content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्। , नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्।, उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छ। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।, सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्। निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको भन्दै यातायात मजदुर हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए।, यसैबीच आजै बिहान ८ बजे भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयमा आन्दोलनरत पक्षसँग वार्ता हुने तय भएको यातायात व्यवस्था विभागले जनाएको छ। , सोमबार बालाजु बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए। , आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड भत्काएका थिए। प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए।, यातायात मजदुरहरूले १० बुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो।, आइतबार मजदुरका प्रतिनिधिहरू भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर वार्ता गरेका थिए। उनीहरूले तत्काल सम्बोधन गर्न सकिने विषयहरू राखेका थिए। , यसअघि ट्राफिक नियम उल्लंघन गरे पाँच सय, एक हजार र एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने व्यवस्था थियो। पुस ३ गतेदेखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना नै एक हजार पाँच सय रूपैयाँ हुने नियम ल्यायो। यातायात मजदुरहरूले यसमा असन्तुष्टि जनाए। छलफलपछि यो व्यवस्था स्थगित गर्ने निर्णय भएको थियो।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मीरा चौधरीले पनि यसलाई पुरानै व्यवस्थाअनुसार न्यूनतम पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म नै गरेको बताइन्। , 'प्रत्यायोजित अधिकार प्रयोग गर्ने क्रममा अधिकतम जरिवानाको कुरामा पुनर्मूल्यांकन भएर ऐनमा जे कुरा उल्लेख भएको छ त्यही गरेका छौं। पहिले जे थियो त्यसैलाई निरन्तरता दिन थालेका हौं,' उनले भनिन्। , सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१, १६२ लगायत संशोधन र चालकको लाइसेन्स निलम्बन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो। , यस विषयमा फागुन ८ गतेभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमको संयोजकत्वमा यातायात क्षेत्र सुधारका विषयमा कार्यदल गठन गरिएको थियो।, त्यसअघि शनिबार यसका प्रतिनिधिहरूले पेरिसडाँडामा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पनि भेटेका थिए। भेटेर आफ्ना मागहरू राखेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले यातयात सेवा ठप्प पार्नुपर्ने अवस्था नआउने पनि बताएका थिए।, तस्बिरहरू- युनिक श्रेष्ठ र नवीनबाबु गुरूङ/सेतोपाटी,
काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी ठप्प (तस्बिरहरू) |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा यातायात मजदुरले गरेको आन्दोलनमा २० जना प्रहरी घाइते भएका छन्।, सोमबार साँझ आन्दोलन गर्ने क्रममा अवस्था उग्र बन्दा प्रदर्शनकारीको आक्रमणमा परी २० जना प्रहरी घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए।, घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। , प्रदर्शनकारीहरू घाइते भएको कुनै जानकारी अहिलेसम्म नभएको पनि उनले बताए।, यस्तै प्रदर्शनमा संलग्न ९ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।, बालाजुको अवस्था पनि सामान्य बनिसकेको छ। यद्यपि सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ छन्।, पढ्नुहोस्ः बालाजुमा हुने भनिएको शान्तिपूर्ण आन्दोलन कसरी बन्यो उग्र?, सोमबार अपराह्न काठमाडौंको बालाजु बसपार्क क्षेत्र अशान्त बन्यो। यातायात मजदुर र उनीहरूका संगठनहरूले आन्दोलन गर्दा बालाजु क्षेत्र तनावग्रस्त बनेको हो। , नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात संघले संयुक्त रूपमा गरेको आन्दोलन उग्र बन्न पुगेको हो। आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाइसकेका छन्। ट्राफिक आइल्यान्ड भत्काएका छन्। प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन्। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका छन्।, तीन वटा संगठनका प्रतिनिधिहरूको टोली आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गएको थियो। आफ्ना दसबुँदे मागहरू पूरा गर्नुपर्ने अडान उक्त टोलीले राखेको थियो। , टोलीका अनुसार छलफलका निष्कर्षहरू र फागुन ३ गतेदेखि देशव्यापी रूपमा गरिने आन्दोलनका विषय सार्वजनिक गर्ने भन्दै सोमबार दिउँसो एक बजे मजदुरहरूलाई गोंगबुको नयाँ बसपार्कमा बोलाइएको थियो। मजदुरहरू त्यसैअनुसार नयाँ बसपार्कमा भेला भएका थिए। , 'मन्त्रालयमा हिजो के भयो भनेर सार्वजनिक गर्ने कार्यक्रम थियो। १२ बजेदेखि नै साथीहरू भेला भइसक्नुभएको थियो,' नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने।, भेला हुँदै गर्दा ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धकसहित ३० जनाको समूह आएको उनले बताए। उक्त समूह आएर मजदुरहरूमाथि आक्रमण गरेको उनको भनाइ छ।, 'ट्याक्सी चालकमाथि हातपात गरेका थिए। कार्यक्रमका लागि ल्याइएका साउन्ड सिस्टमहरू तोडफोड गरे,' राईले भने, 'त्यसको प्रतिरक्षा गर्न हाम्रा साथीहरूले पनि बल प्रयोग गर्नुपर्यो।', यसरी मजदुरहरूमाथि आक्रमण गरेपछि उनीहरूले थप आन्दोलनको घोषणा गरेका थिए। उनीहरूले बालाजु क्षेत्रमा गाडी तेर्साएर सडक अवरूद्ध गरे। कार्यक्रम पनि सञ्चालन गरे। , त्यसैबीच एक विज्ञप्ति जारी गर्दै मंगलबारदेखि आफ्ना माग पूरा नहुन्जेलसम्म काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरे। काठमाडौं उपत्यका बाहिरको हकमा पछि निर्णय गर्ने पनि बताए।, यता भीड बढ्दै गए पनि बाटो अवरूद्ध हुँदा प्रहरी पुग्न कठिन भइरहेको थियो। प्रहरीले समयमै भीडलाई नियन्त्रण गर्न पनि सकेन। प्रहरी पुगेसँगै भीड उग्र भएर ढुंगामुढा गर्न थालेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए। , उनीहरूले प्रहरीका भ्यानमाथि पनि तोडफोड गरी जलाए। सुरूमा भीडले ढुंगामुढा र तोडफोड गर्दा पनि प्रहरीले बल प्रयोग नगरेको एसएसपी श्रेष्ठको भनाइ छ। सर्वसाधरणको बाक्लो उपस्थितिले गर्दा प्रहरी पुगे पनि जवाफी बल प्रयोग नगरेको उनले बताए। , 'उनीहरू उग्र बने पनि प्रहरीले छेकेर बस्यो। किनभने सर्वसाधारणका सवारीसाधन, पैदलयात्रु, बटुवाहरू थिए। उनीहरूलाई क्षति पुग्छ भनेर प्रहरीले बल प्रयोग गरेन,' उनले भने, 'यसो गरिबस्दा एकतर्फी प्रहार भइरह्यो। ढुंगामुढा हुँदा केही प्रहरी घाइते पनि भए।', अहिले बटुवाहरू नभएको हुँदा भीडलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गर्न थालेको पनि उनले बताए। बालाजुमा दुई सयभन्दा धेरै प्रहरी खटिएका छन्। सशस्त्र प्रहरीका पनि एसपीको कमान्डमा दुई सय ६५ जनाभन्दा बढी परिचालन गरिएको छ।, प्रहरीले ढुंगामुढा गर्ने, प्रदर्शन गर्नेहरूमाथि लाठी चार्ज, अश्रुग्यास प्रहार गरेको छ। चार जनालाई नियन्त्रणमा पनि लिएको छ। वार्ता भएर गाडी चलाउने निर्णय नै भइसकेर शान्तिपूर्ण कार्यक्रम गर्न लागेका मजदुरहरू एकाएक आन्दोलित बनेको उनले बताए। , 'प्रहरीले केही गरेको छैन। तर ढुंगामुढा गर्नेदेखि लखेट्नेसम्म भएको देखिन्छ,' उनले भने।, भीडमा कुनै नेता हुँदैन। भीडमा कुनै एउटाले के गरिदिन्छ, त्यहीअनुसार अघि बढ्छ। यो घटनामा पनि कसैले ढुंगामुढा गर्न थालेपछि उग्र रूप लिँदा दुई जना प्रहरीलाई चोट लागेको छ।, प्रदर्शनकारीहरू भने कोही घाइते भएको खबर नआएको एसएसपी श्रेष्ठको भनाइ छ। घटनाको विस्तृत विवरण पनि नआइसकेको उनले बताए। , यातायात मजदुरहरूले दसबुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो।, आइतबार मजदुरका प्रतिनिधिहरू भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर वार्ता गरेका थिए। उनीहरूले तत्काल सम्बोधन गर्न सकिने विषयहरू राखेका थिए। , यसअघि ट्राफिक नियम उल्लंघन गरे पाँच सय, एक हजार र एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने व्यवस्था थियो। पुस ३ गतेदेखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना नै एक हजार पाँच सय रूपैयाँ हुने नियम ल्यायो। यातायात मजदुरहरूले यसमा असन्तुष्टि जनाए। छलफलपछि यो व्यवस्था स्थगित गर्ने निर्णय भएको थियो।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले पनि यसलाई पुरानै व्यवस्थाअनुसार न्यूनतम पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म नै गरेको बताइन्। , 'प्रत्यायोजित अधिकार प्रयोग गर्ने क्रममा अधिकतम जरिवानाको कुरामा पुनर्मूल्यांकन भएर ऐनमा जे कुरा उल्लेख भएको छ त्यही गरेका छौं। पहिले जे थियो त्यसैलाई निरन्तरता दिन थालेका हौं,' उनले भनिन्। , सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१, १६२ लगायत संशोधन र चालकको लाइसेन्स निलम्बन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो। यस विषयमा फागुन ८ गतेभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमको संयोजकत्वमा यातायात क्षेत्र सुधारका विषयमा कार्यदल गठन गरिएको थियो। त्यसअघि शनिबार यसका प्रतिनिधिहरूले पेरिसडाँडामा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पनि भेटेका थिए। भेटेर आफ्ना मागहरू राखेका थिए। , भेटमा प्रधानमन्त्री प्रचण्डले यातयात सेवा ठप्प पार्नुपर्ने अवस्था नआउने पनि बताएका थिए।, यातायातका मजदुरहरूले देशको एक मात्र केन्द्रीय बसपार्कलाई पनि सरकारले निजी कम्पनीलाई ठेक्कामा दिएको भन्दै गुनासो गरेका थिए। पार्किङहरू निजी कम्पनीलाई दिँदा मजदुरहरूबाट उनीहरूले चर्को शुल्क असुली गरिरहेको उनीहरूको भनाइ छ। , चालकको लाइसेन्स नवीकरणमा ६० वर्षे उमेरको हदले गर्दा क्षमता भएकाहरू पनि बेरोजगार बन्न बाध्य भएकाले ऐनमा रहेका उक्त व्यवस्था हटाउन माग गरेका थिए। त्यस्तै चक्रपथमा चल्ने सवारीसाधनका लागि पार्किङ नभएकाले व्यवस्था गरिदिन पनि माग गरेका थिए।,
बालाजु घटनामा २० प्रहरी घाइते, ९ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता आज देशका पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, बुधबार र बिहिबार पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।, तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।,
तत्काल वर्षा र हिमपातको सम्भावना छैन |
सेतोपाटी संवाददाता सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ।, आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो।, वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रालयका कर्मचारीहरू छन्।, ट्राफिक जरिवानामा गरिएको वृद्धिलगायत विरोधमा यातायात मजदुर आन्दोलनमा छन्। यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए।, आज बिहानैदेखि यातायात मजदुरहरूले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन्। जसले गर्दा यात्रु समस्यामा परेका छन्।,
आन्दोलनरत यातायात मजदुर र सरकारबीच वार्ता जारी |
सेतोपाटी संवाददाता यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।, आज सिंहदरबारमा भएको वार्तामा आज उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्ने सहमति भएको हो।, यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्।, वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए। , 'सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौं। तत्काल तपाईंहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौं,' मन्त्री श्रेष्ठले भने।, उनले हड्ताल तत्काल फिर्ता लिइदिन आग्रह गरेका थिए। 'समस्या समाधान गर्न सरकारले कार्यक्रम बनाइसक्यो। नेतृत्व जतिखेरै छलफल गर्न तयार छ। तपाईंहरूले अहिले नै हड्ताल फिर्ता लिइदिनुस्,' मन्त्री श्रेष्ठले आग्रह गरे।, छलफलमा यातायात मजदुरहरुले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए।, आफूहरुले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक-पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थियो।, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले हड्ताल स्थगित गर्ने निर्णय भएको बताए।, यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चलेका थिएनन्। यात्रुले दु:ख पाएका थिए।, सोमबार यातायात मजदुरहरूले प्रहरीका दुई भ्यानमा आगजनीसमेत गरेका थिए। यी घटनामा संलग्नमाथि भने कारबाही गरिने मन्त्री श्रेष्ठले बताएका छन्।,
यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित |
सेतोपाटी संवाददाता रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। , माडी गाउँपालिका–५ का ६९ वर्षीय बुवा प्रथमन बुढालाई कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय नरबहादुर बुढा पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरका अनुसार घरमा बुवा–छोरा मात्रै बस्दै आएका थिए। , छोरा नरबहादुरको कुटपिटबाट बुवाको घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा पुगेको प्रहरीले आरोपितलाई सोमबार पक्राउ गरेको डिएसपी मगरले बताए। , ‘पक्राउ परेका नरबहादुरले पहिले बुवाले मलाई कुटेपछि मैले बुवालाई कुटेको हुँ भन्ने बयान दिएका छन्,’ डिएसपी मगरले भने, ‘आपसी विवादका क्रममा बुवा-छोराका बीचमा सामान्य भनाभनका क्रममा घटना भएको देखिएको छ।’, माघ २९ गते राति ९ बजेतिर छोराले बुवालाई निर्घात कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।, घटनाबारे स्थानीय मनप्रसाद बुढाले फागुन १ गते दिउँसो ३ बजे प्रहरीलाई फोनमार्फत् सूचना दिएपछि प्रहरी घटनास्थल पुगेको थियो।, चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरेको थियो। , पक्राउ परेका नरबहादुरको मानसिक स्थिति ठिक नभएको भन्ने कुरा खुलेको प्रहरीले जानकारी दिएको छ।, नरबहादुरलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको डिएसपी मगरले बताए।,
रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ |
सेतोपाटी संवाददाता प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ।, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ।, सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका दुई भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।, ,
बालाजुका डिएसपी विष्टको खोसियो जिम्मेवारी |
एजेन्सी टर्कीमा भूकम्पमा परेका दुई जनाको १९८ घन्टापछि उद्धार भएको छ।, टिआरटी वर्ल्ड नाउका अनुसार काह्रामानमारास सहरमा मंगलबार उद्धारकर्ताले १७ वर्षीय एक किशोर र अर्का एक जनाको भग्नावशेषबाट उद्धार गरेका हुन्।, अजरवैजानका उद्धारकर्ताले उनीहरूलाई जीवितै बाहिर निकालेपछि खुसी मनाएको भिडिओ सामाजिक सञ्जालमा आएका छन्।, Hope never dies. This is truly a miracle. ,#Azerbaijan,’s rescuers rescued 2 more people from the rubble in Türkiye after 198 hours (8 days).,
Great ,@azerbaycanfhn, 👏. ,#Earthquake, ,#Türkiye, ,#Syria, ,#TogetherStronger, ,#TogetherForAll, ,pic.twitter.com/igGn2m42qE,
— Ali Alizada 🇦🇿 (@Ali_F_Alizada) ,February 14, 2023, उद्धार गरिएका दुई जना दाजुभाइ हुन सक्ने बताइएको छ।, अघिल्लो साताको सोमबार बिहान टर्कीमा ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी छिमेकी सिरियामा समेत गरी अहिलेसम्म ३७ हजार बढी मानिसको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।, ,
टर्की भूकम्प: १९८ घन्टापछि जीवित फेला परे दुई जना |
रासस आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। प्रेमीप्रेमिकाको आज विशेष दिन। युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन्। , प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरू प्रेमजोडीले भरिभराउ हुन्छन्। नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ।, आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ।, कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौं प्रेमजोडी भेटिन्छन् आज।, यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन्। वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरू जाने गरेका छन्।, पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रेमिल जोडी आकर्षित हुने गरेका छन्। यस्ता जोडीहरूले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन्। यहाँ आउने प्रेम जोडीहरूले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन्।, रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए।, नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत् युगल जोडीहरूको भव्य स्वागतको तयारी गरेको छ। , यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउँछन्।, पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ। , पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल। करिब ११ रोपनी क्षेत्रफलमा रहेको यो रानीमहलमा २४ कोठा छन्। यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरू सहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ।, विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमसेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए।, तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ।, विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ। ,
,
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल |
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माइधार-दोमुखा सडक ४४ वर्षपछि कालोपत्रे हुने भएको छ।, यो सडकलाई कालोपत्र गर्न स्थानीय शिवसताक्षी नगरपालिका लागि परेको छ।, शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड गरेर ४ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ लागतमा कालोपत्रे निर्माण हुने भएको हो।, मंगलबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास समेत गरिएको छ। झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बू र शिवसताक्षी नगरका प्रमुख मेघाहाङ्ग थोप्राले संयुक्त रूपमा कालोपत्रे सडकको शिलान्यास गरेका हुन्।, ढलरहित ७ मिटर चौडाइ कालोपत्रे सडक २९ सय मिटर लामो रहेको शिवसताक्षी नगरपालिकाका इन्जिनियर उत्तम बरालले बताए।, सो सडकमा कालोपत्रे बाहिरको ८ मिटर सडक ग्राभेल हुनेछ। तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने इन्जिनियर बरालले बताए। सतासी निर्माण सेवाले ठेक्का लिएको सो सडक असार १५ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनीका भैरवकुमार श्रेष्ठले जानकारी दिए।, ‘आर्थिक, सामाजिक उल्झन आएन भने जेठ मसान्त सम्ममा निर्माण सकेर नगरलाई सडक जिम्मा दिनेछौं।’ , शिवसताक्षी नगरका प्रमुख मेघाहाङ्ग थोप्राका अनुसार यो सडक ३६ सालमा कन्काइ सिँचाइ आयोजनाले निर्माण गरेको हो।, ‘त्यसयता पटक/पटक कालोपत्रे गरिने चर्चा थियो। तर, हुन सकेको थिएन,’ ‘शिवसताक्षी नगरका प्रमुख थोप्राले भने, ‘जहाँ परिणाममुखी उत्पादन दिन्छ त्यहाँ स्थानीय सरकारले लगानी गर्न कन्ज्युस्याइँ गर्ने छैन।’, माइधार-दोमुखा सडक नगरको रिङरोड अन्तर्गतको सडक हो।, यो सडकलाई कालोपत्रे गर्न आफूले कयौं पटक कानुनी उल्झन व्यहोर्नुपरेको नगर प्रमुख थोप्राले बताए।, सडक कालोपत्रे गर्न पौने ६ करोडको लागत स्टिमेट गरिएको थियो। यो बजेट नगरको एउटै योजनालाई छुट्याइएको सबैभन्दा ठूलो बजेट भएको नगर प्रमुख थोप्राले बताए।, आफूले निर्वाचनताका बालेका बाचामध्ये सबभन्दा ठूलो योजना पहिलो वर्षमै कार्यान्वयन हुन थालेकोमा हर्षित भएको उनले बताए।, पूर्वपश्चिम राजमार्गको माइधारदेखि ३ किलोमिटर उत्तर इमालको चुरे फेदीमा रहेको दोमुखा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अब सहज हुने उनीहरूले बताएका छन्।, सडक निर्माण भएपछि हालको संख्यामा एक चौथाइ पर्यटकको संख्या बढ्ने अनुमान दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनबहादुर लावतीले बताए।, उनले भने, ‘यहाँका स्थानीय, उद्यमी व्यवसायी र ३० वटा होटल रेष्टुरेन्टको दु:खका दिन अब जानेछन्।’, उनले होमस्टे पनि संचालन गरेर एक नम्बर प्रदेशमै पर्यटकको पहिलो रोजाइको क्षेत्र दोमुखालाई बनाउन सकिने बताए।,
४४ वर्षपछि हुने भयो माइधार-दोमुखा सडक कालोपत्र |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।, ग्वार्को चोकमा गत शनिबारदेखि फ्लाइ ओभर निर्माण कार्य सुरू भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। , फ्लाइ ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन।, चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइ ओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो। , ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइ ओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइ ओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइ ओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइ ओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ। , सुरूमा ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो। ,
ग्वार्कोमा फ्लाइ ओभर निर्माण कार्य सुरू भएसँगै बढ्यो ट्राफिक जाम (तस्बिरहरू) |
सेतोपाटी संवाददाता बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ। , मंगलबार गृह सचिव विनोद प्रकाश सिंहले प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।, ‘अनुसन्धान गर्नुपर्ने नियमित काम त गर्नुहुन्छ नै, तर यसलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिनुभएको हो,’ उनले सेतोपाटीसँग भने।, यातायात मजदुरले गरेको आन्दोलनले सोमबार साँझ उग्र रूप लिएको थियो।, आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले ल्होत्से मलमा पनि तोडफोड गरेका थिए। उनीहरूले मलमा रहेको एसिडीसी मोबाइल सेन्टरमा लुटपाट गरेका थिए। ,
मोबाइल लुटपाट घटनाका दोषीलाई कारबाही गर्न प्रहरीलाई गृहको निर्देशन |
रासस ललितपुरको ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका कारण देखिएको सवारी साधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारी साधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। , कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ।, केही दिनयता सवारी साधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।, सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरू गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ।, हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई–दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिए।, अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारी साधन चलिरहेका छन्। ‘फ्लाइ ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारी साधनले विकल्प खोज्नुपर्ने उनको भनाइ छ। , उनका अनुसार कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारी साधन बालकुमारी पुलको बाटो नभई जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उनको भनाइ छ। , 'लुभू, इमाडोल जानेहरू यही सडकको प्रयोग गर्न सक्छन्', उनले भने, 'यसो गर्दा सडकमा ट्राफिक जाम कम पनि हुन्छ।' , निर्माण सुरू भएपछि सोही सडकमा सबै गाडी गुडाउँदा समस्या हुने भएपछि सवारी साधन व्यवस्थापनका लागि डाइभर्ट गर्नुपर्ने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ।, अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाइ ओभर’को उचाइ छ मिटर हुने गरी निर्माण सुरू गरिएको छ।, फ्लाइ ओभरमा पुग्न बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढ्नुपर्नेछ।, बालकुमारीतर्फ दुई सय ८० मिटर र सातदोबाटोतर्फ एक सय ७५ मिटर लम्बाइको ‘र्याम’ हुनेछ।, ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाइ ओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ। मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्। , फ्लाइ ओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ।,
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने (भिडिओ) |
नवीनबाबु गुरूङ आज प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ।, यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन। समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो।, जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला? प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफ्ना प्रियजनहरुसँग पनि हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ।, प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन्। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुनेगर्छ।, काठमाडौं उपत्यकामा मात्र होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदै छ।, ७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आजबाट सकिने हो।, भ्यालेन्टाइन डे इटालीको रोमवाट शुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे।, सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेका थिए। एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कुरा सम्राट्लाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए। उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो।, नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक शुरु भएको छ। प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ। हाम्रा फोटो पत्रकार नवीनबाबु गुरूङले कैद गरेका भ्यालेन्टाइनमय काठमाडौंका यी दृश्यहरू।,
युवामाझ प्रेमिल बन्दै ‘भ्यालेन्टाइन्स डे’ (तस्बिरहरू) |
सविता बुढा डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको साढे एक वर्षभन्दा बढी भयो। दोषी अझै पत्ता लाग्न सकेको छैन।, सोही वडामा रहेको ‘जमरानी स्वास्थ्य केन्द्र’ की कार्यालय सहयोगी कर्मचारी अस्मिता २०७८ असार २ गते कोरोना खोप पुर्याउन अर्को ठाउँ जाँदै थिइन्।, उनी गन्तव्यमा पुगिनन्। तीन दिनपछि असार ५ गते हट्वानी सामुदायिक वनमा विभत्स अवस्थामा उनको मृत शरीर फेला प¥यो।,
पोस्टमर्टम रिपोर्टले उनको हत्या भएको पुष्टि गरेको थियो।, घटनापछि जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को विज्ञ टोली घटनास्थल पुगेको थियो।, प्रहरीले प्राथमिकताका साथ अनुसन्धान अघि बढाए पनि हत्यामा संलग्न व्यक्ति फेला पार्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयm डडेल्धुराले अनुसन्धान जारी रहेको भन्ने जवाफ दिने गरेको छ।, घटनाको दुई महिनासम्म ‘अस्मितालाई न्याय देऊ, हत्यारा सार्वजनिक गर’ भन्दै आफन्तहरूले नाराबाजी गरे। प्रहरी कार्यालय अगाडि कालोपट्टि बाँधेर धर्नामा बसे।, घटनाको चार महिनापछि प्रहरीले परीक्षण रिपोर्ट आएपछि संलग्न व्यक्ति पक्राउ गरेर सार्वजनिक गर्ने आश्वासन दियो। आफन्तहरूले आन्दोलन रोके। , त्यसपछि पनि आफन्तहरूले प्रहरी कार्यालयमा गएर सम्झाउन छाडेनन्।, परिवारजनले कसैका विरूद्ध किटानी जाहेरी नदिएको अस्मिताका श्रीमान अमर धामीले बताए।, घटना भएको सात महिनापछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख अस्मिताको गाउँमै पुगे। उनीहरूले घटनाको अनुसन्धान भइरहेको भन्दै दोषी छिट्टै पक्राउ पर्ने विश्वास दिलाए।, अहिले दबाबको आन्दोलन छैन। प्रहरीले कसैलाई पक्राउ गर्न पनि सकेको छैन। अस्मिताका आफन्तहरूले न्याय देऊ भन्न पनि छाडेका छैनन्।, अमर भन्छन्, ‘प्रहरी प्रशासन धाउँदा–धाउँदा र आन्दोलन गर्दा–गर्दा थाक्यौं तर न्याय पाइएन।’, अहिले पनि न्याय पाउने आशामा अमरको परिवारले प्रहरी कार्यालयलाई सोध्न छोडेको छैन।, ‘प्रहरी ९९ प्रतिशत अनुसन्धान पूरा भइसक्यो भन्छ। दुई वर्ष पुग्नै लाग्यो, न्याय पाउने छाँट छैन,’ अमर भन्छन्, ‘न्यायका लागि पहल गरिदिन स्थानीय सरकार, प्रदेश सरकार, जनप्रतिनिधि र पार्टीका नेताहरूलाई भन्न छाडेका छैनौं।’, गत वैशाखमा स्थानीय तह तथा मंसिरमा प्रदेशसभा प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरूले पनि न्यायका लागि पहल गर्ने आश्वासन दिएका थिए।, आश्वासन दिनेहरूले अहिले फोन उठाउन छाडेको गुनासो अमरको छ।, उनले निराशा प्रकट गर्दै भने, ‘अस्मिताको घटना पनि निर्मला पन्तको जस्तै भयो। अब न्याय पाउने आश पनि मरिसक्यो।’, आफन्तको मागअनुसार नगरपालिकाले ‘जमरानी स्वास्थ्य केन्द्र’ मा अस्मिताको स्थानमा गत वर्षको अमरलाई साउनमा नियुक्ति दियो। उनी त्यहीँ कार्यरत छन्।, अस्मिता र अमरका दुई छोरी छन्। उनीहरू छ वर्ष र तीन वर्ष उमेरका छन्।, घटनाको साढे एक वर्ष बित्दा पनि दोषी फेला नपरेको र न्याय नपाएकोमा अमर दुःखी छन्।, उनी भन्छन्, ‘छिटो न्याय पाए मनमा अलिक शान्ति हुन्थ्यो।’, अस्मिताले स्वास्थ्य चौकीमा काम सुरू गरेको तीन वर्ष पुग्न लागेको थियो। अमर भारतको बैंगलुरूमा काम गर्थे। कोरोना भाइरसको संक्रमण फैलिएपछि घर फर्केका थिए।, कामकै सिलसिलामा अस्मिताको हत्या भएकाले उनले काम गरेको ‘जमरानी स्वास्थ्य केन्द्र’ उनकै नाममा नयाँ नामकरण गर्नुपर्ने आफन्तको माग छ।, आमा गुमाएका दुई छोरीहरूको शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि उनीहरूको माग छ।, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी (प्रहरी नायव उपरीक्षक) मनोहर भट्टका अनुसार प्रहरी टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ।, प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरण पुगेको भन्ने गरेको भए पनि दोषी पक्राउ गर्न किन ढिला भएको हो भन्ने प्रष्ट पार्न सकेको छैन।, ‘अनुसन्धानमा केही कुरा तुरून्तै पत्ता लाग्न सक्छ, केही कुरामा बढी समय लाग्छ,’ डिएसपी भट्ट भन्छन्, ‘आधार र प्रमाण जुटाउने काममा छौं। प्रक्रियामा रहेका सबै कुरा भन्न मिल्दैन।’,
हत्या भएको साढे एक वर्ष बित्दा पनि दोषीको पत्तो छैन |
