content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुर्दा एक महिला र खोलामा आएको बाढीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार बंगलाचुली –४ गहतेराकी ३० वर्षीया हिरा नेपालीको पहिरोले पुर्दा मृत्यु भएको हो।, शुक्रबार बेलुका स्थानीय खोलामा बाढी हेर्न गएकी उनलाई माथिबाट झरेको पहिरोले पुरेको र अझैसम्म निकाल्न नसकिएको एसपी वलीले बताए।, ‘खोलामा आएका बाढीका कारण घटनास्थलमा जेसिबी जान सम्भभव छैन,’ एसपी वलीले भने, ‘स्थानीय र प्रहरी मिलेर निकाल्ने प्रयास जारी छ।’, त्यस्तै बंगलाचुली – ७ लातेका ८० वर्षीय जयराम बुढा मगरको स्थानीय साउने खोलाले बगाउँदा मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार मगरलाई शुक्रबार बेलुका ८ बजेतिर स्थानीय साउने खोलाले बगाएर बेपत्ता पारेको थियो।, मगरको शव शनिबार बिहान ९ किलोमिटर दक्षिणको बगरमा फेला परेको प्रवक्ता गौतमले सेतोपाटीलाई बताए।, यसअघि बुधबार जिल्लाको तुलसीपुरमा एक जना र घोराहीमा अर्का जनाको  मृत्यु भएको थियो। गुर्जे खोलाले बगाएका घोराही – १० का एक जनाको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ।, पहिरोले पुरेर एक महिला र खोलाले बगाएर एक पुरुषको मृत्यु
सेतोपाटी संवाददाता नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो।, उनलाई हतकडी लगाएर लगिएको प्रहरीले लगेको हो। सन्दीपको हतकडी लगाएको हात भने रूमालले छोपिएको थियो। त्यस्तै उनी मास्क र क्याप लगाएर आएका थिए।, सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने पनि लेखेका थिए।, प्रहरी स्रोतका अनुसार उनी जहाजको बिजनेस क्लास टिकटमा आएका थिए। त्यस्तै यतिन्जेल उनी अमेरिकामा भएको पनि स्रोतले बताएको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। ,  , पक्राउ परेपछि रूमालले हतकडी छोपे सन्दीपले (भिडिओ र तस्बिरहरू)
सेतोपाटी संवाददाता बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।, नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए।, उनका अनुसार घाइतेहरूलाई हेटौंडा र चितवनमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक छ।, चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने बाेगटीले बताए। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको उनले जानकारी दिए।, बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु
रासस मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।, हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्।, ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि हिमपात भएको जानकारी दिए।, 'बिहान हिउँ मात्रै परेको थियो। अहिले हिउँसँगै वर्षा भइरहेको छ,' उनले भने।, हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उनले बताए।, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताए। मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उनले जानकारी दिए।, थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्प लगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ।, तिलिचो ताल (४,९१९ मिटर) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक छन्।, 'हिमपात र वर्षाका कारण पहिरोको जोखिम भएकाले पर्यटकलाई जहाँ बसिरहेका छन्, सोही स्थानमा सुरक्षित रहन र यात्रा नगर्न आग्रह गरिएको छ,' प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भने।, नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मिटर) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मिटर) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उनले बताए।, सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ। अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पुर्‍याएको छ। , सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरूद्ध छ।, मनाङमा बस्ती ढाकिने गरी हिमपात
रासस करेन्ट लागेर धनुषाको जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका भाइ ५४ वर्षीय रामेश्वर चौधरीको मृत्यु भएको हो।, करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए।, करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन्। आमा–छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।, करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते
रासस अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।, अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नम्बर १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।, बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन्।, घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्।, अत्यावश्यक सामग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ।, बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६.६३ मिटर पार गरेको छ। राप्तीनदीमा पानीको सतह ५.४० मिटर पुगेपछि खतरा मानिन्छ।, अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।, राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ। जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरेको छ। बाढी र डुबान सुरू भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण अहिले त्रसित छन्।, राप्तीको बाढीले डुबायो ३ सयभन्दा बढी घर
सेतोपाटी संवाददाता पाल्पामा दुई जना युवाको शव फेला परेको छ। दसैंको फूलपातीका दिन रमाइलो हेर्न हिँडेका पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरूबासका २१ वर्षीय वीरेन सोमै र इन्द्रबहादुर खरू तीन दिनपछि मृत भेटिएका हुन्।, गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसाइकलमा गएका उनीहरूको शव अलगअलग स्थानमा बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, वीरेनको सोही गाउँपालिका वडा नम्बर ४ मित्यालमा र इन्द्रबहादुरको वडा ५ गल्धामा शव फेला परेको हो।, इन्द्रबहादुरको शव टाउको तथा खुट्टा समेत नभएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए।, 'सोमबार हिँडेका दुई जनामध्ये एक जनाको टाउको र खुट्टा समेत काटिएको अवस्थामा शव भेटिएको छ। एक जनाको भने शव सग्लो नै छ। घटना कसरी भयो, किन भयो भन्ने यसै भन्न सकिने अवस्था छैन,' शाहीले भने। , काटिएको टाउको र खुट्टा भने फेला परेका छैनन्। प्रहरी उपरीक्षक शाहीले दुवै शवलाई रामपुर अस्पताल राखिएको जानकारी दिए।, 'पोस्टमर्टम गरेर रिपोर्ट आएपछि घटनाको अनुसन्धानका लागि सहज होला। अझै पोस्टमर्टम भएको छैन। म अहिले त्यतै जाँदै छु,' शाहीले भने।, उनीहरू चढेको मोटरसाइकल समेत फेला नपरेको प्रहरी उपरीक्षक शाहीले बताए।, फूलपातीका दिन रमाइलो हेर्न हिँडेका दुई युवाको शव फेला
रासस बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।, हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। , मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगन्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको वीरगन्ज–१६ का सकेमप्रसाद चौरसिया रहेको एसपी गौतमले जानकारी दिए।, बसमा सवार यात्रु संख्या यकिन हुन नसके पनि झन्ड ५० जना रहेको अनुमान प्रहरीले छ।, नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा दुर्घटना भएको हो।, चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको थियो।, बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६, नौ जनाको सनाखत
डम्मर बुढा मगर एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो। कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे। जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो।, बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ। गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन्। गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्।, अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको पाँच वर्ष भएको रूपलालको भनाइ छ।, चार वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रूपलाल फेरि दोहोरिएका हुन्। उनको काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो। रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुँदा गाउँलेलाई सूचना पुर्‍याउने काम गर्दै आएको बताए।, गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरूको सूचना दिन अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरू सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभाहरूमा सहभागी हुने गरेको उनको भनाइ छ।, 'यो चलन त परम्परादेखि चल्दै आएको हो। गाउँलेले हटाउन सकेका छैनन्। मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो,' रूपलालले भने।, उनले तमान गाउँमा तीन सय ७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताए। सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उनी बताउँछन्।, 'गाउँ ठूलो छ, एक ठाउँबाट कुर्लिएर सबैले सूचना पाउन सक्दैनन्। सूचना पाएनन् भने फेरि कार्यक्रममा जाँदैनन्। उनीहरूले सूचना नपाएपछि मलाई कारबाही हुन्छ,' रूपलालले भने, 'त्यही भएर गाउँको देउराली डाँडा, किरी, हिले डाँडामा गएर हाँको हाल्छु। गाउँलाई सूचना दिनु राम्रो काम हो सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा खुसी छु।', तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ। अहिले गाउँमा एक जना मुखिया छन्। गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन्। मुखियाले दिएको आदेशअनुसार रूपलालले गाउँलेलाई सूचना दिने काम गर्छन्। मुखिया मातहत नै कटुवालले काम गर्नुपर्ने स्थानीयको नियम छ।, कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रूपैयाँ पाउँछन्। तीन सय ७४ घरधुरी रहेको तमान गाउँबाट रूपलालले हरेक वर्ष ७४ हजार आठ सय रूपैयाँ कमाउने गरेको बताए। दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उनको भनाइ छ।, 'कटुवाल काम गर्न धेरै कठिन छैन। यो काम सधैं पनि हुँदैन। बेला मौकामा मात्रै हो। अरू समयमा घरबारीको काम पनि गर्छु। जनताको सेवाका रूपमा लिएको छु मैले यो कामलाई,' उनले भने, 'गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखि नै हुँदै आएको हो। मैले सुरू गरेको होइन।', स्थानीय कृष्ण बुढाथोकी परम्परादेखि चल्दै आएका चलनलाई निरन्तरता दिनुपर्ने बताउँछन्। यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको उनले बताए।, मुखियालाई पनि मान्छन् गाउँले, तमान गाउँमा मुखिया प्रथा कायमै छ। अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुन्। उनले तमान गाउँका तीन सय ७४ घरधुरीलाई नेतृत्व प्रदान गरिरहेका छन्। गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको काम ललितले गर्छन्।, मुखियाको काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै भए पनि आफूले कुनै पनि सेवा सुविधा नपाउने उनको भनाइ छ। परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरूले यसलाई निरन्तरता दिएको भन्दै आफूको कार्यकालसमेत सकिन थालेको ललितले बताए। आफ्नो कार्याकाल चार वर्षको हुने उनको भनाइ छ।, 'गाउँमा जति पनि चलन छन्, त्यो सबै हाम्रा पाका पुर्खाहरूदेखि नै चल्दै आएका हुन्। हामीले त्यसको निरन्तरता दिएका हौं। गाउँमा हुने विशेष कामहरू, पूजाआजा, कार्यक्रमबारे सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं,' मुखिया ललितले भने, 'मुखियाले गाउँको नेतृत्व गर्ने हो। अहिलेको वडा अध्यक्ष जस्तै हो। तर मुखियाले कुनै पनि सेवा सुविधा लिँदैनन्। समाज सेवा नै हो।', ललितभन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका थिए। जितेन्द्रको मृत्यु भएपछि ललित मुखियामा चुनिएका हुन्। अहिले उनले दुई कार्यकाल चलाउँदै छन्। पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको उनको भनाइ छ।, स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उनले बताए।, 'स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गर्थ्यो, गर्नुपर्थ्यो। अहिले जनप्रतिनिधि आएपछि उहाँहरूसँग सहकार्य गरेर काम गर्छौं। उहाँहरूलाई पनि सहज, हामीलाई पनि सहज भएको छ। जसरी पनि समाज परिवर्तन गर्ने हो,' उनले भने।, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँमा अहिले पनि पुराना प्रथाहरू कायम रहनुले परम्पराको संरक्षण भएको बताए। मुखिया र कटुवाल दुवै प्रथा समाज परिवर्तनका लागि चल्दै आएको हुँदा अहिले जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा सहज भएको उनी बताउँछन्।, 'परम्परादेखि नै आएका यस्ता चलनले हामीलाई सहज भएको छ। मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप गर्दैनन्। हामीले गर्ने कतिपय काम उहाँहरूले गर्दै आउनुभएको थियो। अहिले हामीसँग सहकार्य गरेर काम गर्नुहुन्छ। यसले गाउँलेको सेवा पनि भएको छ। परम्पराको संरक्षण पनि,' उनले भने।, (रासस), जहाँ अझै जीवित छन् 'कटुवाल' र 'मुखिया'
रासस कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।, प्रहरीका अनुसार मृतक राना महेन्द्रनगरबाट गड्डाचौकीतर्फ म१प ६२७२ नम्बरको मोटरसाइकल चलाएर जाँदै थिए।, बसलाई ठक्कर दिएर टाउकोमा चोट लागेका रानाको उपचार क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बस र चालक शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका रघुनाथ अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान थालेको छ।, दुर्घटनामा २० वर्षीय युवकको मृत्यु
सेतोपाटी थाइल्यान्डमा साना बालबालिकाको हेरचाह गर्ने प्रि-स्कुल चाइल्ड डे केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।, थाइल्यान्डको उत्तर-पूर्वी क्षेत्रस्थित नान्ग बुआ लाम्फू भन्ने ठाउँमा भएको हमलापछि बन्दुकधारी पूर्वप्रहरी अधिकारी फरार रहेको बिबिसीले जनाएको छ।, प्रहरीका अनुसार मारिने व्यक्तिहरूमा डे केयर सेन्टरका कम्तिमा २३ जना केटाकेटी र केही वयस्क व्यक्ति छन्।, आक्रमणकारीले बच्चा र वयस्कहरूमाथि गोली चलाउनुका साथै चक्कूसमेत प्रहार गरेका थिए। हमलाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।, बन्दुकधारी पूर्वप्रहरी अधिकारीलाई गत वर्ष नै प्रहरी बलबाट निलम्बन गरिएको थियो। प्रहरीले आक्रमणकारीको तस्बिर सार्वजनिक गरेको छ।, स्थानीय प्रहरी कर्नल जक्कापाता विजित्राइथायाले स्थानीय सञ्चारमाध्यमलाई बन्दुकधकारीको नाम पान्या कामराब भएको बताएका छन्। उनलाई गत वर्ष लागुपदार्थ प्रयोग गरेका कारण निलम्बन गरिएको थियो।, प्रहरीका अनुसार आक्रमणअघि उनलाई लागुपदार्थसँग जोडिएको आरोपमा सुनुवाइ निम्ति अदालत पेस गरिएको थियो।, आक्रमणलगत्तै बन्दुकधारीले आफ्नो पनि ज्यान लिएको थाइल्यान्डका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको शव फेला परेको छ। प्रहरीले भने यसको पुष्टि गरेको छैन।, आक्रमणकारीले आफ्नी पत्नी र बच्चाको पनि हत्या गरेको स्थानीय सञ्चारमाध्यमले बताएको छ।, प्रहरीका अनुसार जब बन्दुकधारी आक्रमणकारी नर्सरी पुगे, तब उनको आफ्नो बच्चा त्यहाँ थिएन। यही कारणले उनी क्रोधित भए। उनले बन्दुक झिकेर जथाभाबी गोली चलाउनुका साथै आफूले चलाएर आएको गाडीले त्यहाँ उपस्थित मान्छेहरूलाई कुल्चे।, यो घटनापछि उनी आफ्नो घर गए र आफ्नी पत्नी र बच्चाको हत्या गरे।, प्रहरीले सार्वजनिक गरेको आक्रमणकारीको तस्बिर, घटनाका प्रत्यक्षदर्शी पुरीचानले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार आक्रमणपछि जब ती बन्दुकधारी तीव्र गतिमा गाडी हाँक्दै थिए, तब उनको सामना ती बन्दुकधारीसँग भएको थियो।, 'उनी सडकमा हिँडिरहेका मान्छेलाई ठक्कर दिँदै, कुल्चँदै गाडी हाँकिरहेका थिए,' पुरीचानले भनेका छन्, 'उनले एउटा मोटरसाइकललाई ठक्कर दिए। यसले मोटरसाइकलमा सवार दुई जना घाइते भए। मैले बल्लबल्ल आफ्नो ज्यान जोगाएँ।', उनका अनुसार आक्रमणकारीलाई स्थानीयहरू लागुपदार्थको दुर्व्यसनीका रूपमा चिन्छन्।, थाइल्यान्डमा यसअघि सन् २०२० मा पनि एक सैनिक अधिकारीले यसरी नै २१ जनाको हत्या गरेका थिए।, थाइल्यान्डको नर्सरीमा पूर्व प्रहरी अधिकारीले चलाए गोली, कम्तिमा ३४ जनाको मृत्यु
रासस बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन्।, लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हुँदै पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली जाने यातायातका साधन दलदलेमै रोकिएका छन्।, त्यस्तै पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरूद्ध भएको छ।, गैंडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँ जोडेको कालीगण्डकी करिडोरमा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र यस खण्डमा पर्ने खोलामा आएको बाढीका कारण कालीगण्डकी करिडोर पनि अवरूद्ध भएको बुलिङ्टार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले जानकारी दिए।, यातायात सम्पर्क विच्छेद भएपछि दसैं मान्न घर गएकाहरू फर्किन पाएका छैनन् भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन्। पहाडी क्षेत्र जोड्ने सडक अवरूद्ध भएपछि उक्त क्षेत्रका बासिन्दा सदरमुकाम आउनुपरे तनहुँको भिमाद–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ।, पहाडी क्षेत्र जोड्ने मुख्य बाटोमा ठाउँठाउँ पहिरो गएको र बाटोमा पर्ने साना खोलामा समेत बाढी आएपछि गाउँपालिकालाई सदरमुकाम जोड्ने सडक पूर्ण रूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए।, अध्यक्ष ओझाका अनुसार लगातार परेको वर्षाका कारण सडकको पहिरो हटाउन सकिएको छैन भने दैनिक उपभोग्य सामान लैजानसमेत कठिन भएको छ।, पूर्वी नवलपरासीमा बाढीले ८० घर डुबायो, लगातार वर्षापछि नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैंडाकोटमा ८० घर डुबाएको छ।, गैंडाकोट नगरपालिका–२ मा रहेको बोटे टोलमा नारायणीको बाढी पस्दा ८० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताए।, गैंडाकोट–२ का जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी टोलीले डुबान क्षेत्रमा रहेका मानिसलाई चौपाया र सरसामानसहित उद्धार गरेर अक्स्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभूत विद्यालयमा राखिएको पाठकले जानकारी दिए।, लगातार परेको वर्षापछि नारायणी नदीमा आएको बाढीका कारण जिल्लाका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नारायणी नदी तटीय क्षेत्रका बासिन्दा जोखिममा छन्। बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सजग हुन आग्रह गर्दै सुरक्षा निकायलाई तयारीमा राखेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।, पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद, गैंडाकोटमा डुबे ८० घर
सेतोपाटी संवाददाता बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुने १६ मध्ये १४ जनाको सनाखत भएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-२ बस्ने लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका-५ बस्ने नन्दकुमारी पुडासैनी, चितवनको कालिका नगरपालिकाका सफल कडेल, पर्साको वीरगन्ज महानगरपालिका- १६ बस्ने सोमप्रसाद चौरासिया, वीरगन्ज महानगरपालिका–१६ कै मुन्नीदेवी चौरासिया छन्।, त्यस्तै  हेटौंडा उपमहानगरपालिका–७ की शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी स्वस्तिका श्रेष्ठ, बारा कलैया–१० का नाजलिन खातुन, बारा अमलेखगन्जका सुरेश विक, बारा कलैयाका इताजत अन्सारी, ओखलढुंगाका लालबहादुर बोगटी, चितवन खैरेनी नगरपालिका- ५ का मनोरथ पुडासैनी, गोरखाकी अम्बिका काडेल र धनुषा जनकपुर उपमहानगरपालिका- ५ बस्ने सन्तोषकुमार राय छन्।, हेटौंडा अस्पतालमा शव रहेका दुई जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा सवार यात्रु संख्या यकिन हुन नसके पनि झन्डै ५० जना रहेको प्रहरीले अनुमान गरेको छ।, नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा दुर्घटना भएको हो।, चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको थियो।, अमलेखगन्ज बस दुर्घटनामा मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत
सेतोपाटी संवाददाता नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।, नारायणी नदीको सतह बिहानैदेखि चेतावनीको तहभन्दा माथि पुगेको थियो। देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ। नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ। अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह ९.०९ मिटर पुगेको छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।, नारायणी नदीको तह नारायणघाटस्थित पुलमा ११.७८ मिटर पुगेको छ। यहाँ ११ मिटर पानीको सतह पुग्दा नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिन्छ।, तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभागको वेवसाइटले पानीको सतह निरन्तर बढिरहेको जनाएको छ।, नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।, यसैगरी पानीको तह चितवनको राप्ती र बूढी राप्तीमा पनि बढिरहेको छ। रत्ननगर नागरपालिकास्थित बूढी राप्तीको बाढी वडा नम्बर ८ मा पर्ने बाघमारा क्षेत्रको बस्तीमा पसेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बाघमारास्थित रमाइलोडाँडा गाउँमा बाढी पसेर क्षति पुर्‍याएको जानकारी दिए।, लगातारको वर्षाले बस्तीमा पानी जमेपछि भरतपुर महानगरपालिका–२६ दिव्यनगरको सिसैका दुई परिवारलाई प्रहरीले स्थानीय विद्यालयमा सारेको छ।, नारायणघाट पुलमा नारायणी नदीले नाघ्यो ११ मिटर
रासस धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ।, त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरूङमार्ग क्षेत्रमा लगातार गइरहेको पहिरो हटाउन समस्या भएको छ। लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रित रूपमा पहिरो झरिरहेको छ। डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।, पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभाबी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौं भित्रिने राजमार्ग अवरूद्ध हुने गरेको छ।, तीन दिनदेखिको लगातार वर्षाका कारण पृथ्वी राजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रूखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ। सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रूख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए।, त्यस्तै गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरूद्ध भएको छ। गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारी साधनको राजमार्गमा लामो जाम लागेको छ।, डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहे पनि लगातारको पहिरोले यातायात सञ्चालनमा कठिनाइ आएको छ। धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रूबीभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरूद्ध भएको छ।, ठाउँठाउँमा पहिरो गएपछि यातायात साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिए। लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ।, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका क्षेत्रमा राहत उद्धारमा लाग्नसमेत आग्रह गरेका छन्।, राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरूद्ध
अञ्जली थापा जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालकसहित ३६ जना घाइते छन्।, उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन।, बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगन्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए। आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए।, दसैंका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएकाले ३/४ घन्टा बसपार्कमै कुर्नुपर्‍यो। धेरैपछि नारायणगढबाट वीरगन्जका लागि छुटेको बा ०६–००१ ख ०११० नम्बरको बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबाछोरा चढे।, बस बीचबीचमा यात्रुहरू चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो। त्यहाँ पनि चार जना यात्रु बस चढे। त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने। बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए। , टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन्, 'ब्रेक फेल भयो भन्ने सुनेँ। गाडी यताउता गर्दै गुड्यो। त्यसपछि म त बगरमा पुगेको रहेछु।', गाडी पल्टेको थाहा नै नभएको बताउँदै उनी भन्छन्, 'झसंग भएर बुबालाई हेरेको, देखिनँ। उहाँलाई मानिसहरूको चेपमा देखेँ। चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ। बुबालाई थिचेका वरपरका अरू यात्रु भने चलमल गर्नुभएको थिएन। उहाँहरूको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ।' , उनले बुबालाई बाहिर निकालेको केहो समयपछि प्रहरी आयो। प्रहरीको बसमा बुबासहित अरूलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउँछन्। तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाइ छ।, गम्भीर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको व्यपस्थापन गरिएको अस्पतालले जनाएको छ। उनका आफन्तहरू पनि सम्पर्कमा आएको उनले बताए।, त्यसैगरी अर्का घाइते ३५ वर्षीय बसचालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउँछन्। उनी आफूले भने हामफालेर ज्यान जोगाएको बताए।, नारायणगढबाट हेटौंडा हुँदै वीरगन्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उनले बताए। ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उनको भनाइ छ। उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफू हामफाल्न बाध्य भएको उनले बताए।, बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीव्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताए। पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैंले होस नपाएको बताए। उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ। उनको हातको शल्यक्रियाको तयारी हुँदैछ।, बिहीबार बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए।, (रासस), 'बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ'
सेतोपाटी संवाददाता आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। , नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। , घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।, आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।, दशैँको टीका लगाउने क्रम आज पनि जारी
