content
stringlengths
20
64.1k
नवीनबाबु गुरूङ थारू समुदायले आज जितिया पर्व मनाउँदै छन्। थारू समुदायका महिलाहरूले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो।, थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। , जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले मनाउने तिज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ। , व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै व्रतालुहरु जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रही आएको छ।, हेर्नुहोस् तस्बिरहरू, राजधानीमा जितिया पर्वको उल्लास (तस्बिरहरू)
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बुबाट एक जना शिक्षकलाई उद्धार गरिएको छ।, हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित खोलामा शनिबार चिप्लेर बेपत्ता भएका केशव सिवाकोटीको उद्धार गरिएको हो।, उनी दोलखाको कालिञ्चोक ३ का हुन्।, शनिबारदेखि हराइरहेका उनलाई आज नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका छन्। उनलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।, उनी खोलाको खोचमा अड्केको अवस्थामा फेला परेका थिए। उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ।, हेलम्बुबाट शिक्षकको उद्धार
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा भर्ना भएर डेंगीको उपचार गराइरहेका बिरामीलाई झुल दिएको छ। , महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन्। महानगरले हाललाई १ सय ५० थान झुल हस्तान्तरण गरेको हो। , समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगीको संक्रमितलाई झुल दिएको बताए।  ‘संक्रमितलाई टोकेको लामुट्टेले अन्य बिरामीलाई टोकेर डेंगी नसारोस् भनेर झुल दिएका हौ’, उनले भने।, उनले महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको बताउँदै अक्सिजन प्लान्ट जडानका लागि सहयोग गरेको स्मरण गरे। महानगरका प्रवक्ता समेत रहेका महर्जनले अस्पताललाई थप सहयोग गर्न समेत प्रक्रिया गरेको उनले जानकारी दिए।, उनले पाटन अस्पतालमा ७७ वटै जिल्लाबाट उपचार गर्न आउने भएकाले यो अस्पताल सहयोगका लागि प्राथमिकतामा परेको प्रष्ट पारे। , अस्पतालका निर्देशक रवि शाक्यले कोभिडलाई नै ओझेलमा पर्ने गरी डेंगी फैलिएको बताउँदै महानगरले दिएको झुलको सन्देश सकारात्मक भएको बताए। ‘अस्पतालबाट हामीले झुल दिएका छैनौं, महानगरले अस्पतालमा भर्ना भएका डेंगी बिरामीलाई झुल दिएर सकारात्मक सन्देश प्रवाह भएको छ’, उनले भने।, महानगरले योसँगसँगै डेंगी फैलन नदिन विशेष कार्यक्रम ल्याउनुपर्ने उनको धारणा थियो । , जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महानगरका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्। लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई तीब्रता दिएको बताइन्। लामखुट्टेको टोकाइबाट जोगिन उपायसमेत समुदायस्तरमा पुर्‍याएको बताइन्। , पाटन अस्पतालका अनुसार  केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये दैनिक १ सय ५० जना नयाँ डेंगी संक्रमित थपिने गरेको छन्। ती मध्ये धेरै उपचार गरेर फर्कर्ने गरेका छन्।, अस्पतालमै राखेर उपचार गर्नुपर्नेलाई भर्ना गरिएको अस्पतालले जनाएको छ। हाल अस्पतालमा एक सय भन्दा कम डेंगीका बिरामीले भर्ना भएर उपचार लिइरहेका छन्। , डेंगीको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई ललितपुर महानगरको झुल
एजेन्सी जापान सरकारले टाइफूनको उच्च जोखिममा रहेको भन्दै क्युशू क्षेत्रका घर खाली गर्न नागरिकलाई आग्रह गरेको छ।, त्यस क्षेत्रका करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा जान सरकारले आग्रह गरेको ,बीबीसीले,  जनाएको छ। क्युशू क्षेत्रमा जुनसुकै बेला आँधी आउन सक्ने जापानको मौसम विज्ञान संस्थाले जनाएको छ।, आँधी २ सय ५० मिलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने संस्थाको  प्रक्षेपण छ। आँधीसँगै आउने मुसलधारे वर्षाका कारण त्यस क्षेत्रमा बाढी र पहिरो  जाने भएकाले  रेल्वे सेवा समेत बन्द गरिएको छ।, ‘अप्रत्याशित रुपमा शक्तिशाली आँधीसँगै मुसलधारे वर्षाको  सामना यस क्षेत्रले गर्नुपर्नेछ,’ संस्थाले भनेको छ।, क्युशू जापानको  दक्षिणी क्षेत्रमा पर्छ। जापानको उत्तर पूर्वी क्षेत्र हुँदै मध्य टोकियोमा पनि टाइफून आँधी आउनसक्ने मौसम विज्ञान संस्थाले बताएको छ।, टाइफूनको उच्च जोखिम भन्दै २० लाख मानिसलाई घर छाड्न जापान सरकारको आग्रह
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।, लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।, उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।, तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।, यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।, ‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले सेतोपाटीसँग भने।, प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो।, अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।, इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ।, ‘कस्तो खालको अपराध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ। मृत्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन। कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो।’, यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनुसन्धान गर्दै जाँदा अनुसन्धान अधिकृतको आवश्यकता भएमा अदालतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। , भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।, उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।, केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। , लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्।, उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।, त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।, त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए। उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए। इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्‍काउने सिपिएलले बताएको थियो।, सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ।, छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन। घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ।, जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।, त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।, सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।, यस घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।, सम्बन्धित समाचारहरू: , कहाँ गए सन्दीप लामिछाने?, सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, सन्दीप लामिछाने प्रकरण : राष्ट्रिय टोलीका व्यवस्थापकलाई स्पष्टीकरण सोध्न माग, सन्दीपले भने- नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु, क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, प्रहरीले अब के गर्छ?, सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, विदेशमा रहेका सन्दीपमाथि प्रहरीले सुरू गर्‍यो निगरानी, कसरी ल्याउँछ नेपाल?, प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे, सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने, सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी, क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी आएको प्रहरीको भनाइ, सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी, क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने, सन्दीपले मागे क्यानसँग कानुनी सहयोग , सन्दीपको विषयमा आइसिसीको चासो, सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रहरीले अघि बढायो प्रक्रिया
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले डोजर चलाएको टुकुचा खोल्साको भूमिगत सुरूङ आजभन्दा १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको तथ्य भेटिएको छ।, नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्‍याइएको छ। त्यसैले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।, राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।, यस आधारमा इँटाको गुम्बज शैलीमा बनेको यो सुरूङ ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा हो।, ऐतिहासिक दस्तावेज तथा तस्बिरहरू सेयर गर्ने फेसबुक पेजमा शुक्रबार राति मनोज मनुजले टुकुचाको सुरूङ राणाकालमै बनेको दस्तावेजसहितको विवरण सेयर गरेका थिए। त्यसपछि हामीले मेसेन्जरमार्फत् मनोज मनुजसँग सम्पर्क गर्‍यौं।, मनोज मनुजले फेसबुकमा सेयर गरेको दस्तावेज।, हाल अमेरिका बस्ने मनोज यस्ता ऐतिहासिक दस्तावेज तथा तस्बिर संकलन गर्छन्। उनले उक्त दस्तावेजको पूर्ण प्रति हामीलाई पठाइदिए। सबै विवरण पढ्दा सुरूङ खनिएको भूभागको जग्गा वीरशमशेर राणाको पालामा प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।, अधिग्रहण गरिएको जग्गामा टुकुचा पुरेर पटांगिनी बनाइएको दस्तावेजमा उल्लेख छ। यो सुरूङ संरचनालाई मनोज मनुजले ‘राणाकालीन इञ्जिनियरिङ मास्टरपिस’ भनेका छन्। उनका अनुसार यसको डिजाइन र निर्माण तत्कालीन इञ्जिनियर जोगवीर स्थापितले गरेका थिए।, बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।, उनले १९४३ फागुनमा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराएका थिए। त्यसैको आसपास एकपछि अर्को थुप्रै दरबार निर्माण गराए जसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको भूभाग अधिग्रहण गरिएको सम्पदाविद् तथा इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सुदर्शनराज तिवारीले बताएका छन्।, वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ।, त्यसको चार वर्षपछि १९५० सालमा जमल बहालको उत्तरपूर्वपट्टि सेतो दरबार बन्यो। १९९० सालको आगलागीमा परेर ध्वस्त भएको यो दरबारको एउटा मोहडा मात्र बाँकी छ। यसबीच याक एन्ड यती होटल रहेको लालदरबार १९४७ सालमा बन्यो भने त्यसपछि अहिले अमेरिकी मनोरञ्जन केन्द्र रहेको फोहोरा दरबार बन्यो।, ‘अनेक दरबारहरू बनाउँदै जाने क्रममा हात्तीसार दरबार पनि बन्यो। यो दरबार टुकुचाको पूर्वतर्फ थियो,’ तिवारी भन्छन्, ‘यही दरबारको अगाडि ठूलो आँगन वा पटांगिनी निर्माण गर्न वीरशमशेरकै पालामा जमिन सम्याउनुका साथै टुकुचालाई इँटाको सुरूङभित्र छोपेर जमिनमुनि बगाउन थालेको देखिन्छ।’, जमिन सम्याएर बनाइएको पटांगिनीमा राणाकालमा ठूल्ठूला समारोह आयोजना हुने उनले बताए।, हेर्नुहोस्: ,महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, पुरूषोत्तमलाल जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १)’ मा उल्लेख भएअनुसार वीरशमशेरले निर्माण गराएका यी दरबारको वास्तुकला डिजाइन जोगवीर स्थापितले नै गरेका थिए। यिनै स्थापितले टुकुचाको भूमिगत सुरूङ डिजाइन गरेको भनाइ छ।, हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्।, वीरशमशेरले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमलाल जबराको किताबमा छ। त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म बाँकी छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै भएको विज्ञहरू बताउँछन्।, सम्पदाविद् तिवारीले जयनेपालमा भेटिएको इँटाको गुम्बज संरचनाको इञ्जिनियरिङ हेर्दा नै राणाकालीन हो भन्नेमा शंका नभएको बताए। उनका अनुसार यस्तो गुम्बज संरचना २००७ सालपछि बनेको छैन।, काठमाडौंको भित्री बस्तीका विभिन्न भाग, पाटनको च्यासल र भक्तपुरको हनुमानघाटमा पनि जमिनुमनि यस्तै संरचना रहेको जानकारी दिँदै तिवारीले भने, ‘ती सबै राणाकालमा ढल व्यवस्थापन गर्न बनाइएका हुन्।’, यही कुरा हामीलाई जलाधार विज्ञ अजय दीक्षितले पनि सुनाएका थिए। सुन्धाराबाट लगन जाने बाटोमा तहागल्लीनिर यस्तै ढाँचाको ढल निकास प्रणाली भेटिने उनी बताउँछन्।, ‘काठमाडौं सहरको ढल प्रणालीका लागि राणाकालमै यस्तो संरचना निर्माण गरिएको थियो,’ उनले भने, ‘ती संरचनामध्ये कति जीवित छन्, कति मासिइसके। टुकुचामा फेला परेको संरचना ऐतिहासिक र पुरातात्विक दृष्टिले र राणाकालीन ढल व्यवस्थापन प्रणाली अध्ययन गर्न पनि महत्वपूर्ण छ। यसलाई मास्ने होइन, जोगाउनुपर्छ।’, उनले अगाडि भने, ‘जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको भूमिगत सुरूङ खनेर टुकुचा बाहिर निकाल्दा हामीले पाउने भनेको करिब पाँच सय मिटरको खोल्सा मात्र हो जुन ढलमा परिणत भइसकेको छ। त्यसलाई संरक्षण गर्ने हो भने भावी पुस्ताको निम्ति अध्ययनको विषय हुनसक्छ।’, प्राध्यापक तिवारी पनि करिब पाँच सय मिटरको भूमिगत टुकुचा खोतलेर कुनै लाभ नहुने बताउँछन्।, ‘अहिले भूमिगत टुकुचा बाहिर देखिएकोमा भन्दा माथि बनेका भव्य घरहरू भत्किने भए भनेर धेरै जना खुसी देखिन्छन्। ती घर कानुनी रूपमा बनेका हुन् कि होइनन् भन्नेबारे अध्ययन हुनैपर्छ तर राणाकालमै सुरूङ खनेर भूमिगत बगाइएको टुकुचा जमिनमाथि ल्याएर केही लाभ छैन। यसले पुरातात्विक सम्पदा मासिने त छँदैछ, ढल बग्ने खोल्सा ह्वांग भएपछि दुर्गन्ध नभएको ठाउँमा पनि दुर्गन्ध फैलिन्छ,’ तिवारीले भने।, कुनै पनि संरचना सय वर्षभन्दा पुरानो छ भने त्यसलाई भत्काउनु वा बिगार्नु हुँदैन भनेर पुरातात्विक सम्पदा संरक्षण ऐनले भन्छ। महानगरले यसको बेवास्ता गर्दै डोजर चलाउने क्रम जारी राखेको छ।, महानगर टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंकनिरको पर्खाल भत्काउनुका साथै बाटोमा डोजर चलाएर जमिनमुनि बगेको टुकुचा खन्यो। यहाँ पनि करिब १५ फिटमुनि इँटाको गुम्बज शैलीमा बनेको सुरूङभित्र टुकुचा बगिरहेको भेटिएको छ। वरपरका अन्य घरलाई केही दिनमै भत्काउने चेतावनी दिइएको छ।, कानुनअनुसार यस्तो सम्पदा पुरातत्व विभागले संरक्षणमा राख्नुपर्छ। महानगरले विभागको निगरानीबिना हात हाल्न पाउँदैन। जहाँ जहाँ सुरूङ खनिएको छ, त्यो ठाउँ पुरानै ढाँचामा जिर्णोद्धार गरिनुपर्छ। विनाअध्ययन भटाभट डोजर चलाएर सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा फुटाउँदै जाँदा त्यसको भारवहन क्षमता नासिन सक्छ र पछि कामै नलाग्ने हुनसक्छ। पुरातत्व विभागले भने आफूले निगरानी गर्नुपर्ने काममा अहिलेसम्म चासो देखाएको छैन।, यसबारे पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरलाई सोध्दा उनले यो विषय आफूहरूको जानकारीमा आइसकेको बताए।, ‘हाम्रो जानकारीमा आएको छ तर विभागभित्र छलफल गरेर र महानगरसँग परामर्श गरेपछि मात्र थप के गर्ने भन्ने निर्णय हुनेछ,’ उनले भने।, भूमिगत टुकुचामाथि निर्माण भएका घर कानुनी हुन् कि होइनन् भन्ने सवाल आफैंमा पेचिलो छ। काठमाडौं महानगरले यी सबै संरचना टुकुचा पुरेर अनधिकृत रूपमा बनाइएका हुन् भन्ने ‘न्यारेटिभ’ स्थापित गर्न खोजेको देखिन्छ।, राणाकालमा बनाइएको दरबारको पटांगिनी कहिलेदेखि व्यक्तिका नाममा गयो भन्ने थाहा छैन। राणाहरूले नै बेचे वा पञ्चायतकालमा बेचियो? जे भए पनि यो क्षेत्रमा धेरैअघिदेखि निजी घरहरू बनेका छन्। त्यसैले पहिलेदेखि नै जग्गा किनबेच हुने गरेको सम्भावना छ।, त्यस्तो हो भने कैयन पुस्तादेखि किनबेच हुँदै आएको जग्गालाई आज कुनै व्यक्तिले अतिक्रमण गरेको भन्न कठिन हुन्छ।, सुरूमा राणाहरूले नै क्षतिपूर्ति दिएर जग्गा अधिग्रहण गरे। त्यो बेलासम्म जग्गा दर्ता गर्ने चलन थिएन। जब जग्गा दर्ता गर्ने चलन आयो, त्यो बेला टुकुचा जमिनमुनि गइसकेको थियो र मान्छेको स्मरणबाट हराइसकेको थियो। टुकुचा सुरूङभित्र हालेको ७३ वर्षपछि मात्र औपचारिक रूपले जग्गा दर्ता गरेर लालपूर्जा दिने अभ्यास सुरू भएको हो।, एक सय ३० वर्षअघि नै सुरूङभित्र हालिएको टुकुचाबारे जग्गा किन्ने र बेच्ने मानिसहरूलाई थाहा नहुन सक्छ। राज्यलाई त जयनेपाल हल अगाडिबाट टुकुचा कहाँ हराउँछ थाहा थिएन भने व्यक्तिहरूलाई आफूले किनेको जग्गामुनि टुकुचा छ भन्ने थाहा नहुनु स्वाभाविक छ।, इतिहास हेर्ने हो भने आजभन्दा ७७ वर्षअगाडि नै सन् १९४५ मा जयनेपाल हल सञ्चालनमा आइसकेको देखिन्छ। अंग्रेजी पत्रिका ‘नेपाली टाइम्स’ को एक लेखअनुसार जयनेपाल हल खुल्नुअघि यो ठाउँमा राणा प्रधानमन्त्रीहरूले गोही पाल्थे।, राणाहरूले गोही पाल्ने ठाउँमा सिनेमा हल खुल्नुले यहाँको जग्गा राणाकालमै किनबेच भइसकेको हुनसक्छ। उनीहरूले नै केही जग्गा अरू व्यक्तिलाई दिएका हुन सक्छन्। अथवा, त्यो सुरूङमाथिको भू-भाग पहिले सार्वजनिक जग्गा थियो र समयक्रममा राजनीतिक साँठगाँठबाट व्यक्तिहरूका नाममा लालपुर्जा बनाएर बिक्री गरियो पनि होला। तर त्यो धेरै पुरानो घटना हो।, यसबीच यहाँको जमिन धेरैचोटि किनबेच भइसकेको छ। सुरूमा जसले लालपुर्जा बनाएको भए पनि त्यो काम राज्यकै स्वीकृतिमा भयो। उसबाट ज–जसको स्वामित्वमा जग्गा हस्तान्तरण भयो, त्यसमा पनि राज्यकै स्वीकृतिको मोहर लागेको छ। त्यसबापत राज्यले मालपोत दस्तुर उठाएको छ, उठाइरहेकै छ। यहाँका धेरै घरहरू महानगरबाटै नक्सा पास गरेर बनेका हुन्।, धेरै मानिसले टुकुचाको सुरूङ राणाकालमै निर्मित सम्पदा हो र त्यसको संरक्षण नै गर्ने हो भने पनि त्यसमाथिको जग्गा व्यक्तिहरूले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई हटाउनुपर्ने जिकिर गरेका छन्।, सबभन्दा पहिले टुकुचा सुरूङभित्र हालिएको करिब ४ सय ४० मिटर भागको जमिन कहिलेदेखि किनबेच सुरू भयो, त्यहाँका जग्गा व्यक्तिहरूले कानुनसम्मत ढंगले किनेका हुन् वा होइनन् यकिन गर्नुपर्छ। त्यसपछि मात्र कसैले अतिक्रमण गरेको हो वा होइन भन्न सकिन्छ। महानगरले अहिलेसम्म यी सुरूङमाथिका जग्गा व्यक्तिले अतिक्रमण गरेका हुन् वा कानुनसम्मत ढंगले किनेका हुन् प्रस्टसँग भन्न सकेको छैन।, कुरा टुकुचा सुरूङको मात्र होइन। काठमाडौं महानगरले टुकुचा खोल्सा पुरानै स्वरूपमा पुनर्स्थापना गर्ने भनेको छ। टुकुचामा पानी बग्न चार मिटर छाड्ने र दायाँबायाँ चार–चार मिटरको करिडोर बनाउने भनेर मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताएका छन्। करिडोरमा पैदलमार्ग, साइकल लेन र हरियाली पार्कसमेत निर्माण गर्ने भनिएको छ।, ‘यो काम पाँच वर्षभित्र पूरा गर्ने उद्देश्य राखेका छौं,’ भूपदेवले भनेका छन्।, यो योजनाका पनि जटिलता छन्। काठमाडौंको घना बस्ती बीचबाट बग्ने करिब छ किलोमिटर लामो यो खोल्सा धेरै कम ठाउँमा मात्र दुरूस्त छ। अधिकांश ठाउँमा दायाँ र बायाँ दुवैतिरको साँध मिचिएको छ। कतिपय ठाउँमा राज्यले नै खोल्सा छोपेर त्यसमाथि पैदल मार्ग वा गाडी गुड्ने सडक बनाएको छ। सडक खुलेपछि दुवै किनारका घरमा जान मानिसहरूले त्यही बाटो प्रयोग गर्ने गरेका छन्।, मन्त्रिपरिषदले २०६५ सालमै टुकुचा ब्युँताउने निर्णय गरेको थियो। त्यसमा खासै काम भएन। त्यसपछि सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारप्राप्त एकीकृत बागमती सभ्यता विकास समितिले दुई वर्षअघि टुकुचाको करिडोर व्यवस्थापनका लागि पूर्वसम्भाव्यता अध्ययन गराएको थियो। बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदन हेर्ने हो भने टुकुचाको अवस्था छर्लंग हुन्छ।, उक्त प्रतिवेदनअनुसार भाटभटेनीस्थित टुँडालदेवी मन्दिरबाट चिनियाँ दूतावाससम्मको ७ सय ८० मिटर खण्डमा घर र बाटोले दुवैतिरबाट खोल्सा च्यापेर साँघुरो पारेको छ। टुकुचा कज्याउन माथिबाट कंक्रिटको स्ल्याब हालिएको छ र त्यो स्ल्याबमा पैदलमार्ग बनाइएको छ। दायाँबायाँ पर्खाल लगाइएको छ। खोल्साको दुवैतर्फ चार मिटर खाली छाड्नुपर्ने नियम कार्यान्वयन भएको छैन।, यस्तै अवस्था चिनियाँ दूतावासदेखि गैरीधारा (नारायणहिति दरबार संग्रहालयको उत्तर) सम्मको एक हजार मिटर खण्डमा पनि छ।, तीनधारा मार्गदेखि बागबजार र त्यहाँबाट अद्वैत मार्गसम्मको ७ सय ४५ मिटर खण्डमा त झन् टुकुचाको दुवै किनारमा बाक्लो बस्ती छ। यहाँ धेरै घर खोल्साको साँधमै बनेका छन्। यीमध्ये कति घरले टुकुचाको सीमा मिचेका छन् वा कति घर नक्सा पास नगरी बनाइएका छन् भन्ने यकिन छैन।, महानगरले भनेजस्तो टुकुचा पुरानै स्वरूपमा फर्काएर देखिने गरी जमिनमाथि ल्याउने हो भने किनारमा बनेका धेरै घर भत्काउनुपर्ने हुनसक्छ। कतिपय पैदलमार्ग र गाडी गुड्ने सडक पनि भत्काउनुपर्छ।, सबभन्दा पहिला त जयनेपाल हलअगाडिको र काठमाडौं प्लाजानिरको मूल बाटो नै भत्काउनुपर्छ। महानगरले जुन भूमिगत सुरूङ खोतल्न डोजर चलाइरहेको छ, यी बाटाहरू तिनै सुरूङमाथि छन्।, जलाधार विज्ञहरू काठमाडौं उपत्यकाका नदी–खोलामध्ये टुकुचा सबभन्दा पहिला प्रदूषित भएको र अहिले त सहरी ढलमै परिणत भइसकेको बताउँछन्। यसमा मूलत: अहिले बर्खाको पानी र ढल मात्र बग्छ। वरिपरिको जलाधार क्षेत्र पूरै मासिएकाले पानीको अर्को स्थायी स्रोत छैन।, यो खोल्सामा ढल मिसाउने काम राणाकालबाटै सुरू भएको हो। राणाकालमा जब भित्री बस्तीका रैथानेहरूलाई विभिन्न कारणले बागबजार, डिल्लीबजार, नक्साल लगायत ठाउँमा बसाइँ सारियो, त्यही बेलादेखि टुकुचा आसपास बस्ती विकास हुन थाल्यो। बस्ती बढ्दै गएपछि खोल्सा प्रदूषित हुँदै गयो।, बागमती, विष्णुमती लगायत अन्य नदी-खोलाहरू त्यति बेलाका मुख्य बस्तीभन्दा टाढा पर्थे। बीच बस्तीबाट बग्ने टुकुचा खोल्सा नै घरको ढल र दूषित पानी फाल्न सजिलो ठाउँ थियो। त्यसैले बागमती र विष्णुमतीमा कलकल पानी बगिरहँदासम्म टुकुचा ढल मिसिएर डुङडुङती गनाउने गरी प्रदूषित भइसकेको थियो।, वर्षौंअघि मासिएको खोल्सा पुनर्स्थापित गर्न भूमिगत पुरातात्विक संरचना भत्काउनु र वर्षौंदेखि बसेका मानिसहरूको बस्ती उजाड्नु कति जायज हो भन्नेबारे पर्याप्त सार्वजनिक बहस र छलफल भएको छैन।, काठमाडौं महानगरभित्र गर्नुपर्ने सुधारका काम पनि प्रशस्तै छन् — बागमती, विष्णुमती, धोबीखोलालाई पुनर्जीवन दिने काम, काठमाडौंको फोक्सोका रूपमा काम गर्न सक्ने बृहत टुँडिखेल पार्क स्थापना, अरू स-साना पार्क स्थापना, शिक्षा, स्वास्थ्य लगायतको सुधार।, यी सबै कामले ठूलो साधन, स्रोत र समय माग गर्छन्। त्यसैले महानगरवासीका लागि मुख्य प्राथमिकता के हुन् र स्रोत कहाँ खर्च गर्ने? काम कहाँबाट सुरू गर्ने? यसबारे बृहत बहस आवश्यक छ।, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए
सेतोपाटी संवाददाता पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।, ‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइएको देखिन्छ। सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदामा पर्छ,’ विभागका महानिर्देशक दामोदर गौतमले आइतबार सेतोपाटीसँग भने, ‘डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्छ भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ। थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न दुई जनाको टोली पठाउँदै छौं।’, इञ्जिनियर र पुरातत्वविदसहितको उक्त टोलीले सम्भवतः आइतबार नै महानगरसँग कुरा गर्नेछ। यो विषयमा पुरातत्व विभाग दुई किसिमबाट अगाडि बढ्ने गौतमले बताएका छन्।, ‘सबभन्दा पहिला त काठमाडौं महानगरले हात्तीसार क्षेत्रमा गरिरहेको उत्खननबाट भूमिगत सुरूङमा असर नपरोस् भनेर हामी कुरा गर्छौं। महानगरले आफ्नो अभियान चलाउँदा पुरातात्विक सम्पदा मासिनुभएन। त्यसैले उनीहरूको अभियानलाई असर नगर्ने र हाम्रो सम्पदा पनि संरक्षण हुने गरी अघि बढ्ने छौं,’ महानिर्देशक गौतमले भने।, सँगसँगै, टुकुचाको भूमिगत सुरूङ निर्माणसम्बन्धी ऐतिहासिक दस्तावेजहरू खोजी गरी विस्तृत अध्ययन गर्ने उनले बताए।, दोस्रो चरणमा विभागले टुकुचाको सुरूआतदेखि अन्तसम्मको बाटो पछ्याउँदै वरपरका स्थलहरूको पनि विस्तृत अध्ययन अघि बढाउने भएको छ।, टुकुचा वरपरका क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्वका के–के सम्पदा थिए, तीमध्ये अहिले कति बाँकी छन् र कति मासिए भन्नेबारे नक्सा तयार पारिने उनले जानकारी दिए।, ‘हाम्रो यो अध्ययनले टुकुचाको इतिहासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौं,’ उनले भने।, शंखपार्कबाट सुरू हुने टुकुचा बालुवाटार, भाटभटेनी, नक्साल, गैरीधारा, नारायणहिति, जयनेपाल हल, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली हुँदै त्रिपुरेश्वरको कालमोचन घाटमा पुगेर बागमतीमा मिसिन्छ।, यसबीच नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पु‍र्‍याइएको छ। त्यसैले जयनेपाल सिनेमाहलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।, राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।, पुरातात्विक महत्वको राणाकालीन सुरूङ संरक्षण गर्न सम्पदा संरक्षण अभियन्ताहरूले पनि पहल सुरू गरेका छन्।, अधिवक्ता सञ्जय अधिकारीले आइतबारै पुरातत्व विभाग र काठमाडौं महानगरपालिकामा निवेदन दर्ता गराए। उनले उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पनि पठाएका छन्।, टुकुचा खोल्सा खन्ने क्रममा भेटिएको संरचनाको ऐतिहासिक तथा पुरातात्विक पक्षमाथि अध्ययन-अनुसन्धान नगरी डोजर प्रयोग गरेर भत्काउने कार्य भइरहेकोमा अधिवक्ता अधिकारीले आपत्ति जनाएका छन्।, उनले आफ्नो निवेदनमा लेखेका छन्, ‘यो ठाउँमा टुकुचा खोज्दा प्राचीन स्मारक भेटिने जानकारी कसैलाई थिएन। त्यसैले त्यो पटांगिनीको केही भाग मासिन पुग्यो। अब टुकुचामाथि पटांगिनी रहेको पुष्टि भएको छ। त्यो पटांगिनी १३० वर्ष पुरानो भएको र यहाँको भूमिगत संरचना २०७२ को भुइँचालोबाट पनि क्षति नभई सञ्चालन भइरहेको देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिन्छ।’, निवेदनमा अगाडि भनिएको छ, ‘यो प्राचीन स्मारकको केही अंश डोजरबाट क्षति भएको छ। काठमाडौं महानगरपालिका प्राचीन स्मारकको संरक्षक भए पनि संरक्षण गर्ने विज्ञ निकाय नभएकाले टुकुचा खोज्दा यस प्राचीन स्मारकका भागहरू थप क्षति हुन सक्ने देखिएको छ। तर काठमाडौं महानगरले टुकुचा संरक्षण भन्दै डोजर प्रयोग गरिरहेको छ। त्यसैले क्षति भइसकेको भागलाई बाह्य प्रभावबाट संरक्षण गर्न र थप क्षति हुन नदिन तत्काल विज्ञ अध्ययन समिति गठन गरी महानगरसँग समन्वय गर्न र संरक्षण गर्ने उपायबारे अध्ययन गराउन अनुरोध गर्छु।’, राणा प्रधानमन्त्री वीरशमशेरका नाममा जारी भएको उक्त दस्तावेजअनुसार यहाँ प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।, अधिग्रहण गरिएको जग्गामा टुकुचा पुरेर पटांगिनी बनाइएको दस्तावेजमा उल्लेख छ।, बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।, हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्। वीरशमशेरका पालामा ढल निकासका लागि निर्माण भएका सुरूङ काठमाडौं, पाटन र भक्तपुरका मध्य सहरमा अझै भेटिन्छन्।, थप पढ्नुहोस्:, टुकुचालाई जयनेपालबाट सुरूङमा हाल्ने काम १३० वर्षअघि वीरशमशेरले गरेका थिए, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?, टुकुचाको सुरूङमा थप क्षति हुन नदिन महानगरमा टोली पठाउँदै पुरातत्व विभाग
सेतोपाटी संवाददाता धनुषामा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, हत्या आरोपमा प्रहरीले सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  , उनीमाथि ३६ वर्षीया आमा सिकिलिया देवीको हत्या गरेको आरोप छ। मनोजलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।, घरायसी विवाद हुँदा उनले आफ्नी आमाको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, हत्या भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले घटनाबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी रहेको बताए।  के कारणले उनीहरूबीच विवाद भएको भन्ने खुलाएनन्।, घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ।, धनुषामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