युनिक श्रेष्ठ काठमाडौंको बालाजुमा सोमबार भएको यातायात मजदुरको आन्दोलनको क्रममा नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा तोडफोड भयो। आन्दोलन भइरहँदा एउटा समूह मलभित्र पस्यो। उक्त समूहले मलमा रहेको मोबाइल पसलका सटरहरू आफैं खोलेर लुटपाट गरे।, मलमा रहेका दुई वटा मोबाइल पसल, एसिडिसी र डाइमोन्ड स्टारमा लुटपाट भएको हो। एउटा मोबाइल मर्मत गर्ने ल्याबमा पनि लुटपाट भएको थियो। जसमा बनाउन ल्याएका मोबाइल थिए।, मजदुरहरूले सोमबार अपराह्नमा आन्दोलन गर्न थालेपछि मलका मोबाइल व्यवसायीहरूले आफ्ना सटरहरू बन्द गरिसकेका थिए। तर आन्दोलनकै क्रममा उग्र बन्दै गएको प्रदर्शनकारीहरूले तालासमेत फोडेर लुटपाट गरेको डाइमन्ड स्टारका सञ्चालक रतन सुवेदीले बताए। , ‘पसलहरू सबै बन्द गरी राखिसकेका थियौं। तर उनीहरू आएर सटरसमेत खोलेर लुटपाट गरे,’ उनले भने,‘दुईवटा पसल र एउटा ल्याबमा लुटपाट हुँदा ८ देखि १० करोडको क्षति पुगेको छ।’, लुटपाट गरिएका सामानको क्षति विवरण आए पनि भौतिक संरचनाको पूर्ण विवरण निकालिनसकेको पनि उनले बताए। , मोबाइल लुटपाट भएको घटनाबारे सार्वजनिक गर्न मंगलबार नेपाल मोबाइल व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेको थियो। , पत्रकार सम्मेलनमा बोल्दै एसिडिसी प्रालिका सञ्चालक अर्जुन चालिसेले आफ्नो पसलमा बैंकलाई ब्याज तिर्नको लागि राखिएका पैसा पनि चोरी भएको बताए। , ‘बैंकको ब्याज तिर्न पैसा पनि राखेका थियौं। शनिबार डिपोजिट गर्न पाएनौं, आइतबार बिदा नै भयो, त्यसैले हाम्रो ठूलो नोक्सानी भएको छ,’ उनले भने, ‘मेरो प्रवेशद्वारमै पसल भएकाले सुरूमै आक्रमण गरे। व्यवसायीहरूले नै व्यवसायीमाथि आक्रमण गरे। आन्दोलनभन्दा पनि चोर्ने नीति बनाएको हो कि भन्ने पनि लाग्छ।’, लुटपाट मच्चिँदा प्रहरी प्रशासन र राज्यका अन्य निकायले केही गर्न नसकेको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भण्डारीले बताए। , ‘यत्रो लुटपाट हुँदा सुरक्षा निकाय के हेरेर बस्यो? आज १६-१७ घन्टा बितिसक्दा पनि किन कसैलाई पक्राउ गरेको छैन,’ उनले भने, ‘हामीले कसैलाई आदेश दिएका छैनौं। यो गर्नुस् /त्यो गर्नुस् भनेका छैनौं। त्यसको मतलब यो होइन कि हामी आदेश नै दिँदैनौं, संघर्ष नै गर्दैनौं। हामी केही समय पर्ख र हेरको अवस्थामा पुगेका छौं। राज्यका निकायले हाम्रा कुरा सुन्छन् कि, क्षतिपूर्ति दिन्छन् कि भनेर पर्खेर बसेका छौं।’, ४८ घन्टाभित्र लुट्ने समूह पक्राउ नगरे र क्षतिपूर्तिको व्यवस्था नगरे नेपालभरी नै आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाबारे अनुसन्धान अघि बढाइसकेको छ। , परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको बताए। यस्तै केही मोबाइल सेट पनि बरामद भएको उनले बताए। , लुटपाटबाट कति क्षति भएको हो भन्ने पनि अनुसन्धानबाट खुल्ने कार्कीले बताए। , ‘मोबाइल खरिदका बिल होलान्। मोबाइलका आइएमआइई नम्बर हुन्छन्। अनुसन्धान गर्दै जाँदा सबै खुल्छन्,’ उनले भने। , प्रहरीले पक्राउ गरेकामाथि मुद्दा चलाउने तयारी पनि गरिरहेको छ। अन्यको पनि खोजी भइरहेको उनले बताए।, मोबाइल व्यवसायीहरूले सरकारसँग क्षतिपूर्तिको माग गरे पनि त्यसको भरपाई लुटपाट गर्नेहरूबाटै गराउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले बताए। , अनुसन्धानको क्रममा क्षति विवरण सबै खुल्ने भएकाले सबै क्षतिपूर्ति दोषीहरूबाटै भराउनले उनले बताए। , ‘छानबिन गर्दा सबै विवरण खुल्छन्। दोषीबाट नै भराउने हो। चोरी भएका मोबाइलहरू त पत्ता लागेका छन् भने लुटेको त फेला पर्छन्। भिडिओ क्लिप्स नै नभएका घटनाका चोरीहरू त समातिएका छन्, यसमा त भिडिओहरू नै छन्,’ उनले भने, ‘यसमा चिनिने गरी आएका छन्। त्यसैले क्षतिपूर्ति जसले लगेको हो त्यसैबाट भरपाइ गराउने हो। अहिले अनुसन्धान गर्न दिउँ पछि तथ्यहरू बाहिर आउलान्।’, सोमबार भएको आन्दोलनमा प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यान र प्रहरी अस्थायी बिटमा आगजनी गरेका थिए।यस्तै ट्राफिक आयल्यान्ड पनि भत्काएका थिए। मजदुरको संघले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन ठप्प पार्ने निर्णय पनि गरेको थियो। , मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधान तथा मन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि मजदुरले निर्णय फिर्ता लिएका थिए। , वार्तामा मन्त्री श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए।, 'सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौं। तत्काल तपाईंहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौं,' मन्त्री श्रेष्ठले भनेका थिए।, छलफलमा यातायात मजदुरहरूले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताएका थिए।, आफूहरुले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक-पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थियो।,
कसरी पाउलान् ल्होत्से मलबाट मोबाइल लुटिएका व्यवसायीले क्षतिपूर्ति? |
नारायण खड्का बाटोमा ग्राभेल हाल्नका लागि सिफारिस लगेर बालुवा-गिट्टी क्रसर उद्योगहरूमा बिक्री गरेको पाइएको छ। , दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ ले स्थानीय गहते र पातुखोला मिसिने दोभानबाट बालुवा-गिट्टी उठाउने स्वीकृति दिएको थियो। , सडक पूर्वाधार विकास कार्ययोजना अन्तरगत तुलसीपुरको अश्वारा– कटुकुँइया–प्रतापपुर हुँदै सल्यान–लुहाम सडक खण्डमा बालुवा-गिट्टी बिच्छाउन अनुमति दिइएको थियो। , तर, अहिलेसम्म पनि तुलसीपुरको अश्वारा– कटुकुँइया–प्रतापपुर हुँदै सल्यान –लुहाम सडक खण्डमा एक टिपर पनि बालुवा -गिट्टी बिच्छाइएको छैन। त्यसरी उठाइएको बालुवा गिट्टी स्थानीय क्रसर उद्योगहरूमा बेचिएको पाइएको एक वडाध्यक्षले बताए।, ‘स्वीकृतिका लागि नगर प्रमुखलाई सम्बोधन गरी पत्र लेखिएको छ,’ ती वडाध्यक्षले भने, ‘बदमासी कतिसम्म भएको छ भने स्वीकृति प्रदान गर्दा हस्ताक्षर प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गरेको देखिन्छ।’, गत माघ १९ गते वडा कार्यालयको सिफारिस र प्राविधिक प्रतिवेदनका आधारमा सडक पूर्वाधार विकासको सिफारिस पत्र अनुसार माघ २४ गतेका निर्णयबाट तुलसीपुर उपमहानगरले बालुवा गिट्टी उठाउन स्वीकृति प्रदान गरेको थियो। , यो कामका लागि बा २ क ७५७६ नम्बरको स्काभेटरले बिहानदेखि बेलुकासम्म खोलामा उत्खनन् गर्न पाउने र त्यसरी उत्खनन् गरेको खोलाजन्य वस्तुहरू ग १ क ५७१६, ग १ क ५७१४ र ग १ क ५८१८ नम्बरका टिपर प्रयोग गरी ढुवानी गर्न पाउने गरी स्वीकृति प्रदान गरिएको थियो। , वडा नं. ८ की शारदा सिंहको नाममा दर्ता स्रेस्ता रहेको नक्सा नम्बर ३ (ख) कित्ता नं. १२२ को जग्गा क्षेत्रफल ०१–१५ को जग्गामा जम्मा भएको ४२० घनमिटर ग्राभेल नियम अनुसार लाग्ने राजश्व एक लाख १८ हजार छ सय ८० रुपैयाँ गत माघ २४ गते बुझाएको देखिन्छ। , खोलामा ह्याबी इक्युपमेन्ट प्रयोग गर्नुभन्दा पहिले वातावरणीय मूल्याङ्कन गर्नु अनिवार्य हुने भए पनि त्यसो नगरी व्यक्तिगत मनोमानीका आधारमा हचुवाको भरमा स्वीकृति प्रदान गर्नु गलत भएको एक कार्यपालिका सदस्यले बताए। , ‘कर आउँछ भन्दैमा मेयरलाई लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृतले तोक लगाउन मिल्दैन,’उनले भने,‘यो कार्यपालिकाबाट पारित हुनुपर्ने कुरा हो।’, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नियम अनुसार नै आफूले मेयरको आदेशले स्वीकृति प्रदान गरेको दाबी गरे।, उनले सडक विभागको पत्रानुसार अनुमति दिएको बताए। , ‘एक नम्बरमा त्यो पत्रमा मेयर सापको तोक छ, दोस्रोमा त्यो पत्रमा मेयरसापलाई सम्बोधन गरेको छ र तीन नम्बरमा त्यो जुन ब्यक्ति हो आफ्नो जग्गा भित्रको ग्राभेल बेच्ने भनेर उसको मालपोत तिरेको रसिद छ,’ उनले भने, ‘चौथौ नम्बरमा दाङसँग सडक विभागले ४२० घनमिटर उत्खननको अधिकार दिन भनेर लेखेको छ।’, कुन–कुन ठाउँबाट निकाल्ने भनेर प्राविधिकले रिपोर्ट पनि दिएको उनले बताए। तर, आइइई किन नगरेको भन्दा उनले जवाफ दिन सकेनन्। किन उत्खनन् गर्ने व्यक्तिले भने भन्दा बढी मात्रामा र बेग्लै स्थानमा उत्खनन गरियो भनेर सोध्दा आफू काठमाडौंमा भएकाले त्यसबारे बुझ्नुपर्ने तर्क गरे।, तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम भुसालले पनि जहाँ बालुवा गिट्टी बिच्छयाउने भनिएको हो त्यो ठाउँमा हालसम्म एक टिपर पनि बालुवा गिट्टी नझारिएको बताए।, ‘त्यो बाटोको सडकमा एक टिपर बालुवा गिट्टी झारिएको छैन,’ उनले भने, ‘रातभर बालुवा गिट्टी नजिकको क्रसर उद्योगमा फोलेको सूचना हामीलाई छ।’, सडक निर्माणको लागि उत्खनन् र बालुवा गिट्टी ओसार पसारको अनुमति लिएर क्रसर उद्योगलाई बालुवा गिट्टी बेच्नु सरसार बदमासी भएको उनले बताए। , अर्कोतर्फ ४२० फिट घनमिटर मात्रै उत्खननको अनुमति प्रदान गरिएको भए पनि त्यसभन्दा चौगुणा २१०० फिट घनमिटरसम्म खनेर बालुवा गिट्टीको अवैध व्यापार गरेको पाइएको अर्का एक वडाध्यक्षले बताए। , ‘जुन व्यक्तिको जग्गाको सिफारिस छ त्यो जग्गाबाट खनिएको छैन,’ उनले भने, ‘त्यसको ठिक पश्चिम पल्लोपट्टि खोलामा खनिएको देखिएको छ।’ , स्थानीयले विरोध गरेपछि खनिएका सबै खाडल पुरिएका छन्।, वडा नं. ८ का वडाध्यक्ष धर्म वलीले स्थानीय गाउँलेहरूले विरोध गरेपछि आफू बसेर खाडलहरू पुर्न लगाएको स्वीकार गरे।, ‘चार पाँच सय जना स्थानीय, गाउँले, किसानहरू विरोधमा उत्रिएपछि म आफैं गएर खनिएका खाडलहरू पुर्न लगाएको हुँ,’ उनले भने, ‘जुन ठाउँबाट उत्खननको अनुमति छ त्यसभन्दा फरक ठाउँमा खनेको पाइएपछि स्थानीय आक्रोशित भएका थिए।’, खोलाले काटेको स्थानीय नरेश सेनको जग्गाबाट बालुवा गिट्टी उठाउने र खोलाजन्य वस्तु उठाउने व्यक्तिले त्यहाँ तटबन्ध गरिदिने भन्ने सहमतिमा आफ्नो वडाले सिफारिस प्रदान गरेको अध्यक्ष वलीले बताए।, ‘मैले त्यो सहमतिमा टोलका अध्यक्षलगायत सबैको सहमतिमा मुचुल्का बनाइ पठाइदिएको हुँ,’ अध्यक्ष वलीले भने, ‘बाटोमा बालुवा गिट्टी फाल्ने अनुमतl छ तर क्रसरमा फालेको देखियो।’, किन यस्तो गरेको भनेर सोध्दा बालुवा गिट्टी उठाउने अनुमति पाएका व्यक्तिले क्रसरमा फालेर प्रशोधनपछि मात्रै बालुवा गिट्टी सडकमा फालिने जानकारी दिएको अध्यक्ष वलीले बताए।, ‘क्रसरबाट माल कुटेर लैजानका लागि फालिएको हो भनेर उसले मलाई भन्यो,’ अध्यक्ष वलीले भने, ‘त्यसको विरोधमा सारा स्थानीय उठेर निवेदन दिएपछि काम रोक्न लगाइएको हो।’, ,
बाटो ग्राभेलका लागि भनेर बालुवा-गिट्टी उठाउने, बेच्ने क्रसरमा! |
सेतोपाटी संवाददाता झन्डै २४ किलो लागुऔषध चरेससहित चार जना थाइ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। , लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई चरेससहित पक्राउ गरेको प्रवक्ता एवं डिएसपी नारायण रन्जीतकारले जानकारी दिए।, ४८ वर्षीया यावालुक जुवाबश्री, ४२ वर्षीया परिचार्ट पमप्रुक, २५ वर्षीय नात्तापोल ट्रिचाइया र १९ वर्षीया नाटनारी ट्रचाइया पक्राउ परेका हुन्। , उनीहरू गत शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका थिए। विमानस्थलको डिपार्चर कक्षमा थाइ लाइन एयरलाइन्सको उडानबाट उनीहरू उड्न लागेका थिए। , गतिविधि शंका लागेर प्रहरीले उनीहरूको लगेज चेक गरेको थियो। चेक गर्दा उनीहरूले लगेजमा फल्सबटम बनाएर लगेको २३.८ किलो चरेस बरामद गरेको हो। , डिएसपी रन्जीतकारका अनुसार उनीहरू यसअघि पनि नेपाल आइसकेका छन्। पक्राउ परेका तीन महिला २०२२ डिसेम्बर १७ मा नेपाल आएका थिए। त्यतिबेला उनीहरू दुई दिन बसेर फर्किएका थिए। , ‘यो बेला उनीहरूले लागुऔषध लगे/लगेनन् भन्ने खुलाएका छैनन्। भाषाका कारण पनि बुझ्न समस्या भइरहेको छ। तर उनीहरूले लगेका थिए भन्ने हाम्रो अनुमान छ। अनुसन्धानबाट थप कुरा खुल्दै जाला,’ डिएसपी रन्जीतकारले भने। , त्यस्तै पछिल्लो पटक उनीहरू फेब्रुअरी ९ मा आएका थिए। दुई दिन ठेमलको एक होटलमा बसेपछि उनीहरू फर्किन लागेका थिए। त्यही बेला उनीहरू पक्राउ परेका हुन्। , ठमेलको होटलमा लागुऔषध दिन आउने व्यक्ति ट्याक्सीमा आएको भन्ने खबर प्रहरीलाई उनीहरूले दिएका छन्। यद्यपि परिचय भने खुलाएको छैन। , तर प्रहरीको अनुसन्धानबाट चरेस बुझाउने व्यक्ति नेपाली नै रहेको डिएसपी रन्जीतकारले बताए। , बरामद भएको चरेस अवैध बजारमा प्रतिकिलो ३५ हजारको दरले हुने ब्युरोले जनाएको छ। प्रहरीले जम्मा ८ लाख ३३ हजार रुपैयाँ बराबरको चरेस बरामद गरेको हो। , ब्युरोले लागुऔषधको कारोबार गरेको आरोपमा चार थाइ नागरिकसहित १३ जनालाई पक्राउ गरेको हो। यसबारे ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। , प्रहरीले लागुऔषधका चार वटा अपरेसन सञ्चालन गरी १३ जनालाई पक्राउ गरेको हो। , ब्युरोले नियन्त्रित लागुऔषध २० हजार ३०० एम्पुल, १२ हजार ९५० ट्याब्लेट नाइट्राभेट र ४ लाख १७ हजार नगदसहित ६ जनालाई पक्राउ गरेको हो। , यस्तै ३९ ग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित दुई जनालाई पक्राउ गरेको छ। , १२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र ६ हजार नगदसहित अर्का एक जनालाई पनि पक्राउ गरेको छ। , उनीहरू सबै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको ब्युरोले जनाएको छ। ,
त्रिभुवन विमानस्थलबाट झन्डै २४ किलो चरेससहित चार थाइ नागरिक पक्राउ |
सेतोपाटी संवाददाता मकवानपुरमा १५८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , सोमबार मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले १ सय ५८ किलो गाँजा बरामद गरेको थियो। , ना ६ ख ४५२० नम्बरको गाडीबाट सशस्त्र प्रहरीले उक्त मात्राको गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए। गाडी पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। , तर गाडीका चालक फरार थिए। , चालक थाहा नगरपालिका-३ बस्ने विशाल गोपाली भागेका थिए। उनलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो। उनले गाडीको क्याबिनमा उक्त गाँजा लुकाएका थिए। , ईलाका प्रहरी कार्यालय मनहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।,
मकवानपुरमा १५८ किलो गाँजासहित एक पक्राउ |
सेतोपाटी संवाददाता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति गुज्रिएको बियर फेला पारेपछि एक गोदाम सिल गरेको छ। , मंगलबार विभागबाट खटिएको बजार अनुगमनको टोलीले काठमाडौंको धुम्बाराहीमा रहेको गोदाम सिल गरेको हो। तीन वटा गोदाममा भण्डार गरिएका २१ सय कार्टुन बाह्रसिंगे बियर म्याद गुज्रिएको फेला परेको विभागका निर्देशन एवं प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए। , म्याद गुज्रिएको फेला पारेपछि ६० लाखभन्दा बढी मूल्य बराबरको बियर विभागले बरामद गरेको हो। , यस्तै आवश्यक कारबाहीको लागि गोदाममा सिलबन्दी गरिएको पनि प्रवक्ता भट्टराईले बताए। , उनका अनुसार भोज तथा रात्रिकालिन रेष्टुरेन्टमा यसरी उपभोग्य अवधि सकिएका बियर लगायत पेयपदार्थको कारोबार हुनसक्ने सूचनाको आधारमा विभागले कारोबारस्थल, आपूर्तिकतामा निरीक्षण गर्न थालेको हो। , उपभोक्ताहरू पनि गुणस्तरहीन वस्तुको बिक्री वितरण उपभोगतर्फ ध्यान दिन विभागले अनुरोध गरेको छ। यसरी गुणस्तरहीन पदार्थ बिक्री वितरण गरेको थाहा भएमा ११३७ मा वा ,https://crmis.doc.gov.np/home, मार्फत् उजुरी गर्न पनि विभागले अनुरोध गरेको हो।,
म्याद गुज्रिएको बियर भेटिएपछि वाणिज्य विभागले गर्यो धुम्बाराहीको गोदाम सिल |
सेतोपाटी संवाददाता बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडबाट मंगलबार बेलुका साढे पाँच बजे तीन युवालाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ गरिएको हो। , पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं. ३० का मोहन राना छन्। , गोप्य सूचनाका आधारमा आशंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट साढे ५ लाख बढी नेपाली एक हजारको नक्कली नोटहरु बरामद भएको प्रवक्ता घर्तीले ,सेतोपाटी,लाई बताए। , पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।,
साढे ५ लाख बढी नेपाली नक्कली नोटसहित ३ पक्राउ |
सेतोपाटी संवाददाता हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।, देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ । तर हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले पानी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, हाल प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा रहने छ । , केही उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।,
केही ठाउँमा बादल लागे पनि देशभरको मौसम सफा |
रासस लमजुङमा निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन। तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन।, प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ। तर हालसम्म करिब ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ।, उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रूख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो। प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो। , ‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ’, उनले भने।, आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्याउनका एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ। लमजुङमा ४५ टावर निर्माण हुनेछन्। हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन्। , दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ। उदिपुरबाट मध्यमर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन्। तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ।, गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ। ,
उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन: म्याद थपिन्छ, काम सकिँदैन |
रासस काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।, एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो।, त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि महानगरले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो। उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।, ‘सहजकर्ताका लागि आवश्यकता संख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्याएर उहाँहरूलाई काममा खटाइएको हो’, प्रमुख सुवेदीले भने।, उनकाअनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो।, शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन्।, सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना आवश्यक भए पनि सोहीअनुसारको संख्या प्राप्त नभएको कामपाको भनाइ छ।, दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ। त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ। सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ।, हाल महानगरभित्र ८९ सामुदायिक विद्यालय छन्। त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन्।, यस वर्ष महानगरको सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा चार हजार विद्यार्थी सहभागी हुने भएका छन्। महानगरले पहिलो पटक सुरु गरेको यस कार्यक्रमको प्रभावकारितालाई हेरी आगामी वर्ष थप विस्तार गर्ने तयारी कामपाको रहेको छ।, निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा एसइई नतिजा राम्रो नभए पनि महानगरले अनिवार्य विषयका लागि सहयोगीका रूपमा शिक्षक नियुक्त गरी नतिजा सुधार गर्ने प्रयास गरेको हो। यस वर्षको एसइई परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ।,
काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता |
एजेन्सी टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ। , रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्।, सीएनएनका अनुसार भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्।, यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्।, यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्।, सरकारी स्वामित्वको अनादोलु समाचार एजेन्सीका अनुसार १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनको दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पुर्याएको हो।, सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको टर्किस मिडियाले जानकारी दिएका छन्।, विनासकारी भूकम्पले टर्की र छिमेकी मुलुक सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।, अघिल्लो सोमबार टर्की र सिरियामा आएको विनाशकारी भूकम्पबाट हाल सम्म मृत्यु हुनेको कुल संख्या कम्तिमा ४१,२१९ पुगेको छ।, राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार टर्कीमा ३५,४१८ जनाको मृत्यु भएको छ ।, यसैगरि सिरियामा उत्तरपश्चिमी सिरियाको सरकारी र विद्रोही नियन्त्रित क्षेत्रहरूमा मृत्यु हुनेको संख्या हाल ५,८०१ पुगेको सिरियाली स्वास्थ्य मन्त्रालय र विपक्षी-नियन्त्रित क्षेत्रहरूमा सञ्चालन गर्ने सिरियाली नागरिक रक्षा र चिकित्सा समूहले ताजा जानकारी गराएका छन् ।,
शक्तिशाली भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार |
सेतोपाटी संवाददाता मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। , म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको यात्रुवाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको धम्पुमा दुर्घटना भएको हो।, जोमसोमबाट १७ जना यात्रु लिएर पोखरा छुटेको उक्त बस बुधबार बिहान साढे ८ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए।, डिएसपी पौडेलका अनुसार बस सडकबाट करिब ५५ मिटर तल कालिगण्डकी नदीमा खसेको छ।, दुर्घटनामा परेका मध्ये २ जना गम्भीर ११ जना मध्यम र ४ जना सामान्य रहेको उनले जानकारी दिए।, बसमा सवार सबैको उद्धार गरी १३ जनालाई उपचारका लागि पोखरा पठाइएको र ४ जना सामान्य रहेकाले उनीहरूको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको उनले बताए।, बसमा २ जना भारतीय पर्यटकसहित १२ पुरुष, ४ जना महिला र १ नाबालक सवार थिए। , दुर्घटनाको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तत्कालै उद्धार गरेकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी दिए।, तस्बिरः डिजेन विश्वकर्मा,
जोमसोमबाट पोखरातर्फ आउँदै गरेको बस कालिगण्डकीमा खस्यो |
सेतोपाटी संवाददाता पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।, शनिबार साँझ लागेको आगो केही समय अगाडि नियन्त्रणमा आएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।, लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको थियो।, आगलागी के कारणले भयो भन्नेबारे अहिले खुलिसकेको छैन।, आगलागी नियन्त्रण गर्न पोखरा महानगरपालिकादेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मका दमकल प्रयोग गरिएको थियो।, आगलागीले सपिङ सेन्टरभित्र रहेका अन्य पसललाई क्षति पुग्न नदिन सामान निकालेको एसपी केसीले बताएका थिए।, उक्त सपिङ सेन्टरभित्र रेष्टुरेण्टदेखि विभिन्न पसल, एटिएम बुथ, हिमालय जाभाको कफी पसल लगायतका व्यवसाय संचालनमा छ।, ,
पोखराको लेकसाइडस्थित सेल्वेजको गोदाममा लागेको आगो नियन्त्रणमा |
सेतोपाटी संवाददाता पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा आगलागी भएको छ।, शनिबार साँझ आगलागी भएकाले अहिले पनि निभाउने क्रम जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।, लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको एसपी केसीले बताए।, ‘अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको छ, अन्य पसलमा आगो फैलिन दिएका छैनौं,’ उनले भने, ‘लगभग आगलागी नियन्त्रण हुँदैछ।’, आगलागी के कारणले भयो भन्नेबारे अहिले खुलेको छैन।, आगो नियन्त्रणमा आइसकेपछि यसबारे अनुसन्धान गर्ने एसपी केसीले बताए।, आगलागी नियन्त्रण गर्न पोखरा महानगरपालिकादेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मका दमकल प्रयोग गरिएको छ।, आगलागीले सपिङ सेन्टरभित्र रहेका अन्य पसललाई क्षति पुग्न नदिन सामान निकालेको एसपी केसीले बताए।, उक्त सपिङ सेन्टरभित्र रेष्टुरेण्टदेखि विभिन्न पसल, एटिएम बुथ, हिमालय जाभाको कफी पसल लगायतका व्यवसाय संचालनमा छ।, आगो नियन्त्रणमा लिन प्रहरी र स्थानीय लागिपरेका छन्।,
पोखराको लेकसाइडस्थित सेल्वेजको गोदाममा आगलागी |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले देशैभरका अस्तालमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा आजका लागि बन्द गरेको छ।, संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ।, यो पनि: ,राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको कुटपिट (भिडिओ), भीभीआइपीको सुरक्षाका नाममा प्रहरीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकलाई आक्रमण गरी गम्भीर घाइते बनाइनु र स्वास्थ्य सेवा लिन आइरहेका हजारौं बिरामीलाईसमेत अस्पताल पुग्न नदिएर अलपत्र पार्ने अवस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ।, ‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।, हेर्नुस् विज्ञप्ति:, चिकित्सक संघले विधि र विधान स्थापित गर्न उठाएको यो कदमलाई साथ र समर्थन गर्न संघले देशैभरका नागरिकहरूलाई आग्रहसमेत गरेको छ।, भीभीआइपी सवारीका नाममा नागरिकलाई सास्ती दिने, अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने र घणटौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थिति सिर्जना गर्नु न्यायोचित नहुने नेपाल चिकित्सक संघको भनाइ छ।, राष्ट्रपतिको सवारीका बेला हिँडेको आरोपमा चिकित्सक सिंहमाथि कुटपिट गर्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई प्रहरीले निलम्बनसमेत गरिसकेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार गुरूङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिए। ‘अहिले उहाँलाई निलम्बन गरिएको छ’, उनले भने, ‘थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’, चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरेर अनुसन्धान सुरू गरिसकिएको भन्दै चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई नियमित स्वास्थ्य सेवामा फर्किनसमेत केहीले आग्रह गरेका छन्।, अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।, महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले शनिबार एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।, ‘राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवागमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो काम सकेर घर फर्कने क्रममा एक कर्तव्यनिष्ट नागरिकलाई आवागमनमा रोक मात्र नलगाइ भौतिक कारबाहीसमेत हुनु अमानवीय घटना हो’, प्रवक्ता डा ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, रास्वपाले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विश्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गर्न नहुने बताएको छ।, अस्पताल बन्द गर्ने कार्यले नागरिकलाई थप दुःख हुने भएकाले अस्पताल बन्द गर्ने कार्यक्रम फिर्ता लिन रास्वपाले अनुरोध गरेको छ।, हेर्नुस् विज्ञप्ति:,
डाक्टरमाथि प्रहरीले कुटपिट गरेको विरोधमा देशभरका अस्पतालमा आज आकस्मिकबाहेक सबै सेवा बन्द |
सेतोपाटी संवाददाता हिमाल र हिमाली जनजीवनका इतिहास हेर्न पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय गएका दर्शकले एक साता फरक संस्कृति देख्न पाए। , हिमाल आरोहणका इतिहासदेखि हिमाल र हिमाली जनजीवनमा आइरहेका परिवर्तन संग्रह गरिएको संग्रहालयमा एक साताका लागि नेवारी जनजीवन प्रदर्शन गरियो। संग्रहालयको २० औं वार्षिकोत्सवमा काठमाडौं उपत्यकाका नेवारी जनजीवनले प्रवेश पाएको हो।, संग्रहालयका प्रदर्शनी कक्षमा नेवार समुदायका वर्षभरिका गतिविधि गीत र संगीतमार्फत प्रस्तुत गरियो। गीत गाउँदा बजाउने बाजागाजा, गीत सम्बद्ध चित्रकला, उक्त गीतका इतिहासदेखि कुन महिनामा कुन गीत गाउनेसम्म प्रस्तुत गरियो।, संग्रहालयको वार्षिकोत्सवमा अमेरिकी दूतावासको बुकबसको सहयोगमा फोक-लोकले नेवारी जनजीवन बताउने दाफाः गीत संगीत प्रदर्शन गर्यो।, माघ २२ देखि सुरू भएको प्रदर्शनी शनिबार सकिएको छ।, ‘दाफाः गीत-संगीत हेर्न आउने दर्शकले बाजागाजा, गीतका इतिहास, चित्रकलादेखि हामीले राखेको दाफा गीतको म्युजिक भिडिओ हेर्न रूचाए,’ फोक-लोकका कार्यक्रम व्यवस्थापक पुष्पा पलाञ्चोकेले भनिन्, ‘नेवार समुदायको वर्षभरिका कार्य बुझ्न दाफा संगीतले सहयोग गरेको दर्शकले प्रतिक्रिया दिएका छन्।’, नेवारी समुदायमा बाजा बजाउन प्रयोग गरिने मृदुंगाऽ जस्तै खिं बाजा, झ्याली अर्थात ताः, पोंगा जस्ता बाजा प्रदर्शनमा राखिएका थिए। बाजागाजासँगै नेवार समुदायले महिनापिच्छे फरकफरक समयमा गाउने फरकफरक गीत, त्यसका सन्दर्भ र दाफाः संगीतका इतिहास र सन्दर्भ पनि प्रदर्शन गरिएको थियो।, फोक-लोकका कार्यक्रम व्यवस्थापक पुष्पाका अनुसार उक्त गीत र संगीत १५ औं शताब्दीदेखि प्रचलनमा आएको हो। त्यसयता काठमाडौं उपत्यकाका नेवार समुदायले दाफाः गीत र संगीत अहिले पनि गाउने र बजाउने गर्दै आएका छन्। दाफा संगीतको संरक्षण गर्न काठमाडौंका नेवार समुदायमा दाफाः खलः गठन गरेका छन्।, नेपालका आदिवासी संगीतका परम्परागत ज्ञान, अभ्यास र पुनरूत्थानका लागि फोक-लोकले काम गर्दै आएको छ। काठमाडौंमा आयोजित दाफाः प्रदर्शनमा नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत जिनेश सिन्धुकार पुगेका थिए। त्यही प्रदर्शनी मनपराएर जिनेशले पोखरामा दाफाः प्रदर्शनी आयोजना गर्न सघाएको फोक-लोकले जनाएको छ।, दाफाःसँगै फोक-लोकले संग्रहालय परिसरमा बुकबसमार्फत पुस्तक वाचन र गेमिङ स्टलसमेत राखेको थियो। माध्यमिक तहका विद्यार्थीदेखि उच्च तहका पुस्तक बुकबसमा थिए। बुकबस र गेमिङ स्टल विद्यार्थीले मन पराएको पुष्पाले बताइन्।, फोक-लोकसँगको सहकार्यमा नेवार समुदायको प्राचीन संस्कृति प्रदर्शन गर्न पाउँदा खुसी लागेको संग्रहालय निर्देशक निर्मला न्यौपानेले बताइन्। आदिवासी संस्कृति प्रदर्शनीलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताइन्।,
पोखरामा नेवार समुदायको जनजीवन झल्काउने गीत-संगीत प्रदर्शन |
एजेन्सी विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ।, उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ भन्दा बढीले ज्यान गुमाएका छन्। , टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्दा बढी मानिस घाइते भएका छन्।, राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन्। टर्कीको अदनामा स्काई न्युजसँगको कुराकानीमा राष्ट्रसंघका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा मर्नेहरूको संख्या अहिलेकोभन्दा दोब्बर पुग्न सक्ने बताएका हुन् । , भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षे बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।, अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर अस्पताल लगिएको छ।, उद्धारकर्मीहरू भूकम्पपछिका प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । , भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एक जना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ।, दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।, जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एक जना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ।, टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो। अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्याएको थियो।, पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिबार अबेरसम्म पनि परकम्पहरू आइरहेका छन्।, मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन्। टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीएले गरेका प्रयासको सराहना गरेका छन्। , उनले सिरियामा पनि सहायता सामग्री परिचान गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।, मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।, टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। ,
जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टर्कीको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन्। ,
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन्। ,
टर्की भूकम्प: ज्यान गुमाउनेको संख्या २८ हजार नाघ्यो |
सेतोपाटी संवाददाता आज प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।,
भोलि र पर्सी देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।,
हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अुनरोध गरेको छ।,
,
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी |
नवीनबाबु गुरूङ वीर अस्पताल आइतबार डाक्टर र बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्।, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पतालका चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि डाक्टरहरूले आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्। भित्र डाक्टरहरूले उपचार नगरेपछि बाहिर बिरामीका आफन्त प्रदर्शनमा उत्रिएका छन्।, आफ्ना बिरामीको उपचार गर्नुपर्ने माग गर्दै उनीहरूले सडकमा प्रदर्शन गरेका हुन्। , हेर्नुस् तस्बिरहरू: ,
वीर अस्पतालमा भित्र डाक्टर, बाहिर बिरामीका आफन्तको आन्दोलन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता प्रहरीको आक्रमणबाट घाइते भएका चिकित्सकको उपचार नेपाल सरकारले गर्ने सहमति भएको छ।, गत माघ २७ गते राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएका थिए।, चिकित्सकको सुरक्षाको ग्यारेन्टीलगायत विषय उठाउँदै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पारेपछि आजै वार्ता भएको थियो।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको वार्तामा ६ बुँदे सहमति भएको छ। त्यसपछि चिकित्सकहरू काममा फिर्किएका छन्।, उक्त सहमतिको पहिलो बुँदामा घाइते चिकित्सक सिंहको शीघ्र स्वास्थ्यलाभ कामना गर्ने र घाइते चिकित्सकको उपचार व्यवस्था नेपाल सरकारले गर्ने सहमति भएको छ।, साथै चिकित्सकमाथि आक्रमण गर्ने सुरक्षाकर्मी निलम्बनमा परिसकेका छन्। एक साताभित्र यसबारे छानबिन सकेर दोषीमाथि कारबाही गर्ने सहमति पनि भएको छ।,
