content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दाङमा एक जना महिलामाथि सामुहिक बलात्कार भएको छ।, गत शुक्रबार राति साढे १ बजे दुई युवाले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। , पीडितका श्रीमान अपाङ्ग छन्। मागेर गुजारा टार्दै आएका उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए। , सडकमा सुतिरहेका श्रीमानमाथि कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगी सामुहिक बलात्कार गरेको कार्यालयका एसपी वीरबहादुर वलीले जानकारी दिए। , प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको छ। , अपाङ्ग भएका श्रीमानको उपचार गराउन उनीहरू तीन महिना अघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए।, उपचारको लागि रकम अभाव भएपछि बाटोमा मागेर गुजारा गरिरहेका थिए। घटना भएको दोस्रो दिन उनीहरूले जिल्‍ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए। , ‘पीडित दम्पत्ति दोस्रो दिन कार्यालय आएर घटनाबारे जाहेरी दिएपछि प्रहरी परिचालन गरी आरोपितलाई पक्राउ गरिएको हो,’ एसपी वलीले बताए। , आरोपितमाथि सामूहिक करणी अन्तर्गत मुद्दा दर्ता गरिएको उनले बताए। घटनाबारे आरोपितले पनि स्वीकारिसकेको प्रहरीले जनाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिन म्याद थपेको छ। , त्यसैगरी दाङमा ४ वर्षीया नाबालिगमाथि पनि बलात्कार भएको प्रहरीले जनाएको छ। बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साल पक्राउ परेका छन्। , दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। , जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। , दाङमा अर्की ७ वर्षीया बालिकामाथि पनि बलात्कार गरेको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , शान्तिनगर गाउँपालिकाका १७ वर्षीय किशोरले होलिको दिन बलात्कार गरेको आरोप छ। उनलाई बुधबार राति पक्राउ गरिएको थियो। , घटनाबारे इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको छ। , दाङमा एक महिलामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ
रासस ललितपुरको चापागाँउमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ।, चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए। , चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७  मा पनि मूर्ति चोरी भएको थियो। , चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ। बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन्।, यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ।, चापागाँउमा बुद्ध चैत्यबाट आठौं शताब्दीको मूति चोरी
सविना कार्की राम्रा सामुदायिक स्कुल, संघीय राजधानी काठमाडौंको प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले स्थापनाका ७६ वर्ष पूरा गरेको छ। राणाकालमा २००३ सालमा स्थापना भएको पद्मोदयले फागुन २९ गते (भोलि) ७७ औं वार्षिकोत्सव मनाउँदैछ।, स्थापनाको झन्डै आठ दशक पुग्नै लाग्दा स्कुलबाट साढे ६ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (साविक एसएलसी, हालको एसइई) उत्तीर्ण गरेका छन्। देशको राजनीति तथा अन्य अंगमा उच्च पदमा पुगेका धेरै व्यक्ति पद्मोदयका विद्यार्थी थिए। , पाँच पटक प्रधानमन्त्री सूर्यबहादुर थापाले पद्मोदयबाटै एसएलसी उत्तीर्ण गरेका थिए। उनका छोरा पूर्वमन्त्री सुनिल थापा, पूर्वमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, कमल थापा लगायत धेरै नेताले यही स्कुलमा पढेका हुन्।, पूर्व प्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय र अनुपराज शर्मा, पूर्वसभामुख दमननाथ ढुंगाना, कलाकारहरू हरिवंश आचार्य, मनोज गजुरेल लगायत पनि पद्मोदयकै उत्पादन हुन्। यस्ता प्रख्यात विद्यार्थीहरूको यो सूची निकै लामो हुन्छ।, 'पद्मोदयका पूर्वविद्यार्थीहरूले राष्ट्रका लागि निकै ठूलो योगदान गर्नुभएको छ। विद्यालय गौरवको कुरा हो,' यहाँका प्रधानाध्यापक नारायणप्रसाद गौतम भन्छन्, 'पूर्वविद्यार्थीहरूबाट प्रभावित भएर पनि पद्मोदयप्रति अभिभावक र विद्यार्थीको रूचि बढ्दो छ।', यस विद्यालयमा हाल ४८ जिल्लाका विद्यार्थी छन्।, राम्रा सामुदायिक स्कुलको शृंखला लेख्ने क्रममा गत साताको एक दिन हामी पद्मोदय पुगेका थियौं। बिहानको साढे १० बजे विद्यालय प्रांगणमा पुग्दा विद्यार्थीहरू 'एसेम्ब्ली' मा थिए। झन्डै आधा घन्टाको एसेम्ब्लीमा राष्ट्रिय गान, सरस्वती बन्दना र 'पिटी' भनिने केही शारीरिक अभ्यास भयो। पालोअनुसार हरेक एसेम्ब्लीमा विद्यार्थीले 'आजको विचार' अन्तर्गत मन्तव्य दिनुपर्दो रहेछ, त्यो पनि भयो। , प्रधानाध्यापक गौतमका अनुसार 'आजको विचार' सुरू भएको तीन वर्ष भयो। यो अभ्यासले विद्यार्थीलाई समूहको अगाडि उभिएर बोल्न आत्मविश्वास बढाएको छ। पद्मोदयले शिक्षासँगै विद्यार्थीहरूको संस्कार विकासमा पनि जोड दिएको छ।, 'अभिभावकको व्यस्त दिनचर्याका कारण बालबालिकाले घरमा उचित संस्कार सिक्न पाएका छैनन्। हामीले विद्यालयमा शिक्षासँगै संस्कार पनि सिकाउने प्रयास गरेका छौं,' उनी भन्छन्।, विद्यालयको सूक्ति छ– पद्मोदयको इच्छाः संस्कारयुक्त गुणस्तरीय शिक्षा।, पछिल्ला दुई वर्ष शैक्षिक वर्षमा पद्मोदयमा विद्यार्थी संख्या ह्वात्तै बढ्यो। अहिले पनि नयाँ शैक्षिक वर्षका लागि अभिभावकको फोन आउन थालेको छ। तर हालको विद्यार्थी संख्या बढाएर पढाउन सक्ने भौतिक पूर्वाधार छैन। ६ देखि माथिका कक्षामा विद्यार्थीको चाप धेरै छ। साना कक्षामा केही थप्न सक्ने क्षमता भए पनि तिनमा विद्यार्थी कम आउँछन्।, प्रधानाध्यापक गौतमका अनुसार नयाँ भर्नाका लागि अभिभावकको फोन निरन्तर आइरहेको छ। गत वर्ष प्रवेश परीक्षा लिएर पनि तीन सय जना विद्यार्थी अरू स्कुलमा पठाउनु पर्‍यो।, 'अर्को वर्ष त जसरी भर्ना लिइदिनु पर्‍यो भन्ने अभिभावक धेरै छन् तर हाम्रो पूर्वाधारले थेग्दैन,' उनले भने।, विद्यालयमा हाल १३ वटा कक्षाकोठा छन्। सामान्यता एउटा कोठामा ४० जना अटाउँछन् तर ५५ जनासम्म राखिएका छन्। कोठा अभाव भएकाले क्षमताभन्दा बढी विद्यार्थी राख्नुपर्ने बाध्यता भएको हो। कक्षा ८ देखि १० सम्म विद्यार्थी दुई–दुई समूहमा राखिएका छन्। यस वर्ष ७९ जना विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसइई) को तयारी गर्दै छन्।, पद्मोदय स्कुलका प्रधानाध्यापक नारायण प्रसाद गौतम। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, पद्मोदयमा २०६० सालताका पन्ध्र सयभन्दा धेरै विद्यार्थी पढ्थे। त्यो नै हालसम्मकै उच्च संख्या हो। त्यो समय प्रवेशिका परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट– एसएलसी) को नतिजा हेरिन्थ्यो। शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालयमा अभिभावक र विद्यार्थीको रोजाइमा पर्थे। पद्मोदय पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालय थियो। साख उच्च थियो, विद्यार्थीको भिड लाग्थ्यो। , निजी विद्यालय खुल्ने क्रम पनि बढ्यो। पद्मोदयको साख एकनासको रहेन। विद्यार्थी घट्दै गए। , 'हाम्रोमा मात्र होइन, मुलुकभरका सामुदायिक विद्यालयमा विद्यार्थी ह्वात्तै घटेका थिए,' गौतमले भने, 'सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउन र अरितिक्त क्रियालापमा जोड दिन थालेपछि फेरि बढ्न थालेको हो।', अभिभावक र विद्यार्थीको आकर्षण बढाउन पद्मोदयले केही अतिरिक्त पहल गर्‍यो। २०६२ सालमा कक्षा ११ को पढाइ सुरू भयो। अर्को वर्ष १२ कक्षा थालिउकयो। कक्षा ११ मा अपेक्षाअनुसार विद्यार्थी आए। हाल ११ र १२ कक्षामा विज्ञान, कानुन, व्यवस्थापन, मानविकी र शिक्षा गरी पाँचवटा संकाय पढाइ हुन्छ। , २०६८ सालमा कम्प्युटर विषय पनि सुरू भयो। कम्प्युटर र इन्टरनेटको बढ्दो महत्वसँगै कम्प्युटर शिक्षामा विद्यार्थीको आकर्षण बढ्यो।, खेलकुदका लागि विद्यालयसँग मैदान छ। हाजिरीजवाफ, निबन्ध, वादविवाद, वक्तृता गायन, नृत्य, चित्रकला लगायतका अतिरिक्त क्रियाकलापमा पद्मोदयको विशेष जोड छ। यसरी विद्यालय अघि बढ्दै थियो। २०७२ सालको भूकम्पले भवनमा क्षति पुर्‍यायो। अस्थायी टहरमा राखेर पढाउनु पर्‍यो। भूकम्पपछि विद्यार्थी ह्वात्तै घटेर पाँच सय हाराहारी भए। टहरामा विद्यार्थीलाई सहज ढंगले राख्न नसक्दा संख्या घट्ने क्रम जारी रह्यो। त्यति थोरै विद्यार्थीलाई पनि एउटै समयमा पढाउन नसक्दा बिहान–दिउँसो गर्नु पर्‍यो। , यसरी तीन वर्ष टहरामा गुजारा गरेपछि २०७५ सालमा नयाँ भवन तयार भयो। यहाँ पढाइ हुन थालेपछि विद्यार्थी संख्या बढ्न थाल्यो। चालु शैक्षिक वर्षमा कुल एक हजार ९२ जना विद्यार्थी छन्। थप विद्यार्थी भर्ना हुन चाहन्छन् तर विद्यालयसँग क्षमता छैन। भवन थप्न जमिन छ तर बजेट छैन। सरकारसँग आग्रह गरेको भए पनि पार लागेको छैन।, '१५ सय विद्यार्थी पढाएको इतिहास छ। अर्को एउटा भवन बन्न सके हामी त्यति नै विद्यार्थी पढाउन सक्छौं,' प्रधानाध्यापक गौतम भन्छन्, 'हाम्रो चाहना गुणस्तरीय शिक्षा हो। अहिले संख्या थप्नेमा भन्दा प्रभावकारी शिक्षण सिकाइमा ध्यान दिएका छौं।', हाल विद्यालयमा ३३ जना शिक्षक छन्। यीमध्ये २६ जना सरकारी दरबन्दीमा हुन्, बाँकी निजी स्रोतमा। विद्यालयमा शिक्षक र अभिभावकबीच बाक्लै भेट र छलफल हुन्छ। यसबाट विद्यार्थीको पढाइमा सुधार गर्न मद्दत पुगेको छ।, पद्मोदयले केहीपटक 'आमा भेला' पनि आयोजना गर्‍यो। यस्तो भेला निकै प्रभावकारी भएको प्रधानाध्यापक गौतमले बताए। , 'आमा भेलापछि विद्यार्थीको गृहकार्य र सरसफाइ राम्रो भयो। धेरै विद्यार्थीले नियमित गृहकार्य गर्न थाले। नियमित भेटघाटमा बुबाआमा जसलाई फुर्सद हुन्छ उहाँ आउनुहुन्छ,' उनले भने।, सामुदायिक स्कुलमा अभिभावकको चासो कम हुनु रोग जस्तै बनेको प्रधानाध्यापक गौतमको अनुभव छ।, यसलाई विचार गरेर पद्मोदयले प्रवेशद्वारमा लेखिएको छ– अभिभावकहरू कता हिँड्दै हुनुहुन्छ? एकछिन फुर्सद छ भने आउनुहोस्, केटाकेटीको बारेमा छलफल गरौं!, यहाँ त्रैमासिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने नियम छ। उत्तीर्ण नहुँदासम्म परीक्षा दिनै पर्छ। यसो गर्दा विद्यार्थीमा पढ्नै पर्छ भन्ने भावना विकास भएको प्रधानाध्यापक गौतमको निष्कर्ष छ।, पद्मोदयले पठनपाठन प्रविधिमैत्री बनाउँदै छ। स्मार्ट बोर्ड र इन्टरनेट प्रयोग बढाउने क्रममा छ। गत वर्ष विद्यालयको शैक्षिक उपलब्धिका आधारमा बागमती प्रदेश सरकारले काठमाडौंका महानगरका चार वटा विद्यालयलाई शैक्षिक उन्नयनमा खर्च गर्न केही बजेट दिएको थियो। यसमा पद्मोदय पनि परेको थियो। , स्कुलमा पुस्तकालय छ। विद्यार्थीले आफ्नो अनुकूलतामा किताब पढ्न पाउँछन्। विद्यार्थीहरू चित्रकला र संस्कृतिमा अब्बल रहेको कक्षा शिक्षकहरूको भनाइ छ। काठमाडौं महानगरको पाठ्यक्रमअनुसार नेपाल भाषा पढाइ हुन थालेपछि विद्यार्थीहरू फरक संस्कृतिप्रति उत्सुक रहेको शिक्षक टिना डंगोलले बताइन्। उनी विद्यार्थीलाई चित्रकला सिकाउँछिन्।, सामुदायिक स्कुलका शिक्षकहरू आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँछन् भन्ने आरोप लाग्ने गरेको छ। , प्रधानाध्यापक गौतमले उक्त आरोप अस्वीकार गरे।, उनले भने, 'मेरो छोराले पनि यही (पद्मोदय) विद्यालयबाट एसइई दिएर गएको हो। सहायक प्रधानाध्यापकको छोरा पनि यहीँ कक्षा ९ मा पढ्छन्। अरू शिक्षकका छोराछोरी पनि यहीँ छन्।', विद्यार्थीहरूले पनि विद्यालयको शैक्षिक गतिविधिमा खुसी प्रकट गरे। सुदूरपश्चिमको पहाडी जिल्ला अछामबाट आएक एक विद्यार्थीले आफू दैनिक ४० मिनेट हिँडेर विद्यालय आउने गरेको बताए। नजिकमा अर्को विद्यालय भए पनि पद्मोदय नै राम्रो लागेको उनको भनाइ छ। कक्षा ८ देखि पद्मोदयमा पढेका उनी यसपालि एसइईको तयारी गर्दै छन्।, सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी,  , ७६ वर्ष पुरानो सामुदायिक स्कुल जहाँबाट उत्तीर्ण भए मन्त्री, न्यायाधीशदेखि कलाकारसम्म
रासस काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।, नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो।, काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक केही दिनअघि पण्डितमाथि धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो।, इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ पक्राउ परेका हुन्।, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले फरार रहेका ३ जनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको बताए।, पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद भएको छ।, पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए।, धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ३ युवा
सेतोपाटी संवाददाता बैतडीमा जीवन बुडालको शव परिवारले बुझेका छन्।, दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका मृत फेला परेका २५ वर्षीय  जीवन बुडालका परिवारले घटना घटेको ११ दिनपछि मंगलबार शव बुझेको प्रहरीले जनाएको छ।, राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल फागुन १३ गते मृत फेला परेका थिए।, उनी सोही दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका थिए। बुडाल सोही दिन राति ९ बजे चौलानी नदीमा मृत फेला परेका थिए। , उनको हत्याको आंशकामा बुडालसँगै पिकनिक गएका १२ जना प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, घटनाको जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीसँगै प्रदेशको सिआइबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ। केही दिनअघि प्रहरीले अनुसन्धानको क्रममा घटनाको केही किलोमिटर टाढाबाट बिस्फोटक पदार्थ पनि फेला पारेको थियो।, घटना भएको ११ दिनपछि परिवारले बुझे जीवनको शव
रासस लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए। घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ।, के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए।, 'के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ,' प्रनाउ रिजालले भने, 'हामीले अनुसन्धान थालेका छौं।', छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो। त्यस बेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ।, 'डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो,' छिमेकी शोभाखर पन्थीले भने, 'यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन्।', एकै मन्त्रीको घरमा दोस्रोपटक चोरी
नारायण खड्का हत्याको २५ दिनपछि बाबुले छोराको शव बुझ्ने भएका छन्। , रोल्पाको रून्टीगढी गाउँपालिका–२ का २० वर्षीय राजेन्द्र विकको माघ २९ गते राति हत्या भएको थियो। , राजेन्द्रको शव फागुन १ गते राम्ली सामुदायिक वनको भिरमुनि खोँचमा स्थानीयले फेला पारेका थिए। , उनको हत्यामा गाउँकै साला नाता पर्ने किशोर संलग्न रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले सेतोपाटीलाई बताए।, हत्या आरोपित व्यक्तिको अभियोग स्वीकार गरेको र अदालतले अभियुक्तलाई पुर्पक्षका लागि नाबालक रहेको हुँदा सुधार गृहमा पठाउन आदेश भएबमोजिम गरिएको डिएसपी मगरले जानकारी दिए।, ‘अदालतको आदेश अनुसार हत्यामा संलग्न नाबालकलाई यसअघि नै बाँकेस्थित सुधार गृहमा पठाइसकिएको छ,’ उनले भने, ‘अनुसन्धानबाट हत्यामा अरू कसैको संलग्नता पुष्टि भएन।’, राजेन्द्रका बुवा ४४ वर्षीय रूपलाल विकले भने आफ्नो छोरोको सुनियोजित रूपमा हत्या भएको दाबी गर्दै आएका छन्।, उनले हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई जोगाउनका लागि एक जना नाबालक मात्रै हत्यामा संलग्न रहेको देखाइएको आशंका साथ विरोध गर्दै आएका छन्।, ‘हामीले आशंका लागेका विभिन्न व्यक्तिहरूविरूद्ध किटानी जारी दिन खोज्दा पनि प्रहरीले जाहेरी लिन मानेन,’ उनले भने, ‘उनीहरूकाविरूद्ध सबुत प्रमाण के छ भनेर मलाई पटक/पटक प्रश्न गरियो र अपराधिलाई चोक्याउन ठूलो चलखेल भयो।’, डिएसपी मगरले हाल सुधार गृहमा पठाइएका नाबालकले आफूले मातेको समयमा भनाभन हुँदा राजेन्द्रलाई ढुंगाले टाउकोमा हानेपछि लडेको र त्यसपछि आफूले भिरबाट खसालेको भन्ने साबिती बयान गरेको हुँदा त्यसमा अन्य कसैको संलग्नता नरहेको दाबी गरे। , राजेन्द्र उक्त दिन गाउँका साथीसहित रून्टीगढी – १ स्थित आफन्तको बिहेमा गएका थिए। गाउँबाट राजेन्द्रसँगै अन्य आफन्त र साथीहरू पनि गएका थिए।, बिहे भोजमा उनीहरूले मदिरा सेवन गरेपछि राजेन्द्रले आफ्नो ससुराली गाउँमा ‘गाँजा पाइन्छ लिन जाऊँ’ भनेर नाबालकसँगै गएको प्रहरी बताउँछ। त्यही क्रममा बाटोमा उनीहरूका बीचमा भनाभन हुँदा तिनै नाबालकले टाउकोमा ढुंगाले हिर्काउँदा राजेन्द्रको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  , सुरूमा भने प्रहरीले राजेन्द्रको मृत्यु भिरबाट लडेका कारण भएको कुरा सार्वजनिक गरेको थियो। राजेन्द्रका बुवा रूपलाल भने आफ्नो छोराको अन्यत्र हत्यापछि भिरबाट लडेको देखाउनका लागि दुई सय मिटरको ठाडो भिरमुनि लगेर राखिएको दाबी गर्छन्।, रूपलालका अनुसार हत्या भएको दोस्रो दिन बिहान राजेन्द्रले लगाएको जम्पर र हाफ ज्याकेट घरमै लगेर आँगनमा फोलेको अवस्थामा फेला परेको थियो।, ती नाबालकका बुवाले बाटोमा फेला पारेको भन्दै राजेन्द्रले लगाउने दायाँ खुट्टाको जुत्ता आफ्नो घरमा लगेर राखेको अवस्थामा फेला परेको रूपलालले बताउँदै आएका छन्। , यस्तै कुराहरूलाई आधार मानेर रूपलाल आफ्नो छोराको सुनियोजित रूपमा हत्या भएको दाबी गर्दै आएका छन्।  , गाउँका सात जनाविरूद्ध किटानी जाहेरी लगेर फागुन ४ गते गए पनि प्रहरीले प्रमाण खोज्दै मुद्दा दर्ता गर्न नमानेको रूपलालले बताए।  , उनले जबसम्म प्रहरीले किटानी जाहेरी लिन मान्दैन तबसम्म छोराको शव अस्पालबाट नबुझ्दै अडान लिँदै आएका थिए। तर, २५ दिनपछि बिहीबार आफूले अस्पतालबाट छोराको शव बुझ्न लागेको रूपलालले सेतोपाटीलाई बताए। , ‘के गर्नु रोल्पा र दाङ गर्दागर्दै म टुटिसकेँ,’ उनले भने ‘ भोलि अस्पताल गएर शव बुझ्छु र दाङमा दाह संस्कार गर्नेछु।’, उनले गरिब र कमजोर व्यक्तिले न्याय पाउन कठिन रहेको बताए।, शव राखेबापत दैनिक एक हजार तिर्नुपर्ने अवस्थाका कारण ऋणसापटी गरेर आवश्यक रकमसहित दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाएर छोराको शव बुझ्ने उनले फोनमा जानकारी दिए।, उनले भने, ‘मसँग छोरोको शव अस्पतालबाट निकाल्ने त परैको कुरा शव जलाउने समेत पैसा नभएपछि साथीहरूले चन्दा संकलन सुरू गर्नु भएको छ। त्यही भएर मैले छोरोका शव रोल्पा नलगी केही साथी भाइको सहयोगमा दाङको घोराहीमा सदगद गर्न लागेको हुँ।’, यो पनि:, ‘हत्याबारे प्रहरीले किटानी जाहेरी नलिएसम्म हामी छोराको शब अस्पतालबाट बुझ्दैनौं’,  , २५ दिनपछि छोराको शव बुझ्न ऋण खोज्दै रूपलाल
सुसन चौधरी वकिलसँग कानुनका कुरा, धेरै महिलाले आज पनि बाटोमा हिँड्दै गर्दा अरूले जिस्क्याउने गरेको समस्या झेलिरहेका छन्। तर कानुनले बाटोमा हिँड्दै गर्दा कसैले कसैलाई जिस्क्याउन पाउँदैन भनेर प्रस्ट व्यवस्था गरेको छ।, मुलुकी अपराध संहिताको दफा ११८ अनुसार यसरी अर्कालाई जिस्क्याउने, अपशब्द बोल्ने, दोहोरो अर्थ लाग्ने शब्द बोल्ने वा अभद्र व्यवहार गर्ने व्यक्ति कारबाहीको भागीदार हुन्छ। यस्तो अवस्थामा जिस्क्याउने व्यक्तिलाई कानुनले के-कस्तो सजाय दिन्छ र कसैले त्यस्तो व्यवहार गरे के गर्नुपर्छ भनेर बुझ्न हामीले अधिवक्ता कृपा पोखरेलसित कुराकानी गरेका छौं।, बाटोमा हिँड्दै गर्दा कोही चिनेजानेको वा अनजान मान्छेले जिस्क्यायो वा अपशब्द बोल्यो भने के गर्ने?, बाटोमा हिँड्दा वा सार्वजनिक ठाउँमा तपाईंलाई असहज हुने गरी कसैले पनि जिस्क्याउन पाउँदैन। यो दण्डनीय अपराध हो। त्यसैले सबभन्दा पहिला त हामीले जिस्क्याउने मान्छे जो भए पनि यसरी नजिस्क्याउनू भनेर सम्झाउनुपर्छ। यदि त्यस्तो व्यक्ति तपाईंको कुरा सुन्ने वा बुझ्ने पक्षमा छैन भने नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न सक्नुहुन्छ।, मुलुकी अपराध संहिताको दफा ११८ मा अभद्र व्यवहार गर्न नपाइने भनेर उल्लेख छ। कुनै व्यक्तिले सार्वजनिक स्थलमा महिला, बालबालिका, असक्त व्यक्तिहरूलाई दुःख दिने नियतले कुनै क्रियाकलाप गरे कानुनअनुसार दण्ड हुन्छ। त्यस्तो कार्य गरेमा नजिकैको प्रहरी चौकीमा फोन गरेर, इमेल गरेर वा आफैं गएर पनि उजुरी दिन सकिन्छ।, यदि कसैले यस्तो अभद्र व्यवहार गर्छ भने कानुनबमोजिम के सजाय हुन्छ? जरिवाना के-कति लाग्छ?, अभद्र व्यवहार गरेको उजुरी परे त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ। यौन दुर्व्यवहारको उजुरी परे तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँ जरिवानाको सजाय तोकिएको छ।, हामीले आत्मरक्षा गर्ने क्रममा हातापाइ भए कारबाही हुन्छ कि हुँदैन?, मुलुकी अपराध संहिताको दफा २४ ले आत्मरक्षाको अधिकार सुनिश्चित गरेको छ। सामान्य प्रतिकार गरे हामीलाई कानुनले दण्डित गर्दैन। कतिपय अवस्थामा तपाईंले प्रतिकार गर्नुपर्ने हुन्छ। जस्तो- कसैले तपाईंलाई हान्न खोजेको छ वा हानेको छ भने हात छेकेर वा रोकेर प्रतिकार गर्न मिल्छ। तर आफूसित चक्कु छ भन्दैमा घोप्न मिल्दैन। आफूलाई त्यस्तो अवस्थाबाट बचाउन सामान्य प्रतिकार भने गर्न मिल्छ।, यस्तो घटनामा प्रमाण आवश्यक हुन्छ कि हुँदैन? बिनाप्रमाण उजुरी दिन मिल्छ कि मिल्दैन?, कसैले यस्तो व्यवहार गरे नजिकैको व्यक्तिलाई थाहा दिनुपर्छ। ताकि उनीहरूको बयान प्रमाणका रूपमा पेस गर्न सकियोस्। तर वरिपरि कोही व्यक्ति नभए पीडितको भनाइलाई नै प्रमाणका रूपमा पनि ग्रहण गरिन्छ। पीडितको बकपत्रलाई नै प्रमाणका रूपमा पेस गरेर अदातलले सुनुवाइ गरेका नजिरहरू छन्।, यस्तो घटना भएको कति समयभित्र उजुरी गर्नुपर्छ?, तत्कालै उजुरी गर्दा राम्रो हुन्छ। मुलुकी अपराध संहिताको दफा ११८ ले अभद्र व्यवहार गरेको घटनालाई तीन महिनाभित्र उजुरी गर्नुपर्छ भनेको छ। यौन दुर्व्यवहारको घटना हो भने एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ।, कसैमाथि यस्तो घटना भए सबभन्दा पहिला के गर्नुपर्छ?, अपराध सहनु पनि अपराध गरे सरह हो। किनभने, तपाईं त त्यस्ता व्यक्तिबाट बच्नु होला तर भोलि समाजमा ती व्यक्ति खतराका रूपमा रहिरहन्छन्। त्यसैले कसैमाथि यस्तो घटना भए पहिला ती व्यक्तिको क्रियाकलापबारे वरिपरिका व्यक्तिलाई जानकारी गराउनुपर्छ र सामूहिक रूपमा गल्ती महसुस गराउनुपर्छ।, त्यस्तो गर्दा पनि ती व्यक्तिलाई गल्ती महसुस भएको छैन भने नजिकैको प्रहरी चौकीमा उजुरी गर्नुपर्छ। त्यसपछि बल्ल मानिसहरू अभद्र व्यवहार गर्नबाट डराउँछन् र सभ्य समाज निर्माण हुन्छ।,  , बाटोमा हिँड्दा कसैले जिस्क्यायो भने के कारबाही हुन्छ? (भिडिओ)