रासस अविरल वर्षाका कारण पटकपटक खसेको पहिरोले अवरूद्ध नारायणघाट–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।, भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, प्रहरीका अनुसार केराबारीको पहिरो ५ बजेर ५० मिनेटमा हटाइएको थियो भने १८ किलोको पहिरो ६ बजेर २० मिनेटमा हटाएर बाटो खुलाइएको हो। १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो।, यसअघि बिहीबार बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध भएको थियो।, नारायणगढ मुग्लिन सडक खण्डमा यस वर्ष मात्रै दुई दर्जनभन्दा बढीपटक पहिरो खसेर सडक अवरूद्ध भएको छ।, नारायणघाट–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो
सेतोपाटी संवाददाता कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, बिहीबार भीमदत्त नगरपालिका–४ चम्मनचोक अगाडि पूर्व–पश्चिम राजमार्गमा सुपप्र ०२–००१ ख ११६१ नम्बरको बस र म १ प ६२७२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।, सो दुर्घटनामा भीमदत्त–८ तिलाचौरका मोटर साइकल चालक २० वर्षीय सुनिल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको महाकाली अस्पतालमा उपचारका क्रममा बिहिवार साँझ मृत्यु भएको हो।, बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
रासस यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।, नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।, एर्नोले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यावसायिक लेखन थाल्नुअघि एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्।, उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तक समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।, यो पुरस्कार स्विडिस एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिस क्रोनर अर्थात् आठ लाख डलर बराबरको छ।, गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए।, नोबेल साहित्य पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान साढे एक बजे चन्द्रागिरि नगरपालिका २ तल्लो मसिने स्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन्।, मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्ष यता चन्द्रागिरीमा घर बनाएर बस्दै आएका थिए। , पहिरोले उनीहरू बसेको कच्ची घर बगाएको प्रहरीको भनाइ छ।, प्रहरीका अनुसार उनीहरूको शव बिहान ६ बजे निकालिएको हो।,  , चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता पहिरोमा परी ९ जनाको ज्यान गएको अछाम तुर्माखाँदको नाडागाउँमा लगातारको बर्षाले फेरि समस्या पारेको छ। बिहीबार दिउँसोबाट भइरहेको वर्षाले त्रिपालमा बसेका पहिरो पीडितलाई थप प्रभावित पारेको हो।, गएको असोज १ गते पहिरोले घरबास लगेपछि स्थानीयहरू त्रिपालको ओत बनाएर बसेका थिए। , हावाहुरीले त्रिपाल उडाइदिएको र लगातारको झरीमा त्रिपालको ओत लगाएर बसिरहेकालाई थप समस्या भएको स्थानीय मीनबहादुर शाहीले बताए। , ‘माथिबाट पहिरो खसिरहेको छ, केही मानिसहरू नजिकैको बस्तीमा सरेका छन्, केहीलाई कता जाने भनेर समस्या छ,’ उनले भने,'यो समस्याबाट निकाल्न सम्बन्धित निकायले छिटै पहल गरे हुन्थ्यो। गाउँले सबै आत्तिएका छन्।' , सो गाउँसम्म पुग्ने बाटो पनि भत्केकाले आउजाउ गर्न समस्या छ। स्थानीय प्रशासनले गए राती २ बजे सतर्क रहन भन्दै सन्देश पठाएको शाहीले बताए। , सरकारले मृतकका परिवारलाई घर बनाउनका लागि १ लाख २० हजार दिने भनेको छ।  जिल्ला प्रशासनबाट उक्त रकम भने नपाइएको शाहीले बताए । , उनीहरुले बस्ती सारिदिन सरकारसँग माग गरिरहेका छन् ।,  , त्रिपालमा बसेका पहिरो पीडितलाई बर्षाले समस्या
नारायण खड्का सल्यानको कपुरकोटमा पहिरोले केही घर पुरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाममा चार घर पहिरोले पुरेको स्थानीयले बताएका छन्।, स्थानीय सञ्चारकर्मी सन्तोष घर्तीले चार परिवारको घर पहिरोले पुरेको जानकारी दिए।, ‘म अहिले घटनास्थलमा छु र प्रहरी पनि आएको छ,’ उनले भने, ‘पहिरोले बगाएका घर देखिँदैनन्। हामी अलिअलि काठपात पन्छाउँदै छौं।’, इलाका प्रहरी कार्यालय कपुरकोटका एक जना प्रहरी अधिकारीले आफूहरू भर्खरै घटनास्थल आएको हुँदा कति घर पहिरोले पुरेको हो भनेर भन्न सक्ने अवस्था नरहेको बताए।, ‘यहाँ ठूलो पहिरो गएको रहेछ र बगाएका घर कति हो भनेर पत्ता लगाउनै कठिन छ,’ उनले भने, ‘पानी एक तमासले परिरहेको हुँदा अझै यकिनका साथ भन्न कठिन छ।’ , जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आएलगत्तै घटनास्थलमा उद्धार तथा खोजीको लागि इप्रका कपुरकोटबाट प्रहरी खटाइएको जानकारी दिए। , जिल्ला प्रहरी प्रवक्ता सन्तोष खनालले पहिरोले केही घर पुरेको खबर आए पनि मानवीय क्षति नभएको भन्ने सूचना प्राप्त भएको बताए।, ‘मानिसहरू पहिलै भाग्न सफल भएछन्,’ उनले भने, ‘घटनास्थलमा पुगेका प्रहरीले भर्खरै मलाई मानवीय क्षति नभएको भन्ने सूचना दिएका छन्।’ , बिहान झरेको पहिरोका कारण सल्लाम गाउँका थप २० घर परिवार जोखिममा परेको स्थानीय सञ्चारकर्मी घर्तीले सेतोपाटीलाई जानकारी दिए। घर्तीले मानवीय क्षति भए नभएको कुरा अहिल्यै भन्न नसकिने बताए। , डिएसपी केसीले जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ शंखे पिपल गाउँमा स्थानीय तेजबहादुर घर्ती मगरको घर अविरल वर्षाका कारण धप्किएको जानकारी दिए।, सल्यानमा पहिरोले चार घर पुर्‍यो, क्षतिको विवरण आउन बाँकी
रासस बागलुङ नगरपालिका वडा नम्बर ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो।, महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौं घरपरिवारले दसैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन्।, भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो। निरन्तर बगिरहेको जमिनमा दसैंका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ। जमिन बग्दा सडक, ठूला पीपलका रूखसमेत बगेका छन्।, पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरा फार्म लगायत सबै पुरिएका छन्। कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन्।, 'पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो,' वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, 'सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे।', भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ।, 'आफ्नो घर छ, तर पहिरोले राज गरेको छ। अर्कैको घरमा दसैं मनाउनुपर्‍यो। बासबिनाको दसैं खल्लो भयो,' स्थानीय कुलराज शर्माले भने, 'छिमेकीका घर पनि चिरा परेका छन्। जुनसुकै बेला खस्छन्। हाम्रो दसैं भागाभागमै बित्यो।', यो बस्तीका खानेपानीको ट्यांकसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन्।, उक्त पहिराले दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन्। केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए।, जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए। पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ।, 'यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो। पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए,' पौडेलले भने, 'अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन।', बगेको पहिरोले जैमिनी नगरपालिका वडा नम्बर १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन्। उनीहरूले पनि यो वर्षको दसैं आफ्नो घर छोडेर अर्कैको घरमा मनाए। रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ। , दसैं बेला घर छाडेर भागाभाग
रासस अविरल वर्षासँगै पहिरो जाँदा अवरूद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। शुक्रबार बिहान पृथ्वी राजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरूद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ।, व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए।, त्यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ। दुईतर्फी बनाउन पहिरो पन्छाउने कार्य जारी छ। 'निरन्तर पानी परिरहेकाले केही समस्या भएको छ,' उनले भने।, राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन्। निरन्तर वर्षा भइरहेकाले अझै पहिराको थप जोखिम रहेको देखिन्छ। पहिरो जानसक्ने सम्भावना हेरेर पहिरो पन्छाउने टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।, पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालन
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पहिरो जाँदा सडक यातायात बन्द हुन पुगेको छ।, सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि अवरूद्ध भएको छ।, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार दाङको भालुवाङदेखि प्यूठान जिल्ला जोड्ने सडक खण्डको ठाउँठाउँमा झरेको पहिरोका कारण दाङ– प्युठान सडक खण्डमा पनि यातायातका साधन गुड्न सकेका छैनन्।, त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिकाको सतबरियामा झरेको पहिरोका कारण अवरूद्ध राजमार्ग खुलाउने प्रयास जारी रहेको जिसीले बताए।, प्रदेश प्रहरी कार्यालयका अनुसार बुटवल–पाल्पा सडक खण्ड पनि पहिरोका कारण अवरूद्ध भएको छ।, विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।, लुम्बिनी प्रदेश- विभिन्न ठाउँमा पहिरोका कारण सडक बन्द
सेतोपाटी भारतको हरियाणास्थित एक कम्पनीद्वारा उत्पादित रूघाखोकीको औषधि 'कफ एन्ड कोल्ड सिरप' खाएर अफ्रिकी देश गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको छ।, यो घटनापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उक्त औषधि उत्पादक कम्पनीका नाममा चेतावनी जारी गरेको बिबिसीले जनाएको छ।, डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेससले भनेका छन्, 'डब्लुएचओले गाम्बियामा फेला परेको चार किसिमका कफ सिरप औषधिलाई लिएर चेतावनी जारी गरेको छ। यो औषधि खाएपछि मिर्गौलामा समस्या देखिनुका साथै ६६ जना बालबालिकाको मृत्यु भएको छ। यो अत्यन्त दुखद घटना हो।', यी चार किसिमका कफ सिरप भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो। बिबिसीका अनुसार डब्लुएचओ र भारतीय औषधि नियमन संस्थाले उक्त कम्पनीमाथि छानबिन गरिरहेको छ।, डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेसस, डब्लुएचओले अन्य मुलुकलाई पनि भारतबाट आयातीत कफ सिरप औषधि जाँच गरेर प्रयोगबाट हटाउन सल्लाह दिएको छ। भारतीय कम्पनीले यी औषधिको सुरक्षाको ग्यारेन्टी पनि नदिएको डब्लुएचओले दाबी गरेको छ।, डब्लुएचओले शंकास्पद औषधिहरूको नाम पनि सार्वजनिक गरेको छ- प्रोमिथाजाइन ओरल सोलुसन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकआफ बेबी कफ सिरप र मैगरिप एन्ड कोल्ड सिरप।, अहिलेसम्म यी औषधि गाम्बियामा मात्र फेला परे पनि अन्य देशमा समेत आपूर्ति भएको हुनसक्ने डब्लुएचओले जनाएको छ।, "WHO has today issued a medical product alert for four contaminated medicines identified in ,#Gambia, that have been potentially linked with acute kidney injuries and 66 deaths among children. The loss of these young lives is beyond heartbreaking for their families"-,@DrTedros, — World Health Organization (WHO) (@WHO) ,October 5, 2022, गाम्बियाका स्वास्थ्य अधिकारीहरूले गत जुलाई महिनामै पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा मिर्गौलाको समस्या बढेको बताएका थिए। यही क्रममा सेप्टेम्बर महिनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो।, यो घटनापछि गाम्बिया सरकारले सबै किसिमका पारासिटामोल सिरप प्रयोगमा रोक लगाउँदै त्यसको सट्टा ट्याब्लेट प्रयोग गर्न सल्लाह दिएको थियो।, त्यसपछि गाम्बियाले यो घटनाको सूचना डब्लुएचओलाई दियो। त्यसलगत्तै डब्लुएचओले छानबिन सुरू गरेको थियो।, डब्लुएचओले शंकास्पद औषधिको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गरेपछि चार किसिमका औषधिमा अत्यधिक मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल रहेको पुष्टि गरेको बिबिसीले लेखेको छ।, स्वास्थ्य संगठनका अनुसार यी दुवै विषालु पदार्थ हुन् जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन्। यसले पेट दुख्नुका साथै बान्ता आउने, पखाला लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने, मानसिक स्थितिमा समस्या आउने र मिर्गौलामा समेत समस्या देखिएर बिरामीको मृत्यु हुनसक्ने डब्लुएचओले जनाएको छ।, यसबीच भारतको दिल्लीस्थित केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यो घटनामा अनुसन्धान गर्न आदेश दिएको छ।, यी कफ सिरप भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको फेला परेपछि हरियाणाको कुन्डलीस्थित औषधि कारखानामा छापा मारिएको छ।, हरियाणा ड्रग कन्ट्रोलर मनमोहन तनेजा नेतृत्वको टिमले कारखानाबाट औषधिको नमूना संकलन गरेको छ। उक्त नमूनाको जाँच जारी छ।, भारतीय समाचार संस्था एएनआईका अनुसार हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले केन्द्र सरकारका अधिकारीहरूले यसबारे सम्पूर्ण जानकारी संकलन गरिरहेको बताएका छन्।, कारखानाबाट संकलित नमूना कोलकातास्थित केन्द्रीय औषधि प्रयोगशालामा परीक्षण निम्ति पठाइएको छ। परीक्षण रिपोर्टमा कुनै समस्या भेटियो भने कम्पनीलाई कडा कारबाही गर्ने मन्त्री विजले बताएका छन्।, WHO issued a medical product alert on 4 cough & cold syrups made by India's Maiden Pharmaceuticals, potentially linking it to acute kidney injuries & 66 deaths among children in Gambia, conducting further investigation with the company ®ulatory authorities: Reuters quoting WHO, — ANI (@ANI) ,October 5, 2022, कम्पनीले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।, बिबिसीले कम्पनीको प्रतिक्रिया माग्न इमेल पठाएको थियो जसको जवाफ नआएको बिबिसीले जनाएको छ।, बिबिसीका पत्रकार सत सिंह पनि रिपोर्टिङका लागि औषधि कारखाना गएका थिए। उनले कारखाना बन्द रहेको र त्यहाँ कोही पनि नभएको बताएका छन्।, यो कम्पनीले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा आफ्नो औषधि निर्यात गर्दै आएको छ। यी औषधि भारतीय बजारमा पाइन्छन् कि पाइँदैनन् भन्ने अहिलेसम्म यकिन हुन नसकेको बिबिसीले लेखेको छ।, समाचार एजेन्सी एएनआईले अल इन्डिया केमिस्ट एन्ड डिस्ट्रिब्युटर्सलाई उद्धृत गर्दै उक्त कम्पनीले भारतीय बजारमा आफ्नो औषधि आपूर्ति नगरेको जनाएको छ। कम्पनीले ती औषधि निर्यात मात्र गर्दै आएको एएनआईले लेखेको छ।, There is no supply of Maiden Pharmaceuticals Limited drugs in India, they only export their products, still, if any guideline is issued by the Drugs Controller General of India we will follow those guidelines: All Indian Origin Chemists & Distributors ,https://t.co/lgG3bJlbz5, — ANI (@ANI) ,October 6, 2022, बिबिसीका अनुसार बीसौं शताब्दीमा पनि डाइथिलिन ग्लाइकोलको मिसावटले धेरै दुर्घटना भएका थिए।, सन् १९३७ मा अमेरिकामा उत्पादित एक औषधिमा यो पदार्थ प्रयोग गरिएको थियो। त्यति बेला उक्त औषधि खाएर सय जनाभन्दा बढी बिरामीको मृत्यु भएको थियो जसमा धेरैजसो बालबालिका थिए। ती बालबालिकालाई रूघाखोकीको उपचार गर्न उक्त औषधि दिइएको थियो।, उक्त घटनापछि नै सन् १९३८ मा फुड, ड्रग एन्ड कस्मेटिक्स कानुन बनाइएको बिबिसीले लेखेको छ।, यसबीच बिबिसी संवाददाता मानसी दासले दिल्लीस्थित मौलाना आजाद मेडिकल कलेज अस्पतालका प्राध्यापक तथा कम्युनिटी मेडिसिनका निर्देशिका डाक्टर सुनीला गर्गसँग कुरा गरेकी छन्।, बिबिसीसँगको कुराकानीमा डाक्टर गर्गले भनेकी छन्, 'यो केमिकल मान्छेको शरीरमा प्रवेश गरेपछि पेट दुख्नुका साथै बान्ता आउने, झाडापखाला लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने, मानसिक स्थितिमा समस्या आउने र मिर्गौलामा समस्या आउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्छ।', डाक्टर गर्गले यस सम्बन्धमा गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्। उक्त औषधि बनाउँदा ती केमिकल प्रयोग गर्न स्वीकृति लिइएको थियो कि थिएन र थियो भने मापदण्ड पालना गरिएको थियो कि थिएन भन्नेबारे छानबिन हुनुपर्ने उनले बिबिसीलाई बताएकी छन्।, डाक्टर गर्गका अनुसार यी औषधि रूघाखोकीका अन्य औषधिको दाँजोमा सस्ता छन्।, भारतीय कम्पनीको औषधि खाएर ६६ जना बालबालिकाको मृत्यु
सेतोपाटी संवाददाता दाङस्थित इलाका प्रहरी कार्यालय सिसहनियामा बाढी पसेको छ।, इप्रका सिसहनियामा बाढी पसेपछि त्यहाँ कार्यरत ११ जना प्रहरीसहित हातहतियार, सञ्चारसेट लगायत महत्वपूर्ण सामग्री अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।, लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र घोषित राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको इप्रका सिसहनियमा स्थानीय दोलाई खोलाको बाढी शुक्रबार बिहान पसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।, इप्रकामा पानी पसेपछि अहिले त्यहाँ इप्रका गढवा लगायतको टोलीले उद्धार तथा सरसामान ओसार्ने क्रम जारी छ।, घटनास्थलतर्फ जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको सुरक्षा अधिकारीको टोली प्रस्थान गरेको प्रवक्ता गौतमले जानकारी दिए।, उनका अनुसार दोलाई खोलाकै बाढीले राप्ती गाउँपालिका वडा नम्बर ६ मा एक घर डुबानमा पर्दा एक जना घरभित्र थुनिएको खबर पनि प्राप्त भएको छ। उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको उनल् जानकारी दिए।, इप्रका सिसहनियाका प्रहरी टोलीलाई सुरक्षित स्थान सडकमा पुर्‍याइएको र नेपाल रेडक्रस सोसाइटीसँग त्रिपाल लगायतका आवश्यक सामग्रीका लागि कुरा भइरहेको प्रहरीले जानकारी दिएको छ।, त्यस्तै पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग पनि अवरूद्ध भएको छ। लमही नगरपालिका वडा नम्बर ९ मा पहिरो र राप्ती गाउँपालिका वडा नम्बर ६ मा पहिरोसहित रूख ढल्दा राजमार्ग अन्तर्गत दाङ-कपिलवस्तु सडक खण्ड अवरूद्ध छ।, इलाका प्रहरी कार्यालयमा बाढी पस्यो
नारायण खड्का बर्दिया जिल्लामा बबई नदीको पानी बस्तीमा पसेपछि ७० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। , जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ५, ८, ११ र १२ नम्बर वडामा बबईको बाढी पसेपछि उनीहरू विस्थापित भएका हुन्।, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार वडा नम्बर ५ मा ३५, वडा नम्बर ८ मा २४, वडा नम्बर ११ मा १२ र वडा नम्बर १२ मा ३ घर डुबानमा परेको भन्ने सूचना प्राप्त भएको छ।, वडा नम्बर ५ का विस्थापितहरूलाई स्थानीय शान्ति आधारभूत विद्यालयमा, वडा नम्बर ८ र ११ कालाई नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको त्रिपालको पाल टाँगेर अग्लो स्थान सडकको सुरक्षित स्थानमा र वडा नम्बर १२ काहरू आफन्तको घरमा आश्रय लिइरहेको सूचना प्राप्त जानकारी उनले दिए।, जिल्ला प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले २५० जति स्थानीय बाढी घरमा पसेपछि विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सेतोपाटीलाई बताए। उनका अनुसार केही विद्यालयमा, केही मानव बचाउ घरमा बसेका छन् र केही विस्थापितहरू आफन्तकोमा आश्रय लिइरहेका छन्।, डुबानमा परेकाहरूको उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको उनले बताए।, अहिले पनि पानी पर्ने क्रम जारी छ।, बबईको बाढी र निरन्तर वर्षाका कारण घर डुबानमा परेको तर बिहीबारको तुलनामा शुक्रबार बाढीको सतह घटेको उनले जानकारी दिए।, बर्दियाका ४ वडामा बाढी पस्यो, ७० भन्दा धेरै घरपरिवार विस्थापित
रासस मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।, महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ। पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ।, मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।, 'काठमाडौं उपत्यका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ। शनिबार दिउँसोबाट बिस्तारै सुधार हुँदै जानेछ। पश्चिममा भने भारी वर्षा भइरहेको छ,' उनले भने, 'गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम बिस्तारै खुल्दै जान्छ।', महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार भारी वर्षा हुने महाशाखाले जनाएको छ।, भेरी नदीमा जलस्तर खतराको तह पार, निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ। पछिल्लो ६ घन्टामा भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पार गरेको छ।, जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ। भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको पाँच मिटर हो। अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ।, अहिले वर्षा भइरहेकाले आगामी ६ घन्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ। भेरी किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरंगा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायत बस्ती जोखिममा छन्।, बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, वीरेन्द्रनगरको तल्लो क्षेत्र अलायचौर र घोग्रेनी बीच भागमा रहेको बडिगाड खोलामा आएको भेलले डुबानमा पारेको क्षेत्र। अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ। तस्बिरः सुरेश आचार्य/रासस, स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैं अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो।, भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए। नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ।, त्यस्तै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ।, कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधर लगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।, विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ।, विभागको कञ्चनपुर शान्तिपुर बेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घन्टामा १२५ मिमी, छ घन्टामा ८३ दशमलव ८ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षाको मापन भएको छ।, कार्यालयका प्रमुख सञ्जय साहले भने, 'आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ।', यो महिनाको अन्तिमसम्म वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली अझै एक साता नकाट्न कार्यालयले आग्रह गरेको छ।, विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन्।, मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नम्बर १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए।, अहिले पनि डुबान क्षेत्रका मानिस आफ्नै घरमा रहेका र उनीहरूलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए।, 'पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,' उनले भने। मध्यवर्ती क्षेत्र र निकुञ्जका कारण बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ।, 'मानिसहरू बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने छौं,' अध्यक्ष गिरीले भने।, लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुई सय हेक्टर धानबालीसमेत पूर्ण रूपमा क्षति भएको जनाइएको छ। उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रूपमा नष्ट भएको छ।, नारायणी नदीमा यस वर्षकै उच्च बाढीका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। बिहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए।, नारायणीमा आएको बाढीका कारण बिहीबार गैंडाकोट नगरपालिका–२ का ८० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरपरिवार डुबानमा परेका छन्।, डुबानमा परेकाहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ।, पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा
रासस गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो। , जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्।, उनको कंकाल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक वनको एउटा रूखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।, डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।, राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएकी थिइन्।,  , बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो
सेतोपाटी संवाददाता दाङमा डुबेर बालकको मृत्यु भएको छ। जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुन खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक पुष्पलाल थापाले लमही – ४ अर्नवा गाउँका अमित बिक र सोही ठाउँका ललित परियारको नुहाउने क्रममा डुबेर मृत्यु भएको सेतोपाटीलाई बताए।, उनीहरू दुवैको उमेर ११ देखि १२ वर्ष रहेको थापाले बताए।, पाँच जना बालक मिलेर अर्जुन खोला पुनमुनि नुहाउने गएकामध्ये दुई जना डुबेपछि नजिकैको थप तीन जनाले सशस्त्र प्रहरी बललाई खबर गरेका थिए। त्यसपछि सशस्त्र प्रहरीले उनीहरूलाई उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनीहरू दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। , प्रहरी निरीक्षक थापाका अनुसार घटनाबारे पाँच बजे मात्रै प्रहरीलाई सूचना प्राप्त भएको थियो। दुई बालक साढे ३ बजेतिर नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएको खबर साथीहरूले सशस्त्र प्रहरीलाई अवगत गराएका थिए।, दसैंको पूर्व सन्ध्यामा अर्नवा गाउँका दुई बालकको डुबेर मृत्यु भएपछि उक्त गाउँ शोकमा डुबेको स्थानीयले बताएका छन्।, ‘सबै हामी दसैंको उल्लासमा थियौं र बच्चाहरु नुहाउन गएका थाहा नै भएन,’ एक स्थानीयले भने, ‘दुई बालकको मृत्यु भएपछि गाउँमा सन्नाटा छाएको छ। दसैंको उल्लास आँसुमा परिणत भएको छ।’, खोलामा डुबेर दुई बालकको मृत्यु
सेतोपाटी संवाददाता पोषणविद् मनसा ठकुराठी दसैंमा एउटा व्यक्तिले बढीमा १ सय ५० ग्राम मासु मात्र खान सुझाउँछिन्।, दैनिक मासु खाने व्यक्तिले ७० देखि ८० ग्राम मासु पचाउन सक्ने भए पनि १ सय ५० ग्राम मासु खान सकिने उनको तर्क छ।, मासु प्रोटिन युक्त खानेकुरा हो। तर शरिरलाई आवश्यक हुने फाइबर मासुमा नपाइने भएकाले मासुसँगै साग, मूला, गाजर खान उनको सुझाव छ।, मासु पकाउने कुरामा ध्यान नदिँदा र बढी मात्रामा नुन तेल प्रयोग गर्दा समस्या हुन सक्ने ठकुराठी बताउँछिन्। , उनी मासु खाएपछि बस्न भन्दा व्यायाम गर्नु उपयुक्त हुने बताउँछिन्। , मासु धेरै खाँदा के हुन्छ?, हेर्नुहोस् हामीले केही समयपहिले ठकुराठीसँग गरेको कुराकानीको भिडिओ-, दसैंमा कति मासु खाने?
