content
stringlengths 20
64.1k
⌀ |
---|
डा. दिप लामिछाने मलद्वारको क्यान्सर नेपालमा नौलो होइन। यो क्यान्सर के कारणले हुन्छ भनेर यसै भन्न सकिँदैन। यसको एउटा प्रमुख कारण वंशानुगत हो।, धेरैजसो मलद्वारको क्यान्सर दिसा गर्ने ठाउँको आन्द्रामा एउटा पोलिप भन्ने एउटा सानो मासु पलाएपछि सुरू हुन्छ। यी पोलिपहरु सामान्यतया सौम्य हुन्छन्, तर केही धेरै वर्षको अन्तरमा विस्तारै क्यान्सरको रूपमा विकास हुन सक्छन्।, कारणबस कुनै रेडियो थेरापी लिएको छ भने त्यसको कारणले पनि यस्तो क्यान्सर हुन सक्छ।, दिसा गर्ने ठाउँबाट रगत बग्नु, मासु बाहिर निस्किने, दिसा गरौं गरौं जस्तो लाग्नु तर दिसा गर्दा दिसा नहुने, दिसा गर्ने ठाउँ वरिपरि दुख्नु, दिसा धेरै पटक लाग्नु अथवा दिसा धेरै पटक हुनेलाई एक पटक मात्रै हुनु पनि मलद्वारको क्यान्सरका लक्षण हुन्।, ठूलो आन्द्राको अन्तिम भाग (रेक्टम)बाट फैलिएर कलेजोमा गयो भने जन्डिस हुने, पेटमा गएमा पेट फुल्ने, हड्डीमा गएमा जहाँ पुगेको छ त्यहाँ दुख्ने हुन्छ।, शरीरका कुनै पनि ठाउँमा क्यान्सर भएपछि बिरामीको उपचारको लागि परीक्षण गरिन्छ। कतिपय परीक्षणबाट क्यान्सर कुन चरणमा छ भनेर हेरिन्छ। कोलोनोस्कोपी गरेर क्यान्सर रोगको परीक्षण गरिन्छ। पेट र छातिको सिटी स्क्यान लगायत गर्नुपर्छ। त्यस्तै आवश्यकता अनुसार अरू परिक्षण गरिन्छ।, मलद्वार क्यान्सरको उपचारमा अपरेशन किमोथेरापी र रेडियो थेरापी गरिन्छ। यसको लागि झण्डै ८-९ महिना लाग्न सक्छ। केही बिरामीको मलद्वारनै निकाल्नुपर्छ। त्यस्तो अवस्थामा दिसा गर्ने ठाउँ पेटमा बनाइन्छ। पेटको देब्रे भागमा ब्याग राखिन्छ। ब्यागमा जम्मा भएको दिसा शौचालयमा फाल्नुपर्छ। सुरूमा बिरामीले यस्तो गर्न मान्दैनन् तर बिरामीलाई बचाउन यो जरूरी छ।, क्यान्सर कुन चरणमा छ भन्ने आधारमा त्यसको उपचार विधि निर्धारण हुन्छ। पूर्ण रूपमा निको हुने कि नहुने भन्ने पनि यसमै भरपर्छ।, कतिपय बिरामीहरू अहिले पनि क्यान्सर हुनासाथ भारत उपचार गर्न जान्छन्। विगतमा त्यस्तै गरेकाले बानी लागेको हो। तर पछिल्लो समय नेपालमा पनि यस्तो उपचार प्रविधि छ। त्यसैले रेक्टम क्यान्सरको उपचारका लागि विदेश जानुपर्दैन। सबैजसो क्यान्सरको उपचार नेपालमै सम्भव छ।, मलद्वारको क्यान्सर किन हुन्छ यसको उपचार कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर हामीले भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत सर्जिकल अंकोलोजिष्ट डा. दिप लामिछानेसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ,
मलद्वारको क्यान्सर किन हुन्छ, कसरी गर्ने उपचार? (भिडिओ) |
सेतोपाटी संवाददाता यस वर्षको दशैँ झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन।, मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखै अगाडि आएका छन्।, काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ। अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन्।, शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ।, प्रदुषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन्। उपत्यकामा प्रदुषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदुषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन्।, केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको पनि छ। भारतमा पराल पोलेको प्रदुषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन। तर पनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ।, काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई। उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ।, उदाउँदो घामसँगै किसानहरु खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ । आजको फोटो फिचरमा ,न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारले खिचेका काठमाडौंको काँठ क्षेत्रका यी मनमोहक दृश्य।, ,
घमाइलो काँठ क्षेत्र (फोटोफिचर) |
सेतोपाटी संवाददाता रूपन्देहीको सम्मरीमाई-५ रोइनिहवामा भएको चुनावलक्षित टेलिभिजन बहस कार्यक्रममा फरकफरक दलका कार्यकर्ताहरूबीच विवाद हुँदा एक जना घाइते भएका छन्।, निर्वाचनलाई लक्षित गरी सञ्चालित एक टिभी च्यानलको बहस कार्यक्रममा उपस्थित दलका कार्यकर्ताx/"बीच कार्यक्रम स्थलमै कुटाकुट भएको हो। बहसमा सहभागी उम्मेदवारले कार्यक्रम प्रस्तोता र सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा सहभागीहरूले एक्कासि होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो।, रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभा सदस्यका चार जना उम्मेदवारसँग गरिएको उक्त बहसमा होहल्ला भएपछि कुर्सी हानाहान र ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट कार्यक्रममा सहभागी स्थानीय लालविहारी माविका प्रधानाध्यापक मुरलीधर शुक्ला घाइते भएका हुन्।, स्थानीय सन्दीप त्रिपाठीका अनुसार शुक्लाको ओठमा चोट लागेको छ। भैरहवास्थित भिम अस्पतालमा उनको उपचार भइरहेको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पनि बहस चलिरहेको बखत सहभागीहरूबीच केहीबेर विवाद र कुर्सी हानाहान हुँदा एक जना सामान्य घाइते भएको पुष्टि गरे।, विवादपछि केहीबेर स्थगित भएको कार्यक्रम पछि पुनः सुरू भएको समेत उनले जानकारी दिए। , बहसमा सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका प्रमोद यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादव गुल्जारी सहभागी थिए।,
टिभीको बहस कार्यक्रममा कार्यकर्ताहरूबीच विवाद हुँदा एक घाइते |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले कात्तिक १२ देखि कात्तिक १८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, छठको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै एक महिला। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी, हरिवोधनी एकादशीको अवशरमा पशुपति क्षेत्रमा तोरण लगाउँदै। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, काभ्रेको धार्मिक पर्यटकीयस्थल नमोबुद्धमा बालिएका दियोहरू। तस्बिर:नवीनबाबु गुरुङ/सेतोपाटी, नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार पारेको घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष प्रचण्ड। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, आधुनिक प्रविधिद्वारा चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमालेका आध्यक्ष केपी शर्मा ओली। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, हरिवोधनी एकादशीका अवसरमा शुक्रबार पशुपतिनाथ परिसरमा पितृको नाममा पूजा गर्दै मानिसहरू। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, धार्मिक पर्यटकीयस्थल नमोबुद्ध परिसर। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, भक्तपुरको जगातीमा प्लटिङ गर्ने क्रममा बाँकी रहेको माटोको ढिस्कोमाथि अडिएको बिजुलीको पोल। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौं जिल्ला अदालत परिसरमा सन्दीप लामिछाने। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, ,
साताका क्लिक |
सेतोपाटी संवाददाता दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, उदयपुर वेलका नगरपालिका-७ बस्ने ४१ वर्षीय अशोक भन्ने ओमबहादुर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।, उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनले दोहोरो नागरिकता र राहदानी बनाएर अमेरिका जान लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।, उक्त सूचनापछि दूतावाससँग समन्वय गरी प्रहरीले उनलाई पक्राउ गरेको हो।, प्रहरीले उनीमाथि नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। ,
दोहोरो नागरिकता बनाएको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट पत्रकार सम्मेलन गर्न खोज्दा निहारिका सिंह राजपुतलाई प्रहरीले रोकेको छ। , बलात्कार आरोपी शिवराज श्रेष्ठ र उनका छोराको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै शुक्रबार दिउँसो पत्रकार सम्मेलनका लागि राजपुत बालुवाटार गएकी थिइन्। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाउने भन्दै प्रहरीले उनलाई रोकेको हो।, ‘हामीले उहाँलाई नियन्त्रणमा लिएका छैनौं। बालुवाटारमा रोकेर उहाँका सम्बन्धित मान्छेलाई बुझाइसक्यौं,’ काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले भने। , सेतोपाटीसँग कुरा गर्दै राजपुतले आफूलाई अंश र नाता कायम नचाहिएको तर शिवराजलाई बलात्कार मुद्दामा कारबाही हुनु पर्ने बताइन्।, ‘मलाई कुनै प्रकारको अंश, नाता कायम र बच्चाको सम्पत्तिको अधिकार चाहिएन। शिवराजलाई तुरून्त प्रहरीले पक्रिनुपर्यो। बलात्कारको अभियोगमा कारबाही अघि बढाउनपर्यो,’ उनले भनिन्, ‘केही मिडियाले मलाई सोधेको थिए बच्चाको डिएनए मिलेन भने के गर्नुहुन्छ। अब डिएनए मिल्यो। एउटा महिला भएर यति वर्ष म रोएँ, कराएँ, जति मेरो क्षति भएको छ राज्यले दिन्छ? मलाई न्याय चाहियो।’, महोत्तरी जलेश्वरकी राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको रिपोर्ट शुक्रबार सार्वजनिक भएको थियो।, विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन्।, उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले पनि बच्चा र शिवराजको डिएनए मिलेको पुष्टि गरे।, शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए।, बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।, त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत् निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो।, जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो।, ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो।, निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए।, जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन्।, तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन्।, दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो।, डिएनए परीक्षणको रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेशी चढ्न सकेको थिएन।, जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो। शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।,
निहारिकालाई बालुवाटारमा पत्रकार सम्मेलन गर्न दिएन प्रहरीले |
रासस पहिरोले अवरूद्ध रहेको कर्णाली करिडोर खुलेको छ।, कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो। , असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरूद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म खुलेको छ। , सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरूद्ध रहेको कर्णाली करिडोरको पहिरो तीन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए। , ‘अहिले पहिरो खस्न कम भएपछि करिडोरको लुसा खण्ड खुलाएर पचाल झरनाको जारकोटसम्मको सडक सञ्चानमा आएको छ,’ उनले भने, ‘त्यहाँबाट अगाडि अन्य ठाउँमा पहिरो गएका छन्। तिनीहरू पनि खुलाउने काम तीव्र पारिएको छ।’, गत असोज १९ देखि असोज २६ गतेसम्म परेको अविरल वर्षाले करिडोर क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरो गएकाले कर्णाली करिडोर अवरुद्ध हुन पुगेको प्रमुख यादवले जानकारी दिए।, ‘अन्य ठाउँको भन्दा लुसामा गएको पहिरो अलि जटिल खालको थियो,’ उनले भने, ‘लुसाको पहिरो पन्छाएपछि अन्य ठाउँको पहिरो पन्छाउन कुनै समस्या छैन।’, कर्णाली करिडोरको घाटपारी चौरलगायतका क्षेत्रमा पहिरो पन्छाउने काम चलिरहेकोले हुम्लाको सिमाना सलिसल्लासम्म एक हप्ताभित्र नै यातायातका साधन चल्ने प्रमुुख यादवको भनाइ छ। , करिडोरका पहिरो जाँदा यातायातका साधन सञ्चालनमा समस्या भएको अहिले कालीकोटको पचालझरनाको जारकोटसम्म यातायात सञ्चालनमा र केही दिनमा अन्य ठाउँको पहिरो पन्छाएपछि पूर्णरूपमा यातायातका साधन सञ्चालनमा ल्याउने मानसरोवर यातायात प्रालिका इञ्चार्ज ललित बमले जानकारी दिए।, ‘सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन गर्न पाएका थिएनौं,’ उनले भने, ‘यातायातका साधन नचल्दा नागरिकले सास्ती बेर्होनु परेको थियो।’, कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुुम्ला सिमकोटसम्म एक सय ९६ किलोमिटर लम्बाइ छ।, जसअन्तर्गत कालीकोट जिल्लामा ४० किमी सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किमी र हुम्ला जिल्लामा एक सय १३ किमी छ।,
पहिरोले ३० दिनदेखि अवरूद्ध कर्णाली करिडोर खुल्यो |
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएको हो।, बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ।, प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। ,
काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु |
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ। , १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो। , बयान सकिएसँगै अब भोलिदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।, प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।, उनले १७ वर्षीय नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ। , अभियोगपत्रमा उल्लेखित विवरणअनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा जम्मा ६५ हजार २९८ रुपैयाँ मात्रै रहेको देखियो। त्यसबाहेक चितवन कल्याणपुर-७ मा रहेको जग्गा पनि खुलाएको छ। उक्त सम्पत्ति पनि रोक्का गरिदिन अनुरोध गरेको छ। , सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्। , सम्बन्धित समाचार:, सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै, यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान, १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति, पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू), पक्राउ परे सन्दीप लामिछाने,
सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस |
सेतोपाटी संवाददाता भक्तपुरको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको छ।, मंगलबार राति साढे ७ बजेतिर सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित सिर्जनानगरमा रहेको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। दुई वटा दमकलको प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको हो। स्थानीय तथा प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको हो। , के कति क्षति भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। कसरी आगलागी भएको भन्ने पनि नखुलेको डिएसपी पाण्डेले बताए।,
भक्तपुरको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) अरूणकुमार बिसीले अवकाश पाएका छन्।, उनले मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएका हुन्। उनी प्रशासन विभागमा कार्यरत थिए।, यसअघि नै नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको थियो। योसँगै तीन वटा एआइजी पद खाली भएका छन्। यसअघि भदौ ३२ गते मुकुन्दराज आचार्य र साउन २० गते विश्वराज पोखरेलले उमेर हदका कारण अवकाश पाएका थिए।, पोखरेलले आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। तर राजीनामा अस्वीकृत भएपछि उनको उमेर हदका कारण अवकाश पाएका थिए।, यस्तै, कात्तिक २५ गते अर्को एआइजीको पद पनि खाली हुँदैछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् रवीन्द्रबहादुर धानुकले पनि अवकाश पाउन लागेका हुन्।, रिक्त भएका पदमा बढुवाका लागि आइजिपी धिरजप्रताप सिंहकै ब्याचका मसऊद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य प्रतिस्पर्धामा छन्।, यस्तै असार १९ गते बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा लगायत पनि बढुवाका लागि प्रतिस्पर्धामा छन्। , सरकारले भने अहिले तत्काल रिक्त एआइजीमा बढुवा नगर्ने देखिन्छ।,
एआइजी अरूण बिसीले पाए अवकाश, तीन पद रिक्त |
मनिका विश्वकर्मा दस वर्षअघिको कुरा हो।, एलिन भण्डारीको स्नातक तहको परीक्षा चलिरहेको थियो। राम्रो लेख्छु भन्ने आत्मविश्वासका साथ परीक्षा हलमा पसे।, उनलाई देखेर परीक्षा हलका निरीक्षक अन्यौलमा परे।, केरकार गर्न थाले। नक्कली परीक्षार्थी हौ कि भन्दै शंका गरे। केटाको जस्तो हुलियामा पुगेका उनको नाम प्रवेशपत्रमा केटीको जस्तो थियो, एलिना भण्डारी।, निरीक्षकले सुरूमा सोधेनन् मात्र निकैबेर र्याखर्याख्ति पारे।, 'प्रवेश पत्रमा केटीको नाम छ, तिमी केटा हौ कि केटी?' भन्दै सोधिरहे।, यो सब देखे-सुनेर परीक्षा दिन आएका सबै विद्यार्थी हाँसे।, कक्षाकोठामा पस्दा कस्सिएको एलिनको आत्मविश्वास खुस्किँदै गयो। कुरा साम्य भएपछी एलिन परीक्षा दिन बसे। तर पढेका कुरा केही सम्झिन सकेनन्। एकैछिनअघि निरीक्षकले गरेको व्यवहार र अरू परीक्षार्थीको हाँसोले उनको दिमाग कब्जा गर्यो।, उनी निराश भए, एक घन्टा नबित्दै परीक्षा हलबाट बाहिरिए।, 'त्यत्रा साथीहरूको बीचमा निरीक्षकको अपमान सहन परेपछि मलाई फेरि परीक्षा दिन र पढ्न जान हिम्मत नै आएन। मैले पढाइ छाडेँ,' केहीदिन अघि सेतोपाटीसँग एलिनले त्यो दिनको कुरा सम्झिँदै भने।, एलिन मात्र होइन, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भएकै कारण पारलैंगिक महिला भूमिका श्रेष्ठले पनि पढाइ पूरा गर्न पाइनन्। हुर्किँदै जाँदा आफ्नो फेरिएको हाउभाउ देखेर शिक्षक र विद्यार्थीले धेरै हैरान पार्ने गरेको उनले बताइन्।, भूमिकाका अनुसार गणित विषयमा उनी कमजोर थिइन्, गाली भने लैंगिकताको स्वभावलाई गरिन्थ्यो। नेपाली व्याकरण पढाउँदा 'नपुंसक लिंग' भनेको कस्तो हो भन्दै शिक्षकले उनलाई देखाउँदै उदाहरण दिन्थे। साथीहरू हाँस्थे। उनको मजाक बनाउँथे।, स्कुलको शौचालय प्रयोग गर्न पनि उनलाई असजिलो भयो।, 'पुरुषको शौचालय जानुपर्थ्यो, त्यहाँ जान लाज हुन्थ्यो। स्कुल गएपिच्छे जिस्काउने, गाली गर्ने भएपछि दस कक्षा पढ्दापढ्दै बीचमा छोडिदिएँ,' भूमिकाले भनिन्, 'त्यसपछि कहिले पनि स्कुल नजाने निर्णय गरेँ।, एलिन भण्डारी, उनीहरू जस्तै विद्यालयमा अपमानित भएको र अन्य असुविधाका कारण झन्डै आठ सय पारलैंगिक व्यक्तिहरूले पढाइ छाडिसकेको अनौपचारिक तथ्यांक छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लड्दै आएको संस्था निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा काम गर्ने आठ जना पारलैंगिक व्यक्तिले उल्लिखित कारणले नै पढाइ छाडेका छन्।, निलहिराको बाँके शाखामा सात जनाले पढाइ छाडेको संस्थाका अनुसन्धानकर्ता परशु चौधरीले जानकारी दिए। यस्तै चितवनमा एक सय ७५ जनाले पहिचानकै कारण बीचमा पढाइ रोकेका छन्।, सुदूरपश्चिम प्रदेशमा ६ सय जनाले पढाइ छाडेको तथ्यांक समाजले संकलन गरेको छ। उक्त प्रदेशको राजधानी मानिने धनगढीको सबभन्दा ठूलो क्याम्पसमा समेत पारलैंगिक व्यक्तिहरूले दुर्व्यवहारका कारण पढाइ छाडेका परशुले बताए। कैलाली बहुमुखी क्याम्पसमा पारलैंगिक व्यक्तिहरूलाई दुर्व्यवहार गरेकै कारण तीन जनाले स्नातक पढ्न नपाएको उनी बताउँछन्।, 'पारलैंगिक भन्दै दुई जनामाथि त्यहाँका केही शिक्षक र विद्यार्थीले दुर्व्यवहार गरे। गाली गर्ने र जिस्काउने भएपछि उनीहरूले पढाइ छाडे,' परशुले घटनाबारे भने, 'अझ एक जनालाई त केटा होस् कि केटी भन्दै शिक्षकले परीक्षाबाटै बञ्चित गरिदिए।', हामीले यसबारे कैलाली बहुमुखी क्याम्पस प्रमुख धर्मराज उपाध्यायलाई सोध्यौं।, सेतोपाटीसँगको फोनवार्तामा उनले आफू यसबारे बेखबर रहेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे नै आफूलाई थाहा नभएको बताए।, 'यो समुदायका बारेमा मलाई थाहा छैन। क्याम्पसको महिला सेलमा सोध्नुहोस् न। यस्तो घटना क्याम्पसमा भएको थाहा छैन,' उपाध्यायले भने। , निलहिरा समाजका अनुसार चितवनका केही विद्यालय र क्याम्पसमा पनि पारलैंगिक विद्यार्थीलाई दुर्व्यवहार भएको कारण उनीहरूले पढाइ छाडेका थिए। हामीले यसबारे भरतपुर शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेललाई सोध्यौं। उनले यस्तो घटनाबारे अनभिज्ञ रहेको बताए। , 'समुदायका व्यक्तिले यो समस्याका बारेमा थाहा दिएको छैन। त्यसैले यसबारे जानकारी छैन,' उनले सेतोपाटीसँग भने।, भरतपुरमा एक सय १७ सरकारी विद्यालय छन्। समुदायका व्यक्तिहरूले मुद्दा नउठाएको कारण यसबारे छलफल नगरेको पौडेल बताउँछन्।, विद्यालयमा जात, लिंग, वर्गको आधारमा विभेद गर्न नपाइने नीति छ। यो नीतिले कुनै घटना नभए पनि त्यसबारे छलफल गर्नुपर्ने भन्छ। त्यसैले अब सरोकारवालाहरू यसबारे जानकारी छैन भनेर पन्छिन नपाउने एलिन भण्डारी बताउँछन्।, काठमाडौं महानगरपालिकाकै दुई विद्यालयमा पारलैंगिक विद्यार्थीलाई दुर्व्यवहार गरेको विवरण निलहिरा समाजसँग छ। काठमाडौं महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले यसबारे आधिकारिक उजुरी भने नआएको बताए।, 'यस्तो भए विद्यालयमा महानगरले राखेको उजुरी पेटिकामा उजुर गर्न सकिन्छ,' सुवेदीले भने।, महानगरले सबै स्कुलहरूमा उजुरी पेटिका बनाएको छ। त्यसमा विद्यार्थीले आफूलाई स्कुलमा भएको दुर्व्यवहारबारे गोप्य तरिकाले उजुरी गर्न सक्छन्।, सबै जातजाति, लैंगिक पहिचान र सामाजिक व्यवस्था र अवस्थाबारे शिक्षकहरू सचेत हुनुपर्ने भन्दै प्रमुख सुवेदीले भने, 'कुनै विद्यार्थीलाई पारलैंगिक भन्दै वा अन्य विभेद गरेको जानकारी भए, तत्काल विद्यालय र शिक्षकलाई कारबाही गर्छौं।', काठमाडौं महानगरकी शिक्षा सल्लाहकार रेशु अर्याल शैक्षिक संस्थाको वातावरण सबै विद्यार्थीका लागि समान हुनुपर्ने बताउँछिन्। हरेक शैक्षिक संस्थामा लैंगिक अल्पसंख्यकले अरू विद्यार्थीसरह ससम्मान पढ्न पाउने वातावरण बनाउनुपर्ने उनले बताइन्।, 'यो समुदायप्रति धेरै संवेदनशील हुन आवश्यक छ। कुनै नराम्रो घटना भए मात्र सचेत हुने, नभए बेवास्ता गर्ने हो भने हुँदैन,' उनले भनिन्, 'लैंगिक अल्पसंख्यकले ससम्मान आफ्नो पहिचान खुलाएर निर्धक्क पढ्न पाउनुपर्छ। त्यो वातावरण शैक्षिक संस्थाले नै बनाउनुपर्छ।', उनले भनेजस्तो निर्धक्क पढ्न पाउने वातावरण सबै शैक्षिक संस्थामा छैन, बनाउन सकेका छैनन्।, एलिनले पढाइ छोड्ने अवस्थामा पुग्नुअघि पनि धेरै मानसिक तनाव झेलेका थिए। उनलाई सानैदेखि आफू केटीको शरीर लिएर जन्मिए पनि केटा हुँ भन्ने थियो। दस कक्षा पढ्दासम्म उनले केटीको पोसाकभित्र आफूलाई मुश्किलले बाँध्ने।, 'मेरो हाउभाउ केटाको जस्तै हुन थालेपछि स्कुलका साथीहरू मलाई छक्का, हिजडा भन्न थाले,' एलिनले सुनाए, 'यसले मलाई ठूलो मानसिक पीडा दिन्थ्यो।', कलेजमा सहज होला भन्ने थियो। भएन। जाने र नजाने आधाआधा जसो गरेर १२ कक्षा पूरा गरे। स्नातक पढ्न अर्को क्याम्पस गए। त्यतिन्जेलसम्म उनले आफ्नै पहिचानमा बाँच्न निधो गरिसकेका थिए। सहपाठी नयाँ भएकाले उनलाई पुरूषका रूपमा प्रस्तुत हुन अलि सजिलो भयो।, तर लुगाभित्रको शरीरले समस्या पार्थ्यो। शौचालय जान मुख्यगरी। पुरुष शौचालयमा महिनावारी हुँदै पस्नै गाह्रो, बसेर पिसाब फेर्न नमिल्ने! त्यहाँमाथि परीक्षा हलमा निरीक्षकले गरेको व्यवहारदेखि उनी तर्सिए नै।, तनावले घेरेपछि बीच उनले पढाइ अगाडि बढाउन सकेनन्। अवसरबाट बञ्चित भए।, 'मेरो अंग्रेजी भाषा राम्रै छ। तर पूरा पढाइ १२ कक्षासम्म मात्रै भयो,' उनले भने, 'शैक्षिक योग्यता कम भएकैले कति अवसर गुमाइरहेको छु।', भूमिका पनि पढाइकै कारण अवसरहरूबाट बञ्चित हुनुपरेको बताउँछिन्।, उनले भनिन्, 'मैले पहिचानका लागि धेरै सपना, इच्छा छाड्नुपर्यो। सबभन्दा ठूलो कुरा पढाइ छोड्नुपर्यो। आजजसरी पहिले बोल्न सक्ने भएको भए सायद म लडेर पनि पढ्थेँ। शिक्षाले महिला र पुरुषले मात्र पढ्नुपर्छ भन्दैन। शिक्षा दिने केही व्यक्तिले भने यसमा विभेद गरिरहेका छन्।', भूमिका श्रेष्ठ, एलिन र भूमिका दुवै निलहिरा समाजमा आवद्ध छन्। उनीहरू अहिले पढ्न नपाएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका लागि लडिरहेका छन्। शिक्षकहरूलाई समुदायका बारेमा जानकारी दिँदै समानताबारे बुझाउने प्रयास गरिरहेका छन्। तर यो काम सहज छैन।, 'केही स्कुलले त हामी गयौं भने सबै विद्यार्थी बिग्रिन्छन् भन्दै सिधै नआइज भन्छन्,' एलिनले अनुभव सुनाए, 'अझै पनि शिक्षकहरू हामीप्रति संवेदनशील छैनन्।', एलिनका अनुसार शैक्षिक पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे समावेश नगर्नाले पनि बुझाउन मुश्किल परिरहेको छ। संविधानले समान र सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। शिक्षा मौलिक हक नै हो। तर पारलैंगिक व्यक्तिले व्यवहारमा यी अधिकार उपभोग गर्न नपाइरहेको उनले बताए।, मुलुकी अपराध संहिता २०७४ दफा १६० मा कुनै पनि नागरिकलाई लैंगिकता आधारमा भेदभाव गर्न नपाइने भनिएको छ।, अधिवक्ता शशि बस्नेतका अनुसार लैंगिक दुर्व्यवहार भएमा प्रहरीमा उजुरी गर्न सकिन्छ। कानुनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई भनेर ठ्याक्कै उल्लेख नगरे पनि लैंगिकताका आधारमा भेदभाव भएको छ भने दफा १६० मा टेकेर सजाय दिन सकिन्छ। यस्तो भेदभाव गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ।,