रासस १२ वर्षीया बालिकालाई बलात्कार गर्ने  ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ।, जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताए।, बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो। , प्रहरीले आरोपितविरूद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो। आरोपितलाई अदालतको २०७९ असार २३ गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो। , बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर स्किल्स एण्ड थ्रिल्सले काठमाडौंमा विविध कार्यक्रम गरी मनाएको छ।, बालुवाटारस्थित अटो फोकस परिसरमा आयोजित कार्यक्रममा विशेष र रोमाञ्चक स्किल, थ्रिल्स र चिलका क्रियाकलापसहित युवा-युवती र विदेशी कुटनीतिक नियोगबाट समेत उत्साहजनक उपस्थिति थियो।, स्किल्स एण्ड थ्रिल्सका सदस्य निश्मा श्रेष्ठले आफूहरूको पहिलो कार्यक्रम भएकाले केही सिक्दै आगामी साल अझ भव्यता साथ कार्यक्रम गर्ने उर्जा मिलेको बताइन्।, महिलाको उपलब्धीलाई मनाउने र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कार्यक्रममा ओपन ट्र्याक स्ट्यान्ड च्यालेन्ज र महिला टर्टल दौडजस्ता साइक्लिङ खेलको प्रतियोगिता भएको थियो। , विशेषगरी महिलाहरूलाई साइकल चलाउने आफ्नो जोशलाई पछ्याउन र स्वस्थ्य जीवनशैलीको नेतृत्व गर्न प्रोत्साहित गर्न डिजाइन गरिएको कार्यक्रममा सयौंको संख्यामा युवाहरुको सहभागी रहेको थियो।, कार्यक्रममा सहासिक क्षेत्रमा सफलता हासिल गरेका उषा खनाल, मिङ्मा याङ्जी शेर्पा, मेनुका गुरुङ र पञ्चमाया तामाङले प्रेरणादायी कथाहरू प्रस्तुत गरेका थिए। उनीहरुले कसरी पितृसतात्मक समाजमा विभिन्न चुनौति झेल्दै, अवरोध तोडेर आ-आफ्नो क्षेत्रमा अगाडि बढेका आ-आफ्ना रोचक र संघर्षशील कथाहरु बताएका थिए।, सोमिया बराइली, केटीए हारु र डीजे दानको प्रत्यक्ष संगीत प्रस्तुतिले कार्यक्रमको थप रौनक र जीवन्तता थपेको थियो। उपस्थित श्रोताहरूले संगीतको तालमा नाचगानसहित र भरपुर आनन्द लिएका थिए।, स्किल्स एण्ड थ्रिल्समा युवा उत्साह
रासस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, बिहान ११ः०५ बजे हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा र मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन छन्।, डिएसपी कार्कीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाको चितवनको पुरानो मेडिकल कजेल भरतपुरमा उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको हो।, दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भोम्जनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थियो।, सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार हेटौंडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडि सवार बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन्।, घाइतेमध्ये घलानको हेटौंडा अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ। उक्त घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।, मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता धनगढीमा किशोरीमाथि सामूहिक करणी भएको आरोपमा दुई किशोर पक्राउ परेका छन्।, धनगढी उपमहानगरपालिका–१० जुगेडाकी १३ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही ठाउँमा दुई किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। , १६ र १७ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, उनीहरूमाथि फागुन  १७ गते किशोरीमाथि करणी गरेको आरोप छ। , ढिलो गरेर उजुरी परेपछि उनीहरूलाई मंगलबारमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए।, धनगढीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको साँखुमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।, बुधबार बेलुकी पौने ७ बजे शंकरापुर नगरपालिका वडा नम्बर ९ इन्ड्रेणीस्थित साँखु-जोरपाटी सडकखण्डमा टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, ब्रम्हटोल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ४४९८को मोटरसाइकल र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, शंकरापुर-७ साँखुका ५० वर्षीय पवनलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षीय अनिश खड्काको टिपरको ठक्करबाट निधन भएको हो।, श्रेष्ठसँगै उनका आफन्त पुनम श्रेष्ठ पनि सवार थिइन्। ठक्करपछि घाइते भएका पवनलाललाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो।, पुनम र अनिशलाई शंकरापुर अस्पताल लगिएको थियो। उपचारको क्रममा पवनलाल श्रेष्ठको सवा ७ बजे मृत्यु भएको थियो।, यस्तै अनिशको साढे ७ बजे मृत्यु भएको एसपी रिजालले बताए।, घाइते भएकी पुनमको टोखास्थित ग्रान्डी अस्पतालमा उपचार जारी छ।, पवनलाल श्रेष्ठ लावन्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन्। नेवा: पत्रकार राष्ट्र दबूका सदस्य समेत हुन्।, टिपर चालकलाई प्रहरीले गए राति सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ।, टिपरको ठक्करबाट काठमाडौंमा २ जनाको मृत्यु, एक घाइते
सेतोपाटी संवाददाता ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले सांग्रिला बुक्ससँगको सहकार्यमा महिला श्रष्टाद्वारा रचित विभिन्न विधाका पुस्तक आफ्ना यात्रुलाई वितरण गरेको हो। , उपहारमा दिएका पुस्तकहरूमा १७ जना महिला लेखिकाका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तक रहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।, ‘नेपाली महिलाः पढछन् पनि, उडछ्न् पनि’ नारासहित काठमाडौंसँगै विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार दिएको हो।, ‘नेपाली पुस्तक, त्यसमा पनि महिला लेखिकाका पुस्तक, सानो शुरूआत भए पनि यसबाट नेपाली साहित्यमा केही न केही टेवा पुग्ने हामीले अपेक्षा गरेका छौ’, प्रवक्ता कर्णले भने।, बुधबार ७२५० जना यात्रु विभिन्न गन्तव्यबाट यात्रा गरेका थिए। त्यसमध्ये करिब आधा यात्रु यात्रु थिए।,  , बुद्ध एयरद्वारा महिला लेखकका ३५ सय पुस्तक यात्रुलाई उपहार
सेतोपाटी संवाददाता धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ।, मृत्यु हुनेमा गौरीगंगा नगरपालिका –४ की ८५ वर्षीया तिलानन्द जोशी छन्।, बिहीबार धनगढी उप–महानगरपालिकाको मिलचोकमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।, सो दुर्घटनामा उनी घाइते भएका थिए। धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनापछि अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु
सेतोपाटी संवाददाता सुर्खेतमा होटलको फलामे पिङबाट खसेर एक महिलाको मृत्यु भएको छ।, सुर्खेतको वीरेन्द्रनगरस्थित जिरो ड्याम नजिक रहेको काँक्रेबिहार फनपार्क एन्ड रिसोर्ट प्रालिको फलामे पिङबाट खसेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेकी छन्। उनी केही दिनअघि सुर्खेत आफन्तकहाँ आएकी थिइन्।, प्रहरीका अनुसार उनीसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका छन्।, ‘तीन जना सँगै बसेर पिङ खेल्न लागेका रहेछन्, डोरी चुँडिएपछि दुई जना घाइते छन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले भने।, डिएसपी शाहीका अनुसार घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीय छोरा छन्। उनीहरूको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ।, बुधबार दिउँसो ५ बजे यो घटना भएको हो। सुनारलाई सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, घटनाबारे होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी शाहीले जानकारी दिए।, होटलको फलामे पिङबाट खसेर एक महिलाको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका-६ का ३२ वर्षीय टोपबहादुर बिकको उपचारका क्रममा मृत्यु भएको हो। , रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहीबार बिहान १२ बजेर ४७ मिनेटमा मृत्यु भएको जानकारी दिए। यस दुर्घटनामा परी सात जना घाइते छन्। , रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनस्थित शहीद मार्ग हुँदै भाङ्गोबारी तर्फ जाँदै गरेको रा १ त १७२५ नम्बरको ट्रयाक्टर बुधबार बेलुका ८ बजेतिर दुर्घटना हुँदा आठ जना घाइते भएका थिए। , घाइते सबैलाई उपचारका लागि दाङ ल्याइएकोमा सल्यानका बिकको उपचारका क्रममा मृत्यु भएको हो। , उक्त दुर्घटनामा परी सल्यानको दारमा गाउँपालिका–४ का ५४ वर्षीय विरबल बिक, सल्यानको बागचौर–३ का २६ वर्षीय खुमराज बिक, कुमाख–६ का ४० वर्षीय दन्दविर वली, ३० वर्षीय रमेश बोहोरा र ३० वर्षकै हेमराज बोहोरा घाइते रहेको प्रहरीले जानकारी दिएको छ। , उनीहरू सबै सडकको काम गर्न जान लागेको मदजुरहरू रहेको प्रहरीले बताएको छ।, फलामे छडसहित मजदुर बोकेर भाङ्गोबारी तर्फ जान थालेको ट्याक्टर चिप्लो बाटोको कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ट्रयाक्टर सडकदेखि करिब १५ मिटर तल खसेको छ। , चालक २९ वर्षीय नविन चौधरी प्रहरीको नियन्त्रणमा छन्। चिप्लो बाटोमा ब्रेक हान्दा पनि काम नलागेकाले दुर्घटना भएको उनले प्रहरीलाई बताएका छन्। , उनले हाम फालेर आफ्नो ज्यान जोगाएको बताएका छन्। चालक चौधरीलाई प्रहरीले रोल्पास्थित भाङ्गोबारीबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो।, रोल्पामा ट्रयाक्टर दुर्घटना: एक जनाको मृत्यु, सात घाइते
सेतोपाटी संवाददाता काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ।, उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी लालमणि आचार्यले जानकारी दिए।, नागरिक उड्यान प्राधिकरणका एक अधिकारीका अनुसार सुरूमा इन्जिनमा आगो लागेको भनेर आएको थियो, अहिले आगोको चेतावनी आएको भन्नेछ। उनले भने, ‘खास के भएको हो यकिन हुन बाँकी छ।’, भैरहवा जाँदै गरेको श्री एयरको जहाजको इन्जिनमा आगो लागेको चेतावनीपछि काठमाडौं फर्कियो
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीलाई मंगलबार विहानैबाटै व्यथा लाग्न थालेको थियो। गर्भवती ढोई(पोथी हात्ती)ले व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि उसको जाँच गराउन पशु चिकित्सक तथा प्राविधिकहरू खोरसोर पुगे।, निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो। उनीहरूले हात्तीलाई सुत्केरी गराउन केही प्रयासहरू गरे। तर सामान्य रूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन। बरू माउ र बच्चाकै ज्यान जानसक्ने खतरा देखियो।, ‘हामीलाई बच्चाको भन्दा माउको बढी माया थियो। शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिक्न सके उसलाई बचाउन सकिन्छ कि भन्ने सल्लाह गर्‍यौं,’ डाक्टर श्रेष्ठले भने, ‘हामीसँग विदेशी डाक्टर निक मास्टर पनि हुनुहुन्थ्यो। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर र प्राविधिक पनि भएकाले शल्यक्रिया गर्न सकिने निष्कर्षमा पुग्यौं।’, डाक्टर श्रेष्ठ नेतृत्वको टोलीले बुधबार गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो। उनकाअनुसार नेपालमा यसरी शल्यक्रिया गरेर वन्यजन्तुलाई सुत्केरी गराइएको सम्भवत: यो पहिलो पटक हो।, गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हो। उसको यो दोस्रो बेतको बच्चा हो। यो चितवन निकुञ्जमा रहेको जंगली हात्ती ध्रुवेसँगको संसर्गबाट जन्मिएको हो। गण्डकीकलीको तीन वर्षअघि पहिलो पटक जन्मिएको बच्चा मरेको थियो।, डाक्टर श्रेष्ठका अनुसार त्यतिखेर गण्डकीकलीको बच्चाका पछाडिका दुईवटा खुट्टा योनीबाट निस्किएका थिए। तर पुरै बच्चा निस्कन सकेन।, ‘हामीले ३० जनाजति मान्छे लगाएर बच्चा तानेका थियौं तर बच्चालाई बचाउन सकिएन,’ उनले भने, ‘तर यसपालि त खुट्टा पनि बाहिर निस्किएन। पेटभित्र उल्टो अवस्थामा बसेको रहेछ।’, चिकित्सकहरूले करिब दुई घन्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकालेका थिए। सुरूमा छावाले कुनै हलचल गरेन। उसको मुटुको धड्कन शून्य थियो।, ‘हामीले उसलाई कृतिम श्वास दियौं। फोक्सोमा दबाब पुर्‍यायौं। करिब ३ मिनेटमा छावा निद्राबाट ब्युँझिएझैं भयो। उसको नाकबाट श्वास आयो, एउटा आवाज निकाल्यो,’ उनले भने, ‘हाम्रो खुसीको सीमाना रहेन। हामी अब माउ बच्चा दुबैलाई बचाउन सक्ने भयौं। ओहो, यो त ठूलो अचम्म भयो भन्ने लाग्यो।’, डाक्टर श्रेष्ठले गण्डकीकलीको गर्भवती अवस्था, शल्यक्रिया, पेटबाट निकालिएको बच्चाको अवस्था, उसमा आएको चामत्कारिक सुधार देख्दा कुनै फिल्म हेरेको जस्तो लागिरहेको बताए।, श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैं उठेर हिँडडुल गर्न थालेको छ। ‘उठ्न नसकेपछि बुधबार राति ९ बजेतिर स्लाइन चढाएका थियौं। बिहान १ बजेतिर आफैं उठेछ,’ श्रेष्ठले भने, ‘हामी अहिले पनि खोरसोरमै छौं। बच्चा खेलिरहेको छ, हामी उसलाई हेरेर दंग परिरहेका छौं।’, छावालाई अहिले पाउडर दूध खुवाइएको छ। आफ्नो शरीर काटेर निकालिएको बच्चासँग माउ डराइरहेको उनले बताए।, डाक्टर श्रेष्ठले बिहीबार गण्डकीकलीको घाउ सिलाउने बताए। यसलाई सञ्चो हुन केही महिना लाग्नसक्ने उनले बताए।, ‘हात्तीसारमा खुल्ला ठाउँमा शल्यक्रिया गरेको र अब पनि ऊ त्यहीँ बस्ने भएकाले धुलो, मैलो, फोहोरको इन्फेक्सन हुन सक्छ। मान्छेको जस्तो अप्रेसन थिएटर हुँदैन, फोहोरका कारण इन्फेक्सन हुनसक्ने भएकाले यसबाट बचाउन सक्नुपर्छ,’ उनले भने।, सामान्यत: पोथी हात्तीहरू बच्चा पाउन १४-१५ वर्षमा तयार हुन्छन्। गण्डकीकली गर्भवती नै ढिलो भएकी थिई।, ‘पहिलोपटक नै उसलाई गाह्रो भयो। यो पटक पनि त्यस्तै अवस्था आयो,’ चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर हेर्ने सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘जोखिम नउठाई नहुने अवस्था देखेर चिकित्सकहरूको टिमले पहिलोपटक शल्यक्रिया गरेर छावा जन्मायो। सफल पनि भयो।’, शल्यक्रियामा डाक्टर श्रेष्ठ, हात्ती प्रजनन् केन्द्र खोरसोरका नासु मनिपुरन चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डाक्टर अमिर षडौला, डाक्टर विकल्प कार्की, वन्यजन्तु प्राविधिक किरण रिजाल, क्यानडाका पशु चिकित्सक डाक्टर निक मास्टरलगायत सहभागी थिए।, ढोईले गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछ। २०५८ सालमा बच्चा जन्माउन नसकेर यहाँ हात्तीका माउ बच्चा मरेका थिए। खोरसोरमा ढोईहरू जंगली हात्ती ध्रुवे, रोनाल्डो, गोविन्देसँगको संसर्गबाट गर्भवती हुने गरेका छन्। २०५४ सालयता यहाँ ६२ वटा छावाहरू जन्मिएका छन्।, चितवनमा अपरेशन गरेर जन्मियो हात्तीको छावा
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेललाई एक लाख घुससहित पक्राउ गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। , उनले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो।, उक्त उजुरीपछि खटिएको टोलीले बिहीबार उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको प्रवक्ता थपलियाले बताए। , उनीबाट घुस रकम पनि बरामद भएको छ। ,  , ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैनामा मंगलबार राती एक युवकको हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।, सैनामैना नगरपालिका २ स्थित बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार एक पुरूषको शव फेला परेको थियो।, घटनास्थल र मृतकको अवस्था हेर्दा ढुंगाले हानेर हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। , बिहीबारसम्म मृतकको पहिचान नखुलेको भए पनि प्रहरीले घटनामा संंलग्न भएको आशंंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीको सिमलपानीका २७ वर्षीय ध्रुब बिसी, रूपन्देहीको सैनामैना २ कालिका चोकका १८ वर्षीय शिशिर थारू र नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ९ का २५ वर्षीय सन्दीप भनिने शेरबहादुर बोहोरा छन्।, पक्राउ परेकाहरूले अघिल्लो दिन साँँझ सँँगै बसेर मादक पदार्थ सेवन गरेको र अन्य गतिविधीहरूको अध्ययन गर्दा हत्यामा संलग्न भएको पुष्टि हुन सक्ने आधार फेला परेकोले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।, बुधबार बेवारिसे अवस्थामा मृत फेला परेका अन्दाजी ४० वर्षीय ती पुरूषको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले बताए। , पक्राउ परेकाहरूलाई जिल्ला अदालत रूपन्देहीले ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।, सैनामैनामा युवकको हत्या आरोपमा तीन जना पक्राउ
सेतोपाटी संवाददाता बिना प्रिष्क्रिप्सन औषधी किनबेच गरेको आरोपमा ललितपुरबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-४ नख्खुदोबाटोस्थित गोल्डेन गेट पोलिक्लिनिक एन्ड डायबेटिज सेन्टर प्रालिको ‘फार्मेसी युनिट’ नामक पसलबाट १४ जनालाई पक्राउ गरेको एसपी प्रविण पोखरेलले जानकारी दिए। , चिकित्सकको प्रिष्किप्सन बिना बढी मूल्यमा औषधी बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , उक्त सूचनाको आधारमा बुधबार परिसरबाट खटिएको टोलीले निगरानी थालेको थियो। साथै उक्त पसलमा तलासी लिँदा बढी मूल्यमा बिना प्रिष्किप्सन औषधी वितरण गरेको फेला पारेको एसपी पोखरेलले बताए। , प्रहरीले औषधी बिक्री गर्ने व्यक्तिहरू सल्लाघारी बस्ने २६ वर्षीय किशोर विक र कुसुन्ती बस्ने २७ वर्षीय भुवन ताम्राकारलाई पक्राउ गरेको छ। , यस्तै पसलका सञ्चालक लक्ष्मण सुब्बासहित तीन जनामाथि कालोबजारी मुद्दामा अनुसन्‍धान अघि बढाएको छ। , अन्य व्यक्तिहरू औषधी खरिदकर्ताहरू रहेको प्रहरीले जनाएको छ। उनीहरूले औषधी किनेर तीन वटा मिसावट गरी लागुऔषधको रूपमा प्रयोग गर्ने गरेको पाइएको हो। , प्रहरीले पसल र खरिदकर्ताबाट औषधी पनि बरामद गरेको छ। स्पास्पेन, एमडिप, प्रिनुरा, रेभलिन, एटिकार्ड डी, जिपेन, प्रोमिगन, एन्टिकोफ, एमिप, भोमिन २५ लगायत औषधी बरामद गरेको हो। , थप अनुसन्धानका लागि उनीहरूलाई लागु औषधी व्यवस्था विभाग बबरमहलमा पठाएको छ।,  , बिना प्रष्क्रिप्सन औषधी किनबेच गरेको आरोपमा १४ जना पक्राउ
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।, यस्तै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यत: सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज (शुक्रबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।, गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना छ।, भोलि शनिबार कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। ,  कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।  , देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक हल्का वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।, गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
भगवती पाण्डे रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, पडरियाकी सानिया परविन सधैं मुखमा मास्क लगाएर स्कुल जान्छिन्। रातो सर्ट, कालो पाइन्ट र टाईसँगै कालो मास्कमा स्कुल जाने सोनियाले सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्ने सपना देखेकी छन्।, सानियाले पाँच कक्षासम्म लुम्बिनीकै महिलवारस्थित मेत्ता गुरूकुलमा पढिन्। यसपछि लुम्बिनीकै करुणा गर्ल्स स्कुलमा भर्ना भइन्। अहिले १० कक्षामा पढ्दै छिन्। विद्यालय शिक्षा परीक्षा (एसइई) को तयारीमा छिन्।, एसइई आउँदो चैत १७ गते सुरू हुँदैछ।, सानियालाई डाक्टर बन्न सामान्य मेहनतले पुग्दैन भन्ने थाहा छ। त्यसैले पढाइमा लगनशील छिन्। विद्यालयमा उनको नतिजा उत्कृष्ट छ।, आमाबुबाका चार सन्तानमध्ये सानिया एकमात्र छोरी हुन्। बुबा अनिल अहमद खान पनि छोरीलाई डाक्टर बन्नुपर्छ भनेर प्रोत्साहित गर्दै छन्।, सानिया परविन, ‘बुवाआमाको चाहना पनि मैले डाक्टर बनेर गरिब दुःखीको सेवा गरोस् भन्ने छ। बुवा त सधैं मलाई प्रोत्साहन दिनुहुन्छ,’ सानिया भन्छिन्। , लुम्बिनीकै केउटलियाकी साविया निशा फकिर पनि डाक्टर बनेर बिरामीको सेवा गर्न चाहन्छिन्। उनी मेत्ता गुरुकुलमा कक्षा ९ मा पढ्दै छिन्। गुरुकूल पुग्न आधा घण्टा साइकल चलाउनुपर्छ।, उनलाई पनि उनका बुवा मसिउद्दिन फकिरले डाक्टर बन्न प्रेरित गरेका छन्।, ‘मेरा बुबाले पढ्न पाउनुभएन। मलाई डाक्टर बनाउने भन्नुहुन्छ। मलाई पनि डाक्टर बनेर गरिबदुःखीको उपचार गर्ने इच्छा छ,’ सावियाले भनिन्। , छोरीहरूलाई मदरसाको साटो सबैले पढ्ने स्कुल पठाएकोमा मसिउद्दिनले अनेक कुरा सुन्नु पर्छ तर उनी नसुने झैँ गरिदिन्छन्। साविया पनि बेवास्ता गर्छिन्।, ‘म आफू ठिक छु, मेरो लागि बुबाआमाले सपना देख्नुभएको छ। अरूले के भन्छन् भन्ने कुराले कुनै मतलब राख्दैन,’ साविया भन्छिन्।, मसिउद्धिन दम्पतीका सात छोरीमध्ये साविया माइली हुन्। जेठी छोरी गाउँकै अर्को स्कुलमा ११ कक्षामा पढ्दै छिन्। साबियासहित पाँच जना मेत्ता गुरुकुलमा पढ्छन्। कान्छी छोरी स्कुल जाने उमेरकी भएकी छैनन्।, मसिउद्दिन कपडा सिलाउने काम गर्छन्। उनकी श्रीमती घर सम्हाल्छिन्।, छोराको आशामा सातजना छोरी भए पनि मसिउद्दिनलाई कुनै पछुतो छैन, खुसी छन्। अब सन्तान नथप्ने विचार गरेका छन्।, ‘छोरीहरूले पढाइमा मिहिनेत गरेको देखेपछि छोरा र छोरी एउटै हुन् भन्ने लागेको छ। अवसर पाए भने छोरीले पनि सबै काम गर्छन्। सावियालाई डाक्टर बनाउने सोचेको छु,’ उनले भने।, साविया निशा फकिर, वडा नम्बर ७, भैसहियाकी साहिदा खातुनले ६ कक्षासम्म तिलोत्तमाको एउटा निजी स्कुलमा पढिन्। लुम्बिनी बसाइँ सरेपछि ‘करुणा गर्ल्स स्कुल’ मा भर्ना भइन्। अहिले एसइईको तयारीमा छिन्।, उनी पनि डाक्टर भएर सेवा गर्न चाहन्छिन्।, वडा नम्बर १०, महजिदियाकी नसरिन बानुले ८ कक्षासम्म कपिलवस्तुको एउटा मदरसामा पढिन्। त्यहाँ ८ कक्षामाथिको पढाइ थिएन।, यसपछि उनी पनि करुणा गर्ल्स स्कुलमा भर्ना भइन्। अहिले ९ कक्षामा पढ्दै छिन्। , उनी बिरामीको सेवा गर्ने नर्सिङ पेसामा जान चाहिन्छन्। , भन्छिन्, ‘अहिले नै निधो त छैन तर नर्सिङ पेसा मन पर्छ।’, मुस्लिम समुदायमा छोरीहरूलाई अन्य समुदायका विद्यार्थी पढ्ने स्कुलमा नभई मदरसामै पठाउने परम्परा छ। कतिपय मुस्लिम अभिभावकहरूले अन्य स्कुलमा पनि पठाउने गरेका छन्। मदरसा भनेको मुस्लिम विद्यार्थीहरूमात्र पढ्ने विद्यालय हो।, आफ्ना बुबाआमाले छोराछोरीमा भेदभाव नगरी अंग्रेजी स्कुलमा पढाएकोमा सानिया खुसी छिन्।, भन्छिन्, ‘म सानै हुँदादेखि नै बुबाआमा अंग्रेजी स्कुलमा पढेर डाक्टर बन्नुपर्छ भनिरहनुहुन्थ्यो। मदरसा वा अर्को स्कुल जहाँ पढे पनि शिक्षा त एउटै हो तर सबै समुदायका विद्यार्थीहरूसँग बसेर पढ्दा भविष्यका लागि पनि वातावरण सहज हुन्छ।’, नसरिन बानु, करुणा गर्ल्स स्कुल सञ्चालन भएपछि भने मुस्लिम अभिभावकलाई पनि सहज भएको छ।