content
stringlengths 20
64.1k
⌀ |
---|
नवीनबाबु गुरूङ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बौद्धमा 'फोटो बुथ तथा क्विज' मनाएका छन्।, अमेरिकी राजदूतावासको सहयोगमा युनिटी फर चेन्जले फोटो बुथ कार्यक्रम आयोजना गरेको हो।, गाईजात्राको अघिल्लो दिन समुदायले उक्त कार्यक्रम मनाएका हुन्।, कार्यक्रममा फोटो बुथसँगै सप्तरंगी बेलुन, झण्डा थिए। बौद्धमा घुम्न आउने व्यक्तिहरूले उनीहरूसँग तस्बिर खिचेका थिए। साथै समुदायले गाईजात्राको दिन पनि विशेष कार्यक्रम गर्ने बताएको छ।, कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाहेक समर्थकहरूको पनि उपस्थिति थियो। कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार उत्थानका लागि अमेरिकी विशेष दूत जेसिका स्टर्नले फोटो बुथको अवलोकन गरेकी थिइन्।, तस्बिरहरू:,
सप्तरंगीसँगै रमाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (तस्बिरहरू) |
सेतोपाटी संवाददाता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का युवा तथा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरका उपसचिव झनक बस्नेत २१ दिन लामो पैदल यात्रापछि काठमाडौं पुगेका छन्।, बस्नेतले बिहीबार काठमाडौंस्थित पशुपतिनाथ पुगेर यात्रा विसर्जन गरेका थिए। , बस्नेतले साउन ४ गतेदेखि दाङको अन्तिम सीमाना कोहलपुर– सुर्खेत सडक खण्डमा पर्ने बबई नदी किनारबाट उनी खाली खुट्टा पैदल यात्रामा निस्किएका थिए। , आफ्नो यात्रा नेपाली कांग्रसका स्वर्गीय नेता खुमबहादुर खड्काप्रति समर्पित रहेको यात्रा प्रारम्भको क्रममा बस्नेतले बताएका थिए। , यात्रा समापनका अवसरमा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेता सुशीलमान शेरचन र संविधानसभा सदस्य बुद्धिराम भण्डारी पशुपतिनाथ मन्दिरमा पुगेर बस्नेतलाई बधाई दिएका थिए। , बस्नेतले अर्को अभियानका बारेमा भविष्यमा सामाजिक सञ्जालमार्फत् अवगत गराउने जानकारी पनि दिएका छन्। , यात्राका क्रममा विभिन्न स्थानमा स्वागत, सम्मान गर्नेदेखि शुभकामना दिने र सहयोग गर्ने सबैप्रति बस्नेतले धन्यवाद ज्ञापन गरेका छन्।, यो पनि:, दाङदेखि काठमाडौं खाली खुट्टा यात्रामा निस्किए झनक,
दाङदेखि खाली खुट्टा यात्रामा निस्किएका झनक २१ दिनमा पुगे काठमाडौं |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।, ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथलालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। , उनले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएको प्रहरीले जनाएको छ। त्यसपछि उनले महिलालाई साथी बनाएर संवाद गर्ने क्रममा अश्लिलता प्रदर्शन गरेको आरोप छ। , त्यसपछि उनले त्यसैको स्क्रिनसट लिएर महिलालाई थप मानसिक यातना दिएको प्रहरी उपरीक्षक रायले बताए।, बेइज्जत गरिदिन्छु भनेर फेरि बाध्य पारी पीडित महिलालाई समेत प्रदर्शन गर्न लगाएको प्रहरीले जनाएको छ। , त्यसपछि उनले पुन: ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिन खोजेको तर त्यो पूरा नभएपछि अश्लिल तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई समेत पठाएर महिलालाई मानसिक यातना तथा दु:ख हैरानी दिएको प्रहरीले जनाएको छ। , राजथलाविरूद्ध जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। , उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ। ,
सामाजिक सञ्जालमा महिलालाई हैरान पारेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंमा केही सातादेखि फोहोर नउठेर सडकमा असरल्ल थुप्रिएपछि स्थानीय वडाध्यक्षहरूले सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने चेतावनी दिएका छन्।, बिहीबार बसेको नगरकार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले फोहोर उठाउन सरकारबाट सहयोग नभएको भन्दै यस्तो चेतावनी दिएका हुन्।, ‘सरकारले असहयोग गरेको हो भने भिआइपी हिँड्ने बाटोमै फोहोर फाल्दा हुन्छ,’ ३० नम्बरका वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘त्यो पनि नभए बागमतीमै फाल्दा हुन्छ। युएन पार्कमा लगेर फाल्दा हुन्छ। त्यति गरेपछि बल्ल सरकारको ध्यान जान्छ। यसो गर्दा गोली हान्छ भने हामी गोली खान तयार छौं।’, वडाध्यक्षहरूले शुक्रबारको गाईजात्रा र आगामी दिनमा हुने अन्य सांस्कृतिक पर्वहरूलाई विचार गरेर कम्तिमा भित्री सहरको फोहोर तत्काल सफा गर्नुपर्नेमा जोड दिए।, ‘भोलि गाईजात्राका लागि फोहोर उठाउन हतार भइसक्यो,’ उनले भने, ‘त्यो आजै उठाउनुपर्छ। राख्ने ठाउँ छैन भने बरू अहिलेलाई खुल्लामञ्चमा भए पनि राखौं।’, गाईजात्रा क्रममा मध्यसहरका विभिन्न क्षेत्र घुम्नुपर्ने हुँदा कम्तिमा शुक्रबारका लागि फोहोर पन्छाउन खुलामञ्चमा व्यवस्थापन गर्न सकिने वडाध्यक्षहरूको राय थियो। यसका लागि रातभरि काम गर्नुपरे पनि सबै तयार हुने उनीहरूले बताए।, मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडा र सिसडोलमा समस्या आएका कारण केही दिनदेखि फोहोर नउठेको जानकारी दिए। यता टेकुमा पनि फोहोर भरिएको हुँदा त्यहाँ राख्न सक्ने अवस्था नभएको उनले उल्लेख गरे।, ‘हामीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिरहेका छौं,’ उनले भने।,
सरकारले असहयोग गरेको भए 'बागमतीमै फोहोर फाल्ने' वडाध्यक्षहरूको चेतावनी (भिडिओ) |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले गाईजात्रा पर्वलाई मध्यनजर गर्दै कोर-सिटीको फोहोर बिहीबार रातिदेखि नै उठाएर टेकुमा राख्ने भएको छ।, बिहीबार नगरकार्यपालिका बैठक सकिएलगत्तै बसेको फोहोर व्यवस्थापन समिति बैठकले आज रातिदेखि नै फोहोर उठाउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनका अनुसार उक्त फोहोर टेकुमा राखिने निर्णय भएको छ।, आजै फोहोर उठाएर जात्रा पर्व गर्न वातावरण सहज बनाउन लागेको उनले बताए।, ‘गाईजात्रालाई मध्यनजर गर्दै आज राति नै फोहोर उठाउन लागिएको हो,’ उनले भने, ‘रातभरिमा कोर-सिटीको फोहोर उठ्नेछ। त्यहीअनुसार अहिले फोहोर उठिरहेको छ।’, उठाउन बाँकी रहेको फोहोर भोलि र पर्सि उठ्ने मानन्धरले बताए।, यस्तै शुक्रबार स्थानीयसँग हुने वार्ता सफल भए माग सम्बोधन गरी शुक्रबारदेखि नै फोहोर सिसडोल लैजान सकिने उनको भनाइ छ। , 'गाडी तोडफोड भएपछि उहाँहरूको गाडी बनाइदिनुपर्ने र तोडफोड गर्ने व्यक्तिलाई सजाय दिनुपर्ने माग छ,' उनले भने, 'यस्तै उहाँहरूलाई गाडी चलाउँदा सुरक्षाको व्यवस्था गरिदिनुपर्ने भन्नुभएको छ।', बिहीबार बसेको सातौं कार्यपालिका बैठकमा काठमाडौंमा केही सातादेखि फोहोर नउठेर सडकमा असरल्ल थुप्रिएपछि वडाध्यक्षले सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने चेतावनी दिएका थिए।, ‘सरकारले असहयोग गरेको हो भने भिआइपी हिँड्ने बाटोमै फोहोर फाल्दा हुन्छ,’ ३० नम्बरका वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘त्यो पनि नभए बागमतीमै फाल्दा हुन्छ। युएन पार्कमा लगेर फाल्दा हुन्छ। त्यति गरेपछि बल्ल सरकारको ध्यान जान्छ। यसो गर्दा गोली हान्छ भने हामी गोली खान तयार छौं।’, वडाध्यक्षहरूले शुक्रबारको गाईजात्रा र आगामी दिनमा हुने अन्य सांस्कृतिक पर्वहरूलाई विचार गरेर कम्तीमा भित्री सहरको फोहोर तत्काल सफा गर्नुपर्नेमा जोड दिएका थिए।, ‘भोलि गाईजात्राका लागि फोहोर उठाउन हतार भइसक्यो,’ उनले भने, ‘त्यो आजै उठाउनुपर्छ। राख्ने ठाउँ छैन भने बरू अहिलेलाई खुलामञ्चमा भए पनि राखौं।’, गाईजात्रा क्रममा मध्यसहरका विभिन्न क्षेत्र घुम्नुपर्ने हुँदा कम्तीमा शुक्रबारका लागि फोहोर पन्छाउन खुलामञ्चमा व्यवस्थापन गर्न सकिने वडाध्यक्षहरूको राय थियो। यसका लागि रातभरि काम गर्नुपरे पनि सबै तयार हुने उनीहरूले बताएका थिए।, मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडा र सिसडोलमा समस्या आएकाले फोहोर नउठेको जानकारी दिएका थिए। यता टेकुमा पनि फोहोर भरिएकाले त्यहाँ राख्न सक्ने अवस्था नभएको उनले उल्लेख गरेका थिए।, ‘हामीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिरहेका छौं,’ उनले भने।,
काठमाडौं कोर-सिटीको फोहोर रातारात उठ्दै, टेकुमा व्यवस्थापन गरिने |
रासस मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् ।, मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ÷दिदीबहिनीबीच ‘राखी’ का नाउँमा प्रसिद्ध छ । पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा (राखी) दायाँ हातको नाडीमा बाँधी दिएर सौर्यवृद्धिको कामना गर्छन् ।, अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) का राजा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । यसैदिन कूल पुरोहितले पनि वैदिक मन्त्रले अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा छ । यो पनि दानवराज वलिलाई गुरु शुक्रचार्यले युद्धमा जानअघि शास्त्रोक्त विधिले डोरा अभिमन्त्रित गरेर बाँधीदिएका विश्वास गरिन्छ । यसैको प्रभावले राजावलि देवतासँगको युद्धमा विजयी भएको पुराण वर्णित कथा छ ।, पर्वका अवसरमा विवाहित दिदीबहिनी दाजुभाइका घर गएर वा दाजुभाइलाई आफ्नै घर बोलाएर पर्व मनाउँछन् । अविवाहित दिदीबहिनीले त सँगै एउटै परिवारमा रहेका दाजुभाइसँग यो पर्व मनाउँछन् । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्यवृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिएर ‘हमर भैया जिए सौ बरिस’ (मेरा दाजुभाइ सय वर्ष बाँचुन्) भन्दै सगुनस्वरुप मिष्टान्न परिकार खुवाउँछन् । पर्वमा दाजुभाइले दिदीबहिनीबाट ‘राखी बाँधेपछि उनीहरुलाई पनि ‘राखी’ बाँधी दिएर वस्त्रआभूषण र दक्षिणा दिने चलन छ । आफ्ना दाजुभाइ/दिदीबहिनी नहुनेले नजिकको यस्तो नाता पहिल्याएर पर्व मनाउँछन् । मिथिलामा यो पर्व फरक धर्म परम्पराका बीचमा पनि उत्तिकै लोकप्रिय हुँदैछ ।, पर्वले आज प्राचीन मिथिलाक्षेत्रमा निकै चहलपहल बढेको छ । प्रत्येक बस्तीबस्तीका चोकचोकमा विभिन्न रङ्गका कलात्मक राखी बेच्न राखिएका छन् । मिथिलामा यो व्यापार केही दिन पहिलेदेखि नै जमेको छ । त्यसैगरी आज मिठाई र फलफूलको व्यापार पनि पर्व विशेषले ह्वात्तै बढेको छ । पर्वका अवसरमा विगतदेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । रासस,
मिथिलामा ‘राखी’ पर्व मनाइँदै |
विनोद सापकोटा झापाको कनकाई नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ। , बिहीबार साँझ पौडी खेल्न पसेका शिवसताक्षी नगरपालिका–९ आइतबारेका १२ वर्षीय सिकुन् राई र सोही स्थानकी ११ वर्षीया एन्जिला सुन्दासको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मृतक राई स्थानीय बाल निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थी हुन् भने सुन्दास माईधारस्थित रेड रोज बोर्डिङ स्कुलकी छात्रा हुन् , मृतक बालबालिका एकै गाउँका सँगै खेल्ने साथी हुन्। स्थानीयवासीका अनुसार विद्यालयबाट घर फर्केपछि खाजा खाएर उनीहरू खेल्न गएका थिए।, बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। सो क्रममा साँझ ५ बजेतिर शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो। , खेल्न गएका नानीहरूको बाहिरी बस्त्र मात्र फेला परेपछि स्थानीय र प्रहरीले दुवै जना नहरमा पसेको आशंकमा खोजी सुरू गरेका थिए।, घटनास्थलबाट चार किलोमिटर दुरीको सतासी खोलाको साइफनमा अड्किएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए।, प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान पनि सुरु गरेको जनाएको छ। ,
नहरमा पौडी खेल्न पसेका दुई बालबालिकाको डुबेर मृत्यु |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।, पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।, यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।, मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।, तागाधारीले यज्ञोपवीत धारण गर्दै,
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।, स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।, वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दुरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।, क्वाँटीको परम्पररा,
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।, विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनको भनाइ छ ।, तराई क्षेत्रमा राखी बाँधिदै,
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।, काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लाग्छ । ,रासस,
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । , देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। , नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।, यस्तै भोलि शनिबार गण्डकी प्रदेशको थोरै स्थान र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस्तै आइतबार प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।,
,
काठमाडौंसहित देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदै छ। , एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। , राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, 'जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू' भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।, यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ।, देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भिडभाड कम गर्न सरकारले आह्वान गरेको छ। कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।, विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रूपमा गाईजात्रा,
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन्।, हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौंको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।, आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना हुन्छ। पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ।, गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ। ,रासस,
आजदेखि गाईजात्रा सुरू |
रासस कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। , प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो।, भिरबाट लडेर एक जना घाइते भएका छन्। कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछाने भिरबाट खसेका थिए।, सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ। घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ।, टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।,
कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु |
रासस उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।, उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो।, झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ । , जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँदा त्यसलाई हटाइपाउँ भनी सन्दीप खनालले मेची भन्सार कार्यालय र सशस्त्र प्रहरी वलको राजस्व तथा भन्सार सुरक्षा गुल्मलाई विपक्षी बनाई हालै उच्च अदालत इलाम इजलासमा रिट निवेदन दर्ता गराएका थिए।, रिटमाथिको पहिलो सुनुवाइ गर्दै अदालतले गत साउन १९ गते जाँच केन्द्र हटाउन अन्तरिम आदेश जारी गरेको थियो। सो अन्तरिम आदेशलाई बिहीबारको फैसलाले सदर गरेको रिट निवेदकको तर्फबाट बहस पैरवी गरेको अधिवक्ता अशोक पोखरेलले बताए।, निवेदकको तर्फबाट पोखरेल र अधिवक्ता सुरज खत्रीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय इलामका न्यायाधिवक्ता तेजबहादुर सिञ्जाली मगरले बहस गरेका थिए।,
भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न अदालतको आदेश |
रमेश गिरी भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।, तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ। दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।, भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन् । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।,
,
टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने एवं बिभिन्न नाँच एवं व्यङ्य प्रर्दशन गरिने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ । हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामेश्वर श्रेष्ठले जानकारी दिए। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनले बताए।, पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ। , घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो। यद्यपि भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व १४औं शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यमा सुरु भएको बताउँछन्। , भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ । आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी श्रेष्ठको भनाइ छ । यसदिन पाप गरे मृत्युपश्चात् पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पापकर्म गर्न नहुने भनाइ रहेको उनले बताए।, आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।,
, महादेवपोखरी कुण्ड र कालदहमा बिहानैदेखि भीड, भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरीकुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । , रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेब पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पूण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ । हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका भक्तजन आएका वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए।, महादेवपोखरीमा मेला भर्न यहाँ बिहीबारदेखि नै भक्तजनको घुइँचो लागेको छ । यहाँको कुण्डमा स्नान गरी महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले बताउ। गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजाने यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आ–आफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताए।, त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन आज बिहानैदेखि भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेव पोखरीमा मेला लागेको छ । जनै पूर्णिमाको दिनमा दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । , विशेष गरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले रक्षा बन्धन बाँध्ने गर्दछन्। ,रासस,
बिहानैदेखि भक्तपुरमा गाइजात्रा सुरू |
एजेन्सी भारतीय जहाज अरब सागरमा पल्टिएपछि पाकिस्तानी नौसेनाले बिहीबार उद्धार गरेको छ।, अगस्ट ९ मा बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै भारतीय जहाज ‘जमना सागर’ डुबेको थियो। जहाजमा १० जना चालक दलका सदस्य थिए। घटना लगत्तै आफूहरूले उद्धार गरेको पाकिस्तानी नौसेनाका जनसम्पर्क महानिर्देशकले जानकारी दिएको छन्। डुबेको जहाजबाट एक जनाको शव निकालिएको थियो।, पाकिस्तानी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार नौसेनाले जहाजको बारेमा जानकारी पाए लगत्तै पाकिस्तान समुद्री सूचना केन्द्रले नजिकैको व्यापारी जहाज 'एमटी क्रुइबेके' लाई भारतीय जहाजका चालक दलका सदस्यलाई आवश्यक सहयोग गर्न भनेपछि उद्धार गरिएको थियो।, व्यापारिक जहाजले चालक दलका नौ सदस्यलाई उद्धार गरेको विज्ञप्तिमा जनाइएको छ। पाकिस्तानी नौसेना जहाजसँगै दुई वटा हेलिकप्टर सहितको उद्धार टोलीले बेपत्ता भएका चालक दलका अर्का एक सदस्यको शव फेला पारेको जियो न्यूजले जनाएको छ। , पाकिस्तानको क्षेत्रीय जलक्षेत्र १२ समुद्री माइल छ भने सन् २०१५ मा यसको समुद्री क्षेत्र बढेर २९०,००० वर्ग किलोमिटर पुगेको छ।,
अरब सागरमा पल्टियो भारतीय जहाज, पाकिस्तानी नौसेनाद्वारा उद्धार |
रासस पाल्पाको रैनादेवीछहरा गाउँपालिका-१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एक जनाको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ।, मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए।, बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो।, जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।,
मामाघर आएका किशोरको पोखरीमा डुबेर मृत्यु |
सेतोपाटी संवाददाता झापाकाे मेचीनगरमा बसकाे ठक्करबाट एक जना पैदलयात्रीकाे ज्यान गएकाे छ।, वागमती प्र. ०३-००१ ख १६०२ नम्बरको बसले बिहीबार बिहान मेचीनगर नगरपालिका-६ स्थित सडकमा ठक्कर दिँदा साेही ठाउँका चेतनाथ फुँयालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।, बाटाे क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका फुयाँलकाे बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसाे ज्यान गएकाे हाे।, बस र बसका चालक गौरिगन्ज गाउँपालिका-४ का २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाले नियन्त्रणमा लिएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।,
झापामा बसकाे ठक्करबाट पैदलयात्री मृत्यु |
रासस बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।, पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले आफूहरु निर्वाचित हुनुअघि नै उक्त पाठ्यक्रम तयार भएकाले त्यसलाई लागू गरिएको बताए । , ‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनसहित गाउँपालिकाको विशेषतालाई उच्च प्राथमिकता दिइएको अध्यक्ष पौडेल बताउछन् । , गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समिति निर्माण भएको थियो । सो समितिले छ महिनाको अवधिमा पाठ्यक्रम तयार गरेको थियो । , खास गरेर सात विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो । “यो पाठ्यक्रम मात्रै हो तर हामी पाठ्यपुस्तकको पनि तयारी गरिरहेका छौँ”, उन भने । कक्षा, ६, ७ र ८ को लागि पाठ्यपुस्तक बनाउने र आधारभूत तहका लागि स्रोत पुस्तकको रुपमा रहने बताइएको छ । , पाठ्यक्रमले मूलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको उहाँले बताए । अध्यक्ष पौडेलले संविधानको मर्मअनुसार निर्माण भएको पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा विद्यालयमा अध्ययन, अध्यापन सुरु गरिएको उल्लेख गर्दै स्थानीय आवश्यकतालाई केन्द्रीत गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप प्रदान गर्ने यसको लक्ष्य रहेको उल्लेख गरे । , पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ । स्थानीयस्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । ,
बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू |
रासस हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।, अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए।,
भिरबाट खसेर एक जनाको मृत्यु |
नारायण खड्का गत वर्ष मंसिर २ गते बेलुका पाँच बज्दै थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुरका ३४ वर्षीय पुष्कर गिरी र उनकी श्रीमती सृजना गिरी परालको भारी बोकेर ओसार्दै थिए।, तुलसीपुर–हापुरे सडकखण्ड अन्तर्गत भमकेखोला पुल नजिकै भारी बोकेर हिँडिरहेकी ३२ वर्षीया सृजनालाई ना १ ख ९१०५ नम्बरको टिपरले पछाडिबाट ठक्कर दियो। सृजना सडकमै लडिन् परालको भारीसहित।, टिपरको टायर सृजनाको बाँया खुट्टालाई पेलेर गुड्यो। झन्डै ५० मिटर अगाडि भारी बोकेर हिँडिरहेका पुष्करलाई कसैले खबर गरिदियो। उनी भारी सडकमै फालेर श्रीमती सृजना भएको ठाउँ पुगे।, दृष्य हेरिसक्नु थिएन। पाँच वटा दाँत भाँचिएका थिए। अटोरिक्सालाई रोकेर पुष्करले सृजनालाई तुलसीपुरको लाइफकेयर हस्पिटलमा पुर्याए। त्यहाँ उपचार सम्भव नहुने जानकारीपछि तत्काल बाँकेतर्फ लगे।, नेपालगञ्ज नर्सिङ होममा पुर्याउनासाथ चिकित्सकले कि काठमाडौं कि भारतको नयाँ दिल्ली चार/पाँच घन्टाभित्रै नपुर्याए बिरामीको ज्यान जोखिममा पर्ने बताए। , पुष्कर अचेत सृजनालाई एम्बुलेन्समा राखेर तत्कालै काठमाडौंतर्फ दौडिए। काठमाडौंको ग्राण्डी हस्पिटलमा पुर्याए। एक हप्ता, दुई हप्ता हैन सृजनालाई उक्त हस्पिटलमा तीन महिना राख्नु पर्यो। ३५ लाख रुपैयाँ उपचार खर्चको बिल निस्कियो। खर्च सुनेर पुष्करको होस हवास उड्यो।, कसरी तिर्नु त्यतिधेरै पैसा? , उनले तत्काल जग्गा बेच्न लगाए।, सशस्त्र प्रहरीको सहायक हवल्दार पदमा कार्यरत छँदै पुष्कर राजीनामा दिएर विदेश गएका थिए। उनी ३ वर्ष त्यहाँ बसेर फर्किएका थिए। सृजनालाई टिपरले ठक्कर दिएको दिन पुष्कर मौरीतानिया देशबाट घर फर्किएको १२ दिनमात्रै भएको थियो। त्यो बीचमा विदेशमा छँदा आफूले कमाएको पैसाले पुष्करले खैरीपुर गनारमा साढे दुई कठ्ठा खेत जोडेका थिए। त्यही जग्गा बेचे। त्योबाहेक अन्य भए भरको सबै रकम श्रीमतीको उपचारमा सकिसकेको थियो।, ग्राण्डीको खर्च धान्न नसकेरै पुष्करले ठिक भइनसकेकी श्रीमतीलाई घर ल्याए। , आफ्नै नगर तुलसीपुर–८ को मेट्रो हस्पिटलमा भर्ना गरे। साढे ३ महिना त्यहाँ राखेर उपचार गरे। सन्चो नभएपछि फेरि नेपालगञ्ज नर्सिङ होममा पुर्याए।, त्यहाँ सम्बन्धित डाक्टर भारतको दिल्ली गएको हुँदा दुई हप्तापछि मात्रै आउने अस्पताल प्रशासनले सूचना दियो। फर्काएर तुलसीपुर ल्याएर सिटी अस्पताल भर्ना गरे। त्यहाँ १ महिना भर्ना गरी उपचार गर्दा २ लाख ९० हजार खर्च भयो। तै पनि सृजना उभिन सक्ने भइनन्। त्यहाँबाट फेरि काठमाडौंको ट्रमा सेन्टरमा पुर्याए। त्यहाँ एक हप्ता राख्दा ३४ हजार रुपैयाँ खर्च लागेको पुष्करले बताए।, आफूसँग भए भरको पैसा सकेपछि बिरामी श्रीमतीलाई एम्बुलेन्समा घर ल्याउने पैसासमेत उनीसँग थिएन।, त्यही भएर आफूले तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीलाई फोन गरी सोमबार राति सहयोग मागेको पुष्करले बताए। , चौधरीको आश्वासनपछि १२ हजारमा एम्बुलेन्सबाट श्रीमतीलाई घर ल्याइएको पुष्करले बताए। उपमेयर चौधरीले मंगलबार कार्यालयमै बोलाएर १२ हजार रुपैयाँ तिरिदिइन्। थप उपचारका लागि पैसा नभएपछि उनले तुलसीपुरस्थित दोघरेमा दाइको घरमा सृजनालाई राखेका छन्।, दाङ, नेपालगञ्ज, काठमाडौं लगायतका अस्पतालमा उपचार गराउँदा हालसम्म श्रीमतीको लागि ४५ लाख रुपैयाँ जति खर्च भइसकेको पुष्कर बताउँछन्।, ‘मैले जिन्दगीभर कमाएको सबै सम्पत्ति श्रीमतीको उपचारमा सकिसक्यो,’ पुष्करले भने, ‘अब थप उपचार गर्न पैसा छैन, के गर्ने तनावमा छु।’, आफ्ना तीन छोरालाई अब कसरी पालन पोषण र शिक्षा दीक्षा दिने भन्ने कुराले सताउन थालेको उनले बताए।, ‘छोरोका स्कुल पोसाक र मासिक शुल्क तिर्न सकेको छैन,’ उनले भने, ‘विद्यालयले छिटो शुल्क नपठाएर बच्चा नपठाउनु भन्न थालेका छन्।’, विगत नौ महिनादेखि उभिन नसकेकी श्रीमतीको स्याहार सुसारमा आफू लागेपछि कतै काम गर्न र कमाउन जान नपाएको पुष्करले बताए।, ‘श्रीमतीको दिशा पिसाब सबै बेडमै हुन्छ र मैले नै सबै हेरचाह गर्नुपर्छ,’ उनले भने,‘, पुष्करका अनुसार सृजनाको उपचारमा संलग्न चिकित्सकले दाहिने खुट्टाको मासु काटेर देब्रे खुट्टामा भरेका छन्। हात पाखुराको मासु काटेर फेरि दाहिने खुट्टामा भरेका छन्। , गाडी धनी चितवन भरतपुरका ईश्वरी कँडेलले उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति अनुसार रकम नदिएको पुष्करले गुनासो गरे।, ‘एक महिना जति भयो गाडी धनी कँडेलले मेरो फोन नै उठाउँदैनन्,’ पुष्करले भने, ‘श्रीमतीलाई त्यसै छोडेर मर्न दिन पनि भएन र अब उपचार गर्न पैसा पनि छैन।’, पुष्करका अनुसार गाडी धनी कँडेलले एक पटक ९ लाख ५५ हजार रुपैयाँ ग्राण्डी हस्पिटलमा दिएका थिए। उपचार खर्च व्यहोर्ने सहमति हुँदा थप ५ लाख पनि दिएका थिए। त्योबाहेक बीमाबापत ३ लाख रुपैयाँ सृजनाले पाइन्।, ‘यी सबैबाहेक थप २० लाख उपचार खर्च व्यहोर्ने सहमति भएको हो,’ पुष्करले भने, ‘तर, आज उहाँले फोन नै उठाउनु हुन्न, जसले गर्दा मेरी सृजनाको ज्यान जोखिमा छ।’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जिल्ला अदालत दाङमा सृजनालाई ठक्कर दिने टिपर चालकविरूद्ध अंगभंग शीर्षकमा मुद्दा विचाराधीन रहेको बताए।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएपी अर्यालले गाडी धनीले केहीदिनमै थप रकम पठाउने भनेर आश्वासन दिएको जानकारी पनि दिए। , ‘सृजनाको उपचारको लागि ठूलो खर्च भइसकेको छ,’ अर्यालले भने, ‘टिपर धनी त्यो मूल्य चुकाउन निकै प्रयास गरिरहेको भए पनि सकिरहेका छैनन्।’, ,
टिपरले नबिर्सने चोट दियो सृजनालाई |
सेतोपाटी संवाददाता बुधबार बिहान काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, विभागका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। , भारी वर्षाको सम्भावना भएका स्थानमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।, यस्तै भोलि बिहिबार पनि बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा शुक्रबार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
आज र भोलि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह |
सेतोपाटी संवाददाता क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक जनासँग ६ लाख धरौटी माग गरिएको छ। , क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रे मण्डनदेउपुर गाउँपालिका-७ का २८ वर्षीय विश्वराम श्रेष्ठसँग जिल्ला अदालत काठमाडौंले ६ लाख रूपैयाँ धरौटी माग गरेको हो। , गत असार ३२ गते आफ्नो बैंक खाताबाट अचानक रकम ट्रान्सफर भएको भन्दै जीवनराम उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गर्दा उनको रकम विश्वरामको खातामा जम्मा भएको देखिएको थियो। , त्यसपछि प्रहरीले साउन १ गते नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान गर्दा उनले क्रिप्टोकरेन्सी कारोबार गरिरहेको देखिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार यस कारोबारमा अर्का एक जना व्यक्ति पनि संलग्न छन्। उनी दुबई बस्ने ज्ञानबहादुर श्रेष्ठ हुन्। उनले वैदेशिक रोजगारमा काम गरिरहेका व्यक्तिहरूलाई भेला पारेर पैसा जम्मा गर्ने गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।, मैनालीका अनुसार ज्ञानबहादुरले आफूले बैंकभन्दा सस्तोमा रकम नेपाल पठाइदिने भनेर वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई भन्थे। सो पैसाको उनले पनि क्रिप्टो नै किनेर विश्वरामको क्रिप्टोकरेन्सी बाइनेन्सको खातामा पठाइदिने गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। , फेरि सोही क्रिप्टोकरेन्सी बिक्री गरी ज्ञानबहादुरले टिपाएका बैंक खाताहरूमा रकम जम्मा गर्ने गरेको खुलेको हो। , यसमा अनुसन्धान सकेर परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी मंगलबार धरौटी माग गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , नेपालमा क्रिप्टोकरेन्सीको कारोबार निषेध छ। विदेशमै रहेका नेपालीहरूले पनि क्रिप्टोको कारोबार गर्नु गैरकानुनी मानेको छ। नेपाल राष्ट्र बैंक र प्रहरीले यसमा नलाग्न पटकपटक अनुरोध गरेको छ।,
क्रिप्टोकरेन्सी कारोबार आरोपमा पक्राउ परेका व्यक्तिसँग ६ लाख धरौटी माग |
सेतोपाटी संवाददाता चितवनमा श्रीमतीले अचानोले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको छ। , भरतपुर-२१ पार्वतीपुर बस्ने ५६ वर्षीय टिकाराम विकको टाउकोमा लागेको चोटका कारण मृत्यु भएको हो। उनी मंगलबार अपराह्न आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए। , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली पुग्दा विक मृत भेटिएका थिए।, ढोकाको चुकुल फुटाएर हेर्दा विक खुट्टाले भुइँमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो परेको अवस्थामा भेटिएको उनले बताए।, ‘तालुको भागमा काटेको चोट थियो। काटेको चोटबाट अत्यधिक रक्तश्राव भई सिरानीमा जमेको अवस्थामा शव भेटिएको थियो,’ अधिकारीले भने। , प्रारम्भिक अनुसन्धानमा सोमबार बिहान १० बजेतिर श्रीमानश्रीमती बीच झगडा हुँदा ५४ वर्षीया श्रीमती बिनमाया विकले अचानोले टाउकोमा हान्दा उक्त चोट लागेको बुझिएको डिएसपी अधिकारीले बताए।, मृतककी श्रीमती बिनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको उनले बताए। मृतकको शव पोस्टमर्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।,
अचानोले टाउकोमा हान्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ |
सेतोपाटी संवाददाता विदेशी बैंकमा करोडौं रकमको शंकास्पद कारोबार भएको पाएपछि पक्राउ परेका अमित श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। , मंगलबार काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २९ गते पक्राउ गरेको थियो। क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो। , उनी विशाल सिमेन्टका पूर्वसञ्चालक समेत हुन्। , उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले परिसरलाई बुझाएको थियो। उनीमाथि प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम अनुसन्धान अघि बढाएको थियो। , श्रेष्ठबाट प्रहरीले दुई-दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो। बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो।, त्यहाँ परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको हो।, कमन-वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र यही बैंकबाट सेयर समेत कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , मैनालीका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन्।, नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपैयाँभन्दा धेरै रकममार्फत् श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको हो। त्यस्तै एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ।, काठमाडौं-१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको मैनालीले बताए। , उनीमाथि अनुसन्धान सकेर परिसरले सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यहाँबाट अदालतमा मुद्दा दर्ता भइ पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।, उनलाई कारागार कार्यालय डिल्लीबजारमा पठाएको छ।,
विदेशी बैंकमा शंकास्पद कारोबार देखिएका अमित श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश |
रासस कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।, गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।, शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।, स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ।, मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ।, सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।,
भोजपुरमा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द |
दिपकजंग शाही कर्णाली प्रदेशमा कोभिड–१९ को चौथो लहर सुरू भएको संकेत देखिएको छ। पछिल्लो एक महिनामा देखिएको संक्रमण दरका आधारमा कोरोनाको चौथो लहर भनेर घोषणा गर्दा पनि फरक पर्दैन।, ‘घोषणा नहुनु फरक कुरा हो, हाम्रो तर्फबाट भन्ने हो भने यहाँ कोभिडको चौथो लहर सुरू भइसकेको भन्दा हुन्छ,’ स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले भने, ‘संक्रमण दर र नागरिकको बेवास्तालाई हेर्दा जोखिम पनि निकै छ।’, स्वास्थ्य सेवा निर्देशनालयसँग भएको तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो एक महिनामा १४३ जनामा कोरोना संक्रमण देखिएको छ। असार २१ अघि तीन महिनासम्म कोभिड संक्रमण दर शून्य थियो।, असार २१ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो। यो बढेर साउन २१ गतेसम्म १४३ जनामा संक्रमण देखिएको हो।, हाल कर्णालीमा कोरोनाको दैनिक संक्रमण दर औसतमा पाँच जना छ।, आइतबार आरटी पिसिआर परीक्षण गरिएका ८ जनामध्ये ४ जनामा संक्रमण देखिएको थियो भने एन्टिजेन परीक्षण गरिएका ११ जनामध्ये १ जनामा संक्रमण देखिएको थियो।, पछिल्लो एक महिनामा संक्रमित १४३ जना होम आइसोलसनमा बसिरहेका छन्।, ‘परीक्षण गराएकामध्ये ५० प्रतिशतमा संक्रमण देखिनु भनेको डरलाग्दो अवस्था हो,’ निर्देशक डा. खड्काले भने, ‘पछिल्लो समय कोभिड परीक्षण गराउन पनि आउँदैनन्, परीक्षण गराउन आउनेहरूमा स्वास्थ्यकर्मी, अरू कर्मचारी वा विदेश जाने मानिसहरू छन्।’, कोभिड संक्रमण दर बढ्दै जानु र परीक्षणमा सर्वसाधारणले चासो नदिनुले चौथो लहरको उपचार तथा रोकथाममा चुनौती बढेको उनी बताउँछन्।, कोभिड–१९ सुरू भएयता हालसम्मको तथ्यांक हेर्दा कर्णाली प्रदेशमा ३९ हजार ९ जनामा कोरोना संक्रमण भएको छ। १ लाख ९७ हजार ३३८ जनाको कोरोना परीक्षण गरिएको थियो। संक्रमितमध्ये ३९१ जनाको मृत्यु भएको छ।, पछिल्लो समय कोभिड संक्रमण दर बढ्दै जाँदा त्यसको प्रतिकार्य तथा व्यवस्थापनमा अरू पनि थुप्रै समस्या तथा चुनौती छन्।, स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दरबन्दी अनुसार तालिम प्राप्त जनशक्तिको पदपूर्ति नहुनुले चुनौती बढेको छ।, निर्देशनालयका अनुसार हाल कर्णाली प्रदेशमा ८८८ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी छ। जसमध्ये ५६७ दरबन्दी अझै पूरा भएका छैनन्। दरबन्दी करार र अन्य करारमा गरी ७९७ स्वास्थ्यकर्मी कार्यरत छन्।, पर्याप्त मात्रमा एम्बुलेन्स तथा शववाहनको पर्याप्त व्यवस्था नहुनु कोभिड प्रतिकार्यको अर्को चुनौती हो।, नियमित विद्युतको आपूर्ति नहुनु, वैकल्पिक ऊर्जाको भरपर्दो व्यवस्था नहुनु, दक्ष जनशक्तिको अभावमा अधिकांश जिल्लामा आइसियू, एडियु र भेन्टिलेटर सञ्चालन हुन नसक्नु, बिरामी प्रेषण केन्द्र स्थापना भए पनि सञ्चालनमा नआउनु पनि चुनौतीका रूपमा छन्।, हिमाली जिल्लाहरू डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव, कोभिडका लागि भर्ना गरिएका करार कर्मचारीहरूका लागि बजेट विनियोजन नहुनु पनि कोभिड प्रतिकार्य तथा व्यवस्थापनमा चुनौतीका रूपमा रहेका निर्देशक खड्काले बताए।, उनका अनुसार चौरजहारी र दैलेखमा जनशक्ति व्यवस्थापन, डोल्पामा अक्सिजन प्लान्ट स्थापना, नर्सिङ तथा पारामेडिक्सको पदपूर्ति, जुम्लामा कोल्ड चेन रूम स्थापना गर्नुपर्ने कोभिड प्रतिकार्यका लागि तत्कालीन आवश्यकताका रूपमा छन्।, कति छन् संरचना र सामग्री ?, कोभिड प्रतिकार्यका लागि आवश्यक पर्ने संरचनामध्ये ७३ वटा आइसोलेसन सेन्टर, १ हजार ८०२ वटा आइसोलेसन बेड छन्।, यस्तै, १ हजार ८०५ वटा अक्सिजन सिलिण्डर छन् भने ४९७ वटा कन्सन्ट्रेटर छन्। जसमध्ये जिल्ला अस्पताल मुगुमा ५२ सिलिण्डर र ४८ कन्सन्ट्रेटर, चौरजहारी अस्पताल रूकुम पश्चिममा १०० सिलिण्डर र १० वटा कन्सन्ट्रेटर, मेहलकुना अस्पताल सुर्खेतमा १०० सिलिण्डर र १५ कन्सन्ट्रेटर, दैलेख जिल्ला अस्पतालमा २५२ सिलिण्डर र ४० कन्सन्ट्रेटर, डोल्पा अस्पतालमा ६२ सिलिण्डर र १० कन्सन्ट्रेटर, रूकुम पश्चिम जिल्ला अस्पतालमा ५९ सिलिण्डर र १५ कन्सन्ट्रेटर छन्।, यसैगरी सल्यान जिल्ला अस्पतालमा ११० वटा सिलिण्डर छन् भने कन्सन्ट्रेटर छैनन्।, जिल्ला अस्पताल जाजरकोटमा २०५ सिलिण्डर र ५२ वटा कन्सन्ट्रेटर, प्रदेश अस्पताल सुर्खेतमा २५० सिलिण्डर र ३० वटा कन्सन्ट्रेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३० सिलिण्डर र ६० कन्सन्ट्रेटर, जिल्ला अस्पताल हुम्लामा १२० सिलिण्डर र १२७ कन्सन्ट्रेटर, कालीकोटमा २१५ सिलिण्डर र ७५ कन्सन्ट्रेटर, दुल्लु अस्पताल दैलेखमा ५० सिलिण्डर र १५ कन्सन्ट्रेटर छन्।, कर्णाली प्रदेशमा १६ वटा अक्सिजन प्लान्ट छन्। जसमध्ये ११ वटा सञ्चालनमा छन् भने चारवटा सञ्चालनमा आउन सकेका छैनन्। एउटा अक्सिजन प्लान्ट जडान कार्य जारी रहेको छ।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका तीन वटामध्ये एक प्लान्ट सञ्चालनमा छ। अरू दुइटामध्ये एकको जडान कार्य भइरहेको छ भने एउटा सञ्चालनमा ल्याइएको छैन।, चौरजहारी अस्पताल, मेहलकुना अस्पताल र कर्णाली प्रदेश अस्पतालको एउटा प्लान्ट सञ्चालनमा छैनन्।, कालीकोट अस्पतालका २, जाजरकोट अस्पतालमा रहेको १, दैलेख अस्पतालका १, सुर्खेतको कटकुवा स्वास्थ्य चौकीको १, प्रदेश अस्पतालका २, मुगु, हुम्ला र सल्यान जिल्ला अस्पतालमा रहेका एकेक अक्सिजन प्लान्ट सञ्चालनमा छन्।, यस्तै, कर्णाली प्रदेशमा पिसिआर ल्याब चार वटा छन्। तर सञ्चालनमा भने एउटै छ। जुम्ला, दैलेख र चौरजहारीमा रहेका ल्याब अहिले सञ्चालनमा छैनन्। एन्टिजेन परीक्षण सबै जिल्ला, पालिका र समुदायमा उपलब्ध रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।, कोभिड हब अस्पताल दुइटा, आइसियु ६८ वटा, एचडियु एकाई ११ वटा, भेन्टिलेटर ३२ वटा छन्। , हाल कर्णाली प्रदेशमा सर्जिकल मास्क ६ लाख १२ हजार १०० पिस, गाउन ६०० पिस, पिपिई २६६ पिस, जुत्तामा लगाइने कभर ६ हजार ६१०, सर्जिकल क्याप ५ हजार ४००, एन्टिजेन किट ९७ हजार २००, रेम्डेसिभिर सुइँ ८१, एन–९५ मास्क १ लाख ५७ हजार ३२०, फेससिल्ड ३५ हजार १४८, सेफ्टी गगल्स १७ हजार ६२५ पिस निर्देशनालयको स्टोरमा मौज्दात छन्।, कतिले लगाए खोप?, कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये १० लाख ७७ हजार ५८२ जनाले कोभिड विरूद्धको पहिलो मात्रको खोप लगाएका छन्। १० लाख ४६ हजार ७४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन्।, बुस्टर डोज लगाउनेको संख्या भने कम रहेको छ। हालसम्म कर्णाली प्रदेशका ४ लाख १३ हजार ४६६ जनाले मात्र बुस्टर डोज खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।, अहिले सबै प्रकारका खोप प्रदेशमा उपलब्ध रहे पनि लगाउने व्यक्ति नआउने निर्देशक खड्काले बताए। उनका अनुसार गत महिना मात्र १० हजार डोज खोप खेर गएको छ।,
कर्णालीमा कोभिड संक्रमण दर बढ्दै, रोकथाममा चुनौती |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजु बाइपासस्थित एक कारखानामा आगलागी भएको छ। , बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। , काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। अर्को ललितपुरको पनि दमकल त्यहाँ जाँदै छ।, आगो के-कसरी लागेको हो भन्ने खुलिसकेको छैन।,
,
बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी |
सेतोपाटी संवाददाता अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।, गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो।, साथै प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ।, कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।, त्यस क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको छ।, खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ।, हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र २७ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।, यो क्षेत्रबाट १५ जनाको उद्धार गरिसकिएको प्रहरीले बताएको छ। विष्ट गाउँका एक तलासम्मका घर डुवानमा परेका छन्। बाढीले सुकुम्वासी टोलको दुइटा टहरा भत्केको छ।,
प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार |
नवीनबाबु गुरूङ अविरल वर्षा सँगै आएको बाढीले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन्। काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।, बाढीले टहरामा भएका घरायसी सामग्री बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । बाढीले मानवीय क्षति गरेको छैन ।, यस्तै प्रहरी प्रभाग काँडाघारीको भवन पनि डुबानमा परेको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका–१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताए। उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए। , उनले मनोहरा नदी किनारामा दिव्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बङ्गुरफार्मबाट प्रहरीले पाँस सय हाँस, दुई सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए। ,
काठमाडौंमा बाढीको कहर (तस्बिरहरू) |
नवीनबाबु गुरूङ काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा बिजुली सर्ट हुँदा आगलागी भएको खुलेको छ। , बुधबार दिउँसो पौने १२ बजे श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको वान वर्ल्ड फुटवेयर प्रालिमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार अहिले कारखानामा लागेको आगलागी नियन्त्रणमा आइसकेको छ। तर अग्नि नियन्त्रकहरूले अझै पनि आगो बाँकी छ कि भनेर हेरिरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।, उनले आगलागी बिजुली सर्ट भएर लागेको बताए। , ‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’ उनले भने। , सञ्चालकले १० हजार जोर जुत्ता तयारी अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएका छन्। यद्यपि अरू क्षति विवरण आइसकेको छैन।, आगो निभाउन काठमाडौं, ललितपुर, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दमकल प्रयोग भएका छन्।, यस्तै, पानीको लागि २० वटाभन्दा बढी पानी ट्यांकरसमेत प्रयोग भएका थिए। , आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न निकायका टोली खटिएका छन्। , सेनाको एक नम्बर बटालियन, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बालाजु, महाराजगञ्ज, स्वयम्भू लगायतको टोली खटिएका छन्।, परिसरबाट प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहरा, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सहितको टोली पनि खटिएको थियो। ,