स्कुल-कलेजमा दुर्व्यवहार भएपछि पढ्नै पाएनन् उनीहरूले |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाले प्रयोजनविपरीत चलाइएका संरचनामा डोजर चलाएको छ।, पार्किङ प्रयोजनका लागि भन्दै कर छुट दिएर निर्माण गरिएका भूमिगत पार्किङमा प्रयोजनविपरीत व्यवसाय चलाएको संरचनामाथि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। , पोखराका विभिन्न ८ वटा भूमिगत व्यवसाय हटाउन महानगरका मेयर धनराज आचार्यसहितको टोली डोजर लिएर पुगेका थिए। जसमा भूमिगत व्यवसाय जान प्रयोग गरिएका तीन वटा सिँढी, मापदण्ड विपरीतका छत र होर्डिङ बोर्डमाथि डोजर चलाइएको हो। , भूमिगत पार्किङस्थल भनी उल्लेख गरिएको ठाउँ प्रयोजन खुलाए अनुरूप नै प्रयोग गर्न महानगरले सूचना जारी गरेको थियो। महानगरले भदौ दोस्रो साता ३५ दिने सूचना जारी गरेको थियो।, सूचना जारी गरेपछि व्यवसायीले दसैंसम्म व्यवसाय सञ्चालन गर्न दिन आग्रह गरेका कारण महानगरले उक्त अवधि कुरेको मेयर आचार्यले दाबी गरे।, यस्तै, पटक-पटक सूचना दिनेदेखि पार्किङ व्यवसाय चलाएका व्यवसायी र घरधनीलाई पार्किङ प्रयोजनकै लागि भूमिगत क्षेत्र प्रयोग गर्न आग्रह गरेको मेयर आचार्यले भनाइ छ। , पोखरा महानगरको तथ्याङ्क अनुसार महानगरभित्रका २५० वटा भवनमा भूमिगत पार्किङ बनाइएका छन्।, पोखराका मुख्य बजारक्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँ बजार र लेकसाइडमा ५२ वटा छन्। जसमा समय सीमाभित्र भूमिगत पार्किङ नगर्ने २२ वटा रहेको महानगरले जनाएको छ।, मेयर आचार्यले उक्त क्षेत्रका भूमिगत पार्किङ खुलाउन तीन दिनको समय दिएका छन्। , महानगरले मंगलबार पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल र न्युरोडका ८ वटा भूमिगत पार्किङ क्षेत्रका व्यवसायको अनुगमन गरेका थिए।, केही व्यवसायीले सामग्री हटाउँदै गरेपछि समय महानगरले समय दिएको छ। अटेरी गरे डोजर चलाउने चेतावनी समेत दिएका छन्। , व्यवसायीले भूमिगत पार्किङ क्षेत्रको व्यवसाय हटाउन लागेको भन्दै तीन दिनभित्रै यस्ता व्यवसाय हटाउने प्रतिबद्धता जनाएका छन्। , डोजर लिएर बजार डुलेका मेयर आचार्यले महेन्द्रपुल चोकको सरकारी कार्यालय हुलाक निर्देशनालयको कम्पाउन्ड समेत एक साताभित्र हटाउन निर्देशन दिएका छन्।, निर्देशनालयले भवन मापदण्ड पूरा गरे पनि कम्पाउण्ड मापदण्डविपरीत रहेको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए।, महानगरले भत्काउने चेतावनी दिएपछि महेन्द्रपुलस्थित सीता भवन र मोबाइल टावरको भूमिगत पार्किङ व्यवसाय हटाइसकेका छन्।, सडकमा भइरहेका अव्यवस्थित पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्न भूमिगत पार्किङ क्षेत्रमा पार्क गर्न आग्रह गरेको मेयर आचार्य बताए।,
पोखरामा प्रयोजनविपरीत चलाइएका संरचनामा महानगरको डोजर, तीन दिनभित्र खाली गर्न निर्देशन |
रासस राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरू गरेको छ।, कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना बालबालिका घाइते भएका थिए।, घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमन सुरू गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।, आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।, आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।, यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रह पनि गरेको छ।,
बम विष्फोट घटनाको अनुगमन सुरू |
सुशीला रेग्मी/रासस अर्काको देशमा आएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन्।, मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन्। आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ।, जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन्। तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन्। देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा उनी सक्रिय छन्।, उनी गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बनेका छन्। जापानमा जन्मेका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिएका छन्।, शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गरेका छन्।, उनकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन्। विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आएका छन्।, शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूह लगायतका धेरै क्षेत्रमा उनको सहयोग छ। उनले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चेका छन्।, हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्छन्। गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उनको स्वभाव छ।, विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बनेका छन्। यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उनलाई पत्तो छैन। यसरी नै काम गर्न पाउँदा उनी खुसी छन्।, आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गरेका छन्।, ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा काम गरिरहेका छन्। गाउँ–गाउँका गरिब नागरिकलाई सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको ओकेबाजेले बताए।, ‘गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हुँदै गएको छ’, उनले भने।, नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ। नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बनेको गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटाले बताए।, ‘ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्। उहाँले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ,’ उनले भने।, पाल्पावासीमा पुर्याएको योगदानको कदर गर्दै ओकेबाजेलाई २०७० सालमा रामपुर नगरपालिकामा र २०७६ सालमा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकद्वारा संयुक्तरूपमा अभिनन्दन गरिएको थियो।, ओकेबाजेले मानार्थ नेपाली नागरिकताको अपेक्षा गरेका छन्। त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पत्र पठाएको छ। आवासीय भिसा भने उनले पाइसकेका छन्। ‘जीवनको अन्तिम समयसम्म नेपालकै भूमिमा नै बिताउन मन छ’, उनले भने।, ओकेबाजेले सामाजिक क्षेत्रमा गरेको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए।, ‘अत्यन्तै सरल, निस्वार्थ स्वभाव, गरिब, दुःखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समूहका मानिसलाई प्रभावित बनाएको छ’, उनले भने।, ओकेबाजेले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रमा निरन्तररूपमा अगाडि बढाइरहेका छन्।, पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री र अक्षयकोष स्थापना गरेका छन्।, उनले दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ–गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधोपचार सेवा दिँदै आएका छन्।, ओकेबाजेले नेपाली भाषा बोल्न र बुझ्न सक्छन्। आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताए। ,
३० वर्षदेखि नेपालमै रमाएका जापानी ‘ओके बाजे’ |
सेतोपाटी संवाददाता बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।, महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामबहादुर खत्रीका अनुसार उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो।, मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाएको उनले बताए।, गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ। पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो।, उनी घटनापछि काठमाडौंमा आइपुगेका थिए। तर उनलाई धादिङ फिर्ता बोलाएर पक्राउ गरेको थियो।, उनीविरूद्ध प्रहरीले जाहेरी, सिसिटिभी फुटेज, बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।, ‘जाहेरी, बयान, कम्पाउन्ड लगायतका सिसिटिभी फुटेजहरू संकलन गरेर हामीले प्रमाणको रूपमा पेश गरेका छौं,’ डिएसपी खत्रीले भने।, यो पनि: ,महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा खानीखोलाका इन्स्पेक्टर पक्राउ,
सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी इन्स्पेक्टर थुनामा |
रासस रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो।, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो।, सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए। प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि २५ हजार रूपैयाँ पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो।, सोमबार साँझ नै प्रहरीले बा ८ च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा त्रिपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए।, फिक्का निलो रङको कारको टुक्रा घटनास्थलमा भेटिएको थियो। सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो।, सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए।,
पक्राउ परे दुर्घटनापछि फरार चालक |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आज थुनछेक बहस हुने भएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज थुनछेक बहस हुने भएको हो। मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि आज थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।, प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।, सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ। , अभियोगपत्रमा उल्लेखित विवरणअनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा जम्मा ६५ हजार २९८ रुपैयाँ मात्रै रहेको देखियो। त्यसबाहेक चितवन कल्याणपुर-७ मा रहेको जग्गा पनि खुलाएको छ। उक्त सम्पत्ति पनि रोक्का गरिदिन अनुरोध गरेको छ। , सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्। , सम्बन्धित समाचार:, सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै, यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान, १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति, पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू), पक्राउ परे सन्दीप लामिछाने,
सन्दीप लामिछानेको आज थुनछेक बहस हुने |
रासस तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ।, व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। , घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैंसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ।, गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए।, प्रहरी र वनका कर्मचारी लगायतको टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , तनहुँमा चितुवाको आक्रमणबाट एक दर्जन बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।,
ढोकामा बसिरहेका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। मंगलबार उक्त इजलासले लामिछानेको बयान लिएको थियो। , सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन्।, सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।, प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।, सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।, २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ। , अभियोगपत्रमा उल्लेखित विवरणअनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा जम्मा ६५ हजार २९८ रुपैयाँ मात्रै रहेको देखियो। त्यसबाहेक चितवन कल्याणपुर-७ मा रहेको जग्गा पनि खुलाएको छ। उक्त सम्पत्ति पनि रोक्का गरिदिन अनुरोध गरेको छ। , सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्। , सम्बन्धित समाचार:, सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस, सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै, यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान, १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति, पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू), पक्राउ परे सन्दीप लामिछाने,
सन्दीप लामिछानेको थुनछेक बहस सुरू |
रुपक पुरी/रासस सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ।, घर खर्च चलाउनका लागि चौंरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन्।, हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौंरी खर्कमा बिताउने गर्छन्। यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौंरी र आसपासका चौंरीपालक किसानसँग मात्र हुन्छ। पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका शेर्पा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौंरीपालक किसानको दैनिकी हो यो। , चौंरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन्।, आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए।, 'पढेको छैन, अरू सीप पनि छैन', शेर्पा भन्छन्, 'परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ।', वर्षमा पाँचभन्दा बढी ठाउँमा चौंरीको गोठ सार्नुपर्छ। साथसाथै चौंरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन्। जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौंरीको गोठ सार्छन्। पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ।, 'बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ', जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्छन्, 'चौंरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ', बच्चैदेखि हिमाली भेगमै बसेकाले जंगली जनावरको डर नलाग्ने उनी बताउँछन्।, खर्कका पुरूष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन्।, सारा संसार खर्क नै हुन्छ। उनीहरू जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन्। , छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताउँछन्।, 'आफैं बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ', शेर्पा भन्छन्, 'दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ।', शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन्।, बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ। खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौंरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेका छैन। , 'गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ', मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भने, 'बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन।', साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौंरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन्। तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौंरी व्यवसाय हो।,
जीवन धान्न नौ महिना चौंरी खर्कको बास |
एजेन्सी ट्विटरको स्वामित्व एलन मस्कले लिएसँगै उच्चपदस्थ कर्मचारी तथा विज्ञापनदाताले ट्विटरसँगको सहकार्यलाई अन्त्य गर्न थालेका छन्। ट्विटरको स्वरूप तथा प्रशासनमा परिमार्जन गर्ने मस्कको योजनाका कारण विज्ञापनादाता तथा उच्चपदस्थ कर्मचारीले ट्विटरसँगको सहकार्य छोड्न लागेका छन्। , हालसम्म पाँच उच्चपदस्थ अधिकारीले ट्विटर छाडेका छन्। ट्विटर त्याग्नेमा बजार व्यवस्थापक प्रमुख, ग्राहक व्यवस्थापन प्रमुख, मानव संशाधनमा विविधताका विषय हेर्ने प्रमुखलगायत छन्। आगामी दिनमा अरूले पनि ट्विटर छोड्न सक्ने बताइएको छ। ,
मस्क ट्विटरको मालिक बनेसँगै आयको ९० प्रतिशत योगदान गर्ने विज्ञापनदाताले पनि साथ छोड्न लागेका छन्। मस्कले ट्विटरको विषयवस्तुबारे नीति परिमार्जन गरेसँगै त्यहाँबाट अफवाह फैलिन सक्ने चिन्ताले विज्ञापनदाताहरूले सहकार्य अन्त्य गर्न खोज्दै छन्। , विज्ञापन बजारमा विश्वकै ठूलो कम्पनीमध्ये आइपिजीले तत्कालै ट्विटरमा विज्ञापनका निम्ति खर्च नगर्न सुझाएको छ। परिमार्जनका विषयमा धैर्य गरेर बस्न उसले सुझाव दिएको हो। , आइपिजीले अमेरिकन एक्सप्रेस, कोकाकोला, जोन्सन एण्ड जोन्सनजस्ता कम्पनीका विज्ञापन हेर्छ। विज्ञापन बजारमा उसले वार्षिक ४० अर्ब डलर बराबरको कारोबार गर्छ। आइपिजीको स्वामित्वमा रहेको ब्ल्याक ग्लास परामर्शदता कम्पनी हो।, ब्ल्याक ग्लासकी प्रमुख कार्यकारी अधिकृत केट कलम्परका अनुसार यो संस्थाले गरेको सर्वेक्षणअनुसार वालमार्ट, पेप्सी काडिल्याकजस्ता संस्थाले ट्विटरमा विज्ञापन स्थगित गर्ने बताएका छन्।, ‘धेरै कम्पनीले मस्कको नाटक नियालिरहेका छन्। आफ्नो ब्राण्ड र व्यापारलाई अब ट्विटरमा लाने वा नलाने भन्ने विषयमा उनीहरू सोचमग्न छन्,’ केटले भनेकी छिन्। , उत्तरदायी मिडिया सामग्रीका सवालमा विज्ञापनदातासँग सहकार्य गर्ने संस्था ग्लोबल एलायन्स फर रेन्सपोनसिबल मिडियाले ट्विटका विषयवस्तुमा गरिने परिमार्जन अनुगमनको जरूरी रहेको बताएको छ। मस्कले स्वामित्व लिएसँगै ट्विटर अस्तव्यस्त छ।, उनले स्वामित्व आफूले लिएकै दिन प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल र प्रमुख वित्तिय अधिकृत नेड सेगललाई बर्खास्त गरेका छन्। ट्विटरमा उनले आफ्ना विश्वासपात्र इन्जिनियरहरूलाई भित्र्याएका छन्। ट्विटरमा कर्मचारी कटौतीको योजना अघि सारेका मस्कले आफ्ना विश्वासपात्रलाई धमाधम भित्र्याइरहेका छन्। यो कदम आफूले चाहेअनुसार ट्विटर परिमार्जनका लागि रहेको आकलन भइरहेको छ। , मंगलबारमात्रै मस्कले निलो चिन्हसहित ट्विटर चलाइरहेका प्रयोगकर्ताले मासिक आठ डलर तिर्नुपर्ने योजना अघि सारेका छन्। आठ डलर तिरेपछि कम विज्ञापन रहेका लामा भिडिओ हेर्न सकिने र थप पैसा तिरेर हेर्नुपर्ने समाचारका विषय पनि त्यही रकमभित्रै बाट हेर्न सकिने योजना उनको छ। , ट्विटर छोड्ने मध्येकी हुन्, प्रमुख जनसम्पर्क अधिकृत सराह पर्सोनेट। आफूले कम्पनी छोडेको जानकारी गराउँदै उनले लेखेकी छिन्, ‘आशा छ ट्विटरले ग्लोबल एलायन्स फर रेन्सपोन्सिबल मिडियाको मापदण्ड पालना गर्ने छ।’,
ट्विटर यस संस्थासँग सन् २०१९ देखि आवद्ध छ। यसले हिंसात्मक विषयवस्तु तथा अफवाह फैलाउने विषयवस्तुहरू सामाजिक सञ्जालमा निरूत्साहित गर्छ। ‘ब्रान्ड सुरक्षाका सवालमा विज्ञापनदाताले कुनै सम्झौता गर्नेछैन,’ त्यस समूहले लेखेको छ। , जिएम मोटर्सले पनि अब ट्विटरलाई विज्ञापन नदिने भएको छ। टेस्लासँगको प्रतिस्पर्धी रहेका कारणले उसले आइपिजीको सुझावलाई समेत ध्यानमा राखेर विज्ञापन स्थगित गरेको हो।, ४० भन्दा बढी नागरिक समूह र ट्विटरमा विज्ञापन गरिरहेका २० बढी विज्ञापनादाताले खुलापत्र लेख्दै विषयवस्तुका नीति मस्कले हेरफेर गरे विज्ञापन नगर्ने चेतावनी दिएका थिए।, ‘मस्कले विगतका नीति र मापदण्डविपरीत ट्विटरलाई अघि बढाए ब्राण्डिङका निम्ति ट्विटर गतिलो माध्यम रहने छैन,’ उनीहरूको चिन्ता छ। ,(द न्युयोर्क टाइम्सबाट।),
मस्क मालिक बनेसँगै ट्विटरको जागिर छोड्दै उच्च कर्मचारी, विज्ञापन रोक्दै विज्ञापनदाता |
सेतोपाटी संवाददाता धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।, त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।, उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए।, बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन्। उनको टाउकोमा समेत चोट लागेको थियो।, धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो।, त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो ३ बजेतिर मृत्यु भएको खत्रीले बताए। बुधबार उनको काठमाडौंस्थित पशुपतिमा दाहसंस्कार गरिने उनले बताए।,
भीरबाट खसेर धादिङमा म्यादी प्रहरीको मृत्यु |
मनोज सत्याल भारतको हिरयाणा र पञ्जाबमा किसानहरूले पराल जलाउँदा उत्पन्न भएको धुवाँले नेपालमा वायु प्रदुषण भित्रिएको छ।, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार भारतका पञ्जाब र हरियाणा राज्यमा किसानहरूले खेतको परालमा आगो लगाएर उत्पन्न भएको धुवाँ नेपालतर्फ मोडिएको हो।, 'हावाको दिशा नेपालतर्फ मोडिएसँगै पश्चिम नेपालबाट प्रदुषित हावा नेपाल प्रवेश गरेको छ', पोखरेलले सेतोपाटीसँग भने, 'मंगलबारसम्म हावाको दिशा नेपालतिर मोडिएको थिएन तर अब त्यो धुवाँ नेपाल प्रवेश गरेको छ।', भारत बाट पराल डढाएर निक्लेको धुवाँ मिसिएको हावा पश्चिम नेपालको तराईमा भित्रीएको भूउपग्रहको तस्बिरमा देखिन्छ।,#VIIRS, satellite image shows smoke from agriculture residue burning in Panjab and Hariyana reached western Tarai of ,#Nepal, near to India boarder👇 ,pic.twitter.com/qN95zseVQ8,
