content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, , पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ। , हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ।, प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ।, यस्तै आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, ,
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना |
सेतोपाटी संवाददाता पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ। एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ। , क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ। , नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका छन्। यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ। तर फ्यानहरुका लागि त्यो पनि सन्तोषजनक छैन। , दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन। हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमा नेपाल पराजय व्यहोर्न बाध्य भयो। साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा नकाल्न सकेको छैन। , खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचना पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन्। खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवद्धन हुन नसक्नु दुःखद् हो। , यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरू बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन्। , संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ। सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ। खेलका संरचनाहरु बिग्रिँदै गएका छन्। , सातदोबाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मुलपानीको क्रिकेट रंगशाला लगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकुद संरचनाहरु जिर्ण बनिरहेका छन्। , त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ। रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ। , न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारहरुले कैद गरेका जिर्ण बन्दै गरेका खेलकुदका संरचनाहरुहरुका तस्बिर आजको फोटो फिचरमा। ,
खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना (फोटो फिचर) |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले पुस २ देखि पुस ८ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, संघीय संसद भवन नयाँ बानेश्वरमा आफ्नो जातीय भेषभुषामा शपथ ग्रहण गर्न आएका सांसदहरू। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी, बिहिबार संघीय संसद भवन नयाँ बानेश्वरमा सपथ ग्रहणमा सहभागी सांसदहरू। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी, तमु ल्होसारको अवसरमा तमु विद्यार्थीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कलाकारहरू। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी, रूपन्देहीको देवदहस्थित स्मृति बनबाटिकामा फुटपाथ निर्माण गर्दै कामदार । तस्वीर :भगवती पाण्डे, सर्वोच्च अदालतको आदेश बमोजिम जेलमुक्त भएका सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागबाट एरपोर्ट लगिँदै। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी, कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी, सिंहदरबार परिसर भित्र निर्माणाधीन संसदीय दलको कार्यालय। तस्बिर: नवीनबाबु गुरुङ /सेतोपाटी ।, काठमाडौंको देवीनगरस्थित धोबीखोला किनारमा अनधिकृत संरचना भत्काउँदै काठमाडौं महानगरपालिका। तस्बिर : नवीनबाबु गुरुङ /सेतोपाटी, नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार बनेका गगनकुमार थापा मतदानका दिन मत माग्दै सिंहदरबारमा। तस्बिरः निशा भण्डारी/सेतोपाटी, आफ्नै मौलिक पहिरनमा पदको सपथ लिन आएकी नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सांसद। तस्बिरः निशा भण्डारी/सेतोपाटी, सर्वोच्च अदालतको फैसलाले जेलमुक्त भएर स्वदेश फर्कन लागेका चार्ल्स शोभराज। विमान भित्र। उनलाई शुक्रबारनै नेपाल सरकारले देश निकाला गरेको छ। तस्बिर स्रोत: ट्विटर डटकम/एबिपी लाइभ, ,
साताको क्लिक |
डा. विवेक रौनियार माइग्रेन भनेको टाउको दुख्ने एक किसिमको समस्या हो। माइग्रेन हुँदा टाउकोभित्रको स्नायु नसा सक्रिय भए दुख्ने हुन्छ।, माइग्रेन हुँदा एकापट्टी टाउको दुख्ने र बान्ता आउलाजस्तो हुने, कहिलेकाहीँ बान्ता पनि हुने, प्रकाश र आवाजसँग 'इरिटेसन' हुने हुन्छ।, यस्तो अवस्था चारदेखि ७२ घन्टासम्म हुने र बाराम्बार यस्तै घटना भइरहने हुन्छ।, माइग्रेन के कारणले हुन्छ भन्ने एकिन भइसकेको छैन। माइग्रेन भएकामध्ये २ तिहाइलाई वंशानुगत कारणले यो रोग हुन्छ।, २०१६ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारका १ अर्ब मानिस माइग्रेनबाट पीडित छन्।, प्रत्येक ७ जनामा १ जनालाई माइग्रेनको समस्या छ। कसैलाई महिनामा एक पटक समस्या पर्न सक्छ अनि कसैलाई हप्तामा एक पटक समस्या आउन सक्छ। कसैलाई छुट्टी नै लिनपर्ने गरी समस्या हुन्छ भने कसैलाई सामान्य हुन्छ।, धुलिखेल अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ अजय रिजालले गरेको अनुसन्धानले सयमा २० देखि ३० जना नेपालीलाई माइग्रेन भएको देखाएको छ।, संसारभरि नै माइग्रेन अशक्त पार्ने चौथो ठूलो रोग हो। माइग्रेन भयो भने धेरै समस्या पार्छ। पढाइ र काममा असर पार्छ । सामाजिक र पारिवारिक रूपमा समस्या आउँछ। यसले दीर्घकालीन अशक्त पनि बनाउँछ।, माइग्रेन महिलाहरूमा अलि बढी हुन्छ। माइग्रेनपीडितमध्ये २ तिहाइ महिला छन्। यसको पछाडि वंशानुगत रहे पनि अरू कारण पत्ता लागेको छैन। माइग्रेन खानपिन, तनाव, अनिद्रा, चर्को आवाज, घाम र मौसमले परिवर्तनले बढ्छ। धेरै गर्मी या जाडोले पनि दुखाइ बढाउन सक्छ।, माइग्रेन उपचार गर्न सकिने समस्या हो। 'फिजिसियन' र 'न्युरोलोजिष्ट'ले ओपिडिमा बिरामीको दुखाइ कस्तो छ, दुखाइ हुँदा के के हुन्छ, दुखाइ कतिबेरसम्म रहन्छलगायत परीक्षण गरेर यसको निर्क्यौल गर्न सक्छ। अरू साना खालका परीक्षण गरेर पनि माइग्रेन भए/नभएको निर्क्यौल गर्न सकिन्छ। अरू कुनै विशेष परिक्षण गर्नु पर्दैन। धेरै बिरामी सिटीस्क्यानलगायत अनेकथरी परीक्षण गरेरमात्रै 'न्युरोलोजिष्ट' कहाँ आउँछन्।, केही माइग्रेनहरूमा थप परीक्षण पनि गर्नु पर्ने हुन्छ। जसका कारण माइग्रेन बढी भएको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। माइग्रेनपीडितहरूले आफ्ना समस्या बताएको आधारमा यसको उपचार गर्न सकिन्छ। टाउको कति दुख्छ, टाउको दुखाइसँगै के-के हुन्छ र कति समयदेखि भइरहेको छलगायतका परीक्षणमा माइग्रेन हो भनेर पत्ता लगाउन सक्छौं।, माइग्रेनको उपचारलाई विभिन्न भागमा बाँड्न सकिन्छ। पीडाको आधारमा औषधी दिइन्छ। व्यक्तिको समस्या, उमेर र लिंगका आधारमा पनि औषधी खानुपर्ने हुन्छ।, माइग्रेन भएका व्यक्ति जे कारणले माइग्रेन भएको छ त्यसबाट बच्नुपर्छ। जस्तै, चर्को घाममा गएर माइग्रेनको आक्रमण हुन्छ भने त्यहा नजाने, असर गर्ने खाने कुरा नखाने, चकलेट, कफी, वाइन, चिजलगायतले असर गर्छ भने ती पनि खानु हुँदैन।, कम्तिमा८ घन्टा सुत्नुपर्छ। आधा घन्टा दैनिक शारिरीक व्यायाम गर्नुपर्छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ भने धेरै गर्मी अनि धेरै जाडोबाट बच्नुपर्छ।, माइग्रेन हुनै नदिन त केही गर्न सकिदैन तर माइग्रेन बढी हुने सम्भावना छ भने आफ्नो जीवनशैली स्वस्थ र खुसी बनाउन पर्छ। खानामा सागसब्जी फलफूल खानुपर्छ। अनावश्यक तनाव लिनु हुँदैन। यस्तो गर्न सकियो भने माइग्रेन कम हुन्छ।, माइग्रेन के हो, यसको निराकरण कसरी गर्ने लगायत विषयमा ग्राण्डी अस्पताल धापासीमा कार्यरत स्नायु तथा नसा रोग विशेषज्ञ डा. विवेक रौनियारसँग सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।,
निको पार्न सकिन्छ माइग्रेन (भिडिओ) |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा भर्याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ।, शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिइन्। झुन्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए। , तल झर्नेक्रममा एक्कासी सिँढीबाट लडेर शेरबहादुर घाइते भएका थिए। , घाइते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो। त्यही उपचारको क्रममा मृत्यु भएको हो। , झुन्डिएर आत्महत्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्याएका थिए। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , डिएसपी बुढाथोकीका अनुसार श्रीमात बिहानैदेखि मापसे गर्थे। त्यही कारणले पनि घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ। ,
श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु |
रासस अव्यवस्थित रूपमा बसेका पाल्पाको रामपुरबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गरिएको छ।, लामो समयसम्म तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन्।, राष्ट्रिय भूमि आयोगले २०२८/२९ देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित बसोबास गरेकालाई करिब पाँच दशकपछि जग्गाधनी पुर्जा उपलब्ध गराएको छ।, लामो समयदेखि पुर्जाको प्रतीक्षामा रहेका अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा शुक्रबारदेखि पुर्जा वितरण कार्य सुरू गरेको छ।, पहिलो चरणमा तीन सय ७७ घरघडेरीको राजस्व तिर्ने प्रक्रियामा पुगे पनि तीन सय एकको सर्जमिन भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष मोहनलाल गैरेले बताए।, उनले सर्जमिन भएकामध्ये दुई सय बढीले राजस्व बुझाएको, एक सय ७३ को फोटो टाँस्ने काम सकिएको छ भने एक सय तीन जग्गाधनीलाई पुर्जा वितरण गरिएको छ।, उनका अनुसार प्रक्रिया पूरा भएका सबैको क्रमशः वितरण हुने र गठबन्धन सरकार यथावत् रहेमा अबको आठ महिनाभित्र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण कार्य सम्पन्न गरिनेछ।, राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले जग्गाधनी पुर्जा वितरण गर्दै भूमिको समस्या समाधान आयोग र स्थानीय सरकार मिलेर मात्र सम्भव रहेको बताए। , आयोगले आफ्नो भूमिका नखोजी स्थानीय सरकारसँगै हातेमालो गरेर अघि बढेको उनले जानकारी गराए।, रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यका लागि र हालको रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयले विद्यालय सञ्चालन गर्न तत्कालीन समयमा बिक्री गरेको जग्गामा बसोबास हुँदै आएको हो।, विसं २०५५ सम्ममा बिक्री वितरण भएका रामपुर–५, ६ र ७ का सात सय ८३ घडेरीमध्ये पहिलो चरणमा एक सय तीन जनालाई पुर्जा वितरण गरिएको हो।, लामो समयसम्म समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई जग्गाधनी पुर्जा दिलाउन सफल भएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। प्रक्रियामा रहेका सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने नगरप्रमुख थापा बताउँछन्।, वर्षौंदेखि पुर्जाविहीन बनेका स्थानीय पुर्जा वितरणसँगै खुसी भएका छन्। रामपुरको मुख्य बजार, बेझाँड बजार, किसानबारी, विजयपुर, तिलकपुर क्षेत्रमा गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गा पाँच दशकदेखि स्थानीयले रसिदको भरमा भोगचलन गर्दै आइरहेका थिए। लामो समयको पर्खाइपश्चात् जग्गाधनी पुर्जा प्राप्त गर्न पाउँदा खुसी लागेको स्थानीय विन्दु श्रेष्ठले बताए। ,
रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू |
रासस कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , छिमेकी राष्ट्रहरूमा उक्त भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको र प्रारम्भीक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएको मन्त्रालयले बताएको छ। यद्यपि अहिलेसम्म यो भेरियन्ट नेपालमा भेटिएको छैन।, नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन अनुरोध गरेको छ।, क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न-गराउन भनेको छ।, साथै कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरूले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल गरेको छ। ,
‘कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ नेपालमा पुष्टि भएको छैन’ |
रासस एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ।, म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।, कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ।, प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए।, सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ।, झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरूपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कोइरालाले बताए।,
म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिएको खुलासा |
युवराज श्रेष्ठ माटोले पुरेको ल्यान्डफिल साइटमा पोखरा महानगरपालिकाले फेरि फोहोर फालेको छ।, महानगरले शुक्रबार राति र शनिबार बिहान पुरिएको ठाउँमाथि नै फोहोर फालेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा बाधक भएको भन्दै ल्यान्डफिल साइट पुरिएको थियो।, विमानस्थलको पूर्वतर्फ काटिएको रिठ्ठेपानी डाँडाको माटो ल्यान्डफिल साइट पुर्न प्रयोग गरिएको थियो। विमानस्थलको रनवेदेखि २ किलोमिटर पश्चिमतर्फ पोखरा–१४ बाच्छेबडुवामा रहेको ल्यान्डफिल साइट पुर्न सकिएको थियो।, ल्यान्डफिलसाइट पुरेर सकिएपछि पनि महानगरले फोहोर फाल्न नरोकेको स्थानीयबासीले बताएका छन्।, ‘माटोले ल्यान्डफिल साइटको फोहोर पुरिएर सकाएको थियो,’ एक स्थानीयले भने, ‘पुरिएको ल्यान्डफिल साइटमाथि महानगरले फेरि फोहोर थुपारेको छ।’, उक्त ल्यान्डफिल साइटका कारण विमानस्थलमा गिद्ध लगायतका चराहरू भीड लाग्ने गर्छ। हवाई सुरक्षाका लागि विमानस्थलले विगत ५ वर्षदेखि ल्यान्डफिल साइट अन्यत्र सार्न पोखरा महानगरलाई पत्राचार गर्दै आएको थियो। महानगरका मेयर धनराज आचार्यले मंसिर १८ गतेदेखि उक्त ल्यान्डफिलसाइटमा फोहोर नफाल्ने भन्दै विमानस्थललाई लिखित उत्तर दिएका थिए।, महानगरका मेयर आचार्यले पत्राचारमा उल्लेख गरे अनुसार मंसिर १८ पछि बाच्छेबडुवामा फोहोर फाल्न रोक्न सकेनन्।, त्यसपछि विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ पछि फोहोर नफाल्न प्रतिवद्धता जनाए। क्यालिब्रेसन फ्लाइट भएर रिपोर्ट आइसकेपछि पनि फोहोर फाल्न रोकिएन। विमानस्थलको दुबै रनवेबाट परीक्षण उडानसमेत सफल भइसकेको अवस्थामा पनि फोहोर फाल्न नरोकिँदा सुरक्षा चुनौती बढेको विमानस्थल प्रमुख बिनेश मुनकर्मीले बताए।, ‘जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँछ, अब कुनै बहानामा रोकिँदैन,’ उनले भने, ‘रनवेको पुर्वतर्फ फोहोर फाल्न नरोकिँदा सुरक्षा चुनौती बढ्यो।’, विमानस्थल संचालनमा आएपछि चराका कारण खतरा देखियो भने नयाँ विमानस्थलका बारेमा गलत नजिर बस्न सक्ने उनले बताए।, विमानस्थल आउने चराको बानी परिवर्तन गरेर अन्यत्र जाने अवस्था बनाउन ६ महिनादेखि १ वर्ष समय लाग्ने चराविद्हरूले बताउँदै आएका छन्। महानगरले ल्यान्डफिल साइट परिवर्तन गर्न नसक्दा विमानस्थल संचालन गर्न एक साता बाँकी छँदासमेत बाच्छेबडुवामा फोहोर फालिरहेका छन्।, यता, पोखरा महानगरका सरसफाई शाखा प्रमुख कल्पना बरालले भोलि आइतबारदेखि बाच्छेबडुवामा फोहोर नफाल्ने बताइन्। पुरानो ल्यान्डफिल साइटमा पुर्न बाँकी रहेका ठाउँमा फोहोर फाल्न लैजाँदा पोखिएको उनले दाबी गरिन्। तर उनले आफु ल्यान्डफिल साइट नगएको बताइन्।, ‘भोलिदेखि बाच्छेबडुवामा फोहोर फालिँदैन, हिजो लैजाँदा पुरिएको ठाउँमा पोखिएछ,’ उनले भनिन्, ‘म आँफै ल्यान्डफिलसाइट हेर्न गएको छैन।’, महानगरले पोखरा–३२ लामेआहालमा अल्पकालीन रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ। कास्की र तनहुँको सिमानामा पर्ने उक्त स्थानमा अहिलेसम्म फोहोर लगिएको छैन। महानगरका मेयर आचार्यले पोखराको फोहोर व्यवस्थापन गर्न जग्गाको खोजी भएपनि वातावरणीय प्रतिवेदन नआएकाले सार्वजनिक गर्न ढिलाई भएको बताउँदै आएका छन्।,
माटोले पुरेको ल्यान्डफिल साइटमा पोखरा महानगरले फेरि फाल्यो फोहोर |
निशा भण्डारी भोलि डिसेम्बर २५, अर्थात् क्रिसमस डे। विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ। , नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रूपमा मनाउँछन्।, खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन्।, क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ। यसैबीच धोबिघाटस्थित एजम्सन चर्चमा पनि क्रिसमस इभ मनाइँदै छ।, हेर्नुस् तस्बिर:, , ,
तस्बिरमा हेर्नुस् यसरी मनाइँदै छ 'क्रिसमस इभ' |
रासस अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ।, त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट संकलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो।, दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कवापत बुझाएको मनी अर्डर र क्यासियर चेकसहित दूतावासका कर्मचारीहरू २२ डिसेम्बरमा ह्युस्टनबाट वासिङटन डिसीतर्फ गइरहेका थिए। त्यसक्रममा बिहीबार दिउँसो १२ बजे पार्किङमा राखिएको दूतावासको सवारीसाधन तोडफोड गरी लुटिएको हो।, उक्त घटनापछि तत्काल ‘ह्युस्टन पुलिस डिपार्टमेन्ट’ तथा ‘डिप्लोमेटिक सेक्युरिटी डिभिजन’ लगायतका सुरक्षा निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको दूतावासले जनाएको छ।, सेवाग्राहीको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यो घटनाको अनुसन्धान गरी लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा सहयोग गर्न दूतावासले अपिल गरेको छ। त्यस्तै त्यसरी लुटिएका मनी अर्डर र क्यासियर चेक रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ।, ‘कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा पेस गर्नुभएको मनी अर्डर वा क्यासियर चेक यदि रद्द गर्न सम्भव भएमा आफूले मनी अर्डर वा क्यासियर चेक बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती रद्द गर्न अनुरोध छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ।,
अमेरिकास्थित नेपाली दूतावासले संकलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो |
एजेन्सी अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएको केही समयपछि उनीहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्नसमेत प्रतिबन्ध लगाएको छ।, संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले तालिबानको यस कदमलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा र भर्त्सना गरेका छन्। , तालिबानले भने राष्ट्रिय हित तथा महिलाको सम्मानको संरक्षण गर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ ।, तालिबानले यो निर्णयलाई उचित ठहर गर्दै गैरसरकारी संस्थाका महिला कर्मचारीले हिजाब नलगाएर शरिया कानूनको उल्लंघन गरेको बताएको छ।, तालिबानले यसअघि नै अधिकांश माध्यमिक विद्यालयमा महिलालाई अध्ययनमा प्रतिबन्ध लगाइसकेको छ ।, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालिबान सरकारको यो निर्णय अफगानिस्तानका जनताका लागि विनाशकारी हुने बताए।,
गैरसरकारी संस्थाहरूमा काम गर्ने धेरै महिलाहरू घरको एक मात्र कमाउने सदस्य हुन्। , ‘यदि मैले काम गर्न पाइनँ भने मेरो परिवारको हेरचाह कसले गर्ने?,’ एक महिलाले बिबिसीसँग भनिन्।, अर्की एक महिलाले यो खबरले आफूलाई चकित पारेको भन्दै आफूले तालिवानको कडा ड्रेस कोडको पालना गरेको दाबी गरिन्।, यस्तै अर्की एक महिलाले तालिवानको निर्णयले अब घर कसरी चलाउने र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता थपिएको बताइन्।,
अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध |
सेतोपाटी संवाददाता हाल देशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र तराईँमा हुस्सु र कुहिरो लागिरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। यस्तै देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ। , यस्तै सोमबार र मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभाव हुने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।, यसैबीच काठमाडौंमा आज यो वर्षको कम तापक्रम मापन गरिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार आइतबार काठमाडौंमा ४ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।, , शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो।,
आजको मौसमः हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु |
सेतोपाटी संवाददाता धनुषामा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ।, मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ बस्ने अन्दाजी ४० वर्षीय धनुक दासको हत्या भएको प्रहरीले जनाएको छ।, साँझ साढे सात बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपक रायले बताए।, 'मृतक घरमै बसेका बेला कसैले गोली हानेर भागेको कुरा आएको छ। हामी अनुसन्धान गर्दैछौं,' उनले भने।, डिएसपी रायका अनुसार बायाँ कोखमुनि गोली लागेर घाइते भएका दासलाई प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।, दास दमकल मिस्त्रीका रूपमा काम गर्दै आएका थिए।, वडा नम्बर-२ का वडाध्यक्ष नरेश यादवका अनुसार मोटरसाइकलमा सवार भएर आएका दुई व्यक्तिले उनलाई गोली हानेको स्थानीयले देखेका थिए।, 'सिँचाइ गर्ने दमकल घरमा ठीक गर्दै थिए। मोटरसाइकलमा आएका दुईजनाले गोली हानेर भागेको केहीले देखे तर नम्बर टिप्न सकेनन्,' उनले भने।,
गोली प्रहार गरी एक पुरुषको हत्या |
सेतोपाटी संवाददाता लागुऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। , शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, कार्यालयले लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली उनीहरूलाई कारबाही गरेको हो। , ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी ७ जना चालक कारबाहीमा परेका हुन्।, पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए।, प्राविधिक टोलीले टिएचसी किटको प्रयोग गरी चेकिङ गरेको थियो। लागु औषध सेवन गरी चलाए/नचलाएको चेक गर्न यो किटको प्रयोग गरिएको हो। ,
लागु औषध सेवन गरी सवारीसाधन चलाउने ७ चालक कारबाहीमा |
सेतोपाटी संवाददाता बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ।, ९३ वर्षका उनको आइतबार बिहान निधन भएको हो।, भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए।, उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।, उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।, ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत उनले जोडेका थिए।, २ छोरा र १ छोरी रहेका बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका खुलासमेत गरेका थिए।, हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन्।,
बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत रहेनन् |
सेतोपाटी संवाददाता क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन्।, आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्। , मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको हो।, दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ। , हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ। तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ। महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।, पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ।,
आज सार्वजनिक बिदा, ‘क्रिसमस डे’ मनाइँदै |
