content
stringlengths 20
64.1k
⌀ |
---|
स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएकाे छ । |
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ काठमाडौँ। काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५५ रूपयाँसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
लेनदेन कारोबार सहज गर भन्दै पीडित लेनदेन संघर्ष समितिले दिए धर्ना (फोटोफिचर) काठमाडौँ । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन्।
‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन्।
मिटरब्याजी पीडितले पनि काठमाडौं आएर प्रदर्शन गरेका थिए। उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन्।
|
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो ढोरपाट। बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको थियो।
दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो।
जीप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए। जीप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उनले जानकारी दिए।
“कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुन सक्छ”, केसीले भने। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए। |
चट्याङ लागेर ५७ वर्षिय व्यक्तिको मृत्यु मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।
उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए। |
चिर्पट प्रहार गरी श्रीमतीको हत्या ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए। झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ। लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ। |
बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु ढोरपाटन। बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो।
मृतक दुवै पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ। – रासस |
उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती जानकी। भगवती रिजाल खुद्रा व्यावसायी हुन्। उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छन्। बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ। रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा छिन्।
चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउँछन्।
“चार वर्र्षमा रेफ्रिजिरेटर यसअघि कहिल्यै बन्द भएन”, उनले भनिन्, “कम भोल्टेजका कारण फ्रिज नचेलेको हुनाले यो गर्मीमा चिसो बनाउन राखिएको पेयपदार्थ नै चिसो नभएर बेच्न पाएकी छैन। ग्राहक आउँछन् सोध्छन्। चिसो छैन भन्नुपर्ने हुन्छ।”
भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आएका रामचन्द्र गिरीको व्यथा छ। बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन। “गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो। तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ”, उनले भनिन्, “दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन्।”
गिरीले किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्छन्। तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उनले बताए।
“बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी चर्को घामले सुकाइदिन्छ । साग सुकेर फाल्नुपरेको छ”, गिरीले भने। गर्मीको सयममा विद्युत् प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उनले बताए।
कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ। बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउँछन्। नेपाल विद्युत् प्राधिकरणले अनियमितरूपमा विद्युत् प्रवाह गरेपछि उनको व्यवसाय धरापमा परेको हो। “बेकरीमा केकका प्रकार धेरै हुन्छन्, चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ”, बर्माले भने, “एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ। अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन।”
विद्युत् सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले विद्युत् कार्यालय घेराउ गर्दै आएका छन्। प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापनपत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताए। – रासस |
नारायणगढ-मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा भरतपुर। नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ। निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो।
पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ-मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ। निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिए।
पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो बाटोका कारण सवारीसाधन विस्तारै चलाउनुपर्ने बाध्यता हटेको छ। यो महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने कार्कीले जानकारी दिए। उनका अनुसार यी पुलको फिनिसिङको काममात्र बाँकी रहेको छ।
रु एक अर्ब २७ करोडमा तीन वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो। तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएको थियो। कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ।
निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो।
निर्माणाधीन अन्य आठ पुल दसैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ। ती सबै पुलको ढलान भइसकेको कार्कीले जानकारी दिए। मुग्लिन नजिकैको खहरे खोला पुल र तुइन खोला पुलको भने धेरै काम बाँकी छ।
तुइन खोलामा पहाड फोर्न विस्फोट नै गराउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ। विस्फोटक पदार्थ खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ। यसअघि चारवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्। नारायणगढ-मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। |
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै काठमाडाैं। अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।
संघले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ।
यस अघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायःबनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतनाजगाउने काम सुरु भएको हो।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमायसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन्।
माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए। नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो। हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ। रासस |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना, बाढी पहिराेबाट सतर्कता अपनाउन अनुराेध काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघ-गर्जन/चट्याङ, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। |
null |
बौद्धमा हस्तकला पसलबाट साढे ३३ लाख बरामद काठमाडौं । प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मार्दा ३३ लाख बरामद गरेको हो ।
प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । |
बालेनले तोके छात्रवृत्तिको विवरण नबुझाउने ३९ निजी विद्यालयलाई १ लाख जरिवाना काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप रु एक लाख जरिवाना तिराउने बताएका छन्।
कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो ।
तोकिएको समय सीना पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण नबुझाएकाले उक्त विद्यालयलाई रु एक लाख जरिवानासहित विवरण ल्याउन अन्तिम पटक प्रमुख साहले आग्रह गरेका हुन्।
अझै कामपाको आग्रहमाथि आनाकानी गरे कामपाको शिक्षा ऐन २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम सम्बन्धित विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसम्मको चेतावनी प्रमुख साहले सामाजिक सञ्जालमार्फत दिएका छन्।
हाल कामपा क्षेत्रभित्र भएका पाँच सय चार निजी विद्यालयमध्ये चार सय ६५ वटाले छात्रवृत्ति बुझाएको विवरण पठाएका छन् । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थी छात्रवृत्ति प्राप्त लाभ लिएका कामपाका प्रमुख साहले जानकारी गराएका छन्।
प्रमुख साहका अनुसार प्राप्त भएका विवरणमाथि पनि पुनः एक पटक कामपाले छानबिन गरी सूचना सार्वजनिक गर्नेछ । नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । पटकपटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको ठहर छ ।
कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका बताए। भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचना नै जारी गरेर कडाइ गरेको थियो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगो शुल्क लिने विद्यालय रहेका थिए ।
कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी पाँच प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।
छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरी विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ । |
न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिकाः प्रधानन्यायाधीश कार्की काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एशोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायलयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन्।
सर्वोच्च अदालत लामो समयदेखि कार्यबाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको उल्लेख गर्दै उनले अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएको भन्दै उच्च प्रशंसा गरे।
प्रेस काउन्सिल नेपालको टोलीसँग मङगलबार उनले प्रेस जगत र बार एशोसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने थियो भन्दै आफूले उक्त पक्षलाई कहिले भुल्न नसक्ने समेत बताए।
‘मैले कानुनव्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रुपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ। अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु’ प्रधानन्यायाधीश कार्कीले थपे, मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सोका लागि प्रतिबद्ध छु।’
प्रधानन्यायाधीशको च्याम्बर सर्वोच्च अदालतमा भएको शुभकामना भेटघाट कार्यक्रममा कार्कीले छोटो समय भएपनि आफ्नो कार्याकालमा न्यायिक स्वच्छता कायम राख्न उल्लेखनीय कदम चाल्ने जानकारी दिए।
न्यायालय अझै आर्थिक रूपमा स्वायत्त हुन नसकेको उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले कुल राष्ट्रिय बजेटको एक प्रतिशत पनि छुट्टिन नसकेकोमा सबै पक्ष गम्भीर हुनुपर्ने उनको सुझाव थियो।
‘यो पाटोलाई पनि अहिले न्यायालयको स्वतन्त्रताका लागि लड्ने पक्षहरूले विचार गर्नुपर्ने अवस्था आएको छ, कार्की भने, ‘कतिपय अदालतका भवनहरू पुराना र जीर्ण छन्, कतिपय अदालतहरू चल्नै नसक्ने अवस्थामा छन्। कतिपय अदालतमा भीडभाडको अवस्थामा पाकेटमारको समस्या छ। यसलाई व्यवस्थित गर्न पनि तपाहरूले आवाज उठाइदिनुपर्ने अवस्था छ।’
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको नेतृत्वमा गएको टोलीमा बोर्ड सदस्यद्धय दीपक पाण्डे र ठाकुर प्रसाद वेल्वासे, काउन्सिलका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइटेल, काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालसहितको सहभागिता थियो।
अध्यक्ष बस्नेतले स्वतन्त्र र सक्षम न्यायापलिकाबाट मात्र प्रेसको स्वतन्त्रता बच्ने उल्लेख गरे। उनले न्यायालयको स्वतन्त्रता न्यायाधीशका लागि नभई आम जनतालाई बलियो बनाउन र प्रणाली बसाउनका लागि भएकाले त्यसतर्फ दुवैं अङ्गका क्रियाकलाप केन्द्रित हुनुपर्ने धारणा राखेका थिए। |
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ ।
शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।
विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको छ ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएकोमा आज सजाय तोकिएको छ । |
घूस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग रु नौ हजार घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिनअघि उनलाई पक्राउ गरेको थियो । आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । |
दुर्घटनामा घाइते मन्त्रीलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइयो धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन्।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा पाँचजना घाइते भएका छन् ।
घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो।
मन्त्री सिंह, चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो। गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।
दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी र भाउजू जयलक्ष्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको छ। |
जीप दुर्घटनामा मन्त्रीसहित पाँचजना घाइते बझाङ। बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँचजना घाइते भएका छन्। दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन्।
प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते अन्यको नाम र ठेगाना खुल्न सकेको छैन। मन्त्री सिंहसहित घाइतेको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो। |
बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य फुङ्लिङ। ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ। गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन्।
मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको हो। बाढीले वडा नं ३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनामध्ये केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्यांकी र केहीको पूरै संरचना बगाएर लगेको छ।
गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६० प्रतिशत घरपरिवारमा विद्युत् जडान भएको थियो तर बाढीेले पाँच वटा लघु जलविद्युत् गृह नै बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएका छन्। वडा –४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ। त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ भने ३२ र ६४ किलोवाटको माङमाया–१ र मङमाया–२ को माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष वनेमले बताए।
त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ। अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन्। दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटर्वसमेत नआउँदा सञ्चारसम्पर्कमा मासमेत समस्या भएको उनको भनाइ थियो।
अध्यक्ष वनेमले भने,“गाउँपालिकामा सञ्चलनमा रहेको पाँच वटा लघु जलविद्युत् पहिरोले बगाएपछि अहिले गाउँपालिका अन्धकार भएको छ। कार्यालयमा विद्युत् नभएकाले सेवा प्रवाह गर्नसमेत कठिन भएको छ।”
त्यस्तै सिरिजंगा गाउँपालिका–८ याम्फुदीनमा दुईवटा लघु जलविद्युत् बाढीले बगाएको छ। तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको विद्युत् गृह बाढीले पूरै बगाएको सिरिजंगा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए।
उनका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत् गृहमासमेत क्षति गरेकाले अहिले गाउँ पूरै अन्धकार भएको छ। उक्त वडालाई याम्फुदीन नामले चिनिन्छ। त्यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन्।
दुई विद्युत् गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो। गत शुक्रबार दुईवटा विद्युत् गृह नै बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका हबल्दार विनोद उरावले बताए। विद्युत गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ थियो।
विद्युत गृह बाढीले बगाएपछि विद्युत् पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुगेको त्यहाँका वडाध्यक्ष गुरुङले बताए। – रासस |
चार लाख घुससहित तीन कर्मचारी पक्राउ काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए। |
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त काठमाडौं। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन्।
कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ।
ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ।
परिषद्मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ। |
कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ काठमाडौँ। कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ। |
दश दिनको भाले गैँडाको उद्धार चितवन। चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो ) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ। आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उनले जानकारी दिए।
यस आर्थिक वर्षमा यससहित दुई गैँडाको बच्चाको उद्धार गरिएको छ। बाटुली पोखरी क्षेत्रबाट एक वर्षको भाले बच्चालाई उद्धार गरी कोषमै राखिएको छ। यसअघि उद्धार गरी हुर्काइएका पुष्पा र अञ्जली नामका दुई गैँडालाई गत जेठ ३१ गते निकुञ्जको लामितालमा लगेर छाडिएको छ। |
ध्वजे डाँडामा विश्वका बिभिन्न २२ देशको झन्डा धनकुटा। पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ। गाउँपालिकाले एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ।
झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए। आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उहाँले जानकारी दिए।
पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो। सूर्योदय हेर्न र घरबास सेवा (होमस्टे)का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ।
पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमांकनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ। |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना, सचेत रहन आग्रह काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मेघगर्जन र चट्याङ, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। |
उपप्राध्यापक चलाउनेको न्यायको लडाइँ, सुरू गरे आमरण अनशन काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएपछि सोमबार दिनभर सामाजिक सञ्जाल र मिडियामा यसको विरोध भएको छ।
उपप्राध्यापक चलाउने न्याय नपाएको भन्दै सोमबार काठमाडौ जिल्ला अदालतको परिसरका धर्नामा समेत बसे। तर प्रहरीले तत्कालै उठाएर लग्यो र त्यसको केही समयपछि छाडिदियो।
सोमबार साँझबाट उनी त्रिभुवन विश्वविद्यालयमा अनशन बसेका छन्। उनलाई केही सहयोगी उपप्राध्यपक र विद्याथीहरुले पनि साथ दिएका छन्। यद्यपि उनी आफैले एक्लै न्यायका लागि लडाई गरिरहेको छु भनेर अभिव्यक्ति दिएका छन्।
मंगलबार (भोलि) जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम सुनुवाइ हुँदै थियो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर अदालतमा चलेको मुद्धालाई ढिसमिस पारिदियो।
सरकारले महान्यायाधिवक्ता कार्यालय हुँदै मन्त्रिपरिषद्को निर्णय आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालतमा पुर्याएपछि मात्रै अभियुक्तहरुको मुद्धा फिर्ता भएको सूचना फुत्किएको थियो।
आइतबार नै अदालतमा पत्र दर्ता भइसकेको छ। अदालतले आरोपीहरुलाई छाडेपछि बृहत नागरिक आन्दोलनको घोषणा पनि भैसकेको छ। एकातर्फ चलाउने आफैँ अनशनमा बसेका छन् भने अर्कोतर्फ विश्वविद्यालयकै बौद्धिक समूह न्याय माग्दै आन्दोलनमा लागेको छ।
स्रोतका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महिना दिनअघि नै मुद्दा फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए। तर, उनको प्रस्तावमा निर्णय हुन सकेको थिएन। बिहीबार उनले पुनः उक्त प्रस्ताव पेस गरेपछि बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
‘उहाँले नै दोस्रोपटक प्रस्ताव ल्याउनु भयो, जसरी पनि फिर्ता गर्नुपर्ने भन्दै सो प्रस्ताव आएपछि मुद्धा फिर्ता भएको हो’, एक मन्त्रीले भने। उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा विश्वविद्यालयस्थित नेपाल विद्यार्थी संघका अध्यक्ष हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा सांघातिक हमला भएको थियो। हमलामा रूपेश साह, नीरज रानामागर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए।
विश्वविद्यालय परिसरमै आक्रमण भएको थियो। उनलाई बाँसका भाटाले टाउको, शरीर, हात, खट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो। घटनामा उनको खुट्टा, ढाड, करङ र टाउकोमा गम्भीर चोट लागेको थियो। करिब ६ महिनाको उपचारपछि मात्रै उनी नियमित काममा फर्किन सकेका थिए।
शेरबहादुर देउवाकै पालामा घटनामा संलग्न हुनेमध्येका आचार्य र रावल मुद्दा फिर्ताका लागि लबिङमा लगेका थिए। यसका लागि उनीहरूले कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिमा ५ माघ ०७८ मा निवेदन दिएका थिए।
त्यसलगत्तै गृह मन्त्रालयमा मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढेको थियो। त्यतिबेला बालकृष्ण खाँण गृहमन्त्री थिए। गृहको दबाबकै कारण काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका तत्कालीन निमित्त सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय, महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी सुदीप गिरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख गोविन्द्रप्रसाद रिजालले अभियुक्तविरुद्धका मुद्दा फिर्ता गर्न सकिने भन्दै १२ माघ ०७८ मा गृहमा पत्र पेस गरेका थिए।
पत्रमा उपप्राध्यापक चलाउनेमाथि आचार्य र रावलको योजनामा सांघातिक आक्रमण भएको, सोही कारण उनको शरीरमा गम्भीर चोट लागेको र शान्ति सुरक्षा कायम गर्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता गर्न लागिएको उल्लेख छ।
पत्र प्राप्त भएको करिब दुई महिनापछि राय लिन गृहले महान्यायाधिक्ता कार्यालयमा पत्र पेस गरेको थियो।
२० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा थियो।
तत्कालिन महान्यायाधिवक्ता खम्मबहादुर खातीले उनीहरुको मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकुल नहुने भनी राय दिएका थिए। पुरानै रायका आधारमा कानुनमन्त्रीले प्रस्ताव लगेको स्रोतको दाबी छ। |
लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ दार्चुला । लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ परेका छन् ।
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना लागूऔषध चरेशसहित पक्राउ परेका हुन् । रानालाई सात सय ग्राम लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
काठमाडौँ उपत्यकामा अहिले हावा–हुरीसहित हल्का वर्षा भएको छ । रातिको समयमा पनि काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन\चट्याङ्गसहित वर्षा भएर यो सिस्टम अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ ।
तुलनात्मक रुपमा बढी वर्षा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भइरहेको छ । साथसाथै कोशी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा भइरहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ । |
करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु सिरहा । सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो ।
छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए ।
मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतका छोरा हुन् । मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि आशिष र अङ्कुको बिचल्ली खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् ।
गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवारगिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् ।
आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजु\बहिनी आशिष र अङ्कु बिचल्लीमा परेका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ ।
आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दीपेश विश्वकर्माले पनि २०७९ साल चैतमा आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अङ्कु चन्द्रोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत रहेकी छन् भने आशिष सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दागर्दै ट्र्याक्टर पछ्याउन थालेका हुन् ।
बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ ।
