content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।, सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसोको बेला दिनहुँ ४ घन्टा सडक बन्द हुँदै आएको थियो।, नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने बताए।, यो सडकखण्डमा पाँचवटा पुल निर्माणाधीन छन्। पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो।, आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ।, अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको छ।, विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो।, नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो पनि खुल्ने
सेतोपाटी संवाददाता पोखराको फेवातालमा डुंगा दुर्घटना भएको छ। , शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेका १० जनाको उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, साँझ ४ बजे आएको हावाहुरीले दुइटा डुंगा र चार वटा कायाक (एक जना मात्र बस्न मिल्ने) पल्टिएको थियो। त्यसमा रहेका १० जना व्यक्ति तालमा डुबेको डिएसपी थापाले बताए। , उक्त दुर्घटना लगत्तै फेवाताल रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले उनीहरूको उद्धार गरेको हो।, दुइटा डुंगामा ६ जना र चार वटा कायाकमा एक/एक जना थिए। उद्धार गरिएकामध्ये ९ जना सकुशल छन्। , पोखरा-१ बगर बस्ने ७० वर्षीया याममाया गिरी घाइते छिन्। उनलाई डुंगाले च्यापेको अवस्थामा फेला परेको थियो। उनलाई गण्डकी स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको छ। , तालमा खसेका ४ जना काठमाडौंबाट घुम्न गएकाहरू थिए।, फेवातालमा पल्टियो डुंगा, एक घाइते
रासस ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता बालिका मृत भेटिएकी छिन्।, छ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।, सोनिया गत माघ २५ देखि बेपत्ता थिइन्।, घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।, उनकाअनुसार सुगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो।, बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ।, शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो।, घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, एक महिनादेखि बेपत्ता बालिका मृत फेला
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा पाइने चराबारे विष्णु महतोको विज्ञताबारे मैले धेरै सुनेको थिएँ।, चितवनमै भएर पनि उनीसँग जंगल घुम्ने, बसेर गफ गर्ने समय जुरेको थिएन।, गत जनवरीको सुरूतिर मैले फोन गर्दा उनी निकुञ्जभित्र विदेशी पर्यटकलाई चरा देखाउँदै रहेछन्। त्यतिखेरै हो मैले उनीसँग समय मागेको। मेरो आग्रह उनले स्वीकार गरे तर समय निकाल्न उनलाई करिब दुई महिना लाग्यो।, नेचर गाइडको पोशाक लगाएर हातमा 'नेपालका चराहरू' नामको किताब लिएर उभिएका थिए विष्णु। उनीसँग मेरो भेट सौराहाको हात्तीचोक नजिकैको खाजाघर 'थारू कर्नर' मा भयो। उनले यो दिनको केही घन्टा मेरा लागि छुट्टाएका थिए।, कुर्सीमा बस्नेबित्तिक्कै राप्ती नदी किनारतिरको रूखबाट कुनै चराको आवाज सुनियो। उनले तुरून्तै साथमा रहेको किताब पल्टाएर नेपालमा 'छिर्के कुथुर्के' भनिने 'लिनेटेड वार्वेट' को फोटो देखाए।, 'तपाईंले आवाज सुनिरहनुभएको छ नि, हो त्यो चराको नाम छिर्के कुथुर्के हो। यो फोटोको चरा हो यो। यसले रूखमा प्वाल पारेर गुँड बनाउँछ,' उनले भने। आवाजकै भरमा चराको परिचय गराएर उनले कुराकानी सुरू गरे।, विष्णुको विशेषता नै यही हो।, चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका चार सयभन्दा बढी प्रजातिका चराको आवाज सुनेरै चिन्छन् उनी। तीमध्ये धेरै चराको आवाज निकाल्न पनि सक्छन्। चितवनमा ६ सय ५० भन्दा धेरै प्रजातिका चरा रेकर्ड भएका छन्।, 'अब म तपाईंलाई एउटा रोचक कुरा सुनाउँछु है,' महतोले हाँस्दै कुरा बढाए।, 'अघिको चरा मैले आवाजबाटै चिनेँ नि, त्यो त्यही चरा हो भनेर म ढुक्क छु। तर केही चरा यस्ता हुन्छन् जसले हामी जस्ता गाइडलाई पनि झुक्याइदिन्छन्।', उनले उदाहरण दिए- हामीले लामपुच्छ्रे चिबे भन्ने गरेको राकेट–टेल्ड ड्रोङ्गोले आफ्नो आसपास भएका चराहरूलाई उनीहरूको जस्तै आवाज निकालेर जिस्काउँछ। त्यसले बेलाबेलामा फरकफरक चराको आवाज निकाल्छ।, धोबी चराले पनि अरूको आवाज निकाल्छ।, 'राम्ररी विचार गरेन भने त चिबे र धोबी चराले गाइडलाई झुक्याउने भए नि,' उनले ठट्टा गर्दै थपे, 'विदेशीसँग हुँदा अंग्रेजी, हिन्दी बोले पनि खासमा म त नेपाली नै हुँ। जतिसुकै अरूको आवाज निकालोस्, त्यो आखिर चिबे नै हो।', उनका अनुसार चिबेको वास्तविक कुरो पत्ता लगाउन खोज्नेले धैर्य भने गर्नुपर्छ। नभए उसले सजिलै झुक्याइदिन सक्छ।, चिबेपछि उनी घेघरी घाँसेफिस्टो भनिने ग्रेक्राउन्ड प्रिनियाको प्रसंग सुनाउन थाले। उनका अनुसार चरा खोज्न वा खोज्दै चितवन आउने धेरै पर्यटकले यसको विषयमा चासो राख्छन्। घेघरी घाँसेफिस्टोका बारेमा मान्छेको चासो जति धेरै छ, सानो आकारको यो चरो देख्न उत्तिकै मुश्किल छ।, यो घाँसे मैदानमा बस्ने चरा रहेछ। घाँसे मैदानमा धेरै प्रकारका फिस्टा पाइन्छन्। तीमध्येबाट घेघरी घाँसेफिस्टो पहिचान गर्न सजिलो हुँदैन रे। आफूले खोजेको चरो आडैमा हुँदा पनि कतिपयले चिन्दैनन्।, फिस्टाहरूमध्ये यसको आवाज मिठो छ। विष्णु आफैं पनि यसको आवाज निकाल्न सक्ने रहेछन्।, एक दिनको कुरा हो। पर्यटकलाई लिएर जाँदा उनले यसको आवाज निकाले। घेघरी घाँसेफिस्टोको एक झुन्ड भुरूरू उडेर बाहिर निस्कियो। पर्यटकले तुरून्तै फोटो खिचे।, 'मैले त्यसरी आवाज निकाल्दा ती फिस्टालाई आफ्नो साथीले केही भन्यो भन्ने लाग्छ होला र सुन्न आउँछन् होला,' विष्णुले भने, 'अरू गाइडले एउटा पनि देखाउन नसकेको ठाउँमा एकैचोटि पाँचवटा चरा देखाइदिँदा अरू मान्छे दंगै परे।', विष्णुका अनुसार चितवनमा गैंडा मात्र होइन, विभिन्न प्रजातिका दुर्लभ चरा हेर्न आउनेहरू पनि थुप्रै हुन्छन्। चरामा चासो हुनेहरूको रोजाइमा पर्छ यो ठाउँ।, त्यसैले पर्यटकहरूलाई चरा देखाउन उनी हौसिन्छन्। धेरै चराको आवाज मोबाइलमा रेकर्ड गरेर राखेका छन्। पर्यटकको चाहना र समयको आवश्यकताअनुसार त्यो रेकर्ड प्रयोग गर्छन्।, कहिले आफैं आवाज निकालेर त कहिले मोबाइल बजाएर चरा बोलाउँछन्। मौसम, चरा बसेको स्थान, उडेको, खाएको लगायत गतिविधिको पनि अभिलेख राख्छन्। यी सबैले उनलाई पछिका दिनमा पनि चरा खोज्न सहज हुन्छ।, 'आँखा अगाडि नपर्दासम्म देख्न सकिँदैन, टाढा कराएको सुन्यो भने त्यहाँ रहेछ भनेर गएर खोज्न सकिन्छ,' महतो भन्छन्, 'आवाज सुनिसकेपछि अब त्यो चरा भेटिन्छ भन्नेमा ५० प्रतिशत ढुक्क हुन सक्छु।', उनको सम्पर्कमा आएका धेरैजसो पर्यटकले चितवन निकुञ्जमा बेंगल फ्लोरिक्यान (खरमजुर), रूफोस–रम्प्ड ग्रासबर्ड (घाँसचरी), पेल–फुटेड बुस वावलर (घेघरी झाडीफिस्टो) हेर्न खोज्छन्। खरमजुर दक्षिण एसियामा उत्तरी भारत र नेपालको तराईको घाँसे मैदान, दक्षिण–पूर्वी एसियाको कम्बोडियामा पाइन्छ। घाँसचरी र घेघरी झाडीफिस्टो भुटान, उत्तरी भारत र नेपालको तराईका घाँसे मैदानमा पाइन्छन्। बासस्थानका रूपमा रहेको घाँसे मैदानको व्यवस्थापन राम्रो नहुँदा यी चरा लोपोन्मुख रहेको उनले बताए।, विदेशी पर्यटकहरू यी चरा देख्न पाउँदा हुरूक्कै हुने गरेको उनी बताउँछन्।, 'म सकेसम्म सबै उपाय गरेर उनीहरूले खोजेको चरा देखाउँछु। त्यसैले उनीहरू फर्किएर पनि मलाई नै खोज्दै आउँछन्। साथीहरूलाई पनि मेरो सिफारिस गर्छन्,' उनले भने।, उनले एक पटकको किस्सा सुनाए। , सौराहा आएका दुई जना अमेरिकी पर्यटक नेचर गाइड लिएर चरा खोज्न चितवन निकुञ्ज पसेछन्। गाइडले तीन दिनसम्म उनीहरूलाई घुमाएछन्। तर पर्यटकले भनेजस्तो कुनै चरा देखिएन। निराश पर्यटकलाई कसैले विष्णुको नाम सुझायो। विष्णु ती पर्यटक भेट्न उनीहरू बसेको होटलमै पुगे। उनीहरूले विष्णुको मौखिक परीक्षा नै लिए। विष्णुले पनि उनीहरूलाई चराको आवाज मात्र सुनाएनन्, आवाजको माध्यमबाट चरा नै अगाडि ल्याएर देखाइदिए।, 'उनीहरू प्रभावित भएर एक बिहान मसँग फेरि जंगल जान तयार भए। मैले उनीहरूले खोजेका धेरै चरा देखाइदिएँ। फर्किएपछि साँझ फेरि जंगल जाऊँ भन्न थाले,' विष्णुले सुनाए, 'बाघ देखाउन पो टाढा–टाढा जानुपर्छ। चरो त मेसो पायो भने यहीँ नजिकै देख्न सकिन्छ।', आफूले मेसो पाइरहेका चरा देखाउन त उनी ग्यारेन्टी दिन्छन्। देखाउन नसके 'लागेको खर्च आफैं तिरिदिन्छु' पनि भनेका छन्।, चितवन जिल्लाभरमा निकुञ्जका लागि अनुमति पाएका ४ सय ८० जना नेचर गाइड छन्। सौराहामा मात्रै करिब तीन सय छन्। यीमध्ये चराको विषयमा जानकार २० जनाजति रहेको नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीले बताए।, 'ती मध्ये पनि अनुभवका आधारमा चराको विषयमा विज्ञ बनिसकेका केही नेचर गाइड हुनुहुन्छ। विष्णु महतो सरल, इमानदार र विज्ञ हुनुहुन्छ। चराको विषयमा अध्ययन गर्न आउने धेरैले उहाँकै सहयोगमा सफलता पाएका छन्,' धामीले भने।, चराको खोजीमा विष्णु मेचीदेखि महाकालीसम्मका तराईका प्रायः जंगल पुगेका छन्। विदेशी पर्यटकले एउटा चरा हेर्न लाखौं रूपैयाँ खर्च गरेको उनले देखेका छन्।, 'उनीहरू लाखौं खर्च गरेर एउटा चरा हेर्न आउँछन्। हामीले उनीहरूलाई त्यही अनुसारको सेवा दिनुपर्छ,' उनी भन्छन्, 'केही पैसाको लोभ मात्रै गरेर उनीहरूलाई निरास बनाएर फर्कायौं भने हाम्रो पेसा नै धरापमा पर्छ।', चरा विज्ञ डा. हेमसागर बरालले घाँसे मैदानमा पाइने चराको विषयमा अध्ययन गर्दा विष्णु थुप्रै वर्ष उनीसँगै थिए। त्यो साथले पनि उनलाई चराको विषयमा धेरै सिकायो। पछि उनले अन्य धेरैलाई चराको विषयमा अध्ययन गर्न सघाएका छन्।, रत्ननगरको झुवानी घर भएका ४३ वर्षीय विष्णुले कक्षा ७ सम्ममात्रै पढेका छन्। विपन्न परिवारमा जन्मिएका उनले आर्थिक अवस्थाकै कारण पढाइ छाडेर सानै उमेरमा रेस्टुरेन्टको काम सुरू गरेका थिए। सौराहाको पिकक लजमा काम गर्दा उनले विदेशी पर्यटकहरू बोलेको सुन्दासुन्दै अंग्रेजी भाषा सिके। बिस्तारै उनीहरूसँग गफिन सक्ने भए।, पछि उनले सौराहाको चर्चित 'गैंडा वाइल्डलाइफ होटल' (पछि बन्द भएको) को हात्तीसारमा काम पाए। विष्णु हात्तीको माउते बनेर पर्यटकलाई निकुञ्जभित्र घुमाउन थाले।, 'यो होटलमा राजपरिवारका मान्छेहरू आउँथे, विदेशी भिआइपीहरू धेरै आउँथे। म गैंडासँग पनि डराउँदिनँ थिएँ। काममा जता भन्यो त्यतै जान तयार हुन्थेँ। काम गर्न गाह्रो पनि मान्दिनँ थिएँ,' विष्णुले भने।, एकपटक क्याम्पस उद्घाटनका लागि तत्कालीन राजा वीरेन्द्र शाह चितवन आउने कुरा थियो। उनलाई होटलका म्यानेजरले गाइडको काम पनि सिक्न आग्रह गरे। होटलले उनलाई दूरबिन र बर्ड बुक दियो।, होटलले सबै पाहुनाका लागि एक घन्टा 'बर्ड वाचिङ' गराउँथ्यो। त्यो तालिकाअनुसार उनी हरेक दिन पाहुनासँगै चरा अवलोकनमा जान थाले।, 'बिस्तारै चराको विषयमा जिज्ञासा बढ्दै गयो। चराको विषयमा धेरै जानेका टिकाराम गिरी (अहिले बर्ड एसोसिएसन, सौराहाका अध्यक्ष) सँग नजानेका कुराहरू सोध्थेँ। उहाँले यसले धेरै चासो राख्छ, सिक्न सक्छ भन्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो,' विष्णुले भने।, विष्णु गैंडा वाइल्डलाइफमा काम गर्दा राजपरिवारका सदस्यहरू; निराजन, ज्ञानेन्द्र, पारस शाह लगायतको सवारीमा पनि जंगल गएका छन्। तर उनीहरूले चराभन्दा अरू वन्यजन्तुमा धेरै खासै चासो राखेको विष्णुले सुनाए।, बर्ड एसोसिएसन, सौराहाका अध्यक्ष टिकाराम गिरीलाई नेपाल, भारत तथा अन्य विभिन्न देशमा पाइने चराको विषयमा धेरै जानकारी छ। उनी करिब ६०० प्रजातिका चरा आवाजबाटै पहिचान गर्न सक्छन्।, करिब तीस वर्षदेखि चराबारे काम गर्दै आएका टिकारामले एक हजारभन्दा बढी युवालाई नेचर गाइडको तालिम दिएका छन्। तिनैमध्येका एक विष्णु महतो पनि भएको उनले बताए।, 'सिकाएमध्ये केहीले राम्रो गरिरहेका छन्। तीमध्ये विष्णु पनि एक हो। उसले स्थानीय सबैजसो चरा चिन्छ, आवाजबाटै पहिचान गर्छ,' अध्यक्ष टिकारामले भने, 'चराको विषयमा जान्न सौराहा आउने धेरै पाहुनाले उसलाई रूचाउँछन्।', विष्णु अहिले कुनै पनि होटल र संस्थामा व्यावसायिक रूपमा आबद्ध छैनन्। तर उनीहरूले बोलाएमा पर्यटक लिएर जंगल जान्छन्। कतिपय पर्यटक आफैंले पनि उनलाई बोलाउँछन्। अहिले पनि उनका प्रायः दिन जंगलमै बितिरहेका छन्।, नेचर गाइड पेसाबाटै उनले एउटा घर बनाएका छन्। दुई छोरालाई हेटौंडामा राखेर ओभरसियर पढाइरहेका छन्। छोराहरू अविनाश र रोहित पनि फुर्सदमा नेचर गाइडको काम गर्छन्। कान्छो छोरा रोहितको रूचि यसमा अझै बढी छ।, 'उमेरले साथ दिँदासम्म यही काम गर्छु, सक्दासम्म चराको संरक्षणमा लागिरहन्छु,' विष्णुले भने, 'चराले नै मेरो जीवन चलाइरहेको छ। यो त मेरा लागि सबभन्दा ठूलो कुरा हो।'  , जो आवाजबाटै चिन्छन् ४ सय चरा
सेतोपाटी संवाददाता पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ। , शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवनकुमार विकले जानकारी दिए। , पोखरा-१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साँझ मृत्यु भएको उनले बताए। , हावाहुरीका कारण दुई वटा डुंगा र एक जनामात्र बस्न मिल्ने चार वटा कायाक पल्टिएको थियो। जसमध्ये १० जना तालमा डुबेका थिए। , उक्त दुर्घटना लगत्तै फेवाताल रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले उनीहरूको उद्धार गरेको थियो।, दुइटा डुंगामा ६ जना र चार वटा कायाकमा एक/एक जना थिए। उद्धार गरिएकामध्ये ९ जना सकुशल छन्।, फेवातालमा डुंगा दुर्घटनामा घाइते भएकी वृद्धाको मृत्यु
रासस बागलुङमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।, बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो।, उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।, मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए।, उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।, शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।, बागलुङमा भिरबाट लडेर बालिकाको मृत्यु
सेतोपाटी संवाददाता मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ।, आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो।, ‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ।, आयोजना क्षेत्रभित्र स्वीकृत डिपिआरअनुसार सडक खोलेर स्वीकृत नक्साबमोजिम आयोजनाबाट विकसित घडेरीहरू सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिँदै आइएको पनि आयोजनाले बताएको छ।, हेर्नुस् सूचना:, मनोहरा आयोजना क्षेत्र भित्रका घर, टहरा ७ दिनभित्र हटाउन निर्देशन
सेतोपाटी संवाददाता देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभावको रहनुका साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।, प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, यस्तै भोलि बिहिबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्चपहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनका महाशाखाले अनुरोध गरेको छ।, देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको सम्भावना
सविता बुढा कञ्चनपुरको पुनर्वासकी भागरथी जोशी स्नातक तहको पढाइका लागि कैलाली बहुमुखी क्याम्पस, धनगढी पुगिन्। धनगढीमा पढ्न उनी डेरामा बस्नु पथ्र्यो। धेरै ठाउँमा खोजी गरेपछि एउटा कोठा पाइन्।, डेरामा उनलाई अनेक समस्या आइलाग्छन्। महिनावारी हुने कुरामा पनि घरबेटीको चासो हुन्छ। कुनै महिना घरघाडा तिर्न थोरै ढिलो हुँदा पनि कचकच सुन्नु पर्छ।, यस्ता कुराले उनलाई क्याम्पसको छात्रावासमा बसेर बढ्न पाए सजिलो हुने थियो भन्ने लागेको छ। भागरथीको जस्तै अनुभव बझाङकी दिया बोहराको पनि छ।, ‘क्याम्पसको नजिकमा कोठा पाइँदैन, टाढा बस्नु पर्छ। कोठामा एक्लै बस्दा कामको भार पनि पर्छ। पैसाको अभाव हुन्छ,’ उनले भनिन्।, उनलाई पनि छात्रावासमा बस्न पाए पढाइमा केन्द्रित हुन पाइन्थ्यो जस्तो लाग्छ।, श्रेया पाण्डे धनगढीकै निवासी हुन्। उनी आफ्नै घरमा बस्छिन् तर टाढाबाट आउने साथीहरू छात्रावासका बस्न पाए सहज हुन्थ्यो जस्तो लाग्छ।, ‘मेरा धेरै साथीहरू भाडाको कोठामा बसेका छन्। उनीहरूको अवस्था देख्दा क्याम्पसमा छात्रावास नभई हुन्न भन्ने लाग्छ,’ उनले भनिन्। , कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमको लागि शिक्षाको केन्द्र मानिन्छ। यहाँ सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट उच्च शिक्षाका लागि विद्यार्थीहरू आउँछन्।, छात्रावासका लागि भवन नभएको होइन, २६ वर्षअघि बनेको दुई तले भवन छ तर प्रयोगमा छैन।, आर्थिक वर्ष २०५२/५३ सालको कुरो हो। स्वतन्त्र विद्यार्थी युनियनले छात्राहरूका लागि आवास निर्माणको पहल ग¥यो। सबै विद्यार्थीको एकमत भयो। स्ववियुले तत्कालीन जिल्ला विकास समिति (जिविस), कैलालीमा एउटा प्रस्ताव पेस ग¥यो। प्रस्ताव स्वीकृत भयो, जिविसले नै भवन बनाइदिने भयो।, जिविसले टेन्डर गराएर निर्माण कार्य अघि बढायो। दुई चरणमा करिब ३० लाख रुपैयाँमा १९ वटा कोठा भएको दुई तले भवन तयार भयो।, भवन त बन्यो तर क्याम्पस प्रशासनले दिएको नक्साअनुसार भएन भन्ने कुरा उठ्यो।, क्याम्पसको प्रशासन शाखाका प्रमुख दिलबहादुर धामीका अनुसार तत्कालीन क्याम्पस प्रशासनले उक्त भवन छात्रावासका लागि उपयुक्त भएन भनेर असन्तुष्टि जनायो। सुधारका लागि आग्रह ग¥यो तर त्यसमा सुनुवाइ भएन।, उनले भने, ‘विद्यार्थी राख्न अप्ठ्यारो भयो। शौचालय र भान्साकोठा उपयुक्त भएन। तत्कालीन क्याम्पस प्रमुखले सुधारका लागि आग्रह गर्नुभएको थियो तर थप काम भएन।’, जिविसले बनाइदिएको उक्त भवन आजसम्मै प्रयोगविहीन छ।, छात्रावास भवन उपयोग गर्न क्याम्पस प्रशासन र राज्यका सरोकारवाला निकायले ध्यान नदिएको विद्यार्थीहरूको आरोप छ। क्याम्पसमा अध्ययनरत विद्यार्थी रकम रावलको विचारमा यसमा क्याम्पस प्रशासनले नै बेवास्ता गरेको छ।, ‘क्याम्पसको होस्टल (छात्रावास) भए टाढाबाट आउने विद्यार्थीहरूलाई सजिलो हुने थियो। भवन बनेको छ तर उपयोग गर्न कसैको ध्यान गएन,’ उनी भन्छन्, ‘यति ठूलो भवन प्रयोग गर्न नसक्नु सम्बन्धित निकायको गैरजिम्मेवारी हो।’, किन उपयोग भएन छात्रावास भवन?, क्याम्पसका प्रमुख धर्मराज उपाध्ययका अनुसार भवन उपयुक्त भएन भन्ने कुरा आयो। क्याम्पसको पूर्ववर्ती प्रशासनले भवनमा छात्रावास चलाउन चासो दिएन।, अब उक्त भवनलाई छात्रावास बनाउँदा विद्यार्थीको आवश्यकता पूरा हुँदैन।, ‘सामुदायिक क्याम्पस भएकाले छात्रावासमा बस्न चाहनेको संख्या ठूलो हुन्छ। थोरैलाई राख्दा विवाद हुने सम्भावना हुन्छ। हामीलाई अलिक ठूलो भवन चाहिन्छ,’ उपाध्यायले भने। , उक्त भवनलाई विज्ञान संकायको कार्यालय बनाउने वा त्यही विषय पढ्ने थोरै विद्यार्थीका लागि छात्रावासकै रूपमा उपयोग गर्नेबारे छलफल भइरहेको उपाध्यायले बताए।, छात्रावास भनेर बनेको भवन उपयोग गर्ने कुरा अब हुने भनिएको स्ववियु निर्वाचनको प्रमुख एजेन्डा बनेको छ।, स्ववियुको पहलमा बनेको भवन उपयोगका लागि स्ववियु पदाधिकारीहरू र विद्यार्थी संगठनहरूले पनि पर्याप्त ध्यान नदिएको विद्यार्थीहरूकै भनाइ छ।, भवन अलपत्र परेपछि भुइँ तलामा त नजिकका केही बासिन्दाले कहिलेकाहीँ गाई बाँध्ने गरेका थिए। हालै क्याम्पस प्रशासनले झ्यालढोका र क्षति भएका ठाउँमा मर्मतसम्भार गरेको छ। रङ पनि लगाएको छ। त्यहाँ क्याम्पसका कार्यालय सहयोगी कर्मचारीहरू बस्ने गरेका छन्।, प्रशासन शाखा प्रमुख धामीका अनुसार उक्त भवनमा कक्षा सञ्चालन गर्ने कुरा हुँदैछ। त्यहाँ फरेस्ट्री (वन विज्ञान) कक्षासञ्चालन गर्ने कुरा छ तर औपचारिक निर्णय भएको छैन।, २६ वर्षदेखि अलपत्र छात्रावास
एजेन्सी ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।  तीव्र गतिमा रहेका दुबै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ।, रेल ठोक्किएपछि यात्रुवाहक रेलका चार डिब्बामा आगो लागेको थियो। धेरै यात्रुहरू जलेका थिए। दुर्घटनामा परी  ८५ यात्रु घाइते भएका छन्।, यात्रुवाहक रेलमा ३५० यात्रु थिए। अरू यात्रुको उद्धार गरिएको छ।, दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।, ग्रिसमा रेल ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु, दर्जनौं घाइते
राजेश घिमिरे राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर स्थायी नियुक्तपत्र लिएकी दृष्टिविहीन शिक्षकलाई हाजिर नगराउनुको कारण माग गरेको छ। चितवनको चनौली घर भएकी पूर्ण दृष्टिविहीन संगीता पराजुलीले गत पुस १० गते शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेकी थिइन्। परीक्षामा उत्तीर्ण गरेपछि रोल नम्बरका आधारमा उनको नियुक्ति रामेछाप जिल्लामा भएको थियो।, रामेछापस्थित शिक्षा विकास तथा समन्वय इकाइले उनलाई निम्न माध्यामिक तहमा नेपाली विषयको स्थायी शिक्षकको नियुक्तिपत्र दिएर खाँडादेवी गाउँपालिका कार्यालय पठायो। गाउँपालिकाले वडा नम्बर ९ मा तीनखुरीमा रहेको मानेडाँडा माध्यामिक विद्यालयमा पदस्थापन गरिदियो। पदस्थापनको पत्र लिएर विद्यालय जान लागेकी शिक्षक पराजुलीलाई विद्यालयले हाजिरी गराउन मानेको छैन। विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले दृष्टिविहीन शिक्षकलाई हाजिरी गराउन नसक्ने व्यहोराको पत्र गाउँपालिकालाई पठाएको छ।, यस विषयमा गत फागुन ११ गते सेतोपाटीमा ,‘स्थायी नियुक्ति पाइन् तर दृष्टिविहीन भनेर हाजिरी गर्नै दिइएन’ ,शीर्षकमा समाचार प्रकाशन भएको थियो।, समाचार प्रकाशन भएपछि राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, खाँडादेवी गाउँपालिका र मानेडाँडा माध्यामिक विद्यालयको नाममा पत्र पठाएर दृष्टिविहीन शिक्षकलाई हाजिरी नगराउनुको कारण सोधेको छ। , ‘खाँडादेवी गाउँपालिकाले दिएको पदस्थापनको पत्र लिएर हाजिर हुन जाँदा मानेडाँडा मावि तीनखुरेले हाजिरी नगराएको समाचार प्रकाशित भएको र यसले अपाङ्गता भएका व्यक्तिको मानव अधिकार हनन् हुन सक्ने देखिएकाले यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगले पठाएको पत्रमा उल्लेख छ। आयोगको केन्द्रीय कार्यालयमा अपाङ्गताको विषय हेर्ने फोकल पर्सन कल्पना नेपाल आचार्यले दृष्टिविहीन शिक्षकलाई के कति कारणले हाजिरी नगराइएको हो त्यो समेतको जानकारी यथाशीघ्र मानव अधिकार आयोगमा मानव अधिकार आयोग ऐनअनुसार उपलब्ध गराइदिन भनेर पत्र पठाइएको बताइन्।, गत आइतबार नै पत्र पठाएको र उक्त पत्र इमेलमार्फत् पनि पठाइएको आचार्यले बताइन्। तर यी कुनै पनि निकायले मानव अधिकार आयोगको पत्रको जवाफ पठाएका छैनन्।, खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले आयोगको पत्र प्राप्त नभएको बताए। लामिछानेले उक्त विद्यालय विकट ठाउँमा भएकाले दृष्टिविहीन शिक्षकलाई उपयुक्त नहुने देखेर विद्यालयले हाजिरी गराउन नसक्ने जानकारी गाउँपालिकालाई गराएको बताए।, ‘उहाँलाई अप्ठेरो पार्ने हाम्रो नियत होइन। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले पठाइसकेपछि पालिकाले फिर्ता पठाउन मिल्दैन, हामी सकेसम्म सजिलो ठाउँमा उहाँलाई पठाउनुपर्छ भनेर सहजीकरणको प्रयास गरिरहेका छौं,’ उनले सेतोपाटीसँग भने।, मानेडाँडा माविका प्रधानाध्यापक राजन बुढाथोकीले पनि आयोगले पठाएको पत्र प्राप्त नभएको दाबी गरे।, ‘इमेल आएको रहेछ भने म जवाफ लेखेर पठाउँछु,’ उनले भने। , उनले दृष्टिविहीन शिक्षक संगीता पराजुलीको पदस्थापनको पत्र शिक्षा विकास तथा समन्वय इकाइमार्फत् विद्यालयमा प्राप्त भएर दर्ता भइसकेको बताए।, ‘तर उहाँलाई हाजिरी गराउन स्थानीय सहमत छैनन्,’ उनले भने, ‘मैले पालिकामा गएर पनि पटक-पटक कुरा राखेको छु तर प्रधानाध्यापकले चाहेरमात्रै हुँदैन।’, राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयका अपाङ्गताको विषय हेर्ने फोकल पर्सन कल्पना नेपाल आचार्यले हुलाक र इमेलमार्फत् पत्र पठाएको बताइन्।, ‘आयोगले जवाफ पर्खिरहेको छ। हामी पर्ख र हेरको अवस्थामा छौं, जवाफ आएपछि अवस्था त्यही रहेछ भने कारबाहीकोलागि पत्र लेख्छौं,’ उनले भनिन्। उनले यस विषयमा आफूले अपाङ्ग महासंघको पनि ध्यानाकर्षण गराएको बताइन्।, मानवअधिकार आयोगले पठाएको पत्र र दृष्टिविहीन शिक्षक पराजुलीको पदस्थापनको विषयमा भएको प्रगति बुझ्न खोज्दा शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराईसँग सम्पर्क हुन सकेन।, गत माघ २३ गते नियुक्ति पत्र र पदस्थापनको पत्र प्राप्त गरे पनि विद्यालयले हाजिरी नगराएपछि पराजुलीले पुरानै विद्यालयमा पढाउन थालेकी छन्। उनी १४ वर्षअघि राहत दरबन्दीको प्रावि शिक्षकको रूपमा कार्यरत छिन्। हाल उनी भरतपुर-२७ मेघौलीस्थित जानकी माविमा पढाउँछिन्।, मानव अधिकार आयोगले माग्यो दृष्टिविहीन शिक्षकलाई हाजिरी गर्न नदिनुको कारण
सेतोपाटी संवाददाता प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक अभियुक्तलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।, जबरजस्ती करणी मुद्दाका अभियुक्त धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यानबाट गत फागुन १४ गते पानीमा हामफालेर भागेका थिए।, उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ। उनी भारतीय भूमितर्फ जान लुकीछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।, अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका थिए।, थुनुवालाई राखेको गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीको भनाइ छ।, प्रहरीको भ्यानबाट हामफालेर फरार भएका अभियुक्त पक्राउ
