content
stringlengths
20
64.1k
डा. श्वेता सिंह कुनै पनि दम्पतीले एक वर्षसम्म कुनै अस्थायी साधनको प्रयोग नगरी नियमित सम्पर्कमा बस्दासमेत बच्चा बस्न सकेन भने त्यसलाई इनफर्टिलिटी भनिन्छ। , श्रीमान र श्रीमतीमा समस्या छ भने इनफर्टिलिटी हुने हो। श्रीमानको शुक्रकिटमा केही समस्या छ, मधुमेह, उच्च रक्तचाप, थाइराइडलगायतका समस्या छन् भने अथवा गुप्तांगमा कुनै समस्या छ भने पनि इनफर्टिलिटी हुनसक्छ।, त्यस्तै श्रीमतीमा पाठेघर, पाठेघरको नली कि त डिम्बासयमा समस्या छ भने त्यसले इनफर्टीलिटी गराइरहेको हुन्छ। , डिम्बासयमा स-साना सिस्टहरू भएर समस्या हुन्छ। यसले गर्दा धेरै समस्या आइरहेको हुन्छ। यस्तो अवस्थामा महिनावारीमा समेत समस्या आउँछ।, कुनै पनि दम्पतीले चाहेर पनि एक वर्षसम्म बच्चा बस्न नसेकमा चिकित्सककहाँ जानुपर्छ। सबैभन्दा पहिला दम्पतीको सबै स्वास्थ्य परिक्षण गरिन्छ। त्यसपछि कसको समस्या हो छुट्ट्याउनुपर्छ। कुनै समस्या नभइकन इनफर्टिलिटी भएको हो भने त्यसको समेत उपचार गरिन्छ।, कतिपय अवस्थामा काउन्सिलिङले समेत काम गर्छ। उपचारबाट कुनै फाइदा भएन भने आइयुआई गरिन्छ। तीन पटकदेखि पाँच पटकसम्म यो प्रविधिबाट उपचार गर्न सकिन्छ। यसको सफलतादर १५ देखि २० प्रतिशत मात्रै छ। आइयुआईबाट समेत नभएमा आइभिएफ गर्नुपर्छ।, अहिले स्ट्रेस, खानपिन, जिवनशैलीले गर्दा इनफर्टिलिटी बढिरहेको छ। यसबाट जोगिन समयमै बिहे गर्नुपर्छ भने व्यवस्थित जिवनशैली अपनाउनुपर्छ।  , इनफर्टिलिटीको समस्या, कसरी जोगिने, उपचारलगायतका विषयमा केन्द्रित रहेर हामीले अल्का अस्पतालमा कार्यरत प्रसुति तथा स्त्रीरोग एवं आइभिएफ विशेषज्ञ डा श्वेता सिंहसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ,  , इनफर्टिलिटीबाट कसरी जोगिने? (भिडिओ)
सेतोपाटी संवाददाता उकेरा अनलाइनको कन्टेन्ट मेनेजमेन्ट सिस्टम (सिएमएस) मा अनधिकृत रूपमा प्रवेश गरेर समाचार मेटाइएको छ। , उकेराको सञ्चालक पाथसिड नेपाल प्रालिले एक विज्ञप्ति जारी गर्दै सर्भरमा पटक पटक आक्रमण गरिएको र समाचार हटाइएको उल्लेख गरेको छ। , अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरणसँग सम्बन्धित दुइटा, उपराष्ट्रपतिका छोरा दिपेश पुनको सहकारीसँग सम्बन्धित समाचार मेटाइएको बताए। , 'भारतको अदालतले नेपालमा रवि लामिछानेको जस्तै प्रकरणमा गरेको व्याख्यासम्बन्धी समाचार र उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको भन्ने समाचारको कन्टेन्ट डिलिट गरिएको थियो', ढुंगानाले भने, 'अनधिकृत व्यक्तिले हेडलाइन नमेटिकन समाचार र फोटोहरू परिवर्तन गरेको देखिन्छ।', सम्बन्धित समाचार: ,रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान, ढुंगानाले साइबर आक्रमण सुनियोजित नदेखियोस् भनेर अन्य केही कन्टेन्टमा समेत अनधिकृत रूपमा परिवर्तन गरिएको हुनसक्ने बताए। , 'सुकुम्बासी बस्तीको समाचार र नायक सलोन बस्नेतको विवाहसँग सम्बन्धित एउटा समाचारमा पनि परिवर्तन गरिएको थियो', ढुंगानाले भने, 'उकेरा र मलाई पछिल्लो समय रवि लामिछानेसँग सम्बन्धित समाचार छाप्दा सामाजिक सञ्जालबाटै समेत हिंसा भैराखेको छ। अहिले वेबसाइटमा रविसँग सम्बन्धित समाचार मात्र 'टार्गेट' गर्दा सुनियोजित देखिन्छ कि भनेर अरू सामग्री समेत चलाएर बदमासी लुकाउन खोजेको जस्तो देखिन्छ।', ढुंगानाले उकेरामाथि भएको साइबर आक्रमणबारे नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गर्ने तयारी भैरहेको बताए।, अनधिकृत रूपमा मेटाइयो उकेरा अनलाइनको समाचार
रोहित महतो धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजार चोकमा शनिबार बिहान ५ बजे भएको दुर्घटनामा बा १ ज ८३९६ नम्बरको विंगरमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।, महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट गएको जन्ती इटहरीबाट फर्किँदै गर्दा  दुर्घटनामा परेको हो। दुइटै गाडी तीब्र गतिमा भएकाले अनियन्त्रित भइ ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए।, `बिहान-बिहानै रोड फ्री थियो। गाडी ओभर स्पिडमा थिए। दुइटै गाडीको लाइट पनि डिम भएर ड्राइभरले देखेनछ,’उनले भने,‘ त्यसैले दुर्घटना भयो।’ , प्रहरी निरीक्षक सिंहका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी २९ वर्षीया रूवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर छन्।, एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनालाई  प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकले मृत घोषणा गरेका थिए।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, धनुषामा जन्ती बोकेको विंगर दुर्घटना, ५ जनाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्। , बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको बताएका छन्। यस्तै अनुमति लिएपछि मात्रै भेट गरेको उनले दाबी गरेका छन्। , ‘हामीले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेर भनेका थियौं,’ उनले लेखेका छन्, 'त्यसपछि मात्रै हामीले भेट्ने अनुमति दिएका हौं।', बिहीबार अमेरिकाका राजदूत र बालेनको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटघाट भएको थियो। , आजै नेकपा एमालेका नेता भीम रावलले बालेनले अमेरिकी राजदूतसँग भेटवार्ता गर्नेबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिई अनुमति लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए।, ‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ’, भन्दै स्टाटस राखेका थिए। , उक्त स्ट्याटसको जवाफमा बालेनले ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको’ बताएका थिए।, ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौं,’ उनले लेखेका छन्, 'थप एमसिसी मार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौ|।’,  , अमेरिकी राजदूतसँगको भेटबारे रावललाई बालेनको जवाफ
सेतोपाटी संवाददाता धनगढीमा ग्रेडरले च्यापेर स्कुले बालिकाको ज्यान गएपछि मृतकका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका छन्। , मृतक बालिकाका बुवाले चालक र कम्पनी सञ्चालकका नाममा मुद्दा दर्ता भएको बताए। , सो निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने माग परिवारको छ। चेतनाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि शव बुझिएको छ।, कानुनी प्रक्रियामा प्रहरीले सहयोग नगरे पुन: सडकमै आउने परिवारको भनाइ छ। , पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने चेतना साउदको बिहीबार बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो। , त्यसपछि सुरू भएको आन्दोलन दोस्रो दिन पनि जारी रह्यो। यस क्रममा प्रहरीले शुक्रबार दिउँसो दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको छ। , विद्यार्थीको हुललाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो भने जवाफमा विद्यार्थीले ढुंगा प्रहार गरेपछि केहीबेर तनाव सृजना भएको थियो।, जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा जारी गरेको निषेध आदेश भोलि शनिबार बेलुका ४ बजेदेखि हटाउने भएको छ। एक सूचना जारी गर्दै प्रशासनले यस्तो जानकारी दिएको हो।, साउदको मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिन नदिन निषेध आदेश जारी गरिएको थियो।, आदेश अनुसार बिहीबार बेलुका ७ बजेदेखि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घटनास्थल र मुख्य बजार क्षेत्र समेटेर चार किल्ला तोकी सोभित्र पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको थियो।, बालिकालाई ठक्कर दिने कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल छन्। चालक र कन्स्ट्रक्सनका सञ्चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, धनगढीमा मृतकका आफन्तले गरे चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध मुद्दा दर्ता
सेतोपाटी संवाददाता काठमाडौंको हनुमानढोकामा एक पुरूष मृत फेला परेका छन्। , मंगलबार काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि अन्दाजी ५५ वर्षीय पुरूष मृत फेला परेका हुन्। , सडकमा बस्ने उनको हाल नाम, थर, वतन नखुलेका प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घटना शंकास्पद छैन। उनको मृत्युको कारण भने खुलिसकेको छैन। चिसोका कारणले पनि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। , हनुमानढोकामा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्बासीहरूको उचित व्यवस्थापनबिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ। , आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रूपमा अघि बढेको पाइएको बताएको हो। , मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुम्बासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए। , उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको बताए।, उनले आयोगले लागत संकलन गरी वास्तविक सुकुम्बासीहरूको पहिचान नगरिकन महानगरले डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए। , उनले सुकुम्बासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको बताए। , उनले (सोमबार) बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती छिरेको भन्दै यस बस्तीमा त्रास पैदा भएको बताए। , उनले यस्त गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताए। , उनले भने, ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं। हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौं। महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौं। लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचरमात्रै अघि बढेको भए राम्रो हुन्थ्यो। एक जना पनि सुकुम्बासी भूमिहीन हुन नपरोस् भन्ने हो। वार्ता बाहेकको अर्को कुनै विकल्प नै छैन।’, अध्यक्ष प्रजापतिले सुकुम्बासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यस बारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए। , उनले यसअघि पनि सो अपार्टमेन्टमा  पुगेका सुकुम्बासीहरूलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरूरी रहेको बताए। , उक्त अपार्टमेण्टमा १३४ परिवार राख्ने कुरा रहेको भए पनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुम्बासी छन् भन्ने कुराको यकिन हुने बताए।, उनले भने, ‘इचंगुनारायणको अपार्टमेण्टको कुरा छ, तर त्यहाँ गएर हेर्दा त्यहाँका वडाध्यक्षले पहिला पनि सुकुम्बासी बसोबासका लागि ल्याएको थियो, हामीले स्वीकृति दिएनौं। अहिले पनि यहाँ बस्न दिँदैनौं यहाँ नल्याउनु भनेको रहेछ। १३४ परिवार भन्ने कुरा छ। लागत संकलन गरेपछि कति भन्ने यकिन तथ्यांक थाहा हुन्छ।’, यता सोमबारदेखि आन्दोलनरत थापाथली सुकुम्बासी बस्तीका बासिन्दाहरू भने गरिबलाई देखाएर सधैं सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए। , सुकुम्बासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए।, उनले बिना विकल्प जबरजस्ती उठाउनु नहुने र सधैंको लागि सबै सुकुम्बासीको समस्या समाधान हुनुपर्ने माग गरे। , सुकुम्बासीहरूले गरिबको बोल्दिने कोही छैन भनेर गीत गाउँदै आएको देखेर यस्तो प्रतिनिधिले मात्रै गरिबका सपना र माग पूरा गर्छ भनेर भोट हाले पनि अहिले गरिबमाथि नै खनिएको आरोप लगाए। , उनले भने, ‘यो सरकारले गरिब देखाएर भिख मागेर खानलाई हो। कुनै पनि समस्या समाधान गर्दैन। हामी यहाँ भत्काए पनि फेरि यहाँ नै बस्छौं। अन्यत्र जाँदैनौं। बिना विकल्प जबरजस्ती नउठाउनु। व्यवस्था गर सधैँको लागि, गरिबको बोल्दिने कोही छैन भनेर गाउने, गरिबको लागि बोल्छ भनेर पठाइयो, उल्टो भत्काउन आउने, सूचना नदिकन।’, सुकुम्बासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ति छ। केही समय अघिमात्रै उनीहरू काठमाडौं महानगरपालिकाको गेटमा प्रदर्शन र नाराबाजीमा निस्किएका थिए। उनीहरूले सरकार निकम्मा भएको भन्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग राखेका छन्। , उनीहरूले सुकुम्बासी बस्ती प्रवेश गर्ने सबै सडक बन्द गराएका छन् भने सडकभर टायर र ढुंगा छरपस्ट देख्न सकिन्छ। , एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो। सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ। ,  , महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं: राष्ट्रिय भूमि आयोग
रासस सप्तरीमा एक जनाको हत्या भएको छ।, सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हो।, उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ। हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए।, उनी सोमबारदेखि बेपत्ता थिए। राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए। मंगलबार पोखरीमा उनको शव फेला परेको थियो।, ‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।, सप्तरीमा बेपत्ता राउतको शव भेटियो पोखरीमा
नारायण अधिकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ।, पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ। , अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ। सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन्। त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन्। बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ। , चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ।, रोल्पाको थवाङबाट उपचारका लागि एक साताअघि चितवन आएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौंतारिइरहेका छन्। उनले अझै चिकित्सक भेट्न सकेका छैनन्।, विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि उनी अहिले चिकित्सकको पर्खाइमा छन्।, मंगलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गरे, ‘हाम्रो रिपोर्ट कहिले देखाउन पाउँछौं?’ , अस्पताल प्रशासनका कर्मचारीले जवाफ दिए ‘भोलि’ ।, ‘आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ’, ती कर्मचारीले भने।, आफ्नो पीडा सहेर डाँगी फेरि भोलिको आशामा फर्किए।,  , उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको डाँगीको भनाइ छ।, उनले भने ‘चिकित्सक कुरेर बस्नुपर्ने बाध्यता छ।’, पेटमा समस्या भएका कारण जाँचका लागि आएको उनले बताए।, ‘खाएको कुरा केही अडिदैन। मुखबाटै फर्कन्छ। यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ’, उनले सुनाए।, यस्तै पीडा पाल्पाबाट आएकी भिमकुमारी थापाको पनि छ। उनी रेडियो थेरापीका लागि आएकी हुन्।, ‘आज पालो भनेर आएको, पाइने नपाइने थाहा छैन’, उनले भनिन्।, अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन्।, तनहुँको दुलेगौडाबाट उपचारका लागि आएकी  इन्द्रकला लम्साल बहिरंग विभागमा आएर चिकित्सक कुर्दै थिइन्।, उनले भने, ‘चिकित्सक आउनुहुन्छ भन्नुभएको छ। कति खेर भेट्न पाइन्छ पत्तो छैन।’ , नियमित जाँचका क्रममा आएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतालमा छिन्।, उनले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउँदै भनिन्, ‘अब यो देखाएर त घर जान पाइन्छ कि भन्ने आश छ, तर डाक्टर भेट्न पाइन्छ, पाइँदैन निश्चित छैन।’, चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपायस्वरूप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ।, यी उदाहरणीय पात्र हुन्। अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ। चिकित्सक भेट्नका लागि बहिरङ्ग विभागमा आएका बिरामीलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन्।, विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिरङ्ग सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ।  , उनीहरू हाजिर गरेर न बहिरङ्ग सेवामा हुन्छन् न त शल्यक्रिया कक्षमा नै हुन्छन्। एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउँछन्।, एनेस्थेसियाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ।, अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताए।, गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उनी कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने बताउँछन्।अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन्।, विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो। त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन्। पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ। रासस, बिपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।, ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ।, काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो।, प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।, काठमाडौंका खोलालगायत अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने
सेतोपाटी संवाददाता ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ। , बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। , उनका अनुसार मध्यराति १:२२ बजे दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिसिटिभी फुटेजमा पनि देखिएको छ। , बिहान करिब ६ बजेतिर मन्दिरका पुजारी पूजा गर्न जाँदा ढोकाको ताला फोडिएको अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको वडाध्यक्ष मिलन सिलवालले जानकारी दिए। , अहिले घटनास्थलमा परिसरबाट डिएसपी दीपक भारतीको नेतृत्वमा टोली खटिएको छ। प्रहरी वृत्त चापागाउँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको प्रहरीले बताएको छ। , उक्त मन्दिरमा यसअघि पनि चोरी भइसकेको एसपी शाहीले बताए।, अहिले चोरी भएका देवताका आकृतिहरू नयाँ स्थापना गरिएको हुँदा धेरै पुरानो नभएको उनले बताए। , अहिले प्रहरीले चोरको पहिचान गर्नमा लागेको उनले बताए। , ‘सिसिटिभीमा दुई जना चोर पसेको देखिन्छ। उनीहरूको पहिचानतर्फ अगाडि बढेका छौं,’ उनले भने, ‘अहिले अनुसन्धान गर्न टिम घटनास्थलमा छ।’, चोरी भएका आकृतिहरू २००-३०० ग्रामका र चार-पाँच इन्च लम्बाइ र चौडाइ भएका छन्। उक्त आकृति तामाबाट बनेका हुन्। , लेलेको जलकुमारी-बालकुमारी मन्दिरमा चोरी