नारायण खड्का दाङ तुलसीपुरका ४४ वर्षीय व्यवसायी निमबहादुर बुढाथोकी शनिबार बिहान झिसमिसेमै झाडु बोकेर घरबाट निस्किन्छन्। , सरासर तुलसीपुर बसपार्क पुगेर उनी सरसफाइमा लाग्छन्। उनले यो काम विगत दुई वर्षदेखि गर्दै आएका छन्। , उनी कुनै संघ-संस्था वा निकायका कर्मचारी भने होइनन्। उनले तुलसीपुर बसपार्कस्थित ‘बुढाथोकी सप्लायर्स’ चलाएर बसेका छन्। उनी हरेक शनिबार आफूखुसी यो काम गर्दै आएका हुन्। , बसपार्क फोहोर भएको हेरेर बस्न नसकेकाले फुर्सदमा निकालेर सफाइ गर्ने गरेको उनी बताउँछन्। , ‘मलाई कसले के भन्छ मतलब छैन,’ उनले भने, ‘म यहाँ आउने मानिसहरूको फोहोर गर्ने व्यवहार परिवर्तन होस् भन्ने चाहन्छु।’, २०७७ मा बसपार्क फोहोरले भरिएको थियो। फोहोरले भरिएको देखेपछि त्यस सालको फागुनदेखि सफाइ गर्न थालेँ। कुनै समय एक्लै फोहोर सफा गर्ने बुढाथोकीलाई सहयोग गर्न अरू पनि जुटिका छन्।, उनकै आग्रहमा स्थानीय भुपबहादुर भण्डारीले बसपार्कमा आउने यात्रुका लागि डष्टविन राखिदिए।, बसमा आउने-जाने यात्रुहरूले जथाभावी फोहोर नफालुन् र फोहोर डष्टविनमै फालुन् भनेर उनीहरूले अनुरोध समेत गर्ने गरेका छन्। , ‘बसपार्कमा सबैले मनपरी फोहर फालिरहेका हुन्छन् र उनीहरूलाई सम्झाउने कोही छैन,’ बुढाथोकीले भने, ‘न कोही त्यसरी फालिएको फोहर उठाउने मानिस नै थिए, त्यहीँ भएर मैले नै फोहर उठाउने निर्णय गरेको हुँ।’, सुरूवाती दिनमा बसपार्कको शौचालय पनि निकै नै फोहोर थियो। त्यतिबेला उनी एक्लैले दुई हप्ता लगाएर सफा गरेको उनी बताउँछन्। यसरी सफा गर्न थाल्दा घरपरिवारले नै फोहोरको काम किन गरिरहेको भनेर प्रश्न समेत गरे। , तर उनले ती कुराहरूको वास्ता गरेनन्। अहिले उनलाई राम्रै काम गरेको भन्दै प्रशंसा समेत गर्ने गरेका छन्।, ‘आज घर परिवारदेखि साथीभाइ सबैले सार्वजनिकस्थल सरसफाई गर्ने राम्रो काम गरिरहेको छौं भनेर प्रशंसा गर्छन् र हामी पनि अभियानमा जोडिन्छौं भन्नेहरू धेरै छन्,’ उनले भने, ‘फोहोर उठाउनेहरू होइन फोहर गर्नेहरू बढी फोहरी हुन्।’, यो सरसफाइ अभियानमा उनका साथी-भाइमात्रै छैनन्। केही विद्यार्थीसमेत जोडिएका छन्। कक्षा ११ मा अध्ययनरत राजु विश्वकर्मा, दिलमान महर, कक्षा ९ का तिलक विश्वकर्मालगायत पाँच जना विद्यार्थी ६ महिनादेखि यो अभियानमा उनलाई साथ दिइरहेका छन्।, सरसफाइको काम गरिरहँदा विद्यार्थीहरूलाई प्रश्न गर्नेहरू पनि थुप्रै रहेछन्। यसबापत कति तलब पाउछौं भनेर पनि उनीहरूलाई गिज्याउनेको कमी छैन। , ‘हामीलाई धेरैले गिज्याउँछन्। म अनुरोध गर्छु कसैले हामीलाई नगिज्याउनुस्,’ राजुले भने, ‘सक्नुहुन्छ भने अभियानमा जोडिनुस् र सक्नुहुन्न भने पनि फोहर नगरिदिनुस्।’, सुरूमा एक्लै काम थालेका बुढाथोकीलाई विद्यार्थीहरूको सहयोगले केही राहत भएको छ। यसरी उनीहरूले हरेक शनिबार सफा गर्दा केही हदसम्म बसपार्क सफा देखिन्छ। , उनीहरूले फोहर संकलन गरी डष्टविनमा राख्छन्। त्यसपछि तुलसीपुर उपमहानगरपालिकाको ट्र्याक्टरले उक्त फोहोर लैजान्छ। , यतिमात्रै होइन उनीहरूले बसपार्कमा रहेका बोटविरूवामा पानी हाल्छन्।, उनीहरूको सरसफाइ गर्ने अभियान केही हदसम्म सफल भएकोमा निमबहादुर बुढाथोकी खुसीछन्। अहिले त्यहाँ आउने धेरैजसोले डष्टबिनकै प्रयोग गर्ने गरेको हुँदा पनि उनी यसलाई आफ्नो सफलता मान्छन्। , ‘पहिले हामीले राखेका भाँडोमा कसैले फोहर राखेका हुँदैन थिए,’ उनले थपे, ‘हेर्नुहोस् आज यी भाँडा सबै फोहरले भरिएका छन्। यो हामीले हैन यात्रुले राखेका हुन्।’, कहिलेकाँही बसपार्कका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोषकुमार आचार्यले पनि उनीहरूको अभियानमा मिसिन्छन्।, ‘उहाँहरूको निकै उदाहरणीय काम छ,’ आचार्यले भने, ‘एक-दुई पटक म्यादी प्रहरीसहित खटिएर मैले उहाँहरूको अभियानमा जोडिने अवसर पाएको छु।’, स्थानीय सरकारले बसपार्कको सरसफाइमा चासोका साथ काम नगरेको स्थानीयबासीको गुनासो छ। बरू बुढाथोकीको समूहले उदाहरणीय काम गरिरहेको उनीहरू बताउँछन्। , बसपार्कका ठेकेदारले ठेला व्यापारीहरूबाट दैनिक ५० रुपैयाँ भाडा असुल्छन्। , ती ठेलाले गुट्का, चुरोट, चिया, चाउचाउ, बिस्कुट, फलफूललगायत मनपरी फालेको पनि पाइन्छ। यसरी फाल्नेहरू पनि जिम्मेवार बन्नुपर्ने उनको भनाई छ। , विकशित मुलुकमा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई कारबाही गरेजसरी नै यहाँ पनि त्यहीँ हुनुपर्ने उनको भनाइ छ।, ‘हाम्रोमा जहाँ मन पर्यो त्यहीँ फोहर फाल्नेहरू छाती फुलाएर स्मार्ट भएको ठान्छन्,’ बुढाथोकीले भने, ‘यथार्थमा उनीहरूको मस्तिष्क फोहेरले भरिएको हुन्छ र हाम्रो आनीबानी निकै खराब छ।’, विद्यार्थी राजुलाई सुर्ती, पान, गुट्का खाएर जहाँ पायो त्यही मनपरि थुक्ने जस्ता युवाहरू देखेर दिक्क लाग्छ। , ‘म भन्दा साना केटाहरू पनि मज्जाले चुरोट तान्छन् अनि मनपरी ठूटा फाल्दै हिँड्छन्,’ उनले भने, ‘फुर्ती लगाएर हिँड्ने त्यस्ता युवा-युवतीलाई देख्दा म निकै दुःखी हुन्छु।’ यसरी नै फोहोर फाल्ने केही युवाहरूको सोँच मात्रै परिवर्तन गर्न पनि आफूहरू हरेक शनिबार आएर सफाइ गरिरहेको उनी बताउँछन्। , तस्बिरहरू:,
दुई वर्षदेखि तुलसीपुर बसपार्क सफाइमा लागेका निमबहादुर |
एजेन्सी उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा कम्तिमा ३८ जनाको ज्यान गएको छ।, खराब मौसमका कारण अमेरिकामा मात्रै ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। , यो आँधीको सबैभन्दा बढी प्रभाव न्यूयोर्क राज्यको बफेलो सहरमा देखिएको छ। क्रिसमसको समयमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा मात्रै १२ जनाको मृत्यु भएको न्युयोर्क गभर्नर क्याथी होकुलले पुष्टि गरिन्।, यात्रामा अहिले पनि समस्या रहेको छ भने देशभरि दशौं हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ। न्यूयोर्कमा भारी ताल प्रभाव हिमपातले आपतकालीन उद्धार प्रयासहरूलाई अवरोध समेत गरेको छ।, तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो। बफेलो एयरपोर्ट मंगलबारसम्म बन्द छ।, राष्ट्रिय मौसम सेवाले आइतबार बिहान ७ बजेसम्म बफेलोको विमानस्थलमा ४३ इन्च हिमपात भएको जनाएको छ।, न्युयोर्कबाहेक ओहायो, कन्सास, भर्मन्ट, कोलोराडो, विस्कन्सिन र मिजौरीमा पनि मौसम प्रतिकुल छ।, समाचार एजेन्सी एपीका अनुसार यसको प्रभाव उत्तरी अमेरिकामा क्यानडादेखि सुदूर दक्षिणको अमेरिकी प्रान्त टेक्साससम्म देखिएको छ ।, यसैबीच क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको छ।, न्यूयोर्क राज्यका गभर्नर क्याथी होचुलले यसलाई बफेलो सहरको इतिहासमा सबैभन्दा विनाशकारी आँधी भएको बताएकी छन्।, ,
हिम आँधीका कारण अमेरिकामा ३ दर्जन बढीको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौंको हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ। , आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनटारबाट नियन्त्रणमा लिइएको हो। , चितुवाले कुकुरहरू खाएर दु:ख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।, अहिले उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको छ। ,
काठमाडौंको हसनटारबाट चितुवा नियन्त्रण |
सेतोपाटी संवाददाता काठमाडौंको कालिमाटीमा शंखधर साख्वाः को मूर्ति फेला परेको छ।, शनिबार काठमाडौं महानगर प्रहरी टोलीले परोपकार पुलमुनि शंखधर साख्वाःको मूर्ति फेला परेको महानगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।, उनका अनुसार उक्त मूर्ति शनिबार फेला परेको थियो। तर भेटिएको स्थानबाट आइतबार मात्र निकालिएको हो।, ‘कालिमाटी एरियामा ड्युटीमा भएका साथीहरूले हिजो छाप्रोमा मूर्ति देख्नुभएको रहेछ,’ उनले भने, ‘त्यो मूर्ति एक बाजेले फोहोरको थुप्रोसँगै रहेको छाप्रोमा लगेर राख्नुभएको रहेछ।’, पुलमुनि फोहोरको थुप्रोमा मूर्ति भेटिएपछि ती वृद्धले छाप्रोमा लगेर राखेको उनले बताए।, अहिले उक्त मूर्ति महानगरको कार्यालयमा राखिएको छ। भोलि बिहान प्रक्रिया पुर्याएर पुरातत्व विभागलाई हस्तान्तरण गरिने उनले जानकारी दिए। , यो मूर्तिबारे थप जानकारी नभएको उनले बताए।,
कालिमाटीमा फेला पर्यो शंखधर साख्वाःको मूर्ति |
सेतोपाटी संवाददाता काठमाडौंको स्युचाटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, आइतबार अपरान्ह साढे ५ बजे नागार्जुन नगरपालिका-१० स्युचाटार अमरज्योति स्कुल नजिकैको घरमा एक पुरूषलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, स्युचाटारमा डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्द चौधरीलाई करेन्ट लागेको हो।, सक्षात चौधरी थारूको घरको छतमा फससिलिङ लगाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि सहिद मेमोरियल अस्पतालमा लगिएको थियो।, त्यहाँ उपचारको क्रममा उनको पौने ६ बजे मृत्यु भएको एसपी मैनालीले बताए।, शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको छ।,
करेन्ट लागेर काठमाडौंमा एकको मृत्यु |
सेतोपाटी संवाददाता महोत्तरीको सम्सी गाउँपालिका-२ पर्साका असलम शेखले आफ्नो पसलमा काम गर्ने खुर्सीद अन्सारीलाई चरम यातना दिएका कारण उनको मृत्यु भएको छ। , उनको मृत्युसँगै गएको बुधवारको उक्त घटनाको भिडियो बाहिरिएको छ। , ४० वर्षीय खुर्शीदलाई असलम शेखले नग्न बनाई चरम यातना दिएको उक्त भिडिओमा देखिन्छ। , खुर्सीद असलमको पसलमा श्रमिक थिए। निर्मम कुटपिटबाट गम्भीर घाइते भएका उनको आइतबार बिहान जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो। , असलमले उनलाई चोरीको आरोप लगाएका पनि छन्। त्यही आरोपमा उनले मरणासन्न हुने गरि पिटेको देखिन्छ। भिडियोमा खुर्सिदले भने आफूले चोरी नगरेको बताउँछन्। , खुर्सिदको मृत्यु भएपछि असलमलाई प्रहरीले पक्राउ गरेको छ।, महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा असलमलाई पक्राउ गरेको छ। , ‘उनी (असलम) ड्रगिस्ट पनि हुन्। धेरै बदमास र फटहा छन्। निर्मम कुटपिट गरेको भिडिओ हामीले पनि पाएका छौं। खुर्सिदमाथि झुटो लान्छना लगाएर कुटपिट गरेका रहेछन्,’ उनले भने। , पक्राउ परेका असलमविरूद्ध ज्यान मार्ने कसुरमा कारबाही अघि बढाइने एसपी पंगेनीले बताए। , अनुसन्धानमा खटिएका एक प्रहरी निरीक्षकका अनुसार यातना दिएका दिन असलमले लागुऔषध सेवन गरेका थिए। , मासु बेचेको पैसा समयमै नठाउँदा नशामा कुटपिट गरेको असलमले प्रहरीलाई बयान दिएका छन्। , ‘गाउँमा मासु किन्ने दुई/चारदिन ढिलो पैसा दिनेरहेछन्। अनि किन बेचेकै दिन पैसा उठाइनस भनेर नशामा उसले यातना दिएका रहेछन्,’ ती प्रहरी निरिक्षकले भने। , भिडिओमा घटना प्रत्यक्ष रुपमा हेरिरहेको र भिडिओ खिचेका दुबैजनाको खोजी कार्य भइरहेको उनको भनाइ छ।,
खुर्शीदकी पत्नी रशिदाका अनुसार झण्डै १० दिनअघि असलमले खुर्शिदलाई नयाँ खोलेको किराना पसलमा हिसाब राख्ने काममा राखेका थिए। , १५ हजार रुपैयाँ महिनाको तलब दिने सहमती भएको थियो। तर काम सुरू गरेपछि हप्तामा दुईदिन लाग्ने गाउँकै बजारमा खसीको मासु पनि बेच्न लगाए। तैपनि खुर्शिदले काम गरिरहे। काम सकेर खुर्शिद मंगलबार राति करिब १० बजेमात्र घर आएका थिए। ६ जना छोराछोरी र रसिदा त्यतिन्जेल सुतिसकेकी थिइन्। विहान करिब पाँचै बजे असलम कहाँ काम गर्ने दुईजनाले खुर्सिदको घर आएर बोलाएर लगे। रशिदा खाना खाएर खेततीर लागिन्। दिउँसो करिब २ बजेतीर खेतमा छिमेकी महिलाले उनको श्रीमानलाई मारेर फालदिएको सुनाएकी थिइन्। , स्थानीयका अनुसार निमर्म कुटपिट तथा यातना दिइएका खुर्शीदलाई असलम लगायतका व्यक्तिले घर छेउमा रहेको नालामा फालेर भागेका थिए। रशिदा घटनाबारे सुन्न साथ रुँदैकराउँदै घर आइपुगिन्। त्यतिन्जेल छिमेकीले टेम्पुमा राखेर गाउँ नजिकै रहेको अस्पतालमा उनलाई पुर्याइसकेको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा भर्ना गरिएको थियो। , ‘असलम बदमास छन् पैसा दिँदैन मैले पहिल्यै श्रीमानलाई भनेको थिएँ। तर ज्यानै लिइहाल्छन् मलाई लागेको थिएन,’ उनले भनिन्, ‘गरिबीले जिन्दगी यतिकै बदहाल थियो। अब मेरा छोराछोरीलाई कसरी पाल्ने, शादीविवाह गर्ने। मेरो जिन्दगीको सहारा खोसियो।’ , स्थानीयका अनुसार असलम यसअघि पनि दुई पटक लागुऔषधसहित पक्राउ परेका थिए। तर प्रहरीले कारबाही नै नगरी छोडदिएको स्थानीय नइम अन्सारीले बताए। , यद्यपि असलम पहिले लागुऔषध कारोबारमा संलग्न रहेको वा नरहेको अनुसन्धानपछि मात्रै खुल्ने एसपी पंगेनीले बताए।,
महोत्तरीमा निर्मम यातनाबाट श्रमिकको मृत्यु |
सेतोपाटी संवाददाता बैतडीकी माया लुहार हत्याका आरोपित भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन्।, प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौस ५ गते प्रतिवेदन बुझाएपछि ६ गते जिल्ला अदालत बैतडीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए। , उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो।, शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली सशस्त्र प्रहरी वलमा कार्यरत थिए।, पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी २१ वर्षीय मायालाई मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए। यस्तै उनले १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए।,
,
माया लुहार हत्याका आरोपित भरतराम कोली पुर्पक्षका लागि करागार चलान |
सेतोपाटी संवाददाता भक्तपुरमा आगलागी हुँदा ५ महिने शिशुको मृत्यु भएको छ। , सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटस्थित युनिटी टोल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-१ घर भएकी सर्मिला मोक्तानको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।, आइतबार साँझ करिब ६ बजे आगलागी हुँदा आगोले जलेर सर्मिलाकी ५ महिने छोरी लासाङ मोक्तानको मृत्यु भएको हो। , जलेर गम्भीर घाइते भएकी उनको सिद्धिस्मृति अस्पताल आदर्शमा उपचारको क्रममा मृत्यु भएको हो।, एसपी केसीका अनुसार आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। घटना हुँदा शिशुसँग आमा-बुवा थिएनन्। , शिशुका ५ वर्षीय दाइ र शिशुमात्रै त्यहाँ थिए। , ‘आगलागी कसरी भएको भन्ने नै खुलेको छैन। केही भेटाएका छैनौं। घटना हुँदा आमा-बुवा दुबै जना पसल गएका रहेछन्,’ एसपी केसीले भने, ‘५ वर्षका दाइ मात्रै रहेछन्।’, उनका अनुसार आज ती बालकसँग सोधपुछ गरिँदैछ। उनलाई प्रहरी वृत्त जगातीमा अभिभावकसँगै राखेर के भएको हो भन्नेबारे सोध्न लागिएको हो। , शिशुको टाउको, अनुहार, तिघ्रा, हात र खुट्टामा जलेको छ। घटनाबारे पोष्टमर्टमबाट पनि खुल्न सक्ने प्रहरीको भनाइ छ। ,
आगलागी हुँदा भक्तपुरमा ५ महिने शिशुको मृत्यु |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी –१० टेक्रा स्थित कनकाई नदीको काँसघारीमा फेला परेको शवको पहिचान खुलेको छ।, उक्त शव कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय पदमलाल बाँस्तोलाको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, बाँस्तोला बुधबारदेखि बेखबर थिए। स्थानीयले उनको हत्या भएको बताएका छन्।, ‘शरीरका केही भागमा चोट छ। यसैका आधारमा पनि बाँस्तोलाको कुटपिट वा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो भन्न सकिन्छ,’ स्थानीय बासिन्दाले भने।, घटनाको गहिरो अनुसन्धान गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन्।, कनकाई माई किनारमा रहेको काँसघारीभित्र बिहीबार अपराह्न स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले शव फेला पारेको थियो।, एक प्रहरी अधिकारीले भने, 'यसलाई हामीले स्वाभाविक रूपमा हेरेका छैनौं। आजैबाट सुक्ष्म अनुसन्धान सुरू भएको छ।',
काँसघारीमा फेला परेको शवको पहिचान खुल्यो |
सेतोपाटी संवाददाता झापाको कन्काई नदी छेउमा एक पुरूषको शव फेला परेको छ। , शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित कन्काई नदीको काँस घारीमा बिहीबार साँझ ५ बजेतिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , उनका अनुसार ती पुरूषको मृत्यु शंकास्पद छ। अहिले नै के भएको भन्नेबारे विस्तृतमा बताउन नसकिने उनले बताए। , ‘टोली पुगेर अनुसन्धान हुँदैछ। शंकास्पद चाहि छ। के भएको हो भन्ने अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामी क्लूको खोजीमा छौं।’, मृतक पुरूषको पहिचान पनि खुल्न सकेको छैन। उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। , यस्तै उनको पहिचान खुलाउन कोही हराएको निवेदन परे/नपरेकोबारे हेरिरहेको पनि डिएसपी पाठकले बताए। , प्रहरी स्रोतले भने सुरूङ्गाका एक पुरूष हराएकाले उनको परिवारलाई बोलाइएको छ। , घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिले र बिर्तामोडका डिएसपी खटिएका छन्।,
झापामा शंकास्पद शव फेला |
युनिक श्रेष्ठ केन्द्रीय कारागार कार्यालयले 'सिरियल किलर' चार्ल्स शोभराज कैदमुक्त भए पनि भोलिमात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।, केन्द्रीय कारागार जगन्नाथदेवलका सुरक्षा स्रोतका अनुसार उनलाई भोलिमात्रै अध्यागमन विभागमा बुझाउने भएको हो। , शोभराजका वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीले पनि भोलिमात्रै बुझाउने तयारी रहेको बताए। कागजातमा हस्ताक्षर गर्नुपर्ने लगायतको काम पनि सकिइसकेको उनले बताए।, ‘अध्यागमन विभागमा राख्न व्यवस्थापन नभएकाले भोलिमात्रै उता पठाउने भएको हो। जेलबाट मुक्त भने भइसक्नुभयो। आज एकदिन उहाँ यहीँ बस्नुहुन्छ त भन्दा उहाँले पनि अँ म बस्छु भनेपछि यही राखियो,’ उनले भने, ‘अध्यागमनलाई पनि ढिलो गरी खबर भयो। बिरामी पनि हुनुभएको कारणले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको हो।’, शोभराजलाई भोलि १० बजेपछि मात्रै बुझाइने उनले बताए। , अहिलेसम्म किन छुटेनन् चार्ल्स शोभराज?, १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई आजै (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले हिजो आदेश गरेपछि उनी अझै छुटेका छैनन्। , केन्द्रीय कारागारले अध्यागमन विभागलाई बुझाउने तयारी गरेको छ।, शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ। , तर विभागले अहिलेसम्म उनलाई बुझ्ने तयार भएको सूचना नआएकाले उनलाई छोड्न नसकिएको केन्द्रीय कारागार सुन्धाराका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। , ‘अध्यागमन विभागबाट पठाउनु भन्ने सूचना आउने बित्तिकै हामीले यहाँबाट छोड्छौं,’ उनले भने।, बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नु र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नु’ भन्ने आदेश गरेको थियो। , , अन्य मुद्दामा कैद बस्न पर्ने नपर्ने यकिन गर्न कारागार, काठमाडौं र भक्तपुर जिल्ला अदालतलाई सर्वोच्च प्रशासनले हिजै चिठी लेखेको थियो।, आज दुवै अदालतले लगत काटेर पठाए पनि अध्यागमनले आफूहरू चार्ल्स शोभराजको जिम्मा लिन तयार छौं भन्ने सूचना पठाएको छैन। , शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद काटिरहेका छन्। , २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। , कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ।, अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।, उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्याएर डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। , तर शोभराज तत्कालै फर्किने मुडमा भने छैनन्। कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार शोभराज केही दिन नेपालमै बस्नेछन्। , अदालतले पनि १५ दिनको समय तोकेको हुँदा उनी कम्तीमा पनि १०-१२ दिन नेपाल बस्ने योजनामा छन्। यसबीच उनको मुटुको उपचार पनि गर्ने योजना छ। , ‘१०-१२ दिन यहीँ बस्ने। मुटुको गम्भीर बिरामी पनि भएको हुँदा स्वास्थ्य परीक्षण पनि गराएर फर्किने भन्ने योजना छ,’ उनले भने, ‘परिवारका सदस्यहरू पनि आउने कुरा छ।’ , कैदमुक्त भइसकेका शोभराजलाई पुन: अध्यागमन विभागको हिरासतमा राख्न नमिल्ने पनि उनी बताउँछन्। , उनको स्वास्थ्यको दृष्टिकोणले पनि हिरासतमा राख्न नमिल्ने शिवाकोटीले बताएका हुन्। , ‘स्वास्थ्यको हिसाबले पनि अध्यागमन विभागको हिरासतमा बस्न मिलेन। व्यक्तिगत जमानीमा अध्यागमनले छाड्ने अधिकार छ,’ उनले भने, ‘ठूलो नाम चलेको व्यक्ति भएकाले उहाँको हकमा के गर्नुहुन्छ थाहा भएन। भयो भने होटल हायातमा बस्ने व्यवस्था गरिएको छ। त्यहाँ बसेर स्वास्थ्य उपचार गराउनुहुन्छ।’, होटलमा बस्न नदिएमा अस्पतालकै बेडमा सुरक्षाकर्मीको निगरानीमा राखे पनि कुनै आपत्ति नभएको उनी बताउँछन्। , उनको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो। उनले नियमित रूपमा गंगलाल अस्पतालमा उपचार गराउँदै आएका छन्।, हत्या मुद्दामा २० वर्ष कैद सजाय तोकिएका उनले १९ वर्ष कैद सजाय भोगिसकेका छन्। ७८ वर्षको वृद्ध उनले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए। , जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।, जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ।, उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ। , १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानूनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।, ‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, 'बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ।’, सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।, हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो।, यी मुद्दामा १९ वर्ष दुई महिना कैद सजाय भोगिसकेपनि आफूमाथि लागेको आरोप भने उनी स्वीकार्दैनन्। , यसबारे उनका कानुन व्यवसायी गोपाल शिवाकोटी भन्छन्, ‘नेपालमा जन्मकैद गराइयो। त्यो मुद्दामा झुट्टा प्रमाण, कागजात, बयानहरू जुटाएर जबरजस्ती झुट्टा मुद्दामा फसाइयो भन्ने उहाँको भनाइ छ।’, यसरी झुट्टा मुद्दामा फसाइएको भन्दै शोभराजले सन् २०१०मा संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमा पत्र समेत लेखेको उनले बताए। , ‘यहाँ फैसला भएपछि निष्पक्ष सुनुवाइ भएन भनेर संयुक्त राष्ट्रिय संघको मानव अधिकार समितिमा उजुरी पनि हालेका थिए। अनि मानव अधिकार समितिले नै निष्पक्ष भएको देखिएन पुनरावलोकन गर्नू, निर्दोष रहेछ भने क्षतिपूर्ति पनि दिनु भनेर नेपाल सरकारलाई पत्र लेखेको थियो,’ उनले भने, ‘८० दिनभित्र जवाफ दिनु भनेर पनि भनिएको थियो। तर नेपाल सरकारले जवाफ फर्काएन।’, यसरी झूटो आरोप लगाएर बदनाम गराएको र बेइज्जत गर्नेहरूविरूद्ध शोभराजले मुद्दा हाल्ने समेत उनले बताए। , उनले नेपाल सरकार, उनका बारे किताब लेख्ने लेखक, डकुमेन्ट्री बनाएर बेइज्जत गर्नेविरूद्ध मुद्दा हाल्ने शिवाकोटीले बताए। , ‘अब उहाँ स्वदेश फर्किएपछि नेपाल सरकार, उनको बारे किताब बनाउने, डकुमेन्ट्री बनाउने, उनले गरेभन्दा बढी बदनाम, बेइज्जत गराउनेहरूविरूद्ध पनि मुद्दा लड्ने, सबैविरूद्ध मुद्दा लड्ने योजना छ उनको,’ उनले भने, ‘बिबिसी, नेटफ्लिक्स, नेपाल सरकारविरूद्ध मुद्दा लड्ने भएका हुन्।’, केही वर्षअघि कैदीबन्दीहरूको अधिकार, सुविधा सम्बन्धी मुद्दा जितेपछि शोभराजले शिवाकोटीसँग सम्पर्क गर्न खोजेका थिए। , ‘कैदीबन्दीहरूको अधिकार, सुविधा सम्बन्धी, कोभिडको बेलामा विशेष छुट दिएर राष्ट्रपतिबाट अध्यादेश जारी गराएरै भएपनि गम्भीर प्रकृतिका कसूरदारबाहेकका कैदीबन्दीहरूलाई छाड्ने भन्ने ठूलो मुद्दा जितेको थियो सर्वोच्चमा,’ उनले भने,‘त्यो मुद्दाबारे सुने नेपालमा पनि यस्तो वकिल रहेछन्। मेरो काम गरिदिने कोही भएनन्। सहयोग लिनुपर्यो भनेर जेलको चौकीदारसँग कुराकानी गरेको रहेछ।’, यसरी कुरा आउँदा आफूलाई डर लागेको तर कानुनी सहयोगका लागि आफू तयार भएको पनि बताए। , ‘चौकीदारमार्फत सम्पर्क भएको थियो। चार्ल्स शोभराजको नाम सुन्दै डर लाग्छ। तैपनि हुन्छ हेरौंला नी भनेको थिएँ। कानुनी सहयोग गर्नलाई त के होला र भनेर कुरा गरियो। तर पछि केस हेर्दै जाँदा उनीमाथि अन्याय नै भएको देखियो। त्यसयता तीन वटा रिट निवेदन नै हाल्नुपर्यो,’ उनले भने, ‘यसपालि बन्दीप्रत्यक्षीकरणको रिट हालियो। उनको चालचलन पनि असल देखिएको र सरकारबाट पनि चालचलन खराब रहेको भन्ने जवाफ नआएकाले उनलाई कैदमुक्त गर्न भनिएको हो।’, यो पनि: ,प्रेमी शोभराजलाई छुटाउन १२ वर्षदेखि लागिरहेकी निहिता,
चार्ल्स शोभराज कैदमुक्त, भोलि मात्रै अध्यागमनलाई बुझाउने |
