content
stringlengths 20
64.1k
⌀ |
---|
सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा काठमाडौँ। शुक्रबार अर्थात आजबाट सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ। नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ ।
सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघिय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए। प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरिएको थियो।
हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए। सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा भएकाले शहरमा मात्रै होइन् गाउँ गाउँमा सिनेमा हल खोल्नु पर्छ। साथै प्रमुख अतिथि केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सवै उत्साहित भएको उल्लेख गरे।
यस्तै काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेको सम्पुर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिए। आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्छ। त्यसले सिनेमा हल सवैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सरक्षा गर्नु पर्ने बताए।
अत्याधुनि सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ। करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालकक नरेन्द्र महर्जजले बताए। बिहिबार हलसञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फुलबारी देखाइएको थियो। दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन्। |
मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि पोखरिया। देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने गरेको देखिएको छ। बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम यो नाकाबाट बढ्दो छ।
मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर विभिन्न प्रलोभनमा पारी आफैँ विवाह गर्ने वा भारतीय नागरिकसँग विवाहसमेत गराइदिने गरेको तथ्य बाहिर आएको छ। वीरगञ्ज नाका हुँदै भारतको सीमावर्ती क्षेत्रबाट दिल्लीलगायत ठूला–ठूला सहरमा पु¥याई उनीहरूलाई जबर्जस्ती अनैतिक कार्यमा लगाउने गरिएको पनि पाइएको छ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएका नेपाल र भारतका माइती नेपाल, आस्था नेपाल, माहिर, आशिष प्रोजेक्ट, किनलगायतका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले भने प्रविधिको विकाससँगै मानव बेचबिखनका घटना बढ्दै गएको बताएका हुन्। पर्सामा बेचबिखनविरुद्धका घटनाको पछिल्लो तथ्याङ्कले पनि डरलाग्दो अवस्था देखिएको छ। पर्सामा प्रत्येक वर्ष हराएका तथा सीमानाका भएर बेचिएका मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कबाट देखिन्छ।
आर्थिक वर्ष २०७७÷७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात जना ज्येष्ठ नागरिक गरी कुल एक सय ९६ जना हराएको उजुरी प्रहरीमा दर्ता भए पनि ६१ महिला, २९ बालक, ९० बालिका र सात जना ज्येष्ठ नागरिक गरी एक सय ८७ जनामात्र फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सो अवधिमा विभिन्न प्रलोभनमा पारेर सीमानाका भएर बेचविखनमा परेका ८५ महिला, २२ बालिका र एक गरी कुल एक सय आठ जनालाई प्रहरीले उद्धार गर्न सफल भएको थियो।
त्यस्तै आव २०७८÷७९ मा यसको सङ्ख्यामा वृद्धि भई एक सय आठ महिला, एक सय ३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक गरी कुल दुई सय ९० जना पर्साबाट हराएको प्रहरीमा उजुरी दर्ता भएकामा त्यसमध्ये एक सय पाँच महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक गरी कुल दुई सय ५९ जना भने फेला परेको प्रहरी तथ्याङ्कमा छ।
त्यसैगरी विभिन्न प्रलोभनमा परेर सीमापार बेचबिखनमा परेकामध्ये एक सय ११ महिला, ४१ बालिका, ३८ बालक गरी जम्मा एक सय ९० जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार चालु आव २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा मात्रै भारतका विभिन्न स्थानबाट ५९ महिला र १४ बालिका गरी कुल ७३ जनालाई उद्धार गरी नेपाल ल्याइएको थियो।
वीरगञ्ज नाका हुँदै मानव बेचविखन हुने क्रम बर्सेनि बढ्दै गए पनि छिमेकी देश भारत र नेपालबीच मानव बेचविखनविरुद्धको नीतिमा सम्झौता नहुँदा बेचबिखनमा परेका बालबालिका, किशोर–किशोरी तथा महिला–पुरुषको उद्धारमा झन् बढी सास्ती खेप्नुपरेको सरोकारवालाले गुनासो गरेका छन्। विभिन्न नाका हुँदै छिमेकी देशमा बेचबिखनमा परेकाहरूको उद्धार गर्नेदेखि स्वदेश फर्काउन र व्यवस्थापनका लागि धेरै समय लाग्ने गरेको छ।
एटविनको सहकार्यमा संरक्षण नेपालले वीरगञ्जमा आयोजना गरेको नेपाल–भारत बाल संरक्षण मञ्चलाई प्रभावकारी बनाउन र सीमापार सहकार्यलाई सहज बनाउन मधेस प्रदेश अन्तरदेशीय अन्तरक्रिया कार्यक्रमका नेपाल र भारतका वक्ताहरूले यस्तो गुनासो गरेका हुन्।
कार्यक्रममा सहभागी नेपाल र भारतका विभिन्न जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले आफूहरूले मानव बेचबिखनका विरुद्धमा खासगरी सीमानाका नजिकै बसेर कार्य गर्दै आएको तथा बेचबिखनमा परेकाहरूको उद्धारका लागि अहोरात्र खटिए पनि बेचबिखनविरुद्ध दुवै देशको ऐनमै प्रभावकारी व्यवस्थापन नभएसम्म उद्धारमा कठिनाइ भइरहने बताएका थिए।
संरक्षण नेपालका पारस प्रसादका अनुसार सरकारको बाल हेल्पलाइन १०९८ नम्बरको सहयोगले यस आवको पुस मसान्तसम्मा ३७ बालक र १८ बालिका गरी कुल ५५ जनालाई भारतका विभिन्न सङ्घसंस्था र नेपाल प्रहरीसँग समन्वय गरी भारतका विभिन्न स्थानबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २१ बालक र सात बालिका गरी कुल २८ जनालाई पारिवारिक पुनःमिलन गराइएको र १४ बालक र २० बालिकालाई संस्थागतरूपमा पुनःस्थापना गराइएको थियो।
संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले नेपालमा १५ लाख जनसङ्ख्या बेचबिखनको जोखिममा रहेको र राष्ट्रिय मानवअधिकार आयोगबाट तयार पारिएको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन, २०७९ मा करिब ४० हजार तीन सय जना भारतलगायत अन्य देशमा बेचबिखनमा परेको बताए। मानव बेचबिखनविरुद्धको ऐन, कानुन प्रभावकारी नहुँदा भारत वा नेपाल दुवैतर्फबाट उद्धारमा खटिएकाहरूलाई नै समस्या हुने गरेको छ।
बेचबिखनविरुद्ध र उद्धारकै क्षेत्रमा कार्य गर्दै आएको आशिक प्रोजेक्टका भारतको पूर्वी चम्पारणका अभिषेक कुमारले बेचबिखनमा परेका बालबालिकाको उद्धार गरेर आफ्नो संस्थामा राख्ने गरेको तर भाषागत समस्याका कारण उनीहरूलाई आफ्नो कुरा सम्झाउन र उनीहरूका कुरा बुझ्न समस्या हुने गरेको बताए।
भारतमा बेचबिखनमा परेका वा कुनै माध्यमबाट भारतका विभिन्न सहरमा पुगेका बालबालिका तथा महिलालाई उद्धार गरी फर्काउन केही हदसम्म सजिलै भए पनि नेपालमा विभिन्न बहनामा ल्याइएका भारतका बालबालिका, किशोर–किशोरी तथा महिलालाई नेपालबाट भारततर्फ फर्काउन नेपालकै ऐन बाधा बन्ने गरेको माइती नेपालकी गोमा पौडेलले दुःखेसो गरिन्
नेपालमा महिला तथा बालबालिका बेचबिखनविरुद्धको सङ्गठन एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले भने, “खुला सिमानाको फाइदा उठाउँदै धेरैजसो नेपालबाटै बालबालिका, किशोरी, महिलामात्र नभई पुरुष पनि बेचबिखनमा पर्ने गरेका छन्। सरकारी पक्षबाट बेचबिखनमा परेका पुरुषको हकमा भने केही सोचिएको छैन। कुनै पनि सन्धि वा ऐनमा पुरुष भनेर उल्लेख गरिएको छैन।”
उनले भनिन्, “३० देखि ४० वर्ष भयो दुई छिमेकी देशहरूले मानव बेचबिखनविरुद्ध काम गर्न थालेको तर हालसम्म नेपाल र भारतबीच स्वदेश फिर्तीसम्बन्धी द्विपक्षीय सम्झौतासमेत भएको छैन। नेपालको मानव बेचविखन तथा ओसारपोसारबाट प्रभावितहरूको हेरचाह तथा संरक्षणका लागि न्यूनतम मापदण्ड पनि स्पष्ट छैन। यसबारे विभिन्न कार्यविधि तयार पारेर सुझावसहित सरकारलाई बुझाएका छौँ कार्यान्वयन गर्ने अधिकार त फेरि सरकारलाई नै छ कुरेर बसेका छौँ।”
त्यस्तै जिल्ला बाल संरक्षण कार्यालय मोतिहारीका सहायक निर्देशक ममता झाले नेपालका मानिसलाई विभिन्न बहाना तथा प्रलोभनमा भारतका विभिन्न स्थानमा पुर्याइएको अवस्थामा कार्यालयले विभिन्न सङ्घसंस्थाको सहकार्यमा उद्धार गर्ने कार्यलाई प्रभावकारी बनाइए पनि दुवै देशको नीति–नियम तथा ऐन नै बाधक बन्ने गरेको बताउँदै दुवै देशबीचको माथिल्लो निकायमै सहकार्यको आवश्यकता रहेको बताउँछिन्। उनले दुई देशबीच ऐनमार्फत नै सहकार्य हुने बाटो नखुलेसम्म हालका लागि दुवै देशका जिल्ला–जिल्लामा रहेका यस्ता विभिन्न सङ्घसंस्थामा एकरुपता ल्याई सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले मानबेचविखनविरुद्धको अभियानमा दुई देशबीच कानुनी जटिलता नै मुख्य समस्याको रूपमा रहेको बताए। उनले खासगरी नेपालबाट विभिन्न बहनामा आर्केष्टा, बालश्रम, नेटवर्किङलगायतमा बालबालिका, किशोर–किशोरी, महिला तथा पुरुष बेचबिखनमा पर्ने गरेको बताउँदै यसबारे दुवै देशका अधिकारीहरूबीच आज भएको जस्तै छलफलले सहजता प्रदान गर्ने गरेको बताए।
उनी भन्छन्, “मानव बेचबिखनविरुद्धको अभियानमा लागेका संस्था–संस्थाबीच होडबाजी चल्नुभन्दा एउटै छाता सङ्गठनको निर्माण गरी एकरुपताले कार्य गर्दा प्रहरी पनि सहकार्य गर्न तयार छ। देशको शान्ति सुरक्षासँगै बेचबिखनविरुद्धको कार्य गर्नु पनि हाम्रो दायित्व हो। तर दुवैबीच यसबारे ऐनमै सम्झौता हुन भने आवश्यक छ।” |
नारी दिवसमा नर्भिकको सौगात : फिमेल वेलनेसदेखि म्यामोग्राफीसम्म छुटैछुट काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ।
निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो।
नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म(एक साता)का लागि १५ प्रतिशत छुट दिनेछ। सो अवधिमा महिलाहरुको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ।
यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ । यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ। यी सबैखालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन(६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ। |
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु काठमाडौँ। कञ्चनपुर र नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ रिछामा से.१ त १८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ पडाउ बस्ने ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ नयाँबस्तीमा प्रदेश ३-०३-००१ प ४९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। |
तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।
त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए।
त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् ।
त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए ।
प्रत्येक पालिकामा पानीको पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उनले बताए ।
खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उनले बताए। |
इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान प्रवर्धन गर्न कलाकार दयाहाङ राई युएई जाँदै काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका बहुचर्चित अभिनेता तथा इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो समेत रहेका दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (युएई) जाने भएका छन्। ईसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान अन्तर्गत इमिरेट्स एक्सचेन्ज र ईसेवा मनिट्रान्सफरको निम्तोमा अभिनेता राई आज (मार्च ३, शुक्रबार) युएई जान लागेका हुन्।
युएई प्रस्थान पश्चात, मार्च ३ शुक्रबार राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा–३ शाखामा बेलुका ६ बजेदेखि ७ बजेसम्म, मार्च ४ शनिवार दुबईस्थित सोनापुर शाखामा बिहानको ११ बजेदेखि १२ बजेसम्म, जेबेल अली शाखामा साँझको ५ बजेदेखि ६ बजेसम्म र ग्रान्ड हाइपर शाखामा बेलुकाको ६ः३० बजेदेखि ७ः३० बजेसम्म तथा मार्च ५ आइतबारका दिन अबुधावीस्थित मफराक सेन्टरमा दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म पाल्नुहुने नेपाली रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको इसेवा मनी ट्रान्सफरले जनाएको छ।
अभिनेता राईले यस अभियान अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएका छन्। उनले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताएका छन् । साथै उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन्। साथै, उनी युएईमा कार्यरत नेपालीहरु बसोबास गर्ने विभिन्न स्थानमै गएर भेटघाट तथा डिजिटल रेमिट्यान्स सम्बन्धी अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको कम्पनीले जनाएको छ।
इसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्राउँन विभिन्न कार्यक्रम गर्नुका साथै यस अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ। मेरो डिजिटल देश योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ।
इमिरेट्स एक्सचेन्ज सन् १९८०मा स्थापित भएर यूएईमा बैंक ट्रान्सफर, अन्तर्राष्ट्रिय मुद्रा एक्सचेन्ज, मोबाइल मनी ट्रान्सफरलगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ। विगत ३ दशकभन्दा ज्यादा समयदेखि ग्राहकलाई आफ्नो मनी ट्रान्सफरलगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै यूएईमा एकदमै रुचाइएको यस कम्पनीले हाल यूएईका अधिकांश स्थानमा रहेका ३५ भन्दा बढी शाखाहरुबाट सेवाग्राहीलाई आफ्नो अमूल्य सेवा प्रदान गर्दै आइरहेको छ।
इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६८ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो। |
युएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल काठमाडौँ। इंटीरियर सम्बन्धि सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग हेफेल डिजाइन स्टूडियोको शुभारम्भ गरेको छ।
यहि फाल्गुन १८ गते गैरिधारा स्थित हाफेल सोरुममा आयोजित एक समारोहबिच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गरेका थिए।
हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नँया डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग लगायत अन्य सम्बन्धित उत्पादनहरु “रियल टाइम“ ढंगमा उपलब्ध छन् ।
उक्त कार्यक्रमा हेफेल एवं युएचएस होल्डिंगका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलता सम्पन्न का उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इंटीरियर डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए। त्यसैगरी , उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरु प्रति पनि प्रतिवद्ध रहेको जानकारी दिए।
“हामी हेफेल जस्तो इंटीरियर सेवाको लागि अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्राण्डसँग आवद्ध हुनपाउँदा हर्षित एवं गौरवान्वित छौ, युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपान भन्छन्। नँया हेफेल डिजाइन स्टूडियो ग्राहकहरुलाई नवीनतम उत्पादनहरु प्रदान गदै उनीहरुको जीवनशैलीलाई नँया उचाईमा पुर्याउन मद्दत गर्नेछ।
युएचएस होल्डिंग उच्चस्तरीय वाथरुम , सिलिङ्ग र रेलिङ्ग फर्निचर लगायतका इंटीरियर सम्बन्धि उत्पादनहरु प्रदान गरिरहेको छ। |
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा लमजुङ। सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो। अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो।
माथिबाट झरेको ढुङ्गा माटा डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।