यसरी निभाइयो बालाजुको जुत्ता कारखानामा लागेको आगो (तस्बिरहरू) |
रासस मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ।, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो।, रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो।, सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ। यही आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधअनुसार उनलाई सर्लाही पठाइएको हो।, सर्लाही पुर्याइएका रौनियारलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो बढ्दै आएको थियो। यस्ता गुनासोमा प्रहरीमा उजुरी नै परेपछि लामो समय भारतमा लुकीछिपी बस्दै आएका रौनियार यसपालि प्रहरी पक्कडमा परेका हुन्।, सीमावर्ती भारतका आफन्तकहाँ बस्दै आएका रौनियार सर्लाही नगएर महोत्तरीको गौशालाबजार पुगेका थिए।, गौशालामा उनलाई पीडितहरूले अड्याएर सामाजिक छलफल भइरहँदा एक जना पत्रकारले सोधेका जिज्ञासामा अभद्रता देखाएका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना अनुसन्धान गरिरहेकै बीच जिल्ला प्रहरी कार्यालय सर्लाहीले माग गरेपछि रौनियारलाई उता पठाइएको हो।,
मिटरब्याजीका आरोपी चौधरीलाई पठाइयो सर्लाही |
ध्रुवसागर शर्मा/रासस मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका छन् म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा।, उमेरले ९७ औं वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन्। स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो।, करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उनलाई सुखसँग कहिल्यै बस्न दिएन। श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पतीलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन्। , झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ थपियो। त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहर्याइरह्यो, दुखिरह्यो। थापा दम्पतीका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन्। बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्छन्। , उनको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र 'सहारा' पत्नी पनि आफूभन्दा पहिला छुट्लिन् कि भन्ने पीरले उनलाई सताउने गर्छ। , सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस। आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्छन्।, वृद्धभत्ता नै बाँँच्ने सहारा, मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पती खानेकुराको भने सौखिन नै छन्। जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पतीलाई के खाउँ र के लाउँको समस्या भने छैन।, बिहान ६ बजे उठेर नित्यकर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्छन्। त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणि शर्मा बताउँछन्।, ‘मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्’ शर्माले भने।, उमेरले नेटो काटे पनि उनको स्वभाव भने बालसुलभ नै छ। स–साना बालबालिकासँग जिस्कँदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उनको बानी रहेको छ।, रोगले छोएन, दुःखले छोडेन, पचास वर्षको उमेर पार गर्न नपाउँदै नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुन्।, रोगको बारेमा सोध्दा उनले ठट्यौली शैलीमा भने, ‘चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई। राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरू त केही हुँदैन।’, उमेरमा अरूको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उनकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली छैनन्।, असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भनिन्, ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौं अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौं।’, ‘सय कटे बिहे गर्थें’, मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरूलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन्। उनका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन्।, अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आएका थापालाई ‘तपाईंको रहर के छ’ भनेर जिज्ञासा राख्दा भने, ‘सय वर्ष कटेपछि बिहे गर्ने रहर छ।’, थापाको कुरा सुनेपछि छिमेकी पदमपाणि मरीमरी हाँसे। बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन्। सोही रकमले घरको केही खर्च चल्ने गर्छ। अझैसम्म पनि थापा दम्पतीले खसीको मासु खान छोड्नु भएको छैन।, गाउँमा खसी काटे भने सबभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्छन्। घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बुढाबूढीले जिस्कँदै खाने उनका छिमेकी शर्माले बताए।, श्रीमती खिरकुमारीलाई आफूले फकाएर बिहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउँछन्।, ‘पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ......’ भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भने, ‘सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे।’, रातका साथी कुकुर, दिनभरि गाउँ घुमेर र छिमेकीहरूसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पतीलाई निकै नियास्रो लाग्ने गर्छ।, नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बुढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’, रात अबेरसम्म निद्रा नलागेपछि बुढाबूढी बाहिर निस्केर आँगनमा बस्छन्। त्यहाँ बस्दै आएको कुकुर थापा दम्पतीको साथी बन्छ। उनले एउटा सेतो कुकुर पालेका छन्। घरको सुरक्षा गर्नेदेखि देखि बुढाबूढीको साथी बनेको त्यस कुकुरलाई उनीहरूले ‘सेते’ नामले बोलाउँछन्। त्यही कुकुरलाई सुम्सुम्याउँछन्, माया गर्छन् र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउँछन्। , ‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,’ थापाले भने, ‘यही पीडा सहन नसकेर पटक/पटक म्याग्दी खोलामा हेलिएर दुवै जना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ,’ ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ।, सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ। खिरकुमारीले पनि ८० वसन्त पार गरिसकेका छन्।, शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आएकी छन्।, ‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौं,’ खिरकुमारीले भावुक बन्दै भनिन्, ‘बुढेसकालले छोपेपछि जिउन निकै सकस भएको छ। हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ। निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई पनि नपरोस्।’, थापा दम्पतीको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरू हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैंसँग राख्न वा खाली रहेको घरमा बस्न पटक/पटक आग्रह गरे पनि थापा दम्पती मान्दैनन्।, उनीहरू भन्छन्, ‘बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामर्थ्य छैन।’, हजुरबुवा र आमाको दुःख कम गर्न हाल जापानमा रहेका उनका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरूको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पतीले मानेनन्।, उनी भन्छन्, ‘यो उमेरमा अरूलाई दुःख दिन मन नै मान्दैन। नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरूलाई दुःख दिन पनि मनले मान्दैन।’, आफूले दुःख पाएर पनि अरूलाई दुःख दिन नचाहने थापा दम्पती गाउँमा सबैका प्यारा छन्। कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरूलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरूले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन्।,
९७ वर्षीय खड्गबहादुर भन्छन्- सय वर्ष कटेपछि बिहे गर्ने रहर छ! |
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट गाडीसहित गाँजा बरामद गरेको छ।, प्रहरीले वीरगञ्ज महानगरपालिका-२४ बाट १४४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार मंगलबार बहुअरी चोकमा यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रक रोकी राखिएको थियो। उक्त गाडी शंका लागि जाँच गर्दा गस्ती प्रहरी टोलीले उक्त परिमाणमा गाँजा फेला पारेको प्रहरीले जनाएको छ।, प्रहरीले बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जनाएको छ।,
पर्साबाट १४४ किलो गाँजासहित गाडी नियन्त्रण |
राजु अधिकारी नेपाल–भारतबीचको वाणिज्य सन्धि विपरित भारतीय पक्षले नेपाली चियामा मात्रात्मक प्रतिबन्ध लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ। , नेपाली चिया आयातलाई सुरूमा मात्रात्मक प्रतिबन्ध लगाउने अनि विस्तारै पूर्ण बन्देज लगाउने गरीको प्रस्ताव अहिले भारतीय संसदका दुवै सदनमा पुगेको छ। , राज्यसभा र लोकसभामा पुगेको उक्त प्रस्ताव पारित भए नेपाली चियाले आफ्नो मुख्य अन्तर्राष्ट्रिय बजार गुमाउने निश्चित छ। , भारतीय संसदको राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ। समितिले दुई वटा कारण औंल्याउँदै चिया आयात कसिलो पार्नुपर्ने बताएको छ। , समितिले औंंल्याएको पहिलो कारण हो, नेपाली चिया गुणस्तरहीन छ। दोस्रो, एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्छ। , गुणस्तरहीन चिया मात्रै नेपालले भारत पठाइरहेको आरोप लगाउँदै समितिले भनेको छ, ‘त्यसैले नेपाली चिया आयातमा मात्रात्मक प्रतिबन्ध लगाउनुपर्छ अथवा उच्च आकारमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउनुपर्छ।’ , समितिले आफ्नो प्रतिवेदनमा ‘नेपाली चिया आयात नीतिमा ‘रिभ्यू’ र ‘रिभिजिट’ पनि गर्नुपर्ने भनेपछि नेपाली पक्ष आत्तिएको हो। , ‘नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार भारत नै हो, ज्यादै सानो हिस्सा मात्रै तेस्रो देश जान्छ,’ इलामका चिया उद्योगी पुनम राईले भने, ‘हाम्रो चियाको ९० प्रतिशतभन्दा बढी हिस्सा भारत जाने हो। अहिले जे जस्तो तयारी भइरहेको छ, त्यसले हाम्रो चिया भारत जान नसक्ने अवस्था सिर्जना हुनेछ।’ , नेपालका चिया उद्यमी तथा सरोकारवालाहरू त्रस्त बन्नलाई यसबेलाको समयले पनि काम गरेको छ। नेपाल–भारत वाणिज्य सन्धिको आवधिक पुनरावलोकन हुने बेलामै भारतले यस्तो तयारी गर्दा उनीहरूको चिन्ता बढेको हो। , द्विपक्षीय वाणिज्य सन्धि अनुसार नेपालबाट भारत निर्यात हुने कृषिवस्तुमा कर नलिने उल्लेख छ। यतिमात्रै होइन, नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले मात्रात्मक प्रतिबन्ध नलगाउने बुँदा पनि उल्लेख छ। यही विषयमा ‘रिभ्यू’ र ‘रिभिजिट’ गरिनुपर्ने राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ को ठहर छ। , हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा मात्रात्मक प्रतिबन्ध लगाइने भएपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र दौडधुपमा जुटेका हुन्। , भारतीय पक्ष नेपाली चियाप्रति यसरी अनुदार हुनुमा दार्जिलिङको दबाबले काम गरेको छ। नेपाली चियाका कारण आफूहरू मारमा परेको भन्दै दार्जिलिङका चिया उत्पादकले नेपालको चिया आयात रोक्न माग गर्दै आएको लामो समय भइसकेको छ।, तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ आएका बेला नै दार्जिलिङका चिया उद्यमीले नेपालको चिया आयात रोक्न माग पत्र पेश गरेका थिए। त्यसयता उनीहरू निरन्तर दबाब दिइरहेका छन्। , नेपाली चियालाई गुणस्तरहीन भन्दै रोक्न माग गर्ने दार्जिलिङका व्यवसायीहरूले नेपालकै चियालाई आफ्नो ट्रेडमार्क प्रयोग गरेर विश्व बजार पठाइरहेको आरोप नेपाली पक्षको छ। यसका बावजुद अहिले भारतमा जे तयारी भएको छ, त्यसले नेपाली चिया उद्योग संकटग्रस्त बन्ने जानकारहरू बताउँछन्। , ‘यो भनेको नेपाली चियाको आयात पूर्णरूपमा रोक्ने भारतीय तयारी हो,’ चिया तथा कफी विकास बोर्डका निर्देशक एवम् प्रवक्ता डा.दिपक खनालले सेतोपाटीसँग भने, ‘प्रमुख अन्तर्राष्ट्रिय बजार राष्ट्रले संसदबाटै कानुन बनाएर आयात रोक्ने तयारी गर्नु चिन्ताको विषय हो। त्यसैले हामी अहिले त्यस विषयमा भारतीय पक्षसँग कुरा गर्न सरकारलाई भनिरहेका छौं।’ , भारतीय पक्षको यो तयारीबारे थाहा पाएरै पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभामा यो विषय उठाएका थिए। मंगलबार इलाम र झापाका चिया उद्योगीहरूसहितको टोली लिएर खनाल र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। प्रधानमन्त्रीले तत्कालै भारतीय पक्षसँग कुरा गर्ने आश्वासन दिएको भेटमा सहभागी उद्योगी पुनम राईले जानकारी दिए। , झापा र इलाम चिया उत्पादनका लागि कहलिएका क्षेत्र हुन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांक अनुसार नेपालका २८ जिल्लाका १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया उत्पादन भइरहेको छ। , बोर्डका अनुसार सन् २०२०–०२१ मा नेपालमा १ करोड ५६ लाख ४१ हजार केजी सिटिसी चिया उत्पादन भएको थियो। अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुँदा ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन भएको थियो। अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कूल २ करोड ३७ लाख ४५ हजार ९ सय १ केजी चिया उत्पादन भएको थियो। यो सबै चियाको ९० प्रतिशतभन्दा ठूलो हिस्साको बजार भारत नै हो। ,
,
आफ्नो मुख्य बजारले चिया आयातमा अंकुश लगाउने तयारी गरेपछि नेपाली चिया उद्योग संकटग्रस्त अवस्थाको निकट पुगेको इलामको सूर्योदय टी प्रोडुसर्स एशोसिएसनले जनाएको छ।, नेपालको १३ प्रतिशत व्यापार घाटा पूर्ति गर्ने र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख कृषि उत्पादन चिया नै भएको जनाउँदै एशोसिएसनले भारतीय पक्षसँग कुटनीतिक पहलमार्फत सहजीकरण गर्न सरकारसँग माग गरेको छ। , ‘यदि भारतको संसदमा पेश भएको प्रतिवेदन जस्ताको तस्तै पारित भयो भने १५० भन्दा बढी उद्योगहरू बन्द हुनेछन्,’ एशोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले भने, ‘चिया खेतीमा आश्रीत २६ हजारभन्दा बढी किसान, ८० हजारभन्दा बढी चिया मजदुर बेरोजगार हुनेछन्।’ , अध्यक्ष श्रेष्ठले नेपालको चियालाई खराब गुणस्तर भन्ने भारतीय चिया व्यवसायीले नेपाली हरियो चियापत्ति चोरी निकासीमार्फत प्रशोधन गरी दार्जिलिङकै नामबाट बिक्री गर्दै आएको पनि बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार बुझाएको ज्ञापनमा पनि सोही कुरा उल्लेख गर्दै चिया उत्पादकहरूले योबारे तत्कालै कदम चाल्न माग गरेका थिए। , ‘प्रधानमन्त्रीले तत्कालै भारतीय राजदूतसँग कुरा गरेर समस्या समाधानको पहल गर्ने बचन दिनुभएको छ,’ चिया तथा कफी विकास बोर्डका निर्देशक खनालले भने, ‘सम्भवतः बुधबार हाम्रो टोलीले पनि राजदूतलाई भेट्नेछ। हामी हाम्रो मुख्य बजार गुम्न नदिन प्रयासरत छौं।’,
नेपाली चियामा प्रतिबन्ध लगाउने प्रस्ताव भारतको संसदमा |
सेतोपाटी संवाददाता ललितपुरको नख्खु कारागारमा कैदीहरूले प्रदर्शन गरेका छन्। , बुधबार कैदीहरूले केहीबेर प्रदर्शन गरेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए। अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले बताए। , कैदीहरूको माग के हुन् भन्नेबारेमा छानबिन हुने पनि उनले बताए। नख्खुको नयाँ ब्लकमा प्रदर्शन भएको हो। कैदीहरूले नाराबाजी गरेका थिए।, ‘भित्र गुटबन्दी भएको हो। छानबिन गरेर के गर्नुपर्छ भन्ने बुझ्छौं,’ उनले भने, ‘नेतृत्वलाई टार्गेट गरेको बुझिन्छ। भित्र आन्तरिक प्रशासन हुन्छ। मागहरू के हुन् भन्ने बुझ्दैछौं।’, साउन पहिलो सातामात्रै नख्खुमा नयाँ चौकीदार नियुक्त भएका छन्। राजन मगरलाई नियुक्त गरिएको थियो। , उनी लगायतको टिमविरूद्ध नै नाराबाजी गरेको जेलर लामिछानेले बताए। ,
नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी |
सेतोपाटी संवाददाता बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन्। , बुधबार बिहान करिब ८ बजे बुंगल नगरपालिका-९ बस्ने आमा, छोरा र छोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। , २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मृत फेला परेका हुन्। स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो। , अहिले नजिकैको अस्थायी प्रहरी चौकीबाट प्रहरी खटिएका छन्। , जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक अवस्थीको कमान्डमा टोली खटिएको छ। घटनास्थल टाढा भएको हुँदा सो टोली त्यहाँ पुगिसकेको छैन। , तीनै जना झुन्डिएको अवस्थामा फेला परेका हुन्। , मृतकका श्रीमान पुस्कर पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हिजोमात्रै भारतबाट नेपाल फर्किएको प्रहरीले जनाएको छ। ,
बझाङमा आमा, छोरा-छोरी मृत फेला |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६८ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ७०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ६१४ जनाको पिसिआर र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८८५ जना सक्रिय संक्रमित छन्।, ४१४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। ,
एकैदिन थपिए ८६८ कोरोना संक्रमित, तीन जनाको मृत्यु |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका–८, मक्रहरका गोविन्द खाम्चाको हरेक बिहान सिँचाइको कुलोमा फोहोर सोहोर्छन्। उनी ३६ सिँचाइ मौजाअन्तर्गत मक्रहरका ‘शाखा मुख्तियार’ हुन्।, शाखा कुलोअन्तर्गत सिँचाइको पालो परेका किसानको खेतमा पानीको व्यवस्थापन गरिदिने, थुनिएको र भत्किएको कुलो मर्मतका लागि किसानहरूलाई जानकारी गराउने उनको मुख्य जिम्मेवारी हो।, कुलो धेरै जसो अनेक थरीका प्लास्टिकले थुनिने गरेको छ। कति ठाउँमा त मरेका पशु चौपाया पनि हुन्छन्।, कुलो सफा गरी सक्दा नसक्दै माथिबाट बग्दै आएको फोहोरले फेरि थुनिन्छ। हैरान भएका किसानहरूले शाखा मौजाको कुलो सफा गर्न चौकीदार राखेका छन्।, दिनभरि ज्याला मजदुरीमा जाने बाबुलाल विश्वकर्मा मक्रहर शाखा मौजामा चौकीदारी पनि गर्छन्। बिहानैदेखि कुलोमा थुप्रिएको प्लास्टिक र झारपात पन्छाएर सफा पारिदिन्छन्।, तिलोत्तमा नगरपालिकाका किसानहरूले बुटवल उपमहानगरपालिका–३ को पुल्चोक कन्नेढुंगा हुँदै वडा नं ५, ७, ९ र ११ भएर बग्ने दुई वटा नहरबाट सिँचाइका लागि पानी पाउँछन्।, सोह्र र छत्तीस मौजा सिँचाइ प्रणाली नामका ती दुई नहरबाट तिलोत्तामाको छ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरेको छ। नहरबाट पानीमात्रै जाँदैन। पानीसँगै बगेर जाने फोहोरले तिलोत्तमाका किसान हैरान छन्।, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि तिलोत्तमा नागरपालिकाले ‘क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा’ नाराका साथ सरसफाइ अभियान थालेको थियो।, २०७६ साल साउन १ गते नगरपालिकालाई प्लास्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको थियो।, उक्त घोषणापछि सार्वजनिक स्थानमा प्लास्टिक प्रयोग निरूत्साहित गरिएको छ। अभियानको क्रममा नहर, कुला, सडक किनार र खाली जग्गामा वर्षौंदेखि थुप्रिएको प्लास्टिक फोहोर संकलन गरी व्यवस्थित गरिएको थियो।, छिमेकी बुटवल उपमहानगरबाट नहरमा बग्दै आउने प्लास्टिक फोहोरका कारण तिलोत्तमामा खेतबारी प्लास्टिकले ढाकिने गरेको छ।, यस्तो प्लास्टिकले तिलोत्तमाको प्लास्टिक निषेधित क्षेत्र घोषणाको उपहास गरेको छ।, बुटवलबाट बग्दै आउने प्लास्टिक फोहोर छेक्न छत्तीस मौजा सिँचाइ आयोजना अन्तर्गत बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकुटीमा नहरमा फलामे जाली लगाएको भए पनि त्यसले काम गरेन। पछि जाली हटाइयो।, नहरको नजिकका बासिन्दाहरू तरकारी, फलफूल, माछा मासुको फोहोर नहरमा फल्छन्। ठेलामा खानेकुरा बेच्नेहरूले पनि फोहोर सिधै नहरमा फाल्ने गरेका छन्।, ‘हामी त बजारको फोहोर सोहोर्नकै लागि किसान बनेका रहेछौंजस्तो भएको छ। दिनदिनै कुलोबाट फोहोर निकाल्दा हैरान हुन्छ,’ मक्रहर शाखाका मुख्तियार गोविन्दले भने।, नहर आसपासका व्यापारी र बासिन्दाले नहरमा फाल्ने प्लास्टिकका झोला, बोतल, थर्मकोल, कपडा, अस्पतालको फोहोर आदि सोझै किसानको खेतमा पुग्ने गरेको छ।, ‘सिसाले खुट्टा काट्ला भनेर धान रोप्दा पनि बुट लगाएर जानु पर्ने जस्तो हुन्छ। जराको फेदमा प्लास्टिक हुन्छ। अहिले त थर्मकोल र अरू फोहोर फालेर नहरको मुहान नै थुनिने गरेको छ,’ गोविन्दले भने।, खेतबारीमा खाडल खनेर जम्मा गर्दा कुहिएर मल हुने फोहोर पनि प्लास्टिकका थैला र बोरामा पोका पारेर नहरमा बगाइदिने गरेको किसानहरूको गुनासो छ।, ‘तरकारी र फलफूलका खोस्टामात्रै भए त हुन्थ्यो; मरेका कुखुरा, बिराला र कुकुर पनि नहरमै फाल्छन्,’ गोविन्दले भने, ‘आज बिहान त मरेका दुई वटा बाख्रा फेला परेका थिए। हामी त माथिको सिनो सोहोर्ने जस्ता पो भयौं।’, छत्तीस मौजा सिँचाइ नहरका मेठ मुख्तियार भीमप्रसाद पाण्डेका अनुसार नहर छेउका कतिपय घरले आकाशको पानीको नाममा ढल पनि नहरमै मिसाउने गरेका छन्।, घरको फोहोर सिधै नहरमा फ्याँक्दा किसानलाई परेको समस्याबारे बुटवल उपमहानगरमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनले बताए।, ‘आफ्नो फोहोर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिकाले नै लिनुपर्छ, नहर नजिकका बासिन्दालाई नहरमा फोहोर फाल्न नदिने र कारबारही गर्ने काम गर्नुपर्छ। बुटवलले यो सबै बेवास्ता गरेको छ,’ उनले भने। , शाखा कुलोको छेउमै घर भएका मक्रहरका शिव पोखरेल पानीसँगै बगेर आउने फोहोरका कारण साँझ–बिहान घरबाहिर बस्न नसकिने बताउँछन्।, भन्छन्, ‘गर्मीका बेला साँझ–बिहान घर बाहिर शितल खाएर बसौं भन्यो, के के बगेर आएको हुन्छ, डुङ्डुङ्ती गन्हाउँछ।’, स्थानीयवासी बालकृष्ण यादवले पनि घर वरिपरि सफा गरे पनि कुलोको फोहोरले वातावरण दूषित गराएको बताए।, ‘वर्षातमा कुलोमा पानी भरिएर आउँदा बगेर आएको फोहोर बाटोमा र खेतमा पुग्छ,’ उनले भने, ‘बाहिरबाट आउनेले झट्ट हेर्दा त घर अगाडि फोहोर थुपारेजस्तो देख्छ।’, छत्तीस मौजाका मेठ मुख्तियार पाण्डेले घरबाट मात्र होइन, उद्योगहरूले पनि नरहमै फोहोर मिसाउने गरेको बताए।, ‘प्लास्टिकका चप्पल काटेर वरिपरिको घेरा पनि यहीँ फाल्छन्। रासायनिक फोहोर पनि यहीँ मिसाउँछन्,’ उनी भन्छन्।, पाण्डेले मल र बिउ नपाउने किसानलाई बजारले फोहोर दिएर सास्ती थपिदिएको बताए। नहरको फोहोर नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ।, पानीसँगै बगेर आउने प्लास्टिक र अन्य फोहोरले खेतीयोग्य जमिन प्रदूषित बन्दै उत्पादन घटेको किसानहरूको भनाइ छ।, मुख्य नहर र शाखा कुलोको मुखमा जम्मा भएको फोहोर किसानहरूले सोहोरेर थुपार्छन्। नगरपालिकाको ट्र्याक्टरले उठाएर लैजाने गरेको पनि छ। किसानहरूका अनुसार पानीले बगाएको फोहोर भने सोझै खेतमै पुग्छ।, अहिले धान खेतमा पानी लगाउने र गोडमेल गर्ने समयमा किसानहरू प्लास्टिक टिप्दैमा हैरान छन्।, पानीसँगै बगेर आएको प्लास्टिक कुलो छेउका खेत छरपस्ट देखिन्छ। कुलो र खेतबाट निकालिएको फोहोर खेतको आली, कुलोको डिल र बाटोको किनारमा जताततै देखिन्छ।, प्लास्टिक नकुहिने वस्तु हो। विज्ञका अनुसार माटोभित्र गाडे पनि वर्षौंसम्म सड्दैन। यस्तो प्लास्टिकले खेतबारीमा बिरूवाको जरा बाँधिदिन्छ, माटोको तापक्रम बढाउँछ र बाली सप्रिन पाउँदैन।, यसको सिधा असर उत्पादनमा पर्छ। खेतमा पुगेको प्लास्टिक धानको गाँजमा जेलिएर बस्दा धान सप्रिन नपाएको शंकर नगरका किसान खिमलाल पाण्डेले बताए।, उनले भनेजस्तै प्लास्टिक फोहोरका कारण माटोको भौतिक र रासायनिक अवस्थामा असर परेको छ।, कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत देवेश मिश्र बिरूवा मल्चिङको लागि प्रयोग गरिने प्लास्टिकले बालीलाई फाइदा पुग्ने भए पनि फोहोरको रूपमा खेतबारीमा थुप्रिएको प्लास्टिक हानिकारक हुन्छ।, ‘माटोमुनि पसेको प्लास्टिक वर्षौंसम्म पनि कुहिँदैन। त्यसले त बालीलाई नोक्सान गर्छ,’ मिश्रले भने, ‘जरामुनि प्लास्टिक परेको छ भने बिरूवाले माटोबाट पोषक तत्व लिन सक्दैन। पोषक तत्व नपाएको बोटले राम्रो फल दिने कुरै भएन।’, बुटवलको फोहोर व्यवस्थापन गर्ने दायित्व उपमहानगरको भए पनि नहरमा फोहोर फाल्न रोक्न सकेको छैन।, बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले नहर हुँदै बगेको फोहोरले तल्लो क्षेत्रका किसानलाई समस्यामा पारेकोबारे आफूहरूलाई जानकारी रहेको बताए।, यस्तो फोहोर नियन्त्रण र व्यवस्थापनका लागि योजना बनाइरहेको उनको भनाइ छ।, उनले घरबाट सिधै नहरमा फोहोर फाल्ने कुरा मानिसको प्रवृत्तिसँग जोडिएकोले यसमा सुधार गर्दै फोहोर व्यवस्थापनमा सघाउ पुर्याउने गरी कार्यक्रम ल्याउनुपर्ने बताए।, बुटवल उपमहानगरभित्र उत्पादन हुने जैविक र अजैविक फोहोर नछुट्याउँदा पनि यस्तो समस्या आएको मिश्रको भनाइ छ। घरबाटै जैविक र अजैविक फोहोर छुट्याएर अलग–अलग व्यवस्थापन गर्न सके समाधान हुने उनले बताए। ,