श्रीमतीले अर्कैसँग विवाह गरेर पोइल हिँडेपछि घर आएर कान्छी श्रीमती ल्याएका दीपेशले पुनः विदेश गएर घर फर्किएको वर्ष दिन नबित्दै आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
दुवैजना बुबाआमाविहीन बनेका विश्वकर्मा दाजु\बहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए। “वडामा सीमित बजेट हुन्छ । वडा कार्यालयका तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन । फेदीमा उनीहरूजस्तै धेरै बालबालिका समस्यामा छन्”, उनले भने, “बुबाआमा दुवै भएका बालबालिकाका लागिसमेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या छ । उनीहरू (आशिष र अङ्कु)को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरूले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरूको भरमा जीवन धान्दै आएका उनीहरू कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ ।
केदार मगर\रासस |
कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।
जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–०१–०२२ च ५१ २६ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे ७ बजे सडकबाट अन्दाजी ७० मिटर तल कर्णाली नदीमा खसेको थियो ।
अप्ठ्यारो बाटोका कारण यात्रुलाई घटनास्थलबाट अन्दाजी १५ मिटर अगाडी झारेर अगाडी बढाएको जिप अनियन्त्रीत भई नदिमा खसेको हुम्ला प्रहरीले जनाएको छ । |
उपप्राध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्राध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र नाराजुलुस गरेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी परिसर टेकुका अनुसार नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई रिहा गरिएको छ । |
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन काठमाडौं। राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ, “यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन?” उक्त घटनामा संलग्नउपर छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिँदै समितिले कानुनबमोजिम सम्बन्धित निकायबाट छानविन गराई प्रतिवेदन पठाइ ती दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ । बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेँडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेँडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ । |
बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए । तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका लागि मातहतका निकायले काम थालिसकेको बताए ।
प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने बताए । बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने उनको भनाइ छ ।
बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकप्टरमार्फत सङ्खुवासभा आएका हुन् । यस्तै सांसद दीपक खड्का, योगेशकुमार भट्टराई, वसन्त नेम्वाङ र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता र एक जनाको मृत्यु भएको छ । बाढीमा परी चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा जलविद्युत् आयोजनाका १७ मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । |
सिरहाबाट भन्सार छलेर लगेकाे ढेड करोडभन्दा बढीकाे सामान मकवानपुरमा बरामद सिरहा। पछिल्लो दिनहरुमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन् थालेको छ। जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमत्तोमा ठूलो परीमाणमा भन्सार छलिका सामानहरू नेपाल भित्रिएको पाइएको छ।
ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लाँदै गरेको अवस्थामा मकवानपुरको रातमाटे चौकी चेकपोष्ट नजिकबाट एक करोड ५० लाखभन्दा बढी मूल्य बरावरको अवैध कपडा प्रहरीले बरामत गरेको छ।
ठाडी भन्सार कार्यालयबाट भगवानपुर गाउँ पालिका-४ का लागि स्थानीय गोदावरी माता इन्टरनेशनल प्रालिले गत जेठ ३२ गते बीआर–०६जीई ५०५३ नम्वरको मिनी ट्रकमा १५ हजार आठ सय ६३ केजी प्याजको एक लाख ९३ हजार सात सय ९२ रुपैयाँ भन्सार बुझाए पनि ट्रकभित्र थोरै मात्रामा प्याजलोडगरी एक करोडभन्दा बढीको अवैध कपडा लाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो।
भगवानपुरको लागि ल्याएको भनिएको ट्रक प्रहरीले मकवानपुरबाट प्याजको बोराभित्र लुकाएर सुटको कपडा काठमाडौं लाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय काठमाडौंलाई बुझाएकाे छ ।
भगवानपुरको लागि ल्याएको प्याज कसरी काठमाडौं गयो भन्ने विषयमा गोदावरी माता इन्टरनेशनलका सञ्चालक मनिसकुमार महतोले आफ्नो फर्म प्रयोग गरेर काठमाडौंका व्यवसायी भुपेन्द्र प्रधानले सामान लगेको बताए।
सञ्चालक महतोले आफू लगानी गरेर ल्याउनेभन्दा पनि सामान चाहिएकाहरुसँग समन्वय गरेर आफ्नो फर्म प्रयोग गरी सामान ल्याउने गरेको बताए। त्यसैले पनि आफूले सामान बिक्री गरेको विल नकाटेको उनले सुनाए। उनले भने, ‘मेरो फर्म मात्रै प्रयोग भएको हो। प्रधानले कसरी के ल्यायो मलाई थाहा छैन। मलाई प्याज ल्याएको भन्नेमात्र जानकारी छ।’
भन्सार कार्यालयबाट नजिकै रहेको बजार भगवनपुर लाने भनेर भन्सार काटीएको भएपनि सो ट्रक अवैध कपडा सहित मकमानपुरबाट बरामद भएको छ। चालकसँग भएको कागजातको आधारमा शंकालागि चेकजाँच गर्दा बेराभित्र कपडा फेलापरेको मकमानपुर प्रहरीले जनाएको छ।
यता ठाडी भन्सार कार्यालयले प्याजसहितका फलफूल जन्य समानहरु सबै पल्टाएर हेर्न नसक्ने भएकाले भित्र के रहेको भन्ने जानकारी नरहेको बताए। कार्यालयका वर्तमान निमित्त प्रमुख शिव कुशवाहले भने, ‘प्याज, फलफूल जस्ता सामाग्री सबै निकालेर हेर्न नसकिने भएकाले दुईचारवटा बोरा खोलेर हेरियो, खासै त्यस्तो पाइएन।’
उनले भन्सार काटिएको ३० घण्टापछि हेटौँडाबाट सामान बरामद भएकाले बाटोमा हेरफेर भएको हुनसक्ने आशंका गरे। यस सम्बन्धमा सीमा सुरक्षाको जिम्मा लिएर भन्सार कार्यालयसँगै रहेका सशस्त्र प्रहरीका डीएसपी दिपेन्द्र थापाले भन्सार कर्मचारीले दिएको कागजको आधारमा आफूहरु मुख्य योजनाकारसम्म पुग्न नसकेको बताए।
तर, ठाडीबाट लहान हुँदै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारासहित पाँचवटा जिल्ला पार गरेर ट्रक कमवानपुर पुग्नुलाई आशंकाको दृष्टिले हेरिएको छ। स्थानीय एक व्यसायीले नै भने, ‘सेटिङगविना यत्रो सामान पाँचवटा जिल्ला पार गरेर जानै सक्दैन, पुरै सेटिङमै सामान गएको हो।’
त्यसैगरी, गत वैशाख २७ गते सिरहाको लहान नगरपालिका-१ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको करिब ७३ लाख रुपैयाँ मूल्यबराबरको आयुर्वेदिक औषधिहरू बरामद गरेको थियो। प्रहरीका अनुसार लहान ६ घर भई लहान १ बस्ने रवीन्द्रकुमार साहको घरमा भन्सार छलेर भारतबाट ल्याईएका आयुर्वेदिक औषधिहरू राखिएको गोप्य सूचनाको आधारमा बरामद गरेको थियो।
प्रहरी टोलीले साह बस्दै आएको घरको बरन्डामा राखिएको विभिन्न स्वादका म्यांगो हर्ब्स ७७ कार्टुन, बुस्ट क्याप्सुल, लाइसोटोन, एसिकाल्म, बेक्टो, रुन्दती, फेरक्स आइरन, लाइसोटोन क्याप्सुलसहित ७४०४ प्याकेट, ७२ बोतल एसिकाल्म तथा प्रोटिन चकलेट २७ बट्टा बरामद गरेका थिए।
यो दुवै घटनाले सिरहामा तस्करी फस्टाएको पुष्टि हुने स्थानीयहरु बताउँछन्। प्रहरी र भन्सार कर्मचारीले देखाउनकै दिनभरी घरायसी सामान ल्याउने सर्वसाधारणको चेकजाँच गरे पनि सेटिङमा ठूला तस्करी हुने गरेको स्थानीयको आरोप छ। |
सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता बर्दिया। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
“थारु समुदायमा विकराल रुप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनि भएको छ” मन्त्री मोदीले भने, “सिकल सेलको न्युनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु।”
सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रमहरु अगाडि बढाउनुपर्ने मन्त्री मोदीको भनाइ छ। “संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ” मन्त्री मोदीले भने, “सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठूलै जनस्वास्थ्य समस्या हो। यसको नियन्त्रणका लागि विशेष अस्पतालको व्यवस्था गर्न अनिवार्य बनेको छ, यसको निर्माणमा म लागि पर्ने उद्घोष गर्न चाहन्छु।”
मन्त्री मोदीले समुदायमा आधारित जाँच, नियमित उपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रम निर्माण र पठनपाठनजस्ता कार्य विस्तार गरेर सिकल सेल एनिमियाको बारेमा जनचेतना बढाउन आवश्यक रहेको समेत बताए।
मन्त्री मोदीले सिकल सेलका सम्बन्धमा आफूले संयुक्त राष्ट्र संघमा समेत महत्वका साथ विषय राखेको स्मरण गराए। ०८० वैशाख ०६ गते मन्त्री मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजना भएको आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा थारु समुदायमा भयावह रूपमा फैलिएको सिकल सेल एनिमियाको विषयमा विशेष प्राथमिकताका साथ आफ्नो भनाइ राखेका थिए।
सिकल सेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले संयुक्त राष्ट्र संघमा भनेका थिए, “यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ।”
राजापुर नगरपालिकाले सिकल सेल एनिमियाको नियन्त्रणका लागि जनचेतना जगाउने र नगरभित्रका नागरिकमा सिकल जाँच गर्ने उद्देश्यले पहिलोपटक दिवसको आयोजना गरेको हो।
दिवसमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्म बहादुर चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी उपस्थित थिए।
सिकल सेल दिवसमा झण्डै १४ सयजना बिरामीको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधि वितरण गरिनेछ। स्वास्थ्य परिक्षणका लागि विशेषज्ञ डा. विशेष पौडेल, डा. राजन पाण्डे उपस्थित छन् । दिवस एक सातासम्म जारी रहनेछ। |
क्लोजअपको फर्स्ट मुभ ‘ह्यासट्याग नजिकआऊ’ डिजिटल अभियान सम्पन्न काठमाडौँ। आत्मविश्वास र ताजगीका साथ नजिक हुन युवालाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मुभ ‘ह्यासट्याग नजिकआऊ’ डिजिटल अभियान सम्पन्न भएको छ।
युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्न यो अभियान चलाइरहेको हो। दाँतको स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन गर्ने ब्रान्ड क्लोजअपले युवाहरुमा आत्मविश्वास र मुख्य उद्देश्य सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ।
सहभागीहरुको सकारात्मक प्रतिक्रियाको साथ यस अभियानमा २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन्। जसले सोसियल मिडिया प्ल्याटफर्महरुमा सकारात्मक ऊर्जाको लहर सिर्जना गरेको कम्पनीले जनाएको छ।
प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आऊ’ ले दर्शकहरुमा गहिरो प्रभाव परेको थियो। यस गीतले युट्युबमा २० लाख भ्युज र फेसबुक र इन्स्टाग्राममा कुल ७२ लाख भ्युज पाएको थियो।
यस अभियानलाई ३७ जना सोसियल मीडिया इन्फ्लुयेन्न्सरको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो।
अभियान सहभागीमध्ये निमा याङ्गचेन ह्योल्मोले आफ्नो भिडियो सबै भन्दा धेरै भ्युज (३७ लाख) पाएर विजेता बन्न सफल भइन र उपहारस्वरुप रु. १ लाख जितिन्।
त्यसैगरी ट्विन्स ब्रोडर फ्युजनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोस्रो पुरस्कार स्वरुप रु. ५० हजार हासिल गरेका छन्।
यसका साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका जस्टिन बोगटी, किशोर क्यामरबाबा र श्रुतीभि तेस्रो पुरस्कारस्वरुप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डेट एक्स्पेरियेंस हासिल गरेका छन्। त्यसैगरी रवि लामा, शर्मिला मगर, मनजित, राकेश र टोपेन्द्र शाहीलाई अभियानमा उनीहरूको सहभागिता र प्रयासको लागि सम्मान गरिएको थियो र प्रशंसाको प्रतीकका रुपमा क्लोजअपबाट आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेका छन्।
यस अभियानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबै सहभागी, इन्फ्लुइन्सर र समर्थकप्रति कम्पनीले आभार व्यक्त गरेको छ। |
यसरी राखिएकाे थियाे त्याे बेला सुनकाे जलहरी, जुन अहिले निकै विवादमा परेकाे छ (तस्वीरसहित) काठमाडौं। फागुन १२ बुधबार, २०७७ सालमा पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको विषयले यतिबेला चर्चा पाएको छ।
