content
stringlengths 20
64.1k
⌀ |
---|
जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तिब्र सुर्खेत। जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा जोडले तिव्रता दिएकाे छ। जसअनुसार खानेपानी , शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरु पढ्ने वातावरण सिर्जना गरिएको हो।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो।
बालबालिकाहरुलाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइ निर्माण गरिएको अभियानका बरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए।
सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए। निर्माण भएका विद्यालयहरुमा वडा नम्वर ३ मा २ वटा , वडा नम्वर ५ मा १ वटा र वडा नम्वर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढन योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए।
यसैगरी, पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत समेत निर्माण गरिएको छ। पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ।
विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ। विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए। |
आजको मौसमः बाग्मती र गण्डकी प्रदेशमा बर्षा हुने काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
उता, राति भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। |
गान्धीवादी नेता स्व निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो जनकपुरधाम। नेपाली कांग्रेसका गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
त्यस अवसरमा आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ धनुषाको आयोजनामा भएको एक समारोहमा नेताहरुले गान्धीवादी नेता स्व निधिकै सपनाअनुसार बिपी कोइरालाले पनि मेलमिलाप र अहिंसाको बाटो अंगालेको बताए।
उनीहरुले पछिल्लो समय पनि नेता निधिको विचार, निष्ठा र आदर्शको औचित्य कायमै रहेकाले सामाजिक न्यायका पक्षधरले त्यसलाई अङ्गिकार गरेर जानुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादवले मानवाधिकार, लोकतन्त्र, समाजवाद र सामाजिक न्यायका पक्षपाती निधिकै आग्रहमा संस्थापक नेता कोइरालालगायतका नेता मिलमिलापको नीतिसहित नेपालमै बसेर तत्कालीन व्यवस्थाविरुद्ध लड्न तयार भएको स्मरण गरे।
उनले स्व निधिको आर्दश र सिद्वान्त अनुशरण गर्न छाड्नु कांग्रेसका लागि दुर्भाग्य हुने भन्दै सबै नेता कार्यकर्ताले उनको विचारलाई अनुशरण गर्दै अगाडि बढ्न जरुरी रहेको धारणा राखे।
पूर्वसांसद स्मृतिनारायण चौधरीले स्व नेता निधि सधैँ अनुशासन, नीति, नियम र असल आचरणको पर्याय भएकोले त्यसलाई शीरोधार्य गर्नु आजको आवश्यकता भएको बताए।
नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमरकान्त झा, जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, नेता जगतसुन्दर साह, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्ण लगायतले स्व निधिको व्यक्तित्वमाथि चर्चा गरेका थिए। |
नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ।
नेविसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेविसङ्घ पुल्चोक क्याम्पसको सहआयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म पुल्चोकमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको हो।
नेविसङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले पुल्चोक क्याम्पसमा हुन लागेको ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्यालाई उजागर गरी समाधानको प्रयास थालिने जानकारी दिए।
अध्यक्ष शेर्पाले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको भन्दै विद्यार्थीले सो विश्वविद्यालयको विकल्प खोजिरहेको बताए।
“त्रिविमा प्रश्नपत्र दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदा पनि छ महिना, एक वर्षमा नतिजा नआउने समस्या छ, अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन्”, उनले भने।
नेविसङ्घले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो।
ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घण्टौँ लामो लाइन र पटकपटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, शेयर कारोवार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याको समाधान ह्वाकाथुनमार्फत खोजिने अध्यक्ष शेर्पाले बताए।
ह्याकाथुन कार्यक्रममार्फत काठमाडौँलगायत देशभरका सहरमा बढ्दो प्रदूषण र फोहर व्यवस्थापनलाई प्राविधिक सहायतामा कसरी समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा प्रणाली तयार पारिने नेविसङ्घले जनाएको छ। |
सीमा क्षेत्रमा हुने आपराध नियन्त्रण गर्न नेपाल-भारतका सुरक्षा अधिकारी सहमत जनकपुरधाम। नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन्।
मधेस प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आपसी समन्वय र समझदारीमा सीमा क्षेत्रमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्ने निष्कर्षसहित विभिन्न निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए।
बैठकमा सीमा क्षेत्र दशगजामा भइरहेको अतिक्रमण हटाउने र घरबारविहीनहरूको वैकल्पिक व्यवस्थाका लागि दुई देशका अधिकारीको समन्वयमा अनुगमन समिति बनाई त्यसको प्रतिवेदनका आधारमा थप निर्णय गर्न अधिकारीहरू सहमत भएको उनले जानकारी दिए।
त्यसैगरी खुला सिमानाका कारण हुने लागुऔषध दुर्व्यसनी र त्यसको अवैध ओसारपसार गर्ने कार्यलाई दुवै देशका अधिकारी मिलेर नियन्त्रण गर्ने, भारतको विहारमा मदिरा बन्देज गरिए पनि नेपालबाट अवैधरूपमा त्यहाँ मदिराको निर्यात हुने गरेको कुरा उठेकाले त्यसलाई रोक्न नेपालतर्फ स्थापित मदिरा पसलको नियमन, सीमा क्षेत्रमा कारोबारका लागि हुनुपर्ने दूरी कायम गर्न लगाउने विषयमा छलफल भएको छ।
त्यसैगरी खुला सिमानाका कारण आपराधिक प्रवृत्तिका व्यक्तिको आवतजावत रोक्ने, महिला तथा बालबालिकाको बेचबिखन नियन्त्रण गर्न नेपालतर्फका सशस्त्र सीमा सुरक्षा बल र भारततर्फका सुरक्षा बल एसएसबीलाई थप समन्वयका साथ सहकार्य गर्ने निर्णय भएको छ।
भारतीय पक्षका तर्फबाट नेतृत्व गर्नुभएका मधुवनी जिल्लाका प्रमुख अरविन्दकुमार बर्माले दुई देशका अधिकारीबीचको बैठक खुला सीमाका कारण हुनसक्ने गलत क्रियाकलाप रोक्ने विषयमा थप सहकार्य र समन्वयका साथ अगाडि बढ्न उपलब्धिमूलक रहेको धारणा राखे।
उनले अन्तरसीमा आपराधिक गतिविधि र त्यस्तो कार्यमा संलग्न हुने व्यक्ति, लागुऔषधको अवैध कारोबार र दशगज क्षेत्रमा हुने अतिक्रमणका सवालमा आगामी दिनमा पनि गम्भीररूपमा छलफल र आवश्यक कार्य गर्न आफूहरू सहमत भएको बताए।
साथै नेपाली पक्षले उठाएका विषयमा भारतीय पक्ष, विशेषगरी सीमा सुरक्षा अधिकारीले गम्भीरतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए।
बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारी क्रमशः काशिराज दाहाल, दीपककुमार पहाडी, भूपेन्द्र थापा, भोजराज खतिवडालगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
हरेक तीन–तीन महिनामा बस्दै आएको समितिको अर्को बैठक भारतको मधुवनीमा बस्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। |
आजको मौसमः तीनवटा प्रदेशमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू्-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
उता राति भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ। |
फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने डुम्रे। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ। उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ।
मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो।
राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान (ब्याक कटिङ)को कार्य छिटोछरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
उनका अनुसार फागुन १८ गतदेखि २७ गतेसम्म राति पूर्णरूपमा बन्द गरी काम गर्ने निर्णय भएको छ।
दश दिन राति १२ बजेदेखि ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन दैनिक पूर्ण बन्द गरी काम गरिने प्रजिअ रिजालले बताए।
“मनसुन सुरु हुने बेला भएको छ, मनुसनलाई मध्यनजर गरी निर्माण कार्यलाई सहज, छिटोछरितो बनाउने उद्देश्यले यो निर्णय गरिएको हो”, उनले भने, “यसले पछिल्ला दिनमा यस राजमार्गमार्फत आवतजावत गर्ने सवारीलाई सहज हुनेछ।”
राजमार्गको विस्तारको काम सुस्त भएपछि यसबारे गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशसभामा कुरा उठाएका छन्। उनले कामको गति सुस्त रहेकाले समयमै सम्पन्न नहुने हुँदा कामको गति बढाउन प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए। विद्युत्का खम्बा स्थानान्तरण नहुँदा काम सुस्त भएको सुवेदीले बताए।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन्। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।
सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो। अहिले उक्त समस्या समाधान भएको बताइएको छ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ। |
गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु चितवनरत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो। घटना आज दिउँसो १२ः२० बजेको हो। योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ। |
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति काठमाडौँ। मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ।
खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ। खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन्। खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भए पनि त्यस आसपासमा नयाँनयाँ चुहावट देखिरहेको देख्न सकिन्छ।
पानी चुहावटका कारण सडकमा क्षति पुगेका ठाउँमा समन्वयमा मर्मत पनि भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। कुनैकुनै भइसकेको र कतै भइरहेको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताए। उनका अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले पुनःस्थापना(खाल्डाखुल्डी पुर्ने काम) गरेपछि नै त्यहाँको सडक मर्मत गरिने गरिएको छ।
लिमिटेड र कतैकतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको उनले बताए। ती निकायले तत्काल पुनःस्थापना गरेमा छिट्टै सडक बनाइने गरिएको उनले बताए। सडकमा पानी जमेर कमजोर भइरहेको र यसले सडकमा पछिसम्म बिग्रन सक्ने सूचना अधिकारी केसीले जानकारी दिए। टालटुल गरेपछि पनि सडक पहिलेको जस्तो बलियो अझै नहुने उनले बताए। ललितपुर र भक्तपुरका तुलनामा काठमाडौँका सडकमा बढी क्षति पाइएको छ।
डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत स्थानमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताए। उनका अनुसार गत वर्षहरुभन्दा यस वर्ष वर्षा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो। उनले भने, “देखेसम्म काम भइरहेको छ, तर पानी र चुहावटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन।”
जोरपाटी–सुन्दरीजल सडकमा धेरै पाइपलाइनमा चुहावटको समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। आयोजनाले बनाउनासाथ लिमिटेडले सडक खन्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्काे दिन अर्काे ठाउँमा समस्या देखिइरहेको उनले बताए। उनले भने, “कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ।”
अहिले हरेक सडकमा नै चुहावटको समस्या रहेको सूचना अधिकारी जोशीले बताए। नख्खुबाट भैँसेपाटी सडक, सातदोबाटो–गोदावरी सडक, चावहिल–साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्षति पुगिरहेको उनले बताए। उनले भने, “अहिले त विद्युत्को तार अण्डरग्राउण्ड गर्न पनि खन्ने काम भइरहेको छ।”
सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गर्नुभएको छ । नियमित समन्वयका लागि संयन्त्र बनाएको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन्। – रासस |
सीपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई प्राथमिकता : सञ्चारमन्त्री शर्मा (भिडियो) काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताएकी छिन् । शुक्रबार प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उहाले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताएकी हुन् ।
उनले नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखेकी छिन्। मन्त्री शर्माले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नया शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएकी हुन् । कार्यक्रममा सिटीइभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।
हेर्नुहोस् भिडियो:
|
लागुऔषधसहित ९ जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाै जना पक्राउ परेका छन्। रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागुऔषध चरेश १४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, .बाग्लुङ निस्ती गाउँपालिका-६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन्। विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
सिरहाकाे सिरहा नगरपालिका-१६ स्थित माडर मिलनचोक जाने सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-३ बस्ने २३ वर्षीय प्रमोद कुमार मण्डल, १९ वर्षीय जितेन्द्र कुमार महरा र १९ वर्षीय बीरेन्द्र कुमार मण्डल रहेका छन्।
ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले स.१० प ४३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिका-३ मुलपानी टोलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अशोक बुढालाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
कैलालीकाे जानकी गाउँपालिका-९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ उदयपुर। आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा सवारी साधन चलाउन पाइने काठमाडाैं। अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ ।
उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलङ्की-कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी कोटेश्वर-भक्तपुर सडकखण्डमा समेत प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ। तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई उक्त ऐनमा उल्लेखभए बमोजिम कारबाही गरिने उक्त सूचनामा जनाइएको छ। |
पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मोरङ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो। मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।
दुर्घटनालगतै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्योलय पथरीले जानकारी दिएको छ। |
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो पाल्पा। हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, युवा तुलबहादुर थापा। रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन।
पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका छन्। कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो।
भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन्। उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए। थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हालेका हुन्।
गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन्। स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन्।
हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले रु आठ सय, पोथी रु सात सय र कालिज एउटाको रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ। बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ।
थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन्। यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउँछन्। “स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु”, उनले भने, “कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु।”
महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउँछन्। उनले एउटा कालिजको चल्ला रु तीन सय ८० मा खरिद गरेर ल्याएका हुन्। घरमै लगेर बिक्री गर्ने सुविधाले उनलाई ग्राहकको माग धान्न मुश्किल भएको छ। थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पुर्याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दै छन्।
“स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ”, उनले भने।
यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन्। फार्ममा हाल नौवटा ठूला र १० साना खरायो र छवटा बाख्रा छन्। समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताएका छन्।
कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनले अनुभव बटुलेका छन्। अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने योजना छ। पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उनको भनाइ छ। यस व्यवसायमा करिब रु आठ लाखको लगानी परेको छ।
यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ। कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ। चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताए।
वर्षौंदेखि बाउबाजेले भोगचलन गर्दै आएका गाउँका पाखापखेरा छाडेर सहर पस्ने क्रम बढ्दो रहेको अवस्थामा थापाले गाउँमै बसेर गरेको यस व्यवसाय सबैका लागि उदाहरणीय बनेको समाजसेवी सन्दीप राना बताउँछन्। उनी भन्छन्, “युवा विदेश जाने, घरपरिवारका सदस्य सहरबजार आसपासमा गाउँ छाडेर कोठा भाडामा बस्ने चलन बढ्दो छ, यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ, गाउँको रमणीय वातावरणमा बसेर पशुपक्षीपालन, तरकारी खेती, होमस्टे (घरबास) सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन्।”
रानाले गाउँका जग्गा सदुपयोग गरी केही नयाँ उद्यम, व्यवसाय गरेर आयआर्जन बढाउन युवालाई उत्प्रेरित गर्दैआएका छन्। विकासको नयाँ योजना बनाएर काम गरियो भने गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय पुनः आफ्नै पुख्र्यौली थलोमा फर्कने राना बताउँछन्। |
मकवानपुरमा जंगली हात्तीकाे आक्रमणबाट ५० वर्षीय पुरुषको मृत्यु मकवानपुर। जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ। बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको हो।
सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भनेका छन, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसंग अनुरोध गर्दछु। |
कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी काठमाडाैं। इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ।
कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत-सङ्गीत प्रस्तुत गरिएको थियो।
नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ।