उनका अनुसार बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ । दिनहुँजसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ।
पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन। यस पहिरो मर्मत गर्नका लागि रु २० करोडमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ। हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन्।
यस सडक अवरुद्धका कारण उनीहरुलाई समेत समस्या हुने गर्दछ। यस सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरामा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ। |
मुग्लिन-पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राति ४ घन्टा बन्द हुने तनहुँ। मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ।
तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।
फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ।
‘१० दिनसम्म राति १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सूचनामा भनिएको छ। |
आजको मौसमः काेशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाकाे पूर्वानुमान काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा को सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
उता राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले जनाएकाे छ। |
मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको अख्तियारको टोलीले नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ । |
जीपको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु सिन्धुली । सिन्धुलीमा आज दिउँसो जीपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो ।
बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । |
लागुऔषधसहित ७ जना पक्राउ काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–१ माथिल्लो करेलीबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका–१ चिसापानी बस्ने २२ वर्षीय दिपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै झापाको कन्काई नगरपालिका–३ कोटिहोमबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र शिवसताक्षी नगरपालिका–८ शित्तल चोक बस्ने २६ वर्षीय मदन विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा बिर्तामोड नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका(७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका–२ बस्ने २० वर्षीय शिव शंकर यादव रहेका छन् ।
लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान कञ्चनपुर । कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक–पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।
उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुरमा पुर्पक्षका लागी कारागार पठाएको हो । |
आफ्नै साथीलाई नेपाल बोलाएर यौन धन्दामा लगाएको आरोपमा युगाण्डाकी किशोरी पक्राउ काठमाडौं । आफ्नै देशको नागरिकलाई नेपाल बोलाएर यौन धन्दामा संलग्न गराएको आरोपमा अफ्रिकी मुलुक युगाण्डाकी एक किशोरी पक्राउ परेकी छिन् । युगाण्डामा रहेका आफ्नी साथीलाई काठमाडौंमा बोलाई यौनधन्दामा लगाएको आरोपमा युगाण्डाकै अर्की किशोरी पक्राउ पक्राउ परेकी हुन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले दिएको जानकारी अनुसार नताशा भनिने एमाकुलेट नाबासुम्बालाई पक्राउ गरिएको छ । काठमाडौमा आकर्षक रोजगारी पाइने, रेष्टुरेण्टमा वेट्रयर्स,क्लिनर्सको काम गर्दा अमेरिकी डलर ५ देखि ७ सय सम्म बचत गर्न सकिने भन्दै आफ्नै साथीलाई बोलाएर यौन धन्दामा संलग्न गराएकी थिइन ।
ब्यूरोका प्रवक्ता कृष्णप्रसाद पंज्ञेनीका अनुसार काठमाडौमा बोलाउने किशोरी युगाण्डमा पनि यौन व्यवशायमा संलग्न रहेकी थिइन । उनीहरु दुवै युगाण्डामा एक ठाउँका बासिन्दा पनि हुन् । उनका अनुसार नताशको प्रलोभनमा परी पीडित महिला गत जनवरी २८ मा नेपाल आएकी थिइन । नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्दै आएकी हुन ।
नेपाल बोलाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मूलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको भन्दै प्रहरीका उजुरी दिएपछि मानवबेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको थियो । ती किशोरीलाई दिनकै ५–७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप लगाइएको छ । |
डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते जनही एक लाख काठमाडौँ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ। यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन्। यसै क्रममा भिमसेन थापा गाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैयाँ जितेका छन्।
डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए। डिशहोमको तर्फ वाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन्।
विजेताहरुलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ। लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाईलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ। |
जुवातास खेलीरहेको अवस्थामा २२ जना पक्राउ काठमाडौँ। ईलाम, देउमाई नगरपालोका-४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ८ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
झापा, अर्जुनधारा नगरपालिका-६ युनिक टोल बस्ने जनक पाण्डेको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल बेघासमेत १८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय रुपैँया र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
स्रोत नखुलेको ७ लाखबढी भारतीय नगदसहित दुई जना पक्राउ मोरङ। स्रोत नखुलेको ७ लाखबढी भारतीय नगदसहित दुई जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ७ लाख २० हजार भारतीय नगदसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमार रहेका छन्। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रूपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान काठमाडौँ। राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौँमा थप पाँच स्थान तोकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको हो।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरका अलावा नारायणहिटी दरबार परिसर, राष्ट्रियसभागृह, विभागकै परिसरमा आवेदन दिन सकिनेछ।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ। यस्तै, जिल्ला प्रशासन कार्यालय लतिपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र मधेश प्रदेशका सप्तरी, सर्लाहीका जिल्लाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नारायणहिटी दरबार परिसरमा कोसी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतटहका सेवाग्राहीले आवेदन दिनसक्ने व्यवस्था मिलाइएको महानिर्देशक पण्डितले जानकारी दिए। यस्तै विभाग परिसरमा नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीले आवेदन दिनसक्नेछन्।
त्यस्तै, राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा राष्ट्रसेवक कर्मचारीका परिवारले आवेदन दिन सक्नेछन्। हाल देशैभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालय र ४२ वटा इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दिन सकिन्छ।
परिचयपत्रको विवरण प्रविष्ट गर्नका लागि नागरिकताको प्रमाणपत्र, बसाइँसराइ गरी आएकाको हकमा बसाइँसराइको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र कर्मचारी भए कार्यालयको सिफारिश र पूर्व कर्मचारी भए पेन्सन पट्टा आवश्यक पर्नेछ।
राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरणको कामलाई प्रभावकारी बनाउन र गति दिन प्रधानमन्त्री दाहालको निर्देशनपछि विभागले तदारुकता देखाएको छ। गृह मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री दाहालले नै सम्हाल्नु भएको छ। |
तीन वर्षीया छोरीको हत्या आरोपमा बुबा पक्राउ बाग्लुङ । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआरोपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । |
मुगुमा ६१ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर मुगु। विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पुर्याउने सरकारको लक्ष्य छ।
अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंखया विजुलीको पहुँचमा छ। २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो।
मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ। जसमा मुगुमा २६ हजार ३०० जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ। विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरुले बताएका छन्।
मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन।
बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहँुचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए। यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ।
उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगूम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। यस्तै सोरु गाउँपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउँमा मात्र विद्युत् रहेको छ भने जम्मा ३०० जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाइएको छ।
खत्याड गाउँपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन् भने २३ हजार जनसंख्या अझै विद्युतको पहँुचभन्दा बाहिर रहेको खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए।
राष्ट्रिय प्रसारण लाइनले छोएन
कर्णालीका मुगु, हुम्ला र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइनले छोएको छैन। कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले जानकारी दिए।
विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णाली बासिका बालबालिका, महिला, ज्येष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको उनको तर्क छ। |
कतारबाट फर्किएर कफी व्यवसाय पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाएका थिए । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ ।
यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आएका छन् । उनले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गरेका हुन् । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताए ।
“सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटक रोकिने गर्नुभएको छ”, उनले भने, “विदेशी ग्राहकलाई मैले आफैँ उत्पादन गरेको जैविक कफी हो भनेपछि उनीहरू जिज्ञासु र उत्साहित हुन्छन्, कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।”
होटेल म्यानेजमेन्ट विषय पढ्दै गर्दा पैसा कमाउने हुटहुटीले पढाइ छाडेर कतारको यात्रामा लागेका देवकोटा दुई वर्षको बिचमै स्वदेश फर्किए । आफ्नै बाँझो जग्गा जमिनमा सहजै फलाउन सकिने कफी कतारका ठूला क्याफेमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीको भीड देखेपछि देवकोटालाई स्वदेश फर्कन प्रेरित गरेको थियो ।
“म पोखराको बरिस्टामा कफी बनाउने तालिम लिएर कतार गएको थिएँ, अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरलाई नजिकबाट नियाल्ने र काम गर्ने अवसर पाएँ”, उनले भने, “कतार जानुअघि नै लुम्लेमा कफी उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको कुराले हरेक दिन दिमागमा हान्न थाल्यो, भिसा बाँकी रहँदै देश फर्केर आफ्नो र भाडामा लिएको १५ रोपनी जमिनमा कफी खेतीको सुरुवात गरेँ ।”
सामान्य परिवारमा हुर्केका देवकोटाका बुबा अहिले पनि विदेशी मुलुकमा श्रम गर्दै आएका छन् । छिट्टै बुबालाई पनि स्वदेश फर्काउने उनको चाहना छ । आमाले छोराको कफी यात्रालाई पूर्ण रूपमा सघाउँदै आएका छन् । “नर्सरीमा उत्पादन भएका बिरुवादेखि प्रशोधनसम्मको काममा आमाले सघाउनुहुन्छ”, देवकोटाले भने, “मैले क्याफे सञ्चालनदेखि कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्राण्डिङमा काम गर्छु ।”
देवकोटालाई आफूले उत्पादन गरेको कफी बजारमा राम्रो मूल्यमा बिकोस् भन्ने चाहना थियो । उनी धेरै ठाउँमा कफी बेच्न पुगे । उनले दुःखअनुसारको मूल्य कहीबाट नपाएपछि आफ्नो जग्गामा उत्पादित कफी प्रशोधन गर्ने र क्याफेसमेत सञ्चालन गर्ने निर्णय गरे । पहिले गुड्ने क्याफे सञ्चालन गर्ने सोच बनाउनुभएका उनले भनेजस्तो सस्तो मूल्यको सवारीसाधन फेला नपरेपछि सजिलै उचालेर सार्न सकिने कन्टेनरमा क्याफे स्थापना गरेका हुन् ।
“नेपालमा कफी संस्कृति बढिरहेको अवस्थामा स्थानीय कफीले सही मूल्य नपाउँदा कृषकले कफी खेतीमा चासो नदिएको देखिन्छ”, उनले भने, “नजिकै गाउँहरूमा कृषकले लगाएको कफीसमेत खरिद गर्दै आएको छु, उहाँहरू मैले दिने मूल्यमा खुसी हुनुहुन्छ, कृषकलाई बचाउन सकेमा मात्रै सहरका क्याफेमा गाउँको जैविक कफी पिउन पाइन्छ भन्ने हो ।”
देवकोटाको क्याफेमा स्थानीय कफीबाट बन्ने पेयपदार्थको स्वाद लिने मुख्य ग्राहक भनेका राजमार्गमा गुड्ने यात्रु नै हुन् । विदेश त्यागेर आएका देवकोटालाई गाउँमा बसेर कफी बेच्नुभन्दा पोखरामा गएर राम्रै क्याफे सञ्चालन गर्न सल्लाह दिने प्रशस्तै भेटिन्छन् । उनलाई अहिलेसम्म गाउँ छाडेर कतै जाने रहर आएको छैन ।
आफ्नै घरमा बसेर कफीका बिरुवा हुर्काउन पाउँदाको आनन्द आफूले अन्त कतै नपाउने देवकोटा बताउँछन् । “हाम्रो कफी बजारभन्दा फरक भएरै होला दिनप्रति दिन ग्राहकको सङ्ख्या बढ्ने गरेको छ”, उनले भने, “कफी पारखीहरूले कफीको कपमा स्वाद मात्र भेट्दैनन् त्यहाँ खुसी र माया पनि भेट्ने गर्छन् ।” |
जग्गा बन्धकीमा लिएर सामूहिक खेती तनहुँ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ ।
संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए ।
वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उनले बताए । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताए ।
वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, धान र तरकारी खेती गरेर राम्रो उत्पादन गर्दै आएको संस्थाकी सचिव देउमाया थापाले बताए । स्थानीय केशीमाया आलेले आफ्नो प्रशस्त जग्गा नहुँदा बिहान बेलुकाको छाक टार्न पनि धौधौ भएको अवस्थामा सामुदायिक वनले जग्गा उपलब्ध गराएर ठूलो राहत प्रदान गरेको बताए ।
यसवर्ष आलुखेतीबाट एक घर परिवारले ८० किलो आलु पाएको उनले बताए । मङ्सिरे र चैते धान गरी वर्षमा एक जनाको भागमा करिब १७ मुरी धान पाउँदा घर परिवार चलाउन सहज भएको उनले जानकारी दिए। स्थानीय राममाया विक र कलावती परियारले पनि आफ्नो जग्गा नहुँदा परिवार पाल्न कठिनाइ हुँदै आएकामा अहिले जग्गा पाएपछि खेती गरेर परिवार पाल्न सजिलो भएको बताए । उक्त सामुदायिक वनले समाजमा उदाहरणीय कार्य गर्दै आएको छ । |
एक्साइडको नँया इ–रिक्सा ब्याट्री, १५ महिनाको वारेन्टी काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ। एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो।
विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ। साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन्।
यसैगरी, यिनीहरुमा “रगेड ट्युवलर पोजिटिभ प्लेट“ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ। आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क छ।
कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। |
एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब फेला धनगढी। एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ। कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको हुन्।
डीएसपी चन्दका अनुसार उनीहरू दुवै जना छिमेकी हुन्। बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए। के कारणले दुबै जना रुखमा झुन्डिएका हुन ? त्यसवारे केही नखुलेको प्रहरीले जनाएको छ।
दुबैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। |
विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो।
मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डले जनाएको छ।
अत्यावश्यक सवारी साधन भने उक्त समयमा पनि सञ्चालन हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। उनले भने,“राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले हाललाई दश दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको हो।”
मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ। आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ। दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ। सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशङ्का उब्जिएको छ।
पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५ दशमलव पाँच प्रतिशत छ । सुवेदीका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत पोल स्थानान्तरण नहुँदा काम सुस्त छ।
त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । यो खण्डमा पनि कामको गति सुस्त देखिएको छ। यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ।
पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन्। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको काम गर्ने म्याद २०८१ वैशाखसम्म छ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको काम गर्ने म्याद २०८१ भदौसम्म रहेको छ। विसं २०२६ मा रेखाङ्कन भएकोउक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। – रासस |
थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन मकवानपुर। थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन्। कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो।
काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। यसअघि काठमाडौँबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो।
भीमफेदी–कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई चित्लाङ–थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए।
केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौँ एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट–चित्लाङको सडकमार्गबाट आजदेखि आगामी चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ।
काठमाडौँबाट हेटौँडा र हेटौँडाबाट काठमाडौँतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए। |
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै रेसुङ्गा। गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्।
रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ।
नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्। “हामी त बाध्य भएर यसरी पढाउँदै छौँ”, उनले भनिन्, “विद्यार्थीलाई पढ असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।”
दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ। सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्। आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ।
पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए। नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन्। कूल रु ५० लाखको लागतमा भवन बनाइँदैछ। |
आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो ढाेरपाटन। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो।
त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।
औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन्। आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनी बताउँछन्।
ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन्। उनी भन्छन्, “आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ।”
धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४, आव २०७७७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन्।
चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले जानकारी दिए। सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन्।
भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मङ्सिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन्।
औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन्। अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायले जानकारी दिए।
आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनी बताउँछन्।
पछिल्लो समय दैनिक ३०/३५ बिरामी औषधालयमा आउने गरेको डा रायको भनाइ छ। स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उनले बताए।
उनी भन्छन्, “अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ।” जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ। रासस |
आजको मौसमः तीन प्रदेशमा चट्याङसहित बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
उता राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ। |
मर्स्याङ्दीमा नुहाउने क्रममा बगेर एक कामदार बेपत्ता लमजुङ । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए ।
तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।
काम गरेर मंगलबार साँझपख घर फर्किने क्रममा मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताए । उनका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन । |
विद्युत् चुहावट गर्ने आठ जना पक्राउ वीरगञ्ज। हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ।
चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, जिराभवानी गाउँपालिका सखुवनियाका रामशरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलाका ब्रह्मान्द महतो थारु, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगरमियाँ अन्सारी रहेको रहेको वितरण केन्द्र पोखरीयाका प्रमुख जगन्नाथ झाले जानकारी दिए।
सो क्रममा एक थान फ्रिज, पङ्खा र मोटर बरामद गरिएको प्रमुख झाले बताए। |
रोजगार बन्दै कारागारका कैदीबन्दी सुर्खेत। सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन्। विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन्।
कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए। उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ।’
आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए। एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ। कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ हुने भएपछि बजारको मागअनुसार पुर्याउन गाह्रो भएको उनले बताए।
‘एउटा मुडाबाट २ देखि ३ सयसम्म आम्दानी हुन्छ‚’ उनले भने‚ ‘जेलभित्र खाली बस्नुभन्दा शिप सिकेर मासिक ३ देखि ४ हजारसम्म आम्दानी हुँदै आइरहेको छ।’ कारागार निकै जीर्ण र साँघुरो हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ।
कारागारलाई सजाय काट्ने स्थलसँगै शिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार नै कैदीबन्दीलाई शिपमूलक तालिम प्रदान गर्दै आइरहेको सल्यान कारागारका प्रशासन प्रमुख राजन कँडेलले बताए।
‘लामो समय कारागारमा बसेकालाई समाजमा फर्कउँदा कुनै पनि काम गर्न सहज होस् भन्ने उद्देश्य हामीले लिएका छौं‚’ उनले भने। यसबाट उनीहरुलाई कैद भुक्तान गरी घर फर्कंदा समाजमा पुनःस्थापना हुन सहज हुने कँडेलको भनाई छ।
कारागारमा १५ महिला र १२० पुरुष गरी १३५ कैदीबन्दी रहेका छन्। आमाको संरक्षणमा ३ बालबालिका रहेका छन्।
|
कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला गण्डकी। पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ।
वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिए।
कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती गर्दै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु जरुरी रहेको बताए।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषि क्षेत्रमा गरिने मेला तथा प्रदर्शनीले कृषकको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताए।
खाली जग्गा राख्नुभन्दा त्यसमा उत्पादनका लागि अर्कालाई खेती गर्न दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए।
पोखरा महानगरपालिका–१३ कृषि सञ्जालका अध्यक्ष नरेन्द्र अधिकारीले कृषक उत्पादनको मूल्य नपाउँदा समस्यामा पर्ने गरेको बताए। वडाभित्रका ४० प्रतिशत जग्गा अझै बाँझो रहेको बताउँदै उनले कृषिमा आकर्षण हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
प्रदर्शनीमा पुतली तरुल, कान्छी चैतेजस्ता लोपोन्मुख प्रजातिका कृषिजन्य उत्पादनसहितका सामग्री राखिएको छ।
मेलाकै अवसरमा रैथाने बालीका परिकारको प्रदर्शनीसहित माटो परीक्षण तथा बाली उपचार शिविर पनि आयोजना गरिएको छ। मेला विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीलाई पनि अवलोकन गराइएको थियो। |
एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ चितवन। भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन्।
भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौँ लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको उनले बताए। बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए।
यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। |
नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन्।
आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे। नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ। |
सडकमै ट्राफिक प्रहरीको सुरक्षा सचेतना कार्यक्रम काठमाडौं । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको जानकारी दिए ।
ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैँसेपाटीमा दुईजना चालकलाई सडक सुरक्षा सचेतना दिइएको हो ।
कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना तथा त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको प्रवक्ता भट्टले बताए । यस्तै, तीव्र गति, आरक्षण सिट, रातोबत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको सो कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको छ । |
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। झापा, कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना.४ च ४५२५ नम्बरको कारको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन्। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा स.५ प ७८८ नम्बरको मोटरसाईकल र प्र-१-०१-००१ ख. ४१७१ नम्बरकलो ट्रक एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ३१ वर्षीय बिनोद तिमल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङ, धुनिबेंशी नगरपालिका-९ रुपाकोटस्थित सडकमा प्र.३-००१ क. ६४५६ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक सोही नगरपालिका-५ बद्रीटार बस्ने २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको छ। निर्माणाधिन सडक भाँसिएर सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना हुदाँ गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। सहचालक समेत २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ स्थित सडकमा रा. १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो।
अटोमा सवार घाईते भएका एकजनाको राप्ती पोलिक्लिनिक तुलसीपुरमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
इलाम कारागारमा मदिरा सेवन गरी जुवातास खेलेको विषयमा छानबिन गर्न समिति गठन इलाम । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।
समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।
सो समितिले काम थालिसकेको संयोजक थापाले बताउनुभयो । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।
कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ ।
जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गरे । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताउनुभयो । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन् । |
सात महिनामा ४७ दुर्घटना, २२ को मृत्यु मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ। यस अवधिमा एक सय ४८ घाइते भएका छन्। तीमध्ये ६१ गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङकले देखाएको छ।
प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा मङ्सिर महिनामा सवारी दुर्घटना धेरै भएको छ। यस्तै दुर्घटनाबाट सबैभन्दा धेरै पनि सोही महिनामा आठ जनाले ज्यान गुमाएका छन्। क्रमशः साउनमा तीन जना , भदौ, असोज र माघमा एक/एकजना, कात्तिकमा छ जना र पुसमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा एक सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए । भने दुई सय २० जना घाइते भएका थिए । २०७८/७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएको सूचना अधिकारी पाठकले बताए।
“जिल्लामा साढे दुई वर्षमा दुई सय ६५ वटा सवारी दुर्घटना भएका छन्। यो अवधिमा एक सय नौ जनाले सवारी दुर्घटनामा परी ज्यान गएका छन्, छ सय १६ जना घाइते भएका छन्”उनले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व) गण्डकी प्रदेशकै सबै भन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला हो। यहाँ सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।
“जिल्ला प्रहरी कार्यालयले रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तक्र्रिया कार्यक्रम, कृतिम सडक दुर्घटना उद्धार तथा व्यवस्थापन सिमुलेसन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङलगायतका अभियान सञ्चालन गरिरहेका छौँ”उनले भने।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सक्रियताका कारण दुर्घटना सङ्ख्या र मृतक सङ्ख्या गत वर्षको भन्दा अहिले घटेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पछिल्ला दिनमा सडक सुरक्षा नेपालका लागि चिन्ताको विषय बनेको छ। दश वर्षमा सडक यातायातको विकासमा उल्लेख्य प्रगति भएको देखिन्छ।
खासगरी सङ्घीयतापछिको पाँच वर्ष स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक निर्माण पर्यो। देशभर करिब एक लाख किलोमिटर सडक सञ्जाल छ। तीमध्ये झण्डै ७० प्रतिशत धुले सडक छन्। नेपालमा दुई करोडभन्दा बढी सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायात भद्रगोल र अस्तव्यस्त छ।
अधिकांश सार्वजनिक सवारीसाधन वातावरण र दुर्घटना जोखिमका हिसाबले चलाउनयोग्य छैनन्। २०औँ वर्षदेखि चलिरहेका सवारी साधन पनि विस्थापन गर्न सकिएको छैन। सार्वजनिक यातायात सुधारको विषयमा कसैको पनि प्राथमिकतामा नपरेको हुप्सेकोटका हुमन पाण्डेको बुझाइ छ। |
