content
stringlengths 20
64.1k
⌀ |
---|
रासस मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।, बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। , मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरू गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ।, आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपरान्ह ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ। रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ।, पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो। सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो।, चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए।उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रायोग गर्न भनिएको छ। , बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौंलगायत देशका ठूला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन्। यो सडक खण्डमा दैनिक हजारौं सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन्। ,
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने |
रासस महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन्।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन्।, उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्।, उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन्।, आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो। मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।,
पोखरीमा मृत भेटिइन् बालिका |
सेतोपाटी संवाददाता नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा दोलखा घर भई ललितपुरको कुपन्डोल बस्दै आएका २७ वर्षीय निरज उप्रेती, स्याङ्जा घर भई टोखा बस्ने २६ वर्षीया धर्मी गौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने २६ वर्षीय गणेशबहादुर रानामगर छन्। , उपत्यकामा स्वदेशी र विदेशी ब्रान्डका नक्कली तथा गुणस्तरहिन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , अपराध अनुसन्धान कार्यालयले अपरेशन लिमा-२ सञ्चालन गरी प्रहरी खटाएको थियो। , उप्रेतीले कुपन्डोलमा नेक्स्ट टेस्ट लिक्वेयर स्टोर सञ्चालन गर्दै आएका थिए। गत शुक्रबार प्रहरीले उनको पसलमा छापा मारेको थियो। त्यहाँबाट नक्कली रक्सी ‘खुकुरी रम’ बरामद गरेको हो।, यस्तै अनुसन्धानको क्रममा प्रहरी काठमाडौंको एस.टी लिक्वेयर स्टोरमा पनि पुगेको थियो। उक्त स्टोर धर्मीले सञ्चालन गर्दै आएकी थिइन्। उनको लिक्वेयर पसलबाट पनि प्रहरीले नक्कली खुकुरी रम, रूस्लान भोड्का रक्सी बरामद गरेको हो। , कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीस्थित टहरामा बसेर नक्कली रक्सी बनाउने गरेको खुलेको हो। , यसरी रक्सी उत्पादन गर्ने ठाउँबाट गणेशबहादुरलाई प्रहरीले पक्राउ गरेको हो। यसमा अरूको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। यद्यपी उनीहरूलाई पक्राउ गर्न बाँकी नै रहेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, प्रहरीले एक करोड बराबरका नक्कली रक्सी बरामद गरेको छ। , रक्सी उत्पादन गर्ने ठाउँ पनि उनीहरूले फेरिरहने गरेको एसएसपी केसीले बताए। प्रहरीले पक्राउ नगरोस् भनेर उनीहरूले ठाउँ परिवर्तन गरिरहेको पाइएको हो। , ‘एकचोटीमा १० देखि १२ कार्टुन सम्म नक्कली रक्सी बनायो। अनि बजारमा पठाइहाल्ने गरेको देखिन्छ,’ उनले भने, ‘एकै ठाउँमा बसेर उत्पादन पनि नगर्ने देखियो। ठाउँ पटकपटक सरिरहेको पायौं।’, उनीहरूले यसरी रक्सी उत्पादन गर्न केही कामदार पनि राखेका थिए। एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले बोतलमा केही मात्रा सक्कली रक्सी नै हाल्थे। त्यसमा थप रसायन, रंग लगायत हालेर प्याकेजिङ गर्ने गरेका हुन्। , यसरी प्याकेजिङ गर्नका लागि पनि उनीहरूले बोलत होटल, रेष्टुरेन्टहरूबाट उठाउने गरेको पाइएको छ। , ‘ठमेलका होटल, रेष्टुरेन्ट, क्लबहरूमा ठूलो मात्रामा रक्सीको व्यापार हुन्छ। त्यहाँबाट बोलतहरू उठाउने पनि छुट्टै व्यक्तिहरू छन्। ती व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूले बोतल ल्याएको देखिन्छ,’ उनले भने, ‘स्टिकरहरू पनि फेरि प्रयोग गर्न मिल्ने निकाल्ने गरेको देखिन्छ।’, उनीहरूले यसरी बोलतको प्रयोग गर्दा अन्त शुल्कका स्टिकरहरू पनि पुरानै प्रयोग गरेको देखिन्छ। प्रहरीले यसअघि पनि नक्कली रक्सीहरू बरामद गरेको थियो। एकैचोटी धेरै खपत हुने हुँदा त्यस्ता रक्सीहरू पार्टी प्यालेसमा बेच्ने गरिन्थ्यो। , तर उनीहरूले यसपालि पसलहरूमै लगेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूले यसरी मदिरा बेच्दा पसल सञ्चालकको पनि मिलेमतो हुने गरेको प्रहरी बताउँछ। बजार मूल्यभन्दा सस्तोमा बेचेर पनि ठूलो नाफा कमाउन उनीहरूले यसरी कालोबजारी गरेको एसएसपी मनोजकुमार केसीले बताए। , प्रहरीले ६ वटा गोल्डेन ओक, ४८ वटा ८८४८ भोड्का, ४२० वटा मुग्लाङ, ३० वटा २०२० एप्पल, ९२ वटा खुकुरी रम र १३२ बोतल रूस्लान भोड्का बरामद गरेको हो। प्रहरीले विभिन्न ब्रान्डका खाली बोतलहरू पनि बरामद गरेको हो।,
काठमाडौं उपत्यकाभित्रै नक्कली रक्सी उत्पादन, ३ जना पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन्।, पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए। , भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ।, आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरी इन्सपेक्टर सुवास तिमल्सिनाले सेतोपाटीलाई जानकारी दिए।, ‘घाइते दुवै जनालाई उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छौं,’ उनले भने, ‘घटनाको कारण आइसकेको छैन, हामी अनुसन्धानमै छौं।’,
पोखरामा एक युवाद्वारा आत्मदाहको प्रयास! |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।, महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उक्त आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन हाल्ने निर्णय भएको हो।, उच्च सरकारी वकिल कार्यालय पाटनले पठाएको निवेदनको मस्यौदामा थपघट गर्ने काम भइरहेको छ।, ‘उच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छोड्न गरेको आदेशविरूद्ध सर्वोच्च अदालत जाने निर्णय भइसकेको छ। उच्च सरकारी वकिल कार्यालयले पठाएको मस्यौदामा थपघट गर्ने काम भइरहेको छ। एक-दुई दिनमै सर्वोच्चमा दर्ता हुन्छ,’ एक कर्मचारीले भने। , दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर सर्तसहित छोडेको थियो।, लामिछानेलाई धरौटीमा छोड्ने आदेश कानुनभन्दा बाहिर गएर गरिएकाले बेरितको भएको जिकिर उच्च सरकारी वकिल कार्यालय पाटनले गरेको छ। , प्राप्त प्रमाणबाट आरोपित कसुर गरेको देखिएको भनेर स्वीकार गर्ने र फेरि थुनामा राख्न अनिवार्य छैन भन्ने आदेश कानुनी व्यवस्थाभन्दा बाहिर गएको सरकारी वकिलको तर्क हो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ।, ‘प्रस्तुत आदेशमा पनि तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिएको भनी स्वीकार गरिएको छ। यस्तो अवस्थामा कानुनले प्रतिवादीलाई मुद्दाको पुर्पक्षको क्रममा अनिवार्य थुनामा राख्न भनेको छ। तर उच्च अदालतले कानुनको आफूखुसी अपव्याख्या गरेकाले लामिछानेलाई छोड्ने आदेश बेरितपूर्ण छ,’ उच्च सरकारी वकिल कार्यालयले पठाएको मस्यौदामा भनिएको थियो।,
सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेश बदर गराउन महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने |
सेतोपाटी संवाददाता भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्याइएको छ।, आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो।, यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरुमा लगेर पूजा, अर्चना गरिएको थियो। देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्या पुर्याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहीतले बताए।, भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो। भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन्।, भारत पठाउन लागिएका शिलाहरुको पूजा, आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरुको भीड रहेको छ।, जनकपुरधामवासीहरु शिलाको पूजाका लागि उपस्थित भइ रमाइलो गरिरहेका छन्। नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरु खुशी भएको जनकपुरधामवासीहरु बताउँछन्।, यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरुको विश्वास छ। शिला बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ। , शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो। ,
अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षामा स्नातकोत्तर तहका परीक्षार्थीले म्याचिङ प्रणाली अनुसार न्यायपूर्ण ढंगले यथाशिघ्र भर्ना सुरू गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेका छन्।, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुरानै कार्यविधि अनुसार विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्नू भनेकाले यथासिघ्र भर्ना सुरू गर्न उनीहरूले माग गरेका हुन्।, बागबजारस्थित नेपाल चिकित्सक संघको भवनमा आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले अबिलम्ब भर्ना सुरू गर्न माग गरेका हुन्। ‘सर्वोच्च अदालतले पुरानै कार्यविधि अनुसार भर्ना प्रक्रिया अघि बढाउनू भनि अन्तरिम आदेश दिएको अवस्थामा त्यस आदेश खारेजीको माग गर्दै निवेदन दिएर आयोगले हामीलाई थप प्रताडित बनाएको छ। तसर्थ न्यायपूर्ण तरिकाले भर्ना प्रक्रिया अघि बढाउन हामी अनुरोध गर्दछौँ,’ आयोगविरूद्ध संघर्ष गरिरहेका विद्यार्थीहरूले भनेका छन्।, आयोगले म्याचिङ प्रणालीको पुरानो कार्यविधि अनुसार भर्ना प्रक्रिया तत्काल अघि नबढाउने हो भने समग्र शैक्षिक सत्रनै प्रभावित हुने, चिकित्सकको अभाव हुने र जनशक्ति विदेश पलायन हुनसक्ने चिन्ता विद्यार्थीहरूले गरेका छन्। , चिकित्सा शिक्षा आयोगले एमडी/तथा एमएसमा भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणाली सम्बन्धी कार्यविधिको पालना गर्नुपर्छ। यद्यपि भर्ना लिने समयमा बदनियनतपूर्वक कार्यविधि संशोधन गर्दै सूचना जारी गरेकाले संशोधित कार्यविधि पालना नगराउने आदेशको माग गर्दै विद्यार्थीले पुस १४ गते सर्वोच्चमा रिट दिएका थिए।, अदालतले पुरानै कार्यविधि अनुसार भर्ना लिन अन्तरिम आदेश दिँदै भनेको छ, ‘हचुवा र स्वेच्छाचारी रूपमा म्याचिङ प्रणाली परिवर्तन गरिएको कारणबाट निवेदकहरूलाई अपुरणीय क्षति पुग्न जाने अवस्था देखिएकाले साविककै सूचना तथा म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनोटका लागि भर्ना गर्नु भनि अन्तरिम आदेश जारी गरिएको छ।’, यसैबीच आयोगले भने पुस १६ गते अदालतको आदेश पालना अस्वीकार गर्दै आदेश खारेजीका लागि पुस २६ मा सर्वोच्चमा निवेदन दिएको छ। त्यस निवेदनको फैसला नहुँदा चिकित्सा शिक्षाको स्नातकोत्तर भर्ना स्थगित छ। ,
,
चिकित्सा शिक्षाको स्नातकोत्तर तहको भर्नामा सर्वोच्चको आदेश पालना गर्न विद्यार्थीको माग |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ४, सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’, उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’, ‘मिथिलाक कथासभा’ शृंखलाको अघिल्लो अध्यायमा हामीले ,सिमरौनगढ घुम्यौं,, अब पालो काठमाडौंमा मिथिला खोज्ने।,
..., काठमाडौं र मिथिला सम्बन्धको कडी खोतल्दै जाँदा म धेरैपटक सिमरौनगढकी रानी देवलदेवीसँग ठोक्किएँ। उनी सिमरौनगढका अन्तिम राजा हरसिंहदेवकी रानी हुन्।, दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढ राज्य तहसनहस भएर जब कर्नाटवंशीहरू नेपाल उपत्यका छिरे, तब रानी देवलदेवी पहिलोपटक इतिहासको नजरमा परिन्। नभए राजाहरूकै रजगज हुने इतिहासमा रानी गुमनाम थिइन्। यसरी नै थुप्रै महिला वा अन्य महत्वपूर्ण पात्र इतिहासमा गुमनाम हुन सक्छन्। त्यही भएर भनिन्छ, इतिहास पटकपटक पुनर्लेखन गरिरहनुपर्छ।, देवलदेवीकै कुरा गर्ने हो भने सिमरौनगढमा कर्नाटवंशको अन्त्यपछि उनी नेपाल उपत्यकाको शासनसत्तामा एक सशक्त महिला पात्रका रूपमा देखा पर्न थालेकी थिइन्।, ‘सिमरावन (सिमरौनगढ) छाडेर हरसिंहदेव पहाडतिर लाग्दा उनका साथमा जहान, छोराहरू, मन्त्री, भारदार आदि थिए। दोलखातिर आउँदा तीनपाटनमा विक्रम सम्बत् १३८२ माघमा हरसिंहदेवको मृत्यु भयो। उनका जहान, मन्त्री र भारदारहरू समातिए र पछि उनीहरूले शरण मागे,’ गोपाल वंशावलीमा उल्लेख छ।, संशोधन मण्डलले प्रकाशन गर्ने त्रैमासिक पत्रिका ‘पूर्णिमा’ को एउटा पुरानो अंकमा इतिहासकार धनवज्र बज्राचार्यले देवलदेवीलाई हरसिंहदेवकी जहानका रूपमा उल्लेख गरेका छन्।, ‘शक्तिशाली भारदार रामवर्द्धनहरू र तात्कालिक नेपाल’ शीर्षकको लेखमा धनवज्र लेख्छन्, ‘यसभन्दा अगाडि देवलदेवीको नाम गोपाल वंशावली तथा अन्त कतै आएको थिएन। गोपाल वंशावलीबाट तिरहुते देवलदेवी शरणार्थीका रूपमा रूद्र मल्लको दरबारमा प्रवेश गरेको आभास हुन्छ।’, हरसिंहदेवको निधनपछि रानी देवलदेवीले नै नेतृत्व गर्दै आफूसँग आएका सबैलाई नेपाल उपत्यका ल्याइन्। गयासुद्दिन तुगलकको आक्रमणबाट भागेर उपत्यका पस्दा उनले कुलदेवी तुलजा भवानी पनि सँगै ल्याएको मानिन्छ।, किम्बदन्तीअनुसार स्वर्गका राजा इन्द्रले लामो समय तपस्या गरेबापत् महादेवबाट हरेक दिन विधिपूर्वक पूजा गर्ने गरी श्रीयन्त्रस्वरूप तुलजा भवानी पाएका थिए। लंकाका राजा रावणका छोरा मेघनादले इन्द्रलाई लडाइँमा हराएपछि स्वर्गबाट उक्त श्रीयन्त्र लंका ल्याए। रामले रावण वध गरिसकेपछि तुलजा देवीलाई पनि आफूसँगै अयोध्या ल्याएको भनाइ छ।, त्यही श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई तुगलकको आक्रमणबाट बचाउन राजा हरसिंहदेव र देवलदेवीले आफूसँगै लिएर सिमरौनगढ राज्य छाडेका थिए। बाटोमा आउँदै गर्दा उनीहरूले विभिन्न सास्ती खेपे। यतिसम्म कि, उनीहरूले बोकेर ल्याएको रासन सकियो। लामो समय रासनपानीबिना हिँड्दा कति सेना भोकले छट्पटाउन थाले। कति मरे।, राजा हरसिंहदेव तुलजा भवानीका परमभक्त थिए। आफ्नो समस्याबाट त्राण पाउन उनले तुलजा भवानीको प्रार्थना गरे। भवानीले दर्शन दिइन् र समस्या सामाधानको उपाय बताइन्, ‘बिहान उठ्दा आँखाले पहिला जे कुरा देख्छौ, त्यही खानू।’, राजाले बिहानै एउटा राँगा (अर्ना) देखे। त्यो राँगा तुलजा भवानीलाई चढाए। सेनालाई पनि खुवाए। त्यही समयदेखि काठमाडौंमा राँगा खाने चलन आएको किम्बदन्ती छ। भोकाएका सेनाले राँगाको सिङ र खुरबाहेक टाउकोदेखि पुच्छरसम्म सबै भाग खाएछन्। हड्डीधरि छाडेनन्। अहिले पनि नेवाः समुदायले राँगाको खुर र टाउकोबाहेक सबै अंगका परिकार बनाउँछन्। यसको कारण यही किम्बदन्तीसँग जोडिन्छ।, हरसिंहदेवको निधनपछि रानी देवलदेवीले नै तुलजा भवानीलाई काठमाडौं उपत्यका ल्याएकी थिइन्। त्यति बेला उपत्यकाको राजधानीसमेत रहेको आफ्नो माइती भक्तपुरमा उनले विधिपूर्वक तुलजा भवानी स्थापना गरिन्। कर्नाटवंशीहरूको कुलदेवी भए पनि मल्लहरूले तुलजा भवानीलाई आफ्नै कुलदेवीका रूपमा स्विकारे, जसलाई आज तलेजु भवानीका रूपमा पुजिन्छ।, देवलदेवी भक्तपुर आउँदा यहाँका राजा रूद्र मल्ल थिए जो देवलदेवीका दाइ हुन्। धनवज्रको वर्णनअनुसार जब १३८३ सालमा ३० वर्षीय रूद्र मल्लको मृत्यु भयो, उनका कुनै छोरा जीवित थिएनन्। श्रीमती पनि उनीसँगै सती गइन्। त्यसपछि गद्दीमा बसेका अरि मल्लले भारदारहरूलाई अँठ्याउन सकेनन्। यसले रूद्र मल्लकी नाबालिग छोरी नायकदेवी उत्तराधिकारी बनिन्।, नायकदेवीको हेरचाह उनकी बज्यै पदुमलदेवीले गर्थिन्। पदुमलदेवीलाई राजकाजका काममा देवलदेवीले सघाइन्।, विक्रम सम्बत् १३८९ मा पदुमलदेवीको निधन भयो।, उनको निधनपछि नायकदेवीको संरक्षण जिम्मा देवलदेवीले लिइन्। उनकै सक्रियतामा काशी राजवंशका कुमार हरिचन्द्रसँग नायकदेवीको विवाह भयो। यो विवाहपछि नायकदेवीको हकवालाका रूपमा उनका श्रीमान हरिचन्द्रको प्रभाव बढ्ने कुरा केही भारदारलाई चित्त बुझेको थिएन। त्यही भएर १३९२ मा भारदारहरूले षड्यन्त्र गरेर हरिचन्द्रलाई विष खुवाएर मारे।, एउटै घरमा रहँदाबस्दा नायकदेवी र देवलदेवीका छोरा जगतसिंह एकअर्काका नजिक भए। पछि उनीहरूको विवाहसमेत भएको गोपाल वंशावलीकारले उल्लेख गरेका छन्। तर उनीहरूले यसलाई वैधानिक विवाह मानेका छैनन्।, कर्नाट वा भनौं तिरहुत (मिथिला) क्षेत्रबाट देवलदेवी, उनका छोरा र सेना आउनुअघि पनि मिथिलाबाट नेपाल उपत्यकामा थुप्रै व्यक्ति आउजाउ गरिन्थे। देवलदेवी आएपछि भने उनले राज्यस्तरमै आफ्नो अधिकार जमाइन्। उनलाई गोपाल वंशावलीकारले ‘महादेवी’ भनेर उपनाम पनि दिएका छन्।, ‘देवलदेवी चतुर महिला थिइन्। कमजोर हुन लागेको भक्तपुर मजबुत बनाउन उनले बलिया भारदार महाथ अनेकराम, अभयराम, थयित लगायतलाई आफ्नो पक्षमा राखिन्। १३९४ पौषमा उनीहरूसँग मिलेर देवलदेवीले केही प्रदेशमा आफ्नो अधिकार जमाइन्,’ इतिहासकार धनवज्र बज्राचार्यले लेखेका छन्।, यति मात्र होइन, नेपाल उपत्यकामा मल्ल शासनको जग मजबुत बनाउने श्रेय पाएका जयस्थिति मल्ललाई देवलदेवीले नै दक्षिण मधेसबाट झिकाएकी थिइन्। उनले आफ्ना छोरा जगतसिंह र नायकदेवीकी छोरी राजल्लदेवीसँग विवाह गरेर नेपाल उपत्यकाको राजकाज सम्हाल्न जयस्थिति मल्ललाई ल्याएको इतिहास छ।, ‘विसं १४११ मा राजल्लदेवी आठ वर्षकी भइन्। त्यस बेलाको धारणाअनुसार उनको विवाह गरिदिने अवस्था आइपुगेको थियो। उनकी बज्यै देवलदेवीले आश्विनमा जयस्थिति मल्ललाई वरका रूपमा बाहिरबाट भक्तपुर भित्र्याई पाँच महिनापछि विवाह गरिदिइन्। यो घटनाबाट नेपाल उपत्यकाको राजकाजमा एक दृढ व्यक्तिले हात हाल्ने अवसर पाए,’ धनवज्रले लेखेका छन्।, रामदेव राय दनुवारद्वारा लेखिएको ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ नामक किताबमा उल्लेख भएअनुसार जयस्थिति मल्ल दनुवार समुदायका थिए।, ‘स्थितिदेव (जयस्थिति मल्ल) ले सप्तरीका थुप्रै तागाधारी दनुवार (क्षत्री) हरूलाई जन्तीका रूपमा लिएर पहाड उपत्यका खुपुदेश (भक्तपुर) विवाह गर्न गएकोमा आजसम्म जन्तीसहित पुनः फर्केर आएको छैन,’ उनले लेखेका छन्।, विसं १४१३ को पशुपति अभिलेखमा पनि राजल्लदेवीका पति स्थितिदेव भनी उल्लेख भएको पाइन्छ।, भक्तपुरबाट दक्षिणतिर रहेको मधेसको भू–भागमा सप्तरी क्षेत्र पनि पर्छ, जहाँ स्थितिदेवका पिता पुरादित्य सिंहको राज्य थियो। यस प्रकार जयस्थिति मल्ल सप्तरीका राजकुमार हुन सक्छन्। द्रोणवार वंशीय राजा पुरादित्य सिंहको शासनकालमा सप्तरी राज्य अत्यन्त सबल र सम्पन्न थियो। तागाधारी दनुवार भएकाले उनीहरू मैथिलीमा बोल्थे।, जति बेला जयस्थिति मल्लले यहाँकी राजकुमारी राजल्लदेवीसँग विवाह गरे, उनी १६ वर्षका थिए। उनलाई डोलाजी प्रथाबाट विवाहका लागि झिकाइएको मानिन्छ। यो प्रथाअनुसार शासक वर्गले आफ्नी छोरीबेटी विवाह गरेपछि दुलहा दुलहीकै घरमा बस्छन्। आफ्नो घर जाँदैनन्। उनीहरूको घर, वंश अनि थर पनि दुलहीकै राखिन्छ।, यो प्रथामा कतिपय दुलहालाई सानैदेखि दुलहीको घरमा राखेर शासक बन्ने तालिम दिइन्छ। दक्षिण मधेसबाट झिकाएको पाँच महिनापछि बल्ल जयस्थितिलाई यहाँकी राजकुमारीसँग विवाह गरिदिनुको कारण उनलाई शासक बन्ने तालिम दिइएको हुनसक्छ।, जयस्थिति मल्ल नेपाल उपत्यकाको राजा बनेपछि यहाँको राज्यको अस्थिरता धेरै हदसम्म रोकियो। देवलदेवीजस्तै जयस्थिति पनि चतुर थिए। उनले आफ्नो बल र बुद्धिले विरोधीहरूलाई दबाई राज्याधिकार हात पारे। उनी आउँदा नेपाल उपत्यकामा नेवाः सभ्यता पहिल्यै विकसित थियो।, शासनमा आइसकेपछि उनले चाहेका भए त्यो सभ्यता मासेर आफ्नै शैली र स्वाद दिन सक्थे। तर उनले त्यसो गरेनन्। उनले यहाँको नेवाः सभ्यता जस्तो थियो, त्यसलाई त्यही रूपमा स्विकारे। यहीँको भाषा बोल्न थाले, यहीँको संस्कृति र चाडपर्व मनाउन थाले। आफू गद्दीमा बसे पनि, प्रजाले राजाको मान्यता दिए पनि जीवनभर राजल्लदेवीको पतिका रूपमा बस्नु नै उनले उचित ठाने।, आफ्नो कार्यकालमा जयस्थितिले गरेको सबभन्दा उल्लेखनीय काम यहाँको थिति बसाल्नु हो। चन्द्रविक्रम बुढाथोकीको किताब ‘जयस्थिति मल्लको सुधार’ का अनुसार उनले नेपालमा लोप भएर गएको सनातनी हिन्दु धर्म पुनरूत्थान गर्न जात व्यवस्था ल्याएका थिए। त्यसका लागि उनले तराईबाट ब्राह्मणहरू झिकाए।, ‘जयस्थितिले पाँच जना सनातनी हिन्दु कट्टर ब्राह्मणहरू कीर्तिनाथ उपाध्याय, मैथिल ब्राह्मण रघुनाथ झा, रामनाथ झा, दक्षिण भारतका ब्राह्मण श्रीनाथ भट्ट र मदीनाथ भट्टको समिति गठन गरेका थिए। उनीहरूकै सल्लाहअनुसार नेपाल उपत्यकामा बौद्ध धर्मको अभिवृद्धि भएपछि लोप भएर गएको सनातनी हिन्दु धर्म पुनरूत्थान गरियो,’ बुढाथोकीले किताबमा लेखेका छन्।, जयस्थितिले समाजलाई चार वर्ण छत्तीस जातमा विभाजन र जातअनुसार पेसा अपनाउनुपर्ने नियम लगाएका थिए। यसबाट जात व्यवस्थालाई शासकीय रूप दिएको भन्दै आज उनको आलोचना पनि हुन्छ।, यति मात्र होइन, उनले घरखेतसम्बन्धी सुधार, अपराधसम्बन्धी दण्ड–नियम, नापतौलको व्यवस्था लगायत पनि लागू गरे।, जात व्यवस्था र हिन्दु धर्म पुनरूत्थानका लागि जयस्थितिले मिथिला क्षेत्रबाट ब्राह्मणहरू झिकाउनुअघि र त्यसपछि पनि यहाँका शासकहरूले ठुल्ठूला यज्ञ र पूजाका लागि मिथिलाका ब्राह्मणहरूलाई नेपाल उपत्यका बोलाएका छन्। एक शासकले त उनीहरूलाई नुवाकोटमा बस्ने ठाउँ नै दिएको साहित्यकार एवं संस्कृतिविद् राजेन्द्र विमल बताउँछन्।, एकपटक काठमाडौंमा खडेरी र अनिकाल लाग्दा त्यस्तै यज्ञ गर्न मिथिलाबाट केही मैथिल ब्राह्मणलाई उपत्यका बोलाइएको थियो। उनीहरूले यहाँ आफ्नो काम सम्पन्न गरेपछि राजा प्रसन्न भएछन्, अनि यहीँ बस्न प्रस्ताव राखेछन्। जवाफमा ती मैथिल ब्राह्मणहरूले भनेछन्, ‘हामीलाई त आँप र माछा दुवै चाहिन्छ। हामी यी दुवै पाइने ठाउँमा मात्र बस्न सक्छौं।’, आँप र माछा दुवै पाइने ठाउँ काठमाडौं नजिकको नुवाकोटमा फेला परेपछि उनीहरूलाई त्यतै बस्ने व्यवस्था गरिएको भनाइ छ।, ‘मैथिलहरू बसेकाले त्यो ठाउँलाई अहिले पनि मैथिलटार भनिन्छ। अहिले त्यहाँ सेनाको ब्यारेक छ जसलाई मैथिल ब्यारेक भनिन्छ। मैथिली भगवतीको मन्दिर पनि छ,’ राजेन्द्र विमलले भने, ‘मैथिलहरू जहाँ जहाँ गए, त्यहाँ आफ्नो छाप छाडेका छन्। त्यो छाप काठमाडौं उपत्यकामा पनि पाउन सकिन्छ।’, जसरी जयस्थिति मल्ललाई नेपाल उपत्यकाकी राजकुमारीसँग विवाह गर्न मिथिलाबाट झिकाइएको थियो, यहाँका मल्ल तथा शाह शासकहरूले पनि कर्नाट वा मिथिलासँग वैवाहिक सम्बन्ध राख्ने चलन पछिसम्म कायम राखे।, राजा प्रताप मल्लकी दुई श्रीमतीमध्ये एक रानी मैथिल समुदायकी थिइन्। प्रताप मल्लले आफ्नो ज्ञानको फराकिलो दायरा देखाउन हनुमानढोका दरबारको एउटा शिलालेखमा १५ वटा लिपि खोपेका थिए। त्यसमध्ये मैथिल लिपि एक हो।, त्यस्तै राजा रणबहादुर शाहकी मनपर्ने रानी कान्तवती झा पनि मिथिला क्षेत्रकी विधुवा ब्राह्मणी थिइन्। आफ्नी कान्छी रानी भए पनि रणबहादुर शाहले उनको भावी सन्तानलाई नै शासनको उत्तराधिकारी बनाउने सर्तमा विवाह गरेका थिए। सर्तअनुसार रणबहादुर र कान्तवती झाका छोरा गिर्वाणयुद्ध विक्रम शाह राजा भए। विफरले कान्तवती झाको निधन भएपछि रणबहादुर पागल भए अनि मूर्ति र मन्दिरहरू भत्काउँदै हिँडेका थिए।, अर्का साहित्यकार एवं संस्कृति अध्येता रोशन जनकपुरी कर्नाटवंश वा मिथिला सभ्यतासँग यहाँका शासक आकर्षित हुनुलाई उनीहरूको प्रतिष्ठासँग दाँज्छन्।, ‘कर्नाटवंश त्यति बेला प्रतिष्ठित राज्य थियो। त्यस कारण काठमाडौंका राजाहरूले पनि आफूलाई कर्नाटवंशसँग जोड्न चाहे। जसरी यता पहाडबाट आएका राजाहरूले आफूलाई हिन्दुपति भनेर देखाउने चलन भयो, काठमाडौं उपत्यकाका राजाहरूले आफूलाई ‘कर्नाटविलभूषण’ भनेर जोड्न थाले,’ उनले भने, ‘त्यसो गर्दा एक प्रकारले उनीहरूको सांस्कृतिक प्रतिष्ठा बढाउँथ्यो। राजाहरू जोडिएपछि त्यहाँका अरू पनि जोडिन्थे। त्यसले यहाँको संस्कृति र रितिथितिमा परिवर्तन ल्याउँथ्यो।’, काठमाडौंमा तन्त्र–मन्त्र र देवीहरूको पूजा गर्ने चलन पनि तिरहुतबाटै आएको जनकपुरी बताउँछन्।, मधेसबाट आएका मल्ल शासकहरू काठमाडौं उपत्यकाको नेवाः सभ्यतामा मिसिएपछि उनीहरूले मिथिला सभ्यतालाई पनि यहाँको भाषा, संस्कृति र कला–साहित्यमा जोड्दै गए। त्यही भएर काठमाडौं उपत्यकामा पाइने पौभाः कला, भजन र नाटकहरूमा मैथिल भाषा र संस्कृतिको अंश पाइन्छ। यसले काठमाडौं उपत्यकाको मिथिला प्रभावलाई अझै विस्तारमा बताउँछ।, म केही उदाहरण दिन चाहन्छु।, मैले चार वर्षअघि ‘मल्लराजा सिद्धिनरसिंहका ४०० वर्ष पुराना गीत’ भन्ने स्टोरी लेखेको थिएँ। पाटनका मल्लराजा सिद्धिनरसिंहले लेखेका ३२ गीत ज्याः पुन्हि (जेष्ठ पूर्णिमा) का दिन कृष्ण मन्दिरअगाडिको कात्तिक डबलीमा सुनाइन्छ। यो गीतमा नेपाल भाषासहित मैथिल, संस्कृत, फारसी र उर्दु भाषा पनि प्रयोग भएका छन्।, त्यसै दिन पाटन संग्रहालयभित्र राखिएको त्यति नै वर्ष पुरानो पौभाः चित्र प्रदर्शन गर्ने चलन छ। त्यो चित्र मिथिला सभ्यताबाट प्रेरित छ।, मल्लकालमा राजाहरूले मिथिला राजकन्यासँग विवाह गर्ने चलन थियो। मल्लकालीन चित्रहरू हेर्ने हो भने महिलाहरूले नाकमा नथिया लगाएको, घुम्टो ओढेको देखिन्छ जुन काठमाडौंको परम्परा होइन। पुरूषहरूको पहिरन पनि मुगल बादशाहको जस्तै छ।, जसरी नेवाः समुदायले पूजामा मण्डल बनाउँछ, त्यसरी नै मिथिला समुदायमा भित्ता र भुइँमा अरिपन बनाउने चलन छ। यी दुवै लगभग उस्तै हुन्छन्। झन् मिथिलालाई त कलाको सहर भन्दा फरक पर्दैन।, नेपाल मण्डलका कलाकृतिमा तिरहुतको प्रभावबारे अध्ययन गरेका हरिओम मेहेताका अनुसार जयस्थिति मल्ल नेपाल उपत्यकाको राजा भएको समयतिर अर्थात् चौधौं शताब्दीपछिका मूर्तिहरूमा तिरहुतको प्रभाव देखिन्छ।, ‘चौधौं शताब्दीअघिका मूर्तिमा भगवानका स–साना हातखुट्टा हुन्छन् र तिनमा थोरै गरगहना लगाइएका हुन्छन्। सूर्य भगवानको मूर्ति, उमामहेश्वरको मूर्ति, बुढानिलकण्ठको विष्णुको मूर्ति यसका उदाहरण हुन्,’ उनले भने, ‘चौधौं शताब्दीपछिका मूर्तिमा भने धेरै गरगहना र बुट्टा कुँदिएको देख्न सकिन्छ। झन् सिमरौनगढतिर पाइने र यहाँ पाइने मूर्तिमा धेरै समानता भेट्न सकिन्छ।’, यति मात्र होइन, कात्तिक डबलीमा वार्षिक रूपले गाइने भजनबाहेक पाटनका विभिन्न भजनमा मैथिल भाषा जोडिएर आउँछ। त्यसमाथि हरेक साँझ कृष्ण मन्दिरमा गाइने भजन त पूरै मैथिल भाषामा छ। भक्तपुरमा गाइने भजनहरूमा महाकवि विद्यापतिको प्रभाव छ। तिरहुतका विद्यापतिको कालमा लोक–संगीत र साहित्य प्रगतिको उत्कर्षमा थियो।, गीत र भजनमा मात्र होइन, काठमाडौंमा मञ्चन गरिने सांस्कृतिक नाटकहरूमा पनि मैथिल भाषा जोडिएर आउँछ। पाटनको कात्तिक नाच त्यसैको उदाहरण हो। काठमाडौं उपत्यकाका डबलीहरूमा यस्ता नाटक समय–समयमा मञ्चन भइरहेका हुन्छन्। भक्तपुरका राजा भुपतिन्द्र मल्लले लेखेको १५३ वटा नाटकमध्ये ११५ वटा मैथिल भाषामा छन्। बाँकी २६ वटा नेपाल भाषा र १२ वटा हिन्दी र उर्दु भाषामा छन्।, संस्कृतिविद् मल्ल के. सुन्दरका अनुसार मल्लकालमा लेखिएका एउटै नाटकमा विभिन्न भाषाको संवाद प्रयोग गरिएका छन्।, ‘ब्रह्मा, विष्णु लगायत देव पात्रहरू आयो भने उनीहरूले बोल्ने संवाद, गीत वा श्लोकमा संस्कृत भाषाको प्रयोग पाइन्छ। किनभने संस्कृतलाई देव भाषा भनिन्छ,’ उनले भने, ‘राजदरबारका राजपरिवारले बोल्ने भाषामा मैथिल, भोजपुरी वा बंगाली भाषा प्रयोग गरिन्थ्यो। जब नागरिकले बोल्ने भाषा आउँछ, त्यसमा नेपाल भाषा प्रयोग गरिएको पाइन्छ। यसले नेपाल मण्डलमा सांस्कृतिक तथा साहित्यिक रूपमै मिथिलाको प्रभाव थियो भन्ने स्पष्ट पार्छ।’, मल्ल के. सुन्दर राजनीतिक रूपमा पनि मिथिला वा तराईका राजाहरूसँग यताका राजाको सम्बन्ध राम्रो भएको बताउँछन्।, ‘तराईमा नपाइने खाद्यान्न वा सामग्रीहरू उपहारका रूपमा दिइन्थ्यो र काठमाडौं उपत्यकामा नपाइने हात्तीजस्ता उपहार उताका राजाले यता पठाइदिन्थे। मिथिलाका राजाहरूले यहाँका राजालाई शिकार खेल्न बोलाउँथे,’ उनले भने, ‘उता सम्बन्ध राम्रो भएकैले यहाँका मल्ल राजाको जग्गा मिथिलाको दरभंगा र पटनासम्म पनि थियो।’, उनले अगाडि भने, ‘नेपाल मण्डलमा ठूलो लडाइँ पर्यो भने उनीहरूले मैथिल सेनाको पनि सहायता लिन्थे। जस्तो, जयप्रकाश मल्लले सिन्धुलीमा ब्रिटिस सेनासँग लड्दा मैथिल सेना बोलाएका थिए।’, काठमाडौं र मिथिलाको सम्बन्ध जनजीवनमा पनि जोडिएको देखिन्छ। यसको निम्ति मैले काठमाडौं उपत्यकाका केही मैथिलहरूसँग कुराकानी गरेकी छु।, पाटननिवासी कृष्णबोधिनी मिश्रका पुर्खा राजा रणबहादुर शाहका पालामा सिमरौनगढबाट काठमाडौं उपत्यका आएका थिए। मैले यो स्टोरी लेख्ने क्रममा चार महिनाअघि उनीसँग कुराकानी गरेको थिएँ। पुस २८ गते उनको निधन भयो।, उनले मसँग भनेका थिए, ‘पशुपतिनाथमा आरती गर्न, पूजाआजा गर्न र विशेषगरी महास्नान गर्न हाम्रो पुर्खालाई सिमरौनगढबाट झिकाइएको थियो। मेरो पुर्खाले सम्हाल्दै आएको पशुपतिनाथको त्यो रितिथितिलाई मैले पनि निरन्तरता दिएँ।’, कृष्णबोधिनी मिश्र। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, नेपाल–मैथिल ब्राह्मण समाजको उपाध्यक्षसमेत रहेका मिश्रका अनुसार रणबहादुर शाहले त्यति बेला १३ जना ब्राह्मणलाई पशुपतिको महास्नानका गराउन सिमरौनगढबाट झिकाएका थिए।, मिश्रले हामीलाई यो परम्परा कसरी सुरू भयो भन्ने किस्सा पनि सुनाए —, त्यति बेला एक जना ‘मकै सुब्बा’ भन्ने रहेछन्। सिमरौनगढबाट आएका उनले वर्षको एकदिन पशुपतिनाथलाई महास्नान गराउँदा रहेछन्। त्यो थाहा पाएपछि रणबहादुरलाई लागेछ, त्यो सुब्बाले त यस्तो गर्दो रहेछ भने म त झन् राजा। मैले त झनै गर्नुपर्छ!, ‘त्यसपछि उनले महिनाको एकपटक पूर्णिमाको दिन महास्नान गराउने चलन सुरू गरेछन्। यो चलन अझै कायम छ,’ मिश्रले हामीसँग भनेका थिए।, महास्नानको अर्थ पशुपतिनाथलाई शिरदेखि पाउसम्म पञ्चामृतले नुहाइदिने हो। नुहाइसकेपछि शृंगारपटार गरिन्छ, भोजन खुवाइन्छ। भोजन खुवाउन चौरासी व्यञ्जन पकाइन्छ। त्यसमा १० मुरी चामल, साग, सब्जी, मिठाई सबै राखेर शिवजीलाई खुवाइन्छ।, पशुपतिकै गुह्येश्वरीलाई मैथिल ब्राह्मणहरूले आफ्नो आराध्यादेवी मानेर पूजा गर्ने मिश्रले बताएका थिए। उनका अनुसार गुह्येश्वरीलाई जानकी वा सीता मानेर सीता जयन्ती बेला धुमधाम ‘देवाली पूजा’ गरिन्छ।, रणबहादुर शाहकै पालामा नेपाल उपत्यका छिरेका भए पनि आफ्नो रितिथिति अझै मधेस वा मिथिलासँग जोडिएको मिश्रले हामीलाई बताएका थिए। उनका अनुसार नेपाल उपत्यका प्रवेश गरेपछि उनीहरूले यहाँको भाषा, संस्कृति र रितिथिति अंगाले तर त्यहाँको आफ्नो भाषा, संस्कृति र रितिथिति पनि छाडेनन्। विशेषगरी अहिले पनि उनीहरूको बिहेवारी उतै चल्छ।, ‘हामी विवाह गर्नुपर्यो भने जनकपुर, वीरगन्ज, सिमरौनगढ, दरभंगा, पटनासम्म जान्छौं। विवाह पनि मैथिल परम्पराअनुसार नै हुन्छ,’ आफू पनि विवाह गर्न वीरगन्ज पुगेको बताउँदै मिश्रले भनेका थिए, ‘त्यहाँ जानुको कारण विवाह मात्र होइन, यता काठमाडौं उपत्यकामा सबै आफ्ना नातागोता पर्ने भएकाले हो। यहाँ पनि विवाह गर्न त मिल्छ तर छ–सात पुस्ता नाघेको हुनुपर्छ, त्यस्तो एकदम कम छ।’, जसरी एक शासकले नुवाकोटमा मिथिलटार भनेर मैथिल ब्राह्मणहरूलाई बस्ने ठाउँ दिए, पाटनमा पनि एउटा त्यस्तै चोक छ जहाँ मिश्रहरू बस्छन्। त्यो चोकलाई ‘मिश्र चोक’ भनिन्छ। यहाँ चोकको बीच भागमा राधाकृष्णको मूर्ति छ। मिश्रहरू जहाँ–जहाँ बसे, उनीहरूले आफूले मान्ने भगवान उमामहेश्वर वा राधाकृष्णको मूर्ति राख्ने गरेको मिश्रले हामीलाई बताएका थिए।, पाटनको मिश्र चोक। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, जसरी नेवाः समुदायको गुठी छ, त्यसरी नै मिश्रहरूको पनि आफ्नो मैथिल समाज हुन्छ, उनले भनेका थिए, ‘पहिला उपत्यकाका तीन सहरमा मैथिलहरूको ७६ वटा घर थियो। अहिले नयाँ झा, मिश्रहरू आएर बढेको हुनसक्छ। ठुल्ठूला काम वा भोज भयो भने हामीले उहाँहरूलाई निमन्त्रणा दिनुपर्छ। त्यही क्रममा कुन घरको मान्छे को हो भनेर सबै थाहा हुन्छ। कुनै कुनै ठाउँमा त मैथिलहरू मिथिला नै बासना आउने गरी बसेका छन्।’, नेवाः समुदायमा जन्मदिन होस् वा कुनै चाडपर्व, सगुनमा माछा नभई हुँदैन। त्यो चलन मैथिलहरूबाटै आएको हुनुपर्ने उनी बताउँछन्।