content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ पोखरा महानगरका मेयर धनराज आचार्यले शौचालय बनाउन गत भदौ २३ गते पोखरा आर्ट ग्यालरी भत्काए।, सिर्जनशील कलाकार समूहले ‘अनन्त रेखाहरू’ शीर्षकमा चित्रकला प्रदर्शन गरेकै ग्यालरीका भित्ता डोजरले चिथोर्‍यो। ग्यालरीको अर्कोतर्फ रहेको पोखरा सार्वजनिक पुस्तकालयमा महानगरेको डोजर चल्यो।, डोजर चलेपछि पुस्तकालयमा संग्रहित पुस्तक क्षेत्री समाजको भवनमा राखिएका छन्। आर्ट ग्यालरीका चित्रकला सहितका सामग्री पनि त्यहीँ खात लगाइएको छ।  , महानगरले झटपट आर्ट ग्यालरी भत्काए पनि अहिलेसम्म शौचालय बनेको छैन।, कलाकारले अर्को आर्ट ग्यालरी पाएका छैनन्। उनीहरूले कोरेका चित्र क्यानभासमै सीमित छन्।, महेन्द्रपुलको आर्ट ग्यालरीमा आयोजित चित्रकला प्रदर्शनी अवलोकन गर्दै दर्शक। हाल भत्काइएको ग्यालरी यही हो। तस्बिर : युवराज श्रेष्ठ/सेतोपाटी।, आर्ट ग्यालरी नभएपछि कलाकार हेमकान्ती गुरूङले होटलमा चित्रकला प्रदर्शनी गरिन्। उनका अनुसार दर्शकहरू होटलमा चित्रकला हेर्न जान हिच्किचाउँछन्।, ‘महानगरले आर्ट ग्यालरी भत्काउन हतार गर्‍यो, अहिलेसम्म शौचालय पनि बनेन,’ हेमकान्तीले भनिन्, ‘आर्ट ग्यालरी नभत्काएको भए अहिलेसम्म कति कला प्रदर्शनी हुन्थे होला।’, महेन्द्रपुलको आर्ट ग्यालरीमा डोजर लगाएपछि महानगरलेर पृथ्वीचोकमा ग्यालरी दिने भनेको छ।, पृथ्वीचोकको पुरानो ट्राफिक प्रहरी कार्यालय भवन भएको ठाउँमा ‘पोखरा घर’ बनाउने र त्यसको तेस्रो तलामा आर्ट ग्यालरी राख्ने मेयर आचार्यको चाहना छ।, कलाकारको चाहना भने अर्कै छ।, वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’ को मनमा नयाँ आर्ट ग्यालरीको भावी चित्र नाचिरहेको छ। उनले पोखरामा एउटा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरीको सपना देखेका छन्।, उनले आफ्नो सपना सेतोपाटीलाई सुनाए, ‘पोखरामा अब बन्ने आर्ट ग्यालरीमा नेपालीमात्र होइन, विदेशी कलाकार पनि आफ्नो कला प्रदर्शन गर्न लालायित होओस्। विश्वका कला पारखीले पोखरा आर्ट ग्यालरीबारे थाहा पाऊन्।’, कोमागाने पार्कमा अलपत्र  मुर्तिकला। तस्बिर सौजन्य : सुनिल उलक।, अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरीका लागि लेकसाइडको केदारेश्वर मन्दिर रहेको कोमागाने पार्क उपयुक्त हुने उनको प्रस्ताव छ।, कोमागाने पार्कमा अहिले पनि केही रूखबिरूवा छन्। बेवारिसे अवस्थाको खुला मैदान छ जो गौचरन बनेको छ।, कोमागाने पार्कबाट अन्नपूर्ण हिमशृंखला देखिन्छ। फेवातालको नजिकै छ पार्क। मुख्य सहरबाट अलिक पर रहेकाले पार्क शान्त छ। खुला मैदान र नजिकैको फेवातालले पार्कको सौन्दर्य अनुपम बनाएको छ।, पोखराका स्थायी बासिन्दा वात्सायन पोखरामै साधनारत छन्। कोमागाने पार्कमा आर्ट ग्यालरी बन्न सके विदेशी पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको विश्वास छ।, बैदामस्थित उक्त मैदानलाई पोखरा महानगरले सन् २००२ मा ‘कोमागाने पार्क’ नाम दिएको हो। पोखराले जापानको कोमागाने सहरसँग भगिनी सम्बन्ध स्थापना गरेपछि यहाँ ‘कोमागाने पार्क’ भनिएको हो।, वात्सायनका अनुसार उक्त पार्कमा आर्ट ग्यालरी बनाउन धेरै खर्च चाहिँदैन। ठूला संरचना आवश्यक पर्दैन। स्थानीय स्रोतसाधनबाट थोरै खर्चमा आर्ट ग्यालरी बनाउन सकिन्छ।, निर्माण कार्यका लागि कलाकार र सर्वसाधारणबाट आर्थिक सहयोग संकलन गर्ने उनको सोचाइ छ।, कोमागाने पार्कमा अलपत्र मुर्तिकला। तस्बिर सौजन्य: सुुनिल उलक।, भन्छन्, ‘सरकारले कोमागाने पार्कमा अन्तर्राष्ट्रिय आर्ट ग्यालरी बनाउने योजना ल्याओस्। हामी पनि धेरथोर सहयोग गर्छौं।’, कोमागाने पार्कमा आर्ट ग्यालरीको एउटा कलात्मक भवन होओस् भन्ने उनको चाहना छ। भवनमा एउटा एउटा प्रदर्शनी हल र केही कोठा हुनुपर्छ।, ग्यालरीमा विश्वभरका कलाकारले लेखेका पुस्तकको एउटा पुस्तकालय पनि होओस्। प्रदशनीका क्रममा कलाकारले छाडेका कलाकृति संगृहीत गर्न पनि सकियोस्।, वात्सायन भन्छन्, ‘यति काम गर्न सके कालान्तारमा राज्यको अमूल्य निधि बन्नेछ।’, कोठाका भित्तामा चित्र सजाएर प्रदर्शन गर्ने मात्र होइन, सबैखाले कला प्रदर्शनी हुने आर्ट ग्यालरीको परिकल्पना वात्सायनले गरेका छन्।, भन्छन्, ‘पफर्मेन्स आर्ट, शिल्पकला, फोटो प्रदर्शनी लगायत कलाका सबै विधा एकै स्थानमा व्यवस्थित गर्न सकियोस्।’, वात्सायनले परिकल्पना गरेको अन्तर्राष्ट्रियस्तरको आर्ट ग्यालरीको प्रस्तावमा वरिष्ठ चित्रकार बुद्धि गुरुङको पनि विचार मिलेको छ।  , भन्छन्, ‘सहरको समृद्धि, विकास र सभ्यता आर्ट ग्यालरीले मापन गर्छ। पोखरा आर्ट ग्यालरी कलाकारका लागि मात्र होइन, सरकारको पनि गौरवको विषय बन्नुपर्छ।’, पोखराका कलाकारहरूको साझा संस्था ‘सिर्जनशील कलाकार समूह’ मा सचिव अमृत कार्की वात्सायनको प्रस्ताव यथार्थमा परिणत हुनुपर्ने बताउँछन्।, भन्छन्, ‘पोखरा जस्तो प्राकृतिक र पर्यटकीय सहरमा एउटा पनि आर्ट ग्यालरी छैन भन्दा यहाँका राजनीतिकर्मीलाई लाज लाग्नुपर्ने हो।’, कोमागाने पार्कमा अलपत्र १४ वटा मुर्तिकला।तस्बिर सौजन्य– सुुनिल उलक।, पाकिस्तानमा चित्रकला अध्ययन गरेका कार्कीले केही महिनाअघि काठमाडौंमा ‘पफर्मेन्स आर्ट’ प्रदर्शन गरेका थिए। उनले यसका लागि पोखरामा ठाउँ पाएनन्।, ‘आर्ट ग्यालरी भनेको एउटा हल र भित्तामात्र होइन,’ कार्की भन्छन्, ‘आर्ट ग्यालरी भनेको खुला ठाउँ पनि हो, शान्ति पनि चाहिन्छ।’, सिर्जनशील कलाकार समूहले विभिन्न ठाउँमा कला कार्यशाला आयोजना गर्छ जहाँ कलाकारहरू आफू पुगेका ठाउँको दृश्य क्यानभासमा उतार्छन्।, कहिलेकाहीँ विदेशी कलाकारहरू पनि पोखरा आएर चित्र बनाउँछन्। पोखरा देखेका कलाकारहरू यहाँको प्रकृति र जनजीवन चित्रमा उतार्न लालायित हुने गरेको कार्कीको भनाइ छ।, कलाकारले शरीरलाई माध्यम बनाएर प्रस्तुत गर्ने पफर्मेन्स आर्टका लागि खुला ठाउँ चाहिन्छ। यस्तो कला चित्रजस्तो संगृहीत हुँदैन। कार्कीका अनुसार यस्तो दुर्लभ कला देखाउने ठाउँ पोखरामा छैन।, मूर्ति बनाउन र प्रदर्शनी गर्न पनि शिल्पकारलाई प्रशस्त खुला ठाउँ चाहिन्छ।, विश्वमा अभ्यास भइरहेको ‘पब्लिक आर्ट’ अर्थात् मान्छेका बीचमा प्रस्तुत गरिने कला प्रदर्शन गर्न पनि मेयरले प्रस्ताव गरेको पृथ्वीचोकको एउटा तलामा सम्भव नहुने कार्कीको भनाइ छ।, उनका अनुसार ‘इन्स्टलेसन आर्ट’ अर्थात ‘प्रतिस्थापन कला’ देखाउन पनि खुला ठाउँ उपयुक्त हुन्छ। भन्छन्, ‘हाम्रो समाजमा विवाहमा बनाइने जग्गिया पनि एउटा इन्स्टलेसन आर्ट हो। यस्ता संस्कृतिलाई हामीले कलाका रूपमा अझै बुझेका छैनौँ।’, कोमागाने पार्कमा अलपत्र मुर्तिकला। तस्बिर सौजन्य: सुुनिल उलक।, मान्छेले आफ्नो कला अनेक माध्यमबाट अभिव्यक्त गर्ने भएकाले सरकारले वातावरण बनाइदिनु पर्ने कार्कीको भनाइ छ।, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषदको संयुक्त पहलमा २०७० असोज १ देखि १५ सम्म नेपाली र विदेशी कलाकार मिलेर १४ वटा मूर्ति बनाएका थिए।, पुराना फोटो संकलक सुनिल उलकका अनुसार मूर्ति बनाउनमा तीन जना विदेशी र १३ जना नेपाली मूर्तिकार संलग्न थिए।, यी मूर्ति बनाउनमा ‘इन्टरनेसनल एसोसिएसन फर मोनुमेन्टल स्कल्प्चर’ को समेत सहयोग थियो।, उक्त अवसरमा बनाइएका सबै मूर्तिहरू अहिले कोमागाने पार्कका झाडीमा छन्। यिनको व्यवथापनमा कसैले चासो दिएको छैन। खासमा ती मूर्ति निःशुल्क प्रदर्शनीमा राखिएका थिए।, ‘निःशुल्क प्रदर्शनमा राखिएको बहुमूल्य मूर्तिकला संरक्षणमा न महानगरले चासो दियो, न ललितकला प्रतिष्ठानले नै,’ कार्की भन्छन्, ‘पोखरामा उपयुक्त आर्ट ग्यालरी भएको भए यसरी बेवारिसे हुनुपर्ने थिएन।’, कोमागाने पार्कमा अलपत्र मुर्तिकला। तस्बिर सौजन्य: सुुनिल उलक।, महानगरले आर्ट ग्यालरीका लागि एउटा तला दिने भनेको ‘पोखरा घर’ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदैछ।, मेयर आचार्यका अनुसार निर्माणमा १० करोड रुपैयाँ लाग्ने अनुमान छ। जमिन करिब दुई रोपनी छ।, ‘पोखरा घर’ बनाउन महानगरले पुरानो ट्राफिक कार्यालय भत्काएको छ। घरको भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा आर्ट ग्यालरी रहने मेयर आचार्यको भनाइ छ।, पृथ्वीचोकमा सूचना केन्द्र, पुस्तकालय र आर्ट ग्यालरी हुँदा पोखरा भित्रने बित्तिकै पर्यटकले अवलोकन गर्ने उनको विश्वास छ।, सेतोपाटीसँग कुरा गर्दै उनले कोमागाने पार्कमा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउने प्रस्ताव अस्वीकार गरे।, उनले भने, ‘कोमागाने पार्कमा अहिले आर्ट ग्यालरी बनाउन सकिँदैन। त्यहाँ थिम पार्क बनाउने हाम्रो योजना छ।’, पोखरा घरको एउटा तला आर्ट ग्यालरीका लागि दिने मेयरको प्रस्ताव कलाकारलाई मन परेको छैन। उनीहरूका अनुसार भिडभाड र कोलाहलमा आर्ट ग्यालरी चल्दैन।, उनीहरूले कला प्रदर्शनीका लागि आवश्यक वातावरणबारे मनन गर्न मेयरलाई आग्रह गरेका छन्। आर्ट ग्यालरी शान्त ठाउँमा हुनु पर्ने उनीहरूको माग छ।, कलाकार विमलका अनुसार कला महसुस गर्न शान्त वातावरण चाहिन्छ।, ‘दर्शकले कलाकृतिमा ध्यान दिन पाउनुपर्छ, कलाको सुन्दरता र अर्थको कदर गर्न शान्त वातावरण चाहिन्छ,’ उनी भन्छन्, ‘आर्ट ग्यालरी सहरको प्रतिष्ठासँग सोझै जोडिन्छ। कलाका विषयमा सरकार गम्भीर हुनुपर्छ।’, पृथ्वीचोकमा सार्वजनिक सवारीसाधनको भीड हुन्छ। तिनको आवाजले कोलाहल हुन्छ। राजनीतिक दल र अन्य संस्थाका आन्दोलन र सभा पनि त्यहीँ हुन्छ।, यस्तो ठाउँमा आर्ट ग्यालरी चल्न नसक्ने वात्सायनको भनाइ छ। ‘भित्तामा चित्र झुन्ड्याएर मात्रै हुँदैन। कलामा डुब्न सक्ने शान्ति चाहिन्छ,’ उनी भन्छन्, ‘पृथ्वीचोकको कोलाहलमा एउटा कोठा दिएर आर्ट ग्यालरी हुन सक्दैन।’, कोमागाने पार्कको विकल्पमा पोखरा आन्तरिक विमानस्थलको भवन आर्ट ग्यालरीका रूपमा प्रयोग गर्न सकिने वात्सायनको भनाइ छ।, उनका अनुसार अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउन प्रदेश सरकार र महानगरले अगुवाइ गर्नुपर्छ।, पोखरा आर्ट ग्यालरी बनाउन पनि वात्सायनले नै पहल गरेका थिए। महेन्द्रपुलमा आर्ट ग्यालरी बन्नुअघि पोखराका कलाकारले सभागृहको पिँढीमा चित्रकला प्रदर्शन गर्थे।, लेकसाइडमा आयोजित चित्रकला प्रदर्शनी हेर्दै विदेशी पर्यटक। तस्बिर : युवराज श्रेष्ठ, उनले त्यो समय स्मरण गरे, ‘पोखरा सभागृहको पिँढीमा प्रदर्शन गर्दा कहिले पानीले भिजाउँथ्यो। सभाहलभित्रको कार्यक्रमको ठूलो आवाजले बिथोल्थ्यो।’, वात्सायनका अनुसार कलाकारका लागि आफ्नो कला प्रदर्शनी सबैभन्दा ठूलो अनुष्ठान हो। प्रदर्शन नहुँदासम्म कला गोप्य रहन्छ। उनी भन्छन्, ‘जब प्रदर्शनीमार्फत दुनियालाई देखाइन्छ, तबमात्र कलाकार दर्शकमाझ स्थापित हुन पाउँछ।’, तीन दशकअघिको कुरा हो। सिर्जनशील कलाकार समूहका अध्यक्ष थिए वात्सायन।, उनकै पहलमा आर्ट ग्यालरीका लागि ठाउँ खोजी भयो। महेन्द्रपुलको पोखरा सार्वजनिक पुस्तकालय रहेको भवनको छानो चुहिएर पुस्तकालय अर्को भवनमा सरेको थाहा भयो।, सिर्जनशील कलाकार समूहले त्यही खाली भवनमा आर्ट ग्यालरी हुनसक्ने ठहर ग¥यो। त्यतिबेला महेन्द्रपुलमा अहिलेजस्तो कोलाहल थिएन।, उनीहरूले पोखराका तत्कालीन मेयर कृष्ण थापालाई प्रस्ताव सुनाए। उनले तुरून्तै स्वीकृति दिए। सामान्य मर्मत र रङरोगन गरेर ग्यालरी सुरू भयो।, ग्यालरीमा दर्शकको आगमन बढ्दै गयो। पञ्चायतकालमै बनेको पुरानो भवन ग्यालरीलाई साँघुरो हुँदै गयो।  , त्यही भवनसँग जोडेर नगरपालिकाले अर्को एकतले भवन बनाएको थियो। अलिक फराकिलो हुने लागेर वात्सायनले छतमा ओत हालेर आर्ट ग्यालरी बनाउन प्रस्ताव गरे।, तत्कालीन मेयर थापाले वात्सायनको त्यो प्रस्ताव पनि स्वीकार गरे। उनले केही बजेट पनि मिलाइदिए।, छतमा ग्यालरी बनाउन सिर्जनशील कलाकार समूहले आर्थिक सहयोगका लागि आह्वान गर्‍यो।, ‘कसैले ५ हजार, कसैले १० हजार, कसैले १५ दिए,’ वात्सायनले भने, ‘नगरपालिका र ललितकला प्रतिष्ठानले पनि पैसा दिएपछि हामीले महेन्द्रपुलमा आर्ट ग्यालरी बनायौँ।’, पोखरा आर्ट ग्यालरी बनाउन नेपाल ललितकला प्रज्ञा प्रष्ठिानले आठ लाख रुपैया सहयोग गरेको थियो। वात्सायनलाई सम्झना भएअनुसार करिब १५ लाख रुपैयाँ जुटाएर पोखरा आर्ट ग्यालरी बनेको थियो।, २०५६ सालमा उक्त आर्ट ग्यालरी बनेयता गत भदौ २३ सम्म कलाकारको अनुष्ठान थलो त्यही भयो।, उक्त आर्ट ग्यालरी बनाउँदा तत्कालीन मेयर थापाले अस्थायी प्रबन्ध भनेका थिए। उनले अर्को राम्रो ठाउँमा स्थायी व्यवस्था गर्ने वचन दिएका थिए तर काम भएन।, वात्सायन पोखराका कलाकारलाई समेटेर कला प्रवर्द्धन गर्न पाँच दशकभन्दा लामो समयदेखि सक्रिय छन्।, २०२२ सालमा तत्कालीन नेपाल ललितकला संस्थाले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रदर्शनीमा वात्सायन प्रथम भए। त्यसपछि उनी उक्त संस्थाका सदस्य बने।, त्यतिबेलादेखि नै पोखरालाई कला केन्द्र बनाउन वात्सायन लागिपरेका हुन्।, वात्सायनकै पहलमा २०२२ सालमै तत्कालीन अञ्चलाधीश पदेन अध्यक्ष हुने गरी नेपाल ललितकला संस्था, गण्डकी अञ्चल शाखा गठन भएको थियो।, अञ्चल शाखा पोखरामा खोलिए पनि कार्यालय थिएन। घर भाडामा लिएर काम चलाए। यो शाखा पछि निष्क्रिय भयो।, त्यतिबेला पोखराको चित्रकला विकासमा आफूले योगदान गरेको तत्कालीन अञ्चलाधीश पाठकले बताए।, ‘म अञ्चलाधीश हुँदा पोखराका कलाकारलाई अफिस दिएको थिएँ। कलाकारलाई सम्मान दिएको थिएँ,’ पाठकले सेतोपाटीसँग भने, ‘राजाको सवारी हुँदा पनि कलाकारलाई लैजान्थेँ।’, पोखरेली कलाकारको स्वतन्त्र संस्था ‘पोखरा कलाकार समूह’ थियो। यही समूह २०४६ सालपछि ‘सिर्जनशील कलाकार समूह’ बन्यो। विधिवत दर्ता भने २०५६ मा मात्र भयो।, पृथ्वीचोकमा पोखरा घर बनाउन महानगरले भत्काउँदै पुरानो ट्राफिक प्रहरी कार्यालय।तस्बिर सौजन्य : पोखरा महानगर, उक्त समूह दर्ता हुँदा वात्सायन नै अध्यक्ष थिए।, नेपालका धेरै कलाकारका गुरु वात्सायनले पोखरामा कला उन्नयनको नेतृत्व गरेका छन्। उनले पञ्चायतकालीन बन्द समाजमा समेत कलाकारलाई संगठित गरेर चित्रकला विकासमा प्रोत्साहित गरे। उनकै अगुवाइमा २३ वर्ष ‘पोखरा आर्ट ग्यालरी’ चल्यो।, हालका मेयर आचार्यले ग्यालरी भएको ठाउँमा शौचालय बनाउने भन्दै डोजर चलाए। गण्डकी प्रदेश सरकारले पनि आफ्नो राजधानी पोखरामा आर्ट ग्यालरी बनाउन चासो दिएको छैन।, मेयर पृथ्वीचोकमा बन्ने भवनमा आर्ट ग्यालरीका लागि ठाउँ दिने भन्छन्। कलाकारहरू शान्त र फराकिलो ठाउँ चाहिन्छ भन्छन्।कलाकारहरूको प्रस्तावबारे मेयरले कसैसँग रायसुझाब लिएका छैनन्, छलफल चलाएका छैनन्।, वात्सायन पोखरामा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउन ढिला गर्न नहुने पक्षमा छन्।, कलाकारले देखेको पोखरामा अन्तर्राष्ट्रिय आर्ट ग्यालरीको सपना
सेतोपाटी संवाददाता सप्तरीमा गोली चलेको छ। , बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। , उनका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो। , कोशी पारी गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरूषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो। , आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आएको एसपी कार्कीले बताए। , उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए। , गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ। , ‘सामान्य चोट लागेको छ। घरमै बस्छु भन्नुभएको छ,’ उनले भने। , घटनास्थल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टबाट टाढा भएको पनि उनले बताए। , सप्तरीमा चल्यो गोली
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रूपैयाँ सहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ।, सिरहाको लाहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।, नक्कली नोटसहित पक्राउ पर्नेमा लाहान नगरपालिका १९ का ३० वर्षे माेहम्मद ओसिन र सोहि नपा  १०  का  २२ वर्षिय माेहम्मद राज शेख छन्।, विशेष सूचनाको आधारमा उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रूपैयाँ सक्कली नगद समेत बरामद गरेको छ।, उनीहरूलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि सशस्त्रले ईलाका प्रहरी कार्यालय लाहानलाई बुझाएको छ।, नक्कली नोटसहित दुई जना पक्राउ
रासस बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन्। जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ।, रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिंडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन्। बाँदरले बस्तीमा पसेर दु:ख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए।, अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘बाँदरका कारण बस्ती नै खाली भएको छ’, उनले भने,‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन।’, दश-बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए। बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ।, ‘बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ’, उनले भने, ‘बारीमा लगाएको हिउँदे बाली सम्पूर्ण नष्ट पारेको अवस्था छ। बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ।’, बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले ससाना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्। बाँदर हेरचाह गर्न परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका-५ का स्थानीय धनबहादुर थापाले बताए।, ‘बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला-पहिला त भाग्थे,उनले भने , ‘अहिले त धपाउँदा टेर्दैनन्। भगाउन पनि गाह्रो छ। दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन्। बाँदरले हैरान बनाएको छ।’, बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका-४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए। बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ-दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ।, ‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ।’, बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन्। ‘बाँदरको उपद्रो बढ्दो छ’, उनले भने, ‘एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ। बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ। गाउँबस्ती नै आतङ्कित बनेको छ।’, बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ। ‘मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ’, वडाध्यक्ष नेपालले भने, ‘यहाँको मुख्य समस्या नै बाँदर बनेको छ। नियन्त्रण गर्न धेरै उपाय लगाइयो। दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ। बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ।’, बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ। स्थानीय स्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए। ‘धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ’, उनले भने,‘स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन। दैनिकजसो स्थानीयको गुनासो आउँछ। बाँदरले बस्ती उजाड बनाएको अवस्था छ। उर्वरभूमि बाँझो बसेका छन्। राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ।’,  बाँदरको कारण जिल्लाका अधिकांश भू-भागका स्थानीयले समस्या भोग्दै आएका छन्। धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ। बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानी लगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ। , बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
सेतोपाटी संवाददाता नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।, ९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान  साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए। , 'उहाँलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरेको थियो। त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएछ। अस्ती राति २ बजेबाट गाह्रो भएको थियो। त्यसपछि आइसियुमा राखेर थप उपचार गरिरहेको बेला आज बिहान उहाँ स्वर्गे भइबक्स्यो,' थापाले भने। , विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनी केही साताअघिदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए। , जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए। ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्।, १४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।, जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए। , उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरेका थिए।, यस्तै सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भए।, साविक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरिसकेका उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार हुन्।, रहेनन् नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर
सेतोपाटी संवाददाता विद्यालयमा शिक्षक माग गर्दै धनुषाको बटेश्वर गाउँपालिकाका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।, साउन महिनादेखि शिक्षक अभावमा तीनवटा विषय पढाइ नभएको भन्दै वडा नम्बर १ स्थित लक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थीले आन्दोलन सुरू गरेका हुन्।, वडा कार्यालय घेराउ गर्न पुगेका आन्दोलित विद्यार्थीले कार्यालयमा जनप्रतिनिधि नदेखेपछि आइतबार दिउँसो वडा कार्यालयमा तोडफोड गरेका छन्।, उनीहरूले स्थानीय जनप्रतिनिधिविरूद्ध नाराबाजी गर्दै वडा कार्यालय अगाडि सडक अवरुद्ध गरी केहीबेर टायर बालेर प्रदर्शन गरेका थिए।, प्रधानाध्यापक श्याम सिंहले आफू शिक्षक व्यवस्थापन गर्न नसक्ने जवाफ दिएपछि बाध्य भएर आन्दोलन गर्न आएको विद्यार्थीको भनाइ छ।, उनीहरूले लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसंग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षका माग गरिरहेका छन्।, तर राजनीतिक खिचातानीले विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा शिक्षक भर्ना हुन सकेको छैन। गाउँपालिकाले शिक्षक पठाएपनि विपक्षी दलका स्थानीय नेताले उनीहरूलाई पढाउन नदिएको वडाध्यक्ष अशोक महतोको भनाइ छ।, एसइई परीक्षा हुन डेढ महिना मात्र बाँकी रहँदा पनि पढाइ नहुँदा बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थीको भनाइ छ।,  , शिक्षकको माग गर्दै धनुषामा विद्यार्थी आन्दोलित
सेतोपाटी संवाददाता साढे ७८ लाख नगदसहित दुई जना हुन्डी कारोबारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , धनगढी उपमहानगरपालिका-९ घर भई काठमाडौंको बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ललाई पक्राउ गरेको हो। , प्रहरीले उनीहरूमाथि हुन्डी कारोबार गरेको आरोप छ। प्रहरीले उनीहरूबाट साढे ७८ लाख नगद र चार लाखको चेक पनि बरामद गरेको छ।  , न्‍युरोडमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिई हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , उक्त सूचनाको आधारमा खटिएको टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको कार्यालयले जनाएको छ।, एसपी कोइरालाका अनुसार दिपेन्द्रले विगत ५ वर्षदेखि र किशोरले विगत ४ वर्षदेखि न्युरोडमा विभिन्न व्यक्तिहरूबाट हुन्डी संकलन गर्ने र बैंकमा डिपोजिटमार्फत रकम व्यवस्थापन गर्थे। , उनीहरूले दैनिक करोड करोडभन्दा माथिको कारोबार गर्ने देखिएको उनले बताए।, यसमा अर्का एक जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ। , साढे ७८ लाख नगदसहित दुई हुन्डी कारोबारका आरोपित पक्राउ
रासस तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घरभित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै।, खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ।’घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ’, उनले भनिन्,  ‘धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ।’, घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ। सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ।, काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ। शरीरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उनको दुखेसो छ।, ‘बिहान बढार्‍यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ’,उनले भनिन्, ‘पाँच बर्ष भयो, यसरी सास्ती खेप्न थालेको।’, सडकमा आवतजावत गर्दा यात्रुहरुलाई पनि त्यतिकै समस्या हुने गर्छ। पैदल यात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ। ‘धुलै धुलो हुँदा अगाडीको गाडी पनि देखिदैन। श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडीको गाडी नदेखिदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ,’ चालक ध्रुब रावतले भने, ‘सवारी चलाउन पनि समस्या हुन्छ।’, यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरुले बताउने गर्छन्। धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधी खाँदा पनि सञ्चो नहुँने अबस्था आउने डा अशोक कुमार पण्डितले बताए।, लामो समयदेखि अलपत्र चार लेन, घोराही–तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो। ३० महिनामा काम सक्ने गरि सम्झौता भयो। तर, अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ। उक्त सडकमा अहिलेसम्म ७ पेटी ठेकेदार फरिएका छन्। चौथो पटक म्याद थप भइरहसकेको छ।, विसं २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन्।काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो। तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो। त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन्। अहिल खरिद ऐनको १२ औं संशोधनले चौथो पटककालागि विसं२०८० असारसम्म स्वतः म्याद थप गरेको छ।, सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए। त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए।, उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन्। पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ।, केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो।, चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ९ नेपालीमा १ अर्ब २३ करोड ० मा निर्माण हुन लागेको हो।, भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो। तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ।, पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन्। तर, उनले पनि काम अगाडी बढाउन सकेका छैनन्।, तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय रुपँैया जरिवाना गर्ने गरेको छ।, कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो। यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ।, ५ वर्ष भयो, कति सास्ती खेप्ने?
