content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, ३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो।, ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।, कोरोना संक्रमणबाट जनाको मृत्यु हुनेको संख्या शून्य छ। यस्तै २५०५ जना सक्रिय संक्रमित रहेका छन्।, देशभर थपिए २३० कोरोना संक्रमित
सेतोपाटी संवाददाता दाङमा एक शिक्षकले बिद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित बिपी माध्यामिक विद्यालय पातेटाकुरामा  कक्षा ९ मा अध्यनरत १५ वर्षीय सुशील बुढाथोकीमाथि शिक्षक उदयराज भण्डारीले निर्घात कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।, घाइते विद्यार्थीको तुलसीपुरस्थित सिटी हस्पिटलमा शल्यक्रिया भएको छ। उनको हातको एउटा औंला भाँचिएको विद्यालयकी प्रधानाध्यापक तुलसी गिरीले सेतोपाटीलाई बताइन्।, ‘घाइते विद्यार्थीको औंलाको शल्यक्रिया भइसकेको छ,’ उनले भनिन्, ‘बाहिर हल्ला गरिएजस्तो हातै भाँचिएको भने होइन।’, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले विद्यार्थी पिट्ने शिक्षकलाई कार्यालयमा झिकाएर छलफल गर्न  निर्देशन दिइसकेको बताए।, ‘पीडितसँगको छलफलबाट के निस्कन्छ हामीले नियाल्छौं,’ उनले भने, ‘पीडितबाट जाहेरी आउन थालेको भन्ने छ।’, प्रधानाध्यापक गिरीका अनुसार घटना मंगलबार दिउँसोको हो। छैठौं घन्टीमा भण्डारीले कक्षा १० मा अर्थशास्त्र पढाइरहेका थिए।, प्रअ गिरीका अनुसार त्यही क्रममा कक्षा ९ का तीन विद्यार्थीले कक्षाकोठमै कुटाकुट गरे। जोडिएको कक्षा १० को कोठासम्म हल्ला पुग्यो। हल्ला सुनेर शिक्षक भण्डारी पढाउन छोडेर कक्षा ९ मा प्रवेश गरे। झगडामा संलग्न तीनै जना विद्यार्थीलाई कक्षा कोठादेखि बाहिर ल्याए।, अफिस नजिकै ल्याएर उनले पानीको पाइपले निर्घात कुटपिट गरे। यो सबै देखिरहेको अन्य शिक्षकले सम्झाउन खोजे पनि शिक्षक भण्डारीले कसैले भनेको मानेनन्।, विद्यार्थी बुढाथोकीमाथि उनको आक्रोश पोखियो। कुटाइले विद्यार्थीका दुबै हात सुन्निएका छन्। एउटा औंला भाँचिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।, शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष मिनबहादुर केसीले शिक्षकले आवेशमा आएर विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने गम्भीर गल्ती गरेको बताए।, ‘म काठमाडौंमा भए पनि मलाई विद्यार्थीमाथि भएको कुटपिटबारे अभिभावकलगायत धेरैले सूचना दिएका छन्,’ उनले भने, ‘मैले पनि प्रधानाध्यापकज्यूलाई फोन गरी तथ्य बुझेको छु। शिक्षकले सम्झाइबुझाइ गर्ने हो, त्यसरी कुट्नु गल्ती नै हो।’, पीडित विद्यार्थीका अभिभावकले भने प्रहरीमा शिक्षकविरूद्ध जाहेरी नदिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए।, ‘जाहेरी आउने कुरा छ,’ उनले भने, ‘अहिलेसम्म आइसकेको छैन।’, कुटपिटमा संलग्न शिक्षक आफैंले पनि गल्ती स्वीकार गरी घाइते विद्यार्थीको उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ।, शिक्षकले कुट्दा विद्यार्थीको हातको औंला भाँचियो
सेतोपाटी संवाददाता दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए। , प्रहरी प्रवक्तासमेत रहेका स्वाँरका अनुसार उनी श्रीमान कृष्ण लामिछानेसँग झगडा भएपछि भदौ २० गते नजिकै बस्ने आफ्नी दिदी तेजकुमारी लामिछानेको घरमा गएर बस्दै आएकी थिइन्।, ‘श्रीमानले मदिरा सेवन गरी झैझगडा गर्न थालेपछि कमला दिदीको घरमा गएको भन्ने अनुसन्धानबाट खुल्यो,’ स्वाँरले भने, ‘दिदीको घरमै रहेको समयमा बिहान शौचालय गएकी कमला नफर्किएपछि ढोका फोडेर हेर्दा मृत फेला परेकी थिइन्।’, बिहान ६ बजे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टा परेको अवस्थामा फेला पारी उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक स्वाँरले बताए। , पोष्टमर्टम रिपोर्टबाट उनले विषादी वा अन्य भित्री चोट पटक केही नदेखिएको हुँदा शौचालयभित्रै लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान चिकित्सकले गरेको प्रहरी निरीक्षक स्वाँरले जानकारी दिए। , ‘पोष्टमर्टम रिपोर्टमा नर्मल आयो,’ उनले थपे, ‘पछि भिसेराको रिपोर्टले के देखाउँछ। अन्यथा अहिले त मृत्युको कारण शौचालयमा लडेर भएको भन्नेछ।’, पोष्टमर्टमपछि शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।, शौचालयमा महिला मृत फेला
मनोज सत्याल केही वर्षअघिसम्म तराई जिल्लामा मात्र फैलिने डेंगीले अब काठमाडौंलाई समेत आक्रान्त बनाउन थालेको छ।, डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको अनुसन्धानले यहाँको हावापानीमा डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए।, पछिल्ला १३ वर्षमा यो लामखुट्टेले काठमाडौंलाई आफ्नो स्थायी बासस्थान मात्र बनाएको छैन, यसपालि दोस्रोपटक डेंगी रोगले महामारीको रूप लिँदैछ।, यो वर्ष मनसुन सुरू भएयता काठमाडौं उपत्यकाका तीन जिल्लामा तीन हजारभन्दा बढी डेंगीका बिरामी देखिएका छन्। यो देशभरिका डेंगी बिरामीको आधाभन्दा बढी हो। देशभरि ५ हजारभन्दा बढीलाई डेंगी लागेको तथ्यांक छ।, यस्तै महामारी सन् २०१९ मा पनि थियो। त्यति बेला झन्डै १८ हजार जनालाई डेंगी लागेको थियो। छ जनाले ज्यान गुमाएका थिए। उपत्यकाको काठमाडौं र ललिपुरमा मात्र २ हजार १ सयभन्दा बढीमा संक्रमण फेला परेको थियो।, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वार्षिक प्रतिवेदन (२०७७/७८) अनुसार सन् २००४ मा नेपालमा पहिलोपटक डेंगीका बिरामी देखिएका थिए। त्यति बेला जापानबाट आएका व्यक्तिमा डेंगी देखिएको थियो।, त्यसपछि सन् २००६ बाट नेपालका तराई जिल्लामा फैलिन थाल्यो। त्यस वर्ष नौ जिल्लामा ३२ जना बिरामी भेटिएको महाशाखाको तथ्यांक छ।, सन् २०१२-१३ मा चितवन, झापा, पर्सा लगायत क्षेत्रमा डेंगी देखियो भने सन् २०१७ मा रूपन्देही र महोत्तरी पनि थपिए। त्यसपछि सन् २०१८ मा कास्की जिल्ला थपियो। अहिले देशका हिमाली जिल्लाबाहेक सबै क्षेत्रमा यो रोग फैलिएको विशेषज्ञहरू बताउँछन्।, आकारमा अतिसानो, झट्ट देख्दा पनि नदेखिने र दिउँसै सक्रिय हुने 'एडिज' प्रजातिको लामखुट्टेले सार्ने डेंगी रोग कम समयमै यति तीव्र फैलिनुको कारण के हो त?, उच्च तापक्रम भएका ठाउँमा मात्र फैलिन्छ भन्ठानिएको डेंगीले काठमाडौं लगायत उच्च पहाडी क्षेत्रलाई समेत कसरी आफ्नो चपेटमा लिँदैछ?, यो स्टोरीमा हामी डेंगी फैलिनुका चार प्राविधिक कारण र कति-कति समयमा यसले महामारीको रूप लिन्छ भन्नेबारे चर्चा गर्दैछौं।, सबभन्दा पहिला कारणमा जाऔं।, सन् २०२१ को जुन महिनामा नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमालसहित १४ जना अध्येताहरूले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी लगायत रोगको अनुसन्धान गरेका थिए। उनीहरूले नेपालमा यति तीव्र गतिले डेंगी फैलिनुमा जलवायु परिवर्तनलाई एउटा मुख्य आधार मानेका छन्।, 'जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण मलेरिया, डेंगी, चिकनगुनिया, जापानिज इन्सेफ्लाइजिसजस्ता रोगमा बढोत्तरी देखिएको छ,' उक्त अध्ययनमा भनिएको छ, 'पहिले खासै असर नदेखिएको ठाउँमा पनि यस्ता रोग महामारीका रूपमा फैलिन थालेका छन्।', सन् २०१५ मा नेपाल हेल्थ रिसर्च काउन्सिलसहित पाँचवटा संस्थाले गरेको अर्को अध्ययनमा पनि जलवायु परिवर्तनका कारण नेपालका उच्च पहाडी क्षेत्रमा समेत डेंगी लामखुट्टेको बसोबास सुरू भएको उल्लेख छ।, विभिन्न अध्ययनहरूको यस्तो निष्कर्षलाई जल तथा मौसम विज्ञान विभागको देशव्यापी तापक्रम विश्लेषणले पुष्टि गर्छ।, विभागले सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक विश्लेषण गरेर नेपालको अधिकतम तापक्रम वार्षिक ०.०५६ डिग्रीका दरले बढिरहेको जनाएको थियो। विभागले सन् २०१७ मा यो तथ्यांक सार्वजनिक गरेको हो।, त्यसको दुई वर्षपछि २०१९ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अर्को अध्ययनबाट हरेक दस वर्षमा एउटा चिसो रात घटेको पाइएको छ। चिसा दिनहरूमा पनि आधा दिनको चिसोपना कम भएको अध्ययनले देखाएको छ। त्यही अध्ययनले गर्मीका दुई रात र एक दिन बढेको निष्कर्ष निकालेको छ।, तापक्रम वृद्धि र गर्मी दिनहरू बढ्दै जानुले डेंगी सार्ने एडिज लगायत अन्य विभिन्न प्रजातिका लामखुट्टे हुर्किन अनुकूल वातावरण दिएको विज्ञहरू बताउँछन्।, 'डेंगी लामखुट्टे काठमाडौंको वातावरणमा घुलमिल हुन थालेको छ। यसको लार्भा तीन वर्षसम्म यहाँको वातावरणमा बस्न सक्ने देखियो,' शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनले सेतोपाटीसँग भने, 'यो प्रजातिको लामखुट्टेका लागि एकातिर काठमाडौंको वातावरण सहज भइदियो भने अर्कातिर सवारी साधनको व्यापक ओहोरदोहोरका कारण तराईबाट अन्यत्र यात्रा गर्न सहज भयो।', धिमालसहित १४ जना अध्येताले आफ्नो अनुसन्धान क्रममा समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगन्जदेखि २१ सय मिटर उचाइको धुन्चेसम्म ८ सय ३४ वटा घरबाट जमेका पानीको नमूना संकलन गरेका थिए। उनीहरूले ती सबै ठाउँमा डेंगी फैलाउने लामखुट्टेका जीवाणु फेला पारेका थिए। यसले पनि डेंगी लामखुट्टेको बसाइ तराईदेखि उच्च पहाडी भेगसम्म फैलिसकेको देखाउँछ।, डेंगी फैलाउने एडिज लामखुट्टे दुई किसिमका हुन्छन् — एडिज इजिप्टाइ र एडिज अल्बोपिक्टस। हामीलाई टोक्ने प्रजाति 'एडिज इजिप्टाइ' हो। यसले हाम्रो घरभित्रै आफ्नो जीवनचक्र चलाउँछ। यो अल्बोपिक्टसभन्दा चहकिलो कालो हुन्छ। अल्बोपिक्टस भने झाडी र बारीमा बढी सक्रिय रहन्छ। त्यसैले सहरी क्षेत्रमा त्यति देखिन्न। इजिप्टाइ भने हामीबीच नै हुर्कंदै जान्छ।, यी दुवै प्रकारका लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियससम्मको वातावरण उत्तम मानिन्छ। बढ्दो तापक्रम वृद्धिले उच्च पहाडी क्षेत्रसमेत यी लामखुट्टेका लागि बसोबास र प्रजनन निम्ति अनुकूल बन्दै गइरहेको छ।, डेंगी लामखुट्टेको प्रभाव बढ्नुमा तापक्रम वृद्धि मात्र कारण छैन। सन् २०१९ र यस वर्ष डेंगी महामारीको अवस्था विश्लेषणबाट अर्को पनि कारण देखिएको छ।, यी दुवै वर्ष नेपालमा सामान्यभन्दा छिटो मनसुन सुरू भएको थियो। बर्खा छिटो सुरू भयो भने डेंगी प्रजातिका लामखुट्टेले हुर्किन र प्रजनन गर्न बढी समय पाउँछ।, सन् २०१९ मा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत डाक्टर बासुदेव पाण्डे र ग्लोबल हेल्थ एन्ड सस्टेनेबल डेभलपमेन्ट युनिभर्सिटी कलेज लन्डनका एन्थोनी कोस्टेलोले तयार पारेको रिपोर्टअनुसार त्यति बेला बर्खालगत्तै सुरू भएको डेंगी संक्रमण तीन महिनाको बीचमा डढेलोसरी फैलिएको थियो। देशका ७७ मध्ये ६८ जिल्लामा डेंगी बिरामी भेटिएका थिए। बढ्दो तापक्रम, वर्षा र आर्द्रताका कारण डेंगी लामखुट्टेको बासस्थान फराकिलो हुँदै गएको उक्त अध्ययनको निष्कर्ष थियो।, यस वर्ष पनि लगभग सन् २०१९ कै अवस्था छ। सामान्यतया जेठको अन्तिम साता मात्र सुरू हुने मनसुनी गतिविधि यसपालि जेठ २ देखि नै सुरू भएको थियो। मौसमविदहरूले डेढ दशकमै सबभन्दा चाँडो मनसुन सुरू भएको उल्लेख गरेका छन्। बर्खा जति छिटो भयो, लामखुट्टेका लार्भा उति छिटो विकसित हुन्छन् र यसले डेंगी संक्रमण उति धेरै फैलाउँछ।, डेंगी फैलिनुको तेस्रो कारण तीव्र गतिमा भइरहेको सहरीकरण हो। डेंगी लामखुट्टेको स्वभावै यस्तो छ, यसलाई गाउँभन्दा सहरी क्षेत्रमा हुर्किन सजिलो हुन्छ।, हामी सधैं सुन्छौं, घरवरिपरि फोहोर पानी छ भने लामखुट्टेको बिगबिगी बढ्छ। डेंगी लामखुट्टेलाई भने फोहोर होइन, सफा पानी चाहिन्छ। यसले सफा पानीमै फुल पार्छ। बाल्टिन, ड्रम वा कुनै सानो भाँडोमा थोरै पानी छ भने पनि घर बनाइहाल्छ। त्यहीँ फुल पार्छ, त्यहीँ 'लार्भा' हुर्किन्छन्।, काठमाडौंजस्तो सहरी क्षेत्रमा खानेपानी अभावले बाटा, बाल्टिन, ड्रममा पानी जम्मा गरेर नराखी धर पाइन्न। यसरी नै जम्मा गरेर राखेका पानीमा डेंगी लामखुट्टे हुर्किरहेका हुन्छन्।, यति मात्र होइन, मिनरल वाटर बोतलको बिर्कोमा अलिकति पानी जम्मा छ भने पनि यसको जीवनचक्र चल्छ। प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यान, गमलामुनि पानी तर्काउन राखिएका प्लेट पनि डेंगी लामखुट्टे हुर्कने सहज ठाउँ हुन्। घरका छतमा राखिने पानीट्यांकी पनि यस्तो लामखुट्टेको सजिलो बासस्थान हो। बिर्को खुलेको मौकामा भित्र छिरेर फुल पार्न पायो भने ह्वारह्वार्ती फैलिन्छ।, 'सहरमा सवारी साधनका वर्कसप धेरै खुल्छन्। त्यस्ता ठाउँमा पानी जम्मा हुने गर्छ। अझ सहरमा यत्रतत्र फालिएका पुराना टायरभित्र जम्मा हुने पानीमा त डेंगी लामखुट्टे सहजै विकास हुन्छ,' डाक्टर पुनले भने।, सन् २०१६ मा अस्ट्रेलियाको सिक्यू विश्वविद्यालयका अनुसन्धाता दिनेश सुवेदी र एन्ड्रियू टायलरले गरेको अध्ययनले पनि बढ्दो सहरीकरणलाई डेंगी फैलिनुको एउटा कारण बताएको थियो।, 'अव्यवस्थित सहरीकरण, पानी राम्ररी प्रशोधन नहुनु, फोहोर व्यवस्थापनको कमजोरी लगायत कारणले लामखुट्टेसँग सम्बन्धित रोगहरू धेरै छिटो बढेको पाइएको छ,' अध्ययनमा भनिएको छ।, बढ्दो सहरीकरणका कारण डेंगी लामखुट्टेको प्रभाव बढेको नेपालमा मात्र होइन, संसारभरि यस्तै अवस्था छ।, एक अध्ययनअनुसार संसारभरिका २ अर्ब ५० करोड जनसंख्या कुनै न कुनै रूपले डेंगी लामखुट्टेको जोखिममा छ। सन् २०१८ मा 'द लेन्सेन्ट क्लाइमेट काउन्टडाउन रिपोर्ट' ले सन् १९५० यता मात्र विश्वव्यापी रूपमा एडिज इजिप्टाइको विस्तार ९.१ प्रतिशत बढेको र एडिज अल्बोपिक्टस ११.१ प्रतिशत बढेको उल्लेख गरेको छ।, मौसम परिवर्तन, समयभन्दा छिटो वर्षा र तीव्र सहरीकरणसँगै सहज सवारी आवागमनले पनि डेंगी लामखुट्टेलाई आफ्नो प्रभाव क्षेत्र फैलाउन मद्दत गरिरहेको छ।, विज्ञहरूका अनुसार यी लामखुट्टे पनि मान्छेजस्तै गाडी चढेर तल गर्मी भेगबाट माथि उक्लेका हुन्। सवारीको बढ्दो ओहोरदोहोरसँगै कुनै सामानमा टाँसिएर यिनका फुल नयाँ ठाउँ पुग्छन्। अनुकूल वातावरण नपाए त्यसै मर्छन्, पाए हुर्कन थाल्छन्।, यति मात्र होइन, सुरूका दिनमा बाँच्न गाह्रो हुने मौसममा पनि बिस्तारै यी लामखुट्टे अभ्यस्त हुँदै जान सक्छन्।, हिमाली क्षेत्रको पदयात्रामा जाँदा जसरी मान्छेले एकपछि अर्को उचाइमा पुगेपछि त्यहाँको हावापानी र अक्सिजनको मात्रासँग आफ्नो शरीरलाई अभ्यस्त गराउनुपर्छ, यी लामखुट्टे पनि पहाडी भेगमा उक्लँदा आफूलाई अभ्यस्त गराउँदै हिँड्छन्। कुनै निश्चित समयकालपछि उनीहरू त्यही ठाउँको हुन्छन्।, उदाहरणका लागि, आजभन्दा पन्ध्र वर्षअघिसम्म काठमाडौंको हावापानी डेंगी लामखुट्टेको निम्ति अन्जान थियो, आज ऊ रैथाने कीराहरूजस्तै यहाँको वातावरणमा घुलमिल भइसकेको छ।, यी त भए डेंगी लामखुट्टेको प्रभाव क्षेत्र विस्तारको कुरा। यसको महामारीमाथि भएका अध्ययनले एउटा अर्को रोचक निष्कर्ष पनि निकालेको छ।, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय बायोटेक्निकल विभागका वीरेन्द्रप्रसाद गुप्तासहितका अध्येताहरूले सन् २०१८ मा प्रकाशित गरेको अध्ययनअनुसार नेपालमा प्रत्येक तीन वर्षको अन्तरालमा डेंगी महामारी देखिएको छ।, सन् २००४ मा जापानबाट आएका यात्रुलाई डेंगी देखिएको घटनापछि २००६ मा पहिलोपटक ३२ जनामा डेंगी देखिएको थियो। त्यसपछि २०१० मा ठूलो मात्रामा डेंगी फैलियो। त्यसपछि बर्सेनि फाट्टफुट्ट डेंगी बिरामी भेटिए पनि यसको खास प्रभाव भने सन् २०१०, २०१३ र २०१६ मा परेको अध्ययनमा छ।, यो क्रम यहीँ रोकिएन।, गुप्तासहितका अध्येताहरूले भनेजस्तै २०१६ पछि २०१९ मा डेंगी ठूलो महामारीका रूपमा फैलियो भने त्यसपछि अहिले २०२२ मा त्योभन्दा ठूलो महामारी देखिएको छ। यसरी हेर्दा प्रत्येक तीन वर्षमा डेंगी फैलिन्छ भन्ने अध्ययनको भनाइ पुष्टि हुन्छ।, 'हामीकहाँ जस्तै तीन-तीन वर्षमा डेंगी फैलिने चक्र ब्राजिल र क्युबामा समेत देखिएको छ,' उक्त अध्ययनमा भनिएको छ।, यो पनि हेर्नुहोस्:, 'स्मार्ट' लामखुट्टेको 'स्मार्ट' आनीबानी, यसरी सुरू भयो डेंगी लामखुट्टेको काठमाडौं यात्रा
भगवती पाण्डे वर्षौंसम्म निर्माण कार्य अलपत्र रहेको बुटवलको मुख्य सडकमा घन्टौंसम्म सवारी साधनको जाम हुन थालेको छ।, बुटवलको राजमार्ग चौराहदेखि चिडियाचौकीसम्म साढे ३ किलोमिटर सडक ६ वर्षसम्म अलपत्र हुँदा यही सडक हुँदै आवतजावत गर्ने हजारौं सवारी साधन र यात्रुले सास्ती भोगिरहेका छन्।, पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि पुष्पलाल पार्कसम्म पश्चिमतर्फको सडक झन्डै एक महिनादेखि बन्द गरिएको छ।, पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घन्टौंसम्म सवारी साधनको भीड लाग्ने गरेको छ।, गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजंघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ।, निर्माणको काम रोकिएको भए पनि पश्चिमतर्फको सडकमा आवतजावत खुल्ला नगर्दा यात्रुहरूले सास्ती भोगिरहेका छन्। एकातर्फ भत्किएर ठूला ठूला खाडल परेको सडक, अर्कोतर्फ एकतर्फी सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन हुँदा घन्टौंसम्म जाम हुने गरेको चालक बताउँछन्।, ‘सडक निर्माणको नाममा एकातर्फको सडक महिनौंसम्म बन्द गरिँदा अर्कोतर्फको सडकमा झनै ठूला खाडल थपिएका छन्, सडकको बीचमा परेका खाडलमा पानी जम्ने र त्यहीँ गाडी फस्ने गर्दा जाम बढिरहेको छ,’ मोटरसाइकल चालक बुटवल देवीनगरका प्रकाश बिष्टले भने।, उनले ६ वर्षसम्म सडक अलपत्र राखेको ठेकेदार कम्पनीले सडक निर्माणको नाममा फेरि एक महिनादेखि एकतर्फी सडक बन्द गरेर यात्रुलाई अन्याय गरेको बताए। उनले बुटवलको मुख्य बजार क्षेत्रमा एक महिनादेखि एकतर्फी सडक बन्द गरेर निर्माण कार्य अगाडि नबढाउँदा पनि सडक आयोजना र बुटवल उपमहानगरपालिकाले कुनै पहल नगरेको गुनासो गरे।, ‘सडक निर्माणको काम अगाडि बढेको छैन भने सडक बन्द गरिएको छ, एकातर्फको सडक बन्द हुँदा सडक अस्तव्यस्त बनेको छ,’ उनले भने।, साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ। समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ।, बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म राजमार्ग चौराहदेखि ट्राफिक चोक र तिनाउ पुलसम्म नियमित रूपमा सवारी साधनको जाम हुने गरेको छ।, भत्किएको र अस्तव्यस्त सडकमा सवारी साधनको जामसँगै फितलो ट्राफिक व्यवस्थापन र अव्यवस्थित पार्किङले बुटवलको मुख्य बजार नै कुरूप बन्दै गएको छ।, एकातिर सडकको बिग्रिएको अवस्था अर्कातिर निर्माणको लागि भन्दै एकातर्फको सडक बन्द गरिँदा सवारी साधनको चाप बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।, कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन खाणले सडक निर्माणको क्रममा एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदा सवारीसाधनको जाम बढेको बताए।, खाणले सडकमा सवारी साधनको जाम बढेपछि ती स्थानमा ट्राफिक प्रहरीलाई परिचालन गरेर सवारी आवागमनलाई सुचारू गराउने प्रयास गरिरहेको बताए।, ‘सडक निर्माणको काम ढिलो भएको कारण सडक अस्तव्यस्त बनिरहेको थियो, त्यसैमाथि केही दिनयता पश्चिमतर्फ पिच गर्ने भनेपछि एकतर्फी रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ उनले भने।, निर्माण कम्पनीले सबैभन्दा बिग्रिएको बसपार्कदेखि पुष्पलाल पार्कसम्म सडक भदौको पहिलो साताभित्र कालोपत्रे गर्ने भन्दै सडक आयोजनासँग लिखित सम्झौता गरेको भए पनि दुई दिन काम गरेपछि फेरि रोकिएको छ।, राजमार्ग चौराहदेखि मिलन चोक, अस्पताल लाइन, ट्राफिक चोक, गोलपार्कसम्म नै मुख्य सडकमा ठूलाठूला खाडल परेका छन्। सर्वसाधारणको दबाबपछि निर्माण कम्पनीले बालुवा हालेर खाडल पुरेजस्तो गरे पनि पानी परेपछि जस्ताको तस्तै हुने गरेको छ।, बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना र निर्माण कम्पनीको लापरबाहीको कारण बुटवलको व्यस्त बजारको मुख्य सडक अस्तव्यस्त बनेको छ। घाम लाग्दा धुलो उडेर सेतै हुने सवारी साधन र यात्रुहरू पानी पर्नासाथ हिलाम्मे हुने गरेका छन्।, सडकभरि परेका खाडलमा जमेको पानीले पोखरी बन्दा दैनिक चार-पाँच वटा सवारी साधन बुटवल बजारभित्रै दुर्घटनामा पर्ने गरेका छन्। प्रहरी नायब उपरीक्षक खाणले भत्किएको सडकका कारण दुई पांग्रे सवारी साधन दुर्घटना हुने क्रम बढेको बताए।, २०७३ सालमा निर्माणको लागि ठेक्का लिँदा २०७६ साल असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न बहानामा समय थप्दै आएको थियो। घरधनीहरूको पटक-पटकको अवरोध र मुद्दाका कारण काम अगाडि बढ्न नसकेपछि तेस्रो पटक गरी २०७९ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी म्याद थप भएको थियो।, असार मसान्तमा ठेक्का अवधि सकिनै लाग्दा असार २० गते सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमार्फत् ठेक्का लिएर पनि वर्षौंदेखि अलपत्र योजना छोड्ने ठेकेदार कम्पनीलाई ठेक्का अवधि थप गर्ने बाटो खोलिएको थियो। निर्माण कम्पनीले सार्वजनिक खरिद ऐनको १२ संशोधनको फाइदा उठाउँदै ठेक्का अवधि थप गर्न विभिन्न किसिमले सडक विभागमा दबाब र प्रभाव दिइरहेको छ।, सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष थप्न मिल्ने प्रावधान राखिएको छ।, निर्माणको नाममा एकतर्फी सडक बन्द गर्दा बुटवलमा सवारी जाम
रासस नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो। , तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए।, नायक शाहविरूद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो। साथै रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले बताए। , जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरूपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ। शाहविरूद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो।, नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरूद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो।, नवलपुरको फैसलाविरूद्ध पुनरावेदनको तयारी, नवलपुर अदालतको फैसलाविरूद्ध नायक शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन्।, अदालतको पूर्णपाठ आउनेबित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए।, पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने, नवलपुरको फैसलाविरूद्ध पुनरावेदनको तयारी
दिपकजंग शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिने घोषणा गरेका छन्।, प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा त्यहाँ कार्यरत अरू चिकित्सकले राजीनामाको घोषणा गरेका हुन्।, प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाका अनुसार अहिले चिकित्सक र अरू स्वास्थ्यकर्मीसहित ६० जनाको राजीनामा घोषणा पत्र आएको छ।, उनीहरूले स्थानीय प्रशासनलाई समेत बोधार्थ लेखेका छन्। यो विषयमा अहिले छलफल भइरहेको डा. रोकायाले बताए।, ‘स्थानीय प्रशासन र हाम्रो टिमसहित छलफल भइरहेको छ, ६० जना जतिको राजीनामा घोषणा पत्र आएको छ,’ उनले भने।, प्रतिष्ठानमा ओपिडी असिस्टेन्टका रूपमा कार्यरत धनबहादुर शाहीले आफ्नो छोराको उपचार गर्न ईन्कार गरेको भन्दै भदौ २ गते डा. साहमाथि कुटपिट गरेका थिए। कुटपिट गर्ने शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शाहीकी श्रीमती आशा हमाल शाहीले छोरामाथि बाल हिंसा गरेको भन्दै प्रहरीमा आइतबार जाहेरी दिएकी थिइन्।, उक्त जाहेरीका आधारमा प्रहरीले प्रक्रिया थालेपछि जुम्ला जिल्ला अदालतले डा. शाहलाई पक्राउ गर्न सोमबार पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै प्रतिष्ठानमा मंगलबार र बुधवार इमरजेन्सीबाहेकका सेवा ठप्प पारिएको छ।, यो पनि: ,कर्मचारी र डाक्टरबीच लफडा बढ्दै जाँदा ठप्प भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीले गरे राजीनामा दिने घोषणा
सेतोपाटी संवाददाता ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकीको प्रमुख कार्यकारी अधिकृतमा डा. कल्पनादेवी देवकोटा नियुक्त भएकी छन्।, उनलाई गण्डकीका वन तथा वातावरणमन्त्री दीपक थापाले बुधबार नै पद तथा गोपनीयताको सपथ खुवाएका छन्।, गोरखाको पालुङ्टार स्थायी घर भएकी देवकोटाले अष्ट्रेलियाको भियनाबाट विद्यावारिधी गरेकी थिइन्। , गण्डकी प्रदेशको ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५ अनुसार देवकोटालाई नियुक्त गरिएको हो। सो ऐनमा कार्यकारी अधिकृतको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट वन तथा जलाधार व्यवस्थापन, वा प्राकृतिक स्रोत व्यवस्थापन, प्रााणीशास्त्र, वनस्पति शास्त्र वा वातावरण विषयमा स्नातकोत्तर गरी १० वर्षको अनुभव प्राप्त हुनुपर्ने वा सोही विषयमा विद्यावारिधी उपाधी हासिल गरी पाँच वर्षको अनुभव प्राप्त उम्मेदवार हुनुपर्ने प्रावधान राखिएको छ।, अधिकृतको पदावधी चार वर्षको रहेको छ। प्रदेश सरकारले आवश्यक ठानेमा र मुनासिव लागेमा यो पदावधि अर्को एक कार्यकालसम्म लम्बिन सक्ने ऐनमा व्यवस्था गरिएको छ।, यस अघिका कार्यकारी अधिकृत डा. अनुप गुरूङको कार्यकाल सकिएपछि करिब १ वर्षदेखि प्राधिकरण नेतृत्वविहीन थियो। जसका कारण मन्त्रालयबाट स्वीकृत भएका कार्यक्रम कार्यान्वयन गर्न कठिनाइ भइरहेको थियो। कार्यकाल सकिएका गुरूङ हाल दक्षिण कोरियामा छन्।, देवकोटालाई पद तथा गोपनीयताको सपथपछि मन्त्री थापाले प्रदेशका ताल तथा सिमसारको संरक्षणका लागि योजनाबद्ध ढंगले काम गर्न सुझाव दिए। उनले सरोकारवालाहरूसँग बलियो सम्बन्ध र समन्वय गर्दै अगाडि बढेमा सफल हुने विश्वास व्यक्त गरे।, मन्त्रालयका सचिव बद्रिराज ढुंगानाले काम गर्ने क्रममा कतिपय प्रक्रियागत अस्पष्टता आउन सक्ने जानकारी दिँदै, मासिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए।, उनले ताल तथा सिमसार संरक्षणको सवाल गम्भीर सवाल भएको हुनाले यसलाई चुनौतीपूर्ण रूपमा लिन सुझाव दिए।, ताल प्राधिकरण गण्डकीको सिइओमा कल्पनादेवी देवकोटा नियुक्त