, ‘नेवारहरूको सगुनमा मासु, अन्डा र पालामा अलिकति रक्सी हुन्छ। हामी पर्यौं मासु पनि नखाने, रक्सी पनि नखाने। हाम्रो सगुन भनेको पाँचवटा माछा, पाँचवटा लड्डु, पाँचवटा केरा, एउटा दही हो। त्यही दहीले हामी टीका मुस्छौं र त्यही टीका लगाउँछौं। त्यसले मुख जूठो गरेपछि मात्रै शुभकार्य हुन्छ। त्यही भएर हामीले नै सगुनमा माछा राख्ने चलन चलाएको हुनुपर्छ,’ उनले भनेका थिए।, कृष्णबोधिनी मिश्र पुर्खौंदेखि काठमाडौं उपत्यकामा बस्दाबस्दै यहीँको भइसकेका थिए। उनी मिथिलासँग नजिक त थिए, तर त्यहाँ मनाउने छठ मनाउँदैनथे। यहाँ बस्ने धेरै मैथिल झा, मिश्रहरू छठ मान्दैनन्। यसबाट हामी रणबहादुर शाहको समयभन्दा निकै पछि मात्र तराईमा छठ परम्परा सुरू भएको हो कि भन्ने आकलन गर्न सक्छौं।, पाटनकै आशिष मिश्रको मूल घर पनि मिथिला हो। यहाँको समाज र संस्कृतिमा सानैदेखि भिजेका उनी नेवाः सभ्यताबारे उत्तिकै जानकार छन्। यहाँका जात्रापर्व मनाउँछन्, नेपाल भाषा पनि बोल्छन्। उनी पनि तराईको छठ मान्दैनन्।, जति बेला रातो मच्छिन्द्रनाथ, अर्थात् बुंगद्यःलाई भारतको आसामबाट पाटन ल्याइयो, लगभग त्यही समयतिर आफ्नो पुर्खा यहाँ आएको उनी बताउँछन्।, मैथिलहरूको काठमाडौं प्रवेश तीन कालखण्डमा भएको इतिहास छ। एकथरि मिश्र, झा र ठाकुरहरू गौतम बुद्धकै पालामा काठमाडौं आएका थिए। अर्काथरि मैथिलहरू लिच्छवि राजा नरेन्द्रदेवका पालामा आएका थिए। आशिषको पुर्खा त्यसैमध्येको हो। तेस्रो चरणमा काठमाडौं भित्रिएका मैथिलहरू मल्ल शासक सँगसँगै आएका हुन्।, पहिलो कालखण्डमा आएका मैथिलहरूबारे जनाउने विहार पाटनमै रहेको यम्पी महाविहार हो। यहाँ सुन्यसी मिश्र (सटकोटी बाजे) कपिलवस्तुबाट आएर बसेको मानिन्छ। यसबारे मलाई आशिषले कथा सुनाएका छन् —, दुई हजार वर्षअघि कपिलवस्तुमा सुन्यसी मिश्र नाम गरेका व्यापारी थिए। उनले व्यापार गरेर प्रशस्त धन कमाइसकेका थिए। धनसम्पत्ति कमाइसकेपछि उनलाई आध्यात्मिक सोच आएछ, अब के त? मेरो जीवनको अर्थ यत्ति हो? सम्पत्ति कमाउने अनि मर्ने?, जीवनको केही न केही अर्थ हुनुपर्यो भन्ने भएपछि उनी घरबाट निस्किएर जोगी भएछन्।, हिँड्दा हिँड्दै उनी काठमाडौं आइपुगे। यहाँ एक जोगीसँग भेट भएछ जसले भनेछन्, ‘बाबु तिमी तिब्बत जाऊ। त्यहाँ बुद्धधर्मको अनुयायी बन्। त्यहाँ गुरूहरूसँग कुरा गर। त्यहाँ तिमीले खोजेको प्रश्नको उत्तर भेट्छौ। जीवनको अर्थ भेट्छौ।’, सुन्यश्री तिब्बत गए। त्यहाँका लामाहरूसँग संगत गरे। जाँदा ब्राह्मण थिए, फर्किंदा बौद्धधर्मी भएर आए।, यहाँ आएपछि उनले उता सिकेको ज्ञान बाँड्न अखडाजस्तो बनाएर यम्पी विहार भएको ठाउँमा बस्न थाले।, अंग्रेजी पत्रिका ‘द राइजिङ नेपाल’ मा संस्कृतिसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकार आशिष मिश्र भन्छन्, ‘विहारका कागजपत्रमा सुन्यसी मिश्रको नाम ‘सटकोटी बाजे’ भनेर भेटिन्छ। काठमाडौं आउँदा उनले ६ करोड रूपैयाँ लिएर आएको मानिन्छ। त्यही भएर पनि उनलाई संस्कृतमा सटकोटी भनिएको हो। यो विहारको स्थापना उनैले गरेका हुन्, जसलाई ललितपुरकै पहिलो विहार भनिन्छ। यसको अर्को नाम सुन्यश्री महाविहार पनि हो।’, इतिहास र संस्कृतिबारे गहिरो रूचि राख्ने आशिषका अनुसार सुन्यश्रीको परिवार उनलाई खोज्दै यहाँ आएका थिए। उनीहरूले कपिलवस्तुमै फर्किएर व्यापार, व्यवसाय गर्न आग्रह गरे, तर सुन्यश्रीले मानेनन्। बरू सुन्यश्रीले उनीहरूलाई पनि यहीँ बस्न भने। श्रीमान र पिताको मायामा उनीहरू काठमाडौंको क्वबहालमा बस्न थाले।, ‘क्वबहाललाई त्यही भएर ललितपुरको पुरानोमध्येको विहार मानिन्छ। ललितपुरमा हुने सम्यक् महादानमा अन्य विहारका मान्छेले आफूहरूमध्येको जेष्ठ भनेर उनीहरूको खुट्टा धोइदिनुपर्छ। उनीहरू अहिले शाक्य लेख्छन्, तर पहिले मिश्र थिए,’ आशिषले भने।, पाटनको मिश्र चोकमा रहेको राधाकृष्णको मूर्ति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, यसरी गौतम बुद्धकै समयदेखि मैथिलहरूको काठमाडौं आउजाउ सुरू भए पनि राज्य स्तरमै परिवर्तन भने जयस्थिति मल्लपछि भयो। यहाँ आएपछि उनीहरूले नेवाः भाषा र संस्कृति अपनाउनुका साथै आफ्नो संस्कृति र भाषा पनि त्यसमा मिसाउँदै लगे।, ‘जयस्थिति मल्लको पालापछि अन्तरराज्य सञ्चारको भाषा पनि मैथिल हुन पुग्यो,’ आशिषले भने, ‘जसरी अहिले अंग्रेजी भाषा बोल्दा कतिले स्ट्यान्डर्ड बढेको महसुस गर्छन्, आफूलाई पढेलेखेको देखाउनुछ भने त्यति बेला मैथिल बोल्ने चलन थियो।’, त्यसैको प्रभावले होला, नेपाल भाषामा दहीलाई धौ भनिन्छ, जुन मैथिलको ‘दहु’ बाट बनेको हो। पैसालाई नेपाल भाषामा ‘धेवा’ भनिन्छ, जुन मैथिलको ‘धौवा’ बाट आएको हो। यस्ता अनेकौं शब्द छन्।, आशिषका अनुसार काठमाडौंको मौलिक लिपि मानिने रञ्जना पनि मैथिल लिपिसँग मिल्दोजुल्दो छ। मैथिल लिपि पनि बंगाली लिपिबाट प्रभावित देखिन्छ।, काठमाडौं उपत्यका आउनेमा मैथिल झा मात्र थिएनन्, ठाकुर, चौधरी, कायस्थ लगायत अन्य जातजाति पनि थिए। तर काठमाडौं आएपछि उनीहरूको अन्तर्जातीय विवाह हुन थालेकाले नेवारजस्तै देखिन थालेको आशिष बताउँछन्। आफूहरूलाई भने धर्मको कट्टरताले जोगाएको उनको भनाइ छ।, ‘नेवारहरूले हामीलाई नेवार मानेनन्, हामीले पनि आफूलाई नेवार मानेनौं,’ उनले भने, ‘तराईमै विवाह गर्नुपर्छ भन्ने कट्टरताका कारण हाम्रो जातीय अस्तित्व कायम रह्यो।’, त्यति बेला काठमाडौं आएका मौथिल ब्राह्मणको पुस्ता अहिले जम्माजम्मी १०–१५ प्रतिशत मात्र बचेको उनी बताउँछन्।, ‘सुन्यश्री मिश्रसँग आएका सबै अहिले शाक्य भइसके। देवलदेवीसँग आएका भारदार पनि कति अमात्य भए। उनीहरू दरबारमा थिए, त्यसैले अमात्य उपाधि पाए र अमात्य नै लेख्न थाले। अहिले धेरै बचेको भनेका झा र मिश्रहरु हुन्। धेरै त मिश्रित भइसके,’ आशिषले भने।, मिथिला र नेपाल मण्डल (काठमाडौं उपत्यका) जोड्ने यस्ता उदाहरण अनेकन छन्। ती उदाहरणलाई म आगामी अंकमा पनि जोड्दै लगुँला।,
..., म तपाईंहरूलाई पाँचौं अध्यायबाट जनकपुरका कथाहरूमा प्रवेश गराउँला भन्ने सोच्दै थिएँ। तर अघिल्ला तीन अध्याय प्रकाशन भएपछि एउटा घटना भयो, जसका कारण म अर्को अध्यायमा तपाईंहरूलाई सिमरौनगढसँगै जोडिएको अर्को कथा भन्नेछु, जुन काठमाडौंमा वैद्य परम्परा कसरी सुरू भयो भन्ने कथासँग जोडिन्छ।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ,
मिथिलासँग जोडिएको नेवार सभ्यता |
सेतोपाटी संवाददाता पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। , दोलखा, मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पीडित युवतीसँग चिनजान गरेका थिए।, कुराकानी बढेसँगै उनीहरू प्रेम सम्बन्धमा बसे। त्यतिबेला शारीरिक सम्बन्ध हुँदा खिचिएका अश्लिल फोटो तथा भिडिओहरू सम्बन्ध टुटिसकेपछि खड्काले आफ्ना साथीहरूलाई पठाएका थिए। , त्यसरी अनावश्यक दु:ख, हैरानी र चरित्रहत्या गरेको भन्दै पीडित ब्युरोमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। , काठमाडौं जिला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।,
पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ |
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र (डकुमेन्ट्री) हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थीलाई निलम्बन गरिएको छ। , राजस्थानको केन्द्रीय विश्वविद्यालयमा पढिरहेका १० विद्यार्थीहरूले गणतन्त्र दिवसको राति ७ बजेतिर वृत्तचित्र हेरेका थिए। उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४ दिनका लागि निलम्बन गरिएको बिबिसी हिन्दीले जनाएको छ।, यस्तै उनीहरूलाई होस्टलबाट पनि निकालिएको छ। , निलम्बित विद्यार्थीहरू अधिकांश मुस्लिम समुदायका छन्। यसबारेमा विश्वविद्यालय प्रशासनले भने अनुशासन उल्लंघन गरेको हुँदा कारबाही गरेको बताएको छ। , विद्यार्थीहरूले भने वृत्तचित्र हेरेकै कारण निलम्बन भएको बताएका हुन्। विश्वविद्यालयका कुलपति प्रोफेसर आनन्द भालेरावसँग कुराकानी गर्न खोज्दा उनले यसबारेमा कुराकानी गर्न नचाहेको बिबिसी हिन्दीले जनाएको छ।, '२६ जनवरीमा हामी केही साथीहरूले पोस्टर बनाएर राति विश्वविद्यालय नजिकै बिबिसीले मोदीमाथि बनाएको डकुमेन्ट्री हेर्ने योजना थियो,' एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा बिबिसी हिन्दीसँग भनेका छन्, ‘त्यहाँ हामीले कुनै स्क्रिन हालेर हेरेका थिएनौं। राति ७ बजे फोनमै डकुमेन्ट्री हेरिरहेका थियौं। सुरक्षा गार्ड पनि त्यहीँ थिए। उनले हामीलाई भारतमा यो भिडिओ प्रतिबन्ध लगाएको छ, किन हेरिरहेको भनेर हामीलाई भने। र उनले प्रहरीलाई बोलाए।', ती विद्यार्थीहरूलाई त्यहाँबाट उठेर जान भने पनि उनीहरूले ८ बजेसम्म वृत्तचित्र हेरेर बसेका थिए। त्यसपछि उनीहरू होस्टल फर्किएका थिए। , यसरी उनीहरूले मोदीविरूद्धको वृत्तचित्र हेरेको थाहा पाएपछि भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषदका विद्यार्थीहरूले च्याटबाट भेला हुन बोलाएका थिए।, आफूहरूको पहिचानमाथि प्रश्न उठेको भन्दै उनीहरूले नाराबाजी गरेको ती विद्यार्थीले बताए।, प्रशासनले २७ तारिखमा दुई जना विद्यार्थी र २८ मा थप विद्यार्थीहरूलाई निलम्बन गरेको थियो। परिषदले टिपाएको नामका आधारमा प्रशासनले विद्यार्थीहरूलाई निलम्बन गरेको पनि आरोप छ।, बिबिसीले यस वृत्तचित्रको दुई वटा भाग प्रसारण गरिसकेको छ। तर भारत सरकारले भारतमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।,
बिबिसीले बनाएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बनमा |
सेतोपाटी संवाददाता आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।, जसको कारणले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। , साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।, भोलि मंगलबार कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।,
सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना |
सेतोपाटी संवाददाता आगलागीबाट क्षति पुगेको गोरखाको हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जनप्रतिनिधि र नेताहरूले माग गरेका छन्।, चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा रहेको गुम्बामा गत माघ १० गते आगलागी भएको थियो। आगलागीबाट गुम्बा जलेर नष्ट भएको थियो भने करोडौंको क्षति भएको अनुमान गरिएको छ।, करिब दुई सय वर्ष पुरानो गुम्बा आगलागीबाट क्षति भएकोले पुनर्निर्माणमा सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग माग गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।, ‘हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिदिन अनुरोध गरिएको हो,’ उनले भने।, गुम्बा आगलागी भएपछि निरीक्षणका लागि गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपाने र गोरखाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख माघ ११ मा ल्हो पुगेर फर्केका थिए। उनीहरूले पनि गुम्बा पुनर्निर्माण गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारसँग पहल गरिने बताएका थिए।, यो पनि: ,आगलागीबाट गोरखाको दुई सय वर्ष पुरानो गुम्बामा क्षति (तस्बिरहरू),
आगलागीबाट क्षति पुगेको गोरखाको पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग माग |
रोहित महतो धनुषाबाट ६ जना थुनुवा फरार भएका छन्।, इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेको प्रहरीले जनाएको छ।, गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।, उनकाअनुसार भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए।, ‘सुतिरहेको ठाउँबाट उनीहरु भागिरहेको अर्को थुनुवाले थाहा पाएछन्। उसैले हल्ला गरेपछि प्रहरीले थाहा पायो,’ डिएसपी क्षेत्रीले भने।, उनकाअनुसार फरार थुनुवाहरुको खोजी जारी छ।, जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले भागेकाहरूको खोजी गरिरहेको उनले बताए।,
धनुषामा हिरासतबाट भागे ६ थुनुवा |
नारायण खड्का आगोबाट गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको छ।, आइतबार प्रिन्स र उनकी आमा ३० वर्षीया गंगा विकलाई ३० वर्षीय बाबु भानुभक्त विकले आगो लगाएका थिए।, आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो।, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले उपचारका क्रममा बालक प्रिन्सको गए राति करिब १ बजेतिर मृत्यु भएको डाक्टरहरूलाई उद्धृत गर्दै जानकारी दिए।, गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ।, आइतबार साँझ करिब ६:३० बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ।, घरमा भानुभक्तकी दिदीलगायत पाहुना आएका थिए। उनीहरूले प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको थियो। श्रीमती गंगामाथि भानुभक्तले पाँच लाख रूपैयाँको हिसाव देखाउन भनेपछि विवाद भएको थियो।, घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
आगो लागेका छोराको मृत्यु, आमाको उपचार जारी |
सेतोपाटी संवाददाता दुई वटा फरकफरक घटनामा परि पाल्पामा दुई जनाको मृत्यु भएको छ। एक जनाको खोलामा डुबेर र अर्को एक जनाको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा रामपुर २ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ।, रामपुर बेझाड बजारबाट कान्जीहाउसतर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटनामा परि नेपाली गम्भीर घाईते भएका थिए।, घाईते नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। त्यस्तै तिनाउ गाउँपालिका वडा नंं ३ स्थित भुतखोलामा डुबेर नवलपरासी पश्चिम पालिनन्दन गाउँपालिका वडा नंं २ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको छ।, पठान भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा अचानक चिप्लिएर पोखरीमा खसेका थिए। पोखरीमा डुबेका पठानलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, तिनाउ ३ भुतखोलामा रहेको झरना हेर्ने र पौडी खेल्ने क्रममा डुबेर मानिसहरुको मृत्यु हुने गरेको छ।,
पाल्पामा दुई फरक घटनामा दुईजनाको मृत्यु |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। , गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।, बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्। , ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए। , ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका-७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो। , दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। , अन्य ६ जनालाई सामान्य चोट लागेको एसपी पोखरेलले बताए। , तिव्र गतिका कारण उक्त दुर्घटना भएको उनले बताए। प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , ,
ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु |
नवीनबाबु गुरूङ सोमबार उद्योग व्यवसायीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। विभिन्न उद्योग, व्यवसाय गरिरहेकाहरूले विरोध प्रदर्शन गरेका हुन्।, प्रदर्शनमा सहभागीहरूले ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’, ‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।, हेर्नुस् तस्बिरहरू: ,
माइतीघरमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता गुल्मीमा हत्या गरिएकी महिलाको घरमा अघिल्लो दिन पाहुना आएको खुलेको छ।, आइतबार बिहान ८ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर ७ बागलुङ सिमानामा पर्ने घरमा एक महिलाको शव फेला परेको थियो। ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको हो।, २ तले कच्ची घरमा उनी एक्लै बस्थिन। घरकै भुइँ तलामा उनले सानो होटल चलाउने गर्थिन्। उनको घर नजिकै खोला छ। खोलापारि उनकी बहिनी बस्छिन्। गंगादेवी बिहान अबेरसम्म घर बाहिर ननिस्केपछि छिमेकीले बहिनीलाई खबर गरेका थिए। , बहिनी आएर हेर्दा दिदी (गंगादेवी) भुइँमा लडेको देखेकी थिइन्। उनले प्रहरीलाई घटनाबारे जानकारी दिइन्। लगत्तै प्रहरी घटनास्थल आएको थियो। , घटनास्थलमा एसपी अर्जुन रानाभाट पनि पुगेका थिए। गंगादेवीको घरको मुल ढोका बन्द रहेको र पछाडीपट्टी रहेको ढोका भने खुला रहेको पाइएको रानाभाटले जानकारी दिए।, हात-खुट्टा बाँधिएको र मुखमा टेप लगाएको अवस्थामा गंगादेवीको शव फेला परेको थियो। ‘टेपले हात, खुट्टा र मुखमा बाँधेको देखिन्छ। कार्टुनमा बाँध्ने टेप पनि भेटियो। मुख, आँखा र टाउकोमा रगत देखिन्छ, अन्त चोट थिएन।’, गंगादेवीको हत्यामा धारिलो हतियार प्रयोग नभएको उनले बताए। भित्री चोटका कारण उनको मृत्यु भएको हुनुपर्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ। पोष्टमर्टम पछि मात्रै यसबारे थप खुल्ने उनले बताए। , गंगादेवीको घरमा अघिल्लो दिन पाहुना आएका थिए। ३ जना पाहुना आएको अनुसन्धानबाट खुलेको उनले बताए। ती पाहुना को थिए भन्ने खुलेको छैन। घटनास्थलमा गंगादेवीको मोबाइल पनि भेटिएको छैन।, ‘बेलुकी पाहुना आउँछन् भनेर छिमेकीसँग कुरा गरेको पाइयो, तर को पाहुना हुन् खुलेन। छिमेकीले पनि देखेनछन्। ती पाहुना राति त्यहीँ बसे कि भन्ने प्रारम्भीक अनुसन्धानले देखाउँछ,’ उनले भने।, घटना भएपछि प्रहरीले तालिम प्राप्त कुकुर सहितको टोली झिकाएको छ। डिएसपीकै कमान्डमा घटनास्थलमै बसेर अनुसन्धान भइरहेको छ।,
गुल्मीमा महिलाको हत्या: अघिल्लो दिन आएका थिए तीन जना पाहुना |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बेदकोट नगरपालिका–९ दैजीका २७ वर्षीय सुकराम राना छन्। , उनको सोमबार बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जानकारी दिए।, उनका अनुसार आइतबार साँझ चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर ठोक्किएका थिए।, ठक्कर दिने ट्याक्टर चालक फरार छन्।, ट्याक्टर चालकको खोजी भइरहेको डिएसपी शाहले बताए।, मृतकका आफन्तले ट्याक्टर चालकलाई पक्राउ गर्नुपर्ने भन्दै सोमबार दिउँसो पुर्वपश्चिम राजमार्ग बन्द गरेका थिए।,
कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता शरीरमा आगो लगाएका पुरूषलाई बचाउन गएकी पोखराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।, जलेर घाइते भएकी पोखरा महानगरपालिका वडा नम्बर १३ की उक्त महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारको गरिएको थियो। उनको घरमा डेरा गरी बस्ने एक पुरूषले शौचालयमा गएर आफैंमाथि पेट्रोल छर्केर आगो लगाएपछि उनी बचाउन गएकी थिइन्। , आगोले जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो। आफैंमाथि आगो लगाएका पुरूषको भने उपचार जारी छ। उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको छ।, मृत्यु भएकी महिलाको भने ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाबारे प्रहरीलाई खबर आएको थियो।, बचाउन गएकी महिलाको शरीर कसरी धेरै जलेको भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी केसीले बताए। ‘अहिले हामी प्रारम्भीक अनुसन्धानमा छौं, परिवार पनि आउनुभएको छ। हामी थप बुझ्दैछौं,’ उनले भने, ‘यस विषयमा अनुसन्धानपछि मात्रै के भएको हो भन्न सकिन्छ।’, यो घटना शंकास्पद छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले मृतक र उपचाररत पुरूषको परिचय भने खुलाएको छैन। ती पुरूषको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले बताए।,
,
डेरा गरी बस्ने पुरूषले लगाए आफैंमाथि आगो, बचाउन गएकी घरबेटीको मृत्यु |
दिपकजंग शाही सुर्खेतदेखि दैलेख जाने (सुर्खेत–दैलेख) सडक खण्डको एउटा मात्र घुम्तीमा अगाडिबाट आएको सवारीसाधन सहजै ऐनामा देख्न सकिन्छ।, सडक खण्डको सुरूआती मोड कपासे नजिक राखिएको ऐना (कन्भेक्स मिरर) अहिले पनि बाँकी छ। यो ऐना राखिएको मोडैमा नेपाली सेनाको ब्यारेक छ। यो ब्यारेकका दुवैतर्फका गेटमा सैनिक तैनाथ हुने भएकाले यहाँको ऐना फुटेको छैन।, सडक डिभिजन कार्यालय सुर्खेतले यो सडक खण्डको छेडासम्म ८ वटा ‘कन्भेक्स मिरर’ राखेको थियो। यी आठ वटा ऐनामध्ये बचेको एउटा मात्र हो। बाँकी ऐना फुटालिएका छन्।, ‘कपासेनजिक सेना बस्ने भएकाले त्यहाँ कसैले ऐना फुटाल्न सकेका छैनन्, बाँकी हामीले राखेका ऐनाहरु सबै फुटिसकेका छन्,’ सडक डिभिजन सुर्खेतका ईञ्जिनियर टोपनारायण पौडेलले भने, ‘कसले फुटाल्यो भन्ने पनि थाह हुँदैन, सबै खेर गएका छन्।’, ईञ्जिनियर पौडेलका अनुसार सुर्खेत आसपासमा पर्ने तीन वटा सडक खण्डमा १६ वटा कन्भेक्स मिरर राखिएको थियो। तीमध्ये १५ वटा ऐना अहिले छैनन्।, सडक डिभिजन कार्यालयका अनुसार सुर्खेत–नेपालगञ्ज सडक खण्ड रत्न राजमार्गको हर्रेसम्म ५ वटा, कर्णाली राजमार्गको गिरीघाटसम्म ३ वटा र सुर्खेत–दैलेख सडक खण्डको छेडासम्म ८ वटा कन्भेक्स मिरर मोडहरुमा राखिएको थियो।, डिभिजन कार्यालयले यहीँ आर्थिक वर्षको भदौमा आफैंले खरिद गरी ऐनाहरु राखेको हो। सुर्खेत आसपास राखिएका यी ऐनाहरूको खर्च एउटाको १२ हजार रूपैयाँ लागेको थियो। यस हिसाबले १६ वटा ऐना जडानको लागत १ लाख ९२ हजार हुन्छ।,
जंगल क्षेत्रमा नियमित सुरक्षा नहुने भएकाले सडक सुरक्षाका लागि घुम्तीहरुमा राखिएको ऐनाहरु नटिकेको ईञ्जिनियर पौडेलले बताए।, ‘हामीले ऐना राख्ने, अरूले फुटाएर फाल्दिने भए, बजेटिङको सिस्टमले अहिले फुटेका ठाउँमा फेरि ऐना राख्यो भने एउटै काममा दोहोरो खर्च देखिन्छ,’ उनले भने, ‘कसले फाल्यो भन्ने पनि पत्ता लाग्दैन, हामीले यो विषयमा सुरक्षा निकायका प्रमुखसहित छलफल पनि गरेका थियौं। केही निश्कर्ष आएन।’, अहिले तीन वटा सडक खण्डका सुरूआती भागमा राखिएको ऐनाहरु नटिकेपछि अरु क्षेत्रमा राख्ने की नराख्ने भन्नेमा पनि अन्यौल सिर्जना भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतले आफ्नो कार्य क्षेत्रभित्र पर्ने अरू सडक खण्डमा पनि ‘कन्भेक्स मिरर’ जडान गर्ने योजना बनाएको थियो।, तर अहिले राखिएको ऐनाहरू नै सुरक्षित नभएपछि बाँकी निर्णय लिन नसकिएको ईञ्जिनियर पौडेलले बताए। ‘राखिएको ऐनाहरु सबै फुटालिदिएपछि हामीले अरु क्षेत्रमा राख्ने कुराको निर्णय लिन सकेका छैनौं,’ पौडेलले भने।, सडकका घुम्तीमा राखिएको ‘कन्भेक्स मिरर’ लाई दीगो बनाउन नागरिकको सचेतनाबाहेक अरू कुनै उपाय नदेखिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख नेत्र कुँवरले बताए। सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गरी यसमा राज्यले गरेको लगानी खेर गएको उनले बताए।, ‘यी ऐना बचाउन सुरक्षाकर्मी खटाउने सम्भावना पनि भएन, सिसी क्यामरा जडान गर्दा हरेक ऐनामा राख्नुपर्यो, त्यति धेरै लगानी पनि सम्भव नहोला,’ प्रहरी निरीक्षक कुँवरले भने, ‘केही मानिसका गलत हर्कतले गर्दा राज्यको लगानी पनि खेर गयो, सडक दुर्घटनाको जोखिम त छँदैछ।’, सरोकारवालाहरुलाई ऐनाहरु फुटाएको वा झिकेर लिएको तस्विर, भिडियो भए प्रहरीलाई दिन भनेको उनले बताए।, ‘हामीले सम्बन्धित सरोकारवाला वा यस्तो कार्य गरेको देख्ने व्यक्तिलाई कुनै प्रमाण भए दिनुस् पनि भन्यौं, तर त्यस्तो केही संकेत आएन,’ कुँवरले भने, ‘यदि हामी त्यस्तो प्रमाण पाएको भए मुद्दा चलाएर क्षति पुर्याउने मान्छेबाटै पूर्ति गर्न सकिन्थ्यो होला।’,
किन टिक्दैनन् सडकका घुम्तीमा राखिएका ऐना? |
सेतोपाटी संवाददाता काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो। , कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो।, दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , रशुवा गोशाइकुण्ड-६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो। , उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।, तीन जना घाइते छन्। , दुई जनाको मनमोहन अस्पताल र एक जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। कलंकीमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। , प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। ,
,
सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता मदिरा सेवन गरेर गाडी चलाएका पोखराका व्यवसायी सौरभ थापाले चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन्।, थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएका हुन्।, पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि गत बिहीबार बिहान ३ बजे प्रहरी हवल्दार चित्रबहादुर वली लगायत चेकिङमा बसेका थिए।, मदिरा सेवन गरेर मातेका थापालाई प्रहरी हवल्दार वलीले रोक्न खोज्दा पनि नरोकी छलेर गाडी हुँइकाएको एक प्रहरी अधिकृतले बताए।, ‘मदिराले मातेर गाडी चलाएको थाहा पाएपछि रोक्न खोजिएको थियो, स्टन्ट गरेर भागे,’ उनले भने, ‘फेरी फर्केर आएर प्रहरीलाई लक्ष्य गर्दै ठक्कर दिएको देखिन्छ।’, प्रहरीले रोक्न खोज्दा भागेका थापा फर्केर आउँदा फेरी प्रहरीले रोक्न खोजेको र गाडीको ढोकाले ठक्कर दिएर हात भाँचिदिएको ती अधिकृतले बताए।, मदिरा सेवन गरी गाडी चलाएर प्रहरीमाथि आक्रमण गर्न खोजेका थापालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थपेको छ।, गाडी चालक थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाका छोरा हुन्। , पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्यसमेत रहेका थापा पोखरामा अटो व्यवसाय संचालन गर्छन्। २५ वर्षे थापाले पोखरामा यसअघि पनि गाडी स्टन्ट गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।, ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई आक्रमण गर्नेगरी सवारी फर्काएर ठक्कर दिँदासमेत कास्की प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। कास्की प्रहरीका इन्स्पेक्टर सुवास तिमल्सिनाले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए। , ‘गाडीको ठक्करले हाम्रा प्रहरी हवल्दार घाइते हुनु भएको छ,’ उनले भने, ‘ठक्कर दिनेलाई अभद्र व्यवहारमा अनुसन्धान गरिरहेका छौं।’,
मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात भाँचिदिए गाडी चालकले |
सेतोपाटी संवाददाता नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।, भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जनाएको छ। , पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने,‘हिजो म्याद थप्यौं, अहिले घटनाको अनुसन्धान भइरहेको छ।’, माघ १२ गते बिहीबार बिहान विराटनगरको रोडशेष चोकस्थित एउटा होटलमा एक जना महिला काम खोज्दै आइपुगेकी थिइन्। झापा घर बताउने २७ वर्षीया ती महिलाको साथमा १४ वर्षीया बालिका पनि थिइन्। उनी महिलाकी दिदीको छोरी भएको खुलेको छ।, होटल सञ्चालकले होटलको काममा सघाउने गरी उनलाई काम दिने तर इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएर काम दिए।, पक्राउ परेका दुबै जना भारतीय नागरिक केही दिनदेखि त्यही होटलमा बसिरहेका थिए। कामको खोजीमा आएकी महिला र बालिकालाई नियालिरहेका उनीहरूले राम्रो काममा लगाइदिने प्रलोभन देखाउन थाले। त्यही क्रममा महिलामाथि दुई भारतीयले त्यही राती जबरजस्ती गरेको खुलेको प्रहरीको भनाइ छ।, ‘प्रलोभन देखाउने क्रममा नजिकको होटलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने भएछन्,’ मानव ओसारपसारविरूद्ध काम गरिरहेको संस्था साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने, ‘उनीहरूलाई भारत लैजाँदै गर्दा हामीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौं। उनीहरूले काममा लगाइदिने भनेर सानिमा र छोरीलाई लिएर जाँदै रहेछन्। हामीले नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो।’,
बलात्कारपछि नेपाली महिलालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ |
सेतोपाटी संवाददाता हाल देशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन।, आइतबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। , हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।, जसको प्रभावले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।, आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको मौसम महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।, बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको थियो। त्यसअघि बुधबार उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।, तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, ०७९ माघ १३ गते (शुक्रवार), दिउँसोː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, रातीː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, २०७९ माघ १४ गते (शनिबार), दिउँसोː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, रातीː प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।, २०७९ माघ १५ गते (आइतबार), दिउँसोː सुदुर पश्चिम को उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, रातीː सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।, ,
आज फेरि तापक्रम घट्यो, तत्काल वर्षाको सम्भावना छैन |
युवराज श्रेष्ठ भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा कालीगण्डकीका दुइटा ठूला शिला (ढुंगा) पठाइँदैछ।*, अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी दुई शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइसकिएको छ।, म्याग्दीबाट बिहीबार शिला बोकेर गुडेका लरी साँझ पोखरा आइपुगेका छन्। कालीगण्डकी सभ्यता अभियन्ता डा. कुलराज चालिसेले यी दुई ढुंगा शुक्रबार भरतपुर र शनिबार जनकपुर पुग्ने बताए। , लरीमा दुइटा ठूला ढुंगासँगै एउटा अर्को शिला पनि छ। त्यो भने जनकपुरको जानकी मन्दिरमा राखिने चालिसेले बताए।, 'हामीले यी दुई ठूला शिला पनि जानकी मन्दिरमा हस्तान्तरण गर्छौं,' चालिसेले भने, 'त्यहाँबाट गोरखपुर हुँदै अयोध्या लगिन्छ।', उनका अनुसार दुई शिलामध्ये एउटा कुँदेर रामको बालस्वरूप 'रामलला' बनाइनेछ। रामललाको मूर्ति कमलको फूलमाथि बसेको हुनेछ। अर्को शिलाबाट मन्दिरमा अन्य मूर्ति बनाइनेछ।, 'शिलाको एउटा टुक्रा पनि खेर जाँदैन, सबै प्रयोगमा आउँछ,' उनले भने।, यी दुई ढुंगा भारत लैजान कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय गरेको बेनीका मेयर सुरत केसीले बताए। संघीय सरकार र गण्डकी प्रदेश सरकारले पनि निर्णय गरेको उनले बताए। यसको सहजीकरण भने कांग्रेस नेता बिमलेन्द्र निधिले गरेका थिए।, मेयर केसीका अनुसार नेता निधि, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उक्त ढुंगा निकाल्न पुगेका थिए। क्रेन लगाएर ढुंगा निकाल्नुअघि पुस २६ गते प्रदेश प्रमुख गुरुङले क्षमापूजा गरेको मेयर केसीले बताए।, 'राम मन्दिर निर्माण समितिले रामलला बनाउन हाम्रो पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग कालीगण्डकीको शिला लैजान पाए हुन्थ्यो भनेका रहेछन्,' केसीले भने, 'उहाँले संघीय सरकार, प्रदेश सरकार र यहाँ आएर सहजीकरण गर्नुभयो।', समितिले कम्तीमा हजार वर्ष टिक्ने ढुंगा उपहार मागेका थिए। नेपाल सरकारले निर्णय गरेपछि आवश्यक प्रक्रिया पुर्याएर पठाएको केसीले बताए। यी दुई ढुंगा भारत पठाउँदा बेनी नगरपालिकालाई तिर्नुपर्ने ढुंगागिटी-बालुवाको अन्तर्गतको कर भने म्याग्दी उद्योग वाणिज्य संघले तिरेको छ।, 'दुइटा ढुंगाको मूल्य निर्धारण गर्दा ५ हजार ८०७ रूपैयाँ भएको थियो,' मेयर केसीले भने, 'त्यसको करवापत लाग्ने ८५७ रूपैयाँ उद्योग वाणिज्य संघले तिरिदियो।', राम मन्दिर निर्माण समितिसँग बसेर नेपाली प्रतिनिधि मण्डलले कालीगण्डकी नदी र यसको धार्मिक महत्वबारे जानकारी गराएका थिए। हिन्दु धर्मावलम्बीले रामलाई विष्णुको अवतार मान्छन्। उनका चार अवतारमध्ये पिपल, कुश, तुलसी र शालिग्राम मानिन्छ। रामको मूर्ति शालिग्राम पाइने कालीगण्डकीको ढुंगाबाट बनाउन उपयुक्त भएकाले समितिले यहाँबाट शिला लैजान चाहेको मेयर केसीले बताए।, 'नेपालका प्रायः मन्दिरमा भारतबाट ल्याइएका मूर्ति छन्। अयोध्याको मन्दिरमा राखिने रामको मूर्ति कालीगण्डकीको शिलाबाट बन्दैछ,' उनले भने, 'यसले नेपालको धार्मिक पर्यटक बढाउन टेवा पुर्याउनेछ।', मूर्तिमा 'नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिलाबाट निर्मित' भनेर लेख्ने सहमति भएको पनि उनले बताए।, यी ढुंगा छान्ने बेलामा सयभन्दा धेरै ढुंगा अवलोकन गरेर गुणस्तर परीक्षण गरिएको अभियन्ता चालिसेले बताए। भूगर्भविदको टोलीले विभिन्न परीक्षण गरेर बलियो ढुंगा छानिएको हो।, अयोध्यामा रामको बालस्वरूप बनाउने विषयमा ५ वटा शिलापत्र पनि बनाइएको छ। त्यसमध्ये एउटा गण्डकी प्रेदश संग्रहालय पोखरा, अर्को काठमाडौं, एउटा जनकपुर र एउटा राम मन्दिरमा राखिने चालिसेले बताए।, भारत सरकारले अयोध्यामा राम मन्दिर बनेपछि विश्वभरका हिन्दु धर्मावलम्बीको केन्द्र बन्ने र दैनिक एक लाख पर्यटक आउने अनुमान गरेको छ। कालीगण्डकीबाट लगिएको ढुंगाबाट मुख्य मूर्ति बन्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने चालिसेको विश्वास छ।, कालीगण्डकीको ढुंगासहित जनकपुरबाट अष्ट धातुले बनेको धनुष पनि पठाउने तयारी छ। आफ्नी छोरी सीतासँग बिहे गर्न चाहनेले धनुष उठाउनुपर्ने शर्त राजा जनकले राखेका हुन्छन्। रामले भाँचेर तीन टुक्रा पारिदिएपछि सीतासँग बिहे भएको प्रसंग रामायणमा छ। यसकै आधारमा अयोध्यामा राख्ने धनुष पठाउन खोजिएको चालिसेले बताए।, ढुंगा लैजान अयोध्याबाट राम मन्दिर निर्माण समितिका महासचिव राजेन्द्रसिंह पंकज पनि गलेश्वर पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वाकांक्षी परियोजनाका रूपमा अयोध्याको राम मन्दिरलाई अघि सारेका छन्। उक्त स्थानमा मुगल सम्राटले सन् १५२८ मा मस्जिद बनाएका थिए। उक्त मस्जिद बाबरी मस्जिदका रूपमा प्रख्यात थियो जहाँ मुस्लिम समुदायले प्रार्थना गर्थे। सन् १८५९ मा तत्कालीन ब्रिटिस शासकले मस्जिदमा मुस्लिम समुदायले प्रार्थना र बाहिर हिन्दु समुदायले पूजा गर्ने व्यवस्था मिलाएका थिए। , भारतका मुस्लिम समुदाय र हिन्दु समुदायवीच उक्त स्थान आ–आफ्ना धर्मका केन्द्रका रूपमा विवाद बढ्दै गयो। सन् १९९२ मा हाल भारतका प्रधानमन्त्री रहेका मोदीको पार्टी भारतीय जनता पार्टी, विश्व हिन्दु परिषद, शिवसेना, आरएसएस लगायतले मस्जिदमा आक्रमण गरे। त्यति बेला भएको हिन्दु–मुस्लिम दंगामा २ हजार बढी मानिसले ज्यान गुमाएका थिए। उक्त घटनापछि भारतीय जनता पार्टीसहित कट्टर हिन्दुवादीले उक्त स्थानमा रामको मन्दिर बनाउन माग गर्दै आएका थिए।, बाबरी मस्जिद भएको ठाउँ हिन्दु र मुस्लिम समुदायले दाबी गरेपछि उक्त विवाद भारतका विभिन्न अदालत हुँदै सर्वोच्च अदालत पुगेको थियो। लगातार ४० दिनको सुनुवाइपछि भारतको सर्वोच्च अदालतले २०१९ नोभेम्बर ९ मा उक्त स्थानमा राम मन्दिर बनाउन पाउनेगरी फैसला सुनाएको थियो। मस्जिद बनाउन अयोध्याकै अर्को ठाउँमा जग्गा उपलब्ध गराउन सर्वोच्च अदालतले भारत सरकारलाई आदेश दिएको थियो। अदालतले उक्त आदेश दिएपछि प्रधानमन्त्री मोदीले उक्त स्थानमा राम मन्दिर बनाउने याजना अघि बढाएका हुन्।, *पुनः सम्पादन गरिएको,