घाइते चिकित्सकको सरकारले उपचार गर्ने सहमति |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन फिर्ता लिएर चिकित्सकहरू काममा फर्कन तयार भएका हुन्।, ‘नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गृह मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसहितको गठित वार्ता टोली र यस संघका पदाधिकारीबीच भएको छलफलबाट निम्न बुँदाहरूमा सहमति भएकोले हालका लागि सम्पूर्ण बन्द तथा आन्दोलनका कार्यक्रमहरू आजैका मितिबाट लागू हुने गरी स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ’, वार्तापछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।, यस्ता छन् सहमतिहरू, १. मिति २०७९/१०/२७ गते दिनको ४.१५ बजेको समयमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाको बारेमा वार्ता टोलीमा छलफल भयो। साथै, उक्त घटनामा घाइते हुनु भएका चिकित्सकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो।, २. मिति २०७९/१०/२७ गतेका दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन शुरु भई सकेकोले समग्र पक्षमा एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने।, ३. घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने। ४. विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी “ विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने। नेपाल सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने।, ५. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने। साथै, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने।, ६. नेपाल चिकित्सक संघले अगाडि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ-आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने।, वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी थिए।, शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिक बाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो। पूर्व सूचना नहुँदा नियमित चेकजाँचको लागि अस्पताल आएकाहरु बिरामी अलपत्र परेका छन्।,
सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता |
सेतोपाटी संवाददाता वीरगन्जमा स्रोत नखुलेको आठ लाख नगदसहित एक जना पक्राउ परेका छन्। , सशस्त्र प्रहरीको बिओपी वीरगन्जबाट खटिएको टोलीले एक जनालाई नगदसहित पक्राउ गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवं एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए। , सशस्त्र प्रहरीले आइतबार बिहान पौने १२ बजे वीरगन्ज महानगरपालिका-१६ शंकरा आचार्य गेटबाट इनरवा बस्ने २५ वर्षीय रामप्रवेश कुमारलाई पक्राउ गरेको हो। , बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइकलमा सवार उनले हेल्मेटमा लुकाएर ल्याएको एसएसपी थापाले बताए। , एक हजार दरको ७५० वटा र एक सयका ५०० थान गरी जम्मा ८ लाख बरामद भएको हो। , उनीमाथि थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। ,
,
स्रोत नखुलेको ८ लाख नगदसहित वीरगन्जबाट एक पक्राउ |
एजेन्सी टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ। छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्।, ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक-दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए।, ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै सरकारले अहिले धमाधक ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ।, द न्युयोर्क टाइम्सका अनुसार १० सहरका १०० जना बढी ठेकेदार पक्राउ परिसकेका छन्। टर्कीको न्याय मन्त्रालयले प्रान्तीय अधिकारीहरूलाई भूकम्प अपराध अनुसन्धान युनिट बनाउन निर्देशन दिएको छ।, मापदण्ड पूरा नगरी भवन बनाउनेविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अभियोजनकर्ता नियुक्त गर्न पनि मन्त्रालयले भनेको छ।, भूकम्पमा यति धेरै मानिसहरू मर्नुको प्रमुख कारण भवनहरू मापदण्ड पूरा नगरी बनाइनु भएको भन्दै टर्कीमा व्यापक जनआक्रोश छ। मृतकको संख्या बढ्दै गएका बेला सरकारले उक्त जनआक्रोशलाई मत्थर गर्न ठेकेदार पक्राउ गर्न थालेको हो।, विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए।, अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो।, भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्। , टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू-भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो।,
टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई |
दिपकजंग शाही साउन ३० गते सुर्खेतको वीरेन्द्रनगरमा ४७.६२ ग्राम ब्राउन सुगरसहित स्थानीय सरला शाही र किरण गिरी प्रक्राउ परे। प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाएको छ। , उनीहरूको बयानबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ का ४९ वर्षीय कल्लु कबडिया पनि संलग्न रहेको थाहा भयो। सुर्खेत प्रहरीले कल्लुलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी गराएर बाँके पठायो।, बाँके प्रहरीले गत कात्तिक १७ गते कल्लुलाई पक्राउ गरेर सुर्खेत पठायो। प्रहरीले कल्लुलाई पनि सरला र किरणकै मुद्दामा समावेश गर्यो।, यो घटनापछि प्रहरीले सुर्खेत र आसपासमा भेटिने लागुऔषधका कारोबारी र लागुऔषध प्रयोगकर्ताको सञ्जाल नेपाल–भारत खुला सीमानासँग जोडिएको निष्कर्ष निकालेको छ। , ‘लागुऔषध कारोबारीहरूले आफ्नो लिंक (सम्बन्ध) कोसँग छ, कहाँको मानिसबाट कारोबार हुन्छ भन्ने कुरा खोल्दैनन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) सुरज कार्की भन्छन्, ‘धेरै दिनको सोधपुछका क्रममा खुलिहाले पनि अधिकांशको लिंक बाँकेका कारोबारीसँग हुने गरेको भेटिन्छ।’, उनका अनुसार सुर्खेत र आसपासका भित्री नाकाहरूबाट पक्राउ परेका र मुद्दा प्रक्रियामा गएका धेरैजसो लागुऔषध कारोबारी र दुर्व्यसनीहरूले आफूलाई 'सामान' दिने व्यक्तिबारे केही पनि बताउँदैनन्।, उनीहरू आफूले पनि कारोबारीलाई नचिनेको बताउँछन्।, ‘हामी रुपैडिहा जान्छौँ, पारिपट्टि एक जना दाइ बसेको हुन्छ, त्योबाट ल्याउँछौँ भन्छ,’ डिएसपी कार्की भन्छन्, ‘भारतीय कारोबारीसँग पनि उनीहरूको लिंक छ भनेर त अन्दाज गर्न सकिन्छ र हामीले त्यसमा एक्सन लिन सकिँदैन।’, उनका अनुसार भारतीय सीमावर्ती बजारसँग सम्बन्ध बनाएर बाँकेका लागुऔषध कारोबारी सुर्खेतमा पनि बस्छन्। उनीहरूले आफ्नो सञ्जाल प्रयोग गरेर भारतबाट लागुऔषध ल्याउने र सुर्खेतमा कारोबार गर्ने गरेको केही घटनाले देखाउँछन्।, सुर्खेत प्रहरीले नेपालगञ्जका २७ वर्षीय साइवा हल्वाई र ३५ वर्षीय सलिम हल्वाईलाई ५६० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित गत भदौ १७ गते पक्राउ गरेको थियो। प्रहरीले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको छ।, नेपालगञ्जका ४२ वर्षीय वसिम अन्सारी र ३९ वर्षीय काधिर अली जोलाह विरुद्ध पनि असोजमा सुर्खेतमा दर्ता भएको छ। प्रहरीका अनुसार उनीहरूसँग ५४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।, भारतको बहराइच, नानपारा स्थायी ठेगाना भएका २६ वर्षीय लियाकत अलीविरुद्ध पनि लागुऔषध सम्बन्धी एउटा मुद्दा छ। उनी सुर्खेतको वीरेन्द्रनगरमा बस्थे।, इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले उनलाई सुर्खेत आउँदै गर्दा छिन्चुमा पक्राउ गरेको थियो।, उनीविरुद्ध गत कात्तिकमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार उनको साथमा ३.५५ ग्राम ब्राउनसुगर फेला परेको थियो।, भारतसँगको खुला सीमा नै कर्णाली प्रदेशमा लागुऔषध कारोबार र प्रयोगको दर बढाउने मुख्य कारणका रूपमा रहेको छ। कर्णाली प्रदेशका विभिन्न ठाउँबाट पक्राउ पर्ने अधिकांशको सञ्जाल रुपैडिहा नाकासँग जोडिएको प्रहरीको भनाइ छ।, डिएसपी कार्की भन्छन्, ‘कर्णाली भित्रिन सुर्खेतका दुइटा नाका छन्। सल्यानको एउटा नाका हो। यहाँ (सुर्खेत) लागुऔषध कारोबारमा भेटिएका धेरै मानिस बाँके हुँदै आएको देखिएको छ।’, प्रहरीका अनुसार लागुऔषध कारोबारीहरू सीमानाकाबाट पैदल हिँडेर पनि सुर्खेत आउँछन्।, ‘पारिसम्म कसरी आएका हुन्छन्, थाह हुँदैन। यता प्रवेश गर्दा हिँडेर आउँछन्। यसले चेकजाँचमा चुनौती थपेको छ,’ डिएसपी कार्की भन्छन्, ‘यस्ता मान्छेलाई चेकजाँच गर्ने भनेकै विशेष सूचनाका आधारमा हो। सबैलाई चेकजाँच गर्दा प्रहरीले अनावश्यक दुःख दिएको भन्ने हुन्छ।’, सूचनाबिना पैदल यात्री वा सवारीसाधन चेकजाँच गर्न नमिल्ने भएकाले लागुऔषध कारोबारीहरू पनि ओहोरदोहोर गर्न सक्ने उनले बताए।,
खुला सीमाबाट प्रवेश गरेको लागुऔषध कर्णालीका अरू जिल्लामा पनि पुग्ने गरेको छ। तथ्यांकअनुसार कर्णाली प्रदेशका हुम्ला जिल्लाबाहेक अरू नौ जिल्लामा लागुऔषधका मुद्दा दर्ता भएका छन्।, यो तथ्यांकले कर्णालीमा गाडी चल्ने सडक पुगेका सबै जिल्लामा लागुऔषध पुगेको देखाउँछ।, कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशमा लागुऔषध कारोबारका ७० वटा मुद्दा दर्ता भएका छन् जसमा १३६ व्यक्ति परेका छन्।, उक्त आर्थिक वर्षमा सुर्खेतमा ४९ वटा, दैलेखमा तीन वटा, जाजरकोटमा दुई वटा, रुकुम पश्चिममा चार वटा, जुम्लामा पाँच वटा तथा डोल्पा र मुगुमा एक–एक वटा मुद्दा दर्ता भएका थिए। , यी सात जिल्लामा ब्राउनसुगर मात्र ८४.५२७ ग्राम फेला परेको छ। यस्तै ३६ किलो ८४ ग्राम चरेश, ४० किलो सात सय ग्राम अफिम र विभिन्न लागुऔषधका ट्याबलेटहरू बरामद भएका छन्।, यस्तै २०७८/७९ मा लागुऔषध सम्बन्धी ९५ मुद्दा दर्ता भएका छन्। यी मुद्दा सुर्खेत, जाजरकोट, सल्यान, जुम्ला, कालीकोट, मुगु, दैलेख र रुकुम पश्चिमका हुन्।, यी आठ जिल्लामा दर्ता भएका ९५ वटा मुद्दाका अभियुक्तहरूबाट ११० ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद भएको उल्लेख गरिएको छ।,
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) माधवप्रसाद श्रेष्ठका अनुसार यी मुद्दामा १७२ जना अभियुक्त छन्।, यस्तै चरेश दुई किलोग्राम, अफिम दुई किलोग्राम, गाँजा दुई किलोग्राम, विभिन्न ट्याबलेट एक हजार ८७४ वटा र कोरेक्स ६०० एमएल बरामद भएको थियो।, चालु आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा लागुऔषध सम्बन्धी ४१ वटा मुद्दा दर्ता भएका छन्।,
यी मुद्दामा ७२ जना अभियुक्त छन् जसमा तीन जना महिला छन्। यो अवधिमा ११३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर, २.८७ ग्राम चरेश, ४०६ ग्राम गाँजा र ४४ वटा ट्याबलेट बरामद भएको जनाइएको छ।, ‘अहिले सडक सञ्जालले जोडिएका जिल्लाहरूमा मात्र लागुऔषधको कारोबार र सेवनकर्ता देखिएको भन्ने छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी कार्की भन्छन्, ‘विभिन्न माध्यमबाट सबै क्षेत्रमा पुगेको हुन सक्छ।’, प्रहरी तथ्यांकले लागुऔषध दुर्व्यसन बढ्दो क्रममा रहेको देखाउँछ। आर्थिक वर्ष २०७५÷७६ मा सुर्खेतमा ६८ वटा मुद्दा दर्ता भएका थिए जसमा ११४ जना अभियुक्त थिए।, त्यसपछिका दुई वर्ष केही घटेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५२ वटा र २०७७÷७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए।, त्यसपछि २०७८/७९ मा १२३ जनाविरुद्ध ६९ वटा र चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४१ वटा मुद्दा दर्ता भएका छन्।, डिएसपी कार्की भन्छन्, ‘अहिलेसम्म दर्ता भएका मुद्दा हेर्दा यस वर्ष (चालु आर्थिक वर्ष) मुद्दाको संख्या अहिलेको भन्दा दोब्बर हुन सक्छ।’,
उनका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा सुर्खेतमा प्रहरीको तर्फबाट दर्ता भएका कुल मुद्दामध्ये लागुऔषधका धेरै छन्।, बरामद भएका लागुपदार्थमा ब्राउनसुगर, ह्वाइटसुगर, चरेस, गाँजा, ट्याबलेट र कोरेक्स छन्। ट्याबलेटमध्ये नाइट्रोजेपान, ट्रामेल–५०, नाइट्रोभेट, ट्रामोफेन, नाइट्राभाइट, ट्रामाडोल लगायत छन्।, प्रहरीका अनुसार लागुऔषधमा संलग्न सबैजसो व्यक्ति १८ देखि ४५ वर्ष उमेर समूहका छन्।, युवाहरूमा बीचैमा पढाइ छोडेका, अभिभावक नभएका वा अभिभावकको हेरचाह नपाएका धेरै छन्। केही त निकै धनी आमाबाबुका सन्तान पनि छन्।, लागुऔषधमा संलग्न केही व्यक्ति चोरीका घटनामा पनि संलग्न छन्।, हाल सुर्खेतमा मोबाइल फोन चोरीका घटनामा लागुऔषधमा संलग्न व्यक्ति फेला पर्ने गरेका छन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले यही साताको आइतबार यस्तै एक व्यक्तिलाई पक्राउ गरेको थियो।, डिएपी कार्कीका अनुसार लागुपदार्थका दुव्र्यसनीले जसको मोबाइल फोन चोरेको वा लुटेको हो, पैसा लिएर उसैलाई दिने वा बेच्ने गरेको पाइएको छ।, सुर्खेतको पश्चिम क्षेत्रसँग सीमाना जोडिएको कैलाली क्षेत्रबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीको आशंका छ।, कैलालीको चिसापानीबाट सुर्खेत भित्रिन नजिक पर्ने सुर्खेतको अर्को पश्चिमी नाका कुहिने हो। यो क्षेत्रमा पनि निगरानी बढाउन चाहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, कर्णाली प्रदेशको उच्च भूगोलमा फैलिँदै गएको लागुऔषधको समस्या चुनौतीका रूपमा रहेको डिएसपी कार्कीको भनाइ छ। उनका अनुसार खुला नाका र युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसनले चुनौती बढाएको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हाल हरेक साता लागुऔषध कारोबारीहरू पक्राउ पर्ने गरेका छन्।, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दुर्व्यसनीका लागि पाँच वटा सुधार केन्द्र छन्। गैरसरकारी संस्था ‘रिकभरी नेपाल’ मातहतका ती केन्द्रमा हाल करिब डेढ सय जना रहेको जनाइएको छ।, वीरेन्द्रनगरस्थित ‘भैरव युवा सशक्तीकरण केन्द्र’ का अध्यक्ष ललित भट्टराईका अनुसार तीमध्ये केही व्यक्ति मदिरा सेवनका दुव्र्यसनी हुन्।,
कर्णालीमा फैलिँदै लागुऔषध कारोबारीको जालो |
सेतोपाटी संवाददाता एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका २ जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो। , थप अनुसन्धानको क्रममा उनीहरू सहित ४ जनाले सोही महानगरपालिका-१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरुलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन्।, प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ।, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।,
ललितपुरमा एटिएम मेसिन तोडफोड र चोरी आरोपमा चार जना पक्राउ |
सविता बुढा सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो।, आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए। , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ। उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।, सरकारले मेडिकल संचालनका लागि मोडालिटी तयार पारेर निर्णय गरेपछि यहाँका प्रदेशबासीको मनमा आशा पलाएको छ। , गेटा मेडिकल कलेज संचालन गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेर आन्दोलनमा रहेका लोकराज पाण्डेले यो निर्णयले कलेज संचालन हुने आश गरेका छन्।, ‘हामीले धेरै समयदेखि गर्दै आएको माग पूरा गर्न सरकारले निर्णय गरेको यो स्वागतयोग्य छ, तर यसलाई छिटो कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।, कैलालीको गोदावरीका पाण्डेले आफू केटाकेटी हुँदादेखि नै गेटामा मेडिकल कलेज बन्ने भयो भनेर सुनेका थिए। गेटामा मेडिकल कलेज बनाउन सुरूवातमा कुरा उठाएका शंकाराचार्यलाई यो अभियान सुरू गरेको भनेर माला लगाइएको उनलाई याद छ।, विगत दुई दशक अघिदेखिको यो अभियान अहिले ५१ हेक्टर बढी क्षेत्रफलमा ५ अर्ब ४० करोड बढी खर्च गरेर सरकारले सानाठूला ४२ वटा भवन बनाएको छ। , ‘हाम्रा अगाडिका भवनहरू सञ्चालनमा ल्याइदेउ, भित्र अस्पताल सुरू गरिदेउ, एप्रोन लगाएको विद्यार्थी पढ्न पठाइदेउ, क्यान्सरका बिमारी, मुटुका पीडितहरू सुदूरपश्चिममा उपचार नपाएर थला परेका छन्, ’ उनले भने। , पूर्वाधारहरू तयार भइसक्दा यसलाई मेडिकल कलेज वा प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय कुन मोडालिटी बनाएर सुरू गर्ने भन्ने योजना तयार भएको थिएन। अहिले सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेपछि उनी यसलाई कार्यान्वयन गराउन आग्रह गर्छन्।, यसअघि गत असार ४ गते धनगढी उपमहानगरपालिकाको भवन उद्घाटन गर्न आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही बेला एक महिनाभित्र प्रतिष्ठानका रूपमा यसलाई चलाउन क्याबिनेटबाट निर्णय गराउने छु भनेका थिए। तर उनको यो कुरा सत्य सावित भएन। त्यसपछि तत्कालीन प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गेटामा निर्माण भएका संरचनाको अध्ययन गरेको थियो। , सो समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकारलाई सुझाव दिएको थियो। त्यसको आधारमा यसलाई मेडिकल विश्वविद्यालय नै बनाउनुपर्ने आवाज पनि उठिरहेको थियो। , देशभर दुई दर्जन बढी मेडिकल कलेज भइसक्दा सुदूरपश्चिममा एक पनि छैन। राज्यले दस वर्षअघि नै सबै अञ्चलमा कम्तीमा एक मेडिकल कलेज बनाउने नीति लिएको थियो। जुन कार्यान्वयन भएको छैन। यसबाट राज्यले सुदूरपश्चिमलाई सुविधा नदिएको गेटा मेडिकल विश्वविद्यालय बनाउन आन्दोलन गरिरहेका आनन्दप्रसाद भट्टको भनाइ छ।, क्षतिपूर्तिसहित राज्यले विश्वविद्यालयका रूपमा यसलाई छिटो संचालन गर्नुपर्ने उनको भनाइ छ। , अहिले पनि सुदूरपश्चिमका केही नागरिक उपचारका लागि भारतको बरेली, दिल्ली लगायतका स्थानसम्म जानुपर्ने पीडा रहेको उनको भनाइ छ। औषधि उपचार गर्न टाढा जाने खर्च नपाएर ओछ्यानमै मृत्यु शैय्यामा पुगेकाहरूलाई लक्षित गरी यहाँ मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उनले बताए। गेटामा मेडिकल कलेज नागरिकको मात्रै नभइ राज्यकै आवश्यकता भएको उनको भनाइ छ। , देशका वरिपरि भारत, बंगलादेश र पाकिस्तानमा मेडिकल विश्वविद्यालय भएको उदाहरण दिए।, ‘नेपालमा भने एउटा पनि मेडिकल विश्वविद्यालय छैन। नेपालको सरकारी पक्षले विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिएर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने छौं भन्ने गरेको छ। तर देशमा एउटा पनि मेडिकल विश्वविद्यालय नभए कसरी गुणस्तर सुधार्न सकिएला?,’ उनले भने। , गेटामा सञ्चालनका लागि नीतिगत व्यवस्था सरकारबाट आइसकेकाले जनताले दवाव दिएर कार्यान्वयन गर्नुपर्ने उनले बताए। अहिले प्रधानमन्त्रीले नै स्थलगत अवलोकन गरेपछि यसलाई तत्काल सञ्चालनमा ल्याउनेमा नयाँ आशा पलाएको उनी बताउँछन्।, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यहाँका स्थानीय तहका तर्फबाट पनि लिखित रूपमा मेडिकल कलेज सञ्चालनका लागि माग गर्ने तयारी गरिएको छ। केही दिनअघि नै धनगढीमा भेला भएका कैलाली र कञ्चनपुरका पालिका प्रमुखहरूले मेडिकल कलेज शिघ्र सञ्चालनका लागि प्रधानमन्त्रीसँग माग गर्ने निर्णय गरेका थिए।, सोमबार बिहान १० बजे प्रधानमन्त्रीले धनगढी आएर उक्त मेडिकल कलेजका भवन अवलोकन गर्ने र संचालनबारे यहाँका विभिन्न निकायसँग छलफल गर्ने कार्यक्रम छ।,
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति |
सेतोपाटी संवाददाता ताप्लेजुङलाई केन्द्र बनाएर सोमबार बिहानै भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।, भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।,
सोमबार बिहानै ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प |
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ। , आइतबार सवा ३ बजे ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा तीन तलाबाट खस्दा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , उनका अनुसार बाबुराम महर्जनको इट्टा र माटोले बनेको ३ तले कच्ची घर भत्काउने काम भइरहेको थियो। त्यही क्रममा बागमती गाउँपालिका-६ आश्राङ बस्ने ३५ वर्षीय विशाल मोक्तान माथिबाट खसेको एसपी पोखरेलले बताए। , उनको उपचारको लागि पाटन अस्पताल पुर्याउँदा पौने ४ बजे मृत्यु भएको उनले जानकारी दिए। , घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।,
सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु |
सेतोपाटी संवाददाता आज (सोमबार) देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने सामान्यत: सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ। यो क्रम मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।, हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।, बुधबार दिउँसो प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।, राति भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ। , तराई भू-भागमा लागेको हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
पहाडी भू-भागमा मौसम बदली, हिमपात र वर्षा नहुने |
मनिका विश्वकर्मा ललितपुर, झम्सिखेलको एक किराना पसलमा काम गर्छन् विश्राम चौधरी। उनको काम साइकलमा पानीको जार बोकेर घरघरमा पुर्याउनु हो।, तीस वर्षीय विश्रामले लामो समयदेखि यो काम गर्दै आएका हुन्। साइकलमा तीन वटा जार बोकेर कुद्न उनलाई कुनै सकस थिएन। दिनमा पन्ध्र-बीस पटक जार बोकेर साइकलमा ओहोरदोहोर सहजै गर्थे।, तीन महिनायता भने उनलाई सास्ती हुन थालेको छ। उनी यी तीन महिनामा तीनै पटक साइकल र जारसहित लडिसके। एकपटक त जार पनि फुट्यो। पछारिनुको कारण उनको शरीर कमजोर भएर होइन, न त साइकल बिग्रेर वा पानीको जार धेरै भएर हो।, उनलाई लडाएको त फुटपाथले हो।, झम्सिखेल क्षेत्रमा काम गर्ने उनलाई तीन महिनाअघि भत्काएर छाडेको फुटपाथले अचेल दिनहुँ सास्ती दिन्छ।, 'जताततै ढुंगा र माटोको थुप्रो छ। साइकल चलाउन त के, डोर्याउन समेत असजिलो भएको छ,' उनले भने।, उनले पानी पुर्याउँदा फुटपाथ छिचोलेर, घरका गेट पार गरेर भित्र जानुपर्छ। ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पर्छ यो ठाउँ। वडा कार्यालयले नयाँ बनाउने भन्दै झन्डै तीन महिनाअघि फुटपाथ भत्काएको हो। ब्लकहरू निकालेर लगेको छ, खाली भएको ठाउँमा धूलाम्मे छ। , फुटपाथ जोड्ने घरका गेट र कालोपत्रे सडकको डिल भने उस्तै छ। फुटपाथको करिब एक मिटर भित्री भाग मात्र खाल्डो परेकाले खुट्टा जोगाएर हिँड्नुपर्छ।, 'भारी बोकेको साइकललाई त ज्यानकै भारले धान्नुपर्छ। बीचमा फसेपछि निकाल्न कम्ता गाह्रो हुँदैन,' उनले भने, 'बरू जस्तो थियो त्यही ठीक थियो, नभत्काएको भए हुन्थ्यो।', भत्केको फुटपाथका कारण मोटरसाइकल, अझ स्कुटरलाई झनै जोखिम भएको छ। गेटभित्र र बाहिर निकाल्दा बीचमा फसेका दुईपांग्रे निकाल्न हम्मे हुन्छ। उत्रेरै निकाल्न सके ठिकै हो, नभए धकेलिदिने मान्छे पर्खिनुको विकल्प हुँदैन।, अझ कम उचाइ भएकाले त बीचमा परेपछि खुट्टा टेक्न भ्याउँदैनन्। सवारी लड्खडाएर थुप्रै चालकहरू लडिसके। केही त घाइते समेत भएका छन्। यसरी घाइते हुनेमा दुईपांग्रे चालक मात्र होइन, पैदलयात्रु पनि छन्।, ब्लक उक्काइएको भाग समथर भए त सिधा हिँड्न सक्नु! कहीँ माटोको ढिस्को बनेको छ, कहीँ ब्लक र ढुंगाको टुक्राको थुप्रो। अनि कहीँ खाल्डो। दमकल, पुलचोकस्थित सुमेरू अस्पताल गेटबाट झम्सिखेल चोकसम्म भत्काइएको एक किलोमिटरभन्दा लामो फुटपाथको अवस्था यस्तै छ। , 'कहिलेकाहीँ औषधि वा कुनै सामान लिन जानुपर्दा साह्रो सकस हुन थालेको छ,' सुमेरूको मेडिकलमा औषधि किन्न आइपुगेका कुपन्डोलका बासिन्दा ७० वर्षीय वृद्धले भने, 'रोडमा त गाडी गुड्छ। हिँड्ने बाटो भनेको यही हो। तर कहीँ खाल्डा, कतै ढुंगा राखेर यस्तो बिजोग बनाइदिए। हरेकचोटि लडिएला कि भनेर डराउँदै पाइलो टेक्नुपर्छ।' , मर्मतका नाममा भत्काएर अलपत्र पारिएको फुटपाथले यो बाटो हिँड्ने र यहाँका घरहरूमा आउजाउ गर्नेलाई जोखिम भएको छ। अर्कातिर धूलोले घर, पसल, रेस्टुरेन्ट जस्ता बाटामै पर्ने व्यवसायको हैरानी पनि बढाएको छ। कि सफा गरिरहनु पर्यो, नभए फुटपाथमा पानी छम्किरहनु पर्यो।, 'एक-दुईपटक पानी छम्केर नि हुँदैन, सफा गरेर नि हुँदैन। यसले खर्च र समय दुबै धेरै खाइसक्यो,' एक रेस्टुरेन्ट व्यवसायीले भने, 'सफा नभए त ग्राहक छिर्न नि मान्दैनन्। छिर्न पनि यस्तो अप्ठ्यारो बाटो छ। किन नबनाएको होला यो बाटो?', हामीले यही प्रश्न वडा कार्यालयलाई सोध्यौं।, वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले फुटपाथ बनाउने सामान नआइपुगेकाले ढिलाइ भएको बताए। उनका अनुसार यो फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि सहज हुने गरी बनाउन लागिएको हो। अर्थात् यसमा दृष्टिबिहीनहरूले बाटो पहिचान गर्न सक्ने लामो धर्के ब्लक राखिनेछ। त्यस्तै पहिलेका ब्लक पुराना भएकाले मर्मत गर्नुपर्ने भएको उनको भनाइ छ।, 'यिनै सामान आउन ढिला भएकाले हो,' वडा अध्यक्ष महर्जनले भने, 'यी सामान कपिलवस्तुबाट आउने हो। अहिले एक गाडी मात्र सामान आएको छ। अरू आइपुगेको छैन, त्यसैले काम रोकिएको हो। अर्को साताबाट तुरून्तै मर्मतको काम सुरू हुन्छ।’, हाम्रा सानादेखि ठूलासम्मका पूर्वाधार मर्मत गर्दा होस् वा नयाँ बनाउँदा, भत्काएर अलपत्र छाड्ने चलन सबैतिर छ। , सामानको टुंगै नगरी, भइरहेको फुटपाथ भत्काउन किन हतार त?, 'बाटो अवरोध हुँदा विरोध हुन्छ भनेरै हामीले छिट्टै सामान मगाएका थियौं,' वडा प्राविधिक ईश्वरकुमार श्रेष्ठले भने, 'तर नारायणगढ मुग्लिङ सडकखण्डको बाटो बिग्रिएकाले सामान ल्याउन ढिला भयो।', यो फुटपाथ मर्मत उपभोक्ता समिति मार्फत् हुन्छ। यो समिति पनि यही माघमा मात्र गठन भएको हो। वडा सचिव रिना मर्हजनका अनुसार पहिलो किस्ताको लागि बजेट विनियोजन भइसकेको छ। वडाको आर्थिक वर्ष २०७९/०८० को योजनाअनुसार फुटपाथ मर्मतका ३४ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।, सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी,
झम्सिखेलमा ३ महिनादेखि ब्लक निकालेर अलपत्र फुटपाथ |
सेतोपाटी संवाददाता गोरखाको चुम उपत्यकामा वैशाखमा ‘चुम श्याग्या शताब्दी महोत्सव’ आयोजना हुने भएको छ।, अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री गाउँपालिकामा पर्ने छेकम्पारमा महोत्सव आयोजना गर्न लागिएको हो।, वैशाख ६ गतेदेखि ९ गतेसम्म छेकम्पारमा महोत्सव चल्ने आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए।, महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइएको छ।, महोत्सवबारे जानकारी दिन समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो। उक्त सम्मेलनमा बोल्दै लामाले अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष २०७७ मै पुगेको भए पनि कोरोना महामारीका कारण त्यसबेला महोत्सव गर्न नसकिएकोले अहिले महोत्सव गर्न लागेको बताए।, अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गर्न लागेको उनले बताए।, महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ।, करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गर्न लागिएको हो। चुम उपत्यका कारमार नहुने अहिंसा क्षेत्रका रूपमा परिचित छ।,
अहिंसा शताब्दी महोत्सव गर्दै गोरखाको चुम उपत्यका |
एजेन्सी टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।, सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।, टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्।, दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ।, सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ। , स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मै गएको उक्त प्रकोपको अवधिमा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ। , यतिबेला टर्कीकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ। यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन्।, भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन्। घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए।, यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ। अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो। , भूकम्प पीडित शहरमा चारैतिर आतंक छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृष्य देख्न सकिन्छ ।, मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको शुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन्।, यसैबीच यहाँको प्रहरीले भग्नावशेष क्षेत्रमा लुटपाट गरेको आरोपमा १०० भन्दा बढीलाई गिरफ्तार गरेको टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ।, ‘मिडिया प्रतिबन्धका कारण’ गुमनाम रहन चाहने सुरक्षा स्रोतहरूका अनुसार टर्कीको दक्षिणी हाते प्रान्तमा क्षतिग्रस्त भवनहरूमा लुटपाटमा संलग्न रहेको आरोपमा ४२ जना संदिग्धमाथि अनुसन्धान गरिएको थियो। ती मध्ये ४० जनालाई पक्राउ गरिएको छ।, यसैगरी दक्षिणी गाजियन्टेपमा भूकम्प पीडितलाई फोनबाट ठगी गरेको आरोपमा इस्तानबुलमा कम्तीमा ६ जनालाई पक्राउ गरिएको सीएनएनले जनाएको छ।, देशका भूकम्प प्रभावित अन्य क्षेत्रहरूमा लुटपाट र डकैतीको आरोपमा कैयौं अन्य संदिग्धहरूलाई पनि पक्राउ गरिएको सीएनएनले बताएको छ।, संदिग्धहरूलाई कहरामनमारस, हाताय, अदियामान, मालत्या, ओस्मानी, अडाना, गाजियन्टेप र सानलिउर्फालगायत विभिन्न आठ प्रान्तबाट पक्राउ गरिएको हो।, भूकम्पमा भुकम्प प्रतिरोधी नयाँ केही भवनहरू पनि ढलेपछि भवन सुरक्षाको मापदण्डबारे प्रश्न उठेको छ।, आधुनिक निर्माणको प्रविधि अनुसार निर्माण भएका भवनहरूमा यो हदसम्मको धक्काबाट ठूलो क्षति हुन नहुने भन्दै निर्माण व्यवसायीसँग सरकारले स्पष्टिकरण मागेको छ।, यसैबीच टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ।, जसमध्ये टर्की प्रहरीले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।, भूकम्प प्रतिरोध घर निर्माण नगरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। करिब तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने समाचार एजेन्सी एपीले जनाएको छ।, सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्ट्राचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् ।, ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकालेपछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई पक्राउ गरिएको हो।, भूकम्पका क्रममा टर्कीका हजारौँ विशाल भवनहरू भत्किएका छन्।,
सन् १९९९ मा देशको उत्तर पश्चिमी भूभागमा भूकम्पले १७,००० मानिसहरूको ज्यान लिएपछि भवन निर्माणको मापदण्डमा कडाइ गरिएको छ।,
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो |
सेतोपाटी संवाददाता वि.सं. २०८० सालमा हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन्। , ८० सालको साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन्। असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ। , साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ।, त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ। यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताए।, सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८० सालमा असोज १ गते परेको छ। २०७९ सालको तीज भदौ १४ मा थियो।, यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ। २०७९ सालमा असोज १० गते घटस्थापना, १६ गते फुलपाती र असोज १९ गते विजयादशमी परेको थियो।, यस्तै नयाँ वर्षको तिहार पनि करिब २० दिन पछाडि धकेलिएको छ। नयाँ वर्षमा भाइटीका कात्तिक २९ गते परेको छ भने यस वर्ष को भाइटीका कात्तिक १० गते थियो।, यस्तै २०८० सालको छठ पर्व २० दिनपछि धकेलिएर मंसिर ३ गते पुगेको छ।, २०८० सालमा चैते दसैं ८१ सालमा पुगेको छ। आगामी चैत १५ गते चैते दसैं बनाइए पनि नयाँ सालमा चैते दसैं गायब भएको छ। ,
मलमासकै कारण २०८० सालको चैते दसैं २०८१ मा पुगेको हो। २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैत अष्टमीमा मनाइने चैते दसैं २०८१ को वैशाखमा परेको समितिले जनाएको छ। ,
