content
stringlengths
20
64.1k
काठमाडौं महानगरमा निःशुल्क कानुनी सेवा लिनेको सङ्ख्या तीन हजार काठमाडौं। काठमाडौं महानगरपालिकाले गत चैत एक गतेदेखि सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा दुई हजार आठ सय नौ जनाले लिएका छन् । नागरिकलाई सामान्य किसिमको कानुनी परामर्श दिने उद्देश्यसहित कामपाले एक महिनाअघिदेखि कामपाको ३२ वटै वटा कार्यालयमार्फत निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको थियो । उक्त न्यायिक समितिमार्फत न्यायिक सेवामा एक हजार सात सय ३८ जनाको कानुनी लिखत तथा अन्य मस्यौदाको सेवा लिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । जम्मा सेवाग्राही दुई हजार आठ सय नौमध्ये सात सय ४७ जनालाई मौखिक कानुनी तथा न्यायिक परामर्श सेवा उपलब्ध गराइयो भने तीन सय २७ जनालाई अन्य (प्रशासनिक) सेवा उपलब्ध गराइएको सूचना अधिकारी आचार्यले जानकारी दिए। यसरी प्रत्येक वडाबाट नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गर्न गत माघ १७ गते कामपा र नेपाल ल क्याम्पसबीच सम्झौता भएको थियो । सम्झौताअनुसार क्याम्पसले स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट गरेको छ । जसमध्ये ३५ जना विद्यार्थी असार मसान्तसम्मका लागि न्यायिक सहजकर्ताका रुपमा महानगरसँग आबद्ध रही कामपाको ३२ वटै वडामा खटिएको छन् । कामपामा दर्ता हुने विवादसम्बन्धी उजुरी वडामै दर्ता हुने भएकाले, उजुरी दिने व्यक्तिले उल्लेख गरेको विषय स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छ कि पर्दैन? निवेदन दिनेले पक्ष हुने हक राख्छ कि राख्दैन र उजुरी दिने म्याद छ कि छैन, यी विषय जाँच गरेर दर्ता गर्ने वा दरपीठ गर्ने निर्णय गर्नुपर्नेछ । यसका लागि न्यायिक सहजकर्ताले सहजीकरण गर्नुपर्नेछ । त्यसैमा सेवाग्राहीको आवश्यकताअनुसार जुनसुकै निवेदन लेखन, उजुरी निवेदन, फिरादपत्र, प्रतिउत्तरपत्र वा लिखित जवाफ मस्यौदालगायत सबै किसिमको कानुनी सहयोग गर्नुपर्नेछ । विशेषतः सहजरुपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालकका समस्या तथा अत्यावश्यक सेवा प्रवाहमा समेत दिनुपर्ने ध्यान दिनुपर्नेछ । त्यसैगरी कानुनी विषयसँगै उठेको महिला सञ्जालको प्रभावकारी कार्य सञ्चालनका विषयमा पनि न्यायिक सहजकर्ताले ध्यान दिनुपर्छ । सेवाग्राहीलाई विश्वास दिलाउनसके समितिको कामले थप उचाइ लिने पनि आचार्यको भनाइ छ । सहजकर्ताले सेवाग्राहीको आवश्यकताअनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिराद पत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिनेलगायत काम गरिरहेका छन् ।
दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्। मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ। मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शय्याको १० प्रतिशत शय्या नछुट्याएको पाइएको थियो। यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ। मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो। मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ।
साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति काठमाडौं। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्। पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई÷तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन्। समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन्। सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै रु ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ।
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ सुनसरी। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३२ वर्षीया महिला पक्राउ काठमाडौँ। ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ परेकी छन्।  पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाल रहेकी छन् । वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
‘दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली’ विषयक सापलिङको क्षेत्रीय सम्मेलन नेपालमा ढाका। सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एशियाली नीति निर्माताहरुको संगठनको दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा काठमाडौ, नेपालमा २४ र २५ अप्रिलमा सम्पन्न भएको छ। सापलिङको शुरुवाती पहल सन् २०१९ मा भएको थियो र यस संगठनले दक्षिण एशियामा कुपोषण विरुद्ध लड्न दिगो विकास लक्ष्यहरु सापलिङसंग आबद्ध भएर खाद्य प्रणालीमा पहुँच पुर्याउने लक्ष्य राखेको छ। सापलिङको सम्मेलन डेढ दिनसम्म चलेको थियो र उक्त कार्यक्रममा सापलिङका सदस्य राष्ट्रहरु नेपाल, बँगलादेश, श्रीलँका, भारत र भुटानका  भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो। सम्मेलनलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको ब्राक, बँगलादेश र आइपिइ ग्लोबल लिमिटेड, भारत, विश्वकै सबैभन्दा ठूलो गैर सरकारी विकास संस्था, विकास क्षेत्र थिङ्क एण्ड डु ट्याँक , र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्याँक ९त्जलष्प त्बलप० सर्वाङ्गिण विकास अध्ययन केन्द्र  नेपालसंगको सहकार्यमा आयोजना गरेको हो। सापलिङलाई बिल एण्ड मेलिण्डा गेट्स फाउण्डशेनको सहयोग प्राप्त छ। सम्मेलनको पहिलो दिन सन्दर्भ (Context setting) तयारीमा केन्द्रित थियो। बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका वरिष्ठ कार्यक्रम अधिकृत श्री सिद्धार्थ चतुर्वेदिले कृषि खाद्य प्रणालीको दृष्टिकोणबाट नीति निर्माताहरुको आवश्यकता र प्राथमिकताहरु अनुरुप कुपोषण विरुद्ध लड्न प्रमाणमा आधारित नीति, कार्य र नेतृत्वलाई मूल प्रवाहमा समाहित गर्न विभिन्न सरोकारवालाहरुबीच आपसी सहमति जुटाउनकै लागि क्षेत्रीय मञ्चको औचित्य र यसको महत्वका बारेमा आफ्नो धारणा राख्नु भएको थियो। राष्ट्रिय योजना आयोगका सचिव श्री केवल प्रसाद भण्डारीले अन्तर सरकारी सहकार्य र साथै निजी क्षेत्रका साझेदारहरु, अन्य सम्बद्ध सरोकारवालाहरुलाई साथमा ल्याउनु पर्ने आवश्यकतालाई दर्शाउँदै आफ्ना विचारहरु व्यक्त गरेका थिए। राष्ट्रिय योजना आयोग, नेपाल सरकारका सदस्य डा. जय कान्त राउतले दक्षिण एशियाली राष्ट्रहरु लगायत यस क्षेत्रका सबै देशहरुले जलवायु परिवर्तन र फसल उत्पादनपछिको नोक्सानी जस्तो समान चुनौतीहरुको सामना गरिरहेको वर्तमान सन्दर्भमा यो सहकार्य र सहायताका लागि यो एकदम सही समय भएको र सापलिङ जस्तो संस्थाले यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। दोस्रो दिनमा नीति निर्माताहरुको वीच विभिन्न ४ वटा प्यानेल छलफल गरिएको थियो, जहाँ बँगलादेश, श्रीलँका, भुटान र नेपालका उच्च पदस्थ सरकारी अधिकारीहरुले प्राथमिकताहरु, कृषि खाद्य प्रणालीहरुलाई मजबुत बनाउनका लागि क्षेत्रीय सहायताका एजेण्डाहरु र सो परियोजनको लागि विभिन्न प्रारुपहरुका बारेमा विचार विमर्श गरेका थिए। साथै क्षेत्रीय सहकार्यलाई अघि बढाउन फसल उत्पादनपछिको नोक्सानी न्यून गर्ने र जलवायु मैत्री कृषिका लागि प्रविधिहरुको उपयोगिताको विषयमा पनि मन्थन गरिएको थियो। कृषि तथा पशुपंक्षी मन्त्रालय, नेपाल सरकारका सचिव डा. गोविन्द प्रसाद शर्माले छलफलमा भाग लिएका थिए। सम्मेलनमा सीमापारका निजी क्षेत्रका लगानीकर्ताहरुलाई प्रवद्र्धन गर्ने वातावरण निर्माण गर्ने, सापलिङ राष्ट्रहरुबीच ज्ञान र सीपका सिकाईहरु सम्बन्धी सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको थियो। सम्मेलनमा सहभागी विज्ञहरु र सरकारी पदाधिकारीहरुले अन्तर सरकारी सहयकार्यलाई बढावा दिन र जलवायु मैत्री प्रविधिहरुको प्रयोग, फसल उत्पादनपछिको नोक्सानी न्यूनीकरण, दक्षिण एशियाली क्षेत्रभरीका सदस्य राष्ट्रहरुबाट खाद्य सुरक्षामा सुधार गर्न सापलिङ जस्तो एक पहलले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा जोड दिएका थिए। पोषण सुरक्षित दक्षिण एशियाको लागि आहार प्रभावित खाद्य प्रणालीहरु परिपालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनले काठमाडौं घोषणा पत्र ९क्तबतझभलत० जारी गरेको छ।
बसन्त चौधरीले ल्याए वातावरणसम्बन्धी इपेपर काठमाडौँ। कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले servedplanet.com नामक वातावरण केन्द्रित इपेपर सुरु गरेका छन्। सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुका बारेका लेख तथा विश्लेषणहरुलाई प्राथमिकताका साथ प्रकाशन गर्नेछ। यहाँ समेटिने लेख तथा विश्लेषणहरूमा विश्वव्यापी दृष्टिकोण पाइनेछ। नेपालमा विविध व्यवसायिक प्रतिष्ठानहरुको ग्रुप बीएलसी होल्डिङ लिमीटेडको प्रमुख समेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु। E-paper servedplanet.com को उद्देश्य मानव जाति र माता पृथ्वी बीचको सुमधुर सम्बन्धलाई प्रवद्र्धन गर्ने हो। संसारभर मानवनिर्मित संकटका कारण यो ग्रह दयनीय अवस्थामा छ।’ servedplanet.com का प्रकाशकको हैसियतमा चौधरीले इपेपर पृथ्वीको बिग्रँदै गएको अवस्थाबारे जनचेतना जगाउन प्रतिबद्ध रहेको बताए। ‘हाम्रा विचारहरू सरल र सरल भाषामा प्रस्तुत गरिनेछ जुन सबै उमेर र समूहहरूले सजिलै बुझ्नसक्ने हुनेछ । पृथ्वीको अस्तित्व र राम्रो स्वास्थ्यका लागि काम गर्नु सबैको दायित्व हो। पृथ्वी बाँचे भने मात्र हामी बाँच्नेछौं,’ उनले थपे। पृथ्वी दिवसमा लञ्च गरिएको, विस्तृत रूपमा चित्रित Epaper servedplanet.com ले प्रत्येक पन्ध्र दिनमा यसको सामग्री अपडेट गर्नेछ। यद्यपि, भविष्यमा थप सुविधा र सामग्रीको साथ यो डिजिटल प्लेटफर्मलाई चाँडो अपडेट गर्ने योजना समेत रहेको छ। यो इपेपरले पाठकहरूको प्रतिक्रिया(फिडब्याक)लाई उच्च प्राथमिकता दिनेछ। यस्तै, आम पाठक र वातावरणविज्ञहरुबाट आएका टिप्पणी र सुझावहरुलाई पर्याप्त सम्पादकीय स्थान प्रदान गर्नेछ। धर्तीलाई फेरि हाँस्न दिऔं।
पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद नवलपरासी।  भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन्। पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको छ। नियन्त्रण लिईएको ट्रकबाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ। उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय, बुटवलमा पठाइएको छ।
आजको मौसमः पहाडका केही भू-भागमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ। आज बूढानीलकण्ड नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकातर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका छन्। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसीटिभी जडानले घटित अपराधको छिटो, छरितो अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दुर्घटना, छुटेका सामानको पहिचानलगायत विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए। आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उनले उल्लेख गरे। सो कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीले सिसीटिभी जडानले विभिन्न विकृतिका कार्यको पहिचान गर्न एवं नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताए। उनले आगामी लिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए। बूढानीलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसीटिभी जडानका लागि पाँच करोडको बोलपत्र आह्वान गरिने जनाइएको छ। चालु आवमा रु दुई करोड ५० लाख विनियोजित रकम पेश्कीबापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौताबमोजिम हुने बाँकी रकम आगामी आवमा गरिने जनाइएको छ। सिसीटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने सङ्ख्या निर्धारण गरिनेसमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ। कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका पदाधिकारी एवं वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।
ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरू पक्राउ मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने  १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई सोमबार नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ। पीडित बालिकाको हाल विर्तामोङस्थित बि एण्ड सि अस्पतालमा उपचार भईरहेको छ।
इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने हरीकला दाहाल रहेको प्रहरीले जनाएको छ । पाँच जनालाई वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिन्छु र ‘कन्स्ट्रक्सन’ मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बलियो नेपाल न्युट्रिशन इनिसियटिभले गर्यो पोषण सचेतना अभिमुखीकरण कार्यक्रम काठमाडौँ। खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले स्वेता सेक्युरेटिज तथा बाल सारथीसँगको समन्वयमा  आइतबार (बैशाख १० गते) पोषण सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। जसमा बलियो नेपालले बाल सारथीका करिब १०० बाल बालिका साथै ३० जना शिक्षक, शिक्षिका, अभिभावक तथा कर्मचारीगरी जम्मा १३० जनालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा बलियो नेपालका कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले शिक्षा जिवनको अमुल्य सम्पत्ती भएकोले ध्यान दिएर पढ्न र भोलिका दिनमा देशका अमुल्य निधि बन्नुपर्ने कुरामा जोड दिए। साथै, बलियो नेपालका कार्यकारी सदस्य एवम् नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पढाइका साथसाथै खेलकुदमा समेत अगाडि बढेर देशको नाम राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उच्च राख्न अनुरोध गरे। कार्यक्रममा बाल सारथीका अध्यक्ष अस्मिता सुमार्गी, स्वेता सेक्युरेटिजका प्रमुख सुयोग अधिकारी, राष्ट्रिय सुचना आयोगका सदस्य कमला ओली तथा बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला खरेलको उपस्थिति रहेको थियो । कार्यक्रममा बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा अतुल उपाध्याय तथा कार्यकारी सदस्य एवम् नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का तथा स्वेता सेक्युरेटिजका प्रमुख सुयोग अधिकारीले संयुक्त रुपमा बाल सारथी संस्थाको अध्यक्ष अस्मिता सुमार्गीलाई बाल सारथीका १६ जना विध्यार्थीहरुलाई छात्रवृत्तिका लागि तिन लाख बिस हजार रुपौयाँको चेक हस्तातरण गर्नुका साथै १०० जना विद्यार्थीहरुलाई स्टेसनरी सामाग्रीहरुसहित दिवा खाजा प्रदान गरियो। कार्यक्रममा बाल सारथीका अध्यक्ष अस्मिता सुमार्गीले बलियो नेपाललाई धन्यवाद दिँदै भोलीका दिनमा बाल सारथी र बलियो नेपाल हातेमालो गरेर अगाडि बढ्ने र अबको बाल सारथी बलियो बाल सारथी बन्नुपर्ने कुरामा जोड दिइन्।
२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा काठमाडौं मंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ। वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे। राष्ट्रिय योजना आयोगको अगुवाइमा संकलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए। भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। सो भूकम्पबाट ओखलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन्। तर, राज्यले भूकम्पपीडितकाे बासस्थानलाई खर्च गरेकाे बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुकाे अवस्था दयनीय छ।
आजको मौसमः पाँचवटा प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागहरुका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
जग्गाको कित्ताकाट खुला गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन भक्तपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहीँ ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आज नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको महासङ्घको टोलीले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेट गरी विभिन्न छ बुँदे मागसहितको सुझाव कार्यान्वयन पत्र बुझ्दै उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले विगतमा भएको व्यवस्थाअनुसार नै जग्गा कित्ताकाट गर्ने गरी व्यवस्था गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको महासङ्घका सचिव रामसुन्दर बकेँले जानकारी दिए। उनले मुख्य सचिवमार्फत भूमि सुधार मन्त्रालयका सचिवलाई सरकारको निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिए । प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था सुधारका लागि घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक रहेको बताउँदै सरकारको निर्णयलाई राजपत्रमा प्रकाशित गरी तत्कालै कार्यान्वयनमा ल्याउने बताएका हुन् महासङ्घका अध्यक्ष लोहनीले सुझाव पत्र बुझाउँदै घरजग्गा कारोबारबाट मात्र नेपाल सरकारले वार्षिक रु ८५ अर्ब राजस्व सङ्कलन गर्दै आएको र घरजग्गा व्यवसायीबाट मात्रै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेकोमा कारोबार सुस्ताउँदा राजस्वमा गम्भीर असर परेको बताए। प्रधानमन्त्री दाहाललाई महासङ्घले बुझाएको पत्रमा भूउपयोगसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साविक बमोजिम खुलाउन सहजीकरण गर्नुपर्ने माग गरेको महासङ्घका सचिव बकेँले जानकारी दिए। उनले भने, “हाम्रो मागप्रति प्रधानमन्त्री पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ, त्यसैले मुख्य सचिवलाई बोलाएर मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न र विगतमा भएकै जस्तो गरी जग्गा कित्ताकाट गर्ने व्यवस्था गर्न निर्देशन दिनुभयो ।” हाल अनाधिकृत रुपमा हुँदै आएको घरजग्गा कारोबारलाई रोक्दै चालू आव २०७९÷८० को बजेटमा उल्लेख भएअनुसार रियल ईस्टेट कम्पनीले मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री समक्ष महासङ्घले माग गरेको उनले बताए। व्यावसायिक कम्पनीको अभिलेखीकरण गर्नुपर्ने, हरबन्दी छुटको व्यवस्था गर्दै नेपाल सरकारले विसं २०७८ मा जेठ ३ गते जारी गरेको हदबन्दी छुट दिनेसम्बन्धी आदेश परिमार्जन गर्न माग गरेको सचिव बकेँले बताए। विसं २०७८ को जग्गा धितो बन्धक राख्न नपाउने व्यवस्था, हदबन्दी बढीको जग्गा तोकिएको समयावधि समाप्त भएपछि स्वतः नेपाल सरकारको नाममा आउनेजस्ता व्यवस्थाले घरजग्गा व्यवसाय मात्रै नभई बैंक तथा वित्तीय संस्थाको लगानी र सर्वसाधारणले घरजग्गा खरिदका लागि गरेको लगानी अनिश्चितता भएर गम्भीर अवस्था आएकाले त्यस्ता आदेश तत्काल संशोधन गर्न पनि माग गरिएको उनले बताए। त्यस्तै आव २०७९÷८० को बजेट बक्तव्यमा १०० भन्दा बढी युनिट रहने अपार्टमेण्ट विदेशीले खरिद गर्न पाउने नीतिलाई कानुनी व्यवस्था गरिदिनुपर्ने, आवास तथा जग्गा प्लानिङ पर्मिट प्राप्त रियल ईस्टेट कम्पनीलाई नेपाल सरकार, प्रदेश र स्थानीय सरकारसँगको सहकार्य एवं समन्वयमा घरजग्गा पुलिङमार्फत जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्न दिने व्यवस्था गरिदिन महासङ्घले माग गरेको छ । बृहत सहरी क्षेत्र विकास अर्थात मेघा सिटी, स्मार्ट सिटी, आधुनिक पूर्वाधार युक्त ठूला सहरी कोरिडोर र आधारभूत पूर्वाधारसहित नयाँ सहरी विकास एवं आधुनिक सहरी बसोबासको निर्माणमा निजी लगानी आकर्षित गरी व्यवस्थित शहरीकरण गर्न अनुमति प्राप्त रियल ईस्टेट कम्पनीलाई सहभागी गराइ सहकार्य गर्ने कानुुनी व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग गरिएको सचिव बकेँले जानकारी दिए।
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन? काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो। विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो। विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे। जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए। टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए। पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो। राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अन्य जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो। विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो। यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन्। दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो। पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो। काठमाडौँमा किन जहाज अवतरण गरिएन भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपूर्जा जाँच गर्दा ठीक रहेको र जहाज गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त जहाज गन्तव्यतिर लागेको बताए। उनले भने, “पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ। युनाइटेड अरब इमिरेट्स (युएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ। दुवै देशमा उडान गर्ने जहाज हो समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ।” यस्तो किसिमको घटनामा जहाज काठमाडौँमा अवतरण गर्न सहज हुन्छ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित जहाज अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए। “जहाज अहिले इण्डियन एयर स्पेसमै छ। जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर ठूलो आवाज आएको हो कि भन्ने आशङ्का गरिएको छ। यसको विस्तृत जानकारी आएको छैन”, सहायक प्रवक्ता भुलले भने। जहाजका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन्। नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो। तर जहाज दुबईमै अवतरण गर्ने भएकाले दुबईको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ। जहाजमा आगो लागेको इञ्जिन बन्द गरिन्छ। सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ। गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए। विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए। जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ। उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ।
फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको थियो काठमाडौं। फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो। विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो। फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिएको फ्लाई दुबईका प्रवक्तालाई उदृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश ९२१ हजार फिटमाथि० मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। विमानस्थलको टावरका एटीसीले विमानचालक ९पाइलट० सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए। जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ। उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ। करिब एक घण्टा उडान स्थगित गरिएको थियो।
ठूलो दुर्घटनाबाट जोगियो फ्लाई दुबईको जहाज, धार्केमाथिको आकाशमा ७ मिनेट होल्ड गराइएको थियो काठमाडौं। फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो। विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ। काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए। जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ। उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ। करिब एक घण्टा उडान स्थगित गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त जहाज अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ उडिरहेको छ। विमानस्थलको उडान पनि अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ। विमानस्थलको अवस्था अहिले सामान्य भइसकेको महाप्रबन्धक तिवारीले बताए। जहाज नेपालगञ्जबाट भारततर्फको रुट भएर २८ हजार फिटमा उडान भरेर गन्तव्यतिर गइरहेको विमानस्थलले जनाएको छ। यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुबई सुरक्षितरूपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विमान सुरक्षित रहेकाले कसैलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
फ्लाइ दुबईको जहाजमा यसरी आकाशमै आगो देखिएको थियो (भिडियोसहित) काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको देब्रे इन्जिन फेल भएपछि आकाशमै आगलागी भएको छ। १६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको थियो। राति ९ बजेर २१ मिनेटमा उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्ने प्रयास समेत भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले देब्रे भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन्। तर, उनले उडानलाई निरन्तरता दिने बताएका छन्। फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। जहाज भैरहवाबाट पार भइसकेको छ । भिडियो
फ्लाइ दुबईको जहाज सुरक्षित, पाइलटले काठमाडौंमा अवतरण गराएनन् काठमाडौं।काठमाडौंबाट दुबईका लागि उडेको फुलाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ गएको छ। फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। पर्यटनमन्त्री सुदन किरातीले पनि सामाजिक सञ्जाल मार्फत विमान सुरक्षित रुपमा गन्तब्य तर्फ गएको जानकारी गराएका छन्। १६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो। उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्ने प्रयास पमेत गरेको थियो।
काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्ने तयारी काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ। १६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो। उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका एक कर्मचारीले बताएका छन्। थप विवरण केहिबेरमा…