कालीगण्डकी नदीका दुई ठूला ढुंगा किन लगिँदैछ भारतको अयोध्या? |
विवेक राई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको बताएकी छन्।, राज्यमन्त्री कार्कीले आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरिन्। , ‘म आफैं पनि डाक्टर भएकाले र राज्यको प्रतिनिधि पनि भएकाले त्यो क्षणमा बिरामीको स्वास्थ्य स्थिति बुझ्न गएका हौं। अब कसले फोटो/भिडिओ खिच्यो भन्ने याद भएन,’ राज्यमन्त्री कार्कीले भनिन्। , गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आफैंलाई आगो लगाएर गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेट्न त्यही साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन्। तर त्यसको केहीबेरमै उनी बिरामीलाई भेट्न केही क्यामरावालासहित आइसियुमा छिरेको भिडिओ बाहिर आएपछि सो कुराको आलोचना भएको थियो। , भिडिओबारे आफू जानकार नभए पनि राज्यमन्त्री कार्कीले आइसियूभित्र भिडिओ खिच्न नपाइने बताएकी छन्।, ‘बिरामी वा बिरामीको अभिभावकको अनुमतिबिना भिडिओ खिच्न पाइँदैन। कसले खिच्नुभयो त्यो मलाई जानकारी छैन,’ उनले भनिन्। , यो पनि:, अस्पताल प्रशासनसँग अनुमति नै नलिई क्यामरावाला लिएर आइसियू छिरेकी थिइन् राज्यमन्त्री तोसिमा कार्की, उनले आफूले कुनै पनि मिडिया वा क्यामरावालालाई लिएर आइसियूमा नगएको पनि दाबी गरिन्।, ‘हाम्रो कुनै पनि आधिकारिक पेज वा ह्यान्डलबाट भिडिओ आएको छैन। हाम्रो सचिवालयले पनि त्यसरी खिच्नुभएको छैन,’ राज्यमन्त्री कार्कीले भनिन्, ‘म आफैं जनरल सर्जन भएकाले आइसियूको प्रोटोकलहरू थाहा छ। त्यसैले मैले कुनै पनि नियम उल्लंघन गरेको छैन।’, तर राज्यमन्त्री कार्कीले दाबी गरेझैं भिडिओमा देखिएको दृश्यले सो कुरा पुष्टि भएको देखिँदैन। किनभने भिडिओ खिच्ने मान्छेले नजिकबाटै उनी आइसियूमा बिरामीसँग कुराकानी गरेको गतिविधि खिचिरहेको हुन्छ तर उनले त्यहाँ कसैलाई पनि भिडिओ नखिच्न आग्रह गरेको पाइँदैन।, यसबारे आलटाल जवाफ दिँदै डा. कार्की भन्छिन्, ‘उहाँहरूलाई भन्नुभन्दा पनि त्यहाँ मृत्युसँग लडिरहेका व्यक्तिलाई आत्मबल बढाउने र त्यो स्थितिमा उहाँलाई के गर्नसकिन्छ भन्नेमै केन्द्रित थियौं। मलाई थाहा पनि थिएन भिडिओ खिच्दैछ भनेर।’ , उनले उक्त कुरा अस्पतालले नै ख्याल गर्नुपर्ने बताउँदै आफूले कोही पनि भिडिओ खिच्ने मान्छे नलगेको बताइन्। बरू कोही सर्वसाधारण वा बिरामीका आफन्तले नै उक्त भिडिओ खिचेको हुनसक्ने आशंका गरेकी छन्। , ‘राज्यमन्त्री भएर जाँदै गर्दा कसैले थाहा पाउनुभयो होला, मिडियाले थाहा पाए होला। यदि मिडिया नै लानुथियो भने त तपाईंहरूले पनि थाहा पाउनुहुन्थ्यो होला नि! हामीले अनुहार नै देखाउँथिम् होला तर त्यस्तो छैन नि त!,’ उनले भनिन्। , यस्तै राज्यमन्त्री कार्कीले आफूहरू अनुमति लिएरै आइसियूमा बिरामी भेट्न गएको पनि दाबी गर्छिन्।, उनले अनड्युटी डाक्टर नै आफूलाई बाहिरसम्म लिन आएको बताउँदै बाँकी कसलाई जानकारी गराउनुपर्ने भन्दै प्रश्न गरिन्।, अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्राकारले राज्यमन्त्रीले अस्पताल प्रशासनसँग अनुमति नलिएको सेतोपाटीलाई बताएकी थिइन्।, अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्राकारले सेतोपाटीसँग भनिन्, ‘उहाँहरूले अनुमति लिनुभएको पाइएको छैन। उहाँ साँझ ७ बजेपछि आउनुभएको छ। त्यतिबेला हाम्रो प्रशासन खुला हुँदैन। फेरि राज्यमन्त्री आउनु हुँदा सुरक्षागार्डले रोक्ने कुरा पनि भएन। सायद उहाँ आफैं पनि चिकित्सक भएकाले भिजिट गर्नुभएको होला।’,
स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की भन्छिन्- आइसियूमा भिडिओ कसले खिच्यो थाहा भएन |
रासस महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार भएका दुइटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया एक महिला छन्।, लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो।, पहिचान नखुलेकी महिलाको भने ट्र्याक्टर दुर्घटनामा मृत्यु भएको हो। सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१त २२६४ नम्बरको ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परेर २८ यात्रु घाइते भएका छन् भने नाम, थर, वतन नखुलेकी महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।, घाइतेको बर्दिबासका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ।,
छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ३, ‘तपाईंलाई थाहा छ, अहिले तपाईं जुन घरमा बसिरहनुभएको छ, त्यो एघारौं शताब्दीको हो?’, सिमरौनगढका स्थानीय रन्जित कुशवाहाले यसो भन्दा मेरा आँखा आश्चर्यले खुलेका खुल्यै भए। त्यो आश्चर्यमा अविश्वास पनि मिसिएको थियो।, ‘एघारौं शताब्दी!’ मैले भनेँ, ‘त्यो भनेको त आजभन्दा हजार वर्ष पुरानो भयो?’, ‘हो, हजार वर्ष पुरानो,’ रन्जित कुशवाहाले भने, ‘लगभग त्यही समयतिरको, जब सिमरौनगढमा कर्नाटवंशको राज्य सुरू भएको थियो।’, मलाई उनको कुरा पत्याउन झनै मुश्किल भयो।, माटोको गारो, भित्तामा केही मिथिला बुट्टा कुँदिएको अनि इँटाका टायलले छाना छाएको घर त मैले तराईमा पहिले पनि देखेकै थिएँ। केही वर्षअघि सप्तरी जाँदा त्यस्तै एउटा घरमा एक रात बसेकी पनि थिएँ। त्यसैले यस्ता घरले तराईको सभ्यता झल्काउँछ भन्ने मलाई थाहा छ। तर, कसैले पनि आफ्नो घरलाई एघारौं शताब्दीको भनेको मैले कहिल्यै सुनेकी थिइनँ।, रन्जित कुशवाहाले अर्को आश्चर्यको कुरा पनि गरे, ‘यो घर बनेको मेरो हजुरबुवाको पालामा हो!’, के भन्छन् यिनी!, हजुरबुवाको पालामा भनेको त बढीमा सय वर्षभन्दा पुरानो कुरा भएन!, अनि कसरी मिल्यो त हिसाब?,
..., लेखक–दार्शनिक खलिल जिब्रानले भनेका छन्, ‘यात्रा गर्नुस् र कसैलाई नभन्नुस्। सच्चा प्रेम गर्नुस् र कसैलाई नभन्नुस्। खुसी जीवन बाँच्नुस् र कसैलाई नभन्नुस्। मान्छेहरूले सुन्दर कुरा देखिसहन्नन्।’, खलिल जिब्रान सधैं सही हुँदैनन्।, कम्तिमा मेरो जनकपुर यात्राको कुरा गर्ने हो भने उनको भनाइ सोह्रै आना गलत ठहरियो।, हामीले मिथिला सभ्यताका कथाहरू खोजेर शृंखलाबद्ध प्रकाशन गर्ने निधो गरेपछि म आजभन्दा दस महिनाअघि वैशाखमा जनकपुर पुगेकी थिएँ। मिथिला भन्नेबित्तिकै धेरैले सम्झने जनकपुर नै हो।, जनकपुर जाँदा मैले ,‘जनकपुर, आई एम कमिङ!’, भनेर डायरी नै लेखेँ र सबैलाई आफ्नो यात्रा र खोजका बारेमा पूर्वजानकारी दिएँ। तर, खलिल जिब्रानले भनेजस्तो मान्छेले मेरो ‘सुन्दर’ यात्रा बिगार्न खोजेनन्। बरू डायरी पढेर धेरैले मलाई खोज्दै आए र मिथिलाका थुप्रै कथासँग मेरो साक्षात्कार गराए। मेरो ‘सुन्दर’ यात्रालाई झनै सुन्दर बनाइदिए।, प्रिय जिब्रान, सायद तिमीले जिन्दगीमा असल मान्छे कम भेट्यौ कि!, मान्छेहरू तिमीले सोचेभन्दा धेरै सहृदयी र सहयोगी हुन्छन् है!, डायरी पढेर मलाई आफैं सम्पर्क गरेर भेट्न आएका थुप्रै सहृदयी र सहयोगीमध्ये रोशनकुमार झा एक हुन्।, उनले डायरी प्रकाशित भएकै दिन फेसबुक म्यासेन्जरमा मसँग सम्पर्क गरेका थिए। आफ्नो मोबाइल नम्बरसमेत पठाउँदै उनले लेखेका थिए, ‘म नेपाल मण्डल (काठमाडौं उपत्यका) र तिरहुत/मिथिलाबारे करिब सात वर्षदेखि अध्ययन गर्दैछु। म तपाईंलाई केही सहयोग गर्न सक्छु कि?’, उनले म्यासेज पठाउँदा म जनकपुरमा थिएँ। त्यसैले केही घन्टापछि मात्र मैले उनको म्यासेज देखेँ। त्यसबीच उनी त मलाई खोज्दै सेतोपाटी अफिस नै पुगिसकेछन्।, उनीसँग मेरो फोनमा कुराकानी भयो। आफूले सात वर्षदेखि अध्ययन गरिरहेको विषयमा हामीले कथा शृंखला सुरू गर्न लागेको थाहा पाउँदा उनी भावुक सुनिए।, जनकपुरबाट फर्किएपछि मैले रोशनकुमार झालाई भेटेँ। उनले कथा शृंखलाको निम्ति शुभकामना दिँदै भने, ‘यदि साँच्चिकै मिथिला खोज्न चाहनुहुन्छ भने तपाईं सिमरौनगढ जानुपर्छ।’, जनकपुरमा मिथिला सभ्यताका विभिन्न विज्ञहरूसँग कुरा गर्दा पनि धेरैले विभिन्न प्रसंगमा सिमरौनगढको नाम लिएका थिए। रोशनकुमारले पनि त्यही भनेपछि मैले जनकपुरमा पूरा हुन नसकेको मिथिलाको कडी जोड्न सिमरौनगढ जाने निधो गरेँ। सबभन्दा खुसीको कुरा त, मेरो यो यात्रामा रोशनकुमार झा स्वयं सहयात्री बन्न राजी भए।, मैले धेरै–थोरै मिथिला जनकपुरमा बुझेर आइसकेकी थिएँ, त्यसलाई थप विस्तृत बनाउन बाराको सिमरौनगढ पुगेँ।, सिमरौनगढ यात्राको विस्तार लगाउनुअघि म तपाईंहरूलाई रोशनकुमार झाबारे बताउँछु है।, रोशनकुमार झा। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, सर्वोच्च अदालतमा अधिकृतका रूपमा कार्यरत झा आफ्नो पुस्ता तिरहुतकालीन भएको बताउँछन्। तिरहुतका अन्तिम राजा हरसिंहदेवको समयमा पञ्जीकरणको काम उनका जिजुबुवाहरूले गर्ने गरेको उनको दाबी छ।, ‘पञ्जी व्यवस्थामा सबै जातजातिको मूल पत्ता लगाइन्छ। त्यसमा हाम्रो जिजुबुवा रामदेव झाको पनि नाम छ,’ उनले भने, ‘हामी सिमरौनगढबाटै नेपाल उपत्यका गएको विवरण पनि त्यसमा छ तर कहिले गएको उल्लेख छैन। जिजुबुवाको नामबाहेक उहाँ कहिले जानुभयो केही पनि छैन। तर हरसिंहदेवको समयमै गएको हुनुपर्छ, किनभने उनको शासनकालमै राज्य तहसनहस भएकाले त्यसपछि त जाने कुरा भएन।’, उनको कुरा मान्ने हो भने सन् १३२६ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणमा सिमरौनगढ ध्वस्त भएपछि भागेका राजा, भारदार र त्यहाँका जनताको भीडमा एउटा नाम रामदेव झाको पनि थियो कि! के बेर!, सिमरौनगढबाट नेपाल उपत्यका आएपछि आफ्नो पुर्खा भक्तपुरमा बसेको रोशन बताउँछन्।, उनले मलाई आफ्नो पुर्खाबारे एउटा रोचक किस्सा सुनाए —, ‘एकपटक तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा आफ्नो मनपर्ने घोडामा तराई क्षेत्र घुम्दै थिए। बाटोमा उनको घोडा बिरामी भएछ। त्यसलाई निको पार्ने काबिल तान्त्रिक को हुन सक्छ भनेर छलफल गर्दा भक्तपुरमा बस्ने झा थरका एक जना व्यक्तिको नाम आएछ। ती झा थरका व्यक्ति अरू कोही होइन, हाम्रै पुर्खा थिए रे!, ‘राणाका भारदारहरू उहाँलाई खोज्दै घरमै पुगेछन्। हाम्रा जिजुबुवाले ‘म तान्त्रिक होइन’ भन्दाभन्दै उहाँको कुरा सुनिएनछ। त्यसपछि जिजुबुवाले भारदारहरूका हातमा एउटा फूल थमाइदिनुभएछ र त्यो फूल घोडालाई चढाए केही दिनमै घोडा तङ्ग्रिन्छ भन्नुभएछ।, ‘नभन्दै जिजुबुवाले भनेजस्तै फूल चढाएपछि घोडा केही दिनमै बुरूकबुरूक उफ्रन थालेछ। त्यसरी आफ्नो मनपर्ने घोडा निको बनाएकाले मेरो जिजुबुवालाई जंगबहादुर राणाले अदालतको हाकिम बनाइदिएछन्।’, उनले अर्को किस्सा पनि सुनाए, 'मेरा जिजुबुवाहरू नेपाल मण्डल आएपछि यहाँको मल्ल राजाले भक्तपुरमा थुप्रै जग्गा-जमिन दिएका थिए रे!', यो किस्सा सुनेपछि मैले सोधेँ, ‘उसो भए त भक्तपुरमा तपाईंहरूको प्रशस्त जग्गा–जमिन होला नि?’, ‘कहाँ हुनु!’ उनले भने, ‘पछि रणबहादुर शाह राजाका पालामा उनकी मनपर्ने श्रीमती कान्तीवती झा बिरामी पर्दा निको पार्न नसकेर सबै जग्गा–जमिन खोसियो रे!’, रोशनले थोरै हाँसो र थोरै दिक्दारी मिश्रित लवजमा भने, ‘हाम्रो पुर्खाले सरकारबाट पाएको जग्गा–जमिन सरकारकै कारण गुमायो।’, कथा–किम्बदन्ती राजा–महाराजाको मात्र हुनुपर्छ भन्ने कहाँ छ र! रोशन झाजस्ता आमव्यक्तिले पनि आफ्नो पुर्खाको किम्बदन्ती गर्वसाथ संगालेर राखेको हुनसक्छ। तपाईंहरूलाई सुन्दा अपत्यारिलो लाग्यो होला, तर किम्बदन्ती भनेको अपत्यारिलो नै हुन्छ — राजा, महाराजाको जस्तै।, रोशन यो लगायत यस्ता थुप्रै कथाका आधारमा आज पनि आफ्नो पुर्खाप्रति गर्व गर्छन् र आफ्नो पुर्खालाई राजा हरसिंहदेवसँग जोड्छन्।, ‘तपाईंको पुर्खा उतिबेलै भक्तपुर आइसकेको थियो भने तपाईं अहिले वीरगन्ज कसरी पुग्नुभयो?’ मैले रोशनलाई सोधेँ।, जवाफमा उनले भने, ‘हाम्रो पुर्खा पहिले सिमरौनगढबाट भक्तपुर आयो, पछि कुनै समयकालमा कामकाज खोज्दै वीरगन्ज पुग्यो।’, झा जन्मे–हुर्के–बढेको पनि वीरगन्जमै हो। उनी नौ वर्षअघि कानुन पढ्न पहिलोपटक काठमाडौं आएका थिए।, पहिलोपटक आएको भए पनि यहाँ बस्दै जाँदा उनलाई काठमाडौं र आफ्नो ठाउँबीच धेरै समानता महसुस हुन थालेछ।, ‘यहाँका कलाकृति हेर्दा मलाई यस्तो त पहिले पनि देखेको छु भन्ने लाग्थ्यो। यहाँ मैले आफूजस्तै झा, मिश्र थरका थुप्रै मान्छे भेटेँ। सुरूमा उनीहरू पनि मजस्तै वीरगन्ज वा जनकपुरबाट आएका होलान् भन्ठान्थेँ। तर जब उनीहरू पुस्तौं पुस्तादेखि काठमाडौंमै बसिरहेको थाहा पाएँ, म छक्क परेँ। अझ उनीहरूले फरर यहाँको नेवार भाषा बोलेको सुन्दा म तीनछक खान्थेँ। काठमाडौंका यी झा, मिश्रहरूलाई देखेर म निकै जिज्ञासु भएँ र त्यही जिज्ञासा मैले आफ्नो बुवा, हजुरबुवाहरूसमक्ष राखेँ,’ रोशनले भने।, यसरी आफ्नो परिवारका अग्रजहरूसँग काठमाडौंका झा, मिश्रबारे कुराकानी गर्दै जाँदा रोशन पहिलोपटक आफ्नो पुर्खाको इतिहाससँग परिचित भए।, ‘मेरो हजुरबुवा शास्त्रीय खालको हुनुहुन्थ्यो। वनारसमा पढ्नुभएको थियो। उहाँ सबै ग्रन्थ डिकोड गर्न सक्नुहुन्थ्यो,’ उनले भने, ‘म उहाँलाई धेरै कुरा सोधिरहेको हुन्थेँ। उहाँ आफैंले नेपाल मण्डल र तिरहुतको सम्बन्धबारे किताब निकाल्छु भन्ने इच्छा राख्नुभएको थियो। उहाँले आफ्नो समयमा त्यो किताब पूरा गर्न सक्नुभएन, अनि मलाई त्यो काम पूरा गर्न भन्नुभयो।’, रोशनले अगाडि भने, ‘मैले हजुरबुवाको त्यही इच्छाअनुसार सात–आठ वर्ष लगाएर यसमा काम गरेको छु।’, किताब लेख्ने क्रममा आफ्ना दाजुभाइ र आफन्तसँग कयौं दिन घन्टौं घन्टा कुराकानी गरेर पुर्खाका स्मरण र काठमाडौं–तिरहुत सम्बन्धका अनेक आयाम खोजी गरेको उनी बताउँछन्। काठमाडौं र तिरहुत क्षेत्रका विभिन्न सम्पदा स्थल र राष्ट्रिय अभिलेखालयमा घन्टौं समय बिताएको पनि उनको भनाइ छ।, ‘मेरो घरमै अध्ययनका लागि थुप्रै ग्रन्थ थिए,’ उनले भने, ‘त्यसले पनि मलाई तिरहुतबारे बुझ्न र काठमाडौंसँगको सम्बन्ध पहिल्याउन निकै मद्दत गर्यो।’, अनेक स्रोतबाट विस्तृत अध्ययन गरेर रोशनले आफ्नो प्रकाशोन्मुख किताब ‘नेपाल मण्डल र तिरहुतबीचको सम्बन्ध’ को पाण्डुलिपि तयार पारेका छन्। मलाई भेट्दा उनी हरेकचोटि त्यो पाण्डुलिपि बोकेर आउँथे र जुन विषय उठ्छ, त्यसबारे आफूले लेखेको अध्याय पढेर सुनाउँथे।, ए–फो कागजमा कम्प्युटर प्रिन्ट गरेर अगाडि–पछाडि दुवैतर्फ प्लास्टिक कभर राखिएको उक्त पाण्डुलिपि उनले सिमरौनगढ यात्रामा पनि लिएर आएका थिए।, यो त भयो सिमरौनगढका मेरा सहयात्री तथा गाइड रोशन झाको कुरा, अब यात्रातिर लागौं।, सिमरौनगढ दरबारको भग्नावशेष। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ राज्य कस्तो होला? यो राज्यलाई दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकले तहसनहस गरेपछि सिमरौनगढको रूप कस्तो भयो होला? सिमरौनगढ छाडेर हिँडेका राजा हरसिंहदेवपछि यहाँ क–कसले शासन गरे होलान्? यो सहर पुगेर अहिलेसम्म कतिले अध्ययन गरे होलान्?, यस्ता अनेकन जिज्ञासा बोकेर सिमरौनगढ पुग्नुअघि नै मैले यो ठाउँबारे जान्न थुप्रै अध्ययन सामग्री संकलन गर्न थालिसकेकी थिएँ।, ती सामग्री अध्ययनबाट मैले के थाहा पाएँ भने, कर्नाटवंशी राजा हरसिंहदेवका पालामा दिल्लीका मुसलमानहरूले आक्रमण गरेर तिरहुत राज्य जितेपछि मुसलमानहरूले यहाँ राज्य बसाएनछन्। बरू यहाँका राजदरबार, किल्ला र घर–मन्दिरहरूमा विनाशलीला मच्चाएर उनीहरू आफ्नै राज्य दिल्ली फर्किएछन्।, सिमरौनगढमै बसेर शासन नगरे पनि यो ठाउँको आधिपत्य दिल्लीका मुसलमानहरूकै हातमा रहेको इतिहास छ।, मैले यो कथा शृंखलाको अघिल्लो अंक ,‘सिमरौनगढको भुलभुलैया दरबार’, मा कसरी सिमरौनगढकै मन्त्री कामेश्वर ठाकुरले यो राज्य तहसनहस पार्न मुस्लिम बादशाह गयासुद्दिन तुगलकको टोलीलाई सहायता पुर्याएका थिए भनेर बताएको थिएँ। उनै कामेश्वर ठाकुरलाई यो राज्य सुम्पिएर दिल्लीका बादशाह आफ्नो राज्य फर्किएको इतिहासकारहरूले लेखेका छन्। त्यसयता कामेश्वरले दिल्लीका मुसलमान शासकहरूकै निर्देशन र नियन्त्रणमा यो राज्य सञ्चालन गरेको इतिहासकारहरूको भनाइ छ।, रिकार्डो गिरवानीले आफ्नो अनुसन्धानपत्र ‘अ फ्र्यागमेन्टरी इन्सक्रिप्सन अफ सिमरौनगढ’ मा यो सहर तहसनहस भएपछिको इतिहासबारे लेखेका छन्, ‘तिरहुतमा कर्नाट राज्य तहसनहस भएको ३० वर्षपछि सन् १३५३ मा नयाँ ब्राह्मण राज्यले कर्नाटलाई प्रतिस्थापन गर्यो। तिनलाई दिल्लीका तत्कालीन शासक फिरूज साह तुगलकले त्यहाँ आफ्नो प्रतिनिधिका रूपमा राखेका थिए, जसलाई ओइनवार वंश भनेर चिन्न थालियो। त्यही समय तिरहुतमा प्रसिद्ध विद्वान कवि विद्यापतिको उदय भएको थियो।’, केही इतिहासकारले भने तिरहुतमा ओइनवार वंशको स्थापना कामेश्वर ठाकुरकै समयमा भएको बताएका छन्। गयासुद्दिन तुगलकले कामेश्वर ठाकुरको मद्दतमा तिरहुत ‘फ़तह’ गरेपछि उनैलाई आफ्नो प्रतिनिधि नियुक्त गरेर गएकाले कामेश्वर ठाकुर नै ओइनवार वंशका पहिलो शासक हुन् भन्ने ती इतिहासकारको मत छ। भारतीय इतिहासकार उपेन्द्र ठाकुरले त यो वंशलाई ‘ठाकुर वंश’ भनेर पनि सम्बोधन गरेका छन्। उनले आफ्नो किताब ‘हिस्ट्री अफ मिथिला’ मा यो वंशबारे विस्तृतमा वर्णन गरेका छन्।, ओइनवार वंशले सन् १५२६ सम्म तिरहुतमा शासन गरेको भए पनि उनीहरूले सिमरौनगढ समृद्ध पार्न कुनै उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्न। यो यस कारण पनि हुनसक्छ, किनभने उनीहरूको समयमा तिरहुत राज्य स्वतन्त्र थिएन। शासनको कमान दिल्लीका मुसलमान राजाहरूको हातमा थियो।, ओइनवार वंशको शासन सकिएपछि भने तिरहुतको राजकाज कसले सम्हाल्यो भन्नेबारे इतिहास मौन छ। यसबारे कुनै कुरा खुल्न नसकेको उपेन्द्र ठाकुरले लेखेका छन्।, हुनसक्छ, सोह्रौं शताब्दीमा ओइनवार वंशको विनाशपछि नै सिमरौनगढका पुराना अवशेष घना जंगलभित्र विलुप्त भए!, तिरहुत राज्य सिमरौनगढमा मात्र सीमित थिएन। यो पूर्वमा कोशी, पश्चिममा गण्डकी (नारायणी), उत्तरमा हिमालय र दक्षिणमा गंगासम्म फैलिएको थियो। त्यसैले ओइनवार वंशपछिका शासकले सिमरौनगढ छाडेर अन्य ठाउँलाई आफ्नो राजधानी बनाएका हुन सक्छन्। यहाँ भने केही आदिवासी मात्र बसोबास गरिरहेको र बिस्तारै यो ठाउँ ठूलो राज्यको राजधानी थियो भन्ने नै मान्छेहरूको स्मृतिबाट हराएको पनि हुनसक्छ!, इतिहासकारहरूले नै खुट्टयाउन नसकेको विषयमा हामी धेरै नअलमलिऊँ र कर्नाटवंशको शासनकालमा सिमरौनगढ कस्तो थियो भन्नेबारेमै थप कुरा गरौं।, त्यति बेलाको सिमरौनगढको कुरा गर्दा तिब्बती विद्वान धर्मस्वामीको ‘बायोग्राफी अफ धर्मस्वामी’ एक महत्वपूर्ण किताब हो। उनले यो राज्यमा के–कसरी सुरक्षा व्यवस्था गरिएको थियो र के–कस्ता संरचना निर्माण भएका थिए भनेर आफ्नो किताबमार्फत् त्यस समयको विस्तृत झलक दिएका छन्।, त्यो मात्र होइन, सन् १७९० मा भारतको पटनाबाट नेपाल उपत्यका अर्थात् भक्तपुर आएका रोमन क्याथलिक पादरी काशियानो दा माचेराताले पनि आफूले देखेको सिमरौनगढबारे लेखेका छन्। उनको लेख राज्य तहसनहस भएर भग्नावशेषमा परिणत भएको सिमरौनगढ कस्तो थियो भन्ने बुझ्न महत्वपूर्ण दस्तावेज हो।, सिमरौनगढ राज्य ध्वस्त भएको करिब चार सय वर्षपछि पादरी काशियानोले यहाँका भग्नावशेष देखेका थिए। उनको विवरणबाट राज्य ध्वस्त भएको चार सय वर्षसम्म पनि सिमरौनगढ सहरको भू–बनोट त्यति बिग्रिएको थिएन भन्ने थाहा पाउन सकिन्छ।, काशियानो र धर्मस्वामीले दुई अलग–अलग कालखण्डमा देखेको सिमरौनगढ कस्तो थियो भन्नेबारे तपाईंहरूले हाम्रो अघिल्लो अध्याय ,‘सिमरौनढको भुलभुलैया दरबार’, मा विस्तृतमा पढ्न सक्नुहुन्छ।, काशियानो आएको करिब ५० वर्षपछि अर्थात् सन् १८३५ मा बेलायतका कूटनीतिज्ञ एवं मानवशास्त्री ब्रायन हड्सनले यहाँका भग्नावशेषमाथि खोज गरेर त्यसबारे ‘जर्नल अफ द एसियाटिक सोसाइटी’ मा रिपोर्ट लेखेका थिए। त्यसमा उनले आफूले सिमरौनगढमा छोटो भ्रमण गरेको उल्लेख गरेका छन्। छोटो भ्रमण भए पनि त्यो धर्मस्वामी र पादरी काशियानोपछि सिमरौनगढमाथि लेखिएको उल्लेखनीय वृत्तान्त हो।, उक्त भ्रमणमा हड्सनले यहाँका पर्खाल, खाई, रानीवास मन्दिर वरपरका संरचना र मूर्तिहरूबारे अध्ययन गरेका थिए। त्यहाँबाट फर्कंदै गर्दा उनको भेट भगवानपुरका एक विद्वान ब्राह्मणसँग भएको थियो। ती ब्राहमणले ब्रायन हड्सनलाई अप्रिल–मे महिनातिर वनजंगल रूखा–सुखा भएर वरपर खुला देखिने भएकाले यो सहर अझै राम्ररी चित्रण गर्न सकिने बताएका थिए।, आफ्नो छोटो भ्रमण र ब्राह्मण विद्वानसँगको कुराकानीपछि हड्सनले यो सहर समानान्तर चतुर्भुज आकारमा बसेको उल्लेख गरेका छन्। , ‘यो गढ बाहिरी र भित्री पर्खालले घेरिएको छ। बाहिरी पर्खाल नपोलेका इँटाले बनेको छ भने भित्री पर्खालमा पोलेका इँटा फेला परेका छन्। बाहिरी पर्खाल सात कोस र भित्री पर्खाल पाँच कोस लामो छ,’ उनले लेखेका छन्, ‘पूर्वी क्षेत्रमा पर्खालबाहिर छ–सातवटा र पश्चिममा तीन–चारवटा चिसा खाई अझै भेट्न सकिन्छ।’, कंकाली मन्दिर नजिकैको इसरा पोखरीलाई हड्सनले त्यो समयमा पनि राम्रो अवस्थामा रहेको बताएका छन्। उनले उक्त पोखरीको नापनक्सा पनि गरेका थिए, जसअनुसार पोखरीको लम्बाइ ३३३ पेस (खुट्टाको पाइलाको नाप) र चौडाइ २१० पेस छ।, ‘यो पोखरीको डिल राम्ररी पोलेका इँटाले बनेका छन् जुन निकै ठूला छन्। वरिपरिका ५०–६० मिटर क्षेत्रफल पनि त्यस्तै इँटाले बनेको छ। यसबाट के थाहा हुन्छ भने यो सहरका मार्गहरू बडो सावधानीपूर्वक र महँगो संरचनाले बनेका थिए,’ उनले लेखेका छन्।, इसरा पोखरी वरिपरि दरबारका अवशेष, किल्ला, देवीको मन्दिर र मन्दिरमा सुन्दर ढंगले कुँदिएका ढुंगाका विशिष्ट संरचना र तेलीय इँटाहरू हड्सनले देखेका थिए। उनले यहाँका ढुंगाका केही संरचना पनि नापेका थिए, जुन प्रायः पाँच फिट लामो र साढे एक फिट चौडा थिए। यी ढुंगा कम्तिमा २५ माइल टाढाबाट ल्याएको हुनसक्ने उनको अनुमान छ।, ‘करिब २० वटा मूर्ति यहाँको भग्नावशेषबाट निकालिएको थियो जुन ढुंगाबाट बनेका छन्। ती मूर्तिमा देखिने कालिगढी निकै मिहिन र विशिष्ट छ। मैले तिनीहरूलाई एकपटक मात्र देख्न पाएको थिएँ। तर मलाई यति थाहा छ, तिनले पौराणिक ब्राह्मणवाद चित्रण गर्छन्,’ हड्सनले आफ्नो रिपोर्टमा लेखेका छन्।, हड्सनले यहाँ चार–पाँचवटा इनार पनि देखेका थिए। ती इनार काठमाडौं उपत्यकामा जस्तै जमिनबाट तीन फिट माथि उठाएर बनाइएका थिए। सहरको प्रवेशद्वार मानिने कोतवाली किल्ला उत्तरी भागमा र इसरा पोखरी तीन–चार माइल उत्तर–पश्चिम कुनामा रहेको उनी बताउँछन्।, सिमरौनगढको रानीवास क्षेत्रमा रहेको परम्परागत इनार। यस्ता इनार यहाँ धेरै ठाउँमा छ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, उक्त लेखमा हड्सनले सिमरौनगढ राज्यको उत्पत्ति र विनाशबारे श्लोकमा लेखिएको विवरण पनि उल्लेख गरेका छन्।, श्लोकमा भनिएको छ, ‘राजा राम, नल, पुरूरवस् र अलार्काको धन इसरा पोखरीमा संरक्षण गरी राखिएको थियो। त्यसलाई एउटा नागले रक्षा गरेका थिए। नान्यदेवले उक्त नागलाई मारेर त्यहाँको धन लिए र सिमरौनगढ राज्य बनाए। उनका अन्तिम पुस्ता हरसिंहदेव नराम्रो भाग्यका कारण यो राज्यबाट शक सम्बत् १२३५ मा पहाडतिर लागे।’, यो श्लोकबाट हामी के बुझ्न सक्छौं भने सिमरौनगढ राज्य नान्यदेव वंश सकिएसँगै भग्नावशेषमा परिणत भएको थियो। यो राज्य कोशीदेखि गण्डकी र गंगादेखि तराईसम्म फैलिएको हड्सन पनि बताउँछन्।, ‘त्यो समय सहर एकदम सुन्दर थियो, तर अहिले श्रापले ग्रसित सहरजस्तो भएको छ,’ हड्सनले लेखेका छन्।, हड्सनपछि ज–जसले सिमरौनगढको पुरातात्विक अध्ययन–अनुसन्धान गरे, तिनले हड्सनकै रिपोर्टमा टेकेर अध्ययन गरेका छन्। सन् १९९० दशक (१९९१–१९९३) मा इटालियन टोलीले गरेको उत्खनन सिमरौनगढमा गरिएको पहिलो उत्खनन हो।, दुई चरणमा गरिएको उक्त उत्खननमा इटालियन अन्वेषकहरूले रानीवास मन्दिर परिसर र त्यहाँ भेटिएका माटाका सामग्री, सिमरौनगढका गढ (पर्खाल) र खाईहरूको अध्ययन गरेका थिए। उनीहरूले स्थानीय खेतीपाती र इँटा चोरी गरेर निजी काममा प्रयोग गरिँदा धेरै संरचना तहसनहस भएको बताएका छन्।, ‘यो गढको सबभन्दा मुख्य विशेषता यहाँको भित्री पर्खाल हो जुन छ–सात मिटर अग्लो छ। तर पर्खालमा भएका पोलेका इँटा लगभग सबै चोरेर लगिसकिएको छ। त्यही भएर हामीले अध्ययन क्रममा इँटाका टुक्राटाक्री मात्र फेला पार्न सक्यौं,’ इटालियन टोलीले आफ्नो रिपोर्टमा लेखेको छ।, उनीहरूको अध्ययनअनुसार यो गढ अनियमित आयाताकारको छ। यसको पश्चिमी र पूर्वी भागमा दुईवटा समानान्तर प्राकृतिक तटबन्धन निर्माण गरिएका छन् भने पश्चिमी भागमा सुख्खा र घुमाउरो नदी छ। झरीको मौसममा यहाँका धेरैजसो खोलाको पानी गाउँलेहरूले सिँचाइका लागि प्रयोग गर्छन्। गढको दक्षिणी भागमा भारतीय सीमा छ।, ‘अहिले धेरैजसो गाउँले घर बनाउने वा कृषिमा लागेका छन्। यसले यहाँका धेरै संरचना बिग्रिसकेका छन्। तर अझै पनि माटाका केही पर्खाल बाँकी छन्। साना खाडलहरू अझै भेटिन्छन्। यी संरचना हेर्दा यो सहरलाई किन भुलभुलैयासँग तुलना गरियो भन्ने प्रस्ट हुन्छ,’ उनीहरूले रिपोर्टमा लेखेका छन्, ‘सहरको भुलभुलैया स्वरूप आफैंमा एउटा बलियो सुरक्षा डिजाइन थियो। यसले सहरलाई बाढीपहिरोबाट पनि जोगाउँथ्यो। कृषिका लागि पनि उपयोगी थियो। यसले राज्यको बलियो शक्तिलाई संकेत गर्छ।’, राम्रो हावापानी भएकै कारण यो सहरलाई त्यस समयको राजधानी बनाइएको हुनुपर्ने उनीहरूले अनुमान गरेका छन्।, उनीहरूले आफ्नो अनुसन्धान क्रममा केही खाई वा खाडल पनि भेटेका थिए। त्यसलाई बचाइराख्न तिनमा निरन्तर पानी हाल्नुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन्।, ‘गढको किल्ला जुन खाईले घेरिएको छ, तिनको अन्य खाई र पोखरीसँग सम्बन्ध हुनसक्छ। कर्नाटवंशको समयमा सम्पूर्ण सहरमा यस्ता पर्खाल, खाई, नहर र पोखरीहरू बनेका हुनसक्छन्। त्यसको वरिपरि प्रशस्त रूख र खेत हुनसक्छ,’ उनीहरूले रिपोर्टमा लेखेका छन्, ‘यो गढ धर्मस्वामीले यहाँ आउँदा वर्णन गरेजस्तै देखिन्छ।’, रानीवास क्षेत्रमा प्रारम्भिक अध्ययन गर्दा उनीहरूले त्यहाँको माटाका ढिस्कामा थुप्रै माटाका भाँडा भेटेका थिए। कति भाँडा त उत्खनन क्रममा भत्किएका पनि थिए। त्यस उत्खननबाट सिमरौनगढ क्षेत्र माटोको काममा एकदम धनी रहेको उनीहरूले उल्लेख गरेका छन्।, इटालियन टोलीले उत्खनन गरेयता सिमरौनगढमा फेरि अर्को उत्खनन भएको छैन। सन् २०२० तिर बेलायतको डुरहाम विश्वविद्यालयले अन्तिमपटक गरेको ग्राउन्ड पेनिट्रेटिङ राडर (जिपिआर) र म्याग्नेटोमिटर सर्भे महत्वपूर्ण छन्। मान्छेको शरीरमा एक्स–रे गरेजस्तै यो सर्भेले जमिनमुनि महत्वपूर्ण संरचना छन् कि छैनन् भनेर पत्ता लगाउन सक्छ।, डुरहाम विश्वविद्यालयका पुरातत्वविदहरूले सिमरौनगढका बगैंचा, इसरा पोखरी, नगरपालिकाको चउर र रानीवास क्षेत्र अध्ययन गरेका थिए। इटालियन टोलीको उत्खनन र डुरहाम विश्वविद्यालयको सर्भेका रिपोर्ट र अनुभवलाई म आफ्नो सिमरौनगढ भ्रमण अनुभवसँगै विस्तारमा जोड्दै लगुँला है!,