२०८० सालको विजया दशमी कात्तिक ७ गते, चैते दसैं ८१ सालमा |
भरत केसी मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ। तर मेहनत गर्दा बालुवामा मात्र हैन फोहोरमा पनि सुन फलाउन सकिँदो रहेछ। सडकको धुलो र नालीको फोहोर संकलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउनेजस्तै हो। , भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहोर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आएका छन्।, उनलाई सडकको धुलो र नालीको फोहोर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ। , उनले यो काम गर्न थालेको झण्डै एक दशक भयो।, उनले सुनचाँदी पसल अगाडि सडकको धुलो बढार्छन्। सडक किनाराको नालीको फोहोर पनि उठाएर भाँडोमा राखेर लैजान्छन्।, सडकको धुलो र नालीको फोहोर नजिकैको फोहोर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुन्छन्। धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्छन्।, उनको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आएकी छन्।, ‘हामी यहाँ दुई/चार महिना जति यही काम गरेर बस्छौं’, उनले भने, ‘एक सिजनमा करिब एक/डेढ तोला संकलन हुन्छ। त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं।’, बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोबार हुने व्यावसायिक क्षेत्र हुन्। यहाँ सयौंको संख्यामा सुनचाँदी पसल रहेका छन्। बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन्। कोही भने सडक छेउको नालीको फोहोर जम्मा गर्छन्। , त्यही धुलो माटो कराहीमा राखेर नजिकैको फोहोर पानी बग्ने घोलामा लगेर मज्जाले चालेर मसिनो कण निकालेर संकलन गर्छन्। भर्खरै बिहान सुनचाँदी पसल अगाडिको फोहोर बढारेर पानीमा धोई बालुवा माटो चालेर एक मुठीजति धुलो निकालेका गणेशले भने, ‘अब यसलाई प्रशोधन गरेर सुन निकाल्छौं, अनि पसलमा लगेर बिक्री गर्छौं।’ , बुटवलका मुख्य बजार क्षेत्रका सुनचाँदी पसल अगाडि सडक बढारेर सुन खोज्ने काममा लागेका भारत मध्यप्रदेशका राज मुराइको काम पनि दुई महिनादेखि यस्तै चलिरहेको छ।, उनीसँगै १० जनाको समूह यही कामका लागि भारतबाट बुटवलमा आएको हो। हरेक वर्ष तीन/चार महिना यसै कामका लागि उनीहरू बुटवलमा बिताउने गर्छन्। सुन पसल अगाडिको धुलो र नालीको फोहोर जम्मा गरेर पानीमा धुँदा मसिनो बालुवा निकालेर प्रशोधन गर्दा सुन निस्कने उनी बताउँछन्।, भारतको मध्यप्रदेशबाट आएका यिनीहरू फिरन्ते समुदाय हुन्। यिनीहरू समूह बनाएर परिवारसहितै हिँड्ने र नेपाल तथा भारतका यस्तै ठूलाठूला सहरमा महिनौं बिताउने गर्छन्। यस अवधिमा उनले दैनिकजसो सुन चाँदी पसलबाहिर सडक नालीबाट निस्केको माटो, बालुवा संकलन गरेर नजिकैको घोलामा धोएर प्रशोधनका लागि छनोट गर्दै आएका छन्।, यसरी काम गर्दा दैनिकजसो एक/दुई लालसम्म सुन फेला पर्ने गरेको मुरइ बताउँछन्। , ‘हामी यहाँ दुई/तीन महिना बस्छौं। त्यसपछि आफ्नै देश फर्कछौं’, उनले भने, ‘यहाँ बसुञ्जेल जे-जति सुन निस्कन्छ, सबै यहीँका सुनचाँदी पसलमा बेचेर फर्कने हो।’ , मध्यप्रदेश जवलपुरकै करिब ३५ वर्षीय विशुवा सोन्जारीको ५० जनाको समूह पनि बुटवलका मुख्य सडक, गल्ली र नालामा सुन खोज्न व्यस्त छ। बुटवलमा करिब एक महिनाको बसाइपछि स्वदेशमै फर्किएर यही काममै लाग्ने उनी बताउँछन्।, ‘पहिले जस्तो धेरै सुन पाउँदैन’, उनले भने, ‘मान्छे पनि धेरै भए, सुन पनि महङ्गो भयो।’, सुन पसलको अगाडि प्रायः सुनका गरगहना बनाउने कालीगढले गहना बनाउँदा सुनलाई रेट्ने र थिच्ने काम गर्दा सुनका मसिना कणहरू कपडामा टाँसिने र उनीहरू आवतजावत गर्ने र फोहोर बढारेर बाटोमा फाल्ने गर्छन्। माटोमा ती कणहरू खस्ने भएकाले सडक नालीको माटो उठाएर पानीमा पखालेर सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी सङ्घ बुटवलका पूर्वअध्यक्ष एमबी विश्वकर्मा बताउँछन्।, सुन कालीगढ र व्यवसायी आवतजावत बढी हुने ठाउँमा बढालेर जम्मा गरेको धुलो धोएर प्रशोधन गरी सुन निकाल्ने गरेको उनी बताउँछन्।, यसरी प्रशोधन गर्दा हरेक व्यक्तिले प्रत्येक दिन दुई/तीन लाल सुन जम्मा गर्छन्। कसैकसैले त दिनमै सात/आठ लाल पनि जम्मा गर्ने गरेको उनी बताउँछन्। , ,
फोहोरमा पनि सुन फल्छ! |
सेतोपाटी संवाददाता बर्दियामा बीमा दाबी गर्न आफ्नै गाडी जलाउने एक जना पक्राउ परेका छन्। , सोमबार बिहान २ बजे मधुवन नगरपालिका-४ बसन्तामा एक गाडीमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए। , लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडीमा आगलागी भएको थियो। आगलागी भएको खबर पाएपछि प्रहरी पुग्दा गाडीको पुरै भाग जलेर नष्ट भइसकेको थियो।, घटनास्थलमा कोही पनि फेला परेका थिएनन्। अनुसन्धानको क्रममा प्रहरीले चालक मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई पक्राउ गरेको थियो। , उनीमाथि सोधपुछ गर्दा बीमाको रकम लिनको लागी जलाएको भन्ने खुलेको डिएसपी बोहराले बताए। , उनले प्रहरीलाई बताए अनुसार माघ २० गते गाडी बिग्रिएको थियो। मर्मत गर्न बढी रकम लाग्ने भएपछि चालकले आइतबार राति ८ बजेतिर उक्त गाडी जंगलमा लगेर डिजेल छर्केर आगजनी गरेका थिए। , त्यसपछि घर फर्किएका उनलाई प्रहरीले पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बीमा दाबी गर्न आफ्नै गाडी जलाउने एक पक्राउ |
नवीनबाबु गुरूङ ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सडक भत्काउन थालिएको छ। शनिबारदेखि ग्वार्कोको सडकमा एक्साभेटरको प्रयोग गरेर कालोपत्रे भत्काउन थालिएको हो।, मंसिरदेखि नै निर्माणको काम सुरु गर्ने भनिए पनि डिजाइन स्वीकृतमा ढिलाइ भएकाले शनिबारबाट मात्र काम सुरू भएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिए।, यहाँ चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको छ। यहाँको फ्लाइओभरमा बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्याम्प बन्नेछ। फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । करिब १७ करोड रुपैयाँ लागत रहेको फ्लाइओभर २ वर्षभित्र बनाइसक्ने लक्ष्य छ।, ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो।, निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ। , फ्लाईओभरको निर्माण कार्य सुरु भएसँगै यस रुट भएर चल्ने सवारी साधनको लागि ट्राफिक प्रहरीले नयाँ रुट तोकेको छ। त्यही अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि भनेर ट्राफिक व्यवस्थापन मिलाउन सुरु गरेको छ।, हेर्नुहोस् तस्बिरहरू,
फ्लाइओभर बनाउन ललितपुरको ग्वार्कोमा सडक खन्न सुरू (तस्बिरहरु) |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका-९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरू गरेको छ।, २०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरू गरिएको छ।, करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत्, विद्युतगृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाइने छ। करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरू गरिएको छ।, साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ। अहिले यही बाइपास नहरमार्फत् विद्युत् उत्पादन भइरहेको छ। नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ।, गत वैशाखबाट सुरू भएको जलाशयको पुनर्स्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। विद्युत गृहलाई स्वचालित बनाउने काम भने एक वर्ष भित्रमा सम्पन्न हुने छ। यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरू उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायत उपकरणहरू केन्द्रस्थलमा आपूर्ति भइसकेको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनर्स्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ।, जलाशयको पुनर्स्थापना भएपछि विद्युतगृहमा विद्युतको माग बढी हुने समय (पिक)मा दैनिक रूपमा चार घन्टा पूर्ण क्षमतामा चलाउन सकिने छ। हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने छ।, वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरूबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए।, बिदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरूयोजना तयार गरेको छ। जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बगैंचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ।, भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजनाको निर्माण गरिएको हो। अर्धजलाशययुक्त त्रिशूली जलविद्युत् केन्द्रबाट वार्षिक रुपमा १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ। गत आर्थिक वर्ष (आव) २०७८/०७९मा विद्युत गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो। गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको छ।, भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरूको क्षमता २१ मेगावाट थियो। पछि यसको पुनर्स्थापनामार्फत् क्षमता विस्तार गरी २४ मेगावाट पुर्याइएको हो। त्रिशूली जलविद्युत् केन्द्रको क्यास्केडको रूपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ।,
त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै |
रासस नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन्।, जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ। , जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरिसकेको छ। ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ। , खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो।, खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्नेबारे यकिन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएका कारण उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जनाए। , चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२/१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपालियाले बताए।, जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए। त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए। , जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्षाौंदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा दैनिक रूपमा उत्खनन गर्दै आएको बताए।, यादव भन्छन्, ‘ओरिया खोलाबाट भारतीय पक्षका ठेकेदार आफ्नो मनोमानी ढंगले गिटी, बालुवा उत्खनन गरेर सयौं ट्र्याक्टरमा रातिसम्म लैजाने गरेका छन्।’, दशगजा क्षेत्रका मानिस आफूहरू असुरक्षित महसुस गर्ने गरेको र रोक्न खोज्ने क्रममा पटक/पटक विवाद हुने गरेको बताए। , नेपालतर्फका सुरक्षा अधिकारीको टोली ओरिया खोला पुगेर भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई उत्खनन रोक्न आग्रह गरेको र उनीहरूले माथिल्लो निकायमा कुरा राख्ने प्रतिक्रिया दिएको सुरक्षा समितिले जनाएको छ। ओरिया खोला र आसपासका क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमास्तम्भ हराएका थिए।,
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ |
रासस नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा पछिल्लो समय 'स्मार्ट' प्रविधिको उपयोग हुन थालेको छ।, नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण सहज र प्रभावकारी समेत हुँदै गएको छ।, चुहावट नियन्त्रण र मर्मत सम्भारका काम छिटो गर्न पनि सम्भव भएको छ।, स्मार्ट वास सोलुसन र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्बन बाटर हाइड्रोइन्फरमेटिक्स रिसर्च एण्ड इन्नोभेसन (आइसियूएच) द्वारा आयोजित गोष्ठीमा पोखराको लेखनाथ खानेपानी उपभोक्ता समितिले सो कुरालाई पुष्टि गरेको जनाएको छ। , समितिका कार्यालय प्रमुख इञ्जिनियर शिवप्रसाद अमात्यले समिति अन्तर्गतका आयोजना मोबाइलबाट सञ्चालन गर्न मिल्ने र खानेपानीको मुहान तथा वितरण प्रणाली खोल्ने, बन्द गर्ने, ‘क्लोरिनेसन’ गर्ने सबै काम मोबाइलबाट गर्न सकिने भएको जानकारी दिए।, सन् २००८ देखि सञ्चालनमा आएको लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पोखरा महानगरपालिकाका सात वडाका ८५ हजार तीन सय ४७ जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्छ।, लेखनाथ खानपानी उपभोक्ता समिति मात्रै हैन, साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतका प्राय: सबै खानेपानी आयोजना स्मार्ट प्रविधियुक्त बन्दै गएका छन्।, एसियाली विकास बैंक, सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा सञ्चालित यी आयोजना सम्पन्न भएपछि स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने परम्परा छ।, सन् २००० देखि सुरू भएको साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत अहिले चौथो चरणको आयोजना निर्माण भइरहेका छन्।, यस आयोजना अन्तर्गत मुलुकभर पहिलो चरणमा २९, दोस्रो चरणमा २१, तेस्रो चरणमा २० आयोजना सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण भइसकेका छन् भने चौथो चरणमा २४ खानेपानी आयोजना बनिरहेका छन्।, सहरी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना उपनिर्देशक विकेश बधानथाछेका अनुसार नेपालमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना दक्षिण एसियाको नमूना आयोजनामा परेका छन्। सहलगानी, लागत असुली तथा साझेदारी कार्यक्रम अन्तर्गगत सञ्चालनमा आएका यी आयोजना पहिलो चरणमा सञ्चालित आयोजनामा एसियाली विकास बैंक र नेपाल सरकारले ५० प्रतिशत लगानी, नगरविकास कोषको ४५ प्रतिशत ऋण र स्थानीय उपभोक्ताको पाँच प्रतिशत लगानीमा सुरू भएका हुन्।, उनका अनुसार लागत असुलीका दृष्टिले मात्रै हैन लैंगिक समानता र सामाजिक समावेशीकरण तथा सामाजिक न्यायको पक्षबाटसमेत सहरी खानेपानी तथा सरसफाइ आयोजना अब्बल देखिएका छन्।, आयोजनाका उपनिर्देशक विकेश वधानथाछेले यी आयोजनामा जडान गरिएको स्काडा प्रविधिको पाँचदेखि सात वर्षको तथ्यांक उपलब्ध भयो भने पानीको दैनिक माग र आपूर्तिमा निकै सहज हुने बताए।, स्मार्ट वास सोलुसनका अध्यक्ष ई रामदीप साहले प्रविधिको उपयोगले उपभोक्तालाई पनि सजिलो भएको विश्वास व्यक्त गरे।, ‘उपभोक्ताले चाहिए जति पानी, चाहिएको समयमा, बिना झन्झट पाउनु पर्यो। पानी गुणस्तरीय पनि हुनुपर्यो र सस्तो पनि पाउनु पर्यो। स्मार्ट पद्दति आयोजना सञ्चालनमा मात्रै होइन, उपभोक्तालाई पनि उपयोगी हुनुपर्दछ’, अध्यक्ष साहले भने।,
'स्मार्ट' बन्दै सहरी खानेपानी प्रणाली |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरबाट हटाएका फुटपाथ व्यवसायीहरूले आफ्नो रोजीरोटीको विकल्प खोजेका छन्। उनीहरू अहिले बानेश्वर चोकमा बनाइएको फलामको अस्थायी घरमा दैनिक भाडा तिरेर व्यवसाय गरिरहेका छन्।, तपाईंहरू बानेश्वर जानुभयो भने नबिल बैंकको देब्रेतिर तीनतले फलामको घर देख्नुहुन्छ, जहाँ 'सम्पूर्ण फुटपाथ बजार पहिलो र दोस्रो तलामा' भनेर रातो अक्षरमा लेखिएको पहेँलो बोर्ड छ। यहाँ १२० वटा स्टल छन्। भुइँतलामा तरकारी र फास्ट फुडका स्टल छन् भने पहिलो र दोस्रो तलामा लुगाफाटा, जुत्ता, भाँडाकुँडा, बत्ती, सिरक, गरगहना लगायत घरमा उपभोग हुने खिद्रीमिद्री सामान पाइन्छन्। यीमध्ये अधिकांश व्यवसाय पहिले फुटपाथमा सञ्चालन हुँदै आएका थिए।, महानगर प्रहरीले लखेटेर हैरान पारेका यी सडक व्यवसायी कसरी एकठाउँ संगठित भएर व्यवसाय गर्न थाले त?, धेरैले यसमा महानगरकै साथ र सहयोग छ भनेर भनिरहेका छन्। के यो साँचो हो? के उनीहरूलाई व्यवस्थित ढंगले व्यवसाय गर्न काठमाडौं महानगरले नै यो ठाउँ उपलब्ध गराएको हो? कि महानगरबाट लखेटिएका सडक व्यवसायीले आफ्नो रोजीरोटी निम्ति आफैंले विकल्प खोजेका हुन्?, यी सबै प्रश्नको उत्तर जान्न हामी आइतबार बानेश्वरको उक्त बजार गयौं।, सबभन्दा पहिला हामीले तरकारी व्यवसाय गर्ने ४० वर्षीया मीना लिम्बूसँग कुरा गर्यौं। उनी आफ्नो पसल छोपछाप पारेर दुई-चारवटा झोलामा गोलभेडा, साग लगायत तरकारी पोको पार्दै थिइन्।, हामीले सोध्यौं, 'तपाईंहरूलाई यहाँ महानगरले ल्याएर व्यवस्थापन गरेको हो?', जवाफमा उनले भनिन्, 'सबै जना महानगरले फुटपाथ व्यवस्थापन गर्न हामीलाई यहाँ सारेको भनिरहेका छन्। युट्युबमा पनि त्यस्तै भनेको सुनिन्छ। तर हामीलाई यहाँ कसैले ल्याइदिएको होइन। हामी आफैं आएका हौं?', 'कसरी आइपुग्नुभयो त?', हाम्रो यो प्रश्नमा मीना लिम्बूले भनिन्, 'फुटपाथमा व्यापार गर्दा नै हामी आफ्ना सामान यहाँ ल्याएर राख्ने गर्थ्यौं। एक किसिमले भन्दा बानेश्वरका फुटपाथ व्यवसायीहरूका निम्ति यो ठाउँ गोदामजस्तै थियो। काठमाडौंका मेयर बालेन शाहले साउन पहिलो सातादेखि हामीलाई फुटपाथबाट लखेट्न थाल्नुभयो। त्यसपछि हाम्रो बिचल्ली भयो। कयौं दिन घरमै बस्यौं। फेरि फुटपाथमा पसल खोलूँ भने महानगर प्रहरीले सामान खोसेर लगिदेला भन्ने पीर! नखोलूँ, हातमुख जोर्नै धौधौ! पहिले बचाएको दुई-चार पैसाले कति दिन घर धान्ने!', उनले अगाडि भनिन्, 'एकदिन गोदामका घरबेटीले तिमीहरूलाई यहीँ पसल राख्ने व्यवस्था गरिदिन्छु भन्नुभयो। घरबेटीले नै व्यापारको वातावरण बनाइदिन्छु भनेपछि हामी खुसी भयौं।', यहाँ पसल चलाउन थालेपछि महानगर प्रहरीले लखेट्ला भन्ने डर छैन, तर गुजारा चलाउन सकस भइरहेको मीना बताउँछिन्।, पसल राखेबापत् उनले दिनको करिब हजार रूपैयाँ भाडा तिर्नुपर्छ। यो उनको व्यापार र आर्थिक क्षमताभन्दा धेरै बढी हो।, मोरङकी मीना शंखमूलमा बस्छिन्। उनको एक छोरी छिन्। पसलकै लागि महिनाको लगभग ३० हजार भाडा तिरेर घरखर्च चलाउन र छोरीको पढाइ खर्च धान्न गाह्रो हुने उनी सुनाउँछिन्। त्यसमाथि फुटपाथको दाँजोमा यहाँ व्यापार कम छ। यसले उनलाई थप समस्या परिरहेको छ।, 'फुटपाथमा सामान देखेका भरमा किन्ने मान्छे हुन्थे भने यहाँ सामान चाहिएपछि मात्र किन्न आउँछन्। त्यसैले पहिलेजस्तो व्यापार छैन,' उनले भनिन्, 'फेरि मेरो त लुगाफाटो होइन, दिनभरि बिक्री हुनलाई। तरकारी हो, बिहान एकछिन व्यापार हुन्छ अनि साँझ एकछिन।', हामीले उनलाई बिक्री नभएको तरकारी पोको पारेर राख्नुको कारण पनि सोध्यौं, 'यसरी राख्दा बिग्रिन्न?', मीनाले भनिन्, 'एक-दुइटा होटलले अर्डर गरेको थियो। त्यहीँ पुर्याउन जान लागेको। होटलले दैनिक अर्डर गर्ने भएर मात्र व्यापार अलि धानिएको छ। नत्र त यस्तो भित्री ठाउँमा तरकारी पसल चल्नै मुश्किल पर्छ।', मीनाले फुटपाथमा तरकारी बेच्न थालेको २५ वर्ष भइसक्यो। सुरूमा अनामनगरमा व्यवसाय गर्थिन्। त्यहाँ बस्न नदिएपछि बानेश्वर आएकी थिइन्। फुटपाथमा भाडा तिर्नु नपर्ने भएकाले तरकारी बेचेर जेनतेन गुजारा चल्ने गरेको उनी बताउँछिन्। अब महँगो भाडा तिरेर कसरी जीविका चल्ला भनेर उनी चिन्तित छिन्।, 'तैपनि हुँदै नहुनु भन्दा त यही ठिक छ भनेर पसल राखेकी छु,' उनले भनिन्, 'हेरूँ कति दिन धान्न सकिन्छ!', महानगरले फुटपाथ व्यवसायीलाई विकल्प नदिई यसै हटाएर रोजीरोटीमा लात हानेको उनको भनाइ छ। अहिले पनि व्यवसायीहरू आफैंले विकल्प खोज्दा महानगरले बिनासित्ति जस लिन खोजेको उनले बताइन्।, 'हामीलाई पनि मान्छे हिँड्ने बाटोमा व्यापार गर्न मन भएको होइन। तर हामीसँग विकल्प छैन। महानगरले हाम्रो समस्या बुझेर व्यवस्थापनको उपाय ल्याउनुपर्थ्यो। तर उसले हाम्रो व्यवस्थापन गर्न खोजेन, हटाउन मात्र खोज्यो,' मीनाले भनिन्।, उनका अनुसार अहिले पसल राखेको ठाउँ पनि स्थायी होइन। घरबेटीले भोलि भनेका बेला ठाउँ खाली गर्नुपर्छ भनेर सर्त राखेका छन्। त्यसैले तुरून्तै यहाँबाट उठेर जानुपर्यो भने के गर्ने भन्ने उनलाई अर्को चिन्ता छ।, मीना लिम्बूसँग कुराकानीपछि हामी पहिलो तलामा उक्लियौं।, फलामको भर्याङनिर 'फुटपाथका सबै लेडिज सामान माथि' भनेर रातो अक्षरले लेखिएको सेतो बोर्ड थियो। हामी पुग्दा सबै आ-आफ्नो स्टलमा सामान मिलाउन व्यस्त थिए।, तिनैमध्ये एक महिला आफ्नो स्टलमा बच्चाका लुगाफाटो मिलाउँदै थिइन्। उनले आफ्नो नाम बताउन मानिनन् तर कुरा गर्न राजी भइन्।, उनी पनि मीनाजस्तै पहिले फुटपाथ पसल राख्दा आफ्नो सामान यहीँ राख्ने गर्थिन्। घरबेटीले पसल राख्न ठाउँ दिए पनि भाडा महँगो भएकाले धान्न मुश्किल परिरहेको उनी बताउँछिन्।, 'सुरूमा दिनको सय-पचास रूपैयाँ भाडा तिर्ने भनेर आएका थियौं तर अहिले दैनिक सात सय तिर्नुपर्छ। बत्तीको पैसा छुट्टै लाग्छ,' उनले भनिन्, 'राम्रो व्यापार हुँदा त केही छैन तर व्यापार नभएका बेला चाहिँ समस्या पर्छ। भोलि दिन्छु भन्दा पनि मान्दैनन्। त्यसमाथि यहाँ फुटपाथमा जस्तो व्यापार हुँदैन।', भाडा तिर्न नसकेर केही व्यवसायीले स्टल छाडेर हिँडिसकेको उनले बताइन्।, यो ठाउँमा स्टलअनुसार भाडा फरक छ। पहिलो तलाको स्टल दोस्रो तलाभन्दा महँगो छ। झोला र चप्पल बेच्ने २७ वर्षीय सद्दाम हुसेनले पहिले दोस्रो तलामा दिनको डेढ सय रूपैयाँ पर्ने स्टल लिएका थिए। झन्डै एक साता त्यहाँ बस्दा एक रूपैयाँको पनि व्यापार भएन। त्यसपछि उनी पहिलो तलाको तीन सयवाला स्टलमा सरेका छन्।, 'के तपाईंको पनि पहिले यहाँ गोदाम थियो?', हाम्रो यो प्रश्नमा हुसेनले भने, 'मेरो थिएन, तर यहाँ गोदाम राख्ने दाइहरूलाई चिनेको थिएँ। उहाँहरूकै सम्पर्कबाट घरबेटीसँग चिनजान भयो र यहाँ आइपुगेँ।', उनले अगाडि भने, 'हाम्रो व्यापारको दाँजोमा भाडा महँगै हो, तर नगर प्रहरीको सधैंको कचकच, कति बेला लखेट्न आउला र सामान खोसेर लैजाला भन्ने टेन्सन चाहिँ छैन।', हामीले कुरा गरेका यी केही प्रतिनिधि पात्र मात्र हुन्। यहाँ व्यापार गर्न आउने केही महिला बिहान अर्काको घरमा भाँडा माझ्ने, लुगा धुन्ने काम गर्छन् र साँझ पसल चलाउँछन्। केही शारीरिक अपांगता भएका व्यक्ति पनि छन्। अरू रोजगारी पाउन मुश्किल भएकाले खिद्रीमिद्री सामान बेचेर जीविका चलाउने गरेको उनीहरू बताउँछन्।, दिनभरि थोरै सामान बेचेर गुजारा गर्नुपर्ने यस्ता साना व्यवसायीहरू कमाइभन्दा बढी भाडा तिर्नुपर्दा आर्थिक भार थपिएको बताउँछन्। महानगरले बिहान र साँझको निश्चित समय फुटपाथमै व्यापार गर्न दिएको भए सजिलो हुने उनीहरूको भनाइ छ।, यहाँका सबै व्यवसायी पहिलेका फुटपाथ बिक्रेता होइनन्। केही अर्को ठाउँको पसल छाडेर आएका छन्। तिनैमध्ये एक हुन्, ५० वर्षीया पूजा शर्मा जो अन्डरगार्मेन्ट पसल चलाउँछिन्।, यहाँ आउनुभन्दा पहिले उनको कस्मेटिक पसल थियो। त्यहाँको घरबेटीले घर भत्काउने भनेपछि उनले पसल छाड्नुपर्यो। उनी केही दिन घरमै बसिन्। त्यसरी गुजारा नचल्ने भएपछि फेरि पसल थाप्ने निधो गरिन्।, बानेश्वरमै अरू ठाउँमा सटर लिन भाडा साह्रै महँगो पर्ने हुँदा सस्तो ठाउँ खोज्दै यहाँ आइपुगेको उनी बताउँछिन्। अहिले उनी दिनको तीन सय भाडा तिर्छिन्।, व्यापारीहरूसँग कुरा गरेपछि हामीले यहाँका घरबेटी मुकेश पाण्डे र व्यवस्थापक वासु पाण्डेसँग कुरा गर्यौं।, 'यहाँ पहिलेदेखि फुटपाथ व्यापारीहरूको गोदाम थियो। जब महानगरले फुटपाथमा सामान बेच्न दिएन, तब मलाई बजार बनाउने आइडिया आयो,' घरबेटी मुकेश पाण्डेले भने, 'मैले फलामको संरचना त पहिल्यै बनाइसकेको थिएँ, त्यसलाई कुन रूप दिने भन्ने चाहिँ यकिन थिएन। जब सडक व्यवसायीले व्यापार गर्ने ठाउँ पाएनन्, मैले यही संरचनामा सानो सानो स्टल निकालेर बजारको रूप दिएँ।', यसको निम्ति थप काम गरेर फलामको संरचना मजबुत बनाएको उनले बताए।, बजार व्यवस्थापक वासु पाण्डेका अनुसार मानिसको बढ्ता आवतजावत हुने ठाउँ हेरेर भाडा तोकिएको छ। भुइँतला, पहिलो तला र भर्याङ छेउछाउका स्टल महँगो छ। भुइँतलाको त दिनकै हजार रूपैयाँभन्दा बढी पर्छ। पहिलो तलामा तीन सयभन्दा बढी तिर्नुपर्छ। व्यवस्थित बजार भए पनि फुटपाथकै झलक आओस् भनेर सानो सानो क्षेत्रफलको स्टल राखिएको उनले बताए।, 'फुटपाथमा व्यापार गर्नेहरूको लगानी थोरै हुन्छ। त्यसैले हामीले दैनिक शुल्क उठाउने नियम लगाएका छौं। स्टल राखेको दिन पैसा तिर्नुपर्छ, नराखेको दिन पर्दैन,' उनले भने, 'कतिपय स्टलका मान्छे एक-दुई दिन व्यापार भएन भने अर्को दिन आउनुहुन्न। हामीले कतिलाई त फोन गरेर पनि बोलाउने गरेका छौं।', अहिले सुरूआती समय भएकाले र अफसिजन चलेकाले व्यवसायीलाई सहज होस् भनेर कतिपय स्टलमा २५ देखि ७५ प्रतिशतसम्म छुट दिइरहेको उनले बताए।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,
महानगरले हटाएका बानेश्वरका फुटपाथ व्यापारीले आफैं खोजेको ठाउँ |
रासस स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ।, नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो।, नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए।, नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेनदार विद्यार्थीलाई मासिक शुल्कवापत जनही १० हजार रुपैयाँ आठ सय प्रदान गरेको हो।, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए।, ‘क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेनदार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्’, उनले भने, ‘प्राप्त आवेदनमाथि विद्यालयले छानबिन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौं।’, पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन्।, अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए। आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरूप्रसाद भट्टराईले बताए।, नगरको शैक्षिक रूपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ। नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरूप प्रदान गरेको छ।,
गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै |
सेतोपाटी संवाददाता जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ।, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए।, ‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएका हौं,’ उनले भने, ‘त्यहाँबाट कागजात आएपछि अध्ययन गरेर निर्णय गर्छौं।’, युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए।, सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ।,
सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजात |
सञ्चिता घिमिरे नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन। नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले जनाएको छ। , हालसम्म बर्दिवासबाट निजगढसम्म ७० किमी निर्माणको मात्रै योजना बनेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए।, उनका अनुसार बाँकी अरू खण्डमा निर्माणको योजना बनेको छैन। एउटा खण्डमा भने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययनका क्रममा रहेको छ। , बीचमा सानो खण्डमा मात्रै काम सुरू भए पनि आयोजना नै सम्पन्न गर्ने गरी काम सुरू हुन बाँकी रहेको उनले बताए। , यही गतिमा गर्दा झण्डै बीस/तीस वर्ष लाग्नसक्ने देखिएको छ। बर्दिवासबाट निजगढतर्फ निर्माण भइरहेको योजनाले जनाएको छ। यो आवमा १५ किमी निर्माणको लक्ष्य रहेको र सोहीअनुसार निर्माण भइरहेको महानिर्देशक विसुरालले जानकारी दिए। , निर्माणाधीन खण्डमा वन क्षेत्रको समस्या रहेकाले निर्माणमा बाधा पुगिरहेको विभागले जनाएको छ।, बर्दिवासको खण्डमा पुल पनि निर्माणाधीन रहेको छ। वन क्षेत्रमा रेलमार्ग निर्माण गर्ने निर्णय भए पनि सामुदायिक वन उपभोक्ता समिति, जिल्ला वन कार्यालय, वन पैदावार विकास समितिलगायत निकाय सबै सहमत नहुँदा निर्णय कार्यान्वयन गर्न गाह्रो हुने उनले बताए। , भारत सरकारको सहयोगमा निर्माणाधीन अरू योजनाजस्तै पूर्व–पश्चिम रेलमार्गमा पनि ‘ब्रोड गेज’मा निर्माण भइरहेको छ।, हाल भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा छ।, महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग सम्पन्न भइसकेकाले त्यहाँसम्म नै सञ्चालन गरिने सरकारको योजना छ।, भारत सरकारको सहयोगमा नै बर्दिवाससम्म रेलमार्ग निर्माण हुनेछ। बर्दिवाससम्म रेलमार्ग बनेपछि त्यहाँबाट निजगढसम्म लैजाने गरी सरकारले यो खण्ड निर्माण गरिरहेको महानिर्देशक विसुरालले बताए। , आयोजनामा सरकारले वार्षिकरुपमा विनियोजन गर्ने बजेट कम रहेकाले गति लिन नसकेको विभागले जनाएको छ। आयोजनामा हालसम्म वैदेशिक लगानी निश्चित भइसकेको छैन। , रेलमार्गको बीचको एउटा खण्डमा अझै पनि विस्तृत अध्ययन सकिएको छैन। पहिले सबै खण्डमा एकैपटक अध्ययन भइसके पनि रेखाङ्कनमा राष्ट्रिय निकुञ्ज परेकाले सो रेखाङ्कन परिवर्तन गरेर हेटौंडा हुँदै भरतपुर पुग्ने गरी तय गरिएकाले बाँकी रहेको हो। , आयोजना आफैं सरकारको प्राथमिकतामा नपरेको र विभिन्न कानुनी अलमल कायम रहेको महानिर्देशक विसुरालले बताए। केही समय पहिले आएको रेल्वेसम्बन्धी ऐनले रेल सञ्चालनका लागि बोर्डको व्यवस्था गरेको छ। बोर्डको नयाँ संरचना बनाएर विकास गर्न अलमल रहेको उनले बताए। , ऐनको अवधारणाअनुसार बोर्डमा राजनीतिक नियुक्तिको व्यवस्था छ।, उनले भने, ‘बोर्डका लागि नयाँ भर्ना गरेर कर्मचारी नियुक्त गर्नुपर्ने, कार्यालय खडा गर्नुपर्ने र कानुन बनाउने गर्न समय लाग्न सक्छ।’, रेल सबैभन्दा सस्तो र सुरक्षित यातायातको साधन मानिने महानिर्देशक विसुरालले बताए। अरू यातायातका माध्यमभन्दा यात्रुका लागि सस्तो पर्ने र दुर्घटनाको जोखिम कम भएकाले पनि यसको आवश्यकता महसुस हुने गरेको उनको भनाइ छ।, रेल एक्लैको विकासभन्दा पनि यातायात क्षेत्रको एकीकृत विकास आवश्यक रहेको विषय हाल विज्ञहरूले बताइरहेका छन्। उनले भने, ‘एउटा यातायात मात्रै सोच्नेभन्दा समग्रमा योजना गर्नुपर्छ, कुनकुन किसिमको यातायात कहाँ आवश्यक छ भनी योजना बनाएर अघि बढ्नुपर्छ।’, रेल निर्माणमा नै लामो समय लाग्दा त्यसले लागत बढ्ने उनले बताए।, निर्माण भएको पाँच वर्षमा रेलको मर्मत थाल्नुपर्ने हुन्छ। एकातिर बनाउँदै गयो अर्कातर्फ बिग्रने अवस्था आउने उनले बताए। रेल चाँडो सम्पन्न गरेर चाँडो सुरु गर्दा मात्रै त्यसले लगानी उठाउन सक्ने उनको भनाइ छ। , बसको जस्तो यहाँसम्म बनेको छ चलाउँदै गरौँ भन्ने नभएर रेलमार्ग बनेपछि पनि रेल स्टेशनलगायतका संयन्त्र आवश्यकपर्ने उनले बताए।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा रेल सुरु मात्रै भएको र कसरी अघि बढ्ने भन्ने छलफलका क्रममा रहेको बताए। , पहिले राजनीतिक नेतृत्वले योजना बनाउने र त्यसैका आधारमा प्राविधिक पक्ष मिलाउनुपर्ने उनले बताए।, उनले भने, ‘कर्मचारीले लगानी सकिन्छ सकिँदैन वा यसरी सकिन्छ भनेपछि राजनीतिक नेतृत्वले पुनःविचार गर्ने हो र अहिले त्यही क्रममा छ।’ , पहिले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग नौ सय ४५ किमी लम्बाइ हुने देखिएको थियो। पहिलेको रेखाङ्कन परिवर्तन गरेर नयाँ अध्ययन हुँदा कूल लम्बाइ परिर्वतन हुनसक्ने देखिएको छ। पुरानो रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय राष्ट्रिय निकुञ्ज भएर जाने गरी अध्ययन भएको थियो। अहिले निजगढ–हेटौँडा–भरतपुरको अध्ययन सकिँदा लम्बाइ केही बढ्ने अनुमान छ। , नेपालमा रेल यातायातमा अहिलेसम्म उल्लेखनीय उपलब्धि हासिल भइनसके पनि धेरै योजना अघि बढिरहेका छन्। नेपालसँग अन्तरदेशीय रेलमार्ग विस्तारमा दुवै छिमेकी देश भारत र चीनले चासो देखाइरहेका छन्। भारतीय सरकारको सहयोगमा सीमा क्षेत्रमा पाँच रेलमार्ग निर्माणको सम्झौता भएकामा हाल दुई स्थानमा निर्माण भइरहेको छ। , भारत सरकारले रक्सौलबाट सङ्घीय राजधानी काठमाडौंसम्म रेलमार्ग निर्माणका लागि अध्ययन गरिरहेको छ। यसअघि नै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको चीन सरकारले काठमाडौं–केरूङ रेलमार्ग निर्माणका लागि केही समय पहिले मात्रै विस्तृत अध्ययन सुरू गरेको छ। पहिले रेल यातायात भौतिक पूर्वाधार मन्त्रालयमा एउटा आयोजनाका रूपमा रहेको थियो। विसं २०६८ देखि रेल विभाग स्थापना भएपछि त्यसले नै रेल यातायातमा काम गरिरहेको छ। ,
कस्तो छ पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति? |