१४ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ कालीकोट । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा(१० रानावाडाका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाम्मा राना रहेको प्रहरीले जनाएको छ । फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको हो । उनी अपांगता भएको कारण जोखिममा रहेकी बालबालिकाभित्र वडा बालअधिकार समितिले सूचीकृत गरेको छ । बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको बुवाले नमानेपछि कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेर मान्म ल्याएको हो । कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार जिल्ला अस्पतालमा मेडिकल गरेपछि मंगलबार मुद्दा दर्ता गरिने छ ।
घरजग्गा व्यवसायीले भेटे प्रधानमन्त्री, दर्ता भएका कम्पनीलाई मात्रै घरजग्गा किनबेच गर्न दिन माग काठमाडौं। घरजग्गा व्यवसायीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) का अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेको हो। महासंघ टोलीले अनधिकृतरुपमा व्यक्तिगत ढंगले घरजग्गा कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ। महासंघले चालू आवको बजेटमा व्यवस्था भएअनुसार रियल इस्टेट कम्पनीहरुमार्फत मात्रै घरजग्गाको व्यवसायिक कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न माग गरेको छ। घरजग्गा कारोबार गर्ने कम्पनीहरुको सूचिकरण गर्दै दर्ता भएका ब्रोकरहरुमामार्फत मात्रै खरिदबिक्री गर्ने कानूनी व्यवस्था गर्न आग्रह गरेको छ। महासंघले भूउपयोग सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साविककै अवस्थामा सहजीकरण गर्न प्रधानमन्त्रीसँग माग गरेको छ। त्यसैगरी, घरजग्गा क्षेत्रमा हदबन्दी छुटको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ। ‘नेपाल सरकारबाट २०७८ जेठ ३ गते जारी भएको हदबन्दी छुट दिने सम्बन्धी आदेश, २०७८ को जग्गा धितो बन्धक राख्न नपाउने व्यवस्था (दफा ११) र हदबन्दी बढीको जग्गा तोकिएको अवधि समाप्त्र भएपछि स्वतः नेपाल सरकारको स्वामित्वमा आउने भन्ने व्यवस्था दफा १३ (४) लगायतका अव्यवहारिक प्रावधानहरुका कारण घरजग्गा व्यवसाय मात्र नभई बैंक तथा वित्तीय संस्थाको लगानी र सर्वसाधारणले घरजग्गा खरीदका लागि गरेको लगानी समेतमा अनिश्चितता भई गम्भीर अवस्था सृजना हुनसक्ने भएकोले सो आदेश तत्काल संशोधन गर्नुपर्छ,’ महासंघको माग छ। महासंघले सरकारले चालु आवकै बजेटबाट १०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत विदेशीले खरिद गर्न पाउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक कानून व्यवस्था गर्नुपर्ने माग गरेको छ। यस्तै, प्लानिङ पर्मिट पाएका रियल इस्टेट कम्पनीहरुलाई संघ, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा ल्यान्ड पुलिङ र हाउस पुलिङ मार्फत जग्गा तथा आवास विकास कार्यक्रम संचालन गर्न दिन पनि व्यवसायीहरुको माग छ। महासंघले प्रधानमन्त्री प्रचण्डसँग मेगा सिटी, स्मार्ट सिटी, आधुनिक पूर्वाधारयुक्त ठूला सहरी कोरिडोर र आधारभूत पूर्वाधारसहित नयाँ सहरी विकास एवम् आधुनिक सरकारी बसोबासको निर्माणका लागि निजी लगानी आकर्षित गर्न सुझाव दिएको छ। अनुमति पाएका रियल इस्टेट कम्पनीहरुलाई सहभागी गरएर सहकार्य गर्ने कानूनी व्यवस्था गर्न समेत महासंघले सरकारसँग आग्रह गरेको छ।
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् काठमाडौं । कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ । राष्ट्रिय सतर्कताकेन्द्रका अनुसार उक्त व्यवस्थाको बर्खिलाप गर्दै नौ हजार पाँच सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८/७९ मा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । सङ्घीय सरकार मातहतका छ हजार छ सय ४६ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तै, स्थानीय निकायका एक हजार नौ सय १७ कर्मचारीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले कानूनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई रु पाँच हजार जरिवाना समेतका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । निजामतीतर्फका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, विद्यालयका शिक्षकले एक हजार एक सय ५८ र अन्य राजनीतिक नियुक्ति र करारतर्फका एक हजार नौ सय २२ ले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रले आज सार्वजनिक गरेको विवरणअनुसार आव २०७८/०७९ मा सात लाख १९ हजार एक सय ५७ जना अर्थात् ९८ दशमलव ६८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् । आव २०७८/०७८ मा सम्पत्ति विवरण बझाउनेको सङ्ख्या छ लाख ८१ हजार दुई सय १५ जना अर्थात् ९७ दशमलव ७९ प्रतिशत रहेको थियो ।
रहस्यमै छ कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण काठमाडौं काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको छ । चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको पाशविक घटनाले छिमेकहरु अझै तर्सिन्छन् । घटनास्थलमा नीरालाई देख्ने छिमेकीहरु दृश्य सम्झँदा पनि आङ नै जिरिङ्ग हुने बताउँछन् । दोषी पत्ता नलाग्दा स्थानीयवासी आक्रोशित हुन थालेका छन् । यता प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन । बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै आएकी थिइन्। पसल उनको कोठाभन्दा केही मिनेटको दूरीमा छ । त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रिोनिक्स पसलमै थिए। दुवैजना आ–आफ्नै व्यवसायमा हाँसीखुसी नै थिए । तर वैशाख ७ गते योगेशका लागि साढे सात बनेर आयो । एक छोरीकी आमा नीरालाई चक्कुले घोचेर हत्या गरिँदा उक्त घटनाबारे न छिमेकले सुइँको पाए, न श्रीमान् योगेशले । अहिले त प्रहरीलाई समेत घटनाको सत्यतथ्य पत्ता लगाउन हम्मेहम्मे परिरहेको छ । “केस अलि लटिल नै छ, तर हामी दोषी पत्ता लगाउँछौँ”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, “अहिले नै घटना यसै हो भनेर अनुमान गर्न सकिने देखिँदैन ।” उनले हरेक कोणबाट अनुसन्धान गरिरहेको र त्यसको घेरालाई ‘न्यारो डाउन’ गर्दै ल्याइएको जिकिर गरे । प्रहरीका अनुसार घटना साढे २ पछि ३ बजेअघि नै भएको हो । पसलमा उधारो तिर्न आएका व्यक्तिले खबर गरेपछि मात्रै घटनाबारे प्रहरीमा खबर पुगेको थियो । प्रहरी पुग्दा नीरा गम्भीर अवस्थामा थिइन् । महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पाँच दिन बित्दासमेत घटनाका दोषी पहिचान गर्न नसकेपछि स्थानीयवासी प्रभावित भएका छन् । आइतबार उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी पक्राउ गर्न भन्दै घटनास्थलमा प्रदर्शनसमेत गरे । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक, रवीन्द्र रेग्मीको नेतृत्वमा त्यहाँका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीसहितको टोली र जिल्ला प्रहरी परिसरले बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । तर अनुसन्धानमा खटिएका अधिकृतहरु भने अहिलेसम्म यही कारण हो भनेर यकिन गर्न सकिरहेका छैनन् । भाँडा पसलमा सिसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ । प्रहरीले आसपास क्षेत्रमा रहेका सिसी क्यामेराका फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली घटनाका विषयमा गहिरो अनुसन्धान जारी रहेको र अहिलेसम्म सम्भावित आशङ्का र सम्भावनाहरुमाथि अनुसन्धान जारी रहेको बाउँछन्। उनले कर्तव्य ज्यान अन्य आर्थिक अपराध जस्तो नहुने उल्लेख गर्दै अहिले यही कारण हो भन्न नसकिने बताए । यसरी भएको थियो घटना त्यस दिन नीरा पसलमा एक्लै थिइन्। भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ । प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन् । यही बेला नै एकान्तको छेको पारेर उनीमाथि आक्रमण भएको थियो । पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ । काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन । दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन् । प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा आएकी थिइन् । पसलमा नीरालाई देखिनन् । त्यसपछि उनका श्रीमान्लाई फोन गरेर कोही छैन दोकानमा भनेर सोधिन् । श्रीमान्ले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए । भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो । अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेकी देखेपछि अत्तालिएर उनले नै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु)ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ । उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् । यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने, वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए । तर नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी नै बताउँछन् । ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ । रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ । नीराले घटना हुने केही घण्टा अघि आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडियो हेर्दा पारिवारिक समस्या भए जस्तो नदेखिने अनुसन्धान अधिकृतहरु बताउँछन् । प्रहरी स्रोतले व्यावसायिक रुपमा अपराध गर्नेहरुबाटै घटना भएको अनुमान गरेको छ । आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदैछ भन्ने के थाहा । त्यस दिन ठीक ११ः२१ बजेको समयमा नीराले फेसबुकमा ‘लामखुट्टे तथा किरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडियो राखेकी छन् । भिडियोमा भनिएको छ, “के तपाइँहरु लामखुट्टेको टोकाइबाट ग्रसित हुनुभएको छ ? अब नआत्तिनोस्, हामीहरुले ल्याएका छौँ लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट, यो सरल र सहज तरिकाबाट प्रयोग गर्न सकिन्छ, एकदम सस्तो मूल्यमा पनि पाइन्छ, यसबाट बच्नका लागि हजुरहरुले छिट्टै अर्डर दिनुहोस् र लामखुट्टेबाट बच्नुहोस् र डेङ्गु रोग लाग्नबाट बच्नुहोस्, धन्यवाद ।” विडम्बना उनको रोगबाट बच्न दिएको सार्वजनिक सन्देश नै अन्तिम हुन पुगेको छ ।
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा नेपालमा काठमाडौं। प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ। नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने बताइएकाे छ। काठमाडौंको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने यही बैशाख १३ गते बुधबार हुनेछ। आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो। यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ। कम्पनीले सन् २०२२/२३ मा शीर्ष-३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाइनलिष्ट, लोकल विजसेन अवार्ड-२०२२ को विजेता र लोकल विजनेस अवार्ड-२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ। प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन्।
अदालतभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जना पक्राउ गोरखा। अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए। दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो। पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए।
आफ्नै साथीले बोकेको बन्दुक पड्किँदा नुवाकोटमा एक जनाको मृत्यु नुवाकोट। आफ्नै साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। नुवाकोटको किम्ताङ जंगलमा आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो। प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो। उनका अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।
आजको मौसम: हावाहुरीसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखााले अनुरोध गरेकाे छ।
नगरपालिकाको जिपको ठक्करबाट बालकको मृत्यु मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए । दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए । मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।