रासस संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए। उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए।, बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताए। प्रदेश १–०२–००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ।, बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए। बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रूपमा कार्यरत थिए।, नुहाउन गएका बाबु–छोरा बेपत्ता
रोहित महतो जनकपुरधाममा दसैंको रौनक छ। ठूला आवाजका बाजागाजासहित यहाँका शक्तिपीठहरू दुलहीझैं सजाइएका छन्। सहरी क्षेत्र मात्र नभई यहाँका टोलटोलमा पनि मेलाको भिडभाड छ। हर्ष र उल्लास छ।, सहरी क्षेत्रकै मुख्य राजमार्गबाट झन्डै पाँच सय मिटर मात्र पश्चिमतर्फ रहेको वडा नम्बरस्थित ७ विशाल टोल भने सुनसान छ।, यहाँ मुसहर समुदायका १७ घरपरिवारको बस्ती छ। ससाना घर वरिपरि चारैतिर खाल्डाखुल्डी छन्। त्यसमा वर्षाको पानी जमेको छ।, दिनभर आहाराको खोजी गरिरहेका सर्प ओहोरदोहोर गरेको स्थानीयहरू देख्छन्। बच्चाबच्ची डराउँछन्। उनीहरूका आमाबुवा दिनभर मजदुरी गर्न जान्छन्। दिनदिनै घर छेउछाउमा सर्प आइरहँदा छोराछोरीको ज्यानको चिन्ताले सताइरहन्छ।, वर्षा हुँदा त घरै डुबानमा पर्छ। बस्ती छेउबाट पानी निकासको कुनै व्यवस्था छैन। तैपनि परिवार धान्न मजदुरी गर्न जानुपर्ने र कामको चापले यी दुःख दिनभरका लागि बिर्सिन्छन्। , साँझ परेपछि भने सुनसान यो बस्तीमा अन्धकार हुन्छ। टोलमा अहिलेसम्म बिजुली-बत्ती पुगेकै छैन। स्थानीयका अनुसार चुनावका बेला नेताले केही दिनमै बिजुली आउने बाचा गरेर गएका थिए। तर अहिलेसम्म बिजुलीको पोल पनि आइपुगेको छैन।, मधेस प्रदेशको राजधानी सहरस्थित विशाल टोलका मुसहर समुदाय राति टुकी बाल्छन्।, 'हामी दिनभर कमाउँछौं अनि रातमा खान्छौं। सधैं काम हुँदैन। मट्टितेल महँगियो। पैसा नभएका बेला तेल किन्न सक्दैनौं। अँध्यारोमै बस्नुपर्छ,' स्थानीय फुलिया सदाले भनिन्, 'मेरो त उमेर लागिसक्यो। सर्पकीराले टोकेर मर्दा पनि केही हुँदैन। तर सोच्नुस् बालबच्चालाई कति डर छ। हामी कसरी बाँचेका छौं।', हुन त बस्तीका तीन जनाले छिमेकबाट लामो तार जोडेर विद्युत जडान गरेका छन्। तर ती व्यक्तिले मनपर्दी असुली गरेको स्थानीयले बताए।, तीनै जनाले विद्युत महसुलवापत् दुई/दुई हजार रूपैयाँ माग्ने गरेको गीता सदाले बताइन्।, 'दिनभर मजदुरी गर्न जान्छौं। राति मात्र तीन वटा पंखा र दुइटा सानो सिएफएल बल्ब बाल्छौं। रातमा पनि कयौं दिन बत्ती गायबै रहन्छ। त्यसको मात्र २ हजारको बिल भयो भन्छ,' उनले भनिन्, 'हामीलाई लाग्छ उसको आफ्नो उठेको र हामी सबै मिलाएर जतिको बिल हुन्छ, त्यति पैसा बराबरको बिल हामीबाटै अलगअलग गरेर उठाउँछ।', त्योभन्दा कम तिरे लाइन नै काटिदिने ती व्यक्तिले चेतावनी समेत दिइरहेका छन्।, 'हाम्रो मजबुरीको उसले फाइदा उठाइरहेको छ। तर के गर्नु अँध्यारोमा बच्चा रोइरहन्छन्। गर्मीले रातभर सुत्दैनन्। त्यसैले जति पैसा भए पनि तिर्नैपर्छ,' स्थानीय मंगल सदाले बताए।, जनकपुरधाममा सबैतिर लामखुट्टेको समस्या छ। तर यहाँ चारैतिर पानी जमेका खाल्डाखुल्डी भएकाले लामखुट्टेको कारखानाजत्तिकै लाग्छ। बस्तीमा बाटो पनि हिलाम्मे छ।, १७ परिवारमा खानेपानीका लागि एउटा मात्र चापाकल छ। वर्षामा हिलाम्मे बाटोमा पानी भर्न जाँदाजाँदै कयौं पटक छोरी लडेको गीता सदाले सुनाइन्।, यो बस्तीको समस्याबारे वडानम्बर ७ का वडाध्यक्ष निरज साह भने आफू अनभिज्ञ रहेको बताउँछन्। यो समस्याबारे आफूलाई कसैले सुनाउन नआएको उनले बताए।, 'बिजुली छैन भने निवेदन लिएर यहाँ आउनुपर्‍यो नि। म यहाँबाट विद्युत प्राधिकरणलाई सिफारिस गरिदिन्छु,' वडाध्यक्ष साहले भने।, स्थानीयको भने यावत समस्या थाहा पाउँदा पनि वडाध्यक्षले अनदेखा गरेको आरोप छ।, 'भोट माग्ने बेला आउँदा हामीले समस्या सुनाएकै थियो। जिताएर पठायौं। ६ महिना नपुग्दै सबै बिर्सेछन्। कहिल्यै फर्केर आएका छैनन्,' स्थानीय मंगल सदाले थपे।, उनका अनुसार यहाँका मुसहर बस्ती डेढ वर्ष पुरानो हो। पहिले यो समुदाय ७ नम्बर वडामै पर्ने जानकीनगरमा बस्थ्यो। तर त्यहाँ ठाउँ अभाव भयो।, 'बाजे पुर्खाले एक/दुई धुर जग्गा किन्नुभएको थियो। सबैका छोराछोरी भए। ठाउँ पुगेन। बिहेबारी, दरबदाई, मरणहरनमा धेरै पैसा लागेर हामी ऋणमा पनि डुब्यौं। त्यसैले त्यहाँका महँगो जमिन बेचेर यतातिर दुईको चार धुर किनेका हौं,' उनले भने।, जनकपुरमा दसैंको रौनक, मुसहर बस्तीमा भने अन्धकार
सुदीप श्रेष्ठ आर्काइभबाट, कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ।, यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!, मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने थाहा पाएँ।, धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला! यस्तो पनि पूजा हुन्छ कहीँ!, हुँदो रहेछ, भइरहेकै छ।, यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको कथा हो, जहाँ हरेक दसैंमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्।, म तपाईंहरूलाई यही पूजाविधि र यसको कथा सुनाउँदैछु।, धेरैलाई त सुबहाल कहाँ पर्छ भन्ने नै थाहा नहोला। काठमाडौं उपत्यकामा मूलसडकबाट भित्र गल्ली-चोकहरू चहार्दा यस्ता अनेकौं बहाल भेटिन्छन्, जहाँ प्रायः मान्छे बिरलै पुगेका हुन्छन्। सुबहाल त्यसैमध्ये एक हो।, म तपाईंहरूलाई त्यही ठाउँ लैजान्छु है त।, मंगलबजार दरबार स्क्वायरबाट ग्वार्कोतर्फ बढ्दा लगभग पाँच सय मिटर दुरीमा सुन्धारा (लूँ हिति) आउँछ। त्यहाँ पुगेर कुनै दोकानदारलाई सोध्नुभयो भने सुबहाल जाने बाटो देखाइदिन्छन्। अहिलेलाई त तपाईं चिन्ता नगर्नू, म छु नि सँगसँगै।, हामी सुन्धाराको मूलसडकबाट देब्रे मोडिऊँ र सरासर अघि बढौं। अलि पर बाटो छुट्टिन्छ। दुइटा मोटरसाइकल सजिलै हाँक्न मिल्ने दाहिने बाटो अलिकति बढ्दा गणेश मन्दिर छ। अहिले यहाँ मर्मतसम्भार हुँदैछ, तपाईंहरू जाँदा पूरा भइसक्न सक्छ। मन्दिरको ठ्याक्कै पछाडि फराकिलो ढोका छ। ढोका पार गरेपछि फराकिलो बहाल आउँछ। सुबहाल भनेको यही हो।, बहालमा स–साना चैत्यहरू देखिन्छन्। तिनै चैत्यबाट दाहिनेतिर एउटा पुरानो घर छ, जहाँ काठको ढोकामाथि काठकै कलात्मक तोरण टाँगिएको छ। माथिल्लो तल्लामा साइनबोर्ड झुन्डिएको देखिन्छ, जसमा लेखिएको छ– श्री जय मनोहर महाविहार, सौबहाः (सुबहाः), ललितपुर महानगरपालिका, वडा नम्बर ८, यलः।, पाटनको सुबहालस्थित जय मनोहर महाविहार छिर्ने ढोका। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, यहाँ टाउको निहराउनुपर्ला है, ढोका होचो छ।, भित्र आँखैअगाडि देखिन्छ महाविहार, जसको छत भुइँचालोमा भत्किएर बनेकै छैन। जस्ताले छोपछाप पारिएको छ। विहारकै छेउमा दक्षिण फर्केको छ, महांकाल मन्दिर।, ठाउँ त आइपुगियो, अब हामी काठमाडौं उपत्यकामा सायदै अन्त देखिने अनौठो पूजाको चर्चा गरौं।, हामीसँग यो पूजाविधि र यससँग जोडिएको कथा विस्तार लगाउन ५० वर्षीय स्थानीय किरण शाक्य छन्।, हामी पुग्दा मन्दिरको ढोका बन्द रहेछ। मैले आँखीझ्यालबाट चिहाएँ। भित्र फराकिलो पूजाकक्ष थियो। त्यहीँ अर्को बन्द ढोका। ढोकाबाहिर नीलो पर्दा। पर्दामा तीनवटा आँखा र विभिन्न आकृति कुँदिएका। यसलाई महांकालको प्रतिरूप मानिने किरणले बताए।, नवमीको रात भक्तजनहरूले शरीरको मासु काटेर चढाउने ठाउँ यही हो। स्थानीयहरू यो संस्कारलाई ‘ला खायेगू’ भन्छन्। नेवार भाषामा ‘ला’ भनेको मासु, ‘खायेगू’ भनेको ताछ्नु।, महांकाल मन्दिर देखाउँदै सुबहालका स्थानीय किरण शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, महांकाल मन्दिरमा टांगिएको निलो पर्दा। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, यो पूजा राति ७ बजेतिर सुरू हुन्छ। दुई गुभाजू र छ जना आजु (सुबहालकै सबभन्दा जेठा व्यक्ति) ले पूजाविधि सम्पन्न गर्छन्। पूजा व्यवस्थापन उमेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले चर्या गीत गाउँछन्। उनीहरू डमडम डमरू बजाउँछन्। छनछन ताः छन्काउँछन्।, यही डमडम र छनछन तालबीच गुभाजूहरूले टङटङ घन्टी बजाउँदै पूजा सुरू गर्छन्। पूजाकक्षमै मकलमा आगो बालेर होम गरिन्छ। जसै गुभाजूले ‘ला खायेगू’ सुरू गर्न इसारा गर्छन्, भक्तजनहरू पालैपालो पूजाकक्ष छिर्छन्।, यो संस्कार गर्दा नाइटोभन्दा तल्लो भागको मासु चढाउन पाइँदैन। नाइटोमाथि जुन भागको चढाउने हो, त्यहाँ सियोले घोचेर छालाको मसिनो पत्र उप्काइन्छ। त्यही पत्र धारिलो ब्लेडले चट्ट काटेर यज्ञवेदीमा चढाइन्छ।, ‘ओहो निकै दुख्छ होला हगि?’ मैले तर्सिंदै सोधेँ।, उनले हाँस्दै जवाफ दिए, ‘चौटा–चौटा मासु चट्टचट्ट काट्ने कहाँ हो र! अलिकति छाला काटेर चढाउने हो।’, ‘रगत त आउला नि!’ मेरो डर थामिएकै थिएन, ‘छिसिक्क काँडा बिझ्दा त कस्तो दुख्छ! झन् सियोले घोचेर ब्लेडले काट्दा दुख्दैन होला र!’, ‘अलिअलि त दुख्छ नि। रगत पनि आउँछ। तर, तपाईंले सोचेजस्तो सहनै नसक्ने हुँदैन,’ उनले हलुका पारामा भने, ‘ब्लेडले काट्दा रगत आए पनि त्यो रगत आगोमा चढाउनु हुँदैन।’, उनले मलाई ढुक्क पार्न थपे, ‘अहिलेसम्म कसैलाई इन्फेक्सन भएको वा घाउ दुखेर औषधि नै खानुपरेको सुनेको छैन।’, बरू यसरी छाला काटेर चढाउँदा शरीरको दुखाइ निको हुन्छ भन्ने जनविश्वास रहेछ। त्यही भएर जुन भाग दुखेको हो, त्यहीँको छाला काटेर चढाउने चलन रहेको उनले बताए, ‘टाउको दुख्नेले निधारको छाला चढाउँछन्। ढाड दुख्नेले ढाडको, पेट दुख्नेले पेटकै चढाउँछन्।’, ‘अनि एक ठाउँको मात्र चढाउने कि धेरै ठाउँको?’ मैले सोधेँ।, ‘कसैले एक ठाउँको चढाउँछन्, कोही–कोही नडराउनेहरूले एकैचोटि १०–१२ ठाउँकै चढाउँछन्।’, बाफरे! कस्तो डर नलाग्ने हो क्या, आफ्नै जीउमा सियो रोप्न, आफ्नै जीउ ब्लेडले काट्न!, तपाईंहरूलाई डर लागेन!, किरणले भनेजस्तो छाला मात्र काटोस् या चौटा मासु नै झिकोस्, शरीरको अंग ताछ्न त मुटु दह्रै चाहिन्छ होला बाबै!, महांकाल मन्दिरमा शरीरको छाला काटेर चढाइँदै। तस्बिर सौजन्य: किरण शाक्य, महांकाल मन्दिरमा शरीरको छाला काटेर चढाइँदै। तस्बिर सौजन्य: किरण शाक्य, यति मात्र कहाँ हो र! सियोले घोच्दा र ब्लेडले ताछ्दा ‘ऐया’ भन्न नपाइने रहेछ। कसैले ‘ऐया’ भन्यो भने यसबाट पाइने पुण्य त्यही यज्ञवेदीमा स्वाहा हुन्छ रे! , त्यसैले डराउनेहरू भागै लिँदैनन्, किरणले भने, ‘हरेकले हरेक वर्ष भाग लिनुपर्छ भन्ने छैन। इच्छा हुनेहरू बर्सेनि आउँछन्, नभए कसैलाई करकाप छैन।’, उनी आफैंले जम्मा चारचोटि भाग लिएका रहेछन्। अन्तिमचोटि गरेकै बाह्र–पन्ध्र वर्ष बितिसकेछ। यसमा सरिक हुन सुबहालकै स्थानीय वा शाक्य कुलको हुनुपर्ने बन्देज छैन। टोलबाहिरका मान्छे आउने क्रम बढेको उनले बताए।, ‘पहिले–पहिले केटाहरूले मात्र भाग लिने चलन थियो,’ उनले भने, ‘अचेल केटीहरूलाई पनि खुला छ। पोहोर मेरै छोरीले भाग लिइन्।’, अनि आफ्नो मासु आफैं काट्नुपर्छ कि अरूले काटे पनि हुन्छ?, मेरो यो प्रश्नमा किरणले भने, ‘मैले त आफैं काटेको थिएँ। कसैलाई अर्काले काट्दिन्छन्। काट्ने मान्छेको आँखा तेजिलो र हात नकाम्ने हुनुपर्छ। नभए ठूलो घाउ हुनसक्छ।’, उनका अनुसार, यो पूजाविधिमा सरिक हुनेको संख्या यकिन हुँदैन। कहिले जम्मा तीन–चार जना हुन्छन्, कहिले धेरै भएर पालो पर्खिनुपर्छ। मान्छे आइरहेसम्म पूजा चलिरहन्छ। सामान्यतया राति ९–१० बजेसम्म जारी रहने उनले बताए।, पूजाविधिपछि अब हामी कुरा गरौं यो संस्कारसँग जोडिएको कथाको।, आखिर कसरी सुरू भयो यस्तो अनौठो संस्कार?, स्थानीय किम्बदन्ती मान्ने हो भने यो करिब नौ सय वर्ष पुरानो चलन हो। यसलाई तत्कालीन समयमा दिइने ‘नरबलि’ को अवशेषका रूपमा लिइन्छ।, कसरी?, यसका लागि सुबहाल बस्ती र जय मनोहर महाविहार स्थापनाको कथा थाहा पाउनुपर्छ। यो महाविहार विक्रम सम्बत् ११८३ देखि ११९३ बीच तत्कालीन राजा इन्द्रदेवले स्थापना गराएको भनाइ छ।, कथा सुरू हुन्छ लिच्छविकालीन काठमाडौंको राजधानी हाँडीगाउँबाट।, विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। धनसम्पत्ति नोक्सान भयो। लिच्छवि राजाहरूका दरबार ध्वस्त भए। मानगृह र कैलाशकूटजस्ता भव्य दरबार आगोको लप्कामा लपेटिए।, पुरातत्वविद् साफल्य अमात्यले आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा लेखेअनुसार, आगलागीले विशालनगर क्षेत्रको बसाइ छिन्नभिन्न भयो। त्यहाँका बासिन्दा उपत्यकाभरि छरिएर बसोबास गर्न थाले। धेरै मानिस तत्कालीन दक्षिण कोलिग्राम (अहिले काठमाडौं कोर-सिटीको दक्षिणी भाग) सरे भने कोही ललितपुर गएर बसे। तिनैमध्ये सुबहालका बासिन्दा पनि हुन् भन्ने भनाइ छ।, सुबहालका चैत्यमा केही लिच्छविकालीन अभिलेख फेला परेका छन्, जसले यहाँको बसोबास प्राचीन भएको पुष्टि गर्छ।, किरण शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, किम्बदन्तीअनुसार, जब हाँडीगाउँमा आगो लाग्यो, त्यहाँको एउटा समूह सुरक्षित स्थान खोज्दै इमाडोल सर्‍यो। उनीहरूले आफ्नो आराध्य चैत्य सँगै लगेका थिए। बसाइँ सर्दा एउटा चिलले बाटो देखाएको विश्वास गरिन्छ।, ‘समूहका एक वयोवृद्धले सपनामा आकाशवाणी सुनेछन्– तिमीहरूले पूजा गर्ने चैत्यबाट भोलि एउटा चिल उड्नेछ। त्यो चिल जुन ठाउँ पुगेर अडिन्छ, तिमीहरू त्यही ठाउँ आफ्नो गाउँ बसाउनू,’ किरणले सुबहालको कथा सुनाए।, नभन्दै भोलिपल्ट बिहानै चैत्यमाथि चिल देखापर्‍यो। त्यो ‘दैवी’ चिल उड्दै उड्दै इमाडोलमा गएर बस्यो। चिललाई पछ्याउँदै गएकाहरूले इमाडोलमै आफ्नो गाउँ बसाए। आराध्य चैत्य पनि त्यहीँ प्रतिस्थापन गरे।, चिलले बाटो देखाएर बस्ती बसेकाले नै इमाडोल नाउँ रहेको भनाइ छ। नेवार भाषामा ‘इमा’ भनेको चिल हो।, समयक्रममा उनीहरूलाई विभिन्न कारणले इमाडोल बस्न गाह्रो हुन थाल्यो। त्यो पानीको अभाव हुनसक्छ वा सहरबाट निकै टाढा भएकाले पायक नपरेको पनि हुनसक्छ!, रोगव्याधीको प्रकोप, जंगली जनावरको डर वा जीविकोपार्जनमा आएको संकट पो हो कि!, कारण जेसुकै भए पनि गाउँका सबैले छलफल गरेर फेरि अन्यत्र बसाइँ सर्ने छिनोफानो गरे। यसपालि पनि उही ‘दैवी’ चिल उनीहरूको बाटो देखाउन आइपुग्यो।, त्यो चिल इमाडोलबाट उड्दै उड्दै अहिले सुबहाल भएको ठाउँको मसानघाटमा आएर थपक्क बस्यो।, गाउँलेहरू दोधारमा परे।, उनीहरू सहर नजिकै बस्न पाएकोमा खुसी त थिए, तर आँखैअगाडि मसानघाट! कसरी बसोबास गर्नू!, मार्गदर्शक बनेर आएको ‘दैवी’ चिलले नै मसानको ठेगाना देखाइदिएपछि उनीहरूले नाइँनास्ती पनि गर्न सकेनन्।, यो असमञ्जसमा राजा इन्द्रदेव सहयोग गर्न अघि सरे। उनले सुबहालको मसान बालकुमारी सारेर त्यसको ठाउँमा महाविहार स्थापना गराए। र, त्यसैको वरिपरि नयाँ बस्ती बसाले।, यसरी हाँडीगाउँबाट सरेकाहरू इमाडोल हुँदै अहिलेको सुबहालमा बसोबास गर्न आइपुगे। बालकुमारीको मसान आज पनि छँदैछ। महाविहारभित्र भुइँमा एउटा मसानको आकृति पनि देखिन्छ, जसलाई स्थानीयहरू राजा इन्द्रदेवले हटाएको मसानकै प्रतीक मान्छन्।, लिच्छविकालीन मसान झल्काउने आकृति। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, यो त भयो बस्ती र विहार स्थापनाको कथा। अब कुरा गरौं, मान्छेको मासु चढाउने संस्कारको।, जब राजा इन्द्रदेवले सुबहालको मसान हटाएर बस्ती बसाउने निर्णय गरे, यसले मान्छे त खुसी भए, तर मसानमा बस्ने महांकाल रिसले चूर भएछन्।, आफूलाई उठिबास लगाउन खोजेको झोँकमा उनले हरेक दिन बस्तीका कोही न कोही मान्छे मारेर खान थाले।, महांकालको रौद्ररूपले मान्छेहरूमा त्राहीत्राही मच्चियो।, उनीहरूले सामूहिक प्रार्थना गरे, ‘हे महांकाल, तपाईंले दिनहुँ मान्छे मारेर खाइदिँदा ज्यानको रक्षा भएन। बस्तीका हरेकलाई मृत्युको भयले सतायो। त्यसैले हे प्रभु, हामीलाई यो त्रासबाट त्राण दिनुस्। बदलामा हामी हरेक वर्ष कुलको एक जना पुत्रलाई तपाईंको नाममा बलि चढाउने छौं।’, स्थानीयको पुकार र प्रतिज्ञा सुनेर महांकाल राजी भए।, सुबहालमा दिनैपिच्छे हुने हत्या रोकियो। स्थानीयले चैनको सास फेरे। तर, त्यो चैन वर्षको एकदिन घनघोर चिन्ता बनेर मडारिन थाल्यो। , प्रतिज्ञाअनुसार कुलको एक जना छोरालाई महांकालको बलि चढाउन सजिलो थिएन। आमा शोकले मुर्छा पर्थिन्। पिता रन्थनिन्थे। बलि चढ्नुअघि पुत्रको चित्कारले सुबहालमा प्रत्येकको छाती चिरिन्थ्यो।, तै उनीहरूसँग विकल्प थिएन। हरेकको ज्यानमाथि खतरा मोल्नुभन्दा कागतीझैं मुटु निचोरेर छोरा त्याग्न तयार भए।, यसरी थुप्रै काल बिते। बर्सेनि एउटा छोरा बलि दिँदादिँदै कुलमा बलि दिने छोरा नै सकिने अवस्था आयो।, उनीहरूले फेरि महांकालको प्रार्थना गरे, ‘हे प्रभु, हजुरलाई बलि दिँदादिँदा अब हामीसँग धेरै पुत्र बाँकी छैनन्। यही क्रम चल्ने हो भने कुनै वर्ष पुत्रविहीन हुनेछौं। त्यसैले, हामी नयाँ प्रस्ताव लिएर आएका छौं।’, ‘कस्तो प्रस्ताव?’ महांकालले सोधे।, ‘प्रभु, या त हामी अन्तिम पुत्र बाँकी छउञ्जेल बलि चढाएर यो प्रथा सदाको निम्ति अन्त्य गर्छौं, या हरेक वर्ष एक जना पुत्रको सट्टा धेरै मान्छेको शरीरबाट थोरै थोरै मासु चढाउँछौं?’ उनीहरूले हात जोडेर बिन्ती गरे, ‘दोस्रो विकल्प मान्नुभयो भने हाम्रो कुल रहेसम्म यो प्रथा जारी रहनेछ। हजुरले कुनै वर्ष भोकै बस्नुपर्ने छैन।’, सुबहालका बासिन्दाको प्रस्ताव महांकाललाई चित्त बुझ्यो। , उनी दोस्रो विकल्पमा राजी भए। यसको बदलामा यो प्रथा रहेसम्म सुबहालको रक्षा गरिरहने बाचा पनि गरे।, ‘त्यही भएर आज पनि हामी आफ्नो शरीरको थोरै मासु काटेर महांकाललाई चढाउँछौं,’ मेरा गाइड किरण शाक्यले भने, ‘यसको सट्टा महांकालले हाम्रो टोल र हामी सबैको रक्षा गरिरहेका छन् भन्ने विश्वास छ।’, पाटनको सुबहालस्थित जय मनोहर महाविहार। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। यहाँ चिलले बाटो देखाएको र महांकालले मान्छे मारेर खाएको भनाइलाई कथ्य मान्न सकिन्छ। त्यसो त समुदायको सुरक्षानिम्ति व्यक्ति विशेषको ज्यान अर्पण गर्ने चलन प्राचीन इतिहासहरूमा नभएको होइन। यसलाई नै 'नरबलि' का रूपमा लिने गरिन्छ। यहाँ त्यस्तै नरबलिको प्रथा थियो होला भनेर मान्न पनि सकिन्छ।, यी कथ्यले प्राचीन काठमाडौंको एउटा तथ्य भने उजागर गर्छ।, लिच्छविकालीन राजधानी हाँडीगाउँमा कुनै समय ठूलो विपत आएर मान्छेहरू लाखापाखा लागेको र त्यसैमध्येको एउटा समूह इमाडोल हुँदै सुबहाल बसाइँ सरेको तथ्य हुनसक्छ। अर्थात्, लिच्छविकालको उत्तरार्द्धमा हाँडीगाउँबाट सर्नेहरूमध्ये सुबहालवासीका पुर्खा पनि थिए भनेर हामी मान्न सक्छौं। यसले काठमाडौं इतिहासको एउटा कालखण्ड झल्काउँछ।, यसलाई पुष्टि गर्ने एउटा चिनो अझै पनि इमाडोलमा छँदैछ।, इमाडोल, खरिबोटनिर पहेँलो र रातो रंगको जुन चैत्य हामी देख्छौं, त्यो तत्कालीन हाँडीगाउँवासीले आफूसँगै ल्याएका हुन्, जसलाई उनीहरूले त्यति बेलै इमाडोलमा प्रतिस्थापन गरेका थिए।, अहिले पनि सुबहालका बासिन्दा कात्तिक पूर्णिमाको भोलिपल्ट त्यहाँ पूजा गर्न जाने चलन छँदैछ। ‘खासमा कात्तिक पूर्णिमाकै दिन जानुपर्ने हो, तर त्यो दिन सुबहालको विहारमा पनि पूजा हुँदा जान भ्याइँदैन,’ किरणले भने।, उनी सानो छँदासम्म इमाडोल चैत्य वरिपरिको सम्पूर्ण जग्गा यसकै गुठीको थियो। सहर विस्तारसँगै जग्गा अतिक्रमण बढ्दै गयो। चैत्यको चारकिल्ला खुम्चिँदै गयो। , ‘अहिले सबै जग्गा मासिएर चैत्य मात्र बाँकी छ,’ उनले भने, ‘त्यो हाम्रा पुर्खाको धरोहर हो।’, इमाडोलको चैत्य, जुन सुबहालका बासिन्दाको आराध्य हो। तस्बिर सौजन्य: किरण शाक्य, उनले किम्बदन्तीसँग मेल खाने अर्को तथ्य पनि सुनाए।, सुबहालका बासिन्दाले पुत्रहरूको बलि चढाउँदा–चढाउँदा परिवारमा पुरूषहरू घट्दै गएको हामीले किम्बदन्तीबाट थाहा पायौं। आज पनि जय मनोहर महाविहारसँग जोडिएको समुदायमा पुरूष संख्या थोरै छ।, ‘अहिले हामी जम्मा ६३ पुरूष छौं। परिवार संख्या त करिब २० मात्र छ। यो अन्य विहारको दाँजोमा निकै सानो हो,’ किरणले भने, ‘पच्चीस वर्षअघिसम्म त हामी ३० जना भन्दा धेरै थिएनौं।’, उनले त्यति बेला आफ्नो कौतूहल मेट्न बूढापाकालाई सोधेका रहेछन्, ‘हाम्रो समुदाय किन यति सानो?’, बूढापाकाले जवाफ दिएछन्, ‘हाम्रा पुर्खाले आफ्ना पुत्रहरू पालैपालो देउतालाई चढाए, त्यही भएर हामी थोरै भयौं।’, समुदाय ‘सानो’ भए पनि प्राचीन संस्कृति जीवित राख्ने ‘ठूलो’ काम उनीहरूले गरेका छन्।, ‘झन्डै नौ सय वर्षदेखि यो संस्कृति चलिरहेको छ,’ किरणले भने, ‘यसपालि कोरोना महामारीबीच गर्ने कि नगर्ने दोधार थियो। हामीले साधारण रूपमा भए पनि संस्कृतिलाई निरन्तरता दिने निर्णय गरेका छौं।’, उनले समुदायको निर्णय जानकारी गराए, ‘पहिलेजस्तो भीडभाड गर्दैनौं। समुदायभन्दा बाहिरका मान्छेलाई डाक्दैनौं। मासु चढाउने विधि पनि दुई–तीन जनाले मात्र गर्ने कुरा छ।’, जय मनोहर महाविहारमा रहेको महांकाल मन्दिर। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, छुट्टिने बेला मैले आफ्नो डर भनुँ कि जिज्ञासा किरणसमक्ष राखेँ, ‘के मासु काटेर चढाउँदा साँच्चै दुख्दै दुख्दैन?’, ‘तपाईं पनि गरेर हेर्नुस् न!’, ‘बाफरे! मजस्तो डरछेरुवाले कहाँ पाएर सक्नु! बरू तपाईंकी छोरीले के भनिन्? उनलाई कति दुख्यो रे?’ मैले गत वर्ष पूजामा सरिक किरणकी २० वर्षे छोरीका बारेमा सोधेँ।, ‘निकै कम?’, ‘कति कम?’ मैले अझै खिपेँ।, ‘उसले अस्ति पिसिआर टेस्ट गरेकी थिई। नाकमा सुइरो घुसाउँदा दिनभरि दुखिरह्यो भन्दै थिई, त्यो दुखाईभन्दा कम।’, उनले अझै प्रस्ट पार्दै भने, ‘इन्जेक्सन लगाउँदा जति दुख्छ, त्योभन्दा पनि कम।’, (यो स्टोरी पहिलोपटक २०७७ कात्तिक ४ गते प्रकाशित भएको थियो।), (सुदीप श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्), नवमीको रात मान्छेको मासु काटेर चढाइन्छ पाटनको यो मन्दिरमा
पोष्टबहादुर बस्नेत आर्काइभबाट, महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेताम्मे भइसकेको हुन्छ। वर्षाले बनाएको हरियो लेउ पारिलो घामले सेकिएर पाप्रा बनेर उप्कन थाल्छ। र, त्यहाँ भेटिन्छ– माटोको मौलिक रङ र सुगन्ध।, शरद ऋतुमा नै पर्छ उल्लासमय दसैं चाड। जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजनले पुनर्मिलनका लागि दसैं कुर्छन्। काठमाडौंबाट घर फर्कन गाडीको टिकट पाउन मानिसको घुँइचो लाग्छ। गाउँमा रमिता हुन्छ, कमेरो माटोले घर पोतिन्छ, केटाकेटी हर्षित हुन्छन्। सरकारी र निजी कार्यालयमा समेत लामो विदा र तलबबाहेकको दसैं खर्च पाइन्छ। मेरो काम कहिले हुन्छ भनी सेवाग्राहीले सोध्दा उत्तर आउँछ– दसैंपछि। खाने, पिउने र उत्सव मनाउने समय हो, दसैं। बाँकी सबै काम त्यसपछि।, उसो त, दसैंको समयलाई कुनै न कुनै किसिमले मान्ने चलन दक्षिण एसियाका अन्य स्थानमा पनि छ। नेपालमा भने दसैं विशेष महत्व र पर्खाइको चाड हो। कसरी यति व्यापक र उल्लासमय भयो नेपालमा दसैं? यसै हो भनी निष्कर्षमा पुग्न पर्याप्त तथ्य र प्रमाण भेटिंदैन। तर दसैंको उत्पत्ति र विस्तारबारे कथा र विवाद भने प्रशस्तै पाइन्छन्।, त्यसमध्ये एउटा कथाले दसैंलाई गोरखा राज्य विस्तार प्रक्रियासँग जोडेको छ। विशेषतः देवी पुजा र शाह वंशीय राजाहरूले उक्त परम्परालाई दिएको महत्वका कारण केही मानवशास्त्रीले त्यस्तो कथामा जोड दिएका हुन्। त्यो कथाअनुसार राजा पृथ्वीनारायण शाहले सपनामा देवीको दर्शन पाएको दावी गरेपछि नेपाल एकीकरण प्रक्रिया सुरु भएको हो।, दिव्य उपदेशमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाह देवी दर्शनका लागि सल्यानकोट गए, तर त्यहाँको चलन अनुसार उनले मन्दिरभित्र प्रवेश गर्न पाएनन्। मूल ढोकामै बसेर उनले देवीको पूजाअर्चना गरे। त्यसको केही दिनपछि देवीले उनलाई सपनामा आएर दर्शन दिइन् र उनको दुवै हातमा खड्ग थमाइदिइन्। मन्दिरका मगर पूजारी र ज्योतिषले साँच्चै नै देवीले दर्शन दिएको पुष्टि गरेपछि पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरे।, मानवशास्त्री जोहना फाफ लेख्छिन्– राजा, रजौटा र ठालुले आफ्नो सांसारिक शासनसत्तालाई ईश्वरीय आशिर्वादसँग जोडेर कसरी वैधता दिने प्रयास गर्छन् भन्ने कुरा दिव्य उपदेशमा उल्लेखित उक्त घटनाले प्रष्ट पार्छ। उनका अनुसार देवी पूजा वा दसैंलाई राज्य विस्तारका क्रममा व्यापक बनाइयो। एकीकरणका क्रममा नयाँ स्थानमा देवी मन्दिर बनाउने, नयाँ ठालु वा शासकको नियुक्ति गर्ने र दसैंका समयमा राज्यको तर्फबाट ठालुहरू माझ गरिने अधिकार बाँडफाँडको निर्क्यौल जस्ता कुराले नेपाली राज्य एकीकरण प्रक्रियामा दसैंको केन्द्रीय भूमिका रहेको मानवशास्त्री फाफको दावी छ।, २०४६ सालको परिवर्तन पछिको खुला राजनीतिक परिवेशमा जनजाति आन्दोलनका तर्फबाट दसैं बहिष्कार गर्ने आह्वान भएपछि उनले दसैंबारे अनुसन्धान गरेकी थिइन्। उनले दसैंलाई विशुद्ध ‘हिन्दु’ चाड हो र त्यसलाई राज्यले जबरजस्ती अघि बढाएको तर्कलाई प्राथमिकता दिएकी छन्। शक्तिशालीले धर्मबाट राजनीतिक वैधता खोज्ने चलन संसारभरि नै छ र त्यो हिन्दुको मात्र कुरा होइन। उनको तर्क मान्ने हो भने तराईका हिन्दुले नै दसैंलाई किन त्यही रूपमा मनाउँदैनन् भन्ने प्रश्न उठ्छ।, जनजाति आन्दोलनका अगुवा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण मावुहाङ पूर्वी पहाडमा दसैं मान्ने परम्परालाई नेपाल एकीकरण र लिम्बूवानबीच भएको सन्धिसँग जोड्छन्।, उनका अनुसार नेपाल राज्य विस्तारका क्रममा विस १८३१ मा लिम्बूवान र गोरखा राज्यबीच सम्झौता भयो। जसअन्तर्गत पूर्वका लिम्बूहरू ‘भयाद’ अर्थात् हिन्दु हुने र त्यसको बदलामा लिम्बूवानले नेपाली राज्यबाट ‘स्वायत्तता’ प्राप्त गर्ने भयो। ‘असली हिन्दुस्तान’ निर्माण गर्नु नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मुख्य लक्ष्य रहेको र आफ्नो ‘स्वायत्तता’ जोगाउनु पूर्वका लिम्बूहरूको प्राथमिकता भएको उनको धारणा छ।, त्यसबाट लिम्बू बाहुल्य पूर्वीपहाडमा सुबांगी (स्थानीय मुखिया) प्रथा यथावत् रह्यो। जसअन्तर्गत सुबांगीले निश्चित सीमानासम्मको भुमि नियन्त्रण गरे। त्यसलाई किपट प्रथा पनि भनिन्छ। अर्कातर्फ राज्यसँगको सम्झौताअनुसार सुबांगीले दसैंमा पूजापाठ गर्ने, बली दिने र टीका लगाउने चलन सुरु गरे।