— Binod Pokharel (@BinodClimate) ,November 2, 2022, भारतको हरियाणा र पञ्जाबमा लाखौं हेक्टर खेतमा किसानहरूले धान काटेपछि बाँकी रहने ठुटामा खेतमा आगो लगाउने गरेका छन्। भारतमा विगतमा किसानहरूले हातले नै धान काट्ने गरेका थिए। यसरी धान काट्दा निकै छोटा ठुटा मात्र खेतमा रहन्थे। तर किसानहरूले पछिल्ला वर्षमा धान काट्न 'कम्बाइन हार्भेस्टर' मेसिनको प्रयोग गर्ने गरेका छन्। यसरी मेसिनले धान काट्दा खेतमा झण्डै डेढ फिटको पराल बाँकी रहन्छ। यस्तो परालमा किसानहरूले भारतमा आगो लगाउने गरेका छन्। भारतको पञ्जाब र हरियाणा दुबै राज्यमा खेतको परालमा आगो लगाए जरिवाना तिर्नुपर्ने व्यवस्था छ।, तर किसानहरुले जरिवानाको परवाह गर्ने गरेका छैनन्। किनभने किसानहरूलाई धान थन्क्याएपछि गहुँ छर्न र अन्य तरकारी खेती गर्नका लागि छिटोभन्दा छिटो खेतलाई तयार गर्नुपर्ने हुन्छ। लामो लामो पराललाई नष्ट गर्न भारतमा 'सुपर स्ट्र म्यानेजमेन्ट सिस्टम(एमएमएस)' मेसिनहरूको प्रयोग हुन थालेको छ। यस्ता मेसिनले धान काट्दा बाँकी भएका पराललाई टुक्र्याउँछन्। तर त्यस्तो मेसिन प्रयोग गरेपछि खेतमा गहुँ छर्न अर्को मेसिन प्रयोग गर्नुपर्ने हुन्छ। 'ह्याप्पी सिडर' नामको मेसिनले खेत जोतेर गहुँ छर्ने काम गर्छ। तर मेसिन गहुँ छर्नबाहेक अन्य काममा प्रयोग हुँदैन। यसरी तीन वटा मेसिन प्रयोग गर्दा किसालाई खेती गर्न प्रतिकठ्ठा ७ हजार भारुसम्म लागत लाग्छ। जसका कारण भारतीयहरू यसरी लागत बेहोर्नुभन्दा पराललाई खेतमा आगो लगाउने सजिलो उपाय अबलम्बन गर्ने गरेका छन्। भारतमा धेरै खेत हुने किसानहरूले ठूला मेसिनरी प्रयोग गर्ने गरेका भए पनि साना र थोरै खेत हुने किसानले मेसिनको कम प्रयोग गर्छन्। जसका कारण उनीहरूका लागि आगो लगाउनु सजिलो बनेको छ। भारत सरकारले यस्ता मेसिन किन्न ठूलो रकम छुट दिने गरेको भए पनि सबैजसो मेसिन ट्याक्टरमा जोड्नुपर्ने हुन्छ। सबै किसानसँग ट्याक्टर नभएका कारण मेसिन प्रयोग गर्न सक्दैनन्। त्यस्तै परालहरू चिसो भएको बेला मेसिनले राम्रोसँग काम नगर्ने भएकाले किसानले पराल सुकाएर अन्य खेती गर्ने समय पाउँदैनन्। त्यसैले पेट्रोल छर्किएर उनीहरूले आगो लगाउने गरेका छन्।, किसानले यसरी आगो लगाउँदा भारतको दिल्लीलगायत उत्तर प्रदेश र बिहार क्षेत्रमा ठूलो मात्रामा वायु प्रदूषण खेप्ने गरेका छन्। तर भारतमा खेतमा आगो लगाउने क्रममा कमी आएको छैन।, यसरी भारतका किसानले खेतमा आगो लगाउँदा उत्पन्न हुने धुँवा नेपालमा वर्षेनी भित्रन थालेको छ।, टेक कम्पनी गुगलको लाइभ फायर ट्र्याकर स्याटेलाइटले भारतको यी राज्यहरूमा वर्षेनी ठूलो मात्रामा आगो लगाइने गरेको तस्बिर खिच्ने गरेको छ। त्यस्तै अन्य स्याटेलाइटहरूले यसरी आगो लगाएपछि उत्पन्न भएको धुँवा नेपालतर्फ आउन थालेको देखाएका छन्।, नासाको 'भिजिबल इन्फ्रारेड इमेजिङ रेडियोमिटर स्विट' सेटेलाइट इमेजले नेपालको पश्चिम तराईको क्षेत्रबाट यस्तो प्रदूषित हावा भित्रिन थालेको देखिएको सहप्राध्यापक पोखरेलले बताए।, 'अहिलेको हावाको दिशा हेर्दा पराल डढाएर निक्लेको धुँवा मिसिएको हावा नेपालतर्फ पनि आउने सम्भावना बढी छ', पोखरेलले भने, 'काठमाडौंलागयत देशका अन्य भागमा यसको प्रभाव भोलि र पर्सिसम्म रहने देखिन्छ।', यसरी प्रवेश गरेको हावाले काठमाडौं उपत्यकासहित देशभर वायुमण्डल धुम्म बनाउने पोखरेलले बताए। यसरी धुँवा काठमाडौं उपत्यकामा भित्रिएर धुम्मिएको अवस्थामा प्रदुषण हट्न समय लाग्ने पोखरेलले बताए।, 'यदि प्रदूषित हावा जम्मा भयो भने हट्नका लागि कि ठूलो हावा चल्नुपर्ने हुन्छ कि त पानी पर्नुपर्ने हुन्छ', पोखरेलले भने, 'अबको तीन महिनामा राम्रोसँग पानी पर्ने मौसमी प्रक्षेपणमा देखिँदैन।', काठमाडौंको वायू प्रदुषणमा भारतीय किसानले पराल जलाउने कारण मात्र कारक भने छैन। प्राध्यपक पोखरेलका अनुसार नेपालमा प्रदूषण बढ्नुमा हावाको गति कम हुनु र दसैं तिहारपछिको समयमा पानी नपर्नु पनि महत्वपूर्ण कारण हुन्।, त्यस्तै काठमाडौं उपत्यकामा भने रातको समयमा हुने 'इन्भर्सन' का कारण पनि प्रदूषण कायमै रहने गरको पोखरेलले बताए।, 'उपत्यकाको जमिन रातभरि चिसो हुन्छ जबकी जमिनको सतहबाट २ सय मिटरमाथि तातो हुन्छ। हुनुपर्ने के थियो भने तलको वायुमण्डलभन्दा माथिको वायुमण्डल चिसो हुनुपर्ने थियो। अझ जमिन तातो हुनुपर्ने हो। तर उल्टो 'इन्भर्सन' हुन भएकाले तलै एउटा तहमा जमेर बस्ने र नजाने हुन्छ।', पोखरेलका अनुसार काठमाडौंमा यस्तो धुम्म परेको अवस्था अन्त्य हुन कि हावा बहनुपर्छ नभए वर्षा नै हुनुपर्छ।, अहिले भारतबाट आइरहेको धुँवा सहितको प्रदूषित हावा काठमाडौं आउन विभिन्न डाँडा काटेर आउनुपर्छ। अहिले आइरहेको हावा धेरै माथिबाट आएर काठमाडौंमा थुप्रिएको अवस्थामा वायू प्रदूषण उच्च हुने पोखरेलले बताए।,
हरियाणा र पञ्जाबमा पराल जलाएको धुवाँले धुम्मिँदै काठमाडौं |
रासस कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरू भएको छ।, गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरूद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो। , भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो।, अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरूद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। , पहिरो स्थायी रूपले रोकथामका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काममात्रै हुने अध्यक्ष केसीले जानकारी दिए।, 'पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ', उनले भने, 'पहिरो रोक्ने दीर्घकालीन उपायका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ।', सडक खुलाउनका अहिले डोजर प्रयोग भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा आउने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए।, 'पहिरो रोकिनासाथ करिडोर खुलाउने योजनाका साथ मेसिन र जनशक्ति तयारी अवस्थामा राखेका थियौं', उनले भने, 'मङ्गलबारबाट पहिरो रोकिएका कारणले आज बिहानैबाट पहिरो खुलाउन थालिएको छ। भोलिबाट करिडोर पूर्ण रूपमा सञ्चालनमा आउँछ।', कर्णाली करिडोर अवरूद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला र मुगु जिल्लाका स्थानीयवासीले कष्टपूर्ण यात्रा गर्दै आएका थिए।, कर्णाली करिडोर सञ्चालनमा आए नागरिकलाई यात्राका लागि सहज हुने कालीकोट रास्कोट नगरपालिका–५ का स्थानीयवासी हुकुम शाहीले बताए।, कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर रहेको छ।,
कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरू |
सेतोपाटी संवाददाता डेंगी संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन भएको छ।, २३ वर्षीया अधिकारी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन्।, बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।, उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ।, अध्यक्ष परमेश्वर अधिकारी र सचिव रूद्रहरि ढकालले निकालेको शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।, , , ,
डेंगीले बितिन् लमजुङकी पत्रकार अधिकारी |
नारायण खड्का तुलसीपुरमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले हत्या काण्डअन्तर्गत प्रहरीले हेटौंडाका अर्का एक युवकलाई पनि पक्राउ गरेको छ।, उनीहरूको शव फेला परेकै दिन सुरूमा पक्राउ परेका टिपर चालक पनि हेटौंडाकै हुन्। उनै टिपर चालकको पछिल्लो बयानका आधारमा मकवानपुरको प्रहरीसँग समन्वय गरी मंगलबार राती हेटौंडा पुगेर पक्राउ गरी आरोपितलाई दाङ ल्याइएको दाङ प्रहरीका एक अधिकारीले सेतोपाटीलाई बताए।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै चिरोमा माटोले पुरेको अवस्थामा रोशनी र शरदको शव असोज ३० गते दिउँसो फेला परेको थियो। त्यसको केही घन्टाको अन्तरालमै प्रहरीले टिपर चालकलाई पक्राउ गरेको थियो। रोशनी र शरद असोज २७ गते राती साढे दश बजेदेखि बेपत्ता थिए।, त्यसअघि ती टिपर चालकले हजुरआमालाई फोन सम्पर्क गरी शरदको अवस्था सोधपुछ गरेको हुँदा त्यही आधारमा प्रहरीले पक्राउ गरेको थियो।, प्रहरीको दाबी अनुसार ती टिपर चालकले घटना स्वीकार गरिसकेका छन्। मंगलबार राती हेटौंडाबाट पक्राउ गरी ल्याइएका युवक नाताले उनका मामा पर्ने रहेको प्रहरीले जानकारी दिएको छ।, उनै टिपर चालकको बयानका आधारमा सल्यानका अर्का एक युवक पनि प्रहरी नियन्त्रणमै छन्। सल्यानका युवकले भने घटनामा संलग्नता अस्वीकार गर्दै आइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।, ‘उ बोल्दै बोल्दैन र बोले पनि होइन मात्रै भन्ने गर्छ,’ एक प्रहरी अधिकारीले भने, ‘रोशनी- शरद हत्याकाण्डको प्रमुख कारण पत्ता लगाउने प्रयासमा प्रहरी लागिपरेको छ।’, पछिल्लो समय प्राविधिक रूपमा अनुसन्धानको काम भइरहेको प्रहरी अधिकारीहरू बताउँछन्। त्यसका लागि विगत दुई हप्ता बढी समयदेखि सिआइबीको चार सदस्यीय टोली पनि तुलसीपुरमै बस्दै आएको छ।, आफन्त भने रोशनी-शरद हत्याका आरोपित छिटो सार्वजनिक गर्न र हत्याको प्रमुख कारण सार्वजनिक गर्न मागसहित दिनहुँ प्रहरी कार्यालय धाउँदै छन्।, उनीहरूको हत्या भएको तीन साता बितिसकेको छ।, यो बीचमा प्रहरीले रोशनी र शरदका मिल्ने साथीहरूदेखि स्थानीय केही दर्जन बढीलाई सोधपुछका लागि बोलाउँदै आएको छ। तीमध्ये केहीलाई दोहोर्याई/तेहर्याई पनि प्रहरीले ल्याएर सोधपुछ गर्दै आएको छ।,
दाङका रोशनी-शरद हत्या प्रकरणमा प्रहरीले पक्रियो हेटौंडाका युवक |
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए।, उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाएको छैन।, यता मृतकको पनि पहिचान भने नखुलेको एसपी मैनालीले बताए। मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति थिए। मृतकको निधारमा चोट देखिएको थियो।, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।,
न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक पक्राउ |
मन्दिरा घिमिरे काठमाडौंको भोटाहिटीमा केही समयदेखि नयाँ पाइप विस्तारको काम भइरहेको छ। उक्त पाइप मेलम्ची खानेपानी आयोजनाका लागि विस्तार गरिएको हो कि भन्ने धेरैलाई लाग्छ। तर त्यसो होइन।, काठमाडौं कोर-सिटीका प्रायः गल्लीहरू साँघुरो भएकाले आगलागी हुँदा दमकल पुग्न सक्दैन। त्यस्तो अवस्थामा आगो नियन्त्रणको वैकल्पिक उपाय अपनाउन पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको काठमाडौं महानगरपालिका प्रकोप व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ बताउँछन्।, ‘कोर-सिटीका गल्लीहरूमा आगलागी भए दमकल पठाउने स्थिति छैन,’ उनले भने, ‘त्यसैले दमकलका लागि पाइप विस्तारको योजना अगाडि बढाएका हौं।’, उनका अनुसार पहिले आगो नियन्त्रणका लागि फायर हाइड्रेन्ट प्रयोग गरिन्थ्यो। त्यस्ता फायर हाइड्रेन्ट मुख्य चोकहरूमा केही मिटर दुरीमा राखिएका थिए। पछिल्लो समय ती फायर हाइड्रेन्ट पानी अभावले बन्द भएपछि पानी पास नहुने समस्या आएको उनी बताउँछन्।, अहिले जडान भइरहेको पाइपलाइनमा भने यस्तो समस्या नआउने श्रेष्ठको भनाइ छ। यसका लागि बेलाबखत पानी पठाएर जाँच गर्ने योजना छ।, श्रेष्ठका अनुसार अहिले वडा नम्बर १३, १६, १७ र २५ मा पाइप विस्तारको काम भइरहेको छ। पहिलो चरणमा दमकल छिर्न नसक्ने कोर-सिटीका गल्लीहरूमा पाइप विस्तारको काम अघि बढाइए पनि पछि अन्य ठाउँमा निर्माण गरिने उनले जानकारी दिए।, ‘जुन ठाउँसम्म दमकल जान्छ, त्यहाँबाट दमकल जान नसक्ने ठाउँहरूमा पाइप विस्तार गरिएको छ,’ उनले भने, ‘दमकल जान सक्ने ठाउँमा पाइप छिराउन मुख बनाइएको हुन्छ। त्यस्तै मुख विभिन्न ठाउँमा राखिएको हुन्छ।’, कोर-सिटीमा अहिले भइरहेको दमकल पाइप विस्तारले आगलागी नियन्त्रणमा प्रमुख भूमिका खेल्ने उनी बताउँछन्।, दमकलका लागि पाइप विस्तार गर्ने यो योजना पूर्वमेयर विद्यासुन्दर शाक्यकै कार्यकालमा सुरू भएको थियो। त्यसका लागि २०७७ सालमा २० लाख रूपैयाँ बजेट छुट्याइएको थियो। तर कोरोना महामारीका कारण काम गर्न नपाएको श्रेष्ठको जिकिर छ।, ‘पहिले २० लाख बजेटमा १५ लाख मात्र खर्च गर्न सक्यौं,’ उनले भने, ‘यो वर्ष एक करोड विनियोजन गरेका छौं।’, ,
काठमाडौंका गल्लीहरूमा दमकल पाइप विस्तार |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। , बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू भएको हो। आज इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिल र प्रतिवादीको तर्फबाट दुई जना वकिलले बहस गरेका छन्। सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन्। , थुनछेक बहस भोलि पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।, सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।, प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।, सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।, २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ। , अभियोगपत्रमा उल्लेखित विवरणअनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा जम्मा ६५ हजार २९८ रुपैयाँ मात्रै रहेको देखियो। त्यसबाहेक चितवन कल्याणपुर-७ मा रहेको जग्गा पनि खुलाएको छ। उक्त सम्पत्ति पनि रोक्का गरिदिन अनुरोध गरेको छ। , सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्। ,
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा |
सेतोपाटी संवाददाता काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ।, आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।, नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ।, झ्यालबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको गए राति मृत्यु भएको हो।, उनको गए राति १२:४० मा मृत्यु भएको एसपी मैनालीले बताए।, घटनाको अनुसन्धान प्रहरी वृत्त कमलपोखरीले गरिरहेको पनि उनले बताए।,
घरको झ्यालबाट खसेर बागबजारमा २ वर्षकी बालिकाको मृत्यु |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।, काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।, ‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले सेतोपाटीसँग भने।, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।, प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।, उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।, यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ। , ‘पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं। यथोचित क्षतिपूर्ति दिन पनि माग गरेका छौं,’ स्रोतले भन्यो, ‘मालपोत, राष्ट्र बैंक, क्यानलगायत विभिन्न निकायमा पत्राचार गरेर हामीले सम्पत्ति विवरण पनि खुलाएका छौं।’, प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।, लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, ‘मुद्दामा चाहिने खालका प्रमाणहरू सबै संकलन गरेका छौं। थुप्रैसँग बयान पनि लिएका छौं,’ उनले भने।, यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको स्रोतले जनाएको छ। प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।, लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।, भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो।, प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ।, उक्त फुटेजमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।,
१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै |
सेतोपाटी संवाददाता मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो।, छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी हुन। दमक- १० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो।, उनीमाथि कसले छुरा प्रहार गर्यो खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरी भनाइ छ। उनीमाथि राति १०:२५ बजेतिर छुरा प्रहार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।, छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो। झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृत्यु भएको कोइरालाले जानकारी दिए। छुरा प्रहारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो।,
छठ हेर्न आएका बालकको छुरा प्रहार गरी हत्या |
एजेन्सी गुजरातको मोरबीमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो मच्छु नदीमा बनेको झोलुङ्गे पुल भत्किँदा कम्तीमा १०० जनाको ज्यान गएको छ।, संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुन: खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा उभिरहेका मानिसहरू मच्छु नदीमा खसेका थिए।, मोरबी झोलुङ्गे पुल भत्किँदा सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ। , उद्धारकर्मीहरूले माच्छु नदीबाट थप शव निकालेसँगै मृतकको संख्या १३० पुगेको हो। , घटनाको समयमा पुलमा ५०० भन्दा बढी मानिस भएकाले मृतकको संख्या अझै बढ्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, घटनामा परि एक सयभन्दा बढी घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्, उनीहरूको खोजी जारी छ। , सडक तथा भवन राज्यमन्त्री जगदीश पञ्चालले बेलायती जमानाको पुल ओभरलोडका कारण भत्किएको बताए। , मणि मन्दिर नजिकैको रहेको मोरबीको पुलमा जान पर्यटकलाई १७ रूपैयाँ भारू र बालबालिकाका लागि १२ रूपैयाँ भारूको टिकट लिनुपर्छ।, पुल मर्मत गरेर सञ्चालनमा आएसँगै ठूलो संख्यामा पर्यटक एक साथ पुगमा गएसँगै दुर्घटना भएको हो।, मोरबी दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले शोक व्यक्त गरेका छन्। , प्रधानमन्त्री मोदीले मोरबीमा भएको त्रासदीबाट आफू दुःखी भएको भन्दै राहत र उद्धार कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक पीडित परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। , यस्तै मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५०-५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।,
राष्ट्रपति द्रौपदी मुर्मुले पनि घटनामा परि ज्यान गुमाउनेप्रतिस दुःख व्यक्त गरेकी छन्।, मणि मन्दिर नजिकैको १ दशमलव २५ मिटर चौडा र २ सय ३३ मिटर लामो पुलको झोलुङ्गे संरचना दुई करोड रूपैयाँमा मर्मतसम्भार गर्न ६ महिनादेखि बन्द गरिएको थियो। , ३.५ लाखको बजेटमा बनेको उक्त पुलको २० फेब्रुअरी १८७९ मा मुम्बईका तत्कालीन गभर्नर रिचर्ड टेम्पलले उद्घाटन गरेका थिए। , यसैबीच प्रदेश सरकारले पुल भत्किनुको कारण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।,
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा कम्तिमा १०० जनाको मृत्यु |
दिपकजंग शाही कालीकोटको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने झोलुंगे पुल अहिले सामाजिक सञ्जाल फेसबुकमा छाएको छ। पुलको छेउमा काठको भर्याङ लगाएर पुलमा उक्लिने बनाइएपछि कर्णालीका पूर्वमुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचनासहित फेसबुकमा भाइरल गराइएको छ।, कालीकोटको जितेगडामा केही वर्षअघि यो झोलुंगे पुल बनेको हो। जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ र नरहरीनाथ गाउँपालिकाको वडा नम्बर १ मा यो पुलको संरचना पर्छ।, असोज १९ गतेदेखि करिब एक सातासम्म भएको निरन्तर वर्षाका कारण आएको बाढीले पुलको खाँडाचक्र नगरपालिकातर्फको भागमा क्षति पुर्याएको थियो। पुलमा हिँड्ने आधाजति फलेकहरू बगेपछि तत्कालका लागि आवतजावत काठको भर्याङ बनाएर जुगाड गरिएको हो।, खाँडाचक्र नगरपालिकाका-२ का वडाध्यक्ष कविन्द्रबहादुर शाहीका अनुसार जितेगडास्थित यातायात व्यवसायी र होटल व्यवसायीबाट पैसा संकलन गरेर त्यो भर्याङ बनाइएको हो।, ‘जितेगडामा अस्थायी बसपार्क छ, त्यहाँको संयुक्त काउन्टर र होटल व्यवसायीबाट पैसा उठाएर तत्कालका लागि आवतजावत गर्न भर्याङ हालिएको रहेछ,’ उनले भने, ‘तत्काल सामग्री ल्याउन कठिन हुने भएपछि त्यो बनाइयो, यसले मानिसहरूलाई बसपार्कसम्म आउन र जान सहज भएको छ।’, यही कात्तिक १० गतेदेखि भर्याङ हालेर तत्काललाई आवतजावत गर्ने वातावरण बनेको वडाध्यक्ष शाहीले बताए।, कर्णाली राजमार्ग तथा जीतेगडाको अस्थायी बसपार्क पुग्न उक्त झोलुंगे पुल मुख्य विकल्प भएको उनले बताए। कर्णाली राजमार्गबाट यातायात सुविधा प्रयोग गर्ने गरी कालीकोटको नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पलाता गाउँपालिकासहित बाजुरा र हुम्लाका मानिसहरू त्यो पुल भएर जितेगडा आउने गरेको वडाध्यक्ष शाहीले बताए।, हुम्ला, बाजुरासहित कालीकोटका अधिकांश मानिस कर्णाली नदी वारपार गर्न अहिले भर्याङ हालिएको जितेगडाको पुल मुख्य भएकाले तत्काललाई व्यवस्थापन गरिएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष विनोदकुमार बिष्टले बताए।, ‘दशैंका बेला आएको पानीका कारण बाढीले पुलमा क्षति पुर्याएपछि समस्या थियो, मैले यो कुरा विपद् व्यवस्थापन समितिमा राखेको थिएँ,’ अध्यक्ष बिष्टले भने, ‘यो पुल कालीकोटका कर्णाली वारिपारिका लागि मात्र नभएर छिमेकी जिल्लाका मानिसका लागि पनि मुख्य भएकाले हाललाई त्यो भर्याङ राखेर व्यवस्था गरिएको होला।’, अवरूद्ध भएको कर्णाली राजमार्ग भर्खरै मात्र सञ्चालनमा आएकाले अब सामग्री ल्याएर पुललाई मर्मत गरिने उनले बताए।,
कालीकोटमा झोलुंगे पुलको बीचमा किन लगाइयो भर्याङ? |
सेतोपाटी संवाददाता रूपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ।, छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटना बिहान ५:४५ को हो। हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया ४ कै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो।, दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन्।, घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, ठक्कर दिएको गाडी भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।, ,
कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृत्यु |
युनिक श्रेष्ठ क्रिकेटर सन्दीप लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको भन्दै नाबालिग (किशोरी) ले प्रहरीलाई बयान दिएकी छन्। , सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा क्रिकेटर लामिछानेले किशोरीलाई आफैं भेट्ने प्रस्ताव गरेको, भेट्न कर गरेको र पछि बलात्कार गरेको उल्लेख छ। , बयान, उनीहरू गएको होटलको सिसिटिभी फुटेज, घटनाबारे थाहा पाउने व्यक्तिहरूको लगायतका प्रमाणहरूका आधारमा सरकारी वकिलले लामिछानेविरूद्ध बलात्कारको अभियोग लगाएको हो। लामिछानेलाई १६ वर्षभन्दा माथि र १८ वर्ष मुनिकी नाबालिगमाथि बलात्कार गरेको अभियोगमा १२ वर्ष कैद सजाय मागिएको छ। , सोही अभियोगपत्रमा पीडितले प्रहरीमा गरेको घटना विवरण कागज (बयान) पनि संलग्न छ। , उक्त बयान लामिछानेविरूद्ध लागेको अभियोगको मुख्य आधार मानिएको छ। पीडितको जाहेरी र बयान नै बलात्कार मुद्दामा बलियो प्रमाण मानिन्छ।, उनको बयान अनुसार भदौ ५ गते बिहानैदेखि किशोरी र लामिछानेबीच कुराकानी भएको थियो। , उनले दिएको बयान अनुसार लामिछानेले भेट्ने प्रस्ताव गरेका थिए। किशोरीले भने काम छ भन्दै भेट्न इन्कार गरेकी थिइन्। त्यसपछि लामिछानेले आफू भदौ ६ गतेदेखि केन्यामा हुँदै गरेको क्रिकेट म्याच खेल्न जान लागेकोले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ कतै घुम्न जाउँला भनेका थिए। , आफूले यसबारे सोचौंला भन्दाभन्दै सन्दीपले कर गरेको बयान किशोरीले दिएकी छन्। , 'निजले मलाई भेट्नका लागि प्रस्ताव गरको र सोलगत्तै मैले आफूले भ्याउँदिनँ भनेपछि निज सन्दीपले निकै जोडबल गरी आफू अर्को दिन (२०७९ साल भदौ ६ गते) को बेलुका ०८:०० बजे केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आइल्यान्डतर्फ जाने र सोको दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौं भनी निकै जोडबल गरिरहेका थिए। सोही कुराकानीका क्रममा निजले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौं के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा पनि आई विल क्याच यु लेटर भनेर सो बखतका लागि कुराकानी टुङ्गाएका थिए,' बयानमा भनिएको छ। , साँझ लामिछाने आफ्नो होस्टल नजिकैको बाटोमा आएको र गाडीमा बस्न भनेको, गाडीमा बसेपछि कहाँ जाने भन्दा हेरौं भन्दै जवाफ दिएको बयानमा उल्ल्लेख छ। , कोटेश्वर पुग्दा आफूले फेरि कहाँ जाने भनी सोधेको र मन्जुरीबिनै नगरकोट पुर्याएको किशोरीले प्रहरीलाई बताएकी छन्। , 'निजले मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडिको सिटमा बसेपश्चात् निज प्रतिवादीले नाइस टु मिट यु भनेर साइडबाट अंगालोमा राखे। केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे,' किशोरीले भनेकी छन्, 'त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मञ्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब २०:२० बजे मा पुर्याए।', नगरकोटको बोजिनी रिसोर्ट खाजा खाँदै गर्दा लामिछानेले ड्रिङ्क्स गर्ने भन्दै सोधेका थिए। युवतीले खान्न भनेपछि खाजा मगाएका थिए। नगरकोटमै राती बस्ने लामिछानेको प्रस्तावलाई किशोरीले इन्कार गरेको बताएकी छन्। , त्यसपछि उनीहरू त्यहाँबाट फर्किएका थिए। नगरकोटबाट फर्किंदा लामिछानेले राती साढे ११ फर्किंदा होस्टल जान नमिल्ने भएपछि दुइटा कोठा बुक गर्न आफूले प्रस्ताव गरेको किशोरीको बयानमा उल्लेख छ। बुक गरेको कोठामा पुगेर आफू पहिले नै सुतेको युवतीले बताएकी छन्। त्यतिन्जेल लामिछाने सोफामै मोबाइल चलाएर बसेको र आफू निदाएकै बेला आएर बलात्कार गरेको उनले बताएकी छन्। , आफू रूँदा पनि लामिछानेले बलजफ्ती गरेको बयानमा उल्ल्लेख छ। , '...त्यसको करिब एक घण्टापछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागि रूँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ०७:०० बजे हायात प्लेसमा पि.सि.आर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाऊँ भन्दा मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन,' बयानमा भनिएको छ, 'यसरी मलाई प्रतिवादीले फकाई फुल्याई तिलगंगास्थित होटल काठमाडौं इनमा लगी जोरजुलुम गरी डर त्रासमा पारी मेरो इच्छाविपरीत २ पटक जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादी उपर कानूनबमोजिम कारबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ।', ,
यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान |
सेतोपाटी संवाददाता काठमाडौं महानगरले ठेला खोसिदिएको शर्मिला तामाङलाई कतारमा रहेका युवाहरूले आर्थिक सहयोग गरेका छन्।, काठमाडौं महानगरले सडक व्यवस्थापन गर्ने भन्दै फुटपाथ व्यवसायीलाई हटाउने क्रममा गत असोज २७ गते थापाथलीबाट शर्मिलाको ठेला जफत गरिदिएको थियो। , नगर प्रहरीले उनको ठेला जफत गर्दैगर्दा शर्मिला ठेला समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएको थियो। लमजुङको फेदीखोला घर भएकी शर्मिला काठमाडौंको थापाथलीमा ठेलामार्फत् समान बेचेर जीविका चलाउँदै आएकी थिइन्। , ठेलासहित सामग्री जफत भएपछि उनी बिचल्लीमा परेको भन्दै लमजुङ सेवा समाज कतारले युवाहरूसँग उठाएर ४० हजार नगद सहयोग गरेका हुन्।, थापाथलीस्थित शर्मिला बस्दै आएको टहरामा पुगेर समाजका अध्यक्ष सीताराम थापा र अनुशासन समितिका संयोजक उमानाथ कडरियाले संयुक्त रूपमा नगद हस्तान्तरण गरेका हुन्। , चाडपर्व मनाउन नेपाल आएका बेला शर्मिलालाई सहयोग हस्तान्तरण गरेर उनीहरू कतार फर्किसकेका छन्।, ‘ठेला खोसिएपछि शर्मिला बिचल्लीमा परेको खबरले निकै दुखी बनायो,’ समाजका उपाध्यक्ष विनोद बसौलाले भने, ‘हामीले संस्थागत रूपमै सहयोग उठाएर पठाएका हौं।’ , ठेला खोसिएपछि शर्मिलाको परिवार बिचल्लीमा छन्। उनका २ जना नाबालक बच्चा छन्। महानगरले ठेला खोसेर परिवारको बिचल्ली भएको थाहा पाएपछि आफूहरूले सहयोग गरेको समाजले जनाएको छ। यसअघि शर्मिलालाई धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका थिए।,
काठमाडौं महानगरले ठेला खोसिदिएको शर्मिलालाई कतारबाट युवाहरूको सहयोग |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सडक किनारमा रहेका भवनका भित्तामा पेन्ट गरि राखिएका प्रचार सामाग्री हटाउन थालेको छ।, जथाभाबी राखिएका साइनबोर्ड, होर्डिङ बोर्ड, भित्तामा पेन्ट गरेर राखिएका प्रचार सामाग्री र पर्चा-पम्प्लेटले महानगरको सौन्दर्य बिगारेको भन्दै सोमबारबाट हटाउन सुरू गरेको हो।, ललितपुर महानगरपालिकाले नगर सफाइ अभियानअन्तर्गत केही समययता धमाधम साइनबोर्ड र होर्डिङबोर्ड हटाउन थालेको छ। जावलाखेल, एकान्तकुना, पुल्चोक र चक्रपथ किनारका घरमा राखिएका प्रचार सामाग्री मेटाउन थालिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।, ‘महानगरको योजना अनुसार आजबाट हामीले सडक किनारको घरका भित्ता पोतेर राखिएका प्रचार सामाग्री हटाएका हौ’, उनले भने,‘हामीले पूर्व जानकारी दिएर हटाएका हौ। केहीले जानकारी दिनासाथ आफैं मेटाउनुभयो भने केहीको महानगरले मेटेको हो।’ , यसअघि ललितपुर महानगरपालिकाले चुरोट तथा सूर्तिजन्य र मदिराका प्रचार राखिएको होर्डिङबोर्ड हटाएको थियो। , ‘घरका छत, सार्वजनिक स्थलमा राखिएका होर्डिङ बोर्डका साथै बिजुलीका खम्बा र भित्तामा टाँसिएका पर्चा हटाइरहेका छौं,’ उनले भने, ‘कुनै संस्थाले निजी घरको छतमा भाडा तिरेर र सार्वजनिक स्थानमा ब्यानर राखेर विज्ञापन गर्नु व्यावसायिक काम हो। यो कानुनविपरीत हो।’ , महानगरले तोकेका स्थानमा भने शुल्क तिरेर विज्ञापन बोर्ड राख्न पाइने उनले जानकारी दिए।, एउटा व्यवसायमा एउटा परिचय बोर्ड राख्न पाउने व्यवसायीको अधिकार सुनिश्चित छ। आफ्नो मात्र ब्रान्डको नाम मेटालिक, फ्लेक्स, पेन्ट वा डिजिटल जसरी पनि राख्न पाइने तर सडकसम्म आइपुग्ने गरी राख्न नपाइने उनले बताए।, ‘अस्वस्थ प्रतिस्पर्धा गरी सडकसम्म आइपुग्ने बोर्ड प्रतिबन्धित छ। होर्डिङ बोर्डपछि हामी त्यो पाटो अनुगमन गरिरहेका छौ,’ उनले भने।, भित्तेलेखन, पर्चा-पम्प्लेट, ब्यानर, स्टल डिस्प्ले, सार्वजनिक होर्डिङ बोर्ड, माइकिङ आदि महानगरका सार्वजनिक स्थानमा निषेध छन्।, यस्तै महानगरले पैदल यात्रुलाई असर गर्ने गरि सडक किनारमा राखिएका भर्याङ पनि हटाएको छ।,
ललितपुर महानगरले भित्ते प्रचार सामाग्री हटायो |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।, अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ। , ‘आज मुद्दा दर्ता भएर फिर्ता पठाइन्छ। भोलि गोलाप्रथा भएपछि बेन्च तोकिन्छ,’ उनले भने, ‘त्यसपछि थप प्रक्रिया अघि बढ्छ। बयान, बहस त्यसपछि सुरू हुन्छ।’, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।, प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।, यस्तै, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ। , ‘पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं। यथोचित क्षतिपूर्ति दिन पनि माग गरेका छौं,’ स्रोतले भन्यो, ‘मालपोत, राष्ट्र बैंक, क्यानलगायत विभिन्न निकायमा पत्राचार गरेर हामीले सम्पत्ति विवरण पनि खुलाएका छौं।’, प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।, लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, ‘मुद्दामा चाहिने खालका प्रमाणहरू सबै संकलन गरेका छौं। थुप्रैसँग बयान पनि लिएका छौं,’ उनले भने।, यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ। प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस समेत जारी गरेको थियो। , लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।, भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो।, प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ।, उक्त फुटेजमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, यस्तै प्रहरीले नगरकोटको होटलबाट पनि सिसिटिभी फुटेज रिकभर गरेको छ।,
१२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता |
नारायण खड्का बाँकेकी १८ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानका एक युवकलाई पक्राउ गरेको छ।, बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ३ का २० वर्षीय रेवन्त बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।, बुढाले बाँकेकी किशोरीलाई बिहेको प्रलोभनमा सल्यान पुर्याएर जंगलमा बलात्कारपछि हत्याको प्रयास गरेको खुलेको छ।, प्रहरीका अनुसार ३ महिनाअघि उनीहरूबीच सामाजिक सञ्जालबाट चिनजान र भेटघाट भएको थियो। त्यसपछि उनीहरूबीच फोनमा कुराकानी हुन थालेको थियो।, गत शनिबार बाँके पुगेका बुढाले किशोरीलाई आफ्नो गाउँ हेर्न जाऔं भन्दै किशोरीलाई सल्यानतर्फ लगेका थिए। उनले शनिबार मध्यरातमा जंगलमा लगेर किशोरीलाई बलात्कार गरेपछि हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ।, बुढाले किशोरीलाई कुटपिट पनि गरेका थिए। किशोरीको अनुहारलगायत शरिरका विभिन्न भागमा चोट लागेको छ।, ‘किशोरीमाथि कुटपिट पनि भएको रहेछ। निर्घात कुटेपछि किशोरी बेहोस भएको र मरेको भन्ने ठानेर झाडीमा फालेर बुढा फरार भएका रहेछन्,’ ती प्रहरी अधिकृतले भने।, जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष खनालले गत कात्तिक १२ गते राति करिब ११ बजेतिर बुढाले ती किशोरीलाई बन्गाड कुपिन्डे नगरपालिका-१ माल्पे जंगलमा लगेर बलात्कार र कुटपिट गरेको अनुसन्धानबाट खुलेको बताए।, ‘बलात्कार र कुटपिटपछि किशोरी मरेको भन्ने ठानेर उसले झाडीमा फालेर भागेको रहेछ। आइतबार बिहान किशोरीको होस खुलेपछि केही तल एक महिलाको घरमा पुगेर गुहार मागिन्,’ उनले भने।, ती महिलाले किशोरीको परिवारलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। तत्कालै प्रहरी पुगेर उनको उद्धार गरेको थियो।, किशोरीलाई प्रारम्भिक उपचारपछि थप उपचार गर्न अस्पताल पठाइएको छ। बुढाविरूद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा किशोरीका परिवारका सदस्यले जाहेरी दिएका थिए। बुढाविरूद्ध बलात्कार र ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।, घटना बुढाले योजनावद्ध रूपमा घटाएको देखिएको प्रहरीको भनाइ छ। आरोपित बुढालाई बन्गाड कुपिन्डे १ सल्लीबजारबाट प्रहरीले आइतबार पक्राउ गरेको थियो। उनी बसको टिकट काटेर काठमाडौं जान लागेका थिए। उनलाई प्रहरीले सोमबार जिल्ला अदालत सल्यान उपस्थित गराएको छ। उनलाई ५ दिन थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
मध्यरात जंगलमा बलात्कार र कुटपिट, होस आएपछि किशोरीले मागिन् गाउँलेसँग गुहार |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिग (किशोरी) माथि बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेले इन्कारी बयान गरेका छन्।, आरोपित लामिछानेले प्रहरी र सरकारी वकिलसमक्ष इन्कारी बयान गरेको सोमबार काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।, किशोरीकै आग्रहमा भेट भएको, उनकै योजनामा नगरकोट पुगेको, उनकै करले राती होटलमा बसेको लामिछानेको बयानमा उल्लेख छ। तर उनले किशोरीसँग कुराकानीमात्र भएको उल्लेख गरेका छन्। , उनको बयान अनुसार अर्का क्रिकेटर देव खनालमार्फत् किशोरीसँग चिनजान भएको थियो।, किशोरीले नै आफूलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको, भदौ ५ गते पीडितकै करले आफूले भेटेको र कुराकानी गरेको उनको भनाइ छ। , ‘पीडित भनिएकी युवतीले मलाई समय समयमा स्न्याप च्याटमार्फत् केही भिडिओ र फोटो पठाउने गरेको र मैले त्यसको बदला सामान्य उत्तर दिने गरेको थिएँ,’ उनले भनेका छन्, ‘कुराकानी हुँदै गर्दा मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईंको फ्यान हुँ। तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन्।’, कुराकानी गर्दा आफ्नो अवस्था दयनीय भएकाले मद्दत चाहिएको र ती कुराहरू भेटेरमात्रै भन्ने बताएपछि आफू भेट्न तयार भएको लामिछानेको भनाइ छ। , युवतीले बारम्बार बोलाएपछि भदौ ५ गते बेलुकी ७ बजेतिर आफूहरूबीच भेट भएको उनले बताएका छन्। बयान अनुसार पीडितलाई लिन आफ्नो गाडी लिएर पुगेका थिए। नगरकोट जाने योजना पनि ती पीडितकै भएको लामिछानेको जिकिर छ।, ‘बरू दरबारमार्गतिर जाऊँ अनि कफी खाऊँ भन्दा हैन मैले आज बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु जाम भनेकोमा मैले भोलि गेम खेल्न केन्या जानुपर्नेछ र त्यसको तयारी गर्नुपर्छ भन्दा पनि, होइन मैले होस्टेलबाट साथीहरूलाई पनि नगरकोट जाँदैछु भनेर आएकी छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनेर कर गरेको गर्यै गरिन्,’ उनले भनेका छन्, ‘त्यसपछि खाजा खाएर फिर्ता आउने सर्तमा चित्त नदुखोस् भनेर सहमत भएर नगरकोट गएका थियौं। उनको नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन।’, नगरकोटमा जानेक्रममा पीडित किशोरीले आफ्नो उमेर पनि १९ वर्षकी भएको बताएको उनको दाबी छ।, नगरकोटको एक रिसोर्टमा पुगेर बाहिरै बसेर आफूहरूबीच सामान्य कुराकानी भएको समेत उनले बताएका छन्। त्यसक्रममा आफूले गीत गाएर रमाइलो गरेको उनले बताएका छन्।, खाजा खाएपछि भने आफूले फर्किने कुरा निकाल्दा समेत किशोरीले त्यही बस्न कर गरेको पनि लामिछानेले बयानमा बताएका छन्।, ‘यतै बसौंला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझ न भन्दा उनले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिएँ,’ उनले भनेका छन्, ‘ त्यसपछि उनी गाडीमा गएर बसिन् भने म बिल तिर्न काउण्टरमा गएँ। बिल तिरिसकेपछि हामी दुबै जना करिब ११:०५ बजे रिसोर्टबाट हिँडेका थियौं।’, त्यसपछि भने अरू खेलाडीहरू समेत बसिरहेकै होटलमा कोठा बुक गरिदिन खोजे पनि किशोरीले नमानेको सन्दीपले बताएका छन्।, लामिछानेले पीडित किशोरीको लागि मात्रै एउटा कोठा बुक गरी कुरा सुनेर फर्किने भनेर बुक गरेको उनको दाबी छ।, उक्त होटलको ३०५ नम्बर कोठामा उनीहरू बसेका थिए।, ‘कोठामा पुगेपछि म कुराकानी गर्नका कुर्चीमा बसेँ भने म पछि उनले कोठाको ढोका लगाएर भित्रबाट लक गरेकी थिइन्। मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भनेर जवाफ फर्काइन्। मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्चीमा बसिरहें भने उनी बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरूम गई पुनः कुर्चीमा आई बसेँ,’ उनले भनेका छन्।, उनले आफ्नो गर्लफ्रेन्ड समेत भएको र एक/दुई वर्षमै विवाह गर्ने योजना सुनाएको बताएका छन्।, लामिछानेले बयानमा आफूले बलात्कार गरेको भनेका छैनन्। बरू उनले कुराकानी गर्दागर्दै पौने ३ देखि ४ बजेको बताएका छन्।, होस्टेलमै कुराकानी गर्दा पनि १९ वर्षकी भएको र जन्मदर्ताको पनि कुरा खुलाएको उनले बताएका छन्।, यो कुरा सुनेपछि शंका लागेर आफूले होटल जाने सोच बनाएको उनले बताएका छन्।, तर युवतीकै आग्रहमा कुराकानी गरी बसौंला भनेपछि भने नफर्किएको सन्दीपको भनाइ छ। उनले अर्को कोठा पनि लिन खोजेको तर युवतीले नै लिन नदिएको सन्दीपले बताएका छन्। सन्दीपले बयानमा आफू कुर्चीमै सुतेको समेत दाबी गरेका छन्। , ‘म धेरैबेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यही ठिक छु भनेर अस्वीकार गरी कुर्चीमा बसेँ, उनी बेडमै थिइन्,’ उनले भने, ‘मैले मेरो मोबाइलमा बिहानको ०६:०० बजेको अलार्म लगाएर कुराकानी गर्दागर्दै म कुर्चीमा निदाएँ। बिहान अलार्म बजेपछि निद्राबाट बिउँझिएर हेर्दा उनी सुतेकी थिइन्, मैले उनलाई उठाएँ।’, उनीहरू होटलबाट पौने ७ बजे निस्किएको होटलको सिसिटिभी फुटेजमा पनि देखिएको छ। त्यसपछि उनले किशोरीलाई होस्टेल नजिकै छाडेर आफू केन्या गएको पनि उनले बताएका छन्।, केन्या गैसकेपछि स्न्याप च्याटमा एकपटक कुराकानी भएको त्यसपछि भने खेलमा ध्यान केन्द्रित गर्नुपर्छ भनेको उल्लेख गरेका छन्।, आफूविरूद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको पनि सामाजिक सञ्जालमार्फत् नै थाहा पाएको उनले बताएका छन्।, उनले इन्कारी बयान गरे पनि पीडित किशोरीले भने दुईपटक बलात्कार गरेको बयान दिएकी छन्।, क्रिकेटर सन्दीप लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको भन्दै नाबालिग (किशोरी)ले प्रहरीलाई बयान दिएकी हुन्।, सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा क्रिकेटर लामिछानेले किशोरीलाई आफैं भेट्ने प्रस्ताव गरेको, भेट्न कर गरेको र पछि बलात्कार गरेको उल्लेख छ।, यो पनि:, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान,
नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ? |
राजु अधिकारी दमक र उर्लाबारीलाई छुट्याउँदै बग्ने मावा खोलाले झापा र मोरङको सीमालाई छुट्याउँछ। तर, भौगोलिक अवस्थिति यस्तो छ कि मावावारी (झापातिरबाट पारि) पनि झापाको भू-भाग छ। दमक नगरपालिका १० को केही भाग वारिपट्टि छ। त्यहीँका बासिन्दा हुन्, धनबहादुर श्रेष्ठ। ,
,
दुई जिल्ला छुट्याउने मावा खोलाको किनार आइतबार साँझदेखि धपक्कै बलेको थियो। छठ पर्वको उल्लासमा रमाइरहेका श्रद्धालुहरूले लगाएका झिलिमिली बत्तीले खोला किनार उज्यालो थियो। छठको त्यही उज्यालोमा रमाउन साथीहरूसँग गएका थिए धनबहादुरका एक्ला छोरा दियुष श्रेष्ठ। , तर, धनबहादुर र उनकी पत्नी शुभद्राका लागि खोला किनारको उज्यालोकै बीचबाट अन्धकारतुल्य खबर आयो। छठ पूजा आसपास उनीहरूका १४ वर्षका छोरा दियुषलाई छुरा हानिएको खबर अपत्यारिलो थियो। अधिक रक्तस्राव र गहिरो चोटका कारण उपचारकै क्रममा सोमबार बिहान उनको निधन भयो। यतिबेला दमक १० को श्रेष्ठ निवासमा बा–आमा मुर्छित अवस्थामा छन्। उनका दुई जना दिदीहरू उस्तै हालतमा छन्। , ‘यहाँ कसैका आँखा ओभाना छैनन्’, दमक १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले भने, ‘त्यति कलिलो बच्चालाई छुरा हानेर मारिएको अपत्यारिलो घटनाले हामी सबै स्तब्ध छौं।’ , यो घटनामा स्तब्ध पार्ने अर्को पाटो पनि छ, मोरङ प्रहरीले सोमबार घटनामा संलग्नहरूलाई पक्राउ गरेको छ।, पक्राउ गरेका पाँचै जना १७ वर्ष र त्यसभन्दा मुनिका किशोर छन्। प्रहरीले दियुषमाथि छुरा प्रहार हुनुको कारणबारे ‘पुरानो रिसइबी’ रहेको बताएको छ। , उनीहरू मृतक दियुषका साथी हुन् कि होइनन् खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। , १४ वर्षे बालकको पुरानो रिसइबी? ‘हो, त्यस्तै देखिन्छ’, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने ‘प्रारम्भिक अनुसन्धानबाट त्यही देखियो। विस्तृत के रहेछ, खुल्दै जानेछ।’ , पक्राउ परेकाहरू को हुन् भन्नेबारे परिवार पनि बेखबर जस्तै छ। , ‘प्रहरीले हामीलाई पक्राउ परेका मान्छेबारे केही भनेकै छैन’, मृतक दियुषका ठूलोबुवा रामकुमार श्रेष्ठले भने, ‘त्यसैले ती साथी हुन् कि को हुन् केही थाहा भएको छैन।’ , रामकुमारका अनुसार मृतक दियुष मोरङको लक्ष्मीमार्गमा दिदीसँग बसेर कक्षा ८ मा पढिरहेका थिए। दुई दिदीका एक्ला भाइ उनलाई ठूली दिदी टीकाले आफूसँगै राखेर पढाइरहेकी थिइन्। घरमा बुबाआमासँग कान्छी दिदी दिया थिइन्। , भाइटीका मनाउन टीका भाइलाई लिएर माइतीघर पुगेकी थिइन्। भाइटीका सकेर टीका घर फर्कने बेलामा भाइलाई पनि ‘हिँड घर जाऊँ’ भनेको ठूलो बुवा रामकुमार सम्झन्छन्।, ‘दिदीले जाऊँ भन्दा म छठ सकेरमात्रै आउँछु भनेको रहेछ’, रामकुमारले भने, ‘दिदीसँगै गइदिएको भए यस्तो हुन्थेन कि!’ , आइतबार साँझ खाना खाइसकेपछि दियुष साथीहरूसँग छठपूजा घुम्न जाने भनेर साढे सात बजे निस्केका थिए। राति साढे १० तिर उनीमाथि छुरा प्रहार भएको खबर आएपछि श्रेष्ठ परिवारलाई झट्का लाग्यो। घाइते दियुषलाई तत्कालै उर्लाबारीको गोदावरी अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगियो। त्यहाँ उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको थियो।,
दियुषका ठूलो बुवा भन्छन्- दिदीसँगै गइदिएको भए यस्तो हुन्थेन कि! |
नारायण अधिकारी/रासस आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्।, सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ।, प्रसूति गृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ। प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ।, अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन्।, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन्। सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन्।, उनको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ। ‘२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो,’ उनले भने।, विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन्। निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए।, निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ। ‘यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन,' उनले भने।, निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा रु एक हजार समेत दिइन्छ। अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन्। यसका अतिरिक्त क्याबिन रहेका छन्। प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ (पर्खाइ), नौ शय्याको एक्टिभ (सक्रिय) र तीन शय्याको लेवर रुम रहेका छन्।, यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन्। अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ। अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ। शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो। २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनले बताए।, भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले बताए।, सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे। उनले भने, ‘हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ।’ अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो।, अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ।, बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआइसियु) मा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले बताए।, मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष (एस एन सि यु) (लेवल टु) समेत सुरु गरिँदै छ।, सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ।, यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पुर्याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कङ्गारु मदर केयर) पाँच शय्याको सञ्चालनमा छ।, बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दाे व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए।सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ।,
प्रसूति सेवा हुनु त यस्तो! |