८४ वर्षको उमेरमा धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका कार्लोस बेनी। उमेरले ८४ वर्ष पुगेका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ । धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो । वृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पूरा नभए पनि कार्लोस अथक प्रयासमा जुटेका छन् । कार्लोसको धौलागिरि आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ । आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गरेका छन् । तीन स्पेनी आरोही र सेभेन समिटका आरोहण व्यवस्थापकसमेत गरी २५ जनाको टोली अहिले आधार शिविर क्षेत्रमै अनुकूल मौसमको पर्खाइमा रहेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए। “टोली आधार शिविर पुगेको १० दिन भयो, तर अहिलेसम्म आरोहण सुरु गर्ने अनुकूल मौसम नै भएको छैन, धौलागिरि आसपासमा निरन्तर हिमपात भइरहेको छ, मौसममा सुधार हुनेबित्तिकै कार्लोसको कीर्तिमानी आरोहणको यात्रा सुरु हुन्छ” उनले भने । गत वर्षसमेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्पसम्म पुगेर प्रतिकूल मौसमका कारण आरोहण स्थगित गरेर फर्किएका कार्लोसले यस पटक आफ्नो कीर्तिमानी आरोहणलाई पूरा गर्ने सङ्कल्प गरेका छन् । साठ्ठी वर्ष उमेर पुगेपछि आठ हजार मिटर भन्दाअग्ला १० हिमाल आरोहण गर्ने एक मात्र आरोही बनिसकेएका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउनेछन्। एक महिनाअघि स्पेनदेखि नेपाल आएका कार्लोसले दुई हप्ता बढी समय खुम्बु क्षेत्रमा पूर्वाभ्यास स्वरूप ट्रेकिङ गर्दै बिताएका थिए । धौलागिरि आरोहणको पूर्वतयारीस्वरूप सगरमाथा, ल्होत्से र आमाडब्लम लगायतका हिमालको फेद रहेको खुम्बु उपत्यकामा १७ दिन बिताएपछि काठमाडौँ फर्किएको कोर्लोसको टोली यतिबेला धौलागिरि आधार शिविरमा छ । धौलागिरि हिमालको आधार शिविरतर्फ प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल फेसबुकबाट कार्लोसले खुम्बु क्षेत्रको हिमाली चुचुराहरूमा गरेको आरोहण अभ्यासले यस पटक धौलागिरिको आरोहण सफल हुने विश्वास व्यक्त गरेका छन्। कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गरेका थिए । सबैभन्दा वृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कञ्चनजङ्घा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए। कार्लोसको धौलागिरि हिमाल आरोहणको मोहले धौलागिरि हिमालको महत्त्वलाई बढाएको भन्दै उनको आरोहण सफल भएमा यसले धौलागिरि हिमाललाई थप प्रचारप्रसार गर्न सघाउने र यस क्षेत्रको पर्यटकीय सम्भावना उजागरमा टेवापुग्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए।
काठमाडौंमा चट्याङसहित वर्षा काठमाडौं। राजधानी काठमाडौँमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए । उनले भने, “प्री–मनसुन पनि सक्रिय भएको छ, साथै, पश्चिमी वायुको प्रभाव पनि रहेको छ । भोलि दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जन\चट्याङसहित वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अतिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ ।
आगलागीबाट आठ घर खरानी जलेश्वर। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भई लाखौँको क्षति भएको छ । आगलागीमा परी गफार शेषको घरमा पाँच लाख, सतार शेषको घरमा चार लाख, सदरे शेषको घरमा चार लाख, अन्सारुल मोमिनको घरमा दुई लाख ५० हजार, इलझारुल मोमिनको घरमा तीन लाख, अतिम नदाफको घरमा पाँच लाख, तालिम मोमिनको घरमा दुई लाख र राजकिशोर मुखियाको घरमा दुई लाख ५० हजारको क्षति भएको छ । समयमा वारुणयन्त्र पुग्न नसक्दा आगलागी नियन्त्रणमा लिन नसकिएको पीडितहरूको गुनासो रहेको छ । यता मटिहानी नगरपालिकामा वारुण यन्त्र नहुँदा समयमा आगलागी नियन्त्रणमा लिन नसकी आठ परिवारको सबैथोक जलेर खरानी भएको भन्दै स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित भएका छन् । आगलागी स्थानीयवासी राजकिशोर मुखियाको घरबाट सल्किएर विस्तारै आठजनाकै घरमा पुगेको र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगदसहितका सबै सरसामान गरी २८ लाखको क्षति भएको थियो । दिउँसो १२ देखि २ बजेसम्म भएको आगलगी जलेश्वर नगरपालिकाको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।
मान्छे मार्ने बाघलाई राखियो चिडियाखानामा काठमाडौं। कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघलाई ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ। ९ वैशाखमा बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले दिएको जानकारी अनुसार पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो । यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए । चन्द मृत फेला परेकी थिइन् ।
एलिजा गौतमद्धारा १० विद्यार्थीलाई कक्षा १ देखि एसईईसम्म पूर्ण छात्रावृत्तिको घोषणा काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी नेतृ एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एसईईसम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् । आइतबार विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् । सो अवसरमा फाउण्डेशनकी संस्थापक संरक्षक गीतादेवी भेटुवालको पनि उपस्थिति थियो ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ दाङ। दाङमा पत्नीको हत्या गरेर भारततर्फ फरार भइरहेको अवस्थामा प्रहरीले पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका-३ भवानपुरनजिकै लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ केसीले गत वैशाख १ गते राति करिब १० बजे आफ्नी ४० वर्षीया पत्नी शारदाकुमारी केसीको हत्या गरी घरनजिकै बारीमा लगेर पुरेका थिए । बुधबार दिउँसो १ बजेतिर केसीको घरअगाडि महिलाको लाश गाडेको अवस्थामा (खुट्टाको पैताला र अलिकति कपडा) देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली खटेको थियो । घटनापछि उनी फरार रहेका थिए । सोधपुछका क्रममा केसीले पत्नीसँग विवाद हुँदा आफूले मुक्का र अन्य चिज प्रहार गरी हत्या गरेर बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताए । उनीमाथि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाल्पामा बस दुर्घटनामा एक महिलाको मृत्यु, ३८ घाइते रामपुर (पाल्पा)। पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। बुटवलबाट बाग्लुङको बुर्तिवाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नंको बस आइतबार बिहान सवा ९ बजे दुर्घटना भएको हो । चालकसहित ३८ जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । चालक अर्घाखाँचीका ४० वर्षीय तुल्सीराम पाण्डेसहित सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ । बस राजमार्गभन्दा करिब एक सय मिटर तल भिरमा खसेर अड्किएको अवस्थामा छ । बायाँतर्फबाट आएको बस दायाँतर्फ भिरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र काठमाडौं। अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ । पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो । समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ । स्वीकृति लिएर प्रकाशन भए\नभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको परिपत्रमा उल्लेख छ । सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्न\गराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पत्राचारबमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको उपसचिव शर्माले जानकारी दिए। गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ ।
प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त काठमाडौं। नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ। सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे। सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो। प्रतियोगितामा एथेलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी गरी नौ विधाका खेल समावेश थिए। प्रतियोगिताअन्तर्गत सैनिक मुख्यालयको खेलमैदानमा जग दल गण र श्रीमेहर गणबीच आज भएको फुटबल खेलमा शून्यको विरुद्ध एक गोलले जगदल गण विजयी भई रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगितामा श्रीमेहर गण दोस्रो र देवीदत्त गण तेस्रो घोषित भयो। दोस्रो र तेस्रो हुने गणलाई बलाध्यक्ष रथी सरोजप्रताप राणा र सीताराम खड्काले क्रमशः रु ४० हजार र रु २० हजार नगद, प्रमाणपत्र प्रदान गरे । प्रतियोगीतामा उत्कृष्ट गोल किपर जगदल गणका सञ्जय बराल र सर्वोत्कृष्ट खेलाडी सोही गणका सनी लामा घोषित भए । प्रतिभाशाली खेलाडीको पहिचान गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले विसं २०६५ देखि यो प्रतियोगिता गरिँदै आएको छ । पछिल्लो समय ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ । समारोहमा विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय पहिचान कायम गर्न सफल खेलाडीलाई पूर्वप्रधानसेनापतिद्वय गौरवशम्सेर राणा र राजेन्द्र क्षत्रीले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे। प्रतियोगिताअन्तर्गत आर्चरी पूर्वी पृतना, ऐथेलेटिक्स र सुटिङमा १६ नं वाहिनी अड्डा, तेक्वान्दोमा उपत्यका पृतना, पौडीतर्फ विशेष फौज वाहिनी, भलिबलतर्फ मध्यपूर्वी पृतना प्रथम घोषित भएका थिए ।
शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी काठमाडौँ। काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन्। यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए। त्यसका कारण आवतजावतमा निकै सास्ती थियो। ढल निकासको व्यवस्था पनि थिएन। चालु आर्थिक वर्षमा कामपाको बजेटबाट सडकमा ढलान गर्ने र ढुङ्गा छाप्ने योजनाअन्तर्गत अहिले दुई सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ। कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ चारदेखि पाँच मिटरसम्मको बनाइएको छ। उपभोक्ताको पाँच प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम रु ५६ लाख ५४ हजार आठ सय ८० रहेको महानगरले जनाएको छ। सडक मर्मतका लागि यही वैशाख ३० गतेसम्मको अवधि दिइएको थियो। उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि उक्त सडक आजबाट सञ्चालनमा आएको हो। आज सडक सञ्चालनको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य श्रीराम लामिछानेले स्थानीय सरकारको काममा प्रदेशसभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राखे। “सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग हो र यसलाई दुरुपयोग हुनबाट बचाउनु हो”, वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले भने, “वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ, यस्तै दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन भइरहेको छ।” अब यस स्थानमा आगामी ४० वर्षसम्म वर्षसम्म ढलको समस्या नहुने स्थानीयले विश्वास लिएका छन्। स्थानीय अरुण बस्नेतले सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै व्यापार व्यवसायलाई असर नहुने गरी सडकमा पार्किङ् निषेध गर्नुपर्ने धारणा राखे। अर्का स्थानीय महेश्वर शर्माले छतबाट सडकमा खस्ने पानीले ढलानको आयु घटाउने भएकाले छतको पानी सडकमा नखस्ने प्रबन्ध मिलाउन सम्बन्धित सबै स्थानीयले ध्यान दिनुपर्ने बताए। सडक सञ्चालन भएसँगै सडकसँग जोडिएका व्यापारीलाई गुट्खा, परागजस्ता धूमपानजन्य सामग्री नबेच्न, आफ्नो क्षेत्रको सडक आफैँ सफा गर्न, सडकमा जथाभावी फोहर नफाल्न, व्यापार गरिने सटरमा फोहर वर्गीकरण गर्ने भाँडो राख्न, मनपरी पार्किङ्ग नगर्न वडा अध्यक्षले अनुरोध गरे।
अवैध लागूऔषधसहित दुई जना पक्राउ कञ्चनपुर। बेलौरी नगरपालिका-६ विद्यानगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पाल्पाको जोरधारामा बस दुर्घटना काठमाडौं । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । करिब ३० जना यात्रु लिएर बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बस भीरमा अड्किएको अवस्थामा छ । यात्रुहरूको उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइँदैछ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा हताहतीको विवरण आउन बाँकी छ ।
धौलागिरि आधार शिविरमा सामान पुर्‍याएर फर्कने क्रममा भरिया बेपत्ता पोखरा। धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन्। धौलागिरि आधार शिविरवाट समान पुर्‍याएर फर्किने क्रममा भरिया अमृत राई बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ। धौलागिरि आधार शिविरमा सामान पुर्‍याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राई बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ। धौलागिरि हिमालमा हिउँपहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ। शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो।
आज अक्षय तृतीया: सातु खाएर तथा दान गरेर मनाइँदै काठमाडाैं। आज अक्षय तृतीया। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ। आजकाे तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ। आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजकाे दिन बिशेष रूपमा लिइने गरिन्छ। राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए। यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मालम्बीहरूले जाैकाे सातु खाएर वा दान दक्षिणा दिएर याे पर्ब मनाउछन्। अक्षय तृतीयामा मुख्यत: सातु खाने चलन रहिआएकाे छ। यस दिनमा जाै‌ गहुँलगायतवाट बनेका सातु खाने चलन छ। यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जाै‌लाइ पवित्र मानिन्छ। बढदाे गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोकाे सातु खाने चलन छ। आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ। यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवानकाे निवास हुने मान्यता छ। जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ। भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ। वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो। हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ। यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ। अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ। यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ। स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ।