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  , देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।, त्यस्तै मंगलबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।, प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम
एजेन्सी टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भुकम्पले ठूलो धनजनको क्षति गरेको छ। अधिकांश भवनहरू भत्कनुका साथै हालसम्म १० जनाको ज्यान गएको एपीले जनाएको छ।, दक्षिणपूर्वी टर्की र सिरियाको सीमानामा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय क्षति गरेको टर्कीका गृहमन्त्री सुलेमान सोयलुले जानकारी दिए।, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धारको टोली पठाएको जानकारी दिँदै भग्नावशेषमा फसेकाको उद्धारलाई तिब्रता दिइएको बताए।, उनले यो प्रकोपलाई सकेसम्म चाँडो र कम क्षतिका साथ पार गर्ने जिकिर गरे।, यो क्षेत्रमा कम्तिमा ६ वटा परकम्प गएको थियो। अझै पनि परकम्प आउने क्रम नरोकिएकाले मानिसहरूलाई जोखिमका कारण क्षतिग्रस्त भवनहरूमा प्रवेश नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ।, भग्नावशेषमा फसेका मानिसलाई बाहिर निकालेर अस्पताल पुर्‍याउने आफूहरू प्रमुख प्राथमिकता रहेको गृहमन्त्री सोयलुले जानकारी दिए। , अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु प्रमुख सहर र प्रान्तीय राजधानी गाजियन्टेपबाट करिब ३३ किलोमिटर (२० माइल) को दुरीमा रहेको छ। , टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन एजेन्सी एएफएडीले भूकम्पको केन्द्र कहरामनमारस प्रान्तको पाजारसिक सहरमा केन्द्रित भएको बताएको छ।, छिमेकी प्रान्त मलात्या, दियारबाकिर र मलात्यामा धेरै भवनहरू ध्वस्त भएको हेबरटर्क टेलिभिजनले जनाएको छ। हताहतको बारेमा जानकारी आएको छैन।, समाचार संस्था एपीका अनुसार भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको जनाएको छ ।, सिरियाको उत्तरी सहर एलेप्पो र हामाको मध्य सहरमा केही भवनहरू भत्किएको सिरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दमास्कसमा, भवनहरू हल्लिए र धेरै मानिसहरू डरले सडकमा आएको बताइएको छ।, मध्यपूर्वमा हिउँको आँधी चलिरहेको बेला यो भूकम्प बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ ।, सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको शक्तिशाली भूकम्पमा झन्डै १८ हजारको मृत्यु भएको थियो।, टर्कीको शक्तिशाली भुकम्पमा ठूलो धनजनको क्षति
एजेन्सी सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।, स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मा गाजियनटेप सहरनजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। , भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पसमेत महशुस भएको युएसजिएसले जनाएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।, Notable quake, preliminary info: M 7.8 - 23 km E of Nurdağı, Turkey ,https://t.co/7FmwNH1CLG, — USGS Earthquakes (@USGS_Quakes) ,February 6, 2023, Multiple apartment buildings have collapsed after a powerful earthquake in southern Turkey ,pic.twitter.com/wydrBj94RL, — BNO News (@BNONews) ,February 6, 2023, भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महशुस गरिएको थियो।, भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरू फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्।, क्षतिको थप विवरण आउन बाँकी छ।, टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ।  उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्। , बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ। दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन्।, दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। , त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे घाईते भएका छन्।,  , सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ।, उद्धारमा सम्लग्न प्रहरीका अनुसार दुर्घटनाका समयमा बसका हेल्पर रहेका हरिश तिवारीले बस चलाएका थिए। , बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस हेल्पर हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ। ´हामीले राती घटनास्थलमा रहेको बसको चालक सिटमा स्टेरीङबाट घाईते अवस्थामा रहेका हरिश तिवारीलाई उद्धार गरेका हौं गाडी उनैले चलाएका थिए,´ जिल्ला प्रहरी स्रोतले भन्यो। , घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ।, भैरहवामा रोकिरहेको ट्रकमा बस र कार ठोक्कियो, १ को मृत्यु २ घाइते
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा सालनालसहितको नवजात शुशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने बित्तिकै फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए। , स्थानीय महिला दाउरा खोज्न जंगल गएको समयमा आइतबार दिउँसो नवजात शिशु फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।, कसैले जन्मनासाथ बच्चा फालेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।, ‘कसैले बच्चा जन्मिनासाथ जंगलमा लगेर फालेको जस्तो देखिएको छ,’ प्रवक्ता केसीले भने, ‘स्थानीयस्तरमा अनुसन्धान जारी छ।’ , दुई तीन दिन अगाडि बच्चा कसैले जंगलमा लगेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ। , जंगलमा मृत फेला परेको शिशुको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ।, सालनालसहितको नवजात शिशु जंगलमा मृत फेला
सेतोपाटी संवाददाता रोल्पामा पहिलो पटक स्नातकोत्तर कक्षा सञ्चालन हुने भएको छ। सदरमुकाम लिबाङमास्थित जलजला बहुमुखी क्याम्पसले त्यसका लागि अहिले भर्ना अभियान खोलिसकेको छ। , पहिलो पटक रोल्पामा स्नातकोत्तर तहको पढाइ हुन लागेको हो।, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको जलजला क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अन्तर्गत ‘पाठ्यक्रम र मूल्यांकन’ विषयका कक्षाहरू सुरू गर्न अहिले विद्यार्थी भर्ना अभियान खुला गरेको क्याम्पस प्रमुख खेमबहादुर खड्काले बताए। , विद्यार्थी भर्नाका लागि माघ २१ गते प्रवेश परीक्षा सञ्चालन गरिएको थियो।, फागुन ३ गतेसम्म भर्ना समय तोकिएको र फागुन ५ देखि नियमित पठनपाठन सुरू गर्ने योजना रहेको क्याम्पस प्रमुख खड्काले जानकारी दिए। , क्याम्पसले  यस पटक एउटा विषयको मात्र स्वीकृति पाएको छ। , त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६१ सालमा क्याम्पस स्थापना भएको थियो। ०७५ सालमा मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको आंगिक क्याम्पसको स्वीकृति पाएको थियो। , क्याम्पसमा हाल स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन हुँदै आएको छ। हाल क्याम्पसमा ४ सय ८३ विद्यार्थी अध्ययनरत छन्। , यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुँदा विद्यार्थी दाङ, प्युठान, बुटवल, बाँके, काठमाडौं लगायतका स्थानमा जान बाध्य थिए।, जिल्लामै स्नातकोत्तरको पढाइ हुने निश्चित भएपछि रोल्पाका विद्यार्थी खुसी भएको क्याम्पस प्रमुख खड्काले बताए।, अब रोल्पामै स्नातकोत्तरको पढाइ
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान टर्कीमा गएको भूकम्पमा परी दर्जनौं मानिसको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।, सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्- टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु।, स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।, समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं मानिसहरू घाइते भएका छन्।, सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।, टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ।, लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।, टर्की भूकम्प: प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त
एजेन्सी टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।, समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं मानिसहरू घाइते भएका छन्।, सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।, टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ।, लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।, स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।,  , टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो (तस्बिरहरू)
नारायण खड्का श्रीमतीको हत्या आरोपमा रोल्पाका एक व्यक्ति दाङबाट पक्राउ परेका छन्। , आफ्नी ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या आरोपमा रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं. ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को मलार खोलामा गोबिनाको शव सोमबार बिहान फेला परेको थियो। , बिहान सात बजेतिर कीर्तिमान आफैं जिल्ला प्रहरी कार्यालय घोराही पुगेका थिए। उनले प्रहरीसमक्ष श्रीमती गोबिना पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा खोलामा एकाएक ढलेर मृत्यु भएको बयान दिएका थिए। , घटनास्थल पुगेपछि मृतकको टाउकोमा घाउखत देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गर्दै अनुसन्धान अगाडि बढाएको थियो।, सोधपुछको क्रममा कीर्तिमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रवक्ता गौतमले सेतोपाटीलाई बताए। , ‘सुरूमा अभियुक्तले आफ्नी श्रीमती पहिलेदेखि नै मुटु रोगी भएको र आफूहरू पैदल हिँडिरहेको समयमा एकाएक खोलामा लड्दा ढुंगाले टाउकोमा चोट लागेको बयान दिएका थिए,’ गौतमले भने, ‘तर, एकपछि अर्को प्रश्न सोधेपछि सत्य तथ्य उजागर भएको हो।’, उनीहरू घोराही–१९ दुई खोली क्षेत्रमा रहेको एउटा खोली गोठमा बस्दै आएका थिए। श्रीमान मिस्त्रीको काम गर्थे भने श्रीमती पनि लेबरको काम गर्थिन्। , उनीहरू सडकमा काम गर्दै आएका थिए। काम सकेर घर जाने क्रममा दुवैले मदिरा सेवन गरेका थिए। आइतबार बेलुका साढे ७ बजेतिर उनीहरू मलार खोला मात्र के आइपुगेका थिए उनीहरूबीचमा भनाभन भयो। उनीहरू हात हालाहालको अवस्थामा समेत पुगे। त्यही बीचमा श्रीमानले खोलाको ढुंगा टिपेर श्रीमतीको टाउकोमा प्रहार गरेपछि श्रीमती खोलामै लडेको बयान आरोपीले दिएको डिएसपी गौतमले जानकारी दिए। , उनीहरूबीच पहला पनि झगडा हुने गरेको अनुसन्धान क्रममा खुलेको प्रहरीले जनाएको छ।, डिएसपी गौतमले भने, ‘कीर्तिमानले श्रीमतीको व्यवहारबारे माइती पक्षलाई समेत अवगत गराउँदै आएको कुरा पनि खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।’, सँगै हिँडिरहँदा श्रीमतीले मनपरी गालीगलौज गर्दै कुटपिटमा उत्रिएको र सम्झाउँदा पनि नमानेपछि आवेगमा आएर आफूले ढुंगाले टाउकोमा प्रहार गरेको बयान कीर्तिमानले दिएका छन्।, ‘तँ घरमा छोरा बुहारीसँग बस म आफैं काम गरी कमाउँछु भन्दा पनि नमान्ने र मसँग सधैं किचकिच मात्रै गरिरहन्थी,’ कीर्तिमानको भनाइ उद्धृत गर्दै डिएसपी गौतमले भने, ‘त्यो दिन पनि धेरै किचकिच गरी र हात हालेपछि म आवेगमा आएर ढुंगा प्रहार गरेपछि ऊ लडेकी हो।’ , प्रहरी हिरासतमा रहेका कीर्तिमानविरूद्ध जिल्ला अदालतबाट सोमबार नै पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति पाएको  डिएसपी गौतमले जानकारी दिए।, खोलामा ढुंगाले हानेर श्रीमतीको हत्या, प्रहरीमा पुगेर भने- मुटु रोगी थिई, एक्कासि लडी
भगवती पाण्डे लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने भनिएको रामकथा प्रवचनको केही संस्थाले विरोध गरेका छन्।, यो कार्यक्रम माघ २१ देखि २९ सम्म हुने भनिएको थियो। विरोधको संकेत पाएपछि आयोजकले तीन दिन पछाडि सारेर माघ २४ देखि फागुन ३ सम्म गर्ने भनेको छ।, नेपाल र भारतका दुई हजारभन्दा बढी सहभागी रहने उक्त कार्यक्रम लुम्बिनीमा गर्न नहुने भन्दै केही संस्थाले विरोध गरिरहेका छन्।, सोमबार बिहानैदेखि विभिन्न स्थानबाट ब्यानरसहित लुम्बिनी पुगेको टोलीले प्रदर्शन गरिरहँदा स्थानीय भने त्यसको विरोधमा ओर्लेका थिए। यसले केही बेर तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीले तनाव तत्काल नियन्त्रणमा लिएको थियो।, लुम्बिनी विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले रामकथा प्रेमयज्ञ समितिको आयोजनामा भारतीय सन्त मोरारी बापूको प्रवचनका लागि ध्यान केन्द्रको सभाहल प्रयोग गर्न अनुमति दिइएको बताए।, ‘हामीले बौद्ध दर्शन र परम्पराविपरीत नहुने गरी पवित्र उद्यानबाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा रहेको सभाहल प्रयोग गर्न अनुमति दिएका हौं,' उनले भने, 'कोभिडले थला परेको पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमलाई समझदारीका आधारमा सहमति दिइएको हो।’, विकास कोषले यस सम्बन्धमा केही दिनअघि लुम्बिनी आएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग छलफल गरेको थियो। कोषका अध्यक्षसमेत रहेका मन्त्री किराँती सकारात्मक रहेकाले आयोजकलाई सहमति दिइएको कोषले जनाएको छ।, लुम्बिनी विकास कोषले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनी, विश्व सम्पदा स्थल तथा बौद्ध आस्थामा ठेस नपुर्‍याई कार्यक्रम गरिने भएकाले अनुमति दिइएको स्पष्ट पारेको थियो।, लुम्बिनीमा निर्माण भएको हलमा कसैले बुद्ध र लुम्बिनीलाई श्रद्धा राख्दै बौद्ध आस्थामा ठेस नपुर्‍याई गतिविधि गर्न चाहन्छन् भने आपत्ति गर्नु हुँदैन भन्ने बौद्ध विद्वानहरूको सुझाव स्मरण गरेर अनुमति दिइएको सदस्य-सचिव शाक्यले जारी गरेको विज्ञप्तिमा छ।, केही संस्थाले भने उक्त कार्यक्रममा अवरोध गर्न खोजेपछि स्थानीय समुदायले विरोध गरेको स्थानीय रामकृष्ण यादवले बताए।, रामकथाका लागि आउन लागेका मोरारी बापुको प्रवचन पछिल्लो डेढ वर्षमा तेस्रोपटक आयोजना गरिएको हो। यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा गरिएको थियो। काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत भइसकेको छ।, लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै विश्व शान्तिको कामना गर्दै ९१२ वटा बिरूवा लगाउने कार्यक्रम तय गरिएको छ। रामकथा सुन्न भारतबाट दुई हजारभन्दा बढी भक्तजन आउने आयोजकले जनाएको छ। यसका लागि लुम्बिनीका धेरै होटल बुकिङ भइसकेका छन्।, रामकथा वाचनको विषयलाई लिएर लुम्बिनीमा तनाव
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ६, ‘मिथिलाक कथासभ’ अर्थात् मिथिलाका कथाहरूको शृंखलाअन्तर्गत हामीले अहिलेसम्म पाँचवटा स्टोरी लेख्यौं। ती पाँच स्टोरीमा हामीले मिथिला सभ्यताको सुरूआती चरणको चर्चा गर्‍यौं। तिरहुत राज्यको राजधानी सिमरौनगढको उदय र अन्त्यको कुरा गर्‍यौं। दिल्लीका मुसलमान शासक गयासुद्दिन तुगलकको आक्रमणपछि राजा हरसिंह देव कसरी सिमरौनगढ छाडेर हिँडे भनेर लेख्यौं। सिमरौनगढ छाडेर हिँडेको तिरहुत राजघराना कसरी काठमाडौं उपत्यका आइपुग्यो र कसरी काठमाडौंसँग मिथिलाको सम्बन्ध गाँसियो भनेर पनि हामीले लेख्यौं।, यहाँबाट हाम्रो कथा शृंखला अर्को चरणमा प्रवेश गर्छ। अब हामी तपाईंहरूलाई जनकपुर सहर लैजाँदैछौं, जुन सहरले आजको समयमा मिथिला सभ्यताको परिचय बोकेको छ।, ..., त्रेतायुगका राम, सीता, लक्ष्मण, राजा दशरथ, राजा जनक लगायत पात्रहरूसँग सम्बन्ध राख्ने जनकपुर सहरको इतिहास हेर्ने हो भने यो सहर बनेको जम्माजम्मी तीन सय वर्ष भयो।, अब तपाईंहरू सोच्नुहोला, सीताको जन्मभूमि मानिने जनकपुर सहर बनेको जम्मा तीन सय वर्ष कसरी हुन सक्छ? यो सहरको इतिहास त हजारौं हजार वर्ष पुरानो पो हुनुपर्छ!, यसबारे चर्चा गर्नुअघि हामी तपाईंहरूलाई त्रेतायुगकालीन जनकपुर वा त्यस समयको मिथिलाको केही झलक दिन्छौं।, सीतालाई सम्झँदै यो अध्याय सुरू गरौं है त।, ..., जनकपुरको जानकी मन्दिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, त्रेतायुगमा वैदेही राजा सीरध्वज ‘जनक’ को राज्य मिथिलामा चरम खडेरी परेको थियो।, आफ्नो राज्यलाई कुनै पनि समस्याबाट पार लगाउनु त्यहाँका राजा वा शासकको दायित्व हो। त्यो दायित्वबोधले राजा सीरध्वज जनक हरसमय खटपटिन थाल्छन्। उनी खडेरीको समस्याबाट त्राण पाउन भौंतारिँदै आफ्ना पुरोहितहरूकहाँ पुग्छन्। पुरोहितहरूले उनलाई सल्लाह दिन्छन्, ‘यो समस्याबाट मुक्ति पाउन स्वर्गका देउता इन्द्रलाई खुसी बनाउनुपर्छ। त्यसका लागि कृषियज्ञ गर्नुपर्छ।’, कृषियज्ञका लागि राजा स्वयंले खेतमा हलो जोत्नुपर्छ भनेर पुरोहितहरू सुझाउँछन्। त्यो पनि यस्तो खेतमा, जहाँ त्यसअघि कहिल्यै हलो जोतिएको थिएन।, जनक आफैं विद्वान थिए। उनी विद्वान पुरोहितहरूको खुब कदर पनि गर्थे। त्यसैले सबैको सल्लाहबमोजिम उनले उचित ठाउँ छाने र सबै पुरोहितलाई राखेर, तिथिमिथि जुराएर सुनौलो हलोले जमिन खन्न थाले।, राजा जनकले जसै हलो चलाए, उनको हलोको अग्रभाग घैलाजस्तो वस्तुमा फस्यो। त्यहाँको माटो हटाउँदै जाँदा एउटी बच्ची रोइरहेको अवस्थामा फेला पर्‍यो।, जनकले ती बच्चीलाई भगवानले दिएको कुनै संकेत माने र आफ्नी छोरीका रूपमा राजदरबार ल्याए।, उनको नाम राखियो, सीता।, मैथिली भाषामा हलोको अग्रभागलाई ‘सीत’ भनिन्छ। जमिनमा हलोले खन्दाखन्दै फेला परेकाले उनको नाम सीता राखिएको कथन छ। राजा जनकले आफ्नी छोरी बनाएकाले उनलाई ‘जानकी’ पनि भनिन्छ।, जब सीता ठूली भइन्, राजा जनकले एउटा संकल्प गरे, ‘जसले शिवजीको धनुष उचालेर त्यसमा ताँदो चढाउन सक्छ, उसैसँग मात्र सीताको विवाह गरिदिन्छु।’, भगवान शिवले हजारौं वर्षपहिले मिथिलामा आफ्नो शिव–धनुष छाडेका थिए। त्यो धनुष यति शक्तिशाली थियो, कसैले त्यसमा ताँदो चढाएर बाण हान्यो भने भगवानहरू समेत डरले थुरथुर हुन्थे। त्यसलाई उचालेर एक ठाउँबाट अर्को ठाउँ लग्न राजा जनकलाई नै सयौं भारदार खटाउनुपर्थ्यो।, सीतामा भने सानैदेखि एउटा विलक्षण शक्ति थियो — उनी शिवजीको शक्तिशाली धनुष सजिलै उचाल्थिन् र सरसफाइ गरेर जहाँको तहीँ राख्थिन्।, एकदिन जनकले त्यो दृश्य देखेपछि सीताको विवाह त्यही व्यक्तिसँग गरिदिने अठोट गरे, जो शिवजीको धनुषलाई सीताले जस्तै सजिलै उचाल्न सक्छ।, जब सीता विवाहका लागि परिपक्व भइन्, राजा जनकले उनको स्वयंवर आयोजना गरे। विभिन्न राज्यका राजा र राजकुमारहरू शिवजीको धनुष उठाएर सीतासँग विवाह गर्ने अभिलाषासहित मिथिला आए। अनेकौं युद्धमा आफ्नो पुरूषार्थ देखाइसकेका वीर राजा र राजकुमारहरूले शिवजीको धनुष उठाउन सजिलै होला भन्ठानेका थिए। तर जब धनुष उचाल्न उनीहरूले बल लगाए, लाख कोसिस गर्दा पनि डेग हल्लाउन सकेनन्।, उनीहरूको पुरूषार्थ सेलायो। घमन्ड चकनाचुर भयो।, स्वयंवरको खबर पाएर अयोध्याका राजकुमार रामचन्द्र पनि धनुष उठाउन मिथिला आएका थिए। उनलाई हिन्दु धर्ममा भगवान विष्णुका सातौं अवतार मानिन्छ। उनले आफ्नो नरम बोली र कमलजस्तो निलो वर्णले धनुष उठाउनुअगावै मिथिलाका सबै जनको मन जितिसकेका थिए। सीताको मन त त्योभन्दा अगाडि नै राममा अडिसकेको थियो, जब गिरिजा मन्दिरबाहिरको बगैंचामा पहिलोपटक उनीहरूका आँखा एकाकार भएका थिए।, आफ्नो मनले मनपराइसकेका रामले नै शिवजीको धनुष उठाएर ताँदो चढाऊन् भन्ने सीताको इच्छा थियो। त्यसैले जब राम धनुष उठाउन अघि सरे, सीता लुकेर उनलाई हेरिरहेकी थिइन्। जसै उनले धनुष उचाले, सीताका आँखा खुसीले चमक्क चम्किए।, रामले धनुषमा ताँदो चढाएर बाण हानेपछि त्यो बाण बिजुली गतिमा आकाशतर्फ गयो भने धनुष रामको हातमै तीन टुक्रा भयो। एउटा टुक्रा स्वर्गलोक पुग्यो। दोस्रो पाताल पुग्यो र तेस्रो मिथिलामै रह्यो।, जनकको राजसभामा उपस्थित सबै जना यस्तो अलौकिक दृश्य देखेर हेरेका हेर्‍यै भए।, सबैले थाहा पाए, यी रामचन्द्र भनेका अयोध्याका राजकुमार मात्र होइनन्, तीनै लोकका राजा हुन्।, त्यसपछि जनकको सर्तअनुसार राम र सीताको भव्य विवाह भयो। विवाहपछि राम आफ्नी पत्नी सीतालाई लिएर अयोध्या फर्के।, राजा जनकले सुवर्ण हलोले खेत जोत्दै गरेको झलक दिने मूर्ति। यो मूर्ति जनकपुरको जानकी मन्दिरमा छ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, राम र सीताको विवाहपछि अयोध्यायमा के भयो, कसरी उनीहरू चौध वर्ष वनवास जानुपर्‍यो, कसरी सीताको हरण भयो र कसरी रामले लंकाका राजा रावणको वध गरे भन्ने विस्तृत कथा हामीले पौराणिक ग्रन्थ ‘रामायण’ मा पढिसकेका छौं। वा, नपढेका भए पनि हजारौंपटक यो कथा सुनिसकेका छौं।, त्यसैले हामी अयोध्यातिर नलागी मिथिलामै बसौं।, रामायणमा ‘सीतासहस्त्रनाम’ भनेर सीतालाई हजार नामले पुकारिएको छ। उनलाई जानकी पनि भनिन्छ भनेर हामीले माथि उल्लेख गरिसकेका छौं। त्यसबाहेक उनलाई वैदेही पनि भनिन्छ। मैथिली भनिन्छ। किशोरी, सीया, सर्वेश्वरी, सुभगा, रामा र रामप्रिया भनिन्छ। जेत्री, जगतप्रिया, मिथिलेशकुमारी, भौमी, भूमिजा, तारिणी, भव्या, हरिणी लगायत नामले पनि सम्बोधन गरिन्छ।, सीताको यति धेरै नाम कसरी रह्यो भन्नेबारे रामायणमा एउटा कथा छ।, ‘अद्भुत रामायण’ किताबको २५औं अध्यायमा उल्लिखित कथाअनुसार जब राम दस टाउको भएका रावणको वध गरेर पत्नी सीता र भाइ लक्ष्मणसँग आफ्नो राज्य अयोध्या फर्किन्छन्, त्यसको केही समयपछि रावणका हजार टाउको भएका भाइले अयोध्यामा आक्रमण गर्छन्।, रावणका यी सहश्रशिरधारी भाइको तागतलाई कुनै पनि शस्त्र वा शक्तिले पार लगाउन नसकेपछि रामले हार मान्छन्।, रामको पराजय सीतालाई सह्य हुँदैन। उनी आफैं युद्धभूमिमा ओर्लन्छिन्। त्यति बेला सीता आफ्नो वास्तविक रूपमा युद्धभूमिमा आएकी हुँदिनन्। उनले उग्रमूर्ति कालीको छद्म रूप धारण गरेकी हुन्छिन्।, कालीको भीमकाय रूप धारण गरेकी सीताले हजार टाउको भएका ती दानवको सजिलै वध गर्छिन् र उनको रगत पिउँछिन्।, सीताको यस्तो रौद्ररूप देखेर राम भयभीत हुन्छन् र उनलाई शान्त पार्न हजारवटा नामको मन्त्रोच्चरण गर्न थाल्छन्। यसैबाट सीताको हजार नाम भएको थाहा हुन्छ।, सीताको भूमि अर्थात् जनकपुरलाई नै पौराणिककालको मिथिला भनेर मानिँदै आएको छ। हाम्रो धर्मशास्त्रले यही भन्छ, परम्पराले यही भन्छ। यसैमा हाम्रो विश्वास अडेको पनि छ। तर मिथिला सहर थोरै इतिहास र धेरै पौराणिक कथाहरूका आधारमा बनेको सहर हो भन्नेबारे हामीले यसै श्रृंखलाको पहिलो अध्याय ,‘इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी’, मा चर्चा गरिसकेका छौं। आज चाहिँ हामी तपाईंहरूलाई पौराणिककालको मिथिला मानिने जनकपुर सहर कसरी बनेको थियो भनेर बताउनेछौं।, विदेह वंशका राजाहरूले चलाएको मानिने मिथिलाको राज्य भने राजा कृति वा करालको समयमा सकिएको थियो जो जनक वंशको चौवन्नौं राजा थिए। करालले एउटी ब्राह्मणी कन्यालाई बलात्कार गरेको आरोपमा मिथिलाका जनताले विद्रोह गरेर उनलाई जनकको पदबाट हटाएका थिए। जनक वंशको अन्त्यपछि लामो समयसम्म मिथिलामा अराजकता रह्यो। राज्य साँघुरिदै गयो। बिस्तारै कुनै प्राकृतिक प्रकोप वा युद्धका कारण राज्य नै गुमनाम भयो।, सीता-राम विवाहको मिथिला कला, जुन जनकपुरको धनुषाधाम मन्दिरको भित्तामा कुँदिएको छ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ‘द हिस्ट्री अफ जनकपुरधाम’ किताब लेखेका मानवशास्त्री रिचर्ड बरघर्टले यसबीचको समयलाई जनकपुर हराएको समय, अर्थात् जनकपुरको ‘अन्धकार युग’ भनेर वर्णन गरेका छन्। उनको किताबले सन् १९७० भन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरको इतिहासबारे मिहिन वर्णन गर्छ। उनले तीन सय वर्षअघि मात्र जनकपुर भेटिएको थियो भनेर आफ्नो किताबमा लेखेका छन्। जनकपुर हराउने र भेटिने क्रमलाई उनले ‘द डिसएपेरियन्स एन्ड रिएपेरियन्स अफ जनकपुर’ भन्ने लेखमा विस्तार लगाएका छन्।, सत्रौं शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम थियो। त्यही भएर यो सहर कस्तो थियो, कहाँ थियो भन्ने खसखस धेरै साधुहरूलाई हुन थाल्यो। विशेषगरी रामानन्दी सम्प्रदायका हिन्दु साधुहरूलाई।, रामानन्दी सम्प्रदाय भनेको वैष्णव सम्प्रदायको रामानुजाबाट छुट्टिएको एउटा सम्प्रदाय हो, जसलाई स्वामी रामानन्दले निर्माण गरेको मानिन्छ। उनका बारेमा त्यति धेरै विवरण र तथ्यपूर्ण प्रमाण भेट्न नसकेको बरघर्ट बताउँछन्।, रामानन्दीहरूमा एउटा चेत के थियो भने उनीहरू कसैलाई जात, धर्म वा वर्णका आधारमा अपमान गर्दैनथे। उनीहरूको धारणा थियो, ‘कसैसँग उसको जात वा सम्प्रदाय नसोध्नू। जसले भगवानको भक्ति गर्छ, ऊ भगवानको हो।’, त्यही भएर रामानन्दी सम्प्रदायमा कथित अछुत, शुद्र अनि मुसलमान समुदाय पनि सामेल थिए।, रामानन्दीहरूले भक्ति गर्ने भगवान थिए, त्रेताकालीन भगवान राम। गंगा किनारमा सोह्रौं–सत्रौं शताब्दीतिर रामको पूजा र भक्ति खुब फैलिएको थियो। त्यही बेला रामानन्दी सम्प्रदायका हिन्दु साधुहरू त्रेतायुगको मिथिला सहर कहाँ छ भनेर खोज्दै हिँड्न थालेका थिए। त्रेतायुग भगवान रामचन्द्रको कोमल चरणले शुद्ध भएको उनीहरू विश्वास गर्थे।, राम आफ्नो चौधवर्षे वनवासबीच ‘चित्रकूट’ भन्ने जुन ठाउँ पुगेका थिए, त्यो ठाउँ ती साधुहरूले पहिल्यै पत्ता लगाइसकेका थिए। अहिले भारतमा पर्ने चित्रकूट सोह्रौं शताब्दीमै वैष्णव धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल बनेको थियो। राम जन्मिएको अयोध्या राज्यमा पनि ती साधुहरूले धेरैअघिदेखि भ्रमण गर्दै आएका थिए। मुगलहरूले भारतमा शासन गर्ने बेलासम्म रामानन्दी सम्प्रदायका साधुहरूले अयोध्यामा थुप्रै मठहरू बनाइसकेका थिए।, यसरी रामराज्य अयोध्या पत्ता लगाइसकेका साधुहरूले सत्रौं शताब्दीको अन्त्यसम्म पनि सीताको सहर मिथिला कहाँ हो भनेर फेला पार्न सकेका थिएनन्। वैष्णवधर्मीहरूका लागि मिथिला भनेको भक्ति र ध्यानका रूपमा मात्र सीमित थियो। त्यो ठाउँ कहाँ हो भन्ने रहस्य खुलेको थिएन।, त्यही रहस्य सुल्झाउन भारतको बद्रिनाथबाट चतुर्भुज गिरी नामका साधु मिथिला खोज्दै अहिलेको जनकपुर आइपुगे। जनकपुरका साधु, तपस्वी र पण्डितहरूका अनुसार पौराणिक जनकपुर आएका पहिलो हिन्दु साधु चतुर्भुज गिरी नै हुन्। उनलाई दसनामी सम्प्रदायका दुर्गानाथ गिरीले दिक्षा दिएका थिए, जो बद्रिनाथस्थित ज्योर्तिमठका प्रमुख थिए।, चतुर्भुज गिरी आफ्नो मन, वचन र शरीरको एकाग्रताका लागि एकान्त र शान्त ठाउँ खोज्दै उत्तरी मिथिला आएको भनाइ छ। आफ्नो यात्रा क्रममा एकदिन उनी बूढो बरगदको रूखमुनि विश्राम गर्न बसे र त्यहीँ निदाए।, सपनामा उनले भगवान रामलाई देखे।, रामले उनलाई भनेछन्, ‘तिमी जुन रूखमुनि सुतेका छौ, त्यही ठाउँमा पुरानो जनकपुर छ, जुन विदेहहरूको राजधानी थियो। मेरो विवाहपछि जब म र सीता अयोध्या जाने तयारी गरिरहेका थियौं, मैले मेरो ससुराबुवा राजा जनकलाई आफ्नै आकृति झल्किने चारवटा मूर्ति दिएको थिएँ। उहाँले छोरीसँगको विछोड त्यही मूर्ति हेरेर बिर्सिनुहोला भन्ने मैले ठानेको थिएँ। अहिले ती मूर्ति तिमी सुतिरहेको जमिनमुनि पुरिएका छन्। तिमी जमिन खनेर ती मूर्ति बाहिर निकाल र मिथिलाका मान्छेहरूलाई समर्पण गर, ताकि उनीहरू यस क्षणिक संसारबाट बाहिर आऊन्।’, जब रामका यी वाणी चतुर्भुज गिरीले सपनामा सुने, उनी खुसीले प्रसन्न भए। तर उनका वाणीको अर्थ गहिरिएर विचार गर्दा उनी निराश भए।, ‘हे, भगवान! यस्तो सुनसान जंगलमा म कसरी तपाईंको सेवा गरूँ?’ उनले सपनामै रामलाई सोधे, ‘यहाँ त मजस्ता साधु एकान्त र एकाग्र खोज्दै आउँछन्। जंगलमा जे पाइन्छ त्यही खान्छन् र जहाँ निद्रा लाग्छ त्यहीँ सुत्छन्। म यहाँ तपाईंको राज्य बनाउन सक्दिनँ। न तपाईंलाई केही खुवाउन सक्छु। तपाईं भेटिनुभएको थाहा भएपछि अरू साधुहरू पनि टाढाटाढादेखि तपाईंलाई खोज्दै आउलान्। त्यो बेला मैले लज्जित भएर आफ्नो शिर झुकाउनुपर्ने हुन्छ।’, भगवान रामले उनलाई जवाफ दिए, ‘यही जंगलका फल, नपकाएको चामल वा जे पाइन्छ त्यही मलाई चढाए पुगिहाल्छ नि। मलाई तिमीले जे चढाउन सक्छौ, म त्यसैमा खुसी हुन्छु।’, भगवानको यस्तो जवाफ सुनेर चतुर्भुज गिरी प्रसन्न भए।, बिहान उठेपछि गिरीले सपनामा रामले भनेजस्तै आफू सुतेको जमिन खन्न थाले। नभन्दै उनले त्यहाँ चारवटा मूर्ति फेला पारे। ती रामकै प्रतिविम्ब भएका लक्ष्मीनारायण, शेषअवतार, दसअवतार र पञ्चअवतारका मूर्ति थिए। पञ्चअवतारमा राम, उनका तीन भाइ र सीताको प्रतिरूप हुन्छ।, त्यसपछि चतुर्भुज गिरीले त्यहीको रूखको छायामा ती मूर्ति प्रतिस्थापन गरे र त्यसको पूजाआजा गर्न थाले।, चतुर्भुज गिरीले फेला पारेको भनिएका म‍ूर्तिहरू, जुन अहिले जनकपुरको राम मन्दिरमा छ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, त्यति बेलै अर्का साधु सुरकिशोर दास पनि उत्तरी मिथिला आइपुगेका थिए। चतुर्भुज र सुरकिशोर एउटै समयतिर जनकपुर आएका भए पनि को पहिले आएका हुन् प्रस्ट छैन। फरक के भने, चतुर्भुज दसनामी सम्प्रदायका थिए भने सुरकिशोर रामानन्दी सम्प्रदायका। उनी पश्चिम भारतको लोहागढ शिखरमा बसोबास गर्थे। उनी सीतालाई पूजा गर्थे र आफूलाई उनको बुवाको भाइका रूपमा मान्थे। त्यस हिसाबले उनी सीतालाई आफ्नै छोरी सम्झन्थे। उनी ठान्थे, ‘सीता जवान भइसकेकी छन् र त्यही जवान सीताको सानो मूर्ति उनीसँग छ।’, सुरकिशोर दास जहाँ–जहाँ जान्थे, उनी सीताको मूर्ति साथै लग्थे। कहिले सीतालाई मन्दिरको बगैंचा घुमाउँथे र त्यहाँको फूल टिपेर माला लगाइदिन्थे। कहिले सीतालाई बजार लिएर जान्थे अनि सोध्थे, ‘सीता, के तिमीलाई मिठाइ खान मन छ?’, एक पिता जसरी आफ्ना छोराछोरीका इच्छा पूरा गर्न अघि सर्छन्, सुरकिशोर पनि त्यसरी नै सीताको रेखदेखमा अघि सर्थे।, सीताका लागि यति धेरै गर्दा पनि सुरकिशोर आफ्नो भक्तिप्रति त्यति प्रसन्न थिएनन्। उनलाई जहिल्यै लाग्थ्यो, ‘मैले सीतालाई उनका बुवा जनकले जसरी सेवा गर्न सकेको छैन।’, उनलाई यो पनि लाग्थ्यो, ‘सीतालाई उनको बुवाले जस्तै सेवा गर्ने हो भने म उनकै सहर जनकपुर जानुपर्छ।’, तर त्यो जनकपुर कहाँ छ भन्ने त्यति बेलासम्म पत्ता लागेको थिएन। त्यही भएर उनी बेलाबेला आफैंसँग मुर्मुरिन्थे, ‘पौराणिककालको जनकपुर कहाँ छ भनेर म कसरी पत्ता लगाऊँ?’, एकदिन उनले सीताको मूर्तिअगाडि उभिएर चर्को स्वरमा सोधेछन्, ‘सीता, तिम्रो राजधानी कहाँ छ?’, मूर्तिका रूपमा रहेकी सीताले उनलाई जवाफ दिइछन्, ‘बुवा, तपाईं मलाई यहीँ छाडिदिनुस्। अनि हिमाल, गंगा, कोशी र गण्डकी नदीले घेरिएको सहरमा जानुहोस्। जुन ठाउँमा तपाईं मलाई भेट्नुहुनेछ, त्यहीँ तपाईंका सबै असन्तुष्टि पूरा हुनेछन्। तपाईंले त्यही ठाउँमा मलाई पाउनुहुनेछ। त्यहीँ नै मेरो बुवा जनकको राज्य भएको ठाउँ हुनेछ।’, यसै त सीताको परमभक्तिमा उनलाई आफ्नै छोरी मानिसकेका सुरकिशोरले यो कुरा नमान्ने कुरै थिएन। उनी सीताको मूर्ति लोहागढ शिखरको आफ्नै निवासमा छाडेर उत्तरी मिथिलातिर लम्के। घामपानी, झरीबर्खा केही नभनी निरन्तर आफ्नो यात्रामा हिँडिरहे।, हिँड्दा–हिँड्दै थकाइ लागेर एकदिन उनी निमको रूखमा आराम गर्न बसेका थिए। आँखा चिम्म गरेर विश्राम गरेका सुरकिशोरले केही बेरपछि आँखा उघारेका मात्र के थिए, उनले घरमै छाडेर आएको सीताको मूर्ति त्यही ठाउँमा देखे।, यसबाट सुरकिशोरले के थाहा पाए भने सीताको जुन जन्मभूमिको खोजीमा उनले यात्रा गरिरहेका छन्, त्यो ठाउँ यही हो — सीताको जनकपुर यही हो।, जनकपुर पत्ता लगाएपछि उनले त्यहीँनजिक सानो खरको झुपडी बनाए र आफ्नी छोरी सीताका नाममा भक्ति गीतहरू गाउन थाले।, ‘श्री मिथिला विलास’ नामक किताबमा एउटा यस्तै भक्ति गीत छ, जसमा सुरकिशोर दासले भगवान शिवको धनुष पनि पत्ता लगाएको वर्णन गरिएको छ।, जनकपुरधामबाट उत्तरतिर करिब १२ माइल टाढा धनुषा गाउँमा काला पत्थरहरू रहेको भू–भाग छ। पौराणिककालमा भगवान रामले सीतासँग विवाह गर्नुअघि शिवजीको धनुष चलाउँदा त्यो धनुष तीन टुक्रा भई तीनवटा लोकमा खसेको थियो। जुन टुक्रा पाताल लोकमा खस्यो, त्यो यही ठाउँ भएको वैष्णवधर्मीहरू मान्छन्। त्यही धनुषको नामबाट यो ठाउँलाई धनुषाधाम भनिएको विश्वास गरिन्छ।, यो ठाउँलाई सुरकिशोर दासकै चेलाहरूले सुरक्षा दिइरहेको जनविश्वास छ। धनुषाधाममा प्रचलित जनकपुरका कथाहरू संकलन गर्ने क्रममा हामीले ६२ वर्षीय पुजारी भरत दासलाई भेटेका थियौं। उनका अनुसार रामले भाँचेको धनुषको दाहिने भाग उडेर आकाशतिर गएको थियो, जुन अहिले भारतमा पर्ने रामेश्वरमको समुद्रमा तैरिइरहेको भेटिन्छ। त्यही भएर धनुषाधाम दर्शन गर्न नसक्नेहरूले रामेश्वरमको दर्शन गर्दा यहाँ आएजत्तिकै धर्म कमाउने उनको भनाइ छ।, ‘देब्रे भागको टुक्रा पातालमा खस्यो। जनकपुरमा धनुषसागर भन्ने पोखरी छ, त्यो टुक्रा यही पोखरीमा खसेको मानिन्छ। धनुषको बीचको टुक्रा भने धनुषाधाममै छ,’ नजिकै रहेको पिपलको रूख देखाउँदै पुजारी भरत दासले हामीसँग भने, ‘यो पूरै पिपलको रूख नै धनुषको टुक्रा माथि छ। पहिले यो कालो पत्थरजस्तो देखिने सानो धनुष आकारको थियो। अहिले यसको आकार बढ्दै गएको छ। आकार बढ्ने क्रममा रहेकाले यसमा कंक्रिटको मन्दिर नबनाएर घेरा मात्र लगाएर राखिएको छ।’, उनका अनुसार धनुषको आकार जति–जति बढ्दै गएको छ, त्यति–त्यति भारतको मथुरामा रहेको गोवर्द्धन पर्वतको आकार घट्दै गएको छ।, ‘पहिले धनुषाधाममा धनुषको सानो टुक्रा थियो, अहिले कोठाभरि हुन लागिसक्यो। भनिन्छ, यहाँको धनुषले पछि पूर्ण आकार लिनेछ। त्यसो भयो भने यो पृथ्वीको विनाश हुन्छ र कलियुग सकिन्छ भन्ने जनविश्वास छ,’ भरतले भने।, उनले आगाडि भने, ‘रूद्राक्षको रूप जस्तो हुन्छ, यो धनुष त्यस्तै रूपमा छ। ढुंगा भनौं भने गेरू रङको छ। फलाम भनौं भने चुम्बकले समात्दैन। कुनै बेला पहाड विस्फोट भयो र त्यसैको लाभा हो भनौं भने नजिकै कतै पहाड पनि छैन।’, यसरी समयसँगै बढ्दै गएको रहस्यमयी पत्थरबारे पुरातत्व विभागले अहिलेसम्म चासो नदेखाएको उनी बताउँछन्।, भरत दास। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, धनुषरूपी पत्थरको छेवैमा काठमाडौंको गुह्येश्वरी मन्दिरमा जस्तै सानो कुण्ड छ, जसलाई पाताल गंगा भनिन्छ। यस कुण्डमा पानीको तह कति छ, त्यसैअनुसार नजिकका खेतालाहरूले खेतीपाती कस्तो हुन्छ भन्ने आकलन गर्ने चलन छ।, ‘यो कुण्डको पानी जति माथि हुन्छ, उति शुभ मानिन्छ। जति तल जान्छ, उति अशुभ र खेती राम्रो हुन्न भन्ने मान्यता छ,’ उनले भने।, चतुर्भुज गिरी र सुरकिशोर दासले जनकपुर पत्ता लगाएपछि भरत दासजस्ता थुप्रै साधु मिथिला भेटियो भन्दै यतातिर आएको देखिन्छ। उनीहरू ती दुई साधुले फेला पारेको मूर्ति खोज्दै यहाँ आएका थिए।, त्यसरी आएका साधुमा जनकपुर पुनर्स्थापना गर्न मद्दत पुर्‍याउने अर्का साधु हुन् प्रितम दास, जो रामानन्दी सम्प्रदायकै हुन्। उनी गोरखपुरमा रहेको मौर्य रामपुर मठबाट आएका थिए। उनले गंगाको तीर्थयात्राका लागि त्यो मठ छाडेका थिए।, एकबिहान उनी गंगा नदी किनारमा स्नान गर्दै थिए। नदीबाट निस्कँदा उनको हातले केही साह्रो र चिल्लोपदार्थ छोयो। बिहानीको मधुर प्रकाशमा छामछुम गर्दा उनले त्यहाँ एउटा ठूलो ढुंगा भएको महसुस गरे। तर उनले त्यति वास्ता गरेनन्। उनी आफ्नो नित्यकर्म सकेर घर फर्के।, त्यो दिन त्यसै बित्यो।, राति सपनामा उनले हनुमानलाई देखे। हनुमानले उनलाई भने, ‘तिमीले मलाई गंगा किनारमा फेला पारेका थियौं। तर तिमीले वास्ता गरेनौं। तिमी मलाई उत्खनन गर अनि मेरो पूजा गर। म प्रसन्न हुनेछु।’