, ‘अर्को स्कुलमा जाँदा अनुहार ढाक्नु पर्छ। गर्ल्स स्कुलमा केटीहरूमात्रै हुन्छन्, अनुहार ढाक्नु पर्दैन,’ नसरिनले भनिन्।, गर्ल्स स्कुलका प्रधानाध्यापक शंकरप्रसाद गौतमका अनुसार छात्रछात्रा दुवै पढ्ने स्कुलमा छोरी पठाउन नचाहने अभिभावकहरूलाई ध्यानमा राखेर  छात्रामात्र पढ्ने खोलिएको हो। उनका अनुसार छोरीहरूलाई प्राथमिक तहसम्म पढाए पुग्छ, त्यसपछि घरगृहस्थीको काम सिकाउनु पर्छ भन्ने परम्परागत मान्यता भएका मुस्लिम अभिभावकहरूले पनि छोरीलाई स्कुल पठाउन थालेका छन्।, यसरी खोलिए मेत्ता गुरुकुल र करुणा गर्ल्स स्कुल, लुम्बिनी विकासकोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) काठमाडौंमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) पढ्दै थिए।, २०६१ सालको कुरा हो क्याम्पसको हिउँदे बिदामा घर आएको मौकामा उनले गाउँका बालबालिकाहरू आँपको बगैँचामा जम्मा गरेर पढाए। स्कुल जान नपाएका बालबालिकाहरू उनका विद्यार्थी थिए।, एक महिनामा यसरी पढ्न आउने ११६ जना भए। गाउँकै केही साथी पनि बोलाएर ती बालबालिकाहरूलाई अक्षर लेख्न सिकाए।, एक महिनाको हिउँदे बिदा सकियो। अवधेश काठमाडौं फर्के। बालबालिकाहरू आफ्नै दिनचर्यामा फर्के।, काठमाडौं पुगेपछि पनि अवधेशको मन बेचैन भइरह्यो। गाउँका तिनै बालबालिकाहरू सम्झनामा आइरहे जसलाई उनले केही दिन अक्षर सिकाएका थिए।, गाउँमा एक महिनामै ११६ जना जुट्छन् भने यस्तै अरू कति होलान् जो स्कुल जान पाएका छैनन्।, गाउँमा एउटा प्राथमिक स्कुल खोल्ने विचारले उनी पढाइ छोडेर गाउँ फर्के। लगत्तै उनले केही बालबालिका जम्मा गरेर पढाउन थाले। एक जना दाताले जग्गा दिइन्।, अवधेशले गाउँका युवाहरू जम्मा गरेर बाँसको एउटा टहरो बनाए। प्रतिविद्यार्थी मासिक ३० रुपैयाँ लिएर पढाउन थाले। पैसा नहुनेहरू आफ्नो सुविधाअनुसार दिन्थे।, शुल्कबाट उठेको पैसा पैसाले बालबालिकाका लागि किताबकापी र अत्यावश्यक शैक्षिक सामग्री जुटाए। गाउँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुँदैन थियो। अवधेशले अंग्रेजी माध्ययमा पढाउने व्यवस्था मिलाए। स्कुलमा विद्यार्थी संख्या बढ्यो।, यही बीचमा अवधेशकुमार त्रिपाठी भिक्षु मेत्तेय भए।, अवधेशले रूखमुनि बालबालिका पढाएर सुरू गरेको स्कुलले टहरो हुँदै २०६९ सालमा पक्कि भवन पनि पायो। अनि भयो ‘मेत्ता गुरुकुल’। अहिले यो यो स्कुल लुम्बिनीमा निकै प्रख्यात छ।, गुरुकुलका प्राचार्य लोचन बम्जनका अनुसार शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाले पनि अंग्रेजी शिक्षा पढ्न पाऊन् भन्ने उद्देश्यले गुरुकुल सञ्चालन गरिएको हो।, सहप्राचार्य चिरञ्जीवीकुमार बरईका अनुसार थाइल्यान्डको नेपालस्थित दूतावास र लुम्बिनीस्थित थाई विहारले मेत्ता गुरुकुलका लागि भवन निर्माण गरिदिए।, डाक्टर बन्ने सपना देखेकी साविया अंग्रेजी माध्यमबाट पढाइ हुने भएकैले आधा घण्टा साइकल चलाएर मेत्ता गुरुकुल पुग्छिन्।मेत्ता गुरुकुल सहशिक्षालय हो, छात्रछात्रा दुवै पढ्छन्।, मेत्ता गुरुकुल खुलेपछि छोरीलाई स्कुल पठाउने क्रम बढ्यो तैपनि गाउँका सबै छोरीहरू आएनन्। छोरीमात्र पढ्ने स्कुल भए जसरी पनि पठाउँथ्यौँ भन्ने अभिभावक धेरै भेटिए।, यसरी छात्रामात्र पढ्ने स्कुलको अवधारणा विकास भयो। यसपछि भिक्षु मेत्तेयकै पहलमा २०७२ सालमा खुल्यो करुणा गर्ल्स स्कुल।, गर्ल्स स्कुलका प्रधानाध्यापक गौतमका अनुसार १३ जना छात्राबाट सुरु भएको करुणा स्कुलमा हाल तीन सय जना छन्। तीमध्ये करिब एक सय जना मुस्लिम छात्रा छन्।, सहप्रधानाध्यापक सुनिल बानिया छोरीलाई विद्यालय पठाउने क्रम पढेपछि सानैमा बिहे गरिदिने चलन कम हुँदै गएको बताउँछन्।, सार्वजनिक शैक्षिक गुठी अन्तर्गत ‘मेत्ता परिवार शिक्षा परिषद’ ले मेत्ता गुरुकुल र करुणा गल्स स्कुलसँगै पुन्निहवामा पनि स्कुल सञ्चालन गरेको छ।, भिक्षु मेत्तेय हाल यी तीन वटै स्कुलका संरक्षक रहेका छन्।, उनले विद्यालय सञ्चालनका लागि क्यानेडियाली नागरिक रहेकी एक ‘धर्मआमा’ मार्फत आर्थिक व्यवस्थापन गर्दै आएका छन्। विद्यार्थीहरूबाट पनि न्यूनतम शुल्क उठाउने गरेको प्रधानाध्यापक गौतमको भनाइ छ। उक्त स्कुलमा कक्षा ६ देखि १० सम्म पढाइ हुन्छ। संगीत र सिलाइकटाइ प्रक्षिण पनि हुन्छ।,  ,  ,  , डाक्टर बन्ने सपना बोकेर स्कुल जाने छात्राहरू!
सेतोपाटी संवाददाता साढे दुई किलो चरेससहित रूपन्देहीको भैरहवाबाट एक जना महिला पक्राउ परेकी छन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट बुधबार उनलाई पक्राउ गरिएको हो।, बुधबार साँझ ८ बजेतिर बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नं. ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।, शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।, प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरू गरेको जनाएको छ।,  , साढे दुई किलो चरेससहित एक महिला पक्राउ
सेतोपाटी संवाददाता कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , कृष्णपुर नगरपालिका–५ गुलरिया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो।  , सो दुर्घटनामा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।, ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएका हो।, यस्तै, ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको अत्तरियाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। , घटनापछि प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।, कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता मनाङमा बिहीबारदेखि हिमपात भएको छ।, हिउँ परेपछि यहाँको जनजीवन कष्टकर भएको छ।, किसानहरू भने खुसी छन्। हिउँ परेपछि खेतीबाली लगाउन पाइन्छ। यहाँ आलुलगायत खेती हुने गर्छ। मंसिर, पुसमा हिउँ पर्‍यो भने चैतदेखि नै आलुलगायत खेती गर्न सजिलो हुने किसानहरू बताउँछन्।, यसपालि ढिला गरी हिमपात भएको हो। प्राय: मंसिरमै यहाँ हिमपात हुने गर्दथ्यो।, माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ।, मनाङमा हिमपात
रासस दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।, एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ।, ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई/चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो। साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ,’ उनको भनाइ छ।, शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ। त्यही बचत फिर्ता लैजानका लागि उनी पटक–पटक कार्यालय पुगिन् तर कसैलाई पनि भेटाएकी छैनन्।, ‘अफिसमा गए कोही भेटिनुहुन्न। फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ,’ उनले भनिन्।, तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि छ हजार सो सहकारीमा बचत गरेका थिए। त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ।, उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनले बताए।, आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो। अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो। बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन।, सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
रासस रूपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको थियो।, कुटपिटबाट मृत्यु भएकी किशोरीको त्यसै रात दाहसंस्कार गरिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले अभियुक्त सोनियालाई पक्राउ गरेको हो।, जिल्ला अदालत रूपन्देहीबाट सात दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।, झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने पक्राउ
सेतोपाटी संवाददाता आज तराईका जिल्लाहरूमा होली मनाइने भएको छ।, सोमबार हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइएको थियो।, असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।, आज तराईमा होली मनाइँदै
रासस शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्।, देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिए।, होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए।, ‘होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ। देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ,’ उनले भने।, सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाइएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन्।, आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ। रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।, आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ। आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उनले बताए।, ‘होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौँ। होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन्। महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ,’ उनले भने।, थारु समुदायमा होली पर्व: आगो भित्र्याउने प्रचलन
भगवती पाण्डे झारफुकको बहानामा रूपन्देहीमा एक किशोरीको ज्यान गएको छ। रूपन्देहीको सैनामैनामा बिरामी भएकी किशोरीलाई निको बनाउने भन्दै झारफुक गर्ने बहानामा चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय सैनामैनाका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवाली रहेकी छन्।, माता भन्ने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार राति झारफुक गर्ने भन्दै चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, रेश्मीले किशोरीलाई झारफुक गरी सन्चो बनाउँछु भन्दै भुइँमा लडाएर घोप्टो पारी शरीरमाथि बसेर हातमा घन्टी बजाउँदै गालामा थप्पड हान्ने गरेकी थिइन्। त्यस्तै रूद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाक र मुखमा पानी खन्याउने, कपाल समाएर टाउको बटार्ने, कपाल समाएर अनुहारमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।, भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा किशोरीको मृत्यु भएको र दाहसंस्कार समेत गरेको पाएको हो।, प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार ४/५ दिनदेखि कान दुखेर बिरामी परेकी सीतालाई परिवारले माता भन्ने सोनियासँग झारफुकका लागि लगेका थिए।, झारफुकको बहानामा चरम कुटपिट गरिएकै कारण उनको मृत्यु भएपछि परिवारले शनिबार राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरेका थिए।, प्रहरीले घटनामा प्रत्यक्ष संलग्न सोनिया रेश्मीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।, कान दुखेर झारफुक गर्न 'माता' कहाँ लग्दा गयो ज्यान
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।, साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, यस्तै आझ राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, भोलि बुधबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। , कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, पहाडी क्षेत्रमा आज चट्याङसहित पानी पर्ने सम्भावना
सेतोपाटी संवाददाता तराईमा खेलिने फागु पूर्णिमा (होली)  आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ।   , कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।, उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे। उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे।, स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’  प्रख्यात पर्व मानिन्छ।  सो पर्व नेपालमा मनाइने होली जस्तै  हो। सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ। आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ। ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ। कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए।, होटल एशोसियसन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघले सहकार्य गरेका छन्। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाँ सन्देश दिने बताए।, पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ। अत्यन्त स्वास्थ्यवर्द्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेँडाको प्रयोगले छालालाई राम्रो बनाउने विश्वास छ । , बाँके पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले सद्भाव र रङको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए। रासस, कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली
अजयकुमार साह होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।, जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो। महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन हुँदैछ।, महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ। यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ। मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ। महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ।, यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा भन्छन्, ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो। राजनीतिक रूपमा परिवर्तनको समय थियो। यो परिवर्तनमा सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो अवधारणा आएको थियो।’, ‘समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ’, उनले थपे।, वीरगञ्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। महामूर्ख सम्मेलनजस्तै कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ।, महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यो निकै चर्चित मानिन्छ।, यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए।, अहिलेसम्म को–को भए महामूर्ख?, वि.सं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो। विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ सालमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा र २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाललाई प्रदान गरिएको थियो।, यस्तै, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० सालमा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ सालमा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयाले पनि सो उपाधि प्राप्त गरिसकेका छन्।, वि.सं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो।, विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो। त्यस्तै, २०७६ सालमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई पनि महामूर्खको उपाधि प्रदान गरिएको थियो।, यसरी छनोट गरिन्छ महामूर्ख , महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ। महामूर्ख बन्न धेरै दिमाग खियाउनुपर्ने परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउँछन्। महामूर्खको छनोटका लागि तयारी आयोजनासँग खोजी सुरू भइहाल्छ। यसका लागि एक समिति गठन गरिन्छ। त्यसैले निर्णय गर्दै आएको छ। महामूर्ख बन्नका लागि धेरैको चाहना रहन्छ।, जनकपुरधामको स्थानीय पत्रिकाहरूमा एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाइएको हुन्छ। नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्छन्,‘महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो। यसलाई मिडियाले महत्व नदिने कुरै आउँदैन। मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण अझ बढ्ने गर्छ।’, सामान्यतया धेरैलाई लाग्न सक्छ महामूर्ख को बन्छ? तर आश्चर्यको कुरो यो रहेको छ धेरैको इच्छा रहन्छ यसपालि म महामूर्ख बन्न सकूँ।, विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्छन्, ‘उपाधि प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि रहेको छ, यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो।’, फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ।, मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए। रासस, महामूर्ख हुन तँछाडमछाड
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गएराति काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। , उक्त दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।, कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सविता बुढा माघ १० गते दिउँसोको कुरा हो। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बिछ्या गाउँमा हिमपात भइरहेको थियो। गाउँलेहरू घरभित्रै आगो ताप्दै बसिरहेका थिए।, तिलक गुरूङको परिवार पनि आगो तापेरै बसेको थियो। एक्कासि घर हल्लिन थाल्यो। उनीहरू दौडेर बाहिर निस्के। भूकम्पले घरै भत्काउलाझैं गरेपछि हिमपातको प्रवाह नगरी गाउँ तलपट्टिको चौरतिर भागे।  , ‘हिउँ र वर्षाको डरभन्दा भूकम्पको डर साह्रै लाग्यो, दिउँसो भएकाले भाग्न सकियो,’ तिलकले भने।, भूकम्पले पूरै बिछ्या गाउँ हल्लाएपछि गाउँलेहरू घरबाट भाग्दै चौरमा जम्मा भइसकेका थिए। हिउँ र पानीमा भिज्दै, डराउँदै उनीहरू चौरमा उभिए।, अलिबेरमा एक जना छिमेकीले त्रिपाल ल्याए। गाउँलेहरू त्यसकै ओतमा बसे। केही घण्टा बितेपछि भने गाउँलेहरू आ–आफ्नो घर हेर्न गए। तिलक पनि घरको अवस्था बुझ्न उकालो लागे।, घर त पूरै भत्केको थियो। भित्र राखिएका अन्नपात, सर–सामानहरू पुरिएका थिए। ‘घरको अवस्था त्यस्तो देख्दा मन रोयो, सामानहरू पनि सबै कहाँ पुरिए, पत्तो भएन,’ उनले भने।, तिलकको बुवाले २० वर्ष पहिले उक्त घर बनाएका थिए, खरले छाएको, ढुंगा र माटोको प्रयोग गरेको तीन तले घर थियो। तल्लो तलमा गाईगोरू राख्ने, बीच र माथिल्लो तलामा आफूहरू बस्ने गर्थे। बुवाको निधन भयो, तिलकको परिवारका सदस्यहरू अहिले पनि त्यही घरमा बस्दै आइरहेका थिए।, ‘बुवाको चिनारी त्यही घर थियो, भूकम्पले त्यो पनि राखेन,’ तिलकले सुनाए। भूकम्प जाने दिन गाईगोरूलाई अन्तै राखेकाले पशुचौपायाको क्षति उनले व्यहोर्नु परेन।, तिलकको जस्तै गाउँका ५ परिवारको घर पूरै भत्केको थियो। अरू कसैको भत्किन लागेको, कसैको चर्केको मात्र थियो। घरको अवस्था बुझेर उनीहरू फेरि चौरमा फर्किए। साँझ पर्न थाल्यो, हिमपात बढ्दै थियो, मुटु काँप्ने चिसोलाई उनीहरूले त्रिपालमुनि बसेर काट्नु पर्‍यो। , घरमा क्षति नपुगेका परिवारहरू दोस्रो दिन घरतर्फ फर्किए। आंशिक तथा जोखिममा रहेकाहरू पनि केही दिनपछि भुइँचालोको जोखिम कम भएको भन्दै घर गए। , तिलकसहित ६ घरपरिवार अहिलेसम्म त्रिपालमुनि बसेका छन्। भूकम्प गएको ५ दिनपछि वडा कार्यालयबाट त्रिपाल र केही दाल, चामल लगायतका खाद्य सामग्री पाएको तिलकले बताए।, ‘पाँच दिनसम्म त गाउँलेको घरबाट ल्याएर गुजारा चलाइएको थियो त्यसपछि वडाले त्रिपाल र खानेकुरा दियो केही सजिलो त भयो,’ तिलकले भने,‘ तर त्रिपालमा बस्दा चिसो छ, हावा लागे दिउँसै पाल उडाइदिन्छ।’, तिलकले घर बनाउन सरकारको सहयोग पाए सहज हुने अपेक्षा राखेका छन्। उनलाई अब भूकम्पले नभत्काउने घर बनाउने मन छ। तर पक्की घर बनाउन उनीसँग पैसा छैन।, ‘भूकम्पले घर भत्काएकाहरूलाई नयाँ घर बनाउन सरकारले सहयोग गर्छ भन्ने कुरा सुनेको छु,’ उनले भने। त्रिपालमा बस्दा बालबच्चाहरूलाई गाह्रो भएको उनी सुनाउँछन्। , समस्या पर्न थालेपछि अहिले उनले घर बनाउन ढुंगा सार्ने र काठ जम्मा गर्ने काम गरिरहेका छन्। 'सरकारको भर परौं भने कहिलेसम्म त्रिपालमा बसिरहनुपर्ने हो थाहा छैन, त्यही भएर अहिले सानो झुपडी बनाउन लागिरहेको छौं,' उनले भने।, तिलक खेतीपातीको काम गर्छन्। उनले हिउँदमा गहुँ, बर्खामा कोदो फलाउँछन्। आलुको पनि खेती गर्छन्। आफूले उत्पादन गरेको अन्नपात दुई महिना जति खान पुग्छ। त्यसपछि किनेर काम चलाउनु पर्छ। ज्याला मजदुरी गरेर कमाएको पैसाले किनेर खाने गरेको तिलक बताउँछन्।, ‘बिहान-बेलुकाको छाक टार्न गाह्रो छ, त्यसैमाथि भूकम्पले बेहाल गरायो, घर बनाउने विषयमा चिन्ता लाग्छ, त्रिपालमा बस्न लागेको महिना भयो, सरकारले सहयोग गर्छ भन्छन्, तर कहिले गर्छ?,’ उनले सोधे।, उनको यही प्रश्न हामीले उनका वडा अध्यक्ष मंगलबहादुर बुढालाई सोध्यौं। ‘उहाँहरूको व्यवस्थापन र विस्थापित भएकाहरूको पुनर्स्थापनाका लागि हामीले वडाबाट सबै विवरण पठाएका छौं, सहयोग भने अहिलेसम्म प्राप्त भएको छैन,’ उनले भने।, वडा नम्बर ३ का अध्यक्ष बुढा भूकम्पले आफ्नो वडाका ६ घरपरिवार पूर्ण रूपमा विस्थापित भएको बताउँछन्। उनकाअनुसार अन्य ७० घर पनि जोखिममा रहेका छन्।, बाजुरामा माघ १० गते हिमाली गाउँपालिकाको बिछ्यालाई केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। गाउँपालिकाभरि १ सय ४ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। माघ १० को भूकम्पपछि बाजुरामा दुई पटक परकम्प गयो। भौतिक संरचनामा थप क्षति भयो।, जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार उक्त तथ्यांक जिल्ला प्रहरी कार्यालयले संकलन गरेको हो। विस्थापित भएका परिवार अहिले स्थानीय तह, नेपाल रेडक्रस र जिल्ला प्रशासनले दिएको त्रिपालमा बसिरहेका छन्। खाना पनि उनीहरूले तिनै निकायबाट पाइरहेका छन्।, भूकम्पबाट विस्थापित परिवारको माग छ- सरकारले पुनर्स्थापनामा आफूहरूलाई सहयोग गरोस्। तर अहिलेसम्म जिल्लामा भूकम्पबाट भएको क्षतिको विवरण समेत संकलन हुन सकेको छैन।, जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएका इन्जिनियरहरूले क्षतिको विवरण संकलन गर्न भनेका थिए। सोहीअनुसार भूकम्पबाट क्षति भएका स्थानीय तहमा विवरण संकलनको काम भइरहेको हो। अझै पनि विवरण संकलनको काम नसकिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए।, तथ्यांक संकलन गरिसकेर जिल्लाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाएपछि मात्र राहत तथा पुनर्स्थापनाको काम सुरू हुन्छ।काममा ढिला हुँदा बाजुराका भूकम्प प्रभावितहरूको पुनर्स्थापनामा ढिलाइ भरहेको छ।, तथ्यांक संकलनमै ढिला भएपछि छिटो पुनर्स्थापनाको माग गरिरहेका प्रभावितहरू निरास बनेका छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले भूकम्पबाट विस्थापित भएकाहरूको पुनर्स्थापनाको सवालमा तीनै तहका सरकारले काम गर्नुपर्ने बताए।, ‘राहत दिने विषयमा तीनै तहका सरकारले काम गर्नुपर्छ, यो विषयमा मानवता पनि जोडिन्छ, जसले जति सक्यो सहयोग गर्नुपर्छ, प्रदेश सरकारले उहाँहरूलाई राहत दिने विषयमा छलफल गरिरहेको छ,’ उनले भने।, बाजुराका भूकम्पपीडित सोध्छन्- सरकारले सहयोग गर्छ भन्छन्, कहिले गर्छ?