सेतोपाटी संवाददाता सहसचिव बसन्त अधिकारीले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। , सहसचिव अधिकारीले बुधबारदेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्। , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो।, करिब साढे दुई वर्षदेखि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता थिए। , यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयमा सरूवा गरिएको छ।, महानगरमा पहिले सचिवको दरबन्दी थियो। , मन्त्रालयले अधिकारीसहित १० सहसचिवको सरूवा गरेको थियो। , बसन्त अधिकारीले सम्हाले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सेतोपाटी संवाददाता काठमाडौंमा डेंगी रोगको प्रकोप छ। अस्पतालहरूमा डेंगी लागेका बिरामी आउने क्रम ह्वात्तै बढेको छ। डेंगीबाट बच्न मानिसहरू लामखुट्टेबाट जोगिने अनेक उपाय अपनाइरहेका छन्।, तर धेरैलाई थाहा नहुन सक्छ, डेंगी फैलाउने लामखुट्टेको आनीबानी र आकारप्रकार हामीले चिन्दै आएको लामखुट्टेभन्दा फरक छ।, यो काठमाडौंको हावापानीमा अभ्यस्त हुँदै गएको 'स्मार्ट' लामखुट्टे हो जसबाट बच्न हामी आफैं पनि 'स्मार्ट' हुनुपर्छ। र, यसको निम्ति डेंगी फैलाउने लामखुट्टेको तौरतरिका बुझ्नुपर्छ।, 'स्मार्ट' लामखुट्टेको 'स्मार्ट' आनीबानी, सबभन्दा पहिलो कुरा त, यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। त्यसैले राति सुत्दा झुल टाँगेर, धूप बालेर टोकाइबाट बचुँला भन्ने छैन।, हामी जतिखेर काममा सक्रिय हुन्छौं, यी लामखुट्टे पनि हामीसँगै आफ्नो काममा सक्रिय हुन्छन्। यो बेला लामखुट्टेको आवाज सुनिन्न। आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन।, पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। त्यो हाम्रो शरीरबाट चुसिएको रगत हो। यी लामखुट्टे मार्दा रगत आउँदैन। कालो, फुस्रो धूलोजस्तो देखिन्छ।, हामी बस्दाबस्दै शरीरमा चिलाएजस्तो हुन्छ। हेर्दा मसिना बिबिराहरू आइसक्छन्। ती बिबिरा बिस्तारै शरीरका अरू भागमा फैलिन्छन्। केही बेर नराम्ररी चिलाउँछ। कहिलेकाहीँ बिबिरा बढेर ठूल्ठूला फोका पर्छन्। यस्तो भयो भने सम्झनुस्, तपाईं 'स्मार्ट' लामखुट्टेको टोकाइमा पर्नुभयो।, यो लामखुट्टेबारे जान्न हामीले केही समयअघि कीरा विशेषज्ञ इशान गौतमसँग कुरा गरेका थियौं। उनी स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन्। उनले लामखुट्टेबारे अध्ययन–अनुसन्धान गर्दै आएका छन्।, उनका अनुसार सूर्यको प्रकाशमा बढी सक्रिय हुने यो 'एडिज' प्रजातिको लामखुट्टे हो। यसले डेंगी भाइरस ओसार्छ।, काठमाडौंमा यो प्रजातिको लामखुट्टे पहिलोपटक सन् २००९ मा पत्ता लागेको उनले बताए। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको एक अनुसन्धानले यहाँको हावापानीमा पनि डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए।, विगतमा यस्तो लामखुट्टे अत्यधिक गर्मी हुने मधेसको हावापानीमा मात्र पाइएको थियो। चितवन, तुलसीपुर, नेपालगन्ज, विराटनगर र वीरगन्जमा बढी सक्रिय थियो। अहिले यसले काठमाडौंलाई समेत आफ्नो घर बनाइसकेको छ।, कहाँ हुर्कन्छन् यी लामखुट्टे?, एडिज लामखुट्टे दुई किसिमका हुन्छन् — एडिज इजिप्टाइ र एडिज अल्बोपिक्टस।, हामीलाई टोक्ने प्रजाति 'एडिज इजिप्टाइ' हो। यसको आनीबानी नै हाम्रो लागि जोखिमपूर्ण छ। यसले हाम्रो घरभित्रै आफ्नो जीवनचक्र चलाउँछ। यो अल्बोपिक्टसभन्दा चहकिलो कालो हुन्छ।, अल्बोपिक्टस झाडी र बारीमा बढी सक्रिय रहन्छ। त्यसैले सहरी क्षेत्रमा त्यति देखिन्न। इजिप्टाइ भने हामीबीच नै हुर्कंदै जान्छ।, हामी सधैं सुन्छौं, घरवरिपरि फोहोर पानी छ भने लामखुट्टेको बिगबिगी बढ्छ। तर यो लामखुट्टेको स्वभाव फरक हुन्छ। यसलाई फोहोर होइन, सफा पानी चाहिन्छ। सफा पानीमै फुल पार्छ।, बाल्टिन, ड्रम वा कुनै सानो भाँडोमा थोरै पानी छ भने पनि त्यहाँ आफ्नो घर बनाइहाल्छ। त्यहीँ फुल पार्छ। त्यहीँ 'लार्भा' हुर्किन्छन्। मिनरल वाटर बोतलको बिर्कोमा अलिकति पानी जम्मा छ भने पनि यसको जीवनचक्र चल्छ। प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यान, गमलामुनि पानी तर्काउन राखिएका प्लेट पनि डेंगी लामखुट्टे हुर्कने सहज ठाउँ हुन्।, हामीकहाँ जताततै थोत्रा टायर फालिएका हुन्छन्। यी टायरमा पानी जम्मा भएर बस्छ। यताउता हल्लाउँदा पनि हत्तपत्त पानी खस्दैन। यही पानी लामखुट्टे हुर्कने सजिलो ठाउँ बनिदिन्छ।, घरका छतमा राखिने पानीट्यांकी पनि यस्तो लामखुट्टेको सजिलो बासस्थान हो। बिर्को खुलेको मौकामा भित्र छिरेर फुल पार्न पायो भने ह्वारह्वार्ती फैलिन्छ।, सफा पानीमा हुर्कने आनीबानीकै कारण डेंगी लामखुट्टे काठमाडौंमा फैलिएको गौतम बताउँछन्।, 'काठमाडौंमा पानी अभाव छ। बाटा, बाल्टिन, ड्रममा पानी जम्मा गरेर नराखी धर छैन,' उनले भने, 'यसरी नै जम्मा गरेर राखेका पानीमा हामी डेंगी लामखुट्टे हुर्काइरहेका छौं।', डेंगीबाट बच्ने १० उपाय, यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा न झुलले समस्या टर्छ, न धूपले। औषधि छर्ने हो भने पनि कहाँ-कहाँ छर्ने?, यस्तो लामखुट्टे हाम्रै भान्छामा बोतलको बिर्कोदेखि गमलामुनिको प्लेटमा समेत हुर्किरहेको हुनसक्छ। कहाँ–कहाँ सफा गर्ने?, विश्वमा डेंगी लामखुट्टे नियन्त्रण भएका ठाउँको अनुभव हेर्ने हो भने कडा कानुनले मात्र काम गरेको देखिन्छ। सिंगापुर यसको उदाहरण हो।, सिंगापुरजस्तो सफासुग्घर ठाउँमा पनि केही वर्षअघि डेंगीको प्रकोप थियो। सहरका मूल सडक र रेल्वे स्टेसनहरूमा डेंगीबाट बच्न जनचेतनामूलक बोर्डहरू राखिएका थिए।, यस्ता प्रचारात्मक कार्यक्रमसँगै त्यहाँ कडा कानुन लागू गरियो। घरभित्र र वरिपरि पानी जमाएर राख्नेलाई कारबाही गर्न थालियो। कसैको घरआँगनमा कुनै बोतल, प्लास्टिक भाँडाकुँडा, टायर लगायत डेंगी लामखुट्टे सल्किन सक्ने साधन फेला परे जरिवाना तिराउन थालियो।, श्रीलंका, पाकिस्तान, भारतले पनि डेंगी महामारी रोक्ने अभियान चलाएका छन्। त्यहाँ पानी जम्मा गर्नेलाई चेतावनी र जरिवाना तिराउने गरिन्छ। कार्यान्वयन भने फितलो छ।, यो हदसम्म कानुनी कारबाही र जरिवानाको व्यवस्था नेपालमा तत्काल सम्भव छैन। अर्कातिर हामीकहाँ खानेपानी सधैं अभाव हुन्छ। अधिकांश टोलमा बढीमा साताको एकचोटि पानी आउँछ। पानी जोहो गर्न बाटा, बाल्टिन, ड्रममा जम्मा नगरी धर छैन। पछिल्लो समय आकाशेपानी जम्मा गर्ने चलन पनि बढेकै छ। डेंगी लामखुट्टे यस्तै वातावरणमा फैलिन्छ।, त्यसो भए डेंगीको जोखिम कहिल्यै हट्दैन त?, हामी १० वटा यस्ता सजिला उपाय अपनाउन सक्छौं जसले डेंगी लामखुट्टे नियन्त्रणमा सघाउ पुग्छ।, एक, तपाईंहरूले जुनसुकै भाँडामा पानी जम्मा गर्दा हावा नछिर्ने गरी टम्म बिर्को लगाउनुस्। छतको ट्यांकीमा सधैं कसिलो गरी बिर्को लगाउने बानी गर्नुस्। भूमिगत ट्यांकी छ भने पनि कहिल्यै खुला नछाड्नुस्।, दुई, बिर्को नभएको भाँडामा सकभर पानी जम्मा नगर्नुस्। गर्नैपर्ने भए हावा नछिर्ने गरी छोपेर राख्नुस्।, तीन, आफूले जम्मा गरेको पानी बढीमा दुई–तीन दिनमा प्रयोग गरिहाल्नुस्। त्योभन्दा बढी समय जम्मा गर्दा जतिसुकै सतर्क भए पनि कुनै न कुनै रूपले डेंगी लामखुट्टे छिरेर फुल पार्नसक्छ। एउटा मात्र लामखुट्टे छिरेर फुल पार्न पायो भने पनि रोग फैलाउन पर्याप्त हुन्छ।, चार, घरका भाँडाकुँडा सफासुग्घर राख्नुस्। पानी नभएका बाटा–बाल्टिन सधैं सुख्खा राख्नुस्। अलिकति पानी पनि लामखुट्टेलाई फुल पार्ने घर बन्न सक्छ। त्यसैले पानी जम्मै तर्काएर–सुकाएर घोप्ट्याउने गर्नुस्। फ्रिजको पछाडि जम्ने पानी सकेसम्म दिनकै वा कम्तीमा तेस्रो दिनसम्म फ्याँकिसक्नुस्।, पाँच, गमलामुनिको प्लेटमा पानी जम्न नदिनुस्। पानीमा राखिएका फूल-बिरूवा भए बढीमा दुई दिनमा पानी फेर्नुस्। बरन्डा वा छतमा पानी जमेको भए बडारकुँडार पारेर फ्याँक्नुस्।, छ, बाथरूम, ट्वाइलेट, भाँडा माझ्ने ठाउँ र स-साना मगमा पानी जमेको छ कि याद गर्नुहोस्। ट्वाइलेट प्रयोग गरे पनि, नगरे पनि हरेक एक-दुई घन्टामा फ्लस गर्ने बानी गर्नुस्। फ्लस गर्न पानी छैन भने कमोडलाई प्लास्टिकले टम्म कस्नु राम्रो।, सात, आकाशको पानी जम्मा गर्ने भाँडो थापेर धेरै दिन नराख्नुस्। पानी परेका बेला थाप्नुस्, चलाउनुस् र भाँडो सुकाइहाल्नुस्। यी भाँडाकुँडामा विषादी छर्नु हुँदैन।, आठ, झ्याल–ढोकामा जाली लगाउनुस्। यो जुनसुकै लामखुट्टे रोक्न काम लाग्छ।, नौ, सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुस्। दिउँसो सुत्दा झुल टाँगेर मात्र सुत्ने गर्नुस्।, दस, बारी वा पानी भएका ठाउँमा काम गर्न जाँदा पूरा बाहुला भएका लुगा लगाउनुस्। हातखुट्टामा लामखुट्टेले नटोक्ने मह्लम घस्नुस्।, झर्को नमान्ने हो भने यी उपाय खासै अप्ठ्यारा छैनन्। तर यो काम एक्लो घरले गरेर हुँदैन। टोल–गाउँका सबैले गर्नुपर्छ।, डेंगी कत्तिको डरलाग्दो रोग हो?, यो लामखुट्टे रोकथाम गर्न जति गाह्रो छ, डेंगी रोगबाट ज्यान जाने सम्भावना उति कम हुन्छ।, डेंगी भाइरसका चार प्रकार हुन्छन्। पहिलो प्रकार (टाइप–१) को भाइरसमा सामान्यतया ज्वरो, रूघाखोकी, टाउको दुख्ने र एकदमै धेरै जीउहात गल्छ। आँखाका गेडी फुट्लाजस्तो हुन्छ।, यस्तो अवस्थामा सामान्य पारासिटामोल र झोलिलो पदार्थ खाए त्यसै ठिक हुन्छ। धेरैले त डेंगी लागेको थाहा पनि पाउँदैनन्।, कोही–कोहीमा भने आँखा, नाक, मुखबाट रगत बग्ने लक्षण देखिन्छ। यस्तो अवस्थामा पुगेको मान्छेले राम्ररी उपचार नपाए ज्यान जान सक्छ।, एकपटक टाइप–१ भाइरसयुक्त लामखुट्टेले टोकेर कसैलाई डेंगी लाग्यो र ऊ पारासिटामोल खाएर ठिक भयो। अर्कोपटक फेरि त्यही भाइरसयुक्त लामखुट्टेले टोके उसलाई खासै फरक पर्दैन। त्यही मान्छे टाइप–२ वा अरू प्रकारका भाइरससँग संक्रमण भयो भने जोखिम बढ्छ। जटिलता बढ्छ।, डेंगी लागेपछि रगतमा प्लेटलेट्सको मात्रा घट्दै जानु चाहिँ चुनौतीपूर्ण हो। यसको निम्ति नियमित रगत परीक्षण गराउनुपर्छ। प्लेटलेट्स सामान्य छ भने अस्पताल भर्ना हुनुपर्दैन। घरै बसेर उपचार गराउन सकिन्छ। प्लेटलेट्स न्यूनतम विन्दुभन्दा निकै कम भयो भने चाहिँ अस्पताल नगई हुन्न।, अर्को महत्वपूर्ण कुरा, जीउ दुख्ने वा ज्वरो आउनेजस्ता लक्षण हराइसक्दा पनि डेंगीको असर केही समय बाँकी रहन सक्छ। प्लेटलेट्स कम भइरहनसक्छ। त्यसैले ज्वरो निको भइसकेपछि पनि प्लेटलेट्स नाप्न रगत परीक्षण गराउनैपर्छ।, 'स्मार्ट' लामखुट्टेको 'स्मार्ट' आनीबानी
राजु अधिकारी उदयपुरको बेलका नगरपालिका वडा ७ का वडाध्यक्ष निकेश राई त्यसबेला भर्खरै निर्वाचित भएका थिए। आफ्नै वडामा पर्ने गोवाटार भन्ने गाउँमा बस्नेत परिवारमा विवाद भएको खबर आएपछि मध्यस्थता गरेर मिलाउन उनी त्यहाँ पुगे।, यो जेठ ५ गतेको कुरा हो। उनी त्यहाँ पुगेपछि गाउँले र बस्नेत परिवारका सदस्य पनि भेला भए। कुरा सुन्दा थाहा भयो, नातामा दाजु पर्ने नरबहादुर बस्नेतले भाइ राजकुमार बस्नेतको परिवारमा रहेका तीन जना महिला सदस्यलाई ‘बोक्सी’ को आरोप लगाउँदा रहेछन्।, आफ्ना दुई जना आमा र पत्नी सरितालाई निरन्तर बोक्सीको आरोप लगाउन थालेपछि राजकुमारले वडाध्यक्ष र गाउँले गुहारेका थिए। त्यहाँ वडाध्यक्षले मात्रै होइन, गाउँलेले पनि नरबहादुरलाई हप्काए। अन्धविश्वासको पछि लागेर कसैलाई आरोप लगाउन हुन्न भनेर सबैले उनलाई सम्झाए।, ‘यस्तो नचाहिने कुरा अबदेखि नगर्नू, यदि फेरि पनि यस्तै कुरा गरेको थाहा पाए कानुनी कारबाही हुन्छ अरूलाई बोक्सी भनेर आरोप लगाउन पाइन्न’, वडाध्यक्ष राईले नरबहादुरलाई सम्झाउँदै भने, ‘तपाईंहरू आफन्त मात्रै होइन, छिमेकी पनि हुनु हुँदोरहेछ। यस्तो कुरा गर्नु हुँदैन।’, वडाध्यक्षदेखि गाउँलेसम्मले र्‍याखर्‍याख्ति पारेपछि नरबहादुरले गल्ती महसुस गरे। आफ्नी काकीहरू र बुहारीलाई त्यस्तो आरोप नलगाउने वाचा गरेर उनीहरू छुट्टिए। आफन्त नै भएका कारण राजकुमारका दुबै आमा र पत्नीले पनि नरबहादुरलाई माफी दिए।, यसरी वडाध्यक्ष र छरछिमेकसँग अबदेखि आरोप नलगाउने वाचा गरेका ४३ वर्षीय नरबहादुरले भदौ १७ गते शुक्रबार राजकुमारसहित उनको परिवारका तीन जना सदस्यको विभत्स हत्या गरे।, खेतमा धान गोडेर फर्किँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको खुकुरी प्रहार गरी हत्या गरेका नरबहादुरले के त्यही कारण यति ठूलो नरसंहार मच्चाए?, अभियुक्तलाई पक्रेर अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले अहिलेसम्म यसबारे केही भनेको छैन। ‘अहिले पनि हामी अनुसन्धानकै क्रममा छौं’, उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले भने ‘हत्याको कारण सामान्य पारिवारिक विवाद मात्रै देखिएको छ।’, त्यो विवाद के थियो भन्ने चाहिँ उनले खुलाएका छैनन्।, बस्नेत परिवारका केही छिमेकी र वडाध्यक्ष राईका अनुसार भने अन्धविश्वासको आवेगले यो घटना निम्तिएको हो।, ‘उनीहरूको घर सय मिटर तल्तिर र मास्तिर थियो,’ बस्नेतका एक जना छिमेकीले सेतोपाटीसँग भने, ‘आउजाउ हुन्थ्यो। नातेदार थिए। त्यही बोक्सी आरोप लगाउँदा भने सम्बन्ध बिग्रेको थियो।’, वडाध्यक्ष राईले पनि त्यही आरोप लगाउने र राजकुमारको परिवारले प्रतिवाद गर्दै आएकोबाहेक अन्य कुनै लेनदेन वा विवादको कारण थिएन।, ‘त्यही विवाद यति ठूलो रूपसम्म पुगेछ जस्तो लागेको छ’, राईले भने, ‘बाँकी त प्रहरीले अनुसन्धान गरिरहेको छ। कारण खुल्ला नि!’, शुक्रबारका दिन राजकुमार र सरिता मात्रै होइन, खेतमा काम गर्न उनीहरूको साथमा छोरा सुजन र दुबै जना आमाहरू पनि खेततिरै गएका थिए। ११ देखि साढे ११ बजेतिर दुई जना आमाहरूले छोराबुहारी र नातिलाई घर गएर गाइवस्तुको हेरचाह गर्न भनेर अह्राए।, ‘नरबहादुर खुकुरी बोकेर बाटोमा ढुकेर बसेको रहेछ,’ वडाध्यक्ष राईले भने, ‘बबिङ खोलामा उनीहरू आइपुग्दा आक्रमण गरेर हत्या गरेछ।’, भाइको परिवारका तीन जनाको हत्या गरेपछि नरबहादुरले गाउँलेलाई ‘मैले मान्छे मारें, अब प्रहरीकोमा जान्छु। मेरो परिवारको हेरविचार गरिदिनु भनेर केही गाउँलेलाई भनेको’ वडाध्यक्षले सुनाए।, यदि त्यस दिन आमाहरू पनि उनीहरूसँगै फर्केका भए उनीहरूमाथि पनि आक्रमण हुनसक्ने खतरा रहेको छिमेकी बताउँछन्।, ‘मलाई त्यो दिन साढे दुई बजेतिर खबर आएपछि बल्ल मैले प्रहरीलाई खबर गरें’, वडाध्यक्ष राईले भने, ‘त्यसक्रममा प्रहरीले उनलाई फेला पारेर पक्रेको हो।’, नरबहादुरले आरोप लगाउने क्रममा उनले ज-जसलाई बोक्सी आरोप लगाए, तिनै महिलाले सपनामा आफूलाई दुःख दिने गरेको बताउँथे। पत्नी, एक छोरा, तीन छोरीका अभिभावक उनको ठूली छोरीको  बिहे भइसकेको छ। आफूलाई सपनामा दुःख दिएकै कारण काकीहरू र बुहारीलाई ‘बोक्सी’ करार गरेका नरबहादुरले अन्ततः उनीहरूको ज्यान लिएरै छाडे। , राजकुमारको परिवारमा अब दुई जना साना छोरीहरू र दुई जना आमाहरू बाँकी छन्। बाबुको पहिल्यै मृत्यु भइसकेको छ। ठूली छोरी ९ र सानी छोरी पाँच वर्षका छन्। उनीहरूलाई राजकुमारकी बहिनीले हेरचाह गर्दैछिन्। आमाहरू छोराबुहारी र नातिको शोक बारेर बसेका छन्।, उदयपुरको यो सामूहिक अनि पारिवारिक सदस्यबाटै भएको हत्याकाण्डले तीन वर्षअघिको पाँचथर र एक वर्षभन्दा केही अघिको संखुवासभा हत्याकाण्ड सम्झाइदिएको छ। , २०७८ भदौ २१ गते सोमबार सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुने गरी यस्तै घटना भएको थियो ।, ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या परिवारकै सदस्यबाट भएको थियो । परिवारका दुई जना जवान छोरा विदेशमा रहेका बेला  घरमा ९० वर्षका हजुरबुबा मात्रै संयोगले बाँचेका थिए।, उनीहरू सबैको हत्या नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीले गरेका थिए। , संखुवासभा काण्ड हुनुभन्दा दुई वर्षअघि अर्थात २०७६ जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको यही शैलीमा विभत्स हत्या भएको थियो। दुई वटा परिवारका सबैजसो सदस्यको ज्यान लिने गरी भएको त्यो घटनामा पनि परिवारकै सदस्य ज्वाइँ मुख्यकर्ता थिए।, यद्यपि, ससुराली परिवार सखाप पारेर हत्यारा स्वयंले ‘आत्महत्या’ गरेका कारण त्यो नरसंहारमा प्रहरी अनुसन्धान नै टुंगियो। प्रहरीले हत्यारा भनेर किटान गरेका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान रोकियो । , त्यो घटना पारिवारिक किचलोले निम्त्याएको विभत्स घटना थियो। मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको घरमा नौ जनाको ज्यान लिने घटना बमबहादुरकै कान्छा ज्वाइँ मनबहादुर माखिमको ‘सनक’को परिणाम थियो।  उनले ससुरा बमबहादुर फियाक, सासु पुर्सीमाया, पत्नी मनकुमारीको हत्या गरेका थिए। बमबहादुरकी अर्की छोरीतर्फकी नातिनी १० वर्षीया आशिका खजुमलाई पनि मनबहादुरले हत्या गरेका थिए। मनबहादुर त्यतिमै रोकिएनन्। साँढु दाइ धनराज शेर्माको परिवारका कोही पनि सदस्य नरहने गरी नरसंहारमा उत्रिए। धनराजसहित उनका परिवारमा पत्नी जस्मिता, १२ वर्षीया छोरी युहाना, १० वर्षीया मुना र भतिजी ८ वर्षीया इच्छाको पनि सोही घटनामा हत्या भएको थियो।, संखुवासभा घटनामा पनि लोकबहादुरको ‘सनक’ले नै काम गरेको थियो । तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुरले सम्झिएपछि ‘रिस’ उठेको र त्यसपछि आँगनबाट दाउरो टिपेर उनलाई हिर्काएर हत्या गरेको उनले त्यसबेला बयान दिएका थिए। यसरी परिवारका सबैजसो सदस्यको हत्या भएको थियो।, खेत गोडेर फर्किँदै थियो राजकुमारको परिवार, खुकुरी बोकी ढुकेर बसेका थिए नरबहादुर
रासस रात्रिकालीन बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सञ्चालन मापदण्डको मस्यौदा तयार गरेको छ।, व्यवसायीले जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा बहस सुरू गरेपछि प्रशासनले मापदण्डको खाका तयार गरेर व्यवसायिक सङ्घसंस्थासँग छलफलसमेत गरेको हो। , प्रशासनले रातिको समयमा आपराधिक क्रियाकलाप पनि हुनसक्ने सम्भावित जोखिम हटाउनका लागि रात्रिकालीन बजार सञ्चालनका लागि मापदण्ड तयार गरेको हो।, तयार गरिएको मापदण्डमा नसमेटिएका र सुधार गर्नुपर्ने कुरा के के हुनसक्छन् व्यवसायिक सङ्घसंस्थासँग छलफल गरेर सुझाव मागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। , ‘रात्रिकालीन व्यवसायमा मनोरञ्जन पनि जोडिन्छन्, जसका कारणबाट आपराधिक गतिविधि पनि हुन सक्छन्’, उनले भने, ‘रात्रिकालीन बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ?, कसरी मर्यादित बनाउन सकिन्छ?, त्यसका लागि मापदण्डको खाका तयार गरिएको हो।’ , प्रशासनले तयार गरेको मापदण्डको मस्यौदामा होटललगायत मनोरञ्जनात्मक व्यवसायलाई बढी केन्द्रित गरिएको छ।, जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएपछि प्रारम्भ हुनेगरी तयार गरिएको मापदण्डमा रात्रिकालीन बजार सञ्चालन गर्ने स्थानमा सिसिटिभी र लाइटलाई अनिवार्य गरिएको छ। कम्तीमा ३० दिनको रेकर्ड रहनेगरी सिसिटिभीको व्यवस्था गर्नुपर्नेछ भने लाइन गइहालेमा पनि वैकल्पिक लाइनको प्रबन्ध मिलाएको हुनुपर्नेछ। , महिला कामदारको सुरक्षालाई विशेष महत्व दिइएको छ। त्यसबाहेक व्यवसायिक आचारसंहिता, श्रम ऐनअनुसारको श्रमिकको न्यूनतम पारिश्रमिक, महिला कामदारलाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने प्रावधान राखिएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्र रेग्मीले रात्रिकालीन बजार सञ्चालनका लागि सुरक्षालाई केन्द्रित गरिएको र निर्धारण गरिएको मापदण्ड पालना गर्न व्यवसायी तयार हुनुपर्ने बताए। , त्यस्तै, होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृतिअनुसार सम्बन्धित निकायमा दर्ता गरी व्यवसाय सञ्चालनका लागि लिनुपर्ने अनुमति लिई सञ्चालन गर्नुपर्नेछ।, व्यवसाय सञ्चालन गर्ने समय र राज्यले गर्ने स्वास्थ्य मापदण्डसम्बन्धी व्यवस्थाको पनि पालना गर्नुपर्नेछ।, सबै व्यवसायी कर्मचारी तथा कामदारले कोभिड-१९ विरूद्धको पूर्ण खोप लगाएको हुनुपर्नेछ।, व्यवसाय सञ्चालन गर्दा राज्यले जारी गरेका कानुनी प्रावधान अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। त्यस्तै, सबैले देख्नेगरी मूल्यसूची राख्नुपर्नेछ। , सेवाग्राहीले पनि श्रमजीवी महिलाप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ। उनीहरूको मर्यादामा आँच आउने कुनै पनि गतिविधि गर्न पाइने छैन।, नृत्य गर्ने कलाकारले उत्तेजक पोशाक लगाई नृत्य गर्न पाइने छैन। रात्रिकालीन बजारमा सञ्चालित प्रतिष्ठानले आफ्ना कामदार कर्मचारीलाई ड्रेस तथा परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ भने कार्यस्थलमा उनीहरुले अनिवार्य रूपमा ड्रेस लागाउने र परिचयपत्र भिरेको हुनुपर्नेछ। , रात्रिकालीन बजारमा मापदण्डानुसार काम भए/नभएको अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी अनुगमन समितिको परिकल्पना गरिएको छ।, अनुगमन समितिमा जिल्ला समन्वय अधिकारी जिल्ला समन्वय समितिको कार्यालय, प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी नायब उपरीक्षक सशस्त्र प्रहरी बल, सम्बन्धित स्थानीय तहका अधिकृत र व्यवसायिक संस्था रहनेछन्।, व्यवसायिक सङ्घसंस्थाको सुझाव सल्लाहअनुसार मापदण्डको मस्यौदामा सुधार गरेपछि मात्रै कार्यान्वयनमा जाने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। , रूपन्देहीमा रात्रिकालीन बजार सञ्चालन मापदण्डको मस्यौदा तयार
सेतोपाटी संवाददाता ९ दिनदेखि हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह सोमबार पनि छुटेका छैनन्। , कमेडियन अपूर्वविरूद्ध जाहेरी दिएका अभियन्ताहरूले नै सहमति गरी छाड्न पहल गरे पनि उनी ९ औं दिनमा पनि नछुटेका हुन्।, जाहेरी परेपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। आठ दिनपछि अभियन्ताहरूले नै उनलाई क्षमा गरेको र हिरासतबाट छाड्न पहल गर्ने भन्दै आइतबार परिसर पुगेका थिए।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनको फाइल नै आफ्नोमा आइनपुगेको बताए।, धेरै शीर्षकमा जाहेरी परेको र त्यसको प्रक्रिया पुर्‍याउन समय लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए।, ‘यसमा धेरै शीर्षकमा जाहेरी परेको थियो। यसको प्रक्रिया सकिएको छैन। भोलि सकिन्छ,’ उनले भने।, अपूर्वविरूद्ध अभियन्ताहरूले विभिन्न शीर्षकमा जाहेरी दिएका थिए।, प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।, नेवा समुदायमाथि लक्षित गरी स्ट्यान्डअप कमेडी गरेपछि विवादित बनेका उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो।, सिंहलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको थियो। म्याद भोलि सकिँदैछ।, कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।, भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध भयो, आलोचना भयो। नेवा समुदायका अभियन्ताहरूले त्यसको विरोध गरे। अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि प्रहार गरेको भन्दै एउटा समूहले उनको चर्को आलोचना गर्‍यो।, विरोध भएपछि कमेडी क्याफेको युट्युबबाट भिडिओ शनिबार नै हटाइयो। नेवा समुदायमाथि चोट पुगेको भन्दै सिंहले माफी मागेका थिए।, आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह
रासस काठमाडौं महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरू गरेको हो।, सोमबार नयाँ बसपार्कबाट गोंगबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।, आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैका ५० बढी अवैध संरचना भत्काइएको थियो।, महानगरले यसअघि बानेश्वर कम्प्लेक्समा निर्माण भएका, काठमाडौं मलका, आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमकै अल्फाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएको थियो।, यही सन्दर्भमा केही दिनअघि सानो भर्‍याङमा रहेको अवैध ७ टहरा पनि भत्काइएको छ।, नक्सा अनुरुप निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्मण भएका सबै संरचना अवैध ठहर गर्दै महानगरले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने अठोट लिएको जनाएको छ।, हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन भएको महानगरले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने पनि महानगरको भनाइ छ।, दुई दिनमा काठमाडौं महानगरले भत्कायो १०० भन्दा धेरै अवैध संरचना
सेतोपाटी संवाददाता संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी छुटेका छन्।, सोमबार साँझ गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ हिरासतबाट छुटेका हुन्।, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए।, मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।, पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।, उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पनि दिएको थियो।, तर मन्त्री श्रेष्ठले आफ्नो पदीय दुरूपयोग गरी आफ्नो डिउटी पूरा गर्ने सुरक्षागार्ड गुरूङलाई हिरासतमा पठाएको भन्दै आलोचना भएको थियो। त्यसपछि सोमबार उनैले गृहमन्त्री बालकृष्ण खाणलाई हिरासतमुक्त गराइदिन आग्रह गरेका थिए।, त्यसपछि खाणले गुरूङलाई छाड्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए, यता गरूड सेक्युरिटिजले भने आफ्ना गार्डको कुनै गल्ती नभएको दाबी गरेको छ। उनको रिहाइको माग गर्दै सोमबार नै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा समेत दायर भएको थियो।, सम्बन्धित समाचारहरू:, ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्डलाई पक्रियो प्रहरीले, ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ परेकोबारे के भन्छन् पर्यटन मन्त्री श्रेष्ठ, मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान, मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटे रवि लामिछानेले, रवि लामिछानेले हिरासतमा रहेका सुरक्षा गार्ड सँगको तस्बिर सार्वजनिक गरेपछि छानबिनमा तानिए इन्स्पेक्टर र असई, प्रहरी हिरासतमा रहेका सुरक्षा गार्ड गुरूङको रिहाइ माग्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट, हिरासतमा रहेका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन, सुरक्षा गार्डले गल्ती महशुस गरेकाले रिहा गर्न भनेका हौं: मन्त्री श्रेष्ठ, मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड छुटे
रासस भक्तपुरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालित क्यान्टिनले कुहिएको मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ। , भक्तपुर नगरपालिकाको अनुगमन समितिले सोमबार गरेको अनुगमनमा अस्पतालका क्यान्टिन दुर्गन्धित र फोहोर रहेको पाएको हो।, 'बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको छ,' अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए।, अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित 'सदाबहार चमेना गृह' को फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ। त्यस्तै पाकेको र काँचो खाद्य वस्तुहरू एकै ठाउँमा राखेको, अखाद्य तेलमा पटकपटक खानेकुरा पकाएर प्रयोग गरिएको, भान्छा एकदमै फोहोर र गन्हाउने रहेको अवस्थामा भेटिएको छ।, त्यस्तै क्यान्सर अस्पतालको 'सुप्रिमु रेस्टुरेन्ट एण्ड मःम हाउस' ले म्याद नाघेका चामल लगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहोर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको छ। , सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अस्पतालमा सञ्चालित 'गुडविल रेस्टुरेन्ट एन्ड क्यान्टिन' मा भान्छाको भुइँभित्ता फोहोर भएको, फोहोरको व्यवस्थित निकास नभएको, दर्ता प्रमाणपत्र पसलमा नभएको पाइएपछि टोलीले दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको अनुगमन समितिका सदस्य रामप्रसाद प्रजापतिले जानकारी दिए।, त्यस्तै इवामुरा अस्पतालमा रहेको 'सुनिता खाजा घर' मा भान्छामा फोहोर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरू, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताबिनै सञ्चालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए।, टोलीले सबै अस्पतालका कामदारहरूलाई एप्रोन, मास्क, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा सफा एवं व्यवस्थित गरी ग्यास सुरक्षित राख्न र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको प्रजापतिले जानकारी दिए।, अस्पतालको क्यान्टिनमै कुहिएको मासु, गलेका खानेकुरा बिक्री
रासस विषालु सर्पको टोकाइबाट कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ।, शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ।, मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई पनि यही भदौ १८ गते बिहान सुतिरहेका बेला घाँटीमा सर्पले डसेको थियो। महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।, सुतेकै ठाउँमा सर्पले डसेर युवतीको मृत्यु
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। , प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।, हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ। , प्रदेश–१, मधेस प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । , जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागको भनाइ छ । , प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।, यस्तै भोलि बुधबार प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।, बिहिबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।, कस्तो रहला आजको मौसम?
