content
stringlengths 20
64.1k
⌀ |
---|
मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु महेन्द्रनगर । करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ४४ वर्षीय अमर विष्टको ज्यान गएको छ । घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
|
स्कुटर दुर्घटनामा घाइते भएकी पत्रकार शाहीले गरिन् सहयोगको अपिल धनगढी। सडक दुर्घटनामा परेकी धनगढीकी पत्रकार बिना शाहीले उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोगको अपिल गरेकी छन् ।
धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गर्दै आएकी शाही मंगलबार सडक दुर्घटनामा परेकी हुन् । धनगढीस्थित चटकपुरमा कार्यालय जाने समयमा उनको स्कुटर दुर्घटना परेको थियो । उनी धनगढीबाट अत्तरिया (टिभी टुडेको कार्यालय) जान लागेकी थिइन् ।
कार्यालय जाने क्रममा उनको स्कुटर ठोक्किएर दुर्घटना भएपछि खुट्टामा चोट लागेको छ । उनलाई दुर्घटनापछि धनगढीकै स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनको देब्रे खुट्टा भाचिएको भन्दै हिजै पहिलो चरणको शल्यक्रियासमेत गरेको छ ।
अस्पतालले उनलाई कम्तीमा एक हप्ता अस्पतालमै राखेर थप उपचार गर्नुपर्ने जनाएको छ । त्यसका लागि महँगो खर्च लाग्ने भएपछि पत्रकारिता गरेर पढ्दै आएकी उनलाई उपचारमा थप समस्या भएको छ ।
उपचारमा समस्या भएपछि उनले आफ्नो स्वास्थ्य उपचारार्थमा सहयोगलागि अपील समेत गरेकी छन् । सहयोगका लागि ९८४४५८११८० मा सम्पर्क गर्न आग्रह गरिएको छ । |
मण्डपबाटै पक्राउ परेका बेहुलालाई पाँच दिन थुनामा राख्न अनुमति काठमाडौं । काठमाडौं जिल्ला अदालतले मागे जति दाइजो नदिएकाले विवाह तोड्ने धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुलालाई थुनामा राख्न पाँच दिन म्याद दिएको छ ।
सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।
विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् । रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । |
मिनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गाः सिआइबी काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको ।
कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरुङ र उनको परिवारको नाममा २९ रोपनी ललिता निवासको जग्गा रहेको पाइएको जानकारी दिए। उनले अन्यको हकमा चार, पाँच रोपनी जग्गा रहेको देखिएको बताए।
यस्तै अर्का पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको आरोप लगाइएको छ । प्रहरीले मङ्गलबार गुरुङ र शाहसहित धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
सर्वोच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये अन्य तीन जनालाई भने कागज गराएर हिजो नै छाडिएको थियो । सिआइबीका अनुसार उनीहरुलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख र कपाली कर्मचारी हुन् ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि सिआइबीले पुन अनुसन्धान थालेको हो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ । |
सङ्घको प्रश्न- गलैँचामा भ्याट किन? काठमाडौं। नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यावहारिक रहेको जनाउँदै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।
सङ्घले आज पत्रकार सम्मेलन गरी वार्षिकरूपमा रु ५० लाखभन्दा कम कारोबार हुने उद्योग भ्याटमा दर्ता हुनु र जान नपर्ने स्पष्ट कानूनी व्यवस्था नरहेकाले समयमै निर्णय फिर्ता लिन सुझाव दिएको हो ।
सो अवसरमा सङ्घका अध्यक्ष तेन्जिङ गुरुङले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुई दशमलव १६ प्रतिशत योगदान पुर्याउँदै आएको गलैँचा उद्योगलाई यस वर्षको बजेट वक्तव्यबाट सरकारको प्राथमिकताबाट हटाइएको भान भएको प्रतिक्रिया दिए।
उनले भने, “सुविधा र सहुलियत दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढाउने कार्यमा सरकारको सहयोग र समन्वय आवश्यक छ ।” सरकारको पछिल्लो निर्णयबाट नेपाली गलैँचाको उत्पादन लागत मात्र नभई मूल्यसमेत बढ्न गई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती खडा हुने उनको भनाइ थियो ।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आगामी आर्थिक वर्षमा गलैँचा उद्योगसँग सम्बन्धित व्यवस्थालाई पुनर्विचार गरी पूर्ववत् यथावत व्यवस्था कायम गरिदन सङ्घ सरकारसमक्ष अपील गर्दछ ।”
करिब दुई सयको सङ्ख्यामा गलैँचा उत्पादक तथा निकासीकर्ता आबद्ध रहेको सङ्घले नेपाली गलैँचा उद्योगको संवर्द्धन, प्रवर्द्धन तथा विकासमा आवश्यक सहयोग र समन्वय गर्दैआएको छ ।
मुलुकको निकासीजन्य सामग्री उत्पादन गर्ने प्रमुख उद्योगका रूपमा रहेको गलैँचा उद्योगले वार्षिक रु १० अर्ब बराबरको सामग्री निकासी गरी भुक्तानी सन्तुलनमा टेवा पुर्याउँदै आएको छ । गलैँचा उद्योगले करिब दुई लाखलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दैआएको महासचिव बलराम गुरुङले बताए।
देशका अशिक्षित एवं गरिबीको रेखामुनि जीवनयापन गरिरहेका र सीमान्तकृत समूहलाई उद्योगले प्रत्यक्षरूपमा रोजगारी प्रदान गरेको सङ्घको दाबी छ । मुलुकको आयात र निर्यातबीच रही आएको ठूलो खाडल हटाएर सन्तुलन गर्न गलैँचा उद्योगले केही हदसम्म योगदान पुर्याइरहेको छ ।
सरकारले भ्याटसम्बन्धी गरेको निर्णयले वैदेशिक निर्यातमा ३० प्रतिशत गिरावट आउने जनाउँदै सङ्घले फिर्ता लिन अनुरोध गरेको उनले बताए । नेपालले गलैँचाका लागि चाहिने आवश्यक कच्चा पदार्थअर्थात् ऊन न्यूजिल्याण्ड र तिब्बतबाट ल्याउने गरेको छ । अल्लो, गाँजा, केराको रेशा तथा रेशमी धागो प्रयोग हुने भएकाले नेपाली गलैँचा अरु देशको तुलनामा सरदरमा २० प्रतिशत महँगो भए पनि गुणस्तरीय हुने गरेको निर्यातकर्ताको दाबी छ ।
कतिपय अवस्थामा एउटा गलैँचा तयार गर्न तीनदेखि छ महिनासम्म लाग्ने र त्यसको मूल्य रु ४० लाखसम्म पर्ने जानकारी सो अवसरमा दिइयो । नेपालसँग कुनै बेला वार्षिक ३३ लाख वर्गमिटरसम्म गलैँचा उत्पादन गरेको रेकर्ड रहेकामा हाल वार्षिक चार लाख वर्गमिटर उत्पादन हुँदैआएको छ । |
एकल पुरुषलाई विदुर भत्ता जुम्ला। यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ ।
आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।
आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् ।
कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताइन् ।
वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहँु पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिबीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सोभन्दा माथिका पदधारण गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४ औँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए। |
‘मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू हुँदैन’ काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले अनुसन्धान अघि बढाएको जनाएको छ।
सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले चारजनालाई पक्राउ गरि अनुसन्धान गरिएको जनाएको हो।
ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेपनि तीन जनाले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो।
अहिले काठमाडौं महानगरपालिका-६ का मीनबहादुर गुरुङ, रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका-३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका-४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उहाले जानकारी दिए। उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पारे।
पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने गरी काम गरिरहेको बताइन्। |
पशुपतिनाथ मन्दिरमा आज जलहरी पुनर्स्थापना गरिँदै काठमाडौं। आइतबार पशुपतिनाथ मन्दिरबाट निकालिएको जलहरी आज पुनर्स्थापना गरिने भएको छ।
जलहरी बनाउँदा लागेको सुनको तौलमा विवाद भएपछि आइतबार अख्तियार दुरुपयोग अनुन्धान आयोगले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो।
जलहरीको नापतौल र परीक्षण पूरा भएपछि आज चार बजेपछि जलहरी पुनर्स्थापना गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। त्यसका लागि अख्तियारको टोली पशुपतिनाथमा पुगिसकेको छ।
जलहरी पुनर्स्थापना गर्न मंगलबार राति भारतबाट लाहा ल्याइएको थियो। कोषका अनुसार मंगलबार भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको छ।
कोषका अनुसार नियमित पूजा र आरती गरिसकेपछि अपरान्ह चार बजे जलहरी पुनस्र्थापना गरिने छ। जलहरी पुनस्र्थापना गरेपछि क्षमापूजा गरिने कोषले जनाएको छ। आज जलहरी पुनस्र्थापना गरिने भएपछि पशुपतिनाथ मन्दिर परिषदका सुरक्षा व्यवस्था कडा पारिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियो। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।
स्रोतका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ।
सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ। |
गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ काठमाडौँ। गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
हेवाखोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। यातायात नियमित गर्न मंगलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो।
हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ।
यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मंगलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो। पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो। प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो। |
वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन्।
वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ। ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन्।
अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्नेलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताइन्। अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उनले बताइन्।
संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा एक सय ८८ मुद्दा दर्ता भएका छन्। तथ्यांकनुसार ठगीमा पर्नेको सङ्ख्या सबैभन्दा बढी छ। एक सय ८८ मध्ये एक सय १८ मुद्दा ठगीसम्बन्धी रहेका छन्। उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा छन्।
सुरक्षित आप्रवासन कार्यक्रममार्फत दर्ता भएकामध्ये ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई रु तीन करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताए। जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको छ। |
आजको मौसम: भारी वर्षा र हावा हुरीबाट हुने क्षतिबाट बच्न अनुराेध काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
कोशी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै यीनै प्रदेशहरूको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
भारी वर्षा, मेघ-गर्जन/चट्याङ र हावा हुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। |
करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ काठमाडौं। नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरी काठमाडौँ ल्याएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।
काफ्लेसमेतले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेको पाइएको छ ।
उनीहरूले लगानीको सुनिश्चितता नगरी पटक–पटक थप लगानी गर्न दबाब दिने र नगरेमा परिवारको सदस्यलाई मार्नेजस्ता धम्की दिई ठगी गरेको भनी प्रहरीमा उजुरी नै परेको थियो ।
उनीउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन्र) सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँ बबरमहलबाट सात दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