आजको मौसमः पहाडी भू-भागमा पानी र तराईमा हावाहुरी चल्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दुई किलो चरेससहित चार जना पक्राउ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन् । पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद रु २८ हजार पाँच सय बरामद गरिएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसनधान गरिरहेको छ ।
दुर्घटनामा तीनको मृत्यु काठमाडौँ । काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा५ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै आजै काठमाडौँ महानगरपालिका–१४ स्थित सडकमा बाप्र–०२–०१९प ९७१ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर थाहा नगरपालिका–७ घर भएका २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उता ललितपुर गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित सडकमा सोही महानगरपालिका–५ मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा साइकलयात्री गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन, दमकमा अन्त्यष्टी गरिने झापा। ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बुको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझावमा उनलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छोरा मोहन बेघा लिम्बूले बताए। उनका अनुसार ६ महिना देखी बिरामी परेको भिसी क्याप्टेन लिम्बु पछिल्लो एक महिनामा देखी भने निकै बिरामी भए पछि अस्पतालमा राखेर उपचार गराईदै आईएको थियो । दमक–८ का स्थायी बासिन्दा लिम्बूको मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए । लिम्बूको अन्त्येष्टि दमकमा गरिने परिवारजनले जनाएको छ ।
कञ्चनपुरमा मान्छे खाने बाघ २२ घण्टापछि नियन्त्रणमा कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ। राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले झन्डै २२ घन्टापछि नियन्त्रणमा लिदैँ  बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई हिजो बाघले लगेको थियो । हिजो दिनभर र रातभर खोजे पनि फेला परेको थिएन तर शनिवार बिहान पुनः खोजबिन गर्दा २२ घन्टा पछि मात्रै उनको शव फेला परेको हो । यता, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघसमेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघलाई बेल्डाँडी पोस्टमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले शुक्रवारआक्रमण गरेको थियो। सो क्रममा अन्य महिलाहरु भने भागेर ज्यान जोगाउन सफल भए पनि चन्दलाई भने बाघले लिएर गएको थियो ।
जंगली हात्तीले कुल्चेर वृद्धको मृत्यु झापा। जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए। डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको बताए। जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयवासी बताउँछन् ।
खोटाङमा खरायो समाउन खोज्दा बसबाट लडेर मृत्यु खोटाङ । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ । शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
आज ईद उल फित्र: कसरी मनाइन्छ ? काठमाडौं । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ। उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । रमजान १० चैत शुक्रबारबाट सुरु भएको थियो । त्यसैले आज ९ बैशाख अर्थात शनिबार इद उल फित्र मनाइँदैछ। इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्नुहुन्छ। ईद उल फित्रको महत्व इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो। मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो। यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए। यो जितको खुसीमा उनले सबैको मुख मीठो बनाएका थिए । यो दिनलाई मेथी ईदी वा ईद उल फित्रको रूपमा मनाइन्छ। यस दिन भर्मीसेली, मिठाई जस्ता मीठो परिकार बनाइन्छ। घरमा आएका पाहुनालाई मीठो सेरा खुवाइन्छ । इदी साथीभाइ र आफन्तहरूमा बाँडिन्छ। मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईद मुबारकको शुभकामना दिन्छन् । इद उल फित्रलाई परोपकारको पर्व पनि भनिन्छ । ईद कसरी मनाइन्छ ? ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले बिहान नयाँ लुगा लगाएर नमाज अदा गर्छन् । त्यसपछि आफ्ना साथीहरू र परिवारका सदस्यहरूसँग सँगै चाड मनाउछन् । यसलाई खुसी बाँड्ने पर्व मानिन्छ । यस दिन मुस्लिमहरूले शीर खुर्मा र सेमसेलीजस्ता स्वादिष्ट परिकार र उपहारहरू आदानप्रदान गर्छन्।
सगरमाथा आधार शिविरमा ‘हिमालयन म्याभरीक’ पुस्तक सार्वजनिक काठमाडाैं। सगरमाथा आधार शिविर बुक्स राईटिङ नेपालद्वारा प्रकाशन गरिएको विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको किताब सार्वजनिक भएको छ। शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै ‘हिमालयन म्याभरीक’ नामक किताब विश्व कीर्तिमानी पर्बतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्बजनिक गरेका हुन्। शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए। त्यसैगरी ५९ दिनभित्र विश्वकै पहिलो र दोश्रो सर्वोच्च शिखर सगरमाथा र के-टु को सफल आरोहण गरेर दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम सुनौलो अक्षरले लेखाए। विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाले कार्यक्रममा बोल्दै भने, ‘हिमालमा अनगिन्ती कथाहरू छ्न् ती कथाहरुलाई यसरी किताबको रूपमा लेखिनु निकै सु:खद कुरा हो।’ हिमाल आरोही शेर्पाहरु हिमाल आरोहणका अलावा पुस्तक अध्ययन र किताब लेखन जस्ता बौद्धिक क्षेत्रमा निरन्तर अघि बढेको देख्न पाउनु आफ्नो अहोभाग्य भएको भन्दै उनले हरेक आरोहीहरुले यसरी नै अनुभव लेखिराखे नयाँ आरोहीहरुलाई सजिलो हुने बताए। त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले पनि सगरमाथा आधार शिविरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाद्वारा आफ्नो किताब सार्वजनिक गर्न पाउँदा निकै गर्व र खुःसी महशुस भएको सुनाए। सोलुखुम्बु जिल्लाको दक्षिण पुर्बी भागमा पर्ने सानो शेर्पा गाउँ मामेर्कुको सामान्य किसानी परिवेसबाट, ट्रेकिङ क्षेत्रमा भरिया हुँदै हजारौं उतारचढावका बीच यो किताबसम्म आइपुग्दा जीवन रङ्गिबिरङ्गी फुलहरुले रङ्गिएको बगैंचा झै लागेको बताए। बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङका अनुसार हिमाल आरोहणको क्षेत्रमा पर्दा पछाडी थुप्रै नेपाली हिरोहरु छन्। उनीहरुलाई हामी नेपाली आफैंले बिस्वसामु चिनाउन सकेनौं । उनले भने, ‘विदेशीहरुले आफ्नै हिसाबले ब्याख्या गरिरहे । ब्याख्या भन्दा पनि बढि अपब्याख्या भएको र भैरहेको जस्तो लाग्छ । हाम्रो कुरा हामीलाई भन्दा बढि विदेशीहरुलाई त पक्कै थाहा छैन नै । अनि हाम्रो यथार्थ कुरा हामी आफैंले लेखेर किन दुनियाँलाई नबताउनेरु र शुरूवात गर्यौ हामीले ।’ हिमालको कथा लेख्ने क्रममा पहिलो पात्रका रूपमा लाक्पा देन्डी शेर्पालाई पायौं । उनकै कथाहरुलाई शेर्पा आरोहिहरुको प्रतिनिधि भोगाईको रूपमा (Himalayan Maveric) ल्याएको उनले बताए। (Himalayan Maveric) amazon मार्फत पनि चाडै नै वर्ल्डवाईड उपलब्ध हुने उनले जानकारी दिए। ‘थुप्रै नेपाली, विश्व कीर्तिमानी आरोहीहरु हुनुहुन्छ । उनीहरुको किताब पनि बिस्तारै बजारमा ल्याउनेछौँ, उनले भने । उनले किताब पढेपछि धेरै कुरा थाहा हुने बताउँदै शेर्पा बिना हिमाल आरोहण गर्न असम्भव हुने बताए ।
आज विश्व पृथ्वी दिवसः स्वच्छ पृथ्वीका लागि यात्रा गर्दा यसरी गर्न सकिन्छ योगदान काठमाडौं। विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। यो दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो। वातावरण संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो। र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामीजस्तै सुखी र फूलिरहोस्। रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ। यात्राको क्रममा केही सामान्य कुराहरूलाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सक्नुहुन्छ। सार्वजनिक यातायात द्वारा यात्रा जति धेरै सवारी साधनको प्रयोग हुन्छ, त्यति नै बढी वायु प्रदुषण हुन्छ र इन्धन बढी खर्च हुन्छ । यस्तो अवस्थामा यात्रा गर्दा बढीभन्दा बढी सार्वजनिक सवारी साधनको प्रयोग गरेमा पृथ्वीलाई फाइदा हुनेछ छ र वातावरण संरक्षण पनि हुने छ । प्लास्टिकलाई निषेध गर्नुहोस यात्राको क्रममा, प्लास्टिकका चीजहरू कम मात्रामा प्रयोग गर्ने प्रयास गर्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने, तपाईं कागज प्लेट, काठको चम्चा र कागज झोला आदि लिएर घर छोड्न सक्नुहुन्छ। थोरै सामान तपाईको लागि भारी हुन सक्छ तर यसले तपाईलाई प्लास्टिकको प्रयोगबाट बचाउनेछ। कलाकृतिहरू बुद्धिमानीपूर्वक किन्नुहोस् हामी मध्ये कोही कतै यात्रामा गयो भने सम्झनाको रूपमा त्यहाँबाट केही न केही ल्याउँछौं । यस्तो अवस्थामा, वन्यजन्तु कलाकृतिहरूबाट केही पनि किन्न प्रयास नगर्नुहोस्। जन्तुको कुनै अंगबाट बनेको, यातना दिएर बनेको वा लोप हुँदै गएको कुनै पनि जनावर छ भने उसको शरीरका अंगबाट बनेको वस्तु किन्नु हुँदैन। आफू बस्ने ठाउँ सेयर गर्नुहोस् सबैलाई आफ्नो व्यक्तिगत ठाउँ मनपर्छ तर यदि हामी यात्रामा जान्छौं र पहाड वा खोलाको छेउमा कुनै होटलमा बस्छौं भने, हाम्रो प्रयास त्यहाँको वातावरण बचाउने प्रयास गर्ने हुनुपर्छ। यसका लागि तपाईले बस्ने ठाउँ बाँडफाँड गरेर बस्दा पैसाको बचत हुनुका साथै वातावरणमा हुने क्षतिलाई कम गर्न, कोठामा कम इन्धन प्रयोग गर्न, बिजुली बचत गर्न र गडबडी कम गर्न सकिन्छ।
रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर) काठमाडौं। एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ। ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ।
आज पृथ्वी दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै काठमाडौं। आज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ। पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए। तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो। सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ । संयुक्त राष्ट्र संघको सन्देश: प्रकृतिले दु:ख पाइरहेको छ। महासागरहरू प्लास्टिकले भरिएका छन्, त्यसमाथीी अम्लीय पदार्थले भरिएकाे छ। अत्यधिक गर्मी, जंगलमा लागेको डढेलो र बाढीले लाखौं मानिस प्रभावित भएका छन्। यी दिनहरूमा पनि, हामी अझै हाम्रो इकोसिस्टमको स्वास्थ्यसँग जोडिएको विश्वव्यापी स्वास्थ्य महामारी कोभिड १९ बाट ट्र्याकमा फर्कने प्रयास गरिरहेका छौं। जलवायु परिवर्तन, मानव निर्मित प्रकृतिमा परिवर्तनका साथै जैवविविधतामा बाधा पुर्‍याउने अपराधहरू, जस्तै वन विनाश, भू-उपयोग परिवर्तन, तीव्र कृषि र पशुधन उत्पादन वा बढ्दो अवैध वन्यजन्तु व्यापारले पृथ्वीको विनाशको गतिलाई तीब्र बनाउन सक्छ। इकोसिस्टम पुनर्स्थापना सम्बन्धी संयुक्त राष्ट्र दशक भित्र मनाइने यो दोस्रो मातृ पृथ्वी दिवस हो। इकोसिस्टमहरूले पृथ्वीमा सबै जीवनलाई समर्थन गर्दछ। हाम्रो इकोसिस्टम जति स्वस्थ हुन्छ, त्यति नै स्वस्थ ग्रह र यसका मानिसहरू रहन्छन् । हाम्रो क्षतिग्रस्त इकोसिस्टमको पुनर्स्थापनाले गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनसँग लड्न र सामूहिक विलुप्त हुनबाट जोगाउन मद्दत गर्नेछ। तर सबैले भूमिका खेले भने मात्र हामी सफल हुनेछौं। यस अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवसको लागि, हामी आफैलाई सम्झना गरौं ( पहिले भन्दा बढी कि हामीलाई मानिसहरू र ग्रह दुवैको लागि काम गर्ने थप दिगो अर्थतन्त्रमा परिवर्तन आवश्यक छ। प्रकृति र पृथ्वीको सद्भावलाई प्रवर्द्धन गरौं। हाम्रो संसारलाई पुनर्स्थापित गर्न विश्वव्यापी आन्दोलनमा सामेल हुनुहोस्।
आजको मौसम: पहाडी भू-भाग पानी र तराईमा हावाहुरी चल्ने काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट काठमाडौं। काठमाडौंको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ। आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन।
कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी काठमाडौं। वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन्। उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि रु सात लाख लाग्ने भन्दै रकम ठगेको पाइएको छ। दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक रु एक लाख कमाइ हुने लोभ देखाएका थिए। पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौँमा पठाइएको राठौरले जानकारी दिए। यस्तै कार्यालयले फेसबुकको दुरुपयोग गरी मानिसको चरित्रहत्या गर्ने दोलखाका शम्भुलाई पनि पक्राउ गरी थप कारबाहीका लागि ललितपुर प्रहरीलाई बुझाएको प्रहरी उपरीक्षक राठौरले बताए।