, प्रितम दास झसंग भएर ब्युँझे। उनले सपनाको संकेत बुझे। अघिल्लो दिन आफूले बेवास्ता गरेर छाडेको ढुंगा त हनुमान पो रहेछन् भनेर थाहा पाए।, उनी अर्को दिन बिहानै गंगा किनार गए र आफूले ठूलो ढुंगाजस्तो वस्तु फेला पारेको ठाउँमा खोस्रन थाले।, त्यहाँ हनुमानको मूर्ति फेला पर्‍यो।, त्यो मूर्तिलाई नदीबाट बाहिर ल्याएपछि उनले गोरूगाडामा राखेर उत्तरी मिथिलाको जनकपुरधाम ल्याउन खोजे। त्यो मूर्तिको सम्बन्ध सीताको जन्मभूमि र रामचन्द्र र सीताको विवाह भएको ठाउँसँग हुनुपर्छ भन्ने उनको विश्वास थियो। त्यसैले हनुमानका लागि उत्तम ठाउँ त्यही हो भन्ने उनलाई लाग्यो।, प्रितम दासले धेरै साता लगाएर हनुमानको मूर्तिलाई गोरूगाडामा जनकपुरधामनजिक ल्याइपुर्‍याए।, जब उनी आफ्नो गन्तव्यबाट केही कोस मात्र नजिक थिए, गोरूगाडा टक्क रोकियो। प्रितम दासले जति जोड लगाउँदा पनि त्यसलाई अगाडि तान्न सकेनन्। त्यसपछि उनले गोरूलाई गाडाबाट अलग गरे र गाडा मात्रै तान्न खोजे। तैपनि गाडा डेग हल्लिएन। तब उनलाई लाग्यो, सायद भगवान हनुमानले यही ठाउँमा बस्न चाहेका हुन्!, उनले हनुमानको मूर्ति गाडाबाट झिके र त्यहीँ सानो मन्दिर बनाएर मूर्ति प्रतिस्थापन गरे। त्यो ठाउँलाई अहिले ‘हनुमानगढी’ भनिन्छ।, प्रितम दासले हनुमानको मूर्ति फेला पारूञ्जेल रामानन्दी र रामानुजा सम्प्रदायका अरू साधुहरूले राजा जनकले सुनौलो हलो प्रयोग गरेर जमिन खनेको र त्यसैको गर्भबाट सीता फेला परेको ठाउँ पत्ता लगाइसकेका थिए।, स्थानीयका अनुसार सीता जन्मिएको ठाउँ ‘सीतामढी’ हो, जुन जनकपुरधामबाट दक्षिण–पश्चिमतर्फ ३२ माइल टाढा छ। यो अहिले भारतमा पर्छ। त्यहाँ धेरै साधुले आफ्नो कुटी बनाएका छन्।, जनकपुरलाई सीता वा जानकी भूमि भनिन्छ भनेर हामीले माथि भनिसक्यौं। यो भूमि कसरी सीताको भयो भन्नेबारे एकछिन चर्चा गरौं।, संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरीका अनुसार सीताका पति रामले धार्मिक रूपमा देउताको दर्जा पाएको रामानन्द सम्प्रदाय विकास भएपछि सोह्रौं शताब्दीतिर मात्र हो। रामलाई देउताका रूपमा स्वीकृत गरिएपछि उनलाई विष्णुको अवतारगणमा सामेल गरियो। त्यसपछि बल्ल उनको गाथा व्यापक रूपमा प्रचार हुन थाल्यो।, रोशन जनकपुरी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ‘वैदहहरूमा तीनवटा प्रमुख देउता थिए– ब्रह्मा, विष्णु र महेश्वर। उनीहरूभन्दा अगाडि एउटै मात्र देउता थिए, इन्द्र। यस हिसाबले सबभन्दा ठूलो देउता इन्द्र भए। तर जति बेला सत्तामा रामानन्दीहरू आए, उनीहरूका देउता प्रमुख भए र अरू देउतालाई तल झार्ने काम भयो,’ जनकपुरीले भने, ‘त्यसपछि जो–जो आए उनीहरूले आ–आफ्नो देउतालाई नै प्रमुख बनाउँदै माथिल्लो स्थानमा राख्न थाले। त्यस हिसाबमा कृष्ण पनि विष्णुकै अवतार, परशुराम पनि विष्णुकै अवतार भए। अनि बल्ल राम त्यसमा सामेल हुन पुगे।’, रामानन्दी सम्प्रदायभित्र अर्को एउटा शाखा पनि छ, जसलाई रसिक सम्प्रदाय भनिन्छ। उनीहरूले रामलाई भन्दा बढी सीतालाई प्राथमिकता दिएका छन्।, ‘कृष्ण मान्नेहरूको ‘राधा बल्लभ’ भन्ने एउटा सम्प्रदाय छ। ती सम्प्रदायका मान्छेले मान्न त कृष्णलाई माने तर राधालाई प्रमुख बनाए। उनीहरूले ‘राधे–राधे’, ‘जय राधे’ जस्ता शब्द बढी भन्न थाले। रामानन्दी सम्प्रदायमा पनि एउटा धारा विकसित भयो, जसले रामलाई भन्दा सीतालाई प्रमुख बनायो। त्यही भएर यहाँको गीतमा पनि ‘जय सीयाराम’ भनेर सीतालाई अगाडि राखिएको देख्न सकिन्छ,’ जनकपुरीले भने।, रसिक सम्प्रदायको एउटा चलन के छ भने उनीहरू भगवानलाई बुवा, आमा, छोरी, छोरा वा साथी मान्छन्। त्यसैले जनकपुरमा सीतालाई कसैले दिदी मान्छन्, कसैले मौसी, कसैले ठूलीआमा, कसैले सानीआमा। रामलाई भने ज्वाइँ मान्ने चलन छ। यस्तो भावलाई साख्य भाव भनिन्छ। रसिक सम्प्रदायभित्रको यस्तै एउटा शाखा छ जसलाई सखी सम्प्रदाय भनिन्छ। झन् सुरकिशोर दास त सीतालाई आफ्नी छोरी मान्थे। त्यही हिसाबमा छोरीको राज्य खोज्दै उनी मिथिला आएका थिए।, पछिल्लो समय भारतको बढ्दो राजनीतिक प्रभावले जनकपुरमा सीताभन्दा बढी रामलाई प्राथमिकता दिन थालिएको छ। जनकपुरको सहिदद्वारमा सहिदहरूको स्मारकभन्दा माथि बडेमानको धनुष आकारको प्रतिविम्ब राखिनु, सरकारीदेखि निजी भवनमा राम र हनुमानका चिह्न अनि चित्रहरू राखिनु भारतको राजनीतिक प्रभावकै उपज भएको जनकपुरी बताउँछन्।, ‘बौद्धकालमा भारतको अयोध्याको नाम साकेत थियो। भारतमा मौर्य शासनको अन्त्यपछि पुष्यमित्र नामक राजाले आफ्नो शासनकेन्द्र पाटलीपुत्रबाट साकेतमा सारेर त्यसलाई अयोध्या नामाकरण गरेका थिए। त्यसैले अयोध्या कहाँ हो भन्ने विवाद उत्पन्न भएपछि वैष्णवधर्मीहरूले रामलाई अगाडि सारेका थिए,’ जनकपुरीले भने, ‘अयोध्यामा पनि पहिले जनकपुरमा जस्तै ‘जय सीयाराम’ भनिन्थ्यो। अहिले सीयालाई बदलेर ‘जय श्रीराम’ भन्न थालिएको छ। भारतको राजनीतिक प्रभावकै कारण राम केन्द्रमा आए, सीता भने राजनीतिक एजेन्डाभित्र परिनन् र उनको प्रभाव घट्दै गयो।’, सुरूआती चरणमा भने जनकपुरमा सीता–राम र पछिपछि हनुमानका मन्दिर बन्न थालेका हुन्। मिथिलालाई पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा क्षीरेश्वर र दक्षिणमा कल्याणेश्वर गरेर चारैतिर शिव मन्दिरले घेरिएको छ। त्यसो हुनुमा पनि धर्मको राजनीति बढ्ता हाबी देखिने जनकपुरी बताउँछन्।, सातौं वा आठौं शताब्दीमा गुरू शंकराचार्यले हिन्दु धर्मको पुनरूत्थान गरेका थिए। उनले त्यो समय बढ्दै गएको बुद्ध धर्मको प्रभाव हटाउन शैव संन्यासीहरू खडा गरेका थिए। उनीहरूले शस्त्र (त्रिशूल) र शास्त्रको बलमा बौद्ध धर्म विस्थापित गर्न खोजे। जुन राज्यमा बौद्ध धर्म छाडेर शैव धर्म स्वीकार गरियो, ती ठाउँमा शिवका मन्दिरहरू स्थापना गरिएको पाइन्छ। जुन ठाउँ शैव धर्म स्वीकार गरिएन, त्यहाँ पनि बलपूर्वक शैव धर्म स्थापना गरिएको जनकपुरीको भनाइ छ।, ‘त्यस्तो द्वन्द्व क्रममा कतिपय ठाउँमा जमिन्दार, राजाहरूले डराएर शंकराचार्य आउनुभन्दा अगाडि नै शिव मन्दिर बनाइसकेका हुन्थे,’ उनले भने, ‘मिथिलाको चारैतिर शिव मन्दिर हुनुको एउटा कारण यो पनि हो।’, संस्कृति अध्येता रोशन जनकपुरीका अनुसार जब शैवहरूले अयोध्या कब्जा गरे, उनीहरूले वैष्णवीहरूलाई धपाएका थिए। तर रामानन्दीहरू फेरि एक ठाउँ जम्मा भएर योजना बनाए र लडाइँ गरेर शैवहरूलाई त्यहाँबाट धपाए।, मानवशास्त्री बरघर्टले आफ्नो किताब ‘द हिस्ट्री अफ जनकपुरधाम’ मा पनि रामानन्दी र शैवको उप–सम्प्रदाय दसनामीहरूबीच जनकपुरमा आधिपत्य जमाउन अठारौं शताब्दीको अन्त्यतिर ठूलो युद्ध भएको उल्लेख गरेका छन्। बरघर्टका अनुसार उनीहरूबीच धार्मिक स्थल र धार्मिक केन्द्रहरूको नियन्त्रणमा प्रतिस्पर्धा हुन थालेपछि युद्ध सुरू भएको थियो।, ‘अठारौं शताब्दीको पूर्वार्द्धमा दसनामी संन्यासीहरूले भगवान रामको जन्मदिनको अवसर पारेर अयोध्या कब्जा गरेका थिए। उनीहरूले त्यस बेला वैष्णवधर्मी रामानन्दीहरूलाई उनीहरूको भगवानको जन्मस्थलबाट धपाएका थिए। त्यो घटनापछि वैष्णव सम्प्रदायका प्रमुखहरूले जयपुरमा एउटा सम्मेलन गरे, जसमा संन्यासीहरूले आफूलाई लडाकू बनाए,’ बरघर्टले किताबमा लेखेका छन्, ‘दसनामी लडाकू संन्यासीहरूले सन् १७६० मा हरिद्वार पनि कब्जा गरेका थिए, जसलाई पछि रामानन्दीहरूले पुनः आफ्नो धार्मिक स्थलका रूपमा फिर्ता ल्याए। सन् १७८९ मा गोदावरी नदीको काशी संगममा नुहाउने अधिकारका लागि युद्ध हुँदा १२ सय संन्यासीहरूले ज्यान गुमाएका थिए।’, जनकपुरमा पनि आफ्नो आधिपत्य जमाउन दसनामी र रामानन्दीबीच युद्ध भएको उल्लेख गर्दै बरघर्टले लेखेका छन्, ‘अठारौं शताब्दीको अन्त्यतिर जनकपुरका लागि युद्ध भएको थियो, जसमा १९ जना संन्यासीले ज्यान गुमाएका थिए। हनुमान मन्दिरको उत्तरमा पर्ने राम मन्दिरमा बनाइएका समाधिमा तिनै मृत संन्यासी गाडिएको भनाइ छ।’, रामानन्दीहरूले वैष्णवीलाई दबाएर आफ्नो आधिपत्य जमाएपछि उनीहरूले रामायणमा लेखिएका स्थान खोज्दै जाँदा रामराज्य अयोध्यापछि मिथिला भेटेका थिए।, जनकपुरमा रहेका पण्डित र साधु–संन्यासीहरू पौराणिक जनकपुर पत्ता लगाउन सुरूआती चरणमा आएका चतुर्भुज गिरी र सुरकिशोर दासको प्रमुख हात भएको बताउँछन्। उनीहरू हराइसकेको जनकपुर राम र सीताको कृपाले कलियुगमा फेला परेको मान्छन्। तर धर्मको परिवर्तित शक्ति–सम्बन्ध हेर्ने हो भने जनकपुर कसरी खोजियो र फेला पर्‍यो भन्ने कुरा झनै स्पष्ट हुन्छ।, जनकपुर तीन सय वर्षअघि भेटियो भन्दैमा जनकपुरको इतिहास तीन सय वर्षमा मात्र सीमित होला त? के यसको त्रेतायुगका कथाहरूसँग कुनै सम्बन्ध छैन?, जनकपुरस्थित घरको भित्तामा कुँदिएको मिथिला कला। यो कलामा रामायणको कथा चित्रण गरिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, रोशन जनकपुरी भन्छन्, ‘वैष्णव हिन्दुहरूको निम्ति यो प्रश्नको कुनै अर्थ छैन। उनीहरू जनकपुर सीताको जन्मभूमि भएकाले यसको अस्तित्व राम र सीताको जन्मदेखि नै थियो भन्ने मान्छन्। जनक, सीता, राम लगायत पात्रको उपस्थिति पौराणिक ग्रन्थ र महाकाव्यमा बाहेक हामीसँग उपलब्ध कुनै ऐतिहासिक प्रमाणमा छैन। तर हिन्दुधर्मीहरूका निम्ति ऐतिहासिक प्रमाणले कुनै अर्थ राख्दैन, विश्वास मात्र भए पुग्छ।’, उनले उदाहरण दिँदै भने, ‘बौद्ध जातक कथाहरूमा रामका पिता दशरथलाई काशीको राजा भनिएको छ। यसैगरी राम र सीताबारे जातकहरूमा फरक कथा भनिएका छन्। तसर्थ, यस्ता मिथक पात्रको ऐतिहासिकता सिद्ध गर्न कठिन छ।’, पौराणिक कथाहरूमा त्यति धेरै ऐतिहासिकता नभेटिए पनि जनकपुर प्राचीन सहर भएकोमा कुनै दुबिधा नरहेको जनकपुरी बताउँछन्।, ‘केही वर्षपहिले जनकपुरमा कालो पत्थरका मूर्तिहरू भेटिएका थिए। महदैयामा पाइएका प्राचीन सिक्का र जनकपुर वरिपरि कालो चिल्लो शिवलिंग भएका महादेवका मन्दिरहरू छन्। यसले यो सहर प्राचीन भएको संकेत गर्छ,’ उनले भने, ‘जनकपुरको जति पुरातात्विक खोज र ऐतिहासिक अनुसन्धान हुनुपर्ने हो, त्यो चाहिँ हुन सकेको छैन।’, आधुनिक जनकपुरको इतिहास भने दुई साधुहरू चतुर्भुज गिरी र सुरकिशोर दास आउनुभन्दा पुरानो भएको जनकपुरीको अनुमान छ। कम्तिमा यो सहर बाह्रौं शताब्दीतिरै चर्चामा आएको हुनसक्ने उनी बताउँछन्। तर एघारौं शताब्दीमा मिथिला क्षेत्रमै पर्ने सिमरौनगढमा कर्नाटवंशी शासन चल्दा जनकपुरको चर्चा दस्तावेजहरूमा पाइएको छैन।, ‘यसबाट के स्थापित हुन्छ भने जनकपुर पहिले कुनै अन्य नामबाट परिचित थियो। वा, यो सहर कर्नाटवंशी शासनमै जनकवंशको नगरीका रूपमा प्रसिद्ध हुन थाल्यो र यहाँ मेला लाग्न सुरू भयो,’ रोशन जनकपुरीले भने, ‘यो राज्य मिथिलाका रूपमा प्रसिद्ध भएपछि नै रामानन्दी सम्प्रदायका साधुहरू मिथिलाको खोजीमा जनकपुर आउन थालेको देखिन्छ।’, ‘जनकपुरबारे एउटा तथ्य के हो भने, सीताको जन्मभूमि मिथिला र रामनवमीमा भव्य मेला लाग्ने भएकाले जनकपुरमा बस्तीको विकास हुन थाल्यो।’, ..., जनकपुर कति पुरानो सहर हो भन्ने पुरातात्विक अन्वेषणको पाटो हो। तर ‘मिथिलाक कथासभ’ को जनकपुर अध्यायका धेरै कथाहरू जनक, सीता र रामको त्रेताकालीन जनकपुर अनि चतुर्भुज गिरी र सुरकिशोर दासले तीन सय वर्षअघि फेला पारेको जनकपुरको सेरोफेरोमै घुम्ने छन्। यसबारे हामी आगामी अध्यायहरूमा चर्चा गरौंला।, मंगलबार सातौं अध्यायमा भने हामी जानकी मन्दिर र राम मन्दिरको कथा भन्नेछौं। यो अध्यायले चतुर्भुज गिरी र सुरकिशोर दासले जनकपुर पत्ता लगाएपछि यहाँ के भयो भन्ने कथालाई पनि निरन्तरता दिनेछ।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका पल शाहको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई पुनरावेदन परेको जानकारी  दिने आदेश गरेको छ। , उच्च अदालत पोखराका न्‍यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजलासले यस्तो आदेश गरेको हो।, यो जानकारी प्राप्त भएपछि अर्को सुनुवाइमा दुवै पक्ष बहसका लागि उपस्थित हुनुपर्ने छ।, जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा सफाइ र बाल यौन दुर्व्यवहारमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो।  , उक्त फैसलाविरूद्ध पल शाह र सरकारी वकिल दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।, सरकारी वकिल कार्यालयले शाहलाई बलात्कार अभियोगमा सफाइ दिएको फैसला नमिलेको भन्दै पुनरावेदन गरेको थियो। शाहले भने आफूलाई बाल यौन दुर्व्यवहार र क्षतिपूर्ति भराउने फैसलाविरूद्ध पुनरावेदन गरेका थिए। , दुवै पक्षको पुनरावेदन परेपछि दुवै पक्षलाई त्यसको प्रतिलिपिसहित जानकारी पठाउने आदेश भएको उच्च अदालत पोखराका सूचना अधिकारी तथा उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले बताए।, उनका अनुसार अर्को पेसीमा बहसका लागि आउनका लागि यस्तो सूचना तथा जानकारी गराइन्छ।, गत भदौ २१ गते मंगलबार जिल्ला अदालत नवलपुरले उनीविरूद्ध बाल यौन दुर्व्यवहार मुद्दामा फैसला सुनाएको थियो। , पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। ,  , नाबालिग बलात्कार अभियुक्त पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउने उच्च अदालतको आदेश
सेतोपाटी संवाददाता काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ। , सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो। , घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताए। , उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पुर्‍याइएको छ।  , प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ। ,  , काठमाडौंमा बाल्टिनमा डुबेर बालिकाको मृत्यु
रासस माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।, लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।, आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।, लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा
रासस हुम्ला जिल्लाको उत्तरी भेगको सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँमा आगलागी भएको छ।, हिमपात भइरहेको बेला उक्त ठाउँमा आगलागी भएको हो। , आगलागी हुँदा ८२ लाख ९५ हजार रूपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताए।, स्थानीयवासी दीपक सिंह, शक्ति सिंह, कालु सिंह र छक्क सिंहको घरमा आगलागी भएको हो। , धारापोरी चौकीको सहयोग र जिल्ला प्रहरी कार्यालयका मनि गुरुङको नेतृत्वमा थप सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल उक्त घटनास्थलमा गएर स्थानीय बासिन्दा सक्रिय भई आगो निभाइएको छ।, आगलागीबाट चार घरमा क्षति
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।, अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।, प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। , आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन्। , भोलि बुधबार प्रदेश नं. १ र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने महाशाखाको अनुमान छ । ,  , पश्चिमी वायुको सामान्य प्रभाव, केही प्रदेशमा हिमपातको सम्भावना
एजेन्सी टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।, समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। हजारौं मानिसहरू घाइते भएका छन्।, सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।, टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ।, लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म ५० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।, स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।, टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३७ सय नाघ्यो
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा रहेका खाल्टाखुल्टी पुर्ने कामलाई तीव्रता दिएको छ।, डिभिजनका अनुसार काठमाडौंका सडक खाल्टाखुल्टीरहित बनाउने अभियान माघ ११ गतेदेखि सुरू गरिएको थियो।, सोमबारसम्म गौशाला-रातोपुल-कमलपोखरी-सानोगौचरण-कालोपुल-सिफलका सडकमा रहेका खाल्टाखुल्टी पुरिएका छन्।, यस्तै घण्टाघर, नागपोखरी, न्युरोड, बालाजु-वनस्थली सडकमा रहेका खाल्टाखुल्टी पनि पुरिएको छ।, चावहिल-मित्रपार्क, शंखमुल-वानेश्वर-थापागाउँ, थापाथली-नयाँ वानेश्वर-पुरानो वानेश्वर, कलंकी-एलराई स्कूल, छाता गणेश-भाटभटेनी-धुम्बाराही, लाजिम्पाट-पानीपोखरी लगायतका सडक खण्डमा रहेका खाल्टाखुल्टी पुरिएको डिभिजनले जानकारी दिएको छ।, सडकमा रहेका खाल्टाखुल्टी पुरेर कालोपत्र गर्ने काम गरिएको हो।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकमा रहेका खाल्टाखुल्टी पुर्न एक महिनाको समय दिएको थियो। तर यसबीचमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को अभाव भएकोले समयमै काम सम्पन्न गर्न नसकिएको मन्त्रालयले जनाएको छ।, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका र बाहिर पनि विभिन्न सडकखण्डको अनुगमन गर्दै सडकमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिएका थिए।, तस्बिरहरू:, काठमाडौंमा धमाधम पुरिँदै सडकका खाल्टाखुल्टी
एजेन्सी टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ।, भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।, राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।, राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताए।, उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ।, सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। देशभरि हजारौं घाइते भएका छन्। , टर्कीको भूकम्प प्रभावित क्षेत्रमा धेरै सिरियाली युद्ध शरणार्थीहरू पनि छन्। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार टर्कीले ३.६ मिलियन सिरियाली शरणार्थीलाई राखेको छ। जुन कुनै पनि अन्य देश भन्दा बढी छ।, उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन्। विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।, कतिपयले पीडितहरू पानी परेपछि घर छोडेर बाहिरिएका छन्।, सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका दश वटा प्रान्त नराम्ररी प्रभावित भएका हुन्।, भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्धार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ। टर्की र सिरियाका उद्धारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन्।, विश्वका शीर्ष नेताहरुले टर्कीलाई सहायता गर्ने वचन दिँदै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् ।, भूकम्पले ठूलो जनधनको क्षति भएपछि टर्कीले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। साथै आगामी फेब्रुअरी १२ सम्म राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।, अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।, भूकम्पविद्हरूले सोमबार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।, पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो।, यसको धक्का साइप्रस, इजिप्ट, इजरायल र लेबनानमा पनि महसुस गरिएको थियो। , टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो, उद्धार कार्य जारी
रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ।, स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो।, मन्त्रालयका सचिव दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।, मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।, ‘स्थानीय तहले सकेसम्म छिटो जग्गाको वर्गीकरण गरिदिए भूमिसम्बन्धी आएका धेरै समस्या र गुनासा समाधन हुनेछ, प्राविधिक पक्षमा सहयोग पुर्‍याउन मातहतका नापी र मालपोत कार्यालयलाई निर्देशन भइसकेको छ,’ उनले भने।, भूमिलाई समयमै योजनाबद्ध ढङ्गबाट अघि बनाउन नसकिएका कारण भौतिक पूर्वाधारका संरचना र सडक अव्यवस्थित हुनका साथै खेतीयोग्य जमिन नष्ट भएको मन्त्रालयको भनाइ छ।, देशका उर्वरभूमिमा अन्न र तरकारीको साटो भकाभक कङ्क्रिटका घर उम्रन थालेपछि सरकारले त्यसलाई न्यूनीकरण गर्न विसं २०७२ मा भू–उपयोग नीति र विसं २०७६ भू–उपयोग ऐन ल्याएको हो।, कृषियोग्य जग्गाको संरक्षण गर्न, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित सहरीकण, सुरक्षित आवास, प्राकृतिक स्रोत सधानको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण लगायतका उद्देश्य राखेर सरकारले भू–उपयोग नीति, २०७२ जारी गरेको हो।, सरकारले ती नीति र ऐनका आधारमा विसं २०७९ जेठ २३ गते भूमिसम्बन्धी नियमावली जारी गरी जग्गालाई कृषि, खनिज, औद्योगिक, वनलगायत १० किसिमले वर्गीकरण गरेको छ।, नियमावलीको मूल आशय भनेको वर्गीकरण गरिएको आधारमा व्यवसाय गर्ने र त्यसैका आधारमा जग्गा पास गर्ने उद्देश्य हो। जग्गाको खण्डीकरण गर्दा कृषियोग्य जमिनमा खेतीपाती र अन्य क्षेत्रलाई संरक्षण गर्न ऐन ल्याइएको छ।, मुलुक सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा प्रवेश गरेपछि भूमिको विषय स्थानीय तहको क्षेत्राधिकारभित्र परेको छ। मन्त्रालयले सरकारले नीति–नियम बनाउने तथा त्यसको कार्यान्वयन भए–नभएको अनुगमन गर्ने, उठेको राजस्व स्थानीय तह र प्रदेशमा पठाउने कार्यमा सहजीकरण गर्दै आएको छ।, जग्गाको वर्गीकरण गरेको स्थानीय तहमा कित्ताकाटसम्बन्धी समस्या नरहेको बताउँदै सचिव रेग्मीले भने, ‘वर्गीकरण नहुँदासम्म कित्ताकाट हुँदैन, त्यसैले मन्त्रालयले सबै स्थानीय तहलाई यथाशीघ्र जग्गाको वर्गीकरण गर्न अनुरोध गरेको हो।’, नापी विभागले सात सय ५३ वटै स्थानीय तहको भू–उयोगको नक्सा, सोको विद्युतीय अभिलेख, तथ्याङ्क तयार गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।, स्थानीय तहले सो नक्सा प्रयोग वा अद्यावधिक गरी भू–उपयोगको क्षेत्र छुट्याउन सक्ने मन्त्रालयले जनाएको छ। कित्ताकाट नहुँदा लामो समयदेखि टुक्र्याएर जग्गाको बिक्री वितरण तथा अंशबण्डालगातका हक हस्तान्तणको कार्यसमेत रोकिँदै आएको छ।, मुलुकका एक सयभन्दा बढी स्थानीय तहले भने जग्गाको समयमै वर्गीकरण गरेका कारण त्यस्ता पालिकामा भने कित्ताकाटको समस्या नरहेको मन्त्रालयको दाबी छ।, भूमि व्यवस्था मन्त्रालयले स्थानीय तहलाई भन्यो- जग्गाको वर्गीकरण छिटो होस्
सेतोपाटी संवाददाता बैतडीमा एक युवा मृत फेला परेका छन्। , डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, बिहिबार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै छ।, अवस्थीका घरपरिवार आएपछि मात्रै थप काम अघि बढाउने प्रहरीले जनाएको छ। , उनको मुत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, बैतडीमा एक युवक मृत फेला
राजेश घिमिरे भरतपुर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि ६ महिनाभन्दा लामो समय कुर्ने गरेका छन्।, बिरामीको अनुपातमा शल्यक्रिया कक्ष र (एनेस्थेसियोलोजिस्ट)बेहोस बनाउने डाक्टर कम हुँदा समयमै शल्यक्रिया गर्न नसकेको अस्पतालले जनाएको छ।, अप्रेशनका लागि महिनौं कुर्ने बिरामीहरू प्रायः पित्तथैली, हर्नियाँको समस्या भएकाहरू छन्।, सूचना अधिकारी गोपाल पौडेलकाअनुसार अस्पतालमा अहिले शल्यक्रिया कक्ष ७ वटा र सरकारी दरबन्दीका एनेस्थेसियोलोजिस्ट एक जनामात्रै छन्।, अस्पताल विकास समितिका ३ र छात्रवृत्ति करारका ३ जना एनेस्थेसियोलोजिस्ट यहाँ कार्यरत छन्। सातवटा शल्यक्रिया कक्षहरूमा आकस्मिक शल्यक्रिया चौबिसै घण्टा र बारअनुसार विभिन्न विभागका शल्यक्रियाहरू हुन्छन्। त्यसका लागि आवश्यक सर्जनहरूको भने कमी छैन।, ‘अहिले विभिन्न विभागका गरेर ४० जना सर्जनहरू हुनुहुन्छ तर बेहोस बनाउने डाक्टर ६ जनामात्रै र अप्रेशन थिएटर पनि कम हुँदा बिरामीले समयमै सेवा पाउन सकेका छैनन्,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भने।, स्वास्थ्य बीमाको सुविधा रहेका कारण बिरामीको चाप भने बढ्दोक्रममा रहेको उनले बताए। बिरामीको संख्या बढ्दै जाने तर त्यसअनुरुप जनशक्ति र संरचना नुहँदा समयमा सेवा दिन नसकेको पौडेलले बताए। उनले शल्यक्रियाका लागि बिरामीले ९ महिनासम्म पालो कुर्नु परेको बताए।, २०७९ सालको साउन १ गतेदेखि पुस मासन्तसम्ममा भरतपुर अस्पतालमा ७ हजार ४६५ वटा शल्यक्रियाहरू भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। यसमध्ये ४ हजार २१ मेजर अप्रेशन, २२२ मध्यम, ४८८ सामान्य, २ हजार ५८१ सुत्केरीको सामान्य, १५८ जना सुत्केरीको  जटिल अप्रेशन गरिएको पौडेलले बताए।, यी मध्ये ६५ देखि ७० प्रतिशतले बीमामार्फत शल्यक्रिया गरेका हुन्।, ‘सातवटा कक्षमा जनशक्तिले भ्याएसम्म नियमित शल्यक्रिया भइरहेको छ तैपनी मेजर अप्रेसनकै लागि ६ महिनाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता छँदैछ,’ पौडेलले भने, ‘आजको दिनमा आउने बिरामीलाई असारअघिको समय दिन नसक्ने अवस्था छ।’, तर आकस्मिकरुपमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई नकुराइएको उनको भनाइ छ। , ‘बीमाको सुविधा अन्य ठूला अस्पतालमा नभएका कारण बिरामीको चाप यहाँ बढेको हो,’ पौडेलले भने, ‘केही महिना कुर्दा पनि हुने खालका बिरामी भए कुर्नुहुन्छ, हतार भए पैसा तिरेर छिटो अप्रेशन गर्ने व्यवस्था पनि छ।’, भरतपुर अस्पतालले नियमितबाहेकको समयमा एक्सटेण्ड हस्पिटल सर्भिस(ईएचएस) सेवा सञ्चालन गरेर सशुल्क शल्यक्रिया पनि गर्दै आएको पौडेलले बताए। यो सेवाअन्तर्गत बिरामीबाट प्राप्त शुल्कको ८० प्रतिशत खटिने स्वास्थ्यकर्मीले र २० प्रतिशत अस्पताल विकास कोषले प्राप्त गर्ने व्यवस्था छ।, अस्पतालका एनेस्थेसियोलोजी विभागका प्रमुख डा.प्रदिप अधिकारीले एनेस्थेसियोलोजिस्टको संख्या बढाउनु आवश्यक रहेको बताए। शल्यक्रिया गर्नुपर्ने प्रत्येक बिरामीका लागि कम्तीमा एक जना एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने उनले बताए।, ‘हामीसँग अप्रेसन थियटर सातवटा छन्। कतिपय अवस्थामा आइसियू, आकस्मिक कक्षमै सेवा दिनुपर्ने पनि हुन्छ तर हामी जनशक्ति भने ६ जनामात्रै छौं,’ डा.अधिकारीले भने, ‘पर्याप्त जनशक्ति हुँदा सहज हुन्थ्यो। बिरामीले स्ट्याण्डर उपचार पाउँथे। तर हामीले भएका जनशक्तिको भरपुर उपयोग गरेर, एसिस्टेन्सहरुमार्फत पनि काम गरिरहेका छौं।’, उनले एक जनाले दिनमा तीनजनासम्म बिरामीलाई सेवा दिने गरेको बताए। डा.अधिकारीकाअनुसार नेपालमा एनेस्थेसियोलोजिस्ट साढे तीन सय जना जति छन्।, ‘हाम्रो भूमिका झन्–झन् बढिरहेको छ। कोभिड–१९ को महामारीका बेलामा जिम्मेवारी थप बढ्यो तर देशभरमा यो संख्या कम हो,’ उनले भने, ‘यसकारण जनशक्ति पाउन पनि कठिन नै छ।’  , अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा.पौडेलले बिरामीलाई समयमा सेवा दिनका लागि जनशक्ति थप गर्नु आवश्यक रहेको बताए। अस्पतालले समयमा शल्यक्रिया सेवा दिन कम्तीमा १५ वटा शल्यक्रिया कक्ष र १० जना एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने जनाएको छ।, ‘यहीअनुसारको ओएनएम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भइसकेको छ। तर त्यसअनुसारको जनशक्ति प्राप्त गर्न सकिएको छैन,’ डा.पौडेलले भने।, भरतपुर अस्पतालले ११ औं तहका २ जना, नबौं तह र दशौं तहका ४ जना एनेस्थेसियोलोजिष्ट तथा ४ जना सहायकको दरबन्दी माग गरेको छ।, पित्तथैलीको शल्यक्रिया गर्न बिरामीले महिनौं कुर्नु परेको गुनासो आएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले पनि भरतपुर अस्पताललाई त्यस्तो गुनासो नआउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिँदै आएको छ। तर अस्पतालले भने त्यसलाई बाध्यता भन्ने गरेको छ।, हाल ६०० शैयामा चलिरहेको यस अस्पतालमा नेपाल सरकारको स्वीकृत दरबन्दी १७५ मात्रै छ। ९ जना छात्रवृत्ति करारका चिकित्सकहरु कार्यरत छन्। यो अस्पतालले १५० शैया सञ्चालनको स्वीकृती पाउँदाको दरबन्दी हो।, अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले हाल दिइरहेको सेवालाई प्रभावकारी बनाउन कम्तीमा १ हजार ८ जना विभिन्न तहमा काम गर्ने कर्मचारी दरबन्दी अवस्यक पर्ने बताए। अहिले यहाँ अस्पताल विकास समितिका स्थायी ५७ जना, अस्थायी १ जना, करारमा ३४४ र ज्यालादारीमा ९३ जना कर्मचारी कार्यरत छन्। त्यसैगरी आमा सुरक्षा कार्यक्रमतर्फ १८, पोषण कार्यक्रमतर्फ ९, ओसिएमसीमा २, एआरटीमा २ जना कार्यरत छन्। २७ जना सुरक्षाकर्मी र १२० जना सरसफाइकर्मीहरु ठेकेदार कम्पनीमार्फत कार्यरत छन्।, गत साउनदेखि पुस मसान्तसम्ममा भरतपुर अस्पतालबाट १ लाख ४८ हजार २३७ जनाले ओपिडी सेवा लिएका थिए। उनीहरुमध्ये ९८ हजार ७४० जनाले बीमामार्फत सेवा लिएका हुन्। यो अवधिमा आकस्मिक कक्षको सेवा २७ हजार ९७८ जनाले लिएका थिए। १५ हजार ९१६ जनाले भर्ना भएर उपचार सेवा लिएका थिए।, डायलासिसमा १४० जना प्रतिक्षारत, मिर्गौलाको समस्याका कारण डायलासिस गर्नुपर्ने बिरामीहरुले पनि समयमा उपचार पाउन सकेका छैनन्। भरतपुर अस्पतालमा दैनिक १० वटा मेसिनमार्फत चार सिफ्टमा डायलासिस सेवा दिने गरिएको छ।, अस्पतालका सूचनाअधिकारी गोपाल पौडेलले बिरामीको चाप बढेका कारण सबैलाई समयमा सेवा दिन नसकिएको बताए।, ‘यहाँ अहिले दशवटामात्रै मेसिन सञ्चालनको अवस्थामा छन्। ती मेसिनहरु चौबिसै घण्टा चलिरहेका छन्,’ पौडेलले भने, ‘चारवटा सिफ्टमा निरन्तर चलाउँदा पनि मंगलबार १४० जना प्रतिक्षामा छन्।’, उनले पुरानो मेडिकल कलेजले बीमामार्फत हुने डायलासिस सेवा बन्द गरेपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको बताए। अहिले भरतपुर अस्पताल र चितवन मेडिकल कलेजलेमात्रै बीमामार्फतको डायलासिस सेवा दिन्छन्। चितवन मेडिकल कलेजमा डायलासिस गर्ने ५ वटा मेसिन छन्।, भरतपुर अस्पतालः पित्तथैलीको अपरेशन गर्न ९ महिनासम्म कुर्छन् बिरामी
सेतोपाटी संवाददाता पार्किङ गरेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, झापाको शिवसताक्षी नगरपालिका-१ अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा गएराति दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुई वटा मालवाहक ट्रकमध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो। यो ट्रक ना ६ ख ८८९५ पार्किङ गरिएको ट्रक भन्दा पछाडि आउँदै थियो।, रातीको समयमा बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा पार्किङ गरिएको ट्रकमा पछाडिबाट आउदै गरेको अर्को ट्रक ठोकिएको स्थानीयवासीले बताएका छन्।, प्रहरीकाअनुसार रड लोड भएको ट्रकका चालक र सह-चालकको मृत्यु भएको हो। मृतकमध्ये चालक सुनसरी झुम्काका ३५ वर्षिय मदन चौधरी रहेका छन्। सहचाकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।, सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रक इन्धन सकिएर सडकमा पार्किङ गरिएको थियो।, पार्किङमा रहेको मालबाहक ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ।, लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ। क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो। , मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको हो। , ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने दुई आधार लिएर बिहिबार निवेदन दिएका थियौं,’ रेग्मीले सेतोपाटीसँग भने, ‘आज शुक्रबारलाई पेशी तोकिएको जानकारी अदालतबाट आएको छ। आज सुनुवाइ भए कैफियत प्रतिवेदन माग्ने आदेश हुन सक्छ।’, महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।, दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।, उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले  शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।, उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर छ।, त्यस्तै, पीडितको अवस्था र परिस्थितिलाई समेत उच्च अदालतले नजर अन्दाज गरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।, ‘यी प्रतिवादीले पीडित उपर करणी गरेको तथा निजले पिटेको कारणबाट पीडितको शरीरमा पछाडिपट्टी घाउ लागेको मिसिलबाट देखिएकोमा शारीरिक मानसिक तथा सामाजिक  प्रतिकूल अवस्थामा समेत पीडितले प्रतिवादी उपर उजुरी दिएको अवस्था र परिस्थितिलाई नजर अन्दाज गरी उच्च अदालत पाटनबाट भएको आदेश बेरितको हुँदा बदर गरिपाऊँ,’ महान्यायाधिवक्ता कार्यालयको निवेदनमा उल्लेख छ।, बालिका बलात्कारका अभियुक्त लामिछानेको मुद्दा न्यायाधीश फुयालको बेन्चमा
रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरू गरेको छ।, गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो।, मन्त्रालयका सचिव डा दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरू गरिएको जानकारी दिए।, मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको छ।, मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तर्क्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन दिएको छ।, सरोकारवालासँगको छलफलका आधारमा गुठी संस्थानले केही दिनभित्रै प्रतिवेदन पेस गर्नेे सचिव रेग्मीले बताए।, तानसेन पाल्पाको अमरनारायण गुठीको जग्गाको ऐतिहासिक महत्व र यसमा जनताको सहभागिता विषयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने सांसद नारायण आचार्य र पूर्वसांसद कुलप्रसाद नेपाल लगायतले संसदको प्राकृतिक स्रोत समितिले दिएको सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राखे।, गुठी संस्थानका प्रशासक किरण शाक्यले नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न अप्ठ्यारो परेको बताए।, गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
रासस कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन्। , पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले रू ४० र साइकल सवारले रू पाँच बुझाउँछन्। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो। , नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राखेकी छन्। पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घर खर्च चलेको छ। पुल प्रयोग गर्नेहरुबाट उनले दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म रकम उठाउँछिन्। श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन्।, ‘रोजगारीको छैन। खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ’, उनले भनिन्, ‘हरेक वर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु।’, उनले कात्तिकमा राखेको पुल जेठतिर निकाल्छिन्। नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ।, रानाले अस्थायी रुपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन्। तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुंगो छैन।, ‘कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो। निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौं,’ स्थानीय बोटसिंह रानाले भने।, दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ। नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ। नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन्। , नदीमा काठको अस्थायी पुल राखेर शुःल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए।पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उनले सुनाए।, दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ। ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ’, स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौं बरु सेवा पाएका छौं।’ , नदी तर्न पैसा तिर्नुपर्ने!