मनिका विश्वकर्मा सरस्वती महर्जनले सानोमा स्कुल पढ्न पाइनन्। ३० घन्टा टाफ्रिक प्रहरी भएर स्कुले विद्यार्थीलाई बाटो कटाइदिँदा भने स्कुल पढ्न गएजत्तिकै सुखद अनुभूति सँगालिन्।, ती विद्यार्थी कहिलेकाहीँ हात हल्लाउँदै उनलाई भन्थे, 'थ्यांक्यु, ट्राफ्रिक आन्टी!', त्यसले झनै उनलाई ऊर्जा थपिदिन्थ्यो। अशक्त, वृद्धवृद्धालाई बाटो कटाइदिँदा त्यत्तिकै आत्मसन्तुष्टि बटुलेर उनी काम गर्थिन्।, पाँच दशक उमेर काटेपछि मिलेको यस्तो सन्तुष्टिले सरस्वतीको जीवन नै उज्यालो बनाइदिएको छ।, ललितपुर महानगरपालिकाले दिएको ट्राफिक तालिमअन्तर्गत जावलाखेल चोकमा उनले १५ दिनसम्म काम गरेकी थिइन्। ट्राफिक अभियान मात्र होइन उनी महानगरको 'साइकल अभियान' मा पनि जोडिएकी छन्।, 'गाउँमा साथीभाइले साइकलको पेडल घुमाएको देख्दा मलाई पनि साइकल चलाउन कम्ता रहर थिएन!,' उनले भनिन्।, स्कुल पठाउन नसकेको उनको परिवारले साइकल चलाउन सिकाउनु परको कुरा थियो। अहिले महानगरकै तालिममार्फत् एक महिना लगाएर साइकल सिक्दै बालापनको रहर पूरा गरिन्।, उनको अर्को पनि रहर थियो, प्रहरी बन्ने। स्कुल नगएकै कारण यो रहर पनि रहरैमा सीमित थियो।, बिहान पाँच बजे उठेर घाँसदाउरा अनि खेतबारीमा काम गर्दै सरस्वतीको बाल्यकाल टीकाभैरवमा बितेको थियो।, 'छोरीलाई स्कुल पठायो भने चिठी लेखेर पोइला जान्छ' भन्ने परिवारमा जन्मेकी उनले १७ वर्षको उमेरमा प्रौढ शिक्षा पढ्ने अवसर पाइन्। ६ महिनापछि आफ्नो नाम लेख्न सिकिन्।, टाफ्रिक र साइकल अभियानमा जोडिनुअगाडि महानगरबाटै सरस्वतीले मकैको बोक्राबाट पुतली (गुडिया) बनाउने सिप सिकेकी थिइन्। त्यही पैसाले उनले आफ्नो परिवारको गर्जो टारिन्। अझ श्रीमान रोगले थलिएपछि उनकै आयश्रोत परिवारको एक मात्र कमाइको स्रोत बन्यो। श्रीमानको रोगकै कारण निधन भयो। पूरा परिवारको जिम्मेवारी उनकै काँधमा आयो।, अहिले पनि दुई छोराछोरीको आड र भर सरस्वती नै हुन्। जेठा छोराले प्लस-टु पास गरेपछि जागिर खान थालेका छन्। कान्छी छोरी स्नातक पढ्दै छिन्।, महानगरले दिएका तालिमहरू बेलाबखत लिँदै, सिप सिक्दै र जीविकोपार्जन गर्दै आएकी सरस्वती अहिले हातले झोलाहरू सिलाएर बिक्री गर्छिन्। झोला बनाउने तालिम उनले महानगरबाटै लिएकी हुन्।, सरस्वतीजस्तै ललितपुर महानगरबाटै तालिम पाएर भक्तपुरकी विन्दा लोहनीले पनि आफ्नो जीवनलाई लय दिएकी छन्। पढे–लेखेको परिवारमा हुर्किएकी उनलाई पढ्न त्यति गाह्रो भएन। ४५ वर्षीया उनले बिहेपछि पनि स्कुल जाने अवसर पाइन्। माइतमा आठ कक्षासम्म पढेकी उनले छोरासँगै एसएलसी सकिन्। माइतमा मूर्ति कुँद्ने काम सिकेकी थिइन्। बिहेपछि पनि त्यही कामलाई निरन्तरता दिइन्।, तर आफ्नो कामलाई अरूले जागिरजस्तो मान्यता नदिएको महसुस उनले गरिन्।, 'जेठानीहरू बाहिर जागिरमा जाँदा मलाई पनि त्यसरी नै बाहिर गएर काम गर्ने मन हुन्थ्यो,' उनले भनिन्।, एकदिन उनले जावलाखेलमा केही महिलाहरूले साइकल गुडाइरहेको देखिन्। उनलाई त्यसरी नै साइकल चलाउने रहर जाग्यो।, महानगरले साइकल उपलब्ध गराएर सिकाइरहेको जानकारी पाएपछि उनी त्यतै लागिन्।, अहिले साइकल चलाएरै उनी विभिन्न ठाउँ पुग्छिन्, भन्छिन्, 'साइकलले मेरो जीवन पूर्ण रूपमा स्वतन्त्र बनाइएको छ। पहिला त यसरी साइकल चलाउन सक्छु जस्तो लाग्दैन थियो। अहिले साइकलसँगै उडिरहेको महसुस गर्छु।', विन्दाले महानगरले नै दिएको ब्युटिपार्लरको तालिम लिएकी थिइन्। तालिमपछि आफ्नै पार्लर खोलिन्। लकडाउनअघिसम्म राम्रै चलेको थियो। लकडाउनपछि भने पेसा बदलिन्। हाल उनी होस्टल चलाउँछिन्।, 'पहिला घरमै मूर्ति कुँद्ने काम गर्थेँ। महानगरले दिएको तालिमहरूमा सहभागी भएपछि आत्मविश्वास थपिएको छ,' उनले भनिन्।, विन्दाले पनि ट्राफिक प्रहरी भएर काम गरिन्। महानगरले महिलालाई आत्मविश्वासी र स्वतन्त्र बनाउने उद्देश्यले सञ्चालन गरेको ट्राफिक प्रहरी तालिममा उभिन पाउँदा उनी खुसी छिन्।, 'घरमा मैले यसबारे भनेकै थिइनँ। चिनजानकाहरूले मैले पैदलयात्रुलाई बाटो कटाइरहेको देखेपछि थाहा पाउनुभएको हो,' यस्तो भन्दै उनी हाँसिन्।, कहिलेकाहीँ घरकै सदस्य वा छिमेकीले उनलाई बाटो कटाइरहेको अवस्थामा भेट्छन्। यस्तो अवस्थामा उनको हौसला झनै बढ्थ्यो, बढ्छ।, सरस्वती र विन्दाको झैं प्रविका शाक्य ब्रजाचार्यको जीवन पनि महानगरकै तालिमले सुधारिएको छ।, शिक्षित परिवारमा जन्मिएकी उनले पढ्नका लागि खासै दुःख गर्नुपरेन। २२ वर्षको उमेरमा बिहे भएपछि पनि उनलाई पढ्ने राम्रै वातावरण मिल्यो। बिहे गरेपछि उनले प्लस टु पास गरिन्। त्यसपछिको पढाइ भने स्वास्थ्य समस्याका कारण रोकियो।, उनले धेरैपटक जागिरका लागि प्रयास गरिन्। हरेक पटक असफल भइन्। यसले उनलाई चिन्तित बनाउँथ्यो।, 'श्रीमान काम गर्ने, आफू भने घरमै थन्किनुपर्दा छटपटी हुन्थ्यो। पढे-लेखेको मान्छे त्यत्तिकै अरूको भरमा बाँच्न हुँदैन, केही गर्नुपर्छ भन्ने सोचले सधैं सताउँथ्यो,' उनले भनिन्।, बायाँबाट क्रमशः सरस्वती महर्जन, विन्दा लोहनी, ललितपुर महानगरपालिकाकी महिला विकास अधिकृत प्रमुख महेश्वरी विष्ट र प्रविका शाक्य ब्रजाचार्य। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, त्यसैले उनले परिवारलाई थाहै नदिई विभिन्न ठाउँमा कामका लागि फारम भरिन्। सुरूमा अचारको तालिम लिँदै सहकारीमा लेखा सदस्यमा जागिरे भइन्। पछि थाइरोइडले धेरै दुःख दिन थाल्यो। अनि काम बीचमै रोकिन्।, बिरामी भइराख्दा पनि उनको मन अन्तै हुन्थ्यो। आत्मनिर्भर हुने सोचमै समय बित्थ्यो। त्यसैबीच एकदिन उनले‍ महानगरले दिने ब्युटिपार्लर तालिमबारे जानकारी पाइन्। यसै बस्नुभन्दा तालिम लिनु उचित लाग्यो। त्यही तालिमले उनको जीवनमा सुखद मोड ल्याइदियो। , अहिले ब्युटिपार्लर चलाउँदै आम्दानी गरिरहेकी उनले भनिन्, 'मलाई आत्मनिर्भर हुन सिकाउने महानगरसँगै मेरी छोरीलाई पनि धन्यवाद दिन चाहन्छु। ममीले पनि केही जान्नुहोस् भन्दै छोरी मेरो सबै काममा सघाउँथिन्।', प्रविकाका अनुसार उनले छोरीकै कारण प्रौढ शिक्षा पनि पढाइन्। घरबाहिर जान थालेपछि पिँजडाबाट फुत्किएको चराजस्तै महसुस भएको उनी बताउँछिन्। , उनलाई चराजस्तै स्वतन्त्र महानगरको साइकल अभियानले पनि बनाएको छ।, चार दिन लगाएर साइकल सिकेकी उनले भनिन्, 'अहिले साइकल चलाएर म जहाँ पनि पुग्न सक्छु। स्वतन्त्र अनुभव गर्छु।', उनी अरूलाई पनि साइकल चलाउन सिकाउँछिन्। , महिलाहरूको आत्मविश्वास बढाउने उद्देश्यले साइकल र ट्राफिक अभियान ल्याइएको ललितपुर महानगरपालिकाकी महिला विकास अधिकृत, प्रमुख महेश्वरी विष्ट बताउँछिन्। तर सुरूमा यो अभियान ल्याउन र लागू गर्न निकै समय लागेको थियो।, 'महिलालाई उही पुराना सिपमूलक तालिम छँदै छन्, किन साइकल चलाउन लगाउने भन्दै पुरुष कर्मचारीले रोकतोक गर्न खोजेका थिए,' अधिकृत विष्टले सेतोपाटीसँग भनिन्, 'तर महिला बाहिर निस्केपछि उनीहरू आफैं आत्मनिर्भर हुन सक्छन् भन्ने बुझाएपछि उहाँहरू सकारात्मक हुनुभयो। महिलाहरू घरभित्र बस्ने र त्यहीँको काम गर्ने हुन् भन्ने सोच चिरफार गर्न पनि साइकल अभियान ल्याएका हौं।', उनका अनुसार साइकल र ट्राफिक अभियानमा सहभागी हुन पहिलेपहिले महिलाहरू लुकेर आउँथे। अचेल खुलेर आउन थालेका छन्। सुरूमा साइकल चलाउने महिलाको संख्या जम्मा एघार जना थियो। अहिले दोब्बर छ।, यो अभियानले उनीहरूलाई आत्मविश्वासीसँगै आत्मनिर्भर पनि बनाएको उनले बताइन्।, साइकलसँगै उडिरहेका महिलाहरू!
रासस भरतपुर महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने भएको छ।, महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो।, महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैंले हटाउने जनाएको छ। , संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ।, महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरा लगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरूद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्‍याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ। , भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
एजेन्सी चिनियाँ अर्बपति तथा इ-कमर्स साइट अलिबाबाका संस्थापक ज्याक मा जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। चीनमा सुरक्षा नभएको भन्दै उनी परिवारसहित जापानमा लुकिरहेको द गार्डियनले लेखेको छ।, दुई वर्षअघि सांघाईमा भएको सम्मेलनमा चिनियाँ नियामक निकायहरूले प्रविधि कम्पनीमाथि गर्ने व्यवहारको ,आलोचना गरेका थिए,।, ‘एउटा नियम थप्ने हो भने पुराना तीन वटा नियम खारेज हुनुपर्छ। तर अनावश्यक नियम थुपारेर नियम उल्लंघनका लागि राज्यले नै प्रेरित गरिरहेको छ,’ ज्याक माको टिप्पणी थियो।, आविष्कार भनेकै त्रुटि सधार्दै हुने हो भन्ने कुरा चीनको नेतृत्व र नियामक निकायले नबुझेको उनको धारणा  थियो।, ‘नियामक निकायदेखि तर्सिएर असल आविष्कार हुन सक्दैन। भविष्यका लागि गरिने आविष्कारलाई पुरातन नियमले बाँध्न मिल्दैन यसबारे सोच्नुपर्छ,’ सम्मेलनमा उनले भनेका थिए।, चीनले प्रविधि कम्पनीलाई निरूत्साहित गर्न खोजेको भन्दै सरकारी नीतिको विरोध गरेपछि राष्ट्रपति सी चिनफिङ उनीप्रति आक्रोशित बनेका थिए।, सरकारी नीतिको विरोध गर्दा आफू असुरक्षित रहेको भन्दै ज्याक मा  चीन बाहिर बस्दै आएका छन्।, ६ महिनादेखि ज्याक मा जापानमा बस्दै आएको फाइनान्सियल टाइम्सले मंगलबार खुलासा गरेको द गार्डियनले उल्लेख गरेको छ।, अलिबाबाविरूद्ध नियामक निकाय कठोर भएपछि ज्याक मा आर्जन नै आधा घटेको छ। ५० अर्ब डलरबाट उनको सम्पत्ति २१.७ अर्ब डलर पुगेको छ।, नियामक निकायले  शेयर बजारमा अलिबाबाको ३४ अर्ब बराबरको पैसा रोक्का गरिदिएका छन् भने माको स्वामित्वमा रहेको साउथ चाइना मर्निङ पोस्ट बेच्नका लागि पनि निर्देशन दिएको छ।, चीन छोडेर जापानमा बसिरहेका छन् अलिबाबाका संस्थापक ज्याक मा
रासस खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। , आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरू गरिने बताएका हुन्। , गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरूङमा पानी हाल्न थालिएको छ।, पानी सुरूङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।, मेलम्ची खानेपानीको हेडवर्क्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए। , उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरू गर्ने बताए। सुरूङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए।, उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरूङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे।, निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मंसिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।, उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरू भइरहेको बताए।, अहिलेसम्म सुरूङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सकिने सचिव गेलालले बताए। , निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए। , उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए।, निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्‍याएका संरचना पुनर्निर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताए।, मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा: मन्त्री चौधरी
एजेन्सी चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।, चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ।, जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए।, उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।, रहेनन् चीनका पूर्वराष्ट्रपति जियाङ जेमिन
रासस पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरू भएको छ। , जिल्लाकै सबभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन्।, केन्द्र सरकारले विनियोजन गरेको साढे १४ करोड ७६ लाख रुपैयाँ लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिए।, पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ। पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन्।, नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउँछन्। त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उनको भनाइ छ।, थापा भन्छन्, ‘ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरू गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौं।’, नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरू गरिएको बताए।, उनले वर्षौंदेखि यहाँका सयौं नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताए। , ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ। यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन्। यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउँछन्।, अस्पताल निर्माणपछि ढोरपाटनसँगै रूकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उनको भनाइ छ।, ‘अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभई रूकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ’, उनले भने।, स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताए।, उनले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताए।, अस्पताल निर्माणका लागि एसी कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ।, अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरू गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताए। , उनले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिए।, ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै
नारायण खड्का तुलसीपुरमा एक क्लबले मेला लगाउने तयारी गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्‍य संघले बजार बन्द गराएको छ। , युथ्स् अफ तुलसीपुरले बिहीबारदेखि तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवा नजिकै मेला लगाउने तयारी गरेपछि त्यसविरूद्ध व्यापारीहरूले बजार बन्द गराएको हो। , वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यापारीहरूलाई मर्का पर्ने हुँदा मेला लग्न नदिने भन्दै विरोध जनाएका छन्। , ‘आज बजार मात्रै बन्द गराएका छौं,’ उनले भने, ‘मेलाका लागि ल्याइएका सामग्री सबै फिर्ता नभए भोलिदेखि अनिश्चितकालीन रूपमा यातायातदेखि सबै ठप्प पार्छौं।’, मेला लगाउने नै भएपनि माघ १५ पछाडि मात्रै लगाउनुपर्ने उनको भनाइ छ। , चिसो याम सुरू भएसँगै न्यायो कपडाहरू बिक्री हुने समय भएकाले अहिले मेला लगाउँदा व्‍यापारीहरू मर्कामा पर्ने उनी बताउँछन्। , क्लबलाई मेला महोत्सव लगाउने अधिकार नभएको पनि उनले जिकिर गरे।, ‘क्लबको अवधारणा के हो ? क्षेत्राधिकार के हो ? त्यही अनुरूप समाजिक गतिविधि गर्नुपर्ने होइन ?,’ उनले भने, ‘त्यस विपरित ठेक्कामा पटक-पटक मेला महोत्सव लगाई बाहिर पैसा पठाउने र स्थानीय व्यवसायीलाई धारासायी बनाउने कार्य कुनै हालतमा स्वीकार्य हुने छैन।’, क्लबका अध्यक्ष अरूण लहरेले लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सवको सबै तयारी पूरा भइसकेको हुँदा कुनैपनि हालतमा नरोकिने बताए।, ‘मेलाको सबै तयारी पुरा भइसकेको छ। लाखौं खर्च भइसकेको छ,’ उनले भने, ‘यसमा उद्योग वाणिज्य संघले सिन्डिकेट लाद्न खोज्नु खेदजनक हो।’, क्लबका सचिव आकाश भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते मेला लगाउन तुलसीपुर उपमहानगरपालिकाबाट अनुमति लिइसकेको बताए। महोत्सवका लागि मनोरञ्जन कर एक लाख समेत बुझाइसकेको उनले जानकारी दिए। , यस विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय दाङले भने मेलालाई रोक्न पत्राचार गरेको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आफूलाई मंसिर ९ गते नै विवाद बढेका कारण जिल्ला प्रशासनबाट मेला महोत्सव रोक्न पत्राचार भइसकेको बताए। , ‘मेला लगाउन खोज्ने र लगाउन पाइन्न भन्ने दुबै पक्ष आपसमा बसेर यो विवाद टुंगो लगाएको भए राम्रो हुने थियो,’ उनले भने, ‘उहाँहरू छलफलमा नबस्ने र सबै विवाद प्रहरीको टाउकोमा थुपार्ने प्रयास उचित हैन।’, दुई पक्षबीचको विवादलाई मिलाउन उपमहानगरका मेयर टीकाराम खड्काले प्रयास गरेपनि सफल हुन सकेको छैन।, तुलसीपुरमा मेलाको विरोधमा उद्योग वाणिज्य संघले गर्‍यो बजार बन्द
सेतोपाटी संवाददाता ३५ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।, माइती नेपालले बुधबार दिप प्रज्वलनको आयोजना गरेको हो। गौशाला चोकमा आयोजित उक्त कार्यक्रममा मानिसहरूले एड्सबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका हुन्।, यसैगरी माइतीघरमा विश्व स्वास्थ्य संगठनको आयोजनमा पनि दीप प्रज्वलन गरिएको छ।, विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरूद्धको दिवस मनाउने गरिन्छ।, सबै तस्बिर: नवीनबाबु गुरूङ/निशा भण्डारी,  , ३५ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरू)
सेतोपाटी संवाददाता म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। , विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्‍याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। , पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २० वर्षीय प्रतीक भन्ने नवीन खड्का छन्। , काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार उनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उनलाई पक्राउ गरिएको हो। , उनीमाथि अनुसन्धान गर्न अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको छ।  ,  , म्यादी प्रहरीलाई गाली गरी भिडिओ हालेको आरोपमा एक युट्युबर पक्राउ
रासस डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।  , बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।, उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए।, जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।, डोटीको पूर्वीचौकी गाउँपालिका वडाध्यक्ष जोशीको निधन
सेतोपाटी संवाददाता बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन्। , बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन्। , यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी हुन्।, मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन्। , उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो।, खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।, फेला परेपछि घाइते नेहाको उपचारका लागि पठाइएको छ। अहिले प्रहरी टोलीले घटनास्थल कार्य गरिरहेको छ।, उनीहरूको हत्यारा पत्ता लगाउन घटनाको सुक्ष्म तरिकाले अनुसन्धान सुरू गरिने प्रहरी निरिक्षक जोशीले जानकारी दिए।, बैतडीमा एक युवती मृत र किशोरी घाइते फेला
सेतोपाटी संवाददाता अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीमा जनस्तरबाट बनाइएको ‘पुन समुदाय सङ्ग्रहालय’को उद्घाटन गरिएको छ। पुन समुदायको जीवनशैली झल्काउने उद्देश्यले ‘करबाकेली बाबा संरक्षण समिति’ले बनाएको सङ्ग्रहालय उद्घाटन सगरमाथा आरोही एवं चलचित्र अभिनेत्री दिया पुनले मंगलबार गरेकी हुन्।  , ढुंगा र काठबाट परम्परागत शैलीमा बनाइएको दुई तले भवनमा पुन समुदायको जन्मदेखि मृत्यू संस्कार झल्कने सामाग्री सजाइएको छ। यसको माथिल्लो तलामा पुरातात्विक महत्वका सामान राखिएको छ भने भुइँतलामा जाँतो, ढिकी, कोल आदि सजाइएको छ। भुइँतलामै पुस्तकालय कक्ष पनि छ जहाँ बसेर पुनको चिनारी, नेपालका जातजातिको इतिहास, संस्कृती र जीवनशैली अध्ययन गर्न पाइन्छ। , सङ्ग्रहालयमा पुन समुदायका कीर्तिमानी खेलाडीहरू निर्मल पुर्जा, तारा पुन, सगरमाथा आरोही एवं नायिका दिया पुनलगायत समाजसेवीहरूको चिनारीसहित तस्बिर पनि सजाइएको छ। यसरी मुलुकका लागि योगदान दिने प्रतिभाहरूको सम्मान गरिएको हो। , सङ्ग्रहालय बनाउन करिब ८० लाख रुपैयाँ खर्च भएको छ। यसका लागि म्याग्देलीले सहयोग गरेका हुन्। यसमा अन्नपूर्ण गाउँपालिकाले ५ लाख र गण्डकी प्रदेश सरकारले ५ लाख रुपैयाँ मात्र सहयोग गरेका छन् बाँकी सबै जनस्तरबाटै सहयोग प्राप्त भएको हो।         , ‘एउटा समुदायको पहिचानका लागि हरेक चिज चाहिन्छ। थान मात्र बनाएर पुग्दैन, सङ्ग्रहालय पनि चाहिन्छ भन्ने सोचले हामीले सङ्ग्रहालय बनाएका हौं’, सङ्ग्रहालय निर्माणका अगुवा चामबहादुर पुनले भने। , वि.स. २०७६ वैशाख ९ गतेबाट संग्रहालय निर्माण शुभारम्भ गरिएको थियो। त्यअघि सङ्ग्रहालय नजिकै करबाकेली थान र सामुदायिक पाहुना घर पनि बनाइएको थियो। , सङ्ग्रहालयको सांस्कृतिक महत्व त छँदैछ, करबाकेली पदमार्गमा पर्ने भएकाले यसबाट धेरै पर्यटकले पनि लाभ लिन सक्छन्। करबाकेलीलाई केन्द्रमा राखेर पुनहिलदेखि करबाकेली हुँदै म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्राण्डिङ गरिएको छ।   , करबाकेलीलाई कुल देवताका रुपमा पूज्नेहरूले मात्र होइन, यस पदमार्गमा यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूका माझमा पनि सङ्ग्रहालय आकर्षक पर्यटकीय प्रोडक्ट बन्ने देखिन्छ।, पुन संस्कृति अध्ययन गर्न चाहनेका लागि सङ्ग्रहालय महत्वपूर्ण तीर्थ बन्ने छ।  , धार्मिक हिसाबले मात्र होइन, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले समेत करबाकेली क्षेत्र सुन्दर छ। करबाकेली थानबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसहित वरपरका गामबेसीको मनमोहक दृश्य देखिन्छ।  , धुमधामसँग करबाकेली पूजा , मंसिर १३ गते पहिलो उजेली मंगलबारका दिन काफलडाँडाको करबाकेली थानमा ठूलो मेला लाग्यो। एकातिर कुलपूजा र अर्कातिर सङ्ग्रहालय उद्घाटन एकै दिन थियो। सेरोफेरोका गाउँ र बेलायतदेखि आएका तिर्थालुले करबाकेली बाबाको दर्शन गरे। करबाकेलीले मनोकामना पुरा गरिदिने जनविश्वास छ। करबाकेलीबाबाले बलि लिँदैनन् तर उनका छोराहरू रामचन र कुलचनलाई बलि चढ्छ। त्यसैले तिर्थालुले त्यहाँ भेडाको साँढ पनि चढाए।  , गाउँगाउँबाट पुख्र्यौली नाचसहित आएर गाउँलेहरू धुमधामसँग नाचेका थिए। मंगलबार र बुधबार दिनभर करबाकेली हातामा पुख्र्यौली नाचले सबैलाई मन्त्रमुग्ध बनायो। साथमा कृष्ण कँडेलको इन्द्रेणी टिमको साँस्कृतिक कार्यक्रम पनि छँदै थियो।  , करबाकेली बाबा संरक्षण समितिलेको व्यवस्थापनमा भएको कार्यक्रममा गाउँलेको भिड लागेको थियो।  , समाजसेवीको प्रतिमा अनावरण , बेलायती सेनाबाट निबृत भएपछि करबाकेली बाबाको अनुसन्धानका साथै यस क्षेत्रको धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय पूर्वाधार विकासको नेतृत्व गर्दै आएका समाजसेवी चामबहादुर पुनको अर्धकदको प्रतिमा निर्माण गरिएको छ।, करबाकेली थान क्षेत्रमा निर्माण गरिएको प्रतिमाको पुन समाज नेपालका अध्यक्ष भिमबहादुर पुनले अनावरण गरेका छन्।, बेलायतमा बसोबास गर्दै आएका अतिप्रसाद पुन, गिरबहादुर पुन र मूर्तिकार धनु याख्याको आर्थिक सहयोगबाट मूर्ति निर्माण गरिएको करबाकेली बाबा संरक्षण समितिले जनाएको छ। , यसरी जन्मथलोको विकासमा अतुलनिय योगदान पुर्‍याउने समाजसेवीको सम्मानस्वरुप बनाइएको प्रतिमा अनावरणमा उपस्थित गाउँलेहरूले ताली बजाएर स्वागत गरेका थिए।, हेर्नुहोस् थप तस्बिरहरू, गण्डकी प्रदेशकै नमूना सङ्ग्रहालय उद्घाटन