'हामी त सिनो सोहोर्ने जस्ता पो भयौं' |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ७७ वर्ष कटेका नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व भत्ता दिने भएको छ।, ७७ वर्ष पूरा भएका नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व मनाउन भत्ता दिन लागेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्रचार्यले जानकारी दिए।, उनका अनुसार पहिले ५ हजार रुपैयाँ दिने गरेको र अहिले त्यस सुविधालाई बढाइएको हो।, ‘उहाँले जितेदेखि नै कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमलाई निरन्तरता दिइएको हो,’ उनले भने, ‘पहिला ५ हजार रुपैयाँ दिने गरेकोमा अहिले सुविधा बढाएर १० हजार रुपैयाँ पुर्याइएको हो।’, ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सजिलो होस् भनेर चाडपर्व भत्ता दिन लागेको उनले बताए। महानगरका अनुसार उक्त रकम एकमुष्ट रूपमा दिइनेछ।, ‘ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस्,’ उनले भने, 'उहाँहरूले चाडपर्वमा दक्षिणा दिँदा पनि छोरा बुहारीहरूसँग हात थाप्न नपरोस् भन्ने हो। यसो गर्दा उहाँहरू पनि खुसी हुनुहुन्छ।’, ललितपुर महानगरपालिकामा प्रवक्ता राजु महर्जनले ७७ वर्षमाथिका १५ सयभन्दा बढी ज्येष्ठ नागरिक भएको बताए। , ‘महानगरमा १५ सयभन्दा बढी ज्येष्ठ नागरिक छन्,’ महर्जनले भने, 'उनीहरूलाई १० हजार रुपैयाँका दरले एकमुष्ट रकम प्रदान गरिनेछ।’, महानगरले यसको लागि २० करोड रुपैयाँ बजेट छुट्याएको महर्जनले बताए।, (सम्पादकीय नोटः यसअघि चिरिबाबुका स्वकीय सचिवसँग कुरा गर्दा उनले ७० वर्ष भने तर पछि पुनः सच्याई ७७ वर्ष बताएका हुन्।) ,
७७ वर्ष कटेका ज्येष्ठ नागरिकलाई ललितपुर महानगरले १० हजार चाडपर्व भत्ता दिने |
सेतोपाटी संवाददाता अविरल वर्षापछि पहिरो खस्दा दोलखाको सिंगटी बजारका घर जोखिममा परेका छन्।, बुधबार पहिरो गएपछि यहाँका करिब २५ घर जोखिममा छन् भने केही घरमा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्।, बिगु गाउँपालिका वडा नम्बर ४ लादुकमा पहिरो जाँदा सिंगटी बजार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।, यहाँ लादुक सडक खण्डको चार घुम्तीमाथिबाट पहिरो खस्दा सडक पनि अवरूद्ध भएको थियो। टिकट काउन्टर रहेको घरमा पनि पहिरोले क्षति पुर्याएको स्थानीय बताउँछन्।, ढुंगा लागेर स्थानीय विन्दा कार्की गिरि घाइते भएकी थिइन्। ,
पहिरोले दोलखाको सिंगटी बजार जोखिममा |
एजेन्सी उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजय हासिल गरेको घोषणा गरेका छन्। , झण्डै दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले बुधबार यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । , स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामारीका रूपमा फैलिएको घातक रोग विरुद्धको युद्धमा विजय प्राप्त गरेको घोषणा गरेका हुन्। , उनले भाइरसमाथि आफूहरूले चमकदार विजय घोषणा गरेको भन्दै उत्तर कोरियालीहरूको अदम्य दृढता को प्रशंसा गरे।, महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो। , यो सँगै उत्तर कोरियामा लगाएका सबै प्रतिबन्ध हटेका छन्।, ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो। उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो।, यसैबीच बिबिसीका अनुसार किम आफैं ज्वरोले ग्रस्त थिए। उनकी बहिनीका अनुसार किमलाई कोरोना प्रकोपको समयमा ज्वरोले ग्रस्त पारेर गम्भीर बिरामी बनाएको थियो। , ‘उनी उच्च ज्वरोबाट गम्भीर बिरामी भए पनि आफूले हेरचाह गर्नुपर्ने जनताको बारेमा सोच्दै एक क्षण पनि सुत्न सकेनन्। महामारीविरूद्ध युद्धको सामना गरे र विजयी प्राप्त गरे’, बहिनीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।, किमले उत्तरमा प्रकोप भित्रनुमा दक्षिण कोरियाको हात रहेको आरोप लगाए। , उत्तर कोरियामा हालसम्म कोरोना भाइरसबाट ७४ जनाको ज्यान गएको बताइएको छ। ,
कोभिडविरुद्धकाे युद्धमा विजय हासिल गरेको किम जोङको घोषणा |
सेतोपाटी संवाददाता नेपाली सेनाले चित्तलको शिकार गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। , सुनसरीस्थित श्रीलंका टापुस्थित भागलपुरबाट आठ जनालाई पक्राउ गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ। उनीहरूलाई सेनाले बुधबार पक्राउ गरेको हो। , बुधबार कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त गस्ती टोली खटिएको थियो।, गस्ती गर्नेक्रममा श्रीलंका टापुस्थित भागलपुरबाट एक जनालाई चित्तलको मासुसहित पक्राउ गरेको थियो।, उनीमाथि सोधपुछ गरी यसमा अन्य शिकारीहरू समेतको संलग्नता रहेको खुल्यो। , सूचना पाएपछि संयुक्त गस्ती टोलीले स्थानीयवासीको घरमा खोजी गरेको थियो। त्यहाँबाट थप सात जनालाई नियन्त्रणमा लिएको हो। , उनीहरूबाट ६३ किलो जंगली जनावरको मासु, दुई वटा भरूवा बन्दुक नाल, एक प्याकेट टिका बारूद प्याकेट, एउटा खुँडा, चार वटा खुकुरी पनि बरामद गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाएको जंगी अड्डाले जनाएको छ। ,
,
सुनसरीको श्रीलंका टापुबाट जंगली जनावरको मासुसहित आठ जना पक्राउ |
सेतोपाटी संवाददाता बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका एक जनालाई भक्तपुरबाट पक्राउ गरेको छ।, चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरले उनलाई ५८ लाख ९६ हजार ५०० रुपैयाँ जरिवाना र एक महिना १५ दिन कैद सजाय सुनाएको थियो।, सो सजाय कार्यान्वयन नगरी फरार रहेका उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। , सजाय कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ।,
झन्डै ५९ लाख जरिवाना पाएका बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ।, आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आर्थिक २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।, प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, यो सँगै सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ।, ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो,’ घिसिङले भने।, आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो। आर्थिक वर्ष २०७७/०७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो।, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए। प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो।, विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो, प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ। विद्युत प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरूमा निरन्तर घटाएर आव २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो। आव २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा १.८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए।, ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रूपमा अझै थप प्रभावकारी र व्यवस्थित रूपमा चलाउँछौं’, उनले भने।, विद्युत निर्यात बढ्यो, खुद आयात घट्यो, , , , आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ। अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रूपमा करिब ३६४ देखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ। आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८/७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ। विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ।, अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले वृद्धि हुँदासमेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ।, आन्तरिक माग धान्न आव २०७७/७८मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ।, आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो। आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ। प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ। रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाको मात्र खुद आयात भएको छ। प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ।, कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए। आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।,
विद्युत प्राधिकरणको नाफा बढेर १६ अर्ब, चुहावट घट्यो |
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ।, हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, महाशाखाका अनुसार आज बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , यस्तै आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको महाशाखाले जनाएको छ। , शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहने मौसम शनिबार प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। , साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।,
आज बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन्।, ती पूर्व कर्मचारीले साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताका इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारीहरू जासुसीका लागि उपलब्ध गराएको वाल स्ट्रिट जर्नलले लेखेको छ। , वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नागरिक ४४ वर्षीय अहमद अबुआम्मोले महँगा घडी र लाखौं डलर रकम लिएर साउदी अरबका आलोचकसम्बन्धी विवरणहरूको जानकारी दिएका थिए। , सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायाधीशको इजलासले उनलाई जालसाजी र ‘वायर फ्रड’ का रूपमा ठहर गरेको हो। अबुअम्मोलाई यसबाहेक अन्य पाँच वटा अभियोग पनि थिए जसमा भने उनी निर्दोष ठहरिएका छन्।, अबुआम्मो सन् २०१३ देखि २०१५ सम्म ट्विटरमा कार्यरत थिए। उनले संस्थामा रहेर मध्यपूर्व र उत्तरी अफ्रिकाका वरिष्ठ प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन काम गरेका थिए।, उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई उपलब्ध गराएका थिए। अबुअम्मोले करिब ६ हजार ट्विटर खाताका विवरण जासुसीका निम्ति दिएका बताइएको छ।,
प्रयोगकर्ताको विवरण जासुसी गर्न दिएको आरोपमा ट्विटरका पूर्व कर्मचारी दोषी ठहर |
रासस कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ।, जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।, यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी दिए।, जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन्। कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ।, अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन्। नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन्।, जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ। कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा मागअनुसार सबै पुस्तक पठाइएको छ।, ‘ती जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पहिलो प्राथमिकतामा राखेर ढुवानी गरिएको हो’, कार्यालय प्रमुख केसीले भने, ‘हुम्ला, सल्यान, रुकुम पश्चिममा नेपालगञ्जस्थित गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको थियो।’, सुर्खेत, दैलेख र जाजरकोटमा वीरेन्द्रनगर गोदामबाटै बिक्री वितरण गरिने बताइएको छ। जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ बिक्री भइसकेका छन् भने ७१ हजार छ सय ३८ थान मौज्दात छन्।, गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन्। बिक्रेताले पूरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कर्णाली प्रदेशले पुस्तक ढुवानी पारदर्शी नभएको भन्दै बुधबार जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका थिए।, जनक शिक्षाले समानुपातिक र न्यायिक हिसाबले पुस्तक बिक्री नगरेको महासङ्घको आरोप छ।, ‘बढी जनसङ्ख्या र बढी विद्यार्थी भएका जिल्लामा अझै पुस्तक दिइएको छैन, चाहे जति पुस्तक गोदाममा उपलब्ध नभएसम्म पुस्तक खरिद नगर्ने निर्णय गरेका छौँ’, अध्यक्ष नेपालले भने, ‘यसअघि जारी गरिएका बिलबिजक पनि रद्द गर्ने सहमति गरेका छौँ।’,
कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक |
रासस भारतबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको छ। नेपाल–भारत सीमानाका बैतडी, झुलाघाटबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ।, स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चार जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो।, कोरोना देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ।, उनले भने, 'सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेको पनि कोरोना परीक्षण गर्ने गरेका छौं। पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ।', भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोनाको जोखिम उच्च छ।, झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टिजेन परीक्षण गर्दा अधिकांशमा कोरोना पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। साउन पहिलो सातासम्म कोरोनाका सक्रिय संक्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना छन्।, संक्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।।, बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार विपद व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको छ।, जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरूद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने लगायत निर्णय गरिएका छन्।, बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैतडीमा हालसम्म तीन हजार तीन सय ७४ जनामा कोरोना पुष्टि हुँदा १९ जनाको ज्यान गइसकेको छ। ,
भारतीय पर्यटकमा कोरोना, झुलाघाटबाट नेपाल प्रवेश गर्न रोक |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।, पारिवारिक स्रोतका अनुसार आइतबार साँझदेखि ज्वरो आएपछि उनले सोमबार कोरोना परीक्षण गराएका थिए। परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो।, कुलमानको परिवारमा उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको छ।, उनलाई ज्वरो आउनेबाहेक अरू अवस्था सामान्य छ। उनी केही दिन आइसोलेसनमा बस्ने बताइएको छ।, कुलमानले कोरोनाविरूद्धको बुस्टर डोज खोप पनि लगाएका थिए।,
कुलमान घिसिङलाई कोरोना संक्रमण |
रासस नेपाल प्रहरीले अदालतबाट १० रूपैयाँ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाय र १० लाख रूपैयाँ जरिवाना ठहर भएका सर्लाही घर भई काठमाडौंको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई सोमबार पक्राउ गरेको हो।, गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानेर पनि पीडितलाई झुक्यानमा पारी बैंकिङजन्य कसुर गरेको अभियोग छ।, पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको ब्युरोले जनाएको छ।,
अदालतबाट १० लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ |
रासस डाक्टर गोविन्द केसीले सोमबारदेखि इलामबाट जनतालाई निःशुल्क सेवा दिन सुरू गरेका छन्। इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरू गरेका हुन्। सोमबारदेखि २० दिनसम्म सेवा दिने उनले बताएका छन्।, डाक्टर केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरू गरेको बताए। सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ।, सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका डाक्टर केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन्। त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन्।, डाक्टर केसीले उपचार दिन थालेपछि इलाममा हाडजोर्नीको उपचार गराउन आउने बिरामी बढेका छन्। गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन्।, डाक्टर केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन्। उनले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ।, इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको उनले बताए।,
डाक्टर केसीद्वारा इलामबाट निःशुल्क उपचार सेवा सुरू |
सेतोपाटी संवाददाता युवतीमाथि बलात्कार प्रयासको मुद्दापछि दाङका ड्राइभिङ सेन्टर सञ्चालक बालाराम डाँगी पक्राउ परेका छन्।, रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय डाँगी पक्राउ परेका हुन्। , इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार डाँगीमाथि उनकै कार्यालयमा कार्यरत एक युवतीले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्। , उनका अनुसार आइतबार राति १२ बजेतिर डाँगीले 'एउटा जरूरी फर्म भर्नु छ' भन्दै ती युवतीलाई बोलाउन गएका थिए। , 'युवतीले म यो मध्यरातमा कार्यालय जाँदिनँ भनेर अडान लिएपछि डाँगीले आफ्नी श्रीमती पनि कार्यालयमै रहेको विश्वास दिलाएका थिए। अनि ती युवती एक जना साथी लिएर करिब साढे १२ बजेतिर कार्यालय पुगेर फर्म भरेकी रहिछन्,' डिएसपी अर्यालले भने, 'तर डाँगीकी श्रीमती कार्यालयमा थिइनन्। फर्म भरेर फर्किने क्रममा करिब १ बजेतिर भर्याङमा डाँगीले युवतीलाई समातेको भन्ने कुरा जाहेरीमा छ।', सँगै गएकी साथी केही अगाडि रहेको र त्यही मौका छोपी डाँगीले ती युवतीलाई समाते पनि युवतीले प्रतिकार गरेर उम्कन सफल भएको कुरा पीडितले बताएकी छन्।, 'पीडितकी साथी पनि प्रहरी कार्यालय आउनुभएको थियो। उहाँले पनि साथी लडेपछि चिच्याएको तथा हातका चुराहरू फुटेपछि आफू फर्केर गएको कुरा गर्नुभएको थियो,' डिएसपी अर्यालले भने, 'किटानी जाहेरीपछि हामीले डाँगीलाई पक्राउ गरी थुनामा राखेका छौं। थप अनुसन्धान हुन बाँकी छ।',
कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा ड्राइभिङ सेन्टर सञ्चालक पक्राउ |
रासस बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन्।, बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए। चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्।, शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा भेटिएकी थिइन्। उद्धारपछि अस्पताल ल्याउँदाल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए।, अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो। त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो।, स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो।, 'बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्। सास पनि राम्रै फेरेझैं लाग्थ्यो,' गौतमले भने, 'अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे।', उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि अनामिका फेला परेको बताए।, 'अर्जमदेखि खबरा जाने सडक नजिक गैंडाराको जंगलमा भेटिएकी थिइन्। झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो। तर भित्र गम्भीर असर गरिसकेको रहेछ,' उनले भने।, रूँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए। रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए। , परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरबाट हिँडेका थिए। त्यस दिन छोरीलाई श्रीमानको साथ लगाएर सरस्वती काममा गएकी थिइन्।, परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको दैनिकी हो। श्रीमानले नै छोरीलाई त्यसरी अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीले सोच्नसम्म नसक्ने कुरा थियो।, मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्थाका कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन्। छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए।, 'निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरीकोमा ल्याएर छोरीकहाँ छिन् भनेर सोध्दा केही बोल्नुभएन। ठाउँ भनेको भए बचाउन सकिन्थ्यो होला। उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौं,' दीपकका भाइ गौतमले भने, 'छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला। भिरपहराको बाटो जोगाउँदै लगेर जंगलमा एक्लै छोडेको देखिन्छ।', बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण सानी छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुखी बनाएको छ। छोरी बितेपछि आमा सरस्वती विक्षिप्त छिन्। परिवार र आफन्तजन कानुनी प्रक्रिया पुर्याएर शव परीक्षणको पर्खाइमा छन्। दीपक भने प्रहरी नियन्त्रणमा छन्।,