सेतोपाटी संवाददाता बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, बलात्कार आरोपमा बुढीगंगा नगरपालिका-६ का ४० वर्षीय बिष्णु भारतीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , उनले ७० वर्षीया बृद्धामाथि बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। , अशक्त बृद्धामाथि बुधबार राति बलात्कार भएको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।, बाजुरामा बृद्धामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा रहेको छ। साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको  महाशाखाले जनाएको छ।, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, अति भारी वर्षाको सम्भावना रहेका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन्। जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ।, मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो। ‘केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो’, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले भने, ‘तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्र भएका छन्, जसका कारण बल्ल आफूहरू प्रदेश राजधानीवासी भएको आभाष भइरहेको छ।’ सडक स्तरोन्नतिसँगै कालोपत्र भएकाले आवतजावतमा सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढकोे उनको भनाइ थियो। , सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेका जनकपुरधाम उपमहानगरपालिकावासी अब भने यो समस्याबाट मुक्त हुँदै गएको स्थानीय विजय यादवले बताए। ‘वर्षा लागेपछि नगर क्षेत्रका बाटामा हिँड्न पनि समस्या हुन्थ्यो, तर अहिले सडक चिल्ला भएकाले सहजै हिँड्न सक्ने अवस्था भएको’, उनले बताए।, ‘सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्थ्यो, तर अहिले १० मिनेट पनि लाग्दैन’, उनले भने, ‘पहिला सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन चाहँदैनथे, तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ।’ यसबाट जनकपुरधामको सौन्दर्यता बढ्नुका साथै पर्यटन प्रवद्र्धनमासमेत  ठूलो फाइदा पुगेको उनको अनुभव छ। , केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकीचोक, रामचोक, पेठिया बजार, कदमचोक, मुरलीचोक, तिरहुतिया गाछी, निधिमार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्र भएका छन्। , यसैबीच जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष २०७८/७९ मा नगर क्षेत्रका करिब नौ किलोमिटर सडक कालोपत्र र अढाइ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा सडक मर्मत गरेको छ। उपमहानगर योजना शाखाका अनुसार आव २०७८/७९ मा आठ दशमलव ८१ प्रतिशत सडकमा कालोपत्र गरिएको छ। , यस्तै ढल निकासका लागि सो आवमा तीन दशमलव ९२ प्रतिशत पक्की नाला निर्माण गरिएको र दुई दशमलव १९ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा मर्मत गरिएको योजना शाखाका इञ्जीनियर राकेशकुमार यादवले जानकारी दिए।, त्यस्तै स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उपमहानगरले आव २०७८/७९ मा स्वास्थ्यचौकी र विद्यालय गरी १८ वटा नयाँ भवन निर्माण गरिएको इञ्जीनियर यादवले बताए। नगर क्षेत्रका १० वटा सामुदायिक भवनको मर्मतसम्भार गरी जीर्णोद्वार गरिएको उपमहानगरपालिकाले जनाएको छ। जनतालाई स्वच्छ, शुद्ध खानेपानी पुर्‍याउने उद्देश्यले सो आवमा नगर क्षेत्रका विभिन्न स्थानमा ४९ वटा चापाकल जडान गरिएको उनले बताए।, विगतमा फोहर र कुरूप सहरको पहिचान बनाएको जनकपुरधाम नगर क्षेत्रमा पछिल्लो समय यहाँ भएको विकासले  जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन्। जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण नगर क्षेत्रमा परिवर्तनको सङ्केत देखिन थालेको उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले बताए।, ‘आफू निर्वाचित भएदेखि सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर नगरको विकासमा जुटेको छु”, नगरप्रमुख साहले भने, ‘सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएका छौँ, यसमा कर्मचारीको पनि राम्रै साथ पाएका छौँ’, उनको भनाइ थियो।  ,रासस, जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र
रामविकास चौधरी/रासस बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ। तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो। सिँचाइका लागि पानी नपाउँदा किसानको उत्पादन शक्ति प्रभावित भएको छ। , ‘सियारी–मर्चवार’ नामक नहरको बीच–बीचमा किसानले बोरिङ गाडेका छन्। नहरमा पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि उनीहरू निजी व्यवस्थापन गर्न लागेका हुन्। इन्डियन क्यानल परियोजना नामको रूपन्देहीकै लामो यस नहरमा पानी नदेखिएको ४० वर्ष बितेको छ।, यसैबीच लुम्बिनी सांस्कृतिक नगरपालिकाले २०७९ असार ३० गते एक सूचना जारी गर्दै किसानलाई सिँचाइ प्रयोजनका लागि बोरिङ नचलाउन निर्देशन गरेको छ। बोरिङ चलाउँदा पिउने पानीको अभाव हुन थालेको भन्दै वर्षा नभएसम्म बोरिङ नचलाउने, चलाए पाँच हजार जरिवाना गर्ने जारी सूचनामा उल्लेख छ।, करोडौँको लागतका सिँचाइ परियोजना असफल हुनु, नहरमा बोरिङ धसाउन बाध्य हुनु, निजी बोरिङ पनि बेलामा चलाउन नपाउनुजस्ता बाध्यता र विवशताका बीच किसानको दिन गुज्रेको छ। कृषिमा अत्मनिर्भर बन्न चाहेका किसान सिँचाइका लागि पानी नपाएर छट्पटाइरहँदा पानीको दिगो व्यवस्थापन गर्नका लागि सरकारले विकल्प दिन सकेको छैन।  , स्थापनाका बखत पाँच हजार छ सय हेक्टर क्षेत्रफललाई सिँचाइ गर्ने लक्ष्य राखेको मर्चवार लिफ्ट सिँचाइ आयोजना २०४८ सालमा निर्माण भयो। अहिले यो दुई हजार दुई सय हेक्टरभन्दा कम क्षेत्रलाई मात्र सेवा दिन सकेको व्यवस्थापक विश्वनाथ आर्यको भनाइ छ। आर्थिक अभावमा मर्मतसम्भार हुन नसकी संरचना जीर्ण हुँदै जाँदा सिञ्चित क्षेत्र घटेको उनको भनाइ छ।, त्यस्तै रूपन्देहीको एक अर्को सिँचाइ परियोजना ‘सियारी–मर्चवार’ नहरमा पानी नदेखिएको ४० वर्ष बितिसकेको छ। ‘नहरको संरचना टुटफुट भएर बिग्रिएको छ। मुहान थुनिएर पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि किसानले नहरको बीचबीचमा बोरिङ धसाएका छन्’, कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले भने, ‘सिँचाइका लागि किसानसँग डिप बोरिङको विकल्प पनि छैन।’ सरकारले सतही सिँचाइ योजनालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाई काम नथालेसम्म सहज तबरले यस समस्याको समाधान पाउन सकिने अवस्था नरहेको उनको भनाइ छ। , लुम्बिनी प्रदेश सरकारले एक गाउँ एक पोखरीको लक्ष्यलाई स्थापनाकालदेखि नै आफ्नो नीति तथा कार्यक्रममा निरन्तर समावेश गर्दै सतही सिँचाइलाई प्राथमिकतामा राखे पनि लक्ष्यअनुरूप काम हुन नसकेको लुम्बिनी प्रदेश सरकारका शिक्षामन्त्री वसीउद्दी खाँले बताए। भएका जलाशय पनि संरक्षित नरहेको उनको भनाइ छ। कृषिको प्रमुख आधारको रूपमा रहेको सिँचाइ सेवाका लागि जलाशय निर्माण तथा पोखरी संरक्षण गर्ने कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइने भएको छ। जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनर्भरण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कार्य अघि बढाइने प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख छ। , ‘सम्मरीमाई–७ बेतकुइँया गाउँमा रहेका आठमध्ये चार वटा सार्वजनिक पानी पोखरी पुरिएका छन्। सिँचाइका लागि रहेका तीन वटा पोखरी त कृषक आदर्श माध्यमिक विद्यालयले पुरेर भौतिक संरचना खडा गरेको छ भने गाउँमा बाँकी रहेका चार वटा सार्वजनिक पोखरी पनि वरिपरिबाट अतिक्रमित हुँदै लोपोन्मुख अवस्थामा पुगेको छन्’, स्थानीय कृषक त्रिभुवन कुर्मीले चिन्ता व्यक्त गरे। , कोटहीमाई गाउँपालिकाले वडा नं ५ मझगावामा रहेको प्राचीन पोखरी ओगटेर पूर्वतर्फ पालिकाको प्रशासनिक भवन, उत्तरपट्टि बहुउद्देश्यीय हल तथा दक्षिणतर्फ खानेपानी ट्याङ्कीलगायत भौतिक संरचना निर्माण गरेको छ। , यता सम्मरीमाई गाउँपालिकाले वडा नं ४ फरेनास्थित पोखरी पुरेर प्रशासनिक भवन बनाएको छ। बरवासेमा पानी पोखरी पुरेर सम्मरीमाई–१ ले वडा कार्यालय, स्वास्थ्यचौकी र पानी ट्याङ्की बनाउने गति रोकिएको छैन। नजिकैको मर्चवारी गाउँपालिकाले वडा नं २ अमवास्थित सिँचाइ र धार्मिक प्रयोजनमा प्रयोग हुने ऐतिहासिक ‘सगरा’ पुरेर खेलमैदान बनाएको छ।, तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको ऐतिहासिक पोखरीमाथि वडा नं ११ को कार्यालयको भवन निर्माण गरेको छ। भवन बन्दै गर्दा पुरातत्व विभागले २०७६ माघ १३ गते नगरपालिकाको नाममा पत्र पठाई निर्माण कार्य रोक्का गरिराख्ने आदेश गरेको थियो तर काम रोकिएन। , मदरहनीका ७३ बर्से झलक शर्माका अनुसार तीन दशकअघिसम्म झन्डै दुई बिघामा फैलिएको पोखरी १६–१७ कट्ठामा खुम्चिएको छ। बढ्दो आवादीसँगै साँघुरिँदै बाँकी रहेको पोखरी पनि मास्दै स्थानीय सरकारले वडा कार्यालय भवन बनाएको छ। , बुटवलस्थित तिनाउ नदीको बगरमा ४० हजार अवैध बसोबास रहेको बताइएको छ। तिनाउ नदीको करिब एक सय २० बिघा जग्गा अतिक्रमित छ। ‘बस्तीले नदीको मुहान मिचेपछि फराकिलो तिनाउ साँघुरिँदै गहिरिने क्रम जारी छ’, सञ्चारकर्मी डिआर घिमिरेले भने, ‘मुहानमै नदी साँघुरिँदा पानीजन्य विपत् हुनु स्वाभाविक छ।’, सुकुम्बासीका नाममा अतिक्रमित बुटवलस्थित तिनाउ नदीभित्र बगरको बस्तीलाई यथाशीघ्र सुरक्षित स्थानमा पुर्नवास गराउनुपर्ने नदी अधिकार मञ्च दक्षिण एसियाका संयोजक बृजराज कुशवाहाको सुझाव छ। उनले भने, ‘यसरी खाली हुने नदी बगरलाई पुनः जलाशय बनाइए पर्यटकका लागि आकर्षणको केन्द्र बन्नुका साथै यसले आर्थिक, सांस्कृतिक र पर्यावरणीय पहिचान तथा लाभ पुर्‍याउँदै तल्लोतटीय क्षेत्र मर्चवारसम्मको भू–जलस्तर माथि उकास्ने निश्चित छ। भूमि सिँचनको योजना गरिनुपर्छ। यसका लागि ठाउँठाउँमा पोखरी र तलाउको निर्माण गरिनुपर्छ।’, सरकारले नदी प्रणालीमा आधारित रहेर भूक्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनःस्थापना, बायो–इन्जिनियरिङसहितको तटबन्ध निर्माण, बर्सातको पानी उपयोग, जल पुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, सजिवन र बाँस रोपनजस्ता क्रियाकलाप सञ्चालन गरी चुरे क्षेत्रको संरक्षण गर्ने कार्यक्रम अघि बढाएको छ। , सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि रु दुई अर्ब १७ करोड बजेट विनियोजन गरेको छ। गत आवमा भने समितिका लागि विनियोजन भएको कूल बजेट रकम रु एक अर्ब ५२ करोड ६४ लाख थियो।, यतिबेला तराई–मधेसको तल्लो सीमावर्ती क्षेत्रमा पानीको समस्या झन जटिल हुँदै गएको छ। लुम्बिनीको वडा नम्बर–११ का अर्जुनबहादुर कुर्मीको घरमा रहेको चापाकलले पानी फाल्न छोडेको छ। कृषि प्रयोजनका लागि खेतमा गाडिएको बोरिङ चलाउँदा कुर्मीको घरमा रहेको चापाकलको पानी सुक्ने गरेको छ। उहाँलाई धान जोगाउने कि तिर्खा मेटाउने चिन्ताले पिरोलेको छ।, गैडहवा गाउँपालिका–३, अहिरनडिहवा गाउँलाई खानेपानीको समस्याले गाँजेको छ। स्थानीय दीपक कलवारले भने, ‘गाउँमा पानीको सङ्कट बढ्दैछ, समाधानतर्फ कुनै निकायको पहल छैन।’ उनका अनुसार अहिरनडिहवामा रहेका कूल ८० चापाकलमध्ये अधिकांशमा पानी आउँदैन।  , अहिरनडिहवाका दीपक कलवारले पानीको समस्या झेलेको १० वर्षभन्दा बढी भयो। खाना पकाउन, पिउन, नुहाउन र कपडा धुने पानीको खोजीमा सधैँ भौँतारिनुपर्छ। ‘मेरो घरको चापाकलमा पानी नआएको आठ/दश वर्ष हुन लाग्यो’, अहिरनडिहवाका दीपक कलवारले भने, ‘खासगरी फागुनदेखि असारसम्म बढी समस्या हुन्छ।’ बर्खा लागेपछि जमिन रिचार्ज भएर केही समय पानी आए पनि फागुन लाग्नासाथ र गर्मीमा पानीको समस्या हुने गरेको उनले बताए।, लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला, भरवलिया, भैसहिया, गेनवरिया, मसिना, मोगलहा, शिवगढियालगायत धुपही वरिपरिका गाउँमा समेत पिउने पानीको सबैभन्दा बढी समस्या रहेको देखिन्छ। बुटवल उपमहानगरदेखि लुम्बिनी क्षेत्र तथा मर्चवारको कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकालाई पनि पानीको समस्याले पिरोलेको छ। सम्मरीमाई–७ का पारस चौधरीले भने, ‘सुक्खा मौसम लाग्नासाथ चापाकलमा यस्तो समस्या देखापर्छ।’ उनको ह्यान्डपाइपमा जडान गरिएको मोटरले पानी फाल्न छोडेको छ।, केही वर्षदेखि यो समस्या बढ्दै गरेको छ। यसअघि २०७६ असारमा रुपन्देहीको रोहिणी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाले सूचना जारी गर्दै रोपाइँको उद्देश्यले किसानका बोरिङ नचलाउन उर्दी जारी गरेको थियो। धारामा पानी सुक्दै गई खानेपानीको समस्या देखिएकाले बाध्यात्मक निर्णय गरेको पालिकाले जनाएको थियो। पर्यावरणविद् डा सतीश उपाध्यायले भने।, ‘चुरे शृङ्खला भूमिगत जलस्रोतको भण्डार मानिन्छ तर पछिल्लो समय यसको अत्यधिक दोहनले गर्दा तराई क्षेत्रमा पानीको सङ्कट बढ्दै गएको छ,’ उनले भने। सामाजिक अध्येता रामचन्द्र श्रेष्ठ चुरेलाई बुझ्न असफल हुँदा नै यो समस्या आएको र यसले भविष्यमा अझ जटिलता ल्याउने बताए।, संयुक्त राज्य अमेरिकाको वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले २०७६ सालमा प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार जलसङ्कट बेहोरिरहेका देशको सूचीमा नेपाल ४० औँ स्थानमा छ। नेपालभित्र विशेषतः व्यवस्थापनको समस्याले जलसङ्कट समाधान हुन नसकेको र त्यसैको कारण विभिन्न स्थानमा पानीको समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ। भूमिगत पानीको तह तल धकेलिँदा चुरे क्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको हो।, पानी परे बाढीको असर, नपरे खडेरीको असरले तराई–मधेसको अवस्था निकै नाजुक बनेको भन्दै लुम्बिनी सांस्कृतिक नगर कार्यपालिका सदस्य हुसेनी लोधले प्राकृतिक स्रोत साधनको थुनछेक कसैका लागि हितकर नहुने बताउँछन्। ‘स्थानीय सरकारले २०७४ देखि नै आम्दानी, विकास र भौतिक पूर्वाधार निर्माणको नाममा प्राकृतिक स्रोत साधनको प्रयोग र दोहन गर्दा समस्या अझ बढेको छ,’ उनले भने।, नदीनालालगायत प्राकृतिक स्रोत साधनको प्रयोग र दोहन बढेको स्वीकार्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीले अबको नीति कुलानालाको सरसफाइ र जलाशय संरक्षण हुने बताए। उनले भने, ‘नियमविपरीत कुनै पनि प्रकारले नदीजन्य पदार्थको दोहन हुन दिँदैनौँ। जल नै जीवन हो भन्ने जनचेतना बढाउन जरूरी छ।’, सुक्खायाममा यस क्षेत्रको भू–जलस्तर करिब तीन मिटर त्यसै तल खस्किन्छ। रुपन्देहीका महत्वपूर्ण नदी, साना–ठूला ताल–पोखरी र कुलानाला अतिक्रमणका कारण साँघुरिँदै गई धरातलले पर्याप्त पानी रिचार्ज गर्न नसक्दा यस्ता समस्या देखिएका छन्। तिनाउ, दानव र रोहिणीलगायत मुख्य तथा अन्य सहायक नदीमा पनि निश्चित दूरी बनाई ठाउँ–ठाउँमा चेकवाल राखेर भूमिगत जल समस्याको समाधान गर्न सकिने उहाँको सुझाव छ।, ‘जनसङ्ख्या बढ्दो छ, तर पानीको सङ्कट थपिँदो र कृषि उब्जनी घट्दो छ। निरन्तरको अतिक्रमणबाट जलस्रोतका मुहान पुरिँदै, साँघुरिँदै गर्दा जमिनले पर्याप्त पानी रिचार्ज गर्न नसकेपछि भू–जलस्तर दिन प्रतिदिन तल झर्दै गएको बताउनुहुन्छ’, सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी। उनले भने, ‘वर्षाको पानीलाई विभिन्न माध्यमको प्रयोगले भूमिगत जल भण्डारण रिचार्जको उपाय हुनुपर्छ।’ , भविष्यमा हुन सक्ने जल सङ्कटको सामना गर्न जलाशय अतिक्रमण नियन्त्रणसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने उनको माग छ।, रित्तिदै जलभण्डारः मरूभूमि बन्दै मधेस
नारायण खड्का दाङको लमही नगरपालिका-९ रिहार निवासी हुमा वलीले व्यवसायिक बाख्रापालन सुरू गरेको पाँच वर्ष नाघिसक्यो।, त्यसअघि उनले गुजरामुखी र परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी  थिइन्। विगत पाँच वर्षदेखि भने उनले आफ्नै गाउँ रिहारमा व्यवस्थित खोर बनाएर बाख्रापालन गरिरहेकी छन्।, गाउँमा सहकारी संस्था स्थापनासँगै वलीले बाख्रापालनका लागि ऋण पाइन्। तालिम पाइन्। त्यत्तिमात्रै हैन पालेका खसी–बोका बजारीकरणमा समेत सहयोग सहकारीले नै गरिदिन थाल्यो। , कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले गर्दा वलीजस्ता साना किसानलाई ब्यवसायिक रूपमा बाख्रा पालन गर्न सहज भयो।, श्रीमान ‘मानबहादुर वली’ को नामबाट बाख्रापालन फर्म दर्ता गरि व्यवसाय सुरू गरेकी वलीको फर्ममा अहिले साना–ठूला गरेर ५५ वटा बाख्रा, खसी र बोका छन्। ‘अहिले ५५ वटा खसी बाख्राहरू  छन्,’ उनले सेतोपाटीसँग भनिन्, ‘यी मध्ये १५ वटा जति दसैंमा बिक्रि गर्ने योजना छ।’, गाउँ घरमै बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीमा गएका श्रीमान मानबहादुर घर फर्किए। आज वली दम्पती मिलेर घरमै ब्यवसायिक बाख्रापालन गरिरहेका छन्। , आफू फेरि विदेश जान नपरेकाले मानबहादुर पनि आज खुसी छन्।  स्थानीय महिलाले आपसमा मिलेर सरसल्लाह गरी सुरू गरेको कामले धेरै परिवारमा खुसी थपिएको मानबहादुरले बताए। ‘पहिला हुमा सम्पूर्ण रुपमा मेरो कमाइमा निर्भर थिइन्,’ उनले भने, ‘आज हुमाकै कारण मलाई धेरै सहज भएको छ।’, वली परिवारमा पहिले घरको आफ्नै भनिने आम्दानीको स्रोत केही थिएन। ‘घर व्यवहार चलाउनकै लागि श्रीमान विदेश जानुपर्ने बाध्यता थियो,’ हुमाले भनिन्,‘ पछि बाख्राबाट फाइदा हुँदै गएपछि मैले नै श्रीमान विदेशबाट फिर्ता बोलाएँ।’, दुई वटा बाख्राबाट ब्यबसाय सुरू गरेकी वलीको लगानी अहिले करिब १५ लाख रूपैयाँ पुगेको छ।, रिहारकै गंगा घर्ती मगरले पनि बाख्रापालनबाट मनग्गे आम्दानी गर्दै आएकी छन्। घर्तीले पनि अहिले ५० बढी खसी-बाख्रा पाल्दै आएकी छन्।, व्यवसायीक बाख्रापालन गर्न थालेपछि घरको कुनै पनि सदस्य कमाउनकै लागि भनेर बाहिर जानु नपरेको घर्तीले बताइन्।, पूर्वजनमुक्ति सेना समेत रहेकी घर्तीले उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेकी छन्।, ‘आफ्नै गउँ ठाउँमा मेहनत गरे राम्रै कमाई गर्न सम्भव रहेछ,’ घर्तीले भनिन्, ‘यहाँ प्रसस्तै वन जंगल छ, बाख्रा पाल्न त्यति गाह्रो छैन।’, सहकारी संस्थामा आवद्ध भएपछि घर्तीले बाख्रापालन सम्बन्धि विभिन्न तालिमहरू लिइन्। व्यवसायिक बाख्रा पालनका लागि ऋणसमेत सहकारीबाट पाएपछि पाठा-पाठी किनेर ब्यवसाय सुरू गरेको उनले जानकारी दिइन्।, पालेका खसी बोका बजारीकरणमासमेत सहकारीले नै  सहयोग गरिदिनाले स्थानीय किसान ब्यवसायप्रति आकर्षित भएको उनले बताइन्।, उनका अनुसार सहकारीले महिला दिदी बहिनीलाई एकै ठाउँमा फूलको माला जस्तै गरि जोड्नुका साथै आर्थिक र सामाजिक रूपमा बलियो बनाउन सहयोग गर्दै आएको छ।, ‘सहकारीले हामीलाई सहयोग पनि गरेको छ। अघि बढ्न उत्प्रेरणा पनि थपेको छ’, घर्तीले भनिन्,‘त्यहीँ भएर आज यहाँका महिला दिदी बहिनी ब्यवसायिक बाख्रा पालनमा अग्रसर भएका हुन्।’, हेफर इन्टरनेशलन र ग्रामीण उत्थान केन्द्रद्वारा सञ्चालिन पशुवस्तुको मूल्य शृंखलामा आधारित साना किसानको संस्था सरलीकरण परियोजना (एसएलभिसी) परियोजना मार्फत यहाँ करिब ६ सय महिलाले बाख्रा पालन गर्दै  उद्यमी बन्न सफल भएका छन्। सहकारीमा एक हजार तीन सय बढी सदस्य छन् ।, उनीहरू मासिक बचत गर्नेदेखि आफूलाई आवश्यक परेको रकम सहकारीबाट ल्याउन गर्छन्। व्यवसायिक रूपमा बाख्रापालन गरेका महिलाले घाँस खेती पनि गर्दै आएका छन्।, ब्यवसायिक बाख्रापालनले फेरिएको हुमा र गंगाको जीवन
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। , शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। , महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।, काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउने अभियानलाई तिब्र पारेको छ।, आफूहरूले समय दिएर हटाउन निर्देशन दिँदा पनि संचना हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरले जनाएको छ।, नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर
भगवती पाण्डे  विद्युत प्राधिकरणले वस्तीमाथिकै प्रसारण लाइनबाट हाइल्टेभोज करेन्ट प्रवाह गर्दा बुटवलबासी जोखिममा परेका छन्। बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पाका लागि विद्युत  वितरण गर्न बस्तीमाथीबाट लगिएको ३३ केभिए लाइनका कारण बुटवलका धेरै बस्ती जोखिममा परेको हो।,  योगिकुटी शवस्टेसनलाई  राजमार्ग चौराहमा रहेको शवस्टेसनमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पामा ११ हजार भोल्टको विद्युत प्रसारण भइरहेको छ। त्यस प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा हालसम्म ५ जनाले ज्यान गुमाएका छन्।, प्राधिकरणले वर्षौँ पुराना र कमजोर विद्युतका पोलहरु मर्मत नगर्दा दुर्घटनाको जोखिम झन् बढेको स्थानीय  बताउँछन्। बाक्लो बस्तीमाथिबाट हाइ भोल्ट करेन्ट प्रवाह नगर्न स्थानीयहरुले बारम्बार ध्यानाकर्षण गराएपनि प्राधिकरणले सुनुवाइ गरेको छैन।, कालिकानगर, राजमार्ग चौराह, चांदवारी, सुख्खानगर क्षेत्रका सयौं घर परिवार हाईटेन्सन लाइनबाट हुनसक्ने सम्भावित दुर्घटनाको जोखिममा छन्। नेपाल विद्युत प्राधिकरणले  बजेट अभावका कारण हाईटेन्सन लाइन सार्न नसकिएको जवाफ दिँदै आएको छ।, कालिकानगर अभियानपथका यमलाल पुन विद्युत प्राधिकरणले हाईटेन्सन लाइन अन्यत्र सार्ने विषयमा कुनै चासो नदिएको बताउँछन्। ‘सामान्य हावाहुरी लाग्दा र अलि चर्को गर्मि हुँदा घरकै गेटमा राखिएका ट्रान्सफर्मर र पोलमा आगो लाग्दा सधै त्रास भईरहन्छ, घरमाथीका हाईटेन्सन लाइनलाई सरकारले जतिसक्दो छिटो हटाउनुपर्छ,’ उनि भन्छन्।   , अभियानपथकै ललित पुन पनि लाइनका कारण स्थानीय मात्र नभएर अभियानपथ भएर हिँड्नेहरु पनि त्रसित रहेको  बताउँछन्।, ३३ केभिएको प्रशारण लाइनको दुबै तर्फ १५/१५ मिटर क्षेत्रको घर तथा जग्गा, वित्तिय कारोवारका लागि बैंकहरुले धितोको रुपमा समेत अस्वीकार गर्दा स्थानीय थप मारमा छन्।, नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले विद्युतीय दुर्घटनाको जोखिममा सर्वसाधारण मात्र नभई प्राधिकरणका कर्मचारी समेत रहेको बताए। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनाबाट प्राधिकरणका तीन कर्मचारीको मृत्यु भएको ओझाको भनाई छ।, बस्तीमाथि हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा बुटवलबासी जोखिममा
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित बाँकेमा एक युवक पक्राउ परेका छन्।, खुजुरा गाउँपालिका वडा नं. ४ एल गाउँका २९ वर्षीय आशिष चौधरी पक्राउ परेका हुन्।, उनी चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका चौधरीलाई आशंका लागेर चेक गरेको बताए।, त्यसक्रममा उनीबाट पाँच वटा सानो पोकामा ब्राउनसुगर बरामद भएको हो।, थप अनुसन्धानका लागि म्याद थप्नका लागि जिल्ला अदालतमा लगिएको डिएसपी घर्तीले जानकारी दिए।, ब्राउनसुगरसहित एक युवक बाँकेबाट पक्राउ
सेतोपाटी संवाददाता देशभर थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ३८२७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, १७५२ जनाको पिसिआर परीक्षण गर्दा ६० जना र २०७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो। अहिले २०६२ जना सक्रिय संक्रमित छन्।, १२६ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।   , देशभर थपिए ११० कोरोना संक्रमित
मनिका विश्वकर्मा तपाईंहरूले 'हाची' फिल्म हेर्नुभएको छ?, कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ।, यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो। यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ।, जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ। यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मालिक कुरेर बसिरहेकी छे।, जीउभरि फुस्रा काला रौं, घाँटी वरपर खैरो। हेर्दा फूर्तिलो देखिने यो कुकुरको नाम 'काली' हो। कालो वर्णको भएरै उसको नाम काली राखिएको अस्पतालका कर्मचारी बताउँछन्।, काली अस्पतालसम्म कसरी आइपुगी त?, अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्षअघि एक युवक बिरामी भएर आएका थिए। उनलाई पहिले क्याबिनमा राखिएको थियो, पछि आइसियुमा सारियो। उनी आइसियुबाट निको भएर घर फर्किएनन्। अस्पतालमै उनको निधन भयो र यहीँबाट अन्तिम संस्कार निम्ति लगियो।, 'बिरामी मालिकलाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वरपर बस्थ्यो,' केसीले भने, 'अहिले पनि ऊ आफ्नो मालिक पर्खेझैं क्याबिन वरपर नै बसिरहेको छ।', अस्पतालका अन्य कर्मचारीका अनुसार पहिलोचोटि आउँदा काली सानै थिई। रौं चिल्ला र सुकिला थिए।, बिरामी युवकको निधनपछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए। तर काली मान्दै मानिन। ऊ मालिक फर्किने आसमा अस्पतालमै बसिरही।, कालीको त्यो पर्खाइ आजसम्म सकिएको छैन। ऊ आज पनि आफ्नो मालिकले अन्तिमपटक छाडेको बाटोमा यताउति दगुरिरहन्छे।, छ वर्षको अन्तरालमा अस्पतालको रङ फेरियो। कालीको शरीरको रौं फुस्रो हुँदै गयो। तर उसको आनीबानी फेरिएको छैन।, हामी मंगलबार अल्का अस्पताल पुग्दा काली गेटमै टुक्रुक्क बसिरहेकी थिई। नयाँ मान्छेसँग एकैछिनमा झ्याम्मिने काली हामीलाई नजिक देखेर पुच्छर हल्लाउन थाली। हामीले हातले सुम्सुम्याएपछि ऊ झनै नजिक आई।, अस्पतालका सुरक्षाकर्मी कुमार लामा अल्कामा काम गर्न थालेको दुई वर्ष भयो। उनले आफू आएदेखि कालीलाई यहाँ देखिरहेका छन्।, 'कालीका बारेमा बुझ्दा ऊ आफ्नो मालिक कुरेर बसेको भन्ने सुनेको हुँ,' उनले भने, 'कुनै जनावरमा आफ्नो मालिकप्रति यति धेरै माया हुन्छ भन्ने पहिलोपटक देखेँ।', कहिलेकाहीँ काली कुनै व्यक्तिलाई पछ्याउँदै परसम्म जान्छे। सायद उसलाई त्यो व्यक्ति आफ्नै मालिक हो कि भन्ने लाग्छ। पर पुगेपछि झस्किएर फर्किने गरेको कुमार बताउँछन्।, 'अस्पतालमा जचाउन आएका व्यक्तिले माया गर्दा एकछिन पछि लाग्छ, पछि अस्पतालमै फर्किन्छ,' उनले भने।, हामी पुग्दा पनि काली एक बिरामी कुरूवाको नजिक बसेकी थिई।, हामीले अस्पतालका अर्का कर्मचारी ज्ञानीमाया महर्जनलाई पनि सोध्यौं। उनी कुमारभन्दा धेरै पहिलेदेखि यहाँ काम गर्ने थालेकी हुन्। उनले आफू आएदेखि कालीलाई अस्पतालमै देखिरहेकी छन्।, उनका अनुसार काली दिनभर क्याबिनबाहिर बस्छे। बेलुकी ७ बजेपछि क्याबिनमा जान्छे र त्यहीँ सुत्छे।, 'बाहिरी कुकुर र जनावरलाई अस्पतालभित्र आउन दिइँदैन,' ज्ञानीमायाले भनिन्, 'यो छुट कालीलाई मात्र छ।', अर्की कर्मचारी सरिताले कालीको हेरचाह गर्न थालेको तीन वर्ष भयो। अस्पतालनजिकै उनको खाजाघर छ। काली दिउँसो सरिताकै खाजाघरअगाडि बस्छिन्। उनी सधैं कालीका लागि भनेर खाना–खाजा छुट्याइदिन्छिन्।, सुरूमा कालीले आफूलाई भोक लाग्दा सरितालाई हातले कोट्याएकी थिई। सरितालाई मात्र होइन, भोक लाग्दा ऊ आफूलाई माया गर्ने सबैलाई हातले कोट्याउँछे। त्यति बेला उसले किन यस्तो गरेको भन्ने सरिताले बुझेकी थिइनन्। पछि खानेकुरा दिएपछि कोट्याउन छाडी। अहिले कालीले कोट्याउनेबित्तिकै उसलाई भोक लाग्यो भनेर बुझ्नुपर्छ।, ललितपुर महानगरपालिकाले कालीको स्थायी बन्ध्याकरण गरिदिएको छ। त्यसअघि उसले एकपटक बच्चा जन्माइसकेकी छे। बच्चा पनि पोथी नै हो। छिरबिरे सेतो रङको छ। अस्पतालबाहिर निस्किँदा काली आफ्नै बच्चासँग खेल्छे।, हामी पुग्दा पनि आफ्नो बच्चानजिकै बसिराखेकी थिई। बच्चा कालीजस्तै ठूली भइसकेकी छे। अस्पतालले बच्चालाई भित्र आउन दिँदैन।, कालीलाई अस्पतालका कर्मचारी मात्र होइन, क्यान्टिनका मान्छेले पनि माया गर्छन्। हरेक साँझ उसका लागि खाना छुट्टाइदिन्छन्।, 'काली अरू कुकुरजस्तो छैन। सबैलाई माया गर्छ, जिस्क्याउँदा पनि टोक्न जाँदैन,' सरिताले भनिन्।, उनले अगाडि भनिन्, 'कालीले मालिकलाई अहिलेसम्म कुरेर बसेको देख्दा जनावरमा पनि मान्छेप्रति यति धेरै लगाव र प्रेम हुँदो रहेछ भन्ने थाहा भयो।', ६ वर्षदेखि अस्पतालमा मालिक कुरेर बसिरहेकी काली