रासस मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको हो।, यसैगरी मकवानपुरमा डेंगीको प्रकोप पनि नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।, सोमबार अपराह्नसम्म मनहरि गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरी सात सय ५० जना डेंगी रोगीको पहिचान भएको छ। उनीहरूलाई तत्काल उपचार व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिए।, उनका अनुसार डेंगी संक्रमित गम्भीर बिरामीको काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।, केही सामान्य लक्षण भएका डेंगी बिरामीको भने हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए।, उनका अनुसार, हेटौंडा उपमहानगरको वडा नम्बर ४ र ५ मा हालसम्म सात सय डेंगी बिरामी फेला परेका छन्।, जापानी इन्सेफलाइटिस संक्रमणबाट ३ जनाको मृत्यु
रासस सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्।, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ।, उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक रु तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका वडा नम्बर ५ का युवराज बस्नेतले बताए।, पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा उद्योगको पाटपुर्जा चोरी भइरहेको छ।, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो।, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न रु २० लाख बजेट विनियोजन गरेको थियो।, ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन्।, चोरी हुन थाल्यो म्याग्नेसाइट उद्योगको पाटपुर्जा
रासस जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ।, जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिए।, एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गरेका थिए।, ‘बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी पर्‍यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो’,  श्रेस्तेदार  रेग्मीले भने, ‘प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो।’ अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उनले बताए।, यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’ मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो।  यसपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको छ । डा साह जलेश्वर नगरपालिका–५ महोत्तरी जिल्ला निवासी हुन्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहलाई पक्राउ पुर्जी जारी
एजेन्सी चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। , दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्।, स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। , भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ।, सरकारी सञ्चार माध्यम ,सिसिटिभी,का अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।, भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध भएको छ।, चिनीयाँ अधिकारीका अनुसार पहाडबाट ढुंगा र माटो खसेपछि सडक र बिजुली अवरुद्ध भएको छ।, भूकम्पको केन्द्रबिन्दुबाट २०० किलोमिटर टाढा रहेको चेङ्दुमा भवनहरूसमेत हल्लिएका थिए। , हालैका वर्षहरूमा चीनको सबैभन्दा घातक भूकम्प सन् २००८ मा ७.९ म्याग्निच्युडको भूकम्प थियो। जसले सिचुआनमा लगभग ९० हजार मानिसको ज्यान लिएको थियो। , गत साता मात्र कोभिड संक्रमण फैलिएको भन्दै सिचुआनको राजधानी चेङ्डुका करिब २ करोड १० लाख मानिसलाई घरमै बस्न आदेश दिइएको थियो।, चीनको शक्तिशाली भूकम्पमा कम्तिमा ४६ जनाको मृत्यु, १६ जना बेपत्ता
रासस अज्ञात रोगका कारण मनाङका चौंरीमा बिरामी भई मर्न थालेका छन्।, मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ।, केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीले उपचार थालेको बताए। चौरीलाई म्यागुते रोग लागेको अनुमान छ।, बिरामी भएकामध्ये १० चौरी मरिसकेका छन्। भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ।, त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले बताए।, हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३० मरेको छ। रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ। प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन।, रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ।, पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ।, सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यही भदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो।, पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको छ।, बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने लक्षण देखिएको छ।, दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा यो रोग देखा परेको छ। , अज्ञात रोगले मर्न थाले मनाङमा चौंरी
सेतोपाटी संवाददाता ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध भएको छ।, मंगलबार बिहान ८ बजे बुटवल र पाल्पाको सीमा क्षेत्र तल्लो सिद्धबाबा नजिक ढुंगा सहितको पहिरो झरेको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ तल्लो सिद्धबाबानजिक पहिरो झरेपछि सडक अवरूद्ध भएको हो। , अहिले डिभिजन सडक कार्यालय पाल्पाले पहिरो हटाएर सडकको आवतजावत गराउन पहल गरिरहेको जनाएको छ।, ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहको अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।, परिसरले मंगलबार अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।, परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसको अनुसन्धान सकिएको बताए। ‘यसको अनुसन्धान सकेर बिहानै फाइल पठाउन भनेका थियौं, आजै टुंगिन्छ,’ उनले भने।, नेवा समुदायमाथि लक्षित गर्दै स्ट्यान्ड अप कमेडी गरेको भिडिओ सार्वजनिक भएपछि अभियन्ताहरूले अपूर्वविरूद्ध परिसरमा जाहेरी दिएका थिए।, अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका थिए। जाहेरी दिएपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। परिसरले सुरूमा उनीविरूद्ध एउटा शीर्षकमा म्याद थप गरेको थियो।, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।, यो शीर्षकमा अनुसन्धान गर्न प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति पाएको थियो। यो म्याद आज सकिएको छ।, यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए।, यी सबै शीर्षकलाई अध्ययन गरी अनुसन्धान प्रतिवेदन बुझाउने एसपी मैनालीले बताए। ‘चार वटा शीर्षकको अनुसन्धान सकेर हामी मुद्दा बुझाउँछौं,’ उनले भने।, कमेडियन अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप छ। उनले यसरी व्यंग्य गर्दा नेवा समुदायका केही व्यक्तिहरूले आपत्ति जनाएपछि उनले माफी समेत मागेका थिए।, उनले आफ्नो फेसबुकमार्फत माफी मागेका थिए। तर पनि उनलाई कारबाही हुनुपर्ने माग गर्दै अभियन्ताहरूले उनीविरूद्ध जाहेरी दिएका थिए।, सुरूमा अभियन्ताहरूले नै उनलाई हिरासतमा पठाएपनि गत आइतबार भने उनलाई कारबाही गर्न पुगेको बताउँदै सहमति गरेका थिए। दुबै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए।, अभियन्ताहरूले यसको लागि क्षमापत्र समेत तयार गरेका थिए। यसरी क्षमा गरी छुटाउन माग गरेपछि उनी सोमबार नै छुट्ने आँकलन गरिएको थियो। तर धेरै शीर्षकमा जाहेरी आएको र अनुसन्धानको फाइल तयार भइनसकेको भन्दै अपूर्व हिरासतबाट छुटेनन्।, कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।, भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध र आलोचना भयो। विरोध भएपछि कमेडी क्याफेले युट्युबबाट भिडिओ गत भदौ ११ गते नै हटाएको थियो।, कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
डम्मर बुढामगर/रासस एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन। विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ।, यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन्। पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ।, गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ। खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत् फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो।, गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ। यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ। अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन्।, अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ। तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन्। यसले मानिसलाई सजिलो बनाइदिएको छ।, निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरूले पाँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटा पिठो पिसेर उपभोग गर्ने गर्थे। अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ।, प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन्। मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ।, उनले पहिले–पहिले पानीघट्टमा आँटा पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताए।, उनले घट्टको विकल्पमा अरू माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताए।, ‘पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरू केही थिएन, कि घरमै जाँतोमा आँटो पिठो पिस्नु पर्थ्यो, कि घण्टौं लगाएर टाढाको मिलमा जानुपर्थ्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन’, उनले भने, ‘अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टले भन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दो रहेछ।’, पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन्। घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे। त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए। अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताए। , गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उनको भनाइ छ।, ‘घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन’, सञ्चालक सुनारले भने, ‘यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरू नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे।’, मासिँदै  ढिकी, जाँतो र पानीघट्ट
दीपक बोहरा/रासस दाङ दंगीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै १७ लाख रुपैयाँ खर्च गरिसके।, एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित छन्। तर राज्यले औषधि सहज रूपमा उपलब्ध गराउन नसक्दा उनलाई निकै समस्या हुने गरेको छ। , ‘एक त सिकलसेलको उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ’, उनले भने, ‘अर्कातर्फ सहजै औषधि पाइँदैन।’, सिकलसेल लागेका उनलाई कहिल्यै खुट्टा दुख्ने, कहिल्यै हात, छाती, पेट दुख्ने समस्या हुन्छ भने कहिले श्वास फेर्न गाह्रो हुन्छ। लाखौं खर्च भइसकेकाले अब कसरी उपचार गर्ने भन्ने उनलाई सताउने गरेको छ।, उनी महिनामा दुई–तीन पटक बिरामी हुने गर्छन्। उनका घरपरिवारलाई पनि कसरी खर्च व्यवस्थापन गर्ने भन्ने चिन्ता छ।, ‘घरमा भएको जति सबै पैसा सकियो’, प्रदीपकी आमा सुन्द्रीले भनिन्, ‘अहिले प्रदीपका बुवा पैसा कमाउन भनेर काठमाडौं जानुभएको छ, त्यतै प्लमरको काम गर्नुहुन्छ।’, त्यस्तै, दंगीशरण गाउँपालिका–४ निवासी पवित्रा चौधरीलाई पनि सिकलसेल छ। उनलाई सिकलसेल भएको दुई–तीन वर्ष भयो। उनमा सिकलसेल देखियो, त्यसपछि नियमित औषधि खाइरहनुपर्छ। औषधि खाँदा–खाँदा पैसा सकिएको उनले बताए।, ‘पटक–पटक बिरामी भइरहन्छु, नियमित औषधि खाइरहनु पर्छ’, उनले भने, ‘राज्यले औषधिमा सहुलियत गरिदिए धेरै सहज हुन्थ्यो।’,  , उनलाई पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ। उनका दुई वर्षीय छोरामा पनि सिकलसेल एनिमिया देखिएको छ। छोरालाई पनि पटक–पटक ज्वरो आउने हुन्छ। , त्यस्तै, तुलसीपुर–६ वनकट्टी निवासी प्रदीप चौधरीले पनि सिकलसेल एनिमियाकै उपचारका लागि २७ लाख रुपैयाँ खर्च गरिसकेका छन्।, ‘मेरो २७ लाख उपचारमै खर्च भएको छ’, उनले भने, ‘अब कसरी उपचार गर्ने भन्ने चिन्ता थपिएको छ।’, यी त केही उदाहरणमात्रै हुन्। थारू स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय अध्यक्ष जीवराज चौधरीका अनुसार दाङमा मात्रै करिब २४ हजार यस्ता रोगी छन्।, ‘अहिलेसम्म यसको खास तथ्यांक त कसैले राखेको छैन, तर थारूहरूको जम्मा जनसंख्याको १२ प्रतिशतमा यस्तो रोग देखापरेको भनी सरकारले स्वीकारेको छ’, उनले भने, ‘दाङमा जनगणना २०७८ अनुसार करिब दुई लाख जनसङ्ख्या छ, त्यसका आधारमा अहिले पनि २४–२५ हजार सिकलसेलका बिरामी छन्।’, अहिले धेरै जनाको त ‘स्क्रिनिङ’ नै हुनसकेको छैन। यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुनसकेको छैन। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्क्रिनिङका लागि मेसिन रहे पनि उल्लेख्य मात्रामा मानिस आउने गरेका छैनन्।, अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक सय  १८ जनाले औषधि खाइरहेका छन् भने थारू संघले १९ जनालाई दिइरहेको छ। यसको उपचार पनि सम्भव छैन। संघका अध्यक्ष चौधरीका अनुसार लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ। , निको नहुने तर, उपचार गरिरहनुपर्ने अवस्था छ। बोनम्यारो प्रत्यारोपण गरे उपचार सम्भव हुने भए पनि त्यो निकै खर्चिलो रहेको उनको भनाइ छ। बोनम्यारो प्रत्यारोपणका लागि २०/२५ लाख रुपैयाँ खर्च लाग्छ।, राज्यले औषधिका लागि पनि सहज बनाउनुपर्छ।, ‘यदि भेरी अस्पतालमा सिकलसेल एनिमियाको पुष्टि भएमा भेरीबाटै औषधि लैजानुपर्ने अवस्था छ, यसले निकै समस्या पारेको छ। लकडाउनको समयमा रु सात सयको औषधि ल्याउन रु सात हजार खर्च गर्नुपर्ने अवस्था भयो’, उनले भने, ‘त्यसैले पहिचान जहाँ भए पनि पायक पर्ने स्थानबाट औषधि लैजान मिल्ने व्यवस्था गरिदिनुपर्छ।’, अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित स्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरिएको छ।, थारू समुदायमा लाग्ने यो रोगबाट धेरै जना पीडित भएको हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगीको यकिन तथ्यांक नभएको उनको भनाइ छ।, यसका लागि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि त्यति चासो देखाएको छैन।, थारू समुदायमा यो रोग भयावह भए पनि सीमित बजेटले गर्दा प्रभावकारी काम हुनसकेको छैन।, ‘हामीले विगतमा पनि सिकलसेलका लागि बजेट छुट्याएका थियौं, यसपटक पनि छुट्याएका छौं’, दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर वलीले भने।, के हो सिकलसेल एनिमिया?, चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो। मानिसको  रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ। जिन धेरै प्रकारका हुन्छन्। तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ। यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ। तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ। सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो। रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ। , सिकलसेल भएपछि रगतको कोशिकाले हँसियाको आकार लिन्छ र त्यसले विभिन्न समस्या निम्त्याउने गर्छ। त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ। यसले गर्दा कलेजो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ। हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ। त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्कघात हुनसक्छ।, यसको दुखाइ एकदमै कडा हुन्छ। स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएका व्यक्तिको हँसिया आकारको हुन्छ। सामान्यतया सेलको आयु एक सय २० दिनको हुन्छ, तर सिकल भएको हँसिया आकारको सेलको आयु २१–२२ दिनको हुन्छ। त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांशपेसी र जोर्नीमा धेरै पीडा हुन्छ। कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ।, सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षण देखिन्छन्। हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ, तर धेरै सङ्ख्यामा थारूहरूमा देखिएको छ। यो रोग थारू समुदायमा मात्रै हुन्छ भन्नु गलत भएको विशेषज्ञ बताउँछन्। , उक्त रोगको पूर्ण उपचारका लागि सबै थारू समुदायको रगत परीक्षण गरी लक्ष्यअनुसार उपचार गर्न सकिने थारू स्वास्थ्यकर्मी संघका अध्यक्ष चौधरीले बताए। साथै यो रोग न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ।, आमाबाबुबाट बच्चामा सर्ने भएकाले सिकलसेल भएका बिरामीले विवाह नगर्ने र यदि गरे पनि बच्चा नजन्माउने उनले बताए।त्यस्तै, सिकलसेल एनिमियाको बाहक भएकाले अर्को वाहक भएकासँग विवाह नगर्नसमेत उनले सुझाव दिए।, दुवै बाहक भएमा बच्चामा सर्न सक्ने उनको भनाइ छ। तर वाहक भएकाले सामान्य व्यक्तिसँग विवाह गर्दा बच्चामा नसर्ने उनको भनाइ छ।, सिकलसेल एनिमियाका बिरामी भन्छन्- एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन
नारायण खड्का रोल्पामा गत मंगलबार राति विभत्स हत्या गरिएका दम्पती हत्याकाण्ड अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिलाइबी) को टोली खटिएको छ। , जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले घटना अनुसन्धान गर्न तीन दिन अगाडि सिआइबीको टोली रोल्पा आएको जानकारी दिए। , रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती पुनको शव खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा बुधबार दिउँसो फेला परेको थियो। , उनीहरू एक महिना अगाडिदेखि  माडी गाउँपालिका वडा नं. ३ तालाबाङमा स्थानीय जयलाल डाँगीको खुला टहरोमा बस्दै आएका थिए। त्यही टहरोमा उनीहरूको हत्या भएको अवस्थामा शव प्रहरीले फेला पारेको थियो।, घटनास्थल एकान्त स्थलमा छ।, प्रहरीका अनुसार उनीहरूलाई त्यो गाउँका धेरैले चिन्दैन थिए। प्रहरी अनुसन्धानबाट पुन दम्पती त्यहाँ बस्न थालेको कुरा आधा गाउँलेले थाहा नै नभएको भनेर प्रतिक्रिया दिएको प्रहरी बताउँछ। , पुन दम्पतीको हत्यामा उनीहरूकै खुकुरी प्रयोग भएको तथ्य खुलेको डिएसपी घिमिरेले सेतोपाटीलाई बताए।, ‘घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भइसकेको छ र त्यो खुकुरी पुन दम्पतीकै भएको तथ्य अनुसन्धानबाट खुलेको छ,’ डिएसपी घिमिरेले भने, ‘एक महिना अगाडिमात्रै त्यो ठाउँमा पुगेका पुन दम्पतीको त्यसरी विभित्स हत्या गरिहाल्नु पर्ने त्यस्तो खास कारण केही देखिँदैन। तर, हत्या किन भयो? यो रहस्यको गर्भमै छ।’, तालाबाङमा जम्मा १२ घर परिवारमात्रै रहेको र बाहिरको मानिस पनि यो बीचमा कोही आएको तथ्य हालसम्मको अनुसन्धानबाट खुल्न नसकेको डिएसपी घिमिरेले बताए। , ‘पुन दम्पतीले मोबाइलसमेत प्रयोग गर्दा रहेनछन्,’ डिएसपी घिमिरेले भने, ‘मजदुरी गरी जीविकोपार्जन गर्दै आएका र अर्काको घरमा आश्रय लिएर बसिरहेका उनीहरूको हत्याको कारण रहस्यमय ढंगबाट भएको देखिन्छ।’, पुन दम्पती बस्दै आएको टहरो माथिबाट मात्रै घाम-पानी ओत्ने भए पनि खुला र एकान्तस्थल रहेको छ।, घरधनीले त्यो टहरो कुखुरा वा बंगुर पाल्ने सोचका साथ निर्माण गरेको जस्तो देखिने गरेको प्रहरीले बताएको छ।, घटना भएको  राति गाउँले कसैले पनि कुनै पनि खालको हो–हल्ला वा आवाज नसुनेको सोधपुछका क्रममा प्रहरीलाई बताएका छन्।, डिएसपी घिमिरेका अनुसार घरधनी जयलाल डाँगी मंगलबारको दिन भैंसी किन्न भनेर अघिल्लो दिन नै ओततिर झरेका थिए। , पुन दम्पती जहाँ काम पाइन्छ त्यही जाने र बस्ने गर्दै आएका थिए।, ‘उनीहरूले त्यसअघि जिल्लाको ओवाङ, इरिबाङ लगायतका ठाउँमा घुम्दै फिर्दै काम गरेका रहेछन्,’ डिएसपी घिमिरेले भने, ‘घरधनी डाँगीले उनीहरूले दुःख पाएको देखेर आफ्नै टहरोमा राख्ने र काम दिने भनेर बोलाएको देखिन्छ।’, भदौ महिनाभर बस्ने खाने नि:शुल्क व्यवस्था गरिदिएका डाँगीले उनीहरूलाई असोज महिनादेखि मासिक जनही नौ हजारका दरले तलब दिने सर्तमा त्यहाँ लगेर राखेको खुल्न आएको डिएसपी घिमिरेले बताए। , ‘घरधनीले उनीहरूले दुःख पाएको देखेर राम्रै सोचेर आफ्नै टहरोमा लगेको देखिन्छ,’ डिएसपी घिमिरेले भने, ‘माछापालन र बंगुरपालन सुरू गरेपछि उनीहरूलाई काम दिने अनि असोजदेखि तलब दिने कुरा रहेछ।’ , खुला टहरोमा बस्दै आएकी महिलामाथि बलात्कार गर्ने उद्धेश्यका साथ सुरूमा उनका श्रीमानको र त्यसपछि प्रतिवादका क्रममा श्रीमतीको हत्या भएको हो कि? भन्ने आशंका प्रहरीलाई छ। तर, पोष्टमर्टम रिपोर्ट आइनसकेको हुँदा त्यसबारे पनि किटानका साथ बोल्न मिल्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए। , ‘यो बीचमा गाउँमा बाहिरबाट कुनै पनि मानिसको आवतजावत भएको तथ्य पनि खुलेन,’ एक प्रहरी अधिकारीले भने, ‘पुन दम्पतीसँग न पैसा थियो न सुनका गरगहना, न त मोबाइल नै, अन्यथा उनीहरूको हत्या कसैले किन गर्‍यो होला?’, विभत्स ढंगले श्रीमान–श्रीमतीको हत्या भएको अवस्थामा शव फेला परेपछि प्रहरीले शव उठाउनुभन्दा पहिले घटना अनुसन्धान गर्न बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको थियो। कुकुरले पनि त्यस्तो कुनै सुराक पत्ता लगाउन नसकेपछि दुई दिनपछि कुकुर फिर्ता पठाइएको थियो। , पुन दम्पतीको विभत्स हत्याकाण्ड भएको एक हप्ता दिन बितिसक्दासम्म पनि प्रहरीले कुनै भरपर्दो सुराक फेला पार्न सकेको छैन।, गाउँलेसँग सोधपुछ तथा सिआइबीको टोलीद्वारा अनुसन्धान जारी रहे पनि हालसम्म सोधपुछका लागि भनेर प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको पनि छैन। , काठमाडौंको एक इट्टा भट्टामा काम गर्ने क्रममा भेट भएपछि गत मंसिरमा मात्रै उनीहरूले बिहे गरेको भन्ने खुलेको प्रहरीले यसअघि नै जानकारी दिएको थियो। , दुर्गाले श्रीमतीलाई घरमा समेत नभित्र्याएको भन्ने खुलेको एक प्रहरी अधिकारीले जानकारी दिएका थिए। , दुर्गाकी श्रीमतीको पहिचान पुष्टि हुने कुनै कागजात हालसम्म फेला नपरेको तथा माइती पक्षबाट समेत कोही सम्पर्कमा नआएको प्रहरीले बताएको छ।, सुनेको भरमा प्रहरीले उनको नाम पार्वती रहेको तथा माइती खोटाङमा पर्ने कुरा आएको प्रहरीले जानकारी दिएको छ। पार्वतीको यो दोस्रो बिहे रहेको भन्ने कुरा पनि खुलेको पनि प्रहरी बताउँछ।  , डिएसपी घिमिरेले पनि पार्वतीको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ र काठमाडौंमा समेत पत्राचार भएको बताए।, यो पनि:, काठमाडौंको इँटा भट्टामा प्रेम परेपछि विवाह गरेर रोल्पा गएका थिए दुर्गाबहादुर र पार्वती, रोल्पामा दम्पती हत्याकाण्ड: सिआइबीको टोलीले अनुसन्धान गर्दै