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ: कामु प्रधानन्यायाधीश कार्की दोलखा। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन्। नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उनले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताए। “निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ।” उनले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिए। कामु प्रधानन्यायाधीश कार्कीले कानुनको मूल्य र मान्यताका आधारमा कार्यपालिका र व्यवस्थापिकाको विवादका साथै प्रदेशका विवाद निरूपण गर्ने निकाय नै सर्वोच्च अदालत हो। उनले आफूले कानुन व्यवसाय र न्याय क्षेत्रको यात्रा दोलखाबाटै प्रारम्भ गरेको स्मरण गरे। महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीका तर्फबाट छिटो अगाडि बढाउन आफूले पहल गरिरहेको बताए। उनले विपक्षी दलका नेता बिरामी हुँदा पनि विपक्षी दलकै नेतको निवासमा गरेर अघि बढाउने विषयमा छलफल भएको जानकारी गराए। महान्यायाधिवक्ता पोखरेलले आज पनि सोही विषयमा प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गरेको स्पष्ट पारे। संवैधानिक परिषद्को बैठक राष्ट्रियसभाका अध्यक्ष यही वैशाख १२ गर्ने आएपछि सहमति प्रक्रिया अघि बढ्ने र अब तत्काल नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे। नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै संवैधानिक परिषद्ले तत्काल सर्वसम्मतिले नाम सिफारिस गर्न आग्रह गरे। सर्वसम्मतरूपमा प्रधानन्यायाधीशको नाम तत्काल सिफारिस गरेमा कानुनको आवश्यकता नपर्ने उल्लेख गर्दै उनले उक्त कार्य नभएमा बारले चरणबद्धरूपमा आन्दोलन गर्ने बताए। बागमती प्रदेशसभा सदस्य भरत केसीले आफ्नै नेतृत्वमा बार भवन निर्माण सुरू भएको उल्लेख गर्दै दोलखा बारले असहाय र न्याय पाउनबाट बञ्चितलाई निःशुल्क सेवा दिने गरेको जानकारी दिए। नेपाली कांग्रेस दोलखाका अध्यक्ष बर्मा लामाले देशको समग्र क्षेत्रमा सुशासन कायम गर्न न्याय क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । नेकपा (एमाले) दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले देशको विकृति र विसङ्गतिको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्नका लागि न्याय क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिए। नेकपा (माओवादी केन्द्र) दोलखाका अध्यक्ष कुलबहादुर बुढाथोकीले सबैले न्याय पाउनुपर्ने र कोही पनि न्याय पाउने हकबाट बञ्चित हुन नपर्ने अवस्था सिर्जना हुनुपर्नेमा जोड दिए। नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवालीले दलको इच्छाशक्ति भएमा संवैधानिक परिषद्का छ जनाको सहमतिमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संविधान बाधक नभएको बताए। वरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेतीले न्यापालिकालाई रिक्त राख्नु नहुनेमा जोड दिँदै तत्काल प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन माग गरे। सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले १४ महिनासम्म कामुका भरमा न्यायालय नेतृत्वविहीन हुनु अन्यायपूर्ण भएको हुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल माग गरे। पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले न्यायापालिका नेतृत्वविहीन हुनु चिन्ताजनक विषय भएको र तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरे। नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले सिङ्गो न्यायपालिकाले प्रधानन्यायाधीश तत्काल पाउनुपर्ने नत्र बार चुप लागेर बस्न नसक्ने चेतावनी दिए। उनले प्रधानमन्त्रीले तत्काल कार्यपालिकाको प्रमुखको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले दोलखाका कानुन व्यवसायीले अध्ययन गर्ने थलो बन्नु महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन माग गरे। दोलखा बार इकाइका अध्यक्ष कृष्ण बस्नेतले दोलखा बारको भवन निर्माणमा सहयोग गर्ने र उद्घाटनमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरे। कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले दोलखा बारले प्रकाशन गरेको न्यायिक बिम्वको पनि सार्वजनिक गरेका थिए।
कोरोनाबाट थप एक जनाको मृत्‍यु काठमाडौं। छिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो। सोही समयमा एक हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन्। त्यस्तै, सोही समयमा ४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ। सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। त्यस्तै, सात जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे पर्वत। पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ। कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो। चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ। विसं २०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो। गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो। आठ मिटर चौडा सडकमध्ये पाँच दशमलव पाँच मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानाकारी दिए। सडक कालोपत्रेको काम २०७६ कात्तिक ११ गते तत्कालीन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको सङ्क्रमणका कारण एक वर्ष समय ढिलाइ भएको प्यासिफिक/फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए। उनका अनुसार बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ। सडकखण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ। यो सडक कालोपत्रे भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ। फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघिनै कालोपत्रे भइसकेको थियो तर देविस्थानतर्फको खण्डमा अहिले कालोपत्रे भएको हो। यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनीतिक आयोजनाको रुपमा समेत अघि सारेको थियो। मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत दोविल्लादेखि मल्यांङ्दी खोलासम्मको सडक पाँच वर्षअघिनै कालोपत्रे भइसकेको हो भने मल्यांङ्दी खोलादेखि घोइनउलासम्मको झण्डै एक किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको थियो। कुश्माबजारलाई दक्षिण पर्वतका चार पालिकासँग जोड्ने अधिकांश सडक कालोपत्रे भए पनि मोदीखोलामा रहेको मोटरेवल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रुहरुले सास्ती बेहोर्न बाध्य बनेका छन्। पछिल्लो समय मोटरेवल पुल निर्माणका लागि प्रक्रिया पनि सुरु भएको छ।
त्रिविले सार्‍यो १० गतेको परिक्षा, अब कहिले हुन्छ ? काठमाडौँ। आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परिक्षा एकसाता पछि सारेको हो। गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा अन्तर्गत वैशाख १० गते मानविकी र व्यवस्थापन संकायका परिक्षा सञ्चालन हुनेमा सो दिनको परिक्षा सरेको हो। निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुनेछ।
मुआब्जा समस्याले रोकियो गल्छी–त्रिशूली सडक निर्माण काठमाडौँ। निर्माण सुरु भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन। कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो। कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी सडक कालोपत्रे सकिएको छ। बाँकी सडक खण्डमा कतै कानुनी अड्चन, कतै अरू संरचना निर्माण र कतै स्थानीयको अवरोधका कारण निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख धुर्वकुमार श्रेष्ठले बताए। “केही विषयमा अदालतमा मुद्दा छन्, ती विषयमा फैसला आएपछि मात्रै काम अघि बढाउन सकिन्छ”, उनले भने, “बाँकी विषयमा जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ।” पीपलटारबाट ढुङ्गेसम्म नौ किमी खण्डमा मुआब्जा समस्याले काम अघि बढ्न सकेको छैन। स्थानीयले मुआब्जा बिना काम अघि बढाउन लागेको भन्दै विरोधमा उत्रिएको प्रमुख श्रेष्ठको भनाइ छ। एउटा खण्डमा अदालतबाट फैसला भइसकेको भए पनि पूर्णपाठ नआएका कारण काम हुन नसकेको हो। अर्काे खण्डमा अहिले मुद्दा अदालतमा विचाराधीन रहेको उनले जानकारी दिए। फैसलामा मुआब्जा कति दिने र कसरी दिने भन्ने आएपछि सोहीअनुसार अघि बढाइने उनले बताए। त्रिशूली जलविद्युत् गृहको पावर हाउस रहेको स्थानमा पनि सडक निर्माण चाहेअनुसार चौडाइ बनाउन नसकिने उनले बताए। अन्यत्र ११ मिटर चौडाइ रहेकामा यहाँ आठनौ सय मिटर चौडाइ छ। शान्तिबजार क्षेत्रमा आधा किमी लम्बाइमा सडकको मुआब्जा दिनु भनी अदालतले निर्णय गरेको तीन वर्ष भए पनि स्थानीयले मुआब्जा कम भएको भन्दै विरोध गरिरहेका छन्। गल्छीबाट त्रिशूलीसम्मको सडक निर्माण सुरु भएदेखि नै वन क्षेत्रको समस्या, स्थानीयवासीको अवरोधको समस्या थियो। सडक निर्माणको काम आर्थिक वर्ष २०७२/७३ देखि सुरु भएको हो । सडकको सुरु विन्दु गल्छीबाट ४६ किमी मैलुङसम्म एउटै कम्पनी कोभ्यास/टुण्डी/रसुवा जेभीले निर्माण गरिरहेको छ। सरकारको लगानीमा ११ मिटर चौडा सडक निर्माण भइरहेको योजनाले जनाएको छ। सडक सीमा १५/१५ मिटर गरेर ३० मिटर रहेको छ। अहिलेसम्म निर्माण सकिएको सडकमा ११ मिटर कालोपत्र गर्न सकिएको छ। दुई/दुई मिटर सोल्जरसहित ‘डेडिकेडेज डबल लेन’ सडक निर्माण अघि बढाइएको छ। सङ्घीय राजधानी काठमाडौँलाई रसुवागढी हुँदै उत्तरी छिमेकी मुलुक चीनसँग जोड्ने छोटो मार्गका रुपमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक व्यापारिक हिसाबले महत्वपूर्ण छ। विसं २०७२ मा भारतले गरेको नाकाबन्दीको समाधानका रुपमा गल्छीबाट मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक निर्माणलाई अघि बढाउने योजना बनाइएको थियो। विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु काठमाडौँ। विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। काठमाडौं, टोखा नगरपालिका-२ चण्डेश्वरीस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ०३७४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ८ वर्षीया स्वेच्छा गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु शिवमन्दिर नजिक प्र-३-०२-००६ प ४४१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार चितवन घर भई हाल काठमाडौं नयाँबजार सोह्रखुट्टे बस्ने ३० वर्षीय प्रदिप पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित १ नम्बर पुल नजिकै हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र.२-०३-०५प ९८६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-२१ अमलेखगञ्ज बस्ने ७० वर्षीय मनिस लामाको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको एल.एस.न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित डम्पिङ साईडमा पोखरा महानगरपालिकाको ग.१ ग १३४ नम्बरको बुलडोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अनियन्त्रित भई डोजर पल्टिँदा चालक सोही महानगरपालिका-१५ रामबजार बस्ने ६२ वर्षीय मुसाफिर दासको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
विषालु सर्पको डसाईबाट सिरहामा बालकको मृत्यु सिरहा। विषालु सर्पले डस्दा सिरहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो। सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो। सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलवारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
सहकारीका अध्यक्षले १४ करोड रकम कुम्ल्याएर भागेपछि सञ्चालक पीडित ! काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब रु पाँच करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको रु ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको रु ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको रु नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ । गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ । पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिनदेखि ठप्प सिन्धुली। सुनकोशीमरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ। सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) पुरिएपछि १६ दिनदेखि काम ठप्प भएको हो। आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भए पछि बाइपास सुरुङ बनाएर आयोजनाको काम सुचारु गर्ने प्रयास भईरहेको छ। सो बाइपास सुरुङ बनाउनका लागि पनि कम्तिमा ७ दिन लाग्ने हुदाँ झन्डै एक महिनासम्म आयोजनाको काम ठप्प हुनेछ। ‘सुख्खा माटो झरेर टीबीएम सुरुङ भित्र पुरिएपछि त्यसलाई निकाल्न बाइपास सुरुङ खनेर निकाल्ने प्रयास गरिरहेका छौं, भित्र माटो खस्ने क्रम अझै जारी रहेकाले समस्या भईरहेको छ, यद्धपी बाइपास सुरुङ खनेर टिबिएम निकाल्नका लागि कम्तिमा एक हप्ता लाग्ने अनुमान गरी काम गरिरहेका छौं’ उनले भने । यसअघि पनि सुख्खा माटो खसेर टिबीएम सञ्चालनमा समस्या भए पछि ९ दिन लगाएर बाइपास सुरुङ खनी काम सुचारु गरिएको थियो।  हाल ४.६६ किलोमिटर सुरुङ खनि सकिएको छ।