सेतोपाटी संवाददाता झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय वृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। , उनले १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोप छ। पीडितकै घरमा गएर पटकपटक बलात्‍कार गर्ने गरेको भन्ने खुलेको कार्यालयले जनाएको छ। , यस्तै १७ वर्षीया नाबालिग तीन महिने गर्भवतीसमेत भइसकेको भन्ने‍ खबर प्रहरीले पाएको थियो। , उक्त खबर पाएपछि अनारमनिबाट खटिएको टोलीले पौडेललाई बिहीबार पक्राउ गरेको हो। , पौडेलमाथि ईलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ। , १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई पनि कानुनले बलात्कार मानेको छ।, करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’ ,  , झापामा दुई नाबालिगमाथि बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
विवेक राई पछिल्लो केही दिनयता देशभर डेंगी संक्रमण बढेरहेकोमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल डेंगी विरामीले भरिएको छ। , करिब सय बेड क्षमताको उक्त अस्पतालमा अहिले सबैजसो बेड डेंगु संक्रमितले भरिएका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज डा. श्रवणकुमार मण्डलका अनुसार अहिले दुई-चार जनाबाहेक सबै डेंगीका विरामी छन्। , झन्डै सय जना डेंगीका विरामीमध्ये १० जनाको आइसियूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। गौतमका अनुसार उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।, 'आइसियूमा रहेका विरामीको अवस्था सामान्यनै छ तर अलिक प्लेटिलेट्स मात्रा कम देखिएर आइसियूमा उपचार गर्नुपरेको हो,' इमर्जेन्सी प्रमुख डा. मण्डलले भने।, बेड भरिएसँगै अस्पतालमा नयाँ आउने विरामीलाई भर्ना गर्न सकस भएको छ। यसरी नै दिनौं विरामीको चाँप बढ्दै गए अस्पतालले भुइँमै राखेर पनि विरामीको उपचार गर्नुपर्ने अवस्था हुन्छ। जुन दृश्य कोभिडको बेला पनि देखिएको थियो।, डा. मण्डलकै अनुसार अहिले दैनिक २ सय बढी डेंगी शंकास्पद विरामीहरू जाँच गर्न आउँछन्। र तीमध्ये ९० प्रतिशत विरामीमा डेंगी पुष्टि हुन्छन्।, यसरी दैनिक सयभन्दा बढी मानिसमा डेंगी पुष्टि भए पनि केहीलाई मात्र अस्पताल भर्ना गर्ने गरिएको र बाँकीलाई घरमै आराम गर्न भनिएको डा. मण्डल बताउँछन्। , 'हाम्रो अस्पतालको क्षमता सय बेडको हो। तर सबै विरामीलाई भर्ना गर्नुपर्छ भन्ने हुँदैन। उहाँलाई परामर्श गरेर घरमै आराम गर्न भन्छौं,' उनले भने, 'अब आउने दिनमा जस्तो अवस्था आउँछ, त्यसरी नै सामना गर्दै जान्छौं।', सामान्य अवस्थामा डेंगी विरामी घरमै पनि आराम गर्न सक्ने डा. मण्डल बताउँछन्। 'डेंगी भएपछि ज्वरो आउनेदेखि हड्डी दुख्ने खालको दुखाइ हुन्छ। तर कतिलाई सिटामोलले पनि ठिक नगर्दा 'फ्लेक्जन' खाने गर्नुहुन्छ। तर फ्लेक्जनले रक्तश्राप हुने सम्भावना हुन्छ। त्यसैले प्लेन सिटामोल लिनुपर्छ,' उनले भने।, डेंगी लागेका बिरामी मेवाको पात खाएर निको हुने भन्ने भ्रम मात्र रहेको उनले बताए।, 'केहीले मेवाको पात पनि खाने गरेको देखिएको छ। एक दुई जना विरामी मेवाको पात खाएर बेहोस भएर पनि आएका छन्। त्यसैले अरूको कुरामा लागेर जथाभावी कुरा खाने गर्नुहुन्न। किनकि मेवाको पातले डेंगी ठीक गर्छ भन्ने कतै पुष्टि भएको छैन। त्यसैले चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्नुपर्छ,' उनले भने।, उनका अनुसार अहिले भर्ना भएका अधिकांश बिरामीमा उच्च ज्वरोको लक्षण देखिएको छ। यो सँगै टाउको, आँखाको गेडी दुख्ने, वान्ता आउने र केही महिलामा 'भेजिनल ब्लिडिङ' पनि हुने गरेको उनले बताए।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर १३ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ। जसमध्ये १० हजार बढी विरामी बागमतीका छन्। , डा. मण्डलले डेंगी हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ रहेको उल्लेख गर्दै लामखुट्टेको टोकाइबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्ने बताए।, त्यसका लागि घर वरपर रहेका खाल्डा पुर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। यति गर्दागर्दै पनि डेंगीको लक्षण देखिए सुरूमा नजिकैको स्वास्थ्य संस्था जाने वा चिकित्सकसँग परामर्श गर्नुपर्ने उनी सुझाउँछन्।, हेर्नुहोस् भिडिओ, डेंगी विरामीले भरियो टेकु अस्पताल (भिडिओ)
सेतोपाटी संवाददाता यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।, त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।, राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।, नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ। दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्।, शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।, असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ।, असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए।, असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ। असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ।, असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ। राति भने कालरात्रि पर्व मनाइन्छ। असोज १८ गते मंगलबार महानवमी पर्व परेको छ। असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ।, नेपालीको महान् पर्व बडादशैंको यो मुख्य दिन हो। यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ। खड्गयात्रा पनि यसै दिन परेको छ।, असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ।, असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ। यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ।, दसैं टिकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
डा.केदार खड्गी अल्ट्रासाउण्ड परीक्षणको एउटा प्रविधि हो। अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ। , अल्ट्रासाउण्डमा ‘हाइफ्रक्वेन्सी’ को ‘साउण्ड वेभ’ प्रयोग गरिन्छ। यसमा विकिरणको प्रयोग नहुने भएकाले बच्चादेखि वृद्धसम्मलाई यो प्रविधिको प्रयोग गरेर समस्याको पहिचान गर्न सकिन्छ।, शरीरका धेरै अंगको अल्ट्रासाउण्ड गर्न सकिन्छ। सबैभन्दा धेरै पेटको अल्ट्रासाउण्ड गरिन्छ। कलेजो, किड्नी, पित्तथैलीलगायत शरीरका भित्री अंगको अवस्था पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ।, प्रोस्टेट भएर पिसावमा समस्या छ कि छैन भनेर थाहा पाउन पनि अल्ट्रासाउण्ड गर्ने गरिन्छ।, महिलाको पाठेघरमा समस्या छ कि छैन भनेर अल्ट्रासाउण्ड गरिन्छ। गर्भवतीका लागि यो बरदान जस्तै भएको छ। गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म आवश्यकताको आधारमा अल्ट्रासाउण्ड गर्न सकिन्छ। जुन जरूरी पनि छ। , अल्ट्रा साउण्डले गर्भवती आमा र बच्चामा हुने समस्या पत्ता लगाएर त्यसको निराकरण गर्न सकिन्छ। थाइराइडको समस्या होस् या स्तनको समस्यामा समेत यसको प्रयोग हुन्छ। शरीरका धेरै अंगको समेत अल्ट्रासाउण्ड गरिन्छ। रोग निदानको लागि यो प्रविधि निकै जरूरी छ। , अहिले अल्ट्रासाउण्डको प्रयोग बढेको छ। यो विशुद्ध विकिरणरहित, कम खर्चिलो भएकाले प्रयोग बढेको हो। कुनै चिरफार नगरि कम समयमा शरीरको समस्या पत्ता लगाउन सक्ने भएकाले बिरामीलाई यसले धेरै सहयोग गर्छ।, अहिले डेंगीको प्रकोप निकै बढेको छ। सामान्य र मध्यम लक्षण भएका बिरामीलाई अल्ट्रासाउण्ड गर्न जरूरी छैन। तर गम्भीर खालका बिरामीलाई अल्ट्रा साउण्ड गरेर शरीरको समस्या पत्ता लगाउनैपर्छ।, शरीरभित्र रक्तश्राप भएको छ कि छैन भनेर यसको माध्यमबाट हेर्न सकिन्छ। त्यस्तै, कलेजो, फोक्सो, किड्नीलगायतका अंगमा डेंगीका कारण समस्या भए नभएको थाहा हुन्छ। त्यसको आधारमा उपचार गर्न सहज हुन्छ।, अल्ट्रासाउण्डको उपयोग र रोग पहिचानमा यसको भूमिकाबारे हामीले कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. केदार खड्गीसँग भिडिओ कुराकानी गरेका छौ।, हेर्नुहोस् भिडिओ, अल्ट्रासाउण्डमा विकिरणको प्रयोग हुँदैन, गर्भवतीका लागि वरदान (भिडिओ)
सेतोपाटी संवाददाता चितवनकी वरिष्ठ दन्त चिकित्सक डा. सरू थापाले 'बेस्ट डेन्टल च्यारिटी अवार्ड २०२२' प्राप्त गरेकी छन्।, 'इन्टरनेसनल अवार्ड अफ एक्सिलेन्स इन डेन्टिस्ट्री' ले प्रदान गर्ने अवार्डलाई दन्त चिकित्साको अस्कार अवार्ड मानिन्छ। भारतको चेन्नईमा भएको कार्यक्रममा दन्त चिकित्सक डा. थापालाई उक्त अवार्ड प्रदान गरिएको हो।, विपन्न समुदायका लागि र विपदको समयमा उत्कृष्ट सामाजिक सेवा गरेवापत उनलाई यो अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत गरिएको हो।, उक्त अवार्डका लागि उनी विश्वभरका दन्तरोग विशेषज्ञमध्येबाट छानिएकी थिइन्। विश्वभरबाट अनलाइनमार्फत पाएको मतको आधारमा उनले अवार्ड जितेकी हुन्। अवार्ड वितरण कार्यक्रममा उनले चितवनका विकट पहाडी गाउँहरूमा पुगेर गरेका सामाजिक कामको भिडिओ रिपोर्ट पनि प्रसारण गरिएको थियो।, डा. थापालाई गत वर्ष विश्व दन्त परिषदले उत्कृष्ट प्रेरणादायी महिला चिकित्सक घोषणा गरेको थियो।, दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको थियो।, नारायणगढको कमलनगरमा रहेको साइराम डेन्टलकी कार्यकारी निर्देशक डा. थापा सामाजिक अभियानमा पनि सक्रिय छिन्। उनले विकट बस्तीमा स्वास्थ्य शिविरको साथै राहत वितरण गर्दै आएकी छन्। साथै विपन्न चेपाङ बस्तीका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्दै आएकी छन्।, उनी विगत १६ वर्षदेखि दन्त चिकित्सा सेवामा सक्रिय छिन्। डा. थापाले बेस्ट डेन्टल च्यारिटी अवार्डबाट पुरस्कृत हुन पाउँदा हर्षित भएको बताइन्।, चितवनकी चिकित्सक डा. सरू थापाले जितिन् दन्त चिकित्साको 'अस्कर' अवार्ड
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।, बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्त्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।, उनका अनुसार शुक्रबार दिउँसो सलामीलाई पेस्तोलसहित पक्राउ गरिएको हो।, बुटवल उपमहानगरपालिका-९ इँटाभट्टामा रहेको होटल नमोबुद्धबाट सलामीलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। , सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिड भएको पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।, यस्तै सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ। , सलामीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएको जनाइएको छ।, बुटवलमा पेस्तोलसहित एक जना पक्राउ
सेतोपाटी संवाददाता धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित यदुकुहामा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ।, गत सोमबार २८ वर्षीया बबितिया देवीको उनका ३० वर्षीय जेठाजुले योजनाबद्ध तरिकाले हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, 'जेठाजु वीरेन्द्र दास र बबितिया देवीबीच अनैतिक सम्बन्ध थियो। यो सम्बन्ध बिस्तारै गाउँ समाजका व्यक्तिले थाहा पाउन थालेका थिए। बबितियाको व्यवहार पनि परिवर्तन हुँदै गएपछि वीरेन्द्रले उनको हत्याको योजना बनाएको देखिएको छ,' धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए।, उनका अनुसार भदौ २७ गते आफ्नै घरमा सुतिरहेकी बबितिया देवीलाई वीरेन्द्रले आफ्नै काका १९ वर्षीय उमेश दास र उनका सालो शत्रुधनको सहयोगमा हत्या गरेका थिए।, ‘शत्रुधनले खुट्टा, उमेशले हात समातिरहँदा वीरेन्द्रले डोरीबाट घाँटी कसी मारेको देखिन्छ,’ डिएसपी क्षेत्रीले भने।, बबितियाको हत्यापछि उनको शव खाटमुनि लुकाएर तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर फर्केर शव बाँसघारीमा फालेका थिए।, शव फालेपछि अरू कसैले बलात्कार गरेर मारेको हो भन्ने देखाउन तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घटनास्थलमा राखेको देखिएको प्रहरीको भनाइ छ।, मृतकले प्रयोग गर्ने मोबाइल वीरेन्द्र दासले आफ्नो घरको पछाडिपट्टि पुरानो काठ राखेको ठाउँमा सेतो कपडाले बेरेर लुकाइराखेको अवस्थामा बरामद भएको छ।, मोबाइलमा प्रयोग भएको सिमकार्ड ४ टुक्रा पारिएको अवस्थामा बरामद भएको डिएसपी क्षेत्रीले बताए।, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीनै जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको पनि उनले बताए।, काका र सालोसँग मिलेर जेठाजुले गरे बुहारीको हत्या
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले बिहीबार जयनेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गर्‍यो।, नारायणहिति दरबार संग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन। यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजामुनि आइपुगेपछि मात्र बाहिर निस्कन्छ। यसबीचको ४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने लामो समयदेखि अन्यौल थियो जसलाई काठमाडौं महानगरको उत्खननले चिरेको छ।, महानगरको यो कार्यले धेरैलाई उत्साहित बनाएको छ। खोला पुरेर त्यसमाथि घर लगायत भौतिक संरचनाहरू बनाएको भन्दै जयनेपाल हल लगायतले सामाजिक सञ्जालमा गाली खाइरहेका छन् भने मेयर बालेन शाहको तारिफ भइरहेको छ। महानगरको अभियान सफल बनाएर भूमिगत टुकुचालाई सतहमा पुनर्स्थापित गर्नुपर्ने माग पनि उठेको छ।, तर महानगरको यो अभियानमा थुप्रै प्रश्न अनुत्तरित छन्।, पहिलो प्रश्न, टुकुचा खोला हो कि खोल्सा हो? सामान्य नाला मात्र हो कि आसपासका फोहोरमैला ओसार्ने ढल हो? यसको पानीको स्रोत के हो? यहाँ बाह्रै महिना कलकल पानी बगाउन सम्भव छ कि छैन?, दोस्रो, टुकुचा सुरूङभित्र हुलेर माथिको जग्गा अतिक्रमण गरिएको वृत्तान्त (न्यारेटिभ) काठमाडौं महानगरले स्थापित गर्न खोजेको छ। अतिक्रमण नभएको होइन, भएको छ। काठमाडौं उपत्यकाका सबै नदी–खोला अतिक्रमणमा परेका छन्। तर त्यो अतिक्रमण गर्ने को? कहिलेबाट सुरू भयो? खासगरी जयनेपाल हलको क्षेत्रमा टुकुचा जमिनमुनि हुल्ने काम कहिले भयो? पञ्चायतकालमा भयो कि राणाकालमै भयो?, तेस्रो, पञ्चायतकालमा भए पनि राणाकालमा भए पनि यहाँ धेरै वर्षअगाडिदेखि टुकुचा जमिनुमनिबाटै बग्थ्यो भन्ने सबैलाई थाहा छ। त्यसो भए आजको मितिमा आएर टुकुचामाथि बनेका संरचना भत्काएर यसलाई ह्वांग सतहमा ल्याउन सम्भव छ कि छैन? यति ठूलो कामको लागत कति? लागत भन्नाले आर्थिक लागतको मात्र कुरा आउँदैन, त्यसको सामाजिक लागत के हो? त्यो लागतबाट प्राप्त हुने प्रतिफल के हो?, चौथो, महानगरले टुकुचा खोल्न ६ अर्ब रूपैयाँ बराबरका संरचना भत्काउनुपर्ने भनेको छ। यसले जमिनमुनि पुरिएको टुकुचा बाहिर त आउला तर त्यसपछि पनि त्यहाँ कलकल पानी बग्नुको साटो ह्वांग ढल मात्र बाँकी रह्यो भने के गर्ने? त्यसको जिम्मेवारी कसले लिने? कसरी व्यवस्थापन गर्ने?, पाँचौं प्रश्न, जयनेपाल हलको आँगनमा भेटिएको संरचना राणाकालीन नै रहेछ भने के त्यो पुरातात्विक हिसाबले भत्काउन मिल्छ? के त्यो आफैंमा संरक्षण गर्नुपर्ने संरचना होइन?, यस्ता थुप्रै प्रश्न मेयर बालेन शाहले सुरू गरेको टुकुचा खोला पुनर्स्थापनासँग जोडिएका छन् जसको उत्तरपछि मात्र यो काम ठिक हो कि होइन र यसले निरन्तरता पाउनुपर्छ कि पर्दैन भन्ने टुंगो लाग्नेछ।, यो स्टोरीमा हामी यिनै प्रश्नमाथि विवेचना गर्नेछौं।, पहिलो प्रश्नबाट सुरू गरौं- टुकुचा के हो?, टुकुचा खोला होइन।, बागमती, विष्णुमती वा धोबीखोलाजस्तो यसको आफ्नो स्थायी पानीको स्रोत छैन। ‘इच्छुमती’ समेत भनिने टुकुचा शिवपुरी डाँडा वा बुढानिलकण्ठतिरबाटै बगेर आउँछ भन्ने कतिपयलाई भ्रम छ। यो सही होइन।, त्यसो भए टुकुचा के हो त?, नेवार भाषामा टुकुचालाई ‘तुखुचा’ भनिन्छ। ‘तु’ भनेको उखु र ‘खुचा’ भनेको खोल्सा हो। नेवार भाषाको ‘तुखुचा’ नै मान्छेको जिब्रो बटारिँदै ‘टुकुचा’ भएको हो। त्यसैले नामैबाट पनि थाहा हुन्छ, यो खोला होइन, खोल्सा मात्र हो।, कतिपयले विगतमा यहाँ उखुजस्तै गुलियो पानी बग्ने भएकाले ‘तुखुचा’ नाम रहेको भन्छन्। त्यो पनि गलत हो। उखुसँग प्रत्यक्ष रूपले टुकुचाको कुनै सम्बन्ध छैन। त्यसो भए यो नाम कसरी रह्यो त?, भूमिगत जलस्रोत विज्ञ पद्मसुन्दर जोशीका अनुसार टुकुचाको नामाकरण यसको पानीको स्रोतसँग सम्बन्धित छ।, काठमाडौं उपत्यकाको भूमिगत जलाधार क्षेत्रमा लामो अध्ययन–अनुसन्धान गरेका जोशीको हालै मात्र परम्परागत हिति प्रणालीसम्बन्धी किताब प्रकाशित छ। उनले टुकुचाको नामाकरणदेखि पानीको स्रोतसम्मको तथ्य विस्तार लगाउँदै भने, ‘काठमाडौंका अरू नदी वा खोलाजस्तो टुकुचा वरिपरिको डाँडाबाट बगेर आउँदैन। भित्रैको बस्तीबाट बग्ने पानीले टुकुचा जन्मेको हो। त्यसैले यो खोला होइन, खोल्सा मात्र हो।’, टुकुचा खासगरी शंखपार्क र बाँसबारी क्षेत्रबाट बग्न थाल्छ। त्यो ठाउँको भूबनोट अलिकति माथि उठेको थुम्कोजस्तो छ। त्यहाँ जम्मा हुने बर्खाको पानी बग्ने बाटो नै टुकुचा खोल्सा हो।, यो थुम्कोपारि टोखा पर्छ जुन काठमाडौं उपत्यकाको उखु फल्ने प्रमुख क्षेत्र हो। उखु फल्ने टोखाबाट पनि पानी रसाएर टुकुचामा मिसिन्छ भन्ने अनुमानका आधारमा पहिले–पहिलेका रैथानेले ‘तुखुचा’ नाम राखेको जोशी बताउँछन्।, भौगोलिक रूपले भने टोखाको पानी टुकुचासम्म आइपुग्न सम्भव छैन। त्यो ठाउँ शंखपार्क वा बाँसबारी थुम्कोको अर्को दिशामा पर्छ। त्यसैले त्यहाँको पानी बगेर टुकुचासम्म आउन सक्दैन। आउँथ्यो भने पनि त्यो धेरै धेरै, धेरै नै वर्षअगाडिको कुरा हुनुपर्छ जब यो थुम्को बनेकै थिएन।, अहिलेलाई टुकुचाको पहिलो स्रोत शंखपार्क र बाँसबारी क्षेत्रको थुम्कोबाट बग्ने पानी नै हो। यसरी सुरू हुने टुकुचामा वरिपरिका जलाधार क्षेत्रबाट भूमिगत रूपमा पानी मिसिन आइपुग्छ। त्यहाँबाट बग्दै भाटभटेनीको टुँडालदेवी मन्दिरनिर आएपछि यसले एउटा आकार लिन्छ।, त्यहाँबाट अगाडि बढ्दै नीलसरस्वती मन्दिर, गैरीधारा, नारायणहिति दरबार संग्रहालय, तीनधारा मार्ग, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली, त्रिपुरेश्वर हुँदै कालमोचन घाटमा पुगेर टुकुचा खोल्सा बागमतीमा मिसिन्छ।, अर्का जलाधार विज्ञ मधुकर उपाध्या त टुकुचालाई खोल्सा पनि मान्दैनन्।, ‘नेपालमा छ हजार नदीनाला छन् भनेर हामी भन्छौं। तिनैमध्ये टुकुचा एउटा नाला हो,’ काठमाडौंका बागमती, विष्णुमती लगायत देशभरिका नदी–खोलामाथि लामो अध्ययन–अनुसन्धान गरेका उपाध्या भन्छन्, ‘नदीभन्दा सानो खोला; खोलाभन्दा सानो र बर्खामा मात्र उर्लिने खहरे खोला; त्योभन्दा सानो हुन्छ नाला जुन काठमाडौंजस्तै ठूल्ठूला बस्तीको बीचबाट बग्छ। यसको स्रोत भनेको बर्खा र बस्तीभित्रको खुला जमिनबाट रसाउने पानी हो।’, यसरी भौगोलिक स्वरूप र उत्पत्तिका आधारमा टुकुचालाई खोल्सा वा नालाभन्दा बढी केही मान्न सकिँदैन।, यही खोल्सा पनि पहिलेजस्तो प्राकृतिक अवस्थामा छैन। शंखपार्कदेखि त्रिपुरेश्वरसम्म बग्ने क्रममा वरिपरिका घरहरूले आफ्नो ढल र फोहोर पानी टुकुचामा मिसाउँदै आएका छन् जसले यसको प्राकृतिक स्वरूप नष्ट गरिसकेको छ।, शंखपार्कदेखि कालमोचन घाटसम्म करिब छ किलोमिटर लम्बाइको यो खोल्सामा पहिले बर्खाको पानी र वरिपरिका जमिनबाट रसाउने पानी बग्थ्यो। अहिले वरिपरिका अधिकांश भूभागमा जमिन खाली छैन। चारैतिर कंक्रिट संरचना छन्। टुकुचाको जलाधार क्षेत्र करिब करिब मासिइसकेको छ। जलाधार क्षेत्र नै मासिएपछि भूमिगत पानी रसाएर खोल्सामा मिसिने क्रम पनि पहिलेजस्तो छैन।, बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।, त्यसैले सोझो रूपमा भन्दा टुकुचा भनेको सहरी ढलमा परिणत भइसकेको ‘मृत’ खोल्सा हो।, यो मृत खोल्सामा पहिलेजस्तो बाह्रै महिना कञ्चन पानी कलकल बग्न सम्भव छ त?, असम्भव भन्ने त केही छैन, किनभने खोल्सामा मिसिएको ढलको प्वाल थुन्ने र मेलम्चीको पानी ल्याएर हुल्ने हो भने कञ्चन पानी बगिहाल्छ। बर्खामा त यसै पनि बग्ने भइहाल्यो। वरिपरि हरियाली बनाउने र जलाधार क्षेत्र ब्युँताउने हो भने पनि पानी रसाउने क्रम सुरू हुन सक्छ।, तर यो जयनेपाल हलमा डोजर चलाउनुजस्तो सजिलो काम होइन।, यसका लागि शंखपार्कयता भएभरका बस्तीमा ढलको प्वाल थुन्दै खोल्सालाई प्राकृतिक स्वरूपमा फर्काउनुपर्छ। ढलको प्वाल थुन्ने भए ती बस्तीको ढल व्यवस्थापन कसरी गर्ने, त्यसको समाधान महानगरले दिनुपर्छ। वरिपरि जलाधार क्षेत्र निर्माण गर्न पनि धेरै समय र विस्तृत योजनाको खाँचो पर्छ। जयनेपाल हलको भूमिगत खण्ड डोजरले खोतलेर मात्र टुकुचा खोल्सा फर्किँदैन।, अब कुरा गरौं दोस्रो प्रश्नको- टुकुचा अतिक्रमण कहिलेबाट भयो? जयनेपाल हलको क्षेत्रमा टुकुचा जमिनमुनि हुल्ने काम पञ्चायतकालमा भयो कि राणाकालमै भयो?, जलाधार विज्ञ मधुकर उपाध्या ६८ वर्षका भए। उनी काठमाडौंका रैथाने हुन्। उनको जन्म पशुपतिको देउपाटन क्षेत्रमा भयो र उनी ज्ञानेश्वरमा हुर्के। नदी–खोलाको अनुसन्धान गर्ने मात्र होइन, उनले सानैदेखि काठमाडौं उपत्यकामा बग्ने नदी–खोला र खोल्सा आफ्नै आँखाले देख्दै–भोग्दै आएका छन्।, बागमती र विष्णुमतीमा कञ्चन पानी बगेको देखेका मधुकरका अनुसार टुकुचा खोल्सा उनी सानै हुँदादेखि ढलमा परिणत भइसकेको थियो। वरिपरिको घना बस्तीले आफ्नो घरको फोहोर टुकुचामा फाल्ने क्रम धेरै अघिदेखि सुरू भएको हो।, जयनेपाल हलको जुन आँगनमा महानगरले डोजर चलाएर भूमिगत खोल्साको प्वाल खोल्यो, त्यो ठाउँमा टुकुचा जमिनको सतहबाट बगेको पनि उनले कहिल्यै देखेनन्।, ‘हामी सानो हुँदा नै जयनेपालमा फिल्म हेर्न जान्थ्यौं। अहिले जुन ठाउँमा महानगरले डोजर चलायो, हल छिर्ने बाटो त्यही थियो। त्यहाँ हामीले टुकुचा बगेको देखेनौं,’ उनले भने, ‘नारायणहितिबाट एकैचोटि काठमाडौं प्लाजानिर आएपछि मात्र बाहिर देखिन्थ्यो।’, उनलाई यो भूमिगत संरचना कहिले बन्यो भन्ने ठ्याक्कै थाहा छैन। तर पञ्चायतभन्दा अगाडि राणाकालमै यसलाई भूमिगत बनाइसकेको उनी अनुमान गर्छन्।, अर्का जलाधार विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गरेका अजय दीक्षित पनि आफूले सानो हुँदादेखि नै जयनेपाल हल आसपास टुकुचा खोल्सा नदेखेको बताउँछन्।, महानगरले डोजर चलाएर पानी बग्ने इँटाको जुन गुम्बज उत्खनन गरेको छ, त्यो संरचना हेर्दा राणाकालमै निर्माण भएको उनी आकलन गर्छन्।, उनका अनुसार काठमाडौं उपत्यकाका भित्री बस्तीमा ढल व्यवस्थापन गर्न राणाकालमै इँटाको गुम्बज निर्माण गरिएका थिए। अहिले पनि कतिपय ठाउँमा यस्तो संरचना भेटिन्छ जहाँ फोहोर पानी बग्छ। यस्तो इँटाको गुम्बजले माथिको जतिसुकै ठूलो भार धान्न सक्छ।, ‘राणाकालमा काठमाडौंको ढल प्रणालीका लागि इँटाको गुम्बज बनाउने चलन थियो। जयनेपाल हलको आँगनमुनि भेटिएको संरचना हुबहु त्यस्तै छ,’ दीक्षित भन्छन्, ‘यहाँ पनि टुकुचाको पानी व्यवस्थापन गर्न गुम्बज बनाएर त्यसलाई भूमिगत रूपमा बगाइएको हुनसक्छ।’, जयनेपाल हलको इतिहास हेर्ने हो भने पनि यो सुरूङ संरचना कति पुरानो हो भन्ने खुल्छ।, अंग्रेजी पत्रिका 'नेपाली टाइम्स' को एउटा लेखअनुसार जयनेपाल हल आजभन्दा ७७ वर्षअघि खुलेको हो। सन् १९४५ मा धार्मिक बलिउड फिल्म 'गणेश महिमा' प्रदर्शन गरेर हलको औपचारिक सुरूआत भएको थियो। त्यसअघि यो ठाउँमा राणा प्रधानमन्त्रीहरूले गोही पाल्थे। गोही पालन अन्यत्र सारेर हल निर्माण गरिएको नेपाली टाइम्सले लेखेको छ।, यस आधारमा राणाकालमै गोही पाल्न र अन्य प्रयोजनका लागि सुरूङ खनेर टुकुचालाई जमिनमुनि पठाइएको थाहा हुन्छ। यही ठाउँमा पछि सिनेमा हल खुलेको र बिस्तारै बस्ती विकास हुँदै गएको देखिन्छ।, भूमिगत जलस्रोत विज्ञ पद्मसुन्दर जोशी पनि टुकुचा खोल्सा प्रदूषित हुने क्रम धेरै पुरानो भएको बताउँछन्।, ‘काठमाडौंमा बग्ने नदी–खोलामध्ये सबभन्दा पहिला प्रदूषित भएको टुकुचा नै हो। बागमतीमा कलकल पानी बग्दा नै यो ढलमा परिणत भइसकेको थियो। राणाकालमा जब भित्री बस्तीका रैथानेलाई विभिन्न कारणले बागबजार, डिल्लीबजार, नक्साल लगायत ठाउँमा बसाइँ सारियो, त्यही बेलादेखि टुकुचा आसपास बस्ती विकास हुन थाल्यो। बस्ती बढ्दै गएपछि खोल्सा प्रदूषित हुँदै गयो,’ जोशीले भने।, ऐतिहासिक अभिलेख वा जनस्मरणमा नभेटिने कतिपय कुरा उखानतुक्कामा जीवित हुन्छ। टुकुचालाई फोहोरमैलासँग जोड्ने पुरानो चलन हो। कसैलाई हेपेर बोलाउनुपर्‍यो भने ‘कस्तो टुकुचाजस्तो मान्छे’ भनिन्छ। यो तुक्का सबभन्दा बढी राजनीतिक नेताहरूको निम्ति प्रयोग हुन्छ। नेताहरूलाई गाली गर्नुपर्‍यो भने ‘टुकुचामा बगाउनुपर्ने’ भन्ने कथन प्रचलित छ।, लामो समयदेखिको भोगाइका आधारमा बन्ने उखानतुक्काले मान्छेको अनुभव र सामाजिक स्थिति अवगत गराउँछ। यस आधारमा जसरी टुकुचा फोहोरमैलाको पर्याय बनेको छ, त्यसले पनि यसको प्रदूषण धेरै पुरानो हो भन्ने बुझाउँछ।, काठमाडौंका केही स्थानीयले सामाजिक सञ्जालमार्फत् अर्को एउटा सम्भावना व्यक्त गरेका छन्।, महेश्वर श्रेष्ठले आफ्नो फेसबुकमा स्थानीय किसानको आग्रहअनुसार दरबारले नै यो ठाउँमा सुरूङ बनाएर टुकुचा छोपिदिएको उल्लेख गरेका छन्।, ‘काठमाडौंको तीनधारा पाठशालाबाट कमलपोखरी जाने बाटोमा पासिको अजिमाको शक्तिपिठ छ। टुकुचामा बाढी आउँदा नारायणहिति दरबारको मलमूत्र मिसिएको पानीले पासिको अजिमाको शक्तिपिठ बेलाबेला डुब्ने गर्थ्यो। त्यही भएर स्थानीय किसान र भक्तजनले राजाकहाँ बिन्ती चढाए। आफैंलाई पनि गनाउने भएकाले दरबारले गैरीधारा क्षेत्रदेखि कमलपोखरी चोकसम्म टुकुचालाई सुरूङ बनाएर छोपिदिएको हो,’ महेश्वर लेख्छन्।, उनले आफ्नो विवरणमा सुरूङ खन्ने काम कहिले सुरू भयो भनेर उल्लेख गरेका छैनन्। तर दरबारमा बिन्ती चढाएर सुरूङ खनिएकाले यो काम धेरैअघि भएको हो भन्ने देखिन्छ।, त्यस्तै ऐतिहासिक दस्तावेज तथा तस्बिरहरू सेयर गर्ने फेसबुक पेजमा मनोज मनुजले टुकुचाको यो सुरूङ राणाकालमै बनेको दस्तावेजसहितको विवरण सेयर गरेका छन्।, मनोज मनुजले फेसबुकमा सेयर गरेको दस्तावेज।, उनले सेयर गरेको विवरणअनुसार बिक्रम सम्बत् १९४९ मा राणा प्रधानमन्त्री वीरशमशेरको पालामा टुकुचापारि पटांगिनी अर्थात् खुला चउर बनाइएको थियो। यसका लागि इँटाको गुम्बज शैलीको सुरूङ बनाइएको देखिन्छ। यो भनेको आजभन्दा १ सय ३० वर्ष पुरानो हो।, करिब ५ सय मिटर लामो सुरूङ संरचनालाई मनोज मनुजले 'राणाकालीन इञ्जिनियरिङ मास्टरपिस' भनेका छन्। उनका अनुसार यसको डिजाइन र निर्माण तत्कालीन इञ्जिनियर जोगवीर स्थापितले गरेका थिए।, पञ्चायतकाल वा राणाकाल जहिले भए पनि एउटा कुरा स्पष्ट छ, यो कुनै व्यक्तिले गरेको काम होइन। कसैले व्यक्तिगत रूपमा यति व्यवस्थित ढंगले इँटाको गुम्बज बनाएर खोल्सालाई जमिनमुनि पसाउन सम्भव छैन। यो राणा प्रधानमन्त्री वा शाह राजाहरूले शासकीय निर्णयका आधारमा गरेको काम हो। अर्थात्, राज्यको निर्णयबाटै भएको हो।, यसरी तत्कालीन शासकको निर्णयका आधारमा सुरूङ खनेर टुकुचा छोपेको घटनालाई व्यक्तिगत अतिक्रमणसँग जोडेर गलत 'न्यारेटिभ' बनाउन मिल्दैन। तत्कालीन शासकहरूले सुरूङ खनेर गल्ती नै गरेका भए पनि त्यसको दोष अहिले त्यहाँ घर बनाएर बसिरहेका व्यक्ति वा संस्थामाथि थोपर्नु अनुचित हुनेछ।