सेतोपाटी संवाददाता सरकारी वकिल कार्यालय काठमाडौंले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाणको रूपमा पेस गरेको छ।, कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मंगलबार इजलास तोकेसँगै थुनछेक बहस हुने अदालतले जनाएको छ।, कार्यालयले विभिन्न खालका प्रमाण र बयानसहित अभियोग पेस गरेको छ। अभियोगमा प्रहरीले ६ वटा मुख्य प्रमाण जुटाएको छ।, जसमध्ये सिसिटिभी फुटेजलाई प्रमुख प्रमाण मानेको छ। प्रहरीले काठमाडौंमा भदौ ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ। कार्यालयले त्यसको पेनड्राइभ अदालतमा पेस गरेको छ।, दोस्रो प्रमाणको रूपमा अदालतले घटनास्थल मानिएको उक्त होटलबाट संकलन गरेको सन्दीप लामिछानेको गेष्ट रेजिस्ट्रर कार्ड पनि बुझाएको छ।, प्रहरीले जाहेरीमा पेस भएको एउटा तस्बिरलाई पनि प्रमाणको रूपमा पेस गरेको छ।, स्न्याप च्याटमा सन्दीपले ती युवतीलाई पठाएको फोटो पनि अभियोग पत्रमा समावेश गरिएको छ। जसमा लेखिएको छ, ‘मायाको पहिलो सौगात सुरू।’, काठमाडौंको होटलमा बलात्कार हुनुअघि उनीहरू नगरकोटको एक रिसोर्टमा पुगेका थिए। उक्त रिसोर्टमा खाजा खाएर तिरेको सन्दीपको नामको बिलको भरपाइ पनि प्रमाणको रूपमा पेस गरिएको छ।, पीडित युवती र सन्दीप लामिछाने दुबै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरेको छ।, सन्दीप लामिछानेले सरकारी वकिल कार्यालयलाई इन्कारी बयान दिएका छन्। लामिछानेले उक्त होटलको ३०५ कोठा नम्बरमा सँगै बसेको स्वीकारे पनि बलात्कारबारे बोलेका छैनन्।, बरू उनले आफू रातभरि कुरा गरिरहेको र कुर्सीमै निदाएको बताएका छन्।, अभियोगपत्रमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई रातको समयमा मन्जुरी बिना नै होटल फेरी फेरी आफू अनुकूल परिस्थिति बनाएको उल्लेख छ।, ‘स्न्याप च्याटमार्फत् चिनजान भएको नाबालिकालाई रातको समयमा पीडितको मन्जुरी इच्छा बेगर होटल फेरी- फेरी आफू अनुकूल परिस्थिति बनाई रातभर एउटै कोठामा एउटै बेडमा लगेर राख्नु र पीडितले प्रतिवादीले मलाई जबरजस्ती करणी गर्यो भन्नु त्यसैगरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका प्रमाणबाट प्रतिवादीले जबरजस्ती करणी गरेको पुष्टि हुन आउँछ,’ अभियोग पत्रमा भनिएको छ।, यस्तै, यस घटनाबारे सरकारी वकिलको कार्यालयले १२ जनाको बयान पनि पेस गरेको छ।, क्रिकेटर सहकर्मी देव खनाल, साहाव आलम, होटलका मालिक, कर्मचारी लगायत गरी १२ जनाको बयान पनि पेस गरेको हो।, सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेलाई १७ वर्षीया नाबालिगमाथि बलात्कार १२ वर्षसम्म कैद सजायको माग गरेको छ।, लामिछानेविरूद्ध भदौ २१ गते प्रहरी वृद्ध गौशालामा जाहेरी परेको थियो। त्यतिबेला उनी केन्यामा थिए। टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, एक महिनापछि नेपाल फर्किएका उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी लामो समयसम्म नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, यी पनि:, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान,
यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण |
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या भएको छ।, सोमबार राति सवा ७ बजेतिर ललितपुर महानगरपालिका- २७ सुनाकोठीस्थित एक घरको डेरामा बस्दै आएका रामचन्द्र राईको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। , प्रहरीका अनुसार अन्दाजी ३५-४० वर्षीय रामचन्द्रको हत्या आरोपमा सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राई पक्राउ परेका छन्।, धारिलो हतियार प्रयोग गरी रामचन्द्रको हत्या भएको एसपी शाहीले बताए। , 'उनीहरू दुवै चिनजानकै मानिसहरू हुन्। सँगै बसेर मादक पदार्थ सेवन गरे। विवाद भएर झगडा हुँदा धारिलो हतियार प्रयोग भएको देखिन्छ,' उनले भने।, हतियारले रामचन्द्रको शरीरको माथिल्लो भागमा चोट लागेको देखिएको उनले बताए। उनीहरूबीच के-कस्तो विवाद भएको थियो भन्ने खुलिसकेको छैन। , प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव उठाइसकेको छ। शवको पोस्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, ललितपुर वडा नम्बर २७ का वडाध्यक्ष कृष्णहरि महर्जनका अनुसार रामचन्द्र र राजेन्द्र बस्तीभन्दा टाढा फाँटमा रहेको एउटा टहरामा बस्थे।, 'उनीहरू तीन वटा कोठा भएको टहरामा बस्थे। एउटा कोठामा मृतक र अर्को कोठामा मार्ने व्यक्ति बस्ने रहेछन्,' वडाध्यक्ष महर्जनले सेतोपाटीसँग भने, 'उनीहरू दुवै ज्याला मजदुरी गर्ने हुन्। आज (सोमबार) सँगै बसेर धेरै नै मादक पदार्थ सेवन गरेको देखियो।', घटनापछि राजेन्द्र आफैं हतियार बोकेर नजिकैको प्रहरी बिटसम्म हिँडेर पुगेका थिए। उनले प्रहरीलाई आफूले हत्या गरेर आएको बताएपछि सुरूमा त प्रहरीले पनि नपत्याएको वडाध्यक्ष महर्जनले बताए। तर उनीसँग हतियार पनि देखेपछि उक्त हतियार खोसेर घटनास्थलसम्म प्रहरी पुगेको थियो। , 'म घटनास्थलमा पुगेको थिएँ,' वडाध्यक्ष महर्जनले भने, 'पक्राउ परेका व्यक्तिले धेरै नै रक्सी खाएको देखियो। किन हत्या गरेको भन्दा अपशब्द बोलेको कारणले भनेका थिए। मृतकको शरीरमा धेरै विभत्स तरिकाले प्रहार गरेको देखिन्छ।',
ललितपुरमा एक पुरुषको हत्या |
भगवती पाण्डे पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।, सुस्ता गाउँपालिका-४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्।, सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका सात जना युवाहरू डुंगा चढेर फर्किँदै थिए। सोही क्रममा बिगेट घोला (कुलोभन्दा ठूलो र खोलाभन्दा सानो पानी जमेको ठाउँ) मा डुंगा पल्टिएर दुर्घटनामा परेको सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। , पिकनिक खान गएका सात जनामध्ये दुई जना पैदलै फर्किएको र पाँच जना डुंगा चढेर फर्किने क्रममा दुर्घटनामा परेको उनले बताए।, घोलामा डुंगा अनियन्त्रित भई पल्टिदा पाँचै जना डुबेकामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। पाण्डेका अनुसार उनीहरूको अवस्था गम्भीर छ।, घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको पाण्डेले जानकारी दिए। घाइते र मृतक युवाहरू १८ देखि २० वर्ष उमेरका छन् भने उनीहरूको नामथर खुल्न सकेको छैन।,
,
पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटना, ३ जनाको मृत्यु |
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ।, रून्टीगढी गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय लेखनाथ रानाको भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो।, उनी घरबाट नजिकै रहेको भिरबाट लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी बिनोद घिमिरेले जानकारी दिए।, राना करिब १५० मिटर तल खसेका थिए। रानाले सोमबार बिहानैदेखि मदिरा सेवन गरेको खुलेको छ। उनी घर फर्किंदै गर्दा भिरबाट लडेका थिए।, रानाको शव पोस्टमर्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
भिरबाट लडेर रोल्पामा युवाको मृत्यु |
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आजदेखि थुनछेक बहस सुरू हुने भएको छ। , जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। , कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मंगलबार इजलास तोकेसँगै थुनछेक बहस हुने अदालतले जनाएको छ।, सरकारी वकिल कार्यालय काठमाडौंले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाणको रूपमा पेस गरेको छ।, जसमध्ये सिसिटिभी फुटेजलाई प्रमुख प्रमाण मानेको छ। प्रहरीले काठमाडौंमा भदौ ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ। कार्यालयले त्यसको पेनड्राइभ अदालतमा पेस गरेको छ।, दोस्रो प्रमाणको रूपमा अदालतले घटनास्थल मानिएको उक्त होटलबाट संकलन गरेको सन्दीप लामिछानेको गेष्ट रेजिस्ट्रर कार्ड पनि बुझाएको छ।, प्रहरीले जाहेरीमा पेस भएको एउटा तस्बिरलाई पनि प्रमाणको रूपमा पेस गरेको छ।, स्न्याप च्याटमा सन्दीपले ती युवतीलाई पठाएको फोटो पनि अभियोग पत्रमा समावेश गरिएको छ। जसमा लेखिएको छ, ‘मायाको पहिलो सौगात सुरू।’, काठमाडौंको होटलमा बलात्कार हुनुअघि उनीहरू नगरकोटको एक रिसोर्टमा पुगेका थिए। उक्त रिसोर्टमा खाजा खाएर तिरेको सन्दीपको नामको बिलको भरपाइ पनि प्रमाणको रूपमा पेस गरिएको छ।, पीडित युवती र सन्दीप लामिछाने दुबै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरेको छ।, सन्दीप लामिछानेले सरकारी वकिल कार्यालयलाई इन्कारी बयान दिएका छन्। लामिछानेले उक्त होटलको ३०५ कोठा नम्बरमा सँगै बसेको स्वीकारे पनि बलात्कारबारे बोलेका छैनन्।, बरू उनले आफू रातभरि कुरा गरिरहेको र कुर्सीमै निदाएको बताएका छन्।, अभियोगपत्रमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई रातको समयमा मन्जुरी बिना नै होटल फेरी फेरी आफू अनुकूल परिस्थिति बनाएको उल्लेख छ।, ‘स्न्याप च्याटमार्फत् चिनजान भएको नाबालिकालाई रातको समयमा पीडितको मन्जुरी इच्छा बेगर होटल फेरी- फेरी आफू अनुकूल परिस्थिति बनाई रातभर एउटै कोठामा एउटै बेडमा लगेर राख्नु र पीडितले प्रतिवादीले मलाई जबरजस्ती करणी गर्यो भन्नु त्यसैगरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका प्रमाणबाट प्रतिवादीले जबरजस्ती करणी गरेको पुष्टि हुन आउँछ,’ अभियोग पत्रमा भनिएको छ।, यस्तै, यस घटनाबारे सरकारी वकिलको कार्यालयले १२ जनाको बयान पनि पेस गरेको छ।, क्रिकेटर सहकर्मी देव खनाल, साहाव आलम, होटलका मालिक, कर्मचारी लगायत गरी १२ जनाको बयान पनि पेस गरेको हो।,
सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेलाई १७ वर्षीया नाबालिगमाथि बलात्कार १२ वर्षसम्म कैद सजायको माग गरेको छ।, लामिछानेविरूद्ध भदौ २१ गते प्रहरी वृद्ध गौशालामा जाहेरी परेको थियो। त्यतिबेला उनी केन्यामा थिए। टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, एक महिनापछि नेपाल फर्किएका उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी लामो समयसम्म नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, यी पनि:, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान,
सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस |
एजेन्सी स्विट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड कायम गरेको छ। गत शनिबार स्विस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्विट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो।, समाचार संस्था एपीका अनुसार १.९ किलोमिटर लामो उक्त रेलमा यात्रुहरू बस्न मिल्ने १०० वटा कोच थिए। जसमा ४ हजार ५ सय ५० जनाले बसेर यात्रा गर्न सक्थे। , गत शनिबार उक्त रेलले स्विट्जरल्यान्डको हिमाली क्षेत्रमा एक घन्टा लगाएर २५ किलोमिटर लामो यात्रा पार गरेको छ। रेलले ४८ वटा पुल र २२ वटा सुरूङमार्ग पार गरेको थियो। सबैभन्दा लामो सुरूङमार्ग ६९८ मिटर लामो थियो। रेलमा सात जना ड्राइभर र २१ जना प्राविधिकहरू थिए।, उक्त रेल बनाएको कम्पनी राइतियान रेलवेका सिइओ डाक्टर रेनाटो फासिआतीले स्विट्जरल्यान्डका हिमाली क्षेत्रमा रेलमा यात्रा गर्दाको सुन्दरता देखाउन पनि यो रेल बनाइएको बताएका छन्।, गिनिज बुकमा रेकर्ड दर्ता भएपछि अब उक्त रेलका डिब्बाहरू निकालेर नियमित रेलमा प्रयोग गरिने छन्।, सन् १९९१ मा बेल्जियममा १७३२.९ मिटर लामो र ७० कोच भएको रेल कुदाएर संसारको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड राखेको थियो। उक्त रेल ६२.५ किलोमिटर गुडेको थियो।, सबै प्रकारका रेलहरूमा सबैभन्दा लामो रेलको रेकर्डचाहिँ अष्ट्रेलियाको नाममा छ। सन् २००१ मा अष्ट्रेलियामा ७.२४ किलोमिटर लामो मालवाहक रेल गुडेको थियो।,
यस्तो छ रेकर्ड राख्न बनाइएको संसारकै लामो यात्रुवाहक रेल (तस्बिरहरू) |
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो।, उक्त इजलासले सन्दीपको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। आजै थुनछेक बहस पनि हुने उनले बताए।, सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।, प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।, उनले १७ वर्षीय नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ। , अभियोगपत्रमा उल्लेखित विवरणअनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा जम्मा ६५ हजार २९८ रुपैयाँ मात्रै रहेको देखियो। त्यसबाहेक चितवन कल्याणपुर-७ मा रहेको जग्गा पनि खुलाएको छ। उक्त सम्पत्ति पनि रोक्का गरिदिन अनुरोध गरेको छ। , सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्। , सम्बन्धित समाचार:, यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध पेस गरेका ६ प्रमाण, नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयानमा के छ?, यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान, १२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति, सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित (तस्बिरहरू), सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान, सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति, पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू), पक्राउ परे सन्दीप लामिछाने,
सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै |
भूमिराज पिठातोली/रासस खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिनेबित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन्। उनी बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन्।, गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उनलाई एक दुई जना दानी मानिस (दाता) को आशा नलाग्ने कुरै भएन। उनी दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउँदैनन्। हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके। कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने। तर महिना बित्यो, वर्ष बित्यो राहत आएन।, 'बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो। हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौं', उनले भने, 'आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन्। ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन।', गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए।, दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए। अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे।, 'सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो', बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उनले बताए।, गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गरेका थिए।, ज्ञानदेवी खातीले भनिन्, 'बाढी आएको साढे १३ महिना हुन लागिसक्यो। सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौं। तिहार–सिहार त हाम्रो लागि परको कुरा।', उनले भोको पेटले आश्वासन थेग्न नसक्ने बताइन्। , उनले भनिन्, 'भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ। धेरै निकायले दिगो व्यवस्था गर्छौं भनेर आश्वासन बाँडे। तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ। जाने कतै ठाउँ छैन न त खाने गाँस नै।', ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उनले बताइन्।, 'गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन। सहर पस्नलाई सहरबारे जानकारी नै छैन', उनले भनिन्।, अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ।, प्रेमबहादुरले भने, 'एक जनाले चामल दिनुभएको थियो। जोगाएर खाँदा पनि सकिनै लाग्यो। त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ।', खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उनले भने, 'घरमा छ जना छौं। आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी)। नाति–नातिना सानै छन्। भएको सम्पत्ति सबै बाढी निल्यो', उनी टोलाउँछन्।, खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन्। अन्य परिवारको पनि घरबाहेक केही छैन।, 'अहिलेसम्म घरको सास त जोगिएकै छ', धन्धुरी खातीले भनिन्, 'अहिले बस्नलाई घर त छ। तर खानलाई केही छैन। गत वर्ष बचेको खायौं, यसपटक सबै घर अन्नविहीन छन्।', बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन्।, 'राहतका लागि गाउँपालिका गयौं। पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो', धन्धरीले भनिन्, 'राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाउनुभयो।', केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उनले बताइन्।, 'अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो। सहयोगको नाममा शून्य छ। चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो। खै कता बिर्सनुभयो ?' उनले भनिन्।, अहिले खातीगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन्। धन्दरीले भनिन्, 'झरी परे निकै डर लाग्छ। फेरि कात्तिकको महिना। गत वर्ष कात्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ। दिउँसो भए त दौडधुप गर्न सकिन्छ। राति पानी परे त जाग्राम बस्नु नियमितजस्तै भइसक्यो।', बाढीले पुर्याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ। गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौं मूल्य बराबरको क्षति पुर्याएको छ।, खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन्।, गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो।, स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन्।, वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन्। बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन्। , वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताए।, 'बाढीपीडितलाई निकै समस्या छ। तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन। यस वर्षका लागि बजेट त छुट्याएका छौं। तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ', उनले भने।,
,
खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउँछन्।, 'खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन्। उहाँहरूका लागि हामीले सोचेका छौं। बजेटको अभावले समस्या भएको हो। यसपटक समस्या समाधान हुन्छ', उनले भने।, रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताए।, उनले भने, 'अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन। अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौं, कार्यान्वयनमा गइसकेको छ।', आफूसँग पर्याप्त बजेट नभएको भन्दै उनले भने, 'हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन। गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गर्यौं, तर कतैबाट सुनुवाइ भएन।',
,
'राहतका लागि गाउँपालिका गयौं, उल्टै पीडा थप्ने झटारो हानेर पठायो' |
सेतोपाटी संवाददाता निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ।, मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन्।, नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ।, यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। चुनावपश्चात १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ।, नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ।, यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ।,
चुनावका लागि भारतले नेपाललाई दियो २०० गाडी |
रासस चितवनका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालीबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो।, जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।, उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो।, उनले भने, 'महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ।', केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उनले जानकारी दिए।, नियमित रूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उनले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताए।, निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको उनको भनाइ छ। मंसिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उनले बताए।, ३२ थान हतियार बुझाइयो , निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ३२ थान हतियार स्थानीय प्रशासनमा बुझाइएको छ।, जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ५ गतेसम्म हतियार बुझाउनका लागि गरेको आह्वानका क्रममा सो संख्यामा हतियार बुझाइएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भण्डारामा ती हतियार बुझाइएको हो।, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन गरिएको अनुरोधका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा २१ थान, वडा प्रहरी कार्यालयमा सात थान र इलाका प्रहरी कार्यालय भण्डारामा चार थान बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।, उनका अनुसार बुझाइएका हतियारमध्ये १२ बोरको १४ थान, १३ बोरको एक थान, पइन्ट टुटु राइफल १० थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक एक थान र अन्य हतियार रहेका छन्।, इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार नियन्त्रणमा लिइने छ। नबुझाएका हतियार नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरू गरिने उनले जानकारी दिए।,
चितवनका संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई |
रासस पाल्पा निस्दी गाउँपालिका-२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए।, आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे। उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन्। तर गाउँमा विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन्। , यसपटक आगामी मंसिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उनको घरदैलोमा पुगेका छन्। आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरानै योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिकलाई विभिन्न योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउँछन्। , 'चुनावका बेला जहिल्यै उही पुराना योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन', उनले भने, 'सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैँ भ्रममा पारिरहेका छन्।', गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ।, यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन्। यिनीहरूको संरक्षण नहुँदा यो ठाउँ सधैँ ओझेलमा परिरहेको छ। गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा आम्दानीको दरिलो आयस्रोत बन्ने उनी बताउँछन्।, गाउँमा हिउँदयाममा सडक गुडे पनि वर्षायामका बेला सधैं सास्ती नागरिकले भोगिरहनुपरेको छ। खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुनसकेको छैन। जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन्। बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन्।, अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन्।, आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैं अन्धकारमा नै जीवन जिउनु परिरहेको बताउँछिन्, बीना गाहा।, 'पाँच वर्षअघि भएको संघ र प्रदेशको चुनावमा उम्मेदवारले खानेपानी धारा घर घरमै पुर्याइदिन्छौं भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा पर्याप्त खानेपानीको सुविधा छैन, एक वटा धारा पाँच–सात घर परिवारले प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ त अभावमा पानी उपयोग गर्नै पाइँदैन', उनले गुनासो पोखिन्।, विद्युत सेवा नहुँदा सोलार प्रणालीबाट बत्ती बालिए पनि पर्याप्त मात्रामा उपयोग गर्न स्थानीयले पाएका छैनन्।, चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन्। चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपुर्याउँदा विकासमा सधैं पछाडि परिरहेको तिलिसरा राना बताउँछन्। , उनी भन्छिन्, 'एकै ठाउँबाट लगातार निर्वाचन जित्ने तर विकास नगर्ने नेतृत्वले गर्दा गाउँमा विकासको लहर आएन, विगतका चुनावलाई हेर्दा हामी जनतालाई आशमात्रै दिलाउने काम भयो, जनतालाई विकासको अनुभूति नदिने नेतृत्व विकास निर्माणको बाधक हुन्, अब जसले जनमतको कदर गर्छ, उसलाई हाम्रो मतदान।', गाउँमा राम्रो विद्यालय नहुँदा छोराछोरी सहर बजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताइन्। , उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे। सामान्य आधारभूत समस्याका कारण गाउँका उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन्।, सहलकोट क्षेत्रमा घरबास (होमस्टे) सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ। हरियाली डाँडाकाँडाले भरिएको, उत्तरतर्फ कालीगण्डकी नदी बहेको, हिमालको मनोरम दृश्यले सबैलाई लोभ्याउने प्राकृतिक सौन्दर्यता छ। , अघिल्ला वर्षका निर्वाचनमा गाउँमा होमस्टे सञ्चालन गर्ने योजना ल्याउँदा ग्रामीण भेगका नागरिकमा ठूलो आशा र उत्साह छायो। सो आशाले स्थानीयले मतदान गरे तर अहिलेसम्म यहाँ घरबासको काम भने हुनसकेको छैन। अब पनि जनतालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न प्रलोभन देखाउँदै आश्वासन नदिन यहाँका स्थानीयको विभिन्न दलका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवारसँग आग्रह छ।, गाउँमा शिक्षाको कमीका कारण बालविवाहमा कमी आउन सकेको छैन। चेतनाको स्तरवृद्धि गर्न विभिन्न शिक्षामूलक कार्यक्रम अतिआवश्यक छ। परिवारमा अशिक्षाको कमीले सानै उमेरम घरजम गर्ने क्रम गाउँमा विद्यमान नै छ।, सो समस्याको समाधानतर्फ अबका नेतृत्वले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ।, संघ र प्रदेश तहको निर्वाचनका चुनावी प्रचारात्मक कार्यक्रम गाउँघर केन्द्रित बनेको छ। आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न गाउँ–गाउँमा पुगेका छन्। मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएको असन्तुष्टि पोखिरहेका छन्।,
‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’ |
सेतोपाटी संवाददाता ललितपुरमा एक महिलाको हत्या गरी आत्महत्या गरेको भन्ने श्रीमान पक्राउ परेका छन्।, जिल्ला प्रहरी परिसर ललितपुरले एक जना पुरूषलाई हत्या आरोपमा पक्राउ गरेको प्रवक्ता तथा एसपी सुधिरराज शाहीले जानकारी दिए।, पक्राउ पर्नेमा गुल्मी इस्मा गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-२५ नख्खुडोलमा डेरा गरी बस्ने २९ वर्षीय राम कुमाल छन्। , गत शनिबार साँझ साढे ५ बजे डेरामा उनकी २८ वर्षीया श्रीमती जमुना भन्ने बसन्ती कुमाल डेरामा मृत फेला परेकी थिइन्।, उनी मृत फेला परेको भन्दै रामका साथीले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी घटनास्थलमा पुग्दा रामले आफ्नी श्रीमतीले झुन्डिएर आत्महत्या गरेको भनेका थिए। तर प्रहरीलाई उक्त घटना शंकास्पद लागेर अनुसन्धान अघि बढाएको थियो।, ‘घटनास्थलमा फरेन्सिक डाक्टरलाई पनि लगेका थियौं। डाक्टरले पनि झुन्डिएर मृत्यु नभएको बताएपछि हामीलाई थप शंका लाग्यो,’ एसपी शाहीले भने।, उनका अनुसार प्रहरी घटनास्थलमा पुग्नुअघि रामले टहरामाथि सल बाँधिसकेका थिए। तर रामकै साथीले सललाई भुँइमै देखिसकेकाले पनि उनले हत्या नै गरेको पुष्टि भएको एसपी शाहीले बताए।, मृतक जमुना भने भुँइमा फेला परेकी थिइन्।, ‘घटना लुकाउन उनले त्यसरी राखेको देखियो। घटनास्थलमा दुई जनाबीच संघर्ष पनि भएको देखिन्छ,’ उनले भने।, रामले त्यस दिन मादक पदार्थ सेवन गरेका थिए। जमुनाले मासु किन्न रामलाई पैसा दिएर पठाएका थिए। तर रामले मापसे गरी घर फर्किए।, त्यही विषयमा उनीहरूबीच झगडा भएको थियो। झगडा हुँदा रामले ताल्चाको प्रयोग गरी जमुनाको टाउकोमा हिर्काएर हत्या गरेको एसपी शाहीले बताए।, झुन्डिएर आत्महत्या गरेको नभई श्रीमानले नै हत्या गरेको देखिएपछि प्रहरीले कुमाललाई पक्राउ गरेको हो।, उनीमाथि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।,
श्रीमतीको हत्या गरेर आत्महत्या गरेको भन्ने श्रीमान् पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।, अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन। उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ।, घटना भने शंकास्पद रहेको एसपी मैनालीले बताए। मृतकको निधारमा चोट पनि देखिएको छ।, घटनाको खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेको थियो। परिसरबाट पनि एसएसपी, एसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी, एसपी लगायतको टोली पनि खटिएको थियो।, त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक चिकित्सकसमेत घटनास्थलमा पुगेका थिए।, केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगन्जबाट तालिम प्राप्त कुकुरसमेत खटाएको थियो।, प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ।,
न्युरोडमा मृत भेटिए एक पुरूष |
रासस विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन्।, प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो।, टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो। सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए।, अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाइ गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए। उनीहरूले हरेक वर्ष यसरी नै सफाइ गरिदिन आग्रहसमेत गरेका थिए। , स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाइ गरेकामा धन्यवादसमेत दिएका थिए। प्रमुख कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए।,
विराटनगरमा मेयरको नेतृत्वमा छठ पूजास्थलको अनुगमन |
रासस अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान गरिएको छ।, महासङ्घका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गरे। , बौद्ध साहित्यमा आधारित नैतिक ज्ञान तथा अहिंसासम्बन्धी शिक्षा प्रदान गरिएको उक्त कार्यक्रममा उनले मानिसले लोभ, मोहको अन्त्य गर्न सकेमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने बताउँदै त्यसतर्फ अग्रसर हुन सर्वसाधरणलाई प्रेरित गरे।, गत असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म उक्त विहारमा ‘वर्षावास’ बसेका भिक्षुहरूको सम्मानमा आयोजित ‘कथिन चिवर दान उत्सव’ मा महासङ्घका प्रतिनिधिलाई वस्त्र प्रदान गरिएको छ।, विहारका उपाध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णमादेखि एक महिनाभित्र एकपटक मात्र यस किसिमको उत्सव विहारमा गर्ने गरिन्छ।, विहारले बुद्ध पूर्णिमाका दिन विशेष धार्मिक कार्यक्रम तथा अन्य समयमा विभिन्न सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको छ।,
करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान |
सेतोपाटी संवाददाता देशभर थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३७० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, योसँगै अहिले ५७७ जना सक्रिय संक्रमित छन्।, ३१ जना संक्रमित निको भएर घर फर्किएका छन्।, यस्तै अहिले देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण पनि फैलिएको छ।, अहिलेसम्म ४६ हजार ४१३ जनामा डेंगी संक्रमण देखिएको छ। यसको संक्रमणबाट ४२ जनाले ज्यान समेत गुमाइसकेका छन्। ,
देशभर थप ३ जनामा कोरोना, अझै ५७७ सक्रिय संक्रमित |
रासस अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो। खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो। , बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरूले राहत उपलब्ध गराउने आश्वासन दिए। सांसद तथा मन्त्रीहरूबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेरे।,
,
तर आश्वासन पाए पनि विकले हालसम्म पनि राहत पाउनु भएको छैन। बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ।, प्रेम बहादुरको खेत मात्रै होइन त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो।, प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरूप्रति असन्तुष्ट बनेका छन्। , उनीहरू आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेताहरूलाई यही प्रश्न सोध्ने तयारीमा छन्।, 'विपदको समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेताहरूलाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु', नयन विकले भने। , हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गरे। , 'हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौं भनेर कसैले सोधेन', नयन विकले भने, 'चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौं भन्नेलाई कसरी विश्वास गर्नु?', प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनाल खेत पनि बगाएको थियो। , '५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो', खनालले भने, 'सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन्।' ,
,
कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयमा बाँकी छ। बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयबासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन।, संघ र प्रदेश सरकारसँग पटक/पटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउँछन्। , 'पछिल्लो दुई वर्षको अवधिमा व्यवस्थापनका लागि कैयन् प्रयास भए तर काम हुन सकेन', उनले भने।,
,
उनले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेरभन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताए। , 'कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ। निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजनाका ल्याउँछ हामी उसैलाई भोट दिन्छौं', उनले भने। ,
,
तत्कालीन बाढीले क्षति पुर्याएको जयगड, रामारोशन सडक पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन।, हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारी साधन सञ्चालनमा आउने गरे पनि सहज रूपमा सडक सञ्जाल विस्तार नसकेको हो।, सुदूरपश्चिम प्रदेश सरकारले जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरू गरेपछि खोलाको कटानको बाहनामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ।, बाढीले कटान गरेका कैयन् ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन। , आसन्न निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनका लागि गठबन्धनको तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। , साथै, प्रदेश ‘क’ बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश ‘ख’ बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा छन्। ,
उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने? |
रासस विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहोरको दुर्गन्ध छ।, लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाको ध्यान नपुगेको स्थानीयवासीको आरोप छ।, 'महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फालिएका फोहोर सडेर लुम्बिनी दुर्गन्धित र कुरूप देखिएको छ', स्थानीय व्यापारी बबिन बरइले भने, 'पर्यटकीयस्थल सफा, सुन्दर र आकर्षक हुनुपर्नेमा त्यसो हुनसकेको छैन।', लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहोर व्यस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताए। बजारभरिका फोहोर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फालिँदैछन्, तर सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ।, लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नं ५) महिलवार चोकस्थित सडकपेटी र ट्याक्सी बिसौनी वरपर फोहोरको थुप्रो छ।, बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागि लुम्बिनी पुगेका जापानी पर्यटक केङ्गो नोगुचीले नाक खुम्च्याउँदै भने, 'फोहोरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ।', लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोष समेतले फोहोर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखौं खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको सञ्चारकर्मी दिनेश लोधले बताए।, उनले भने, 'पर्यटकले फोहोरको फोटो खिच्दा हामी लाजले भुतुक्कै हुन्छौं, तर सरोकारवालालाई चासो छैन।', 'लुम्बिनी विकास कोष वरिपरिको सडकपेटी र महिलवार, पर्सालगायत चोक फोहोर थुपार्ने ठाउँजस्तै बनेको छ', स्थानीय सञ्चारकर्मी लोधले भने, 'वर्षातको समयमा त फोहोर सडेर दुर्गन्धले बस्न र हिँड्नसक्ने अवस्था हुँदैन', फोहोरमैलाको शिघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उनको आग्रह छ।, 'जथाभावी फालिने फोहोरमैलाका कारण त्यस क्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेंगीलगायत अनेकौं रोगले समेत आक्रमण गर्न सक्ने खतरा छ', लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले भने, 'फोहोर व्यवस्थापन नहुँदा लङ्कापुरस्थित तेलार नदीको छठघाटमा बर्सेनि हुँदै आएको पूजासमेत प्रभावित हुने खतरा छ।', लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंक लगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्।, स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ फ लुम्बिनी लगायतका सङ्घसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहोर व्यवस्थापनका लागि सक्रिय छन्।, लुम्बिनी सांस्कृतिक नगरपालिका रूपन्देहहीले सरसफाइ र फोहोर व्यवस्थापनका लागि यस आर्थिक वर्ष २०७८/७९ मा रु ८० लाख बजेट विनियोजन गरेको छ। दसैंअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाइ र फोहोर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं ६ का वडाध्यक्ष नैमुल हक मुसलमानले बताए।, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भने, 'फोहोर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहोरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ।', उनले छठपछि जसरी पनि त्यहाँको फोहोर हटाइने बताए।,
फोहोरले कुरूप देखिँदै लुम्बिनी |
राजेश घिमिरे संविधान दिवसको दिनमा राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्ने चलन छ।, कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्।, यस वर्षको असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत कैद मिनाहा घोषणा गरेकी थिइन्।, यी ६८१ जना मध्येका एक थिए नवलपुरको गैंडाकोट–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाल।, दस वर्षअघि कात्तिक ११ गते आफ्नै हजुरआमा र काकीको हत्या गरेका थिए उनले। त्यो अभियोग प्रमाणित भएपछि कुमाललाई नवलपरासी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।, मकवानपुरको भिमफेदी कारागारमा कैद भोगिरहेका कुमाललाई असल चालचलन भएको भन्दै राष्ट्रपतिले माफी दिइन्। , कैदमुक्त भएपछि कुमाल कारागारमा चिनजान भएका जीवन नेपाली नामका व्यक्तिलाई खोज्दै माडी पुगे।, जबरजस्ती करणीको मुद्दामा कारागार पुगेका थिए जीवन। सुरेश भन्दा केही समयअघि छुटेका उनी माडी–४ शितलपुर घोसरीमा बस्थे।, कारागारमा दोस्ती भएका सुरेशलाई भेट्दा जीवन खुसी भए। आफ्नै दाइको फर्निचर उद्योगमा काम लगाइदिए। काम दाइकोमा गरे पनि सुत्न भने सुरेश जीवनकै घरमा जान्थे। , सामान्य तरिकाबाट दिन चल्दै थिए शुक्रबार साँझतिर मदिरा सेवनपछि उनीहरूकाबीचमा भनाभन भयो। रिसले भाउन्न भएका सुरेश घरमा अरू कोही नभएको समयमा जीवनको कोठामा छिरे।, पछाडिबाट धारिलो हतियारले टाउकोमा प्रहार गरे। टाउको पटक–पटक प्रहार गरेपछि घाँटीको रूद्रघण्टीमा रेटी आफ्नै साथीको विभत्स हत्या गरे। , संयोग दस वर्षपछिको हत्याको मिति पनि कात्तिक ११ नै पर्यो। , सुरेश यत्तिमै रोकिएनन्। आडैको घरमा बस्ने ४० वर्षीया रूपा नेपालीमाथि उनी जाइलागे। काठमा सुतिरहेकी रूपाले लगाएको सुनको रिङ कानको लोती नै च्यातिनेगरी लुछे, अनि घाँटी थिचे। मरेको बुझेपछि उनी त्यहाँबाट भागे। , परिवारका सदस्यले खबर गरेपछि प्रहरी घटनास्थल पुग्यो। हत्या संलग्नको खोजी थाल्यो। जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय माडीबाट खटेको प्रहरी टोलीले सुरेशलाई करिब ७ घण्टापछि माडीकै बसन्तपुरबाट नियन्त्रणमा लियो।, घटनास्थलबाट पक्राउ परेको स्थान करिब ५ किलोमिटर पर पर्छ। , ‘बसन्तपुरको भित्री बाटोमा शंकास्पद रूपमा लुक्दै हिँडिरहेको अवस्थामा सुरेशलाई नियन्त्रणमा लिएका छौं। हिरासतमा राखेर थप अनुसन्धान चलिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले भने। , अधिकारीकाअनुसार अभियुक्तले जीवनको हत्या गरेको स्वीकार गरेका छन्।, जीवनसँग खानाको विषयमा भनाभन भएपछि आवेगमा हत्या गरेको बताएको अधिकारीले बताए।, जीवनको हत्या गरेपछि नजिकै रहेकी घटनाको चाल पाएको आशंकामा रूपाको पनि हत्या गर्न खोजेको देखिएको उनले बताए।, ‘आडैको घरकी महिलाले सबै कुरा चाल पाइहोला भनेर कोठामा पुग्दा कानमा सुन देखेपछि खोल्न खोज्यो, लुछेर लियो। यसै छाड्न भएन भनेर घाँटी अठ्यायो, अब मरी भन्ने भएपछि छाडेर भाग्यो तर उनी बाँचिन्,’ अधिकारीले घटना विवरण सुनाए। , उनले घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटेर पक्राउ गर्न सफल भएको बताए।, ‘पहिले आफ्नै परिवारको हत्या गर्ने, यत्रो जगन्य अपराधमा संलग्नलाई माफी दिइने, छुटेपछि ऊ फेरि हत्यामै लाग्ने अवस्थाले समाज कुन दिशातर्फ गइरहेको छ भन्ने देखाउँछ,’ एसपी अधिकारी भन्छन्, ‘राज्यले आममाफी दिने, कैद मिनाहा गर्ने व्यक्तिको विषयमा विचार गर्नुपर्ने देखियो, यस्ता घटनाबाट पाठ सिकेर त्यही अनुसार कानुनको कार्यान्वयन हुनुपर्ने देखिन्छ।’, आफ्नै हजुरआमा र कार्कीको हत्या गरेर जेल परेका कारण परिवारका अन्य सदस्यहरूसँग सुरेशको राम्रो सम्बन्ध नभएको र जेलमा साथी बनेका जीवनले काम लगाइदेलान् भनेर सिधै माडी गएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, ‘छुटेपछि गाउँ जान लाज भएको पनि हुनसक्छ, साथी खोज्दै सुरूमै माडी पुगेको देखिन्छ,’ पण्डित भन्छन्, ‘थप कुरा अनुसन्धान भइरहेको छ।’,
पहिले हजुरआमा र काकीको हत्या गरे, राष्ट्रपतिबाट कैद मिनाहा भएको डेढ महिना नबित्दै अर्को हत्यामा संलग्न |
रासस खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ।, शनिबार घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो।, मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुरू गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।, घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।, मृतक काका र भतिजाको आँगन एउटै छ। घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताए।, परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए।, मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ।,
खुकुरी प्रहार गरी काकाको हत्या |
रासस सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी 'गर्ग एन्ड गर्ग' ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ। , शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।, महरा महाकाली किनारमा नेपाली क्षेत्रमा रहेका बेला उक्त घटना भएको थियो।, 'भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ,' जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने। उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो।, महाकाली किनारमा भारतले सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो। भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोट गराउँदा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ। उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनाको आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए।, 'भारतीय निर्माण कम्पनी क्षतिपूर्ति दिन तयार छ,' उनले भने।, उनका अनुसार भारतीय निर्माण कम्पनीले मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ। निर्माण कम्पनीले १० लाख रूपैयाँ दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरीक्षक शाहीले बताए।, पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रूपैयाँ क्षतिपूर्तिस्वरूप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। निर्माण कम्पनी गर्ग एन्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उनको भनाइ छ।, छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले शनिबार भारतको भारतको धार्चुला गई छलफल गरेको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना विस्फोटक पदार्थ प्रयोग गरेर पटक पटक ज्यादती गरेको नेपाली पक्षले आपत्ति जनाएको थियो।, अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ। भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए। भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमा क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ।, शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन्। हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। दुवैजना आमाबुवासँगै जंगलबाट घर फर्किँदै थिए। बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो।, मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए। सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताए। भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उनले बताए।, 'म श्रीमती बेरसपति, छोरा पंकज, सरिना, पवन र पवेशसँगै लेकबाट घर फर्किँदै थियौं,' महराले भने, 'एक्कासी उछिट्टिएर आएको ढुंगा लागेर छोरोको ज्यान गयो। विस्फोटक पदार्थ प्रयोग हुँदैछ भन्ने जानकारी पाएको भए छोरा गुमाउनु पर्दैन थियो। उनीहरू (भारतीय पक्ष) ले सिठ्ठी समेत बजाएनन्।', महरा परिवार दसैंतिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो। यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरू गाउँ फर्किएका थिए।, भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ। त्यसका लागि बेला बेलामा उनीहरूले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था भएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ।, 'दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ,' प्रजिअ उपाध्यायले भने। तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उनको भनाइ छ।, 'घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौं,' प्रजिअ उपाध्यायले भने।, घटनाबारे स्थानीयस्तरमा दुवै देशका जिल्ला अधिकारीबीच टेलिफोन संवाद भएको बताइएको छ।,
दार्चुला घटना- भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार |
रासस धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो।, मृत्यु हुनेमा विदेह नगरपालिका–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ।, विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८१ नम्बरको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स १० प ७९७५ नम्बरको मोटरसाइकल सघाडास्थित हुलाकी सडकखण्डमा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।, दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।,