सेतोपाटी संवाददाता कुटपिटबाट कैलालीका एक युवकको हत्या गरिएको छ। , डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीमा स्कुलको भवनमा निर्माणको काम गर्ने मजदुरको कुटपिटबाट मृत्यु भएको हो।, कैलाली धनगढी उपमहानगरपालिका–१७ धुर्जनाका ३५ वर्षीय रजि साउँदको हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए।, आइतबार कुटपिटको घटनापछि गम्भीर घाइते भएका साउँदलाई उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको डोटी प्रहरीले बताएको छ। , काम सकिएपछि राति मदिरा सेवन गरेको र आपसमा विवाद भएपछि बेल्छाले प्रहार गरिएपछि साउँद घाइते भएका थिए। , प्रहरीले स्थानीय डबल सेट्टीलाई हत्या आरोपमा पक्राउ गरेको छ।, कुटपिटबाट कैलालीका युवकको हत्या
रासस चितवनमा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ।, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो।, केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए।, मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो।, घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए।, यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ। पार्वोको संक्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए।, सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुर मर्ने गर्छ। कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता संक्रमण नहुने न्यौपानेले बताए।, अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले बताए।, कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ।, कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण
रासस नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ। जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ।, पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ। तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फू) का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ।, आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा। होलीको मुख्य गहनाका रुपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अविरमा मात्र सीमित हुँदै गएको छ।, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रुपमा मनाउने परम्परा छ। तर यी सबैलाई एक ठाउँमा बाँधेर राख्ने जोगिराको स्थानमा अचेल ‘डिस्को’ बाजा बज्न थालेपछि होलीको मौलिकता हराउँदै गएको रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ।, लुम्बिनीका बासिन्दा वीरेन्द्र मिश्रले स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःख सुख जोगिरामार्फत व्यक्त गर्ने गरिएको बताउँछन्। अहिलेको पुस्ता यसलाई बिर्सिदै गएको र डिजेमा भुल्ने गरेको उनले बताए।, ‘हामीले जेनतेन यसलाई धानिरहेका छौँ, हामी नरहे हाम्रो परम्परा जोगिरा पनि नरहने भयो। आजकलमा युवाहरु डिजेमा गीत सुन्न मै रमाउँछन्, जोगिरा जोगाउनतर्फ उनीहरुलाई उत्प्रेरित गर्न सकिएन,’ उनले भने।, पहिले पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने चलन थियो। वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो। होलीमा गाइने यस्ता गीतलाई नै ‘जोगिरा’ भनिन्छ।, होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवनालाई पनि उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन्।, सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको लुम्बिनी सांस्कृतिक विरहा समूहका राधेश्याम पालको भनाइ छ।, पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उनले बताए।, तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाको लागि केही पाका स्थानीयले “लुम्बिनी सांस्कृतिक विरहा समूह” गठन गरेका छन्। समूहकै सदस्य जनार्दन यादवले आजका युवालाई फागु बुझाउन समूह लागि परेको बताउँछन्। तर युवाहरुको यसप्रति आकर्षण नभएको उनको भनाइ छ।, पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे। उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए। हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन। सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ।, लोपोन्मुख अवस्थामा होलीको जोगिरा
सन्तोष पुर्कुटी आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। ‘आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ’, गृहजिल्ला ताप्लेजुङ आउनुभएका डा सन्दुक रुइतले भने। , जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताए। सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुगेका हुन्। आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका छन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका हुन्।, हजारौँको आँखामा ज्योति दिएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ। सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, ‘सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ।’, यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनले भनाइ थियो। हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए। ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उनले भनाइ थियो।, यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताए। यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उनले भनाइ छ। यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उनले प्रष्ट पारे। यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनले बताए। तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ। उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ। , कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताए। निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताए। छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उनले भनाइ छ। , टिपताला नाका हाल बन्द रहेको छ। कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ। झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ। सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे। , सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत, सात वर्षको हुँदा उनका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्‍याएका। उनलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ। बाटोमा हिँड्दै गर्दा उनका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उनले सुनाए।, आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहेको देखिन्थ्यो। ‘आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ’, डा रुइतले भने।, उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन। गाउँमा बिजुली, टेलिफोन कुरै भएन। याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो। गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे। त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उनलाई लाग्ने गरेको छ। त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उनलाई आइरहन्छ। , गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उनलाई लाग्छ। अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन्। राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ। ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ। , डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ। यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गर्नुभएका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गर्नुभयो। विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे। उनी अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन्। , उनलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन्। उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गरेको बताइन्छ। विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनी पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन्। झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गरेका थिए। , यसैबीच सोमबार गाउँमा पुग्दा उनलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन्। विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाउनुभएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि। उनलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए। , तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उनी आफ्नो गाउँमा पुगेका हुन्। शिविरमा उनले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गरेका छन्। , गाउँमा फर्किएर ज्योति दिएकामा उनीप्रति गाउँलेले खुसी व्यक्त गरे। यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए। चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ। बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो। , आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन्। दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन्। ,रासस, जब डाक्टर सन्दुक रूइत फेरि आफ्नो गाउँ पुगे...
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र १५ वर्षीय अनिल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल र भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए। , सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुई जना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, कोहलपुरमा नहरमा डुबेर दुई बालकको मृत्यु
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा एक पुरूषमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , मंगलबार साँझ सवा ५ बजे कोहलपुर नगरपालिका-११ न्युरोडस्थित होटल अतिथि अगाडि एक पुरूषमाथि ६-७ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , जाजरकोट बारेकोट गाउँपालिका-३ बस्ने ३५ वर्षीय अमरबहादुर खड्कामाथि कुटपिट भएको हो।   , जावा लेखिएको रातो रंगको मोटरसाइकलमा सवार दुई जना र अन्य ४-५ जनाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ।, सिसाको बोतलले हान्दा टाउकोमा चोट लाग्दा खड्का गम्भीर घाइते भएका थिए।, उक्त खबरपछि इलाका प्रहरी कार्यालयबाट डिएसपी सुन्दर तिवारी नेतृत्वको टोली खटिएको थियो। टोलीले घाइतेको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाएको थियो। त्यहाँबाट नर्सिङहोम नेपालगन्जमा रिफर गरिएको छ।, घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , हुम्ला चङ्गखेली गाउँपालिका-३ बस्ने २४ वर्षीय मुकुन्द चौलागाई र कोहलपुर-१२ बस्ने २२ वर्षीय रोहित रोका मगर पक्राउ परेका छन्। , उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ। अन्यको प्रहरीले खोजी गरिरहेको डिएसपी घर्तीले बताए।   ,   , कोहलपुरमा एक पुरूषमाथि कुटपिट, दुई पक्राउ
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार स्किल्स एण्ड थ्रिल्सले विषेश कार्यक्रम आयोजना गर्ने भएको छ।, सबैका लागि खुला र विशेष र रोमाञ्चक स्कील, थ्रिल्स र चिल क्रियाकलापसहित कार्यक्रम आयोजना गरिने स्किल्स एण्ड थ्रिल्सकी सदस्य निश्मा श्रेष्ठले जानकारी गराइन्।, ‘कार्यक्रमद्वारा महिलाको उपलब्धिलाई मनाउने र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ,’ उनले भनिन्। , ओपन ट्र्याक स्ट्यान्ड च्यालेन्ज र महिला टर्टल दौड जस्ता साइक्लिङ खेल र चुनौती, महिलालाई साइकल चलाउने आफ्नो जोशलाई पछ्याउन र स्वस्थ्य जीवनशैलीको नेतृत्व गर्न प्रोत्साहित गर्न यो कार्यक्रमको आयोजना गर्न लागिकएको उनले बताइन्।, कार्यक्रममा उषा खनाल, मिङ्‍मा याङ्जी शेर्पा, मेनुका गुरूङ र पञ्चमाया तामाङका प्रेरणादायी कथाहरू पनि प्रस्तुत गरिनेछ। , ‘जसले अवरोध तोडेर आ-आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेका छन्। यी कथाहरूले सहभागीलाई उत्प्रेरित गर्नेछ र तिनीहरूलाई उत्कृष्टताको लागि प्रयास गर्न उत्प्रेरित गर्नेछ’, उनले भनिन्।, सोमिया बराइली, केटीए हारू र डीजे दानको प्रत्यक्ष संगीत प्रस्तुतिले कार्यक्रमको थप रौनक र जीवन्तता थप्नेछ। स्रोताले संगीतको तालमा नाचगानसहित र भरपुर आनन्द लिन सक्छन्।, कार्यक्रम दिउँसो ३ बजेपछि बालुवाटारस्थित अटो फोकस परिसरमा हुनेछ।,  , अन्तर्राष्ट्रिय महिला दिवसमा स्किल्स एण्ड थ्रिल्सले विशेष कार्यक्रम आयोजना गर्दै
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. १६, करौती डाँडामा पाइपमार्फत् घर-घरमा बायो ग्यास पठाउन सुरू भएको छ। , स्थानीय गरूवा गाउँका ३४ घरमा पाइपमार्फत् ग्यास वितरण गरिएको छ। नेपाल उर्जा विकास कम्पनी प्लान्टका म्यानेजर हरिशरण श्रेष्ठले आसपासका अन्य गाउँघरमा पनि ग्यास वितरणको लागि पाइप विस्तार गर्ने कार्य सुरू भएको जानकारी दिए। , प्लान्टबाट पाइपलाइन बिच्छाएर सिधै आसपासका घरमा अहिले ग्यास वितरण गरिएको हो। प्लान्टबाट जमिनमूनि बिच्छाएर पाइप घर-घरमा लगिएको छ। बिच्छाइएका पाइप भारतबाट ल्याइएका हुन्। , प्लान्ट फुलफेजमा सञ्चालन गर्नका लागि चाहेजति फोहोर पाउन नसक्दा समस्या भइरहेको म्यानेजर श्रेष्ठले बताए। प्लान्टबाट दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ।  , प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि जम्मा आधा टन फोहोर मात्रै पाउन सकेको उनले जानकारी दिए।, ‘दैनिक कम्तीमा १४ टनसम्म फोहोर प्राप्त हुन सके पनि सोचअनुसार ग्यास उत्पादन हुने थियो,’ उनले भने, ‘पैसा हालेर किन्छौं भन्दा पनि प्लान्टलाई पूर्ण रूपमा चलाउन चाहिने फोहर हामीले पाउन सकिरहेका छैनौं।’ , भनेजति फोहोर पाउन नसक्दा सोचेअनुसार ग्यास उत्पादन हुन नसकेको उनले बताए। उत्पादन थोरै भइरहेको हुँदा आसपासका अन्य गाउँमा पाइप बिस्तार गर्न तथा घर-घरमा ग्यास पुर्‍याउने काम प्रभावित बनेको उनले बताए। पहिलो चरणमा प्लान्ट आसपासका ७ सय ५० घर परिवारका भान्सामा पाइपमार्फत् ग्यास पुर्‍याउने उद्देश्यले सर्भे गरिएको भए पनि त्यो अनुरूप काम हुन सकेको छैन। , म्यानेजर श्रेष्ठले नजिकको तुलसीपुर उपमहानगरपालिकाले फोहोर दिन नमान्दा पनि समस्या भइरहेको जानकारी दिए।, आवश्यक फोहोर जम्मा गर्न आसपासका अन्य स्थानीय तहसँग पनि छलफल गरिएको भए पनि कठिनाइ भइरहेको उनले बताए। , भनेअनुसार उत्पादन सुरू भए घोराही-१० को नारायणपुर बजारलगायत आसपासका गाउँहरूमा ग्यास पाइपमार्फत् घर-घरमा पुर्‍याउने योजना श्रेष्ठले सुनाए। , चाहिने जति मल नपाउँदा गाइभैंसी र  कुखुराको मल किनेर ल्याउनु पर्दा लागत बढी पर्न गएको श्रेष्ठले बताए।, ‘हामीले पहिले नै किनेको गाइभैंसी र कुखुराका मलबाट ग्यास उत्पादन गर्न केही सहज भयो,’ उनले भने ‘ अब सधैँ त्यसरी किनेर ल्याउन सम्भव देखिँदैन।’  , जिल्लाका दुई उपमहागनरपालिका र लमही तथा भालुवाङ बजार क्षेत्रबाट दैनिक उत्पादन हुने फोहोर सहज रूपमा उपलब्ध हुन सके आफूहरूलाई सहज हुने उनले बताए। , प्लान्टबाट फोहोरबाट ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्य राखिएको हुँदा गाई-भैंसीको मल भन्दा पनि बजारबाट दैनिक उत्पादन हुने गल्ने फोहरहरू आफूहरूको आवश्यकता रहेको उनले बताए। , प्लान्टकै लागि भनेर केही वर्षयता घोराहीले गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै उठाउँदै आएको छ। नगल्ने फोहोरसमेत नगरले  स्थानीयबाट खरिद गर्दै आएको छ।, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाको सहकार्यमा फोहरबाट ग्यास उत्पादन भइ रहेको छ।, उनीहरूका बीचमा २०७५ मंसिर ५ गते सम्झौता भएको छ। कम्पनी र घोराही उपमहानगरका बीचमा २० वर्षे सम्झौता रहेको छ। २० वर्षसम्म कम्पनीले घोराही उपमहानगरपालिकालाई नाफाको ५ प्रतिशत रकम दिने सहमति छ। प्लान्टका लागि घोराही उपमहानगरपालिकाले करिब तीन बिगाहा जग्गा उपलब्ध गराएको छ। ग्यास प्लान्ट २ हजार घन मिटरको रहेकोे छ। सुरूमा  २० करोड रुपैयाँ लागत अनुमान गरिए पनि परिकल्पनाअनुसार पाइपमार्फत् घर-घरसम्म ग्यास पुर्‍याउन झन्डै २२ करोड लाग्ने म्यानेजर श्रेष्ठले बताए। , प्लान्टले भने जति फोहोर प्राप्त गर्न सक्यो र सोचेअनुरूप ग्यास उत्पादन भयो भने घोराहीको आम्दानीको स्रोत बढ्ने देखिएको छ। , कम्पोष्ट मलसमेत उत्पादन गर्ने लक्ष्य राखिएको हुँदा सहर बजारमा प्रमुख समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनमा समेत सहज हुने आशा गरिएको छ। त्यसका साथै स्थानीय स्तरमै उत्पादिन बायो ग्यास केही सस्तोमा पाउने हुँदा स्थानीय लाभान्वित हुने प्लान्ट म्यानेजर श्रेष्ठले दाबी गरे।, यो पनि:, घोराही उपमहानगरले किन्न थाल्यो फोहोर, बायो ग्यास उत्पादन गर्ने तयारी, फोहोरबाट ग्यास निकालेर पाइपमार्फत् घर-घरमा बाँडिन्छ गरूवा गाउँमा
नारायण खड्का हिमा कुसुण्डा आफ्ना पुर्खाको भाषा सिक्न पाएकोमा मख्ख छिन्। आफ्नो मातृभाषा सिक्न हिमा प्युठानबाट दाङ आएकी छन्।, लोपोन्मुख कुसुण्डा जातिको भाषा संरक्षण र विकास गर्ने उद्देश्यले इच्छुक व्यक्तिलाई भाषा सिकाउन थालेको खबर पाएपछि हिमा दाङ आएकी हुन्।, ‘म मेरो मातृभाषा सिक्नकै लागि दाङ आएकी हुँ,’ उनी भन्छिन्, ‘अहिले म आफ्नो मातृभाषा बोल्न र केही कुरा लेख्न सक्ने भएकी छु। मलाई धेरै खुसी लागेको छ।’, आफू कुसुण्डाकी छोरी भए पनि आफ्नै भाषा बोल्न नजान्ने भएकोले दाङ आएर सिक्न थालेको उनले बताइन्। सुरू-सुरूमा आफ्नै मातृभाषा सुनेर हिमा अक्क न वक्क पर्थिन् रे।, ‘आफ्ना पुर्खाको भाषा नजान्दा नरमाइलो लाग्थ्यो,’ उनले भनिन् ‘कक्षामा केही नबुझ्दा निकै अप्ठ्यारो लाग्थ्यो। सिक्दै गएपछि रमाइलो हुन थाल्यो।’, आफ्नै पुर्खाको भाषा भए पनि हिमाका लागि कुसुण्डा भाषा सिक्नु कुनै नयाँ भाषा सिक्नु जस्तै थियो। आफ्नो पुर्खाको भाषा सिकेरै छाड्छु भन्ने अठोटले आत्मविश्वास बलियो भएको उनले बताइन्।, हिमा सानी छँदा उनका हजुरबाले कुसुण्डा भाषाका केही शब्दहरू बोल्ने गरेको उनको स्मरणमा छ।, उनको अनुमान अनुसार सम्भवतः हजुरबा पनि कुसुण्डा भाषा पूरा बोल्न जान्दैन थिए। केही शब्द र सीमित वाक्य मात्र बोल्थे।, हिमालाई हजुरबाले बोल्ने ती शब्द र वाक्यहरू अनौठा लाग्थे। कुसुण्डा भाषा पढ्न थालेपछि हिमाले हजुरबुवाले बोल्ने गरेका केही शब्दहरू पहिचान गरिन्। तिनको अर्थ थाहा पाइन्। केही लेख्न जान्ने पनि भइन्।, भाषा आयोगको सहयोगमा दाङमा कुसुण्डा भाषा पढाइ सुरू भएको चार वर्ष भयो। यसमा २७० घण्टाको कक्षा हुन्छ।, भाषा शिक्षक छन् कमला सेन कुसुण्डा र उदयराज आलेमगर।,  कुसुण्डा भाषाकी एक्ली वक्ता कमला सेन कुसुण्डा। तस्बिर: नारायण खड्का, हालको कक्षामा हिमाजस्तै २० जना प्रशिक्षार्थी छन्। उनीहरू कुसुण्डा भाषामा दोहोरो कुरा गर्न सक्ने भएका छन्। कुसुण्डा भाषाका विज्ञ एवं प्रशिक्षक आलेमगर नयाँ पुस्ताले लोपोन्मुख भाषा सिक्न सके त्यसको संरक्षणमा टेवा पुग्ने बताउँछन् ।, घोराही उपमहानगरपालिका–५ स्थित महेन्द्र माध्यमिक विद्यालय र घोराही–१८ को सुपैलाखुटीमा कुसुण्डा भाषाको पढाइ हुने गरेको छ। महेन्द्र माविमा कुसुण्डा र गैरकुसुण्डा दुवै गरी १२ जना र सुपैलाखुटीमा ८ जना गृहिणी प्रशिक्षार्थी छन्।, कुसुण्डा समुदायबाट आफ्नो मातृभाषा बोल्ने कमला र उनकी दिदी ज्ञानीमैया मात्रै थिए।, उनीहरू आपसमा कुसुण्डा भाषामै बोल्थे। तीन वर्षअघि ज्ञानीमैयाको मृत्यु भएपछि कमला एक्ली भएकी छन्। हाल उनी नै कुसुण्डा भाषाको 'विश्वविद्यालय' हुन्।, ‘हामी दिदी-बहिनी भेट हुँदा कुसुण्डा भाषामै सुखदुःखका कुरा गर्दै रमाउँथ्यौं,’ कमलाले भनिन्,‘दिदी बितेपछि यो भाषा जान्ने अब म एक्लै थिएँ। पढाइ सुरू भएपछि नयाँ पुस्ताले पनि सिक्न थालेका छन्। अब हाम्रो भाषा जोगिएला भन्ने आशा पलाएको छ।’, भाषाको व्यवहारिक प्रयोग नहुँदा जानेको कुरा पनि बिर्सने खतरा रहने कमलाको अनुभव छ।, दिदीको मृत्युपछि उनलाई यस्तो अनुभव भएको हो। आफूबाहेक कुसुण्डा समुदायका पुराना व्यक्ति कोही पनि बाँकी नरहेकाले नयाँ पुस्ताले नसिके भाषा लोप हुन सक्ने उनको भनाइ छ।, कमलाले घरमा छोराछोरीलाई पनि आफ्नो मातृभाषा सिकाइनन्। कसैले नबुझ्ने ठानेर बेवास्ता गरिन्। यसमा अहिले उनलाई पछुतो छ।, उनले भनिन्, ‘बोल्ने मान्छे नै नभएको कुसुण्डा भाषा के काम लाग्ला र भनेर आफ्ना छोराछोरीलाई पनि सिकाइनँ। अहिले मलाई पछुतो छ तर अब आफूले सिकेर अरूलाई पनि सिकाऊलान् भन्ने विश्वास छ।’, यी कमलालाई प्रशिक्षक बनाएर भाषा आयोगले कुसुण्डा भाषा सिकाउन थालेको हो।, दिदीको मृत्युपछि उनी एक्लो कुसुण्डा भाषी भइन्। दोहोरो कुरा गर्ने साथी भएन। जान्ने कोही नभएको हुँदा चिन्ता लाग्ने गरेको बताइन्।, प्रशिक्षण सुरू भएपछि उनलाई केही ढुक्क भएको छ।, प्रशिक्षक आलेमगरले ज्ञानीमैयाबाट टिपोट गर्दै कुसुण्डा भाषाको किताब पनि लेखेका छन् ।, भन्छन्, ‘ज्ञानीमैया र कमलामा मात्रै सीमित कुसुण्डा भाषा पढाइ हुन थालेपछि पुस्तान्तरण हुने विश्वास बढेको छ। नयाँ पुस्ताले सिक्दै गए भने भाषा जोगिन्छ।’, लोपोन्मुख कुसुण्डा भाषा नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र विकासमा सघाउने उद्देश्यले तीन चरणमा प्रशिक्षण दिने व्यवस्था छ। एउटा चरण ९० घण्टाको हुन्छ।, हालका प्रशिक्षार्थीको दुई चरण पूरा भएको छ। प्रशिक्षक आलेका अनुसार अन्तिम चरणको कक्षा सञ्चालनको तयारी हुँदैछ। २०६८ सालको जनगणनाअनुसार नेपालमा कुसुण्डा जातिको संख्या २६२ जनामात्रै छ।, हाल कुसुण्डा शब्दकोश, कुसण्डा शब्दचित्र, गेम्याक र सोजक गरी चार वटा पुस्तक प्रकाशन भएका छन्। भाषा शिक्षणको कुसुण्डा पाठ्यक्रम पनि प्रकाशित छ।, दाङ, रोल्पा, प्युठान, सुर्खेत, तनहुँ, गोरखा, कपिलवस्तु र अर्घाखाँची कुसण्डा जातिको परम्परागत बसोबासका क्षेत्र हुन्। ,  , कुसुण्डा भाषा सिक्न प्युठानबाट दाङ झरेकी हिमा
सेतोपाटी संवाददाता राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सांसदहरूको प्रदेश तथा संघीय निर्वाचनमा महिलाहरूको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने बताएकी छन्। , अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार महिला कानुन विकास मन्च(एफडब्ल्युएलडी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले निर्वाचनमा समानुपातिक प्रणाली हटाइनुपर्ने पनि बताइन्। , नागरिकता विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा उनको जोड थियो। ‘आमाको नामबाट नागरिकता दिने व्यवस्था हुनुपर्छ। यो संवेदनशील विषय छिट्टै टुंग्याउनु पर्छ। के महिला वंशज हुन सक्दैन?,’ उनले प्रश्न गरिन्। , सरकारमा अस्थिरता देखिएका कारण कतिपय महत्वपूर्ण काममा ढिलाई भइरहेको उनको भनाई थियो। अर्यालले लैंगिक हिंसा विरूद्ध लड्न महिला दरो हुनुपर्ने तर्क गरिन्। ‘हिम्मत भयो भने कसैले हेप्न सक्दैन। लड्न बल होइन हिम्मत चाहिन्छ,’ उनले भनिन्। , पछिल्लो समय पुरूषबाट महिला मात्रै पिडित नभएर महिलाबाट पुरूषहरू पनि पिडित हुनेक्रम बढेको बताउँदै लैंगिक समानतामा सबैले ध्यान पुर्याउनुपर्ने बताइन्। , एफडब्लुएलडीले प्रविधिको प्रयोगले हुने यौनिक तथा लैंगिक हिंसाको प्रतिरोध विषयक कार्यक्रम आयोजना गरेको थियो। , उक्त कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन तथा सचेतनामुलक नाटक प्रस्तुत गरेका थिए। एफडब्लुएलडीले पनि सचेतनामुलक नाटक तथा वृतचित्र प्रस्तुत गरेको थियो। , प्रविधिको दुरूपयोगले यौनिक तथा लैंगिक हिंसाका घटना दिनानु दिन बढ्दै गएको पाइएकाले सचेत हुनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन्। यसमा बालबालिका तथा महिला जोखिममा रहेका कारण अझ संवेदनशील हुनुपर्ने उनीहरूको जोड छ। , संयुक्त राष्ट्रि संघ (युनिसेफ) को एक अध्ययनले ७१ प्रतिशत बालबालिका सामाजिक सञ्जालको जोखिममा रहेको देखाएको छ। ,  , निर्वाचनमा महिला उम्मेदवारी ५० प्रतिशत हुनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष अर्याल
सेतोपाटी संवाददाता यसवर्षको महामूर्खको उपाधि जनकपुरधामका मेयर मनोज साहलाई दिइएको छ।, होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप) ले साहलाई उक्त उपाधि प्रदान गरेको हो।, प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत मङ्गलबार महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहलाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको मिनापले जनाएको छ।, महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ। , मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ। महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ।, यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए।, अहिलेसम्म को–को भए महामूर्ख?, वि.सं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो। विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ सालमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा र २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाललाई प्रदान गरिएको थियो।, यस्तै, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० सालमा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ सालमा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयाले पनि सो उपाधि प्राप्त गरिसकेका छन्।, वि.सं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो।, विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो। त्यस्तै, २०७६ सालमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई पनि महामूर्खको उपाधि प्रदान गरिएको थियो। (राससको सहयोगमा), यसवर्षको महामूर्खको उपाधि जनकपुरधामका मेयर साहलाई