रासस नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। , तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ। सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए।, ‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ’, उनले भने।, दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ। दायाँतर्फ ६० मिटर अग्लो चट्टानको थियो। काटेर २५ मिटर तल झारिएको छ। बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विस्फोट गराउन अनुमति मागेको आचार्यले बताए। , आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ। त्यहाँबाट स्वीकृत भएपछि विस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।, रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको छ। जटिल ठाउँमा भएकाले घटना हुनसक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन।, यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ।, अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ। दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ। पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ। दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ। यही गतिमा काम भएमा थप दुई महिना सवारी रोक्नुपर्ने देखिएपछि विस्फोटको विकल्प खोजिएको हो।, डाँडो तल झरेकाले विस्फोट गर्दा कम क्षति हुने जनाइएको छ। सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्। यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँच वटा पुल निर्माणाधीन रहेका छन्। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो।, विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। एउटा पुलको काम सुरू भएको छैन। पुलको छेउमा सुकुम्बासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो। विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ। कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ। रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरू गर्न नसकिएको हो। पुल निर्माण २०८० पुससम्म सम्पन्न गर्नुपर्ने छ। सुरूमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ। सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ। पुल निर्माणका लागि लागत एक अर्ब २२ करोड रुपैयाँ हाराहारी छ।, सो सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन्।,
नारायणगढ–मुग्लिन सडकखण्डः भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ८, हवाईजहाजले आकाशमा फन्को मारिरहँदा मैले (सबिना श्रेष्ठ) झ्यालबाट चियाएर जनकपुरको पहिलो झलक हेरेकी थिएँ।, जनकपुरलाई मैले जस्तो देख्ने चाहेकी थिएँ, त्यस्तै पाएँ — पोखरी नै पोखरीको सहर।, पहिलो झलककै मेरो नजरमा पाँच–छवटा पोखरी परे।, जनकपुरबारे एउटा कहावत छ — बावन कुटी, बहत्तर कुण्ड! फिरही सन्तजन झुन्डही झुन्ड!, अर्थात्, जनकपुरमा ५२ आश्रम र ७२ वटा पोखरी छन्। अनि यो सहरमा साधुसन्तहरू प्रशस्त भेटिन्छन्।,
..., ‘मिथिलाक कथासभ’ शृंखलाका अघिल्ला अध्यायहरूमा हामीले रामानन्दी र दसनामी सम्प्रदायका दुई जना साधुले तीन सय वर्षअघि सीताको जन्मभूमि खोज्दै आउँदा कसरी प्राचीन मिथिला वा अहिलेको जनकपुर पत्ता लगाएका थिए र कसरी यहाँ मन्दिरहरू बने, मठहरू बने र कसरी बस्ती विकास भयो भनेर विस्तारमा बताएका थियौं।, यो अध्यायमा हामी जनकपुरका पोखरीहरूको कुरा गर्दैछौं। केही पोखरीको कथा उनै साधुहरूसँग जोडिन्छ भने केही पोखरी साधुहरू यहाँ आउनुभन्दा धेरै अगाडि अर्थात् त्रेतायुग वा प्राचीन मिथिला सहर बन्ने बेलाकै हुन् भनेर विश्वास गरिन्छ।, जनकपुरका प्रत्येक पोखरीको आ–आफ्नै कथा र विशेषता छ। ती सबै कथा र विशेषता एउटै अध्यायमा समेट्न साध्य हुँदैन। त्यसैले यो अध्यायमा हामी प्रमुख पाँच पोखरीको चर्चा गर्नेछौं।, सुरूमा पौराणिक कथासँग जोडिएका पोखरीको कुरा गरौं।, तपाईंहरूले इक्ष्वाकुवंशी राजा निमिलाई त सम्झनुभएकै होला? कि बिर्सिनुभयो? वा, उनका बारेमा हामीले लेखेको अध्याय पढ्नु नै भएको छैन कि?, बिर्सिनुभयो वा पढ्नुभएको छैन भने यो कथा शृंखलाको पहिलो अध्याय ,‘इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी’, मा इक्ष्वाकुवंशी राजा निमिबारे विस्तृतमा पढ्नुस् है!, छोटकरीमा भन्दा, इक्ष्वाकुवंशी राजा निमिले आफ्नो शासन व्यवस्था कायम रहोस् भनेर महायज्ञ गराउन खोजेका थिए। त्यस निम्ति उनी आफ्ना कुलपुरोहित महर्षि वशिष्ठलाई निम्तो गर्न गए। तर महर्षि वशिष्ठ त्यो बेला इन्द्रको यज्ञमा व्यस्त हुन्छन्। त्यसैले उनी राजा निमिलाई आफू नआउञ्जेल कुर्न भन्छन्। निमिले भने वशिष्ठको आदेश नमानी अर्कै पुरोहित राखेर महायज्ञ सुरू गर्छन्। यसबाट क्रूद्ध बनेका वशिष्ठले राजा निमिलाई ‘तिम्रो देह भष्म होस्’ भनेर श्राप दिन्छन्।, महर्षि वशिष्ठको श्रापले निमिको देह भष्म हुन्छ।, त्यसपछि महायज्ञमा आएका अन्य पुरोहितहरूले निमिको मृत शरीरलाई पवित्र पानीमा मथेर नयाँ शरीर जन्माउँछन् र त्यसको नाम ‘मिथि’ राखिदिन्छन्। तिनै मिथिको नामबाट पहिले विदेह भनिने यो सहरलाई ‘मिथिला’ भन्न थालिएको किम्बदन्ती छ।, यो किम्बदन्तीमा पुरोहितहरूले राजा निमिको मृत शरीरलाई जुन पवित्र पानीमा मथेर ‘मिथि’ को जन्म गराएका थिए, त्यो पवित्र पानी गंगासागर पोखरीको हो भन्ने जनविश्वास छ। त्यसैले यो पोखरीलाई जनकपुरकै सबभन्दा महत्वपूर्ण र प्रख्यात पोखरी मानिन्छ। यहाँ हरेक साँझ गंगा आरती हुन्छ। पोखरीको सफाइ र संरक्षण अभियानसँगै साँझको आरती सुरू गरिएको हो।, गंगासागर पोखरीको सफाइ अभियान २०७० फागुन ११ गते सुरू भएको थियो। त्यसको तीन महिनापछि अर्थात् २०७१ जेठ २५ गते भारतको वनारसबाट पुजारी झिकाएर आरती र पूजा गर्न थालिएको अभियानकर्मी रामअशेष यादव बताउँछन्। उनीहरूबाटै तालिम लिएपछि अहिले यतैका पुजारीले गंगा आरती गर्छन्।, ‘यो आरती जनकपुरको समृद्धिको मन्त्र हो,’ उनले भने, ‘आरती सुरू गरेपछि गंगासागर पोखरी पहिलेको तुलनामा सफा भएको छ। अरू पोखरीले पनि यसैको सिको गर्दै आरती सुरू गरेका छन्।’, यादवका अनुसार यो क्षेत्रमा गंगासागरको प्रभाव यति फैलियो, अहिले महोत्तरी मठ्यानीको लक्ष्मीसागरमा पनि महालक्ष्मी आरती सुरू भएको छ। यसको निम्ति तालिम दिन गंगासागरका पुजारी लिएर यादव स्वयं महोत्तरी गएका थिए।, यति मात्र होइन, गंगासागरकै प्रभावले जलेश्वर र वीरगन्जको घडिअर्वामा पनि आरती हुन थालेको छ।, ‘हामीले जनकपुरको दूधमती नदी पनि सरसफाइ गरेका थियौं। जानकी नवमीको दिन यहाँ पनि आरती हुन्छ,’ यादवले भने।, रामअशेष यादव। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, उनले हामीलाई गंगासागर पोखरीसँग जोडिएको अर्को कथा पनि सुनाए, जुन त्रेतायुगका राजा सीरध्वज जनकसँग जोडिन्छ।, राजा जनक हरेक दिन हात्ती चढेर भारतको गंगा नदीमा नुहाउन जाँदा रहेछन्। जनकपुरबाट गंगा नदीसम्म जाँदा एकदिन भगवान रामका बुवा दशरथको नजर उनको हात्तीमा परेछ।, त्यति बेला राम र सीताको विवाहको कुरा चल्दै थियो। राजा जनकको हात्ती देखेपछि दशरथले दाइजोमा त्यही हात्ती माग्न रामलाई भनेछन्।, यसले राम दोधारमा परे।, आफ्नो बुवाको मन हात्तीमा बसेको छ भन्ने उनले बुझे। सँगसँगै, त्यो हात्तीबिना आफ्ना ससुराबुवा जनक कसरी हरेक दिन गंगा स्नान गर्न जालान् भन्ने चिन्ता पनि भयो।, भगवान विष्णुका साक्षात अवतार मानिने रामले समस्या समाधानको उपाय निकाले।, उनले गंगा मातालाई पुकारेर आफ्नो दुबिधा सुनाए, ‘हे माता, तपाईं महाराज जनकका लागि सागरको रूप लिएर जनकपुर आइदिनुहोस्। त्यसो भयो भने उहाँलाई जनकपुरदेखि हात्ती चढेर गंगा नदीसम्म जाने कष्ट हुने छैन।’, श्रीरामको आग्रहमा साक्षात गंगा जनकपुर आइन्।, त्यसपछि राजा जनकलाई गंगा स्नान गर्न नदीसम्म धाइरहनुपरेन। जनकको हात्ती प्राप्त गर्ने राजा दशरथको इच्छा पनि पूरा भयो।, यसरी श्रीरामको आग्रहमा गंगा माताले जनकपुरमा लिएको रूप नै गंगासागर हो भन्ने जनविश्वास छ। त्यसैले यो पोखरीलाई यहाँ निकै पवित्र मानिन्छ। मान्छेको जन्मदेखि न्वारन, पास्नी, ब्रतबन्ध, विवाह हुँदै मृत्युसम्मका १६ संस्कारमा यहाँको जल नभई हुँदैन।, गंगासागर नजिकै छ, धनुषसागर पोखरी। यो पोखरीको कथा पनि त्रेतायुगसँग जोडिन्छ।, कथाअनुसार राजा जनकले आफ्नी छोरी सीताको विवाह त्यो व्यक्तिसँग गरिदिने संकल्प गरेका हुन्छन्, जसले हजारौं वर्षअघि भगवान शिवले जनकपुरमा छाडेको धनुष उचालेर त्यसमा ताँदो चढाउन सक्छ।, थुप्रै सूरवीरहरू सीतासँग विवाह गर्ने लालसामा धनुष उचाल्न आउँछन् तर भएभरको बल लगाउँदा पनि डेग हल्लाउन सक्दैनन्।, अयोध्याका राजकुमार राम भगवान शिवको धनुष उचाल्न मात्र सफल हुँदैनन्, त्यसमा ताँदो चढाएर बाण हान्न खोज्दा उनको हातैमा धनुष तीन टुक्रा हुन्छ। ती तीन टुक्रामध्ये एउटा टुक्रा स्वर्गलोक पुग्छ, दोस्रो पाताल पुग्छ र तेस्रो टुक्रा मिथिलामै रहन्छ।, धनुषको जुन टुक्रा पाताल पुग्यो भन्ने कहावत छ, त्यो पाताल अन्त कहीँ नभएर धनुषसागर नै भएको विश्वास गरिन्छ।, ‘रामले भाँचेको धनुषको दाहिने भाग आकाशमा गएको थियो, जुन अहिले भारतमा पर्ने रामेश्वरमको समुद्रमा तैरिइरहेको अवस्थामा भेटिन्छ। त्यही भएर धनुषाधाम दर्शन गर्न नसक्नेले रामेश्वरम दर्शन गर्दा यहाँ आएजत्तिकै धर्म कमाउँछन् भन्ने विश्वास छ,’ धनुषाधामका पुजारी भरत दास भन्छन्, ‘धनुषको देब्रे भागको टुक्रा पातालमा खस्यो, जुन जनकपुरमा रहेको धनुषसागर पोखरी हो। बीचको टुक्रा भने यहीँ धनुषाधाममै छ।’, गंगासागर र धनुषसागर पोखरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, परशुराम पोखरी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, अब हामी जनकपुरको तेस्रो महत्वपूर्ण पोखरीको कुरा गरौं, जसलाई परशुराम कुण्ड वा परशुराम ताल भनिन्छ। यो पोखरीको कथा पनि त्यही शिवजीको धनुषसँग जोडिन्छ।, किम्बदन्तीअनुसार भगवान शिवले आफ्नो धनुषको सुरक्षा जिम्मा ऋषि परशुरामलाई दिएका थिए। त्यसैले रामले धनुष भाँचेको थाहा पाएपछि परशुराम रिसले चूर भएर जनकपुर आइपुग्छन्। रिसको परिणाम कहिल्यै राम्रो हुँदैन भन्ने बुझेका परशुराम आफ्नो रिस शान्त पार्न एउटा पोखरीमा तपस्या गर्छन्। पोखरीमा तपस्या गरेपछि बल्ल उनको रिस शान्त हुन्छ।, यसरी परशुराम ऋषिले रिस शान्त पार्न तपस्या गरेको भएर यो पोखरीलाई परशुराम ताल वा पोखरी भनिएको विश्वास गरिन्छ।, एकदिन हामी रिपोर्टिङ क्रममा परशुराम पोखरी गएका थियौं। त्यहाँका महन्त राधामोहन दासले हामीलाई अर्को कथा पनि सुनाए, जुन अघिल्लोभन्दा फरक छ।, यो कथाअनुसार एकदिन आफ्नो बुवाको आग्रहमा परशुरामले आफ्नी आमाको हत्या गर्छन्। बुवाले आज्ञापालन गरेको खुसीमा परशुरामलाई वरदान माग्न भन्छन्। वरदानमा परशुराम आफ्नी आमाको जीवनदान माग्छन्।, परशुरामका बुवाले ‘तथास्तु’ भनेपछि उनकी आमा जीवित हुन्छिन्। तर आमा मारेको पाप पखाल्न उनी पोखरीमा स्नान गर्न आउँछन्।, ‘परशुरामले पाप पखाल्न स्नान गरेकाले यो पोखरीलाई परशुराम पोखरी भनिएको हो,’ महन्त राधामोहनले भने।, परशुराम पोखरीमा जितिया र छठ पर्वको चार दिनपछि एकादशीमा ठूलो मेला लाग्छ। करिब चार बिघामा फैलिएको यो पोखरीमा हामी पुग्दा सौन्दर्यीकरणका नाममा शिवलिंग, ठूलो कमलको फूल, पुल लगायत संरचना बन्दै थिए।, अब हामी पौराणिक कथाबाट आजभन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरमा फर्कौं।, सत्रौं–अठारौं शताब्दीमा दुई जना साधु चतुर्भुज गिरी र सुरकिशोर दास जनकपुर आएपछि अन्य साधु पनि सीताको जन्मभूमि पछ्याउँदै जनकपुरधाम आएका थिए। त्यही क्रममा भगवान रामको जन्मदिन पारेर रामरहुनाथ दास भन्ने साधु बंगालबाट धनुष सर (पोखरी) आए। उनले चतुर्भज गिरीका चेलाहरूले बनाएको झुपडीनजिकै आफ्नो पाल टाँगे।, एकदिन उनी जंगलमा हिँडिरहेका थिए। धनुष पोखरीबाट उत्तर–पश्चिमतिरको पोखरीमा उनले केही गरगहना टल्किरहेको देखे। उनी जब ती गरगहना टल्किरहेको ठाउँतिर अघि बढे, जंगलका बाघहरू उनलाई देखेर गर्जन थाले।, रामरहुनाथ दास बाघसँग डराउँदैनन्। उनी नडराएको देखेपछि बाघहरूले पनि उनलाई झम्टने आँट गर्दैनन्।, रहुनाथले गहना टल्किरहेको ठाउँमा पुगेर राम्ररी हेर्छन्। त्यहाँ राजा जनकको खजानागृह रहेको पत्ता लाग्छ। त्यसपछि उनले नै त्यो पोखरीलाई रत्नसागर नाम दिन्छन्।, रामरहुनाथ दास त्यहीँ खरको सानो झुपडी बनाएर आफ्नो बाँकी जीवन बिताउँछन्।, त्यस्तै, राम दास भन्ने अर्का एक साधु थिए, जसले भारतको सीतामढीमा दिक्षा पाएका थिए। रामको राज्य अयोध्या, प्राचीन मिथिला र हनुमानको वासस्थान पत्ता लगाउने क्रममा साधुहरूले सीता जन्मिएको ठाउँ पनि फेला पारेका थिए। त्यो ठाउँ जनकपुरबाट ३२ माइल दक्षिण–पश्चिममा पर्ने सीतामढीमा रहेको विश्वास गरिन्छ।, सीता जन्मिएको ठाउँ फेला परेपछि धेरै साधुहरू त्यहाँ आफ्नो कुटी बनाएर बसेका थिए। तिनैमध्येका राम दास साधु सीतामढीबाट राजा जनकको दरबारनजिक बस्न जनकपुरधाम आउँछन्।, एकदिन उनी दरबारको पश्चिमतिर हिँडिरहेका हुन्छन्। त्यहाँ उनले अस्तव्यस्त पोखरी फेला पार्छन्। त्यो पोखरीको पानी धमिलो हुन्छ। किनारमा झारहरू उम्रिएका हुन्छन्। राम दासले त्यो पोखरी सीता कुण्ड भएको र हरेक बिहान त्यहाँ नुहाइधुवाइ गरेर सीता राजपुरोहित सतानन्दको आश्रममा संस्कृत सिक्न जान्थिन् भन्ने पत्ता लगाउँछन्। त्यसपछि उनी पोखरीको उत्तरी किनारमा कुटी बनाएर बस्न थाल्छन्। , राम दासभन्दा धेरै वर्षअघि एक अदृश्य प्राणी उक्त पोखरीमा आएको कहावत पनि छ। त्यो अदृश्य प्राणीले पोखरीनजिक आफ्नो घर बनाउँछ। पछि जब राम दास पनि त्यहाँ बस्न आउँछन्, तब त्यो अदृश्य प्राणी राम दासको तपस्या भंग गर्न मौका कुरेर बस्न थाल्छ।, राम दासले सीतामढीबाट आउँदा आफ्नो साथमा ‘श्रीमद मिथिला महात्मय’ भन्ने धार्मिक किताब ल्याएका हुन्छन्, जसमा जनकपुर, सीताको जन्म र रामसँग सीताको विवाहको महिमा हुन्छ। उक्त महिमामा सीतालाई कसरी पुज्ने, के–के चढाउने लगायत पनि वर्णन गरिएको हुन्छ।, पोखरीनजिक बनाएको सानो कुटीबाट राम दास हरेक दिन किताबका खण्डहरू ठूलो स्वरमा बाचन गर्छन्। त्यो अदृश्य प्राणीले नित्य उनको बाचन सुन्न थाल्छ। जब उसले सीता यही पोखरीमा खेल्ने र नुहाउने गर्थिन् भन्ने थाहा पाउँछ, तब ऊ रामदासको तपस्या भंग गर्नु त टाढाको कुरा, आफैं डराएर त्यहाँबाट भाग्छ।, जसरी जनकपुरमा सीता नुहाउने र खेल्ने पोखरी छ, यहाँ धेरै पोखरी भगवान नुहाउने र खेल्ने कथासँग जोडिएका छन्। लक्ष्मण सागर त्यसैमध्ये एक हो, जहाँ लक्ष्मण नुहाउँथे र पहलमानी गर्थे भन्ने विश्वास गरिन्छ।, अर्को दशरथ तलाउ भन्ने पोखरी छ, जुन राजा दशरथलाई नुहाउन बनाइएको हो भन्ने भनाइ छ।, पोखरी नै पोखरीको सहर भनिने जनकपुरको आकाशबाट देखिने दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, मैथिली साहित्यका महाकवि विद्यापतिले चौधौं शताब्दीमा रचना गरेको ‘भूपरिक्रमा’ किताबमा पनि जनकपुरका केही पोखरीको उल्लेख पाइन्छ। उक्त किताबमा गंगासागर, सीता कुण्ड, दशरथ कुण्ड, विषहरि (बिसहरा) पोखरी, परशुराम कुण्ड लगायतको वर्णन छ।, भूपरिक्रमामा यी पोखरीको नाम उल्लेख हुनुले जनकपुरमा त्रेतायुगका पात्रहरू जनक, दशरथ, राम, सीता लगायतको चर्चा चौधौं शताब्दीका विद्यापतिको समयभन्दा धेरै पहिलेदेखि थियो भन्ने थाहा हुन्छ।, यिनै संकेत पछ्याउँदै सत्रौं–अठारौं शताब्दीमा साधुहरू जनकपुर खोज्न आएका थिए कि? के बेर!, जनकपुर नगरपालिकाले तयार पारेको ‘जनकपुर टाउन प्रोफाइल–२०४८’ अनुसार यहाँ जम्मा ५८ वटा धार्मिक पोखरी थिए। माछा पाल्ने र निजी गरेर ४० हेक्टर क्षेत्रफलमा फैलिएका ८२ पोखरी थिए। तीमध्ये २४.१ प्रतिशत ठिक अवस्थामा रहेको, ४३.१ प्रतिशत नराम्रो अवस्थामा रहेको र ३२.८ प्रतिशतले आफ्नो अस्तित्व नै गुमाइसकेको नगरपालिकाको प्रोफाइलमा उल्लेख छ।, अहिले जनकपुरका पोखरी र मन्दिरको विवरण राख्ने र अवस्था हेर्ने काम बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गर्छ। जनकपुरको सांस्कृतिक एवं धार्मिक पर्यटन विकास र सम्पदाहरूको संरक्षण गर्ने हिसाबले परिषद स्थापना गरिएको प्रशासन अधिकृत चिरञ्जीवी ढुंगाना बताउँछन्।, जनकपुरलाई ५२ कुटी र ७२ कुण्डको सहर भनिए पनि पछिल्लो समय निजी पोखरी बन्ने क्रम बढ्दै गएकाले पोखरीको संख्या त्योभन्दा धेरै भएको उनको भनाइ छ। सन् १९११ मा जनकपुरको जानकी मन्दिर निर्माण गर्दा नै कतिपय नयाँ पोखरी बनाइएको उनले जानकारी दिए।, ‘जनकी मन्दिर केही अग्लो भागमा छ। त्यति उचाइमा बनाउन धेरै माटो ल्याउनुपरेको थियो। माटो निकालेपछिका खाडलहरूमा कति पोखरी बने,’ उनले भने, ‘मडहा भन्ने पोखरी जानकी मन्दिरको भातको माड खन्याउन बन्यो। त्यस्तै, तेलहा भन्ने पोखरी जानकी मन्दिरको तेल हाल्ने नाममा बनेको थियो। जानकी मन्दिर निर्माणताका त्यस्ता धेरै पोखरी बनेका छन्।’, जति नयाँ पोखरी थपिँदै गएका भए पनि पौराणिक पोखरीहरू भने मासिँदैछन्। कति अतिक्रमणमा परेका छन् भने कति लुप्त भइसके।, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निकालेको प्रतिवेदन–२०६२ अनुसार यहाँका पौराणिक पोखरीमध्ये अहिले ४९ वटा बचेका छन्। ती पनि प्रशंसा गर्न सकिने स्थितिमा नरहेको प्रतिवेदनमा छ। पाँचवटा पौराणिक पोखरी त लोप नै भइसके।, प्रतिवेदनअनुसार ‘जनक सरोवर’ वडा नम्बर १, वकिल टोलमा थियो। यो पोखरीको विषयमा अहिले मुद्दा चलिरहेको छ।, त्यस्तै, ‘अमृत कुण्ड’ जनकपुर अञ्चल अस्पतालबाट दक्षिणतिर थियो। यहाँ अहिले बाक्लो बस्ती छ। ‘पयश्विनी सर’ (पोखरी) मानकी होटलको पश्चिमतिर थियो भने ‘बलदेव सर’ कन्या माध्यमिक विद्यालयको पूर्वमा थियो। पहिले पोखरी भएको ठाउँमा अहिले निजी घरहरू बनिसकेका छन्।, यति मात्र होइन, गोपाल धर्मशालादेखि पूर्वतिर ‘गोपाल पोखरी’ थियो। त्यो पोखरी पनि अहिले हराइसक्यो।, जनकपुरका पोखरी यसरी हराउनुका साथै अतिक्रमणको चपेटामा पनि उत्तिकै परेका छन्। तेलहा पोखरी, मडहा पोखरी, चन्द्रकुप पोखरी, रामसागर, मुरली सर, पुरन्दर सर, पाकवती सर, लक्ष्मण सर, पापमोचनी सर लगायत पोखरी अतिक्रमणको शिकार छन्।, पोखरीहरू लोप हुनु र अतिक्रमणमा पर्नुका पछाडि मठ–मन्दिर सञ्चालक र गुठीहरूले राम्ररी ध्यान नदिनु मुख्य कारण भएको परिषदका प्रशासन अधिकृत ढुंगाना बताउँछन्।, ‘कतिपयले पैसाका लागि पोखरी र मन्दिरका जग्गा बेचेका उदाहरण पनि छन्। हुन त कानुनले कुनै पनि बहानामा त्यस्ता सम्पदा बेच्न नपाउने भनेको छ। तर नियममा छिद्रा खोजेर सम्पदा बेच्ने प्रवृत्ति छ,’ उनले भने, ‘राम मन्दिर अगाडिको बगैंचा पनि व्यक्तिको नाममा गइसकेको थियो। हामीले थाहा पाएर रोकियो। यस्ता धेरै सम्पदा क्षेत्रका जग्गा थाहै नपाई बेचिएका छन्।’, चिरञ्जीवी ढुंगाना। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, जनकपुर सहरको परिचयमा पोखरीसँगै ५२ वटा कुटी पनि जोडिन्छ।, हामीले अघिल्लो अध्यायमा जनकपुर आएका साधुहरू कसरी विभिन्न मन्दिरका महन्त भए र कसरी उनीहरूका नाममा जग्गाहरू आए भनेर चर्चा गरेका थियौं। जुन साधुहरूका नाममा कुनै जग्गा थिएन, उनीहरू धेरैजसो पोखरीको डिलमा कुटी बनाएर बस्थे। जग्गावाला साधु र स्थानीयले दिएको खाना, चामल र पैसाका भरमा उनीहरूको गुजारा चल्थ्यो। पछि उन्नाइसौं शताब्दीतिर राज्यको जग्गामा बनेका कुटीमा सानो भवन वा मन्दिर बनाउन अनुमति दिइयो।, ‘सन् १८६१ मा पूर्वी तराईको भू–भागमा राजस्व नियमावली जारी गरिँदा भाडामा जग्गा लिने किसानहरूले आजीवन त्यो जग्गा उपभोग गर्न पाए। उक्त नियमावलीले साधुहरूलाई पनि आफू बसेको भूमिमा मन्दिर बनाउने छुट दियो,’ मानवशास्त्री रिचर्ड बरघर्टले आफ्नो किताब ‘द हिस्ट्री अफ जनकपुरधाम’ मा लेखेका छन्, ‘त्यसपछि ती साधुहरूले राज्यको जग्गा कम्तिमा आफू जीवित रहुञ्जेल र राज्यलाई राजस्व तिरूञ्जेल उपभोग गर्न पाउने भए।’, त्यतिखेर बनेका कुटीहरू अहिले मन्दिर वा सानो भवनका रूपमा छन्। धेरै कुटीका नाम भगवान र पोखरीको नामसँग जोडिएका छन्। श्री गंगासागर कुटी, श्री रामजानकी कुटी, श्री लक्ष्मणशरण कुटी, श्री सीता कुञ्ज लगायत यसका उदाहरण हुन्।, कतिपय कुटी जाति विशेष छन्। जस्तो– कलवार कुटी, मुसहर कुटी, श्री कुशवाहा कुटी, श्री सोनार कुटी आदि।, जनकपुर सहर निर्माण क्रममा जुन–जुन समुदायका मान्छे आए, उनीहरू आ–आफ्नो नाममा कुटी बनाएर बस्न थालेका थिए। यसै आधारमा जनकपुरलाई ५२ कुटीको सहर भनिए पनि कुटीको संख्या धेरै भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जनाएको छ।, यहाँ प्रश्न उठ्छ, जनकपुरमा कुटीहरू धेरै छन् भने किन ५२ कुटी मात्र भनियो होला?, यस विषयमा मानवशास्त्री बरघर्टले आफ्नो किताबमा लेखेका छन्, ‘५२ भनेको कुटीहरूको ठ्याक्कै संख्या नभई साधुहरूले एउटा शुभ अंकका रूपमा भनेको हुनुपर्छ। नेपाल राज्यमा जनगणना सुरू हुनुअघि ५२ लाख जन थियो भनेर भन्ने चलन थियो। त्यस्तै, वैष्णव र दसनामी सम्प्रदायका साधुहरूले पनि आफ्नो आध्यात्मिक कुलका रूपमा ५२ अंकलाई जोड्दै आएका छन्।’, जनकपुरमा कुटीहरू बन्ने क्रम कहिलेबाट सुरू भयो भनेर अध्ययन गर्दा मानवशास्त्री बरघर्टले एउटा बिन्तीपत्र फेला पारेका थिए। त्यो बिन्तीपत्र सीता कुण्ड कुटीका महावीर दासले नाम उल्लेख नभएका एक राणालाई पठाएका थिए। ती राणा सन् १८९५ मा जनकपुर भ्रमणमा आएका थिए।, बिन्तीपत्रमा लेखिएको छ, ‘मेरो बुवा जानकी दासले यहाँको मठाधीश अधिकार कमलशरणलाई दिएका थिए। कमलशरणले त्यो अधिकार मलाई लेखेरै दिनुभएको छ। त्यस हिसाबले सीता कुण्डको मठाधीश म हुँ। तर मटियानी मठका मठाधीश देव ठाकुरले आफू यहाँको मठाधीश हुँ भनेर मलाई थर्कायो र तरबारले काट्नेसम्मको धम्की दिँदै बलपूर्वक यहाँबाट निकाल्यो। मेरो मठ अहिले देव ठाकुरले अर्कैलाई दिइसक्यो जुन सरासर गलत हो। म यहाँको मठाधीश हुँ भन्ने प्रमाण मसँग छ। त्यस कारण मलाई न्याय गरियोस् महाराज। तपाईंले जे आज्ञा गर्नुहुन्छ, म मान्नेछु।’, जनकपुरमा रहेको एक कुटी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, जनकपुरमा रहेका साधुहरूसँग पहिले जग्गा भोगचलनको अधिकार थिएन। उनीहरू अस्थायी रूपमा बस्थे र ठाउँ परिवर्तन गरिरहन्थे। सीता कुण्ड कुटीका महावीर दासले लेखेको बिन्तीपत्रअनुसार सन् १८९५ मा साधुहरू कुटी बनाएर स्थायी बसोबास गर्न थालिसकेको देखिन्छ।, मानवशास्त्री बरघर्टले पनि सन् १८३१ मा पूर्वी तराईका लागि राजस्व नियमावली जारी हुनुअघि यहाँ कुनै कुटी थिएनन् भनेका छन्। नारायण दास नामक साधु आएपछि ५२ कुटीको अवधारणा सुरू भएको विश्वास गरिन्छ। उनी रत्नसागर पोखरीका मठाधीश थिए। उनी यहाँ सन् १८७६ तिर आएको मानिन्छ।, यस हिसाबमा बरघर्टले लेखेका छन्, ‘जनकपुरका मठाधीशहरूले नै ५२ कुटीको अवधारणा स्थापित गराएका हुन्। ती कुटीहरू सन् १८७० देखि १८८० तिर बनेको हुनुपर्छ। तर त्यति बेला ३५ वटाभन्दा बढी कुटी थिएनन्।’, सन् १७९३ मा राजा रणबहादुर शाहले लेखेको एउटा अभिलेख पनि फेला परेको छ। उक्त अभिलेखमा ‘जनकपुरका मठाधीशहरूले परमानन्द दासलाई जानकी मन्दिरको मठाधीश पद दिए र उनको निधारमा चन्दनको टीका लगाएर आशिर्वाद दिए’ भनिएको छ। त्यसमा ५२ कुटी भनेर उल्लेख छैन। यस आधारमा ५२ कुटीको अवधारणा त्यति बेलासम्म नआइसकेको बरघर्ट आकलन गर्छन्।, ‘कुटीहरूले गर्ने रितिथिति त जनकपुरमा पहिल्यै कायम थियो। ५२ कुटीको अवधारणा भने उन्नाइसौं शताब्दीपछि मात्र आएको हुनुपर्छ,’ उनले किताबमा लेखेका छन्।, जसरी बरघर्टले जनकपुरका ५२ कुटीलाई शुभ अंकका रूपमा राखिएको हुनसक्ने अनुमान गरेका छन्, जनकपुरका ७२ कुण्ड (पोखरी) पनि कुनै शुभ अंकसँग जोडेर भनिएको हुन सक्छ।, जे होस्, यी दुवै अंकसँग जनकपुरको विगत र वर्तमान गाँसिएको छ। यो संख्या घट्न नदिनु र संरक्षण गर्नु सबैको जिम्मेवारी हो।, जनकपुरमा पोखरीसँग जोडिएको एउटा उक्ति पनि छ-, पग–पग पोखैर माछ मखान,
मधुर बोल मुस्की मुख पान,
विद्या वैभव शान्तिक प्रतीक,
सरस क्षेत्र मिथिलांचल थिक, अर्थात्, मिथिला क्षेत्रमा पाइलैपिच्छे पोखरी, माछा र मखान पाइन्छ। यो मिथिलाको पहिचान हो। कथा शृंखलाको अर्को अध्यायमा आइतबार हामी मिथिलाका माछा, पान, मखान र अन्य खानाहरूको कथा भन्नेछौं।, तपाईंहरू पनि हामीसँग जनकपुरका परिकारहरूको स्वाद चाख्न आइतबार आउनुस् है!, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर,
जनकपुरका ५२ कुटी र ७२ कुण्ड |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दवन सामुदायिक वन क्षेत्रको करोडौं मूल्य पर्ने पौने तीन बिघा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउने भूमाफियाको गिरोहले रूपन्देहीका अन्य स्थानका सार्वजनिक जग्गाको पनि लालपुर्जा बनाएको पाइएको छ।, तिलोत्तमाको शंकरनगरका शान्तकुमार कार्की र रञ्जना थापा क्षेत्रीले वडा नं ६, हरपुरमा पर्ने साविक आनन्दवन ७ ख को कित्ता नं १४० को २ बिगाह ६ कट्ठा र कित्ता नं १४३ को ११ कट्ठा पौने १० धुर गरी जम्मा २ बिघा १७ कट्ठा पौने १० धुर सार्वजनिक जग्गाको धनीपुर्जा बनाई बिचौलियामार्फत् बिक्रीको तयारी गरेका थिए। , कार्कीले बिक्रीको तयारी गरेको अवस्थामा मालपोत कार्यालयले नियन्त्रणमा लिएको थियो। फेरि बुटवल उपमहानगरपालिका– ११ मा अर्कैले भोगचलन गरेको जग्गा कार्कीले लालपुर्जा बनाएर बेचबिखन गर्न लागेको फेला परेको छ।, मालपोत र नापी कार्यालयको मूल स्रेस्तामा आकडा उल्लेख भएको उत्तल जग्गा २०३८ सालदेखि प्रेमदेवी थापाले भोगचलन गरेकी थिइन्। , कार्कीको नाममा बनाएको सोही जग्गाको लालपुर्जा लिएर मालपोत कार्यालय बुटवलको कम्प्युटरमा इन्ट्री गर्न चलखेल गरिरहँदा फेला परेको हो।, कार्कीले बुटवल उपमहानगरपालिका–११, साविक ९ ग को कित्ता नं १ र २ को करिब १ बिगाह १३ कट्ठा ४ धुर र कित्ता नं ५५४० को ८ धुर समेतको लालपुर्जा बनाएर तिरो लगायतका भूमिकर समेत बुझाएको पाइएको छ।, मालपोत कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत उपेन्द्र पौडेलले ती कित्ताहरूको जग्गाधनी पुर्जाको अभिलेख कार्यालयमा नभएको र भूमाफियाहरूले बाहिर नै पुर्जा तयार गरेको हुनसक्ने बताए।, कार्कीले गत असोज ९ गते वडा कार्यालयमा उक्त तीन वटै कित्ताको २ लाख ७२ हजार २९२ रुपैयाँ राजस्व जम्मा गरेको अभिलेखमा देखिन्छ। , मालपोत कार्यालयले भने कार्कीको नाममा उक्त जग्गाको कुनै अभिलेख नदेखिएको जनाएको छ।, जग्गाको जोतभोग गर्दै आएकी प्रेमदेवी थापाले बिचौलियाहरूले लालपुर्जा बनाएर २ करोड रुपैयाँ दिन्छौँ जग्गा छोडदिनुहोस् भनेको बताइन्। , उनले भनिन्, ‘एकदिन मेरो छोरालाई लगेर लालु खड्का भन्ने मान्छेले जग्गाको लालपुर्जा बनाइसक्यौं, अब २ करोड रुपैयाँ लिनुहोस् भनेको रहेछ। त्यो सुन्दा त म छांगाबाट खसेजस्तै भएँ।’ , हाल उक्त जग्गाको मूल्यांकन ३० करोड रुपैयाँसम्म हुन्छ। , प्रेमदेवीले आफूले जोतभोग गरेको जग्गाको लालपुर्जा शान्तकुमार कार्कीको नाममा बनेको थाहा पाएपछि मालपोत कार्यालय पुगेर उक्त लालपुर्जा बदर गर्न निवेदन दिएको बताइन्।, उनका अनुसार उक्त जग्गा उनका श्रीमानले २०३६ सालमा घरसारमा कागज गरेर लिएका हुन्। २०३८ सालमा आएको बाढीले क्षति पुर्याएको र फेरि खनजोत गरेको उनले बताइन्। , उनले गुनासो गरिन्, ‘अहिले आएर कहिले कसले मेरो पनि हक लाग्छ भन्छ, कहिले कसले लालपुर्जा बनायौँ भन्छ। म एकल महिलाले जोगाएर राखेको जग्गा सबै मिलेर खाइदिन लागे।’ , प्रेमदेवीका अनुसार २०३६ सालअघि भोगचलन गर्दै आएका दलबहादुर क्षेत्रीका छोराहरू मुक्तबहादुर क्षेत्री र ताराबहादुर क्षेत्रीले २०७५ सालमा जग्गामा हकदाबी गर्दै किचलो गरेपछि उक्त जग्गा पेमादेवी र दलबहादुरका दुई भाइ छोराहरूले आधाआधा बाँडेर भोगचलन गर्ने सहमति गरेका थिए।, बुटवल उपमहानगरपालिका–११ का वडा सदस्य नहकुल शाहीको रोहवरमा घरसारमा गरेको कागजमा स्थानीय वसन्तबहादुर थापा, टोपलाल भुसाल, नरबहादुर केसी, सुमनप्रताप जवरा र शिवलाल न्यौपानेले साछीको रूपमा हस्ताक्षर गरेका छन्।, नरबहादुर केसीले बुटवलका अधिकांश आकडा जग्गाका भोगचलन गर्नेहरू खोजी गर्दै जग्गाको लालपुर्जा बनाउने सघाउने गरेको स्थानीयवासीहरूको भनाइ छ। , तिनै नरबहादुरको सहयोगमा चक्रपाणि भण्डारीको बुटवल उपमहानगर–१२ मा रहेको जग्गा समेत खगेन्द्र घर्ती मगरको नाममा लालपुर्जा बनेको खुलेको थियो।, , बुटवलका प्रमुख मालपोत अधिकृत पौडेलले भने, ‘ती तिनवटै कित्ता उल्लेख भएको जग्गा आकडा जग्गा हो। मालपोत कार्यालयमा मोठ र कम्प्युटरमा कसैको नाम उल्लेख छैन तर एकैपटक वडामा राजस्व बुझाएको पाइयो।’ , उनका अनुसार कार्कीले बक्यौता रकम भन्दै आर्थिक वर्ष २०७२/७३ देखि २०७९/८० समेतको गरी बुटवल उपमहानगरपालिकाको वडा कार्यालयमा एकैपटक रकम दाखिला गरेको देखिएको छ। यसबारे थप अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। , वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले लालपुर्जा सहित भूमिकर तिर्न आएपछि वडाले कर लिएको बताए। २०७२ सालको मितिको लालपुर्जा पेश गरेर शान्तबहादुर कार्कीले भूमिकर तिरेको क्षेत्रीले बताए। , , , ,
बुटवलमा फेरि साढे एक बिघा जग्गामा भूमाफियाको चलखेल |
युनिक श्रेष्ठ अवैध रूपमा गैंडाको शिकार गरी खाग ओसारपसार गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैंडाको शिकार गर्नेदेखि बेचबिखनमा संलग्न १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सञ्जयसिंह थापाले जानकारी दिए। , सिआइबीले 'अपरेसन रुट टू रूट (route to root)' सञ्चालन गरी १५ जनालाई पक्राउ गरी घटनाबारे सार्वजनिक गरेको हो।, यो अपरेसन गत पुस १९ गते प्रहरीले विशेष सूचना पाएपछि सुरू भएको थियो।, काठमाडौंमा अवैध रूपमा संरक्षित वन्यजन्तुको अखेटोपहारको ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएपछि सिआइबीबाट एउटा टोली खटियो। , उक्त टोलीले काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट दुई जनालाई पक्राउ गर्यो। उनीहरू झापा घर भई भद्रपुर नगरपालिका-१० बस्ने ४५ वर्षीय इन्द्रमणि आचार्य र कोहलपुर नगरपालिका-११ की ४१ वर्षीया जमुनाकुमारी शर्मा थिए।, एसपी थापाका अनुसार उनीहरूलाई खाग बेच्न बजार खोज्ने जिम्मा दिइएको थियो। बजार खोज्ने क्रममा उनीहरू पक्राउ परे। उनीहरूबाट प्रहरीले एउटा गैंडाको खाग पनि बरामद गरेको थियो। उक्त खाग ५२२ ग्रामको छ।, प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि पुस २० गते डिभिजन वन कार्यालय हात्तीसारमा बुझाएको थियो।, यता सिआइबीको टोलीले पनि कार्यालयसँग समन्वय गरी अनुसन्धान जारी राखेको थियो। , इन्द्रमणि र जमुनासँग प्रारम्भिक सोधपुछ गरी यसमा संलग्न रहेका थप व्यक्तिहरूको पहिचान खुलाएर पक्राउ गरेको सिआइबीले बताएको छ।, अनुसन्धानकै क्रममा यसमा संलग्न रहेको भन्दै माघ १२ गते थप तीन जनालाई प्रहरीले पक्राउ गर्यो। काठमाडौं सीतापाइलाबाट ६२ वर्षीय बाबुलाल भट्टराई, ३६ वर्षीय प्रताप चौधरी र गोंगबुबाट ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटालाई पक्राउ परेका थिए।, इन्द्रमणि र जमुनालाई खाग बेच्न यिनै तीन जनाले दिएका थिए। , बाबुलाल, प्रताप र गजाधरले भने उक्त खाग भोजपुर घर भई काठमाडौंको चाबहिल बस्ने ४५ वर्षीय डम्बरकुमार आलेमगरबाट लिएका थिए। माघ २० गते सिआइबीले डम्बरकुमारलाई पनि ललितपुरको लगनखेलबाट पक्राउ गर्यो।, त्यही दिन हात्तीसारबाट गोरखाका ४७ वर्षीय दानबहादुर राना र जमलबाट स्याङ्जाका ४६ वर्षीय निर्मल शाहीलाई पनि सिआइबीले पक्राउ गरेको थियो। , उनीहरूलाई पक्राउ गरेपछि फेरि थप तीन जनाको संलग्नता रहेको खुलेको एसपी थापाले जानकारी दिए। , स्याङ्जा, वालिङ नगरपालिका-८ की हरिमाया राना, चितवन, भरतपुर महानगरपालिका-८ की कमला तामाङ र इच्छाकामना गाँउपालिका-७ सुन्दरबस्तीका वीरमान वाइबाको संलग्नता रहेको खुल्यो। , प्रहरीले हरिमायालाई स्याङ्जाबाट माघ २२ गते पक्राउ गर्यो।, 'कमला र वीरमानसँग खाग लिएर डम्बरको समूहले बाबुलालको समूहलाई दिएको थियो,' एसपी थापाले भने, 'कमलाको चिनजान निर्मलसँग हरिमायाले गराइदिएकी थिइन्। हरिमायाले खागको तस्बिर पठाएर मोलतोल पनि गरेको देखियो।', हरिमायालाई पक्राउ गरेपछि सिआइबीले माघ २४ गते भरतपुरबाट सम्झना चेपाङ भन्ने कमला तामाङलाई पनि पक्राउ गर्यो। उनलाई पक्राउ गरेसँगै प्रहरी शिकारीसम्म पुग्न सफल भएको हो। , कमलासँग सोधपुछ गरी भोलिपल्टै थप पाँच जनालाई पक्राउ गर्यो जसमा शिकारीहरू पनि थिए। , पक्राउ पर्ने थप पाँच जनामा चितवनका ३९ वर्षीय राजु भन्ने सोमबहादुर चेपाङ, ३० वर्षीय तुलसी चेपाङ, ३९ वर्षीय वीरमान वाइबा, ३० वर्षीय राधाकृष्ण चेपाङ र ५२ वर्षीय आइतबहादुर तामाङ थिए।, यही समूहले चितवनमा गैंडा मारेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए।, उनीहरूले चितवनको कालिका नगरपालिका-१ चतुरमुखी सामुदायिक वन उपभोक्ता समूह चथा भरतपुर महानगरपालिका-११ को नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सिमानामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैंडा मारेका थिए। गैंडा मारेर उनीहरूले खाग काटेर लगेको एसपी थापाले बताए। , 'उनीहरूले गैंडाको खाग काटेर केही दिन त्यहीँ कालिका-९ शेरवासमा लुकाएर राखे। त्यसपछि बेच्नका लागि सोमबहादुरले कमलालाई दिए,' उनले भने, 'कमलाले पनि गैंडाको खागको तस्बिर खिचेर हरिमायालाई पठाइन्। हरिमायाले त्यसपछि निर्मललाई फोटो पठाएको पायौं।', त्यसपछि खाग काठमाडौं ल्याएर बेच्न कमलाले वीरमानसँग योजना बनाएकी थिइन्।, उनीहरू खाग बोकेर मंसिर १ गते मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौं आएका थिए। काठमाडौंमा उनीहरूले निर्मललाई उक्त खाग दिए। खागलाई २० लाख रूपैयाँमा बेच्ने उनीहरूले सहमति गरेको पनि प्रहरीले जनाएको छ। , यसरी उनीहरूले खाग बिक्री गर्नका लागि बजार खोज्न इन्द्रमणि र जमुनालाई जिम्मा दिए। तर उनीहरूले बेच्न लग्नुअघि नै प्रहरीले पक्राउ गरेको हो। , यसमा प्रहरीले मूल जरोसम्म संलग्न रहेका व्यक्तिहरूलाई नै पक्राउ गरेको दाबी गरेको छ। उनीहरूलाई प्रहरीले डिभिजन वन कार्यालय हात्तीसारमा बुझाएको छ। यसबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।,