सेतोपाटी संवाददाता नाबालिक बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि तीव्र आलोचना भएको छ।, जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो।, नाबालिक बलात्कार आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो। तर मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो। बिहीबार साँझ सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएको थियो।, सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन्।, ट्विटरमा भास्कर ज्ञवाली लेख्छन्, ‘नाबालिक बलात्कार आरोपीलाई जमानतमा छाड्ने अदालत, निलम्बन फुकुवा गर्ने क्रिकेट संघ, बन्द प्रशिक्षणमा बोलाउने चयन समिति, सँगै खेल्न तयार हुने खेलाडीहरू, र रमिते 'म’ । हामी मानिस बन्न २-४ सय वर्ष बाँकी छ हो।’, कतिपयले क्यानलाई बहिष्कार गर्नु पर्ने भन्दै ,#BoyCottCAN, अभियान समेत सुरू गरेका छन्।, ‘सेलिब्रेटी देशको पहिचान हो, गहना हो। नारी, छोरी, सत्यस्वरूपा, दिदीबहिनी, आधा जगत हुन्, त्योभन्दा पनि पहिले आमा हुन्। आफ्नी आमासरह नारी, त्यसमा पनि नाबालिका बालात्कार गर्ने सेलिब्रेटी हुनै सक्दैन र त्यसको पक्षमा @CricketNep सती जानु हुँदैन। चाँडै सच्याओस्,’ सन्तोष ढकालले लेखेका छन्।, यस्तै सोमेश बर्माले नेपाली क्रिकेट टिममा परेका १९ खेलाडीलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाईंहरूलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने? (कि त तपाईंहरू बलात्कार आरोपी को पक्षमा हुनुपर्छ कि विरोधमा... बीचको बाटोको सुविधा छैन यो मुद्दामा!)’, सन्दीपलाई राष्ट्रिय टिममा बोलाएको विरोधमा शनिबार विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ।, लेखक आन्विका गिरीले ट्विटरमा भोलि १ बजे माइतीघरमा क्यान बहिष्कारका लागि प्रदर्शन हुने बताएकी छन्। उनले लेखेकी छन्, ‘सरकार मौन। प्रतिपक्ष मौन। क्यान बलात्कार आरोपीको मतियार! जनता भन्दैछन्, खबरदार!  भोलि १ बजे माइतीघर। #boycottCAN’, हिमा बिष्टले लेखेकी छन्- हो! ,#CAN, ले बलात्कार भनेको केही हैन भनेर हामी माथि हानेको थप्पड हो। यो थप्पडको उत्तर त ,#CAN, को बोर्डले मात्र हैन, सरकारले पनि दिनै पर्छ ,#BoyCottCAN, ,#RageAgainstRape, भोलि १ बजे, माइतीघर मण्डल।, यता शुक्रबार सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।, न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो।, गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको थियो।, दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ।, १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ। , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ।, महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ।, तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ।, यी दुबै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर छ।, त्यस्तै, पीडितको अवस्था र परिस्थितिलाई समेत उच्च अदालतले नजरअन्दाज गरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।, ‘यी प्रतिवादीले पीडित उपर करणी गरेको तथा निजले पिटेको कारणबाट पीडितको शरीरमा पछाडिपट्टी घाउ लागेको मिसिलबाट देखिएकोमा शारीरिक मानसिक तथा सामाजिक  प्रतिकूल अवस्थामा समेत पीडितले प्रतिवादी उपर उजुरी दिएको अवस्था र परिस्थितिलाई नजर अन्दाज गरी उच्च अदालत पाटनबाट भएको आदेश बेरितको हुँदा बदर गरिपाऊँ,’ महान्यायाधिवक्ता कार्यालयको निवेदनमा उल्लेख छ।, बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई क्रिकेट टिममा राखेपछि तीव्र आलोचना
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। , बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। , शुक्रवार बेलौरी नगरपालिका–५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।  , सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी ल्याइएको छ।, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्।, टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।, स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन्। , विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए।, उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको बताए।, भरतपुर-१६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले धेरै प्रयास गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर तरकारी फाल्नु परेको बताइन्।, अर्का किसान सुसनजंग केसीले कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको बताए।, उनले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए।,  , राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन (तस्बिरहरू)
मन्दिरा घिमिरे महिनावारीका कुरा, भोजपुरको पौवादुङमा गाउँपालिकामा जन्मिएकी हुन् अल्ट्रा धावक मीरा राई। विश्व अल्ट्रा रनिङमा आफूलाई स्थापित गर्दै आएकी धावक मीरा नेसनल जोग्राफिकले सन् २०१६ मा सार्वजनिक गरेको 'वर्षकै साहसी व्यक्ति' को सूचीमा परेकी थिइन्।, उमेरले तीन दशक पार गरेकी उनी पहिलोपटक महिनावारी हुँदा कति वर्षकी थिइन्, उनलाई यकिन छैन।, '१४ वर्षकी थिएँ होला,' उनी अनुमान गर्छिन्।, मीरा गोठालो गएकी थिइन्। एक्कासि उनलाई शरीर भारी भएको अनुभव भयो। अनि बल्ल उनले आफू महिनावारी भएको महसुस गरिन्। घर गएर आमालाई सुनाइन्।, 'मैले महिनावारी भएँ भन्नासाथ आमाले गाईको दूध एक गिलास ल्याएर दिनुभयो,' उनले त्यो क्षण सम्झिँदै भनिन्।, आमाले दूध खान दिनुको कारण उनलाई थाहा छैन। महिनावारी भएपछि शरीर कमजोर हुने भएकाले तागतिलो खानेकुरा खानुपर्छ भन्ने ज्ञान आमामा भएको हो कि भन्ने उनलाई लाग्छ।, 'घरमै भइराख्ने र तागतिलो पनि हुने भनेर दूध दिनुभएको होला,' उनले भनिन्।, त्यो बेला अहिलेजस्तो स्यानिटरी प्याड, ट्याम्पुन र मेन्स्ट्रुअल कप लगायत सामग्री पाइँदैन थियो। सहरबजारमा प्याड पाइहाले पनि महँगो पर्थ्यो। त्यसैले प्रायः सूतीको कपडा, सारी, सिरकको खोल, तन्नादेखि अलि नरम कपडा जे छ, त्यसकै टालोले प्याडको काम गर्थ्यो। उनकी आमाले पनि उनलाई सिरकको पुरानो खोलको कपडा लगाउन दिएकी थिइन्।, यसबाहेक महिनावारी उनका लागि सोच्ने विषय नै भएन। उनका अनुसार राई समुदायमा महिनावारी बार्ने कुचलन छैन। छोइछिटो हुँदैन। , 'आमा र अरूले कहिल्यै बारेको थाहा पाइनँ। हाम्रो संस्कृतिमा बार्ने चलन नै छैन,' उनले भनिन्, 'त्यसैले महिनावारी बार्नुपर्छ भन्नु भ्रम र अन्धविश्वास हो। नबार्दा केही त भएको छैन।', महिनावारी हुँदा बोटबिरूवा छुन नहुने, कीरा लाग्छ, फल झर्छ भन्नेजस्ता अनावश्यक कुरा सबै भ्रम रहेको बताउँछिन्।, 'महिनावारी बेलामा बोटबिरूवा छुँदा कुहिने, झर्ने कुराहरू असम्भव नै हो,' उनी भन्छिन्, 'महिनावारी हुँदा खेती किसानी नगर्ने भन्ने त हुँदैन। अहिलेसम्म मैले त्यस्तो केही पनि भएको देखेकी छैन।', त्यस्तै बार्ने कुरामा कसैलाई जबरजस्ती गर्न नहुने पनि उनी बताउँछिन्।, 'आफूले मानेको कुरा अरूलाई मन भए पनि, नभए पनि बार्नैपर्छ भनेर थोपरिदिने गरेको सुनेकी र देखेकी छु। त्यो गर्नु गलत हो,' उनी भन्छिन्, 'आफूलाई बार्न मन छ भने बार्दा भयो। तर आफूले बार्ने कुरा अरूले पनि बार्नैपर्छ भनेर त्यसैको पछि लाग्न हुँदैन।', पहिल्यैदेखि मीराको घरमा महिनावारीलाई सामान्य र प्राकृतिक मानिन्थ्यो। नबार्ने चलन भएपछि कुनै समस्या नै भएन। त्यसैले पनि उनले महिनावारी यस्तो, उस्तो भनेर कुनै किसिमको धारणा नै बनाउन परेन। , महिनावारी बेला अरू महिलाले पनि आफ्नो समुदायमा जस्तै व्यवहार हुने भए धेरै परिवर्तन हुने उनलाई लाग्छ।, महिनावारी हुँदा शरीर भने कमजोर हुने भएकाले पोषिलो खाना खानुपर्ने उनी बताउँछिन्।, 'महिनावारीमा शरीरमा कमजोरी हुन्छ,' उनले भनिन्, 'त्यस्तो समयमा भगवान, समाज वा मान्छेको डरका नाममा नपकाउने, नखाने, बार्ने गरेर बस्नु हुँदैन। बरू तागतिलो प्रोटिन, भिटामिन र क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ। यस्ता खानपानमा ध्यान दियो भने शरीर बलियो र तागतिलो हुन्छ।', तर पहिले र अहिले महिनावारीका विषयमा धेरै कुराहरू फेरिएको महसुस उनले गरेकी छन्। अचेल महिनावारीबारे सहरतिर खुलेर कुरा हुन्छ। गाउँघरमा पनि धेरै महिलाहरू यसमा सहज हुँदै छन्। पत्रपत्रिकादेखि टिभी, सामाजिक सञ्जालहरूमा पनि यसबारे कुरा हुन्छ। यसबारे जानकारी र ज्ञान पनि सानैदेखि हुन थालेको छ। , तर मीराको जमानामा यस्तो थिएन। काकीले लुगा धुने बेलामा उनको लुगामा रगत देखेपछि मात्रै मीराले महिनावारीबारे थाहा पाएकी थिइन्। आमालाई गएर उनले काकीको लुगामा कसरी रगत लाग्यो भनेर सोधिन्। यसपछि आमाले उनलाई बुझाइदिएकी थिइन्।, आफ्नो समुदायमा महिनावारी एकदमै सामान्य कुरा भएकाले यसबारे चर्चा वा जिकिर भएन। महिनावारीमा अप्ठ्यारा भोगाइहरू भने हुन्थे।, स्कुलदेखि घरसम्मै त्यो बेला व्यवस्थित शौचालय हुँदैन थिए। महिनावारीका बेला साह्रै मुश्किल हुन्थ्यो।, 'त्यति बेला स्कुलमा पनि शौचालय थिएन,' उनी भन्छिन्, 'शौच गर्न पनि जंगलमै जानुपर्थ्यो। त्यस्तो बेलामा महिनावारी हुँदा कठिन हुन्थ्यो।', अचेल शौचालयहरू भएकाले यो कठिनाइ भोग्न पर्दैन। यसले महिलाहरूलाई सहज वातावरण सिर्जना भएको छ।, मीरा आफैंलाई पनि महिनावारी भएको समयमा शारीरिक रूपमा कमजोरी हुन्छ। अझ खेल क्षेत्रमा लागेकी उनले नियमित अभ्यास गर्नुपर्ने हुन्छ। अरू बेला सहजै अभ्यास गर्ने उनलाई महिनावारीका बेला गाह्रो हुन्छ। त्यसैले हल्का अभ्यास मात्रै गर्छिन्।, 'महिनावारीका बेला शरीरमा तागत र बल कम भएको हुन्छ। असहजपन पनि महसुस भइरहेको हुन्छ। यस्ता कुरामा विशेष ध्यान दिएर सोही अनुसार हलुका काम र अभ्यास मात्र गर्ने गरेको छु,' उनले भनिन्।, अल्ट्रा खेलाडी उनले महिनावारीकै कारण शारीरिक कठिनाइ भएर दुइटा खेल छुटाउनु परेको थियो।, 'महिनावारी हुँदा स्टामिना कम हुन्छ। राम्रोसँग सोचेअनुरूप आफूले फिल्डमा प्रदर्शन गर्न सकिँदैन। यसरी नै कतिवटा गेम नराम्रो पनि भएको छ,' उनी भन्छिन्, 'महिनावारीकै कारण दुइटा गेम मिस नै गरेकी छु।', उनले एक पटक मैदानमा गेमको बीचमै प्याड झरेर अप्ठ्यारो भएको पनि सुनाइन्।, 'यसै त महिनावारी बेला गाह्रो हुन्छ,' उनी भन्छिन्, 'अरू बेला समयअनुकूल व्यवहार गर्दै जाँदा पनि त्यस बेला गाह्रो भएको थियो।', उनी अचेल प्याडको सट्टा मेन्सट्रुअल कप प्रयोग गर्छिन्। खेलकै सिलसिलामा इटाली पुग्दा महिनावारी कपबारे जानकारी पाएकी थिइन्। महिनावारी कप लगाउन थालेपछि कठिनाइ भोग्नु नपरेको उनी बताउँछिन्।, मीरा १४ वर्षको कलिलै उमेरमा माओवादी युद्धमा समेत सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिम लिइन्। त्यो बेला महिनावारी हुँदा पनि कुनै किसिमको कठिनाइ नभोगेको उनी बताउँछिन्। महिनावारी भएको समयमा गाह्रो हुँदा कमान्डरले सजिलो तालिम दिन्थे रे।, 'त्यति बेला सबै समान हुन् भनेर नै जनआन्दोलन सुरू भएको थियो। सो बेलामा महिनावारी बार्ने लगायत, अप्ठ्यारो भयो भनेर महिलालाई नराम्रो व्यवहार गर्ने त कुरै थिएन,' उनले भनिन्।, माओवादी र सरकारबीच शान्ति प्रक्रियापछि सेना समायोजन क्रममा मीरा 'अयोग्य लडाकू' मा परिन्। यसपछि उनको खेल जीवन सुरू भएको थियो।, यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ),  , अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ)
सेतोपाटी संवाददाता ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको हो। , ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए।, त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्। , यस्तै वीरगन्जका २८  वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पनि पक्राउ परेका छन्। , एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए। ठगी गर्ने समूहका नाइके राजु पटेल हुन्। उनी व्यवस्थापकको भूमिकामा थिए। , उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए। जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे। , ‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए। , ‘त्यो एप प्रयोग गरेर उनीहरूले थुप्रो नम्बरहरू निकाले। त्यसमा उनीहरूले त्यो एपको लिंक पठाउने गरेको देखियो,’ उनले भने, ‘ठेगाना पत्ता नलागोस् भनेर उनीहरूले भिपिएन पनि प्रयोग गरेको देखियो। जसले यहाँको नभएर अन्तै कुनै देशको ठेगाना देखाउँथ्यो। एपको लिंक खोल्नबित्तिकै फोनमा आफैं डाउनलोड हुने गरी सिस्टम बनाएका थिए।’, यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो। , एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताए। , यसरी एप बनाउने दुई जना युवाहरू छन्। २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकरले एपको विकास गरेको एसएसपी शाह बताउँछन्।, ‘कहाँबाट सिकेको भनेर हामीले सोधेका थियौं। अनलाइनमार्फत् सिकेको भनेका छन्,’ उनले भने, ‘शैक्षिक योग्यता हेर्दा उनीहरूले प्लस टू मात्रै सकाएको देखियो। पहिले कुनै आपराधिक पृष्ठभूमिमा भएको पनि पाएनौं।’, उनीहरूले इ-वालेटबाट विभिन्‍न बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट देखिन्‍छ। , डिएसपी दीपक भारतीका अनुसार फोन ह्याक गरेर उनीहरूले पैसा झिकिहाल्दैनथे। , ‘तीन वटा लेयरमा काम गरेको देखिन्छ। एउटा व्यवस्थापक, आइटी र तेस्रो खालका मानिसहरूले कागजात संकलन गर्ने र पैसा झिक्ने गर्थे,’ उनले भने, ‘सन्तोष र नागेन्द्रलगायत एटिएमबाट पैसा झिक्ने भूमिकाका व्यक्तिहरू हुन्।’, उनीहरूले पैसा पनि सीमानामा रहेका एटिएमबाट झिक्ने गरेको उनले बताए। , परिसरमा जाहेरी परेका पीडितको फोनबाट झिकिएको पैसा निकालेको थाहा पाएपछि प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको थियो। त्यसपछि शृंखलाबद्ध रूपमा अन्यलाई पनि विभिन्न ठाउँबाट पक्राउ गरेको डिएसपी भारतीले बताए। , यसमा विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। तर यो समूहले थुप्रैलाई ठगी गरेको खुलेको छ। , परिसरमा एक जना, साइबर ब्युरोमा ७ जना र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले उजुरी गरेका छन्। , साइबर ब्युरोमा २६ लाख ९१ हजार ६५० रुपैयाँ र अपराध अनुसन्धान कार्यालयमा २० लाखसम्म ठगिएको उजुरी परेको हो। , यसरी अन्यलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीको सम्पर्कमा आउन र जाहेरी दिन पनि परिसरले अनुरोध गरेको छ। त्यस्तै यस्ता एपहरूको प्रयोग नगर्न पनि अनुरोध गरेको हो।, उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरेको छ। ,  , ‘नेपाली केटी’ एप बनाएर ठग्ने ८ जना पक्राउ
सेतोपाटी संवाददाता १६ वर्षीया किशोरीलाई बन्धक बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतीय राजधानी नयाँदिल्लीको रनहोलास्थित मंगलबजार गल्ली नम्बर २ बापरूल्लामा रहेको एक घरबाट १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो। ती किशोरीको उद्धार गरी बिहीबार काठमाडौं ल्याइएको एसपी दानबहादुर मल्लले जानकारी दिए। , दिल्लीस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी, किन इन्डियालगायत संस्थासँग समन्वय गरी प्रहरीले ती किशोरी भएको ठाउँ पत्ता लगाएको थियो। त्यहाँबाट प्रहरीले उनलाई गत मंगलबार उद्धार गरेको थियो। , किशोरीलाई बन्धक बनाएर भारत पुर्‍याएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको पहिचान भने खुलाएको छैन। , ब्‍युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएकाले ती किशोरी मामाघर बस्दै आएकी थिइन्। माध्यामिक तहमा पढिरहेकी उनी मंसिर १७ गते सम्पर्कबिहीन भएकी थिइन्। प्रहरीले गोपनियताको लागि पीडितको ठेगाना खुलाएको छैन।, लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले पुस ६ गते प्रहरीलाई लिखित निवेदन दिए। स्थानीय प्रहरीले केही समय खोजी गरेर फेला नपरेपछि गत माघ १० गते ब्युरोलाई पत्राचार भएको थियो। , ब्‍युरोले अनुसन्‍धान अघि बढाउँदासम्म किशोरीलाई भारत पुर्‍याइसकिएको थियो। मंसिर १७ गते मामाघरबाट ती किशोरीलाई काठमाडौं ल्याइएको थियो। एक महिना काठमाडौंमा बन्धक बनाएर पुस १९ गते उनको मामाघर भएकै जिल्लामा लगेर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। , यहाँ हुँदा उनलाई बन्धक बनाएकाहरूले किशोरीको उचाइ, तौल नापेका थिए।  , किशोरीको उचाइ ५ फिट ४ इन्चभन्दा माथि, शरिरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अंगमा चोट नभएको, रजस्वला नभएको हुँदा ती किशोरी छनोट गरिएको ब्युरोको अनुसन्धानबाट देखिएको छ। , यहाँबाट यी मापदण्डअनुसार जाँच भएपछि पीडितलाई पुस २० गते सुनौली नाका हुँदै दिल्ली पुर्‍याइएको थियो। भारतमा पनि ती मापदण्ड पूरा भएका छन् कि छैनन् भनेर जाँच गरिएको थियो। , ती किशोरीलाई भारतमा तान्त्रिक बाबा (गुरूजी)सँग भेट गराउने भनिएको थियो। नयाँ दिल्लीमा पुर्‍याएर उनीहरूले विभिन्न स्थानमा रहेका तीन फरक तान्त्रिक बाबासँग भेट गराएको पनि अनुसन्धानबाट देखिएको छ।, उनीहरूले के प्रयोजनका लागि बाबासँग भेट गराएको भन्ने खुलेको छैन। , ‘के कारणले हो भन्ने भनेको छैन। तर बाबालाई खुशी पारे मागे जति पैसा पाइन्छ भनिएको छ। किशोरीलाई यहाँबाट लग्दा नै त्यसरी धेरै पैसा पाइन्छ भनेर लगेको देखिन्‍छ,’ उनले भने। , प्रहरीले भने दुइटा कारणले किशोरीलाई भारत लगिएको हुन सक्ने अनुमान गरेको एसएसपी श्रेष्ठले बताए। , एक पूजाको नाममा बली चढाउन र अर्को बाल यौन दुरूपयोग गर्नको लागि लगिएको हुनसक्ने प्रहरीको अनुमान छ। पीडित किशोरीलाई बाबालाई खुशी बनाए आफूले मागेजत्तिकै पैसा पाइने प्रलोभन देखाइएको हो। , यसरी एकपटक भेटाएर पनि फेरि बाबासँग भेटाउने भनिएको उनले बताए। , ‘एकचोटी भेटायो। अब आउने पूर्णिमाको दिन ठूलो पूजा हुन्छ। त्यो दिन फेरि भेटाउने भनेर किशोरीलाई भनिएको रहेछ,’ उनले भने, ‘त्यो हुनुभन्दा अगाडि नै हामीले थाहा पाएर उद्धार गर्‍यौं।’, यो घटनामा ती किशोरीका चिनजानकै व्यक्तिहरूको संलग्नता रहेको उनले बताए। एक जना ती किशोरीलाई पुर्‍याउन भारतसम्म नै पुगेको पनि देखिएको छ। , प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ। , बाबालाई ‘खुशी’ बनाउन भारत पुर्‍याइएकी १६ वर्षीया किशोरीको उद्धार
राजेश घिमिरे नारायणगढको पुल्चोक सवारी साधनको चापका कारण सधैं व्यस्त रहन्छ। विभिन्न ठाउँबाट आउने सवारी साधन र किनमेलका लागि आउने मान्छेको भीड व्यवस्थापन गर्न सडकमा उभिएका ट्राफिक प्रहरीलाई भ्याइनभ्याई हुन्छ।  , शुक्रबार मध्यान्ह यहाँको ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई झनै हम्मे भइरहेको थियो। , यसै त व्यस्त सडक त्यसमाथि मुख्य चोक नै तरकारीले भरिएको देखिन्थ्यो। गोलभेंडाले राताम्य बनेको सडकमा गाडी गुडाउन चालकले आँट गरिरहेका थिएनन्। प्रहरीहरू भने त्यसमाथि गाडी चालाउन निर्देशन दिँदै सिठ्ठी फुकिरहेका थिए।, नारायणगढको पुल्चोक व्यापारको केन्द्रमात्रै होइन, चितवनको पुरानो बजारको यो चोक जिल्लाको प्रायः राजनीतिक, सामाजिक आन्दोलनको घोषणा गर्ने थलो पनि हो। यहाँबाट चितवनले धेरै पटक केन्द्रलाई खबरदारी गरेको छ। , शुक्रबार चितवनका किसानहरूले पनि यहीँबाट ‘किसान आन्दोलन’ घोषणा गरेका थिए।, भारतीय तरकारीले बजार कब्जा गरेपछि जिल्लाका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्। गोलभेँडा, काउली, बन्दा, फर्सी लगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर प्रदर्शन गरेका थिए।, स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै आक्रोशित किसानहरूले तरकारी सडकमै फाले, त्यसैको अगाडि बसेर तीनै तहका सरकारलाई खबरदार गरे।, विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए।, उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको बताए।, ‘हामीले कम्तीमा यहीँ पर्याप्त फलिरहेको तरकारी आयात गर्न रोक लगाउनुपर्‍यो भनेर सरकारका विभिन्न निकायलाई धेरै पटक आग्रह गर्‍यौं तर कसैले हाम्रो कुरा सुनेन,’ भुसालले भने, ‘कतैबाट सहयोग नपाएपछि किसान आन्दोलनको विकल्प देखिएन।’, भरतपुर-१६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले किसानले धेरै संघर्ष गरेर उत्पादन गरिरहे पनि त्यसले मूल्य नपाउने, तरकारी बजार भारतीय तरकारीले भरिने गरेको बताइन्। धेरै प्रयास गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर तरकारी फाल्नु परेको अधिकारीले बताइन्। , ‘केही दिनअघिसम्म तरकारीले लागतअनुसारको मूल्य पाइरहेको थियो। तर जब हाम्रो उत्पादन बढ्दै गयो, भारतबाट आयात पनि बढाउन थालियो। भारतबाट ठूलो परिमाणमा तरकारी आएपछि स्थानीय उत्पादनले लागत मूल्य पनि पाउन सकेन,’ अधिकारीले भनिन्, ‘हाम्रो माग स्वदेशी किसानको उत्पादनका लागि बजारको ज्ञारेन्टी गर्नुपर्‍यो भन्ने हो।’, अर्का किसान सुसनजंग केसीले कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको बताए। उनले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए। , ‘देशको उत्पादनले पुग्ने अवस्थामा विदेशबाट आयात गरिने तरकारीमा भन्सार बढाएर नियन्त्रण गर्न सकिन्छ। तर बजारको अवस्था हेर्दा सरकार नै किसानलाई डुबाउन लागिपरेको हो कि जस्तो देखिन्छ,’ केसीले भने, ‘यो अवस्था रहिराख्ने हो भने त हामीले जति दुःख गरे पनि अर्थ हुँदैन।’, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न माग गर्दै जिल्लाका सयौं किसानहरू यहाँ भेला भएका थिए। उनीहरूले शुक्रबार छलफल गरेर थप आन्दोलनका कार्यक्रमहरू ल्याउने बताएका छन्।, पहिले पनि चितवनका किसानले राम्रो मूल्य नपाएपछि सरकारको ध्यानाकर्षण गराउन अण्डा र दूध सडकमा फालेका थिए।, सडकमै तरकारी फालेर प्रदर्शनमा उत्रिएका चितवनका किसान (भिडिओ)
रासस जरायो चोरी सिकार घटना प्रकरणमा दुई जना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ। , गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रूपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सूक्ष्म अनुसन्धानपश्चात् दुई जना प्रदेशसभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय भएको निकुञ्ज प्रशासनले जनाएको छ। , जरायो सिकार गरेको आरोपमा पक्राउ परेका, सिकारमा संलग्नताको आरोप लागेका तथा घटनास्थलबाट बरामद सामग्री लगायतका आधारमा दोषी ठहर गरिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।, जरायो सिकारमा संलग्नमा मधेस प्रदेशसभा सदस्य प्रमोदकुमार जयसवाल, बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का, पर्साको सखुवापर्साैनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल र सञ्जीव शाहीलाई वनजन्यु चोरी सिकारी घटनामा मतियार रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजायको निर्णय भएको सूचना अधिकारी खड्काले बताए। , फरार प्रतिवादीहरू कुमार लामा, विकास सहनी  र उपेन्द्र यादवको हकमा भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को ३ बमोजिम सजाय हुने निर्णय भएको उल्लेख छ। , बाँकी रहेका ३४ जना फरार प्रतिवादीहरूको हकमा पहिचान खुली पक्राउ परी आएको बेला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम सजाय हुने निर्णय भएको सूचना अधिकारी खड्काद्वारा आज हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।, घटनास्थलबाट बरामद भएका सवारी, छ थान मोबाइल, रू दुई लाख ९६ हजार ६ सय ३० नेपाली र एक हजार दुई सय भारीयत मुद्रा, बन्दुकलगायत अन्य बन्दोबस्तीका सामग्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत गर्ने निर्णय भएको जनाएको छ। , बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्काको हकमा भने आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको र उक्त हतियारबाट वन्यजन्तु सिकार गरेको देखिएकाले खड्कालाई हातहतियार खरखजाना ऐन, २०२९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको विज्ञप्तिमा जनाइएको छ। , प्रतिवादीहरूले स्वदेश र विदेशको विभिन्न स्थानमा समूह बनाई आधुनिक हतियार समेतको प्रयोग गरी संरक्षित वन्यजन्तुको समेत सिकार गरी तिनका आखेटोपहारहरू अन्तर्राष्ट्रिय रूपमा ओसारपसार गर्ने गरेको प्रमाणको आधारमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम थप अनुसन्धान गर्ने निर्णय भएको निकुञ्ज प्रशासनले जनाएको छ। , साथै प्रतिवादीमध्ये केही व्यक्तिहरूको अस्वाभाविक रूपमा वित्तीय कारोबार भएको समेत खुल्न आएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान हुनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत लेखी पठाइएको सूचना अधिकारी खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।, यसरी भएको थियो घटना, गत २०७९ पुस ४ गते राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र सिकारी टोलीबीच अकुवनियास्थित कोर जङ्गलमा जम्काभेट भयो।, सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई तत्काल पक्राउ गरेको थियो। केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए। पछ्याउँदै गएको सेनाको टोलीले फार्महाउसमा छापा मारेर सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो।, सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यस दिन सिकारमा संलग्न रहेको आरोपमा पाँच जना, दुइटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो।, निकुञ्ज टोलीले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्महाउसबाट गाडेको अवस्थामा चित्तलको टाउको, गोली गट्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो।, सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र२–०२–०३–००१ च ३०९० नंको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ। , निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ (पाँचौं संशोधन) अनुसार वन्यजन्तु चोरी निकासी मुद्दाअन्तर्गत यो घटनाको अनुसन्धान गरिरहेको छ। अनुमति नलिई निकुञ्जभित्र वन्यजन्तुको सिकार गर्नु कानुनविपरीत हो।, संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई रू एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। बरामद सबै सामग्री परीक्षणका लागि वस्तु निकुञ्जले विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।, जरायो चोरी सिकारी प्रकरणमा दुई जना प्रदेशसभा सदस्यसहित ४९ जना कसुरदार
सेतोपाटी संवाददाता देशका केही भागमा आजबाट हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।, आज दिउँसो भने प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।, आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।, यस्तै भोलि शनिबार प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, आइतबार पनि प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, यस्तै हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,  , हिमाली भेगमा आजबाट हिमपात
डा.रमिला शिल्पकार क्यान्सरबाट बच्न विभिन्न खोपको सुविधा छ। ह्युमनपापिलोमा भाइरस भन्ने एउटा भाइरस बिरूद्धको खोप छ। त्यसले पाठेघरको मुखको क्यान्सर मात्र होइन मलद्वारको क्यान्सरदेखि भलभल क्यान्सरको रोकथाममा समेत सहयोग गर्छ।, एचपिबीको भ्याक्सिन लगाइयो भने धेरै खालका क्यान्सर र विशेष गरेर पाठेघरको मुखको क्यान्सरबाट जोगाउने कुरा अध्यनले पुष्टि गरिसकेको छ।, हेपटाइटिस बी जुन भाइरस छ। त्यसविरूद्धको खोप लगाइयो भने कलेजोको क्यान्सरबाट जोगाउँछ।, ‘ह्युमन पापिलोमा’ भाइरसको कारणले ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने रहेछ भन्ने प्रमाणित भएको छ। हामीले समयमै यसलाई निर्मुल गर्न खोप लगाए भने धेरै प्रभावकारी देखिएको छ।, त्यसैले समयमै खोप लगाइयो भने पाठेघरको मुखको क्यान्सर हुन ६० देखि ७० प्रतिशत रोक्न सक्छ। ११ वर्षदेखि १३ वर्षको उमेरमा खोप लगाउन सबैभन्दा राम्रो हो। सामान्यतया ९ देखि २५ वर्षसम्म धेरै प्रभावकारी हुन्छ।, यसअघि कुनै पनि संक्रमण भएको छैन भने २६ वर्षदेखि ४५ वर्षसम्मकलाई समेत यो खोप प्रभावकारी हुन्छ। , १५ वर्ष भन्दा तलको उमेरमा खोप लगाएमा २ डोज खोप लगाए पुग्छ तर त्यसपछि लगाएमा ३ डोज लगाउनुपर्छ।, नेपालमा यो खोप सरकारी तहबाट उपलब्ध छैन। तर विभिन्न संघ संस्था र निजी अस्पतालले खोप उपलब्ध गराउँछ। छोरीलाई मात्र होइन, छोरालाई समेत यो खोप लाभदायी छ।, मुखको क्यान्सर, लिङ्गको क्यान्सर, मलद्वारको क्यान्सरबाट जोगाउन समेत यो खोप उपयोगी छ। किशोरकिशोरी दुवैलाई उपर्युक्त हुन्छ। हामी छोरा छोरीलाई के-के गिफ्ट दिन्छौ। तर खोप लगाइदिने हो भने त्यो भन्दा ठूलो उपहार अरू केही हुँदैन।, सरकारी स्तरबाटै खोप ल्याउन पहल भएको छ। यो चाडै होस भन्ने हो।, यो खोप धेरै महंगो छैन। सरकारी तवरबाट नभए पनि आफैंले किनेर लगाउन सुझाव दिन्छु। किनकि धेरैतिर खर्च भइरहेको हुन्छ। तर खोपमा लगानी किन नगर्ने भन्ने हो। यो खोप एक डोजको ४ देखि ५ हजार रूपैयासम्म खर्च हुन्छ। सरकारीस्तरबाट खोप लगाउन हामी सबैले पहल गर्न जरूरी छ।, सुर्तीजन्य पदार्थ नखाने, व्यायाम गर्ने, विषादीयुक्त खाना नखाए क्यान्सरबाट बच्न सकिन्छ। कुनै लक्षण देखिएमा स्वास्थ्यकर्मीकहाँ जानुपर्छ, जसले गर्दा क्यान्सर निर्मूल पार्न सजिलो हुन्छ।, क्यान्सर लाग्दैमा निको नहुने होइन तर बेलैमा सचेत हुनुपर्छ।, क्यान्सर हुने सबैभन्दा ठूलो कारण मानिसको क्रियाकलाप नै है। चुरोट, खैनी, सुर्ती र गलत आहारा (जंक फुडलगायत)ले सबैभन्दा धेरै जोखिम निम्त्याउँछ। , यस्ता खानाले जिनमा परिवर्तन आउँछ, जसले गर्दा शरीरका कोषहरूको अनियन्त्रित रूपमा वृद्धि हुन्छ अनि क्यान्सरको रूप लिन्छ। संक्रमणले गर्दा पनि क्यान्सर हुन्छ। ५ देखि १० प्रतिशत क्यान्सर वंशाणुगत हुन्छ।, क्यान्सर भएको पहिलो चरणमा पत्ता लगाउन सकिन्छ। विभिन्न परीक्षण गरेर पत्ता लगाउन सकिन्छ। यसको लागि शरीरमा कुनै परिवर्तन आउनसाथ स्वास्थ्यकर्मीकहाँ जानुपर्छ।, नेपालमा आधुनिक खालको उपचार प्रविधि भित्रिसकेको छ। अप्रेसन गरेर, विकीरण दिएर, किमोथेरापी र इमिनोथेरापीलगायतका पद्धतिबाट क्यान्सरको उपचार गरिन्छ।, एक तिहाइ क्यान्सर जीवनशैली परिवर्तन गरेर लाग्न नदिन सकिन्छ। क्यान्सरबाट शतप्रतिशत बच्न सकिँदैन। तर, यसको सचेतना अपनाएर उपचार गर्न सकिन्छ।, क्यान्सरको कारण, उपचार र यस विरूद्धका खोपबारे हामीले वीर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकारसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, खोपले पाठेघरको मुखको क्यान्सरबाट ७० प्रतिशतसम्म जोगाउँछ (भिडिओ)