युवराज श्रेष्ठ उपल्लो मुस्ताङको नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनेका छन्। तारबारले घेरिएको संरचनामा नेपाल छिर्न एउटा गेट छ।, नेपाल–चीन आवतजावत तथा व्यापारिक प्रयोजनको कोरला नाकाको नेपालतर्फ कुनै संरचना छैन। मरूभूमि जस्तै सुख्खा र समथर ठाउँ छ।, कुनै बेला यो ठाउँ नेपाल र तिब्बतबीच व्यापार गर्ने महत्वपूर्ण नाकाका रूपमा स्थापित थियो।, कोष तथा लेखा नियन्त्रकको कार्यालय मुस्ताङका प्रमुख डालेश्वर अर्यालका अनुसार इतिहास पढ्दा त्यतिबेला नेपाल अहिलेजस्तो परनिर्भर थिएन भन्ने थाहा हुन्छ।, चीनले तिब्बत नियन्त्रणमा लिनुअघि कोरला नाका खुला थियो। तिब्बतीहरू सामान खरिद गर्न मुस्ताङसम्म आउँथे। नेपालीहरू आफ्ना उत्पादन तिब्बतमा बिक्री गर्थे।, अहिले अवस्था त्यस्तो छैन। नेपालले यसरी तिब्बतमा आफ्ना उत्पादन बिक्री गर्न सक्ने अवस्था रहेन, अत्यावश्यक खाद्यान्नदेखि विलासी सामग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था छ।, नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाकाका रूपमा मानिने कोरला बन्द छ।, सिमा पिलरबाट नेपालतर्फका समथर भूभाग। नेपालले अहिलेसम्म कुनै संरचना बनाउन सकेको छैन। तस्बीर सौजन्य –गीता राना।, सन् १९५० को दशकमा चीनमा आएको राजनीतिक परिवर्तन र त्यसका बाछिटाले यो नाका बन्द गराएको हो। स्वतन्त्र अस्तित्वमा रहेको तिब्बत जनगणतन्त्र चीनले त्यही दशक नियन्त्रणमा लिएको थियो। यस विरूद्ध तिब्बती युवाहरूले सशस्त्र प्रतिकार गरेका थिए ।, ‘खम्पा विद्रोह’ का नामले परिचित त्यो विद्रोह चिनियाँ जनमुक्ति सेनाले नियन्त्रणमा लिने क्रममा विद्रोहीहरू कोरला नाकाबाट मुस्ताङ छिरे।, उनीहरू नेपाली भूमि प्रयोग गरेर चीनमा विद्रोह जारी राख्न चाहन्थे। विद्रोही फौज सन् १९६० मा कोरला नाकाबाट मुस्ताङ छिरेपछि चीन सरकारले नाका बन्द गरिदियो।, मुस्ताङसहित अन्य उत्तरी नाका प्रयोग गरेर त्यतिबेला खम्पा विद्रोहीहरू नेपाली भूमिमा छिरेका थिए। नेपाली भूमिमा विद्रोहीहरूले स्वतन्त्र तिब्बतको माग गर्दै चीन विरोधी गतिविधि गरेपछि नेपाल सरकारले उनीहरूलाई निःशस्त्र पारेको थियो। केही विद्रोहीहरूलाई नियन्त्रणमा पनि लिएको थियो।, चीन सरकारले कोरला नाका बन्द गरेको ६२ वर्ष बित्यो। कोभिड–१९ महामारी आउनुअघि वर्षमा दुई पटक नेपाल–तिब्बत व्यापार मेलाका लागि खुला हुन्थ्यो।, करिब १५ दिन खुला हुँदा कोरला नाकाबाट १५ लाख रूपैयाँसम्म भन्सार शुल्क उठाएको मुस्ताङका प्रमुख कोष तथा लेखा नियन्त्रक अर्याल बताउँछन्।, मुस्ताङबाट गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टका अनुसार कोरला नाका खुलाउन चीन सरकारले तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाएको हो।, ‘चीन सरकारले कोरला नाकामा भन्सार कार्यालयसहित आधुनिक सहर बनाउँदैछ। भन्सारका भवन तयार भएको देखिन्छ। नेपालतर्फ कुनै संरचना छैन,’ उनले ,सेतोपाटी,सँग भने।, अर्यालका अनुसार कोरला नाकामा सुख्खा बन्दरगाह बनाउन नाका-नजिकै एक हजार ३४४ रोपनी जग्गा सरकारको नाममा छ। उक्त जग्गा भएको ठाउँभन्दा करिब आठ किलोमिटर तल भन्सार कार्यालयका नाममा दुई कोठे भवन छ तर प्रचलनमा छैन।, कोभिड–१९ महामारीअघि वर्षमा दुई पटक लाग्ने मेलाको भन्सार उठाउन भैरहवा भन्सार कार्यालयका कर्मचारी कोरला नाका पुग्थे। कोरला नाकाको जिम्मा पाएको भैरहवा भन्सारले कर्मचारी खटाउँथ्यो।, मुस्ताङ सदरमुकाम जोमसोम बजार।, सरकारले आफ्नो नाममा ल्याएको जग्गामा सुख्खा बन्दरगाह बनाउन सम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन परामर्शदाता कम्पनी छनोटको चरणमा रहेको मुस्ताङका कोष तथा लेखा नियन्त्रक अर्यालले बताए।, ‘दुई महिनामा परामर्शदाता छनोट भयो भने करिब नौ महिनामा प्रारम्भिक प्रतिवदेन र १२ महिनामा अन्तिम प्रतिवेदन आउँछ। त्यसपछि मात्र संरचना निर्माणको प्रक्रिया अघि बढ्छ,’ उनले सेतोपाटीसँग भने।, कोरला भन्सारलाई सहयोग गर्न सरकारले जोमसोममा पनि सम्पर्क कार्यालय स्थापनाका लागि सात रोपनी जग्गा व्यवस्था गरेको छ।, नेपाल सरकारले भन्सार कार्यालय लगायत आवश्यक संरचना बनाउन ढिलो गर्दा नाका खुलाउन पनि ढिलो भएको सांसद विष्टको भनाइ छ।, ‘कोरला नाका खुलाउन अब समस्या छैन। चीनतर्फ संरचना बनिसकेको छ,’ सांसद विष्टले भने, ‘यता नेपाल सरकारले संरचना बनाउन र नाका खुलाउन आवश्यक पहलकदमी लिन सकेन।’, कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि र पोखराका व्यवसायीको विश्वास छ।, ‘चीन र भारत जोड्ने सबैभन्दा छोटो र सजिलो बाटोबाट कोरला नाका हुँदै भारतको त्रिवेणी पुग्छ। यसले नेपालको अर्थतन्त्रमा फाइदा पुर्‍याउँछ,’ सांसद विष्ट भन्छन्। , उनका अनुसार चीन–भारत व्यापारका लागि पनि कोरला नाका खुलाउन जरूरी छ। कोरला नाका खुला हुँदा नेपाल आउने पर्यटकको संख्या पनि बढ्नेछ। नेपाल आउने चिनियाँ पर्यटक पोखरा आएर साहसिक गतिविधिमा रमाउने गरेका छन्। कोरला नाका भएर आउन पाए तिब्बती पर्यटकको पनि घुइँचो लाग्ने विष्टको विश्वास छ।, तिब्बत पुग्ने पश्चिमा मुलुकका पर्यटक पनि कोरला हुँदै नेपाल आउन सक्छन्। मुस्ताङको लोमान्थाङको पर्यटनका लागि पनि कोरला नाका खुला हुनुपर्ने विष्टको भनाइ छ।, ‘तिब्बती संस्कृति लोमान्थाङमा जिउँदो रहेकाले हामीले यसको प्रवर्द्धन गर्न जरुरी छ,’ उनी भन्छन्।, सरकारले उपेक्षा गरेको गुनासो, ‘मिनी तिब्बत’ भनिने लोमान्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहलमा नेपाल सरकार र गण्डकी सरकारले आवश्यक सहयोग नगरेको विष्टको गुनासो छ।, ‘लोमान्थाङमा गुम्बा छ, दरबार छ, विदेशीले मर्मत सम्भार गर्न सहयोग गर्छ,’ विष्टको भनाइ छ, ‘नेपाल सरकारले किन केही पनि सहयोग गर्दैन?’, कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टको विश्वास छ। तिब्बतमा भन्दा पुरानो गुम्बा र संस्कृति उपल्लो मुस्ताङमा भएको उनले दाबी गरे।, ‘लो–घेकर गुम्बा तिब्बतको सबैभन्दा पुरानो गुम्बाभन्दा पहिले आठौँ शताब्दीमा बनेको हो,’ उनले भने, ‘शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड यहीँ छ, तर पर्यटन प्रवर्द्धन हुन सकेन।’, उपल्लो मुस्ताङको संस्कृति बिस्तारै लोप हुने अध्यक्ष विष्टको भनाइ छ। उनले भने, ‘जलवायु परिवर्तन र सांस्कृतिक परिवर्तनले विनाश गर्छ कि भन्ने हामीलाई डर छ।’, मुस्ताङकै बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरूङले स्थानीय कला संस्कृति जगेर्ना गर्न आफ्नो पाउँपालिकाले नीतिगत पहल गरेको बताए।, उनका अनुसार सरकारी र निजी घर–भवन बनाउँदा स्थानीय कला र संस्कृति झल्कनुपर्ने गरी मापदण्ड छ। यस्तो अभ्यास लोमान्थाङ गाउँपालिकाले गरिसकेको छ।, मुस्ताङको रमणीय मार्फा गाउँ।, अध्यक्ष गुरूङले स्थानीय कला, संस्कृति, गीत, संगीतका विषयमा अध्ययन गर्न अनुसन्धान केन्द्र खोल्ने आफूले चाहेको बताए। उनले भने, ‘मुस्ताङका गाउँपालिकामा आ-आफ्नै सांस्कृतिक विशेषता छ। यिनको संरक्षण गरी पर्यटन विकास गर्नुपर्छ।’, सरकारले मोटर बाटो बनाउँदा मुस्ताङको पदमार्ग मासेको गुरूङको आरोप छ। वैकल्पिक पदमार्गको खोजी हुनुपर्ने उनले बताए। मोटर बाटो बनाउन ढिलासुस्ती भएको उनको आरोप छ ।, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार नेपाल आउने पर्यटक गुणस्तरीय छैनन्। ‘हामीले गुणस्तरीय पर्यटक बोलाउनुर्पछ,’ उनले भने, ‘अहिले आएका कतिपय विदेशी पर्यटक खानाको पैसा तिर्छु, कोठा निःशुल्क देऊ भन्ने खालका छन्।’, जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनको भनाइ छ।, ‘कोरला नाका खुलाएर मात्र हुँदैन, सडक पनि बन्नुपर्छ। बेनी जोमसोम सडक छिटो सक्नुपर्छ,’ उनले भने। , पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो छ।, ‘कोरला नाका खोल्नसके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्छ,’ उनी भन्छन्।, पर्यटन विकासमा सरकारको मात्र भर पर्न नहुने नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीको भनाइ छ। ‘मुस्ताङका सबै गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा एकीकृत योजना बनाउन सक्छन्,’ उनले भने, ‘तपाईंहरू मिलेर साझा योजना बनाएर लागु गर्नुभयो भने मुस्ताङ धेरै अगाडि आउन सक्छ।’, नाका खुलाउने कुरा प्रधानमन्त्री समक्ष राख्छु– मुख्यमन्त्री पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरला नाका खोल्न प्रधानमन्त्री समक्ष प्रस्ताव गर्ने बताए।, एक अन्तरक्रियाका क्रममा मुस्ताङका पालिका प्रमुख एवं पोखराका व्यवसायीले कोरला नाका खोल्न माग राखेपछि पोखरेलले उक्त कुरा बताएका हुन्।, ‘प्रधानमन्त्रीको अध्यक्षतामा भदौ ३१ गते राष्ट्रिय समस्या समाधान समितिको बैठक बस्दैछ,’ उनले भने, ‘कोरला नाका खोल्ने र तत्कालका लागि अस्थायी रूपमा भन्सार सञ्चालनमा ल्याउन र पछि संरचना बनाउन मेरो प्रस्ताव रहन्छ।’, कोरला नाका खुलाउन पोखरामा आयोजित अन्तक्रियामा बोल्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल। तस्बीर : युवराज श्रेष्ठ, मुख्यमन्त्री पोखरेलले बेनी–जोमसामे–कोरला सडक छिटो पूरा गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउने बताए।, भदौ दोस्रो साता मुस्ताङ भ्रमण गरेका मुख्यमन्त्री पोखरेलले उपल्लो मुस्ताङका अधिकांश ‘पुल योजना’ अलपत्र पारेको भन्दै सडक आयोजनालाई छिटो काम सक्न निर्देशन दिए।, तल्लो मुस्ताङमा बाढी र पहिरोले समस्या भए पनि उपल्लो मुस्ताङमा विकासका काम गर्न धेरै समस्या नरहेको उनको भनाइ छ।, गण्डकी सरकार अस्तित्वमा आएदेखि चीनको तिब्बत जोड्ने कोरला नाकादेखि भारत जोड्ने त्रिवेणी नाकाले प्रमुख मुद्दा बनेको उनले बताए।, ‘कोरलादेखि त्रिवेणीसम्म हामीले हाम्रो प्रदेशको लाइफलाइन भनेका छौँ,’ उनले भने, ‘यो आयोजना सम्पन्न गर्न सके गण्डकीको मात्र होइन, देशकै अर्थतन्त्र चलायमान हुन्छ।’, कहिले खुल्छ ६२ वर्षदेखि बन्द कोरला नाका?
रासस जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ। , रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए।, सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको इञ्जिनीयर साहले बताए। रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उनको भनाइ छ। , बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ। ‘जग्गा मुआब्जाको समस्यालगायतका कारण बिजलपुरा भंगाहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, ‘कतिपय ठाउँमा व्यावहारिकरुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तै पनि स्थानीयले मुआब्जा मागिरहेका छन्।’ , उनका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरुसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ।, आफूहरुले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताए। उनले भने, ‘मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिवाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो।’ , रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार सन् २०११ मा निर्माणको थालनी भएको थियो। , ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनिले जनाएको छ।, महाप्रबन्धक झाका अनुसार नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ। यस्तै निजगढ–काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भईरहेको महाप्रबन्धक झाले जानकारी दिए।, केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको विकास समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा समितिका सदस्यको टोलीले निर्माणाधिन सो रेलमार्गको निरीक्षण गरेका थिए। महोत्तरीको बर्दिबासदेखि भारतको जयनगरसम्मको रेलमार्गको निरीक्षण गरी टोलीले कुर्थादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेशसभाका सदस्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको थियो। , जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किमी निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमी रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेलसेवा सञ्चालन भइरहेको छ। सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेलसेवाको उद्घाटन गरेका थिए। त्यसयता रेलसेवा दैनिक दुई पटक सञ्चालन भइरहेको छ।   , विस्तार हुँदै रेलसेवा, कुर्थादेखि बिजलपुरासम्म गुडाउने तयारी
एजेन्सी गत आइतबार दिउँसो भारतीय राज्य गुजरातको अहमदावादबाट एउटा मर्सिडिज बेन्ज कार  आर्थिक राजधानी मुम्बईतर्फ आउँदै थियो।, मुम्बई-अहमदावाद हाइवेमा गुडिरहेको उक्त मर्सिडिज कार स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे दुर्घटनामा पर्‍यो। मुम्बईदेखि एक सय किलोमिटर टाढाको पालघार जिल्लामा सूर्या नदीको पुलमाथि कार दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, दुर्घटनामा परी दुई जनाको मृत्यु भयो। मृतकमध्ये एक जना भारतीय अर्बपति एंव व्यापारिक घराना टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्री थिए।, मिस्त्री भारतका अर्बपति उद्योगी, व्यवसायी थिए। उनीसँग २९ अर्ब डलर सम्पत्ति थियो।, ५४ वर्षीय मिस्त्रीको सडक दुर्घटनामा मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साइरसको निधन भारतीय व्यापार तथा उद्योग क्षेत्रका लागि ठूलो नोक्सान भएको भन्दै दु:ख व्यक्त गरे।, साइरसको मृत्युको चर्चा भने अहिलेसम्म सेलाएको छैन। सुरक्षाका हिसाबले निकै मजबुत मानिने उक्त मर्सिडिज एसयुभी दुर्घटनामा अगाडिको सिटमा बस्ने दुई जना घाइते मात्र भएका छन्। पछाडि बसेका मिस्त्री र उनका साथीकोचाहिँ कसरी घटनास्थलमै मृत्यु भएको भन्ने प्रश्न उठेको छ।, फर्स्टपोष्टका अनुसार उक्त कार स्त्री रोग विशेषज्ञ अनाहिता पाण्डोलले चलाएकी थिइन्। ५५ वर्षीया अनाहिताका श्रीमान् ६० वर्षका दारिउस चालक छेउको सिटमा बसेका थिए।, पछाडि मिस्त्री र उनका साथी जहाङ्गिर पाण्डोल बसेका थिए।, प्रहरीको प्रारम्भिक अध्ययनमा पछाडि बसेका मिस्त्री र जहाङ्गिरले सिट बेल्ट नबाँधेको देखिएको छ। भारतमा चालकसहित पछाडि बस्ने यात्रुले समेत सिट बेल्ट बाँध्नु पर्ने नियम छ तर यात्रु आफैंले जानेर सिट बेल्ट बाँध्दैनन्, ट्राफिक प्रहरीले पनि चालकलाई जति कडाइ गरेर सिट बेल्ट बाँध्न लगाउँछन् त्यति कडाइ यात्रुलाई गर्दैनन्।, उक्त दुर्घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले दुर्घटनाका बेला कार प्रतिघन्टा १३० देखि १४० किमिको गतिमा रहेको बताएको छ।, तीन लेनको हाइवेमा तीव्र गतिमा रहेको कार सूर्या नदीमाथिको दुई लेनको पुलमा आइपुग्दा चालकले नियन्त्रण गर्न नसकेर पुलको रेलिङमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ।, तीव्र गतिमा रहेको कारमा रहेको रेडियटर तीन फिटभित्र गएको थियो। बेस्सरी ठोक्किँदा पनि चालक र छेउमा बसेका यात्रुलाई एयर ब्याग र सिट बेल्टले केही हदसम्म जोगाएको देखिन्छ। पछाडि बसेका मिस्त्री र उनका साथी भने निकै हुत्तिएकाले उनीहरूलाई गहिरो चोट लागेको अनुमान गरिएको छ।, २०१७ मा बनेको जिएलसी २२०डी४ म्याटिक मोडलको उक्त एसयुभीमा पछाडिको सिटमा झ्यालतिर एयरब्याग भए पनि अगाडितिर नभएको द हिन्दुले उल्लेख गरेको छ। त्यसले पनि मिस्त्री र उनका साथीलाई धेरै चोट लागेको हुन सक्छ।, Why you should wear seatbelt when sitting the rear seat: ,pic.twitter.com/92XnNXoW3a, — Porinju Veliyath (@porinju) ,September 5, 2022, भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अहिले दुर्घटना हुँदा सिट बेल्ट नलगाएका मिस्त्री र उनका साथीलाई कसरी चोट लाग्यो होला भन्ने एउटा एनिमेटेड भिडिओ पोष्ट गरिरहेका छन्।, विश्व स्वास्थ्य संगठनको एउटा अध्ययनले पछाडि सिटमा बस्ने यात्रुले बेल्ट बाँधेको अवस्थामा दुर्घटना हुँदा मृत्युको सम्भावना २५ प्रतिशत कम हुने देखाएको छ।, सिट बेल्ट नबाँध्दा सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय अर्बपति मिस्त्री
सेतोपाटी संवाददाता अरिङ्गालले टोक्दा काठमाडौंमा २ जना बिरामी भएका छन्।, शनिबार बेलुकी शंकरापुर नगरपालिका वडा नम्बर २ पटापमा अरिङ्गाल पोल्ने क्रममा टोक्दा २ जना बिरामी भएका हुन्।, ३० वर्षका सुमन तामाङ र २० वर्षका सन्तबहादुर तामाङलाई अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ।, उनीहरूलाई साँखुस्थित पिपुल्स लाइफ कियर अस्पतालमा उपचार गरिएको छ।, अरिङ्गालले टोकेर काठमाडौंमा २ युवा बिरामी
सेतोपाटी संवाददाता जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको समिट एयरको जहाज पुन: पोखरा विमानस्थलमै फर्किएको छ।, आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।, जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए।, ‘इन्डिकेसन समस्या देखिएपछि जहाज पुन: पोखरा विमानस्थलमै फिर्ता गरिएको हो,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले सेतोपाटीसँग भने, ‘दायाँ इन्जिन अफ गरेर विमान सकुशल विमानस्थलमा अवतरण गरिएको छ।’, प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको जहाज फर्कियो पोखरा विमानस्थलमै
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।, शनिबार राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्पराज मल्लले जानकारी दिए।, उनी तुलसीपुर-७ भुँयारथान बस्ने ३४ वर्षीय नवीन केसी हुन्।, शनिबार उनी एक जना साथीसँग वडा नम्बर ३मा पर्ने हरनेतीमा घुम्न गएका थिए। रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए।, उनीहरू घुमेर राति फर्किँदै गर्दा साततलेस्थित बाटोमा जाम भएको थियो।, जाम भएपछि उनीहरू बाइक रोकेर बसेका थिए। प्रहरीका अनुसार भीम विक मोटरसाइकलमै बसेका थिए।, नवीन केसी मोटरसाइकलबाट ओर्लिएर सडकछेउको डिलमा उभिएर टिकटक बनाउन लागेका थिए। घुम्न गएका केसीले मापसे पनि गरेको प्रहरीले जनाएको छ। त्यसैबेला भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए। मल्लका अनुसार उनी ८० मिटर तल खसेका थिए।, राति नै उनको शव पोष्टमर्टमको लागि अस्पताल लगिएको थियो। अहिले शव परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ।, टिकटक बनाउन लाग्दा भीरबाट ८० मिटर तल खसे युवक
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ।, परम्परागत रूपमा नेवार समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ।, यस जात्राको प्रमुख कार्य लिंगो स्थापना हो। हनुमान ढोका दरवार क्षेत्रमा ध्वजापताकाले सजाइएको लिंगो ठड्याउने प्रचलन छ।, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिंगो बनाउने काठ काठमाडौं ल्याइन्छ।, चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्‍याएको हो।, यसलाई एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।, विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्‍याउने गरिएको छ।, भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठडयाइएपछि जात्रा सुरू हुन्छ।, हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरूजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन्।, इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि यो जात्रा सुरु भएको मानिन्छ। , तस्बिरहरूः रत्न श्रेष्ठ/रासस, इन्द्रजात्राको योसिँ लिंगो हनुमानढोका परिसरमा पुर्‍याइयो (तस्बिरहरू)
रोहित महतो बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ।, सो क्रममा प्रहरीले २ जना डाँकालाई नियन्त्रणमा लिएको छ।, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको थियो।, गए राति करिब १ बजेतिर ११ जनाको डाँका समूह एरोटेक प्रालि पुगेका थिए।, इलाका प्रहरी कार्यालय जितपुरका वरिष्ठ सई कमलबहादुर साहीको कमाण्डमा डाँका समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेको थियो।, डाँका समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो। डाँका समूहको तर्फबाट एक राउण्ड गोली प्रहार भएको थियो।, प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको प्रहरी नायब उपरीक्षक रामकाजी थापाले बताए।, डाँका समूहले वरिष्ठ सई साहीको टाउकोमा रड प्रहार गरी घाइते बनाएका छन्। उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको र अवस्ता खतरामुक्त छ।, घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।, डाँका समूहका दुईजना पक्राउ परेका छन्।, जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिका वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो पक्राउ परेका हुन्।, प्रहरीसँग झडपको क्रममा महतो घाइते भएको र उनको अल्पाईन अस्पाताल सिमरामा उपचार भइरहेको छ।, फरार भएका अन्य ९ जना डाँकाहरुको खोजी कार्य जारी रहेको उनले बताए।, बारामा मध्यराति डाँका समूह र प्रहरीबीच गोली हानाहान
गोपालप्रसाद बराल/रँसस नदी, नदी उकासपर्ति र पहाडी शृङ्खलामा अनियन्त्रित उत्खनन बढेको गुनासो बढदा पनि नियन्त्रणमा सम्बद्ध निकाय उदासिन देखिएका छन्।, स्थानीय तह, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनको उदासिनताले जिल्लामा अवैध र अनियन्त्रितरुपले  उत्खनन् भइरहेको जनगुनासो बढेको हो । जिल्लाका प्राकृतिक सम्पदामा क्रसर उद्योगकोे जगजगी छ ।, बालु प्रशोधन केन्द्र, क्रसर उद्योग, ढुंगा–गिट्टी क्रसर उद्योग, बालु वासिङ सेन्टरजस्ता नामबाट स्थानीय तहको सिफारिसमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दर्ता र नवीकरण गर्ने व्यवस्था छ।, नदीजन्य प्राकृतिक सम्पदाको उपयोग, संरक्षण र आवश्यक रेखदेखमा सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति र स्थानीय प्रहरी÷प्रशासनकै भूमिका हुनुपर्नेमा कानूनले निर्दिष्ट गरे पनि अनुगमन नहुँदा जिल्लामा नदीजन्य पदार्थ (बालु/ढुङ्गा) अनियन्त्रित र अवैधरुपले उत्खनन गर्ने यस्ता उद्योग  बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिकामा छ्यासछ्यास्ती देखिन्छन्।, जिल्लामा आर्थिक वर्ष २०७७/७८ सम्मयस्ता उद्योग एक सय पाँच वटा दर्ता भएकामा  २०७८/७९ को अन्त्यसम्म दर्तामध्येका ३० प्रतिशत उद्योगले मात्र नवीकरण प्रक्रिया बढाएका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।, ‘हामीकहाँ दर्ता भएका एक सय पाँचमध्ये ३० प्रतिशतले मात्र नवीकरण गरेका छन्’ घरेलु तथा साना उद्योग कार्यालयका सहायक अधिकृत गोविन्द साह भन्छन्, ‘हामी त स्थानीय तहको सिफारिस अनुसार प्रक्रिया पुगेका कागजात हेरेर दर्ता वा नवीकरण गर्छौ, त्यसको अनुगमनको पाटो त सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले नै गर्ने हो।’,  नवीकरण गरेका र नगरेका यस्ता उद्योग  कानूनी प्रक्रिया बिपरित बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका रातु, मरहा, जङ्घा, भब्सी र बाँकेलगायत नदी, नदी उकास जग्गा र नदी नजिकैका पर्ती जमिनमा अवैध तरिकाले  छ्यासछ्यास्ती सञ्चालन भइरहेका देखिन्छन् । जिल्लामा आर्थिक वर्ष २०७८/७९ सम्म दर्ता भएका एक सय पाँच  उद्योगमध्ये ३० प्रतिशतले मात्र नवीकरण गरेका सहायक अधिकृत  साहले बताए।, अन्य  ७० प्रतिशत उद्योगले नवीकरण नगरिकन नै नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन्। सबैभन्दा बढी यस्ता उद्योग जिल्लाको उत्तरी क्षेत्र गौशाला, बर्दिबास र भङ्गाहा नगरपालिकामा छन्। अन्य स्थानीय तहमा नगन्य मात्रामा रहेको र भएका पनि कतिपय बन्द भइसकेका पाइएको छ। जिल्लाको उत्तरी क्षेत्रमा गुणस्तरीय बालुवा, गिट्टी पाइने र दक्षिणी क्षेत्रमा गिट्टी, ढुंगा नहुने र बालुमा माटो मिसिने हुँदा यस्ता उद्योग उत्तरी क्षेत्रतर्फ बढेका हुन्। विशेषगरी रातु, मराहा, जङ्घा, भब्सी र बाँके नदीलाई केन्द्रित गरेर सञ्चालन गरिएका क्रसरले अवैध रूपले उत्खनन गरिरहेको व्यापक जनगुनासो बढिरहेको बेला अझ नवीकरण नै नगरी सञ्चालन गर्नुले अनेकौँ प्रश्न उब्जिएका छन्।, यस्ता उद्योगको दर्ता वा नवीकरणका लागि स्थानीयतहले विज्ञबाट वातावरणीय प्रभाव मूल्याङ्कन गराई मापदण्ड तोकेर सिफारिस दिनुपर्ने व्यवस्था छ  तर स्थानीयतहले स्थलगत अध्ययन/अनुगमन बिना नै कार्यालयकक्षमै यस्ता कागज तयार गर्ने गरेका ब्यापक गुनासो छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले दर्ता र नवीकरण कानूनअनुसार नै भएको बताए।, उक्त कार्यालयको  तथ्यांकअनुसार रातु नदीलाई केन्द्रित गरेर खोलिएका बर्दिबासमा मात्र ४१ वटा उद्योग छन् । तीमध्ये झण्डै २२ वटा अहिले पनि सञ्चालमा छन्। अन्य विविध कारणले बन्द छन् । त्यस्तै गौशालामा १४ र भङहामा ११ वटा उद्योग रहेका उक्त कार्यालयले जनाएको छ । बर्दिबासमा सञ्चालित  उद्योगमध्ये १६ उद्योगले मात्र नविकरण गरेको पाइएको छ।,  क्रसर सञ्चालकले नदीतटमा बाँधिएको तटबन्धको जगक्षेत्र पनि उधिन्नसमेत नछाडेकाले प्रत्येक वर्ष बर्खाकालमा बाढीले तटबन्ध भत्काएर गाउँबस्ती डुबाउने गरेको छ । नदीको मापण्डबिनाको अवैज्ञानिक र अनियन्त्रित दोहनले नदी सतह कतिपय ठाउँमा निकै उच्च र कतिपय ठाउँमा निकै गहिरिँदा उत्तरवर्ती क्षेत्रमा कटान र मध्य एबम् दक्षिणी क्षेत्रमा बर्सेनि डुवानको समस्या हुँदै आएको बर्दिबास–९ पशुपतिनगरका सामाजिक अभियन्ता अमृतकुमार महतोले बताए।, ढुङ्गा, गिट्टी, बालुवा बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन २०७७ लागू  भइसक्दा पनि जिल्लामा सञ्चालनरत क्रसर, वासिङ सेन्टर र प्रशोधन केन्द्रले सो अनुसार काम नगर्दा समस्या बढेको भङ्गाहा–४ का हीरालाल महतोको भनाइ छ । ढुङ्गा, गिट्टी, र बालुवा बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन २०७७ मा दूरी, उत्खनन र सञ्चालनका कार्यविधिसमेत उल्लेख गरिएको छ  तर जिल्लामा सञ्चालनरत अधिकांश उद्योगले नियमको पालना गरेका छैनन् । पूर्व–पश्चिम राजमार्गको रातु पुलसँगै जोडेर एक क्रसर उद्योग सञ्चालन हुँदै आएको छ । राजमार्ग, पुल, विद्यालय, बस्तीबाट कमसेकम यस्ता उद्योगको दूरी ५०० मिटर हुनैपर्ने कानूनी व्यवस्था विपरित  राजमार्ग छेउमै रहेको उद्योगले कानूनको धज्जी उडाएको बर्दिबासबासी बताउँछन् ।  रातुपुल छेउमै सञ्चालित क्रसरले अनियन्त्रित उत्खनन् गर्दा पुल भासिएर नयाँ पुल प्रयोगमा ल्याइएपनि क्रसर उद्योग भने निर्वाध सञ्चालनमा रहेको बर्दिबास–१ का  एक युवाले गुनासो गरे।, “हेर्नोस न, तपाईं नै, हामीलाई  के सोध्नुहुन्छ? हामीलाई कुटिनु, पिटिनु छ र?’ तीन/चार जनाको समूहमा रातुपुल छेउमै भेटिएकामध्ये एक युवा भन्छन्, ‘क्रसरवाला त डरलाग्दा छन, यिनको चियोचर्चा गर्नेलाई मिति पुर्‍याइदिन्छन्। राजमार्ग छेउको सो उद्योग ‘के प्रहरी/प्रशासन, स्थानीयतह वा अरूले  देखेका छैनन् भन्ने ठान्नुभएको छ?’ नदी, नदी उकास जग्गा र पर्ती जग्गा मात्र नभइ जिल्लामा चुरे क्षेत्रमा समेत अनियन्त्रित उत्खनन् हुँदै  गएको छ।, नदीजन्य वस्तु तथा चुरे दोहनले मानव अस्तित्वमा नै सङ्कटमा  पर्ने विज्ञले सुझाव दिइरहेका छन् । वन तथा भूसंंरक्षण मन्त्रालयले महोत्तरीसहितका ३६ जिल्लालाई चुरे संरक्षण क्षेत्रअन्तर्गत राखेको छ। मुलुकको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । ढुंगा, गिट्टी, बालुवाको दोहनले चुरे क्षेत्र खिइँदै जाँदा मानव अस्तित्वमा ठूलो संकट आउने भंगाहा–७ मेघरोलका निवासी चुरे विज्ञ डा विजयकुमार सिंहको चिन्ता छ।, समाजका विभिन्न तप्काबाट यसबारे चासो देखाइए पनि शक्तिको आडमा चुरे दोहनको भने घटेको देखिदैन ।  चुरे तथा नदी दोहनको शृङ्खला  रोक्न र चुरे संरक्षणलाई व्यवस्थित बनाउन राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति २०७१ सालमा गठनसमेत भएको छ । गठन हुने तर जिम्मेवारी भुलिदिने प्रवृतिले तराईमा चुरे तथा नदी दोहनको समस्या विकराल  हुँदै गएको बताइएको छ।, प्राकृतिक सम्पदाको दोहन
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहको पक्ष र अभियन्ताबीच छलफल हुने भएको छ।, आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा दुई पक्षबीच छलफल गर्न लागेको अभियन्ता यादवलाल कायस्थले जानकारी दिए।, यस विषयलाई टुंग्याउन दिउँसो २ बजे छलफल गर्न लागेको उनले बताए।, ‘आज दुई बजे प्रहरी चौकीमा यो विषयमा छलफल हुँदैछ। अपूर्वजीलाई छुटाउने सिलसिलामा छलफल हुन लागेको हो,’ उनले भने, ‘उहाँलाई छुटाउने नै नियत हो हाम्रो।’, कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा राखिएको थियो। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए।, विरोध भएपछि २४ घण्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो। यसमा अपूर्वले माफी समेत मागेका छन्। तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि गत आइतबार उनी पक्राउ परेका हुन्।, उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत दिएको छ। , पछिल्लो समय कमेडी गरेकै आधारमा उनलाई हिरासतमा राख्न नहुने भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।, अहिले धेरैले उनलाई छाड्नुपर्ने भन्दै माग गरेका छन्। यस्तै सामाजिक सञ्जालमा ह्यासट्याग 'आई एम सरी अपूर्व क्षितिज' भन्दै अभियान नै चलेको छ।, सम्बन्धित समाचार: ,अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य,  , कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै
तारानाथ आचार्य/रासस भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो?’ कुलबहादुर गहभरी आँसु पार्छन्। विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उनलाई। परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्छन्, ‘हो यहीँ खोला हो, हाम्रो त घर उजाडियो, परिवार खोस्यो पहिरोले।’, भुजीखोलाले बगाएका उनका छोरा नारायण विकको एक सातापछि शव भेटिएको थियो। उनीसँगै बाढीमा बगेका बुहारी टेकमाया, छोरी तिर्सना र नातीनी मनिष विक अहिले पनि बेपत्ता छन्। एउटै परिवारका चार जना सदस्य गुमाएका कुलबहादुर बिस्तारै कालो दिन बिर्सने प्रयास त गर्छन् तर हरेक वर्षको भदौ र बेला बेलामा आउने प्रश्नले उनको घाउमा नुनचुक लगाउन भने छोडेको छैन।, बेपत्ताको आशा पनि मारिसकेका कुलबहादुरको न घर छ नत परिवारनै। कुलबहादुर जस्तै ढोरपाटन नगरपालिका–९ बोबाङको भुजीखोला आसपासमा दुई वर्षअघिको घाउ नओभाएकाहरु धेरै छन्। दुई वर्षअघि भुजीखोलामा आएको बाढी पहिरामा परेर मृत्यु भएका २२ जना र बेपत्ता रहेका १५ जना सबैको परिवारका आँखा ओभाएका छैनन्।, विसं २०७७ भदौको महिना केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजीखोला आफ्नै लयमा थियो । जतीसुकै ठूलो वर्षा हुँदा पनि आफ्नो लय नछोड्ने भुजीखोलाले वर्षापछि बाढी आए पनि घरमा पसेर विध्वंश मच्चाउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्ष पनि खोला यसैगरी सुसाउँथ्यो र अहिले उसै गरिरहेको छ।, बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेँसी झरेका बेला बोबाङबासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो। भदौ १७ भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजे यही खोलामा एक्कासी उर्लेको बाढीले ऐया पनि भन्न नपाई सबै बगाइदियो। , बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बढार्‍यो। कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए। पन्ध्र जना अझै बेपत्ता छन्। ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसंहार मच्याउने गरी बाढी आएको बोबाङका वडाध्यक्ष खीमबहादुर घर्ती मगरले बताए।, कहिले भेटिएलान् हराएकाहरु ?  , भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए। त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन। ‘प्राय ठूलो बाढीपहिरामा परेकाहरु बेपत्ता हुन्छन्, भेटिँदैनन्, हाम्रो प्रहरीले लामो समय खोज्यो तर भेटेन’, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने, ‘स्थानीयले केही भेटेर खबर गरे प्रहरीले थप खोजी गर्ने हो, नभए उनीहरुको परिवारलाई राहत र पुनःस्थापनामा सहभागी गराइएको छ।’ बेपत्ता नभेटिँदा परिवारलाई भने पिरोल्ने गरेको छ। , वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता छन्।, क्षतिपछिको पुनःनिर्माण र पुनःस्थापना, बाढीपहिराको खबर पाएलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए। हेलिकप्टर चढेर ढोरपाटन पुगेका दुवैले राहत र पुनःस्थापनाको कुरा गरे। तर पीडितहरु भन्छन् , ‘उहाँहरु चढेर आएको हेलिकप्टरको हावासँगै उडे पीडितलाई दिएका आश्वासनहरू।’ गण्डकी सरकारले प्रति मृतक रु ५० हजार र संघीय सरकारको दुई लाख नगद राहतबाहेक पीडितले केही पाएनन्। तत्कालीन आवश्यकता पूरा गर्दा नै पाएको नगद राहत सकियो।, बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपत् जोखिम क्षेत्र घोषणा गरेको थियो। तर दुई वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित भएको छ। जिल्लाभरि छ सय ३२ घर पुनःनिर्माण गर्नुपर्ने गरी भत्केका छन्। ढोरपाटनमा मात्रै एक सय ३२ घरमा क्षति पुगेको थियो।,  बाढीले घरबास उठाएको दुई वर्षमा बल्ल सरकारले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छ। समयमा पुनःनिर्माणका कार्यक्रम नआउँदा पीडित बसाइ सरेर अन्यत्रै गएका छन्। कतिपयको अझै बिचल्ली छ। ‘कसैले आफैँले घर बनाए, केहीको नगरपालिकाले दिएको ससानो रकमले घर बनेको छ’ वडाध्यक्ष घर्ती भन्छन् ‘निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा झमेला हुँदा पीडित झन पीडामा छन्।’, गृह मन्त्रालयअन्तर्गत रहेको ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ को कार्यक्रम कार्यान्वयन गरिरहेको जिल्ला प्रशासन कार्यालयले यही साता मात्रै ६९ घरका लागि पहिलो किस्ताको रकम पठाएको छ भने १६ घरको पहिलो किस्ता पाइपलाइनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताए।, निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बने पनि जिल्लामा कार्यान्वयन ढिलागरी भएको थियो। कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुनःनिर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ। कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन चार लाख, घडेरीका लागि तीन लाख गरी पीडितले सात लाखसम्म पाउने व्यवस्था छ।, उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुपर्छ। प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम संघले व्यवस्थापन गर्नुपर्छ।, नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्योल छ। , भुजिखोला किनारमा दुई वर्षदेखि हराएको निद्रा
सेतोपाटी संवाददाता मिर्गौला बेचबिखन गरेको आरोपमा पक्राउ परेका चार जना व्यक्तिहरू पुर्पक्षका लागि थुनामा पठाइएका छन्।, मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा चार जना आरोपित पुर्पक्षका लागि थुनामा पठाइएका हुन्।, नुवाकोट शिवपुरी गाउँपालिका-७ बस्ने ४६ बादरे भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय सानु भन्ने सुवास नेपाली थुनामा पठाइएका हुन्।, जिल्ला अदालत काठमाडौंको आदेशले उनीहरू कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पुर्पक्षका लागि थुनामा पठाएको प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए।, एसपी मल्लका अनुसार २०७८ वैशाखमा मुरलीले पीडितलाई फोन गरी बोलाएका थिए। नुवाकोटको छहरे गाउँमा ब्रतबन्धमा बाजा बजाउन राजेशको मोबाइलबाट फोन गरी पीडितलाई बोलाएका थिए। त्यहाँबाट उनीहरूबीच चिनजान भएको थियो।, त्यसपछि पनि पीडितलाई उनीहरूले पटकपटक फोन गरी बोलाउने गरेका थिए।, पीडितलाई भारतको म:म पसलमा मासिक ३० हजार भारू तलबको काममा लगाइदिने भन्दै प्रलोभनमा पारेको एसपी मल्लले बताए। प्रलोभनमा पारी मुरलीले पीडितलाई राजु परियार र राजेश नेपालीको जिम्मा लगाएका थिए।, त्यसपछि उनीहरू नुवाकोटबाट गाडीमा चढेर काठमाडौं आएका थिए। सामाखुसीमा आएर सुवास नेपालीसँग भेटेका थिए। सुवासले पीडितलाई एउटा मेडिकलमा लगेर रगत समेत जाँच्न लगाएका थिए। सोही रात दुई जना पुरूष मिलेर उनलाई काठमाडौंबाट काकडभिट्टा हुँदै कलकत्ताको मुकुन्दपुरस्थित रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएका थिए।, त्यहाँ पुगेर आफ्नो मिर्गौला दिन इन्कार गरेपनि इन्जेक्सन लगाएर पीडितलाई अचेत बनाएको एसपी मल्लले बताए।, अचेत भएका उनको मिर्गौला झिकेर ६ लाख रुपैयाँ दिएर गत असार ७ गते नेपालमा छाडेर आरोपितहरू फरार भएका थिए। आफ्नो मिर्गौला बेचिदिएको भन्दै पीडितले ब्युरोमा उजुरी गरेपछि प्रहरीको टोलीले साउन २१ गते उनीहरू चार जनालाई पक्राउ गरेको थियो।, पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सकेर प्रहरीले अदालतमा पेश गरेपछि उनीहरूलाई थुनामा पठाउन भनिएको हो।, मुरली दमाई मिर्गौला ग्रहरणकर्ताको आवश्यकताअनुसार दाता खोज्ने व्यक्ति भएको एसपी मल्लले बताए। उनले नै विभिन्न किसिमको प्रलोभनमा पार्ने गर्थे।, यस्तै मुरलीले पठाएका मानिसहरूलाई राजु नेपालीले भारत लैजाने व्यक्तिहरूको जिम्मामा छाडिदिन्थे। उनले त्यसबापत पैसा पनि लिने गर्थे। यो अपराधमा राजेश परियारको पनि सोही भूमिका देखिएको प्रहरीले जनाएको छ।, सुवास नेपालीले भने मिर्गौलाको दाता खोज्ने, मानिसहरू परिचालन गर्ने, पीडितको स्वास्थ्य जाँच गराउने काम गर्थे।, मिर्गौला बेचबिखन गरेको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि थुनामा
एजेन्सी भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ।, प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका मिस्त्री सडक दुर्घटनामा परेका हुन्।, उनी चढेको मर्सिडिज कार आइतबार दिउँसो सडकको डिभाइडरमा ठोक्किएको थियो। कारमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।, दुर्घटनापछि अस्पताल पुर्‍याइएका मिस्त्रीलाई डाक्टरले मृत घोषणा गरेका थिए।, मिस्त्री सन् २०१२ देखि २०१६ सम्म टाटा सन्सका अध्यक्ष बनेका थिए। अहिले पनि टाटा सन्सको सबैभन्दा धेरै सेयर मिस्त्री परिवारसँग छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिस्त्रीको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा मोदीले मिस्त्रीको निधन भारतीय व्यापार तथा उद्योग क्षेत्रका लागि ठूलो नोक्सान भएको बताएका छन्। , The untimely demise of Shri Cyrus Mistry is shocking. He was a promising business leader who believed in India’s economic prowess. His passing away is a big loss to the world of commerce and industry. Condolences to his family and friends. May his soul rest in peace., — Narendra Modi (@narendramodi) ,September 4, 2022,  , सडक दुर्घटनामा बिते टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्री
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्।, मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।, पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ* छन्। उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ।, प्रहरीका अनुसार घटना गत शुक्रबारको हो।, छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए।, मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको स्रोतले बतायो।, उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। त्यसपछि पिएसओमार्फत् जाहेरी दिएर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।, (*यसअघि अन्यथा परेकोमा सच्याइएको।), ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्डलाई पक्रियो प्रहरीले
दिपकजंग शाही तस्बिरमा म्याग्दीका कृष्णलाल श्रेष्ठको आधा खुट्टा छैन। हिँड्डुल गर्न अलि सहज बनाउने कृत्रिम खुट्टा अलग राखिएको छ।, तस्बिरमा निन्याउरो अनुहार लगाएको कृष्णलालको भनाई फोटोका बायाँपट्टि नेपाली र अंग्रेजी दुवैमा लेखिएको छ।, ‘फेरि युद्ध कहिल्यै नहोस्’ भनेर शीर्षक दिईएको छ।, उनले भनेका छन्, ‘तत्कालिन विद्रोहीले गरेको बेनी आक्रमणपछि मेरो जिन्दगी नै मोडियो। चैत ७ गते मेरो रातिको ड्युटी थियो। बिहानपख मलाई शौचलय जानुपर्‍यो। माओवादी भन्ठानेर राज्यका सुरक्षाकर्मीले गोली बर्साए। तीन वटा गोली शरीरमा लागेपछि म कार्यालयको मूल ढोकानिर ढलेँ। ढलेको केही बेरमै छेउमा बम पड्कियो। त्यो बिष्फोटले मेरो खुट्टा क्षतविक्षत भयो।’, तस्बिरमा बायाँतिर लेखिएअनुसार उनका घरपरिवार एकदमै सहयोगी छन्। अहिले पनि उनी रातिमा झस्किँदै कराउँछन्, परिवारले उनलाई सम्हाल्छन्।, उनी भन्छन्, ‘सरकारले छोरालाई रोजगारीको व्यवस्था र मलाई राहत उपलब्ध गराए मेरा लागि न्याय त्यहीँ हुन्थ्यो, देशमा अब कहिल्यै त्यस्तो युद्ध नहोस् भन्ने हो। युद्धका कारण म जस्तै अरुले शरीरको अंग गुमाउन नपरोस्।, पोखराका दुदराज अधिकारी पेटभरि घाउका निसानी भएको शरीर देखाएर तस्बिरमा उभिएका छन्। २०६० साल कात्तिक ११ गते उनीसहित बसमा भएका यात्रुलाई बसबाट झर्न लगाईयो। यात्रुहरु डरले तितरबितर भए। त्यसैक्रममा लेखनाथ चोकको नहर काटेर उनी पनि गन्तव्य ताक्दै दिए। एक्कासी बम बिष्फोट भयो र त्यसको छर्राले उनको हात, पेटदेखि शरीरभर घाउ बनाए।, उनको तस्बिरको बायाँतर्फ लेखिएअनुसार उनी अचेल पनि लेखनाथ चोक भएर कतै जाँदा झस्किन्छन्। त्यहीँ घटनाको पल झलझली सम्झिन्छन्। आउँदा दिनमा अरू नागरिकले आफूले जस्तो पीडा भोग्न नपरोस् भन्ने कामना पनि उनले गरेका छन्।, अर्को तस्बिरमा राजापुर बर्दीयाका मायाप्रसाद चौधरीले पनि युद्धका कारण आफूले जस्तै पीडा अरूले भोग्न नपरोस् भन्ने कामना गरेका छन्।, बर्दियामा भाइको घर हेर्न जाँदा २०५७ पुसमा दोहोरो भिडन्तमा परेकी रूकुमकोटकी रामकुमारी घर्तीले प्रश्न गरेकी छन्– ‘सराकारले हामीलाई न्याय गर्ला त?’, उनको खुट्टामा लागेको बमको छर्राले अहिले खुट्टा मात्र दुखाउँदैन। एकहोरो मन पनि दुखाईरहन्छ। मनले घरको देखिने जति सबै काम गरिदिउँ जस्तो लाग्छ, तर बमको छर्राले घाईते भएको खुट्टाले सके पो।, म्याग्दीका कृष्णलाल, पोखराका दुदराज र रूकुमकी रामकुमारीका जस्तै नेपालमा भएको दश वर्षे सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका थुप्रै सर्वसाधारणहरुका तस्बिर र उनीहरुका कथाका सारांश सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनीमा राखिएका छन्।, अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा तत्कालीन युद्धका कारण पीडा भोग्न बाध्व सर्वसाधारणको तस्बिर प्रदर्शनीमा राखिएको हो। आइतबार वीरेन्द्रनगरको घण्टाघर छेउमा पीडितहरुको कथा र तस्बिर प्रदर्शनीमा राखिएको छ।, घाईते भएपछि उनीहरूले अहिले भोगिरहेका समस्या, राज्यप्रति उनीहरुका गुनासो, घटनाको विवरण समेटेर बनाईएको कथाको सारांश तस्बिरको दायाँ, बायाँ वा तल, माथि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका छन्।, तस्बिर अवलोकन गर्न आउनेलाई उनीहरुको कथा अडियोमा सुन्ने व्यवस्था पनि गरिएको छ। जसका लागि एउटा तस्बिरमा चार वटा हेडफोन जोडिएका छन्।, यसरी राखिएको कयौं तस्बिरमध्ये बर्दीयाका हेमराज थारूको तस्बिरले अवलोकन गर्न आउनेलाई केन्द्रित गराउँछ। उनी कतै साईकलमा गुडिरहेका छन्। दाँयाँ हात गुमाएका हेमराजले बाँयाँ हातले साईकलको ह्याण्डल समातेर नियन्त्रण गरिरहेका छन्।, २०५९ पुस १६ गते दिउँसो तीन बजे उनी राजापुरबाट धान बेचेर घर फर्किंदै थिए। बाटोमा माओवादीका कार्यकर्ता भेटिए र केही कुरा गर्नुछ भनेर बाटोबाट अलि पर लिए। उनीहरु चिनेजानेकै थिए।, केही पर लिएपछि हेमराजलाई उनीहरुले पिट्न थाले। उनले आत्मरक्षा गर्न सक्ने स्थिति पनि भएन। दाहिने हात लक्षित गरी लौरोले कयौं पटक हानेर थिलोथिलो बनाएर उनीहरु भागे। त्यही चोटले उनको हातै काट्नुपर्‍यो।, द्वन्द्वपीडित समिति बर्दीयाको अध्यक्ष बनेर आफूसहितका द्वन्द्वपीडितहरुको पक्षमा लडाइँ लड्दै गरेको हेमराजको चार वर्षअघि मृत्यु भयो। उनी त्यतिबेलै भन्थे, ‘जुन पक्षबाट भए पनि आखिर पीडता त एउटै हो नि।’, वीरेन्द्रनगरमा यस्ता मर्मस्पर्शी तस्बिर र तस्बिरमा भएका पीडितको कथा प्रदर्शनीको मक्सद भनेका अबको दिनमा हिंशात्मक द्वन्द्व नहोस्, उतिबेलाको सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका सर्वसाधारणले न्याय पाओस् भन्ने हो।, ‘त्यो बेलामा कुनै पक्षबीच भएको आपसी द्वन्द्वका कारण हामी जस्ता सर्वसाधारणहरु पीडा भोगिरहेका छौं, त्यो कुरा अहिलेको पछिल्लो पुस्ताले जानोस् र भोलि हुन सक्ने यस्ता पीडादायी युद्धलाई अस्वीकार गर्ने भावना जागोस् भन्ने हो,’ अपांगता भएका द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले भने, ‘यसरी पीडा भोगेका सर्वसाधारणको घटनाको बारेमा सत्यतथ्य छानबिन गरी सरकारले चाँडै न्याय देओस् भन्ने माग पनि हो।’, अहिले सञ्जालले यस्ता त्यसबेला कुनै पक्षमा नलागे पनि द्वन्द्वबाट पीडित बनेका सर्वसाधारणरु ३०० जनाका तस्बिर र कथा तयार पारेको छ।, राज्यले पीडितलाई न्याय दिलाउने कानुन पीडितको पक्षमा हुनेगरी संशोधन गर्नुपर्ने अध्यक्ष खत्रीले बताए।, सुर्खेतमा प्रदर्शनीमा राखिएका तस्बिरले बोलेका द्वन्द्वपीडितका कथा
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमापत्र लेखेर प्रहरीलाई बुझाउने भएका छन्।, आठ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमा गरेको भन्दै पत्र तयार पारिरहेको अभियन्ता यादवलाल कायस्थले जानकारी दिए।, ‘क्षमापत्र तयार हुँदैछ। लेखिरहेका छौं। कानुनले मिल्छ भने आजै छुटाउन भनेर हामी यहीँ आएर बसेका छौं,’ उनले भने, ‘हामी तयार नै भएर आएका हौं। हाम्रोबाट सबै काम आज पूरा हुन्छ।’, सो पत्र लेखेर आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउन लागिएको हो।, कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा राखेका थिए। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए।, विरोध भएपछि २४ घन्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो। यसमा अपूर्वले माफीसमेत मागेका छन्। तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि भदौ १२ गते उनी पक्राउ परेका हुन्।, उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत दिएको छ।, पछिल्लो समय कमेडी गरेकै आधारमा उनलाई हिरासतमा राख्न नहुने भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।, अहिले धेरैले उनलाई छाड्नुपर्ने भन्दै माग गरेका छन्। यस्तै सामाजिक सञ्जालमा ह्यासट्याग 'आईएमसरीअपूर्वक्षितिज' भन्दै अभियान नै चलेको छ।, अभियन्ताहरूले पनि आफूहरूको योजना कसैलाई पनि यातना दिने खालको नभएको बताएका छन्।, अभियन्ता कायस्थले नेपालको कुनै पनि सभ्यतामाथि प्रहार नहोस् भन्ने हिसाबले सचेत गराउने मनसाय मात्रै भएको बताए।, ‘नेपाल भित्र र बाहिरबाट कसैले पनि हाम्रो सभ्यतामाथि प्रहार नगरोस् भन्ने चाहना हो। अपूर्वले कमेडीकै नाममा जानीनजानी प्रहार गरेकोले उहाँलाई सचेत गराउने काम भएको हो,’ उनले भने,‘अरूले पनि यो विषयमा यसरी प्रहार गर्न हुँदैन भनेर बुझदियोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। क्रुर तरिकाले वर्षौ सम्म थुनाउने। परिवारलाई यातना हुने हाम्रो उद्देश्य होइन।’, यस्तै यसरी नेवा सभ्यतामाथि अगाडि पनि पटकपटक प्रहार हुने गरेको र माफी दिँदै आएको उनले बताए।, ‘हामीले क्षमा दियौं। सबै जना आएर थुनाउन पनि आयौं र अब क्षमा पनि दियौं भनेर क्षमापत्र तयार गर्दैछौं,’ उनले भने, ‘योभन्‍दा अगाडि पनि हाम्रो सभ्यतामाथि थुप्रैले प्रहार गरेको उदाहरणहरू छन्। यसअघि हामीले माफी माग्न लगाएर छाडेका थियौं।’, अपूर्वको स्ट्यान्डअप कम्डी बाहिर आएपछि समुदायका मानिसहरू आक्रोशित बनेको र त्यस अवस्थामा उनीमाथि जेजस्तो पनि हुनसक्ने अवस्था आएको कायस्थले बताए।, त्यो आक्रोशबाट पनि आफूहरूले बचाएको उनी बताउँछन्।, ‘आक्रोश एकदमै बढिसकेको अवस्था थियो। अपूर्वजीलाई जे पनि त हुनसक्थ्यो नी। हामीले त बचाएको हो नी थुनाएको भन्दा पनि, व्यंग्य गरेकैभरमा थुन्न पाइन्न तर केमाथि कसरी गरेको भन्ने विषय हो,’ उनले प्रष्ट्याए, ‘हामी नेवा सभ्यताको मान्छे बचाउनुपर्छ भनेर लागि परेका हौं। आतन्ककारी, विध्वंसकारी त होइनौं। हाम्रो उद्देश्य अब आउने दिनमा कसैले प्रहार नगरोस् भन्ने हो।’, प्रहरीले सुरूमा निवेदन लिएको भएपनि यो घटना अगाडि नबढ्ने उनको भनाई छ। प्रहरीले शनिबार भनेर निवेदन नलिएपछि भीड आक्रोशित भएर थुनाउने अवस्था सम्म पुगेको उनले बताए।, ‘प्रहरीले छिटो सहज तरिकाले निवेदन लिइदिएको भए त्यही दिन यो विषय टुंगिन्थ्यो। हामी बोलाउँथ्यौं। माफी माग्न लगाउँथ्यौं। तर निवेदन नलिइदिँदा भीड आक्रोशित बनेको हो,’ उनले भने।, सम्बन्धित समाचार:, कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै,  ,अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य,  , कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह
सेतोपाटी संवाददाता कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु भएको छ।, आइतबार साँझ ५ बजे कृष्णपुर नगरपालिका–७ का दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरू माछा मारेर फर्किँदै थिए।, सोहीक्रममा एक्कासी पानी परेपछि मोटरसाइकल रोकेर रूखको ओत लागेका थिए।, रूखमा परेको चट्याङ उनीहरूलाई लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।, कञ्चनपुरमा चट्याङ लाग्दा दम्पतीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।, दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा सवार दुई जनामाथि प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेक गरेको थियो।, चेक गर्दा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट गाँजा फेला पारेको हो।, उनीहरूबाट प्रहरीले ११ किलो गाँजा फेला पारेको हो।, घटनाको थप अनुसन्धान प्रहरी वृत्त थानकोटले अघि बढाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।, नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।, मिलेमतोमा ढुंगा, गिटी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानिनोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगरउपप्रमुख* सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य–सचिव काशीराम शर्माविरूद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर संकलन गरी नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रूपैयाँ हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएकाले उनीहरूविरूद्ध मुद्दा दर्ता गरिएको हो।, हानिनोक्सानी पुर्‍याएको रकमको दोब्बर, ३४ लाख ८० हजार एक सय ३२ रूपैयाँ प्रतिव्यक्ति बिगो दाबी गरी मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।, यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।* -सम्पादक , बागलुङका पूर्व जनप्रतिनिधि र कर्मचारीविरूद्ध भ्रष्टाचार आरोपमा मुद्दा
सेतोपाटी संवाददाता पृथ्वीराज थापाको गभर्नरमा नयाँ नेतृत्व चयन गर्दै बालबालिका तथा किशोरकिशोरीको सवालमा निरन्तर काम गर्दै आएको नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको प्रथम महाधिवेशनले सकिएको छ।, भक्तपुरमा सम्पन्न दुई दिने अधिवेशनले डेपुटी गभर्नरमा केशव काफ्ले, लेफ्टिनेट गभर्नरमा सुनितादेवी गौडेल, ऋषिश्वर थपलिया, रिना श्रेष्ठ, डा.भबिष्यकुमार मिश्रा र सुरेन्द्र थापा चयन भएका छन्।, त्यस्तै सर्जेन्ट एट आर्मसमा प्रतावबहादुर थापा, पार्लियामेन्ट्रियनमा अनिलबहादुर शाही, को-ओडिनेटरमा अन्जना आचार्य, विक्रमराज पाण्डे, देबराज राजवंशी, जनार्दन अर्याल, प्रदिपकुमार मण्डल, रामप्रसाद मैनाली, सागर तामाङ्ग, राजाराम परियार, कुमारमान बहादुर बस्नेत र राधादेवी बोहोरा चयन भए।, गभर्नर थापाले महासचिवमा प्रकाश घिमिरे, कोषाध्यक्षमा शरदचन्द्र भट्टराई र कानुनी सल्लाहाकारमा निरज ढुङ्गेललाई मनोनित गरे।, महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनमा ४१ वटा क्लबका १३१ जना सदस्यहरुको सहभागिता थियो।, कार्यक्रमको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले आशाहरुले मान्छेलाई बचाउने भएकाले मानिसले जीवन निराश बनाउन नहुने बताएका छन्।, उनले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीवनमा आशा जगाउनुपर्ने बताएका हुन्।, समाचार लेख्न पत्रकारलाई पनि राम्रा कुरा देखाउनुपर्ने चर्चा गर्दै उनले भने, ‘पत्रकारले जे देख्छ, त्यहीँ लेख्छ, तपाईंले पत्रकारलाई राम्रो देखाउनुहोस्, राम्रै लेख्छ, नराम्रो देखाउनुभयो भने त नराम्रै लेख्छ नि, पत्रकारले सत्य पस्किने हो, तर सत्य पस्किने भन्दैमा पत्रकारले पनि कसैको जीवनप्रतिको मोहमा आक्रमण गर्नुहुँदैन, भविष्यको आशामा आक्रमण गर्नुहुँदैन।’, समाजमा दुःख र पीडा छ भन्दैमा एउटा पत्रकारले दुःख र पीडा मात्रै पस्किने काम गर्नुहुँदैन भन्दै उनले त्यसको समाधानको उपाय पनि पस्किनुपर्नेमा जोड दिए। उनले भने, ‘दुःख र पीडाको समाधानको उपाय पनि पत्रकारले खोज्नुपर्छ, आजको पत्रकारितामा त्यो जरुरी छ, आशावादीका कुरा पनि पत्रकारिताले दिनुपर्छ । त्यो दिन सकेन भने निराशावादी मात्रै हुन्छ, त्यसले जीवनको मोह सकिन्छ ।’, ‘म खुसी भएँ भने मात्रै म जस्ता अन्य व्यक्ति पनि खुसी हुन्छन् र समाज खुसी हुन्छ’ भन्ने मान्यता स्थापित गर्नु जरुरी रहेको औंल्याउँदै उनले व्यक्तिले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्दै खुसी भएर बाँच्ने मोह जगाउने बताए।, आज मात्रै होइन भोलिका लागि पनि आशावादी हुनुपर्छ भन्दै उनले जबसम्म बाच्छौँ सुखले बाँचौँ, मरेपछि कसले देख्छ भने। , नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झाले बुद्ध दर्शनको चर्चा गर्दै भने, ‘आउँदा न सम्पत्ति लिएर आएका थियौँ, न लिएर जान्छौँ, आफूले सञ्चय गरेको धन के हुन्छ ? यदि छोराछोरी सपुत छन् भने आफ्नो व्यवस्था आफैँ गर्छन्, कपुत छन् भने त सञ्चय गरिदिएको पनि सिध्याउँछन् ।’, उनले विसं २०६२ को वैशाख २ गते एकै दिन तीन घटना भएको स्मरण गर्दै भने, ‘वैशाखमा एकैदिन तीन घटना घट्यो, कोशीको बाँध टुट्यो, जनधनको क्षति भयो, त्यही दिन सरकार परिवर्तन भयो र नेपाल पत्रकार महासङ्घका अध्यक्ष म ठूलो सडक दुर्घटनामा परेँ। भोलिपल्ट ३ गते होसमा आउँदा म आफू बाँचेकोमा धेरै खुसी भएँ, मलाई त्यसले ठूलो आशा जगायो।’, कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आउँदो पुस्तालाई अझै सुन्दर बनाउने तथा आशासहितको जीवन जिउने सन्दर्भमा निराशाको बाटो बन्द गर्दै बालबालिका र किशोरकिशोरीलाई आशा कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिए। , नीति बनाउँदैमा सबै सफल हुँदैन भन्दै उनले समुदायलाई सङ्गठित गर्दै सही बाटोमा लगे मात्रै राज्यको नीति सही मार्गमा कार्यान्वयन हुने बताए। , उनले नेपालको सन्दर्भमा एउटा नागरिकले सबैभन्दा पहिला पाउने नागरिकता हो भन्दै त्यो पाउन उसले व्यहोर्ने सास्ती, पैसा नखुवाई सवारी लाइसेन्स बन्दैन भन्ने मानसिकता, राज्यबाट पाउने सेवा सुविधा लिन व्यहोर्नुपर्ने झन्झट र त्यो पनि पैसा नखुवाई हुँदैन भन्ने गलत संस्कारको अन्त्य हुनुपर्ने बताए।, अहिलेका विद्यार्थीलाई कसरी यो मुलुक छाडेर विदेश जाने, नेपालका कुनै भविष्य छैन भन्ने पर्दा पनि उनीहरुमा आशा जगाउन नसक्नु दुर्भाग्य भएको चर्चा गर्दै अध्यक्ष पोखरेलले मानिसमा साना कुराले पनि आशा जगाउने भएकाले हरेक नागरिकमा आशा जगाउने कार्यक्रम ल्याउनु जरूरी रहेको बताए।, नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका नि वर्तामान गभर्नर उदय निरौलाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर किशोर स्वास्थ्य तथा कल्याणका विषयमा कार्यशाला गर्दै आएको बताए। उनले किशोरकिशोरीमा निराशापनले डरलाग्दो रूपमा जरो गाडेको अवस्थामा बालबालिका र किशोरकिशोरीमा सकारात्मक भावना तथा आशावादी जीवन दर्शनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्था अगाडि बढेको चर्चा गरे।, हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, एन प्याब्सनका पूर्वअध्यक्ष ऋतुराज सापकोटा, किवानिज नेपाल डिस्ट्रिक्ट गर्भनर लक्ष्मण लम्साललगायतले जीवन र आशाको महत्वमाथि प्रकाश पारेका थिए।, हिसानका राष्ट्रिय अध्यक्ष सिलवालले हाम्रा बालबालिका (विधार्थीहरु) १२ कक्षा पास हुने वित्तिकै विदेशीने परिपाठीलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले यहाँ नै उच्च शिक्षा हासिल गर्न समयमानै परिक्षाफल प्रकाशित गरिदिन क्यालेन्डर अनुसार काम गर्नुपर्ने बताए।, अप्टिमिष्ट ईन्टरनेशनल नेपालमा थापाको नेतृत्व, डेपुटी गभर्नरमा काफ्ले
सेतोपाटी संवाददाता हाल नेपालमा मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही  बाँकि प्रदेशहरुमा आंशिक बदली रहेको छ। , प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ।, आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ।, प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।, प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भोलि मंगलबार प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र  मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।, बुधबार पनि प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र  मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।, कस्तो रहला आजको मौसम?