..., सिमरौनगढको रानीवास र वरपरको क्षेत्र। यो तस्बिर 'घुमन्ते' समूहका कञ्चन राईले खिचेका हुन्।, महान् दार्शनिक एरिस्टोटलले भनेका छन्, ‘सुरू गर्नु भनेको आधा सक्नु हो।’ तर म त सुरूआतको पनि निकै सुरूमा छु। मैले सिमरौनगढलाई अक्षर र चित्रमा मात्र देखेको थिएँ, यथार्थमा देख्ने चरण त बल्ल सुरू हुँदैछ।, बाराको सिमरा विमानस्थलमा म र मेरा सहयात्री रोशनकुमार झा बिहान ८ बजेतिरै पुगिसकेका थियौं। त्यहाँबाट हामी कलैया, बरियापुरस्थित गढीमाई मन्दिर हुँदै सिमरौनगढतपर्फ लाग्यौं।, कलैयादेखि सिमरौनगढको दुरी करिब २२ किलोमिटर छ। हामीले कलैयामा समातेको ट्याम्पोमा केही यात्रु पहिल्यै थिए। उनीहरूलाई पहिला गढीमाई मन्दिर पुर्याएर हामीलाई सिमरौनगढ पुर्याउने ट्याम्पो चालकले बताए।, गढीमाईलाई तराई क्षेत्रको ठूलो शक्तिपिठ मानिन्छ। कलैया जिल्लाबाट करिब आठ किलोमिटर पूर्व पर्ने गढीमाईमा हरेक पाँच वर्षमा मेला लाग्छ। मेलामा हजारौं पशु बलि दिइन्छ, जसको विरोध पनि हुँदै आएको छ।, गढीमाई घुमेर फर्कनै लाग्दा बाटोमा हाम्रो ट्याम्पो बिग्रियो। त्यहाँबाट हामीले बस समात्यौं। सुरूमा ट्याम्पो समात्नु हामीलाई फाइदै भयो, तराईको एउटा महत्वपूर्ण शक्तिपिठ घुम्ने अवसर मिल्यो। नभए सिमरौनगढ पुग्न गढीमाई गइरहनुपर्दैन।, मध्यकालीन तिरहुत राज्यको राजधानी सिमरौनगढ पुग्नै लाग्दा बाटाका छेउछाउ ठुल्ठूला नहरहरू देखिए। के यी संरचना कर्नाटवंशी राजाहरूकै पालामा बनेका हुन्? के मेले पढे–सुनेका माटाका, इँटाका, रूखका गढ (बाही), खाईका घेराहरू अझै सिमरौनगढमा देखिएलान्?, यस्ता अनेकन प्रश्नको उत्तर साँच्दै म सिमरौनगढ पुगेँ।, बसबाट ओर्लिएपछि सिमरौनगढको कंकाली मन्दिर परिसर पुग्न दस मिनेटजति हिँड्नुपर्ने रहेछ। हिँड्दै गर्दा मैले समाजशास्त्र अध्येता एवं तराई मधेस राष्ट्रिय परिषदका संयोजक भरत साहलाई फोन गरेँ। साहले चार वर्षअघि मार्टिन चौतारीमा आयोजित एक छलफल कार्यक्रममा सिमरौनगढबारे प्रस्तुति दिएका थिए।, त्यस बेला उनले पुरातात्विक महत्वको यस सहरमा धमाधम माछापोखरी खन्न थालेपछि यहाँका पुराना संरचना कसरी ध्वस्त हुँदै गएका छन् भनेर बताएका थिए। माछापोखरी खन्ने क्रममा एक्स्काभेटरका दाँतले कोपरेर महत्वपूर्ण मूर्ति र शिलालेखहरू टुक्राटुक्रा अवस्थामा भेटिन थालेकोमा उनको चिन्ता थियो।, उनले भनेका थिए, ‘कर्नाटवंशीय राजा लखेटिएर काठमाडौं उपत्यका आएपछिको आठ सय वर्षसम्म पनि सिमरौनगढ खासै बिथोलिएको थिएन। तर बितेका आठ महिनामा त्यो स्थानको पुरातात्विक महत्व ध्वस्त पार्ने गरी पोखरी खन्ने काम भएको छ।’, भरत साहले केही महिनाअघि मात्र सिमरौनगढको जमिन खन्न नदिन र यो सहरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पुरातत्व विभाग र अन्य सरोकारवाला निकायहरूलाई पत्र लेखेका छन्।, सिमरौनगढ पुगेर साहलाई फोन गर्दा उनी वीरगन्जमा रहेछन्। उनले हामीलाई त्यहाँका स्थानीय रन्जित कुशवाहाको फोन नम्बर म्यासेज गरे। रन्जित कुशवाहाले नै हामीलाई सिमरौनगढ भ्रमणमा सहजीकरण गरिदिने उनले बताए।, त्यो बेला रन्जित आफ्नो पोखरी हेर्न इटवाल गएका रहेछन्। उनी नआइपुगुञ्जेल हामीले कंकाली मन्दिर परिसर घुम्यौं। त्यतिञ्जेल मसँगै आएका रोशन झाले मलाई यहाँका मन्दिर परिसरका संरचनाबारे जानकारी दिन थाले।, रोशनका अनुसार कंकाली मन्दिर सिमरौनगढ क्षेत्रकै प्रमुख देवस्थल हो। रामनवमीमा ठूलो मेला लाग्ने यो मन्दिरलाई ठूला शक्तिपिठमध्ये एक मानिन्छ। तर यहाँ काली देवीका अन्य मान्दिरमा जस्तो बलि दिइन्न। शिखर शैलीमा बनेको यो मन्दिरको अहिलेको स्वरूप राणा शासकहरूले बनाउन लगाएका हुन्। कालो ढुंगाले बनेको मन्दिरको कालीको मूर्ति भने बाह्रौं शताब्दीतिरको हो।, ‘मुसलमानी आक्रमणमा सिमरौनगढ जति तहसनहस भएको छ, राणाले यसलाई झनै बिगारेका छन्,’ झा भन्छन्।, राणाहरूले यो मन्दिर शिखर शैलीमा बनाउनुअघि मन्साराम बाबाले सन् १८१६ मा सानो आकारको मन्दिर बनाएर कंकाली नाम दिएका थिए। उनै मन्साराम बाबाको गुम्बज आकारको समाधि स्थल मन्दिरअगाडि देख्न सकिन्छ।, सिमरौनगढको कंकाली मन्दिर। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, यो ठाउँमा करिब ३० वर्षअघिसम्म मुसलमानी शैलीका संरचनाहरू बनेका थिएनन्। जब सिमरौनगढमाथि मुसलमानहरूको आक्रमण भयो, त्यति बेला उनीहरू यहाँको सम्पत्ति लुटेर आफ्नै ठाउँ फर्किएका थिए। त्यसैले यहाँ मुसलमानी ढाँचाले कहिल्यै प्रवेश पएन। त्योभन्दा अगाडि कर्नाटवंशी राजाहरूले शासन गर्दा पनि हिन्दु शैलीलाई नै प्राथमिकता दिएर कलाकृतिहरू बनाएका थिए।, भारतीय कलाकृति एवं संस्कृतिका विद्वान हेनरिच जिम्मरका अनुसार सिमरौनगढमा पाइने कलाकृतिको प्रकृति गुप्तकालीन सम्पदाको रूपान्तरित ढाँचा हो। तिनमा भारतीय प्रभाव देखिन्छ। गुप्तकालीन सम्पदाको उल्लेखनीय परिमार्जन बंगाल पाला–सेन वंशमा भएको देखिन्छ। उनीहरूले त्यसलाई एकदम सुन्दर र भव्य शैली दिएका थिए। त्यही पाला–सेन वंशबाट प्रभावित कलाकृतिहरू सिमरौनगढमा पाइन्छन्। तर पछिल्लो समय सिमरौनगढमा मुसलमानी गुम्बज आकारका संरचना बन्ने क्रम बढेको छ। सन् १९९० दशकमा इटालीको पुरातत्व टोली सिमरौनगढ आउँदा अहिले बनेका नयाँ संरचनाले उत्खननमा समस्या पुर्याएको उनीहरूले रिपोर्टमा लेखेका छन्।, ‘कंकाली मन्दिर हालै पुनर्निर्माण भएकाले यसले पाला–सेनको भग्नावशेष ढाकेको छ,’ उनीहरूले भनेका छन्।, मन्दिरनजिक पिपलको ठूलो रूखको छत्रछायामा ढुंगाका मूर्ति, शिवलिंगका टुक्राटाक्री लगायत विभिन्न संरचना छरिएर रहेका छन्। कर्नाटकालीन समयकै झलक दिने ती पुरातात्विक महत्वका कलाकृतिमा स्थानीयहरूले अबिर रंगाएर पूजा गरेका छन्।, पुरातात्विक संरचनाको बेहालप्रति दुःख प्रकट गर्दै रोशन झाले भने, ‘यी सायद दरबार वा मन्दिरका अवशेष हुनुपर्छ। यी सम्पदा हामीसँग बचेका इतिहासका अवशेष हुन्। यस्ता पुरातात्विक सम्पदा छुन त पाइन्न, यहाँ पूरै अबिर लाएर बिरूप पारिएको छ।’, ती कलाकृति यति खुला र बेपरवाह छाडिएका छन्, लाग्छ चोरी भए पनि स्थानीयलाई खासै चिन्ता हुने छैन। यसअघि पनि यस्ता धेरै सम्पदा चोरी भइसकेका छन्, जसको कुनै लेखाजोखा छैन।, पुरातत्व विभागले २०५४ सालतिर मन्दिरनजिकै एउटा भवन बनाएर यहाँ भेटिएका सग्ला मूर्तिहरू संरक्षण गरेर राखेको छ। दर्जनौं मूर्ति रहेको उक्त भवनमा नारायणका मूर्ति बढी छन्। तर ती मूर्तिको हेरचाह गर्न विभागले कुनै सरोकारवाला खटाएको छैन।, कंकाली मन्दिरकै छेउ इसरा पोखरी छ। बाह्रौं शताब्दीमा राजा शिवसिंहले आफ्नी रानी वा छोरी ईश्वरासिंहको सम्झनामा यो पोखरी निर्माण गराएको झा बताउँछन्। कंकाली मन्दिरनजिकै भएकाले यसलाई कतिले ‘कंकालिनी पोखरी’ पनि भनेर चिन्छन्। यही पोखरीको नामबाट नजिकैको बजारलाई इसरा बजार भनिन्छ।, कंकाली मन्दिरनजिकै रहेको पिपलको रूखमा बेपरवाह छाडिएका तिरहुतकालीन मूर्तिहरू। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, इसरा पोखरीमा बेवारिसे छाडिएको कलात्मक ढुंगे स्तम्भ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, इसरा पोखरीसँगै जोडिएको अर्को जनश्रुति पनि छ।, इसरा भन्ने नान्यदेवकी प्यारी सुसारे थिइन् रे। उनको भूतसँग दोस्ती थियो। उनै भूतको सहायताले नान्यदेवले रातारात पोखरी खनेको, किल्लाहरू बनाएको र अलौकिक शक्तिमार्फत् गढ निर्माण गरेको भनिन्छ।, त्यो जनश्रुतिलाई श्लोकमा पनि बदलिएको छ, जसलाई ब्रायन हड्सनले आफ्नो लेखमा संकलन गरेका छन्। उक्त श्लोकले भन्छ, ‘राजा राम, नल, पुरूरवस् र अलार्काको धन इसरा पोखरीमा संरक्षण गरी राखिएको थियो। त्यसलाई एउटा नागले रक्षा गरेका थिए। नान्यदेवले उक्त नागलाई मारेर त्यहाँको धन लिए र सिमरौनगढ राज्य बनाए।’, नान्यदेवले कसरी यति ठूलो राज्य निर्माण गरे भन्ने रहस्यका रूपमा रहेकाले पनि मान्छेहरूले यसलाई कथा वा जनश्रुतिमा ढालेका हुन सक्छन्!, ब्रायन हड्सन आउँदासम्म यो पोखरी ठिकठाक अवस्थामै थियो। उनीपछि सन् १९५८ मा ओरेगन विश्वविद्यालयका थोमस ओ बालिंगर आउँदा पनि यो पोखरी उस्तै अवस्थामा रहेको उनले बताएका थिए। उनले हड्सनकै रिपोर्टमाथि ‘सिमरौनगढ रिभिजिटेड’ भनेर आफ्नो रिपोर्ट लेखेका छन्।, थोमस ओ बालिंगरले हड्सनले देखेका कुरा पुष्टि गर्दै उक्त रिपोर्ट लेख्नुको उद्देश्य नयाँ विद्वानहरूलाई यो सहरप्रति ध्यानाकर्षण गराउनु थियो। उनले आफ्नो रिपोर्टमा सिमरौनगढका केही महत्वपूर्ण मूर्ति र कलाकृतिको फोटो अभिलेख पनि राखेका थिए।, इटालियन टोलीका अनुसार हड्सनले सिमरौनगढ भ्रमण गरेपछि यहाँका धेरै मूर्ति नेपालबाहिरका संग्रहालयमा प्रदर्शनीका लागि लगिएका थिए। त्यसले पुरातात्विक सम्पदा संरक्षणमा नेपाललाई ठूलो क्षति पुग्यो। बालिंगरको भ्रमणपछि खेतीपातीका कारण पनि यो ठाउँमा झनै क्षति पुगेको पाइन्छ।, बालिंगरले आफ्नो रिपोर्टमा इसरा पोखरीबारे भनेका छन्, ‘यो पोखरी हड्सनले नापनक्सा गरेजस्तै अवस्थामा छ। तर हड्सन आएयता पोखरीको डिलका इँटाहरू मर्मतसम्भार नहुँदा पोखरीमा खसेका छन्।’, हामी पुग्दा पोखरीको किनारमा एउटा कलात्मक ढुंगाको स्तम्भ बेवारिसे छाडिएको थियो। त्यो सायद दरबारको कुनै हिस्सा थियो वा कुनै किल्लाको। त्यसको संरक्षणमा कसैलाई चासो थिएन। दुई वर्षअघि प्रदेश सरकारको बजेटबाट यो पोखरी संरक्षणका नाममा कंक्रिट प्रयोग गरेर आधुनिकीकरणको प्रयास पनि भएको रहेछ। त्यस बेला विरोध जनाउनेमा सिमरौनगढका रन्जित कुशवाहा पनि थिए।, आफ्नो पोखरी हेर्न इटवाल गएका रन्जित कुशवाहाले फर्केर हामीलाई भेट्नेबित्तिकै सबभन्दा पहिला इसरा पोखरी पुनर्निर्माणकै कुरा झिके र भने, ‘उनीहरूले कंक्रिट प्रयोग गरेर दक्षिणको भित्ता खडा गरेका थिए। पूरै एक्स्काभेटर लगाएर पोखरी तहसनहस गर्ने प्रयास भएको थियो। तर हामीले पुरानै शैलीमा, पहिलेजस्तै ठूला इँटा राखेर पोखरी निर्माण गर्न पहल गरेका थियौं। उनीहरू बजेट सकिएपछि खै कता गए कता!’, रन्जित कुशवाहा। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, रन्जित कुशवाहा सिमरौनगढ बचाउ अभियानका एक अग्रसर अभियन्ता हुन्। सिमरौनगढमा कहीँकतै पुराना सम्पदा बिगार्ने काम होस्, उनी संरक्षण गर्न पुगिहाल्छन्। पुरातत्व टोलीले उत्खनन गरेको थाहा पाए चासो देखाइहाल्छन्। उनीहरूको अध्ययन–अनुसन्धानमा सहजीकरणको काम पनि गर्छन्। त्यही भएर पछिल्लो समय सिमरौनगढमा के–कस्ता विनाश भए र के–कति उपलब्धिमूलक काम भए भन्ने उनलाई सबै थाहा छ।, रन्जितको मनमा सिमरौनगढप्रति अगाध प्रेम छ। त्योसँगै यो सहरको ऐतिहासिक वैभव फर्काउन केही गर्न नसकेकोमा आक्रोश पनि छ। त्यो आक्रोश र प्रेमको इतिहास करिब एक दशक पुरानो मात्र हो। नभए उनी पनि सिमरौनगढका अरू धेरै शिक्षित युवाजस्तै रोजगारका लागि काठमाडौं गएका थिए। चौध वर्ष काठमाडौंमै बसेर एउटा गैरसरकारी संस्थामा काम गरे।, काठमाडौं बस्दै गर्दा उनले पुरातात्विक सम्पदाको महत्वबारे सुन्न–बुझ्न थाले। काठमाडौंमा सम्पदा बचाउने अभियन्ताहरू सक्रिय देख्दा उनलाई महसुस हुन्थ्यो, ‘ओहो! यस्तो सम्पदा त मेरो सिमरौनगढमा अथाह छ!’, त्यही चेतले सन् २०१३ मा उनलाई आफ्नै गाउँ सिमरौनगढ फर्कायो।, अहिले उनी सिमरौनगढ बचाउने अभियानमा छन्। सँगसँगै, आफ्नो गुजाराका लागि पोखरीमा माछापालन गर्छन्। सुजल कम्पनीमा चोकोफन चक्लेटको बिक्रेताका रूपमा पनि काम गर्छन्।, र, फुर्सतको समय हामीजस्तै जिज्ञासुहरू भेटिए भने तिनलाई सिमरौनगढ घुमाउने गाइड पनि बनिदिन्छन्।, ‘तपाईंहरूको कुनै सवारीसाधन छैन?’ कालो मोटरसाइकल हुइक्याउँदै आएका रन्जितले भने, ‘यसरी हिँड्दै सिमरौनगढ घुम्न त निकै समय लाग्छ।’, हामीसँग सवारीसाधन हुने कुरै भएन।, त्यसैले रन्जितले म र रोशन झा दुवैलाई आफ्नै मोटरसाइकलमा बस्न भने।, पुरातत्वले त नहेरेको यो ठाउँमा ट्राफिक प्रहरी त नहोलान् नि!, हामी मोटरसाइकलमा ट्रिपल–लोड कंकाली मन्दिरबाट अगाडि बढ्यौं। मन्दिर अगाडिबाटै कालोपत्रे बाटो सक्किँदो रहेछ। त्यहाँबाट हामी तीन जना कच्ची बाटैबाटो अर्को गन्तव्यतिर लाग्यौं।, हामी खेतीयोग्य जग्गाको बीचोबीच सिरसिर हावा खाँदै बाइकमा हुइँकियौं।, रन्जितले अमरपुर गाउँको एउटा खेतको डिलमा लगेर बाइक रोके।, यो ठाउँ कंकाली मन्दिरबाट पाँच–छ सय मिटर मात्र टाढा छ। खेतको माटोमा डढेका चामलहरू नांगै आँखाले पनि प्रशस्तै देखिन्थे। बाटोमा हिँडिरहेकी एक किसान महिलासँग रन्जितले खेत खन्ने औजार मागे। औजार हातमा लिएर उनी ढुंगामा बुट्टा कुँदेजस्तो मिहिन ढंगले खेतको डिल खन्न थाले।, त्यहाँ माटोको ढिक्कामा डढेको चामल मिसिएर आयो।, सिमरौनगढको खेतमा भेटिएको डढेको चामल। यसलाई स्थानीयहरू मुसलमानी शासकले आक्रमण गर्दा जलेका चामल मान्छन्। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, त्यो डढेको चामल देखाउँदै रन्जितले भने, ‘यो दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकले सिमरौनगढ आक्रमण गर्दाताकाको चामल हो। यहाँ सायद पहिला चामलको भण्डार थियो। तुगलकको आक्रमणमा डढेर खरानी भयो। त्यही भएर अहिले पनि जुनसुकै डिल खन्दा डढेको चामल भेटिन्छ। यहाँ चामल भेटिनुले पहिले दरबारियाहरूले एकै ठाउँमा नभई विभिन्न ठाउँमा आफ्नो अन्न भण्डार र सम्पत्तिहरू राखेका थिए भन्ने अनुमान गर्न सकिन्छ।’, रन्जितका अनुसार यस्ता चामल पाइने धेरै जग्गा अहिले निजी स्वामित्वमा गइसके। जुन ठाउँमा हामीले चामल भेट्यौं, त्यही डिल मात्र बचेको बताउँदै उनले भने, ‘पहिले यो सबै गुठीको जग्गा थियो, महेन्द्र राजाका पालातिर सबै बेच्यो। पहिले त सिमरौनगढमा तीन फिटभन्दा मुनि खन्न पनि नपाइने नियम थियो। अहिले त जसले पनि, जति पनि खन्छ। यो चामल पनि इतिहासको एउटा महत्वपूर्ण हिस्सा हो। यस्तो महत्वपूर्ण कुरा त तारबार लगाएर राख्नुपर्ने होइन र! यसरी सबैले खन्न थालेपछि त सक्किइहाल्छ नि!’, यस्ता अनेकन प्रश्न र जिज्ञासा छन् रन्जितसँग, जसको जवाफ दिनुपर्ने पुरातत्व विभाग लगायत सरोकारवाला निकाय कसैलाई मतलब छैन। झन् डढेका चामल त मान्छेले खन्दा खन्दा इतिहासबाटै नामेट हुने अवस्थामा पुगिसके।, त्यहाँबाट अगाडि बढ्दै हामी रानीवासतर्फ लाग्यौं। त्यहाँ एउटा मन्दिर छ जसलाई रानीवास मन्दिर वा रामजानकी मन्दिर भनिन्छ।, यही ठाउँमा कर्नाटवंशी राजा शिवसिंहले बाह्रौं शताब्दीमा दरबार बनाएको मानिन्छ। पछि १९३५ सालमा जंगबहादुर राणाका छोरा जीतजंगले यहाँ मन्दिर बनाए।, रानीवास मन्दिर छिर्ने काठको ढोका निकै कलात्मक र पुरानो समयको झलक दिने खालको छ। ढोकाबाट प्रवेश गर्दै गर्दा रोशन झाले हामीलाई मन्दिरतर्फ देखाउँदै भने, ‘खासमा यो दरबार हो, रानीवास त पछि राखिएको नाम हो। जंगबहादुर राणाकी श्रीमतीलाई यहाँ मन्दिर बनाउने ठूलो इच्छा रहेछ। जंगबहादुरको निधनपछि उनका छोरा जीतजंगले दरबारको अवशेष हटाएर त्यसैमाथि नयाँ मन्दिर बनाए। त्यही बेलादेखि यो दरबार रानीवास मन्दिरमा खुम्चियो। खासमा यो तिरहुत दरबार हो।’, इतिहासकार विजयकुमार पाण्डेयले भोजपुरी भाषामा लेखेको ‘सिम्रौनगढ के इतिहास’ किताबअनुसार जंगबहादुर राणा तराई क्षेत्रमा शिकार खेल्न आएका थिए। रौतहटको पत्थरघटा भन्ने ठाउँमा उनको मृत्यु भयो। रानी हिरण्यकुमारी उनीसँगै सती गइन्।, ‘सती जाने बेला रानी हिरण्यकुमारीले सिमरौनगढमा मन्दिर बनाउने इच्छा छोरासामु राखेकी थिइन्। यो कुरा मन्दिरको घन्टामा पनि लेखिएको छ,’ उनको किताबमा उल्लेख छ।, रानीवास मन्दिरभित्र राम, सीता र लक्ष्मणका मूर्ति छन्। त्यसको ठ्याक्कै अगाडि जंगबहादुरको परिवार हात जोडेर प्रार्थना गरिरहेको मूर्ति पनि छ।, मन्दिरको माथिल्लो संरचनामा राम–जानकी मन्दिर भए पनि सिँढीतिरका जग वरपर तिरहुतकालीन ढुंगाका कलाकृति र तोरणहरू बुट्टाजसरी राखिएका छन्। मन्दिर वरपर पनि काला ढुंगामा कुँदिएका यस्ता तिरहुतकालीन सम्पदा छरपस्ट देखिन्छन्।, मन्दिरको कलात्मक तोरणबाट बाह्रौं शताब्दीतिरको सिमरौनगढको वास्तुकला अनुमान गर्न सकिने इतिहास अध्येता शिवराज श्रेष्ठ (मल्ल) बताउँछन्।, ‘हिमाञ्चल–गढवाल–कुमाउँका शक सूर्य मन्दिरमा देखिने छातायुक्त शिखर शैलीको प्रभाव यहाँका मन्दिरमा परेको हुनसक्छ। मन्दिरको शिखर प्रतिमाको बुट्टा तोरणमा भएकाले यस्तो अनुमान गर्न सकिन्छ,’ पुरातत्व विभागले निकाल्ने ‘प्राचीन नेपाल’ नामक पत्रिकामा शिवराज श्रेष्ठले लेखेका छन्।, शिवराज श्रेष्ठ (मल्ल) ले आफ्नो लेखमा संकलन गरेको तस्बिर। तस्बिरको माथिल्लो भागमा हिमाञ्चल–गढवाल–कुमाउँको शिखर शैलीका मन्दिर देखिन्छन् भने तल्लो भागमा त्यसैबाट प्रभावित सिमरौनगढका कलकृति छन्।, रानीवास मन्दिरमा बुट्टा कुँदेझैं राखिएका तिरहुतकालीन कलाकृति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, सन् २०२० मा बेलायतको डुरहाम विश्वविद्यालयको टोलीले पुरातत्व विभागसँग सहकार्य गरी रानीवास मन्दिर क्षेत्रमा जिपिआर सर्भे गरेको थियो। उक्त सर्भे क्रममा रन्जित कुशवाहा पनि सँगै हिँडेका थिए।, ‘यो मन्दिर निकै रहस्यमयी छ। यसलाई भत्काउनुपर्यो भने के यहाँका स्थानीयले अनुमति देलान्?’ डुरहाम टोलीले त्यस बेला भनेको कुरा रन्जितले हामीलाई सुनाए।, सन् १९९० दशकमा सिमरौनगढ आएको इटालियन टोलीले पनि रानीवास क्षेत्रको अध्ययन र उत्खननपछि रिपोर्टमा लेखेको छ, ‘यो मन्दिर कर्नाटकालीन संरचनामाथि नै बनाइएको छ। राणा शासकहरूले तत्कालीन समयमा यहाँ राम–जानकी मन्दिर बनाउनुले सिमरौनगढमा राजनीतिक र सामाजिक पक्षको प्रभाव प्रस्टिन्छ।’, उनीहरूले रानीवास क्षेत्रको उत्तरी र उत्तरपूर्वी भाग खेत र दर्जनौं इनारले भरिएको देखेका थिए। ती इनारले पहिलेको बसोबास क्षेत्रको स्थान र विस्तार संकेत गर्ने उनीहरू बताउँछन्। हामीले राम–जानकी मन्दिर र रानीवास परिसरमा पनि पुरानो समयको झल्को दिने इनारहरू देख्यौं।, मन्दिरभन्दा पछाडितिर दरबारकै हिस्साजस्तो देखिने सग्ला भवनहरू छन्। ती भवन संरक्षण अभावमा जीर्ण हुँदै गएका छन्। यसलाई स्थानीयले गौशाला भन्दा रहेछन्। दरबारभित्र खुला आँगन छ। त्यसनजिकैको एउटा पोखरीलाई ‘चरधोई पोखरी’ भनिन्छ। यसको अर्थ ‘चामल धुने पोखरी’ हो।, पछिल्लो समय सौन्दर्यीकरणका नाममा यो पोखरीमा पनि कंक्रिट प्रयोग भएको रन्जितले हामीलाई सुनाए।, अलि पर आँपको बगैंचा छ। त्यो बगैंचा गुठीको नाममा छ। गुठीले पाँच–छ वर्षका लागि ठेक्का दिएको त्यहाँ काम गर्नेहरूले बताए। आँपको बगैंचा नियालिरहँदा रन्जितले भने, ‘यो बगैंचा पनि निकै रहस्यमयी छ।’, यसपटक पनि उनी डुरहाम विश्वविद्यालय टोलीका पुरातत्वविदहरूले भनेको कुरा आफ्नो शब्दमा हामीलाई सुनाउँदै थिए।, ‘कस्तो रहस्यमयी?’ मैले सोधेँ।, ‘तपाईंहरूलाई थाहा छ, अहिले तपाईं जुन बगैंचामा उभिइरहनुभएको छ, त्यो एघारौं शताब्दीको हो,’ रन्जितले झनै रहस्य थपिदिए, ‘यो बगैंचामुनि विशाल संरचना छ। त्यो सायद दरबारको हिस्सा हुनुपर्छ।’, उनले विस्तारमा भने, ‘इटालियन टोलीले सन् १९९० दशकमा यहाँ उत्खनन गर्दा नै दरबारका अवशेष फेला परेका थिए। पछि के कारणले हो, उत्खनन अगाडि बढ्न सकेन। उत्खनन रोकिएपछि उनीहरूले त्यो संरचना नबिग्रियोस् भनेर आफूले उत्खनन गरेकै माटोले त्यो संरचना पुरिदिए। पछि यहाँ आँपको बगैंचा बनाइयो।’, मन्दिरमुनि अर्को संरचना! बगैंचामुनि दरबार!, यस्तो लाग्दै थियो, सायद हामीले हिँडेका हरेक पाइलामुनि केही न केही महत्वपूर्ण संरचना छन्, जुन अदृश्य छन् र उत्खननको पर्खाइमा छन्।, डुरहामले सर्भेपछि मन्दिर र बगैंचा क्षेत्रलाई अतिजोखिमपूर्ण क्षेत्र भनेर आफ्नो रिपोर्टमा लेखेको छ।, मैले काठमाडौं आइसकेपछि त्यति बेला पुरातत्व विभागबाट डुरहामकै टोलीसँग खटिएका पुरातत्वविद् देवेन्द्रनाथ तिवारीलाई फोन सम्पर्क गरेको थिएँ। उनले सिमरौनगढको भौतिक सर्वेक्षण भइसकेपछि त्यसको रिपोर्टका आधारमा थप उत्खनन गर्नुपर्ने तर पैसा अभावमा त्यो काम हुन नसकेको बताए।, ‘उनीहरूले रिपोर्ट बुझाएपछि हामीले उत्खनन गर्नुपर्ने हो। तर पुरातत्वमा पैसा र जनशक्ति दुवैको अभाव छ,’ उनले भने, ‘त्यहाँको नगरपालिकाले पहल गर्ने हो भने यो काम सम्भव छ।’, रानीवास क्षेत्रमा सन् १९९० दशकमा सिमरौनगढको पहिलो उत्खनन हुँदा भेटिएका तथा स्थानीय बासिन्दाले पोखरी वा घर निर्माण गर्दा भेटिएका केही सामग्री पुरातत्व विभागमा राखिएको उनले जानकारी दिए। त्यस्ता कति सामग्री काठमाडौंको छाउनी संग्रहालयमा छन् भने कति त विदेशसमेत पुगिसके। ती सबै सामग्री सिमरौनगढ नै फर्काएर एउटा संग्रहालय बनाएर राख्न पाए निकै उत्तम हुने तिवारीको सुझाव छ।, रानीवास क्षेत्र घुमेपछि र सिमरौनगढका केही रोचक किस्सा सुनेपछि रन्जितले हामीलाई सलेमपुरस्थित आफ्नो घर लगे।, सिमरौनगढमा होमस्टे छैन। होटल, लज त परको कुरा! यहाँ आउँदा कहाँ बस्ने त? सिमरौनगढ अध्ययनमा आएका धेरैजसो रन्जितकै घरमा बस्दा रहेछन्। कति अन्य स्थानीयका घरमा।, यहाँ बस्ने राम्रो सुविधा नहुनु नै पर्यटनमा सबभन्दा ठूलो समस्या भएको रन्जित बताउँछन्। त्यही भएर राम्रो होमस्टे वा होटल खोल्नु रन्जितको भविष्यको योजना हो।, रन्जित कुशवाहाको घर, जहाँ हामी बास बस्यौं। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, आफ्नो घर लगेपछि उनले हामीलाई फेरि रहस्यमयी ढंगले भने, ‘तपाईं अहिले जुन घरमा बस्दै हुनुहुन्छ, त्यो एघारौं शताब्दीको हो।’, ‘एघारौं शताब्दी!’ मैले भनेँ, ‘त्यो भनेको त आजभन्दा हजार वर्ष पुरानो भयो?’, ‘हो, हजार वर्ष पुरानो,’ रन्जित कुशवाहाले भने, ‘लगभग त्यही समयतिरको, जब सिमरौनगढमा कर्नाटवंशको राज्य सुरू भएको थियो।’, के यो घरमुनि पनि रानीवासमा जस्तै महत्वपूर्ण संरचना होला?, मैले जिज्ञासा राख्नुअगावै उनले भने, ‘तर यो घर बनेको मेरो हजुरबुवाको पालामा हो।’, के भन्छन् यिनी!, हजुरबुवाको पालामा भनेको त बढीमा सय वर्षभन्दा पुरानो कुरा भएन! अनि कसरी मिल्यो त हिसाब?, रन्जितले रहस्यको गाँठो फुकाए।, उनका हजुरबुवाले यो घर बनाउनुअघि अगाडिको खाली जग्गा खनेका रहेछन्। त्यहाँ प्रशस्तै ठूला आकारका पोलेका तेलीय इँटा फेला परेछन्। त्यसपछि उनले त्यही इँटा प्रयोग गरेर यो घर बनाएछन्।, ‘इटालियन टोलीले यस्ता पोलेका तेलीय इँटा एघारौं शताब्दीतिरका हुन् भनेर प्रमाणित नै गरेको छ। अनि भएन त मेरो घर एघारौं शताब्दी पुरानो?’ यति भनेर रन्जित हाँस्न थाले।, हामी पनि उनीसँगै हाँस्यौं।, उनले अगाडि भने, ‘यहाँ जति पनि घर बनेका छन्, प्रायः त्यसरी नै बनेका छन्। जहाँ खन्यो, त्यहाँ यस्ता पुराना इँटा, मूर्ति वा महत्वपूर्ण वस्तु फेला परिहाल्छन्।’, उनले कोतवालमा आफ्नो माछापोखरी खन्दा पनि माटाका भाँडा र माटाका खेलौना फेला परेको बताए।, त्यसपछि उनी आफ्नो घरभित्र गए र साना केटाकेटीले खेल्ने घोडा आकारको खेलौना र खेलौना आकारकै साना भाँडाकुँडा र बत्ती बाल्ने दियो लिएर आए।, रन्जित कुशवाहाले पोखरी खन्दा फेला परेका माटोका सामग्री। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ती सबै सामान हाम्रासामु राख्दै रन्जितले भने, ‘कतिले पोखरी खन्दा मूर्ति भेटेका छन्। कतिले त सुनचाँदी पनि भेटेका छन्। हामीले चाहिँ यस्ता सामान भेट्यौं। यहाँ जहाँ खने पनि केही न केही अवश्य भेटिन्छ।’, ‘सुनचाँदी चाहिँ कता भेटिन्छ हँ! हामी पनि सब काम छाडेर यहीँ सुनचाँदी खोज्ने काम गर्नुपर्लाजस्तो छ,’ हामीले जिस्कँदै भन्यौं।, रन्जितले हाँस्दै भने, ‘कहाँ के भेटिन्छ त कसैलाई थाहा हुन्न। तर सबैतिर केही न केही छ।’, सुनचाँदीका सामग्री भेटिएकै कारण यहाँ केही ठाउँको नाम मोतिसार, खजानी लगायत रहेको उनी बताउँछन्।, केही बेर आराम गरेर हामी फेरि अर्को ठाउँ हेर्न हिँड्यौं। यति धेरै ठाउँ घुमेर, सिमरौनगढबारे यति धेरै जानेर पनि हामीसँग अझै धेरै जान्ने–हेर्ने हुटहुटी थियो।, हामी रन्जितको घरनजिकै हरिहरपुरमा रहेको एउटा संरचना हेर्न गयौं, जसलाई दरबारको ढुंगाको बाकस भनेर चिनिन्छ। रूखै रूख छिचोलेर, खेतको बाटो हुँदै हामी बाकस भएको ठाउँसम्म पुग्यौं। त्यहाँ पुग्दा पहिलो झलकमै एउटा कलात्मक स्तम्भ देखिन्छ, जसलाई कंक्रिटले बनेको थुम्कोजस्तो संरचनामाथि ठड्याएर राखिएको छ। यसलाई स्थानीयहरू ‘सनुखिया स्तम्भ’ भन्दा रहेछन्। रहस्यमयी बाकस अर्थात् सन्दुकनजिकै स्तम्भ भएकाले स्थानीय भाषामा ‘सनुखिया’ भनिएको रन्जितले बताए।, स्तम्भनजिकै गहिरो भागमा ‘सिमरौनगढका राजाको ढुंगाको बाकस’ भनेर चिनिने आकृति छ। बाकसकै आकारमा देखिने उक्त कलाकृति दरबारको गेट वा अवशेष हुनपर्ने कतिपय इतिहासकारको आकलन छ।, रोशन झाले यसबारे बताउँदै भने, ‘यो बाकस बाहिर निकाल्न खोज्दा जति माथि तान्दै गयो, त्यति भाँसिदै गएको थियो भनेर भनिन्छ। त्यहाँबाट धेरै भँगेराहरू निस्किएको जनश्रुति छ।’, यही ठाउँबाट राजा हरसिंहदेव आफ्नो राज्य छाडेर भागेको र यही ठाउँमा कर्नाटवंशी राजाहरूका इष्टदेव तुलजा भवानीको मूल मन्दिर रहेको भनाइ छ। राज्य छाडेर भाग्दा उनीहरूले यहीँबाट तुलजा भवानीको कलश निकालेर लगेको रन्जित कुशवाहा बताउँछन्। त्यही भएर पनि यो ठाउँ तत्कालीन दरबार क्षेत्र हुनुपर्ने उनको अनुमान छ।, डुरहाम विश्वविद्यालयको अध्ययन टोलीले गरेको भौगोलिक सर्भेले भने यहाँ ऐतिहासिक कुरा फेला नपरेको र पुरातात्विक सम्भावना नभएको देखाएको छ। त्यसैले उनीहरूले यो ठाउँलाई खतराको सूचीमा राखेका छैनन्।, 'सिमरौनगढका राजाको ढुंगाको बाकस' भनेर चिनिने संरचना। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, पोखरी खन्दा भेटिएको विष्णुको मूर्ति र साथमा रोशन झा। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, त्यहाँबाट हामी हरिहरपुरको वडा नम्बर ४ मा एउटा निजी पोखरी खन्दा भेटिएको भगवान विष्णुको मूर्ति हेर्न गयौं। यो मूर्ति सात फिट लामो र चार फिट चौडा छ। त्यसलाई माटोको थुप्रोमा घोप्टाएर राखिएको छ। त्यसरी घोप्टाएर मूर्तिलाई क्षति हुनबाट बचाएको रन्जित बताउँछन्। अहिले त्यसैको आडमा कंक्रिटको मन्दिर बन्दैछ। बनिसकेपछि विष्णुको मूर्ति त्यही मन्दिरमा राखिनेछ।, ‘यति पुरानो मूर्ति कंक्रिटको मन्दिरमा?’, हाम्रो प्रश्नमा रन्जितले भने, ‘के गर्नु यस्तै छ। यतातिर सबै कंक्रिटको आतंक छ। जे भए पनि मन्दिर बनेपछि यसरी भुइँमा फालेर राख्नुपर्दैन, अलि सुरक्षित हुन्छ होला।’, साँझ परिसकेको थियो। हामीले एकैदिन धेरै ठाउँ घुमिसकेका थियौं। अर्को दिन रन्जितले हामीलाई सिमरौनगढको पुरानो गढ मानिने इटवाल घुमाउन लग्ने भए। त्यहाँ जानुअघि उनले हामीलाई महुवाही भन्ने ठाउँको एउटा घरमा लगे। यहाँ जुन–जुन ठाउँमा ‘वाही’ वा ‘बाही’ शब्द जोडिएर आउँछ, त्यो ठाउँमा पहिले माटोको घेरा थियो भनेर बुझ्दा हुन्छ। यस्तो घेरा पहिले सुरक्षा वा गढका रूपमा प्रयोग हुन्थ्यो।, महुवाहीको उक्त घरमा कालो ढुंगामा कलात्मक बुट्टा कुँदिएको कृष्णको मूर्ति रहेछ। भगवान श्रीकृष्ण कमलको फूलमाथि मुरली बजाइरहेका छन् र दायाँबायाँ चार गोपिनीहरू छन्। कृष्णको मूर्ति ठूलो आकारको छ भने गोपिनीहरू साना छन्। वरिपरि अन्य विभिन्न कलात्मक भगवान र आकृतिहरू छन्।, कृष्णको मूर्ति महुवाहीका ती घरधनीले आफ्नो निजी पोखरी खन्दा भेटेका रहेछन्। त्यसलाई उनले आफ्नो निजी घरमा निजी भगवान बनाएर राखेका छन्।, उनको घरबाट निस्कँदै गर्दा रन्जितले हामीलाई भने, ‘तपाईंहरूलाई थाहा छ, यो मूर्ति त पहिला गुपचुप बेचेर सीमा बाहिर पठाउन लागिएको थियो। हामीले मूर्ति भेटिएको समाचार छपायौं। अनि खोजबिन हुने डरले उनीहरूले रातारात मूर्ति फिर्ता ल्याए।’, एउटा मूर्ति त रन्जित लगायत स्थानीयको सतर्कतामा जोगियो, अरू कति मूर्ति गुपचुप सिमरौनगढबाट हराए होलान्! कति रातारात सीमा कटाइए होलान्!, पोखरी खन्दा भेटिएको श्रीकृष्णको मूर्ति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, महुवाहीबाट इटवाल जाँदै गर्दा रन्जितले हामीलाई विभिन्न खेतका डिल देखाउँदै त्यहाँ ‘बाही’ भएको संकेत गरे। कति बाही खेतीपाती गर्न भत्काएर समथर बनाइएको रहेछ। हामीले त्यहाँ रूखका घेराहरू पनि देख्यौं।, अगाडि बढ्दै जाँदा हामी एउटा नहरमा पुग्यौं, जुन सिमरौनगढ प्रवेश गर्दा देखिएजस्तै ठूलो थियो। यो नहर भने पुरानो होइन रहेछ। २०४६–४७ सालतिर सिँचाइका लागि बनाइएको गण्डक नहर रहेछ। हामीले हेर्न चाहेको कर्नाटकालीन नहर भने इटवालमै भेटिने रन्जितले बताए।, इटवाल भारतको सीमानजिकै छ। त्यहाँ ‘सतुवाही’ नामक ठाउँ पनि रहेछ।, इटवालमा दुईवटा गढ छन् — एउटा भारतको सीमातिर, अर्को सिमरौनगढको सीमातिर। भारतीय सीमातिरको गढमा अझै पनि युद्धमा प्रयोग भएका गोलाहरू भेटिने रन्जितले बताए। यताको गढ भने पहिला मुख्य गढका रूपमा प्रयोग हुन्थ्यो। जंगलै जंगलको बीचोबीच रहेको यो गढ इँटा र माटोले बनेको थियो।, हामीले त्यहाँ इँटाका टुक्राटाक्री मात्र देख्यौं। सायद इटालीबाट आएको टोलीले भनेझैं ती इँटा मान्छेले आफ्नो घर बनाउँदा चोरेर लगेको हुनुपर्छ। कति त समयक्रममा भत्कियो पनि होला!, यो ठाउँलाई इटवाल भन्नुको पनि कारण छ। कतिपय स्थानीय पहिले मन्दिर र घरहरू बनाउन चाहिने इँटा यही ठाउँमा बन्ने भएकाले यसको नाम इटवाल रहेको विश्वास गर्छन्।, ‘पहिले इटवालको सबै जग्गा गुठीको थियो। अहिले सबै निजीकरण भइसक्यो। सबै बदमासी राणाहरूको समयमा भएको हो,’ रन्जितले आक्रोश पोख्दै भने।, इटवालको सीमानजिकै हामीले प्राचीन नहर देख्यौं। जमुनी र अरूवा नदीको पानी त्यही नहरबाट भारत पठाइने रन्जितले बताए। उनका अनुसार कर्नाटवंशी राजाहरूले यही ठाउँबाट दरभंगा, पटनाको लालकिल्ला लगायत क्षेत्र पनि चलाउने गर्थे।, तिरहुत प्रवेश गर्ने पुरानो प्रवेशद्वार भने कोतवालमा छ। यो ठाउँ सिमरौनगढबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। यहीँबाट कर्नाटवंशीहरू तिरहुत प्रवेश गरेको र राज्य तहसनहस भएपछि यहीँबाट नेपाल मण्डलतिर भागेको भनाइ छ।, इटवालबाट फर्कंदै गर्दा हामी सीमानजिकैको झरोखर पोखरी पुग्यौं। त्यो पोखरी वरिपरि कंक्रिट संरचना निर्माण हुँदै थिए। नजिकै नगरपालिकाले एउटा भवन बनाएको रहेछ, जुन निजी घरजस्तो देखिन्छ। सिमरौनगढका पूर्वमेयरले उक्त भवनअगाडि आफ्नै बुवाको शालिक बनाएको रन्जितले बताए।, ‘यहाँका सरोकारवाला निकायलाई पुराना सम्पदा जोगाऊँ भन्ने चेत नै छैन,’ उनले भने, ‘भएको बजेट पनि निजी स्वार्थमा प्रयोग गरिरहेका छन्।’, सिमरौनगढको इटवाल क्षेत्र। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, हालैको स्थानीय चुनावपछि सिमरौनगढको नयाँ मेयरका रूपमा किशोरी साह कलवार आएका छन्। पहिलेका मेयरले सिमरौनगढ संरक्षणमा खासै चासो नदेखाए पनि नयाँ मेयरबाट आफूहरू आशावादी भएको रन्जित बताउँछन्।, सिमरौनगढबाट फर्किने बेला हामीले नयाँ मेयरलाई पनि भेट्यौं।, उनले हामीलाई सिमरौनगढमा विकास हुन नसक्नुको प्रमुख कारण सरकारी निकाय नै भएको बताए।, ‘गुठीका नाममा २८८ बिघा जग्गा–जमिन छ। उनीहरूले यहाँ खेती गर्न टेन्डर गर्छन्। वर्षमा तीन–चार करोड आम्दानी हुन्छ। तर यहाँको संरक्षणमा एक पैसा खर्च गर्दैनन्,’ मेयर किशोरी साह कलवारले भने, ‘सिमरौनगढमा पर्यटन बोर्ड पनि छ तर त्यसको कार्यालय वीरगन्जमा छ। त्यहाँको मान्छे यहाँ कहिले आउँछ, अत्तोपत्तो हुँदैन।’, उनले हामीलाई अबका दुई वर्षमा सिमरौनगढमा धेरै परिवर्तन हुने आशा देखाए। यो सहर कसरी व्यवस्थित गर्ने भनेर आफूसँग ‘भिजन’ भएको पनि बताए।, ‘म सिमरौनगढमा होमस्टे र होटलहरू खोल्न पहल गर्छु। सूचना केन्द्र र संग्रहालय बनाउन, यो ठाउँलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र यो सहरलाई पर्यटकीय स्थल बनाउन पहल गर्छु। पुराना सम्पदा संरक्षणमा काम गर्छु। यसका लागि बजेट निकासा गर्न केन्द्रदेखि प्रदेशसम्म धाउँछु,’ उनले भने।, छुट्टिने बेला उनले फेरि दोहोर्याए, ‘तपाईं दुई वर्षपछि सिमरौनगढ आउनुभयो भने धेरै फरक पाउनुहुनेछ।’, थाहा छैन, उनले भनेको दुई वर्ष कति तन्किएला!, थाहा छैन, उनले आफ्नो कार्यकालमा के कति काम गर्लान्, कति फरक पार्लान्!, तर रन्जित कुशवाहा र सिमरौनगढवासीहरूले विश्वासका साथ चुनेका जनप्रतिनिधि हुन् उनी। यो विश्वास सिमरौनगढ विनाशको कारण बनेका तत्कालीन मन्त्री कामेश्वर ठाकुरले आफ्ना कर्नाटवंशीय राजा हरसिंहदेवलाई दिएको धोकाजसरी नटुटोस्!,
..., सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’, उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’, सिमरौनगढ त हामीले घुम्यौं, अब पालो काठमाडौंमा मिथिला खोज्ने।, आइतबार ‘मिथिलाक कथासभ’ शृंखलाको चौथो अध्यायमा हामी मिथिला र काठमाडौं उपत्यकाको सम्बन्धबारे चर्चा गर्नेछौं।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार,
मैले देखेको सिमरौनगढ |
सन्तोष पुर्कुटी कोरोना संक्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना संक्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो।, लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ। सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ। यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए। गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए।, दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभ रूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ। व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहज रूपमा बजार लैजान सकिएको छैन। खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ। फुङ्लिङमा प्रतिकिलो रु ३० पर्ने नुन ओलाङचुङगोलामा रु दुई सय पर्छ। अरू सामानको मूल्य पनि उत्तिकै महँगो छ।, ‘नाका बन्द हुँदा चिराइतोलगायतका जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन्, पशुपालकलगायत व्यापार व्यसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ’, ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भने।, उनका अनुसार सदरमुकाम फुङ्लिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङ्चुङगोला पुर्याउन प्रतिकिलो रु ६० सम्म ढुवानी भाडा लाग्छ। याङ्मा पुर्याउँदा अझ बढी लाग्छ।,
,
याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन्। यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो। घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे। गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए। रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए। तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ। यहाँका उत्पादन नेपाली बजारमा पु¥याउन भौगोलिक रूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन्।,
,
यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो। अहिले झापाको विर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ। कोभिड–१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ। सरकारले यसरी लामो समयदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरू बताउँछन्।,
,
सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ। फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ। ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन। यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ। ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन्। ,रासस,
तीन वर्षदेखि टिपताला नाका बन्द, सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा |
निशा भण्डारी संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका लागि शान्तिपूर्ण सडक आन्दोलन गरेको छ।, काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।, डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासीहरू आक्रोशित बनेका छन्। राम्ररी व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने उनीहरूको भनाइ छ।, आफूहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरू भेला भएर शुक्रबार माइतीघरमा धर्ना दिएका हुन्।, उनीहरू आज दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भेला भएका थिए। त्यहाँबाट उनीहरू बानेश्वरतर्फ लागेका हुन्। , भु-स्वामित्वसहितको लालपुर्जा वितरण गर, स्थायी विकल्प बिना उठिबास बन्द गर, भूमि अभियन्तामाथि लगाइएका झुटा मुद्दा निःशर्त तत्काल फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन भएका थिए।, तस्बिरहरू:,
माइतीघरमा नारा: स्थायी विकल्पबिना उठीबास बन्द गर! (तस्बिरहरू) |
रासस स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट शुक्रबार साँझ एक पैदल यात्रुको मृत्यु भएको छ।, बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए।, ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, साँझ ६ः३० बजे घटना भएपछि अहिले पनि सडक अवरुद्ध छ।, प्रहरीले घटनास्थलको मुचुल्का गरेर शव हटाउने र यातायात पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ।,
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु |
रासस नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ।, उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ। , उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनीकुमारी गुरूङ रहेकी छन्। , पक्राउपछि उनीहरूलाई थप अनुसन्धानका लागि कार्यालयले गएराति केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।, उनीहरूमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताए।, नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स–रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु देखिएको थियो। , जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो। उनीहरूमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेका थिए।, सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लिखित विवरण भएको राहदानीहरू र उनीहरूका साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ। ,
भारत लगिँदै थियो राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र |
रासस राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानीको अभाव हुन थालेको छ।, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किमी सुरूङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाङ्कालमा प्रशोधन हुन्छ।, दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयबासी भने सुक्खा यो मौसममा काकाकुल बन्न थालेका छन्। यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ। वर्षातका समयमा यहाँको बागमतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ।, यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने बागमती नदीको पानी पनि पाउन सकेका छैनन्।, खानेपानीको समस्या भएपछि यहाँका स्थानीयबासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ।, कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासका स्थानीय रेणुका तिमल्सिना खानेपानी लिन गोकर्णेश्वर नगरपालिका–१ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने गरेको दुःखेसो पोख्छिन्।, धारामा धेरै मानिस खानेपानीका लागि लाममा बस्ने गरेकाले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ। यस्तो समस्या भोग्ने तिमल्सिनामात्र होइन यहाँका हजारौंको समस्या हो।, आधारभूत खानेपानी सेवा विस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन। , राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको दुई महिना पूरा भएपनि बागमतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनु परेको गोकर्णेश्वर नगरपालिका–२ राइटारका मङ्गली तामाङको गुनासो छ।, स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दीगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको उनले सुनाइन्।, गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्छन्। , जनप्रतिनिधि र पीडित स्थानीयबासी लिमिटेडमा गएर कुरा राख्दा १५ दिनमा बागमतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमति भएको जानकारी पनि उनले दिए।, धेरै नगरवासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन्। ,
बागमती र मेलम्चीको पानी वितरणस्थलमै छैन खानेपानी |
राजु अधिकारी मोरङ उर्लाबारीकी ६१ वर्षीया भीमकुमारी मगर र मोरङकै कटहरी–३ का ३६ वर्षीय विवेक राजवंशी केही महिनायता कहिले जिल्ला प्रशासन, कहिले प्रहरी अनि कहिले सञ्चारमाध्यमका कार्यालय धाइरहेका छन्।, उर्लाबारीकी भीमकुमारी आफ्नै ठाउँका एक जना सुन पसलेबाट ठगिएको पीडामा छिन्। धेरै ब्याज पाइने लोभमा सुन पसलेकहाँ जम्मा गरेको पैसा अहिले डुबेपछि फिर्ता गराइदिन हार-गुहार गर्दै उनी आफ्ना छिमेकीसहित प्रहरी र प्रशासन कार्यालय धाइरहेकी हुन्।, कटहरीका राजवंशी पनि ठगीमै परेको उजुरी बोकेर उसैगरी भौंतारिएका छन्। उनलाई चाहिँ आफ्नै साथीले जापान पठाइदिने भनेर १८ लाख रुपैयाँ ठगेका छन्। एकै व्यक्तिबाट जापान पठाइदिने लोभ देखाएर ठगिने उनी पनि एक्ला छैनन्। झापा र मोरङका ४१ जना युवा छन्। तिनै युवाहरूको समूहमा मिसिएर विवेक राजवंशी डुबेको पैसा फिर्ता गराइदिन प्रशासन गुहारिरहेका छन्।, सामान्य खेतीपाती गरेर परिवारको गर्जो टार्ने भीमकुमारीले कतारमा रहेका छोराले पठाउने रकम मध्येबाट जोगाएर सुन पसलमा पैसा जम्मा गरेकी थिइन्। पेवापात बेचेर हात पर्ने पैसा पनि उनले उर्लाबारी ५ तरूण चोकका ४९ वर्षीय राजेश भनिने गोपाल गौतमको सुन पसलमा राख्थिन्।, ‘त्यसरी जम्मा गरेको पैसा सात लाख रुपैयाँ भएको थियो, बढी ब्याज आउला कि भनेर राखेको अहिले साँवा नै डुब्यो,’ विराटनगरस्थित जिल्ला प्रशासन परिसरमा भेटिएकी उनले भनिन्, ‘त्यही पैसा फिर्ता गराइदिन पर्यो, ठगलाई पक्रिदिन पर्यो भनेर यहाँ हारगुहार गर्न आएका हौं।’, निरक्षर भीमकुमारीजस्तै एकै व्यक्तिबाट यसरी ठगीमा पर्नेहरूको संख्या ३३६ जना छ।, ‘हामी ३३६ जनाको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम लिएर पसले भागेका छन्’, उनले भनिन्, ‘हामी गरिबहरूको पैसा डुब्यो।’, निरक्षर सर्वसाधारण ब्याजको लोभले ठगिन पुग्दा शिक्षित युवा पनि ठगीधन्दाको जालोमा फसेका छन्। , माथि चर्चा गरिएका विवेक राजवंशी त्यस्तै एक युवा हुन्, जसले व्यवस्थापनमा स्नात्तक गरेका छन्। निजी विद्यालयमा पढाइरहेका उनलाई साथी सुनवर्षी- ३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे ४ लाख रुपैयाँ कमाइ हुने र काम पनि प्रबन्धकको हुने लोभ देखाए। त्यसका लागि १८ लाख रुपैयाँ लाग्ने सुनाए।, अजयलाई त्यसैगरी पैसा बुझाउने अरू पनि भएको थाहा पाएपछि आकर्षक कमाइ सम्झेर उनले १८ लाख रुपैयाँ अजयलाई बुझाए। चार किस्तामा उनले १८ लाख रुपैयाँ अजयले भनेको व्यक्तिको नाममा बैंकमा जम्मा गरेका थिए। अहिले भने विवेकको पैसा लिने अजय बेपत्ता छन्। उनैलाई खोजेर पैसा फिर्ता गराइदिन माग गर्दै विवेक अरू पीडितसहित प्रहरी र प्रशासन धाइरहेका हुन्।, ‘घरमा सबैलाई आश्वस्त पारेर जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ,’ उनले भने, ‘अहिले आएर विदेश पठाउने अजय सम्पर्कविहीन भएको छ, साह्रै नराम्रोसँग फसियो।’, उनकै जसरी फसेका पात्र हुन्, मोरङको सुनवर्षी नगरपालिका-३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी।, उनी पेशाले शिक्षक हुन्। विराटनगरको एक निजी विद्यालयमा पढाउने उनलाई पनि अजयले नै ठगेका हुन्। उनका साथी अजयले जापानमा मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने भन्दै त्यसका लागि १६ लाख रुपैयाँ लाग्ने बताए।, निजी स्कुलमा जसोतसो चलेको रोजगारीभन्दा जापानको अढाई लाखले मदनलाई लोभ्यायो। ऋण काढेर भए पनि जापान जाने निधो गरेका मदनले दुई किस्तामा १६ लाख रुपैयाँ बुझाए। अजयले भनेअनुसार फिरोद कार्कीको नाममा गएको वैशाख १४ गते ५ लाख र २०६९ भदौ २७ गते रन्जिताकुमारी राजवंशीको नाममा ११ लाख रुपैयाँ मदनले बैंकमा हालिदिए। त्यसको भौचर उनीसँग सुरक्षित छ।, पैसा बुझाएको केहीदिनमा उनलाई ‘भिसा’ पनि आयो । ढिलोमा कात्तिकसम्म जापान पठाउने वाचा अजयले मदनसँग गरेका थिए । तर, अजयले यसरी दिएको समय तीन पटक सर्यो, उनी जापान जान पाएनन्। फेरि मंसिर अन्तिमसम्म लैजाने प्रतिवद्धता आयो, यो भाखा पनि सर्यो।, अहिले अजय आफैं बेपत्ता छन्। अजय बेपत्ता हुँदा मदनको जापान जाने र पैसा कमाउने सपना मात्रै बिथोलिएको छैन, ऋणमा लिएको पैसा पनि डुबेको छ। उनको हातमा आइपुगेको भिसा पनि नक्कली भएको पुष्टि भएको छ।, विवेक र मदन विदेश जाने बहानामा ठगिएका पात्र हुन्, यही समूहमा एकै व्यक्तिबाट ठगिनेको संख्या ४१ जनाको छ। उनीहरूमध्ये मोरङका ४० र झापामा १ जना छन्।, उनीहरू सबै जनासँग उठाएको पैसा लिएर अजयसहित उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन्। उनीहरूले ४१ जना युवाहरूको ३ करोडभन्दा बढी रकम लिएको पीडितहरूको भनाइ छ। , चितवनका राजेन्द्र, मोरङ सुनवर्षी-६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको उनीहरूले बताए। राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम पनि गरेर फर्किएका थिए। यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङ र झापाका युवाहरूलाई ठगी गरेका हुन्। मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजवंशी समुदायका छन्। मुख्य योजनाकार राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएको खुलेको छ।, ब्याज र रोजगारीको लोभ देखाएर ठग्नेहरूको धन्दा एकातिर चल्दा अरू निरक्षर नागरिकहरू भने किर्ते धन्दाको फन्दामा परेर जग्गा नै गुमाउन बाध्य भएको घटना पनि यहाँ देखिएका छन्।, मोरङको विराटनगर महानगरपालिका-१४ नयाँ बस्तीकी शान्तिदेवी महतो त्यस्तै पीडित हुन्, उनी पनि महिनौंदेखि प्रहरी कार्यालय, अदालत र प्रशासनको चक्कर लगाइरहेकी छन्।, १० धुर जग्गा ‘राजीनामा पास’ गरेर २०७२ असोज २० गते १ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी उनी अहिले जग्गा फिर्ता गरिमाग्न राज्यका निकाय गुहारिरहेकी छन्।, काइँली छोरी बिरामी भएर उपचारका लागि छिमेकी अम्बिका रायसँग सयकडा पाँच रुपैयाँ ब्याजमा कर्जा लिएकी थिइन् उनले। कर्जा लिएको एक वर्षपछि ब्याज मात्र शान्तिदेवीले अम्बिकालाई ९५ हजार बुझाइन्। अर्काकोमा बनिबुतो गरेर परिवारको गुजारा चलाउने शान्तिदेवीले समयमै कर्जा तिर्न सकिनन्। साँवा रकम समयमै नबुझाएको भन्दै अम्बिकाले शान्तिदेवीको ३६६४ कित्ता नम्बरको १० धुर जग्गा सोही ठाउँकी ५० वर्षीया सुन्दरीदेवी साह गुप्तालाई १ लाख ५० हजारमा ०७३ असार १४ गते बेचिदिइन्। सोही मितिमा गुप्ताको नाममा जग्गा पास भएको देखिन्छ। ३० लाख रुपैयाँ कठ्ठामा कारोबार हुँदै आएको जग्गा १ लाख ५० हजारमा बिक्री गरेको झन्डै एक वर्षपछि मात्र शान्तिदेवीले थाहा पाइन्।, ‘अम्बिकासँग कर्जा लिएको ब्याज तिरेको थिएँ। साँवा पनि तिरेर जग्गा आफ्नो नाममा ल्याउँछु भन्ने थियो। आफ्नै जग्गा आफैंले थाहै नपाइ सुन्दरीदेवीको नाममा पास भएछ। त्यसपछि पनि आफ्नो नाममा जग्गा पाउने आशले ४ लाख ३५ हजार रुपैयाँ ऋण काढेर सुन्दरीदेवीलाई बुझाइसेकेको छु,’ शान्तिदेवीले केही दिनअघि पत्रकार सम्मेलन गरेर भनेकी थिइन्, ‘अहिले पनि जग्गा मेरो नाममा दिएको छैन। अहिले आएर जग्गा खाली गर भन्दै धम्काउने गरेको छ।’, जम्मा भएको १० धुर जग्गामा सानो छाप्रो बनाएर शान्तिदेवीको सात जनाको परिवार बस्दै आएको छ।, मोरङकै जहदा गाउँपालिका ३ का ५४ वर्षीय जोगीन्दर ऋषिदेवले २०७१ सालमा स्थानीय अच्छेलाल राजवंशीसँग एक कट्ठा जग्गा धितो राखेर ३० हजार रुपैयाँ कर्जा लिए। उनले तीन वर्षपछि उक्त रकम फिर्ता गरे। ऋषिदेवले ऋण तिरेको कुनै कागजपत्र लिएनन्। ऋषिदेवको एक कट्ठा जग्गा अच्छेलालले आफ्नो नाममा पास गरी बेचेपछि मात्र थाह पाए।, विराटनगर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको न्यू जनता बचत तथा ऋण सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिएका थिए। उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका थिए। सिटी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पठाएको पैसा जम्मा गरी मण्डलले पटक-पटक गरेर ६ लाख रुपैयाँ राजुलाई बुझाए। तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन्। लेखपढ नगरेका मण्डलले राजुलाई बुझाएको पैसाको भौचर पनि लिएनन्।, ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गए। भने अनुसार ल्याप्चे पनि लगाइदिए। राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा रहेको १७ धुर जग्गा राजुकी श्रीमती सिर्जना खातीको नाममा पास गरे। उनको जग्गाको भाउ अहिले प्रतिधुर पाँच लाख रुपैयाँ छ। अहिले उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएर न्याय दिलाउन अनुरोध गर्दे आएका छन्।, अवैध रूपमा बैकिङ कारोबार गर्ने सुन पसलहरूबाट ठगिएको भन्दै प्रहरीमा उजुरी गर्नेहरूको संख्या नै अहिले मोरङ र सुनसरीमै हजारभन्दा बढी छ। सुन पसलमै काम गरिरहेका सुनसरीको इटहरीस्थित तरहराका मजदुर लालबहादुर विक तीन करोड बिगो तिर्न नसकेर अहिले जेलमा छन्। उर्लाबारीका सुन पसले फरार छन्। दुहबी र सुन्दरहरैंचाका पनि सयौं सर्वसाधारण सुन पसलेबाटै पीडित भएको घटना यसअघि बाहिर आइसकेको छ।, यसरी हुलका हुल सर्वसाधारण ठगीमा परेको उजुरी लिएर आउन थालेपछि जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले आश्चर्य प्रकट गरे- सुन पसलेबाट लाखौं रुपैयाँ जोखिममा पारेकाहरू नै सयौं जना आइसके, अहिले कोही जापान जाने बहानामा ठगिएको, कोही जग्गा किर्तेबाट ठगिएको मुद्दाहरू पनि बाक्लै आइरहेका छन्। यी घटना हेर्दा समाजमा ठगहरूको राज चलेको देखिन्छ।, यी सबै घटनाका पीडितले प्रमुख जिल्ला अधिकारीलाई भेटेर दोषीलाई कारबाहीको माग गरेका छन्। जवाफमा भर्खरै मात्र धनुषा सरूवा भएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकै प्रतिबद्धता जनाउँथे, ‘तपाईंहरू ठगीमा पर्दा दुःख लागेको छ। हामी दोषीलाई नियन्त्रणमा लिएर कारवाही गर्दै न्याय दिलाउन प्रतिबद्ध छौं।’, बितेको साता मात्रै पनि सुन पसलेबाट ठगिएका तीन समूह र जापान पठाइदिने भन्दै ठगिएका युवाको एक गरी ४ समूहलाई प्रशासन प्रमुखले उही वाचा दोहोर्याएका थिए।, ‘तर, हामीले उही आश्वासन पाएको यो चौथो पटक हो, अहिलेसम्म केही प्रगति भएन’, भीमकुमारीले भनिन् ‘अब त पूरै डुब्छजस्तो भइसक्यो।’ , मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला ठगीधन्दा चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउँछन्। ‘जुनसुकै बहानामा होस् ठगीधन्दा चलाउनेहरूलाई हामी कारबाहीको दायरामा ल्याएरै छाड्छौं’, उनले भने, ‘धेरैलाई ल्याइसकेका छौं।’, प्रहरी, प्रशासनले दिने यस्ता औपचारिक आश्वासनले पीडितहरूलाई भने झनै निराश बनाउँदै लगेको छ।, ‘मलाई त यति धेरै मानसिक समस्या भइसक्यो कि मनोचिकित्सकलाई देखाएर औषधी लिन सुरू गरेको छु’, जापानको बहानामा ठगिएका एक युवाले भने, ‘भएको जागिर छाडेर जापानको तयारीमा थिएँ। सहकारीबाट ऋण लिएको १५ लाख डुबेको छ। यसैले रोगी बनाएको छ।’, वैदेशिक रोजगारीको नाममा ठगिएकाहरू न्याय खोज्दै वैदेशिक रोजगार विभागसम्मै पुगिसकेका छन्। तर, अहिलेसम्म कुनै प्रगति नभएको भन्दै उनीहरू पनि निराश छन्। सरकारी पक्षले वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने बताएको तर अहिलेसम्म ठगीकर्तासम्म प्रहरी नपुगेको उनीहरूको भनाइ छ।, ‘विश्वासमा परेर कुरै नबुझी लाखौं पैसा फसाउनु गलत भयो,’ सोही समूहका अर्का सदस्य झापाका भवानी अधिकारीले भने, ‘तर, हामीले गल्ती गरेर फसे पनि हामीलाई न्याय दिलाउने राज्यले हो। ऋणको बोझ, त्यसको ब्याज र जरिवानाले डुब्न लागियो। प्रहरीले अहिलेसम्म कसैको सुइँको पनि पाएको छैन। यसले झनै चिन्ता थपेको छ।’,
ठगीधन्दाको फैलिँदो जालो |
मन्दिरा घिमिरे महिनावारीका कुरा, सृष्टि केसीको पहिलोपटकको महिनावारी अनुभव भिन्नै छ।, उनको आँखाको शल्यक्रिया गरिएको थियो। त्यसको केही दिनमै उनकी आमाले रूमालमा रगत देखिन्। सुरूमा केकसो हो भन्ने सोच्न सकिनन्। आँखाकै कारण केही भयो कि भनेर निकै आत्तिइन्।, त्यो बेलाको क्षण सम्झिँदै सृष्टिले भनिन्, 'मेरो आँखामा केही समस्या आयो कि भनेर आमा एकदमै अत्तालिनुभएको थियो।', सृष्टि दृष्टिबिहीन हुन्। उनको संस्था ब्लाइन्ड रक्सले दृष्टिबिहीनहरूको सशक्तीकरणका लागि काम गर्दै आएको छ। यसबाहेक सृष्टि नृत्य र अभिनयमा पनि सक्रिय छिन्।, त्यो बेला उमेर सानै भएकाले उनले आमालाई सबै कुरा बुझाएर भन्न सकिनन्। उनकी आमा जागिर गर्थिन्। छोरीको पिर मनमा बोकेरै काममा गइन्। सृष्टिको हेरविचार उनकी काकीले गरिरहेकी थिइन्। दिउँसोतिर शरीर भारी भएर योनीमा रगत देखेपछि बल्ल सृष्टिले महिनावारी भएको बुझिन्।, काकीले 'छोरी ठूली भई' भन्दै खुसी भएर आमालाई फोन गरेर सुनाइन्। त्यसपछि आमाको मन पनि ढुक्क भएको थियो। , सृष्टिका दुई जना दाजु छन्। पहिलोपटक महिनावारी हुँदा घरमा दाजुभाइ, बुबा र घाम समेत हेर्न नहुने कुचलन उनको घरमा भएन।, 'आमा कामकाजी महिला भएर पनि हुन सक्छ। त्यस्तो बार्ने कुरा भएन। अरूको घरमा पनि पठाउनुभएन,' उनले भनिन्, 'तीन दिन घरकै तलको छुट्टै कोठामा राख्नुभयो।', चौथो दिन आँखा जाँच गराउन जानुपर्ने थियो। उनी त्यहाँ पनि बस्न परेन। आमाले त 'केही हुँदैन, तेरो अपरेसन नभएको त स्कुल नै पठाइदिन्थे' भन्थिन्।, सृष्टिलाई भने त्यो बेला आफ्नो समाजको चलनअनुसार १३ दिन लुकाएको भए पनि हुन्थ्यो भन्ने लागेको थियो। कलिलो उमेर, स्कुल जान पर्दैन भनेर! तर बार्ने कुचलनको उनी सधैं विरोधी थिइन्।, 'घरमा कडा रूपमा बार्ने चलन थिएन। तर छोइछाइ नगर्न भनिन्थ्यो। म चाहिँ छोयो भने के हुन्छ भन्ने सोच्थेँ। घरमा कोही नहुँदा सबै कुरा छुँदै हिँड्थे,' उनले हाँस्दै भनिन्।, भान्सादेखि बोटबिरूवासम्म छुन नहुने भन्ने सबै कुरा अन्धविश्वास मात्र भएको उनी बताउँछिन्। बार्ने चलन कुनै समयको आवश्यकता भए पनि अहिले सान्दर्भिक नहुने उनको भनाइ छ।, अहिले उनको घरमा को महिनावारी भयो भनेर थाहा पनि हुँदैन। कसैलाई पेट दुखेर तातोपानी आदि चाहिए मात्र थाहा पाउँछन्। पहिले-पहिले महिनावारी भएको चार दिनमा सुतेका लुगाफाटा धोइन्थ्यो। अचेल यो पनि नहुने उनले बताइन्।, 'सफाइका लागि लुगाहरू धोइन्छ नै। तर भर्खर फेरेको तन्ना/खोल महिनावारीमा ओछ्याएकै कारण धुने, चोख्याउने भन्ने हुँदैन,' उनले भनिन्।, महिनावारीमा छुन नहुने भन्नु नै अन्धविश्वास भएको उनी बताउँछिन्। समाज परिवर्तनशील छ। तर महिनावारीका बारेमा अझै पनि धेरै कुरामा खुला हुन नसकेको उनको अनुभव छ।, 'हामी शिक्षित छौं तर पनि भगवान छुन सकेका छैनौं,' उनी भन्छिन्, 'यो अदृश्य कुराले मानिसलाई झनै धेरै बाँध्ने रहेछ। नपत्याउँदो डर हुँदो रहेछ। थाहा छ यो गलत हो। अन्धविश्वास हो। तै पनि हामी परिवर्तन हुन सकेका छैनौं।', तर गुनासोभन्दा पहिले परिवर्तन आफैंबाट ल्याउनुपर्छ भन्ने आफूले बुझेको उनी बताउँछिन्। यसका लागि आफूले पाइलाहरू चालिरहेको पनि उनले बताइन्। यिनै कदममा उनले समाजमा जरा गाडेर बसेको कुरा हटाउन र मान्छेलाई बुझाउन कति गाह्रो हुने रहेछ भन्ने बुझ्न थालेकी छन्।, महिनावारी लाजको विषय होइन भनेर भन्न सक्ने वातावरण अहिले पनि छैन। महिनावारीका कारण स्कुल जान ढिला भए वा नगए कारण अर्कै भन्थिन् उनी। महिनावारीका कारण पेट दुखेको भन्ने हिम्मत हुँदैन थियो।, 'सबैको अगाडि भन्दा हाँस्छन् र लाज हुन्छ भनेर लुकाउन खोजिन्थ्यो,' उनी भन्छिन्, 'बरू टाउको दुख्यो, ज्वरो आयो भन्ने बहाना हुन्थे।', खिसिट्युरी हुने डरकै कारण शारीरिक र मानसिक स्वास्थ्य, खानपान, सरसफाइजस्ता जानकारी हुनुपर्ने कुराबारे पनि जिकिरै भएन। अचेल भने उनी खुलेर कुरा गर्छिन्। महिनावारीको कुरा लुकाउँदा अरू थुप्रै समस्याहरू आउँछन्। त्यसैले यसलाई एकदमै गम्भीर विषय नभनी सामान्य र प्राकृतिक भनेर बुझाउनुपर्ने उनको भनाइ छ।, महिनावारीमा उनको पनि मुडको भर हुँदैन। त्यसैले आफूले अनुभव गर्नेबित्तिकै सजग भएर साथीभाइलाई समेत मुड-स्विङ छ है भनेर जानकारी दिन्छिन्।, 'म आफ्नो मुड व्यवस्थापनतिर लाग्छु,' उनी भन्छिन्, 'नजिकका साथीलाई म झनक्क रिसाउन सक्छु, नरिसाउनु भन्छु।', उनका अनुसार यस्तो समयमा परिवार र निकटहरूले महिलालाई साथ दिनुपर्छ। गाह्रो हुँदा आराम गर्न भन्नुपर्छ। तातोपानी, झोलिलो खानेकुरा खान दिनुपर्छ।, सृष्टि दृष्टिबिहीन भएका कारण धेरैले उनलाई सोध्छन् पनि- दृष्टिबिहीनहरूले महिनावारी भएको कसरी थाहा पाउँछन्?, 'अझ कोही कोही त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर समेत सोध्छन्,' उनले भनिन्, 'प्रश्नहरू आउनु र उत्सुकता हुनु ठीक हो। दृष्टिबिहीन महिलाले महिनावारी महशुस भएपछि थाहा पाउने हो। तर आँखा नदेख्दैमा महिनावारी नै हुँदैनन् भनेर सोच्नु चाहिँ अज्ञानता मात्र होइन, नाजायज प्रश्न हो।', अपांगतासंगत वातावरण नहुँदा महिनावारी कठिन हुने गरेको छ। नजिकै धारा हुँदैन। प्याड कता फाल्ने, कपडा कहाँ धोएर सुकाउने लगायतको सहज व्यवस्था हुँदैन। महिनावारी सहज बनाउने विभिन्न सरसामान बजारमा उपलब्ध छन्। तर अपांगता भएकाहरूसम्म यसबारे उचित जानकारी पुगेको छैन। त्यसैले सुरक्षित र सही प्रयोग गर्न नसकेको पनि उनले बताइन्। , दृष्टिबिहीन महिला एक्लै गएर कुनै पसलमा प्याड किन्न जान सक्ने स्थिति पनि नभएको उनले बताइन्। , 'मैले मिति हेर्न सक्दिनँ। प्याडमा भएका अरू सूचना पनि थाहा पाउँदिनँ। त्यसकारण म्याद गुज्रिएको प्याड प्रयोग गर्न सक्छु। मलाई पछि स्वास्थ्यमा समस्यामा पार्न सक्छ,' उनी भन्छिन्, 'त्यसैले महिनावारीसम्बन्धी सूचनाहरू अझै पनि अपांगमैत्री भइसकेको छैन। हामीलाई कठिनाइ नै छ, अरूकै भर पर्नुपर्छ।', यस्ता सामग्रीहरू तयार पार्दा अपांगमैत्री भए सबैलाई सहज हुने उनको भनाइ छ। जानकारीमूलक सामग्रीहरू अडिओ, भिडिओ, ब्रेललिपिमा तयार पार्दा सहज हुने सुझाव उनी दिन्छिन्।, 'महिनावारीकै कारण कसैले भेदभाव सहन नपरोस्, भोग्न नपरोस्। स्वस्थ्यकर जीवन जिउन पाउने सबैको अधिकार हो। यो सुनिश्चितताका लागि कदम चालोस् र चाल्नुपर्छ। अनि महिनावारी महिलाको मात्र विषय होइन। यो पुरूष महिला सबैको विषय हो, सबैले जान्नुपर्छ र बुझ्नुपर्छ,' उनले भनिन्। , यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ),
सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ) |
डा.गरिमा श्रेष्ठ महिनावारी नियमित प्रक्रिया हो तर महिनावारीको समयमा धेरै महिलाहरूलाई यो गर्नु हुँदैन/ त्यो गर्नुहुँदैन भनेर रोक लगाइन्छ। , नेपालमा मात्रै होइन दक्षिण एसियामै महिनावारीको बारेमा यति धेरै 'ट्याबु' छ भने यौन शिक्षाको बारेमा झन् कति होला?, नपढेकाले त यसबारेमा गलत सोच राख्नुलाई स्वभाविक मानिन्छ तर पढेकाले पनि यसलाई सकारात्मक तरिकाले हेरेका हुँदैनन्। यौन शिक्षाको कुरा गर्दा अपराध गरेजस्तो ठानिन्छ।, कतिपय विद्यालयमा अझै पनि यौन शिक्षा, महिनावारी, प्रजनन स्वास्थ्यबारे पाठ नै नपढाउने चलन छ। जुन कुरा धेरै महत्वपूर्ण छ तर यसलाई बेवास्ता गरिन्छ। कतिलाई यसबारे जानकारी छैन तर जानकारी भएकाहरू समेत हिच्किच्याउँछन्। , परिवार नियोजनको साधन कसरी प्रयोग गर्ने भन्नेबारे नजान्दा पनि संक्रमण भइरहेको हुन्छ। धेरै पढे/लेखेका व्यक्तिले समेत सुरक्षाका साधन प्रयोग गरेका हुँदैनन्। , महिनावारीको समयमा धेरै रगत जाने भएकाले सरसफाइमा कसरी ध्यान दिने भन्ने हुन्छ। स्यानिटरी प्याड कति बेलासम्म लगाउने त? एक पटक लगाएपछि ४ देखि ६ घण्टामा परिवर्तन गर्नुपर्छ। धेरै रगत बगेको बेलामा २ घण्टामै फेर्नुपर्छ। रगत बगेको छैन भने पनि ४ घण्टामा अनिवार्य फेर्नैपर्छ।, योनीलाई दिनमा कम्तीमा एकपटक सफा पानीले सफा गर्नैपर्छ। महिनावारीको समयमा यो खान हुँदैन, त्यो खान हुँदैन भनिन्छ तर यो समयमा धेरै पौष्टिक र सन्तुलित खाना खानुपर्छ।, महिनावारीको समयमा कसैलाई सहज हुन्छ तर कतिलाई भने धेरै दुःखाइ हुन्छ। मलाई पनि पिरियडमा धेरै दुःखाइ हुन्छ। यो समयमा हामीले पूर्ण रूपमा आराम भने गर्नु हुँदैन। हल्का काम र व्यायाम गर्नुपर्छ। तातोपानी खानुपर्छ, 'हट वाटर ब्याग' ले सेक्न सकिन्छ। त्यस्तै चिकित्सकको सल्लाहमा औषधि खान सकिन्छ। औषधि खाएकाहरूले पानी धेरै खानुपर्छ।, ११ देखि १५ वर्षसम्मको उमेरलाई महिनावारीको उपयुक्त उमेर मानिन्छ। ४० देखि ५५ वर्षको उमेरमा महिनावारी सुक्न सक्छ। महिनावारी भएदेखि नसुकेसम्मको उमेरलाई 'फर्टाइल पिरियड' भनिन्छ।, सरसफाइमा ध्यान नदिएको कारणले पाठेघरको मुखको क्यान्सर नेपालमा धेरै हुन्छ। राम्रो खालका स्यानिटरी प्याडको गतिलोसँग प्रयोग नगरिएकाले यस्तो भएको हो। यद्यपि पाठेघरको मुखको क्यान्सरका अरू थुप्रै कारण छन्।, महिनावारीको समयमा मात्रै होइन, अरू समयमा पनि सरसफाइमा ध्यान नदिँदा संक्रमण भइरहेको छ। योनीको सफाइ गर्दा साबुनको प्रयोग गर्नु हुँदैन। कपडा फेर्नेदेखि सरसफाइको कुरा महत्वपूर्ण हुन्छ।, विकसित देशमा पनि समस्या नभएका होइनन्। तर विकासोन्मुख देशहरूमा कुनै हानी नभइकन स्वास्थ्य परीक्षण गरिँदैन। नेपाल भनेपछि काठमाडौंलाई मात्र सोचिन्छ। तर दुर्गम क्षेत्रमा स्वास्थ्य परीक्षण गर्न झन् धेरै समस्या छ भने व्यक्ति स्वयम् पनि हिचकिच्याउँछ। त्यसैले नेपालमा असुरक्षित यौन सम्पर्क गरेका धेरैलाई संक्रमण भएको पाइन्छ।, प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्याउनुपर्ने आवश्यकताबारे हामीले डा.गरिमा श्रेष्ठसँग भिडिओ कुरा गरेका छौं।, हेर्नुहोस् भिडिओ, यो पनि हेर्नुहोस्, सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर,
महिनावारीको समयमा धेरै पेट दुखे के गर्ने? (भिडिओ) |
सेतोपाटी संवाददाता आज देशभर कतै वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।, आज राति भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। , आइतबारदेखि नेपालको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।, महाशाखाका अनुसार आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।, यस्तै आइतबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, सोमबार दिउँसो पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।, सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।, ,
आज मौसम सफा रहने, आइतबारदेखि वर्षा र हिमपातको सम्भावना |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।, बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो।, तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।, परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।, , ,
एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) |
रासस कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको जहाज दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।, कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले राससलाई जानकारी दिए।, चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो।, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो।, साथै उद्धारका क्रममा भेटिएको ब्ल्याक बक्सलगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।, विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तिव्रता दिएको थियो।,
पोखरा जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी: नेपाली सेना |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका छन्। , शनिबार दिउँसो लामिछानेका समर्थकले माइतीघर मण्डल हुँदै नयाँ बानेश्वर सम्म नाराबाजीसहित प्रदर्शन गरेका छन्। , बानेश्वरमा पुगेर समर्थकहरूले कोण सभा गरेका छन्। , शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको सांसद पद खारेज गरेको थियो।, नागरिकता सम्बन्धी विवादमा मुद्दा परेपछि अदालतले उनलाई अयोग्य ठहराउँदै आदेश सुनाएको हो। आदेशसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनबाट पनि अयोग्य भएका छन्। , तस्बिरहरू:, तस्बिर: सेतोपाटी,
रवि लामिछानेका समर्थकको प्रदर्शन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै आएकी चितवनकी ४४ वर्षीया भवानी घिमिरे छन्।, कार्यालयको टोलीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो। , यस्तै उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। , एसपी कोइरालाका अनुसार नक्कली कागजात बनाउन मनिषाले पैसा लिने गर्थिन् भने भवानीले नक्कली कागजात बनाउने काम गर्थिन्। , प्रहरी स्रोतका अनुसार मनिषा परियार पूर्व नगर प्रहरी हुन्। उनले पनि पहिले नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिएको स्रोत बताउँछ। , महानगर बलमा नगर प्रहरी संख्या कम भएपछि भदौ ८ गते टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वान गर्दा युनिक सेक्युरिटीले एक वर्षका लागि करारमा १६२ जना नगर प्रहरी खटाउने सम्झौतामा थियो। , ती नगर प्रहरीलाई मासिक २० हजार ५३२ रुपैयाँ दिने गरी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा एक वर्षका लागि सम्झौता भएको थियो। , निजी सेक्युरिटी कम्पनीहरू मार्फत नगर प्रहरीमा भर्ना हुँदा पूर्वसेना, पूर्वसशस्त्र प्रहरी, पूर्व-प्रहरी, प्रहरीका तालिम लिएको हुनुपर्ने मापदण्ड थियो। , महानगरले तोकेको न्यूनतम मापदण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, भारतीय सेनालगायतमा कम्तीमा पनि पाँच वर्षको कार्य अनुभव हुनुपर्ने थियो।, सोही अनुभव देखाउन उनीहरूले कीर्ते गर्ने गरेको पाइएको प्रहरी स्रोत बताउँछ। , यसरी पूर्व सेना, पूर्व प्रहरी लगायतका अनुभव देखाउन नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिइरहेको भन्ने सूचना प्रहरीलाई आएको थियो। , करिब ४०-५० जनाले यसरी महानगरमा भर्ना भएको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो। , ‘महानगर आफैंले पनि अनुसन्धान गरिरहेको भन्ने सूचना थियो। कसरी बनाउने रहेछन् भनेर हामीले अनुसन्धान गर्दै जाँदा बनाइदिने व्यक्तिको पहिचान गर्यौं,’ उनले भने।, उनीहरूले नक्कली कागजात कसरी बनाउछन् भन्ने बुझ्न प्रहरीले पनि दुई जनाको अवकाश पाइसकेको भनेर कागजात बनाउन लगाएको थियो। उनीहरूले उक्त कीर्ते गरी कागजात बनाएर पठाएपछि प्रहरीले मनिषालाई कोटेश्वरबाट पक्राउ गरेको हो। यस्तै भवनीलाई उनकै स्टेशनरीबाट पक्राउ गरेको हो। , मनिषा आफैंले पनि नक्कली कागजात पेश गरेर नगर प्रहरीमा जागिर खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ।, ‘अहिले पनि महानगर प्रहरीमा मनिषाले नै बनाइदिएको नक्कली कागजातको भरमा केहीले जागिर खाइरहेको भन्ने छ’, स्रोतले भन्यो।, महानगर बलमा नगर प्रहरी संख्या कम भएपछि महानगरले सेवा करारमा नगर प्रहरी राखेको थियो। युनिक सेक्युरिटी कम्पनीसँग सम्झौता गरेर महानगरले नगर प्रहरी कर्मचारी राखेको थियो। , जुन कम्पनीसँग महानगरले सम्झौता गरेको थियो सोही कम्पनीले नक्कलीलाई पनि योग्य हो भनी ठहर गरी सिफारिस गरेको स्रोत बताउँछ।, तर काठमाडौं महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारी युनिक सेक्युरिटिले मापदण्ड फलो नगरेका कारण केही मानिसहरूलाई कामबाट हटाइएको बताउँछन्।, त्यतिबेला महानगरले १६२ जना सेवा करारमा नगर प्रहरी भर्ती युनिक सेक्युरिटिसँग गरेको थियो। सोहीमध्ये ४०-५० जना महानगरले माग गरेको मापदण्डभित्र नपरेको बताउँछन्।, महानगरसँग सम्झौता गरेअनुरूप काम नगरेपछि कम्पनीलाई अहिलेसम्म भुक्तानी समेत नदिइएको अधिकारी बताउँछन्। , 'हामीले व्यक्तिसँग सम्झौता गरेका होइनौ,' उनले भने, 'हामीले कम्पनीसँग सम्झौता गरेका हौं। हामीले दिएको मापदण्ड फलो नगरेको पाइएपछि हामीले ती मानिसहरू लिएका थिएनौं।', सम्झौता अनुरूप काम भएन भने सार्वजनिक खरिद ऐन अनुरूप कारबाहीको प्रकृया अगाडि बढाइने उनी बताउँछन्। , प्रहरीले सात वटा नक्कली कागजात, एक ल्यापटपसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। , यस्तै लिखत सम्बन्धि मुद्दामा पाँच दिन म्याद थप गरी टेकु परिसरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। ,