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले काभ्रेको बेथान चोक गाउँपालिकाका खानीजन्य सामग्रीमा कर नउठान पनौती नगरपालिकालाई अन्तरिम आदेश दिएको छ।, बेथानचोक गाउँपालिकालाई कर तिरेर ढुवानी भएका खानीजन्य सामग्रीमा पनौती नगरपालिकाले समेत कर उठाएपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो।, स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत पनौती नगरपालिकाले कर उठाएको भन्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए।, न्यायाधीशद्वय हरि फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले  दोहोरो कर नउठाउन पनौती नगरपालिकालाई अन्तरिम आदेश दिएका हुन्।, आफ्नो क्षेत्रभन्दा बाहिरबाट आएका खानीजन्य सामग्रीमा कर उठाउनु नेपालको संविधानको धारा २३६ तथा स्थायी सरकार संचालन ऐन २०७४ को दफा २६२(२) विपरीत रहेको आदेशमा उल्लेखमा छ। ‘पनौती नगरपालिका कार्यालयले सो नगरपालिकाको क्षेत्रभन्दा बाहिरबाट खानीयजन्य निर्माण सामग्री लैजाने सवारी साधनले सडक निर्माण दस्तुर असुल गर्ने भनि गरेको निर्णय तथा सोको कार्यान्वयनका लागि भएका कार्यदेश, पत्राचार समेत सुविधा र सन्तुलनका दृष्टीले हाल कार्यान्वयन नगर्नू,’ आदेशमा भनिएको छ।, सर्वोच्चको अन्तरिम आदेशले बेथानचोक गाउँपालिकालाई मात्रै नभएर ७ सय ५३ वटै स्थानीय तहमा राजश्व संकलनको अन्यौललाई चिरेको अध्यक्ष भगवान अधिकारीले बताए। ‘सर्वोच्चको यो अन्तरिम आदेशले दोहोरो कर लगाउन नपाउने भनेसँगै ७ सय ५३ वटै तहमा राजश्व संकलनमा देखिएको अन्यौल अब अन्त्य भएको छ,’अधिकारीले भने।, बेथानचोक गाउँपालिकाले खानीजन्य सामग्रीमा प्रति ट्रक ३ हजार ५० रूपैयाँ राजश्व लिने गरेको थियो भने त्यताबाट आउने ट्रकलाई पनौती नगरपालिकाले पनि थप ५ सय ६५ रूपैयाँ कर असुल्दै आएको थियो।, खानीजन्य सामग्रीमा दोहोरो कर नउठान पनौती नगरपालिकालाई सर्वोच्चको अन्तरिम आदेश
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ। ‘सँगै पढौं’ भन्ने नाराका साथ पुस्तकालय स्थापना गरिएको प्रहरीले जनाएको छ।, प्रहरी हिरासतमा रहेका थुनुवाको लागि केन्द्रित गरी शुरू गरिएको उक्त पुस्तकालय क्रिडाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा परियोजनाले स्थापना गरेको हो।, बाल निगरानीमा रहेका बालबालिका तथा थुनुवामा सकारात्मक सोच विकास गर्न तथा अध्ययनको बानी बसाल्न स्थापना गरिएको उक्त पुस्तकालय जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, जिल्लास्थित अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा अन्य सर्वसाधारण पाठकहरुका लागि समेत खुल्ला गर्ने योजना रहेको डिएसपी जयश्वर रिमालले जानकारी दिए।, विभिन्न लेखकका ७५ वटा साहित्यिक पुस्तक र १४ वटा कानूनी पुस्तकबाट पुस्तकालय  शुरु गरिएको हो।, अनिवार्य ड्युटीमा रहेका बाहेक अन्य प्रहरी कर्मचारीको लागि बिहानको ८ बजे देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म गरी दैनिक २ घण्टा किताव पढ्ने समय छुट्याइएको छ।, हिरासतमा रहने थुनुवाको लागि भने उनीहरुको चाहना अनुसारको समयमा पुस्तक उपलब्ध गराउने डिएसपी रिमालले बताए।, प्रहरी र हिरासतमा रहेकालाई लक्षित गरेर कालिकोटमा खुल्यो 'लाइब्रेरी'
सेतोपाटी भारतीय पत्रकार रविश कुमारले टेलिभिजन च्यानल 'एनडिटिभी इन्डिया' को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएका छन्।, एनडिटिभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि उनले राजीनामा दिएका हुन्।, एनडिटिभीका अध्यक्ष सुपर्णा सिंहले आफ्ना कर्मचारीहरूलाई पठाएको आन्तरिक इमेलमार्फत् रविश कुमारको राजीनामाको खबर बाहिर आएको बिबिसीले जनाएको छ।, भारतमा नरेन्द्र मोदी सरकार आएपछि त्यहाँका धेरै पुराना सञ्चार माध्यम र पत्रकारहरू मोदी सरकारको गुणगानमा लागेका छन्। त्यस्ता मिडियालाई भारतमा 'गोदी मिडिया' भनेर व्यंग्य गरिन्छ। रविश कुमार भने त्यस्ता कम पत्रकारमध्ये एक हुन्, जो मोदी सरकारले लिँदै आएको अल्पसंख्यक समुदायविरोधी नीतिहरूको आलोचना गर्छन् र अल्पसंख्यक समुदायको हक-अधिकारका पक्षमा नियमित रिपोर्टिङ गर्छन्।, रोमन म्यागासासे अवार्ड विजेता रविश कुमार ‘हम लोग’, ‘रविशकी रिपोर्ट’, ‘देशकी बात’, ‘प्राइम टाइम’ जस्ता टेलिभिजन कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय छन्।, भारतीय वेबसाइट स्क्रोल डटइनका अनुसार एनडिभीले रविशको राजीनामा तत्कालै लागू हुने गरी स्वीकार गरेको जानकारी दिएको छ।, ‘रविशजस्तो आममानिसमा प्रभाव जमाउन सफल पत्रकार कमै छन्,’ एनडिभीले आफ्ना कर्मचारीलाई पठाएको इमेल उद्धृत गर्दै स्क्रोलले भनेको छ, ‘रविशको प्रभाव उनको कार्यक्रममा आउने प्रतिक्रियाहरूबाट थाहा हुन्छ। उनी जहाँ गए पनि समर्थकहरूको जुन भीड जम्मा हुन्छ, त्यसले उनको लोकप्रियता झल्काउँछ। उनले पाएका अवार्ड र अन्तर्राष्ट्रिय स्तरमा पाएको सम्मानले रविशको प्रभाव देखाउँछ।’, एनडिटिभीका सञ्चालकहरू प्रणय रोय र राधिका रोयले आरआरपिआर होल्डिङ प्राइभेट लिमिटेड कम्पनीको निर्देशक पदबाट राजीनामा दिएको दोस्रो दिन रविश कुमारले एनडिटिभी छाडेको स्क्रोलले जनाएको छ।, एनडिटिभीमा आरआरपिआर (राधिका रोय प्रणय रोय) होल्डिङको २९.१८ प्रतिशत सेयर थियो।, आरआरपिआरले एक दिनअघि बम्बई स्टक एक्सचेन्जमा दिएको जानकारीअनुसार उसको ९९ प्रतिशतभन्दा बढी सेयर अब विश्वप्रधान कमर्सियल प्राइभेट लिमिटेड (भिसिपिएल) सँग छ। भिसिपिएल भनेको त्यो कम्पनी हो जसको अधिग्रहण अडानी समूहअन्तर्गतको एएमजी मिडिया नेटवर्कले गरेको थियो।, गत अगष्ट २३ मा अडानी समूहको पूर्ण स्वामित्वप्राप्त एएमजी मिडिया नेटवर्कले भिसिपिएलको ९९ प्रतिशतभन्दा बढी सेयर ११३.७४ करोडमा किनेको हो।, त्यसै महिनाको अन्त्यमा अडानीले भिसिपिएलमार्फत् एनडिटिभीको २९.१८ प्रतिशत सेयर किन्ने घोषणा गरेको थियो।, त्यसपछि नोभेम्बर महिनामा अडानी समूहले एनडिटिभीको थप २६ प्रतिशत सेयर किन्न खुला प्रस्ताव गर्ने निर्णय गर्‍यो। यसले एनडिटिभीमा अडानीको सेयर स्वामित्व ५५.१८ प्रतिशत पुग्नेछ।, भारतीय पत्रकार रविश कुमारले दिए एनडिटिभीबाट राजीनामा
पूर्णप्रसाद मिश्र/रासस प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।, त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।, त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।, रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।, महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ।, त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।, यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्। रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।, पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्।, यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।, देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ। उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ।, यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ। भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ।, अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ।, आज विवाह पञ्चमी मनाइँदै
रासस काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ।, एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने तथ्य फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक कृष्णप्रसाल कोइरालाले जानकारी दिए।, उनका अनुसार खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई  मोटरसाइकलसहित पक्राउ गरेको थियो।, ‘विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ', उनले भने। , पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन्।, प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ।, तीनैवटा मोटरसाइकल प्रहरीले बरामद गरेको जनाइएको छ।, उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशंका रहेकाले थप अनुसन्धान भइरहेको जनाइएको छ। , काठमाडौंमा शृंखलाबद्ध मोटरसाइकल चोरी गर्ने एक पक्राउ
सेतोपाटी संवाददाता धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिएर विद्यार्थीको मृत्यु भएपछि पीडित पक्षले आन्दोलित बनेको छ।, धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो। उनी घरबाट विद्यालय जाँदै थिइन्। मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। , विद्यार्थीको मृत्यु भएपछि अहिले त्यहाँ प्रदर्शन भइरहेको छ। साउदका परिवार पक्ष र विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्।पीडितहरूले शव उठाउन दिएका छैनन्।, ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।, धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पीडित पक्ष आन्दोलित
एजेन्सी भारतीय पत्रकार रविश कुमारले आफ्नो युट्युब च्यानलबाटै पत्रकारितालाई निरन्तरता दिने भएका छन्।  , बुधबार उनले टेलिभिजन च्यानल 'एनडिटिभी इन्डिया' को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएसँगै यो घोषणा गरेका हुन्।, बिहीबार रविशले आफ्नो राजीनामाको कारण खुलाउँदै दर्शकलाई भिडिओमार्फत् सम्बोधन गरेका छन्।, ‘मैले राजीनामा दिएँ’ भन्ने शीर्षकमा उनले २४ मिनेट सम्बोधन गरेका हुन्।, भिडिओमा उनले दर्शकको स्वाभिमान, सद्भाव र मायाका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।, ‘मैले राजीनामा दिएँ। यो राजीनामा तपाईंहरूको सम्मानमा हो। यसैगरी तपाईंहरूको सद्भाव प्राप्त होस। तपाईंहरूले नै मलाई बनाएको हो,’ उनले भनेका छन्, ‘तपाईंहरूले मलाई सहारा दिनुभयो। करोडौं दर्शकको स्वाभिमान कुनै पनि नोकरी भन्दा धेरै माथि छ। तपाईंहरूको प्रेम प्रति नतमस्तक छु।’, एनडिटिभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि उनले राजीनामा दिएका हुन्।, भारतमा नरेन्द्र मोदी सरकार आएपछि त्यहाँका धेरै पुराना सञ्चार माध्यम र पत्रकारहरू मोदी सरकारको गुणगानमा लागेका छन्। त्यस्ता मिडियालाई भारतमा 'गोदी मिडिया' भनेर व्यंग्य गरिन्छ। रविश कुमार भने त्यस्ता कम पत्रकारमध्ये एक हुन्, जो मोदी सरकारले लिँदै आएको अल्पसंख्यक समुदायविरोधी नीतिहरूको आलोचना गर्छन् र अल्पसंख्यक समुदायको हक-अधिकारका पक्षमा नियमित रिपोर्टिङ गर्छन्।, रोमन म्यागासासे अवार्ड विजेता रविश कुमार ‘हम लोग’, ‘रविशकी रिपोर्ट’, ‘देशकी बात’, ‘प्राइम टाइम’ जस्ता टेलिभिजन कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय छन्।, एनडिटिभीका सञ्चालकहरू प्रणय रोय र राधिका रोयले आरआरपिआर होल्डिङ प्राइभेट लिमिटेड कम्पनीको निर्देशक पदबाट राजीनामा दिएको दोस्रो दिन रविश कुमारले एनडिटिभी छाडेका हुन्।, एनडिटिभीमा आरआरपिआर (राधिका रोय प्रणय रोय) होल्डिङको २९.१८ प्रतिशत सेयर थियो।, आरआरपिआरले एक दिनअघि बम्बई स्टक एक्सचेन्जमा दिएको जानकारीअनुसार उसको ९९ प्रतिशतभन्दा बढी सेयर अब विश्वप्रधान कमर्सियल प्राइभेट लिमिटेड (भिसिपिएल) सँग छ। भिसिपिएल भनेको त्यो कम्पनी हो जसको अधिग्रहण अडानी समूहअन्तर्गतको एएमजी मिडिया नेटवर्कले गरेको थियो।, गत अगष्ट २३ मा अडानी समूहको पूर्ण स्वामित्वप्राप्त एएमजी मिडिया नेटवर्कले भिसिपिएलको ९९ प्रतिशतभन्दा बढी सेयर ११३.७४ करोडमा किनेको हो।, त्यसै महिनाको अन्त्यमा अडानीले भिसिपिएलमार्फत् एनडिटिभीको २९.१८ प्रतिशत सेयर किन्ने घोषणा गरेको थियो।, त्यसपछि नोभेम्बर महिनामा अडानी समूहले एनडिटिभीको थप २६ प्रतिशत सेयर किन्न खुला प्रस्ताव गर्ने निर्णय गर्‍यो। यसले एनडिटिभीमा अडानीको सेयर स्वामित्व ५५.१८ प्रतिशत पुग्नेछ।, रविश कुमारले युट्युबमार्फत् पत्रकारितालाई निरन्तरता दिने (भिडिओ)
नारायण खड्का तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।, आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।, व्यापारीले उपमहानगरपालिकाको  कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ। , बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम खड्कासहितका पदाधिकारी पनि बाहिरै बसेका थिए। , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली आएपछि मध्यान्ह १२ बजेतिर उपमहानगरपालिकामा लगाइएको ताला खोलेर वार्ता सुरू भएको छ। , त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, तुलसीपुरस्थित सशस्त्र प्रहरीका पदाधिकारी उपमहानगरपालिकामा बाक्लो संख्यामा उपस्थित थिए। , उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहित सबै कर्मचारी अहिले पनि कार्यालय बाहिर बसिरहेका छन्।, अहिले प्रजिअ रेग्मी, जिल्ला प्रहरी प्रमुख वली, तुलसीपुरका मेयर खड्का, मेला विरोधी पक्ष तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे, मेला लगाउन खोजिरहेको पक्ष युथ्स अफ तुलसीपुर क्लबका अध्यक्ष अरुण लहरे लगायतका बीचमा वार्ता जारी छ। , यो पनि:, तुलसीपुरमा मेलाको विरोधमा उद्योग वाणिज्य संघले गर्‍यो बजार बन्द, युथ्स अफ तुलसीपुरले आजदेखि मंसिर २६ गतेसम्म लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सव लगाउने तयारी गरिरहेको छ।, मेलाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आजै उद्घाटन गर्ने तयारी रहेको आयोजक संस्थाले जानकारी दिएको छ। मेला लगाउन प्रयोग गरिएको जग्गा पनि नेता गिरीकै हो। , यहाँ मेला लगाउन खोज्ने पक्ष र त्यसको विरोध गर्ने पक्षहरू बजारमा केही दिनयता पक्ष-विपक्षमा माइकिङ गर्दै हिँडेका छन्। जसले झडपको स्थिति सृजना गर्ने खतरा उत्पन्न भएको छ।, मेलाका सामान फिर्ता नभएसम्म र मेला नरोकिएसम्म अनिश्चितकालीन बजार बन्दको कार्यक्रम जारी रहने वाणिज्य संघका पदाधिकारीले बताएका छन्। , वाणिज्य संघका अध्यक्षले जिल्ला प्रशासनको निर्देशन कार्यान्वयन गर्न नसक्ने स्थानीय सरकारको कुनै काम नरहेको भन्दै उपमहानगरपालिकामा तालाबन्दी गर्नु परेको सेतोपाटीलाई बताए।, ‘स्थानीय सरकारले लेखेको चिठी पनि प्रहरी प्रशासनले कार्यान्वयन गर्न सक्दैन भने यति निरिह सरकारको के काम छ!,’ अध्यक्ष चालिसेले भने, ‘जबसम्म मेला रोकिँदैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन।’, अहिले पनि मेलाका विरोधमा उत्रिएका व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले उपमहानगरपालिकामा घेराउ तथा धर्ना जारी राखेका छन्।, व्यापारीहरू कालोपट्टि बाँधेर 'नो मेला' भन्ने स्टिकर टाँसेर विरोध तथा धर्नामा बसेका छन्।, मेलाको विरोध गर्दै तुलसीपुर उपमहानगरको कार्यालयमा व्यापारीले गरे तालाबन्दी
निशा भण्डारी काठमाडौंको माइतीघर मण्डलमा लैंगिक हिंसाविरूद्ध सचेतनामुलक प्रदर्शन भएको छ। , आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरूद्ध सचेतनामुलक र्‍याली आयोजना गरेको हो।, महासंघका अनुसार महिलामाथि हुने हिंसाविरूद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।, प्रदर्शनपछि उनीहरूले सचेतनामुलक पर्फमेन्स आर्ट पनि गरेका थिए। जसमा कलाकारहरूले नाटक समेत प्रस्तुत गरेका थिए।, तस्बिरहरू:, , माइतीघरमा लैंगिक हिंसाविरूद्ध प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ।, चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ। आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो।, सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरू समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ। आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरूबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ।, आव २०७२/०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। आव २०७६/०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/०७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो। गत आव २०७८/०७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको  विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा  चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए। घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन  प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे।, ‘आगामी दिनमा विद्युत खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि ४/५ वर्षभित्रमा ३/४ खर्ब रुपैयाँ लगानी गर्नु पर्ने छ। नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौं,’ उनले भने।, तीन महिनामा विद्युत प्राधिकरणले कमायो साढे आठ अर्ब रुपैयाँ
सेतोपाटी संवाददाता काठमाडौंस्थित एक गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन्। , पाल्पा बर्तुङ्ग गाउँपालिका-६ का ६० वर्षीय कुमार चन्द्र कोइराला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार कोइराला काठमाडौं महनगरपालिका-१६ माछापोखरीस्थित पाल्पा तिनाउ फूलबारी गेष्ट हाउसमा बसेका थिए।, १०५ नम्बर कोठामा मंसिर १० गतेदेखि बस्दै आएका उनी आइतबार मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक मैनालीले बताए। , काठमाडौंको गेष्ट हाउसमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध हातहतियारसहित एक व्यक्ति पक्राउ गरेका छन्।, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका - ४ बस्ने हंसराज लिम्बुका छोरा नवीन कुमार नाल्बोलाई प्रहरी टोलीले पक्राउ गरेकाे हो।, उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरूवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेकाे छ।, निजलाई पक्राउ गरी अपराधसँग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरूवा बन्दुक एक थान, बारूदको कालो धुलो पदार्थ प्लाष्टिकको पोको एक थान, सेतो बट्टामा समेत बारूद रहेको (गन पाउडर) एक थान, भरूवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ वटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरूवा बन्दुकको बट जस्तो देखिने काठको वस्तु एक थान र रडको टुक्रा दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ।, उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरी निरीक्षक बुचाले जानकारी दिए।, ताप्लेजुङमा अवैध हातहतियार र विस्फोटक पदार्थसहित एक जना पक्राउ