राजेश घिमिरे भरतपुर-१० नहरचोक नजिकैको सडकमा बुधबार दिउँसो ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। केही व्यक्ति सडक छेउका टिनले छाएका दुईवटा घरहरू भत्काउँदै थिए। डोजरले भत्किएको घरका सामानहरू ट्याक्टर, टिपरमा लोड गरिरहेको थियो।, तीनै तहका अदालतले २० वर्षअघि गरेका फैसलाको कार्यान्वयन गरिँदै थियो यहाँ। पटक-पटक प्रयास गर्दा नसकेपछि चितवन जिल्ला अदालतले बुधबार प्रहरीको सहयोग लिएर फैसला कार्यान्वयन गरेको हो।, २०१८ सालमा सिन्धुपाल्चोकबाट चितवन झरेका विकु लामाले २०२१ सालमा रूखहरू काटेर ६ कट्ठाभन्दा बढी जमिन आफ्नो बनाएका थिए। घना जंगलले भरिएको चितवनमा विभिन्न पहाडी जिल्लाबाट आएकाहरूले जंगल फडानी गरेर बस्ती बसाएका थिए। नहरचोक नजिकको जंगल आफ्ना श्रीमान विकुले फडानी गरेर खेतीयोग्य बनाएको श्रीमती कान्छीमाया लामाको दाबी छ। त्यही क्रममा उनीहरू यहाँ साना घर बनाएर बस्न थाले, भोगचलन गर्दै आए। विकुले २०२४ सालको जेठ १४ गते जोताहा अस्थायी निस्सा पनि पाए। , तर त्यसमध्ये २ कट्ठा १९ धुर जमिनको लालपूर्जा २०५२ सालबाट हरिप्रिया न्यौपानेको नाममा छ। उनले खरिद गर्नुअघि करिब एक दर्जन व्यक्तिहरूको नाममा यो जमिन पास हुँदै आएको थियो। २०४४ सालको असोज २९ गतेको वन सुदृढीकरण आयोगको निर्णयबाट यो जमिन विकु लामाभन्दा फरक व्यक्तिको नाममा पहिलो पटक स्रेस्ता कायम भएको थियो। सो व्यक्तिबाट बिक्री हुँदै उक्त जमिन अहिले हरिप्रियाको नाममा आइपुगेको देखिन्छ।, २०२० सालदेखि आफ्नो नाममा जोताहा निस्सासमेत भई उक्त समयदेखि भोगचलन गर्दै आएको बताउने विकुको परिवारले जमिन दाबी गर्नेलाई कहिल्यै छेउ पर्न दिएन।, आफ्नो नाममा लालपूर्जा रहेको जमिन भोग गर्न नपाएपछि हरिप्रिया न्यौपानेले २०५८ सालमा घरजग्गाको खिचलो चलन चलाई पाउँ भनेर चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्। २०५८ सालको असोज १० गते जिल्ला अदालतले उक्त जग्गामा हरिप्रियाको हक रहेको फैसला गर्‍यो। २०५९ को जेठ २० गते पुनरावेदन अदालत हेटौंडाले जिल्ला अदालतको फैसलालाई सदर गरिदियो। अदालतले हरिप्रिया न्यौपानेको नाममा दर्ता भएको चितवन जिल्ला भरतपुर-१० को २ कट्ठा १९ धुर जग्गामा बनेको संरचनाहरू हटाई जग्गाधनी हरिप्रिया न्यौपानेले प्रतिवादी कान्छीमाया लामासमेतबाट चलन चलाउन पाउने ठहरेबमोजिम यस अदालतमा दर्ता भएको फैसला कार्यान्वयनको निवेदनअनुसार गर्नु भनेको थियो। तर लामो समयसम्म फैसला कार्यान्वयन हुन सकेन।, अनाधिकृत जग्गा कब्जा, खिचलो मेटाइ चलनसमेत चलाई पाउँ भनी हरिप्रियाले दायर गरेको कान्छीमाया लामासहित प्रतिवादी रहेको अर्को मुद्दामा २०७२ सालको असार ८ गते फेरि चितवन जिल्ला अदालतले हरिप्रियाकै पक्षमा फैसला गरी जग्गाको चलन चलाइदिन आदेश गरेको छ।, २०७४ सालको फागुन ३० गते उच्च अदालत पाटन, हेटौंडा इजलासले जिल्लाकै आदेश सदर गरेको छ। त्यसपछि विपक्षीले उक्त मुद्दा दोहोराइ पाउँ भनी दिएको निवेदनमा सर्वोच्च अदालतले २०७५ सालको फागुन २१ गते दोहोराउन नमिल्ने आदेश गरेको छ।, चितवन जिल्ला आदालतका तहसिलदार पुरूषोत्तम पौड्यालले अदालतको आदेशअनुसार उक्त जमिन खाली गराउन पटक-पटक प्रयास गर्दा बल प्रयोग गरेर नदिइएको बताए।, ‘फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत आज पनि हामी यो जमिन खाली गर्न पुगेका थियौं। काममा अवरोध भएपछि जनपथ प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा खाली गर्नुपर्‍यो,’ पौड्यालले भने, ‘टिनले छाएका पुराना घरहरू भत्काएर वादी हरिप्रियाको नाममा रहेको २ कट्ठा १९ धुर जमिन छुट्टाइदिएका छौं।’, उक्त जमिनमा बुधबार नै पिल्लर गाढेर तारबार गरिएको छ।, यहाँ रहेका घरका सामानहरू जिल्ला अदालतमा लगेर राखिएको छ।, ‘ती सामानहरू ७ दिनभित्रमा आएर लैजान पाउनुहुन्छ, नलगे सामानको मूल्यांकन गरेर लिलाम गरिन्छ। लिलामबाट आएको पैसा लैजानका लागि पनि म्याद हुन्छ, म्यादभित्र लिन नआए नेपाल सरकारको खातामा जम्मा हुन्छ,’ पौड्यालले भने।, ८० वर्षीया कान्छीमाया लामाले भने आफूमाथि अन्याय भएको गुनासो गरिन्। उनको नाममा अहिले यहाँको २ कट्ठा १७ धुर जमिनमात्रै छ। , ‘त्यतिखेर जंगल फाँडेर बस्ने सबैले जमिन पाएका छन्। हामीले सुरूबाटै भोग गर्दै आएको ६ कट्ठा २ धुर जमिनलाई आफ्नो नाममा ल्याउन धेरै प्रयास गर्‍यौं तर सरकारले सहयोग गरेन। अहिले बल प्रयोग गरेर पिल्लर गाडेको छ,’ लामाले भनिन्, ‘कहिले कानुनको पछि लागियो, कहिले समाजको पछि लागियो तर न्याय पाइएन। पहिले श्रीमानलाई दुःख दिए, उनी बितेपछि म र मेरो परिवारलाई दुःख दिन थाले।’, उनले कृष्णप्रसाद धिताल, केशवराज जोशी, हरिनारायण शर्मा, हरिकृष्ण श्रेष्ठले आफ्ना पतिमार्फत् उक्त जग्गा छोडपत्र गराएर आफ्नो नाममा कायम गरेको दाबी गरे पनि यस विषयमा केही थाहा नपाएको बताइन्। आफ्नो परिवारका कसैलाई थाहा नभएको छोडपत्रको आधारमा उक्त जमिन अन्य व्यक्तिहरूले दर्ता गरेर बिक्री गर्दै आएको उनको आरोप छ। आफ्नो जमिन विभिन्न व्यक्ति हुँदै २०५२ सालमा कृष्णबहादुर रानाभाटसमेतबाट हरिप्रिया न्यौपानेको नाममा आएपछिमात्र थाहा पाएको दाबी उनले गरिन्।, जग्गाको विवाद बढ्दै गएपछि २०६६ सालमा विवाद समाधान गर्न भनेर एउटा समिति बनेको थियो। देवेन्द्र गुरूङ संयोजक रहेको उक्त समिति न्यायिक निकायको फैसलामा प्रश्न उठाउने ठाउँ नरहेको भन्दै विघटन भयो। लामा परिवारले न्यौपाने परिवारविरूद्ध किर्ते जालसाजी, भ्रष्टाचार, हक कायमलगायतका मुद्दा दायर गरेको थियो। तर प्रमाणित भएन। उनीहरूले अझै पनि उक्त जमिनमाथिको दाबी छाडेका छैनन्।, पटक-पटक मेलमिलापबाट टुंग्याउने प्रयास गर्दा पनि नभएपछि फैसला कार्यान्वयनमा अघि बढेको जिल्ला अदालतका तहसिलदार पौड्यालले बताए। अदालतले प्रमाणको आधारमा फैसला गर्ने र फैसलालाई कार्यान्वयन गर्ने उनले बताए। उनले वर्षौंअघि फैसला भएर कार्यान्वयन नभएका यस्ता धेरै मुद्दाको फैसला कार्यान्वयनमा अहिले अदालतले काम गरिरहेको बताए।, अदालतले केही दिनअघिमात्रै नारायणगढस्थित परिवार पाउरोटी उद्योग नजिकै रहेको एउटा घरको विषयमा भएको फैसलाको पनि कार्यान्वयन गरेको पौड्यालले बताए। , पौड्यालकाअनुसार अदालत र प्रहरी संलग्न फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत गत माघ महिनामामात्रै २१५ जना पक्राउ परेका छन्। तीमध्ये ३ जनाबाट कैदमात्र, १९४ जनाबाट जरिवानामात्र, १८ जनाबाट कैद र जरिवाना दुबै असुल गर्नुपर्ने छ। उनीहरूबाट २ करोड ६४ लाख ९५ हजार १३६ रुपैयाँ ३ पैसा जरिवाना र ११ वर्ष ५ महिना २३ दिन कैद असुल भएको पौड्यालले बताए। , दुई दशकपछि बल्ल कार्यान्वयन भयो अदालतको फैसला
रासस इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरू गरेको छ।, समिति नै गठन गरेर छानबिन सुरू गरिएको हो। सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो।, सो समितिले काम थालिसकेको संयोजक थापाले बताए। भिडिओ कहिलेको हो र को-को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ।, कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडिओ बाहिरिएको हो। इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ।, जेलर सुमित मगरले उक्त भिडिओ कारागारभित्रकै रहेको स्वीकार गरे। उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र  सरुवा भएर गइसकेका बताए। कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन्।, जेलभित्र जाँड-रक्सी खाँदै तास खेलेको भिडिओ सार्वजनिक भएपछि थालियो छानबिन
रासस हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरू भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ। प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरू हुने उनले बताइन्।, प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्कका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन्। यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ। , स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन्।, उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। , यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो। यस वर्षको हिउँदमा  उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ।, हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरू
राजेश घिमिरे प्रहरी निरीक्षक सुवास भट्ट नेतृत्वको टोली बुधबार राति चितवन, भरतपुरको गोन्द्राङस्थित पूर्व–पश्चिम राजमार्गमा एउटा गाडी पर्खिरहेको थियो। एउटा गाडीमा बहुमूल्य गहना तस्करी भइरहेको गोप्य सूचना प्रहरीसँग थियो।, मध्यराति १ बजे पूर्वबाट निलो रङको गाडी हुँकिएर आयो। भारतीय नम्बर प्लेटको यो गाडीभित्र तीन जना भारतीय थिए।, प्रहरीले उनीहरूसँग सोधपुछ सुरू गर्‍यो। उनीहरूलाई ओरालेर गाडीमा खानतलासी गर्‍यो।, झट्ट हेर्दा गाडीमा केही देखिन्थेन।, 'हामीलाई यस्तै गाडीमा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। त्यो विश्वस्त सूचना थियो। त्यसैले हामीले गाडीका भित्री भागहरू पनि खोलेर खानतलासी गर्न थाल्यौं,' चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने, 'विभिन्न साधन प्रयोग गरेर भित्री भागमा खोज्दै जाँदा बहुमूल्य गहनाहरू भेटिए।', एसपी कार्कीका अनुसार सुरूमा कारको चालक बस्ने सिटभन्दा पछाडिको सिटमुनि हिराजस्तो टल्किने गहनाहरूको एउटा पोको भेटियो। त्यसपछि प्रहरीले गाडीको एयरफिल्टर खोलेर हेर्‍यो। त्यसभित्र सुनजस्तो टल्किने गहनाहरू भेटिए। गाडीको गियरबक्सको कभरभित्र पनि गहनाका पोका भेटिए। , ती पोकामा सुनको चोकर (घाँटीमा लगाउने गहना), सिक्री, औंठी, सानो हार, लकेट, झुम्का, चुरा, बालाका साथै हिराका हार, ब्रास्लेट, बाला, औंठी, लकेट, झुम्का, टप, विभिन्न गहना थिए।, प्रहरीले डब्लुबी १२ एभी ५५६६ नम्बरको भारतीय गाडी र गहनासहित भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला फेफना थाना बस्ने ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बंगाल राज्यको हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्न ५१ वर्षका गणपतकुमार तोसावर र कारमा सवार सोही ठाउँका ४२ वर्षीय नरेश बर्मालाई पक्राउ गर्‍यो। , उनीहरूले ती गहना कलकत्ताबाट ल्याएको बयान दिएको एसपी कार्कीले बताए।, 'तर कता लैजान लागेको हो भनेका छैनन्। हामी अनुसन्धानकै चरणमा छौं,' उनले भने, 'प्रारम्भिक अनुसन्धानबाट उनीहरूलाई तस्करको गिरोहले भारतबाट अवैध रूपमा गरगहना नेपाल ल्याउन प्रयोग गरेको देखिन्छ।', प्रहरीले चितवनमा सुन, हिराको व्यापार गर्दै आएका व्यवसायीहरूलाई बोलाएर ती गहना देखाएको थियो। उनीहरूका अनुसार बरामद भएका २२ क्यारेटका सुन, १४ क्यारेटका हिराका गहना हुन्। प्रहरीले सुनका गहना ६३.८९८ तोला र हिराका गहना २२.८७८ तोला बरामद गरेको थियो। यसको अहिलेको बजार मूल्य एक करोड १० लाख रूपैयाँ हाराहारी छ। , चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पन्डितले बरामद गहनाहरू राजश्व अनुसन्धान विभागमा पठाउने बताए। नियन्त्रणमा रहेका व्यक्तिहरूको विषयमा अनुसन्धान भइरहेको र तस्करको गिरोहको खोजी भइरहेको उनले बताए। , 'हामीले गोप्य सूचनाको आधारमा बाटो कुरेर गाडी नियन्त्रणमा लियौं। खनतलासी गरेर गहना बरामद गर्‍यौं। तर यसरी सबै गाडी रोकेर खनतलासी गर्न सम्भव हुँदैन। त्यसैले तस्करको गिरोहसम्म नपुगी यस्तो क्रम रोक्न सकिँदैन,' उनले भने। , प्रहरी निरीक्षक भट्टले विगतमा पनि पूर्व–पश्चिम राजमार्गमा यसैगरी लुकाएर लैजान लागिएका अवैध वस्तुहरू नियन्त्रणमा लिइएको बताए।, 'कहिलेकाहीँ त हामीले पाएको सूचना पनि सत्य हुँदैन। तर यसरी लागुऔषध, गरगहनाको ओसारपोसार भइरहेको छ भन्ने चाहिँ देखियो,' उनले भने, 'गाडीमा गोप्य बक्सा (फल्स बटम) बनाएर पनि तस्करी हुने गरेको भेटिएको छ।', चितवन प्रहरीले बिलबिजकभन्दा बढीको लत्ताकपडा तथा विभिन्न खुद्रा सामानसहितको ट्रक पनि नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब साढे ८ बजेतिर भरतपुरको केन्द्रीय बस टर्मिनल चोकनजिकै पूर्वबाट आउँदै गरेको ग १ ख ३३३२ नम्बरको ट्रकमा खानतलासी गर्दा बिलबिजकभन्दा बढी लत्ताकपडा भेटिएको एसपी कार्कीले बताए।, उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको उनले बताए।, पूर्व चितवनको खैरहनीस्थित सडकमा एउटा कारबाट लागुऔषध कोडीवेल कफ सिरपसहित तीन जनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए। खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा गुडिरहेको प्रदेश ३–०१–०२४ च ८७७० नम्बरको कार रोकेर चेकजाँच गर्दा पछाडिको सिटमुनि कार्टुनभित्र लुकाइएको लागुऔषध भेटिएको उनले जानकारी दिए।, प्रहरीले उक्त कारमा सवार भरतपुर–१२ बस्ने ४० वर्षीय सुरजकुमार शाही र ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।, प्रहरीले यसरी समात्यो तस्करी हुँदै गरेको सुन र हिरा
सेतोपाटी संवाददाता देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। आज राति भने कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, भोलि (शुक्रबार) कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।, शनिबार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।, महाशाखाकाअनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, कोशी, वागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
सेतोपाटी संवाददाता बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।, बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी ड्युटीको क्रममा बेहोस भएका थिए।, अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका लागि स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो।, स्वास्थ्य चौकीमा उपचारको क्रममा साँझ ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, जोशीका अनुसार चौधरीको मृत्युबारे आफन्तलाई खबर भइसकेको छ। आफन्त बैतडी पुगेपछि शवको मुचुल्का तयार पार्ने र पोस्टमार्टमको काम गरिने छ।, मृतक सहायक हल्वदारको घर कैलालीको कैलारी गाउँपालिका –७ हो।, ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पृथ्वीबहादुर शाहसहित २० जनालाई चार वटा मुद्दा चलाउन सुझावसहित सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।, विदेशी नागरिकलाई ठगेर अवैध रूपमा नेपालमा पैसा भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित सात जनाविरूद्ध चार मुद्दा चलाउन सिफारिस गरेको प्रवक्‍ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए। , ‘हामीले लामो अनुसन्धान सकेर आज प्रतिवेदन बुझाएका हौं,’ उनले भने। , सिआइबीले बुधबार पत्रकार सम्मेलन गरी यस मुद्दामा २० जनालाई प्रतिवादी बनाएको जानकारी दिएको हो। जसमध्ये ७ जना पक्राउ परेका छन्। बाँकी १३ जना फरार छन्।, पक्राउ पर्नेहरूमा शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का,रूकमांगत काफ्ले, रंगबहादुर साउदलगायत छन्। , उनीहरूमाथि ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरूद्धको मुद्दा चलाउनुपर्ने एसपी थापाले बताए। , सिआइबीले यी मुद्दा दायर गर्न सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदनसहित सुझाव दिएको हो।  , अमेरिकी नागरिक ठगिएको भन्दै अमेरिकी राजदूतावासले सिआइबीलाई जानकारी गराएको थियो। केही पीडितहरू बेलायती र क्यानडियन नागरिक समेत छन्। पीडितहरू प्राय: वृद्धवृद्धा, अल्जाइमर, क्यान्सरका बिरामी छन्। , ठगी गरेर उनले सम्पत्ति, घर-जग्गा, शेयर, सुन, कम्पनी लगायतमा कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी थापाले बताए।, यस घटनामा २४ जनाले जाहेरी दिएका छन‍्। ५६ जना पीडित छन्। जाहेरी दिएका २४ जनाबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको देखिन्छ। , उनीहरूलाई क्षतिपूर्ति, सात वर्ष कैद र ७० हजार जरिवाना माग गरेको हो। सरकारी ऐन अनुसार भने थप सजाय हुनसक्ने कानूनी व्‍यवस्था रहेको पनि एसपी थापाले बताए।, प्रहरीको अनुसन्धानबाट उनीहरूको समूहले ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ आर्जन गरेको देखिन्छ। जसमध्ये बैंकमा रहेको एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ पनि रोक्का गरिएको सिआइबीले जनाएको छ।, उनले ठगी गर्नकै लागि नेपालमा २४ वटा कम्पनी खोलेको पनि एसपी थापाले जानकारी दिए। , कम्पनीहरूको उद्देश्यविपरीत विदेशी लगानी अवैध रूपमा भित्र्याउने गरेको पाइएको हो। ठगी गर्न शाहको समूहले एन्टी भाइरसको अपडेट, एमेजोनको बिल भुक्तानी, गिक स्क्वाड, क्विक बुक्स समेतको बहानाले इमेलमार्फत् विदेशीसँग सम्पर्क स्थापित गर्ने प्रहरीको अनुसन्धानबाट देखिन्छ। , सम्पर्क स्थापित भएपछि पीडितको मोबाइल वा कम्प्युटरमार्फत् बैंक खातामा पहुँच पुर्‍याउँथे। त्यसपछि खातामा रहेको रकम नेपाल र थाइल्यान्डमा समेत पठाउने गरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए। , पीडितको खाताबाट रकम झिकिसकेपछि पीडितकै डिभाइसबाट आफूखुसी डिभाइसमार्फत् इमेल पठाएर ठगी गरेको खुलेको हो।  , पृथ्वीबहादुर शाहमाथि ४ वटा मुद्दा चलाउनुपर्ने सिआइबीको सुझाव, २० जना प्रतिवादी
सेतोपाटी संवाददाता मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ।, तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।, फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको हो।, सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ।, यस्तो छ सूचना:, आज रातिदेखि बिमलनगर-घाँसीकुवा सडकखण्ड दैनिक ४ घन्टा बन्द
सेतोपाटी संवाददाता ललितपुर महानगरले जथाभावी टाँगिएका तारले सहरको सुन्दरतामा आँच पुर्‍याएको भन्दै हटाउन सुरू गरेको छ।, यसअघि नै सम्बन्धि सरोकारवालालाई सम्पदा क्षेत्रको तार काट्न ७ दिनको अल्टिमेट दिएर सार्वजनिक सूचना प्रकाशन गरेको स्मरण गर्दै ललितपुर महानगरपालिकाले पहिलो चरणमा सम्पदा क्षेत्रका असरल्ल रहेका तारहरू हटाउन सुरू गरेको हो।, यसैबीच ललितपुर महानगरले सम्बन्धित सरोकारवाल राखेर तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ। , महानगरको चार वटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार काट्नुपर्ने नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।, नगर प्रमुख महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाइसक्ने बताए।, तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आइएसपिए) लाई ललितपुर महानगरले जिम्मा दिएको छ। तार व्यवस्थापन गर्न आइएसपिएलाई ललितपुर महानगरले नगरप्रहरी सहित अन्य आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। उनले भने, ‘महानगरले अन्य सरोकारवालासँग पनि समन्वय गर्छ , सम्पदाको सहर ललितपुरको शाख जोगाउन सहयोग गर्नुस्, सहर नै फोहोरी देखियो । , नगर प्रमुख चिरीबाबु महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि यी तार तत्काल हटाउनुपर्ने उनको भनाई थियो। , यी तारका कारण सहर कुरुप भएको दाबी गर्दै भने, ‘नगर र नगरवासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ।’ , नगर प्रमुख महर्जनले दश दिन भित्र तार नकाटे महानगरले सबै असरल्ल तारहरू काट्ने बताए । तार काट्दा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘ मेसिन खरिद गरिसक्यौं, आफै काट्छौ,त्यो बेलाको ह्युमन क्राईलाई हामी व्यवस्थापन गर्छौ।’, सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको नगर प्रमुख महर्जनले बताए। , ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा आफूलाई भेट्न आएका विदेशी पाहुनाले  ती असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘ललितपुरका मनमोहन, सम्पदाका तस्वीर खिज्न खोज्छौं, तर यी तार राम्रो तस्वीरका लागि बाधक भइदिन्छन्,’ महानगरले चरणबद्ध रुपमा यी तारहरुको व्यवस्थापन गर्ने बताएको छ।, ललितपुर महानगरले अव्यवस्थित रूपमा जथाभावी टाँगिएका तार काट्न थाल्यो
रासस गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। , रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ। , नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्।, ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौं’, उनले भनिन्, ‘विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।’, दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ।, सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्।, आफूहरूले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ।, पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए।, नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन्। कूल रु ५० लाखको लागतमा भवन बनाइँदैछ।  , एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
सविता बुढा धनगढी उपमहानगरपालिका–८ का रामबहादुर चौधरीेलाई चार वर्षअघि घर नजिकै किन भव्य भवन बनिरहेको छ भन्ने थाहै थिएन। ठूलो भवन बनिरहेको देख्दा उनी आफ्नो गाउँमा ‘विकास हुन थाल्यो है’ भन्ने भान हुन्थ्यो र  दंग पनि पर्थे।, सभा सम्मेलन गर्नका लागि सरकारले उक्त भवन बनाएको भन्ने कुरा विस्तारै थाहा पाएँ।, 'मैले सुरूमा त के होला भन्ने सोच्या थिएँ, पछि यताउताबाट सुनेँ, ठूला–ठूला सभा सम्मेलन, बैठक आयोजना गर्न सरकारले भवन बनाएको रहेछ,' उनले भने।, स्थानीय अमित चौधरीले टोलमा बनिरहेको भव्य भवन कसरी सञ्चालन होला भनेर आफू उत्सुक भइरहेको बताए।, ‘यत्रो भवन बनेको छ, तर यहाँ के हुने हो, कहिले हो भन्ने थाहा छैन,’ उनले उल्टै प्रतिप्रश्न गरे, 'यहाँ के गर्ने रहेछन्? यो चल्ने कहिले होला?' , ९ महिनाअघि नै सिटी हल निर्माण भएको थियो।  निर्माण भइसकेको वर्षदिन बित्दै लाग्दा समेत सञ्चालन हुन सकेको छैन। , चौधरीलाई उनलाई चिटिक्क परेको भव्य भवन सञ्चालन भए ठाउँ-ठाउँबाट कार्यक्रमका लागि मानिसहरू आउँथे यो ठाउँको व्यापार बढ्थ्यो कि भन्ने आश लागेको रहेछ। , ‘गाउँमा चहलपहल बढ्ने भएकोले स्थानीय व्यापार पनि चल्थ्यो कि भन्ने आशमा हामीहरू छौं, भवन बनेको देख्दा राम्रो लाग्छ, तर चल्ने छाँटकाँट छैन, यो भवन बनेर यसै थन्किने पो हो कि!,’ उनले भने। , उनका अनुसार गाउँलेहरू उक्त भवनमा सभा सम्मेलन कार्यक्रम सञ्चालन भएको हेर्ने पर्खाइमा छन्। स्थानीयले उक्त भवन सञ्चालन गर्न सरकारसमक्ष आग्रह पनि गरेका छन्।, ‘भवन बनाइसकेपछि त्यसको प्रयोग पनि गर्न सक्नुपर्याे, गाउँको व्यापार व्यवसाय पनि चल्थ्यो,’ स्थानीय ईश्वरी रानाले भनिन्।, सरकारले भवन सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ छ।, २८ करोडमा निर्माण भएको सिटी हल प्रयोगमा नल्याई ताला ठोकिएको छ।, सुदूरपश्चिमको व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन बनाइएको हो। , त्यो बेला सबै क्षेत्रबाट सिटी हल निर्माण गर्नुपर्ने कुरा उठ्यो। संघीय सरकारले बजेट दिने र धनगढी उपमहानगरपालिकाले जग्गा दिने गरी योजना बन्यो।, केन्द्रबाट २८ करोड बजेट छुट्याइयो र धनगढी– ८ मा उपमहानगरपालिकाले डेढ बिघा जमिन उपलब्ध गरायो।, भवन निर्माणका लागि संघीय योजना कार्यान्वयन ईकाइमार्फत् २०७५ सालमा निर्माण कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढेको थियो।, सोही अनुसार २०७६ सालदेखि उक्त सिटी हल निर्माणको काम सुरू भएको थियो।, २८ करोड खर्च भएको उक्त भवन निर्माण २०७९ असारमै सम्पन्न भएको संघीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले जनाएको छ।  , अहिले निर्माण कम्पनीको एक वर्षे परीक्षणकाल चलिरहेको छ। सिटी हलको रेखदेख निर्माण कम्पनीले एक जना चौकीदार राखेर गरिरहेको छ। निर्माण भएको भवनमा भने ताला ठोकिएको छ। , तयार भएको सिटीहल सञ्चालन गर्न निर्देशिका बनेको छैन। संघीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले केन्द्रीय विभागबाट हल सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गर्न निर्णय गर्न बाँकी रहेको इन्जिनियर सौरव कलौनीको भनाइ छ।, ‘ठेक्का बमोजिम निर्माण भइसकेको हो, अब यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा विभागसँग छलफल गर्ने क्रममा उपमहानगरपालिकालाई सञ्चालन गर्ने जिम्मेवारी दिने विषयमा निर्णय हुने प्रक्रियामा छ,’ कलौनीले भने।, धनगढी उपमहानगरपालिकाले सिटीहल चलाउन चासो देखाएको छैन। सो हलमा मासिक लाखौं खर्च गर्ने र सोही अनुसारको कारोबार पनि गर्नुपर्ने हुनाले उपमहानगरपलिकाले आँट नगरेको आरोप लागिरहेको छ।, धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरीले सिटी हल सञ्चालनका विषयमा उपमहानगरपालिकाले कुनै धारणा नबनाएको बताए ।, ‘हल सञ्चालनका लागि अझै दुई करोड बजेट लाग्छ, त्यसमाथि कर्मचारी चाहियो, उपमहानगरपालिकासँग बजेट छैन,' उनले भने, 'सञ्चालन गरेपछि फाइदा हुन्छ कि हुन्न भन्न सकिन्न। फाइदा नहुने भए किन चलाउनु र?’, उनका अनुसार उपमहानगरपालिकालाई सञ्चालनका विषयमा सम्बन्धित निकायबाट आधिकारिक निर्णय पनि आएको छैन। यही कारण उपमहानगरपालिकाले सिटी हल सञ्चालनका विषयमा कुनै पनि निर्णय नगरेको हो।, उक्त हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सय जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, २ रियल्सन हल र अन्डरग्राउन्ड पार्किङ सहितको सिटी हल निर्माण भइसकेको छ।,  , २८ करोडमा बनेको भवन कसले गर्ला सञ्चालन?