एजेन्सी क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ।  मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।, प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो। , ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको बिबिसीले जनाएको छ।, घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ।, प्रहरीले आरोपितलाई पक्राउ गर्नका लागि सर्च अभियान तिब्र पारेको छ। घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै रहन आग्रह गरेको छ। , ‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस्’, रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले भनेका छन्।, छुट्टा छुट्टै स्थानमा सुरक्षा चेकपोइन्ट स्थापना गरेर प्रहरीले खोजी अभियान तिब्र पारेको छ। , जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ। , क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन्। ‘म यस हमलामा आफ्ना प्रियजन गुमाएका र घाइते भएकाहरूप्रति चिन्तित छु’, प्रधानमन्त्री ट्रुडोले भनेका छन्।, The attacks in Saskatchewan today are horrific and heartbreaking. I’m thinking of those who have lost a loved one and of those who were injured., — Justin Trudeau (@JustinTrudeau) ,September 4, 2022, आइतबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरी यस हमलामा घाइतेको संख्या धेरै हुनसक्ने बताएको छ। परिवारका सदस्य आफैंले घाइतेलाई अस्पतालमा भर्ना गरेको पाइएकाले सबैले  तत्काल प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ।, क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु
एजेन्सी चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।, सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।, सिचुवानमा गत जुनमा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो।, चीनको सिचुवानमा शक्तिशाली भूकम्प
सेतोपाटी संवाददाता प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ। उनकी ८४ वर्षीया आमा धनकुमारी राईको आज बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो।, स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। उनी श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित थिइन्।, उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ। उनको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो। , वि.सं. १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मेकी स्वर्गीय धनकुमारी राईको  कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी छन्।, उनका परिवारमा श्रीमान नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई र छोरी मालादेवी राई छन्। ,  , प्रदेश १ का  मुख्यमन्त्रीलाई मातृशोक
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार सरकार र  नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल-लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी छन्। प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ। साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ।, उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन्।, ‘विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत पुर्‍याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत आपूर्तिका लागि काम गरिरहेका छौं, यसका साथै बूढीगण्डकीलगायत ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ,’ उनले भनिन्, ‘खाना पकाउन प्रयोग हुने एलपिजी ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ।’, मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरे।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको बताए। बुटवल सबस्टेसनमात्र विद्युत आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यस क्षेत्र विद्युत हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए।, ‘लोडसेडिङ अन्त्य एउटा काम थियो, अब वितरण प्रणाली सुधार र २४ सै घन्टा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्ति, उद्योगलाई मागजति विद्युत दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत दैनिक रूपमा झन्डै १० करोड रुपैयाँको निर्यात गरिरहेका छौं,’ घिसिङले भने।, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र चेम्बर अफ कमर्सका जेपी कँडेलले प्रसारण र सबस्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको उल्लेख गरे।, बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल-लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो। १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताए।, स्थानीय रूपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ। त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन्। विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ।, १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको  निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ। प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१मा सुरू भएको थियो। रूट परिवर्तन, कोभिड-१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो। आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ।, मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ। अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया-सम्पत्तिया बन्नेपछि नेपाल-भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ। , बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन
सेतोपाटी संवाददाता बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गरेको घुम्ती शौचालय खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले अनुसन्धान थालेको छ।, आर्थिक वर्ष २०७५/०७६ मा बृहत्तरले झण्डै ३६ लाखमा खरिद गरेको दुइटा घुम्ती शौचालयमा अनियमितता भएको उजुरी परेको थियो।, उजुरीको आधारमा अनुसन्धानको क्रममा शौचालय खरिद एवं भुक्तानी सम्बन्धीका फाइल आइतबार अख्तियार टोलीले नियन्त्रणमा लिएको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।, उनका अनुसार कार्यालयलाई दानमा दिइएको गाडी बिक्री सम्बन्धीका फाइल समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।, बृहत्तरका कार्यकारी अधिकृत बलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नी श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराई बेचेको आरोप छ। यद्यपि कार्यालयलाई कसैले दानमा गाडी नै नदिए पनि चरित्र हत्या गर्न कार्यालयका केही कर्मचारीले नक्कली काजग बनाई अख्तियारमा उजुरी गरेको कार्यकारी अधिकृत ठाकुरले बताए।, बृहत्तरले जानकी मन्दिरमा गरेको विद्युतीकरणसम्बन्धी काममा पनि अनियमितता गरेको आरोप छ। त्यस सम्बन्धित कागजात पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियारको छापा
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटेका छन्।, सोमबार प्रहरी वृत्त दरबारमार्ग पुगेर लामिछानेले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङसँग भेटेर कुराकानी गरेका हुन्।, गत शुक्रबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरको भिएसएफमा मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङलाई पक्राउ गरेको हो।, लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेर गुरूङलाई धन्यवाद दिएका हुन्।, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु, कानून सबैलाई बराबर हुन्छ,’ उनले भने।, शेरजंगले आफ्नो आवाज ठूलो भएको हुनसक्ने तर दुर्व्यवहार भने नगरेको बताएका छन्।, ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ गुरूङको भनाई उदृत गर्दै लामिछानेले लेखेका छन्।, यसमा सत्यता भए उनलाई रिहा गर्नुपर्ने बताएका हुन्।, ‘यदी उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ उनले भने।, गुरूङमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ।, सम्बन्धित समाचार:, ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्डलाई पक्रियो प्रहरीले, ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ परेकोबारे के भन्छन् पर्यटन मन्त्री श्रेष्ठ, मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान, मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटे रवि लामिछानेले
सेतोपाटी संवाददाता दाङको अमेलियामा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट बर्दिया तर्फ जाँदै गरेको ना ६ ख ९६७९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ मा पर्ने शिवखोलामा बेलुका साढे ४ बजेतिर दुर्घटना हुँदा यात्रारत ३० यात्रुमध्ये १६ जना घाइते भएका छन्।, घाइते सबैलाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, घाइते अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।, घाइतेहरू अधिकांश बाँके र बर्दियाका सर्वसाधारण छन्।, एक्कासि ब्रेक फेल भएर बस दुर्घटना भएको चालकले प्रहरी समक्ष बयान गरेका छन्। चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बस दुर्घटनामा १६ यात्रु घाइते
विनोद सापकोटा स्कुटरमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।, शुक्रबार साँझ ५ः४० बजेतिर झापाको मेचीनगर–९ मा रहेको थोप्लेबिरान सामुदायिक वन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, मृत्यु हुनेमा बुद्धशान्ति–५ की ३४ वर्षीया सम्झना श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखापरेको हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो।, उनलाई उपचारका लागि आम्दा अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, यसअघि भदौ १४ गते बाह्रदशी–१ का ८० वर्षीय देबीबहादुर अधिकारीको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो। अधिकारी स्थानीय मनकामना सामुदायिक वनमा घाँस काट्न जाँदा सो घटना भएको थियो।, हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु
राजेश घिमिरे श्रीमानले बेवास्ता गरेपछि पर्वतकी सावित्रा विक दुई छोरा लिएर चितवन आएको १२ वर्ष भयो। भरतपुरका विभिन्न ठाउँमा बसेर फलफूल बिक्री गरी गुजारा चलाउँदै आएकी छन् उनी।, उनी डोकोमा फलफूल राखेर बेच्न बस्थिन्, नगर प्रहरीले लखेटिहाल्थ्यो। यसैगरी चलेको थियो उनको दैनिकी।, एक दिन चिनेजानेका मान्छेले उनलाई केन्द्रीय बस टर्मिनल नजिकैको खाली जमिनमा बाँसको टहरो बनाएर व्यापार गर्न पाइने कुरो सुनाइदिए। उनी कुदेर त्यहाँ पुगिन्।, 'यहाँका दुई–तीन जना मान्छेहरूसँग कुरा गरेपछि ठाउँ पाएँ,' निलो त्रिपालले छाएको बाँसको टहरोभित्र फलफूल पसल थापेकी सावित्राले भनिन्, 'पाँच सय रूपैयाँ तिरेपछि बाँस दिँदा रहेछन्। थप ७–८ हजार रूपैयाँ खर्च गरेर टहरो बनाएँ।', उनले आवश्यक सामग्री र फलफूल किनेर त्यो झुप्रो पसल सुरू गर्न एक लाख रूपैयाँ ऋण खोजेकी रहिछन्।, सात वर्षदेखि नारायणगढको सहिद चोकस्थित फुटपाथमा बसेर कपडा बेच्दै आएकी सविता पौडेल (नाम परिवर्तन) ले पनि यही मैदानमा झुप्रो बनाएर कपडा पसल थाप्न दुई लाख रूपैयाँभन्दा बढी खर्च गरेकी छन्।, 'कहिले नगर प्रहरीले लखेट्ने, कहिले पानी परेर हैरान हुन्थ्यो। सधैं पोको बोकेर कुद्नुपर्थ्यो,' उनले भनिन्, 'नगरपालिकाको सरले यो खाली जग्गामा गए आनन्दले बसेर कपडा बेच्न पाइन्छ भन्नुभयो। त्यताका सबै यहीँ आए।', उनीहरूले पसल सुरू गरेको जग्गा राष्ट्रिय सहकारी विकास बोर्डको हो। यो दुई बिघा ९ कठ्ठा ११ धुर जमिनमा बोर्डले 'सहकारी कृषि बजार भवन' बनाउन खोजेको छ।, तर यो जग्गामा सावित्रा र सविताजस्ता दर्जनौं फुटपाथ व्यापारीहरूले झुप्रो पसल थापेका छन्।, झट्ट हेर्दा बोर्डको यो जग्गा अचेल हाट बजारजस्तो देखिन्छ। वर्षौंदेखि खाली यो जमिनमा बेलाबेला राजनीतिक दलहरूले आमसभा गर्थे। कहिलेकाहीँ यहाँ मेला, महोत्सव पनि गरिन्थ्यो।, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी स्थानीय संघसंस्थामार्फत फुटपाथका व्यापारीलाई अनधिकृत रूपमा बसाउँदा बोर्डको योजनामा असर परेको बताउँछन्।, उनका अनुसार यहाँ सहकारी कृषि बजार भवन निर्माण गर्न विस्तृत बजार सम्भाव्यता अध्ययन, माटो परीक्षण, व्यावसायिक योजना तथा विस्तृत परियोजना प्रस्ताव, बजार भवन सञ्चालन मोडालिटी लगायत परामर्शसम्बन्धी काम पूरा भइसकेको छ।, 'वन तथा वातावरण मन्त्रालयको ईआइए प्रतिवेदन स्वीकृत भइसकेको छ,' दवाडीले भने, 'निर्माणको काममा केही ढिलाइ भएको थियो। यता कब्जा गर्न थाले।', आर्थिक वर्ष २०७३/०७४ मा यहाँ भवन निर्माणका लागि दुई अर्ब ५२ करोड ७७ लाख ५३ हजार १५३ रूपैयाँ बजेटको सुनिश्चितता भइसकेको उनले जानकारी दिए। सहरी विकास तथा भवन निर्माण विभागबाट प्रस्तावित भवनको डिजाइन पनि स्वीकृत भइसकेको छ।, 'केही समय बोर्डमा पदाधिकारी नहुँदा काम अघि बढेन। पछि कोरोना महामारीले काम ढिला भयो,' उनले भने, 'हामी अब फेरि बजेट सुनिश्चितताका लागि पहल गरिरहेका छौं। यहाँ सहकारी कृषि बजार भवनको निर्माण जतिसक्दो छिटो सुरू गर्न चाहन्छौं।', जमिन अतिक्रमण गरेर व्यापार गर्नेलाई हटाइदिन आग्रह गरेर भरतपुर महानगरपालिका, महानगरको वडा नम्बर ९ र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दा बेवास्ता गरिएको पनि उनले बताए।, 'महानगरलाई आग्रह गर्दा हामीलाई होइन, प्रशासनमा भन्नु भन्ने जवाफ आयो। प्रशासनसँग कुरा गर्दा तपाईंहरुू काम अघि बढाउनुस्, सहयोग गर्छौं भन्ने जवाफ त आयो तर सहयोग पाइएन,' दवाडीले भने।, बोर्डको जमिनमा पसल थाप्न समन्वय गर्ने व्यक्तिहरूसँग सोधपुछ गर्दा नगरपालिकाले फुटपाथका व्यापारीलाई यहाँ राख्न भनेको जवाफ दिएको दवाडीले बताए।  , बोर्डका नाममा रहेको साढे दुई बिघा जमिनमा भरतपुर महानगरले बसपार्क निर्माण गरेको छ। बाँकी भागमा सहकारी कृषि बजार भवन बनाउन लागिएको हो।, नेपालमै पहिलो पटक सहकारी संस्था (बखान सहकारी संस्था) को सुरूआत भएको चितवनमा केन्द्रीय साझा संस्थाको नाममा यो जमिन थियो। पछि सहकारी संस्थाहरूको विषयमा सरकारलाई नीतिगत सहयोग गर्न बनेको संस्था राष्ट्रिय सहकारी विकास बोर्डको नाममा पुगेको थियो।, नेपालमा हाल ३१ हजार सहकारी संस्था छन्। ९१ हजार जनाले ती सहकारी संस्थामा प्रत्यक्ष रोजगारी पाएका छन्। ९१ लाख जना सदस्यहरू आवद्ध ती संस्थाहरूको जगेडा कोषमा अहिले ७ खर्ब रूपैयाँ छ।, सह–अध्यक्ष दवाडीले यी सबै सहकारी संस्थाको विषयमा सरकारलाई आवश्यक सल्लाह दिने, नयाँ सम्भावना देखाउने, सस्तो व्याजमा ऋण तथा अनुदान उपलब्ध गराउने जस्ता काम गर्दै आएको बोर्ड भरतपुरको जमिनमा अतिक्रमण हटाएर सहकारी कृषि बजार भवन बनाउन दृढ रहेको बताए।, 'केन्द्रीय सहकारी विकास बोर्डको जग्गामा अनधिकृत बजार बसाउँदा योजनामा असर पुग्यो'
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।, जसको कारण देशभर हल्का वर्षा भइरहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।, प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश,  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  , आज राती  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र  गण्डकी प्रदेश का केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।, त्यस्तै आइतबार पनि प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  , सोमबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, कस्तो छ आजको मौसम?
रासस सिरहामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक साताभित्र तीन जनाको मृत्यु भएको छ।, बिहीबार  इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ।, पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा इनारभित्र पसेका थिए। बुबालाई करेन्ट लागेपछि छोरासमेत इनारभित्र पसेका थिए। करेन्ट लागेर घाइते भएका दुवै बाबुछोरालाई उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरीक्षक राजु केसीले बताए।, सिरहा नगरपालिकामा करेन्ट लागेर यही भदौ ११ गते एक बालिकाको पनि मृत्यु भएको थियो। कलमा नुहाउन जाँदा पानि तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा सिरहा नगरपालिका–८ लबका टोल बस्ने चन्द्रदेव यादवको छोरी आठ वर्षीया रागनीकुमारी यादवको मृत्यु थियो।, करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल सिराहा लाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।, करेन्ट लागेर एक सातामा तीन जनाको मृत्यु
मन्दिरा घिमिरे प्रेमिकाको हत्या गरी फरार आरोपितलाई प्रहरीले दुई वर्षपछि रूपन्देहीबाट पक्राउ गरेको छ।, कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई पक्राउ गरेको ‍इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।, मरासिनीका अनुसार काशीरामले २०७७ माघ १० गते जंगलमा गुल्मी अर्खवाङ-२ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेका थिए। दिउँसो घाँस काट्न फायरलाइन जंगलमा गएका स्थानीयले एक गर्भवती महिला मृत फेला पारेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, 'पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र शव फेला परेपछि स्थानीयले खबर गरेका थिए,' मरासिनीले भने।, त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले त्यहाँ शव कीरा लागेको अवस्थामा फेला पारेको थियो।, 'काशीराम (प्रेमी) र बसन्ती (प्रेमीका) बीच अतिरिक्त वैवाहिक सम्बन्ध रहेछ,' उनले भने, 'अतिरिक्त वैवाहिक सम्बन्ध भएपछि प्रेमिका गर्भवती भइछन्। गर्भवती भएपछि प्रेमीले जंगलमा प्रेमिकाको हत्या गरेका रहेछन्।', मरासिनीका अनुसार बसन्ती उनका श्रीमान भोला लोहार र दुई छोरीसहित मगरघाटमा बस्दै आएकी थिइन्। त्यहीँ, २०७३ सालमा उनको काशीरामसँग भेट भएको खुल्न आएको छ।, काशीराम पनि तीन छोरी र एक छोराका बाबु भएको प्रहरीले जनाएको छ। उनी लोडर चालक हुन्।, 'उनीहरूको यौनसम्बन्ध भएको रहेछ,' प्रहरी निरीक्षक मरासिनीले भने, 'बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने ठाउँमा बस्न गएका रहेछन्।', उनका अनुसार काशीराम र बसन्ती २०७७ साल वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिई बस्न थालेका थिए।, बुड्डीमा हुँदै सुत्केरीका लागि तयारी गर्न बसन्तीले घिउ र बेसार मगाउन आफ्ना बुबालाई फोन गरेको उनले बताए। त्यति बेला बसन्तीले आफू मुराउसँग रहेको र चैतमा सुत्केरी हुने जानकारी दिएको अनुसन्धानबाट खुल्न आएको मरासिनीले बताए।, त्यही बेला काशीरामले गर्भमा रहेको बच्चा फाल्न दबाब दिएका रहेछन्। तर बसन्तीले मानिनछिन्। गर्भकै कारणले उनीहरूको झगडा पनि हुन्थ्यो।, गर्भवती भएकै कारण काशीरामले आफ्नो हत्या गर्न सक्ने कुरा बसन्तीले आफ्ना एक साथीलाई बताएकी थिइन्। २०७७ पुस अन्तिम हप्तातिर बसन्ती बुटवल गएकी थिइन्। उनलाई लिन काशीराम आफैं बुटवलको फूलबारीसम्म पुगेका थिए।, फूलबारीबाट दुवै जना सालझन्डीसम्म बसमा आएका थिए। काशीरामले सालझन्डीमा लोकल रक्सी र दालमोठ किने। सालझन्डी बजारमा मानिसहरूले चिन्ने भएकाले नजिकैको जंगलमा गएर रमाइलो गर्ने भनेर काशीरामले बसन्तीलाई लगे।, दिउँसो तीन बजेतिर फायरलाइन जंगलमा लगेर काशीरामले बसन्तीलाई मदिरा खुवाए। अनि आफैंले लगाएको गलबन्दीले घाँटी कसेर हत्या गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए। , रक्सीको बोतल र बसन्तीले लगाएका चप्पल समेत काशीरामले वाणगंगा नदीमा बगाएर फरार भएको अनुसन्धानबाट खुलेको उनले बताए।, काशीरामले हत्या गरेको केही समयपछि बसन्तीका बुबालाई फोन गरी उनी हराएको जानकारी समेत दिएका थिए।, 'बुबालाई फोन गरी बसन्ती हराएको र प्रहरीलाई समेत खबर गरेकाले केही गर्न नपर्ने भनी विश्वास दिलाएछन्,' मरासिनीले भने।, कुनै माध्यमबाट बुवाले केही थाहा पाए कि भनेर बुझ्न काशीरामले गत वैशाखमा फेरि 'बसन्तीका बारेमा केही पत्ता लाग्यो' भनेर सोधेका थिए।, बसन्तीको शव फेला परेपछि प्रहरीले उनका बुवाबाट सनाखत गराएको थियो। सोही क्रममा बसन्तीका बुबाले काशीरामले नै आफ्नी छोरीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए।, त्यसपछि प्रहरीले थप अनुसन्धान गरी काशीरामलाई पक्राउ गरेको प्रहरी निरीक्षक मरासिनीले बताए।, काशीराममाथि ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत रूपन्देहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।, दुई वर्षदेखि ईलाका प्रहरी कार्यालय सालझन्डीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बाँकी रहेका मुद्दाको थप अनुसन्धान गरेका थिए। सोही क्रममा उनले लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराएर फेला नपरेका महिलाको विवरण मगाएर अनुसन्धान गरेका थिए। त्यही बेला बसन्तीका बारेमा कुनै पनि उजुरी वा खोजतलासका लागि दिएको निवेदन फेला पारेनन्।, त्यसपछि उनले ती महिलाको शवको फोटो र उनले लगाएको कपडा, घडी र माला लिएर स्थलगत रूपमै खोजी गर्दा हत्या गरी छाडिएकी महिला गुल्मीकी बसन्ती भन्ने धनकुमारी अर्याल भएको खुलेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए।, पहिचान खुलेपछि प्रहरीले उनका ७० वर्षीय बुबा भक्तिराम अर्याललाई गुल्मीबाट बोलाएर शवको सनाखत गराएको थियो। भक्तिरामले बसन्तीको हातमा भएको घडी र टाटुले चिनेका थिए। उक्त घडी बसन्तीकी आमाले दिएकी थिइन् जुन भक्तिरामले नै किनिदिएका थिए।, गर्भवती भएपछि प्रेमिकाको हत्या, प्रेमी दुई वर्षपछि पक्राउ
रासस उमा महेश्वरसहित दुबोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। , यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ।  , भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ।, कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ।, गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ। , सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए।, गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए।, देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ। यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ। गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन्।, “यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उनले भने।, यसरी दुई/तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ। जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ। , देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन्।   , दुर्वाष्टमी , दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ। दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ। , सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ। , अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् गौतमले बताए। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ। , यस वर्ष शनिबार राति ९ : १८ बजेसम्म अनुराधा नक्षत्र र त्यसपछि ज्येष्ठा नक्षत्र परेको छ। यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ।, यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो  गर्दछन्। काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन्।, गौरा पर्व मनाइँदै
सेतोपाटी संवाददाता राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले आशाहरुले मान्छेलाई बचाउने भएकाले मानिसले जीवन निराश बनाउन नहुने बताएका छन्।, भक्तपुरको गठ्ठाघरमा शुक्रबारदेखि सुरु भएको दुई दिने नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम जिल्ला अधिवेशनमा उनले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीवनमा आशा जगाउनुपर्ने बताएका हुन्।, समाचार लेख्न पत्रकारलाई पनि राम्रा कुरा देखाउनुपर्ने चर्चा गर्दै उनले भने, ‘पत्रकारले जे देख्छ, त्यहीँ लेख्छ, तपाईंले पत्रकारलाई राम्रो देखाउनुहोस्, राम्रै लेख्छ, नराम्रो देखाउनुभयो भने त नराम्रै लेख्छ नि, पत्रकारले सत्य पस्किने हो, तर सत्य पस्किने भन्दैमा पत्रकारले पनि कसैको जीवनप्रतिको मोहमा आक्रमण गर्नुहुँदैन, भविष्यको आशामा आक्रमण गर्नुहुँदैन।’ , समाजमा दुःख र पीडा छ भन्दैमा एउटा पत्रकारले दुःख र पीडा मात्रै पस्किने काम गर्नुहुँदैन भन्दै उनले त्यसको समाधानको उपाय पनि पस्किनुपर्नेमा जोड दिए। उनले भने, ‘दुःख र पीडाको समाधानको उपाय पनि पत्रकारले खोज्नुपर्छ, आजको पत्रकारितामा त्यो जरुरी छ, आशावादीका कुरा पनि पत्रकारिताले दिनुपर्छ । त्यो दिन सकेन भने निराशावादी मात्रै हुन्छ, त्यसले जीवनको मोह सकिन्छ ।’, ‘म खुसी भएँ भने मात्रै म जस्ता अन्य व्यक्ति पनि खुसी हुन्छन् र समाज खुसी हुन्छ’ भन्ने मान्यता स्थापित गर्नु जरुरी रहेको औंल्याउँदै उनले व्यक्तिले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्दै खुसी भएर बाँच्ने मोह जगाउने बताए।, आज मात्रै होइन भोलिका लागि पनि आशावादी हुनुपर्छ भन्दै उनले जबसम्म बाच्छौँ सुखले बाँचौँ, मरेपछि कसले देख्छ भने। , नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका झाले बुद्ध दर्शनको चर्चा गर्दै भने, ‘आउँदा न सम्पत्ति लिएर आएका थियौँ, न लिएर जान्छौँ, आफूले सञ्चय गरेको धन के हुन्छ ? यदि छोराछोरी सपुत छन् भने आफ्नो व्यवस्था आफैँ गर्छन्, कपुत छन् भने त सञ्चय गरिदिएको पनि सिध्याउँछन् ।’, उनले विसं २०६२ को वैशाख २ गते एकै दिन तीन घटना भएको स्मरण गर्दै भने, ‘वैशाखमा एकैदिन तीन घटना घट्यो, कोशीको बाँध टुट्यो, जनधनको क्षति भयो, त्यही दिन सरकार परिवर्तन भयो र नेपाल पत्रकार महासङ्घका अध्यक्ष म ठूलो सडक दुर्घटनामा परेँ। भोलिपल्ट ३ गते होसमा आउँदा म आफू बाँचेकोमा धेरै खुसी भएँ, मलाई त्यसले ठूलो आशा जगायो।’, कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आउँदो पुस्तालाई अझै सुन्दर बनाउने तथा आशासहितको जीवन जिउने सन्दर्भमा निराशाको बाटो बन्द गर्दै बालबालिका र किशोरकिशोरीलाई आशा कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिए। , नीति बनाउँदैमा सबै सफल हुँदैन भन्दै उनले समुदायलाई सङ्गठित गर्दै सही बाटोमा लगे मात्रै राज्यको नीति सही मार्गमा कार्यान्वयन हुने बताए। , उनले नेपालको सन्दर्भमा एउटा नागरिकले सबैभन्दा पहिला पाउने नागरिकता हो भन्दै त्यो पाउन उसले व्यहोर्ने सास्ती, पैसा नखुवाई सवारी लाइसेन्स बन्दैन भन्ने मानसिकता, राज्यबाट पाउने सेवा सुविधा लिन व्यहोर्नुपर्ने झन्झट र त्यो पनि पैसा नखुवाई हुँदैन भन्ने गलत संस्कारको अन्त्य हुनुपर्ने बताए।, अहिलेका विद्यार्थीलाई कसरी यो मुलुक छाडेर विदेश जाने, नेपालका कुनै भविष्य छैन भन्ने पर्दा पनि उनीहरुमा आशा जगाउन नसक्नु दुर्भाग्य भएको चर्चा गर्दै अध्यक्ष पोखरेलले मानिसमा साना कुराले पनि आशा जगाउने भएकाले हरेक नागरिकमा आशा जगाउने कार्यक्रम ल्याउनु जरूरी रहेको बताए।, नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर उदय निरौलाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर किशोर स्वास्थ्य तथा कल्याणका विषयमा कार्यशाला गर्दै आएको बताए। उनले किशोरकिशोरीमा निराशापनले डरलाग्दो रूपमा जरो गाडेको अवस्थामा बालबालिका र किशोरकिशोरीमा सकारात्मक भावना तथा आशावादी जीवन दर्शनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्था अगाडि बढेको चर्चा गरे।, नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका महासचिव पृथ्वीराज थापाले ४१ वटा क्लबको १३० जनाभन्दा बढीको सहभागिता रहेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताए।, हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, एन प्याब्सनका पूर्वअध्यक्ष ऋतुराज सापकोटा, किवानिज नेपाल डिस्ट्रिक्ट गर्भनर लक्ष्मण लम्साललगायतले जीवन र आशाको महत्वमाथि प्रकाश पारेका थिए।, ‘पत्रकारले जे देख्छ, त्यहीँ लेख्छ, आशाहरुले मान्छेलाई बचाउँछ’- अध्यक्ष झा