बुबाको बेहोसीले १५ महिने छोरीको ज्यान गयो |
रासस तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ।, गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको उपचारका क्रममा सोमबार मृत्यु भएको हो।, चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।, ग१क ३०३४ नम्बरको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए।, बस चालक प्रहरी नियन्त्रणमा छन्।,
बसको ठक्करबाट बालकको मृत्यु |
सेतोपाटी संवाददाता आज मंगलबार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।, विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।, देशभर आंशिक देखि सामान्य बदली रहेको अवस्था छ। , सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।, विभागका अनुसार मंगलवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै आजै गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका स्थानमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , बुधबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।, बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।, देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।,
यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ।, आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो।, यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ।, चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरुको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले बताए।, उनले मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरुको सिट निर्धारण गर्ने पद्धतीको विकास भएको बताए।, उनले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र त्यहाँ १ हजार ८९५ विद्यार्थीले यो वर्ष पढ्न पाउने जानकारी दिए।, उनले यो वर्ष स्नातक तहमा २ हजार २३२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध रहेको बताए। सदस्यसचिव काफ्लेले एमबीबीएसमा मात्रै ४३० जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराएको जानकारी दिए।, उनले वदेशी विद्यार्थीलाई नेपालमा करिब १३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै ५५७ जनाले अध्ययन गर्न पाउने बताए।, कार्यक्रममा चिकित्सा शिक्षा आायोग अन्तर्गतको योजना, समन्वय तथा प्रज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले देशमा नर्सिङ पेशालाई व्यवस्थित बनाउन नसक्दा नर्स पढेर बेरोजगार बन्ने मात्रै काम भइरहेको बताए।, नर्सिङ अध्ययन गर्नेले जागिर नपाएको भन्दै उनले यसलाई सरकारले थप चासोका साथ लिनुपर्ने बताए। १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको उनको दाबी छ। बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताए। नर्सिङ जनशक्तिको आवश्यक भए पनि गुणस्तर र सय शैयाको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर्सिङ कार्यक्रम चलाउन नमिल्ने व्यवस्था गर्नुपर्ने बताए।, त्यस्तै चिकित्सा शिक्षा आायेग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हालसम्म एमबीबीएस अध्ययन गर्न १८८ जना नेपाली विद्यार्थी विदेश गएको बताए।, त्यस्तै बिएसी नर्सिङमा २९, एलाइट साइन्समा ६६ जना र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएर विदेश अध्ययनका लागि गएको बताए।, निर्देशक शर्माले आधिकारिक रुपमा अनुमति लिएर विदेशिने ठूलो विद्यार्थीको संख्यालाई आयोगले कम गर्न सफल भएको दाबी गरे। उनले अझै पनि एजेन्टको माध्यमबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या पनि ठूलो रहेको बताए।, निर्देशक शर्माले ६५ वटा चिकित्सा शिक्षा सम्बन्धी अध्ययन, अध्यापन गराउने क्याम्पसमा स्तरोन्नती गरी सिट निर्धारण गर्ने सम्बन्धमा आयोगले चाँडै नै कति वटा शैक्षिक संस्थालाई अनुगमन गरेर अध्ययनका लागि योग्य छन् भन्ने निर्णय गर्ने बताए।,
,
,
नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढ्योः चिकित्सा शिक्षा आयोग |
रासस गोरखा नगरपालिका वडा नम्बर ८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले बताए।, कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नम्बर २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन्।, त्यस्तै धार्चे गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उनले बताए।, गत असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।, अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।,
गोरखाका अनिल आले हत्या प्रकरण: सात जनालाई पुर्पक्षका लागि पठाइयो कारागार |
रासस विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।, साउन २४ गते मङ्गलबार मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।, ती पालिकाले सोमबार अलग-अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन्।, विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले मंगलबार जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीको भनाइ छ।,
तनहुँका ६ स्थानीय तहमा आज बिदा |
रासस महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।, बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।,
हरिणको आक्रमणबाट महोत्तरीमा वृद्धाको मृत्यु |
सेतोपाटी संवाददाता पटक-पटकको निर्देशन विपरित भवन निर्माणमा असावधानी अपनाएको भन्दै बीमा समिति भवन निर्माणस्थलको जेसीबीलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएको छ। , बारम्बार सूचना प्रकाशित गरि निर्माण सामाग्री ओसारपसारमा सावधानी अपनाउन सचेत गराए पनि नमानेकाले आफूहरूले बाध्य भएर निर्माण कार्यमा संलग्न जेसीबी नियन्त्रणमा लिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।, मेयर महर्जनका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर १, कुपण्डोलमा निर्माणाधीन बीमा समितिको भवनका लागि निर्माण समाग्री ओसार पसारमा व्यापक असावधानी अपनाएको, सडक सतहमा अनावश्यक फोहोर थुपारेको, फोहोर मैलाका कारण स्थानीयको दैनिकीमा प्रभावित भइ गुनासो आएकाले महानगरले कारबाहीको दायरामा ल्याएको हो।, ‘यसअघि पटक-पटक पत्राचार र मौखिक निर्देशन दिँदासमेत नमानेकाले र थप फोहोर उत्पन्न भएको, कुनै पनि सावधानी नअपनाएकाले हामीले बाध्य भएर कारबाहीको दायरामा ल्याएका हौ’, उनले भने।, महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानमा तोकेको कार्यक्षेत्र भित्र रहेर भवन निर्माण गर्नुपर्ने र यसका लागि न्युनतम आधार पुरा गर्नुपर्ने मेयर महर्जनले बताए।, निर्माण कार्यमा चरम लापरबाही र असावधानी अपनाएपछि महानगरले नियन्त्रणमा लिएको जेसिबीलाई प्रकिया पुर्याएर कारबाही गरिने मेयर महर्जनले बताए।, महानगर भित्र नियमकानुन विपरीत कुनै प्रकारका संरचना निर्माण गर्न नदिने र त्यसरी नियम मिचेर बनाएको पाइएमा नियमानुसार कारवाही गरिने महानगरले जनाएको छ। यस्तै भवन निर्माणका क्रममा निर्माण सामाग्री सडकमा थुपारेर अनावश्यक फोहोर नगर्न समेत महानगरले पुनः सचेत गराएको छ।, यसैबीच ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ। १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ ।, २०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन दिएको थिएन । १७ मिटर भन्नाले ५ तल्ला बुझ्नुपर्ने महानगरले जनाएको छ ।, यस्तै दुई तल्लासम्मको भूमिगत तल्ला निर्माण गर्नका लागि चारैतर्फ कम्तीमा २ मिटर र माटोको अवस्था हेरी जियोटेक्निकल इन्जिनियरले वरिपरिको सुरक्षाका लागि डिजाइन गर्ने प्रोटेक्सन सिस्टमलाई आवश्यक दुरी छोडेर मात्रै निर्माण स्वीकृत दिइने महानगरले बताएको छ ।, वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड २०७८ को संशोधन २०७९ जेठ १६ गते अनुसार महानगरले नयाँ मापदण्ड ल्याएको मेयर महर्जनले जानकारी दिए।,
भवन निर्माणमा असावधानी अपनाएपछि बीमा समितिको भवन निर्माण गर्ने जेसिबी ललितपुर महानगरको नियन्त्रणमा |
नारायण ढुंगाना/रासस नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ।, पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। , यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। परिवार पनि थपिएको छ। , संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो।, ‘यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत ६ बाट सात पुगेको छ’, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने। , उनी हाल फेडेरेसन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै छन्।, यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उनले बताए।, विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ। नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ। त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो। यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो। त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो।, जैविक विविधता अनुसन्धानका क्रममा सुरूमा मोरङको मिक्लाजुङ क्षेत्रको जंगलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिए।, नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौं भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उनले बताए।, ‘सुरूमा अलि लामो पुच्छर भएको छेपारो देख्यौं, त्यो बेला समाउन सकेनौं, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौं, अर्काे दिनचाहिँ फेरि फेला पार्यौं र नापजाँच गर्यौं’, गौतमले आफ्नो अनुभव सुनाउँदै भने,‘अध्येता सन्तोष सर (सन्तोष भट्टराई) लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कलचाहिँ काटिसकेका थियौं, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौं।’ , यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ। यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो। नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ। , चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताए।, उनका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो। , नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण संघ (आइयुसिएन) को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ।, नेपालमा तीव्र दरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनाशले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ। , चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुंगा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन्।, उहाँहरूले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिएका छन्। ,
,
नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति |
सेतोपाटी संवाददाता प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २० वर्षीय तेज तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट तामाङलाई पक्राउ गरिएको हो। , धादिङबाट काठमाडौं आउँदै गरेको बा ८० प १०३३ नम्बरको मोटरसाइकललाई नागढुंगामा चेक गरिएको थियो। उक्त मोटरसाइकलमा १० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।, थप अनुसन्धानको लागि तामाङलाई प्रहरी वृत्त थानकोट पठाएको जनाइएको छ। ,
नागढुंगाबाट गाँजासहित एक पक्राउ |
भगवती पाण्डे आठ वर्षसम्म पुलको काम नगरी अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर अर्कै कम्पनीलाई निर्माणको जिम्मा दिएपछि भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुइटा पुलको निर्माणको काम अगाडि बढेको छ।, हुलाकी राजमार्ग अन्तर्गत अत्यन्त व्यस्त रहने यो सडकखण्डका दुइटै पुलको निर्माणको लागि पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले ठेक्का सम्झौता गरेका थिए। तीन वर्षमै सक्ने गरी २०७१ साल असार २५ गते ठेक्का सम्झौता गरिए पनि आठ वर्षसम्म आधा पनि काम नगरी अलपत्र छोडेपछि ठेक्का सम्झौता तोडिएको थियो भने सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिसकेको छ।, पुलका लागि खोलामाथि तीन वटा पिल्लर ठड्याएर ढलान गरिए पनि दुबैतर्फ वारिपारि नजोडी अलपत्र छोडिएको पुलको बाँकी निर्माणको लागि रमण रियल होम इन्फोटेक जेभी ललितपुरले ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ।, पुलको बाँकी रहेको कामको लागि गत पुसमा ठेक्का सम्झौता गरेको रमणले काम सुरू गरिसकेको हुलाकी सडक आयोजना कपिलवस्तुले जनाएको छ।, आयोजनाका प्रमुख विष्णुबाबु पाण्डेले अघिल्लो ठेक्का टर्मिनेट गरी नयाँ ठेक्का सम्झौतापछि दुइटा पिल्लरको जगको काम भइसकेको र वर्षाका कारण पछिल्लो एक महिना काम रोकिएको जानकारी दिए।, तिनाउ र डण्डा दुबै पुलको बाँकी कामको लागि रमण रियल होम इन्फोटेकसँग १० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुख पाण्डेले बताए।, पाण्डेका अनुसार पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवासँग भने बैंक ग्यारेण्टी र धरौटी रकम जफतसँगै जरिवाना समेत लगाएर ठेक्का टर्मिनेट गरिएको थियो।, २०७१ सालमा तिनाउ खोलाको पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवासँग भ्याटसहित ६ करोड दुई लाख ५६ हजार दुई सय १२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। जसमध्ये निर्माण कम्पनीले तीन करोड १६ लाख ९८ हजार पाँच सय ५० रुपैयाँ अर्थात् ५३ प्रतिशत भुक्तानी लगिसकेको थियो।, त्यस्तै, दानव नदीको डण्डा पुलको लागि भ्याटसहित पाँच करोड ५६ लाख ८० हजार एक सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात् ४३ प्रतिशत भुक्तानी लगिसकेको थियो।, भौतिक प्रगति भने भुक्तानी लगेको रकमभन्दा कम रहेको थियो। तिनाउ पुलको करिब ५० प्रतिशत र डण्डातर्फको पुलको २५ प्रतिशतमात्रै काम गरेको थियो। तर आठ वर्ष पहिले ठेक्का सम्झौता गरिएको र अघिल्लो कम्पनीले काम गरेभन्दा बढी भुक्तानी लगिसकेकोले बाँकी रहेको कामलाई भने रकम बढाएर ठेक्का सम्झौता गरिएको हो।, पुरानो सम्झौता अनुसार दुइटै पुलको लागि ६ करोड २ लाख २३ हजार ४ सय ६० रुपैयाँमात्रै भुक्तानी गर्न बाँकी रहेकोमा १० करोडमा ठेक्का सम्झौता भएको हो।, हुलाकी राजमार्ग आयोजना कपिलवस्तुका साइट इन्जिनियर युवराज पाण्डेले आठ वर्ष पहिलेको लागत इष्टिमेट र अहिलेको लागत इष्टिमेट स्वाभाविक रूपमा धेरै हुने भएकोले ठेक्का रकम पनि बढेको बताए।, उनले ठेक्का सम्झौता अनुसार रकम बढेको देखिए पनि अघिल्लो निर्माण कम्पनीलाई लगाइएको जरिवाना, बैंक ग्यारेण्टी र धरौटी समेत जफत गरिएकोले बढेको रकमलाई त्यसैले पूर्ति गर्ने बताए।, ‘झट्ट हेर्दा त पुलको लागत बढेको देखिन्छ, तर बढेको रकम अघिल्लो कम्पनीबाट लिइने जरिवाना र धरौटी रकमबाट पूर्ति हुने भएकोले आयोजनालाई आर्थिक भार थपिएको छैन,’ पाण्डेले भने।, गत पुस महिनामा ठेक्का सम्झौता गरिएको दुई वटै पुलको बाँकी काम दुई वर्षभित्रमा पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ।, इन्जिनियर पाण्डेले सम्झौतामा तोकिएभन्दा छिट्टै पुलको काम सम्पन्न हुने बताए।, ‘नयाँ ठेक्का लिएको कम्पनीलाई पुलको बारेमा धेरै जानकारी छ, आगामी असार महिनाभित्रै दुइटै पुलको काम पूरा गर्छु भनेको छ,’ उनले भने।, भैरहवा हुँदै लुम्बिनी जाने प्रमुख सडकमा रहेका दुइटै पुल वर्षौंसम्म अलपत्र रहँदा लुम्बिनी जाने पर्यटक तथा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।, भैरहवा–लुम्बिनी सडक निर्माणको काम पूरा भए पनि पुलको काम पुरा नहुँदा पुलमा सधैं सवारी साधनको जाम हुने गर्छ। साँघुरो, वर्षौं पुरानो र जीर्ण रहेको पुलमा सवारी साधन दोहोरो सञ्चालन हुन सक्दैनन्। जसले गर्दा सधैं सवारी जाम हुने गरेको छ भने प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ।,
पप्पुसँग सम्झौता तोडेपछि तिनाउ र डण्डा नदीका पुल बनाउँदै नयाँ ठेकेदार |
सेतोपाटी संवाददाता बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी तोडफोड भएको छ।, सोमबार राति बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी र डोजर केही व्यक्तिले तोडफोड गरेको काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।, उनका अनुसार सिसडोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो। जम्मा १७ वटा गाडी तोडफोड भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।, ‘१४ वटा फोहोरको टिपर, दुइटा डोजर र एउटा स्काभेटर तोडफोड भएको छ,’ भट्टले भने, ‘हिजो फोहोर विसर्जन गर्न गाडीहरू सिसडोल पुगेको थियो। फोहोर फाल्न पुगेको गाडीहरूलाई बञ्चरेडाँडामा फोहोर फाल्न नदिन स्थानीयहरूले अवरोध गरेका थिए।’, स्थानीयको अवरोधका बाबजुद सुरक्षाकर्मीको सहायतामा केही गाडीका फोहोर फालिएको भट्टले बताए। अवरोधकै कारण केही गाडीको फोहोर भने खसाल्न बाँकी थियो। ती गाडी भने बीच बाटोमा रोकेर राखिएको थियो। सोमबार राति पानी परेको समयमा कुनै समूहले सोही गाडीहरू तोडफोड गरेको भट्टको भनाइ छ। , तोडफोड भएका सवारी साधन फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन्। त्यस्तै, स्काभेटर र डोजर महानगरपालिकाको स्वामित्वमा भएको भट्टले जानकारी दिए।, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले तोडफोड गरेको कुरा आफूहरूले पनि सुनेको जानकारी दिए।, ‘तोडफोड भएको भन्ने कुरा सुन्नमा आएको हो,’ ढुंगानाले भने, ‘हामीले गरेका होइनौं। त्यसैले त्यसको जवाफदेही र जिम्मेवार हामीहरू छैनौं।’, ढुंगानाले आफूहरूले तोडफोड गर्नेजस्ता काम नगर्ने बताए। राति गरेको भनेर सुनेको तर गरेको हो वा होइन आफूलाई थाहा नभएको उनले जिकिर गरे।, यस्तै, ढुंगानाले सिसडोल-बञ्चरे डाँडामा भदौ १ गतेदखि फोहोर फाल्न नदिन शान्ति रूपमा बन्द गर्ने बताए।, ‘भदौ १ गतेदखि फोहोर फाल्न नदिन सिसडोल-बञ्चरेडाँडा शान्ति रूपमा बन्द गर्ने छौं,’ उनले भने, ‘तर त्योभन्दा अगाडि वार्ता गर्न कोसिस गरिरहेका छौं। हाम्रो कुनै पनि किसिमको तोडफोड गर्ने क्षति पुर्याउने इच्छा, चाहना केही छैन।’, सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोरमैला फाल्न नदिने घोषणा गरेका थिए।, जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेकाले यस्तो निर्णय गर्नुपरेको ढुंगानाले बताएका थिए।, यस्तै ढुंगानाले सरकारले पटकपटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएकाले आफूहरू नयाँ चरणको आन्दोलन सुरू गर्न बाध्य भएको बताएका छन्।,
बञ्चरेडाँडामा फोहोर फाल्न गएका गाडीमाथि तोडफोड (तस्बिरहरू) |
नवीनबाबु गुरूङ आज २८ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।, पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। , आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रूपमा प्रदर्शनसहित काठमाडौंमा र्याली निकालिएको छ।, तस्बिरहरू: ,
काठमाडौंमा यसरी मनाइँदैछ आदिवासी दिवस (तस्बिरहरू) |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा एक घरबाट झन्डै २९ तोला सुनका गरगहना चोरी भएको छ।, मंगलबार बिहान सवा ३ बजे कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित एक घरमा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, घरमा बुढाबुढी मात्रै बस्थे। साढे २ तले घरमा पहिलो तलाको मूल ढोका फुटाएर ५-७ जना केटाहरू प्रवेश गरेको सूचना प्रहरीले पाएको थियो। उनीहरूले घर भित्र गएर विभिन्न गरगहना, हिरा, नगद चोरी गरी फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए।, खबर पाएपछि कीर्तिपुर प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घरमा तीन जना वृद्ध-वृद्धाहरू मात्रै बस्छन्। सबै जना ७० वर्षमाथिका हुन्। उनीहरूका छोराछोरी विदेशमा छन्।, राति चोरी भएपछि ती वृद्धहरूले छिमेकीलाई गुहारेका थिए। घटना भएको डेढ घन्टापछि कीर्तिपुर प्रहरीलाई खबर भएको थियो।, प्रहरी उपरीक्षक मैनालीका अनुसार घरबाट एक लाख ५० हजार रुपैयाँ, अन्दाजी ११ तोला सुनका सात वटा चुरा, पाँच तोला सुनका दुई वटा सिक्री, छ तोला सुनका ९ वटा औंठी, दुई तोला सुनका एउटा नवरत्न लकेट, पाँच तोला सुनका नौ वटा टप चोरी भएको प्रहरीले जनाएको छ।, दुई वटा हिराका औंठी र तीन वटा हिराको नवरत्न जडान गरिएको तीन वटा औंठी चोरी भएको हो।, घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।,
कीर्तिपुरको एक घरबाट २९ तोला सुनका गरगहना चोरी |
सेतोपाटी संवाददाता नर्भिक अस्पतालले बनाएका संरचना तत्कालै भत्काउन नसक्ने बताएको छ।, मंगलबार पत्रकार सम्मेलन गर्दै नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालले बनाएको संरचना तत्काललै भत्काउन सम्भव नरहेको बताए।, सिंहले २०६५ सालमा नेपाल सरकारसँग सम्झौता गरी जग्गा लिजमा लिएको र उक्त सम्झौतामा जग्गाको स्वरूप बिगार्न नपाइने मात्र उल्लेख भएको बताए।, ‘बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो,' उनले भने, 'प्रत्येक वर्षमा १० प्रतिशत भाडा बढ्ने सम्झौता भएको थियो।’ , सम्झौताअनुरूप अहिले लिजमा लिएको जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको सिंहले बताए। सम्झौता बमोजिम भाडा र नियमित कर अस्पतालले तिर्दै आएको र जग्गामा लिएको १२ वर्ष भइसकेको र अझै आठ वर्ष बाँकी रहेको सिंहले बताए।, यस्तै सिंहले महानगरले खाली गर्न भनेको उक्त जग्गाबाट अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको बताए। , ‘उक्त जग्गा अक्सिजन प्लान्ट, बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको छ,’ उनले भने, ‘ती सबै कुरा तुरून्त हटाउँदा अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरूलाई तलमाथि भए को जिम्मेवार हुने?’, सोमबार मेयर बालेन शाह कुनै अग्रिम जानकारीबिनै अस्पताल पुगेर भत्काउन सूचना दिएको सिंहले बताए। , ‘मेयर शाह आएर सूचना टाँसेर गएपछि मैले हिजै उहाँलाई पत्राचार गरेर तत्काल भत्काउने अवस्था नरहेको भनेको थिएँ’, सिंहले भने, ‘तर मेरो पत्रको जवाफ आएको छैन।’, सोमबार काठमाडौंका मेयर बालेन शाह नर्भिक अस्पताल नै पुगेर २४ घन्टाभित्र उक्त जग्गा खाली गर्न सूचना दिएका थिए।,