सेतोपाटी संवाददाता बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। , उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।, ढुंगा प्रहार गरी हत्या गरी उनी फरार थिए। स्थानीयले घर रगताम्य देखेपछि प्रहरीलाई खबर गरेका थिए।, घटनास्थलमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी थापाले बताए।, उनका अनुसार सायरले घरमा आफ्नी श्रीमतीमाथि पनि कुटपिट गर्थे। घरेलु हिंसाकै कारण श्रीमती एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन्। , छोरी भने बुवा सँग थिइन्। त्यसैबीच उनको हत्या भएको हो। , घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , छोरीको हत्या आरोपमा बुवा पक्राउ
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए। , नताशा भनिने एमाकुलेट नाबासुम्बालाई ब्युरोले पक्राउ गरेको हो। , एसपी पंगेनीका अनुसार उनले एक जना युगान्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन्। उनीहरू पुराना साथी हुन्। , नेपालमा क्लिनर, वेट्रेस लगायतको काम गर्दा ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले ती महिलालाई काठमाडौं बोलाइन्। , ‘उनीहरू युगान्डाका पुरानै साथी हुन्। नजिककै साथीलाई नेपाल बोलाउन सजिलो हुने भएर उनलाई बोलाइएको थियो,’ एसपी पंगेनीले भने।, नताशाले फकाएपछि पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन्। नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्न थालेकी थिइन्।, नेपालमा झिकाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मुलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको एसपी पंगेनीले बताए। , उक्त काम नगरे परिवारलाई नै मार्ने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ। , यसरी दिनकै ५-७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप उनीमाथि छ।, यसरी यौन व्यवसायमा लगाएपछि एक हप्तापछि पीडित बिरामी परेकी थिइन्। , बिरामी परेपछि उनी होटलबाट निस्केर युगान्डा फर्किन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगिन्। तर नताशाले उनको हवाई टिकट रद्द गरिदिइन्।, टिकट रद्द गरेपछि पीडित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी थिइन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्म कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी थिइन्। , जाहेरी परेकै दिन प्रहरीले नताशालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। , उनीमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। , प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी व्यक्ति आफैं पनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ। ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताए। , एक जना पीडितमात्रै प्रहरीको सम्पर्कमा आएको हुँदा अन्य महिलालाई पनि नेपाल झिकाएर यस व्यवसायमा लगाएको हुनसक्ने प्रहरीको अनुमान छ। , पीडितलाई यौन व्यवसायमा लगाएर पाउने गरेको रकम पनि उनी आफैंले लिने गरेको पनि अनुसन्धानबाट देखिएको छ। उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।, यसमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। होटलकै सञ्चालकको समेत संलग्नता छ/छैन भन्नेबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।, साथीलाई युगान्डाबाट काठमाडौं बोलाएर यौन व्यवसायमा लगाएको आरोपमा महिला पक्राउ
युवराज श्रेष्ठ लमजुङको मध्यनेपाल नगरापालिका– ४ दोपहरेस्थित मालिका प्राथमिक विद्यालयका पाँच जना केटाकेटी गत आइतबार स्कुलबाट घर फर्किँदै थिए।, उनीहरूसँगै अभिभावक कर्णबहादुर थापा थिए। बाटैमा बिजुलीका तारले बाटो छेक्यो। उनीहरूले पन्छाउन खोजे।, तार पन्छाउन खोज्दा अचानक थापासहित केटाकेटीहरूलाई बिजुलीको झट्का लाग्यो। उनीहरू घाइते नै भए।, घाइते पाँच जना केटाकेटीलाई पोखरा ल्याएर मणिपाल शिक्षण अस्पतालमा उपचार गरियो। थापा गम्भीर घाइते भएकाले उनलाई काठमाडौंको टिचिङ अस्पताल लगिएको छ।, मध्यनेपाल–५ का वडाध्यक्ष ओमवीर गुरूङका अनुसार गम्भीर घाइते भएका थापाको एउटा हातै काटेर फाल्नुपरेको छ। बिजुलीको झट्काले उनलाई अपांगता बनाइदिएको उनले बताए।, 'बिजुलीका तार बाटोभरि असरल्ल छरिएको छ। बाटो हिड्न र घाँस दाउरा गर्न पनि जोखिम बढाएको छ,' वडाध्यक्ष गुरूङले भने, 'बर्सेनि मानवीय क्षति हुँदासमेत नेपाल विद्युत प्राधिकरणले वास्ता गरेको  छैन।', यसअघि पनि उक्त बाटोमा करेन्ट लाग्दा विद्यार्थी अनमोल थापाको मृत्यु भएको थियो। बाटोमा छरिएका बिजुलीका तारबाट करेन्ट लागेर उनको मृत्यु भएको गुरूङ बताउँछन्। अब हावाहुरी र बर्षाको मौसम सुरू भएकाले जोखम थपिएको उनको भनाइ छ। , लमजुङको मध्यनेपाल–५ समिभञ्ज्याङमा बोटबिरूवा छोएको बिजुलीका लाइन। तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी, मध्यनेपाल–४ र ५ मा तनहुँको सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्थाले विद्युतीकरणको जिम्मा लिएको छ। लमजुङसँग सिमाना जोडिएकाले तनहुँको संस्थाले लमजुङका केही वडामा विद्युतीकरण गरेको गुरूङले बताए।, संस्थामार्फत विद्युतीकरण भएयता लाइन सफा गर्ने र भुइँमा छोएका तार तन्काउने काम भएको छैन। स्थानीयवासीले झन्डै बीस वर्षअघि सामुदायिक वनबाट सालका काठ काटेर बिजुलीका खम्बा बनाएका थिए। गाउँलेले नै यस्ता खाँबा गाडेर तार तन्काएर गाउँमा बिजुली पुर्‍याएका हुन्।, सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्थामार्फत बिजुली प्रवाह भएपछि संस्थाले मिटर जडान गरेर महसुल लिइरहेको छ। संस्थाबाट महसुल उठाउन आउनेबाहेक अरू सुविधाको काम नभएको उनी बताउँछन्।, 'तार तन्काउन पर्‍यो, लाइन सफा गर्नुपर्‍यो भन्दा संस्थाका मान्छेले तिमीहरू जे गर्न सक्छौ गर भन्छन्,' उनले भने, 'मान्छेको ज्यान जाँदासमेत हामीले भनेको उनीहरू सुन्दैनन्।', संस्थाका प्राविधिक प्रमुख विष्णु तिवारीका अनुसार रम्घा र समिभञ्ज्याङ लगिएको लाइनमा ११ हजार भोल्ट बिजुली प्रवाह हुन्छ। मुख्य लाइनबाट घरघरमा विद्युतीकरण गर्न लगिएको लाइनमा थ्रि-फेज लाइनमा ४४० भोल्ट र घरमा जडान गरिएका लाइनमा २३० भोल्ट बिजुली प्रवाह भइरहेको छ।, यत्तिका लाइन बाटोमा बिच्छ्याएर लैजाँदा बाटोभरि बिजुली प्रवाह भइरहेकाले स्थानीयलाई जोखिम परेको वडाध्यक्ष गुरूङ बताउँछन्। यस्तै, जंगलका रूखबिरूवाले बिजुली प्रवाह भइरहेका लाइनमा छोएका छन्। कतिपय ठाउँमा त रूखमै बिजुली प्रवाह भएका लाइन बाँधिएको छ। यसले बाटो हिँड्न मात्र नभई जंगल जान पनि जोखिम बढाएको उनले बताए।, संस्थाका प्राविधिक प्रमुख तिवारी बेलाबखत लाइन सफा गर्ने काम गरिरहेको दाबी गर्छन्। बिजुलीका लाइन छोएका रूखबिरूवा काट्न स्थानीयलाई आग्रह गरे पनि नमानेको उनको भनाइ छ। तर बिजुली प्रवाह भइरहेका रूखबिरूवा स्थानीयलाई काट्न लगाउनु नै गलत भएको वडाध्यक्ष गुरूङले बताए। , लमजुङको मध्यनेपाल–५ समिभञ्ज्याङमा बोटबिरूवा छोएको बिजुलीका लाइन। तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी, समिभञ्ज्याङका स्थानीयका अनुसार विद्युतीकरण भएयता संस्थाका कोही पनि लाइन सफा गर्न आएका छैनन्। , आफ्नो घरमा लगेको लाइन रूखबिरूवाले छोएको वर्षौं भए पनि अहिलेसम्म सफा नगरिएको स्थानीय शिक्षक एचके अकेला बताउँछन्।, 'हाम्रो घरमा लगिएको बिजुलीको लाइन रूखबिरूवा छोएर आउँछ। अहिलेसम्म सफा गर्न कोही आएको छैन,' उनले भने, 'उपभोक्ताको ज्यान जाने गरी जोखिम हुँदा पनि प्राधिकरण जवाफदेही बनेको छैन।', बिजुलीका खम्बा मक्किएर केही स्थानमा ढलेको पनि उनले बताए। , नेपाल विद्युत प्राधिकरण गण्डकीका प्रमुख जगदिशचन्द्र जोशीले सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्थाले गलत काम गरेकाले खारेजीको निर्णय भएको बताए। उपभोक्तालाई दिनुपर्ने सुविधा नदिएको र प्राधिकरणको नियम उल्लंघन गरिरहेको भन्दै उक्त संस्था खारेज गरिएको उनको भनाइ छ।, 'सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्था खारेज भइसकेको छ। अब प्राधिकरण मातहत आउन दुई, तीन महिना लाग्ला,' उनले भने, 'हाम्रो मातहत आइसकेपछि हामी समस्या समाधान गर्छौं।', मान्छेका ज्यानै जाने गरी संस्थाले लापरबाही गरेको विषय आफूलाई जानकारी नभएको भन्दै जोशीले लमजुङ वितरण केन्द्रलाई तत्काल लाइन सफा गर्न निर्देशन दिने बताए। , 'बाटोमा बिजुलीका तार छन्, बोटबिरूवाले छोएको विषय जानकारीमा थिएन,' उनले भने, 'तत्काललाई जोखिम नहुने गरी लमजुङ वितरण केन्द्रमार्फत तार तन्काउने र सफा गर्न निर्देशन दिन्छु।', मध्यनेपाल–५ का वडाध्यक्ष गुरूङ भने हावाहुरी र पानी पर्ने मौसम सुरू भएकाले तारले जोखिम बढाउने खतरा भइसकेको बताउँछन्।, 'तत्काल तार तन्काइएन र लाइन सफा भएन भने अझै धेरै जनाको ज्यान जान सक्छ,' उनले भने, 'बिजुली तारले हामीलाई बाटो हिँड्न र घाँस दाउरा गर्न पनि जोखिम बनाएको छ।', बाटोमा हिँड्दा हिँड्दै करेन्ट लाग्छ, जंगलभरि बिजुली छ!
सेतोपाटी संवाददाता बैतडीमा शनिबार मृत फेला परेका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझ्न मानेका छैनन्। , घटना भएको ६ दिन बितिसक्दा पनि आफन्तहरूले शव बुझ्न नमानेका हुन्।, आफन्तहरूले बुडालको हत्या भएको र सोही अनुसार छानबिन भएर दोषीलाई कारबाहीको माग राख्दै शव बुझ्न नमानेको प्रहरीले जनाएको छ।  , दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल गत शनिबार सोही नगरपालिकाको ६ नम्बर वडामा शेरामा मृत फेला परेका थिए।, सो दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे चौलानी नदीको बीच भागमा मृत फेला परेको थिए।, राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल बिदामा घरमा आएका बेला पिकनिक गएका  थिए।, परिवारले बुडालसँगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जनाको नाममा किटानी जाहेरी दिएको थियो।, सोही अनुसार १२ जनालाई मंगलबार नै नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। , मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई समेत ज्ञापनपत्र बुझाएका छन्।, परिवारले बुडालको हत्या भएकोले सोही अनुसार न्याय दिनुपर्ने भन्दै प्रशासनसमक्ष गुहार गरिरहेका छन्।, बैतडीमा मृत फेला परेका जीवन बुडालको आफन्तले अझै बुझ्न मानेनन् शव
सेतोपाटी संवाददाता लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ। , लागु औषध नियन्त्रण ब्युरोको टोलीले ४६९.५१ ग्राम र ९४० नियन्त्रित लागु औषध ९४० एम्पुलसहित १८ जनालाई पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।, काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा रहेका मातहत शाखा कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक र अन्य नेपाली छन्। , उनीहरूबाट प्रहरीले ४८ लाख ५३ हजार २० रुपैयाँ पनि बरामद गरेको छ। , बरामद भएको एम्पुलको अवैध बजार मुल्य प्रति एम्पुल १६८ रुपैयाँ रहेको ब्युरोले जनाएको छ। यस्तै खैरो हेरोइन भने प्रति ग्राम १० हजारमा बिक्री हुने गरेको छ। , लागुऔषधसहित १८ जना पक्राउ
सेतोपाटी संवाददाता सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्।, क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ।, विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।, खान योग्य नभएका सबै चिजबिज तत्काल नष्ट गरिएको विभागले जनाएको छ।, साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले जानकारी दिएको छ।, सिंहदरबार भित्रकै क्यान्टिनमा म्याद सकिएका खानेकुरा, सञ्चालकलाई ३ लाख जरिवाना
सिबी अधिकारी यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो।, सामान्यत नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। हिउँदे याम सुरू भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो। मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकै रूपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन्। , जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताइन्। उनले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उनले उल्लेख गरिन्।, ‘हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ। हिउँदयाममा चट्याङ र असिनासहितको वर्षा भएको छ’, मौसमविद् कँडेलले भनिन्। नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिन प्रि–मनसुन मानिन्छ। यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उनले बताइन्।,  यो वर्ष के कारणले हिउँदे वर्षा भएन भनी सोधिएको जिज्ञासामा मौसमविद् कँडेलले पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा कम भएको उल्लेख गरिन्। ‘पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्ये रेखाको आसपास गएकाले समुद्रको पानी तातिनुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्फको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो’, उनले भनिन्।, विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ। मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ। हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ। आइतबार विशेषगरी पहाडी क्षेत्रका भूभागमा भएको वर्षाले लामो खडेरी बेहोरिरहेका किसानलाई राहत मिलेको छ । पर्यावरण सन्तुलनमा समेत मद्दत पुगेको मौसमविद्को भनाइ छ ।, पश्चिमी वायुको सक्रियता नबढेका कारण हिउँदे वर्षा हुन नसकेको मौसमविद् गंगा नगरकोटी बताउँछिन्। वरिष्ठ मौसमविद् कँडेल पनि नगरकोटीको भनाइमा सहमति जनाउँदै तुलनात्मकरुपमा पश्चिमी वायुको फैलावट राम्रोसँग हुन नसकेकाले हिउँदे वर्षा नभएको उल्लेख गरिन्।, सन् २०२२ को अक्टोबर १५ र १६ देखि खासै वर्षा भएको थिएन। नोभेम्बरमा केही स्थानमा र सन् २०२३ को जनवरीमा पनि विभिन्न स्थानमा छिटफुट मात्रै वर्षा भएको थियो। वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । यो वर्ष विगतका वर्षमा भन्दा तापक्रम सरदरभन्दा बढी नै रहेको थियो । नेपालमा सामान्यतया फागुन लागेपछि मौसम न्यानो हुने गरेको छ।, मौसमविद्को भनाइमा यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन। राजधानी काठमाडौँ उपत्यकामा त झन यो वर्ष हिउँदे वर्षा भएन। उपत्यका बाहिर खासगरी देशका पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भयो भने पश्चिमदेखि पूर्वीभेगसम्मै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।, हिउँदे वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान मर्कामा परेका छन्। लामो समयसम्म वर्षा नहुँदा वातावरण र पर्यावरणमा समेत असर परेको उनीहरुको विश्लेषण छ। गर्मी, जाडो, वर्षा जस्ता प्राकृतिक विशेषता मानवसँग प्रत्यक्ष जोडिन्छन्। यसले पर्यावरणमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने बताइन्छ। जलवायु परिवर्तनको प्रभावले मौसममा उतारचढाव आउने अनुमान गरिएको छ।, युरोपियन महादेशबाट क्यास्पियन सी ‘ब्लाक सी’ को बाटो हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र उत्तरपश्चिम भारतबाट नेपाल भित्रिने वायुको प्रभावले हिउँदे वर्षा गराउने विज्ञ बताउँछन्। पश्चिमी वायुमा जलवाष्फको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर यस मौसममा वर्षा हुने गरेको विज्ञको तर्क छ।, (रासस), किन ढिलो भयो हिउँदे वर्षा
सेतोपाटी संवाददाता बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्।, उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो।, शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन्।, नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो।, यो पनि: ,बलात्कार अभियोग लागेका पल शाहलाई उच्च अदालतले दियो सफाइ, रिहा गर्ने तयारी, छुटे पल शाह
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज पनि हुने भएको छ।, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा मात्र  सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ।, दुई न्यायाधीशको इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ गरेको थियो। बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।, आइतबार लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए।  महान्यायाधिवक्ताको कार्यालयका तर्फबाटरू सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित २ जनाले र  पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए।, लामिछानेका वकिलहरू सरोजकृष्ण घिमिरे, रोशनी घिमिरेलगायतले बहस गर्न बाँकी छ।, लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ। , नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , न्यायाधीश मल्ल र चुडालको इजलासले आज सन्दीप लामिछानेसम्बन्धी निवेदनमा मात्र सुनुवाइ गर्ने
नवीनबाबु गुरूङ बलात्कार पीडित तथा महिला हिंशामा परेकाहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना भएको छ।, आजाद मोर्चा समूहले सोमबार गरेको खबरदारी  सभामा अभियन्ता हिरादेवी वाइबासहित मोर्चामा आवद्ध युवाको उपस्थिति थियो।, हेर्नुहोस् तस्बिरहरू, बलात्कार पीडितहरूको पक्षमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता क्रिकेटर  सन्दीप लामिछानेका निवदनमा सुनुवाई सकिएको छ।, सुनुवाई सकिएसँगै आजै आदेश आउने सम्भावना रहेको छ।, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।, लामिछानेको तर्फबाट  सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो । त्यस्तै सरकारी वकीलको लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो।, नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।, क्रिकेटर सन्दीप लामिछानेका निवेदनमा सुनुवाई सकियो, आदेश आजै आउनसक्ने
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गमा सवारी साधन पार्किङ हटाएको विरोधमा व्यवसायीहरूले विरोध गरेका छन्।, सोमबार अपराह्न पसल बन्द गरेर व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन्।, दरबारमार्ग विकास बोर्डमार्फत व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। दरबारमार्ग विकास बोर्डले दरबारमार्ग क्षेत्रमा एक लाइन सवारी पार्किङ गर्न दिनुपर्ने माग राखेका छन्।, काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी दरबारमार्गबाट पार्किङ हटाएको थियो।, दरबारमार्गको सडकमा एकतर्फी पार्किङ गर्न दिइएकोमा अहिले हटाइएको भन्दै विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। गत पुसदेखि दरबारमार्गमा पार्किङ बन्द गरिएको थियो।, व्यवसायीहरूले आज एक घन्टा पसल बन्द गरेर आन्दोलन गरेका थिए। सवारी पार्किङ पूर्ण रूपमा बन्द गर्दा दरबारमार्गमा व्यापार व्यवसायमा प्रभावित गरेको भन्दै व्यवसायीहरूले पटक-पटक आन्दोलन गरिरहेका छन्।, आज सांकेतिक रूपमा विरोध प्रदर्शन गरेको व्यवसायी रमेश बोहराले बताए। ‘हामीले समन्वय गरेर पार्किङ व्यवस्थित गर्न खोज्दा पनि काठमाडौं महानगर प्रमुख मान्नु भएको छैन,’ उनले भने।, व्यवसायीहरूले मेयर बालेन शाहविरूद्ध नारा लगाउँदै प्रदर्शनसमेत गरेका थिए।, तस्बिरहरू:,  , पार्किङ हटाएको विरोधमा दरबारमार्गका पसल बन्द गरेर प्रदर्शनमा उत्रिए व्यवसायी (तस्बिरहरू)
शोभा शर्मा नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। , सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।, उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो।, सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनमा नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ।  , लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो। , नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।, सन्दीपलाई विदेश जाने अनुमति दियो सर्वोच्चले
सेतोपाटी संवाददाता आज (मंगलबार) आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।, आज राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहानमा डी तथा हिमाली भू-भागका एक-दुई स्थाहल्का हिमपातको सम्भावना छ।, भोलि (बुधबार) देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, बिहिबार पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
शोभा शर्मा नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। , सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।, उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो।, सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ। उनी यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।, उनले २० लाख रुपैयाँ धरौटी राख्नु पर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ। , लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो। , नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।, विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र सन्दीप लामिछाने काठमाडौं अदालतमा उपस्थित हुनुपर्ने
शोभा शर्मा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई विदेश जान लगाइएको रोक फुकुवा गर्दा सर्वोच्च अदालतले पीडितको शरीरमा वीर्य नभेटिएको र पीडितकी साथी (रूममेट) को बकपत्रलाई आधार मानेको छ।, न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपको मुद्दामा सोमबार उच्च अदालतको धरौटी माग्ने लगायतका आदेश सदर गरेको छ भने उनलाई विदेश जान लगाइएको रोक फुकाएको छ।, सर्वोच्चले पहिलो आधार पीडितको शरीरमा प्रतिवादीको वीर्य नदेखिनुलाई मानेको छ।, पीडितलाई करणी नै नगरेको भन्ने प्रतिवादीको भनाइ र जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी भएको प्रस्तुत मुद्दामा पीडितको शारीरिक परीक्षण उल्लेख्य पक्ष रहेको आदेशमा उल्लेख गरेको छ।  , 'निज पीडितको शारीरिक परीक्षण हेर्दा विभिन्न किसिमका घाउहरू देखिन्छ भन्ने छ। मानसिक अवस्था सामान्य रहेको देखिन आउँछ,' आदेश पढ्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, 'निज पीडितले आफ्नो व्यहोरा कथनमा प्रतिवादीले आफूलाई दुईपटक करणी गरेको र ट्वाइलेट पेपर मुखमा फ्याँकेको भने पनि प्रतिवादीको वीर्ययुक्त तथ्य प्रमाण केही वारदात हुन सकेको पाइँदैन। पीडितको योनीमा सिमेन वा स्पर्म फेला नपरेको भनी नेसनल पुलिस फरेन्सिक साइन्स ल्याबरोटरीको पत्रबाट देखिन आउँछ।', तर पीडितले घटना भएको दुई सातापछि उजुरी दिएकी हुन्। उनको स्वास्थ्य परीक्षण त्यसपछि मात्र भएको हो। त्यति दिनपछि पीडितको शरीरमा अभियुक्तको वीर्यको प्रमाण नभेटिनु स्वाभाविक हुन्छ।, घटना हुँदाहुँदै प्रहरीलाई खबर गरेको र स्वास्थ्य परीक्षण पनि भइहालेको अवस्थामा बाहेक अन्य अवस्थामा पीडितको शरीरमा अभियुक्तको वीर्य पाइने अवस्थै नहुने एक वरिष्ठ अधिवक्ताले बताइन्।, उनका अनुसार यस्तो आधारमा प्रतिवादी छाड्न थाल्ने हो भने धेरैजसो बलात्कारका धेरैजसो प्रतिवादीलाई सफाइ दिए हुन्छ। घटनाको दुई वर्षसम्म उजुरी गर्न पाइने हदम्यादको समेत कुनै अर्थ हुँदैन। किनभने दुई वर्षसम्म त पीडितको शरीरमा धेरै प्रमाण रहँदैन।, 'यो मुद्दामा पनि दुई सातापछि मात्र जाहेरी दिन सकेको अवस्था छ। पीडितको शरीरमा वीर्य नभेटिनु स्वाभाविक हो। यसरी वीर्य भेटिएन भन्दै प्रतिवादीलाई छाड्दै गर्ने हो भने बलात्कारमा उजुरी गर्ने दुई वर्षको हदम्याद समेत पंगु भएर जान्छ,' उनले भनिन्, 'त्यसैले घटनाको धेरैपछि उजुरी गरिएको रहेछ भने थुनछेक आदेश र फैसला गर्दा उसको शरीरमा वीर्य छ कि छैन भन्ने आधारलाई मुख्य मान्न मिल्दैन। सपना मल्लको इजलासले त यस्तो विषयलाई संवेदनशील भएर हेर्नुपर्ने हो। के भन्नु अब?', अर्का एक वकिलले त विदेश जान फुकुवा गर्ने आदेश गर्दा पीडितको शरीरमा वीर्य देखिएन भनेर लिएको आधार नै अचम्मको भएको बताए।, 'पीडितको यौनांगमा प्रतिवादीको वीर्य देखिएन, त्यसैले विदेश जाने रोक फुकुवा गर्छु भन्ने आदेश कस्तो हो? त्यति भनिसकेपछि फेरि २० लाख रूपैयाँ धरौटी लिने आधार के हो? दोषी भएकै देखिएकाले २० लाख धरौटी लिएको हो भने वारदातमा वीर्य देखिएन भन्नुको अर्थ के हो? त्यति भनिसकेपछि बरू सामान्य तारिखमा छाड्छु भन्ने हिम्मत गर्नुपर्‍यो,' उनले भने।, उनले पनि बलात्कारका घटनामा तत्कालै उजुरी भएकामा बाहेक अरू बेला प्रतिवादीको वीर्य पीडितको शरीरमा पाइने अवस्थै नहुने बताए।, न्यायाधीश मल्ल नेतृत्वको इजलासले सन्दीपलाई विदेश जाने अनुमति दिन पीडितकी कोठामा सँगै बस्ने साथी (रूममेट) को बकपत्रलाई दोस्रो आधार मानेको छ।, 'बकपत्र हेर्दा प्रतिवादीलाई भेटेको, नगरकोट गएको, जीवनमा सबभन्दा खुसीको पल नै हिजो (प्रतिवादीलाई भेटेको दिन) थियो भनेको, भोलिपल्ट नै सन्दीपको जर्सी ल्याएर हुटिङ गरेको, आफू सुरक्षित रहेको भन्दै मेसेज पठाएको देखिन आउँछ,' उक्त इजलासको आदेशमा भनिएको छ।, एक सरकारी वकिलका अनुसार सामान्यतया थुनछेकको आदेश गर्दा अनुसन्धानमा देखिएका प्रमाणलाई आधार मानिन्छ। अदालतमा गरिएको बकपत्र हेर्ने क्षेत्राधिकार जिल्ला अदालतलाई मात्र हुन्छ।, यो आदेशले जिल्ला अदालतलाई समेत प्रभाव पार्ने काम गरेको उनले बताए।, 'थुनछेकको आदेश सदर वा बदर गर्न परेको निवेदनमा तत्काल प्राप्त प्रमाण हेर्ने हो। जिल्ला अदालतले परीक्षण र मूल्यांकन गर्न बाँकी रहेका प्रमाण हेरेर आदेश गर्ने हो भने जिल्ला अदालतले फैसला किन गर्नुपर्‍यो,' ती सरकारी वकिलले भने, 'जिल्ला अदालतलाई समेत प्रभाव पार्ने काम यो आदेशले गर्‍यो। बकपत्र नै हेर्ने हो भने त पीडितको बकपत्रलाई पनि आधार मान्नु पर्थ्यो। आफूलाई जे आदेश गर्न मन लागेको छ त्यसैलाई सहयोग हुने बयान खोजेर मात्र न्याय हुन्न।', पीडितकी रूममेटको बकपत्रबारे न्यायाधीशले बहस क्रममा जिज्ञासा राखेका थिए। त्यसलाई सरकारी वकिलहरूले ती विषय जिल्ला अदालतले हेर्ने विषय भएको भन्दै प्रतिरक्षा गरेका थिए।, इजलासमा उपस्थित एक अधिवक्ताका अनुसार, बहस क्रममा न्यायाधीश मल्लले पीडितको मेसेज र रूममेटको बकपत्रबारे पटकपटक प्रश्न उठाएकी थिइन्। जबकि त्यो विषय यो मुद्दा निरूपण गर्ने बेला जिल्ला अदालतले हेर्ने हो।, 'न्यायाधीश मल्लले बकपत्र, मोबाइलका मेसेज लगायत विषयमा बारम्बार प्रश्न उठाउनुभएको थियो,' ती अधिवक्ताले भने, 'सहमहान्यायाधिवक्ताहरूले त थुनछेक आदेश गर्दा प्राप्त प्रमाणलाई आधार मान्नुपर्ने र प्राप्त प्रमाणले प्रतिवादीलाई थुनामा पठाउन पर्याप्त भएको भन्नुभएको थियो। मेसेज, उमेर लगायत विषयमा कहाँबाट यो इजलासले परीक्षण गर्न सक्छ भन्ने उहाँको प्रश्न थियो। न्यायाधीशले हामीले हेर्न मिल्छ भन्नुभयो।', ती अधिवक्ताका अनुसार जन्मदर्ता र नागरिकता जस्ता आधिकारिक कागजातले उनी नाबालिग रहेको पुष्टि हुने सहन्यायाधिवक्ता सन्जीवराज रेग्मीले उल्लेख गरेका थिए।, 'उमेरमा प्रश्न उठाउनेबित्तिकै प्रमाणित नहुने, पीडित स्वयंले आफ्नो उमेरबारे बोल्न अनुमति दिनुपर्ने, उनले घोषणा गर्नुपर्ने, प्रश्न उठे प्रक्रिया पुर्‍याएर जिल्ला अदालतले परीक्षण गर्नुपर्ने जिकिर उहाँको थियो,' ती अधिवक्ताले भने।, उनले थपे, 'घटनास्थलमा प्रतिवादी उपस्थित भएको, क्याम्पमा बस्नुपर्ने सन्दीप पीडितसँग एउटै कोठामा रातभरि बसेको सिसी टिभी क्यामराले पुष्टि गर्ने, त्यसमाथि पीडितको जाहेरी र उनको स्वास्थ्य रिपोर्टले समेत बलात्कार भएको हुन सक्ने आधार दिने उहाँहरूको जिकिर थियो। यति प्रमाण नै थुनामा पठाउन पर्याप्त हुने सहमहान्यायाधिवक्ताहरूको जिकिर थियो।', उनका अनुसार सर्वोच्चले यो मुद्दाको विषयवस्तुमा प्रवेश गरेर स्वास्थ्य रिपोर्टले बलात्कार भएको हुन सक्ने भनेको कुरालाई नजरअन्दाज गर्‍यो। तर घटना भएको दुई सातापछि पीडितको शरीरमा वीर्य नभेटिएको स्वाभाविक कुरालाई आधार मानेर आदेश दियो।, अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले पनि यो मुद्दामा पीडितले दिएका प्रमाण नहेरी आदेश दिइएको बताइन्।, 'पीडितले दिएका प्रमाण नहेरी सन्दीपको स्टारडमलाई हेरेर सर्वोच्चले आदेश गरेको देखियो,' उनले भनिन्।, सन्दीपका वकिलहरूले भने एउटै होटलमा बसे पनि शारीरिक सम्बन्ध नभएको, भोलिपल्ट आएर साथीसँग आफूलाई रमाइलो भएको भनेको उनकी रूममेटको बकपत्र र पीडितको जन्ममिति २०६१ साल भएकाले उनी नाबालिग पनि नरहेको भन्दै बहस गरेका थिए। उनीहरूले विशेष गरी सन्दीपलाई विदेश जान लगाइएको रोक फुकुवा गर्न माग गरेका थिए।, 'पीडितको शरीरमा वीर्य खोज्ने आदेशले बलात्कारमा २ वर्षे हदम्यादलाई पंगु बनाउँछ'