नक्कली कागज बनाएर नगर प्रहरीमा भर्ती, पूर्व-नगर प्रहरीसहित दुई पक्राउ |
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले माघ ८ देखि माघ १३ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, तस्बिरहरू:, काठमाडौंको नारायणहिटी मूलढोकाबाट देखिएको संग्राहलयको अग्रभाग। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, सोनाम ल्होसारको अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तामाङ्ग भेषभुषा पहिराई दिँदै आयोजक। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, नवनियुक्त सभामुख देवराज घिमिरे आफ्नो कर्यकक्षमा पहिलो पटक कार्यभार सम्हाल्ने क्रममा। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, सर्वोच्च अदालतको फैसला पछि गृहमन्त्रालयबाट बाहिरिँदै गरेका रवि लामिछाने। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, माधव नारायणमेलाको प्रदेश यात्रा अन्तर्गत पशुपतिनाथमा आइपुगेका भक्तजनहरू सामूहिक पुजा पाठ गर्दै। तस्विर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्यको आत्मा शान्ति, परिवारलाई क्षतिपूर्ति र सरकारको नीति विरूद्ध माइतीघरमा जम्मा भएका युवाहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसारमा सहभागी एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी,
, श्रीपंचमी अर्थात सरस्वती पुजाको दिन काठमाडौंको स्वयम्भु स्थित सरस्वती मन्दिर परिसरमा अक्षराम्भको अवसरमा भित्तामा कोर्दै एक बालिका। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, स्थायी बसोबासको व्यवस्था नगरी उठिबास लगाउन लागेको भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकी एक बृद्धा। तस्बिर: निशा भण्डारी/सेतोपाटी श्रीपञ्चमीको दिन हनुमानढोकामा उभिएका सैनिक। तस्बिर: निशा भण्डारी/सेतोपाटी,
साताका तस्बिर |
सेतोपाटी संवाददाता खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ।, आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं। शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचरा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सिमित छौँ। तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन्। आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन्।, कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए। तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन सकेन। न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे। बरू, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बने।, विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र व्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे। त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औं अमेरिकी राष्ट्रपति हुन्।, उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन्। त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन्।, त्यसो त नेपालमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ। यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश-विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन्।, नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन्। जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष। गौशालामा व्यापार गर्दै आएका अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ।, उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन्। थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन्।, आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन्।, न्युज एजेन्सी नेपालले शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आका व्यक्तिहरुको कथालाई आजको फोटो फिचरमा समेटेको छ। ,
जीवन यत्तिकै सकिँदैन (फोटोफिचर) |
रासस अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ। सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो। , कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ छ। , दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किमी छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ। यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए। , साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो। यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो। उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको हो। , यस्तै पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरका तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ। , सो डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ। सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो। , आयोजना प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ। गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ। साथै बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ।, काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ। काभ्रेको पूर्वी–दक्षिणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौं–पूर्वी तराई गर्छन्। , उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ। आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रूख कटान लगायतका काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो। , सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर गरिएको आयोजनाका डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताए। सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो। उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने नभए सरकारले आफैंले निर्माण गर्ने जनाउँदै आएको थियो। , आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारीचाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्ने छ। संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ। यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन्। , सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ। हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधनमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ। ,
सूर्यविनायक–धुलिखेल सडकखण्डको निर्माण तीन वर्षमा सक्ने सम्झौता |
सेतोपाटी संवाददाता सर्भरमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अवरूद्ध भएका छन्। , शनिबार दिउँसो सरकारी सर्भरमा समस्या आएको हो। हाल सबै सरकारी वेबसाइटहरू अवरूद्ध छन्। , डेढ घन्टादेखि उक्त समस्या आइरहेको हो। जसले गर्दा अध्यागमन विभागको वेबसाइट पनि खुलेको छैन। , अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। , ‘सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्,’ उनले भने। , यसरी सर्भरमा समस्या आउँदा यात्रुहरू अलपत्र परेका छन्। , राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले अहिले सर्भर बनाउने काम गरिरहेको छ। , विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो लगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ।,
,
सरकारी सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित |
सेतोपाटी संवाददाता संखुवासभामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , शनिबार बिहान भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने २८ वर्षीय प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। उनले आफ्ना ७३ वर्षीय बुवा गोठे राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। , घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा उनका बुवा गम्भीर घाइते भएका थिए। , घाइते भएका उनको उपचारका लागि अस्पताल लैजानेक्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको हो।,
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।,
संखुवासभामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ |
सेतोपाटी संवाददाता बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।, काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ।, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ।,
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।, नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।, उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।, ‘उपचारका क्रममा आज बिहान ६ बजे उहाँको मृत्यु भएको हो,’ प्रहरी स्रोतले भन्यो। आइसियुमा राखेर उनको उपचार गरिएको थियो। , उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन्।,
आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु |
रासस तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । , माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।, हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए।, यसअघि पनि सोही सडकखण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो । उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन्।, यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।,
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने |
सेतोपाटी संवाददाता गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईसँग भेटवार्ता गरेको छ।, सभापति कृष्णकुमार राई नेतृत्वको गेसो प्रतिनिधिमण्डल आइतबार मन्त्री किराँती र मंगलबार मन्त्री राईलाई भेट्न उनीहरुकै कार्यकक्षमा पुगेको थियो। , भेटमा गेसोको टोलीले मन्त्रीहरूलाई बेलायत तथा नेपालबीच जारी सरकारस्तरीय वार्ता सफल निष्कर्षमा पुर्याउन माग गरेको छ।, गेसो सभापति राईले मंगलबार एक वक्तव्य जारी गर्दै गोर्खा वार्ता सफल पार्न आवश्यक भूमिका खेलिदिन दुवै मन्त्रीलाई आग्रह गरेका थिए।, बेलायतले गोर्खा सैनिकहरुमाथि सदियौँदेखि गर्दै आएको विभेद अन्त्यका लागि गोर्खाहरु समेतको सहभागितामा बेलायत र नेपाल सरकारबीच भइरहेको वार्ता सार्थक पार्न आवश्यक प्रभावकारी भूमिकाको लागि मन्त्रीहरुलाई आग्रह गरिएको सभापति राईले जानकारी दिए। , सभापति राईका अनुसार त्यसअवसरमा मन्त्रीद्वय किरांती र राईले पूर्व गोर्खा परिवारका सदस्यका रुपमा आफूहरु पनि गोर्खाको समस्याबारे जानकार रहेको बताएका थिए। , उनीहरुले जारी गोर्खा वार्तालाई आफ्नै कार्यकालमा सफल निष्कर्ष दिने गरी पहल गर्ने प्रतिवद्धता समेत गरेका थिए।, भेटवार्तापछि विज्ञप्ति जारी गर्दै गेसोले भनेको छ- सन् १८१६ देखि आजसम्मको प्रत्येक सैन्य मोर्चामा ब्रिटिश साम्राज्यको तर्फबाट गोर्खाले पहिलो र दोस्रो विश्व युद्धलगायत अन्य क्षेत्रीय युद्वको अग्रपंक्तिमा रहेर बेलायती सेनाको तर्फबाट विश्वमा शान्ति, स्वतन्त्र, प्रजातन्त्र र मानवअधिकार स्थापित गर्न युद्धमा भाग लिएका थिए।, त्यस अवधिमा गोर्खा सैनिकहरुले १३ वटा भिक्टोरिय क्रस, दुई वटा जर्ज क्रसलगायत अन्य सयौंको संख्यामा बहादुरीका तक्माबाट गोर्खा सैनिकहरु विभुषित भएका थिए। जसमा हजारौं पुर्खाहरु मारिए, घाइते, अपांग र बेपत्ता पनि भएका थिए।, विश्वले शान्ति पायो भने बेलायत कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा स्थापित भयो र विश्वमा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो। , ‘यत्रो युद्ध लडेवापत हाम्रो राष्ट्रले के पायो र के गुमायो,’ गेसोको ज्ञापनपत्रमा प्रश्न सोधिएको छ।, दुई सय वर्षदेखि गोर्खाहरुले भोग्दै आएको अन्याय र विभेद विरुद्ध गेसो करिब ३ दशक देखि आन्दोलनमा छ।,
मन्त्री किराँती र राईसँग ‘गेसो’का प्रतिनिधिद्वारा भेटवार्ता |
सेतोपाटी संवाददाता उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।, बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्।, मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।, उनका विषयमा गृहमन्त्री लामिछानेले लेखेका छन्-, एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दु:ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि आचार्यको निर्णय राज्यको असफलताका कारण भएको बताएका छन्।, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ...एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन्।..., पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आचार्यको आत्मदाहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।, उनले लेखेका छन्- यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऔं र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोप-प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं!,
आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने- तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला |
सेतोपाटी संवाददाता नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंग उत्पन्न भएको छ।, गृहमन्त्री रवि लामिछाने, सांसद, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवीलगायतले बोलेका छन्।, आचार्यको उपचारकै क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।, उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझनै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन्।, यसैबीच उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।, बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्।, यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्।, बुधबार बिहान फेसबुकमा एक टिप्पणी गर्दै नेता कोइरालाले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने भन्दै सचेतसमेत गराएका छन्।, ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ,’ उनले भनेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने?’, यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको आरोप लगाएका छन्।, आचार्यको मृत्युपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।, नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन्। , एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका छन् । , ‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’, बालेनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्। नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन।, प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन्।, यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि भन्ने आशंका गरेका छन्।, उनले गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो त भनि प्रश्नसमेत गरेका छन्।, ‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। श्रद्धाञ्जली,’ उनले भनेका छन्।, यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्ने बताए।, ‘आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्छ। प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार, दल र समाजले यथोचित ध्यान दिनुपर्छ, सम्बोधन गर्नुपर्छ’, उनले भनेका छन्,‘शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।’, यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युवा उद्यमी आचार्यको प्रकरण निकै मार्मिक भएको भन्दै बेलैमा यसलाई गम्भीरतापूर्वक लिएर उपचार खोज्न सुझाएका छन्।, ‘यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिउँ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ’, उनले भने, ‘आरोपप्रत्यारोप होइन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं!’, यस्तै गायक राजेशपायल राईले प्रेम आचार्यले किन मृत्यु रोजे भन्दै लाखौ प्रेमहरूको सपना नतुहाउन सरकारलाई आग्रहसमेत गरेका छन्।, ‘देशमा लाखौं प्रेम आचार्यहरू छन् तर दुर्भाग्य एक प्रेमले आत्मदाह गरे यो नराम्रो भयो उहाँको आत्माले शान्ति पाओस् घर, आफन्तजनलाई सहनसक्ने शक्ति देउ सुम्निमा पारूहाङ!!’, उनले भने, ‘अब रह्यो उनीले किन मृत्यु रोजे यी लाखौं प्रेमहरूको सपना नतुहाउ सरकार!! बाँकी उनलाई न्याय मिलोस्।’, यस्तै सत्तारूढ दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु अगाडि लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताएका छन्।, उनले यो गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताएका छन्।, ‘प्रेम प्रसाद आचार्यले आत्मादाह गर्नुभन्दा अगाडि लेखेको स्ट्याटसले यो राज्य ब्यवस्था नाङ्गो भएको छ। यो गरिखान्छु भन्ने तमाम नेपालीहरूको पीडा हो यो विषयलाई संसदीय समिति गठनगरि सूक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान गरियोस्’, उनले भने।,
प्रेमप्रसाद आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका अगाडि अटो व्यवसायीहरूले प्रदर्शन गरेका छन्। , बुधबार बिहान कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्वमा आन्दोलन गरेको हो। , उनीहरूले महानगरपालिका अगाडि पुगेर नाराबाजी गरेका छन्।, ‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गर’ लगायतका नारासहित आन्दोलन गरेका हुन्। , अहिले प्रदर्शनमा रहेका केही प्रतिनिधि छलफलका लागि महानगरपालिका गएका छन्। ,
,
अटो व्यवसायीहरू आन्दोलित, काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन |
रासस पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ।, काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ। , अस्पतालका फरेन्सिकविद डा तुलसी कँडेलले फरेन्सिक र फिंगर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। छ जनाको शव अब 'डिएनए' परीक्षणबाट पहिचान गरिने उनले बताए। , 'छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिंगर प्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरू गरेका छौं,' उनले भने।, नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ। उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। , यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्नेछ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो। , गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो। ,
पोखरा जहाज दुर्घटना: छ जनाको शव 'डिएनए'बाट पहिचान गरिने |
राजेश घिमिरे उमेरले ७० वर्ष नाघेका मित्रबहादुर कुँवर गत वर्ष आफ्नो परिवार खोज्दै पर्वतबाट चितवन आइपुगेका थिए। बुढेसकालमा सन्तानको माया पाउने आशा थियो। तर रत्ननगर नगरपालिकामा बस्ने छोराहरूले उनलाई आश्रयसम्म दिएनन्।, परिवारको हेलापछि खानबस्न हम्मे भयो। सडकमा आइपुगेका मित्रबहादुरले अन्त्यमा एउटा सहारा भेटे- असहाय वृद्ध कल्याण समाज।, करिब एक वर्षदेखि उनी रत्ननगर–१३ अमिलियास्थित उक्त संस्थाले चलाएको घरमा बसिरहेका छन्। यो वृद्धाश्रममा मित्रबहादुरजस्तै अरू १३ जना छन्। खाना, कपडा र बासबाट बञ्चित भएर अलपत्र परेका तथा परिवारको हेलामा परेका ७० देखि ९० वर्षसम्मका असहाय वृद्धवृद्धाका लागि यो घर हो।, रोचक के छ भने, उनीहरूको व्यवस्थापन गर्ने व्यक्ति पनि वृद्धा नै हुन्।, पूर्व–पश्चिम राजमार्गको टाँडी बजारबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि अमिलिया पुगिन्छ। यहीँ छ असहाय वृद्ध कल्याण समाज। हामी पुग्दा भवनको प्रांगणमा केही वृद्धवृद्धा घाम तपिरहेका थिए। भवनको एउटा कोठामा गीता पाठ गर्दै थिइन् अर्की एक वृद्धा।, हामी आइपुगेको जानकारी पाएपछि उनी सहयोगीको सहारामा बाहिर निस्किन्। कुर्सीमा बसेकी उनी शारीरिक रूपमा अशक्त थिइन्। तर उनको अनुहारको चमक त्यो अशक्तता बिर्साउने खालको थियो।, हाउभाउमा देखिएको आत्मविश्वास र बुलन्द आवाजले यो सुविधायुक्त वृद्धाश्रमको मुख्य मान्छे उनै हुन् भन्ने झल्को दिन्थ्यो। रहेछ पनि त्यही।, उनी हुन् ९० वर्ष नाघेकी नीरकला शर्मा।, उनको अथक प्रयासमा २० वर्षअघि बनेको रहेछ यो वृद्धाश्रम। उनले आफ्नै सक्रियतामा संस्थाका लागि भवन निर्माण मात्रै गरिनन्, यो उमेरमा पनि त्यही भवनको एउटा कोठामा बसेर वृद्धाश्रम हाँकिरहेकी छन्।, नीरकलाको परिचय यति मात्र होइन। उनी चितवन जिल्लाकै पहिलो महिला शिक्षक हुन्।, उनी २०२५ सालमा रत्ननगरस्थित नेपाल माविको अंग्रेजी शिक्षकमा नियुक्त भएकी थिइन्। त्यतिखेर चितवनमा अन्य केही स्कुल मात्रै थिए। शिक्षक पनि पुरुष मात्रै थिए। पहिलो महिला शिक्षकको रूपमा उनी नियुक्त भएकी थिइन्।, उनले २४ वर्षसम्म पढाइन्।, सानैदेखि अध्यात्ममा रूचि भएकी नीरकलाले सेवानिवृत्त भएपछि धेरै धार्मिक भ्रमण गरिन्। धार्मिक पुस्तकहरू पढिन्। यसले उनमा परोपकारको भावना विकास गर्यो रे।, 'म दोश्रो विश्वयुद्धको समयमा हुर्किएकी मान्छे हुँ। त्यतिखेर युद्ध पीडितले दुःख पाएको, वृद्धवृद्धाहरू अलपत्र परेको देखे-सुनेकी थिएँ। मेरा हजुरबुबा, बुबाहरूले दुखीको सेवा गरेको सानैबाट देखेकी थिएँ,' निरकलाले भनिन्, 'सानैदेखि गीता पाठ गर्थेँ। यसले पनि मलाई परोपकार सिकाएको थियो। जीवनमा परोपकारको कर्म गरेरै छाड्छु भन्ने भावना यी सबै कुराबाट विकास भयो।', सेवानिवृत्त भएको केही वर्षपछि उनले आफ्नो घरमा धार्मिक पुस्तक प्रवचनको दिवासेवा नै सञ्चालन गरेकी थिइन्। वरपरका मान्छेहरू उनले पढेको सुन्न आउँथे।, 'म आध्यात्मिक भए पनि रूढिवादमा कहिल्यै विश्वास गर्दिनँ। धार्मिक पुस्तक म निकै सचेततापूर्वक वाचन गर्थेँ ताकि मेरो कुरामा रूढिवादको कुनै गन्ध नआओस्। परोपकार र सहयोगको भावना जागोस्। मेरो कुराबाट अरू मान्छेहरू पनि प्रभावित हुन थालेछन्,' उनले भनिन्, 'बिस्तारै मैले उनीहरूलाई आफूले कल्पना गरेको परोपकारको योजना सुनाएँ। गाँस, बास र कपासबाट बञ्चित असहायहरूका लागि काम गर्न प्रस्ताव गरेँ।', तीमध्ये केहीले उनको योजनामा साथ दिने भए। उनको सक्रियतामा राधाकृष्ण मन्दिर बन्यो। मन्दिरको संस्थापक भएर उनले अशक्त, अपांगता भएका र बेसहाराहरूको सेवा गरिन्। २०५९ सालमा स्थानीयवासी र विभिन्न पेसामा सक्रिय आफ्ना विद्यार्थीहरूलाई पनि साथमा लिएर उनले असहाय वृद्ध कल्याण समाजको तदर्थ समिति बनाइन्। यो समितिले संस्थाको भवन निर्माणका लागि आर्थिक संकलन सुरू गर्यो।, २०६१ सालमा अमिलियामा ६ कट्ठा जमिन किन्न सफल भयो। जमिन किन्दा नीरकलाले आफ्नो तलब, पेन्सनको पैसा पनि मिसाइन्। विपन्न युवालाई राहत हुनेगरी एउटा रिक्सा किनेर ठेक्कामा चलाउन दिएकी थिइन्। त्यसबापत आएको पैसा पनि जमिन किन्नमै खर्च गरिन्।, सहयोग संकलन गर्दै जुटाएको रकमले त्यो जमिनमा भवनको जग उठ्न थाल्यो।, 'मैले यहाँ पढाउँदै गर्दा एकपटक गोरखाको एक स्कुलमा पुगेर त्यहाँको शैक्षिक स्तर सुधार्न काम गरेकी थिएँ। त्यही गुन सम्झिएर त्यहाँका पद्मनारायण मल्ल नामका व्यक्तिले संस्थाको भवन बनाउन साढे सात लाख रूपैयाँ सहयोग गरे। एलजी कम्पनीले जिल्ला विकास समिति र रत्ननगर नगरपालिकामार्फत पाँच लाख रूपैयाँ सहयोग गर्यो। संस्थाको एउटा घर तयार भयो,' नीरकलाले सुनाइन्।, थप भवन र व्यवस्थापनका लागि २०६८ सालमा धनधान्याचल महायज्ञ लगाइयो। यसबाट एक करोड ८७ लाख रूपैयाँ बोलकबोल भयो। उठेको रकमले भवन बनाउने, संस्था चलाउने काम सुरू भयो।, 'बोलकबोल भएमध्ये ४५ लाख रूपैयाँ अझै उठ्न बाँकी छ। उठेको पैसाले नयाँ भवन बन्यो,' नीरकलाले सुनाइन्।, २०७३ वैशाखमा अलपत्र दुई जना वृद्धलाई भित्र्याएर वृद्धाश्रमको विधिवत् उद्घाटन गरियो। सोचेको योजना सम्पन्न भएपछि उनी संस्थाको अध्यक्षबाट बिदा भइन्। अहिले संरक्षक बनेर सेवामा सक्रिय छिन्। यहाँ अहिले ८ जना वृद्धा र ६ जना वृद्धले आश्रय लिइरहेका छन्। उनीहरूले दैनिक चार पटक खाना, पौष्टिक आहार, उपचार सेवा प्राप्त गरेका छन्। दुई जना सहयोगी र एक जना व्यवस्थापक पनि छन्।, नीरकलाले आफ्नी आमाको नाममा 'गायत्री ट्रस्ट' पनि स्थापना गरेकी छन्। २०७१ सालमा स्थापित यो ट्रस्टले शिक्षाबाट बञ्चित विपन्न बालबालिका र अपांगता भएकाहरूलाई पढाइमा सहयोग गर्छ। आफ्नो लागि आमाले गरेको दुःख र भगिरथ प्रयासलाई सम्झिएर ट्रस्ट स्थापना गरेकी थिइन् उनले।, व्यक्तिगत खर्च कटौती गर्दै पेन्सनबापत पाएको पैसा जम्मा गरेर, सहयोगीहरूबाट संकलन गरेर दस लाख रूपैयाँको अक्षय कोष तयार पारेकी छन्। यसको ब्याजले पनि वर्षमा कम्तीमा दुई पटक सहयोग गर्ने गरेको उनले बताइन्।, 'यो कोषलाई ५० लाख रूपैयाँसम्म पुर्याउने लक्ष्य छ। आफूँ रहँदा यति गर्न सकेँ भने म मरेपछि पनि संस्थाले विपन्न र अपांगता भएकालाई पढ्न सहयोग गर्ने थियो,' उनले भनिन्।, नीरकलाको जन्म १९९० सालमा भारतको दार्जिलिङमा भएको हो। उनका पुर्खाहरूको थलो लमजुङ हो। उनीहरू कामको सिलसिलामा भारत पुगेका थिए। ब्रिटिस साम्राज्यले शासन चलाएको दार्जिलिङ क्षेत्रमा तीव्र विकास भइरहेको थियो। विद्यालय, अस्पतालहरू प्रशस्त खुलेका थिए। उनका बुबा खर्साङस्थित एक विद्यालयमा पढाउँथे। नीरकला घरदेखि माथिको डाँडामा रहेको प्राथमिक विद्यालयमा भर्ना भइन्।, कक्षा चारमा पढ्दै गर्दा उनलाई पैदल हिँड्नमा समस्या हुन थाल्यो।, पहिले ओरालो बाटो हिँड्न, पछि उक्लिन पनि समस्या भयो। घर नजिकैको अस्पतालमा देखाउँदा हड्डीमा समस्या भएको थाहा भयो। रोग के हो पत्ता लागेन। उनलाई बोनम्यारोमा समस्या भएको कुरा पछि मात्रै थाहा भयो। त्यतिखेर यो रोगको औषधि थिएन। आराम गर्ने र पौष्टिक आहरा खानेभन्दा अरू उपचार हुन सकेन। दस वर्षको छँदै बायाँ खुट्टामा देखिएको समस्या फैलिँदै गएर एक वर्षमा दायाँ खुट्टासम्म पुग्यो। १४ वर्षको हुँदा कुम पनि नचल्ने भयो। १५ वर्षको हुँदा उठ्नै नसक्ने भइन्। उनको पढाइ नै अवरूद्ध भयो।, २००४ सालमा तत्कालीन श्री ३ महाराज पद्म शमशेरले भारतसँग सीमा जोडिएका नेपाली बस्तीहरूमा विद्यालय स्थापना गरे। त्यसपछि भारतमा कार्यरत धेरै नेपाली शिक्षक देश फर्किएका थिए। यही सिलसिलामा उनको परिवार दार्जिलिङ छाडेर झापाको भद्रपुर आइपुग्यो। बाबुले त्यहीँको विद्यालयमा पढाउन थाले।, 'त्यतिखेर म उठ्न पनि सक्दिनँ थिएँ। दिसापिसाब ओछ्यानमै गर्नुपर्थ्यो। आमाले मेरा लागि धेरै दुःख गर्नुभयो। बुबाले उपचारको प्रयास जारी राख्नुभएको थियो,' नीरकलाले भनिन्, 'बिस्तारै अस्पतालहरूमा नयाँ सेवाहरू थप भएछन्। डाक्टरले मेरो नसा जाँच गरेर हेरे। नसा मरेको रहेनछ, सन्चो हुने आशा पलाउन थाल्यो।', लामो समय ओछ्यान पर्दा दोब्रिएका उनका हात खुट्टा तन्काउन धेरै समय लाग्यो। करिब दुई वर्षमा बैसाखीको सहारामा सामान्य हिँड्न सक्ने भइन्। २०१५ सालको निर्वाचनमा बिपी कोइरालाको समर्थनमा भोट हाल्न बैसाखी टेकेर मतदानस्थल पुगेको उनी सम्झन्छिन्। , शारीरिक अवस्थामा सुधार आउन थालेपछि उनी गीता पाठ गर्न थालिन्। अन्य धार्मिक पुस्तकहरू पनि पढिन्। छिमेकी, शिक्षकहरूले उनलाई स्कुल गएर पढ्न उत्साहित गर्न थाले। बाबुले पनि प्रोत्साहन गरे। सबैको आग्रहमा नीरकलाले २९ वर्षको उमेरमा घरमै बसेर स्कुले किताब पढ्न थालिन्।, 'बुबाले ६ कक्षाका किताबहरू किनेर ल्याइदिनुभएको थियो। मैले एक महिनामा सबै कण्ठस्थ बनाएँ। अरू दुई महिनामा कक्षा ७ र ८ का किताब पनि घरमै बसेर कण्ठ पारेँ। मेरो क्षमता जाँच गरेपछि विद्यालयले मलाई कक्षा ९ मा भर्नाका लागि सिफारिस गर्यो,' नीरकलाले सुनाइन्, '३१ वर्षको उमेर एसएलसी परीक्षा उत्तीर्ण भएँ।', लामो समय रोकिएपछि पुनः पढाइ सुरू गरेकाले शैक्षिक प्रमाणपत्रमा भने उनको उमेर वास्तविकभन्दा ८ वर्ष घटाइएको छ। , भद्रपुरमा थोरै परीक्षार्थी भएकाले त्यतिखेर परीक्षा दिन उनलाई धरान पुग्नुपरेको थियो।, 'आमा बिरामी भएर थला पर्नुभएको थियो। परीक्षा सकेपछि उपचार गर्न लैजाने सोचेकी थिएँ। तर परीक्षा सकेर फर्किँदा आमा बितिसक्नुभएछ,' उनले भनिन्।, त्यो बेला भद्रपुरमा समाजसेवामा कहलिएकी एक महिला थिइन्। उनी 'मेची आमा' भनेर चिनिन्थिन्।, 'मेरी आमाको अन्तिम अवस्थामा उहाँ हाम्रो घरमा पुग्नुभएको रहेछ। आमासँग मलाई संरक्षण दिने वचन दिनुभएको रहेछ,' नीरकलाले भनिन्।, मेची आमा त्यतिखेर महिला संघको केन्द्रीय सदस्य, मेची अञ्चल सभापति थिइन्। राजसभाको सदस्यमा पनि मनोनित भएकी थिइन्। , मेची आमाको वचनअनुसार काम गरेर नै आफ्नो जीवन बदलिएको नीरकला बताउँछिन्। उनकै आड र भरोषामा काठमाडौं पुगेर शिक्षा र स्वास्थ्य सेवा प्राप्त गरेको उनले बताइन्।, शिक्षा कलेजको छात्रावासमा बसेर प्रविणता प्रमाण-पत्र तह (आइए) को पढाइ सुरू गर्न मेची आमाले नै सघाएकी थिइन्। उनीमार्फत हिमालयन शाहकी पत्नी प्रिन्सेप शाह (राजा वीरेन्द्रकी काकी जो नेपाल रेडक्रस सोसाइटीकी संस्थापक सभापति थिइन्) ले पनि सहयोग गरिन्। अन्ततः दोस्रो श्रेणीमा आइए पास गरिन्।, बिएड भर्ना भएको केही समयमा बेलायतबाट आएका हाडजोर्नी सर्जन डाक्टर मार्टिनले उनको शल्यक्रिया गरेका थिए। उपचारपछि उनको खुट्टामा धेरै सुधार आयो। २०२५ सालमा उनले बिएड उत्तीर्ण गरिन्। त्यहाँ सँगै पढ्ने साथीहरूले नै नीरकलालाई चितवन बोलाएका थिए।, 'शारीरिक अवस्था ठीक नभएकी मलाई जिल्लाकै पहिलो महिला शिक्षकका रूपमा नयाँ ठाउँमा आएर पढाउनु सजिलो कुरा थिएन। तर मलाई यहाँका शिक्षक, विद्यार्थी सबैले धेरै माया गर्नुभयो। हामी सकेको सहयोग गर्छौं भन्नुभयो। त्यसलाई स्वीकार गरेर बसेँ,' नीरकलाले भनिन्, 'केही वर्षमा यहीँ एउटा घर बनाएँ। बिस्तारै वृद्धाश्रम र ट्रस्ट खोलेर आफूले चाहेको परोपकारको काम गर्न सकेँ।', उनी मासिक तीन सय ७५ रूपैयाँ तलबमा शिक्षक नियुक्त भएकी थिइन्। सेवानिवृत्त हुनुअघि मासिक ७ हजार ५०० रूपैयाँ पाउँथिन्। अहिले पेन्सन मासिक ३१ हजार रूपैयाँ पुगेको छ।, नेपाल माविमा पढाउँदा उनलाई शिक्षक, विद्यार्थी सबैले 'सिस्टर' भनेर बोलाउँथे। उनी आफूलाई सिस्टर भनेको सुनेर दंग पर्थिन्। चितवनमा सुरूआती दिनबाटै सबैकी सिस्टर बनेकी नीरकलालाई उनले गरेको परोपकारी कामका कारण यस क्षेत्रकी 'मदर टेरेसा' को उपमा पनि दिइन्छ।, 'अब त मेरो उमेर पनि धेरै बित्यो। अब वृद्धाश्रम र ट्रस्ट समाजलाई जिम्मा लगाउँछु। सामाजिक संस्था भएकाले समाजले नै चलाउनेछ। म मरेपछि पनि चलाइरहनेछ,' उनले भनिन्, 'म आध्यात्मतिरै लाग्न चाहन्छु। गीता पढ्छु, कृष्णलाई पुज्छु, प्रणामी मान्न थालेकी छु।', असहाय वृद्ध कल्याण समाजमा बसिरहेका वृद्धवृद्धाहरूः, मित्रबहादुर कुँवर,
९० वर्ष नाघेकी नीरकला जसले पालिरहेकी छन् १४ जना वृद्धवृद्धा (भिडिओ) |
सेतोपाटी संवाददाता रोल्पामा आमा-छोरा मृत फेला परेका छन्। , रोल्पा नगरपालिका वडा नं. ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन्।, रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। , जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको छ। , घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेको प्रमुख घिमिरेले बताए।, चलाउनेको घर विगत डेढ वर्षदेखि खाली रहेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ।, चलाउने र मृतकका बीचमा पहिलेदेखि नै चिनजान रहेको भन्ने खुलेको डिएसपी घिमिरेले बताए।, आमा-छोरा एक दिन पहिले मात्रै त्यहाँ आएको स्थानीयले बताएका छन्। उनीहरू काठमाडौंमा इट्टाभट्टामा काम गरी फर्किएको स्थानीयले जानकारी दिएको प्रहरीले बताएको छ।,
रोल्पामा आमा-छोरा मृत फेला |
सेतोपाटी संवाददाता आगलागीबाट गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्थित हिनाङ्गमा रहेको पुङ्जे गुम्बामा क्षति पुगेको छ।, मंगलबार अपरान्ह आगलागी हुँदा गुम्बामा क्षति पुर्याएको हो।, सोलार सर्ट हुँदा गुम्बामा आगलागी भएको थियो।, आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको गुम्बामा पुगेर फर्किएका गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेले सेतोपाटीलाई बताए।, न्यौपानेसहित गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी उपरीक्षक केदार खनाललगायत गुम्बा आगलागी भएको ठाउँ पुगेर निरीक्षण गरेका थिए।, ‘करिब दुई सय वर्ष पुरानो गुम्बामा आगलागीबाट करोडौंको क्षति पुगेको छ,’ सांसद न्यौपानेले भने, ‘गुम्बा पुनर्निर्माण गर्न प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्नुपर्दछ।’, गुम्बा पुनर्निर्माणका लागि आफूले सक्दो पहल गर्ने सांसद न्यौपानेले स्थानीय बासिन्दासँग प्रतिबद्धतासमेत जनाएका छन्।, बस्तीभन्दा टाढा रहेको गुम्बामा आगलागी भएको थियो। गुम्बामा लागेको आगो धेरै समयसम्म निभाउन सकिएको थिएन। यो गुम्बामा भिक्षुहरू र चुमनुब्री क्षेत्रका केही ज्येष्ठ नागरिकहरू पनि बस्ने गर्दथे।, तस्बिरहरू:,