राजेश घिमिरे यो सोमबार राति करिब साढे १ बजेको घटना हो।, भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही व्यक्तिले एक गम्भीर अवस्थाका बिरामी ल्याइपुर्‍याए।, रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो। पेट फुलेर ठूलो भएको थियो। बिरामीसँग आएका व्यक्तिको साथमा रहेको एक्सरे रिपोर्ट डाक्टरलाई नै तर्साउने खालको थियो।, एक्सरेमा उनको पेटमा एउटा सिंगो बोतल देखिन्थ्यो।, ‘पेटमा बोतल छ भन्ने उताको एक्सरेबाट आइसकेको थियो। त्यसैले 'पेरिटोनाइटिस' भए-नभएको छुट्टयाउन हामीलाई गाह्रो भएन। आन्द्रामा चोट लागिसकेपछि पेटमा इन्फेक्सन हुन्छ, जसलाई पेरिटोनाइटिस भनिन्छ,' अस्पतालका ल्याप्रोस्कोपिक तथा जिआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा. नारायणप्रसाद बेलबासेले भने।, उनले अगाडि भने, 'हामीले आन्द्रा फुटे-नफुटेको थाहा पाउन अर्को एक्सरे गर्‍यौं। त्यसबाट आन्द्रा पनि फुटेको शंका गरियो। अस्थिर अवस्थामा आएको बिरामी भएकाले एक-दुई घन्टा स्लाइन, एन्टिबायोटिक्स चलायौं।’, बिहान साढे ६ बजेतिरबाट बिरामीको शल्यक्रिया सुरू गरिएको थियो। बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्राभित्रै रहेको देखियो। बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो। पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए। बोतलमा बिर्को थिएन। भित्र केही दिसा र रगत पसेको थियो।, डा. बेलबासेको टिमले पेटभित्रको बोतल निकाल्यो र पेटलाई स्लाइन पानीले सफा गर्‍यो।, ‘फुटेको भागलाई प्राइमरी रिपेयर गरियो र रिफ्रेस गरेर सिलाइयो। त्योभन्दा माथिको भागबाट कोलोस्टोमी (दिसा निकाल्ने कृत्रिम बाटो) गरेर दिसा निकालेका छौं। दिसा लिक भएर संक्रमण फैलन नदिन त्यसो गर्नुपरेको हो,’ उनले भने।, बोतल मलद्वारबाट छिरेको भए पनि मलद्वारमा क्षति नपुगेका कारण बिरामीलाई केही राहत भएको उनले बताए। यति गर्न करिब साढे दुई घन्टा लागेको उनले बताए।, ‘पेटभित्रको अवस्था ठिक भएपछि दिसाको बाटो प्राकृतिक रूपमै कायम गर्न सकिन्छ,’ डा. बेलबासेले भने, ‘उनको होस आइसकेको छ। सामान्य कुरा गर्न थालेका छन्। करिब छ हप्तापछि कोलोस्टोमी निकाल्न सकिन्छ होला।’, रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीले आइतबार बिहान अचानक पेट दुख्यो भनेपछि सुरूमा बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए। त्यसले ठिक नभएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो।, एक्सरे गर्दा रिपोर्टमा पेटभित्र रक्सीको सिंगो बोतल देखिएपछि चिकित्सकले उनलाई तुरून्तै रेफर गरे। आफन्तले उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पुर्‍याए। शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा पनि हुनसक्छ भनेपछि भरतपुर ल्याइएको थियो।, नुर्सादलाई पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको थियो। डा. बेलबासेका अनुसार यस्तो घटनामा बिरामीले सामान्यतया २४ घन्टाभित्र उपचार पायो भने बचाउन सहज हुन्छ। ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै चोट नलागेका कारण नुर्साद खतरामुक्त भएको उनले बताए।, शल्यक्रिया गरेर बिरामीको पेटबाट निकालिएको बोतल। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, नुर्सादले साथीहरूसँग जाँदा केही खुवाएपछि आफू बेहोस भएको डा. बेलबासेलाई बताएका थिए। ‘साथीहरूले केही खुवाएपछि म बेहोस भएछु, त्यसपछि के भयो थाहा छैन,' नुर्सादको भनाइ उद्धृत गर्दै बेलबासले सेतोपाटीसँग भने, 'पेट दुखेपछि डाक्टरकोमा गएको भन्छन्।’, अस्पताल आइपुग्दा उनको सेतो रक्तकोष (डब्लुबिसी) निकै कम भइसकेका थियो। अहिले अवस्था सामान्य छ। ‘यो अवस्थामा केही समय बिरामीलाई मानसिक तनाव हुन्छ। डिप्रेसनमा जान सक्छन्। केही समय अपांगताजस्तो हुन्छ, घाउ पाक्न सक्छ,’ डा. बेलबासेले भने, ‘तर अहिले सबै स्थिर छ, सुधारको संकेत राम्रो देखिएको छ।’, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए।, ‘बिरामीले ठ्याक्कै यसो भएको हो भनेर नबोल्दासम्म यही भएको रहेछ भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामीले शंका लागेका व्यक्तिसँग सोधपुछ गरिरहेका छौं।’, उनले बिरामीलाई चन्द्रपुर अस्पताल र त्यहाँबाट बाराको अस्पताल पुर्‍याइएपछि बल्ल प्रहरीलाई जानकारी गराइएको बताए।, ‘बिरामी राम्रोसँग बोल्न सक्ने भएपछि कुरा गरेर कानुनी प्रक्रिया थप अघि बढ्छ,’ डिएसपी कोइरालाले भने, ‘बोतल आफैंले हालेको हो कि अरूले हालेको हो भन्ने नै यकिन भएको छैन।’, डा. बेलबासेले यो घटना असाध्यै दुर्लभ र असामान्य रहेको बताए।, ‘यस्तो घटना खासै आउँदैन, सामान्य मान्छेले यस्तो कल्पना पनि गर्दैन। जानी जानी कसैले यस्तो गर्दैन, यो त एक्सट्रिम लेभल अफ क्राइम हो,’ उनले भने।, करिब दुई वर्षअघि भरतपुरका २६ वर्षीय युवक बाथरूममा चिप्लिएर ह्यान्डसावर मलद्वारबाट छिरेको अवस्थामा अस्पताल आइपुगेको उनले बताए।, आन्द्रा फुटेको ६ घन्टामै अस्पताल आइपुगेका कारण उनी सञ्चो भएर सामान्य अवस्थामै फर्किएको डा. बेलबासेले बताए।, ‘त्यो एउटा दुर्घटना थियो, यो दुर्घटनाजस्तो देखिँदैन। आफैंले छिरायो कि अरूले छिरायो भन्ने मात्रै हो। त्यो विषयमा त म केही भन्न सक्दिनँ, प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला,’ उनले भने।, भरतपुरमा बिरामीको पेटभित्र भेटियो रक्सीको सिंगै बोतल
सुशीला रेग्मी खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ। लामो समयदेखि आलु उत्पादन गर्दै आएकी  उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन्। ,        , रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अग्रपंक्तिमा छिन्। बिउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा लगाएको आलु खन्ने र स्याहार्ने कार्य गरिरहेको बताउँछिन्। , ‘आलु सोचेभन्दा धेरै राम्रो उत्पादन भइरहेको छ, बिक्री गरेपछि तत्काल पैसा बुझ्न पाइने हुँदा व्यावसायिक उत्पादनमा जोड दिएको छु, खेतभरि लगाएका आलु फलेको देख्दा रमाइलो लागिरहेको छ’, उनले भनिन्। , उनले करिब साढे छ क्विन्टल सेरिटा, खुमल, उज्जवल जातको आलु लगाएकी हुन्। बर्सेनि गौतमले करिब एक सय क्विन्टल बिउ तथा खायन आलु उत्पादन गर्छन्। आलु खेतीबाटै उनको परिवारको जीविका चलेको छ।,        , ‘आलु लगाउन थालेपछि घरायसी व्यवहार चलाउन सहज भएको छ’, उनले भनिन्, ‘राम्रो मलजल र उन्नत जातको बिउ प्रयोगले उत्पादन राम्रो भइरहेको छ, यस व्यवसायबाट सन्तुष्ट छु।’, यसै व्यवसायबाट दुई छोरालाई सहरमा कोठा भाडामा राखेर पढाइरहेकी छन्। , छोराको उज्वल भविष्यका लागि विगत सात वर्षदेखि आलु खेतीलाई व्यावसायिक उत्पादनमा जोड दिइरहेकी छन्। धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजार समस्याकै पिरलो हुने गरे पनि अहिले भने सो समस्या छैन। यो वर्ष करिब रु दुई लाख आम्दानी हुने उनको अनुमान छ। ,        , अघिल्ला वर्षमा उनले आलु खनेर सिधै भैरहवाको शीतभण्डारमा लगेर राख्दिन्। बिउ आलु भएकाले रोप्ने बेलामा महँगो मूल्यमा रामपुरमा ल्याएर बिक्री गरेता पनि यस पटक भने खायनका लागि खनेर सकिएपछि तत्काल बिक्री गर्ने उनी बताउँछिन्। खनेको आलु भण्डारण गरी रोप्ने बेला बिउ बिक्री गर्दा अघिल्ला वर्षमा रु पाँच/छ लाख कमाइ गर्थिन्।, रामपुर–६ की सीता भण्डारीले यस वर्ष १२ क्विण्टल आलु उत्पादन गरेकी छन्। खायन आलु उत्पादन गर्ने देवकोटा बर्सेनि उत्पादन राम्रो भएपछि व्यावसायिक उत्पादनमा हौसला बढेको बताउँछिन्। उत्पादित आलु गत वर्षदेखि चिप्स उत्पादक कम्पनीलाई बिक्री गर्दै आएकी छन्। अहिले पनि चिप्सकै लागि बिक्री गर्ने तयारीमा रहेको उनी बताउँछिन्। ,        , ‘चिप्स बनाउने कम्पनीसँग समन्वय गरेर गत वर्षदेखि नै बिक्री गरिरहेका छौं, आलु बिकेन भन्ने पिरलो भएन, बिक्री गर्ने बित्तिकै हातमा पैसा परिहाल्ने, शीतभण्डारमा राख्ने खर्च, त्यहाँसम्म लैजाने ल्याउने यातायात ढुवानीमा खर्चनुपरेन’, उनले भने। ,        , बिक्रीका लागि उनले हरेक वर्ष तीन रोपनी जग्गा छुट्टाएर आलु खेती गरिरहेका छन्। व्यावसायिक उत्पादन थालेपछि आर्थिक क्षेत्रमा बलियो बन्दै गएको उनको अनुभव छ। फर्स्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले यस वर्ष खायन आलु उत्पादन कार्यक्रम सुरू गरेपछि किसानको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। , रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन्। कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बिउ खरिद गरेर खेती गरेका छन्।,        , ’आलुको लागि यो क्षेत्र उपयुक्त रहेकाले नगरपालिकाबाट उत्पादनमा जोड दिएर विभिन्न कार्यक्रम गरिरहेका छौं, व्यावसायिक उत्पादन गर्ने यहाँका किसानले आलुबाट राम्रो आयस्रोत लिन सफल हुनुभएको छ’, कृषि शाखा प्रमुख पाण्डेय भने।,        , रामपुरमा धेरै उत्पादन हुने आलु खेतीलाई व्यवसायीकरण गरी यसैबाट आर्थिकस्तर उकास्न आलु लगाउन किसानलाई उत्प्रेरित गर्दै बिउ अनुदान सहयोगका कार्यक्रम गरिरहेको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापा बताउँछन्। उत्पादित आलुलाई रामपुरमै सुरक्षित भण्डारणका लागि नगरले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगर प्रमुख थापाले बताए। ,        , ‘ठूलो परिमाणमा उत्पादन गर्ने कृषिउपजलाई नगरले बजारीकरणको व्यवस्थापन गर्नेछ, उत्पादनमा किसानले जोड दिएर काम गर्नुपर्‍यो, विभिन्न अनुदानका कार्यक्रम पनि नगरले सहयोग गर्नेछ’, नगर प्रमुख थापाले भने।,        , यस वर्ष हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरिएको हो। यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बिउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ। ,        , स्थानीयस्तरमा नै शीतभण्डार बनेपछि किसानलाई भण्डारण गर्न सजिलो र अर्कोतर्फ उत्पादित आलुबाट आम्दानीको स्रोत राम्रो बनेपछि यस व्यवसायबाट आर्थिक समृद्धितर्फ किसान अगाडि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन्।,        , खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र यस वर्ष करिब चार सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ। रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ। पछिल्ला वर्षमा रामपुरमा पालिकाले बिउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ। ,        , छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन्।, रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ। रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौंसम्म सडक सञ्जाल जोडिएपछि सवारी साधनमा पठाउन सजिलो भएको छ। ,रासस, रामपुरका किसानलाई आलु स्याहार्ने चटारो
रासस दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ।, चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो। , आयोगको फागुन १४ गते बसेको बैठकले पठनपाठनका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सुरू गर्न लागेको हो।  , योसँगै प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुला भएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बताए।, प्रतिष्ठान स्थापना भएसँगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल थालिएको थियो भने पटक–पटक दबाबमूलक कार्यक्रम पनि भएका थिए।, लामो समयसम्म शैक्षिक कार्यक्रम सञ्चालन नहुँदा यस क्षेत्रका नागरिक निराश बनेकामा प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएपछि उत्साहित भएका छन्।, शैक्षिक कार्यक्रम सुरू भएसँगै दाङसहित साविक राप्तीका विद्यार्थीसमेत लाभान्वित हुने उपकुलपति डा लामिछानेले बताए।, ‘प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रम सुरू हुन लागेको छ। यसबाट यहाँका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्’, उनले भने। , कक्षा सञ्चालनका लागि आवश्यक नर्सिङ प्राध्यापक नियुक्ति, भौतिक संरचना, लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूमलगायत तयारी अवस्थामा रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए।, उनका अनुसार आयोगले अनुमति दिएसँगै अब भर्ना कार्यक्रमसमेत अगाडि बढ्ने छ।, ‘हामीले सबै तयारी यसअघि नै गरिसकेका थियौं, आयोगको निर्णयसँगै अब भर्ना कार्यक्रमदेखि आवश्यक सबै काम अघि बढ्छन्’, उनले भन्नुभयो।, स्थानीयस्तरमा शैक्षिक कार्यक्रम सुरू भएसँगै जिल्लावासी खुसी भएका छन्। , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापन अनुमति
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुहार आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको हो। , विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।, ‘विशेष गरेर पाल्पा र पोखरालगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। झरीको सम्भावना नदेखिए पनि बादल चै दिनभरी लाग्ने देखिन्छ’, पौडेलले भने, ‘काठमाडौंमा धुम्म बादल लागिरहेको छ। हल्का वर्षाको सम्भावना रहेको छ। तर दिनभर जसो पानी पर्ने सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हुन्छ।’, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, देशका पहाडी भू-भाग चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।, काठमाडौंसहित पहाडी क्षेत्रमा हल्का वर्षा
सेतोपाटी संवाददाता सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।, देशका पहाडी भू-भाग चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
सेतोपाटी संवाददाता नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती जडान गर्न सहमति लिनुपर्ने बताएको छ।, आफूखुसी सडक बत्ती जडान नगर्न प्राधिकरणले आग्रह गरेको हो।, साथै प्राधिकरणले सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि मिटर जडान गर्न पनि आग्रह गरेको छ।, सडक बत्तीको बक्यौता धेरै रहेको भन्दै प्राधिकरणले तत्काल भुक्तानी गर्नसमेत भनेको छ।, ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको छ,’ प्राधिकरणले एक सूचना निकालेर भनेको छ, ‘सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गर्नुहोला।’, प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। , सहमति लिएर मात्रै सडक बत्ती जडान गर्न प्राधिकरणको आग्रह
सेतोपाटी संवाददाता स्वर्गीय डाक्टर विष्णुमाया खरेल लामिछाने (बिएम)को तेस्रो स्मृतिदिवसको अवसरमा प्रस्तावित बिएम फाउण्डेसनले पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरेको छ।, दन्त चिकित्सक तथा एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका प्रबन्ध निर्देशक डा.लामिछानेको क्यान्सर रोगका कारण २०७६ सालको फागुन २४ गते निधन भएको थियो। , समाजमा फैलँदै गएको क्यान्सर रोगविरूद्ध पत्रकारितामार्फत् समाजमा सचेतना फैलाउने उद्देश्यले उनको स्मृतिमा लेखनवृत्तिको घोषणा गरिएको फाउण्डेसनले जनाएको छ। , यसका लागि प्रस्तावित बि.एम.फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवनबीच पत्रकारलाई दिइने लेखनवृत्तिका विषयमा सम्झौता भएको छ।, प्रस्तावित फाउण्डेसनका तर्फबाट एलाइभ हस्पिटलका कार्यकारी अध्यक्ष डा. प्रमोद लामिछानेले बिउ पुँजीको रूपमा एकमुष्ठ ५ लाख रुपैयाँ उपलब्ध गराएका छन्।, बिउ पुँजी क्रमशः वृद्धि गरी २० लाख रुपैयाँसम्म पुऱ्याउने लक्ष्य राखिएको उनले बताए।, उनले सकेसम्म धेरै पत्रकारलाई लेखनवृत्तिमा सहभागी गराइने लक्ष्य लिइएको बताए।, बिउ पुँजीलाई फाउण्डेसन र नेपाल पत्रकार महासंघले संयुक्त रूपमा सञ्चालन गर्नेगरी अक्षय कोषमा राखिने महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले बताए। त्यसबाट प्राप्त हुने वार्षिक ब्याजमा फाउण्डेसनले नपुग रकम थपी एक लाख रुपैयाँ नेपाल पत्रकार महासंघ चितवनमा आबद्ध सक्रिय पत्रकारलाई लेखनवृत्ति दिइने उनले बताए।, लेखनवृत्तिका लागि नेपाल पत्रकार महासंघले कार्यविधि निर्माण गर्ने छ।, डाक्टर बिएमको स्मृतिमा क्यान्सर रोगविरूद्ध पत्रकारिताका लागि लेखनवृत्ति
सेतोपाटी संवाददाता रूपन्देहीमा एक पुरूषको शव फेला परेको छ।, बुधबार बिहान पौने ९ बजे सैनामैना नगरपालिका-२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी श्यामु अर्यालले जानकारी दिए। , पुरूषको टाउकोमा धारिलो वस्तु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी अर्यालले बताए। अन्दाजी ४० वर्षीय पुरूषको सनाखत भइसकेको छैन। , शव फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट र गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ। , प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा समेत लिएको डिएसपी अर्यालले बताए। , ईलाका प्रहरी कार्यालय बुटवलबाट यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , रूपन्देहीमा एक पुरूषको हत्या
रासस जनकपुर-जयनगर रेल सेवा सरकारको नीतिविपरीत बीमाबिना नै सञ्चालन भइरहेको छ। नियमित सञ्चालनमा आएको झन्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ।, २०७८ चैत १२ गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन्। सो मार्गमा सञ्चालित  दुई वटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नु परेको  नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए। उनले भने, ‘रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन।’, दुबै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख र गत आवमा रू ३० लाख विनियोजन गरिएको थियो। एउटा बोगीसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ। रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ।, ‘दुबै रेलको बीमाका लागि रू एक करोड ८० लाख आवश्यक पर्छ,’ रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने। बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई  नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति रू सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए।, झाले भने, ‘एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ। यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ।’, जयनगर-कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुबै रेल रेल्वे विभागको नाममा छन्। विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए। गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो। रेल खुल्न लागेको समयमा टिकट नलिई चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो।, उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले कम्पनी दैनिक लाखौं रुपैयाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन।, जनकपुर-जयनगर रेल बीमाबिना सञ्चालनमा
रासस भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ। नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ।, पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरद्कुमार थापा क्षेत्रीले बताए। उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताए।, पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो। , पुलको मध्यभागमा स्टिल ग्रिडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ। हाल पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा सवारीसाधन मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ। दश वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाइ र सात मिटर चौडाइको उक्त पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ।, दैनिक सवारीसाधन आवतजावत गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीय शङ्कर आचार्यले बताए। आचार्यले भने, ‘सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुपर्‍यो।’, पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए।, ‘पुलमा देखिएको जोखिमका कारण सवारीका साधन मात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ,’ उनले भने।, हाल जोखिम सावधानका लागि पुलबाट अतिआवश्यक सामग्री तथा सवारीसाधन मात्र आवतजावत भइरहेका सडक डिभिजन तुम्लिङटारले जनाएको छ।      , अरूण पुलको नट बोल्ट भाँचियो, सवारीसाधन आलोपालो चलाइँदै
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।, जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।, वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।, कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित
सविता बुढा गत साता कैलालीको कैलारी गाउँपालिका–४ भितरियाकी सीता चौधरी खुट्टामा राखेको रड निकाल्न सेती प्रादेशिक अस्पतालमा पुगेकी थिइन्।, पोहोर साल खुट्टा भाँचिएपछि अप्रेसन गरेर राखिएको रड अहिले निकाल्ने बेला भएको छ। त्यही रड निकाल्न अर्को अप्रेसन गर्नुपर्छ। त्यसका लागि उनले इर्मेजन्सी वार्डको टिकट काटिन्,अस्पतालमा भर्ना भइन्।  बेड भने पाइनन्। , बेड नपाएपछि उनको त्यो दिन त्यसै बित्यो।, अर्कोदिन बिहीबार बिहानैदेखि उनले बेडको खोजी गरिन्। , बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स अन्य कर्मचारीसँग कुरा भयो। तर बेड मिल्दै मिलेन।, ‘हिजोदेखि कुरिरहेकी छु, आज पनि दिनभरि कुरें, आज एक बेड खाली भएको थियो, त्यसै बस्छु भनेको के-के भन्दैछन् मेरो त कुरै सुन्दैनन्’, उनले सेतोपाटीसँग भनिन्।, धेरै पटक बेडको लागि कुरा गर्न गएपछि उनलाई देखेर  कर्मचारीले झर्को मान्न थाले। , ‘हाम्रो पछि कति लागेको?’ भन्दै झर्किन थाले।, ‘दुई दिनसम्म पर्खें तर, बेड छैन भनेर जानु अब होली मानेर आउनू भन्छन्, म त घरै फर्किन  लागेँ,’ उनले भनिन्।, सीताजस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ का प्रकाश बुढा ऐर पनि बेड नपाएर छटपटिएका थिए। निर्माणाधीन सडकमा मजदुरी गर्दा गर्दै श्रीमतीको हातको औंलामा चोट लागेपछि उनी उपचार गराउन धनगढी आएका रहेछन्।, घटनापछि प्रकाशले डडेल्धुरा अस्पतालमा लगेका थिए, त्यहाँ मल्हम पट्टीबाहेक अन्य उपचार भएन।, ‘औंलाको हड्डी टुटेको रहेछ, त्यहाँ हड्डीका डाक्टर छैनन्, सेती प्रादेशिक अस्पतालमा जानु भन्नुभयो, मंगलबार साँझ ७ बजे अस्पताल पुग्यौं,’ उनले भने।, बिहीबार प्रकाश श्रीमतीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा आएको तिन दिन पुगेको थियो।, ‘तीन दिन भयो कुरेको, इर्मेजन्सीको डाक्टर कर्मचारीहरूले बेड खाली हुन एक महिना पनि लाग्न सक्छ, जे गर्नु छ आफैं गर्नु नभए प्रशासनमा गएर अध्यक्षलाई भेट्नु भन्नुभयो,’ प्रकाशले भने।, कर्मचारीले कामको चाप छ भन्दै उल्टो सेवाग्राहीलाई धम्काउने डराउने गर्ने गरेको उनको अनुभव छ।, कर्मचारीले ‘बेडका लागि अध्यक्षलाई भन्नुहोस्’ भनेपछि प्रकाश सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षको कार्यकक्षमा गए।, उनको जस्तै कञ्चनपुरका गणेश रावलले पनि बेड नपाएको तीन दिन पुगेको थियो। रावलको हात भाँचिएको थियो, अप्रेशनका लागि उनी अस्पतालमा पुगेका थिए।, ‘हाम्रो हात के खसी बोकाको जस्तै हो? कहिलेसम्म यसरी उपचार नै नगरी राख्ने, कहाँ बसेर मेरो अप्रेशन गराउने, बेडका लागि हामी कहाँ जाने,’ रावलले अध्यक्षसँग आक्रोश पोखे।, उनीहरूको समस्या सुनेपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बेड मिलाइदिन आफूले सहयोग गर्ने बताएका थिए।, प्रकाशले तीनपछि बल्ल बेड पाएर श्रीमतीको उपचार गरिरहेका छन्। गणेश भने अस्पतालमा फेरि भेटिएनन्।, बेड नै नपाएर हप्तौंसम्म कुर्ने उनीहरूजस्ता बिमारी सेती प्रादेशिक अस्पतालमा धेरै भेटिन्छन्। अस्पतालमा प्रशासनका अनुसार यहाँ एक दिनमा दुई हजारभन्दा बढी बिरामी उपचारका लागि सेवा लिन आउने गर्छन्। , बिरामीको चाप अनुसार बेड संख्या, अन्य जनशक्ति नहुँदा यस्तो समस्या निम्तिएको छ। अस्पतालमा अप्रेशनका लागि आउने बिरामीले पनि पालो नै नपाएर घर फर्किनुपर्ने अवस्था छ।, सेवाग्राहीले भोग्ने समस्याबारे सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले गम्भीरतापूर्वक उठाउने गरेको अध्यक्ष नरबहादुर शाहको भनाइ छ। तर पनि समस्या भने ज्यूँकात्यूँ छ।, उनका अनुसार हाल अस्पतालमा विगतभन्दा धमाधम सेवाहरू थपिएका छन्। तर, जनशक्ति र नयाँ नियम कानून नभएका कारण अस्पतालमा समस्या झेल्नुपर्ने अवस्था रहेको छ।, सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले दुई सय शैय्याको बनाउने भनेर निर्णय गरेको छ। तर, कार्यान्वयनमा आउन सकेको छैन।, ‘दुई सय वेडको अस्पताल बनाउने भनेर निर्णय भएको छ, शैय्या बढाएपछि कर्मचारी, सेवा सुविधा पनि त्यही अनुसारको हुनुपर्ने हो तर उक्त निर्णय कार्यान्वयनमा नआउनु दु:खद कुरा छ, यसको स्तरोन्नति नहुनु नै यसको दुर्दशा हो,’ अध्यक्ष शाहले भने।  , विस १९९७ सालमा जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल अहिले प्रादेशिक अस्पताल भएको छ। , २०४० सालपछि स्तरोन्नतिको पर्खाइमै छ। , यहाँ ५० शैया नेपाल सरकारको स्वीकृति र थप ७५ शैया अस्पतालबाटै सञ्चालित छन्। प्रदेशका ९ वटै जिल्लाका बिरामी यहाँ आउँछन्। बिरामीको चाप बढी भएकाले अनुमति १ सय २५ शैय्याको भए पनि झन्डै ३ सय २३ शैया सञ्चालन गरिरहेको अध्यक्ष शाह बताए।, ‘अहिले जेनतेन गरेर सेवा दिइरहेका छौं,’ एउटा वार्डमा दुई जना कर्मचारी खटाएर, ओभरड्युटी गरेर भए पनि ३ सय २५ शैया जति चलाइरहेका छौं, समितिले पनि जेनतेन गरेर मेन्टेन गरिरहेको छ,’ उनले भने।, उनले सुदूरपश्चिमको सरकार र राज्यले अस्पतालको स्तरोन्नति गर्ने विषयमा गम्भीर हुनुपर्ने बताए।, ‘बेड कहाँबाट ल्याउने त क्षमता छैन, अप्रेशन गरेर बिमारीलाई कहाँ राख्ने भन्ने समस्या छ, टिनको टहरामा आइसियू चलाउनुपर्ने अवस्था छ,’ उनले भने।, प्रादेशिक अस्पतालको परिसरमा अस्पतालको नयाँ भवन निर्माणाधीन रहेको पाँच वर्ष भयो। यो बनेर अहिलेसम्म सकिएको छैन। पटक–पटक म्याद थप हुन्छ तर, निर्माणको काम अहिलेसम्म पूरा भएको छैन।, दुई वर्षअघि सक्नुपर्ने काम अहिलेसम्म पूरा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या भइरहेको कर्मचारीहरू बताउँछन्। नयाँ भवन छिटो बने सेवा प्रवाहमा सजह हुने अपेक्षा अस्पतालको छ।, यो अस्पताललाई २ सय शैयाको बनाउने निर्णय छिट्टै कार्यान्वयनमा आउने सुदूरपश्चिम प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाहीले बताए।, ‘सरकारले गरेको निर्णय कार्यान्वयनमा आउँछ, अस्पतालबारे धेरै सूचना हामीले बुझिरहेका छौं, मोडल अस्पताल बनाउने कुरो चलेको छ,’ उनले भने।, भर्ना भएपछि बिरामीलाई अस्पतालले भन्यो- बेड छैन, अब होली मनाएर आउनू