एजेन्सी कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।, विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। , पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्।, ‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने।, पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।, ‘यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्नेछु’, उनले भने।, ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।, मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ।, यूएईमा एक नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा
सेतोपाटी संवाददाता सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो।, सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले। घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन।, त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरुले निर्धारित समयमै गन्तव्यस्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ।, काठमाडौं उपत्यकाको हालत त यस्तो छ भने अन्य शहरको अवस्था कस्तो होला, कल्पना गर्न योग्य हुँदैन नै। यी सबैको पछाडिको, मुख्य कारण सडकमा ट्रफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो।, सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन्। ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढिरहेका छन्। कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभावी फालिएको छ।, नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन्। सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौंसम्म हुँदैन। ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन, वा बिग्रिएको ट्राफिक लाइट छ।, यस्ता समस्या काठमाडौं उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ। पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन्। तर सरकार भने यस्ता कुरामा बेखबर बनेको छ। आजको फोटो फिचरमा ,न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धित यी तस्बिरहरू।, बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)
सेतोपाटी संवाददाता पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।, शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित तानसेन-दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।  , स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो।  , लु २ त ९८८४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट स्कुटरमा सवार उनीहरू दुई जना गम्भीर घाइते भएका थिए। , घाइते रहेका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको थियो। , चिकित्सकले साढे १० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका-९ बस्ने ३३ वर्षीय हरिलाल चेपाङलाई पक्राउ गरेको छ। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,  , पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले माघ १४ देखि माघ २० गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, तस्बिरहरू:, काठमाडौंको बागमती नदी करिडोरमा पुरानो तरिकाले खर्पनमा तेल बोकेर बेच्न हिँडेका एक ब्यापारी। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, महानगरको ज्यादती विरूद्ध माइतीघरमा आयोजित आन्दोलनमा एक स्थानीय। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, सरकारले विवेधपूर्ण व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका ब्यवसायिहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको सिंहदरबार पूर्वीगेट अघि ढल फुटेपछि देखिएको दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको नक्सालमा भएको एउटा मूर्तिकला प्रदर्शनीमा रखिएको मूर्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी, बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेपछि शुक्रबार त्रिवि क्रिकेट मैदानको बन्द प्रशिक्षणमा अभ्यास गर्दै। तस्बिरः निशा भण्डारी/ सेतोपाटी, भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू सडकमा तरकारी पोखेर घोषणा गरेको ‘किसान आन्दोलन’। गोलभेँडा, काउली, बन्दा, फर्सी लगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर प्रदर्शन गरेका थिए। तस्बिरः राजेश घिमिरे/सेतोपाटी, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जिल्ला अदालत कैलालीको आदेशमा कारागार जाँदे। ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। तस्बिरः सबिता बुढा/सेतोपाटी,  , साताका क्लिक (तस्बिरहरू)
सेतोपाटी संवाददाता सर्लाहीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , मलंगवा नगरपालिका-४ स्थित नवलपुर सडकखण्डमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठले जानकारी दिए। , शनिबार बिहान पौने १० बजे ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यामिक विद्यालयको स्कुलले विपरीत दिशाबाट आइरहेको बिआर ०६ पिबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। , दुर्घटनामा कविलासी नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको हो। प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। , यस्तै सोही मोटरसाइकल पछाडि सवार दुई जना घाइतेको उपचार जारी छ। , १७ वर्षीया सबनम गुप्ता र १७ वर्षीया पुजाकुमारी महतोको थप उपचारको लागि वीरगन्ज पठाइएको छ। बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,  , सर्लाहीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते
नवीनबाबु गुरूङ बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान) विरूद्ध प्रदर्शन भएको छ।, शनिबार दिउँसो माइतीघर मण्डलमा क्यानले अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेको हो। , उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्बन फुकुवा गरेको थियो।, यस्तै क्यानले उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा समेत राखेको छ। त्यसरी राखेपछि सामाजिक सञ्जालमा क्यानको यो निर्णयको विरोध भइरहेको छ। , पीडितलाई लात बलात्कार आरोपीलाई साथ, मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन!, आर वी सेफ, उता फिक्सिङ गराउने यता बलात्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद लगायतका नाराहरूसहितको प्याम्प्लेट उनीहरूले बोकेका छन्। , 'मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुन सक्दैन!' (भिडिओ/तस्बिरहरू)
रासस काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरू गरेको छ। , यही माघ १५ मा महानगरले नौवटा वडाहरू २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो।, यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरू गरिएको महानगरको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।, नागरिकले आफूलाई पायक पर्ने वडा कार्यालयमा गई परिचयपत्र प्राप्त गर्न सक्ने प्रवक्ता मानन्धरले बताए।  , ‘तोकिएका केही स्थानबाट मात्रै परिचयपत्र वितरण गर्दा समयमा परिचयपत्र नपाएको गुनासो नागरिकबाट आएपछि ३२ वटै वडामा सेवा विस्तार गरी पायक पर्ने स्थानमा जान सकिने व्यवस्था मिलाएका छौं,’ उनले भने।, यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो। , कानुनी रुपमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ अनुसार वैयक्तिक तथा जैविक विवरण समावेश गरिन्छ।, विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा मिति खुल्ने आधिकारिक प्रमाण आवश्यक पर्दछ। नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ सक्कल दर्ताको प्रमाणपत्र आवश्यक पर्दछ।, सबै वडामा सेवा विस्तार गर्दै काठमाडौं महानगर
सेतोपाटी संवाददाता सडकबाट अपांगता भएका व्यक्तिलाई महानगरले पक्राउ गरेको विषयमा काठमाडौं महानगर प्रहरी बलले स्पष्टीकरण दिएको छ। , दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको प्रहरी बलले बताएको छ।, उनी सडकमा चुरोट तथा गुट्खालगायतका वस्तु बिक्री गरिरहेको बताउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘सडकमा भएका सहयोगापेक्षीहरूलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौं। स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने काम गरिरहेका छौं। कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो। यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो। यस्तो प्रचार गलत हो। हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरूको व्यवस्थापन गरिरहेका छौं। कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो।’, नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो।   , सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ। प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन। ,  , सडकबाट अपांगता भएका व्यक्तिलाई पक्राउ गरिएको विषयमा महानगर प्रहरी बलको स्पष्टीकरण
सेतोपाटी संवाददाता नेपालमा पहिलोपटक 'दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन' सम्पन्न भएको छ। एसिया प्यासिफिक ट्रान्सजेन्डर नेटवर्क (एपिटिएन) ले ब्लु डायमन्ड सोसाइटी (नीलहिरा समाज) सँगको सहकार्यमा काठमाडौंमा पाँच दिन सम्मेलन सम्पन्न गरेको हो।, सम्मेलनमा 'रिइम्याजिनिङ द फ्युचरः ट्रान्स एण्ड जेन्डर डाइभर्स पिपल्स कन्भेनिङ' शीर्षकमा छलफल गरिएको थियो। एपिटिएनले आयोजना गरेको सम्मेलनमा चालीसभन्दा बढी पारलैंगिक महिला र पारलैंगिक पुरूषको सहभागिता थियो। सहभागीहरूले पहिचानका कारण भएको हिंसा, स्वास्थ्यका बारेमा छलफल गरेका थिए।, एपिटिएनले दक्षिण एसियाका पारलैंगिक व्यक्तिहरूको हक, अधिकारका लागि विभिन्न परियोजनासहित काम गर्छ। यो संस्थाले पारलैंगिक तथा ट्रान्स-वुमन/म्यानका लागि मात्र काम गर्ने कार्यकारी निर्देशक जो वङ बताउँछन्।, ट्रान्स अधिकारको अवस्था साझा गर्न र छलफल गर्न तिनीहरूको प्रामाणिक आत्म बन्न सक्ने उनले बताए।, उनले सम्मेलनमा यसो भने, 'यसरी हामीले सांस्कृतिक, राजनीतिक र पहिचान विविधतालाई प्रोत्साहन र अँगालेर हाम्रो सन्दर्भभित्र बलियो आन्दोलनहरू निर्माण गर्न जारी राख्छौं।', संस्थाले भारत, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश र नेपालमा रहेका पारलैंगिक अभियान्ताहरूसँग सहकार्य गरी परियोजना तयार पारिरहेको नीलहिरा समाजकी निर्देशक मनिषा ढकालले जानकारी दिइन्।, स्वास्थ्य सेवामा पहुँच, कानुनी रूपमा लिंग पहिचान, द्वन्द्वका क्षेत्रहरूमा ट्रान्सजेन्डर बसाइँसराइ र घृणित अपराध क्षेत्रहरूमा ट्रान्सजेन्डर अधिकारका मुद्दाहरूलाई दबाउन नदिने जस्ता मानवअधिकारको विषयबारे सम्मेलनमा गम्भीर रूपमा छलफल भएको ढकालले बताइन्।, सम्मेलनले पारलैंगिक व्यक्ति र लैंगिक विविधता भएका व्यक्तिहरूको वास्तविक समस्या र चुनौतीहरूलाई उर्जागर गर्न सहयोग मिलेको समेत ढकालले बताएकी छन्।, सम्मेलनमा नर्वेका राजदूत टोरुन द्रमदलले पारलैंगिक व्यक्तिको पहिचानलाई सम्मानजनक स्वीकार गर्नुपर्ने बताएकी थिइन्। लैंगिक विविधता भएका व्यक्तिलाई देशले स्वतन्त्र तरिकाले बाँच्न दिनुपर्ने टोरुनले बताइन्।, नेपालमा पहिलोपटक भयो 'दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन'
सेतोपाटी संवाददाता बैतडीमा एक मानव कंकाल फेला परेको छ।, मंगलबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोट शहीद गेटस्थित खोल्सामा उक्त मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए।, मानव कंकाल कसको हो भन्ने पहिचान हुनसकेको छैन। प्रहरीले सनाखतको काम गरिरहेको जनाएको छ। , उनले घटनाले थप अनुसन्धान भइरहेको पनि बताए।, बैतडीमा मानव कंकाल फेला
सेतोपाटी संवाददाता सरकारले यसै वर्षभित्र दादुरा निवारण गर्ने लक्ष्य राखेको भए पनि बाँके र कैलालीमा संकमण बढेको पाइएको छ।, केही दिनदेखि दादुराका लक्षण देखिएका बालबालिकाहरूको परीक्षण गर्दा कैलालीमा मात्रै ८ जनामा संक्रमण पुष्टि भएको हो। जसमा धनगढी उपमहानगरपालिकाका ४, गोदावरी नगरपालिकाका ३ जना र गौरीगंगाका १ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमख लालबहादुर धामीले जानकारी दिए।, उनले दादुरालाई सन् २०२३ मा निवारण गर्ने लक्ष्य राखिएको भए पनि नेपालगन्ज र धनगढी आसपासका क्षेत्रमा धेरैमा देखिन थालेको बताए।, उनले कतिपय खोप लगाएकोमा पनि संक्रमण देखिएको, खोप लगाउन नमानेकामा बढी देखिएको बताए। , केही भारत गएर बस्ने, तराई पहाड गरिरहने भएर खोप छुटेकाहरू दादुराको जोखिममा छन्। अहिले ८ वर्षमुनिका बालबालिकामा संक्रमण पाइएको छ।, संक्रमण देखिएका वडामा ६ देखि १५ वर्षकालाई दादुरा विरूद्धको खोप लगाउन थालिएको छ।, संक्रमण भएकालार्ई  लक्षण पाइए अनुसार उपचार हुँदैछ। दादुराबाट बच्न खोप लगाउनै पर्छ। बच्चा जन्मेको ९ महिनामा पहिलो र १५ महिनामा दोस्रो डोज दादुरा विरूद्धको खोप लगाउनुपर्छ। सबैले यो खोप लगाए दादुरा निवारण हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ। दादुरा सरूवा रोग हो। एकलाई संक्रमण भए थुक, खकार, सिंगान आदिको सम्पर्कमा आउने रोगप्रतिरोधी क्षमता कम भएका बच्चालाई यो सर्न सक्छ। अहिले कैलालीमा भयावह अवस्था नआइसकेको भए पनि उच्च सावधानी आवश्यक देखिन्छ। खोप लगाउने र लक्षण देखिए तुरून्तै अस्पताल जान स्वास्थ्यकर्मीको सुझाव छ।, दादुरा भएको थाहा पाउन प्रमुख लक्षणहरू ज्वरो आउनु र शरीरमा राता विमिरा देखा पर्नु, रूघाखोकीको लक्षण चिन्हहरू जस्तै नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि हुन्छ।, रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्छ भने १२ देखि २३ दिनपछि रूबेलाको लक्षण देखा पर्छ।, बाँके र कैलालीमा दादुराको संक्रमण बढ्दो
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लागेको छ तर देशभर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। राती  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।, भोलि शुक्रबार देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।, शनिबार पनि प्रदेश नं. १ र  गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा   पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।, तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले सचेत गराएको छ।,  , देशभर छैन वर्षा र हिमपातको सम्भावना
एजेन्सी युएईको अबुधाबीबाट मुम्बईका लागि उडेको विमानमा अभद्र व्यवहार देखाएपछि एक इटालियन यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जनवरी ३० मा एयर विस्ताराको उडान नम्बर युके २५६ मा मादक पदार्थ सेवन गरी इकोनोमी क्लासकी ती यात्रुले बिजनेस क्लासमा जान खोजेपछि हंगामा मच्चिएको थियो।, जब चालक दलका सदस्यले उनलाई रोक्न खोजे त्यसपछि ती महिलाले चालक दलका सदस्यमाथि नै मुक्का प्रहार गर्दै थुक्न थालिन्। उनले आफ्ना केही लुगाहरू पनि फुकालिन् र आंशिक नग्न अवस्थामा विमानमा माथि र तल हिँडिन्।, त्यसपछि चालक दलका सदस्यहरूले अन्य यात्रुको सुरक्षाका लागि विमानभित्रै बाँधेर राखेका थिए। आरोपित महिलालाई मुम्बई आएलगत्तै सोमवार प्रहरीले पक्राउ गरेको थियो। पछि उनी धरौटीमा छुटिन्।, यसैबीच उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको भनाई छ।, यता एअर विस्ताराले भने ती महिलाको अविच्छिन्न उच्छृङ्खल आचरण र हिंसक व्यवहार रोक्न आफ्ना कर्मचारीले उनलाई नियन्त्रण गर्नुपरेको दाबी गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर विस्ताराका एक कर्मचारीले प्रहरीमा दिएको उजुरीमा ती महिलाले आफूलाई मुक्का हानेको र आफ्ना एक सहकर्मीलाई थुकेको दाबी गरिएको छ।, उक्त उजुरीअनुसार ती महिलाले इकोनमी क्लासको सीट छोडेर बिज्नेस क्लासमा बस्न गएपछि विमानका कर्मचारीले रोक्न खोजेका थिए।, ती महिलामाथि विमानभित्र कपडा फुकालेको र फोहोर गरेको आरोपसमेत लगाइएको छ।, एअर विस्ताराले एक विज्ञप्ति निकाल्दै विमानका चालकले ती यात्रुलाई चेतावनी दिए र आचरणका कारण उनलाई नियन्त्रणमा लिने निर्णय गरेको बताएको छ।, बीबीसीसँग कुरा गर्दै ती महिलाका वकिल प्रभाकर त्रिपाठीले उनलाई दिइएको सीट असजिलो भएकाले उनले अर्को खाली सीटमा सार्न अनुरोध गरेको र त्यसैमा विमानका कर्मचारीसँग विवाद भएको बताएका छन्।, आकाशमा विमान हल्लिएको कारण देखाउँदै उनलाई शौचालय पनि जान नदिइएको त्रिपाठीले बताए।, ‘पछि उनलाई शौचालय जान दिइयो, तर फर्किएपछि उनलाई फेरि सीटमा बाँधियो’, त्रिपाठीले भने।, विमान भित्र दुर्व्यवहार गरेका कारण ती महिला कानुनी कारबाहीको दायरामा परेको मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले बताए।, ‘हामीले उनलाई सूचना दियौँ र अदालतमा पेस गर्‍यौँ। त्यसपछि उनलाई जान दिइयो,’ मुम्बई प्रहरीका उपायुक्त दीक्षित गेदामले भने।, यसअघि गत महिना एअरइन्डियाको एउटा विमानमा एक महिला यात्रुको शरीरमा पिसाब फेरिदिएको आरोप लागेपछि एक व्यक्तिलाई पक्राउ गरिएको थियो।, विमानमा अर्धनग्न भएर चालकदलका सदस्य‍माथि आक्रमण गर्ने यात्रु नियन्त्रणमा
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। , दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। , पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। , महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्।  , उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ। ,  ,  , विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ
टिकाराम सुनार नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ। अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो।, यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो।, अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए।, ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए। शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान  विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए।, ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए। उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने जानकारी दिए।, यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडि बढाइएको थियो।  , कालीगण्डकीको देवशिला अयोध्यामा
रासस आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।, पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन्। सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्त्वपूर्ण योगदान रहेको बताए। ‘ताल तलैया, पोखरीको सांस्कृतिक महत्त्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ।’उनले भने, ‘कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायतका क्रियाकलाप भइरहेका हुन्छन्।’, सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका उनले बताए। प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए।, उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए। ‘निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छौँ, ताल पुरिने समस्या छ।’ उनले भने, ‘निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ।’ उनले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताए। सिमसारमा हुने घाँसको तत्त्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन्।, प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन्। ‘जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्त्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ।’ उनले भने, ‘सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ।’ उनले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको बताए।, त्यसैगरी विद्यार्थी रितु जोशीले सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलिय बोट बिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताए। ‘सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।’ उनले भने, ‘सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ।’ कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रमण र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ।, सिमसार क्षेत्र जोगाउन चुनौती
रासस नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।, चितवनको नारायणघाटस्थित नारायणीको पुलदेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।, नवलपुरतर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ। यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन्।, चितवनतर्फ विकास निर्माण तथा नारायणीको तटबन्धका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिएको छ।, नवलपुरको तटीय क्षेत्र सुक्खा भएसँगै यस क्षेत्रबाट चोरी सिकार गर्नेलाई निकुञ्ज प्रवेश सहज हुने भएकाले सुरक्षा चुनौती बढ्ने देखिएको संरक्षणकर्मी डिबी चौधरी  बताउँछन्। , ‘पहिले पहिले पौडिएर नारायणी तर्नुपर्ने भएकाले चोरी सिकार गर्नेलाई त्यति सहज थिएन, यति बेला उत्तरी भङ्गालोमा पानीनै नभएपछि निकुञ्जमा प्रवेश सहज भएको छ, यसले निकुञ्जको सुरक्षा चुनौती बढ्ने देखिएको छ’, उनले भने, ‘पानी कम हुँदा वन्यजन्तुलाई मात्रै खतरा भएको छैन, जैविक विविधता र नदी आश्रित भएर जीविकोपार्जन गर्ने स्थानीयलाई समेत समस्या भएको छ।’, नवलपुरको गैंडाकोट, देवचुली, कावासोती भएर बग्ने नारायाणीको उत्तरी भंंगालोमा पानीको बहाव कम हुँदा निकुञ्जका जनावर सहजै मानव बस्तीमा प्रवेश गर्ने क्रम बढेको छ।, यसले मानव र वन्यजन्तुबीच द्वन्द्व मात्रै बढ्ने नभएर वन्यजन्तु संरक्षणमा गम्भीर असर पर्ने देखिएको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल बताउँछन्।, नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म वन्यजन्तु देख्न सकिने भएकाले तस्करलाई सहज भएको अध्यक्ष पौडेल बताउँछन्।, विकास निर्माणका लागि नदी उत्खनन् गर्दा पानीको बहाव दक्षिणी भङ्गालोमा नारायणीको पानी निकै कम भएकाले जैविक विविधता मात्रै होइन निकुञ्जको सुरक्षामा चुनौती थपिएको भन्दै संरक्षणकर्मी विष्णु अधिकारी बहावलाई पूर्ववर्ती रूपमा फर्काउनुपर्ने बताउँछन्। , ‘शिख्रौलीदेखि अमलटारी घाटसम्म पानीको बहाव एकदमै कम छ, कतै हिँडेर पार गर्नसम्म सकिन्छ यसले निकुञ्जभित्र प्रवेश गर्ने जो कोहीलाई पनि सहज बनाएको मात्रै छैन निकुञ्जका वन्यजन्तु सहज रूपमा मानव बस्तीमा प्रवेश गर्ने गरेका छन्,’ उनले भने, ‘यसले मानव वन्यजन्तु द्वन्द्व मात्रै बढाउँदैन जैविक विविधता र निकुञ्जको सुरक्षाको विषय माग म्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’, अघिल्लो सातामात्रै नवलपुरको मध्यबिन्दु नगरपालिका–२ सेहरीमा चोरी सिकारीका कारण दुई गैंडा मारिएपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको र चोरी सिकार गर्नेसमेत सक्रिय हुन लागेको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरिरहँदा उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदा आउने समस्याको विषयमा निकुञ्जले गम्भीरतापूर्वक अध्ययन गरिरहेको  चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।, पानीको बहाव पूर्ववर्ती रूपमा फर्काउनका लागि स्थानीय तह, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा सरोकारवालासँग आवश्यक समन्वयलाई निकुञ्जले अगाडि बढाएको उनी बताउँछन्।, नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
रासस धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति पक्राउ गरेको हो। उनी मिथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्।, यसअघि मिथिला-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ-२ का २५ वर्षीय अमित मण्डल र मिथिला-६ का रोशनकुमार महतो पक्राउ परेका थिए। सिंहलाई मंगलबार राति र मण्डललाई मंगलबार दिउँसो पक्राउ गरिएको  प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो।, गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए। चार जना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रहरी हिरासतको पर्खाल फोडेर भागेका थप एक जना पक्राउ
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा दुई जना म्यानपावर एजेन्ट पक्राउ परेका छन्। , कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। , उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए। , उदयपुर घर भई टोखा नगरपालिका-३ स्थित डेराबाट ४४ वर्षीय रवि थापा मगर र इलाम घर भई काठमाडौं-९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट ४१ वर्षीय डम्बर मगरलाई ब्युरोले पक्राउ गरेको हो। , पीडितलाई उनीहरूले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसको काममा मासिक पारिश्रमिक १२० कुवेती दिनार हुने प्रलोभन देखाएका थिए। रेष्टुरेन्टमा काम सकाएर पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा पनि पठाइदिने प्रलोभन देखाएको एसपी मल्लले बताए।, उनका अनुसार पीडितलाई २०७१ मंसिर २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएका थिए। , त्यहाँ पुर्‍याएर अर्का एजेन्टमार्फत १३०० कुवेती दिनारमा पीडितलाई बिक्री गरेको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए। , ‘बिक्री गरी दैनिक १८ घण्टा सम्म काममा लगाएर श्रम शोषण गरेका थिए,’ उनले भने, ‘लामो समय शोषणमा परेपछि पीडितले नेपालमा रहेका आफन्तलाई उद्धार गर्न अपिल गरेका थिए।’, उनका अनुसार आफन्त प्रहरीको सम्पर्कमा आएपछि ब्‍युरोले कुवेतमा रहेको नेपाली राजदूतावाससँग समन्वय गरेको थियो। , समन्वय गरी पीडितलाई गत माघ ४ गते कुवेतबाट उद्धार गरी नेपाल फिर्ता ल्याइएको थियो। , नेपाल फिर्ता आएपछि पीडितले एजेन्टहरूविरूद्ध माघ १० गते जाहेरी दिएका थिए। अहिले उनीहरूविरूद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। , पीडितलाई १८ घन्टा काममा लगाएर शारीरिक तथा मानसिक यातना दिएको पाइएको छ। , यस्तै कुवेतमा रहेका प्रतिवादीले पीडितको मोबाइल समेत नियन्त्रणमा लिएको एसएसपी श्रेष्ठले बताए। त्यसरी उनको फेसबुक लगायत सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूसँग अश्लिल कुराकानी समेत गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। , त्यसको रेकर्ड पीडितका श्रीमान तथा आफन्तलाई पठाइदिने भन्दै धम्क्याएर राखेका थिए। त्यही प्रतिवादीले जबरजस्ती पीडितको भिडिओ समेत बनाएको देखिन्छ। , ‘आफू राजीखुसी कुवेतमा आएकी हुँ। बेचबिखनमा परेको छैन, नेपालमा फर्किएर पनि कसैलाई उजुरी गर्दिनँ भन्न लगाएर भिडिओ बनाउन लगाएको पायौं,’ उनले भने।, यस घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। , मानव बेचबिखन गरेको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ
रासस आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्। , बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्। , बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ।, गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटेकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन्।, ‘मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन। अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन्, ‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन। सहयोगी मनबाट सहयोग स्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ।’ , उनले आफ्नो गोपनीयता भंग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्। , सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरू पोस्ट भइरहेको छ। , अधिकारीले बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको विषयमा जानकार भएको बताइन्।, ‘हिजो (बुधबार) सांसदहरूले उठाउनु भएको विषयमा थोरै जानकार छु। सांसद मोहन बस्नेतले काठमाडौंमा केही समयअघि रोजगारी र नानीहरूको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो’, उनले भनिन्।, सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ। , इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन्।, श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने बित्तिकै काठमाडौं आउने बताइन्।, उनले भनिन्, ‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु।’, आत्मदाह गरेका प्रेम आर्चायकी श्रीमती भन्छिन्- मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन
नवीनबाबु गुरूङ  काठमाडौंको नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी सुरू भएको छ।, ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालको चन्द्रमानसिंह मास्के प्रदर्शनी कक्षमा ललितकला गुठी काठमाडौंको आयोजनामा प्रदर्शनी गरिएको हो।, २० कलाकारका ५१ चित्रकला र मुर्तिकला समावेश रहेको प्रदर्शनी बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‍घाटन गरेका हुन्।, प्रदर्शनी आइतबारसम्म चल्नेछ।, हेर्नुहोस् तस्बिरहरू, नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी (तस्बिरहरू)