नर्भिक अस्पताल भन्छ: बनाएका संरचना तत्कालै भत्काउन सकिँदैन |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको बताएका छन्। , मंगलबार फेसबुकमा स्टाटस राख्दै शाहले सोमबार राति भएको गाडी तोडफोडलाई फोहोर व्यवस्थापन निष्कर्षमा पुग्न नदिन गरिएको चलखेलको रूपमा लिएको बताएका छन्। , मेयर शाहले फोहोर व्यवस्थापनप्रति आफू सुरूबाटै संवेदनशील र क्रियाशील रहेको स्मरण गराएका छन्। यस्तै फोहोरमैला व्यवस्थापन नै महानगरको पहिलो प्राथमिकता भएको उनले दाबी गरेका छन्।, ‘वषौंदेखि अव्यवस्थित फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरूपमा नयाँ-नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ,’ उनले भने, 'यसै क्रममा हिजो राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनहरूको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौं।', उनले लेखेका छन्, ‘कानूनी रूपमा फोहोर बोक्ने साधनहरूको तोडफोड गर्नु जघन्य अपराध हो। कानून बमोजिम अपराधीलाई कडा भन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट छ।’, उनले तोडफोड गर्नेबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनुपर्ने बताएका छन्। त्यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग छलफल र समन्वय गरिरहेको बताएका छन्।, ‘केही व्यक्ति वा समूहको स्वार्थ पूर्तिका लागि लाखौं नागरिक तथा २१ वटा पालिकाको फोहोर अव्यवस्थित र असरल्ल पार्न सकिँदैन। विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौं’, उनले भनेका छन्।,
फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भइरहेको छ- मेयर बालेन शाह |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका नर्भिक अस्पतालको संरचना हटाउन थप समय दिने भएको छ।, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल पुगेर निरीक्षण गर्ने क्रममा अस्पतालले बनाएको संरचना हटाउन थप समय दिने बताएका हुन्।, मंगलबार दिउँसो निरीक्षण गर्न नर्भिक अस्पताल पुगेका शाहले नर्भिक अस्पतालका प्रशासकीय अधिकृत र अध्यक्ष राजेन्द्रबहादुर सिंह लगायतसँग कुराकानी गरेका थिए।, उक्त कुराकानीको क्रममा अस्पतालका प्रशासन पक्षले पहिले नै सम्झौता गर्दा केही भएको खण्डमा तीन महिनाको समय दिनुपर्ने प्रावधान भएको बताएको थियो।, उक्त प्रतिक्रियामा बालेनले कति समय दिने भन्ने कुरा प्राविधिकहरूले अध्ययन गरेर बताउने बताएका थिए। , ‘१५ दिन समय दिने, ३० दिन दिने वा एक महिना समय दिने हो त्यो प्राविधिकहरूले भन्ने छन्,’ उनले भने, ‘तर प्राविधिकहरूले मिति नै तोकेर भन्नुहुनेछ।’, शाहले सम्झौताविपरीतका संरचना भत्काउनुपर्ने बताए। तर प्रशासनले भने उक्त संरचना सम्झौता अनुरूप नै भएको दाबी गरेको छ। अहिले भएका संरचनाहरू अस्पतालले अस्थायी भएको बताएको छ।, ‘महानगरमा संरचनाहरू कुनै पनि स्थायी र अस्थायी हुँदैन,’ शाहले भने, ‘सबै संरचना, संरचना नै हुन्।’, प्रशासनले ट्रसलाई संरचना भन्न नमिल्ने जिकिर गरेको थियो। , यस्तै, उक्त जग्गामा अक्सिजन प्लान्ट, बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको हुनाले बिरामीहरूलाई असर पर्ने अध्यक्ष सिंहले आज पत्रकार सम्मेलनमा बताएका थिए। , यस्तै, बालेनले अस्पताल नजिकै अक्सिजन राख्न पाउने व्यवस्था भए/नभएको समेत जिज्ञासा राखेका थिए। , मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालले बनाएको संरचना तत्कालै भत्काउन सम्भव नरहेको बताएका थिए।, सिंहले २०६५ सालमा नेपाल सरकारसँग सम्झौता गरी जग्गा लिजमा लिएको र उक्त सम्झौतामा जग्गाको स्वरूप बिगार्न नपाइने मात्र उल्लेख भएको बताए।, ‘बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो,' उनले भने, 'प्रत्येक वर्षमा १० प्रतिशत भाडा बढ्ने सम्झौता भएको थियो।’, सम्झौताअनुरूप अहिले लिजमा लिएको जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको सिंहले बताए।, सम्झौता बमोजिम भाडा र नियमित कर अस्पतालले तिर्दै आएको र जग्गामा लिएको १२ वर्ष भइसकेको र अझै आठ वर्ष बाँकी रहेको सिंहले बताएका थिए।, यस्तै सिंहले महानगरले खाली गर्न भनेको उक्त जग्गाबाट अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको बताएका थिए।, ‘उक्त जग्गा अक्सिजन प्लान्ट, बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको छ,’ उनले भने, ‘ती सबै कुरा तुरून्त हटाउँदा अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरूलाई तलमाथि भए को जिम्मेवार हुने?’, सोमबार मेयर बालेन शाह कुनै अग्रिम जानकारीबिनै अस्पताल पुगेर भत्काउन सूचना दिएको सिंहले बताएका थिए। , ‘मेयर शाह आएर सूचना टाँसेर गएपछि मैले हिजै उहाँलाई पत्राचार गरेर तत्काल भत्काउने अवस्था नरहेको भनेको थिएँ’, सिंहले भने, ‘तर मेरो पत्रको जवाफ आएको छैन।’, सोमबार काठमाडौंका मेयर बालेन शाह नर्भिक अस्पताल नै पुगेर २४ घन्टाभित्र उक्त जग्गा खाली गर्न सूचना दिएका थिए।, यो पनि:, नर्भिक अस्पताल भन्छ: बनाएका संरचना तत्कालै भत्काउन सकिँदैन, ,
नर्भिक पुगेर बालेनले भने- प्राविधिकसँग छलफल गरेर संरचना हटाउने मिति तोक्नेछौं |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले आत्महत्या न्यूनीकरण तथा रोकथाम गर्न 'फोकल पर्सन' तोकेको छ। , आत्महत्याका घटना बढिरहेको भन्दै मंगलबार परिसरले कार्ययोजना बनाएर फोकल पर्सन तोकेको हो।, परिसरले प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टलाई फोकल पर्सन तोकेको प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरी नायब उपरीक्षक भट्टको नेतृत्वमा रेस्क्यू टोली पनि गठन गरेको छ। , कतै आत्महत्याका घटना हुन सक्ने सूचना प्राप्त हुनासाथ टोली परिचालन गरिने प्रहरी उपरीक्षक मैनालीले बताए। , यस टोलीले उद्धार गरिएका पीडितको उपचार र काउन्सिलिङको लागि चिकित्सकहरूसँग समेत समन्वय गरिने उनले बताए। , यस्तै, परिसर मातहत वृत्त, प्रभागहरू समेतमा प्रहरी निरीक्षकलाई फोकल पर्सन तोकेको हो।, तोकिएका फोकल पर्सनलाई मंगलबार नै परिसरमा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी उपरीक्षक डा. आशिष दत्तले आत्महत्या न्यूनीकरण तथा रोकथाम एवं मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएका थिए।, प्रहरीले अब सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृत्तहरूको ग्रसित क्षेत्र पहिचान गरी जनचेतना फैलाउन टोल-टोलमा पुग्ने र कार्यक्रम पश्चात कोही कसैलाई काउन्सिलिङ गर्न परेमा चिकित्सक समेतको नम्बर प्रदान गरिने परिसरले जनाएको छ। , कार्यक्रमबीच प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले पनि तालिम लिएका प्रशिक्षार्थी प्रहरीलाई सेवाग्राहीसँग राम्रो व्यवहार गर्न समेत निर्देशन दिए। , पीडितहरू प्रहरी कार्यालयमा आउँदा उल्टै नराम्रो व्यवहार भोग्नुपरेको गुनासोहरू सुनेको भन्दै उनले व्यवहारमा सुधार ल्याउन निर्देशन दिएका हुन्। , ‘प्रहरी कार्यालयमा आएका सेवाग्राहीहरूलाई हामीले सेवा दिने हो। सेवाग्राहीहरूप्रति हामीले व्यवहार सुधार गर्नुपर्छ,’ उनले भने, ‘हामीले जति छिटो हुन्छ काम सकाइदिनुपर्छ। हाम्रोबाट हुने काम होइन रैछ भने पनि यहाँ जानुहोस् भनेर पठाउने हो।’,
काठमाडौंमा आत्महत्या न्यूनीकरण तथा रोकथाम गर्न तोकियो 'फोकल पर्सन' |
राजेश घिमिरे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीले मंगलबार भरतपुरमा भएको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा हालसालैको एक घटना सुनाए।, केही दिनअघि ४ वटा बैंक खाता ह्याक गरेको अभियोगमा समातिएका १५ वर्षे बालकलाई प्रहरीले अदालतमा उपस्थित गरायो। ती बालकले इजलास अघि उभिएर न्यायाधीशसँग सवाल-जवाफ गरेछन्। , 'उनले निर्धक्क प्रश्न गरे- श्रीमान म १५ वर्षको केटो हुँ, जनताको सम्पत्ति सुरक्षा गरेर राख्छु भन्ने तर मजस्तो फुच्चेले पनि ह्याक गर्न सक्ने साइबर सेक्युरिटी राख्नेलाई कारबाही गर्ने कि मलाई कारबाही गर्ने?,' सुवेदीले गोष्ठीमा सुनाए,'बालकको त्यति कुरा सुनेपछि अदालतले उनलाई तारेखमा रिहा गर्न आदेश दियो।', प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र बागमती प्रदेश प्रहरी कार्यालयले मंगलबार भरतपुरमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा सुवेदीले बैंक तथा वित्तीय संस्थाहरूमा समय अनुरूपका प्रणाली नहुँदा ह्याक गर्ने, पैसा चोरी गर्ने क्रम बढ्दै गएको बताए।, 'नेपालका केटाहरूले यहीँ बसेर अमेरिका क्यानडाका बैंक खाता ह्याक गरेर पैसा निकाल्न थाले। यहाँका बैंकहरूको कमजोर साइबर सेक्युरिटीको फाइदा त झनै सहज तरिकाले लिन थाले,' सुवेदीले भने, 'यो विषम परिस्थितिमा हामीसँग न साइबर कानुन छ, न त त्यस्ता अपराध नियन्त्रणका लागि आवश्यक स्रोत साधन र जनशक्ति छन्।', उनले क्रिप्टोकरेन्सीको कारोबारमा नेपालीको १० अर्ब रुपैयाँभन्दा बढी ठगी भएको बताए। कानुनी रूपमा अवैध रहेकाले पीडित उजुरी लिएर आउन नसक्ने, प्रहरीसँग अनुसन्धान गर्ने स्रोत, साधन नहुने समस्या उनले सुनाए। , सुवेदीले अब पनि साइबर कानुन बनाएर लागू गर्न र प्रहरीको स्रोत, साधन र क्षमता विकासमा ढिलाइ गरिए प्रहरीको काम अपराधलाई टुलुटुलु हेरेर बस्नेमात्र हुने दाबी गरे।, 'समाजमा अपराध बढ्दै जाने तर प्रहरीहरू त्यसलाई टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आउन सक्छ,' उनले भने, 'यो दिन आउन नदिन हामीले घच्घच्याइरहेका छौं।', पछिल्ला १५ वर्षमा अपराधका प्रकृति र प्रवृत्तिमा धेरै परिवर्तन आएको प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदी बताउँछन्।, उनका अनुसार पछिल्ला वर्षमा हत्या, बलात्कारजस्ता जघन्य अपराधका करिब ९० प्रतिशत घटनामा नजिकका मान्छे, आफन्त, नातागोताको संलग्नता देखिएको छ। १५ वर्ष पहिले यस्ता अपराध ८० प्रतिशत बढी नचिनेका मान्छे संलग्न हुन्थे।, 'हामी भारतको बिहारलाई अपराध धेरै हुने खराब ठाउँ भनेर चिन्छौं तर त्यहाँ पनि अहिले ६०/७० प्रतिशत अपराधमा नचिनेका मान्छेको संलग्नता देखिने गरेको छ,' उनले भने, 'हाम्रोमा त कुनै घटना भइहाले सम्बन्धित घरभित्रै अपराधी भेटिने क्रम बढ्यो। अनुसन्धान गर्न बाहिर जानै नपर्ने।' , पहिले साना चोरी, डकैती गर्दै ठूला आपराधिक घटनामा संलग्न हुने भेटिने गरेकोमा अचेल सनकको भरमा सिधै हत्या, बलात्कारका घटनामा संलग्न हुने क्रम बढी देखिएको सुवेदीले बताए। , 'नेपाली समाज गलत दिशातर्फ अघि बढिरहेको छ, अपराधीहरूको प्रवृत्तिमा व्यापक परिवर्तन देखिएको छ तर प्रहरी उही स्रोत साधनको भरमा काम गर्दैछ,' उनले भने, 'हामी समाज अनुसारको प्रभावकारी अनुसन्धान र न्याय सम्पादनका लागि दक्ष जनशक्ति तयार पार्ने प्रयासमा लागिरहेका छौं।', गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी अधिकृतहरू सहभागी छन्।, धनगढी, सुर्खेत, बुटवल र पोखरापछि यहाँ यो कार्यक्रम गरिएको हो। समाज र प्रविधिको द्रुततर विकाससँगै अपराध अनुसन्धानमा देखिएका चुनौतीको विषयमा समीक्षा गर्दै आएको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम ढकालले बताए।, अनुसन्धानमा काम गर्ने अधिकृतहरूको क्षमता वृद्धि गर्दै वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानको विकास गर्न यस्ता कार्यक्रम सबै प्रदेश र उपत्यकामा गर्ने गरिएको उनले बताए। , उच्च अदालत हेटौंडाका मुख्य न्यायाधीवक्ता श्यामनारायण श्रेष्ठले पहिले लुकेर अपराध गर्ने गरिएकोमा अचेल साइनबोर्ड राखेर गर्न थालिएको बताए।, 'प्रहरी कार्यालयकै वरिपरि साइनबोर्ड टाँगेरै आपराधिक काम भइरहेका छन्, कोहीले विदेश लैजान्छु भनेर फसाउने काम गरेका छन्, कसैले राम्रो ब्याज दिन्छु भनेर ठगेका छन्,' श्रेष्ठले भने, 'समाज, प्रविधि र सोचमा आएको परिवर्तनले समाज जटिलतातर्फ धकेलिएको छ।', उनले विगतमा भारतसम्म रहेको अपराधको क्षेत्र फराकिलो बनेर खाडी हुँदै अन्य मुलुकहरूमा पनि पुग्न थालेको बताए। फौजदारी न्याय प्रणाली स्थापित गर्न अभियोजनकर्ता, अदालतसँगै, अनुसन्धानकर्ताका लागि ज्ञान, स्रोत, साधन र सुविधाको आवश्यकता रहेको बताए। , चितवन जिल्ला अदालतका न्यायाधीश ऋतेन्द्र थापाले अनुसन्धान र न्याय सम्पादनप्रति नागरिकको विश्वास घट्दै गएको अनुभव सुनाए।, प्रहरीसँग रगत जाँच, डिएनए जाँच गर्ने अतिआवश्यक प्रयोगशाला नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको उनले बताए।, 'छिमेकी देश भारतले भुइँमा, कपडामा भेटेको रगतको डिएनए परीक्षण गरेर मृत्युदण्डको सजाय सुनाएको हामीले देखेका छौं, विश्वस्त प्रमाण छन् भने त फाँसी चढाउँदा पनि पाप लाग्दैन भनेर ढुक्क हुन सकिन्छ,' न्यायाधीश थापाले भने, 'हामी कहाँ त्यस्तो प्रमाण जुटाउनमा समस्या छ। एउटा डिएनए रिपोर्ट आउन वर्षौं कुर्नुपर्छ। यस्तो अवस्थामा न्याय सम्पादनमा कठिन हुन्छ।', उनले अदालत स्वतन्त्र हुनुपर्छ भन्ने गरिएको तर अनुसन्धान गर्ने, निर्देशन दिने प्रहरी अधिकारीहरू राजनीतिक दलका नेताले खटाउने परिपाटीमा पनि परिवर्तन आवश्यक भएको बताए।, 'हाम्रो काम त पीडितलाई न्याय दिने हो। अहिले त पीडकबाट पीडितलाई क्षतिपूर्ति भराउन थालिएको छ,' उनले भने, 'अनुसन्धानकै क्रममा पीडकको सम्पत्ति रोक्का गरेर पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नतर्फ पनि अबका दिनमा ध्यान जानुपर्छ।' , चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सेवा, सुविधाको कमी र अनावश्यक दबाब झेल्नुपर्ने कारणले प्रहरी अधिकृतहरू अनुसन्धानमा हिच्किच्याउने गरेको बताए।, 'म सिडिओ हुँ, ममाथि राजनीतिक दबाब आइराख्छ। दु:ख गरेर अनुसन्धान गरिरहेका प्रहरीलाई मैले दबाब दिनुपर्ने अवस्था आइलाग्छ, प्रहरी मेहनत गरेर अपराधीलाई समात्छ तर म्याद पनि नथपी छाड्नुपर्ने दबाब आइलाग्छ,' उनले भने, 'नेपालमा यस्तै चलिरहेको छ। यसले अनुसन्धानमा खट्ने अधिकृतलाई निराश बनाइरहेको छ। अनुसन्धानमा काम गर्छु भन्ने अधिकृत पाउनै मुश्किल भइरहेको छ।', तामाङले अपराध अनुसन्धान र शान्ति सुरक्षामा खटिनुपर्ने चितवनको प्रहरीको धेरै समय भिआइपीको स्वागत र सुरक्षामा खर्च हुने गरेको सुनाए। , बागमती प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण बज्रचार्यले प्रहरी, सरकारी वकिल, अदालत र नागरिकबीचको समन्वयले मात्रै अनुसन्धान प्रभाकारी हुने र पीडितले न्याय पाउने बताइन्।, समीक्षा गोष्ठीमा सहभागी सबै प्रहरी अधिकृतको एउटै माग थियो- 'अनुसन्धानका लागि आवश्यक स्रोत-साधन चाहियो।', बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले नेपाल प्रहरीको अनुसन्धान गर्ने परम्परागत शैलीको विकल्प आवश्यक रहेको बताए।, 'अनुसन्धानका लागि आवश्यक पर्ने ज्ञान, क्षमता र कुशलतामा वृद्धि गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकार प्रहरीको अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्नुपर्छ भन्नेमा पनि प्रतिबद्ध छ,' उनले भने।, उनले अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत, साधन जुटाउन पनि प्रदेश सरकारले प्रयास गरिरहेको दाबी गरे।,
सिआइबी प्रमुख भन्छन्- प्रहरीले अपराध भइरहेको टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आउन सक्छ |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मात्रै ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंका ३०४ जना, भक्तपुरका २१ जना र ललितपुरका ७२ जना छन्।, देशध ६ हजार ३०० जनाको परिक्षण गर्दा ३९७ जनामा संक्रमण पुष्टि भएको हो। २९५८ जनाको पिसिआर र ३३४२ जनाको एन्टिजेन परिक्षण गरिएको थियो। ४३८ कोरोना संक्रमित निको समेत भएका छन्। , पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। अहिले देशभर ५८६२ जना सक्रिय संक्रमित छन्। ,
काठमाडौं उपत्यकामा एकैदिन थपिए ३९७ कोरोना संक्रमित |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय मनोविज्ञान विभागले मंगलबार त्रिवि सरसफाइ कार्यक्रम आयोजना गरेको छ।, स्नातकोत्तर तहमा मनोविज्ञान पढ्ने विद्यार्थीहरु तथा विभागीय प्रमुख तथा अन्य शिक्षकहरुको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।, विद्यार्थी तथा विभागीय सदस्यहरुले मनोविज्ञान केन्द्रीय विभागबाट सरसफाइ सुरु गर्दै त्रिविको मुख्य भवनसम्म सफाइ गरेका थिए।, मनोविज्ञान केन्द्रीय विभागमा खडा गरिएको ‘मेन्टल हेल्थ फन्ड’को आयोजनामा कार्यक्रम गरिएको हो।, कार्यक्रमको उद्घाटन मनोविज्ञान विभागकी प्रमुख प्रा. डा. नन्दिता शर्माले गरेकी थिइन्। कार्यक्रम उद्घाटन गर्दै उनले भनिन्- मनको सफाइ र भौतिक सफाइ एकापसमा जोडिएको हुन्छ। आगामी दिनमा फन्डले मेन्टल हेल्थ अवेरनेसलगायतका कार्यक्रम गर्ने आशा गरेकी छु।’ विभागीय प्रमुख शर्माले पनि फोहोर टिप्नुका साथै परिसरमा रहेको झाडीहरु हटाएकी थिइन्।, मनोविज्ञान विभागकै सन्देश ढकालले आफ्नो विश्वविद्यालय परिसर सफाइमा लाग्ने विद्यार्थीहरुको सराहना गर्दै आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम हुने अपेक्षा प्रकट गरे।, फन्डका प्रस्तावित अध्यक्ष प्रदीप गोलेले आगामी दिनमा फुटसल प्रतियोगिता तथा मानसिक स्वास्थ्य सचेतनासम्बन्धी विभिन्न कार्यक्रम गर्ने तयारी रहेको जानकारी गराएका थिए।,
मनोविज्ञानका शिक्षक तथा विद्यार्थीहरुले नै गरे त्रिविमा सरसफाइ |
सेतोपाटी संवाददाता राजस्व छलीका छालाका पेटी र पर्ससहित एक जना पक्राउ परेका छन्। , काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवीबाट एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले सप्तरी राजविराज नगरपालिका-४ घर भई काठमाडौंको ठँहिटी बस्ने ४२ वर्षीय गणेश भगतलाई पक्राउ गरेको हो।, उनले राजश्व छलेर गैरकानुनी रूपमा सामानहरू लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। , सो सूचना पाएपछि खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो। उनीबाट एक हजार ९०६ थान पेटी र ५ हजार २९४ थान पर्स बरामद गरेको हो। , भगतमाथि थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाएको छ। ,
,
राजश्व छलिका छालाका पेटी र पर्ससहित एक पक्राउ |
सेतोपाटी संवाददाता प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।, भारतको राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौंको बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरि दुलाल र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदीप आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, प्रहरीले उनीहरूलाई हुन्डी कारोबार गरेको आरोपमा नगदसहित सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, नरदेवी क्षेत्रमा हुन्डी कारोबार हुने गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। सो सूचनाको आधारमा कार्यालयबाट विशेष टोली खटिएको थियो।, सो टोलीले राजु अग्रवाल तथा उनका सहयोगी कर्मचारीबाट ५०० र १००० दरका ७४ लाख रुपैयाँ फेला पारेको हो।, त्यस्तै विभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको नौ वटा चेक फेला पनि बरामद भएको हो।, उनीहरूमाथि थप अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको प्रहरीले जनाएको छ।,
७४ लाख नगद र २६ लाखको चेकसहित काठमाडौंबाट तीन जना पक्राउ |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३१ जना प्रहरी नायब उपरीक्षकको सरूवा र ३४ जनाको पदस्थापन भएको छ। , मंगलबार प्रहरी प्रधान कार्यालयले १३१ जना डिएसपीको सरूवा गरेको हो।, डिएसपी अंगुर जिसीलाई प्रहरी वृत्त महाराजगन्जमा सरूवा गरेको छ। , अनिशकुमार कर्णलाई प्रहरी वृत्त मालीगाउँमा, अमरबहादुर थापा क्षेत्रीलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालमा, इकबाल हवारीलाई प्रधान कार्यालय कार्य विभाग कार्य शाखा नक्साल र इन्द्रप्रसाद सुवेदीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँमा सरूवा गरेको छ। , उद्धवसिंह भाटलाई प्रहरी विपद् व्यवस्थापन कार्यालय कार्य/परिचालन शाखा सामाखुसी, उमा शंकरप्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर अपराध अनुसन्धान सहायता शाखा र उमेश लम्साललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अपराध अनुसन्धान सहायता शाखामा सरूवा गरेको हो। , यसैगरी प्रधान कार्यालयले हालै प्रहरी निरीक्षकबाट बढुवा भएका प्रहरी नायब उपरीक्षकको पनि पदस्थापन गरेको छ। , होमबहादुर थापालाई प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, दीपेन्द्रकुमार पाललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र किरणप्रसाद न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर २ मा पदस्थापन गरिएको हो।, केशरबहादुर कार्कीलाई नेपाल प्रहरी पहरा गण सामाखुसी र दुदिमाया लामालाई नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपामा पठाएको छ। , सरूवा सूची:, पदस्थापन सूची:,
नेपाल प्रहरीका १३१ डिएसपीको सरूवा र ३४ जनाको पदस्थापन (सूचीसहित) |