रासस केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरू गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । , हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएकाले पुराना संस्कृति र परम्परा पनि ओझेलमा पर्दै जान थालेका हुन् । , पछिल्लो पुस्तामा पुराना लोकबाजाको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ भन्ने भावना नदेखिएकाले यस्ता कुरा लोप हुँदै गएको विद्योदय मावि भोजपुर नेपाली विषयका शिक्षक खोमराज धमलाको भनाइ छ । उनी भन्छन्, 'अहिलेका पुस्तालाई के हो पञ्चेबाजा, के हो नरसिङ्गा मतलब नै छैन, यस्तै हो भने अब ती कुरा क्रमिकरुपमा इतिहास बन्न सक्छन् ।' , त्यतिमात्र होइन पछिल्लो समयमा बाजागाजा बजाउनेको सङ्ख्यामा कमी आउँदै जान थालेपछि पनि यो परम्परा कम हुँदै गएको स्थानीयको भनाइ  छ । भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते भन्छन्, 'बाबुबाजेले गर्दै आएको यो परम्परा र यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैनन् । हाम्रो निधनपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो ।', विशेष गरी सहनाइ विवाहबाहेक दशैँ, तिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ । नेपाली लोक संस्कृति जोडिएको पञ्चेबाजामध्ये एक सहनाइको महत्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुनथालेको छ । , वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोकपञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको भोजपुर नगरपालिका–८ कातुलसी ढुङ्गानाको धारणा रहेको छ । 'आधुनिक गीत सङ्गीत र नयाँ प्राविधिक वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चेबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिङ्गा र सहनाइ)लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ । ढुङ्गानाले भने, 'अहिलेका युवा पुस्ता त बजारमा आएर पेन ड्राइभमा गीत भर्ने, इन्टरनेटबाट डाउनलोड गर्छन् गाउँमा गएर छानी छानी बजाउँछन् ।', एकातिर चासो कमी हुनु र अर्कोतिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३ का टेकबहादुर मोतेको भनाइ छ ।  चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिने मोतेको भनाइ छ । , बिहे, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीय घमचन्द्र दाहाल बताउँछन् । 'युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो । पुराना परम्परा र संस्कारभन्दा पनि विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ । आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन्', दाहालको भनाइ रहेको छ । रासस, हराउँदै पञ्चेबाजाको मौलिकता
रासस  , पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । , यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले एक सय २० लाई नियमित सेवा दिन सकिने अवस्था रहेको छ । अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने  काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए ।, चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको छ । पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइस) को कक्षा सञ्चालन गर्ने गरी चिकित्सा शिक्षा आयोगमा अनुमतिको लागि पठाइएको नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए।, चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट  सो कक्षा सञ्चालन हुने अधिकारी बताउछन्। “नेपालबाट बर्सेनि हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सासम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ”, अधिकारीले भने ।, नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूहरुले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको व्यवस्थापक सापकोटा बताउछन् । उनका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरक फरक १४ विभाग बनाउनेदेखि लिएर छात्रावासलगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ । , कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रुपमा यस चिकित्सालयले ख्याति कमाएको थियो । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा  उपचार सेवा लिन आउनेको सङ्ख्या यहाँ हरेक दिन बढ्ने गरेको अस्पतालका व्यवस्थापक सापकोटा बताउछन् ।, शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताएका छन्।, नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’का विजयीलाई पुरस्कृत गर्दै मन्त्री श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटन गतिविधि सञ्चालनका लागि सरोकारवालासँग समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे।, उनले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए।, पर्यटनमन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हेरक हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए। यिनीहरुको प्रर्वद्धनका लागि फोटो महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो।, बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरे।, बोर्डको प्रर्वद्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२” काठमाडौ्मा सम्पन्न भएको हो। देशभरबाट सात सय फोटोग्राफरबाट छानिएका दुई हजार सात सय फोटोबाट चार वटा फोटोलाई चार विधाका उत्कृष्ट फोटोका रूपमा छनोट गरिएको हो।, यसरी छनोट भएका चारमध्ये टासी आर घलेको से फोक्सुण्डोको फोटो ‘फोटो अफ दि इयर’ छनोट भएको छ। चार उत्कृष्टमध्ये नेचर विधामा टासी आर घलेको से फोक्सुण्डोको फोेटो प्रथम, कल्चर विधामा राजन मर्हजनको कात्तिके नाच प्रथम, वाइल्ड लाइफ विधामा विनय रावलको चितुवाको फोटो तथा लाइफस्टाइल विधामा सुशीलकुमार श्रेष्ठको माटाको भाँडा बनाएको फोटो पुरस्कृत भएका छन्।, पुरस्कृत फोटोग्राफरलाई पर्यटनमन्त्री श्रेष्ठ तथा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले ५०-५० हजार तथा सम्मानपत्रद्वारा सम्मान गरेका थिए।, प्रतियोगामा जगदिश तिवारी, राजेन्द्र बाँनिया, मनोज ज्ञवाली, नन्दीनी लाह थापा र भरतबन्धु थापाले निणार्यको भूमीका निभाएको थिए। विजयीसहित प्रतियोगितामा सहभागी फोटोहरूमध्ये उत्कृष्ट ५० वटा तस्विर प्रर्दशनीमा राखिएको थियो।, विजेता तस्बिर तथा प्रर्दशनीमा राखिएको तस्बिरहरुलार्ई हरेक प्रदेशमा प्रदर्शन गर्ने आयोजक समितिका अध्यक्ष देवेन्द्र शाहीले बताए छ।, यी हुन् ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसनका उत्कृष्ट तस्बिरहरू
डा. एकता जैसवाल दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ।, पछिल्लो केही समययता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ। , पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा डिम्बासयमा सिस्टहरू पलाएको भएमा ल्याप्रोस्कपिक सर्जरीको माध्यमबाट अपरेसन गर्न सकिन्छ।, ‘ल्याप्रोस्कोपिक सर्जरी’ र ‘ओपन सर्जरीमा’ धेरै भिन्नता छन्। ल्याप्रोस्कोपी सर्जरी गर्दा पेटमा सानो प्वाल बनाएर सर्जरी गरिन्छ।, बिरामी २४ घण्टामै घर फर्किन सक्छन्। काटेको घाउहरू नदेखिने भएकाले पनि यो सर्जरी उपयुक्त छ। ओपन सर्जरी गर्दा कम्तिमा ३ देखि ४ दिन अस्पताल बस्नुपर्छ। ल्याप्रोस्कोपिक सर्जरी केही महंगो भए पनि चाडै निको हुने भएकाले यो सर्जरीको महत्व बढेको हो।, स्वास्थ्यको दीर्घ समस्या भएका र पेटको बच्चा निकाल्न ल्याप्रोस्कोपिक सर्जरी प्रयोग गर्न मिल्दैन।, इनफर्टिलिटी  समस्या समाधान गर्न समेत ल्याप्रोस्कोपिकले सहयोग गर्छ। सानो दुरविन पाठेघरमा छिराएर यसको अवस्था हेरिन्छ। यसलाई हिस्ट्रोस्कोपी ल्याप्रोस्कोपी भनिन्छ।, यसले पाठेघरमा कहिलेकाहीँ मासु पलाउने, ट्युव बन्द भएको पत्ता लगाएर त्यसको उपचार गर्न सकिन्छ।, अल्ट्रासाउण्डले सबै समस्या नदेखाउने भएकाले हिस्ट्रोस्कोपीको माध्यमबाट पाठेघरको उपचार गर्न सकिन्छ। यसले इनफर्टीलिटीको समस्या समाधान गर्न सहयोग पुग्छ।, अहिले आइभिएफको प्रचलन बढिरहेको छ। तर हिस्ट्रोस्कोपी नगरि आइभिएफमा जाँदा सफल नहुन सक्छ। पाठेघरमा मासु पलाएको छ, टुयुव बन्द छ, झिल्लीहरू छ भने त्यसलाई निकालेपछि बच्चा सजिलै बस्छ। त्यसको लागि आइभिएफ गर्नु नपर्ने हुनसक्छ।, अहिले मुख्यत ढिलो बिहे गरेका कारण इनफर्टीलिटी बढेको छ। पुरूषले पनि रक्सी चुरोट धेरै खाने भएकाले यस्तो समस्या भइरहेको छ। इनफर्टीलिटीमा महिला र पुरूष दुवैको उत्तिकै भूमिका हुन्छ।, ल्याप्रोस्कोपिक सर्जरी, इनफर्टिलिटीको उपचारमा यसको भूमिका, कस्तो अवस्थामा आइभिएफमा जाने लगायतका विषयमा केन्द्रीत रहेर प्रसुती गृह थापाथली र मिडाट अस्पताल लगनखेलमा कार्यरत स्त्री रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा एकता जैसवालसँग सेतोपाटीले भिडिओ कुराकानी गरेको छ।, हेर्नुहोस् भिडिओः, ल्याप्रोस्कोपिक सर्जरी किन सजिलो छ? (भिडिओ)
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले भदौ १२ देखि भदौ १८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, कुशे औंसीको दिन गोकर्णेश्वर मन्दिर परिसरमा बत्ती बालेर प्रार्थना गर्दै एक युवती।  तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , काठमाडौंको कालिमाटी र टेकु जोड्ने विष्णुमती नदीमाथि रहेको दुई पुल। जहाँ एउटा पुरानो पुलमा सवारी चाप बढिरहेको छ भने नयाँ पुल प्रयोगवविहीन छ। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  ,  , काठमाडौंको टेकुबाट देखिएको घना बस्ती।  तस्बिर : नवीनबाबु गुरूङ / सेतोपाटी,  ,  , सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा डायलासिस गराउन आएका मिर्गौलाका बिरामी आफ्नो पालो कुर्दै। तस्बिर: सविता बुढा /सेतोपाटी,  ,  , इन्द्रजात्राका लागि रूख काट्न वन यात्रामा हिँडेका मानन्धर गुठीका मानिसहरूलाई  टीका लगाएर बिदाइ गर्दै हनुमानढोका दरबार परिसरका पण्डित। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पपश्चात काठहरूको टेको लगाएर राखिएको एउटा घर। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , कैलालीको लम्कीचुहा नगरपालिका–९ सोनपुरका महिलाहरू पथरिया नदीमा माछा मार्दै। तस्वीर : सविता बुढा /सेतोपाटी,  ,  , निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्न आएका दलहरू। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी,  ,  , ऋषि पञ्चमीको अवसरमा बागमती नदी किनारमा पूजापाठपछि सेल्फी लिँदै महिलाहरू।  तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  , अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गर्दै क्रिकेटरहरू। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी, साताका तस्बिर
रासस सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा पिकअपको ठक्करबाट गएराति एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, दुर्घटनामा अर्का एक घाइते भएका छन्।, मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००२च ४६६२ नम्बरको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो।, सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईँ सख्त घाइते भएको प्रहरीले जनाइएको छ।, घाइते गुरागाईँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।, इटहरीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते
एजेन्सी भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ।, शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।, प्रहरीका अनुसार बसमा ६० जना नेपाली कामदार थिए। सो बस नेपालबाट गोवा जाँदै थियो। तर महानगुपुर गाउँमा पुग्दा बसको एउटा टायर पन्चर भएको थियो।, सडक छेउमा रोकेर बसको टायर फेरिरहेको बेलामा तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।, एक जना प्रहरी अधिकारी पुरनेन्दु सिंहका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरू प्रेम थारू, सीतल थारू र चक्र बहादुर छन्। एक जनाको सनाखत भएको छैन।, घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको छ।, ‘अरू यात्रुहरू सुरक्षित नै छन्। हामी उनीहरूलाई नेपालमै फिर्ता पठाउने तयारीमा छौं,’ सिंहले भने।, मृतकको शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाएको भारतीय प्रहरीले जनाएको छ।, गोवा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना अभियुक्त होटलबाट पक्राउ परेका छन्।, शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाडौं आएका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्‍धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।, उनलाई प्रहरीले शुक्रबार राति १० बजे नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको हो।, उनीमाथि पाइलट बनाइदिने भन्दै एक करोड ६८ लाख ठगी गरेको आरोप छ। काठमाडौं जिल्ला अदालतबाट उनीसहित ११ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा दुबईबाट भिआइपीको टोली नेपाल आइपुगेको हो। , उनको निमन्त्रणामा अरब पार्लियामेन्टका उपसभामुख र नेशनल फेडरल काउन्सिलका सदस्य शुक्रबार बिहान काठमाडौंस्थित विमानस्थल आइपुगेका थिए। , ‘उहाँहरू दुई जनालाई हामीले निमन्त्रणा पठाएका थियौं र त्यो निमन्त्रणा स्वीकार गरेर चार दिन अगाडि हामीलाई सन्देश पठाउनुभयो,’ अध्यक्ष अन्सारीले सेतोपाटीसँग भने, ‘आउने भएपछि हामीले गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका थियौं। यूएई राजदूतावासलाई पनि खबर गरेका थियौं।’, उनीहरू पाँच जनाको टोली थिए। आरोपित रिजवानलाई भने उनीहरूले नै दोभाषे बनाएर ल्याएको अन्सारीले बताए।, भिआइपी भनेपछि उनीहरूको सबै जनाको पासपोर्ट एकमुष्ट रूपमा छाप लगाउन विमानस्थलको कर्मचारीलाई दिइएको थियो।, स्वागत गर्न अन्सारी, राजदूतलगायत प्रतिनिधि विमानस्थल पुगेका थिए। , उनीहरूसँग आएका सबै जनाको पासपोर्ट लिएर एक जनाले एकमुष्ट विमानस्थल कर्मचारीलाई बुझाए। , सबैको पासपोर्टमा अराइभल छाप लगाउँदासम्‍म रिजवान भिआइपी कक्षबाट फरार भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ ‍उपरीक्षक (एसएसपी) दीपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए।, ‘मुस्लिम आयोगको निमन्त्रणामा पाँच जना व्यक्ति दुबईबाट आएका थिए। त्यसमध्ये एक जना अभियुक्त पनि रहेछन्,’ उनले भने, ‘भिआइपीको गाडीमा हालेर ल्यायो। कर्मचारीले पासपोर्ट चेक गराउँदा उनलाई चाहिँ यहीँ ल्याउनू भन्दा सम्म निस्किसकेछन्।’, उनी आफ्नो पासपोर्ट पनि लिन नआई मुस्लिम आयोगका अध्यक्ष अन्सारीको गाडीमा बसेर हिँडिसकेका थिए। पछि उनी भागेको भन्ने खबर पाएपछि अपराध अनुसन्धानको टोलीले राति होटलबाट पक्राउ गरेको हो।, अध्यक्ष अन्सारीले आफ्नो गाडीमा बसेर होटल गएको भन्ने स्वीकारे पनि भगाएको भन्ने खबर गलत भएको बताए। , ‘मैले भगाएको भन्ने कुरा गलत हो। तीन वटा गाडी थियो। दुई जना भिआइपी राजदूतको गाडीमा बस्नुभयो। बाँकी अर्कोमा र रिजवान मेरो गाडीमै बस्नुभएको हो,’ उनले भने, ‘त्यहाँबाट हामी मेरियट होटल आयौं। २ बजेतिर मेरो मिटिङ भएकोले निस्कियौं। त्यसपछि मात्रै मलाई प्रहरीबाट फोन आयो। उहाँलाई पठाइदिनुपर्‍यो भन्नुभयो।’, त्यसपछि आफूले रिजवानलाई फोन गरेर ब्ल्याकलिस्टमा नाम राखेको र समस्याको समाधान गर्नु भनेर भनेको पनि उनले बताए।, त्यसपछि केही घण्टापछि फेरि प्रहरीबाट फोन आएको उनले बताए। , ‘उहाँको लेनदेनको विषय थियो। त्यो उहाँले क्लियर पनि गरिसक्नुभएको रहेछ। आफूलाई अप्ठ्यारो पर्छ कि भनेर उहाँले आनाकानी पनि गर्नुभएको थियो,’ उनले भने, ‘तर कार्यक्रम सकेर मैले सम्झाएँ। बाहिर गइसक्नुभएका उहाँलाई मैले नै फोन गरेर होटलमा बोलाएँ।’, उनले थपे, ‘उहाँविरूद्ध पक्राउ पुर्जी जारी भएको भन्ने पनि थाहा थिएन। उहाँ आउनुहुन्छ भन्ने पनि थाहा थिएन। उहाँलाई दोभाषेको हिसाबले ल्याउनुभएको हो।’, दुबईबाट भिआइपीसँगै ठगी आरोपित पनि आए, होटल मेरियटबाट पक्राउ परे
सेतोपाटी संवाददाता गायक योगेश्वर अमात्यले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न लगाउनू भन्दै अभियन्ताहरूलाई आग्रह गरेका छन्।, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा अभियन्ताहरूसँग छाड्न पहल गर्न आग्रह गरेका हुन्।, उनले नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान नदिई स-साना कुरामा अल्झेर बसेको बताएका छन्।, ‘हाम्रो नेवाः संघ-संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के-के नै गरेको जस्तो। अपूर्वलाई तुरून्त छोड्न लगाऊ,’ उनले फेसबुकमा लेखेका छन्।, कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ गत शुक्रबार युट्युबमा राखिएको थियो। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए।, विरोध भएपछि २४ घण्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो। यसमा अपूर्वले माफी समेत मागेका छन्। तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि गत आइतबार उनी पक्राउ परेका हुन्।, उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत दिएको छ।  , यो पनि: , कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति, कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा, हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह, कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी, अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य
रासस भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चुच्चेढुङ्गास्थित नगर अस्पतालको स्तरोन्नति गर्ने भएको छ।, ग्रामीण क्षेत्रमा १५ शैय्यामा सञ्चालित उक्त अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्यले अस्पताल सञ्चालनका लागि नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको हो।, अस्पतालसम्म पुग्ने उकालो सडक पक्की नुहुँदा निकै जोखिम रहेको, अस्पतालको एम्बुलेन्स लैजान पनि समस्या पर्ने सडकमा बिरामी ओसार्न समस्या हुने गरेको, चिकित्सकीय सेवा विस्तार हुन नसकेकाले स्थानीय बिरामी अस्पतालमा भर पर्न नसकेको गुनासो बढ्दै गएको अवस्थामा अस्पतालको सेवा, सुविधा र समस्या छानबिन गरी सात दिनभित्र यथार्थ वस्तुस्थितिसहितको प्रतिवेदन बुझाउन नगरपालिकाले निर्देशन दिएको छ।, त्यसैगरी अस्पतालसम्म पुग्ने कच्ची सडक तत्काल पक्की गर्न, अस्पतालको आफ्नै खाता सञ्चालन गर्न, गुणस्तरीय सेवा सुविधा विस्तार गर्न यहाँका बासिन्दालाई जटिल रोगबाहेक अन्य रोगको उपचारको व्यवस्था गर्न नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने र थप बजेट प्रदेश तथा संघीय सरकारसँग माग गर्ने गरी अस्पताललाई विस्तार गर्ने समितिले निर्णय गरेको नगरप्रमुख एवं समितिका अध्यक्ष खत्रीले जानकारी दिए।, समितिका उपाध्यक्ष थापाको अध्यक्षतामा दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।, उक्त अस्पतालमा हाल २४ सै घण्टा आकस्मिक, प्रसूति, ल्याब, ओपिडी, सामान्य शल्यक्रिया, बीमा फार्मेसी, खोप, परिवार नियोजन, एक्सरे, नाक, कान, घाँटी, किशोर–किशोरीमैत्री र आठ हप्तासम्मको गर्भपतन सेवाका साथै निःशुल्क औषधि वितरण, एम्बुलेन्स सञ्चालन हुँदै आएको छ।, आफ्नै अक्सिजन उत्पादन सुरू गरेको उक्त अस्पतालमा प्राविधिक सामग्रीहरूको विस्तार गर्दै भेन्टिलेटरसहितको आइसियू, सिसियू, आधुनिक ल्याबलगायतको व्यवस्था गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको नगरप्रमुख खत्रीले बताए।, अस्पताल सञ्चालन कार्यविधिअनुसार गठन भएको समितिको अध्यक्षमा नगरप्रमुख खत्री, वरिष्ठ उपाध्यक्षमा उपप्रमुख बुढाथोकी, उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, जनप्रतिनिधि र कर्मचारी रहेको १६ सदस्यीय समिति गठन गरिएको छ।, अस्पतालमा एक चिकित्सक, चार प्रशासन र अन्य नर्स गरी कूल २३ कर्मचारीले सेवा प्रवाह भइरहेको उक्त अस्पतालबाट आपतकालीन सेवा पूर्वतयारी, गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ।, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गरिने
सेतोपाटी संवाददाता देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, ३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन्।, यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ।, शनिबार ३३९ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन्।, देशभर थपिए दुई सय कोरोना संक्रमित, दुई जनाको मृत्यु
रासस सुनसरीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना प्रहरीको मृत्यु भएको छ।, कोसी गाउँपालिका-१ मा शनिबार दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको हो।, मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका-३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार छन्।, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।, ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ।, चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए।, दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, सुनसरीमा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई प्रहरीको मृत्यु
रासस राष्ट्रपति विद्यादेवी भण्डारी काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। , शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित स्मृतिसभामा उनले काजी पाँडेको २५४ ओं स्मृतिसभामा पाँडेको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेकी हुन्। , काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरू गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथी थिए। , तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ थिए।, नेपाल एकीकरणको अभियानअन्तर्गत विसं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौंको बसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो।, इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथीका रूपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्‍याएको स्मरण गरे।,  , राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जली
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट शनिबार ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५च १९४२ नम्बरको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।, प्रहरीले उनीहरूको साथबाट ३१ हजार रुपैयाँ पनि बरामद गरेको छ।, हेटौंडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ
सेतोपाटी संवाददाता प्रेमीसँग जन्मदिन मनाएर घर फर्कँदै गरेकी विराटनगरकी १८ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।, विराटनगरको एउटा क्याफेमा जन्मदिन मनाएर प्रेमीसँग घर फकिँदै गर्दा उनीमाथि सामूहिक बलात्कार भएको हो।, प्रहरीका अनुसार घर पुग्नुअघि विराटनगर १४ जतुवास्थित नहरको डिलमा गफ गरेर बसेका थिए। प्रेमीसँग गफ गरेर बसिरहेकी उनलाई पाँच जना युवा जबरजस्ती गरेका हुन्।, उनका प्रेमीलाई नियन्त्रणमा लिएर उनीहरूले बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ।, ‘उनीहरू पाँच जना रहेछन्,’ प्रहरीले भनेको छ, ‘प्रेमीलाई नियन्त्रणमा लिएर उनीहरूले बलात्कार गरेको पाइएको छ।’, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारी अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन्।, विराटनगर ४ बस्ने २९ वर्षीय सन्तोष मण्डल पक्राउ परे पनि उनका साथीहरू फरार छन्।, ‘गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन (मापसे) गरी राति आएका युवाहरूले केटालाई नियन्त्रणमा लिएछन्। दुई जना केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ,’ प्रहरीको भनाइ छ।, भाग्न सफल भएका युवाले गाउँमा गएर होहल्ला गरेपछि स्थानीय भेला जम्मा हुन थाले।, हल्ला भएपछि अभियुक्तहरू भागेका थिए।, बलात्कारकै अर्को घटना मोरङको जहदामा भएको छ।, १६ गते राती १० बजे ३७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्।, प्रहरीले जहदा-७ का २८ वर्षीय सन्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको हो। चिनजानकै युवाले बोलाएर लगेपछि घरनजिकको खेतमा पुर्याएर महिलालाई सामूहिक बलात्कार गरेको डिएसपी श्रेष्ठले बताए।, मोरङमा एकैदिन सामूहिक बलात्कारका दुई घटना, तीन जना पक्राउ
नवीनबाबु गुरूङ गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ।, विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व  शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।, गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास छ। गौरामा पर्वमा महिलाहरूले मागल गाउने गर्छन्। मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आराधना हो।, गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरूद्ध व्यङ्ग गर्ने चलन छ। एकताको पर्वका रूपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ।, तस्बिरहरू:, टुँडिखेलमा यसरी मनाइयो गौरा पर्व (तस्बिरहरू)
नारायण खड्का तुलसीपुर र घोराहीका मेयरले ढिला गरी काम गर्ने हो भने चारलेन सडकको सम्झौता रद्द गरी नयाँ निर्माण  व्यवसायीसँग सम्झौता गर्नुपर्ने सुझाएका छन्।  , तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र घोराहीका उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी लगायतका प्रतिनिधिले तुलसीपुर–घोराहीदेखि बबई पुलसम्म चार लेन सडक विस्तारको काम कछुवा गतिमा भइरहेको भन्दै आफूहरूले समेत सर्वसाधारणबाट गाली खानु परेको बताएका हुन्।, मेयर खड्काले सरकारको नीति कै कारण समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकिएको भन्दै अब त्यसलाई सच्याएर कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे।, ‘कि काम राम्रोसँग गर्नु पर्‍यो हैन भने काम छोड्नु पर्‍यो,’ खड्काले भने, ‘हामीले सहयोग गर्दापनि जिर्ण बाटोको कारण हामीले गाली खानु परेको छ। अब तपाईँहरूले यसरी उन्मुक्ति पाउनु हुने छैन।’, घोराहीका मेयर चौधरीले चारलेन सडक निर्माण कम्पनीको लापरवाहीका कारण जनताबाट आफूहरूले गाली खानु परेको भन्दै रोष प्रकट गरे।, ‘समयमा काम गर्न नसक्ने ठेकेदारलाई नियमअनुसार कारबाही गरिनु पर्ने भएपनि किन कारबाही नभइ रहेको हो,’ उनले प्रश्न गरे, ‘अब पनि यस्तै चाल भए सम्बन्धित निकायले निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ।’, उनले नसक्ने भए निर्माण कम्पनीलाई तत्काल काम छोड्न र आफूहरूलाई जिम्मा दिए त्यसको जस अपजस लिन तयार रहेको बताए।, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चारलेन सडक निर्माणको काम छिटो गर्नका लागि आफ्नो तर्फबाट समन्वय र ताकेता गर्दै आएको बताए।, ‘मैले आफैँ निर्माण कम्पनीसँग छिटो काम गर्न भनेर पटक–पटक फोन सम्पर्क गरि तोकेता गरेको छु,’ उनले भने,  ‘हामीलाई पनि जिल्लाबासीले सडकको दुराअवस्थाका बारेमा फोनमा दिनहुँ जस्तो आग्रह गरिरहन्छन्।’, उनले पनि यस्तै स्थिति कायमै रहने हो भने ठेक्का सम्झौता गर्ने निकायले कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका थिए।, चारलेन सडकबाट जनस्तरबाट व्यापक गुनासो र आलोचनाहरू भएपछि जिल्ला समन्वय समितिका संयोजन नित्यानन्द शर्माले शुक्रबार घोराहीमा सरोकारवालाहरूसँग सार्वजनिक छलफल गरेका थिए। जहाँ निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरू पनि सहभागी थिए।, त्यसक्रममा चारलेन सडक आयोजनाका प्रमुख अर्जुन बमले तीन वर्षको अवधिमा चारलेन सडकको १० प्रतिशत मात्र काम भएको जानकारी दिएका थिए।, ‘काम गर्नका लागि कतैबाट अवरोध नभएपनि सोचे जसरी सरासर काम हुन सकिरहेको छैन,’ उनले भने, ‘अब काम धमाधम अगाडि नबढे सोच्नुपर्ने अवस्था आउन सक्छ।’, चारलेन सडक निर्माणको काम गरिरहेको श्रेष्ठ निर्माण कम्पनीका प्रतिनिधि शेखर शर्माले वैशाख महिनाबाट आफूहरूले काम गर्न सुरू गरेको भन्दै अब कामले गतिले विश्वास दिलाएका थिए।, ‘निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरूको समस्याको कारण केही समस्या भएको उत्पन्न हुने गरेको छ,’ उनले भने, ‘अब तिहारपछि तीव्र गतिमा काम हुने विश्वास दिलाउन चाहान्छु।’, तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तारका लागि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजना २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने सम्झौता भएको थियो। त्यसमध्ये पनि सबै सडकखण्ड चारलेनको छैन। सहर र बजार क्षेत्रमा दुई लेनको मात्रै सडक निर्माण गरिने भएको छ।, तथ्य सँगको सम्झौताको करिब एक वर्षपछि मंसिर दोस्रो सातादेखि मात्रै उसले यहाँ निर्माणको काम सुरू गरेको थियो।, सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्ने उल्लेख छ।, एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा निर्माण कम्पनी तथ्यले स्वीकारको थियो।, निर्माण कम्पनीले सुरूमा आफ्नो आधिकारिक नेपाल प्रतिनिधिका रूपमा यसअघिका तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेलाई तोकेको थियो। उनले काम गर्न नसकेपछि र धेरैलाई ठगेको उजुरी पछि अनुप पाण्डे झन्डै २५ दिनपछि थुनामा बस्नु परेको थियो। पछिल्लो समय तथ्यले उनीसँगको सम्झौता रद्द गरिसकेको छ।, यो बीचमा पेटी ठकेदारलाई पटक–पटक निर्माणको जिम्मा दिइएपनि काम हुन सकेको छैन।, समयमा काम नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ। सडक खण्डमा दुर्घटनाकाहरू बढेका छन्। सडक समयमा निर्माण भएको लापरबाही बारे पटक–पटक आन्दोलन समेत हुने गरेको छ।, कार्यक्रमका अन्य वक्ताहरूले चारलेन सडकमा चरम लापरबाही भएको भन्दै अहिलेको निर्माण कम्पनीसँग ठेक्का तोड्न माग गरेका थिए।, बैठकमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, यातायात व्यवसायीको तर्फबाट राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, घोराही खानेपानीका अध्यक्ष देवीबहादुर डिसी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, वरिष्ठ पत्रकार दधिराम सुवेदी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, डा. लोकराज पराजुलीलगायले निर्माण कम्पनीले चरम लापरवाही गर्दा सर्वसाधारणले पाउनु सास्ती पाउनु परेको भन्दै अब पनि काम नगरे तत्काल सम्झौता रद्द गरि अर्कोसँग  सम्झौता गर्न माग गरेका थिए।,  , पुस मसान्तसम्म ३० प्रतिशत काम नभए कारबाही थाल्ने चेतावनी, जिल्लाकै गौरवको योजना चारलेन सडक आउँदो पुससम्म ३० प्रतिशतसम्म पनि काम नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने सहमति भएको छ।, योजना सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म १० प्रतिशत मात्रै काम भएको छ।, छलफलमा सहभागी सबै सरोकारवालाहरू बीच पुस मसान्तसम्म पनि ३० प्रतिशत काम पूरा नगरे कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएको जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माले जानकारी दिए।  , त्यस्तै १५ दिन भित्र सडकका खाल्डा खुल्टी निर्माण कम्पनीले पुरिसक्नु पर्ने सहमति पत्रका उल्लेख छ।, त्यस्तै चारलेन सडक निर्माणका लागि समन्वय सहजीकरण र उक्त कामको प्रगति विवरण, समस्या समाधान, समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। जसको सदस्य सचिवमा चारलेन आयोजनाका प्रमुख रहनेछन्।, उक्त समितिको सदस्यहरूमा तुलसीपुर र घोराहीका मेयर, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सदस्य राखिएका छन्।, गठित समितिले १५/१५ दिनमा बैठक बस्ने र भएका कामको समिक्षा गर्न र समस्या समाधानका लागि पहल गर्ने निर्णय पनि गरेको छ।, तुलसीपुर र घोरहीका मेयरको भनाइ: ढिलो गरी काम भए चारलेन सडकको सम्झौता रद्द