प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए।
नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्याएका थिए। इजिप्टमा करिब तीन सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ।
उक्त प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकका पर्यटन प्रवर्द्धनसम्बन्धी कक्ष राखिएका थिए।
त्यहाँस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको समेत सहभागिता रहेको उक्त कक्ष र सांस्कृतिक कार्यक्रमको स्थानीय, इजिप्टमा रहेका विदेशी नागरिक तथा विभिन्न देशका कूटनीतिक कर्मचारीलगायतले अवलोकन गरेका दूतावासले जनाएको छ। रासस |
आजको मौसमः प्रदेश १ र गण्डकी प्रदेशमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमान शाखाले अद्यावधिक रहन सर्बसाधारणलाई अनुरोधसमेत गरेकाे छ। |
छोराद्वारा आमाको हत्या चितवन । आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनले ७८ वर्षीया आमा मीनाकुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकामा प्रहार गरी हत्या गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार आमा–छोराबीच विवाद हुँदा उनले बुधबार राति ९ः२५ बजे दाउराले प्रहार गर्दा आमाको मृत्यु भएको हो । छोरा पुरनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज दिउँसो घर नजिकैको चौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । |
८१ वर्षीय सर्वजीतको प्रधानमन्त्रीलाई पत्र- मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरू बाटो भएन (पत्रसहित) काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नो घर छोरीले बेचिदिँदा अन्यायमा परेको भन्दै न्यायका लागि प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएका छन् ।
दुई श्रीमतीबाट तीन छोरी रहेका र तीमध्ये कान्छी छोरी कुसुम तामाङले आफ्नो घर बेचिदिँदा अहिले मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरु बाटो नभएको भन्दै सर्वजीतले न्यायको याचना गरेका छन् ।
विश्वास गरेर घर छोरी कुसुमको नाममा राखिदिएको र पछि उही छोरीले आफूलाई जानकारी नदिई घर बेचिदिँदा अन्यायमा परेको उनको गुनासो छ ।
यस्तो छ उनको निवेदनको पूर्णपाठ
श्री सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं
विषय : न्यायको याचना गरिएको बारे ।
महोदय,
म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसील बमोजिमको व्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु ।
१. मेरा दुई श्रीमतिमध्ये जेठी श्रीमतिबाट एक छोरी र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठी श्रीमतिको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमति पहिले नैं पोइल गएकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रुपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको छु ।
२. मेरा तीन छोरीमध्ये जेठीबाट उर्मिला तामाङ (सबैभन्दा जेठी) र कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) छोरी छन् । कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । बौद्धमा बस्ने जेठी छोरी उर्मिलाले कहिलेकाँही आएर मेरो हेरविचार गर्ने गर्दछिन्।
३. मेरो जीवनको महत्वपूर्ण समय थाइ एयरवेजको सेवामा बित्यो । थाइ एयरवेजमा भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीस्थित घर बनाएको थिएँ । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ ।
४. जीवनमा पारिवारिक खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो । त्यही ठानेर मैले १० वर्षअघि सो घर कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । किसिमले सहयोग गरेँ । जागिरमा रहँदा युरोप घुमाउन लगें । एउटा विश्वासले मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरीले घात गरिन् । मलाई थाहै नदिइ सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रुपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाचौं तलामा म रहँदै आएकोमा सामान्य केही फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक म सँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिव ८ वर्षदेखिको करिव एक करोड जति घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैले दुख गरेर छोरीको नाममा किनेर राखेके घर अमानविय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारिरिक रुपमा कमजोर र मानसिक रुपमा पनि विछिप्त भएको छु ।
५. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा महशुस भइरहेको छ । तर नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकेडेको छ । म कानुन जान्दिनँ ।
यहाँ मैले भनेको सबै हुनैपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ ।
६. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउने गरिरहेका छन् । महानगरिय प्रहरी बृत्त महाराजगञ्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुण्डाहरु प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । यस्तो अवस्थामा मर्ने कि न्यायका लागि गुहार्नेबाहेक मसँग अरू कुनै बाटो भएन । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म बृद्धको उद्दार गरिदिनु हुनेमा आशावादी छु ।
सर्वजीत सिंह तामाङ
ज्येष्ठ नागरिक (८१ वर्ष)
काठमाडौं ४, धुम्वाराही (पिपलबोट नजिक) |
जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
लामो समयपछिको वर्षाले किसान खुसी इलाम। लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन्। हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन्। असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो।
पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन्। आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे। किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताए।
उनले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिने बताए। लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले किसानले बारी खनजोत गर्नसमेत पाएका थिएनन्। अब भने सहजरुपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ थियो।
पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए। खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो। अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने किसानको भनाइ थियो।
पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसानसमेत उत्साहित भएका छन्। तराईबाट सुख्खा पराल ल्याउनु पर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने उनीहरुको अपेक्षा थियो। सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइने अनुमान गरिएको छ। रासस |
बैंकिङ कसुरको आरोपमा ठेकेदार भेटवाल पक्राउ काठमाडौँ। बैंकिङ कसुरको आरोपमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।
इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटवालविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो। सोहि उजुरीका आधारमा ठेकेदार भेटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको घोटाला काण्डमा पनि ठेकेदार भेटवाल पक्राउ परेका थिए। हाल भेटवालले काठमाडौंस्थित पूरानो बसपार्कमा २९ तलाको काठमाडौं भ्यू टावर निर्माणको काम गरिरहेका छन्। |
बलात्कारकाे आशंकामा २४ वर्षीय युवक पक्राउ भक्तपुर। फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिका- ७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वकाे टोली घटनास्थलमा पुगेकाे थियो।
प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेकाे छ। घटनापछि फरार रहेका लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन्। नामथर खुल्न नसकेकी उनकाे उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाईएको जनाएको छ।
ती युवतीमािथ जबरजस्ती करणी भएकाे हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण-५ बस्ने बर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ। |
स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनए सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन्।
न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.को अध्यक्ष भएर यस क्षेत्रमा आवद्ध भएका हुन्।
दुबै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष,एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक,भिनोलिभा रेस्टुरेन्टको अध्यक्ष लगाएत पदमा रहेर ब्यावसायिक क्षेत्रमा प्रवेश गरेका छन्।
विभिन्न व्यवसायमा आवद्ध न्यौपाने एनआरएनए मलेशियाका पूर्व अध्यक्ष हुन्। न्यापानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको बताए।
काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए।
नेपाल बाहिर र नेपालमा समेत धेरै क्षेत्रको व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्ने उद्देश्यले न्यौपानलाई प्रवेश गराइएको संस्थाका सञ्चालक इश्वर सापकोटाले जनाए।
कम्पनीको सामुहीक कारोबार यहि फ्रेबुअरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने जानकारी कम्पनीका सञ्चालक बालकृष्ण खड्काले बताए। |
हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु काठमाडौं। आजदेखि हात्तिपाइले रोग बिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ। आज अर्थात ११ फागुन देखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाइले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो। कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधि सेवन अभियान सुरु हुन लागेको हो। जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ।
यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधि खुवाइनेछ। |
आजको मौसम: बाग्मती र गण्डकी प्रदेशमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध गरेको छ । |
सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिए सिरहा । सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका छन्। मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारीबाट बुधबार अपरान्ह लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।
कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेको बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ को वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।
उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने ।
उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सबै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए। यसअघि पनि सो मनि ट्रान्सफरको २४ लाख रुपैयाँ यहि क्षेत्रबाट लुटिएको थियो। |
मोटरसाइकल दुर्घटनामा मृत्यु काठमाडौं । उपत्यकाको ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । |
मुस्ताङ जहाज दुर्घटनामा पाइलटको त्रुटि भेटियो, जोखिमको चेतावनी दिने सिस्टम नै बन्द काठमाडौं। मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो।
विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो।
प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो।
सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन्। सरकारले गत जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो।
आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका थिए।
आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार उक्त दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ। जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।
टीएडब्लुएस प्रणाली बन्द नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो। जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो।
मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन्। चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा भनिएको छ।
आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ। उक्त प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायत सम्बन्धी मुलुक र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। |
बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ ढोरपाटन । बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ छ । |
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ काठमाडौं। दुबइ पठाइदिन्छु भन्दै नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रुकुम सानीभेरी गाउँपालिका(२ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय दलविर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
रुकुम(पश्चिम) चौरजहारी नगरपालिका-८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपैयाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ। |
७१ लाख ८० हजारसहित हुण्डी कारोबार गरेको आरोपमा एक जना पक्राउ काठमाडौं। ईजाजतपत्र नलिई (हुण्डी) बित्तिय कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेशरनिर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो।
उनले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघि पनि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको छ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।
|
तेस्रो चिचिरी, गेन्द्रो दिवसमा गायिका मेचु धिमालदेखि डिकबहादुर धिमालको प्रस्तुति रहने दमक । धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ ।
“सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा हुने कार्यक्रमको लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा दुई हजार भन्दा बढि दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
प्रदर्शनी अन्तरगत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर (घुंगी), पायाको बिहा (सुंगुरको मासु), गोरा (रक्सी), हाया (माछा) लगायतका परिकारहरु उपलब्ध हुनेछन् ।
सो अवसरमा धिमाल कलाकारहरुबाट साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत हुनेछ्न्। प्रस्तुति दिनका गायिका मेचु धिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल र डान्सर सरस्वति धिमाल लगायतले प्रस्तुति दिनेछन् ।
प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामग्री तथा बाध्यवादन समेत प्रदर्शनी हुनेछ । यसअघि पहिलो र दोस्रो प्रदर्शनी दमक र उर्लाबारीमा भएका थिए । |
पश्चिम नेपालमा भूकम्प ! काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन्। |
सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ।
घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन्। तर, कानुनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो।
क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ। |
झापामा तास खेलेकाे आराेपमा १५ जना पक्राउ झापा। दमक नगरपालिका-५ गुम्बा चोकस्थित सोही नगरपालिका-२ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त होटलमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी झापा, दमक नगरपालिका-५ स्थित सुदेश बस्नेतको चिया पसलमा तास खेलिरहेको अवस्थामा सुदेश बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
युएई र कतार जान ट्याक्सी चालकलाई रोक काठमाडौँ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ। विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो।
युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो। पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो।
युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो। विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ। उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ। |
चितवनमा सात महिनामा चौध गैँडा मरे चितवन। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन्। जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उनले बताए। निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन्।
सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन्।
चोरी सिकारीले गैँडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ। यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ।
गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैँडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैँडा मरेका तिवारीले जानकारी दिए। गत आवमा चोरी–सिकारीबाट दुई गैँडा मरेका थिए। |
बेलबारीमा एकाबिहानै दुर्घटना, एकको मृत्यु बिराटनगर। मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो। बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ।
बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। |
बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार नेपालगन्ज । शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ ।
सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए ।
सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । “खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ”, उनले भने । गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए । पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ–नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिइन् । आर्थिक वर्ष २०७९÷८० मा भारतबाट उद्धार गरिएकाको सङ्ख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ । |
धरानको पिउने पानीमा ‘कोलिफर्म’ पुष्टि, मेयर साम्पाङ भन्छन्– हाम्रो पानी परीक्षण गर्ने अनुमति कस्ले दियो ? धरान । धरानमा नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिशाजन्य ब्याक्टेरिया कोलिफर्म भेटिएको छ । धरानमा फोहोर पानीको कारण डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखापरेको जनगुनासो बढेपछि गरिएको परीक्षणबाट फिकल कोलिफर्म मिसिएको पुष्टि भएको हो।
विभिन्न ७ ठाउँबाट संकलन गरिएको पिउने पानीको नमुना नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोगशालामा परीक्षण कोलिफर्म पुष्टि भएको हो । पिउने पानीमा कोलिफर्म मिसिएको पुष्टि भएपछि रास्वपाले बिहीबार मेयर हर्क साम्पाङलाई रिपोर्टसहित ध्यानाकर्षण पत्र बुझाएको छ। तर मेयर साम्पाङले भने उक्त कुरा नकार्दै राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
उनले खानेपानीमा कोलिफर्म भेटिएको कुरालाई हावा भन्दै राजनीतिक फण्डा मात्रै भएको बताएका छन् । यस्तै मेयर साम्पाङले परीक्षण गरिएको पानी धरानकै भन्ने प्रमाण के छ ? भनेर प्रश्न पनि गरेका छन् । उनले लेखेका छन्, ‘त्यो परीक्षण गरिएको पानी हाम्रो खानेपानी कै थियो भन्ने प्रमाण के छ ? ऐरे गैरे नत्थु खैरेले जाँ पायो त्यहीँको पानी परीक्षण गरेर दोष्ने ? कस्ले दियो हाम्रो पानी परीक्षण गर्ने अनुमति ? हाम्ले गराएको परीक्षण मात्रै आधिकारिक हो है !’