वासुदेव पौडेल पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे। तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो। , वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौं लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्थे। गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार व्यापार गर्ने समुदायको नियमित कारोबार संस्कृति नै बनेको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बरालको ‘नुन व्यापार मार्गसँग जोडिएका कालीगण्डकी भोट बेंसी सम्बन्धहरू’ शीर्षकको अनुसन्धानमा भनिएको छ।, अन्यत्रको नुन व्यापारमा हिमाली खम्पा जातिको सक्रियता भए पनि कालीगण्डकी करिडोरको नुन व्यापारमा थकाली जातिको सक्रियता देखिएको उल्लेख गर्दै बरालले तत्कालीन नुन अर्थतन्त्रमा आधारित भोट र पहाड बीचको सम्पर्क दूत थकाली जाति नै रहेको दाबी गरेका छन्।, ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर वास्तविकता नै थियो। तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ। करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो।, यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौं हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको कास्की भरतपोखरीका ९० वर्षीय तीलकराम पौडेल बताउँछन्। उनलाई सुरूसुरूमा मुस्ताङको लेतेसम्म पुगेर नुन ल्याएको अनुभव अझै पनि ताजै छ। ढिके नुनका रूपमा चिनिने हिमाली भेगमा पाइने नुन साल्ट ट्रे डिङ कर्पोरेशनले आयोनुन बजारमा ल्याएसँगै छायाँमा परेको हो। हिमालपारिको जिल्ला मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुन खानी पछिल्ला वर्ष बन्द भएको छ।, तीनताका नुन खानीकै कारण यहाँका धेरैले रोजगारीसमेत पाएका थिए। खानी बन्द भएसँगै रोजगारी त हटेको छ नै पैसा तिरेर महँगोमा नुन खानुपरेको स्थानीयवासीको गुनासो पनि छ। प्राचीन समयमा मुस्ताङको ढिके नुन देशका अधिकांश भागमा पुग्दथ्यो। बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो। नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो।, पछिल्लो दशकमा नुन खानीको संरक्षणको साटो आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरिएको र केवल गाईभैंसीलाई मात्र खुवाउन थालिएपछि यहाँको नुनसँग जोडिएको मौलिकता नै ओझेलमा पारिएको स्थानीयवासीको दुखेसो छ।, तत्कालीन समयमा कास्की, स्याङ्जालगायत आसपासका बासिन्दाले चामलसँग नुन साटेर लैजान्थे। अनुसन्धाता बरालका अनुसार तत्कालीन समयमा गण्डकी क्षेत्रका टुकुचे, दाना तातोपानी, तिप्ल्याङ, बीरेठाँटी मुख्य नुन व्यापार केन्द्रका रूपमा स्थापित बनेका थिए। टुकुचे यहाँको पुरानो भन्सार क्षेत्र हो। भोटका नुन व्यापारीले भण्डारण गर्ने र तल्लो पहाडकाले नुन खरिद गर्ने केन्द्र बजारका रूपमा यसले आफ्नो स्थान ओगटेको थियो।, तत्कालीन थकाली सुब्बाको नुन ठेकेदारीमा पहुँच घटेसँगै भन्सार दानामा सरेपछि टुकुचेको नुन बजार सुस्ताएको बराल बताउँछन्। टुकुचेबाट सरेको नुन बजारको केन्द्र दाना तातोपानी हुँदै क्रमशः भुरूङ तातोपानीतर्फ सरेको उनले उल्लेख गरे।, विशेषतः ढाक्रेहरू र अन्य बटुवा तातेपानी कुण्डमा डुबेर भोटको चिसो फाल्ने मनसायले कुण्ड नजीकैका भट्टीमा बस्ने क्रमसँगै दानापछिको नुन बजार केन्द्रका रूपमा तातोपानी स्थान ओगटेको थियो। कास्की बीरेठाँटी आउने ढाक्रे र पश्चिम बेनी तथा कार्कीनेटा जाने ढाक्रेको सामूहिक जमघट हुने र छुट्टिने स्थान यहीँ भएकाले तुलनात्मक रूपमा यहाँ बढी चहलपहल हुने गर्थ्यो।, नुन व्यापारकै अर्को केन्द्रका रूपमा रहेको तिप्ल्याङ मुस्ताङ प्रवेशका लागि कठिन भिरमुनिको बस्तीका रूपमा परिचित छ। बाह्रगाउँ सेरिवका स्थानीयले आफूले स्थानीय खानीबाट किने, पाएको नुन र भोटका व्यापारीसँग साटेको नुनलाई चामल र अन्य खाद्यान्न तथा लत्ताकपडाका लागि विनिमय गर्न टुकुचे आउन नसकेका ढाक्रेलाई बढी मोलमा नुन बेच्न पाइने आशामा तिप्ल्याङसम्म ल्याएर बेच्ने गर्दथे। यसो गर्दा भन्सारको समस्या नपर्ने र डरलाग्दो भिरको बाटो हिँड्न नपर्ने भन्दै ढाक्रेलाई केही बढी मूल्यमा नुन चामल साटिन्थ्यो। तिप्ल्याङ बजारमा प्रायः बेनीतर्फको कालीगण्डकी तटीय पदमार्गका ढाक्रेको जमघट हुन्थ्यो। भारी बोक्नसक्ने आँट भएका र अझ सस्तोमा नुन ल्याउने नाइकेको साथ पाएका ढाक्रे भने अझ उपल्लो बस्तीतिर लम्कँदै टुकुचै नै आउँथे।, बरालका अनुसार नुन बजारको केन्द्रका रूपमा रहेको बीरेठाँटी तत्कालीन समयको ढाक्रे विश्राम बजारका रुपमा परिचित थियो। भोट जाँदा उल्लेरीको उकालो चढ्नु पहिले बास बस्ने थलो र नुन बोकी ल्याउँदा चन्द्रकोट लुम्लेको उकालो चढ्नुपर्ने तयारीका लागि विश्राम गर्ने थलोका रुपमा रहेका कारण यो आवतजावत गर्दा बास बस्ने गन्तव्यका रुपमा विकास भएको थियो।, दुई दशकअघिसम्म मुस्ताङका स्थानीयवासीले त्यहाँको स्थानीय नुन नै प्रयोग गरे पनि पछिल्ला समयमा उत्पादन नै रोकिएपछि प्रशोधित नुन नै खाने गरेका छन्। मुस्ताङको नुन खानी रहेको तेताङका स्थानीयवासीले उक्त खानीबाट अझै पनि नुनको पानी ल्याएर खाने गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए।, नुनखानी हिमाली मौलिकतासमेत भएको र यसलाई जोगाउनका लागि मुस्ताङस्थित तेताङको नुनखानी सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेपनि त्यो सार्थक हुन सकेको छैन। सांसद तुलाचनका अनुसार अघिल्लो वर्ष नुन खानी सञ्चालनका लागि बोलपत्र आह्वान भए पनि कसैको पनि निवेदन परेन।, २०६० अघिसम्म स्थानीय शङ्करमान शेरचनले तेताङको नुन खानीबाट नुन निकालेको भए पनि त्यसपछि भने उक्त नुन खानी बन्द रहेको छ। तत्कालीन समयमा शेरचनले वार्षिक ५० देखि ६० मुरीसम्म नुन उक्त खानीबाट निकाल्थे।, ‘उत्पादनको अवस्थासँगै खानी सञ्चालनका लागि लाइसेन्स आदि प्रक्रियाका कारण पनि टेण्डर हुँदा पनि निवेदन पर्न सकेनन्,’ उनले भने, ‘यस क्षेत्रको प्राचीन मौलकता कायम राख्नका लागि नुन खानी सञ्चालनको जमर्को गरेका हौं।’, मुस्ताङमा आउने पर्यटकलाई नुन खानीसम्म पुर्याउने र यहाँको कोसेलीका रूपमा किनेर लैजानसक्ने व्यवस्थाका लागि पनि सरकारले त्यसको सञ्चालनको सोच बढाएको हो। त्यसका लागि खानी तथा भूगर्भ विभाग र सम्बद्ध निकायका प्रतिनिधिसहितको प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन प्रतिवेदन बुझाएको थियो। सडकमार्गको पहुँच र नुन खानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सो प्रतिवेदनमा सुझाव दिइएको थियो।, मुस्ताङको छुक्सङस्थित तेताङमा नुनखानीको पहाडै छ। मुस्ताङको नुन खानीबाट निकालिएको नुन चोखो हुने धार्मिक जनविश्वाससमेत छ। कुनै शुभसाइत वा जललाई चोखो बनाउन यहाँका नुन प्रयोग गर्ने गरिएको र वास्तुशास्त्रीय हिसाबले पनि यसको विशेष महत्व मानिने भएकाले घरको जगसाइतमा मुस्ताङी नुनको प्रयोग गर्ने प्रचलन छ।, तत्कालीन समयमा नुनकै लागि प्रख्यात मुस्ताङमा अहिले भने पोखराबाट प्रशोधित नुन जाने गरेको छ। पोखरास्थित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट वार्षिक ८०० क्विन्टल नुन मुस्ताङका लागि जाने गरेको सो कार्यालयका प्रमुख वासुदेव उपाध्यायले जानकारी दिए। मुस्ताङको लागि साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा ल्याएको प्रशोधित भानु नामको नुन पठाउने गरेको छ।, पछिल्ला समयमा चीनले सिल्क रोडका माध्यमबाट महादेशीय मुलुकलाई जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्गको पुरानो पहिचानलाई आधुनिक मार्गको जालोमा जोडने गरी रेशम मार्गको योजना अगाडि सारेका अवस्थामा यससँग जोडिएको नुन मार्ग पनि यतिखेर चासो र चर्चामा छ।, पुरातत्व विभागले मुस्ताङको कोरला नाकाबाट कालीगण्डकी कोरिडोर हुँदै भएको प्राचीन नुन व्यापार मार्गमा उत्तर र दक्षिणका छिमेकीबीचको रेशम मार्गसँगको सम्बन्धबारे प्रमाण जुटाउन छलफल एवं अन्तक्रिया पनि थालेको छ। रेशम मार्गसँग नेपालको संलग्नतामा भोट-मधेसको नुन व्यापार मार्गका रूपमा परिचित लोमन्थाङ-लुम्बिनीसम्मको प्राचीन मार्गलाई पहिचान गरी यस मार्गमा पर्ने बस्ती, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको सुक्ष्म अध्ययन अन्वेषण थालेसँगै यसले महत्व पाएको हो।, विगतमा भोटमा निर्भर भएको नुनको आपूर्ति स्रोत मुस्ताङी मार्गबाट हुने नुन तथा ऊनको व्यापार चक्र रोकिएसँगै दक्षिणका सामुन्द्रिक नुनमा भर पर्न प्रेरित बनेको देखिन्छ। नुनका लागि भोट जाने ढाक्रेहरूले भदौमा भोटतिर जाँदा उनीहरू बाटामा जडीबुटी सङ्कलन गर्दै जाने र बिक्री गरी त्यही पैसाले किनमेल गर्दा आर्थिक गतिविधि चलायमान बनेको थियो।, तत्कालीन समयमा तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रबाट नुन र ऊनको व्यापारका लागि विभिन्न मार्ग निर्माण भएको उल्लेख गर्दं अनुसन्धाता बराल यीमध्ये मुस्ताङ, रसुवाको केरुङ, उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यका प्रमुख रहेको बताउँछन्। यी क्षेत्रमा बसोबास गर्ने मानिस पहाडी र तराई क्षेत्रको अन्न भोटसम्म र भोटको नुन र उन नेपालका पहाडी र तराई क्षेत्रसम्म पुर्याउने उनले जानकारी दिए।, नुन मार्गका ढाक्रेहरुलाई सुस्ताउने चौतारी, विश्राम गर्ने पाटी-पौवा, खोला तर्ने काठे साँघु निर्माण गर्ने र पानी खाने धारो बनाएर कृति राख्ने प्रचलन त्यसै समयदेखि सुरू भएको थियो। भोटबाट आयात हुने ढिके नुन र हिमाली क्षेत्रका नुन खानीबाट उत्पादित नुनले नेपालको नुन बजारको माग धानेकामा पछिल्ला समयमा देश पूर्ण रूपमा नुनमा परनिर्भर बनेको छ। गलगाँडको प्रभाव आदिलाई देखाएर आयोडिनयुक्त नुन प्रयोगका नाममा हाम्रो भोटसँगको साल्ट रोड तहसनहस पार्नुका साथै हिमाली जनजीवन, त्यससँग जोडिएका कथा र त्यहाँको अर्थतन्त्रलाई समेत परनिर्भर बनाइएको बरालको भनाइ छ। ,(रासस),
हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा |
सेतोपाटी संवाददाता बर्दियाको गुलरियामा रहेको नेपाल बैंकको शाखाका प्रबन्धक (म्यानेजर) धबेन्द्र न्यौपानेमाथि रकम हिनामिना गरेको आरोप लागेको छ। , उनीमाथि बैंकको रकम हिनामिना गरी सम्पर्कविहीन भएको आरोप लागेको हो। , गत बुधबारदेखि उनी सम्पर्कविहीन भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। उनले बैंकमा भएको रकम हिनामिना गरेको थाहा पाएपछि केन्द्रीय कार्यालय काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली समेत पठाएको छ। , अहिले टोलीले अनुसन्धान गरिरहेको छ। टोली केही दिनमा अनुसन्धान सकेर काठमाडौं फर्किने प्रवक्ता अधिकारीले बताए। , न्यौपानेले कति रकम हिनामिना गरेका थिए भन्ने खुलेको छैन। अनुसन्धानको लागि खटिएको टोली फर्किएपछिमात्रै भन्न सकिने अधिकारीले बताए। , न्यौपानेलाई गत चैत २४ गतेमा शाखा म्यानेजरको रूपमा पठाएको थियो। यसअघि उनी सुर्खेतको वीरेन्द्रनगरको शाखामा थिए। उनले नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेको उनले बताए। , ‘उहाँले सुरूवात नै वीरेन्द्रनगरबाट गर्नुभएको थियो। नाम निकालेर उहाँले त्यहाँबाट काम सुरू गर्नुभएको हो,’ अधिकारीले भने। , उनको पढाइमा पनि राम्रै भएको हुँदा म्यानेजरमा प्रमोसन गरी गुलरिया पठाइएको थियो। तर पछि उनले रकम नै हिनामिना गरेको पाएको हो। , न्यौपानेले गुलेरिया पुगेरमात्रै हिनामिना गरेका भने होइन। उनले वीरेन्द्रनगरमै हुँदा हिनामिना गरेको खुलेपछि गुलेरियामा पनि अनुसन्धान थालेको प्रवक्ता अधिकारीले बताए। , ‘वीरेन्द्रनगरमा हुँदा नै रकम हिनामिना गरेको खुल्यो। त्यसपछि त्यहाँ पनि हिनामिना गरेको हुनसक्ने भनेर हामीले त्यहाँ पनि अनुसन्धान सुरू गरेको हो,’ उनले भने,‘यहाँ पनि रकम हिनामिना गरेको देखिन्छ। तर के-कति पछि मात्रै थाहा हुन्छ।’, उनले थपे, ‘पढाइ पनि एमफिल, पिएचडी गर्न लागेको मान्छे। सबै हिसाबले बेस्ट भनेर पठाइएको थियो। मति बिग्रिएपछि हिनामिना भयो।’, काठमाडौंबाट अनुसन्धान गर्ने टोली जानुअघि नै सम्पर्क गर्दा उनी सम्पर्कविहीन भइसकेका थिए। उनलाई हेडक्वार्टरबाटै फोन गरेको तर कहाँ छन् भन्ने पत्ता नलागेको उनले बताए। , बैंकले न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा पनि जाहेरी दिएको छ।,
जाहेरीअनुसार न्यौपानेको खोजी गरिरहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। , ‘बैंकका तर्फबाट उहाँ सम्पर्कविहीन भएको भनेर जाहेरी आएको छ। उहाँहरू आफैंले पनि आन्तरिक रूपमा अनुसन्धान गर्दै हुनुहुन्छ,’ उनले भने, ‘कनेक्ट आइपिएसमार्फत् रकम हिनामिना गरेको भन्ने छ। ४०-५० लाख रकम भनिएको छ। अनुसन्धानबाट खुल्छ पछि।’, बैंकले बर्दियासँगै बाँके, कञ्चनपुर, कैलाली र सुर्खेत प्रहरीलाई समेत खोजी गरिदिनू भन्दै पत्राचार गरेको छ। , सम्पर्कविहीन भएका न्यौपानेको खोजी गरिदिन भन्दै बैंकले मात्रै नभई परिवार समेतले कार्यालयमा निवेदन दिएको छ। , उनको परिवार निवेदन लिएर साउन १४ गते नै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। , उनले हिनामिना गरेको थाहा पाउनेबित्तिकै हेडक्वार्टरले नयाँ म्यानेजरलाई पठाएको बैंकका प्रवक्ता अधिकारीले बताए। ,
बैंकको रकम हिनामिना गरी शाखा प्रमुख भए सम्पर्कविहीन |
सेतोपाटी संवाददाता मधेश प्रदेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।, गृह तथा संचारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीसहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।, नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को कम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र छ। प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेता पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको छ।, प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराउँदै मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।, मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेलाले यथाशिघ्र समायोजन हुनुपर्ने मागसहित घोषणापत्र समेत जारी गरेको थियो।, ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषि मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहित सहभागी थिए।, ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए।,
एक साताभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई मधेश सरकारको ध्यानाकर्षण |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ७८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ४० जनाको पिसिआर र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६५९ जना सक्रिय संक्रमित छन्।, ४३३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ५५३ कोरोना संक्रमित |
सेतोपाटी संवाददाता स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँकी २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। , लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ। लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन्। , साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन्। उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए। , पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो। सोही सूचनाको आधारमा खोजी थालेको थियो। ,
खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला परेकी थिइन्।, ‘पहिले लक्ष्मी फेला परिन्। उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन्। तर त्यहाँ पनि रहेनछ।’, अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो। त्यहाँबाट प्रहरीले शव सडिगलिसकेको अवस्थामा फेला पारेको हो। , प्रहरीले यस घटनामाथि अनुसन्धान गर्न लक्ष्मी र केदारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। , उनले सुरूमा हत्या गरेर फाले वा यत्तिकै फालेर पछि मृत्यु भएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको खनालले बताए।,
६ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई पक्राउ |
रासस तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो। सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरू गरेको छ।, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रूपाखेती बागमती प्रदेशले यातायात कार्यालयबाट दैनिक रूपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन्।,
‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ,’ उनले भने।, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङ, हेटौंडा, जगातिलगायतका कार्यालयले आज (साउन २२) बाट बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरू गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए।, यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरू गरेको मन्त्री दाहालको भनाइ छ।, ‘उपत्यका बाहेकका अरू जिल्लाका सेवाग्राही काठमाडौंभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौं,’ उनले भने।, सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरू गरेको उनको भनाइ छ। मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउँछन्।, आइतबार बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका-२ का रामबहादुर श्रेष्ठले यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताए।, ‘यस्तो सेवा सधैं प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,’ उनले भने।, सोही कार्यालयमा आएका डडेलधुराका वीरेन्द्र साउदले पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताए।, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङका निमित्त प्रमुख सञ्जय थापाले यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए। ‘हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ,’ उनले भने।, ठूलोभर्याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ। दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ।, यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउँछन्। ठूलोभर्याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ।,
बागमतीमा लाइसेन्स बनाउने अफिस बिहान सात बजेदेखि नै खुल्ने |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलालाई हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , ब्युरोले कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। , उनले सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता बनाएर लाइभ स्ट्रिमिङमार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी मानसिक तनाव, दु:ख र हैरानी दिएको आरोप छ।, विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई इलाका प्रहरी कार्यालय गोरूसिंङेको सहयोगमा पक्राउ गरिएको हो। , उनलाई अदालतबाट शुक्रबार नै पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। , उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
सामाजिक सञ्जालमा महिलाको अपमान गरेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , आइतबार अपराह्न साढे ४ बजे दंगीशरण गाउँपालिका-६ श्रीगाउँमा एक पुरूषलाई करेन्ट लाग्दा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। , गोरखा आरूघाट घर भई दाङमा मिस्त्रीको काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो। , उनी श्रीगाउँस्थित प्राथमिक स्वास्थ्य केन्द्र बागरको बन्दै गरेको नयाँ भवनको इलेक्ट्रोनिक काम गरिरहेका थिए। त्यहाँ मार्बल चिल्लो बनाउने काम भइरहेको थियो। , त्यसक्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी गम्भीर घाइते भएको अर्यालले बताए। , घाइते भएका उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको थियो। त्यहाँ उनको उपचारको क्रममा साँझ ६ बजे मृयु भएको प्रहरीले जनाएको छ। , घटनाको थप अनुसन्धान भइरहेको छ।,
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , भारतीय नागरिक ४३ वर्षीय अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। , उनका अनुसार पटेल शनिबार फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका थिए। उनले अवैध रूपमा विदेशी मुद्रा लैजान लागेका थिए।, प्रहरीका अनुसार जाँच गर्ने क्रममा उनको ब्यागेजमा तीन हजार ६ सय एक अमेरिकी डलर, दुई हजार एक सय ३० पाउन्ड स्टर्लिङ फेला परेको हो। , यस्तै तीन हजार ४०० युरो, चार हजार ४६५ संयुक्त अरब इमिरेट्सको दिराम र चार हजार ६५० केन्या स्टर्लिङ फेला परेको थियो।, प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।,
त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा महिलामाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई टोखा नगरपालिका-३ बस्ने २५ वर्षीय सागर दर्जी र तार्केश्वर नगरपालिका-९ बस्ने १९ वरेषीय अमिर महर्जन छन्।, प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। , उनीहरूले गत असार २९ गते दिउँसो बालाजु कुमारीस्थानस्थित सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गरेका थिए।, उनीहरूले मोटरसाइकलमा गएर धक्का दिएर ती महिलाले बोकेको झोलामा भएको नगद, मोबाइल तथा अन्य कागजातसहित लुटपाट गरेका थिए। त्यसमा अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको हो। , उनीहरूबाट प्रहरीले एउटा खुकुरी पनि बरामद गरेको छ। त्यस्तै दुईटा फोन, ५५१ ग्राम गाँजाको धुलो र घटनामा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ। , घटनाको थप अनुसन्धान गर्न प्रहरी वृत्त बालाजु पठाएको छ। ,
बालाजुमा महिलामाथि लुटपाट गरेको आरोपमा दुई पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित परोपकारमा अत्याधुनिक शौचालयमा प्रयोगमा आएको छ। , एरोशान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा अपाङ्गमैत्री, वातावरणमैत्री र महिलामैत्री शौचालय निर्माण गरिएको हो। शनिबार उक्त वडाका वडा अध्यक्ष राजेन्द्र मानन्धरले उक्त शौचालयको उद्धघाटन गरेका हुन्।, कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिको अवलोकन गर्दै महानगरभित्र अझै यस्ता शौचालय निर्माण गर्नुपर्ने बताए।, प्रमुख शाहले शौचालयमा प्रयोग भएको आकाशे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको बताउँदै शौचालयलाई सिकाइ केन्द्रको रूपमा विकास गर्न सकिने सुझाव दिए।, त्यस्तै, वडा अध्यक्ष मानन्धरले वडावासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवतजावत गर्ने मानिसहरूलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व रहेको बताए। , 'आगामी दिनहरुमा पनि आवश्यक्ता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथिमकता दिनेछ' उनले भने। , एरोशान सस्टेनेवलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरी जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ।, शौचालयबाट उत्सर्जित दिसा पिसाबजन्य फोहोर व्यवस्थपानका लागि वायो ग्याँस प्रविधिको जडान गरी हालसम्म ७० हजार ६९९ लिटर पिसाब र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन भएको छ। , जसबाट ७०५.२ लिटर वायो ग्याँस अर्थात् ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन भइसकेको छ। , फोहोर पानी प्रशोधन प्रणालीमार्फत ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन र आकाशेपानी संकलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार १६० लिटर आकाशे पानीको संकलन गरी शौचालयमा प्रयोग गरिएको छ।, एरोशानद्वारा निर्मित तथा सञ्चालित शौचालयमा दैनिक एक हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ । , मानव मल मुत्रलाई शौचालयमै व्यवस्थापन गरी वायो ग्याँस उत्पादन गर्न १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरिएको एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले बताए।,
काठमाडौंमा अत्याधुनिक शौचालय थपिँदै |