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्‍याउनेलाई जरिवाना गरेको छ। , सिसडोल ल्याण्डफिल साइटमा हानिकारक चिकित्साजन्य फोहोर पुर्‍याउनेलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना गरेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।  , उनका अनुसार वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको हो। , 'महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ,' श्रेष्ठले भने, 'कानुनले वर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्छौं।’, अहिले काठमाडौंसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थितमा व्यवस्थापन भइरहेको छ। , महानगरले उत्पादित हानिकारक फोहोरलाई आफैंले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदलेपछि मात्र लैजाने प्रक्रियाबाट लग्न सक्ने बताएको छ। , सिसडोलमा हानिकारक फोहोर पुर्‍याउनेलाई महानगरले गर्‍यो जरिवाना
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १५, अयोध्याका राजकुमार रामसँग मिथिलाकी राजकुमारी सीताको विवाह तय भएपछि राजा जनकले जनकपुर नगर यस्तरी सिँगार्ने आदेश दिन्छन्, जुन सायद त्यसअघिको कुनै विवाहमा कहिल्यै गरिएको थिएन।, राजा जनकको आदेश थियो, ‘मिथिलादेखि अयोध्यासम्मको भित्ता मिथिला कलाले सजाउनू।’, मिथिला कलाको पौराणिक इतिहास बताउने क्रममा धेरैले सुनाउने कथा हो यो। आज मिथिला कथा शृंखलाको पन्ध्रौं अध्यायमा हामी त्यही मिथिला कलाबारे चर्चा गर्दैछौं। मिथिला कला र काठमाडौं उपत्यकाको नेवारी कलाबीच तुलनात्मक विश्लेषण गर्ने प्रयास पनि हामीले गरेका छौं।, यस सम्बन्धमा हामीले विराटनगरका कलाकार एससी सुमनसँग लामो कुराकानी गरेका छौं, जसले मिथिला कला देशभर चिनाउने काम गरिरहेका छन्।, एससी सुमनले आफ्नी हजुरआमासँग मिथिला कला सिकेका हुन्। खासगरी छोरीहरूलाई घरव्यवहार र संस्कार सिकाउने भनेर मिथिला कथाको ज्ञान दिने चलन छ। छोराहरूलाई भने अनिवार्य छैन। एससी सुमनलाई सानैदेखि उनकी हजुरआमाले बनाएका मिथिला चित्रहरू मन पर्थ्यो। त्यही भएर हजुरआमालाई रङ बनाउन उनी बाटोमा भेटिएका फूलहरू टिपेर ल्याइदिन्थे।, उनी हजुरआमाले चित्र बनाउँदा आफू पनि चित्र कोर्न अघि सर्थे। नाति हौसिएको देखेर हजुरआमा खुसी हुन्थिन् र एक छेउमा सानो बुट्टा बनाएर उनलाई रंग भर्ने काम दिन्थिन्।, ‘म यति छिटो बनाउँथेँ, उहाँ दिक्क मान्नुहुन्थ्यो। यो त मभन्दा राम्रो काम गर्छ भनेर भन्नुहुन्थ्यो, अनि फेरि अर्को बनाइदिनुहुन्थ्यो। म त्यसमा पनि तुरून्तै रङ भर्थें,’ उनले भने।, यसरी मिथिला कला सिकेका एससी सुमनले त्यसलाई आफ्नो व्यक्तित्वमा मात्र ढालेनन्, मिथिला कलाको व्यावसायिकीकरण समेत गरे। अहिले उनको कला नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छ।, एससी सुमन। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, सुमनका अनुसार पौराणिक कालमा सुरू मिथिला कला अहिलेसम्म जोगिनुको कारण एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जानुले हो। त्यही भएर यसलाई लोककला पनि भनिन्छ।, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने लोककला भएकाले यसको इतिहास कति पुरानो भनेर यकिनसाथ भन्न सकिन्न।, मिथिला कलाको आधुनिक इतिहास भने सन् १९३४ बाट सुरू हुन्छ।, त्यति बेला मिथिला कलालाई विश्वसामु चिनाउने काम बेलायतका कला समालोचक विलियम आर्चरले गरेका थिए, जो सन् १९३४ अर्थात् बिक्रम सम्बत १९९० को भुइँचालोपछि भारतको विहारस्थित मधुवनीको भग्नावशेष हेर्न आएका थिए।, उनले त्यति बेला भग्नावशेषमा पुरिएको मिथिला कला फेला पारेका थिए, जसमा कमलको फूल, सर्प, सुगा, मयूर, शिव–पार्वती लगायतका आकृति थिए। त्यो विवाह समारोहमा कोहवर घर (सुहाग कक्ष) मा बनाइने मिथिला कला थियो।, त्यो कला देखेपछि आर्चरले भनेका थिए, ‘म छक्क परेँ। कम्तिमा एक घण्टाको लागि मैले भुइँचालो र त्यसको भय बिर्सिएँ। म बेलायतको थिएँ तर कलाले हामीलाई एक बनायो। मैले माटोमा सुन्दरता भेटेँ।’, आर्चरले त्यहाँ फेला परेका करिब दुई सय मिथिला कलाको फोटो खिचे। सन् १९४९ मा ‘मार्ग’ नामक पत्रिकामा लेख पनि छपाए। मधुवनीमा भेटिएको कला भएकाले आर्चरले त्यसलाई ‘मधुवनी कला’ नाम दिएका थिए।, ‘अहिले हामीजस्ता नयाँ कलाकारहरू यो मधुवनी कला होइन, मिथिला कला हो भनेर प्रचार गरिरहेका छौं,’ एससी सुमनले भने।, भारतको मधुवनीमा बसेर मधुवनी कला सिकेकी अनिता कर्ण भने मधुवनी र मिथिला कलामा धेरै फरक भएको बताउँछिन्। हामीले उनलाई जनकपुरस्थित जानकी सामुदायिक संस्थामा भेटेका थियौं। उनका अनुसार मधुवनी कलामा कचनी अर्थात् रेखाचित्रको काम धेरै हुन्छ। त्यसमा दुइटा आँखा बनाउने र चित्रका पात्रहरूलाई विभिन्न गरगहनाले सजाउने काम धेरै हुन्छ।, हामीले मिथिला कलाको कुरा गर्दा मधुवनी (भारत) को कुरा किन गरिरहेका छौं भने मिथिला पहिला पूर्वमा कोशी, पश्चिममा गण्डकी, दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालयसम्म फैलिएको थियो। नेपालमा यो कला बीसौं शताब्दीतिर बल्ल फैलिन थालेको हो।, सन् १९६६–६७ मा विहारमा ठूलो अनिकाल र खडेरी परेको थियो। त्यस बेला भारत सरकारले विहारका जनतालाई कसरी व्यवस्थापन गर्ने भनेर सर्वेक्षण गर्‍यो। त्यही क्रममा उनीहरूले १९३४ को भुइँचालोबाट प्रकाशमा आएको ‘मधुवनी’ कलालाई कागजमा उतार्ने प्रयास गरे। कागजमा उतारेपछि उक्त कलाले बजार लिने र त्यसैका माध्यमबाट महिलाहरूलाई रोजगार बनाउने सरकारको धारणा थियो।, त्यतिबेला ‘अल इन्डिया ह्यान्डिक्राफ्ट’ मा अध्यक्ष रहेकी पुपुल जयकरको निर्देशनमा कलाकार भाष्कर कुलकर्णी मधुवनी आएका थिए। उनले त्यहाँका महिलालाई भेटेर पहिलो मधुवनी चित्र कागजमा उतारेर लगेका थिए। भित्तामा बनाइने कला कागजमा सारिएपछि कायस्थ समुदायका कलाकारहरू गंगादेवी र महासुन्दरीदेवी अनि ब्राह्मण समुदायका सीतादेवी र जगदम्बादेवीले त्यस समय खुब प्रसिद्धि कमाएका थिए।, अब हामी नेपालमा कहिलेबाट मिथिला कला लोकप्रिय हुन थाल्यो भन्ने चर्चा गरौं।, सन् १९८९ तिर अमेरिकी कलाकार क्लेयर बुर्कट जनकपुर आएपछि बल्ल नेपालमा मिथिला कलाले चर्चा पाउन थालेको हो। उनले यहाँ ‘नारी विकास केन्द्र’ खोलेर मिथिला कलाबारे सीपमूलक तालिम र काम गर्ने व्यवस्था गरेकी थिइन्।, ‘सीमापारि त मिथिला कलामा धेरै विकास भइसकेको थियो। यता चाहिँ त्यसबारे चर्चाधरि थिएन। क्लेयरलाई चित्रकलामा चासो थियो र यसमा उनले भविष्य पनि देखेर जनकपुरमा प्रवर्द्धन गर्न थालिन्,’ एससी सुमनले भने।, क्लेयरको उक्त प्रयासले महिलाहरूलाई मिथिला कलामार्फत रोजगार मात्र दिएन, देश–विदेश घुम्ने अवसर पनि दियो। गत वर्ष यही केन्द्रमा आबद्ध चार महिलाहरू सुधिरा कर्ण, मञ्जुला ठाकुर, मधुमाला मण्डल र रेवती मण्डल काठमाडौंलाई मिथिला कला चिनाउन जनकपुरदेखि आएका थिए। उनीहरूले तारागाउँ म्युजियमको भित्तामा मिथिला क्षेत्रमा प्रदर्शन हुने झिझियाँ नाचलाई मिथिला कलामा प्रस्तुत गरे।, ‘जसरी देउसी–भैली घरघर गएर खेलिन्छ, झिझियाँमा पनि त्यस्तै हुन्छ। नाचेपछि हामीलाई मान्छेहरूले रूपैयाँ, चामल, मट्टीतेल लगायत सामग्री दिन्छन्,’ चित्र बनाउने क्रममा काठमाडौं आएकी मधुमाला मण्डलले हामीलाई अर्थ बताएकी थिइन्।, उनीहरूले चित्र बनाउँदै, नाच्दै हामीलाई झिझियाँको कथा पनि सुनाएका थिए, जसबारे तपाईंहरू ,‘काठमाडौंलाई मिथिला चिनाउन आएका जनकपुरका यी चार महिला’, मा पढ्न सक्नुहुन्छ।, जनकपुरबाट आएका कलाकारहरू। बायाँबाट क्रमशः मञ्जुला ठाकुर, रेवती मण्डल, सुधिरा कर्ण र मधुमाला मण्डल। तस्बिरः सुसन चौधरी/सेतोपाटी, यी चार कलाकारमध्ये एक ब्राह्मण, एक कायस्थ र दुई दलित समुदायका थिए। एससी सुमनकै नेतृत्व र छनौटमा यी कलाकारलाई जनकपुरदेखि काठमाडौं ल्याइएको थियो।, तीन फरक समुदायका कलाकार छान्नुको पछाडि पनि कारण छ। त्यो के भने, मिथिला कलामा यी तीन समुदायका आधारमा तीन शैलीमा काम हुन्छ। यसलाई कचनी, भर्नी र माटोको काममा विभाजन गरिएको छ।, ‘कायस्थले कचनीको काम गर्छन्। कलमसँग नजिक रहेका उनीहरूको कलामा रेखांकन बढी हुन्छ। ब्राह्मणहरू रङ र अबिरसँग नजिक हुन्छन्। त्यही भएर उनीहरू रङ धेरै भर्छन्। त्यसलाई भर्नी भनिन्छ। त्यसैगरी, दलित वा दुसाध समुदाय माटोसँग नजिक भएकाले माटोको काम गर्छन्। उनीहरूकोमा गोदना प्रथा (शरीरमा ट्याटुजस्तै खोप्ने परम्परात शैली) पनि थियो। त्यो उनीहरूको काममा पनि झल्किन्थ्यो,’ एससी सुमनले भने।, कलाकार एससी सुमन आफू कायस्थ समुदायका हुन्। त्यसैले उनको काममा बढी रेखांकन हामी भेट्न सक्छौं। उनी मिथिला कलालाई अभिव्यक्तिको कला मान्छन्।, ‘आफूसँग भएको स्रोतसाधनलाई अभिव्यक्त गर्ने कला नै मिथिला कला हो,’ उनले भने, ‘अहिलेका कलाकार भने ती तीनवटै शैली प्रयोग गर्दैछन्। कचनीलाई भर्नी, भर्नीलाई गोदना वा सबैसँग मिसाएर काम गरिरहेका छन्। यसले गर्दा पेन्टिङले विविधता पाएको छ।’, उनका अनुसार सन ६० दशकसम्म दलित सुमदायले देउताको चित्र बनाउन पाउँदैनथे। उनीहरू जनावर, बोटबिरूवाका चित्र धेरै बनाउँथे। ब्राह्मण, कायस्थहरूले भने भगवानका चित्र बढी बनाउँथे। यो चलन थोरै भए पनि अझै बाँकी रहेको हामीलाई जनकपुरबाट आएकी सुधिरा कर्णले बताएकी थिइन्।, ‘घरमा चित्र कस्तो बनाउने भन्ने पनि जातअनुसार फरक हुन्छ,’ उनले भनेकी थिइन्, ‘ठूलो भनिने जातका मान्छेले देवीदेउताका चित्र बनाउँछन्। साना भनिनेले चरा, हात्ती, घोडा, माछा लगायत बनाउँछन्।’, पछिल्लोपटक मिथिला कला कागजमा मात्र होइन, विभिन्न सजावट सामग्री र लुगाहरूमा पनि आइरहेका छन्। परम्परागत रूपमा भने यो खासगरी भुइँ र भित्तामा बनाइन्छ। भुइँमा बनाइने चित्रलाई मिथिला क्षेत्रमा ‘अरिपन’ भनिन्छ। यो छठ, ब्रतबन्ध, न्वारन लगायत विभिन्न अवसरमा बनाइन्छ।, ‘भोजपुरीमा भुइँमा बनाइने चित्रलाई ‘चौका पुरना’ भनिन्छ, भारतमा रंगोली भनिन्छ। नेवारी संस्कृति र बौद्ध धर्ममा यसलाई ‘मण्डल’ भनिन्छ। त्यसैगरी ब्राह्मणमा रेखी भनिन्छ,’ एससी सुमनले भने, ‘बंगालतिर अरिपनलाई अलपना पनि भनिन्छ। माटो र गोबरले लिपेको आँगनमा चामलको पिठोलाई पानीमा घोलेर बनाइन्छ। अन्त भने पिठोबाटै बनाउने चलन छ। यसलाई राम्रो र रंगीन देखाउन रङहरूको प्रयोग हुन्छ।’, अरिपन। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, कला समीक्षक रामदयाल राकेशका अनुसार चौधौं शताब्दीमा महाकवि विद्यापतिले आफ्नो कृति ‘पदावलि’ मा अरिपनको चर्चा गरेका छन्।, ‘यसबाट के प्रस्ट हुन्छ भने चौधौं शताब्दीमै अरिपन विकसित र कलात्मक रूपमा प्रचलित थियो,’ कला समीक्षक रामदयालले आफ्नो ‘मैथिली संस्कृति’ किताबमा लेखेका छन्, ‘मैथिली महिलाहरू भुइँमा बनाइने अल्पना वा अरिपनलाई घरबाट बाहिर निस्कँदा र भित्र प्रवेश गर्दा शुभ साइतको प्रतीकका रूपमा मान्छन्। मण्डलमा झैं अरिपनमा योग, ध्यान र तन्त्रको त्रिवेणी हुन्छ। अरिपनले पृथ्वीको गर्भमा भएको शक्तिलाई जगाउने जमर्को गरेको हुनसक्छ।’, अरिपनमा अष्टमंगल, कमलको फूल, षडकोष, स्वस्तिक, ज्यामितीय आकार लगायत विभिन्न धार्मिक संकेत हुन्छन्। यो र काठमाडौंका नेवार समुदायले बनाउने मण्डलमा केही समानता भेटिने कलाकार एससी सुमन बताउँछन्।, हामीले यस विषयमा पौभाः कलाकार लोक चित्रकारसँग पनि कुरा गरेका छौं। उनका अनुसार तिहारको म्हः पूजा लगायत हरेक नेवारी पूजाआजामा मण्डलको विशेष महत्व हुन्छ। कुनै पनि नेवारी पूजाको सुरूआत मण्डल लेखेर गरिन्छ।, मिथिला र नेवारी कलाबीच रहेको भिन्नता पनि उनले औंल्याए।, ‘मिथिला कला धेरैपछि मात्र कागजमा लेख्ने चलन आएको थियो। नेवारी परम्परामा भने कागजमा चित्र लेख्ने परम्परा धेरै पुरानो हो,’ उनले भने, ‘मिथिला कला भित्ताबाट कागजमा आएको हो। तर नेवारी कलामा त कागज र कपडामा लेख्ने चलन पहिलेदेखि नै थियो।’, चित्रकारले उदाहरण दिँदै भने, ‘प्रज्ञापारमिता भन्ने हस्तलिखित ग्रन्थ करिब हजार वर्षअघि लेखिएको हो। त्यसमा समेत चित्रहरू छन्। कपडाका चित्रको कुरा गर्ने हो भने पौभाः चित्रहरू हुन्।’, पौभाः चित्र कपडामा मात्र होइन, भित्तामा पनि लेखिन्छ।, भित्तामा चित्र कोर्ने त मिथिलाको पनि लोक परम्परा हो। यति हुँदाहुँदै मिथिला र काठमाडौंका चित्रमा त्यति समानता नभेटिने उनी बताउँछन्।, ‘मिथिला कला र नेवारी कलामा धेरै फरक छ। नेवारी कला धार्मिक संस्कारसँग बढी जोडिएको छ भने मिथिला कला लोक जीवनसँग,’ उनले भने।, कलाकार एससी सुमनलाई भने मण्डल मात्र होइन, काठमाडौंमा नेवार समुदायको ढोकाबाहिर भेटिने कला देख्दा पनि मिथिला कलाकै झझल्को आएको थियो।, ‘मधेसबाट जागिर सिलसिलामा काठमाडौं आउँदा म नेवारकै घरमा बसेको थिएँ। त्यहाँ घरको प्रवेशद्वारमा चित्र लेखेको पाएँ। मिथिलामा पनि प्रवेशद्वारमा चित्र लेख्ने चलन छ,’ उनले भने, ‘फरक के भने हाम्रोमा पञ्चबुद्ध, ब्रह्मा, विष्णुहरू हुँदैनन्। हाम्रोतिर सुगा, माछा, कमलका फूलहरू बनाउने चलन छ।’, नेवार समुदायको घरको ढोकामा बनाइएको कला। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, मिथिला क्षेत्रमा घरको ढोकाबाहिर बनाइएको मिथिला कला। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, उनले काठमाडौंको नेवार घरमा मिथिलाको कोहवर चित्र (विवाहमा बनाइने) बनाएर मिथिला र काठमाडौंको संयोजन पनि गरेका छन्। यसलाई उनले ‘कोहवर इन नेवार हाउस’ नाम दिएका छन्।, कोहवर चित्र बेहुला–बेहुलीको सुहाग कक्षमा बनाइन्छ, जसलाई कोहवर घर पनि भनिन्छ। कोहवर चित्रको बीचमा सातवटा कमलका पात हुन्छन्। यसलाई सात पुस्ताको प्रतीक मानिन्छ। त्यही भएर विवाहले बेहुला–बेहुली मात्र होइन, सात पुस्ताकै सम्बन्ध गाँसिने भनाइ छ। कमलको पात वरिपरि चन्द्रमा, सूर्य, नवग्रह, पञ्चदेवता, शिव–पार्वती लगायतका चित्र हुन्छन्।, ‘अहिले जसरी सानै उमेरदेखि केटाकेटीलाई यौन शिक्षा सिकाइन्छ, मिथिलामा कोहवर चित्र र गीतमार्फत प्रतीकात्मक रूपमा यौन शिक्षा दिइन्छ,’ एससी सुमनले भने, ‘काठमाडौंको नेवार घरमा बस्न थालेपछि मेरो विवाह भयो, बच्चाबच्ची भयो। उनीहरूको न्वारन, पास्नी र शिक्षादिक्षा पनि त्यहीँ भयो। एक हिसाबले त्यही कोठाभित्र मेरो कोहवर लेखियो। मैले एक कलाकारका रूपमा मिथिला र नेवारी कला मिसाएर त्यो चित्र बनाएको थिएँ।’, उनी नेवार समुदायमा प्रयोग गरिने रङमा पनि समानता देख्छन्। मिथिलाको लोक कलामा रङको प्रयोग हुँदा बेसारको रङ, माटो, सिन्दुर, फूलहरूको रङ, घाँस र विभिन्न जडिबुटीको रङ बनाउने चलन छ। रङ बसोस् भनेर ‘फिक्सर’ का रूपमा बेलको गुदी र गाईको दूधमा घोल्ने चलन छ।, ‘मिथिलामा परनिर्भता थिएन। त्यहाँ जे उपलब्ध थियो, त्यहीँबाट चित्र बनाउन थालियो,’ एससी सुमनले भने।, नेवारी कला पनि तत्कालीन समयमा जे उपलब्ध थियो, त्यसैबाट बनाउन थालिएको कलाकार लोक चित्रकार बताउँछन्।, मिथिला कलामा प्रायः एउटा ठूलो आँखा र लामो नाक हुन्छ। त्यसको कारण के होला?, हाम्रो प्रश्नमा एससी सुमनले भने, ‘एउटा आँखा नै हुनुपर्छ भन्ने छैन। सूर्य, चन्द्रमा बनाउँदा हामी दुइटा आँखा राख्छौं। पात्रहरूको चित्र बनाउँदा भने दुइटा आँखा कमै बनाइन्छ। प्रयोगमा नआएपछि त्यो गौण हुँदै गएको हो, तर त्यस्तै हुनुपर्छ भन्ने छैन।’, उनले हामीलाई चित्रका पात्रहरूको केही गुणबारे पनि बताए।, ‘मिथिलाका गीतमा राधाकृष्णका गीत छन्। त्यसमा राधाकृष्णको सौन्दर्य वर्णन गरिएको छ। मिथिला चित्र बनाउँदा पनि गीतहरू गाउँदै चित्र कोर्ने गरिन्छ। गीतले ठूला आँखा, कमल नयन, कालो कपाल, पातलो कम्मरको वर्णन गरेको हुँदा त्यसै आधारमा चित्र बनेको हो,’ उनले भने।, मिथिला कलामा विभिन्न प्रतीक पनि भेटिन्छन्। त्यसबारे वर्णन गर्दै सुमनले भने, ‘हात्ती समृद्धिको र माछा उत्पादनको प्रतीक हो। सर्प नाग देउताको, कमलको फूल महिलाको र बाँस वंशजको प्रतीक हो।’, उनले अगाडि भने, ‘मिथिला कलामा कुनै पनि चिज निरर्थक राखिन्न, सबैको आ–आफ्नो अर्थ हुन्छ। ती सबै प्रतीकलाई एक ठाउँ राखेर पूजा गर्नु र आफ्नो कुरा भन्नु नै मिथिला कलाको विशेषता हो।’, मिथिला र नेवारी कला मिसाएर कलाकार एससी सुमनले बनाएको चित्र ‘कोहवर इन नेवार हाउस’, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर, अध्याय ८ - ,जनकपुरका ५२ कुटी र ७२ कुण्ड, अध्याय ९ - ,'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ', अध्याय १० - ,भाषाको हेराफेरी!, अध्याय ११ - ,मन नपरे बेहुला छाड्न सक्ने मिथिलाको परम्परा, अध्याय १२ - ,सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा, अध्याय १३ - ,जनकपुरका नेवारले सम्हालेको काठमाडौंको चिनो, अध्याय १४ - ,७०० वर्षअघि सिमरौनगढबाट तलेजु भवानी बोकेर काठमाडौं आएका थिए धोबीहरू, ९० सालको भुइँचालोपछि भग्नावशेषमा भेटिएको मिथिला कला
एजेन्सी एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। , ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्। , सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए।, सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो। , मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ।, मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो। इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ।, मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन्। गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए। उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो।, एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति
राजेश घिमिरे चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ।, भरतपुर महानगरपालिका–१ ठिमुरा बस्ने मिलन प्रजा (चेपाङ) र सविता प्रजा (चेपाङ) की ३५ दिनकी छोरी महिमाको मुटुको शल्यक्रिया गरिएको हो। , उनको डेक्ट्रो ट्रान्सपोजिसन्स अफ ग्रेट आर्टरिज (डिटिजिए) अर्थात मुटुबाट निस्कने मुख्य नलीहरु उल्टो अवस्थामा थिए। यो शिशुमा जन्मजात हुने समस्या हो। यो समस्याले गर्दा शिशु जन्मदा र केही समयपछि श्वास फेर्न गाह्रो हुने समस्या भएको थियो।, अस्पतालका मुटु, छाती र रक्तनली (सिटिभिएस) सर्जन डा.अनिल आचार्यले नेपालमा निकै जटिल मानिने ‘आर्टेरियल स्वीच अप्रेशन’ गरेर उनलाई निको पारिएको बताए। , ‘यो समस्या शिशुले जन्मँदै लिएर आउँछ। जतिसक्दो छिटो शल्यक्रिया गरिएन भने जोखिम बढ्छ। सामान्यतया दुई हप्ताभित्रमा शल्यक्रिया गर्नुपर्ने हुन्छ,’ डा.आचार्यले सेतोपाटीसँग भने, ‘अस्पताल आइपुग्दा बच्ची ३२ दिनकी थिइन्। हामीले तत्कालै ईको कार्डियोग्राम गरेर उनको समस्या पहिचान गर्‍यौं। ढिलै भए पनि बचाउन सकिने अवस्थामा देखेर अप्रेशन सुरु गरिहाल्यौं।’, उनकाअनुसार यस्तो शल्यक्रिया नेपालमा यसअघि दुई वटा मात्रै सफल भएका छन्। अहिलेसम्म काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एक-एक जनाको मात्रै शल्यक्रिया सफल भएको आफूले जानकारी पाएको आचार्यले बताए।, ‘नेपालमा यस्तो शल्यक्रियामा मृत्युदर ९० प्रतिशतभन्दा बढी छ,’ डा.आचार्यले ,सेतोपाटी,सँग भने, ‘काठमाडौं बाहिर हामी पहिलो पटक यस्तो शल्यक्रियामा सफल भएका छौं।’, उनकाअनुसार विकसित देशहरुमा ‘फिटल एको कार्डियोग्राम’ गरेर बच्चा गर्भमा छँदैमा उसको मुटुको अवस्था बुझ्ने चलन छ। मुटुमा समस्या भएको पाए जन्मनेबितिक्कै शल्यक्रिया गर्ने गरिन्छ। ‘तर नेपालमा सबैतिर यस्तो सुविधा, विशेषज्ञ नभएका कारण गर्भमा रहँदाको अवस्थामा त्यति चासो दिइँदैन,’ उनले भने, ‘केही समयमा श्वासप्रश्वासमा अप्ठेरो हुने, ओठ, हात, खुट्टालगायत शरीरका अंगहरु निलो भएको देखेपछि बल्ल बच्चा लिएर अस्पताल पुग्ने चलन छ। उपचार सुरु गर्दा ढिलो भइसक्छ।’, पहिले जन्मिएका शिशुको मृत्यु भएको अवस्थामा, जन्मँदै समस्या भएको अवस्थामा, आमामा दीर्घरोग भएको अवस्थामा यो परीक्षण गरेर गर्भको बच्चाको बारेमा धेरै कुरा जान्न सकिने उनले बताए। , यस्तो समस्या भएको बच्चाको मुटुको माथिल्लो २ वटा कोठाको बीचमा सानो प्वाल अर्थात एट्रियल सेप्टल डिफेक्ट (एएसडी), फोक्सोतिर जाने र शरीरतिर जाने नलीको बीचमा कनेक्सन अर्थात पेटेन्ट डक्टस आर्टेरियोसस (पिडिए) नभए जन्मँदै मृत्यु हुन्छ।, ‘यी बच्चीको यी कुराले पनि साथ दियो, अस्पतालको जनशक्तिको मेहनतले शल्यक्रिया सफल भयो,’ डा.आचार्यले भने।, शल्यक्रियामा डा.आचार्य, डा.अलका सिंह, एनेस्थेसियोलोजिस्ट डा.प्रवेश ज्ञवाली, पफर्युजनिस्ट (मुटु र फोक्सो बन्द गरेर शल्यक्रिया गर्दा त्यसको काम मेसिनमार्फत गर्ने व्यक्ति) गोबिन्द बुधनगरिया र स्टाफ नर्सहरु सहभागी थिए। शल्यक्रियापछि २० दिन एनआइसियुमा राखिएको थियो। , ‘यस्तो बिरामीको शल्यक्रिया अघि बेहोस बनाउँदा, शल्यक्रिया गर्दा, शल्यक्रिया सकिएपछि एनआइसियुमा राख्दा निकै जोखिम हुन्छ। शल्यक्रियामा सहभागी जनशक्तिले जस्तै एनआइसियुमा रहेका डा.विराज पराजुलीसहितका जनशक्तिको ठूलो मेहनतले उनी निको भएकी छन्,’ आचार्यले भने। , गत माघको २५ गते शल्यक्रिया गरिएको शिशु मंगलबार अस्पतालबाट डिस्चार्ज हुँदैछिन्।  , महिमाको स्वास्थ्य जन्मिएको दिनमै बिग्रिएको थियो। भरतपुर अस्पतालमा जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एनआइसियुमा राखियो। चार दिनपछि बल्ल उनी डिस्चार्ज भएकी थिइन्। , ‘केही हप्ता ठीकै थियो। बिस्तारै खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, दूध चुस्न नमान्ने, ज्वरो आउने हुन थाल्यो,’ आमा सविताले भनिन्, ‘ठिमुरामै रहेको स्वास्थ्य चौकी, रामनगर र जुगेडीका मेडिकलहरु लग्यौं, औषधि खुवायौं तर निको भएन।’, औषधिले काम नगरेपछि बल्ल मिलन र सविता बच्चा लिएर भरतपुर अस्पताल पुगेका थिए। , ‘राति १० बजेतिर भरतपुर अस्पताल पुग्दा छोरीको अवस्था धेरै खस्किएको थियो। अस्पतालमा एनआइसियु खाली रहेनछ, निमोनियका शंका गरेर चितवन मेडिकल कलेज रिफर गरिदियो। एम्बुलेन्समा राखेर अक्सिजन लगाउँदै यहाँ आइपुग्यौं,’ बाबु मिलनले भने। , चितवन मेडिकल कलेजमा उपचारकाक्रममा उनीहरुले बिपन्न नागरिकले पाउने एक लाख रुपैयाँ बराबरको सुविधा पाएका छन्। अन्य खर्चमा केही छुट दिइएको अस्पतालले जनाएको छ।, मजदुरी गरेर परिवार पाल्दै आएका मिलनले उपचारको क्रममा करिब ५ लाख रुपैयाँ खर्च लागेको बताए। ‘अस्पताललाई तिर्ने पैसा छैन। ऋण खोज्दैछु, नपाएकाले निको भइसके पनि डिस्चार्ज गर्न सकेको छैन,’ उनले भने। , सरकारले काठमाडौंका दुई सरकारी अस्पतालहरू मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका, ७५ वर्ष माथिका र मुटुको बाथ रोग भएका बिरामीहरूको उपचार निःशुल्कको व्यवस्था गरेको छ।, डा.आचार्यले सरकारले काठमाडौंका अस्पताललाई जस्तै सुविधा मेडिकल कलेजलाई पनि दिए धेरै बिरामीले राहत पाउने बताए। ‘देशभरका बिरामीले सहज र सुलभ रूपमा उपचारका लागि काठमाडौंका दुई अस्पतालको भर पर्नुपरेको छ। तर हाम्रो जस्तो उपचारका लागि योग्य अस्पतालबाट पनि त्यस्ता सुविधा उपलब्ध गराउन सके धेरै बिरामी लाभान्वित हुने थिए,’ उनले भने, ‘हामीले यति जटिल शल्यक्रिया गरेर देखायौं तर विपन्न समुदायले यसमा लागेको खर्च बुझाउन नसकेर समस्या भएको छ।’, मुटुका कतिपय बिरामीहरु आर्थिक र शारीरिक अवस्थाका कारण काठमाडौं पुग्न नसक्ने भएकाले सेवाको बिकेन्द्रीकरण गर्नुपर्ने उनले बताए। उनले चितवन मेडिकल कलेज जुनसुकै उमेर समूहका बिरामीको मुटुको अपरेसन गर्न सक्षम रहेको दाबी गरे। , यहाँ पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाका धेरै बिरामीहरु मुटुको समस्या लिएर उपचारका लागि आउँछन्।, चितवनमै सफल भयो जन्मदै मुटुमा समस्या भएका चेपाङ शिशुको जटिल शल्यक्रिया