, ‘सुबांगी अधिनस्थ भूमिमा बस्ने सबै मानिस विजया दशमीको दिन कोसेली बोकेर सुबांगीको हातको टीका थाप्न जान्थे,’ प्राध्यापक माबुहाङ सम्झन्छन्, ‘मेरो बुबा सुबांगी हुनुहुन्थ्यो। मैले जान्दासम्म पनि त्यहाँ बस्ने क्षत्री, बाहुनलगायत सबै मानिस मेरो बुबाको हातको टीका थाप्ने आउँथे।’, उनकाअनुसार दसैंमा टीका लगाउनुको अर्थ स्थानीय सत्तालाई सबैले स्वीकार गर्नु थियो र त्यस्तो व्यवस्थाले दसैं मान्ने परम्परालाई व्यापक बनायो। पञ्चायतकालमा भूमि सुधार कार्यक्रम लागू भएपछि सुबांगी प्रथा अन्त्य भएको र मानिसहरू सुबांगीको घरमा टीका थाप्न जाने चलन नरहेको माबुहाङ बताउँछन्।, ‘हिन्दु धार्मिक परम्परा मान्ने कुरा हाम्रो स्वायत्ततासँग विनिमय भएको थियो, तर राज्यले त्यसलाई उल्लंघन गर्यो’ उनको तर्क छ ‘स्वायत्तचाहिँ नहुने तर भयाद भएर हिन्दु परम्पराचाहिँ किन मान्ने भन्ने प्रश्न उठ्यो।’, पूर्वी पहाडका राई समुदायमा पनि दसैंमा गाउँका मुखियाले पूजापाठ गर्ने, मौलो हान्ने (बलि दिने) र त्यसपछि गाउँका सबैले मुखियाको हातबाट टीका लगाउने चलन रहेको धेरैको भनाइ छ। बलि दिइसकेपछि रगतको पञ्जाले घरमा छाप लगाउने र त्यसलाई मुखियाले दसैं मानेको प्रमाणका रूपमा राज्यले लिने गरेको तर्क पनि छन्। तर उक्त कुरा स्थानीय परम्परा हो वा राज्यले त्यसलाई दसैं मानेको प्रमाणका रूपमा लिन्थ्यो भन्ने स्पष्ट छैन।, त्यस्तै केही लेखहरू अनुसार सुबांगीले आफ्नो सत्ता वैधानिकताका लागि राज्यबाट नगरा निशान (दमाहा र झण्डा) प्राप्त गर्ने र त्यसलाई नवमीमा विभिन्न स्थान परिक्रम गरी पुजा गरिने चलन थियो। तर पूर्वी पहाडमा त्यस्ता नगरा निशाना एकीकरण अघि सेन राज्यबाट पनि प्राप्त हुने गरेको र एकीकरणपश्चात् उक्त परम्पराले निरन्तरता मात्र पाएको तर्क पनि पेश हुने गरेको छ।, दसैं उत्सवमार्फत् नेपाली राज्य अनुक्रममा स्थानीय र मुखिया तथा मुखिया र राज्यबीचको सम्बन्धले वैधानिकता प्राप्त गर्ने केहीको तर्क छ। उक्त तर्क मान्ने हो भने नेपालमा राजनीतिक र समाजिक सम्बन्धको वैधानिकताका लागि दसैं महत्वपूर्ण माध्यम बनाइयो भन्न सकिन्छ। तर, त्यही कुरा तराईमा किन लागू भएन भन्ने प्रश्न उठ्छ।, उता मानवशास्त्री डा. सुरेश ढकाल भने दसैंलाई विशुद्ध हिन्दुभन्दा पनि मध्यपहाडमा ऋतु परिवर्तनमा मनाइने उत्सवका रूपमा बुझ्नु पर्ने बताउँछन्।, ‘सबै हिन्दुले दसैंलाई विशेष पर्वका रूपमा मनाउँदैनन्। हिन्दु चाड भएको भए त पहाडमा भन्दा तराईमा दसैं झन् धुमधामसँग मानिन्थ्यो होला,’ डा. ढकाल भन्छन्, ‘दसैंको विरोध गर्न विभिन्न तर्क र कथा जोडिएको छ। दसैं भ्रमको पुञ्ज नै भएको छ।’, उनका अनुसार संसारभरि नै कृषिमूलक समाजमा मुख्य बाली भित्र्याएपछि मानिस कृतज्ञ भएर विशेष पर्वहरू मनाइन्छ र त्यसै सन्दर्भमा मध्यपहाडमा दसैं मनाउने चलन भएको हो। दसैंमा गरिने कृषि औजार वा जमरा पूजा भनेको भूमि पूजासँगै जोडिएको उनको भनाइ छ। उनकाअनुसार निश्चित उत्पादन प्रणालीमा निश्चित पर्वहरू हुन्छन् र सामाजिक व्यवस्थाअनुसार त्यस्ता पर्वलाई धर्मका रूपमा ‘कोडिफाई’ हुनु पनि आश्चर्य होइन।, ‘यदि दसैं विशुद्ध हिन्दु चाड भएको भए पहाडी हिन्दु उच्च जातका मानिसले समेत दसैं किन एकै ढंगले मनाउँदैनन्?’ ढकाल प्रश्न गर्छन्। उनका अनुसार सुदुर पश्चिममा अहिलेको दसैंभन्दा पनि चैते दसैंलाई बढी महत्व दिइन्छ, र केही स्थानमा एकदिन र केहीमा पूर्णिमासम्म टीका लगाएर उत्सव मनाइन्छ।, ऋतु परिवर्तनको तर्क मान्दा उक्त पर्व किन बाली भित्र्याउने चटारो हुने समयमा नै मनाइन्छ भन्ने प्रश्नचाहिँ रहन्छ।, उसो त, गोरखा राज्य विस्तारपछि जबरजस्ती रूपमा दसैं देशभरि फैलिएको तर्कसँग संस्कृतिविद् सत्यमोहन जोशी पनि सहमत छैनन्।, ‘नेपालमा विभिन्न ढंगले दसैं मनाउने चलन छ। त्यसमा विभिन्न बदलावहरू आउँछन्’ जोशी तर्क गर्छन्, ‘काठमाडौंमा पनि दसैं नेपाल एकीकरणभन्दा अघिदेखि नै हर्षोल्लासले मानिन्थ्यो।’, तर कम्तिमा पनि राज्यले दसैंलाई प्रोत्साहन र प्रवर्द्धन गरेको भने देखिन्छ। शैक्षिक तथा न्याय सेवाहरूमा १५ दिन र अन्य कर्मचारीले फूलपातीदेखि एकादशीसम्म (हालको व्यवस्थाअनुसार) सार्वजनिक विदा पाउँछन्। त्यसका साथै उनीहरूले एक महिनाको तलब बराबर खर्च पनि पाउँछन्। फूलपातीका दिन गोरखा दरबारको दसैंघरबाट फूलपाती राजधानी ल्याएर बढाइँका साथ हनुमान ढोका भित्र्याइन्छ। दसैंघरको मूल चोक तलेजू भवानीलाई ५४ राँगा र त्यत्ति नै संख्यामा बोका बलि दिइन्छ।, त्यसबाट राज्य र दसैंबीचको सम्बन्ध प्रष्ट हुँदैन र?, ‘राज्यले कुनै पर्वलाई प्रवद्र्धन गर्नु गलत र आश्चर्यको कुरा नै होइन। कुनै पर्व वा परम्परा प्रवद्र्धन गर्ने कुरा संसारभरि नै हुन्छ,’ डा. ढकाल तर्क गर्छन्, ‘अझ एउटा साझा चाड विकसित हुनु राम्रो कुरा हो। तर त्यसलाई जबर्जस्ती वा हिन्दुको पर्व भनेर प्रवर्द्धन गर्नुभएन।’, मध्यपहाडमा उल्लासपूर्ण ढंगले मनाइने दसैं २०४६ सालको खुला राजनीतिक परिवेशपछि भने विवादको चपेटामा पर्यो। दसैं विशुद्ध हिन्दु चाड र दुर्गा-महिशासुर कथालाई आर्य र जनजातिबीचको राजनीतिक र साँस्कृतिक द्वन्द्व तथा प्रभुत्वका रूपमा पनि व्याख्या भयो।, शाही मन्त्रीमण्डलका सदस्य र दसैं बहिष्कारका अभियन्ता गोरेबहादुर खपांगीले सन् २००२ मा राजाको हातबाट टीका ग्रहण गरेपछि दसैं बहिष्कार अभियानमा ठूलो प्रश्न चिन्ह लागेको थियो। जनजाति संस्थाहरूले दसैं मनाउनेलाई दण्डित तथा बहिष्कृत गर्ने अभियान चलाएका थिए। त्यसै समयको आसपास बहिष्कार गर्नेले पनि फेरि दसैं मान्न सुरु गरे। अहिले टीका लगाउँदै नलगाउनेले पनि टीका लगाउन सुरु गरेको देखिन्छ भने सेतो टीका लगाउनेले समेत रातो टीकामा फर्किएको देखिन्छ।, दसैं बहिष्कार अभियानको प्रभाव हराउनुको कारण लामो विदा र लामो समयदेखिको चलनले काम गरेको मानवशास्त्री डा. मुक्तसिंह लामा बताउँछन्।, ‘अहिले स्वेच्छिक ढंगले दसैं मान्ने/नमान्ने वा आफ्नो ढंगले मान्न मानिस स्वतन्त्र छन्। त्यो स्वेच्छिक कुरा भयो,’ डा. लामा भन्छन्, ‘विदा, दसैं खर्च, भेटघाट जस्ता कुरा छन्। उक्त समयलाई विभिन्न र आ–आफ्नै तरिकाले मनाउने चलन पनि छ।’, उनका अनुसार बौद्ध धर्म गुरु पदमसम्भवको जन्म पनि विजया दशमी पर्ने हुनाले तामाङ समुदायमाझ दसैंको समयमा गुम्बा गएर ध्यान गर्ने चलन पनि सुरु भएको छ। उक्त चलनलाई पनि फरक ढंगले दसैं कै निरन्तरता रूपमा बुझ्न सकिन्छ।, दसैंलाई राज्यले पनि लामो समयदेखि प्रवर्द्धन गरेको तर्क सही देखिन्छ। तर, दसैंलाई विशुद्ध हिन्दु चाड र नेपाल एकीकरणको प्रक्रियामा यसलाई जबर्जस्त रूपमा लादिएको तर्क गर्नेले आँखा चिम्लिएको अर्को पक्ष नेपालका विभिन्न जाति/जनजातिबीचको सम्बन्ध र साँस्कृतिक घुलमिल हो। जस्तै, हलेसी, बराह क्षेत्र, पञ्चकन्या, बुढासुब्बा मन्दिरहरू साझा धार्मिक स्थलका रूपमा विकास भएका छन्। कुनै जनजाति समुदायमा दसैं मान्ने तरिका यति पृथक र स्थानीय छ कि त्यसलाई अत्यन्त लामो समयदेखिको सामाजिक अन्तरघुलनले मात्र सम्भव बनाउन सक्छ।, त्यस्तै, जनमानसमा बुझिने हिन्दु धर्ममा गाईको मासुमा बन्देज बाहेक निश्चित सिद्धान्त र अभ्यास निर्धारित छैनन्। पृथ्वीनारायण शाहको ‘असली हिन्दुस्तान’मा ‘हिन्दु’ भन्नाले कुनै निश्चित धार्मिक अभ्यासभन्दा पनि मुस्लिम र क्रिस्चियन धर्मबाट फरक र स्थानीय धार्मिक परम्परालाई बुझाएको देखिन्छ। त्यसले ‘हिन्दु धर्म’को दायरालाई फराकिलो पार्छ। अझ मानिसले दशैं मान्नुको कारण यसको धार्मिकभन्दा पनि आफन्तजनसँग समय बिताउने र खानपिन गर्ने जस्ता भौतिक कुरा जोडिनु हो। त्यस्तो परम्परालाई चटक्कै छोड्न गाह्रो हुन्छ।, इलाममा दसैंबारे अध्ययन गरेकी मानवशास्त्री सुसन ह्यान्गेनका अनुसार जनजाति अगुवाको आह्वानमा सशक्त ढंगले दसैं बहिष्कार गरेको त्यहाँको पुरै गाउँका मानिसले फेरि उल्लासमय ढंगले उक्त पर्व मान्न थाले। किन त्यस्तो भयो भन्ने उनको प्रश्नमा प्राध्यापक तथा जनजाति नेता डा. ओम गुरुङले उत्तर दिएका छन् – किनकि दसैं वर्ष दिनमा आउने गज्जबको समय हो, त्यतिबेला जताततै उल्लासपूर्ण वातावरण हुन्छ।, दसैं व्यापक र लोकप्रिय हुनुको कारण यसको धार्मिक महत्वभन्दा पनि पारिवारिक र आफन्तजन भेला भएर मानिने उत्सवका रुपमा यसको विकास हुनु हो। पुस्तौंदेखि दसैं उत्सवका सम्झना र उत्साह आम मनोविज्ञानमा गहिरोसँग गाडिएका छन्। दसैं कथाको निर्माण, पुनर्निर्माण वा ऐतिहासिकताबारे विवाद भए पनि दसैं धर्मको साँघुरो घेराबाट बाहिर निस्किएको छ। त्यसैकारण पनि दसैं नेपालीहरूमाझ लोकप्रिय चाडका रूपमा रहिरहने देखिन्छ।, कसरी यति व्यापक र उल्लासमय भयो दसैं?
ध्रुवसागर शर्मा बुढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरूको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ। , म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्।, रूमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसार देखेर बेली गाउँ नै दंग पर्ने गरेको छ। हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आएकी नातिनी विष्णु पुन मगर चौबीसै घन्टा बाजेको स्याहारमा तल्लिन छिन्।, एक सय एक वर्षको वृद्ध वय त्यसै नै शिथिल हुन्छ। शारीरिक रूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ। तर परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारीरिक रूपले मात्र होइन, मानसिक रूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्छ।, शिवलाल पुन मगरको हकमा भने यस्तो छैन।, उनको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिज मगाइदिने गर्थिन्। घरका सदस्यलाई अरू काम छाडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउँथिन्।, परिवारका सदस्यले पनि सोहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरू सिकाउने, आफन्त, इष्टमित्रहरूको खैखबर बुझ्ने लगायत काम गर्छन्।, बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिक रूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैं खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थालेका छन्।, विगत १५ वर्षदेखि इजरायलमा बस्दै आएकी विष्णु इजरायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्छिन्।, गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको स्थानीयवासी बताउँछन्। युवाअवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिक रूपमा उनलाई भेट्न आउनेहरुको भीड लाग्ने गर्छ।, एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवानका रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ। उनीहरूले आफ्नो जीवनकालमा गरेका काम समाजका लागि अनुकरणीय हुने गर्छन्।, बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक छन्। विष्णुले दैनिक रूपमा ती जेष्ठ नागरिकको घरमा पुगेर कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यलाई समेत सिकाउँछिन्। आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुरा किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आएकी छन्।, शिवलालका एक छोरा र दुई छोरी छन्। छोरीहरू विवाह गरेर आआफ्नो घरमा छन् भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्छन्। शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ। परिवारका सबै सदस्य शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै रेखदेखमा खटिने गर्छन्।, बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउँछिन्। उनलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आएकी छन्। बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ।, उनी आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उनीहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैसँग आग्रह गर्छिन्।, - रासस, १०१ वर्षीय हजुरबुवाको स्याहार गर्न इजरायलबाट घर फर्किन् नातिनी
नवीनबाबु गुरूङ नवरात्रिको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दसैं घर वा पूजा कोठामा बुधबार विजयादशमीका दिन बिहान देवी विसर्जन गरिएको छ। विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो वा सेतो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइयो। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।, आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाउने चलन छ।, यसरी मनाइँदैछ दसैं (फोटो फिचर)
रासस चितवनमा गाडीको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्।, भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पँगेनीको मृत्यु भएको हो।, टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , दुर्घटनामा मोटरसाइकल पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन्।, पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
रासस इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा बुधबार एक युवकको मृत्यु भएको छ।, करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।, उनको घटनास्थलमै मृत्यु भएको हो।, इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।, मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।, इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैंको टीका ग्रहण गरेकी छन्, बडादसैँ २०७९ को अवसरमा उनले शितलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन्।, राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ।, राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्न राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।, राष्ट्रपतिबाट आज दसैंको टीका लगाइदिने कार्यक्रम कसलाई कति बजे?
रासस काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा पनि भारी मात्रामा वर्षा भएको छ। , मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले बुधबार दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ। आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ।, वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। विगत १२ घन्टामा काठमाडौंमा ३० एमएम हाराहारी पानी परेको छ।, 'उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३-४ बजेपछि ठूलो वर्षाको सम्भावना छैन,' उनले भनिन्, 'मौसम भने खुल्दैन, बदली रहन्छ।', उनले यो प्रक्रिया अझै २-३ दिन रहने जानकारी दिँदै भने, 'पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ। यो प्रक्रिया अझै २-३ दिनसम्म रहन्छ। यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ।', उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ।, १२ घन्टामा कति पानी पर्‍यो काठमाडौंमा? आजको अनुमान के?
रासस तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन्।, विजया दशमीको दसौं दिन बुधबार कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।, कोभिड–१९ को संक्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन्। विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो।, कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैंका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताए।, 'दसैंका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो। तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ,' उनले भने।, 'यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौं,' कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भने, 'आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ।' , कैदीबन्दीहरूले खसैं मनाउन खसीबोका किन्न कोष बनाएका थिए। कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन्। सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरा लगायत खरिद गरिएको छ।, 'सरकारले दसैं खर्चबापत प्रत्येक कैदीबन्दीलाई तीन सयका दरले रकम उपलब्ध गराउँछ। सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्। त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ,' अधिकारीले भने।, तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन्।, तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी
नारायण खड्का दाङमा खोलामा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। हिजो रातिदेखिको अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए। , चौधरी दिउँसो खोला तर्ने क्रममा बगेको र खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको एसपी वलीले जानकारी दिए।, तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने गुर्जे लगायत विभिन्न खोलामा आएको बाढीका कारण साना सवारीसाधन सञ्चालनमा आउन नसकेको एसपी वलीले बताए। त्यसले गर्दा दसैंको दिन आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।, एसपी वलीका अनुसार यो सडकभन्दा उत्तरको वैकल्पिक 'भाइरल मार्ग' प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।, अविरल वर्षाका कारण बबई र राप्ती नदीमा बाढीको सतहले जोखिम पार गरेको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया जोड्ने बबई पुलको दक्षिण तर्फ पनि बाढी आएकाले यातायात अवरूद्ध भएको छ। डुबानको जोखिम बढेको हुँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।, सोही सडकखण्डको जंगल क्षेत्र भञ्ज्याङमा पहिरो झरेका कारण पनि सडक अवरूद्ध भएको एसपी वलीले बताए। नेपालगञ्जबाट दाङ हुँदै पहाडी जिल्लाहरू जाने आउने सर्वसाधारण बीचमा अड्किएकाले पहिरो पन्छाएर सडक खोल्ने प्रयास जारी छ।, त्यस्तै दाङको देउखुरी क्षेत्रमा राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ।, एसपी वलीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।, दाङ–रोल्पा हालेरी जोड्ने सहिद मार्ग पनि पहिरोका कारण अवरूद्ध भएको छ। दिउँसो यो सडकखण्ड अन्तर्गतको दुई खोलीमा झरेको पहिरो पन्छाइए पनि फेरि बेलुकीपख पहिरो झरेकाले अवरूद्ध बनेको छ। पहिरो पन्छाउन डोजर पठाउने काम भइरहेको उनले बताए। , विशेष गरी बबई र राप्ती नदीको तटीय क्षेत्र जलमग्न भएकाले प्रहरी 'अर्लट' भएर बसेको तथा सर्वसाधारणलाई पनि सावधानी अपनाउन आग्रह गरिएको उनले जानकारी दिए।, दिउँसो बखरिया क्षेत्रमा तुलसीपुरका मेयर टीकाराम खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल लगायतको टोली बबई नदीमा पुगेर पुलपारिको भँगालोमा अड्किएका यात्रुलाई टिपर र जेसिबीद्वारा उद्धार प्रयास गरेका थिए। त्यो सम्भव नभए पनि उनीहरूका लागि खाना र बस्ने व्यवस्थापन गरिने मेयर खड्काले बताएका थिए।, त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले केही बेरअगाडि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको हर्नेटीमा पहिरो झरेर अवरूद्ध भएको जानकारी दिएका छन्। पहिरो पन्छाउन जेसिबी पठाउने तयारी भइरहेको उनले बताए।, उनी आफू भने बबईमा पुलपारि अड्किएका सर्वसाधारणलाई उद्धार गरी तुलसीपुरतर्फ पठाउने कार्यमा खटिएको जानकारी दिए।, खोलामा बगेर एक बेपत्ता, बाढीका कारण नदी तटीय क्षेत्रको जनजीवन प्रभावित
सेतोपाटी संवाददाता नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो।, उनलाई हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ।, सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने पनि लेखेका थिए।, प्रहरी स्रोतका अनुसार उनी जहाजको बिजनेस क्लास टिकटमा आएका थिए। त्यस्तै यतिन्जेल उनी अमेरिकामा भएको पनि स्रोतले बताएको छ।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।, त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, पक्राउ परे सन्दीप लामिछाने
रासस लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए।, लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो। उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालीस हजार क्युसेक पुगेको छ।, गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी आफूहरूले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।, गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उनको भनाइ छ। पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनसमेत उनले आग्रह गरे।, गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो।, बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गर्दै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने बिहीबार साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। , गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरूद्ध भएको हो।, सडक अवरूद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन्। सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ।,  , नारायणगढ–मुग्लिन सडकमा खस्यो पहिरो
सेतोपाटी संवाददाता बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किने भएका छन्। , उनले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका हुन्। , उनले आफूले प्रहरीलाई पनि यसबारे खबर गरिसकेको बताएका छन्। आफूले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि स्टाटसमा उल्लेख गरेका छन्। , एक किशोरीलाई सन्दिपले काठमाडौंको गौशालास्थित एक होटलमा लगेर जबरजस्ती गरेको भन्दै भदौ २१ गते जाहेरी परेको थियो। , त्यतिखेर सन्दीप क्यारेबियन क्रिकेट लिगका लागि विदेशमा थिए। बलात्कारको आरोप लागेपछि उनले खेल खेल्न पाएका थिएनन्।, जाहेरी परेको केही समयपछि उनी सम्पर्कबिहीन भएका थिए। त्यसपछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको थियो।,  , बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्कँदै
रासस अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध भएका छन्।, तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ।, पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरूद्ध भएको हो।, कतिपय स्थानका सडक भासिएको छ।, राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरूद्ध छ।, जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँठाउँमा पहिरो खसेको छ। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरूद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए।, दसैंका टीका लगाउन आफन्तकोमा जानेहरू अवरूद्ध सडकका कारण समस्यामा परेका छन्। सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन्।, जिल्लामा सबै ग्रामीण सडक अवरूद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ।, स्थानीय सडक अवरूद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्‍याउन नपाएको गुनासो गरे।, राजमार्गबाहेक सडक सम्पर्कबाट विच्छेद भयो बागलुङ