रासस धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो।, यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रबिन्दु भएर तीन दशमवल सात रेक्टर स्केलको भूकम्प गएको थियो।, केही दिन पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। , धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लामा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्जाल बनाउने भएको छ।, प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो।, भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसन निर्माण गरिने छन्। चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ। स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ठाउँ-ठाउँमा सबस्टेसनको निर्माण गरिने छ। अहिले प्रस्तावित प्रसारण लाइनको रूट र सबस्टेसन रहने स्थान तय गर्ने काम भइरहेको छ।, बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन्। यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुने छ।, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने छ। यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित  लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ।, कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए।, ‘पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसन, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्,’ घिसिङले भने,‘केही प्रसारण लाइन तथा सबस्टेसन निर्माण भइरहेका छन्, केही तत्काल सुरू हुँदैछन् भने अन्य दीर्घकालीन रूपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रूट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरू गर्नेलगायतका काम भइरहेका छन्।’, उनले भारतको मोतिहारी, सीतामढी, जयनगर विन्दुतर्फ विद्युत निर्यात गर्न सकिने बताए।, बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिने छ। बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ।, जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ। लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ। यसैगरी ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ।, मधेशमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै प्राधिकरण
सबिना श्रेष्ठ एघार वर्षअघिको त्यो दसैं अर्जुन तामाङको जीवनमा दशा बनेर आएको थियो।, उनी घर लिप्न पहेँलो माटो खन्न गएका थिए। त्यही माटोले पुरेर घाइते भए। 'स्पाइनल इन्जुरी' का कारण मेरूदण्ड चलेन। उनको सहारा ह्विलचेयर बन्यो।, अर्जुनले ह्विलचेयरमै बसेर बनाउन मिल्ने थांकाको काम सिके। सिक्दासिक्दै काठमाडौंको बोधिसत्व इन एक्सन (बिआइए) सँग सम्पर्क भयो। अहिले उनी थांका मात्र बनाउँदैनन्, आफूजस्तै शारीरिक अपांगता भएका व्यक्तिहरूलाई बास्केटबल पनि सिकाउँछन्। साथीहरूले उनलाई 'राम्रो गीत गाउने मान्छे' भनेर पनि चिन्छन्।, 'थांका मेरो काम भयो,' उनले भने, 'बास्केटबल शारीरिक अभ्यासका लागि खेल्छु अनि गीत गाउनु मेरो सोख हो।', बिआइएमा अर्जुनजस्ता सयौं छन्, जसले अपांगतापछि पनि ऊर्जाशील र सकारात्मक जीवन बिताइरहेका छन्।, बिआइए सन् २०१४ मा स्थापना भएको गैरसरकारी संस्था हो। यसका सञ्चालक चोग्याल रिम्पोचेले पहिलेदेखि अनाथ बालबालिकाको हेरविचार लगायत विभिन्न सामाजिक काम गर्दै आएका थिए। उनी बौद्ध धर्म, योग र जीवनोपयोगी ज्ञान दिने काम पनि गर्छन्।, बौद्धमा जन्मिएका र हाल स्वयम्भू बस्ने उनले स्वयम्भूमै अनाथ बालबालिका उद्धार गर्ने संस्था खोलेका छन्। एकदिन अपांगता भएका व्यक्तिहरू देख्दा उनलाई लागेछ, 'साना केटाकेटीहरू त भोलि आफ्नो भविष्य आफैं बनाउन सक्छन् तर जो अपांग छ, उसले आफ्नो शरीरमा भएको असहजता कहिल्यै फिर्ता पाउन सक्दैन। उनीहरूलाई हामीले थप सहयोग गर्नुपर्ने हो कि?', यही सोचका कारण उनले आफ्नी आमाको घर चाबहिलमा अपांगता भएका छ जना व्यक्ति राखेर थांका सिकाउन थाले। संख्या बढ्दै गएपछि जोरपाटीमा संस्था नै खोले र नाम राखे– बोधिसत्व इन एक्सन (बिआइए)।, यो नाम राख्नुको कारण खुलाउँदै संस्थाका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले भने, 'बोधिसत्वलाई हामी करूणा भन्छौं। बाटोमा समस्या परेको मान्छे देख्दा सहयोग गर्न पाए हुन्थ्यो भन्ने सोच धेरैको मनमा आउँछ। तर केही दिनमै त्यो सोच यसै बिलाउँछ। पलभरलाई मनमा उब्जिने करूणा, दया र बोधिसत्वको भावना कुरामै सीमित हुन्छ, एक्सन (व्यवहार) मा आउँदैन। हाम्रो बोधिसत्वको भावनाले परिणाम दिने भनेको एक्सनमा आएपछि मात्र हो। त्यही भएर बोधिसत्व व्यवहारमा हुनुपर्छ भन्ने हिसाबले नाम राखेका हौं।', थांकाबाट सुरू यो संस्थामा अहिले अप्लाइड थांका (सियो–धागो र फ्याब्रिकमार्फत बनाइने), ढाका, सिलाइबुनाइ, गलैंचा बुन्ने, धुपबत्ती बनाउने, मूर्ति बनाउने लगायत पनि सिकाइन्छ। यहाँ आउने व्यक्तिले आफूलाई मन लागेको विषयमा काम गर्न सक्छन्। इच्छा भयो भने छ महिनाभित्र विषय परिवर्तन पनि गर्न पाइन्छ।, जोरपाटीस्थित बिआइएमा करिब १ सय ३० जना अपांगता भएका व्यक्ति छन्। यसको कीर्तिपुर शाखामा थप ३० जनाजति छन्। उनीहरूलाई त्यहीँ खानेबस्ने सुविधा छ। कतिपय नजिकै कोठा भाडामा लिएर बसेका छन्। उनीहरूलाई खानबस्न बिआइएले सहयोग गर्छ।, कामको प्रकृति हेरेर यहाँ मानसिक अपांगता भएका व्यक्तिलाई लिइन्न। १८ वर्षमुनिका बालबालिकालाई पनि लिइन्न।, 'थांका बनाउनुछ तर हातले साथ दिँदैन भने उहाँहरूलाई काम गर्न गाह्रो हुन्छ। त्यही भएर हामी त्यस्ता व्यक्तिलाई राख्दैनौं,' गोकर्णले भने, 'कतिपयले म प्रयास गर्छु भन्नुभयो भने हामी अवसर चाहिँ दिन्छौं।', जसलाई इच्छा छ, उनीहरूले संस्थामा सम्पर्क गरेर तालिम लिन पनि सक्छन्। त्यसबापत कुनै शुल्क तिर्नुपर्दैन।, 'हामीसँग सिट खाली छ र कामको मापदण्ड मिल्यो भने हामी जसलाई पनि राख्छौं। कोही यहाँ बस्दिनँ तर तालिम लिन्छु भन्नुहुन्छ भने हामीसँग त्यस्तो सिट धेरै छ,' गोकर्णले भने, 'सकेसम्म हामी त्यस्ता व्यक्तिलाई तालिममा राख्न चाहन्छौं जसको पारिवारिक अवस्था कमजोर छ र जसलाई तालिमको आवश्यकता छ। त्यस्तो व्यक्तिलाई तालिम दिन पाउँदा हामीलाई ठीक मान्छेसम्म पुगियोजस्तो लाग्छ।', सुरूमा उनीहरूले सिटिइभिटीको पाठ्यक्रमअनुसार तालिम दिने सोचेका थिए। तर त्यस्तो पाठ्यक्रम नभएपछि थांका सिकाउने शिक्षकले नै पाठ्यक्रम तयार गरिदिए। सात वर्ष लामो यो पढाइलाई अहिले छ वर्षमा झार्ने तयारी हुँदैछ। यहाँ वार्षिक परीक्षा पनि लिइन्छ र नतिजाअनुसार मासिक प्रोत्साहन रकम दिइन्छ।, 'खानेबस्ने सुविधा भएकाले पैसा धेरै हुँदैन। प्रोत्साहन रकमबाहेक हामीसँग काम गरेको केही समयपछि रिटायरमेन्ट फन्ड भनेर बैंकमा खाता खोलिदिन्छौं जसमा मासिक हजार रूपैयाँ हालिदिन्छौं,' गोकर्णले भने, 'त्यो पैसा यहाँबाट निस्किएपछि मात्र झिक्न पाइन्छ।', तालिम अवधि लामो हुँदा एउटै सीप सिक्न वर्षौं लाग्छ। बिआइएको उद्देश्य पनि छोटो तालिम दिएर छिट्टै बिदा गर्नुभन्दा शारीरिक अपांगता भएका व्यक्तिलाई लामो समय काम सिकाएर उनीहरूको सीपमा निखार ल्याउनु हो र दीर्घकालसम्म आत्मनिर्भर बनाउनु हो।, संस्थाले लामो तालिम छान्नु पछाडि अर्को कारण पनि छ, गोकर्णले भने, 'साबुन बनाउने, धुपबत्ती बनाउनेजस्ता स–साना तालिम दिने हो भने त्यसले उहाँहरू धेरै आत्मनिर्भर नहुन सक्नुहुन्छ। पछि नयाँ तालिम खोज्न थाल्नुहुन्छ। हामीकहाँ एउटै विषयमा लामो अवधि तालिम लिएपछि त्यसबारे सबै कुरा सिकून् भन्ने हामी चाहन्छौं। यसले उहाँहरूलाई दक्ष बनाउँछ।', तालिममा हस्तकलालाई प्राथमिकता दिइएको छ। अपांगता भएका व्यक्तिहरूको शारीरिक अवस्थासँग मिल्ने भएकाले हस्तकला राखिएको उनी बताउँछन्।, तालिम लिएपछि कसैले व्यवसाय सुरू गर्न चाहन्छन् भने संस्थाले सहयोग गर्छ। बजार व्यवस्थापन पनि गरिदिन्छ। सीप सिकेर भविष्यमा के गर्ने भनेर कोही अलमलिएका छन् भने त्यस्तालाई पनि बिआइएले सहयोग गर्छ।, 'उहाँहरूले बाटो पहिल्याउन नसकुन्जेल बिआइएले प्रोत्साहन रकम दिँदै काम गराउँछ, ताकि तालिम सकियो तर काम पाइनँ भनेर यसै बस्नु नपरोस्,' गोकर्णले भने।, जोरपाटीस्थित बिआइए भवन प्रवेश गर्नेबित्तिकै तपाईंहरूले एउटा कुनामा मेडल र ट्रफीहरू देख्न सक्नुहुन्छ। यी मेडल र ट्रफी यहाँका प्रशिक्षार्थीले विभिन्न खेलमा जितेर ल्याएका हुन्। बिआइएमा तालिम लिने र काम गर्ने समय बिहान १० देखि बेलुकी ५ बजेसम्म भए पनि उनीहरूले यति नै समय काम गर्नुपर्छ भन्ने छैन। बीचबीचमा आराम लिने र खेलकुद गतिविधि पनि गर्न पाइन्छ। धेरैजसो त खेलकुदका विभिन्न प्रतियोगितामा भाग लिन्छन् जसमा चारवटा खेल मुख्य छन्– क्रिकेट, बास्केटबल, टेबल टेनिस र पौडी।, उनीहरूले राष्ट्रिय मात्र नभई भारत, थाइल्यान्ड, जापान लगायत विभिन्न देशमा खेलेर पनि पदक ल्याएका छन्।, मेडल र ट्रफीको अर्को कुनामा उनीहरूले गरेका कामको नमूना प्रदर्शन गरिएको छ। संस्था घुम्न आएका मानिसले कहिलेकाहीँ उनीहरूका सामान देख्छन्, किन्छन् र केहीले सामान अर्डर गरेर जान्छन्।, गत वर्ष बौद्धस्थित तारागाउँ म्युजियममा बिआइएका तालिमकर्ताले बनाएका सामान प्रदर्शन गरिएको थियो। त्यहाँ आएका धेरैले उनीहरूको काम हेरेर प्रेरणा लिए, कति भावुक भए। कतिले भने अपांगता भएका व्यक्तिले बनाएको भनेर थाहा पाउँदा आश्चर्य पनि माने।, यो वर्ष बिआइएमै त्यस्तो प्रदर्शनी आयोजना गर्ने सोच बनेको छ। यसो हुँदा उनीहरूको कामसँगै काम गर्ने तौरतरिका र उनीहरू कस्तो अवस्थामा जीवन बिताइरहेका छन् भन्ने पनि हेर्न पाइनेछ।, यसरी यी तालिमकर्ताले जितेको पदक र कामको नमूना हेर्दै अगाडि बढ्दा हामी उनीहरूको कार्यस्थलमा पुग्छौं। त्यहाँ छुट्टाछुट्टै प्रकृतिका काम गर्ने व्यक्तिहरू छुट्टाछुट्टै कोठामा बसेका हुन्छन्। एउटा कोठा बालबालिकाको 'डे–केयर' का लागि छुट्याइएको छ।, बिआइएमा तालिम लिन आएका कतिपयले यहीँ आफ्नो जीवनसाथी भेटेका छन्। कतिले बच्चा जन्माएका छन्। जोडी व्यक्तिहरू बिआइएमा बस्न पाउँदैनन्। तर उनीहरूले आफ्ना बालबच्चालाई काममा ल्याउन पाउँछन्। ती बच्चाले यहाँ सामान्य बाह्रखरी सिकेपछि स्कुल जान्छन्। अहिले ६ जना बालबालिका नजिकैको गोल्डन फ्युचर स्कुलमा पढिरहेका छन्। त्यहाँ छात्रवृत्ति खोज्ने काम बिआइएले नै गरेको हो।, भविष्यमा काठमाडौं मात्र नभई देशैभर सेवा विस्तार गर्ने बिआइएको योजना छ। उनीहरू आफूले तालिम दिएका व्यक्ति समुदायमा जाऊन् भन्ने चाहन्छन्। त्यसैले बेलाबेला भन्ने गर्छन्, 'तपाईंहरू आफ्नो गाउँमा केही गर्न चाहनुहुन्छ भने हामीलाई भन्नुस्। आफूले सिकेको सीप समुदायमा बाँड्न चाहनुहुन्छ भने पनि हामीलाई भन्नुस्, हामी सहयोग गर्छौं।', 'बिआइए खोल्नुको उद्देश्य अपांगता भएका व्यक्तिमा आशा जगाउनु थियो। त्यो आशा जगाउन हामी धेरै हदसम्म सफल भएका छौं,' गोकर्णले भने।, उनले अगाडि भने, 'अपांगता भएका धेरै व्यक्ति मानसिक रोगले ग्रसित हुन्छन्। राम्रो स्याहार नपुग्दा कतिको मृत्यु पनि हुन्छ। यहाँ आएपछि उहाँहरू आत्मनिर्भर हुनुभएको छ। खेलकुद गतिविधिमा लाग्नुभएको छ। बिहे गर्नुभएको छ। बच्चाबच्ची छन्। हामी उहाँहरूको जीवनमा फेरि आशा जगाउन सक्षम भएका छौं।', उनले यो पनि भने, 'अपांगता हुनु नै जीवन समाप्त हुनु होइन। त्यसपछि पनि जीवन रहिरहन्छ र त्यो जीवनको बाटो देखाउने काम हामी गर्छौं।', सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, जसले उनीहरूको जीवनमा भर्दैछ आशा
रासस मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्। , आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन्।, रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो।, महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन्।, केही दशक पहिलेसम्म मंसिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे। यो तालिकामा पहिलो रात मटिहानी, दोश्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो। यसक्रममा दिवा र राीत्र भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झन्छन्। , यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन्। मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुशरण हुन छाडेको छ।, मेला उत्सवको आकर्षण घट्दै गएर सिमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन्। कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन्। पछिल्लो कालमा मेलाउत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिदै गएको जलेश्वर–१० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउँछन्।  , विगत दुई वर्ष (२०७८,२०७७) कोभिड-१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन्।, यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ।, जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेता युगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो।, हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रूपमा पूज्य छन्।, जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फुलबारीलीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन्।, विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर विदाइ गरिने चलन छ। यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो।, विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन्।, समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउँछन्।, प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने  पाका मैथिलको भनाइ छ।, यसका लागि नयाँ पिढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ।, विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
सेतोपाटी संवाददाता प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।, त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।, यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।, रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।, पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्।, यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।, तस्बिरहरू: रोहित महतो, जनकपुरमा यसरी मनाइँदै विवाह पञ्चमी (तस्बिरहरू)
नवीनबाबु गुरूङ संसदीय निर्वाचनका बेला खुकुलो भएको काठमाडौं उपत्यकाको सवारी आवतजावत फेरि बढेको छ।, सोमबारदेखि काठमाडौंका सडकमा लामो ट्राफिक जाम देखिन थालेको छ।, सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ।, तस्बिरहरू:, तस्बिरमा हेर्नुस् काठमाडौंको जाम
रासस वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ।, असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ।, यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।, एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने पनि उनले सुनाए। , आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरूङ सफा गर्नेछ। सुरूङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ।, पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ।, यो सञ्जालमार्फत् अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।, वर्षामा बाढी आएर सुरूङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।, विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो।, विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।, मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ। , पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा
नवीनबाबु गुरूङ काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त भएको छ। बस्ती हटाउन सोमबार गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।, एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।, समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो।, स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्। अहिले यो क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। , भिडिओ, हेर्नुहोस् तस्बिरहरू, थापाथलीको सुकुम्बासीबस्ती तनावग्रस्त (तस्बिर र भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ। , बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।, त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , उनका अनुसार बस्ती खाली गर्न समय दिइएको थियो। , ‘समितिले सहयोग मागेका कारण सहयोगी भूमिका निर्वाह गरेका हौं,’ उनले भने, आज बस्ती खाली गर्ने योजना छ।’  , काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।, थापाथलीको सुकुबासी बस्ती हटाउन प्रहरी परिचालन
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।, सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्न लाग्दा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको हो। त्यस्तै स्थानीयहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।, काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको थियो। , बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।, त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , उनकाअनुसार बस्ती खाली गर्न समय दिइएको थियो। , थापाथलीमा सुकुम्बासी र प्रहरीबीच झडप
नवीनबाबु गुरूङ काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउने भएपछि स्थानीयले आ-आफ्ना सामान घरबाहिर निकालेका छन्।, काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरू गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ ।, अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । स्थानीयले प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन । काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता,  प्रर्दशनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।, हेर्नुहोस् तस्बिरहरू, महानगरले डोजर चलाउने भएपछि सामान पोको पार्दै स्थानीय (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा काठमाडौं नगर प्रहरी प्रमुख घाइते भएका छन्।, सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्ने क्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा प्रहरी उपरीक्ष राजु पाण्डे घाइते भएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , उनका अनुसार झडप हुँदा पाण्ड‍े सामान्य घाइते भएका छन्। , ‘झडप हुँदा सामान्य घाइते हुनुभएको हो,' उनले भने, 'उहाँको टाउकोमा सामान्य चोट लागेको छ।' , यस्तै झडपमा अन्य १४ जना समेत सामान्य घाइते भएको उनले बताए। , अहिले घटनास्थलमा २५० भन्दा बढी नगर प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको छ।, प्रहरीहरू बस्तीभित्र छिर्न खोजेपछि सुकुम्बासीहरूले टायर बालेर विरोध प्रदर्शन समेत गरिरहेका छन्।, बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो। , बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको छ। बस्ती हटाउन सोमबार गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।, एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।, समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो।, स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्। , हेर्नुहोस् तस्बिरहरू,  , सुकुम्बासी र प्रहरीबीच झडप हुँदा काठमाडौंका नगर प्रहरी प्रमुख घाइते
रासस हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ।, स्थानीय सरकारले हिउँदे फलफूलका बिरूवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ।, सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ। , मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरूवा नल्याइ झूटो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , बिरूवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ।, आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरूद्ध एक लाख ६१ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।, आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरूद्ध दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ।, स्याउको बिरूवामै भ्रष्टाचार!