यसरी पक्राउ परे गैंडा शिकार गरी खाग बेच्न खोज्ने १५ जना |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।, थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको एक अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।, ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको बताइएको छ।, उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।,
थाई स्माइलका कर्मचारीसँगको अडिओ भेटिएपछि त्रिभुवन विमानस्थलका प्रमुख ठाकुर निलम्बनमा |
सेतोपाटी संवाददाता अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पोखरा- १९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो।, परियारले अमेरिकामा बस्ने एक जना नेपालीको फेसबुक ह्याक गरी एक जना साथीलाई सहयोग गर्न भन्दै म्यासेज पठाएका थिए।, उनले सहयोग रकम जम्मा गर्न भन्दै नेपालकै बैंकको खाता नम्बर पनि दिएका थिए।, ती साथीले उनले दिएको खातामा ५० हजार रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिएका थिए।, पैसा पठाएको तीन-चार दिनसम्म उताबाट कुनै प्रतिक्रिया नआएपछि के भएछ भनेर साथीका आफन्तलाई सम्पर्क गर्दा फेसबुक ह्याक भएको तथ्य खुलेको थियो।, त्यसपछि पीडितले ब्युरोमा निवेदन दिएका थिए। , ‘अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा उक्त प्रोफाइल ह्याक गरी सोही प्रोफाइलमार्फत सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरूमा रकम पठाउन लगाउने कार्यमा परियार संलग्न रहेको देखियो,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने।, जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद लिएर परियारमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।,
अमेरिकामा बस्ने नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ |
रासस सडक विभागले काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ। , हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारी साधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो।, विदेशी विज्ञ बोलाएर ५० देखि ५५ चोकमा नयाँ किसिमका ट्राफिक बत्ती जडान गर्न छलफल गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। , उनका अनुसार विभागले त्यसका लागि मूल्यांकन गरेर डिजाइन तयार गरिसकेको छ।, उनले भने, ‘छिट्टै नै खरिद प्रक्रियामा जाने योजना रहेको छ।’, नयाँ प्रणालीमा एउटा कन्ट्रोल रूममा बसेर आवश्यकताअनुसार कुन बत्तीको समय बढाउने कुनको घटाउने भनी गर्न सकिने महानिर्देशक थापाले बताए। , हाल सञ्चालनमा रहेका बत्तीमा ट्राफिक प्रहरीले समय परिवर्तन गर्न मिल्दैन।, उनले भने, ‘एउटा दिशाबाट धेरै गाडी आयो भने ट्राफिक प्रहरीले परिवर्तन गर्न सक्दैन, ट्राफिक प्रहरीले अप्ठ्यारो हुँदा बन्द नै गर्दै आउनुभएको छ।’ , काठमाडौंका सडकमा जडान भएका ट्राफिक बत्तीको प्रणाली अहिले बजारमा नपाउने हुँदा नयाँ जडान गर्न आवश्यक रहेको विभागले जनाएको छ।, झण्डै १० चोकमा ट्राफिक बत्तीमा समस्या आएको र मर्मतका लागि आवश्यक सामग्री नपाइएपछि मिल्ने किसिमका अरू सामग्री राखेर चालू गरिएको उनले बताए। , अहिले छुट्टाछुट्टै व्यवस्था गर्ने प्रणाली (आइसोलेटेड कन्ट्रोल सिस्टम) हुँदा माइतीघरको कन्ट्रोलबाटै र सिंहदरबार अगाडिको नियन्त्रण त्यहीँबाट गर्नुपरेकाले समस्या रहेको छ।, अन्तर्राष्ट्रिय बजारमा ५/१० वर्षमा नयाँ प्रणली आउने हुँदा विभागले पनि नयाँ/नयाँ ल्याउन आवश्यक रहेको महानिर्देशक थापाले बताए। , सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएको विभागले जनाएको छ। उपत्यकाका पालिका र वडा कार्यालयले पनि आश्यकताका आधारमा बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ। चालू आवमा कलंकी, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको थियो। उपत्यका बाहिर भने थोरै सहरमा मात्रै ट्राफिक बत्ती रहेका छन्।,
उपत्यकामा ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने तयारी |
सेतोपाटी संवाददाता शुक्रबार भक्तपुरमा भएका दुइटा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दिउँसो अन्दाजी २ बजे चागुँनारायण- ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित दुर्घटना भएको थियो।, दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा काठमाडौं शंखरापुर नगरपालिका-५ पालुवारी बस्ने ४० वर्षीय शंखर भोलोन तामाङ छन्। , गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुस्मा मेमोरियल अस्पताल साँखु लगिएको थियो। उनको उपचारको साढे तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार शव पोस्टमर्टमका लागि भक्तपुर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।, तामाङले चलाएको मोटरसाइकल सडकबाट १५/२० मिटर तल खसेको थियो।, त्यस्तै भक्तपुरमै शुक्रबार अर्को पनि दुर्घटना भएको छ। अपराह्न चार बजेतिर सूर्यविनायक- ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नम्बरको स्कुटर ठोक्किएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।, स्कुटरले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनकुटा खोलीखर्क गाँउपालिका- ७ घर भई हाल चाँगुनारायण- २, झौखेल ३९ वर्षीया ओमकुमारी श्रेष्ठ छन्।, गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा सवा चार बजेतिर उनको मृत्यु भएको हो।, प्रहरीले दुवै सवारीसाधन र बस चालक भक्तपुर-२ इताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरूलाई नियन्त्रणमा लिएको जनाएको छ।,
भक्तपुरमा दुइटा दुर्घटना, मोटरसाइकल र स्कुटर चालकको मृत्यु |
नवीनबाबु गुरूङ काठमाडौंको त्रिचन्द्र क्याम्पसका भवन पुनर्निर्माणको काम सुरू भएको छ।, जीर्ण भइसकेको क्याम्पस भवन पुनर्निर्माणको काम धमाधम अघि बढाइएको हो।, ३४ करोड ६७ लाख लगानीमा दुई वर्षभित्र सक्ने गरी भवन पुनर्निर्माणको काम अघि बढाइएको हो।, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भवन पुनर्निर्माणको काम अघि बढाएको हो।, भवन जीर्ण भएकोले पुनर्निर्माण गर्न विद्यार्थीहरूले पटक/पटक प्रदर्शनसमेत गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।, तस्बिरहरू:,
यसरी गरिँदैछ त्रिचन्द्र क्याम्पस पुनर्निर्माण (तस्बिरहरू) |
मन्दिरा घिमिरे महिनावारीका कुरा, रंगकर्मी सिर्जना सुब्बाले पहिलोपटक महिनावारी भएको कुरा घरमा ६ महिनासम्म लुकाएर राखिन्। घरमा समेत कसैलाई थाहा दिइनन्।, उनलाई लाग्थ्यो— महिनावारी लाज र डरको विषय हो!, मोरङको उर्लाबारीमा जन्मिएकी सिर्जनाले महिनावारीलाई त्यसरी बुझ्नुका पछाडि कारण छ।, उनी पहिलोपटक महिनावारी हुनुभन्दा एक वर्ष अगाडिको कुरा हो।, 'स्कुलमा हुँदा एक जना साथीले पहिलोपटक महिनावारी भएको थाहा पाइन,' उनले सेतोपाटीसँग त्यो पलको स्मरण गर्दै भनिन्, 'बेन्चभरि रगत लागेछ। अनि कक्षामा सबैले खासखुस कुरा गरेपछि उसलाई अप्ठ्यारो भएको थियो। त्यसपछि ऊ एक हप्तासम्म पनि कक्षामा आइन।', यो घटना उनको दिमागमा गहिरो गरी बस्यो। आफू महिनावारी हुँदा यस्तै हुने हो कि भनेर सिर्जना एक वर्षसम्म डराइरहिन्। , जब रजस्वला भइन्, उनलाई लाज पनि भयो।, 'महिनावारी भएपछि छोरी ठूली भई भन्थे। घरमा पनि भन्न लाज भयो,' उनले भनिन्।, लाज र डरकै कारण उनले लुकाइरहिन्। ६ महिनापछि बल्ल आमालाई सुनाइन्। यो पनि उनले आफैं सुनाएकी होइनन्।आमाले उनलाई बेलाबेला 'तेरो महिनावारी हुनपर्ने बेला भयो त' भनेर सोधिरहन्थिन्। यसको जवाफमा अरू बेला झुट भन्दै आएकी उनले त्यो दिन भइसक्यो भनिन्।, त्यो बेला उनी कति वर्षकी थिइन्, उनलाई यकिन छैन। , '५ कक्षामा पढ्थेँ। पहिलोपटक महिनावारी हुँदा स्कुलमै थिएँ,' उमेरले साढे तीन दशक पार गरेकी सिर्जनाले भनिन्, 'महिनावारी भएको थाहा पाइहालेँ। अनि सन्चो छैन भनेर खाजा खाने समयभन्दा अगाडि नै घर गएँ।', त्यति बेला महिनावारी भएँ भनेर स्कुलमा भन्न सक्ने वातावरण थिएन। महिनावारीलाई ठूलो र लाजको कुरा मानिन्थ्यो। समाजले बनाएका यिनै चलनमा सिर्जना पनि हुर्केकी थिइन्। त्यसैले खुसुक्क घर गएर उनले प्याड (टालो) बनाएर लगाउन खोजिन्। सुरूमा त कसरी लगाउने भनेर अलमल परिन्।, 'कपडा कसरी लगाइन्छ भनेर थाहै थिएन,' उनले भनिन्, 'ठूलो मान्छ र साथीहरूलाई सोध्न पनि सकिनँ। सफा कपडा लगाउनुपर्छ भन्ने चाहिँ थाहा थियो। अन्दाजको भरमा लगाएँ।', उनी पहिलोपटक महिनावारी भएको दुई-तीन महिनापछि मात्रै अर्कोपटक महिनावारी भइन्। त्यस बेला उनी आत्तिइनन्। फुपूहरूका कुरा सुनेर पहिलोपटक महिनावारी भएपछि केही समय नहुने र पछि फेरि हुने थाहा पाएकी थिइन्।, 'कति दिनमा महिनावारी हुन्छ भन्ने त आमा र दिदीहरूले कुरा गरेका बेला सुनिन्थ्यो। तर अरू जिज्ञासा सोध्न सकिँदैन थियो,' उनले भनिन्, 'कसलाई कत्तिको गाह्रो हुन्छ, किन गाह्रो हुन्छ, गाह्रो हुँदा के गर्नुपर्छ भनेर पनि कुरा हुँदैन थियो।', अहिले आएर सम्झिँदा यी कुराबारे खुलेर कुरा गर्नुपर्ने थियो भन्ने उनलाई लाग्छ। जति लुकायो, महिनावारी त्यति नै ठूलो र खुलेर कुरा गर्न नहुने विषय रहेछ भनेर मान्छेले सोच्न थाल्छन्।, स्कुलमा शिक्षकले स्वास्थ्य शिक्षा पढाए पनि महिनावारीबारे मात्रै छुट्टै कुरा भएन। स्वास्थ्य र शारीरिक शिक्षाका अरू पाठ पढाउँदा पनि शिक्षकहरू नै लजाएको उनले देखेकी छन्। महिनावारीबारे विस्तृत ज्ञान नदिएकैले धेरै किशोरीले अनावश्यक तनाव र समस्या झेल्नुपर्ने हुन्छ।, 'हामीलाई पहिलोपटक महिनावारी हुँदा के गर्ने कसो गर्ने थाहा हुँदैन थियो,' उनी भन्छिन्, 'अहिले यस्तो छैन।अहिले स्कुलदेखि साथीभाइ र परिवारमा पनि खुलेर कुरा हुन थालेको छ। सोध्न सकिएन भने पनि इन्टरनेटमा हेरेर सबै सूचना लिन सकिन्छ।', जनजाति समुदायमा जन्मिएकी सिर्जना घरकी जेठी छोरी हुन्। उनका दुई भाइ छन्। महिनावारी हुँदा उनको समुदायमा बार्ने र छोइछामा कडा थिएन। सांस्कृतिक भिन्नताका कारण यस्तो भएको उनी अनुमान गर्छिन्।, 'महिनावारी सामान्य कुरा होइन। हामी सृष्टि चलाइरहेका छौं। तर सँगै यो एकदमै सामान्य रूपमा लिनुपर्ने कुरा हो,' उनी भन्छिन्, 'महिनावारीकै कारण केहीमा बाधा हुन हुँदैन।', महिनावारी भएको बेला गह्रुँगो काम गर्न मुश्किल हुन्छ। अहिलेजस्तो सहज जमाना नभएकाले पहिले बार्ने चलन लगाइएको अनुमान उनी गर्छिन्। तर अहिले पनि बार्ने नाममा छोइछिटो गर्ने, बोटबिरूवादेखि खानेकुरासम्म छुन नहुने, जुनसुकै अवस्थामा नुहाउनै पर्ने र योसँग जोडिएका अरू कुचलनलाई निरन्तरता दिन नहुने उनको भनाइ छ।, 'बोटबिरूवालाई छोयो भने कुहिन्छ, फल झर्छ भन्ने भ्रम छ,' उनले भनिन्, 'खै हामीले छोयौं त। केही भएन।', सामान्य बेलाभन्दा महिनावारी बेला सरसफाइमा अलिकति बढी ध्यान भने पुर्याउनुपर्छ। महिनावारी भएका महिलाहरू यसमा आफैं सजग हुन्छन्।, सिर्जनालाई महिनावारी बेला शारीरिक रूपमा अलि कठिन हुन्छ। मुडमा पनि असर परिरहेको हुन्। झिँजो लाग्छ, नरिसाउने कुरा पनि रिसाउँछिन्। पहिले किन यस्तो भएको होला भन्ने उनलाई थाहा थिएन। पछि भने उनले 'पिएमएस' बारे थाहा पाइन्।, पिएमएस (प्रि–मेन्सट्रुअल सिन्ड्रम) भनेको महिनावारीअघि हुने सामान्य प्राकृतिक परिवर्तन हो। महिनावारी हुनुभन्दा एक वा दुई साताअघि देखिने शारीरिक र भावनात्मक परिवर्तनका लक्षणलाई 'पिएमएस' भनिन्छ। अनुहारमा दाग वा डन्डिफोर आउनु, थकाइ लाग्नु, निन्द्रा बिग्रिनु, शरीर दुख्नु, चिडचिडापन बढ्नु र मुड परिवर्तन हुनु महिनावारीअघिका सामान्य लक्षण हुन्। यी लक्षण हरेक महिलामा भिन्न हुन्छन्। सबैलाई हुन्छ भन्ने छैन, तर धेरैजसो महिलामा देखिन्छ। कसैमा सामान्य होला, कसैमा जटिल।, रंगमञ्चमा सक्रिय सिर्जनालाई कामकै क्रममा कहिलेकाहीँ असहज हुन्छ।, 'अभ्यास गर्दा कसैलाई गाह्रो हुन्छ,' उनी भन्छिन्, 'भूमिकाअनुसार अभ्यास गर्दा कुनै बेला आरामै गर्न नपाइने हुन्छ।', यस्तोमा उनीहरू महिनावारीबारे कुरा गर्छन्। कसैलाई गाह्रो भइरहेको छ भने साधारण अभ्यासमा मात्र सक्रिय हुन्छन्। साह्रै मुश्किल भए आराम गर्न पाउँछन्।, समाज र सोच बदलिँदै गए पनि ठूलो संख्याले अझै महिनावारीलाई हाउगुजी मानेको उनको अनुभव छ। तरिका फरक भए पनि सहरबजारमा पनि छाउपडी बसिन्छ। परिवर्तन आफूबाटै सुरू गर्नुपर्ने उनको भनाइ छ।, 'परिवर्तन अरू कसैको आश गरेर हुने कुरा होइन, आफैंले सुरू गर्नुपर्छ,' उनले भनिन्, 'छोरीको पालामा होला, नातिनीको पालामा होला भनेर पर्खेर बस्नु हामी मूर्ख भएर बस्नु हो।', महिनावारीबारे सहज र सजिलो वातावरण बनाउन स्कुले शिक्षादेखि नै पहल थाल्नुपर्ने उनी सुझाउँछिन्। कलिलै उमेरदेखि केटा र केटी दुवैलाई महिनावारी महत्वपूर्ण तर सामान्य प्राकृतिक प्रक्रिया हो, महिलाहरूलाई यस्तो बेला मुश्किल हुन सक्छ लगायतबारे जानकारी दिन जरूरी भएको उनी बताउँछिन्।, , यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ),
रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ) |
सेतोपाटी संवाददाता १० लाख रूपैयाँ घुस मागेको अडिओ आएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।, थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको अडियो बाहिरिएको थियो।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको आरोप छ।, उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।, यस्तो छ अडिओ:, थाई स्माइलले २०७९ साल असार १७ बाट नेपालमा उडान सुरू गरेको हो। थाईले काठमाडौं-बैंकक दैनिक उडान गरिरहेको छ।, बैंककमा मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो। थाई एयरवेजले भने नेपालमा अन्तर्राष्ट्रिय उडानको इतिहास रचेको थियो। प्राधिकरणका अनुसार ५४ वर्षअघि, नेपालमा जेट विमानमार्फत् पहिलो अन्तर्राष्ट्रिय उडान सुरू गर्ने एयरलाइन्स यही थियो।, वायु सेवा निगम (तत्कालीन समयमा शाही नेपाल वायु सेवा निगम) भन्दा दुई वर्षपछि यो एयरलाइन्स स्थापना भएको थियो। स्थापना भएको ८ वर्षपछि थाई एयरवेजले सन् १९६८ डिसेम्बर ४ मा बैंकक-काठमाडौं पहिलो उडान गरेको थियो।, कोरोना महामारीसँगै नेपालमा थाई एयरवेजको यात्रा रोकिएको हो। नागरिक उड्ड्यन प्राधिकरणका अनुसार थाई एयरवेजले २०७६ चैत ८ मा थाई एयरवेजले अन्तिम उडान गरेको थियो।, थाई एयरवेजले उडान सेवा शुल्कबापत् २२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी थियो। उडान रोकिएसँगै कम्पनीले नेपाल सरकारलाई बक्यौता बुझाएर थाई स्माइलले सेवा सुरू गरेको हो।, नेपालका लागि थाई स्माइलको आधिकारिक कम्पनी जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल छ।, थाई स्माइलले १७४ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान गरिरहेको छ।, थाई स्माइलले सन् २०१२ जुलाईदेखि अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक उडान सुरू गरेको हो। कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ।,
विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले १० लाख घुस मागेको अडिओ |
रासस गुल्मीमा ट्र्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।, जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पांग्राले किच्दा सोही ठाउँका २२ वर्षीय सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए।, परियार खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार थिए। दिउँसो साढे चार बजेतिर अचानक ट्र्याक्टरबाट खस्दा उनको मृत्यु भएको हो।, मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन्।, दुर्घटना गराउने ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र शव पोस्टमर्टमका लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ।,
ट्र्याक्टरले किच्दा २२ वर्षीय युवकको मृत्यु |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। , प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। एक-दुई स्थानहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।, यस्तै भोलि आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, बिहानको समयमा तराईका थोरै भू-भागहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पार्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।, ,
पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ आजको मौसम |
रासस काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ। , नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन। , आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी एक/दुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। , व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ। , टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङ/अनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए। , उनले भने, 'वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको छ, अब चाँडै सञ्चालन हुनेछ।', यसैगरी आयातकर्ता/निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध गरेको छ। , विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको कूल लागत एक अर्ब ५४ करोड छ। करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ। , बन्दरगाहमा लोड–अनलोड भवन तीन, गोदाम घर तीन, प्रशासनिक भवन तीन, एप्राइजल सेड तीन, धर्मकाँटा तीन, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन्। , बन्दरगाहको कन्टेनर र्याडमा पाँच सय कन्टेनर र पाँच सय ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ। , बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ। चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करिब एक दशकअघि नै सुरु भएको थियो। , नेपाल र विश्व बैंकबीच विसं २०७० जेठमा (जुन २०१३) चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो। त्यसपछि आव २०७०/०७१ को बजेटले चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जमिनको व्यवस्था गर्न बजेट छुट्याउने घोषणा गरेको थियो। , त्यसको करिब पाँच वर्षपछि साउन विसं २०७५ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। , चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास विसं २०७५ माघ ३ गते भएको थियो। स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ। , तेस्रोपटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको बताइएको छ। ,
बन्दरगाह तथा आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै अब आयातकर्ताले आयात गरेर ल्याएका मालवस्तुको भन्सार जाँचपास काठमाडौंमै गर्न सक्ने बताइएको छ। रासस,
चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिनमा सञ्चालन हुँदै |
एजेन्सी टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको शक्तिशाली भूकम्पमा परी हालसम्म करिब २४ हजारको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्। , टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ।, उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाले ज्यान गुमाएका छन्। उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन्। , टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । , संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् । , यसअघि अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचालन गर्ने बताएको थियो । संयुक्त राष्ट्रसंघीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो । , टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । , यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् ।, अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहयोगको घोषणा गरेको छ । अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।,
टर्की भूकम्प : २३ हजारभन्दा बढीको मृत्यु |
डा.सुमन बाबु मरहट्टा फिलाको हड्डी, नलीखुट्टाको हड्डी र अगाडि पाङ्ग्राको हड्डी मिलेर घुँडा बनेको हुन्छ।, हड्डीहरुलाई वरिपरि कुरकुरे हड्डीले ढाँकेको हुन्छ। जुनसुकै कारणले पनि त्यो कुरकुरे हड्डी बिग्रिएमा वा घिस्रिएमा दुई वटा हड्डी एक आपसमा आएर घश्रण हुनथाल्छ। त्यो अवस्था नै घुँडा खिइनु हो।, घुँडा खिइने बित्तिकै सबैलाई घुँडाको प्रत्यारोपण गर्नुपर्छ भन्ने हुँदैन। घुँडा खिइएको अवस्थालाई हामीले जाँचेर हेर्दा प्रत्यारोपण गर्नुपर्ने/नपर्ने थाहा हुन्छ।, दिनरात दुख्ने, उकालो ओरालो गर्न एकदमै कठिन हुने, कतिपयलाई ह्वीलचेयरमै हिड्नुपर्ने हुन्छ। विभिन्न खालका उपचार र थेरापी गर्दा समेत निको भएन भने हामीले घुँडाको प्रत्यारोपण गर्छौं।, नेपालमा धेरै मान्छेलाई घुँडा प्रत्यारोपण गरेर राम्रो हुँदैन भन्ने आशंका पनि छ। तर नेपालमा घुँडा प्रत्यारोपण गर्ने संख्या दिनप्रतिदिन बढ्दो छ।, घुँडा प्रत्यारोपण गरेपछि पहिलाकै जस्तो हुन्छ भनेर भन्न सकिदैन। हिँडडुल गर्न सजिलो हुन्छ भने दुःखाई कम हुन्छ। त्यसपछि ८० प्रतिशतसम्म समस्या समाधान हुन्छ।, घुँडा बिग्रिने धेरै कारणमध्ये घुँडा खिइने एउटा प्रमुख हो। बाथ रोग, चोट लागेर बिग्रिएको अवस्थामा समेत घुँडा प्रत्यारोपण गर्नुपर्छ। घुँडा भाचिँदैमा अथवा कुनै समस्या आउनसाथ घुँडा प्रत्यारोपण गरिदैन।, नेपालमा सहज रुपमा घुँडा प्रत्यारोपण हुन्छ। सरकारीदेखि निजी अस्पतालसम्म घुँडा प्रत्यारोपण हुन्छ। काठमाडौं बाहिर समेत यो सेवा उपलब्ध छ। धेरैजसो बिरामीको दुई वटै घुँडा खिइएको हुन्छ। तीन\तीन महिनाको अन्तरमा घुँडा प्रत्यारोपण गरिन्छ। , त्यो भन्दा पहिला बिरामीको अन्य स्वास्थ्य समेत परिक्षण गरिन्छ। त्यसैले एकैचोटि घुँडा प्रत्यारोपण गरिदैन। घुँडा प्रत्यारोपणदेखि सामान्य अवस्थामा फर्किन दुई देखि तीन महिनाको समय लाग्छ।, सरकारी अस्पतालमा ३ देखि साढे ३ लाख सम्म र निजी अस्पतालमा झण्डै ५ लाख रुपैयासम्म खर्च हुन्छ।, घुँडा प्रत्यारोपणको विषयमा केन्द्रीत रहेर हामीले यो साता निजामती कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण सर्जन डा.सुमन बाबु मरहट्टासँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ,
कस्तो अवस्थामा घुँडा प्रत्यारोपण गर्नुपर्छ? (भिडिओ) |
सेतोपाटी संवाददाता प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ।, यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन। समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो।, जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला? प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफ्ना प्रियजनहरुसँग पनि हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ।, प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन्। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुनेगर्छ।, यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ। काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रुपमा मनाइँदै छ। काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदै छ।, ७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो। आज प्रेमिहरु एकअर्काबीचमा वाचा गर्दछन्।, भ्यालेन्टाइन डे इटालीको रोमवाट शुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे।, सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेका थिए। एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कुरा सम्राट्लाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए। उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो।, नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक शुरु भएको छ। प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ। आजको फोटो फिचरमा ,न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारले कैद गरेका भ्यालेन्टाइनमय काठमाडौंका यी दृश्यहरू।,
नेपाली युवामाझ प्रेमिल बन्दै भ्यालेन्टाइन (फोटो फिचर) |
रासस सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । , जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको पुनः ज्योति फर्काउन सफल भएको हो ।, प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए । उनका अनुसार उपचार गर्न काठमाडौँ जान नसक्ने तथा जान नचाहँदा लामो समयदेखि रोग बल्झाउँदै आएका बिरामीको जिल्लामा नै विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियामार्फत गुमेको ज्योति फर्काइएको हो ।, “४१ बिरामीको मोतियाबिन्दु भएको र पाँच जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर उनीहरुको दृष्टि फर्काइएको छ”, केन्द्रका प्रमुख वाइबाले भने । ज्येष्ठ नागरिकमा दम, प्रेसर, सुगरलगायतका रोगको कारण चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सन्तुलित कायम गराएर उपचार सेवा दिइएको प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा रोजिता पराजुलीले जानकारी दिए । उनका अनुसार एक सातासम्म उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने छ । ,
ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो |
रासस स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन्। गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन्। उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए।, विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन्। बसाई सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाई सरेर आउने पनि छन्।, बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या बर्सेनि बढ्दोक्रममा रहेको छ। गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाई सरी आएका तथ्याङ्क रहेको उनले जानकारी दिए।, चौध वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ। केही वडा ग्रामीण र विकट छन्। ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्ने क्रम बढ्दै गएको छ। बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको सङ्ख्या पनि उत्तिकै छ।, यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाई सरेर गए। यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे। विसं २०७८ मा वडा नं। १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए। १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाई सरेका उनले जानकारी दिए।, स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन्। ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने धारणा उनको छ।, ‘यहाँको विकासका लागि पनि जनसङ्ख्या आवश्यक पर्छ’, उनले भने, ‘स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, लगानी गर्ने वातावरण बनाई छिमेकी पालिकालाई पनि आकर्षित गर्दै अगाडि बढ्नु आवश्यक छ।’ वालिङबाट विभिन्न कारणले मानिस अन्यत्र बसाई सरेर जानुलाई आफूले गम्भीर ढङ्गले लिएको नगर प्रमुख कृष्ण खाँणले बताए।, ‘वालिङमा अन्यत्रबाट बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन’, उनले भने, ‘बसाइँसराइका कारण के के हुन् पहिचान गरी कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छौँ।’पछिल्लो समय आर्थिक सम्पन्नताका कारण पनि केही मानिस ठूला सहरमा शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसायका लागि जाने चलन बढेको उनी बताउँछन्।, बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै छन् उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जाने गरेका छन्।,
बसाइँसराइ सरेर जाने बढे |
रासस झापाको विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।, श्रेष्ठले आफैंले जंगली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए।,
करेन्ट लागेर एकको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ।, सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।, महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाउन लागिएको हो।, ‘मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको हो’, उनले भने।,
,
काठमाडौं महानगरले हटायो मैतीदेवीको प्रहरी बिट |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले मैतिदेवि चोकमा रहेको प्रहरी बिट भत्काएको छ।, सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।, महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाएको हो।, ‘मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाएका हौ’, उनले भने।,
काठमाडौं महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिट (तस्बिरहरू) |
सेतोपाटी संवाददाता युरोप र एसियालाई जोड्ने मुलुक टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ।, मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा भूकम्पमा परी कम्तीमा पाँच हजार मानिसले ज्यान गुमाएको पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्।, हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्।, उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ। अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्।, स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।, भूकम्पको केन्द्रबिन्दु सीमाबाट नजिकै भएकाले सिरियामा पनि ठूलो क्षति भएको छ।, सिरियामा त भूकम्प प्रभावित सबै क्षेत्रमा सरकारको नियन्त्रण पनि छैन। उत्तरी सिरियामा पर्ने भूकम्प प्रभावित क्षेत्रमध्ये केही राज्य नियन्त्रित छ भने केहीमा टर्की अधिपत्य छ, केही क्षेत्रमा विद्रोहीहरूले कब्जा जमाएका छन्। गृह युद्धले क्षतविक्षत भएको ठाउँमा भूकम्पले थप पीडा थपेको छ।, विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए।, अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो।, भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्। , टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू-भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो।, (एपी, द इकोनोमिस्टलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।),
२५ वर्ष नपुग्दै टर्कीले भोगेको दोस्रो शक्तिशाली भूकम्प |
सेतोपाटी संवाददाता विदेशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ५७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , सोलुखुम्बु घर भई काठमाडौंको टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। , उनले ७ जनालाई सिंगापुर, अफगानिस्तान, घाना लगायत देशमा पठाइदिने भनेका थिए। ती देशमा काम गर्न जान १० लाख लाग्ने बताएका थिए। , पानीजहाजमा काम लगाइदिने र मासिक एक लाख भन्दा बढी तलब हुने भनेर प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी राठौरले बताए। , उनका अनुसार त्यसरी विश्वासमा लिएर उनले पीडितहरूबाट पटकपटक गरी ५७ लाख ५० हजार रुपैयाँ लिएका थिए। , उक्त रकम लिएपछि उनी सम्पर्कबिहीन भएका थिए। वैदेशिक रोजगार विभागमा ठगीको उजुरी परेपछि कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेको थियो। , कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार गोंगबुबाट पक्राउ गरेको हो। , घटनाको थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको कार्यालयले जनाएको छ। ,