केही दिन अगाडि मात्रै प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको भन्ने अभिव्यक्ति दिएपछि यो विषय फेरि चर्चामा आएको थियो।
जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद दाहालले केपी ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको अभिव्यक्ति दिएपछि एमालेले विरोध गर्दै सदनसमेत अवरुद्ध पारेको थियो। पछि सो अभिव्यक्ति रेकर्डबाट हटाइएपछि संसद सुचारु भएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनकाे जलहरी राख्ने निर्णय भएको थियो।
सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्।
करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेकाे छ।
|
तानसेनबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ पाल्पा। तानसेनबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जना पक्राउ गरेको छ।
तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
दाङमा बोक्सीको आरोप लगाउने दुई जना पक्राउ दाङ। दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताएका छन्। |
आजको मौसम : मेघगर्जनसहित चट्याङ, बाढी, पहिरो, भूक्षय हुन सक्ने संभावना काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।
कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मेघगर्जन र चट्याङ, बाढी, पहिरो भूक्षय तथा गेग्रान तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग काठमाडौं। क्रसर उद्योगको नवीकरण खुलाइ प्रक्रिया सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योग नवीकरणमा समस्या देखिएको जनाएको हो ।
तोकिएका सबै मापदण्ड पूरा गरी सरकारलाई बुझाउनुपर्ने सबै राजस्व बुझाउँदा पनि क्रसर उद्योग नवीकरण हुन नसकेको महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले बताए।
मन्त्रिपरिषद्को गत माघ ११ गतेको निर्णयबाट दर्ता भई हाल सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार सम्बन्धित निकायले क्रसर उद्योग नवीकरण नभएको अध्यक्ष न्यौपानेको भनाइ छ । “उद्योगी व्यवसायी विभिन्न जिल्लामा रहेका नेपाल सरकारका सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शूल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाइ रकम बुझ्न नमानेको र उद्योग नवीकरण नभएको अवस्था छ”, उनले भने।
कानुन बमोजिम दर्ता भई इजाजत लिएर सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योग यही असार १५ गतेसम्म नवीकरण नभए असार १६ गतेबाट देशभरका सम्पूर्ण यस्ता उद्योगको उत्पादन र बिक्री वितरण रोक्ने चेतावनी पनि महासङ्घले दिएको छ । |
नागरिक लगानी कोष र खल्तीबीच सम्झौता काठमाडौं। नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे। सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकलाई आबद्ध गराइ रकम सङ्कलन गर्न सहयोग पुर्याउने कोषले जनाएको छ ।
योसँगै आर्थिक वर्ष २०८०\८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । |
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी यही असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए।
उनले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गरे।
ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताए।
ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताए । उनले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिए।
ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए। |
सेन्सरबोर्डबाट प्रदर्शन अनुमति प्रदानपूर्व नै ‘भारतकी’ शब्द हटाइएको हो- सञ्चार मन्त्रालय काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले हिन्दी भाषाको कथानक चलचित्र ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको सन्दर्भमा विभिन्न माध्यमबाट जनाइएका आपत्तिका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाइएका अपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
“उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भातरकी’ शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो”, मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
चलचित्र आदिपुरुषको जाँचका लागि चलचित्र विकास बोर्डबाट गत जेठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्रलाई प्रदर्शन अनुमति दिइएको विज्ञप्तिमा उल्लेख छ । |
प्रतिकूल मौसमले हवाई उडान प्रभावित काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको छ ।
विशेषगरी देशका पश्चिमी भेगका विमानस्थलमा उडान प्रभावित भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इनरुट वेदरका कारण पोखरा, भरतपुर भैरहवालगायत गन्तव्यको उडान डिले भएको छ । आज तुुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन ।
यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा
नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौँमा साँझदेखि हल्का वर्षा भइरहेको छ ।
आज कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ । बदलीसँगै वर्षाका कारण सो क्षेत्रको उडान प्रभावित भएको जनाइएको छ ।
महाशाखको पछिल्लो विवरणमा आज सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ । नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो । |
मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति खोटाङ। विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात लगायतका धनमाल पूर्णरूपमा जलेर नष्ट भएको हो ।
ढुङ्गा\माटोले बनेको जस्तापानाको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा रु ३२ लाखभन्दा बढीको धनमाल पूर्णरूपमा जलेर क्षति भएको घटनास्थलमा पुग्नुभएका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिएका छन् । मगर घरमा भएको आगलागीको घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए। “दिउँसो करिब दुई बजेको समयमा मिटरबक्सबाट आगो लाग्न सुरु भएको रहेछ, छरछिमेक जम्मा हुँदा आधाजति जलिसकेको थियो”, उनले भने, “दन्किरहेको आगो तत्कालै नियन्त्रण गर्ने कुनै उपकरण थिएन । घरायसी उपकरण प्रयोग गरेर तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भयो ।”
दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब पाँच घण्टापछि मात्र नियन्त्रणमा लिन सफल भएको स्थानीय समाजसेवी हर्कराज राईले जानकारी दिएका छन्।
घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार हातमा लिएर घटनास्थल पुगेका थिए।
श्रीमान्\श्रीमती दुई जना मात्रै बस्दै आउनुभएको मगर दम्पती घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन्। खार्मीमा भएको आगलागी पीडित मगर परिवारलाई भोलि (सोमबार) जिल्ला विपद् व्यवस्थापन समितिका टोलीसहित घटनास्थलमै पुगेर राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए।
तत्कालका लागि व्यवस्थापन तथा संयोजन गर्न वडा कार्यालयलाई भनिएको नगरपालिकाले जनाएको छ । आगलागीका कारण घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका आगलागी पीडित मगर दम्पतीलाई तत्कालका लागि सोही स्थानका राजकुमार राईको घरमा खाने बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए। |
विपत्जन्य घटनाः पूर्वी नेपालमा वितण्डा, तिनको मृत्यु २९ बेपत्ता काठमाडौं। लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए। अन्य तीन जनाको भने उद्धार गरिएको छ ।
उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुर्याएको छ । यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताए।
सङ्खवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले दिएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन् ।
अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन् । यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । त्यहाँ नौवटा पशु चौपाय मरेको छ । इलामलगायत जिल्लाहरुमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए। |
बल्छी ध्रुवेसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति काठमाडौं। वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युवरलाई पक्राउ गरेको थियो ।
|
पहिरोबाट उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु मिक्लाजुङ। पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन ।
बिहान जीवित उद्धार गरिएकी जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फँसेकी थिइन् । |
null |
भोलिदेखि महानगरभित्र भारतीय चलचित्र चल्न नदिने बालेनको घोषणा काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले भोलिदेखि काठमाडौं महानगरभित्रका हलहरुमा भारतीय चलचित्र चल्न नदिने घोषणा गरेका छन्। विश्वव्यापी रूपमा प्रदर्शन भईरहेको दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद नहटाएपछि उनले भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका हुन् ।
उनले सामाजिक संजालमार्फत सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएको तर नहटाएपछि उक्त कदम चालिएको बताएका छन्।
नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनको भनाई छ।
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेकोर उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएकाले उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाभित्र भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको उनले जनाएका छन्।
|
अवैध लागूऔषधसहित चार जना पक्राउ काठमाडौँ। विभिन्न स्थानवटा अवैध लागूऔषधसहित चार जना प्रहरीले पक्राउ गरेको छ।
मोरङ, बेलबारी नगरपालिका-१ सिसौलीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ केजी ४ सय ८२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया गंगामाया राई र धनकुटा छिन्तांग सहिदभूमी गाउँपालिका-७ घर भएका २० वर्षीय केवल राई रहेका छन्। गंगामाया राईको घरमा अवैध रुपमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गंगामायाको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ ग्राम १९ मिलीग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत घर भएका २९ वर्षीय सन्तोष कुमार साह र सिरहा, सिरहा नगरपालिका-१७ ईनरवा टोल वस्ने १९ वर्षीय सुरज कुमार पासवान रहेका छन्।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतीय बीआर ३२ आर ७७०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। काठमाडौँको दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ गरेको छ।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-२ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा घले समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ ताप्लेजुङ। निरन्तर वर्षा भएसँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन्।
बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ। अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सडक बगाएको छ।
सडक वर्षा र पहिरोका कारण ग्रामीण भेगका अधिकांश स्थानमा यातायातका साधन चल्ने अवस्थामा छैनन्। सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए। “अवरुद्ध बाटो सञ्चालनका लागि वैकल्पिक बाटोको व्यवस्था गर्ने सम्बन्धमा अहिले जिल्लास्थित सम्बन्ध निकायसँगको बैठक जारी छ”, उनले भने।
बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय भइरहेको प्रजिअ चेम्जोङको भनाइ थियो। उनका अनुसार बाढीपहिरोबाट जोखिममा परेका परिवारको उद्धार तथा राहतका लागि संघ र प्रदेश सरकारसँग सहायता लिनेलगायत विषयमा पनि छलफल गरिनेछ।
गएरातिकको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका छन्। तमोर नदीसहित तमोर करिडोर अन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध छ।
“गएराति पहिरोले घर बगाउँदा सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेलेमा एकै परिवारका तीन जनासहित चार जना बेपत्ता छन्”, प्रजिअ चेम्जोङले भने, “आङ्खोपमा तीन घर बाढीले बगाएको छ भने दर्जनाँै घर जोखिममा परेका छन्।” उनका अनुसार जोखिममा परेका घरका परिवार सुरक्षित क्षेत्रमा सरेर बसेका छन्। शुक्रबारदेखि निरन्तर परेको वर्षाले ग्रामीण क्षेत्रका नागरिक त्रसित छन्।
दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन्। सिरीजङघाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ। उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन्।
विभिन्न क्षेत्रका जलविद्युत आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ। विद्युत् आपूर्ति बन्द भएको छ। रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि भने केही सामान्य भएको छ। गएरातिको वर्षा, बाढीपहिरोले पुगेको क्षतिको थप विवरण प्रहरीले संकलन गरिरहेकाले विस्तृत विवरण आउन बाँकी छ। – रासस |
सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता किमाथांका। सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ। अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए।
बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन्।
घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ। बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिए।
उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। -रासस |
वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण काठमाडौं। वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।
चौतीस वर्षका अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका प्रा डा देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेका थिए।
बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा डा दिनेशनाथ गंगोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गरे।
नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुआत गराउने प्रा डा देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा डा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताइन्।
उनले प्रा डा उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिइन्। स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्रा डा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रुपमा विसं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो। |
शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँ। शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी (पीटीपीएस) को ७ औं संस्करण आयोजना सम्पन्न भएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको प्रमुख आतिथ्यमा उक्त गोष्ठी सम्पन्न भए हो।
समापन समारोहमा मन्तव्य राख्दै परराष्ट्रमन्त्रीले दक्षिण एसियामै पहिलो पटक यति महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार व्यक्त गरे। उनले विश्व शान्ति स्थापना कार्यमा नेपालले पुर्याउँदै आएको योगदानको स्मरण गर्दै भविष्यमा समेत संयुक्त राष्ट्रसंघसँग नेपालको साझेदारी कायम रहने बताए। उनले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकहरुको कार्य सहजता एवं सुरक्षाका लागि नविनतम् प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा यस संगोष्ठी फलदायी भएको विश्वास व्यक्त गरे।
सोही अवसरमा संयुक्त राष्ट्रसंघको परिचालन समर्थन विभाग (डीओएस) का उपमहासचिव अतुल खरेलले सफलतापूर्वक संगोष्ठी आयोजना गरेकोमा नेपाल सरकार, सम्बद्ध मन्त्रालयका साथै नेपाली सेनाको सराहना गरे।
उनले डिजिटल रूपान्तरणको लागि प्रयोग गर्ने प्रविधि थिममा सञ्चालित यस संगोष्ठीमा घनिभुत रुपमा छलफल भएको उल्लेख गरे। यस संस्करणको गोष्ठीमा अहिलेसम्मकै धेरै विषयविज्ञहरुको सहभागिता रहेको र यो शान्ति स्थापनार्थ तैनाथ मिशनहरुका लागि आवश्यक प्रविधिको सम्भाव्यता सम्बन्धमा सकारात्मक नतिजाहरु निकाल्न सफल भएको बताए।
गोष्ठीमा शान्ति सैनिकहरूको सुरक्षा गर्न प्रविधिको प्रयोग, सूचना-सञ्चालित शान्ति कार्यहरू, एकीकृत प्रशिक्षण र क्षमता निर्माण, संयुक्त राष्ट्र स्मार्ट शिविर र टेलिमेडिसिन जस्ता विषयहरुमा सहभागी प्रतिनिधिहरुले छलफल पश्चात निकालेका निष्कर्ष आगामी दिनमा उपयोगी हुने उनले बताए।
त्यसैगरी नेपालको प्रस्ताव मुताविक काठमाडौँस्थित लेभल ४ को वीरेन्द्र अस्पताललाई संयुक्त राष्ट्र डिसइन्गेजमेन्ट अपरेशन फोर्स, सिरियामा रहेको लेभल १+ को अस्पतालमा टेलिमेडिसिनका लागि सम्बद्ध गराउने विषयमा तत्काल आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिए। उनले विश्वमा सबैभन्दा बढी महिला शान्ति सैनिकहरु पठाउने राष्ट्र नेपाल रहेको र महिला शान्ति सैनिकहरुले बासस्थान लगायत दुर्गम स्थानहरुमा खट्टिदा भोगिरहेका चुनौतीहरुलाई संयुक्त राष्ट्रसंघले विशेष रुपले सम्बोधन गर्ने समेत बताए।
समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, पूर्व प्रधान सेनापतिहरु, संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधि कार्यालय (OICT) का सहायक महासचिव बर्नार्डो मारियानो जुनियर र मानवीय संसाधनका सहायक महासचिव मार्था हेलेना लोपेज, रक्षा सचिव, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु, राजदूतहरु, नेपालस्थित संयुक्त राष्ट्रसंघका निवासी संयोजक तथा प्रतिनिधिहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, संयुक्त राष्ट्र, डिसइन्गेजमेन्ट फोर्सका फोर्स कमाण्डरलगायत विभिन्न ११ वटा शान्ति मिशनका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघका ४२ वटा सदस्य राष्ट्रका प्रतिनिधिहरु तथा विषयविज्ञहरुको उपस्थिती रहेको थियो।
संगोष्ठीको सफल आयोजनाबाट नेपाललाई विश्वस्तरिय र महत्वपूर्ण विषयहरुमा बृहद कार्यक्रम आयोजना गर्न सक्षम भरोसायोग्य सदस्य राष्ट्रको रुपमा संयुक्त राष्ट्रसंघ समक्ष प्रस्तुत गर्नुका साथै पर्यटकहरुका लागि सुरक्षित गन्तव्यका रुपमा पुनर्स्थापित भएको सन्देश प्रवाहित गर्न समेत योगदान पुगेको विश्वास गरिएको छ। |
स्लो बाइक प्रतिस्पर्धा सम्पन्न काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिले काठमाडौं हाँडीगाउँस्थित भत्केकोपुलमा स्लो बाइक प्रतिस्पर्धा सम्पन्न गरेको छ। बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने मुल उद्देश्यले ‘स्लो राइट लङ लाइफ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा आयोजना गरिएको हो।
१८० प्रतिस्पर्धीहरूको सहभागीता रहेको प्रतिस्पर्धामा राजकुमार कार्की प्रथम, सुजार तामाङ द्वितीय र चन्द्रमान तामाङ तृतीय भएका छन्। प्रथम हुनेले ३२ हजार त्यस्तै द्वितीयले २० हजार र तृतीयले १० हजार नगद राशी र प्रमाणपत्र पुरस्कार पाएका छन्।
कार्यक्रमको अध्यक्षता महानगर अध्यक्षता महानगर अध्यक्ष दिपेश सुधाकार तथा प्रमुख अतिथि युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे रहेका थिए।
राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिद्वारा आयोजित स्लो बाइक कम्पिटिसन हाडिगाउँ स्थित भत्केपुलमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि थेवेले स्लो राइट पनि ट्राफिक नियम भएको बताए। कार्यक्रमबाट आफूले प्रेरणा पाएको भन्दै उनले हाइस्पिटले धेरै युवाहरूको ज्यान गइहेको बताए।
यो कार्यक्रम मनोरञ्जन र माइन्ड गेम दुबै भएको बताए। युवा संघले युवालाई मुख्य केन्द्रमा राखेर अघि बढेको भन्दै विगतमा पनि युवाका लागि युवा संघले धेरै काम गरेको स्मरण गरे।
बढ्दै गएको गाडिहरूको दुर्गटना न्यूनिकरण ,समय भन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्न पर्ने भन्ने मूल नाराका साथ आजको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य कमरेड रामेश्वर फुयाल, काठमाडौं पार्टी जिल्ला सचिव राजेश शाक्य, महानगर अध्यक्ष कमरेड निर्मल देउला, अतिथि राष्ट्रिय युवा संघ नेपाल उपाध्यक्ष कमरेड सिता सुवेदी ,केन्द्रीय सचिव खेमराज शर्मा, काठमाडौं महानगर साइबर सर्कल प्रमुख अजित कुमार लामा, युथ फोर्स प्रमुख अमित पौडेल, प्रेस चौतारी काठमाडौंका सचिव लक्ष्मण शर्मा र विभिन्न तह अतिथिहरूको सहभागिता रहेको युवा संघका प्रवक्ता निरज पाैडेलले जानकारी दिए। |
अपडेट : ताप्लेजुङमा पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र फुङ्लिङ। ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो।
निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका-६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन्। मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन्।
यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ। बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ।
यता वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।
यद्यपि मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताइन्।
यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ-ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ।
स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका-३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ। त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए।
यस्तै सिरिजंघा गाउँपालिका-८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ। स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन्।
त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दोभान बजारका स्थानीय टंकप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ।
मैवाखोला गाउँपालिका-६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन्। ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ।
जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुंगे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ। वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ।
अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताइन्। उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिइन्।
प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेका छन्।
मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध
मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ। पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए।
तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन्। हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम-इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ।
प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिराले बगाएको छ। उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ।
दोभान वारि-पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई-क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कबिच्छेद भएको डिएसपी लिम्बूले जानकारी दिए।
यस्तै सिरिजंघा गाउँपालिका-४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ।
विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन्। रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ । गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले संकलन गरिरहेकाले यकिन विवरण आउन बाँकी छ। रासस |
गोकर्णेश्वरका मेयर र प्रशासकीय अधिकृत विरूद्ध निकुञ्जकाे मुद्दा, धराैटीमा रिहा काठमाडौं। राष्ट्रिय निकुन्जको मध्ववर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रुख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटा माथी मुद्दा परेको छ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमति नलिई जथाभावी डोजर स्काभेटर चलाएपछि उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार मुद्दा दायर गरिएको हो।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गणेश पन्तका अनुसार उक्त मुद्दामा मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटा जनही ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। पछि ठहरे बमोजिम हुने गरी उनीहरू धरौटीमा रिहा भएको पन्तको भनाइ छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा ६ मा अनुमति नलिई राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काम गरे बिगो कायम भए बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद र बिगो कायम नभएको कसूरमा कसूरको मात्रा हेरी बीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने छ भन्ने व्यवस्था रहेको छ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग अनुमति नै नलिई गोकर्णेश्वर नगरपालिकाले खेलकुद मैदान बनाउन शिवपुरीको डाँडामा डोजर स्काभेटर चलाएको थियो। उक्त बदमासीमा मुद्धा परे पनि गोकर्णेश्वरका मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई मुद्दा दायर गरेर खुसुक्क धरौटीमा छाडिएको पाइएको छ।