, यसबाहेक अन्य ठाउँमा जे–जति अतिक्रमण भएका छन्, त्यो पनि लामो कालखण्डदेखि हुँदै आएको घटना हो। यो त्यति बेलादेखि हुँदै आएको हो, जब नदी–खोला वा खोल्सामा ढल हुल्नुहुँदैन भन्ने चेतना विकास भएकै थिएन। यसका लागि कुनै निश्चित समूह वा बसोबासीलाई मात्र दोष थोपरेर गलत 'न्यारेटिभ' बनाउन नहुने जलाधार विज्ञ मधुकर बताउँछन्।, अब कुरा गरौं तेस्रो प्रश्नको- के पञ्चायतकाल वा राणाकालमा शासकबाट भएको गल्तीको भागीदार जनतालाई बनाउँदै टुकुचामाथि बनेका संरचना भत्काएर ह्वांग सतहमा ल्याउन सम्भव छ? यसको आर्थिक र सामाजिक लागत के हो? यसबाट हामीले के प्रतिफल पाउने?, महानगरले सुरू गरेको भूमिगत टुकुचा उत्खननका सन्दर्भमा सबभन्दा गहन प्रश्न यही हो।, खोल्सा जमिनमुनि हुल्ने काम तत्कालीन शासकहरूबाट भयो भन्नेबारे हामीले माथि चर्चा गरिसक्यौं। हुनसक्छ, त्यो सुरूङमाथिको भूभाग पहिले सार्वजनिक जग्गा थियो। समयक्रममा राजनीतिक साँठगाँठबाट व्यक्तिका नाममा लालपुर्जा बनाएर बिक्री गरियो होला। तर त्यो पनि धेरै पुरानो घटना हो।, मधुकर उपाध्याले सुनाएको बाल्यकालीन सम्झनाका आधारमा भन्दा पनि कम्तिमा ५०–६० वर्ष अघिदेखि यहाँ घरहरू बन्न थालिसकेका थिए। जयनेपाल हलबाट हात्तिसार हुँदै पुतलीसडकसम्म आउने बाटो खनेको राज्यले नै हो। यसबीच यहाँका जमिन धेरैचोटि किनबेच भइसकेको छ। सुरूमा जसले लालपुर्जा बनाएको भए पनि त्यो काम राज्यकै स्वीकृतिमा भयो। उसबाट ज–जसको स्वामित्वमा जग्गा हस्तान्तरण भयो, त्यसमा पनि राज्यकै स्वीकृतिको मोहर लागेको छ। त्यसबापत राज्यले मालपोत दस्तुर उठाएको छ, उठाइरहेकै छ।, अर्कातिर, यहाँ भूमिगत रूपले टुकुचा बग्छ भन्ने काठमाडौं महानगरलाई नै बल्ल थाहा भयो। त्यसअघि राज्यका कुनै निकायलाई यहाँ टुकुचा बग्छ भन्ने थाहा थिएन। राज्यलाई नै थाहा नभएको कुरा जग्गा किनबेच गर्ने र घर बनाउने जयनेपाल हल वा अरू कसैलाई थाहा हुने कुरै भएन। त्यसैले यहाँ कुनै पनि किसिमको भौतिक संरचना बनाउने व्यक्ति वा निकायलाई टुकुचा अतिक्रमण गरेको आक्षेप लगाउनु अनुचित हुन्छ।, एक त यो अतिक्रमण नै होइन, तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन हो। अर्कातिर, अतिक्रमण नै मान्ने हो भने पनि राज्यकै स्वीकृतिमा भएको हो र अहिले यहाँ घर बनाउनेहरू त्यही स्वीकृतिमा चलेका मात्र हुन्।, टुकुचा भूमिगत रूपमा बग्ने ४ सय ४० मिटरको खण्डमाथि हामीले ड्रोन चलाएर तस्बिर खिच्दा त्यहाँ थुप्रै घर बनेको देखिन्छ। व्यक्तिगत घरबाहेक विभिन्न संघ–संस्थाका भवन पनि छन्। सबभन्दा ठूलो कुरा त सरकारले नै बनाएको र सरकारी स्वामित्वमै रहेको काठमाडौं प्लाजा नै टुकुचामाथि बनेको छ। त्यहाँको पार्किङबाट तल हेर्दा टुकुचा बगिरहेकै देखिन्छ।, महानगरले भनेजस्तो यो भूमिगत खण्ड सबै खोतल्ने हो भने यहाँ बनेका सबै संरचना भत्काउनुपर्छ। जयनेपाल हल मात्र होइन, सरकारी स्वामित्वको काठमाडौं प्लाजा पनि भत्काउनुपर्ला।, अब मानौं, यहाँ बनेका कम्तिमा ५० वटा घर भत्काउनुपर्ने देखियो भने ती सबै संरचना भत्काउनुको लागत निकै ठूलो हुनेछ। ती जग्गा र घर अधिग्रहणबापत् अर्बौं रूपैयाँ राज्यले लगानी गर्नुपर्छ। महानगरले नै ६ अर्ब रूपैयाँ बराबरका संरचना भत्काउनुपर्ने भनेको छ।, यति मात्र होइन, यहाँ बसोबास गर्नेलाई उठिबास लगाउनुपर्छ जसको सामाजिक लागत आर्थिकभन्दा निकै ठूलो हुनेछ।, यसरी अर्बौं लगानी गरेर संरचना पन्छाएपछि हामीले त्यसबाट प्राप्त गर्ने भनेको ४ सय ४० मिटरको टुकुचा खोल्सा मात्र हो। के यो आर्थिक लागत र सामाजिक न्यायका हिसाबले उपलब्धिपूर्ण प्रतिफल हो?, ‘राज्यले यस्तो काममा हात हाल्दा लगानीको प्रतिफल के हो भनेर ध्यान दिनुपर्छ,’ जलाधार विज्ञ मधुकर भन्छन्, ‘काठमाडौं महानगरले यहाँ गर्ने लगानीमा मैले तिरेको करको अंश पनि छ। चार सय मिटरको भूमिगत नाला खोलेर मैले तिरेको कर कसरी सदुपयोग भयो भनेर महानगरले मलाई विश्वास दिलाउनुपर्छ।’, उनले अगाडि भने, ‘अर्को हिसाबले यहाँका सबै घर भत्काएर अन्यत्र सार्नु भनेको अहिले यहाँ बसोबास गर्ने व्यक्तिलाई बिनाकसुर दण्डित गर्नु हो। विगतमा शासक वा कुनै व्यक्तिले गल्ती गरेका थिए भने त्यसको कसुरदार अहिलेका मान्छे कसरी हुन सक्छन्? उनीहरूले त्यसको सजाय किन पाउने?’, उनले यो पनि भने, ‘महानगरले यी संरचना भत्काउने भए त्योभन्दा अगाडि यहाँ जग्गा किनबेच गर्न अनुमति दिने सरकारी कर्मचारी, नापीनक्सा गर्ने कर्मचारी र घरको नक्सा पास गर्ने महानगरकै कर्मचारीलाई दण्डित गर्नुपर्‍यो। राज्यकै स्वीकृतिमा भएको काममा राज्यकै पदाधिकारीलाई उन्मुक्ति दिएर सर्वसाधारणलाई मात्र दण्डित गर्नु न्यायोचित होइन।’, लगानी र प्रतिफलको कुरा गर्दा महानगरले सार्वजनिक रूपले अत्यावश्यक शिक्षा, स्वास्थ्य, सार्वजनिक पार्क लगायत अरू धेरै क्षेत्रमा लगानी गर्न सक्ने प्रशस्त ठाउँ छन्। जग्गा अधिग्रहण गरेर खोल्सा खोल्ने पैसाले काठमाडौंका धेरै ठाउँमा पार्क बनाउन सकिन्छ। सार्वजनिक स्कुलको स्तरोन्नति र अस्पताल सुधार गर्न सकिन्छ।, नदी-खोला नै पुनर्स्थापना गर्ने महानगरको मनसाय हो भने आफ्नै मुहान भएको, बाह्रै महिना पानी बग्ने र अहिले ढल मिसिएर प्रदूषित बनेको बागमती, विष्णुमती, धोबीखोला लगायत उपत्यकाभित्रै छन्। यी नदी-खोला टुकुचाभन्दा सांस्कृतिक र जैविक रूपले पनि महत्वपूर्ण छन्। यिनको पुनर्स्थापना गर्ने काम बाँकी नै छ।, महानगरले यो काममा ध्यान दिए काठमाडौंको मुहार यसै खुल्छ। टुकुचाजस्तो खोल्सामा पैसाको खोलो बगाउनुपर्दैन।, ‘महानगरसँग छेलोखेलो पैसा भएको होइन। उसको बजेट सीमित छ। उसले सीमित बजेट अत्यावश्यक क्षेत्रमा खर्च गर्नुपर्छ,’ पद्मसुन्दर भन्छन्, ‘अत्यावश्यक क्षेत्रहरूमा पर्याप्त काम भएपछि जब हामी सबै हिसाबले लगानी गर्न समर्थ हुन्छौं, त्यति बेला मात्र यस्तो काममा हात हाल्नु बुद्धिमानी हुन्छ।’, यतिले मात्र पनि टुकुचा खोल्ने उपादेयता पुष्टि हुँदैन। यसको उपादेयता तब मात्र पुष्टि हुन्छ जब टुकुचामा सफा पानी बग्न थाल्नेछ।, यहाँनिर आउँछ चौथो प्रश्न, के टुकुचाको भूमिगत सुरूङ खोलेर मात्र कलकल पानी बग्न थाल्छ? सबै संरचना भत्काएर पनि टुकुचा पुनर्स्थापना भएन र कलकल पानी बग्नुको साटो ह्वांग ढल मात्र बाँकी रह्यो भने के गर्ने?, हामीले माथि नै भनिसक्यौं, टुकुचा खोल्साको अहिलेको स्रोत भनेको बर्खाको पानी मात्र हो। त्यसबाहेक यहाँ घर–घरबाट निस्कने ढल मात्र बग्छ।, भन्नुको मतबल, सुरूङ खोलेपछि पनि टुकुचा खोल्सा पुनर्स्थापना हुन सक्दैन। खासमा भन्दा सुरूङ खोल्नु र नखोल्नुसँग टुकुचा पुनर्स्थापनाको कुनै सरोकारै छैन। किनभने सुरूङले टुकुचा फोहोर भएको होइन। टुकुचा फोहोर हुनुको कारण यहाँ मिसाइएको ढल हो। जबसम्म ढल मिसाउन रोकिँदैन, तबसम्म टुकुचामा सफा पानी बग्दैन। र, जबसम्म कञ्चन सफा पानी बग्दैन, महानगरको योजना कसैगरी पनि उपलब्धिमूलक ठहरिँदैन।, सफा पानी बगाउने नै हो भने महानगरले टुकुचाको माथिल्लो तहबाट सफा गर्दै आउनुपर्छ। सबभन्दा पहिला शंखपार्क, भाटभटेनी, बालुवाटार, नक्साल, गैरीधारा लगायत माथिल्लो भेगमा जति पनि ढल टुकुचामा मिसाइएका छन्, ती ढलको प्वाल बन्द गरिनुपर्छ।, माथिल्लो भेगको काम सकिएपछि तल्लो भेगमा पर्ने बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, थापाथली, त्रिपुरेश्वर लगायत ठाउँका ढल पनि टुकुचामा मिसाउन दिनु हुँदैन।, यति गरेपछि अर्को महत्वपूर्ण प्रश्न खडा हुन्छ। टुकुचामा बर्खे पानीबाहेक ढल मात्र बग्ने हुँदा ढल नै बन्द गरेपछि हिउँदमा के बग्ला? त्यतिखेर यो पूरै खोल्सा सुख्खा हुने त होइन? त्यसो भयो भने टुकुचाको निम्ति पचासौं घरमाथि महानगरले डोजर चलाउनुको फाइदा के? मान्छेलाई उठिबास लगाउनुको फाइदा के? अर्बौं खर्च गर्नुको फाइदा के?, ‘ढल मिसाउने काम नरोकिएसम्म टुकुचा सफा हुँदैन। ढल रोक्नुअगाडि महानगरले ढल व्यवस्थापनको विकल्प पनि दिनुपर्छ। त्यसपछि बल्ल टुकुचामा बर्खा यामबाहेक अरू बेला के–कति पानी बग्छ भन्ने यकिन हुन्छ। यी सबै कुराको सांगोपांगो अध्ययनपछि मात्र टुकुचा पुनर्स्थापना योजना उपलब्धिपूर्ण हुन्छ कि हुँदैन थाहा हुनेछ,’ पद्मसुन्दरले भने।, अब कुरा गरौं पाँचौं प्रश्नको, के यो संरचना भत्काउनु पुरातात्विक हिसाबले सही छ?, कुनै पनि संरचना सय वर्षभन्दा पुरानो छ भने त्यसलाई भत्काउनु वा बिगार्नु हुँदैन भनेर पुरातात्विक सम्पदा संरक्षण ऐनले भन्छ। जयनेपाल हलको आँगनमा भेटिएको इँटाको गुम्बज राणाकालीन संरचना हुनसक्छ भनेर विज्ञहरूले भनेका छन्। हल निर्माणको इतिहासले यस्तै देखाउँछ। केहीले यो १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालामा निर्माण भएको पनि उल्लेख गरेका छन्। त्यस हिसाबले यो पुरातात्विक संरचनामा पर्छ र कानुनले यस्तो संरचना भत्काउन दिँदैन।, महानगरले पुरातात्विक महत्वका दृष्टिले यो संरचनाको विश्लेषण नगरी जथाभाबी डोजर चलाउनु भनेको कानुनले निषेध गरेको दण्डनीय कार्य हो। यसमा पुरातत्व विभागको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ।, पुरातात्विक महत्वको नभए पनि जमिनमुनि सुरूङ खनेर पानी बगाउने संरचना इञ्जिनियरिङ हिसाबले महत्वपूर्ण छ। यो आजको पुस्ता र भविष्यको पुस्ताका लागि पनि हेर्नलायक संरचना हो। यस्तो संरचना बिनाअध्ययन र सार्वजनिक बहस नै नगरी कुनै व्यक्तिको लहडमा जथाभाबी भत्काउनु उचित नहुने मधुकर उपाध्याको भनाइ छ।, ‘पुरातात्विक संरचना भए त भत्काउनै भएन, नभए पनि भविष्यको निम्ति सुरक्षित गरिनु ठिक हो,’ उनी भन्छन्, ‘कतिपय कुरा हेर्नलायक हुन्छ। हाम्रा पुर्खाले कसरी जमिनमुनिबाट पानी बगाउँदा रहेछन् भनेर हेर्न र अध्ययन गर्न यो एकदमै चाखलाग्दो हुनेछ।’, उनका अनुसार कुनै पनि बृहत् योजनाको निर्णय गर्दा वा त्यसलाई कार्यान्वयनमा लैजाँदा प्राविधिक दृष्टिले मात्र हेर्नु हुँदैन। त्यसमा जोडिने सामाजिक, आर्थिक, पुरातात्विक लगायत अनेक आयामलाई विचार पुर्‍याउनुपर्छ।, ‘कहिलेकाहीँ प्राविधिक दृष्टिले मात्र गर्ने काम समग्र सामाजिक हितका लागि प्रत्युत्पादक हुनसक्छ,’ उपाध्या भन्छन्।, जलाधार विज्ञ अजय दीक्षित पनि टुकुचा व्यवस्थापनको विस्तृत योजना नबनाई हचुवा पारामा काम गर्दा प्रत्युत्पादक हुनसक्ने बताउँछन्।, ‘बागमती भनेको नदी प्रणालीमा आधारित सभ्यता हो। समयक्रममा हामी नदीबाट भूमि केन्द्रित हुँदै गयौं। नदी व्यवस्थापन भन्नेबित्तिकै अब सिंगो समाज व्यवस्थापनको कुरा जोडिएर आउँछ। वरपरको घना बस्ती व्यवस्थापनको कुरा जोडिएर आउँछ। ती सबैलाई समग्र रूपमा हेरेर दीर्घकालीन योजना नबनाई काम गर्नु हतारको निर्णय हुनसक्छ,’ उनले भने।, महानगरको टुकुचा उत्खनन अभियानसँग जोडिएका यस्ता अनुत्तरित प्रश्नहरूमा पर्याप्त बहस गरिनुपर्छ। यसमा साझा धारणा बनाएपछि मात्र उपयुक्त कदम के हो भन्ने टुंगो लाग्छ। पर्याप्त छलफल र योजनाबिना प्राविधिक आँखाले मात्र हेरेर डोजर आतंक मच्चाउनु भनेको ‘प्रोपोगान्डा’ हो। यसले आखिरमा महानगरलाई आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य पार्छ। मेयर बालेन शाहकै साख गिर्छ।, यी सबै कुरा बिर्सेर 'ऐतिहासिक' सुरूङ भत्काउनु र टुकुचालाई पुरानै स्वरूपमा फर्काउन खोज्नु भनेको महानगरको लहडी निर्णय हो। यस्तो निर्णयले घातक परिणाम ल्याउँछ। घातक नजिर स्थापित गर्छ।, टुकुचा मात्र किन, भोलि बालेन शाहलाई बागमती, विष्णुमती, धोबीखोला लगायत आफ्नो क्षेत्रभित्र पर्ने नदी-खोलाहरू सबै पुरानै स्वरूपमा फर्काउने लहड जाग्यो भने के होला?, बालेनलाई मात्र होइन, देशको प्रधानमन्त्रीलाई काठमाडौं उपत्यकाका तमाम नदी-खोला पुरानै स्वरूपमा फर्काउँछु, विगतमा बागमती, विष्णुमती बग्ने जग्गा नदीलाई नै फिर्ता गर्छु र त्यसमाथि बनेका संरचना भत्काउँछु भन्ने लहड जाग्यो भने के होला?, त्यो अवस्थामा सायद अहिलेको आधा काठमाडौंको उठिबास हुनेछ। के त्यसका लागि हामी सबै तयार हो?, टुकुचा उत्खननको घटना पनि त्यस्तै हो। महानगरले यसमा पुनर्विचार नगरेर प्रोपोगान्डाका लागि डोजर आतंक मच्चाउने हो भने ठूलो भौतिक, आर्थिक र सामाजिक क्षति हुनेछ। उपलब्धिविहीन ती क्षतिमा भोलि थकथकी मान्नुबाहेक अर्को विकल्प हुने छैन।, टुकुचा पुनर्स्थापना नै गर्ने अभिप्राय हो भने करिब ६ किलोमिटरको खोल्सामा साढे ५ किलोमिटर त खुला छँदैछ। भूमिगत सुरूङ खोतल्न डोजर चलाउने काम छाडेर अहिले जहाँ जहाँ सम्भव छ, त्यहाँ त्यहाँको पानी सरसफाइ गरे भयो। सम्भव भएका ठाउँमा पार्क पनि बनाए भयो। ती ठाउँमा काम गरेर देखाएपछि र त्यहाँ कलकल पानी बगाइसकेपछि बल्ल महानगरले सबैको विश्वास जित्न सक्नेछ।, वा, बागमती, विष्णुमती, धोबीखोलामा गर्नैपर्ने ठूलो काम त छँदैछ। अहिलेलाई त्यहीँबाट सुरू गरे भयो।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्यतया  बदली   रहेको छ।, प्रदेश १, मधेश प्रदेश, कर्णाली , सुदूरपश्चिम , बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, मधेश प्रदेश,  लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।, आइतबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, यस्तै सोमबार देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ र मधेश प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, अझै केही दिन पानी पर्ने, यस्तो छ आजको मौसम
रासस कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।, कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।, आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।, द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।, एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।, प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ ।, विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।, विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।, यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।, वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।, पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।, लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।, आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
सेतोपाटी संवाददाता आजबाट काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।, महानगरका नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताए।, उनका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।, महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।, महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरेर सचेत गराइसकेको छ। ,  सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।, यस्तै ,ललितपुर महानगरपालिका,ले यसअघिनै नगरका मुख्य चोक, सार्वजनिक स्थान, स्कुल, क्याम्पस, अस्पताल लगायत क्षेत्रमा धुम्रपान निषेध गरिसकेको छ।,  , आजबाट काठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध
सेतोपाटी संवाददाता पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।, दाङ लमहीको रिहार भन्दा झन्डै ४ किलोमिटर अगाडि पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको हो। , जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले पहिरो पन्छाएर सडक खोल्नका लागि डोजर पठाइसकिएको जानकारी दिए।, राजमार्ग अवरूद्ध हुँदा गन्तब्यतर्फ जान हिँडेका दर्जनौं गाडी रोकिएका छन्। , त्यस्तै जिल्लाको गढवा गाउँपालिकामा स्थानीय खोलामा आएको बाढीका कारण बीचमा फसेका एक जनाको सकुशल उद्धार गरिएको एसपी वलीले जानकारी दिए।, पूर्व पश्चिम राजमार्ग पहिरोले अवरुद्ध
सविता बुढा अविरल वर्षासँगै आएको पहिरोमा परि अछाममा १२ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। , यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले सेतोपाटीलाई जानकारी दिए।, रिजालका अनुसार यस्तै अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो। , अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए।, अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ। हिड्ने बाटो समेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनले बताए।, शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो आयो। , कतिपय गाउँलेहरु निन्द्रा थिए, जागेकाहरुले पनि पानीको ठुलो आवाजले पहिरो आएको कसैले थाहा पाएनन्। पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिदियो। नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिए। , स्थानीय प्रतापबहादुर शाहीका अनुसार बिहान पाँच बजेतिर वरपरका छरछिमेकीले नेत्र र रिटको घर पहिरोले सखाप पारेको देखेका थिए। , ‘राति धेरै ठूलो पानी परेको थियो, पहिरो जाँदा कसैले थाहाँ पाएनन्, बिहानतिर त, दुई घरका ९ जना पहिरोले लग्दा हामीहरू आत्तिएका छौ, अहिले तत्काल १० घर पनि जोखिम छन्,‘शाहीले सेतोपाटीसँग भने । , पहिरोमा पुरिएका मध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ। अन्यको खोजी गर्न गाह्रो भइरहेको शाहीले बताए।, ‘यो कुरा प्रकृतीको कुरा हो, सुरक्षित ठाउँ भनेर सोच्या थियौं, यहाँ यस्तो घटना पहिला कहिल्यै भएको थिएन, पहाडमा यस्तै हुन्छ, अब बिपद् कम गर्न अति जोखीमका घरलाई सुरक्षित डाँडामा राख्नुपर्छ, उद्धार गर्ने विषयमा सम्पर्क नै भएको छैन, गाउँले  डराइरहेका छन, चारैतिरबाट बाटोहरु बन्द छन्,’ उनले भने।, यो भन्दा अगाडि नाडागाउँमा २०४० सालमा समान्य पहिरो आएको थियो। त्यसपछि लामो समय सम्म यहाँ पहिरो आएको थिएन।  , तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ। यहाँ हिँडेर जाँदा ९ घण्टा बढी समय लाग्छ। यहाँ स्थानीय सरकारले केही ठाउँमा सडक बिस्तार गरे पनि अहिले गाडी हिड्ने अवस्था छैन। , बाटो र सञ्चार अबरुद्ध हुँदा पहिरो प्रभावितको उद्धारमा थप कठिनाइ भएको छ। , ‘यहाँ उद्धारको आवश्यकता छ, सुरक्षा निकायसँग सम्पर्क भइरहेको छैन गाउँमा वृद्धबृद्धा, बालबच्चा, गर्भवतीलाई छिटो उद्धार गरेर अन्त ठाउँमा लग्नुपर्ने जरूरी छ’, शाहीले भने, ‘गाडी हिँड्ने बाटो छैन हेलिकप्टरबाट भए पनि गाउँमा बाँचेकालाई त बचाउनु पर्‍यो नि,’ शाहीले भने ।  , अहिले नाडाका  ५० जना  स्थानीय एकै ठाउँमा जम्मा भएर उद्धारको प्रतिक्षामा छन्।, ‘पानी परिरहेकै छ। गाउँमाथिबाट पहिरो आइरहेकोले २० वटै घर जोखिममा छन्, सुरक्षा निकायहरु आउँदैछन् बाटोमा छन् कि भन्ने हाम्रो अनुमान छ,’ उनले भने।, सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको बताए।,  ‘प्रभावितहरुलाई उद्धार गर्न घटनास्थलमा सुरक्षा निकायहरु परिचालन भएको छ,’ उनले भने।, यसैबीच गृहमन्त्री बालकृष्ण लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।, गृहसचिव टेकनारायण पाण्डे,  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन्।, अछाममा पहिरोबाट १२ जनाको मृत्यु, ८ बढी अझै बेपत्ता
नवीनबाबु गुरूङ आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी आज विश्वकर्मा पूजा मनाइँदै छ।, हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ। कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा गरी मनाएका छन् ।, आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।, आज काठमाडौंको भद्रकाली, संकटा लगायतका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । यसैबीच काठमाडौंको भद्रकालीमा सवारी साधन पूजा गर्नेको भीड छ। , हेर्नुहोस् तस्बिरमा,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  , विश्वकर्मा पूजाको अवसरमा सवारीसाधनको पूजा (फोटोफिचर)
एजेन्सी भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्। , फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन्।, अदानीले अमेजनका अध्यक्ष र संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन्। बेजोसको सम्पत्ति २.३ बिलियन डलर अर्थात १.४९ प्रतिशत झरेर १४९.७ बिलियन डलरमा पुगेको छ।, अदानीको कोइलादेखि बन्दरगाहसम्मको व्यवसाय छ। भर्खरै उनले भारतको चर्चित मिडिया एनडीटिभी खरिद गरेका थिए । भारतमा निजी क्षेत्रको ठूलो बन्दरगाह र विमानस्थल सञ्चालनमा उनको लगानी छ ।, अस्ट्रेलियामा कोइलाखानी रहेका अदानीको व्यवसायलाई वातावरणवादीले आलोचना गरे पनि उनले हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।, पहिलो पटक सन् २००८ मा फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा देखापरेका अदानी यस वर्ष फेब्रुअरीमा एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। उनले भारतीय अर्बपति मुकेश अम्बानीलाई पछाडि पार्दै यो सफलता हात पारेका थिए।, तेस्रो स्थानमा रहेका अर्नाल्टको सम्पती १५५.२० बिलियन डलर छ।, पहिलो नम्बरमा एलन मस्क नै रहेका छन्। शुक्रबार प्रकाशित पछिल्लो सूचिअनुसार मस्कको सम्पत्ति २७३.५ बिलियन अमेरिकी डलर देखिएको छ। , चौथो स्थानमा रहेका बेजोसको सम्पती १४९.७ बिलियन डलर रहेको छ।, बेजोसलाई पन्छाउदै भारतका अदानी बने संसारको दोस्रो धनी ब्यक्ति
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ। , जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ५ वटाभन्दा बढी घर पुरिएको छ। , पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर पुरिँदा ९ जना बेपत्ता भएका छन्। यस्तै तुर्माखाँद गाउँपालिका–५ मा ३ घर पुरिदाँ ७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।, ‘हताहतीको यकिन संख्या आइसकेको छैन’, धेरै पुरिएका र हराइरहेकाले संख्या ठूलो हुने अनुमान गर्न सकिन्छ’, उनले भने।, पहिरोले पुरिएका र बेपत्ताको खोजी जारी रहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले जानकारी दिए। डिएसपी डाँगीका अनुसार अहिले घटना स्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी छ। थप जानकारी घटनास्थलमा प्रहरी पुगेपछि आउने उनले बताए।, अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा केही समस्या भएको प्रहरीले बताएको छ।, लगातारको वर्षापछि आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति
सेतोपाटी संवाददाता लमहीको रिहार नजिकै झरेको पहिरो पन्छापछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुलेको छ।, रिहार भन्दा झन्डै ४ किलोमिटर पश्चिम तर्फ अविरल वर्षाका कारण बिहान पहिरो झरेपछि सडक खण्ड अवरुद्ध बनेको थियो। , जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले साढे दश बजेतिर पहिरो पन्छाएर सडक खण्ड सुचारु भइसकेको जानकारी दिए। , लमहीको अर्जुन खोला, बाँकेको च्याउखोला लगाएतका स्थामा ढलेका रुखहरु काटेर हटाइएको एसपी वलीले बताए।, च्याउखोला नेर रूख ढलेपछि काठमाडौंबाट धनगढीतर्फ जान थालेको बस साइड च्यापेर जान खोज्दा नाला भन्दा बाहिर पुगेको भए पनि दुर्घटनाबाट जोगिएको एसपी वलीले बताए। , त्यो बस पनि निकालेर गनतब्यतर्फ पठाइएको उनले जानकारी दिए।, पहिरो पन्छाएपछि पूर्व-पश्चिम राजमार्ग खुल्यो
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।, काठमाडौंको टोखा नगरपालिका-१ बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनलाई प्रहरीले बुधबार बिहान साढे ७ बजे बानियाँटारबाट पक्राउ गरेको हो। उनीमाथि १५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ।, थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।, १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।, करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’, १५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक पक्राउ
रासस गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ।, घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन्।, बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।, शुक्रबार रातिको अविरल वर्षाले महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो।, लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो।, बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए।, त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ। बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए।, दार्चुला बाढीपहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजी जारी
एजेन्सी भारतले अफ्रिकी मुलुक नामिबियाबाट आठ वटा चितुवा ल्याउने भएको छ।, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनको अवसरमा ती चितुवालाई भारतमा स्वागत गर्न लागेका छन्।, भारतबाट सन् १९५२ मा लोप भएको चितुवाको संख्या बढाउने मोदीको इच्छा अनुसार नामिबियाबाट अफ्रिकी प्रजातिका चितुवा ल्याउन लागिएको एनडिटिभीले जनाएको छ।, मोदीले आउने शनिबार आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन्। सोही दिन उनले मध्यप्रदेशमा नामिबियाबाट ल्याइएका चितुवालाई क्वारेन्टिनमा छोड्ने छन्।, भारत सरकारले सन् २०२० देखिनै यो योजनामा काम गरिरहेको थियो। भारतको अदालतले समेत उपयुक्त वासस्थानको निर्क्यौल गरेर अध्ययनका निम्ति अफ्रिकन प्रजातिका चितुवा ल्याउन अनुमति दिएको थियो।, अफ्रिकाबाट चितुवा भित्र्याउँदा भारतमा भएका अरू जनावरलाई असर पर्न सक्ने भन्दै केही वातावरणविद्हरूले योजनाको विरोध गरेका थिए। नामिबियाबाट पाँच वटा भाले र तीन वटा पोथी चितुवा भारतले ल्याउनेछ।  , तिनीहरूलाई केही दिन क्वारेन्टिनमा राखिनेछ र मौसमसँग घुलमिल भएको यकिन भएपछि जयपुरस्थित कुनो पार्कमा छोडिने बताइएको छ। जहाजमा ल्याइने चितुवालाई पार्कसम्म पुर्‍याउन हेलिकप्टर प्रयोग गरिनेछ।, ‘नामिबियाबाट आउने चितुवालाई प्रधानमन्त्री मोदीकै उपस्थितिमा क्वारेन्टिनमा राखिनेछ। प्रधानमन्त्री नै चितुवालाई क्वारेन्टिनमा राख्ने समारोहमा सरिक हुने विषयले हामी उत्साही छौं,’ भारतको वातावरण मन्त्रालयका एक अधिकारीले भनेका छन्।, वातावरण मन्त्री भुपेन्द्र यादवले चितुवा ल्याउने योजना जनावर संरक्षणको विश्वव्यापी प्रयासमा आधारित रहेको बताएका छन्। वातावरण संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको तथ्यांक अनुसार चितुवाको संख्या विश्वभर ७ हजार रहेको छ। तीमध्ये अधिकांश अफ्रिकाको सभाना क्षेत्रमा पाइन्छन्।, मोदीको जन्मदिनमा नामिबियाबाट भारत ल्याइँदैछ ८ वटा चितुवा
सेतोपाटी संवाददाता सुनसरीको धरानमा एक जना वृद्धाको हत्या भएको छ।, धरान उपमहानगर–२० मा एक्लै बस्दै आएकी ६५ वर्षीया वृद्धा पूर्णीमाया राईको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। , ‘उहाँलाई घाइते बनाएर हत्या गरेको देखिन्छ’, सुनसरी प्रमुख एसपी प्रभु ढकालले सेतोपाटीसँग भने, ‘गत राति हत्या भएको जस्तो देखिन्छ। थप अनुसन्धान जारी छ।’ , एसपी ढकालले विस्तृत अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताए पनि प्रहरी स्रोतका अनुसार उनको हत्या लुटेरा समूहले गरेको हुन सक्ने अनुमान छ।, सुन र नगद लुटेपछि उनको हत्या भएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। , मृतक एक्लै घरमा एक्लै बस्ने गरेकी थिइन्। घाँटीमा र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने स्रोतको अनुमान छ।, महिलाका चार छोरी र एक छोरा छन्। छोरीहरूको विवाह भइसकेको र छोरा पोखरामा बस्दै आएका छन्। उनका पतिको पनि दुई वर्षअघि निधन भएको थियो। , एसपी ढकालले  घटनास्थलमा तालिमप्राप्त कुकुरलाई लगेर अनुसन्धान सुरू भएको जनाए।, धरानमा वृद्धा महिलाको हत्या, लुटेरा संलग्न हुनसक्ने प्रहरी अनुमान