सेतोपाटी संवाददाता बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ।, बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। , शिक्षकको हत्या आरोपमा पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको थियो। , प्रहरीका अनुसार पक्राउ पर्ने बिमला कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। उनी कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्थिन्।, पुस १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको कारण आफूले हत्या गरेको बिमलाका श्रीमान प्रजाले प्रहरीलाई बयान दिएका छन्।, उनले श्रीमतीमाथि गरेको व्यवहार आफूले सहन नसकेर विष्टको हत्या गरेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।, राती हत्या गरेपछि विष्टको शवलाई छात्राबासको पछाडि फालेको प्रहरीको अनुसन्धानले देखाएको छ। , घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्ट कार्यरत थिए।, विष्टको शव पुस २ गते दिउँसो उनकै निवासको पछाडिपट्टिको भिरालो जमिन फेला परेको थियो। , विष्टका आफन्तले बुधबार बोहरा दम्पतीका नाममा किटानी जाहेरी दिएका थिए।,
बैतडीमा शिक्षक हत्या आरोपितको बयान- श्रीमतीमाथि अभद्र व्यवहार गरेकोले हत्या गरें |
सेतोपाटी संवाददाता 'मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान' अन्तर्गत बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सीमान्तकृत बस्तीहरूमा 'छोरी शिक्षा बीमा जागरूक सचेतना कार्यक्रम' आयोजना गरिएको छ।, सामाजिक विकास मन्त्रालयले, युरोपियन युनियन र युनिसेफको साझेदारीमा पहिलो चरणअन्तर्गत मधेस प्रदेशको आठ वटै जिल्लामा सचेतनाका कार्यक्रमहरू आयोजना गरेको हो।, कार्यक्रममा बोल्दै मधेस प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालले छोराहरूको तुलनामा छोरीहरूको शिक्षामा पहुँच नपुग्ने, कम उमेरमै बिहे हुने जस्ता कारणले विभिन्न शारीरिक तथा मानसिक समस्याहरू झेल्नुपरेको भन्दै सरकारले यो कार्यक्रम ल्याएको बताए।, 'यो अभियानले छोरीहरूको शिक्षामा पहुँच बढाउँदै उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत पुर्याउँछ,' निर्देशक फुयालले भने।, बालविवाह रोक्न पनि यो अभियानले भूमिका खेल्ने उनको विश्वास छ। , मधेस प्रदेश सामाजिक विकास मन्त्रालयले अभियान कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ आएसँगै २०७८ माघ १ गतेदेखि जन्म भएका छोरीहरूलाई लक्षित गरी 'छोरी शिक्षा बीमा र मुद्दति बचत कार्यक्रम' ल्याएको हो। , यो कार्यक्रम अन्तर्गत बीमा गर्नेबित्तिकै ३७ हजार ५५७ रूपैयाँ छोरीको खातामा जम्मा गरिनेछ र २० वर्ष उमेर पुगेपछि ३ लाख रूपैयाँ पाउने छिन्। तर यो रकम पाउन केही शर्तहरू पूरा गर्नुपर्ने हुन्छ। उनले एसइई पास गरेको र २० वर्षसम्म बिहे नगरेको हुनु पर्नेछ। उनको अकालमै मृत्यु भएको खण्डमा सबै कानुनी प्रक्रिया पुगेपछि मृत्यु भएको सालसम्ममा जति रकम जम्मा भएको छ, त्यति रकम परिवारले पाउने छन्।,
'मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान' सचेतना कार्यक्रम |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त हुन लागेका सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई कारागारले अध्यागमन विभागलाई बुझाउने भएको छ। , केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनलाई कैदमुक्त गरी आजै अध्यागमन विभागलाई बुझाउने तयारी रहेको जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए। अहिले नै उनी छुटिसकेका भने छैनन्। , भक्तपुर जिल्ला अदालतबाट उनलाई छाड्न पत्र नआएको हुँदा उनी कैदमुक्त भइसकेका छैनन्।, ‘हामीलाई भक्तपुरबाट चिठी आएको छैन। चिठी आएपछि अध्यागमन विभागलाई बुझाउछौं,’ जेलर पाण्डेले भने। ,
अध्यागमनलाई बुझाएसँगै उनलाई जतिसक्दो छिटो फ्रान्स पठाउने तयारी छ। , यद्यपि अध्यागमनलाई उनी छुट्ने जानकारी पाए पनि कहिले छुट्छन् भन्ने पत्र नआएको अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले बताए।, ‘हामीले पनि हल्लाहरूमात्रै सुनेका हौं। कारागारले ती व्यक्तिलाई यहाँ ल्यायो भने प्रक्रिया पुर्याएर डिपोर्ट गर्छौं,’ उनले भने।,
उनलाई टिकट काट्नको लागि केही समय लाग्न सक्ने तर सक्दो छिटो डिपोर्ट गर्ने प्रक्रियामा अघि बढ्ने उनले बताए।, ‘टिकटको लागि केही दिन लाग्न सक्छ। एकदम छिटो टिकट म्यानेज गर्न भन्न पर्छ। त्यसपछि डिपोर्ट गर्छौं,’ उनले भने,‘कारागारले अहिलेसम्म हामीसँग समन्वय गरिसकेको छैन। प्रक्रिया सकेपछि पनि बुझाउँछ होला।’, टिकट नभएसम्म उनी अध्यागमनकै निगरानीमा रहने पनि उनले बताए। , यस्तै शोभराजलाई फ्रान्स पठाउँदा त्यहाँबाट पनि फिर्ता पठाउला कि भन्ने पनि प्रश्न उठेको छ। यसबारे पनि छलफल भइरहेको उनले बताए।, ‘अहिले समस्या त्यही छ। हामीले पनि छलफल गरिरहेका छौं। मन्त्रालयका सचिव, मन्त्रीजीसम्म पनि छलफल होला,’ उनले भने, ‘त्यस्तो भइहाले पनि समन्वय गरी पूर्व तयारी गरेर नै पठाउनुपर्छ भनिरहेका छौं।’ , बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो। उनी १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद सजाय भुक्तान गरिरहेका छन्। , शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए। , जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।, जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ।, उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ। , १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानूनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।, ‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, 'बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन र १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिदिएको छ।', सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।, हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो। , दुवै अदालतले उनलाई फरक/फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन्। काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।, उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पूर्जी अदालतले जारी गरेको थियो। , सर्वोच्चले भने वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्डविपरीत एकान्तवासमा राखिएको भन्दै सर्वोच्चले कैदमुक्त गर्ने आदेश दिएको हो। ,
चार्ल्स शोभराजलाई कारागारले अध्यागमन विभागमा बुझाउने, फ्रान्स डिपोर्ट गरिने |
सेतोपाटी संवाददाता केन्द्रीय कारागार कार्यालयले 'सिरियल किलर' चार्ल्स शोभराज बिहिबार कैदमुक्त भए पनि आज मात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।, केन्द्रीय कारागार जगन्नाथदेवल सुरक्षा स्रोतका अनुसार उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको हो।, शोभराजका वकिल वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार कागजातमा हस्ताक्षर गर्नुपर्ने लगायतको सबै काम बिहिबारनै सकिएकाले आज १० बजेपछि अध्यागमन पठाउन लागिएको हो। , ‘अध्यागमन विभागमा उनलाई राख्नका लागि व्यवस्थापन नभएकाले आज मात्रै उता पठाउने भएको हो। जेलबाट मुक्त भने हिजै भइसक्नुभयो’, उनले भने, ‘बिहिबार एक दिन उहाँ केन्द्रीय कारागारमै बस्नु नत भन्दा उहाँले पनि अँ म बस्छु भनेपछि यही राखियो। अध्यागमनलाई पनि ढिलो गरी खबर भयो। बिरामी पनि हुनुभएको कारणले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको हो।’, १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि उनी छुटेका हुन्।, शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ। , बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नू र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नू’ भन्ने आदेश गरेको थियो। , अन्य मुद्दामा कैद बस्न पर्ने नपर्ने यकिन गर्न कारागार, काठमाडौं र भक्तपुर जिल्ला अदालतलाई सर्वोच्च प्रशासनले बुधबारनै चिठी लेखेको थियो।, बिहिबार दुवै अदालतले लगत काटेर पठाएका थिए।, शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद काटिरहेका छन्। , २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। , कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ।, अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।, उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्याएर डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। , तर शोभराज तत्कालै फर्किने मुडमा भने छैनन्। कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार शोभराज केही दिन नेपालमै बस्नेछन्। , अदालतले पनि १५ दिनको समय तोकेको हुँदा उनी कम्तीमा पनि १०-१२ दिन नेपाल बस्ने योजनामा छन्। यसबीच उनको मुटुको उपचार पनि गर्ने योजना छ। , ‘१०-१२ दिन यहीँ बस्ने। मुटुको गम्भीर बिरामी पनि भएको हुँदा स्वास्थ्य परीक्षण पनि गराएर फर्किने भन्ने योजना छ,’ उनले भने, ‘परिवारका सदस्यहरू पनि आउने कुरा छ।’ , कैदमुक्त भइसकेका शोभराजलाई पुन: अध्यागमन विभागको हिरासतमा राख्न नमिल्ने पनि उनी बताउँछन्। , उनको स्वास्थ्यको दृष्टिकोणले पनि हिरासतमा राख्न नमिल्ने शिवाकोटीले बताएका हुन्। , ‘स्वास्थ्यको हिसाबले पनि अध्यागमन विभागको हिरासतमा बस्न मिलेन। व्यक्तिगत जमानीमा अध्यागमनले छाड्ने अधिकार छ,’ उनले भने, ‘ठूलो नाम चलेको व्यक्ति भएकाले उहाँको हकमा के गर्नुहुन्छ थाहा भएन। भयो भने होटल हायातमा बस्ने व्यवस्था गरिएको छ। त्यहाँ बसेर स्वास्थ्य उपचार गराउनुहुन्छ।’, होटलमा बस्न नदिएमा अस्पतालकै बेडमा सुरक्षाकर्मीको निगरानीमा राखे पनि कुनै आपत्ति नभएको उनी बताउँछन्। , उनको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो। उनले नियमित रूपमा गंगलाल अस्पतालमा उपचार गराउँदै आएका छन्।, हत्या मुद्दामा २० वर्ष कैद सजाय तोकिएका उनले १९ वर्ष कैद सजाय भोगिसकेका छन्। ७८ वर्षको वृद्ध उनले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए। , जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।, जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ।, उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ। , १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानूनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।, ‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, 'बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ।’, सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।, हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो।, यी मुद्दामा १९ वर्ष दुई महिना कैद सजाय भोगिसकेपनि आफूमाथि लागेको आरोप भने उनी स्वीकार्दैनन्। , यसबारे उनका कानुन व्यवसायी गोपाल शिवाकोटी भन्छन्, ‘नेपालमा जन्मकैद गराइयो। त्यो मुद्दामा झुट्टा प्रमाण, कागजात, बयानहरू जुटाएर जबरजस्ती झुट्टा मुद्दामा फसाइयो भन्ने उहाँको भनाइ छ।’, यसरी झुट्टा मुद्दामा फसाइएको भन्दै शोभराजले सन् २०१०मा संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमा पत्र समेत लेखेको उनले बताए। , ‘यहाँ फैसला भएपछि निष्पक्ष सुनुवाइ भएन भनेर संयुक्त राष्ट्रिय संघको मानव अधिकार समितिमा उजुरी पनि हालेका थिए। अनि मानव अधिकार समितिले नै निष्पक्ष भएको देखिएन पुनरावलोकन गर्नू, निर्दोष रहेछ भने क्षतिपूर्ति पनि दिनु भनेर नेपाल सरकारलाई पत्र लेखेको थियो,’ उनले भने, ‘८० दिनभित्र जवाफ दिनु भनेर पनि भनिएको थियो। तर नेपाल सरकारले जवाफ फर्काएन।’, यसरी झूटो आरोप लगाएर बदनाम गराएको र बेइज्जत गर्नेहरूविरूद्ध शोभराजले मुद्दा हाल्ने समेत उनले बताए। , उनले नेपाल सरकार, उनका बारे किताब लेख्ने लेखक, डकुमेन्ट्री बनाएर बेइज्जत गर्नेविरूद्ध मुद्दा हाल्ने शिवाकोटीले बताए। , ‘अब उहाँ स्वदेश फर्किएपछि नेपाल सरकार, उनको बारे किताब बनाउने, डकुमेन्ट्री बनाउने, उनले गरेभन्दा बढी बदनाम, बेइज्जत गराउनेहरूविरूद्ध पनि मुद्दा लड्ने, सबैविरूद्ध मुद्दा लड्ने योजना छ उनको,’ उनले भने, ‘बिबिसी, नेटफ्लिक्स, नेपाल सरकारविरूद्ध मुद्दा लड्ने भएका हुन्।’, केही वर्षअघि कैदीबन्दीहरूको अधिकार, सुविधा सम्बन्धी मुद्दा जितेपछि शोभराजले शिवाकोटीसँग सम्पर्क गर्न खोजेका थिए। , ‘कैदीबन्दीहरूको अधिकार, सुविधा सम्बन्धी, कोभिडको बेलामा विशेष छुट दिएर राष्ट्रपतिबाट अध्यादेश जारी गराएरै भएपनि गम्भीर प्रकृतिका कसूरदारबाहेकका कैदीबन्दीहरूलाई छाड्ने भन्ने ठूलो मुद्दा जितेको थियो सर्वोच्चमा,’ उनले भने,‘त्यो मुद्दाबारे सुने नेपालमा पनि यस्तो वकिल रहेछन्। मेरो काम गरिदिने कोही भएनन्। सहयोग लिनुपर्यो भनेर जेलको चौकीदारसँग कुराकानी गरेको रहेछ।’, यसरी कुरा आउँदा आफूलाई डर लागेको तर कानुनी सहयोगका लागि आफू तयार भएको पनि बताए। , ‘चौकीदारमार्फत सम्पर्क भएको थियो। चार्ल्स शोभराजको नाम सुन्दै डर लाग्छ। तैपनि हुन्छ हेरौंला नी भनेको थिएँ। कानुनी सहयोग गर्नलाई त के होला र भनेर कुरा गरियो। तर पछि केस हेर्दै जाँदा उनीमाथि अन्याय नै भएको देखियो। त्यसयता तीन वटा रिट निवेदन नै हाल्नुपर्यो,’ उनले भने, ‘यसपालि बन्दीप्रत्यक्षीकरणको रिट हालियो। उनको चालचलन पनि असल देखिएको र सरकारबाट पनि चालचलन खराब रहेको भन्ने जवाफ नआएकाले उनलाई कैदमुक्त गर्न भनिएको हो।’,
चार्ल्स शोभराज कैदमुक्त, आज अध्यागमनलाई बुझाउने |
रासस कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ।, महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ।, चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।, टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले बताए।, ‘हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ। पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ,’ उनले भने।, भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए।, यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो। पुस्तकालयमा आयोजित एक कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार उपलब्ध गराएका थिए।,
पुस्तकालय गएर पढ्ने उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्।, ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।, चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ।, पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्।, छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ।, हेर्नुस् विज्ञप्ति:,
फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखियो, मास्क लगाउनुहोस्- स्वास्थ्य मन्त्रालय |
सेतोपाटी संवाददाता कञ्चनपुरको बेलौरी नगरपालिका–१ मा गए राति एक घरमा अज्ञात समूहले गरगहना चोरी गरेको छ।, गरगहनासहित ७ लाख रुपैँया बराबरको चोरी भएको हो।, ललिता भट्टको घरबाट नगदसहित सुनका गरगहना गरी ७ लाख बराबर चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले बताए।, उनकाअनुसार चोरी गर्ने समूहको खोजी कार्य भइरहेको छ।, केही दिन यता कैलाली र कञ्चनपुरमा लगातार चोरीका घटना भइरहेका छन् ,
कञ्चनपुरको एक घरबाट गरगहनासहित नगद चोरी |
सेतोपाटी संवाददाता बैतडीको मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्।, नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो।, तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्।, सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयहरूबीच झडप भएको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले झडपमा ३५ जना स्थानीय घाइते भएको बताए।, ‘घाइतेलाई प्रहरीले लिएर सुरक्षा दिएको छ, अहिले अवस्था सामान्य छ,’ खत्रीले भने।,
अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा बैतडीमा ३५ जना घाइते |
सेतोपाटी संवाददाता हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।, आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसो बढिरहेको छ।, यसबाट दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। , यसैबीच आज काठमाडौं उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। मानन्धरका अनुसार हिजो बिहाबार काठमाडौँ उत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।, आज (शुक्रबार) दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, भोलि शनिबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। , आइतबार हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।,
बिहानैदेखि हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात |
सेतोपाटी संवाददाता चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ।, सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो।, सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए।, ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए।, ३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए।, ६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको हो।, आगामी फागुनसम्ममा निर्माण सक्नुपर्ने भएपनि अहिलेसम्म ५८ प्रतिशतमात्रै काम सकिएको छ।,
६ लेन सडक बिस्तारका लागि भरतपुरमा चल्यो डोजर |
भगवती पाण्डे २०७० सालमा कालिका माविको भवन मागेर स्नातक कक्षा शुरू गरेको बुटवल कालिका क्याम्पस स्थापनाको ९ वर्षमै उत्कृष्ट क्याम्पस बन्न पुगेको छ। , बिबिएस, बिएड र बिसिएको पढाई हुने यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये सबैभन्दा कान्छो सामुदायिक क्याम्पस हो।, कक्षा १२ सम्मको पढाईमा देशकै उत्कृष्ट सामुदायिक विद्यालय ‘कालिका मानव ज्ञान मावि’ का विद्यार्थीलाई उच्च शिक्षाका लागि कहाँ जाने भन्ने चिन्ताले सताउँथ्यो।, सर्वसुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गरि पटकपटक पुरस्कृत भएको यहाँका विद्यार्थी उच्च शिक्षा पनि कालिाकामै पढ्न पाए हुन्थ्यो भन्ने आशा राख्थे। , २०७० सालमा कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई विदाई गर्ने क्रममा एकजना छात्राको भनाईले क्याम्पस प्रमुख घनश्याम पाठकको मन छोयो।, ‘म त्यतिबेला कालिका मानव ज्ञान माविमा प्रधानाध्यापक थिएँ, विद्यार्थीलाई प्रमाणपत्र दिइरहेका बेला एक जना छात्राले स्नातक तहको कक्षा पनि यहीँ भएको भए पढाईलाई निरन्तरता दिन पाउँथे भनेको कुराले क्याम्पस सञ्चालनको योजना बनेको हो,’ क्याम्पस सञ्चालन गर्दाको क्षण सम्झिँदै पाठकले सेतोपाटीसँग भने।, शुरूको वर्ष ३५ जना विद्यार्थीबाट बिबिएस कक्षा सञ्चालन गरेको बुटवल कालिका क्याम्पसमा हाल ३ हजार भन्दा बढी विद्यार्थी स्नातक तहमा अध्ययनरत छन्। यो अवधिमा विद्यार्थीको संख्या मात्रै बढेको होईन अध्यापनका लागि विषयहरू समेत थपिँदै गएका छन्।, हाल बिबिएस, बिसिए र बिएड अध्यापन हुने क्याम्पसमा बिसिएमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुँदै आएको क्याम्पस प्रमुख पाठकको दाबी छ। यहाँ अध्ययनरत मनिराम गौतम बिसिएतर्फ नेपाल प्रथम भएका छन्।, ‘बिसिएमा अहिलेसम्म शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्, सातौं सेमेष्टर चलिरहेको छ यहाँसम्म आईपुग्दा कुनै पनि विद्यार्थी असफल भएका छैनन्, क्याम्पसको यो स्तरलाई खस्किन दिनुहुन्न भन्नेमा हामी गम्भीर छौं,’ पाठकले भने।, प्रयोगात्मक र विद्यार्थीकेन्द्रीत सिकाई पद्दतिले उत्कृष्ट नतिजा दिन थालेपछि बुटवल आसपासका मात्र होईन लुम्बिनीका अरू जिल्ला र छिमेकी प्रदेशबाट समेत विद्यार्थीको आकर्षण बढ्न थालेको छ। , क्याम्पस प्रमुख पाठकका अनुसार भर्ना भएका ५० प्रतिशत विद्यार्थी पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, स्याङ्जा, नवलपरासी, पर्वत, बाग्लुङ र जुम्लालगायतका छन्।, झापाको कचनकवलका विशाल पौडेल बुटवल कालिका क्याम्पसमा बिसिए अध्ययनको लागि भर्ना भएका छन्। प्लस टु सम्म झापामै पढेका उनको चाहना स्नातक अध्ययनको लागि काठमाडौं जाने थियो। बुवा र दाजु रोजगारीको शिलशिलामा बुटवल आएपछि उनी पनि बुटवलनै आएर कालिका क्याम्पस भर्ना भए। , ‘पहिलेको मेरो योजना त काठमाडौं जानुपर्छ भन्ने थियो तर, क्याम्पस शुल्क, कोठा भाडा र खाने खर्च जोड्दा महँगो पर्ने भएपछि यहीँ भर्ना भएँ, अहिले ठिकै गरेछु भन्ने लागेको छ,’ विशालले भने।, निलो ज्याकेटमा बुटवलका सुरज बस्याल र सँगै रहेका झापाका विशाल पौडेल, बुटवल कालिका क्याम्पसको पढाई मात्र होईन यहाँको पारिवारिक वातावरणले छिटो घुलमिल बनाउने र टाढाबाट आएर भर्ना भएको अनुभूति नै नहुने उनले बताए।, बुटवलकै निजी क्याम्पसमा प्लस टु गरेकी पश्चिम नवलपरासी सुनवलकी सन्ध्या पौडेल पनि बुटवल कालिका क्याम्पसमै बिसिए अध्ययन गर्दैछिन्। क्याम्पस भर्ना भएको पहिलो वर्षमै राम्रो वातावरण मिलेको उनले बताईन्।, क्याम्पसका बिसिए को-अर्डिनेटर आशिष न्यौपानेका अनुसार अहिले आइटी क्षेत्रमा विद्यार्थीको धेरै आकर्षण देखिएको छ। ‘बिहान क्याम्पसमा अध्ययन गर्दै दिउँसो सोही अनुसारका काम गर्ने विद्यार्थी पनि धेरै छन्, कतिपय विद्यार्थीले अध्ययनसँग आफ्नै व्यवसाय समेत सञ्चालन गर्नुभएको छ,’ न्यौपानेले सेतोपाटीसँग भने।, न्यौपानले पहिलो व्याचका ३२ जना विद्यार्थीमध्ये ३० जना अध्ययनसँगै जागिर र व्यवसायमा आवद्ध भईसकेको दाबी गरे।, बुटवल योगिकुटीका सुरज बस्याल आफैंले ल्यापटप रिपेयरिङ सेन्टर खोलेका छन्। सानैदेखि प्राविधिक क्षेत्रमा रूची राख्ने सुरजले कक्षा ९ देखि नै कालिका माविमा प्राविधिक विषय अध्ययन गरे। सोही माविबाट टेक्निकल साईन्समा प्लस टु गरेका उनले २ वर्ष भारतमा गएर ल्यापटप रिपेयरिङको काम सिके। त्यहाँ ल्यापटपको हार्डवेयरको काम सिकिसक्दा बुटवल कालिका क्याम्पसमा बिसिए कक्षा संचालन भएसँगै थप अध्ययनको लागि भर्ना भए।, ट्राफिक चोकमा ‘माईक्रो चिप्स एक्स्पर्ट’ ल्यापटप रिपेयरिङ सेन्टर सञ्चालन गरेका उनी बिहान क्याम्पसमा सिकेको ज्ञानलाई दिउँसो आफ्नै सेन्टरमा प्रयोग गर्छन्। , प्राविधिक क्षेत्रबाट राम्रो आन्दानी गर्न सकिने बताउने सुरज हार्डवेयरकै कामबाट मासिक ३ लाखसम्म आम्दानी गर्छन्।, ‘हार्डवेयरको काम भारतमा सिके पनि सफ्टवेयरको ज्ञानको लागि क्याम्पस भर्ना भएको छु, क्याम्पसमा सिकेको कुरा तत्काल एप्लाई गर्न आफ्नै रिपेयरिङ सेन्टर भएकोले सहज भएको छ,’ उनले भने।, क्याम्पस आफैंले पनि ८० लाख रूपैयाँ खर्चेर अत्याधुनिक कम्प्यूटर ल्याब बनाएको छ। शिक्षक न्यौपानेका अनुसार क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले दिएका ४८ वटा विषयका कोर्ष सँगै क्याम्पस आफैंले डिजाईन गरेका थप ८ वटा कोर्षमा अध्यापन हुँदै आएको छ।, क्याम्पसले बिसिएको मात्र होईन बिबिएसका विद्यार्थीलाई समेत कम्प्यूटर र लेखा सम्बन्धि अतिरिक्त तालिम दिने गरेको छ। ‘बिहान ११ बजेदेखि ३ बजेसम्म कोर्षभित्रको नियमित पठनपाठन हुन्छ, त्यसपछिको १ घण्टा अतिरिक्त कक्षा सञ्चालन गरि निःशुल्क कम्प्यूटर, लेखा सम्बन्धि तालिमहरु दिँदै आएका छौं,’ क्याम्पस प्रमुख पाठकले भने।, ‘बिबिएसमा भर्ना भएका विद्यार्थीलाई पहिलो वर्ष कम्प्यूटर सम्बन्धि कक्षा सञ्चालन गराउँछौं, दोस्रो वर्ष एकाउण्ट सम्बन्धि अहिलेसम्म प्रयोगमा आएका सफ्टवेयर चलाउन सक्ने बनाउँछौं, तेस्रो वर्ष कोर्ष सकिएपछि हरेक विद्यार्थीलाई न्यूनतम ३ महिना प्रयोगात्मक अभ्यासको लागि वित्तिय संस्था, उद्योग, अडिटर्स कम्पनीमा ईन्टर्नसिपको लागि पठाउँछौ भने चौथो वर्ष विभिन्न विषयमा डाटा संकलनको लागि पठाउने र त्यसबाट रिपोर्ट प्रस्तुत गर्न लगाउँछौं,’ उनले भने। , चार वर्षमा क्याम्पसभित्र कोर्षभित्रको पढाई सकिँदा शैक्षिक प्रमाणपत्र सँगै कम्प्यूटर र एकाउण्ट सम्बन्धि ज्ञान दिने र कार्यक्षेत्रमा ईन्टर्नशिप गरेका प्रमाणपत्र समेत दिएर पठाउने गरेको उनले बताए।, ‘यहाँबाट पासआउट भएर गएका विद्यार्थीले कम्प्यूटर र एकाउण्ट प्याकेज सिक्न भन्दै फेरि थप समय खर्चिन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘हाम्रा विद्यार्थी पास भएर जाँदा हातमा सर्टिफिकेट बोकेका मात्र होईन व्यवहारिक रूपमा पनि दक्ष छन् भन्ने बनाउनु हाम्रो उद्देश्य हो।’ , क्याम्पसले ईन्टर्नसिपकै लागि हालसम्म ८४ वटा बैंक, विभिन्न सिए कम्पनी र उद्योग व्यवसायीसँग सम्झौता गरेर विद्यार्थी पठाउने गरेको छ। , ‘अब हरेक वर्ष यहाँबाट स्नातकमा पास आउट भएर जानेको संख्या ३ हजार भन्दा बढी हुन्छ, उनीहरूलाई शिप र प्रमाणपत्र बिना पठाउने हो भने हाम्रो क्याम्पस शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र हुन्छ जुन हामी चाहँदैनौं,’ पाठकले दाबी गरे।, २०७७ सालसम्म कालिका माविकै कक्षा कोठामा सञ्चालन गरिएको यो क्याम्पस अहिले आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालन हुँदै आएको छ। , जग्गा र पुर्वाधार कसरी बनाउने भन्ने अलमलमा रहेको क्याम्पसका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवल रामनगरमा जग्गा प्राप्तिमा सहयोग गरेको पाठकले बताए।, ‘जग्गा प्राप्तिमा यस क्षेत्रका माननीय पूर्वअर्थमन्त्री विष्णु पौडेलको ठूलो सहयोग भयो, ‘लुम्बिनी प्रदेश सरकारका तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बराल र शिक्षामन्त्री वसिउद्दिन खांको पनि सकारात्मक सहयोगले जग्गा प्राप्ती र पूर्वाधार निर्माण सम्भव भएको हो,’ उनले भने।, भौतिक पूर्वाधार निर्माण, पुस्तकालय, फर्निचर, उपकरण, खेलकुद सामग्री, सवारी साधन लगायतमा गरि हालसम्म ५० करोड बढी लगानी भइसकेको क्याम्पसको भवन निर्माणको लागि अर्थ मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध भएको छ। , ‘तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले भवन निर्माणको लागि मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध गराएपछि भवन निर्माण गर्ने आँट आएको थियो,’ पाठकले भने।, पूर्वाधार निर्माणका लागि क्याम्पसले आफ्नै स्रोतबाट १५ करोड बढी लगानी गरेको छ भने विश्वविद्यालय अनुदान आयोग र लुम्बिनी प्रदेश सरकारबाट समेत झण्डै साढे ३ करोड रकम प्राप्त भएको छ। त्यसैगरि क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्यको जग्गा धितो राखि २ करोड रूपैयाँ बैंकबाट ऋण लिएर भवन निर्माण गरिएको क्याम्पस प्रमुख पाठकले जानकारी दिए।, बुटवल १० रामनगरस्थित कालिका मानवज्ञान मावि रहेको १० कठ्ठा क्षेत्रमा अहिले क्याम्पसको सुविधा सम्पन्न ६० कोठाको भवन तयार भएको छ। , क्याम्पसमा ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र चमेना गृहसहित लुम्बिनी प्रदेशस्तरिय पुस्तकालय र अनुसन्धान केन्द्र समेत निर्माण गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुनमान सैंजूले बताए।, पुस्तकालय र अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि विभिन्न विषयका शोधकर्तालाई अध्ययन अनुसन्धानका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने सैंजूको दाबी छ।, प्राध्यापक र कर्मचारी गरि ७५ जना कार्यरत क्याम्पसमा अब छिटै बिएस्सी अन्तर्गत सिएसआईटी, बिबिए र एमबिएसका कक्षा सञ्चालन हुने तयारीमा रहेको क्याम्पस प्रमुख पाठकले बताए। ,