सुरक्षा घेराबाटै फरार भए भ्रष्टाचार आरोपी दीपकुमार बस्न्यात काठमाडौं। ललिता निवास प्रकरणको फाइल खोलिएसँगै पूर्वअख्तियार प्रमुख आयुक्त दीपकुमार बस्न्यात सुरक्षा घेराबाटै फरार भएका छन्।
उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित छ जनालाई पक्राउ गरिकेको छ।
स्रोतका अनुसार मंगलबार गुरुङ पक्राउ परेसँगै आफू पनि पक्राउ पर्न सक्ने देखिएपछि बस्न्यात एकाएक सम्पर्कविहिन भएका छन्।
बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएको ठहर गर्दै अख्तियारले भ्रष्टचारी ठहर गरेको, सम्पत्ति शुद्धिकरण विभाग र सीआईबीले अनुसन्धान गरिरहेका बस्न्यातलाई सरकारले छुट्टै सुरक्षाकर्मी खटाएको छ। उनको सुरक्षाको लागि सशस्त्रका ५ प्रहरी परिचालन गरिएको छ भने व्यक्तिगत सुरक्षाका लागि प्रहरी समेत खटाएको छ।
सुरक्षाकर्मीको घेरामा रहेका बस्न्यात फरार भएसँगै राज्यको समग्र सुरक्षा प्रणालीमाथि नै प्रश्न उठेको छ।
गृह मन्त्रालयले उनलाई अख्तियारका पूर्व प्रमुख आयुक्तको हैसियतमा नै सुरक्षाकर्मी खटाएको हो। तर उनी पूर्व प्रमुख आयुक्त भइसकेपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
राज्यको समग्र सुरक्षा प्रणाली कमजोर हुँदा यसरी व्यक्तिगत सुरक्षाका लागि खटाइएका प्रहरीकै सामुन्ने राज्यका विशिष्ट पदाधिकारी फरार हुनुले विशिष्ट व्यक्तिको सुरक्षामाथि शंका उब्जाएको छ।
हरेक नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने राज्यले विशिष्ट पदाधिकारी तथा पूर्व पदाधिकारीलाई सुरक्षा दिनु उसको दायित्व हो। तर पक्राउ पर्न सक्ने देखिएपछि सुरक्षा घेराबाटै उनी फरार हुनुले एकातिर सुरक्षा ब्यवस्थाप्रति प्रश्न उब्जाएको छ भने अर्कोतिर विशिष्ट पदाधिकारीहरुले सुरक्षा प्रणालीलाई कसरी दुरुपयोग गर्छन भन्ने उदाङ्गो पारिदिएको छ।
उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ बिगो माग राखी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो। ललिता निवास प्रकरणमा अख्तियारले उनीसँगै १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।
२०७७ मंसिर २८ मा विशेष अदालतले बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि उनी बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्च अदालतसम्म पुुगेका थिए। २०७८ वैशाख २४ मा सर्वोच्च अदालतले बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गरेको थियो। त्यसपछि २७ वैशाखमा धरौटी बुझाएर उनी रिहा भएका थिए।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ। सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ। |
मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने काठमाडौं। मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका–४, फाप्लुका डा मिङमार गेल्जेन शेर्पा र हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान गरिने भएको छ ।
फाउन्डेसनले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारेमा जानकारी गराएको हो । डा शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गर्नुभएको जनाइएको छ ।
यसैगरी मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलताको मानक कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आएको आजको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमिमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा तथा खेलकुदका क्षेत्रमा उल्लेख्य योगदान प्रदान गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गरिन लागेको जानकारी दिए ।
उनका अनुसार पुरस्कृत हुने उनीहरूलाई यही असार १४ गते मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमका बीच जनही रु एक लाख नगदसहितको सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै उनको व्यक्तित्वलाई सम्मान गर्न र उनको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गर्नुभएका व्यक्तित्वलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न प्रत्येक वर्ष मदन भण्डारी फाउण्डेशनले विसं २०६८ देखि मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा विसं २०७८ देखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति वा संस्थालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुुरस्कार प्रदान गर्दै आएको जनाइएको छ ।
जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउन्डेसनले विविध कार्यक्रम गर्दैआएको जनाएको छ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो । |
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाडियो काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।
उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए । शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गरेका थिए।
आज खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित सात जनालाई पक्राउ गरेको थियो । उद्यपि यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ ।
सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।
आज पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । उक्त घटनाका विषयमा भोलि पत्रकार सम्मेलन गरेर सार्वजनकि गर्ने तयारी सीआईबीले गरेको छ ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ । |
छोराको आक्रमणबाट पश्चिम नवलपरासीमा आमाको मृत्यु परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् ।
पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।
आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । |
उपराष्ट्रपति यादवद्वारा वरिष्ठ छ जना सर्जक सम्मानित काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने विभिन्न जाति, भाषा, वर्ग, समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा समग्र राज्यको ध्यान जानुपर्ने बताएका छन्।
उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९’ समर्पण समारोहमा मौलिक गीत, सङ्गीत, कला, संस्कृतिको संरक्षणमा जोड दिएका हुन्।
उनले गीत, सङ्गीत, नाट्य बिदाको संरक्षण, सम्वर्द्धनसहित सर्वाङ्गिण विकास तथा अध्ययन, अनुसन्धानमा अहोरात्र खटिने सर्जकलाई सम्मानित गर्न कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।
नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्म निरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको प्रसङ्ग उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, “मुलुकको संवैधानिक व्यवस्थाले बहुजाति, भाषा, संस्कृति र वेशभूषालगायतको संरक्षण तथा सम्वर्द्धनसहित समग्र भूगोल, वर्ग, धर्म, समुदाय र संस्कृतिलाई एकापसमा जोड्ने काम गरेको छ, विविधताको एकता हाम्रो हाम्रो मौलिक पहिचान हो, यसलाई नै आत्मसात् गरी अघि बढे राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता बलियो भई समग्रमा देश समृद्ध बन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।”
अग्रज स्रष्टा एवं सर्जकको सम्मानित एवं पुरस्कृत गर्ने संस्कारलाई निरन्तरता दिनुपर्ने खाँचो औँल्याउँदै उनले सम्मानित सर्जकलाई बधाई र आयोजक नाट्य प्रतिष्ठानलाई धन्यवाद दिए।
समारोहमा वरिष्ठ सङ्गीतकर्मी, विजयकुमार श्रेष्ठ, वरिष्ठ गायक, गीतकार तथा सङ्गीतकार गणेश रसिक, नाट्य समालोचक तथा अनुसन्धानदाता प्रा डा रामचन्द्र पोखरेल, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, वरिष्ठ लोकगायक नवीन किशोर राई र वरिष्ठ रङ्गकर्मी भैरव क्षेत्री सम्मानित भएका थिए। |
महिलामाथि बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।
खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो । नेपाली सेनाबाट रिटार्यड भएपछि करिब २ वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । |
कोशी अस्पतालमा तत्काल टोकन प्रणाली लागू गर्न स्वास्थ्यमन्त्रीको निर्देशन विराटनगर। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगर स्थीत कोशी अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भिड देखेपछि कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट डा. रविनराज सिंहलाई सर्वसाधारणहरुलाई सजिलो र सुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउन निर्देशन दिए।
निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोशी प्रदेश स्वास्थ्य मंत्रालयका सचिव डा। सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मंत्रालयका उच्चअधिकारीहरु सहभागि थिए।
मन्त्री बस्नेतले कोशी अस्पतालको विभिन्न वार्डहरुको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याहरु बारे जानकारी लिएका थिए। यसैबीच राजधानी बाहिर संघिय सरकार अन्तर्गतको विराटनगर स्थित कोशी अस्पतालमा ३ सय ३० बेड निशुल्क गरिएको छ।
गरिब, असहाय र विपन्न नागरिकहरुको निशुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आईसियु, एचडियु र क्याबिन बाहेक ३ सय ३० बेड निशुल्क र उपचार पनि निशुल्क गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले घोषणा गरे।
निशुल्क उपचारका लागि विरामीहरुले स्थानीय पालिका र वडा कार्यालयको सिफारिश तथा विपन्न नागरिक भएको परिचय पत्र ल्याउनु पर्ने कोशी अस्पतालले जनाएको छ। निशुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने बताइएको छ। |
बिहीबार सार्वजनिक विदा काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
‘इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
|
अनलाईन सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ काठमाडौँ। विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका- १४ कंलकी बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन्।
राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाईन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाईन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। |
पशुपतिनाथको शिवलिंगमा बुधबार विहान जलहरी राखिने काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथ मन्दिरबाट निकालिएको जलहरी बुधबार विहान पशुपतिनाथ मन्दिरमा अवस्थित शिवलिंगको गर्भगृहमा राखिने भएको छ।
‘अख्तियारले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गरिसकेकाले भोलि (बुधबार) बिहान आठ पछि जलहरी धार्मिक विधि अनुसार राखिने छ,’ पशुपति क्षेत्र विकास कोष स्रोतले भन्यो।
०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरीलाई लिएर विवाद भएपछि अख्तियारले आइतबार जलहरी बनाउँदा प्रयोग भएको सुनको तौल लिएका थियो।
अख्तियारले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियोे।
अख्तियारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो।
जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको अख्तियार स्रोतले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।
|
बसुन्धरामा फेला फरेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय काठमाडौँ। काठमाडौँको बसुन्धरामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शंकास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए। उक्त वस्तु आज बिहान ८.३० बजे फेला परेको थियो। |
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ काठमाडाैं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट आज पक्राउ गरेको हो।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए। यसअघि उनी फरारको सूचीमा रहेका थिए।
ललिता निवास जग्गा प्रकरण सरकारले छानवीन गरेको प्रतिवेदन अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ।
गुरुङले नै एनआरएनलाई पनि वालुवाटार जग्गमा जोडेका थिए। सरकारी अनुसन्धान अनुसार उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए।
कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए। गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ।
कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ। बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएको छ।
यसैबीच प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पनि पक्राउ परेका छन्।
|
शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ काठमाडौं। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।
करिब १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो। उनी भारतका एक विधायकको घरमा लुकेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले भारतीय प्रहरीसँग गरेको समन्वयको आधारमा उनलाई भारतबाट सोमबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेर उनले १४ अर्ब रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ।
उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए। तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए। संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका पछि सिआइबीले अनुसन्धान शुरु गरेको थियो।
प्रहरीका अनुसार उनले श्रीमतीको नाममा भारतमा पनि कम्पनी खोलेर काम गरिरहेका थिए।
बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो।
सरकारले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकरर्ताको रकम फिर्ता नगरेपछि सरकारले शिव शिखर सहकारीको सबै सिस्टर कम्पनीहरुको चल/अचल सम्पत्ति रोक्का गरेको थियो। सो सहकारीमा १० अर्ब बचत रहेको थियो।
सोमध्ये १ अर्ब ९० लाख सदस्यमा ऋण लगानी र ८ अर्ब ६० करोड सो सहकारीका विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखिएको थियो। शिव शिखर अर्गनाइजेशनको सम्पत्तिको लगत चेक गर्दा कुल साढे १० अर्ब सम्पत्ति रहेको र ४ अर्ब ४६ अर्ब बैंकबाट ऋण लिएको देखिएको थियो। |
आगलागीबाट आठ घर जलेर नष्ट मंगलबारे। इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।
गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन।
रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। |
इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान काठमाडाैं। सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन्।
सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो। यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएको जनाएको छ।
आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। उनले भने, “आपूर्तिकर्तालाई अहिलेसम्म काम दिन सकिएको छैन।”
आपूर्तिकर्ताले विभागले माग गरेअनुसारको उत्पादन गर्न सकिने भनिरहेको उनले बताए। लामो समयसम्म कुन भाषामा बनाउने भन्ने अन्योलका कारण पनि यसको प्रगति ढिलाइ भएको जनाइएको छ। सरकारले नेपालीमा समेत ‘इम्बोस्ड नम्बर प्लेट’ छाप्ने भनेकाले अहिले विभागले यसका लागि आवश्यक तयारी गरिरहेको छ।
एकैपटकमा धेरै सेवाग्राहीलाई सेवा दिन सरकारको आफ्नै क्षमता कस्तो छ भन्ने महत्त्वपूर्ण रहेको प्रवक्ता पनेरुले बताए। उनका अनुसार कार्यालयमा जडान गर्ने क्षमता, जनशक्ति, गाडी राख्ने ठाउँलगायतका भौतिक पूर्वाधारका कुरा हुन आवश्यक छ।
यातायात व्यवस्था कार्यालयहरू प्रदेश मातहतमा रहेकाले विभागले मात्रै चाहेर नहुने उनको भनाइ थियो। यी कार्यालयसँग समन्वय गरेर कति सङ्ख्यामा कसरी सकिन्छ भनी योजना बनाइने उनले बताए।
उनले भने, “हामीले समन्वयको काम गर्ने हो। खास काम गर्नुपर्ने यातायात कार्र्यालयहरूले भएकाले उनीहरूको साधन स्रोतले पनि भ्याउने हुनुपर्छ।”
कहिले अदालतमा मुद्दा भएकाले त कहिले भाषासम्बन्धी विवादका कारणले इम्बोस्ड नम्बर प्लेट जडान सुस्त भएको जनाइएको छ। आपूर्तिकर्ता कम्पनीका कारण नभएर अरु कारणले ढिलाइ भएकाले विभागले अवधि थपिरहेको छ।
पछिल्लोपटक थप भएको अवधिअनुसार आगामी मङ्सिरसम्म अवधि रहेको छ। सबैको समन्वय भएर काम हुँदा यसले गति लिनसक्ने उनले बताए।
आपूर्तिकर्ताले धमाधम छाप्ने र यातायात कार्यालयले त्यहीअनुसार जडान गरेर अबको केही समयमा नै सम्पन्न हुनसक्ने सम्भावना रहेको उनले बताए। त्यतिबेलासम्म पनि केही समस्या आयो र सकिएन भने सरकारले समाधान गर्ने उनको भनाइ छ।
विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पाेरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो। रासस |
पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ। पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो।
ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशाषन उलङघन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०, नम्बर प्लेट राम्रोसँग नराख्ने २८ माथी कारबाही गरिएकाे छ।
यसैगरी, लिडार गनमा देखिएका ३ सय ९६ र अन्य २ हजार २ सय ५८ जना गरी ३ हजार १ सय ५० सवारी साधानलाई कारबाही गरिएको हो।
|
आजको मौसमः देशैभरी पानी पर्ने, तीन प्रदेशमा हावाहुरीकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
देशको केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
भारी वर्षा, मेघ-गर्जन/चट्याङ र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ धनगढी । कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागूऔष १ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । |
अनलाइन जुवा खेलाएको आरोपमा चार जना पक्राउ काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरुमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गएराति पक्राउ गरी आज थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
सोधपुछ गर्दा उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरुमा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ । उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उनले बताए ।
पक्राउ परेकाहरुमा बारा जितपुर सिमरा घर भई काठमाडौँको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौँको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौँको ठमेल बस्ने आशा गुरुङ रहेका छन् । |
अनियन्त्रित सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीद्वारा ‘राडर गन’को प्रयोग काठमाडौं। एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको हो ।
एयरपोर्ट–तीनकुने सडकमा यातायात व्यवस्था विभागले तोकेको गतिभन्दा बढी सवारी कुदाउनेलाई कारबाही थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘राडर गन’को प्रयोगपछि एयरपोर्ट–तीनकुने सडकमा तोकिएको मापदण्ड भन्दाबढी गतिमा सवारी चलाउने दैनिक २० देखि २५ सवारी चालक कारबाहीमा पर्ने गरेको एयरपोर्ट ट्राफिक पोष्टका प्रमुख शेरसिंह धामीले जानकारी दिए । उनका अनुसार जसमा मोटरसाइकल बढी छन् ।
चारपाङ्ग्रेमा मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई रु एक सय जरिवाना गर्ने गरेको छ ।
राडर गनको ट्रिगरलाई औँलाले दबाएपछि त्यसको विकीरण सडकमा गुडिरहेको सवारीमा पर्ने तथा कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अङ्क देखाउने गरेको प्रमुख धामीले बताए।
उनले भने, “एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिने तथा धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिन्छ ।”
काठमाडौँमा रहेका छ लेनका सडकमा यातायात व्यवस्था विभागले प्रतिघण्टा ६० किमि गुडाउन सकिने मापदण्ड तोकेको छ । प्राय तीव्र गतीमा मोटसाइकल कुद्ने भएकाले ट्राफिकले यहाँका सडकमा विषेश गरी मोटरसाइकल चालकलाई निगरानी गरेर कारबाही गर्ने गरेको छ । |
नक्कली शरणार्थी प्रकरणमा थप एकजना पक्राउ काठमाडौं। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।
गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताए । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुईजना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही रु पाँच र १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच मुद्दा चलाइएको छ । |
सिरहामा खानेपानीका कार्यालयका सुरक्षा गार्डको धारीलो हतियार प्रहारगरी हत्या सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।
मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटीएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।
कार्यालयका पदाधिकारीले रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए ।
प्रहरीले घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ ।
लाशलाई प्रादेशिक अस्पताल सिराहामा पोष्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको बताए । |
रोल्पामा गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ रोल्पा। गाईको बाच्छी काटेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् ।
नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
घुस लिएको अभियोगमा शुद्धोधनका प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरिएको थियो ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समेत समान बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । |
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ ।
यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट गरे।
मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन जानकारी दिए। उनले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिने कार्यलाई निरुत्साहित गरिएको बताए । हाल एक सय ४२ तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
हिमाली तथा तराईका जिल्लाका पालिकामा दिनैपर्ने विशेष परिस्थितिमा मात्रै स्थानीय तहको कार्यपालिकाको निर्णय र सिफारिसबमोजिम स्थानीय तहमा कार्यरत सबैभन्दा ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको उनले जानकारी दिए।
यसैगरी बढुवा तथा खुला प्रतियोगिताबाट आउने उपसचिव तथा सहसचिवको पहिलो पदस्थापन स्थानीय तहमा हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयले आगामी साउनदेखि स्वचालित र पूर्वअनुमानयोग्य सरुवा प्रणाली लागू गर्न कार्यदल पनि गठन गरेको छ । |
एटीएम तोडफोड कार्यमा संलग्न दुई जना पक्राउ काठमाडौँ। एटीएम तोडफोड गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका-५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन्।
एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । |
इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ। पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले ६ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो।
महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।
महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाहीस्वरुप रु दुई हजार पाँच सयका दरले जरिबाना गरिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय, ओमआश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उहाँहरुलाई कारबाही गरिएको जनाएको छ।
पोलमा गुजुल्टो पारेर जथाभावी टाँगिएको तारका कारण आगलागीका घटना पनि बढिरहेको छ। महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि नतिजा हात पार्न सकेको छैन। सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको र यसले सहरी सौन्दर्यलाई समेत असर गरिरहेको महानगरपालिकाको भनाइ छ।
जथाभावी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटकपटक सम्बन्धित कम्पनीलाई चेतावनी दिएको भए पनि अटेर गर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ। अब कम्पनीले पूर्वस्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरी महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताए। |
पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ। पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो।
ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उलङघन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधानलाई कारबाही गरिएको हो।