रासस ललितपुर, जाउलाखेलको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ। करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको संख्या बढ्दै जाँदा बासस्थान साँघुरिएको बताइएको छ।, यसैगरी आगन्तुकको भीडले होहल्ला हुँदा वन्यजन्तुलाई असर पर्ने गरेको छ। वन्यजन्तुअनुकूल खोर भए पनि ठूला हलको अभावमा समस्या समाधान हुन नसकेको चिडियाखाना प्रशासनले जनाएको छ।, २०५२ सालदेखि चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले गर्दै आएको छ। हाल सदर चिडियाखानामा कुल एक सय १३ प्रजातिका ११ सयभन्दा बढी वन्यजन्तु छन्। यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पन्छी, ८ उभयचर र १७ माछा छन्। नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रजातिलाई चिडियाखानामा संरक्षण गरी प्रदर्शनीमा राखिएको छ।, चिडियाखानाले अन्य देशका चिडियाखानासँग पशुपन्छी आदानप्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच, जलगैंडा र बाह्य प्रजातिका पन्छी ल्याएर प्रदर्शनमा राखेको छ। वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण गरिए पनि ठाउँ अभावमा ठूला वन्यजन्तुलाई साँघुरो हुँदै गएको चिडियाखाना प्रमुख रचना शाहले बताइन्।, 'वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण त गरिएको छ तर पनि गैंडा, भालु, बाघ लगायत ठूला वन्यजन्तुलाई ठाउँ अभाव भएर केही साँघुरो भएको छ,' उनले भनिन्।, चिडियाखानामा प्राकृतिक बासस्थान जस्तै नभएपछि कृत्रिम वातावरण निर्माण गरेर वन्यजन्तुको व्यवस्थापन भइरहेको प्रमुख शाहले जानकारी दिइन्। वन्यजन्तुलाई नियमित रूपमा दिइने पोषण तथा खाना भने अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नै दिइने गरेको प्रशासनले जनाएको छ।, मांशाहारी जीवलाई राँगाको र कुखुराको मासु तथा केही जीवलाई माछा दिइन्छ। भालुलाई दूधसँगै पाउरोटी पनि दिइन थालिएको छ। वन्यजन्तुलाई दैनिक राँगाको मासु ३७ किलो, कुखुराको १० किलो र माछा पाँच किलो खुवाइने प्रशासनले बताएको छ। यस्तै यहाँ १४ लिटर दूध प्रयोग हुन्छ।, पोथी बाघलाई पाँच किलो र भालेलाई छ किलोका दरले दैनिक राँगाको मासु दिइने गरिएको चिडियाखाना प्रशासनको दाबी छ। जलगैंडा, अर्ना, मृग, हात्तीजस्ता शाकाहारी जीवजन्तुलाई फलफूल, चोकर, घाँस, दाना, पीठो दिइन्छ।, चिडियाखानाको क्षेत्रफल सानो र जोडी समस्याका कारण बाघ, भालु, वनमान्छे, घडियाल गोही, चाइनिज एलिगेटर, जलगैंडा, एकसिंगे गैंडा, हात्ती लगायतको संख्या बढ्न सकेको छैन। चिडियाखानाले सयभन्दा बढी घाइते, समस्याग्रस्त, अनाथ र चोरी सिकारीमा परेका जीवजन्तु उद्धार गरेको छ।, १९८९ सालमा तत्कालीन राणा प्राधानमन्त्री जुद्ध शमशेरले निजी प्रयोजनका लागि स्थापना गरेको यो चिडियाखानाको स्वामित्व २००७ सालपछि नेपाल सरकारले लिएको थियो। २०५२ पुस १४ मा स्वर्गीय राजा वीरेन्द्र शाहको स्वर्ण जन्मोत्सवका अवसरमा चिडियाखाना व्यवस्थापनको जिम्मा तत्कालीन सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई दिइएको हो।, त्यसपछि सरकारका विभिन्न निकायले यसको व्यवस्थापन गर्दै आएका छन्।, यो चिडियाखाना साँघुरो भएपछि सरकारले भक्तपुरस्थित सूर्यविनायकमा नयाँ चिडियाखाना निर्माण प्रक्रिया सुरू गरेको छ। सूर्यविनायकमा दुई सय ४५ हेक्टर क्षेत्रफलमा ‘जिओलोजिकल गार्डेन’ सहित चिडियाखाना बन्दै गरेको प्रमुख शाहले जानकारी दिइन्।, साँघुरो हुँदै चिडियाखाना
सबिना श्रेष्ठ 'फरक छुट्याऊ' खेल खेल्ने हो भने पनि यी दुईबीच फरक छुट्याउन हम्मे–हम्मे नै पर्नेछ।, काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया (इन्द्रजात्रा) बेला हामीले टोलटोलमा विभिन्न स्वरूपका भैरवको मूर्ति पूजा गरिएको देख्छौं। इन्द्रचोकमा फूलैफूलले ढकमक्क ढाकिएको आजु द्यः (आकाश भैरव) सबभन्दा विशेष भइहाल्यो। नजिकै वंतुमा त्यसरी नै फूलले ढकमक्क सजाएर राखिने अर्को भैरव छ जसलाई बाकादे आजु भनिन्छ।, जसरी इन्द्रचोकको आजु द्यःलाई येँया अवधिभर फूलले सजाइन्छ, बाकादे आजुलाई पनि त्यसरी नै सजाइन्छ।, बाकादे आजु झट्ट हेर्दा आजु द्य: अर्थात् आकाश भैरवजस्तै देखिन्छ। तर यिनको चर्चा आकाश भैरवको जति हुँदैन।, करिब सय मिटर दुरीमा दुई दिशातिर फर्काएर राखिने आकाश भैरव र बाकादे आजुबीच के सम्बन्ध होला?, स्थानीय नेवारहरूले आकाश भैरवलाई किराँती राजा यलम्बरको प्रतीक मान्छन्। यलम्बरको कथा महाभारतसँग जोडिन्छ।, किम्बदन्तीअनुसार भगवान कृष्णले मनमनमा महाभारत युद्ध परिकल्पना गरिरहेका हुन्छन्। त्यही बेला किराँती राजा यलम्बर युद्ध हेर्न जान्छन्। आफूले मनमनमा सोचेको युद्ध यलम्बरले कसरी थाहा पाए भनेर कृष्ण अचम्म पर्छन्।, त्यसमाथि यो युद्धमा यलम्बरले हार्ने पक्षलाई सहयोग गर्ने भनेपछि कृष्णलाई झनै आपत पर्छ।, भन्नुको मतलब, युद्धमा पाण्डव पक्ष जित्दै गयो भने यलम्बर आफ्नो विशाल सेना लिएर कौरव तर्फबाट लड्न थाल्नेछन्। त्यसो भइदियो भने कौरवलाई महाभारत युद्ध जित्नबाट कसैले रोक्न सक्दैन भन्ने कृष्णको मनमा पर्छ।, यही सोचेर कृष्णले छल गरी यलम्बरको टाउको काट्ने जुक्ति निकाल्छन्।, यलम्बरले भने आफ्नो टाउको काटिए पनि आकाशमा उड्दै महाभारत युद्ध हेर्न पाउनुपर्ने सर्त राख्छन्।, उनको सर्त पूरा हुन्छ।, युद्ध सकिएपछि यलम्बरको टाउको त्यति बेला काठमाडौंको इन्द्रचोक हुँदै बग्ने बागमती नदीमा आएर खसेको र आकाश मार्गबाट उड्दै आएको हुनाले त्यही टाउकोलाई आकाश भैरव भनिएको विश्वास गरिन्छ।, यो त भयो आकाश भैरव अर्थात् आजु द्य:को कथा। वंतु टोलको बाकादे आजुलाई कतिपयले आकाश भैरवकै दाजुभाइ वा मीत मान्छन्।, बाकादे आजुको पनि आजु द्यःको जस्तै किम्बदन्ती छ।, बाकादे आजु गुठीका कार्यकारी सदस्य जयओम मानन्धरका अनुसार बाकादे शब्द 'बागुदेय्' अर्थात् 'आधादेश' बाट आएको हो। प्राचीन कालमा काठमाडौंमा स-साना १२ वटा देश थिए। तीमध्ये एउटा देशका राजाले कुनै छोरा वा मन परेको कुनै व्यक्तिलाई आफ्नो राज्यको आधा भाग छुट्याएर दिए।, आधादेशलाई नेवार भाषामा 'बागुदेय्' भनिन्छ। समयक्रममा बागुदेय् अपभ्रंस हुँदै बाकादे भयो र त्यहाँ शासन गर्ने राजालाई बाकादे आजु भन्न थालियो।, इतिहास तथा संस्कृतिविद् भुवनलाल प्रधानका अनुसार इन्द्रचोकदेखि रणमुक्तेश्वरसम्मको इलाकालाई आधादेश भनिन्थ्यो। पूर्वतर्फको इलाकामा वंतु पनि पर्थ्यो। नेपाल सम्बत् ४९६ मा हरि पण्डितसेनले आकाश भैरवमा इँटा छापी ध्वजा चढाएको र त्यसै वर्ष मान्धुर (मानन्धर) जगतले वंता क्षेत्रको फल्चामा इँटा छापेको गोपाल वंशावलीमा उल्लेख छ।, 'वंता भनेको वंतु हुनसक्छ,' गुठीका सदस्य जयओमले भने, 'परापूर्वकालदेखि भैरवको पूजा गर्दै आएका मानन्धरहरूको उल्लेख बाकादेसँगै आउनुले बाकादेमा मानन्धरहरूको बस्ती रहेको प्रमाणित हुन्छ।', पुरातत्व विभागका सिद्धिरत्न शाक्य भिक्षुका अनुसार असनदेखि मखनसम्मको क्षेत्र तिब्बत र भारतबीचको एक प्रमुख व्यापार केन्द्र थियो। त्यहाँको 'भन्साछेँ' मा व्यापारीहरू बस्थे। यही क्षेत्रमा तेल पेल्ने कोल पनि थियो। तेल पेल्ने काम मानन्धरहरूले गर्थे।, 'क्वाथ सा:, थथुसाः र वंतु साः पछिसम्मका दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ। सा: भनेको तेल पेल्ने कोल हो। यी सबै प्रमाणबाट बाकादेमा पहिल्यैदेखि मानन्धरहरूको बस्ती थियो र उनीहरू साः (कोल) स्थापना गरी तेल पेल्ने काम गर्थे भन्ने प्रस्ट हुन्छ,' भिक्षुले 'बाकादे आजु चिनारी' मा भनेका छन्, 'उनीहरू आजु द्यःको पनि भव्य पूजा गर्थे। इन्द्रजात्रा बेला वंतुका मानन्धरहरूले बाकादे आजुलाई फूलैफूलले सजाएर राख्ने चलन आजसम्म छ।', बाकादे आजुलाई फूलले सजाउने जिम्मा मानन्धर सनाः गुठीलाई छ। आजु द्यः सजाउने काम भने आकाश भैरव गुठीका महर्जनहरूले गर्छन्। जात्राभरि हरेक दिन यहाँको फूल फेरिन्छ। यसका लागि धेरै फूल र समय लाग्छ। हरेक दिन कसले फूलको जिम्मा लिने भनेर पहिल्यै पालो छुट्याइएको हुन्छ।, इन्द्रचोकको आजु द्य: अर्थात् आकाश भैरव। तस्बिर: सेतोपाटी, द्वादशीका दिन बाकादे आजुको पूजा गरी आसनबाट तल झारिन्छ। त्यसपछि मूर्ति र त्यसमा जडित गहना सफा गरिन्छ। त्यस दिन पुं (चित्रकार) हरू आएर मूर्ति रंगरोगन गर्छन् जसलाई नेपाल भाषामा 'लंपु छायेगु' भनिन्छ।, सबै काम सकिएपछि बाकादे आजुलाई कपडाले छोपेर वंतु ल्याइन्छ र त्यहाँ बनाइएको काठको अस्थायी डबलीमा राखेपछि बल्ल कपडा उघारिन्छ।, 'आजु द्यःसँग बाकादे आजुको आँखा जुधाउनु हुँदैन भन्ने भनाइ छ। त्यही भएर यहाँ ल्याउँदा र लग्दा हामी कपडाले छोप्छौं,' जयओमले भने, 'बाकादे आजुलाई यहाँ ल्याएपछि बल्ल इन्द्रचोकमा आजु द्यःलाई बाहिर निकालिन्छ। हाम्रो आजुलाई जात्रा सकिएर भित्र लगेपछि मात्र आजु द्यःलाई भित्र लगिन्छ।', आजु द्यः कुमारी रथयात्राकै मार्गमा पर्छ भने मूल सडकबाट अलि भित्र राखिने बाकादे आजुसम्म रथ पुग्दैन। त्यही भएर पनि यो आजुको त्यति चर्चा नभएको हुनसक्ने उनी बताउँछन्।, बाकादे आजुको पछाडि माटोको घ्याम्पो जोडिएको हुन्छ। घ्याम्पोमा जाँड राखिएको हुन्छ जसमा पाइपबाट चुहाएर 'हाथु हायेकेगु' गरिन्छ। हाथुसँगै समय् बजि पनि बाँड्ने चलन छ।, भाद्र शुक्ल पूर्णिमाको दिन कुमारीको रथ काठमाडौंको माथिल्लो टोलबाट (थःनेयाः) तानेर ल्याई इन्द्रचोक पुगेपछि आकाश भैरवको मुखबाट जाँड अर्पण गरेजस्तै बाकादे आजुको मुखबाट पनि जाँड अर्पण गरिन्छ।, त्यस्तै जात्राको अन्तिम दिन नानीचायाः बेला पनि रथ तानेर इन्द्रचोक ल्याएपछि यी दुवै आजुको मुखबाट जाँड अर्पण गर्ने चलन छ।, हनुमानढोकामा यःसिं ढालेपछि बाकादे आजुको जात्रा पनि सकिन्छ। य:सिं ढालेको भोलिपल्ट बल्ल बाकादे आजु र आजु द्यःलाई आ–आफ्नो द्यःछेँ (पूजा घर) लग्ने चलन छ। येँयामा आठ दिन बाहिर ल्याएर सार्वजनिक प्रदर्शनी गर्नुबाहेक वैशाखमा मातृऔंशीको एक दिनअघि बाकादे आजुको 'चःह्रे पूजा' वा कुलपूजा हुन्छ। त्यसबाहेक यिनको नित्य पूजा हुँदैन। आजु द्यःको भने दैनिक पूजा हुन्छ।, न्यूरोडमा हाल नेपाल बैंकको कार्यालय रहेको ठाउँमा पहिले पोखरी थियो। त्यो पोखरीमा फुल्ने कमलको फूल जात्रामा हरेक दिन चढाउनुपर्ने नियम थियो। पोखरी मासिएर बैंक भवन बनेपछि त्यो चलन अहिले छैन। कुनै समय बाकादे चोक पनि थियो। इन्द्रचोकबाट सिधा मखन टोल जाने बाटोछेउमै बाकादे चोक थियो। त्यो पनि अहिले छैन।, 'नब्बे सालको भुइँचालोपछि न्यूरोड (जुद्ध सडक) बन्यो। इन्द्रचोकबाट सिधा भूगोल पार्क जाने बाटो निकालियो। बाटो बनाउँदा बाकादे चोक पनि मिचियो,' जयओमले भने।, इन्द्रचोकसँगै केलटोल भन्ने ठाउँ छ। काठमाडौं आएका कोलियाहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानको नाम कोलिग्राम र त्यही कोलिग्राम पछि 'केलटोल' भएको मानिन्छ।, 'काठमाडौंलाई कुनै समय कोलिग्राम र दक्षिण कोलिग्राम (यम्बु र यंग) मा विभाजन गरिएको थियो। इन्द्रचोकमा पहिलो किराँती राजाको मूर्ति हुनु र त्यस नजिकै बाकादे नामको राज्य हुनुले यो ठाउँ कुनै समय धार्मिक रूपले मात्र होइन, राजनीतिक रूपले पनि महत्व बोकेको स्थान हुनुपर्छ भनी अनुमान गर्न सकिन्छ,' जयओमले भने।, आकाश भैरवजस्तै देखिन्छन् तर उही होइनन्
सेतोपाटी संवाददाता धनगढीमा सोमबारदेखि २० औं सत्याग्रह सुरू गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।, खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए।, ‘अहिले सुगर धेरै घटेको छ। श्वासप्रश्वासमा पनि बिस्तारै समस्या देखिन थालेको छ। तीन दिनदेखि केही खाने कुरा नखाँदा शरीर एकदमै कमजोर महसुस हुने, मांसपेशी र टाउको दुख्ने लगायत समस्या देखिएका छन्,’ डाक्टर कमरले भने।, स्वास्थ्यमा समस्यापछि कमरले केसीलाई उपचारका लागि सल्लाह दिएका छन्। तर केसीले उपचार लिन अस्वीकार गरेको उनले बताए।, मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर आवाज उठाउँदै आइरहेका केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा सोमबारदेखि ७ बुँदे मागसहित अनसन सुरू गरेका छन्।, डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
रासस तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ।, तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक/एक लाख रूपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको हो।, जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको बुधबारको इजलासले दुइटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए।, दुई मुद्दामा एकै जना अभियुक्त भएको र घटना एकै दिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए।, तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो।, तामाङ जिल्ला अदालतको आदेशमा २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।, दुई बालिकाको बलात्कार कसुरमा १९ वर्ष कैद
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ।, महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।,  सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।, कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ। , ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा ,सुर्तिजन्य पदार्थको सेवनमा, प्रतिवन्ध लगाइसकेको छ।, सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।, काठमाडौं महानगरमा असोज १ बाट सार्वजनिक क्षेत्रमा धुमपान निषेध
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।, जल  तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ।, त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।, भोलि शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।, यस्तै शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको तराई भू-भागका धेरै र बाँकी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। ,  , काठमाडौंसहित मुलुकभर वर्षा, यस्तो छ आजको मौसम
सेतोपाटी संवाददाता गोरखाको जरेबरमा निर्माणाधीन पुल फेरि बिबादमा परेको छ।, पुलको दुवैतर्फ सडक ट्याक नपुगेको भन्दै यसअघि बिबादमा तानिएको यो पुलको मुखमा सडक ट्याक पुर्‍याउन खोज्दा अर्को बिबाद देखा परेको हो।, गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्र र सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर फाँट जोड्न दरौंदी नदीमाथि निर्माणाधीन यो पुल गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले बनाएको हो।, पुलको एकपट्टी भाग गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्रमा पर्ने राताढुंगा-गोलपोले सामुदायिक वन क्षेत्रमा पर्दछ।, सामुदायिक वन र जिल्ला वन कार्यालय लगायतसँग अनुमति नलिई पुलको मुखमा सडक ट्याक बनाउँदा वन क्षेत्र मासेको भन्दै नयाँ बिबाद सिर्जना भएको हो।, अनुमति नलिई करिब २५ मिटर वन क्षेत्रमा डोजर लगाइएको पाइएको गोरखास्थित वन कार्यालयको भनाइ छ। बुधबार यस क्षेत्रमा वन कार्यालयले अनुगमनसमेत गरेको थियो।, सामुदायिक वन उपभोक्ता समितिले पनि अनुमतिविना वन क्षेत्रमा डोजर नलगाउन निर्माण कम्पनी एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीलाई भनेको थियो।, यहाँ ५० मिटर लामो पुल बनाइएको छ। यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ। पुल निर्माण गर्न २०७७ जेठमै सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ जेठमा निर्माण सक्नुपर्ने भए पनि अझै केही काम बाँकी हुँदा बिबाद भएको हो।, गोरखाको जरेबर पुल फेरि बिबादमा
रासस जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ।, भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए।, रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्‍याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।, उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन्।, बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ।, उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ।, अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन।, गोरखपुर रेलवे स्टेशनबाट १६ नेपाली बालकको उद्धार
सेतोपाटी संवाददाता नेपाल टेलिकमले वरिष्ठ इन्जिनियर उमेश गुप्तालाई सेवाबाट हटाएको छ।, उनी टेलिकमको विशेष आयोजना विभागमा कार्यरत थिए।, उनले २०७४ माघ ८ देखि २०७७ मंसिर २७ सम्म बेतलबी अध्ययन बिदा लिएका थिए।, त्यसपछि उनी कार्यालयको काममा फर्केका थिए।, तर २०७८ फागुन ३ देखि उनी कार्यालयमा अनुपस्थित छन्। उनलाई गत साउन १३ मा सम्पर्कमा आउन टेलिकमले सूचना निकालेर भनेको थियो।, उनी सम्पर्कमा नआएकोले सेवाबाट हटाइएको टेलिकमले जनाएको छ। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।, नेपाल टेलिकमले सेवाबाट हटायो इन्जिनियर उमेशलाई
रासस काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।, एक जना घाइते भएका छन्।, जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी ४४ वर्षका नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको मृत्यु भएको छ।, नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।, बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरामा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन्।, घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताइन्।, पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो।, त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्‍याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ।, पहिरोमा परेर काभ्रेमा दाजु-बहिनीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका विरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन्।, जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन्।, बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका हुन्।, महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ।, सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध आन्दोलित भएका हुन्। , काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यापारी आन्दोलित
सेतोपाटी संवाददाता वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ।, अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरालाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत  २०७९ असार समान्तसम्म सबै तिरिसकेको भन्दै आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो ।, यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चालन ऐन आउनुभन्दा अघि घरबहाल कर राजस्वा कार्यालयमा बुझाउदै आएको थियो।, ‘अस्पतालको स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई वहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम साविक वमोजिम ( स्थानीय सरकार संचालन ऐन २०७४) जारी हुनु अघि झै केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेल मार्फत मिति ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आ.व. को श्रावण १ गते देखि प्राप्त हुने रकम ताहाँ कार्यालयमा जम्मा गरीने व्यहोरा अनुरोध छ,’ अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।, केही समय अघि काठमाडौं महानगरले वीर अस्पताललाई घरबहाल कर तिर्न ताकेता गरेको थियो ।, तर, अस्पतालले भने घरबहाल कर केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेलमार्फत तिरेकाले राजस्वमा नै गएर विवरण हेर्न भनेको थियो। , पछिल्लो समय महानगरले उठाउन बाँकी रहेको कर निरन्तर उठाइरहेको छ ।, वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाईनै बुझाउने
सविता बुढा डोटी सायलकी १३ वर्षीया जानकी बादी कहिल्यै स्कुल गइनन्। उनका दाजु पनि पढ्न गएनन्। जानकीका बुवा बितेपछि आमाले मागेर खाने गरेकी छन्।, जानकी र उनका भाइलाई साथमै ल्याएर अत्तरिया आएकी उनकी आमा दिनभरि बजारमा माग्न हिँड्छिन्। मागेर पाइएको पैसाले आफू रक्सी खान्छिन्।, जानकीलाई पनि उनकी आमा आफैंसँग हिँडाउन खोज्छिन्। बादीमाथि हेर्ने नजर नै खराब भएकाले कसैले बलात्कार पो गरिदिन्छन् कि भन्ने पीरले बस्तीका महिला जानकीलाई आमासँगै जानबाट रोक्ने गरेको बताउँछन्।, ‘आमाले सँगै लगेका दिन माग दे, रक्सी खान्छु भन्छन्,’ जानकीले भनिन्।, जानकीले आफूहरू पहाडमा अर्काको जमिनमा गोठमा बस्ने गरेको बताइन्। अहिले त्यही जमिनमा पनि वडाको कार्यालय बन्ने भन्दैछन्।, जानकी जस्तै बादी परिवारका अरू चार/पाँच जना स्कुल नजाने केटाकेटी उनकै बस्तीका छन्।, ‘पढ्न मन छ, पैसा नाइँ, आमाले पनि पठाउँदिनन्,’ उनले भनिन्।, विद्यालय जान नाम लेख्न, ड्रेस किन्न, कापीकलम किन्न पैसा चाहिने भएर उनी पढिनन्। उनका चार भाइ र तीन बहिनी हुन्। दुई दिदी सानैमा बिहे गरेर गएको उनले बताइन्। एक जना दाजु गाउँमा मजदुरी गर्छन् र त्यो पैसाले रक्सी खाने गर्छन्। एक दाजु भारत गएर उतै हराए। एक भाइलाई माइजुले पालेकी छन्।, आमासँगै हिँड्ने भाइले बजारबाट फर्किँदा हात भाँचेर आएको छ। उसको उपचार भएको छैन।, कञ्चनपुरकी मनीषा बादीले २०७२ सालमा एसइई दिएकी थिइन्। आर्थिक स्थिति कमजोर भएर उनले पनि पढ्न छोडेको बताइन्।, ‘अगाडिको पढाइ यस्तै भयो, सिटिइभिटीबाट ब्युटिपार्लरको तालिम सिकेकी छु, लेभल वान गरेको प्रमाणपत्र छ, आर्थिक नभएर न पसल खोल्न सकें, न त पढ्न,’ उनले भनिन्।, ५०/६० हजार रुपैयाँ भए ब्युटिपार्लर खोल्ने उनको सपना छ।, ‘स्कुल पढ्न पनि धेरै खर्च लाग्ने, छात्रवृत्ति पनि पाएन, बुबाले एक्लै कमाएर पढाउन सकेनन्, किताब स्कुलले दिन्छ, अरू सबैमा पैसा लाग्छ, परीक्षा फी नदिए त बस्न दिँदैनन्,’ उनले भनिन्।, बझाङ थलारा गाउँपालिकाकी हर्कुदेवी बादी पनि कैलालीको गोदावरीमा छाप्रो हालेर बसेकी छन्।, ‘पहाडमा टाउको लुकाउने सानो झुपडी छ, खोलाले बगाउने डर छ। त्यसैले यतै छाप्रो हालेर बस्याकी छु,’ उनले भनिन्।, जनता आवासले बनाइदिएका घर पनि पहिरोले बगाएको उनले बताइन्। भिरैमा घर छन्, सर्ने ठाउँ अन्त नभएपछि केटाकेटी पढाउनतिर आफ्नो ध्यान नगएको उनी बताउँछिन्।, घुमन्ते मगन्ते भूमिहीन संघर्ष समितिकी अध्यक्ष मिठु बादीले शिक्षा र रोजगारीका अभावमा विदेश गएर कैयौं दिदीबहिनी इज्जत बेचेर खानुपर्ने, कोठीमा बिक्री हुनु परेको बताइन्। , ‘यौन व्यवसाय गर्न लाइसेन्स दे, होइन भने पुनर्स्थापना गर भनेर मुख्यमन्त्री कार्यालय अगाडि आवाज निकालेपछि उनीहरूले लाजको कुरा मानेर तीन करोड छुट्याएका हुन्,’ मिठुले भनिन्।, उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष वादी समुदायका लागि भनेर सो बजेट छुट्याएको थियो।, कतिपय वादी समुदायका नेताले अहिले देहव्यापारको मुद्दा किन उठाइयो भनेर सो बजेट नलिने भने। सो विषयमा पोहोर मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायकै मानिसहरूबीच कुटाकुट भयो।, बादी समुदायभित्रकै विवादले मुख्यमन्त्री कार्यालयबाट पाइने गरी छुट्याइएको सो बजेट त्यस वर्ष फिर्ता गयो।, ‘अहिले पनि बिहे गर्छौं भनेर होटलमा लग्ने, सन्तान जन्माएर त्यस्तै छोडेपछि के गरेर खाने? त्यो आइमाईले आफ्नो बानी नछोड्ने अवस्था छ,’ मिठुले भनिन्।, बच्चादेखि पढ्न पाए नोकरीमा बादीका बालकालिका भए, उनीहरूले अगाडिका दिदीबहिनीजस्तो दुःख पाउनु नपर्ने मिठु बताउँछिन्।, ‘हाम्रा बालबालिका पढाइदिए नेपाल सरकारलाई धन्यवाद दिने थियौं, हामीले सात मन्त्रलायमा भेट्यौं, उहाँले यो वर्षदेखि एक हजार र आठ हजार गरी पैसा दिने भन्नुभएको छ,’ उनले भनिन्।, सुदूरपश्चिममा बादी समुदायको जनसंख्या करिब १२ हजार छ। यीमध्ये घरबास नभएका, सीप भएर पनि काम नपाएका धेरै छन्। केहीले केटाकेटी पढाउन सरकारी वा गैरसरकारी संस्थालाई जिम्मा लगाउने गरेका छन्। यस वर्ष ६ जना बच्चा पढाउन माग आएकोमा यौन शोषणबाट जन्मेका हुन् भन्ने दर्जनौं निस्केपछि बस्तीबाटै छान्न गाह्रो भएको मिठुले बताइन्। पछि जिल्ला प्रशासन कार्यालय कैलालीले १० जना छनौट गरेर पढ्न पठायो।, यस वर्ष पनि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट बादी उत्थान छात्रवृत्ति कार्यक्रम शीर्षकमा तीन करोड बजेट छुट्याएको छ। केटाकेटी स्कुल जान ढिला हुने बेला भइसक्दा पनि सो बजेट कार्यान्वनमा आएको छैन।, ‘आजै पनि डायरी नपाएर मेरी नातिनी स्कुल जान पाएकी छैन, १२ सम्म पढेका उसै सडेका छन्, त्यो पैसा मुखले मात्रै बोले, कार्यान्वयन भएको छैन,’ मिठुले भनिन्।, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेका अनुसार बादी उत्थान छात्रवृत्ति कार्यक्रम लागु भइसकेको छ। यो कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइ नौ वटै जिल्लाका सामाजिक विकास कार्यालयलाई पठाइसकिएको छ।, ‘अहिले कुन जिल्लामा कति पैसा लाग्छ भन्ने निश्चित भएको छैन, कसरी काम गर्ने भनेर यताबाट गइसक्यो, अब केही दिनमा सूचना निकाल्छन् र विद्यार्थीको विवरण ल्याएपछि हामी साउनदेखिकै पैसा विद्यार्थीलाई दिन्छौं,’ उनले भने।, छात्रवृत्ति पाउनका लागि विद्यार्थी अनिवार्य विद्यालयमा भर्ना भइसकेको हुनु पर्नेछ। सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयले सूचना निकालेपछि बादी समुदायका विद्यार्थीले आवेदन दिनु पर्नेछ।, यसरी समाजिक विकास कार्यालयले स्थानीय तह र विद्यालयमार्फत् लगत संकलन गर्ने छन्। त्यो आएपछि सम्बन्धित विद्यार्थीको वा निजको अभिभावकको खातामा मासिक पैसा पठाइने छ।, पहिलो, बादी समुदायका छोरी छात्रवृत्ति कार्यक्रम राखिएको छ। यसमा कक्षा १ देखि १२ सम्मका छात्राहरूलाई छात्रवृत्तिका लागि ३० दिनको सूचना जारी हुने छ।, उनीहरूले प्रशासन कार्यालयबाट पाएको बादी समुदाय परिचय पत्र, आमा/बुबाको नागरिकता प्रतिलिपि, छात्राको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र, स्थायी बसोबास गरेको भनी स्थानीय निकायको प्रमाणपत्र, नाता प्रमाणित पत्र र अध्ययनरत विद्यालयको सिफारिस पत्रका साथ आवेदन दिनुपर्छ।, सम्बन्धित विद्यार्थीको बैंक खाता वा नभए आमाबुवाको खाता नम्बर र डिजिटल चेकको प्रतिलिपि पनि सँगै पेस गर्नुपर्छ।, एकै बच्चाले धेरै ठाउँबाट लिने वा बजेटको दुरूपयोग हुन नदिने यी मापदण्ड बनाइएको प्रदेश सचिव लामिछानेले बताए।, आमाबाबुको नागरिकता नभए स्थानीय तहले गरेको सिफारिस हुनु पर्नेछ। यसरी बादी समुदायका छात्राहरूको स्कुलमा हाजिरी हेरर प्रत्येक महिना सिधै विद्यार्थीको खातामा एक हजार बजेट जाने व्यवस्था गरिएको सचिव लामिछानेको भनाइ छ।, यस्तै दोस्रोमा, बादी समुदायका छात्र वा छात्रालाई उच्च शिक्षा छात्रवृत्ति दिइने छ।, यसमा पनि ३० दिनको म्याद दिई स्नातक वा स्नातकोत्तर अध्ययनरत बादी समुदायका छात्रछात्राबाट आवेदन लिइने छ। १२ कक्षा पास गरेका कागजात र अरू आवश्यक कागजातका आधारमा छनोट भएका ५० जनाको खातामा मासिक ८ हजारका दरले रकम पठाउने मन्त्रालयले जनाएको छ।, यसमा ५० जना मात्रै छनोट गर्ने भनिएको छ। विद्यार्थी संख्या ५० भन्दा बढी आएमा बढी कक्षा १२ वा पढिरहेको अवस्थामा प्राप्त जिपिएका आधारमा उत्कृष्टले अवसर पाउने छन्।, यसरी शिक्षा र रोजगारीमा बादी समुदायलाई सहायता दिन ल्याइएको यो कार्यक्रमले उनीहरूको आर्थिक उपार्जनमा मद्दत पुग्ने विश्वास मन्त्रालयको छ। सचिव लामिछानेले सरकार फेरिए पनि यो कार्यक्रम निरन्तर लागू हुनुपर्ने बताए।, पोहोर बादी समुदायमै कुटाकुट भएको तीन करोड रुपैयाँ यसपालि कसरी खर्च गर्छ प्रदेश सरकारले?