सेतोपाटी संवाददाता ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ। , ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। , उनका अनुसार अहिले आगलागी नियन्त्रणमा लिने काम भइरहेको छ।, 'अहिले आगलागी नियन्त्रणमा लिइरहेका छौं,' उनले भने, 'विद्युत सर्ट भएर आगलागी लागेको हो कि भन्ने अनुमान छ।', घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।, ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी
सेतोपाटी संवाददाता नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्।, चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए।, ‘आजै जिल्ला अदालत कैलाली बुझाउँदै छौं’, उनले भने।, अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। , गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जिते।यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए। ती दुबै चुनाव उनले हारेका थिए। , २०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयरका लागि उम्मेदवारी दिएका थिए। त्यतिबेला एमालेका महादेव बजगाईंले मेयरमा जितेका थिए। , त्यही वर्ष भएको प्रदेश सभाको निर्वाचनमा पनि चौधरीले उम्मेदवारी दिए। त्यसमा पनि उनी पराजित भए। , स्थानीय तह र प्रदेश सभामा पराजित भएका चौधरी यसपालि प्रतिनिधि सभा निर्वाचन लडे र निर्वाचित भए। , ९ वर्षसम्म फरार रहेको र पटक-पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन।, सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहर भएकाहरू हुन्।, अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो। अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो। , आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो। , लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए। त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएका थिए।, उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो। जो २०७४ मेयर भएका थिए। उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो।, उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए। अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो। , यसरी आदेश भएर पनि लामो समयसम्म फरार सूचीमा रहेका सांसद चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेको थिएन।  , यो पनि:, अर्का अभियुक्त अदालत पुगेपछि खुल्यो सांसद अरूण चौधरी फरार सूचीमा रहेको तथ्य, नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ
सेतोपाटी संवाददाता काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ। , नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा २ ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो।, बिहीबार दिउँसो साढे ३ बजेतिर उक्त दुर्घटना हुँदा सोही ठाउँकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए। , बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए। , चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्। , आगो अहिले नियन्त्रणमा लिइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।, काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले जलाए बस
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। , बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो। , पहिलो सूचीअनुसार ४२ जना एसपीको सरूवा गरेको छ। अर्को सूचीमा ५३ जनाको सरूवा गरेको उल्लेख छ। यसअघि काजको रूपमा खटाएकाहरूलाई पनि सरूवा सूचीमा समावेश गरिएको छ। , माघ महिनादेखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो। , नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाडौंबाट कोमल शाहको जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएको छ।, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जका दिलिप घिमिरेको जिल्ला प्रहरी कार्यालय इलाममा सरूवा भएको छ। , उनको ठाउँमा जिल्ला प्रहरी परिपर काठमाडौंका दिनेशराज मैनालीलाई सरूवा गरिएको छ। , परिसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सीताराम रिजालको सरूवा भएको छ।, यस्तै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनिती तथा कार्य योजनाका अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय गोरखामा सरूवा भउको हो। , सप्तरीमा रहेका अबि नारायण काफ्लेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका सरूवा गरेको छ। त्यहाँ रहेका अवदेश विष्ट क्षेत्रीको जिल्ला प्रहरी कार्यालय तनहुँमा सरूवा भएको थियो। , केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका कमल थापालाई जिल्ला प्रहरी कार्यालय कन्चनपुर पठाइएको छ। , त्यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका कृष्णप्रसाद कोइरालाको जिल्ला प्रहरी कार्यालय धनकुटामा सरूवा भएको छ। , सूची:,  , प्रहरीका ९५ एसपीको सरूवा (सूचीसहित)
सेतोपाटी संवाददाता भक्तपुरमा किशोरीमाथि बलात्कार र युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , बुधबार साँझ ६ बजे सूर्यविनायक नगरपालिका-९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जंगलमा १५ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो। , बलात्कार आरोपमा प्रहरीले मुगु सोरू गाउँपालिका घर भई सूर्यविनायक नगरपालिका-९ पलासे बस्ने २१ वर्षीय भक्‍त नेपालीलाई पक्राउ गरेको हो। , यस्तै सोही जंगलमा अर्की २० वर्षीया युवतीमाथि पनि बलात्कारको प्रयास भएको पाण्डेले बताए। उनीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हुम्ला घर भई सूर्यविनायक नगरपालिका-९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरेको हो। , उनीहरूमाथि प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको छ। , भक्तपुरमा बलात्कार घटनामा दुई आरोपित पक्राउ
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ।, रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। , घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ। , लिवाङबाट गजुलतर्फ जाँदै गरेको रा ३ प १०३८ नम्बरको चन्द सवार मोटरसाइकल दहरेभिरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ। , घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, रोल्पामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
भगवती पाण्डे गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।, कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट बर्सेनि झण्डै चार करोड रुपैयाँ भेटी वापतको आम्दानी गर्छ। सोही आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ।, विकास कोषले हरेक दुई तीन महिनामा दानपेटिका खोलेर त्यहाँ राखिएको भेटी गणना गरी बैंकमा दाखिला गर्दै आएको छ।, गत पुस १ गते दानपेटिकामा राखिएको दुई महिनाको भेटीबाट ६१ लाखभन्दा बढी रकम संकलन भएको थियो भने यसअघि असोज ३० गते तीन महिना संकलन भएको भेटीवापत २७ लाख १८ हजार रुपैयाँ रकम संकलन गरिएको थियो।, तर, कतिपय मुलुकका पर्यटकहरूले दानपेटिकामा चढाएको झण्डै १ करोड १८ लाख नेपाली रकम बराबरका विदेशी मुद्रा सटही नहुँदा त्यतिकै बाकसमा थन्किएका छन्।, विभिन्न मुलुकबाट आउने पर्यटकहरूले आफ्नै देशका मुद्रा दान पेटिकामा चढाउने गर्छन्। कतिपय देशका मुद्रा नेपालमा सटही हुन नसक्दा वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर राखिएको हो।, विकास कोषको तथ्यांक अनुसार ८४ वटा मुलुकका पर्यटकहरूले लुम्बिनी भ्रमण गरेका छन्।, लुम्बिनी आउने अधिकांश विदेशी पर्यटकहरूले आफ्नै देशको मुद्रा दानपेटिकामा चढाउने गर्छन्। तर नेपाल राष्ट्र बैंकमा २० वटा मुलुकका मात्र मुद्रा सटही हुने भएकोले बाँकी मुलुकका मुद्राहरू विकास कोषले यत्तिकै बाकसमा पोको पारेर राखेको छ।, विगतमा दानपेटिका चोरी हुने र पर्यटकहरूले पवित्र भावनाले दिएको दान समेत अपारदर्शी हुने गरेका घटना बाहिरिने गरेकोमा अहिले विभिन्न स्थानमा सिसिटिभी जडान गरेपछि दानपेटिका चोरी हुने क्रम रोकिएको छ। तर, विदेशी पर्यटकले पवित्र भावनाले चढाएका मुद्राहरू सटही नहुँदा कागजको टुक्रा सरह उपयोगविहीन भएर रहेका छन्।, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार गत पुस १ गतेसम्म गणना गरिएका नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका विभिन्न ३९ वटा देशका मुद्रा नेपाल राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएका छन्।, दानबापत लुम्बिनीमा चढाइएको ३९ वटा देशका मुद्राहरू नेपाल राष्ट्र बैंकको मुद्रा सटहीसम्बन्धी नीतिको कारण साट्न नसकिएको भट्टराईले बताए।, ‘यो समस्या अहिलेको मात्रै होइन यो समस्या समाधानका लागि लुम्बिनी विकास कोषले राष्ट्र बैंकलाई पटक/पटक पत्राचार गरिरहेको छ तर ठोस पहल हुन सकेको छैन,’ उनले भने।, सटही नभई वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर राख्दा कतिपय मुद्राहरू फाट्ने र झुत्रा बन्दै गएका छन्। २०७२ साल पहिले पनि नेपालमा सटही नहुने मुद्राहरू दानपेटिकामा संकलन हुने गरे पनि ती मुद्राहरूको बारेमा भने विकास कोषमा कुनै रेकर्ड राखिएको छैन।, विकास कोषका कोषाध्यक्ष भट्टराईका अनुसार सटही नभई विकास कोषमा अहिले थन्किएका ३९ देशका मुद्राहरू २०७२ सालदेखि दानपेटिकामा संकलन हुँदै आएका हुन्।, कोषाध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकले यहाँ रहेका मुद्रा सटहीको लागि पहल गर्न सके लुम्बिनीको लागि महत्वपूर्ण स्रोत बन्न सक्ने बताए।, दानपेटिकाबाट संकलित मुद्रामध्ये सबै भन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन्।, ७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट सटही नभई यत्तिकै थन्किएको छ।, त्यस्तै ओमनको १७ लाख ७९ हजार ९६६ नेपाली रुपैयाँ बराबरको ५ हजार ३३९ ओमन रियल, ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलंकन रुपैयाँ रहेको छ।, सटही नभई थन्किएको अन्य विदेशी मुद्रामा पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको ४ लाख ९८ हजार ३९८, इण्डोनेसियाको २ लाख ७० हजार ७४५, कम्बोडियाको १ लाख ९८ हजार ७०९, भुटानको १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबरको रहेको छ।, त्यसैगरी मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिप्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताईवान, जोर्डन, लेबनान्, ब्राजिल, ईजिप्ट, बु्रनाई, सियारा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा रहेका छन्।, नेपाल राष्ट्र बैंकले अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानडा, सिंगापुर, जापान, चीन, साउदी अरब, कतार, थाइल्याण्ड, युएई, मलेसिया, साउथ कोरिया, हङकङ, कुवेत, बहराइनलगायत २० वटा मुलुकका मात्र मुद्रा सटही गर्दै आएको छ।, नेपाल राष्ट्र बैंकमा अन्य देशका मुद्राहरू सटही गर्ने व्यवस्था नभए पनि विकास कोषले भने हरेक पटक दानपेटिकामा संकलन भएका मुद्रा गणना गर्दै राख्ने गरेको छ।, कोषका कोषाध्यक्ष भट्टराईले दानपेटिकाको रकम गणना गर्दा सटही हुने मुद्रा रकम तत्काल बैंकमा पठाइने र सटही नहुने रकमको विवरण र अभिलेख बनाइराख्ने गरिएको बताए। कोषाध्यक्ष भट्टराईले यहाँ रहेका ३९ देशका मुद्राको विनिमय नेपाल राष्ट्र बैंकमार्फत् मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गरे पनि राष्ट्र बैंकले चासो नदिएको बताए।, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका प्रधान सहायक सुवास गुप्ताले २० वटा मुलुक बाहेकका मुद्रा सटहीका लागि विकास कोषले पठाएका पत्रहरू राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पठाउने गरिएको बताए।, अर्थ मन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेको कोषको भनाइ छ।, राष्ट्र बैंकका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैंकमार्फत् विदेशी मुद्रा कलेक्सनको लागि पठाउने व्यवस्था छ।, यसरी पठाइने मुद्राहरू सबै सटही हुने निश्चित नभएपछि पठाउन नसकिएको विकास कोषको भनाइ छ।, नेपालमा विनिमय दर नतोकिएका मुद्राहरू राष्ट्र बैंकमा जम्मा गरेर विदेशस्थित सम्बन्धित देशको बैंक खातामा पठाएर पछि कोषलाई भुक्तानी दिन सकिन्छ।, सटही नभएपछि लुम्बिनीमा बाकसमा थन्कियो एक करोड बढी विदेशी मुद्रा
सेतोपाटी संवाददाता नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ। , बिहीबार प्रहरी प्रधान कार्यालयले १६३ जना डिएसपीको सरूवा गरेको हो। प्रहरीले तीन वटा सरूवा सूची सार्वजनिक गरेको हो। जसमा ११६ जना, ३४ जना र १३ जनाको काज सरूवा गरेको हो। , माघ महिना देखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो।,  ,  , प्रहरीका १६३ डिएसपीको सरूवा (सूचीसहित)
रासस मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले बयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाएका छन्।, मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताएका उनी २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘बसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाएकामा दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउँछन्।, राई भन्छन्, ‘२०२८ सालमा तत्कालीन मधुमल्ला गाविसमा नापी आयोगले जग्गा नाप्यो, २०४५ सालमा ‘बसन्त भट्टराई आयोग’ ले विभिन्न ठाउँमा पुर्जा वितरण गर्‍यो तर हामीले पाउन सकेनौं अब पुर्जा पाइएलाजस्तो लागेको थिएन ३४ वर्षपछि रु चार लाख ४० हजार राजस्व तिरेर भए पनि पुर्जा पाउँदा हर्षित छु।’, राई मात्रै हैन ३४ वर्षपछि आफू बसोबास गरेको जमिनको पुर्जा पाउँदा स्थानीय विद्या आर्चाय पनि खुसी हुँदै भन्छिन्, ‘मेरा ससुरा बाले २०३० सालभन्दा अगाडि झोडा फाडेर यहाँ बसेको सुनाउनु हुन्थ्यो, हाम्रो परिवारको तीन पुस्ता पनि यहीँ बसेका छौं बल्ल बसेको माटो आफ्नो भयो आजदेखि आफ्नै माटो माथिको बास भयो दंग पर्‍या छु।’, पूर्वी मोरङको उक्त गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने सबै नागरिकलाई जमिनको मालिक बनाउने उद्देश्यले भूमिहीन सुकुम्बासी तथा दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न थालेपछि उक्त गाउँपालिका–७ का नैनबहादुर खत्री, चन्द्रमणि दाहाल, रोहितकुमार राई, चन्द्रकिरण दर्जी, यामबहादुर भट्टराई, छविलाल पोख्रेल, बद्रीलाल आचार्य, खड्गबहादुर राई, लक्ष्मीमाया पोख्रेल, खेमप्रसाद थापा, ठाकुराप्रसाद दाहाल, डिल्लीप्रसाद खतिवडा, टीकामाया लिम्बू, इन्द्रमणि भण्डारी, सीतादेवी घिमिरे, खोमनाथ खतिवडा, पुष्पकला राई, इन्द्रप्रसाद पोख्रेल, वल्लभ काफ्ले, नारनप्रसाद गौतम, सुरेन्द्रकुमार दाहाल र भिमा खड्का सोडारीसहित २३ घरपरिवारले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्दा वडावासीमा खुसियाली छाएको हो।, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा उक्त गाउँपालिकाले पुर्जा वितरण गरेको थियो।, ‘भूमिसम्बन्धी समस्या जटिल भए पनि आयोगले यस गाउँपालिकालाई प्राथमिकतामा राखेर काम गरेका कारण छोटो समयमै पुर्जा वितरण गर्न सफल भइएको छ,’ अध्यक्ष निरौला भन्छन्, ‘तपाईंहरूले अहिले पाउनुभएको पुर्जामा उजुरबाजुर लाग्दैन, विगतका आयोगहरूले दिएजस्तो झमेलायुक्त पुर्जा हैन यो, कहीँ कतै राजनीतिक प्रभाव पर्‍यो कि भन्ने शंका लाग्ला तर यस्तो शंका गर्नुपर्ने अवस्था पनि छैन। तपाईंहरूले मालपोत कार्यालय बेलकारीमा गएर जग्गाको स्रेस्ता कायम गरेपछि किनबेच गर्न पाउनुहुन्छ।’, ‘स्थानीय सरकार गठन भएपछि पहिलो पटक मिक्लाजुङमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन्’ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई भन्छन्, ‘जग्गा धनी प्रमाण पुर्जा प्राप्तिका लागि अनुसूची–२ र अनुसूची–४ गरी पालिकामा परेका निवेदनमध्ये पाँच हजार दुई सय ४१ निस्सा वितरणको अन्तिम तयारीमा छौं, तत्काल वितरणका लागि तयार पारिएका ४५ पुर्जा भए पनि केही पुर्जामा प्राविधिक समस्या उत्पन्न भएका कारण वितरण गर्न सकेनौं, समस्या उत्पन्न भएका पुर्जालाई थाती राख्दै आगमी हप्तादेखि वडा नं ३, ५, ९ र ७  वडामा बाँकी रहेको गरी अन्य चार सय ५० वटा धनी पुर्जा वितरण गर्छौं।’, यस्तै, पुर्जा वितरण कार्यक्रममा उपस्थित भएकी भूमि आयोग मोरङशाखा अध्यक्ष सुशीला घिमिरे जिल्लाका १७ स्थानीय तहमध्ये हालसम्म आयोगले हालसम्म मिक्लाजुङ गाउँपालिकासहित उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र बूढीगङ्गा गाउँपालिका गरी आठवटा पालिकामा काम गरिहेको बताउँछिन्।, उनी भन्छिन्, ‘आठ स्थानीय तहमा हालसम्म एक सयभन्दा बढी पुर्जा वितरण गरिएको र अरू थप एक सयकै हाराहारीमा पुर्जा वितरणको  तयारीमा  आयोग रहेको छ।’ , चौतीस वर्षपछि लाल पुर्जा पाउँदा दंग छन् मिक्लाजुङबासी
सेतोपाटी संवाददाता कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।, मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ।, बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।, प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए।, प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।, श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।, वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको हत्या
दिपकजंग शाही जाजरकोटमा श्रीमतीले हत्या गरी लुकाएको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।, मंगलबार शौचालयको सेप्टिक ट्यांकीमा भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव भेटिएको हो।, उनले लगाएको कपडा, टाउकोको खप्पर र शव तानेर ट्यांकीमा फाल्न प्रयोग गरिएको डोरी भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, हत्यामा संलग्न भनिएका श्रीमती भद्रकला कामी र उनका कान्छो छोरा तुल्सीराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, श्रीमतीबाट हत्या भए पनि तीन जना छोराहरू शव लुकाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, मंगलबार गोप्य सूचनाका आधारमा प्रहरीले शौचालयको सेप्टिक ट्यांकी खोलेर खोजतशव गरेको थियो। खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरी, ज्याकेट, पाइन्ट र ती मानव हड्डी भेटिएको थियो।, पाँच वर्षअघिको यो घटना दैनिकजसो हुने घरेलु हिंसाको कारण भएको देखिएको छ।, नियन्त्रणमा रहेका आमाछोराको सुरू चरणको बयानका क्रममा श्रीमानले मदिरा सेवन गरेर दिनदिनै हिंसा गर्न थालेपछि श्रीमतीले पनि आवेगमा प्रतिवाद गर्दा हत्या हुनेसम्मको घटना बन्न गएको हो।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार घटना भएको दिन पनि श्रीमान काले कामीले मदिरा सेवन गरेका थिए।, उनका अनुसार श्रीमान र श्रीमतीबीच दैनिकजसो झैझगडा भइरहन्थ्यो। श्रीमानले प्रायः दैनिक मदिरा खान्थे।, ‘घटना भएको दिन (२०७४ पुर ३० गते) तिनै श्रीमानले वरपरका केही साथीहरू जम्मा गरेर घरमै मदिरा खान थाल्छन्, साथीभाइसँग मदिरा सेवन गरेपछि श्रीमानले ‘आज यो घरको चुल्होमा खानासाना पाक्दैन, यो मेरो घर हो, तँ ब्रता बनिस् भने ठीक हुँदैन’ भनेर गाली गर्न थाल्छन्,’ प्रहरी नियन्त्रणमा रहेका आरोपितको बयान उदृत गर्दै डिएसपी निरौलाले भने, ‘नजिकै भएका माइलो छोरा (गोविन्द विक) ले ‘किन खाना नपकाउने, आमाले यही चुल्होमा खाना पकाउँछिन्, हामी यहीँ खाने हो’ भनेछन्, त्यसबाट त्यो दिनको विवाद सुरू भएछ।’, त्यसपछि भद्रकलाका श्रीमानले छोरालाई पनि हप्काए। त्यहीक्रममा एक जना छिमेकी आएर छोरालाई बाबुसँग झगडा नगर भनेर सम्झाएर आफ्नो घरतिर लगे।, उनीसँगै मदिरा खान बसेका साथीभाइ घरबाट निस्किएपछि श्रीमती भद्रकला श्रीमानको डरले भागेर घरदेखि अलि टाढा छिमेकमा गइन्। श्रीमानले पनि जहाँ भेट्यो त्यहीँ मार्छु भनेर लाठी समातेर खोज्दै हिँडे।, केही समयपछि भद्रकला घर पुगिन्। साँझ राति भइसकेपछि श्रीमान पनि लौरो समातेरै घर आए।, ‘आज म तँलाई मार्छु भनेर भनेछन्, श्रीमानले हान्नै लाग्दा श्रीमतिले त्यो लठ्ठी खोसेर श्रीमानलाई हिर्काइछिन्, संयोगले त्यो लौरो कन्चटमा लागेछ,’ निरौलाले भने।, घर दुई तलाको थियो। श्रीमानबाट खोसेर श्रीमतीले हानेको लौरोको चोटले उनी ढले। माथिल्लो तलाको छेउबाट उनी तल घरको आँगनमै खसे। श्रीमतीले रिसको झोंकमा श्रीमान खसेको ठाउँमा आएर पनि अर्को चोटि हिर्काइन्। श्रीमान बेहोस भए पनि भद्रकलाले छोराहरूको सहयोगमा उनी सुत्ने कोठामा लिएर सुताइन्।, ‘यो मान्छे रक्सी खायो भने बहुलाउँछ, फेरि राति उठ्यो भने हामीलाई मार्दिन्छ भनेर श्रीमती र छोराहरू घर छोडेर छिमेकीकोमा गएर बसेछन्,’ डिएसपी निरौलाले भने, ‘छिमेकीको घरबाट उनीहरू बिहानै फर्केर आउँदाखेरी श्रीमानको मृत्यु भइसकेको रहेछ। मैले लौरोले हानेर मारेँ भन्ने थाहा पाएपछि प्रहरीले मलाई पनि पक्राउ गरेर लैजान्छ, छोराहरूको पनि बिचल्ली हुन्छ भनेर त्यो दिन शवलाई त्यतिकै कोठामै राखिछन्। भुइँमा लागेको रगत श्रीमतीले नै रूमालले पुछेर सफा गरिछन्।’, उनका अनुसार साँझ अबेर भइसकेपछि भने एउटा डोरीले शवलाई बाँधेर तीन जना छोराहरूको सहयोगमा घिसारेर घरभन्दा १० मिटर उत्तरतर्फ भएको शौचालयको सेप्टिक ट्यांकी खोलेर फालिएको थियो। त्यसमाथि माटो हालेर पुरेपछि माथि ढुंगा राखिएको थियो।, घटना भइसकेको केही समयसम्म जेठो छोरा निरज विकलाई भने घटनाको बारेमा केही थाहा हुँदैन। त्यतिबेला उनी घरमा पनि थिएनन्। उनी प्रायः सदरमुकाम खलंगामै बस्थे। निरौलाका अनुसार जेठो छोराले बाबाको बारेमा सोध्दा ‘कालापार गए होलान्, राती नै उठेर भागेर गए होलान्’ भनेर जवाफ पाउँथे।, ‘पछिसम्म पनि जेठो छोराले आमालाई बाबा किन आउँदैनन् सोध्ने रहेछन्, ‘मलाई के थाहा, कालापहाड गएका, सम्पर्क पनि गरेका छैनन्’ भनेर आमाले जवाफ दिने रहिछन्,’ डिएसपी निरौलाले उनीहरूको बयान उदृत गर्दै भने।, उनले अगाडि भने, ‘पाँच वर्षसम्म पनि छिमेकीले यो कुरा थाहा पाएका रहेनछन्, गाउँतिर घरहरू टाढा-टाढा हुन्छन्, उनको त्यो घर अझ धेरै अलग रहेछ। छिमेकीले पनि कहाँ गए भनेर सोध्दा कालापहाड गएको भन्ने जवाफ पाउने रहेछन्। छिमेकीले पनि झगडा भइरहन्थ्यो, त्यही भएर भारत गएर अहिलेसम्म नफर्किएको होला भनेर सोचेछन्।’, भद्रकला र उनका छोराहरूले शव लुकाइएको सेप्टिक ट्यांकीवाला शौचालय घटना भएको केही दिनदेखि प्रयोग गर्न पनि छोडेका थिए।, उनीहरूको अर्को एउटा घर माथिल्लो भागमा छ। छिमेकीले शंका नगरून् भनेर उनीहरू सुरू/सुरूमा माथिको घरमा गएर बस्ने, बिहानदेखि बेलुकासम्म तलको घरमा गएर काम गर्ने गर्थे।, ‘तलको घरमा बस्दा त्यहाँको शौचालय त किन प्रयोग गरे होलान् र गाउँतिर जंगल जाने गरे होला,’ डिएसपी निरौलाले भने, ‘पछि उनीहरूलाई गाउँलेले शंका गर्न छोडे भन्ने लाग्यो होला, सेप्टिक ट्यांकीमा शव फालेकोले डर पनि लाग्यो होला। उनीहरू सधैंका लागि माथिको घरमा सरेछन्।’, भद्रकला र काले कामीका चार जना छोराहरू छन्। प्रहरीका अनुसार  जेठो छोराबाहेक अरूलाई घटनाको बारेमा थाहा थियो। उनीहरूले शव लुकाउन आमालाई सहयोगसमेत गरेका थिए।, अहिले आमासँगै पक्राउ परेका छोरा तुल्सीराम कान्छा हुन्। अर्का गोविन्द र एक जना छोराहरू सम्पर्कमा छैनन्।, ‘अनुसन्धान भइरहेको छ, प्रतिवादी त उनीहरू पनि भइहाल्छन्, अनुसन्धान गर्दै जाँदा पत्ता लाग्ला’, निरौलाले भने।, पाँच वर्षअघि यो घटना भएको भद्रकलाको घर सदरमुकाम खलंगा बजारदेखि ४०–४५ मिनेटको दूरीमा पर्छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी निरौलाका अनुसार शौचालयको सेप्टिक ट्यांकी उत्खनन् गर्दा ११५ वटा मानव हड्डीहरू फेला परेका छन्।, ‘त्यसबेला प्रयोग गरिएको भनिएको डोरी, एक्सपोर्ट लेखेको ज्याकेट जस्ताको तस्तै फेला परेको छ। पाइन्ट पनि फेला परेको छ,’ उनले भने।, २०७४ पुस ३० गते राती भएको यो घटना र शव सेप्टिक ट्यांकीमा भएको खबर प्रहरीलाई गर्ने व्यक्तिको बारेमा प्रहरीले गोप्य राखेको छ।, पाँच वर्षअघि पनि उनीहरूको घर नजिकैको एउटा प्रहरी चौकीमा श्रीमान–श्रीमती बीचको आपसी झगडाको बारेमा उजुरी जान्थ्यो। त्यो प्रहरी चौकीले एकपटक ‘अबदेखि झगडा नगर्ने, गरेमा कानुनबमोजिम कारबाही भोग्ने’ भन्ने श्रीमानको सहमतिमा मिलापत्र गराएर पठाइएको रेकर्ड थियो।, प्रहरीलाई आएको गोप्य सूचना र त्यही रेकर्डका आधारमा गोप्य रूपमा अनुसन्धान गरिएको डिएसपी निरौलाले बताए।, गाउँलेले थाहा नपाऊन् भनेर आमा–छोरा मिलेर सेप्टिक ट्यांकीमा लुकाएका थिए शव, पाँच वर्षपछि भेटियो कंकाल
सेतोपाटी संवाददाता विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ।, 'आजको आवश्यकता सिमसारको पुनर्स्थापना' नारासहित नदीको करिब पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको हो। , मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखि मेघौलीको राधाकृष्ण सामुदायिक वनसम्मको नदी, आसपासको जंगल र सिमसार क्षेत्रको सरसफाई गरिएको हो।, चितवन राष्ट्रिय निकुञ्जमा रहेको खड्गदल गणको 'ग' गुल्म मेघौलीअन्तर्गत सुकिभार, ध्रुब, भिम्ले र गुल्म हेडक्वाटरमा कार्यरत नेपाली सेना, निकुञ्जको मेघौली रेञ्जपोष्टका कर्मचारी, नेचर गाइड एसोसिएशनको मेघौली घडगाई उपसमिति, राधाकृष्ण सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूह, थारु सामुदायिक होमस्टेका प्रतिनिधि, स्थानीयबासी सहभागी थिए। , नदीले उपल्लो तटीय क्षेत्रबाट बगाएर ल्याएको प्लास्टिकजन्य वस्तुका कारण पर्यावरणमा असर परेकाले बेला-बेलामा सरसफाई गर्ने गरेको मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए। उनले नदीमा बगेर तल्लो तटीय क्षेत्रमा थुप्रिएको प्लास्टिकजन्य फोहोरले घडियाल, मगर गोही, बाघ, गैंडालगायतका वन्यजन्तुको बासस्थानमा असर परिरहेको बताए।, नेचर गाइड एसोसिएसनको मेघौली घडगाई उपसमितिका अध्यक्ष मनेषकुमार लिम्बुले सिमसार दिवस, वातावरण दिवस, वन्यजन्तु सप्ताह जस्ता अवसरमा स्थानीय सरोकारवालाको अग्रसरतामा नदी क्षेत्रमा सरसफाई गर्ने गरेको बताए।, 'नदीमा जथाभावी फोहोर फाल्नेक्रम बढेको छ। हेटौंडा र त्यसभन्दा माथिको फोहोर पनि यहीँसम्म आइपुग्ने गरेको छ। सौराहा, पटिहानी क्षेत्रका पर्यटन व्यवसायीलेसमेत फोहोर फाल्ने ठाउँ नदीलाई नै बनाएका छन्,' लिम्बूले भने, 'वन्यजन्तुले प्लास्टिक खाइराखेको देखेर पर्यटक पनि दंग पर्छन्।', उनले नदी, वन र वन्यजन्तुलाई देखाएर राजश्व लिने गरेपनि सरसफाईमा सरकारी निकायको ध्यान पुग्न नसकेको बताए।, सरसफाई कार्यक्रममा मेघौलीमा रहेका होटल बाराही, मेघौली सेराई, होटल साराङ, चितल लजले पनि सहयोग गरेका थिए। नदी र आसपासमा भेटिएको प्लास्टिकजन्य फोहोर होटल बाराहीले व्यवस्थापन गर्ने उक्त होटलका अपरेशन म्यानेजर सुवास गुरुङले बताए।, सिमसार दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले पनि अन्तर्क्रिया कार्यक्रम गरेको थियो।, सिमसार दिवसमा राप्ती नदी सरसफाई
रासस बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले सडक छेउमा हिँडिरहेकी बालिकालाई ठक्कर दिएको हो।, बसको ठक्करबाट नमोबुद्ध नगरपालिका–२ की आठ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। घटनापश्चात आक्रोशित भीडले बसमा आगजनी गरेका छन्।, घटनाका कारण भकुण्डेबेँसी तनावग्रस्त बनेको थियो।, घटनापश्चात बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, बसको ठक्करबाट बालिकाको मृत्यु
