ११ लाख रुपैयाँ छ। पिडितहरूको उद्धार, औषधि उपचार, कानुनी सहायता, व्यवसाय गर्न बिउ पुँजी, मनोसामाजिक परामर्श लगायत कार्यक्रम निःशुल्क गराउन आवश्यक रकम कोषले उपलब्ध गराउँछ। , तर उजुरी नपरेका कारण कोषको उक्त रकम खर्च गर्न नपरेको महानगरका अधिकारीहरूको भनाई छ। यसले गर्दा काठमाडौं महानगरमा लैंगिक हिंसा नै नभएको हो वा पिडितहरू उजुरी गर्न नपुगेका हुन् भन्ने प्रश्न खडा भएको हो। , लैंगिक निवारण कोष हरेक स्थानीय तहमा हुनुपर्ने व्यवस्था छ। तर नेपालमा हालसम्म ११५ स्थानीय तहमा मात्रै यस्तो कोष स्थापना भएको पनि उनले जानकारी गराए। , कतिपयलाई कोषबारे जानकारी नभएका कारण पनि पिडित त्यहाँसम्म नपुगेकाले सचेतनाका कार्यक्रम अघि सार्नुपर्ने उनले औंल्याए। , ‘काठमाडौं महानगरपालिकामा लैंगिक हिंसा छैन?’
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, राज्यको स्रोत तथा साधनको दुरूपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो। ,     , चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनियर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरूद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ।,     , सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ।,     , आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, गुणस्तरहीन काम गर्ने ११ जनाविरूद्ध मुद्दा दायर
सेतोपाटी संवाददाता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन्।, शुक्रबार दिउँसो धुलिखेल नगरपालिका-७ स्थित कार्यालय भवनको चौथो तलाको छतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए। , अन्दाजी ५० वर्षीय उनी लमजुङ घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका थिए। , बिहान अफिस आएका उनी करिब ११ बजेतिर छतमा भएको ट्रसमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।, घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। के कारणले घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए। , मृतकका आफन्त आएसँगै घटनाको मुचुल्का लगायतका कामहरू अघि बढाएको प्रहरीले जनाएको छ।, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख मृत फेला