सेतोपाटी संवाददाता रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो।, स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो।, सोही आगलागीमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताए।, उक्त घरमा पराललगायत दाउरा थियो। त्यसमा आगलागी भएको हो।, घर आगलागी भएको र घर्ती मृत अवस्थामा फेला परेपछि सोमबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, रोल्पामा घर आगलागी, एकको मृत्यु
नारायण खड्का रोल्पामा एक युवाको हत्यापछि हत्या गर्ने ब्यक्तिलेनै उनका कपडा निकालेर मृतककै घरमा लगेर फालेको तथ्य खुलेको छ। , हत्या आरोपितका बाबुले हत्या गरिएका युवाको एउटा जुत्ता भने आफ्नै घरमा लिएर गएका थिए।, माघ २९ गते रोल्पाको रून्टीगढी गाउँपालिका–२ का २० वर्षीय राजेन्द्र विकको राति भीरबाट लडेर मृत्यु भएको घटना जिल्ला प्रहरी कार्यालय रोल्पाले सार्वजनिक गरेको थियो। , राजेन्द्रको शव फागुन १ गते राम्ली सामुदायिक वनको भीर मुनी खोँचमा स्थानीयले फेला पारेका थिए। , राजेन्द्र उक्त दिन गाउँका साथीसहित रून्टीगढी-१ स्थित आफन्तको बिहेमा गएका थिए। गाउँबाट राजेन्द्रसँगै अन्य आफन्त र साथीहरू पनि गएका थिए। बिहे भोजमा उनीहरूले मदिरा सेवन गरे। , मदिरा सेवनपछि राजेन्द्रले आफ्नो ससुराली गाउँमा ‘गाँजा पाइन्छ लिन जाउँ’ भनेर अर्का एक किशोरलाई लिएर गए। ससुराली गाउँ जाने क्रममा राजेन्द्र भीरबाट लडेको घटना यसअघि प्रहरीले सार्वजनिक गरेको थियो। , यता प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा राजेन्द्रका घर परिवारका सदस्य सहमत थिएनन्। किनकी, राजेन्द्रले लगाएको जम्पर र हाफ ज्याकेट फागुन १ गते बिहानै उनकी श्रीमतीले घरमै फेला परेकी थिइन्। त्यस्तै खोज्दै जाँदा पौने घन्टा टाढा रहेका एक आफन्तकै घरमा राजेन्द्रको दायाँ खुट्टाको जुत्ता फेला परेको थियो।, यी सबै घटना क्रमलाई राखेर राजेन्द्रका ४४ वर्षीय बुबा रूपलाल बिकले आफ्नो छोराको हत्या भएको किटानी प्रहरीमा दिन खोजे। तर, प्रहरीले उनको जाहेरी लिन अस्वीकार गर्‍यो।, सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रूपलालले प्रहरीले आफ्नो छोराको किटानी जाहेरी नलिएसम्म आफूले शव अस्पतालबाट नलैजाने बताए। , रूपलालले आफ्नो छोराको सुनियोजित ढंगले हत्या भएको भन्दै एक नाबालकसहित सात जना विरूद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन ४ गते किटानी जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न नमानेको जानकारी दिए।, ‘मैले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन र सबुत प्रमाण के छ भन्दै फर्कायो,’ रूपलालले भने, ‘जबसम्म प्रहरीले हाम्रो जाहेरी बुझ्दैन तबसम्म हामी छोराको शब अस्पतालबाट बुझ्नेछैनौं।’, हाल १५ दिनदेखि राजेन्द्रको शव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ।, यसैबीच राजेन्द्रका बुवा रूपलालले राष्ट्रिय मानव अधिकार र इन्सेकको क्षेत्रीय कार्यालयमा घटनाका बारेमा सोमबार उजुरी दिएका छन्। , प्रहरीले किटानी जाहेरी लिन नमानेको हुँदा आफू राष्ट्रिय मानव अधिकार र इन्सेकको कार्यालयमा उजुरी दिएको बताए। , आफ्नो छोरा राजेन्द्रको हत्यामा संलग्न ब्यक्तिलाई कानुनी कारबाही नहुँदासम्म आफू चुप लागेर नबस्ने उनले बताए।, यसैबीच रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले राजेन्द्रको हत्या भएको तथ्य खुले पनि त्यसमा कसैको संलग्नता भए नभएको बारे अनुसन्धान भइरहेको बताए।, अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका एक जनाले घटनामा आफ्नो संलग्नताबारे स्वीकार गरेको डिएसपी मगरले जानकारी दिए।, ‘पक्राउ परेका किशोरले सुरूमा प्रहरीलाई झुक्याउन खोजे पनि सोमबार दिउँसो घटना स्वीकार गरेका छन्’, उनले भने।, ती युवाले आपसमा भनाभन हुँदा राजेन्द्रलाई टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको र त्यसपछि भीरबाट खसालिदिएको बयान प्रहरीसमक्ष दिएको डिएसपी मगरले सेतोपाटीलाई जानकारी दिए। , ‘दुबैले मदिरा सेवन गरेको र त्यहीँ क्रममा भनाभन हुँदा आफूले ढुंगाले हानेपछि राजेन्द्रको मृत्यु भयो भन्ने कुरा पक्राउ परेका किशारेले स्वीकार गरेका छन्,’ डिएसपी मगरले भने, ‘घटनामा अरूको संलग्नताबारे थप अनुसन्धान हुन बाँकी नै छ।’, राजेन्द्रका बुवा रूपलालले भने शवको प्रकृति हेर्दा अन्यत्रै लगेर हत्या गरि आफ्नो छोरालाई दुई सय मिटर तल भिरमुनी लगेर राखिएको दाबी गरे। , ‘त्यति माथिबाट मानिस लडेमा उसको शरीरमा धेरै घाउ हुनुपर्थ्यो। टुक्रा टुक्रा हुनसक्थ्यो,’ उनले भने, ‘मेरो छोरोको शब फेला पर्दा मजाले दुई हात कम्मर नजिकै मिलाएर उत्तानो पारी राखिएको अवस्थामा थियो।’, रूपलालले पक्राउ परेका नाबालक भनिएका ब्यक्तिको उमेर पनि अठार वर्ष माथि भएको जिकिर गरे। ‘गाउँ घरमा उसलाई दाइ भन्ने ब्यक्तिको उमेर अहिले आएर ऊ भन्दा बढी छ भने उसको उमेर कसरी १६ वर्ष मात्रै हुन्छ,’ पूर्व गाउँपालिका सदस्य समेत रहेका रूपलालले भने, ‘उसको उमेर घटाइएकोबारे अनुसन्धान हुन आवश्यक छ।’, जिल्ला प्रहरी प्रमुख डिएसपी मगरले पनि नागरिकता अनुसार हत्यामा संलग्न भनिएका किशोरको उमेर १६ वर्ष चार महिना मात्रै भए पनि स्थानीयका अनुसार उनको उमेर त्यो भन्दा बढी हुनसक्ने जानकारी दिए। , राजेन्द्रको हत्या गरिएका भनिएका किशोर नातामा उनको साला पर्छन्। रूपलाल २०७४ सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकामा कार्यपालिका सदस्य थिए। उनले आफ्नो छोरोका हत्याको कारण राजनीतिक रिसिइबी भएको दाबी गरे। , ‘मेरो छोरोका हत्यामा संलग्नहरू पनि मेरै पार्टीकै मान्छेहरू हुन्,’ उनले भने, ‘गुटगट राजनीतिका कारण मेरो छोरोको अपहरणपछि सुनियोजित रूपमा हत्या भएको हो भन्नेमा म ढुक्क छु।’, रूपलालको एउटा हात छैन। उनले हात देखाउँदै भने, ‘मेरो दुई छोरा मध्ये कलिलै उमेरमा कान्छो छोराको हत्या गरिदिए जसले गर्दा  हामी आमा बाबु मात्रै होइन कलिलै उमेरकी बुहारीको जीवन पनि बर्बाद भयो।’, ‘हत्याबारे प्रहरीले किटानी जाहेरी नलिएसम्म हामी छोराको शब अस्पतालबाट बुझ्दैनौं’
दिपकजंग शाही उनले पाँच कक्षाभन्दा माथि पढ्न पाइनन्। त्यति पढ्न पनि घरमा विद्रोह नै गर्नु पयो।, घर नजिकको स्कुलमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। थप पढाइका लागि अलिक टाढाको अर्को स्कुल जानु पथ्र्यो। त्यो अवसर उनलाई जुरेन।, त्यो समय छोरीलाई पढ्न पठाउने चलन नै थिएन। बाबाले भाइ र बहिनीलाई विद्यालय पठाए। भाइबहिनी पढ्न जाने तर आफू पढ्न नपाउने कुराले उनको मनमा विद्रोह जाग्यो।, ‘बाबाआमाले भाइबहिनीलाई पढ्न पठाउनु भयो। मलाई घरमै गोठालो बनाएर राखियो। यस्तो भएपछि मलाई पिर प¥यो,’ उनले भनिन्, ‘एकै घरका सन्तान कोही शिक्षा लिने, कोही गोठालो हुने, म पनि पढ्न जान्छु भनेँ।’, परिवारको कमजोर आर्थिक अवस्था पनि उनले पढ्न नपाउनुको एउटा कारण थियो। उनले आफूलाई स्कुल पठाउन बाबालाई बाध्य बनाइन्।  प्रधानाध्यापकले निःशुल्क पढाइदिने प्रतिबद्धता जनाए। बाबाले विद्यालयमा नाम लेखाइदिए।, ‘प्रधानाध्यापक सरले पढ्न इच्छा भएकोलाई पढाउनुस्, म निःशुल्क पढाइदिन्छु भनेपछि बाबाले नाम लेखाइदिनुभयो,’ उनले भनिन्।, कमजोर आर्थिक अवस्थाका कारण उनले कहिल्यै विद्यालयको पोशाक लगाउन पाइनन्। तैपनि शिक्षकहरूले ‘विद्यालयको पोशाक लगाएरमात्रै आऊ’ भनेर कहिल्यै भनेनन्।, उनको पढाइप्रतिको लगाव देखेर शिक्षकहरू खुसी थिए।, गाउँको विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। उनी सबै कक्षामा प्रथम भइन्।, पाँच कक्षा पास भएपछि उनको पढाइ रोकियो। त्यही समय उनकी आमाको मृत्यु भयो। बाबा दोस्रो बिहे गरेर अलग भए।, निशाको पढाइ रोकियो।, उनी हुन् खैरुन निशा।, उनको खास नाम निशा शैयद हो तर खैरुन निशा नामले परिचित छिन्।, उनी मुस्लिम परिवारमा बाबा मदार बक्स र आमा जोहरा बिबीका दोस्रो सन्तानका रूपमा २०२८ असोज २३ गते सुर्खेतको वीरेन्द्रनगर–११ (साविकको गाग्रेताल गाविस–१०) मा जन्मेकी हुन्।, ‘स्कुल त टाढै भए पनि गइहाल्थेँ तर त्यहाँ लाग्ने शुल्क कसले तिरिदेओस्,’ निशाले भनिन्।, पाँच कक्षासम्मको पढाइ पूरा गरेपछि उनी फेरि गोठालो हुन फर्किनुपर्‍यो।, २०४१ असारमा १३ वर्षको उमेरमा उनको बिहे भयो। माइला काकाले अभिभावकत्व लिएर बिहे गराइदिएका थिए। असहाय अवस्थामा पुगेकी निशाले बिहे गर्दिनँ भन्न सकिनन्। बिहे भएर गएको परिवार मध्यम आर्थिक अवस्थाको थियो।, निशाका श्रीमान् पनि कमै उमेरका थिए, तीन वर्ष जेठा।, ‘सानै उमेरमा बिहे भयो। घर, माइत के हो भन्ने पनि थाहा थिएन। बिहेपछि घरको सात–आठ जनाको परिवारलाई खाना पकाउने जिम्मेवारी आइलाग्यो,’ उनले भनिन्, ‘मलाई ठूलो बोझ भयो। पाँच वर्ष त मलाई फलामका चिउरा चपाएजस्तै भयो।’, सासुससुरा बजारमा पसल चलाउँथे। घरमा पालेका चौपायाको हेरदेखको जिम्मा पनि निशाकै भयो। निशा २० वर्ष पुगेपछि पहिलो सन्तान छोरी जन्मिन्। छोरा नजन्माई नहुने, यही बाध्यतामा पाँचवटी छोरी जन्मे।, २०५१ सालमा निशा र उनका श्रीमान संयुक्त परिवारबाट अलग भए। यसपछि निशाले बाल्यकालमा पढाइका लागि गरेको विद्रोह समुदायमा सर्‍यो।, २०५२ सालमा सुरु हुन्छ उनको आफ्नै समुदायभित्रका विद्यमान कुप्रथाविरुद्धको विद्रोह।, त्यसबेला गाउँमा स्वास्थ्य स्वयंसेविका छनोट गर्ने कुरा चल्यो। जनस्वास्थ्य कार्यालयको समूहले उनको समुदायमा स्वयंसेविका खोज्यो। समुदायभित्र पढेलेखेका महिला पाउन मुश्किल थियो। उनले त पाँच कक्षासम्म पढेकी थिइन्, उनैलाई जनस्वास्थ्यले स्वयंसेविका बनायो।, ‘मलाई स्वयंसेविका छनोट गर्नु नै मेरा लागि ठूलो भाग्य बन्यो। म त्यसपछि झन् बाठो भएँ,’ निशाले भनिन्, ‘स्वास्थ्य स्वयंसेविका भएपछि मेरो अभियान नै जन्मान्तर बढाउने र जन्मदर घटाउनेमा केन्द्रित भयो। हाम्रो समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न सकारात्मक थिएन।’, उनको समुदायमा सन्तान जन्माउन रोक्नु धर्मविरोधी कुरा मानिन्थ्यो। उनी आफू स्वयंसेविका भएपछि आफ्नै समुदायलाई लक्षित गरेर परिवार नियोजनबारे चेतना फैलाउनतर्फ लागिन्।, समुदायका महिलाहरूलाई आफैँ स्वास्थ्य संस्थामा लगेर परिवार नियोजनका अस्थायी साधन दिएर पठाउन थालिन्।, ती महिलाका श्रीमानहरू भने निशासँग झगडा गर्न उनको घरमै आउन थाले। तैपनि उनले आफ्नो काम छाडिनन्।, ‘मेरो परिवार (श्रीमती) लाई किन यस्तो काम (परिवार नियोजनका अस्थायी साधन प्रयोग) गर्न लगायौ, धर्मको विरुद्ध किन गयौ भनेर विरोध गर्न आउँथे। मैले हामी समय र परिस्थितिअनुसार अघि बढ्नुपर्छ भनेर सम्झाउने प्रयास गरेँ,’ उनले भनिन्, ‘अहिले धेरै महिलाहरू अस्थायी साधन प्रयोग गर्छन्। जन्मदर पनि कम भएको छ।’, परिवार नियोजनको अभियान चलाउँदा निशा समुदायबाट बहिष्कारमा समेत परिन्। समुदायले उनलाई सामाजिक बहिष्कार गर्ने निर्णय गर्‍यो।, जस्तोसुकै अवस्थामा पनि उनी पछि हटिनन्।, ‘अहिले पनि अवस्था धेरै सुधार भएको छैन। त्यो बेला पुरुष धर्मगुरुहरूको मनस्थिति कस्तो थियो होला!’ निशाले भनिन्, ‘समुदायका, मानिसहरू मेरो घरमा नखाने, सामान लेनदेन नगर्ने अवस्था भयो। मैले बहिष्कार गरे पनि पछि हट्दिनँ भनेँ। प्रतिष्ठाको लडाइँ सम्झेर अघि बढेँ।’, पहिला घरमै झगडा गर्न आउनेहरू केही वर्षपछि त आफैँ आएर अस्थायी साधन लिन थाले।, ‘अहिले यहाँको मुस्लिम समुदायमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने कुरा सामान्य भएको छ। स्थायी बन्ध्याकरण भने अझै पनि हुन सकेको छैन,’ उनले भनिन्।, समुदायमा महिलाहरूले गर्भ जाँच गर्ने चलन थिएन। निशा स्वयंसेविक भएपछि सामाजिक विरोध झेल्दै गर्भ जाँचको अभियान चलाइन्।, बालबच्चालाई खोप लगाउने चलन पनि थिएन। धेरैलाई त खोपबारे थाहै थिएन। थाहा पाउनेहरू पनि खोप दिन आवश्यक ठान्दैनथे।, निशाको अभियानले ठूलो परिवर्तन ल्यायो। समुदायका महिलाहरू नियमित गर्भ जाँच गराउन र बच्चालाई खोप दिलाउन थाले।, उनले अपांगता भएका र बिरामी महिलाहरूलाई सहुलियत पाउने व्यवस्थाका लागि पनि काम गरिन्।, ‘बिरामी लिएर लखनउ (भारत) सम्म पनि पुगेँ,’ उनले भनिन्, ‘बिरामी र प्रसूति अवस्थाका महिलाका समस्या समाधानमा सधैँ लागेँ। कहिल्यै नाइँ भनिनँ।’, निशाको समुदायमा वैवाहिक सम्बन्ध विच्छेदको लागि कानूनी प्रक्रिया आवश्यक मानिँदैन। समुदायका जानेमानेका व्यक्ति वा धर्मगुरुको रोहबरमा तीनपटक ‘तलाक’ भनेर श्रीमानले श्रीमतीसँगको सम्बन्ध अन्त्य गरिदिन पाउँछन्।, निशाले यस्तो प्रथालाई गलत र असह्य मानिन्।, ‘हप्तैपिच्छे एउटा पुरुषले श्रीमतीलाई तलाक दियो भनेको सुनिन्थ्यो। त्यसबाट अति पीडा हुन्थ्यो,’ उनले भनिन्, ‘हाम्रो धर्ममा त सम्बन्धविच्छेदको प्रक्रिया पो लेखेको होला। श्रीमतीलाई जतिबेला पनि पशुजस्तै गरी छोड्ने त लेखेको छैन होला भनेर म तलाक विरुद्ध लागेँ।’, उनले यो अभियानमा कसैको साथ पाइनन्। सञ्चारमाध्यमसँग सहयोग मागिन्। २०७२ को संविधान पारित गर्नुअघि समुदायमा राय लिन आउने सभासदलाई तलाकको अनुचित व्यवस्था अन्त्य गर्न सुझाब पनि दिइन्।, तलाकको विरुद्धमा लाग्दा उनलाई आफ्नो समुदायका महिलाहरूले समेत गलत ठाने। उनलाई बहिष्कार गर्ने चर्चा पनि चल्यो तै पनि उनी पछि हटिनन्।, ‘मलाई त मेरो समुदायले महिलालाई जनावर बनाएको महसुस भयो,’ उनले भनिन्, ‘केही महिलाहरू तलाक गलत हो भन्थे तर मलाई साथ दिन डराउँथे।’, एकपटक उनले तलाक पाएकी एक महिलालाई घरेलु हिंसासम्बन्धी मुद्दा दिन लगाइन्। अदालतले महिलाका पक्षमा फैसला गर्‍यो। पुरुष कारागार चलान भए।, फेरि अंशसहित सम्बन्धविच्छेद र बालबच्चाको लालनपालनको खर्च पाऊँ भनेर मुद्दा दिन लगाइन्। अदालतले महिलाकै पक्षमा फैसला दियो।, उक्त घटनापछि समुदायमा तलाक दिने चलन कम हुँदै गयो। निशाका अनुसार हाल त्यस्तो चलन बन्द भएको छ।, उनले समुदायका निरक्षर व्यक्तिलाई अनौपचारिक शिक्षा दिन पनि नेतृत्व गरिन्। यसै पनि सिंगो नै समुदाय शिक्षामा कमजोर थियो, साक्षर महिला त नगन्य थिए।, निशाकै पहलमा एउटा गैरसरकारी संस्थाले उनको समुदायमा अनौपचारिक शिक्षा कार्यक्रम लग्यो। पढाउन सक्ने मान्छे खोज्दा उनकै नाम आयो। उनले १२ महिना अनौपचारिक कक्षामा पढाइन्।, ‘महिलाहरूले पढ्नमा धेरै रुचि देखाउनुभयो। त्यसले मलाई हौसला दियो,’ उनले भनिन्, ‘पढ्न चाहने महिलाहरूको सहयोग लिएर जंगलबाट काठ, स्याउला र खर जम्मा गरेर एउटा सामुदायिक भवन बनायौँ र त्यसमै अनौपचारिक शिक्षा चलायौँ।’, साँझको समयमा महिलाहरू त्यहीँ भेला भएर पढ्थे।, ठूलो योगदान गर्न नसके पनि समुदायका निरक्षर महिलाहरूलाई नाम लेख्न सक्ने बनाउन सकेको निशा निकै खुसी भइन्।, उनले साक्षर बनाएका महिलाहरू उनका साथमा भए। उनीहरू निशाले चलाउने छलफलहरूमा खुलेर सहभागी हुन र आफ्ना विचार राख्न थाले।, हाल समुदायमा पाँच वटा वित्तीय समूह छन्। ती समूह मुस्लिम महिलाले नै नेतृत्व गरेका छन्।, निशाले गाउँमा शौचालय बनाउन पनि अगुवाइ गरिन्।, उनले भनिन्, ‘अव्यवस्थित दिसापिसाबले बाटोमा हिँड्न पनि कठिन थियो। एउटा गैरसरकारी संस्थाको सहयोगमा ९० वटा अस्थायी शौचालय बने। अहिले सबैले पक्की शौचालय बनाएका छन्।’, उनले गैरसरकारी संस्थाहरूको सहयोग जुटाएर समुदायमा कानूनी शिक्षा पनि सुरु गरिन्।, निशा २७ वर्षदेखि स्वयंसेवकको भूमिकामा छिन्। उनले सुर्खेतको मुस्लिम समुदायका यस्ता थुप्रै कुप्रथा र उत्पीडनविरुद्ध आवाज उठाइन् र सकारात्मक परिवर्तनका लागि नेतृत्व गरिन्।, उनको अभियानमा श्रीमानले खुला दिलले साथ दिए।, ‘मलाई मेरो काममा हिँड्न श्रीमानले कहिल्यै रोक्ने प्रयास गर्नुभएन। महिला घरभित्रै लुक्नुपर्ने समुदायकी मलाई उहाँले साथ नदिएको भए मेरो अभियान सफल हुने थिएन,’ निशाले भनिन्, ‘म कामले बाहिर हुँदा श्रीमानले बच्चा सम्हाल्नुभयो नत्र त म घरभित्रै हुने थिएँ होला।’, उनले २०६५ सालमा ५० हजार रुपैयाँ राशिको एउटा पुरस्कार पाइन्। त्यो कुरा समुदायभर फैलियो।, केही मानिसहरूले निशाले आफ्नो समुदायको कुरा बाहिर पुर्‍याइन भनेर माफी मगाउने निर्णय गरे।, ‘समुदायका केही पुरुषहरू जम्मा भएर मलाई मस्जिदमै पुर्‍याएर घुँडा टेक्न लगाए,’ उनले भनिन्, ‘मस्जिदमा पुरुषहरू, धर्मगुरु, महिलाहरूको उपस्थितिमा घुँडा टेकाएर सामाजिक धर्मअनुसार बस्छु भन्न लगाइयो।’, निशाका अनुसार उनले मस्जिदमा घुँडा टेकिन् तर माफी मागिनन्। माफी मागेको भए गर्दै आएको काम नै छोड्नुपर्थ्यो।, यो घटनाले उनी डिप्रेसनमा परिन्।, ‘बरु मलाई छातीमा गोली हान, म तयार छु भनिदिएँ,’ उनले भनिन्, ‘समुदायका लागि राम्रो काम गर्न खोज्दा पनि माफी मगाउन मस्जिदमा पुर्‍याए भनेर गहिरो सोचमा परेँ। अस्पतालमा गएर जचाएँ। डाक्टरले डिप्रेसनको औषधि खानुपर्छ भने।’, उनले औषधि सुरु गरिन्। एक वर्षसम्म उनको काम शिथिल भयो। बिस्तारै सञ्चो भयो र आफ्नो काममा पूर्ववत सक्रिय भइन्।, हालसम्ममा परिस्थिति धेरै बदलिएको छ। मस्जिदमा घुँडा टेक्न लगाउनेहरू नै उनीसँग सल्लाह लिन आउँछन्।, उनी भन्छिन्, ‘पहिले जे गरे पनि ती पीडा मनमै छन् तर त्यो बेला डिप्रेसनमा पुर्‍याउने व्यक्तिहरू अहिले सल्लाह लिन आउँदा खुसी लाग्छ।’, निशाले आफ्नो गाउँघरमा नाला निर्माण र खानेपानीको व्यवस्थाका लागि पनि गैरसरकारी संस्थाहरूको सहयोग जुटाइन्।, उनी विभिन्न क्षेत्रबाट सम्मानित र पुरस्कृत पनि भएकी छन्। पुरस्कार र सम्मानहरूले आफूमा उत्साह थपेको उनको भनाइ छ।, उनी समाज जागरणमा निरन्तर सक्रिय छिन्। , कुप्रथाविरुद्ध उभिएकी खैरुन निशा
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ।, विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।, दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टेको थियो।, ट्याक्टर दुर्घटनामा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो।, दुर्घटनामा परी घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए।, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ट्याक्टर दुर्घटना, बालकको मृत्यु
रासस लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ।, गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।, जस्तापाताको छाप्रोमा बस्दै आएका उनको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।, चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।, आगलागीबाट छाप्रोनजिकै रहेको ७ भेँडा, ३ भैँसी, ६ रागासमेत घाइते भएका छन्।,  , जलेर लमजुङमा एकको मृत्यु
रासस महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।, मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए।, बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र २–०२–००२प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो।, उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।, मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।, महोत्तरीमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सेतोपाटी संवाददाता बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड बन्द हुने भएको छ।, सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिए।, तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि यो सडक खण्डमा कामको गति असाध्यै सुस्त हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्।  ट्राफिक जामको समस्या झेलिरहेका छन्।, अहिले सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्। , सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने (पहिलो खण्ड) खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ।, तनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ। आधाभन्दा बढी अवधि गुज्रिसक्दा आँबुखैरहनी–जामुने खण्डको काममा १५.५ र जामुने–पोखरा खण्डको काममा ४.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।, एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो। ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो। यसको अहिलेसम्मको समग्र भौतिक प्रगति करिब १० प्रतिशत छ।, आँबुखैरहनी–जामुने खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले र जामुने–पोखरा खण्डको ठेक्का चाइनाकै अन्हुई काइयुनले पाएका छन्। पहिलो खण्डका लागि ६ अर्ब २१ करोड र दोस्रो खण्डका लागि ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो।, यो पनि हेर्नुहोस्, आँबुखैरहनी–पोखरा सडक विस्तार: आधा अवधि सकिँदा १० प्रतिशत काम, भोलि रातिदेखि रातको समयमा आँबुखैरहनी–पोखरा सडक बन्द हुने
रासस सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।, कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो गाडी एकापसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो।, सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो।, बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ। दुवै सवारीमा सवार १२ जना घाइते भएका छन्। , उनीहरूलाई उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ। , सप्तरीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता पाँचथरको  हिलिहाङ–७ यवा डाँडाको एक घरमा आगलागी हुँदा दुई जना बालकको जलन भएर मृत्यु भएको छ।  , प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ ५ का श्रण पन्थाकका ५ वर्षका छोरा सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीका ४ वर्षका छोरा निशान खातीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।  , घटनास्थलमा रहेका पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडाका अनुसार उनीहरूको घटनास्थलमा मृत्यु भएको हो।, शुक्रबार अपराह्न घरमा आगलागी भएको प्रहरीले बताएको छ।, परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, खरले छाएको घरमा आगलागी भएको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, मृतक दुवैको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ।, घटनास्थल सदरमुकाम फिदिमबाट एक घण्टाको पैदल दूरीमा छ।, पाँचथरमा घरमा आगलागी हुँदा दुई बालकको मृत्यु
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको नयाँ प्रमुखमा भारतीय मूलका अमेरिकी नागरिक अजय बंगालाई प्रस्ताव गरेका छन्।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत बंगालाई विश्व बैंकको नयाँ प्रमुखका रूपमा प्रस्ताव गरिएको जानकारी दिएको छ।, विश्व बैंकमा अमेरिका सबैभन्दा ठूलो सेयर होल्डर हो। त्यही भएर अमेरिकाले प्रस्ताव गरेको व्यक्ति नै प्रमुख हुने सम्भावना प्रबल हुन्छ। बंगा आगामी मेदेखि विश्व बैंकको प्रमुख बन्ने देखिएको छ।, बिबिसी हिन्दीका अनुसार भारतमा जन्मिएका बंगाले दिल्ली विश्वविद्यालयबाट ग्र्याजुएसन र आइआइएम अहमदावादबाट एमबिए गरेका हुन्। उनले नेस्ले इन्डियाबाट आफ्नो करियर सुरू गरेका थिए।, सन् २००९ मा मास्टरकार्डमा जोडिएका उनी उक्त कम्पनीका सिइओ बने।  ६३ वर्षीय बंगा पछिल्लो समय जनरल एटलान्टिक कम्पनीमा उपप्रमुख थिए।, विश्व बैंकको प्रमुखमा बाइडेनले प्रस्ताव गरे भारतीय मूलका बंगालाई
सेतोपाटी संवाददाता कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सहायक इञ्जिनियर लक्ष्मण जिसीले आफूलाई वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।, उनले वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङले शुक्रबार बिहान १०ः३० बजे कार्यालयमै अपशब्द बोल्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। , केसीले प्रहरीमा पेश गरेको उजुरीमा वडाध्यक्ष गुरूङको कुटपिटबाट टाउको, नाक, घाँटी र शरीरका विभिन्न ठाउँमा चोट लागेको उल्लेख गरेका छन्।, निवेदनमा केसीले वडाध्यक्षलाई कारबाही गरी आफ्नो जीउ ज्यानको सुरक्षा गर्न समेत माग गरेका छन्।, यता, वडाध्यक्ष गुरूङले आफूमाथि आक्रमण गर्न खोजेपछि सामान्य धकेलाधकेल भएको बताएका छन्। इञ्जिनियर जिसीले आफूमाथि हेलमेट प्रहार गर्न खोजेपछि रोकेको उनले जिकिर गरेका छन्।  , कास्कीको ल्वाङ गाउँमा पर्खाल लगाउने विषयमा बारम्बार अनुरोध गर्दा पनि इञ्जिनियर जिसीले इस्टिमेट तयार नगरिदिएको, समयमा कार्यालय नआउने लगायतका कारण यसअघि पनि विवाद भएको उनले बताए।, सहायक इञ्जिनियर जिसीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष गुरूङलाई कार्यालयमा बोलाएको जनाएको छ।, वडाध्यक्षले कुटपिट गरेको भन्दै कर्मचारीले दिए प्रहरीमा उजुरी