|
पशुपतिनाथको जलहरीमा २२ क्यारेटको १०६ किलो सुन काठमाडौं। ०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरी आइतबार निकालेर तौल लिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो।
स्रोतका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ।
धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर ताैल लिइएकाे हाे।
पशुपति क्षेत्र विकास कोषले शनिबार क्षमापूजासमेत गरिसकेको छ। स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो।
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।
करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ।
पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ।
यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ। तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भए/नभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ।
उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
हेर्नुहोस् भिडियो:
|
आजको मौसमः देशैभरी वर्षा हुने, तराइका केही स्थानमा हावाहुरीकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।
राति भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
भारी वर्षा र मेघ-गर्जन/चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
वानएक्स बेटको प्रचार आरोपमा राजकुमार थापामगर पक्राउ काठमाडौं। नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार तमाङले बेटिङ एप ‘वानएक्स बेट’ मार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो युट्युब च्यानलमार्फत वानएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न\गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौँ कपनबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तामाङलाई सट्टाबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि आज आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसअघि प्रहरीले ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु मास्टरलगायत आठजनालाई पक्राउ गरिसकेको छ । |
कम हुँदै खानेपानी पाइपमा चुहावट काठमाडौं। सात महिना काठमाडौँ उपत्यकामा पहिले मेलम्चीको पानी पुनः वितरण सुरु हुँदा अधिकांश स्थानमा पाइप चुहावटको समस्या देखिएकामा अहिले कम भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले समस्या देखिएका ठाउँमा तत्काल मर्मत गर्दा अहिले त्यो समस्या कम भएको हो । धेरै ठाउँमा पाइप चुहावट हुँदा उपत्यकाका धेरै सडकमा खाल्डाखुल्डी भएको थियो ।
अहिले पाइपमा चुहावट कतैकतै आक्कलझुक्कल देखिए पनि अहिले धेरै समस्या नभएको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनले भने, “पुरानो पाइपमा अलिअलि चुहावटको समस्या आउने गर्छ ।”
सरकारले पछिल्लो पटक गत मङ्सिर २३ गतेदेखि उपत्यकामा मेलम्चीको पानी पुनःवितरण सुरु गरेको थियो । सुरुका केही महिना उपत्यकाका धेरै स्थानमा खासगरी पुरानो बस्ती क्षेत्रमा बढी समस्या देखिएको थियो । अहिले पहिलेभन्दा धेरै नियन्त्रणमा आएको उनले बताए ।
पुरानो पाइप प्रणालीबाट खानेपानी वितरण भइरहेका ठाउँहरुमा समस्या आइरहेको प्रवक्ता राईले जानकारी दिए । उनले भने, “चुहावट आएको जानकारी कुनै पनि माध्यमबाट आउनासाथ हामीले तत्काल चुहावट मर्मत गर्दै आएका छौँ ।”
अहिले पनि धेरै ठाउँमा पुरानो खानेपानी वितरण प्रणालीबाट नै पानी पठाउने गरिएको लिमिटेडले जनाएको छ । अनामनगरलगायतका केही ठाउँमा नयाँ प्रणालीबाट पठाइएको भए पनि अधिकांश स्थानमा पुरानो प्रणालीबाट पठाउने गरिएको उनले बताए। उनले भने, “नयाँ प्रणालीको परीक्षण भइरहेको र त्यो सकिएपछि मात्रै नयाँबाट पठाउन सकिनेछ ।”
काठमाडौँ उपत्यकामा अहिले पनि आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउनेलगायतका संरचना निर्माण गरिरहेको छ । अहिले पनि चक्रपथ बाहिरका धेरै ठाउँ र कतिपय चक्रपथभित्र पनि पहिले छुटेका ठाउँहरुमा पाइप बिछ्याउने भइरहेको छ ।
यो आर्थिक वर्षमा धेरै पुरानो प्रणालीबाट नै वितरण हुने उनले बताए। निर्देशनालयले यसअघि बिछ्याइएका पाइप असारभित्रमा परीक्षण गरीसक्ने गरी काम गरिरहेको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिछ्याइएको थियो । त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप बिछ्याउने काम भइरहेको छ ।
चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलङ्की, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिछ्याउने काम भइरहेको छ । पहिलो चरणमा एक हजार १० किमी पाइप बिछ्याइएको थियो । |
null |
घोराहीमा फोहरबाट उत्पादित ग्यासपाइप लाइनबाट वितरण गर्न सुरु देउखुरी। दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ ।
करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताइन् । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्यास चुलो वितरण र घरघरमा पाइपलाइन पुर्याउने काम भइरहेको डिसीले बताइन् ।
उद्योगबाट उत्पादित ग्यास पाइप लाइनबाट वडा नं १० र १६ का एक हजार पाँच सय घरमा पुर्याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीले बताइन् । पाइप लाइनबाट ग्यास प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन र दैनिक तीन सय क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्यास उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ ।
विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले ग्यास वितरण गरेकामा वडा नं १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गरिन् । “ग्यास बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए, उपमहानगरपालिकाले घरघरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु”, उनले भनिन्।
बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताउँछिन् ।
सोही ठाउँकी सिर्जना चौधरीले पनि दैनिक दाउराका भरमा खाना पकाउँदै आएकी थिइन् । उनले सुरुमा त ग्याँस प्रयोग गर्न नजानेको बताइन्। घरमै पानीको धारा खोलेजस्तै गरि ग्यास बाल्न पाउँदा उहाँमा खुसीको सीमा नै छैन ।
“दाउराकै भरमा घरमा खाना पकाउने गरेका थियौँ तर अहिले उद्योगले निःशुल्करूपमा ग्यास दिन थालेपछि सजिलो भएको छ”, उनले भनिन्, “दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।” |
पशुपतिमा सीसीटीभी जोडेर सुनको जलहरी जोख्ने अख्तियारको तयारी (तस्बिरहरू) काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ ।
आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ ।
सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन् ।
पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
|
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७\७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ ।
महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी शुल्क उठाउने ठेक्कामा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक न्यूनतम कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरेको र त्यसैलाई स्वीकृत गरेको पाइएको छ । राजस्व रकम कम निर्धारण गर्ने मनसाय राखी मिलेमतोमा बोलपत्र स्वीकृत गरी सम्झौता प्रक्रिया अगाडि बढाएको समेत आयोगको अध्ययनमा देखिएको छ ।
आयोगले तत्कालीन प्रमुख बिष्टले रु तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको राजस्व चुहावट गरेको पाइएकाले सोहीबमोजिमको बिगो कायम गरी आज मुद्दा दायर गरेको हो । यस्तै, नगरपालिकका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध रु दुई करोड ११ लाख ६५ हजार छ सय आठ बराबरको बिगो दाबी गर्दै आजै मुद्दा दायर गरिएको छ ।
यसैगरी, भीमदत्त नगरपालिकाका तत्कालीन राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नं १७ का वडाअध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह तथा इञ्जिनियर हिमालयसिंह ऐर र गोविन्दराज उपाध्यायविरुद्ध पनि रु ८५ लाख ५६ हजार तीन सय नौ बराबरको बिगो दाबी गरिएको छ ।
यस्तै, गलत विवरणका आधारमा राजस्वमा असर पार्ने कार्यमा संलग्न प्रतिवादीहरू हिमालय सिंह ऐर, हरिसिंह धामी र नरबहादुर शाहले सत्यतथ्य विवरण नदिई कबोल अङ्कमा गरेको सिफारिस विपरीत हुने गरी सम्झौता गराएको र साक्षीसमेत बसेको पाइएको छ । आयोगले ऐर र उपाध्यायविरुद्ध रु दुई करोड ११ लाख ६५ हजार छ सय आठ बराबरको बिगो दाबी गरेको छ ।
आयोगले भवानी कन्स्ट्रक्सनका सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, सो कम्पनीका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्टको हकदार खगेश्वरी भट्टका विरुद्ध रु तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यसैगरी, आयोगले आजै कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभूषण झा, हुम्ला अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष दलबहादुर बुढा, सबइञ्जिनियर भीमबहादुर रोकायाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कर्णाली प्रदेश सरकारको अनुदानबाट निर्माण हुने हाइटेक नर्सरी स्थापना र सञ्चालन गर्दा अनियमितता गरेको पाइएकाले उनीहरूविरुद्ध रु चार लाख ३८ हजार पाँच सय ५७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । आयोगले फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा कार्की भण्डारीविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । |
अख्तियारको टोली पशुपतिमा, सुनको जलहरी परीक्षण र नाप तौल गरिँदै काठमाडौं। २०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरीकोपरीक्षण तथा नापतौल सुरु गरिएको छ ।
पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिवलिंगबाट जलहरी निकालेर त्यसको अनुसन्धान गर्न थालेको हो ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरीको परीक्षण तथा नापतौल गरिन लागेको जानकारी दिए।
शिवलिङ्गबाट जलहरी निकालेर तौलिन र परीक्षणका लागि रद्र गाडेश्वरमा ल्याइएको छ । हालिएका जलहरी पनि त्यहाँ नै बनाइएको थियो ।
अख्तियारले अनुसन्धान गर्ने भएपछि कोषले शनिबार पशुपतिनाथमा क्षमा पूजा पनि गरेको थियो । सिसी टिभी जडान गर्नलाई क्षमा पूजा गरिएको जानकारी सुरक्षाकर्मीले दिए पनि आज जलहरीको परीक्षण र नापतौल सुरु भएको छ ।
जलहरी परीक्षण गर्न लागेकाले पशुपितमा भक्तजनलाई दर्शन गर्न पनि बन्द गरिएको छ ।
धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर जोख्न लागिएको हो।
पशुपति क्षेत्र विकास कोषले शनिबार क्षमापूजासमेत गरिसकेको छ। स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो।
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।
करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ।
पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ।
यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ। तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भएरनभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ।
उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। |
पशुपतिनाथबाट सुनको जलहरी निकालेर आज जोखिने काठमाडौं। ०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरी आज (आइतबार) निकालिँदै छ। अपरान्ह चार बजे पशुपतिनाथको शिवलिंगबाट जलहरी निकालेर तौल लिन लागिएको हो।
जलहरी बनाउँला लागेको सुनको तौलमा विवाद भएपछि आज निकालेर पुन जोख्न लागिएको हो।
धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर जोख्न लागिएको हो।
पशुपति क्षेत्र विकास कोषले शनिबार क्षमापूजासमेत गरिसकेको छ। स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो।
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।
करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ।
पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ।
यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ। तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भएरनभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ।
उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
पशुपतिनाथ मन्दिरमा अनावरण गरिएको सुनको जलहरीलाई लिएर विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले जलहरी बनाउँदा प्रयोग भएको सुनको तौल लिन लागेको हो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरी निकालेर जोख्ने चर्चा आफूले पनि सुनेको तर सो विषयको आधिकारिक जानकारी आफूलाई नभएको बताए।
याे पनि पढ्नुस्
यसरी राखिएकाे थियाे त्याे बेला सुनकाे जलहरी, जुन अहिले निकै विवादमा परेकाे छ (तस्वीरसहित) |
करिब दुई केजी सुनसहित २१ वर्षिय युवक पक्राउ भैरहवा। सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरी रहेका छन्।
प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५.३ ग्राम सुनसहित उनलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बिशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिए। चेकजाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँट्टा फेला परेको उनको भनाइ छ।
“सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ। कारमा फल्स बटम बनाई उक्त वस्तु ल्याइएको पाइएको छ”, थापाले भने, “आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौ, थप अनुसन्धान भइरहेको छ।” – रासस |
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ काठमाडौँ। काठमाडौँको दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई प्रहरीले पक्राउ गरको छ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
डिसी नेपालकर्मी शर्मा सम्मानित काठमाडौँ। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय समाजसेवी तथा डिसी नेपालकर्मी संगीता शर्मा अवार्डबाट सम्मानित भएकी छन्। शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५डिको चौथो क्याबिनेट मिटिङ तथा अवार्ड सेरोमनी कार्यक्रममा शर्मा गभर्नर एप्रीसेसन अवार्डबाट सम्मानित भएकी हुन्। उनलाई उक्त अवार्ड लायन्स डिस्ट्रीक गभर्नर बिष्णु भाइ श्रेष्ठले प्रदान गरेको हो।
शर्मा हाल सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौँ बाग्मती नर्थमा सदस्यको रुपमा कार्यरत छिन्। यस अघि लायन्स क्लब तथा अन्य धेरै संघ संस्थामा अध्यक्ष पदमा रहेर कार्य गर्दै शर्माले विभिन्न बिधामा सम्मान पाएसकेकी छिन्। हाल उनी लायन्स क्लबमा मात्र नभएर मदरकिड्स फाउन्डेसन नेपालको संस्थापक अध्यक्ष समेत रहेकी छन्।
सो सम्मान कार्यक्रममा संगीता शर्मा लगाएत लायन्स क्लब अफ काठमाडौँ बागमती नर्थका प्रेसिडेन्ट रेखा बस्नेत श्रेष्ठ, बिजय कुमार श्रेष्ठ, श्याम कुमार श्रेष्ठ र हरिदास श्रेष्ठ लगाएतका ब्यक्तिहरु सम्मानित भएका छन्। |
पोखरामा चट्याङ लागेर ४९ वर्षीय व्यक्तिको मृत्यु कास्की। पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शनिबार राति साढे ११ बजेको समयमा ढुंगामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहारबाट विक बेहोस भएका थिए। घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो। उनलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। |
ट्रिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु हेटौडा। हेटौडामा ट्रिपरले ठक्कर दिँदा एक स्कुटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो।
समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार टिपरको ठक्करबाट घाइते भए लगत्तै उनलाई हेटौडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, सोही उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। सो घटना बारे थप अनुसन्धान भइरहेको छ। |
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते ढोरपाटन। बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।
चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए।
जीप दुर्घटनामा एक जनाको मृत्यु
जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ । |
भक्तपुरमा ६ महिनामा मानव अधिकार हननका १२० घटना सार्वजनिक भक्तपुर। भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका १२० वटा घटना घटेका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला समन्वय समिति भक्तपुरको सभाहलमा आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२३ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले घट्नाको तथ्यांक सार्वजनिक गर्दै यस ६ महिनाको अबधीमा एक जनाको हत्या, चार जनाको हत्या प्रयास, २१ जनाको बलात्कार, २ जना बलात्कार प्रयास, बाल यौन दुव्र्यबहारबाट ५ जना र बहुबिवाहबाट २ जना पीडित भएका छन्।
त्यस्तै अभद्र व्यबहारबाट ५१ जना महिला, घरेलु हिंसाबाट ३२ जना महिला, आत्महत्या दुरुत्सानमा २ जना पीडित भएका छन ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले राज्य आफैंले नयाँ प्रकृतिको हिंसा गर्दै गइरहेको र राज्य नै नीतिगत हिंसाको लागेको बताए। उनले इन्सेकले मानव अधिकारको क्षेत्रको अन्वेषणको दायरालाई फराकिलो पार्नुपर्ने बताउँदै भने, “राज्यनै हिंसा गर्दैछ, राज्य प्राकृतिक दोहण गर्दै मानवीय संकट निम्त्याउदै छ, मंहगी बढाएर बाँच्न मुश्किल बनाउदैछ, यस्ता अधिकारका विषयलाई पनि इन्सेकले मानव अधिकार भित्र समेटेर लैजानु पर्छ।”
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव अधिकार आयोग गठन नहुँदै इन्सेकले मानव अधिकारका यथाथए बिबरण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्याउँदै आएको चर्चा गरे। |
आजको मौसमः भारी बर्षाकाे संभावना, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति भने देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
भारी वर्षा र मेघ-गर्जन/चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। |
अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’ जनकपुरधाम। करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो ।
‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बनेका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाउनु पनि थियो । तर त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ ।
त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्कोपटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो । त्यसैले उनले साथीकै रेस्टुराँमा खाना खाने निधो त गरे। तर दुई घण्टा कुर्दा पनि ताजा खाना खान पाएनन्।
त्यसपछि मात्रै जनकपुरधाममा ‘मिथिला थाली’ रेष्टुराँ सञ्चालन गर्ने योजना जन्मिएको साहको भनाइ छ । “म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ”, उनले भने, “यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौँला भन्ने तयारी थिएन ।” ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उनको भनाइ छ ।
‘मिथिला थाली व्यापारमात्रै होइन’
मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साहलाई गाउँ पस्नुपर्यो । जसमा साहलाई दाई दिलीपकुमारले सहयोग गरे। तर गाउँमा भने जस्तो सामान पाउन भने गाह्रो भयो ।
“युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहु्ने रहेछ । उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो”, उनले भने । साहले चार महिनामा गाउँबाट करिब चार सय केजी ‘बिर्या’ जम्मा गरे। बेथेको सागबाट बन्ने एक केजी बिर्याका लागि करिब १० केजी साग आवश्यक पर्छ । अग्रिम भुक्तानी गरेर सङ्कलन गरेको चार सय केजी बिर्याले मुस्किलले एक महिनामात्रै पुग्ने साहले बताए।
त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी (चामलको कनिकाबाट बन्ने) र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उनको भनाइ छ । साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रुपैयाँमात्रै भए पनि घर–घरसम्म पुर्याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्र्धनमा जुटेको बताए।
सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिक्नुभएका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्षमात्रै भएको राससलाई सुनाए। “चौध वर्ष इन्डियामा काम गरँे । त्यसपछिका १३ वर्ष लन्डनमा बिताए । म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ”, उनले भने।
जीविका चलाउनका लागि अनेकन परिवार बनाए पनि बिबिसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उनको भनाइ छ । “त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ ।”
उनी उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उनको अनुभव छ । नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउनेमात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ ।
लक्ष्यः पाँच वर्षमा एक सय ‘मिथिला थाली’
भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गर्नुभएका साहसँग यतिबेला नाम र दाम दुवै छ । उनलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ । तर उनी त्यतिमै मात्र सीमित हुन चाहेनन्।
“जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् ?, पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् ?”, उनले भने, “मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो ।”
साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्याउने लक्ष्य छ । उनको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ ।
“यो व्यापारमात्रै होइन, अभियान पनि हो । यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्”, उनले भने, “ती रेस्टुराँमा एकल महिलाले काम गर्नेछन् । उत्पादनसँग जोडिने भएपछि सयाँै गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन् ।” प्रत्येक मिथिला थालीमा रु एकदेखि तीनसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उनको भनाइ छ ।
गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब रु दुई करोड लगानी भएको छ । त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ । साथै उहाँको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ ।
‘कोसिस गर्नेहरुको हार हुँदैन’
सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मिका साहले पाँच वर्षको उमेरमा बुवा गुमाए । त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको सङ्घर्ष साहले नजिकबाट बुझेकी छन्छ । एकल महिलाका रुपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गरेका छन् । त्यही सङ्घर्षले खारिएकै कारणले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ ।
“सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट हुन पुगेँ । जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने सङ्घर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो”, उनले भने, “पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्यो ।”
अभावै अभावका बीच कक्षा १० सम्म पुगेपनि साहले फलामे ढोका एसएलसी भनेपास गर्न सकेनन् । त्यसपछि अध्ययन छाडी १५ वर्षको उमेरै उनी कर्जन्हाबाट भारत गएका थिए।
“एसएलसीमा अनुत्तीर्ण भएँ । अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरुसँग भारत गएँ”, उनले भने, “अरु सीप नभएपछि रेष्टुराँमा भाँडा माझ्न सुरु गरेँ ।”
एसएलसी पास गर्न नसके पनि कामबाटै धेरै कुरा सिक्ने मौका पाएँ । होटलमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढेँ । त्यही कोर्षले जागिरे जीवनको कोर्ष नै बदल्न सहयोग गर्यो । पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको ‘एक्ज्युकेटिभ सेफ’ पनि भएँ ।”
साह एसएलसीमा अङ्ग्रेजी विषयमा फेल भएका थिए । त्यतिबेला त्यसो नभएको भए सायद साहको जीवनको बाटो नै अर्को हुन्थ्यो होला । भनिन्छ, कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन । साहले पनि त्यही गरे जसले आजको ठाउँमा पुर्यायो ।