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका-४ भगवतीस्थानस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। , बा.९ च ३३८२ नम्बरको कार र प्र-१-०२-००१ प २३३० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।, दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौंको कपनस्थित मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। , दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,  , गोकर्णेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
नारायण खड्का दाङका किशोर-किशोरी शरद आचार्य र रोशनी महताराको मृत्यु प्रकरणमा निर्दोष भएको थाहा पाउँदा-पाउँदै पनि प्रहरीले तीन जनालाई तीन सातासम्म हिरासतमा राखेको छ।, असोज ३० गते उनीहरूको शव फेला परेपछि घटनाको अनुसन्धानका क्रममा सुरूमा प्रहरीले हेटौंडाका टिपर चालक २४ वर्षीय सुवास थिङ, सल्यान कपुरकोटका २१ वर्षीय सहचालक सुशील पुन पक्राउ परे। , अनुसन्धानका क्रममा तुलसीपुर-१३ का चोपलाल योगी पनि पक्राउ परेका थिए। , सुरूमा रोशनी र शरदको हत्या भएको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।, पछि उनीहरूको हत्या नभई विद्युतीय धरापमा परेर मृत्यु भएको तथ्य खुलेपछि उनीहरू निर्दोष देखिएका थिए। , कात्तिक २० गते प्रहरीले पक्राउ परेका तीनै जना घटनामा संलग्न नरहेको उल्लेख गर्दै विद्युतीय धराप थाप्नेहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। , प्रहरीको अनुसन्धानले नै यी तीन जना निर्दोष देखिए पनि प्रहरीले उनीहरूलाई तीन सातासम्म हिरासतमा राखेर मात्र धरौटीमा रिहा गरेको छ।   , यो बीचमा प्रहरीले उनीहरूविरूद्ध  अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ। , उनीहरू तीनै जना मंसिर ११ गते जनही ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्दोष हुन भन्ने जान्दाजान्दै किन यतिका दिन उनीहरूलाई थुनेर उल्टै धरौटी मागिएको हो? भन्ने प्रश्नमा गोलमोटल उत्तर दिए।, आफू कार्यालय बाहिर रहेको तथा यसबारे विस्तृत रूपमा नबुझेको र मुद्दा शाखालाई बुझेर मात्रै बताउन सक्ने बताए।, यी पनि:, दाङका रोशनी र शरदको हत्यामा संलग्न चार जना सार्वजनिक , बँदेल मार्न थापेको विद्युतीय पासोमा परी दाङका रोशनी र शरदको मृत्यु, रोशनी-शरद मृत्युमा निर्दोष भन्ने थाहा पाएर पनि प्रहरीले तीन जनालाई राख्यो तीन साता हिरासतमा
सेतोपाटी संवाददाता काठमाडौंको बागमती किनारमा रहेको सुकुम्बासी टोलीलाई हटाउन जाँदा खुकुरी ल्याउने व्यक्तिलाई महानगर प्रहरीलेे नियन्त्रणमा लिने भएको छ।, महानगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी वस्तीमा खुकुरी लगायत हतियार ल्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिने बताएका हुन्। , ‘हामी अब पछि हट्न हुन्न। राज्यको मुटुमा पर्ने राजधानी जस्तो ठाउँमा खुकुरी लिएर कोही बस्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ,’ उनले पत्रकारहरूसँगको कुराकानीमा भनेका छन्। , सोमबार सुकुम्बासी बस्ती हटाउन गएको महानगरको टोलीमाथि स्थानीयले हातहतियारसहित ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।, एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।, समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर-टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो।, स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरूले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्।, यो क्षेत्र तानवग्रस्त बन्दा ३५ जना घाइते समेत बनेका छन्।,  , प्रदर्शन गर्न खुकुरी ल्याउनेलाई नियन्त्रणमा लिन्छौं: महानगर प्रहरी
सेतोपाटी संवाददाता थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन्।, घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताए।, उनका अनुसार धेरै घाइतेको टाउकोमा चोट छ।, ‘घाइतेमध्ये धेरैको टाउकोमा चोट छ,' उनले भने, 'टाउकोमा सात टाँकासम्म लगाउनु परेको छ। टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका धेरै हुनुहुन्छ।’ , उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ।, नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई घाइते बनाएको पनि महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यस घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर जिल्ला प्रहरी  परिसर काठमाडौंमा पत्र पठाएको उनले बताए।, मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो। , स्थानीयले ढुंगा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए । , सुकुम्बासी बस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुखसहित ३६ घाइते, तीन जनाको आइसियुमा उपचार हुँदै
रासस जिल्ला प्रहरी कार्यालय बागलुङले प्रशासकीय अधिकृत हुँ भनी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।, प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो।, प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए।, प्रहरीले निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक थापाले बताए।, पक्राउ परेका परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्र, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद रु ६३ हजार, पेनड्राइभलगायतका दसीका सामान फेला पारेको उनको भनाइ छ।,  , प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार राति टोखा नगरपालिका-६ ग्रिनल्यान्ड हरियाली बस्तीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल चालक नुवाकोट पंचकन्या गाउँपालिका-४ बस्ने २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको हो। , दुर्घटनापछि गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। , मोटरसाइकलमा सवार एक जनाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ।, दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।,  , टोखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको गेटमा न्याय माग्दै रातो रङ छ्याप्ने दुई जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार बिहान न्याय माग गर्दै सर्वोच्च अदालतमा रातो रङ छ्याप्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , श्रीमानबाट हिंसा भएको हुँदा न्याय माग गर्दै सिराहाकी बिनु यादव मंगलबार सेतो कपडामा सर्वोच्च पुगेकी थिइन्। उनीसँगै अभियानकर्ता जस्मिन ओझा पनि पुगेकी हुन्। , उनीहरू दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको प्रहरीले जनाएको छ। बिनुको उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ।,   , सर्वोच्चको गेटमा न्याय माग्दै रङ छ्याप्ने युवतीसहित दुई जना प्रहरीको नियन्त्रणमा
नवीनबाबु गुरूङ काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।, अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन्।, आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।, उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन्।, सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियाे।  दुई  पक्षबीच  झडप हुँदा  महानगरका नगर प्रहरीप्रमुखसहित दर्जनबढी बढी घाइते भएका थिए।, हेर्नुहोस् तस्बिरहरू, डोजर आतंकविरूद्ध महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता नवलपरासीमा मादक पदार्थ सेवन गरी विवाद गर्ने मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक जना मतदान अधिकृतलाई नियन्‍त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्‍डेयले जानकारी दिए। , रामग्राम नगरपालिका-४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, उनी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सुनवल नगरपालिका-११ वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटिएका थिए। , उनले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने बेलामा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएर विवाद गरेको डिएसपी पाण्डेयले बताए। , उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको खुलेको हो। , उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।  , साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेको छ। , मापसे गरी विवाद गर्ने मतदान अधिकृत प्रहरीको नियन्त्रणमा
मन्दिरा घिमिरे बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई आफू बसेको जग्गा खाली गर्न सूचना दिएपछि केही महिलाहरू बच्चा बोकेरै प्रदर्शन गर्न पुगेका छन्।, काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो। त्यसपछि बिहीबार दिउँसो उनीहरू प्रदर्शनका लागि उत्रिएका हुन्।, समितिको निर्णयविरूद्ध प्रदर्शन गर्न कोही काखमा बच्चा बोकेरै आएका थिए। त कोही वृद्धहरू सकि/नसकि सहभागी जनाउन आएका थिए। उनीहरू सबैको एउटै माग थियो, ‘हामीलाई विस्थापित गर्न पाइँदैन, हामीलाई न्याय चाहियो।’, त्यहीमध्ये एक हुन् काभ्रे नमोबुद्ध घर भई मनोहरा खोला किनार बस्दै आएकी ४० वर्षीय सानु माया लामा। आफ्नो छानो भत्किने डरले उनी पिँठ्युमा सानो छोरी बोकेर प्रदर्शनमा आएकी थिइन्।,  घर भत्काउने सूचना जारी भएको कुरा उनल‍े छिमेकीबाट थाहा पाएकी हुन्।  , ‘घरमा कोही पनि छैन,’ उनले भनिन्, ‘छिमेकीकोमा छोडुम् भने सबैजना यतै आएका छन्। सानो बच्चालाई घरमा एक्लै छोड्न पनि मिलेन।’, सानुमायाले चटपटे व्यापार गरी जिविकोपार्जन गरिरहेकी छिन्। उनका श्रीमान गाडी चलाउँछन्। चर्कीएको मंहगीमा दुई जनाको कमाइले चार जानको परिवार पाल्नै धौधौ परिरहेको उनको भनाइ छ।, ‘यस्तो विधिको महंगी छ,’ उनले भनिन्, ‘एक जानको परिवारले घर धान्ने मुश्किल छ। कोठा लिएर बस्नै सकिन्न। कताबाट कमाएर घरभाडा तिर्नु! हामी यता बसेको १६ वर्ष भइसक्यो।’  , यस्तै ३१ वर्षीय टंक कुमारी माझी पनि बल्खुको सुकुम्बासी बस्तीमा बसेको १५ वर्ष भइसक्यो।, प्रदर्शनमा उनी पनि ६ वर्षीय छोरीलाई बोकेरै आएकी थिइन्। छोरीको लुगामा माझिले ‘भूमिहिन सुकुम्बासी एक हौ’ भन्ने पोस्टर टाँसिदिएकी थिइन्। अनि निधारमा ‘लालपूर्जा’ लेखिएको पट्टी।, डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासीहरू आक्रोशित बनेका छन्। राम्ररी व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने उनीहरूको भनाइ छ।, त्यही हुलमा एक वृद्ध बिस्तारै हिँडिरहेका थिए। ती वृद्ध थिए त्रिपुरेश्वरका ८६ वर्षीय हरि कृष्ण भट्टाराई।, ताप्लेजुङबाट विभिन्न ठाउँमा बसाइसराई गर्दै त्रिपुरेश्वरस्थित बम्चेघाटमा भट्टराई आइपुगेका हुन्। त्यहाँ बसेको पनि १० वर्ष भइसकेको उनी बताउँछन्।, ‘सबैले हामी बसेको ठाउँमा डोजर लगाउँछ भन्छन्,’ उनले भने, ‘म त केही पनि जान्दिनँ। सबैले जानुपर्छ भनेर आएका हौं। फेरी डोजर चले श्रीमती र म बस्ने ठाउँ नै हुँदैन।’, यस्तै ६० वर्षीय उर्मिला लामा पनि मंसीघाटमा बस्न थालेको ७ वर्ष भइसक्यो। भूकम्पले आफू बसेको घर भत्किएपछि उनी सुकुम्बासी बस्तीमा पुगेको उनले बताइन्।, ‘भूकम्प गएपछि बस्ने घर भत्कियो,’ उनले भने, ‘त्यसपछि कोठा लिएर बस्न सक्ने स्थिति भएन। कमाइ थिएन।’, गनाउने खोलाको किनारमा बस्ने रहर कसैलाई नहुने उनी बताउँछिन्। तर पनि कमाइ नभएपछि कोठा भाडा तिर्न नसक्ने आर्थिक स्थितिको बाध्यताले बस्नुपरेको उनको जिकिर छ।, अहिले घरमा उनी, नाति र उनको श्रीमान बस्छन्। श्रीमानले कमाएको पैसाले तीन जानको परिवार पाल्न मात्र ठिक्क हुने उनी बताउँछिन्।, ‘हामीले बोकेर लाने पनि होइनौं,’ उनले भनिन्, ‘बसुन्जेल बस्न देऊ नत्र भने हाम्रो राम्ररी व्यवस्था गरिदेऊ मात्र भनेका हौं।’, यस्तै मोरङ घर भइ थापाथलीमा बस्दै आएकी ४४ वर्षीय अनिता लामा थापाथली सुकुम्बासी बस्तीमा बस्न थालेको पनि १८ वर्ष भयो। काठमाडौंमा पहिले ज्याला मजदुरी काम गर्न उनी श्रीमानसँग काठमाडौं आएकी थिइन्।, त्यतिबेला काम गर्ने सिलसिलामा सुकुम्बासी बस्तीमा बस्न पुगेकी थिइन्।, देशभर सुकुम्बासीहरू झन्डै ७० लाख भएको र त्यसमा पनि ४० लाख त मतदाता नै भएको सुकुम्बासी अभियानकर्ताको दाबी रहेको छ।, आफूले मत दिएर जुनसुकै नेतालाई माथि पुर्याए पनि कसैले उनीहरूको समस्याको समाधान नगरेको उनीहरूको जिकिर छ। , ‘समस्या सुल्झाउनुको सट्टा हामी सुकुम्बासीको समस्यालाई राजनीतिकीकरण गरेका छन्,’ उनले भने, 'भोट माग्न मात्र आउँछन्। समस्या सम्बोधन गर्दैनन्।', बिहीबार दिउँसो उनीहरू माइतीघर मण्डलमा भेला भई बानेश्वरतर्फ लागेका थिए। उक्त आन्दोलनलाई नागरिक समाजले पनि समर्थन गरेको थियो।, बालबच्चा च्यापेरै प्रदर्शन गर्न पुगेका सुकुम्बासी आमाहरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता जुम्लामा मतदान केन्द्रतर्फ गइरहेको जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन्।, निर्वाचन सामग्री लिएर जुम्लाको सदरमुकाम खलंगादेखि तातोपानी गाउँपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालय मतदान केन्द्र ताम्ती जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो।, बिहीबार दिउँसो साढे २ बजे तिला गाउँपालिका–४ रावतबाडामा अनियन्त्रित भई दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार जिप सडकदेखि करिब २० मिटर तल खसेको छ।, दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन्।, घाइतेमध्ये कार्यालय सहयोगी अंगराज गिरीको अवस्था गम्भीर रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।, उनका अनुसार अरू घाइतेहरूको अवस्था खतरामुक्त छ।, घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।, जिप चालक सुरेश कार्कीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।, जुम्लामा जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते
एजेन्सी मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ।, नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले जनाएको छ।, सन् २०१४ नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको जहाजलाई पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहार गरी पूर्वी युक्रेनमा खसाएका थिए।, रूस समर्थित पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहारले जहाज खस्दा २ सय ९८ जनाको मृत्यु भएको थियो।, घटनामा रूसका पूर्व कर्नेल इग्गोर गर्किन, खुफिया एजेन्सीमा काम गर्ने सर्गेई दुब्निस्कीलाई अदालतले दोषी ठहर गरेको हो।, यस्तै उनीहरूलाई सहयोग गर्ने युक्रेनी नागरिक लियोनार्द खार्चिन्कालाई पनि अदालतले आजिवन काराबासको सजाय सुनाएको छ। अभियुक्तहरू अझै फरार छन्। उनीहरूलाई रूसले लुकाएको आशंका छ।, यो मुद्दामा विगत दुई वर्षदेखि सुनुवाई जारी थियो। घटनाको जिम्मेवारी सुम्पिने हिसाबले सुनुवाई भइरहेको भनिएको यस मुद्दामा अदालतले दोषीलाई सजायसमेत तोकेको छ।, २०१४ को जुलाई १७ मा एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।, मलेसियन जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
सुशीला रेग्मी निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन्। उनी गाउँदेखि करिब डेढ घन्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्छन्।, गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घन्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उनलाई सहज छैन। गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा लिएका उनी कक्षा ९ देखि माथिल्लो तहको शिक्षा लिन दैनिक डेढ घन्टा हिँड्छन्। दैनिक आउन जान गरेर तीन घन्टा पैदलमै खर्चिनुपर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चिन नपाएको विद्यार्थी परियारको गुनासो छ।, 'गाउँमा मावि तहसम्म पढ्ने विद्यालय या टाढाको विद्यालयमा जान स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो,' उनले भने, 'लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन। गाउँमै सहजरूपमा पढ्ने व्यवस्था हुनुपर्‍यो।', उनी घरबाट बिहान ८ बजे निस्कने र ४ बजे स्कुल छुट्टी भएर साँझ ६ बजे मात्रै घरमा पुग्छन्। ट्युसन पढ्ने समयमा बिहान ५ बजे नै घरबाट निस्कनुपर्दा जाडोयाममा विद्यालय पुग्न गाउँको बाटो, जंगली जनावरको भय र जोखिम मोलेर जानुपरेको उनले बताए।, आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन यहाँका विद्यार्थीलाई अन्यत्र घन्टौं हिडेर जानुपर्दा निकै समस्या छ।, भिरपानीमा आधारभूत तहसम्म अध्ययन सकाएपछि यहाँका विद्यार्थीलाई माथिल्लो तहको शिक्षा लिन निकै पिरलो पर्छ। यहाँका विद्यार्थी मित्यालको गौरीशंकर मावि र धिर्जेमा रहेको जनप्रिय माविमा दैनिक डेढदेखि दुई घन्टा हिँडेर पढ्न जाने गरेको जनकल्याण आधारभूत विद्यालय खोप्लाकका शिक्षक धनबहादुर ठाडाले बताए। , 'भिरपानी र धिर्जे दुई ठाउँमै बसोबास गर्ने परिवारका बालबालिका आधारभूत तह उत्तीर्णपश्चात तल बेँसीमा झरेर पढ्ने गर्छन्। बेँसीमा बसोबास नहुने बालबालिका गौरीशंकर माविमै अध्ययनका लागि पुग्छन्,' उनले भने।, भिरपानीकै शर्मिला जर्घा गौरीशंकर माविमै कक्षा १२ मा अध्ययनरत छात्रा हुन्। गाउँका करिब एक दर्जन बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि डेढ घन्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय पुग्ने गरेको उनी बताउँछिन्। आधारभूत तहसम्मको शिक्षा गाउँमै लिएकी उनी कक्षा ९ र १० सम्मको शिक्षा तल बेँसीमा रहेको जनप्रिय माविमा लिएको बताउँछिन्।, 'गाउँमा राम्रो पढ्ने विद्यालय नहुँदा हामीले विभिन्न विद्यालयमा धाउनुपरेको छ। किताब कापी बोकेर दैनिक घन्टौं समय लगाएर विद्यालय गई घर फर्किँदा थकाइले पढाएको कुरा नै झट्ट सम्झन सकिँदैन। हामीलाई गाउँमै बसेर पढ्ने वातावरण सम्बन्धित निकायले मिलाइदिनुपर्‍यो,' उनले भनिन्।, घरमा कहिलेकाहीँ कामको चटारो हुँदा सहयोग गर्नुपर्ने अवस्थामा टाढा विद्यालय भएकाले कक्षा छाडेर बस्नुपर्ने बताउँछिन् कक्षा १२ मा अध्ययनरत अस्मिता सोमै। विद्यालय टाढा हुँदा सधैं विद्यालय आउने जाने कुराले नै चिन्तित बनाउने गरेको तिलमाया दर्जीको पनि गुनासो छ।, पढेर ठूलो मान्छे बन्ने सुन्दर सपना बोकेका विद्यार्थीहरू गाउँमै व्यवस्थित रूपमा उच्च शिक्षामा राज्यले लगानी गरिदिए विद्यालय आउनजान लाग्ने समय पढाइमा खर्च गर्न पाउने बताउँछन्।, निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले कक्षा थप गर्ने कुरा उठिरहे पनि ग्रामीण भेगमा विद्यार्थी संख्या कम हुने भएकाले प्रक्रिया अगाडि बढ्न नसकेको बताए। उनका अनुसार निस्दीभित्रका विद्यालयमा चलेका ९ देखि १२ कक्षासम्म न्यूनतम १८ देखि बढीमा ४० जनासम्म मात्रै विद्यार्थी भर्ना हुने गरेका छन्।, निस्दीकै वडा नम्बर १ मा रहेको एकमात्र मावि तहको विद्यालय राधाकृष्ण माविमा भोटाहा क्षेत्रका विद्यार्थी करिब डेढ घन्टा, २ को अंशुवर्मा मावि र बालहित माविमा सेरडाँडाका विद्यार्थी करिब ४५ मिनेट, वडा नम्बर ४ को गौरीशंकर माविमा भिरपानी, लामेदमार, मुढाबास क्षेत्रका विद्यार्थी डेढदेखि दुई घन्टाको दूरी हिँडेर विद्यालय जान बाध्य छन्।, निस्दी गाउँपालिकामा माविस्तरीय १२, आधारभूतस्तरीय १३ र प्राविस्तरीय २८ गरी जम्मा ५३ वटा सामुदायिक विद्यालय छन्।, डेढ-दुई घन्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी
सेतोपाटी संवाददाता जावलाखेलस्थित निजामती  प्रशिक्षण प्रतिष्ठानको दक्षिणतर्फ भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।, शुक्रबार बिहान ७:४६  बजे ललितपुर निर्वाचन क्षेत्र नं ३ गठबन्धनको सम्पर्क कार्यालय समेत रहेको उक्त सार्वजनिक पार्कमा  स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेका थिए। त्यसपछि ललितपुर प्रहरी कन्ट्रोलमा खबर गरिएको थियो। , नेपाल प्रहरीको टोली पुगेपछि घटनास्थल सुरक्षित राखिएको थियो। पछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर उक्त वस्तु डिस्पोज गरिएको हो।, उक्त वस्तु कुनै विष्फोटक पदार्थ नभई झुक्याउनको लागि राखिएको प्रेसर कुकरमात्र भएको प्रहरीले जनाएको छ।, जावलाखेलमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज
युवराज श्रेष्ठ कालीगण्डकी गाउँपालिका ७ आँधीमुहानका वयोवृद्ध बमबहादुर माझी अहिले फुर्सदमा छन्। साहुको घरमा काम गरेर जवानी बिताए।अहिले उनको आफ्नै घर छ, परिवार छ। साहुको घरमा बेहिसाब काम गर्न जानु पर्ने बाध्यता छैन।, कालीगण्डकी नदी किनारमा सानो घर बनाएर बसेका बमबहादुरका श्रीमती, जेठा छोरा र एक छोरी बितिसकेका छन्। तीन छोरा, बुहारी र कान्छी छोरी आआफ्नै घरव्यवहारमा व्यस्त छन्।, कालीगण्डकी किनारको बस्ती आँधीमुहानको एउटा सानो घरको पिँढीमा भेटिएका ९२ वर्षीय बमबहादुर गाउँका सबैभन्दा पाका हुन्।, बमबहादुर माझी बस्तीका जिउँदा इतिहास हुन्। उनलाई बस्तीको स्थापनादेखिको सबै कहानी सम्झना छ।, उनी र उनका दौँतरीहरूले धेरै अरोह–अवरोह पार गरे।, आँधीमुहानका वयोवृद्ध बमबहादुर माझी। तस्बिर : युवराज श्रेष्ठ।, वयोवृद्ध बमबहादुरका अनुसार कालीगण्डकी जलविद्युत आयोजना बनाउने कुरा नहुँदै उक्त स्थानमा माझी बस्ती थियो। उनका बुबा र कान्छा बुबा स्याङ्जाकै बिर्घा गाउँबाट कालीगण्डकी किनार झरेका थिए। कान्छा बुबा लाहुरे भए। बुबासहित बाग्लुङ, पर्वत र अन्य ठाउँबाट आएका करिब १० परिवार सुरुमा कालीगण्डकी किनारमा बस्न थालेका थिए।, बमबहादुरका अनुसार सुरुमा उनीहरू ओडारमा बस्थे। कालीगण्डकी नदीमा माछा मारेर जिविका चलाउँथे।, उनीहरूले नदी वारपार गर्न काठ खोपेर डुंगा बनाए। यात्रुहरूलाई नदी पार गराए। उनीहरूको परम्परागत पेसा यही थियो।, त्यतिबेला डुंगामा नदी तार्दा २ पैसादेखि ४ पैसासम्म लिएको बमबहादुरलाई सम्झना छ ।, उहिले र अहिलेको समय सम्झेर उनले भने, ‘अहिले यस्तो पैसाको हिसाब नै हुँदैन। कालीको गहिरो भेलमा हामी डुंगामा मान्छे र सामान तार्थ्यौं।’, उनले बुबासँगै सानै उमेरमा डुंगा चलाउन सिके।, बमबहादुरका अनुसार उनका आमाबुबाले १९ जना छोराछोरी जन्माएका थिए। हैजा फैलिरहन्थ्यो। उपचारको सुविधा थिएन। तीमध्ये धेरै जना सानैमा बिते।, ‘अहिले मेरा एकजना दाइ र एक बहिनी छन्। बाँच्ने बाँचे, बित्ने बितेर गए,’ उनले भने।, त्यो समय माछाको भाउ पनि सस्तो थिायो। तौलमा सेरको हिसाब हुन्थ्यो, एक सेरमा ८० तोला। एक सेरको ४ पैसा लिएको उनलाई सम्झना छ।, कालीगण्डकी वारपार गराए बापत स्थानीयवासीले माझीलाई वार्षिक हिसाबमा अन्न पनि दिन्थे। आफ्नो परिवारले १५ मुरीसम्म धान–मकै पाएको पनि बमबहादुरलाई सम्झना छन्।, वर्षभरिको पारिश्रमिकका रूपमा अन्न उठाउन घरघरै जानु पर्थ्यो।, मिर्मीका बासिन्दा घाँसदाउरा गर्न कालीपारि जान्थे, पारिका वारि आउँथे। माझीका डुंगा खाली बस्न पाउँदैनथे। बाल्यकालमै यस्ता अनुभव हासिल गरेका बमबहादुरले साहुको घरमा बसेर काम गर्नुपर्ने भयो। बुबाले ऋण लागेको भनेर छोरालाई एक जना साहुको घर पठाए।, यसरी बमबहादुर २० वर्षभन्दा बढी साहुको घरमा बसे।, त्यतिबेला कति ऋण लागेको थियो, उनलाई थाहा छैन। उनी जाँदा साहुको घरमा १९ वटा गाई थिए। खेतबारी जोत्नुपथ्र्यो। कति वर्ष यसरी काम गर्दा ऋण चुक्ता हुन्छ भन्ने पनि उनलाई थाहा थिएन।, बिहे भयो। बमबहादुरले साहुको घर छाडे तर काम छाड्न पाएनन्। बिहेपछि उनले आफ्नो घरमा अधियामा दुई वटा भैँसी पाले। श्रीमती घरका भैँसीलाई घाँस काट्थिन्, बमबहादुर साहुका गाईलाई काट्थे। साहुकै खेतबारी जोत्थे।, छोराछोरी जन्मे। छोराहरू कमाउने भए तर बमबहादुरको ऋण चुक्ता भएन। छोराहरूले हिसाब गरेर तिरेपछिमात्रै उनी मुक्त भए, साहुको काम गर्नु परेन।, साहुले पाँच लाख रुपैयाँको हिसाब सुनाएको बमबहादुरले सुनेका हुन् तर छोराहरूले कति तिरे भन्ने थाहा पाएनन्। उनको कामको के हिसाब भयो, त्यो पनि थाहा पाएनन्।, साहुको घरमा वर्षौं काम गरे पनि बमबहादुरले केही पाएनन्, उल्टै छोराहरूले ऋण तिर्नु पर्यो। अचेल छोराहरू पनि टाढिएका छन्।, ‘म साहुको घरमा बस्दा उनका चार भाइ छोरा जन्मे। मिर्मीमा छ साहुको घर। छोराहरू यतातिर पनि आउँछन् तर मलाई हेर्दैनन्,’ उनले भने।, नेपालकै सबैभन्दा ठूलो, १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको जलाशय किनारमा छ माझी बस्ती। अहिले यहाँका युवाहरू अर्काको घरमा काम गर्न जानु पर्ने बाध्य छैनन्। बेहिसाब कुनै पनि काम गर्नु पर्दैन।, अहिले गाउँगाउँमा सडक पुगेको छ। डोजर खनेका सडकमा ट्याक्टर चल्छन्। मानिसले भारी बोक्नु पर्दैन।, तैपनि माझी गाउँको पीडा सकिएको छैन, अर्को पीडा आइलागेको छ।, कालीगण्डकी–७ मा कालीगण्डकी जलविद्युत आयोजनाको जलाशय किनारको आँधीमुहान बजार। तस्बिर : युवराज श्रेष्ठ, आँधीमुहानका माझी बस्तीको पीडा अझै सकिएको छैन। २०५४ सालमा कालीगण्डकी जलविद्युत आयोजना बनाउन सुरु गरेपछि माझी बस्तीको जीवन धान्ने परम्परागत पेसामा धक्का लाग्यो।, जलविद्युतका संरचना बन्दै गए। मिर्मीमुनि बाँध बाँधेर कालीगण्डकी थुनियो। नदीमा ताल पर्‍यो। कालीगण्डकीको बाँधले नदी किनारको माझी बस्ती डुबायो। डुंगा चलाएर पैसा कमाउने पेसा बन्द भयो।, माछा पाइन छाड्यो। स्थानीबासी कृष्णकुमारी बोटेका अनुसार तालमा जाल थाप्दा नदीमा जस्तो माछा पर्दैन।, ‘अचेल पहिलाजस्तो माछा पर्दैन,’ उनले भनिन्, ‘१० वटा जाल थापरेर तीन–चार दिन छाड्दा पनि माछा पर्दैन।’, पन्ध्र वर्षकै उमेरमा बिहे गरेर पाल्पाबाट आँधीमुहान आएकी कृष्णकुमारी गाउँलेका दुःख यथावत् रहेको बताउँछिन्।, जलाशयले माझी बस्ती डुबाएपछि जलविद्युत आयोजनाले एउटामा दुई परिवार बस्ने गरी १० वटा घर बनाइदिएको छ। प्रत्येक घरमा ६ कोठा छन्। एक परिवारले तीन कोठा पाएको छ।, डुबानमा नपरे पनि विस्थापित परिवारका लागि आयोजनाले आँधीमुहानभन्दा केही माथि सात वटा घर बनाइदिएको छ। दुई कोठे ती घर सात परिवारले एउटा पाएका छन्।, आँधीमुहानमा तीन कोठा पाएका परिवारले कोठा विस्तार पनि गरेका छन्। आयोजनाबाट विस्थापित माझीले जेजस्तो भए पनि घर पाए तर लालपुर्जा पाएका छैनन्। गरिखान खेतबारी छैन।, आँधीमुहानका युवा प्रेमबहादुर बोटेका अनुसार लालपुर्जाका लागि कालीगण्डकी गाउँपालिकाले सिफारिस गरेको छ तर प्राप्त भएको छैन। दाजुभाइको अंशबण्डा हुन पाएको छैन।, ‘लालपुर्जा भए काम गरेर खाने बाटो बन्थ्यो। धितो राखेर ऋण लिन पाइन्थ्यो। हामी अझै ढुक्क छैनौँ,’ प्रेमबहादुर भन्छन्, ‘लालपूर्जा नहुनु अहिले यहाँको सबैभन्दा ठूलो समस्या हो।’, २०५४ सालमा निर्माण थालेर २०६९ सालमा पूरा भएको कालीगण्डकी जलविद्युत आयोजना चालु छ। नेपाललाई लोडसेडिङमुक्त बनाउन सबैभन्दा ठुलो योगदान यसैको छ।, यो आयोजना कुल ५० अर्ब रुपैयाँ लगानीमा बनेको हो।, आयोजनाले दिएको जग्गाको मात्र होइन, आँधीमुहानका अन्य नयाँ घरहरूको पनि लालपूर्जा छैन। आधुनिक शैलीमा बनेका यस्ता घरहरूमा होटल, रेस्टुरेन्ट र पसलहरू छन्।, कोरोना महामारीअघि यी होटल र रेस्टुरेन्ट स्वदेशी र विदेशी पर्यटकहरूले भरिन्थे। धेरै जसो भारतीय पर्यटक हुन्थे। कोरोना महामारीपछि पर्यटक आगमन ह्वात्तै घट्यो। कृष्णकुमारीका अनुसार कहिलेकाहीँ केही विदेशी पर्यटक आए पनि आफ्नै क्याम्प लिएर आउँछन्।, कालीगण्डकी जलाशयमा झरेको पहिरो। तस्बिर : युवराज श्रेष्ठ।, कालीगण्डकी जलविद्युत आयोजनाले बसाएको आँधीमुहान माझी बस्तीको जग्गा अहिले मिर्मीकै भगवती नमुना माविको नाममा गएको छ।, विद्यालयका अध्यक्ष विष्णुप्रसाद भट्टराईका अनुसार उक्त जग्गा राणाकालदेखि नै आलनदेवी मन्दिर गुठीको नाममा थियो। भट्टराई परिवारहरू पनि यस गुठीका मोही थिए।, गुठीको जग्गामा भट्टराई परिवारले धान रोप्थे। आधा धान गुठीले लैजान्थ्यो। जग्गाको विषयमा मुद्दा परेपछि स्याङ्जा जिल्ला अदालत र उच्च अदालत कास्कीले उक्त जग्गा स्कुलको हुने फैसला दिए।  , धान फल्ने खेत कालीगण्डकी जलविद्युतले आयोजनाले अधिग्रहण गरेको छ। अधिग्रहणबाट आएको रकम गुठीको अक्षय कोषमा राखिएको भट्टराईले बताए।, अदालतको फैसलाबाट स्कुलको नाममा पुगेको जग्गामा खेतबारीभन्दा जंगलक्षेत्र बढी छ। चार सय रोपनी जंगल क्षेत्र भनिएको उक्त जग्गामै आँधीमुहान बजार पनि छ।, स्थानीय युवा प्रेमबहादुर बोटेका अनुसार आँधीमुहानका माझीहरूले स्कुललाई पैसा तिरेर बस्ती बसाएका हुन्। जलविद्युत आयोजना बनेपछि आँधीमुहानका बासिन्दाले पोखराको फेवातालबाट डुंगा लगेर कालीगण्डकीको जलाशयमा चलाएका थिए। अहिले स्टिमर पनि राखेका छन्।, आगन्तुकहरू स्टिमर चढेर संसारकै ठूलो शालीग्राम भनिएको सेतीवेणी शालीग्राम शिला मन्दिर जाने गर्छन्।, कोभिडपछि स्टिमर व्यवसायमा पनि धक्का लागेको छ।, जलाशयमा स्टिमर र डुंगा चलाउने व्यवसाय जोखिममा छ।, प्रेमबहादुरका अनुसार जलाशयपारि बाटो बनाउन डोजर चलाइएपछि पहिरो जान थालेको छ। ठूलो पहिरो जलाशयमा झर्दा पानीको छालले डुंगा र स्टिमर डुबाउने समस्या भएको छ।, उनका अनुसार एउटा स्टिमर तयार गर्न कम्तीमा १५ लाख रुपैयाँ खर्च हुन्छ।, देशकै ठूलो कालीगण्डकी जलविद्युत आयोजनाले आँधीमुहानको परम्परागत जीवनशैली खलबल्याइदियो। नयाँ प्रबन्धले लय समाएको छैन।, पम्परागत पेसा बन्द भएपछि एकातिर रोजगारीको समस्या छ, अर्कातिर लालपूर्जा पाउने टुंगो छैन। पर्यटक आगमन ठप्प हुँदा ससाना व्यवसाय पनि चलेका छैनन्।, राजनीतिक दलका नेताहरूले गाउँलेका पिरमर्कामा चासो नदिएको आँधीमुहानका बासिन्दाको साझा गुनासो छ। नेताहरूले लालपुर्जा दिलाउने भन्ने गरेका भए पनि काम भएको छैन।, स्याङ्जाकै नेताहरू मन्त्री हुँदा पनि लालपुर्जा पाउन नसकेको धेरैको गुनासो छ।, आँधीमुहानका माझी मात्र होइन, मिर्मीका केही बासिन्दासँग पनि लालपुर्जा छैन। त्यही जग्गामा पक्की घर बनेका छन्। मिर्मीका करिब सय घरको लालपुर्जा नरहेको भुक्तभोगीहरूको भनाइ छ।, आँधीमुहानका माझी महिलाहरूले आमा समूह गठन गरेका छन्। मासिकरूपमा गाउँमा सरसफाइ गर्छन् । साना माछा जोगाउन ठूलो प्वाल भएको जालमात्र थाप्ने निर्णय गरेका छन्।, कालीगण्डकीमा माछा मार्न विष हाल्न आउने अन्यत्रका युवालाई समातेर प्रहरीलाई बुझाउने गरेका छन्। आँधीमुहान आमा समूहकी सचिव बलिदेवी बोटेका अनुसार महिलाहरू गाउँ सुधारको काममा लागेका छन्। आँधीमुहानमै स्थायी बसोबासको व्यवस्था मिलाउन संघर्षरत छन्।, अहिले फेरि सरकारको अर्को ठूलो परियोजनाले उनीहरूलाई चिन्ता थपिदिएको छ।, भारत–चीन जोड्ने गरी निर्माण थालिएको सडक आयोजनाको बोर्ड गाउँकै एउटा छेउमा राखिएको छ। यो बोर्डले आँधीमुहानका बासिन्दालाई तर्साइरहन्छ।, कालीगण्डकी जलाशय किनारको आँधीमुहान बजार सानो छ। सडक साँघुरा छन्। कालीगण्डकी करिडोरले माझी परिवारका केही घर भत्किन सक्ने कृष्णकुमारीले बताइन्।, ‘ठूलो बाटो बनाउँदा कुनातिरका घर भत्किन्छन् भनेका छन्। फेरि हामी कहाँ जाने हो, थाहा छैन,’ उनले भनिन्।,  , भारत र चीन जोड्ने सडकमा टाँगेको बोर्ड देखेर तर्सिरहन्छ बस्ती
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले कात्तिक २७ देखि मंसिर २ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।,  ,  , ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलामा रहेको विइन्ड हर्स ग्यालरीमा कलाकार कपिलमणि दीक्षितको ‘न्यूड’ कला प्रदर्शनी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , काठमाडौंको नयाँ बसपार्कमा चुनावमा भोट खसाल्न हिँडेकाहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , काठमाडौंको नयाँ बसपार्कमा चुनावमा भोट खसाल्न हिँडेका मानिसहरूको भिड। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको होर्डिङ बोर्ड हटाउँदै काठमाडौं महानगरका प्रतिनिधि। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , महानगरले बसिरहेको स्थानबाट १० दिनभित्र हट्न सूचना निकालेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीहरू। तस्वीर: नवीनबाबु गुरूङ/ सेतोपाटी,  ,  , पाँच दलीय गठबन्धनले काठमाडौंको कोटेश्वरमा आयोजना गरेको चुनावी सभामा कानेखुसी गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी,  ,  , काठमाडौंको दशरथ रंगशालामा भएको नेपाल र पाकिस्तान बीचको मैत्रीपूर्ण खेलमा गोल गरेपछि खुसी हुँदै नेपाली खेलाडी। तस्वीर: नवीनबाबु गुरूङ/ सेतोपाटी,  ,  ,  गठबन्धनले काठमाडौंको कोटेश्वरमा आयोजना गरेको चुनावी सभामा काँधमा बच्चा बोकेर आएको एक जना मानिस। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , कीर्तिपुरको झोलुङ्गे पुलमा हिँड्दै गरेका दुई स्कुले बालिका।  तस्वीर: नवीनबाबु गुरूङ/ सेतोपाटी, साताका तस्बिर
रासस सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्।, नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन्। , जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए। , घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिए। , सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए। उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ।, सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत
सेतोपाटी संवाददाता भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। , शनिबार बिहान १० बजे भक्तपुर नगरपालिका-२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले एक जना बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। , ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको परिसर प्रवक्ता डिएसपी राजु पाण्डेले बताए। , सडकमा खेलिरहेका बेलामा उनलाई ट्यांकरले ठक्‍कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका बालकको उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। , उपचारको क्रममा उनको मृत्यु भएको हो। , प्रारम्भीक अनुसन्धान गरी ठक्कर दिने पानी ट्यांकर र भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, परिसरले घटनाको थप अनुसन्धान अघि बढाएको छ।,  , भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
सेतोपाटी संवाददाता डोटीमा एक पुरूष मृत अवस्थामा फेला परेका छन्।, जोरायल गाउँपालिका –३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी जोरायल गाउँपालिका-३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टले जानकारी दिए।, प्रहरीका अनुसार उनी भारतको सिमलामा काम गर्दै आएका थिए। भोली हुने निर्वाचनमा मतदान गर्न उनी घर फर्किएका थिए।, अत्यधीक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।, उनको साथमा झोला, प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ।,  , डोटीमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता झापामा नेपाली सेनाको जीपसँग ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा भएको दुर्घटनामा मेची नगरपालिका-१३ धाइजन बस्ने होमबहादुर खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी प्रदेश१-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै थिए। आइतबार बिहान  नेपाली सेनाको जीपसँग उनको मोटरसाइकललाई ठोक्किएको हो।, दुर्घटनामा परेका खत्रीको घटनास्थलमै मृत्यु भएको थियो।  इलाका प्रहरी कार्यालय झिलझिलेले तीव्र गतिमा रहेको मोटरसाइकललाई चालकले नियन्त्रणमा लिन नसक्दा निर्वाचनका लागि खटिएको नेपाली सेनाको जीपसँग ठक्कर खाएको बताएको छ।, सेनाको जीप र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ।, सेनाको जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , मौन अवधिमा स्रोत साधनको दुरूपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७  का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए। गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको सेतोपाटीलाई बताए। , ‘हामीले पनि सरकारी गाडी प्रयोग भए/नभएको नियाल्ने गरेका छौं,’ उनले भने, ‘बिहान स्थानीयले मेयर चढ्ने गाडी नियन्त्रणमा लिएर हावा खुस्काइ दिएको खबरपछि प्रहरी पुगेर गाडी लिएर आएको हो।’, चुनाव प्रभावित पार्न उक्त गाडी प्रयोग भएको आरोप स्थानीयको छ। , दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का प्रतिस्पर्धामा छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ। , यसअघि पनि नगर प्रमुख चौधरी निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै एमाले महासचिव पोखरेलको चुनावी प्रचारमा हिँडेको आरोप लाग्दै आएको थियो। , मेयर चौधरी लगातार दोस्रो कार्यकाल मेयरमा निर्वाचित भएका व्यक्ति हुन्। थारु गाउँमा उनको प्रभाव रहेको हुँदा निर्वाचन प्रभावित पार्न उनको गाडी प्रयोग भएको आरोप प्रतिपक्षी दलहरूको छ। यसबारे मेयर चौधरीको भने कुनैपनि प्रतिक्रिया आएको छैन।, घोराही उपमहानगर प्रमुखको गाडी प्रहरीको नियन्त्रणमा