आगलागीबाट गोरखाको दुई सय वर्ष पुरानो गुम्बामा क्षति (तस्बिरहरू) |
नवीनबाबु गुरूङ काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।, आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।, माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो। उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्।, आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्।, उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ।, देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको हो।, तस्बिरहरू:,
प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन- देशमा केही गर्छु भन्नु अपराध हो? (तस्बिरहरू) |
विवेक राई जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ।, आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले सेतोपाटीलाई जानकारी दिए। , 'आज बिहान सहायक सिडिओ सरले बोलाउनुभएको थियो। पछि गएर सिडिओ सरले हामीले सञ्चालनमा रोक लगाएको छैन, घरेलु उद्योगसँग गएर समन्वय गर्नुस् भनेर भन्नुभयो,' जैसवालले सेतोपाटीसँग भने। , गत सोमबार सिडिओसहितको अनुगमन टोलीले देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट बन्द गरिदिएको थियो। रेस्टुरेन्टको ढाँचा जेल जस्तो रहेको र त्यहाँ प्रयोग भएका सामग्री सुरक्षा निकायले प्रयोग गर्ने खालको रहेको र सोबारे अनुसन्धान गर्नुपर्ने भन्दै रेस्टुरेन्ट प्रशासनले रेस्टुरेन्ट बन्द गरिदिएको थियो। , तर प्रशासन कार्यालयले जिकिर गरेको ती रेस्टुरेन्टमा प्रयोग गरिएका सामग्री मात्र खेलौना रहेको र मनोरञ्जनका लागि प्रयोग गरिएको सञ्चालक जैसवाल बताउँछन्। उनले रेस्टुरेन्टमा प्रयोग गरिएको बन्दुक मेलाहरूमा बेलुनमा हान्ने खेलौना बन्दुक रहेको बताए।, प्रशासनले निर्णय फिर्ता लिएसँगै भोलिदेखि रेस्टुरेन्ट खुल्ने जैसवालले जनाए।, 'अस्तिसम्म त सिडिओ सरले आफैं राेक्नुभयो तर आज सञ्चालन गर्न सक्नुहुन्छ भनेर भन्नुभयो। घरेलुले पनि हामीले रोकेको छैनौं भन्नुभयो। अब भोलिदेखि रेस्टुरेन्ट खोल्छौं,' उनले भने। , तर रेस्टुरेन्टको नाम पनि परिवर्तन गर्न भनिएकोमा त्यसमा आफूहरू तयार नभएको उनको भनाइ छ। आजै मात्र घरेलु तथा साना उद्योगले रेस्टुरेन्टको नाम परिवर्तन गर्न चिठ्ठी दिएको उल्लेख गर्दै जैसवालले भने, 'नाम परिवर्तन गर्यो भने त हामीले त्यत्रो लगानी गरेको मतलब भएन नि! रेस्टुरेन्ट त्यहीँ नामले गर्दा चिनिएको र चलेको हुँदा हामीहरू नाम हटाउँदैनौं।', उनले सुरूमा रेस्टुरेन्ट दर्ता गर्दा पनि सोही नाममा दर्ता गरिएको भन्दै नाम नहट्ने जनाए। बाँकी खेलौना हतकडी, बन्दुक र डोरीहरू भने हटाउने उनले बताए। , प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले पनि अब यो विषय घरेलु तथा साना उद्योगले हेर्ने जनाएका छन्।, हिजोको कुराकानीमा आफूहरू अनुसन्धान नसकी रेस्टुरेन्ट खोल्न नदिने बताएका सिडिओ पाण्डेले आज भने यो विषयको टुंगो अब घरेलुले हेर्ने जनाए। , 'यो रोक लगाउने वा नलगाउने विषय हैन। अब घरेलुले यसको मापदण्ड हेरेर टुंगो लगाउँछ,' उनले भने।, यो पनि हेर्नुहोस्,, खेलौना हतकडी र बन्दुक राखेको भन्दै प्रशासनले बन्द गरायो भैरहवाको 'जेल रेस्टुरेन्ट', देवकोटा चोकमा रहेको यो रेस्टुरेन्ट विष्णु पौडेल र दीप जैसवाल नामका दुई जना युवाहरूले सञ्चालनमा ल्याएका थिए। १२ जनालाई रोजगारी प्रदान गरेको र लगानी पनि ठूलो रहेको उल्लेख गर्दै यो घटनाले आफूहरूलाई मानसिक तनाव दिएको उनीहरू बताउँछन्। , जैसवालले आफूले भारत घुमघामको क्रममा यस्ता रेस्टुरेन्टहरू देखेकाले नेपालमा पनि नयाँ प्रयोग हुने ठानेर साथी विष्णुसँगको साझेदारीमा जेल रेस्टुरेन्ट खोलेको जनाए। यसअघि हार्डवेयर पसल गरेको सुनाउँदै उनले त्यसबाट आफू घाटामा गएकाले रेस्टुरेन्टमा लगानी गरेको सुनाए। , अर्का पाण्डेले पनि आफू यसअघि फर्निचर व्यवसायमा रहेको तर अहिले भने पूरै समय रेस्टुरेन्टमा दिएको बताए। , जेल थिमका यी रेस्टुरेन्ट नेपालमा पहिलोपटक खोलिएपनि यस्ता खालका रेस्टुरेन्ट संसारभरि नै छन्। अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफिक्रादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुरेन्टहरू खुलिसकेका छन्। भारतमा भने यस्ता रेस्टुरेन्टहरू धेरै ठाउँमा छन्। जैसवालले पनि आफूले भारतमै पहिलोपटक यस्तो रेस्टुरेन्ट देखेर नेपालमा भित्र्याएको बताउँछन्।,
पछि हटे सिडिओ, भैरहवाको जेल रेस्टुरेन्ट भोलिदेखि खुल्ने |
एजेन्सी प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ। , राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्।, वायु सेनाका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्। , यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको ६ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।, प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् । ,(रासस/सिन्ह्वा),
फिलिपिन्समा वायुसेनाको विमान दुर्घटना, २ जनाको मृत्यु |
रासस वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन्।, पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ।, जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन्।, गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गरिँदै छ । हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ। किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताए।, किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ बनाएर प्रयोग गर्दैछन्।, श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्।, मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन्। आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन्।, मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ। जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्याक्टर, पावर टिलरलगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउँछन्।,
मिथिलाञ्चलमा आज हलो र गोरु पूजा |
सेतोपाटी संवाददाता अहिले बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस, वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यत: सफा रहेको छ।, हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।, तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा पुगेको छ। , बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।, अधिकारीका अनुसार हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।, आज प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक मौसम बदली रहने छ। मौसम बदली भए पनि वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस्तै भोलि शुक्रबार पनि प्रदेश १, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।, शनिबार भने प्रदेश १ , गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। , तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
आज कतै वर्षाको सम्भावना छैन, काठमाडौंको तापक्रम बढ्न थाल्यो |
रासस उत्तरी गोरखामा भारी हिमपात भएको छ।, बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ का स्थानीय निमा दोर्जेले बताए।, ‘मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ। अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ,’ उनले भने।, गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबास लगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो।, हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको छ।, ‘पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ। केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ,’ उनले भने।, अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए।, हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीय खुसी भएका छन्।, ‘हिमपात भएपछि घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ। वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ,’ उनले भने।,
उत्तरी गोरखामा भारी हिमपात |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।, चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।, विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।, ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।, आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।, सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।, वसन्त श्रवण बिहान १०ः४७ बजे,
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।, वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहनेछ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ।,
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिँदै |
रासस पाल्पामा गए राति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो।, दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव बिहीबार बिहान तिनाउ खेलामा फेला परेको हो।, दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।,
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु |
निशा भण्डारी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा वसन्त श्रवण गरी मनाइँएको छ।, हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो।,
नासल चोकमा वसन्त श्रवण (तस्बिरहरू) |
सेतोपाटी संवाददाता जुम्लामा मंगलबार बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो।, जुम्ला सदरमुकामसहित जिल्लाभर आज पनि हिमपात भइरहेको छ। , हिउँपरेपछि विशेषगरी किसानहरु खुसी भएका छन् । हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।, हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।, हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस ३.७ रहेको छ ।, हेर्नुहोस् तस्बिरहरू, तस्बिरः तेज दोङ/उर्जा/ सरोज शाही,
जुम्लामा हिउँ पर्यो फुरूरू... (तस्बिरहरू) |
रासस सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। , अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।, छिमेकी जिल्ला बाँकेमा दादुराको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपनाउन उनले सुझाव दिए। , दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ।, दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ। नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो।,
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ। , मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो। गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो। , सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो। , तोकिएको समय सकिएपछि कात्तिक २७ गतेदेखि अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ। दुई महिनाको अवधिमा सो संख्यामा बोर्ड हटाइएको हो। , महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो। १५ वर्गफुटदेखि ३० वर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ। , ,
,
काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका ९ हजार होर्डिङ बोर्ड |
भगवती पाण्डे रूपन्देहीका धेरै सार्वजनिक जग्गा भूमाफियामार्फत् व्यक्तिका हातमा पुगेको पाइएको छ।, तिलोत्तमा नगरपालिका-६ को करिब साढे दुई बिघा सार्वजनिक जग्गा भूमाफियाले लालपुर्जा बनाएर बेचबिखन गर्न लागेको समाचार सार्वजनिक भएसँगै बुटवलको पनि सार्वजनिक जग्गा भूमाफियाहरूको नियन्त्रणमा पुगेको तथ्य खुलेको हो।, बुटवल उपमहानगर-११ को ‘९ग’ नक्सा, कित्ता नं. १९९ को ७ कट्ठा र कित्ता नं. १८७ को ४ कट्ठा ५ धुर गरी ११ कट्ठा ५ धुर आँकडा जग्गा भूमाफियाले लालपुर्जा तयार गरी बेच्न लागेको पाइएको छ। यो जग्गाको मूल्य करोड बढी पर्छ।, उक्त दुवै कित्ता व्यक्तिका नाममा दर्ता भएको तर लालपुर्जा नपाएको अवस्थामा छ।, वडा नम्बर ११ का वडा सदस्य नकुल शाहीका अनुसार सोही वडाको ती दुई कित्ताका आँकडा जग्गा कृष्णप्रसाद भुसाल जैसीले लालपुर्जा बनाएर बिक्री गरेका छन्।, बुटवलमा आँकडा, बहाल बिटौरी र कोदाले जग्गामा बस्नेहरूको संख्या धेरै छ। वडा सदस्य शाहीका अनुसार वडा नम्बर ११, बुद्धनगर र मोतीपुर क्षेत्रमा बसोबास गर्ने अधिकांश बासिन्दाको जग्गा आँकडा प्रकृतिको छ। आँकडा जग्गा भनेको झाडी फाँडेर व्यक्तिले भोगचलन गरेको तर लालपुर्जा नबनेको जग्गा हो।, शाहीले वर्षौंदेखि वडा नम्बर ७, दीपनगरमा बसेकी पार्वती पाण्डेले जोतभोग गर्दै आएको उक्त आँकडा जग्गाको लालपूर्जा कृष्णप्रसादको समूहले व्यक्तिको नाममा बनाएर बेचबिखन गरेको अवस्थामा फेला परेको बताए।, ‘हामीले उक्त जग्गा पार्वती पाण्डेले भोगचलन गरेको आधारमा सरकारले बनाएका सुकुम्वासी आयोगमा फारम भरेको जानकारी पाएका थियौं,’ शाहीले भने, ‘अहिले कृष्णप्रसाद भुसालको नाममा लालपुर्जा बनाएर बिक्री गरिएको भन्दा अचम्म लाग्यो।’, जग्गाको जोतभोगको सिफारिस गर्दै आएको ‘पाँचमौजा तपाह सिँचाइ व्यवस्थापन समिति’ ले २०७१ सालमा उक्त ११ कट्ठा ५ धुर जग्गा वडा नं ९ का बासिन्दा भविश्वर पाण्डेकी छोरी पार्वती पाण्डेले जोतभोग गर्दै आएको प्रमाणित गरेको छ। जोतभोगको प्रमाणित गर्ने सिँचाइ व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रेश्मी हाल वडा नं १७ का वडाध्यक्ष छन्।, उक्त जग्गा पार्वतीले २०६३ सालमा हरिकला भुसालबाट लिएको कुरा आफूहरूले थाहा पाएको स्थानीयवासी बताउँछन्। २०७२ सालमा बुटवल उपमहानगरले उक्त जग्गा फिल्ड बुकमा रूद्रप्रसाद शर्माको नाममा दर्ता भएको र निजको मृत्युपछि श्रीमती हरिकला भुसालले घरसारमा पैसा लिई पार्वती पाण्डेलाई बेचेको ठहर गरी बहाल बिटौरी, आँकडा लगत बमोजिम जग्गा दर्ता समिति, २०७२ लाई सिफारिस गरेको थियो।, बुटवल उपमहानगर ११ को कित्ता नम्बर १९९ र १८७ को उक्त जग्गाको लालपुर्जा कृष्णप्रसाद भुसाल जैसीको नाममा छ। लालपुर्जामा २०५१ सालमा सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको हस्ताक्षर छ।, आयोगले दिएको भनिएको लालपुर्जा लिँदा कृष्णप्रसादको उमेर १३ वर्ष देखिन्छ। मालपोत कार्यालयका अनुसार संरक्षक नराखी नाबालकको नाममा लालपुर्जा दिने प्रावधान छैन।, बुटवल उपमहानगर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री २०५१ सालमा गठन गरिएको भोजप्रसाद श्रेष्ठ नेतृत्वको सुकुम्वासी समस्या समाधान आयोग, रूपन्देहीले बुटवल ‘९ग’ नक्साको कुनै पनि कित्ताको लालपुर्जा वितरण नगरेको बताउँछन्।, त्यति बेलाको सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष श्रेष्ठ हाल लुम्बिनी प्रदेशसभा सदस्य छन्। उनले पनि आफ्नो नेतृत्वको आयोगले ‘बुटवल ९ग’ कुनै पनि जग्गाको लालपुर्जा नदिएको बताए।, उनले भने, ‘म अध्यक्ष रहेको आयोगले बुटवल ९ग क्षेत्रको कुनै पनि जग्गाको लालपुर्जा वितरण गरेको थिएन। हस्ताक्षर गर्ने कुरै भएन। हस्ताक्षर छ भने त्यो मेरो होइन।’, कृष्णप्रसादले २०७२ सालमा उक्त जग्गा मालपोत कार्यालयको कम्प्युटरमा अभिलेख दर्ता गराएका छन्।, गत पुस ९ गते कित्ता नं १९९ को लालपुर्जाको प्रतिलिपी निकालेर पुस १० गते नै बुटवल १४ (साविक मोतीपुर-७, सेमलार) की लक्ष्मी न्यौपानेलाई बेचेर मालपोत कार्यालय बुटवलबाट नामसारी गरिदिएका छन्।, कृष्णप्रसादले लालु खड्का (वि.क.) र गिरिप्रसाद भुसालको मध्यस्थतामा उक्त जग्गा लक्ष्मीलाई बेचेको लक्ष्मीका एक आफन्तले बताए।, उनले प्रश्न गरे, ‘लालपुर्जा गलत थियो भने मालपोत कार्यालयले पुस ९ गते प्रतिलिपी दिने र १० गते जग्गा पास गर्ने काम कसरी गर्यो?’, मालपोत कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेलले उक्त जग्गा कृष्णप्रसादले लक्ष्मीलाई बेचेको लालपुर्जाको अभिलेख मालपोत कार्यालयमा नदेखिएको बताए।, ‘त्यो आँकडा उल्लेख भएको जग्गा हो। कसले, कसरी लालपुर्जा बनायो, हामी खोज्दै छौं,’ उनले भने।, कार्यालयका अधिकृत घनश्याम अर्यालको नेतृत्वमा टोली बनाएर अनुसन्धान सुरू गरेको उनले बताए।, मालपोत कार्यालयको अभिलेखमा नदेखिएको भनिएको उक्त जग्गाबाट बुटवल उपमहानगरले कर लिएको देखिन्छ।, २०७२ सालमा कृष्णप्रसाद भुसालले लालपुर्जाको प्रतिलिपी निकालेर उपमहानगरको वडा नं. ११ बाट आर्थिक वर्ष २०७९/८० को भूमिकर भुक्तान गरेका छन्।, वडा सदस्य शाहीका अनुसार २०७९/०८० मा एकमुष्ठ ४ हजार ४२८ रुपैयाँ भूमिकर भुक्तान गरेको भए पनि यो रकम कहिलेदेखिको हो भन्ने खुलेको छैन। विगतमा भूमिकर नतिरेका जग्गा कसरी यस वर्षमात्रै इन्ट्री गरेर कर लिइयो भन्ने पनि अनुसन्धानको विषय भएको वडा सदस्य शाहीको भनाइ छ।, उनले भने, ‘यसमा हाम्रै वडाका कर्मचारी समेतको मिलेमतो छ कि भन्ने आशंका उब्जिएको छ।’, भूमाफियाहरूले उक्त जग्गाको लालपुर्जा निकालेर मालपोत कार्यालय, बुटवलको कम्प्युटरमा समेत अभिलेख बनाएका छन्।, कम्प्युटरमा दर्ता गर्न सफल भए पनि मोठ (जग्गाको अभिलेख राख्ने रजिस्टर) मा अभिलेख राख्न भरपर्दो माध्यम खोजिरहेका बेला भूमाफियाको चलखेल बाहिरिएको हो।, कृष्णप्रसाद भुसाल जैसीका नाममा लालपुर्जा निकालेको उक्त जग्गा लालु खड्का र गिरिप्रसाद भुसाल मिलेर बैंकबाट ऋण निकाल्ने योजना थियो।, ऋण लिन सहज नदेखिएपछि लक्ष्मी न्यौपानेलाई बिक्री गरेको देखिन्छ।, कृष्णप्रसादले भने, ‘उनीहरूले लालपुर्जा दिएपछि बैंक वा व्यक्तिबाटै भए पनि दुई करोड रुपैयाँ निकाल्ने भनेका थिए तर मैले मानिनँ।’, मालपोत कार्यालय, बुटवलका प्रमुख अर्यालले उक्त लालपुर्जा शंकास्पद देखिएकोले बदर गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्।, यसअघि बुटवल उपमहानगर-१७ मा रहेको २२ कट्ठा सरकारी जग्गाको पनि व्यक्तिको नाममा लालपुर्जा बनेको थियो। पछि फिर्ता गराइएको थियो।, नापी कार्यालयमा २०२७ सालदेखि पर्ती देखिने उक्त जग्गा मालपोत कार्यालयमा कित्ता नम्बर थपेर व्यक्तिको नाममा गराइएको थियो।, नापीको रेकर्डमा सरकारी देखिए पनि मालपोत कार्यालयमा भने कित्ता नं. ४२ बनाएर व्यक्तिको नाममा पास गरिएको थियो। मालपोत कार्यालयको मोठमा केरमेट गरेर नयाँ कित्ता नम्बर लेखिएको थियो।, स्थानीयका अनुसार उक्त सरकारी जग्गा एकपछि अर्कोलाई बेच्दै चौथो व्यक्तिमा पुगेको थियो। , वडा कार्यालयबाट चौकिल्ला सिफारिस गरेका वडा नं १७ का वडाध्यक्ष रेश्मीले आफूबाट गल्ती भएको स्वीकार गर्दै जग्गा रोक्का गर्न मालपोत कार्यालयमा निवेदन दिएपछि कार्यालयले लालपूर्जा बदर गरेको हो।,
बुटवलका सार्वजनिक जग्गामा भूमाफियाका आँखा |
नारायण खड्का रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय डम्मर कामी कहिल्यै स्कुल गएनन्। पढ्ने इच्छा नभएको होइन तर गरिबीका कारण पढ्न पाएनन्।, पाँच दाजुभाइमध्ये डम्मर काइँला हुन्। उनको घरनजिकै वन छ। गाउँलेहरू उनलाई ‘वनकाइँला’ भनेर चिन्छन्।, पढ्ने उमेरमा स्कुल पढ्न नपाए पनि केही न केही नयाँ काम गर्ने हुटहुटीले डम्मर गाडीमा काम गर्न थाले। स्थानीय रुटहरूमा चल्ने जीपमा सहचालक बनेर काम गर्दागर्दै उनी चालक भए। पछि ठूला गाडी पनि चलाए। बिहे पनि कमै उमेरमा भइगयो। परिवार ठिकै चल्दै थियो।, पाँच वर्षजति अघिको कुरा हो। पुर्ख्यौली घर रुकुम भएका र नेपालगञ्जमा बसेर व्यावसाय गर्ने तिकल विक (सिहाली) सँग डम्मरको चिनजान भयो। यही चिनजानले अहिले उनलाई निकै ठूलो समस्यामा पारेको छ। ५० लाख रुपैयाँको ऋणी छन्। वित्थैमा लागेको ऋणले उनी आहत छन्। , तिलकले चिनजानको केही दिनमै डम्मरलाई आफ्नो गाडीको चालक बनाए। मासिक ३० हजार रुपैयाँ तलब दिने भए। त्यो समय डम्मर २० वर्ष जतिका थिए।, डम्मरले आफ्नी श्रीमती कल्पनालाई पनि तिलककै घरमा सहयोगीको रूपमा काम गर्न बोलाए।, तिलक अनेक व्यवसायमा संलग्न थिए। उनकी श्रीमती कमला विक कर्णाली विकास बैंकको सेयर सदस्य छिन्। तिलकले नेपालगञ्जमा ‘प्रतीक टुर एन्ड ट्राभल्स’ र ‘प्रतीक निर्माण सेवा’ चलाएका छन्।, तिलकले वाचाअनुसार डम्मर र कल्पना दम्पतीलाई तलब भने दिएनन्। तलब नपाएको लामै समय बित्यो।, यही बीचमा तिलकले २०७६ साल चैतमा एकाएक भने- तिमीलाई पैसा दिन सकिन जग्गा पास गर्दिन्छु। कामको पारिश्रमिक बापत घडेरी पास गरिदिन्छु भनेपछि डम्मर र कल्पना खुसी भए।, नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा रहेको कित्ता नम्बर २८१ को ५४८ वर्गमिटर जग्गा डम्मरको नाममा पास गरिदिने कुरा भयो।, जग्गा पास गर्ने दिन तिलकले डम्मरलाई भनेछन्– अहिलेसम्म काम गरेको तलब बापत जग्गा पास गरिदिएको हुँ।, डम्मरले कर्मचारीले भनेका ठाउँमा ल्याप्चे लगाइदिए। उनी निकै खुसी भए। आफ्नो नामको जग्गाधनीपुर्जा केही दिनमा हातलाग्ने आश्वासन पाए। , त्यसअघि डम्मरले एउटा मोटरसाइकल किनेका थिए। मोटरसाइकल किन्न उनले जीवनबीमामा जम्मा भएको रकमबाट एक लाख १८ हजार रुपैयाँ झिकेका थिए।, नपुग रकम किस्ता तिर्ने गरी मोटरसाइकल लिएका थिए। जग्गा पास गरिदिएपछि तिलकले मोटरसाइकलको किस्ताको बाँकी दुई लाख रुपैयाँ पनि तिरिदिन्छु भने।, एक दिन तिलक डम्मरलाई लिएर कर्णाली विकास बैंक गए। बैंकका कर्मचारीले उनलाई कहाँकहाँ ल्याप्चे लगाउन भने त्यही लगाए। तिलकले त्यसै दिन मोटरसाइकलको किस्ता बापतको सबै रकम बुझाइदिए। आफ्नो नाममा घडेरी भयो। मोटरसाइकलको मूल्य चुक्ता भयो। डम्मर निकै खुसी भए।, त्यो दिन डम्बर खुसी भइरहेका थिए तर उनले बैंकमा लगाएका ल्याप्चेले उनलाई ऋणि बनाइसकेको थियो। डम्मरको नामको जग्गा धितो राखेर ५० लाख कर्जा निकालिएको थियो। हुन त डम्बरको बैंक खातामा पैसा जम्मा भयो। तर उनले त्यो दिन चेकमा ल्याप्चे पनि लगाएर आएका थिए। , केही समय अघि मात्र डम्बरले थाहा पाए आफू त फसिसकेको रहेछु भन्ने कुरा! , डम्मरको नाममा पास भएको जग्गा कर्णाली विकास बैंकका कर्जा विभाग प्रमुख मुकेश गौतमकी श्रीमती गिरिजाकुमारी जोशी गौतमको नाममा रहेछ। आफ्नो खाताबाट ४८ लाख रुपैयाँ बैंकका कर्जा विभाग प्रमुख गौतम लगायतका व्यक्तिमा नाममा सारिसकेछन्।, ‘त्यो दिन तिलक सरले मलाई बैंकमा खाता खोल्न जाम् भन्नुभएको थियो, बैंकमा गएर ठाउँठाउँमा ल्याप्चे लगाएर आएको थिएँ,’ डम्मरले भने, ‘उहाँहरूले मेरो नामका तीन वटा चेक बुक पनि निकाल्न लगाउनुभएको थियो। खाली चेकहरूमा ल्याप्चे हान्न लगाउनुभयो।’, डम्मरको नामको एटिएम कार्ड पनि निकालेको पाइएको छ र उनले कार्ड देखेका छैनन्।, मनिकापुरका बासिन्दाहरूका अनुसार डम्मरको भनिएको जग्गाको मूल्य अहिले बढीमा २० लाख रुपैयाँ होला। स्थानीयबासीले अनुमान गरेको मूल्यभन्दा तेब्बर बढी मूल्यांकन गरेर बैंकले ५० लाख रुपैयाँ कर्जा दिएको देखिएको छ।, डम्मरको नामको जग्गा ‘कर्णाली विकास बैंक लिमिटेड, नेपालगञ्ज’ को नाममा रोक्का छ। अहिले आएर आफूलाई सबै कुरा थाहा भएको र पढ्न नजानेको आफूलाई षड्यन्त्र गरेको फसाएको डम्बरले बताए।, ‘मैले जग्गाको पुर्जा नै हातमा पाइनँ। मैले किन ५० लाख कर्जा लिनुपर्ने थियो र,’ डम्मर भन्छन्, ‘तिलक र बैंकका कर्मचारी मिलेर बदमासी गरेका हुन्।’, सेतोपाटीलाई प्राप्त बैंक स्टेटमेन्टहरू हेर्दा डम्मरको खाताबाट २६ लाख रुपैयाँ बैंकका कर्जा विभाग प्रमुख गौतमको खातामा सारेको देखिन्छ। रकम सार्नुको कारण ‘जग्गा किन्ने प्रयोजन’ उल्लेख गरिएको छ। १४ लाख रुपैयाँ गौतमकी श्रीमती गरिजाकुमारीको खातामा सारेको देखिन्छ। डम्मरको नाममा तेस्रो किस्तामा आएको सात लाख ४४ हजार रुपैयाँ ‘अष्टलक्ष्मी बिल्डर्स’ का सञ्चालक किरण भण्डारीले निकालेको बैंक स्टेटमेन्टमा देखिन्छ। कर्जा विभाग प्रमुख गौतम र भण्डारी पुरानो चिनजानका साथी हुन्।, यता, डम्मरका अनुसार उनको नामको जग्गा धितो राखेर ऋण स्वीकृत गराएपछि उनी र उनकी श्रीमति कल्पनामाथि तिलकका परिवारले अभद्र व्यवहार गर्न थाले। अति भएपछि डम्मर र कल्पनाले तिलकको घर छाडे। आफ्नो भन्नु त्यही एउटा मोटरसाइकल थियो।, यही बीचमा बैंकका कर्जा विभाग प्रमुख गौतमले सानो काम पर्यो भनेर डम्मरलाई बोलाए।, मोटरसाइकल चढेर डम्मर बैंक पुगे। गौतमले भनेका ठाउँमा ल्याप्चे लगाए। लगत्तै प्रहरीले चोरीको आरोपमा डम्मरलाई पक्राउ गर्यो।, अनि बल्ल थाहा भयो, तिलकले त उल्टै आफ्नो मोटरसाइकल डम्मरले चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिए। मोटरसाइकल तिलकको हातमा परेपछि पक्राउको भोलिपल्ट डम्मर थुनाबाट छुटे अनि सार्वजनिक बसमा घर फर्के।, डम्मरले अहिले तिलकको योजनामा आफू अनपढ व्यक्तिलाई फसाउने षड्यन्त्र रचेकोले उनीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।, ‘तिलकको डिजाइनमा म जस्तो अनपढ र गरिबलाई फसाउने खेल भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘मेरो नामको जग्गाबाट कर्जा निकालेर रकम हिनामिना गर्ने बैंकका कर्मचारीमाथि पनि कारबाही हुनुपर्छ।’, केही दिनयता डम्मर ढाड दुख्ने समस्याले पीडित छन्। उनले काम गर्न सकेका छैनन्।, ‘मेरो ढाडमा दुई वटा नसा च्यापिएका छन्। उपचार गरिरहेको छु,’ उनले भने ‘मसँग औषधि किन्ने पैसा पनि छैन। म थलिएपछि मेरो घरको अवस्था नाजुक भएको छ।’, नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंक बाँके, बर्दिया र दाङमा सक्रिय छ। हालसम्म यसका १८ वटा शाखा छन्। यो बैंक मध्यपश्चिम र सुदूरपश्चिमको पहिलो विकास बैंक हो। , हामीले यसबारे बैंकका कर्जा विभाग प्रमुख गौतमसँग फोनमा कुरा गरेका थियौं।, उनले आफूले तिलक विकलाई जग्गा बेचेको बताए।, ‘श्रीमती गिरिजाकुमारीको नामको जग्गा मैले बेचेको साँचो हो,’ उनले भने, ‘डम्मर नेपालगञ्ज आएपछि सबै कुरा मिल्छ, उसलाई नेपालगञ्ज पठाइदिनुस् न।’, 'डम्मर आउँदा कसरी कुरा मिल्छ?', गौतमले भने, ‘उसको (डम्मरको) नाममा जग्गा छ। मैले तिलकलाई बेचेको हो। अब उसले अर्काको (तिलकको) नाममा पास गरेपछि भइहाल्छ। ऋण अर्कोले बोक्छ। जग्गा फुकुवा हुन्छ।’, आफूलाई केही थाहा नदिई ल्याप्चे हान्न लगाएर ऋण निकालेको भन्ने डम्मरको आरोपबारे गौतमले, ‘डम्मरले झुट बोलेको हो। ऊ यहाँ आए त कुरै सकिन्छ नि, किन मिडिया गुहार्दै हिँड्नु पर्यो?’, गौतमका अनुसार तिलक र डम्बर नाताका मानिस हुन्, तिलक भिनाजु र डम्बर साला। आफूले तिलकलाई जग्गा बेचेको र तिलकले त्यो जग्गा डम्मरको नाममा राखेको गौतमको जिकिर छ।, तिलक र डम्बरको सम्बन्ध बिग्रिएपछि समस्या सिर्जना भएको पनि गौतमको भनाइ छ।, ‘तिलकसँग डम्मरको सम्बन्ध के के भयो र आज ऊ (डम्मर) मिडियामा गइरहेको छ,’ गौतमले भने ‘ऊ यहाँ आएपछि मैले गर्नुपर्ने सहयोग गर्छु। जसको नाममा गरिदिनुपर्ने हो, गरिदिन्छु।’, आफूले जग्गा तिलकलाई बेचेको र जग्गा डम्मरको नामका पास भएकोले डम्मरको खाताबाट ४० लाख रुपैयाँ आफू र आफ्नी श्रीमतीको खातामा सारेको गौतमको भनाइ छ।, आफूले चार वर्षअघि नै बेचेको जग्गामा डम्मर र तिलकको विवाद भएको गौतमको भनाइ छ। उनले भने, ‘यसमा एक रुपैयाँ बदमासी भएको छैन।’,
गौतमका अनुसार तिलकले कर्जा निकालेर उक्त जग्गा किनेका हुन्। कर्जाको किस्ता पनि उनैले तिर्दै थिए। तिलक र डम्मरको ठाकठुक परेपछि किस्ता आउन छाडेको छ।, उनले भने, ‘जग्गा आज एक करोडको छ। मैले त लोन (कर्जा) बोक्न नसकेर बेच्नु परेको हो।’, जग्गा र कर्जाको विवादबारे जिज्ञासा राख्दा तिलकले आफूले डम्मरबाट पैसा पाउन बाँकी रहेको बताए।, ‘नाताले डम्मर मेरो सालो हो। ऊबाट मैले मैले पैसा लिनुपर्ने छ। डिटेल बुझ्न चाहनुहुन्छ भने त्यस (डम्मर) लाई नेपालगञ्ज लिएर आउनू न।’, आफूमाथि षड्यन्त्र गर्नेलाई कारबाही हुनुपर्ने उनको भनाइ छ। गौतम र तिलकले भनेझैँ कुरा मिलाउन डम्बर तयार छैनन्।,
अर्काको घरमा मजदुरी गर्ने डम्मरले जब थाहा पाए ५० लाख ऋण लागेको कुरा... |
राजकुमार पराजुली तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ।, सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन।, चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेसनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२ औं पटक म्याद थप्दा पनि आलटाल गरिदिइएको समयमा काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो। , इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ।, 'अब इङ्कले काम नगरेपछि नयाँ ठेकेदार कम्पनीको खोजी गरिने निर्णय भएको छ, यसका लागि तीन नगरको बैठकले तय गर्नेछ', आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले भने।, उनका अनुसार नयाँ ठेकेदार कम्पनीको खोजीबारे तीन नगरका जनप्रतिनिधिको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ।, तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ।, आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन्।, गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयवासीका घर-घरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको थियो। , परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो।, नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ।, बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब बाह्र वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरू गरिएको थियो। सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब एक अर्ब रुपैयाँमा सम्पन्न हुने जनाइएको थियो। , हाल खानेपानी वितरण कार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाएका हुन्। नगरप्रमुखले खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थाल्न लगाएका छन्। , यस्तै पनौती नपा–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माण कार्य सक्न नयाँ ठेकेदार कम्पनीको खोजी गर्नुपर्ने जनाइएको छ।, आयोजनाको रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ। वादेका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरूप हाल पनौतीको शारदादेवीस्थानमा पानी पुर्याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ। मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ। , आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत् वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन) को काम भएको छ।, तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी आयोजनाको काममा ढिलाइ भएको जनाइएको छ।, आयोजनाअनुसार क्षति पुर्याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन्।, तीन नगरका एक हजार एक सय १४ इन्टर–कनेक्सन गरिएको छ। उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ। आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्ट्यान्डर्डको पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन्। , 'अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद् विषय हो' धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने।, उनका अनुसार नयाँ ठेकेदार कम्पनीले केही महिनामै आयोजना सकेर खानेपानी वितरण हुनसक्ने उनको अनुमान छ।, आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एसियाली विकास बैंकबाट अनुदान तथा ३५ प्रतिशत रकम विसं २०६९ असारमा नगर विकास कोषबाट ऋणका रूपमा लिइएको थियो। बाँकी १५ प्रतिशत रकम भने तीन वटै नगर र स्थानीय उपभोक्ताबाट व्यहोरिने जनाइएको छ। , वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा भएको थियो।, यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रूपमा हेरिएको थियो। आयोजनाको कूल लागत भ्याटबाहेक रु ९९ करोड ८ लाख सात हजार रहेको छ।,
बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन आयोजना, नयाँ ठेकेदारको खोजी |
सेतोपाटी संवाददाता हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ। मंगलबारदेखि लगातारको हिमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्।, हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ। हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।, ‘विद्युतमा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालीकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युतको काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ’, उनले भने।, विद्युत् अवरुद्ध भएपछि खलंगालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन्। हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ। सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।,