“सङ्घर्ष नै सफलताको आधार हो । मेरो सङ्घर्षले आज सफलताको नजिक पुर्याएको छ । अब मबाट अरु कति खुसी हुन्छन् भन्ने कुराले सफलताको मापन हुनेछ । म जुन विषयमा अनुत्तीर्ण भएर गाउँ छाड्न बाध्य भएको थिएँ, संयोग नै मान्नुपर्छ आज त्यही कक्षा, त्यही विषयको पाठ्यक्रममा मेरो बारेमा पढाइ हुन थालेको छ”, उनले भने ।
आम युवालाई उहाँको सुझाव छ( एउटा बाटो छेकिँदैमा जीवनको गति रोक्नु हुँदैन । अर्को बाटो निर्माण गर्न लाग्नुपर्छ, एक दिन अवश्य सफल भइन्छ ।
टीकाराम सुनार र निरञ्जनकुमार साह\रासस |
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने बागमती। आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एकसय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको कार्यकारी परीषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो ।
प्रतिष्ठान र हेटौँडा अस्पतालका लागि सङ्घीय र प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा कम बजेट विनियोजन भएकाले तलब र भत्ता वितरणमा समस्या हुने भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए।
प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको रु सात करोड १९ लाख बजेट कम अर्थात रु १२ करोड ३२ लाख बजेट विनियोजन गरेको छ ।
कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आर्युवेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याव टेकनिसियनलगायत प्रविधिक कर्मचारीगरी एक सय तीन जना र प्रशासनमा २५ कर्मचारी छन् । साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचार पनि कटौती गरिने भएको छ । |
अर्काको नाममा लाइसेन्सको ट्रायल परीक्षा दिने सशस्त्र प्रहरी जवान पक्राउ गलकोट। सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ।
यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ गरिएको हो।
कोहीरीलाई सहायक हवल्दार विनोद नेपालीका नाममा परीक्षा दिँदै अवस्थामा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।
नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत छन्। प्रहरीले नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको केसीको भनाइ छ । |
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु दाङ । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो । |
तनहुँमा कार र बस ठोक्किँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर तनहुँ । जिल्लाको भानु नगरपालिका–९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३–१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन् । घाइतेको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । |
न्याय मर्न दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा आज आयोजित ‘कार्यालयबाट भएका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक अन्तक्र्रियामा उनले भने, “न्याय सम्पादन गर्दा दबाबमा भन्दा पनि न्याय मर्न नदिने किसिमबाट न्यायाधीशहरूले न्याय सम्पादन गर्नुपर्छ ।”
न्यायालयबाट हुने निर्णय विवादास्पद हुन नहुने बताउँदै उनले भीडको अवस्थालाई हेरेर निर्णय गर्न नहुने भनाइ राखे । “कानुनभन्दा ठूलो कोही छैन, न्यायालयलाई स्वतन्त्र बनाउन हामी चाहन्छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश सरकारले धेरै कानुनहरू बनाउन बाँकी नै छ, त्यसतर्फ आफ्नो ध्यान केन्द्रित छ ।”
सञ्चार विधेयक पनि बनाएर सञ्चार क्षेत्रलाई मर्यादित बनाउने पक्षमा आफू रहेको उनको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममा आउने समाचार भ्रमपूर्ण भएकाले ती सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले न्यायको पहुँच दूरदराजको व्यक्तिमा समेत पुग्ने गरी हामीले काम गर्नुपर्नेमा जोड दिए । छिटो–छरितो न्याय सम्पादन गर्यौँ भने न्यायालयप्रतिको विश्वास आम नागरिकले महसुस गर्न सक्ने भनाइ उनको थियो ।
कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बाँस्तोलाले मुख्य महान्यायाधिवक्ताको कार्यालय गण्डकीले यस क्षेत्रका न्यायालयसँग समन्वय गरी आम नागरिकलाई न्यायप्रतिको सचेतना फैलाउन आवश्यक भएको बताए । मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका महान्यायाधिवक्ता चिरञ्जीवी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहन्यायाधिवक्ता नारायणबहादुर थापा, कानुन व्यवसायीका विभिन्न संस्थाका प्रतिनिधिले भनाइ राखेका थिए । |
कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार गाडी दुर्घटना सुर्खेत। कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो ।
रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा नम्बर–३ को माओवादी पार्टी कार्यालयनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी समितिका सभापति खड्कासहित ७ जना घाइते भएका छन् ।
गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । |
कैलालीमा एक जनाको शव फेला धनगढी । कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन् । शुक्रबार जिल्ला लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् ।
शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काटन पुर्णीमा सामुदायिक वनमा गएका थिए ।
भिगुराम चौधरी घर नफर्केको खबर आज प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पुर्णीमा सामुदायिक वनमा मृत अवस्था फेला पारेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ-गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति भने देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा र मेघ-गर्जन चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेकाे छ। सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने देखिन्छ। |
पोखरीमा डुबेर दुई बालकको मृत्यु नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए।
पोखरीमा डुबेका करिब १३र१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली केहीबेर अघिमात्रै घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। |
सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ धनकुटा । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।
प्रत्यक्षदर्शी र शव जाँचको आधारमा कुटपिटमा संलग्न विष्णुमायालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिए । |
अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’ काठमाडौं। पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिदगरेपछि यसको नाम ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिए।
“सम्झौता भएसँगै यसको अन्य प्राविधिक कामसमेत सोही कम्पनिअन्तर्गत रहेर गरिनेछ । फरक विषयवस्तुलाई उठान गरिएको चलचित्र विश्वभर प्रदर्शन हुँदा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण र प्रवर्द्धन गर्न सफल हुने विश्वास लिएकी छु”, निर्देशक भट्टले भने ।
समुदाय (लिङ्ग)भित्र पर्नेको जीवनमा ‘गुन्युचोलो’को महत्वलाई दृष्टिगत गर्दै परिवर्तित नामले कथालाई झनै मदत गरेको निर्देशक भट्टको भनाइ थियो । चलचित्रमा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतले अभिनय गरेका छन् । यसमा कथा लेख्न निर्देशक भट्ट र पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् |
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
परीक्षमा अनुत्र्तीण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर आइडी’ प्रयोग गरी सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी गरेको पाइएको छ ।
उनले लिखित परीक्षामा एक सय ८० जना र प्रयोगात्मक परीक्षामा दुई सय ८३ परीक्षार्थीको परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ । आयोगले कार्यालय प्रमुख शाही, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया, कम्प्युटर अपरेटर पवनबहादुर रावल पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । |
दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ काठमाडौं। प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। |
मनसुन प्रणाली फैलियो देशभर काठमाडौं। गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन असार ८ गतेदेखि १० गतेसम्ममा देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू–क्षय, बाटो हिलाम्य हुने तथा ग्रेग्रान बहावजस्ता प्रभावले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा प्रभावित हुनसक्ने देखिन्छ ।
खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । |
त्रिविका उपप्राध्यापक चलाउनेले तोडे अनशन काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोडेका छन्।
सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन्।
आफुमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए। अनसन तोड्दै चलाउनेले न्यायको आंशिक जित भएको अनुभूती भएको बताए।
उनले न्याय पाउने प्रक्रियालाई अवरुद्ध गरेमा प्रतिकार गर्न फेरी सडकमा आउने बताए।
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए। २०७७ असोजमा नेविसंघका नेता कार्यकताले आक्रमण गरेको भन्दै चलाउनेले मुद्दा दर्ता गरेका थिए।
|
शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ दाङ । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वली पक्राउ परेका हुन् ।
बिहीबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट गर्दै उनले कागजातसमेत च्यातेका थिए । शुक्रबार उनीविरुद्ध उजुरी परेपछि पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । |
दोभानदेखि मेरिङदेन गाउँपालिकाको केन्द्र सम्मको सडक तीन वर्षभित्रै कालोपत्र गरिने ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ६ नाल्बूसम्मकै सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त योजनालाई गौरवको योजनाका रुपमा लिइएको जनाएको छ । कालोपत्रका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ। उक्त सडक खण्डको स्तरोन्नतिका लागि संघीय सरकारले समेत केही बजेट दिएकाले मद्दत मिलेको हो।
अपुग बजेट व्यवस्थापनका लागि पुनः सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी निरन्तर काम अघि बढाइने गाउँपालिका अध्यक्ष डम्बर हांगामले बताए। सडकको स्तरोन्नतिले सुरक्षित यातायात, आर्थिक अवसर सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा पहुँच वृद्धि हुनाका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले गौरवको योजनामा राखिएको उनको भनाइ थियो।
यस्तै खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, थुङ्थाप, खुवाखु हुँदै लेचुवा जानेलगायत गाउँपालिका भित्रका विभिन्न वडा र बस्तीका सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन आवतजावतमा सहज बनाइने गाउँपालिकाले जनाएको छ। यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु गर्ने भएको छ।
शेर्पा समुदायको बाहुल्यत रहेको मेरिङ्देन–२ मैखु हुँदै लिङ्तेप, थुकिमा र नाल्बू जोड्न हिमाली सडक पनि निर्माण गरिने भएको छ। गाउँपालिकाले १३औँ गाउँसमामार्फत बिहीबार रु ४४ करोड पाँच लाख ८३ हजारको बजेट तथा कार्यक्रम सार्वजानिक गरेको थियो। – रासस |
नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।
काठमाडौं-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन । |
अवैध लागुऔषध चरेससहित २५ वर्षीय युवक पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बू रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँदिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्रबाट उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सनपापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागुऔषध लुकाइछिपाइ लैजाँदै गर्दा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ। |