|
अनुसन्धानमा प्रहरीको संलग्नता गराउने गृहमन्त्रीकाे प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार, सिंहदरबारमा भनाभन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भनाभन भएको छ । विमानस्थलबाट तस्करी भएको करिब सय किलो सुन तस्करीको अनुसन्धानमा प्रहरीलाई संलग्नता नगराएको विषयमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच भनाभन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार भएकाे छलफलमा उनीहरुबीच भनाभन भएको एक सहभागीले बताए । राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि श्रेष्ठले अनुसन्धान निचोडमा पुर्याउन कठिन हुने र सरकारको काम प्रभावकारी नदेखिने बताएका थिए ।
‘गृहमन्त्रीज्यूले राजश्वको काम निरन्तर दिनुपर्ने तर संगठित अपराध अनुसन्धानमा प्रहरीलाई सहभागी गराउनु पर्ने धारणा राख्नु भएको थियो तर प्रधानमन्त्रीज्यूले मान्नु भएन’, छलफलमा सहभागीमध्ये एकले भने । बिहिबार साँझ प्रधानमन्त्रीलाई दबाब दिन दलबलसहित पुगेका गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्रीको छलफलपछि आफ्नो मन्त्रालय नगई बाहिरिएका थिए ।
‘प्रहरी प्रमुख वसन्त कुँवर र सिआईबी प्रमुख किरण बज्राचार्यलाई लिएर प्रधानमन्त्रीको पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान प्रहरीलाई दिनु पर्ने प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरेपछि गृहमन्त्रालय नगई बाहिरिएका छन्’, स्रोतले भन्यो । विभागको टोलीले साउन ३ गते करिब सय किलो सुन बरामद गरेपछि अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने पक्षमा उभिएका थिए । तर गृहमन्त्रीको सो चाहानामा प्रधानमन्त्रीले वेवास्था गरेका थिए । |
डेंगु नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ : कांग्रेस काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ। साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यलाई आह्वान पनि गरिएको छ।
‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोसी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौँको संख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँछ ।’ |
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो काठमाडौं । भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।
त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उहाँले बताउनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । |
चाँगुनारायणद्वारा ८१ प्रतिशत बजेट खर्च भक्तपुर । आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ ।
चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार नगरपालिकाले चालुतर्फ रु ८० करोड १० लाख ७७ हजार विनियोजन गरेकामा रु ६७ करोड २१ लाख दुई हजार (८३ दशमदव नौ प्रतिशत) र पुँजीगततर्फ रु एक अर्ब ३३ करोड ७२ लाख २७ हजार विनियोजन गरेकामा रु एक अर्ब छ करोड ५५ लाख ६९ हजार (७९ दशमलव ६९ प्रतिशत) खर्च गरेको छ । नगरपालिकाले चालु र पुँजीगततर्फ गरेर कुल रु दुई अर्ब १३ करोड ८३ लाख पाँच हजार विनियोजन गरेकामा कुल रु एक अर्ब ७३ करोड ७६ लाख ७२ हजार खर्च गरेको छ ।
“चाँगुनारायण उपत्यकामै विकास बजेट बढी खर्च गर्ने स्थानीय तह बनेको छ”, उनले भने । आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्रगतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको प्रमुख खत्रीले बताए ।
यसैगरी सूर्यविनायक नगरपालिकाले भने पुँजीगततर्फ रु एक अर्ब दुई करोड बजेट विनियोजन गरेकामा रु ६४ करोड ७६ लाख (६३ प्रतिशत) रकममात्र विकास बजेटतर्फ खर्च गरेको छ । त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पुँजीगततर्फ रु एक अर्ब ११ करोड बजेट विनियोजन गरेकामा रु ६० करोड ११ लाख (५३ दशमलव ९९ प्रतिशत) खर्च गरेको छ ।
यस्तै भक्तपुर नगरपालिकाले पुँजीगतर्फ रु ७३ करोड ५८ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड ९२ लाख ९० हजार (५४ दशमलव २७ प्रतिशत) खर्च गरेको छ । भक्तपुुर जिल्लाका चार पालिकामध्ये विकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन् ।
आर्थिक वर्ष २०७९/८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ पालिकामध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८ दशमलव १७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३ दशमलव १७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८ दशमलव ३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९ दशमलव ५९ प्रतिशत, महाँकाल गाउँपालिकाले ५६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेका छन् ।
त्यस्तै काठमाडौँ महानगरपालिकाले २५ दशमलव ८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९ दशमलव ६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१ दशमलव २८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९ दशमलव ८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२ दशमलव ३३ प्रतिशत, शङ्खरापुर नगरपालिकाले ४६ दशमलव ५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७ दशमलव ३८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी–मनोहरा नगरपालिकाले ६० प्रतिशत तथा गोकर्णेश्वर नगरपालिकाले ६८ दशमलव दुई प्रतिशत विकास बजेट खर्च गरेका छन् । |
स्वास्थ्य मन्त्रालयले गर्यो उपत्यकाका आठ अस्पतालमा अनुगमन काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शङ्करापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।
स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले आज स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमन गरेको थियो । सोही अवसरमा मन्त्री बस्नेतले त्यहाँस्थित पोस्ट अपरेटिभ वार्ड, शल्यचिकित्सा वार्ड, रक्तसञ्चार युनिट, मेडिकल वार्ड, नाक, कान, घाँटी वार्ड, मनोचिकित्सा वार्ड र प्रशासन विभागलगायत सबै ठाउँमा अनुगमन गरेका थिए
सो अवसरमा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए÷नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्था भए÷नभएकोलगायतका विषयमा व्यवस्थापनसँग जानकारी लिएका थिए ।
उनले अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए । उनले भने, “अहिले हामीले धेरै कुराभन्दा पनि अस्पताल मापदण्डअनुसार छन् कि छैनन्, विपन्नका निम्ति उपचारमा छुट भए÷नभएकोबारे बुझन खोजिएको हो ।” मन्त्रायले यसअघि एक सय एक फार्मेसीमा अनुगमन गर्दा एक सय वटा फार्मेसी मापदण्डविपरीत भएको भेट्टाएको थियो । |
त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो। होङ एयर चाइनाको विमानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने तयारीमा रहेका ती नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। |
बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडितको प्रदर्शन काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने लगाएतका माग राख्दै काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । बिजुलीबजारमा आफुहरुको प्रदर्शनमा हस्तक्षेप भएपछि प्रदर्शनकारीहरुले पुन बानेश्वर पुगेर प्रदर्शन गरेका थिए ।
आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको गुनासो छ । |
राप्ती प्रादेशिक अस्पतालको ‘रेफर दर’ घटाउने प्रयास दाङ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ। पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ ।
प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न अस्पताललाई थप बजेट विनियोजन गरिएकोे बताए।
उनका अनुसार अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा विस्तारका लागि रु साढे चार करोड बजेट विनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नका लागि सोही बजेट विनियोजन गरिएको हो ।
शल्यचिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”, उनले भने, “यसलाई घटाउनका लागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्यचिकित्सा सेवा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेका छौँ।”
यस सेवा सुरु भएसँगै शल्यक्रियाका धेरै सेवा प्रदान गरिने र अहिले जस्तो बिरामी रेफर गर्नुपर्ने अवस्था नहुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले जानकारी दिए।
“अहिले यो सेवा नहुँदा केही बिरामीलाई रेफर गरेर पठाउनुपर्छ”, उनले भने, “अब यो सेवा सुरु भएमा ‘मेजर अपरेशन’ अस्पतालमै हुन्छन्, र रेफर दर घट्छ।” चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सोही बजेट विनियोजन भएको हो ।
त्यस्तै अस्पतालको नयाँ तला थप तथा ‘पेडियाट्रिक ब्लक’मा सेवा विस्तार गर्नका लागि औजार खरिदका लागि प्रदेश सरकारले एक करोड, औषधि भण्डारण गृह निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ।
त्यस्तै अस्पतालको प्रयोगशाला स्तरोन्नतिका लागि रु ६० लाख, इएचआर वार्षिक सम्भार मूल्यसमेत गरी रु पाँच लाख, फोहरमैला व्यवस्थापनका लागि रु चार लाख, सिकलसेल एनिमिया, थालसेमिया तथा हेमोफेलिया निदान, उपचारका लागि रु पाँच लाख, अस्पतालमा आधारित जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सेवा इकाइ र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ।
त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालका लागि ‘ओपिडी’ र ‘जनरल श्यया’ सोध भर्नाका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ। केही समयअघि मात्रै अस्पतालमा एनआइसियु, दूरविन विधिबाट अपरेशन सेवा सञ्चालनमा आएका छन्। आइसियू र जनशक्ति व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको जनाउँदै आफूले त्यतातिर ध्यान दिएको निमित्त मेसु डा अर्यालले बताए।
अस्पताललाई प्रदेश सरकारले छ सय श्ययामा स्तरोन्नति गर्ने निर्णयसमेत गरिसकेको छ । अब ‘ओएनएम सर्भे’ गर्न बाँकी रहेको छ। सर्भे भएपछि सोहीअनुसार जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन हुने र थप सहज हुने डा अर्यालले बताए। उक्त अस्पतालमा साविक राप्तीसहित बाँके, बर्दिया, सुर्खेतबाट समेत बिरामी उपचारका लागि पुग्ने गरेका छन् । |
अब चिया बगान हेर्न बागलुङमै पाइन्छ बागलुङ। पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।
वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुकरटिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। उनका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।
“मुख्यमैत्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ”, उनले भने, “ यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।”
वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताए। उनका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ।
रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिए। वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उहाँले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिए।
बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए।
“क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययनरअवलोकन गराउन रेशको चिया बगान पुर्याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानु पर्दैन्”, उनले भने, “स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।” डा थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अग्र्यानिक खानाको परिकार, घरबासको आतिथ्यतालगायत व्यवहारले लोभ्याउने बताए।
चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताए। चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उनले जोड दिए।
“हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ”, थापाले भने, “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।”
पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो। यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदानसमेत गरेका थिए ।
विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानध्यापक थम्मन जिसीले बताए। बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ थियो।
समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ। यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि वयवसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । यस कार्यले अहिले सफलता पाइरहेको उनको भनाइ थियो ।
बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन्। |
ऐतिहासिक ज्यामरुककोट आन्तरिक पर्यटकको मनमोहक स्थल बन्दै म्याग्दी। उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट। माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली। तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ।
तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र बनेको ज्यामरुककोट बेनी नगरपालिका–२ मा पर्दछ । थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त सम्पदाहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन्।
समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन् ।
पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए। अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् ।
सदरमुकाम बेनीबजारबाट ६ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ। दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ ।
प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुंगेघर नै हुन्।
उत्तरतर्फ आँखै अगाडी देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको शहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राँखुलगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।
यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार पोखराबाट ज्यामरुककोट घुम्न पुगेका विकास सिग्देलले यहाँका घर र प्राकृतिक सुन्दरता देख्दा मनै फुरुङ्ग भएको बताए।
“हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । बेनीबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्य, ज्यामरुककोटको ऐतिहासिक महत्व र स्थानीयको जनजीवन, रहनसहन, स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”
पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय समाजसेवी एवम् व्यापारी भीमबहादुर पौडेलले बताए। उनका अनुसार वर्षाको समय भए पनि गाउँ उक्लने पर्यटकको सङ्ख्यामा कमी आएको छैन ।
बिदाका दिन त अझ बढी पर्यटकको भीडभाड हुने बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष कार्कीले बताए।
“अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उनले भने, “पानी परे पनि रुझेरै आउनुहुन्छ। वर्षाको समयमा पनि पाहुनाको कमी भएको छैन ।”
सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको अध्यक्ष कार्कीले बताए। बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिने उनले बताए।
पर्यटकहरुका लागि यहाँ होटल तथा होमस्टेहरु रहेका छन् । होटल र होमस्टेमा कोदोको ढिंडो, स्थानीय जातका कुखुराको मासु, गुन्द्रुक, भट्मासको अचार, सिस्नो र मासको दाल, वर्षाको समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताए।
यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ। गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाए। वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउने गरेका छन्। यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ ।
अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा दुई वर्षअघि रु २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।
गत वर्ष नगरपालिकाको पर्यटनतर्फबाट रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए।
“यहाँका ऐतिहासिक सम्पदालाई विकाससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ, त्यस अनुरुप नै पर्यटकको आगमन बढिरहेकोले हामी खुसी छौंँ” अध्यक्ष घिमिरेले भने।
विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ। ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।
ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आफू प्रतिबद्ध रहेको वडाध्यक्ष कार्कीको भनाइ छ । उनले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका दर्जनौँ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौँ ग्रामीण बस्ती देखिन्छन् ।
गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरू रहेका स्थानीय टीकाबहादुर कार्कीले बताए।
“ज्यामरुककोट प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्तै उपयुक्त स्थान हुनुको साथै ऐतिहासिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भएपनि विकासको सहज पहुँच नहुँदा पछि परेको थियो,” म्याग्दीको पर्यटन प्रवद्र्धनमा सक्रिय अभियन्ता राजेश शाक्यले भने, “बेनीदेखि भकुण्डेसम्म मोटरबाटोको सुविधा र भकुण्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।” शाक्यका अनुसार अब दुईरचार वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकलाई यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदय अवलोकनका लागि ल्याउन सकिन्छ ।
त्यस्तै, वडा कार्यालयको पछाडिपट्टी रहेको ऐतिहासिक राजकुवा संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्ग भवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सम्भावना पनि रहेको उहाँले औंल्याए।
ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन्। ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ।
यहाँ थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै अस्तित्वमा रहेका अर्जुन माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक एवम् हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए।
कोटडाँडोसम्म मोटर बाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्नसक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको भनाइ रहेको छ ।
त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । जैविक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालो दाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वन ढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् ।
विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलक देखाउने, नृत्य प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गरेको भकुण्डे युवा क्लबका सल्लाहाकार डिलबहादुर कार्कीले जानकारी दिए। |
भारतीय सिमानाकाे मटिहानीमा सबैभन्दा अग्लाे राष्ट्रिय झण्डा महोत्तरी। भारतको मधुवनी जिल्लासँगै जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो झण्डा फहराएकाे छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उद्घाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतीयहरुले देख्न सक्छन्।
सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको बेला मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निक्कै ठूलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ।
मधेशका सिमानामा रोटिबेटीको समबन्धसँगै राष्ट्रियताका सवालमा स्थानीय इमानदार नभएको संगिन आरोपकाबीच मटिहानीस्थित अग्लो पोलबाट फरफराएको झण्डाले भारतीयको हेपाहालाई झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाई लिएर गिज्याउनेहरुलाई समेत लज्जित बनाइदिएको छ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त? भन्ने बिषयले चर्चा पाइरहेको बेला उद्घाटन पछि मटिहानीको आकाशमा फरफराएको नेपालको झण्डाले उत्तर पनि सँगै दिइरहेको छ। `यो झण्डाले कति महत्त्व बाेकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन्,´ नगरप्रमुख मण्डलले खुसी हुँदै भने।
उपराष्ट्रपति यादवले पनि झण्डाको उद्घाटन गर्दै खुसी ब्यक्त गरेका छन्। `नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव बढाएको छ,´ उनले भनेका छन्।
ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ। सताब्दीऔ पुरानो गुरुकुल होस् या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएकाे छ।
यिनै बिषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाई ल्याएका छन्।
देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन् देशकै गौरव बाेकेको मटिहानीप्रती संघीय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन्।
मटिहानीलाइ सहभागी बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेपनि प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ।
`त्यसैले मटिहानीमा बेला-बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,´ स्थानीय रामसेवक मण्डलले भने। उनका अनुसार नेपाल-भारतको समबन्धलाई बलियो बनाउनेदेखि सताब्दीऔं पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पत्ति भएको केन्द्रीय नेताहरु आएर भाषण गरेपनि व्यवहारिक रुपमा भने कार्यान्वयन हुन सकेको छैन। |
छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद तनहुँ। तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।
अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु. ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।
सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।
उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।
घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् । |
सामुदायिक विद्यालयका विद्यार्थी लिन घर-घरमै गाडी बागलुङ। बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्।
खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन्। सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ। हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा जान बाध्य भएका छन्।
तह मिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको छ। यातायातको सुविधा पाएपछि आजाभोलि विद्यार्थी लिन गाडी घर-घरमा पुग्छन्।
गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन्। दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन्। गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन्। यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपथ्र्यो।
विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो। अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन्।
हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताइन्। थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताए।
“बिहान ८ नबज्दै स्कुल हिँड्नुपथ्र्यो, ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिँड्नुपथ्र्यो, अहिले त जति पानी परे पनि समस्या हुँदैन”, थापाले भनिन्, “घरमा आएर समयमै गृहकार्य गर्न पाइन्छ, बिहान स्कुल जान हतार गर्नु पनि पर्दैन, सानासाना भाइबहिनी पनि गाडी आउन थालेपछि स्कुल जान खोज्छन्, रमाइलो पनि हुन्छ, सजिलो पनि भएको छ, अब घर पुग्दा रात पर्ने चिन्ता, स्कुल जाँदा ढिलो होला भन्ने पीर हरायो।”
नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताए। उनले गाडी सञ्चालनमा आउनुपूर्व बिहान विद्यालय पुर्याउन जाने र साँझ ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइ दिने भएपछि धेरै सहज भएको बताए।
आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्नेस्थित आएको उनको भनाइ छ। टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उनी बताउँछन्।
“पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो, अप्ठेरो बाटो कतै लडेकी, चोटपटक लगाएकी भन्ने डर हुन्थ्यो, बिहान लैजान र साँझ ल्याउन जानुपर्ने बाध्यता थियो, अहिले बिहान सरसफाइ गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ, साँझ आफैँले ल्याई दिने हुँदा ढुक्क भएका छौँ”, उनले भने, “नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठूलो काम गर्याे, यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यवाद दिनुपर्छ, केटाकेटीको पढाइ पनि राम्रो हुनेछ अब।”
गलकोट नगरपालिकाले यस वर्ष पाँच वटा विद्यालय तह मिलान र छ वटा विद्यालय समायोजन गरेको छ। तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त)ले जानकारी दिए।
गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उनको भनाइ छ।
वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उहाँको भनाइ छ।
विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको प्रवक्ता भण्डारीले बताए।
भण्डारीले भने, “यस वर्षदेखि टाढाका विद्यार्थीलाई गाडी उपलब्ध गराएका छौँ, हरेक दिन गाडी विद्यार्थीको घरमै लिन जान्छ, दूरीका आधारमा यातायात सुविधा उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्ने पहिलो चरणमा छौँ, अहिलेसम्म बाहिरबाट पनि राम्रो ‘फिटब्याक’ पाइरहेका छौँ, आगामी वर्षदेखि अझै प्रभावकारी बनाउने योजना छ।”
नतिजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षासमेत नगरपालिकाले लिने उनले बताए। शिक्षिका सुत्केरी बिदामा भएको बेला सट्टा शिक्षक राख्ने कार्यक्रमसमेत नगरपालिकाले ल्याएको सुनाउँदै, हरेक वर्ष गलकोट शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको बताउँछन्। रासस |
छुटेकालाई कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा काठमाडाैं। काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड-१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ।
उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो। कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ।
यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए।
खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए। उनले भने, “बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।”
अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन्। अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन्। उनीहरुको उपचार आइसियुमा राखेर भइरहेको पनि पौडेलले भने।
पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाएपछि कामपाले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो।
केही वाडमा मात्र उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको भए पनि क्रमिकरुपमा अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ।
अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेको खोप शाखाका प्रमुख डा अभियान गौत्तमले जानकारी दिए।
उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिबार खोप सञ्चालन हुनेछ। |
लम्पी स्किन नियन्त्रणका गर्न साताव्यापी खोप अभियान मकवानपुर । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।
खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाई÷भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा सृजना वाग्लेले जानकारी दिइन् । अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सञ्चालन गरिने र दैनिकरुपमा खोप लगाइएका पशुको तथ्याङ्क सङ्कलन गरी सार्वजनिकीकरणसमेत गरिने उनले बताइन् ।
त्यसको लागि सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनोट तथा नियुक्ति गरिसक्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, साउन २० मा नै प्रदेश दुग्ध विकास बोर्डमार्फत दुग्ध क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थासँग खोप अभियानसम्बन्धी समन्वय बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी, साउन २२ गतेभित्र सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप खरिद तथा भण्डारण तथा प्रचारप्रसार सामग्री तयारी र प्रसारण गर्ने र मन्त्रालयले खोप कार्ड, खोप अभियान लोगो, खोप अभिलेख फाराम, पम्पलेट तथा ब्रोसर छपाइ र वितरण गर्ने कार्यसूची रहेको छ ।
साउन २३ मा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटर तथा स्थानीय तहहरुलाई अभिमुखीकरण, खोप तथा लजिष्टिक सामग्री वितरण गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उद्घाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । लम्पी स्किन रोग झिङ्गा, लामखट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने उक्त रोगका कारण गाईभैँसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउनेलगायतका लक्षण देखा पर्ने उनको भनाइ छ । |
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नयाँबस्ती बस्ने ४५ वर्षीय पुरण अस्लामी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँबस्तीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए।
उनले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ। |
सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै अनेरास्ववियूको टर्चलाईट जुलुश काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै काठमाडौंमा टर्चलाईट जुलुश निकालेको छ ।
क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि सरकारले आखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियूले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुश नयाँवानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।
|
आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड झापा । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।
मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् ।
मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताए । सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनले बताए ।
बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले सङ्क्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने बताए । उनले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिँदै आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्नेसमेत बताए ।
दाहालले बिर्तामोड आँखा अस्पतालमा दैनिक आउने छ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिए । गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने बताए । उनले विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको बताए ।
मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताए । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उनले जानकारी दिए ।
मेचीनगर–४ बाहुनडाँगीकी १४ वर्षीया रोशिका तामाङले सुरुमा आँखा बिझाउने र विस्तारै रातो हुने र सुन्निने समस्या देखापरेपछि काँकडभिट्टाको मेची नेत्रालयमा उपचारका लागि गएको बताए । अस्पतालमा उपचार गराएको एक हप्तापछि अलि राम्रो हुन थालेको बताए ।
मोबाइल, कपडालगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरूमा सजिलै सर्ने चिकित्सक बताउँछन् । काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका सङ्क्रमित उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ । |
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
“हालसम्म पनि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था/अस्पतालले यो परिपत्र जारी भएको मितिले एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाई मन्त्रालयमा पत्राचार गर्न हुन र सो नभएको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ”, मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ ।
मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ । यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ ।
परिपत्रमा मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले अस्पतालमा बिरामी वा बिरामीको कुरुवाले आवश्यकताअनुसार जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नुपर्ने बताएका छन् । |
डेंगु नियन्त्रणका लागि महानगरले सुरु गर्यो अभियान काठमाडौं। काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ।
अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका काम भएको महानगरले जनाएको छ।
काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोक लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको बताइएको छ।
अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु पनि सहभागी रहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन महानगरले हटलाइन सेवा ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ।
महानगरका अनुसार अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। डेंगु रोगका बिरामीका लागि सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा उपलब्ध गराउने काम भइसकेको महानगरको भनाइ छ। |
माइतीबाट घर पुगेकी महिलाको शव फेला धनगढी । माइतीबाट घर पुग्ने वित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।
दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४र५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। संजीता घर पुग्ने वित्तीकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ।
संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। ‘झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ’, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने। संजीताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादवसँग भेटिएको उनले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।
प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ। |
दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत (अन्तर्वार्ता ) नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री छन्। सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आएका उनी विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला होस् कार्यस्थलमा रातदिन अरोरात्र खट्ने जनप्रेमी नेताका रुपमा परिचित छन्।
झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनी हाल स्वास्थ्यमन्त्री भएको अढाई महिनामै स्वास्थ्यका क्षेत्रमा क्रान्तिकारी काम प्रारम्भ गरेर चर्चामा छन्।
उनले यस अवधिमा दुई वर्षभित्रमा गरिब तथा विपन्न नागरिकलाई र पाँच वर्षभित्र सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने महत्वाकांक्षी कार्यको घोषणा गरी कार्यान्वयनको सुरुआत गरेका छन्। मन्त्री बस्नेतसँग स्वास्थ्य क्षेत्रका यिनै विषयमा केन्द्रित रहेर राससका लागिउत्तम सिल्वाल र भीष्मराज ओझाले गरेकाे कुराकानीको सम्पादित अंश :
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वयं स्वस्थ, चुस्त दुरुस्त एवं जनमुखी बन्ने क्रममा अहिले के गर्दैछ ? यहाँले मन्त्रालयको नेतृत्व गर्नुभएपछि भए गरेका उल्लेखनीय कार्यहरु के के छन् ?
म यो मन्त्रालयमा आएको अढाई महिना भयो । झण्डै २२ वर्षअघि यही मन्त्रालयमा राज्यमन्त्री भएर आएको थिएँ । यस मन्त्रालयको बारेमा पूर्व जानकारी भएकाले बहाली भएकै दिन सुधारका कार्य प्रारम्भ गरेँ ।
मन्त्रालयको परिसर नै फोहर र अव्यस्थित देखेपछि १५ दिनभित्र सरसफाइ गरेर कालोपत्रे समेत गर्न लगाएँ । हरेक अस्पतालमा १० प्रतिशत शैय्या गरिब र विपन्नलाई निःशुल्क उपचारको सेवासहित दिनुपर्ने सम्झौतालाई व्यवहारमा कार्यान्वयन गर्न लगाएँ । सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका १६ अस्पतालमा अहिले तीन हजार ५२३ शैय्या छुट्याई उपचार सुरु भएको छ ।
यसबाहेक अस्पतालका बहिरङ्ग सेवामा अनलाइनबाट टिकटको व्यवस्था गर्न लगाएइको छ । अतिविशिष्ट र विशिष्ट व्यक्तिको स्वदेशमै उपचार गर्नका लागि वीर अस्पतालमा विशेषज्ञ चिकित्सकको टोली बनाई सुविधा सम्पन्न क्याबिनको सङ्ख्या पनि बढाएका छौँ । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वीर अस्पतालमा अब बहिरङ्ग सेवा बिहान ८ बजेदेखि नै सुरु गरेका छौँ ।
औषधि पसलमा विभिन्न विकृति देखिएको बेथिति भन्ने व्यापक गुनासो आएपछि अनुगमन बढाएका छौँ । काठमाडौँ उपत्यकामा १०१ वटा औषधि पसलमा अनुगमन गर्दा एक पसलले मात्र मापदण्डको पूर्ण पालना गरेको देखियो।
हामीले कार्यस्थलमै दण्ड सजाय गर्ने र पुरस्कृत गर्ने गर्यौं । देशभरि नै हामीले यो अनुगमन सुरु गरेका छौँ । आगामी दुई वर्षमा न्यून आय भएका गरिब र विपन्न जनतालाई स्वास्थ्य सेवा निःशुल्क गराउँछौँ । पाँच वर्षभित्रमा सबै नेपालीलाई संविधानले उल्लेख गरेअनुसारको स्वास्थ्य सेवासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने गरी पृष्ठभूमि तयार गर्छौं ।
आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, जनमुखी, सर्वसुलभ र विश्वसनीय बनाउन सरकारी सेवासँगै निजी क्षेत्रलाई कसरी समेट्दै हुनुहुन्छ ?
सबै अस्पतालमा नियमन र अनुगमन गर्ने संयन्त्र सबल बनाएका छौँ । विभिन्न अनुगमन टोली बनाएर यसलाई तीब्रता दिएका छौँ । सरकारी वा निजी सबै अस्पतालमा थिति र विधिभित्र रहेर काम गर्ने वातावरण बनाउछौँ । सबै अस्पतालमा १० प्रतिशत शैय्या निःशुल्क गर्ने अभियानका विषयमा हामीले नपुग्ने सहयोग मन्त्रालयले गर्ने भनेका छौँ । बजेटको सिलिङ घटेर आएको छ ।
उपलब्ध बजेट सदुपयोग गरेर आधारभूत सेवा निःशुल्क प्रदान गर्न तयार छौँ । पछिल्लो समय निजी क्षेत्रले पनि सहयोग गरेका छन् । निजी अस्पतालले गर्ने स्वास्थ्य जाँच शुल्कमा महङ्गो भयो भन्ने गुनासोका सम्बन्धमा एउटै दर हुनुपर्छ भनी परामर्श गरिरहेका छौँ । मेसिन महङ्गो किनेको छ भनेर नागरिकसँग बढी शुल्क लिन पाइँदैन । त्यस्ता अस्पताल र ल्याबमा फरक परेका दर र उपकरणका बारेमा अनुगमन गर्न थालेको छौँ ।
मन्त्रालयको नेतृत्व गर्दै जाँदा साधन स्रोत, ऐन-कानून, केन्द्र-प्रदेशदेखि पालिका तहसम्मको संगठन संरचना र कार्ययोजनामा के के चुनौती छन् र कसरी समाधान गर्नुहुन्छ ?
मन्त्रालयले लामो समयदेखि बनाएको स्वास्थ्य रणनीति र स्वास्थ्य वित्त रणनीति बनाएको थियो । तर मन्त्रिपरिषद्बाट पारित भएको थिएन । म आएपछि दुवै रणनीति पारित भएको छ । अब हामीलाई काम गर्न सहज भएको छ ।
अन्य आवश्यक कानुन पनि बनाइरहेका छौँ । अर्काे कुरा मन्त्रालयमा सामान खरिद प्रक्रियामा विकृति थियो । आवश्यकताभन्दा बढी सामान खरिद गर्ने, त्यसैमा रमाउने र यसमा बेथिति भयो भनेर गुनासो आइरहने थियो ।
आफ्नै अस्पतालमा चलिरहेको उपकरण पनि फाजिलमा राखेर नयाँ उपकरण खरिद गर्ने चलन रहेछ । मैले त्यसको सुइँको पाएपछि देशभर छापामार शैलीमा हेर्न लगाए । नभन्दै त्यस्तै पाइयो । त्यसपछि हामीले बैठक राखेर छानबिन गर्न लगायौँं । छानबिन प्रतिवेदनको सुझावसहित सम्बन्धित अस्पतालमा पठाइदियौँ । अब खरिद प्रक्रियामा सुधार भएको छ ।
पहुँचवाला कर्मचारीहरुले अनावश्यक रुपमा केन्द्रीय राजधानी होस्, प्रदेशका राजधानी होस् वा सुविधा सम्पन्न सहरमा काजमा बस्ने गरेको बेथिति रहेछ । दशकौंदेखि काजमा बसेका कर्मचारी मात्र ८०० थिए । कसैले नचलाउने थप्ने मात्र । म आएपछि पनि थप्न खोजियो ।
तर मैले मानिन । हामीले यो बेथितिलाई रोक्न काज फिर्ता गर्ने, दुर्गम गाउँमा चिकित्सक र स्वास्थ्यकर्मी पठाउने काम सुरु गरेका छौँ । सुरुमा दिनहरुमा मलाई धेरै गाहे भयो । मैले प्रतिनिधिसभा बैठकमै कृपया यसरी सिफारिस नगरिदिनुहोला भनेँ र मन्त्रिपरिषद् बैठकमा पनि मैले यो कुरा भनेँ । प्रधानमन्त्रीज्यूले ‘गो अहेड’ भन्दै तपाईले गर्नुभएको काम राम्रो छ भन्नुभयो।
प्रधानमन्त्रीज्यू र अन्य नेताहरुको भनाइ र हौसलाले मलाई काम गर्न बढी अभिप्रेरित गरेको छ । अबको १५ देखि २० दिनभित्र सयौं चिकित्सक र स्वास्थ्यकर्मीलाई गाउँगाउँमा पठाइसक्छौँ ।
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले लोकप्रियता प्राप्त ग¥यो तर यसको प्रक्रिया झन्झटिलो छ भन्ने सेवाग्राहीको गुनासोका सन्दर्भमा के भन्नुहुन्छ ?
स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा निःशुल्क गर्ने विषयमा महत्वपूर्ण कार्यक्रम हो । तर मैले यसमा पनि वेथिति पाए । सुरुमा एकथरि मेडिकल कलेज र अस्पतालहरुले आफूहरुलाई यो बिमा कार्यक्रम चाहिदैन भनेर लेखेर नै दिएका रहेछ । अहिले यसमा बाहिर कराइरहेका व्यक्ति तिनै हुन् । यो बिमा सेवा कसैलाई दिंदा वा रकम समयमा तिर्दा कसैलाई दिने कसैलाई नदिने विकृति पनि रहेछ ।
औषधि पनि भनेको बेला कहीँ पाइने कहीँ नपाइने विकृति रहेछ । सही ढङ्गले बिमाको सुविधा नपाएपछि त्यसको प्रभावकारी रहेन । यसमा पक्षपात भएको सूचना हामीले पाएपछि यसमा पनि छानबिन गर्नुपर्ने देखेका छौँ ।
दोस्रो बिमा सेवामा पाउने सुविधा निःशुल्क आधारभूत सेवा उपलब्ध गराइदिने हो । तर बिमा सेवा पाउनेको नाममा चिकित्सकको सल्लाहमा फर्जी बिल बनाएर दुरुपयोग गरेको हामीले सुनेपछि यसमा पनि छानबिन गर्नुपर्ने देखिएको छ । कुनै संयन्त्र चाहिएला नि ।
हाल अर्थमन्त्रालयबाट बजेटमा निजी अस्पताललाई बिमा सुविधा नदिने व्यवस्था उल्लेख भएपछि निजी क्षेत्र उत्साहित हुने अवस्था आएन । बिमा भएका अस्पतालमा बढी बिरामी आउँदा रहेछन् । बिमा बोर्डका अधिकारीले केही हदसम्म निस्पक्ष रुपमा काम गरेको देखिएन । यसमा हामी गृहकार्य गरिरहेका छौँ ।
गलत तरिकाले बिरामीलाई दिने चिकित्सकीय सिफारिसको अनुगमन गर्ने विषयमा पनि छलफल गरिरहका छौँ । बिमाका सम्बन्धमा मेरो व्यक्तिगत धारणा त सरकारी अस्पताललाई ६० प्रतिशत र निजी अस्पताललाई ४० प्रतिशत दिने गरी जानुपर्छ भन्ने थियो ।
तर यही बीचमा बजेट आएपछि हामीले त्यसमा भएको व्यवस्थाको पालना गर्नै पर्यो । यसमा थिति बसालेर अघि बढ्ने हो । हामीले अब बिरामीलाई दिइने अनावश्यक चिकित्सकीय सिफारिसको पनि अडिट गर्ने व्यवस्था गर्न गृहकार्य गर्दैछौँ ।
विभिन्न विपद्मा परी घाइते हुने बिरामीको उपचारमा मन्त्रालयले के कसरी उपचारमा सहयोग गर्छ ? र मनसुनको समयमा फैलिएको डेङ्गुलगायतका सङ्क्रमण रोग नियन्त्रण र उपचारमा मन्त्रालयले के गरिरहेको छ ?
पहिलो कुरा त बाढी पहिरोलगायत कुनै पनि विपद्मा घाइते हुने हरेक नागरिकको हामी निःशुल्क उपचार गरिदिन्छाैं, बजेट होस् वा नहोस् उपचारको जिम्मा मैले लिन्छु । मैले जिम्मा लिएर यस्ता धेरै बिरामीको उपचार गरेको छु।
त्यति मात्र होइन, द्वन्द्वका बेला घाइते भएका र शरिरमा गोली रहेका व्यक्तिसमेत उपचारका लागि आएका छन् । ती मान्छेलाई पनि हामीले व्यवस्था गरेका छौँ । अहिले मन्त्रालय निःशुल्क उपचार गर्ने सरकारी अस्पताल जस्तो भएको छ ।
डेङ्गु रोग सङ्क्रमणका सम्बन्धमा कोशी प्रदेश र सो क्षेत्रमा स्वास्थ्यकर्मी टोली औषधिसहित पठाएर भटाभट काम भइरहेको छ । हाम्रो समन्वयमा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि मोबाइल टोली परिचालन गरी उपचार गरिरहेको छ ।
सङ्क्रमण बढेका स्थानमा प्रभावित क्षेत्र घोषणा गरेर स्थानीय सरकारको सहभागितामा सचेतना कार्यक्रम अभियान पनि सुरु गरेका छौँ । यसमा सरोकारवाला सबैको सहभागिता बढेको छ ।
संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ र यसलाई कार्यान्वयन गर्न यहाँ दृढतापूर्वक लाग्नुभएको पनि छ । मौजुदा जनशक्ति, बजेट र पूर्वाधारबाट यो सम्भव छ त ?
यो काम सजिलो छैन्, महत्वाकांक्षी विषय पनि हो । हाल मन्त्रालयको ४० प्रतिशत बजेट कटौती भएको छ । बल्लबल्ल रु १० अर्ब ११ करोड थमायौँ । त्यसमा पनि अब २० प्रतशित अझै बाँकी छ । तर साहस र बुद्धि भयो भने थोरै साधन स्रोतले धेरै काम गर्न सकिन्छ ।
निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागि छुट्टै बजेट थिएन । तैपनि हामीले काम गरिरहेका छौँ । जुन ठाउँमा लगानीको परिणाम आएको छैन, त्यसबाट राम्रा र अत्यावश्वक काममा बजेट लगाउँछाँै । बेथिति र चुहावट रोक्छौँ । राम्रा काममा हामीले दातृ राष्ट्र र दातृ निकायको सहयोग पनि लिन सक्छौँ ।
अर्काे कुरा यसमा विशेष बजेट खोज्नु पर्दैन । सूर्तीजन्य पदार्थमा लगाइएको करबाट अहिले नै रु छ अर्ब उठ्ने गरेको छ । एउटा उदाहरण इजरायलमा सूर्तीजन्य पदार्थमा ८५ प्रतिशत कर लगाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले नै ७५ प्रतिशत कर लगाउन भनेको छ ।
हामीले पनि सूर्तीजन्य पदार्थमा कर किन नबढाउने ? सूर्तीजन्य पदार्थ, धुम्रपान, मध्यपान, गुलियो पेय पदार्थ, जङ्क फुड वस्तुमा कर बढाउँदा कसैलाई आपत्ति हँुदैन । यसमा ७५ प्रतिशत कर लगाउने हो भने मन्त्रालयलाई आउने बजेटको आधा रकम त यसैबाट उठ्छ ।
स्वास्थ्यमा हितकर नभएका यी बस्तुमा बढी कर लिँदा एकातिर राजश्व बढी उठ्छ । अर्काेतिर महङ्गो भयो भने खपत कम हुन्छ र यसबाट स्वास्थ्यमा पर्ने असर पनि कम हुन्छ ।
यो राम्रो काम हो, यसमा म लाग्छु, सबैको साथ सहयोग पाउँछु र यो कार्यान्वयन हुन्छ भन्नेमा म आशावादी छु । बिमा सेवालाई पनि प्रभावकारी लागु गर्ने हो भने पनि यसले पनि धेरै सहयोग पुग्छ । मन्त्रालयमा जति दिन काम गर्छु, मेरो पालामा यसका लागि जग बसाल्छु ।
तपाईँ नेपाली कांग्रेसको प्रभावशाली नेता पनि हो, हालै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ, पार्टीले गत निर्वाचनमा जारी गरेको प्रतिबद्धता पत्रअनुसार स्वास्थ्यका कार्यक्रम कसरी लागु हुन्छन ?
कांग्रेसको घोषणापत्रमा संविधानले उल्लेख गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क कार्यान्वयन गर्नुपर्छ भन्ने व्यक्ति म नै हो । म यसैमा पनि लागेको छु । मैले पार्टीको बैठकमा पनि यो निशुल्क गर्नै पर्छ, समय कति लिने हो त्यो कुरा बेग्लै हो भनेको थिएँ ।
मेरो चाहीँ दुई वर्षमा गरिब र विपन्नलाई तथा पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ भन्ने दृष्टिकोण छ भनेको थिएँ । म शिक्षाको क्षेत्रमा पनि धेरै काम गरेको व्यक्ति हुँ । जिल्लामा मैले एसएलसीसम्म निःशुल्क हुनुपर्छ भनेर अभियान सुरुआत गरेको व्यक्ति हुँ ।
हाल १२ कक्षासम्म निःशल्क हुनुपर्छ भनेर अभियान सुरु गरी सिन्धुपाल्चोकका तीन पालिकामा यो अभियान सुरु गरिसकेका छाैं। स्वास्थ्य र शिक्षालाई सँगैसँगै लैजानुपर्छ, यसमा कांग्रेस पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । |
यसकारण घुम्नुपर्छ प्रकृति र संस्कृतिको अनुपम थलो ल्वाङ गाउँ पोखरा। के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला। लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन। हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ।
प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ। पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ। सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ। ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ।
पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो। गुजुमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर। ढुङ्गाकै छाना, आँगन र बाटो। वास्तुकला झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी।
गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव भुल्छन्। प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन्। विसं २०६७ मा घरबास (होमस्टे) सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो।
सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ ।
प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताइन्।
“यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको सङ्ख्या केही घटेको छ”, उनले भनिन्, “पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”
हिउँदमा दन्तेलहरझैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले ल्वाङ गाउँको सौन्दर्य उसैगरी खुल्छ । समुद्री सतहदेखि चौध सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ। अध्यक्ष गुरुङले गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशी–विदेशी अध्यताहरूसमेत ल्वाङ गाउँ आउने गरेको जानकारी दिइन्।
“बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउँछौँ, हाम्रो रैथाने खानाको स्वाद चखाउँछौँ”, उनले भनिन्, “कसैले इच्छा गर्नुभयो भने करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गर्छौँ ।” निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको उनको भनाइ छ ।
घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको घरबास सञ्चालक माया गुरुङले बताइन्।
“वर्षात्का बेला टुसा, निउरोको परिकार बन्छ, गुन्द्रक त सँधै हुन्छ”, उनले भनिन्, “यहीँको मकै, कोदो, जौँबाट बन्ने परिकार पाहुनालाई खुवाउँछौँ ।”
मासुजन्य परिकारका लागि स्थानीय कुखुराको बढी प्रयोग हुन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेको घरबास सञ्चालक बताउँछन् ।
“ल्वाङ गाउँ आएका पर्यटकले एकदेखि दुई रातसम्म यहाँ बिताउँछन्”, घरबास सञ्चालक गुरुङले भनिन्, “अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरू पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् ।”
सप्ताहन्त मनाउन ल्वाङ
शुक्रबार आयो कि ल्वाङमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन ल्वाङ पुग्छन् । बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ । “कुनै शुक्रबार त ठाउँ नपुगेर पाहुनालाई जेनतेन राख्नुपर्छ”, घरबास सञ्चालक गुरुङले भनिन्, “बिदामा फुर्सद निकालेर कर्मचारी, व्यवसायीलगायत स्थानीय पाहुना बढी आउनुहुन्छ ।”
अहिले वर्षात्का बेला पनि आन्तरिक पर्यटक ल्वाङ पुगिरेका छन् । विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि त्यहाँ पुग्ने पनि उत्तिकै हुन्छन् । चलचित्रको छायाँङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँङ्कन यही गाउँमा भएको थियो।
ल्वाङ गाउँको सौन्दर्य यत्तिमा सीमित छैन । गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३÷०५४ तिर चिया रोपिएको थियो । ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको स्थानीयवासी प्यारी गुरुङले बताउनुभयो ।
“फाट्टफुट्ट पर्यटक देखिन थालेपछि महिला समूह बनाएर होमस्टे सुरु गरेका हौँ, पहिले अहिले जस्तो पर्यटक आउँदैन थिए”, ६० वर्षीया गुरुङले भन्नुभयो, “अहिले त दिनमै सयौँ पाहुना आउँछन्, गाउँको मुहार नै फेरिएको छ ।”
गुरुङ पनि घरबास व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँको घरबासमा ४० जनाको क्षमता छ । पर्यटकस्तरीय कोठासहितको सुविधा घरबासमा छ । पर्यटकलाई पारिवारिक वातावरणमा बास र खानाको प्रबन्ध गर्ने गरिएको व्यवसायी गुरुङले बताउनुभयो ।
बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु। १२ सय तोकिएको छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ ।
माछापुच्छ्रे–८ का वडाध्यक्ष रामबहादुर गुरुङले ल्वाङ गाउँमा ‘पार्किङ’, फोहरमैला व्यवस्थापन आदिको समस्या रहेको बताए। खोलामुखबाट ल्वाङ गाउँ जोड्ने तीन किमी सडक कालोपत्र हुन बाँकी छ । सो सडक स्तरोन्नतिकाका लागि गण्डकी प्रदेश सरकारले ठेक्कामा लगाउने तयारी गरेको छ ।
“ल्वाङ गाउँ ग्रामिण पर्यटनको केन्द्र बनेको छ, अब गुणस्तरीय पूर्वाधारको खाँचो छ”, उनले भने, “स्तरीय सडक, पदमार्ग, सुविधायुक्त होटललगायत सुविधा दिन सके देशविदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ ।” ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँको मुख्य आकर्षण रहेको उनले उल्लेख गरे।
ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिने वडाध्यक्ष गुरुङले बताए। वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो । गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले ल्वाङ र घलेललाई राज्ने गरेका हुन् ।
पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ । |
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द इनरूवा। सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।
विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ।
बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ-आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ।
डेंगु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।
वडा समिति कार्यालय आ-आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए।
धरानमा डेङ्गुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ। निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगुका बिरामीले शय्या पाउन मुश्किल भएको छ।
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। रासस |
बिरामीको विवरण सार्वजनिक देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ।
मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ।
यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो वर्गीकरणअनुसार सेवा प्रवाह गरे नगरेको जानकारी गराउन आग्रह गरेको छ।
यसैगरी मन्त्रालयले संघीय अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफूले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधाको विद्यमान सेवा शुल्क विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
आवश्यकताअनुसार ज्वरो क्लिनिकल गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेंगी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेंगीका सङ्क्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेंगी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
“दैनिक डेंगी सङ्क्रमण बढिरहेको छ। संघअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेंगी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौं”, उनले भने।
उनले डेंगी रोगको निदान, उपचार र व्यवस्थापन गर्नका लागि ती अस्पताल र प्रतिष्ठानलाई परिपत्र जारी गर्दै छ बुँदे निर्देशन दिएका हुन्।
परिपत्रमा डेंगी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार कार्य गर्न तथा डेंगी रोगको निदानका लागि आवश्यक कीटको सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।
यस्तै डेंगी रोगका बिरामी बढिरहेको अवस्थामा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न उनले ती अस्पताललाई निर्देशन दिएका हुन्। अस्पतालमा डेंगी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गरिने उनको भनाइ छ।
बिरामीको मृत्यु भएको अवस्थामा प्रमाणीकरण गरेर मात्र प्रतिवेदन तयार गर्न, बिरामीको विवरण नियमितरूपमा सफ्टवेयरमा राखी प्रतिवेदन तयार पार्नेलगायतका काम गर्न निर्देशन दिएका छन्।
अहिले पाँच हजार छ सय ८८ जनामा डेंगीको सङ्क्रमण र चार जनाको निधन भएको छ। महाशाखाले अहिलेको अवस्थामा डेंगी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढिरहेको बताए।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भाले वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ।
कार्ययोजनामा यस्तै लामखुट्टैको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ। यसैगरी डेंगी नियन्त्रणका लागि महाशाखाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ।
यसैगरी जोखिम नक्सांकन तथा हट-स्पट पहिचान गर्ने, डेंगी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगी भाइरसको आइसोलेसन गर्नेसमेत कार्ययोजनमा उल्लेख गरिएको छ। नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगी देखिएको थियो।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ। |
उच्च अदालतले दियो लालबहादुर विश्वकर्मालाई सफाइ काठमाडौं । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो।
उच्च अदालत विराटनगरले विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो। उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो।
बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ। दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ।
लालबहादुरको पक्षमा अधिवक्ताहरु मनबहादुर राई, निराजन ओझा तथा रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले वहस गरेका थिए।
२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए। एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो। अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा सिंहदेवी ज्वेलर्सविरुद्ध परेको थियो।
मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो। उक्त मुद्दामा २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको थियो।
जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्माला योङयाको इजलासले २०७८ पुस १ गते फरार रहेका कमलको मुद्दा मुलतवीमा राख्दै चार जनालाई दोषी ठहर गरेको थियो। लालबहादुर बाहेक अन्यको हकमा ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला सदर भएको उच्च अदालत विराटनगरले जनाएको छ। |
झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।
सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फर्छ्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिए । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फर्छ्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।
जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फर्छ्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताए। आर्थिक वर्ष २०७८÷८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फर्छ्यौट भएका थिए । सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फर्छ्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।
आव २०७९/८० मा लागु औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फर्छ्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फर्छ्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिए ।
यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङ्क छ । आव २०७९/८० मा बलात्कार (करणी)सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फर्छ्यौट भएका थिए । अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फर्छ्यौट भएका छन् । चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फर्छ्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फर्छ्यौट भएका थिए । |
प्रेमिकाको नग्न भिडियो, फोटो पोर्न साइटमा राख्ने बिकलाई मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याइयो काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ ।
पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेसियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो । बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ । |
जंगलमा बेवारिसे अवस्थामा शिशु फेला बारा । बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको शिशु बेवारिसे अवस्थामा फेला परेका छन्। बालक महेन्द्र राजमार्गअन्तर्गत बारा–रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
जनकपुर–बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।
बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । |
प्रदेशले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन: मुख्यमन्त्री पाण्डे काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन्।
गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यक्रममा उनले प्रदेशले प्राथमिकताका आधारमा मात्र विकास निर्माणमा लगानी गर्ने उल्लेख गरे।
“अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, प्रदेशको अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन”, मुख्यमन्त्री पाण्डेले भने, “जथाभावी लगानी गरे त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।” स्थानीय तहका जनप्रतिनिधिले योजना छनोट र प्रस्ताव गर्दा बढीभन्दा बढीले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री पाण्डेले भोट बैंक सुरक्षित गरेर तथा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर बजेट छुट्याउने परम्पराको गण्डकीले अन्त्य गरेको उल्लेख गरे। “एउटै खोलामा एक किलोमिटरको फरकमा पक्की पुल चाहियो भन्दै बजेट माग्ने गरेको पाइयो”, उनले भने, “नेताहरुले पनि आफ्नो फाइदा हुने ठाउँमा मात्र पुल बनाउनु पर्छ भन्दै दबाब दिने गरेका छन्, स्थानीय जनप्रतिनिधिले वास्तविक आवश्यकताको पहिचान गरेरमात्र योजना निर्माण गर्नुपर्छ ।”
मुख्यमन्त्री पाण्डेले सिँचाइ, खानेपानीलगायत कार्यालयबाट विनियोजित बजेटभन्दा बढी खर्च गरेर भुक्तानी लिने गरेको पाइएको जिकिर गर्दै त्यसको अन्त्य गरिने बताए । “निश्चित बजेट विनियोेजन भएको ठाउँमा आफूखुसी खर्च गर्ने काम बन्द गर्नुपर्छ”, उनले भने।
गोरखामा मात्र प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८०(८१ मा झन्डै रु। दुई अर्ब बराबरको बजेट विनियोजन भएको र त्यसबाट एक हजारभन्दा बढी योजना छनोटमा परेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए।
“प्रदेशका ८५ वटै स्थानीय तहमा न्यायिक समितिमार्फत हुने न्याय सम्पादनमा सयोग पुर्याउन कानुनी सहायक राख्ने गरी छलफल चलाएका छौँ”, मुख्यमन्त्री पाण्डेले भने । प्रदेश सरकारबाट छुट्याइएको बजेटबाट भएका विकास निर्माणका कामको स्थानीय तहले अनुगमन नगर्दा समस्या हुँदै आएको जिकिर गर्दै उनले प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा अनुगमनको प्रभावकारी व्यवस्था मिलाउन लागेको जानकारी दिए । |
इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं। गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९ र ८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए।
उहाँले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एन्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताए।
चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबिङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको सूचना अधिकारी ठाकुरको भनाइ छ । यस्तै पर्साको जय वनहरबाबा कृषि सहकारी संस्थाविरुद्ध पनि मुद्दा दर्ता गरिएको जनाएको छ ।
अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १९ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनको कथन छ ।
यस्तै गतआव मा एक हजार चार सय ३६ व्यापारीमाथि कारबाही गरी जरिवाना तिराएको सो कार्यालयले जनाएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सो आवमा एक हजार तीन सय २४ व्यापारीले नियमित जाँच÷नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण तथा पाँच सय ६५ व्यापारीलाई अनुमति÷इजाजतपत्र दिइएको छ ।
ती सबै शीर्षकबाट गत आव मा रु एक करोड ४० लाख २३ हजार दुई सय ६९ राजस्व सङ्कलन भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको छ । कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्नुपूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । |
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’ कास्की। साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन। पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन्।
शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन्। ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन्।
पोखरा आएसँगै उहाँमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो। जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन्।
“प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो। कहिले उड्न पाइएला भन्ने लागेको थियो। जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो”, उनले भनिन्, “उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिर्वतन भएको अनुभव गर्न पाइयो। एकदमै रमाइलो लाग्यो।”
पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरे। साहसिक खेल प्याराग्लाइडिङ गर्न जो-कोही तत्कालै तयार हुँदैनन्। यसका लागि साहस चाहिन्छ, तर शारीरिकरूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए।
दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो। प्याराइलाइडिङ गर्नेहरु एक-दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो।
बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्छिन्। उनी समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित थिइन्। उनले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत गरेकी थिइनन्। उनले भनिन्, “आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुुसीको सीमा नै छैन।”
चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन्। तर आफूले पाउँछु कि पाउँदिन भन्ने उनलाई थाहा थिएन। अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उनले जानकारी पाइन्।
उनले भनिन्, “मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो। आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो। तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो।”
ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो। उनले नै यस कार्यको अग्रसरता लिइन् र आफ्ना साथीहरूलाई अवसर प्रदान गरेकी थिइन्। सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन्।
उनले भनिन्, “यो समावेशी पर्यटन प्रवर्द्धन हो। यसबाट सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ। जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन। त्यो भन्दा माथि उठ्न सक्छौँ, उड्न सक्छौँ।”
उनको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ। बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सक्दिनन्। उनले भनिन्, “मेरो पाइलटले बादल छुहाउन लैजानुभयो। बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ। बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो। जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन।”
प्याराग्लाइडिङ पाइलट राम गौतम दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको बताइन्। अन्य सामान्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उहाँहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको उनले बताइन्।
उनले भनिन्, “सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ। दृष्टिविहीनलाई हामीले तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौैँ, यसो भन्दा उहाँहरूसमेत उत्साहित हुनुहुन्छ।” |
बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम गलेश्वर। राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ।
सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन्।
बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी-जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो।
छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ।
कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ। साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।
विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन-चारपटक सडक अवरुद्ध हुन्छ । घन्टौँसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ।
सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ। दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए।
“जीर्ण र पहिराको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ”, उनले भने, “सामान्य अवस्था भए बेनीबाट चार घन्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ।”
म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए। “यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ”, उनले भने।
विसं २०७४ असारमा चारवटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले रु दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए।
गत शुक्रबारदेखि बेनी-जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ। म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन्।
यसैगरी बेनी-दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ। सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन।
विसं २०६२ मा ट्रयाक खुल्नुअघिको पहिराको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ।
पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्। सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए।
ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उनले भने, “फापरखेतको पहिरो बेनी-दरबाङ सडकको दीर्घरोगजस्तो भएको छ।” उनका अनुसार पहिराबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन्।
मङ्गला गाउँपालिका-२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ। मालिका गाउँपालिकाको बाङ्गे पहिराले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीयले बताउँछन्।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए।
“फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ”, उनले भने, “ठस्लो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ।” रासस |
राष्ट्रिय गौरवका आयोजनाः वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम बागलुङ। बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ। पूर्व-पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन-भारत जोड्ने कालीगण्डकी करिडोर र तराई-पहाड जोड्ने सालझण्डी-ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन्। बरेङ, ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन्।
तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन्। अर्बौं लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी-ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन्।
स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन। मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुंगाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ।
यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौंलगायतका ठूला सहरबाट यातायात सञ्चालन हुन्छ। यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छवटा पालिका जोडिएको छ।
उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ। यो सडकमा स्थानीय गाडीमात्रै चल्छन्। ठूला सहरबाट गाडी आउँदैनन्।
सालझण्डी-ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ। यस सडकमा पनि ठूला सहरबाट गाडी सञ्चालन भएका छैनन्।
मध्यपहाडी लोकमार्गको अब करिब १२-१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी-ढोरपाटन स्तरोन्नतिका लागि सरकारले रु ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन। नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ।
कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ। अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।
उनले राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताए। विसं २०७३ मा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ।
समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उनको भनाइ छ। कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घन्टाको दूरी छोटिने उनले बताए।
“करिडोर दुई-तीन देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन”, उपप्रमुख शर्माले भने, “करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घन्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ।”
मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ। त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन। ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताए।
यो सडकमा हरेक दिन दर्जनौँ साना-ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उनको भनाइ थियो।
सालझण्डी-ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ। गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर कालोपत्र भएको छ।
यस सडकलाई यस वर्ष रु ४० करोड विनियोजन भएको थियो। ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताए। ढोरपाटन प्राकृतिकरूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उनले बताए।
उनले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्रगतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताए। केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उनको भनाइ छ। हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए।
“दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, सडकको अवस्था देखेर निरास भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ”, उनले भने, “हामीहरू भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ।” रासस |
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’ काठमाडौं। व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो।
कामपाले सम्पर्क अघिकारीको रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ। शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनिक गरेको थियो।
कामपाको आर्थिक ऐन, २०८० ले निजी मार्ट, रेष्टुराँ, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ् गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको कामाप नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
कामपाको सूचनालाई बेवास्ता गरी कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो गरेपछि कामपाले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको पाण्डेको भनाइ छ।
ऐनमा निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले कामपाबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था छ। क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ।
न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ।
यस क्षेत्रमा सवारीसाधन पार्किङगरेबापत दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु १५ र प्रति घण्टा रु २५ कायम गरिएको छ।
यसैगरी चार पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रति घण्टा रु ८० कायम गरिएको छ । क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेक अन्य स्थानलाई क्षेत्र नं २ मानिएको छ।
यी क्षेत्रमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गरेबापतप्रति घण्टा रु १५, चार पाङ्ग्रे लागि रु ४० र चार पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा रु १०० तोकिएको छ।
निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङमा दुई पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि रु १५ शुल्क लिन सक्ने व्यवस्था छ। पार्किङ क्षेत्रमा अनिवार्य कामपाले दिएको स्वीकृत पार्किङ सङ्केत चिह्न, सूचना पाटी राख्नुपर्नेछ।
सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङसम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनुपर्नेछ । पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन। |
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड खोटाङ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा बोलबम मेला सुरु भएको तेस्रो साता पनि गेरुवस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।
साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत दर्शनार्थी तथा भक्तजन हलेसी आउने गरेका छन् । हलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चीनको तिब्बत् लगायतका देशबाट दर्शनार्थी एवं भक्तजन आएका छन् । मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ ।
हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । प्राकृतिक रुपलेसमेत विश्व प्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ ।
बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटल भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषकोसमेत घुइँचो लागेको छ । तराईबाट हलेसीसम्म आउने र जाने सडक विस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए ।
तराईबाट सिधैँ कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा विस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या वर्सेनि बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आवद्ध पदाधिकारी बिहानैदेखि खटिने गरेका छन् ।
तराईलगायत राजधानी काठमाडौँबाट सिधैँ रिजर्भ गरेर ल्याएका यातायातमार्फत आउने दर्शनार्थी सोही दिन फर्कने गरेका छन् । भाडाका सवारी साधनमार्फत हलेसी आएका दर्शनार्थी तथा भक्तजनले होटल खचाखच भरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
बोलबमको अवसर पारेर हलेसीमा लागेको मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । बोलबम मेलालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाको तर्फबाटसमेत कर्मचारी परिचालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
एउटै स्वरमा ‘बोलबम–बोलबम–बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा हातमा पानीको भाँडा बोकेर सामूहिकरुपमा हिँडेका दर्शनार्थी तथा भक्तजनको दृष्य निक्कै रोचक देखिने गरेको छ । बोलबमको अवसरमा दैनिक हजारौँको सङ्ख्यामा आएका दर्शनार्थी तथा भक्तजनले हलेसीको मेला भर्ने गरेको मन्दिर व्यवस्थापन समितिले नाएको छ । प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । पछिल्लो समय त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरासमेत जडान गरिएको छ । |
लम्पी स्किनबाट मधेशमा दुई हजार बढि पशु मरे धनुषा । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो ।
जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी एक हजार एक सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम दुई वटा मरेका छन् ।
लम्पी स्किनका कारण सबैभन्दा बढी गाई÷गोरु मरेका छन् । मरेका दुई हजार २५ पशुमध्ये भैँसी÷राँगा मात्र छ वटा छन् र दुई हजार १९ वटा गाई÷गोरु रहेका छन् । मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार आठ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाइ सकिएको पशु अधिकृत चिकित्सक डा रञ्जितकुमार अधिकारीले बताए ।
अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार तीन सय २५ पशुलाई खोप लगाइएको छ । सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ÷आठ हजारको दरले कूल ६४ हजार खोप पठाएको जानकारी दिए ।
मन्त्री न्यौपानेका अनुसार यस्ता महामारीको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्नेछ । स्थानीय सरकारले रोग विरुद्वको खोप आफ्नो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास लिइएको छ । |
काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक र देखिनेगरी सुधार ल्याउन जरुरी रहेकाले त्यसका लागि सरकारले आवश्यक तयारी थालिसकेको बताएका छन् । त्यसका लागि ठूला बस सञ्चालनमा ल्याउनेगरी आवश्यक प्रबन्ध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालिसकेको उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परीक्षणकै रुपमा भए पनि ठूला बस ‘बिआरटी’ सञ्चालन गरेर यातायातको चाप कम गर्ने तयारी गरिएको बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी असोज १ गतेदेखि रत्नपार्क–सूर्यविनायक खण्डमा बिआरटी सञ्चालनको आवश्यक तयारी गरेको छ ।
मन्त्रालयले कार्यालय समयमा सहज रुपमा यात्रुलाई सेवा दिन सो बस चलाउने तयारी गरेको भए पनि प्रधानमन्त्री दाहालले कार्यालय समयभन्दा पछिको समयमा सो बस चलाएर परीक्षण गर्नसमेत सम्वद्ध अधिकारीलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यकपर्ने ट्राफिक सङ्केत, ट्राफिक प्रहरी परिचालन, जनचेतना तथा ट्राफिक बत्तीलगायतको प्रबन्ध गर्नसमेत आग्रह गरे । प्रधानमन्त्री दाहालले सडक सङ्केतको उचित प्रबन्ध गर्न पनि आग्रह गर्दै आवश्यक तयारी गरेर उपत्यकावासीलाई प्रत्यक्ष रुपमा राहत दिन जरुरी रहेको बताए ।
यस्तै, प्रधानमन्त्री दाहालले साझा यातायातले ल्याएको ४० वटा बस सञ्चालन गर्ने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिए । साझा यातायातले आयात गरेको विद्युतीय बस चार्जिङ स्टेशन नभएको भन्दै सञ्चालनमा ल्याउन सकेको छैन । साझा यातायाताको पुल्चोकस्थित जग्गामा कति सकिन्छ त्यति नै चार्जिङ स्टेशन निर्माणको प्रबन्ध गर्नेगरी सहजीकरण गर्नुपर्ने उनले जोड दिए ।
प्रधानमन्त्री दाहालले उपत्यकामा अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणको आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए । उनले त्यसबाहेक मुलुकका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि आवश्यक व्यवस्था गरिहाल्न भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयलाई निर्देशन दिए ।
विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी हुँदै गएकाले अत्यावश्यक स्थानमा तत्काल चार्जिङ स्टेशनको प्रबन्ध गरिहाल्नसमेत प्रधानमन्त्री दाहालले जोड दिए । नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनमध्ये एकाध बाहेक धेरै चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले काठमाडौँ उपत्यकाको सार्वजनकि यातायात सुधारका लागि मन्त्रालयले आवश्यक पहल थालिसकेको बताए । उनले त्यसैको तयारी स्वरुप नै बिआरटी चलाउन लागिएको जानकारी दिए । मन्त्री ज्वालाले यातायात व्यवस्था विभाग, सडक विभागका पदाधिकारी सम्मलित कार्यदलले अध्ययन गरेर आवश्यक तयारी गरिएको उल्लेख गरे । उनका अनुसार त्यसका लागि ४० सिट ठूला बसको प्रबन्ध गर्न लागिएको छ ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले राज्यको ठूलो लगानी परेको साझा यातायाताको बस तत्काल सञ्चालनको प्रबन्ध गर्नुपर्ने बताए । उनले ट्राफिक प्रहरीलाई उत्साहित गर्ने तवरले केही कार्यक्रम अगाडि बढाउनुपर्ने, उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने बताए । छलफलमा ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका, सडक तथा यातायात क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो । |
पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री काठमाडौं । साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।
यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए ।
प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
सौरमास अनुसार साउनको तेस्रो साता आज पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उनले सुनाए । आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीलगायतले पनि दर्शन गर्नुभएको महाशाखा प्रमुख पराजुलीले बताए । भारतबाट पनि आज उल्लेख्य मात्रामा भक्तजन पशुपतिनाथको दर्शनमा आएका थिए ।
पशुपतिनाथमा आज रु सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् । एक जना भक्तजनले भने रु ६५ हजारको रसिद काटेको जनाइएको छ ।
साउनको सोमबारका लागि पशुपति क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला समिति र विश्व हिन्दू महासङ्घको काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारीले पनि सामूहिकरूपमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको जनाइएको छ । |
लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने सरकारको तयारी काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताए । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए । लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।
प्रधामन्त्री प्रचण्डले भने, “छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ ।” उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री दाहालले बैठकमा भने, “अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।” उनले चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।
लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।” किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।
लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानमा सचेतना फैलाउन जोड दिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । यस्तै, राहतको मोडालिटीका बारेमा आवश्यक प्रस्ताव तयार पारेर ल्याउन प्रधानमन्त्री प्रचण्ड दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका थिए ।
यस्तै, सो रोग नियन्त्रणका लागि ‘बर्डफक्स’ नामक खोप निःशुल्क उपलब्ध गराउने भएको छ । हाल प्रयोग भइरहेको खोपभन्दा प्रभावकारी रहेको र विश्व स्वास्थ्य सङ्गठनले समेत सो खोप प्रयोग गर्न अनुमति दिएको तथा नेपालका कृषि तथा पशुविज्ञहरुले दिएको सुझावका आधारमा बर्डफक्स खोप प्रयोग गर्न लागिएको हो ।
सो खोप प्रयोगका लागि समेत आवश्यक अनुमति दिन लागिएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा भुसालले जानकारी दिए । मन्त्रालयका अनुसार देशभर कूल ११ लाख बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल एक लाख ८१ हजार पशु चौपाया सो रोगका कारण सक्रिय सङ्क्रमित छन् ।
पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा रु तीस अर्ब बराबरको क्षति भएको छ । यस्तै, समग्रमा रु एक खर्ब बराबरको क्षति भएको सो अवसरमा जानकारी दिइएको थियो । रोगका कारण पशु चौपाया मर्दा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित भएको छ । दूध उत्पादनमा समेत असर परेको छ । किसान प्रत्यक्ष रुपमा प्रभावित भएकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्ने र त्यसका लागि आवश्यक बजेट र मापदण्डको व्यवस्था गनुपर्र्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले रोग प्रभावित किसानले प्रत्यक्ष रुपमा राहत पाउने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले किसान प्रत्यक्ष रुपमा मारमा परेकाले उचित राहत दिने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए ।
यस्तै, निःशुल्क खोप उपलब्ध गराएर थप क्षति हुनबाट रोक्नुपर्ने उहाँको भनाइ छ । उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपन्छी विकासमन्त्री भुसाल, योजना आयोगका उपाध्यक्ष श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल, सोही मन्त्रालयका कृषितर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो । रासस |
दाङमा एकैपटक नौ पुल निर्माण हुने दाङ । विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणका लागि रू आठ करोड रकम विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए । उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलीबृज निर्माणका लागि रू ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।
ट्वाङखोलामा डिपिआरसहित पक्की पुल निर्माणका लागि रू एक करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डिपिआरका लागि रू १५ लाख तथा बखरीया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारा सडकमा पुल निर्माणका लागि रू एक करोड २५ लाख बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर–हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर–१ भमके खोलामा पुल निर्माणका लागि रू एक करोड, शान्तिनगर–३ पातेटाकुरा खोलाका लागि रू ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि रू एक करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि रू ७५ लाख बजेट विनियोजन भएको छ ।
दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे–गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन् । यसअघि यस खण्डमा पुल नहुँदा वर्षात्का समयमा आवतजावत ठप्प हुने गरेको थियो । |
स्वास्थ्य नीति लागू गराएरै छाड्छु : मन्त्री बस्नेत काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताए ।
“यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौँ”, मन्त्री बस्नेतले भने । स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफु उक्त काममा दृढतापूर्वक लागेको उनको भनाइ थियो । “कर्मचारी दूर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउका जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निमर्मताका साथ परास्त गरेको छु, अहिले चिकित्सकलगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु”, मन्त्री बस्नेतले भने ।
चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उनले आग्रह गरे । मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको तथा फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुमगन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको जानकारी दिए ।
सङ्घीय १६ अस्पतालमा तीन हजार पाँच सय २३ शैय्या गरिब तथा विपन्नका लागि छट्याएको उल्लेख गर्दै उनले १० प्रतिशत सबै अस्पताल तथा मेडिकल कलेजले छुट्याउने नीति सबैले लागू नगरेकले सरकारी अनुगमनमा तीव्रता दिइएको बताए ।
जटिल प्रकारको रोगको उपचार नेपालमै सम्भव भएकाले नेपाली स्वास्थ्य जनशक्तिलाई विश्वास गर्न उनले आग्रह गरे । आगामी दुई वर्षभित्र गरिब तथा विपन्नलाई स्वस्थ्य सेवा तथा पाँच वर्षभित्र सम्पूर्ण उपचार निःशुल्क गर्ने योजना बनाएको मन्त्री बस्नेतले बताए । धुलिखेल अस्पतालको ‘आधारभूत जीवन सहयोग’ अभियान देशब्यापी बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामकण्ठ माकजू, अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा राजेन्द्र कोजू, काठमाडौँ विश्वविद्यालयका मेडिकल अफ साइन्सका डिन डा मनोज हुमागाईलगायतले ‘आधारभूत जीवन सहयोग’ अर्थात् मुटुको चाल बन्द भए छाती थिचेर मुटुलाई पूर्ववत् अवस्थामा ल्याउन सकिने प्रक्रियाबारे एम्बुलेन्स चालक, सुरक्षाकर्मीलगायत व्यावसायिक व्यक्ति हरेकले जान्नुपर्ने आवश्यकता औँल्याए । |
शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्यो काठमाडौं । शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ। असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ।
लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ।
|
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस्– उपप्रधानमन्त्री खड्का काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताए ।
उनले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गरे । अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक विपद् तथा उद्धारका काममा रातदिन खटेर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताए ।
नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको उनको भनाइ थियो ।
रक्षामन्त्री खड्काले भने, “तपाईंहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ, तपाईंहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।”
उनले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टर २४सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए । “जहाज मर्मत गर्दा पनि धेरै लामो समय ग्राउन्डेड भएर बस्नुपर्ने अवस्था नहोस्, सबै काम पारदर्शीरूपमा छिटो छरितो होस्, त्यसका लागि नीतिगत रूपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैँ तयार रहन्छ”, उनले भने । |
नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनाको ४५ लाख ठगी काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइ दिन्छु ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल वर्मा रहेका छन्। सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ। |
राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि … टीकापुर । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।
कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडी घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ”, कालीदेवीले भनिन्, “घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्याए थाहा छैन ।”
हात्तीले पछाडीतिर भत्काउन थालेपछि अगाडिपट्टीको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडीतिरबाट आएको भए भाग्न सकिने थिएन् । “हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ”, उनले भनिन्, “यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ । हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।”
कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजागारीका लागि भारतमा छन् । परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।
विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटकपटक नोक्सानी पुर्याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने स्थानीय हरी सुनारले बताए । “अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ”, उनले भने, “वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु ? त्रासमा पनि कसरी बस्ने होला ?”
हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले बताए । क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिए ।
“हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ”, उनले भने, “जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन् । क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ ।” रासस |
कटुवा पेस्तोलसहित एकजना पक्राउ मोरङ। पथरी शनिश्चरे नगरपालिका–३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम दमाैली। तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन्। विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गरेका हुन्।
बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय भने फार्ममा बित्छ। विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ। फार्ममा ब्रोइलर कुुखुरा, पाडा, बाख्रापालन गरिएको छ।
शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्ने गरेका छन्। विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैँ खटिन्छन्। पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ।
पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन्। उपचार पद्धति र प्रक्रियाबारे निपूर्ण हुनका लागि किसानका पशु चौपायाको उपचार गर्दा आत्मविश्वास बढ्ने विद्यार्थी थापा बताउँछन्।
प्राविधिक धारअन्तर्गत पर्ने १८ महिने (भेटेरिनरी जेटिए) पढ्ने विद्यार्थीले पढ्दै कमाउँदै कार्यत्रममार्फत आयआर्जन गर्न थालेका छन्। फार्ममा पालिएका कुखुरापालनमा विद्यालयले लगानी गरेतापनि मुनाफा भने विद्यार्थीले पाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए।
उनले भने, “पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ। समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभई एक सिजनमा मात्र प्रति विद्यार्थी रु पाँच हजारदेखि रु सात हजारसम्म कमाउने गरेका छन्।” पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिलेको उनको भनाइ छ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन्। प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन्।
विद्यालयको एउटा कोठामा दुई सय स्थानीय प्रजातिका कुखुराको चल्ला पाल्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए। गाउँपालिकाको एक वडा एक उत्पादन र पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरिएको हो।
विद्यार्थी नै कुखुराका लागि दाना पानीको व्यवस्थापनमा खटिन्छन्। उनले भने, “यो कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर हुन पनि सिकाउँछ।” आँबुखैरेनी-४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रममार्फत अदुवाखेती गरिएको छ।
विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत दुई रोपनी जग्गामा एक सय ७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो रोपिएको छ।
विद्यार्थी आफैँले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। यो कार्यक्रमले विद्यार्थीलाई सीपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ।
“पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ, त्यसमाथि सीपमूलक ज्ञान त झन प्रभावकारी हुन्छ”। ढकालले भने, “विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन्।”
विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ”, चुमानले भने, “सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौं।”
गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ। रासस |
चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान चितवन। लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ।
आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो।
नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए। सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताए।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उनले जानकारी दिए।
पहिलो दिन नगरपालिकाको वडा नम्बर ६ र ८ मा अभियान सञ्चालन गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताए। उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए ।
डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उनको भनाइ छ। “नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण छन्”, उनले भने, “तीव्र सहरीकरणका कारण पानी जम्ने ठाउँसमेत प्रशस्तै छन्।”
विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यो लामखुट्टे फूल पार्छ।
विशेष गरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ। उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन्।
जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन्।
सतर्कता अपनाउन आग्रह
चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ।
रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गरे।
उनले १६ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरुलाई डेङ्गु रोगबारे सचेतना फैलाउन आग्रह गरेका छन्।
डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुग्यो
चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीन दिनअघि आठ जना डेङ्गु सङ्क्रमित रहेको आइतबार बढेर १३ पुगेको हो।
स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा एक सय २१ जनाको परीक्षण गर्दा १३ जनामा सो सङ्क्रमण देखिएको छ। रासस |
आज खीर दिवस काठमाडाैं। आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्।
यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।
साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन्। तर यसको कुनै शास्त्रीय वचन भने छैन।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्।
चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ। साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।
दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ। रासस |
त्रियुगा पुल एक वर्षमा सम्पन्न गरिनेछः मन्त्री ज्वाला काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।
उनले आज सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधि ध्यानाकर्षणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गरेका छन्।
त्रियुगाको पुल एक वर्षभित्र सक्नेमा ढुक्क रहन मन्त्री ज्वालाले सरोकारवालालाई आग्रह गरे । निर्माण सुरु भएको १२ वर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य भएको उनको भनाइ छ ।
मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण एक वर्षभित्र सकिने विश्वास व्यक्त गरे। उनले भने, “यसअघि कमला र जब्दीघाटको पुलबाटै पुराना ठेक्कामा एक्सन लिन थालिएको छ, यसमा पनि त्यही गरिनेछ ।”
मन्त्रालयका कार्यवाहक सचिव अर्जुन थापाले ‘क्रोनिक’ ठेक्काका रुपमा रहेका पुल समस्या समाधान गरेर बनाउन लागिएको बताए । हाल देशभर साढे चार हजार पुलको निर्माण भइरहेको उनले जानकारी दिए ।
उनले भने, “त्रियुगा, कमला र जब्दीघाट तीन पुलमा बढी समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिक रुपमा खोजी सकेका छौँ ।”
उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल वर्षौँदेखि अलपत्र छ । अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो ।
सांसदसहितको टोलीलाई मन्त्री, कार्यवाहक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।
तीन वर्षभित्र काम सक्ने गरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले विसं २०६७ मा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो ।
निर्माण सम्पन्न भएर हस्तान्तरण नगरिँदै विसं २०७८ मा पुलका तीन स्पान र दुई पिलर भत्केको थियो ।
|
एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो ।
बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । |
चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर काठमाडौं । काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । |
मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु छलफलमा जुट्न थाले महोत्तरी। मधेशमा खडेरीसँगै पिउने पानीको समस्या झन विकराल बन्दै गएको छ । यथास्थानमा रहेका कतिपय कल, ट्युबवेल र इनारहरु सुकेका छन भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर मानवको दैनिक जीवनमा परिरहेको छ ।
विशेषगरी पर्साको वीरगञ्ज, धनुषा, महोत्तरी लगायत मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकारकै स्थिति सिर्जना भएको छ। साउनको तेस्रो साता बित्नै लाग्दासम्म राम्रोसँग वर्षा नहुँदा मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ।
केही दिनअगाडि बसेको नगर कार्यपालिकाको पूर्ण बैठकले नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो। खडेरी परेसँगै मधेश प्रदेशवासी पानीको चरम समस्या झेल्नुपर्ने अवस्थामा पुगेपछि जलवायु विज्ञ छलफलमा जुट्न थालेका छन्।
शनिबार मधेश प्रदेश सरकारका अर्थ र जल तथा सिंचाइ मन्त्रालयमा जलवायु परिवर्तनका कारण उत्पन्न हुँदै गएको संकटको विषयमा गम्भीर छलफल भएको जलवायुविज्ञ नागदेव यादवले बताए। छलफलमा थप समस्या आउन नदिने तत्कालीन र दीर्घकालीन उपायबारे कुराकानी गरिएको यादवले जानकारी दिए।
‘दीर्घकालीन सावधानका लागि चुरेको पानी चुरेमा नै होल्ड गर्ने र पोखरीहरु बनाएर यसको रिचार्ज गर्नुपर्ने बिषयमा हामीले सुझाव दियौँ,’ उनले भने, ‘उहाँहरुले हाम्रो सुझावलाई गम्भीररुपमा लिनुभएको छ।’
पहिले ३० फिट खन्दा पनि पानी भेटिने ठाउँमा अहिले सय फिट खन्दा पनि पानी भेटिएको छैन । पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन्। नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरवदल देखापरेपछि किसानहरु अनुकुल उपायको खोजीमा छन्।
‘पहिले नियमित लगाउने बालीहरु हुन छाडेको छ । सिँचाइको समस्या बढिरहेको छ,’ महोत्तरीका स्थानीय रामान्दन यादवले भने । |
बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी कञ्चनपुर। वर्षाले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ।
महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू। पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ।
“बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ”, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, “बाढी आयो भने सिधैँ बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन।”
महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन्। जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ। बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन्।
आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउँछन्। “केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ”, उनले भने, “पानी परेमा बेला–बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ ।”
सुनारको घरमा दुई स–साना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन् । स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन् ।
“घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ”, स्थानीय बमबहादुर सुनारले भने, “घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्नत्र जान्छौँ।”
उनका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन् । महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ । “यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ”, उनले भने, “खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ।”
कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। वर्षौँदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ।
“सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्”, स्थानीय ऐनबहादुर सुनारले भने, “महाकाली उचो भइसक्यो, हामी होचो भू–भागमा छौँ, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ ।”
महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ । “वर्षैँपिच्छे बाढीको समस्या झेल्नुपर्छ, ज्यानको जोखिममा राखेर बस्नुपरेको छ”, उनले भने, “सरकारले हाम्रो पीडा कहिले सुन्छ?” |
म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन।
माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो। शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द थापाले बताए।
“कक्षा ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौँ”, उनले भने, “दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ।”
मंगला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले मासिक रु ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दशौँ पटक विज्ञापन गरेपनि कसैको दरखास्त परेको छैन्। पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण पठनपाठन प्रभावित भएका सर्वोदय र राष्ट्रिय जनजागृति मावि जस्तै धेरै विद्यालयहरु छन्।
गाउँका सामुदायिक विद्यालयमा मात्र होइन सदरमुकाम बेनीका सुविधायुक्त निजी विद्यालयले समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको अभाव खेपिरहेका छन्। विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन्। अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेसामा आएका शिक्षक पनि सहरी इलाकामै खोसाखोस हुने भएकाले दुर्गममा नआएका राष्ट्रिय जनजागृति माविका प्रअ टेकबहादुर राम्जालीले बताए।
पेसाप्रतिको घट्दो आकर्षणले गर्दा शिक्षाशास्त्र पढेका उम्मेदवार शिक्षणभन्दा निजामती सेवातर्फ आकर्षित छन्। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार गत वर्ष म्याग्दीका सात जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामती सेवातर्फ गए।
त्यसैगरी शिक्षक सेवा आयोगबाट मधेसी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैँ अभाव हुने अर्को कारण हो।
शून्य दरबन्दी भएका विद्यालयमा सरकारले शिक्षण सहायता अनुदानस्वरुप १२ महिनाको रकम दिन्छ। यही रकमले करारमा नियुक्त हुने हो। पारिश्रमिक पनि कम हुने भएकाले आकर्षण कमी हुनुको अर्को कारण भएको शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताए।
“विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन्”, उनले भने, “अन्यत्र पढाइरहेका शिक्षकले नै पायक पर्ने वा अनुकूलको विद्यालयमा निवेदन दिन्छन्। नयाँ अनुहारले शिक्षण सेवामा आउन चाहेको देखिँदैन।” सदरमुकाम बेनी र आसपासमा रहेको सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले हरेक वर्ष विज्ञान वा गणित विषयको शिक्षक टिकाउन सकेका छैनन्।
“विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ”, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले भने, “कक्षा ६ देखि विज्ञान विषय अनिवार्य गरिएको छ तर पढाउन जनशक्ति पर्याप्त छैन। सम्बन्धित विषयका जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छन्।”
गणित, विज्ञान, कम्प्युटर विषय शिक्षण गर्ने जिल्लाकै उत्पादन नहुनु र बाहिरबाट आएकाहरू एक वर्षमै सरुवा मिलाउने भएकाले समस्या दोहोरिएको उनको भनाइ छ। शिक्षण लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यवहारिक हुँदा पनि शिक्षक समस्या भएको थापाको भनाइ छ।
आधारभूत तह कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयमा राखेको छ। एकाइको तथ्यांकनुसार म्याग्दीमा एक सय ७५ वटा आधारभूत तह (कक्षा ६–८) र एक सय १५ माध्यमिक तहमध्ये जम्मा २२–२२ जनामात्र दरबन्दीका गणित र विज्ञान शिक्षक छन्। बाँकी विद्यालयले राहत तथा निजी स्रोतबाट करारका विज्ञान शिक्षक राखेका छन्। विज्ञान र गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन्।
गणित शिक्षक हुनका लागि विद्यालय तहदेखि नै ऐच्छिक गणित पढ्न जरुरी छ। तर गणितप्रति विद्यार्थीको आकर्षण छैन। चारवर्षे स्नातक तहमा शिक्षाशास्त्रतर्फ गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गराउने जिल्लाको एक्लो म्याग्दी बहुमुखी क्याम्पस छ। बीएड पहिलो वर्षमा चार जना, दोस्रोमा छ, तेस्रोमा तीन र चौथोमा तीन जना विद्यार्थीले मात्र गणित विषय अध्ययन गरिरहेका छन्। बीएडतर्फ विज्ञान लिएर पढ्ने तीन जनामात्र छन्।
क्याम्पसले गत शैक्षिकसत्रदेखि विज्ञान र कम्प्युटर विषयको शिक्षक अभाव पूर्ति गर्ने उद्देश्यले बीएडमा विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्ययन/अध्यापन सुरु गरेको छ। त्यसनिम्ति जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापन गरेका छन्।
“जिल्लाका विद्यालयमा शिक्षकको धेरै माग भएकाले बीएडमा गणित, विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गरेका हौँ”, म्याग्दी क्याम्पसका प्रमुख गोरख जिसीले भने, “स्नातक तहमा गणित विषय अध्यापन गराउने म्याग्दी क्याम्पसका स्रोत विद्यालय जम्मा पाँच छन्। ती विद्यालयबाट स्नातक पढ्न आउने जम्मा चार–पाँच जना विद्यार्थी हुन्। ती पनि चौथो वर्ष पुग्दासम्म हराइसक्छन् अनि कसरी गणित विषयका शिक्षक उत्पादन हुन्छ ?” – रासस |
नयाँबसपार्कमा यात्रुको झोला तान्दा… काठमाडाैं। नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले शनिबारमात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये चारजना होटल सञ्चालक रहेका छन्। “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौं, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं”, उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ।
नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए। यात्रुलाई दुःख तथा हैरानी दिने जो-कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।
“यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौं आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन”, उनले भने।
संघले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ। रासस |
हतुवागढीमा महिनाको एक दिन श्रमदान काठमाडौं भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ।
गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो।
प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।
‘श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भने, ‘आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ। अब महिनामा एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्छौँ।’
अभियानको यहाँ निर्माण भइरहेको पदमार्गलाई लक्षित गरेर सुरुआत गरिएको उनको भनाइ छ । पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएको अध्यक्ष राईले जानकारी दिए।
‘घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ पैदलमार्ग हाम्रो गौरवको योजनाका रूपमा रहेको छ’, उनले भने, ‘यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गका रूपमा स्थापित गर्ने लक्ष्य छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका ‘अर्नामेन्ट प्लान्ट’ रोपेका छौँ।’
पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।
यो रकममध्ये रु ७५ लाख लागतले दिमालुङ उद्यानमा सिमेन्ट र तारजालीसहितको घेराबारा, शौचालय, गेट निर्माणलगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए।
बाँकी रहेको रकमबाट दिमालुङ स्मारक उद्यान निर्माण गरिएको उनको भनाइ छ। यो स्मारक उद्यानलाई अझ विस्तार गर्नका लागि केन्द्र र प्रदेश सरकार तथा सम्बन्धित निकायसँग बजेट माग गर्ने गाउँपालिकाले जनाएको छ।
‘यहाँ निकै ठूलो क्षेत्रमा दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क निर्माण भइरहेको छ’, उनले भने, ‘उपलब्ध बजेटमध्ये दिमालुङ पार्कको संरक्षण तथा विकास गरेका छौँ । खास गरेर यहाँ पर्यटकलाई लक्षित गरेर बगैँचासँगै वनभोजस्थल निर्माण गर्ने लक्ष्य छ। निर्माणाधीन दिमालुङ स्मारक पार्कलाई अझ विकास तथा विस्तार गर्न सम्बन्धित निकायसँग बजेट माग गर्ने योजना छ।’
श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बू, सम्पूर्ण वडाका वडाध्यक्ष, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयवासीलगायतले श्रमदान गरेका हुन् । रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.