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध |
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा गाडीको ठक्करबाट अटो चालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै बेलुकी चोकमा चक्काजाम गरिएको छ। , सोमबार बिहान पौने नौ बजेतिर बा ५ ख ७१५१ नम्बरको हायसले बाटो क्रस गर्दै गरेको भे १ ह ३५४७ नम्बरको अटोलाई कोहलपुर नगरपालिका वडा नं. २ स्थित राजमार्गमा ठक्कर दिएको थियो। , उक्त दुर्घटनाका घाइते अटो चालक कोहलपुर नगरपालिका वडा नं. २ का ४० वर्षीय गणेश कनाउ मगर गम्भीर घाइते भएका थिए।, कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको बिहान पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए। , त्यसको विरोधमा उचित क्षतिपूर्तिको माग गर्दै बेलुकी साढे चार बजेदेखि स्थानीय र पीडित पक्षले कोहलपुर चोकमा चक्काजाम गरेको प्रहरी निरीक्षक पालले बताए। , चक्काजाम खुलाउन प्रयास जारी रहेको उनले जानकारी दिए।,
क्षतिपूर्तिको माग गर्दै कोहलपुर चोकमा चक्काजाम |
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा भर्खर जन्मेको आफ्नो बच्चा फाल्ने बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।, पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।, उनका अनुसार चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरू गरिएको छ। अमितसँगै पक्राउ परेकी उनकी श्रीमती विन्दुलाई रिहा गरिएको छ।, नवजात शिशु जंगलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ। माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालेका थिए।, घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशु देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।, बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो।,
आफ्नै बच्चा जंगलमा फाल्ने बाबु पक्राउ |
सेतोपाटी संवाददाता दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराहीको दामोदर चोकमा आइतबार राति ९ बजेतिर ठक्कर दिएको थियो। , दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १० का ४५ वर्षीय पूर्ण मगर गम्भीर घाइते थिए। घाइते मगरलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै भैरहवा मेडिकल कलेज रिफर गरिएको थियो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार घाइते मगरको उपचारका क्रममा सोमबार बिहान दुई बजेतिर मृत्यु भएको जानकारी परिवारले दिएको बताए। , मृतकको शव घोराहीमा पोष्टमर्टमपछि आफन्तले बुझेका छन्।, एम्बुलेन्स चालक रोल्पाको त्रिवेणी गाउँपालिका २ का २८ वर्षीय निर्मल बुढा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।,
एम्बुलेन्सको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचार क्रममा मृत्यु |
सेतोपाटी संवाददाता ललितपुरको एक कागज गोदाममा आगलागी भएको छ। , सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित कागजको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , अहिले आगलागी निभाउने प्रयास भइरहेको छ। उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो।, चार वटा दमकल, प्रहरी लगायतले आगलगी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।, आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको एसपी पोखरेलले बताए।, , ,
ललितपुरको कागज गोदाममा आगलागी |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडालको कार्यकक्षबाट ८ लाख रूपैयाँ बरामद भएको छ।, नवौं तहका कर्मचारी चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ गरी कार्यकक्षमा खोजी गर्ने क्रममा दराजबाट स्रोत नुखलेको ८ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराएर सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग साढे एक लाख रूपैयाँ मागेका थिए।, घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार कार्यालय टंगालबाट टोली खटिएको थियो। प्रवक्ता भण्डारीका अनुसार चुडालले उक्त घुस रकम लिइसकेपछि अख्तियारको टोली पुगेको थियो। , घुस लिएपछि कार्यकक्षमा चेक गर्दा दराजबाट स्रोत नखुलेको ८ लाख बरामद भएको हो। रकमसँगै विभिन्न ब्रान्डका ९ वटा मदिराका बोतल, ५ वटा मोबाइल र एउटा डायरी पनि बरामद भएको छ।, उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।,
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख प्रबन्धकको कार्यकक्षबाट ८ लाख बरामद |
सेतोपाटी संवाददाता आज (मंगलबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, यस्तै भोलि बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।, हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।,
,
मेघ गर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात |
रासस तनहुँको घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक प्रेम थापालाई पक्राउ गरेको छ।, होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेको आरोप छ।, उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडाकी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा उनी घाइते भएकी थिइन्।, लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए।, राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए। अन्य विद्यार्थीको अवस्था सामान्य रहेको उनले बताए।, होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रअ थापाले गरेको निरीक्षक अर्यालले जानकारी दिए।, घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए।, गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले बताए।, कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए।,
कुटपिटबाट विद्यार्थी घाइते भएपछि प्रधानाध्यापक पक्राउ |
रासस रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको 'जेल रेष्टुरेण्ट' प्रशासनले बन्द गरिदिएको छ।, उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ।, ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो।, ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।, उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए।, फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए।, यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।,
प्रशासनले बन्द गरिदियो भैरहवाको 'जेल रेष्टुरेण्ट' |
खेमराज गौतम पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ- बागलुङ। पहाडी क्षेत्रमा चरेका मौरीको मह अर्गानिक र स्वस्थकर मानिने भएकाले मौरीपालन व्यवसाय फस्टाएको हो।, यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट पनि मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ।, विसं २०७२ बाट मौरीपालन थालेका म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ –४ रमेटारलाई छानेका छन्।, उनले आफ्ना मौरीका घारहरू केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आएका छन्। रमेटारस्थित खेतको डिलमा उनका एक सय १५ मौरीका घार छन्।, खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएको बताए।, बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ।, ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुडुँलेलाई लिएको छ।, विसं २०५१ बाट मौरीपालन व्यवसायमा लागेका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताए।, कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ।, झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सनले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ।, पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पुर्याउने योजनाअनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिए।, ‘माउन्टेन मौरी कन्सनमार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुरसहित विभिन्न जिल्लामा मौरीका घार चरनका लागि पुर्याइन्छ। चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरीसहितका घार पुर्याउँदा व्यावसायिक प्रवर्द्धन हुने, घार सहितका मौरी बिक्री गर्ने र मौरीपालन व्यवसाय फस्टाउने लक्ष्यका साथ पहिलोपटक बागलुङको कुडुँले फाँटमा ल्याएको छु, झण्डै सय घारमध्ये बिक्री भएर अहिले कुडुँले फाँटमा ७० मौरीसहितका घार छन्, यहाँका कृषकलाई मौरीपालन व्यवसाय सिकाउनका लागि समेत सहयोग पुर्याइने छ,’ उनले भने।, व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ। यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसान मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा आएका छन्।, मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिँदै आएको पाइन्छ। मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाँउमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन्।, मौरीलाई यो सिजनमा डेढ महिना बागलुङ सहितका पहाडी जिल्लामा पुर्याएको कन्सनका प्रमुख श्रेष्ठले जानकारी दिए। उनले बागलुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाडौँका विभिन्न स्थानमा पुर्याएको उनले बताए।, ‘वर्षमा दुईपटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पुर्याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ। मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरुक बनाउँछु, पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ,’ उनले भने।, यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ। उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ।, मौरीसहितका घार ढुवानी आफैंमा जोखिमपूर्ण भए पनि उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ। माउन्टेन मौरी कन्सनले मौरीसहितका घार बिक्रीबाट महभन्दा बढी फाइदा हुने बताउँदै प्रतिघारलाई रु १२ हजारमा बिक्री गरिएको जानकारी दिए।, ललितपुरबाट पहिलोपटक मौरी चरनका लागि बागलुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले विसं २०७२ देखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आएका छन्।, खत्रीले गत वर्षमात्रै १ सय १० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताए।, खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताए।, यस्तै जैमिनी ७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार रहेको र ३० घार बागलुङको क्याम्पस रोडमा चरनका लागि राख्दै आएको बताए।, (रासस),
ललितपुरबाट मौरी चराउन बागलुङ! |
रासस नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ।, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।, यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएका थिए।, नयाँ प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेललाई तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।,
प्रहरी प्रवक्तामा डिआइजी पोखरेल |
सेतोपाटी संवाददाता झापाको कचनकवलमा दुई जना मृत भेटिएका छन्।, कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका राजेश गणेश र पवित्रा राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गराज रेग्मीले बताए । उनका अनुसार दुबै जनाले सोमबार राति आत्महत्या गरेका हुन्।, स्थानीयका अनुसार उनीहरू दुबै जना चिया बगानमा काम गर्थे।, केही महिनाअघि दुबै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्वीकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको स्थानीयले बताएका छन्। केटीको बुबाले प्रहरीमा केटाविरूद्ध उजुरी गरेका थिए। प्रेम विवाहलाई परिवारले स्वीकार गर्न नसक्दा उनीहरूले आत्महत्या रोजेको स्थानीयको भनाइ छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।,
झापामा मृत भेटिए दुई जना |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ।, जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।, उनका अनुसार हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।, ‘अहिले ५५११ नम्बरको ब्यालेन्स सकिएको कारण सुविधा उपलब्ध छैन भनेर भनिएको छ,’ उनले भने, ‘हिजो पैसा सकिएको थियो। पैसा हालेपछि पुनः सुचारू हुनेछ।’, महानगरका दुई वटा टोलफ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। नयाँ टोल फ्री नम्बरमा पैसा सकिएको कारण अहिले पुरानोमा सम्पर्क गर्न सकिने उनी बताउँछन्।, ढकालका अनुसार मेयर बालेन शाह आएपछि धेरै मानिसले कल सेन्टरबारे थाहा पाएको कारण पनि सबैलाई नयाँ नम्बर थाहा भएको हो।, अहिले कल सेन्टरको नयाँ नम्बरमा फोन गर्दा ‘माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन’ भनेको सुनिन्छ।,
ब्यालेन्स सकिएर बन्द भयो काठमाडौं महानगरपालिकाको टोलफ्री नम्बर |
रासस विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइ सरे।, भारतसँग सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरूआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गरे।, महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुङ्गा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए। दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन्। विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएबापत पारिश्रमिक रु २० लिएर काम गरेको विगत सुनाए।, 'वनबासाबाट आउन जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाका लाग्थे', उनले भने, 'त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो।' , उनले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिक रूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताए।, 'वर्षातको उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन', उनले भने, 'त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ।', तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधारा चाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको भए पनि सडक, पुललगायतका संरचना निर्माणले समस्याबाट टाढा छ।, 'ओदाली (भीमदत्त नगरपालिकातर्फ) बाट सवारी र सामान राखेर अहिले झोलुङ्गे पुल भएको ठाउँमा झार्थेँ', सिंहले भने, 'किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो।', उनका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी दुइटा किस्ती चल्थे।, किस्ती चलाउन आफूसहित चार जनाको टोली हुने गरेको उनले बताए।, 'प्रतिव्यक्ति महाकाली तारेको रु पाँच भाडा थियो', उनले भने, 'सहयोगीसहित चार जनाको टोली भए पनि मुख्य चालक म नै थिएँ।', उनले किस्तीमा ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाए।, 'यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो', उनले भने, 'झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो।', हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधारा चाँदनीवासी अहिले सुदूरपश्चिमको आर्थिक समृद्धिको ढोकामा छन्।, यहाँ चार लेनको पक्की मोटरेबल पुलदेखि दोधादा चाँदनी नगरपालिका–१ मा सुक्खाबन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ।, किस्तीको ठेक्का हुँदा तत्कालीन चाँदनी गाविसमा चार/पाँच हजार रुपैयाँमा वार्षिक ठेक्का हुँदै सुरू भए पनि पछि गरेर एक/डेढ लाख रुपैयाँसम्म रकम वार्षिक रूपमा संकलन गर्ने गरी ठेक्का हुने गरेको उनको भनाइ छ।, 'वर्षातमा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि', उनले भने, 'दोधारा चाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो।', दैनिक एकपटकमात्रै किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयवासीलाई धेरै सहज भएको सिंहको भनाइ छ।, 'किस्तीमा पानी भरिँदा सफा गर्नेमात्रै दुई जना हुन्थे', उनले भने, 'महाकाली तार्न यहाँ दुइटा घाट बढी सञ्चालनमा थिए।', महाकाली नदीमा विसं २०५८ मा झण्डै डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी मूलधारसित जोडिनु पुगेको थियो।, पछिल्लो समय सडक सञ्जालको व्यापक निर्माणदेखि महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँचमार्ग बनेपछि दोधारा चाँदनीको स्वरूपमै परिर्वतन आएको छ।, यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हुँदैछ।, 'त्यो बेला साइकल नहुने दोधारा चाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्', उनले भने, 'मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधारा चाँदनीले पनि हो।',
बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर |
सेतोपाटी संवाददाता मोरङमा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेका छन्। , सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। , उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्।, षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।,
,
अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ |
मनिका विश्वकर्मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबिबिएस पढिरहेका विद्यार्थीहरू सोमबारदेखि आन्दोलनमा छन्। , क्याम्पसले उनीहरूलाई होस्टल उपलब्ध नगराएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीहरूको आन्दोलन मंगलबार पनि जारी छ। आक्रोशित विद्यार्थीहरूले सोमबार क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी समेत गरेका छन्।, सरकारले छात्रवृत्तिबाट छानिएका एमबिबिएस ७५ प्रतिशत विद्यार्थीहरूलाई निःशुल्क होस्टल व्यवस्था गरेको छ। तर क्याम्पसले आधा विद्यार्थीलाई पनि नराखेको विद्यार्थीहरूको आरोप छ।, 'छात्रावासमा बस्न पाउने हाम्रो अधिकार भए पनि हामीलाई बस्न दिइएन। आधाभन्दा कम विद्यार्थी राखिएको छ,' आन्दोलनमा सरिक एक विद्यार्थीले भने।, नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजले पूरा गर्नुपर्ने मापदण्ड पुस्तिका; 'एक्रिडेसन स्ट्यान्डर्डस् फर द एमबिबिएस- २०१७' मा उल्लेख छ, 'एमबिबिएस पढ्न छात्रवृत्ति पाएकामध्ये कम्तीमा ७५ प्रतिशत विद्यार्थीलाई होस्टल सुविधा उपलब्ध गराउनुपर्नेछ।', यही नियमका आधारमा यहाँका विद्यार्थीले पनि प्रवेश परीक्षा दिएका थिए। ७५ प्रतिशत विद्यार्थी होस्टलका लागि छानिएका पनि थिए। तर उनीहरूलाई होस्टलमा ठाउँ खाली नभएको भन्दै बस्न नदिइएको विद्यार्थीहरू बताउँछन्।, 'होस्टलमा बस्न नाम निस्किएको भए पनि हामी बस्न पाएनौं। ठाउँ छैन भन्दै बारम्बार फिर्ता पठाइयो,' एमबिबिएस तेस्रो वर्षमा पढिरहेका अर्का विद्यार्थीले भने।, उनीहरू ठाउँ खाली होला भन्दै कुरिरहे। नाम निस्किए पनि होस्टल नपाएपछि ७१ जना विद्यार्थी बाहिरै बस्दै आएका छन्। तीन वर्षदेखि उनीहरू आफ्नै खर्चमा निजी होस्टलमा बसिरहेको उनले जानकारी दिए।, 'हामीले पाएको सुविधा छाडेर बाहिर खर्च गरेर बस्नुपरेको छ। पढाइ आधा सकिन लागिसक्यो। बस्ने अझै टुंगो भएको छैन,' उनले भने, 'यसले त हाम्रो पढाइमा बाधा पारेको छ।', उनीहरू निजी होस्टलमा एक जनाले कम्तीमा पन्ध्र हजार रूपैयाँ तिरेर बसेका छन्। राति १२ बजेसम्म क्याम्पसको पुस्तकालयमा बसेर पढेर होस्टल फर्किँदा समस्या हुने गरेको छ। बाटोमा लुटपाट समेत भएको उनीहरूले बताए।, एक विद्यार्थीले भने, ‘हाम्रा कति साथीको मोबाइल लुटिएको छ। क्याम्पसमा हामीले पाउनुपर्ने होस्टल सुविधा पाएको भए दुःख पाउनु पर्दैन थियो। हाम्रै लागि भनेर बनाएको होस्टल हो, हामी बस्न नपाएर यस्तो बिजोग छ।', महाराजगञ्ज मेडिकल क्याम्पसमा होस्टलका पाँच वटा ब्लक छन्। यसमध्ये ए, बी र सी पुराना भवन हुन्। यिनमा विद्यार्थीहरू बस्दै आएका छन्। डी र ई भने नयाँ बनेका भवन हुन्। यिनीहरू अहिलेसम्म औपचारिक रूपमा सञ्चालनमा आएका छैनन्।, विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग गएर बारम्बार नयाँ भवन खुला गर्न र उनीहरूलाई बस्न दिन आग्रह गरिरहे। तर प्रशासनले उनीहरूको कुरै नसुनेको विद्यार्थीहरू बताउँछन्। आफूहरूको समस्या सुनुवाइ नभएपछि तीन साताअघि विद्यार्थीहरू आफैं गएर ती नयाँ भवनमा बस्न थालेका थिए।, 'डी र ई ब्लकमा कोही बस्दैन थियो। प्रशासनले नखोलेपछि हामी आफ्नै सुरमा बस्न थालेका थियौं,' विद्यार्थीले भने, 'तीन हप्तासम्म हामी बस्यौं। कसैले केही भनेन। हामीलाई पढ्न धेरै सजिलो भएको थियो।', तर गत माघ ३ गते क्याम्पसले सूचना जारी गर्दै माघ ८ गतेसम्म होस्टल भवन खाली गर्न भन्यो। सरसफाइ तथा मर्मतसम्भार कार्य गरी होस्टल वैधानिक रूपमा विद्यार्थीलाई वितरण गर्ने भन्दै क्याम्पसले सूचना निकालेको थियो।, सूचनापछि पनि विद्यार्थीहरू त्यहाँबाट निस्केनन्। उनीहरू बसिरहेकै थिए। त्यसपछि क्याम्पसले डी र ई ब्लकको बिजुली काटिदिएको ती विद्यार्थीले बताए।, 'बत्ती काटिदिएपछि हामीले पढ्न त पाएनौं नै, त्यति बेला हामीमध्ये धेरै विद्यार्थीलाई रूघाखोकी र ज्वरो आएको थियो। यो जाडोमा पानी तताएर समेत खान पाएनौं,' उनले गुनासो गरे, 'परीक्षा नजिकिएको छ। हामी भने आन्दोलन गर्दै अँध्यारोमा बस्नपरेको छ।', ब्लक डी र ईका विद्यार्थीहरू यसपछि गुनासो बोकेर प्रशासनकहाँ पुगे। उनीहरूले आफ्नो समस्या राखे, प्रशासनले होस्टल खाली गर्न दबाव दिइरह्यो। , ‘समस्या समाधान गर्नतिर नलागेर हामी त विद्यार्थी नै होइन जस्तो व्यवहार गरियो,' उनले भने, 'हामीले कुरा राख्दा क्याम्पस प्रमुखले जेसुकै गर, मनलागे तालाबन्दी गर, म तिमीहरूका लागि केही गर्दिनँ भन्नुभयो।’, क्याम्पस प्रमुख डा. अर्जुन प्रसाद लामिछानेले उनीहरूलाई होस्टल नछाडे क्याम्पसबाट हटाइदिने भन्दै धम्की दिएको समेत विद्यार्थीहरूको आरोप छ। उनले भिडिओ खिचेरै धम्क्याएको र दुर्व्यवहार गरेको उनीहरूको भनाइ छ।, आन्दोलनरत विद्यार्थीले सोमबार प्रमुख लामिछानेको कोठामा तालाबन्दी गरे। यसपछि लामिछाने निस्केर गए। विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन कार्यालयलाई पनि आफ्नो माग राखे। डिन कार्यालयले २४ घन्टाको समय मागेको थियो। , विद्यार्थीहरूले चारवटा माग राखेका छन्- विद्यार्थीहरूलाई होस्टल व्यवस्था गर्नुपर्ने, डी र ई ब्लकमा बसिरहेका सबै विद्यार्थीलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने, सबै ब्लकका होस्टलका विद्यार्थीको विवरण प्रकाशित गर्नुपर्ने र कोठा नपुगे बाहिर भाडामा भवन लिएर भए पनि उपलब्ध गराउनुपर्ने।, यी मागमाथि मंगलबार पनि डिन कार्यालयले कुनै कारबाही अगाडि नबढाएको भन्दै उनीहरू फेरि आन्दोलनमा उत्रेका छन्। मंगलबार उनीहरूले डिन कार्यालयमै तालाबन्दी गरे। कार्यालय कर्मचारीहरूले प्रहरी बोलाएर तालाबन्दी खुलाउन लगाए। यसक्रममा विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ।, यस विषयमा हामीले सोमबारदेखि नै क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेसँग कुराकानी गर्न खोज्यौं। बारम्बार सम्पर्क गर्न खोज्दा पनि उनले विभिन्न काम भएको भन्दै फोन काटे। मंगलबार भने उनको फोन नै नलाग्ने भएको छ।,
होस्टल नपाएपछि आइओएममा चर्केको आन्दोलन |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले देशका पश्चिमी क्षेत्रमा सोमबार रातिदेखि वर्षा भएको छ।, सुदूरपश्चिमदेखि म्याग्दीको घोडेपानीसम्मका विभिन्न स्थानमा वर्षा गराएको उक्त मौसमी प्रणालीले काठमाडौं उपत्यका र पूर्वी नेपालमा भने असर नगर्ने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार सोमबार रातिदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रणाली उत्तरपूर्वी दिशातिर गइरहेको छ।, ‘यो प्रणालीले यसपालिको पहिलो हिउँदे वर्षा गराएको छ। तर यो गण्डकी प्रदेशभन्दा पूर्व आउने सम्भावना छैन,’ प्रधानाङ्गले सेतोपाटीसँग भने,‘बुधबार रातिसम्म यो प्रणाली कमजोर भइसक्नेछ।’, काठमाडौंमा पानी पर्न भने अर्को पश्चिमी वायुको प्रणाली आउनु पर्ने उनले बताए।, ‘हामीले तीन दिनसम्मको पूर्वानुमान गर्छौं। आगामी तीन दिनमा त्यस्तो प्रणाली आउने सम्भावना देखिन्न,’ प्रधानाङ्गले भने।, सोमबार राति प्रवेश गरेको प्रणालीका कारण सबैभन्दा धेरै वर्षा सुर्खेतमा भएको छ।, सुर्खेतको गोठीकाँडामा गत २४ घन्टामा २५.२ मिलिमिटर वर्षा मापन भएको छ। पश्चिमी वायुको प्रणालीले हिमाली जिल्लाहरूमा हिमपात पनि भएको छ।, यसपालिको हिँउदमा कमजोर पश्चिमी वायुका प्रणाली आएकाले वर्षा हुन नसकेको र धेरै जाडो महशुस नभएको प्रधानाङ्गले बताए।, ‘यो हिउँदमा पहिला पनि केही प्रणाली आएका हुन् तर वर्षा गराउने खालका भएनन्। हिजो आएको प्रणालीले पनि पश्चिमी क्षेत्रमा मात्र पानी पार्यो,’ उनले भने,‘देशैभरि पानी पार्न अर्को प्रणाली बलियो प्रणाली आउनुपर्छ।’, ,
पश्चिममा पानी पारेको प्रणाली काठमाडौंसम्म आइनपुग्ने |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरमा एक जना पुरूषले आफैंमाथि आगो लगाएका छन्।, मंगलबार दिउँसो ३ बजेतिर इलाम घर भएका ३६ वर्षीय प्रेम आचार्य नाम गरेका व्यक्तिले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको बताए।, 'प्रहरी घटनास्थलमा पुगेर आगो निभाएको भन्ने सुनेको छु। थप उपचारका लागि कीर्तिपुर लगिएको छ', उनले भने।, घटनाबारे थप बुझ्न बाँकी रहेको उनले जनाएका छन्।,
नयाँ बानेश्वरमा एक पुरूषले आफैंमाथि लगाए आगो |
सेतोपाटी संवाददाता मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।, भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन। , भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।,
पश्चिम नेपालमा भूकम्पको धक्का |
सेतोपाटी संवाददाता मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। , भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। , भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।, जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नयन रावलले भूकम्पको धक्काका कारण धेरै मानिस घर बाहिर आए पनि अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको बताए। , ‘ठूलै झट्का महशुस भएको थियो। सदरमुकाम आसपासका बासिन्दाहरू ठूलो संख्यामा घरबाहिर छन्। क्षतिको कुनै विवरण आएको छैन,’ रावलले भने,‘सूचना आउनेबित्तिकै उद्धारका लागि टोली तैनाथ छ।’,
बाजुरा केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टरको टोल फ्री नम्बर बन्द भएको केही समयपछि पुनः सञ्चालनमा आएको छ।, जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ नम्बरमा ब्यालेन्स सकिएको कारण केही समय बन्द भएता पनि अहिले पुनः सुरू भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।, केही समय अगाडि उक्त नम्बरको ब्यालेन्स सकिएका कारण बन्द भएको थियो।, ‘अहिले ५५११ नम्बरमा ब्यालेन्स हालिसकेको छौं,’ उनले भने, ‘हिजो पैसा सकिएको थियो। तर अहिले पुनः सुरू भइसकेको छ।’, महानगरका दुई वटा टोल फ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। , ,
सञ्चालनमा आयो ब्यालेन्स सकिएर बन्द भएको काठमाडौं महानगरको टोल फ्री नम्बर |
सेतोपाटी संवाददाता स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। , माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो। पाइलट रानेश डंगोलले चलाएको उक्त हेलिकप्टरमा चार जना सवार थिए। , खेल भइरहँदा नै पाइलटले मैदानमा ल्याण्ड गरेपछि केहीबेर तनाव भएको थियो। पाइलटमाथि हातपात समेत भएको थियो। , उक्त हेलिकप्टरमा विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार थिए। उनीहरूले जबरजस्ती पाइलटलाई मैदानमा हेलिकप्टर अवतरण गराएको प्रहरी निरीक्षक थापाले बताए। , प्रहरीले उनीहरू चारै जनालाई पक्राउ गरेको हो। यस्तै, आयोजकतर्फका यामबहादुर गुरूङ र सुरेश श्रेष्ठले कुटपिट गरेको प्रहरीले जनाएको छ। , उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको हो। , उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। , प्रहरीका अनुसार हेलिकप्टरले पनि प्रशासनसँग कुनै अनुमति लिएका थिएनन्। ,
,
स्याङ्जा खेल मैदानमा हेलिकप्टर अवतरण घटना: पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ |
सेतोपाटी संवाददाता बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन्।, बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार केही घर भत्किएका छन् भने केही घर चर्किएका छन्।, स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भने, बडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ।, बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए।, ‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका छन्,’ उनले भने।, मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो।, भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो।,
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँदै |
सेतोपाटी संवाददाता मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ।, गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीय दिलबहादुर थापाले जानकारी दिए ।, उनका अनुसार रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो।, यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्।, उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन्।, मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।, बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार क्षतिको विस्तृत विवरण आउने क्रम बाँकी छ। ठाउँठाउँमा प्रहरी टोली खटाइएको छ ।, बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा आंशिक क्षति भएको छ।, सदरमुकामका केही सरकारी कार्यालयका भवन पनि चर्किएका छन्। जिल्ला अस्पताल, सशस्त्र प्रहरी बलको क्याम्प, वडा प्रहरी कार्यालय, जिल्ला कारागारलगायत सरकारी कार्यालयका भवन चर्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।,
बाजुरा भूकम्पमा एक जनाको मृत्यु, एक घाइते |
रासस भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ।, धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, भारतीय नागरिकको मृत्यु, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ।, भारतको उत्तरप्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा बस्दै आएका उनी बिरामी थिए।, उनको जिपी कोइराला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।,
भिरबाट लडेर तनहुँमा एकको मृत्यु |
दिपकजंग शाही सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो।, वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।, दुर्घटनामा परेर दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ।, दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।, गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो। गए राति साढे २ बजे दुर्घटनाको खबर प्रहरीलाई आएको कार्कीले बताए। ‘घाइतेका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको भन्ने छ, खास कारण भने खुलिसकेको छैन,’ उनले भने।,
सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, १ जना घाइते |
सेतोपाटी संवाददाता उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ।, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।, अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।, हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले जानकारी बताइन्। तर यो तापक्रम विस्तारै घाम लागेसँगै बढ्दै जानेछ।, तराईका केही भूभागमा हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हिमपातले दैनिक जनजीवन प्रभावित भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।, भोलि सोमबार मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा वर्षा तथा उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।, यस्तै पर्सि मंगलबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।, ,
सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.