छोटो समयमै उत्कृष्ट बनेको कान्छो सामुदायिक क्याम्पस |
नारायण न्यौपाने नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ।, ‘आजको सुरूआत, भोलिको आधार: काठमाडौं–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ।, नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त संयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारी छ। , अध्यक्ष सिल्वालले भने, 'आयोजनाको अहिलेको निर्माणको गतिलाई बढाउँदै संगठनको कार्यदेशअनुसार सम्पन्न गर्न अनुगमन र समन्वयनको कार्य समितिलाई प्राप्त छ। सो पूरा गर्नु हाम्रो मुख्य कार्य जिम्मेवारी हुनेछ।', रणनीतिक मात्र नभई बहुआयामिक महत्वको उक्त आयोजना अघि बढाउन गठन भएको समितिमा प्राड विवाकका महासेनानी रक्षा केसी, लेखा विभागका प्रमुख सेनानी सौरवमानसिंह बस्नेत, इन्फेन्टीका महासेनानी कमल बाँनिया र इन्जिनियरिङतर्फका प्राविधिक महासेनानी धर्मेन्द्र झा रहेका छन्। समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ।, खासगरी पूर्वी र मध्य तराई/मधेसबाट कम समय र छोटो दूरीमा देशको राजधानीसँग जोड्ने समृद्धिको आकांक्षा तथा उद्देश्य बोेकेको आयोजनाप्रति नेपाली जनताको ठूलो आशा र भरोसा लुकेको छ।, आर्थिक वर्ष २०७४/७५ मा सुरू भएको उक्त द्रुतमार्ग आयोजना २०८१ सालको पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।, ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व-पश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२ दशमलव पाँच किलोमिटर छ।,
,
महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब छ दशमलव ४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन्। ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ। पुल र सुरूङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमी रहनेछ। द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव नौ किमी, काठमाडौंमा चार, मकवानपुरमा ५३ र बारामा सात दशमलव छ किमी पर्छ।,
,
आयोजनाको कूल लागत रु एक खर्ब ७५ अर्ब १९ करोड ३६ लाख अनुमान गरिएको छ।, आयोजनाको हालसम्मको वित्तीय र भौतिक प्रगति करिब २० प्रतिशत छ। आयोजनाका लागि गत आवसम्म रु ३७ अर्ब ९६ करोड खर्च भइसकेको छ। पछिल्लो समय आयोजना निर्माण कार्यको नेतृत्व सहायकरथी कमलविक्रम शाहले सम्हालेका छन्।,
,
देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरूप निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाका लागि २०४९ सालमा डेनिस सहयोग नियोगबाट सम्भाव्यता अध्ययन गरिएको थियो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढी रहेको हवाई उडान र अवतरणको चाप थेग्न नसक्ने निर्क्यौलका साथ राजधानीबाट छोटो दूरीमा रहने गरी अर्काे वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउने तथा कम समयमा त्यहाँ आवतजावत गर्न सडक निर्माण गर्ने सोचसँग सम्बन्धित यो पूर्वाधार हो।, सरकारले आर्थिक वर्ष २०६६/६७ को बजेटमा द्रुतमार्गको पहुँचमार्ग खोल्ने निर्णयअनुसार तीन वर्ष लगाएर सेनाले त्यो काम २०७० सालमा पूरा गरेको थियो।, त्यससँगै आयोजना निर्माणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलबीच लामो समयसम्म रस्साकस्सीपछि मुलुकको प्रमुख सुरक्षा अंगका रूपमा रहेको सेनाको व्यवस्थापनमा अघि बढाउने विषयमा सर्वसम्मति भएको थियो।, यसअघि सेनाले नै २०६७ सालदेखि रु ९४ करोडको लागतमा तीन वर्ष लगाएर आयोजनाको द्रुतमार्गको पहुँच मार्ग खोलेको हो।,
,
एसियन हाई–वे स्ट्याण्डर्डको आयोजनालाई अर्जुनदृष्टि र दु्रतआधारमा अघि बढाइरहेको सेनाका प्रवक्ता सिल्वालले बताए। नेपालको सडक यातायातको क्षेत्रमा अत्याधुनिक र रूपान्तरणकारी आयोजनाका रूपमा द्रुतमार्ग स्थापित हुनेछ।, काठमाडौंलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि पाँच घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ। रासस,
काठमाडौं–तराई मधेस फास्ट-ट्र्याकलाई चाँडो सक्न अनुगमन र समन्वय समिति |
सेतोपाटी संवाददाता सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्।, सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन्।, १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।, सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।, शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।, २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। , कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ।, अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।, उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्याएर डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। ,
१९ वर्षपछि छुटे चार्ल्स शोभराज |
सेतोपाटी संवाददाता गरिब तथा असाहय बिरामीको उपचार गर्दै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा पत्रकार हरिकृष्ण गौतम निर्वाचित भएका छन्।, कोषको चौंथो अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित गरेको छ। , कोषका प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री र सचिवमा दिपक श्रेष्ठ छन्। त्यसैगरि सदस्यहरूमा कृष्ण जिसी, दिलकुमारी पुर्जा, सन्तोष गौतम, सचिन शाक्य, कमल खत्री, टकसरा राना, नन्दकुमार पाईजा, नेत्रराज सुवेदी र मिना राम्जाली रहेका छन्। , कोषले छिट्टै नै २ करोड ५० लाख रुपैयाँको अक्षकोष घोषणा गर्ने लक्ष्य लिएको छ। हालसम्म कोषले २७९ जना विपन्न बिरामीको उपचार गरिसकेको छ। यसका लागि साँढे दुई करोड रुपैयाँ खर्च भैसकेको जनाइएको छ। , गरिबीकै कारण मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले स्थापना भएको कोषले मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका जिल्लाभित्रका बिरामीको उपचारमा २ करोड ५४ लाख १९ हजार ६४ रुपैयाँ उपलब्ध गराएको छ। , ‘दिन जान्यो बाँच्न जान्यो’ मुल नाराका साथ स्थापना भएको कोष परोपकारी संस्थाका रुपमा स्थापित भैसकेको कोषका निर्वतमान अध्यक्ष राजेश शाक्यले बताए। , हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ कि ओमकुमारी पुन (शान्ति) को उपचार क्रममा सञ्चालित अभियानबाट बचत भएको १३ लाख ७८ हजारबाट कोष सुरु गरिएको हो।, बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो। ,
ओमकुमारी शान्ति कोषमा नयाँ नेतृत्व |
सेतोपाटी संवाददाता १९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई भोलि मात्र फ्रान्स पठाइने भएको छ।, अधिवक्ता निहिता विश्वासले आज कागजी प्रक्रिया नसकिएकोले भोलि मात्र फ्रान्स पठाइने बताइन्।, ‘मलाई गृह मन्त्रालयबाट फोन आएको थियो। उताबाट आजै सबै कागजी प्रक्रिया नसकिएकोले शोभराजलाई भोलि मात्र फ्रान्सलाई पठाइने भएको छ’, उनले भनिन्, ‘आज एयरपोर्टको इमिग्रेसनमा राख्ने कुरा छ।’, अहिले शोभराजलाई अध्यागमन विभागमै राखिएको छ। , विश्वासले शोभराजलाई सुरक्षित घर फर्काउन चाहेको बताएकी छन्। , उनले शुक्रबार सेतोपाटीसँग कुरा गर्दै शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी भएको बताइन्।, शोभराजको स्वास्थ्य स्थितिलाई लिएर सर्वोच्चले कैदमुक्त गरेको र मुटुको रोग लागेर निधन हुनसक्ने भएकाले केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउन लागिएको समेत उनले जानकारी दिइन्।, ‘कुनै विलम्ब नभए आजै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ,' उनले भनिन्। , धेरै वर्षपछि आफूहरूको लडाइँ सकिएको उनले बताएकी छन्।, साथै, उनले शोभराजका वकिलहरूको टिमलाई बधाई समेत दिएकी छन्।, सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।, शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।, २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। , सम्बन्धित समाचार:, म यत्ति चाहन्छु, चार्ल्स सुरक्षित घर फर्किन सकून् : निहिता विश्वास (भिडिओ), चार्ल्स शोभराजलाई यसरी लगियो अध्यागमन विभाग (तस्बिरहरू), १९ वर्षपछि छुटे चार्ल्स शोभराज, प्रेमी शोभराजलाई छुटाउन १२ वर्षदेखि लागिरहेकी निहिता, चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश,
चार्ल्स शोभराजलाई भोलि मात्र फ्रान्स पठाइने |
रासस काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरूयोजना निर्माण सुरू गरेको छ।, सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ।, काठमाडौं उपत्यकाको एकीकृत गुरूयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनियर सौरव ढकालले जानकारी दिए। , एकीकृत गुरूयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए।, गुरूयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ। ,
,
एकीकृत योजनाअनुरूप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्नेछ।, एकीकृत योजना बनाउन रु नौ करोड बजेट विनियोजन गरिएको छ।, एक महिनाअघिदेखि सुरू भएको एकीकृत गुरूयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ।,
काठमाडौं उपत्यकाको एकीकृत गुरूयोजना निर्माण सुरू |
नवीनबाबु गुरूङ सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्।, सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन्। अध्यागमन लैजाने क्रममा पत्रकारहरूलाई भने उनको फोटो/ भिडिओ खिच्न दिइएन। शोभराजै आग्रहमा प्रहरीले यसो गरिएको बुझिएको छ।, १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।, सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।, शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।, २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। , कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ।, अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।, उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्याएर डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। ,
चार्ल्स शोभराजलाई यसरी लगियो अध्यागमन विभाग (तस्बिरहरू) |
सेतोपाटी संवाददाता उत्तरी गोरखामा ढुंगा लागेर घाइते भएकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।, चुमनुब्री गाउँपालिका बिही गाउँमा ढुंगा लागेर घाइते भएकी २१ वर्षीया छानी गुरूङलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।, उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ। उनको उपचार जारी छ।, उनी धार्चे गाउँपालिका वडा नम्बर २ की हुन्। उनको टाउकोमा ढुंगा लागेको थियो।, गोरखा १ का सांसद राजेन्द्र बजगाईंले समन्वय गरी घाइते महिलालाई उपचारका लागि काठमाडौं ल्याएका छन्। उनले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने घोषणा गरेका थिए।,
ढुंगा लागेर घाइते महिलालाई हेलिकप्टरबाट उद्धार गरी ल्याइयो काठमाडौं |
सेतोपाटी संवाददाता १९ वर्षपछि जेलबाट छुटेका विकिनी किलर चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि निष्कासन गरिएको छ।, गृह प्रवक्ता फडिन्द्र मणि पोखरेलका अनुसार शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरि निष्कासन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ।, ‘चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि ‘डिपोट’ गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ’, उनले भने,‘सम्भवतः आजै उनलाई फ्रान्स पठाइनेछ।’, हत्या र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई शुक्रबार बिहान छुटेका शोभराजलाई अध्यागमन विभागले पनि आजै फ्रान्स निष्कासनको प्रक्रिया अघि बढाएको छ। , सकेसम्म शोभराजलाई आजै पठाउने गरी टिकटको व्यवस्था गर्न लागिएको छ, विभागका एक अधिकारीले भने, ‘सबै प्रक्रिया पूरा भए आजै निष्कासन गरिन्छ।’, उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले कैद छोट्याएर छाड्न आदेश दिएपछि केन्द्रीय कारागारले शोभराजलाई अध्यागमन विभाग बुझाएको थियो। , २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो। ,
१० वर्ष नेपाल फर्कन नपाउने गरि चार्ल्स शोभराजलाई गरियो निष्कासन |
सविता बुढा गत पुस ३ गते साँझ अत्तरियाको पूर्व-पश्चिम राजमार्गमा कैलालीको घोडाघोडीका सुनचाँदी पसल सञ्चालक विकास सुनारमाथि गोली प्रहार भयो।, अत्तरियाबाट पसल बन्द गरेर साँझ घर फर्किने क्रममा गोली प्रहार गरेर उनको साथबाट पैतिस तोला सुन र केही नगद लुटेर पनि लगेको सुनारको भनाइ छ।, उनीमाथि तीन राउण्ड गोली प्रहार भयो। गोली लागेर घाइते भएका सुनारको उपचार भइरहेको छ। घटनापछि गोली प्रहार गरेर लुटपाट गर्नेहरू फरार छन्।, सुरक्षा निकाय २४ सै घण्टा तैनाथ हुने क्षेत्रमा यसरी गोली प्रहार गरेर लुटपात हुनु स्थानीयहरूले आश्चार्य मानेका छन्। यो घटनाले राजमार्ग क्षेत्रमा सुरक्षा चुनौती देखिएको अत्तरिया उद्योग वाणिज्य संघ अध्यक्ष अशोक देवकोटाको भनाइ छ।, ‘बजार क्षेत्रमा दिउँसै यस्ता घटना भए, व्यापार-व्यवसाय गर्नेहरूमाथि असुरक्षा बढ्छ, राजधानी जस्तो ठाउँमा यस्तो घटना हुनु सुरक्षा व्यवस्थामा लापरबाही छ भन्ने प्रस्ट देखिन्छ,’ उनले भने।, उनले ज्यान लिने उद्धेश्यले व्यवसायीमाथि गोली प्रहार भएको घटनाको विरोध गर्दै सुरक्षा माग गरे।, ‘घटनाको स्वच्छ छानबिन गरी यथाशिघ्र दोषीलाई हिरासतमा लिएर कानुनी उपचार दिनुपर्छ, आगामी दिन यस्ता घटना हुन नदिन कडा सुरक्षा निगरानी हुनुपर्छ,’ उनले भने।, प्रहरीले घटनापछि गोली प्रहार गर्नेहरूको सबै ठाउँबाट खोजी जारी रहेको बताएको छ। तर, अहिलेसम्म पक्राउ गर्न सकिरहेको छैन।, यो घटनाको अनुसन्धानमा सहज पार्ने एक महत्वपूर्ण पाटो प्रहरीले गुमाएको छ। त्यो हो जुन ठाउँमा घटना भएको छ, त्यही ठाउँको सिसिटिभी क्यामरा बिग्रिएर बन्द हुनू।, घटनास्थलमा सिसिटिभी क्यामरा जडान गरिएको छ। तर, त्यो क्यामरा बिग्रिएका कारण घटनाको अनुसन्धानमा प्रहरीलाई झन् चुनौती बढेको छ।, प्राय: राजमार्गमा आपराधिक घटना घटेपछि अनुसन्धान सहज पार्न जडान गरिएका सिसिटिभी क्यामरा प्रयोगविहीन भएकोप्रति स्थानीयहरू भने आक्रोशित छन्।, अत्तरियाका स्थानीय लोकराज पाण्डे (आगो) ले सिसिटिभी क्यामरामा अधिकांश समयमा बिग्रिनुमा शंका व्यक्त गरे।, ‘यहाँ लगाएका सिसिटिभी क्यामरा कसले चपायो, कसले खायो, कसले निल्यो, सम्बन्धित निकायले उत्तर दिनुपर्छ, जहिल्यै पनि क्यामरा कसरी बिग्रिन्छन्,’ उनले आक्रोश पोखे।, रेखदेख गर्नुपर्ने सम्बन्धित निकायले बेवास्ता गर्दा सुरक्षा सिसिटिभी क्यामराबाट हुनुपर्ने अपराध अनुसन्धान नभएको स्थानीय शान्ति सुनारको भनाइ छ।, ‘अबदेखि प्रत्येक सिसिटिभी क्यामरा सुचारू हुनुपर्छ, नत्र भने व्यापार-व्यवसायी गर्नेहरू जोखिममा छन्, अपराध भएका ठाउँमा सिसिटिभी क्यामरा बिग्रिएकै हुन्छ, त्यत्तिकै जहिल्यै सिसिटिभी क्यामरा बिग्रेका हुन्छन् भन्छन्, किन रेखदेख हुँदैन प्रत्येक दिन रेखदेख हुनुपर्ने हो,’ उनले भनिन्।, यो घटना घटेको चार दिनपछि अत्तरियाको पहाड रोडमा रहेको साना किसान कृषि सहकारी संस्थामा पनि पाँच लाख ६८ हजार बराबरको रकम चोरी भयो। चोरले झ्यालको ग्रिल निकालेर भित्रको सिसिटिभी क्यामराका हार्डडिस्क र दराजको लकर फोडेर पैसा चोरी गरेको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताए।, उक्त सहकारीको कार्यालय सडक नजिकै छ। सडकमा पनि सिसिटिभी क्यामरा जडान छ। तर, त्यो बिग्रिएको छ।, ‘प्रत्येक ठाउँमा जडान गरिएका सिसिटिभी क्यामरा सुचारू भएको भए, यो घटनामा पनि केही हदसम्म अनुसन्धान गर्न सहज हुन्थ्यो, प्रशासनले यसतर्फ एकदम निगरानी गर्नुपर्ने, तर यसो भएको छैन,’ खत्रीले भने।, यी घटनामात्र नभई कैलालीमा केही दिनयता चोरी गर्ने समूह सक्रिय देखिएको छ।, धनगढी र अत्तरिया क्षेत्रमा चोरी तथा लुटपाटका घटना बढ्दा स्थानीयहरूले जडान गरिएका र थप सिसिटिभी क्यामरा जडान गरेर सुचारू गर्नुपर्ने माग गरेका छन्।, तीन दिनयता लगातार धनगढी-९ तीन बंग्राकटानमा जिन्सी सामग्री चोरी भइरहेका छन्।, पुस ४ गते सोही ठाउँमा घरमा आएर लुटपाट गर्ने समूहलाई भगाउन स्थानीयहरूले गोली प्रहार गर्नुपरेको थियो।, एक महिना अघि धनगढी र अत्तरियाको बीचमा रहेको गेटामा प्रहरीले ट्राफिक चेक गर्दा धनगढीका स्थानीय ईन्द्र शाहको मोबाइल हरायो। उनले पनि मोबाइल ट्राफिक चेक गर्ने ठाउँमा पो छुट्यो कि? भनेर सिसिटिभी क्यामराबाट हेरिदिन अनुरोध गरे। तर, त्यहाँको सिसिटिभी क्यामरा पनि बिग्रियो भन्ने प्रहरीबाट उत्तर आयो।, गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा स्वीकृत वार्षिक कार्यक्रमअनुसार एक करोड ७१ लाख रूपैयाँको लागतमा सिसिटिभी क्यामरा खरिद गरेर १३८ स्थानमा जडान गरेको थियो।, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीमा ९२ वटा र कञ्चनपुरमा ४६ वटा सिसिटिभी क्यामरा जडान गरिएका छन्। तर, ती सिसिटिभी क्यामरा अधिकांश बिग्रिएका छन्, रेखदेख अभावमा उक्त सिसिटिभी क्यामरा बिग्रिएका हुन्।, कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म पूर्वपश्चिम राजमार्गमा जोडिएका सिसिटिभी क्यामराले अपराध अनुसन्धानमा सहजता ल्याउन सकेका छैनन्।, बिग्रिएका क्यामरालाई कसरी मर्मत गर्ने भन्नेबारे सम्बन्धित निकाय अन्यौलमा छन्।, मन्त्रालयले क्यामरा जडान गरेका कारण उसलै मर्मत गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।, ‘कानून मन्त्रालयबाट राजमार्गमा क्षेत्रमा क्यामरा जडान भएका हुन्, मर्मत गर्ने पनि जिम्मा उसैको हो, यद्यपि मर्मत गर्ने विषयमा हामीलाई बजेट पनि आएको छैन, यो काम कसले गर्ने प्रस्ट पनि भएको छैन, तर पनि हामीले समन्वयबाट काम गरिरहेका छौं,’ उनले भने।, राजमार्गमा भएको गोलीकाण्डपछि इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बिग्रिएका क्यामराको मर्मत कार्य सुरू गरेको छ।, यता, मन्त्रालय भने सिसिटिभी क्यामरा जडानपश्चात् प्रहरी प्रशासनलाई हस्तान्तरण गरेकोले रेखदेख र मर्मत गर्ने जिम्मेवारी उसकैको रहेको बताउँछ।, तर पनि अहिलेसम्म क्यामरा मर्मतको काम भने मन्त्रालय नै गरिरहेको मन्त्रालयका नायब सुब्बा योजना शाखाका प्रमुख मनोज जोशीले बताए।, उनका अनुसार क्यामरा मर्मतका लागि पाँच लाख बजेट खर्च समेत भइसकेको र बाँकी मर्मतको काम गर्न बजेट नै छैन।, ‘मर्मतका लागि भनेर हामीले अर्थ मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेटको माग गरेका थियौं, त्यहाँबाट पाँच लाख मात्र आयो, अहिले त्यो बजेट लगभग सकिसक्यो,’ उनले भने।, मन्त्रालयका अनुसार क्यामरा बिग्रिएका छन् भन्ने खबर मन्त्रालयमा आउँदैन।, ‘क्यामरा बिग्रिनेबित्तिकै खबर आउँदैन, त्यसकारण मर्मत कार्य पनि ढिला हुन्छ, अबदेखि यसको मर्मत कार्य स्थानीय तहलाई दिने कुरा भइरहेको छ,’ जोशीले भने।, हाल बिग्रिएका क्यामरा मर्मत गर्न विषयमा सम्बन्धित निकायहरूबीच अन्यौलता देखिन्छ।, कैलालीमा बढ्दै गएका जघन्य अपराध चोरी लगायतका घटना हेर्दा सिसिटिभी क्यामराको आवश्यकता निकै छ।, यस्तै, प्रहरी प्रशासनले आफैंले जडान गरिएका बजार तथा चोकका क्यामरा पनि बिग्रिएका छन्।, बजेट नहुँदा बिग्रिनेबित्तिकै क्यामरा बनाउन नसकेको प्रहरीले जनाएको छ।, जडान गरिएका क्यामरा २४ सै घण्टा सुचारू गर्न सम्बन्धित निकायहरूले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन्।,
,
बिग्रिएपछि मर्मत हुँदैनन् जडान भएका सिसिटिभी क्यामरा |
सेतोपाटी संवाददाता बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरूले सरकारले बादी युवतीहरूको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरू बाध्यात्मक यौन व्यवसाय अगाल्न बाध्य भएको बताएका छन्।, राजधानीमा आयोजित कार्यक्रममा बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नाकोत्तर गरिरहेकी देबीसरा बादी र अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था नबलिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सरकारले बादी छोरीहरूको शिक्षामा सहयोग नगरेको र कुनै संस्थाले पढाउँदा पनि कक्षा १० पछि पढाउन नपाउने कानुन हुँदा विभिन्न संस्थामा पढिरहेका युवतीहरू बाध्य भएर यौन व्यवसायमा फर्किएको गुनासो उनीहरूको छ। , सुर्खेतको झुप्रा खोलाबाट लाइट हाउस नामक संस्थाले काठमाडौं ल्याएर पढाइ दिएपछि आफैं ब्यापार गरिरहेकी देबीसराले सरकार आफूहरुको लागि असहयोगी बनेको बताइन्।, ‘सरकार सहयोगी बन्ला भन्दा उल्टो बादी युवतीहरूलाई यौन व्यवसायमा लाग्न बाध्य बनाइरहेको छ’, उनले भनिन्, ‘पहिला हाम्रा आमा दिदीहरू अशिक्षाका कारण यौन ब्यबसायमा लाग्ने गरेको भए पनि पछिल्लो समयमा शिक्षा हासिल गरे पनि आर्थिक कारणले उच्च शिक्षा पाएका बहिनीहरू घर खर्चका लागि यौन ब्यवसायमा लागिरहेका छन्।’ , तीनै तहका सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादीका समुदायका समस्या जस्ताको तस्तै भएको जानकारहरू बताउँछन्। नेपालका ३५ जिल्लामा ७० हजार जनसंख्या बादी समुदायको रहेको छ। २०४६ सालभन्दा पहिला पूर्ण रूपमा फिरेन्ते जातिका रूपमा रहेको बादी समुदाय पछिल्लो समय खोला किनारमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आइरहेको छ।,
'व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था बदलिएन' |
सेतोपाटी संवाददाता १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। , सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोमबार साँझ पक्राउ परेका हुन्।, उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी खटिएको थियो। , प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , यस घटनाको थप अनुसन्धान गरिरहेको छ।,