नवीनबाबु गुरूङ फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै विभिन्न सडक व्यवसायीहरू आन्दोलित भएका छन्।, जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार काठमाडौं महानगरपालिका घेराउ गरेका हुन्।, फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरू आक्रोशित भएका हुन्। साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका थिए।, उनीहरुले दसैं–तिहार लगायतका चाडपर्व नजिकिएको अवस्थामा आफूहरुलाई जिविकोपार्जनमा समेत रोक लगाउने कार्य भएको भन्दै महानगरको विरोध गरेका छन्। , उनीहरुले ‘श्रमको सम्मान गर, स्वरोजगारलाई सम्मान गर, महानगरमा श्रम डेस्क स्थापना गर’, कि रोजगार देउ, कि स्वरोजगार हुन देऊलगायतका नारा लगाएका थिए।, हेर्नुहोस् तस्बिरमा, काठमाडौं महानगरपालिका अगाडि साना व्यवसायीको नाराः कि रोजगार देउ, कि स्वरोजगार हुन देऊ
युनिक श्रेष्ठ नीरबहादुर तामाङ काभ्रे-भक्तपुर आउजाउ गरिरहन्थे। आफ्नो स्कुटरमा उनी केही हप्तायता काभ्रे जाने-फर्किने गरिरहेका थिए।, ४४ वर्षीय नीरबहादुरको पुर्ख्यौली घर काभ्रे बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा हो। पुर्ख्यौली घरमा उनकी ७५ वर्षीया आमा लडुलम र ४० वर्षीया बहिनी साबित्री बस्थे। आमा लडुलमको हेरचाह साबित्रीले नै गर्दै आएकी थिइन्।, साबित्री तीन महिनाअघि मात्रै कतारबाट घर फर्किएकी थिइन्। बुवा बितेपछि आमा एक्लै होलिन् भनेर साबित्री फर्किएकी थिइन्।, नीरबहादुर भने आफ्नो परिवारसँग भक्तपुरमा बस्थे। उनी गार्मेन्टको पनि व्यवसाय गर्थे। बेथानचोकमा उनले अर्को व्यवसायको सुरू गरेका थिए।, बेथानचोकमा पुर्ख्यौली घरकै माथिल्लो स्थानमा नीरबहादुरको जग्गा छ। जहाँ उनले चलाल गणेशस्थान रोडा-ढुंगा उद्योग सञ्चालन गरेका थिए। उनकै अगुवाइमा स्थानीयसँग मिलेर उक्त उद्योग सञ्चालनमा आएको हो।, त्यहाँ काम सुरू भएको पनि आठ दिन मात्रै भयो। आफ्नो व्यवसाय नै सुरू भइसकेको हुँदा उनी त्यहाँ आउजाउ गरिरहेका थिए। बुधबार पनि उद्योगमा पुगे।, उनी हिजो भक्तपुर नफर्किएको बेथानचोक गाउँपालिका-४ का वडा सदस्य कर्ण तामाङले जानकारी दिए।, ‘उहाँले आफ्नै जग्गामा खानी सञ्चालन गर्नुभएको थियो। उहाँकै नेतृत्वमा जग्गा मिलाउने, कागजातको काम सबै भइरहेको थियो,’ उनले भने, ‘हिजो सुरूमा घर फर्किन्छु भनेर जानुभएको रहेछ। सडकमा धेरै जाम भएपछि काभ्रे नै फर्किनुभएछ। पानी पनि धेरै परिरहेको थियो। यतै आमासँग बस्नुभयो।’, आमा र छोराछोरी खाना खाएर सुतेका थिए। राति पानी पनि झमझम परिरहेको थियो।, त्यसबीच करिब १ बजे घरमाथि पहिरो खस्यो। ठूलो आवाज आएपछि नजिकैका छिमेकी पनि बाहिर निस्किए। उनीहरूको घर पुरै भत्किएको देखेपछि स्थानीयले तत्कालै प्रहरी, जनप्रतिनिधिलाई खबर गरे।, स्थानीयले खबर गरेपछि करिब २ बजेतिर जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुगे।, आमा लडुलम, छोरा नीरबहादुर र छोरी साबित्री पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले  सेतोपाटीलाई जानकारी दिए।, नीरबहादुर र साबित्रीको घटनास्थलमै मृत्यु भएको थियो। आमा लडुलमलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएको थियो।, उपचारको क्रममा उनको पनि मृत्यु भएको एसपी जोशीले बताए। उनीहरूको उद्धार गर्ने क्रममा पनि पहिरो खसिरहेको थियो।, एसपी जोशी भने बिहानपख मात्रै घटनास्थलमा पुगेका थिए। त्यतिबेला पनि पहिरो खसिरहेको उनले बताए। अहिले त्‍यहाँ पहिरो पन्छ्याउने काम सकिइसकेको छ।, उनका अनुसार पहिरो खस्नुको कारण केही दिनअघि खोलिएको रोडा-ढुंगा उद्योग हो।, ‘घरमाथि डोजर लगाएर खनेका रहेछन्। घर पनि गहिरो स्थानमा छ। हिजो पानी पनि परिरहेको थियो,’ उनले भने, ‘माथिल्लो पट्टी खनिएको हुँदा पहिरो खस्यो।’, खानी नै सञ्चालन गर्न थालेपछि आफन्तहरूले त्यस घरमा नबस्न पनि अनुरोध गरिसकेको उनले बताए। तर आमा लडुलमले नै घर छाड्न नमान्दा उनीहरू त्यहाँ बस्दै आएका थिए।  , बेथानचोक-४ का वडाध्यक्ष कृष्णबहादुर लामाले पनि त्यहाँ खानी चलाउनुअघि नीरबहादुरलाई सचेत गराएको बताए।, ‘पहिल्यै दर्ता गराएर उहाँहरू वडा कार्यालयमा आउनुभएको थियो। सहमति खोज्नुभएको थियो,’ उनले भने, ‘खानी सञ्चालन गर्नुअघि नै तपाईंहरूसँग लाइसेन्स छैन भने नचलाउनुस् भनेको थिएँ। उहाँहरूले लाइसेन्स छ भनेर भन्नुभएको थियो।’, १२-१४ जना मिलेर उनीहरूले उद्योग सञ्चालन गरिरहेको उनले बताए। ढुंगा बेच्ने काम पनि सुरू भइसकेको थियो। पहिरो खसेको घर नजिकै अर्को एउटा होटल पनि छ।, उनका अनुसार खानी सञ्चालन हुन लागेको हुँदा होटलबाट उठेर जान भनेपछि उक्त घर पनि खाली भइसकेको थियो।, होटल खाली भए पनि नीरबहादुरको घर भने खाली भएन। नीरबहादुरले आफ्नी आमा लडुलमलाई काठमाडौं पनि लिएर जान खोजेको वडाध्यक्ष लामाले बताए।  , ‘खानी उद्योगले जोखिम बढेको थियो। होटलवाला सरेर गइसकेको थियो। तर आमा जान खोज्नुभएन। छोरा नीरबहादुर हिजो यहीँ बसेका थिए। आमालाई सम्झाइबुझाइ काठमाडौं लग्ने भनेर पनि आएका रहेछन्,’ उनले भने, ‘तर उहाँ मान्नुभएन।’, यो उद्योग वैध हो वा होइन भन्ने जानकारी नभएको उनी बताउँछन्।, जिल्ला प्रहरी कार्यालयका एसपी जोशीले पनि उद्योग  यो वैध/अवैधबारे थाहा नभएको बताए।  , ‘सम्झौता गरेका त रहेछन्। उहाँहरूको कागजातहरू के-कस्ता छन्, सम्झौता वैध मान्ने/नमान्ने विषयमा सम्बन्धित समन्वय समितिका अध्यक्षसँग बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसमा मानवीय त्रुटी पनि भएको हो।’, अहिले मृतकका परिवारहरू काभ्रे आइरहेको उनले बताए।, तस्बिरहरू:, , तस्बिर स्रोत: काभ्रे प्रहरी।, नीरबहादुरले ८ दिनअघि घरमाथि खोलेका थिए ढुंगा-रोडा उद्योग, त्यहीँबाट खस्यो पहिरो
सेतोपाटी संवाददाता ‘प्रहरी हौं’ भनेर ३० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौंको ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्जका कर्मचारीबाट ३० लाख बढी रकम लुटपाट गरेको आरोपमा तीन जनालाई बुधबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, कपन बस्ने ३० वर्षीय देव लामा र २० वर्षीय मिनबहादुर तितुङलाई पक्राउ गरेको हो।, एसपी कोइरालाका अनुसार मनी एक्सचेन्जका एक जना कर्मचारी भदौ २२ गते साँझ ७ बजे अफिस बन्द गरी कोठा जाँदै थिए। म्हैपीको पानी ट्यांकी नजिकै पुगेपछि तीन वटा मोटरसाइकलमा अपरिचित व्यक्तिहरू आएका थिए।, पाँच जनाले प्रहरी हौ भनेर ती कर्मचारीलाई मोटरसाइलमा राखेर शोभा भगवतीको पुलमुनी पुर्‍याएर हातपात गरेको एसपी कोइरालाले बताए।, उनीहरूले कर्मचारीसँग भएको ३० लाख २३ हजार २०८ रुपैयाँ, आइफोन मोबाइल, लाइसेन्स र ब्लुबुक समेत लुटेर भागेका थिए। लुटेर भागेको भन्ने सूचना पाएपछि प्रहरीले संलग्न तीन जनालाई पक्राउ गरेको हो।, प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।, उनीहरूमाथि अपहरण तथा डाँका चोरी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकू पठाएको छ। यसमा संलग्न अरूको कोही भइरहेको कार्यालयले जनाएको छ।, प्रहरी हौं भनेर ३० लाख रुपैयाँ लुटेको आरोपमा तीन पक्राउ
सेतोपाटी संवाददाता लागु‍‍औषधसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्। , गोकर्णेश्वर नगरपालिका-७ ग्रिनहिल सिटीबाट एक जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। , महोत्तरी माइस्थान घर भई ग्रिनहिल सिटी बस्ने २५ वर्षीय गुप्तबहादुर लुंगेलीलाई पक्राउ गरेको हो। उनीबाट ८४७ पिस लागुऔषध बरामद भएको हो। , नाइट्राभेटलगायत विभिन्न लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। उनीबाट १५ हजार रकम, बा ७८ प ५८९६ नम्बरको बाइक पनि बरामद भएको छ। , प्रहरी वृत्त बौद्धले यस घटनाको अनुसन्धान गरिरहेको छ।, लागुऔषधसहित एक जना काठमाडौंबाट पक्राउ
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।, महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ। , महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनी आज अपरान्ह जय नेपाल हल परिसर पुगेकी थिइन्।, महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।, उनले यसका लागि ६ अर्बको संरचना भत्काउन पर्ने जानकारी दिए। , ‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बन्छ,’ उनले भने।, यो पनि हेर्नुहोस्: ,पाँच किलोमिटर लामो टुकुचा खोला कहाँ कति अतिक्रमण?, तस्बिरहरू:, सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।, जय नेपाल हलमा सुरूङभित्र बग्थ्यो टुकुचा, अब ४ मिटर नदीलाई छोडेर दायाँबायाँ करिडोर बनाइने (तस्बिरहरू)
युनिक श्रेष्ठ उत्तरी छिमेकी चीनको संसद जनकंग्रेसका अध्यक्ष ली चान्शु सोमबारदेखि नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका चान्शुले हिजैदेखि भेट राजनीतिक भेटघाट सुरू गरेका छन्।, चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। उनको स्वागतमा सभामुख अग्निप्रसाद सापकोटा विमानस्थलमा पुगेका थिए। काठमाडौंमा हुने उनको सवारीमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ। , सोल्टी होटलमा बसेका चान्शुले मंगलबार दिनभरि पनि राजनीतिक भेटघाट गर्दैछन्। उनको आवातजावतले काठमाडौंको ट्राफिक व्यवस्थापना भने व्यवस्थापन अस्तव्यस्त बनेको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सूचना नै जारी गरेर वैकल्पिक बाटोको प्रयोग गर्न भनेको छ। रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा जाम हुनसक्ने भन्दै वैकल्पिक बाटोको प्रयोग गर्न भनेको हो।, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार चान्शुलाई भिभिआइपीको सुरक्षा दिइएको छ।, यस्ता खालका सुरक्षा दिँदा औपचारिक सवारीको रूपमा हेरिने उनले बताए।, ‘औपचारिक सवारीको रूपमा हेरिन्‍छ। त्यो भनेको सवारी समयमा बाटो खाली गरिन्छ,’ उनले भने।, सवारी हुने कति समय अगाडि सडक खाली गर्ने भन्ने मूल्यांकन भने भिभिआइपीमा पनि भर पर्ने उनी बताउँछन्। सुरक्षा खतराको मूल्यांकन गरेर त्यसलाई रोकिने उनले बताए। चान्शुको सवारी हुने सडक कति समयअगाडि खाली गर्ने हो भन्ने बारे उनले खुलाएनन्।, नेपाल प्रहरीले उनीमाथि हुनसक्ने खतराको पनि मूल्यांकन गरेको छ।, उनीमाथि तिब्बती शरणार्थीको थ्रेट हुनसक्ने भनेर मूल्यांकन गरिएको एसपी रिजालले बताए।, चान्शुको सुरक्षाको लागि चिनियाँ सुरक्षाकर्मी पनि आएका छन्।, नेपाल प्रहरीले पनि उनलाई सुरक्षा दिन एसपीको कमान्डमा टोली खटाएको हो।, यसका लागि काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली परिचालन भएको छ। यसको सबै मनिटरिङ भने परिसर प्रमुख एसएसपी भरत बोहरा र त्यसको नियमित अपडेट कार्यालयका प्रमुख एआइजी रवीन्द्रसिंह धानुकले पनि लिइरहेका छन्।, ‘उहाँका आफ्नै सुरक्षाकर्मी पनि आउनुभएको छ। प्रहरीले दिने सुरक्षा भने ठाउँ र रूट अनुसार परिचालन हुन्छ। एयरपोर्टबाट सोल्टी होटलसम्म जानुपर्‍यो भने अलि बढी सुरक्षाकर्मी परिचालन गर्छौं,’ उनले भने, ‘सिंहदरबारसम्म मात्रै हो भने थोरै परिचालन हुन्छ।’, यसका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका प्रहरीलाई परिचालन गरेको छ। कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरबाट बोलाएर प्रहरी परिचालन गरेको उनी बताउँछन्।, त्यतिले पनि अपुग हुँदा प्रहरी प्रधान कार्यालयबाट पनि  तीन सय जना प्रहरी माग गरी परिचालन गरिएको उनले बताए।, ‘काठमाडौं उपत्यकाको मात्रै परिचालन गर्दा अपुग भएपछि प्रहरी प्रधान कार्यालयबाट पनि माग गरी परिचालन गरिरहेका छौं,’ उनले भने।, चान्शुले मंगलबारै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्दैछन्। बुधबार  बिहान उनी भक्तपुर दरबार परिसरमा घुम्न जानेछन्। भोलि नै उनले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। , चान्शुको टोली बिहीबार नेपालबाट फर्किनेछ।, चान्शुको आवतजावत भिभिआइपी सुरक्षामा, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरू)
सविता बुढा गत शुक्रबार दार्चुलाको महाकाली नगरपालिका–२ का गणेशसिंह खरालको परिवार साँझको खाना खाएर सुत्ने तरखरमा थियो। त्यही बेला एक्कासि मुसलधारे पानी पर्न थाल्यो।, राति १२ बजे अचानक भुइँचालो नै आएजस्तो भयो। घरजमिन हल्लियो, हुरीबतास चल्यो। जमिन-आकाश गर्जेको आवाज आयो।, महाकाली नदीको डरलाग्दा आवाज गणेशको परिवारको कानमा परेपछि उनीहरू घरबाट आत्तिँदै दौडेर बाहिर निस्किए। अँध्यारोमा दौडेर उनको परिवार सुरक्षित ठाउँ गयो। छरछिमेकीहरू पनि दौडिँदै पुगे। उनीहरूले छाता र प्लास्टिकको सहारामा दुई घन्टा त्यहीँ बिताए।, रातको २ बजेतिर पानी पर्न बन्द भयो। मौसम सफा भयो।, 'वर्षा रोकिए पनि घर बचेको छैन भन्ने सोचेर फर्किने आँट आएन। रातभरि बाहिरै जागा बस्यौं,' गणेशले भने।, केही घन्टापछि उज्यालो भयो। त्यो बिहान गणेशको गाउँको स्वरूपै फेरिएको थियो। कहाँनेर के थियो भन्ने केही अत्तोपत्तो नहुने गरी पुरिएको थियो गाउँ।, 'जताततै ढुंगा र माटो मात्र देखियो,' उनले भने।, गणेशले दैनिक गुजारा चलाउन नास्ता पसल चलाएका थिए। ढुंगाले छाएको चारकोठे घर थियो। बाढीले सबै बगायो। उनको जस्तै साना पसल र व्यवसाय खोलिएका आधा दर्जन घर पुरिए, बगे। स्वास्थ्य चौकीमा पूर्ण क्षति भयो, वडा कार्यालय आंशिक।, चार वटा झोलुंगे र दस वटा काठे पुल पनि बाढीले लगेको गणेशले बताए।, 'त्यो रात हामीले त भागेर ज्यान बचायौं। अरूहरू बाढीको कब्जामा परे। कति ठाउँमा त एकै परिवारका चार जनालाई बाढीले बगाएको छ,' गणेशले भने।, गणेश सदरमुकाम खलंगाबाट चार किलोमिटरको दुरीमा नास्ता पसल चलाउँथे। उनको गाउँमा अर्काे घर पनि छ। तर उनी पसल भएकै ठाउँमा बस्थे। पूर्ण रूपमा विस्थापित भएकाहरू अझै धेरै पीडामा भएको उनी बताउँछन्। विस्थापितहरूलाई राहत र पुनर्स्थापना गर्न छिटो पहल गर्नुपर्ने उनले बताए।, शुक्रबार रातिको घटनाले उनको डर भने अहिलेसम्म कम भएको छैन। प्राकृतिक प्रकोपका कारण हुने विपद जोखिम न्यूनीकरणमा काम गरेको भए यस्तो घटनाको सामना गर्न पर्दैन थियो कि भन्ने उनलाई लाग्छ। , 'जोखिम ठाउँबारे बुझेर स्थानीयलाई सुरक्षित गर्ने काम भएको भए यस्तो दिन देख्नुपर्ने थिएन। बाढीमा बेपत्ता भएका परिवारका आफन्त साह्रै भावविह्वल छन्,' उनले भने।, सदरमुकाम खलंगा बजारमा तीनतले घर बाढीले बगाउँदा करन धामीको परिवार चिन्तित छ। वर्षाैंदेखिको मेहनत एकछिनमै बगेर गएको भन्दै उनले दुःख मनाउ गरे।, महाकाली नगरपालिकाको वडा नम्बर १, २, ३, ४ भएर बग्ने लास्कु खोला छ। त्यो खोलाको माथितिर नौगाडको सिमाना दल्लेखको तलतिर गाउँमुल्ला, मैखोली लगायत ठाउँ छन्। शुक्रबार राति अविरल पानीले यी ठाउँमा पहिरो आयो। पहिरो लास्कु खोलामा मिसियो। खोला भरिएर त्यहाँबाट सर्दै, बग्दै महाकाली पुग्यो।, लास्कु खोलाले बगाएर ल्याएको ढुंगामाटोले महाकाली भारततर्फ थुनियो। नदीको बहाव नेपालतर्फ आयो। नदीमा लगाइएका ड्याम भत्किए। तटबन्धभन्दा माथि पानी आयो। यही कारण चार वडासहित आसपासका ठाउँका बस्तीमा क्षति भएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताए।, महाकाली नगरपालिकामा बाढीबाट दुई जनाको मृत्यु भएको छ। बाढीमा बेपत्ता दस जना अझै फेला पर्न सकेका छैनन्। उनीहरूको खोजी जारी छ। दर्जनौं घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन्। उता नौगाडमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले ९ घरमा पूर्ण क्षति गरेको छ। बाढीले महाकाली छेउछाउ बजार क्षेत्रका मात्रै ९ वटा पक्की घर बगेका छन्।, सूचना अधिकारी जोशीका अनुसार नगरपालिकाभित्र मात्र २९ घरमा पूर्ण रूपमा क्षति भएको अनुमान छ। यकिन तथ्यांक प्रहरी, जिल्ला प्रशासन, रेडक्रस र नगरपालिकाले सयुक्त रूपमा संकलन गर्दैछ। बाढी मध्यरातमा आएकाले क्षति धेरै भएको उनले बताए।, 'सदरमुकाम बजारमा बाढी पुगेपछि मात्र हामीलाई सम्पर्क भयो। छिटो जानकारी भए उद्धार गर्न सहज हुन्थ्यो,' उनले भने।, विस्थापितहरू सरकारी भवनमा बसिरहेका छन्। उनीहरूलाई ७० वटा टेन्टसहित ४६ बोरा चामल, ७ बोरा दाल लगायत खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता शंकरसिंह डोबालले बताए।, 'बाढीले बाटो, सञ्चार, खानेपानी, बिजुली सबै अवरूद्ध भएको छ। आवतजावत गर्न कठिन छ। बल्ल आज स्काभेटर लगाएर बाटो खोल्ने काम भइरहेको छ,' उनले भने।, खलंगा क्षेत्र बाढीको जोखिमयुक्त ठाउँमा पर्छ। २०७० सालमा महाकालीको तटबन्धभन्दा माथि पानी आउँदा यहाँ धेरै क्षति भएको थियो। त्यति बेला नदी किनारका १ सय ४६ घर भत्किएका थिए। संरचनाको क्षति ठूलो मात्रामा भए पनि मानवीय क्षति भएको थिएन। यहाँ २०२८ सालमा तिर पनि ठूलै बाढी आएको कुरा सुनेको स्थानीयहरू बताउँछन्।, सूचना अधिकारी जोशीका अनुसार खलंगा सदरमुकाम घोषित हुनुभन्दा नै यो ठाउँमा बस्ती थियो। त्यति बेला यहाँ सौका समुदायका मानिसहरू हिउँद याममा आएर बस्थे। बाँकी समय लेकमा बिताउँथे। सौकाहरू भारतीय नाका हुँदै दार्चुलाको ब्यासबाट चीनमा सामान बेच्न जान्थे।, पछि खलंगा भएर भारत जानेहरू बढ्दै गए। बझाङ लगायत अन्य ठाउँका मान्छे पनि खंलगा हुँदै धार्चुला भएर भारतका विभिन्न सहरमा कामका लागि जान थाले। आउजाउ गर्नेहरू बढेपछि यहाँ व्यापार, व्यवसाय गर्नेहरू बढे। बस्ती विकास हुन थाल्यो। अनि पछि यो ठाउँ सदरमुकाम घोषित भएको जोशी बताउँछन्।, जनसंख्या बढेपछि महाकाली नदी किनारमा समेत संरचना निर्माण भए। यो क्षेत्रमा पर्ने खोलाहरूको संरक्षण भएन। सडक बने, रूखहरूको संरक्षण भएन। २०५६/ ५७ सालदेखि ठूल्ठूला पक्की घर बन्न थाले।, यी सब कारणले यो ठाउँ बाढी र पहिरोको जोखिममा रहेको जोशीले बताए।, 'त्यति बेला भवनसंहितामा नभई आफ्नै तरिकाले घरहरू बनेका हुन्। घरधनीले आफैं जमिन किनेर बनाएका हुन्। अधिकांशको नक्सा पास छैन,' उनले भने, 'स्थानीय सरकार सञ्चालन भएपछि पनि केही घर मात्र नक्सा पास भएर बनेका होलान्। अहिले बाढीले लग्ने घर पनि नदी नजिकैका हुन्।', खलंगा महाकाली नदीका कारण मात्र नभई यहाँ भएर बग्ने निजाग, लास्कु, धौलीगाड, कालीगाड खोलाका कारण पनि जोखिममा छ। त्यस्तै भारतपट्टि धौलीगंगा जलविद्युत आयोजना बनिरहेको छ। त्यहाँ कहिलेकाहीँ ड्याम खोलिन्छ। त्यस्तो बेला वारिपट्टि डुबान हुन्छ।, खोलाका कारण महाकालीको पानी बस्तीमा आउने भएकाले यहाँ तटबन्ध गर्नुपर्ने बाढी प्रभावित स्थानीय बताउँछन्।, 'खोलाहरूमा तटबन्ध, सडक छेउछाउमा रूख रोप्ने काम गर्नुपर्छ। वन संरक्षण गरे यस्तो जोखिम नहुन सक्छ। त्यसैले त्यसतर्फ ध्यान ध्यान दिन आवश्यक छ,' उनीहरू भन्छन्।, तस्बिरहरू: सामाजिक सञ्जालबाट लिइएको।, 'त्यो रात हामीले त भागेर ज्यान जोगायौं'
सेतोपाटी संवाददाता नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्। , प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।, आज बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।, त्यस्तै साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।, दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।, त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।, उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।, काठमाडौंका सडक आज दिनभरजसो प्रभावित हुने
रासस लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खीरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी। उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो। खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे।, कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ। फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ। परम्परागत रूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन।, यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो। पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो, खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खीरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताए।, ‘पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्’, उनले भने, ‘विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ।’    , पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ। विभिन्न रोग प्रतिरोधात्मक कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन्। , कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ। विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन्।, मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ। पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ। कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ।, विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताए। ​, कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ। नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ। नेपालका विभिन्न स्थानमा प्राचीनकालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ।, नेपालका कणाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषक बताउँछन्। पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नका रूपमा समेत लिने गरिन्थ्यो।, असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकाले यसलाई अनिकालको अन्न भन्ने गरिएको हो। कागुनोको भात, खीर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सीसमेत बनाउन सकिने यो बाली बाँझिएका जग्गामा लगाउन सके स्थानीयको आयआर्जन बढाउन सकिन्छ।, कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताए।, “हाम्रा बाँझिएका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उनले भने। , कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताए। , लीला आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घरघरमा सन्देश पुग्ने विश्वास व्यक्त गरे। शिक्षक प्रितम देवकोटाले बाँझिएका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा राखे। रासस, विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खीर
रासस कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन्। उनी समस्या पर्दा श्रीमानलाई सबभन्दा पहिले सम्झन्छिन्।, आर्थिक लगायतका समस्या हुँदा उनी श्रीमानसँग सल्लाह गर्ने, मनलाई बलियो बनाउने गर्छिन्।, ‘समस्या बिनाको जीवन हुँदैन, आर्थिक लगायतका विभिन्न समस्या झेल्नुपर्छ। मलाई पनि विभिन्न समस्या पर्दै आएका छन्’, उनी भन्छिन्, ‘आर्थिक समस्या पर्दा श्रीमानसँग सल्लाह गर्छु। अन्य समस्या पनि पर्छन्। तिनको समाधानका लागि अरूलाई सहयोग माग्ने गर्छु तर समाधान छैन भन्दै पीर मानेर बस्दिनँ।’, जुन्नी चौधरी पनि आर्थिक अभावजस्ता समस्या हुँदा श्रीमानसँग माग्ने, गाउँमा भएको समूहबाट ऋण लिने गर्छिन्। अन्य खाले समस्या परेमा गाउँकै बडघर र भल्मन्साको सहयोग लिनेजस्ता कार्य गर्छिन्।, ‘हाम्रो समाजमा बडघर, भल्मन्सा र जनप्रतिनिधि छन्। हामी उनीहरूको सहयोगमा समस्या समाधान गर्छौं’, जुन्नी भन्छिन्, ‘बच्चा बिरामी हुन्छन्, गाइभैंसी बिरामी हुन्छन्, आर्थिक अभाव हुन्छ, खेतीपाती गर्दा सहयोगी चाहिन्छन्। यी सबै समस्यामा साथ र सहयोग लिन्छु, तनावमा बसेर फाइदा छैन।’, मानिसको जीवनमा समस्या आइरहन्छन्। समस्या, अभाव, दुःख, खुसी जीवन चलाउने माध्यम हुन्। खुसीले उमंग दिन्छ भने समस्याले समाधानको खोजी गर्न र हिम्मतिलो बनाउँछ। समस्याले नै मानिसलाई संघर्ष गर्न सिकाउनुका साथै हिम्मतिलो बनाउने गर्छ। जो मानिस समस्यासँग डराउँछ ऊ कमजोर हुन्छ भने जसले समस्यासँग जुध्ने कोसिस गर्छ ऊ सफल हुनुका साथै मानसिक रूपमा समेत बलियो बन्छ। , धेरैजसो महिलाको जीवनमा आर्थिक लगायतका समस्या बढी हुन्छन्। ललिता थारूले समस्या पर्दा सासूलाई सबभन्दा पहिला बाँड्छिन्। अन्य समस्या पर्दा छिमेकी तथा आफन्तलाई भन्छिन् र समस्यामा हिम्मत हार्दिनन्।, ‘कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ। म हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ’, उनी भन्छिन्, ‘कति कठिन दिन सहनुपरेको छ। समस्या निम्तनेबित्तिकै सासू–बुहारी छलफल गर्छौं, उपाय सोच्छौं र सहयोगी पहिचान गरेर सहयोग लिन्छौं।’, टीकापुरकी कविता चौधरीका घरमा घरमुली सासू–ससुरा छन्। घरका सबै समस्या उनीहरूले नै समाधान गर्छन्।, घरमा आइपर्ने समस्या उनीहरूलाई कविताले राम्रो साथ दिन्छिन्।, ‘आजभोलि सामान्य समस्या छिमेकीसँग सहयोग लिने, थप जटिल भएमा जनप्रतिनिधि, बडघरलाई गुहार्ने चलन छ’, कविताले भनिन्, ‘समाज सरसापट र सहयोगमा चलेको छ।’, अधिकांश महिलाले समस्या पर्दा श्रीमान्, सासू-ससुरालाई गुहार्छन्। बाँकी समस्या हुँदा आजभोलि वडामा रहेका जनप्रतिनिधिसँग सहयोग लिनेहरू पनि बढेका छन्। समस्या पर्दा नआत्तिने गरेको उनीहरू बताउँछन्।, कैलालीकै सुनिता धामी समस्या समाधान गर्न नसक्दा आफैं समस्यामा परेकी छन्।, ‘सुनिताको परिवारले गत वर्ष कोरोना महामारीका कारण धेरै पीडा झेल्यो। भारतमा कमाउने सुनिताका श्रीमानको रोजगारी गुमेपछि आर्थिक संकटसँगै थप संकट झेल्नुपर्‍यो। , ‘गत वर्ष निकै कठिन समय चल्यो। कोरोना महामारीले ठूलो मर्का पर्‍यो। श्रीमानको कमाइ नभएपछि घर चलाउन धौधौ भयो’, उनले भनिन्, ‘त्यसैमाथि सासू र मलाई कोभिड संक्रमण भयो। अभाव र रोगले च्यापेपछि मलाई तनाव भयो, म त निद्रा नलाग्ने समस्याले जेलिए।’, लामो समय यस्तै चलेपछि आजभोलि सुनिताले मनोपरामर्श सेवा र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेकी छन्।, समस्याको समयमै समाधान गर्न नसकेमा मानिसमा मनोसमस्या हुने, काम गर्न नसक्दा आर्थिक रूपले कमजोर हुनसक्ने, गलत निर्णय लिनसक्ने भएकाले मानिस संयमित हुन आवश्यक रहेको टीकापुर अस्पतालका डा लालसिंह टमट्टा बताउँछन्।, ‘समस्या नभएको मानिस हुन्न तर समस्या समाधान गर्न पहल गर्नुपर्छ, नत्र समस्याले मानिसलाई खान्छ’, उनी भन्छन्, ‘समस्याका कारण तनावमा बस्नु हुँदैन। एकोहोरो भएर बस्नु, मनमा कुरा राख्नुभन्दा योग, ध्यान गर्ने, मनका कुरा अरूलाई बाँड्ने, समस्याको पहिचान गरेर समाधानको बाटो खोजेमा जीवन सहज हुन्छ। समस्या आइपर्दा मन शान्त राख्न ध्यान दिनुपर्छ यसले स्वास्थ्य जोगाइराख्छ।’, 'हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ'
रासस नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।, पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।, उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजमार्फत् पाकिस्तानको कराँची सहर पठाइएको हो।, विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोग स्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।, राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताइन्। , यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ।, ‘हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो,’ उनले भनिन्।, नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ। , विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए।, राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो।, टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।, पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ता कपडालगायत छन्। ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताइन्।,  , पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पुर्‍याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारोतर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायता स्वरूप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। , नेपाल एयरलाइन्सको उडान नं २१७१ जहाजले काठमाडौं–कराँची उडान भरी साँझ कराँचीबाट काठमाडौं फर्कने उडान तालिका रहेको छ। राहत सामग्री बोकेको जहाज केहीबेरअघि कराँची प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ।, मित्रराष्ट्र पाकिस्तानसँग २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै दुई देशबीच घनिष्ट सम्बन्ध रहँदै आएको छ।, दुवै मुलुकका बीचमा सरकार तथा जनस्तरमा सहयोगात्मक सम्बन्ध विद्यमान हुनुका साथै प्राकृतिक प्रकोपका समयमा एक आपसमा सहयोग गर्ने परम्परा रहेको छ।, नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद रु एक करोड सहयोग गरेको थियो। पाकिस्तानले पनि विसं २०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वस्प नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो। ,  , नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी सहायता सामग्री
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले मनोरञ्जन करमार्फत दुई सतामै झन्डै ८५ लाख उठाएको छ। , महानगरपालिकाले मनोरञ्जन करबाट दुई सतामै ८४ करोड ३४ हजार ९ सय  ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले‍ जानकारी दिएको छ।, सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट-एक रहेको छ। उक्त क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ बुझाएको हो। दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।, त्यस्तै तेस्रोमा सबैभन्दा धेरै राजस्व बुझाउने मल्ल होटलको बेलिज क्यासिनोले रहेको छ। उक्त क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ राजश्व बुझाएको छ।, यस्तै क्यासिनो प्यालेस अन्नपूर्ण होटल होटल-१ ले भने ११ लाख ८५ हजार ४६३ रूपैयाँ, प्राइड इन्टरटेनमेन्ट उण्ड रिक्रियसन हायात होटलले ९ लाख ८९ हजार ४६० रूपैयाँ र माजोङ इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार ६०० रूपैयाँ बुझाएको छ।, काठमाडौं महानगरले दुई सातामै उठायो झन्डै ८५ लाख राजश्व