जुवाखालबाट नगद ६ लाख ५२ हजारसहित ३७ जना पक्राउ काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ६ लाख ५२ हजार ११० रुपैयाँसहित ३८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं, महानगरपालिका-९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
स्वादका लागि चर्चित बागलुङको आलु बागलुङ । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ ।
ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् ।
आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउँछिन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।
ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् ।
बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ । पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।
बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । “आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्”, व्यवसायी अर्जुन चोखालले भने, “स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।”
पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । “पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ”, थोक बिक्रेता गोपाल कँडेलले भने, “बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।”
उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए। ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् ।
स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए । “स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन”, सापकोटाले भने, “पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।” स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बेँसीमा फलेको आलुको पनि उत्तिकै माग छ ।
अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्याङ्क छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्याङ्क छ । प्रतिकिलो रु ३० मा मात्रै बेच्न सक्दा किसानले रु एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए ।
उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छ सय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए । “बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ”, भट्टराइले भने, “राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।”
ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए ।
आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।
आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए ।
“जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तत्थ्याङ्क राखिएको छ”, पुनले भने, “बजारमा आलुको मूल्य रु ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।” तथ्याङ्कका लागि किसानले रु ३० मात्र पाएको रेकर्ड बनाए पनि रु एक अर्ब ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए । |
यान्त्रिक हलोको प्रयोगले गोरु पाल्ने प्रचलन हराउँदै पर्वत । एक दशक अघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किने । उनले त्यसपछि गोरु पाल्ने झनझट गरेनन्।
कुस्माकै किसान विष्णु भुँवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको नौ वर्ष भइसकेको छ । अचेल जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर ट्रिलर, ट्र्याक्टर प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१/७२ देखि यान्त्रिक हलो भित्र्याएर किसानलाई अनुदानमा वितरण सुरु गरेपछि यहाँ बिस्तारै गोरु पाल्ने चलन हराउँदै गएको हो ।
तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत (हाल गण्डकी प्रदेश कृषि निर्देशक) वासुदेव रेग्मीका अनुसार कृषि कार्यालयले आव २०७४÷७५ सम्म पाँच सय यान्त्रिक हलो वितरण गरेको थियो । कृषि ज्ञान केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार आव २०७५/७६ यताका चार वर्षमा केन्द्रले एक हजार तीन सय यान्त्रिक हलो वितरण गरिसकेको छ ।
यसबाहेक स्थानीय सरकारले पनि कृषिमा विनियोजन हुने अधिकांश रकम यान्त्रिक हलोमै खर्चने गरेका छन् । जिल्लाका सातवटै पालिकाले बर्सेनि दुई सय हाराहारीमा यान्त्रिक हलो वितरण गर्ने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले बताए ।
त्यसबाहेक विभिन्न परियोजना, विभिन्न गैरसरकारी संस्था, दातृ निकायले समेत अनुदानमा यान्त्रिक हलोलाई नै प्राथमिकतामा राखेको पाइएको छ । जिल्लामा ५३ हजार छ सय ८६ हेक्टर जमिनमध्ये २८ हजार पाँच सय ९३ हेक्टर खेतीयोग्य जग्गा छ । पछिल्लो दशक खेतीयोग्य जमिन मासिँदै जाँदा करिब २४ हजार हेक्टरमा मात्रै खेती हुँदै आएको छ । भइरहेको खेतीयोग्य जमिनमध्ये पनि झन्डै सात हजार हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
यान्त्रिक हलोका कारण थोरै जनशक्तिले अधिक क्षेत्रफलमा खेती लगाउन सहज भएको कृषक बताउँछन् । गाउँघरमा कृषि मजदुर नपाइने, कम समयमा धेरै खेती गर्न नसकिने, आवश्यक परेका बेला हलगोरु नपाइने, साँघुरा सुर्कामा खनजोतका लागि बाउसेको अभावलगायत समस्यालाई यान्त्रिक हलोले हटाएको कुश्मा–१२ का कृषक रामप्रसाद सापकोटाले बताए। कृषिको यन्त्रीकरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुन थालेको उनको भनाइ छ ।
पूर्वकृषि प्राविधक सुवेदीले गाउँघरमा गोरु पाल्न छोडेपछि दाइँ हाल्ने गोरुको अभावदेखि गोबर मलको अभाव हुन थालेको बताए । प्रतिरोपनी साढे तीन मुरीसम्म धान उत्पादन हुने खेतमा प्राङ्गारिक मलकै अभावमा उत्पादकत्व ४० प्रतिशतसम्म घटेको उनले बताए ।
व्यावसायिक खेती गर्दै आएका कुस्मा–८ का भुवाँजीले पनि बेमौसमी तरकारी उत्पादनमा ह्रास आउनाका साथै रोग, कीराको प्रकोप पनि बढेको बताए । “गाईवस्तुको मल र पिसाबले उत्पादनमा निकै सहयोग गथ्र्यो”, उनले भने, “अहिले मलदेखि विषादीसम्म रासायनिक नै प्रयोग गर्दा असर परेको छ ।”
रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा प्रयोग गर्दा त्यसले माटोमा समेत गम्भीर असर पारेको कृषि ज्ञान केन्द्र प्रमुख मनिता थापाले बताइन् । थापाका अनुसार अहिले जिल्लामा झन्डै ३० प्रतिशतको हाराहारीले मात्र गोरुमार्फत खेतबारी खनजोत गर्दै आएका छन् । बाँकी सबैले यान्त्रिक हलोकै प्रयोग गर्ने गरेको थापाले बताइन् । खेतबारीमा यान्त्रिक हलोको प्रयोगपछि माटोमा अम्लियपनाको मात्र वृद्धि भएको उनको भनाइ छ । |
भन्सार छली ल्याएको नक्कली सुनका गहना बरामद काठमाडौँ। भन्सार छली ल्याएको नक्कली सुनका गहना प्रहरीले बरामत गरेको छ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट मंगलबार (फागुन १६ गते) करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो। बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ। |
बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट वीरगन्ज। होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ।
सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो। वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको वीरगन्ज महानगरपालिकाका खाद्य अधिकृत विपीनलाल दासले जानकारी दिए।
पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एण्ड सप्लायर्स, श्री श्याम ट्रेडर्स, बालाजी ट्रेडर्स, सिद्धिदाता ट्रेडर्स, वर्णबाल जेनरल सप्लायर्स, गहवामाई सप्लायर्स र श्री गढीमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको खाद्य अधिकृत दासले बताए। |
७० प्रहरी निरीक्षकको काज सरूवा (सूचीसहित) काठमाडौं। प्रहरी प्रधानकार्यालयले ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा गरेको छ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एक वर्ष समय अवधि पुगेका सबैलाई काज सरुवा गरेका हुन्। इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ।
|
आजको मौसम: देशको पहाडी भू-भागमा हल्का वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनका महाशाखाले अनुरोध गरेको छ। |
बागलुङमा भिरबाट लडेर बालिकाको मृत्यु ढोरपाटन। बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ। बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो।
मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्। शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ। |
दुई सय ग्राम ब्राउन सुगरसहित धनगढीबाट एक नियन्त्रणमा कैलाली । धनगढी उपमहानगरपालिका– ९ त्रिवेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
उनी माथी थप छानबिन भईरहेको छ । |
‘नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने’ दाङ। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकको महत्त्वपूर्ण जिम्मेवारी हुने बताएका छन्।
नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी वार्डको संयोजनमा आज घोराहीस्थित रणसिंह दल गणमा आयोजित नेपाली सेना भूपूसैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले समाजमा उदाहरणीय रूपमा प्रस्तुत भई नेपाली सेनाको प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकलाई अनुरोध गरे।
उनले नेपाली सेनाको संस्थागत हितलाई सदैव ध्यान दिई सैनिक सेवामा प्राप्त ज्ञान, सीप र अनुभवका आधारमा जनताको सेवामा सकारात्मक योगदान पुर्याउन अनुरोध गरे।
कुनै पनि राजनीतिक पार्र्टीसँग आबद्ध नभई संविधान र कानूनबमोजिम अहोरात्र खटिरहेको नेपाली सेनाप्रति हुने गरेको नकारात्मक टीकाटिप्पणी र झुठा समाचार सम्प्रेषण हुने गरेकोमा दुःख व्यक्त गदै उनले सेनाको मनोबल घटाउने त्यस्ता अवाञ्छित क्रियाकलापप्रति सचेत रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।
प्रधानपति शर्माले सूचना प्रविधिको विकाससँगै त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै सत्यतथ्य र आधिकारिक सूचना र समाचारका आधारमा सेनाप्रतिको धारणा बनाउन अनुरोध गरे।
उनले विसं २०३२ देखि सुरु भएको शान्ति मिसन कार्यक्रमबाट रकम प्राप्त भई स्थापना भएको कल्याणकारी कोषमा अहिले रु ७३ अर्ब १३ करोड रहेको जानकारी दिए।
विभिन्न तह र पदका गरी छ हजार पाँच जना नेपाली सेना शान्ति स्थापना अभियानअन्तर्गत विभिन्न देशमा कार्यरत रहेको बताउँदै उनले कल्याणकारी कोषबाट आयआर्जन हुने रकम सैनिक परिवारको शिक्षा, स्वास्थ्य उद्यमशीलता कार्यक्रममा लगानी भइरहेको स्पष्ट गरे।
सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्यसहित रोजगारी सिर्जनाका क्षेत्रमा अहिलेसम्म रु आठ अर्ब लगानी भइसकेको उल्लेख गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक र आश्रित परिवारलाई ध्यानमा राखेर समयसापेक्ष एवं परिष्कृत कार्यक्रम सञ्चालन गर्ने लक्ष्यलाई निरन्तरता दिइने स्पष्ट गरे।
नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले शिक्षा, स्वास्थ्य सीपमूलक तालिमका लागि सहयोग गर्दै आएको बताए।
अवकासप्राप्त सैनिकका तर्फबाट रथी नेपालभूषण चन्दले हरेक तीन वर्षमा हुने यस किसिमको सम्मेलनबाट भूपूसैनिक र आश्रित परिवार एवं नेपाली सेनाबीचको सम्बन्ध अझ प्रगाढ र जीवन्त हुने विश्वास व्यक्त गरे।
बलाध्यक्ष रथी सीताराम खडकालेले कल्याणकारी कोषको रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी प्राप्त आयस्रोतबाट अवकासप्राप्त सेना र आश्रित परिवारको शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा सहयोग उपलब्ध गराई आर्थिक तथा सामाजिक जीवनस्तर सुधारको पक्षमा नेपाली सेना रहेको स्पष्ट गरे।
त्यस्तै सोही कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महासचिव श्यामसुन्दर घिमिरेले अवकासप्राप्त सेनाको शिक्षा, स्वास्थयलगायतका क्षेत्रमा नेपाली सेनाबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै आउँदा दिनमा अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
नेपाली सेना कल्याणकारी बोर्ड र हिताधिकारी केन्द्र एवं नेपाली सेनाको स्थानीय युनिटमार्फत अवकासप्राप्त सैनिक एव आश्रित परिवारलाई सहयोग उपलब्ध गराइने व्यवस्था रहेको नेपाली सेनाले जनाएको छ।
सोही कार्यक्रमा प्रधानसेनापति शर्माले नयाँ गोरख गणबाट अवकासप्राप्त प्यूठानका ज्येष्ठ पूर्वसैनिक करिब ९० वर्षीय हुकुम बहादुरखत्री र गुल्मीकी ज्येष्ठ एकल महिला ९२ वर्षीया सावित्रादेवी थापालाई अभिनन्दन गरे।
उनले बहालवाला तथा पूर्वसैनिक र हिताधिकारी गैरसैनिक नागरिकबाट अशक्त सात जनालाई ह्वील चेयर र तीन जनालाई वैशाखी वितरण गरे। साथै उनले पाँच महिला उद्यमीलाई कर्जा रकमको चेक हस्तान्तरण गरे।
कर्जा रकम प्राप्त गर्नेमा पूर्वसैनिक परिवार प्यूठान नगरपालिका–७ रामचन्द्र श्रेष्ठकी श्रीमती सुशीला श्रेष्ठ, राप्ती गाउँपालिका–४ दाङका रेशमा गिरी, राप्ती गाउँपालिका–१ का कल्पना पछाई, प्यूठानका प्रतीक्षा विक र तुलसीपुर उपमहानगरपालिका–१७ का नम्रता चौधरी रहेका छन्।
प्रधानसेनापति शर्माले दुई सर्वोत्कृष्ट उद्यमीलाई पनि सम्मान गरे । सम्मानित हुनेमा घोराही–१८ निवासी अवकासप्राप्त स्व दिनेश गिरीकी श्रीमती करमला गिरी र सल्यान जिल्ला बागचौर नगरपालिका–२ निवासी अवकासप्राप्त सैनिक झक्कु बस्नेत रहेका छन्। उनले चार सन्ततीलाई सेवा गर्न प्रेरित गराउने मातापितालाई पनि सम्मान गरे ।
लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्यूठान, पूर्वी रुकुम र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुमका गरी एक हजार ३९ भूपूसैनिकको सहभागिता रहेको थियो।
सो अवसरमा श्री १९ नम्बर बाहिनी अड्डाअन्तर्गत सम्पूर्ण युनिटले जिल्लागत विशेषको झाँकी प्रदर्शन गर्नुका साथै सैनिक गान नृत्य, स्थान विशेषको सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए। |
चार दिनदेखि सम्पर्कविहीन युवक मृत फेला तनहुँ । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मस्र्याङ्दी नदीमा मृत फेला परेका हुन् । सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ । |
२८५ किलो गाँजासहितको गाडी छाडी ड्राईभर फरार सुनसरी । करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सवारी चालकको खोजी कार्य जारी छ ।
हरिनगर गाउँपालिका– ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको हो ।
सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सबारी चालक सो गाडी रोक्ने वित्तिकै गाडी छोडेर भागे पछि खोजी कार्य जारी राखिएको हो ।
सशस्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । |
गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरेका छन् ।
नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
उनले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिए । उनले भने, “परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।” उनले सचेत बनेर काम गर्न सुझाव पनि दिए ।
उनले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिए । मन्त्री किरातीले समाजवादोन्मुख राज्यव्यवस्था हुने भन्ने संविधानको भावनालाई आत्मसाथ गर्दै त्यहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली समाजको विविधतालाई ध्यान दिन आग्रह गर्दै उनले जनताको ज्ञानलाई संरक्षण, विकाससँगै आधुनिकीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मालगायत तीनवटै प्रतिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्यको सहभागिता थियो ।
कार्यक्रममा ती प्रतिष्ठानका कुलपतिहरूले तीनवटै प्रतिष्ठान मिलेर साझा कार्यक्रमका साथ अघि बढ्ने सके थप प्रभावकारी हुने भएकाले त्यो अभ्यास गर्न लागिएको जानकारी गराएका थिए । |
नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो ।