भक्तपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका-२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।, काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्।, माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।, उनका अनुसार ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ।, यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्।, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।,
धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु, १५ घाइते |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान चोरी गर्न आएका समूह र स्थानीयबीच भएको मुठभेडपछि गोली चलेको छ।, प्रहरीका अनुसार धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारीको समूहलाई गाउँलेले लखेटेपछि भागेका थिए। , गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। , चोर र स्थानीयबीच भएको मुठभेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन्।, उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए।, घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा चोट लागेको स्थानीयले बताए।, घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।, घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ।,
धनगढीमा चोरी गर्न आएका समूह र स्थानीयबीच मुठभेडपछि चल्यो गोली |
राजेश घिमिरे अपरान्ह ४ बजेतिर रामनगरका नुरेश्वर अधिकारी र विश्वास बास्तोला हस्याङफस्याङ गर्दै जुगेडी बजारतर्फ ओर्लिरहेका थिए। नारायणगढ-मुग्लिन सडकमा पर्ने जुगेडी बजारबाट करिब डेढ घन्टा पैदल हिँडेपछि पुगिने मगर खहरेबाट फर्किएका हुन् उनीहरू।, मगर खहरे भरतपुर महानगरपालिकामा पर्ने कविलासको पहाडमा रहेको मुहानबाट निस्किएको छ। ४६ वर्षअघि यहाँको पानी पिउन नारायणगढ, भरतपुरसम्म ल्याइएको थियो। तत्कालीन श्री ५ को सरकारले पञ्चवर्षीय योजनाअन्तर्गत निर्माण सम्पन्न गरेर २०३३ मंसिरमा राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए। पाइपलाइन बिच्छाएर यहाँको पानी रामनगर, दरबारको स्वामित्वमा रहेको दियालो बंगला हुँदै नारायणगढ, भरतपुरसम्म पुर्याइएको थियो।, २०६१ को भदौमा झरेको पहिरोले पानीको मुहानै बगायो। पहिरोसँगै केही पाइप पनि बगेर गए। कविलास र भरतपुरबासीको पिउने पानीले जोडिएको नाता टुट्न पुग्यो।, पछि भरतपुर र नारायणगढका धेरैजसो क्षेत्रमा खानेपानी संस्थानले पिउने पानी पुर्यायो। कविलास, रामनगर, ठिमुरा र देवघाटका बासिन्दाका लागि पर्याप्त पानीको व्यवस्था अझै भएको छैन।, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएपछि मगर खहरे पुनर्जिवित गर्ने अभियानमा लागेका छन्। विजयी भएको केहीदिनमै उनी पिउने पानीको स्रोत खोज्दै भरतपुर महानगरको २९ नम्बर वडामा पर्ने मगर खहरे पुगेका थिए। तत्कालै उनले त्यहाँको मुहान, पानी ट्यांकी सरसफाइका लागि श्रमदान गर्न आह्वान गरे। त्यहीँ पुगेर श्रमदान गरी फर्किएका थिए, रामनगरका अधिकारी र बास्तोला।, रामनगरका बासिन्दाका लागि पिउने पानीको स्रोत नै नभएको भने होइन। २०३३ देखि २०६१ सालसम्म कविलासबाट आएको पानी रामनगरका सार्वजनिक धारामा अनवरत झर्थ्यो। त्यसपछि भने रामनगरका धाराहरू सुके। त्यसपछि पिउने पानीको लागि तत्कालको जोहो गर्न सक्नेले आँगनमा इनार खने, नसक्नेले नजिकका कुवा, खोलाबाट भरेर पानीको जोहो गरे।, २०६३ मा यहाँ खानेपानीको एउटा योजना सञ्चालनमा आयो। तत्कालीन भरतपुर नगरपालिका, सामुदायिक वन र लुमन्ती नामको गैरसरकारी संस्थाको सहकार्यमा करिब पाँच वर्ष लगाएर बस्तीको पल्लो छेउको खोल्सोमा रहेको टोड्के मुहानको पानीलाई ओभरहेड ट्यांकीमा पुर्याउने योजना सम्पन्न भयो।, यहाँका पुराना बासिन्दा जीवनाथ पराजुलीका अनुसार २०६८ देखि उक्त योजनाको पानी रामनगरका घर-घरमा पुग्न थालेको थियो।, ‘अहिले पनि रामनगरबासीले पिउनका लागि त्यही पानी प्रयोग गर्दै आएका छन्। यहाँका ५ सयमध्ये ३ सय परिवारले यही पानी पिउँछन्,’ हाल उक्त खानेपानी समितिका अध्यक्ष रहेका पराजुली भन्छन्, ‘हरेक दिन बिहान १-२ घन्टा पाइपलाइनबाट पानी पठाउने गरिएको छ। मिटरमा चढे अनुसारको रकम समितिले संकलन गर्छ।’, राजा वीरेन्द्रले उद्घाटन गरेको मगर खहरेको खानेपानी योजना खासमा २०६० सालमै पहिरोले क्षति पुर्याएको थियो। ६ महिना लगाएर मर्मत गरेपछि सञ्चालनमा आएको आयोजनाको संरचना ७ महिनापछिको पहिरोले सर्लक्कै बगायो। त्यसपछि धेरैले इनार खनेका हुन्। इनार हुने कतिपयले अर्को खानेपानी योजना आए पनि त्यसको धारा जोडेका छैनन्।, त्यसैले रामनगरमा खानेपानी नै नभएको भने होइन।, ‘रामनगरवासीले पानी पिउनै पाएनन् भन्ने कुरा त गलत हो। पानी धेरै खपत गर्नेहरूलाई अपुग चाहिँ भएको छ,’ पराजुलीले भने।, खडेरी परेको समयमा मुहानको पानी कम हुने र सुक्ने हुँदा चैतदेखि जेठसम्म पानी अपुग हुने गरेको उनले सुनाए।, रामनगरका ५४ वर्षीय नुरेश्वर अधिकारीले पर्याप्त पानी नपाइने भएकाले हाल सञ्चालनमा रहेको योजनाअन्तर्गतको पानी घरमा नजोडेको बताए।, ‘जोडेर मात्रै के गर्नु पानी नियमित आउँदैन, आए पनि पर्याप्त हुँदैन। त्यसैले इनारबाट पानी निकालेर प्रयोग गर्दै आएका छौं,’ १८ वर्ष अघिसम्म मगर खहरेबाटै आएको पानी पिउने गरेका उनले भने, ‘रवि भाइले रामनगरबासीलाई पानी खुवाउने अभियान सुरू गर्नु भएकाले साथ दिन मुहानसम्म पुगें। अब छिट्टै यो पानी घर-घरमा पुग्ने आशा राखेका छौं।’, रामनगरमा पर्याप्त खानेपानीको व्यवस्था गर्न सरकारी तबरमा अहिले अर्को योजना पनि जारी छ। भरतपुर महानगरपालिकाले ढ्यांग्रे खोलाको पानी लिफ्ट गरेर रामनगर ल्याउने योजनामा काम गरिरहेको छ।, रामनगरको बस्ती आडैको जंगलमा रहेको ढ्यांग्रे खोलाको पानी ल्याएर खुवाउने योजनामा काम भइरहेको छ। महानगरको १९ लाख र बाँकी स्थानीयको गरेर २१ लाख ५९ हजार ४९३ रुपैयाँ लागतमा यो योजना अघि बढेको हो।, बस्ती छेउमा एउटा ट्यांकी बनाउने, त्यो खोलाको पानीलाई लिफ्ट गरेर ट्यांकीमा जम्मा गर्ने र प्रशोधन गरेर अपुग भएको ठाउँमा वितरण गर्नेगरी काम भइरहेको महानगरका इन्जिनियर साकार लामाले बताए।, ‘ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अबको एक महिनामा यो योजना सम्पन्न भइसक्छ,’ उनले भने।, यहाँबाट आएको पानी पनि पछि पर्याप्त नभए बोरिङबाट भूमिगत पानी निकाल्ने योजना रहेको उनले बताए। त्यसका लागि महानगरले ५०० मिटर गहिराइसम्म पानीको अवस्था पत्ता लगाउन सक्ने उपकरण (म्याग्नेटो टेल्पुलिक डिभाइस) ल्याएर पानी रहेको ठाउँको पहिचान गरिसकेको उनले बताए।, ‘रामनगर र ठिमुरामा भूमिगत पानीको स्रोत पत्ता लागेको छ। अब महानगरले बोरिङमार्फत् पानी झिकेर भए पनि नगरबासीकहाँ पर्याप्त पानी पुर्याउँछ,’ लामाले भने।, ढ्यांग्रे खोलामा बन्दै गरेको रामनगर खानेपानी तथा सरसफाइ निर्माण योजनाका अध्यक्ष मधु न्यौपानेले पनि हाल चालु रहेको पानीमा ढ्यांग्रे खोलाको पानी मिसाउँदा रामनगरलाई पानी पर्याप्त हुने दाबी गरे।, यी योजनाबाहेक भरतपुर महागरका सबै वडामा दीर्घकालका लागि खानेपानीको व्यवस्था गर्न कविलासबाट आउने खोलाको पानीको कसरी उपयोग गर्न सकिन्छ भनेर संघीय सरकार अन्तर्गतको एकीकृत खानेपानी तथा ढल निकास आयोजनाले सर्भेको काम गरिरहेको छ।, त्यसो भए रवि लामिछानेले अभियान चलाएको मगर खहरेबाट पानी सुचारू गर्ने काम कति उपयोगी हो? कि यति धेरै योजना जारी रहेका बेला अर्को योजना र अभियान बेकार हो?, यो प्रश्न मैले भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापती दाहाललाई सोधें।, ‘उहाँहरूले गर्नुभएको काम पिउने पानीको व्यवस्थापनका लागि स्थायी त होइन। तत्कालका लागि अस्थायी समाधान हो यो,’ उनले भने, ‘मगर खहरेबाट ल्याइने पानी हाल रामनगर, ठिमुरा र देवघाटमा रहेका ट्यांकीमा खसालेर पर्याप्त पानी वितरण गर्न सकिन्छ।’, उनले रवि लामिछानेको आह्वानमा भइरहेको पिउने पानीको स्रोत, पुरानो ट्यांकी सरसफाइ र रामनगरसम्म श्रमदान गरेर पाइप बिच्छाउने काममा बोर्डले पनि सहयोग गर्ने बताए।, यी तीनवटै बस्तीमा पानीको स्रोत सानो भएकाले कविलासबाट आउने पानीले यहाँका बासिन्दालाई राहत दिनसक्ने उनले बताए। त्यसैले उक्त खोलाको पानीलाई व्यवस्थित र स्थायी रूपमा भरतपुर ल्याउन संघीय सरकारअन्तर्गतको एकीकृत खानेपानी तथा ढल निकास आयोजनामार्फत् सर्भेको काम भइरहेको उनले जानकारी दिए।, ‘पहिरोका कारण बन्द भएको आयोजनालाई कसरी पुनः सञ्चालन गर्न सकिएला भन्ने विषयमा पहिले पनि धेरै पटक अध्ययन भएको हो। सर्भे, डिजाइन हुने तर योजना अघि नबढ्ने भइराख्यो। अहिले फेरि सर्भे भइराखेको छ, संघीय सरकारले नै त्यो आयोजना निर्माणमा लगानी गर्यो भने त्यो दीर्घकालीन हुनसक्छ,’ उनले भने।, प्रारम्भिक अध्ययनबाट अब फेरि उक्त खोलाको पानी भरतपुरसम्म ल्याउन सक्ने देखिए पनि त्यसको लागत स्टिमेट भइनसकेको उनले बताए।, ‘केही ठाउँ पहिरोको जोखिममा छ तर अब फेरि स्थायी संरचना निर्माण गर्दा पहिरोलाई पनि मध्यनजर गरेर निर्माण गरिनुपर्छ,’ दाहाल भन्छन्, ‘फेरि पनि पहिलेजस्तै पहिरोले बगाउने हो कि भन्नेमा सतर्क भएर काम गर्नुपर्ने चुनौती छ। हिउँदमा पनि नसुक्ने पानीको स्रोत भएका कारण यहाँको पानी ल्याउनसक्दा दीर्घकालका लागि राम्रै हुन्छ।’, अहिले यहाँ संरचना बनाउँदा भविष्यमा नेपाल सरकारले निर्माण गर्ने योजनालाई पनि काम लाग्नेगरी निर्माण कार्य गर्न रवि लामिछानेलाई आफूहरूले आग्रह गरेको बताए। , पहिले नेपाल सरकारले सुरू गरेको आयोजनाअन्तर्गत मगर खहरेको पानी पाइपमार्फत् रामनगर र आँपटारीको बीच भागमा रहेको ट्यांकीमा जम्मा हुन्थ्यो। त्यो पानी सिधै उपभोक्ताको धारोमा पुग्थ्यो। उक्त पानीलाई फिल्टर गरेर उपभोक्तासम्म पुर्याउन २०४८ सालमा जाइका पनि यो योजनामा मिसियो।, ‘जाइका (जापान सरकारको सहयोग निकाय) आएपछि पुराना संरचनाहरू मर्मत गर्नेदेखि रामनगर र आँपटारीको बीचमा रहेको रिजर्भ ट्यांकी नजिकै ट्रिटमेन्ट प्लान्ट पनि बन्यो, २०५० मा जाइकाले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए,’ त्यतिखेर भरतपुर खानेपानी कार्यालयमा कार्यरत रामप्रसाद दवाडीले सेतोपाटीसँग भने।, त्यो बेलासम्म खोलाको पानीमा सामान्य औषधी राखेर वितरण हुँदै आएकोमा त्यसपछि भरतपुर, नारायणगढका बासिन्दाले शुद्ध पिउने पानी पाएका थिए। २०५० ताका भरतपुर र नारायणगढ क्षेत्रका १२ सयभन्दा बढी परिवारले मगर खहरेबाट आएको पानी पिउँथे। जाइका आएपछि नै भरतपुरका विभिन्न ठाउँमा बोरिङमार्फत् भूमिगत पानी निकालेर पनि बाँड्न थालियो।, पहिरोले मुहान बगाएसँगै पानीका ट्यांकी, ट्रिटमेन्ट प्लान्ट खण्डहर बने।, ‘बन्द योजना सुचारू गराउन त्यतिखेर खानेपानी कार्यालयले केन्द्रमा कुरा पुर्याएको पनि हो तर पुनर्निमाण हुन सकेन,’ हाल भरतपुर खानेपानी बोर्डमा प्राविधिक सहायक पदमा कार्यरत उनी भन्छन्, ‘मर्मत गर्न भनेर सामग्रीहरूले लिएर जान खोज्दा नेपाली सेनाले बम बनाउन लाग्यो कि भनेर रोक्थ्यो। सरकारको ध्यान माओवादीतर्फ बढी भएर पनि होला यता चासो पुग्न सकेन जस्तो लाग्छ।’, प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि र उनका समर्थकले खण्डहर बनेका फिल्टर प्लान्ट, पानी ट्यांकीहरू पनि सफा बनाएका छन्। तर करिब ८ किलोमिटर पर रहेको मगर खहरेको पानी त्यो ट्यांकीमा खसालेपछि के गर्ने भन्ने ठोस योजना उनीहरूसँग छैन।, भरतपुर खानेपानी बोर्डका इन्जिनियर अधिकार चालिसेले पुरानो ट्यांकीको पानी विगतमा नारायणगढ क्षेत्रका घरहरूमा पुगे पनि अब त्यहाँ जम्मा भएको पानी के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताए।, ‘अहिले उहाँहरूले कविलासबाट पानी ल्याएर त्यहाँ झार्नेसम्मको कुरा गर्नुभएको छ त्यसपछि के गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘ती ट्यांकीमा जम्मा भएको पानीको व्यवस्थापन कहाँ र कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेरमात्रै भन्न सकिन्छ।’ , बोर्डका प्रमुख दाहालले यो आयोजनाका संरचनाहरू बोर्डको मातहतमा आइनसकेकाले यस विषयमा निर्णय गर्न नसकिएको बताए।, ‘वडा, उपभोक्ता समितिहरूले पुराना संरचनाहरू बोर्डलाई हस्तान्तरण गर्ने कुरा त गर्नुभएको थियो तर त्यो काम भइसकेको छैन,’ दाहालले भने, ‘हाम्रो मातहतमा आएको अवस्थामा त्यसको प्रयोग कसरी गर्ने, त्यहाँसम्म ल्याइएको पानीलाई कसरी नेटवर्कमा जोड्ने भन्ने कुरा अघि बढाउन सकिन्छ।’, उनले मगर खहरेको पानी बोर्डको नेटवर्कमा जोड्दा भरतपुर र नारायणगढ क्षेत्रमा पनि पानीको सुविधा थपिने बताए। बोर्डको मातहतमा नआएको अवस्थामा त्यहाँबाट ल्याएको पानी उपभोक्ता समितिमार्फत् नै रामनगर, ठिमुरा र देवघाट क्षेत्रका ट्यांकीहरूमा थपेर तत्कालको माग पूरा गर्न सकिने उनले बताए।, सेतोपाटीसँग कुरा गर्दै सांसद लामिछानेले निर्वाचनअघि गरेको प्रतिवद्धताअनुरूप जुगेडी, रामनगर, ठिमुरा र देवघाटका बासिन्दालाई पानी खुवाउन प्रयास सुरू गरेको बताए। त्यस क्षेत्रका धेरै मतदाताले पानीको समस्या सुनाएका कारण आफूले सरोकारवाला निकायसँग समन्वय गरेरै काम सुरू गरेको उनले बताए।, ‘जाइकाको सहयोगमा बनेको योजना पहिरोले बगाएर अलपत्र परेको रहेछ। प्राविधिकहरूलाई पनि लगेर हामीले त्यसको सम्भावना बुझ्यौं। यहाँको पानी पहिलेजसरी फेरि भरतपुर ल्याउ नेगरी सर्भे भइरहेको जानकारी पनि पायौं,’ लामिछानेले भने, ‘मैले खानेपानी विभाग, बोर्डका अधिकारीहरूसँग यस विषयमा पनि कुरा गरें। त्यो सर्भेअनुसारको योजना आउँदा पनि काम लाग्नेगरी अहिलेलाई तुरून्तै पानी खुवाउने प्रयास गरेका हौं।’, लामिछानेले सकेसम्म भविष्यको योजनामा पनि काम लाग्ने गरी र काम नलागेको अवस्थामा पनि यसबाट कुनै असर नपर्ने गरी पानी ल्याउने बताए।, उनले आफूले पानी ल्याउने वाचा गरेका चार वटा ठाउँलाई पुगेपछि बाँकी पानी भरतपुरतर्फ ल्याउन सकिने बताए।, ‘अहिले उपभोक्ता समितिमार्फत् काम भइरहेको छ। बनिसकेपछि चलाउने त भरतपुर खानेपानी बोर्डले नै हो,’ उनले भने, ‘मैले सकेसम्म सबै सरोकारवालासँग समन्वय गरेर काम अघि बढाएको छु। कतै समन्वय गर्न छुटेको रहेछ भने पनि जनप्रतिनिधिको हैसियतमा आफैं पुग्छु भनेको छु। मेरो प्रयास दुई महिना भित्रमा पानी ल्याउनेमा छ।’, उक्त योजनाका लागि देश, विदेशमा रहेका सहयोगीहरूसँग सहयोग संकलन गरेर करिब एक करोड रुपैयाँ खर्च गर्ने तयारी भएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले बताए।, खानेपानी विभागअन्तर्गतको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका निर्देशक शालिग्राम पौडेलले रामनगर र त्यस आसपासका क्षेत्रमा तत्काल अस्थायी रूपमा खानेपानी ल्याउन सकिने बताए। चितवनको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्रमुख भएर काम गरिसकेका पौडेलले पाइपलाइन तयार पारेर पानी सफा गर्न एउटा फिल्टर ट्यांकी निर्माण गरे केही क्षेत्रका लागि खानेपानीको अस्थायी व्यवस्थापन हुने बताए।, ‘एकीकृत खानेपानी तथा ढल निकास आयोजनामार्फत् देशका केही मुख्य सहरहरूमा खानेपानी, ढल, सरसफाइका योजना एकीकृत रूपमा गर्ने गरी प्रयास भएको छ तर त्यो छिटै सुरू होलाजस्तो मलाई लाग्दैन,’ पौडेल भन्छन्, ‘त्यो सुरू भएर निर्माण भइञ्जेलसम्मलाई भए पनि आफ्नो क्षेत्रका जनतालाई पानी खुवाउँ भन्ने चाहना उहाँको होला। यो असम्भव छैन।’, उनले मगर खहरेको पानीलाई व्यवस्थित रूपमा भरतपुर ल्याउन ठूलो लगानी लाग्ने र त्यसका लागि संघीय सरकारकै बजेट आवश्यक पर्ने उनले बताए।, ‘रामनगर, ठिमुरा, देवघाटतिर अहिले स-साना मुहानको पानी जुटाएर पिउने गरिएको छ। यसको विकल्पमा दीर्घकाललाई हुने योजना चाहिन्छ भनेर हामीले पहिल्यैबाट भनिरहेको हो तर ठूलो योजनाका लागि बजेट पनि ठूलै चाहियो,’ उनले भने, ‘अहिले जनप्रतिनिधि तातेर लाग्नुभएको रहेछ, उहाँले अस्थायी रूपमा पानी खुवाउन सक्नुहोला। केही वर्षपछि संघीय सरकारको योजना त्यहीँ सञ्चालन गर्न सकिन्छ।’, भरतपुर खानपानी बोर्डले वडा नम्बर १ देखि १६ सम्म र वडा नम्बर २२ मा खानेपानी सञ्जाल बिस्तार गरेको छ। ३५ वटा बोरिङमार्फत जमिनमुनीको पानी निकालेर यी १७ वटा वडामा पुर्याइएको छ। थप पाँच वटा बोरिङका काम भइरहेका छन्। यी १७ बाहेकका वडाहरूमा स्थानीय उपभोक्ता समितिमार्फत् पानी उपलब्ध गराइएको छ।, ‘भूमिगत पानी उल्लेख्य नघटेका कारण अहिलेलाई त समस्या छैन। तर बन-जंगल विनास, बढ्दो सहरीकरणलगायत कारण जमिनमूनिको पानीले धेरै वर्ष नधान्न सक्छ,’ बोर्डका प्रमुख दाहालले भने, ‘जिल्लाको दुईतर्फ ठूला नदीहरू नारायणी र राप्ती भएका कारण अहिलेसम्म पानीको रिचार्ज त भइरहेको छ।’, उनले बोरिङको पानी दीर्घकालका लागि नहुनसक्ने भएकाले बेलैमा स्रोत पहिल्याएर व्यवस्थापन गर्नुपर्ने बताए।, जुगेडीलाई पनि पुगेको छैन पानी, भरतपुर महानगरपालिकाका वडाहरूमध्ये सबैभन्दा पिछाडिएको वडा हो, २९ नम्बर। पहाडी भूभाग रहेको साविकको कविलास गाविसलाई महानगरमा गाभेर अन्तिम वडा बनाइएको हो। यही ठाउँको खोलाको पानी रवि लामिछानेको नेतृत्वमा भरतपुरका अन्य वडाहरूमा लैजाने प्रयास भएको हो।, आफूहरूलाई नखुवाई अन्य ठाउँमा पानी लैजान लागेकोमा भरतपुर-२९ का बासिन्दाले गुनासो गरेका छन्। उक्त वडाको पात्लेबास घर भएका प्रकाशबहादुर पाण्डेले मगर खहरे आसपासका धेरै मान्छेहरूले त्यही खोलाको पानी पिउने गरेको बताए।, ‘हाम्रो ठाउँको पानी हामीलाई नदिई अन्यत्र लैजान खोजिँदैछ। यस विषयमा हामीले भरतपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छौं,’ पाण्डेले भने, ‘मुहानका मान्छेलाई नदिई अन्यत्रमात्रै लैजान खोजियो भने हामी चुप लागेर बस्दैनौं।’, भरतपुर महानगरपालिकाकाअनुसार उक्त वडाको उपल्लो भेगमा संघीय सरकारको बजेटमा चौकीडाँडा खानेपानी योजना र प्रदेश सरकारको बजेटमा ढोडेनी खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ। तर राजमार्गबाट नजिक रहेका र जोडिएका भतेरी, सुविधानगर, जुगेडीमा व्यवस्थित खानेपानी योजना नरहेको पाण्डेले बताए। स्थानीयस्तरमा मुहानमा पाइप जोडेर धेरैले पानीको जोहो गर्ने गरेको उनले बताए।, लामिछानेले वडा नम्बर २९ का मतदाताको समस्यालाई पनि आफूले बुझेको बताए।, ‘त्यहाँको पानी अन्य वडामा लैजाँदा एक लाइन जुगेडीकै लागि छुट्टाउने योजना बनाएका छौं,’ उनले भने, ‘सबैले पिउने पानी पाउनुपर्छ भनेर म लागेको छु।’,
कति काम लाग्ला रवि लामिछानेले ब्युँताउन लागेको ४६ वर्षअघिको योजना? |
सेतोपाटी संवाददाता झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, बाह्रदशी गाउँपालिका-१ बस्ने ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।, मंगलबार दिउँसो सवा ४ बजे कचनकवल गाउँपालिका-१स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा भुजेल घाँस दाउरा लिएर फर्किँदै थिए। , त्यसक्रममा जंगली हात्तीले आक्रमण गरेको डिएसपी पाठकले बताए। , घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।,
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु |
भगवती पाण्डे पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्।, पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो।, जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुराना तोपका गोला फेला परेका हुन्। जेसिभीले जग खनिरहँदा गोलाहरू भेटिएकोबारे नेपाली सेनाले मुख्यालयमा जानकारी गराएको छ।, ठूलो संख्यामा गोलाहरू निकालेर बाहिर निकालिएको छ भने अझै पनि जमिनमुनि ठूलो संख्यामा गोलाहरू रहेका छन्। जग खनिएको स्थानमा जमिनमा माथिल्लो सतहमै गोलाहरू देखिएका छन्।, सिल्खान टोलमा नेपाली सेनाले अतिथि गृह निर्माणको लागि जग खनिरहेको थियो। गाडिएको अवस्थामा माटोका घैंटाजस्तै भेटिएका गोलाहरू कतिपय हातमा अट्ने आकारका छन् भने कतिपय ठूलो आकारका समेत रहेका छन्।, भिमसेन थापाको पालादेखि नै नेपाली सेनाले पाल्पाबाट इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनासँग युद्ध लड्दै आएको थियो। कर्णेल उजिर सिंह थापाको कमाण्डमा भएको दुई पटकको युद्धमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको थियो।, अहिले जमिनमुनि भेटिएका तोपका गोलाहरू सोही समयका हुन् वा अन्य समयका हुन् भन्ने विषयमा अझै यकिन हुन नसकेको नेपाली सेनाले जनाएको छ।, पाल्पास्थित नेपाली सेनाले तोप गोला भेटिएको विषयमा मुख्यालयमा जानकारी गराई आफ्नो निगरानीमा सुरक्षित राखेको जनाएको छ।, तस्बिरहरू:,
पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला (तस्बिरहरू) |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ।, धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , 'अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाइएको हो,' उनले भने, 'आफैं भत्काउन भन्दा पनि नटेरेका कारण आज डोजरसहित उक्त स्थानमा पुगेका हौ।' , महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो। ,
अनामनगरस्थित धोबीखोला किनारमा महानगरको डोजर चल्यो (तस्बिरहरू) |
विवेक राई काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तलका कर्मचारीहरूमाथि अत्याचार गर्ने हुँदा आफूले राजीनामा दिएको बताएका छन्।, चुडालका अनुसार गत भदौयता महानगर प्रहरीको नेतृत्व सम्हालेका राजु पाण्डे तलका कर्मचारीको मर्कालाई बुझ्दैनन्। कुनै कर्मचारी समस्या लिएर पाण्डेकोमा पुग्दा उनी कर्मचारीको मर्कालाई बुझ्ने त परको कुरा, उल्टै ती कर्मचारीलाई धम्की दिने उनी बताउँछन्।, ‘कुनै कर्मचारीले पाँच मिनेट आराम गर्दा पनि त्यसलाई लात्तले हान्, त्यहीँ घोप्टो भनेर एसपी सा’बले सेटमै भन्नुहुन्छ। अनि मैले जुनियर स्टाफलाई कुट्दै ल्याउने हो?,' चुडालले भने।, उनले आफ्नो २९ वर्षको सेवामा पहिलो पटक नेतृत्वबाट यस्तो व्यवहार भोगेको बताए। सामान्य मानवीय कुरालाई पनि नेतृत्वले बुझ्ने नगरेको उनको भनाइ छ। 'एकजना इन्स्पेक्टर सा’ब हड्डीको समस्याले गर्दा दुईटै खुट्टा टेक्न सक्नुहुन्न। अनि नेतृत्वले उहाँलाई 'तँ सक्दैनस् भने राजीनामा दे' भनेर भन्न मिल्छ?,' उनले आक्रोश पोखे।, उनले एसपी पाण्डेले सुरूदेखि नै कर्मचारीमाथि रूखो व्यवहार गर्ने, गालीगलौज गर्ने गरेको बताए। उनले कामलाई लिएर पनि पाण्डेले कर्मचारीहरूमाथि शोषण गरेको जनाए। अहिले कर्मचारीहरू दिनमा १५ घन्टा खट्दा पनि नेतृत्वबाट जस नपाएको र उल्टै नेतृत्वले गर्ने व्यवहारले आत्मसम्मानमा चोट पुग्ने गरेको बताए।, चुडाल भन्छन्, 'दिनमा १५ घन्टा खटिरहेका छौं। मान्छेलाई तीन-चार घन्टा त आराम चाहिन्छ नि। पन्ध्र घन्टा बुट लगाएर उभिन त गाह्रो हुन्छ नि। नभए कसैले बसेर हेर्दा हुन्छ। एकदिन र एकछिनको कुरा हैन नि।', हेर्नुस् चुडालसँग सेतोपाटीले कुराकानी गरेर तयार गरेको यो भिडिओः,
‘एसपी सा’ब सेटमै त्यसलाई लात हान् भन्नुहुन्छ’ (भिडिओ) |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) मा झन्डै २२ हजार फोन आएको छ।, राष्ट्रिय सभा गृहबाट सञ्चालन भइरहेको कल सेन्टरमा ६ महिनाको अवधिमा २१ हजार ८८६ जनाले फोन गरी गुनासो तथा सोधपुछ गरेको काठमाडौं महानगरका सञ्चार विभागका भरत पोखरेलले जानकारी दिए। कल सेन्टर गत जेठ २३ गतेदेखि सञ्चालनमा छ।, उनका अनुसार फोन आएकामध्ये १८ हजार ६८६ गुनासो र तीन हजार दुई सय जना मानिसले फोन गरी सोधपुछ गरेका छन्।, ‘केही दिन अघिसम्मको तथ्यांक अनुसार अहिलेसम्म १८ हजार ६८६ जनाले गुनासो गर्नुभएको छ,’ उनले भने, ‘गुनासोहरू जुन विभागसँग सम्बन्धित छ सोही विभागमा सम्बोधन गर्नका लागि पठाइदिने गरेका छौं।’, तर आएका सबै गुनासो सम्बोधन नभएको उनी बताउँछन्। यस्तै ५० प्रतिशतमात्र गुनासो सम्बोधन भएको उनको भनाइ छ।, पोखरेलका अनुसार मानिसहरूले नगर प्रहरी सम्बन्धित विषयमा समेत धेरै गुनासो गर्ने गरेका छन्। जसमा फुटपाथमा हिँड्न गाह्रो भएको, बाटोमा जथाभावी पार्किङ गरिएको र जथाभावी पार्किङको पैसा लिएको, घरहरू बनाउँदा बाटोमै राखिएका निमार्ण सामग्रीले अप्ठ्यारो बनाएको गुनासो आएको छ।, यस्तै, मानिसहरूले पार्किङको उचित व्यवस्थापन नभएको, फोहोर नउठेको, बाटाका खाल्डाखुल्डीले गाडी चलाउन र आवतजावत गर्न कठिन भएको, घर वरिपरि होहल्ला गरी डिस्टर्भ भएको लगायत विषयमा गुनासो आइरहेको उनी बताउँछन्। , यस्तै, तीन हजार दुई सय जना मानिसले फोन गरी साधारण सोधपुछ गर्ने गरेका छन्।, ‘धेरैजसो मानिसहरूले स्वास्थ्यसम्बन्धी जानकारी लिनुभएको थियो,’ उनले भने, ‘डेंगीको समय धेरै मानिसहरूले उक्त विषयबारे के हो? कसो हो भनेर जिज्ञासा राख्नुभएको थियो।’, सोधपुछ गर्ने क्रममा मानिसहरूले सरकारी कार्यालयको लोकेसन, फोन नम्बर, कुनै सेवासुविधा पाउन कता जानुपर्ने, प्रक्रिया के कस्तो हो भनेर समेत सोधपुछ गर्ने गरेको उनले बताए। , जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले एक साताभित्रै कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। सोही निर्णय अनुरूप जेठ २३ गते कल सेन्टर सञ्चालनमा आएको थियो। राष्ट्रिय सभा गृहबाटै कल सेन्टर सञ्चालनमा ल्याइएको थियो। , महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्ने काठमाडौंका मेयर बालेन शाहको सचिवालयका प्रवक्ता महेश काफ्लेले जानकारी दिएका थिए।, हाल तीन जना कर्मचारीले कल सेन्टर सञ्चालन गरिरहेका छन्।, कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर समेत आफ्नो समस्या तथा गुनासो राख्न सकिनेछ। कल सेन्टरमा फोन गरेरमात्र नभई इमेल र एसएमएस गरेर पनि आफ्नो गुनासो राख्न सकिन्छ।,