रासस तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ।, तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ।, आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ। राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ।, आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन्। आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ।, बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए। तमोर नदी किनारको जंगलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो।, अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जंगलमा लागेको आगो भने नियन्त्रणमा छैन। फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन्। क्षतिको यकिन विवरण आउन बाँकी छ।, जंगलको आगो बस्तीमा पस्दा तेह्रथुममा १४ घर जले
मन्दिरा घिमिरे महिनावारीका कुरा, कलाकार बेनिशा हमाललाई आफ्नो पहिलो महिनावारी भएको दिन अझै याद छ।, उनको मामाघर चितवनको गीतानगरमा हो। त्यो दिन मामाघरमा पूजा थियो। शौचालय गएका बेला बेनिशाले आफ्नो योनीबाट रगत आइरहेको देखिन्। उनी आत्तिइन्, डराइन्। हतारहतार हजुरआमालाई गएर सुनाइन्।, 'रगत आएको देखेपछि के भयो भनेर म डराएँ। हजुरआमालाई बोलाएर भनेँ,' उनले त्यो समय सम्झिँदै भनिन्, 'त्यसपछि हजुरआमाले तिमी महिनावारी भयौ, अब घाम हेर्नु हुँदैन, छुट्टै कोठामा बस्नुपर्छ भन्नुभएको थियो।', घरमा पूजा चलिरहेको र पहिलोपटक महिनावारी भएपछि बेनिशालाई सुरूमै त्यहाँबाट टाढा राख्ने काम भयो। उनलाई सात दिनसम्म घाम हेर्न नदिई लुकाइएको थियो। त्यति बेला उनी ११ वर्षकी थिइन्।, 'ट्वाइलेट जाँदा समेत घाम देखिएला भनेर ट्वाइलेटको व्यवस्था कोठाभित्रै गरिदिनुभएको थियो,' उनले भनिन्।, उनको परिवारमा महिनावारीमा छोइछाइ गर्नु हुँदैन, भान्सा र पूजाकोठामा जानु हुँदैन भन्ने जस्ता बार्ने कुराहरू एकदमै हाबी छ। यहीबीच हुर्केकी उनलाई अहिले पनि महिनावारी भएका बेला पूजाआजामा सहभागी हुन हिचकिचाहट हुन्छ।, '१७ वर्षसम्म मलाई एउटै कुरा सिकाइएको थियो। म त्यही आस्थामा बसेँ र ममा पनि त्यो हाबी भएछ क्यार,' उनले भनिन्। , त्यसैले परिवारसँग बस्दा उनी सधैं महिनावारी बार्थिन्। अहिले उनी काठमाडौंमा बस्छिन्, बार्दिनन्। , 'पहिले प्याड-कपडा प्रयोग नहुने समयमा सरसफाइका हिसाबले महिनावारी हुँदा छुट्टै बस्न भनिएको होला। सायद सरसफाइका हिसाबले त्यो बेलाको आवश्यकता थियो,' उनी भन्छिन्, 'तर अहिले त्यो स्थिति छैन।', जतिजति उमरे बढ्दै गयो, उनलाई महिनावारीबारे जानकारी र ज्ञान हुँदै गयो। सही र गलत छुट्याउन सक्ने हुँदै गइन्। विश्वास र अन्धविश्वास के हो, समाजमा भइरहेका रित र कुरित के हुन्, कुन सही र कुन गलत हुन् भन्ने कुरा काठमाडौं आएसँगै शिक्षाका कारण छुट्याउन सक्ने भएको जस्तो उनलाई लाग्छ।, बेनिशाले १४ वर्षको उमेरमा फूपाजुको मुखबाट छाउपडीबारे सुनेकी थिइन्। त्यति बेला यो कुनै दन्त्यकथा हो कि भन्ने उनलाई लाग्थ्यो। अहिले पनि महिलाहरू छाउगोठमा बसेको देख्दा उनलाई नराम्रो लाग्छ।, उनको घरमा पनि अझै महिनावारी बारिन्छ। उनी आफू बार्दिनन्, आमालाई पनि सम्झाउँछिन्।, मैले आमालाई आजको भोलि परिवर्तन हुनु भन्दा त अवश्य पनि मान्नु हुन्न,' उनी भन्छिन्, '४५ वर्षदेखि मान्दै आएको कुरा उहाँले छोड्न पनि सक्नुभएको छैन। तर विस्तारै केही हदसम्म परिवर्तन हुँदै आउनुभएको छ। कतिपय कुरा लिनु पनि हुन्छ। विस्तारै सिकाउने काम गरिरहेकी छु।', उनी आफूपछिको पुस्ता वा आफ्नी छोरी भइन् भने उनीहरूसँग महिनावारीबारे खुलस्त कुरा गर्ने बताउँछिन्। महिनावारीलाई प्राकृतिक र सामान्य विषयका रूपमा स्वीकार गर्न सिकाउने उनले बताइन्। उनले त घरबाट महिनावारीबारे कुनै पनि जानकारी पाएकी थिइनन्। सानैमा यसबारे खुलस्त कुराकानी र जानकारी हुँदा सहज बन्दै जाने उनलाई लाग्छ।, 'घरमा आमा महिनावारी भएको थाहा हुन्थ्यो। शरीरबाट चार-पाँच दिन रगत आउँछ भनेर थाहा थियो,' उनी भन्छिन्, 'यसबाहेक अरू केही जानकारी थिएन।', स्कुले शिक्षामा पनि पछिका कक्षामा मात्र स्वास्थ्य शिक्षा पढाइ हुने भएकाले किशोर-किशोरीका समस्याबारे जानकारी नहुने उनी बताउँछिन्। किशोरकिशोरी हुनुअगाडिकै कक्षामा यो अवस्थाबारे पढाइ हुने र जानकारी दिने हो भने त्यसका लागि मानसिक रूपमा तयार भइने उनको बुझाइ छ। यसरी तयार हुँदा शरीरमा आएको परिवर्तनलाई किशोरकिशोरीले सामान्य रूपमा लिने क्षमता बढ्छ।, 'महिनावारी शरीरमा हुने प्राकृतिक प्रक्रिया हो। एक महिला किशोरावस्थामा प्रवेश गरेको सूचक पनि हो। त्यसैले यसलाई शारीरिक रूपमै सीमित राख्नुपर्छ, धार्मिक आस्थामा जोडेर हेर्नु हुँदैन,' उनले भनिन्।, बेनिशाले फिल्म सुटिङका क्रममा पनि महिनावारीका कठिनाइ भोगेकी छन्। , सधैं प्याड बोकेर हिँडिएको हुँदैन। सुटिङ क्रममै महिनावारी भए पहिलेपहिले प्याड चाहियो भनेर उनी पुरूष सहकर्मी वा सेटमा भएका पुरूषसँग भन्न सक्दिन थिइन्। महिला नै खोज्थिन्।, उनका अनुसार अझ पहिले त सुटिङमै पनि केही मान्छे धेरै अन्धविश्वासी कुरा गर्थे।, 'महिनावारी भएका बेला क्यामरा समेत छुन हुँदैन भन्थे। पानी परेर वा अरू कुनै कारणले सुटिङ रोकियो भने मान्छेहरू आज कसैले महिनावारी भएर क्यामरा छोयो कि क्या हो सम्म भन्थे।', अहिले समय फेरिएको छ। यस्ता कुराहरू अचेल हुँदैनन्। उनी आफैं पनि हिचकिचाहटबिना पुरूषहरूसँग महिनावारीबारे कुरा गर्छिन्। गाह्रो परेका बेलामा पुरूष साथीसँग सहयोग माग्छिन्। उनीहरूले पनि सहजै सहयोग गर्छन्।, बेनिशालाई महिनावारी हुनुअगाडि मुडस्विङ (मुड बदलिरहने) हुन्छ। उनी त्यसलाई नियन्त्रण गर्न खोज्छिन् तर सक्दिनन्। मुडस्विङ भएका बेला जीवनमा सबै राम्रैराम्रो छ भने पनि उनलाई रून मन लाग्छ। मुडस्विङकै कारण काममा पनि उनलाई कठिनाइ हुन्छ।, त्यस्तै सुरूका दिनमा शारीरिक रूपमा पनि गाह्रो हुन्छ। तर सुटिङ महत्वपूर्ण भएकाले एक दिन पनि आफ्नो कारणले नरोकियोस् भन्ने उनलाई लाग्छ।, 'महिनावारी हुँदा गाह्रो भए पनि जाने गरेकी छु,' उनी भन्छिन्, 'सुटिङमा धेरै मान्छेले काम गरिरहेका हुन्छन्। पैसा पनि खर्च भएको हुन्छ। त्यसैले म एक जनाको कारणले रोक्न चाहन्नँ।', महिनावारीको मुश्किल भएका बेला उनी कार्यक्रमहरू भने छुटाउँछिन्।, यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ), ६-, ,एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ), कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ)
भरत केसी बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन। सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो।, बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।, उनले सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पठाइएको बताए।, ‘सरकारले आफैँ सञ्चालनको जिम्मा लिँदा व्यवस्थापन समस्या देखिने भएकाले समितिले निजी क्षेत्रलाई लिजमा दिने गरी कार्यविधिमा व्यवस्था गरिएको छ,’ उनले भने, ‘सायद कार्यविधि छिट्टै स्वीकृत भएर आउँछ।’, विकास समिति ऐनअन्तर्गत सम्मेलन केन्द्र सञ्चालन समिति गठन गरेपछि त्यसले सम्मेलन केन्द्र भाडामा दिन सक्ने व्यवस्थाअनुसार अघि बढ्ने उनले बताए। समितिमा तीन तहकै सरकारका प्रतिनिधि रहने गरी व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको दीर्घकालीन योजना निर्माणका लागि विभागका उपमहानिर्देशक प्रकिरण तुलाधरको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको र त्यसको रिपोर्ट आएपछि मात्र सञ्चालन ढाँचा तय हुने सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीप परियारले बताए।, ‘व्यावसायिक हिसाबले कुन ढाँचामा सञ्चालन गर्न उपयुक्त हुन्छ भनेर योजना बनाउने गरी काम भइरहेको छ,’ प्रवक्ता परियारले भने, ‘सञ्चालन गरिसकेपछि बारम्बार समस्या आउनुभन्दा सञ्चालनमा दिगोपना रहने गरी योजना बनाउने हो त्यसैले अध्ययन रिपोर्ट कुरेका छौं।’, सम्मेलन केन्द्र उद्घानपछि हल भाडामा लिन चाहनेहले सम्पर्क गरे पनि कार्यविधिका कारण सेवा दिन नसकिएको आयोजना प्रमुख पन्थीले बताए।, ‘हलका लागि धेरैले सम्पर्क गरेका छन् तर सञ्चालन कार्यविधिअनुसार विकास समिति नहुँदा मिल्दैन,’ उनले भने, ‘उद्घाटन भएको छ महिनासम्म कार्यविधि अभावमा सञ्चालन गर्न नसक्दा राम्रो सन्देश जाँदैन।’, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रेखदेख र सरसफाइमा असारसम्म निर्माण कम्पनीले नै खर्च र रेखदेख गर्ने सम्झौता छ। सम्मेलन केन्द्र काठमाडौँ बाहिरको पहिलो अन्तर्राष्ट्रियस्तरको हो।  एक अर्ब ११ करोड लागतमा सहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले सो केन्द्र निर्माण गरेको हो। यसमा मुख्य हल एक हजार सिट क्षमताको छ।, बुटवल मण्डपको साढे छ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुइँतलामा गरी आठ सय ७२ वटा कुर्सी जडान गरिएको छ। यस्तै ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र तीन सय जना क्षमताका सेमिनार हल रहेका छन्। साथै ७२ देखि एक सय २६ जना क्षमताका छ वटा बैठक कक्ष, तथा तीन सय ५० र पाँच सय ८६ जना क्षमताका थप दुई वटा हल छन्। सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने क्षमता छ।, अपाङ्गतामैत्री सम्मेलन केन्द्रमा चार सयवटा चारपाङ्ग्रे र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल र हेलिप्याडसमेत बनाइएको छ। सम्मेलन केन्द्रमा बाल उद्यान, चमेनागृह, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी, प्रवेश हुने र बाहिरिने गरी पाँच वटा अलग अलग गेट निर्माण गरिएका छन्। जसमध्ये एउटा भिआइपी गेट छ। प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टरसमेत बनाइएको छ।, विद्युतका लागि छ सय ३० केभिए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ। सम्मेलन केन्द्र आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ। जमिनमुनिको पानी रिचार्ज गर्न आठ वटा ‘रिचार्ज पिट’ पनि बनाइएको छ।, सम्मेलन केन्द्र सञ्चालनका विषयमा निजी क्षेत्रले जसरी चासो र चिन्ता लिनुपर्ने त्यति हुन नसकेको र सरकारी तवरबाट पनि सञ्चालनको कार्यविधि यति लामो समयसम्म बन्न नसक्नु कमजोरी भएको नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेल बताउँछन्।  सम्मेलन केन्द्रको उद्घाटनसँगै कार्यविधि बनाउनुपर्नेमा छ महिनासम्म पनि कार्यविधिको कारण देखाएर राज्यका निकायले सञ्चालनमा बेवास्ता देखाउँदा राज्यकै लगानी डुब्ने अवस्था देखिएको उनले उल्लेख गरे।  सम्मेलन केन्द्र सञ्चालनमा अव सङ्घ, प्रदेश र स्थानीय सरकारले महत्वपूर्ण कार्यक्रम गर्दा यसलाई प्राथमिकतामा राखेर बनाउनुपर्ने र निजी क्षेत्रले पनि आफ्ना गतिविधि यही केन्द्रित गर्नुपर्ने पोखरेलको सुझाव छ। ,(रासस), उद्घाटन भएको ६ महिनामा पनि सञ्चालन हुन सकेन १ अर्ब बढी खर्चेर बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
रासस सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ। उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन्।, हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो। राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। , पोर्चुगलको लिस्वनमा राहदानीको दरखास्त सङ्कलनका लागि राहदानी विभाग, काठमाडौँबाट एउटा टोली पठाउने निर्णय भइसकेको र सोका लागि आन्तरिक प्रक्रिया पूरा भई पोर्चुगल जाने मिति निश्चित भएपछि राजदूतावासले तत्सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने जनाइएको छ।, पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी दिइने
सेतोपाटी संवाददाता भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , काभ्रे चौरीदेउराली गाउँपालिका-४ घर भएकी २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।, सूर्यविनायक नगरपालिका-९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा उनी काम गर्थिन्। त्यहाँ काम गर्नेक्रममा मोटरबाट करेन्ट लागेर उनी घाइते भएका थिइन्। , उनको उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। , यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
रासस नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएको छ।, काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका भण्डारीको स्वास्थ्यमा सुधार आएको हो।, भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका उनको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए।, उनको आज ड्रेसिङ गरिने भएको छ। शुक्रबारबाट ठोस खाना खान सुरू गरेका उनले राम्रोसँग बोल्न थालेको मीनप्रसादले बताए। उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।, गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो। सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो।, कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार
सेतोपाटी संवाददाता ठमेलमा पर्यटकलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , पर्यटक प्रहरी ठमेलले दुई जनालाई पक्राउ गरेको जनाएको छ।, पर्यटकलाई ठगिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि पर्यटक प्रहरीले अनुसन्धान अघि बढाएको थियो। , उक्त अनुसन्धानबाट खुलेका दुई जनालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ। , प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन।,  , ठमेलमा पर्यटकलाई ठगेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरबाट ११६ ग्राम लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन्। , शनिबार बिहान साढे ३ बजे कोहलपुर नगरपालिका-१२ चप्परगौडी सडकखण्डबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए। , बर्दियाका २१ वर्षीय विशाल सिंह, २८ वर्षीय बिक्रम सिंह ठकुरी र बाँकेका १८ वर्षीय निर्जन ढकाल पक्राउ परेका छन्। , डिएसपी तिवारीका अनुसार विशालले लगाएको ज्याकेट र मलद्वारबाट ११५ ग्राम ७८० मिलिग्राम बरामद गरेको हो। निर्जनबाट २२० मिलिग्राम बरामद भएको हो। , उनीहरूले भे १३ प २७३ नम्बरको मोटरसाइकल चलाएर आएका थिए। सडकछेउमा फलफुल खरिद गर्न लागेका बेला प्रहरीले उनीहरूको शरीरमा तलासी लिएको डिएसपी तिवारीले बताए। , उनीहरूमाथि सोधपुछ गर्दा भारतबाट ल्याएको बताएका थिए। बिक्रम सिंह ठकुरीले पनि कोहलपुरसम्म लागु औषध ओसारपसार गरेको खुलेपछि उनलाई पनि पक्राउ गरेको डिएसपी तिवारीले जानकारी दिए। , उनीहरू तीनै जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए। , कोहलपुरबाट ११६ ग्राम ब्राउनसुगर सहित तीन पक्राउ
सेतोपाटी संवाददाता सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।, हात्तीको आक्रमणबाट कमलामाई नगरपालिका-१३ स्थित रानिबासमा ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए। , शनिबार बिहान साढे ३ बजे आफ्नै घरमा सुतिरहेको बेला पौडेलमाथि हात्तीले आक्रमण गर्न आएका थिए। आक्रमण गर्न खोज्दा धपाउने क्रममा हात्तीले दुई तला माथि रहेका पौडेललाई तानेर जमिनमा झारेको डिएसपी दाहालले बताए। , त्यसपछि उनलाई अन्दाजी ५० मिटर पूर्वतर्फ घिसारेर लगेको थियो। आक्रमणबाट घाइते भएका उनलाई जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो। , सोही ठाउँका ५० वर्षीय हरिप्रसाद बराल घाइते छन्। उनको अवस्था सामान्य छ। ,  , सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
सेतोपाटी संवाददाता आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव भएको महाशाखाको भनाइ छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, आज राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, आजको मौसम: यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता बुटवलमा भएको सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।, गए राति मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिएको थियो।, लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिएको थियो।, दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो।, उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।, उनी लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका थिए। पछिल्लो समय उनी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए।, उनी पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा थिए। विगत १५ वर्षदेखि उनी बुटवलस्थित बुद्धनगरमा बस्दै आएका थिए।, हितंगाका बुवा, श्रीमती र २ भाइ छन्।, सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितंगाको मृत्यु
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। , न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा आज इजलासको सुरूमै सुनुवाइ गर्न लागेको सर्वोच्च अदालतले जनाएको छ। , लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ। , नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।, सन्दीप लामिछानेसम्बन्धी दुबै निवेदनको सुनुवाइ न्यायाधीश मल्ल र चुडालको इजलासमा
राजेश घिमिरे २०७६ सालमा शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएका सूर्यप्रसाद दवाडीले सुरूमै जिल्ला रोज्ने अवसर पाए। त्यतिखेर अपाङ्गता भएकालाई सबैभन्दा पहिले जिल्ला रोज्न पाउने अवसर थियो।, यही व्यवस्थाका कारण अपाङ्गता भएका उनले गृह जिल्ला चितवन रोजे।, जिल्ला शिक्षा समन्वय इकाइमा पुगेर भरतपुर महानगरपालिका भित्रको विद्यालयमा पढाउने गरी नियुक्ति पत्र लिए।, महानगरको शैक्षिक प्रशासन महाशाखाले उनलाई सामाजिक विषयको दरबन्दी खाली रहेका विद्यालयमध्ये एक रोज्न पहिलो अवसर दियो। दवाडीले घरपायक पर्ने विद्यालय सरदपुर मावि रोजे। उनको सोही विद्यालयमा पदस्थापन भयो।, दवाडी अहिले सोही विद्यालयमा सामाजिक विषय पढाउँछन्। त्यो वर्ष प्राथमिक तहको स्थायी परीक्षा पास गरेकामध्ये अपाङ्गता भएका ३ जनाले भरतपुर महानगरपालिका रोजेका थिए। उनीहरूले चाहेकै विद्यालयमा पढाउने अवसर पाए।, अहिले भने निम्न माध्यमिक तहको स्थायी शिक्षकको परीक्षामा उत्तीर्ण भएकी चितवनकी एक दृष्टिविहीन शिक्षिका संगीता पराजुलीले सास्ती व्यहोर्नु परेको छ। दवाडीले झैँ उनले पायक पर्ने ठाउँ रोज्न पाइनन्। किनभने शिक्षक नियुक्ति तथा पदस्थापनको आधार र मार्गदर्शन त्यतिखेरको भन्दा फरक बनाइएको छ। २०७६ सालपछि यो वर्ष पहिलो पटक शिक्षक सेवा आयोगले स्थायी शिक्षको नतिजा निकाल्यो।, अपाङ्गता भएका संगीताजस्ता शिक्षक सुरूमा विद्यालय रोज्न पाउने अवसरबाट बञ्चित बनेका छन्।, गत पुस १० गते स्थायी परीक्षा पास गरेपछि गृह जिल्ला र स्थानीय तह रोज्न नपाएकी पूर्ण दृष्टिविहीन संगीताले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको विकटमा रहेको विद्यालयमा पदस्थापनका लागि पत्र पाएकी थिइन्। तर उक्त विद्यालयले पनि उनलाई स्वीकार गरेन।, उक्त गाउँपालिकाको तीनखुरीस्थित मानेडाँडा माध्यामिक विद्यालयको व्यवस्थापन समिति, सम्बन्धित वडाले दृष्टिविहीन भएकै कारण उनलाई हाजिर नगराउने निर्णय गरेका थिए।, गाउँपालिकाले समेत सहयोग नगरेपछि उनले सहयोगको आग्रह गरेकी छन्।, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ चितवनका सूचना अधिकारी दीपेन्द्रराज श्रेष्ठले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले गरेको सिफारिसको आधारमा इकाइले शिक्षकहरूको नियुक्ति गर्ने बताए।, उनका अनुसार निर्देशनालयले शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकामध्ये सम्बन्धित जिल्ला रोजेकाहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त आधार र मार्गदर्शन बमोजिम शिक्षकमा नियुक्ति तथा पदस्थापन गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाउँछ।, परीक्षामा उत्तीर्णहरूले मेरिट लिस्ट (क्षमताका आधारमा तयार पारिएको सूची) अनुसार जिल्ला रोज्न पाउँछन्।, जिल्लामा सम्बन्धित तह र विषयमा जति दरबन्दी खाली छ, त्यही संख्याले सम्बन्धित जिल्ला रोज्न पाउँछन्।, ‘संगीता पराजुलीले परीक्षा त पास गर्नुभयो तर उहाँको रोल नम्बर यहाँ खाली रहेको दरबन्दीको संख्याभन्दा पछाडि पर्‍यो,’ श्रेष्ठले भने, ‘मेरिट लिस्टअनुसार उहाँभन्दा अघि रहेकाले चितवन रोजेपछि उहाँ खाली रहेको ठाउँ खोज्दै रामेछाप पुग्नु परेको हो।’, चितवनमा यस वर्ष निम्न माध्यमिक तहमा नेपाली विषयका १२ जना शिक्षक नियुक्त भएको श्रेष्ठले बताए।, भरतपुर महानगरपालिकामा ६ जना, माडी नगरपालिकामा ३ जना, राप्तीमा २ जना र कालिका नगरपालिकामा १ जना शिक्षक नियुक्त गरेर पठाएको उनले बताए।, ‘२०७६ सालमा जस्तो व्यवस्था भएको भए अपाङ्गता भएकी पराजुली प्रदेशबाटै चितवन जिल्ला रोजेर आउन सक्नुहुन्थ्यो। इकाइबाट उहाँले पालिका रोज्न पाउनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘त्यो व्यवस्थामा परिवर्तन भएकाले रोज्न पाउनुभएन।’, शिक्षक पदस्थापनको आधार र मार्गदर्शनले स्थानीय तहको अधिकारलाई भने अपाङ्गता भएका र महिलाको हकमा प्राथमिकतामा राख भनेको छ। तर शिक्षक सेवा आयोगको परीक्षाको नतिजाको आधारमा सम्बन्धित जिल्ला रोज्न सकेका व्यक्तिलेमात्र त्यो सुविधा पाउँछ।, भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत (आठौं तह) दीपक सिग्देलले शिक्षा विकास तथा समन्वय इकाइबाट नियुक्ति लिएर आउनेमध्ये क र ख श्रेणीको अपाङ्गता भएका र महिलालाई पहिले विद्यालय रोज्ने अवसर दिनुपर्ने बताए।, ‘यस पटक महानगरमा अपाङ्गता भएका शिक्षक आइपुग्नु भएन। महिलाहरू धेरै हुनुहुन्थ्यो, उहाँहरूले विद्यालय छनोटमा प्राथमिकता पाउनुभयो,’ सिग्देलले भने, ‘हामीले नियुक्ति र पदस्थापनको आधारमा जे लेखिएको छ त्यही गर्ने हो।’, भरतपुर महानगरपालिकाले गत वर्ष निमावि तहमा खाली रहेका २६ वटा दरबन्दीमा शिक्षक माग गरेको थियो। तीमध्ये अधिकांशको पदस्थापन गत माघको अन्तिम सातामा भइसकेको छ।, ‘नेपाली विषयमा ५ जना शिक्षक माग गरेका थियौं। तीन जना महिला र दुई जना पुरूष आउनुभएको थियो। मेरिट सूचीमा पुरुषहरू अगाडि भए पनि तीन जना महिलाले रोजेपछि बाँकी रहेकोमा बल्ल पुरूष शिक्षक पदस्थापन हुनुभयो,’ सिग्देलले भने।, अपाङ्गता भएकालाई जिल्ला रोज्ने पहिलो अधिकार दिँदा सुगम जिल्लाका राम्रा विद्यालयहरू अपाङ्गता भएका शिक्षकले भरिने भएकाले पदस्थापनको आधार र मार्गदर्शन परिवर्तन गरिएको भरतपुरस्थित एक विद्यालयका प्रधानाध्यापकले बताए।, ‘मेरो विद्यालयमा पनि एक जना दृष्टिविहीन शिक्षक आउन खोज्नुभएको थियो, उहाँलाई ल्याउने प्रस्ताव राख्दा विद्यालय व्यवस्थापन समितिले ठाडै अस्वीकार गर्‍यो,’ उनले भने, ‘समितिले अस्वीकार गरेपछि प्रधानाध्यापकले चाहेर केही गर्न सक्दैन। भनेको मानेन भने विद्यालय चलाउनै सकिँदैन।’, उनले शैक्षिक प्रशासन शाखाले उहाँलाई राख्दा विद्यालयलाई सुविधा थप गर्ने आश्वासन दिँदा पनि अभिभावकले अपाङ्गता भएका शिक्षकलाई स्वीकार्न नसकेको बताए।, यस वर्ष महानगरले प्राविमा ७ वटा, निमाविमा २ वटा र माविमा ५ वटा खाली दरबन्दीमा शिक्षक माग गरेको छ। शिक्षा विकास तथा समन्वय इकाइमा सूचना अधिकारी श्रेष्ठले यस वर्ष सबै स्थानीय तहबाट गरेर निमावि तहमा ६ जना शिक्षकको माग भएको बताए। देशभरका इकाइले गरेको मागको आधारमा शिक्षक सेवा आयोगले परीक्षा लिएर उत्तीर्ण शिक्षकलाई पठाउने गर्छ।, २३ वर्षदेखि थपिएको छैन दरबन्दी, शिक्षा मन्त्रालयले २०५६ सालयता सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी थप गरेको छैन। २०६१/०६२ मा अनुदान कार्यक्रममार्फत् राहत कोटा ल्याइए पनि २०६६ सालबाट यो पनि बन्द छ।, अहिले शिक्षण सहयोग अनुदान भनेर मावि र निमावि तहका लागि स्थानीय तहहरूमा सशर्त अनुदान पठाउँछ। यसबाट पालिकाहरूले विज्ञान, अंग्रेजी, गणितलगायतका विषय पढाउने शिक्षक नियुक्त गर्ने गरिएको छ।, भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत दीपक सिग्देलले विगतकै दरबन्दीमा शिक्षक खाली हुँदा नयाँ पठाउने काम आयोगले गरिरहे पनि नयाँ दरबन्दी सिर्जना नगरिएको बताए। दुई दशकभन्दा अघिका विद्यार्थीहरूलाई हेरेर तय गरिएको दरबन्दीअनुसार विद्यालय सञ्चालन गर्न समस्या भइरहेको उनले बताए।, ‘अहिले कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयसम्बन्धी अधिकार स्थानीय तहलाई बढी छ। आफ्नो दायित्वलाई बुझेर स्थानीय तहले सकेसम्म शिक्षकको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छन्,’ सिग्देलले भने।, उनकाअनुसार भरतपुर महानगरपालिकाले शिक्षक अपुग भएका सामुदायिक विद्यालयमा पढाउनका लागि १२१ जना युवा स्वयंसेवक शिक्षक नियुक्त गरेको छ।, कम्तीमा कक्षा(१–३) लागि ३ जना, प्राथमिक तहमा ५ जना, निमावि तहमा ८ जना र मावि तहमा १४ जना शिक्षक नभएका विद्यालयमा ती शिक्षकहरू पठाइएको छ। महानगरभित्रका ११७ वटा सामुदायिक विद्यालयमध्ये ७३ वटामा युवा स्वयंसेवक शिक्षकहरू खटिएको सिग्देलले बताए। प्रायः विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरू अपुग भएकाले यो कार्यक्रममार्फत् शिक्षक नियुक्त गरेर पठाउने गरिएको उनले बताए।, ‘सरकारी दरबन्दी नथपिएको, विद्यार्थी संख्या बढ्दै गएको अवस्थामा विषयगत शिक्षककै अभाव भएको गुनासो आएपछि महानगरले छुट्टै कार्यक्रममार्फत् शिक्षकको व्यवस्था गर्नुपरेको हो,’ सिग्देलले भने, ‘यसले युवाहरूलाई रोजगार बनाएको छ। शैक्षिक गुणस्तर पनि बढाएको छ।’, अपाङ्गता भएका शिक्षकले जिल्ला रोज्न पाउने अधिकार खोसिएपछि अप्ठ्यारोमा परेकी संगीता