हिउँदका बेला भरिभराउ हुने ‘होमस्टे’ बर्खा याममा सुनसान कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा आठ वर्षअघि मुलुककै पहिलो राना थारू पाहुना घर ‘होमस्टे’मा आगन्तुक घट्दै गएका छन्।
कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नयाँ कटानका राना थारू समुदायले होमस्टे सञ्चालनमा ल्याएसँगै यहाँ अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सहजता मिलेको थियो।
कोरोना कहरमा दुई वर्ष थला परेको होमस्टेमा पछिल्लो चैत महिनायता गर्मी र त्यसपछि बर्खा मौसम सुरु हुँदा पाहुना आउने क्रम घटेको राना थारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ । यहाँ राना थारूको परिकारको स्वाद लिँदै सो समुदायको परम्परागत नृत्य देखाएर आगन्तुकलाई मनोरञ्जनसमेत प्रदान गरिन्छ ।
सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको सचिव रानाको भनाइ छ । “होमस्टे आउने शुक्लाफाँटा घुम्ने र शुक्लाफाँटा घुमेर होमस्टे बास बस्ने दोहोरो नै छ”, रानाले भने, “हिउँदका बेला भने होमस्टे प्रायः भरिभराउ नै हुन्छ ।”
चालु आर्थिक वर्षको ११ महिनामा होमस्टेमा करिब दुई हजारभन्दा बढी पर्यटक बास बसेको उनको भनाइ छ । विसं २०७२ मा विभिन्न दातृ निकायको सहयोगमा यहाँका नौ घरमा होमस्टे सञ्चालनमा आए पनि अहिले आठ घरमा निरन्तर छ । यहाँ शुक्लाफाँटा घुम्न आउनेसँगै विभिन्न सङ्घसंस्थाका पदाधिकारी प्रायः आउने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ ।
“स्थापना भएयता करिब १५ हजार पाहुनाले यहाँ बास बसिसकेको रेकर्ड छ”, सचिव रानाले भने, “शुक्लाफाँटासँगै भएकाले यो होमस्टेको भविष्य उज्ज्वल नै छ ।”
पाुहना आउँदा मागअनुसार परम्परागत पहिरनमा नृत्य देखाउँदा दोहोरो फाइदा हुने गरेको रानाको भनाइ छ । “राना वेशभूषामा नृत्य देखाउँदा पाहुना खुसी हुनाका साथै बस्तीमा युवा पुस्ता पनि आफ्नो कला, संस्कृतिप्रति मोहित हुन्छन्”, उनले भने, “पाहुना घर कला, संस्कृति र रीतिरिवाज बचाउने केन्द्र पनि बनेको छ ।”
पर्यटकका लागि शुक्लाफाँटाको मयूर, चित्तल लगायतका पक्षी तथा जनावर होमस्टेबाट समेत कतिपय बेला अवलोकन गर्न सकिन्छ । उनले भने, “पर्यटकहरुको सहजता र समुदायको आयआर्जनका लागि होमस्टे सञ्चालन हुनु आवश्यक छ ।” तराई भू–परिधि कार्यक्रम (ताल)को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टेबाट राना थारू समुदाय अहिले लाभान्वित छ ।
भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै शुक्लाफाँटा नगरपालिकाको जोनापुर र सिमलफाँटाका साथै कृष्णपुर नगरपालिकाको वाणी मुक्त कमैया शिविरमा होमस्टे सञ्चालित छन् । कृष्णपुरको वाणीस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको विजयासाल सामुदायिक होमस्टेमा बास बस्नेभन्दा खाना खाने पाहुना धेरै आउने गरेको होमस्टेका अध्यक्ष परदेश्नी डगौराको भनाइ छ ।
“राजमार्गको छेउमै भएकाले खाना खानका लागि पाहुना धेरै आउँछन्”, अध्यक्ष डगौराले भने, “अहिले बर्खा लागेकाले आगन्तुक आउने क्रम घटेको छ ।”
यहाँ दातृ निकायको सहयोगमामुक्त कमैया बस्तीका छ घरमा होमस्टे सञ्चालनमाछ । “मासिक एकदेखि डेढ सय पाहुना होमस्टेमा आएको रेकर्ड छ”, डगौराले भने, “होमस्टेबाट भएको आयआर्जनले सामान्य घर खर्च चलेको छ ।”रासस |
गाउँका चौतारीमा निःशुल्क इन्टरनेट पाल्पा। पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।
गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन वडा कार्यालयले निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको हो।
सो सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन्।
अहिले वडाका दुईवटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको छ। इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट बुझाउने भने वार्षिक खर्च रु १३ हजार रहेको छ।
विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो। हावापानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ। वडा नम्बर १ मा रहेका २० वटा चौतारीमा आफ्नो कार्यकालभित्र इन्टरनेट सेवा प्रवाह गर्ने वडाध्यक्ष ईश्वर काफ्लेले बताए।
अहिले गर्मीको समय भएकाले दिउँसोमा चौतारीको शीतल छहारीमा धेरैको जमघट हुने, खेती लगाउने किसान पनि कामको बोझले थकित भएर थकान मेटाउने थलो, बाटो हिँड्ने बटुवा बस्ने ठाउँ भएकाले प्रविधिको प्रयोग गरी नयाँ–नयाँ कुरा खोज अनुसन्धान र ग्रहण गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको वडाध्यक्ष काफ्ले बताउँछन्।
“विज्ञान र प्रविधिको युगमा इमेल इन्टरनेटबाट धेरै ज्ञान सीप सिक्न पाइने हुँदा घरमा मात्र नभई घर बाहिर निस्कदा, बाटो हिँड्दा, मेलापात गर्दा इन्टरनेटको पहुँच भएपछि जुनसुकै समय पनि स्थानीयले मोबाइलमार्फत खोजी, अध्ययन गर्न सक्नेछन्”, उनले भने।
अहिले सेवा सुरु भएपछि ज्येष्ठ नागरिक, युवा तथा फुर्सदिला नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै इन्टरनेटको प्रयोग गरिरहेका छन्। गर्मीमा शीतल छहारीमा बसेर इन्टरनेटका माध्यमबाट नयाँ कुराको जानकारी, आफन्त, साथीभाइसँगको कुराकानी, आफूलाई चाहिने सामग्री गुगलमा खोजेर अध्ययन गर्न धेरै सहज भएको स्थानीय हरिकुमारी न्यौपाने बताउँछन्।
दिनभर चौतारीमा बसेर समय बिताउने स्थानीय हिजोआज मोबाइलको माध्यमबाट नयाँ कुरा सिक्न थालेका छन्। रासस |
इसेवा मनि ट्रान्स्फरले गर्यो घर हस्तान्तरण काठमाडौँ। इसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ। एक विशेष कार्यक्रमका बिच कम्पनीले घरको हस्तान्तरण गरेको थियो। उक्त कार्यक्रम इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न भएको थियो।
इसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा ड्राइभरमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए।
इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे। कार्यक्रममा उनले भने, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ। यस अभियान प्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु।’
इसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो। ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारको रूपमा सपनाको घर जित्नु भएकामा पूर्णबहादुर श्रेष्ठ र उनका परिवारलाई बधाई दिँदै भने,‘हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो। आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।’
कार्यक्रममा बोल्दै एफवानसफ्टका अध्यक्ष विश्वास ढकालले प्रवासी नेपालीहरुसंग भावनात्मक रूपमा जोडिनुको ठूलो महत्त्व रहेको भन्दै उनीहरूको पीडालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै आप्रवासी नेपालीहरूको लागि कम्पनीको सहयोग र उनीहरूको आवाज बन्ने प्रतिज्ञामा एफवानसफ्ट सधैँ अडिग रहने बताए।
प्रवासी कामदार र तिनका परिवारलाई सहयोग गर्नुपर्ने कुरालाई महत्वको विषय मानेर उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै उनीहरुलाई सहयोग गर्न प्रति सरकारले ध्यान केन्द्रित गर्नु पर्ने कुरामा जोड दिँदै आप्रवासी कामदारहरुमा आयको सम्भावनाहरु बढाउन र उनीहरुलाई आफ्नो सपना पूरा गर्न सक्षम बनाउनका निम्ति सीप विकासमा ध्यान दिन पनि सुझाव दिए।
साथै, एफवानसफ्टका अध्यक्ष ढकालले प्रवासी परिवारलाई सहयोग पुर्याउन विभिन्न संघ संस्थासँग सहकार्य गर्न कम्पनी इच्छुक रहेको बताउँदै यस क्षेत्रमा परिवर्तन ल्याउने आफ्नो प्रतिज्ञामाथि पनि प्रकाश पार्नुभयो र यस अभियान अन्तर्गत इसेवा मनी ट्रान्सफरले आफ्नो प्रयास जारी राख्ने बताउँदै एफवान सफ्टले अर्को वर्ष पनि भाग्यशाली विजेतालाई सपनाको घर उपहार दिने घोषणा गरे।
बम्पर पुरस्कार विजेता पूर्ण बहादुर श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरे। आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्री श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको बताए। उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनि ट्रान्स्फरलाई हार्दिक धन्यवाद व्यक्त गर्दै योजना मा संलग्न सबैलाई धन्यवाद दिए। |
नेपालमा पहिलो पटक जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद काठमाडौं। नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ।
लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको हो। त्यसको जानकारी आज पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ। सो लागु औषधलाई लिसर्जिक एसिड डाइएथिलेमाइड (एलएसडी) भनिन्छ।
नेपालमा यो पहिलो पटक बरामद भएको हो। सो लागुऔषध सेवन गर्ने र बिक्री वितरण गर्ने केही व्यक्तिलाई पनि प्रहरीले काठमाडौ र पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरु नेपालीसँगै विदेशी नागरिक पनि छन्।
ब्यूरो स्रोतका अनुसार एलएसडी ड्रग्स १० हजारभन्दा बढी ‘थान’ बरामद भएको छ। एलएसडी खतरानाक लागु औषध मानिन्छ। प्रहरीका अनुसार प्राय स्टिकरजस्तो आकारमा उपलब्ध हुने यसलाई दुर्व्यसनीमा फसेका व्यक्तिले जिब्रो तथा निधारमा समेत टाँसेर आनन्द लिने गर्छन्।
कुनै समय भारतमा एलएसडीको व्यापक कारोबार हुने गर्थ्याे। विवाह उत्सव, पार्टी, तथा विभिन्न सामूहिक भोजमा यो लागुऔषध प्रयोग गर्ने गरिन्छ। गत वर्ष अष्ट्रेलियाको सिड्नी २७ हजार मानिसहरुले एक साथ यो लागुऔषध प्रयोग गरेको पाइएको थियो।
गत महिना भारतमा पनि यस प्रकारको लागुऔषध बरामद भएको थियो।
भारतको लागुऔषध नियन्त्रण ब्यूरोले जेठ २२ मा देशमा डार्क वेबमार्फत चलिरहेको लागुऔषधको ठूलो सञ्जालबाट १५ हजार एलएसडी ब्लट बरामद गरेको थियो। यो नेटवर्क डार्कनेटमा सञ्चालनमा रहेको र क्रिप्टोकरेन्सी भुक्तानीका लागि प्रयोग भइरहेको बेला बरामद गरेको थियो। |
गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो काठमाडौँ। गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्।
दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन्। उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए। उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ। अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ।
सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो। घट्ना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो। जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ। – रासस |
लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो। यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ। |
रुकुमपूर्वबाट हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार रुकुमपूर्व । अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामकी ४० वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनलाई आज दिउँसो उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाई पुन सुत्केरी भएकी थिइन् । सुत्केरीपछि पुनको रक्तस्राव नरोकिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार दिउँसोदेखि महिलालाई सुत्केरी व्यथा लागेको थियो । |
डाक्टर हुँ भन्दै दुई युवतीसँग ७८ लाख बढी ठगी काठमाडौं । आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । नक्कली डाक्टर बनेर युवतीसँग विहे गर्ने बहानमा ७८ लाख ठगी गरेका आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
जैशीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटकपटक गरेर ४० लाख रुपैयाँ लिएका थिए । त्यसपछि अर्की युवतीलाई पनि विहे गर्छु भन्दै डाक्टर भएको बताउदै ३८ लाख ठगी गरेको खुलेको छ । नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहेका थिए । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजालमा पारेर सो रकम ठगी गरेका थिए । ‘एप्रोन लगाएर भिडियो कल गर्ने गरेका रहेछन्, म वीर अस्पतालमा ड्युटीमा छु भनेर ठगी गर्ने रहेछन’, प्रहरी प्रवक्ता एसपी रिजालले भने । प्रेम जालमा पारेपछि उनले विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको युवतीले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी चढ्ने गरेको र सो गाडी किन्न ती युवतीसँग उनले ४० लाख नगद लिएका थिए । सो रकम नतिरी फेरी अर्की युवतीसँग पनि उनले पैसा लिएको पाइएको थियो । उनी यसअघि पनि दुई युवतीलाई फसाएर हत्या गरिएको अभियोगमा जेल बसेको खुलेको छ । |