सुशीला रेग्मी/रासस पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ। एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ। यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ। , अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन्। यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ। हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ।, त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय।, सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विसं २०७५ मा स्थापना भएको कालीगण्डकी फाउन्डेसन नेपालद्वारा विद्यामन्दिर सार्वजनिक पुस्तकालय स्थापना गरेपछि हिजोआज फुर्सदको समय निकालेर पुस्तक पढ्न जाने पाठकहरु बढ्दै गएका छन्। , दिउँसो फुर्सदको समय पुस्तकालयमा आएर बेला–बेलामा पढ्ने गरेको समीक्षा पोखरेल बताउँछिन्। शहीद बहुमुखी क्याम्पस रामपुरमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी आफ्नो औपचारिक शिक्षासँग सम्बन्धित मात्र नभई जीवनोपयोगी हुने ज्ञानवर्द्धक पाठ्यपुस्तक पुस्तकालयमा बसेर पढ्ने गर्छिन्। , ‘यहाँ हामीले खोजेका सबैजसो पुस्तकहरू उपलब्ध छन्, निःशुल्क पढ्ने व्यवस्था छ, समसामयिक पुस्तकहरू पाइने हुँदा बजारमा पुस्तक खोज्न धाउनु परेन, विद्यार्थीलाई पाठ्यपुस्तकसँग सम्बन्धित पुस्तक उपलब्ध भएपछि धेरै सजिलो भएको छ’, उनले भने।, समयानुकूल प्रकाशित पुस्तक उपलब्ध हुने भएपछि पुस्तक किन्ने साटो यहीँ आएर पढ्ने गर्दछन्।, शहीद बहुमुखी क्याम्पस स्नातक तह दोस्रो वर्षमा अध्ययनरत केशरी ढेँगा यहाँ पुस्तकालय खुलेपछि नयाँ र ज्ञानवर्द्धक, अति लोपोन्मुख खालका पुस्तकहरू पढ्ने अवसर मिलेकामा खुसी छिन्। , ल्याब टेक्निसियनको अध्ययन पूरा गरेकी सपना थापा सबै क्षेत्रको पुस्तक एकै ठाउँमा पढ्न पाउँदा पाठकलाई अध्ययनमा रूचि बढ्दै गएको बताउँछिन्। यस पुस्तकालयमा पहिलो पटक अवलोकन गर्न आएकी उनी सदरमुकाम बाहिर आफूले सोचेभन्दा धेरै राम्रो र व्यवस्थित पुस्तकालय पाएको अनुभव सुनाइन्।, पुस्तकालयमा विभिन्न विषयका करिब छ हजार पुस्तक राखिएको छ। किसानदेखि उद्योगपतिसम्मका तथा चारवेद, अठार पुराणका पुस्तक यहाँ उपलब्ध छन्।, संस्कृत, अंग्रेजी र हिन्दी भाषाको डिजिटल गीता (४७२ पृष्ठ) पुस्तक पनि यहाँ उपलब्ध छ। कृषिजन्य, धार्मिक, दर्शनशास्त्र, इतिहास, विभिन्न राजनीति विवेचना र इतिहास, नेपाली साहित्य, कूटनीतिक सम्बन्धका साथै नर्सरीदेखि १२ कक्षासम्मका सामुदायिक र संस्थागत विद्यालयमा पढाइ हुने पुस्तक, अंग्रेजी र नेपाली शब्दकोश, बालबालिकालाई लक्षित बालकथा, स्वास्थ्यसम्बन्धी, घरेलु उद्यमी, सामान्य ज्ञान लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित पुस्तकहरू यस पुस्तकालयमा अध्ययन गर्न पाइन्छ। , नेपाली राजनीतिको पञ्चायत स्मारिका समेतका प्रकाशनहरू पनि यहाँ संरक्षण गरी राखिएको छ।, सो पुस्तकमा विसं २०१७ देखि २०४२ सम्मका सरकारी योजनाका विवरण समेटिएको छ। यी पाठ्यसामग्री दलविहीन पञ्चायती प्रजातन्त्र रजत जयन्ती महोत्सव केन्द्रीय समन्वय समितिद्वारा प्रकाशन गरिएको हो।, धार्मिक पुस्तकतर्फ श्री शिव महापुराण, श्रीमद्देवी भागवत महापुराण, ब्रह्मपुराणम्, रामायण, श्री स्वस्थानी व्रतकथा, असली आठकाण्ड रामायण, श्रीराम चरित्रमानस, श्री विष्णु महापुराण लगायतका छन्। , सबैले अध्ययन गर्न पाउने गरी पुस्तक पढ्ने व्यवस्थाको थालनीले ग्रामीण भेगमा पछिल्लो समय पुस्तकालयको प्रभाव बढेको कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारी बताउँछन्।, लोपोन्मुख अवस्थामा रहेका पुस्तकहरू संकलन गरी राखिएकाले यसप्रति धेरैको आकर्षण बढ्दै गएको हुँदा ई–लाइब्रेरी स्थापना गर्ने संस्थाको योजना रहेको अध्यक्ष भण्डारीले बताए। , दैनिक बिहान १० देखि साँझ ४ बजेसम्म एकजना कर्मचारी व्यवस्थापन गरी पुस्तकालय सञ्चालन गरिएको छ। पुस्तकालयमा बसेर अध्ययन गर्न नभ्याउने पाठकले नाम दर्ता गराएर एक हप्तासम्म घरमै लगेर पुस्तक पढ्ने व्यवस्था छ। त्यसकारण पनि विभिन्न सङ्घसंस्था, कार्यालय, पेसा, व्यवसायमा आबद्ध व्यक्तिले घरमा फुर्सदको समय निकालेर पुस्तक लगेर पढ्ने गरेको पाइएको छ। दुई वर्षको अवधिमा करिब तीन हजार बढीले पुस्तकालयको अवलोकन गरेको पाइएको छ। विद्यालय बिदाको समयमा एक दिनमा एक सयभन्दा बढी पुस्तकालयमा आउने गरेको कर्मचारी धनमाया खरु बताउँछन्। विद्यार्थीले मात्र नभई अन्य क्षेत्रमा आबद्ध, विभिन्न उमेर समूहका व्यक्तिको पुस्तक अध्ययनमा रूचि बढ्दै गएको छ। , बढ्दो सूचना सञ्चार प्रविधिको प्रयोगले पुस्तक पढ्ने, खोजी गर्ने बानी पाठकमा कम हुँदै गएकाले पुस्तक नियमित पढ्ने बानी बसाल्न पुस्तकालय सञ्चालनमा ल्याइएको कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहकार सन्दीप राना बताउँछन्। , ‘पुस्तकालयमा कृषिकर्म गर्ने प्रविधि, उद्यमी कसरी बन्ने, राजनीतिक सामाजिक क्षेत्रमा नेतृत्व देखिका मानिसको जीवनमा दैनिक उपयोगी हुने खालका पुस्तकहरू पढ्ने व्यवस्था छ’, उनले भने, ‘स्नातकोत्तर तहसम्मका विद्यार्थीले सोधपत्र तयार पार्न सक्ने खालका पुस्तकहरू हामीले उपलब्ध गराएका छौं।’ , यस पुस्तकालयलाई नेपालकै नमूना बनाउने सोचका साथ निकट भविष्यमा हरियाली बगैंचा, फूलबारी, खुला चउरमा प्रकृतिको रमणीय वातावरणमा बसेर पढ्न मिल्ने खालको संरचना बनाउने योजना रहेको उनी बताउँछन्।, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका रानाले अहिले भाडाको घरमा पुस्तकालय सञ्चालन गरे पनि यसलाई स्तरोन्नति गरी समयानुकूलको प्रविधिको उच्चतम प्रयोग गर्दै पाठकमा नयाँ आयाम ल्याउने सोचका साथ पुस्तक पढ्न स्थानीयस्तरका मात्र नभई बाहिरी जिल्लाबाट पाठक भित्रिने वातावरण तयार पार्ने बताउँछन्। , ‘पाठकलाई मध्यनजर गर्दै चिया खाजाका लागि क्याफे खोल्ने, क्याफेमा बसेर पढ्न मिल्ने वातावरण बनाउने, पुस्तक पढ्न आउने वातावरण राम्रो बनाउन सकियो भने पाठकको आकर्षण बढ्नेछ’, रानाले भने।, नेपालका ७७ वटै जिल्लामा खुला अवधारणाका रूपमा सार्वजनिक पुस्तकालय स्थापना गर्ने प्रेरणा दिनका लागि सार्वजनिक पुस्तकालयको अवधारणा ल्याइएको उनको भनाइ छ। , पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
रासस पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरू भएको छ।, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको जानकारी दिए। , उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरू गरिएको हो।, उनले परिवारको नमूना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए।, यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ।  , काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो।  , पोखरामा २२ जनाको फरेन्सिक जाँच गरी शव पहिचान गरिएको हो।, गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।, पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ। , महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीका अनुसार मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो। , ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने दुई आधार लिएर आज निवेदन दिएका छौं,’ रेग्मीले भने। , दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर छ। त्यस्तै पीडितको अवस्था र परिस्थितिलाई समेत उच्च अदालतले नजर अन्दाज गरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।, ‘यी प्रतिवादीले पीडित उपर करणी गरेको तथा निजले पिटेको कारणबाट पीडितको शरीरमा पछाडिपट्टी घाउ लागेको मिसिलबाट देखिएकोमा शारीरिक मानसिक तथा सामाजिक  प्रतिकूल अवस्थामा समेत पीडितले प्रतिवादी उपर उजुरी दिएको अवस्था र परिस्थितिलाई नजर अन्दाज गरी उच्च अदालत पाटनबाट भएको आदेश बेरितको हुँदा बदर गरिपाऊँ,’ महान्यायाधिवक्ता कार्यालयको निवेदनमा उल्लेख छ।, सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
रासस संखुवासभामा निमार्णाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। , मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।, विद्युत गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा मंगलबार राति ३ बजे सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंगलबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो।, सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन्। घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मंगोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।, घाइते सिन्धुपाल्चोकका मंगोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातखुट्टा र कुममा चोट लागेको छ। घाइतेको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ। अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन्। परियोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्।, अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु
सेतोपाटी संवाददाता कञ्चनपुरमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा एक अनाथालयका प्रमुख पक्राउ परेका छन्।, लामो समयदेखि अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। , बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको खुल्न आएको हो।, चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताए।, कञ्चनपुरमा अनाथालयका बालिकामाथि यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ को गैरागाउँ–घनीबगिया सडकखण्डको कुटवा खोला पुल निर्माण कार्य पुस १३ गतेसम्म पूरा भइसक्नुपर्ने थियो।, २०७८ असार १४ गते कटुवा खोला पुल डेढ वर्षमा निर्माण सक्ने गरी करिब ४ करोड १७ लाख २४ हजार रुपैयाँमा सम्झौता भएको थियो।, सोही मितिमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्न हापुर खोलामा पक्की पुल निर्माणको सम्झौता भएको थियो।, हापुर खोलाको पुल ८ करोड ३६ लाख ८३ हजार रुपैयाँ लागतमा निर्माण गर्न सम्झौता भएको छ।, यी दुवै पुल निर्माणको जिम्मा महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौंले लिएको थियो। काम गर्ने जिम्मा भने एकल रूपमा जलजल निर्माण सेवाले लिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।, सम्झौता अनुसार पुल निर्माण गर्ने समय सीमा सकिए पनि हालसम्म २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको पाइएको छ।  , पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालका अनुसार दुबै ठाउँमा हालसम्म पुलको पाइलिङ फाउन्डेसनको करिब २५ प्रतिशत मात्रै काम भएको पाइएको छ।, निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण निर्माण गरी पुल हस्तान्तरण भइसक्नुपर्ने समयमा फाउन्डेसनको काम पनि पूरा हुन नसकेको अर्यालले बताए।, ‘तै पनि काम धमाधम भएको भए अलग कुरा हुन्थ्यो,’ अर्यालले भने, ‘पछिल्लो समय दुवै पुल निर्माणको काम ठप्प प्राय: देखिएको छ।’, काम सन्तोषजनक नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएको हुँदा निर्माण व्यवसायीलाई जरिवाना हुन सक्ने उनले बताए।, उनका अनुसार निर्माण कम्पनीको तर्फबाट ठेकेदारले म्याद थपको लागि हालसम्म निवेदन पनि पेश गरेको छैन।, ‘सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरू हुन थालेको छ,’ प्रमुख अर्यालले भने, ‘त्यो अवधि कटेपछि स्वत: कारबाहीको प्रक्रिया सुरू हुन्छ।’, निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन पनि नदिएको र सम्पर्कमा पनि नभएकाले अब कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको अर्यालले जानकारी दिए।, भने अनुरूप पुल निर्माणको काम नहुँदा स्थानीयले विरोध सुरू गरेको तथा कार्यालयसमेत कार्यसम्पादनमा पछि परेको अर्यालले बताए।, घोराही १७ का वडाध्यक्ष रामलौटन चौधरीले पुल निर्माणको काम अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन हुँदा आफूले समेत खेप्नु परेको बताए।, ‘आजकल त पुल निर्माण गर्ने ठाउँमा कोही देखिँदैनन् र काम पनि ठप्प छ,’ उनले भने, ‘अब पुल बन्ने हो वा होइन आशंका उत्पन्न भएको छ।’, वडाध्यक्ष चौधरीका अनुसार असार महिनादेखि पुल निर्माणको काम रोकिएको छ। , ‘माथिबाट  ठेक्का भएको कुरामा हाम्रो भूमिका हुने कुरै हुँदैन,’ उनले भने, ‘तै पनि स्थानीयले हाम्रो पनि मिलेमतो छ कि भनेर आशंका गर्दै प्रश्न गरिरहन्छन्।’,  ,  ,  ,  ,  ,  , दाङका यी दुई पुलको काम अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ५, ‘मिथिलाक कथासभ’ शृंखलाको तेस्रो अध्याय ,‘मैले देखेको सिमरौनगढ’, प्रकाशित भएको दोस्रो दिन बिहान मेरो म्यासेन्जरमा एउटा लामो सन्देश आयो।, जेसन वैद्यका नाममा आएको उक्त सन्देशमा उनले मेरो लेख पूरै पढेको बताएका थिए र सँगसँगै लेखेका थिए, ‘म, मेरो पूर्वज सिमरौनगढका राजा हरसिंहदेवको सोह्रौं पुस्ता हुँ। बारा जिल्लाको सिमरौनगढबाट मेरो एक पुर्खा हरसिंहदेवसँगै भक्तपुर आएको थियो। हरसिंहदेवले आफ्ना एक सन्तानलाई आयुर्वेदशास्त्र पढ्न पठाएर जनताको सेवा गर्नू भन्ने हुकुम भएको थियो।’, हरसिंहदेवको पालादेखि अहिलेसम्मका पुस्ताको विवरण पनि जेसनको सन्देशमा समावेश थियो। आफ्ना पुर्खाले वैद्य पेसामा लागेर के–कस्ता काम गरे भन्ने जानकारी दिँदै जेसनले लेखेका थिए, ‘मेरो बुवा ८० वर्ष पुग्नुभयो। उहाँले तपाईंसँग भेट्ने रहर गर्नुभएको छ।’, मलाई पनि यो सन्देश पढेपछि हरसिंहदेवका पुस्तासँग भेटेर वैद्य इतिहास जान्ने रहर जाग्यो।, मैले जेसनले दिएको नम्बरमा फोन गरेँ र त्यसै दिन शुक्रबार ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा रहेको उनको घर पुगेँ।, जेसन काममा गइसकेका रहेछन्। उनका बुवा जयदेव र जयदेवकी श्रीमती सविता घरमै थिए। दुवैले आँखामा कालो चस्मा लगाएका थिए। उमेरले ८० कटिसकेकाले मलाई जयदेवसँग कुराकानी गर्न समस्या पर्ला कि भन्ने डर थियो। तर उनी त हट्टाकट्टा र फुर्तिला देखिन्थे।, आफ्नो परिवारको वंशावली देखाउँदै जयदेव वैद्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, हामीलाई भेट्नेबित्तिकै जयदेवले आफूहरूले चस्मा लगाउनुको कारण खोल्दै भने, ‘घरमा बस्दा पनि यी बूढाबूढीले हिरोहिरोनी जसरी किन चस्मा लगाइरहेका होलान् भनेर सोच्नुभयो होला। खासमा हामी दुवै जनाको आइतबार आँखाको अपरेसन छ। त्यही भएर घाम र धुलोबाट आँखा जोगाउन चस्मा लगाएर बसेको।’, मलाई उनीहरूको आँखाको समस्याबारे जेसनले फोनमै जानकारी दिइसकेका थिए। त्यसैले उनीहरूले चस्मा किन लगाए भनेर जान्नुभन्दा उनीहरूको परिवार सिमरौनगढ र राजा हरसिंहदेवसँग कसरी जोडिएको छ भनेर जान्ने हुटहुटी मलाई ज्यादा थियो।, मैले ढिला नगरी जयदेवलाई उनको पुस्ताको इतिहासतर्फ केन्द्रित गराएँ।, जयदेवसँग हामी उनको घरबाहिर आँगनमा बसेर कुराकानी गरिरहेका थियौं। मैले परिवारको इतिहास सोध्नेबित्तिकै उनी आफू बसेको कुर्सीबाट उठेर घरभित्र पसे। अनि ठूलो नेपाली कागजमा प्रिन्ट गरिएको आफ्नो वंशावली बोकेर ल्याए। सँगसँगै आफू र आफ्नो परिवारको वृत्तान्त समेटिएको किताब ‘सबैको जय होस्’ पनि लिएर आए।, किताब र वंशावली अगाडि राख्दै उनले हाम्रो ध्यान वंशावलीमा उल्लिखित हरसिंहदेवका छोरा राजकुमार गोविन्दानन्द देव लेखिएको भागमा केन्द्रित गराए।, मैले गोपाल वंशावली र इतिहासका अन्य किताबमा हरसिंहदेवको छोराका रूपमा जगतसिंहको नाम पढेकी थिएँ। त्यसबारे यही शृंखलाको अघिल्लो लेखमा उल्लेख पनि गरेकी थिएँ। हरसिंहदेवका अर्का छोरा राजकुमार गोविन्दानन्द देवका बारेमा भने म पहिलोपटक सुन्दै थिएँ।, मैले जयदेवको कुरामा अविश्वास राख्दै सोधेँ, ‘यो वंशावलीको प्रमाण के हो त?’, उनले त्यही वंशावलीको दायाँतर्फ ‘नेपाल सम्बत ७६९ मा अंकित प्रताप मल्लको नारायणहिति शिलालेखअनुसार’ भनेर लेखिएको अंश देखाए। उक्त शिलालेखमा हरसिंहदेवका बुवाको नाम भुपालसिंह लेखिएको छ। यो शिलालेखबारे मैले पुरातत्वविद् मोहनप्रसाद खनालको किताब ‘सिमरौनगढको इतिहास’ मा पनि पढेकी थिएँ।, खनालले हरसिंहदेवका बुवा भुपालसिंह होइन, शक्तिसिंह हुन् भन्ने उल्लेख गर्दै आफ्नो किताबमा लेखेका छन्, ‘प्रताप मल्लबाहेक अन्य राजाहरूले लेखाएका वंशावलीमा नान्यदेवको पाँचौं पुस्तामा शक्तिसिंह र छैठौं पुस्तामा हरसिंहदेवको नाम नै देखिन्छ। तसर्थ, नान्यदेवपछि छैठौं पुस्ताका राजा हरसिंहदेवका बुवाको नाम भुपालसिंह नभएर शक्तिसिंह नै हुनुपर्छ।’, तर प्रताप मल्लले शिलालेखमा लेखाएको वंशावलीमा हरसिंहदेवको बुवाको नाम गलत हुँदैमा जयदेवले मलाई देखाएको वंशावली नै गलत हो भन्न मिल्दैन। उनले मलाई जुन वंशावली देखाए, त्यसमा हरसिंहदेवपछिका सोह्रौं पुस्ता अर्थात् जयदेव, उनका छोराहरू र नातिनीसम्मको सूची छ।, प्रताप मल्लको शिलालेखमा उल्लिखित विवरणमा थप अनुसन्धान गरेर यो वंशावाली तयार पारिएको जयदेवले बताए।, उनका अनुसार प्रताप मल्लको शिलालेखमा हरसिंहदेवसम्मको मात्र विवरण थियो। त्यसपछिका पुस्ताको विवरण आफ्ना पूर्वजहरूसँग सोधखोज गर्दै र विभिन्न अभिलेख हेर्दै इतिहासकार तुलसीराम वैद्यले संकलन गरेका हुन्। तुलसीराम जयदेवका दाई (काकाको छोरा) हुन्।, इतिहास अध्येता तथा लेखक तुलसीराम वैद्य लामो समय त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग प्रमुख थिए। उनको आधुनिक नेपालको इतिहास, पृथ्वीनारायण शाह–द फाउन्डर अफ मोर्डन नेपाल, एड्भान्स हिस्ट्री अफ नेपाल लगायत दर्जनभन्दा बढी किताब प्रकाशित छन्।, करिब २० वर्षअघि खिचिएको तुलसीराम वैद्यको फोटो। तस्बिर स्रोत: जयदेव वैद्य, हामीले जयदेवलाई भेटेपछि तुलसीरामलाई पनि भेट्ने सोचेका थियौं। तर ८५ वर्ष पुगिसकेका उनी कान कम सुन्छन्। उमेर र शारीरिक अस्वस्थताका कारण हामीले उनलाई भेट्न सकेनौं। उनले ए–फो साइज पेपरमा प्रिन्ट गरेर जयदेवलाई दिएको अप्रकाशित किताब ‘वैद्य परिवारको ऐतिहासिक विवेचना’ मैले पढ्न पाएँ।, जयदेवले फेरि मेरो ध्यान आफ्नो वंशावलीको दायाँतर्फ ताने, जहाँ हरसिंहदेवका छोरा गोविन्दानन्द देवबारे लेखिएको थियो, ‘राजा हरसिंहदेवले नेपाल सम्बत ४४४ (विक्रम सम्बत १३८१/सन् १३२४) मा आयुर्वेदशास्त्र पढाई लोकको आपतदेखि उद्धार गर्नुपर्छ भनी देव चिकित्सक गराई भक्तपुरमा यथास्थितिले बसाएका थिए।’, तुलसीराम वैद्यले आफ्नो अप्रकाशित किताब ‘वैद्य परिवारको ऐतिहासिक विवेचना’ मा राजा हरसिंहदेवका छोरा राजकुमार गोविन्दानन्द आफूहरूको पूर्वज भएको उल्लेख गरेका छन्। त्यसबाहेक अन्य कुनै विवरण उनले दिएका छैनन्। यसबारे थप खोज–अनुसन्धान हुन बाँकी रहेको उनको भनाइ छ।, ‘राजा हरसिंहदेव र गोविन्दानन्दबीच के सम्बन्ध थियो? उनीहरू बाबुछोरा नै थिए कि काका–भतिज थिए भनेर यकिन भन्न सकिएको छैन। तथापि, गोविन्दानन्द राजपरिवारका एक सदस्य नै हुनुपर्छ,’ उनले लेखेका छन्, ‘वैद्य परिवार सूर्यवंशी हुनु, शाक्त धर्ममा ज्यादा लाग्नु, आफ्नो दैनिक सन्ध्या क्रिया र गायत्री मन्त्रमा पनि शाक्त धर्मको झलक देखिनु र पारिवारिक परम्पराका आधारमा यो परिवारको सम्बन्ध कर्नाटवंशी राजपरिवारसँग भएको आभास हुन्छ।’, यति हुँदाहुँदै तत्कालीन ऐतिहासिक दस्तावेजमा हरसिंहदेवको छोराका रूपमा जगतसिंहको नाम मात्र उल्लेख हुनुले अर्का छोरा गोविन्दानन्दका सन्तान आयुर्वेदशास्त्र पढेर नेपाल उपत्यका फर्केपछि उनीहरूले सर्वसाधारण जनतासरह जीवनयापन गरेको हुनसक्ने तुलसीराम अनुमान गर्छन्।, संस्कृतिका अध्येता डेनियल राइटले छपाएको वंशावलीअनुसार हरसिंहदेव सिमरौनगढबाट भागेर नेपाल उपत्यकातर्फ आउँदा सात थरका मानिस उनीसँगै आएका थिए। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मानिस थिए। राजा जयस्थिति मल्लले नेपाल उपत्यकामा सामाजिक सुधारको थिति बसालेपछि वैद्यसहित यी सबै थरलाई उनीहरूको पुर्ख्यौली पेसासँगै सुरक्षित गरिएको तुलसीराम बताउँछन्।, ‘जयस्थिति मल्लले सामाजिक सुधारको सिलसिलामा व्यावसायिक जाति प्रथालाई मर्यादित रूपमा स्थायित्व दिएका थिए। त्यसले गर्दा सिमरौनगढबाट आएका वैद्य परिवार आफ्नो पेसामा अझ बढी लगनशील र सुरक्षित भए। उनीहरू करिब सात सय वर्षसम्म यही पेसामा सक्रिय रूपले लाग्न सके,’ उनले किताबमा लेखेका छन्।, तुलसीरामका अनुसार गोविन्दानन्द भक्तपुर आएपछिका पाँच पुस्तासम्म कुनै ऐतिहासिक प्रमाण फेला परेको छैन। छैठौं पुस्ता ब्रह्मानन्द वैद्यको भने भक्तपुरस्थित सुकुलढोकाको आगमघरमा तत्कालीन ऐतिहासिक प्रमाण प्राप्त भएको छ।, ‘विक्रम सम्बत १७६९ मा ब्रह्मानन्दका नाममा मानसिंहले इष्ट देवीलाई कलश आकारको घडा चढाएको अभिलेख छ,’ तुलसीरामले किताबमा लेखेका छन्, ‘यसबाट वंशावलीमा मात्र उल्लेख भएका ब्रह्मानन्द वैद्यको ऐतिहासिकता प्राप्त हुन्छ। मानसिंह उनका छोरा हुनुपर्छ। उनले बुवाको मृत्युपछि उनका नाममा कलश आकारको घडा चढाएको हुनुपर्छ।’, गोविन्दानन्ददेखि ब्रह्मानन्द वैद्यसम्म जम्मा सात जनाको नाम देखिएकाले वंशवृक्षमा केही पुस्ताको नाम लेख्न भुलेको तुलसीराम अनुमान गर्छन्।, ‘वैद्य परिवारको वंशवृक्ष हेर्दा राजा हरसिंहदेवकी रानी देवलदेवीको निधन सन् १३६६ मा भएदेखि मेरो पुस्तासम्म १६ पुस्ता देखिएको छ। इतिहासमा राजाहरूको शासन अवधिको हिसाब गर्दा साधारणतया एक जना राजालाई २५ वर्ष राख्ने चलन छ। यस हिसाबले मेरो पुस्तासम्म २६ पुस्ता हुनुपर्ने हो,’ तुलसीरामले किताबमा लेखेका छन्, ‘नेपालको इतिहास केलाएर हेर्ने हो भने सन् १४८२ देखि १७६९ सम्म अर्थात् करिब तीन सय वर्षमा काठमाडौंमा १६ र भक्तपुरमा ९ जना राजाले शासन गरेका थिए। यस हिसाबले एक राजालाई २५ वर्ष नै भनेर यकिन गर्न गाह्रो हुन्छ।’, ‘वैद्य परिवारमा गोविन्दानन्ददेखि ऐतिहासिक तथ्य फेला परेका ब्रह्मानन्दसम्म सात पुस्ता देखिनुमा वंशावलीमा आठ–दस पुस्ताको नाम लेख्न भुलेको वा यस परिवारका सदस्यहरू धेरै वर्ष बाँचेको हुनुपर्छ। यी दुवै सम्भावना केलाएर हेर्दा पहिलो सम्भावना नै सत्य भएजस्तो देखिन्छ।’, वैद्य खलकको स्पष्ट अभिलेख फेला परेको चक्रपाणि र दण्डपाणिको समयतिरबाट हो। वद्य वंशावलीअनुसार उनीहरू गोविन्दानन्दपछिका दसौं पुस्ता हुन्। त्यति बेला जंगबहादुर राणा नेपालका प्रधानमन्त्री थिए। उनी सन् १८४६ को कोतपर्व र भण्डारखाल पर्वपछि प्रधानमन्त्री बनेका थिए। आफ्नो कार्यकालमा जंगबहादुरले काठमाडौं उपत्यकाका तीन निपुण वैद्यलाई सरकारी वैद्यका रूपमा नियुक्त गरेका थिए। तीमध्ये भक्तपुर सुकुलढोकामा रहेका दुई दाजुभाइ चक्रपाणि र दण्डपाणिमध्ये चक्रपाणिलाई प्रमुख राजवैद्यमा नियुक्त गरिएको थियो।, ‘मालपोत विभाग लगत फाँट अनुसन्धान शाखामा रहेको सन् १८६२ को सरकारी कागजअनुसार जंगबहादुरले भक्तपुरका चक्रपाणि, काठमाडौंका कुलानन्द वैद्य र ललितपुरका भाजुवीरलाई राजवैद्यमा नियुक्त गरेका थिए। तिनीहरूमा प्रमुख राजवैद्य चक्रपाणि थिए,’ तुलसीरामले लेखेका छन्, ‘उनलाई वार्षिक तलब ९ सय रूपैयाँ र वैद्यखानामा औषधि बनाउन, जडिबुटी किन्न वार्षिक २६ सय रूपैयाँ र ५० रूपैयाँ थप भत्ता दिइएको थियो।’, जयदेव वैद्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, पद्मजंगले लेखेको किताब ‘लाइफ अफ जंगबहादुर’ का अनुसार सन् १८५० मा जंगबहादुर राणा बेलायत र फ्रान्स जाँदा आफ्नो टोलीमा राजवैद्य चक्रपाणिलाई पनि लगेका थिए। उनले उक्त यात्रामा चक्रपाणिसहित एक जना कलाकार भाजुमान र चार जना खाना पकाउने मान्छे पनि लगेको किताबमा उल्लेख छ।, तुलसीरामका अनुसार भक्तपुरबाट आएपछि चक्रपाणि र उनका भाइ दण्डपाणि काठमाडौं जमलगुठी (जमगुठी) मा बसेका थिए। कालान्तरमा चक्रपाणिका सन्तान महाबौद्धमा र दण्डपाणिका सन्तान जमलगुठी, कमलाक्षी र त्रिपुरेश्वरमा बसे। उनीहरूको परिवार पछि विस्तार भई विभिन्न ठाउँ बस्न थाले।, चक्रपाणि र दण्डपाणिको परिवार काठमाडौं बस्न थालिसकेपछि दण्डपाणिकी श्रीमती विद्यालक्ष्मी वैद्यले १९२७ सालमा भक्तपुरको सुकुलढोकामा रहेको परम्परागत शैलीको चारतले घर र त्यस परिसरमा रहेका नारायण, श्रीकृष्ण आदि देउताको नित्यपूजा, भजन, आरती लगायत धार्मिक काम गर्ने जिम्मा निजी गुठीकै रूपमा घरको भुइँतलामा बसेका अमात्य र श्रेष्ठहरूलाई दिएकी थिइन्।, त्यस्तै नारायण र श्रीकृष्णको नित्यपूजा चलाउने राजोपाध्याय ब्राह्मणलाई घरको भुइँतलाभन्दा माथिको भाग दिएकी थिइन्। उनले दैनिक पूजाका लागि एक रोपनी जग्गा पनि गुठीमा राखेको पूजाकोठामा रहेको कागजपत्रमा उल्लेख छ।, वैद्य परिवारका पछिल्ला पुस्ताले पनि यो घर मर्मत गर्न र सरसामग्री किन्न सहयोग गरेका छन्। जयदेवका अनुसार भक्तपुरसँग उनीहरूको परिवारको नाता अझै टुटेको छैन।, ‘हाम्रो वंशको पुरानो घर, आँगम, देउता अझै सुकुलढोकामा छन्। हनुमन्ते खोलाछेउ भिसिंख्यमा हाम्रो कुलदेउता मन्दिर छ। त्यहाँको देवाली घरमा देवाली पूजा र अन्य पूजा अझै हुन्छ,’ जयदेवले भने, ‘भिसिंख्यमा हाम्रो कुलदेउता हुनु र हामीले बोलीचालीको भाषाका रूपमा नेपाल भाषा बोल्नुले हामी सिमरौनगढबाट नेपाल उपत्यका आएपछि यहीँको संस्कृतिमा घुलमिल भएर नेवार भएको हुनुपर्छ।’, जंगबहादुर राणाको समयकै कुरा गर्दा प्रमुख राजवैद्य भएयता चक्रपाणिले काठमाडौंको गुह्येश्वरी मन्दिरमा सुनको मोलम्बा रहेका तीनतले छाना र त्यसमाथि चारवटा नाग राखेका थिए। त्यसमुनिको अभिलेखमा उल्लेख भएअनुसार यो काम १९३७ सालमा सुरू भई १९४१ सालमा पूरा भएको थियो। चक्रपाणिले १९४४ सालमा पर्सा जिल्लाको कुहुनिया गाउँमा विन्दवासिनी भगवतीको ढलोटको मूर्ति पनि स्थापना गरेका थिए।, चक्रपाणिका भाइ दण्डपाणिले पनि गुह्येश्वरी मन्दिरका चार कुनामा चारवटा ढलोटका ध्वजा र उत्तरतिर स्तम्भमाथि त्रिशूल राखेको शिलालेखमा छ। उक्त शिलालेखअनुसार उनले त्यहाँ पूजा गर्न पाँच रोपनी जग्गा पनि छुट्टयाएका थिए जुन अहिलेको नापीअनुसार १२ रोपनी हुन्छ।, चक्रपाणि र दण्डपाणिका पुस्ता जंगबहादुरका पालादेखि लामो समयसम्म काठमाडौंका शासकहरूका राजवैद्य भए। चक्रपाणिको निधनपछि उनका माहिला भतिजा (दण्डपाणिका छोरा) रामदास राजवैद्य भए। रामदासले आफ्नो कार्यकालमा १९५२ सालमा त्रिपुरेश्वरको वैद्य चोकमा धन्वन्तरी मन्दिर बनाएका थिए। १९७० सालमा यो मन्दिर पुनर्निर्माण हुँदा मन्दिर वरिपरि पालन गर्नुपर्ने नियम र आफ्ना पाँच छोराले गर्नुपर्ने कार्यसहितको शिलापत्र फेला परेको थियो।, तुलसीरामका अनुसार राणा प्रधानमन्त्रीहरू वीरशमशेर र चन्द्रशमशेरले राजवैद्य रामदासका तीन छोरा जेठा रत्नदास, माहिला दामोदरदास र साहिँला सुधापाललाई क्रमिक रूपमा एलोपेथी, आयुर्वेद र होमियोप्याथी पढ्न भारत पठाएका थिए।, त्यसैअनुरूप रामदासका जेठा छोरा रत्नदास नेपालको पहिलो एलोपेथिक डाक्टर बने। उनी डाक्टर भएको कुरा १९५९ साउन २० गते सोमबार प्रकाशित गोरखापत्रको सम्पादकीयमा छापिएको छ, जसमा उनको प्रशंसा पनि गरिएको छ।, उक्त सम्पादकीयको भाव यस्तो छ, ‘हाम्रो नेपालको बासिन्दा पनि डाक्टर हुनु एकदम खुसीको कुरा हो। अब हामीले विदेशी मान्छेलाई बोलाउन पर्दैन। यदि यसरी नै नेपालीहरू डाक्टर बन्दै गए भने विदेशीलाई राख्दा हुने खर्च कम हुन्छ। यहीँका मानिस हुँदा ज्यादा काम पनि हुने र राजाप्रजा सबैलाई फाइदा हुन्छ।’, रत्नदास नेपालका पहिलो डाक्टर भएको खुसीमा गोरखापत्रले छापेको सम्पादकीय। स्रोत: तुलसीराम वैद्यको अप्रकाशित किताब 'वैद्य परिवारको ऐतिहासिक विवेचना', रामदास वैद्यका जेठा छोरा डाक्टर भएपछि उनका माहिला छोरा दामोदरदास राजवैद्य भएका थिए। पछि यो पद दामोदरदासका माहिला छोरा गोविन्ददास वैद्यले पाए, जो अन्तिम राजवैद्य हुन्। भीमशमशेरको समयबाहेक वैद्य परिवारले सय वर्षभन्दा बढी समय राजवैद्यका रूपमा काम गरेको इतिहास छ।, ‘भीमशमशेरले चन्द्रशमशेरसँग नजिक भएका धेरैजसो माथिल्ला पदाधिकारीमध्ये कसैलाई देश निकाला, कसैको पद खोस्ने आदि काम गरेका थिए। त्यही कारण दामोदरदासलाई भीमशमशेरको प्रधानमन्त्रीकालमा राजवैद्यबाट अवकास दिइएको थियो,’ तुलसीरामले लेखेका छन्, ‘जुद्धशमशेर प्रधानमन्त्री भएपछि दामोदरदासलाई राजवैद्य पदमा पुनर्बहाल गरियो।’, रामदासका साहिला छोरा सुधापाल होमियोप्याथी अध्ययन गरिरहँदा अर्का एक नेपाली कृष्णदेव प्रधान पनि सोही विषय अध्ययन गर्दै थिए। त्यही भएर यी दुई जना नेपालका प्रथम होमियोप्याथी डाक्टर बने।, यसरी रामदास वैद्यका तीन छोरा चिकित्सा क्षेत्रका तीन विषयमा विशेषज्ञ भएका थिए।, ‘उनका काहिला छोरा शंकरदासले पनि वैद्य भई काम गरेका थिए। उनले दोस्रो विश्वयुद्धमा अंग्रेजलाई सहयोग गर्न नेपाल सरकारले खटाएको एक पल्टनसँग वैद्य भई सहभागिता जनाएका थिए। पछि उनी सिंहदरबार वैद्यखानाका हाकिम भए,’ तुलसीदासले किताबमा लेखेका छन्, ‘कान्छा छोरा लिलाधर वैद्यले राणा दरबारमा प्रशासक भई काम गरे र पछि व्यापारमा लागे।’, वैद्य परम्परा नेपालको परम्परागत चिकित्सा हो। लामो समय यही चिकित्साका भरमा स्वास्थ्य लाभ उठाइरहेका राणाहरूले रामदासका छोरा रत्नदास एलोपेथिक डाक्टर भएयता भने आधुनिक चिकित्सामा बढी झुकाव राख्न थालेको देखिन्छ।, जति बेला रत्नदास वैद्य डाक्टर भएर फर्किएका थिए, त्यति बेला चन्द्रशमशेर राणा क्षयरोगले ग्रसित थिए। रत्नदासकै रोहवरमा उपचार लिँदै उनले त्यस समय २८ वर्षसम्म यो रोगसँग जुधे। १९६४ सालमा बेलायत भ्रमणमा जाँदा उनले आफ्ना डाक्टर रत्नदासलाई पनि साथै लगेका थिए।, रत्नदासको निधनपछि उनका तीन छोरामध्ये जेठा र माहिलाले पनि डाक्टरी विषय पढे। उनका कान्छा छोरा हुतराम वैद्य भने नेपालका पहिलो कृषि इञ्जिनियर भए। उनीहरूलाई पढ्ने अवसर पनि राणाहरूले नै मिलाइदिएका थिए।, तस्बिर स्रोत: जयदेव वैद्य, जयदेव वैद्यका अनुसार चन्द्रशमशेरको निधन भएको चार वर्षपछि १९९० सालमा रत्नदासको निधन भयो। चन्द्रशमशेरको दीर्घसेवा गरेकाले उनका भाइ जुद्धशमशेरले रत्नदासको परिवारलाई के–कस्तो समस्या छ, के–कस्तो आवश्यकता छ भनेर खोजखबर गर्न मान्छे पठाएका थिए।, रत्नदासले अघिल्ला दुई श्रीमतीबाट छोरा नभएकाले ३८ वर्षको उमेरमा १६ वर्षकी मथुरादेवीसँग तेस्रो विवाह गरेका थिए। उनीबाट तीन छोरा र एक छोरीको जन्म भएको थियो। रत्नदासको निधनपछि मथुरादेवीलाई तीन छोरा र एक छोरीको लालनपालन जिम्मा आइलागेको थियो। त्यति बेला जेठा छोरा रघुवर १५ वर्ष, माहिला भरत १३ वर्ष र कान्छा हुतराम ११ वर्षका थिए। , जुद्धशमशेरले खटाएर पठाएका मान्छेले के–कस्तो आवश्यकता छ भनेर सोध्दा मथुरादेवीले भनिछन्, ‘मलाई अरू केही चाहिन्न। मेरा तीनवटा छोरा छन्। तिनीहरूलाई डाक्टर बनाइदेऊ।’, जुद्धशमशेरले त्यसको दुई वर्षपछि अर्थात् मथुरादेवीको जेठा छोरा रघुवरले १७ वर्ष उमेरमा आइएससी पास गरेपछि आफ्नो बाचा पूरा गरे। उनले रघुवरलाई भारतमा डाक्टरी विषय पढ्न पठाए। त्यसको चार वर्षपछि माहिला छोरा भरतले पनि जुद्धशमशेरकै सहयोगमा डाक्टरी पढ्ने अवसर पाए। उनले स्वास्थ्य सेवामा अतिलगनशील भई काम गरेकाले गोरखा दक्षिणबाहु प्रथम श्रेणीको तक्मासमेत पाएका थिए। कान्छा छोरा हुतरामले भने डाक्टरी पढ्न चासो देखाएनन्।, जुद्धशमशेरले डाक्टरी पढ्न पठाएका रत्नदासका जेठा छोरा रघुवर नै जयदेवका बुवा हुन्। त्यस हिसाबले मथुरादेवी जयदेवकी हजुरआमा हुन्।, त्यस बेला आफ्नी हजुरआमाले छोराहरूका लागि यति दूरदर्शी सोच राखेकामा उनी मथुरादेवीलाई बहादुर, आँटिली र शिक्षाप्रति चेत भएको महिलाका रूपमा प्रशंसा गर्छन्। तर मथुरादेवीलाई त्यति बेला धेरैले मूर्ख महिलाको संज्ञा दिएका रहेछन्।, ‘कस्तो मूर्ख आइमाई रहेछ! महाराजले तँलाई के चाहिन्छ भनेको बेला त जग्गाजमिन र सम्पत्ति पो माग्नुपर्छ! यस्तो १०-१२ वर्षका केटाहरूलाई बाहिर पढ्न पठाएर हुन्छ?’ आफन्तहरूले त्यति बेला भनेको कुरा हजुरआमा मथुरादेवीले पछिसम्म सुनाउने गरेको जयदेवले हामीलाई बताए।, मथुरादेवीले देखाएको आँट र शिक्षाप्रतिको चेत उनका जेठा छोरा रघुवरले सायद झनै बढी बुझेका थिए। त्यही भएर उनको अन्तिम इच्छा आमा र बुवाका नाममा ‘मथुरा–रत्न छात्रवृत्ति’ स्थापना गर्ने थियो।, ‘आफ्नो वंशले सात सय वर्षदेखि चिकित्सा पेसाबाट पुर्‍याएको मानव सेवालाई निरन्तरता दिन प्रत्येक वर्ष कम्तिमा एक जना एमबिबिएस डाक्टर उत्पादन गर्ने उहाँको इच्छा थियो। त्यसका लागि आफ्नै डिजाइन र सुपरिवेक्षणमा बनेको वीरगन्जको घर बेच्ने उहाँको स्पष्ट धारणा थियो,’ जयदेवले भने, ‘घर बिक्रीबाट आएको रकम नेपाल चिकित्सा संघको सहकार्यमा जेहेन्दार तर विपन्न र आफ्नो आयस्रोतबाट पढ्न असमर्थ छात्रछात्रालाई जाति, धर्म, लिंग आदिको भेदभाव नराखी छात्रवृत्ति दिन उहाँ चाहनुहुन्थ्यो।’, मथुरादेवी वैद्य। तस्बिर स्रोत: जयदेव वैद्य, रघुवरका दुई छोरा थिए — जयदेव र श्रीदेव। उनी आफ्ना छोराहरूमध्ये एक जना भए पनि आफूजस्तै चिकित्सा पेसामा लागेको हेर्न चाहन्थे। तर दुवै फरक पेसामा लागे।, कान्छा छोरा श्रीदेव पाइलट भए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०३० जेठ २८ गते नेपाल वायुसेवा निगमको हवाईजहाज अपहरण हुँदा आफ्ना भाइ श्रीदेव वैद्य सहायक पाइलट रहेको जयदेवले बताए।, श्रीदेवले सानैदेखि पाइलट बन्ने उद्देश्य लिएका भए पनि जयदेवलाई भने डाक्टर नै बन्ने भूत सवार थियो। त्रिपुरेश्वरस्थित पुर्ख्यौली घरनजिकै त्यति बेला जयदेवका बुवा रघुवरको धन्वन्तर्यालय मेडिकल हल थियो। त्यहाँ बुवाले बिरामीहरूलाई गरेको सेवा देखेर जयदेवलाई पनि उनीजस्तै डाक्टर हुने रहर जागेको थियो। त्यही रहर पूरा गर्न उनी कहिलेकाहीँ बुवा–काका नभएका बेला बिरामीको लक्षण हेरेर औषधि दिएर पठाउँथे।, ‘एकदिन एउटा बिरामी मलाई खोज्दै मेडिकल आएको रहेछ। त्यो बिरामीलाई मैले अघिल्लो दिन जाँचेर पठाएको थिएँ। मलाई देख्नेबित्तिकै नमस्कार डाक्टर साहेब भनेपछि मेरो रहस्य खुल्यो,’ जयदेवले भने, ‘पछि बुवाले मलाई गलत औषधि परेको भए के हुन्थ्यो भनेर हप्काउनुभयो। मैले ठूलो पाठ सिकेँ। त्यस दिनदेखि मैले त्यस्तो काम कहिल्यै गरिनँ। बरू मनमा डाक्टर बन्ने इच्छा झनै प्रबल बन्यो।’, डाक्टरी पढ्न जयदेव सुरूमा कलकत्ताको त्यही कलेज गएका थिए, जहाँ उनका बुवा–हजुरबुवाहरूले पढे। तर जति बेला उनी त्यहाँ पुगे, त्यस वर्षका सबै सिटमा विद्यार्थी भर्ना भइसकेका थिए। त्यहाँबाट काठमाडौं फर्किएपछि उनले कराँचीको मेडिकल कलेजमा पढ्ने सिट पाए। त्यो सिट पनि शिक्षा मन्त्रालयका कर्मचारीले अर्कैका नाममा दिएको जयदेवले बताए।, त्यसपछि उनले लन्डनको कलेजमा पढ्ने अवसर पाए। तर कलेज पुग्न दुई साता ढिला भएकाले त्यहाँ पढ्ने अवसर पनि गुमाए।, डाक्टर बन्ने चक्करमा उनको दुई वर्ष खेर गइसकेको थियो। त्यही भएर परिवार र साथीभाइको सल्लाहमा उनी टेक्सटायल इञ्जिनियरिङ पढ्न थाले। नेपाल फर्किएर त्यही क्षेत्रमा काम गरे।, ‘मैले धेरै कष्ट सहेर डाक्टरी पढ्ने अठोटलाई तिलाञ्जली दिएको थिएँ। अचानक इञ्जिनियरिङतिर बहनु झन्डै बाढीको उल्टो धारमा पौडिनुजत्तिकै चुनौतीपूर्ण थियो,’ उनले भने।, आफू डाक्टर बन्न नसकेकै कारण बुवा रघुवरले डाक्टरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन चाहेका हुन् कि भन्ने जयदेवलाई लाग्छ।, ‘त्यही भएर म बुवाको अन्तिम इच्छा पूरा गर्ने दायित्व सम्झेर कार्यान्वयनमा लागेँ,’ जयदेवले भने, ‘वीरगन्ज घर बेच्नै चार वर्ष लागेको थियो। छात्रवृत्ति दीर्घकालीन बनाउन उक्त पैसामा आफ्नो थप पैसा जोडेर बुवा बितेको आठौं वार्षिकीमा मथुरा–रत्न कक्ष उद्घाटन गर्‍यौं र त्यहाँबाट छात्रवृत्ति दिन थाल्यौं।’, यो छात्रवृत्ति २०५५ सालदेखि सञ्चालनमा छ। अहिलेसम्म करिब ३३ जनाले छात्रवृत्ति पाइसकेका छन्।, जयदेव त डाक्टर बनेनन् नै, उनका छोराहरूले पनि डाक्टरी वा चिकित्सा पेसा अपनाएका छैनन्। ठूला छोरा जेसबिन कम्प्युटर इञ्जिनियर छन् भने कान्छा छोरा जेसन व्यापार गर्छन्। आफ्नो घरमा अहिले कोही पनि चिकित्सा पेसामा नलागेकामा जयदेवलाई त्यति गुनासो भने छैन, ‘हाम्रो घरमा नभए पनि हाम्रो वंशजमा अझै पनि धेरै जना डाक्टर छन्। अझ मथुरा–रत्न छात्रवृत्तिबाट जति पनि डाक्टर भएर निस्किएका छन्, ती सबै हाम्रै सन्तानसरह हुन्।’, उनलाई एउटै कुरामा गुनासो र थकथकी छ – आफ्नो वंशको इतिहास जोडिएको सिमरौनगढ अहिलेसम्म जान नसक्नु!, ‘करिब २० वर्षअघि म बाराको गढिमाईसम्म पुगेको थिएँ। त्यहाँसम्म पुग्दा पनि मलाई सिमरौनगढ जाने हेक्का भएन,’ उनले भने, ‘यति धेरै उमेरको भइसकेँ, आफ्नो वंशको उत्पत्ति स्थल नगएकोमा थकथकी लाग्छ।’, सेतोपाटीमा प्रकाशित सिमरौनगढका कथाहरू पढेपछि त्यहाँ जाने रहर फेरि जागेको बताउँदै जयदेवले भने, ‘मैले त छोरालाई तपाईंको लेख पढ्नेबित्तिकै यसपालि त जसरी भए पनि सिमरौनगढ जाऔं भनेर भनिसकेँ।’, सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको यो कथासँगै सिमरौनगढसँग जोडिएको मिथिला सभ्यताको कथा अहिलेलाई यहीँ सकिन्छ। तर हाम्रो 'मिथिलाक कभासभ' शृंखला चाहिँ सकिएको छैन है। शृंखलाको अर्को कडीमा म तपाईंहरूलाई जनकपुर सहर लैजानेछु।, जनकपुरका कथाहरू अर्को आइतबारबाट।, जयदेव वैद्यको किताब 'सबैको जय होस्' मा छापिएको वंशावली।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा
सेतोपाटी संवाददाता मंगलबार भियतनाममा लडाकु विमान दुर्घटना भएको छ। दुर्घटनामा परी पाइलटको मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। , टाइम्सले भियताम अनुसार  उत्तर भियतनामको येन बाई प्रान्तमा मंगलबार लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको हो। रसियामा बनेको उक्त विमान सैन्य तालिमका लागि प्रयोग भएको थियो।, विमान अवतरण गराउन लाग्दा दुर्घटना भएको थियो। विमानका पाइलट ३० वर्षीय क्याप्टेन ट्रान न्यागोस डुएको मृत्यु भएको हो।, भियतनामका रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यसबारे अनुसन्धान सुरू गरेका छन्।, यसअघि सन् २०१८ र सन् २०१५ मा पनि यही मोडलका दुइटा विमान दुर्घटना भएका थिए। अभ्यास क्रममा विभिन्न कारणवश् दुर्घटना भएका ती दुवै विमानका चालकको पनि मृत्यु भएको टाइम्सले जनाएको छ।,  , भियतनाममा लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
रासस कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ सय ४० किलो अखाद्य मह नष्ट गरेको छ।, प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो।, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार सो परिमाणको मह ७६ वटा डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो।, विभिन्न हानिकारक तत्त्व मिसाएर बनाइएको सो महको बजार मूल्य दुई लाख ८५ हजार रूपैयाँ रहेको प्रहरीले जनाएको छ।, नष्ट गरियो ११ सय ४० किलो मह
रासस मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ ।, हेटौंडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ।, मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन् । , भारतको दुई करोड ६० लाख लागतमा निर्माण भएको सो सङ्ग्राहलय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो। यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन्। सङग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन्। सङ्ग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ।, त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त सङ्ग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान विश्वविद्यालयको बीचमा रहेको सो सङ्ग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिंग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ।, सङ्ग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले सङ्ग्रहालयले गति नलिएको बताए। ‘बजेटको अभाव भएको छ’, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उनको भनाइ छ । यहाँ कर्मचारीको समेत अभाव छ।, वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ। हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए।, हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन
रासस काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी संकलन भएको छ । , गत पुस २२ गतेदेखि सुरू भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो।, गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी संकलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।, यस्तै उक्त समितिले त्यहाँ आसपासमा सञ्चालन गरिएका पसलबाट पनि भाडा उठाउँदै आएको छ। भक्तजनबाट संकलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए। माघ २२ गतेसम्म चल्ने उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ।, यस्तै, शालीनदी यातायातले बिदाको दिन शालीनदी भेला भर्न पुगेका भक्तजनलाई बज्रयोगीनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क उपलब्ध गराउँदै आएको छ। , शालीनदी मेलामा ८४ लाख भेटी संकलन
रासस ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन।, गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ। हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए। हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ छ।, घरपझोङ–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गरे।  ‘चिस्यान पुगेन भने स्याउ उत्पादनमा पनि ह्रास आउन सक्छ’, उनले भने, ‘मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन।’ जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनकोभनाइ छ।, थासाङमा सिँचाइको उचित प्रबन्ध छैन। हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ। लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताए। ‘यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन’, उनले सुनाए। , चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन्। कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताए।  ‘स्याउको फूल खेल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ’, उनले भने।, जौँ, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको निमित्त प्रमुख बस्ताकोटीले बताए।  ‘माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ’, उनले भने, ‘यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ।’, पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उनले सुनाए। मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन। , छिटपुट वर्षासमेत हुनसकेको छैन। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताए।  ‘बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ’, उनले भने। , बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताए। हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उनले उल्लेख गरे। खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उनको भनाइ छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए। आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ।, ‘गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था रहेको छ’, उनले भने, ‘यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन।’ हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ। , ‘यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन’, मौसमविद् अधिकारीले भने।, मध्यमाघसम्म हिउँ न वर्षा
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम छ। जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ।, दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ।, यसैक्रममा जल तथा मौसम विज्ञान विभागले अब तापक्रम क्रमशः बढ्दै जाने बताएको छ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। , मौसमविद् अधिकारीका अनुसार अब दैनिक रूपमा तापक्रम बढ्नुका साथै चिसो घट्दै जाने देखिन्छ। , आज काठमाडौंमा वर्षा र बदलीको सम्भावना नरहेको भन्दै मौसमविद अधिकारीले काठमाडौंको मौसम सफा हुने जानकारी दिए।, यस्तै भोलि बुधबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।, भोलि राती भने  प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।, प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना
रासस निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्।, जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरूले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन्।, मिलापत्र अनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्ने भएका छन्। जिल्ला अदालत धनुषामा अंश मुद्दा दिएकी निहारिकाले आफूहरू दुईबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको बताएकी छन्।, मिलापत्रमा भनिएको छ, 'म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता/पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको।', २०७६ कात्तिक ६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–४ का शिवराज श्रेष्ठले आफूलाई ललाइफकाइ तथा डर धम्की देखाएर पटकपटक जबर्जस्ती करणी गरेको भन्दै निहारिकाले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन्।, यस मुद्दामा न्यायाधीश परशुराम भट्टराईको इजलासले शिवराजलाई सफाइ दिएको थियो। न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएपछि सो मुद्दा उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको थियो। उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डिएनए परीक्षण गर्दा मिलेको थियो।, २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा भने विचाराधीन छ। २०७६ कात्तिक ६ गते शिवराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी निहारिकाले २०७७ भदौ ५ गते छोरालाई जन्म दिएकी थिइन्।, आफू बलात्कृत भएको भन्दै उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरूदेखि नै पुनः जाँच गरिनुपर्ने माग राख्दै उनी पटकपटक अनसन बसेकी थिइन्। उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डिएनए जाँच गर्न ८ भदौमा आदेश दिएपछि गरिएको परीक्षणमा उनको छोराको डिएनए शिवराजसँग मिलेको थियो। डिएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन्।, निहारिका र आरोपी शिवराजबीच अदालतमा मिलापत्र
सेतोपाटी संवाददाता डोल्पा जिल्लाको फोक्सुन्डो ताल किनारमा अवस्थित थासुङ छोलिङ गुम्बाका खेन्पो साम्दुक निमा रिम्पोछेको काठमाडौंस्थित त्रितेन नोर्बुचे गुम्बामा आयोजित कार्यक्रममा सिंहासन गराइएको छ।  , विगत तीन दशक भन्दा लामो समयदेखि वोन धर्मको प्रर्वद्धनमा क्रियाशील रिम्पोछेलाई मंगलबार औपचारिक रुपमा सिंहासन गराइएको हो। नेपाल वोन बुद्धिष्ट महासंघका महासचिव गेसो लोडोई छोगलेककाअनुसार धार्मिक परम्पराअनुसार उनलाई सिंहासन गराइएको हो।, ‘बोन धर्मको परम्परा संरक्षण र प्रर्वद्धनमा उहाँको योगदान अतुलनिय छ’, सिंहासन आरोहण कार्यक्रममा महासचिव छोगलेकले भने, ‘रिग्म, पुङ्गमो लगायत गाउँमा धार्मिक पूजापाठमा उहाँ सक्रिय हुनुहुन्छ।’ , कार्यक्रममा वोन धर्मका लामा, सर्बसाधारणलगायतले रिम्पोछेसँग आशीबार्द ग्रहण गरेका थिए। साथै विभिन्न वक्ताले प्राचीन वोन धर्मको महत्वबारे चर्चा गरे। कार्यक्रममा तापिरिचा विद्यालयका साथै अन्यत्रका कलाकारले धार्मिक नृत्य प्रदर्शन गरेका थिए। , हेर्नुस् तस्बिरहरू , थासुङ छोलिङ गुम्बाका खेम्पोको सिंहासन आरोहण
एजेन्सी भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ।, स्थानीय प्रहरीका अनुसार आगो निभाउने र उद्धार कार्य जारी छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगो लागेको थियो। आगलागीमा परेर अहिलेसम्म ११ जना महिला, दुई बालबालिका र अर्का एक जना पुरूषको शव फेलापरेको छ।, धेरै मानिस आगो लागेको अपार्टमेन्टमा फसिरहेको प्रहरीले जनाएको छ।, प्रारम्भिक जानकारीअनुसार एउटा घरमा पूजा भइरहेको थियो। त्यसैबाट अपार्टमेन्टमा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। तर त्यसको एकीन कारण र विवरणहरू प्रहरीले संकलन गरिरहेको जनाएको छ।, मंगलबार राति त्यो अपार्टमेन्टमा आगो सल्किएको थियो। लगत्तै उद्धारकर्मीहरू त्यहाँ पुगेका थिए।, दुर्घटनाको जानकारी दिँदै मुख्यमन्त्री हेमन्त सोरनले धनबादको आशिर्वाद टावर अपार्टमेन्टमा आगलागीमा परी ज्यान गुमाउनेको ज्यान निकै पीडादायी भएको बताएका छन्।, ‘जिल्ला प्रशासनले युद्धस्तरमा काम गरिरहेको र दुर्घटनामा घाइते भएकाको उपचार भइरहेको छ। म आफैंले सम्पूर्ण मामिला हेरिरहेको छु’, उनले भने, ‘धनबादको आशिर्वाद टावर अपार्टमेन्टमा आगलागी हुँदा मानिसको मृत्यु अत्यन्तै हृदयविदारक छ। जिल्ला प्रशासनले युद्धस्तरमा काम गरिरहेको र दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ। म आफैंले सम्पूर्ण मामिला हेरिरहेको छु।’, धनबाद के आशीर्वाद टावर अपार्टमेंट में आग लगने से लोगों की मृत्यु अत्यंत मर्माहत करने वाली है। जिला प्रशासन द्वारा युद्ध स्तर पर कार्य किया जा रहा है तथा हादसे में घायल लोगों को उपचार उपलब्ध कराया जा रहा है। मैं खुद पूरे मामले को देख रहा हूँ।, — Hemant Soren (@HemantSorenJMM) ,January 31, 2023,  , भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी, १५ जनाको ज्यान गयो
एजेन्सी सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ।, उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ।, नाचेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा  सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो। भिडिओमा उनीहरू राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छन्।, इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन। , इरानका २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बताइएको छ।, पक्राउ पर्नुअघि पेसाले आफूलाई फेसन डिजाइनर बताउने हकीकीको घरमा प्रहरीले छापा मारेको थियो।, उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि संयुक्त रूपमा साढे १० वर्षको सजाय सुनाइएको अमेरिकास्थित ह्यूमन राइट्स एक्टिविस्ट्स न्यूज एजेंसीलाई उद्धृत गर्दै बिबिसीले भनेको छ।, गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकार विरोधी प्रदर्शन देशभरि फैलिएको थियो। विरोधमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडाभन्दा कडा सजाय दिइरहेका छन्।, अमिनीको मृत्युपश्चात् इरानमा परिस्थिति व्यापक रूपमा अस्थिर बनेको छ। लामो समयदेखि कायम गरिबी, बेरोजगारी, असमानता, अन्याय र भ्रष्टाचारबारे पनि मानिसहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।, उनको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन् र हजारौँ पक्राउ परेका छन्।, सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय
रासस जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ। , क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या  भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए। उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो। ‘पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ,’ उनले भने। यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन्। , हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन्। कर्तव्य ज्यान मुद्दाका १४ पुरूष कैदी रहेको जेलर पन्तले बताए। यस्तै चोरी डकैती मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, बन्यजन्तु ओसारपोसारका तीन कैदी र  एक बन्दी तथा लागूऔषध मुद्दाका एक कैदी (पुरुष) र एक बन्दी (पुरुष) रहेका प्रमुख पन्तले बताए।, यसैगरी जबरजस्ती करणी, बालविवाह मुद्दाका एक पुरुष कैदी, बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक  महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा छन्। , जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
रासस सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ।, जुगल गाउँपालिका- २, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्।, प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरे। विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए।, तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका- ४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो।, आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उनको भनाइ छ। पीडित ६४ परिवारलाई सेलाङको बाँसखर्क, २७ परिवारलाई बराम्चीको चनौटे तथा ७५ परिवारलाई लिदीको सिमलडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।, विस्थापितलाई आवास निर्माणका लागि सरकारले प्रतिपरिवार रु पाँच लाख उपलब्ध गराएको थियो।, लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा
सेतोपाटी संवाददाता जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको हो।, २०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।, काले कामीको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए।, यही माघ १७ गते यो विषयमा प्रहरीलाई गोप्य सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सूचनापछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो।, खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।, घटनाको बारेमा आवश्यक थप अनुसन्धानका भद्रकला, तुल्सीराम विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको छ।, पाँच वर्षपछि भेटियो श्रीमतीले हत्या गरेर शौचालयको खाडलमा पुरेको श्रीमानको शव
मनिका विश्वकर्मा धनुषा जिल्लाकी छोटु साह (परिवर्तित नाम) ले 'सम्मान गृह' मार्फत आफू पारलैंगिक युवती भएको कुरा आफ्ना परिवारजनलाई थाहा दिइन्।, २५ वर्षीया छोटु एक महिनाअघि जनकपुरस्थित उक्त गृहमा एक हप्ता बसेकी थिइन्। त्यहाँ बस्नुअघि उनी पारलैंगिक हुन् भन्ने कुरा परिवारमा थाहा थिएन। परिवारका लागि उनी छोरा थिए। उनको बिहेको कुरा चल्दै थियो। बुहारी भित्र्याउन केटीको खोजी हुँदै थियो। , छोटु केटासँग बिहे गर्न चाहन्थिन्। उनी बिहेको कुरा टार्दै थिइन्। परिवारजन करकाप गर्दै थिए। उनले आफ्नो शरीर छोराको जस्तो भए पनि मेरो मन छोरीको हो भन्न सकेकी थिइनन्। आफू पारलैंगिक रहेको कुरा परिवारमा थाहा भए स्वीकार हुने छैन भन्ने डर उनमा थियो।, 'अहिले बिहे गर्दिनँ भनेर प्रतिवाद मात्रै गरेँ। आफ्नो वास्तविक पहिचान बताउन सकिनँ। जति भन्न खोजे पनि हिम्मत आएन,' उनले सेतोपाटीसँग भनिन्, 'थाहा भयो भने परिवारले स्वीकार गर्नु हुन्न भन्ने डर थियो।' , बिहेको दबाब बढ्दै गएपछि उनले घर छोड्ने निधो गरिन्। घर त छोड्ने तर कता जाने? उनलाई थाहा थिएन। , जनकपुरमा पढ्दा छोटुले नीलहिरा समाज (ब्लु-डाइमन्ड सोसाइटी) नामको संस्थाबारे थोरै जानकारी पाएकी थिइन्। संस्थाले सम्मान गृह सञ्चालन गरेको पनि एक जना साथीमार्फत थाहा पाइन्। त्यहाँ हिंसामा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका पीडित व्यक्तिलाई केही दिन राखेर परामर्श दिइन्छ भन्ने पनि उनलाई थाहा भयो।, उनले नीलहीरा समाजका प्रतिनिधिहरूलाई भेटिन्। आफ्नो पीडा सुनाइन्। उनीहरूले घरमा उपयुक्त वातावरण नबन्दासम्म सम्मान गृहमा बस्न सुझाव दिए। यहाँ बस्न कुनै शुल्क लाग्दैन।, गृहमा बिताएको एक हप्ता उनको जीवनका लागि कोशेढुंगा साबित भयो। त्यहाँ बसेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने नीलहीरा समाजका प्रतिनिधिहरूले उनका समस्याहरू थाहा पाए।, सबै जानकारी लिएपछि उनीहरू छोटुको घर गए। परिवारजनलाई सबै कुरा बताए। उनको लैंगिक पहिचानबारे जानकारी गराए। सबै तथ्यहरू खुलाए। उनीहरूले छोटुलाई बिहेका लागि करकाप नगर्न परिवारजनलाई आग्रह गरे। , उनीहरूले कुनै व्यक्ति पारलैंगिक हुनुको अर्थ बुझाए। यो बनावटी नभई प्राकृतिक हो भनेर सम्झाए। जबर्जस्ती बिहे गरिदिँदा अवस्था झन् जटिल हुन सक्छ भनेर पनि सम्झाए। , यसपछि छोटु घर फर्किने वातावरण बन्यो। सम्मान गृहको बसाइले हिम्मत पनि बढ्यो। आफ्नो बारेमा आफैंले उचित निर्णय लिनुपर्छ, करकापमा पर्नु हुँदैन भन्ने उनले बुझिन्।, 'उहाँहरू (नीलहीरा समाजका प्रतिनिधि) ले घरमा सबै कुरा सम्झाई दिनुभयो। म घर फर्केँ,' उनले भनिन्, 'आफ्नो पहिचानका लागि संघर्ष गर्नुपर्छ, भाग्नु हुँदैन भन्ने हिम्मत आएको छ।', अहिले छोटुलाई परिवारबाट बिहेको करकाप छैन। तर उनको पारलैंगिक पहिचानबारे थाहा भएपछि उनले परिवारजनको व्यवहारमा अप्रत्यक्ष रूपमा नकारात्मक परिवर्तन देखिन्। परिणामस्वरूप उनी सधैं ढुक्कले घर बस्न नसक्ने निष्कर्षमा पुगिन्। , छोटुले स्कुल पढ्दा नै आफ्नो लैंगिक पहिचान बुझेकी थिइन्। , उनको घर नजिकैकी एक महिला नृत्य गर्थिन्। छोटु कहिलेकाहीँ ती महिलासँग हिँड्थिन्। यसरी हिँडेको थाहा पाउँदा उनले घरमा गाली खानुपर्थ्यो। ती महिलालाई नभेट्नू, उनीसँग नहिँड्नू भन्ने आदेश पाउँथिन्। यसो हुनुको कारण छोटुलाई थाहा थिएन। एक दिन ती महिलाले आफ्नो लैंगिक पहिचानबारे बताइन्, उनी पारलैंगिक महिला थिइन्।, परिवारजनले छोटुलाई पढाइका लागि जनकपुर पठाए। जनकपुर बस्न थालेपछि उनले आफ्नो शरीर छोराको जस्तो भए पनि मन छोरीको हो, म छोरी जस्तो भएर बाँच्न चाहन्छु भन्ने बुझिन्। जनकपुरमा केही पारलैंगिक साथीहरूसँग भेट पनि भयो। यसपछि उनलाई आफू पारलैंगिक महिला हुँ भन्ने झनै प्रष्ट भयो।, यससँगै आफूलाई पढाइको निहुँमा जनकपुर पठाउनुको कारण पनि थाहा पाइन्।, 'गाउँको पारलैंगिक दिदीसँगको संगत छुटाउन रहेछ,' हालै १२ कक्षाको पढाइ पूरा गरेकी छोटुले भनिन्।, केही समयअघि मात्र उनको भेट आफूजस्तै सम्मान गृहमा बसेर आएकी एक पारलैंगिक युवतीसँग भएको थियो। २३ वर्षीया सलिना (परिवर्तित नाम) मुश्लिम समुदायकी हुन्। उनी पनि परिवारमा बिहेको करकाप बढेपछि त्यहाँ पुगेकी रहिछन्। सर्लाहीकी उनी भागेर काठमाडौं आएकी थिइन्।, सलिनालाई ,अधिकारकर्मी नग्मा खान,ले सहयोग गरिन्। नग्मा पनि पारलैंगिक महिला हुन्। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि काम गर्छिन्। , नग्माकै सहयोगमा सलिना काठमाडौंको हाँडीगाँउस्थित सम्मान गृहमा बसेकी थिइन्। यसबीचमा नग्माले नै सलिनाको परिवारजनलाई सम्झाई–बुझाई गरिन्। अनिच्छामै भए पनि परिवारजन सलिनाको लैंगिक पहिचान स्वीकार गर्न र उनलाई बिहेका लागि करकाप नगर्न सहमत भए। , अहिले सलिना घरमै बस्छिन्।, नीलहीरा समाजले अन्तर्राष्ट्रिय संस्था 'सेभ द चिल्ड्रेन' को सहयोगमा एक वर्षअघि (जनवरी, सन् २०२२) मा सम्मान गृह सुरू गरेको हो। समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार नौ वटा जिल्लामा दुई/दुई कोठे सम्मान गृहहरू छन्। उनी सबै जिल्लाका गृहको समन्वय गर्छन्।, हिंसामा परेका महिलाका लागि सरकारी र गैरसरकारी स्तरमा परार्मश केन्द्रहरू भए पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि व्यवस्था नभएको शर्माको भनाइ छ। शर्माका अनुसार कोरोना भाइरस फैलिएको समयमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३२ जनाले आत्महत्या गरे। त्यो समय अहिलेको जस्तो सम्मान गृह भइदिएको यति धेरैको ज्यान जाने थिएन कि भन्ने उनलाई लागेको छ।, 'कोरोनामा जताततै बन्द थियो। एकै छिन बाहिर नगई घरमा बस्दा परिवारभित्रै समस्या सिर्जना भयो। तनावमा कतिपयले आत्महत्याको बाटो रोजे,' उनले भने।, गृह बनेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई परामर्श दिन र परिवारमा सहज अवस्था सिर्जना गर्न मद्दत पुगेको उनको भनाइ छ।, 'परिवारमा समस्या भएर घर छाडेकाहरूलाई कहाँ राख्ने भन्ने समस्या हुन्थ्यो। अहिले सजिलो भएको छ। परिस्थिति सहज नभएसम्म सम्मान गृहमा बस्न सक्छन्,' शर्माले भने।, गृहमा कुनै खास समस्यामा परेका र एचआइभी संक्रमित अरू व्यक्तिले पनि एक हप्तासम्म आश्रय पाउँछन्।, नीलहीरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका लागि कानुनी सहायताको पनि प्रबन्ध गरेको छ। उनीहरूको अधिकारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगसँग र उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पतालसँग समन्वय भएको छ।, हाल इटहरी, वीरगञ्ज, जनकपुर, चितवन, काठमाडौं, पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज सम्मान गृह सञ्चालनमा छन्। यो खासमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूका लागि परामर्श केन्द्र हो। प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न मौलिक हकको कुरा दृष्टिगत गरेर यसको नाम 'सम्मान गृह' राखिएको कार्यक्रम संयोजक शर्माले बताए।, छोटु सम्मान गृहले राम्रो काम गरेको बताउँछिन्। गृहले आफूजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको हिम्मत बढाएको र अलपत्र पर्न नदिएको उनको भनाइ छ।, 'पढ्न किताबहरू र मनोरञ्जनका लागि केही सामग्रीहरू भए बस्न अझै सहज हुने थियो,' छोटुको सुझाव पनि छ।, गृहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका र एचआइभी संक्रमित व्यक्तिका साथै उनीहरूका परिवारजनलाई पनि आवश्यक परामर्श दिएर पीडितका लागि सहज वातावरण बनाउने काम गर्छ। नीलहीरा समाजले सम्भव भएसम्म यस्ता व्यक्तिको रोजगारीका लागि पनि सहयोग गर्छ। , तर सम्मान गृह नीलहीरा समाजको स्थायी संरचना होइन। हालका लागि सेभ द चिल्ड्रेनको आर्थिक सहयोग सञ्चालित परियोजना मात्रै हो। , शर्माले भने, 'यो (सम्मान गृह) प्रोजेक्ट (परियोजना) मात्र भएकाले केही समयका लागि मात्र हुन सक्छ। हामीले स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन ढंगले काम गर्ने योजना बनाएका छौं।', यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहायताका लागि प्रदेश सरकारहरूले सुरक्षित आवास र पीडितलाई परामर्शको प्रबन्ध गर्नुपर्ने शर्माको भनाइ छ। सरकारी स्तरमा सम्मान गृहजस्ता स्थायी संरचना निर्माण गर्न सके पीडितहरूका लागि ठूलो मद्दत पुग्न सक्ने पनि उनी बताउँछन्।, घर छाडेर हिँडेकाहरूका लागि बनेको 'सम्मान गृह'
नवीनबाबु गुरूङ सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ। , ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रूटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो।, ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारी साधन चालकहरूले सास्ती व्यहोर्नुपरेको छ। सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ। , हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल नगरेको देख्न सकिन्छ।, पूर्वी गेट वरपरका स्थानीय पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्। , तस्बिरहरू:, सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर फैलियो दुर्गन्ध (तस्बिरहरू)