सो मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको कार्यक्रममा उक्त नीतिको मस्यौदामाथि छलफल भएको छ । उक्त नीति मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।
मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयले तयार गरेको मस्यौदामाथि सुझाव दिन आग्रह गर्दै सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय बाल अधिकार कानुनको कार्यान्वयनका लागि प्रतिबद्ध भएको बताउनुभयो । मन्त्रालयका सहसचिव यमलाल भुसालले ‘बाल अधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण’ भन्ने दीर्घकालीन सोच र ‘प्रत्येक बालबालिकाको सर्वाङ्गीण विकास तथा अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्ने’ लक्ष्यका साथ नयाँ नीतिको मस्यौदा तयार गरिएको जानकारी दिए । उनले बालबालिकासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७८ को कार्यान्वयनका लागि मन्त्रालयबाट स्वीकृत कार्ययोजनाबारे पनि जानकारी गराएका थिए ।
सिजपका अध्यक्ष राजेश शर्माले नागरिक समाजले सरकारलाई बालअधिकार र शिक्षा अधिकारको कार्यान्वयनमा पूर्ण साथ दिने बताउँदै सरकारलाई सहकार्य बढाउन आग्रह गरे । |
अचेल गुञ्जिन छोडे ‘बिना सालैजोको ठाडी भाका’ बागलुङ । सोमबार दिउँसो १२ बजेतिर मगर संघ बागलुङको भवनबाट एउटा ठूलो र्याली निस्कियो । त्यो र्याली थियो मगर एकता दिवस मनाउने सहभागीको ।
र्यालीमा नाच्ने, गाउने र बनाउनेको धेरै टोली थियो । त्यसमध्ये एउटा ठूलो समूहमा पृथक खालको गीत र नाच देखिन्थ्यो । त्यहाँ केही पुरुष मादल बजाउँदै गीत आउँदै थिए । उनीहरुले गाएको गीतलाई महिलाले पनि साथ दिँदै थिए । त्यहाँ गीत गाउने मुख्य व्यक्ति थिए बागलुङ नगरपालिका–३ का ७३ वर्षीय टीकाबहादुर रोका मगर । उनले गीतमा भन्दै थिए…
उनले टोपीरै मेरो, रुमालै मेरो धोइदिने कोही छैन ।
लाहुरै गएर मै मरि गए रोइदिने कोही छैन ।।
रोका मगरले गाएको गीतले मगर तथा गुरुङ समुदायको वास्तविकता बोलेको थियो । उनले गाउने हरेक गीतको टुक्कामा मगर संस्कृति र परम्परा झल्किरहेको थियो ।
धन कमाउन विदेश जाने र विदेशमै ज्यान गुमाउनेको पीडा गीतमा सुनिन्थ्यो । अहिले पनि बागलुङबाट मगर समुदायका सयौँ युवा विभिन्न देशको सेना प्रहरीमा भर्ती भइरहेका छन् । स्वदेश छाडेर विदेश पुगेका युवाको दुःख, पीडा र सपनालाई कसैले पनि नसुनेको गीतका टुक्का टुक्कामा सुनिन्थे । गीतमा विदेशिएकाको कथा व्यथासँगै गाउँघर तथा साथीसङ्गीको सम्झना पनि सुनिन्थे ।
माथिमै पर्यो बागलुङको बजार, तल प¥यो नि रह ।
कि लाग्छ मलाई संगीसाथीको माया, कि चल्छ विरह ।।
रोका मगरको समूहले गाएको गीत ‘बिना सालैजोको ठाडी भाका’ हो । एक जनाले सुरु गर्ने र समूहका महिला पुरुषले भाका समातेर गाउने यो गीत पछिल्लो समय सुनिन छाडेका छन् ।
यो भाकासँगै यानीमाया, सुनिमाया, झ्याउरे लगायतका दर्जनौँ किसिमका गीत पनि हराउँदै गएका छन् । गीत हराउँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । सयौँ वर्ष पुरानो ‘बिना सालैजोको ठाडी भाका’ पछिल्लो एक दशक यता कम भएको पाइन्छ । युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीत हराउँदै गएको टीकाबहादुर रोका मगर बताउँछन् । रोका मगरलाई अहिले पनि बुढापाकाले ‘बिना सालैजोको ठाडी भाका’ गाउन लगाउने गर्छन् । अरुलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लागएका हुन् ।
रोका मगर भन्छन्, “यो भाका हाम्रा पाका पूर्खादेखि गाउँदै आइएको छ, धेरै वर्ष पुरानो यो गीत अरु समुदायका मान्छेले गाउन जान्दैनन्, यो गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको छ, यसको लय पनि अरुभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो, युवा पुस्ताले ¥याप केके हो के गाउँछन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पिर लाग्छ ।”
गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन मानिन्छ । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम ‘बिना सालैजोको ठाडी भाका’ नै थियो । आधुनिक सञ्चार माध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यो गीत हराउन थालेको स्थानीय ६० वर्षीय तिलबहादुर दगामी मगरले बताए ।
उनका अनुसार तरुनी तन्नेरी भेट हुँदा तथा नयाँ साथीभाइसँग भेट हुँदा यो गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गर्ने गर्दथे । अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको बताउँछन् । “ठाडी भाकामा तीन दिन तीन रात गाउने गीत हो, धेरैले यो गीत गाउन सक्दैनन्, स्वर लामो गरी तान्न सक्नुपर्छ, हाम्रो बैसमा तरुनी तन्नेरी भएर गाउँदा निकै रमाइलो हुन्थ्यो, तर अहिले यो गीत हराउँदै गयो”, उनले भने ।
स्थानीय तनीकुमारी थापाले यो भाका लामो समयपछि मगर दिवसमा गुञ्जाउन पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्, “झण्डै चार/पाँच वर्षपछि बिना सालैजोको ठाडी भाका सुने, पहिले–पहिले हामी पनि गीत गाउँथ्यौँ, तर अहिले यो कतै पनि सुनिदैन, बारीमा कोदो गोड्दा, वनपाखा जाँदा र मेला महोत्सवमै गाइन्थो, अहिले त अरु गीत मात्रै गाउँछन्”, थापा मगरले पहिले–पहिले रोधी बस्दा ठाडी गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउँछिन् ।
पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उनको भनाइ छ । यो गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको उनी बताउँछिन् ।
रोधी बस्ने चलन हराएपछि पुराना गीत सङ्गीत हराउँदै गएको निसीखोलाका ७९ वर्षीय नरबहादुर पुन मगरले बताए ।उनले भने, “रोधी बस्दा पुराना गीतको संरक्षण हुन्थ्यो, नयाँ र पुराना गीत गाएरै उज्यालो बनाउने चलन थियो, २०औँ वर्ष भइसक्यो रोधी बस्ने चलन हराएको, यो चलन हराएपछि पुराना गीत हराउँदै गए, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो ।” |
एक घण्टा आरन चलाएर औजार बनाएको ज्याला एक माना चामल मुगु । खैरो रङको हाफ टिसर्ट । धुवाँ धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का आरन पेसा गर्दै आएका ३१ वर्षीय पेमा छिरिङ्ग कामी आफू र आफ्नाे परिवारको जीविकोपार्जनका लागि पसिना बगाइरहेका छन् ।
उनीजस्तै मुगुका दलित लुहारहरुको परम्परागत आरन व्यवसाय जीविकोपार्जनको लागि मुख्य आयस्राेत बनेको छ । आरन पेसा लोप भइरहेको बेला मुगुमा भने उनीहरूको बिहान बेलुका हातमुख जोड्ने र भइपरी आउने आर्थिक अभाव झेल्ने सहारा बनेको छ । तर, आरन चलाउँदा बगेका पसिनाको मूल्य भने नपाएको उनीहरुको गुनासो छ ।
मुगुका गरिब, दुःखी र फरक क्षमता भएकाको सहारा आरन पेसा बनेको छ । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरुको भनाइ छ । मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का पेमा छिरिङ्ग कामी आरन पेसाबाटै आफ्नो घर परिवारको खर्च जोहो गर्दै आइरहेका छन् ।
आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, पछिल्लो समय सहरका रेडिमेन्ट औजारका कारण स्थानीय आरन व्यावसाय धरासय बन्दै आएको स्थानीयले गुनासो गरेका छन् । अर्काेतिर कामअनुसारको ज्याला पाउन नसकेको पनि उनीहरुले दुखेसाे पाेखे ।
एक घण्टा मिहेनत गरेर औजार बनाएर दिँदा १ माना चामल ज्याला पाउने गरेको उनीहरु बताउँछन् । उचित ज्याला पाउन नसकेका आरन व्यवसायीहरुमाथि राज्यले पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
स्थानीय सरकार बनेपछि दुःखका दिन हट्ला भन्ने आशा गरेका मुगुका दलितहरुको समस्या समाधान अझै हुन सकेको छैन । स्थानीय सरकारले उचित ज्याला र सहज बजारको व्यवस्था गरिदिए आरन पेसाकै संरक्षण र आफूहरुको जीविकोपार्जनमा पनि सहज हुने उनीहरुको बताउँछन् । |
बलात्कार आराेपमा २ जना पक्राउ भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीबाट पक्राउ गरेको हो ।
उता भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
|
स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ मोरङ । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
|
एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु काठमाडौं। सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन्।
सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेवसाइटमा सुरु गरेको छ। नयाँ प्रणालीसँगै सरकारी निकायहरुले आ-आफ्ना कार्यालयसँग सम्बन्धीत सूचना तथा जानकारी निकायगत बेवसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ।
कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुचका लागि नया प्रयोग प्रभावकारी हुने बताइन्। एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरुपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उनले बताइन्।
विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ। त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरुको वेवसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्युनिकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ। |
जुवातास खेलेकाे आराेपमा १५ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
|
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा १२ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन्।
कञ्चनरुप–९ विष्णुमन्दिर नजिक मंगलबार बिहान बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका –३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ। उक्त दुर्घटनामा घाइते भएका १२ जनाको विराटनगरमा उपचार भइरहेको छ।
सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै काभ्रेको पाँचखाल नगरपालिका ४ लामीडाँडामा मंगलबबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङको मृत्यु भएको छ।
धुलिखेल अस्पतालमा मंगलबार पौने १० बजे तामाङको मृत्यु भएको हो। सोही घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
जिरो किलोबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकलाई मंगलबार बिहान करिब ९ बजे ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिप्पर चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।
उता, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका ४ काभ्रेली चोकमा ट्याक्टर पल्टिँदा १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय बविन क्षेत्री रहेका छन्।
जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान सवा ४ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ। दुर्घटनामा घाइते भएकी ट्याक्टरमा सवार स्थानीय २७ वर्षीया डुग्गी कुँवर क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका ट्याक्टर चालक भने उपचार पश्चात प्रहरीको नियन्त्रणमा छन्। लु ४ त ३०४६ नम्बरको ट्याक्टर सवा १ बजे अनियन्त्रित भई सडक किनारमा रहेको गणेश प्रसाद बस्यालको घरमा ठोकिन पुगेको थियो।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका २ पेन्सन क्याम्प चोकमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन्। मोटरसाइकल चालक बाग्लुङ नगरपालिका ३ गुठीका २३ वर्षीय शैलेन्द्र खड्का र पछाडी सवार स्थानीय २६ वर्षीय मिलन पुन मगर घाइते भएका हुन्।
धौलागिरि अस्पतालबाट दुवैलाई थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सडक किनार पार्किङमा राखेको ना ८ ख ३६८६ नम्बरको ट्रकमा ध १ प ९७३९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। मोटरसाइकलमा सवार दुवै मदिराको नशामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। |
बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाखबढी नगद बरामत काठमाडौँ। काठमाडौं महानगरपालिका-६ बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’ काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।
स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् ।
शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरि डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका (तत्कालीन नेपाल खाल्डो) को एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ । त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् ।
त्यसैगरी उक्त स्थानमा भालेश्वर महादेवको मन्दिर रहेको छ । यहाँ साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् । यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।
विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरि डाँडा जाने गरेका छन् । यो विगत लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन ।
चन्द्रागिरि हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुस महिनामा मात्र ७१ हजार एक सय ४५ जनाले केबलकारमार्फत चन्द्रागिरिको भ्रमण गरेको बताउनुहुन्छ । केबलकारमार्फत चन्द्रागिरि डाँडामा जान नेपाली नागरिकका लागि रु सात सय ९९, नेपाली विद्यार्थीका लागि रु छ सय र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्ने गरेको छ ।
चन्द्रागिरि डाँडामा अहिले दैनिक दुई हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन चार हजार पाँच सयदेखि पाँच हजार व्यक्ति चन्द्रागिरि डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरि डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरि हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँहरू छन् ।
चन्द्रागिरि हिल्समा आर्थिक वर्ष २०७८÷७९ मा पाँच लाख सात हजार चार सय ११ नेपाली र ६३ हजार तीन सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेल बताउँछन् ।
चन्द्रागिरि डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरि हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् ।
रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ एक सय मिटर छ भने अर्को दुई सय मिटर लम्बाइ भएको जिपलाइन समेत सञ्चालनमा आइसकेको छ । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रूपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको बताउँछन् ।
भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म एक सय मिटर लामो निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि रु चार सय लाग्नेछ भने दुई सय मिटर लामो जिपलाईनको मज्जा लिन रु आठ सय लाग्नेछ । “आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीतिअनुसार चन्द्रागिरिमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ”, महाप्रबन्धक थापा भन्छन् ।
अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केबलकारको लम्बाइ कुल दुई किलोमिटर चार सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् र यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी कुल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडामा पुग्न थानकोट स्टेशनबाट नौदेखि १४ मिनेट लाग्ने गर्दछ ।
केबलकारको एक डिब्बामा आठ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यस वर्ष भने पर्यटक आवागमनको सङ्ख्यामा वृद्धि भएको चन्द्रागिरि हिल्सले जनाएको छ ।
चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी सङ्घसंस्था एवं कम्पनीहरूले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।
राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पर्यटकीय यस गन्तव्य नेपाल सरकारको आमन्त्रणमा एवं आफैँ नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाहरूको पनि आकर्षण बन्ने गरेको छ । प्रालिले यहाँ एकीकृत पर्यटकीय संरचना निर्माण गरी पर्यटन गन्तव्यको विकास गरेकाले यसको अध्ययनका लागि पर्यटन क्षेत्रका व्यक्तिहरू पुग्ने गरेका छन् । |
मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु जलेश्वर। महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए।
बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२–०२–००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो। उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।
मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । |
अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध लमजुङ। लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिवन्ध लगाइएको छ। बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सोमवार सुचना जारी गरी घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाईन फिभर संक्रमणले छोटो समयमा नै महामारीको रुप लिन सक्ने भएकाले वंगुर ओसारपोसारमा रोक लागएको हो।
उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसारपोसार गर्न प्रतिवन्ध लगाईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए।
यस रोगको संक्रमण बेसीशहर नगरपालिका वडा नं. ६ र ८ मा देखिएको छ। दुवै वडाका विभिन्न फार्ममा पालिकाएका वंगुर मर्न थालेपछि प्रयोगशाला परिक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको पशुचिकित्सक डा.श्रेष्ठले बताए । उनका अनुसार उक्त रोगको संक्रमणबाट हालसम्म ८० वटा बंगुर मरेका छन्।
रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा ओसारमा रोग लगाइएको र स्वाइन फिभर पुष्टि भएका क्षेत्रमा जैविक सुरक्षाका विधिहरु अपनाउन भनिएको पशुचिकित्सक डा. श्रेष्ठले बताए। |
आजको मौस : देशको पहाडी भू-भागमा मेघ गर्जनसहित बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
उता राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। साथै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै महाशाखाले जनाएको छ। |
‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’ काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताएका छन्।
ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्ले आज साँझ यहाँ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्तिसुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया’मा उनले आचारसंहिता बनाएर ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन सकिने धारणा राखे।
“व्यवस्थित ठमेल निर्माणका लागि आचारसंहिता बनाऔँ, आचारसंहिताअनुसार सबैले काम गरे यसभित्र देखिएको विकृति अन्त्य हुँदै जान्छ”, उनले भने। ठमेलभित्रका सबै व्यवसायीले अनिवार्य सिसिटिभी जडान गर्नुपर्ने उनको भनाइ थियो।
काठमाडौँ प्रहरी प्रमुख कार्कीले व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसी टिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुने बताए।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी, घरधनी र सुरक्षाकर्मी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय तहको पूर्ण साथ र सहयोग रहने उनको भनाइ थियो।
प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताए।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई मर्यादित र व्यवस्थित बनाउन परिषद् लागेको बताउँदै यसमा साथ दिन स्थानीय तह र प्रहरीलाई आग्रह गरे।
उनले पछिल्लो समय ठमेललाई व्यवस्थित बनाउन तार व्यवस्थापन, ढल व्यवस्थान, ठमेलका सडकमा बत्ती जडान, सिसी टिभी जडान लगायतको कामलाई परिषद्ले तीव्रता दिएको बताए।
परिषद्का महासचिव राजीव पाण्डेले व्यवसायी, घरधनी, प्रहरी र स्थानीय सरकारबीच सहकार्य गरेर अगाडि बढेमात्र ठमेललाई व्यवस्थित बनाउन सकिने बताए।
सोही अवसरमा ठमेलभित्रका व्यवसायी तथा घरधनीले आफूले व्यवसायका क्रममा शान्तिसुरक्षाका क्षेत्रमा भोगेका समस्याबारे स्थानीय जनप्रतिनिधि र प्रहरीलाई अवगत गराए। |
नाबालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको जनाइएको छ ।
ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले नाबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाई यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौँ ल्याएका बालिकालाई उनले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैँले बेहोर्ने गरेको पनि खुलेको छ ।
सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए । “अहिलेसम्म ६ नाबालिकामध्ये दुईजनालाई यौन शोषण गरेको खुलेको छ”, थापाले भने, “अन्यलाई होटलमा लगेर ललाईफकाई गरी राखिएको पाइएको छ ।”
उनका अनुसार उनको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छजना बालिकाको उद्धार गरिएको पनि उनले बताए । सिआइवीले उनीमाथि थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।
उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ । |
बेलायतको डाक्टर भन्दै २३ लाख रुपैयाँ ठग्ने २ जना पक्राउ काठमाडौं। बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन्।
उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरुसँग मोबाईल नम्बर लिई वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न ब्यक्तिहरुलाई पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
ठगी गरेको उजुरी पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ।
|
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन्। जहाँ सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ।
मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्नेछन्।
मिसन थप गरी बढिभन्दा बढि तल्लो तहका कर्मचारीहरुलाई प्राथमिकतामा राखी मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालको जोड रहेको छ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द भएको हो।
त्यसअघिदक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो। सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए।
सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्। सन् २०१६ मा दक्षिण सुडानकै दोश्रो एफपीयु मिसनको रुपमा बोर र वाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसन समेत बन्द भएको छ।
लामो समयदेखि माली मिसनको चर्चा चलेपनि महानिरीक्षक अर्यालले नेतृत्व सम्हालेदेखि नै सो मिसनबारे प्राथमिकता दिई विशेष पहल र चासो राखेपछि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ।
सोमबार सुडान तर्फ प्रस्थान गरेका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बलका बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गरे।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हालेका छन्। |
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो गुल्मी । गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए ।
त्यस्तै सोही गाउँपालिका–७ रुपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट रु पाँच लाख भन्दाबढी रकम चोरी भएको थियो । गत चार दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरीचौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताए ।
यसैगरी रेसुङ्गा नगरपालिका–७का विभिन्न मन्दिरमा पनि चोरी भएको थियो । फागुन पहिलो हप्ता सिस्नेहार शिवालय मन्दिरमा काँशको घन्टी, तामाका गाग्री तथा कलश, त्रिशूल, जलधारी, काँचको कचौरा, शङ्ख र भेटी चोरी भएको त्यहाँका वडाध्यक्ष रामजी पन्थीले जानकारी दिए ।
त्यस्तै वडा नं ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घण्टी, तामाको बेला, चोरी भएको थियो भने नेटाको राम मन्दिरबाट घन्टी, शङ्ख, तामाको थालीलगायत सामग्री चोरी भएको वडाध्यक्ष पन्थीले बताए । उनका अनुसार स्थानीय पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका थिए । स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएको जानकारी आएको थियो ।
रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको वडा नं ७ निवासी शालिकराम पन्थीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताए ।
उनले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसनधान अधिकृतको टोलीले घटनाबारे अनुसनधान गरिरहेको जानकारी दिए । |
खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन खानेपानीमन्त्रीको आग्रह काठमाडौं। खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका छन्।
नेपाल खानेपानी संस्थाको ३४ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गरेका हुन्।
उनले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चूनौति दिए। उनले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिए।
अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रुपमा खानेपानी सेवा उपलव्ध गराउनका लागि केन्द्रीत हुनुपर्ने उनले बताए।
कर्मचारीको सेवा सुविधाका लागि बिनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उनले अर्थमन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिए।
त्यस्तै उनले संस्थालाई दिएको कतव्र्य पुरा गरेमात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राखे। |
प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दोहोरो सुविधा कटौती काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक\सुविधा उपलव्ध नगराउने निर्णय गरेको छ।
प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक÷सुविधा उपलव्ध नगराउने निर्णय भएको जानकारी दिएको हो।
नेपाल प्रज्ञा प्रष्ठिानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरु तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजिवन सदस्यहरुलाई प्रतिष्ठानबाट पारिश्रमिक\सुविधा उपलव्ध नगराउने निर्णइ भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए।
उनले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरेकान छन्। दोहोरो भत्ता लिने प्रवृतिलाई अन्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उनले बताए।
त्यस्तै प्रतिष्ठानले परिषद् सदस्यहरुको कार्यबिभाजन पनि गरेको छ । |
नर्भिकको उपचारबाट प्रभावित जर्मन पर्वतारोही मार्टिना भन्छिन्–‘मलाई फेरि नेपाल जानूछ’ काठमाडौँ। केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्।
नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन्।
सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन्। यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहणको । तर, ४००० मिटरको उचाईबाट अगाडि बढ्दै गर्दा उनलाई लेक लाग्यो। स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो। मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो।
उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन्। यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन। उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो।
मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो। त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो।
‘काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो। मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो। सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो।’ उनले स्मरण गर्दै भनेकी छिन्–‘त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सार्यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो। खान र पिउन मुश्किलले सक्ने भएँ।’
उनले नर्भिकको उपचार–पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार ‘अविश्वसनीय’ रहेको भनेकी छिन्। ‘नर्भिकका डाक्टरहरुद्वारा गरिएको चिकित्सा उपचार अविश्वसनीय थियो र नर्सिङ स्टाफको सहानुभूति र हेरचाह महान थियो। मेरो हेरचाह गर्न, मलाई सान्त्वना दिन र मलाई अँगालो हाल्न एक नर्स लगभग चौबीसै घण्टा त्यहाँ तैनाथ हुन्थिन्।’ उनले भनेकी छिन्–‘बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ। तर, नर्भिकका डाक्टर र नर्सको मीठो व्यवहारले मेरो दिमागमा सकारात्मक सोंचको विकास हुन थाल्यो। आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो लाग्न थाल्यो। अर्को शब्दमा भन्दा नर्भिकका डाक्टर र नर्स मेरा लागि भगवान बने।’
उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन्। सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन्। उनलाई लिन नेपालमा उनका भाई आएका थिए। हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छिन्।
‘मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन्। म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दै ।’ उनले लेखेकी छिन्–‘नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन्।’ |
ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा काठमाडौँ। ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो।
कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए। |
जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरीबाट ७ जना पक्राउ काठमाडौँ। चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय नितेश राज तामाङसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । |
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ ललितपुर। बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४९ वर्षीय याङ लि मिङ रहेका छन्।
ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई विभिन्न मनोरञ्जनात्मक गतिविधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो।
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ।
उनी उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । |
सेगवेको नयाँ शोरुम पोखरामा काठमाडौँ। सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको छ।
शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ। सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ। पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ। यस पहलले वातावरणलाई पनि फाइदा पुर्याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ।
बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ। शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन्। टोलीले ग्राहकहरूकोे सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन्।
यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ। यो शोरुम घक् सुविधा सम्पन्न रहेको छ, बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन्।
नयाँ शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–रईड गर्न सकिनेछ र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्नेछ। पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूले अब सेगवेका विभिन्न मोड़ल सजिलै निरीक्षण र खरिद गरि सन्तुष्ट अनुभव गर्नेछ।
नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५ र ई–११०ी ले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व छन् । भर्खरै सेगवले नेपालमा ल्–श्रृङ्खला अन्तर्गतको ल्१०० सार्वजनिक गरेको छ।
सेगवे नाइनबटको ल्१०० ७२–भोल्ट ईलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ। ल्१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडीगो जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ। यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ। |
लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे लमजुङ। लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ। घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो।
बेसीशहर नगरपालिका ६ र ८ मा बंगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ।
दुवै वडाका चारवटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यवसायिक रुपमा पालिएका बंगुर स्वाईन फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ।
संक्रमण फैलिन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरु अपनाउने तथा बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र बंगुरहरु मरेमा राम्रोसँग खाडलमा गाड्न समेत पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।
बेसीशहर ८ स्थित पालिएका बंगुरहरु मर्न थालेपछि परीक्षणका लागि नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले बताए।
यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावना अत्यधिक रहने पशु कार्यालय प्रमुख डा. श्रेष्ठको भनाई छ।
बगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ। बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने हुदाँ यस्ता लक्षण देखिएमा सम्वन्धि स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ। |
टिभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा काठमाडौँ। अपाचे ओनरस्ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय माक्र्यु राइडको बिहिबार बाट सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रिय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवाल उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, “ यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ।”
परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याएको छ। २१ दिने लामो माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन्। पहिलो दिन काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ।
मोटोसोल भारतको बारे बोल्दै टिभिएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, “हामी विश्व भरिका लाखौं मोटरसाईकल पारखीहरुलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौं । यो एउटा समुदाय मात्र होइन, लाखैं युवाहरुको प्रेरणाको श्रोतको जस्ले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाकाकुराहरु द्वारा उनिहरु जोड्ने काम गर्छ ।” उनले थपे, “म नेपालको सहभागिता देखेर खुशी छु । यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड हो र हामी मोटरसाइकलका परखीहरुलाई मोटोसोलमा स्वागत गर्न निकै उत्साहित छौं।”
मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन्। कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।
काठमाडौंबाट रक्सौल हुँदै यो राइड गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट फेरि रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन्। यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ।
अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ। |
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयाे (फोटोफिचर) काठमाडाैं। फागु अर्थात् होली पर्व सुरु भएको छ। वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो।
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो। योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ।
|
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ। बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो।
आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो। हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ।
जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन्।
जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ। हिउँदयामभरि हिउँ नपर्दा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरूमा चिसो महसुस हुन थालेको छ। यद्यपि विगतका वर्षहरूमा झैँ बाक्लो हिउँ नपरेको स्थानीयवासी प्रकाश मगरले बताए।
नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो। बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ।
कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए। उनका अनुसार हिउँ बाक्लो नपरेकाले जमिनमा भने हिउँ जम्न सकेको छैन।
हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन्। हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित बनेको नेचा सल्यान गाउँपालिकाका कृषक दीपक बस्नेतको भनाइ छ। |
आजको मौसम: मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
उता, देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन शाखाले अनुरोध गरेको छ। |
विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास काठमाडौं। नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ।
प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले उक्त अभ्यास सञ्चालन भएको जनाएको छ।
अभ्यासमा सेनाका विभिन्न युनिट, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको रहेको निर्देशनालयले जनाएको छ।
अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धक उद्धारलगायतका गतिविधि समावेश गरिएको जानकारी दिइएको छ। |
गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा ताप्लेजुङ। वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन्। गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन्।
यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ। ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ।
ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल अर्थात् गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा सामान्यतया फुल्न सुरु भएको छ। विगतका वर्षहरूको तुलनामा यो वर्ष यस क्षेत्रमा केही ढिला गरी गुराँस फुल्न थालेको स्थानीयवासी चन्द्र कार्कीले बताए।
मौसमी परिवर्तनका कारण पनि यो वर्ष ढिलो गरी गुराँस फुल्न सुरु भएको हुन सक्ने उनको बुझाइ छ। तापक्रम वा आर्द्रताको स्तरमा हुने परिवर्तनले पनि फुल्ने समय कहिले अघि र कहिले पछि हुने गर्छ।
लामो समयसम्म पानी नपरेर मौसम सुक्खा हुँदा पनि गुराँस ढिलो फुल्ने गरेको पाइएको पाथीभरा क्षेत्रका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए। विशेषगरी माघदेखि नै फुल्न सुरु हुने गुराँस चैत, वैशाखमा भने पूर्णतया फक्रिसक्छ। गुराँस एक हजार पाँच सय मिटरदेखि तीन हजार छ सय मिटरको उचाइसम्म पाइन्छ।
प्रायः भिरालो जमिनमा हुने यसको बोट होचो र झ्याम्म परेको हुन्छ। रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजातिमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ।
नेपालको राष्ट्रिय फूलका रूपमा रहेको लाली गुराँस धार्मिक र सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण मानिन्छ। विद्याकी देवी सरस्वतीसँग सम्बन्धित मानिने फूललाई विभिन्न धार्मिक समारोह तथा चाडपर्वमा प्रयोग गर्ने गरेको पाइन्छ।
यस्तै, गुराँसमा विभिन्न रोग निको पार्ने औषधीय गुणहरू समेत पाइन्छ। घाँटी दुख्दा वा घाँटीमा केही खाने कुरा अड्किएमा गुराँसको सेवनले फाइदा पुग्छ। कलेजो र मिर्गौलाको समस्या भएमा समेत यसले फाइदा पुग्ने गरेको बताइन्छ। श्वासप्रश्वासको सङ्क्रमण, छालाका रोगहरूलाई पनि गुराँसको सेवनले कम गर्छ।
थरीथरी रङमा फुल्ने गुराँसको धार्मिक, सांस्कृतिक र आयुर्वेदिक औषधीय गुणका हिसाबले जति महत्त्व छ उति नै पर्यटन प्रवर्द्धनमा समेत यसको महत्त्व रहेको देखिन्छ। जब गुराँसे वनहरूमा गुराँस ढकमक्क भएर देखिन्छन् तब आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै चहलपहल सुरु हुन्छ।
गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्रै वार्षिक बाह्य तथा आन्तरिक गरी हजारौँको सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन्। गुराँसको सौन्दर्यसँग रम्न र रमाउन चाहनेहरूको निकै चहलपहल हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन्।
एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने भएकाले पनि यस क्षेत्रमा गुराँसको अवलोकन गर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको हो। यसबाट स्थानीय व्यवसायीको आम्दानीमा समेत सघाउ पुर्याउँछ। गुराँसको राजधानीदेखि अन्यत्रका ठाउँहरूमा पनि गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकहरूको चहलपहल हुने गरेको छ।
गुराँस विभिन्न दृष्टिले महत्त्वपूर्ण भएपछि यसको संरक्षण नहुँदा भने मासिँदै पनि गएको छ। यसको संरक्षण गर्ने दायित्व सबैको भए पनि संरक्षणमा कसैबाट चासो नहुने गरेको सुकेटारका होटल व्यवसायी तथा समाजसेवी ओमप्रकाश राईले बताए।
जथाभावी सडक विस्तारसहितका भौतिक संरचनाको निर्माणलगायतले गुराँसका वनहरू मासिन थालेको उनको बुझाइ छ। उपयुक्त भूगोल हेरेर गुराँसको विस्तार गर्नाका साथै यसको संरक्षणमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको राईले बताए।
विभिन्न दृष्टिकोणले गुराँसको महत्त्व उच्च रहे पनि यसको संरक्षण र विस्तारमा कसैको ध्यान नदेखिएको सरोकारवालाले बताउने गरेका छन्। |
पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा लेखनाथ। ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा। पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन्।
पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव गुफा, फेवाताल, पातलेछाँगो, पुग्दीको बुद्ध शान्ति स्तुप र शिव महादेवको मूर्ति एकै क्षेत्रतर्फ पर्ने र ती सबै पर्यटकीय गन्तव्य एकै दिन अवलोकन गर्न सकिने हुँँदा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ।
जमीनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरना दृश्यावलोकन गर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूला खुला ठाउँ पनि रहेका छन्।
गुफा अवलोकन गर्दै स्याङ्जाका कृष्ण क्षेत्रीले भने, “प्राकृतिकरूपमा सुन्दर र गहिराइमा रहेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दा अत्यन्त आनन्द आयो।”
पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ। कास्कीमा एक दर्जन ताल र एक दर्जन बढी गुफाहरू रहेको जानकारी भूर्गवविद् डा कृष्ण केसीले बताए।
कोरोनाको बेला केही महिना बन्द गर्नुपरेको गुफामा पछिल्ला वर्ष अवलोकन गर्ने पर्यटटको सङ्ख्या बढेको छ। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफा अवलोकनमा पछिल्लो वर्ष अवलोकनकर्ता बढेको र शनिबार र बिदाका दिन त भिड नै लाग्ने बताए।
गुफामा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ। टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलले जानकारी दिए।
कार्यालय प्रमुखले पौडेलले भने, “कोरोना अगाडि आर्थिक वर्ष २०७४\०७७ मा टिकट बिक्रीबाट मात्र वार्षिक रु चार करोड ५२ लाख आम्दानी भएको थियो।”
कोरोनापछिको आर्थिक वर्ष २०७८\०७९ मा गुफा प्रवेशका लागि स्वदेशी तथा विदेशी पर्यटकबाट रु दुई करोड ९३ लाख ६५ हजार नौ सय २५ सङ्कलन भएको उनले जानकारी दिए।
आर्थिक वर्ष २०७८\०७९ मा एक लाख १९ हजार सात सय ११ विदेशी पर्यटक, दुई लाख ५२ हजार आठ सय २२ स्वदेशी पर्यटक र ८२ हजार एक सय ७८ नेपाली विद्यार्थीले गुफा अवलोकन उनले बताए।
चालु आर्थिक वर्ष २०७९\०८० को सात महिना अर्थात माघ महिनासम्म गुफा अवलोकनका लागि विदेशी पर्यटक एक लाख १९ हजार चार सय ६४, नेपाली पर्यटक एक लाख ५१ हजार चार सय ८७ र नेपाली विद्यार्थी एक लाख छ हजार एक सय ९८ जना रहेका छन्।
यसै आर्थिक वर्षको सात महिना अवधिका प्रवेश शुल्क बाट मात्र रु दुई करोड ३२ लाख ३७ हजार छ सय ८० जम्मा भइसकेको जानकारी उक्त कार्यालयले दिएको छ। गुफा अवलोकन गर्न प्रवेश शुल्क विदेशीलाई रु एक सय, नेपाली पर्यटकलाई रु ५० र विद्यार्थीलाई रु ३५ लिइँदै आइएको छ।
गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत सञ्चालनमा ल्याइएको छ। विश्व शान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिँदै आएको छ।
तीन जना गुरुद्वारा शुद्ध गाईको घिउ, कपुर, ज्योतिलगायतका पूजा सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव र विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए।
विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। कोरोनाको अवधिमा भने त्यो सङ्ख्या घटेको थियो।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्दै आएको छ। क्याम्पस र पाठशाला सञ्चालनमा गुफा व्यवस्थापन समितिले वार्षिक रु एक करोडभन्दा बढी खर्च गर्ने गरेको छ। |
वृद्धभत्ता माग्दा नदिएपछि आफ्नै काकाको चक्कु प्रहार गरी हत्या जलेश्वर। आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए। वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ।
घटनालगत्तै विजेन्द्र फरार भएका थिए। लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो। |
बालिकालाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ काठमाडौं। एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।
कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए। प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ। |
मेयर बालेनले सञ्चारमन्त्रीलाई भेटेर फेसबुक र युट्युब दर्ता गर्नुपर्ने व्यवस्था गर्न गरे आग्रह काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकाले सरकारले आफ्नै सफ्वेयरबाट एकीकृत गर्ने तयारी गरेको छ।”
मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन्।
“एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानुनी प्रावधान ल्याइँदै छ”, उाले भनिन्, “भूकम्प, बाढीपहिरोजस्ता सङ्कटकालीन अवस्थामा पनि तत्काल सेवा सञ्चालन गर्नेगरी उद्धार टोली बनाउन कानुनमै व्यवस्था गर्न लागिएको ।”
भेटका क्रममा प्रमुख शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू (फेसबुक, ट्वीटर, युट्युव र टिकटकलगायत) नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्री समक्ष अनुरोध गरेका थिए। मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरिन्। |
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि छुट्ने काठमाडौं। बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो।
नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।
उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।
उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागार मुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। “शाहले मुद्दा जित्नुभएको छ, उहाँ भोलि रिहा हुनुहुन्छ”, वाग्लेले भने। उच्च अदालत पोखराले १५ दिन अगाडि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो। नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो।
शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। |
पोखरामा अत्याधिक पानी पर्दा अध्याँरो छायो पोखरा। पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो।
यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो। लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ।
असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाइ छ। |
माउन्ट ग्लोरीमा यसरी फहराइयो चन्द्र सूर्य काठमाडौँ। माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ। व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको हो।
टोखा – ५, श्रीटोल बसुन्धरामा रहेको विद्यालयले प्रिन्सिपल तथा प्रोफेसर गणेश श्रेष्ठ, टोखा -५का पूर्व वडाध्यक्ष, विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।
सो अवसरमा साना साना नानी बाबुहरुले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा उठाउँदै देशभक्ती गीत गाउँदा अभिभावकहरु चाखपूर्ण स्टेजतिर हेरिरहेका थिए। जब कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जियो तब अभिभावकको ताली बजिरहँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका थिए। चन्द्र र सूर्य अंकित झण्डा बोक्दा उनीहरु गर्व महसुस गरेको बुझ्न सक्न्थ्यिो।
कार्यक्रममा बोल्दै माउन्ट ग्लोरीका प्रिन्सिपल गणेश श्रेष्ठले बिद्यालयले वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको बताए। उनले भने, ‘विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्ने कुरामा हामी प्रतिवद्ध छौँ।’
कार्यक्रमकै अवसरमा सिगिङ सुपरस्टारको सिनियरतर्फ ८ मा अध्ययनरत छात्रा सारा राईले उपाधि जितिन् भने जुनियर तर्फ कक्षा ४ का श्रेयान्स पुडासैनी प्रथम भए। सारा यही सिजनको भ्वाइस अफ किड्समा ब्लान्ड अडिसन पार गरेकी प्रतियोगी हुन्। भ्वाइसको मञ्चमा साराको प्रस्तुतीको चर्चा भएको थियो। |
रित्तिँदै गाउँ, भरिँदै बजार तनहुँ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।”
भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए । उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन् ।
यस ठाउँमा उब्जाउ पनि राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ । काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उनले बताए।
“गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए”, गुरुङले भने, “तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ । हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ ।” गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो । गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो ।
यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौँ गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ । “गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्”, गुरुङले भने, “हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो ।”
तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ । व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०/६५ घरको ठूलो बस्ती थियो । नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन् । प्रायःगाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौँमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ ।
व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन् । गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले ।
व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ । यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताए ।
गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उहाँले बताउनुभयो । “पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो”, नेपालीले भने, “अहिले बेंसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन । जसोतसो दैनिक गुजारा चलेकै छ ।” आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उनले बताए।
खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौँलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताए ।
शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए । “श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्नेक्रम बढ्दो छ”, आलेले भने, “त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ ।”
सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिई श्रीमती र छोरालाई राखेर रोजगारीको लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताए।
“गाउँघरमा हामीले भनेजस्तो अङ्ग्रेजी शिक्षा पाएनौँ”, श्रेष्ठले भन्नुभयो, “हाम्रो सन्तानले हाम्रो जस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो ।” गाउँमा १२÷१५ रोपनी पाखोबारी भएपनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले करिब १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गासमेत किनेको बताए ।
भूगोल र आफन्तको प्रभावको आधारमा अधिकांशले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ । पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरु भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाई गरेर आउनेहरुको दर बढ्दो छ । ठिक्कको कमाइ गर्नेहरुको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेंसी क्षेत्रका बस्तीमा परेको छ ।
प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति
बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन । बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने स्थानीय तहहरुले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ ।
व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन । आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमकारुपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक कृषक बढाउन सकेको छैन ।
गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला कृषक केबी थापाले बताए । दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि करिब १५ किलोमिटर टाडा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उनले बताए । ‘‘गाउँमा खाने पानीको लागि त विद्युतको भर पर्नुपर्छ”, थापाले भन्नुभयो, “त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ ।”
गाउँमा तरकारी खेती गर्ने व्यावसायिक कृषकलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ । पानी नलाग्ने क्षेत्रहरुमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने कृषक थापाले बताए ।
ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ । कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ । तर उक्त नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ कृषकलाई आकर्षित गर्न सकेको छैन ।
अन्य स्थानीय तहले समेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिदैन । बिउबिजन र जोत्नको लागि हाते ट्याक्टरमा अनुदानको अलावा म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप नगद रु १० हजार दिने नीति राखेको छ । यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक कृषकको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेका छैनन् ।
बसाइँसराइले हराउँदै घैया धान
बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ । चार÷पाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरुमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
घैया धान खेती गर्नेको सङ्ख्या ह्वात्तै घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ । “केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो”, केन्द्रका प्रमुख तिवारीले भने, “तर अहिले छिटफुटबाहेक कतै पनि घैया खेती गरेको देखिँदैन ।”
बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरुको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उनको भनाइ छ । केही वर्ष पहिले जिल्लाभरि करिब तीन सय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र करिब आठ सय मेट्रिकटनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको सङ्ख्यासमेत ह्वात्तै घटेको छ । गतवर्ष एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार चार सय ८४ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । विसं २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्याङ्क रहेको केन्द्रका प्रमुख तिवारीले बताए ।
“वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ”, उनले भने, “बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिवानाको व्यवस्था स्थानीय तहले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो ।” तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार पाँच सय ५१ हेक्टर रहेको छ । कूल ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि हाल ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ ।
विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै
जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरु रहेको प्रशासन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको सङ्ख्या गत आव २०७८/७९ मा सिफारिस गरिएकोभन्दा एक हजार आठ सय ५७ ले बढी छ । पछिल्लो सात महिनामा जिल्ला प्रशासन कार्यालयद्वारा तीन हजार सात सय ४६ महिलासहित १० हजार सात सय २२ जनाले राहदानी बनाउन सिफारिस गरिएको छ । राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी करिब ४५ प्रतिशत सोही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए । |
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे काठमाडौँ। चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।
बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।
कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। सुरुमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ। लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन्। उनले भने, “एकै पटकमा धेरै पास भएपछि दोहोर्याएर र तेहेर्याएर दिने घट्ने भए।”
प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो। अरु प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए।
विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ। हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ। |
चितुवाको हड्डीसहित दुई जना पक्राउ डडेल्धुरा। अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन्।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
घरको जग खन्ने क्रममा पुरिएर एक मजदुर घाइते, अवस्था गम्भीर भक्तपुर। काठमाडाैं महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन्।
सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाई भएको ढुङगा र ईट्टाको पर्खाल लड्दा पुरेकाे थियाे।
घाइतेको उपचारको लागि नागरीक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए। |
सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु काठमाडौँ। बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको छ।
आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुरु भएको हो।
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो।
उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो। उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो।
यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो। सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ हुन लागेको हो। |
लिच्छवीकालीन विहारको अध्ययन सुरु त्रिशूली। नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ।
प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो।
अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन्।
उहाँका अनुसार अहिले देखिएका स्वयम्भू/चैत्यको संरचना निकै पुरानो पाइएको छ। विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । “अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ”, प्रवक्ता कुँवरले भने, “जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ ।”
स्वयम्भू (चैत्य)को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन्।
स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था
छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ। चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए।
उहाँका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन्। मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ।
“चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ”, नगरप्रमुख श्रेष्ठले भने, “लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो।”
विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका हुन्। सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ।
उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य)सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए। – रासस |
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन रुपन्देही। बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ। गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए। पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा रहेका उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए। |
अलैँची बिक्रीबाट रु २० करोड आम्दानी लमजुङ। अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।
विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो। यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष रु नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए। यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए।
कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट रु १५ करोड आम्दानी गरेका थिए। विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले रु १२ करोड आम्दानी गरेका थिए। विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका थि ।
गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ। मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए। दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ।
उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए। गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उनको भनाइ छ। उनले भने, “विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।” सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन्।
सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन्। अलैँची किसान गुरुङले भने, “बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ। तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन्। बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ। राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन।”
मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए। किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन। जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए। तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन्। जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ। भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन्।
जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ। उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ।
जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन्। – |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.