भागवत भट्टराई सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ पुर्‍याउन उच्चस्तरीय तलब सुविधा आयोगले सिफारिस गरेको छ।, सरकारले गत जेठमा सार्वजनिक गरेको तलब वृद्धि मर्यादाक्रम अनुसार नभएको भन्दै भएको कर्मचारीले गरेको आन्दोलनलाई सम्बोधन गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित आयोगले यस्तो सिफारिस गरेको हो।, आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रतिवेदन बुझाएको छ।, ‘तोकिएको समयमा तोकएको कार्यादेशअनुसार हामीले प्रतिवेदन बुझाएका छौं, प्रतिवेदनका विषयमा सरकारी तवरबाट कुरा आउला। देखिएका समस्या समाधान गर्ने गरी प्रतिवेदन दिइएको छ,’ पौडेलले सेतोपाटीसँग भने।, तलबका सम्बन्धमा मुख्यगरी ४ वटा विषयलाई प्रतिवेदनमा समेटिएको छ: मर्यादाक्रम अनुसारको तलब, तलब बढाउने मापदण्ड, खर्च घटाउने सुझाव र आम्दानी वृद्धिका उपाय।, आयोगका सदस्य तथा पूर्वसचिव विमल वाग्लेले मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको बताए। मुख्य समस्या परेको १९ वटा पदको मर्यादाक्रम मिलाएर प्रतिवेदन दिइएको र त्यसै आधारमा मर्यादाक्रम मिलाएर तलबको व्यवस्था गर्न सुझाव दिइएको उनको भनाइ छ।, मर्यादाक्रममा तल परेको तर तलब धेरै भएका पदमा माथिल्लो मर्यादाको तलब वृद्धि गरेर मिलान गर्न सुझाव दिएको छ।, तलब दिने निकायको क्षमता अभिवृद्धि गरी निजामती सेवाको तल्लो तहको न्यूनतम तलब मासिक ३४ हजार रुपैयाँ पुग्ने गरी तलब वृद्धि गर्न आयोगको सुझाव छ।, आयोगले अहिले नै न्यूनतम तलब ३४ हजार आवश्यक पर्ने सुझाव दिएको छ। उसले नेपाल राष्ट्र बैंकले गरेको पारिवारिक बजेट सर्वेक्षण प्रतिवेदनलाई आधार मानेर ३४ हजार तोकेको जनाएको छ।, ‘राष्ट्र बैंकको पारिवारिक सर्वेक्षणले एउटा परिवारको मासिक न्यूनतम खर्च ३४ हजार निस्कन्छ भनेको छ। यसै आधारमा न्यूनतम तलब ३४ हजार भनिएको हो,’ वाग्लेले भने, ‘कुनै मापदण्डमा नै नबसी अहिले मनपरी तलब बढाउने गरिएको, अब यो प्रतिवेदनलाई आधार  मानेर तलब बढाउन सिफारिस गरेका छौं।’, सरकारले तलब दिन सक्ने गरी सरकारको क्षमता वृद्धि गर्न, राजस्व वृद्धि गर्ने र अनावश्यक खर्च कटौती गर्न पनि सुझाव दिइएको उनले बताए। नेपालका सरकारकी कर्मचारीको तलब दक्षिण एसियामा नै कम मध्येको भएकाले आवश्यक र उपयोग गर्न सक्ने गरी कर्मचारी राख्नु पर्ने र स्रोत साधनको क्षमता हरेर उपयुक्त तलब दिनु पर्ने सुझाव आयोगको छ।, १५ जेठमा आएको बजेटमा कर्मचारीहरूको १५ प्रतिशत तलब बढाउने घोषणा गरिएको थियो। तर पछि माथिल्ला तहका कर्मचारीहरूको २० प्रतिशतभन्दा बढी तलब बढाइएको भन्दै कर्मचारीहरूले विरोध गरेपछि सरकारले ६ भदौ २०७९ मा तलबमान अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो।, पूर्वमुख्यसचिव पौड्यालको संयोजकत्वमा गठित समितिमा पूर्वसचिव विमल वाग्ले र चार्टर्ड एकाउन्टेन्ट शिवदेव पाण्डे सदस्य थिए। , सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ तोक्न सुझाव
नारायण खड्का सडक निर्माणको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चक्काजाम गरेको छ।, तुलसीपुर–घोराही चार लेन सडकखण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै नेकपा तुलसीपुर नगर समितिले आइबार बिहान ११ बजेदेखि तुलसीपुरको हात्तीखौवामा आधा घन्टा चक्काजाम गरेको हो।, चक्काजामका कारण सर्वसाधारण आधा घन्टा सडकमै रोकिनु परेको थियो। तुलसीपुर–घोराही सडकखण्ड समयमै निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै चक्काजाम गर्नु परेको उक्त पार्टीका एक नेताले बताए।, तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ। यो पनि पुरै चारलेन छैन। कतै चारलेन त कतै दुईलेन बनाउने सम्झौतामा उल्लेख छ।, सन् २०१९ जनवरी २८ मा सम्झौता हुँदा ३३ महिनामा सडक निर्माणको काम पूरा गर्नुपर्ने उल्लेख छ। तर हालसम्म भौतिक प्रगतिको काम १० प्रतिशत पनि हुन सकेको छैन। सडकको दायाँ बाँया खनेर भत्काइएको हुँदा यो सडक खण्ड पछिल्लो समय निकै जोखिम युक्त बनेको छ।, यो अवधिमा मात्रै २५ जना बढीको सवारी दुर्घटनामा मृत्यु भइसकेको प्रहरी बताउँछ। सुख्खा मौसममा धुलाम्मे र बर्षामा सडक खण्ड हिलाम्मे हुने गर्छ। तथ्यले हालसम्म पेटी ठेकेदारमार्फत काम गर्दै आएको छ। तर पछिल्लो समय भने काम ठप्प रहँदै आएको छ। यो बीचमा ६ जना पेटी ठेकेदार परिवर्तन भइसकेका छन्।, गत माघदेखि भैरहवाका निर्माण व्यवसायी सुनिलजंग रायमाझीले काम गर्ने बताइएको भएपनि हालसम्म उनले काम अगाडि बढाएका छैनन्। यसअघि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उनकै कम्पनीले बनाएको थियो। यही अन्यौंलका बीच नेकपाले छिटो सडक खण्ड निर्माण गर्न माग गर्दै चक्का जाम गरेको हो। छिटो सडक निर्माणको माग गर्दै यस्ता विरोधका कार्यक्रमहरु समय समयमा हुँदै आएको भएपनि सरोकार वाला निकाय भने मौन पराय बस्दै आएका छन्।, सडक बनाउन माग गर्दै विप्लवको पार्टीले गर्‍यो चक्काजाम (तस्बिरहरू)
विवेक राई पाँचथरको फिदिम नगरपालिका-७ स्थित रानीटार माध्यमिक विद्यालयका विद्यार्थीहरू आ-आफ्नै सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाएर विद्यालय जाने गर्छन्।, विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सरस्वती पूजाको अवसर पारेर गत माघ १२ गतेदेखि यो नियम सुरू गरिएको हो।, विद्यालयमा यो नियम सुरू गर्ने प्रधानाध्यापक राई नै हुन्। आफूले विद्यार्थीका अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग कुराकानी गरेर सांस्कृतिक भेषभुषा लगाउने नियम सुरू गरेको सेतोपाटीसँग बताए।, झन्डै साढे ४ सय विद्यार्थी रहेको यो विद्यालयमा अहिले सबै विद्यार्थीहरू आ-आफ्नै सांस्कृतिक भेषभुषा लगाएर पढ्न जाने गर्छन्। प्रधानाध्यापक राईका अनुसार हप्ताको दुई दिन सोमबार र बिहीबार विद्यार्थीहरू सांस्कृतिक भेषभुषा लगाउँछन्। यो नियम शिक्षकहरूलाई पनि अनिवार्य गरिएको उनी बताउँछन्।, २०५५ सालदेखि प्रधानाध्यापक बनेका राईले पाठ्यक्रममै धर्म, संस्कृति, भषा, भेषभुषाबारे पढाइ गर्नुपर्ने हुँदा यो नियमले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने बताए।, 'यस्तो कुराले विद्यार्थीहरूलाई संस्कृति, भाषा, धर्म र भेषभुषाबारे व्यवहारिक ज्ञान प्रदन गर्छ। साथै यो कुराले हाम्रो संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुर्‍याउँछ,' उनले भने।, आफूले सुरूमा सांस्कृतिक भेषभुषा लगाउने प्रस्ताव गर्दा महंगो हुने भन्दै अभिभावकहरूले नमानेको उल्लेख गर्दै उनले पछि यसको महत्व बुझाएपछि अभिभावकहरू सहमत भएको सुनाए।, 'सुरूमा त कतिले महंगो पर्छ भन्दै किन्न सक्दैनौं भन्नुभयो तर हामीले दशैं, तिहार, लोसार जस्ता चाडबाडमा यसै पनि नयाँ लुगा किन्नुपर्छ भन्दै यसपटक ती लुगाका ठाउँमा सांस्कृतिक भेषभुषा किन्न सल्लाह दिएपछि उहाँहरू सो कुरामा सहमत हुनुभयो,' उनले भने।, अहिले सबै विद्यार्थीहरू आ-आफ्नै जातीय भेषभुषा लगाएर पढ्न आउने गरेको प्रधानध्यापक राई बताउँछन्। केही विद्यार्थीहरूले भने कमजोर आर्थिक अवस्थाका कारण सांस्कृतिक पोशाक किन्न सकेका छैनन्। प्रधानध्यापक राईले त्यस्ता विद्यार्थीका लागि विद्यालयमै रहेको मिनी संग्राहलयमा रहेको पोशाक लगाउन दिइएको बताए। साथै त्यस्ता विद्यार्थीहरूलाई लक्षित गरी विद्यालयमा भर्खरै कपडा बैंक पनि सुरू गरिएको उनले बताए।, 'दश-बाह्र जना विद्यार्थीहरूले कमजोर आर्थिक अवस्थाका कारण पोशाक किन्न सकेका छैनन्। त्यसैले विद्यालयमा भर्खरै कपडा बैंक पनि सञ्चालन गरेका छौं। यसमा आएका लुगाहरू उनीहरूलाई दिने गरेका छौं,' राईले भने, 'नगरपालिकाका वडाध्यक्षले समेत आउने नयाँ शैक्षिक सत्रमा त्यस्ता विद्यार्थीहरूलाई पोशाक दिने प्रतिवद्दता गर्नुभएको छ।', योसँगै अहिले विद्यालयमा महिनामा दुई पटक सांस्कृति नृत्यहरूको प्रतिस्पर्धा पनि हुने गरेको छ। प्रधानध्यापक राईले विद्यार्थीहरूलाई आफ्नो जातीय नृत्यबारे व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने उद्येश्यले उक्त प्रतिस्पर्धा गराउने गरिएको जनाए। साथै विद्यालयमा हुने कुनै पनि सांस्कृतिक कार्यक्रममा पनि विद्यार्थीहरूलाई जातीय नृत्यहरू प्रस्तुत गराइने गरिएको उनी बताउँछन्।, रानीटार माध्यामिक विद्यालयमा सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाउने नियम सुरू गरेका प्रधानध्यापक राईले भने गत साता अवकाश पाएका छन्। उनको विदाइ कार्यक्रममा पनि विद्यार्थीहरूले जातीय नृत्यलगायत विभिन्न प्रस्तुति गरेर राईलाई सम्मान प्रदान गरेका थिए।, हेर्नुस् राईसँग कुराकानी गरेर तयार पारिएको भिडिओः, रानीटार माविमा भक्त सरले सुरू गरेको नयाँ चलन (भिडिओ)
रासस आज फागुपूर्णिमा मनाइँदैछ।, पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने परम्परा छ।, असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।, होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।, राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्।, उनले फागुपूर्णिमाको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्तसमेत गरेकी छन्।, ‘नेपाली समाज जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो। तसर्थ फागुपूर्णिमा जस्ता पर्वहरूले नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु,’ राष्ट्रपतिले जारी गरेको सन्देशमा भनिएको छ।, असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ।, साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्।, असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्वका अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन्।, विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत यस्ता पर्वले अभिप्रेरित गर्ने प्रधानमन्त्रीको भनाइ छ।, आज फागुपूर्णिमा, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
सेतोपाटी संवाददाता मिटरब्याजमा ऋण दिएर मानिसहरूलाई ठगी गर्दै आएको र त्यसैबाट अनधिकृत सम्पत्ति थुपारेको मुद्दा लागेका श्याम परदेशीलाई विशेष अदातले धरौटीमा छोडेको छ।, आइतबार विशेषका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई ५ लाख रुपैयाँ धरौटीमा छोडेको विशेषका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए।, परदेशीलाई ३ करोड २० लाख बराबरको अवैध सम्पत्ति शुद्धीकरण गरेको भन्दै विशेषमा मुद्दा दायर भएको थियो।, यो मुद्दामा धरौटीमा छुटे पनि अर्को मुद्दामा उनी रौतहट कारागारमा थुनामा रहेकाले त्यहीँ पठाइएको विशेषका सूचना अधिकारी भट्टराईले जानकारी दिए।, मिटरब्याजी श्याम परदेशीसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
युवराज श्रेष्ठ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन्।, विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधि हटाउन गुहार मागेका हुन्। , ‘विमानस्थल आसपासबाट चरा धपाउनुपर्‍यो, सबै निकाय जिम्मेवार हुनुपर्‍यो,’ उनले भने, ‘अब गुहार्ने अवस्था आयो, ढिलो भइसक्यो, हामी तपाइहरुसँग गुहार माग्छौं।’, विमानस्थलबाट चरा धपाउने नेपाल नागरिक उड्यन प्राधिकरण मात्र नभई सबै निकाय जिम्मेवार हुनुपर्ने उनले जोड दिए। , ‘हामीले मान्छे जोगाउनुछ, हाम्रो पर्यटन जोगाउनुछ,’ विमानस्थल प्रमुख गौतमले भने, ‘यहाँबाट चरा मास्ने होइन, यहाँ आउनै नपर्ने अवस्था ल्याउनुपर्छ।’, गौतमले विमानस्थल आसपासका रूख काटेर वा त्यस क्षेत्रमा आउने चरा मारेर समस्याको समाधान नहुने बताए। विमानस्थल आसपास चरा आउन नपर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले यसका लागि पोखरा महानगरसहित सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । , विमानस्थलका एटिएस सुरक्षा व्यवस्थापक दीपक पोख्रेलले जनवरी र फेब्रुअरीमा मात्र चराका कारण १८ वटा घटना भएको बताए। जनवरी १ देखि सञ्चालनमा आएको विमानस्थलमा चराकै कारण यत्तिका घटना हुनु चिन्ताजनक रहेको भन्दै उनले मार्च महिनामा बढेको बताए। , ‘मार्चमा मात्र १२ वटा घटना भएका छन्, चराले विमानस्थललाई अझै अवरोध गर्ने देखिएको छ,‘ उनले भने, ‘धेरैजसो घटना विमान ल्याण्ड गर्ने बेला र उडान गर्ने बेला भएका छन्।’ , जनवरी र फ्रेब्रुअरीमा मात्र भएका १८ वटा घटनामध्ये बिहानको समयमा ११ वटा, दिनमा ६ वटा र साँझमा एउटा घटना भएका छन्। विमानमा चरा ठोक्किने र विमानस्थलका ल्याण्डिङ र उडान रुटमा यस्ता घटना देखिएको पोखरेलले बताए।, दुई महिनाका अवधिमा चराका कारण भएका १८ घटनामध्ये एप्रोज लाइनमा ७ वटा, उडानका क्रममा ७ वटा, ल्याण्डिङमा २ वटा र विमानको रुटमा २ वटा घटना भएको तथ्यांक उनले पेश गरेका थिए।, विमान ल्याण्डिङ र उडानका समय सबैभन्दा संवेदनशील रहने भन्दै उनले यस्ता घटनाले दुर्घटना निम्त्याउन सक्ने भन्दै सजग गराए ।, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सिँचाईका नहर लगिएको छ। सिँचाईका नहर ढल जस्तै फोहोर भएकाले चराको गतिविधि घट्न नसकेको उनले बताए। यस्तै, रनवेको पूर्वतर्फ विमान ल्याण्डिङ र उडान गर्ने एप्रोच टावर वरीपरी गिद्ध, चील जस्ता ठूला प्रजातीका चराको बासस्थान भएकाले जोखिम देखिएको उनले बताए ।, ‘पोखरामा १०८ प्रजातिका चरा पाइने रहेछ, हाम्रो एप्रोच टावर वरीपरी धेरै प्रजातिका गिद्ध बस्छन्,’ उनले भने, ‘यहाँबाट चरा धपाउन खोला, नहर र ढलमा मासुजन्य फोहोर फाल्न बन्द गर्नुपर्छ।’ , विमानस्थलका एयरसाइड डिभिजन प्रमुख अरुण पौडेलले चराजन्य गतिविधि हटाउन धेरै प्रयास गरिरहेको बताए। चरा धपाउनकै लागि एउटा गाडी, २ जना कर्मचारी र विभिन्न उपकरण प्रयोग गरिरहेको भन्दै उनले विमानस्थल बाहिर पनि चरा धपाउने अभियान चलाउनुपर्ने उनले बताए।, ‘विमानस्थलको एप्रोच टावर भएका विजयपुर खोलातर्फ र ढलमा मासुजन्य फोहोर आउँदासम्म चरा भाग्ने देखिएन,’ उनले भने, ‘खोला र ढलमा मरेका पशुपंक्षी फाल्न भएन।’ , विमानस्थल भएर बहने नहरमा दिनहुँ आफूहरूले सफा गर्ने गरेको पनि उनले बताए। ‘हामीले विमानस्थलभित्र नहरको पानी आउने ठाउँमा फिल्टर गरेका छौं, त्यहाँ दिनहुँ मरेका कुकुरदेखि स्याल र कुखुरा भेटिन्छन्,’ उनले भने, हामीले विहान र बेलुका नहरमा आएका यस्ता फोहोर निकालेर फाल्छौं, हाम्रो मात्र प्रयासले पुगेन।’, विमानस्थल भित्र स्यालदेखि बन विरालोसमेत छिरेको भन्दै उनले तारबार लगाएर रोकेको बताए। तारबार लगाउँदासमेत नहरका पानी छिर्ने ठाउँबाटै बन्यजन्तु छिर्नु चिन्ताजनक भएको उनले बताए। , विमानस्थललाई सुरक्षित बनाउन नहर र विजयपुर खोलामा फोहोर फाल्न नदिने गरी पोखरा महानगरले कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिए।, पोखरा महानगरपालिकाका पशुपंक्षी शाखा अधिकृत नवराज अधिकारीले जथाभावी फोहोर फाल्न दिन नहुने बताए। अफ्रिकन स्वाइनफ्लुका कारण पोखराका बंगुर फार्ममा असर परेकाले मरेका बंगुर पनि खोला र ढलमा फाल्ने प्रवृत्ति देखिएको बताए । , ‘जथाभावी फोहोर फाल्दा १ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था कानुनमा छ,’ उनले भने, ‘विमानस्थललाई सुरक्षित पार्न पनि अब यो कानुन कडाइका साथ लागु गर्नुपर्छ।’ , सिँचाई डिभिजन कार्यालय कास्कीकी इञ्जिनियर सिमा केसीले पोखरा उपत्यकामा सिचाई गर्न बनाइएका नहर नै अतिक्रमणमा परेको बताइन् ।, ‘नहरका मापदण्डमा घर बनेका छन्, उनीहरु नहरमा फोहोर फाल्छन्,’ उनले भनिन्, ‘महानगरले नहरको मापदण्डमा ध्यान दिओस् ।’, नहरमा विभिन्न ठाउँमा गेट राखेर फोहोर निकाल्ने व्यवस्था मिलाएको भन्दै उनले त्यस्ता फोहोर महानगरले डम्पिङ साइटमा लैजानुपर्ने उनले बताइन् । , पोखरा–१५ का वडाध्यक्ष तोरण बानियाले विमानस्थललाई नै खतरा पुग्ने गरी नहर र खोलामा फोहोर फाल्न नदिन महानगर नै जिम्मेवार हुनुपर्ने बताए। विजयपुर खोला, नहर र ढलमा मरेका कुकुरदेखि कुखुरासम्म फालिएको भन्दै यसलाई रोक्न महानगरले नै प्रभावकारी योजना बनाएर लागु गर्नुपर्ने बताए । यसका लाािग आफूले प्रयास गरिरहेको बानियाको भनाई छ। , विमानस्थल प्रमुख गौतमले विमानस्थल वरीपरी चराका खानेकुरा रोक्न नसक्दा समस्या बढेको बताए। ‘नागरिक जोगाउने निर्णयबाट कोही भाग्न सक्दैन,’ उनले भने, ‘हामीसँग स्रोत साधन छैन भनेर कोही उम्किन मिल्दैन।’, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चरा धपाउन हार–गुहार
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले माओवादी द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनसम्बन्धी मुद्दा अनन्त कालसम्म लम्ब्याउन नहुने आदेश गरेको छ।, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश गरिपाउँ भन्दै रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले दिएका रिट दर्ता गर्न दिएको आदेशमा सर्वोच्चले यस्तो भनेको हो।, सर्वोच्च प्रशासनले कात्तिकमा दरपीठ (दर्ता गर्न अस्वीकार) गरेपछि निवेदकहरूले त्यसविरूद्ध निवेदन दिएका थिए। ती निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।, ‘सशस्त्र द्वन्द्वकालमा पीडित भएका नागरिकले पाउनुपर्ने परिपूरण, क्षतिपूर्ति समेतका न्यायसम्बन्धी हकका प्रश्नहरू उठाई रिट निवेदन दायर गर्न ल्याएको पाइयो,’ आदेशमा भनिएको छ, ‘फौजदारी न्याय प्रक्रिया निष्क्रिय, शून्य वा निष्प्रभावी अवस्थामा रहनु हुँदैन। सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लघंनका घटनाहरूको शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तबमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाएर अनन्त कालसम्म अल्झाई राख मिल्ने देखिँदैन।’, सर्वोच्च अदालतले संक्रमणकालीन निकायहरू निष्क्रिय रहेकाले द्वन्द्वकालका घटनामाथि छानबिन गर्ने आदेश माग गर्दै आएका मुद्दा नियमित अदालतले दर्ता गर्नुपर्ने पनि भनेको छ।, अदालत प्रशासनले द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रबाट सम्बोधन र निरूपण हुने नै भएकाले सर्वोच्चको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरेको थियो।, शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले भने ती रिट यसरी दर्ता नै नगर्नु अनुचित हुने आदेश दिएको हो।, उक्त आदेशको लिखित रूप सर्वोच्चले आइतबार सार्वजनिक गरेको छ।  , ‘विषयवस्तुको गम्भीरता र संवेदनशीलतातर्फ दृष्टिगत गर्दा यस प्रकारको रिट निवेदनलाई न्यायिक प्रक्रियामा प्रवेश हुन नदिने गरी दरपीठ गर्नु अनुचित हुन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।, उक्त आदेशमा अघि भनिएको छ- संक्रमणकालीन निकायहरू निष्क्रिय रहेको र कानून निर्माण समेतको कार्य प्रभावकारी भएको देखिन पर्ने अवस्थामा त्यस्ता संयन्त्रबाट सुनुवाइ नै नभएको वा प्रभावकारी न्याय प्राप्त हुन नसकेको विषयलाई लिएर पीडित पक्षले हक प्रचलनका लागि यस अदालतमा प्रवेश नै नपाउने भन्ने कुरालाई संविधानसम्मत, न्यायोचित र तर्कपूर्ण मान्न पनि मिल्दैन।, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए।, उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गर्दै बुढाथोकी र आरणले छुट्टाछुट्टै रिट पेश गरेका थिए।, निवेदकहरूले आफूहरू द्वन्द्वपीडित भएको र सत्य निरूपण तथा मेलमिलाप आयोगमा समेत प्रचण्डविरूद्ध उजुरी दिएको रिटमा उल्लेख गरेका थिए।, '५ हजार व्यक्ति मारेको भन्दै नैतिक जिम्मा लिई सार्वजनिक रूपमा अभिव्यक्ति दिएका दाहाल लगायतलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाउन तथा द्वन्द्वकै नाउँमा निवेदकहरूलाई पीडित बनाउने कार्यका लागि जवाफदेही पनि निजलाई नै बनाई राहत, क्षतिपूर्ति परिपूरणको व्यवस्था गर्नू, गराउनू भनी परमादेशको आदेश जारी गरी पाऊँ,’ उनीहरूले पेस गरेको रिटमा उल्लेख थियो, ‘निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकिया अघि बढाउनु भनी अन्तरिम आदेश समेत जारी गरी पाऊँ।', प्रचण्डले तीन वर्षअघिको कार्यक्रममा भनेका थिए, 'धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। यो सत्य होइन . . .। सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन।', द्वन्द्वकालका मुद्दा अनन्त कालसम्म लम्ब्याउन नहुने सर्वोच्चको आदेश
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली २० हजार रुपैयाँ घुससहित एक जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेको छ।, आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई घुस रकमसहित आइतबार साँझ पक्राउ गरेको हो।, सुरक्षा बेसक्याम्प बिष्णुपुरामा कार्यरत सेनले टयाक्टरमा माटो ओसारपसार गर्नेहरूसँग घुस मागेको सूचना आयोगलाई आएको थियो। पक्राउ परेका सेनमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।,  , २० हजार घुससहित सशस्त्र प्रहरी सहायक हवल्दार पक्राउ
प्राडा सविना भट्टराई आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ।   , सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ।, हामीले प्रयोग नै गर्न नहुने रङहरू धेरै छन्। जसले शरीरलाई हानी गर्छन्। टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ।, कालो रङमा लेड अक्साइड, रातो रङमा मर्करी मिसाएको हुन्छ भने हरियोमा कपरसल्फेट हुन्छ। टल्किने रङ सबैभन्दा हानिकारक हुन्छ। यस्ता रङमा माइका, सिलिकाजस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ।, केही गरी छालामा पहिले नै घाउ भएको छ भने रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ।, यसले प्रत्येक वर्ष बढी अनुपातमा लक्षण देखिन्छ।, धेरै ‘केमिकल’ प्रयोग गरिएका रङको प्रयोग गर्नाले छालामा असर गर्नुका साथै केहीगरी शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।, यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।, नरिवलको तेल लगाएर रङ खेल्यो भने हानी हुनबाट बच्न सकिन्छ। शरीर र कपालमा तेल लगाउँदा तेलको लेयर बस्छ जसले गर्दा रङ र छालाको बीचमा असर पर्न दिँदैन। यस्तो गर्दा एलर्जी हुनबाट बचाउँछ। त्यस्तै मोस्चराइजर क्रिम लगाए पनि छालामा असर कम गर्छ।, कपडाले शरीर पुरै ढाकेर होली खेलेको राम्रो हो। किनकी जति धेरैभित्र रङ जान्छ त्यति नै असर गर्ने सम्भावना धेरै हुन्छ।, विशेषगरी बालबालिका र गर्भवतीको छाला 'सेन्सेटिभ' हुने भएकाले रङको प्रयोग गर्दा एकदमै ख्याल राख्नुपर्छ।  , शरीरमा लागेको रङ पखाल्दा धेरै कडा साबुन लगाउनु हुँदैन। धेरै रगट्नु पनि हुँदैन। नुहाइसकेपछि मोस्चराइजर क्रिम लगाउनुपर्छ।, कुनै समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ।, केमिकल र मर्करी भएका रङमा क्यान्सर गराउने तत्व हुन्छ। धेरै केमिकल भएको रङ प्रयोग नगर्नु नै राम्रो हो।, होलीको कारण थुप्रैलाई समस्या परेको हुन्छ। उनीहरूमध्ये धेरैलाई एलर्जी नै भएको छ।  छाला सुन्निनेलगायत समस्या छन्। आँखा सुन्निने गाला सुन्निने पनि हुन्छ। रङको प्रतिक्रिया खेलेको दिनमा मात्रै नभएर २/४ दिनमा समेत देखिनसक्छ।, (छालारोग विशेषज्ञ प्राडा सविना भट्टराई लभाना स्किन एन्ड हेयर क्लिनिकमा कार्यरत छन्।), होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने?