पर्यटकको रोजाइमा जलविरे झरना मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए। “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उनले भने। शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ। नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ। कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो। झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। “यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्”, अध्यक्ष गुरुङ बताउँछन्। पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन्। केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन्। झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ। सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन्। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ। पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत रु १४ लाखभन्दा बढी आम्दानी गरेको गुरुङले बताए। यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले रु ५० र विदेशीले रु १०० शुल्क तिर्नुपर्छ। “आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाउँदैछौँ”, उनले भने। झरना नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन्। चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ। यसले पर्यटकको मन लोभ्याएको छ। यहाँ पर्यटक स्वफूर्तरूपमा आउँछन्। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ। चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ। पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र व्यवस्थित बन्दै गएको छ।
नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने काठमाडौं। लामो समयपछि नेपाली सेनामा जागिर खुलेको छ। नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो। जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ। भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो। सूचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ। सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ बर्ष राखिएको छ। फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाले जनाएको छ।
नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ बारा, ८ बैशाख । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो । वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरु पक्राउ परेका हुन । गोप्य उजुरीको आधारमा उनीहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।
आजको मौसम: मुलुकका पहाडी भू-भागहरुमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
२८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ काठमाडौं । प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्वपूर्ण कागजपत्र बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–५ बस्ने ४१ वर्षीय उद्धव तामाङ रहेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
अन्नपूर्ण आधार शिविरमा हराएका भारतीय नागरिकको सेनाद्वारा उद्धार काठमाडौं । नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए । अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उनको आज बिहान उद्धार गरिएको हो । स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने काठमाडौं । सरकारले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधारणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ । पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रहेका छन् । त्यसैगरी समितिको अन्य सदस्यमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष र पर्यटन मन्त्रालयका उपसचिव सदस्यसचिव रहेका छन् ।
करिब पाँच किलो सुनका गरगहनासहित दुई जना पक्राउ बाँके। नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो। यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ। गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु महोत्तरी। सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकै परिवारका दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो। लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बुधवार सोही ठाउँबाट झन्डै १५ किलोमिटर दुरी रहेको माइस्थान–गौशाला–सम्सी सडक खण्डमा पनि दुर्घटना भएको थियो। बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एकैपरिवारका तीनजनाको मृत्यु भएको थियो। २४ घण्टाको अवधिमा पूर्वपश्चिम राजमार्ग नजिकै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
पाँच वर्षदेखि फरार पूर्व वडाध्यक्ष ठाकुर पक्राउ जलेश्वर। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन्। विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए। तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए। लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए। साथै उनले आज पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए।
अवैध लागूऔषधसहित दुई जना पक्राउ कैलाली। अवैध लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ। भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) काठमाडौं। शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औंसी। यस दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ। मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ। आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ। सोहीक्रममा काठमाडौंको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ। दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्दछन्।
स्रोत नखुलेको १४ लाख नगदसहित ३२ वर्षीय व्यक्ति पक्राउ पर्सा। वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको १४ लाख नगदसहित एक व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महत्तो रहेका छन्। विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा काठमाडौँ। भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्। कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ। उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ। यसरी ठगीमा ८१ जना परेका छन्। अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ। पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो।
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह काभ्रेपलाञ्चोक। खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ। धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ। आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ। “आगलागीको कारण खोज्दैछौँ, जङ्गलको आगो बस्तीतर्फ आउनसक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ”, थिङले भने। गत हप्ता तेमाल गाउँपालिकाको ८ र ९ वडास्थित मेच्छे जङ्गलमा लागेको आगो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा ल्याइएको थियो। उक्त आगलागीबाट निजी वनमा रोपिएको करिब दुई हजार कटहरका बिरुवासमेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए। गत चैतमा पनि गाउँपालिकाको केही जङ्गलमा आगलागी भएपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामाग्रीको अत्यावश्यकबाहेक अन्य कामकाजमा प्रयोग नगर्न, आगलागी हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो। त्यसबेला आगलागीबाट सबैभन्दा बढी वडा नं ५ स्थित जङ्गलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ। सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा आगो नियन्त्रणमा ल्याइएको थियो। लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा आगलागी हुनसक्ने भएकाले उक्त गाउँपालिकाले सेचत रहन आग्रह गरेको हो। यसअघि गत माघ तेस्रो साता धुलिखेल नगरपालिका–९ ठूलीचौरस्थित धोबीखोला सामुदायिक वनमा आगलागी भएपछि सदरमुकामस्थित कालीजङ्ग गणको टोलीले दिनभरको प्रयासपछि नियन्त्रणमा लियो। आगलागीबाट ठूलीचौरमा रहेका विभिन्न जातका रुख बिरुवा नष्ट भएका थिए। जङ्गलसँगै जोडिएको बस्तीमा क्षति पुग्न सक्ने भएकाले नेपाली सेनाको टोलीले जङ्गलमा लागिरहेको आगो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो। अघिल्लो चैतमा नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा निकै तनावको अवस्था सिर्जना गरेको थियो। जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीका घटना हुनसक्ने जनाउँदै पूर्वतयारीसँगै स्थानीय सरकारसँग विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ। उसले आगो लागिसकेपछि पूर्ण नष्ट नभएसम्म नियन्त्रणमा लिन कठिन हुने भएपछि सबैमा सचेत रहन अपिल गर्दै आएको छ। डिभिजन वन कार्यालय धुलिखेलले जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोट बिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको घटनाक्रमले देखाएको छ। सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाको विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाको बारेमा माइकिङसमेत गर्दै आएको जनाएको छ। – रासस
मैदान अभावमा खेल सञ्चालन गर्न असहज सिन्धुपाल्चोक।  वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन्। राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्। मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ। मेलम्चीमा रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ। मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भएको स्थानीय सागर श्रेष्ठ बताउँछन्। अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी तयार हुने क्रम भने उत्साहजनक छ। सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ। यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन्। खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन। क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि उपयुक्त मैदान नै छैनन्। स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गर्नुपर्ने स्थानीय खेलाडी माइते तामाङ बताउँछन्। जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ। जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन्। जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ। जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ। तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष रामचन्द्र सापकोटा बताउँछन्। खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ। जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताउनुहुन्छ । “म जस्ता फुटबल खेलाडी धेरै तयार हुन सक्छन्”, उनले भने, “यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ।” नगरको १३ वटै वडामा खेल मैदान निर्माण अभियान रहेकोमा केही वडामा सुरु भइसकेको र केहीमा बजेट विनियोजनको तयारीमा रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए। त्यस्तै मेलम्चीका वडामा क्षेत्र तथा नगरस्तरको विभिन्न खेल सञ्चालन गर्न सकिने मैदान निर्माण गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको उनले बताए। यसका लागि नगरको मात्र बजेटले नपुग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाइ छ। – रासस
आजको मौसम: मधेस प्रदेश बाहेकका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडाैं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। राति भने देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केहि स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।
आज आमाको मुख हेर्ने दिन, श्रद्धा भक्तिसाथ मनाइँदै काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ। दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए। यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ। मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए। यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ। यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक नपर्ने पनि समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।
तीन हुण्डी कारोबारी पक्राउ वीरगञ्ज । हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।
रुपन्देहीमा गोली चलेको आशङ्का, प्रहरीद्वारा अनुसन्धान भैरहवा। आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ। रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका छन्। रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए। “मोबाइल खोसाखोस हँुदा केवट सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ”, अर्यालले भने, “घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ।” प्रहरीलाई घटनाबारे ६ः३० बजे मात्र खबर भएको अर्यालले बताए।