सिंगापुर पठाइदिने भन्दै साढे ५७ लाख ठगेको आरोपमा एक पक्राउ |
राजु अधिकारी प्रदेश १ को सबभन्दा ठूलो सरकारी अस्पताल कोशी नर्स अभावको समस्याले पिरोलिएको छ। बिरामीको अत्यधिक चाप रहने यो अस्पतालमा एकै जना नर्सले ४० जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता छ। , नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बाक्लो जमघट र भेन्टिलेटरसहितको उपचार सुविधा तथा बीमामार्फत् हुने उपचार लगायतका कारण कोशीमा प्रदेश १ का अधिकांश जिल्ला, मधेस प्रदेशका केही र भारतीय राज्य बिहारका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्। ओपिडीमा मात्रै दैनिक १५ सय हाराहारी आउने बिरामीमध्ये ३५० बेड सधैंजसो भरिभराउ नै हुन्छ। , यसरी सधैं बिरामी खचाखच रहने अस्पतालमा नर्सको पर्याप्त उपलब्धता नभएकै कारण गुणस्तरीय सेवा दिन नसकिएको चिकित्सकहरू नै बताउँछन्।, ‘कोशी अस्पतालमा हामी चिकित्सक त चाहिए जति नै छौं’, कोशी अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा.अन्जु देव भन्छिन्, ‘तर, चिकित्सक मात्रै भएर स्वास्थ्य सेवा पूर्ण हुँदैन। चिकित्सकसहित नर्सहरूको भूमिका महत्वपूर्ण हुन्छ। हाम्रो अस्पताल नर्स अभावको पिरलोमा छ। यसले हाम्रो सेवा थप गुणस्तरीय हुन चुनौती थपिरहेको छ।’ , जनरल वार्डमा काम गर्ने नर्सहरूले कम्तीमा ४० जनासम्म बिरामी हेर्नुपर्ने कोशीमा अन्य विभागमा पनि कम्तीमा २० जनासम्मको हेरचाह एक जना नर्सले गर्नुपर्ने बाध्यता रहेको नर्सहरू बताउँछन्। , कोशी अस्पतालको हाडजोर्नी विभागमा कार्यरत नर्स गोमा श्रेष्ठलाई ड्युटी अवधि सुरू भएलगत्तैदेखि धपेडी सुरू हुन्छ। उनलाई दैनिक कम्तीमा १६ देखि २० जनासम्म बिरामीको हेरविचार गर्नुपर्छ। , कामको बोझ धेरै भएकै कारण उनलाई दिनको ६ घन्टा दायाँबायाँ गर्नेसम्म फुर्सद हुँदैन। दैनिक ६ घण्टा ड्युटी गर्ने उनले काम गर्ने वार्ड कोशीको अर्थो विभागमा जम्मा ३२ शैय्या छ। एउटा सिफ्टमा दुई जना नर्स ड्युटीमा खटिन्छन्।, ‘कोशीको अर्थोपेडिक वार्ड दैनिकजसो बिरामीले भरिभराउ हुने गरेको छ,’ श्रेष्ठले भनिन्, ‘एउटा सिफ्टमा दुई जना नर्सले भर्ना भएका सबै जना बिरामी हेर्नुपर्ने बाध्यता छ। यसले कसरी राम्रो सेवा दिन सकिएला भनेर चिन्ता लाग्छ।’ , प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको स्त्री तथा प्रसूति विभागभित्रको समस्या पनि उस्तै छ। यो विभाग ७० शय्याको छ। जसमध्ये शल्यक्रिया गरेपछि राखिने १० वेडको पोस्टअप वार्ड छ। पोस्टअप वार्डमा कार्यरत एक जना नर्सले १० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अर्की नर्स ममता श्रेष्ठ बताउँछिन्। , जनस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक पोस्टअप बराबर एक जना नर्स हुनुपर्छ। यही मापदण्ड पालना गर्ने हो भने कोशीको पोस्टअपमा १० जना नर्स अनिवार्य राख्नुपर्ने हुन्छ। यद्यपि अस्पतालले यो मापदण्ड पूरा गर्न सकेको छैन। यसको मार भर्ना भएर सेवा लिने बिरामीले खेपिरहेको स्वास्थ्यकर्मीहरू नै बताउँछन्। , अस्पतालका फिजिसियन डा. रोशन खड्का बिरामीको उपचारमा सबैभन्दा ठूलो महत्व नै नर्सको हुने बताउँछन्।, ‘चिकित्सकले उपचार गरिदिएपछि बिरामीलाई निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै सिस्टरहरू हो’, उनी भन्छन्, ‘तर, कोशीमा नर्सकै ठूलो अभाव छ। एकै जनाले दर्जनौं बिरामी हेर्नुपर्ने बाध्यता देख्दा हामीलाई ज्यादै नरमाइलो हुन्छ। त्योभन्दा बढी हाम्रा बिरामीले पाउने सेवा प्रभावित भएकोमा बढी चिन्ता लाग्छ।’ , कोशीमा आइसियूसहित अन्य १४ वटा विभागको अवस्थामा पनि उस्तै छ। कोशी ३ सय ५० शय्याको अस्पताल हो। जनरल वार्डमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन्। , पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल भएकोले यहाँ प्रदेश १ बाहेक मधेस प्रदेश र भारतसम्मका बिरामी आउने गरेका छन्। गुणस्तरीय उपकरण र सस्तो शुल्कमा दक्ष जनशक्तिबाट उपचार हुने भएकाले यो अस्पताल नागरिकको पहिलो रोजाइमा पर्छ। तर, नागरिकले अपेक्षित स्वास्थ्य सेवा प्राप्त गर्न भने कठिन बन्दै गएको छ। त्यसको एउटा कारण हो– आवश्यकता अनुसार नर्सहरू नहुनु। , अस्पतालका प्रमुख डा. लक्ष्मीनारायण यादवले अस्पतालमा नर्सको जनशक्ति पर्याप्त मात्रामा नभएका कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना हुन नसकेको बताउँछन्।, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आइसियूमा एउटा बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने हुन्छ। नर्सिङ जनशक्ति कम हुँदा त्यो मापदण्डलाई पालना गर्न सकेका छैनौं।’ , अस्पतालका अनुसार मापदण्ड पूरा गर्ने हो भने अस्पतालले ३ सय ५० जना नर्स नियुक्त गनुुपर्ने हुन्छ। यो मापदण्ड पूरा गर्नतिर सरकारले ध्यान नदिएको कर्मचारीहरू बताउँछन्। , अस्पतालकी नर्सिङ विभाग प्रमुख मन्जु यादव सबैजसो सरकारी अस्पतालहरूमा नर्सको अभाव भएको बताउँछिन्।, उनका अनुसार अस्पतालमा बिरामी र नर्सको अनुपात पनि मिलेको छैन। कोशीमा यो समस्या झनै चर्को रहेको उनको भनाइ छ। , उनले भनिन्, ‘सरकारले अस्पतालमा बिरामी र नर्सको अनुपात मिलाउन सक्यो भने बिरामीले गुणस्तरीय सेवा पाउने थिए। वर्षौंदेखिकोे दरबन्दीअनुसार कोशीमा पर्याप्त मात्रामा नर्सको पदपूर्ति भएको छैन।’, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालले सेवा दिन नसकेको स्वीकार गर्दै उनी भन्छिन्, ‘हाम्रो अस्पतालमा ३५० भन्दा बढी नर्सको आवश्यकता छ। अहिलेको अवस्थामा हामीसँग जति नर्स छन्, त्यतिले नै काम चलाउनुुपर्ने बाध्यता छ। हामीसँग नर्स छैनन्, हामी उपचार गर्न सक्दैनौं भनेर हामीले भन्न मिल्दैन।’, कोशीमा अहिले १ सय ९९ जना नर्सको दरबन्दी छ। अस्पतालमा अहिले कम्तीमा २५० देखि ३०० जना नर्सको आवश्यकता रहेको यादवको भनाइ छ।, उनले भनिन्, ‘अस्पतालमा ३ सय जना नर्स भए भने मात्र हामीले गुणस्तरीय सेवा दिन सक्छौं।’, सेवा सुविधा नथपिँदा सेवा राम्रोसँग दिन नसक्ने अवस्था भएको उनले बताइन्।, नर्सलाई दिने भत्तामा पनि राज्यबाट विभेद भएको उनले गुनासो पोखिन्।, ‘ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई तलबको २५ प्रतिशत भत्ता दिने गरिन्छ,’ उनले भनिन्, ‘यहाँ कार्यरत नर्सलाई तलबबाहेक केही पाउँदैनन्। यहाँ यसरी विभेद गरिएको छ।’, स्वास्थ्यकर्मीहरूका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दरबन्दी सिर्जना गर्न सकेमा मात्र बिरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ। संगठनले बनाएको मापदण्डअनुसार आइसियू, भेन्टिलेटर, इमर्जेन्सी, प्रसूति र जनरल वार्डहरूमा दिने सेवा फरक हुन्छन्।, विश्व स्वास्थ्य मापदण्डअनुसार आइसियू र भेन्टिलेटरमा उपचाररतका लागि एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ। साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने उल्लेख गरिएको छ। तर, बालबालिकाको साधारण शय्यामा भने एक जना नर्सले चार जना बिरामी हेर्नुपर्ने हुन्छ। प्रसूतिका लागि लेबर कक्षमा एक जना बिरामीका लागि दुई जना नर्सको आवश्यकता पर्छ। , विश्व स्वास्थ्य संगठनको मापदण्डको अनुपातमा नर्सको दरबन्दी नहुँदा अस्पतालहरूले गुणस्तरीय सेवा सुविधा दिन नसकेको कोशी अस्पतालकी अर्थोपेडिक वार्डको नर्सिङ इन्चार्ज लजिता योन्जनले बताइन्।, उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले भनेअनुसार अस्पतालका विभिन्न भागमा दरबन्दी हुने हो भने सबै समस्याको समाधान हुन्छ।’,
कोशी अस्पतालमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता |
सेतोपाटी संवाददाता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएका आरोपहरू पुष्टि गर्न चुनौती दिएका छन्।, मंगलबार एक विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरमाथि रास्वपाका सभापति लामिछानेले गत आइतबारको पत्रकार सम्मेलनमा लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका हुन्।, लामिछानेले नेपाली सञ्चारजगत र सञ्चारकर्मीविरूद्ध विषबमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै सिरोहियाले खेद प्रकटसमेत गरेका छन्। , ‘उहाँले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोख्नुभएको होला,’ विज्ञप्तिमा भनिएको छ, ‘कारणहरू जे–जे होऊन्, उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुने छैन।’, सिरोहियाले आफूमाथि लामिछानेले लगाएका आरोपबारे ५ बुँदामा जवाफसमेत दिएका छन्। ‘के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ?,’ उनले भनेका छन्।, उनले कुनै पनि पत्रकार वा कर्मचारी तथा कार्यालयमाथि भौतिक आक्रमण भए त्यसको जिम्मा लामिछाने र रास्वपाले लिनुपर्ने पनि बताएका छन्।, ‘लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ,’ सिरोहियाले निकालेको विज्ञप्तिमा उल्लेख छ।, यस्तो छ विज्ञप्ति:, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएकामा सर्वप्रथम म खेद प्रकट गर्दछु। उहाँले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोख्नुभएको होला।, अथवा प्रहरीले अनुसन्धान गरिरहेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दालाई विषयान्तर र प्रभावित गर्न चाहनुभएको होला। कारणहरू जे–जे होऊन्, उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुनेछैन।, लामिछानेले सोही पत्रकार सम्मेलनमा व्यक्तिगत रूपमा मलाई, मेरो परिवारका सदस्यलाई र म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपलाई जसरी लाञ्छित गर्न खोज्नुभएको छ, त्यसलाई पुष्टि गर्न म उहाँलाई निम्न चुनौतीहरू दिन चाहन्छु :, १) चन्द्रागिरि केबलकारका बारेमा कान्तिपुरले आफ्नो व्यावसायिक धर्मअनुरूप समाचारहरू छापेको थियो। त्यसैलाई बहाना बनाएर मैले चन्द्रागिरिमा सेयर लिएको भन्दै लामिछानेले जसरी झुटो आक्षेप लगाउनुभएको छ, ‘चन्द्रागिरि हिल्समा उहाँले खाएको कसलाई थाहा छैन र ?’ भन्दै जसरी मेरो मानमर्दन गर्नुभएको छ, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। उहाँलाई थाहा छ कि छैन- चन्द्रागिरि हिल्स पब्लिक लिमिटेड कम्पनी हो, जसमा सुरुदेखि हालसम्म कस–कसको कति–कति सेयर छ, त्यो जोकसैले सम्बन्धित सरकारी कार्यालयबाट सहजै चेक गर्न मिल्छ। चन्द्रागिरिमा मेरो वा मेरो परिवारका कुनै सदस्यको कहिल्यै एक कित्ता पनि सेयर थिएन/छैन। लामिछानेले झुटो आरोप लगाएकामा म घोर आपत्ति प्रकट गर्दछु।, २) २०७२ मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा मेरा छोरा सम्भव सिरोहिया चढेको कार दुर्घटनामा परेको विषयलाई पनि लामिछानेले अतिरञ्जित ढंगबाट प्रस्तुत गर्नुभएको छ, मानौं— त्यहाँ कुनै ठूलै ‘काण्ड’ भएको थियो, जसलाई जबर्जस्ती लुकाउन खोजियो! लामिछानेले चित्रण गरेझैं त्यो दुर्घटनामा परेको कारले न बाटोमा हिँडेका कुनै व्यक्तिलाई हिर्काएको थियो, न त अर्को कुनै गाडीलाई ठोक्काएको थियो । त्यहाँ आफू चढेको एक्लो गाडी दुर्भाग्यवश दुर्घटनामा परेको थियो, कारमा रहेका एक नातेदारलाई सामान्य चोट लागेको थियो, उनलाई छेवैको नर्भिक अस्पतालमा केही बेर उपचार गरिएको थियो।, त्यसलाई कसैले लुकाएको पनि थिएन, लुकाउनुपर्ने कारण पनि थिएन। बरु त्यस घटनाबारे तत्कालै सम्भवले बग्गीखानास्थित ट्राफिक प्रहरीलाई औपचारिक जानकारी गराएका हुन्। प्रहरी रेकर्डमै रहेको त्यो घटनालाई लुकाउन खोजियो भन्दै गृहमन्त्री भइसकेका व्यक्तिले किन भ्रम छर्नु भएको हो, हामी आश्चर्यचकित छौं। यस्तो असत्य बोलेर व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने अधिकार तपाईंलाई कसले दियो?, ३) सोल्टी होटलमा कुनै महिलालाई कसैले दुर्व्यवहार गर्यो भन्ने बनावटी घटनामा मलाई समेत जोड्दै ‘सीधा कुरा’ नामको फेसबुक अकाउन्टबाट मेरो चरित्रहत्या गर्न खोजिएपछि मैले अगस्ट २७, २०२० मा त्यसको खण्डन गर्दै एउटा ट्वीट गरेको थिएँ। त्यसमा मैले त्यसरी दुष्प्रचार गर्नेविरुद्ध सख्त कानुनी कारबाही गर्न प्रहरीमा उजुरी दिएको समेत उल्लेख गरेको थिएँ।, लामिछानेले दुर्व्यवहारको त्यही कपोलकल्पित घटनामा मलाई फेरि जोड्दै भन्नुभएको रहेछ, ‘त्यो ट्वीटमा भनिएजस्तो सिरोहियाले उजुरी कहाँ र कहिले दिएका हुन्, अहिलेसम्म कसैलाई थाहा छैन।’ त्यसबारे २०७७ भदौ ११ गते हामीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेका थियौं। सोल्टी होटलले समेत त्यो कपोलकल्पित प्रचारबाजीमा उल्लिखित ९२८ नम्बरको कोठा नै आफ्नो होटलमा नरहेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो। र, ‘सीधा कुरा’मार्फत् झुटो सामग्री प्रकाशन गर्ने व्यक्तिलाई ‘तत्काल पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३, दफा ४७ को कसुरमा अनुसन्धान गरी सजाय गरी पाऊँ’ भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत दिएको थियो। यो यथार्थ हुँदाहुँदै गृहमन्त्री भइसकेका व्यक्तिले त्यो घटनामा उजुरी नै नदिएको भन्दै भ्रामक हल्ला फैलाउन मिल्छ?, ४) लामिछानेले ‘कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई चढाउनुपर्ने’ भन्दै हिमालयन रिइन्सुरेन्स लिमिटेडमा रहेको मेरो लगानीबारे पनि प्रश्न उठाउनुभएको रहेछ। त्यसबारे मैले सामाजिक सञ्जालहरूमा पनि जिज्ञासाहरू आएको देखें। केही वर्षअघि त्यो कम्पनी खडा गरिँदा मैले पनि एक व्यवसायीका रूपमा १० करोड रुपैयाँ बराबरको त्यसको प्रमोटर सेयर खरिद गरेको हुँ। त्यो मैले कसैको निगाहमा होइन, आफैंले बकाइदा सरकारलाई कर तिरेको वैध रकमबाट किनेको हुँ। त्यो सेयर मैले कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेका मेरा खाताहरूबाट रकम निकाली, त्यहीँका चेक प्रयोग गरी पारदर्शी ढंगबाट खरिद गरेको थिएँ। त्यो के–कसरी–कति कारणले अवैध भयो ? के मैले कुनै व्यावसायिक कारोबार नै गर्न पाउँदिनँ?, ५) व्यवसायी अजेय सुमार्गीले कुनै बेला मविरुद्ध ‘गोल्डेन सेयर’ लिने गरेको भनेर लगाएको निराधार आरोपलाई कोट्याउँदै रवि लामिछानेले ‘यो त्यस्तो सुनौलो सेयर हो, जुन ठूलो व्यवसाय सञ्चालन गर्दा कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानाबापत दिनुपर्ने हुन्छ’ भन्दै आपत्तिजनक आक्षेप लगाउनुभएको रहेछ।, पहिलो कुरा, सुमार्गीसँग त्यही विषयमा परेको मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतले हाम्रो पक्षमा फैसला गरिसकेको यथार्थ सार्वजनिक जानकारीमै छ।, दोस्रो कुरा, के लामिछानेले मुखमा जे आयो त्यो बोलेझैं गरी मैले त्यस्तो तथाकथित ‘गोल्डेन सेयर’ कहीँकतैबाट लिएको प्रमाणित गर्न सक्नुहुन्छ ? म उहाँलाई चुनौती दिन चाहन्छु— म र मेरो परिवारका कुनै सदस्यले वैध स्रोतबिनाको, सरकारी कर नतिरेको रकमबाट कहीँकतै पनि एक कित्ता सेयर लिएको तपाईले देखाउन सक्नुहुन्छ?, अनि उहाँले ‘कान्तिपुरलाई चलायो भने त मार्छ, ढाल्छ, सिध्याइदिन्छ’ भन्दै हाम्रोबारे अत्यन्त नकारात्मक प्रचारबाजी पनि गर्नुभएको छ। हामी कसैलाई ढाल्न होइन, लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासन स्थापित गर्न लड्दै आएका छौं। कान्तिपुर मिडिया हाउस लडेको सत्य हो— हिजो निरंकुश राजतन्त्रविरुद्ध जनआन्दोलनको मुखपत्र बनेर, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको हैकमविरुद्ध सुशासनको संवाहक बनेर तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रवृत्तिविरुद्ध जेल जान पनि तयार भएर। हिजो कसैको हुँकारविरुद्ध नडराएको कान्तिपुर आज र भोलि पनि निर्धक्क भएर आफ्नो पेसागत जिम्मेवारीमा डटिरहनेछ ।, अन्त्यमा,, रवि लामिछानेले आफ्नोबारे अब समाचार लेखियो भने आफ्ना समर्थकहरू लिएर कान्तिपुर र अन्य मिडिया हाउसहरुका ‘कार्यालय घेर्न आउने’ र ‘आफ्नो ढंगले कारबाही गर्ने’ सार्वजनिक चेतावनी दिनुभएको छ। के यो स्वतन्त्र प्रेसमाथि खुला धम्की होइन? के राज्यका निकायहरूले यसलाई प्रचलित कानुन हातमा लिने हर्कतका रूपमा उहाँमाथि कारबाही चलाउनुपर्दैन? लामिछानेको धम्कीलाई हामीले उहाँको निजी धारणा मान्ने कि राष्ट्रिय स्वतन्त्र पार्टीकै आधिकारिक नीति? के यसमा उक्त पार्टीका अन्य नेता र सांसदहरूले आफ्नो मत प्रस्ट पार्नुपर्दैन? अन्यथा हामीले यसलाई उहाँहरूको पार्टीकै धारणा मान्नुपर्ने हुन्छ। म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु— लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ।, कान्तिपुरले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन्। रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन्? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरू समक्ष राखेको छु। के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ?, मिति : २०७९ माघ २४ गते, कैलाश सिरोहिया,
अध्यक्ष तथा प्रबन्ध निर्देशक,,
कान्तिपुर मिडिया ग्रुप ।,
चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती |
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पर्सा, वीरगन्जबाट एक जनालाई पक्राउ गरेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।, पक्राउ पर्ने नितेश गुप्ता हुन्। एसएसपी आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए। गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए। , उनले आरिफ शेखलाई स्पट फिक्सिङ गर्न प्रस्ताव राखेका हुन्। शेखले भने उक्त प्रस्तावलाई एन्टी करप्सन युनिट र नेपाल क्रिकेट संघ (क्यान) लाई रिपोर्ट गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्।, फिक्सिङको प्रस्ताव आएपछि उक्त प्रस्तावलाई अस्वीकार गरी युनिट र क्यानलाई जानकारी गराउनुपर्ने नियम छ। शेख अलराउन्डर हुन्। उनले लिगमा पोखरा एभेन्जर्सबाट खेलेका थिए।, स्पट फिक्सिङ गर्ने दुई जना खेलाडीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरू पूर्व खेलाडी महबुब आलम र मोहम्मद आदिल आलम हुन्। प्रहरीले यस लिगमा स्पट फिक्सिङ गराउनेमा १० जना संलग्न रहेको जनाएको थियो। उनीहरूमध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। अरू आरोपितको पहिचान सिआइबीले खुलाइसकेको छैन। , आदिलले दुई खेलमा स्पट फिक्सिङ गरेको आरोप छ। आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको सिआइबीले बताएको थियो।, उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो-बल फालेका थिए। त्यस्तै फेरि अर्को बलमा उनले वाइड बल फालेको उक्त खेलको भिडिओमा देखिएको छ।, त्यस्तै पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ। उक्त खेलको छैठौं ओभरको पहिलो खेलमा उनले नो-बल फालेका छन्।, त्यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड-बल फालेका थिए। पूर्व खेलाडी रहेका महबुब आलमले बिचौलियाको भूमिका खेलेको देखिएको छ। उनले खेलाडीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी स्पट फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको हो।, उनीहरूले स्पट फिक्सिङ गराउँदा एक पटकको ६ देखि १० लाख रूपैयाँसम्मको प्रस्ताव गरेको खुलेको छ। , सम्बन्धित समाचार:, नेपाल टी-२० लिगमा फिक्सिङ: आदिलले गरेका थिए यी दुई खेलमा स्पट फिक्सिङ, हेर्नुहोस् स्पट फिक्सिङ आशंका गरिएको टी-२० लिगका दुई ओभरको भिडिओ, नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ, टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक हुँदै, नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष, सचिनले कमेन्ट्री-बक्सबाट देखेको म्याच-फिक्सिङ (भिडिओ), ज्ञानेन्द्र मल्ल भन्छन्- हाम्रो टिमका साथीलाई पनि ‘फिक्सिङ’ को प्रस्ताव आएको थियो, फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग (भिडिओ),
नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ प्रस्ताव गर्ने एक जना पक्राउ |
रासस ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ। जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरूद्ध कैद सजायको फैसला भएको हो।, बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरूद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो। जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित ६० हजार रूपैयाँ जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ।, सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ।, पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ।, दीपकले ३० हजार, मुनाले १५ हजार र बाँकी १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुंगा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताए। , बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले १५ हजार रूपैयाँ बेहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ। , २०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए। पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्।, जिल्ला न्यायाधीश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो। जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुंग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ।,
बोक्सीको आरोप लाउनेलाई ५ वर्ष कैद |
रासस सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ।, न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार उक्त रिट निवेदन खोरज गरेको हो। अदालतको पूर्णपाठ भने तयारी गर्न बाँकी छ।, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघका तर्फबाट पदमसुन्दर लिम्बू र उत्तमप्रसाद राईले गोर्खा भर्तीसम्बन्धी सन्धिको खारेज गर्न माग गर्दै २०७४ जेठ २६ गते रिट निवेदन दायर गरेका थिए।, नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सन्धि भएको थियो। यसअन्तर्गत अहिले भारत र बेलायतका गोर्खा रेजिमेन्टमा नेपाली युवा भर्ती हुँदै आएका छन्।, नेपाल सरकार, भारत सरकार र बेलायत सरकारसँग गोर्खा भर्ती नेपालीको हितमा नरहेको, असमान र विभेदकारी रहेको उल्लेख गर्दै उक्त सन्धि खारेजीको माग निवेदनमा थियो।,
गोर्खा भर्ती सम्बन्धी रिट खारेज |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ।, यस्तै प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भागमा आंशिक बदली हुने तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ।, बिहीबार पनि प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश नं. १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ ।, शुक्रबार पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ ।, हिमपात तथा हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,
आजको मौसमः तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमतपातको सम्भावना |
रासस नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्र गरिने भएको छ। चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो। , त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए।हाटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कंक्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ।, चौलागाईंले भने, ‘पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ। बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ। फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरू हुनेछ।’, थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रको ठेक्का पाएको छ। निर्माण कम्पनीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए। , नाली निर्माण, पक्की पर्खाल निर्माण, कंक्रिट ढलानका साथै कालोपत्रको काम हुनेछ। नाग्म–गमगढी सडक कालोपत्र गर्न ४० करोड रुपैयाँ खर्च हुने भएको छ।, कालोपत्रसँगै अन्य नाला निर्माण, कंक्रिट ढलान, पर्खाल निर्माण लगायतका काम हुनेछन्।, समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।, उनले भने, ‘नाग्म–गमगढी सडक ग्राभेल गरिएको छ। गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ। सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ। कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म–गमगढी सडक कालोपत्रको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए।,
४० करोड खर्चेर नाग्म–गमगढी सडक कालोपत्र गरिने |
रासस नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्।, सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए।, उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाएका थिए।, मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भएका छन्।, माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो।, यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नम्बर १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका थिए।, महासचिवमा डा सञ्जिव तिवारी निर्वाचित भएका छन्।, सङ्घको सदस्यमा डा अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा स्मृति महत, डा सिर्जना विष्ट, डा तेङ्सुसिंह मल्ल र डा योभिन यादव निर्वाचित भएका छन्।, कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका छन्।, निर्वाचनमा कूल १२ हजार आठ सय ३४ मध्ये छ हजार दुई सय ९२ मत खसेको छ।, सङ्घको नयाँ नेतृत्वमा लागि गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो।,
चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित |
एजेन्सी सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय नाघेको छ। , सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। , एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।, अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।, विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।, मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्।, हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्।, उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ। अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्।, स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।, भूकम्पको केन्द्रबिन्दु सीमाबाट नजिकै भएकाले सिरियामा पनि ठूलो क्षति भएको छ।, सिरियामा त भूकम्प प्रभावित सबै क्षेत्रमा सरकारको नियन्त्रण पनि छैन। उत्तरी सिरियामा पर्ने भूकम्प प्रभावित क्षेत्रमध्ये केही राज्य नियन्त्रित छ भने केहीमा टर्की अधिपत्य छ, केही क्षेत्रमा विद्रोहीहरूले कब्जा जमाएका छन्। गृह युद्धले क्षतविक्षत भएको ठाउँमा भूकम्पले थप पीडा थपेको छ।, विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए।, अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो।, भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्। , टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू-भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो।,
टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८०० नाघ्यो |
सेतोपाटी संवाददाता साथीको फेक फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँ बस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , उनले अष्ट्रेलियामा रहेकी साथीको नाममा नक्कली फेसबुक आइडी बनाएकी थिइन्।, उक्त आइडीको दुरूपयोग गरेर केटा साथीहरूसँग कुराकानी गरी विभिन्न समस्याहरू देखाउने गरेकी थिइन्। समस्या देखाएर उनले पैसा लिने गरेको पनि प्रहरीले जनाएको छ।, उनीविरूद्ध अष्ट्रेलियामा रहेकी साथीले नै उजुरी गरेकी हुन्। , अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेकी युवती पनि अष्ट्रेलिया जाने तरखरमा थिइन्। , ‘उनीहरू दुबै जना अष्ट्रेलियाको लागि तयारी गर्दा चिनेका साथीहरू हुन्। यिनको भिसा लागेन। साथीको लागेपछि अष्ट्रेलिया पुगिन्,’ उनले भने, ‘तर पछि उनीहरूबीच मनमुटाव बढेपछि यसो गर्न थालेको देखियो।’, आइडीको दुरूपयोग गरी पैसा माग्न थालेको बताए पनि कति जनालाई कति रकम ठगी गरेको भन्ने खुलिसकेको छैन।, प्रहरीले उनीमाथि साइबर मुद्दामा अनुसन्धान गर्न साइबर ब्युरोमा पठाएको छ। ,
साथीको नक्कली फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता स्लोभाकिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना महिलालाई पक्राउ गरेको हो। , ठगी मुद्दामा मंगलबार लमजुङ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधुमाया थापालाई पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , उनले स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फुड प्याकेजिङको काम लगाइदिन्छु भनेकी थिइन्। साढे एक लाख मासिक तलब हुने आश्वासन समेत दिएको एसपी राठौरले बताए। , त्यहाँ जान ९ लाख भए पुग्ने भन्दै विश्वासमा लिएर पीडितबाट पटकपटक गरी साढे ८ लाख लिएपछि सम्पर्कविहीन भएको आरोप छ। , यसरी ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो।, पत्राचार गरेसँगै प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको कार्यालयले जनाएको छ। ,
स्लोभाकिया पठाइदिने भन्दै ठगेको आरोपमा एक महिला पक्राउ |
सेतोपाटी संवाददाता कलाकार करिष्मा मानन्धरले आफ्नो मानहानी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छन्। , उनले मंगलबार नेपाल साइबर ब्युरोमा उजुरी दिएकी हुन्। , न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी हुन्।, ‘उहाँ को हो ? यो अत्ति भयो। भइहाल्यो भने, कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ, सहेँ,’ उनले लेखेकी छन्, ‘हिजो साइबर ब्युरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छ।’, उनले आफू हिन्दु भएकाले लिभिङ टुगेदरमा बस्ने विचारमा विश्वास नगर्ने पनि बताएकी छन्। , साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले पनि उनको उजुरी परेको पुष्टि गरेका छन्। , मानन्धरले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत उजुरी दिएको एसपी रायले बताए। , उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कूरा प्रकाशन गर्ने विषय उल्लेख छ। , ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशस वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफमा भनिएको छ। , अन्तर्वार्ता दिँदा मानहानी गरेको र मिडियासँग सम्बन्धित भएकाले प्रेस काउन्सिलसँग पनि समन्वय गरिने एसपी रायले बताए। , कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए। ,