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज (सोमबार) देशका केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च  पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको सम्भावना छ। , यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। , महाशाखाका अनुसार राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  , कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।साथै  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।,  , देशमा पश्चिमी वायुको सामान्य प्रभावः केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना
रासस ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ।, तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो।, फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको गत शनिबार र आइतबार शल्यक्रिया भएको हो।, नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो।, शिविरमा २ हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ।, गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङको भनाइ छ।, बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको थियो।, जटिल समस्या देखिएका ४ जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ। , ताप्लेजुङमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया
एजेन्सी बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोरा-बुहारीलाई  आफ्नो राज्याभिषेकमा बोलाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ।, ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुने/नहुने टुंगो भइसकेको छैन।, पछिल्लो समय बेलायती राजपरिवार र ह्यारी-मेघनको सम्बन्ध तिक्ततापूर्ण छ।, केही दिनअघि पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको थियो।, द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन्। यो भवन १७ औं शताब्दीमा बनेको बताइन्छ।, ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी-मेघन सम्बन्धमा थप तिक्तता आएका बेला उनीहरूलाई घर खाली गर्न भनिएको हो। बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन्।, ह्यारी र मेघनले केही दिनमै यो घर छोडेमा राजा चार्ल्सको राज्याभिषेक हुनुअघि नै ह्यारी-मेघनको बेलायती राजपरिवारसँगको सम्बन्ध थप कमजोर हुनेछ।, ह्यारी र मेघनलाई खाली गर्न भनिएको घर अर्का राजकुमार एन्ड्रुलाई दिइएको बताएको छ उनी पनि अहिले राजकीय पदमा छैनन्।  , आफ्नो राज्याभिषेकमा बेलायतका राजाले बोलाए अमेरिका गएका छोरा बुहारीलाई
सेतोपाटी संवाददाता होली पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ६८ स्थानमा आज चेकिङ गरिरहेको छ।, सार्वजनिक विदा भएकाले सडकमा सवारीको चाप न्यून छ। ठाउँ-ठाउँमा ट्राफिक प्रहरी चेकिङ पोइन्ट बनाएर जाँच गरिरहेको छ।, होलीको बहानामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न चेकिङ गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी अभिनारायण काफ्लेले जानकारी दिए।, उनका अनुसार सोमबार बिहान १० बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ८९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।, आज देशका पहाडी क्षेत्रमा रङहरूको पर्व होली मनाइँदै छ। देशको तराई क्षेत्रमा मंगलबार होली मनाइने छ। , होलीका दिन उपत्यकाका ६८ स्थानमा ट्राफिक प्रहरीको चेकिङ, दर्जनौं सवारी साधन नियन्त्रणमा
एजेन्सी बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीहरूको शिविरमा भीषण आगलागी भएको छ। अलजजिराका अनुसार आइतबार दिउँसो कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी भएको हो। , आगलागीबाट १२ हजार शरणार्थीहरू छानाविहीन भएका छन्। शिविरमा रहेका घरहरू जलेपछि उनीहरू खुला आकाशमूनि बस्न बाध्य भएका छन्। , आगलागीमा मानवीय क्षति भने भएको छैन। , आगलागीको कारण थाहा भएको छैन। तीन घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।, म्यानमारको रखाने क्षेत्रका मुस्लिमहरू विस्थापित भएर शरणार्थी बनेर बंगलादेशमा बस्न क्रम वर्षौंदेखि चलिरहेको छ।,  ,  ,  , बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी (तस्बिरहरू)
सेतोपाटी संवाददाता रोल्पा र बाँके जिल्लाका तीन फरार प्रतिवादी पक्राउ परेका छन्।, विभिन्न अभियोगमा दोषी ठहर भई काराबास सजाय तोकिएका तीन जना पक्राउ परेका हुन्।, चोरी मुद्दामा ९ वर्ष २ महिना १५ दिन काराबास सजाय तोकिएका रोल्पाको रुन्टीगढी ७ का ३५ वर्षीय कृष्ण रोका पक्राउ परेका छन्।, चोरी मुद्दामा तत्कालिन पुरानाबेदन अदालत तुलसीपुर दाङले २०७६ साल जेठ ९ गते रोकालाई दोषी ठहर गर्दै उक्त कैद फैसला गरेको थियो। त्यसयता फरार रहँदै आएका रोकालाई इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मधुसुदन विकको नेतृत्वमा गएको प्रहरी टोलीले फागुन १८ गते पक्राउ गरेको थियो।, पक्राउ पछि रोकालाई जिल्ला अदालत पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।, त्यस्तै कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ का ५९ वर्षीय भगवान दिन पासी पक्राउ परेका छन्।, बाँके जिल्ला अदालतले २०७७ मंसिर २० गते पासीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै दश वर्ष कैद फैसला सुनाएको थियो। त्यसयता फरार रहँदै आएका पासीलाई विशेष सूचनाको आधारमा पक्राउ पछि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। अदालतको आदेशले पासीलाई सजाय भुक्तानका लागि जेल चलान गरिएको प्रहरीले बताएको छ।, कर्तव्य ज्यान मुद्दामै अदालतबाट ७ वर्ष ६ महिना कैद तोकिएका नेपालगन्ज १७ कै ७१ वर्षीय खेलवान पासी पनि पक्राउ परेका छन्। बाँके जिल्ला अदालतले २०६६ चैत ९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पासीलाई उक्त सजाय तोकेको थियो। पक्राउ पछि पासीलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले सजाय भुक्तानका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।, तीन फरार प्रतिवादी पक्राउ, पठाइयो कारागार
रासस गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ।, म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो।, आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो।, बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिए।, सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ। पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ। , पृथ्वी राजमार्गको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालन
नवीनबाबु गुरूङ आज देशका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। , काठमाडौंको बसन्तपुरमा आज विशेष होली कार्यक्रम गरिएको छ। बसन्तपुरको होलीमा विदेशी पर्यटकहरूको पनि उल्लेख्य सहभागिता छ। , असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।, तराई क्षेत्रमा होली भोलि मनाइनेछ। , तस्बिरहरू:,  , तस्बिरमा हेर्नुस् बसन्तपुरमा होलीको रौनक
सबिना श्रेष्ठ आर्काइभबाट, जस्तो काठमाडौंमा वसन्तपुर दरबार स्क्वायर, त्यस्तै भक्तपुरमा तचपालको भीमसेन मन्दिर। फागुमा काठमाडौं उपत्यकाका यी दुवै ठाउँको उस्तै महत्व छ।, पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ। अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु खेल्न छुट पाइन्छ। भक्तपुरमा पनि यही दिनबाट फागु सुरू हुन्छ। पर्व सुरू भएको संकेत दिने सूचक भने फरक छ।, यहाँ भीमसेन मन्दिरमा भीमसेन र द्रौपदीको यौन समागम दृश्य प्रदर्शन गर्दै फागु सुरू भएको जनाउ दिइन्छ।, भीमसेनको लिंगको प्रतीकका रूपमा काठको लिंगो झुन्ड्याइन्छ भने द्रौपदीको योनीका रूपमा रातो कपडामा प्वाल पारेर टांगिन्छ। यी दुईको यौन समागम दृश्य प्रदर्शन गर्दै पूजाआजा गरेपछि विधिवत् रूपमा फागु सुरू भएको मानिन्छ।, फागु मनाउने विधिमा जस्तो अन्तर छ, फागुसँग जोडिएको आस्था पनि फरक छ।, किम्बदन्तीअनुसार फागु पर्वलाई कृष्णलीलाको चीरहरणसँग जोडेर हेरिन्छ। वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिन्छन्। गोपिनीहरूले आइन्दा त्यसरी ननुहाउने विलाप गरेपछि बल्ल लुगा फिर्ता पाउँछन्।, गोपिनी र कृष्णको यो प्रसंग नै होलीको चीर गाड्ने परम्परासँग जोडिएको हिन्दु महासंघका अध्यक्ष राजन मानन्धर बताउँछन्।, उनका अनुसार वसन्तपुरमा ठड्याइने चीरका ध्वजा गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन् भन्ने मान्यता छ।, अष्टमीको दिन उभ्याइने चीरलाई पूर्णिमाको साइत पारेर घिसार्दै टुँडिखेल लगेर जलाइन्छ। त्यस क्रममा चीरको ध्वाजा लुछाचुँडी हुन्छ। त्यस ध्वजाले केटाकेटीका रून्चे र अन्य रोग निको हुने धार्मिक मान्यता छ।, टुँडिखेलको बीचमा चीर जलाएपछि फागु पर्व अन्त्य हुन्छ। चीर जलाएपछिको खरानी हारालुछ गरेर विभूतिका रूपमा घर लैजाने परम्परा छ।, पहिले इन्द्रचोक, भेडासिंतिरका मारवाडी साहु त्यो खरानी लिन मरिहत्ते गर्थे। उनीहरू भोलिपल्ट त्यही खरानीको होली खेल्ने मानन्धरको भनाइ छ।, ‘तराईमा होलीलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ। त्यही भएर काठमाडौंमा चीर जलाएको भोलिपल्ट तराईमा होली खेलिन्छ,’ मानन्धरले भने, ‘तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाउनुको सार्थकता यही कुराले प्रस्ट्याउँछ।’, पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दहन गरिएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।, दैत्यराज हिरण्यकश्यपुले भगवान विष्णुका भक्त आफ्ना छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। आगोले जलाउन नसक्ने वरदान पाएकी होलिका उक्त षड्यन्त्रमा आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई भने केही हुँदैन।, भक्तपुरमा फागुको सम्बन्ध कृष्णलीला वा होलिका दहनसँग जोडिँदैन। यहाँ भीमसेन उत्सवका रूपमा फागु मनाइन्छ।, नेवार बाहुल्य रहेको बस्तीमा भीमसेनकै गीत गाएर यो पर्व मनाइने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।, ‘नेवारहरूको पुर्ख्यौली पेसा व्यापार हो। भीमसेनको सुदृष्टि पर्‍यो भने व्यापार राम्रो हुन्छ भन्ने मान्यता छ,’ उनी भन्छन्, ‘देशमा अशान्ति हटोस् र समृद्धि छाओस् भनेर कामना गर्दै फागु मनाइन्छ। नेवारहरू समृद्धिको निम्ति भीमसेनको पूजा गर्छन्।’, महाभारतका पात्र भीमसेनलाई महादेव वा भैरवका रूपमा लिइन्छ। जस्तो, दोलखा भीमसेन दिउँसो महादेव र राति भैरव हुन्छन् भन्ने भनाइ छ। भक्तपुर, तौमडीको आकाशभैरव पनि दिनको तीन रूप फेर्छन् भन्ने विश्वास गरिन्छ।, फागु या होली भन्नेबित्तिकै प्रेम वा प्रणयका सन्दर्भ जोडिन्छन्। त्यसैको छनक फागु गीतहरूमा पनि भेटिन्छ।, भक्तपुरमा गाइने फागु गीतमा भीमसेनकै आराधना छः, ‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,, बिस्यू वने मायेक स्वः झायाः लाः’, विभिन्न गुठी र मन्दिरका दाफा भजनमा गाइने यो गीतले भन्छ– ‘भीमसेनको लिंग देखेर डरायौ तिमी, भाग्नु नपर्ने गरी फागु खेल्न आऊ।’, यो गीतले किशोर–किशोरीबीच छेडखानीको संकेत गर्छ। फागु गीतको विशेषता नै यही हो।, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार पहिलेको समाजमा युवतीहरू अहिलेजस्तो घुलमिल हुन्थेनन्। एकान्तमा बस्ने भएकाले युवाहरू तिनलाई जिस्काउने अभिप्रायले फागुमा यस्ता गीत गाउँथे।, ‘रङको यो पर्व मायाप्रेम साट्ने अवसर हो,’ ग्वंग भन्छन्, ‘फागुमा गाइने गीतहरूलाई युवायुवतीले एकअर्काप्रति माया–प्रेम आदानप्रदान गर्ने माध्यमका रूपमा लिए।’, यही विशेषता काठमाडौंमा गाइने फागु पर्वमा पनि पाइन्छ।, ‘अबिरया होली, तचँयाला ल्यासे, अबिरं छंगु ख्वाः हिसि दय्काबि’, नेवार भाषाको ‘सिलु’ फिल्ममा रहेको यो गीतको शब्दले भन्छ, ‘अबिरको होली खेल्दा पनि रिसायौ तरूनी, अबिरले तिम्रो अनुहार झन् राम्रो बनाउँछ।’, यही गीतका अरू टुक्राले भन्छः, तुँ तुँचा, मय्जुया पिलाको बाँला, , बागमतो बनेबले लेवो नापला।, अर्थात्, ‘मैयाँको पिँडुला कति राम्रा, बागमती जाँदा पनि प्रेमिका भेटिहाल्ने।’, संस्कृतिविद् धौभडेल त यो मौसम नै प्रेममय भएको बताउँछन्– न गर्मी, न जाडो।, ‘यही समयमा यौनका देव कामदेव र देवी रती बढी सक्रिय हुन्छन्,’ उनले भने, ‘त्यही भएर फागुलाई प्रेम उत्सवका रूपमा लिइन्छ र मनाउने तरिका पनि प्रेमिल हुन्छ।’, उनका अनुसार पहिले राजाहरूले पनि दरबारमा होली खेल्थे। ‘अबिरया होली’ गीतमा यसको छनक पाइन्छ। उक्त गीतको एउटा हरफले भन्छ, ‘जुजु रानी दरबारय् होली म्हितिगु रे’, यसले राजदरबारमा राजारानीले समेत होली खेल्ने गरेको संकेत गर्छ।, ‘सुन्दरी चोकमा मल्ल राजा, दाग चोकमा भारद्वारहरूले फागु खेल्थे,’ हिन्दु महासंघका अध्यक्ष मानन्धरले भने, ‘मूलचोकमा दरबारका कर्मचारी र वसन्तपुरमा जनतालाई खुसी पार्न चीर उठाएर फागु मनाउन दिइएको हो।’, यी चार ठाउँबाहेक नारायणहिटी दरबारमा समेत चीर उठाएर फागु प्रारम्भ गरिन्थ्यो। गणतन्त्रपछि भने यो चलन नरहेको उनले बताए।, संस्कृतिविद् ग्वंगका अनुसार सरकारी कर्मचारी तथा दरबारियाहरू सिंहदरबारमा फागु खेल्न पुग्थे। श्री ३ महाराजको दरबारमा बोराका बोरा अबिर राखिएको हुन्थ्यो।, फागुको विशेषता भनेकै अबिर हो। यो जडिबुटी, फूल, रूखको बोक्रा पकाएर र केही कालिमाटीका खनिजबाट बन्छ। खासगरी पलाँसको फूल अबिरको मुख्य स्रोत हो। प्राकृतिक फूलको रङबाट बनेको फुस्रे सिन्दुर लगाए रगत बग्न रोकिने र घाउचोट लागेको निको हुने मान्यता पनि छ।, अचेल भने रसायन मिसिएका अबिर बढी पाइन्छन्। यसले रोग निको हुनुको सट्टा उल्टो बढाउने हुँदा फागुमा अबिरको चलनै कम हुँदै गएको धौभडेल बताउँछन्।, अहिले बेलुनमा पानी वा रङ भरेर ‘लोला’ हान्दै फागु मनाइन्छ। विगतमा काठमाडौंमा यस्तो चलन थिएन।, संस्कृतिमा दख्खल राख्ने वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार विगतमा लाहाबाट बनेका लोला हान्ने गरिन्थ्यो।, ‘हामीले घरमा बाल्ने बिजुलीको सानो चीमजस्तै गोलाकार लोला अति नै नाजुक हुन्थे। त्यही पातलो बोक्राभित्र अबिर र झिलीमिली जरीले भरिएको हुन्थ्यो,’ उनी भन्छन्।, त्यस्तै, नीलो रङ, सेतो कमेरो माटो, पहेँलो धूलो (पहेँलो माटो वा बेसारबाट बनेको) र कहिलेकाहीँ कालो मोसो दलेर पनि फागु मनाउने गरिन्थ्यो।, ‘२०१० सालतिर काठमाडौंमा तरुनी केटीहरू सहर बजारमा उति साह्रो देखिँदैन थिए। राम्री केटीको दर्शन झ्याल–झ्यालमै सीमित हुन्थ्यो। होली सकिएको धेरै दिनसम्म राम्रा चेली भएका घरका झ्याल अबिरले रंगिएका हुन्थे,’ उनले भनेका छन्।, फागु पर्व कहिलेबाट मनाउन थालियो भन्ने प्रस्ट इतिहास छैन।, गोपाल राजवंशावलीका अनुसार राजा मानदेवले देशमा अशान्ति हुँदा शान्ति र समृद्धि निम्ति फागु मनाएको उल्लेख छ। यस आधारमा लिच्छविकालबाटै फागु पर्व सुरू भएको हुनसक्ने धौभडेल बताउँछन्।, त्यहाँभन्दा अगाडिको इतिहास हेर्ने हो भने, संस्कृतका महाकवि भवभूतिले लेखेको ‘मालती माधव’ र कालिदासले लेखेको ‘मालविक्रान्ग्रीमृत’ भन्ने नाटकमा समेत फागुको प्रसंग उल्लेख छ।, प्राचीन संस्कृत साहित्यमा फागु सन्दर्भ उल्लेख हुनु भनेको हिन्दु धर्ममा प्राचीनकालबाटै यो पर्व मनाउने गरिएको मान्न सकिन्छ।, पछि यसलाई चाडपर्वकै रूपमा मनाउन थालेको तौमडीस्थित राजा यक्ष मल्लको शिलापत्रमा उल्लेख छ। उक्त शिलापत्र नेपाल सम्बत् ५६१ को हो।, मल्लकालमा आएर नेपाल सम्बत् ७८१ र ७९२ मा राजा जितामित्र र जगतप्रकाश मल्लले लेखेको नेपाल भाषाका किताबमा फागुका गीत समावेश छन्।, ‘अबिरको होली खेल्दा पनि रिसायौ तरूनी, अबिरले तिम्रो अनुहार झन् राम्रो बनाउँछ’
सेतोपाटी संवाददाता बैतडीमा जीवन बुडाल मुत्यु प्रकरणमा प्रहरीले १२ जना शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, अनुसन्धानको क्रममा शव भेटिएको ठाउँभन्दा केही पर बस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, ‘अनुसन्धानको क्रममा बम बनाउन प्रयोग हुने बिस्फोटक पदार्थ फेला परेको छ, पक्राउ परेकामा १२ जनामाथि नै बिस्फोटक पदार्थ कसुरसम्बन्धी पनि मुद्दा दर्ता हुन्छ,’ उनले भने।, उनका अनुसार घटनास्थलको केही किलोमिटर पर फेला परेको बिस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।, राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका थिए।, दशरथ चन्द नगरपालिका-१० खडेनी घर भएका बुडाल फागुन १३ गते  दोगडाकेदार ४ जाडाबगर चमेलिया नदी किनारमा मृत फेला परेका थिए।, त्यो दिन बिहान उनी साथीहरूसँग पिकनिक मनाउन गएका थिए।, हत्या भएको भन्दै बुडालसँगै पिकनिक मनाउन गएका १२ जनामाथि परिवारले किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले उनीहरूलाई  पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।, अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीको सिआइबीको टोली पनि बैतडी पुगेको छ।, मृतक बुडालको पोस्टमार्टम रिपोर्ट क्लियरका लागि भिसेरा परीक्षण गर्न काठमाडौं पठाइएको छ। घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने भन्दै बुडालका आफन्तले अहिलेसम्म शव बुझ्न मानेका छैनन्।, बैतडीमा जीवन बुडाल मुत्यु प्रकरण: शव भेटिएको ठाउँ नजिकै भेटियो बिस्फोटक पदार्थ