सेतोपाटी संवाददाता महोत्तरीमा एक जना ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा आगो लगाएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका-९ कन्चनवनकी रेशमादेवी सदा र उनकी छोरी प्रमिलाको शरीरमा शनिबार राती पौने १२ बजेतिर प्रमिलाका श्रीमान शंकर सदाले मट्टीतेल छर्किएर आगो लगाएका थिए।, आगोले ६५ वर्षीया रेशमादेवीको पिठ्युँ, पाखुरा र बाँया खुट्टामा जलेको छ भने ३५ वर्षकी प्रमिलाका दुबै हात, दुबै खुट्टादेखि पैतला र छातीमा जलेको छ। उनको अवस्था गम्भीर छ। दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो। महोत्तरीका डिएसपी प्रकाश बिष्टका अनुसार जनकपुरमा उपचार हुन नसकेपछि उनीहरूलाई आइतबार काठमाडौं पठाइएको छ।, मट्टीतेल छर्केर आगो लगाउने शंकरलाई प्रहरीले खोजी रहेको छ।, उनले किन सासु र श्रीमतीमाथि मट्टीतेल खन्याए भन्ने खुलिसकेको छैन।,
महोत्तरीमा मट्टीतेल खन्याएर दुई महिलाको शरीरमा लगाइयो आगो |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा अरिंगालले टोकेर घाइते भएका एक युवाको मृत्यु भएको छ। , जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय सुवर्ण विकको आइतबार थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गणेश केसीले ,सेतोपाटी,लाई जानकारी दिए।, उनको झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा उपचार हुँदै आएको थियो।, स्वास्थ्यमा सुधार नआएपछि सुनारलाई थप उपचारका आइतबार नेपालगञ्जजतर्फ लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , छिमेकी जिल्ला सल्यानमा अरिंगाल पोल्न गएका बिकलाई तीन दिन अगाडि अरिंगालले टोकेर घाइते भएका थिए।, अरिंगाल पोलेर भगाई त्यसका बच्चाको तरकारी वा अचार खाने चलन पहाडी भूभागमा छ।, बिक पनि साथीसँग त्यहीँ उद्धेश्यका साथ तीन दिन अगाडि अरिंगालको गोला पोल्न गएका थिए।, आगो झोसेपछि अरिंगाल खनिएर उनीलाई टोकेको र त्यसपछि उपचारका लागि स्थानीय मेडिलकमा भर्ना भएको अध्यक्ष केसीले जानकारी दिए। , ‘हाम्रो यता अरिंगाल पोल्ने चलन हुन्छ,’ अध्यक्ष केसीले भने, ‘अरिंगालको गोलो अग्लो रूखमा रहेको र विकले लगेको आगो खसेपछि अरिंगालको गोलो पुरै खनिएर टोकेको भन्ने छ।’, बिक त्रिवेणी गाउँपालिकामा कर संकलकका रूपमा कार्यरत थिए। गाउँपालिकाले रूकुम र सल्यानको सीमाना खौलामा उनलाई कर संकलकका रूपमा खटाएको थियो। , भलिबल खेलाडी बिक गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव पनि हुन्।,
उपचार गर्न जाँदा बाटैमा बिते अरिंगालले टोकेका कर संकलक |
सेतोपाटी संवाददाता आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ।, अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी थिइन्। सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया झरेकी थिइन्। , उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका निम्ति बिर्तामोड ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, घटनापछि छोरा सुमन पनि अचेत छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,
मोटरसाइकलबाट खसेर महिलाको मृत्यु |
रासस छ महिने छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।, छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।, रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए।, पक्राउ गरी अनुसन्धानका क्रममा लक्ष्मीले ६ महिनाकी छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी शौचालयको खाल्डोमा फालेको खुलेको थियो। खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीले लक्ष्मी र केदार दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरू गरेको बताएको छ।,
६ महिने छोरी मार्ने आमासहित एक पुरुष पक्राउ |
रासस चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ। आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो।, अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो। दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए।, ‘नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन’, उनले भने।, भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उनको भनाई छ।, अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड खर्च गरेको उनले दाबी गरे। अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ।, क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ। यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ।, भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अंकोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याईदै छ। ‘हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ,’ उनले भने। गुणस्तरमा कमी हुन नदिने गरी एक सय शय्याको आधुनिक अस्पताल निर्माण गरिएको हो।, निर्देशक डा लम्सालले थपे, ‘क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नुपर्ने र विदेश जानुपर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल सुरु गरेका हौँ,’ उनले अगाडि थपे, ‘धेरै बिरामी भारतको दिल्ली जान्छन्, त्यहाँको ठूलो अस्पताल राजीवगान्धीको भन्दा एक स्तर उच्च उपकरण हामीले यही ल्याएका छौँ।’, क्यान्सरका बिरामी उपचारका लागि भारतलगायतका अन्य देश जाने गर्दछन्। अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ। उनको भनाइमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्छ। रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ। ट्रियुबिम मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो।, चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बंकरसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ। इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहनु भएका रेडिएसन अंकोलोजिष्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र टडि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताए।, यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उनले जानकारी दिए।, त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदैछ। पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ। एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उनले बताए। ‘मैले भारतका ठूला अस्पतालमा पनि काम गरेँ। त्यहाँको भन्दा अरु आधुनिक प्रविधि यहाँ ल्याइएको छ,’ उनले भने।, इन्स्टिच्युटले क्यान्सर उपचारका क्रममा विकिरण बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भइरहेको छ। सुरक्षा अधिकृत सलोनी चावलाले बाहिरी वातावरणमा रेडिएसन नजानका लागि निर्माणको समयदेखि नै निगरानी गरिएको बताए।, उनको अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्कर निर्माण गरिएको छ। यससँगै सफल परीक्षणसमेत गरिएको जनाउँदै उनले विकिरण काममा खटिनेमा के कस्तो रहेको छ भन्ने विषयमा नियमित परीक्षण भइरहेको जानकारी दिए।, भारतसहितका विभिन्न देशका विज्ञसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्युटको निर्माणदेखि नै काम गरिएको हो। १४ वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ। नेपालभरि र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन्।, यस अस्पतालमा २८ विभागमार्फत सेवा दिइँदै आएको छ। क्यान्सरका बिरामीलाई अन्य विभागको सेवासमेत आवश्यक पर्ने भएकाले उपचार सहज हुने अस्पतालको भनाइ छ। नेपालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै क्यान्सरको उपचार हुने जनाइएको छ। सरकारले क्यान्सरका बिरामीलाई उपचारमा रु एक लाखसम्म सहयोग गर्दै आएको छ। विदेश जाने बिरामीले यो सुविधा पाउँदैनन्।,
चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल |
सबिना श्रेष्ठ स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए।, सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ वर्षका उलरिक अहिले ७९ पुगिसके। पछिल्ला ५७ वर्षमा करिब ५७ पटक काठमाडौं ओहोरदोहोर गरिसके। उनलाई काठमाडौंले यतिविधि मोहनी लगाउनुको कारण यहाँका कलात्मक मूर्तिहरू हुन्।, पेसाले आर्किटेक्ट उलरिक उति बेला साइकल भाडामा लिएर काठमाडौं गल्ली चहार्थे। सोखका रूपमा मूर्तिका फोटो खिच्थे। दुई वर्षपछि आउँदा स्विट्जरल्यान्डदेखि नै आफ्नो कार हाँकेर ल्याए। कारमै डुले, खाए, कारमै सुते।, हवाईजहाज यात्रा सहज भएपछि उनको काठमाडौं आउजाउ झनै बढ्यो। रमाइलो चाहिँ उनलाई पुरानै यात्रा लाग्छ। भन्छन्, 'त्यति बेलाको कुरै अर्को।', सुरूसुरूमा सोखले मूर्तिको फोटो खिच्ने उलरिकलाई समयक्रममा त्यही सोखले विश्वभरि चिनायो, मूर्तिकलाको फोटो संकलकका रूपमा। दुई वर्षअघि उनले नेपालका हिन्दु र बौद्ध धर्मका प्रस्तर मूर्तिहरूका फोटो संकलित दुई खण्डको किताब 'नेप्लिज स्टोन स्कल्पचर्स' प्रकाशन गरेका थिए।, आफ्नो किताब देखाउँदै मूर्तिकला संकलक उलरिक। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, करिब तीन हजार मूर्तिका फोटो संकलित उक्त किताबमा केही मूर्ति यस्ता छन् जुन पहिलोपटक प्रकाशनमा आएका हुन्। उदाहरणका लागि, हनुमानढोका दरबारको मोहन चोक हितिका मूर्ति, भक्तपुर दरबारको कुमारी पाटीका मूर्ति र पशुपतिनाथ मन्दिरका मूर्तिहरू।, 'पहिले मूर्तिका फोटो खिच्दा मलाई कुनै दिन किताब निकाल्छु भन्ने थाहा थिएन,' उलरिकले भने, 'मलाई लाग्छ कसैले पनि कुनै काम थाहा पाएर गर्दैन। आफ्नो सोख पछ्याउँदै जाने हो भने त्यही नै उसलाई भविष्यमा चिनाउने माध्यम बन्छ।', उलरिकले किताबको अन्तिममा एसडी कार्ड पनि राखेका छन् जहाँ १५ हजार डिजिटल फोटा छन्। आफ्नो कामको सुरूआती प्रक्रियादेखिको समयलाई किताबसँग जोड्दै उनी भन्छन्, 'यो किताब निकाल्न मलाई ५५ वर्ष लाग्यो। तर किताब अझै सकिएको छैन। कुनै पनि काम केही समयलाई बन्द मात्र हुन्छ। कहिल्यै सकिन्न।', उलरिकले यो किताब तीन वर्षअघि मृत्यु भएका अन्वेषक शुक्रसागर श्रेष्ठलाई समर्पित गरेका छन्। उनको सहयोगबिना किताब निकाल्न मुस्किल हुने उनी बताउँछन्।, 'उनी अहिले भइदिएका भए यो किताब देखेर धेरै खुसी हुन्थे होलान्,' उलरिकले भने, 'कीर्तिपुरका मान्छेले उनको मूर्ति बनाएका छन् भन्ने सुनेको छु। तर मैले हेर्न भ्याएको छैन।', यो किताबमा उलरिकले खिचेका फोटा मात्र छैनन्। उनलाई काठमाडौंका रैथाने सुनिल डंगोलले पनि साथ दिएका छन्। सुनिलले उनलाई हिन्दु मूर्तिका त्यस्ता फोटो खिच्न सहयोग गरेका छन् जहाँ उनलाई सजिलै छिर्न अनुमति छैन। बौद्ध धर्मका मूर्ति खिच्न भने उनले त्यति धेरै सास्ती खेप्नुपरेन।, सुनिलसँगको चिनजान १०-११ वर्षअघि शुक्रसागरमार्फत नै भएको उनी बताउँछन्। त्यति बेला शुक्रसागरसँग सुनिल काम गरिरहेका थिए। दुवैको चाँसो सम्पदासँग जोडिएको थियो। उलरिकको चासो अलि बढी ढुंगाको मूर्तिमा थियो।, सुनिलका अनुसार उलरिक फोटोको गुणस्तरमा एकदमै सचेत छन्। त्यही गुणस्तरको काम किताबमा झल्किने उनी बताउँछन्।, 'यो किताबमा पनि राम्रो फोटोहरूको संकलन छ,' उनले भने, 'गुणस्तरीय कागज र राम्रो डिजाइन खोजेर जर्मनीबाट छपाउनुभएको हो।', लैनसिंह बाङ्देलको 'स्टोलन इमेजेज अफ नेपाल' पछि उलरिकको किताब नै मूर्तिहरूको विषयमा प्रकाशित महत्वपूर्ण किताब हो। 'स्टोलन इमेजेज अफ नेपाल' ले चोरी भएर विदेश पुगेका धेरै मूर्ति फिर्ता ल्याउन सहयोग पुर्याएको छ।, उलरिकले संकलन गरेका कतिपय मूर्ति अहिलेसम्ममा चोरी भइसकेका छन्। तिनलाई उनले किताबमा चोरी भइसकेको भनेर कतै उल्लेख गरेका छैनन्। न त्यसलाई फिर्ता ल्याउनु उनको उद्देश्य हो।, विदेशी संग्रहालयमा रहेका नेपाली मूर्तिहरू पनि फर्काउन हतार नभएको उनको धारणा छ।, 'हालसालै हराएका मूर्तिहरू संग्रहालयले प्रदर्शनीमा राख्न पाउँदैनन्, मूर्ति लिलाम गर्ने अक्सन हाउसहरूले पनि लिँदैनन्। तिनीहरू ढिलोचाँडो आफैं फर्किन्छन्,' उनले भने, 'जुन मूर्ति फिर्ता आएका छन्, तिनलाई पनि छाउनी संग्रहालयको स्टोरेजको कुनामा वा भुइँमा फ्याँकेको अवस्थामा भेटेको थिएँ। त्यसरी राख्नुको साटो ती विदेशमै ठिक छन्। कम्तिमा त्यहाँ विभिन्न मुलुकका विदेशीले देख्छन् र यति राम्रो कलाकृति नेपालमा छ भनेर थाहा पाउँछन्।', चोरी भएका जुन मूर्ति नेपाल फर्काइए, तिनलाई पहिलेकै ठाउँमा राख्नुपर्ने सुनिलको भनाइ छ। तर कतिपयले फेरि हराउनसक्ने डरले मूर्ति फिर्ता लिन धकाएको उनी बताउँछन्।, यो किताब हराएका मूर्ति फिर्ता ल्याउने प्रयासमा लेखिएको नभए पनि मूर्ति चोरहरूलाई किताबले सतर्क बनाएको हुनसक्ने उलरिक अनुमान गर्छन्। भन्छन्, 'उनीहरू यो किताबबाट खुसी नहुनु भनेको म खुसी हुनु हो।', मूर्तिहरूको अभिलेख राख्ने जिम्मेवारी राज्यको हो। राज्यले आफ्नो कामको महत्व बुझ्नु त परको कुरा, यस्तो किताब निकालेकोमा खुसीसमेत नभएको हुनसक्ने उलरिक बताउँछन्। तर उनलाई यसको मतलब छैन। किताब निकाल्नु आफ्नो आत्मसन्तुष्टिसँग जोडिएको बताउँदै उनी भन्छन्, 'यो किताबको महत्व अहिले होइन, ५० वर्षपछि हुनेछ। यो किताब ५० वर्षपछिका लागि नेपाललाई मेरो उपहार हो।', आफ्नो कामलाई अनुसन्धान नभई अभिलेखीकरण मान्ने उलरिकले यो किताबमा काठमाडौं मण्डल (काठमाडौं, भक्तपुर र ललितपुर) का मूर्तिको फोटो मात्र संकलन गरेका छन्। उनी नेपाल आउँदा यिनै ठाउँ घुम्छन्। बाहिर कमै पुगेका छन्।, उनी आफूलाई एकदम कम मान्छे चिनेको, कम ठाउँ घुमेको र धेरै कुरामा आकर्षण नभएको मान्छेका रूपमा वर्णन गर्छन्।, 'मैले धेरै मान्छे चिनेको, धेरै ठाउँ पुगेको वा धेरै कुरामा आकर्षित भएको भए यस्तो किताब सायदै लेख्न सक्थेँ होला,' उनले भने, 'मैले सायद मान्छेभन्दा बढी मूर्तिहरू भेटेको छु।', उनले अगाडि भने, 'आजकलका युवाहरू धेरै कुरा गर्न चाहन्छन्। तिनीहरूले सायद भविष्यमा केही पनि महत्वपूर्ण गर्दैनन्। यो संसार तिनै मान्छेले नेतृत्व गरेका छन्, जो कम कुरामा चासो राख्छन्।', उलरिक भोन स्क्रोडर र सुनिल डंगोल। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, उलरिक नेपालबाहेक सात वर्ष श्रीलंका बसेका छन्। तिब्बतमा करिब २० पटक पुगेका छन्। म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड गएका छन्। त्यहाँका मूर्तिहरूको किताब निकालेका छन्। ती ठाउँमा बुद्ध मूर्तिहरू नभएका भए उनी सायदै पुग्थे होलान्!, उलरिकलाई बुद्ध मनपर्छ, बुद्धको दर्शन मन पर्छ। त्यसले आफ्नो जीवन र स्वभावमा सन्तुलन ल्याएको उनी बताउँछन्।, 'सुरूमा फोटो खिच्दा बुद्धलाई नै महत्व दिने भन्ने थिएन। तर बुद्धबारे थाहा पाएपछि म आकर्षित भएँ,' उनले भने।, बुद्ध मूर्तिकै फोटो लिने क्रममा पाटनको नागबहालमा भेटिएका उलरिक अचेल ढुंगासँगै नेपाली धातुका मूर्तिमा काम गरिरहेका छन्। यसका लागि उनी पाटनको क्वाः बहाल, चाँगुनारायण र छाउनी संग्रहालय पुगिसकेका छन्। भविष्यमा धातु मूर्तिका फोटो संकलन रहेको किताब निकाल्ने उनको सोच छ।, भन्छन्, 'कति वर्ष लाग्छ भन्ने चाहिँ थाहा छैन। पहिलेको किताब निकाल्नै ६५ वर्ष लागेको थियो।',
५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक? |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्। , सोमबार बिहान ९:०५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। , राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो। , दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए।, कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो। , त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो। , ‘बस र ट्रक हेटौंडातर्फ आउँदै थियो। ट्यांकर विपरीत दिशामा जाँदै थियो,’ कार्कीले भने, ‘त्यही बेला दुर्घटना भएको हो। धेरै ठूलो क्षति भएको छैन। सामान्य नै छ।’, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग पनि खुलाइसकेको छ।,
हेटौंडामा एक-अर्कासँग ठोक्किए पाँच वटा गाडी, १५ विद्यार्थी घाइते |
सेतोपाटी संवाददाता देशभर आज आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ ।, मौसमविद्का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। , ‘पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना देखिन्छ’, मौसमविद श्रेष्ठले भने,‘आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देख सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ।’, महाशाखाका अनुसार भोलि मंगलबार लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ साउन २३ गते (सोमबार), दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , राति : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश 1 र बागमती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, २०७९ श्रावण २४ गते (मंगलबार), दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, २०७९ श्रावण २५ गते (बुधबार), दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।,
प्रदेश एकमा मौसमको नयाँ प्रणाली प्रवेश, भारी वर्षा हुने |
रासस कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। , ‘जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौं’, वडाध्यक्ष अर्जुनबहादुर साउदले भने, ‘नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ।’, नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उनले बताए।, ‘वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ। जोखिम निम्त्याउन सक्छ। बाढी आउनअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु’, उनले भने।, नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उनको भनाइ छ। महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो। , यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ। , यसैबीच, बेदकोट नगरपालिका–४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरू गरेको छ।, सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरूले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन्। , साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियो। तीव्र रूपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।, सम्भावित जोखिमलाई मध्यनगर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लाष्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानिय राजुराम भुलले बताए।, ‘तत्कालका लागि अस्थायी तटबन्ध निर्माणले जोगाउने अपेक्षा गरेका छौं’, उनले भने, ‘त्यसपछि स्थायी तटबन्धका लागि सम्बन्धित निकायलाई गुहार्छौं।’ ,
बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन |
सेतोपाटी संवाददाता सरकारले बनाउन लागेको कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीको माग सम्बोधन नगरेको भन्दै प्रदर्शन गरिएको छ।, सोमबार माइतीघर मण्डलमा पूर्वसुरक्षाकर्मी परिषद् नेपाल, घाइते तथा अपांग सुरक्षाकर्मी संघ, एकल महिला तथा घाइते परिवार समूह लगायतको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। , उनीहरूले बहाल सुरक्षाकर्मीको हौसला बढ्ने गरी परिपूर्ति दे, सहिद सुरक्षाकर्मी अमर रहुन्, दोषीलाई उन्मक्ति दिन पाइँदैन, गम्भीर मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई कडा कारबाही गर, सुरक्षाकर्मी नरहे देश रहन्न लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।, हेर्नुस् तस्बिरहरू: सेतोपाटी,
द्वन्द्वपीडित सुरक्षाकर्मीको माग सम्बोधन नगरेको भन्दै प्रदर्शन (तस्बिरहरू) |
रासस अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ।, नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको–२ का वडाध्यक्ष जाहिर हुसेनले बताए। , वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ। , पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंं घर डुबानमा परी लाखौं रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ।, नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौं बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए।, वर्षाले–१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटरलगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताए।, वडा कार्यालय अगाडिको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखौं मूल्यको खाद्यान्न सामग्री भिजेर नोक्सान भएको मनोज अग्रवालले बताए।, रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको स्थानीय रामबहादुर विष्टले बताए। घरमा ६ फिटसम्म पानी जमेका कारण खाद्यान्नलगायत सामग्री बिग्रिएको उनले बताए।, नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको गुणराज सापकोटाले जानकारी दिए।, खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफन/कल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पुर्याएको स्थानीयको भनाइ छ। , तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमसेरले निर्माण गराएको चन्द्र नहर मुलुककै सबभन्दा पुरानो सिँचाइ प्रणाली हो। नहरको मुख्य बाँधदेखि गंगा जलीखोलासम्म निर्माण भएका करिब एक दर्जन साइफन बन्द रहने गरेको छ।,
चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा |
रासस कैलालीको गोदावरी नगरपालिका–२ को पानी ट्यांकी नजिकको सडक खण्डबाट प्रहरीले शुक्रबार बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ।, डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिकाका टेकबहादुर रावत र धिरेन्द्र रावतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए।, पक्राउ परेका यी चार जनाको मिलेमतोमा बिक्री गर्ने उद्देश्यले बाघको छाला र हड्डी ल्याउँदै गरिएको बताइएको छ।,
बाघको छाला र हड्डीसहित चार जना पक्राउ |
रासस क्यानडा पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।, क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट शेर्पालाई पक्राउ गरेको हो। , शेर्पालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ। ,
क्यानडा पठाइदिन्छु भन्दै ७ लाख रूपैयाँ ठगी गर्ने पक्राउ |
सेतोपाटी संवाददाता नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।, बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।, An Earthquake of ml 5.3 occurred around belkotgadi of Nuwakot District at 05:26 NEMRC/DMG.,@NDRRMA_Nepal, ,@NEOCOfficial, — NEMRC, Nepal (@NepalNsc) ,August 6, 2022, यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ । ,
नुवाकोटलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.