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु |
रासस छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ।, कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।, ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।, लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।, संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। , साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ।, छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।, यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्। व्रतविधि कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ।, दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।, यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठपूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए।, ‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ’, उनले भने।, कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ।, विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ।, छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ।, छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन्।,
सूर्यदेवको आराधाना गरी मनाइँदै छठ |
सेतोपाटी संवाददाता पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ।, आज बिहान करिब ४ बजे नवलपुरको बलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो।, पाल्पाबाट मनकामना दर्शनका लागि दर्शनार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दुर्घटनामा परेका घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र केहीलाई चितवनका अस्पताल पठाइएको सेतोपाटीलाई बताए।, ‘पाँच जना घाइतेको अवस्था गम्भीर छ,’ उनले भने, ‘अहिलेसम्म १८ जना घाइतेको उद्धार गरिएको छ।’, घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।,
पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, घाइतेको उद्धार गरिँदै |
रासस पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ।, ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज बिहान दुर्घटनामा परेको थियो।, घटनास्थलमै पाँच जनाको मृत्यु भएको र ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन्।, त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन्।, त्यसैगरी स्याङजा बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ।,
पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना- मृतकको सनाखत |
भगवती पाण्डे पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ।, पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो।, बस दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ३० जना घाइते भएका छन्।, उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।, प्रहरी चाैकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाकाे शव निकालिएको छ। , रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए। त्यसमध्ये एक बस दुर्घटनामा परेको हो।, बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ।, बसमा रम्भा १ हुँगीअन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए।, घटनास्थलमा रहेका रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पाँच जना यात्रुको मृत्यु भएको र ३० जना घाइतेलाई उपचार गर्न अस्पताल लगिएको जानकारी दिए।,
पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना- ५ जनाको मृत्यु (अपडेट) |
रासस सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।, आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।, चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।, भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ।, भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ। ,
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस |
एजेन्सी सोमालियामा कार बम विष्फोट हुँदा सय जनाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन्।,
सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रायलय रहेको स्थानमा शनिबार राति बम बिस्फोट भएको अलजजिराले जनाएको छ।, , घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन। राष्ट्रपति हसन शेख मोहम्मदले इश्लामी समूह अल सहबाबले बिस्फोट गराएको आरोप लगाएका छन्।, , घटनास्थलमा पुगेका राष्ट्रपति मोहम्मदले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। सन् २०१७ को अक्टोबर २९ मा त्यही स्थानमा बम बिस्फोट हुँदा पाँच सय जनाको मृत्यु भएको थियो।,
सोमालियाको राजधानीमा कार बम बिस्फोट हुँदा सय जनाको मृत्यु |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा स्कार्पियो गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।, शनिबार राति सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको निलो रंगको स्कार्पियो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।, घटनाबारे प्रहरीलाई राति ७: ५३ मिनेटमा खबर भएको थियो। तर ठक्कर दिने गाडी फरार भइसकेको थियो।, प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारीका अनुसार ठक्कर दिने गाडी निलो रंगको स्कार्पियो हो। उक्त गाडीको नम्बर भने खुलिनसकेको एसपी शाहीले बताए।, यता मृतक महिलाको पनि पहिचान खुलेको छैन। सनाखत गर्न प्रहरीले उनको फोटोसहित सबै प्रहरी युनिटहरूमा पत्राचार गरिसकेको छ।, मृतक महिला अन्दाजी २५ देखि ३० वर्षकी छन्। उनलाई ठक्कर दिएपछि घटनास्थलमा पुगेको प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो।, चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी शाहीले बताए।, प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। फरार भएका चालक र गाडीको खोजी गरिरहेको छ। ,
ग्वार्कोमा स्कार्पियोको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु |
सेतोपाटी संवाददाता पर्सामा एक जना पुरूष मृत फेला परेका छन्।, आइतबार बिहान सवा ५ बजे वीरगन्ज महानगरपालिका-१० घडिअर्वा पोखरीको पश्चिमतर्फको नालामा पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।, मृतक पकाहामैनपुर गाउँपालिका वडा नं १ ढोरे बस्ने ३५ वर्षीय राजु दास छन्। उनी नालीमा मृत अवस्थामा फेला परेका हुन्।, घडिअर्वा पोखरीमा छठ पर्व मनाउन बिहानै देखि भक्तजनको घुँइचो लागेको थियो। छठ मनाउन आएका भक्तजनले शव फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो।, डिएसपी गिरीका अनुसार घटना शंकास्पद छैन। प्रहरीले मुचुल्का उठाएर शव पोष्टमर्टमको लागि नारायणी अस्पताल लगिएको थियो।, पोष्टमर्टमपछि आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेको कारण रिपोर्ट आएपछि थाहा हुने प्रहरीले जनाएको छ।,
वीरगन्जमा एक पुरूष नालीमा मृत फेला |
सेतोपाटी संवाददाता बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , नेपालगंज उपमहानगरपालिका-५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , आगलागीमा परी बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो। , आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। , आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।,
नेपालगन्जको चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता भक्तपुरमा तीन वटा सवारीसाधन दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ।, शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-५ सृजनानगरमा दुर्घटना भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार कार, मोटरसाइकल र बस दुर्घटनामा परेका हुन्।, जगातीबाट काठमाडौं आउँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस दुर्घटनामा परेको हो।, दुर्घटनामा परी मोटरसाइकलमा सवार ६ वर्षीय बालकको मृत्यु भएको डिएसपी पाण्डेले बताए।, मोटरसाइकल चालक दोलखा घर भई काठमाडौंको बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते छन्। उनका ६ वर्षीय छोरा आर्जनको उपचारको क्रममा मृत्यु भएको हो।, उनको आइतबार बिहान नर्भिक अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाण्डेले बताए।, ढावाको भने मध्यपुर ठिमीमा उपचार भइरहेको छ।, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना हुनुअघि एक जनाले बाटो काटेको देखिएको छ।, जसले गर्दा कारले ब्रेक लगाएको थियो। ब्रेक लगाउँदा पछाडिबाट आउँदै गरेको मोटरसाइकल कारमा ठोक्किएर लडेपछि एकै दिशामा गुडिरहेको बसले उनीहरूलाई किचेको हो।, मोटरसाइकलमा मृतककी आमा पनि सवार थिइन्। तर उनलाई भने केही नभएको प्रहरीले जनाएको छ।, प्रहरीले अनुसन्धानको लागि बसका चालक दोलखाका २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुरकी २६ वर्षीया रिया कायस्थलाई पक्राउ गरेको छ।, यस घटनाको अनुसन्धान प्रहरी वृत्त जगातीले गरिरहेको परिसरले जनाएको छ।, ,
भक्तपुरमा कार, मोटरसाइकल र बस दुर्घटनामा घाइते भएका बालकको मृत्यु |
रासस गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन। करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो।, उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खसिरहेको छ। करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ।, ‘निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन,’ निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर प्रमुख अनन्त बरालले भने, ‘स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन।’, पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नएको उनको भनाइ छ। उनले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताए।, ‘हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन,’ हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले भने, ‘पहिरो रोकिएपछि काम सुरू गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन्।’, कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरूद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका-५ स्युनाका रजबहादुर शाहीले बताए।, कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ।,
अवरूद्ध कर्णाली करिडोर अझै खुलेन |
रासस सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ।, गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो।, भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।, ‘सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ,’ उनले भने, ‘नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ।’ , छठ पर्वका कारण आज बैंक बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने प्रजिअ उपाध्यायले बताए।, ‘हाललाई नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको छ,’ उनले भने।, दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।, महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरूका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो।, ‘हामी महाकाली किनार हुँदै घर फर्किदै थियौं, एक्कासी ढुंगाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो,’ मृतक बालकका बुबा हिक्मतले भने, ‘घटनामा छोरी सरिना पनि घाइते भएकी छिन्।’ , उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतक बालकका बुबा हिक्मतका अनुसार गएराति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो।, भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो। छलफलमा व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले बताए।, ‘उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु,’ उनले भने।, घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो।, महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो। भारतीय पक्षले बिना जानकारी सडक निर्माण गर्ने क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा ढुंगाले लागेर बालक महराको मृत्यु भएको थियो।, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो।, मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए। महरा परिवार दसैं तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो। यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरू गाउँ फर्किँदै थिए। भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ। त्यसका लागि बेला बेलामा उनीहरूले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन्।, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ।, ‘यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ,’ प्रजिअ उपाध्यायले भने। तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उपाध्यायले बताए।,
दार्चुला बालक मृत्यु घटना: भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति |
युनिक श्रेष्ठ नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध भोलि सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।, सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गरिने कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।, ‘फाइल तयार गर्दैछौं। भोलि मुद्दा दर्ता हुन्छ,’ उनले सेतोपाटीसँग भने।, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।, प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।, उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।, यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ। , ‘पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं। यथोचित क्षतिपूर्ति दिन पनि माग गरेका छौं,’ स्रोतले भन्यो, ‘मालपोत, राष्ट्र बैंक, क्यानलगायत विभिन्न निकायमा पत्राचार गरेर हामीले सम्पत्ति विवरण पनि खुलाएका छौं।’, प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।, लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, ‘मुद्दामा चाहिने खालका प्रमाणहरू सबै संकलन गरेका छौं। थुप्रैसँग बयान पनि लिएका छौं,’ उनले भने।, यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको स्रोतले जनाएको छ। प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।, लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।, भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो।, प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ।, उक्त फुटेजमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।,
सन्दीप लामिछानेविरूद्ध भोलि अदालतमा मुद्दा दर्ता हुँदै, १२ वर्षसम्म कैद सजाय माग |
सेतोपाटी संवाददाता छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ। तराई मधेससहित पहाडी क्षेत्रका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ।, तराई मधेसका प्रमुख पोखरी र नदी किनारमा बनाइएको घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो। , छठ पूजाका लागि स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएका छन्। यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ। पूजास्थलका रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन्। बजारमा छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घर–घरमा छठीमैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् । , पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक मानिन्छ । यसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ, त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए।, यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ।, त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रूपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । , हेर्नुहोस् छठको तयारी,
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँएर छठ मनाउँदै |
झलनाथ खनाल/रासस कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए।, हतारमा घरबाट निस्किएका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो। डुंगा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौं व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन्।, 'भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ। एक घण्टाभन्दा बढी समयसम्म डुंगाको पालो पर्खिन लाग्यो' उनले भने, 'नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला।', एउटै डुंगामा सयौंलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन्। डुंगालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो। , बर्दियाको पाताभारबाट टीकापुर आएका अनिश थारू पनि डुंगाको पालो पर्खेर बसेका थिए। निकै छट्पटी देखिएका उनी निकै हतारमा थिए भन्ने कुराको भाव बाहिरै छल्किन्थ्यो।, 'तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ', अनिश भन्छन्, 'निकै ढिलो भयो। डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन। घरमा दिदी-बहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन्। कतिबेला पुगिन्छ थाहा छैन।', कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो।, हतारमा सन्कट्टी पुगेका उनलाई कर्णाली नदी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो। घरमा भएका दिदी-बहिनीसँग टीका लगाएर बर्दियामा रहेकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लागेका उनलाई डुंगामा सवार गर्ने नागरिकको भीडले समयमै गन्तव्यमा पुग्न पाएनन्।, 'राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ। सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ', धामी भन्छन्, 'मानिसको निकै चाप छ, त्यसैमा पनि सवारी साधनले भरिएको डुंगामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर।', चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भीड लाग्ने गरेको छ। एक पटकमा १५ देखि २० जना सम्मलाई नदी तार्न सक्ने डुंगामा त्यहीँ मात्रामा सवारी साधन पनि भरिएका हुन्छन्।, नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्।, एउटा व्यक्तिले नदी तर्दा रु २५ र मोटरसाइकलको रु ५० तिर्नुपर्छ। नदीसम्म सवारी साधन नभएकालाई पुग्न अझ कठिन छ। टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा। नदीसम्म पुगेको एक यात्रुको रु पाँच सयसम्म रिक्सा चालकले लिने गरेका छन्।, टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउँछन्। टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको पाँच सय रुपैयाँ लाग्ने गरेको छ। नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारी साधनको विकल्प छैन। त्यहाँबाट शान्तिबजार पुगेको पनि पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ। अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको उनी बताउँछन्।, 'बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ', मनोज भन्छन्, 'बाटो राम्रो भए समयमै यात्रुलाई पुर्याउन सकिन्छ, बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ।', बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिक रूपमा नजिक छ। हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ। त्यहाँ दुवै क्षेत्रमा वर्षौंदेखि डुंगा सञ्चालन हुँदै आएको छ।, स्थानीय सरकारले डुंगा सञ्चालन गरेवापत राजस्व संकलन गर्दै आएको छ।, सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ।, ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन्।, पुल निर्माण भएपछि सहज रूपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासीको माग छ।,
हतार र जोखिममा डुंगाको यात्रा |
एजेन्सी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्विटरको खरिद प्रक्रिया पूरा गरेका छन्।, सन् २००६ मा स्थापनाको ट्विटर मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन्। ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि उनले लेखेका छन्- चरो अब स्वतन्त्र भयो।, ट्विटरको लोगोमा एउटा चराको आकार छ। त्यसैलाई संकेत गर्दै मस्कले चरा स्वतन्त्र भएको बताएका हुन्।, the bird is freed,
— Elon Musk (@elonmusk) ,October 28, 2022, स्वामित्व आफूले लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्।, उनीहरूलाई बर्खास्त गरिएकोबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन्। मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए। केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका उनी पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए। उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो।, समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए। उनले अहिले ट्विटरमा आफ्नो बायो परिवर्तन गरी ट्विटरको प्रमुख राखेका छन्। , मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्विटरको सिइओ नियुक्त भएका थिए। केही महिनाअघि मस्क र अग्रवालले सार्वजनिक रूपमै एक-अर्काको आलोचना गरेका थिए। ,
४४ अर्ब डलरमा ट्विटर किनेपछि एलन मस्कले भने- चरो अब स्वतन्त्र भयो |
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार राति ८ बजे नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई पक्राउ गरेको हो।, जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ। यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ।, उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान गरिरहेको छ।,
जुवा खेलेको आरोपमा काठमाडौंको एक रिसोर्टबाट १८ पक्राउ |
रासस महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ। भङ्गाहा-८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा आज पनि जारी छ।, भङ्गाहा नगरपालिका-८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।, यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ। अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल गरेका छन्।,
महोत्तरीको भङ्गाहामा आज पनि कर्फ्यू जारी |
रासस गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो।, नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थियो।, वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए। उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवा संघको नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत थिए।,
घरमै लडेर बेहोस भएका गोरखा-५ का वडाध्यक्ष रानाको निधन |
वासुदेव पौडेल/रासस कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ। , गगनगौंडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो। लामो समयको प्रतीक्षापछि दुवै खोलामा पक्की मोटरेबल पुल बनेसँगै यतिखेर सेराबेंसीका स्थानीय निकै खुसी छन्।,
,
पुलकै अभावमा विगतमा लामो समयसम्म ओझेलमा परेको सेराबेंसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीयवासीमा पुल बनेसँगै यतिखेर समृद्धि र विकासको आशा जगाएको समाजसेवी एवं हंशबाहिनी मावि एक्लेखेत तनहुँका सहायक प्रधानाध्यापक ठाकुरप्रसाद खनालले बताए।,