कोशी नदीमा बेपत्ता तीनमध्ये एकको शव फेला काठमाडौं। कोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ। नुहाउने क्रममा बेपत्ता भएका झापा दमक नगरपालिका ९ बस्ने २० बर्षिया नविन न्यौपानेको शव घटनास्थल नजिक फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। झापा दमक नगरपालिका ९ बस्ने २२ बर्षिया रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ बस्ने २० बर्षिया राजन गुरागाई बेपत्ता भएका छन्। घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित स्थानीयहरूले बेपत्ताहरुको खोजी सुरु गरेका थिए।
थप १०८ जनामा कोरोना, संक्रमण दर बढ्न थाल्याे काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७२ जनाको एन्टिजेन गरी २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ भने ६६ जना निको भएर घर फर्किएका छन् । यसैबीच पछिल्लो समय संक्रमण दर बढ्न थालेपछि सरकारले संक्रमण थप फैलन नदिन सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आम सर्वसाधारणलाई आग्रह गरेको छ । संक्रमण भएपछि आइसोलेसनमा ५ दिनभन्दा बढी समय बस्दा कुनै पनि लक्षण नदेखिए र २४ घण्टाभित्र औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ ।
बागलुङ–बेनी सडक सात दिनका लागि बन्द म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्र सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले जानकारी दिए। “सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवतजावत रोकिएको हो,” उनले भने, “बागलुङ–बेनी आवतजावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।” यो सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एन्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो। विसं २०७५ मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो। ९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सञ्चालन भएको हो। निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्याउने र लोडरले पेल्ने काम सकिएको बताए। “वि.स. २०७६ मा कोरोना महामारी सुरु भएपछि रोकिएको सडक निर्माणलाई २०७७ साल असारको बाढीपहिराले क्षति पुर्‍यायो,” उनले भने, “पहिराले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर (भिओ) स्वीकृत भएपछि यसपालि कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको हो।” निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो। पहिलो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रका लागि तयारी बनाइएको छ। बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवतजावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन्। सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्र हुन लागेको बताए। बागलुङदेखि बेनीसम्मको करिब १७ किलोमिटर सडकमध्ये बागलुङ खण्डमा सडक डिभिजन कार्यालयमार्फत स्तरोन्नति गरिएको छ। बेनीदेखि खबरासम्म करिब दुई किलोमिटर सडक गत वर्ष कालोपत्र भएको थियो।
लमजुङका स्थानीय तहसँग छैन दमकल लमजुङ। जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्। आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता छ। टाढाटाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ। बेँसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, “ठूलो आगलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेकोे छ। प्रायः स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगोलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन।” क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाभित्र दमकल आवश्यक रहे पनि बजेट अभावले खरिद गर्न नसकेको बताए। “दमकल मात्र खरिद गरेर पनि हुँदैन आवश्यक दक्ष जनशक्तिदेखि प्राविधिक कुराहरु पनि आवश्यक हुन्छ”, उनले भने।
मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने ३६ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन्। वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चोभारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासको एक नम्बरमा काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाको एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो। गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो।
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड दैलेख। त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ। भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्ने जनाइएको छ। सो सडकखण्ड अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर छोटो र सुरक्षित हुने छ। कर्णाली राजमार्गको वैकल्पिक सडकका रूपमा त्रिदेशीय सडकलाई लिइएको छ। यस सडकखण्डबाट लाखौँ रकम बचत हुनुका साथै यात्रा सुरक्षित हुने जनाइएको छ। सरकारले महावु खण्डलाई विशेष प्राथमिकताका साथ वजेट विनियोजन गरिनुपर्नेमा जोड दिइएको छ। सांसद अमरबहादुर थापासहितको टोलीले हालै सो सडकखण्डको निरीक्षण गरेको थियो। उनले दैलेख सदरमुकामबाट महावु हुँदै जुम्लासम्मको सडक कालोपत्रका लागि स्थलगत अध्ययन गरिएको बताए। “ आगामी तीन वर्षमा यो सडक कालोपत्र गराउँछु, यसकालागि संघीय सरकारलाई ध्यानाकर्षण गराउँछु।” आर्थिक अवस्था कमजोर भएका जनताका लागि लाखौँ रकम बचत हुने र ७९ किलोमिटर छोटो हुने यस्तो सडकका लागि सरकारले दैलेख खण्डलाई विशेष प्राथमिकताका साथ हेरिनुपर्ने जनाइएको छ। अनुगमन टोलीमा नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, जिल्ला प्रशासन कार्यालय र सडक विभाग सुर्खेतको इञ्जीनियर र महावै गाउँपालिकाका जनप्रतिनिधिको उपस्थिति थियो। दैलेख सदरमुकामको काँडाचौरलाई आधार बनाएर दैलेखबाट कालिकोटसम्म ४० किलोमिटर भू-भागमा अहिले सात निर्माण कम्पनीबाट काम सुरु गरिएको भए पनि पहाडी क्षेत्र र चट्टान धेरै भएका कारण कामले गति लिनसकेको छैन। कारबाहीको तयारी नारायण-४ भैसेखोरबाट भवानीगेटसम्मको पाँच किलोमिटर सडकखण्ड गत चैतभित्र कालोपत्र गरिसक्नुपर्ने थियो। निर्माणको जिम्मा लिएको कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले कालोपत्र नगरेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। रु पाँच करोड ५८ लाखमा ठेक्का सम्झौता भएको उक्त सडकको काम वैशाखभित्र पूरा नगरे सडक विभागले कालोसूचीका लागि प्रक्रिया अघि बढाउने सडक विभाग सुर्खेतका इञ्जीनियर सुरेन्द्र सिंहले जानकारी दिए। महावु खण्डका धेरै स्थानमा कडा चट्टान भएकाले र भौगोलिक कठिनाइले काम गर्न केही असहज भए पनि आफूहरूले निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीलाई बारम्बार ताकेता गरेको र अनुगमनलाई पनि प्रभावकारी बनाएको उनको भनाइ छ। महावु क्षेत्रलगायतका विभिन्न पर्यटकीय क्षेत्रको सहज पहुँच र विकासका लागि यो सडक महत्वपूर्ण मानिएको नारायण नगरप्रमुख शर्माले बताए। नेपालगन्जको बागेश्वरी, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोकी क्षेत्र हुँदै महावु पर्यटकीय क्षेत्र, जुम्लाको तातोपानी र रारासम्मको पर्यटन पवद्र्धनमा यो सडक निकै महत्वपूर्ण हुने उनको भनाइ छ। दैलेखबाट महावुसम्मको ४० किलोमिटर क्षेत्रमा सातवटा निर्माण कम्पनीले कामको जिम्मेवारी लिएका छन्। पहिलो खण्डको रूपमा काँडाचौरबाट भैसेखोरसम्मको सडक विस्तारका लागि तीन वर्षअघि निवर्तमान सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको रु छ करोड रकम सडक निर्माणमा विनियोजन गरेका थिए। नारायण नगरपालिकाले ठेक्का खोल्यो तर निर्माण कम्पनीले काम गरेनन् रकम फ्रिज भयो। अहिले खुर्सानीबारीबाट माथि एक किमी र भैसीखोर अगाडिको एक किलोमिटर खण्डमा कालोपत्रका लागि २०७९ फागुन १५ मा एक किमी कालोपत्रका लागि रु छ करोड ५३ लाखमा सम्झौता भई काम सुरु भएको छ। यसको जिम्मा आजीवन जिटी पिएस जेबी सुर्खेतका बम केसीले लिएका छन्। भैसोखोरबाट भवानीगेटसम्म पाँच किलोमिटर क्षेत्र कालोपत्रको जिम्मा लिएको कश्यप निर्माण एन्ड सप्लायर्सले तोकिएको समयमा सम्पन्न गर्न सकेको छैन। २०७९ चैत सम्म कालोपत्र सक्नुपर्ने गरी रु पाँच करोड ५८ लाखमा उक्त ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले विभिन्न बहाना बनाएर काम नगरेपछि सडक विभागले अन्तिमपत्र पठाएको छ। भवानीगेटबाट ओखरबाससम्मका विभिन्न तीन खण्डमा तिरुपाते लालसुभम मेनरो जेभीले काम लिएको छ। सम्झौताअनुसार सडक स्तरोन्नति, नाली, ग्राभेल, पर्खाललगायतका काम प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन्। तीन खण्डको रु १५ करोडको ठेक्का ५० प्रतिशतमा घटेर हालेका कारण पनि काम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ। पहिलो प्याकेजको काम सम्पन्न गरेको कम्पनीलाई दोस्रो र तेस्रो प्याकेजको काम सक्नका लागि असार मसान्तसम्म म्याद थप गरिएको छ। ओखरबासबाट उनिपाटासम्म काष्टमण्डप एनएस बिल्डर्स जेभीले कामको जिम्मेवारी लिएको छ। अहिले उनिपाटाको खण्डमा सडक चौडा गर्ने काम सुरु गरिएको छ। रु पाँच करोडको ठेक्का लागत अनुमान गरिए पनि निर्माण कम्पनीले रु दुई करोड ५३ लाखमा घटेर काम लिएको छ। उनिपाटेबाट महावुसम्म आजीवन जिटीएनएस जेभी सुर्खेतले कामको जिम्मेवारी लिएको छ। रु सात करोड ९६ लाखमा ठेक्का सम्झौता भई काम सुरु भइरहेको छ। कतिपय सडकखण्डमा बजार र बस्ती परेका कारण मुआब्जाको समस्या छ। मुआब्जाका लागि उक्त सडकमा प्रक्रिया नभएका कारण सरकारले व्यवस्थापन गरिदिन स्थानीयले आग्रह गरेका छन्।
आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने काठमाडौं। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ। यसैगरि, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ। भिटामिन ए र जुकाको औषधि भोलिसम्म खुवाइनेछ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।
देशका अधिकांश भागमा तुवाँलो : मौसम सफा हुन केही दिन लाग्ने काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ। राति भने देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्धि भइरहेको देखिन्छ। त्यसैले मेघगर्जन, चट्याङ, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति रजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
‘होटल हायात रेजेन्सी’लाई सरकारले सोध्यो स्पष्टीकरण- सम्झौता किन नतोड्ने? काठमाडौं। सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न सोध्दै तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो। जग्गा लिजमा लिँदा होटलले पालना गर्न तय गरिएका शर्त र बन्देज कार्यान्वयन नभएकाले जग्गाको लिज सम्झौता रद्द गरेर सरकारले वैकल्पिक उपयोगमा ल्याउनु नपर्ने वा होटललाई लिजमा किन दिइरहनुपर्ने भनी मन्त्रालयले प्रश्न गरेको छ। पर्यटनमन्त्री सुदन किरातीका अनुसार सरकारी जमिन उपयोग गरेको होटलले सरकारको सेयर खुम्च्याउँदै सम्झौता शर्तहरु पनि उल्लङ्घन गर्दै गएकाले कारबाहीका लागि मन्त्रालयले स्पष्टीकरण सोधेको हो। सर्राफ समूहको आइसीटीसी समूहसँग तरागाउँ विकास समितिले हायात होटलमा रु एक अर्ब ५० करोड लगानी गर्ने समझदारी गरे पनि योजनाबद्ध तरिकाले बढाएर रु तीन अर्ब ४३ पुर्‍याइएको भन्दै मन्त्रालयले कारण माग गरेको छ। घाटामा गएको बेलामा समेत कम्पनीले सञ्चालक र व्यवस्थापक ‘हायात’लाई रु ३८ करोड १२ लाख भुक्तानी गर्नुको कारण प्रमाणित नहुने बिल बीजक नराखी खर्च लेखाङ्कन गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको छ। आम्दानी र रकम असुलउपर नगरेको, तेस्रो पक्षले तिर्नुपर्ने रु तीन करोड २४ लाखको करकट्टीवापत रकम के कति कारणले होटलको खर्चमा लेखाङ्कन गरेको भन्दै सरकारले प्रश्न गरेको छ। कानुनले निर्धारण गरेकोभन्दा कम ह्रासकट्टीदर राखेर गोलमाल गरिएको रु ५० करोड २१ लाख सम्बन्धितबाट नअसुलेको, कम्पनीलाई नोक्सानी हुने गरी भएको सम्पत्ति खरिद र थपघट समायोजन गर्नुको कारण पनि सरकारले सोधेको छ। नोक्सानी हुने गरी आसामी अपलेखन गरेको, सरकारी जग्गाको उचित संरक्षण नगरेको, अनधिकृतरुपमा सडक खोलेको, सम्झौताअनुसार सांस्कृतिक पर्यटन केन्द्र नबनाएको र आपसी सहमतिसम्म नगरी तारा गाउँ विकास समितिको सेयर स्वामित्व घटाएर ९ दशमलव ०१ प्रतिशत कायम गरिएको, होटलको सञ्चालक समितिमा तारागाउँ विकास समितिबाट तीन जना प्रतिनिधि हुनुपर्नेमा एकमा झारिएको र सरकारले अहिलेसम्म रु सात करोड २३ लाख मात्रै लाभांश पाएको, आफूखुसी जग्गाको लिखत पारित गराएको लगायतका विषयमा प्रश्न गर्दै जवाफ मागिएको छ। होटलमा विदेशी लगानी भएको भनिएको रु ९५ करोड आठ लाख कुन बैंकमा कुन मितिमा जम्मा भएको हो भन्ने विवरण पनि मन्त्रालयलाई पठाउन भनिएको छ।