चेतना गुरागाईं आर्काइभ, कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।, दसैं नै नमनाउने धर्मावलम्बीको गाउँमा प्रचलित यो 'अनुकरणीय' परम्परा उद्धृत गर्दै संस्कृतिविद् जगमान गुरुङ भन्छन्, 'यो कुनै धर्म वा जाति विशेषको चाड होइन, हाम्रो विशिष्ट समन्वयकारी संस्कृति हो, जसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ।', मिया पाटनको प्रसंग एउटा उदाहरण हो।, यस्ता अनेक विशेषता छन्, जसले दसैंलाई हिन्दु धर्मको परिधिबाट माथि उठाएर सांस्कृतिक चाडका रूपमा स्थापित गर्छ।, नभए, भारतका हिन्दुले मनाउने 'दशहरा' भन्दा हाम्रो 'दसैं' किन भिन्न छ?, उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, किन हामीजस्तै निधारमा रातो अक्षताको टीका र शिरमा पहेंलो जमरा उन्दैनन्?, किन हामी दसैं बेला रातो, सेतो र कालो टीका सराबरी लगाउँछौं?, किन टीकाको आशिषमा महाभारत र रामायणका पात्रको नाम जप्छौं?, दसैंसँग जोडिएका यी र यस्ता अनेक प्रश्न बोकेर हामीले दुई जना वरिष्ठ संस्कृतिविद्लाई भेट्यौं– तेजेश्वरबाबु ग्वंगः र जगमान गुरुङ। उनीहरूले जे भने, त्यसले दसैंलाई धार्मिक आस्थासँग जोडिएको तर मूल रूपमा हाम्रो सांस्कृतिक चाडका रूपमा बुझ्न सघाउँछ।, सबभन्दा पहिला, दसैंमा लगाइने टीका र जमराबाट सुरू गरौं।, टीका र जमरा हटाइदिने हो भने हाम्रो दसैं र भारतको 'दशहरा' बीच खास भिन्नता रहँदैन। भारतका हिन्दु धर्मावलम्बी दशहरामा नवरात्रिभरि उत्सव गर्छन्। विजया दशमीको दिन हामीले जस्तो टीका र जमरा लगाएर ठूलाबडाको आशीर्वाद भने थाप्दैनन्। धार्मिक चाड मात्र हुँदो हो त हाम्रो दसैं मनाउने आधारभूत तरिकामै यति ठूलो भिन्नता हुँदैनथ्यो।, संस्कृतिविद् जगमान दसैंलाई 'लडाइँसँग जोडिएको संस्कृति' मान्छन्।, उनको भनाइमा, दसैं उत्सव लडाइँको पूर्वसन्ध्या हो, जतिबेला कृषक सिपाहीहरू खेतीबाली भित्र्याएर लडाइँमा जाने तयारी गर्छन्। नवरात्रिभरि हातहतियार सरसफाइ र पूजाआजा गर्ने चलनलाई उनी यसैसँग जोड्छन्।, 'झरी थामिएर शरद ऋतु सुरु भएपछि किसानहरू खेतबारीको कामबाट मुक्त हुन्थे। अनि बालीनाली भित्र्याएर लडाइँको तयारीमा लाग्थे। आफूसँग भएका सबै हतियार सरसफाइ गर्थे र साँध लगाउँथे। त्यसपछि तिनै हतियारको पूजा हुन्थ्यो। विजया दशमीको दिन घटस्थापनामा राखिएको घडाको पानीले हातहतियार अभिषेक गर्थे। निधारमा दही र चामल मुछेको टीका लगाएर हर्षबढाइँका साथ युद्ध अभ्यासमा निस्कने चलन थियो,' उनी भन्छन्।, दसैं यही युद्ध परम्पराको निरन्तरता हो भन्ने जगमानको तर्क छ।, आज पनि फूलपातीको दिन खुकुरी, खुँडाजस्ता पुराना हतियार जम्मा गरेर साँध लगाउने र रातो–सेतो ध्वजाले सिंगारेर दुर्गा देवीसँगै स्थापना गर्ने चलन छँदैछ। यो विधिलाई 'दुर्गा जगाउने' भनिन्छ। दुर्गा आफैंमा 'शक्तिको रूप' हो।, भोलिपल्ट अष्टमीका दिन झुल्के घामसँगै खसी–बोका बलि दिइन्छ। कहीँ नगराको आवाज त कहीँ मालसिरी धुनबीच दसैं उद्घोष हुन्छ। बलि दिने चलनलाई जगमान 'शक्तिको उपासना' सँग जोड्छन्। नगरा र मालसिरी धुन भने सेनाको हौसला बढाउँदै चारै दिशामा युद्धको डंका पिट्न बजाइएको उनको भनाइ छ।, 'दसैं मनाउने विधिले नै लडाइँको झल्को दिन्छ,' उनी भन्छन्, 'यस्तो विधि ठाउँअनुसार फरक भए पनि सबैतिर लडाइँकै अनुभूति हुन्छ।', उनले काठमाडौं उपत्यकामा गुञ्जिने मालसिरी धुन र यहाँका नेवारले मनाउने दसैं परम्पराको उदाहरण दिए।, अष्टमीका दिन मालसिरी धुनसहित कोतमा गएर मार हान्ने चलन छ। कुनै समय काठमाडौंका नेवार शिरमा सेतो फेटा गुथेर सेतै जामामा खुँडा नचाउँदै नगर परिक्रमा गर्थे। 'यो एक किसिमले युद्धकै तयारीको झल्को दिने रीत हो,' उनले भने।, काठमाडौं उपत्यकामा मात्र होइन, यस्तो चलन देशका अन्य ठाउँमा पनि छ।, गण्डक क्षेत्रमा गुरुङ, मगर लगायत जनजातिहरू खुँडा र खुकुरी बोकेर परिक्रमामा निस्कन्छन्। कुनै पनि जातिका मान्छेलाई त्यसमा भाग लिन रोकतोक हुन्न। 'सराप खेलेको' भनिने यो रीतले युद्ध अभ्यासको झल्को दिने जगमानको भनाइ छ।, दसैंको टीकालाई पनि उनी लडाइँसँगै जोड्छन्।, उतिबेला लडाइँमा जानुअघि पहाडका देउराली वा देवीथानमा मार हान्ने चलन थियो। जनावरको घाँटीबाट झर्ने रगत थालमा तपतप जम्मा गरिन्थ्यो। र, त्यसैलाई चामलसँग मुछेर 'शक्तिकी देवीको प्रसाद' का रूपमा टीका लगाइन्थ्यो। यहाँ चामललाई 'नाश नहुने अन्न' को प्रतीकका रूपमा प्रयोग गरिएको उनको भनाइ छ।, 'क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने,' उनले भने, 'यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनी टीका लगाएको हुनसक्छ।', यसरी कुनै बेला रगतमा मुछेको टीका लगाएर आएका हामीले एकैचोटि अबिरमा चामल मुछेर रातो टीका लगाउन थालेका होइनौं। यसबीच गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिदेखि खसआर्यसम्मले सेतो टीका लगाउने गरेको जगमानको भनाइ छ।, रातो र सेतो टीकाबीचको विवाद नै उनी निरर्थक मान्छन्।, 'यो नचाहिँदो विवाद हो। आज हामी जनजातिले मात्र सेतो टीका लगाउँछन् भन्छौं। रातो टीका लगाउन थालिसकेका जनजाति पनि आफ्नो पहिचान भन्दै सेतोमै फर्केका छन्। वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो,' उनले भने।, अक्षतामा मुछिने अबिर नेपालको आफ्नो उत्पादन नभएकाले रातो टीका यहाँको मौलिक परम्परा हुनै नसक्ने उनको तर्क छ।, 'आज त हामी भारतबाट अबिर आयात गर्छौं भने उतिबेला यहाँ कहाँ पाएर हुने?' उनले भने, 'बरु काठमाडौं उपत्यकाका नेवारले व्यापारका क्रममा अबिर भित्र्याएर दसैं टीकामा समावेश गरेका हुनसक्छन्।', विस्तारै भारतीय प्रभाव बढेर रातो टीका लगाउने चलन झ्यांगिदै गएको हुनसक्ने उनको भनाइ छ। यहाँनिर बाहुन–क्षत्री कसरी सेतोबाट रातो टीकामा सरे तर जनजातिहरू सेतोमै अडिरहे भन्नेमा उनको आफ्नै तर्क छ।, बाहुन–क्षत्रीमा पहिल्यैदेखि बसाइसराइँ तीव्र थियो। त्यही सिलसिलामा उनीहरूले अबिर प्रयोग गर्न पाए।, 'श्रृंगारिक हिसाबले पनि सेतोभन्दा अबिर मुछेको रातो टीका राम्रो देखिएपछि यसको प्रभाव बढ्दै गएको हुनसक्छ,' जगमानले भने, 'जनजातिहरू भने पहाडतिरै बसे। अबिर प्रयोग गर्न उनीहरूले धेरै ओहोरदोहोर गर्नुपर्थ्यो। अन्ततः सेतोलाई नै आफ्नो पहिचान ठान्न थाले।', यहाँनिर जगमान गुरुङ र अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको भनाइ आपसमा केही बाझिन्छन्, केही मिल्छन्।, तेजेश्वरबाबु टीका संस्कारलाई युद्धको तयारीभन्दा कृषिसँग जोडिएको विधि मान्छन्।, 'यो चाड हाम्रो खेतीपातीसँग जोडिएको छ। नेपाल त्यसै पनि लहलहाउँदो सुनौला बाला फल्ने ठाउँ हो। शरद ऋतुको आगमनसँगै भित्र्याएको नयाँ बालीलाई टीका साइतमा पूजा गर्ने चलन अहिले पनि छ। चामलको टीका लगाउने विधि यही चलनसँग जोडिएको छ,' उनले भने।, उनले लक्ष्मीपूजाको दिन धान, गहुँ, मकै, भटमास, केराउ लगायत सबै किसिमका अन्न माटोका छुट्टाछुट्टै भाँडामा चाङ लगाएर पूजा गर्ने विधिको उदाहरण दिए। भने, 'संस्कृतिको आधारभूत कुरा कृषि नै हो। मान्छेले आफ्नो जीविका कसरी भइरहेको छ, त्यसैको उत्सव मनाउने हो, संसारभरि नै संस्कृतिको विकास यसैगरी हुन्छ।', घरभित्र जमरा उमार्नुलाई त उनी सानोतिनो कृषि कर्मसँगै दाँज्छन्। हाम्रो जीविकामा कृषिको कति धेरै महत्व छ भनेर यसले झल्काउने उनको भनाइ छ। जमरा छोपेर पहेंलो पार्नुलाई तेजेश्वरबाबु श्रृंगारका रूपमा लिन्छन्।, जमराको सन्दर्भमा जगमानको विचार पनि फरक छैन।, 'जौ तागतिलो अन्न हो। त्यसैले माटोको पूर्वपरीक्षण र बीउ कति उब्जाउ छ भनेर अड्कल काट्न जमरा रोप्ने चलन सुरु भएको हुनसक्छ,' जगमानले भने, 'गाउँघरतिर जहाँ जौ हुँदैन, त्यहाँ मकैको जमरा हाल्ने चलन छँदैछ।', रातो र सेतो टीका विवादमा भने तेजेश्वरबाबुको तर्क जगमानसँग मिल्दैन।, उनी यी दुईथरी टीका लगाउने चलनलाई समुदायको वंश परम्परासँग जोड्छन्।, 'सूर्यको प्रकाशलाई पुज्ने सूर्यवंशीहरू त्यसको तातो र न्यानो किरणसँग मिल्ने रातो टीका लगाउँछन्। जबकि चन्द्रमा पुज्ने चन्द्रवंशीहरू त्यसको शितल र सेतो किरणजस्तै सेतो टीका लगाउँछन्,' तेजेश्वरबाबुले भने।, मल्लकालसम्म काठमाडौं उपत्यकाका नेवारमै सेतो टीका लगाउने चलन रहेको उनले बताए।, 'काठमाडौं उपत्यकामा पछिसम्मै सेतो टीका लगाउने चलन थियो। उता किराँतहरू पनि सेतै लगाउँथे। यी सबै चन्द्रवंशीय हुन्,' उनले भने, 'गोरखाका सूर्यवंशी राजा पृथ्वीनारायण शाह भने रातो टीका लगाउँथे। गण्डक क्षेत्रतिर रातैको चलन थियो। राज्य विस्तार क्रममा काठमाडौं उपत्यका जितेपछि पृथ्वीनारायण र उनका भाइभारदारले आफूसँगै रातो टीका लिएर आए। यसले काठमाडौंबाट विस्तारै सेतो टीका लगाउने चलनै हरायो।', तेजेश्वरबाबु अझै पनि आफ्नो परिवारमा सेतो टीका लगाउने चलन भएको बताउँछन्। उनको भनाइ छ, 'रातो टीका त हामीले अरूको देखासिकी लगाउन थालेका हौं।', टीका परम्पराकै कुरा गर्दा नेवार संस्कृतिमा रातोसँगै कालो टीका लगाउने चलन छ, जसलाई 'मोहिनी' भनिन्छ। नेवार भाषामा दसैंलाई नै मोहिनी भन्ने गरिन्छ। दसैंको पूजाकोठाभित्र सलिँचामा दियो बालेर छोपेपछि धुवाँसिन्छ। त्यही धुवाँसिएको भाग झिकेर मोहिनी तयार पारिन्छ।, संस्कृतिविद् तेजेश्वरबाबु कालो टीका लगाउनुका दुइटा कारण देख्छन्।, पहिलो, सेतो वा रातो टीकामुनि कालो लगाउँदा मान्छेको सुन्दरता निखारिन्छ। 'मोहिनी' शब्द नै 'मोहनी' बाट आएको उनको भनाइ छ।, दोस्रो, जसरी केटाकेटीलाई घरबाहिर निकाल्दा नकारात्मक प्रभाव नपरोस्, भूतप्रेत नलागोस् भनेर कालो टीका लगाइदिने चलन छ, मोहिनीलाई त्यस्तै विकृति, रोगव्याधि लगायत नकारात्मक प्रभावबाट बचाउने सुरक्षा कवचका रूपमा उनी लिन्छन्।, जगमान गुरुङले तेस्रो कारण पनि औंल्याए।, 'काठमाडौं तान्त्रिक सहर हो। यहाँको नेवारी संस्कृति भनेकै तन्त्रप्रधान छ,' उनले भने, 'तन्त्रविद्यामा कालो टीकाको ठूलो भूमिका हुन्छ। मोहिनी त्यही तान्त्रिक विधिबाट आएको टीका हुनसक्छ।', मोहिनीमाथि लगाइने रातो टीकालाई भने उनले विजयको प्रतीककै रूपमा लिए।, दसैंसँग जोडिएको हाम्रो अर्को जिज्ञासा थियो– टीकाको आशिषमा महाभारत र रामायणका पात्रको नाम हामी किन जप्छौं?, के तपाईंलाई टीकामा आशिष दिँदा के–के भनिन्छ थाहा छ?, आयुर द्रोणसुते, श्रियो दशरथे, शत्रुक्षयो राघवे,, ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानश्च दुर्योधने।, शौर्यं शान्तनवे, बलं हलधरे, सत्यन्च कुन्तीसुते,, विज्ञानं विदुरे, भवन्तु भवतां, कीर्तिश्च नारायणे।।, अर्थात्,, आयुर द्रोणसुते (द्रोणका छोरा अश्वत्थामाजस्तै लामो आयु होस्), श्रियो दशरथे (दशरथको जस्तै श्रेय पाइयोस्), शत्रुक्षयो राघवे (रामचन्द्रले जस्तै शत्रु नाश गर्न सकियोस्), ऐश्वर्यं नहुषे (नहुष राजाको जस्तै ऐश्वर्य होस्), गतिश्च पवने (पवनको जस्तो गति होस्), मानश्च दुर्योधने (दुर्योधनको जस्तो मान कमाइयोस्), शौर्यं शान्तनवे (सूर्यका छोरा कर्णजस्तो दानी होओस्), बलं हलधरे (हलोधारी बलरामजस्तै बलवान् होओस्), सत्यन्च कुन्तीसुते (कुन्तीका छोराले जस्तै सत्य बोल्नू), विज्ञानं विदुरे, भवन्तु भवतां (विदुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको होओस्), कीर्तिश्च नारायणे (भगवान नारायणको जस्तै कीर्ति हासिल गर्नू), संस्कृतिविद् जगमान यो आशीर्वाद युद्धसँगै सम्बन्धित रहेको बताउँछन्।, लडाइँमा जाने योद्धामा रामायण र महाभारतकालीन पात्रझैं शक्ति आओस् र त्यसरी नै शत्रु पराजित गर्न सकोस् भनी कामना गर्ने अभिप्रायले यस्तो जपना गरिएको उनको भनाइ छ।, 'ती लडाइँमा सिंगो राज्य नै रित्तिएको थियो भन्ने हामीले पढेका छौं। त्यतिबेला युद्धको धङधङीले धेरै मान्छेको ज्यान लियो। धेरै विधवा भए। कतिले आफ्ना छोराछोरी गुमाए। कतिले आमाबाबु। त्यत्रो मानवीय विनाशले परिवार मात्र होइन, सिंगो राष्ट्रलाई नै विच्छृखंल बनाएको थियो। त्यही स्थिति फेरि नदोहोरिओस् भनेर रामायण र महाभारतकालीन युद्धका पात्रजस्तै शक्ति आर्जन होस् भनी नाम जपेको हुनसक्छ,' जगमानले भने।, मानसिक रूपले निराश मान्छेमा यस्तो आशिषले हौसला र उत्साह थप्ने हुँदा आजसम्म निरन्तरता पाइरहेको उनको भनाइ छ।, हाम्रो दसैंको अर्को विशेषता दुर्गा पूजा पनि हो। भारतमा बंगालीहरू दुर्गा पूजा गर्छन्। अन्यत्र भने 'असुरका राजा' रावणमाथि रामको विजयोत्सवका रूपमा 'दशहरा' मनाइन्छ। यस क्रममा ठाउँठाउँमा पण्डाल लगाएर रावणको पुत्ला दहन गर्ने चलन छ।, जगमान रावणको पुत्ला दहनलाई नेपालको मौलिक संस्कृति मान्दैनन्।, उनका अनुसार यो भारतको गंगा किनारका मैदानमा विकसित संस्कृति हो। जबकि यहाँको दुर्गा पूजालाई उनी नेपालको पहाडी भेगमा विकास भएको मान्छन्।, 'पुत्ला दहन आयातीत संस्कृति हो,' उनले भने, 'बसाइसराइँका क्रममा यो नेपाल भित्रिएको हो।', आज भारतसँग सीमा जोडिएको तराई भेगमा रावणको पुत्ला जलाएर दसैं उत्सव मनाइन्छ। केही समययता काठमाडौंभित्रै पनि ठाउँ–ठाउँमा पण्डाल लगाएर रावणको पुत्ला दहन हुन थालेको हामीले देखेका छौं।, यसरी युद्धसँग जोडिएको दसैं संस्कृतिको थालनी र दुर्गा पूजाको सुरुआत पहाडी जनजातिले गरेका हुन् भन्ने जगमानको तर्क छ।, उनको यो तर्कको आधार पनि दसैंको लडाइँ–सम्बन्ध नै हो।, उतिबेला सेनामा अग्रपंक्तिमा रहेर लडाइँ गर्ने भनेका पहाडी जनजाति हुन्। युद्ध मैदानमा जानुअघि बलि दिँदा मार हान्ने जिम्मा जनजातिलाई दिइन्थ्यो। उनीहरू सुरो स्वभावका भएकैले यस्तो जिम्मेवारी दिइएको जगमानको भनाइ छ।, यही तर्कमा टेकेर उनी भन्छन्, 'दसैं भनेको जनजातिहरूकै संस्कृति हो। बलि हान्नेदेखि अक्षतामा रगत मुछेर टीका लगाउने चलन जनजातिबाटै सुरु भएको हो। अहिले आएर मौलिकता खोज्ने नाममा दसैंलाई बाहुन–क्षत्रीको चाड भनेर आफू बाहिर बस्नु हाम्रो आफ्नै पुर्खाको शानको अपव्याख्या हो।', 'हाम्रो दसैं त्यसै विशिष्ट छ, जसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ,' जगमानले भने।, तेजेश्वरबाबु पनि दसैं संस्कृतिलाई नेपालीहरूको 'स्वत्व' (आफ्नोपन) मान्छन्।, 'संसारका सबै मान्छेले आफ्नो देशको वातावरण र पर्यावरणअनुसार संस्कृति अपनाएका हुन्छन्। हरेक संस्कृतिको आफ्नै लहनसहन हुन्छ। दसैंमा टीका र जमरा लगाउने चलन हाम्रो स्वत्व भएको मौलिक लहनसहन हो,' उनले भने।, (यो स्टोरी पहिलोपटक २०७६ असोज २१ गते प्रकाशित भएको थियो।), किन लगाइन्छ दसैंमा टीका र जमरा?
नारायण खड्का दाङमा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता छन्। , खैरेनी खोलामा आएको बाढीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगी बुधबार राति दस बजेतिर सोही वडाको खैरेनी खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। , बगेको ठाउँदेखि झन्डै ३५ मिटर दक्षिणमा बिहाबार बिहान डाँगीको शव फेला परेको मल्लले बताए। स्थानीयका अनुसार डाँगी मामाघरमा दसैंको टीका थाप्न गएका छोराछोरीलाई ल्याउन भनेर घरबाट गएका थिए।, गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १०  का ५४ वर्षीय कल्लु चौधरीको अवस्था भने अझै अज्ञात छ। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चौधरीलाई गुर्जे खोलामा आएको बाढीले बुधबार दिउँसो बगाएको थियो। उनको खोजी कार्य जारी भए पनि हालसम्म अवस्था अज्ञात छ।, त्यस्तै घोराहीमा पानी जमेको खाडलमा डबेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षीय धिरज घिमिरेको घरनजिकै खाडलमा डबुेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दामु पुनले सेतोपाटीलाई बताए। , घर परिवारले राति ११ बजेतिर घिमिरेको डुबेर मृत्यु भएको खबर प्रहरीलाई गरेको पुनले बताए।, ‘हामीले बुझ्दा उहाँ मदिरा सेवनपछि खाडलमा लडेको र टाउको पानीमा डुबेपछि मृत्यु भएको भन्ने छ,’ प्रहरी निरीक्षक पुनले भने, ‘शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ।’, पहिरोका कारण दाङ सल्यान र रोल्पा सडक खण्ड अवरूद्ध , जिल्ला प्रहरी प्रमुख एसपी वलीका अनुसार अविरल वर्षापछिको झरेको पहिरोका कारण दाङ– रोल्पा सडक खण्ड अवरूद्ध भएको छ। सडक खण्डको दुई खोली नजिकै झरेको पहिरोका कारण सडकखण्ड अवरूद्ध भएको हो। बुधबारदेखि नै पटकपटक पहिरो पन्छाए पनि वर्षा नरोकिएका कारण पहिरो झरिरहँदा सड खोल्ने प्रयास सम्भव नभएको एसपी वलीले जानकारी दिए। , ‘पानी थामिएको छैन,’ उनले भने, ‘जेसिबी लगेर जति पहिरो पन्छाए पनि फेरि झरिरहने समस्या देखिएको छ।’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी मल्लका अनुसार राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडकखण्ड पनि अवरूद्ध भएको छ। दाङ खण्डमा झरेको पहिरो पन्छाए पनि सल्यानको कपुरकोटभन्दा उत्तरतर्फ ठाउँठाउँमा पहिरो झरेका कारण अवरूद्ध बनेको उनले बताए।, यही राजमार्ग अन्तरगत तुलसीपुर–अमेरिला सडकखण्डको भञ्ज्याङमा झरेको पहिरो पन्छाएर मध्यरातिदेखि एक तर्फी सडक खोलिएको डिएसपी मल्लले  जानकारी दिए।, राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको १३ स्थित बबई नदीमा आएको बाढीका कारण बखरिया क्षेत्रमा अलपत्र परेका सर्वसाधारणलाई भने राति अबेरसम्म टिपर र जेसिबीमा राखेर उद्धार गरिएको एसपी वलीले बताए।, त्यस्तै तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटी लगायतका ठाउँमा पहिरो जाँदा रोकिएका यात्रुलाई पनि राति अबेरसम्म उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।, दाङ–रोल्पा होलेरी जोड्ने सहिद मार्गमा दसैंको टीका थाप्न जान हिँडेका अलपत्र यात्रुलाई पनि समन्वय गरी रातभर उद्धार गरिएको उनले जानकारी दिए। दसैंको बिदा परेको समयमै बस चालक फेला नपर्नु, पेट्रोल पम्पहरू बन्द हुँदा इन्धनको समस्या हुनु जस्ता कारणले उद्धारमा समय लागेको उनले बताए।, एसपी वलीका अनुसार राप्ती नदीमा बाढीले बिहीबार बिहानै पनि खतराको तह पार गरिसकेको छ। खतराको घन्टी बजाई प्रहरी खटाएर जोखिमयुक्त नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको एसपी वलीले बताए। हालसम्म राप्तीको बाढीका कारण १५ घर डुबानमा परेको र केही पशुचौपाया, कुखरा लगायत बगेर मरेको भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए। , त्यस्तै नदीको बाढीले जोखिम पार गरिसक्दा पनि स्थानीय सर्वसाधारण दाउरा लिन जाने हुँदा थप जोखिम बढेको छ।, ‘सम्भव भएसम्मका ठाउँमा प्रहरी खटाएर दाउरा खोज्नेहरूलाई बन्देज लगाएका छौं,’ उनले भने, ‘जोखिम मोलेर दाउराको पछि नलाग्न प्रहरी सबैलाई आग्रह पनि गरिरहेको छ।’, बबई नदीमा बाढीको सतह घटेको हुँदा बिहीबार बिहानदेखि केही साम्य भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए।, तुलसीपुर– ११ बगरपुरस्थित टापुमा बस्दै आएका झन्डै ८ घर परिवारलाई राति नै उद्धार गर्नुपर्ने अवस्था रहे पनि अहिले त्यो स्थिति नरहेको उनले बताए। वर्षा जारी भएकाले फेरि बगरपुरको टापूमा बस्दै आएकालाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।, इप्रका तुलसीपुरका प्रमुख डिएसपी मल्लले अहिले आफू बगरपुरको अवस्था बुझ्न घटनास्थल जान थालेको जानकारी दिए। जिल्लामा तीन दिनदेखि लगातार वर्षा जारी छ जसले गर्दा नदी, खोलाहरूमा पानीको बहाव उच्च बढेको छ।, वर्षाका कारण डुबेर दुईको मृत्यु, अर्का एक जनाको अवस्था अज्ञात
रासस नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।, विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले चेतावनी दिएको हो।, नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको हो।, ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने
रासस गोरखा दरबारस्थित दसैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।, विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।, फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।,  , गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ।, कार्यालयका कर्मचारीसमेत रहेका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हनुमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए।, तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरू गरेदेखि बर्सेनि वडादसैंको सातौं दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।, गोरखा दरबारको दसैं घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ।, विधिपूर्वक दसैं घरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए।, गोरखा दरबारको दसैं घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ। गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गरेका थिए।, त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गरेका हुन्।, गोरखा दरबारबाट फूलपाती पठाइयो हनुमानढोका
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले डेंगी नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ।, नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्।, बजारमा सिटामोलको अभावका कारण डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको नेविसंघले जनाएको छ। , अस्पतालमा पनि बिरामीका लागि बेडको कमी भएको भन्दै उचित व्यवस्था मिलाउन र निशुल्क उपचार गराउन माग गरेको छ। , यस्तै नेविसंघले जनचेतनामुलक कार्यक्रमको आयोजना समेत गर्न सरकारसँग माग गरेको छ। , डेंगी नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग
रासस खोटाङमा गुड्दै गरेको बसमा आगलागी भएको छ। , हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको हो।, काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नंको बसमा शनिबार अपराह्न एक्कासी आगलागी भएको हो।, बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने नभएको घटनास्थलमा पुगेका प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ।, काठमाडौंबाट दिक्तेल हिँडेको बस बीच बाटोमै आगलागी भएपछि त्यसमा सवार यात्रुहरू अलपत्र परेका छन्।, आगलागी भएको बसमा ३२ जना यात्रु रहेको र उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।, गुड्दै गरेको बसको इन्जिनबाट आगो उठेको यात्रुहरूले बताएका छन्।, आगलागी भएको बस पुरानो भएको र उक्त बसको इन्जिनमा जान गरिएको बिजुलीको तार एकअर्कामा जोडिँदा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।, खोटाङमा गुड्दै गरेको बसमा आगलागी
सेतोपाटी संवाददाता देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, ५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।, यसको संक्रमणबाट ९६ जना निको भएको मन्‍त्रालयले जनाएको छ।, यस्तै देशभर अहिले ९२५ जना सक्रिय संक्रमित छन्।, देशभर थप १९ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी-पहिरो आएको छ। खोला, नदीहरूमा बाढी उर्लिएको छ भने सडकहरू पहिरोका कारण अवरूद्ध बनेका छन्।, बिहीबार बिहान १२ बजेसम्म प्राप्त जानकारीअनुसार बाढीका कारण दाङमा दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको अवस्था अज्ञात छ। , बाढी-पहिरोका कारण तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।, हेर्नुहोस् अहिलेसम्म वर्षाका कारण कहाँ के-के भयो?, दाङमा दुईको मृत्यु, एक बेपत्ता, दाङमा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। , खैरेनी खोलामा आएको बाढीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५, धमकापुरका ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगी बुधबार राति १० बजेतिर सोही वडाको खैरेनी खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। , त्यस्तै गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का ५४ वर्षीय कल्लु चौधरीको अवस्था अझै अज्ञात छ। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चौधरीलाई गुर्जे खोलामा आएको बाढीले बुधबार दिउँसो बगाएको थियो। उनको खोजी जारी भए पनि हालसम्म अवस्था अज्ञात छ।, घोराहीमा पानी जमेको खाडलमा डुबेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ३, बेलुवाका ४५ वर्षीय धिरज घिमिरेको घरनजिकै खाडलमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक दामु पुनले सेतोपाटीलाई बताए।, पहिरोका कारण दाङ सल्यान र रोल्पा सडक खण्ड अवरूद्ध, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार अविरल वर्षापछि आएको पहिरोका कारण दाङ–रोल्पा सडक खण्ड अवरूद्ध भएको छ। सडक खण्डको दुई खोली नजिकै झरेको पहिरोका कारण सडकखण्ड अवरूद्ध भएको हो। बुधबारदेखि नै पटकपटक पहिरो पन्छाए पनि वर्षा नरोकिएका कारण लगातार पहिरो झरिरहँदा सडक खोल्ने प्रयास सम्भव नभएको एसपी वलीले जानकारी दिए।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी मल्लका अनुसार राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पनि अवरूद्ध भएको छ। दाङ खण्डमा झरेको पहिरो पन्छाए पनि सल्यानको कपुरकोटभन्दा उत्तरतर्फ ठाउँठाउँमा पहिरो झरेका कारण अवरूद्ध बनेको उनले बताए।, यही राजमार्गअन्तर्गत तुलसीपुर–अमेरिला सडक खण्डको भञ्ज्याङमा झरेको पहिरो पन्छाएर मध्यरातिदेखि एकतर्फी सडक खोलिएको डिएसपी मल्लले जानकारी दिए।, त्यस्तै तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटी, दाङ–रोल्पा होलेरी जोड्ने सहिद मार्गमा पनि पहिरो गएको छ।, राप्ती नदीमा बाढीले पार गर्‍यो खतराको तह, एसपी वीरबहादुर वलीका अनुसार राप्ती नदीमा बाढीले बिहीबार बिहानै खतराको तह पार गरिसकेको छ। खतराको घन्टी बजाई प्रहरी खटाएर जोखिमयुक्त नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको एसपी वलीले बताए।, हालसम्म राप्तीको बाढीका कारण १५ घर डुबानमा परेको र केही पशुचौपाया, कुखुरा लगायत बगेर मरेको भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए।, बबई नदीमा बाढीको सतह घटेको हुँदा बिहीबार बिहानदेखि केही साम्य भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए।, गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो, लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले गण्डक ब्यारेजका ३६ ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए।, लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो। उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालीस हजार क्युसेक पुगेको छ।, गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो।, नारायणगढ–मुग्लिन सडकखण्डमा खस्यो पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसेर दुईतर्फी सडक अवरूद्ध भएको हो।, सडक अवरूद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन्।, राजमार्गबाहेक सडक सम्पर्कबाट विच्छेद भयो बागलुङ, अविरल वर्षासँगै खसेको पहिराका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध भएका छन्।, तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारी लगायत सडक अवरूद्ध भएको हो। कतिपय स्थानका सडक भासिएको छ।, मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरूद्ध छ।, जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँठाउँमा पहिरो खसेको छ। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरूद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए।, जिल्लामा सबै ग्रामीण सडक अवरूद्ध भएकाले पोखरा-बागलुङ राजमार्गबाहेक बाग्लुङ अन्य सडक सम्पर्कबाट विच्छेद भएको छ।, बेनी–जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरूद्ध, वर्षाका कारण बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरूद्ध भएका छन्।, बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत दर्जनभन्दा बढी सडक बाढी र पहिरोका कारण अवरूद्ध भएका सम्बन्धित स्थानीय जनप्रतिनिधिले बताएका छन्। कतिपय स्थानमा सडक भासिएको छ।, खहरे र ग्रामीण क्षेत्रका खोलामा पनि बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरूद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताए।, त्यसैगरी बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिर लगायतको सडकमा वर्षाले सडक अवरूद्ध बनाएको छ।, सडक अवरूद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै रोकिन बाध्य भएका छन्। बेनी–जोमसोम सडकखण्डको शाखा नदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन।, बेनी–मालढुंगा–पोखरा सडक पनि बीचबीचमा अवरूद्ध भएको छ। पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न सकेका छैनन् भने खोला बढ्नुका साथै ठाउँठाउँमा पहिरो गएको छ।, सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरूद्ध, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरूद्ध भएको छ। बिहीबार बिहान ४ बजेतिर गल्याङ–८, झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरूद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।, त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरूद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ।, निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरूद्ध, निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरूद्ध भएको छ। , अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३, खोत्रोमा पहिरो खसेर सडक अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।, पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत् यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकलाई अहिले यात्रा नगर्नसमेत उनले आग्रह गरे।, (राससको सहयोगमा), बाढी-पहिरोले कहाँकहाँ पार्‍यो कस्तो प्रभाव?