स्काभेटर लिएर जाने तरुण दलका क्षेत्रीय नेता एवं स्थानीय खेलकुद समितिका सभापति सञ्जय लामालाई भने जोगाइएको छ। उनका सहोदर दाई कुमार लामा मेयर रिसालका वरिष्ठ राजनीतिक सल्लाहकार छन्।
गोकर्णेश्वरका मेयर रिसाल, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका तत्कालीन प्रमुख लक्ष्मणप्रसाद पौड्यालको मिलेमतोमा मुद्दा भने केही कमजोर पारेको पाइन्छ।
निकुन्जले गत २०७९ फागुन १८ गते शाखा अधिकृत आनन्दराम श्रेष्ठको संयोजकत्वमा बनाएको छानबिन समितिले अवैध रुपमा डोजर चलाएको र रुख काटेको प्रतिवेदन पेश गरेको थियो। त्यसलगत्तै फागुन २९ अनुसन्धान अधिकृत तोकेर अभियोपत्र दर्ता गर्न भनियो।
सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठलाई अनुसन्धान अधिकृत समेत तोकियो। तर, कार्यालय प्रमुख पौड्यालको चलखेलका कारण अभियोगपत्र ढिला गरी दर्ता हुन पुगेको थियो।
निकुञ्जले गठन गरेको श्रेष्ठ नेतृत्वको समितिको प्रतिवेदनले दुईवटा विषयमा मुद्दा चलाउनु पर्ने आधार प्रस्तुत गरेको थियो।
पहिलो, रुख काटेकोमा अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने र दोस्रो निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्वीकृति लिएर मात्र योजना र निर्माण गर्नु पर्नेमा नलिई कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्नेमा त्यस्तोसमेत नगरेकोले विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको थियो, निकुञ्जका एक कर्मचारीले भने।
अनुमति नलिएकाले उनी माथि १ वर्षसम्म कैद, रुख काटेकोमा अर्को सजाय र वातावरणीय प्रभाव मूल्यांकन नगरेकामा वातावरण संरक्षण ऐन अनुसार ५० लाख रुपैयाँसम्म जरिवान हुने व्यवस्था रहेको छ। निकुञ्जले रुख काटेको विषयमा भने स्थानीय सानु तामाङलाई अघि सारेको छ।
मेयर रिसाल, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र निकुञ्ज कार्यालय प्रमुख पौड्यालको मिलेमतोमा उक्त सेटिङ मिलाइएको थोरै रकमको धरौटी लिएर छुटाईको स्थानियले बताएका छन्। न्युजकारखाना
|
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।
कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने काठमाडौं। डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ ।
आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए।
‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत् सम्मेलन हो । कन्क्लेभमा नेपाल, भारत, बङ्गलादेश, दक्षिण कोरिया, सिङ्गापुर, अमेरिकालगायत मुलुकबाट प्रस्तुतिको लागि विज्ञहरूको उपस्थिति हुनेछ ।
कन्क्लेभ आयोजनाका लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । ह्वावे नेपालका सिइओ हवांङ जुन र फाउन्डेसनका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।
डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरू एकै ठाउँमा उपस्थित हुनेछन् । कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।
यस वर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक अनुसन्धान पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ । कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेसको पनि आयोजना गर्दैछ, जहाँ फाइभजी, एआइलगायतका नयाँ प्रविधिका बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ । |
करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु गौर । रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ । |
सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए। मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडकखण्डको अनुगमन गरेको थियो।
सूर्यविनायक-धुलिखेल सडकखण्ड दुई खण्डमा विभाजन गरी हाल सडक विस्तारको काम भइरहेको छ । हाल सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।
कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्ड विस्तारको काम गत वर्षबाट सुरु गरिएको हो । झन्डै रु आठ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको सडकखण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिए।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ-बायाँ पाँच-पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ । |
चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछः उपराष्ट्रपति त्रिवेणी। उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन्। नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताए।
उनले चुरेको विनाशले पानीको स्रोतमा कमी हुँदा तराई–मधेस सुक्खा र मरुभूमिकरणमा परिणत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए। उनले भने, “तराई–मधेसमा पानीको स्रोत मानिने चुरे, भावर र तराई मधेस परस्पर अन्योयाश्रित छ। यसको विनाशले पानीको स्रोतमा कमी हुँदा नेपालको अन्न भण्डारको रूपमा रहेको मधेस सुक्खा र मरभूमिकरणमा परिणत हुनसक्छ।”
जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको भन्दै उपराष्ट्रपति यादवले यसको संरक्षणमा लाग्नुपर्ने बताए। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरको समन्वयमा नवौँ चुरे संरक्षण दिवसका अवसरमा आज कावासोतीमा वृक्षरोपण गरिएको हो।
कावासोती नगरपालिका–६ स्थित विष्णुनगर सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा १० हजार बिरुवा रोप्ने योजना रहेको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरका प्रमुख सेनानी दीपेन्द्र बोगटीले बताए।
आज वृक्षरोपणको उद्घाटन गरिएको मौसमको अनुकूलता हेरी चाँडै यस क्षेत्रमा १० हजार बिरुवा लगाइने उनले बताए। विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोपिने उनले बताए। |
कृतिका बनिन् मिस एसईई नेसनल २०२३ काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।
युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।
३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।
विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् । |
तिनाउमा डुबेर युवकको मृत्यु बुटवल। तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए।
परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए। |
बर्सेनि किसानलाई रासायनिक मलकै चिन्ता ललितपुर। खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।
धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ ।
ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्ड टे«डिङमार्फत महानगरले एक हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ ।
ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन्।
उनले भने, “ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र कसानले खेती गरिरहेका छन् । चालु आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।”
“अन्य जिल्लामा जस्तै काठमाडौँ उपत्यकामा गाई, भैँसी पालन कम गरिएको हुँदा किसानले प्रयाप्त प्राङ्गारिक मल उत्पादन गर्न सकेका छैनन् र हामीले पनि किसानलाई रसायनिक मल प्रयाप्त रुपमा उपलब्ध गराउन सकिरहेका छैनौँ । अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउनुहुन्छ । माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन । हामीलाई पनि चिन्ता छ ।” उनले भने, “खेतीपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन्।” |
५६ टिकट काउण्टर थपियो काठमाडाैं। काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।
काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो।
यसअघि काठमाडौंभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो।
काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो।
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोंगबु, कलंकी, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए।
महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन्। माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ।
नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताए।
“नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ”, उनले भने।
यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए। यसअघि काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र वल्खुबाट हेटौंडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका थिए।
काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो। एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्नमिल्ने क्षमता रहेको छ। रासस |
अब ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध हुने काठमाडौं। राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी भाेली अर्थात आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो।
परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। ‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौं,’ उनले भने।
यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो।
यस्तै, सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो। विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दरपदा सापकोटाले जानकारी दिइन्।
परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागू गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन्। |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडाैं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
|
वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सेवा सुरु वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निःशुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो ।
महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।
महानगरप्रमुख राजेशमान सिंहले आज औपचारिक कार्यक्रम गरी फ्रि वाईफाई सेवाको सुरुआत गरे । उनले महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरका रूपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताए ।
महानगरलाई आईटी हब बनाउने आफ्नो घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफू लागि परेको पनि उनले बताए । हाललाई हरेक स्थानमा दुई एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चापको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।
आफूहरुले चुस्त सेवा दिने गरी महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेड वीरगञ्ज शाखाका शाखा प्रबन्धक अरफात देवानले जानकारी दिए । |
null |
नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए ।
“एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स संक्रमण पुष्टि भएको हो ।”
मङकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ । मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ ।
यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ । |
भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु चितवन । भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह १२ः४५ बजेको समयमा नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको छ ।
देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए । |
व्यावसायिक लागत घटाउन सरकारले काम गर्छः मुख्य सचिव अर्याल काठमाडौं। नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए।
मुख्यसचिव अर्यालसँग महासङ्घका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो ।
भेटका क्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई वधाइ दिनुहुँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरे ।
यसैगरी अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संसोधनका लागि पहल गर्न आग्रह गरे ।