काठमाडौं महानगरको कल सेन्टरमा छ महिनामा झन्डै २२ हजार फोन, ५० प्रतिशतमात्र गुनासो सम्बोधन |
सेतोपाटी संवाददाता पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोड बराबरको क्षति भएको छ। , मंगलबार मध्यराति बिन्दबासिनी गाउँपालिका-२ गर्दौलस्थित बाबा प्रिन्टिङ एन्ड प्याकेजिङ इन्ड्रस्ट्रिज प्रालिमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।, आगलागी भएपछि वीरगन्ज महानगरपालिकाबाट दुई वटा, पोखरिया नगरपालिकाबाट एउटा, विपद व्यवस्थापन गुल्मबाट एउटा गरी चार वटा दमकल प्रयोग भएको थियो।, प्रहरी, सशस्त्र प्रहरी खटिएर आगलागीलाई पौने ३ बजे नियन्त्रणमा लिएको हो। , त्यहाँ रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएका कार्टुन लगायत गरी १४ करोडको क्षति भएको पीडित पक्षको दाबी छ।, कसरी आगलागी भएको हो र यकिन क्षति विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
,
,
पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोडको क्षति |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाउने भएको छ। , धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागेको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकरी दिए। , उनका अनुसार अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागिएको हो। , 'अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाउन लागिएको हो,' उनले भने, 'आफैं भत्काउन भन्दा पनि नटेरेका कारण आज डोजरसहित उक्त स्थानमा पुग्न लागेको हो।' , महानगरले साउन १ गते सूचना जारी गर्दै सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो। ,
अनामनगरमा अवैध संरचनामाथि डोजर चलाउँदै महानगर |
सेतोपाटी संवाददाता पर्सामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।, जिराभवानी गाउँपालिका-४ ठेकरीया बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।, उनी बुधबार बिहान ४ बजे घरमा गम्भीर अवस्थामा भेटिएका थिए। उनलाई सोही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा कुटपिट गरेको भन्ने खबर प्रहरीले पाएको थियो।, खबर पाएपछि नजिकैको प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य कमान्डको टोली खटिएको थियो।, उक्त टोलीले घाइते सैमुल्लाहलाई नारायणी अस्पताल वीरगन्जमा पुर्याएका थिए। त्यहाँ पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।, डिएसपी दीपक गिरीका अनुसार घटना गएराति ११ बजे भएको थियो। साबिर राउतको विवाहमा सैमुल्लाह पनि गएका थिए।, सैमुल्लाहले विवाहमा नाचगान गरिरहेका व्यक्तिलाई नाच्न नदिएको प्रहरीले जनाएको छ।, त्यसरी विवाद हुँदा सोही ठाउँका जाजुल राउत गद्दी समेतले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी गिरीले बताए।, यस घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।,
बिहेमा नाच्न नदिँदा कुटपिट गरी युवकको हत्या |
शेरबहादुर सिंह महेन्द्रनगर भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पर्यटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखे।, विसं २०६० को दशकमा दोधारा चादँनी नगरपालिकालाई पहिलोपटक मूलधारसित जोडेको एसियाकै लामो करिब डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बने पनि पुल क्षेत्र वरपर भने कुनै खालको सुविधा नभएको यहाँ आउने पर्यटकको गुनासो छ।, 'पुल हेर्न आउने पर्यटकलाई एउटा सार्वजनिक शौचालय बनाइदिनुपर्यो भनेर भीमदत्त नगरपालिकासित गुहार गरेको धेरैपटक भयो', वडाध्यक्ष बोहराले भने, 'तर अहिलेसम्म शौचालय बनाउने सुरसार छैन।', झोलुङ्गे पुल टुटफुट हुँदा मर्मत गर्नेबाहेक पर्यटक लोभ्याउने अन्य संरचना निर्माणमा सरोकारवालाको ध्यान छैन।, हिउँदका समयमा हरेक वर्ष मुलुकभरबाट शैक्षिक भ्रमणका लागि हजारौं विद्यार्थी अवलोकनका लागि यहाँ आउने गरेका छन्। पुल छेउछाउमा स्तरीय होटल नहुँदा आउने पर्यटकले एक छाक खाना पाउने स्थिति नरहेको कैलालीको लम्कीका गणेश बजगाईंले बताए।, 'यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ,' पुलमा भेटिएका उनले भने, 'पर्यटकीय गन्तव्य भएर के गर्नु? संरक्षण र थप सुन्दर बनाउने त ध्यान नै नहुँदोरहेछ।', महेन्द्रनगर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको झोलुङ्गे पुल अर्को पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा पर्छ।, झोलुङ्गे पुलसँगै निकुञ्जको पिपरियामा हात्तीसारमा समेत पर्यटक अवलोकनका लागि आउने जाने गर्छन् तर त्यहाँ पुग्ने सडक कालोपत्र हुनसकेको छैन।, भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष बोहराले झोलुङ्गे पुलमा भीमदत्त नगरपालिकाले सौर्यबत्ती जडान गरिएको बताए।, 'पुललाई झिलिमिली बनाउन सके पर्यटकको यहाँ आइरो नै लाग्थ्यो', उनले भने, 'रातिको बत्ती व्यवस्थापनका लागि सोच्दैछौं।', वडाध्यक्ष बोहराले अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटक यहाँ आउने गरेको जानकारी दिए।, त्यसैगरी विश्वमै दुर्लभ बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षहरूमा पर्यटक आवागमन बढे पनि सडक पूर्वाधारका कारण वर्षातमा जान सकिन्न। निकुञ्ज कार्यालयले आन्तरिक सुधारका कामलाई गति दिए पनि निकुञ्ज वरपर होटल व्यवसाय पुग्न सकेको अवस्था छैन।, यहाँ असोजदेखि जेठसम्म पर्यटक धेरैजसो घुम्न आउँछन्। पछिल्लो गणनामा यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएर ३६ वटा पुगेको छ। यहाँ शुक्लाफाँटाको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिकाले हरेक वर्ष पर्यटन महोत्सव आयोजना गरिरहेको भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा शुक्लाको प्रचार–प्रसारमा कमी छ।, शुक्लाफाँटाभित्रको मुलुककै ठूलो घाँसेमैदान पुग्ने सडक भने अहिले स्तरोन्नति गर्दै लगेको निकुञ्ज कार्यालयले जनाएको छ। भीमदत्त नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा यहाँका पर्यटकीयस्थललाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।, नीतिमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएको भीमदत्त नगरपालिका–१९ बागफाटा र भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलको क्षेत्रमा पर्यटक आकर्षित गर्न सम्भाव्यता अध्ययन गरी निजी तथा सहकारी क्षेत्रको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गरिने बताइएको छ। यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन पश्चिमीनाका गड्डाचौकीमा रहेको नेपाल पर्यटन बोर्डको शाखा कार्यालय बन्द अवस्थामा छ। , 'दुई वर्षयता उक्त कार्यालय सञ्चालनमा छैन', शाखाका पूर्वकर्मचारी थानेश्वर लेखकले भने, 'मलाई बोर्डले कोरोनाका कारण देखाउँदै हटायो।', यसअघि भीमदत्त नगरपालिकाले पर्यटन बोर्डको क्षेत्रीय कार्यालय कञ्चनपुरमा स्थापनाको सम्झौता गरिए पनि पछिल्लो समय उक्त कार्यालय भने धनगढीमा स्थापना गरिएको उनको भनाइ छ।, यहाँ झिलमिला ताल, बेदकोट ताल, लिगा क्षेत्रलगायतका दर्जनौं पर्यटकीयस्थल रहे पनि तिनको व्यवस्थापन र प्रचार–प्रसार हुनसके मात्रै पर्यटन व्यवसाय पनि फस्टाउने यहाँस्थित राना थारू होमस्टेका सचिव चेतराम रानाले बताए। , उनले यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचार–प्रसार र व्यवस्थापनको कमजोरी रहेको बताए।, 'वनभोजस्थल बनाउनेदेखि पर्यटकीय ठाउँसम्म पुग्ने सडकसमेत बनेको स्थिति छैन', उनले भने, 'सबैतिर सुविधासहितको पर्यटकीयस्थल बने पो पर्यटक घरबासमा आएर बस्छन्।', शुक्लाफाँटामा वर्षातका बेला पर्यटक जान प्रतिबन्ध हुँदा पनि यहाँ पर्यटक आवागमनमा कमी आएको उनको भनाइ छ। रासस,
'यति सुन्दर झोलुंगे पुल छ तर अरू व्यवस्था केही पनि रहेनछ' |
भगवती पाण्डे मानव बेचबिखन मुद्दामा अदालतबाट ३० वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई रूपन्देही प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।, कपिलवस्तुको चन्द्रौटाका दुई जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा २०७४ सालमा जिल्ला अदालत कपिलवस्तुबाट ३० वर्षको कैद र २ लाख ५० हजार जरिवाना तोकिए पनि फरार रहेका रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ रूद्रपुरका मिनबहादुर विकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो।, प्रहरीले दिएको घटना विवरण अनुसार गाउँमा आरने माइला भनेर चिनिने विकले शालिकराम विकको सहयोगमा २०७० साल कात्तिकमा ज्याला मजदुरी गर्दै आएका ती महिलालाई राम्रो काममा लगाइदिने भन्दै भारतको पञ्जाव पुर्याउँछन्।, शालिकरामले जिम्मा लगाएका महिलाहरूलाई मिनबहादुरले चन्द्रौटादेखि दाङको भालुबाङदेखि बसबाट नेपालगञ्ज हुँदै रुपेडिया नाकाबाट भारतको पञ्जावस्थित जालन्धर शहरको फिरोजपुर पुर्याएका थिए।, फिरोजपुरमा बग्गी नामका व्यक्तिले काम लगाइदिने र उनीहरूले त्यही काम गर्ने भन्दै खाली कागजमा ल्याप्चे लगाउन लगाई आफू त्यहाँबाट निस्किन्छन्।, गाउँमा ज्याला मजदुरीको काम भन्दा भारतमा भए पनि राम्रो काम पाइने आशामा त्यहाँ पुगेका उनीहरूलाई जब बग्गीले होटलमा पुर्याउँछन् आफूहरू बेचिएको पत्तो पाएपछि छाँगाबाट खसेजस्तै हुन्छन्।, भारतको होटलमा बेचिएको थाहा पाए पनि उनीहरू त्यहाँबाट उम्किन सक्दैनन्। झण्डै १ महिनापछि होटलमा अरू कोही नभएको मौका छोपी एकदिन दुबै जना त्यहाँबाट भाग्न सफल हुन्छन्। आफूहरूलाई बिक्री गरिएको होटलबाट भागेका उनीहरू कपिलवस्तुको कृष्णनगरस्थित नेपाल भारत सिमामा रहेको पुनर्स्थापना गृहको संरक्षणमा पुग्छन्।, पुनर्स्थापना गृहको संरक्षणमा आएपछि उनीहरूले आफूलाई नारकीय जीवनमा पुर्याउनेविरूद्ध कानुनी लडाइँ लड्ने र उसलाई कारबाहीको दायरामा पुर्याउने निधो गर्छन्। त्यसपछि २०७० साल पुस महिनामा इलाका प्रहरी कार्यालय कृष्णनगरमार्फत् मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेका थिए।, उक्त मुद्दामा गरिएको अनुसन्धान तथा शालिकराम विक समेतको बयानपछि जिल्ला अदालत कपिलवस्तुले २०७४ साल असार १९ गतेको फैसलामा आरने माइला भनिने मिनबहादुरलाई मुख्य कसुरदार मानी ३० वर्ष कैद तथा २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो।, मानव बेचबिखन ओसारपसार ऐन २०६४ अनुसार गरिएको उक्त फैसलामा कैद र जरिवानासँगै पीडित महिलाहरूलाई १ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरे पनि विक फरार थिए।, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले ६ वर्षदेखि फरार रहेका विकलाई खोजतलास गर्दै जाँदा गत सोमबार सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तु पठाएकोमा अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको जानकारी दिए।,
जब बग्गीले होटलमा पुर्याउँछन्, उनीहरू छाँगाबाट खसेजस्तै हुन्छन्! |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरमा कार्यरत पाँच अधिकारीहरूको सरूवा गरेको छ।, मंगलबार महानगरपालिकाले काठमाडौं महानरपालिकामा कार्यरत पाँच जना कर्मचारीको सरूवा गरेको काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनका अनुसार काठमाडौं महानगरमै कार्यरत पाँच जना कर्मचारीको अन्य विभागमा सरूवा गरिएको हो।, ‘सामाजिक विकास विभागका दीपक अधिकारी, वित्त विभागका यादव घिमिरे, गोपाल पोखरेल, नुरनिधि न्यौपाने र मेरो (विभागीय प्रमुख) पनि सरूवा भएको हो’, उनले भने।, अधिकारीलाई प्रशासन विभाग, घिमिरेलाई आन्तरिक लेखा परीक्षण, पोखरेललाई सामाजिक विकास विभाग, न्यौपानेलाई मेयरको सचिवालय तथा विभागीय प्रमुख र आफूलाई सार्वजनिक निजी साझेदारी कार्यक्रम (पिपिपि) सरूवा गरिएको उनले बताए।,
काठमाडौं महानगरका पाँच अधिकारीको सरूवा |
सेतोपाटी संवाददाता बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा छानबिन नभएको भन्दै आन्दोलन गर्न संघर्ष समिति गठन भएको छ। , बुधबार सो समितिले बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा यातायात अवरूद्ध पारेको थियो। , यातायातका साधन चल्न नसकेपछि प्रशासन र मृतकका आफन्तबीच छलफल भयो। , प्रहरीले घटनाबारे अनुसन्धान कहाँ कति भयो भन्नेबारे आफन्तलाई जानकारी गराएपछि यातायात पुन: सञ्चालन गर्न सकारात्मक भएको प्रहरीले जनाएको छ। , यातायात पुन: सञ्चालन गर्न मौखिक सहमति भए पनि सडक पूर्ण रूपमा खुलेको छैन।, सो घटनाको छानबिनको माग गर्दै बुधबार पाटन नगरपालिकाका विद्यालय बन्द गरिएका थिए।, मंगलबारदेखि सिआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। , विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ। , संघर्ष समितिले विष्ट मृत फेला परेको ५ दिन बित्दा पनि सत्यतथ्य पत्ता नलागेकाले नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ। , समितिकी संयोजक लिला विष्टले स्थानीय सरकार घटनाप्रति जवाफदेही नहुँदा सरकारलाई दबाब दिन तालाबन्दी गरिएको बताए।,
गत शनिबार पाटनमा विष्ट मृत फेला परेका थिए।, बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले अनुसन्धानका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताए।, उनको हत्या भएको आशंका गरिएको छ। सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।, ,
बैतडीका शिक्षक विष्टको मृत्यु प्रकरणमा छानबिन नभएको भन्दै आन्दोलन गर्न संघर्ष समिति गठन |
सेतोपाटी संवाददाता कञ्चनपुरमा १० वर्षीया छोरीलाई बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। , बुधबार दोधारा चाँदनी नगरपालिकाका २७ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले मंगलबार राति नाबालिका छोरीमाथि बलात्कार गरेको भन्ने आरोपमा लागेको छ ।, बालिकाकी हजुरआमाले उजुरी प्रहरी कार्यालयमा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले बताए।, पक्राउ गरेर घटनाको अनुसन्धान सुरू गरिएको निरीक्षक भरतराज गिरीले बताए।,
कञ्चनपुरमा बलात्कार आरोपमा बुवा पक्राउ |
सेतोपाटी संवाददाता चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्। , उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन्। , उद्योगी व्यवसायीहरूका दुई दर्जनभन्दा बढी संघ संस्थाहरूले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्।, ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं,’ उनीहरूले भनेका छन्, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं।’ , उद्योगी व्यवसायीहरूले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ। चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ। , एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ। अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ। ,
स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ। , नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडकमा ओर्लने तयारी गरेका हुन्। , ‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो। हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं।’,
,
विराटनगरका उद्योगी-व्यवसायीले गरे आन्दोलनको घोषणा |
सेतोपाटी संवाददाता बुटवलको सोह्र छत्तीस कुलोको किनारमा एक महिलाको शव फेला परेको छ।, अन्दाजी ३५ वर्षीया महिलाको शव बुधबार बिहान १६ छत्तीस कुलोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, बुटवल उपमहानगरपालिका वडा नं. ९ र वडा नं. ११ को बीच भएर बग्ने उक्त कुलोमा भेटिएको शव रातीको समयमा कसैले ल्याएर फालेको हुनसक्ने प्रहरीले जनाएको छ।, कुलोमा मानिसलाई बगाउने र डुब्ने समेत पानी नभएकोले उक्त शव कुलोले बगाएर ल्याएको नभई कसैले ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ।, बुधबार बिहान स्थानीयले कुलोको किनारमा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।, प्रहरीले बिहानै कुलोबाट शव निकाली पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको जनाएको छ।, उक्त शवको पहिचान भने भइनसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।,
कुलोमा भेटियो महिलाको शव |
सेतोपाटी संवाददाता घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्कीको मृत्यु भएको हो।, सवा दश बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको थियो।, अस्पतालमा ल्याइसकेपछि दिउँसो पौने १ बजे उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।,
घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपाकलिकाले बालाजु औद्योगिक क्षेत्रभित्र बारूण यन्त्र शाखा सञ्चालनमा ल्याएको छ।, विपदको समयमा छिट्टै सेवा दिन पाइयोस् भनी बालाजुमा समेत बारूण यन्त्र सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन विकासका निर्देशक रविनमान श्रेष्ठले जानकारी दिए। , उनका अनुसार महानगरको उत्तरी भेग बालाजुमा बारूण यन्त्र शाखा सञ्चालनमा ल्याइएको हो। हाल औद्योगिक क्षेत्रभित्र अस्थायी रूपमा शाखा सञ्चालनमा ल्याइएको हो। , केन्द्रीय बारूण यन्त्र कार्यालय बसन्तपुर र चाबहिलको रामहिटीमा मात्रै बारूण यन्त्र शाखा रहेकाले महानगरको उत्तरी क्षेत्रलाई मध्यनजर गरी बालाजुमा पनि शाखा सञ्चालनमा ल्याइएको उनको भनाइ छ। , बालाजु औद्योगिक क्षेत्र रहेको र स्थानीयहरूलाई पर्ने आवश्यकतालाई मध्यनजर गर्दै दमकल सेवा सञ्चालन गरिएको उनले बताए।, ‘यहाँ आगलागीका घटना घटिरहेका हुन्छन्,’ उनले भने, ‘काठमाडौंको प्रमुख औद्यागिक क्षेत्र पनि यहाँ छ। आगलागी हुँदा बसन्तपुरबाट वा चाबहिलबाटै दमकल मगाउन पर्ने स्थिति छ।’, अन्य ठाउँबाट दमकल मगाई आगलागी नियन्त्रण लिँदा ढिलो र क्षति पनि धेरै हुने भएकाले सो क्षति नहोस् भन्ने उद्धेश्यका साथ बालाजुमा पनि बारूण यन्त्र सञ्चालनमा ल्याइएको उनी बताउँछन्। , श्रेष्ठका अनुसार बालाजुको बारूण यन्त्र कार्यालयमा दुइटा दमकल छ। एउटा तीन हजार र अर्को २५ सय लिटरको ट्यांकी छ।, ‘हाम्रा कर्मचारी त्यही अफिसमा बस्नुहुन्छ,’ उनले भने, ‘केही भएको खण्डमा तत्काल घटनास्थलमा पुग्न सकियोस् र क्षति हुन नदिने भन्ने हाम्रो उद्धेश्य हो।’ , बालाजु बारूण यन्त्र मंसिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको हो। उक्त कार्यालयमा हाल सात जना कर्मचारी काम गर्छन्।, यसका साथै, उनले औद्योगिक क्षेत्रबाहिर कार्यालय बनाउन टेन्डरको प्रक्रिया अघि बढिसकेको बताए। , ‘अहिले आफ्नै कार्यालय नभइन्जेल यहाँ बसेर सेवा दिनेछौं,' उनले भने, 'हाम्रो कार्यालय बनाउन टेन्डरको प्रक्रिया अघि बढिरहेको छ, छिट्टै नै आफ्नै भवनबाट सेवा दिनेछौं।' , यस्तै, बिस्तारै बल्खुमा पनि बारूण यन्त्र कार्यालय सञ्चालन ल्याइने उनले बताए।,
बालाजु औद्योगिक क्षेत्रभित्र महानगरको तेस्रो बारूण यन्त्र शाखा सञ्चालन |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ। , बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो। अन्य मुद्दामा थुनामा बस्न नपर्ने भएमा आजैदेखि कैदमुक्त गर्न र १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन आदेश दिएको हो। , उनी १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद सजाय भुक्तान गरिरहेका छन्। , अदालतको आदेश आएसँगै उनी अब कसरी छुट्छन् भन्ने चासोको विषय बनेको छ। , सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले यो आदेशको जानकारी जिल्ला अदालत काठमाडौं, भक्तपुर र केन्द्रीय कार्यालयलाई पठाइसकिएको जानकारी दिए। , ‘यो आदेश पाएपछि जिल्ला अदालतले अन्य मुद्दामा कैद भोग्नुपर्ने छ कि छैन भनेर हेर्छ। यदि रहेनछ भने जिल्ला अदालतले छोड्नका लागि कारागारलाई पत्राचार गर्नेछ। त्यसपछि मात्र उनी छुट्ने छन्,’ उनले भने। , केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतको आदेश आएको थाहा पाए पनि आदेशमा के/कस्तो छ भन्ने हेरिनसकेको र त्यो हेरेपछि मात्रै के हुन्छ भनेर भन्न सकिने उनले बताए। , ‘सर्वोच्च अदालतको वेबसाइटमा हेर्दा कैदमुक्त गर्न फैसला भएको देखियो,’ उनले भने, ‘तर त्यसभित्र के छ भन्ने हेर्न बाँकी छ।’, उनीविरूद्ध के/कस्तो मुद्दाहरू बाँकी छन्/छैनन् भन्ने पनि हेर्नुपर्ने उनले बताए। , ‘अदालतले भएका सबैलाई सम्बोधन गरेको रहेछ भने आजै पनि छुट्न पनि सक्ने भयो,’ उनले भने, ‘तर फैसला नै हेर्न पर्ने हुन्छ।’ , शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए। , जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।, जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ।, उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ। , १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानूनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।, ‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, 'बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन र १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिदिएको छ।', सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।, हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो। , दुवै अदालतले उनलाई फरक/फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन्। काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।, उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पूर्जी अदालतले जारी गरेको थियो। , सर्वोच्चले भने वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्डविपरीत एकान्तवासमा राखिएको भन्दै सर्वोच्चले कैदमुक्त गर्ने आदेश दिएको हो। ,
अब कसरी छुट्छन् चार्ल्स शोभराज? |
सेतोपाटी संवाददाता प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन्।, बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार छन्।, लागु औषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको एसपी मैनालीले बताए।, अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएका हुन्। उनको खोजी भइरहेको परिसरले जनाएको छ। , यस्तै यसमा आन्तरिक छानविन पनि हुने एसपी मैनालीले बताए। फरार रहेका उनलाई देखे प्रहरीलाई खबर गर्न पनि परिसरले अनुरोध गरेको छ।,
प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय युवक फरार |