सेतोपाटी संवाददाता अर्घाखाँचीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरेका छन्।, जिल्लाको  सन्धिखर्क नगरपालिका वडा नं ९ स्थित नौलापानी जंगलमा सिँचाइको लागि बनाइएको पोखरीमा परेर २७ वटा बाँदर मरेको जिल्ला वन कार्यालय अर्घाखाँचीले जनाएको छ।, जिल्ला वन कार्यालय अर्घाखाँचीका फरेस्टर दिपक पाण्डेले बाँदर पानी खान पोखरीमा गएको बेला पोखरी ठूलो भएको कारण डुबेर मृत्यु भएको हुनसक्ने बताए।  , स्थानीयले पनि पोखरी ठूलो रहेको र पानी खान पसेका बाँदर निस्किन नसक्दा डुबेको बताएका छन्।, जंगल गएका स्थानीयले पोखरीमा बाँदर डुबेको भेटेपछि वन कार्यालयलाई जानकारी गराएको पोखरीका सचिव समेत रहेका वडा नं ९ का सदस्य नारायण बहादुर रायमाझीले जनाएका छन्।, डुबेर मरेका बाँदरलाई प्रहरी, जनप्रतिनिधि र जिल्ला वन कार्यालयका कर्मचारीको रोहबरमा खाडल खनेर पुरिएको छ।, सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मरे २७ बाँदर
सेतोपाटी संवाददाता काठमाडौंको माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको छ।, आइतबार बिहान साढे ७ बजे गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, फुलपाती भित्र्याउनको लागि बली दिन राखिएको राँगो डोरी चुडाएर भागेको थियो। उक्त राँगो भागेपछि सर्वसाधरणहरू भागाभाग भएका थिए।, त्यसपछि प्रहरीले उक्त राँगोलाई राइफलले दुई राउन्ड गोली प्रहार गरी मारेको एसपी मैनालीले बताए।, यस घटनामा कसैलाई चोट नलागेको प्रहरीले जनाएको छ।, बली चढाउन ल्याएको राँगो भागेपछि माकलबारीमा गोली हानेर मारियो
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तीन महिनाको सेवा सुविधाबापत पाउने रकमको पोशाक विभिन्न संघसंस्थामा आश्रितलाई दिने भएका छन्।, मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा आफूले प्राप्त गरेको ३ महिनाको सेवा सुविधा उनीहरूको पोशाकमा खर्चिने जानकारी दिएका हुन्।, उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ सेवा सुविधा बुझेका छन्।, उक्त रकमबाट उनले धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थामा आश्रित २६९ जनालाई पोशाक किनिदिने बताए।, मेयर हमाल दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रित, मानव सेवा आश्रमका ५६ जना, आमाको माया छात्रावासका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीलाई पोशाक किनिदिने भएका हुन्।, यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए।, उनले उपमहानगरपालिकाको–११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधा बापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए।, जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए। मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन्। निर्वाचनमा हमालले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए।, धनगढीका मेयरले विभिन्न संघसंस्थामा आश्रितलाई पोशाक किनिदिने
रासस झापामा आमा र काकाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, हत्या आरोपमा कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। , शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।, हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।, पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पाठकले बताए।, झापामा दुई जनाको हत्या गरेको आरोपमा एक पक्राउ
राजु अधिकारी जब दसैंको फूलपाती लाग्छ पूर्वी तराईको सन्थाल समुदायका पुरूषहरू अरूबेलाभन्दा व्यस्त हुन्छन्।, वर्षभरी आ–आफ्नो काममा व्यस्त रहने उनीहरूलाई फूलपातीदेखि ५ दिन भने घरैघरै पुगेर नाच्ने व्यस्तताले छोप्छ। एकै पोशाकमा सजिएका पुरूषहरू लहरै उभिएर घरी अघि र पछि गर्दै बाजाको तालमा नाचिरहेका छन्।, शरदको घाममा तर्तरी पसिना चुहाउँदै उनीहरू घरघरै पुगेर दसैं सुरू भएको संकेत दिइरहेका छन्।, पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिबासी जनजाति सन्थालहरूले दसैंको फूलपातीदेखि टीकाको भोलिपल्टसम्म नाच्ने ‘दसैं नाच’ सुरू भएको छ। झापा मेचीनगर क्षेत्रमा आइतबार दसैं नाच देखाउँदै हिँडेका एक हुल सन्थाल युवा घरैघरै छिरेर तिहारको देउसी शैलीमा नाच देखाउँदै हिँडेका थिए।, ‘आजदेखि हामी पाँच दिनसम्म हामी घरैघरै नाच देखाउँदै हिँड्छौं,’ मेचीनगर १५ का बुधराम हेमरमले सेतोपाटीसँग भने, ‘हाम्रो पुर्खाले सुरू गरेको चलन अनुसार हामी दसैं नाच नाच्दै हिँड्छौं।’, उनका अनुसार यसबेला उनीहरूलाई मन्दिरहरूबाट बोलावट हुन्छ। त्यहाँ गएर यही जातीय नृत्य देखाउँछन्। यसबाहेक विभिन्न राजनीतिक दलहरूको आमसभामा पनि उनीहरूलाई झाँकी प्रदर्शनका लागि उनीहरूलाई बोलाइन्छ।, सन्थाल नृत्यको मुख्य विशेषता भन्नु नै लहर मिलाएर एकै शैलीमा आकर्षक नाच प्रदर्शन गर्नु हो। तीन जना अगुवामध्ये एक जनाले ढोल बोकेका हुन्छन्।, शिरमा मयुरको प्वाँख जडेको गजुर ठड्याएका हुन्छन्। उस्तै पोशाकमा सजिएका अर्को एक जनाको हातमा ‘ड्रम’ हुन्छ भने कसैले मुरली बोकेका हुन्छन्।, बाजा बजाउँदै झण्डै ‘साम्बा’ शैलीमा नाच्ने उनीहरूलाई नगद, चामलसहितको दक्षिणा दिने चलन छ।, ‘यो दक्षिणा हामी सामूहिक काममा लगाउँछौं,’ बुधरामले भने, ‘समाजमा चाहिने सामग्री जोड्न, हाम्रो सामूहिक पूजा गर्नमा उपयोग गर्छौं।’, सन्थाल समुदायको बसोबास रहेको क्षेत्रका अन्य समुदायका बासिन्दाहरू सन्थाल नाचले दसैंको रमाइलो बढाउने बताउँछन्।, ‘उहाँहरूले नाच लिएर घरघरै आएपछि बल्ल दसैं सुरू भए जस्तो लाग्छ,’ मेचीनगर १५ का दिपेन लुइँटेलले भने, ‘लामो प्रशिक्षण लिए जसरी सबैले एकै तालमा नाचेको हेर्न निकै आकर्षक लाग्छ।’, रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाइ, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा नाचिने यो नाच पूर्वी तराईको एउटा मुख्य साँस्कृतिक आकर्षण पनि हो।, सन्थालहरूको बसोबार नेपाल, भारत, बंगलादेश र भुटानमा पनि छ।, सरल, मिलसार र मेहेनती स्वभावका उनीहरू पूर्वी तराईका मोरङ र झापाका विभिन्न ठाउँमा बसोबास गरेका छन्। फुसको छाना भएका एकतले झुप्रा घरहरू भएको झुरूप्प बाक्लै बस्तीमा रहने उनीहरू लिसैलो माटोको लिउनले चिल्लो देखिने घरमा बस्छन्।, आँगनमा बाबरी फुलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख (विरुवा उनीहरूले लगाउने गरेका छन्। २०६८ को जनगणना अनुसार नेपालमा सन्थालहरूको जनसंख्या ५१ हजार ७३५ छ। २०७८ मा भएको राष्ट्रिय जनगणनाको अन्तिम परिणाम अझै आइसकेको छैन।, तस्बिरहरू:,  , दसैंमा पूर्वी तराईको आकर्षण सन्थाल नाच
सेतोपाटी संवाददाता घैँटाको मुख्य भागमा प्वालै प्वाल छन्। बाँसको फाटा (भाटा) को फ्रेम बनाएर चार वटा घैँटा चारतिर झुन्ड्याइएका छन्। एउटामाथि अर्को खप्टेर दुई वटा घैँटा टाउको माथि राखिएका छन्।, यी ६ वटै घैँटा एउटै फ्रेममा जडित छन्।, अर्को गज्जब के छ भने यी ६ वटै घैँटामा दियो बालिएका छन्।, फ्रेममा जडित यी ६ वटा घैँटा टाउकोमा बोकेर साँझदेखि मध्यरातसम्म गीत गाउँदै नाच्छन् महिलाहरू।, एउटा गीतको बोलको एक अंश यस्तो छ–, तोहरे भरोसे ब्रह्मबाबा झिझिया बनौलिय हो।, ब्रह्मबाबा भिझियापर होइयौ न सवार।, घटस्थापनादेखि दसैंभरि नाचिने यो झिझिया नृत्य हो। यसमा खास किसिमको नृत्य हुने भए पनि ‘झिझियाँ खेल्ने’ भन्ने चलन छ।, जनकपुर धाममा महिलाहरूको एउटा समूह टाउकोमा ६ वटा घैँटा बोकेर झिझिया गीत गाउँदै साँझ ७ बजे ब्रह्मस्थान पुग्छ। झिझियासँगै डिजे बाजा पनि बज्छ।, यो समूहकी नाइके हुन् ४८ वर्षीया गीता सदा।, ब्रह्मस्थानपछि यो समूह गोविन्द स्थान, जानकी मन्दिर, राजदेवी मन्दिर, विशहारा थान लगायतका शक्तिपीठमा पुगेर झिझिया नाच्छ।, टोलका घरदैलोमा पनि पुग्छ। दर्शकहरूले उक्त समूहलाई नगद दान गर्छन्।, जनकपुरधाममा मात्रै होइन, दसैंमा मध्य तराईका अधिकांश सहर बजारमा गानाका साथ झिझिया नृत्य हुन्छ।, यो मुसहर समुदायको परम्परागत नृत्य हो। मुसहरको बसोबास रहेको ठाउँमा झिझिया गाउने–नाच्ने चलन छ।, जनकपुरधाम उपमहानगर–७, विशाल टोल घर भएकी गीता सदा आफ्नो समूहका सदस्यहरूका साथ झिझिया नाचेको ३७ वर्ष भयो। उनी बालबालिकालाई पनि झिझिया नृत्य सिकाउँछिन्। समूहमा सदस्य बढाउँछिन्।, समूहका चारजना महिला पालैपालो दियो बालिएका घैँटासहितको झिझिया बोक्छन्। अन्य सदस्यहरू गीत गाउँदै नाच्छन्। गीताको समूहमा मुसहरी टोलका दुई जना पुरुषसहित २० जना छन्।, दसैंभरि झिझिया नाच्दा गाउँघरबाट भुतप्रेत भाग्छ विश्वास छ।, ‘झिझिया खेल्दा बालबच्चाको सुरक्षा हुन्छ। हामीमाथि महरानीजीको आशीर्वाद लाग्छ। बोक्सी र धामीले परिवारका कसैको केही बिगार्न सक्दैनन्,’ गीता भन्छिन्, ‘घैँटा हेर्दा पाँच किलोको पनि लाग्दैन तर देवीमाता सवार भएकाले बोक्दा ५० किलोभन्दा बढी लाग्छ।’, यहाँ भनिएकी ‘महारानी’ वा ‘देवीमाता’ दसैंमा आराधना गरिने शक्तिकी देवी हुन्।, संस्कृतिविद परमेश्वर कापरीका अनुसार दसैंमा दुई किसमका शक्तिको प्रादुर्भाव हुन्छ– आश्रेय शक्ति र आसुर शक्ति।, आश्रेय शक्तिले सकारात्मकता र आरोग्यता दिन्छ। असुरी शक्ति विध्वांसत्मक हुन्छ। मिथिलामा तान्त्रिक पद्धति र लोक विधिबाट विध्वंशात्मक असुरी शक्तिको शमन गर्ने परम्परा छ।, उनका अनुसार यसैको लोक परम्परा झिझिया गीत–नृत्य हो।, कापरीले भने, ‘झिझियामा मन्त्र र लोकगीत हुन्छ। गीत र नृत्यमार्फत भवती एवं ब्रह्मको गुहार गरिन्छ। दुुर्गा देवीलाई जगाएर सिद्धि प्राप्त गरिन्छ।’, विशेष गरी दसैं, छठ र अन्य केही पर्वमा स्थानीय संघ संस्थाले आफ्ना कार्यक्रममा झिझिया समूहलाई बोलाउँछन्। यस बापत केही शुल्क तिर्छन्।, गीताका अनुसार उनको समूहले तराईका विभिन्न जिल्ला र काठमाडौंमा समेत झिझिया नाचेको छ।, सोही समूहका फुलवा सदाका अनुसार घटस्थापनाको एक साताअघि गीत–नृत्यको तयारी सुरू हुन्छ। कुमालेलाई बाक्लै प्वाल भएका घैँटा बनाउन लगाइन्छ।, घैँटाको प्वाल कसैले गन्नु हुँदैन भन्ने विश्वास छ। प्वाल गन्दा अनिष्ट हुन्छ भन्ने मानिन्छ।, नाच सुरू हुने चार दिनअघि बाँस किनेर सुकाइन्छ। त्यसलाई चिरेर फटा (भाटा) बनाइन्छ।, घटस्थापनाको एक दिनअघि समूहका सदस्यहरू जम्मा हुन्छन्। यस दिन जनकपुरधामका सबै शक्तिपीठमा सलामी चढाउँछन्।, सलामी चढाएपछि महरानीको शक्तिको प्रभाव पर्छ र कुनै नकारात्मक शक्तिले काम गर्दैन भन्ने विश्वास छ।, गीताको समूहका निर्देशक शम्भु सदाका अनुसार ढोलक, झ्याली लगायतका परम्परागत बाजा बजाउँदै र गीत गाउँदै झिझिया नृत्य गर्ने चलन थियो।, केही वर्षयता डिजे बाजाले प्रवेश पाएको छ। डिजे बाजा प्रवेश भएपछि परम्परागत संस्कृति मासिन थालेको शम्भुको भनाइ छ।, उनले भने, ‘झिझियामा पनि नयाँ फेसन आयो। यसले हाम्रो परम्परा मासिने डर भयो।’, शम्भुका अनुसार झिझिया नृत्य मुसहर समुदायको परम्परा भए पनि मधेशका अरू जातिले पनि झिझिया मनाउँछन्।, शम्भुले भने, ‘अरू समुदायका कालाकारले झिझियाको अडियो, भिडियो बनाए तर त्यसमा अरू कुरा पनि मिसाए। पैसा नभएर हामीले बनाउन सकेनौँ, सत्य देखाउन सकेनौँ।’, उनका अनुसार झिझिया नृत्य कम हुँदै मुसहर समुदायमा मात्र सीमित छ। विशालपुरका बासिन्दा मंगल सदाका अनुसार मुसहर समुदायले बालबच्चालाई सानैदेखि वर्ष झिझिया गीत र नाच सिकाँछन्।, शास्त्रीय ज्ञानको अभावले झिझियाप्रतिको आस्था कम हुँदै गएको संस्कृतिविद कापरीको भनाइ छ।, उनले भने, ‘झिझिया तन्त्रमन्त्रमा आधारित योगिनी नृत्य हो। सरकारले तन्त्रमन्त्र झुट हो भन्छ। यसकारणले पनि कम हुँदै गयो।’, उनका अनुसार चाँडै लोप भइहाल्ने त होइन तर नयाँ पुस्ताले नगर्ने र नयाँ बाजा मिसाउने हो भने झिझियाको मौलिकता नष्ट हुनेछ। , मधेसमा झिझिया
युवराज श्रेष्ठ विदेशीका लागि मात्र होइन, नेपालीका लागि पनि मर्दी हिमाल पदमार्ग अहिले पनि लोकप्रिय छ। हिँड्न सक्ने मान्छे मर्दी हिमाल बेसक्याम्प पोखराबाट एकै दिनमा पुग्न सक्छन्। हिमाल र हिउँका अनुभव लिन सक्छन्। , लालीगुराँसका जंगल बाटो भएर हिमालसम्म पुग्ने सबैभन्दा छोटो पदमार्गका रूपमा मर्दी पदमार्ग स्थापित हुँदै थियो। केही वर्षयता पदयात्रीको घुइँचोले मर्दी हिमाललाई गुलजार गर्दै थियो। यसको अगुवाइ गरेका थिए, पर्यटनकर्मी सुदीप गौतमले।, करिब १० वर्षअघि स्नातकोत्तर गर्न स्विट्जरल्याण्ड जाने योजना बनाएका सुदीपले त्रिभुवन विश्वविद्यालयबाट प्राप्ताङ्कले पुगेन। जसले स्नातकोत्तर गर्न स्विट्जरल्याण्ड जाने सुदीपको सपना तुहाइदियो।, विश्वविद्यालयले परीक्षाको नतिजामा प्राविधिक कमजोरी भएको भन्दै फेरि नतिजा प्रकाशन गर्‍यो।, कहिल्यै दोस्रो नभएका सुदीप स्नातकमा राम्रो अंकसहित उत्तीर्ण भए। यतिबेलासम्म उनको स्विट्जरल्याण्ड सपना मरिसकेको थियो। , मर्दी पदमार्गमा त्यतिबेला केही विदेशी पर्यटक खाने, बस्ने सबै व्यवस्थासहित क्याम्पिङ जान्थे। पदमार्गका ठाउँ-ठाउँमा भेंडा लगायत गौप्राणीका गोठ थिए। त्यही गोठमा पर्यटकले आश्राम लिएको देख्दा सुदीप अनौठो मान्थे। , त्रिभुवन विश्वविद्यालयले गरेको कमजोरीका कारण स्विट्जरल्याण्ड सपना त्यागेर सुदीपले ३ हजार ६०० मिटर उचाइमा रहेको हाइक्याम्पमा चिया पसल खोल्ने निधो गरे। १० वर्षअघिसम्म त्यहाँ गाउँलेले गोठ बनाएका थिए। , हिउँदमा बेसी झार्ने र बर्खामा हिमालतर्फ भेंडा, भैंसी लगायत गौप्राणी चराउन लैजाने प्रचलन अहिले पनि हिमाली क्षेत्रमा यथावत छ। गोठमा चियापसल खोलेपछि सुदीपले सुरूआतमा ८ कोठाको ‘ट्रेकर्स प्याराडाइज’ होटल खोले। , पदमार्गको कुनै पनि ठाउँमा होटल नभएको अवस्थामा उनले उच्च स्थानमा पहिलो पटक होटल संचालनमा ल्याए।, त्यतिबेला मर्दीमा होटल खोल्न बैंक तथा वित्तीय संस्थाले उनलाई पत्याएनन्। उनका बुवाले मलेसिया गएर कमाएको ४४ हजार रुपैयाँ होटलमा लगानी गर्न उनले परिवारलाई विश्वास दिलाए।, सबै सामग्री पोखराबाट मान्छे र खच्चडले बोकेर लैजान त्यति पैसाले पुगेन। परिवारको विश्वास जितेर पहिलो पटक २९ लाख रुपैयाँ खर्चेर उनले हाइक्याम्पमा होटल खोले। , स्नातक सकेर बसेका युवा सहर बजार वा विदेशतिर थप अध्ययन र रोजगारीमा जाने चलन अहिले पनि विद्यमान छ। त्यतिबेला सुदीप उल्टै मानवविहीन हिमालमा होटल चलाउँछु भन्दा उनका परिवारमात्र होइन, गाउँले पनि आश्चर्यमा परेका थिए।, सुदीप भने होटल खोलेर मर्दी पदमार्गको प्रवर्द्धनमा दत्तचित्त थिए। , ‘त्यतिबेला सुदीप काठमाडौंको ठमेल र दरबारमार्गका पाँच तारे होटल अगाडि मर्दी पदमार्गको ब्रोसर बाँडेर बस्थे,’ ‘माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरूङले भने, ‘मर्दी पदमार्ग प्रवर्द्धनको सुरूआत नै सुदीपले गरेका थिए।’ , वडाध्यक्ष गुरूङ घलेल गाउँमा पोखरा क्यानोनिङ चलाउँछन्। उनले २ वर्षयता मर्दी पदमार्गको फरेष्ट क्याम्पमा होटल संचालन गरिरहेका छन्। जहाँ जाँदा पनि मर्दी पदमार्गको प्रवर्द्धनमा सुदीप लागिपरेको गुरूङले बताए। , सुदीपले पहिलोपटक हाइक्याम्पमा होटल खोलेपछि खाना बनाउने कुकदेखि खानेकुरा, बास बस्ने टेन्ट बोकेर जाने विदेशी पर्यटक पनि खुसी भए। उनीहरू सुदीपका होटलमा बास बस्न थाले। यसले हौसिएका सुदीप पदमार्गका अन्य ठाउँमा पनि होटल खोल्न अन्य युवाहरूलाई हौस्याए। , मर्दी पदमार्ग प्रवर्द्धनमा लागेपछि सुदीप आफैंले पर्यटक गाइड तालिम लिएका थिए। त्यतिबेलादेखि नै उनका साथी थिए, मनशान्त घिमिरे।, ‘हामीले पर्यटक गाइड तालिम सँगै लिएका हौं,’ घिमिरेले भने, ‘मर्दी पदमार्गलाई कसरी स्थापित गर्न सकिन्छ भनेर तालिममै उहाँले भन्नुभयो, हामीले त्यसपछि २७ जना पर्यटक गाइड लिएर मर्दी पदमार्गको प्रवर्द्धनमा गएका थियौं।’, त्यतिबेला मर्दी पदमार्ग आउने पदयात्रीले बाटो नबिराओस् भनेर आफूहरू २८ ठाउँमा पदमार्गको सूचना दिएको बोर्ड राखिएको घिमिरेले बताए।, हाइक्याम्पमा पहिलो पटक होटल खोलेका सुदीपले गाउँका अन्य युवालाई पनि पदमार्गमा होटल संचालन गर्न प्रेरित गरे। जसको परिणाम अहिले पदमार्गका अधिकांश ठाउँमा होटल खुलेका छन्।, मर्दी पदमार्ग पर्यटन व्यवसायी तथा व्यवस्थापन समिति गठन गरेर संस्थापक अध्यक्ष बनेका सुदीपले हाइक्याम्पमै आफ्नो होटल नजिकै अन्य युवालाई पनि होटल चलाउन प्रेरित गरे। जसले पर्यटकलाई बस्न खानको सुविधा दियो।, यसरी सुदीपको पहलकदमीमा दस वर्षमै मर्दी पदमार्ग नेपाली र विदेशीका लागि सबभन्दा लोकप्रिय पदमार्गका रूपमा स्थापित हुन पुग्यो।, अहिले पनि अन्नपूर्ण क्षेत्रका दर्जनौं पदमार्गमध्ये सबैभन्दा धेरै पदयात्री मर्दी पदमार्गमा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। , मर्दीमा होटल खोलेर पदमार्ग स्थापित गरेर मात्र उनी बसेनन्। मर्दी हिमाल आरोहण गर्न पदयात्रीलाई पनि प्रेरित गर्नुपर्ने उनले ठाने।, नेपाल पर्वतारोहण संघ गण्डकीका सचिवसमेत रहेका सुदीपले कोभिड– १९ महामारीका बेला हिमाल आरोहणका नयाँ रूट पत्ता लगाए।, मर्दी पदमार्गमा जाने पदयात्रीलाई होचा हिमाल आरोहणमा आकर्षित गर्नुपर्ने सुदीपका योजना थियो। त्यसका लागि अमेरिकामा आरोहण प्रशिक्षण दिइरहेका जगन्नाथ लामिछानेदेखि पोखराका अन्य आरोहीले पनि उनलाई साथ दिए।, गत वर्ष मात्र विश्वकै चर्चित खेल स्कीको तालिम मर्दी पदमार्गमा गरिएको थियो। उक्त तालिममा बेलायती प्रशिक्षक सहभागी थिए।, मर्दी पदमार्गलाई स्थापित गर्ने मात्र होइन, पदयात्रीलाई हिमाल आरोहणमा आकर्षित गर्ने र विश्वकै महँगो खेल मानिएको स्कीलाई नेपालको पर्यटन बजारमा भित्राउने उनको योजना थियो। , माछापुच्छ्रे गाउँपालिका ९ सिदिङका सुदीपले गाउँलेको सेवामा पनि उत्तिकै चासो दिएका थिए।, कास्कीको दुर्गम गाउँ मानिएको सिदिङमा उनले खोलेको हिमाल फाउण्डेसनमार्फत् सामुदायिक स्वास्थ्य सेवा केन्द्र खोलेका थिए। अहिले पनि उक्त स्वास्थ्य केन्द्रमा सिदिङ, घलेल, कालीमाटी लगायत गाउँका बासिन्दाले सेवा पाउँछन्। , पदमार्गका पर्यटक, व्यवसायी र गाउँलेको सेवामा जुनसुकै समयमा खट्ने सुदीपले मर्दी पदमार्गलाई हिमालसम्बन्धी विभिन्न गतिविधिका केन्द्र बनाउन चाहेका थिए।, ‘मर्दीलाई पर्वतारोहण एकेडेमी बनाउनुपर्छ भनेर लाग्नुभएको थियो, त्यसका लागि हिमाल आरोहण तालिमदेखि स्कीसम्मका गतिविधि थालेका थिए,’ माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरूङले भने, ‘उहाँको सपना पूरा गर्न सक्ने अर्को व्यक्ति अहिले देखिँदैन।’, विश्व पर्यटन दिवस मनाउन पोखरा झरेका सुदीप बिहीबार मात्र हाइक्याम्प फर्केका थिए।, हाइक्याम्पका होटलमा पानी आउन छाडेपछि मर्मत गर्न करिब एक घण्टा टाढा पर्ने पानीको मुहानमा उनी पुगेका थिए।, मुहान जाँदै गर्दा बाटोमै चिप्लिएर करिब ५० मिटर तल खसे। उनीसँगै गएका साथीले हाइक्याम्पका अन्य साथीहरू बोलाएर उद्धार गरे। , शुक्रबार साँझ उद्धार गरेर सुदीपलाई होटलसम्म ल्याए। हाइक्याम्पमा उपचारका कुनै पनि व्यवस्था थिए। हिँडेर पोखरा ल्याउन पनि सम्भव भएन।, शनिबार बिहान हेलिकप्टरबाट पोखरा ल्याउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उनलाई मृत घोषणा गरिदिए। मर्दी पदमार्गको दीयो निभेको वडाध्यक्ष गुरूङले बताए।, हाइक्याम्पमा होटल खोलेर भारी आफैं बोक्ने, पर्यटक गाइड पनि आफैं र होटलका काम पनि आफैं गरेका सुदीपले अध्ययन पनि छाडेनन्। मर्दी हाइक्याम्पमै बसेर स्वअध्ययनका माध्यमबाट उनले दर्शनशास्त्रमा स्नातकोत्तर गरे। , विश्वमै सबैभन्दा धेरै हिमाल नेपालमा भएर पनि हिमाली गतिविधिमा पछाडि परेको भन्दै उनले चिन्ता जनाइरहन्थे।, हिमाली क्षेत्रलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्न उनले स्की खेलदेखि हाइ अल्टिच्युड दौड, साइक्लिनिङ लगायतका गतिविधिमा विश्वलाई आकर्षित गर्नुपर्ने धारणा राख्ने गरेको पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त घिमिरेले बताए। , ‘नेपालका हिमाल काल होइन, आर्थिक क्षेत्र हो भनेर सरकारले बुझ्न सकेन भनेर सधैं भन्नुहुन्थ्यो,’ घिमिरेले भने, ‘हिमालका माध्यमबाट आयआर्जन गर्नतिर सरकारले ध्यान दिनुपर्ने उहाँको धारणा हुन्थ्यो।’, मर्दी पदमार्ग स्थापित गरेका सुदीपले संरक्षणका काम पनि उत्तिकै चासो राख्थे।, पोखरा बोर्ड सोसाइटीका आजीवन सदस्य रहेका ३५ वर्षका  सुदीपले हिमाली क्षेत्रमा डढेलो लगाउने, जथाभावी डोजर चलाउने र प्लाष्टिकजन्य फोहोर जथाभावी नफाल्न सचेत गराउँथे।, उनकै अग्रसरतामा पनि पटक/पटक मर्दी हाइक्याम्प पदमार्गका प्लाष्टिकजन्य पदार्थ संकलन गरेर पोखरा ल्याउने काम गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। , राजनीतिले सही बाटो लिनुपर्ने भन्दै नेपाली कांग्रेसको गत महाधिवेशनमार्फत् कास्की जिल्ला सदस्य जितेका सुदीप पार्टीभित्र र बाहिर हिमाली क्षेत्रका प्रवर्द्धनमा जोड दिने गरेका थिए। , मर्दी पदमार्गका पायोनियर सुदीपको शनिबार सेदी र मर्दी नदीको दोभानमा अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पूर्वमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा लगायत सहभागी थिए।, नेपाली कांग्रेस कास्कीको बैठकमै सुदीपले पर्यटन क्षेत्र धराशायी भएकाले पार्टीले ध्यान दिनुपर्ने कुरा उठाउने गरेको जिल्ला सभापति किशोरदत्त बरालले बताए। , ‘हिमाली क्षेत्रको पर्यटनबाट युवाले रोजगारी पाउँछन्, राज्यलाई फाइदा पुग्छ भनेर अन्त्यन्त चिन्तापूर्ण सवाल उठाउनुहुन्थ्यो,’ सभापति बरालले भने, ‘उहाँले कहिल्यै आफ्नो व्यक्तिगत कुरा लिएर आउनुभएन।’, अस्ताए मर्दी पदमार्गका ‘पायोनियर’ सुदीप
एजेन्सी इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दंगा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या १७४ पुगेको छ। , स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्यु हुनेको संख्या १५८ पुगेको थियो। , १०ः३० यो संख्या १७४ पुगेको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले जानकारी दिए।, इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो।, इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताका अनुसार खेलमा हार खाएको एक पक्षका समर्थकहरूले हार सहन नसकेर हिंसा मच्चाएका हुन्।, त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ।, हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो।प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भीडका बीचमा भागदौड भएको थियो। धेरै जसो मानिसले त्यही भागदौडमा परेर ज्यान गुमाएका थिए।, इन्डोनेसियाको रंगशालामा भागदौड मच्चिँदा १७४ जनाको मृत्यु
रासस मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।, यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले बताए।, काठमाडौंबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रिबस आफैं अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।, दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौं र तीन जनालाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।, घाइते एक जनाको हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ।, हेटौंडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३६ घाइते