,
'गुबे खोला र खुदी खोलामा पुल नबन्दा सेराबेंसी र आसपासको क्षेत्र सम्भावना भएर पनि ओझेलमा परेका थिए', उनले भने, 'अहिले भने दुवै खोलामा पुल बनेपछि आवतजावत गर्न निकै सहज भएको छ।',
,
पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं २ जोड्ने गरी दोभानमा र गुबे खोलामाथि बनेका पुलले यहाँको समृद्धि र विकासको ढोका खोलेको स्थानीय बताउँछन्।,
,
कृषिजन्य उत्पादनमा अब्बल सेराबेंसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भू-भागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेको थियो। यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए।,
,
त्यस्तै, गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न भएको उनले बताए।, 'स्थानीयवासीको लामो समयदेखिको पुलको आशा निष्कर्षमा पुगेको छ', उनले भने, 'पुलसँगै अब उक्त मार्गको कालोपत्र गर्ने योजना अघि बढाएका छौं।',
,
उक्त क्षेत्रमा पुल नहुँदा पौडिएर खोला तर्नुपर्ने विवशता २०५२ सालदेखि झोलुंगे पुलले अन्त्य गरिदिए पनि पक्की पुलको अभावमा राजमार्गबाट नजिक रहेर पनि सेराबेंसीसहित आसपासको क्षेत्र बत्तिमुनिको अँध्यारो जस्तै बनेको थियो। ,
,
रूपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको खुदी खोलामा दुई दशकअघिसम्म झोलुंगे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन्।, लामो समयपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुंगे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष एवं नवनिर्मित मोटरेबल पुल निर्माण सहजीकरण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए। , उक्त समयमा मानिसको ज्यान बचाउन झोलुंगे पुल बहुउपयोगी बनेको बताउँदै उनले झोलुंगे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताए।,
,
पक्की पुलको अभावमा सेराबेंसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उनले यसको निर्माण सम्पन्न हुनुले स्थानीयमा आशा जगाएको उल्लेख गरे। पुल निर्माणसँगै स्थानीयवासीको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पुर्याउन सहज भएको छ।, सेराबेंसी, नयाँ गाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहारा, तल्लोपोखरी, काठेपीपल, चोयाबिसौँना, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित भएका छन्।, यसले थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धन हुने र सेराबेंसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ।,
,
गण्डकी प्रदेशको राजधानी पोखरासँग नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेंसीलगायत स्थानका वासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको वास्तविकतामा नवनिर्मित पुल यस क्षेत्रका लागि बरदान सावित हुने शुक्ला गण्डकी –१ का वडाध्यक्ष पौडेलले बताए।,
,
विगतमा पटकपटक पुल निर्माण चुनावी मुद्दा बनेपनि यसलाई निष्कर्षमा पुर्याउन पाउँदा निकै खुसी लागेको यसअघि पनि वडाध्यक्षको जिम्मेवारी सम्हालेका पौडेलले बताए।, 'अघिल्लो पटक चुनावी दौरानमा पुल निर्माणको प्रतिबद्धता व्यक्त गरेका थियौं', उनले भने, 'प्रतिबद्धतालाई सबैको साथ र सहयोगमा निष्कर्षमा पुर्याउन पाउँदा खुसी लागेको छ।',
,
सहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेंसीलगायतका स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने र उक्त क्षेत्रमा बस्ती विकास बढ्ने अपेक्षा गरिएको छ।,
,
लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्न यहाँ निर्मित पुलबाट रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिने देखिएको छ भने नजिकैको पुडिटारमा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि यसले महत्वपूर्ण अर्थ राख्दछ।, पुलकै अभावमा पाँच÷सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता पनि अन्त्य भएको छ।, तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका सहिद लालध्वज गुरूङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो। , त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो।, पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेक हुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने पनि देखिन्छ। ,
पुल बनेसँगै छाएको खुसी |
सविता बुढा भारतको पिथौरागढबाट उछिट्टिर आएको ढुंगाले लागेर दार्चुलाका एक जना बालकको मृत्यु भएको छ।, महाकाली पारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटान भइरहेको छ। गर्ग एन्ड गर्ग कम्पनीले सडकमा बनाउन चट्टान फुटाउन बिस्फोट गर्दा उछिटिएर आएको ढुंगाले लागेर शुक्रबार बिहान दार्चुलाका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो।, व्याँस गाउँपालिका-२ तम्पाकुका महरा आमाबुवासँग खर्कबाट घर फर्किँदै थिए। , जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्क पाण्डेका अनुसार हिँडिरहेका बेला बिहान अन्दाजी साढे १० बजे ढुंगा उछिट्टिएर महाकाली वारि आएर उनलाई लागेको थियो। , पारिबाट आएका ढुंगा लागेर केही स्थानीय पनि घाइते भएको जनाइएको छ। घटनाको विस्तृत विवरण भने थाहा नभएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।, ‘म घटनाबारे बुझिरहेको छु, घटनास्थलमा पुगेपछि थप थाहा हुन्छ,’ उनले भने।, डिएसपी पाण्डेले भने एक जनाको खुट्टामा सामान्य चोट लागेको बताए। अहिले घटनास्थलमा गएका प्रहरीसँग सम्पर्क नभएकाले सबै विवरण आइनसकेको उनले बताए। , घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएका छन्। ,
महाकाली पारि भारतले सडक खन्न बिस्फोट गर्यो, ढुंगा वारि आउँदा नेपाली बालकको मृत्यु |
सेतोपाटी संवाददाता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको व्याँस गाउँपालिका-२ तम्पाकुका १२ वर्षीय पवन महरा मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। , उनले महाकालीपारि पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएकोबारे मृतकका परिवारले आफूलाई जानकारी दिएकोे र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन्। , मन्त्री बडूले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए। , ‘मैले मृतकका परिवारसँग बुझ्दा भारतमा सडक निर्माणका क्रममा गराइएको बिस्फोटका कारण ढुंगा उछिट्टिएर बालकको ज्यान गएको भनेका छन्, स्थानीय प्रशासनलाई यसको यथार्थ पत्ता लगाउन भनेको छु,’ मन्त्री बडूले भने, ‘हामीले यो घटनालाई गम्भीरताका साथ लिएर राहत र क्षतिपूर्तिका लागि तुरून्त कूटनीतिक पहलका लागि समेत निर्देशन दिएको छु।’, मन्त्री बडूले सडक निर्माणका क्रममा बिस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेकोले कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए। , महाकालीपारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको छ। , यो पनि:, महाकाली पारि भारतले सडक खन्न बिस्फोट गर्यो, ढुंगा वारि आउँदा नेपाली बालकको मृत्यु,
,
दार्चुलामा पवन महराको मृत्युबारे यथार्थ छानबिन गरी राहतका लागि पहल गर्न मन्त्री बडूको निर्देशन |
सेतोपाटी संवाददाता कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ।, शुक्रबार धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी धनगढीबाट मछली नदी नजिकै गोदावरी नगरपालिका पिकनिक गएका थिए। उनीसहित १२ जनाको टोली पिकनिक गएका थिए।, दिउँसो २ बजेतिर उक्त नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। खोजतलास गर्दा साढे ३ बजे आर्यन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।, ,
कैलालीमा पिकनिक गएका एक किशोरको नदीमा डुबेर मृत्यु |
सेतोपाटी संवाददाता एक महिनाको लामो कानुनी विवाद अन्त्यसँगै सोसल मिडिया कम्पनी ट्विटर नयाँ अध्यायमा प्रवेश गरेको छ। कम्पनीको नयाँ मालिकका रूपमा विश्वकै धनाढ्य एलन मस्क प्रवेश गरेका छन्। आफू मालिक बनेपछि उनले सबैभन्दा पहिला ट्विटरका सिइओसहित उच्चपदस्थ अधिकारीहरूलाई बर्खास्त गरेका छन्। , मस्कले ट्विटरमा ४४ अर्ब अमेरिकी डलर लगानी गरेसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल र कानुनी नीति तथा सुरक्षा प्रमुख विजय गड्डे बाहिरिएका छन्।, मस्क मालिक बनेसँगै ट्विटरमा कस्तो परिवर्तन देखिएला भन्ने जिज्ञासा सर्वत्र छ। ज्याक डोर्सी हुँदासम्म ट्विटर अर्को सामाजिक सञ्जाल फेसबुकभन्दा मुख्य रूपमा दुई कारणले भिन्न थियो। पहिलो, यसका पोष्टमा शब्दको सीमा थियो। दोस्रो, ट्विटरले आफ्नो साइटमा प्रकाशन हुने विषयवस्तुको संवेदनशीलतालाई धेरै ध्यान दिन्थ्यो। त्यही कारणले सन् २०२१ मा अमेरिकाका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो। , डोर्सीसहित उनका अरू साथीहरू मिलेर सन् २००६ मा स्थापना गरेको ट्विटरले बितेका १६ वर्षमा आफ्नै छवि बनाएको छ। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्कको सार्वजनिक छवि धनाढ्यका रूपमा छ। उनी आफूलाई अभिव्यक्ति स्वतन्त्रताका जबरजस्त अभियन्ताका रूपमा स्थापित गर्न खोज्दैछन्। त्यसका लागि ट्विटरमा सबै विचाराधाराले स्थान पाउनुपर्ने उनको भनाइ छ। पूर्वराष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्धले वामपन्थी विचारधाराप्रति ट्विटर पूर्वाग्रही देखिएको भन्दै उनले ट्रम्पको ट्विटर एकाउन्ट पुनर्स्थापना गर्ने बताएका छन्। , आफ्ना योजनामा अत्यन्तै महत्वकांक्षी मस्कले ट्विटरमा अब कस्तो नीति लिने हुन् हेर्न बाँकी नै छ। ट्विटरको स्वामित्व मस्कसँग आएपछि केही महत्वपूर्ण परिवर्तनको अपेक्षा गरिएको छ।, अभिव्यक्ति स्वतन्त्रताका सरोकार सम्बोधन , मस्कले अभिव्यक्ति स्वतन्त्रताकै विषय उठान गर्दै ट्विटर खरिदको योजना बनाएका थिए। उनी अभिव्यक्ति स्वतन्त्रताका स्वघोषित अभियन्ता हुन्। ट्विटरले एल्गोरिदमको माध्यमबाट केही पोस्टहरूलाई परिवर्तन गर्ने आरोप मस्कले लगाउँदै आएका थिए। ट्विटर खरिद गर्नुअघिका अन्तर्वार्तामा मस्क भन्थे, ‘केही खास नभए पनि कुनै कुनै ट्विट बडो रहस्यमय तरिकाबाट धेरै प्रयोगकर्तामा पुग्छन् भने कुनै नियोजित रूपमा पुग्दैनन्। ओपन सोर्स एल्गोरिदमले यसको समस्या समाधान हुनसक्छ।’, गत सेप्टम्बरमा ट्विटरको सुरक्षा नीतिमा प्रश्न उठाउँदै मस्कले खरिद सम्झौता भंग गर्न खोजेका थिए। यस निर्णयविरूद्ध ट्विटरले मस्कलाई अदालतसम्म पुर्यायो। त्यसबेला एकजना प्रस्तोता जो रोगनले पोडकास्टमा मस्कलाई सोधेका थिए, ‘तपाईंले स्वामित्व लिएमा के ट्विटर सेन्सरसिपबाट मुक्त हुन्छ?’, ‘यसका सन्दर्भमा म केही सुझाव दिने छु, त्यसलाई मान्ने वा नमान्ने उनीहरूको विचार हो,’ मस्कले भनेका थिए। , प्रविधि कम्पनी एक्सल स्प्रिङ्गरका प्रमुख कार्यकारी मथियास डोफ्नरले भनेका छन्, ‘मस्कले ट्विटरलाई सेन्सरसिप फ्री बनाउँदै नयाँ एल्गोरिदमको विकास गर्न सक्छन्। आफूलाई अपमानित गर्ने किसिमका पोस्टबाट मुक्ति पाउनका लागि नयाँ एल्गोरिदम चयन गर्ने विकल्प दिन सक्छन्।’, सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै मस्कले ट्विटरलाई स्वस्थकर बहसको थलो बनाउने बताएका छन्। ‘सभ्यताको स्वच्छ भविष्यका निम्ति ट्विटर साझा विद्युतीय माध्यम बन्नेछ। जहाँ, विभिन्न आस्था र विचारका मानिसहरूले स्वस्थकर बहस गर्नसक्नेछन्,’ उनको विज्ञप्तिमा भनिएको छ। , मस्कका अनुसार अराजक गतिविधिलाई ट्विटरले छुट दिने छैन। ‘राज्यका सबै नियम र परिधिभित्र रहेर ट्विटर चलाउनका निम्ति सबै प्रयोगकर्तालाई न्यानो स्वागत छ,’ मस्कले लेखेका छन्।, आफू सेन्सरसिपका विरूद्धमा रहेको मस्कको जिकिर छ। ‘कानुनभन्दा माथि कोही पनि हुन सक्दैन। कानुनी परिधि बाहिरको सेन्सरसिप मान्य हुने छैन,’ उनले लेखेका छन्।, डोनाल्ड ट्रम्पलाई ट्विटरमा पुर्नस्थापित गर्ने, मस्कले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्नुको कारण ट्विटर प्रतिबन्धित एकाउन्टहरू फिर्ता ल्याउनु पनि हो। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले जनवरी २०२१ मा प्रतिबन्ध लगाएको थियो। राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक हुने दिनमा आफ्ना समर्थकलाई हिंसात्मक प्रदर्शनका निम्ति उक्साएको भन्दै ट्विटरले उनको खाता बन्द गरिदिएको थियो। ट्रम्प पक्षधर प्रदर्शनकारीहरूले जनवरी ६ मा अमेरिकाको संसद भवनमा हिंसा भड्काएका थिए। उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो। , ती प्रदर्शनकारीको समर्थन गरेको भन्दै ट्विटरले ट्रम्पलाई तत्काल प्रतिबन्ध लगाएको थियो। मस्कले यसअघि नै ट्रम्पमाथिको प्रतिबन्ध सही नभएको बताएका थिए। ‘ट्विटरले ट्रम्पमाथि लगाएको आजीवन प्रतिबन्ध मैले खोल्नेछु। ट्विटर वामपन्थीप्रति पूर्वाग्रही देखियो,’ उनले भनेका छन्।, ट्विटरले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा अमेरिकी कन्सपिरेसी सिद्धान्तकार एलेक्स जोन्स र बेलायतका दक्षिपन्थी टिप्पणीकार केट हप्किन्स पनि छन्।, खर्च कटौती, ट्विटरको नगद प्रवाहको स्थिति नकारात्मक छ। आयभन्दा बढी खर्च हुँदा ट्विटर ऋणात्मक अवस्थामा छ। यस कम्पनीको बैंक ऋण १३ अर्ब बिलियन छ। १ सय २४ मिलियनले खर्च बढी देखिएको कारण त्यसलाई घटाउनु पर्ने सोच मस्कले बनाएका छन्। ट्विटर आफूले लिएपछि ७५ प्रतिशत कामदार कटौती गर्ने योजना उनले अन्य लगानीकर्तालाई सुझाएको वासिङ्टन पोस्टको खुलासा छ। ट्विटरमा ७ हजार ५ सय मानिसले काम गर्छन्।, गत जुनमा ट्विटरका कामदारलाई उनले भनेका वित्तीय हिसाबले कम्पनीलाई दरिलो बनाइने बताएका थिए।, ‘अहिले आम्दानीभन्दा खर्च बढी छ। सबल कम्पनीका निम्ति यो स्थिति सुखद पक्कै होइन,’ उनले भनेका थिए।, एभ्रिथिङ एप बनाउने, मस्कले ट्विटरलाई सबै फिचर भएको एपमा रूपमा विकास गर्ने योजना बनाएका छन्। यसबारे उनले विस्तृत कुरा नभने पनि पाँच वर्षभित्र यो कुरा सम्भवत: तुल्याउने उनको भनाइ छ। मस्कको एभ्रिथिङ एप चीनको वी च्याटबाट प्रेरित छ। वी च्याटमा म्यासेज पठाउन तथा वित्तीय कारोबार गर्ने सुविधा छ। ‘चीनको वी च्याट सबैले रूचाएका छन्। यो सहितको नयाँ फिचर ट्विटरमा आए सबैभन्दा ठूलो सफलता हुनेछ,’ मस्कले भनेका छन्।, आम्दानी वृद्धि गर्नु, मस्कले सन् २०२८ भित्र ट्विटरको आम्दानी पाँच गुणाले वृद्धि गर्ने महत्वाकांक्षा राखेका छन्। त्यसबेलासम्म ट्विटरको वार्षिक आम्दानी २६.४ अर्ब डलर पुर्याउने उनको योजना छ। ट्विटरका प्रिमियम प्रयोगकर्ता बढाउने, व्यापारिक तथा सरकारी संस्थाका प्रयोगकर्ताबाट निश्चित रकम लिने उनको योजना छ। मस्कको लगानीपछि वित्तिय संस्थाहरूले ट्विटरमा ऋण लगानीका निम्ति तयार छ्न् तर त्यसका निम्ति ट्विटरको व्यापार राम्रो रहेको प्रमाण पेश गर्नुपर्नेछ।, ट्विटरका नक्कली खाता निष्क्रिय, ट्विटरले दाबी गरेभन्दा निकै बढी संख्यामा नक्कली खाता रहेको मस्कले जिकिर गर्दै आएका छन्। त्यस्ता खाता निष्क्रिय नपारेकै कारण आफूले खरिद सम्झौता रद्ध गर्न लागेको उनले बताएका थिए। ट्विटरका सबै खातालाई आधिकारिकता दिन र नक्कली खातालाई निष्क्रिय बनाउन विशेष योजना ल्याउन सक्छन्।, नियामक निकायका चासो सम्बोधन , ट्विटरका पूर्वसुरक्षा प्रमुख पिटर ज्याकोले गत अगष्टमा ट्विटरमाथि गम्भीर आरोप लगाएका थिए। उनले ट्विटरको सुरक्षा मामिलामा विदेशी सरकारले गरेका हस्तक्षेप नियन्त्रणका लागि कम्पनी असफल भएको टिप्पणी गरेका थिए। ट्विटरले भने त्यसलाई नकार्दै आएको छ। यद्यपी ट्विटरविरूद्धको मुद्दामा मस्कले यो विषय पनि उठान गरेका थिए। मस्कका कानुन व्यवसायीले यस सम्बन्धमा ज्याकोसँग सोधपुछसमेत गरेका थिए। ट्विटरको डेटा सुरक्षासम्बन्धमा नियामक निकायहरूले विशेष चासो राख्ने गरेका छन्। , मस्कले ट्विटरको व्यवस्थापकीय पदमा पनि व्यापक फेरबदल गर्ने अनुमान गरिएको छ।, (,द गार्डियनमा, प्रकाशित सामग्री ,शिशिर ढकाल,ले भावानुवाद गरेका हुन्।),
,
एलन मस्क मालिक बनेपछि ट्विटरमा हुन सक्ने ७ परिवर्तन |
सेतोपाटी संवाददाता जिल्ला कारागार कैलालीमा लागुऔषधको ओसारपोसारमा संलग्न रहेको आरोप लागेपछि एक प्रहरी हवल्दार पक्राउ परेका छन्।, लागुऔषध कारोबार संलग्न एक आरोपीले दिएको बयानका आधारमा प्रहरी हवल्दार पनि पक्राउ परेका हुन्।, गत असोज ३१ गते धनगढी–७ बाट प्रहरीले १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ वन कटुवाका ३३ वर्षीय यादवकुमार चौधरीलाई पक्राउ गरेको थियो। , पक्राउ गरेर उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो। सोही क्रममा चौधरीले कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवल्दार अपिल भाट पनि लागुऔषध ओसार-पोसारमा संलग्न रहेको बयान दिएका थिए।, त्यसपछि सहायक हवल्दार भाटलाई निलम्बन गरिएको थियो।, हाल उनीमाथि लागुऔषध मुद्दा चलाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।,
कारागारमा लागुऔषध ओसारपोसारमा प्रहरीकै संलग्नता! |
सेतोपाटी संवाददाता बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ।, शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए। , उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पतालमा पुर्याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।,
बाल्टिनको पानीमा डुबेर कैलालीमा एक बालकको मृत्यु |
सेतोपाटी संवाददाता महोत्तरीमा भएको दुई पक्षीय झडपको छानविन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।, गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।, बिहीबार भंगाहा नगरपालिका-८ मा छठ पर्वको अवसरमा कलश यात्राको आयोजना गरिएको थियो। कलश यात्राको समयमा हिन्दु सम्राट समूह र मुस्लिम समुदायबीच झडप भएको थियो।, झडप हुँदा कर्फ्यु जारी गरिएको थियो। शुक्रबार दुबै पक्षबीच छलफल गरी सहमति जुटेको थियो।, झडपमा एक दर्जन बढी घाइते समेत भएका थिए। प्रहरीले पनि ३२ राउन्ड बढी हवाइ फायर गरेको थियो। , यसको छानविन गर्न मन्त्रालयले समितिलाई सात दिनको समय दिएको छ। समितिमा सहसचिव पोखरेलसहित नेपाल प्रहरीका डिआइजी उमेशराज जोशी, सशस्त्र प्रहरी बलका डिआइजी किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।,
महोत्तरीको घटना छानविन गर्न गृह मन्त्रालयले बनायो पाँच सदस्यीय समिति |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको बबई नदी तर्ने क्रममा डुबेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार बिहान अधिकारीको शव बबई नदी किनारमा फेला परेको हो।, मृतकको शप पोष्टमर्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।,
दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु |
एजेन्सी अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।, अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए। उनी इरान हुँदै कतार जान लागेका थिए।, बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे। उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए।, एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न। यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नुपर्छ।, इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। गत अक्टोबर १ मा सान्टिएगोले आफ्नो परिवारसँग कुरा गरेका थिए। पछि उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि उनका आमाबुवाले स्पेनको विदेश मन्त्रालयमा छोराका बारे जानकारी लिइदिन अनुरोध गरेका थिए।, अहिले उनकी आमाले आफ्ना छोरालाई इरानमा सुरक्षाकर्मीले पक्राउ गरेर राखेको र उनको अवस्था सामान्य रहेको जानकारी पाएको बताएकी छन्।, इरानस्थित स्पेनका राजदूतले सान्टिएगोलाई भेट्न दिन इरानी अधिकारीहरूलाई अनुरोध गरेको उनले बताइन्।, इरानी अधिकारीहरूले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।,
विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ |
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ।, बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ। , पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्।, ´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी पछ्याउँदै आएर गाडी राेकी म र मेराे गाडीमा आक्रमण गरे,´ उनले भने। , आक्रमणबाट वडा अध्यक्ष पाण्डे घाइते भएका छन्। उनको गाडीकाे अगाडिकाे सिसा फुटेको छ।, ईलाका प्रहरी कार्यालय रन्यौराले वडा अध्यक्ष पाण्डेमाथि आक्रमण गर्ने सैनामैना-२ का कसिस श्रेष्ठ, सैनामैना ४ का राजन कालामगर र सैनामैना ५ का अर्जुन भुसाललाई नियन्त्रणमा लिएकाे जनाएको छ।, पाण्डेमाथि आक्रमण गर्नेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।,
सैनामैनाका वडाध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण |
सेतोपाटी संवाददाता काठमाडौंस्थित रानीपोखरी छठ पर्वमा खुला नगरिने भएको छ। , यो पटक काठमाडौं महानगरपालिकाले छठका लागि रानीपोखरी नखोल्ने निर्णय गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। , उनका अनुसार रानीपोखरी तीन चरणमा बनिसके पनि दुई चरणमा बनेको संरचना पुनर्निर्माण प्राधिकरणले हस्तान्तरण गरिसकेको छैन। , ‘पहिलो चरणमा पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बनेको थियो जुन हाम्रो स्वामित्वमा आइसकेको छ,’ उनले भने, ‘मन्दिर हाम्रो स्वामित्वमा आइसकेका कारण भाइटीकाका दिन खोलेका थियौं। तर दोस्रो र तेस्रो चरणमा बनेका पोखरीका दायाँ र बायाँका संरचना हाम्रो स्वामित्वमा आइसकेको छैन। खोल्दा दुर्घटना हुँदा कसले जिम्मेवारी लिने भनेर नखोलेका हौं।’, छठ मनाउने क्रममा पोखरीभित्र छिर्नुपर्छ। पानी पाँच फिट भएको र पोखरीमा जाने क्रममा चिप्लिएर लडे कसले जिम्मेवारी लिने भन्ने प्रश्न उठेको थियो।, यस्तै, पूजाका क्रममा कुनै संरचना बिग्रिए कसले जिम्मेवारी लिने भन्ने प्रश्न समेत उठेका कारण रानी पोखरी छठका लागि खुला नगर्ने निर्णय गरिएको उनले बताए। , महानगरपालिकाका मेयर बालेन शाहले बैठक बसेर तयारी गरेता पनि प्राविधिक समस्या देखिएकाले रानीपोखरी खुला नगर्ने निर्णय गरेको उनले बताए। , ,
यो पटक छठ पर्वमा रानीपोखरी खुला नहुने |
रासस काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकैको रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ।, प्रहरीका अनुसार पक्राउ पर्नेहरू १८ जना छन्।, उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,
काठमाडौंबाट झन्डै ४ लाख रूपैयाँसहित १८ जुवाडे पक्राउ |
रासस सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए।, विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।,
गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।,
इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु |
रासस चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।, शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए। , उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका-७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। , आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।, घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले बताए। , ,
खुकुरी प्रहार गरी चितवनमा एक पुरूषको हत्या |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.