एजेन्सी चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ।, चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।, चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।, ओमिक्रोनको सबभेरियन्ट बिएफ-७ का संक्रमितका कारण राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ।, चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ।, बुधबार मात्रै भारतमा यहीँ भेरियन्टका तीन वटा नयाँ केस फेला परेका थिए। यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो भेरियन्ट भेटिएका दुई जना निको भइसकेको बताएको छ।, यसैबीच, भारत सरकारले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ।, चीनमा ओमिक्रोन सबभेरियन्ट बिएफ-७ को बढ्दो केस र भारतमा पनि यसको संक्रमणलाई ध्यानमा राखेर यो निर्णय गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।, चीनमा कठोर लकडाउन खुकुलो बनाएलगत्तै संक्रमणदर बढेकाले भारतमा पनि सङ्क्रमितको संख्या बढ्न सक्ने भन्दै देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ।, मंगलबार मात्रै केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना संकलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्नेछ।, भारतका स्वास्थ्य सचिव राजेश भूषणले जिनोम सिक्वेन्सिङ विधिबाट नयाँ भेरिअन्टमाथि निगरानी गर्नु जरुरी भएको उल्लेख गरेका छन्।, जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल र चीनमा अचानक सङ्क्रमण बढेको उदाहरण दिँदै उनले निगरानी बढाउन भनेका हुन्।, यस्तो प्रयासले नयाँ भेरिअन्टको पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनको दाबी छ।, यसैबीच केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलनसक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन निर्देशनसमेत दिएको छ।, भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले पछिल्लो अवस्थाको समीक्षा गर्दै थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।, भारतले सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको थियो।, कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौँ लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।, दुई अर्ब भन्दा बढी मानिसले खोप लगाइसकेको भारतमा सरकारी तथ्याङ्कअनुसार हाल सातामा १,२०० को सङ्ख्यामा कोभिड सङ्क्रमण देखिएका छन्।,
चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता बढाइयो, विमानस्थलमै कोरोना परीक्षण |
सेतोपाटी संवाददाता हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।, यसको प्रभावले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।, तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।, ,
आज आंशिक बदली रहने, तराईमा हुस्सु लाग्ने |
सेतोपाटी संवाददाता पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी हुन्।, उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , पक्राउ पर्नेमा मृतक रिंकुका ३४ वर्षीय श्रीमान कुशल दास र देवर २८ वर्षीय भरतलाई पक्राउ गरेको हो। दाजुभाइ कुशल र भरत दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ।, प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएको थियो। खबरपछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट टोली खटाएर घटनास्थल सुरक्षित राखिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको टोली पनि घटनास्थलमा पुगेको थियो। , रिंकुकुमारी घरअगाडिकै कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन्। टाउको किचिएको अवस्थामा शव फेला परेको थियो। त्यसरी शव फेला परेको भन्ने जानकारी जनप्रतिनिधिले प्रहरीलाई दिएका थिए।, 'त्यहाँ हामीलाई जनप्रतिनिधिले जानकारी दिएका थिए। त्यसपछि टोली खटाएका थियौं,' डिएसपी गिरीले भने।, सुरूमा घटनास्थल हेर्दा रिंकुलाई गाडीले किचेको जस्तो देखिन्थ्यो। धेरै गाडी नगुड्ने भित्री सडकमा कसले ठक्कर दिएर गयो होला भन्नेबारे पनि चासो प्रहरीको थियो।, उनका श्रीमान कुशललाई सोधपुछ गर्दा पनि गाडीले नै ठक्कर दिएको भन्ने बताइरहेका थिए। तर प्रहरीले शव हेर्दा हातमा करेन्ट लागेको पनि देखेको डिएसपी गिरीले बताए। , 'बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,' उनले भने, 'शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।' , यी प्रमाणहरू पेस गरी सोधपुछ गर्दा भने उनले हत्या गरेको स्वीकार गरेका डिएसपी गिरीले बताए।, उनका अनुसार कुशलले आफ्नै कोठामा श्रीमती रिंकुलाई करेन्ट लगाएर हत्या गरेका हुन्। यसरी हत्या गर्नेबारे उनले पूर्वयोजना बनाएको समेत प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।, कुशलले रिंकु परपुरूषसँग लागेको भन्ने शंका गर्थे। त्यही शंकाले उनीहरूबीचको सम्बन्ध बिग्रिएको देखिएको छ। उनीहरू घरमा पनि अलग अलग बस्थे। मंगलबार मध्यराति भने रिंकुलाई आफू भएको ठाउँमा बोलाएर कुशलले हत्या गरेका हुन्। , हत्यापछि उनले उक्त शवलाई यत्तिकै राखेनन्। शव व्यवस्थापन गर्न र आफू हत्याबाट जोगिन भाइ भरतको सहयोग मागे। दाजुभाइ दुवै जना सवारी चालक हुन्। कुशल ठूला सवारीसाधन चलाउँछन् भने भाइ कुखुरा बोक्ने सानो गाडी चलाउँछन्।, उनीहरूले सर-सल्लाह गरी भरतले चलाउने ना. ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने गाडी ल्याएर शव सडकमा निकाली गाडीले टाउकोमा किचेको डिएसपी गिरीले बताए। , त्यसपछि गाडी वीरगन्ज-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाएर राखेका थिए।, 'यसरी हत्यापछि पनि गाडीले किच्दा आफूहरू बचिन्छ कि भन्ने सोचेछन्। गाडी पनि फेला पर्दैन। कसले हिर्काएको पनि थाहा नहुने भन्ने बुझेर हत्यापछि किचेको देखियो,' डिएसपी गिरीले भने। , शवको पोस्टमर्टम गर्न नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।,
करेन्ट लगाएर श्रीमतीको हत्या, दुर्घटना देखाउन किचियो गाडीले |
सेतोपाटी संवाददाता तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।, आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।, सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।, ‘सडकमा ठूलो खाल्डो परेको छ। पृथ्वीराजमार्ग अवरूद्ध छ,’ उनले सेतोपाटीसँग भने, ‘खुलाउने प्रयास भइरहेको छ, अहिले स-साना गाडीहरू पास भइरहेका छन्।’, खाल्डोमा माटो राखेर पुरेर सडक पुन: सञ्चालनमा ल्याइने उनले बताए। पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ।,
आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध |
सेतोपाटी संवाददाता राजश्व चुहावट गरेको आरोपमा काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार काठमाडौंस्थित विशेष अदालतमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए. एण्ड डि.बि. कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङविरूद्ध आरोपपत्र दायर भएको हो। , यस्तै दुवाकोट कन्स्ट्रक्सन प्रा.लि. भक्तपुरका संचालक राम चन्द्र प्रसाद प्रधानाङ्ग, सालीनदी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक वेद नारायण दंगाल र आधिकारिक प्रतिनिधि सत्यमान लामाविरूद्ध पनि मुद्दा दायर भएको हो।, गाउँपालिका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारेर राजस्व चुहावट गरेको भन्ने आरोप छ। यसरी राजस्व चुहावट गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो। , गाउँपालिका क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेका नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा उपयोग गरी राजस्व संकलन गर्न २०७५/०८/१८ गते सूचना प्रकाशन भएको थियो। उक्त सूचनामा उल्लेख भएभन्दा कम परिमाण संकलन गर्ने भनेर कबोल अंकभन्दा घटी सम्झौता रकम कायम गरी व्यावसायीहरूले अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेसँग सम्झौता गरेका थिए।, स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा मंसिर, पुस र माघ महिनामा मात्र जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानी एवं रेखदेखमा स्काभेटर मेसिन प्रयोग गरी उत्खनन् गर्न सकिने व्यवस्था छ। तर आफूहरूलाई नभएको अधिकारसमेत प्रयोग गरी अध्यक्षले स्काभेटर मेसिन प्रयोग गर्न स्वीकृति दिएका थिए। , यसरी उनीहरूले दुई करोड ५७ लाख २ हजार १९८ रुपैयाँ घटी राजस्व संकलन गर्ने गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।, अख्तियारले अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेलाई चुहावट गरेको रकमभन्दा दोब्बर ५ करोड १४ लाख ४ हजार ३९७ रुपैयाँ जरिवाना हुने मागदाबी गरेको छ।, ए. एन्ड डि.बि. कन्स्ट्रक्सन प्रालिका सञ्चालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङले ५२ लाख २३ हजार ६१३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ। , यस्तै दुवाकोट कन्स्ट्रक्सन प्रालि भक्तपुरका संचालक रामचन्द्रप्रसाद प्रधानाङ्गले एक करोड २९ लाख ४५ हजार २५१ रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ। , सालीनदी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक वेद नारायण दंगालले ७५ लाख ३३ हजार ३३३ रुपैयाँ र आधिकारिक प्रतिनिधि सत्यमान लामाले दुई करोड ४ लाख ७८ हजार ५८५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।, अख्तियारले उनीहरूविरूद्ध राष्ट्रसेवकलाई हुने बमोजिम नै सजायको मागदाबी लिएको छ।,
राजश्व चुहावट गरेको आरोपमा तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरूद्ध मुद्दा |
सेतोपाटी संवाददाता पाँचथरमा जेसिबीले पहाड कोट्याउने क्रममा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ।, आइतबार बिहान साढे १० बजे याङवरक गाउँपालिका-३ सामाखुस्थित इङ्वा हाइड्रोपावरको जेसिबीले बाटो निर्माण गर्न पहाड कोट्याइरहँदा ढुंगा झरेको हो। उक्त ढुंगाले लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दियो। , बर्दिया बारबर्दिया गाउँपालिका-८ बस्ने ३३ वर्षीय लालबहादुर थारूको मृत्यु भएको हो। , ढुंगाले लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि पाँचथर अस्पतालमा लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। , उनी सोही हाइड्रोपावरमा काम गरिरहेका कामदार थिए। , प्रहरीले अपरेटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।,
पाँचथरमा ढुंगाले लागेर एकको मृत्यु |
सेतोपाटी संवाददाता सल्यानको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले कार्यालयको कामकाज रोकेका छन्। गाउँपालिकाकाका इञ्जिनियर विवेकमान बस्नेतमाथि ठेकेदार पक्षले हातपात गरेपछि पालिकामा कार्यरत कर्मचारीले कामकाज रोकेका हुन्।, आइतबार बेलुका गाउँपालिकाका अध्यक्ष भरत गिरीसहितको प्राविधिक टोलीलाई वडा नम्बर २ बाट अवलोकनका लागि बोलाइएको थियो। निर्माणाधीन वडा कार्यालय भवनको अवलोकनका लागि बोलाइएको उक्त टोलीमा गाउँपालिकाका अध्यक्ष भने समावेश थिएनन्।, पालिकाका इञ्जिनियर विवेक र वडा प्राविधिक मेघा वली भवन अनुगमनका लागि पुगेका थिए। उक्त भवनको ढलान कार्यको अनुगमन गर्न गएका टोलीमध्ये विवेकले मापदण्डविपरीत ढलान कार्य भएको भनेपछि भवन निर्माण गर्ने जिम्मा पाएका ठेकेदार डम्बर तिरूवाका छोरा सञ्जयकुमारले उनीमाथि हातपात गरेका थिए।, ‘भवनको ढलान कार्यको अनुगमन गर्न गएको समयमा मापदण्डविपरीत काम भइरहेको पाइयो, सोही क्रममा इञ्जिनियर विवेकमान बस्नेतले मापदण्डअनुसार काम गर्नुस् इञ्जिनियरमाथि गरेको कुटपिट तथा दुर्व्यवहारको खबरले कर्मचारीमा त्रास सिर्जना गरेको छ,’ गाउँपालिकाका कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, यसअघि पनि विभिन्न समयमा गाउँपालिकाका कर्मचारीमाथि अभद्र व्यवहार भएको गाउँपालिकाका शिक्षा अधिृकत प्रतिभा ओलीले बताइन्।, गाउँपालिकाका कर्मचारीहरूले घटनाको छानबिन र दोषीमाथि कारबाही नभएसम्म कामकाज नगर्ने बताएका छन्।, ‘स्वच्छ र निष्पक्ष तरिकाले काम गर्दै आएका राष्ट्रसेवक कर्मचारीको शान्ति सुरक्षाको माग गर्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कारबाही नहुँदासम्म सिद्धकुमाख गाउँ कार्यपालिकाको कार्यालय र यसअन्तर्गतका सम्पूर्ण कार्यालयबाट प्रवाह हुँदै आएका सेवा स्थगित रहने व्यहोरा जानकारी गराउँछौं।’, सिद्धकुमाख-२ का वडाध्यक्ष प्रकाश घर्तीले पनि पालिकाका कर्मचारीमाथि हातपात भएको बताए।, ‘ठेकेदारको टिमले हातपात गरेकै हो, गाउँपालिकाबाट कर्मचारीहरुले कामकाज बन्द गर्ने भन्नुभएको छ,’ उनले भने।, ठेकेदार डम्बर तिरूवाले भने कर्मचारीकै कारण सामान्य समातासमात भएको बताए।, ‘पहिले उहाँ इञ्जिनियर आएर मनपरी बोल्नुभएछ, त्यति गर्दा मेरो छोरा र इञ्जिनियरको समातासमात भएको रहेछ। म त्यहाँ पुगेर छुटाएँ,’ ठेकेदार तिरूवाले भने, ‘पछि इञ्जिनियरले बोलाएर पाँच-सात जना कर्मचारी आउनुभयो, हेलमेटले हानाहान पनि भयो। म संयम भएर उहाँहरूलाई अलग गराएको हुँ।’, उनले आफू संयम भएर कर्मचारी र छोराबीच हातपात हुनबाट बचाएको बताए।,
इञ्जिनियरमाथि ठेकेदार पक्षले हातपात गरेपछि गाउँपालिकाका कर्मचारीले रोके काम |
एजेन्सी पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ।, सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको सिएनएनले जनाएको छ।, सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो। पछि उनीहरूको हत्या भएको खुल्यो। तर उनको हत्या कसले गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।, ७५ वर्षीय ब्यारीको मृत्यु हुँदा उनीसँग ३ अर्ब डलर सम्पत्ति थियो। सन् १९७४ मा उनले औषधी उत्पादन गर्ने कम्पनी स्थापना गरेका थिए। उनीहरूले करोडौं डलर दान गरेका थिए।, उनीहरूका छोरा जोनाथन सेर्मनले पाँच वर्षदेखि आफ्ना बुवा-आमाको हत्या कसले गरेको भन्ने थाहा नपाउँदा निकै पीडा भएको बताएका छन्।, हत्यारा पत्ता लगाउनलाई यसअघि नै १ करोड डलर इनाम घोषणा गरिएको थियो। बुवा-आमाको हत्या भएको पाँच वर्ष पुगेको दिन विज्ञप्ति जारी गर्दै उनले थप साढे २ करोड डलर इनाम दिने घोषणा गरेका हुन्।,
पाँच वर्षअघि मृत भेटिएका क्यानडियन अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम |
सेतोपाटी संवाददाता धनगढीमा ग्रेडरको ठक्करबाट मृत्यु भएकी चेतना साउँदको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , गत मंसिर १५ गते धनगढीमा पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने बालिका साउँदको बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो। , गत मंसिर १६ गते मृतकका बालिकाका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका थिए। , सो निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने परिवारको माग छ। , चेतनाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि मात्रै शव बुझ्न तयार भएका थिए।, चालकको लापरवाहिका कारण बालिकाको ज्यान गएको भन्दै विद्यार्थी र आफन्तले दुई दिनसम्म प्रदर्शन गरेका थिए। , कानुनी प्रक्रियामा प्रहरीले सहयोग नगरे पुनः सडकमै आउने परिवारको भनाइ छ। , साउँदको मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिन नदिन निषेधाज्ञा समेत जारी गरिएको थियो।, बालिकालाई ठक्कर दिने कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल छन्। , चालक र कन्स्ट्रक्सनका सञ्चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता चलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेलप्रकाश जोशीले जानकारी दिए।, ‘मुद्दा चलिरहेको छ। ४ दिनपछि सबै अनुसन्धान पूरा गरेर सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी भइरहेकको छ,’ जोशीले भने।,
ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान अन्तिम चरणमा |
सेतोपाटी संवाददाता दलित समुदायप्रति चोट पुग्ने गरी अभिव्यक्ति दिएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले क्षमा मागेका छन्। , आइतबार उपमहानगरपालिकाका मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै क्षमा मागेका हुन्।, उनले ठट्यौली उखानको शैलीमा चमारे शब्दको प्रयोग गर्दा दलित समुदायलाई दु:ख लागेको बताउँदै क्षमा मागेका हुन्। , ‘मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु,’ उनले भनेका छन्। , यस्तै आफू सँधै समानताको भावनाको साथ सबै मिलेर देशलाई माथप उठाउन लाग्ने बताए। उनले उक्त स्टाटस कसैलाई ठेस पुर्याउन नियतशवले नगरेको पनि बताए। , उनले फेसबुकमा उक्त अभिव्यक्ति दिएपछि आलोचना तथा विरोध भएको थियो। दलित आयोगले माफी माग्न आग्रह गर्दा उनले उल्टै आयोगलाई नै अनेक प्रश्न सोध्दै आएका थिए। तर, अदालतमा मुद्दा हाल्ने तयारी हुँदै गर्दा भने हर्कले माफी मागेका हुन्।,
हर्क साम्पाङले मागे क्षमा |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सहुलियत दरमा कम्पोष्ट बिन वितरण सुरू गरेको छ।, स्थानीय बासिन्दाले आफ्नो घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयन गरिएको महानगरपालिकाको वातावारण विभागकी उपनिर्देशक सरिता राईले जानकारी दिइन्।, ‘कतिपय मानिसले आफ्नै घरको बगैंचामा फलफूल रोप्नुहुन्छ,’ उनले भने, ‘बगैंचाका लागि मल किन्नुहुन्छ। उहाँहरूले आफ्नो बगैंचालाई चाहिने मल घरकै जैविक फोहोर कुहाएर आफैं उत्पादन गर्न सक्नुहुन्छ। यसका लागि महानगरले सहुलियत दरमा कम्पोष्ट बिन वितरण गरिरहेको छ।’, सहुलियत दरमा कम्पोष्ट बिन वितरण गर्ने भनी मंसिर २३ गते गोरखापत्रमा सूचना जारी गरिएको उनी बताउँछिन्।, उनका अनुसार महानगरले ८८४ वटा बिन ल्याएको थियो। यसका लागि ४० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको थियो।, ‘चार हजार पर्ने बिन १५ सय रूपैयाँमा दिइरहेका छौं,’ उनले भने, ‘गुणस्तरको कुरा गर्ने हो भने बाहिर पाइनेभन्दा कुनै दृष्टिले कम छैन।’, उक्त बिन महानगरको वातावरण विभाग टेकुबाट वितरण भइरहेको छ। बिन लिन इच्छुक व्यक्तिले टेकु आएर लिन सक्ने उनले बताइन्।, अहिलेसम्म २५ प्रतिशत बिन वितरण भइसकेको र नसकुन्जेल कार्यक्रम जारी रहने महानगरले जनाएको छ। पहिलो चरणमा भण्डार गर्ने ठाउँको कमीले कम बिन ल्याइएको हो।, ‘अहिले राख्ने ठाउँको कमीले थोरै ल्याएका छौं,’ उनले भनिन्, ‘त्यसैले विभागबाट मात्रै वितरण गरिरहेका छौं। एकमुष्ट माग आएको खण्डमा वडा-वडामा पुर्याएर त्यहीँबाट वितरण व्यवस्था मिलाउने योजना छ।’, यसपालि परीक्षणका रूपमा लागू गरिएको यो कार्यक्रममा स्थानीयको राम्रो प्रतिक्रिया अर्को वर्ष पुनः वितरण गरिने उनले बताइन्।, विभागले बिनसँगै त्यसमा प्रयोग गर्न चाहिने औजार पनि दिइरहेको छ।, ,
घरमै कुहिने फोहोर व्यवस्थापन गराउन सहुलियत दरमा कम्पोष्ट बिन दिँदै महानगर |
रासस कैलालीको अत्तरियामा गोली चलेको छ।, सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो।, मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। , सुनारमाथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।, गोली लागेका विकासको अवस्था सामान्य रहेको र उनलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको जोशीले बताए।,
कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार |
सेतोपाटी संवाददाता कतारमा जारी विश्वकपमा सट्टेबाजी गराउने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेलेलाई पक्राउ गरेको हो। उनीहरू प्रहरीले शुक्रबारनै पक्राउ गरेको हो। , उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको कार्यालयले जनाएको छ।, यसअघि पनि प्रहरीले काठमाडौं र ललितपुरबाट करोडौं रकमको सट्टेबाजी गराउने एजेन्टलाई पक्राउ गरिसकेको छ। , प्रहरीको अनुसन्धानबाट वान एक्स बेटले एजेन्ट नियुक्ति गर्दा वान एक्स बेटका खेलाडीहरूमध्ये बढी रकम हारेका व्यक्तिहरूको पहिचान गरी विभिन्न प्रलोभन दिने र एजेन्ट बनाउन इमेल पठाउने गरेको खुलेको छ। , पक्राउ परेका उनीहरूले एक वर्षदेखि नै वान एक्स बेटका एजेन्टका रूपमा काम थालेका थिए। , सुनिल चौगुठीको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरूको कारोबार विवरण माग गरिएकोमा हालसम्म प्राप्त भएका ७ वटा बैंक खाताहरूको विवरण प्रहरीले प्राप्त गरेको छ। , त्यसमा उनले एक वर्षमा दुई करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँ कारोबार गरेको खुलेको छ।, अजय भेलेको १९ वटा बैंक खाता मध्ये ५ वटाको विवरण प्राप्त भएको छ। जसमा ६ महिनामा ६० लाख २९ हजार ९१५ रुपैयाँ कारोबार गरेको खुलेको छ। बाँकीका विवरण अझै खुल्न बाँकी छ।, एजेन्टहरूले कारोबारको व्यवस्थापन गर्न रेड्डी नामक एप्लिकेसन मोबाइलमा इन्स्टल गरी कारोबार गर्ने गरेको एसपी कोइरालाले बताए। , वान एक्स बेटमा नियुक्त हुने एजेन्टहरूले खाता खोल्दा कम्तिमा पनि एकदेखि ३ लाखसम्म अनिवार्य रूपमा धरौटी राख्नु नियम बनाएको पनि अनुसन्धानबाट खुलेको छ। , वान एक्स बेटमा हुने कारोबार र क्रिप्टोकरेन्सीको कारोबार समेत आपसमा सम्बन्धित रहेको प्रहरीले जनाएको छ। ,
बेटिङमा संकलन भएको रकम एजेन्टहरूले रकमलाई क्रिप्टोमा परिवर्तन गरी कम्पनीलाई पठाउने र कम्पनीले फेरि एजेन्टलाई पठाउने गरेका छन्। , एजेन्टहरूले प्रत्येक पटक रकम राख्दा र निकाल्दा क्रमश: ७ % र २% का दरले कम्पनी एजेन्टमार्फत कमिसन पाउने प्रहरीले जनाएको छ।,
सट्टेबाजी गराउने थप दुई एजेन्ट पक्राउ |
रासस सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।, माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ बाट एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार सोलु दूधकुण्ड नगरपालिका–१ छिर्दीस्थित निर्माणाधीन पुलको कामदारलाई धाकधम्की दिँदै गरेको अवस्थामा राईद्वयलाई प्रहरीद्वारा पक्राउ गरिएको हो।, उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।,
बन्दुक र खुकुरी लिएर धाकधम्की दिने सोलुका दुई युवक पक्राउ |
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई आफूखुसी बिदा नबस्न आग्रह गरेको छ।, मन्त्रालयले बिदा बस्नुअघि जानकारी दिन भनेको हो।, जिल्ला समन्वय समितिका कार्यालय र स्थानीय तहहरूलाई पत्राचार गर्दै मन्त्रालयले पूर्वस्वीकृतिबिना बिदा नबस्न भनेको छ।, मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले पत्राचार गर्दै जिसस अधिकारी र प्रमुख प्रशासकीय अधिकृतले स्वीकृतिबिना नै बिदा बसेको गुनासो आएकोले त्यसो नगर्न आग्रहसहित पत्राचार गरेका छन्।, ‘पूर्वस्कृति र जानकारीबिना जिल्ला तथा कार्यक्षेत्र छाडेर सेवा प्रवाहमा असर परेको गुनासो आएकोले अबदेखि यस मन्त्रालयको पूर्वस्वीकृति बेगर जिल्ला र कार्यक्षेत्र नछाड्न अनुरोध छ,’ पत्रमा भनिएको छ।,
प्रमुख प्रशासकीय अधिकृतले बिदा बस्नुअघि मन्त्रालयलाई जानकारी दिनुपर्ने |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले चोरी तथा डाँका गरेको आरोपमा पक्राउ गरेका १० जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ।, कात्तिक २८ गते बसुन्धराको एक घरमा मानिसलाई बन्धक बनाएर चोरी तथा डकैती गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको थियो।, उनीहरूलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, चोरी तथा डकैती गरेको दुई दिनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। , पक्राउ पर्नेमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलक बहादुर शाही, २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही र २६ वर्षीय नेत्र बहादुर शाही छन्।, यस्तै रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीया कविता बुढा, र २१ वर्षीय दिपिका मल्ल शाही छन्।, उनीहरूले चोरी तथा डकैती गर्ने क्रममा घरका व्यक्तिहरूलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर नगद तथा गरगहना लुटेका थिए। , प्रहरीले उनीहरूबाट एउटा सुनको गिलास, तिलहरी, दुईवटा नौगेडी, तीनवटा हार र दुई लाख १३ हजार ५०० रुपैयाँ नियन्त्रणमा लिएको जानाएको छ।, त्यस्तै एक हतौडा, दुई वटा चक्कु, हात बान्न प्रयोग गरिएको प्लाष्टिक लकसहित नियन्त्रणमा लिएको थियो।,
बसुन्धारामा डकैती गरेका १० आरोपित पुर्पक्षका लागि थुनामा |
सेतोपाटी संवाददाता काठमाडौंको एक घरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।, आइतबार राति आफ्नै घरको कौसीबाट खसेर चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप बस्ने ९२ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। , श्रेष्ठ दुई तलामाथि रहेको कौसीबाट खसेपछि गम्भीर घाइते भएका थिए। , गम्भीर घाइते रहेका उनको उपचारको लागि एपिएफ अस्पताल सतुंगल लगिएको थियो। , त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो।, प्रहरी वृत्त चन्द्रागिरिले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।,
नैकापमा कौसीबाट खसेर एक वृद्धको मृत्यु |