सेतोपाटी संवाददाता खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का १४ वर्षीय अभिषेक भुसालको तुलसीपुर–१२ स्थित ग्वारखोलामा नुहाउने क्रममा आइतबार बेलुका डुबेर मृत्यु भएको छ।, दाजुसहित नुहाउन भनेर राप्ती बबई क्याम्पसको नजिकको ग्वारखोला पुलनजिकै गएका भुसालको स्थानीय उरहरी–जस्पुर सिँचाइ कुलो बाँधेमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।, गाउँमा सिँचाइका लागि पानी डोर्‍याउन बाँधेको बाँधमा नुहाउन गएकामध्ये भुसालको डुबेर मृत्यु भएको डिएसपी मल्लले बताए।, डुबेर १४ वर्षीय बालकको मृत्यु
सेतोपाटी संवाददाता दाङको तुलसीपुर क्षेत्रमा चोरीका घटनामा बढेका छन्।, गत वर्ष तुलसीपुर क्षेत्रमा कुल २३ वटा चोरी सम्बन्धी मुद्दा दर्ता भएकोमा यस वर्ष भदौ यता मात्रै १३ वटा मुद्दा दर्ता भइ सकेका छन्।, शनिबार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित तुलसीपुर सिटी हस्पिटलमा चोरी भएको थियो। त्यहाँबाट एक लाख ७४ हजार चोरी भएको प्रहरीले जनाएको छ। , सिसिटिभी फुटेजमा देखिएका दुई जना बालकलाई प्रहरीले पक्राउ गरेको छ। , उनीहरू तुलसीपुर–५ का १३ र १५ वर्षका छन्।, हस्पिटलका सुरक्षा गार्ड निदाएको मौका छोपी हस्पिटलमा प्रवेश गरेका उनीहरूले सुरुमा वाइरिङ तारले पैसा राखेको घर्रा खोल्न प्रयास गरेको सिसिटिभी फुटेजमा देखिएको छ।, त्यसपछि हस्पिटलको काउन्टरमा राखिएको चाबीको झुप्पा लगेर चोरी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।, उनीहरूको घरबाट लुकाएर राखेको अवस्थामा ६१ हजार नगद मात्रै बरामद भएको र थप अनुसन्धान जारी रहेको डिएसपी मल्लले बताए।, अस्पताल प्रशासनले भने एक लाख ७४ हजार चोरी भएको भनेर प्रहरीमा जाहेरी दिएको छ।, शनिबार बिहान तुलसीपुर–९ बेलुवाकी शोभा बुढाथोकीको घाँटीमा लगाएको सुनको सिक्री एकजना बालकले थुत्न खोजे।, अरूले देखेपछि उनलाई लखेटेर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो। १२ वर्षीय ती बालक वीरगंजका हुन्।, त्यस्तै शुक्रबार बेलुकी तुलसीपुर–९ दोघरेबाट सल्यानको दार्मा गाउँपालिका वडा नं. ३ का १९ वर्षीय शिव बिकले एक व्यक्तिको मोबाइल र २५ हजार नगद चोरी गरे। उनीपनि सिसिटिभीको फुटेजको आधारमा शनिबार पक्राउ परेका हुन्।, सोही दिन तुलसीपुर–७ राजापुरका १५ वर्षीय एक बालक पनि पक्राउ परे। मोबाइल र मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको तथ्य खुलेपछि उनी पक्राउ परेका हुन्।, यसअघि पनि उनी पटक-पटक चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।, बाँकेको बैजनाथ गाउँपालिकाका २९ वर्षीय पूर्व प्रहरी सुदिप चन्द ल्यापटप चोरी अभियोगमा पक्राउ परेका छन्।, असोज १३ गते उनले एक जना कर्मचारीको ल्यापटप चोरी गरेको आरोप छ। चोरी पछि चन्दले उक्त ल्यापटप तुलसीपुरमा पसल गर्दै आएका ४० वर्षीय नन्दलाल भण्डारीलाई आठ हजारमा बिक्री गरेको तथ्य अनुसन्धानबाट प्रहरीले पत्ता लगायो।, प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर हाल अनुसन्धान गरिरहेको जानकारी दिएको छ। डिएसपी मल्लले चोरी कार्यमा अधिकांस बालबालिका संलग्न भएको पाइएको बताए। उनले आफू आएपछि एकै दिन १० देखि २० जनासम्म चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको दाबी गरे।, तुलसीपुरमा बढे चोरीका घटना
नवीनबाबु गुरूङ दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइयो।, घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।, यसै क्रममा हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती पनि भित्र्याइएको छ।, गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ।, जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याउने गरिन्छ।, तस्बिरहरू:, हनुमानढोकामा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती (तस्बिरहरू)
रासस काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्।, यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्।, विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए।, अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ।, ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,’ उनले भने। , विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन्।, कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताए।, सवारीसाधनहरूले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएकोभन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ।, काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन्।, कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ। आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनले बताए।, सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो।, शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।, विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।, दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरू यो अवधिमा बाहिरिने महासंघले जनाएको छ। यो वर्ष दसैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन। दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरू गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ।, दसैं मनाउन १७ लाखले छाडे काठमाडौं उपत्यका
सेतोपाटी संवाददाता महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।, प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले जानकारी दिए।, ढुंगानालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीमाथि राति जबरजस्ती करणी उद्योग गरेको खबर पाएपछि प्रहरी निरीक्षक ढुंगानालाई झिकाइएको डिएसपी खत्रीले बताए।, उनका अनुसार घटना शनिबार बिहान १ बजेतिर भएको थियो। यसबारे खबर भने बिहान ७ बजे भएको उनले बताए।, ‘खबर पाएपछि हामीले उहाँ कहाँ हुनुहुन्छ भनेर बुझ्यौं। उहाँ काठमाडौंमा जानु भएको रहेछ। त्यसपछि यहाँ झिकाएर हामीले दुबै पक्षसँग सोधपुछ गर्‍यौं,’ उनले भने, ‘उनीविरूद्ध जाहेरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं।’, जिल्ला प्रहरी कार्यालय धादिङले घटनाको अनुसन्धान अघि बढाएको छ।, महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा खानीखोलाका इन्स्पेक्टर पक्राउ
रासस महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, ५० वर्षीय वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल छन्।, उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए।, गोकुलेश्वरबाट देहिमाडौंतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो।, महाअष्टमीमा यात्रु देहिमाडौंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए।, तीव्र गतिका कारण अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ। अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो।, बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा सात जना घाइते
रासस बडादसैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो।, विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुंगामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो।, आइतबार जब साँझ पर्दै गर्‍यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए। त्यही सिलसिलामा नागढुंगा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो। सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ। अन्य नाकाको अवस्था पनि त्यही रह्यो।, महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो।, उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको संख्या पनि घटेको देखियो। अघिपछि ट्राफिक व्यवस्थापनमा चार-पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एक जना ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन्। त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरूले आराम गर्न भ्याएका छन्।, नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए।, कलंकीमा गाडी कुरेर बसेका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताए।, उनले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गरे। सडकमा कतिपय ‘रिजर्भ’ गरेका गाडी गन्तव्य जिल्ला सोझ्याइरहेका थिए। आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून।, राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ।, ‘अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भने, ‘दसै‌ं मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन्।’, आजसम्म सुरक्षित यात्रा भएको छ। ठूला दुर्घटना निम्तिएका छैनन्। यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौं उपत्यका छाडेका छन्।, तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन। प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौं छाडेका छन्। यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो।, तर निजी सवारीमा जाने पनि उत्तिकै छन्। प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरू आज र भोलि उपत्यका छाड्ने बताए।, काठमाडौंका बजार क्षेत्र सुनसान छन्। धेरैजसो पसल बन्द छन्। फाट्टफट्ट पसल खुलेका छन्। आइतबार एक लाख ५६ हजारले राजधानी छाडेका छन्। ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैंमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका हुन्।, त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ। यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो। प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधानमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए।, असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए। त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ। यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए। त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए।, यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए। यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक छ।, दसैंले सुनसान बन्यो काठमाडौं, सवारीसाधनको चाप अत्यन्त न्यून
सेतोपाटी संवाददाता आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ।, घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ।, महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ। , शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला लगायतको बलि दिने र नरिवल चढाउँछन्।, पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ। , आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ।, हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ। हनुमानढोकाको दसैंघर लगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाउँछन्।, नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइन्छ। नवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ।, नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो। सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवत लगायत ग्रन्थमा उल्लेख छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो। यिनी नवदुर्गा गणकी नवौं देवी हुन्।, देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएका पौराणिक कथन छ। ती नाम स्मरण मात्र गर्नाले मानिस कष्ट वा संकटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ।, दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।, नवरात्रिका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले दसैं पर्व मनाउँछन्।, (राससको सहयोगमा तयार पारिएको), आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा
डा भगवान कोइराला (यो लेख सेतोपाटीमा पहिलोपटक २०७६ पुस १६ गते प्रकाशित थियो।), हामीले पहिलादेखि नै सुन्दै आएका कुरा हुन्- शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ। रक्तचाप ठिक्क राख्न नुन कम खानुपर्छ। तौल घटायो भने सुगर नियन्त्रण गर्न सजिलो हुन्छ।  , व्रत (फास्टिङ) बसे कुनै न कुनै फाइदा हुन्छ भन्ने पनि हामीलाई लाग्दै आएको हो। त्यही भएर व्रत बस्ने चलन पुस्तौंदेखि चल्दै आएको छ। अहिले यसको महत्व र फाइदाबारे नयाँ प्रमाण आउन थालेका छन्।, जनावर र मानिसमा गरिएका अनुसन्धानले प्रमाणसहित व्रत बस्नाले राम्रो हुँदो रहेछ भनिसकेपछि विश्वास लाग्नु स्वभाविक पनि हो।, फास्टिङले फाइदा गर्छ भन्ने कुरा हाम्रा पोषणविदले सधैं सल्लाह दिइराखेकै हो।  तौल घटाउन पर्‍यो भने ८ र १६ अर्थात् ८ घन्टा खाने १६ घन्टा नखाने सूत्र अपनाइन्छ।, अहिले आएर विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ कि बीचबीचमा खाली पेट राख्नाले हाम्रो मेटाबोलिजमको क्यालोरी पचाउने तरिका नै फेरिँदो रहेछ। खाना खाँदा त्यसको क्यालोरी कलेजोमा गएर ग्लुकोज बन्ने प्रक्रिया सुरू हुन्छ।, ग्लुकोजले हामीलाई शक्ति दिन्छ। तर त्यो शक्ति तत्काल खर्च भएन भने बोसोमा परिणत भएर भण्डारण (स्टोर) हुन्छ।, हाम्रो शरीर त्यो सारा स्टोर गर्ने काममा व्यस्त हुन्छ। केही यस्ता तत्व पनि क्यालोरीबाट उत्पादन हुन्छन् जसले शरीरलाई हानी गर्छ, चाँडै बूढो बनाउँछ। यदि हामीले सधैँ खाइरह्यौं भने यो क्रम जारी रहन्छ।, पेट खाली राख्ने, थोरै खाने गर्‍यो भने फ्याट जति डिपोजिट भएको छ त्यसलाई शरीरले खर्च गर्न थाल्छ।, यो प्रक्रिया २४ घन्टाभित्रै पनि हुनसक्छ। त्यसले गर्दा लामो समय खाली पेट राखेर तौल कम गराउनेभन्दा पनि एकै दिनको २४ घन्टाको चक्र (साइकल)मा पनि खाली पेटले फ्याट खपत गर्ने काम गर्छ।, ग्लुकोजको मेटाबोलिजम र किटोनको मेटाबोलिजमको ‘स्विचिङ’ हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ। त्यसले सुगर, प्रेसर नियन्त्रण गर्न सजिलो हुन्छ भन्ने थाहा थियो अहिले आएर थप प्रमाणित भएको छ।, व्रत बसे हाम्रो मस्तिष्कको सम्झन सक्ने क्षमता बढ्ने, तनाव र खराब वातावरणसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने र लामो समय बाँच्न पनि मद्धत गर्छ भन्ने थप प्रमाण आएका छन्। यो हामी सबैका लागि व्यवहारिक ज्ञानको हिसाबले महत्वपूर्ण जानकारी हो।, यो सबै मेकानिजम त न मैले बुझेको छु न विज्ञानले धेरै कुरा व्याख्या गर्छ। यो थप अनुसन्धानकै चरणमा छ।, फास्टिङको प्रक्रियाले कसरी स्मरण शक्ति बढ्छ भन्ने कुरा त आज पनि विज्ञानले व्याख्या गर्न सक्दैन किनभने मस्तिष्कलाई कसैले सम्पूर्ण रूपमा व्याख्या गर्न सकेको छैन। अनुसन्धानकै विधिबाट के प्रमाणित भएको हो भने बीचबीचमा खाली पेट राख्नेको तौल घटने, खराब अवस्थालाई डिल गर्ने क्षमता, स्मरण शक्ति बढी हुने देखिएको छ।, फास्टिङले ४-५ वटा कुरामा सकारात्मक भूमिका खेल्दो रहेछ भन्ने विज्ञानका अनुसन्धान र विभिन्न प्रकाशनले देखाएका छन्। त्यसैले खाना कम गरौं, तौल घटाऔं र शरीरलाई सन्तुलनमा राखौं।  , फास्टिङका लागि २-३ वटा तरिका अपनाउन सकिन्छ।, २४ घन्टामा ८ घन्टा खाने, १६ घन्टा नखाने एउटा उपाय हो।, अर्को उपाय सातामा ५ दिन खाने र २ दिन थोरै खाने गर्न सकिन्छ। अर्थात् दैनिक क्यालोरी ५/६ सयमा झार्ने गर्दा पनि हुने रहेछ। यसका लागि पूरै भोकै र व्रत बसेजस्तो पनि गर्नु पर्दैन।, ५ दिन सामान्य खाना खाने अनि दुई दिन एकदमै न्यून क्यालोरी भएको खाना खाने गर्नुपर्छ। त्योबाहेक लामो समय भोकै बसेर फेरि खाने खालका तरिका पनि छन् तर त्यो हामीलाई व्यवहारिक हुँदैन।, दैनिक कम क्यालोरीयुक्त खाना खाने पनि फाइदाजनक छ। त्योभन्दा बढी फाइदाजनक ८ र १६ घन्टाको सूत्र छ। त्योभन्दा पनि बढी फाइदाजनक ५ दिन खाने र २ दिन नखाने सूत्र भएको विज्ञानले प्रमाणित गरको छ।, यसबारे थप जानकारी भने हामीले पोषणविदबाट लिनुपर्छ तर म यसमा ‘कन्भिन्स’ भएको छु। आफैं पनि यो विषयलाई व्यवहारमा ल्याउने सोचमा पुगेको छु।, मलाई ठिक्क क्यालोरी खाने र त्यसलाई व्यायामबाट पगालेर पठाउने भन्ने लागेको थियो। अब त्यसले अलि पुगेन, पचाएरमात्रै हुँदो रहेनछ खाली नै राख्यो भने अरू ‘ड्यामेजिङ’ तत्व कम बन्ने रहेछन् भन्ने प्रमाण मिल्यो।, जसलाई ग्याष्ट्रिक छ, सुगर छ।  पेट खाली राखे असर गर्छ। उनीहरूले चाहिँ फास्टिङ गर्ने कि नगर्ने ध्यान पुर्‍याउन पर्छ।  बेलाबेलामा खाइरहनु पर्ने भए क्यालोरी थोरै भएको खाना खानु पर्छ।, ८ र १६ घन्टा वा ५ र २ दिनको कुनै पनि सूत्र लगाउनु पहिला पेटका चिकित्सक र पोषणविद्सँग पनि सल्लाह लिनुपर्छ किनकी सबैलाई एउटै सूत्र लागू हुन्छ भन्ने हुँदैन। जसलाई खाली पेट बस्न अप्ठ्यारो छ, उहाँहरूले भिन्न तरिका अपनाउनु पर्ने हुन्छ।, हामीले कोलस्ट्रोल, कार्बोहाइड्रेट र प्रोटिन खान्छौं। यो सबै शरीरका लागि जरूरी पनि छ। हामीले दिने सल्लाह के हो भने, नुन कम हुनेबित्तिकै रक्तचाप नियन्त्रण गर्न सजिलो हुन्छ। कार्बोहाइड्रेट आफैं तत्काल पचेन र खर्च भएन भने त्यो बोसोमा परिणत हुन्छ। प्रोटिन शरीर र मांसपेशीका लागि चाहिन्छ। यो अरू शक्तिको स्रोत पनि हो।, योसँगै कार्बोहाइड्रेट, फ्याट, प्रोटिन सन्तुलित हिसाबले खानुपर्छ। तर बीचबीचमा केही नखानाले हाम्रो शरीरलाई क्यालोरीको सन्तुलनभन्दा पनि भिन्न तरिकाले फाइदा गर्छ भन्ने यसको सार हो।, युवा हुँदा धेरै इनर्जी खर्च गर्ने खेल खेल्ने मान्छेहरूलाई त्यति पीर नपर्ला किनकी त्यो खपत भइरहन्छ। तर धेरै खाने र धेरै खपत गर्नेको पनि एउटा ‘लोड’ भने हुँदो रहेछ।  खाना पचाउने क्रममै निस्किने तत्वले पनि थोरै हानी गर्ने रहेछ।, यसको सम्बन्ध मुटु स्वास्थ्यमा पनि देखिन्छ।, मुटु स्वस्थ राख्न मेडिटेरियन डाइटको चलन बढी छ।  हुन त तौल नियन्त्रणका लागि धेरै खाले डाइटका फर्मुला छन्। छोटकरीमा यी सबैले के भन्छन् भने सागसब्जी, बदाम, ओखर र फलफूलको मात्रा बढाउने अनि प्रोटिन, कार्बोहाइड्रेटको मात्रा ठीक्क खाने र फ्याटलाई नियन्त्रण गर्ने गर्नुपर्छ।, त्यो त डाइटको फर्मुला हो। त्यसले मुटुलाई पनि राम्रो बनाउँछ। योबाहेक अलिअलि व्यायाम पनि गर्नैपर्छ। मुटुलाई लोड दिनुपर्छ जसका लागि व्यायाम अनिवार्य छ।, तौल र प्रेसर नियन्त्रण गर्न नुन र अन्य कुरालाई नियन्त्रण गर्नु अर्को महत्वपूर्ण पाटो हो।, फास्टिङ गर्नेले व्यायाम पनि गर्‍यो भने अझै राम्रो हुन्छ। तर फास्टिङ नगर्नेले पनि व्यायाम त गर्नैपर्छ।, हामीले हृदयघातबाट बच्ने सूत्र सधैं बताउँदै आएका छौं। म आज पनि भन्छु:, १.तौल र रक्तचाप नियन्त्रण गरौं।, २.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।, ३.कोलस्ट्रोलको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।, ४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।, ५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।, तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्‍यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।, (वरिष्ठ मुटु रोग विशेषज्ञ भगवान कोइरालासँग सेतोपाटीका लागि सन्जिब बगाले र रविन न्यौपानेले गरेको कुराकानीमा आधारित।), दिनमा १६ घन्टा नखाऔं ८ घन्टा खाऔं, धेरै फाइदा हुन्छ (भिडिओसहित)
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैंको आठौं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजाआज गरेकी छन्। , राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्।, उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन्। , जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो।, काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो। यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ।, राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको पूजाआजा (तस्बिरहरू)
रासस उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ।, आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए।, पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए।, मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शव परीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए।, मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो।, उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो।, मनास्लु हिमालमा पुनः हिमपहिरा- एक जनाको मृत्यु
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्।, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ।, राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने छिन‍्। , सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।, टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।, राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने
एजेन्सी स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। , नोबेल पुरस्कार वितरण समितिले सोमबार उक्त पुरस्कारको घोषणा गरेको हो।, पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।, ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ,’ नोबेल कमिटीले भनेको छ।, नीयनडर्थल डिएनए र संसारभरि रहेका मानवको डिएनएबीच गरिएको तुलनापछि उनीहरूको डिएनए युरोप र एसियाका मानिसहरूको डिएनएसँग मिल्दोजुल्दो पाइएको छ।, यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौं।, उनले यसभन्दा अघि अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाएर सनसनीपूर्ण खोज पनि गरेका थिए।, नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले प्रोफेसर पाबोलाई फोन गरी पुरस्कृत भएको जानकारी दिएका थिए। , पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उनले आफू शब्दविहीन र खुसी भएको बताएका थिए।, उनले १ करोड स्वीडिस क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन्।, सन् २०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई
रासस म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रूपैयाँको बोलकबोल भएको छ।, सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै तीन लाख १५ हजार रूपैयाँ तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन्।, उनले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका छन्। यसअघि २०७८ सालको दसैंको नवमीमा भगवतीमा तीन लाख रूपैयाँमा सरकारी मारको बढीबढाऊ भएको थियो। नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए।, भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन छ। यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ।, हरेक वर्ष सरकारी मार हान्न आकांक्षा राख्नेको संख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए। , 'यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ। त्यसैले पनि भगवती कोतमा दुर्गा भगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो,' उनले भने। तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ।, नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ। यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि ६९ लाख रूपैयाँ खर्चेर पुनःनिर्माण गरेको छ। , राँगाको मार हान्न तीन लाख १५ हजारको बोलकबोल!