सेतोपाटी संवाददाता रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ। , सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा प्रहरीसमक्ष बताएका छन्। , खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। , सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।, मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा  दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। , शव पोष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।, टिकटक बनाउने क्रममा खोलामा खस्दा बेपत्ता किशोरीको शव फेला
सेतोपाटी संवाददाता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।, मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो। , कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए।, आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने उनले बताए। उनले आविष्कार केन्द्रलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने दाबी गरे। अध्यक्ष पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने जिकिर गरे। उनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए।, पुनलाई शिक्षा मन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं बिबी फाउण्डेशनका अध्यक्ष भवन भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गरे। , कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए। उनले दक्षिण एशियामा विकासको ठूलो नारा दिए पनि सबैभन्दा गरिब मुलुकमा स्थापित रहेको दाबी गरे। उनले विकासप्रति चिन्तनशील हुन जरूरी रहेको सुझाव दिए।, बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ।  ,  , नेपालकै ठूलो १ करोड धनराशीको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले पुस मसान्तसम्म सबै सहकारी संस्थालाई साधारण सभा गर्न अनुरोध गरेको छ। , मंगलबार एक विज्ञप्ति जारी गर्दै पुस मसान्तसम्म सबै सहकारीलाई साधारण सभा गरी विवरणसहित प्रतिवेदन पेश गर्न सहकारी विभागका प्रमुख देवेन्द्र पोखरे‍लले अनुरोध गरेको हुन्।, यस्तै साधारण सभा भएको १५ दिनभित्र प्रतिवेदन पेश गर्न समेत अनुरोध गरिएको छ। , पोखरे‍लका अनुसार सहकारी ऐनले सुरूको  ६ महिना भित्रै वार्षिक साधारण सभा गर्नुपर्नै र त्यसको १५ दिनभित्र प्रतिवेदन बुझाएर संस्था अपडेट गर्नुपर्ने नियम छ।  , ‘सहकारी डिभिजनका अनुसार काठमाडौं महानगरपालिकामा १८ सय दर्ता भएका विभिन्न सहकारी संस्थाहरू छन्,’ उनले भने, 'हामीले‍ साउनको पहिलो साता नै सूचना जारी गरिसकेका थियौं। त्यसपछि झन्डै एक हजार संस्थाहरूले प्रतिवेदन बुझाएका थिए। अहिले पुन जानकारी गराएका मात्र हौं।', यस्तै सहकारी विभागले रेकर्ड अध्यावधिक गर भनेर अनुरोध समेत गरेको उनले बताए। उक्त सूचना जारी गरेपछि १५ सय संस्थाहरूले अपडेट गरेको बाँकीलाई अध्यावधिक गर्न समेत आग्रह गरेको हो।, पुस मसमन्तसम्म साधारण सभा गरी विवरणसहित प्रतिवेदन पेश नगरे महानगरले कारबाही गर्ने चेतावनी दिएको छ। ,  , पुस मसान्तसम्म सबै सहकारीलाई साधारण सभा गरी प्रतिवेदन बुझाउन महानगरको आग्रह
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २०३ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ३०० जनाको पिसिआर र तीन हजार ७५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २२३९ जना सक्रिय संक्रमित छन्।, १२६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए २०३ कोरोना संक्रमित
सेतोपाटी संवाददाता प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ। , माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। , माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह गर्दा पनि नमानेपछि नियन्त्रणमा लिएको हो। , ‘हामीले भिआइपी सवार हुने क्षेत्रबाहे‍क अन्त बस्न भनेका थियौं,’ उनले भने, ‘हामीले उहाँहरूलाई सम्झाइ-बुझाइ गर्दा पनि मान्नुभएन। अनि बाध्य भएर नियन्त्रणमा लिएका हौं।’, प्रहरीले ती मिटरब्याज पीडितलाई विभिन्न प्रहरी कार्यालयमा राखेको जनाएको छ।, माइतीघरमा प्रदर्शन गर्न पुगेका ३३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता कृषि विकास बैंक न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश बिष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्।, सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवाना सुनाएको सूचना अधिकारी नारदमुनि भट्‍टराईले जानकारी दिए।, बिष्ट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर थिए।, उनलाई अदालतले चार वर्ष कैद सुनाएको हो। दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सुनाएको छ।, यस्तै रेग्मीको बिगो रकम तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ र रमेशको बिगो रकम ३१ लाख ६८ हजार ८६४ छ। उनीहरूलाई बिगो बमोजिम जरिवाना पनि तिराउन इजलासले भनेको छ।, २०७४ सालमा कृषि विकास बैंक न्युरोड शाखाको ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। सुरूमा बैंककी कर्मचारी रेग्मी पक्राउ परेकी थिइन्।, उनी पक्राउ परेपछि बिष्ट यस घटनामा मुछिएका थिए।, बैंकमा कार्यरत सहायक टेलर रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले चेकमार्फत् कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (इसिसी) मार्फत् सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गरिदिने र भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः इसिसीमार्फत् कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्ट लगायतका खातामा हालिदिने गरेको अनुसन्धानबाट खुल्न आएको थियो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस घटनामा विष्ट र रेग्मीसहित ८ जनाविरूद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।, कृषि विकास बैंक चार करोड घोटालामा पूर्वसहायक रथी बिष्ट र कर्मचारी रेग्मी दोषी ठहर
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर व्यवस्थापन समस्या सुल्झिन नसक्नुमा धेरैले सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई दोष दिन्छन्। डम्पिङ साइट वरपर बसोबास गर्नेहरूले विभिन्न माग राखेर आन्दोलन गर्दा समस्या बल्झिरहन्छ भन्ने धेरैको बुझाइ छ।, तर यही मात्र कारण होइन।, अर्को एउटा समस्या छ जसले काठमाडौंको फोहोर व्यवस्थापनमा मात्र अवरोध ल्याएको छैन, सिसडोल र बञ्चरेका बासिन्दालाई नै वर्षौंदेखि दुःख दिइरहेको छ।, त्यो समस्या हो, डम्पिङ साइट जाने बाटो।, बालाजु बाइपासबाट नुवाकोटको त्रिशूलीतर्फ करिब चार किलोमिटर दुरीमा मुड्खु भञ्ज्याङ र त्यहाँबाट पाँच किलोमिटर दुरीमा तीनपिप्ले आउँछ। यहाँ त्रिशूली र सिसडोल जाने बाटो छुट्टिन्छ। तीनपिप्लेबाट ओरालै ओरालो, घुम्ती नै घुम्ती साढे १० किलोमिटर कुदेपछि सिसडोल पुगिन्छ। बञ्चरेडाँडा अझै दुई किलोमिटर पर छ।, मुड्खुदेखि तीनपिप्ले र त्यहाँबाट सिसडोल-बञ्चरेडाँडासम्म कुल १७ किलोमिटर खण्ड दस वर्षदेखि बेहाल छ। साँघुरो र खाल्डै खाल्डाले भरिएको यो बाटोमा सहज रूपले सवारी आवागमन हुन सक्दैन। बर्खा बेला त झन् विभिन्न ठाउँमा हिलो जमेर गाडी कुदाउन असम्भव हुन्छ।, बर्खाभरि पटकपटक आवागमन बन्द भएर डम्पिङ साइटसम्म फोहोर ढुवानी हुन सक्दैन। फोहोरका गाडी पार गराउन डोजर तम्तयार राखिएको हुन्छ तर बाटो खुल्न कम्तिमा दुई–चार दिन लाग्छ। लगातार पानी परिरह्यो भने एक सातासम्म खुल्दैन। एक साता फोहोर ढुवानी नहुनु भनेको कम्तिमा पन्ध्र दिन वा त्योभन्दा बढी काठमाडौंमा फोहोर थुप्रिनु हो।, काठमाडौंको फोहोर व्यवस्थापनसँग जोडिएको यो १७ किलोमिटर सडक खण्डलाई बाह्रै महिना सहज आवागमन हुने बनाउन सरकारले के गर्दैछ? के सरकारले मर्मतसम्भार प्रक्रिया अघि बढायो? वा, यसपालिको बर्खा सकियो भनेर सरकार ढुक्कै छ?, यो सडक खण्डको सबभन्दा लामो हिस्सा तीनपिप्ले-बञ्चरेडाँडा हो। यो खण्ड मर्मतसम्भार गर्न गत असार महिनामै टेन्डर खुलिसकेको छ। समानान्तर निर्माण कम्पनीले छ महिनामा पूरा हुने गरी काम गरिरहेको बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रवीन्द्र बोहोराले जानकारी दिए। म्यादअनुसार काम सक्न अब चार महिना बाँकी छ।, अब रह्यो मुड्खु-तीनपिप्ले खण्ड जसको निर्माण ठेक्का माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी तथा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको थियो।, उनले आठ वर्षअघि नै यो ठेक्का पाए पनि अहिलेसम्म आधा काम मात्र पूरा गरेका छन्।, यो सडक खण्ड द्रुत गतिमा मर्मतसम्भार गर्न सरकारले नयाँ निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बताएका छन्।, चार महिनाभित्र निर्माण सक्ने गरी सातदिने सूचनामार्फत् नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।, ‘सिसडोल–तीनपिप्ले सडकको खराब अवस्थाले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न धेरै विवाद र समस्या थियो। हामीले यो समस्या हल गर्न मन्त्रिपरिषदबाट तीन महिना लाग्ने प्रक्रियालाई १५–१७ दिनमै सकिने गरी सातदिने सूचनामार्फत् नयाँ ठेक्का लगाउन प्रक्रिया सुरू गरेका छौं,’ मन्त्री राईले सेतोपाटीसँगको कुराकानीमा भने, ‘आज वा भोलि सम्झौता हुन्छ।’, उनका अनुसार यो सडक निर्माण चार महिनामै सकिने गरी कार्य अवधि तोकिएको छ। चार महिनाभन्दा बढी समय थप्न पाइने छैन।, हामीले यसबारे मुड्खु–तीनपिप्ले सडक योजना प्रमुख गौतम श्रेष्ठसँग पनि कुराकानी गरेका थियौं।, नयाँ टेन्डर प्रक्रियामा आर्थिक तथा प्राविधिक प्रस्ताव मूल्यांकन अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने, ‘केही प्राविधिक कुरा बाँकी छन्। एक–दुई दिनमा सबै फाइनल गरेर सम्झौता हस्ताक्षर गर्नेछौं।’, यो सडक निर्माणको अनुमानित लागत १७ करोड रूपैयाँ छ।, सडक विभागले सन् २०१४ जुनमा शैलुङ र अर्को कम्पनीको ज्वाइन्ट भेन्चरलाई यो बाटो बनाउने ठेक्का दिएको थियो। दुई वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो।, शैलुङले सम्झौताअनुसार बाटो बनाइसक्नुपर्ने अवधिसम्म जम्मा ३९ प्रतिशत काम सक्यो। त्यसपछि सातपटकसम्म अवधि बढाइयो। अहिलेसम्म ५८ प्रतिशत काम मात्र सकिएको छ।, अन्तिमपटक बढाइएको म्याद चैत ३ सम्म थियो। उक्त अवधिपछि कम्पनीले न काम गर्‍यो, न म्याद बढाउन पहल गर्‍यो। त्यसपछि पटकपटक सरकारले ठेक्का रद्द हुने भन्दै सार्वजनिक सूचना निकालेको थियो।, यसबीच ठेकेदारले निर्माण पूरा गर्न कुनै चासो नदेखाएपछि विभागले शैलुङलाई दिएको ठेक्का रद्द गर्‍यो।, ठेक्का रद्द गर्ने निर्णयविरूद्ध उक्त कम्पनी जिल्ला अदालत ललितपुरमा रिट लिएर गयो जसमा अदालतले अन्तरिम आदेश जारी गर्‍यो।, रिटमाथि फेरि सुनुवाइ गरेपछि एक महिनाअघि जिल्ला अदालत ललितपुरले अघिल्लो अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरिसकेको छ।, यति मात्र होइन, शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई भौतिक पूर्वाधार मन्त्रालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ।, ‘घरबेटी ठेकेदारलाई पहिले अदालतबाट अन्तरिम आदेश दिइएको थियो। हामीले अदालतमा मुद्दा जित्यौं,’ मन्त्री राईले भने, ‘अब हामीले उनलाई तीन वर्षका लागि कालोसूचीमा राखिसकेका छौं।’, पछिल्लो समय सिसडोल र बञ्चरेडाँडाका स्थानीयले आन्दोलन फिर्ता लिइसक्दा पनि यही बाटोको मर्मतसम्भारका कारण झन्डै एक महिना फोहोर उठ्न सकेको थिएन।, चार महिनामै पूरा हुने गरी सिसडोल जाने बाटो बनाउन नयाँ सम्झौता गरिँदै
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ।, महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति दिइएको हो।, मंगलबारदेखि नै लागु हुने गरी उनलाई विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको महानगरले जानकारी दिएको छ।, महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।, जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।,  , पूर्वएसएसपी जगतमान श्रेष्ठ काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ।, बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, महाशाखाकाअनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।, राति देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, आगामी शुक्रबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहनेछ। , जस अन्तर्गत बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।, यस्तै शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।, शुक्रबारसम्म ठूलो पानी पर्ने, आजको मौसम कस्तो छ?
सेतोपाटी संवाददाता चितवन प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर घरदैलो अभियान सुरू गरेको छ। , चाडपर्वको समयमा अपराधिक गतिविधि हुन नदिन प्रहरीहरूले घर-घरमा पुगेर सचेतनामूलक सामग्री वितरण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले बताए।, जुवा, तास नखेल्न, लागूअ‍ौषध तथा मदिरा सेवन नगर्न, घर बाहिर निस्कँदा झ्याल ढोका राम्रोसँग लगाउन, गहनाहरू लकरमा राख्न, चोरी, डकैती, ठगी, आपराधिक घटना भएको जानकारी पाए खबर गर्न आग्रह गरेर प्रहरीहरू घरदैलोमा पुग्ने अधिकारीले बताए। , 'हामीले स्थानीय तह र टोल विकास संस्थाहरूसँग समन्वय गरेर घरदैलो अभियान सुरू गर्न लागेका छौं। सातै वटा स्थानीय तहसँग समन्वय भएको छ। सचेतनामूलक सन्देश लेखिएका सामग्री प्रकाशनको काम अहिले भइरहेको छ, अडिओ जिंगल तयार पारेका छौं,' एसपी अधिकारीले भने, 'केही दिनभित्रैमा घरदैलो अभियान सुरू हुन्छ।', सामाजिक सञ्जाल र सञ्चार माध्यमसँग सहकार्य गरेर सचेतना अभियानलाई प्रभावकारी बनाउने अधिकारीले बताए।, उनले जनशक्तिको भरपुर उपयोग गरी गाउँ, टोल, बजार, सडक, सार्वजनिक यातायातका साधन सबैतिर परिचालन गर्ने बताए।, चोरी, डकैती, गुण्डागर्दी, ठगी, जुवा, तास तथा अपराधिक गतिविधि नियन्त्रण गर्न क्विक रेस्पोन्स टिम परिचालन गर्ने, राजमार्ग तथा सहायक सडकमा दुर्घटना हुन नदिन सवारी जाँच बढाउने, दुर्घटना भइहाले तुरून्त उपचारका लागि अस्पताल पुर्याउन 'अस्पताल रेस्क्यू टिम' परिचालन गर्ने, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न बजारमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने, जिल्लामा अवैध वस्तु भित्रिन नदिन नाका तथा चेक प्वाइन्टमा जाँचमा कडाइ गर्ने बताए।, साथै, अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन, गुणस्तरहीन दैनिक उपभोग्य सामग्री बिक्री/वितरण गर्न नदिन, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल बजार इलाकामा सुरक्षाकर्मी बढी परिचालन गर्ने उनले बताए। , 'चाडपर्वमा यातायातका साधनले मनपरी भाडा असुल्ने गुनासो आउने गरेको छ। त्यसैले हामीले जिल्लाका चार ठाउँमा सहायता कक्षस्थापना गर्न लागेका छौं। सार्वजनिक यातायातका साधनमा आपराधिक गतिविधि हुन नदिन राजमार्गमा चल्ने ठूला गाडीमा युनिफर्मसहितको प्रहरी राखिनेछ,' अधिकारीले भने, 'जिल्लामा कार्यरत सुरक्षाकर्मी अपुग भए माथिल्लो कार्यालयसँग माग गर्छौं।आपराधिक गतिविधि नियन्त्रण गर्न कुकुर पनि परिचालन गरिँदैछ।', उनले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पनि नजिकिएकाले चाडपर्वमा राजनीतिक दलका गतिविधि बढ्ने भएकाले राजनीतिक दलहरूसँग पनि समन्वय गरेर थप सुरक्षा योजना बनाउने बताए।, 'चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमहरू हुने गर्छन्। राजनीतिक दलका कार्यक्रमहरू जुधेर असहज अवस्था नआओस् भन्नेमा हामी सचेत छौं। शुभकामना आदानप्रदानका नाममा मतदाता प्रभावित पार्ने उद्देश्यले प्रचारप्रसार तथा चुनाव लक्षित आर्थिक गतिविधि हुन नदिन नियमित रूपमा गस्ती पेट्रोलिङको व्यवस्था गर्नेछौं,' अधिकारीले भने, 'दिपावलीमा देउसी भैलो कार्यक्रममा राजनीतिक दलको प्रचार हुन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिनेछ।', सुरक्षा सचेतनाका लागि घरदैलो अभियान सुरू गर्दै चितवन प्रहरी
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ।, गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ।, ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए।, मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयले शव उठाउन अस्वीकार गरेका छन्।, उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ। ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन्।, चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले बताए। दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए।, घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।, ट्रकको ठक्करबाट नुवाकोटमा एकको मृत्यु, अर्का गम्भीर घाइते
रासस धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।, प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।, खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।, पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ।, ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।, धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक घाइते
सेतोपाटी संवाददाता विष्णुमाया परियार २० वर्षयता अमेरिकामा बसोबास गर्छिन्।, गोरखाको ताक्लुङको कथित दलित परिवारमा जन्मिएर हुर्किएकी विष्णुमायाले अमेरिका पुग्नुअघि नेपालमा पढाइका निम्ति संघर्ष गर्नुपर्‍यो। , उनका बुबाआमाका ११ सन्तानमध्ये विष्णुमाया पाँचौं हुन्। विष्णुमाया हरेक पटक जातीय विभेद खेप्दा 'यस्तो किन भयो' भन्ने प्रश्न लिएर बुवासामु पुग्थिन्। बुबाको एउटै जवाफ हुन्थ्यो- पढ्नुपर्छ।, आर्थिक अभावका कारण उनले झन्डै पढाइ छाड्ने अवस्थासम्म उत्पन्न भयो। पिस कर्प्समा आएका अमेरिकी नागरिकको सहयोगले विष्णुमायाको जीवन बदलियो।, अमेरिका पुग्नुअघि काठमाडौंमा बसेर पद्मकन्या क्याम्पसमा अध्ययनका लागि आफूले ठूलो संघर्ष गर्नु परेको विष्णुमाया बताउँछिन्।, 'म काठमाडौंको लाजिम्पाटमा गार्मेन्टमा काम गर्नेहरूका लागि खाना बनाउने र भाँडा माझ्ने काम गर्थेँ। उनीहरू दिनभर सुत्थेँ, राती काम गर्थेँ। म त्यहीँ उनीहरूको ठाउँमा राती सुत्न पाउँथेँ, खान पाउँथेँ,' विष्णुमायाले आफ्नो संघर्षबारे उल्लेख गर्दै सेतोपाटीसँग भनिन्, 'एक जना अमेरिकन इभा कासेलले नेपाल आएका बेला मलाई अमेरिका लैजान्छु भन्नुभयो।', अमेरिका पुगेपछि आफूले राम्रोसँग अध्ययन गर्ने मौका पाएको विष्णुमाया बताउँछिन्। अमेरिकामा उनले बोस्टनको क्लार्क युनिभर्सिटीबाट स्नातकोत्तर गरेकी छिन्।, बिष्णुमायाको संघर्ष समेटिएको कथा अहिले अमेरिकी पुस्तकमा छापिएको छ। अमेरिकी लेखक लिसा राइट होफनरले विश्वको ५२ जनाबारे लेखेको किताब 'द राइटर्स माइन्डसेट' पुस्तकमा उनले पढाइका लागि गरेको संघर्षबारे लेखेका छन्। पुस्तक विश्वको सयभन्दा बढी मुलुकका लागि पाठ्यपुस्तक छाप्ने म्याकग्र हिल प्रकाशनले प्रकाशित गरेको छ।, 'पिस कर्प्सको वेबसाइटमा प्रकाशित मेरो संघर्षको कथा पढेर लिसाले किताबमा समेट्नुभएको रहेछ,' विष्णुमायाले भनिन्।, त्यस्तै अमेरिकाको म्यासाचुसेट्सको डिपार्टमेन्ट अफ एजुकेसनले पाठ्यसामग्रीमा पनि आफ्नो संघर्ष र नेपाली परिवेश समावेश गरेको विष्णुमायाले बताइन्।, 'म र अर्को एक जना रोजा पार्क्सको १२ औं पाठ योजनामा उल्लेख छ। त्यसमा मेरो संघर्षको कुरा छ। मेरो बाबाले लुगा सिलाएको। दैनिक जीवन कसरी बित्छ भन्ने छ,' विष्णुमायाले भनिन्, 'त्यस्तै मैले एडवान मार्फत् महिला सशक्तीकरण र बालबालिकालाई पढाइमा गरेको योगदानले कसरी संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य पूरा गर्न मद्दत पुगेको छ भन्ने उल्लेख छ।' , अहिले आफ्नो संघर्षको कथा म्यासाचुसेट्समा पढाइ भइराखेको उनले बताइन्।, 'अमेरिकाको सबै राज्यमा अर्को वर्षदेखि विश्वको इतिहास र भूगोल विषयमा पढाउने तयारी छ,' विष्णुमायाले भनिन्, 'अब त्यहाँको कक्षा ७ मा पढाइ हुन्छ।', विष्णुमाया अमेरिकामा बसेर नेपालका विभिन्न सामाजिक संस्थामार्फत् समेत काम गरिराखेकी छिन्। नेपालका ९ जिल्लामा आफ्नो संस्था एसोसिएसन अफ दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एडवान्) बाट विभिन्न परियोजनामा काम गरिराखेको उनले विष्णुमायाले बताइन्। , 'हाम्रा कार्यक्रम अर्घाखाँची, सर्लाही, चितवन कैलालीमा हाम्रो कार्यक्रम छ,' विष्णुमायाले भनिन्, 'यो दलितहरूको संस्था भन्छौं तर हाम्रो कार्यक्रममा पछाडि परेका गैरदलितहरू पनि सहभागी छन्। हामी कुनै समूहलाई समेट्ने मात्र काम गर्दैनौं। किनभने त्यस्तो अवस्थामा अर्को समूह छुट्छ र समावेशिता कायम हुन सक्दैन। हामी जसलाई सहयोग आवश्यक छ, पछाडि परेको समुदायसँग मिलेर हामी काम गर्छौं। जसका कारण जातीय विभेद घट्दो रहेछ अनि घरेलु हिंसामा कमी आउँदो रहेछ।', उनले आफ्नो संस्थाले शिक्षामा पनि सहयोग गरिराखेको बताइन्।, 'जसमा ४० प्रतिशत 'सो कल्ड ननदलित' छन्,' उनले भनिन्, 'किनभने कुनै दलित ब्राह्मण भन्दा हुने खाने पनि छन्। हामी आवश्यकता पहिचान गरेर दलित संस्था भए पनि सबैलाई मिसाएर काम गर्छौं।', हेर्नुहोस् विष्णुमायाको कथा :, गोरखाकी विष्णुमाया परियार जसको संघर्षबारे अमेरिकामा पढाइ हुन्छ (भिडिओ)
सेतोपाटी संवाददाता रूसमा पढ्न जाँदा आकर्षक जागिर पाइने र त्यहीँबाट युरोप छिर्न सकिने प्रलोभनमा नेपाली विद्यार्थीहरू फसेको पाइएको छ।, मस्कोस्थित नेपाली राजदूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ।, ‘नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरूमार्फत स्टुडेन्ट भिसामा रसिया आउने नेपालीहरूले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको’, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायतका विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै यस राजदूतावासमा सम्पर्क गर्ने गरेका छन्,’ दूतावासले भनेको छ, ‘तिनैमध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भई आएको छ।’, रूसी महासंघका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा एवं नितान्त रूपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई यहाँ यथेष्ट अवसर रहेका उल्लेख गर्दै राजदूतावासले भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरू अनेकन समस्यामा पर्ने गरेको बताएको छ।, ‘स्टुडेन्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन-प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।, यो विषयमा थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ।, रूस गए जागिर पाइन्छ र युरोप छिर्न सकिन्छ भन्ने प्रलोभनमा नपर्न नेपाली विद्यार्थीलाई आग्रह
सेतोपाटी संवाददाता नेपालमा बच्चा चोरहरू आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरूमाथि आक्रमण भएको छ।, एनडिटिभीका अनुसार मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको हो।, ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर जाने बाटो सोधेका थिए। केही समयपछि स्थानीयले एउटा पसलको अगाडि उनीहरूलाई लठ्ठीले हानेका थिए।, उक्त घटनाको भिडिओ अहिले भाइरल भएको छ।, प्रहरीले घटनाबारे औपचारिक उजुरी नआएको भए पनि भिडिओको अनुसन्धान सुरू भएको बताएको छ।, नेपालको तराई/ मधेसका विभिन्न जिल्लामा केही दिनयता बच्चा चोर आएको अफवाह फैलिएको छ।, सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ठाउँमा बच्चा चोर फेला परेको भन्दै अफवाह फैलाइएको छ।, बच्चा चोरकै आरोपमा गत शनिबार सिरहामा एउटा भीडले दुई जना पारलैंगिक महिलामाथि कुटपिट नै गरेको छ।, दिउँसो ४ बजे लहानस्थित लक्ष्मीपुरमा दुई जना पारलैंगिक महिलामाथि कुटपिट भएको थियो। मुन्नी किन्नर र चन्दा किन्नर बस चढ्न लाग्दै थिए। एक्कासी दुई-चार जना पुरूष आएर यिनीहरूले बच्चा चोरेको भन्दै आरोप लगाएर निर्घात कुटपिट गरेका हुन्।, उनीहरूमाथि थप व्यक्तिले पनि निर्घात कुटपिट गरेको निल हिरा समाजले जनाएको छ। प्रहरीलाई बुझाएपछि प्रहरीले पनि कुटपिट गरेको समाजको दाबी छ। , कुटपिटबाट पीडित पारलैंगिक महिलाहरूको शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ।, ‘हामी बच्चा चोर होइनौं भन्दाभन्दै पनि आम मानिस र प्रहरीबाट नै यस्ता मानव अधिकार हनन र हिंसा हुने गरेका छन्,’ समाजले विज्ञप्ति जारी गर्दै भनेको छ।, नेपाल प्रहरीले भने अहिलेसम्म बच्चा चोरीको घटना कहीँ पनि नभएको भन्दै अफवाह फैलाउनेलाई कानुनअनुसार कारबाही गर्ने बताएको छ।,     , भारतमा पनि बच्चा चोरको अफवाह, महाराष्ट्रमा कुटिए चार जना साधु
नवीनबाबु गुरूङ राष्ट्र बैंकले भदौ आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ।, अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए।  सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।  , सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्। , बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्। , दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। , गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। , हेर्नुस् तस्बिरहरू:, आजदेखि दिन थालियो नयाँ नोट (तस्बिरहरू)
सेतोपाटी संवाददाता पर्सामा साढे सात लाख स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। , वीरगञ्ज महानगरपालिका-२ श्रीराम सिनेमा हल पछाडि सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , पोखरिया नगरपालिका-९ बैरिया विर्ताका ३५ वर्षीय महम्द रिजवान आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरीले प्रदेश २-३-०१२ प २०४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई फेला पारी पक्राउ गरेको हो।, उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, स्रोत नखुलेको साढे सात लाख नगदसहित पर्साबाट एक पक्राउ
सेतोपाटी संवाददाता लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।, नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो। १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो। अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। , प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजनाको ७२ मेगावाट विद्युत कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ। , प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए।, ‘गत वर्षको बाढीले क्षति पुर्‍याएको एउटा टावर निर्माणको अन्तिम चरणमा छ, त्यसैले उदीपुरबाट दोर्दी खोला-१ जलविद्युत आयोजनासम्म हाम्रो लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला-१को प्रसारण लाइन प्रयोग गरी लाइन सञ्चालनमा ल्याएका छौं’, पौडेलले भने, ‘प्रसारण लाइन अभावमा विद्युत जोड्न नपाउने हो कि भन्ने चिन्ता र चासो त्यस क्षेत्रका निजी लगानीकर्तालाई थियो, अब लाइन सञ्चालना आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन।’ , प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला-१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिने छन्। दोर्दी खोलामा निर्माण भएको जलविद्युत आयोजनाहरूको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत् उदीपुर सबस्टेसनमा जोडिने छ। उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाहरूको विद्युत वैकल्पिक व्यवस्थामार्फत् हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोड्ने व्यवस्था गरिएको छ। यसका लागि निर्माणाधीन २२० केभीको मर्स्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ।, करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो। प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ। आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो। निर्माण सम्पन्न भएको प्रसारण लाइनको गत वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले ४ वटा टावर बगाइदिएको थियो। त्यसमध्ये ३ वटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ।, दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले असनस्थित सुरज आर्केडमा डोजर चलाएको छ। , अल्टिमेटम दिएको दश दिन बितिसक्दा पनि नक्साअनुसार काम नगरेको भन्दै महानगरले आइतबार डोजर चलाएको हो। , महानगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले भने बाटोमा भएको सुरज आर्केडको पेटीमात्र भत्काएको बताए। , ‘भित्रका संरचना भत्काएका होइनौं,’ उनले भने, 'बाटोमा भएको पेटीको सिँढी मात्र भत्काएका हौं।’  , केही हप्ताअघि सुरज आर्केडलाई महानगरको टोलीले बेसमेन्ट खाली गर्न भनेको थियो।  , सुरज आर्केडका म्यानेर रन्जित झाले आफूले नक्साअनुसार काम गरिरहेको बताए। , ‘हामीले काम त गरिरहेका नै थियौं,' झाले सेतोपाटीसँग भने, 'तर उहाँहरूले हामीले‍ काम नै गरेनौं भनी डोजर चलाउनुभयो। हामीलाई पूर्वजानकारी पनि दिनुभएन।' , मूल सडकबाट आर्केडको बेसमेन्टमा आउने  फराकिलो भर्‍याङ नक्सामा छैन।, 'हामी त्यसलाई हटाउँदै छौं। नक्सामा पछाडि चार फुटे बाटो छ, त्यो बाटो खोल्छौं,' झाले भने। , यसअघि महानगरको टोली पुग्दा झाले नक्सामा बेसमेन्ट भनी उल्लेख भएकाले त्यसलाई आगामी दिनमा गोदामका रूपमा प्रयोग गरिने झाले बताएका थिए।, महानगरले भने सुरज आर्केडको बेसमेन्टलाई पार्किङ स्थलका रूपमा प्रयोग गराउन खोजिरहेको छ। इन्द्रचोकसँग जोडिएको मखन क्षेत्र एकदमै भीडभाड हुने व्यापार केन्द्र हो। यहाँ पार्किङको समस्या भएकाले सुरज आर्केडको बेसमेन्ट खोल्न सके केही हलुका हुने महानगरका अधिकारीहरूको बुझाइ छ।, सुरज आर्केड रहेको २४ नम्बरका वडाध्यक्ष विनोदकुमार राजभण्डारी यो ठाउँको सवारी व्यवस्थापन गर्न सुरज आर्केडको बेसमेन्टमा पार्किङ खोल्न पहल गर्नुपर्ने बताएका थिए।, महानगरले साँच्चिकै सुरज आर्केडको बेसमेन्टमा पार्किङ खोल्न चाहेको हो भने त्यो आफैंमा गैरकानुनी कदम हुने यहाँका व्यवसायी बताउँछन्। बेसमेन्टका लागि नक्सा पास गरिएको ठाउँमा पार्किङ खोल्नु पनि नक्साविपरीत काम हुने उनीहरूको भनाइ थियो।, 'नक्साअनुरूप भएन भनेर पसल हटाउन लगाउने अनि पसल हटाएर गाडी पार्किङ गराउनु त न्यायोचित भएन नि?,' सुरज आर्केडका एक व्यवसायीले भने, 'नक्साविपरीत पार्किङ खोल्नु थियो त हामीलाई किन हटाएको? के मान्छेको जिविकाभन्दा पार्किङ ठूलो हो?',  , सुरज आर्केडमा महानगरले चलायो डोजर