एजेन्सी माइक्रो ब्लगिङ साइट ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर चलाउन दिने भएका छन्।, यसअघि उनले ट्रम्पको ट्विटर खाता फेरि सक्रिय गर्ने कि नगर्ने भन्ने विषयमा ट्विटरमै पोल गरेका थिए। उक्त पोलमा उनको खाता फेरि सक्रिय हुनुपर्छ भन्नेहरूको बहुमत भएकाले ट्रम्पलाई फेरि ट्विटर चलाउन दिने मस्कले बताएका छन्।, आइतबार बिहान ट्विट गर्दै मस्कले नागरिकको मतअनुसार ट्रम्पको ट्विटर खाता फेरि सक्रिय पारिने जानकारी दिएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले भने फेरि ट्विटरमा फर्किन आफूलाई कुनै रूची नभएको बताएका छन्।, सन् २०२१ जनवरीमा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनालाई प्रोत्साहन गरेको भन्दै ट्विटरले बहालवाला राष्ट्रपति ट्रम्पको ट्विटर खाता निलम्बन गरिदिएको थियो।, ट्विटरमा ट्रम्पका ८ करोड ८७ लाख फलोअर्स थिए। मस्कले यसअघि नै ट्रम्पको ट्विटर खाता फेरि सक्रिय पार्नुपर्ने धारणा राखेका थिए।, ट्विटरको मालिक बनेपछि उनले यस विषयमा गरेको पोलमा १ करोड ५० लाख मानिसले भोट गरेका थिए।  , ट्रम्पलाई ट्विटर चलाउन दिने भए एलन मस्कले
सेतोपाटी संवाददाता रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ।, गौर नगरपालिका-१ माईस्थान चौकस्थित इस्लाम कपडा-डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।, मृत्यु हुनेमा मो.इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन्।, एसपी बुढामगरका अनुसार तीनजना घाइते भएका छन्।, इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको एसपी बुढामगरले बताए।, घाइतेहरूको गौर अस्प्तालमा उपचार भइरहेको छ।, एसपी बुढामगरका अनुसार आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए।, 'गएराति मिया परिवारमा एकजना बच्चाको न्वारन रहेछ,' उनले भने, 'दिप बालेर वा विद्युत शर्ट भएर घटना भएको हुनसक्छ।' , घटनामा करिब ४० लाखको क्षति भएको एसपि बुढा मगरले बताए।, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको थियो।, घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।, रौतहटमा आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु
रासस सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ।, पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो।, ट्रकको पछाडि भागमा ठोक्किएर माइक्रो कुच्चिएपछि घाइते भएका विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ।, ३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक थिए।, दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।, चितवनमा माइक्रो बस दुर्घटना- सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
रासस तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ।, लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो।, रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए। वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिए।,  , मतदान केन्द्रमा वृद्धको निधन
रासस काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
सेतोपाटी संवाददाता गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, दुर्घटनामा चारजना घाइते समेत भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।  , प्रहरीका अनुसार सत्यवति गाउँपालिका-३ ठूलो लुम्पेकबाट कुटडाँडा लु २ च ५३४० को जिप जाँदै थियो। राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। , दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति-३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्। , त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन्। , कार्बोलिन सोमैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घुम्तिमा जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ।, गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते
सेतोपाटी संवाददाता पद्मकन्या (पिके) क्याम्पसका छात्राद्वारा तेस्रो साइकल र्‍याली आयोजना गरेका छन्।, महिला हिंसा विरूद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको र्‍यालीमा करिब २०० जना साइकलेको सहभागिता थियो। , महिला सशक्तिकरणका साथै महिला हिंसा विरूद्ध जनचेतना फैलाउन वर्षेनी साईकल र्‍यालीको आयोजना हुँदै आएको कार्यक्रमका संयोजक एवं उप- प्राध्यापक योगेन्द्रमान सिंह बस्न्यातले जानकारी दिए।, कार्यक्रमबाट बचेको रकम राष्ट्रिय आविष्कार केन्द्र र अन्य कुनै आवश्यक सामाजिक संस्थालाई हस्तान्तरण  गर्ने योजना रहेको उनले सुनाए।, बिहान ८ बजे सुरु भएको र्‍याली पद्म‌कन्या क्याम्पसहुँदै कमलादी गणेशथान भएर पुतलिसडक, अनामनगर, बबरमहल, पुल्चोक, माहापाल, मङ्गलबार, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, नयाँसडक, बसन्तपुर, घण्टाघर बागबजार क्याम्पस पुगेर टुंगिएको छ।, र्‍याली पश्चात क्याम्पस परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ।, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा अध्ययनरत बिबिएम पाँचौ सेमेष्टरका छात्राद्वारा आयोजना गरिएको र्‍यालीमा महिला, पुरुष र बाल बालिकासहित २०० भन्दा बढी साइक्लिस्टको सहभागिता छ।,  , तस्बिरमा हेर्नुहोस् लैंगिक हिंसा विरूद्ध साइकल र्‍याली
सेतोपाटी संवाददाता प्रहरी हौं भनेर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो। दुई जना भारतीय नागरिकले सञ्चालन गरेको उक्त कारखानामा कात्तिक २९ गते डाँका मारेको थियो। , यस घटनामा संलग्न ५ जनालाई प्रहरीले गत ७ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , पक्राउ पर्नेहरू तीन जना धादिङ र दुई जना धनकुटाका छन्। , २६ वर्षीय सुमन राई, २८ वर्षीय देविराज राई, ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीया मनिला तामाङ छन्। उनीहरूले प्रहरीको पोशाक लगाएर उक्त कारखानामा पुगेका थिए।, आफूहरू हनुमानढोका प्रहरी कार्यालयबाट आएका हौं भनेर बिल नभएको बताउँदै विभिन्न गरगगहना लुटेर भागेको एसपी मैनालीले बताए।, डाँका मारी फरार भएको भन्ने खबर पाएपछि परिसर र प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो। , उक्त टोलीले उनीहरूलाई एउटा पेस्तोल, म्याग्जिन, चार राउन्ड गोली, २६ ग्राम सुन, मोटरसाइकल दुई वटा, प्रहरी पोशाक र लागु औषध बरामद गरेको छ। , प्रहरीले सुन भने बेगबहादुरको सुन पसलबाट बरामद गरेको हो। , उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाएको छ।, प्रहरीको भेषमा सुनको गहना बनाउने कारखानामा डकैत, पाँच पक्राउ
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई घाइते भएका छन्।, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।, दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, दुवैको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। उनीहरू प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ।, दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन्। , घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ। , मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
रासस तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ।, घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। , जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो। दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले जनाएको छ। , तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
सेतोपाटी संवाददाता कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। , शुक्रबार राति कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको  थियो। , सोही क्रममा सोही ठाउँकी ७० वर्षीया मनसरादेवी सुनारको आगलागीका कारण जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जानकारी दिए।, कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु
नवीनबाबु गुरूङ संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको दोस्रो दिन काठमाडौंमा लैंगिक हिंसाविरूद्ध वाकाथन सम्पन्न भएको छ।, जोन्टा क्लब अफ काठमाण्डूले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथनमा सयौं मानिसहरूको सहभागिता रहेको थियो।  , महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथनको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।  , बसन्तपुर दरबार स्क्वायरमा पुगेर कोण सभामा परिणत भएको वकाथनमा कथा घेराले लैंगिक हिंसाविरूद्ध सशक्त सन्देश सहितको नाटक प्रस्तुत गरेर कार्यक्रमको समापन भएको थियो।  , तस्बिरहरू:, तस्बिरमा हेर्नुस् लैंगिक हिंसाविरूद्ध काठमाडौंमा वाकाथन
रासस इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ।, केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।, इलाम केन्द्रविन्दु भएर भूकम्प
सेतोपाटी संवाददाता दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो।, उनी विगत १० वर्षदेखि दाङमा परिवारसहित बस्दै आएका थिए। , स्थानीय तेन्डु चौधरीको उनीहरूले तार लगेर मल्वारे कुलोमा माछा मार्दै थिए। त्यही क्रममा करेन्ट लागेर सुरेशको मृत्यु भएको डिएसपी मल्लले बताए। , अहिले घटनास्थल तर्फ प्रहरी पठाइएको र शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइने तयारी गरिएको डिएसपी मल्लले जाकारी दिए।, करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ। , आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै गाडी तोडफोड भएको हो। , तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ।, एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सार्वजनिक गरेका छन्।  , सभापति लामिछानेले गाडीमाथि आक्रमण गर्नेलाई प्रहरीले सुरक्षा दिइरहेको आरोप लगाए। ‘यो ममाथि गरिएको आक्रमण हो,’ उनले भनेका छन्, ‘हाम्रा साथीहरू घाइते भएका छन्।’, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले चुनावी प्रचारमा रहेका मानिसहरू चढेको गाडी तोडफोड भएको बताए।, ‘सात वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका रहेछन्। तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको भन्ने छ,’ उनले भने, ‘उनीहरूबीच भनाभन र धकेलाधकेल भएछ। त्यसपछि गाडी तोडफोड भएको भन्ने छ।’, गाडी तोडफोडमा संलग्न रहेका मानिसलाई खोजिरहेको उनले बताए। सत्ता गठबन्धनमा रहेका दलका कार्यकर्ताले गाडी तोडफोड गरेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टीको छ।, भिडिओ:, रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड (भिडिओ)
सेतोपाटी संवाददाता मोरङमा मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ। , पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।, उनको हत्या गरेको आरोपमा प्रहरीले उनका भान्जा उर्लाबारी नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई पक्राउ गरेको हो। , उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए। , उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।, मोरङमा मामाको हत्या आरोपमा भान्जा पक्राउ
रासस राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तहरूले आयोगको श्रेणी घटुवा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगका अध्यक्ष तथा सदस्यहरूलाई तत्काल मार्ग प्रशस्त गर्न माग गरेका छन्। , पूर्व आयुक्तहरूले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको अन्तर्राष्ट्रियस्तरलाई ‘क’ श्रेणीबाट ‘ख’ श्रेणीमा झार्न भएको निर्णयप्रति ध्यानाकर्षण जनाउँदै अध्यक्ष तथा सदस्यलाई मार्ग प्रशस्त गर्न माग गरेका हुन्।, 'स्थापनाकालदेखि आयोगको स्वायत्तता, स्वतन्त्रता, तटस्थता, जनआस्था, गरिमा र कार्यक्षमता समेतलाई मध्यनजर गर्दै आयोगको अन्तर्राष्ट्रियस्तरलाई क श्रेणीमा नै कायम राखी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आयोगको विश्वसनीयता र नेपाल राष्ट्रको प्रतिष्ठा उच्च कायम राखिरहनुपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'हाल राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत अध्यक्ष तथा सबै सदस्यहरूलाई तत्कालै मार्ग प्रशस्त गर्न र आयोगलाई क श्रेणीमा कायम राखिरहन आवश्यक सबै कार्य गर्न नेपाल सरकार, नागरिक समाजसहित सम्बद्ध सबैलाई हामी आह्वान गर्दछौं।', राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जालको स्तर निर्धारणसम्बन्धी उपसमिति जेनेभाले पेरिस सिद्धान्तको विश्वव्यापी मान्यताअनुसार राष्ट्रिय मानव अधिकार आयोगहरूमा हुने नियुक्ति बारेको आधार तय गर्ने हुनाले सोबमोजिम  मूल्यांकन, अनुगमन गर्छ।, विज्ञप्तिमा भनिएको छ, 'नेपाल राष्ट्रिय मानव अधिकार आयोगमा नियुक्ति भएका हालका पदाधिकारीहरूको वैधानिकता र उनीहरूको कार्यदक्षता समेतमाथि प्रश्न उठाउँदै नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीबाट ख श्रेणीमा झार्ने गरी हालै गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।', नेपालका मानव अधिकारवादीको अथक प्रयासबाट आयोग स्थापनाकाल (सन् २०००) देखि निरन्तर स्वायत्त, स्वतन्त्र, निष्पक्ष, तटस्थ रूपमा कार्य सम्पादन गरी अविछिन्न र प्रभावकारीरूपमा अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर क श्रेणीमा रहँदै आएको आयोगलाई ख श्रेणीमा झार्न भएको सिफारिसबाट नेपालको मानव अधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा गम्भीर प्रश्न खडा भएको पूर्व आयुक्तहरुको ठहर छ।, अन्तर्राष्ट्रिय मञ्चमा आयोग निरन्तर क श्रेणीमा कायम रहेको, नेपाल सन् २०१७ र सन् २०२० मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद निर्वाचित भई हाल क्रियाशील रहिरहेको अवस्थामा यस्तो सिफारिस आउनुलाई आयोगका हालका पदाधिकारीहरूको नियुक्तिमा भएको असंवैधानिक, अपारदर्शी र विवादास्पद नियुक्ति प्रक्रिया नै रहेको र यसले समग्र राष्ट्रको प्रतिष्ठामा पार्न सक्ने प्रभावप्रति चिन्तित तुल्याएको उल्लेख छ।, राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाप्रति पूर्व आयुक्तहरूको ध्यानाकर्षण
सेतोपाटी संवाददाता सिराहामा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको छ। , मिर्चैया नगरपालिका-१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत-२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज-२२ बस्ने नन्दलाल दासका छोरा १० वर्षीय नितेशकुमार दास  छन्।, पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।, सिराहामा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भंगेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ।, धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए।, उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ ७ बजे भेटिएको हो।, प्रहरी चौकी समुद्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।, उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।, आमाछोरीको हत्या
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकरमा ठोक्किएको थियो। , मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको साढे ७ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए। , यस्तै मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका-३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। , दुर्घटनामा संलग्न सवारीसाधनहरू प्रहरीको नियन्त्रणमा छ।, ट्यांकर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवारलाई प्रहरीले पक्राउ गरेको छ।, घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, भक्तपुरमा दुर्घटना हुँदा २६ वर्षीय युवकको मृत्यु
सेतोपाटी संवाददाता पोखरामा प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। , उनका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएका थिए। , यस्तै, सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए। , उनका अनुसार ऋणको किस्ता तिर्न सुनार नआएपछि सुन जाँच गर्दा नक्कली भेटिएको हो।, अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाउँदा धितो राखिएको गहना नक्कली भेटिएको परीक्षण प्रतिवेदन उल्लेख भएको उनले बताए। , सुनारमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको प्रहरीले जनाएको छ।, नक्कली सुन धितो राखेर बैंकबाट लिए २४ लाख ऋण!