पूर्णप्रसाद मिश्र/रासस विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौं महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन।, बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो। कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए।,  , ‘विकास निर्माणका कामबाट हुने कमिसनको खेल र काममा झारा टार्ने प्रवृत्तिले यस्तो भएको हो, महानगरपालिकाले तीन महिना पनि नटिक्ने कस्तो कालोपत्र गर्‍यो ?, तोकिएको गुणस्तरमा काम नहुँदा यस्तो भयो, समितिले तीनपटक बजेट छुट्याए पनि महानगरपालिकाले नै गर्न खोजेकाले यो सडकको काम गर्न दिइएको हो’, उनले भने। , कालोपत्र हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो।, विश्व सम्पदा क्षेत्रको सडक बनाएको तीन महिनामै भत्कँदा पर्यटकका माध्यमबाट देशका बारेमा गलत सन्देश गएको स्थानीय व्यवसायी मंगलकुमार श्रेष्ठ बताउँछन्। जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको बीचबाट जान बाध्य हुनुपरेको छ।,  , महानगरपालिकाको नौ करोड रुपैयाँ लागतमा निर्माण भएको करिब एक किमी सडक तीन महिना पनि नटिक्दा स्थानीयवासी, पर्यटक र बौद्धनाथ दर्शन गर्न आउने भक्तजन दैनिक प्रभावित हुने गरेका छन्।, काठमाडौं महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको बताउँछन्।, ‘महानगरपालिका निर्माण विभाग प्रमुख राम थापालाई गुणस्तरहीन काम भएकाले भुक्तानी रोकेर राम्रो काम गराउन भनेँ, वडाले त्यहाँभन्दा बढी गर्न नसक्ने भएकाले सडक बनाएको केही समयमै भत्कियो, अहिले हिँड्न नै समस्या भएको छ’, उनले भने।,  , यस सम्बन्धमा महानगरपालिका निर्माण विभाग प्रमुख थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफू बैठकमा भएकाले केही भन्न नसक्ने बताए।, विदेशबाट आउने धेरै पर्यटक बस्ने हायात रिजेन्सी होटलको पूर्वोत्तरको पर्खालको यो सडकको दूरावस्थाले नेपालले विश्व सम्पदा क्षेत्रलाई कति महत्व दिएको छ भन्ने सन्देश जाने महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा बताउँछन्।, आफू वडामा निर्वाचित हुनुअघि बनेको सडक भएकाले यस विषयमा के–के भएको भन्ने बुझी महानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने उनले जानकारी दिए।, तीन महिनामै भत्कियो काठमाडौं महानगरले कालोपत्र गरेको सडक
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। , उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो।  , ‘उहाँहरूले आज आएर केही कर बुझाएर जानुभएको छ,’ उनले भने, 'अन्य कर भने तिर्नुभएको छैन।', अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।, यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ।, ‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ,' उनले भने, 'व्यवसाय कर एकद‍ेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ।'  , ६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ।, महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो। , पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो। , महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर
सेतोपाटी संवाददाता देशभर थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७३२ जनाको पिसिआर परीक्षण गर्दा १८० र १८२५ जनाको परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो।, २१५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।, यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३१५८ जना सक्रिय संक्रमित छन्।, थपिए २६९ संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता बझाङमा अरिंगालले टोकेर एक बालिकाको मृत्यु भएको छ।, प्रहरीका अनुसार थलारा गाउँपालिका –७ की ८ वर्षीया छोरी करिस्मा सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो।, बिहीबार बिहान अरिंगालको गोलो घरभित्र पस्दा उनी आक्रमणमा परेकी थिइन्। उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, घरका अन्य दुई सदस्य पनि अरिंगालको टोकाइबाट घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।, अरिंगालको टोकाइबाट एकको मृत्यु
सेतोपाटी संवाददाता रोल्पामा खुकरी प्रहार गरी एक दम्पतीको विभत्स हत्या भएको छ।, जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले हत्या गरिएका दुबै जनालाई खुकुरी प्रहार गरेको पाइएको सेतोपाटीलाई जानकारी दिए।, ‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ,’ घिमिरेले भने, ‘उनका श्रीमानको टाउको, कानलगायत शरीरका विभिन्न भागमा खुकुरी हानिएको छ।’, डिएसपी घिमिरेले अहिले आफू घटनास्थलमै रहेको र हत्या गरिएका दम्पतीको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए।, रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङसीका २५ वर्षीय दुर्गाबहादुर पुन र ३७ वर्षीया पार्वती पुनको शव बुधबार दिउँसो फेला परेको थियो।, उनीहरू माडी गाँउपालिका वडा नं. ३ तालाबाङमा स्थानीय जयलाल डाँगीको जग्गामा रहेको खुल्ला टहरोमा बस्दै आएका थिए।, ‘कुखुरा पाल्न बनाइने खुल्ला टहरो जस्तैमा उनीहरू बस्दै आएका रहेछन्,’ डिएसपी घिमिरेले भने, ‘ दुबै जनाको शव त्यही टहरोभित्र विभत्स हत्या गरिएको अवस्थामा फेला परेको हो।’, टहरो एकान्त ठाउँमा थियो उनीहरू त्यहाँ मजदुरी गर्थे। प्रहरीको अनुसन्धानमा पार्वतीको घर खोटाङ भएको खुलेको छ। उनको परिचय खुल्ने कागजात नभेटिए पनि सबैले उनलाई पार्वती भनेर बोलाउँथे। , सुतिरहेका उनीहरूको मंगलबार राति नै कसैले हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ।, घटनाबारे स्थानीयले सूचना दिएलगत्तै डिएसपी घिमिरेले आफैं घटनास्थल पुगेका थिए।, प्रहरीका अनुसार पुन दम्पतीले विवाह गरेको धेरै समय भएको थिएन। दुर्गाले श्रीमतीलाई घरमा समेत नभित्र्याएको भन्ने खुलेको एक प्रहरी अधिकारीले बताए।, रोल्पा आउनुअघि उनीहरू काठमाडौंको एक इँटा भट्टामा काम गर्थें। त्यहीँ काम गर्दागर्दै प्रेममा परेपछि उनीहरू विवाह गरेर रोल्पा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको  छ।, घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी घिमिरेले बताए।,  , काठमाडौंको इँटा भट्टामा प्रेम परेपछि विवाह गरेर रोल्पा गएका थिए दुर्गाबहादुर र पार्वती
रासस लुम्बिनी प्रदेश सरकारले विपदमा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ।    , प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपदमा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो। , हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले आज सूचना प्रकाशन गरी  सोसम्बन्धी कार्यविधि, २०७९ को दफा ४ बमोजिम सात दिनभित्र मन्त्रालयमा सूचीकृत हुन सेवा प्रदायक संस्थालाई आह्वान गरिएको मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीले जानकारी दिए।, प्रदेशभित्र विपदमा परी ज्यान जोखिममा परेका व्यक्तिलाई हवाई उद्धार गरी सुरक्षित स्थानमा अवतरण गराउने, घाइते व्यक्तिलाई उपचारको आवश्यकता परेमा अस्पतालमा पुर्‍याउने र अन्य माध्यमबाट सम्भव नभएमा राहत वितरण गर्न, भिषण आगलागीजन्य विपद्को अवस्थामा आगलागी नियन्त्रण गरी नागरिकको जीउ ज्यानको रक्षाका लागि हवाई सेवा प्रयोग गर्ने कार्यविधि बनेको छ।, प्रदेश सुशासन ऐन, २०७६ को दफा ५३ बमोजिम प्रदेश सरकारले यो कार्यविधि बनाएको र कार्यविधि मन्त्रिपरिषद्ले पारित गरिसकेको मन्त्रालयका सूचना अधिकारी पन्थीले बताए।, कार्यविधिअनुसार प्राकृतिक र गैरप्राकृतिक विपदमा परेका नागरिकले यो सेवा पाउनेछन्।, प्राकृतिक विपद्अन्तर्गत हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विष्फोट, डढेलो वा अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपदबाट प्रभावित नागरिकले यो सेवा पाउने छन्।, गैरप्राकृतिक विपदअन्तर्गत महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरूङ्गीमा हुने फ्लु, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवा, वातावरणीय प्रदूषण, भिरबाट वा रूखबाट लडेको नागरिकले यो सेवा लिन सक्ने छन्।, यस्तै, ताल, पोखरी वा नदीमा डुबेका, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना वा यस्तै अन्य गैरप्राकृतिक विपदमा परेकालाई हवाई सेवा प्रदान गरिने छ।, सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिने र सोही समितिको सिफारिसका आधारमा हवाई सेवा उपलब्ध गराइने छ।, सिफारिस समितिमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुख र स्थानीय प्रहरी कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। यो समितिले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी लिखित निर्णयको प्रतिलिपिसहित स्थानीय प्रहरी कार्यालयमार्फत तत्काल मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ।, समितिको बैठक बस्न नसकेको अवस्थामा प्रहरी कार्यालयले नै ज्यान जोखिममा परेका व्यक्तिको स्वास्थ्य अवस्था हेरी प्रजिअसँग समन्वय गरी मन्त्रालयमा सिफारिस गर्नसक्ने र सो सिफारिस सम्बन्धमा समितिका अन्य सदस्यलाई लिखित जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ। , स्थानीय तहबाट आएको सिफारिसपछि मन्त्रालयका सचिवको लिखित आदेश प्राप्त हुनासाथ सेवा प्रदायक संस्थाले जति सक्दो छिटो हेलिकप्टर तोकिएको स्थानमा पठाइ विपद् जोखिममा परेको व्यक्तिलाई तत्काल उद्धार गरी नजिकको सरकारी वा सामुदायिक अस्पताल वा उपचार गर्न सम्भव भएको अस्पतालमा पुर्‍याउने व्यवस्था गर्नुपर्ने छ।, ज्यान जोखिममा परेको व्यक्तिबाहेक अन्यको हकमा यो सेवा उपलब्ध हुने छैन तर, ज्यान जोखिममा रहेको व्यक्तिको अवस्था हेरेर हेलिकप्टरमा बिरामीको एकाघरका सदस्य वा नजिकका संरक्षक गरी बढीमा दुई जनालाई साथमा लैजान सकिने व्यवस्था कार्यविधिले गरेको छ।, हवाई उद्धार गरिसकेपछि हवाई सेवा प्रदायक संस्थाले मन्त्रालयसँग गरेको सम्झौताअनुसार भुक्तानीका लागि मन्त्रालयमा निवेदन पेश गर्नुपर्नेछ। सोही निवेदन कागजातका आधारमा प्रदेश विपद् व्यवस्थापन कोषबाट मन्त्रालयले हवाई सेवाको भुक्तानी गर्ने कार्यविधिमा उल्लेख छ। , विपदमा परेका लुम्बिनीका नागरिकको निःशुल्क हवाई उद्धार हुने
सेतोपाटी संवाददाता कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित मोहना नदीमा डुबेर धनगढीका दुई जना बेपत्ता भएका छन्। , बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका– ३ का १० वर्षीय प्रिन्स राना र धनगढी–१९ खेदाका २७ वर्षीय माने भनिने रिसमान चौधरी रहेको प्रहरीले जनाएको छ।, उनीहरू बिहीबार साँझदेखि बेपत्ता भएका हुन्। प्रहरीले बेपत्ता दुवैको खोजीकार्य जारी राखेको छ।, नदीमा डुबेर दुई जना बेपत्ता
रासस सुनसरीको बराहक्षेत्र वडा नम्बर ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलंका टापूको नामले चिनिन्छ। श्रीलंका टापूका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ।, मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन, क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नदी सप्तकोसीको पूर्वी र पश्चिमी भँगालोको बीचमा अवस्थित छ। यस क्षेत्रका बासिन्दा तरकारी खेती गरेर परिवार धान्दै मात्र नभई बचतसमेत गर्दै आएका छन्।, खासगरी मौसमअनुसारको तरकारी परवल, बोडी, करेला, घिरौंला, आलु लगायतका तरकारी उत्पादन गरी परिवार धान्दै आर्थिक रूपमा फड्को मारेका छन्। तरकारी बिक्री गरेरै दस जनाको परिवार धानेर कोसीपूर्व प्रकाशपुरमा जग्गा जमिन किनेर घर बनाएर राम्रो आम्दानी गर्नेमा विनोद मण्डल पर्छन्।, पछिल्लो समय भने उनीहरूलाई चिन्ताले सताएको छ। डेढ साताअघि सप्तकोसी नदीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाको मानव बस्तीमा प्रवेश गरेको थियो। यसपछि श्रीलंका टापूमा उत्पादन गरेको तरकारी बजारसम्म बिक्री गर्न लान गाह्रो परेकाले उनीहरूलाई चिन्ताले सताएको हो। टापूमा आठ सय घरका तीन हजारभन्दा बढी जनसंख्या छ।, कृषिमा निर्भर यस टापूका बासिन्दाले तरकारीबाटै परिवार धानेर मनग्य अतिरिक्त आम्दानी गरे पनि सरकारी निकायले प्रोत्साहन नगरेको स्थानीय किसान प्राण मण्डलको गुनासो छ।, 'दुःख गरेर तरकारी लगायो, कहिले पानी पसेर सखाप पार्छ त कहिले जंगली जनावरले खाइदिन्छ,' उनले भने, 'तरकारी लगाउन सजिलो छ तर, जोगाउन धेरै दुःख गर्नुपर्छ।', हिउँदमा पूर्व र पश्चिम दुवैतिरका लामालामा बलौटे बगरको बीचमा रहने र बर्खाका बेला पानीले घेरिएर टापूको रूप धारणा गर्छ।, गत साउन १८ गते सप्तकोसीले बेलकामा धार परिवर्तन गरी बस्तीमा प्रवेश गरेपछि अब बर्खाको बेला उत्तरबाट पनि घेरिएको छ। पाँच दशकअघि कोसीका किनारामा तटबन्ध थिएनन्। कोसी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापू थिएन। कोसी पूर्वी र पश्चिम भँगालो भएर बग्ने गरेकामा अब उत्तरबाट समेत बग्न थालेकाले बीचमा कतै पनि सजिलै आउजाउ गर्न नसक्ने टापू बन्न पुगेको छ।, राजनीतिक दलका नेताहरूले श्रीलंका टापूका बासिन्दालाई हरेक निर्वाचनताका आकर्षक आश्वासन दिएर भोट बैंकका रूपमा प्रयोग गर्दै आएका छन्।, श्रीलंका टापूका बासिन्दालाई सताएको छ चिन्ताले
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ १७ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, यसअघि सरकारले बुधबार एक सूचना जारी गर्दै १७ गतेको बिदा कटौती गरेको बताएको थियो।, वैशाख १ गतेको राजपत्रमा उल्लेख गरिएको बिदा जेठ १० गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार कटौती गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र सिंह विष्टले जारी गरेको सूचनामा भनिएको थियो।, बिहीबार पुन: सूचना जारी गरेर सरकारी बिदा यथावत रहेको प्रदेश सरकारले जनाएको छ।, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जारी गरेको सूचनामा बिहीबारकै मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।, गौरापर्वको अवसरमा सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा
रासस नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ।, बिहीबार संघका अध्यक्ष प्राध्यापक डाक्टर रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको बताएका हुन्।, यस्ता अशोभनीय कार्यको छिटोभन्दा छिटो प्राज्ञिक संवादको अभ्यासबाट समाधान निकाल्न उनले आग्रह गरेका छन्।, विभिन्न प्रकारका माग राखी तालाबन्दी गर्ने, भौतिक दबाव दिने जस्ता क्रियाकलापले प्राज्ञिक बहसको स्थलका रूपमा रहेको त्रिविमा अप्राज्ञिक एवं अमर्यादित गतिविधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।, त्रिभुवन विश्वविद्यालयको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न आग्रह
सेतोपाटी संवाददाता सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उच्च अदालत दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरूद्ध मुद्दा दर्ता भएको छ।, बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कटवालविरूद्ध मुद्दा दर्ता भएको हो।, दर्ता भएको मुद्दामा कटवालले चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी मनलाग्दी खर्च गरेको आरोप छ।, अनुसन्धान हुँदा कटवालले विभिन्न शीर्षकमा विनियोजित बजेट नक्कली बिल भरपाई खडा गरेको र नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरी आफैंले शोधभर्ना लिने लगायतका कामहरू गरेको पाइएको छ।, यस्तै कटवालले स्थायी शिक्षकका रूपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको आरोप छ।, भ्रष्टाचार आरोपमा उच्च अदालत दिपायलका रजिष्ट्रार कटवालमाथि मुद्दा दर्ता
रासस ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका सवारीसाधन फेला पारेर बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।, हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएका व्यक्तिको निवेदनका आधारमा खोजी गर्दा उक्त मोटरसाइकल तथा स्कुटर फेला परेको जानकारी दिए।, उनले मोटरसाइकल पार्किङ गर्दा ध्यान दिनसमेत सम्पूर्ण चालकलाई आग्रह गरे। चालु आर्थिक वर्षमा उपत्यकाबाट दुई सय २१ मोटरसाइकल तथा स्कुटर हराएको निवेदन कार्यालयमा परेको छ। निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजी गर्दा एक सय एक सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको प्रवक्ता भट्टले बताए।, चालु आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने नौ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र विभिन्न वृत्तमा पठाइएको सो कार्यालयले जनाएको छ।, उपत्यकाबाट चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा सिँचाइ कुलोले बगाएर एक महिलाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को गौरीगाउँले कुलोले बगाएर तुलसीपुर– ६ गोलौरा गाउँकी ४७ वर्षीया सीता बस्नेत भण्डारीको मृत्यु भएको हो।, ऋषिपञ्चमीको व्रत बसी बिहीबार बेलुका करिब सात बजेतिर घरतर्फ जाँदै गरेकी उनी गौरीगाउँले कुलो पार गर्ने क्रममा लप्कोबाट चिप्लिएर कुलोमा खसेकी थिइन्।, विगत केही दिनयता तुलसीपुर क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले गौरीगाउँले कुलोमा पातुखोलाको ठूलो पानीको प्रवाह हुने गरेको छ। भण्डारीलाई कुलोले लपेटेपछि उनी उठ्न नसकेको अनुमान गरिएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार बेलुकी सात बजेतिर घटनाबारे खबर आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।, भण्डारीलाई बगेको ठाउँदेखि झन्डै एक किलोमिटर दक्षिणबाट उद्धार गरी तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। , तुलसीपुर-६ का वडाध्यक्ष दुजमान भण्डारीले कुलोले बगाएर हालसम्म पाँच जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्।, कुलोमा बगेर एक महिलाको मृत्यु
सेतोपाटी संवाददाता बर्षासँगै झरेको पहिरोले अवरूद्ध बुटवल-पाल्पा सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डको हिउँदे खोलामा बिहीबार दिउँसो सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरूद्ध बनेको थियो।, पहिरोका कारण बिहीबार दिउँसो साढे ४ बजेदेखि अवरूद्ध बनेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, ट्राफिक प्रहरी कार्यालयका अनुसार पाल्पाको केराबारी हिउँदे खोलानजिक सडक भासिएको र यातायातका साधन आवतजावत पूर्ण रूपमा बन्द भएको छ।, सडक अवरूद्ध भएपछि डिभिजन सडक कार्यालय पाल्पाले डाइभर्सन बनाएर भए पनि आवतजावत सञ्चालन गराउने प्रयास गरिरहेको जनाएको छ।, दिउँसो केही समय एकतर्फी रूपमा सडक सञ्चालन गरिएको भए पनि सडक भासिएपछि पुनः अवरूद्ध बनेको हो।, बुटवल-पाल्पा सडकखण्ड अझै अवरूद्ध
सेतोपाटी संवाददाता रोल्पामा अटोरिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।, अटोरिक्सा दुर्घटनामा परी माडी गाउँपालिका वडा नम्बर २ की ललिता घर्तीका १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। , भुसालका अनुसार बिहीबार साँझ साढे पाँच बजेतिर लिबाङबाट रेउघा कालोपत्रे बाटोमा जाँदै गरेको रा १ ह ३०२२ अटोरिक्सा घट्टखोला सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। , गम्भीर घाइते भएका अनमोलको जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा केहीबेरमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, अटोरिक्सा दुर्घटनामा परी उनकी आमा ललिता, रोल्पा नगरपालिका– १ की ३३ वर्षीया मनकुमारी कुँवर, उनकी छोरी ११ वर्षीया रोशनी र सोही वडाकी १८ वर्षीया जानकी रावत घाइते भएका छन्।, उनीहरू सबैको जिल्ला अस्पताल रेउघामा उपचार जारी छ। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ।, चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, दुर्घटनामा १५ महिने बालकको मृत्यु
रासस पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेगमा भएको सवारी दुर्घटनामा एक चालकको बिहीबार निधन भएको छ। निधन हुनेमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ घर भएका नम्बर ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए।, रसुवाबाट काठमाडौं जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो।, दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्‍याए पनि उनको अवस्था थप जटिल बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौंको  सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो।, वैकल्पिक मार्गमा हल्का सवारीसाधनबाहेक अन्य सवारीसाधन गुडाउन अनुमति नदिएको अवस्थामा डिब्बा चालकले प्रहरीलाई छलेर साँघुरो सडक प्रयोग गर्दा दुर्घटना भएको प्रहरी प्रमुख चन्दले जानकारी दिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, सवारी दुर्घटनामा चालकको निधन
रासस उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का 'शशीधर/काविल/ब्रिजटेक जेभी' कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।, न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले बुधबार उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।, अयोग्य कम्पनीको बोलपत्रलाई निर्वाचन आयोगले स्वीकृत गरेको उल्लेख गर्दै ग्यावियोनेट इन्भाइरोंमेन्ट सोलुसन प्रालिले दायर गरेको  रिट निवेदनमा अदाललते निर्वाचन आयोगको नाममा उक्त आदेश गरेको हो।, आदेशमा 'मतपेटिकाको बोलपत्रसम्बन्धी कार्य जुन अवस्थामा रहेको छ, त्यही अवस्थामा राख्न हुन'  भनिएको छ।, अदालतले दुवै पक्षलाई छलफलका लागि यही भदौ १९ गते बोलाएको छ।, मतपेटिका खरिदसम्बन्धी ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश
सेतोपाटी संवाददाता मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविदका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। , मौसमविद् प्रतिभा मानन्धरका अनुसार शुक्रबार दिउँसो देशैभरि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। , बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्। , यस्तै भोलि शनिबार प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   , आइतबार पनि प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। , साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।, काठमाडौंमा आज दिउँसो पानी पर्ने, अन्यत्र के हुन्छ?
सेतोपाटी संवाददाता लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।, वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ। , सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो। , लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध
रासस ‘गौराको बिरुडो ठूलो, दशैंको जमरा, आउनी रए झानी रए तै लोली गमरा’, बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरू गरे। देउडा खेल सुरू गर्दा माहोल रोमाञ्चक बन्यो। महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो। हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौंसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका कारण हुन सकेन। , ‘बल्ल दुई वर्षपछि देउडा खेल्न पाइयो यसपटक रहर पूरा गर्छु’,  देउडिया पन्तले भने, ‘दुई वर्षपछि देउडा खेल्न पाउँदा निकै खुसी छु।’, दुई वर्षपछि देउडा खेल्न पाउँदा भीमदत्त नगरपालिका–७ का परमानन्द भट्ट पनि उत्साही देखिन्थे।, ‘देउडामा रमाउन पाउँदा अर्कै जोश जाँगर आउँछ, दुई वर्ष घरभित्रै थुनिए’, उनले भने, ‘देउडामार्फत् हुने सवाल–जवाफ रोचक हुन्छ, यो साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ।’, बिहीबार बिरुडा भिजाएर विधिवत रूपमा गौरापर्व सुरू भएपछि सुदूरका गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन्।, गौरापर्वको सुरूआतसँगै यहाँको माहोल देउडामय बनेको छ। गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला-पुरूष देउडामा रम्न थालेका छन्।, महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरू भएको छ। केही थलोमा विभिन्न संघसंस्थाले अगुवाइ गरेका छन्।, यहाँको खुलामञ्चमा महाकाली साहित्य सङ्गमले देउडा आयोजना गरेको छ भने महेन्द्र स्मारकमा खप्तड समाजले देउडा प्रतियोगिताको आयोजना गरेको छ। त्यसैगरी अन्य थलोमा समेत देउडा खेल सुरू भएको छ।, गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन्।, ‘देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो’, उनले भने, ‘देउडा लोक नृत्य पनि हो। यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो।’, देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ।, ‘देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुरूष, युवा पाका सबै पुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन’, उनले भने, ‘यसको संरक्षण र संवर्द्धन गर्नु जरूरी छ।’, उनले पछिल्लो समय यसको महत्व अझ बढेको बताए।, देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत् बाहिर ल्याउने गरिन्छ। गीतमार्फत् नै गलत प्रवृत्तिका विरूद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताए।, ‘सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ’,  उनले भने, ‘गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ।’  देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उनले बताए। , गौरा सुरू भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ।, ‘देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि व्यंग्य पनि गरिन्छ। माया प्रेमका कुरासमेत आउँछन्’, उनले भने, ‘देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ।’, गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ। त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारी लगायतका खेलहरू पनि खेलिन्छन्।, ‘यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ।’, स्थानीय टीकादत्त जोशीले भने, ‘हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरूरी छ।’, संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उनले बताए।, ‘देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ’, उनले भने, ‘अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरूरी छ।’, गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ।, पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन्।, महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा