content
stringlengths 20
64.1k
⌀ |
---|
जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर (फाेटाेफिचर) काठमाडाैं। भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ। मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो।
मन्दिरको छानो ताम्रपत्रले छाइएको छ। भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो।
मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ ।
मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन्।
सबै तस्वीर : सिमाेन पाैडेल /डिसी नेपाल |
कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै काठमाडौं। कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन्।
फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्र छ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन्।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय सङ्क्रमित बढेको बताए।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ। |
सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ।
महेन्द्रनगर श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो।
प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे।
साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन्। लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए।
सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ।
समापन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो। |
वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई काठमाडौं। आइसीसी लिग टू अन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ।
मैदानभित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोरलाई वाईवाईले आज सफा गरेको हो। ‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्त्व निर्वाह गरेको बताएको छ।
|
अर्घाखाँचीमा जीप दुर्घटना हुदाँ ७ जना घाइते अर्घाखाँची । शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना हुदाँ ७ जना घाइते भएका हुन ।
ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा परी ७ जना घाईते र घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।
घाइते हुनेमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गा–७ का चन्द्र बहादुर खत्री, शितगङ्गा–२ का मिना थापा, मालारानी–५ बागीका रेमा भुसाल, पोम नारायण भुसाल, कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका १ का अशोक नेपाली छन् । |
लोकगायक राजेन्द्र लम्सालको अन्त्येष्टि गरियो काठमाडौं। लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जलीे कार्यक्रमको आयोजना गरेको थियो।
तेह्र दिनसम्मको काम स्याङ्जा गएर नै गर्ने र अस्तु पनि उतै लगेर विसर्जन गर्ने तय भएको गायक लम्सालका भान्जा दीपेन्द्र रेग्मीले जानकरी दिए। चलचित्र निर्मातासमेत रहेका रेग्मीका अनुसार गायक लम्सालको तीन श्रीमती, तीन छोरा र एक छोरी छन्।
लम्साल लोक गायन क्षेत्रका पाका गायक मानिन्छन्। स्पेनमा बस्दै आएका लम्सालको गत फागुन २३ गते ६० वर्षको उमेरमा मृत्यु भएको थियो।
स्पेनमा ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ‘आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीतमार्फत उनी स्थापित भएका हुन्। |
जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर बलेवा। भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ। मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो। मन्दिरको छानो ताम्रपत्रले छाइएको छ। भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो।
मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन्।
गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो। थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ।
भूकम्पपछि पुरानो संरचना जोखिमपूर्ण तथा विगतको चुहिने ताम्रपत्र पनि जीर्णाेद्धार गरिएको हो। जीर्णोद्धार गर्न करिब रु २६ लाख खर्च भएको छ। निर्माणाधीन सत्तल सम्पन्न गर्न रु ७० लाख र हवकुण्ड निर्माणमा रु १३ लाख खर्च हुनेछ।
जीर्णाेद्धार तथा थप संरचना निर्माणका लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खड्काले बताए। हाल मन्दिरमा सङ्कलित भेटीबाट नै निर्माणको काम अघि बढेको छ।
तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यारोहण गरेका थिए। उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो। विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रुपमा बुवासँग मागेर आफूसँगै ल्याए।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ। मन्दिरमा वर्षको दुई पटक बडादशैँ र चैतेदशैँमा विशेष पूजा हुन्छ । |
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ मोरङ। आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ। |
इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक काठमाडौँ। विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ।
इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन्।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई महानुभावलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ।
साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्पर योजनामा स्वतः सहभागी हुनेछन्।
घर सार्वजनिक तथा दुई महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने,‘विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नको लागि यो योजना २ महिना थप गरिएको छ। यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो। साथै यसबाट धेरै भन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ।’ बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ। |
पत्रकार महासंघले दियो राष्ट्रपतिलाई बधाई काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।
सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे। भेटमा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।
सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे ।
समाजमा भएका विकृति, विसङ्गतिप्रति पत्रकारजगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उनको जोड थियो । “गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ”, उनले भने ।
महासंघका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए । भेटमा महासंघका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी थिए । |
नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ काठमाडौँ। नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन्।
काठमाडौं कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ। |
भूकम्पबाट क्षति भएका १७ घर निर्माण गरिँदै लमजुङ। जिल्लामा क्रियाशिल गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ।
परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो। जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्र्याङदी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म चारवटा घर निर्माण सम्पन्न भएको लमजुङ पनर्लाभ परियोजनका कार्यक्रम संयोजक हेमराज बिमलीले बताए।
२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई–दुई वटा घरको निमार्ण कार्य सम्पन्न भएको हो। परियोजनाअन्तर्गत निमार्ण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ। १३ लाख ५४ हजार ३६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निमार्ण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताए।
परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौवटा र बेसीशहरमा पाँचवटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ। भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ ३ करोड १४ लाख ८ हजार ८९५ रुपैयाँ खर्च भएको छ। |
परम्परागत संस्कृतिको झलक, भक्तपुरको पोटरी चौकमा (फोटाहरु) भक्तपुर। काठमाडाैं उपत्यकाको भक्तपुरमा रहेको पोटरी चौक एक लोकप्रिय पर्यटक आकर्षण हो। यस चोकको वरपर माटोको पुरानो भाडाहरू बनाउने प्रजापति परिवारहरु बस्छन्।
उनीहरुले दिनभर आ-आफ्नो पसलमा मेकानिकल चक्का प्रयोग गरेर आकर्षक भाडाहरु बनाउने, आफूले बनाएका भाडाहरू घाममा सुकाउने, आगोको भट्टीमा पकाउने, पालिस लगाउने गर्छन्।
भाडा बनाउने परम्परागत प्रक्रिया हेर्न यहाँ दिनभर पर्यटकहरुको भिड लागी रहन्छ। पसलेहरुले पर्यटकलाई पनि मेकानिकल चक्कामा माटोसंग खेल्न, रमाउन र आनन्द लिन दिन्छन। त्यहाँ बनेका माटोको आकर्षक भाडाहरू पर्यटकले सम्झनास्वरुप किनेर आफूसंगै लग्छन।
|
पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु अन्नपूर्ण। पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो। पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। |
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना काठमाडौं। हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।
आज काठमाडौंमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कडेलको भनाइ छ। तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन्।
आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उनले स्पष्ट पारिन्। |
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।
भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए।
“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने। स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए।
सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ। आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो। |
स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ जलेश्वर । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा आज प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।
उनको साथबाट प्रहरीले नौ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । |
चट्याङ लागेर प्यूठानमा एक जना घाइते प्यूठान । प्यूठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । प्यूठान नगरपालिका–६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएको प्यूठान नगरपालिका–६ का वडाध्यक्ष एनपी मगरले जानकारी दिए ।
चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको वडाध्यक्ष मगरले बताए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । |
एनसेलले ल्यायो ‘मज्जाको प्लान’ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ।
यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ ३ चैत शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट यो प्लान खरिद गर्न सक्नेछन् ।
ग्राहकले यो स्टार्टर प्याक कर सहित रु ५९९ मा खरिद गर्न सक्छन्। यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन्। प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य रहनेछ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन्। ग्राहकले रु २०० देखि रु ४९९ को रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने रु ५०० वा सो भन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनसको मजा लिन सक्छन्।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनि खरिद गर्न सक्छन्।
त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन्।
सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ।
ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ। |
रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन काठमाडौं। नेपाली नागरिकता लिने क्रममा प्रकृयागत त्रुटी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धान सकिएको छ।
प्रहरीले अनुसन्धान सिध्याएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको स्रोतले जनाएको छ। ‘फागुन ३०मा सो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो’, स्रोतले भन्यो।
अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरेको थियो।
झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो। त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो।
रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले उनको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उनी उपप्रधान एवं गृहमन्त्री समेत थिए। त्यसपछि उनले राजीनामा दिएका थिए।
नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत माघ १३ गते फैसला सुनाएको थियो। सोही दिनदेखि लामिछानेले उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधिसभाको सांसद र पार्टी सभापति पदबाट राजिनामा दिएका थिए।
त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता प्रमाणपत्र लिएपछि लामिछाने पुनः पार्टी सभापति बनेका थिए। उनी अहिले चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारीमा रहेका छन्।
माघ १३ मा सर्वोच्च अदालतले फैसलाको सारांश मात्रै प्रकाशित गरेको थियो। निर्णय सुनाएको ४० दिनपछि फागुन २३ मा अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो।
३३ पृष्ठ र ३३ बुँदामा समेटिएको फैसलाले लामिछानेको राहदानी (पासपोर्ट) का विषय पनि उल्लेख गर्दै प्रहरीलाई अनुसन्धान अघि बढाउन बाटो खुलाएको थियो।
अमेरिकाको नागरिकता त्याग्न रविले दिएको निवेदन काठमाडौँ स्थित अमेरिकी दूतावासले २०७५ असार १४ स्वीकृत गरेको उनका कानुन व्यवसायीले सर्वोच्च अदालतमा बताएका थिए।
तर, प्रहरीले त्यसको आधिकारिक जवाफ मागेको थियो। अमेरिकी दूतवासले त्यसबारे जवाफ पठाए नपठाएको बारे प्रहरीले गोप्य राखेको छ। |
अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ काठमाडौं। अमेरिकी डलर र बंगलादेशी टाका लुकाएर लैजाने लागेको अवस्थामा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान पक्राउ परेका हुन्।
उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो प्रक्राउ गरेको थियो। बंगलादेश एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डस् ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा सो रकम फेला परेको थियो।
प्रहरीले उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहिको लागि राजश्व अनुसन्धान विभाग पठाएको जनाएको छ। |
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने काठमाडौं। सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो।
पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताए।
उनले भने, “हिन्दू विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियालनले मद्दत पुग्नेछ।”
मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गरे।
पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए। उनले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिए।
उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ।
फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहेका छन्।
समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताए।
मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए।
कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे। समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ।
प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ। |
हत्या गरेर फरार व्यक्तिलाई इन्टरपोलमार्फत युएईबाट पक्राउ गरी ल्याइयो काठमाडौं। इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई युएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ।
उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
व्यक्ति हत्यापछि चौधरी फरार भई युएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो।
चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो। इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसिबी युएईलाई जानकारी गराइएको थियो।
प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकामा २०७९ भदौ २१ गते एनसिबी युएईले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो।
एनसिबी काठमाडौँले माग भएबमोजिमका कागजात खुलाइ पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाउन अनुरोध गरेको थियो।
त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँबाट खटिएको इन्टरपोलको प्रहरी टोलीले उनलाई आज नेपाल ल्याएको हो। उनलाई लिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली युएई गएको थियो। |
परम्परागत गाईपालनमा रमाउँदै बर्दिवासका किसान महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पालेका छन्। यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ ।
“स–साना बाछाबाछीसहित गोठमा पुगनपुग एक सय गाई छन्, जिल्लाकै सुदूरदक्षिणी भेग र छिमेकी जिल्ला सर्लाहीका विभिन्न बस्तीबाट मलकै लागि गाई ओलार राखी दिन थुप्रै किसान भन्न आउँछन्”, वचनदेव भन्छन्, “सघन वर्षाका महिनाबाहेक अरु बेला त ठाउँठाउँमा डुलेरै बित्छ ।” यसरी गाई ओलार राख्न लगिँदा गोठालाको खाना र फुटकर खर्च खेतधनी किसानले दिने भएपछि थप खर्च गर्नु नपर्ने उनी बताउँछन् । त्यसरी गाई अन्यत्र लगिँदा चरनका लागि घाँस प्रशस्त भएको ठाउँ छान्ने गरिएको वचनदेवको भनाइ छ । बाबुबाजेले गर्दै आएका पुख्र्यौली गाईपालनको परम्परा थेगेको उनी बताउँछन् ।
“मङ्सिरमा धान काटेपछि दक्षिणी क्षेत्रमा प्रशस्त चरन हुन्छ, त्यसैगरी चैतपछि गहुँ काटिएको खेतबारीमा चराउन सर्लाहीतिर जान्छौँ”, गाई डुलाउने तालिकाबारे जानकारी दिँदै वचनदेवले भने, “त्यस्तोबेला घँसिलो चरनले गाईको दूध बढ्ने हुँदा दूध बिक्रीबाट राम्रै आर्जन गरिन्छ ।” स्थानीय जातका गाईको दूध स्वाद र गुणमा पनि उत्कृष्ट मानिने भएकाले बजारको समस्या पनि नभएको र मूल्य पनि राम्रो पाइने उनले बताए ।
मधेसमा गाईपालनका लागि कहलिएका यादव (अहिर) समुदायका पाका व्यक्ति आफूहरु द्वापर युगकालीन मथुरा (हाल भारतको उत्तरप्रदेश) राज्यको गोकूलका महासामन्त (गोकूल रजौटाका राजा) नन्दलालका वंशज बताउँछन् । “हामी नन्द माहाराजकै ‘गोप’ वंशका हौँ, गाईपालन हाम्रो वंश परम्परा मानिँदै आएको हो”, जुरे टोलका ६५ वर्षीय जागेश्वर यादव भन्छन्, “हामी त्यही परम्परा अझै थेग्दै छौँ ।” जागेश्वरका गोठमा पनि करिब ६०/७० स्थानीय जातका गाई छन् । गाईले बाछा पाए दुई वर्षका बहर (जोत्न उमेर पुगेका वयस्क बाछा) भएपछि राम्रो मूल्यमा बिक्री हुने उनी बताउँछन् ।
“थोरै जग्गा भएका किसान हौँ, हामी खाद(रासायनिक मल)किन्न कहिल्यै भौतारिनु पर्दैन, आफ्नै गाईको मलले पुगेको छ”, वचनदेव भन्छन्, “बस्तीका अरु किसानको भन्दा हाम्रो खेतको उत्पादन राम्रो छ ।” गाईपालनले दूध, मल बेचेर वर्षभरि घरखर्च टार्नुका साथै केही वचत हुने गरेको वचनदेवको भनाइ छ । बस्ती वरपरका किसानले आफ्नो भकारो (मल थुपारेको ठाउँ) बाटै बर्सेनि किनेर लाने मलबाटै पनि राम्रो आम्दानी हुने गरेको वचनदेव र जागेश्वर बताउँछन्
चार दशक पहिलेसम्म यादव समुदायमा अधिकांशका गोठमा गाईको सङ्ख्या उल्लेख्य हुन्थ्यो । शिक्षाको पहुँचले गर्दा कृषि पेसामा जनशक्तिको अभाव, कामको विविधता, चरन क्षेत्रको कमीलगायतका कारणले गर्दा यादवका गोठमा गाई देखिन छाडेका छन् ।
“छोराछोरी, नातिनातिना पढालेखा हुँदै गए, अरु कामतिरै मन लगाउलान्”, वचनदेव भन्छन्, “अब चरनक्षेत्र पनि घट्दै गएको छ ।” परम्परागत गाईपालनमा चरन क्षेत्र खुम्चँदै जानु मुख्य चुनौती रहेको वचनदेवको भनाइ छ । उनले आफ्ना सन्तानले गाई पाली नबस्ने बताए ।
“वन, सिमसार, नदी किनार, सार्वजनिक गौचरन मासिँदै गएपछि गाई पाल्न कठिन बन्दै गएको छ”, वचनदेवको भनाइमा सही थप्दै जागेश्वर भन्छन्, “हामी त थेग्दै छौँ, तर पछि यो परम्परा थेगिन गारो छ ।”
बस्तीमा वचनदेव र जागेश्वरको गोठले अन्य धेरैको धर्मकर्म, परम्परा थेगेको जुरेटोलका अन्य समुदाय बताउँछन् । “हाम्रो धार्मिक परम्परामा घर चोख्याउन गाईको गोबरले लिप्ने चलन छ, शुभकार्य र पितृकार्यमा गाईकै दूध चाहिन्छ, स–साना नानीलाई आमाको दूध अपुग हुँदा गाईकै दूध ख्वाइन्छ”, जुरेटोलका सामाजिक कार्यकर्ता धनसिंह क्याप्छाकी भन्छन्, “हाम्रो बस्तीमात्र नभएर वरपरका अन्य बस्तीलाई पनि यो आवश्यकता वचनदेव र जागेश्वरकै गोठले धानेको छ ।” यसबाहेक दानपुण्यका लागि ‘गाईदान’ परम्परा थेग्न र खेतबारीमा मल हाल्न पनि यी दुवैका गोठकै भर रहेको जुरेटोलवासी बताउँछन् । |
झापामा लागुऔषध र नक्कली नोटसहित दाजुभाई पक्राउ झापा । बिर्तामोड नगरपालिका(४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागुऔषध र नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागुऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट मे।५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
मलमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै किसान आन्दोलित {भिडियो} काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको बिरोधमा बिभिन्न दल निकट किसान संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन, मलको भयो हाहाकार, राजिनामा देउ कम्र्फटेबर सरकार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान बिरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।
किसानहरुलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरुको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।
हेर्नुहोस् भिडियो:
|
उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार मान्म। कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ। चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो।
बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए।
उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए। वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए। “कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ”, उनले भने।
उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए। “यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।” उनले भने, “अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ।” |
अवैध लागूऔषध र नक्कली नोटसहित दुई जना पक्राउ झापा। प्रहरीले बिर्तामोडबाट अवैध लागूऔषध र नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीया रहेका छन्।
विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
साथै प्रहरीले उनीहरूको साथबाट मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
ओझेलमा ढोरपाटनः सिकार आरक्ष, सौन्दर्यता र अपार सम्भावना बागलुङ । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो ।
यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरि हिमशृङ्लाभित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाइमा अवस्थित छ ।
सिकार आरक्षको केन्द्र रहेको ढोरपाटन बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन पूर्वाधारका हिसाबले पछाडि छ । ढोरपाटन सिकार आरक्षको स्थापना विसं २०४० मा भए पनि विसं २०४४ मात्र सरकारी मान्यता प्राप्त गरेको थियो ।
त्यसयता विदेशीको आकर्षणको केन्द्र बनेको ढोरपाटन अहिलेसम्म पनि पूर्वाधारमा फड्को मार्न सकेको छैन । आठ किलोमिटर क्षेत्रमा फैलिएको हरियाली उपत्यका । बुकी क्षेत्रमा फुलेका सुन्दर फूलहरु । ढोरबराहको मुटुभित्रबाट निस्किएको कञ्चन झैँ बग्ने उत्तरगङ्गा नदी ।
श्रीस्वस्थानी व्रत कथामा भने झैँ ढोरपाटनको सौन्दर्यताको बखान नगर्ने सायदै हुन्छन् । पर्यटन, सिकार र कृषिले परिचित नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन क्षेत्र विश्वमा परिचित गन्तव्य हो । केही पर्यटकीय गन्तव्य पूर्वाधारका कारण चर्चित छन् भने केही गन्तव्य सौन्दर्यताका लागि चर्चित छन् ।
तर, बागलुङको ढोरपाटन साहसी पर्यटक र सौन्दर्यता अवलोकनका हिसाबले पनि चर्चित छ । ढोरपाटन सिकार पर्यटकका लागि चाखलाग्दो गन्तव्य हो।भौगोलिक विकटता, सडक सकस र पर्यटकीय पूर्वाधारका कारण ढोरपाटन नेपालका अन्य गन्तव्यमा जस्तो यो क्षेत्र पर्यटकको व्यापक आकर्षक भने छैन। सिकार पर्यटनमा विदेशी पर्यटकहरुले मात्रै पहुँच पु¥याउने गरेका छन् भने आन्तरिक पर्यटक सुन्दर ढोरपाटन अवलोकनमा सीमितमात्रामा आउने गरेका छन् ।
पछिल्लो समय पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । ढोरपाटनको सौन्दर्यता र अपार सम्भावनालाई बाहिर ल्याउन आवश्यक रहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए ।
“यहाँको सम्भावनाको उजागर गर्नसके ढोरपाटन पर्यटनबाटै समृद्ध बन्न सक्दछ” उनले भने, “ढोरपाटन ठूलो परियोजना भएकाले नगर एक्लैले धेरै काम गर्न सक्दैन, सङ्घीय सरकारले सय गन्तव्यमा सूचीकृत भइसकेको क्षेत्रलाई प्राथमिकतामा राखिरहेको छैन, नगरपालिकाबाट मोटरबाटो स्तरोन्नति, घरबास प्रवद्र्धन अभियान तथा तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।”
नगर प्रमुख नेपालीले चालू आर्थिक वर्षमा मात्रै ढोरपाटन क्षेत्रको विकासका लागि रु एक करोड बजेट कार्यान्वयनको चरणमा रहेको बताए । नगरपालिकाले ढोरपाटन उपत्यकामा रहेको नौवटै वडाको समन्वयमा कृषि पर्यटनसँग जोडेर विकास गर्नका लागि डिपिआर बनाउने कार्यमा लागेको बताए । ढोरपाटन सिकार आरक्ष नेपालको एकमात्र यस सिकार आरक्ष पश्चिम नेपालमा धौलागिरि हिमशृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको छ ।
बागलुङ बजारबाट एक दिनको यात्रामा पुग्न सकिने ढोरपाटन क्षेत्रमा बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग र बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ । सिकारका लागि प्रख्यात यस आरक्षमा पेशेवर शिकारीको अनुमतिपत्र प्राप्त सिकारीले नौ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ । आरक्षमा रहेका हिउँचितुवा, घोरल, हिमाली कालो भालु, मृग र लङ्गुरे बाँदरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ ।
ढोरपाटन उपत्यकालाई पर्यटनप्रेमीले मिनी स्वीजरल्यान्डको उपनाम दिएका छन् । विशेषगरी हिमपात भएको समयमा स्वीजरल्यान्डको झल्को दिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । स्वजरल्यान्डमा हिउँले भरिँदा देखिने दृश्य र ढोरपाटनमा हिमपात हुँदाको दृश्य एकै लाग्ने पर्यटन व्यवसायी महादेव शर्मा बताउँछन् ।
थापिँदै होटल तथा होमस्टे
ढोरपाटन उपत्यकामा पछिल्लो तथ्याङ्कअनुसार २१ वटा होटल तथा घरबास (होमस्टे)हरु छन् । ठूलो सङ्ख्यामा पाहुना पुग्दा अझै पुग्नेगरी होटल सुविधा नभएको पर्यटनकर्मीले बताउँछन् । यहाँ २१ होटल तथा होमस्टेमा दुई सय ८१ पर्यटकको मात्रै क्षमता भए पनि होटल व्यवस्थित छैनन् ।
मौसमी पर्यटक मात्रै आउने भएकाले होटल व्यवसाय फस्टाउन नसकेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेल बताउँछन् । पौडेल भन्छन्, “पर्यटक पछिल्लो दिनमा थपिएका भए पनि समयमा भरिभराउ हुने र अन्य समयमा खाली हुँदा होटल व्यवसायी हतोत्साही हुने गरेको पाइन्छ ।” यहाँ विदेशी पर्यटक भने सोझै सिकार ब्लकमा पुग्ने गरेकाले आन्तरिक पर्यटक मात्रै होटलमा बस्न आउने गरेको पौडेलको भनाइ छ ।
अप्ठ्यारो सडक त्यसमाथि विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले सडकको विभिन्न ठाउँमा क्षत्विक्षत बनाएको थियो । बर्खामा ठाउँठाउँमा झरेको पहिराले ढोरपाटनका स्थानीय र आगन्तुक पर्यटक ठूलो मर्कामा पर्दै आएको स्थानीय कूलबहादुर सुनारले बताए। उनी भन्छन्, “ढोरपाटनमा आलु स्याउ धेरै फल्छ, बाटो नहुँदा गाउँलेले सधैँ बोकेर तल झर्ने गर्थे, अन्न, लत्ताकपडा बोकेरै ढोरपाटन पु¥याउँथ्यौँ, अहिले केही सहज भएको छ ।”
स्थानीय नरबहादुर घर्तीमगरले यहाँका अधिकांश स्थानीयको मुख्य पेशा पशुपालन र कृषि भएको भन्दै पछिल्लो समय उत्पादित वस्तुले बजार पाउन थालेको बताए। उनी भन्छन्, “अहिले बजारको समस्या छैन, उत्पादन जतिगरेपनि बिक्री गर्न सकिन्छ, पहिलेको जस्तो घोडा खच्चडमा बोकेर बजारमा लैजानुपर्ने अवस्था छैन, अहिले त व्यापारीहरु यहीँ किन्न आउँछन् ।”
पत्तो छैन बुँकीको सौन्दर्यता
ढोरपाटन उपत्यका आउने अधिकांश पर्यटकलाई बुकीको सौन्दर्यताको जानकारी नै छैन । बुँकी सौन्दर्यताका लागि निकै आकर्षक गन्तव्य भए पनि प्रचारप्रसारको अभाव छ । ढोरपाटन उपत्यका पुग्ने पर्यटकको १० प्रतिशत पर्यटकसमेत बुकी पुग्न सकेका छैनन् । सडक मार्गले नछोएको बुकी भेडीखर्क हो । बुँकीमा स्थानीयले भेडा बाख्रा चरनका लागि लैजाने गर्दछन् । बुकी हुँदै गुरिल्ला पदमार्ग रुकुम र रोल्पा गए पनि पदमार्गको प्रवद्र्धन हुन सकेको छैन ।
ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले ढोरपाटन उपत्यकालाई एग्रो टुरिज्मका रुपमा विकास गर्नका लागि नगरपालिका र सङ्घीय सरकारको सहकार्यमा गुरुयोजना बनाउन लागिएको जानकारी दिए ।
“ढोरपाटनलाई पर्यटन र कृषिका रुपमा परिचित गराउँदै कृषि पर्यटनको क्षेत्रका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाउन थालिएको छ”, मगरले भने, “बस्ती विकास, खेतीयोग्य जमिन र सम्भावित बालीनालीको अवस्था चित्रण हुनेछ, उत्तरगङ्गा जलाशययुक्त आयोजनाको क्षेत्र, आरक्षको क्षेत्र र पर्यटकीय पूर्वाधारको क्षेत्र सबै समेट्ने गरी गुरुयोजना निर्माणमा जुटेका छौँ ।”
हालसम्म ढोरपाटन क्षेत्रसँग जोडिएको गाउँ मध्यवर्ती घोषणा हुन नसक्दा ढोरपाटन सिकार आरक्षमा सङ्कलित राजस्व केन्द्रमा गइरहेको छ । मध्यवर्ती क्षेत्र घोषणाका लागि आरक्ष र स्थानीयबीचको बुझाइमा एकरुपता नहुँदा मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ भइरहेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।
सिकार आरक्षले स्थानीय पालिकासँग समन्वय नगर्दा र मध्यवर्ती घोषणापछि स्थानीयवासीको आर्थिक तथा सामाजिक विकासमा पुग्ने फाइदाका बारेमा जानकारी नगराउँदा समस्या भएको वडाध्यक्ष मगरले बताए ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार यस वर्ष उत्तरगङ्गा नदीलाई व्यवस्थित गर्ने, बराह मन्दिरमा रहेका ढुङ्गाको बाजागाजा व्यवस्थापन र ढोरपाटन प्रवेशद्वारमा मन्दिर निर्माण गर्ने योजना बनाएको छ । उहाँले सडक निर्माण ढिलाइ हुँदा सोचेअनुसार ढोरपाटनको विकास हुन नसकेको र आगन्तुकलाई भित्र्याउन नसकेको बताउनुभयो । पहिलेको तुलनामा पर्यटक बढे पनि अपेक्षाअनुसार भित्र्याउन नसकेको सुनाए ।
बढ्दै पर्यटक र राजस्व
पछिल्लो समय ढोरपाटन आउने पर्यटकको तथ्याङ्क सङ्कलन थालिएको छ । ढोरपाटन सिकार आरक्षले ढोरपाटन उपत्यका प्रवेश गर्ने पर्यटकको आव २०७६÷७७ बाट तथ्याङ्क सङ्कलन गर्न थालेको हो । यसअघि विदेशी सिकारी पर्यटकको मात्रै तथ्याङ्क सङ्कलन हुँदै आएको थियो ।
आरक्षमा आव २०७२÷७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएकामा क्रमशः बढ्दै २०७७÷७८ मा विदेशी र स्वदेशी गरी छ हजार सात सय तीन पर्यटकले भ्रमण गरेका थिए । त्यस्तै पर्यटकको आगमन शुल्क बर्सेनि रु छ लाखको हाराहारीमा हुने गरेकामा २०७७÷७८ बढेर रु २० लाख पुगेको छ ।
आरक्षका अनुसार ढोरपाटन घुम्न आउने विदेशी र स्वदेशी दुवैको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ आन्तरिक पर्यटकलेसमेत रु एक सय प्रवेश शुल्क तिर्ने प्रावधान आरक्षले बनाएको छ ।
सोझै हेलिकप्टरमार्फत विदेशी सिकारी पर्यटक मात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा सिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।
स्याउ र आलुको सम्भावना
ढोपाटनको आलु देशरभर चर्चित छ तर बजारीकरणका लागि अझै समस्या रहेको किसानहरुले बताएका छन् । आलु पकेट क्षेत्रका रुपमा रहेको ढोरपाटनको प्रमुख खाद्यान्न बाली आलु रहेको छ । स्थानीय कृषक देवबहादुर विक मौसममा आलु धेरै हुने भएकाले यसको निर्यातमा समस्या देखिएको बताउँछन् । आलु भण्डारण गृह नहुँदा किसानले थन्काएका आलु कुहिने गरेको उनको भनाइ छ ।
आव २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई समेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रम सञ्चालन गरी किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । स्याउ राम्रो उत्पादन हुन नसक्दा धेरै किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भएका छन् । पछिल्लो समय ढोरपाटन क्षेत्रमा इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि व्यावसायिक स्याउखेतीतर्फ किसान खुसी भएका छन् ।
सडकले बदलियो जनजीवन
ढोरपाटन नगरपालिका–९ मा पर्ने ढोरपाटनको प्रवेशद्वारका रुपमा बुर्तिवाङ बजारलाई लिइन्छ । पर्यटकीय राजधानी पोखरादेखि बागलुङ हुँदै बुर्तिबाङसम्म पक्की सडकमा यात्रा गर्न पाइए पनि ढोरपाटनसम्म पुग्न सकस हुन्छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझन्डी–ढोरपाटन सडक बुर्तिवाङदेखि ढोरपाटन उपत्यकासम्मको स्तरोन्नति चलिरहे पनि अपेक्षित गतिमा काम हुन सकेको छैन ।
कच्ची सडकले भए पनि ढोरपाटन जोडिएपछि स्थानीय र आगन्तुकलाई केही सहज भने भएकै छ । एक दशक अगाडिसम्म सडकले नजोडिँदा यहाँका स्थानीयवासी निकै सास्ती खेप्न बाध्य थिए । स्थानीय ६८ वर्षीय गोकुल अदैले सडकले ढोरपाटन जोडिएपछि यहाँको नागरिकको जीवनशैली र दैनिकी नै बदलिएको बताए ।
खासगरी घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय वर्षायाममा ढोरपाटन र हिउँदमा बोबाङ, अधिकारीचौरतिर झर्ने गर्छन् । यसरी घुम्ती बसाइँ गर्दा सामान ओसारपसार गर्दा निकै सास्ती खेपेको अदैको भनाइ छ । सडक सञ्चालनमा आएपछि भारी बोकेर ओसारपसारमा समस्या छैन । |
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो।
अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने व्यवस्था गरिएको छ।
यो नयाँ व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ।
विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ। मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने छैन।
अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ।
यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालकाो खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए। |
बिहीबारदेखि कामपाको सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा काठमाडौं। काठमाडौं महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ।
नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि आज उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।
सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ।
त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।
कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो। यसप्रकारको अभ्यास यसअघि गरिएको छैन। यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन्। यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ।
सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ।
सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।
सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ।
त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ।
त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थीलाई परिचालन गरिनेछ।
“अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ”, कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, “स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन् । यस बेला अवस्था बुझेर सेवा दिनुपर्छ।” |
नगरकोटमा हाइयर कमाण्ड तालिम काठमाडौं। नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ।
बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेको उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ।
सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ।
सो अवसरमा बलाधिकृत रथी राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताए।
उनले भने, “रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।”
विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ। |
महोत्तरीको बल्वामा आगलागी हुँदा एक जनाको मृत्यु, एक जना घाइते महोत्तरी । महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।
स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाई स्थानिय र प्रहरीले तत्काल उदार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए ।
घाइते मध्य चन्दन देविको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाई थप उपचारको लागी काठमाडौं लगिएको छ ।
रामसागर यादवको घरको भान्साबाट एक्कासी लागेको आगलागीबाट उन्को झण्डै ८० हजार बरावरको क्षती समेत भएको छ । यादवको भित्र राखेको भाडाकुडा र लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । |
सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकप्रति मानवअधिकार राष्ट्रिय सञ्जालको विरोध काठमाडौं। मानव अधिकार राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकप्रति विरोध जनाएको छ।
गत १५ फागुनमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा पेस गरेको थियो। उक्त विधेयक दोषी उन्मुक्ति दिनेगरी ल्याइएको भन्दै सञ्जालले बुधबार विज्ञप्ति जारी गरेर विरोध जनाएको हो।
अन्तर्राष्ट्रिय मानव अधिकार र मानव अधिकार कानुनले पनि माफी मिनाहा दिन नमिल्ने अपराधका दोषीलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याएको उसको आरोप छ।
हत्या, यातना, व्यक्ति बेपत्ता पार्ने कार्य, बलात्कारजस्ता मानव अधिकार कानुन र मानवीय कानुनले समेत जघन्य ठहर गरेको अपराधलाई सामान्य मानव अधिकार उल्लंघनको घटनाको रूपमा व्याख्या गर्न सक्ने अवस्था सिर्जना गरी दोषीलाई वैधानिक उन्मुक्ति दिन खोजेको सञ्जालको भनाइ छ।
|
नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए काठमाडौं । सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–२५ घर भई काठमाडौँ बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो ।
केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको छ भन्ने सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परका हुन् ।
शङ्का लागेर उनको शरीर खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको फेला परेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार शाहलाई लिखत कसुरमा अनुसन्धान तथा थप कारवाहीका लागि आज प्रहरी वृत्त गौशालामा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै कार्यालयले आज बैंकिङ कसुर मुद्दाका फरार धादिङको गङ्गा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको छ । उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले रु ३६ लाख ८८ हजार पीडितलाई बिगो भराइ रु ३६ लाख ८८ हजार जरिवाना, रु एक लाख ४७ हजार क्षतिपूर्ति शुःल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । |
पोखरा विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो काठमाडौं। सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन्।
गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए।
बैठकले नागढुङ्गा नौविसे मुग्लिन सडकखण्ड विस्ताका लागि सडक सिमाभित्रका १ सय २१ घरटहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिएर घरटहराहरु हटाउनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ। |
कर्मचारीको विवरण बुझाउन निर्देशन काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ। मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ।
मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, “मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ।”
उक्त परिपत्रमार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरणसमेत माग गरेको हो। |
किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा (फाेटाेफिचर) काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा आज काठमाडौमा धर्ना दिएको छ।
बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो।
कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता? लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन्।
धर्ना कार्यक्रमलार्य सम्बोधनगर्दै, राप्रपा बाग्मति प्रदेश सांसद सुनिल केसीले किसानमाथि राजनीति भइहरेको भन्दै आक्रोस पोखे।
उनले भने “किसान भनेको भगवान हो , भोको पेटले सेवा हुदैन, जुन खाद्यान्न हामीले खान्छौ उहाँहरु प्रति नै राजनीति भइरहेको छ । दलाल भगाउ देश जोगाउ किसानलाई साथ देउ । किसानको अनुदानमा सहज तरिकाले किसानलाई मल ल्याउने वातावरण सिर्जना गर्ने राप्रपा अहिले मैदानमा उत्रेको छ ।”
केसीले सरल सहज र सुपथ मुल्यमा किसानले मल पाउनु पर्नेमा जोड दिदै किसानका समस्या के छन् त्यसलाई सरकारले गम्भीर भएर समाधान गर्नुपर्ने बताए।
|
मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन {भिडियो} काठमाडौं । रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । अनुदान कटौती गर्ने सरकारको निर्णय किसान विरोध रहेको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् । चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसालको उत्पादनलाई महत्व नदिने, रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।
उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै रासायनिक मल बढ्ने देखिएको छ ।
हेर्नुहोस् भिडियो:
|
मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप पाँंच दिन थुनामा राख्न अनुमति भक्तपुर । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
भक्तपुर दरवार क्षेत्रभित्रको तलेजु मन्दिरभित्रको मूर्ति चोरीको असफल प्रयास गर्ने इटालियन नागरिक तिजियानो रोन्चीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले म्याद थप गरिदिएको हो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम जिल्ला अदालत भक्तपुरबाट उनलाई दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
तलेजु मन्दिर सुन्धारा परिसरमा घुम्न आएका ती इटालियन नागरिकले चक्कुको प्रयोग गरी धातुको मूर्ति निकाल्न खोजेका थिए ।
प्रत्यक्षदर्शीले विदेशीको हर्कत देखेर तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेका थिए । खबरपछि सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । ती विदेशी नागरिकले दरबार स्क्वायर प्रवेश गर्दा टिकट नलिई चोर बाटो प्रयोग गरेको पाइएको छ ।
भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेजअनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा चारपल्ट ओहोरदोहोर गरेको देखिएको छ । |
बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी (पत्रसहित) काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो ।
सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचारमार्फत उक्त चेतावनी दिएको हो ।
‘सरकार तथा फोहरमैला विसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुनसक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधै बेवास्ता गरी राज्यशक्तिको दुरुपयोग गरी दमन चक्रद्वारा उपत्यकाको समग्र फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ,’ पत्रमा भनिएको छ, सरोकारवाला तीन निकायलाई लेखिएको पत्रमा अगाडि भनिएको छ, ‘प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्न वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्ष स्थानीय निकाय समेतले वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे स्थानीय नागरिकद्वारा ०८० जेठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागी पूर्ण रूपमा रोक लगाइने ब्यहोरा अनुरोध छ ।’
महानगरपालिका र स्थानिय सरोकारावाला बिच पटक पटक छलफल भएर सहज भएको फोहोर मैला बिसर्जन पुनस् रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ । |
मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो उदयपुर। हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ।
फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन्।
केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ। उनी भन्छन्, “स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरुले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ।”
भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरु सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ। दश दिनअघिसम्म प्रतिकिलो काउली रु ४० देखि ५० मा खरिद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो रु एक सयदेखि एक सय २५ पुगेकोे गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउँछिन्।
प्रतिकिलो मूला रु ५० देखि ६० रहेकामा एक हप्तापछि रु एक सय प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन्।
गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन्, “फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरु खरिद गरेर सस्तो मूल्यमा बिक्री गरियो अब जिल्लाभित्र उत्पादन भएको तरकारीहरु सकियो, जिल्ला बाहिरबाट सब्जी खरिद गरेर ल्याउँदा बढी मूल्य तिनुपरेकाले बिक्री गर्दा बढी मूल्य लिन बाध्य भएका छौँ।”
आफूहरुले सब्जी तरकारी खरिद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउन पर्दा र खरिद गरिएका स्थानहरुमा नै बासी सब्जीहरु पाइने गरेकाले ताजा सब्जी बिक्री गर्न नसकिएको सब्जी व्यापारीहरु बताउँछन्।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँच सय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सात सय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ।
जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा तरकारी खेती हुँदै आएको र त्यहाँका क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि अझै पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन।
कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नु परेको बताउँछन्। अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिन्डी जिल्ला बाहिरबाट आयात हुने गरेको एक सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ। |
जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा काठमाडौं। ‘जेब्रक्रसिङ’ तथा आकाशे पुल प्रयोग नगरी सडक पार गर्ने पैदलयात्रीका लागि ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा सञ्चालन गरेको छ। पहिलो दिनमै ट्राफिक प्रहरीले ६ सय ३७ पैदलयात्रीलाई सचेतना कक्षामा सहभागि गराई सकेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्रात्रस तथा आकाशेपुल बिना नै सडक पार गर्ने यात्रु र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिने उद्येश्यले पैदलयात्री सचेतता अभियानको सुरुवात गरिएको हो। जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएको हुँदा पनि यो अभियानलाई प्राथमिकतामा राखिएका कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनले भने,‘अभियानका क्रममा सोमबार ६ सय ३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई–बुझाई गरिएको छ । अभियान न्युरोड, बालकुमारी, जडिबुटी, सातदोबाटो, जावलाखेल, सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलमा चलाइएको थियो । जथाभावी सडक पार गर्ने पैदलयात्रीलाई आकाशेपुल तथा जेब्राक्रस प्रयोग गर्न लगाइएको छ ।’
यस्तै, ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १ सय ९३ साईकलका चालकलाई पनि सम्झाई–बुझाई गरेको छ। काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।
अभियानको सन्दर्भिकता बारे एसएसपी भट्टले भने,‘उपत्यकामा गत आवमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको फागुन मसान्तसम्म ४० पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहेको देखाउँछ । त्यसो हुदा यो अभियान सञ्चालन गरिएको हो । यसले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि भई ट्राफिक व्यवस्थापन र सहजीकरणमा सहजता ल्याउनेछ।’
यस अघि ट्राफिक प्रहरीले २०७४ को वैशाख र २०७६ को पुसमा यस्तै अभियान सञ्चालनमा ल्याएको थियो ।
|
डढेलोको असर : वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो महोत्तरी। वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ। रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन्।
अहिले दिनहुँजसो वनक्षेत्रमा डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको यिनका आनीबानी बुझेका वनक्षेत्र नजिकका सर्वसाधारणको भनाइ छ। बर्दिबास नगरपालिकाको मुख्यकेन्द्र बर्दिबासचोकबाट पाँच सय मिटरमात्र दूरीमा रहेका नेवारडाँडा, कामीडाँडा, पानीखोल्सी र रातमाटा सामुदायिक वनमा सहजै देखिने मयुर फागुन १५ गते यता देखिन छाडेको बर्दिबास–१ र ३ को गौरीडाँडाका बासिन्दा बताउँछन्।
“मयुर त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिक्कै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो”, बर्दिबास–१ का बासिन्दा विनोद खड्का भन्छन्, “अचेल केही दिनयता यी चरा देखिँदैनन्।” त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका खड्का बताउँछन्। यी तीनवटै सामुदायिक वन बर्दिबास–१ को मुख्यचोक र ३ को गौरीडाँडा बस्तीमाझमा पर्छन्।
पछिल्लोपटक तीन दिनदेखि नेवारडाँडा–कामीडाँडा वनमा डढेलो लाग्दै आएको छ । त्यसैगरी रातमाटा वनक्षेत्रका कैयौँ ठाउँमा डढेलो बढ्दै गएको छ। आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरु ज्यान जोगाउन अन्तै गएपछि वन सुनसान भएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउँछन्।
उनी भन्नुन्छन्, “भर्खरै दुई दिनअघिमात्र नेवारडाँडा–कामीडाँडा वनको सिरानस्थित सुरेश बस्नेतको घरमा डढेलो लाग्यो।” दिनदिनैको डढेलोले वनसँगै टाँसिएका बस्तीका बासिन्दा राति निश्चिन्त भएर सुत्न नसकेका विष्टको भनाइ छ। “त्रासैत्रासमा छौँ, कतिखेर डढेलो कहाँ देखिने हो भन्ने मनमा कुरा खेलिरहन्छ”, विष्टले भने।
यसैगरी जिल्लाको चुरे पहाडी शृङ्खला बर्दिबास नगरक्षेत्रमै पर्छ। पूर्वपश्चिम राजमार्ग वारिपारिका सबैजसो वनमा अहिले डढेलोको मुस्लो, डढेलोले जलेको ठुटा र खरानी देखिन्छ। डढेलोले गर्दा वनका चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ डढेर खरानी भएको देख्नुपरेको ६० वर्षीया कर्णमाया गुर्मछाने बताउँछन्।
पूर्वमा रातुपुलबाट पश्चिममा बाँके पुलसम्म पूर्वपश्चिम राजमार्गको १८ किलोमिटर दूरी महोत्तरीमा पर्छ। यो दूरीभित्रको भब्सीपुलबाट बाँकेसम्मको करिब १५ किमी दूरीभित्र दायाँबायाँ वनक्षेत्र छ । अहिले दिनहुँ वनक्षेत्रमा जताततै डढेलोले वनसम्पदा सखाप पार्दैछ। यसपालि हिउँदे वर्षा नहुँदा वनक्षेत्रमा सुकेर झरेको पतिङ्गरमा आगो चाँडै फैलँदा छिनभरमै जताततै काला ठुटा र खरानी देखिन्छ।
यता वनसम्बद्ध कर्मचारी भने आवश्यक सङ्ख्याका सुरक्षा जनशक्ति नहुँदा सघन गस्ती हुन नसकेको बताउँछन्। “हामीसँग भएको जनशक्ति हिँडेकोहिड्यै छ, एकातिर गयो, अर्कोतिर डढेलो लाग्छ”, बाँके सबडिभिजन वन कार्यालयका एक कर्मचारीले भने, “यो वन कर्मचारीबाट मात्रै नियन्त्रण हुनसक्ने कुरा होइन।”
बर्सेनि डढेलोविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि यो समस्या भने घटेको छैन । वनक्षेत्र नजिकका पशुपालक किसानका गोठालाले नै डढेलो लगाएपछि वर्षा हुनासाथ नयाँ घाँस पलाउने विश्वासमा डढेलो लाउने गरेका वनसम्बद्ध कर्मचारीको निष्कर्ष छ।
“कतिपय अवस्थामा रुख–रुखको घर्षणबाट निस्कने आगोले पनि डढेलो सल्कन्छ, तर यस्तो कमै हुन्छ”, गणन्ता सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह भन्छन्, “हामीकहाँ भने असावधानीसाथ मिल्काइएका बिँडीचुरोटका ठुटा र घाँस पलाउने आशमा गोठालाले सल्काउने आगोले नै डढेलो लाग्ने गरेको छ।”
वनसम्बद्ध कर्मचारी सबै ठाउँमा पुग्न नसक्ने हुँदा यसमा आम सर्वसाधारणको चासो आवश्यक रहेको साह बताउँछन्। वनक्षेत्र नजिकका बस्ती–बस्तीमा डढेलोविरुद्धको जिम्मेवारीसहितको सामुदायिक सहभागिता बढाउन सके यो समस्या घटाउन सकिने वनविज्ञ बताउँछन्।
वन वरपरका सबै बस्तीमा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारणलाई आवश्यक तालिम दिएर सङ्गठित सामाजिक जिम्मेवारी दिए यसमा सुधार आउनसक्ने चुरे तथा वनबारे काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवको सुझाव छ।
जिल्लामा राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनासमेत २४ हजार हेक्टरभन्दा बढी वनक्षेत्र रहेको तथ्याङ्क छ। अतिक्रमण र डढेलोको चपेटाले दिनदिनै सघन वनक्षेत्र पातलिँदै गएको वनसम्बद्ध कर्मचारी नै स्वीकार गर्छन्। |
भैसेपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ ललितपुर। ललितपुर महानगरपालिका-२५ भैसेपाटी स्थित टहराबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ। भैसेपाटी बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु काठमाडौं। सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ। को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी राय गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि उनलाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भोजपुरको रामप्रसाद दराई गाउँपालिका ५ लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो।
बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढसय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ।
दाङको लमही नगरपालिका ९ रिहारमा ट्याक्टरको ट्रलिबाट खसेर एक जनाको मृत्यु भएको छ। रा ७ त २२८६ नम्बरको ट्याक्टरको ट्रलिबाट खसेर गम्भीर घाईते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो। ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ। |
उपकरण र संरचनाहरुमा क्षति भएको भए खबर गर्न नेपाल टेलिकमको आग्रह काठमाडौं। नेपाल टेलिकमले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको जनाएको छ।
टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको उल्लेख गर्दै भनेको छ– ‘यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ।’
टेलिकमले यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नु हार्दिक अनुरोध गरेको छ।
‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीको अपेक्षा गरेको विज्ञप्तीमा उल्लेख छ । |
हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु मकवानपुर। पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको र घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। |
झापामा भन्सार छली ल्याईएका अवैध कुखुरा नष्ट झापा। विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–र ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रणमा लिएको छ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका– ५ बाट अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको रैथाने र बोइलर कुखुरा नियन्त्रणमा लिएको हो। यसरी नियन्त्रणमा लिइएका कुखुरा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएकाे छ। |
आजको मौसमः देशका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।
कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। |
दश वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैद सप्तरी । बालिका बलात्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
अभियुक्तले बालिकालाई विसं २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन् । बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई विसं २०७८ फागुन २२ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा विसं २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित विसं २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । |
वीरेन्द्रनगरमा ३० वर्षीय युवकको शव फेला सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदिमा मंगलबार उक्त शव फेला परेको हो। हत्या गरिएको अवस्थामा फेला परेका अन्दाजी ३० वर्षीय युवाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। |
मंगलसेनबाट खैरो हिरोइनसहित एक महिला पक्राउ अछाम । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।
अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। |
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो कावासोती। पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ। साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ।
मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन्। कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए।
गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो।
प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताएका छन्। मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो। विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा कार्कीको भनाइ छ।
मरेका गिद्धको पोस्टमार्टमपछि सङ्कलन गरिएको नमुना र मरेको स्यालको नमुनासमेत परीक्षणका लागि डिभिजन वन कार्यालयमार्फत नेपाल प्रहरीको काठमाडौंँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने छ। प्रयोगशालाको अन्तिम रिपोर्ट आएपछि मात्रै कुन विषादीको कारणले स्याल र गिद्ध मरेका हुन भन्न सकिने डा कार्की बताउँछन्।
घटनास्थल आसपास गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड नजिकै भएकाले धेरै सङ्ख्यामा गिद्ध बिरामी अवस्थामा हुनसक्ने भएकाले जटायु रेष्टुराँ र पक्षी संरक्षण सङ्घको संयुक्त टोली आसापासको जङ्गलमा मङ्गलबार खोजी गर्ने जटायु रेष्टुराँका अध्यक्षसमेत रहनुभएका चरा विज्ञ डिबी चौधरीले बताए।
मरेका घरपालुवाको जनावरमा विष मिसाएर स्याल मार्न खोज्दा मरेको स्यालको सिनो खाएर गिद्ध मरेकाले विषादी प्रयोग गरेर स्याल मार्नेको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए।
गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुन्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो।
संरक्षणको क्षेत्रमा उदाहरणीय काम हुँदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय भएको छ। यस क्षेत्रमा नौ प्रजातीका गिद्ध पाइन्छन्। |
‘खल्ती’ वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित काठमाडौँ। डिजीटल वालेट ‘खल्ती’ वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित भएको छ। स्वदेशमै बसी केहि गरौँ भन्ने अभिलाषा लिएको मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई सघंले सम्मान गरेको हो
खल्ती प्राइभेट लिमिटेडले, २०७९ फागुन २८ मा आयोजित वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) को ४७ औंँ साधारण सभामा सम्मान कार्यक्रममा नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको थियो।
उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्य मार्फत योगदान पुर्याउने संस्था र महानुभावहरु सम्मानित गरेका थिए।
खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए। सम्मान प्राप्त गर्दै उनले आफ्नो जन्मथलो वीरगंज प्रतिको पनि संलग्नक दर्शाए। साथै खल्तीलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी/एजेन्ट, नियामक, कर्मचारी र अन्य सरोकारवालाहरू प्रति धन्यवाद व्यक्त गरे।
यस बारे खल्ती का सह- संस्थापक अमित अग्रवाल थप भन्छन्,“वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) द्वारा सम्मानित हुनु हामी सम्पूर्ण खल्ती परिवारकालागि गर्वको कुरा हो। हाम्रो मिहिनेतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले हामी माझ अझ धेरै हौसला ल्याएको छ। आगामी दिनहरूमा पनि वित्तीय समावेशीकरण प्रदान गर्ने को हाम्रो उद्देश्य लाई लिई अघि बढ्नेछौं।” |
साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ।
नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ।
विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्याङ्की निर्माण र पानी वितरण लाइनको भइरहेको छ। निर्माणाधीन अवस्थामै ट्याङ्की चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ।
स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्याङ्की भत्किन थालेको छ। ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताइन्। सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ। विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँच सय २३ परिवार लाभान्वित हुनेछन्।
ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताइन्। गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। आयोजनाको काम गुणस्तरीय कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ। |
सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी काठमाडौँ। काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ। मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो।
शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ।
यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ।
यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो।
|
वीर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।
उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ) बमोजिम हटाइको हो। यो सुचना आजको गोरखापत्रमा प्रकाशित छ। |
आजको मौसम : देशको पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ, साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। |
सङ्घीय निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन छिट्टै ल्याइनेः प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताएका छन्।
नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीय निकायसम्बद्ध सङ्घ तथा महासङ्घका प्रतिनिधिबाट व्यक्त गुनासोलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।
केही राजनीतिक नेतृत्वसहित कर्मचारीतन्त्रबाट समेत सङ्घीयता कार्यान्वयनमा बाधा अवरोध सिर्जना हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताका हैसियतले संविधानको मर्म र भावनाबमोजिम स्थानीय निकायलाई अधिकार सम्पन्न गर्ने पक्षमा आफू रहेको स्पष्ट गरे।
जनभावनालाई सम्मान गर्दै स्थानीय जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप हुनेगरी अग्रगामी संविधान जारी गरेको स्मरण गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आवश्यक कानूनी व्यवस्थासहित प्रदेश तथा स्थानीय सरकारलाई सुदृढ र प्रभावकारी बनाई देशमा सुशासन, समाजिक न्याय, दिगो शान्ति, समृद्धि र स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७९र०८० मा विभिन्न पाँच विधामा उत्कृष्ट हुने छ वटा नगरपालिकालाई सम्मानसहित पुरस्कृत गरे। सर्वोच्च अदालतका पूर्वराजिष्ट्रार एवं कानुनविद् काशीराज दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसबमोजिम सामाजिक विकासको क्षेत्रमा उत्कृष्ट काम गरेबापत ललितपुर महानगरपालिका र सहरी योजना पूर्वाधार विकास तथा विपत् व्यवस्थापनमा उल्लेखनीय काम गरेबापत भरतपुर महानगरपालिकालाई पुरस्कृत गरिएको थियो।
यसैगरी आर्थिक विकासतर्फ उत्कृष्ट काम गर्ने सूर्योदय नगरपालिका इलाम र खैरहनी नगरपालिका चितवन, वन, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत र संस्थागत विकास, वित्तीय सुशासन र सेवा प्रवाहतर्फ धनगढी उपमहानगरपालिकालाई कार्यक्रममा पुरस्कृत गरिएको थियो।
सो अवसरमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संवैधानिक व्यवस्थाअनुसार तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको अवधारणाबमोजिम अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले संविधानमा व्यवस्था भए पनि आवश्यक कानूनको अभाव र भएका कानून कार्यान्वयन नहुँदा स्थानीय तहमा कर्मचारी जान र बस्न नचाहेका कारण कामकाज प्रभावित भएको उल्लेख गर्दै संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न र बजेट खर्च गर्नसक्ने पालिकालाई आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गरे।
यसैगरी गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका सचिव नुरलाल चौधरी र निवर्तमान अध्यक्ष अशोक व्यञ्जुलगायतका वक्ताले सङ्घीय निजामती ऐन र शिक्षक ऐनसहित आवश्यक कानूनको व्यवस्था गरी स्थानीय सरकारलाई सहज ढङ्गबाट कामकाज गर्ने वातावरण बनाइदिन अनुरोध गरे।
विसं २०५० सालमा स्थापना भएको नेपाल नगरपालिका सङ्घमा देशभरका दुई सय ७६ नगरपालिका सदस्य रहेको बताइएको छ। |
गोरखामा ट्रक दुर्घटनामा दुईको मृत्यु, छ घाइते गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका–७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उपरीक्षक लामिछानेले बताए ।
दिउँसो गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल रहेका छन् ।
अन्य घाइतेमा गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना र उमेर खुल्न बाँकी रहेका बुद्धीबहादुर नेपाली रहेका छन् । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । |
विवाह गरेर बेलायत लैजाने लोभ देखाएर १५ लाख ठगी काठमाडौं। बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ।
उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई बेलायतकोे नागरिक बताएको र नेपाल आएपश्चात् विवाह गरी बेलायत लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहना र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिएकाले कुरियरबाट सम्पर्क आउने भनी ठगी गरेको प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
त्यसका लागि उनले कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलापश्चात् कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लउन्ड्रिङ, डेलिभरी चार्ज, भन्सार शुःल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
उक्त रकम पठाउन लगाइ ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। |
दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प काठमाडौं। दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो। |
चिराइतोको मूल्य अलैँचीको भन्दा बढी ताप्लेजजुङ। चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ। गएको वर्ष प्रतिमन (४० किलो)रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ।
पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो। अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ। भारत निर्यात हुँदै चिराइतो झापामा पुर्याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन्।
“गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार भइरहेको छ”, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने।
गत वर्ष रु १८ हजार हुँदै रु ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर रु ४० हजारसम्म पुगेको हो। बरालका अनुसार हाल किसानबाट प्रतिमन रु ३२ हजारदेखि रु ३३ हजारसम्ममा लिने गरिएको छ। चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए।
व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ। झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन्।
“कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा रु एक हजार बढी दिन्छन्”, व्यवसायी बरालले भने। केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ।
मूल्य वृद्धि भएसँगै चिराइतो सङ्कलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन्। लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन्।
यो वर्ष प्रतिमन रु ३२\३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए।
व्यावासायिक खेती गर्दै आउनुभएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन्। उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए।
यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए। हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जङ्गल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ।
आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन्। मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन्।
तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो सङ्कलन भएको व्यवसायीले बताएका छन्।
गत वर्ष एक सय ५० मन चिराइतो सङ्कलन गर्नुभएका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्याएको बताए। “गत वर्षको तुलनामा सङ्कलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, सङ्कलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ”, उनले भने।
उता सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीेले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो सङ्कलन भएको बताए। उनका अनुसार प्रायले चिराइतो खेती छाडेका छन्। तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए।
ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ। उक्त कार्यालयका अनुसार सङ्कलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्याङ्कले देखाएको छ।
उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो। समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ। असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ।
भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ। प्रायले जङ्गलमा गएर चिराइतो सङ्कलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन्। खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन्। बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन्।
औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ। तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ।
– सन्तोष पुर्कुटी\रासस |
ज्यान मार्ने उद्योग कसूरमा संलग्न ३ जना पक्राउ काठमाडौँ। ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन्।
काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई शनिबार बिहान हतियार प्रयोग गरी कुटपिट गरि फरार रहेका उनीहरूलाई काठमाडौं तार्केश्वर नगरपालिका-९ फुटुङबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको चुप्पि १ थान र छिनो १ थान समेत बरामद गरेको छ।
उनीहरू उपर ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ। |
खन्ती–जोमसोम सडक कालोपत्र सुरु जोमसोम। मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो।
आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए।
“एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ”, उनले भने, “ठेकेदारसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ । थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ।”
विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो। यो सडक कालोपत्र गर्न विसं २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने जेभीले रु ९९ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो।
साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ। सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो।
कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ। गौरी पार्वतीले आयोजनाअन्तर्गतनै ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए।
ग्राभेलका लागि रु ५८ करोड २६ लाखमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ। |
धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ धनगढी। कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन्। जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी–१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका–५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन्। |
सुखदुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम दमाैली। तनहुँको व्यास नगरपालिका-५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छिन्।
बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्छिन्। घरमा एक्लै बस्नुभन्दा आश्रममा पुगेर दिन कटाउने उनको दैनिकी बनिसकेको छ। “घरमा एक्लै बस्दा दिन काट्न गाह्रो, बरु आश्रममा गएपछि मन भुलाउने ठाउँ पनि भएको छ, दिन कटेको पत्तै हुँदैन”, उनले भनिन्।
छोराबुहारी कार्यालयको काममा गएपछि घरमा एक्लै बस्दा न्यास्रो लाग्ने भएकाले वाग्लेजस्तै अन्य ज्येष्ठ नागरिक दिवाकालीन आश्रममा पुग्ने गर्छिन्। स्थानीय ६५ वर्षीया नारायणी वाग्ले पनि दिवाकालीन आश्रममा नियमित जान्छिन्। “दिवाकालीन आश्रम दिन बिताउने ठाउँमात्र होइन, सुखदुःखका गफ गर्ने चौतारी बनेको छ”, उनले भनिन्।
स्थानीय ९१ वर्षीय मानसिं दर्लामी पनि नियमित दिवाकालीन आश्रममा आउँछन्। “घरमा बस्यो अल्छी लाग्छ, न्यास्रो लाग्छ, बरु आश्रममा आउन थालेदेखि आनन्द महसुस हुन थालेको छ”, उनले भने।
उनीहरुका अतिरिक्त यहाँ दैनिक ५० जना ज्येष्ठ नागरिक आउँछन्। बिहान १० बजेदेखि ३ बजेसम्म दिवाकालीन आश्रम सञ्चालन गरिएको छ। दिउँसोका समयमा ज्येष्ठ नागरिकलाई भुलाउने ठाउँ बनाउने उद्देश्यसहित दिवाकालीन आश्रम सञ्चालन गरिएको सङ्कीर्तन समूहका अध्यक्ष विष्णु गौतमले जानकारी दिए।
“कोही कोही ज्येष्ठ नागरिक त नातिनातिनीलाई पनि लिएर आउनुहुन्छ, घरमा बस्दा उहाँहरुलाई दिन कटाउन गाह्रो हुने भएपछि दिवाकालीन आश्रम सञ्चालनमा ल्याएका हौँ”, उनले भने। दिवाकालीन आश्रममा आउने ज्येष्ठ नागरिकलाई आश्रमले नै दिवा खाजाको व्यवस्था गरेको छ।
दिवाकालीन आश्रम हप्ताको छ दिन सञ्चालन हुने र आइतबार बन्द हुन्छ। “शनिबार र चाडपर्वका दिनमा झन बढी ज्येष्ठ नागरिकको आगमन हुन्छ”, उनले भने, “भजनकीर्तनका लागि वडाभित्रकै टाढा टाढाबाट समूह पनि आउँछन्।”
ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एकापसमा भलाकुसारी गर्ने गरी सङ्कीर्तन समूहले दिवाकालीन आश्रम निर्माण गरेको थियो। विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएका थिए।
“दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस गर्यौँ, यसकारण उहाँहरु अन्यत्र ठाउँमा गएर दिन कटाउन थाल्नुभयो”, उनले भने, “त्यसैलाई मध्यनजर गरेर वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ”, उनका अनुसार यहाँका ज्येष्ठ नागरिक २०-२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे।
वृद्धवृद्धाको सम्मान र अभिरुचिअनुरुप जीवन बिताउनका लागि ज्येष्ठ नागरिकलाई आश्रममा विभिन्न सङ्गीतका सामान उपलब्ध गराइएको छ। “वृद्धवृद्धा दैनिक आएर विभिन्न भजनकीर्तन गर्ने, गाउने, बजाउने गर्नुहुन्छ”, उनले भने। आश्रममा विभिन्न व्यक्तित्वले जन्मोत्सवको अवसरमा आएर सहयोग गर्ने गरेका छन्।
सङ्कीर्तन समूहले विसं २०७२ सालदेखि कृष्णअष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको थियो। उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको दुई तल्लाको भवन निर्माण गरिएको समूहका सचिव शरण खनालले बताए।
उनका अनुसार भवन निर्माणका लागि रु ३५ लाख खर्च भएको छ। “प्रत्येक वर्ष देउसीभैलो खेलेर रकम जम्मा गरेका थियौँ, वडा कार्यालयबाट पनि केही सहयोग भएपछि भवन निर्माण सम्पन्न गर्न सक्यौँ”, उनले भने।रासस |
आजको मौसमः कोशी, बाग्मती र गण्डकीको पहाडी भू-भागमा बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।
देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
उता राति भने देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। |
तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित सुर्खेत\भेरीगङ्गा। सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन्।
बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन्। सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ। स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो।
वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो। यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए। उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए।
“हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो”, उनले भने, “गत वर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ।”
कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ।
“हाम्रो तरकारी अहिले सस्तो भाउमा बिक्री गरिरहेका छौँ”, शाहीले भन्नुभयो, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उनले आफूहरुको प्रमुख आम्दानीको स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे।
यो गाउँका कृषक १२ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन्। भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था रहेको र खेती गर्न छोड्नुपर्ने अवस्थामा पुगेको कृषकको भनाइ छ।
दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० कृषकले व्यावसायिक रुपमा खेती गर्दै आएका छन्। करिब ५० बिघा खेतीयोग्य जमिनमध्ये १७ बिघा जमिनमा कृषकले छुट्टाछुट्टै रुपमा तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको लागि सिँचाइ कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरेको छ।
प्रदेशको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कृषकको तरकारी नै बिक्री नभएको भन्ने नभई बजार मूल्य नपाएको सत्य भएको बताए।
उनले भने, “उहाँहरुको तरकारी बिक्री नभएको होइन, हामीले बजारसम्म उत्पादित कृषि वस्तु ल्याउनुलाई रिक्सा पनि उपलब्ध गराएका छौँ। तर तरकारीले उचित मूल्य नपाएको भने सत्य हो, यसमा सरकारले सोचेर योजना बनाउनुपर्छ।” |
मदिराजन्य पदार्थका विज्ञापन हटाउन सञ्चारमाध्यमलाई बोर्डको निर्देशन काठमाडौं। विज्ञापन बोर्डले मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ।
बोर्डले आज विज्ञप्ति जारी गरी कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न\नगराउन निर्देशन दिएको हो। सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको बोर्डको भनाइ छ।
‘विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकाले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु\नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।
बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड)मा समेत मदिराको विज्ञापन गर्न नपाइने जनाउँदै त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरेको छ।
कोही कसैबाट त्यस प्रकारको विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएका विज्ञापनदाता, विज्ञापन एजेन्स तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ का साथै प्रचलित कानुनबमोजिम कारबाही हुने पनि वोर्डले जनाएको छ। |
बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा फरार रहेका तीनजनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद गरेको छ। पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। |
बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो कमलामाई (सिन्धुली)। मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की, चिशङ्खुगढी गाउँपालिका–४ बस्ने २६ वर्षीय सञ्जित राई र उदयपुरको कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीया कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो।
ओखलढुङ्गाका पाँचै जना मृतकको शवपरीक्षणका लागि ओखलढुङ्गा लगिएको र उदयपुरका एकजनाको शव सिन्धुली अस्पताल ल्याइएको सिलवालले दिए। ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए। तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ।
घाइते आठजनालाई हेलिकप्टर र आठजनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडाँै पठाइएको हो। सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। |
निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछः मन्त्री मोदी काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन्।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय व्यक्तिको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका हुन्।
“तपाईँहरुको लागि सरकारका तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु”, मन्त्री मोदीले भने, “मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछन्, अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ।”
राष्ट्रिय व्यक्तित्वको सम्मानका लागि आफूले यो काम गर्न लागेको मन्त्री मोदीको भनाइ थियो। आर्थिक समस्याका कारण कलाकारले जीवनको उतराद्र्धमा उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मन्त्री मोदीले भने, “आर्थिक अभावले तपाईँहरुलाई निरास लान सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्याङ्कन भएन कि भन्ने पनि तपाईँहरुलाई लाग्छ। तपाईँहरुसहित राष्ट्रिय व्यक्तित्वको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपार्इँहरुको कलाको राज्यले उचित सम्मान गर्छ।”
मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने समेत बताए। जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने प्रवृत्तिलाई अन्त्य गरेर भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा सरकार लागेको उनले बताए। |
सिन्धुली बस दुर्घटना अपटेड: तीन जनाको सनाखत कमलामाई (सिन्धुली)। मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ।
उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन्।
अन्य मृतकको सनाखत हुन सकेको छैन। ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो।
बसमा चालकसहित ३६ यात्रु सवार थिए। सोह्र घाइतेलाई उपचारका लागि काठमाडाँै लगिएको सिलवालले जानकारी दिए।
ती मध्ये आठ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो। सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ।
बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। |
नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रम अस्पतालका अध्यक्ष शैलेन्द्र मोहन झाको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभामा वार्षिक प्रतिबेदन पेश गर्दै अस्पतालका अध्यक्ष झाले भने,’हाम्रो अस्पताल धेरै पुरानो र भक्तपुर गठ्ठाघरबासिका लागि मात्र नभए पुरै भक्तपुर जिल्ला बासिहरुको लागि विश्वासिलो अस्पतालका रुपमा स्थापित भएको छ।’
कार्यक्रममा सेयर सदस्यहरुबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्दै अस्पतालमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने अस्पतालका अर्थ निर्देशक भुवन चक्र जोशीले बताए। साथै अस्पताललाई अघि बढाउनमा सम्पूर्ण सेयर सदस्यहरु उतिकै भूमिका रहेको पनि उनले बताए।
जनतालाई सहज होस् भन्दै अस्पतालले प्याथोलोजी ल्याबमा छुटको व्यवस्था गरि प्याकेज बनाएर थोरै पैसामा राम्रो सेवा दिने व्यवस्था पनि गरेको छ। पैसाको अभावको कारण कोहि पनि उपचारबाट बन्चित हुन नपरोस भनी उक्त सेवा प्रदान गर्न लागेको कुरा वरिष्ठ प्याथोलोजिस्ट डा. सुवास यादबले बताए। |
पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो।
उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।
उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए। राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए।
उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ। उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ। दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ।
पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत छ। उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ। विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताए। – रासस |
सिन्धुली बस दुर्घटना अपटेडः थप एकजनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।
घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । |
दाङमा बलात्कारको आरोपमा ३ जना पक्राउ दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । |
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु जुम्ला। जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ। घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ। घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भने। |
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ५ जनाकाे मृत्यु काठमाडौं। ओखलढुंगाको रुम्जटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुइभिरमा दुर्घटना भएको छ ।
मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका- ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ। |
महोत्तरीमा मोबाइल पसलमा आगलागी हुदाँ लाखौंको क्षति बर्दिवास। महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ।
शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको खबर पाउने बितिक्कै पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो। क्षतिको थप विवरण संकलन भईरहेको छ। |
आजको मौसमः देशको पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
उता राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ। |
दलित समुदायमाथि अपमानित गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै सिरहामा प्रदर्शन सिरहा। सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन्।
दलितमाथि सार्बजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन्।
कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु नै दलितमाथि विभेद गर्न उद्देलित भएको बताए।
उनले भने, ‘कानुन निर्माता र कार्यान्वयन गर्ने व्यक्तिहरुको यस्तै रबैया रहिरहेमा दलितहरु फेरी आन्दोलित हुनुपर्ने देखिन्छ, भगवानपुर घटनाको छानविन गरी दोषिलाई कारबाही नगरे हामी आन्दोलनलाई निरन्तरता दिन्छौं।’
सोही क्रममा पूर्व जिल्ला समन्वय समिति सिरहाका सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरु फेरी कानुन कार्यान्वयनको लागि एकजुट हुनुपर्ने अवस्था आएको बताए।
आज पनि दलितमाथि विभिन्न खालका बिभेद भई रहेको जनाउँदै कानुन कार्यान्वयन गर्न पनि दलितले आन्दोलन गर्नुपर्ने अवस्था आएको अधिकारकर्मी विकले बताए।
पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भागवानपुर घटना मेलमिलाप गर्ने खालको नभएको बताए। उनले भने, ‘यो घटना ६० लाख दलितहरु प्रतिको अपमान हो, सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरुपणको विषय हो। घटनाको विषयमा छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्छ।’
नेकपा एमालेका जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए। त्यही भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो।
|
हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड पोखरा। गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा बृहत अन्तक्र्रिया गरिएको छ।
बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तक्रिया गरेका हुन्।
पोखरा पर्यटन परिषद्को आयोजना, नाट्टा गण्डकीको संयोजनमा भएको अन्तक्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाई उडानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तव्य र गतिविधिमा जोड दिनुपर्ने बताए।
उनले पर्यटन बृहत् विषय भएकाले कुनै सानो कुराको प्रभाव पर्यटनमा प्रत्यक्ष पर्ने भएकाले आतिथ्यतालगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले घुम्नैपर्ने सहरको रूपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुरुप पर्यटन पूर्वाधारका महानगरले काम गरिहेको जानकारीसमेत दिए।
सोही अवसरमा प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबी)ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेको १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी दिए।
उनका अनुसार पोखरा पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने यस परियोजना तीन वर्षभित्र सक्ने लक्ष्य छ राखिएको छ, यति नभए पनि पाँचदेखि सात अर्वसम्मको हुनसक्ने अनुमान गरिएको छ। यस परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको आचार्यले बताए।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्र मात्र नभई सबै सरोकारवालाको सहकार्य र समन्वयको आवश्यक औँल्याए। उनले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तव्य प्रवद्र्धन, उत्पादित सामग्रीको बजारीकरणलगायतका भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने विश्वास व्यक्त गरे।
उनले सुन्दर प्राकृतिक सहर पोखरालाई झापासँग अब एक घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको जनाउँदै यसलाई अवसरका रूपमा लिएर दुई प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सहकार्यको आवश्यता औँल्याए।
नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटी, कनेक्टिभिटी, मार्केटिङ र पूर्वाधारको अपरिहार्यतामा जोड दिए। उनले विविध क्षेत्रलाई पर्यटनमा समेट्दै दिगो पर्यटन विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटन बोर्ड स्थापनाको तयारी भइरहेको पनि जानकारी दिए।
पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिटीले पर्यटनलाई चलायमान बनाउने भएकाले एकअर्को स्थानको गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सहकार्य र समन्वय आवश्यक रहने बताए।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरा–भद्रपुर उडान आन्तरिक पर्यटकमात्र नभई भारतीय पर्यटकलाई पनि अब पोखरा आउन सहज भएको बताए।
उनले पोखरा–भद्रपुर उडानमा यात्रुले माउण्टेन फ्लाइटमा जस्तै विश्वको अग्लो सगरमाथाको अवलोकन गर्दै नेपालको होचो ५८ मिटर रहेको कचनकवलको भू–भागको पुगेर भौगोलिक अवस्थितिको अध्ययन र अवलोकनसमेत गर्न पाइने सुन्दर पक्षको चर्चा गरे।
कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईँ, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो, कचनकवल गाउँपालिका अध्यक्ष कलेन्द्रसिंह राजवंशी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष एकराज गिरीलगायतले पर्यटनको एकृकीत विकासमा जोड दिँदै दुई प्रदेशको हवाई उडानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
वक्ताहरूले कोशी प्रदेश राजनीतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका विशेषतायुक्त प्रदेश भएकाले यसलाई विभिन्न तरिकाबाट प्रवद्र्धन गर्न सकिनेमा जोड दिए।
सहभागी वक्ताहरूले दक्षिण एसियामै उत्कृष्ट मानिएको जैविक विविधतायुक्त जलथल वनक्षेत्र, महाभारतकालीन कथाको प्रसङ्गमा जोडिएको किच्चक वध, चिया बगानको सुन्दरता, त्यस क्षेत्रमा उत्पादित सामग्रीलाई पनि कसरी प्रचार–प्रसार प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए।
भद्रपुर नगरपालिका र पोखरा महानगपालिकाको सहयोगमा सम्पन्न अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनलाई सबैको पहुँचमा पुर्याउने हवाई उडानको नियमितता र सडक पूर्वाधारको विकासमा जोड दिएका थिए। |
बस दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते काठमाडौं। तनहुँको बन्दीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका थिए।
घाइतेमध्ये केहीलाई पोखराको मणीपाल अस्पतालमा पठाइएको र सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पनि एसपी विष्टले जानकारी दिएका छन्।
दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। बाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। |
आगलागीमा परी दुई बालबालिकाको मृत्यु विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।
घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अवस्थामा घरमा आगलागी हुँदा घरभित्र रहेका दुई बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत जली करिब रु १० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ । |
आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँः मन्त्री किराँती काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन्।
पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ अभियानको सुभारम्भ गर्दै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए।
उनले भने, “नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको छ, यसलाई भत्काएर अघि बढ्नुपर्छ, काम गर्दा कोही सानो हुँदैन।”
उनले पशुपतिनाथ क्षेत्र सरसफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिए। पछिल्लो समय सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको पाइएकाले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने उनको भनाइ थियो।
आफ्नो मन्त्रालयअन्तर्गतका सबै निकायलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सोअनुसारको काम नभए कारबाही गर्ने समेत मन्त्री किराँतीले चेतावनी दिएका छन्।
अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।
बृहत् सरसफाइ अभियानको सुरुआत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा बृहत् सरसफाइ अभियानको सुरुआत गरेका छन्। अभियान तीन महिनासम्म जारी रहने मन्त्री किराँतीले जानकारी दिए।
पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने निर्देशनानुसार आजबाट बृहत् सरसफाइ गरिन लागिएको हो। मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको छ।
आजको सरसफाइ अभियानमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारीको सहभागिता थियो।
यसैगरी पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, पाटन दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी भएका हुन्। |
मेघ गर्जनसहित वर्षाको सम्भावना काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिमा देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागका मौसम सामान्यतया सफा रहनेछ। आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ। |
छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग काठमाडौं। विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ\संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घरसंस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरी घटनामा सङ्लग्न निजलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गर्न माग गरेका हुन्।
गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुन्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘कृया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घरसङ्गठनको भनाइ छ।
“सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ\सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन्।
ती सङ्घरसंस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन्। |
उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार सिमकोट । दुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तस्रावले पीडित उनको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । दुुई हप्तादेखि लगातार अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था गम्भीर भएको थियो । जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा छत्यालको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताइन् ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धार गरी सुुर्खेत पु¥याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो ।
उनलाई बिहीबार गोठीगाउँबाट उद्धार गरिएको हो । उनको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आवको साउन महिनायता यो छैटौँ उद्धार गरेको छ ।
यसमा एक बेथा लागेकी गर्भवतीको खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा निधन भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका बेथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ । |
जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेशन पास गरी हिनामिना गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै आज मुद्दा दायर गरिएको हो।
यस्तै आयोगले स्थानीय गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध पनि समान रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।
त्यस्तै आयोगले आजै सरकारी साक्षीका रुपमा पेश गरिएको बाबा कृष्णाराम पशुफार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध रु २१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।
विशेष अदालतमा गरेको बकपत्रमा अनुसन्धान हुँदा सरकारी साक्षीले बयानको क्रममा गलत बकपत्र गरेको पुष्टि भएकाले आजै विशेष अअदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। |
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे स्वयम्भुनाथको दर्शन काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथको दर्शन गरेका छन्।
पौडैलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेका थिए। स्वयम्भुनाथ बौद्धमार्गी समुदायका लागि बढी प्रसिद्ध छ भने पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव मानिन्छन्। |
आगलागी नियन्त्रणका लागि फायर होज पाइपको परीक्षण र अभ्यास ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने फायर होज पाइप र उपकरणको प्रयोगसम्बन्धी अभ्यास गरिएको छ ।
फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि पम्पसहितको पाइप खरिद गरेर आज यसको परीक्षणसहित प्रयोग गर्ने अभ्यास गराएको हो । अभ्यासमा सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी र स्थानीयवासी सहभागी थिए ।
अभ्यासका क्रममा फुङलिङको वीरेन्द्र चौकस्थित पोखरीको पानी प्रयोग गरिएको थियो । करिब नौ सय मिटर लामो फायर होज पाइप जडान गरी परीक्षणसहित प्रयोग गर्ने अभ्यास भएको नगरप्रमुख अमीर मादेनले जानकारी दिए । पम्पको प्रयोगले पानीको उच्च प्रवाह हुँदा आगो नियन्त्रण गर्न सहज हुने देखिएको उनको भनाइ छ । बजार क्षेत्र र बाक्लो बस्तीमा दमकल पुग्न नसक्ने भएकाले पाइप खरिद गरेर ल्याइएको उनले बताए । “पोखरी निर्माण गरेर आगलागी नियन्त्रणमा पाइपको प्रयोग गर्न सकिने देखियो, दमकल नछिर्ने बजार र बाक्लो बस्तीमा हुने आगो नियन्त्रणमा यो उपकरणको प्रयोग प्रभावकारी छ”, उनले भने ।
लचिलो रबर र बुनेको कपडाबाट तयार भएको फायर होज पाइपलाई सानो गल्ली वा बाटोबाट सहजै घुमाउन सकिने भएकाले यो प्रभावकारी हुने बताइएको छ । विभिन्न लम्बाइमा पाइने पाइपलाई एकआपसमा जडान गरेर लामो वा छोटो बनाउन सकिने नगरपालिकाले जनाएको छ । पानीको मुहान वा पोखरीमै पम्प राखेर पानीको प्रवाहलाई तीव्र बनाउन सकिन्छ ।
सदरमुकाम फुङलिङ विभिन्न समयमा हुने आगलागीको चपेटामा पर्दै आएको छ । बजार क्षेत्रमा बर्सेनि साना ठूला आगलागीका घटना हुँदै आएका छन् । आगलागीको जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि नगरपालिकाले यो विधि अपनाएको हो । नगरपालिकासँग अग्नि नियन्त्रणका लागि एउटा दमकल रहेको छ । |
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने पोखरा। पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ।
ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिए।
उनका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो। नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताए।
कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ। उनका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ। सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ।
ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ।
“कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ”, उनले भने, “विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ।” उनका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ। प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ।
पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो।
विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिए।
स्वदेशी हस्तकला सामानको प्रयोग गराँै, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ।
अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ। हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आबद्ध छन्।
संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ। स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ। उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ।
संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ। संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उनले जानकारी दिए। |
मासिँदै सिमल, लोप हुँदै गिद्ध म्याग्दी । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो ।
सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि सापकोटाले भने, “अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।”
सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा पाइने यो रुखलाई अङ्ग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री पनि भनिन्छ । औषधीय गुण भएको यो वनस्पति मासिने क्रमले लोपोन्मुख वनस्पतिका रूपमा पुगेको उक्त कार्यालयले जनाएको छ ।
पछिल्लो समय देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चरा पनि विस्तारै लोप हुँदै गएका छन् । सिमलको बोक्राको लेप हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने भुवा रगत सफा गर्नसमेत प्रयोग गरिन्छ ।
विसं २०४९ मा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो तर सरकारले नै २०६४ मा कटानमा फुकुवा गरेकाले मासिँदै गएको अधिकृत सापकोटाले बताए ।
सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो वैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तकमा उल्लेख भएअनुसार स्वीडेनका वनस्पतिविद् एवं जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।
औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखअनुसार सिमलका विविध भाग विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै टाउको दुख्दा यसको पातको रस एक÷दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पीपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गरेका थिए ।
सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेखअनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्ने गरिएको छ ।
आयुर्वेदिक चिकित्सक डा जीवन शर्मा आचार्यका अनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।
वन तथा वनस्पति विज्ञ नरहरि आचार्य र राजेश तामाङद्वारा लिखित ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ (सन् २०१७) शीर्षकको पुस्तकअनुसार चेपाङ समुदाय पेट दुख्ने र आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् ।
सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणले सिमल औषधिजन्य जडीबुटी रहेको देखाए पनि वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।
स्वदेशी तथा विदेशी व्यापारीले कम राजस्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महँगो दाममा खरिद गरिरहेका छौँ । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकीनसमेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।
हाम्रा जडीबुटी आफैँले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्नसक्ने सम्भावना छ । सिमल नासिएसँगै वातावरणमा समेत असर परेको बताइन्छ । वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ ।
‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्री वितरणमा २०६३ साल जेठदेखि प्रतिबन्ध लगाएको थियो । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकामा एशियामा नौ र नेपालमा मात्रै आठ प्रजातिका पाइन्छ । पछिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ । |
देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई काठमाडौं आलोकनगर बस्ने २१ वर्षीय सन्तोष राज महतो र सोही ठाउँ बस्ने २१ वर्षीय नितेश महतो रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, नागार्जुन नगरपालिका-५ छक्डोल बस्ने ३७ वर्षीय हरि पुतुवारलाई अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनले ड्रममा राखी टहरोमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागुऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा र र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय विश्वास संग्रौला, सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका-८ बस्ने २० वर्षीया अनिशा मण्डललाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ७ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय मुकेश चौधरी रहेका छन् ।
सिआरभी दुहबीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ आउँदै गरेको मे.११ प ६१७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित स्कुटर चालक अर्जुन र स्कुटरमा सवार मुकेशलाई पक्राउ गरेको हो ।
|
विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ सप्तरी। नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ।
विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ।
डाक्नेश्वरी नगरपालिका–३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ। यसअघि यही फागुन १९ गते अनाधिकृतरूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका–२ सिम्राहाका सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो।
शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ। विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।
विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ। शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन्। |
माेटरसाइल दुर्घटना हुँदा चालककाे मृत्यु काठमाडौँ। काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन्।
मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो।
घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ। शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो। |
बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जना पक्राउ बागलुङ। बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो। उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.