महासङ्घले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए। यस विषयमा मुख्य सचिव अर्यालले गृह मन्त्रालयसँग समन्वय गर्ने जवाफ दिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ढाकालले जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगरउद्योग वाणिज्य सङ्घले आयोजना गर्नेगरी प्रावधान बनाइनुपर्ने माग माग गरे।
भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रबारे सरकारको प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए । महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए। |
कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन, दुई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन रहेको पाइएको छ । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधिहरु विक्री बितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्दै आएका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरक ३९ वर्षीय गोकुल मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । |
साथीको हत्या गरी फरार अभियुक्त पक्राउ लुम्बिनी। रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए । अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए ।
तिलोत्तमा नगरपालिका वडा नं. १६ पुर्व बहियामा मङ्गलबार साँझ देवनाथ कँवरको जस्ताले छाएको पक्की खाली घरमा एक जना पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले ज्ञानबहादुरलाई रुपन्देही तिलोत्तमा नगरपालिका–११ रामनगरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार प्रक्राउ गरेको हो । प्रहरीले अभियुक्तका विरुद्ध कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले मृतक र अभियुक्त दुवै जना सँगै बस्ने र लागुऔषध सेवन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ । |
पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले भने- न्यायलय सुधारका लागि कार्यकाल छोटो हुनु\नहुनुले असर पर्दैन काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले पञ्चबर्षिय रणनीतिक योजना र बार्षिक कार्ययोजनालाई कार्यान्वयमा लैजादै न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका हुन्।
उनाले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुले कुनै असर नपर्ने भन्दै आफु पछि पनि सुधारका योजनालाई कार्यान्वयन हुने विश्वास व्यक्त गरे। त्यस्तै उनले आफु कामु हुदा पनि न्याय निरुपणदेखि प्रशासनको चूस्तताका लागि कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको धारणा राखे।
कार्कीलाइ शुक्रबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो। यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै छन्। |
‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो काठमाडौं। स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा किलोमिटर गुड्न सफल भएको छ।
इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो। ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको जनाइएको छ।
‘एनआइयू’को पोर्टफोलियोमा छ सिरिजका दुई पाङ्गे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा मौसम बोहराले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिए।
लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर कम्पनीले विकसित गरेका ‘एनआइयू’ चौथो पुस्ताको ब्याट्री समेत नेपाल भित्रिसकेको छ। उनले चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको जानकारी दिए।
यस्ता सवारी साधनमा ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ। व्यवस्थापन निर्देशक डा बोहराले भने, “ यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ। आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ । यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन।”
एनआइयू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ।
पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ। यस्ता सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ। ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको उनले बताए। |
गोरखामा लोपोउन्मुख तामे सालक भेटियो गोरखा। गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।
फेला परेकोे उक्त सालकलाई डिभिजन वन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उनले बताए। “आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने। सालकको आहारा कमिला, धमिरा लगायतका कीरो भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ ।
यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुन्द्र सतहदेखि एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा पाइने वन अधिकृत गोेपालीले जानकारी दिए।
उद्धार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको जङ्गलमा लगेर छाडिएको उनले बताए। विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने वन अधिकृत गोेपालीले भनाइ छ । |
महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित काठमाडौं । नेपाल प्रहरीका एसएसपी योगबहादुर पाललाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधानकार्यालयको सिफारिसमा उनलाई मन्त्रालयले निलम्बन गरेको हो ।
प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी पाललाई गृह मन्त्रालयले आज निलम्बन गरेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए । प्रहरी प्रधानकार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले निलम्बनका लागि सिफरिस गएको तर निलम्बन भएको पत्र आइनसकेको बताए ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए । बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुव्र्यवहार गरेका थिए ।
ती महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बनका लागि पत्रचार गरिएको थियो । उनका विरुद्ध गत जेठ १९ मा उजुरी परेको थियो । गत १९ जेठमा एक महिला प्रहरीलाई दुव्र्यवहार गरेको घटनामा प्रहरी प्रधान कार्यालयले उनलाई त्यहाँबाट सरुवा गरेर छानबिन गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा समिति गठन भई छानबिन समितिले एसएसपी पालको गल्ती देखाएको थियो । सो छानबिनका क्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूहरूलाई समेत एसएसपी पालले दुव्र्यवहार गर्दै आएको सुनाएका थिए ।
छानबिन समितिले १९ जेठको घटनाबारे कार्यालयका प्रहरी कर्मचारीसँग सोधपुछ गरेको थियो । जसक्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूमाथि एसएसपी पालले गरेको दुर्व्यवहारका घटना सुनाएका थिए । |
६० प्रतिशत मै राष्ट्रपतिको मुटुको नशा छेडियो काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्टेन्ट राख्दा जम्मा ६० प्रतिशतमात्र व्लकेटमै राखिएको पत्ता लागेको छ।
मेडिकल साइन्समा सामान्यतया ८० प्रतिशत व्लकेड हुँदामात्र स्टेन्ट राख्ने उपयुक्त मानिन्छ। यो विषयलाई लिएर गंगालाल हदयरोग केन्द्रमा डाक्टरहरु बीच मतभिन्नतासमेत आएको थाहा भएको छ।
मंगलबार मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको नशामा स्टेन्ट (बन्द भएको नशा खुलाउन जाली हाल्ने र नशा खोलेर रगत संचालन गर्ने) गरिएको थियो।
तर राष्ट्रपति पौडेलको नशाको स्टेन्ट गर्ने कि नगर्ने भन्ने विषयमा केही समय राष्ट्रपतिको मुटुको उपचारमा संलग्न डा.रवि मल्ल र गंगालाल अस्पतालका कार्यकारी निर्देशन डा.चन्द्रमणि अधिकारीबीच निकै कडा छलफल नै भएको थियो।
सामान्यतया नशा ८० प्रतिशत बन्द भयो भने मात्रै अपरेशन गर्ने मेडिकल प्राक्टिस हुन्छ। तर राष्ट्रपतिको नशा ६० प्रतिशत मात्रै बन्द भएको बेला किन अपरेशन गरियो भन्ने विषय अहिले मेडिकल क्षेत्रमा चर्चामा रहेको छ।
एक वरिष्ठ मुटुरोग विशेषज्ञले सामान्यतया मुटुको नशा ८० प्रतिशत बन्द भयो भने मात्रै स्टेन्ट गर्ने गरिने बताए। ‘८० प्रतिशत नशा बन्द भएको छ भने स्टेन्ट गर्ने प्रचलन छ। तर कहिलेकाहीँ विरामीको अवस्था हेरेर त्यो भन्दा कम बन्द भएको भए पनि स्टेन्ट गरिन्छ,’ उनले भने।
सामान्यतया नशा ८० प्रतिशत बन्द भयो भने मात्रै अपरेशन गर्ने मेडिकल प्राक्टिस हुन्छ। तर राष्ट्रपतिको नशा ६० प्रतिशत मात्रै बन्द भएको बेला किन अपरेशन गरियो भन्ने विषय अहिले मेडिकल क्षेत्रमा चर्चामा रहेको छ।
६० प्रतिशतमात्रै बन्द भएको नशाको स्टेन्ट गर्ने नगर्ने विषयमा चिकित्सकहरु निष्कर्षमा पुग्न नसकेपछि राष्ट्रपति स्वयंले नै स्टेन्ट गर्न आग्रह गरेकोले काम अघि बढाइएको गंगालाल अस्पताल स्रोतले बतायो। त्यसपछि उनको नशाको स्टेन्ट गरिएको थियो।
यद्यपि राष्ट्रपति जस्तो गरियामय पदमा रहेको व्यक्तिको स्टेन्ट गर्दा मेडिकल प्राक्टिस अनुसार नभएको भन्दै स्वास्थ्य क्षेत्रमा विरोध भएको छ। विरामीले भने पनि मुटु खोल्ने काम हुनु उचित नहुने उनीहरुको भनाइ छ।
कतिपयले भने यो विषयलाई राष्ट्रपतिजस्तो मुलुकको अति महत्वपूर्ण पदमा आसीन व्यक्तिको स्वास्थ्यमा खेलवाड गरिएको पनि दावी गरेका छन्।
सरकारी र निजी अस्पतालमा मेडिकल क्षेत्रका स्टेन्टका व्यापारीले सामान बिक्री गर्न सामान्य नशा बन्दा हुने वित्तिकै स्टेन्ट गर्न डाक्टरलाई दबाव दिने र आर्थिक फाइदा हुने भएपछि कतिपय डाक्टरले पनि मेडिकल प्राक्टिस भन्दा बाहिर गएर नशाको अपरेशन गर्ने गरेको आरोप लाग्ने गरेको छ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनील थापाले अस्पतालमा राष्ट्रपतिको एनजीओग्राफी गरिएको र त्यो डाक्टरहरुकै निर्णयमा भएको बताए।
‘बिरामी भएर राष्ट्रपतिज्यू अस्पताल भर्ना हुनु भएको हो, त्यहाँ सम्पूर्ण चेकजाँच भएपछि एनजीओग्राफी गर्ने निर्णय डाक्टरहरुले नै गर्नु भएको हो,’ थापाले डिसी नेपालसँग भने। |
बिलबिजक भन्दा बढीको सामानसहित तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा मकवानपुर। बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जादैँ गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रक मध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ। |
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु सिन्धुली। सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए।
यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ। |
भ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न-नगराउन निर्देशन दिएका छन्।
मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै उक्त कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ।
मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिंग छनोट अन्त्य गर्न कार्यनीति लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ।
मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिंग पहिचान नगर्न भनिएको छ । |
आजको मौसम : मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। |
पहिरोमा पुरिएर नुवाकोटमा एकको मृत्यु नुवाकोट । बेलकोटगढी नगरपालिका–२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।
सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी–१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरीको भनाइ छ । |
कपडा पसलमा आगलागी, करोडौँको क्षति महेन्द्रनगर। धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ।
मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए।
स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा रू एक करोड बढीको क्षति भएको उनले जानकारी दिए।
प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए। उनले समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उनको भनाइ थियो। |
मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाइँ सुरु (फोटो फिचर) काठमाडौं। नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ। काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो।
|
बल्छी धुर्बे, राजु मास्टर, म्याकुरी, भटभटे माइला, एलिस राईसहित थुप्रै कलाकार पक्राउ काठमाडौं । अनलाइन सट्टेबाजीको प्रचारप्रसार गरेको आरोपमा चर्चित कलाकारहरु पक्राउ परेका छन् । उनीहरुमाथि अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोप छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार पक्राउ गरिएको जानकारी दिएको छ ।