बसको ठक्करबाट झापामा एक विद्यार्थीको मृत्यु झापा । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । कमल गाउँपालिका–३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको ज्यान गएको प्रहरीको भनाइ छ ।
कमल-३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गरेका छात्र थापालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते छात्र थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
बालक थापा स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । |
कञ्चनपुरमा २३ वर्षीया युवती मृत फेला धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरीको शव फेला परेको हो ।
रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको छ । |
नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेपछि माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली काठमाडौं । नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयनको बाटो खुलेपछि नागरिकताविहीन युवाहरुले काठमाडौंको माइतिघरमा खुसी मनाएका छन् ।
सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटोखुलेसंगै नागरिकताविहीन युवाहरुले अविर दलेर खुशियाली मनाएका हुन् ।
नेपाली नागरिकलाई नागरिकताविहीन बनाएको भन्दै उनीहरुले केहि समय देखि माइतघिरमा विरोध प्रदर्शन गर्दै आन्दोलन गरिरहेका थिए । सर्वोच्चको आदेशसंगै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । नागरिकताविहीन संर्घष समितिका अध्यक्ष इन्द्रजित साफीले सर्वोच्चको आदेश लाखौ नागरिकता बिहीन युवाहरुको जीवन बचाउनका लािग महत्वपूर्ण कदम भएको बताए । उनले ढिला भएपनि अदालतबाट न्याय पाएको र आशाको ज्योती जगाएको जिकिर गरेका छन् ।
बिहीबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले अब वंशजका ेआधारमा नागरिकता पाउन बाटो खुल्ला भएको छ । |
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले दायर गरेको रिटमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न विपक्षीमा नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारका नाममा पनि कारण देखाउ आदेश जारी गरेको छ । गत मंगलबार मन्त्रिपरिषदको बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै चलाउने बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । तर, उक्त मुद्दा सरकारले फिर्ता लिएको छ । |
नयाँ नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुने काठमाडौँ। वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ।
प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछन्।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईलवाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ।
डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ। यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ। |
साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज काठमाडाैं। अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ। सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ।
नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई पनि होलो हुने बताएको छ। उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को मुद्दा जिल्लामा जाने भएपछि धेरै होलो हुने जनाएको छ।
उच्च अदालत पाटनका उपरजिस्टार एवं प्रवक्ता मन्दिरा शाही उच्च अदालतमा चेक बाउन्सका मुद्दा करिब ८५ प्रतिशत नै आउने गरेको बताइन्। अब यो मुद्दा जिल्लामा जाने भएपछि उच्च अदालतलाई धेरै होलो हुने उनले जानकारी दिइन्।
यही असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद, ९ मा उल्लेख भए बमोजिमका कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसुरको सुरु, कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने गरी यही ५ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
उक्त निर्णयसँगै अब काठमाडौं जिल्ला अदालतमा मात्रै हेरिँदै आइएको साइबर अपराधको मुद्दा हरेक जिल्ला अदालतले हेर्न पाउनेछ। यस्तै उच्च अदालतले मात्रै हेर्दै आएको चेक बाउन्सको मुद्दा पनि जिल्ला अदालतको क्षेत्राधिकारभित्र परेको छ।
अब उक्त मुद्दा दर्ता गर्न उच्च अदालत र काठमाडौं जिल्ला अदालतमा मात्रै धाइरहनुपर्ने बाध्यता हटेको छ। यसले उच्च अदालत र काठमाडौँ जिल्ला अदालतलाई मुद्दाको चाप कम पर्नेछ भने पीडित तथा प्रहरीलाई सीमित क्षेत्रमा धाइरहनुपर्ने समस्या कम भएको छ।
यसअघि कुनै जिल्लामा साइबर अपराधको मुद्दा दर्ता गर्न काठमाडौँ जिल्ला अदालत नै आउनुपर्ने बाध्यता थियो। यसका लागि प्रहरीको साइबर ब्युरोमार्फत मुद्दाको अनुसन्धान हुने गर्दथ्यो। अब मन्त्रिपरिषद्को उक्त निर्णयपछि सर्वसाधारण साइबर अपराधका मुद्दामा काठमाडौं नै आउनुपर्ने सास्तीबाट मुक्त भएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्।
बैंकिङ कसुर ऐनको दफा ३ (ग) मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटिदिने’ भन्ने बाक्य रहेको छ। त्यो भनेको चेक बाउन्सको मुद्दा हो। उक्त मुद्दा उच्च अदालतमा मात्रै हेरिँदै आएको थियो । मन्त्रिपरिषद्को उक्त दफा तोकेरै निर्णय गरेसँगै अब चेक बाउन्सको मुद्दा जिल्ला अदालतबाटै सुरु, कारबाही र किनारा हुनेछ।
यसअघि साइबर अपराधका मुद्दा काठमाडौं जिल्ला अदालतबाटै चल्ने गर्दथ्यो । यसले साइबर ब्युरोलाई पनि बढी दबाब थियो भने नागरिक मुद्दा चलाउन ठूलो सास्ती बेहोरेर काठमाडौँ आउनुपर्ने बाध्यता थियो।
जिल्ला अदालतबाट सुरु, कारबाही र किनाराको व्यवस्था भएपछि त्यो ब्युरोलाई पनि होलो हुने र जिल्लाबाट मुद्दा चल्ने हुँदा नागरिकले पनि सास्ती खेप्नु नपर्ने साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए। एकै ठाउँमा मुद्दा चल्दा बढी पाँच हुने र अनुसन्धानमा समेत समस्या हुँदै आएको ब्युरोले जनाएको छ।
यता चेक बाउन्सको विषय उच्च अदालतमा मात्रै चल्ने गरेकामा अब मन्त्रिपरिषद्को निर्णयले जिल्लामै मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि उच्च अदालत धाउनुपर्ने समस्या टरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
उनले भने, “एउटा प्रदेशमा एउटा उच्च अदालत हुन्छ, टाढाको जिल्लाको मान्छे प्रदेशमा जान गाह्रो हुन्छ, प्रहरीलाई पनि अनुसन्धान गर्नुभन्दा जान र आउन मात्रै समय जान्थ्यो, अब सबै जिल्लाबाट चल्ने भएपछि त्यो समस्या हटेको छ।”
उहाँका अनुसार पछिल्लो समयमा चेक बाउन्सका मुद्दा धेरै दर्ता हुने गरेको छ। यसले प्रहरी कार्यालयलाई पनि मुद्दाको अनुसन्धानमा चाप हुँदै आएको छ। जिल्ला अदालतले मुद्दा नहेर्दा उच्च अदालतमा जानुपर्ने अवस्था थियो। सो कारण उच्च अदालतमा समेत मुद्दाको चाप बढी हुने गरेको थियो। रासस |
किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल ढोरपाटन। वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन।
लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।
अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ।
जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ।
गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताए। लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उनको भनाइ छ।
क्षेत्री भन्छन्, “जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर बैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो-ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या पर्यो, बीउ जोगाउनै गाह्रो भयो।”
स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरु समस्यामा परेको बताए।
खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको गुनासो पोखे। पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उनको भनाइ छ।
“पहिले–पहिले यस्तो समस्या त हुँदैनथ्यो, जेठको पहिलो/दोस्रो सातादेखि बर्खा लाग्थ्यो, अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुक्खैसुक्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसाजस्तो भन्न थाले”, जिसीले भने, “एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला, अहिले गाउँका खोलामा कमिला हिँड्छन्, पानी छैन।”
अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताए।
मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकले बताए। घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काउन सफल भएको उनी बताउँछन्।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताए। लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ।
उनका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो। बैसाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताए।
“गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो, खडेरीले गर्दा केही समस्या परेको छ”, प्रमुख भट्टराईले भने, “अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी ब्यहोर्नुपर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ।”
बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ।
त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ। पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन् । गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ। रासस |
आजको मौसमः पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहने काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको थोरै स्थानहरूका साथै मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जन र चट्याङ, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
आइएमईबाट चोरी गर्ने दुई जना पक्राउ जनकपुरधाम । आइएमईभित्र चोरी गर्ने चोरीका सामानसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–९ रुदौली बस्ने २० वर्षीय जीवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन् ।
गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसल भित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए ।
इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलाश गर्दै जाँदा मंगलबार बिहान १० बजेको समयमा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरूले सोही ठाउँस्थित पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा ती सामानहरू बरामद गरेका थिए । |
हिउँमा चिप्लिएर दार्चुलामा एक जनाको मृत्यु धनगढी । दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ ।
अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो ।
हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । |
हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो । सुरू भएकै दिन काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) अदालत गएको थियो ।
महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएको भन्दै महानगरले उक्त मेला बन्द गराएको थियो । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो । |
घट्यो हवाई भाडादर (सूचीसहित) काठमाडौं । हवाई भाडादर घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि भाडादर पनि घटेको हो ।
मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
|
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध भरतपुर। सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.