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाले दसैंअगाडि असनको डबली खाली गराएपछि योसँग जोडिएका दुइटा पाटा बाहिरिए; संस्कृति र इतिहाससँग नजिक।, एउटा हो यो डबलीमा नचाइने कुम्हो प्याखँ (कुमार नाच)। यो नाच लोप भएकै २६ वर्ष भइसक्यो। नाच कसरी लोप भयो र यसका सांस्कृतिक–ऐतिहासिक पाटा के–कस्ता थिए भन्नेबारे हामीले केही दिनअघि ,'कहिले भेटिएलान् २६ वर्षदेखि हराएका कुमार?' ,शीर्षकको स्टोरी प्रकाशन गरिसकेका छौं।, डबलीको अर्को विशेषता भनेको यहाँ पहिलेपहिले पैसा साट्ने काम हुन्थ्यो। यो काम सराफीहरूले गर्थे।, २०२२ सालदेखि २०२६ सालसम्म कुमार बनेर यही डबलीमा नाचेका दबलकाजी तुलाधरका अनुसार सराफीहरूले पैसा साट्ने काम गर्न डबली प्रयोग गर्थे। यसवापत् उनीहरूले पुरातत्व विभागलाई वार्षिक रकम बुझाउनु पर्थ्यो।, त्यही रकममा थप गरेर कुम्हो प्याखँ सञ्चालन गर्न विभागबाट सहयोग आउँथ्यो।, यसरी यो डबली, कुमार नाच र सराफीहरूको काम एकअर्कासँग जोडिएको थियो।, नाच प्रदर्शन हुने दसैंको समयबाहेक अरू बेला डबलीको प्रयोग तिनै सराफीहरूले गर्थे। यो त्यो बेलाको कुरा हो जति बेला राष्ट्र बैंक स्थापना भएकै थिएन। पैसा साट्ने काम यिनै सराफीहरूको थियो।, असनको डबलीमै किन त?, यहाँ अन्नपूर्ण अजिमाको मन्दिर छ। सराफीहरूले अन्नपूर्ण अजिमालाई लक्ष्मी, अर्थात् धनकी देवीको रूप मानेर यो ठाउँ छानेका हुन्।, सराफीहरू असनको डबलीबाहेक इन्द्रचोक, मरू लगायत ठाउँमा बस्थे।, पछि राष्ट्र बैंकले आधिकारिक रूपमा पैसा साट्ने काम थाल्यो। धेरै सराफीहरू विस्थापित हुँदै गए। असनका सराफीहरूले पनि अन्य पेसा अपनाए।, अहिले यो ठाउँमा धूपबत्ती लगायत पूजा समग्रीको ६–७ वटा पसलहरू हामी देख्न सक्छौं। यहाँ कोही सराफी पैसा साट्न बसेका छैनन्।, हामीले सराफीलाई भेट्न चाह्यौं र सोधखोज गर्‍यौं। धूपबत्ती पसलका एक व्यापारीले सराफीहरू मरूमा  फेला पर्ने बताए।, हामीले मरू गणेशथान नजिकैको लक्ष्मी नारायण मन्दिरमा पैसा साट्ने काम गर्दै गरेका दुई जना व्यक्ति भेट्यौं। , उनीहरूमध्ये एक जना हुन् ७० वर्षका गम्भीरध्वज जोशी।, उनी मरूकै पुराना सराफी हुन्। उनले आफ्ना बुवा सिद्धिध्वजबाट यो पेसा सिकेका थिए।, अर्का रहेछन् ६० वर्षीय लक्ष्मी नारायण श्रेष्ठ। उनले भने यो काम गर्न थालेको जम्मा डेढ वर्ष भयो। , गम्भीरध्वज जोशी, लक्ष्मीनारायण श्रेष्ठ, गम्भीरध्वजका अनुसार सराफी शब्द अरबी मूलबाट आएको हो। जसरी अहिले संसारभर अंग्रेजीको चर्चा छ, त्यति बेला भारत र नेपालमा मुसलमान र उनीहरूका अक्षरको चलनचल्ती भएको उनी बताउँछन्। त्यही प्रभावले मुसलमानहरूको शब्दबाटै आफ्नो कामको पहिचान भएको उनले बताए।, 'अहिले अंग्रेजीमा मनी एक्सचेन्जर भनेजस्तै त्यो बेला पैसा सटही गर्ने व्यक्तिलाई सराफी भनेर चिनिन्थ्यो,' उनले भने।, कामको पहिचान मात्र होइन, नेपाली सिक्कामै पनि अक्षर अरबी भएको भन्दै उनले चार–पाँचवटा सिक्काहरू देखाउँदै भने, 'अक्षर अरबी हो, शब्द भने नेपाली।', उनले अगाडि भने, 'मल्लकालमा अरबी शब्द र मुसलमानहरूको यति प्रभाव थियो कि हनुमानढोकामा प्रताप मल्लले विभिन्न लिपि लेख्दा अरबीमा पनि लेखेका छन्। पहिलेपहिलेका चाँदीका मोहरमा मुसलमान र नेपाली अक्षर राखेर बनाएको धेरै भेटिन्छ।', जसरी अहिले हामी ठाउँठाउँमा बैंकहरू भेट्छौं, त्यति बेला पूर्वदेखि पश्चिमसम्म ठाउँठाउँमा टक्सारहरू थिए। तिनै टक्सारले सिक्का छाप्थे। अहिले राष्ट्र बैंक भएजस्तै त्यति बेला सदर मुलुकी खाना थियो। त्यसले आधिकारिक रूपमा नेपाली नोट साटेर भारतीय र भारतीय नोट साटेर नेपाली बनाउने जिम्मा लिएको थियो। सराफीहरू तिनैकहाँ पैसा साट्न जाने गम्भीरध्वज बताउँछन्।, 'हामीले त्यहाँ आइसी (भारू) लिएर नेपाली पैसा दिन्थ्यौं,' उनले भने, 'सय रूपैयाँमा एक आना (चार पैसा) नाफा हुन्थ्यो। त्यति बेला त्यो निकै धेरै थियो।' , विशेषगरी भारतीय र लाहुर गएकाहरू उनीहरूकहाँ पैसा साट्न आउँथे। कोही भारत जानुपर्‍यो भने पनि भारू साटिदिने उनीहरू नै हुन्थे।, नेपालमा पहिलो पटक २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो। पहिलो नोट निकाल्ने संस्था सदर मुलुकी खाना नै हो। राजा त्रिभुवनका पालामा ५, १० र सयका गरी तीन वटा नोट निकालिएको थियो। यी नोटलाई मोरू (मोरू रूपैयाँ) भनिन्थ्यो।, अहिलेका नोटमा जसरी गभर्नरको हस्ताक्षर गरिएको हुन्छ, त्यति बेला खजाञ्चीले ती नोटमा हस्ताक्षर गरेका छन्। तीन वटा खजाञ्ची मुख्य छन्– जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराज पण्डित।, उनीहरूको नियुक्ति राजगुरुको खलकबाट हुन्थ्यो।, पहिलो नोटमा हस्ताक्षर खजाञ्ची जनकराजले गरेका हुन्। २००९ सालमा नरेन्द्रराजको पालामा बल्ल मोरू १ जारी भयो। यस हिसाबले एक रूपैयाँमा पहिलो हस्ताक्षर गर्ने खजाञ्ची नरेन्द्रराज हुन्। गभर्नरका रूपमा पहिलो हस्ताक्षर गर्ने भने हिमालय शमशेर राणा हुन्। नेपाल राष्ट्र बैंकमार्फत् छापिएका कागजी नोटहरू २०१६ फागुन ७ गतेदेखि प्रचलनमा आएका हुन्।, डेढ वर्षदेखि नोट साट्ने काम गर्दै आएका लक्ष्मी नारायण श्रेष्ठका अनुसार त्रिभुवनको पालाका १, ५, १० र सयका नोट लिने हो भने अहिले ४० हजार रूपैयाँ पर्छ। नेपालकै पहिलो नोट भएकाले पनि यसको मूल्य धेरै भएको उनी बताउँछन्।, यस्ता पुराना नोटमा कुन खजाञ्चीको हस्ताक्षर छ भन्ने कुराले पनि महत्व राख्ने गम्भीरध्वज बताउँछन्। त्यस्तै नोट कुन अवस्थामा छ भन्ने कुराले पनि भाउ तलमाथि हुन्छ।, 'यदि खजाञ्ची जनकराज वा भरतराजको छ भने नरेन्द्रराजको भन्दा मूल्य धेरै हुन्छ। नोट च्यातिएको वा थोत्रो अवस्थामा भए त्यसको मूल्य कम हुन्छ,' उनले भने, 'जुन नोट निकै कम पाइन्छ, त्यसको मूल्य त धेरै हुने भइहाल्यो। नपाइने चिज महँगो हुन्छ, पाइने सस्तो।', त्यस बेला सराफीहरूले भारतीय र नेपाली मुद्रा साट्ने काम बढी गर्थे। अहिले भने उनीहरू तिनै पुराना नोट र सिक्का साटहीको कारोबार गर्छन्। यस्तो कारोबार बैंकले गर्दैन।, गम्भीरध्वज र लक्ष्मी नारायण जस्ता सराफीका ग्राहकहरू पुराना नोट र सिक्का संकलनमा चासो राख्दै आएका संकलकहरू हुन्। किन्नेसँगै बेच्नेहरू पनि उत्तिकै आउँछन्।, 'बजारमा हजार भनेजस्तै जो पनि आउँछन्। कहिले पैसा संकलन गर्न, कोही सिक्न, कोही बेच्न, कोही किन्न। धेरै प्रकारका मान्छे आउँछन्,' गम्भीरध्वजले भने।, त्रिभुवनको पालाको पुरानो पैसाजस्तै नेपालको पुरानो लिच्छवि सिक्का पनि उनीसँग छ। साँढे अंकित तामाले बनेको १ पैसाको एउटा सिक्काकै हजार रूपैयाँ पर्ने उनी बताउँछन्।, 'आजकल नयाँ पैसाको मूल्य सस्तो भइसक्यो। जति मूल्य छ पुरानोकै छ,' उनले आफ्नो जमाना पनि सम्झिँदै थपे, 'त्यति बेला सय रूपैयाँले काठमाडौंमा एक रोपनी जग्गा आउँथ्यो। गाई पैसाले गाई किन्न मिल्थ्यो। त्यस्तो महँगो जमानाको पैसा हो यो। अहिले त इतिहासै भइसक्यो।', पहिलो आफू बस्दै आएको मरूमा पैसा साट्ने मान्छेको लस्कर देखेका उनी पुस्तौंदेखि काम गर्दै आएका सराफीहरूमा आफू एक्लै बचेको बताउँछन्। , उनलाई साथ दिन आएका लक्ष्मी नारायण नयाँ भए पनि उनीसँग पैसाबारे ज्ञान छ। उनी यो व्यवसाय गर्नुअघि 'क्वाइन सोसाइटी' मा काम गरेका छन्। क्वाइन सोसाइटीमा हरेक शनिबार पैसाको भाउ के कति तलमाथि भएको छ भनेर छलफल हुन्छ। आफूसँग भएको पैसा एकअर्कामा साटफेर हुन्छ।, यसबाहेक उनीसँग सिक्का र संस्कृतिबारे पढाएको अनुभव छ। २०३८ देखि २०४२ सालसम्म उनी काभ्रे क्याम्पसमा पढाउँथे। उनले यिनै अनुभवका आधारमा यो काम थालेका हुन्।, 'अस्तिसम्म २५० को नोटको मूल्य २५००-३ हजार पुगेको थियो। अहिले १५ सयमा झर्‍यो,' लक्ष्मी नारायणले भने, 'पैसा धेरै आयो भने भाउ घट्छ, कम भयो भने बढ्छ। नोटमा जस्तो सिक्कामा भने त्यति भाउ आउँदैन।', धेरैजसो ग्राहक घर बनाउँदा जगमा हाल्न र पूजाका लागि सिक्का लिन आउँछन्। उनीहरू तामाको सिक्का खोज्छन्। त्यसको मूल्य डिजाइन हेरेर फरक पर्छ। सबभन्दा सस्तो २० रूपैयाँमा पाइन्छ।, 'तामालाई शुद्ध धातु मानिन्छ। त्यसैले घर बनाउँदा गर्भगृहमा राख्न धेरैले किन्छन्। भगवान शिवलाई पनि तामाबाहेक अरू चढाउनु हुँदैन। पित्तलको खासै बिक्री हुँदैन,' लक्ष्मी नारायणले भने, 'सबै पूजामा तामाकै चाहिने भएकाले यसको धेरै बिक्री हुन्छ।', असनको डबली, मरू, इन्द्रचोक लगायतका ठाउँमा सराफीहरूले पहिलेपहिले साट्ने पैसाको भाउ तोक्ने काम भने कृष्णबहादुर अमात्यले गर्थे। उनी अहिलेका चर्चित उद्योगपति पियुस बहादुर अमात्यका बुवा हुन्।, 'आकाश भैरवमुनि उहाँको पसल थियो। उहाँले नै पैसाको भाउ राख्ने काम गर्नु हुन्थ्यो। राष्ट्र बैंक स्थापना हुनुअघि उहाँले नै विदेशी मुद्रा सटहीका सेवासुविधा उपलब्ध गराउनुभएको थियो,' लक्ष्मी नारायणले भने।, कृष्णबहादुरलाई अहिले पनि उनीहरू 'पायोनियर फरेन एक्सचेन्जर' का रूपमा सम्झिन्छन्।,  ,  ,  ,  ,  , असनको त्यो सराफी बजार जसले गर्थ्यो राष्ट्र बैंकको काम
एजेन्सी अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।, विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। , विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। , गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।, घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख जिम रायनले भनेका छन्। ‘म यो घटनाबाट निकै विक्षिप्त छु,’ उनले भनेका छन्।, भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था मध्यमै पर्छ। , अमेरिकाको भर्जेनिया विश्वविद्यालय परिसरमा गोली चल्यो, तीन विद्यार्थीको मृत्यु
रासस काठमाडौं महानगरपालिकाले सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ। , महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्। , मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो।,  , सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख शाहले भने, 'बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौं महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारी रूपमा कार्य अघि बढाउने छौं।', बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो। , पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। , काठमाडौं महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको थियो।, बैठकले नागार्जुन–६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ।,  , त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ।,  , यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाइएको छ। , आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको छ। चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ। हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन्। ,  , सडक आश्रित मानवको व्यवस्थापन गर्न काठमाडौं महानगर प्रतिबद्ध
एजेन्सी विश्वको जनसंख्या ८ अर्ब पुगेको छ।, संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा  सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।, ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ।, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मुत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन्।, विश्वको जनसंख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्ने प्रक्षेपण गरेको छ।, साथै विश्वको जनसंख्या ९ अर्ब पुग्न अब १५ वर्ष लाग्ने प्रक्षेपण भएको छ।, चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ।, सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, सय वर्षपछि सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो।, सन् २०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने, विश्वको जनसंख्या आठ अर्ब
सेतोपाटी संवाददाता वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनले वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारू गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेका थिए।, उक्त रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरेको हो।, अख्तियारको टोलीले उनीबाट स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँ बरामद गरेको प्रवक्ता भण्डारीले बताए। , उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। ,  , वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले एकैदिन २७५ वटा व्यावसायिक परिचय पाटी (साइन बोर्ड) हटाएको छ। , मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी सोमबारबाट हटाउन सुरू गरिएको थियो। पहिलो दिन महानगरले २७५ वटा पाटी हटाएको हो। , महानगरले काठमाडौंका चार क्षेत्रबाट यी सामग्री हटाएको हो।, महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालिमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो।  , ३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० वर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको हो। , काठमाडौं महानगरले एकैदिन हटायो २७५ वटा साइनबोर्ड
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ।, आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्।, बिजुलीका तार अवरोध गर्ने रूख र हाँगा कटान गरिएको महानगरले जानकारी दिएको छ।, नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले जोखिमयुक्त रूख कटान गरिएको सेतोपाटीलाई बताए।, ‘वडा र विद्युत प्राधिकरणको आग्रहमा जोखिमयुक्त रूख र हाँगा कटान गरिएको छ। जरा कमजोर भएका रूख जुनसुकै बेला ढलेर मानविय र भौतिक क्षति हुन सक्ने भएकोले रूख कटान गर्नुपरेको हो,’ उनले भने।, बिजुलीका तारमा रूखका हाँगाले छुँदा अवरोध हुने गरेको पाइएपछि रूख कटान गरिएको हो।, कटान गरिएका रूख र हाँगा महानगरको वातावरण विभागले व्यवस्थापन गरेको छ।, महानगरले आजै कालिमाटी क्षेत्रमा पनि रूख र हाँगा कटान गरेको छ।, तस्बिरहरू:,  ,  ,  ,  , यसरी काटिँदैछ सिनामंगल क्षेत्रमा रूख (तस्बिरहरू)
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ। , लामो समयदेखि रोकिएको नतिजा त्रि.विले मंगलबार सार्वजनिक गरेको हो। नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ,www.tuexam.edu.np, मार्फत हेर्न सकिन्छ। , परीक्षा नियन्त्रकले नतिजा प्रकाशित गरेपछि एक सूचना जारी गर्दै स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराउन पनि भनेको छ। , प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न भनिएको छ। , स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि नतिजा सार्वजनिक नगरेपछि अखिल (क्रान्तिकारी)ले परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्न माग गरेको थियो। गत बिहीबार मात्रै अखिल (क्रान्तिकारी)का संयोजक पवन कार्कीले ज्ञापन पत्र बुझाएका थिए। , बिए पहिलो वर्षको नतिजा सार्वजनिक
रासस कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ।, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।, प्रशासनले सार्वजनिक सूचनामार्फत् नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरण लगायतका सबै सेवा आजदेखि आगामी मंसिर ४ गतेसम्म बन्द भएको जनाएको छ। , निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अह्रोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।, जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेना विष्णुु दल गणले गस्ती कार्यलाई निरन्तरता दिइरहेका छन्।, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ विष्णुदल गणले निकुञ्ज क्षेत्रमा गर्नुपर्ने आफ्नो जिम्मेवारीका साथसाथै स्थानीय प्रशासनको आदेशमा विविध सुरक्षा सेवासमेत प्रदान गर्दै आएको छ।, आसन्न निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ। जिल्लाका ५२ मतदान केन्द्र रहेका छन्। ,  , नागरिकता र राहदानी वितरण स्थगित
सेतोपाटी संवाददाता झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।, मंगलबार साँझ कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।, प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनालीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। , ठक्करबाट दम्पती गम्भीर घाइते भएका थिए। उनीहरूको स्थानीय प्रहरीले उपचारका लागि बिएन्डसी अस्पतालमा लगेको थियो।, उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएको छ।, झापामा बसको ठक्करबाट दम्पतीको मृत्यु