यसरी पक्राउ परेका कलाकारहरुसहितका व्यक्तिहरुमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेका छन् ।
अहिले पक्राउ परेका कलाकारहरुमध्ये केही निकै चर्चित मान्छिन् । उनीहरुका युट्युब च्यानलमा धेरै सब्सक्राइबरहरु छन् । उनीहरुले अहिले पनि धेरै सिरियलहरु निर्माण गरिरहेका छन् । उनीहरुका टेलिसिरियलहरु पनि निकै लोकप्रिय छन् । उनीहरुले तिनै सिरियलहरुका भिडियोहरुसहित आफूले अपलोड गरेका भिडियोहरुमा बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेका थिए ।
उनीहरुले अपलोड गरेका केही भिडियोमा आफ्नो प्रोमो कोड प्रयोग गरे बेटिङ एपहरुमा धेरै बोनस वा छुट पाउन सकिने भन्दै प्रचारप्रसार गरिएको छ । तर, नेपालमा यी एप र प्लेटफर्महरु प्रतिबन्धित छन् । यी एपमा नेपाली सट्टेबाजले पैसा भुक्तानी गर्दा पनि वैधानिक बाटो अपनाउँदैनन् । त्यसैले यसलाई मनी लन्ड्रिङ अन्तर्गतको कसूर पनि मान्न सकिने अवस्था छ ।
प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले उनीहरुमाथि कुन कुन कसूर अन्तर्गत मुद्दा दर्ता गर्दैछ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि यसमा मुलुकी अपराध संहिताको धारा १२५ अन्तर्गत जुवा खेलेको वा सट्टेबाजी गरेको सँगै भुक्तानीमा वैधानिक बाटो प्रयोग नगरिएको हुँदा मनी लन्ड्रिङसम्मको कसूर आकर्षित हुने देखिएको छ । |
‘नियमितरूपमा रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस सम्पन्न काठमाडौँ। ‘नियमितरूपमा रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस १४ जून २०२३ साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले आज नेपा व्याङ्क्वेट खुसिबुँमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो।
टि.यु .लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टरका महासचिव अजय प्र. खनालले विश्व रक्तदाता दिवसका अवसरमा सम्पुर्ण रक्तदाताहरु प्रति नमन गरे। साथै, टि.यु .लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर आगामी श्रावण महिना भित्र संचालनमा आउने पनि बताए।
संस्थापक एवं बरिष्ठ सल्लाहकार सूर्य कुमारी श्रेष्ठ रक्तदाताहरुलाइ ब्लोदानले उत्प्रेरणा कार्यक्रम मार्फत सचेतना जगाउदै रक्तदानको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको बताइन्। ब्लोदानलाइ यस्तै रचनात्मक कार्य गर्दै जान शुभकामना व्यक्त गरिन्।
विश्व रक्तदाता दिवस समापन समारोहमा विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान र रक्तदाताका सम्बन्धमा जनचेतना मुलक कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्पन्न गर्ने विभिन्न संघ संस्थाहरुलाई १३ वटा विधामा सिल्ड सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।
साथै, ‘म रक्तदान गर्नेछु’ शिर्षकमा भएको उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध प्रतियोगितामा भाग लिइ ब्लोदानलाई निवन्ध पठाउने १४२ जना भाई बहिनीहरुको निवन्धमध्ये ३ जना भाईबहिनीहरुको निवन्ध उत्कृष्ठ भएको छ।
जसमा पहिलो स्थान हात पार्न सफल बुध्दनगर स्थित के.एम.सी स्कुलका कृतिका जि.सी उनले प्राप्त गरेको अंक ४२ रहेको थियो भने भक्तपुर स्थित सैनिक आवासिय माध्यामिक विद्यालयका आयुषा बन्जारा ४१.३३ अंकका साथ दोश्रो स्थान हात पार्न सफल भइन् भने काठमाडौँ जोरपाटी स्थित डाफोडिल पब्लीक स्कुलका अटलदेव ढकाल ४०.६७ अंकका साथ तेश्रो स्थान हात पारेका थिए। विजेता भाइ बहिनीहरुले जनही क्रमश ५०,०००।-, २५,०००।-, र १०,०००।- हात पारेका छन्। |
प्यारासुट स्किनप्योर फेसवाशले ल्यायो घाम र प्रदूषणसँग लड्न ब्राइटेनिंग गोटमिल्क फेसवाश काठमाडौँ। स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवाशले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश प्रस्तुत गर्दै आफ्नो पछिल्लो अभियान सुरु गरेको छ।
वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पुर्याउन सक्ने हानिकारक प्रभावहरूको बारेमा र यी चुनौतीहरूसँग लड्न शक्तिशाली समाधान प्रदान गर्न सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखेको छ।
ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्री सँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ। आजको द्रुत संसारमा हाम्रो छालाले निरन्तर विभिन्न अप्ठ्याराहरूको सामना गरिरहेको छ जसले यसलाई सुस्त, थकित र प्राकृतिक चमकरहित बनाउन सक्छ। प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने खालको हेरचाह उपलब्ध गराउँछ।
बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि जानिन्छ। अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित छ। प्यारासुट स्किनप्योरले फेसवाश बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरेको छ।
प्यारासुट स्किनप्योर फेसवासका बारेमा:
प्यारासुट स्किनप्योर फेसवास अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनी मारिको लिमिटेड अन्तर्गत छाला हेरचाह श्रेणीको ब्रान्ड हो। यो फेसवास तीन विभिन्न प्रकारमा उपलब्ध छ: चिल्लोपना नियन्त्रणका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ एलोभेरा फेसवाश, चमकका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश र एन्टी पिम्पलका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ ओरेन्ज फेसवाश।
मारिकोका बारेमा:
मारिको लिमिटेड विश्वव्यापी सौन्दर्य प्रसाधन र वेलनेस कोटिमा भारतको अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनीहरूमध्ये एक हो। मारिकोले कपालको हेरचाह, छालाको हेरचाह, खाने तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थ खाना, पुरुष ग्रूमिङ र कपडाको हेरचाहमा अग्रणी ब्रान्डहरूको संचालन गर्छ। आर्थिक वर्ष २०२०/२१ मा मारिकोले भारतमा र एशिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिकाका सीमित बजारहरू मार्फत् मात्र लगभग साँढे असी बिलियन (१.१ बिलियन डलर) को रेकर्ड कारोबार गरेको छ। |
बुधबारदेखि नेपाल भित्रियो मनसुन काठमाडाैं। नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार नेपालका अन्य भू-भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन फैलिँदै जाने छ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ। यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने जनाइएको छ।
यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो। गत वर्ष भने औसतमै वर्षा भएको थियो। नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगले बताए।
यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ।
पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। |
आजको मौसम: देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै मधेश प्रदेशको एक दुई स्थानमा लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ दमौली। तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ ।
विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्िगलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए।
उपरीक्षक विष्टले भने, “जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।”
निजहरूबीच सामाजिक सञ्जालमार्फत गत वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विष्टले भने, “शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्नेछ ।”
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए। उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए।
निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो । |
‘तपाईं १८ वर्ष पुग्नुभयो? जन्मदिनमा रक्तदान गर्नुभयो?’ अभियान सुरु भक्तपुर। तपाईं १८ वर्ष पुग्नुभयो ? तपाईंले रक्तदान सुरु गर्नुभयो? बालिग अवस्था पार गरेर १८ वर्षको किशोरावस्थामा प्रवेश गरेसँगै रक्तदान गर्न किशोर किशोरीलाई अभिपे्ररित गर्ने उदेश्यले भक्तपुरमा आजदेखि अभियान सुरु भएको छ ।
विश्व रक्तदाता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाजले संयुक्तरूपमा आज भक्तपुरमा आयोजना गरेको साइकल र्याली, रक्तदान तथा विविध कार्यक्रममा ‘प्रत्येक स्वस्थ युवा युवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियान सुरु गरेको हो ।
आज विशेष रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका १८ किशोरकिशोरीले पहिलो पटक रक्तदान गरेर यो अभियान सुरु गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिए ।
उनले कार्यक्रममा ३० जनाले रक्तदान गरेको बताए । उनका अनुसार प्रत्येक १८ वर्ष उमेर पुगेका किशोरकिशोरीले आफ्नो जन्मदिनको दिनमा रक्तदान गर्न प्रेरणा दिन अभियान सुरु गरिएको हो ।
एक स्वस्थ व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्नसक्ने भएकाले युवा युवतीलाई रक्तदानमा आकर्षित गरे नेपालमै रगतको अभाव नहुने उनको भनाइ थियो ।
त्यसैगरी दिवसकै अवसरमा आजै नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको कार्यालयबाट साइकल यात्राको आयोजना गरिएको थियो । साइकल यात्राको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले उद्घाटन गरे ।
रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले सुरु भएको साइकल यात्रा दूधपाटी, हाकुफो हिटी, ब्यासी, महालक्ष्मी, कमलविनायक, च्यामासिंह, दत्तात्रय, तौमढी, राम मन्दिर, सूर्यविनायक, चुनदेवी, सल्लाघारी, तीनकुने, चोंगा गणेश, सिद्धपोखरी हुँदै आठ किलोमिटरको यात्रा पार गर्दै दूधपाटी आएर समापन भएको थियो ।
र्याली सम्पन्नपश्चात सुरु भएको सम्मान एवं दैनिक रगत सङ्कलन अभियान घोषणा कार्यक्रममा एक वर्षभरि रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्था र नियमित रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो ।
त्यसअवसरमा एक सय ७४ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्यको रचना, सुमन सिंहको सङ्गीत संयोजन, मनराजा नकर्मीको सङ्गीत र रत्नशोभा महर्जन, सिर्जना श्रेष्ठ, प्रगति महरा बीना भट्टराई, नसना महर्जन, दुर्गा अधिकारी, काव्या आचार्य, खुसी थुलुङ, सानुबाबु महर्जन, शशिविक्रम थापा, मोहित श्रेष्ठ, बेनुप क्षत्री, भिषण राई, मीन गुरुङ, कर्ण मुखिया एवं पुष्पराज बरालको स्वर रहेको रक्तदातासम्बन्धी गीत प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले सार्वजनिक गरे ।
कार्यक्रममा सांसद थापा र बागमती प्रदेशसभा सदस्य एवं रेडक्रसकर्मी किरण थापाले रक्तदान जीवन दान हो भन्ने भनाइलाई सबैले व्यवहारमै उतार्नसके मात्रै रगतको अभाव कहिल्यै नहुने बताए । यहाँका जनताले निःशुल्क रगत पाउने व्यवस्था नगरपालिकाले गरिदिँदा धेरै विपन्न परिवारलाई राहत पुगेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले अब आफूले मात्र होइन अरुलाई पनि रक्तदान गर्न अभिप्रेरित गरौँ भन्ने सन्देश देशभरि फैलाउनुपर्ने बताए ।
रेडक्रस सोसाइटी भक्तपुर शाखाले अहिलेसम्म २९ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेको र ५१ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको बताउँदै रगत आवश्यक पर्दा बिरामीको आफन्तको पहिलो रोजाइ भक्तपुर पर्ने गरेको स्मरण गरे ।
उनले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई अहिलेसम्म पूरा गर्दै आएको उल्लेख गर्दै उनले रगतको माग अत्यधिक रहेको तर सङ्कलन कम रहेकाले यो अभियानलाई शतप्रतिशत उपलब्धिमा पुर्याउन प्रयास गरिरहेको र अहिले ५१ प्रतिशत पूरा गरेको बताए ।
रक्तदाता संस्थाले वर्षमा कम्तीमा तीन पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरी अभियान चाल्नुपर्ने बताउँदै उनले रेडक्रसले दैनिक रगत सङ्कलन अभियान सञ्चालन गरेको जानकारी दिए ।
उनले भक्तपुरबाट रगतको किनबेचको अवस्था अन्त्य गरेको बताउँदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत सङ्कलन गरिरहेको जानकारी दिए ।
बिरामीका लागि चिकित्सकले रगत आवश्यक छ भनेर लेखिदिनेबित्तिकै ठूलो तनावको अवस्था आउने भएकाले त्यस्तो तनाव नलिई भक्तपुरमा आउन उनले आह्वान गरे। |
बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए ।
यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटनालगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.