नवीनबाबु गुरूङ हिन्दु नेपालीहरूको महान् पर्व दसैंले छोइसकेको छ। कामको शिलशिलामा देश विदेशका विभिन्न ठाउँमा पुगेकाहरू दसैंका बेला आफ्नो घर गाउँ फर्किन्छन्।  यतिबेला सहर छोडेर गाउँ फर्किनेहरूको लर्को देखिन्छ। , धेरै मानिसहरू दसैं मनाउन आफ्नो गाउँघर फर्किरहेका बेला केही भने यही नै बेला देश छोड्ने बाध्यतामा छन्। , शुक्रबार दसैंको पाचौं दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशिनेहरूको लर्को देखिन्थ्यो। अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा आ-आफ्नो कागजपत्र र सुटकेस बोकेकाहरूको लामो लाइन थियो। तीमध्ये धेरै जना चाडबाडको मुखमा  आफन्तसँग छुट्टिनु पर्दाको पीडामा देखिन्थे। , कोही टीका र आशिर्वाद बोकेर वैदेशिक रोजगारीमा जाँदै थिए भने कोही आफ्ना छोरा-छोरीसँग दसैं मनाउन विदेश जानेहरू थिए। , हेर्नुस् तस्बिरहरू:, दसैंको मुखमा परदेश लाग्नेहरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता असोज ४ गते घरबाटै ,हराइरहेका बाँकेका दुई बालिका, पोखराको लुम्लेस्थित एक होटलमा फेला परेका छन्। , जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ निशा परियार सम्पर्कबिहिन भएका थिए। त्यसपछि खोजी गर्ने क्रममा फेला नपरेपछि परिवारजन चिन्तित थिए।, इलाका प्रहरी कार्यालय कुसुमका निमित्त इन्चार्ज प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीका अनुसार बन्दनाकी आमाले खोजी गरिदिन निवेदन दिएकी थिइन्। , बन्दनाका बुबा र कान्छी आमा झन्डै ८ महिना पहिले लुम्लेको एक होटेलमा काम गर्न जाँदा बन्दनालाई समेत लिएर गएका थिए। कतै फेला नपरेपछि प्रहरीले आफन्तलाई त्यहीँ जान सुझाएको थियो। , आफन्त लुम्मेपुगेपछि उनीहरूलाई त्यहीँ फेला पारेर घर ल्याएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले सेतोपाटीलाई बताए। , ‘तीन दिन अगाडि नै ती बालिकालाई फेला पारि आफन्तले घर फिर्ता ल्याइसके,’ डिएसपी मल्लले भने,  ‘उनीहरु ट्रक चढेर चितवनसम्म र त्यहाँबाट बस चढेर लुम्ले पुगेका रहेछन्।’ , असोज ४ गते बेलुका निशाले बन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। उनीहरुले खानासमेत नखाइ घर छोडेर गएका थिए। , निशाका मावली हजुरबुवा भिमबहादुर दमाईका अनुसार उक्त दिन उनी दाङको दंगीशरण गाउँपालिका वडा नं. १ गोल्टाकुरी काम विशेषले आएका थिए। असोज ५ गते बेलुका घरमा फर्कँदा नातिनीलाई नदेखेपछि खोजी सुरू गरेका थिए।, निशा स्थानीय कुसुमेश्वर माध्यमिक विद्यालयको कक्षा ४ र बन्दना कक्षा ३ मा अध्यनरत थिए। त्यसदिन निशाले घरमा आफू एक्लै रहेको भन्दै बन्दनालाई आफ्नो घरमा खाना खान र सुत्न भनेर बोलाएकी थिइन्। ,  प्रहरी स्रोतका अनुसार ती दुबै बालिकाका आमाहरु दोस्रो बिहे गरी अन्यत्र गइसकेका छन्। उनीहरू दुबैका बुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन्। निशा मावली हजुरबुवासँग र बन्दना कान्छी आमासँग बस्दै आएकी थिइन्।, बाँकेबाट हराइरहेका दुई बालिका पोखरा लुम्लेको होटेलमा फेला परे
एजेन्सी अफगानिस्तानको राजधानी काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान काबुलको पश्चिमी क्षेत्रमा रहेको काज एजुकेशन सेन्टरमा बम विष्फोट भएको बिबिसीले जनाएको छ। विस्फोटको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन।, त्यस क्षेत्रमा अल्पसंख्यक हजारा समुदाय बस्ने भएकाले इस्लामिक स्टेट र तालिबानमध्ये कसैले आक्रमण गराएको हुनसक्ने आशंका छ। इस्लामिक स्टेट र तालिबान दुबैले हजारा समुदायलाई निशाना बनाउने गरेका छन्।, तालिबान सरकारले भने घटनाप्रति विरोध जनाएको छ। अनुसन्धानका लागि सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्। , अफगानिस्तानको स्थायित्वका लागि भन्दै तालिबान सरकार आएपछि इस्लामिक स्टेटले विभिन्न आक्रमण गरिरहेको छ।, तालिवानको नेतृत्वमा सरकार गठन हुने तयारी चल्दा इस्लामिक स्टेटले अस्पताल र विद्यालयलाई निशाना बनाउँदै आक्रमण गरेको थियो। त्यस घटनामा ८५ जनाले ज्यान गुमाएका थिए।, काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विष्फोट, कम्तीमा १९ जनाको मृत्यु
सेतोपाटी संवाददाता हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ।, आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ। यस्तै अब भारी वर्षाको सम्भावनासमेत नरहेको मौसमविदहरूले जानकारी दिएका छन्। , मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर १-२ दिन तलमाथि पारेर बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।, ‘यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो। अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको १-२ दिन तलमाथि हुनसक्छ’, वरिष्ठ मौसमविद् मानन्धरले सेतोपाटीसँग भनिन्, ‘मनसुन भइरहेपछि पानी परिरहन्छ भन्ने हुन्न। तर केही दिनका लागि आज भन्दा भोलि र भोलि भन्दा पर्सी सुधारात्मक छ।’, मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।, मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको मौसमविद् बताउँछन्।, नेपालमा मुख्यगरी मनसुन बंगालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ।, नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।, नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।, अझै पनि मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ। आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन महाशाखाले गरेको छ।, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै शनिबार राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, नेपालमा मनसुन अन्त्य हुँदै, अब ठूलो पानी पर्दैन
रासस गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। , नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जिनियर राजु दङ्गालले जानकारी दिए। , दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे। त्यस्तै, सामान ढुवानी गर्ने सवारी चलाउने रमेश श्रेष्ठले पनि गाडी चलाएर कमाइ गरी किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गरे। यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो। चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावतका लागि ह्युमपाइप राखिएको नगरप्रमुख आइतमान तामाङले बताए।,  , ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ। मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौं समय लाग्ने गर्दा सास्ती भएको थियो।,  , अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवं उद्योग वाणिज्य संघ मेलम्चीका अध्यक्ष पुस्कर धितालले बताए।हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी पाँच सय ५१ घर बाढीले बगाएको थियो भने पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो। बाढीबाट २६ जनाको मृत्यु भएको थियो। ,  , मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल
रासस काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ।, सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ। , बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अभ्यास सुरू गरेको हो।, कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’ , फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहोरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ।  , अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।, कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै कामपा
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ४ सय जना सक्रिय संक्रमित छन्।, १०३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए ६३ जना कोरोना संक्रमित
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ।, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको हो।, बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा ट्राफिक लाइट समेत रातो बलेको अवस्थामा जेब्राक्रसिङबाट बाटो पार गरिरहेका स्थानीय छविलाल अधिकारीलाई ठक्कर दिएको हो।, गाडीको ठक्करबाट आफ्नो खुट्टामा चोट लागे पनि उपाध्यक्ष क्षेत्रीले 'आँखा हेरर हिँड्न सक्दैनस्' भन्दै आफूलाई हकारेको अधिकारीले बताए।, ‘पहिलो कुरा त म सिग्नल पाएपछि जेब्राक्रसिङमा हिँडेको थिएँ, दोस्रो उहाँको गाडीले ट्राफिक लाइटमा रातो बत्ती बलेको बेला आएर ठक्कर दिएको छ। आफ्नै गल्तीमा पनि मलाई गाली गरेर हिँड्नुभयो,’ घाइते अधिकारीले भने।, जिम्मेवार व्यक्ति चढेकै गाडीले ट्राफिक नियम मिचेर हिँड्दा ठक्कर दिए पनि सामान्य मानवीय व्यवहार समेत नदेखाई उल्टै गाली गरेर हिँडेको उनले गुनासो गरे।, ‘ठक्कर दिएपछि उठाउने र उपचार गर्ने कुरा त परै जाओस्, क्षेत्रीले उल्टै हकार्दै मलाई भैरहवा जान हतार छ भन्दै हिँड्नुभयो, सामान्य मानवीय व्यवहार समेत देखाउनु भएन,’ अधिकारीले गुनासो गरे।, स्थानीय प्रत्यक्षदर्शीका अनुसार क्षेत्री सवार गाडी सडक लेन मिचेर सबभन्दा दायाँको लेनमा पुगेको थियो। सिधा लेनमा जानुपर्ने गाडीले लेन मिचेर आएको स्थानीयले बताए।, उपाध्यक्ष क्षेत्रीले भने आफूले ठक्कर दिएर भागेको नभई बाटो पार गर्दा ध्यान दिएर हिँड्न सम्झाएको बताए।, ‘मैले त्यसो भनेको होइन, मलाई हतार छ उपचार गराउन भैरहवा जाऊँ भनेको थिएँ, तर उहाँले भैरहवा जान्नँ भनेपछि त्यहीका साथीहरूलाई जिम्मा लगाएर हिँडेको हुँ,’ उनले भने।, प्रहरी चौकी ड्राइभर टोलका अनुसार घाइते अधिकारीको अहिले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।,  , प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई दियो ठक्कर
सेतोपाटी संवाददाता चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ।, दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो।, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले यस्तो निर्णय गरेको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ । , यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ।, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार पूर्व अरनिको यातायात सेवा प्रालिको बा ४ ख ७१७८ नम्बरका बस चालकलाई खादा लगाई टाइम कार्ड सुरु गरेकी थिइन्।, दसैंभर टिपर चलाउन रोक
सेतोपाटी संवाददाता लाल मोहम्मद मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।, शुक्रबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने २१ वर्षीय महोरम मियाँ, वीरगन्ज-१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका-१ घर भई काठमाडौंको कपन फैकाचोक बस्ने २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङताङ छन्। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराका अनुसार दुई जना पुरूषलाई शुक्रबार वीरगन्जबाट पक्राउ गर हो। यस्तै सुमीलाई भने काठमाडौ‌ंबाटै पक्राउ गरिएको उनले बताए।, पक्राउ पर्ने महोरम र रेहानले पर्साबाट काठमाडौंसम्म पेस्तोल ल्याएका थिए। घटनामा प्रयोग भएको ‘मेड इन युएसए’ लेखिएको पेस्तोल काठमाडौं ल्याउने काम उनीहरू दुई जनाले गरेका थिए। घटनास्थलबाट उक्त पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।प्रहरीले घटनास्थलबाट ९ एमएमको चार वटा खोका र चार राउन्ड गोली पनि बरामद गरेको छ।, सुमी भने रेकी गर्न खटाइएको खुलेको छ। उनलाई मोहम्मदको गतिविधि रेकी गर्न खटाइएको एसएसपी बोहराले बताए।, ‘मोहम्मदको गतिविधि निगरानी गर्न सुमीलाई खटाइएको देखिन्छ। उनी कहाँ जान्छन्। कतिबेला घर पुग्छन् लगायतबारे उनले रेकी गर्थिन्,’ उनले भने। , उनी पनि आपराधिक पृष्ठभूमिकै व्यक्ति भएको उनले बताए। , चोरी मुद्दामा २०७६ असार ११ गते देखि २०७८ फागुन ७ गतेसम्म उनी केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरेको खुलेको छ। , प्रहरीले घटनामा संलग्न तीन जना पक्राउ गरेको बताए पनि उनीहरू नै मुख्य योजनाकार भने होइनन्। यस घटनाका मुख्य योजनाकार, गोली प्रहार गर्ने व्यक्तिहरू अझै फरार छन्। , प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ। प्रहरीले लाल मोहम्मदको हत्या किन भयो भन्नेबारे पनि खुलिनसकेको जनाएको छ।, पक्राउ परेकामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।  , काठमाडौंको गोठाटारमा गत असोज ३ गते साँझ लाल मोहम्मदमाथि गोली प्रहार गरिएको थियो। गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको थियो।, मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो।, सर्लाहीको हरिवन नगरपालिका–२ का ५८ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।, कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेका थिए।, गोठाटारमा लाल मोहम्मद हत्या प्रकरण: हतियार ल्याउने र रेकी गर्ने पक्राउ
सेतोपाटी संवाददाता 'उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरू सबै हराए ।', बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छिन् । जब–जब दसैँ तिहार जस्ता पर्व आउँछन् तबतब उनलाई पुराना दिनका सम्झनाले सताउँछ । पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उनका मानसपटलमा अझै ताजै छन् । उनी भन्छिन्, 'दसैँ आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, अहिले सबै संस्कृति हटे कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।', युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरूको विवाहसमेत हुने गथ्र्यो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको बताइन्छ । 'अहिले यो प्रचलन त छँदै छैन, धजा बाँन्दा कोही पनि पिङबाट नलड्ने जनविश्वास पनि थियो', उनले भनिन् ।, पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मियता बनाउने काम गथ्र्यो । सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउथ्यो । उनले भनिन्, 'अहिले पिङ पनि बनाउँदैनन्, आफन्तसँग भेट हुन पनि पाइँदैन, फोनमा कुरा गर्‍यो, फोनमै भट्यो ।', स्थानीय ७० वर्षीय नरबहादुर क्षेत्रीले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताए । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहे पनि विस्तारै टुट्दै गएको छ । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको छ । 'बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, उस्तै परे वर्षभरीमा एकपटक पनि धर्ती छोड्दैनन्', क्षेत्रीले भने, 'जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो ।', उनले दसैँ आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरू जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताए । उनले भने, 'हाम्ले पिङ हालेको ठाउँ अहिले मोटरबाटो पुगेर भत्किएको छ ।', स्थानीय युवा बिमल बुढामगरले पछिल्लो समय आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको बताए । बुढामगर भन्छन्, 'हामी सानोसानो हुँदा लिङ्गे पिङ धेरै खेल्ने गरिन्थ्यो, अहिले त गाउँमा लुठो बाट्ने मान्छे पनि भेटिन छोडे, युवाले पनि खास्सै चासो नदिएर पनि होला हराउँदै गएको छ ।' रासस, दसैँमा गाउँमा देखि नै छोडे पिङ
नवीनबाबु गुरूङ महाकवि लक्ष्मीप्रसाद देवकोटाको भवन (कविकुञ्ज) उद्घाटन भएको छ। दसैंको अवसर पार्दै निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार भवनको उद्घाटन गरेको हो।, १२ आना १ दाम क्षेत्रफलमा फैलिएको यो भवनलाई प्रतिष्ठानले संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने जनाएको छ। सोही अनुसार संग्रहालयको भुइँतलामा देवकोटालाई सरस्वतीको प्रतीक मान्दै सरस्वतीको प्रतिमा अनि श्रव्यदृश्य सामग्री राखिएका छन्। , भारतको दिल्लीको एक भेलामा देवकोटाले बसेर ‘पागल’ कविता वाचन गरिरहेको फोटो भेटेपछि प्रतिष्ठानले दुरुस्तै देखिने शालिक पनि बनाउन लगाएको थियो। त्यसलाई संग्रहालयमा राखिएको छ।, त्यसैगरी संग्रहालयमा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका भाँडाकुँडाहरू, लगाएका लुगाहरू र अन्य सामग्रीहरू राखिएका छन्। भवन निर्माणक्रममा यहाँ जाँतो भेटिएको थियो। त्यसलाई पनि यहीँ राखिएको छ।, देवकोटाले आफ्नो जीवनकालमा लेखेका कविता, खण्डकाव्य, समालोचना, भूमिका, अनुवाद लगायत जति पनि सामग्री छन्, ती सामाग्री पनि राखिएका छन्। त्यसबाहेक उनका प्रकाशित–अप्रकाशित कृतिका पाण्डुलिपि पनि त्यहाँ छन्। , तेस्रो तला बुइँगल भएकाले त्यहाँ त्यसलाई प्रवचन वा अन्तक्र्रिया कक्ष बनाउने प्रतिष्ठानको योजना छ।,  , महाकवि देवकोटा भवन भयो उद्घाटन (तस्बिरहरू)
रासस सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।, घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  , करेन्ट लागेर एकको मृत्यु
नारायण खड्का सल्यानमा शनिबार बिहान जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। , जिल्लाको कुमाख गाउँपालिका वडा नं.  ७ डुमकोटका  ३९ वर्षीय  मानबहादुर पुन र सोही ठाउँकी  १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले सेतोपाटीलाई जानकारी दिए।, घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगातर्फ पठाइएको उनले जानकारी दिए। घाइते कसैको पनि परिचय खुलिनसकेको प्रहरीले बताएको छ। , बिहान ६:४० बजेतिर जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका वडा नं. ११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर  तल खसेको प्रहरीले जानकारी दिएको छ।, मन्दिर जाँदै गरेकाहरू दुर्घटनामा परे – २ जनाको घटनास्थलमै मृत्यु , १७ जना घाइते
सेतोपाटी संवाददाता यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको हो।, यसैबीच मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ।, महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो।, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुनेछ। ‘नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ,’ महाशाखाले शुक्रबार दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज २१ द्वादशीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।, विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा ठूलो वर्षाको आँकलन गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आँकलन महाशाखाले गरेको छ। , यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आँकलन गरिएको छ। यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ। , २१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ । , पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रियजस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन्। गत वर्ष पनि दसैँताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो।, दसैंको नवमी, दशमी र एकादशीमा देशभर ठूलो पानी पर्ने
शर्मिला पाठक/ रासस काठमाडौं महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। , भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनैरूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने।, सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको उनको भनाइ छ।, गत साउन १ गते जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर प्रयोग गरी भत्काउने काम सुरू गरेको  उनले बताए।, डेढ महिनामा ५६ स्थानका एक सय ३५ संरचना भत्काएको महानगरपालिकाले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्म सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रमा भत्काएका छन्।, महानगरले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ।, २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ।, नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सबै संरचना अवैध ठहर गर्दै महानगरले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो।, बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्गमा दुई वटा भवन छन्।, यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्। वडा नं १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।, वडा नं २६ स्थित सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन्।, वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ।, वडा नं २२ सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ। यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ।, वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ। वडा नं ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ। वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनाधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ। त्यस्तै वडा नं १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ।, वडा नं १६ को ढुङ्गेधारा, वडा नं १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ। वडा नं १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ।, वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शंकर मन्दिर, उमाशंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना हटाइएको छ।, यस्तै काठमाडौंं महानगरपालिकाले दसैंमा पनि अवैध संरचना भत्काउने काम नरोक्ने भएको छ।, अवैध रूपमा निर्माण भएका भनिएका संरचनाहरू भत्काउने काम नरोक्ने महानगरका प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। , यसरी अवैध संरचना हटेसँगै पार्किङको समस्या २५ प्रतिशतले कम भएको महानगरले जनाएको छ।  , हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन छन्। ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ।, काठमाडौं महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना
डा.अजित खनाल हामीले खाएको खानेकुरा खाद्य नली हुँदै आमाशयमा पुग्छ। आमाशयमा एसिडको उत्पादन भइरहेको हुन्छ। खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम त्यहीँ एसीडले गर्छ। एसिडले तन्तुलाई जलाउने र बचाउने सक्ने क्षमता पनि राख्छ।, शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने साधारणतया ग्याष्ट्रिक हुन्छ।, कसै कसैलाई पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ। चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिकले सताउँछ।, धेरै थुक्नु पनि ग्याष्ट्रिकका लागि हानिकारक हुन्छ। थुक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यदि मुखमा थुक नहुँदो हो त केही मिनेटमा मुख कुहिन्थ्यो।, थुकमा व्याक्टेरिया मार्ने तत्व हुन्छ। थुक्नु सभ्यताको हिसावले हानिकारक हो। अर्कोतिर थुक निल्दा ग्याष्ट्रिकलाई फाइदा हुन्छ।, ग्याष्ट्रिक हुनेले मुखमा थुक आउँछ भन्छन्। त्यो शरीरलाई चाहिएर थुक आउन लागेको हो। त्यो निल्न जरूरी छ। खकार आयो भने त्यो अलग कुरा हो। त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ।, खुट्टा दुखे पनि, झमझम गरे पनि ग्याष्ट्रिक भयो भन्ने गरिन्छ। त्यो गलत हो। माथिल्लो पेटमा असजिलो भयो भने ग्याष्ट्रिक हुन्छ। तर सबै अवस्थामा ग्याष्ट्रिक हुन्छ भन्ने होइन। पित्त थैलीमा पत्थरी हुँदा पनि माथिल्लो पेट दुख्नसक्छ। माथिल्लो पेटको सबै असहजतालाई ग्याष्ट्रिक भन्न मिल्दैन।, आफैंले ग्याष्ट्रिक भयो भनेर जथाभावी औषधि खानुभन्दा चिकित्सकको परामर्श लिएर मात्र उपचार गर्नुपर्छ। कुनै पनि दुखाई भयो भनेर जथाभावी औषधि खानु हुँदैन। प्यारासिटामोल बाहेक आफैंले किनेर केही औषधि खान मिल्दैन।, जुनसुकै दुःखाईमा पनि प्यारासिटामोल खान सकिन्छ। यसले कुनै असर गर्दैन। तर अरू औषधि खाएमा त्यसले थप जटिलता निम्त्याउन सक्छ।, स्वास्थ्य परीक्षण नगरि आफैंले अनुमानको आधारमा ग्याष्ट्रिक भएको भनेर औषधि सेवन गर्नुहुँदैन। अर्को कुरा ग्याष्ट्रिक भएकाले आफूखुशी खाना बार्छन्। यो पनि गलत हो। हामीले खाने सबै खाना खान हुन्छ। दाल, भात तरकारी दुध, माछा मासुलगायत खान मिल्छ। जिरा, धनियाँ बेसारलगायतका मसला पनि खान हुन्छ। जाँड, रक्सी, चुरोट, सुर्ति, जंक फुडबाहेक सबैखाले खाना खान हुन्छ।, इन्टरमिटेन्ट फास्टिङ स्वास्थ्यका लागि फाइदाजनक छ। यसले ग्याष्ट्रिक बढाउने भन्ने हुँदैन। भोको पेट बसेमा ग्याष्ट्रिक हुन्छ भन्ने सत्य होइन। भोको पेट बस्दा एसिड पनि कम निस्किन्छ भन्ने हो। अहिले केटो डाइटको प्रचलन पनि छ। केटो डाइटको प्रयोग गरेकाले चिल्लो धेरै खान्छन्। यसले मुटुको समस्या बढाउन सक्ने देखिन्छ। केटोभन्दा इन्टरमिटेन्ट फास्टिङ राम्रो हो।, ग्याष्ट्रिकले पार्ने समस्या, यसबाट जोगिने उपाय लगायतका विषयमा केन्द्रित रहेर हामीले वरिष्ठ ग्याष्ट्रोलोजिष्ट डा.अजित खनालसँग भिडिओ कुराकानी गरेका छौं। वरिष्ठ ग्याष्ट्रोलोजिष्ट डा. खनाल वीर अस्पतालका ग्याष्ट्रो मेडिसिनका विभागीय प्रमुख हुन्। उनी अल्का असपताल जावलाखेल र ग्रिनसिटी अस्पताल सामुखुशीमा कार्यरत छन्।, हेर्नुहोस् भिडिओ, चिकित्सकको परामर्श बिना ग्याष्ट्रिकको औषधि खानै हुँदैन (भिडिओ)
आशिक तिवारी नेपालीहरूको महान पर्व दसैं-तिहार घर आँगनमा भित्रिसकेको अवसरमा हामीले खानेकुरा कतिको स्वच्छ र स्वास्थ्यपरक छ भन्नेतर्फ हेक्का राख्न जरूरी छ।, नेपालमा मनाइने चाडहरूमध्ये, हिन्दूहरूको महान चाड बडादसैं एक हो। आफूभन्दा ठूला व्यक्तिको हातबाट रातो टीका र आशीर्वाद लिने र मिठाइ खाने पर्वका रूपमा दसैं चिनिन्छ।, यो पर्वमा ऋण लिएर पनि नयाँ लुगा लगाउने र मासु काट्ने प्रतिस्पर्धा हुने गरेको छ। त्यही कारणले भनिन्छ, ‘दसैं आयो ढोल बजाइ, गयो दसैं ऋण बोकाइ’।, मासु एक पौष्टिक खाना हो, जसमा १० देखि २५ प्रतिशत प्रोटिन हुन्छ। यसमा जिंक, भिटामिन बी र पोटासियम पनि पाइन्छ। यी हाम्रो शरीरको लागि आवश्यक पोषक तत्व हुन्। सन्तुलित आहारमा मासुको प्रयोग अत्यावश्यक मानिन्छ। तर, मासुबाट प्राप्त हुने तत्वहरू त्यति सजिलै प्राप्त हुँदैनन्।,             , दसैंमा अत्यधिक मासु सेवनको असरले विभिन्न रूपका दीर्घकालीन रोगहरू निम्ताउने अमेरिका र युरोपका विभिन्न विश्वविद्यालय  अन्वेषक र मासु विज्ञहरूले बताएका छन्। दैनिक रूपमा धेरै रातो मासु खाँदा मानिसको मुटुमा असर पर्ने र उच्च रक्तचाप र क्यान्सर हुने गरेको पाइएको छ। , नेपालका मासु पसलको लापरबाहीका कारण अधिकांश मानिसमा ब्याक्टेरियाको संक्रमण हुने, कीराको लार्भा शरीरमा प्रवेश गर्ने र मासुबाट विभिन्न रोग सर्ने गरेको पाइन्छ। यी र यस्तै कारणले विभिन्न चाडपर्व मनाएर अस्पताल भर्ना हुनेको सङ्ख्यामा उल्लेख्य वुद्धि हुने गरेको पनि देखिन्छ।, दसैंमा खसी-बोका किन्दा केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ। जस्तै: धेरै पातलो, आवश्यकताभन्दा बढी रसिला आँखा भएको किन्नु हुँदैन। यस्ता लक्षण सामान्यतया बिरामी हुँदा देखा पर्छन्।, हाल सरकारले खसी-बोकालाई रातो र हरियो रङ दिएर परीक्षण गरिरहेको छ।, हरियो सिङ भएका खसी-बोका स्वस्थ हुन्छन् भने रातो अस्वस्थ हुन्छन्। खसी-बोका काट्नेदेखि लिएर मासु पकाएर खाने र भण्डारण गर्ने केही आधारभूत जानकारीहरू छन् ताकि मासुजन्य रोगबाट बच्न सकिन्छ।, दसैंमा स्वस्थकर मासु कसरी छान्ने ?,     मासु हल्का गुलाबी रङको हुनु हुँदैन,     यदि मासु हरियो र प्याज रङको छ भने यो मानव उपभोगको लागि अयोग्य हुनेछ,     मासुमा कुनै अमिलो, बिग्रिएको, अप्रिय गन्ध हुनु हुँदैन,     मासुलाई फ्रिजमा छुट्टै छोपेर सफा र चलिरहेको फ्रिजमा राख्नुपर्छ।,     मासु काट्दा र समात्दा विशेष ध्यान दिनुपर्छ।,     बासी र खुला मासु नखाने,     कुनै पनि हालतमा काँचो मासु नखानुहोस्।,     सेकुवा, ह्याकुला छोइला आदि भुटेको मासु सकेसम्म नखानु राम्रो हुन्छ।,     राम्ररी धोएर र राम्ररी पकाएको मासु मात्र खाने,     विभिन्न प्रकारका मसला र तेलको प्रयोग कम  गर्नु पर्छ।,     सकेसम्म फ्याट कम भएको मासुको प्रयोगमा जोड दिनुहोस्।,     मासुलाई अन्य पकाएको परिकारसँगै फ्रिजमा राख्नु हुँदैन। ताजा मासुलाई २ देखि ४ डिग्री सेल्सियसमा ४८ घण्टासम्म फ्रिजमा भण्डारण गर्न सकिन्छ। ,      फ्रिजमा राख्दा सधैं मासु छोप्नुहोस् र यसलाई माथि कहिल्यै नराख्नुहोस्। माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणुहरू तरल पदार्थ, हावाको माध्यमबाट तल्लो सतहमा पर्न सक्छन्।,     तलका अन्य खानेकुराहरू पकाएको भाँडा, तरकारीहरू, शाकाहारीहरूका लागि तयार/छुट्टाइएका परिकारहरू, फलफूल र तरकारीहरूको जोखिम हुन्छ। ,     काँचो मासु र पकाएको मासु एकै ठाउँमा राख्नु हुँदैन।,     घरमा मासु पकाउँदा सरसफाइमा ध्यान दिनुहोस्। मासु खाँदा सकेसम्म हरियो सागसब्जी खाने बानी गर्नुपर्छ। मासु खाएपछि तुरून्तै आइसक्रिम, दही, क्रिम डिस नखाने।,     दैनिक व्यायाम गर्नुपर्छ।  सुरक्षित उपाय अपनाएर भण्डारण गरिएको छ वा छैन भनी निरीक्षण गरेपछि मात्रै खाने।,  , (लेखक फुड माइक्रोबायोलोजिस्ट हुन्।),                               ,  , दसैंमा स्वस्थकर मासु कसरी छान्ने?
रासस नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरू गरेका छन्। भरतपुर महानगरपालिकाले तयार गरेको गुरूयोजनाअनुसार समन्वयात्मक रूपमा तीनवटै योजनाको काम अघि बढेको हो।,  , ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ। सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ।, नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ।, नदीको सतहदेखि २.५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ। रु १९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए।, खुट्किलाको सतह दुई मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन्। उनको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ। सो भागको ठाउँ-ठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिने छ।, पाँच मिटरको फरकमा बिरूवा लगाइने उनले जानकारी दिए।, आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ।, उनले भने, ‘बाढीले नबगाउने गरी आकर्षक ढंगले सिँढी निर्माण गरिँदै छ।’, यसले तटबन्धको काम गर्ने, सौन्दर्यकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उनको भनाइ छ। यो तटबन्धका कारण नवलपरासीतर्फको भू-भागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ।,  , भरतपुर महानगरपालिकाका इञ्जिनियर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ। उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरूयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे् सवारी अट्ने दुई वटा पार्किङस्थल, बगैंचालगायत निर्माणका काम भइरहेको छ। रु छ करोड ५० लाख बजेटमा काम भइरहेको छ।,  , यस ठाउँमा बगैंचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरूयोजनामा उल्लेख छ। खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भू-भाग १५ बिघा क्षेत्रमा फैलिएको छ।,  , तटबन्ध बाहेकका रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ। नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ। बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ।, ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन्। सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरूयोजना अनुरूपको रु ५० करोडको बोलपत्र आह्वान गरेको छ।, आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ।, आरती क्षेत्र वरपर बत्ती राख्दैछ। उनका अनुसार झण्डै रु दुई करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ। उनले भने, ‘हामीले अरू मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौं।’ , स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनः जोडेर यसवर्ष सोही गुरूयोजना अनुसारका रु ५० करोडका काम अघि बढेको महानगरले जनाएको छ।, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती तीन मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताइन्।, उनका अनुसार सुरूमा पदमार्गलगायत काम महानगरकै बजेटबाट थालिएको हो। महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरूयोजनाअनुसार संघीय मन्त्रालयले सहकार्य गरेको उनको भनाइ छ।, काम नजुध्ने गरी व्यवस्थित ढंगले अघि बढाइने दाहाल बताउँछिन्।,  , महानगरको सहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दु बन्ने प्रमुख दाहालको विश्वास छ।, पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ।, दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ।, दाहालले भनिन्, ‘म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ।’,  , सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उनको भनाइ छ।, मुख्यरूपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्वपूर्ण गन्तव्य बन्नेछ। धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ।, महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताए।, उनले  नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताए।, नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उनले बताए। पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन्।, नारायणी किनारमा तीन संघीय मन्त्रालयका छुट्टाछुट्टै योजना