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहले आफूले भन्न धेरै कुराहरू बाँकी रहेको बताएका छन्।, हिरासतबाट छुटेर आइतबार उनले फेसबुकमा स्ट्याटस लेख्दै आफूसँग भन्न बाँकी धेरै कुराहरू भएको बताएका हुन्।, उनले आफ्नो स्वास्थ्य अवस्थामा पनि सुधार भएको पनि बताए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सरकारी वकिल कार्यालय काठमाडौंको रायअनुसार गत बिहीबार तारेखमा छाडिएको थियो।, ‘मसँग जे पनि भएको छ त्यसबारेमा भन्न बाँकी धेरै कुरा छन्। तपाईंहरूले देख्नुभएको १० प्रतिशत मात्रै हो। तर यो बोल्नका लागि ठीक समय होइन,’ उनले भने, ‘म एक दिन बोल्नेछु।’, उनले आफूमाथि लगाइएका मुद्दाको किनारा लाग्न पनि बाँकी भएको बताए। उनले आफूलाई समर्थकहरूलाई धन्यवाद समेत दिएका छन्।, यस्तै उनले आफूलाई भेट्दा सामान्‍य रूपमा प्रस्तुत भइदिन पनि अनुरोध गरेका छन्।, कमेडियन अपूर्वले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा प्रहरी परिसरमा उनीविरूद्ध जाहेरी परेको थियो।, उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। उनी १२ दिन हिरासत बसेर छुटेका हुन्।, सम्बन्धित समाचार:, तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह, अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?, कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति, , संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्, कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य, कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।, डेंगीको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो।, स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौं र नष्ट गरौं’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए।, उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुटाएर घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरू ‘खोजौं र नष्ट गरौं’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्।, अभियान सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार संघ संस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन्।, सबै स्वास्थ्य संस्थाबाट डेंगीका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ। अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेंगीका बिरामी फेला परेका छन्।, डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
रासस महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन्। उनीहरू सबै एउटै टोलका भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन्।, गाउँ नजिकैको वनको झाडीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो।, घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ।, चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।, स्यालले टोक्दा चार जना गम्भीर घाइते
नवीनबाबु गुरूङ येँया पुन्हीको चौथो दिन आइतबार बसन्तपुर क्षेत्रमा छुट्टै रौनक थियो। जात्राको चौथो दिन महिलाहरूले ‘थोँ’ (स्थानीय रक्सी) खान तछाडमछाड गरेका थिए।, द्वादशीको दिन यःसिं ठड्याएपछि येँया जात्रा सुरू हुन्छ। यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। बेलुकी ‘हाथा हायकेगु’ गरिन्छ। यो भनेको श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाउनु हो।, आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर श्वेत भैरवको मुखबाट जाँड–रक्सी खुवाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड-रक्सी अनवरत रूपमा खुवाउने परम्परा छ। खानेको पनि भिड्मभिड हुन्छ।, द्वादशीको दिनबाट आधिकारिक रूपमा येँया पुन्ही सुरू हुन्छ। बेलुकी जाँड बाँडिन्छ। त्योभन्दा चार दिनअघि जाँड बनाउन थालिएको हुन्छ। जाँड बनाउने तरिकालाई ‘प्वः हायगु’ भनिन्छ। यसमा मना (जाँड बनाउने सामान) र अनिवार्य रूपमा ताइचिनको चामल हाल्नुपर्छ। यो प्रक्रियाबाट तयार भएकोलाई ‘पोकः’ भनिन्छ।, भैरवको मुखबाट पठाउने दिन पानी हालेर जाँड बनाइन्छ। यसलाई ‘कवँचाः’ भन्ने माटोको भाँडामा पकाउन भण्डारण गरिएको हुन्छ। भैरवको मुखबाट ‘हाथा हायकेगु’ गर्ने दिनमा चार भाँडा जाँड खपत हुन्छ। प्रत्येकबाट २० लिटरजस्तो जाँड बन्छ।, भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पो छ। त्यसमा जाँड राखेर भैरवको मुखमा पाइप फिट गरिन्छ।, रथयात्राको पहिलो दिन (पूर्णिमा) मा कुमारी, भैरव र गणेशलाई प्रसाद स्वरुप रक्सी खुवाइन्छ। बाँकी दिन जाँड हुन्छ। एक दिन महिलाका लागि मात्र जाँड खान छुट्याइएको छ। माथिल्लो टोल (थने) मा रथ तानेको भोलिपल्ट महिलाहरूले जाँड खान्छन्।, मंगलबार महिलाहरूले ‘थोँ’ खाने अवसरका केही तस्बिरहरू हेर्नु्होस्:, येँयामा 'थोँ' को धारा (तस्बिरहरू)
रासस जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।, दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो।, जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले बताइन्।, ‘एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ। दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो। उहाँ नभएको समयमा हामीले पाँच जनाको शल्यक्रिया गरिसक्यौँ। सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन। अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो,’ उनले भनिन्।, कर्मचारी अभावका कारण कुनै विकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ।, अस्पतालमा कार्यरत सहायकस्तरको कर्मचारी दुर्घटनामा घाइते भएसँगै अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै उक्त सेवा पुनः सञ्चालनमा ल्याइने प्रमुख डा लामाले बताइन्।, जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्।, दश स्थानीय तह रहेको जिल्लामा विसं २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो।, जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन्।, जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन्। शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य किरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लानुपर्ने अवस्था सिर्जना भएको छ।, राजधानी काठमाडौँ लगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तीमा जिल्लामा रु दुई लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ।, कर्मचारी घाइते भएर बिदामा बस्दा खोटाङमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले सोमबार देशका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, यस्तै बुधबार गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर, कहाँ कहाँ आज पानी पर्छ?
रासस बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ।, पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन्। घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ।  , केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन्। , डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन्।, एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले बताए। पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन्। , पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युतका पोल पनि बगाएको छ।, 'पानीका दुइटा ट्यांकी नै बगेकाले खानेपानीको हाहाकार छ', स्थानीय ढालनाथ शर्माले भने, 'हामी त घर न घाटको भएका छौं, अब कहाँ बस्ने, के खाने?', उनले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए।, उनले अनुगमन टोलीसँग पनि रूँदै आफ्नो दुःखेसो पोखे। जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गरेका छन्।, टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए। पहिराले दुइटा खानेपानीका ट्यांकी बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो। बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन्। , यहाँका दर्जनौं विद्युतका पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ। तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताइन्।, ‘अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौं’, उनले भनिन्, ‘अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन।’, रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो।, पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन्। केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन्। , दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्यांकीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन्।, अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन्। सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ। निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ। , पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ। नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताए।, प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राखेका छन्। यसका लागि पहल गर्न उनले वडाध्यक्षलाई आग्रह गरेको बताए। एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ।, निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन। पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ।, ‘पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला’, इञ्जिनियर त्रिलोचन गिरीले भने, ‘यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ।’, पानी परेमा पहिरो झनै बढ्न सक्ने उनले बताए। विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उनले बताए।, ‘सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौं, उहाँहरू अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ’,उनले भने, ‘पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ।’, पहिरोको चपेटामा रामतोला बस्ती
सेतोपाटी संवाददाता कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ।, मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो।, गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो।, प्रहरीले गाडीमा आउन नदिएपछि मिटरब्याज पीडितहरू हिँडेरै माइतीघर आउन लागेका थिए। हिँडेर आउन लाग्दा पनि प्रहरीले रोकेपछि झडप भएको हो।, प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेको अभियन्ता निर्घ नवीनले बताए। मिटरब्याज पीडितलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ। उनीहरूले प्रहरी वृत्तमा पनि नाराबाजी गरिरहेका छन्।, मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्। उनीहरू यसअघि गौशाला क्षेत्रमा बस्थे।, मिटरब्याज पीडितलाई माइतीघर जान रोकेपछि कीर्तिपुरमा झडप
रासस रूकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौला पीडित थिए।, दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलासिस गर्दै आएका थिए। केही समय काठमाडौंमा डायलासिस गरेपछि दाङको लमहीमा डायलासिसका लागि आए। छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो।, सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा वि.सं २०७८ साउन १२ गते नाम दर्ता भयो। तर त्यो नाम दर्तामा मात्रै सीमित भयो। उनलाई तुलसीपुर ल्याउन सकिएन। उनको लमहीमा उपचारकै क्रममा मृत्यु भयो। , त्यस्तै, रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलासिस गर्नका लागि नाम दर्ता गराए।, वि.सं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन सकेका छैनन्। उनले अहिले काठमाडौंमा उपचार गराइरहेका छन्। त्यहाँ उनले मासिक रु छ हजारको कोठा भाडा लिएर बसेका छन् भने आवतजावत गर्दा पनि निकै खर्च हुने गरेको छ। अहिलेसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ। खर्च कम गर्न तुलसीपुर आउन खोजेको भए पनि तुलसीपुरमा शय्या खाली हुनसकेको अवस्था छैन।, त्यस्तै, शान्तिनगर गाउँपालिका दाङ निवासी २२ वर्षीय प्रताप चौधरी पनि तुलसीपुर आउनका लागि २०७८ साउनमै नाम दर्ता गराए। उनले पनि पालो पाउन सकेका छैनन्।, अहिले उनको लमहीस्थित डायलासिस सेन्टरमा उपचार भइरहेको छ। पायक पर्ने ठाउँबाट सेवा पाउन धेरै सङ्घर्ष गर्नुपर्छ। सल्यान शारदा नगरपालिका–७ कजेरी निवासी गीता खड्का यसअघि लमहीस्थित डायलासिस सेन्टरमा थिए। त्यसपछि घरभन्दा अलि नजिक र सहज हुन्छ भनी तुलसीपुरमा आउन खोजे, तर  एक महिनापछि मात्रै प्रादेशिक अस्पताल तुलसीपुरको डायलासिसमा पालो आयो।, त्यस्तै, सल्यानकै मस्तबहादुर खड्काले पनि पाँच महिनापछि मात्रै प्रादेशिक अस्पतालमा पालो पाए। त्यसभन्दा अघि उनी काठमाडौंमा डायलासिस गर्दै आएका थिए। आउँदा–जाँदा  तथा  काठमाडौं बस्दा महँगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने हुँदा उनी यहाँ आउन खोजेका थिए।, मिर्गौलाको उपचारकै क्रममा रु १२–१५  लाख खर्च भएकाले अब जति सक्यो  कम खर्च गर्न घरदेखि नजिकै भए सहज हुने उनको भनाइ थियो।, यस्तै, धेरै मिर्गौला पीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन्। राप्ती प्रादेशिक अस्पतालमा पाँच वटामात्र डायलासिस मेसिन चालु अवस्थामा छन्। त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि मात्रै आठ वटा मेसिन पठाएको छ। तर त्यो जडान हुनसकेको छैन। , जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलले बताए।, ‘अहिले हामीसँग पाँच वटामात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ’, उनले भने, ‘अब थप आएका आठ वटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ।’, अहिले प्रादेशिक अस्पतालमा ८० बिरामी पालो कुरिरहेका छन्। , कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको उनले बताए। अहिले चार स्टाफ नर्समात्रै भएकाले यसमा थप  हुनुपर्ने बताए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले पाँच वटा बेडमात्रै छन्। जसबाट २५ जनालाई सेवा दिन सकिएको छ। मन्त्रालयले केही दिनअघि मात्रै १० वटा डायलासिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए।, उनका अनुसार अहिले ४० जनासम्म डायलासिसको प्रतीक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने उनको भनाइ छ। , त्यस्तै, लमहीमा पनि अहिले करिब ८० जना डायलासिसको प्रतीक्षामा छन्। अहिले २४ जनाको डायलासिस गरिएको छ। ठाउँ पनि आवश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको  चिकित्सक डा अबदुस बुथ खानले बताए। , लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्पतालले उक्त डायलासिस सेन्टर सञ्चालनमा ल्याएका हुन्। , एक वर्षअघि नै नाम दर्ता गराए पनि डायलासिस गर्न पालो पाएनन् मिर्गौला पीडितले
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक छिटो प्रमाणीकरणका लागि दबाब स्वरूप आन्दोलन गर्न माइतीघर पुगेका नागरिकताविहीन संघर्ष समितिका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , आफूसहित संघर्ष समितिका ४ जनालाई प्रहरीले सिंहदरबारस्थित प्रहरी बिटमा नियन्त्रणमा राखेको इन्द्रजित साफीले बताए। नियन्त्रणमा लिइएकामा प्रबेज आलम, एमडी राज र देव शर्मा छन्।, 'हामी माइतीघर पुगेलगत्तै प्रहरीले समातेर ल्याइहाल्यो', साफीले सेतोपाटीसँग भने, 'हामी छिटोभन्दा छिटो नागरिकता विधेयक प्रमाणीकरण गरेर नागरिकताविहीनलाई नागरिकता दिन माग गर्दै धर्नाका लागि माइतीघर पुगेका थियौं।', स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।, दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेको बताइएको छ।, त्यस्तै आजै नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रदर्शन गर्ने १५ जना जनकपुरबाट पनि पक्राउ परेका छन्। जनकपुर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए। ,  , नागरिकता विधेयक प्रमाणीकरण गर्न माग राख्दै प्रदर्शन गर्ने ४ जना प्रहरीको नियन्त्रणमा
रासस बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैंसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।, आइतबार उक्त सामुदायिक बनमा भैंसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।,  , स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ।,   , आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिए।,  , बर्दियाका बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
सेतोपाटी संवाददाता दाङमा डेंगीबाट एक महिलाको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४० वर्षीया  मायाकुमारी बिसीको  उपचारका क्रममा सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार डेंगी संक्रमित बिसी सोमबार बिहान करिब ८ बजेतिर उपचारका लागि प्रतिष्ठानमा आएकी थिइन्। उनी भर्ना भएको डेढ घन्टाभित्रै बिहान १० बजेतिर मृत्यु भएको भट्टराईले बताए। , त्यसअघि बिसीको ल्याब टेष्ट गर्दा डेंगी पोजेटिभ देखिएको थियो। उपचारको क्रममा एकाएक अक्सिजन लेबल घटेको र प्रेसर बढेपछि  मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , पछिल्लो समय जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ।  प्रतिष्ठान प्रशासनले दैनिक ५ जनासम्म डेंगी पोजेटिभका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिएको छ।, दाङमा डेंगीबाट एक महिलाको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १७६ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ६०० जनाको पिसिआर र दुई हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २२७१ जना सक्रिय संक्रमित छन्।, १७१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको जनाको मृत्यु भएको छ।, देशभर थपिए १७६ कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता बागमतीको पानीको प्रवाह बढाउने उद्धेश्यले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बनाइएको तालमा पानी भरिएको छ।, तालमा पानी भरिएसँगै आगामी दसैंलगत्तै बागमतीमा पानी छोड्न सुरू गरिने आयोजनाका इन्जिनियर निश्चल छत्कुलीले जनाएका छन्।  , झन्डै १ किलोमिटर क्षेत्रमा फैलिएको तालमा अहिले ८ लाख लिटर पानी जम्मा भएको छ। प्रति सेकेन्ड ४० लिटर पानी बागमतीमा बगाइने उल्लेख गर्दै छत्कुलीले भने, 'बागमतीमा पानी छोड्नका लागि हामीलाई ८ लाख ५० हजार घनमिटर पानी चाहिने हो र अहिले ८ लाख बढी घनमिटर पानी जम्मा भइसकेको छ।', बर्खा यामको पानी जम्मा गर्ने र हिउँदमा बागमतीमा पानी छोड्ने उद्धेश्यले सन् २०१५ बाट बाँध निर्माणको काम सुरू गरिएको थियो। झन्डै ५१ करोड लागतमा निर्माण सुरू भएको आयोजना २०१९ को अप्रिलमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि गत मेमा आयोजनाको काम सकिएको हो। , तर अहिले दुइटा समस्याका कारण तालको पानी बागमतीमा छोड्ने कुरामा असर पर्ने देखिएको इन्जिनियर छत्कुली बताउँछन्।, उनका अनुसार अहिले सुन्दरीजल क्षेत्रमा विभिन्न निकायले खानेपानीका लागि खोलाको दुईतिरबाट बाँध बाँधेर पानी लगिरहेका छन्, जसले गर्दा तालबाट पानी छोड्न सुरू गरेपछि उक्त पानी बागमतीमा नगएर खानेपानीको लाइनमा जाने देखिन्छ। , 'हाम्रो उद्धेश्य उहाँहरूको खानेपानीलाई बाधा पुर्‍याउने होइन तर उहाँहरूले खोलामा बनाउनु भएको उक्त संरचनाले गर्दा हामीले छोड्ने पानी बागमतीमा नबगेर खानेपानीको लाइनतिर जाने भयो,' छत्कुलीले भने। , उनका अनुसार अब उक्त समस्या हल गर्नका लागि खानेपानीका लागि बाँधिएको बाँधको संरचनलाई केही फेरबदल गर्नुपर्ने हुन्छ। त्यसका बागमती सभ्यता एकीकृत विकास समितिले समिति गठन गरी प्रतिवेदन बुझाइसकेको र सरोकारवाला निकायसँग छलफल गर्ने तयारी रहेको उनले बताए। , योसँगै गुहेश्वरीदेखि माथि केही ढल सिधै बागमतीमा मिसाइएको उल्लेख गर्दै त्यसले पनि आयोजनामा असर पुर्याउने देखिएको छत्कुली बताउँछन्।, 'गुहेश्वरीभन्दा माथि ट्रंकलाइन भए पनि कति ठाउँमा ढलहरू सिधै बागमतीमा मिसाइएको छ। अनि हामीले माथि तालबाट सङ्लो पानी पठाउने तर यहाँ चाहिँ ढल मिसाइदिएपछि बागमतीमा बग्ने पानीको गुण्स्तर उहीँ नै हुनेभयो नि,' उनले भने, 'उक्त ढलहरूलाई ट्रंकलाइनमा जोड्न मिल्छ। त्यहीँ भएर अहिलेलाई यी दुई विषय मिलाउनुपर्ने छ।', यो आयोजना कार्यान्वयनमा आएपछि शिवपुरी क्षेत्रमै योभन्दा झन्डै ९ गुणा ठूलो अर्को बाँध निर्माण गर्ने तयारी छ। झन्डै ९ किलोमिटर क्षेत्रमा फैलिने उक्त तालबाट प्रतिसेकेन्ड ४०० लिटर पानी बागमतीमा छोडिने बताइएको छ।, यो पनि:, बागमतीमा सफा पानी बगाउन शिवपुरी डाँडामा बनाइँदै गरेको विशाल ताल (भिडिओ), शिवपुरी डाँडामा निर्मित तालमा भरियो पानी, दसैंपछि बागमतीमा बगाइने
सेतोपाटी संवाददाता पुलबाट मालबाहक ट्रक खस्दा झापामा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो।, भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ)को मृत्यु भएको प्रहरीले जनाएको हो । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छिन्।, उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर गागिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार कचनकवलबाट इँटा बोकेर पूर्व पश्चिम राजमार्ग तर्फ आउँदै गरेको प्र–१–०१–००१ ख ३६५९नम्बरको ट्रकले सोमबार दिउँसो भद्रपुरस्थित  नजिकैको देउनियाँ पुलमा  पैदलयात्रा गरिरहेका आमा–छोरीलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट अनियन्त्रित भएको ट्रक पुलबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते भएका छन्।, घाइतेहरू बिर्तामोड– २ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन्। उनीहरूलाई पनि बिएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ।, हिँडिरहेका आमा–छोरीलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, आमाको मृत्यु
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीले आफ्नो माग तथा विगतका सम्झौता कार्यान्वयन नगरेको भन्दै धनगढीमा २० औं अनसन सुरू गरेका छन्।, मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि निरन्तर आवाज उठाउँदै आइरहेका केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे मागसहित अनसन सुरू गरेका हुन्।, सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै निरन्तर उठाइरहेका मुद्दाको कुनै पनि सुनुवाइ नभएकोले अनसन सुरू उनले गरेको बताए। उनले विभिन्न ७ बुँदे माग सरकारसमक्ष अघि सारेका छन्।, माग पूरा गर्न सरकारलाई उनले दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए।, ‘तर, प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन गर्ने निर्णयमा पुगेको हुँ,’ उनले भने।, सत्याग्रहका माग:, १. ,स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्। , २., स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस्। आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्। विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरून्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरू गरियोस् ताकि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आऊन्। यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्।, ३., सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।, ४., प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्। भागबण्डाका आधारमा अनियमिततापूर्वक हालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरू तत्काल सच्याइयोस्। प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गरियोस्।, ५., चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैर–नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस्। मापदण्ड नपुगेका नर्सिङ कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस्।, ६., चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्री परिषदबाट पारित गरियोस्। नि:शुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारू गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस्।, ७.,जलवायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस्।,  , धनगढीमा डाक्टर केसीले सुरू गरे २० औं अनसन
युनिक श्रेष्ठ बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० स्थित न्यू ग्यालेक्सी स्कुलले गत बिहीबार एउटा सूचना निकाल्यो। उक्त स्कुलले आफ्ना विद्यार्थीका अभिभावकलाई लक्षित गरी सूचना निकालेको थियो।, सूचनामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन भनिएको छ। विद्यालयले यसरी सूचना निकाल्नुको कारण पनि उल्लेख गरेको छ।, ‘आदरणीय अभिभावकज्यू, हाल भारतबाट बच्चा चोरेर लैजाने एउटा ठूलो समूह नेपालमा भित्रिएको जानकारी हामीहरूलाई आएकाले, यहाँहरूलाई सावधानी अपनाउँदै आफ्ना बालबालिकाहरूलाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिनुहुन जानकारी गरिन्छ,’ सूचनामा भनिएको छ।, यसरी बच्चाहरू चोरी गरी भारत लैजाने गरेको घटना बढेको भन्दै अभिभावकलाई सचेत गराउन सूचना निकालेको विद्यालयका प्रधानाध्यापक सञ्जीव गुरूङले बताए। बच्चा चोरी हुने गरेका कुरा आइरहेको हुँदा धेरै मानिस त्रासमा बसिरहेको उनी बताउँछन्।, ‘बच्चा चोरी हुन थालेको घटना सबैलाई थाहा छ। तर मानिसले लुकाइराखेका छन्। मानिसले जति शान देखाए पनि त्रासमा छन्। अभिभावकले स्कुलको गेटमा पटक-पटक आएर बच्चा यताउता होला भनेपछि मैले एउटा सूचना पठाएको हुँ,’ उनले भने, ‘घटना नभए त राम्रै हो। तर भइहाल्यो भने त हामी व्यहोर्न सक्दैनौं नि!’, प्रधानाध्यापक गुरूङले सूचना अभिभावक भएको मेसेन्जर ग्रुपमा पठाएर जानकारी गराएका थिए। यस्तै विद्यालयको फेसबुक पेजमा पनि उक्त सूचना हालिएको छ।, अहिले सामाजिक सञ्जालमा यो सूचना धेरैले शेयर समेत गरिरहेका छन्।, उनको विद्यालयका बच्चा भने चोरी भएका छैनन्। त्यही क्षेत्रको एउटा विद्यालय परिसरमा अज्ञात व्यक्ति घुमेको पाएको उनले बताए।, सूचना निकालेपछि यसले चेतना पनि फैलाउने काम गरेको उनले बताए।, ‘प्रशासनले यसबारे किन नभनेको होला? झुटो हो भने त भन्नु पर्‍यो। जनताको चित्त बुझाउन पर्‍यो नि। प्रशासनले नगरेको हुँदा मैले आफ्नो विद्यालयका अभिभावकलाई मात्रै केन्द्रित गरी निकालें,’ उनले भने।, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती मगरले विद्यालयले त्यस्तो सूचना जारी गरेको आफूलाई जानकारी नभएको बताए।, बाँकेमा बच्चा चोरीका घटना नभएको पनि उनले  जानकारी दिए।, ‘उहाँहरूले कोही सुस्त मनस्थितिका मान्छे आए पनि बच्चा चोर्न आए भन्नुहुन्थ्यो, तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ उनले भने, ‘हल्लाचाहिँ छ। यस्तो अफवाह फैलिएपछि हामीले खोज्दा कोही भेटिएको पनि छैन। आयो भनेचाहिँ हामी काम गरौंला।’, बच्चा चोर आएको अफवाहको आतंक बाँकेमा मात्रै सीमित छैन।, केही दिनअघि बुटवलबाट तीन जना बालक हराए। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारले खोजी गरेका थिए।, बुटवलबाट हराएका तीन बालक भारतको केरलामा भेटिए।, यो पनि बच्चा चोरीकै घटनासँग सम्बन्धित  हो त?, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले उनीहरूलाई कसैले चोरी नगरेको बताए।, ती बालक नेपाल आइपुगिनसकेको उनले बताए। उनीहरू नेपाल फर्किएपछि कसरी त्यहाँ पुगे भन्ने अनुसन्धान गरिने उनको भनाइ छ।, ‘उनीहरू कसरी त्यहाँ गए भन्ने बुझ्न बाँकी छ। कसैले लगेको देखिन्न। तर अहिले बच्चा चोरी भएको भन्ने अफवाह फैलिरहेको छ,’ उनले भने, ‘उनीहरू १४-१५ वर्षका हुन्। उनीहरू तीन जना मध्येका एक जना अभिभावक भएकै ठाउँमा पुगेका हुन्। अर्को व्यक्तिको संलग्नता भएको देखिन्न।’, बच्चा चोरी हुने अफवाहको आतंक यति छ कि गत शनिबार सिरहामा एउटा भीडले दुई जना पारलैंगिक महिलामाथि कुटपिट नै गरेको छ। , दिउँसो ४ बजे लहानस्थित लक्ष्मीपुरमा दुई जना पारलैंगिक महिलामाथि कुटपिट भएको थियो। मुन्नी किन्नर र चन्दा किन्नर बस चढ्न लाग्दै थिए। एक्कासी दुई-चार जना पुरूष आएर यिनीहरूले बच्चा चोरेको भन्दै आरोप लगाएर निर्घात कुटपिट गरेका हुन्।, उनीहरूमाथि थप व्यक्तिले पनि निर्घात कुटपिट गरेको निल हिरा समाजले जनाएको छ। प्रहरीलाई बुझाएपछि प्रहरीले पनि कुटपिट गरेको समाजको दाबी छ।  , कुटपिटबाट पीडित पारलैंगिक महिलाहरूको शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ।, ‘हामी बच्चा चोर होइनौं भन्दाभन्दै पनि आम मानिस र प्रहरीबाट नै यस्ता मानव अधिकार हनन र हिंसा हुने गरेका छन्,’ समाजले विज्ञप्ति जारी गर्दै भनेको छ।, समाजले यस घटनामा संलग्नको खोजी गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सिराहामा निवेदन पनि दिएको छ।, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले पनि बच्‍चा चोर्न आएको भन्ने भ्रमकै कारण उनीहरू कुटिएको बताए।, ‘सिराहामा कोही बच्चा चोरी भएको र हराएको भन्ने उजुरी पनि आएको छैन। तर यसबारे नराम्रोसँग भ्रम फैलिएको छ,’ उनले भने, ‘पीडितमाथि प्रहरीले कुटपिट गरेको भन्ने पनि गलत हो। बरू उल्टै प्रहरीले उहाँहरूको उद्धार गरी ल्याएको हो।’, यस घटनामा उजुरी परेपछि कुटपिटमा संलग्नको खोजी गरिरहेको उनले बताए। , नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बच्चा चोरी हुने कुरा अफवाह मात्रै भएको बताए। सामाजिक सञ्जालमा यस्ता कुरा आएपछि आफूले पनि प्रदेश प्रहरीसँग बुझेको उनले बताए।, ‘यो सबै भ्रम/ अफवाह मात्रै हो। हामीले यस्तो घटनाहरू कहाँ/कहाँ भएका छन् भनेर बुझ्दा कहीँ पनि भएको छैन। बिहान मात्रै हामीले सबै प्रदेशबाट अपडेट मागेका थियौं। यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ उनले सेतोपाटीसँग भने, ‘सामाजिक सञ्जालमा यसरी भ्रम छर्नेमाथि छानबिन गर्छौं। हामीले साइबर ब्युरोमार्फत अनुसन्धान सुरू गरेका छौं।’ , भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने उनले बताए।, फेसबुकमा बच्चा चोरी हुने अफवाहको आतंक!