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर ठिमीमा आइतबार बिहान पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार  लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै नयाँ घरको जग खन्ने क्रममा जोडिएको घरको पर्खाल भत्किएको हो।, पर्खाल भत्किँदा जग खन्ने काम गरिरहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-४ का  २३ वर्षीय धर्मेन बिक घाइते भएका थिए।, घाइते बिकलाई उपचारका लागि नागरिक अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।, भक्तपुरमा पर्खालले भत्किएर किचिँदा एक जनाको मृत्यु
नवीनबाबु गुरूङ तोरी खेती भइरहेका देशका विभिन्न ठाउँमा अहिले बारीमा तोरी फूलेको देखिन्छ। ललितपुरको खोकना तोरीको तेलका लागि ख्याति कमाएको ठाउँ हो। खोकना, बुङ्गमतीसँगै काठमाडौंको फर्फिङ क्षेत्रका बारीमा अहिले तोरी फूलेर पहेँलपुर भएको देखिन्छ।, तोरी फूलेका बारीमा किसानहरूले काम गरिरहेको दृश्य निकै सुन्दर देखिन्छ।  हेर्नुस् केही तस्बिरहरू:, तोरी फूल्यो बारीमा... (तस्बिरहरू)
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। , न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा सुनुवाइ गरिरहेको हो। सुनुवाइ बन्द इजलासमा भइरहेको छ।  बलात्कारसम्बन्धी मुद्दामा सुनुवाइ बन्द इजलासमा नै हुने गर्छ। , लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ। , नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।, सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनमा सुनुवाइ जारी
सेतोपाटी संवाददाता आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा भएको बताइन्।, ‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना छ,’ कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’, पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।, प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन्।, केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन्। , आज काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा
सेतोपाटी संवाददाता प्रहरीले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ।, शनिबार केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा चिनको फुजियान सेमावाङका ४९ वर्षीय याङ लि मिङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।, उनका अनुसार मिङलाई भैंसेपाटीबाट पक्राउ गरिएको हो।, ‘ती चिनियाँको घरबाट ५ जना किशोरीहरूको उद्धार समेत गरिएको छ,’ उनले भने, ‘अहिले बन्धक बनाई बलात्कार मुद्दामा अनुसन्धान गरिरहेका छौं।’, अहिले म्याद थप गरी अनुसन्धान गर्ने काम भइरहेको उनले बताए।, किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट पक्राउ परे चिनियाँ नागरिक, पाँच किशोरीको उद्धार
शोभा शर्मा नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ सोमबार पनि हुने भएको छ। , न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा  सुनुवाइ सुरू गरेको थियो। बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।, आज लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए।  महान्यायाधिवक्ताको कार्यालयका तर्फबाटरू सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित २ जनाले र  पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए।, लामिछानेका वकिलहरू सरोजकृष्ण घिमिरे, रोशनी घिमिरेलगायतले बहस गर्न बाँकी छ।, लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ। , नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। , सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।  , ‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ। , महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ। , तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ- थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।, त्यस्तै, निर्णय नम्बर १०२३५ मा  भनिएको छ- प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानुनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्छ। , यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।, सन्दीप लामिछानेसम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हुने
सेतोपाटी संवाददाता उच्च अदालत पोखराले बलात्कार अभियुक्त पूर्णविक्रम शाह (पल शाह)को मुद्दामा आज फैसला सुनाउँदैछ। नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा बहसपश्चात आज फैसला सुनाउन लागिएको हो।, नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।, उक्त फैसलाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।, उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो। बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।, आइतबार नै फैसला आउने अदालतले जनाएको छ।, नाबालिग बलात्कार अभियोग लागेका पल शाहको मुद्दामा उच्च अदालतले आज फैसला दिने
युवराज श्रेष्ठ उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ।, सफाइ पाएसँगै शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।, नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।, नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २१ गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।, उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।, उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो।, बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।, शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।, बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ। , बलात्कार अभियोग लागेका पल शाहलाई उच्च अदालतले दियो सफाइ, रिहा गर्ने तयारी
नवीनबाबु गुरूङ आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। आकाशमा गड्याङगुडुङसहित हावाहुरी पनि चलेर वर्षा भएको हो।, ‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’, पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।, प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन्।, केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन्। ,  ,  ,  ,  , काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा भएपछि... (तस्बिरहरू)
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले रक्सीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने गरी आदेश दिएको छ।, न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले फागुन ११ गते दिएको आदेशमा सञ्चारमाध्यममा मादकपदार्थको विज्ञापन गर्न नपाइने कानुन भएकाले उक्त कानुनअनुसार सञ्चारमाध्यममा विज्ञापन गर्न नदिने आदेश दिएको हो।, सञ्चारमाध्यममा रक्सीको विज्ञापन गर्न नहुने भन्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमिल्सिनाले सर्वोच्चमा रिट दायर गरेका थिए।, उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुवेदीले दिएको आदेशमा भनिएको छ- मादक पदार्थको विज्ञापन सामग्री उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढंगले कार्यान्वयन गर्नू गराउनू, कुनै पनि सञ्चारमाध्यममा यस्तो सामग्री प्रचार प्रसार नगर्न नगराउनू, गर्न नदिनू।, सर्वोच्चले यो आदेशअनुसार कानुन कार्यान्वयन भए-नभएको अध्ययन गर्न र दुई महिनाभित्र कार्यप्रगति प्रतिवदेन अदालतमा पेस गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, विज्ञापन बोर्ड र प्रेस काउन्सिललाई आदेश दिएको छ।, प्रधानमन्त्री कार्यालयले सचिवको नेतृत्वमा सरोकारवालाहरूलाई पनि राखेर अनुगमन समिति बनाउन सर्वोच्चले भनेको छ।, रक्सीको विज्ञापनबारे सर्वोच्चको आदेश
सेतोपाटी संवाददाता देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ।, प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, मेघ गर्जनसहित वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, मंगलबार भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, आइतबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको थियो। उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको छ। , आज पनि पानी पर्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
सेतोपाटी संवाददाता प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्।, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेका हुन्।, धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको डिएसपी बेदप्रसाद गौतमले बताए।, ‘प्रहरी भ्यानमा ६/७ जना प्रहरी र ४, ५ जना थुनुवा थिए,’ उनले भने, ‘एक अभियुक्त कसरी भागे भन्ने हामी अनुसन्धान गर्दैछौं।’, गौतम प्रहरीको भ्यानबाट हामफालेर भागेको बताइएको छ।, उनको खोजी कार्य तीव्र बनाइएको डिएसपी गौतमले बताए।, प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।, गत माघ १५ गते इप्रका सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। तीमध्ये २ जना अझै फरार छन्।, प्रहरीको भ्यानबाट हामफालेर अभियुक्त फरार
सेतोपाटी संवाददाता नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।, बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र जनकपुर रोयल्सबाट खेलेका आदिल अन्सारीलाई जनही तीन-तीन लाखमा छाड्न आदेश दिएको हो। , कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग सुरू भएदेखि नै शंकास्पद गतिविधि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो। लिगमा स्पट फिक्सिङको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान थालेको थियो। , अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो। दुई जना फरार नै थिए। अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन। , प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास ध्यानी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो। , कार्यालयले आदिल, आलम, गुप्ता, फरार रहेका नवीन कँडेल र रवि माझीविरूद्ध मुद्दा दायर गरेको थियो।,  ,  , स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश
सेतोपाटी संवाददाता प्रहरीले ठेकेदार मनोजकुमार भेटवाललाई पक्राउ गरेको छ।, बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भेटवाललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको सेतोपाटीलाई जानकारी दिए।, भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो।, उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो।, भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए।, भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो।, ठेकेदार मनोजकुमार भेटवाल पक्राउ
दिपकजंग शाही कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्।, दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।, प्रहरी निरीक्षक झरना सुनारका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।, प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ।, गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान
रासस काठमाडौं उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरे डाँडामा 'क्यापिङ' (फोहोरलाई छोप्ने काम) का लागि माटो पाउनै कठिन भएको छ।  , विगत सात महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उक्त स्थानमा विसर्जन हुँदै आएको छ। उक्त स्थानमा फोहोर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ। फोहोर खुला छोड्न पाइँदैन। त्यसलाई हरेक दिन छोप्नुपर्छ।, यसरी छोप्नका लागि माटोको उपलब्ध गर्न कठिन भएको छ। माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिको अवरोधका लागि समस्या भएको हो।, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा राखिएको फोहोर व्यवस्थापन गर्न दैनिक ५० टन माटो चाहिन्छ। माटो ल्याउने स्थान अलि टाढा छ।, 'उक्त स्थानबाट माटो निकाल्न पनि समस्या छ। यसरी सधैं ल्याउन मिल्ने अवस्था पनि छैन,' प्रवक्ता मानन्धरले भने।, हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। जसमा सबैभन्दा बढी काठमाडौं महानगरको पाँच सय मेट्रिक टन जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्छन्।, उपत्यकाको फोहोर दैनिक रूपमा उक्त स्थानमा पुग्छ। सुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको हो। विगत सात महिनादेखि ‘सेल वान’ मा मात्रै फोहोर व्यवस्थापनको काम हुँदा तह मिलाउन अलि समस्या भएको भन्दै महानगरले ‘सेल टु’ मा पनि व्यवस्थापनका लागि सहजीकरण गरिदिन सहरी विकास मन्त्रालयसँग आग्रहसमेत गरेको छ।, सेल वानमा फोहोरको थुप्रो बढी भइसकेकाले सेल टु पनि प्रयोगमा ल्याउन सके व्यवस्थापनमा सहज हुने महानगरको भनाइ छ।  , अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा सेल वानमा मात्रै फोहोर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरले बताए। अहिले फोहोरबाट निस्किने तरल पदार्थ (लिचड) रहने स्थान पनि भरिएको छ महानगरले जनाएको छ।, गत साउन महिनादेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि उपत्यकाबाट सबै किसिमको फोहोर लानुपर्ने बाध्यताका कारण छोटो समयमै लिचड राख्ने स्थान भरिएको बताइएको छ।  , महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ। केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ। , 'कुहिने फोहोर काठमाडौं उपत्यकामै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ। त्यसबारे महानगरले केन्द्र सरकारसँग छलफल गरिरहेको छ। स्थान प्राप्त हुनेबित्तिकै स्रोतमै वर्गीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ,' श्रेष्ठले भने।, २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ। ऐनमा फोहोरलाई स्रोतमै छुट्ट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ। , बञ्चरेडाँडामा फोहोर छोप्ने माटो पाउन कठिन
रासस मोरङको बेलबारी–३ मा  प्रदेश नम्बर १ प्रहरी अस्पताल निर्माण गरिएको छ।, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उक्त अस्पताल बुधबार उद्घाटन गरेका हुन्।, तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको हो।, महानिरीक्षक सिंहले प्रदेश नम्बर १ मा प्रहरी तथा भूतपूर्व प्रहरीको संख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए।, उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने बताए।, प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।, कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा सरोज सिंहले प्रस्तुत गरेका थिए।, अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहको छ।, बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरेका थिए।, नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले बताइन्।, बेलबारीमा बन्यो प्रहरी अस्पताल, सर्वसाधारणले पनि सेवा पाउने
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा बिहीबार हिमपातको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेर बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।, आज दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यी भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।, बिहीबार राति प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही हल्का वर्षा र हिमपातको सम्भावना छ।, आजको मौसम: प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात हुने
रासस ललितपुरमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ललितपुर  महानगरपालिका–१३ कुसुन्तिको सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो।, उक्त दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।, दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।, दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिका क्षेत्रको सडकमा ट्राफिक लाइट जडान प्रक्रिया सुरू भएको छ।, मुख्य राजमार्ग र बजार क्षेत्रका ८ स्थानमा लाइट जडानको तयारी भएको हो।, ६ लेन सडक आयोजना इटहरीले विराटनगरमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो।, यसअघि प्रदेश नम्बर १ सरकारले इटहरीको मुख्य चोकमा गत वर्ष ट्राफिक लाइट जडान गरेको थियो।, प्रदेशको राजधानी सहर विराटनगरमा भने अहिलेसम्म ट्राफिक लाइटको प्रबन्ध भएको थिएन। भारतसितको सीमावर्ती औद्योगिक नगर विराटनगरमा सडक अधिक भीडभाडयुक्त र व्यस्त रहँदै आएको छ।, ‘ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ विराटनगरका मुख्य राजमार्ग र बजार क्षेत्रका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको हो’, मोरङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले भने, ‘विराटनगर महानगरले पनि लाइट जडान गर्दैछ। यसले व्यवस्थापनमा सहयोग हुनेछ।’, कार्कीका अनुसार मुख्य राजमार्गको रोडशेष चोकदेखि राजवंशी चोककसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान हुनेछ। ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले लाइट जडान गर्नेछ।, बजार क्षेत्रका तीन स्थानमा महानगरले लाइट जडान गर्नेछ। ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन ठाउँमा महानगरले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ।, बजार क्षेत्रको यो खण्ड ज्यादै भीड हुने गरेको छ। ६ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँसचोक, बरगाछी, कञ्चनबारी र राजवंशी चोकमा ट्राफिक लाइट जडान गर्नेछ भने महानगरले जलजला चोक, तीनपैनी र अर्को ट्राफिक चोक वा अस्पताल चोकमध्ये एक ठाउँमा जडान हुनेछ।, तत्कालको आवश्यकता ट्राफिक चोक भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए।, विराटनगरका ८ ठाउँमा जडान हुँदैछ ट्राफिक लाइट
सुमनजंग थापा पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरूङ गाउँ छ आर्थर डाँडाखर्क। , गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खंदै गरेको स्वास्थ्य चौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन्। हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यासलाग्दो रहेको जनाउँछ। , यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन्।, नजिकको सहर पोखरा, काठमाडौं, चितवनजस्ता सुविधा सम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बन्न पुगेको हो।, ‘घरमा आमा र बुवा बस्नु हुन्छ। हामी दुई बहिनी पोखरातिर बस्ने गर्छौं, कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो’, २१ वर्षीया सजना गुरूङले भनिन्, ‘हाम्रा आफन्तको घर सबै रित्ता छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घर भत्किसकेका छन्, अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन।’, गाउँको बसाइँसराइँ ठूलो चुनौती बनेको वडाध्यक्ष रूद्रमोहन रिमालले बताए।, उनले भने, ‘मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्, विकास निर्माणका काम पनि दिन प्रतिदिन बढी रहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन। लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो।’, टपक्क मिलेका छपनी, ढुङ्गाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन्। गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ। , ‘कुश्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ’, स्थानीय रूपा थापा गुरूङले भनिन्, ‘गाउँमा मान्छे बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरूङ समुदायको कला संस्कृति र ढुंगाका पुराना र घुमाउने घर समेटेर गुरूङ संग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्यो भने गाउँ पनि रमाइलो बन्नेथ्यो।’, आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर निर्माण गरेका छन्।, ‘विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौं’, कुश्मा बस्दै आएकी स्मृति गुरूङले भनिन्, ‘सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुने गरेको छ।’, बिहेवारी र रमाइलो कार्यक्रममा मान्छेको भीड यसै हुने नै भयो। त्यसबाहेक मान्छे मर्दा पनि वरपरका गाउँबाट हुलका हुल मान्छे आउने ५० वर्षीया पार्वती गुरूङले सुनाइन्।, ‘यस गाउँको कोही मर्‍यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे’, गुरूङले आफू १६/१७ वर्ष उमेर हुँदाको स्मरण गर्दै भनिन्, ‘त्यो बेला अरघु (मृत्यु संस्कार) तीनचार दिनसम्म हुन्थ्यो, गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो। ठाउँ/ठाउँमा खुद्रा होटल पनि खोलिन्थे, त्यो बेला केटीलाई केटाले पैसा खर्च गरेर खुवाउने चलन थियो। अहिले ती सबै कहानी भए, गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो।’ ,रासस, रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
सेतोपाटी संवाददाता  कैलालीको गोदावरीमा गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ।, गोदावरी- ९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो।, कैलालीको बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।, गाडीले ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु, राजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन सुरू गरेको छ। , गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरू गरेको हो।, उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा बुझाएका थिए। उनीलगायत उच्च अधिकृतको उमेर र रोलक्रम सहितको कागजात बाहिर आएको भन्दै कार्यालयले छानबिन थालेको हो। , प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले गोप्य कागजात बाहिर आएकाले छानबिन गरिएको बताए।, ‘गोप्य कागजात बाहिर आएपछि छानबिन हुनु स्वभाविक हो। गोपनियता भंग गर्नेलाई कारबाही हुन्छ। गोप्य कुरा हामीले तालुक कार्यालयलाई पनि दिँदैनौं। अदालतलाई मात्रै दिने हो,’ उनले भने। , कर्मचारी प्रशासन शाखाबाट उक्त कागजात बाहिरिएको भन्दै त्यहाँका प्रहरीमाथि छानबिन गरिएको हो।, यही क्रममा हवल्दार दीपक बिष्टलाई उक्त शाखाबाट हटाएर एक नम्बर गणमा राखेर छानबिन सुरू गरेको स्रोतले जनाएको छ।, डिआइजी सि‌ंहको उमेर विवादका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरी परेपछि उनले राजीनामा दिएका हुन्। , सिंह २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए।, २०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ। , उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।, प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख छ। , प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष छ। तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए।, उनीसहित १७ जना गत असार ८ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। उनी बढुवा हुनुअघि नै उमेर हद पुगिसकेको थियो।, अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए।, उच्च प्रहरी अधिकारीका व्यक्तिगत विवरणसहित गोप्य कागजात बाहिरिएपछि हेडक्वार्टरले थाल्यो छानबिन
सेतोपाटी संवाददाता जेबी टुहुरे फाउण्डेसनले मोरङ मधुमल्लामा गरेको स्वास्थ्य शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन्।, मधुमल्ला अस्पतालमा भएको शिविरमा विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।, फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले स्वास्थ्य शिविरमा सुगर, प्रेसर, मिर्गौलाका समस्या भएकाहरूको ल्याब परीक्षणसमेत गरिएको बताइन्।, शिविरमा डा. सरोज मण्डल, डा. अनुपम घिमिरे, डा. सलव सापकोटा, डा. वीरेन्द्र दुलालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।, शिविरमा यौन तथा लागुऔषध दुर्व्यसनीविरुद्ध ‘युवा शिक्षा कार्यक्रम’ मार्फत परामर्श सेवासमेत प्रदान गरिएको थियो।, जनप्रिय गायक दिवंगत जेबी टुहुरेको नाममा स्थापित फाउण्डेशनले विभिन्न सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ।, जेबी टुहुरे फाउण्डेसनले गरेको स्वास्थ्य शिविरबाट १५० बिरामीले लिए नि:शुल्क सेवा