सेतोपाटी संवाददाता बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , निजगढ नगरपालिका-१ स्थित सडकमा प्र.२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, आइतबार साँझ उक्त मोटरसाइकल प्र.२-०३-००१ ख ४२२९ ट्रकमा ठोक्किएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।, दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका-३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रिटबहादुर राईको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। , यस्तै, सोही ठाउँका सुशिल माझी घाइते छन्। , दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैया हुँदै थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगंज पठाइएको छ।, त्यसैगरी निजगढ-१ कै धनुषा पुलनजिकै सोमबार दिउँसो साढे १ बजेतिर अर्को दुर्घटना भएको छ। , रोकिराखेको ट्रकमा ठोक्किएर अर्का एक जना मोटरसाइकल चालकको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। , ना ६ ख २२६१ नम्बरको ट्रकमा ना ३४ प ८३३१ नम्बरको बाइक ठोक्किन पुगेको हो। , दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान भइसकेको छैन। उनको शव पोष्टमर्टमको लागि कलैया लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।, ,
बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु |
सेतोपाटी संवाददाता नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका पुगेका छन्।, सामाजिक सञ्जालमा उनले दिएको जानकारीअनुसार काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेका छन्।, उनी भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन राजदूतले स्वागत गरेका छन्।, ‘यी ९ दिन निकै गज्जब थिए जुन म कहिल्यै बिर्सन सक्दिनँ,’ उनले ट्विटरमा लेखेका छन्। , 3 countries 🇳🇵 🇮🇳 🇧🇩, 1025 km and after 9 days of cycling , I got a warm welcome by my friend and colleague H.E. Ambassador Achim Tröster ,@GerAmbBD, at the German Embassy Dhaka ,@GermanEmbassyBD,. It was a fantastic 9 day journey which I will never forget. ,pic.twitter.com/XBe7OwsBU1,
— Dr. Thomas Prinz (@GerAmbKTM) ,December 19, 2022, प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्। ,
साइकल चढेर ९ दिनमा काठमाडौंबाट ढाका पुगे जर्मन राजदूत |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ। , सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो।, प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको हो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका दुर्गाराज रेग्मीको जिल्ला प्रहरी कार्यालय झापामा सरूवा भएको छ। , नेपाल प्रहरी पहरा गण सामाखुसीमा रहेका कोमल शाहको जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका विश्वराज खड्काको धनुषा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगन्जका नरेशराज सुवेदीको सर्लाही, कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगरका राजकुमार सिलवालको सिन्धुली र काठमाडौं उपत्यका प्रहरी कार्यालयका सन्तोषसिंह राठौरको बाँकेमा सरूवा भएको हो। , त्यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका योगेन्द्र सिंह थापाको सुर्खेत र काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका देवेन्द्रबहादुर पालको कैलालीमा सरूवा भएको हो। , सूची:,
२३ एसपीको काज सरूवा, आठ जिल्ला प्रहरी प्रमुख फेरिए (सूचीसहित) |
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान धनगढी उपमहानगरपालिका-३ स्थित लालीगुराँस होटलमा काम गर्ने २२ वर्षीय महेश भारतीको मृत्यु भएको हो। , विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। , उनलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो। , त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
तारमा अड्किएको बेलुन निकाल्न खोज्दा करेन्ट लागेर एकको मृत्यु |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरूवा गरेको छ। , सोमबार प्रहरी प्रधान कार्यालयले ९ जना डिएसपीको काज सरूवा गरेको हो। , केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) महाराजगन्जमा रहेका दानबहादुर थापाको इलाका प्रहरी कार्यालय बुटवलमा सरूवा भएको छ।, बुटवलमा रहेका ठगबहादुर केसीको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएको हो। कास्कीका सुन्दर तिवारीको भने सिआइबीमा सरूवा भएको हो। , प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका होमबहादुर पराजुलीको जिल्ला प्रहरी कार्यालय रामेछापमा सरूवा भएको छ।, रामेछापका राजकुमार थिङको प्रधान कार्यालय प्रशासन विभाग नक्सालमा सरूवा भएको हो। , बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत सुदिपराज पाठकको मानव बेचबिखन अनुसन्धान ब्युरो र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा रहेका दानबहादुर थापाको प्रधान कार्यालय मानव स्रोत विकास विभाग तालिम शाखामा सरूवा भएको हो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर १ हत्या राज्यविरूको अपराध, मानव बेचबिखन, लागुऔषधमा कार्यरत डिलबहादुर मल्लको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरूवा भएको हो। , प्रदेश प्रहरी कार्यालय बनेपाका सुवास खड्काको बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलफमा सरूवा भएको हो। , यस्तै, नेपाल प्रहरीले सोमबार नै ,२३ प्रहरी उपरीक्षक (एसपी) को, पनि सरूवा गरेको छ। जसमा आठ जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्। , सूची:,
९ डिएसपीको काज सरूवा (सूचीसहित) |
सेतोपाटी संवाददाता झापामा दुई जनाको शव फेला परेको छ। , सोमबार पौने ३ बजे मेचीनगर नगरपालिका-१३ चारआली जंगलमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , मृतक एक जना पुरूष र अर्का महिला छन्। , डिएसपी पाठकका अनुसार दुबै जनाको पहिचान भइसकेको छैन। , ‘स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। उनीहरू झुन्डिएको जस्तो देखिन्छ,’ उनले भने, ‘एक जनाको डोरी चुडिएको पनि छ।’, घटनाबारे थप बुझ्न इलाका प्रहरी कार्यालय काँकडभित्ताबाट डिएसपी ज्ञानबहादुर महत्तोको नेतृत्वमा टोली खटिएको छ।, धुलाबारीबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
झापाको चारआली जंगलमा दुई जनाको शव फेला |
सेतोपाटी संवाददाता बैतडीमा मृत फेला परेका शिक्षकको हत्या गरिएको भन्दै विद्यार्थी तथा आफन्तहरू आन्दोलनमा उत्रिएका छन्।, अन्दाजी ५० वर्षीय शिक्षक धनबहादुर विष्ट शनिबार दिउँसो आफ्नै निवास बाहिरको पछाडि पट्टिको भिरालो भागमा मृत फेला परेका थिए।, उनी पाटनको कृष्ण माध्यमिक विद्यालयमा कार्यरत थिए। , सोमबार विष्ट कार्यरत रहेको विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आन्दोलन गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार विष्टको पोष्टमर्टम रिपोर्ट आइसकेको छ।, ‘रिपोर्टमा त्यस्तो शंकास्पद, चोटपटक छैन, भिसेरा रिपोर्ट परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ, यस्तै मृतकको मोबाइल पनि डिजिटल फरेन्सीका लागि काठमाडौं पठाइएको छ, घटनाको अनुसन्धान भइरहेको छ,’ खत्रीले भने।, उनका अनुसार मृतकका आफन्तबाट किटानी जाहेरी आएको छैन।, ज्यानसम्बन्धी कसुरमा भने मुद्दा दर्ता भएकोे प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।, प्रहरीका अनुसार मृत शिक्षक विष्ट शुक्रबार विद्यालयले आयोजनाको एक उत्सवमा सहभागी भएको अर्काे दिन २ गते मृत फेला परेका थिए।, मृतक विष्ट पाटन बहुमुखी क्याम्पसको छात्रावासमा बस्दै आएका थिए। उनको घर बैतडीकै सुर्नया गाउँपालिका हो।, विष्ट २०४८ सालदेखि कृष्ण माविमा अध्यापन गराउँदै आएका थिए।,
बैतडीमा मृत फेला परेका शिक्षकको हत्या गरिएको भन्दै आल्दोनमा उत्रिए विद्यार्थी र आफन्तहरू |
सेतोपाटी संवाददाता खोटाङमा भीषण आगलागी हुँदा पाँच घर नष्ट भएको छ।, सोमबार अपरान्ह साढे ५ बजे केपिलाशगढी गाउँपालिकामा रहेको बजारमा आगलागी भएको हो।, आगलागी हुँदा चार घर जलेर पूर्ण रूपमा क्षति पुगेको र अर्को घर भत्काएर आगलागी नियन्त्रणमा लिइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जानकारी दिए। , आगलागी अहिले नियन्त्रणमा आइसकेको उनले बताए। यद्यपि यसमा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले पशु चौपाय लगायत क्षति विवरण संकलन गर्ने तयारी गरिरहेको छ। , प्रारम्भिक अनुसन्धानबाट त्यहाँ विद्युत सर्ट भएर आगलागी सुरू भएको प्रमुख जिल्ला अधिकारी सेडाइँले बताए। एकैनासमा रहेको घरहरूमा आगो सल्किँदै जाँदा ठूलो रूप लिएको हो। , पछि आगलागी नियन्त्रण गर्न स्काभेटरको प्रयोग गरी घर नै भत्काउनु परेको सेडाइँले बताए। , ‘एकै ठाउँमा रहेकाले घर भत्काउनु पर्यो। अहिले नियन्त्रणमा आइसक्यो,’ उनले भने।, स्थानीय प्रहरी, सेना तथा स्थानीयको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको उनले बताए। , यद्यपि त्यहाँ दमकल भने नभएको पाइएको छ। दिक्तेलमा रहेको एउटा दमकल पनि बिग्रिएको अवस्थामा हुँदा दमकल नपुगेको हो। , भिडिओ स्रोत: कुविर लामा,
खोटाङमा भीषण आगलागी (भिडिओ) |
सेतोपाटी संवाददाता झापाको चारआली जंगलमा मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ। , सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका-१३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो। , उनीहरू श्रीमान-श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , यसअघि उनीहरूको पहिचान हुनसकेको थिएन। , मृतक अर्जुनधारा नगरपालिका-११ बस्ने ५२ वर्षीय नेत्रकुमार इङनिम लिम्बू र उनकी ४२ वर्षीया श्रीमती सञ्जु लिम्बू छन्।, अर्जुनधारामा घर भए पनि उनीहरू अन्तै डेरा गरी बस्थे। प्रहरीका अनुसार मृतक नेत्रकुमारका दाइ खगेन्द्रले उनीहरूको सनाखत गरेका हुन्। , उनीहरू मंसिर २१ गतेपछि परिवारको सम्पर्कमा थिएनन्। प्रहरीले उनीहरूको डेरा पनि फेला पारेको छ। तर उनीहरूको मृत्यु कहिले भएको भन्ने खुलिसकेको छैन।, डिएसपी पाठकका अनुसार शव केही गलिसकेको पनि छ। एउटाको डोरी चुँडिएर भुइँमा खसेको अवस्थामा फेला परेको थियो।, स्थानीयले दिउँसो दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि इलाका प्रहरी कार्यालय काँकडभित्ताबाट डिएसपी ज्ञानबहादुर महतोको नेतृत्वमा टोली खटिएको थियो। , प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको देखिएको डिएसपी पाठकले बताए।, शव पोष्टमर्टमको लागि धरानस्थित घोपा प्रादेशिक अस्पतालमा पठाइएको छ।, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।,
,
,
चारआली जंगलमा मृत फेला परेका दुई जना श्रीमान-श्रीमती |
शर्मिला ज्ञवाली पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ।, मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ। बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले आन्तरिक तथा बाह्य श्रममा रहेका मजदूरका मानव अधिकार पनि उलङ्घन भएका छन्।, आन्तरिक, सीमापार भारत तथा चीनमा विभिन्न प्रयोजनको लागि हुने बेचबिखन, अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयोजनको लागि हुने बेचबिखन तथा ओसारपसारले महिला, बालबालिका तथा पुरूष सबैमा जोखिमको अवस्था सिर्जना गरेको छ।, मानव बेचबिखन न्यूनीकरणमा नागरिक समाज र राज्य लागिरहेको भए पनि हस्तक्षेपकारी भूमिका नदेखिएको राष्ट्रिय मानव अधिकार आयोगका मानव बेचबिखनविरूद्धको अधिकार हेर्ने सम्पर्क अधिकृत यशोधा बञ्जाडेको बुझाइ छ।, उनका अनुसार बेचबिखनमा परेका बेला जुन तवरको मानव अधिकार हुनुपर्ने हो त्यो भएको छैन।, मानव बेचबिखनका अधिकांश घटना बाहिर आउँदैनन्। बाहिर आएका घटनाले पनि कानुनी उपचार तथा औपचारिकता पाउँदैनन्। यसको मुख्य कारण पीडित पक्षको आफ्नो अधिकारसम्म पहुँच र चेतना नहुनु नै हो। उनीहरू अधिकार सुनिश्चित गर्ने निकायसम्म सजिलै पुग्न सक्ने अवस्था छैन।, अधिकृत बञ्जाडे भन्छिन्, 'बेचबिखनमा परेका व्यक्तिको अधिकार सुनिश्चित गर्न सकिएको छैन, बेचबिखनका बेला विभिन्न खालका दुर्व्यवहारमा परेका हुन्छन्, उनीहरूलाई त्यसबाट जोगाउन सकिएको छैन।', कोभिड महामारीका समयमा रोजगारी गुमेका कारण मानव बेचबिखनको जोखिमको अवस्थामा झनै वृद्धि भएको थियो। यतिबेला धेरै नागरिक रोजगारबाट बञ्चित हुन पुगे भने साना तथा मझौला व्यवसायीको व्यापार बन्द हुँदा मूलतः अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको दैनिक गुजारामा नै समस्या परेको थियो।, आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को अवस्था हेर्दा मानव बेचबिखन तथा ओसारपसारको जोखिम अझ बढेर गएको देखिन्छ। यी दुई आर्थिक वर्षमा नेपाल प्रहरी, सर्वोच्च अदालतमा र जिल्ला अदालतमा बहस पैरवी भएका मुद्दा, सीमानाकामा निगरानी तथा उद्धार, कोभिडको कारण बेरोजगार बनेकाको संख्या, विभिन्न कार्यक्रम तथा सहयोगमार्फत् प्रत्यक्ष सहयोग प्रदान गरिएको सङ्ख्याले मानव बेचबिखन तथा ओसारपसारको जोखिम झन् उच्च भएर गएको देखिन्छ। , आव २०७६/७७ र २०७७/७८ मा नेपाल प्रहरीमा जम्मा दुई सय ७० वटा मानव बेचबिखनको मुद्दा दर्ता भएको पाइन्छ। त्यस्तै यस अवधिमा सर्वोच्च अदालतमा चार सय दुई, उच्च अदालतमा छ सय १७, जिल्ला अदालतमा सात सय ६०, वटा गरी जम्मा एक हजार सात सय ७९ वटा मुद्दाको बहस पैरवी भएको पाइन्छ।, माइती नेपालका अनुसार सन् २०१९/२०२० मा १० हजार जनालाई सीमा नाकामा निगरानी तथा उद्धारमार्फत् सेवा प्रदान गरेको पाइएको छ भने आठ हजारलाई पुनःस्थापना गृहसम्बन्धी सेवा प्रदान गरेको मानव अधिकारसम्बन्धी एक प्रतिवेदनले देखाएको छ।, यो तथ्यांक हेर्दा पनि सबै घटना बाहिर आएको मान्न सकिँदैन।, मानव अधिकार आयोगकी अधिकृत बञ्जाडे भन्छिन्, 'बेचबिखनमा परेकालाई सूचनाको हकबाट बञ्चित गराइएको हुन्छ, सूचना जुन वर्गमा पुग्नुपर्ने हो त्यहाँ पुगेको छैन। त्यसले गर्दा पनि बेचबिखनमा परेका व्यक्तिको अधिकार झनै जोखिमपूर्ण रहेको देखिन्छ।', अशिक्षा दबाब र कानुनको अनविज्ञताजस्ता कारणले पनि त्यस्ता घटना बाहिर नआएका हुन्। , कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाइ शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छाविपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिइन्छ।, नेपालको संविधानको मौलिक हकअन्तर्गतको धारा २९ मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाधा बनाउन पाइने छैन। कसैलाई पनि निजको इच्छाविरूद्ध काममा लगाउन पाइने छैन भनी प्रष्ट उल्लेख गरेको छ। , मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा (१) अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने, वेश्यागमन गर्नुलाई बुझाउँछ। सोही ऐनको दफा ४ (२) मा कसैले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लगेमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, अपहरण गरी, शरीर बन्धक राख्न बन्देज गरिएको छ।, साथै, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने लगायतका कार्यलाई बर्जित गरेको छ।, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय, संयुक्त राष्ट्र बाल कोष र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आदि अन्तर्राष्ट्रिय सङ्घसंस्थाले पनि दासता, बाध्यात्मक श्रम (बँधुवा मजदूरी वा ऋणी बनाइएका व्यक्तिको श्रमलगायत) र दासतापूर्ण व्यवहारका लागि कुनै पनि व्यक्तिलाई डर, धाक देखाइ, जालझेल गरी वा शक्ति/पदको दुरूपयोग गरी काममा लगाउनु वा ओसारपसार गर्नु वा एक ठाउँबाट अर्को ठाउँमा लैजानु वा लैजानका लागि सहयोग गर्नु वा आश्रय दिनु वा अरूद्वारा त्यस्तो कामको निम्ति सहयोग प्राप्त गर्नु बेचबिखन तथा ओसारपसार हो भनी परिभाषित गरेको छ।, मानव बेचबिखन सभ्य समाजले परापूर्वकालदेखि अस्वीकार गरी आएको फौजदारी कसुर हो।, पृथ्वीनारायण शाहले १८२५ सालमा बनेपा, धुलिखेललगायत सात गाउँका मानिसले कमाराकमारी राख्न नपाउने गरी रोक्का जारी गरेको देखिन्छ। त्यस्तै सो रोक्कालाई १८८७ सालमा राजेन्द्रविक्रम शाहले समेत निरन्तरता दिएको अभिलेखहरूमा पढ्न पाइन्छ।, विसं १९१० मा जारी भएको मुलुकी ऐनमा केही व्यवस्था थप गरी १९८२ वैशाख १ गतेदेखि नेपालभर दास प्रथा बन्द गर्ने घोषणा भएको थियो। सो ऐनमा मानिस बेच्नेलाई सात वर्ष कैद हुने, आफ्नी श्रीमती बेच्ने लोग्नेलाई थप सजाय हुने, विदेशको कोइलाखानी र समुद्रपार लाने–पठाउने कार्य दण्डनीय हुने एवं यस्तो कसुरको सुराकीलाई असूल भएको सजायको अंशबाट बकस दिइने तथा यस्तो मुद्दा सरकारवादी हुने व्यवस्था थियो। , विसं २०२० मा जारी भएको नयाँ मुलुकी ऐनमा पनि मानव बेचबिखनलाई अपराध मानी यसमा संलग्न हुनेलाई सजायको व्यवस्था भएकामा २०३३ सालमा भएको छैटौं संशोधनले अझ कडा सजायको व्यवस्था गरेको देखिन्छ।, तत्कालीन समयमा पनि बेचबिखनका घटना अझ संवेदनशील तरिकाले हेरी यसलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको थियो। , नेपालमा मानव बेचबिखन गरिब, अशिक्षित र न्यून चेतनास्तर भएका मानिसलाई फकाउने ओसारपसार गर्ने स्थानान्तरण गर्नेबाट सुरू भएर धाकधम्की, जबर्जस्ती, अपहरण, छलकपट, धोखा, दुरूपयोग हुँदै शोषण, दासत्व, मानव अङ्ग झिक्ने, यौन शोषण र घरेलु धन्दामा लगाउने आदिमा गएर टुंगिने गर्दछ।, विगतमा जस्तो गरिब र अशिक्षित युवालाई ललाइफकाइ भारत पुर्याउने मात्र नभएर समयक्रमसँगै मानव बेचबिखनका आयाम पनि परिवर्तन हुँदै आएका छन्। , मानव बेचबिखन नेपालको मात्र नभएर विश्वव्यापी समस्या हो। नेपालजस्तो अतिकम विकसित र बेरोजगारी दर बढी भएको देशमा अझ बढी समस्या देखा परेको हो। मानव बेचबिखन मानव अधिकार र मानव सम्मान एवं प्रतिष्ठाको गम्भीर उल्लंघन हो।, गरिबी, बेरोजगारी, असमानता, सामाजिक विभेद, लैङ्गिक विभेद, अस्थिरता, हिंसा, न्यून चेतनास्तर, सामाजिक सशक्तीकरणको अभाव, पारिवारिक विघटन आदिलाई मानव बेचबिखनको मुख्य कारकका रुपमा लिन सकिन्छ।, मानव बेचबिखनले व्यक्तिको आत्मसम्मान र स्वतन्त्रताका साथै बहुआयामिक मानव अधिकारको उल्लङ्घन गर्दछ।, नेपालमा मानव बेचबिखन र यस्तै प्रकृतिका मानवअधिकार उल्लङ्घनसम्बन्धी घटनामा काम गर्न र मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको स्थापना भएको छ। यसलाई २०६३ को अन्तरिम संविधानले संवैधानिक निकायको मान्यता प्रदान गरेको छ। यस आयोगलाई संवैधानिक निकायको रुपमा स्थापना हुनुलाई पनि मानव अधिकारको संरक्षण र र संवर्द्धनप्रति नेपालको संवेदनशीलता बुझ्न सकिन्छ।, माइती नेपालका उपनिर्देशक अच्युतकुमार नेपाल बेचबिखनमा परेका व्यक्तिको मानवअधिकर अत्यन्त दयनीय रहेको बताउँछन्।, बेचिएका व्यक्तिलाई बाँच्नका लागि उपयुक्त विकल्प दिन नसक्दा पुनः बेचिन बाध्य हुने अवस्था छ। उनका अनुसार राज्यले उद्धार नगर्ने, समयमा न्याय नपाउने, सामाजिक मूल्यमान्यता बेचबिखनमा परेका व्यक्तिको खिलापमा हुनुजस्ता कारणले उनीहरू सुरक्षित छैनन्।, नेपाल भन्छन्, 'बेचिएका व्यक्तिहरूको मानव अधिकारको अवस्था अत्यन्त जटिल छ, आधारभूत अधिकार पनि पाउने अवस्था छैन।', उनका अनुसार सूचनाको हक र गोपनियताको हकबीचको सन्तुलन कायम गर्न नसक्दा पनि बेचिएका व्यक्तिका अधिकार खोसिने गरेको छ।, नेपालमा विद्यमान गरिबी, बेरोजगारी, अशिक्षा र पछौटेपनका कारण ठूलो समुदाय बेचबिखनको जोखिममा रहेको छ।, जोखिम समूहको बाध्यतालाई उपयोग गर्दै आपराधिक गिरोहले मानव बेचबिखन तथा तस्करी गर्दै आएका छन्।, परम्परागत स्वरुपको मानव बेचबिखनको रुप परिवर्तन हुँदै आएर देशभित्रै पनि मानव बेचबिखनका घटना बढ्दै गएका छन्। माइती नेपालका उपनिर्देशक नेपालका अनुसार पछिल्लो समय रोजगारीको बहानामा मानव बेचिने क्रम बढेको छ। लैङ्गिक विभेद, खुला सिमाना, अशिक्षालगायतका कारणले बेचबिखन हुने गरेको उनको भनाइ छ।, जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण, जीवनशैलीमा आएको परिवर्तन, व्यक्तिको आयमा भएको वृद्धि आदिले मानव बेचबिखनमा नयाँ आयाम थपिएका छन्। देशभित्रको वयस्क मनोरञ्जन व्यवसाय यसमध्येको एक उदयीमान क्षेत्र हो। यसको फैलावट अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ। रोजगारीको अभाव तथा अशिक्षाले गर्दा जोखिमयुक्त र सामाजिक स्वीकार्यता नभएका क्षेत्रमा काम स्वीकार गर्नुपर्ने बाध्यताको फाइदा उठाउँदै बाधा श्रमिक वा आधुनिक दासताको अभ्यास गर्ने क्षेत्र पनि देखा परेका छन्। वैदेशिक रोजगारीमा श्रम शोषण, ठगी, हिंसा र यौनशोषणका घटना भएको पाइएको छ। मानव अङ्ग झिक्ने, यौन तथा श्रम शोषणका लागि विवाह गर्नेजस्ता मानव बेचबिखनका नयाँ तर गम्भीर अपराधिक गतिविधि पनि बढ्दै गएका छन्।, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र वाल्क फ्री फाउण्डेसनले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनसँगको सहकार्यमा सन् २०१७ मा गरेको अध्ययनमा विश्वमा चार करोड मानिस आधुनिक दास प्रथाको शिकार भएका छन्। यसमध्ये दुई करोड ५० लाख बाध्यकारी श्रममा र एक करोड ५० लाख बाध्यकारी विवाहमा प्रयोग भएका छन् भन्ने उल्लेख छ। यो प्रतिवेदनले विश्वका प्रत्येक एक हजार व्यक्तिमा ४.५ जना आधुनिक दासतामा बाँच्न बाध्य पारिएको देखाएको छ। यस्ता व्यक्तिमध्ये ५.९ जना वयस्क र ४.४ बालबालिका रहेका छन्। कुल पीडितमध्ये ७१ प्रतिशत महिला तथा बालिका रहेको जनाइएको छ। , विभिन्न अध्ययनबाट पनि अतिविपन्न, सामाजिक रूपमा एक्ल्याइएका वा कमजोर, पिछडिएका, सीमान्तकृत वर्गका, पारिवारिक कलह तथा हिंसामा परेका तथा निम्न आयस्रोत भएको श्रममा संलग्न रहेका व्यक्ति बेचबिखनको उच्च जोखिममा रहने गर्दछन्।, गरिबी र अभाव नै मानव बेचबिखन कार्यलाई सहज बनाउने मुख्य कारक भएको र एक पटक बेचबिखनमा परेको व्यक्ति पुनः बेचबिखनमा पर्न सक्ने अध्ययनले देखाएका छन्।, बेचबिखनमा परेका व्यक्तिलाई संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै माइती नेपालका उपनिर्देशक नेपाल भन्छन्, 'एकीकृत दीर्घकालीन योजना बनाएर बेचबिखनमा परेका व्यक्तिको उद्धार एवं संरक्षण जरूरी छ। यसका लागि सम्बन्धित मन्त्रालय जिम्मेवार भएर लाग्नुपर्छ।', मानव बेचबिखनका घटना न्यूनीकरणका लागि मुलुकले दीर्घकालीन रूपमा गरिबी नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, सचेतना फैलाउने, सीमानाकामा कढाइजस्ता कार्यलाई तीव्रता दिनुपर्छ। , वैदेशिक रोजगारीका सिलसिलामा पनि यस्ता घटना दिनानुदिन बढ्दै जाने भएकाले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सहजीकरण गर्ने म्यानपावर कम्पनीलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्ने देखिन्छ।, सामाजिक पुनर्मिलनलाई विशेष ध्यान दिँदै आधुनिक युगको दासप्रथाको अन्त्य गर्न नागरिक एवं राज्यका तर्फबाट उचित पहल हुनुपर्छ।, परिवर्तित प्रवृत्तिसँगै मौलाउँदै गैरहेको मानव बेचबिखनलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकायको सहकार्य तथा नियमनलाई गम्भीरतापूर्वक ध्यान दिन र राज्यका कानुनको सही अर्थमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ। ,रासस,
पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक |
सेतोपाटी संवाददाता पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा एक महिला पक्राउ परेकी छिन्।, ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा पर्वतको मोदी घर भएका टीका श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ परेकी हुन्।, पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ बर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन्।, पाटनबेसीका ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको सिक्री र औठी, माटेपानीका ७० वर्षीय तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ बर्षीय लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीय शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ बर्षीय ठगकुमारी महतका सुनको सोवकी र औठी, गलेश्वर मार्गका ५४ बर्षीय दुर्गा गिरीको मंगलसुत्र, चोरी गरेको प्रहरीले जनाएको छ।, यस्तै पोखरा महानगर वडा नम्बर २७ की ६५ वर्षीय मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ बर्षीय डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।, पोखराका विभिन्न स्थानका ९ जनासँग चोरी भएका सुनका गरगहना २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको छ। चोरी आरोपित श्रेष्ठका साथबाट सुनका पोतेसहित तिलहरी, औठी, फुलीलगायत सुनका गरगहनासमेत बरामद गरेको प्रहरी निरीक्षक खड्काले बताए।, चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ।,
पोखराबाट २७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.