करिष्मा मानन्धरले दिइन् साइबर ब्युरोमा उजुरी |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ७, जनकपुर जानु अनि जानकी मन्दिर नजानु!, ‘मिथिलाक कथासभ’ शृंखलाअन्तर्गत जनकपुरका कथा खोज्ने क्रममा हामी हरेक दिनजसो जानकी मन्दिर पुगेकै हुन्थ्यौं। रिपोर्टिङ सकेर होस् वा एकाबिहानै घुम्न, हाम्रो गन्तव्य जानकी मन्दिर नै हुन्थ्यो।, जनकपुरको मात्र होइन, यो देशकै एक प्रसिद्ध मन्दिर हो। धार्मिक कारणले र आफ्नो कलात्मक शैलीका कारण पनि यो मन्दिर धेरैको आकर्षण केन्द्र बन्दै आएको छ। मन्दिरको कलात्मक भवनलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नेहरू यहाँ हरसमय भेटिन्छन्।, जानकी मन्दिरकै समकालीन राम मन्दिर भने त्यति प्रख्यात छैन। मान्छेको घुँइचो पनि त्यति लाग्दैन। तस्बिर खिच्नेहरू कमै आउँछन्।, प्रसिद्धिमा फरक भए पनि यी दुवै मन्दिरको आ–आफ्नै विशेषता छ।, आजको अध्यायमा हामी यी दुई मन्दिरबारे चर्चा गर्दैछौं, जुन जनकपुर पत्ता लागेपछि बनेका सुरूआती मन्दिरहरू हुन्।, मन्दिरको कथामा प्रवेश गर्नुअघि हामी तपाईंहरूलाई एकचोटि अघिल्लो अध्यायमा फर्काउन चाहन्छौं। ,अघिल्लो अध्याय,मा हामीले दुई जना साधु चतुर्भुज गिरी र सुरकिशोर दासले कसरी जनकपुर पत्ता लगाएका थिए भनेर वर्णन गरेका थियौं। जानकी मन्दिर र राम मन्दिरको कथा त्यसैसँग जोडिन्छ।, छोटकरीमा भन्दा, सत्रौं–अठारौं शताब्दीतिर यी दुई साधु सीताको जन्मभूमि मिथिला खोज्दै यहाँ आइपुगेका थिए। भारतको बद्रिनाथबाट आएका दसनामी सम्प्रदायका साधु चतुर्भुज गिरीले सपनामा भगवान रामले दिएको संकेतका आधारमा बरगदको रूखमुनि रामकै आकृति झल्कने चार मूर्ति — लक्ष्मीनारायण, शेषअवतार, दसअवतार र पञ्चअवतार — फेला पारेका थिए। पञ्चअवतार मूर्तिमा रामसहित उनका तीन भाइ र सीताका प्रतिरूप छन्।, जानकी मन्दिरमा भएको सन्ध्या आरती। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, त्यही समयतिर रामानन्दी सम्प्रदायका अर्का साधु सुरकिशोरदास सीताको जन्मभूमि खोज्दै पश्चिम भारतको लोहागढ शिखरबाट यहाँ आउँदा घना जंगल थियो। त्यही जंगलको बीचमा उनले लोहागढस्थित आफ्नो मठमै छाडेर आएको सीताको मूर्ति फेला पारेका थिए। त्यही आधारमा उनले जनकपुरलाई सीताको भूमि वा प्राचीन मिथिला मानेर उनको भक्ति र पूजाआजा गर्न थाले।, यी दुई साधुले प्राचीन मिथिला वा जनकपुरधाम पत्ता लगाएको थाहा पाएपछि अन्य साधु पनि उनीहरूले भेटेका मूर्ति खोज्दै यहाँ आए। यसरी साधुहरू आउन थालेपछि यहाँ मन्दिर र मठहरू बन्न थालेको र बस्ती विकास भएको भनाइ छ।, अर्को कथाअनुसार त्यति बेला जनकपुरभन्दा केही परबाट गोठालाहरू आफ्ना गाई र भेडा चराउन नदी किनारका हरिया मैदानमा ल्याउँथे। त्यही क्रममा उनीहरूको भेट सीताको जन्मभूमि खोज्दै जनकपुर आएका साधुहरूसँग भयो। ती साधुहरू आफूले भेटेका मूर्तिलाई भगवानका रूपमा प्रतिस्थापन गरेर पूजाआजामा तल्लीन थिए।, गोठालाहरूले ती मूर्ति भगवान राम र सीताका हुन् भन्ने थाहा पाए। त्यसपछि उनीहरूले राम र सीताका मूर्तिलाई ढोगे र आफूसँग भएका खानेकुरा चढाए।, उनीहरू जब राम र सीताको दर्शन पाएकामा प्रसन्न हुँदै आ–आफ्नो गाउँ फर्के, त्यसपछि जनकपुरधाम पत्ता लागेको खबर सर्वत्र फैलियो। वरिपरिका सबै गाउँबाट गाउँलेहरू राम र सीताको दर्शन गर्न जनकपुर आउन थाले। यसरी आउँदा उनीहरू जनकपुरमा मठ बनाएर बसेका साधुहरूका निम्ति आफ्नो गच्छेअनुसार चामल, चिनी, नुन र घ्यू ल्याइदिन्थे।, समयक्रममा जनकपुरधाम फेला परेको खबर मकवानपुरसम्म पुग्यो। त्यो बेला जनकपुरको जंगल मकवानपुरका सेन राजाहरूको अधिनमा थियो। आफ्नो राज्यको जंगलभित्र सीताको जन्मभूमि फेला परेको सुनेपछि मकवानपुरका एक राजा जनकपुरको यात्रामा निस्किए।, सुरूमा उनी बरगदको रूखमुनि पुगे, जहाँ चतुर्भुज गिरीले फेला पारेर पूजा गर्न थालेको भगवान रामका चार मूर्ति थिए। राजाले ती मूर्तिलाई ढोगे र हरेक दिन त्यहाँ फलफूल र अन्न चढाएर पूजा गरियोस् भनी जग्गा दान दिए।, त्यहाँबाट उनी निमको रूखमुनि भेटिएको सीताको मूर्ति हेर्न गए। उनले सीताको दर्शन गरे र उनका नाममा पनि थुप्रै जग्गा दान दिए।, भगवान रामका नाममा दान दिएको जमिन चतुर्भुज गिरी र उनका शिष्यहरूले भोगचलन गर्न थाले भने सीताका नाममा चढाएको जमिन सुरकिशोर दास र उनका शिष्यले भोगचलन गरे।, साधुहरूले जनकपुरधाम दर्शन गर्न आएका किसानहरूको मद्दतले वरिपरिका जंगल फडानी गराए र राजाबाट दान पाएको जग्गामा खेती गर्न लगाए। यसबाट स्थानीय किसानको आयस्रोत त बढ्यो नै, सँगसँगै जग्गाबाट आर्जन हुने रकमले चतुर्भुज गिरी, सुरकिशोर दास र अन्य साधुहरूलाई जनकपुरधाममा बसोबास गर्न सहज पनि भयो।, ‘सुरूआती दिनमा राम र सीतालाई हेर्न भनेर टाढा–टाढादेखि आएका तीर्थयात्री यो पवित्र ठाउँ छाडेर अन्त जान चाहेनन्। उनीहरूले मन्दिर नजिकै घर बनाए। बसोबास बढ्दै गएपछि तिनैमध्येका केहीले व्यापार गर्न थाले। बिस्तारै यहाँ ठूलो बजार बन्यो,’ मानवशास्त्री रिचर्ड बरघर्टले आफ्नो किताब ‘द हिस्ट्री अफ जनकपुरधाममा लेखेका छन्, ‘यस प्रकार राजाको संरक्षणमा साधु–सन्त, किसान र व्यापारीहरूले आधुनिक जनकपुरधामको जग बसाले।’, जनकपुरधाम सहर बसाल्न मुख्य भूमिका खेलेका मकवानपुरका एक राजा इन्द्रविधाता सेनको नाम राम मन्दिरमा भएको तामाको दानपत्रमा उल्लेख छ। त्यसमा साधुहरूलाई जग्गा दान दिएको ठ्याक्कै तिथिमिति त छैन, तर त्यो अठारौं शताब्दीको पूर्वार्द्धमा हुनुपर्ने संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरी अनुमान गर्छन्।, ‘दानपत्रमा सम्बत ११२४ लेखिएको छ। यसबारे नेपालका इतिहासकारबीच केही विवाद देखिन्छ। तुलनात्मक अध्ययन गर्दा यो फसली सम्बत ,(मुगल बादशाह अकबरले चलाएको सम्बत), हुनसक्छ। फसली सम्बत र इस्वी सम्बतमा ५९३ वर्षको फरक छ। यस हिसाबले इन्द्रविधाता सेनको दानपत्र सन् १७१७ को ठहरिन्छ,’ जनकपुरीले भने।, अर्कातिर सुरूआतमा जनकपुर आएका दुई साधुमध्ये सुरकिशोर दासका चौथो पुस्ताका शिष्य राम दासलाई मकवानपुरका राजा मानिक सेनले दिएको दानपत्रमा सन् १७२७ लेखिएको छ।, यी दुई दस्तावेजका आधारमा आजभन्दा लगभग तीन सय वर्षअघि मकवानपुरका राजाले दान दिएको जग्गामा अहिलेको राम मन्दिर र जानकी मन्दिर बनेको र त्यसै वरिपरि जनकपुरधाम सहर विकास भएको देखिन्छ।, जनकपुरको जानकी मन्दिर। तस्बिर: नारायण महर्जन/सेतोपाटी, जनकपुरको राम मन्दिर। तस्बिर: रोहित महतो/सेतोपाटी, यी दुई मन्दिर कसरी बने भन्ने कथामा प्रवेश गर्नुअघि हामी एकछिन सेन राजाहरूका बारेमा चर्चा गरौं है।, हामीले ‘मिथिलाक कथासभ’ शृंखलाको सुरूआत सिमरौनढ सहरबाट गरेका थियौं। दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढमा एघारौंदेखि चौधौं शताब्दीसम्म शासन गरेका कर्नाटवंशी राजाहरू नेपाल उपत्यका भागेका थिए। कर्नाटवंशको शासनपछि ओइनवारहरू सिमरौनगढको सत्तामा आए। उनीहरूले तिरहुत वा मिथिला क्षेत्रमा सन् १३५३ देखि १५२६ सम्म शासन गरेका थिए। हामीले यसबारे अघिल्ला अध्यायहरूमा विस्तृत चर्चा गरिसकेका छौं।, सन् सोह्रौं–सत्रौं शताब्दीमा मकवानपुरका तत्कालीन राजा लोहाङ सेनले आफ्नो राज्यको राजस्व बढाउन पूर्वी तराईमा चासो देखाए। उनको फौजले ओइनवार वंशीय स्थानीय प्रमुख मोहन ठाकुरलाई पराजित गर्यो। त्यहाँबाट पूर्वतर्फ ओइनवारहरूकै शासन रहेको महोत्तरी क्षेत्र पनि मकवानपुरले जित्यो।, मकवानपुरले त्यसपछि कमला नदी पार गरेर सप्तरी र मोरङलाई आफ्नो राज्यमा गाभ्यो। राजा लोहाङ सेनले आफ्नो शासनकालको अन्त्यसम्म राज्यको सिमाना महाभारत शृंखलादेखि तिरहुत र भारतको विहारसम्म फैलाएका थिए। त्यो समय मकवानपुर सबभन्दा ठूलो पहाडी राज्य बनेको थियो।, राजा लोहाङको पाँचौं पुस्तामा आइपुग्दा मकवानपुर तीन राज्यमा विभाजित भयो। इन्द्रविधाता सेनले मोरङ, महापति सेनले कोशी र कमला नदीबीचको भू–भाग अनि मानिक सेनले कमला नदीको पश्चिममा रहेको मकवानपुरमा शासन गरे।, मकवानपुरका सेन राजाहरूले जनकपुरका साधुहरूलाई भगवानका नाममा जग्गा दिनुका पछाडि उनीहरूको निजी स्वार्थ र राज्य सुरक्षाको अपेक्षा लुकेको हुनसक्ने मानवशास्त्री बरघर्टको भनाइ छ।, ‘त्यसरी जग्गा दान दिनुको मुख्य उद्देश्य मकवानपुर राज्य विस्तार गर्न र राज्य सुरक्षामा भगवानको कृपा र साधुहरूको आशिर्वाद प्राप्त होस् भन्ने थियो। अर्को हिसाबमा ती जग्गा राजाले आफ्नै उपयोगका लागि समेत दान दिएका थिए, किनभने दान दिएको जग्गामा खेती भएपछि भविष्यमा सैनिकहरूका लागि अन्नको जोहो गर्न सजिलो हुन्थ्यो,’ बरघर्टले आफ्नो किताबमा लेखेका छन्।, सेन राजाहरूले राम र सीताका लागि जग्गा दिएपछि जनकपुरका अन्य मन्दिरका लागि पनि जग्गा दिएको देखिन्छ। उनीहरूले जनकपुरसँगै महोत्तरीका रामानन्दी साधुहरूलाई पनि ठूलो क्षेत्रफलको जग्गा उपहार दिएका थिए। रामानन्दी सम्प्रदायका साधुहरूले महोत्तरीमा बसहिया, सिमरदही र मटिहानीमा बस्ती बसालेका थिए। त्यस्तै, दसनामी सम्प्रदायका साधुहरूले पनि तरही, इटवरा, झोझिकटैया र जलेश्वरमा बस्ती बसालेका थिए।, मकवानपुरलाई पछि गोरखा राज्यले जितेर आफूमा गाभ्यो। त्यसपछि सेनको सट्टा शाह राजाहरू शासनमा आए। शाहवंशीय राजाहरूको पनि जनकपुरका साधुहरूसँग राम्रो सम्बन्ध थियो। तर उनीहरूले सेन राजाका तुलनामा साधुहरूलाई कम जग्गा दान दिएका थिए।, ‘सन् १७८१ मा राजा रणबहादुर शाहले दिएको अनुदानमा हनुमान नगरमा मन्दिर बनेको थियो। त्यस्तै, १८०७ मा अमरसिंह थापाले राजा गिर्वाणयुद्ध विक्रम शाहका नाममा हनुमान मन्दिरका लागि जग्गा दिएका थिए। त्यसको रेखदेख र व्यवस्थापन जिम्मा राम मन्दिरका साधुहरूलाई दिइएको थियो,’ बरघर्टले आफ्नो किताबमा लेखेका छन्।, त्यसपछि सन् १८३३ मा सीता कुण्ड कुटीलाई, १८३४ मा रत्नसागर मन्दिर र सन् १८४० मा अग्नी कुण्ड मन्दिरलाई पाँचदेखि बीस बिघासम्म जग्गा दान दिइएको त्यहाँका दानपत्रहरूमा उल्लेख छ।, सन् १८४३ यता भने राज्यबाट जग्गा उपहार दिने क्रम बन्दजस्तै भयो।, ‘राज्यबाट विभिन्न समयमा राजकीय उपहारका रूपमा दान दिइएको जग्गाले जनकपुरधामलाई सहर बन्न मद्दत पुर्यायो,’ बरघर्टले किताबमा लेखेका छन्।, जनकपुरधाम सहर निर्माणमा सेन राजाहरूको साइनोपछि अब हामी जानकी मन्दिर र राम मन्दिरको कथामा प्रवेश गरौं।, चतुर्भुज गिरी र सुरकिशोर दासले सीताको जन्मस्थलका रूपमा जनकपुरधाम पत्ता लगाएपछि सन् १८०० सम्म पनि यो ठाउँ सहर बनिसकेको थिएन। यो धार्मिक स्थलजस्तो मात्र थियो, जहाँ सुरकिशोर दास, चतुर्भुज गिरी र उनीहरू पछि आएका प्रितम दास, रघुनाथ दास लगायत साधुहरूले आफ्नो मठ बनाएका थिए।, जानकी मन्दिर र राम मन्दिर पनि त्यति बेला सानो मठमै सीमित थिए।, एकदिन भारतको मध्यप्रदेशस्थित टिकमगढकी महारानी वृषभानु कुँवरको नजर सुरकिशोर दासले फेला पारेको सीताको मूर्ति र उनको मठमा पुग्यो। त्यसपछि महारानी वृषभानुले भाकल गरिन्, ‘मेरो गर्भबाट छोरा जन्मियो भने म जानकी माताका लागि नौ लाख असर्फी खर्च गरेर भव्य महल बनाउँछु।’, त्यति बेला महारानी वृषभानुलाई छोरा नभएकोमा ठूलो चिन्ता थियो। राम–सीताकी परमभक्त उनले धेरैपटक भारतका मन्दिरहरूमा भाकलसमेत गरेकी थिइन्। तै उनको छोरा भएन। एक सन्त महात्माले जानकी माताको दर्शन गरे मनोकांक्षा पूरा हुन्छ भनेर सुझाएछन्।, नभन्दै जनकपुर आएर भाकल गरेको केही समयमै महारानी वृषभानु गर्भवती भइन्। उनले छोरा नै जन्माइन्। अनि आफ्नो मनोकामना पूरा भएको खुसीमा उनले सीताका नाममा भव्य महल बनाइदिइन्। त्यही महललाई आज हामी जानकी मन्दिरका रूपमा चिन्छौं। यसलाई जनक महल पनि भनिन्छ। त्यो समय नौ लाख रूपैयाँ खर्च गरेर बनाइएकाले नौ लाखा मन्दिर भन्ने चलन पनि छ।, बिक्रम सम्बत १९५२ मा शिलान्यास गरेर बनाउन थालिएको यो मन्दिर १९६७ मा पूरा भएको थियो। यस हिसाबले जानकी मन्दिरको इतिहास जम्माजम्मी ११३ वर्ष पुरानो देखिन्छ।, जानकी मन्दिर बनाउन टिकमगढकी महारानीले भारतबाटै मुसलमान कालिगढहरू लिएर आएकी थिइन्। त्यही भएर यो मन्दिरमा मुगल र हिन्दु कालिगढीको मिश्रण पाइन्छ।, मन्दिरका पुजारी ऋषिकेश झाका अनुसार यो मन्दिर बाहिरबाट हेर्दा मुगल शैलीको छ भने भित्र गुम्बज वा हिन्दु शैलीको छ।, ‘मुसलमानहरूले जति पनि हिन्दुहरूको ऐतिहासिक मन्दिर बनाए, त्यसमा आफ्नो केही न केही छाप छाडे। जानकी मन्दिर त्यसको प्रत्यक्ष उदाहरण हो,’ उनले भने, ‘यो मन्दिरलाई नेपालको ताजमहल भन्दा फरक पर्दैन।’, जानकी मन्दिरको महन्तका उत्तराधिकारी रामरोशन दास। तस्बिर: रोहित महतो/सेतोपाटी, जानकी मन्दिरका पुजारी ऋषिकेश झा। तस्बिर: रोहित महतो/सेतोपाटी, पुल्चोक इञ्जिनियरिङ कलेजका वास्तुकला प्राध्यापक जिवेन्द्र पोखरेलका अनुसार यो भवनको शैलीमा मन्दिर र सुरक्षा किल्लाको मिश्रित झलक पाइन्छ।, ‘यस्तो खालको भवनमा बीचमा मन्दिर हुन्छ भने वरिपरि भवनकै संरचनाले घेरिएको हुन्छ, जसले सुरक्षा किल्लाको काम गर्छ। बाहिरका मान्छेले सजिलै भित्र आक्रमण गर्न सक्दैनन्। भवनमा बसेर बाहिरका गतिविधि निरीक्षण गर्नुका साथै कसैले हमला गर्न लागेको थाहा पाउन सकिन्छ,’ प्राध्यापक पोखरेलले भने, ‘पहिले–पहिले हिन्दु र मुसलमानबीच धेरै लडाइँ हुने भएकाले आक्रमणबाट बच्न यस्तो भवन बनाइन्थ्यो। यस्ता भवन भारतको मध्यप्रदेशमा धेरै बनेका छन्। जानकी मन्दिर बनाउने रानी पनि उतैको भएकाले यो मन्दिर मध्यप्रदेशको शैलीबाट प्रेरित देखिन्छ।’, पोखरेलका अनुसार जानकी मन्दिरको मोहोडामा गुम्बज संरचना छ भने माथि डोमजस्तै शैली दिइएको छ। मार्बल र ढुंगाको व्यापक प्रयोग मन्दिरको विशेषता हो।, सुरकिशोर दास जनकपुर आएयता यो मन्दिरको महन्तका सोह्रौं पुस्ताका रूपमा रामतपेश्वर दास छन्। यहाँ आफ्नो मन परेको शिष्यलाई आफूपछिको महन्त दिने परम्परा छ। आफ्नो सर्वोत्कृष्ट शिष्यलाई जेष्ठताको उपाधि दिइन्छ र उसैलाई महन्तको उत्तराधिकारीका रूपमा छानिन्छ।, अहिले महन्तको उत्तराधिकारी रहेका रामरोशन दासका अनुसार यो मन्दिरमा हरेक दिन राम–सीतालाई बेहुला–बेहुलीका रूपमा पुजिन्छ। यसलाई ‘अष्टसेवा’ भनिन्छ। यो पूजाअन्तर्गत बिहान स्नान गरेर अभिषेक र आरती गरेपछि मध्याह्न १२ बजे भगवानलाई राजभोग दिनुपर्छ। त्यसपछि अपराह्न ४ बजे मन्दिरमा आरती हुन्छ र साँझ फेरि सन्ध्या आरती हुन्छ।, यो मन्दिरसँग जोडिएर विशेषगरी चारवटा ठूला पर्व मनाइन्छन् – जानकी नवमी, राम नवमी, विवाह पञ्चमी र झुलन पर्व।, वैशाख शुक्ल नवमीको दिनलाई सीताको जन्मदिन मान्दै ‘जानकी नवमी’ मनाउने चलन छ। यो बेला नौ दिनसम्म पूजाआजा, जानकीको नाममा गीत र रामायण पाठ गरिन्छ। नाचगान र रमाइलो गर्दै साधु–सन्तलाई उपहार बाँड्ने चलन रहेको रामरोशन दासले बताए।, त्यस्तै, चैत शुक्ल नवमीमा पर्ने ‘राम नवमी’ लाई रामको जन्मदिन मानिन्छ। यो बेला पूजाआजा, रामको नाममा गीत र रामायण पाठ गर्नुका साथै जनकपुरमा धुमधाम मेला लाग्छ।, ‘विवाह पञ्चमी’ मार्ग शुक्ल पञ्चमीका दिन मनाइन्छ। यो बेला सीता र रामबीच त्रेतायुगमा भएको विवाहको सम्झना गरिन्छ। त्यसमा साना बालक र बालिकालाई राम–सीता बनाइन्छ। भारतको अयोध्याबाट जन्ती आउने चलन पनि छ।, साउनको ‘झुलन पर्व’ साउन शुक्ल तृतीयादेखि १५ दिन मनाइन्छ। यो पर्वमा भगवानको प्रतिमालाई झुला अर्थात पिङमा राखेर झुलाउने गरिन्छ।, जानकी मन्दिरका महन्त उत्तराधिकारी रामरोशन दासका अनुसार सेन राजाहरूले यो मन्दिरलाई भनेर २२ सय बिघा जग्गा दान दिएका थिए। त्यतिबेला राम र जानकी मन्दिर एउटै जग्गामा थिए। त्यो जग्गा पछि 'जानकीपट्टि' र 'रामपट्टि' भनेर दुई भागमा विभाजन हुँदा अहिले जानकी मन्दिरमा जम्मा साढे पाँच सय बिघा छ।, ‘पूरा जनकपुर सहर नै अहिले त्यही जग्गामा बसेको छ,’ उनले भने, ‘तपाईंहरू जुन अड्डा, अदालत, कार्यालयहरू जनकपुरमा देख्नुहुन्छ, ती सबै जानकी मन्दिरकै जग्गामा बनेका हुन्।’, यहाँको मूल मन्दिरमा सुरकिशोर दासले भेटेका सीताको मूर्ति मात्र नभई राम, रामका भाइ लक्ष्मण, भरत, शत्रुधन लगायतका मूर्ति पनि छन्। अन्य मूर्तिहरू मन्दिर विस्तार हुने क्रममा थपिएको पुजारी ऋषिकेश झाले बताए।, ‘यो रामको ससुराल हो। हामी रामसँगै उनको ससुरालका मान्छेलाई पनि इज्जत र पूजा गर्छौं। त्यही भएर जानकी मन्दिरमा जानकीबाहेक अन्य भगवानका मूर्ति पनि पूजा गरेर राखिएको हो,’ उनले भने।, जानकी मन्दिरमा रहेका मूर्तिहरू। तस्बिर: ऋषिकेश झा, राम मन्दिरमा रहेका मूर्तिहरू। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, अब हामी जानकी मन्दिरकै समकालीन राम मन्दिरबारे चर्चा गरौं, जुन जनकपुरको राम चोकमा छ।, जनकपुर पत्ता लगाएका साधु चतुर्भुज गिरी र त्यसपछि उनका शिष्यहरूले सञ्चालन गरेको राम मन्दिर धनुष सागरको पश्चिम किनारमा पर्छ। अहिले यो मन्दिरका महन्त राम गिरी छन्।, यो मन्दिरमा चतुर्भुज गिरीले नै फेला पारेको भनिएका भगवान रामका आकृति झल्किने मूर्तिहरू छन्। महन्त राम गिरी ती मूर्तिलाई त्रेताकालीन समयसम्म दाँज्छन्।, ‘यी देउता राजा जनक पालाको हो। जति बेला राम सीतासँग विवाह गरेर आयोध्या फर्कंदै थिए, उनले भगवान विश्वकर्मालाई डाकेर आफ्नो रूप निर्माण गर्न लगाएका थिए। त्यसपछि रामले ‘म तपाईंको घरमा सधैं विराजमान हुन्छु र छोरीको याद आए यिनै मूर्तिहरू हेर्नू’ भनेर ती मूर्ति जनकलाई दिएका थिए,’ उनले भने, ‘त्रेतायुग सकिएको धेरै समयपछि कलियुगमा यी मूर्ति यस मन्दिरका संस्थापक चतुर्भुज गिरीले फेला पारेका हुन्।’, अहिले हामी जुन एकतले छाने शैलीको राम मन्दिर देख्छौं, त्यो वास्तविक स्वरूप नभई चौथो चरणको ढाँचा हुनुपर्ने संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरी बताउँछन्।, ‘मकवानपुरका राजा इन्द्रविधाता सेनले राम मन्दिर (तत्कालीन राम–जानकी मन्दिर) लाई दानपत्र दिने बेला सम्भवतः त्यहाँ सामान्य मठ निर्माण गराएका थिए। किनभने, शाहवंशी दस्तावेजहरूमा सन् १७८२ मा राजा रणबहादुर शाहका जनरल अमरसिंह थापाले राम मन्दिर पुनर्निर्माण गराएको उल्लेख छ,’ उनले भने।, सन् १८१४ देखि १८१६ मा नेपाल–ब्रिटिस भारतबीच युद्ध भएको थियो। त्यो युद्धपछि १८२० को एउटा रिपोर्टमा लेखक फ्रेजर जेम्स बेल्लीले राम मन्दिरबारे चर्चा गरेका छन्। त्यसमा राम मन्दिर ११५ यार्डमा फैलिएको वर्गाकार पर्खालहरूमा चारतले मन्दिरका रूपमा रहेको उल्लेख छ।, ‘मन्दिरको छानामा सुनको पाता छ र चारवटै दिशामा ४७–४७ वटा घन्टी छन्,’ रिपोर्टमा भनिएको छ।, १९९० सालको महाभूकम्प बेलाका राणाकालीन दस्तावेजहरूमा भने राम मन्दिर दुईतले मात्र भएको उल्लेख छ। यसरी मन्दिरको दुई तला कम हुनुका कारण सन् १८३३ र १८६६ मा गएका दुई ठूला भूकम्प हुनसक्ने जनकपुरी बताउँछन्।, ‘सम्भवतः १८३३ को भयावह भूकम्पमा राम मन्दिर ढलेको थियो। त्यसपछिका शासकहरूले यसलाई पुनर्निर्माण गरेर दुईतले मात्र बनाएको हुनुपर्छ,’ उनले भने, ‘१९९० सालको महाभूकम्पमा ढलेपछि यो मन्दिर अहिलेको एकतले स्वरूपमा निर्माण गरिएको हुनुपर्छ।’, मन्दिरका महन्त राम गिरीका अनुसार यहाँ पनि जानकी मन्दिरमा जस्तै आफ्नो शिष्यलाई महन्तको उत्तराधिकारी बनाउने चलन छ। महन्तको निधनपछि उनको शव मन्दिरकै छेउमा रहेको समाधिमा गाड्ने चलन पनि छ। शव गाडेको ठाउँमा शिवलिंग स्थापना गरिन्छ। मन्दिरनजिकै थुप्रै शिवलिंग देख्न सकिन्छ, जसलाई स्थानीय र मन्दिरका महन्त–पूजारीहरू पूजा गर्छन्।, यो मन्दिरमा ‘विवाह पञ्चमी’ को दिन विशेष मेला लाग्छ। त्यति बेला रामको हुलियामा बेहुलालाई सजाएर बाजागाजासहित नगर परिक्रमा गर्ने काम यहीँबाट सुरू हुन्छ। साता दिनसम्म चल्ने विवाहको उत्सव राम–सीतालाई यही मन्दिरमा भित्र्याएर समापन हुन्छ।, जानकी मन्दिरका पुजारी ऋषिकेश झाका अनुसार विवाह पञ्चमी बेला राम–सीताको विवाह हुँदा राम मन्दिरलाई बेहुलातर्फको र जानकी मन्दिरलाई बेहुलीतर्फको मानिन्छ। त्यति बेला दुवैतर्फबाट एकअर्कालाई सगुनहरू पठाइन्छ।, ‘हामी अरू बेला पनि एकअर्कालाई सम्धीको साइनो लगाउँछौं। अन्य विशेष पर्वमा पनि एकअर्कालाई निम्तो दिन्छौं,’ उनले भने।, विशेषगरी दसैंको दसमीका दिन राम मन्दिर र जानकी मन्दिरका महन्तहरू एकअर्कालाई भेट्छन्। यसलाई सम्धी–मिलन भनिन्छ। त्यस दिन राम मन्दिरका महन्त जानकी मन्दिर आउँछन्। उनलाई जानकी मन्दिरमा रहेको चाँदीको विशेष आसनमा बसालिन्छ।, ‘राम मन्दिरका महन्तलाई रामका बुवा दशरथ मानेर सम्मान गरी चाँदीको आसनमा बस्न दिइन्छ,’ पुजारी झाले भने, ‘हुन त त्यो आसनमा राम मन्दिरका महन्तलाई जहिल्यै बस्न पाउने अधिकार छ। तर विजया दसमीका दिन सम्धी मिलन हुने र विशेष आसनमा बसाउने परम्परा छ।’, यस्तो चलनबाट पनि जनकपुरका दुई समकालीन जानकी र राम मन्दिरबीच विशेष सम्बन्ध रहेको थाहा हुन्छ।, यी दुई मन्दिरले यहाँको बस्ती र व्यवसाय निर्माणमा उत्तिकै ठूलो भूमिका खेलेका छन्। यहाँ दुई जना साधु चतुर्भुज गिरी र सुरकिशोरदास आएपछि किसान र अन्य मान्छे आएका थिए भनेर हामीले अगाडि बताइसक्यौं। जानकी मन्दिर निर्माणकै क्रममा भारतको टिकमगढबाट मुसलमान कालिगढहरू ल्याइएको पनि उल्लेख गरिसक्यौं। जानकी मन्दिर बनाउन एक दशकभन्दा बढी समय लागेकाले धेरै मुसलमान कालिगढ मन्दिर वरिपरि नै बसोबास गर्न थालेका थिए।, जानकी मन्दिर निर्माणभन्दा अगाडि पनि विभिन्न कालखण्डमा केही मुसलमानहरू युद्धबाट भागेर जनकपुर आएको संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरी बताउँछन्।, राम मन्दिरका महन्त राम गिरी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, रोशन जनकपुरी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ‘तत्कालीन समयमा भारतका मुसलमान बादशाहहरू विभिन्न युद्धमा हिँडिरहन्थे। त्यस क्रममा कति सैनिकलाई जबर्जस्ती हिँडाइएको हुन्थ्यो। उनीहरू मौका पाउनेबित्तिकै भाग्थे र विभिन्न ठाउँमा लुकेर बस्थे,’ उनले भने, ‘त्यसरी भाग्ने क्रममा कति सैनिक जनकपुर आएर बसेका थिए।’, जानकी मन्दिरका चौधौं महन्त नवलकिशोर दासले पनि विभिन्न ठाउँबाट मान्छे बोलाएर यहाँ बसोबास गराएको भनाइ छ।, जनकपुरीका अनुसार त्यति बेला यहाँको बस्ती पातलो थियो। त्यही भएर चौधौं महन्त नवलकिशोरले यहाँ बस्ती विस्तार गर्न जग्गाहरू दिएका थिए।, यति मात्र होइन, मन्दिर बनाउने क्रममा मिस्त्रीहरू, माटो खन्न कुर्मीहरू र मन्दिर बनेपछि मिठाइ बनाउने हलुवाई, तेलको काम गर्ने तेली, फूल बेच्ने माली लगायत समुदाय पनि जनकपुर आएको उनी बताउँछन्।, ‘मन्दिरहरू बन्दै गएपछि बजार विकास भयो। बजार बनेपछि विभिन्न जातका मान्छे यहाँ आए। सुरूमा किसानहरू आएका थिए। पछि सरकारी कार्यालयहरू खुलेपछि लेखपढ गर्ने कायस्थ, ब्राह्मणहरू आए। उनीहरू प्रमुख ओहोदामा पनि पुगे,’ जनकपुरीले भने, ‘मन्दिर बनेपछि कसरी एउटा सहर विकसित हुन्छ भन्ने राम्रो उदाहरण जनकपुर हो।’, जनकपुरमा मन्दिर सँगसँगै पोखरीहरू पनि बन्न थालेका थिए। मडहा भन्ने पोखरी जानकी मन्दिरको भातको माड खन्याउन बनेको भनाइ छ। त्यस्तै, तेलहा भन्ने पोखरी जानकी मन्दिरको तेल हाल्न बनेको विश्वास गरिन्छ।, जनकपुरलाई ‘बावन (५२) कुटी र बहत्तर (७२) कुण्ड’ को सहर पनि भनिन्छ। यहाँका धेरै पोखरी पौराणिककालका कथाहरूसँग जोडिन्छन्। बिहीबार आठौं अध्यायमा हामी जनकपुरका पोखरी र कुटीहरूको चर्चा गर्नेछौं।, जनकपुरका पोखरीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर,
दुइटा मन्दिरको जगमा बसेको सहर |
एजेन्सी टर्कीमा सोमबार बिहान उज्यालो नहुँदै आएको भूकम्पले अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये २ हजार ५ सय जति मानिस छिमेकी मुलुक सिरियाका हुन्। भूकम्पको धक्काले उत्तरी सिरियामा पनि ठूलो क्षति भएको छ। अहिले पनि हजारौं मानिस सम्पर्कविहीन छन्।, उद्धारकर्ताहरूले भूकम्पमा घर भत्किएर पुरिएकी एकजना नवजात शिशुलाई मंगलबार उद्धार गरेका छन्।, समाचार संस्था एएफपीका अनुसार विद्रोहीहरूको नियन्त्रणमा रहेको सिरियाको उत्तरी सहर जिन्देरिसमा भत्किएको एउटा घरको भग्नावशेषबाट ती शिशुको उद्धार गरिएको हो। ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो।, उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको हुनसक्ने बताएका छन्। ती शिशुकी आमासँगै बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन्।, उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए।, उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्याएका थिए। अहिले उपचार भइरहेकी ती नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर छ। ,
उनलाई बाँच्न लेखेको रैछ… |
नवीनबाबु गुरूङ यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा सरसफाई र रंगरोगन गरिएको छ।, यही फागुन ६ गते शनिबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ।, हेर्नुहोस् तस्बिरहरू,
पशुपतिमा शिवरात्रीको तयारी (तस्बिरहरू) |
सञ्चिता घिमिरे पूर्वी पहाडी जिल्लालाई तराई हुँदै संघीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ। कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो।, सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ।, कालोपत्र गर्न चार ठेक्कामार्फत् काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए।, कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउने लगायतका संरचनाको काम भइरहेको उनले बताए।, उनले भने, ‘यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ।’ , पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उनले बताए।, आयोजना आफैंले गर्नुपर्ने ठाउँमा ट्र्याक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्र्याक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताए।, किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उनले बताए। , कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ।, ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताए। करिडोरको चौडाइ नौ मिटर रहेको छ। झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उनले बताए।, मंसिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताए।, निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उनले जानकारी दिए।, उनले भने, ‘बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ।’, वरूण र अरूण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ। दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उनले बताए। , उनले भने, ‘अब ८० किमीभन्दा माथि खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ।’, वरूण र अरूण करिडोरमा विद्युतका परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुडिरहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताए।, सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उनले बताए।, सडक निर्माण सम्पन्न गर्न विसं २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उनले बताए।अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उनको भनाइ छ। आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ। असी किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताए। , करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिराको समस्या आइरहेको आयोजनाले जनाएको छ।, विभिन्न स्थानमा पहिराले गर्दा यातायात अवरूद्ध भइरहेको छ। आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ। चारमध्ये वरूण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताए। वरूण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ। , करिडोर सडकमा ट्र्याकसमेत पूरै खोलिनसकिएकाले सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताए। , राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन। वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुवर्षीय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने गरिएको उनले बताए। , विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेर कामको गति बढाइरहेको उनले बताए। , निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटकपटक बैठक गरेर गति बढाउन लागिएको हो। , सो राजमार्गको निर्माण पाँच वर्ष पहिले सुरू भएको हो। उक्त आयोजनाको कोसी करिडोर नामकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ।, दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्ष रूपमा लाभ दिनेछ।, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रूपमा समेटे पनि सिङ्गो प्रदेश नै यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। ,
आधा सकियो कोसी राजमार्गको निर्माण काम |
सेतोपाटी संवाददाता झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन्। उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्।, मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पताल पुर्याइएको थियो।, उनको त्यहाँ उपचार क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक (इन्स्पेक्टर) गुरूप्रसाद तिमिल्सेनाले जानकारी दिए।, शिक्षकले कुटपिट गरेका कारण उनले आत्महत्या गरेको विद्यार्थीहरूले बताएका छन्। , विद्यार्थीको समूह बुधबार प्रहरी कार्यालयमा समेत पुगेको इन्स्पेक्टर तिमिल्सेनाले बताए। , ‘कुटपिटका कारण विद्यार्थीले आत्महत्या गरेको भन्ने आरोप छ। आरोप लागेपछि हामीले शिक्षकलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने। , शव पोष्टमर्टमपछि घटनाबारे थप खुल्ने पनि उनले बताए। ,
झापामा छात्राले आत्महत्या गरेपछि शिक्षक प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता अपहरणको नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ६ जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा चन्द्रागिरि-१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्।, एसपी राठौरका अनुसार जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामा अपहरणमा परेको खबर थियो। , उनीहरू तीनै जनाले आ-आफ्नो परिवारलाई फोन गरी अपहरणमा परेको जानकारी दिएका थिए। आफूहरू अपहरणमा परेको र साढे तीन लाख नबुझाइकन फुत्किन सम्भव नभएको बताएका थिए। , पैसा लिएर कलंकीमा आउन भनिएको थियो। , यसरी अपहरणमा परेको खबर पाएपछि परिवारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए। , ‘पैसा नदिइ फुत्किन सम्भव भएन तुरून्त कलंकीमा पैसा लिएर आउनू भनेर उनीहरूले आफ्नो परिवारलाई खबर गरे। परिवारले हामीलाई जानकारी दिएपछि टोली खटिएको थियो,’ एसपी राठौरले भने। , जगतबहादुरकी श्रीमती र कान्छामानका ज्वाइँ पैसा पुर्याउन भनेर प्रहरीसँग कलंकीमा पुगेका थिए।, प्रहरीले अपहरणकारी आउला भनेर कुरेर बसेको थियो। तर त्यहाँ अपहरण गर्ने व्यक्तिहरू आएनन्। बरू अपहरणमा परेको भनिएका जगतबहादुर नै मोटरसाइकलमा चढेर आइपुगेका थिए। , अपहरणमा परेकै व्यक्ति पैसा लिन आएपछि उनीमाथि थप सोधपुछ गरी अनुसन्धान अघि बढाएको एसपी राठौरले बताए। , उनीमाथि सोधपुछ गरी प्रहरी फेरि रिसोर्टमा पुगेको थियो। , रिसोर्टमा पुग्दा अपहरणमा परेको भनिएका कान्छामान र आशमानसहित अन्य व्यक्तिहरू रक्सी खाएर बसेका थिए। उनीहरूले नाटक थाहा पाएपछि सबैलाई पक्राउ गरेको एसपी राठौरले बताए। , उनका अनुसार अपहरणमा परेको भनिएका व्यक्तिहरूले बिदुरबाट केही समयअघि घर जग्गाको कारोबार गर्न १० लाख रुपैयाँ लिएका थिए। तर लामो समय बित्दा पनि उनीहरूले उक्त पैसा फिर्ता गर्न सकेनन्। , फिर्ता नगरेपछि उनीहरूले नाटक गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। , अहिले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले अभद्र व्यवहारमा म्याद थप गरेको छ। , थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। ,
अपहरणमा परेका व्यक्ति नै मोटरसाइकल चढेर फिरौती लिन आएपछि… |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० वटा दुईपांग्रे सवारीसाधन फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर गरी २० ओटा दुईपांग्रे सवारीसाधनका सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत साउनदेखि बुधबारसम्म दुईपांग्रे सवारीसाधन हराएको भनी ९ सय ९७ वटा निवेदन प्राप्त भएका थिए। प्राप्त निवेदनका आधारमा चोरी भएका सवारीसाधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३१४ अनुसन्धानका लागि ल्याइएको थियो।, तीमध्ये साउन महिनामा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा, मंसिरमा ३७ वटा र पुसमा ५१ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको छ।, यस्तै बुधबारसहित यही माघ महिनामा मात्र ४३ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। , यसैगरी यस आर्थिक वर्षमा २४ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृतहरूमा पठाइएको छ।, सवारीसाधन चोरी घटना न्यूनीकरण तथा नियन्त्रण गर्न कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा ट्राफिक प्रहरी खटिँदै आएका छन्। हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि सवारी धनी पनि चनाखो र सजग हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।, त्यस्तै सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायको समेत प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे।, सवारीसाधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरी जानकारी गराउन र खोजतलासका लागि आवश्यक जानकारीसहित निवेदन दिन सकिनेछ।,
चोरिएका २० वटा मोटरसाइकल-स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.