रासस बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ।, जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए। , सर्वदलीय बैठकको निर्णय अनुसार १० दिने सूचना जारी गरेर ती घर टहरा भत्काएको उल्लेख गर्दै उनले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउको धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जानकारी दिए।  , जिल्लाको कोहलपुर सवडिभिजन वन कार्यालयअन्तर्गतको कोहलपुर–८ स्थित शीतलछाया सामुदायिक वन, कोहलपुर–७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यावासिनी सामुदायिक वन, बागेश्वरी सामुदायिक वन, ज्योति सामुदायिक वन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशील सामुदायिक वनमा अतिक्रमण गरी २० घर टहरा निर्माण भएको थियो। सो अतिक्रमण विसं २०५८ देखिको भएको बताइएको छ। , सिक्टा सवडिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामिडाँडा, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा अतिक्रमण भएको छ। सो अतिक्रमण हटाइएको र पुनः बसेकाले हटाइएको छ। त्यहाँ अतिक्रमण भएको वन करिब ४२ हेक्टर रहेको छ। , नरैनापुर सव डिभिजन वन कार्यालयअन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समिर, सदावहारलगायतका सामुदायिक वनको करिब एक सय ७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको जिल्ला वन कार्यालय बाँकेले जनाएको छ।, नेपालगञ्ज सव डिभिजन वन कार्यालयअन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपूर्वा सामुदायिक वनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको बताइएको छ। , राप्ती सव डिभिजन वन कार्यालयअन्तर्गत समयभवानी, सुनखोली, सिध्देश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुशुमिया, सिद्धबाबालगायतका सामुदायिक वनको करिब एक सय ९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ। , शम्शेरगञ्ज सव डिभिजन वन कार्यालयअन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको जनाइएको छ। , वर्षौंदेखि अतिक्रमण भए पनि स्थानीयस्तरमा राजनीतिक सहमति कायम नहुँदा अतिक्रमण हटाउन नसकिएको जिल्ला वन कार्यालयले जनाएको छ।, ‘हामी अतिक्रमण हटाउन लागिपरेका छौं, तर राजनीतिक सहमति खोज्ने प्रयास जारी छ’, सहायक वन अधिकृत खड्काले भने।, केहीले अतिक्रमण गरेर घर निर्माण गरेर बसेका छन् भने केहीले जग्गा मात्रै ओगटेर बसेको बताइएको छ। , बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए
नारायण खड्का कपिलवस्तुमा बुवाको हत्या आरोप छोरा पक्राउ परेका छन्।, कपिलवस्तुको शिवराज नगरपालिका-१० शितलापुरका ३० वर्षीय मनिराम पासी बुवा मगरे पासीको हत्या आरोपमा पक्राउ परेका हुन्।, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख कपिलजंग शाहीका अनुसार मनिराम स्थानीय इँटाभट्टामा काम गर्थे।, उनीहरूको गाउँमा सानो मदिरा पसल पनि थियो। उनकी श्रीमती २६ वर्षीया मिमा पासी र बुवा ६४ वर्षीय पसलको रेखदेखका लागि खटिन्थे।, गत मंगलबार बिहान पनि उनीहरू सबै जना आ-आफ्नो कामतर्फ लागे। मनिराम इँटाभट्टाको कामबाट बिहान ११ बजेतिर आफ्नो घरमा खाना खान भनेर आएका थिए। त्यही बेला श्रीमती मिमा र बुवा मगरे पासीलाई आपत्तीजनक अवस्थामा भेटे। श्रीमती र बुवालाई सँगै नग्न अवस्थामा देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्।, श्रीमतीलाई कुटपिट गर्दागर्दै उनी फुत्किएर भाग्न सफल भइन्। बाबु त्यहीँ थिए। मुक्का र लात्ताले भकाभक गुप्तांगमा हिर्काए। छोरा मनिरामको आक्रमणले मगरेको घटनास्थलमै मृत्यु भयो।  , बुवाको मृत्यु भएपछि मनिराम र मिमा फसिने भइयो भन्ने डरले आत्तिए। बाहिरबाट ताल्चा लगाए। दिनभर श्रीमान-श्रीमती घटना कसैलाई नभनी चुपचाप बसे। आफू जोगिन बुवा मगरेले आत्महत्या गरेको देखाउन झुण्ड्याइदिने  योजना बनाए।, उनीहरूका दुई छोराछोरी छन्। उनीहरूलाई घटनाबारे केही थाहा थिएन।, मनिरामकी आमा प्यारालाइसिसकी बिरामी छिन्। उनी सुतेको ठाउँबाट अरूको सहयोगबिना उठ्न सक्दिनन्। घटना हुँदा एउटै घर भए पनि छुट्टै कोठाकी उनले पनि घटनाबारे थाहा नपाएको प्रहरी अधिकारीले बताए। , हत्या भएको  राति दश बजेपछि बुवाको शव छोरा मनिरामले डोरीले बाँधेर घरभित्रै छुट्टै कोठामा झुण्ड्याए। अर्कोदिन बिहान बुवाले झुन्डिएर आत्महत्या गरेको भन्दै स्थानीयलाई सूचना दिए। खबर पाएपछि बुधबार बिहान प्रहरी पासीको घरमा पुग्यो। प्रहरी पुग्दा मगरेको शव घरभित्र झुन्डिएको अवस्थामा थियो।, घटना शंकास्पद लागेपछि प्रहरीले सोधपुछका लागि छोरा र बुहारीलाई नियन्त्रणमा लियो। प्रहरीले केही प्रश्नहरू सोधेपछि सत्य उजागर भयो।, ‘आफैंले गरेको हत्यापछि मनिरामले घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएको पाइयो,’ शाहीले भने, ‘बुवाको हत्यापछि उनीहरूले बाहिरबाट ताल्चा लगाएर पसल गएर योजना बुनेका रहेछन्।’, अहिले मनिराम र मिमा प्रहरी हिरासतमा छन्। उनीहरूमाथि ज्यान मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालयका प्रमुख शाहीले बताए।, बुवाको हत्या आरोपमा छोरा पक्राउ
सुदीप श्रेष्ठ सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो पौने २ बजे ५.२ म्याग्निच्युडको भुइँचालो गयो।, भुइँचालोबाट के—कति क्षति भए, त्यसको विवरण आइपुगेको छैन। तर महत्वपूर्ण कुरा के भने, पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको यो तेस्रो भुइँचालो हो।, यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भुइँचाला गएका थिए।, बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका विभिन्न ठाउँमा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन्।, तीमध्ये बाजुरामा चार, डोटीमा तीन, बझाङ र दार्चुलामा दुई–दुई, अछाम र डोल्पामा एक–एकवटा भुइँचालो गएका छन्। सबभन्दा ठूलो डोटीमा गएको थियो। कात्तिक २३ गते राति सवा २ बजेको उक्त भुइँचालो ६.६ म्याग्निच्युडको थियो।, लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको छ भन्ने संकेत गर्छ। अहिले सानो सानो स्तरमा आइरहेको भुइँचालो त्यही ठूलो भूकम्पीय जोखिमको दस्तक हुनसक्छ।, धेरैलाई लाग्न सक्छ, जुन ठाउँमा ठूलो भूकम्प जाने खतरा छ, त्यहाँ सानो–सानो कम्पन छुट्नु त राम्रो होला नि? साना–साना कम्पनले जमिनमुनि जम्मा भइरहेको ठूलो भूकम्पीय शक्तिलाई बिस्तारै हल्का–हल्कासँग निष्कासन गर्छ होला नि? यस्तो भयो भने त ठूलो भुइँचालोको जोखिम पनि टर्‍यो, धेरै क्षति पनि भएन! अर्थात्, सर्प पनि मर्‍यो, लठ्ठी पनि भाँचिएन!, के यस्तो साँच्चै होला त?, के पश्चिम नेपालमा खुसुखुसु गइरहेका साना साना भुइँचालाले ठूलो भुइँचालो जाने खतरा टरेकै हो त?, यो स्टोरीमा म यसै विषयमा चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि हामीले पश्चिम नेपालको भूसतहमुनि कति ठूलो भूकम्पीय शक्ति जम्मा भएर बसेको छ भन्ने थाहा पाउनुपर्छ। भूकम्पीय शक्तिको आकलनपछि मात्र हामीले त्यो शक्ति बाहिर निस्कन कति ठूलो भुइँचालो जानुपर्छ भन्ने यकिन गर्न सक्छौं।, त्यसैले स्टोरीको सुरूआत पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्तिबाट गरौं।, नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ भने पाँच सय वर्षमा १० मिटर हुन्छ।, मैले यहाँ पाँच सय वर्षको कुरा यस कारण गरेँ, किनभने पश्चिम नेपालमा ८ म्याग्निच्युड हाराहारीको ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।, भन्नुको मतलब, विगत पाँच सय वर्षदेखि ठूलो भुइँचालो नगएकाले पश्चिम नेपालको भूसतहमुनि इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन। यसले ठूलो परिमाणको भूकम्पीय शक्ति त्यहाँ जम्मा भएर बसेको छ।, पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति त्यति नै ठूलो छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि गर्छ।, यसबारे मैले भूगर्भविद् दिपक चाम्लागाइँसँग कुरा गरेको थिएँ। उनले २०७२ को भुइँचालोसँग तुलना गर्दै भनेका थिए, ‘२०७२ मा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्‍यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्छ।’, भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।, एकैचोटि १० मिटर सर्‍यो भने त चाम्लागाइँले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्‍यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।, अब आजको स्टोरीको मूल विषयतिर जाऊँ।, के खुसुखुसु जाने साना साना भुइँचालाले ठूलो भुइँचालोको खतरा टर्छ?, अर्थात्, पश्चिम नेपालमा जसरी ४ देखि ५ म्याग्निच्युडका भुइँचाला लगातार आइरहेका छन्, त्यसले जमिनमुनि थुप्रिएको ९ म्याग्निच्युडको भुइँचालो ल्याउनसक्ने शक्तिलाई बिना कुनै क्षति बिस्तारै निष्कासन गर्छ? के यो सम्भव छ?, गणितीय रूपमा हेर्ने हो भने यो सम्भवजस्तो देखिएला। किनभने, भुइँचालो सानो होस् कि ठूलो, त्यसले जमिनमुनि थुप्रिएको केही न केही शक्ति निष्कासन गरेकै हुन्छ। यदि सानो सानो भुइँचालोले पनि शक्ति निष्कासन गर्छ भने पश्चिम नेपालमा आइरहेका ४–५ म्याग्निच्युडका भुइँचालाले ९ म्याग्निच्युडको शक्ति किन निष्कासन गर्न सक्दैन?, भूगर्भ वैज्ञानिकहरूका अनुसार साना–साना भुइँचाला धेरै गएर ठूलो भुइँचालोको शक्ति निष्कासन हुनु व्यावहारिक रूपले सम्भव छैन।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार भुइँचालोमा एक म्याग्निच्युडको अन्तर हुँदा पनि त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ।, भन्नुको मतलब, ६ म्याग्निच्युडभन्दा ७ म्याग्निच्युडको भुइँचालो ३२ गुणा ठूलो हुन्छ। त्यस्तै, ७ म्याग्निच्युडभन्दा ८ म्याग्निच्युडको भुइँचालो अर्को ३२ गुणा शक्तिशाली हुन्छ।, यस आधारमा पश्चिम नेपालको जमिनमुनि थुप्रिएको भूकम्पीय शक्ति निष्कासन हुन कति म्याग्निच्युडको भुइँचालो कतिचोटि जानुपर्छ भनेर हिसाब गरौं।, हामीले पश्चिम नेपालमा ९ म्याग्निच्युडको भुइँचालो जाने शक्ति थुप्रिएको छ भनेर माथि भनिसक्यौं। त्यो शक्ति जम्मै निष्कासन हुन ८ म्याग्निच्युडको भुइँचालो ३२ चोटि जानुपर्छ।, त्यस्तै, ७ म्याग्निच्युडको भुइँचालो हजारचोटि गएपछि बल्ल ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन हुन्छ।, यसलाई अझ सानो रूपमा हेर्ने हो भने ६ म्याग्निच्युडका भुइँचाला ३२ हजारचोटि जानुपर्छ, ५ म्याग्निच्युडका भुइँचाला त साढे १० लाखचोटि जानुपर्छ।, यही दरमा हिसाब गर्नुस् त, ४ म्याग्निच्युडका भुइँचाला कतिचोटि गएपछि ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन होला?, यो ३ करोडभन्दा बढी हुन आउँछ।, भनेपछि कुरा सरल छ, ४–५ म्याग्निच्युडका साना–साना भुइँचाला गएर पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको ठूलो भूकम्पीय शक्ति निष्कासन हुन व्यावहारिक रूपले सम्भव छैन। पृथ्वीमुनिका चट्टानी खण्डहरूले कहिले पनि त्यसरी काम गर्दैन।, अर्को कुरा, हामीलाई झट्ट सुन्दा ५ म्याग्निच्युडभन्दा ६ म्याग्निच्युडको भुइँचालोमा एक अंकको फरक त हो नि भन्ने लाग्न सक्छ। तर, शक्तिको हिसाबले ३२ गुणा फरक परिसकेपछि त्यसले ल्याउने क्षति पनि निकै ठूलो हुन्छ। २०७२ को भुइँचालो ७.८ म्याग्निच्युडको थियो। नौ म्याग्निच्युड भनेको त्यसको तुलनामा ३२ गुणाभन्दा बढी शक्तिशाली हो।, म्याग्निच्युडका हिसाबले भुइँचालो शक्तिमा यति ठूलो अन्तर हुनुको कारण के त?, पृथ्वीको सतहमुनि चट्टानी खण्डहरू हुन्छन्। जसरी एउटा सुन्तलाभित्र करिब एक दर्जन केस्रा हुन्छन्, त्यस्तै १५ वटाभन्दा बढी साना–ठूला चट्टानी खण्ड मिलेर पृथ्वीको भूसंरचना बनेको छ। त्यस्ता चट्टानी खण्डको मोटाइ साढे दुई सय किलोमिटरसम्म हुन्छ।, यी चट्टानी खण्डहरूलाई वैज्ञानिक भाषामा ‘टेक्टोनिक प्लेट’ भनिन्छ। यिनीहरू एकदमै चलायमान हुन्छन्। कहीँ एउटा चट्टानी खण्ड अर्को खण्डको मुनि घुस्रिन्छ। कहीँ दुइटा चट्टान एकअर्काको विपरीत दिशामा सर्छन्। कहीँ भने दुवै एकअर्काबाट फाट्टिँदै जान्छन्।, भुइँचालो जान यी टेक्टोनिक प्लेट वा चट्टानी खण्डहरू सर्नुपर्छ। भूगर्भ वैज्ञानिकहरूले टेक्टोनिक प्लेटको कति ठूलो हिस्सा सर्दा कति म्याग्निच्युडको भुइँचालो उत्पन्न हुन्छ भनेर हिसाब निकालेका छन्।, यसअनुसार ४ म्याग्निच्युडको भुइँचालो जाँदा १ वर्गकिलोमिटर बराबर सर्छ भने ५ म्याग्निच्युडको भुइँचालोमा १० वर्गकिलोमिटर सर्छ।, त्यस्तै, ६ म्याग्निच्युडको भुइँचालोमा १०० वर्गकिलोमिटर, ७ मा १००० वर्गकिलोमिटर, ८ मा १०,००० वर्गकिलोमिटर र ९ मा १००,००० वर्गकिलोमिटर खण्ड सर्छ।, यसरी पृथ्वीको भूसतहमुनि रहेका चट्टानी खण्ड वा टेक्टोनिक प्लेटको जति ठूलो हिस्सा सर्‍यो, त्यति नै ठूलो भुइँचालो जाने हुँदा त्यसको शक्तिमा आनका तान फरक पर्छ।, अब आफैं अन्दाज लगाउनुहोस् त, सय वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा हजार वर्गकिलोमिटरको चट्टान सर्दा कति ठूलो कम्पन उत्पन्न हुन्छ होला? त्यस्तै, दस हजार वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा एक लाख वर्गकिलोमिटरको चट्टान सर्दा झन् कति ठूलो कम्पन महसुस हुन्छ होला?, भन्नुको तात्पर्य, पाँच सय वर्षदेखि ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएको पश्चिम नेपालमा जति ठूलो भूकम्पीय शक्ति जम्मा भएर बसेको छ, त्यो शक्ति अहिलेजस्ता साना–साना कम्पनले निष्कासन हुन सम्भवै छैन। यसका लागि ठूलै धक्काको खाँचो पर्छ।, भूगर्भ विज्ञानले भुइँचालोको जोखिम पूर्वानुमान गर्न सक्छ, तर भुइँचालो कहिले जान्छ र कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सक्दैन। पश्चिम नेपालमा खुसुखुसु गइरहेका भुइँचालाबाट हामीले खतराको घन्टी बज्यो भन्ने बुझ्नुपर्छ। यो कुनै पनि बेला बम पड्किन सक्छ भन्ने सूचक हो।, ‘बम पड्किँदैछ भन्ने यकिन भइसकेपछि ठूलोभन्दा ठूलो जोखिमको निम्ति पूर्वतयारी गर्नु बुद्धिमानी हुन्छ,’ भूगर्भविद चाम्लागाइँ भन्छन्।, यी पनि पढ्नुहोस्:, पश्चिम नेपालमा ५०० वर्षदेखि थुप्रिएको भूकम्पीय शक्तिले दिइरहेको दस्तक, नेपालको जत्तिकै भुइँचालो जाँदा किन भयो टर्कीमा सर्वनाश?, पश्चिम नेपालमा आइरहेका साना-साना भुइँचालाले टर्ला ठूलो भुइँचालोको खतरा?
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।, त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै त्रिविले फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो।, पूर्वनिर्धारित परीक्षाहरू यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पस तथा कार्यालयहरूलाई शोक बिदा दिने निर्णय भएको रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।, यस्तो छ सूचना:, त्रिविमा शुक्रबार शोक बिदा, परीक्षा भने चल्ने
टिकाराम सुनार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ। तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन्। , एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।  , एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ। विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ। उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ। , विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ।, विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताइन्।, कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहोरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उनले बताए।  , शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गरिन्।, ‘एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन’, उनले भनिन्, ‘यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निराश छौं, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ।’, विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको जानकारी दिए।, ‘एउटै कक्षामा फरक/फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ’, उनले भने, ‘विद्यालयको आम्दानी छैन, अरूलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकिसकेँ!’ , कुनै बेला एउटै कक्षामा दुई सयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको संख्या जोड्दा करिब एक सय मात्रै छ। तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन्।, तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन्। शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ। यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन्। नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच/सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन्। , कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबभन्दा दुःख लाग्ने गरेको बताए। उनले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरूलाई स्कुल आउन मन नै नलाग्ने गरेको सुनाइन्। त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको जनाइन्।, ‘हुनेखाने साथीहरू विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौं’, सृष्टिले मलिन मुद्रामा भनिन्, ‘हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ।’ , विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरू गरेका प्रधानाध्यापक यादवले विद्यालयको यही दूरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए।, ‘गरिब पढ्ने स्कुल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ’, प्रअ यादवले भने। , यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन। उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरू भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरू गरिसकेको बताए।, सुरूमा रु पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उनले प्रतिबद्धता जनाए। , त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरूरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताए। उनले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राखे। , विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ।, प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताए। ,रासस, एउटै कक्षामा फरक/फरक दुई कक्षाका विद्यार्थी राखेर पढाइ
भगवती पाण्डे लुम्बिनी आउने विदेशी पर्यटकहरूले दानपेटिकामा चढाएका तर सात वर्षदेखि सटही हुन नसकेका विदेशी मुद्रालाई सटहीका लागि राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाउन सहमति जनाएको छ।, नेपाल राष्ट्र बैंकले जारी गर्ने परिवर्तित मुद्राको सूचीमा नपरेका ३९ मुलुकका पर्यटकहरूले दानपेटिकामा चढाएका नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका मुद्रा सटही हुन नसक्दा त्यतिकै बाकसमा थन्किएका छन्।, नेपाल राष्ट्र बैंकले सटहीको लागि पहल नगर्दा लुम्बिनीको सवा एक करोड रुपैयाँ बाकसमै थन्किएपछि सेतोपाटीमा समाचार प्रकाशित गरिएको थियो। अहिले नेपाल राष्ट्र बैंकले मुद्रा सटहीका लागि सैद्धान्तिक सहमति गरेको र अब केही दिनमै लुम्बिनी विकास कोषले विदेशी मुद्रा राष्ट्र बैंक सिद्धार्थनगरमा सटही प्रक्रियाका लागि बुझाउने बताएको छ।, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच मुद्रा सटहीका लागि सैद्धान्तिक सहमति भएको जानकारी दिए।, ‘बिहीबार राष्ट्र बैंक गरिएकोसँग गरिएको सहमतिसँगै लामो समय लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही हुने प्रक्रिया अघि बढेको छ,’ भट्टराईले भने।, लुम्बिनी विकास कोषले मुद्रा सटहीका लागि राष्ट्र बैंक सिद्धार्थनगरमा बुझाएपछि सिद्धार्थनगरबाट राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पठाइने छ।, केन्द्रीय कार्यालयले आफ्नो एजेन्सी बैंक सिंगापुरमा मुद्रा सटहीका लागि पठाउने छ। त्यसपछि सटही भएर नेपाल राष्ट्र बैंकमा आएपछि लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ।, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेका अनुसार यो प्रक्रिया पूरा गरी मुद्रा सटही भएर नेपाल राष्ट्र बैंकमा आउन भने ४/५ महिना समय लाग्नेछ।, लुम्बिनीमा हरेक वर्ष आउने ८४ भन्दा बढी मुलुकका पर्यटकहरूले मायादेवी मन्दिर र अशोक स्तम्भमा राखिएका दानपेटिकामा भेटी स्वरूप आफ्नै देशको मुद्रा चढाउने गर्दछन्।, यसरी चढाइएका ३९ वटा मुलुकका मुद्रा पछिल्लो सात वर्षदेखि सटही हुन सकेको थिएन।, लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको मुख्य स्रोत रहेको दानवापतको भेटी सटही नहुँदा मुद्रा मक्किने र च्यातिने जोखिम बढेको थियो।, विदेशी मुद्रा सटहीका लागि पर्ने प्रक्रियागत झण्झटसँगै नेपाल राष्ट्र बैंक र लुम्बिनी विकास कोषको बेवास्ताले समेत सात वर्षयता मुद्रा सटही हुन सकेका थिएनन्।, वर्षौंदेखि बाकसमा पोको पारेर राखिएका मुद्राहरू मूल्यहीन भएर थन्किएपछि सम्बन्धित  मन्त्रालय र नेपाल राष्ट्र बैंकमार्फत् पहल गरिएपछि सटहीको लागि सहमती हुन सकेको कोषका कोषाध्यक्ष भट्टराईले बताए।, राष्ट्र बैंकले टालिएका, च्यातिएका, केरमेट भएका र रङ लागेका नोट भने सटही हुन नसक्ने भन्दै त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ।, सटही नभएर राखिएका मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन्। ७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट रहेको छ।, त्यस्तै, ओमनको १७ लाख ७९ हजार ९६६ नेपाली रुपैयाँ बराबरको ५ हजार ३३९ ओमन रियल, ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलंकन रुपैयाँ रहेको छ।, सटही नभई थन्किएको अन्य विदेशी मुद्रामा पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको ४ लाख ९८ हजार ३९८, इण्डोनेसियाको २ लाख ७० हजार ७४५, कम्बोडियाको १ लाख ९८ हजार ७०९, भुटानको १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबरको रहेको छ।, त्यसैगरी मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिप्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताईवान, जोर्डन, लेबनान्, ब्राजिल, ईजिप्ट, बु्रनाई, सियारा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा रहेका छन्।, गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।, कोषले मायादेवी मन्दिर भित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट वर्षेनी झण्डै चार करोड रुपैयाँ भेटि वापतको आम्दानी गर्छ। सोहि आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ। विकास कोषले हरेक दुई/तीन महिनामा दानपेटिकाहरू खोलेर त्यहाँ राखिएको भेटी गणना गरि बैंकमा दाखिला गर्दै आएको छ।, नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभएपनि दान पेटिकामा संकलन भएका मुद्राहरु विकास कोषले भने हरेक पटक गणना गर्दै राख्ने गरेको छ।, लुम्बिनीमा सवा एक करोड बढी रुपैयाँ थन्किएका विदेशी मुद्रा साट्न थालियो प्रक्रिया
रासस नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।, चितवनको माडी नगरपालिका–५ घर भई भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन्। , जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए।, उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा बिहीबार शव फेला परेको हो।, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।,  , नारायणीमा बेपत्ता किशोर मृत फेला
नवीनबाबु गुरूङ ग्याल्पो ल्होसारको तेस्रो दिन आज हुम्लाको न्हिन्बा समुदायले काठमाडौंको बौद्धमा धुमधामका साथ ल्होसार मनाएका छन्।, अल्पसंख्यक न्हिन्बा समुदायका मानिसहरू आफ्नो समुदायको पहिरनमा सजिएर बौद्ध स्तुप परिक्रमा गर्दै पूजापाठ गरी ल्होसार मनाएका हुन्।  , न्हिन्बा समुदायले आफ्नो परम्परा अनुसार तीन दिनदेखि एक हप्तासम्म ल्होसार मनाउने गर्दछ।  , गुम्बा स्तुपमा सामूहिक पूजापाठपछि आ-आफ्नो घर/समुदायमा भेला भई मिठा परिकारसँगै ल्होसार मनाउने गर्दछन्। ल्होसारको अवसरमा यसरी बौद्ध स्तुपा गुम्बामा पूजापाठ कोर्वा गर्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।, काठमाडौं वरपर बस्ने यो समुदायले बौद्ध स्तुपमा आफ्नो परम्परा अनुसार ल्होसारको पूजापाठ गरिरहँदा देखिएको केही तस्बिरहरू: , न्हिन्बा समुदायले मनायो ल्होसार (तस्बिरहरू)
सेतोपाटी संवाददाता भरतपुरमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।, भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशस्थानकी ७८ वर्षीया मिनाकुमारी घले बुधबार राति आफ्नै घरमा मृत भेटिएकी थिइन्। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा कोठामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।, घटनास्थल पुगेर मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटनामा मृतककै छोराको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, मृतककै कान्छो छोरा ४० वर्षीय पुरन घलेले मादक पदार्थ सेवन गरी आमाको हत्या गरेको अनुसन्धानबाट भेटिएपछि उनलाई पक्राउ गरिएको पंण्डितले बताए।, ‘आमा-छोराबीच विवाद हुँदा दाउराले टाउकोमा प्रहार गरी आमाको हत्या गरेको खुलेलगत्तै छोरा पुरन घलेको खोजी सुरू गरियो,’ उनले भने, ‘घटनास्थलबाट फरार रहेका छोरालाई बिहीबार दिउँसो साढे १२ बजे घर नजिकै लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लियौं।’, पक्राउ परेका घलेलाई चितवन जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।, दाउराले टाउकोमा हानेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