रेनशा राई यसपालि ,'महिनावारीका कुरा' ,मा हामीले कोरियोग्राफर तथा फिल्म निर्देशक रेनशा राईको अनुभव समेटेका छौं। ३० वर्षीया रेनशा १९ वर्षकी हुँदादेखि कला क्षेत्रमा जोडिएकी हुन्। 'चियाबारीमा', 'वनमा फुल्यो फूल', 'मै ठूली भएछु रे' जस्ता थुप्रै गीतमा कोरियोग्राफी गर्दै अगाडि बढेकी रेनशाले 'इन्टु मिन्टु लन्डनमा' फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन्।, सेतोपाटीका ,मन्दिरा घिमिरे,ले रेनशासँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।, ***, म पहिलोपटक महिनावारी हुँदा खुसी भएकी थिएँ। मेरो कक्षामा महिनावारी हुन बाँकी म मात्र थिए। सबैजना महिनावारी भइसकेका थिए। म मात्र हुन बाँकी भएर पनि होला मलाई महिनावारी हुँदा एकदमै खुसी लाग्यो।, ल म पनि महिनावारी भएँ भन्ने भयो। डर पनि लागेन।, पहिलोपटक महिनावारी हुँदा म कक्षा आठमा पढ्थेँ। पहिलोपटक घरमै हुँदा महिनावारी भएकाले मलाई कुनै पनि अप्ठ्यारो परेन।, मेरो जन्म पाँचथरको फिदिममा भएको हो। म घरकी माइली छोरी हुँ। तीन छोरी नै छोरी भएको घरमा जन्मिएकी मलाई महिनावारी हुँदा कुनै पनि कठिनाइ भएन।, घरमा पहिले नै दिदी महिनावारी भइसक्नुभएको थियो। त्यही भएर सबैले सामान्य नै माने। मलाई पनि त्यस्तो केही भएन। एउटा समय भएपछि महिनावारी हुन्छ भनेर थाहा पाएर पनि होला।, मंगोल समाजमा महिनावारीका बेला बार्ने चलन छैन। त्यसैले पनि मैले घरमा यहाँ नछोऊ, त्यहाँ नछोऊ भनेको कहिल्यै सुनिनँ। मलाई याद भएसम्म म पहिलोपटक महिनावारी हुँदा घरमा सामान्य रूपमा नै बसेको थिएँ।, धरैजसो महिलाहरूलाई शारीरिक कठिनाइ हुन्छ। मलाई भने केही हुँदैन थियो। त्यसैले पनि घरमा कोही महिनावारी भएको, नभएकोबारे कसैलाई पनि थाहा हुँदैन थियो। पेट दुख्ने समस्या भएको भए पनि थाहा हुन्थ्यो होला। तर मलाई कहिलेकाहीँ ढाड मात्र दुख्थ्यो। , महिनावारीको समयमा मेरो मुड स्विङ (मुड बदलिरहने) भने हुन्छ। म त्यस बेला आफ्नो कुरा अरूलाई सुनाउँछु।, महिनावारी बार्ने चाहिँ पहिलेपहिले स्वास्थ्यको दृष्टिकोणले होला। सबै कुराको हेर्ने दृष्टिकोण हुने रहेछ। त्यो समयमा स्वास्थ्यको दृष्टिकोणका कारण बारिएको थियो सायद। सोही कुरालाई पछि आस्थासँग पनि जोडियो। आस्थासँग जोडिएपछि मानिसहरूले बार्ने चलन थाले। जुन त्यो समयमा ठिक थियो होला।, त्यस्तै महिनावारीपछि नुहाउने, लत्ताकपडा धुने लगायत काम हुन्छ। यी कुरा स्वास्थ्यको दृष्टिकोणले भनिएको होला।, पहिले पहिले आस्थासँग कुनै पनि कुरा जोडिदिँदा मानिसहरू अनुशासनमा बस्ने भएकाले महिनावारीलाई धर्मको कुरामा जोडिदिएर बार्ने गरेको पनि होला।, महिनावारी बार्दा र नबार्दाको दुवै पक्ष छन्। स्वास्थ्य र स्वच्छतासँग जोडेर हेर्ने हो भने महिनावारी भएको बेला महिलाले झनै विशेष ध्यान दिनुपर्छ है भनेर सम्झाएको होला भन्ने बुझ्छु। तर महिनावारी भएकै कारण छुन नहुने, महिलाले गर्ने सबै कुरामा रोक लगाउनु गलत हो।, मेरा छोरीको पालासम्म यो हट्ला भन्ने विश्वास छ। मेरो आमाको पुस्ताबाट ममा आउँदा ५० प्रतिशत परिवर्तन भइसकेको छ। छोरीको पुस्तामा त पूर्ण रूपमा परिवर्तन हुन्छ। यसलाई ठूलो कुरा बनाउन जरूरी नै छैन।, महिनावारी भएको समयमा महिलामा शारीरिक परिवर्तनका साथसाथै मानसिक परिवर्तन समेत आउँछ। त्यसैले यस्तो बेला सबै आमाबुबाले विशेष ध्यान पुर्‍याउनुपर्छ।, अहिले पनि कतिपय महिला महिनावारीको समयमा मन्दिर जान, भान्छा कोठामा जान हिचकिचाउने गर्छन्। तर ती सबै मानिसको स्वैच्छाको कुरा हो। कोही मानिस महिनावारीको समयमा स्वैच्छाले मन्दिर जाने वा नजाने गर्नुहुन्छ भने त्यो उहाँहरूको कुरा हो। तर कसैले महिनावारीको समयमा तँ यताउता जान र काम गर्न पाउँदिनस् भनेर रोकटोक गर्ने काम गर्नु हुँदैन। यी कुरा मानिस अनुसार फरक पर्छन्। तर अरूले भनेको भरमा निर्णय लिनु हुँदैन।, महिनावारी भएको समय अचार छुँदा कुहिने, बारीमा फल छुँदा बिग्रिने लगायतका कुराहरू बैज्ञानिक होइनन्। यस्ता कुरा गर्दा महिनावारी भएको समयमा महिला भनेको कुसाइत र नराम्रो ऊर्जा भएको जस्तो ढंगले मात्रै व्याख्या गरिएको हो भन्ने आभाष हुन्छ। यो कुरा भनेको ढिलो चाँडो परिवर्तन हुन्छ।, महिनावारी भनेको एकदमै सामान्य कुरा भनेर घरका सदस्यहरूले बुझ्न जरूरी छ। पहिलोपटक महिनावारी हुँदा लुकाएर राख्ने चलन गलत हो। एउटा महिलालाई बन्द कोठामा राख्दा उनको दिमागमा के कस्ता कुराहरू खेल्दा हुन्? यो त अब तिमी कमजोर भयौं भनेर बन्द कोठामा लुकाएर राखिएको भयो नि!, महिनावारीका बेला गाह्रो कहिलेकाहीँ काममा गाह्रो हुन्छ। यस्तो बेला म अरूसँग सहयोग मागेर काम गर्छु। ठूलो टिमसँग काम गर्दा आफ्नो कारण सुटिङ नै क्यान्सिल पनि गर्न सकिँदैन। सुटिङ युनिटमा भएका क्यामराम्यान लगायतलाई आफूलाई महिनावारीका कारण सन्चो नभएको र सुटिङ अलि छिटो प्याकअप गर्ने भनेर जानकारी दिन्छु।, जुनसुकै पुरूषको घरमा महिलाहरू हुन्छन्। हामीले कुरा बुझ्दैनन् भनेर कुरा साट्न हिचकिचाउनु हुँदैन। जबसम्म हामी आफैं बोल्न अप्ठ्यारो मान्छौं तबसम्म अरूले केही पनि गर्न सक्दैनन्। त्यसैले सुरूमा त आफ्नो कुरा राख्नुपर्छ। अनि बल्ल बुझ्नुहुन्छ। लज्जित हुनुपर्ने समय पनि छैन।, यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ), ६-, ,एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ), ७-, ,कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ),  ,  ,  , महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई बिहीबार पक्राउ गरेको प्रवक्‍ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , गत मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा पाण्डेलगायत महानगर प्रहरीमाथि आक्रमण भएको थियो। , पाण्डेको टाउकोमा चोट लागेको थियो। अन्य प्रहरी पनि घाइते भएका थिए। , त्यस घटनामा संलग्न नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको हो। परिश्रमीलाई प्रहरीले सुनसरी र लामालाई शंखमुलबाट पक्राउ गरेको हो। , थापाथलीको उक्त घटनापछि महानगरले परिसरमा जाहेरी दिएको थियो। अहिले उनीहरूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव कसुरको मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ।  , बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन महानगरले गृह मन्त्रालयसँग सहयोग पनि मागेको थियो।, महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ। , सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता गरेको हो। , गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोप उनीमाथि छ।, उनी थाइल्यान्डबाट स्वदेश फर्केलगत्तै पक्राउ परेका थिए।, रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए। रेग्मीले सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गरेको भन्दै उनीहरूले बताएका थिए।, जाहेरीको आधार ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूरमा अनुसन्धान गरेको थियो।, उक्त अनुसन्धान सकेर साइबर ब्युरोले प्रतिवेदन कार्यालयमा बुझाएको थियो। प्रहरीले रेग्मीविरूद्ध पीडितले निवेदनसहित दिएको स्क्रिनसट कागजातहरू प्रमाणको रूपमा पेश गरेको छ।, प्रहरी र कार्यालयले उक्त दफाअनुसार कसूर पुष्टि हुने दाबी गरेको छ। उक्त दफाअनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने उल्लेख छ। , ‘कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ। , बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरूद्ध मुद्दा दर्ता
रासस गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ। , भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो।, महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गरेकी हुन्।, डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ।, प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताइन्।, ती बत्ती साँझको समयमा आफैं बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ। , उनले भनिन्, ‘अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ।’, प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ।, यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ। यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन्। पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन्।, महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ।, दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ।, झिलीमिली नारायणी पुल
दिपकजंग शाही साढे तीन वर्षअघिको कुरा हो। आफ्नै छोराको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी यमुना केसीको कोखबाट दोस्रो सन्तानका रूपमा उनी जन्मिएका थिए।, उनको नाम जिसन केसी राखियो। सल्यान कारागारमै आमाले उनलाई हुर्काइन्। आमासँगै उनी अहिलेसम्म कारागारमै छन्। उनकी आमा कारागारका चार दिवार नाघेर बाहिर जान पाउन्नन्। आमा बाहिर जान नपाएपछि झण्डै चार वर्ष पुगेका जिसन पनि जान पाउने कुरा भएन।, उनी छुनुमुनु गर्दै जेलकै प्राङगणमा खेल्छन्। कैदीबन्दी नै उनका परिवार भएका छन् उनीहरू नै साथी। उनी अहिले शिशु कक्षा जाने उमेरका भइसकेका छन्। तर आमा बाहिर जान नपाउने भएकाले उनी स्कुल जान सक्दैनन्। , अरू बच्चाहरूले झैँ खुला संसारमा परिवारसँग हुर्किन नपाएपनि पनि उनको शिक्षाको हक हनन् नहोस् भनेर कारागारले भने उपाय सोचेको रहेछ। उनले अक्षर पढ्न थाल्ने बेला भएको मानेर सल्यानको कारागार प्रशासनले उनका लागि एक महिला शिक्षक राखिदिएको छ।, शिक्षकले पढाउन थालेपछि दिउँसो जिसन कापी र पेन्सिल लिएर बस्न थालेका छन्।, ‘क ख...’ लेख्न सिक्दैछन्। शिक्षकले लेखाउने र जिसनले लेख्ने क्रम केही महिनादेखि दैनिक रूपमा चल्दै छ।  , जिसनकी आमा यमुना केसी जन्मकैदको सजाय काट्न कारागारमा आएकी हुन्। छोराको पढाइ कहिलेसम्म चल्छ थाहा छैन। उनलाई त के कुरा, कारागार प्रशासनलाई पनि थाहा छैन।, उनलाई जेलबाट बाहिर पठाएर पढाउन चाहिने कागज–प्रमाण आमासँग छैन।, यमुना २०७५ पुस २९ गते कारागार चलान भएकी थिइन्। उनलाई ‘कर्तव्य ज्यान’ मुद्दामा सल्यान जिल्ला अदालतले जन्मकैद सजाय तोकेको थियो।  कारागार चलान भएको ८ महिनापछि २०७६ भदौ ८ गते उनले कारागारमै छोरो जन्माइन्।, उनका श्रीमानले जिसनलाई छोरो स्वीकार गरेका छैनन्। श्रीमानले अस्वीकार गरेपछि परिवारका अन्य सदस्यले पनि मानेनन्।, यमुनाले पढाइका लागि छोरालाई आफूबाट अलग राख्न चाहेकी छन्। कारागार बाहिर राखेर पढाउने धोको उनको छ।     , ‘सरकार वा कुनै राम्रो संस्था बच्चालाई पाल्छु र पढाउँछु भनेर आए म छोरो पठाइदिन्थेँ। म जेलमा भए पनि छोराले स्कुलमा पढ्न पाउँथ्यो,’ जिल्ला कारागार सल्यानका जेलर राजन कँडेलले यमुनाको भनाइ उद्धृत गरे, ‘म २५ वर्ष जेलमा बस्ने भएपछि मेरो बच्चाको भविष्य बर्बाद हुन्छ। यहाँबाट निस्केपछि म आफैँ जिम्मा लिन्छु।’, यमुना सल्यानको छत्रेश्वरी गाउँपालिका–२ की स्थायी बासिन्दा हुन्। हाल उनी २५ वर्षकी भइन्। छत्रेश्वरीकै वडा नम्बर ४ को केसी परिवारमा उनको बिहे भएको थियो। जिसनभन्दा पहिले पनि यमुना एक छोरा थिए। ती छोराको हत्या गरेको अभियोग प्रमाणित भएपछि उनीमाथि जन्मकैद तोकिएको हो।, यमुनाको नागरिकता प्रमाणपत्र बनेको छैन। बिहे दर्ता पनि भएको छैन। आमाको नागरिकता नहुँदा र बाबुले छोरा स्वीकार नगर्दा पढ्ने उमेर भएका जिसनलाई कारागारमै राख्नुपरेको जेलर कँडेलको भनाइ छ।, ‘आमा (यमुना) मेरै श्रीमानबाट जन्मिएको बच्चा हो भन्नुहुन्छ। श्रीमानले मेरो होइन भन्नुहुन्छ,’ कँडेल समस्या सुनाउँछन्, ‘हामीले बालकलाई संरक्षणमा राखेर पढाइदिन केही संस्थालाई आग्रह गर्‍यौं। सबैले बच्चाको जन्मदर्ता चाहियो भने। जन्मदर्ता हुन आमाको नागरिकता हुनपर्‍यो।’, जिल्ला अस्पताल सल्यानले दिएको जिसनको जन्म प्रमाणपत्रमा बाबुको नाम लीलाधर केसी लेखिएको छ।, जिसनको बारेमा जिल्ला प्रशासन कार्यालय, बालअधिकार परिषद, सरोकारवाला मन्त्रालयमा पनि आफूले कुरा गरेको जेलर कँडेलले बताए।, उनी भन्छन्, ‘सबैतिर सरकारी डकुमेन्ट (प्रमाण) हुनुपर्‍यो भन्ने कुरा आउँछ। आमाकै डकुमेन्ट छैन, बच्चाको कसरी बनोस्!’, जिल्ला कारागारले यमुनाको नागरिकता प्रमाणपत्र बनाइदिन पहल पनि गरेको थियो। साक्षी बस्ने व्यक्ति नभेटेपछि वडा कार्यालयले सिफारिस दिन सकेन।, ‘माइतीतर्फ उहाँ (यमुना) की आमा वृद्ध हुनुहुन्छ। एक जना दाइ विदेशमा हुनुहुन्छ। उहाँहरुबाहेक जवाफदेही व्यक्ति अरू कोही रहेनछन्,’ कँडेलले भने, ‘नागरिकताका लागि जनप्रतिनिधिलाई भनेर हामीले धेरै पहल गरेका हौँ। घर परिवारबाट नागरिकता बनाइदिन मानेका छैनन्।’, जिसनलाई कारागार बाहिर ल्याएर पढाउन माइती पक्षले यमुनाको नागरिकता प्राप्तिका लागि सहयोग गर्नु उपयुक्त विकल्प हुने उनको भनाइ छ।, नागरिकता बन्न सकेन भने कुनै विकल्प हुन सक्छ कि सक्दैन?, कँडेल भन्छन्, ‘हामीले बच्चा जेलमा जन्मिएको हो, आमा यी हुन् भनेर प्रमाणित गरिदिएका छौँ। त्यसैका आधारमा कुनै संस्थाले बाहिर लगेर पढाइदिन सक्छन्। यसो गर्दा राम्रो हुन्छ।’, कारागार प्रशासनले जिसन कारागारभित्रै यमुनाबाट जन्मिएको भनेर प्रमाणित गर्ने पत्र बनाइदिएको छ।, जिसनलाई पढाउने बन्दी शिक्षकले कक्षा १२ उत्तीर्ण गरेकी छन्। पढाएबापत उनले केही सुविधा पनि पाउने व्यवस्था गरेको कँडेलले बताए।, छत्रेश्वरी–४ का वडाध्यक्ष छविलाल खत्रीले आफू यमुनाका घरपरिवारजनसँग भेटेर छलफल गर्ने योजनामा रहेको बताए। कारागारमा भएका बालकको पढाइका लागि जनप्रतिनिधिका तर्फबाट आफ्नो प्रयास जारी रहने पनि उनले बताए।, जिसनलाई तत्कालका लागि राज्यबाट  विशेष संरक्षणको खाँचो रहेको ‘राष्ट्रिय बालअधिकार परिषद’ का कर्णाली प्रदेश समन्वय अधिकृत डम्बरबहादुर रोकायाको भनाइ छ।, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ मा ‘विशेष संरक्षणको आवश्यकता भएका बालबालिका’ सम्बन्धी व्यवस्था छ।, दफा ४ (ङ) मा थुनामा रहेका वा बन्दी बाबु वा आमासँग आश्रित भई कारागारमा रहेका बालबालिका विशेष संरक्षणको आवश्यकता भएका मानिएका छन्।, ऐनको दफा १८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था गर्न राज्यले उपलब्ध स्रोतसाधनको आधारमा आवश्यक व्यवस्था मिलाउने छ भनिएको छ।, जिसनले राज्यको निकाय जिल्ला कारागरामा अक्षर चिनाउन शिक्षक दिने बाहेक कुनै पनि ‘विशेष संरक्षण’ पाएका छैनन्।  , बाहिर जाने कागजात छैन, कारागारमै अक्षर सिक्दैछन् ३ वर्षीय जिसन
शोभा शर्मा बिहान घाम छिप्पिसक्दा पनि दुवै दम्पतीको अत्तोपत्तो थिएन।, घर सुनसान थियो।, अघिल्लो दिन ससुराली गएका हंसबहादुर राई साँझ फर्किसकेको आमाबुवाले थाहा पाएका थिए। तर घरका झ्यालढोका बन्द देखेर उनीहरूको मनमा चिसो पस्यो।, कुनै चालचुल नदेखेपछि उनीहरू हंसबहादुरको घर गए। बन्द ढोकाको चेपबाट चियाए। उनीहरू त उठेकै रहेनछन्। बोलाउँदा पनि बोलेनन्।, त्यतिञ्जेल गाउँलेहरू जम्मा भइसकेका थिए।, ढोका फोडेर हेर्दा हंसबहादुर आफ्नै बिस्तरामा रगतले लतपतिएको अवस्थामा भेटिए। उनको टाउको फुटेको थियो र उनीसँगै खुट्टा खापेर सुतेकी थिइन् उनकी श्रीमती आइसोरी (ऐश्वर्य) राई।, बिस्तरा नजिकै रगत लतपतिएको बञ्चरो पनि भेटियो।, यो घटनाले मोरङको साबिक पाटी गाविस-१ वारेफुङ गाउँ आतंकित भयो। गाउँलेहरूले प्रहरीलाई खबर गरे। प्रहरी आएर घटनास्थल मुचुल्का गर्‍यो।, भोलिपल्ट हंसबहादुरका काका छोरा शेरबहादुरले आइसोरीले नै आफ्ना दाजु मारेको भन्दै किटानी जाहेरी दिए। आइसोरीले प्रहरीसमक्ष हत्या सकारेको देखिन्छ। सरकारी वकिलले पनि उनीविरूद्ध श्रीमानको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद हुनुपर्ने भन्दै मुद्दा चलायो।, छ वर्षअघि यसरी श्रीमान मारेको घटनाकी अभियुक्त आइसोरीले सर्वोच्च अदालतबाट सफाइ पाएकी छन्।, उनलाई सफाइ दिनुअघि जिल्ला, उच्च र सर्वोच्च अदालतमा लामो बहस भएको देखिन्छ। सर्वोच्च आइसकेपछि न्यायाधीश ईश्वर खतिवडा र सपना प्रधान मल्लबीच उनलाई सजाय सुनाउने कि सफाइ दिने भन्नेमा राय बाझिएको थियो। न्यायाधीश खतिवडाले आठ वर्ष सजायको राय दिए पनि मल्लले कसुरबाट उन्मुक्ति पाउनुपर्ने फैसला गरेकी थिइन्।, दुई न्यायाधीशको राय बाझिएको अवस्थामा तीन न्यायाधीशको इजलासले सुरूदेखि नै मुद्दा हेर्ने नियम छ। यसैअनुसार न्यायाधीश हरिकृष्ण कार्की, अनिल सिन्हा र नहकुल सुवेदीको इजलासले न्यायाधीश मल्लकै रायमा सहमत हुँदै आइसोरीलाई सफाइ दिएको हो।, असार २ गते भएको उक्त फैसलाको पूर्णपाठ सर्वोच्चले केही समयअघि मात्र आफ्नो वेबसाइटमा राखेको छ।, पूर्णपाठमा उल्लेख भएको विवरणअनुसार जाहेरी दर्ता भएको नौ दिनपछि आइसोरीलाई अस्पताल भर्ना गरिएको थियो। डेढ महिना उपचार गराएपछि उनी डिस्चार्ज भइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो। अस्पतालले दिएको स्वास्थ्य रिपोर्टमा आइसोरीलाई 'सिजोफ्रेनिया' भन्ने मानसिक रोग लागेको उल्लेख छ।, उनले मोरङ अदालतमा भने आफूलाई केही पनि थाहा नभएको बयान दिएकी थिइन्।, जिल्ला अदालत मोरङले आइसोरीले नै धारिलो हतियारले हानेर आफ्ना पतिको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुनुपर्ने भनेको थियो। तर त्यति धेरै कैद सजाय आइसोरीका हकमा चर्को पर्न जाने चित्तमा लागेको भन्दै जिल्ला न्यायाधीशले १२ वर्ष मात्र सजाय हुनुपर्ने राय सुनाए।, उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला सदर गर्‍यो। तर परिस्थितिजन्य अवस्था हेर्दा उनलाई १२ वर्ष कैद सजाय गर्नु पनि चर्को पर्न जाने भन्दै आठ वर्ष कैद सुनायो।, यो फैसला साधक जाँचका लागि सर्वोच्च अदालत आइपुगेको थियो। दस वर्षभन्दा बढी कैद हुने मुद्दामा आफूले गरेको सजाय मिल्यो कि मिलेन भनेर जाँच्न तल्ला अदालतले माथिल्लो तहमा पठाउँछन्। यसलाई 'साधक जाँच्न पठाएको' भनिन्छ।, साधक जाँचका लागि सर्वोच्च आएको यो मुद्दामा २०७५ फागुन ११ गते पहिलो सुनुवाइ राखिएको थियो। न्यायाधीश विश्वम्भर श्रेष्ठ र टंक मोक्तानको इजलासले मिसिल पढेपछि सबभन्दा पहिले उनी कहाँ कुन अवस्थामा छिन् भनेर सोध्न मोरङ कारागारमा सम्पर्क गरेको थियो।, मोरङ कारागारले उनलाई काठमाडौंस्थित केन्द्रीय कारागार पठाइसकेको जानकारी दियो। उनी बिरामी भएकाले उपचारका लागि पठाइएको जानकारी पाएपछि अदालतले आदेश दियो, 'आइसोरीको स्वास्थ्य स्थिति कस्तो छ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने जवाफ मगाएर पेस गर्नू। सरकार पक्षलाई पनि बहसका लागि डाक्नू।', केन्द्रीय कारागारले आइसोरीलाई टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहेको रहेछ। अस्पतालले उनलाई 'अन डिफ्रेन्सिएटेड सिजोफ्रेनिया' भएको रिपोर्ट पठायो। त्यसपछि यो मुद्दा न्यायाधीश खतिवडा र मल्लको इजलासमा पेस भयो।, मुख्यत: सिजोफ्रेनिया भएकी आइसोरीलाई जन्मकैद हुनुपर्ने हो कि होइन भन्ने प्रश्नको निरूपण यो इजलासले गर्न खोजेको देखिन्छ।, तर दुई न्यायाधीशको मत बाझियो।, न्यायाधीश खतिवडाले उच्च अदालतकै राय सदर गरे। अर्थात्, उनलाई जन्मकैद हुनुपर्ने ठहर गर्दै मानसिक बिरामी भएकाले कैद घटाएर आठ वर्ष सजाय सुनाउने राय नै ठिक भएको फैसला दिए। उनले आइसोरीको मानसिक रोग कैद घटाउने कारक तत्व भएको उल्लेख गरेका छन्।, 'वस्तुतः कुनै व्यक्तिमा रहेको मानसिक रोग फौजदारी दायित्वबाट उन्मुक्ति पाउने अवस्थासम्मको छैन भने पनि त्यस्ता मानसिक रोगीका हकमा सजाय निर्धारण गर्दा विचार गर्न सकिन्छ,' उनको फैसलामा उल्लेख छ।, घटनाअघि दुईबीचको सम्बन्ध, मृतकको व्यवहार, घटनाक्रम विवरण, घटनापछि प्रतिवादीको व्यवहार र उनको पछिल्लो स्वास्थ्य अवस्था लगायत समग्र परिस्थिति हेर्दा आइसोरीलाई सजाय घटाउने उच्च अदालत विराटनगरको फैसला मनासिब रहेको खतिवडाको फैसलामा उल्लेख छ।, न्यायाधीश सपना प्रधान मल्लले भने उक्त कसुरबाट आइसोरीलाई उन्मुक्ति दिनुपर्ने बताएकी छन्।, घटनापछि तत्काल उपचार गर्दा सिजोफ्रेनिया भन्ने रोगबाट ग्रसित भएर मानसिक सन्तुलन गुमाएको देखिएको र घटना बेलाको क्रियाकलाप हेर्दा पनि उक्त हत्या मनसायसहितको नभएको निष्कर्षमा न्यायाधीश मल्ल पुगेकी थिइन्।, मनसायको अनुपस्थिति मात्र पागलपनको प्रमाण नभए पनि प्रतिवादीले आफ्ना पतिलाई कुनै तर्कसंगत कारणबिना मारेको देखिएको न्यायाधीश मल्लको रायमा उल्लेख छ।, 'वारदातबाट भाग्न वा केही लुकाउन कुनै प्रयास नगरेको, आफूले गरेको कामका लागि पश्चाताप नदेखाएको, आफ्नो पतिको हत्यापछि के भयो भन्नेबारे पूर्णतया बेवास्ता रही कुनै पनि भावना वा प्रतिक्रिया प्रदर्शन नगरेका आधारमा निजलाई पागलपनको प्रतिरक्षा प्रदान गरिनुपर्ने देखिन्छ,' न्यायाधीश प्रधानको रायमा भनिएको छ, 'तसर्थ यी प्रतिवादी ऐश्वर्य भन्ने आइसोरी राईले सजायबाट उन्मुक्ति पाउने नै देखियो।', यसरी दुई न्यायाधीशको राय बाझिएपछि यो मुद्दा तीन न्यायाधीशको इजलासमा पुग्यो। न्यायाधीश हरिकृष्ण कार्की, अनिल सिन्हा र नहकुल सुवेदीको इजलासमा पनि आइसोरीलाई कति सजाय गर्ने वा सफाइ दिने भन्नेमा बहस चल्यो।, जाहेरवालाका तर्फबाट सह-महान्यायाधीवक्ता उद्धव पुडासैनीले आइसोरीलाई उन्मुक्ति दिन नहुने माग गर्दै बहस गरे।, आइसोरीका तर्फबाट वैतनिक अधिवक्ता सुधा धिताल र अमिता गौतमले भने उनको मानसिक अवस्था ठिक नभएकाले कसुरबाट उन्मुक्ति दिनुपर्ने जिकिर गरे।, बहसपछि उक्त इजलासले निरूपण गर्नुपर्ने जम्मा तीन प्रश्न औंल्यायो।, एक, मृतकको मृत्यु आइसोरीको कार्यले भएको हो कि होइन?, दुई, आइसोरीको मानसिक अवस्था आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी बिग्रेको हो वा होइन?, तेस्रो, उनलाई सजाय हुनुनपर्ने अवस्था छ कि छैन? तल्लो अदालतको राय मिलेको छ कि छैन?, उक्त इजलासले आइसोरीको बञ्चरो प्रहारबाटै उनका श्रीमानको ज्यान गएको भन्दै पहिलो प्रश्न निरूपण गर्‍यो।, दोस्रो प्रश्न निरूपण गर्न अदालतले सिजोफ्रेनिया भनेको कस्तो रोग हो भन्नेबारे विभिन्न अध्ययन प्रतिवेदन, किताब र विधिशास्त्र नियालेको देखिन्छ।, फैसलामा पारिख भन्ने विद्वानको पुस्तकबाट केही जानकारी साभार गरिएको छ। उनले आफ्नो पुस्तक 'मेडिकल जुरिसप्रुडेन्स' मा सिजोफ्रेनियाबाट ग्रसित व्यक्तिहरूमा विशृंखलित सोच र भावनात्मक व्यग्रता हुने उल्लेख गरेका छन्। यस्ता व्यक्तिलाई भावना र सोचाइ लयमा नभएको 'स्प्लिट पर्सनालिटी' का रूपमा उनले चित्रित गरेका छन्।, विश्व स्वास्थ्य संगठनले पनि सिजोफ्रेनियालाई व्यक्तिको सोच्ने, अनुभूत गर्ने वा अभिव्यक्त गर्ने शैली विकृत र विशृंखलित गराइदिने मानसिक असन्तुलनको अवस्था भनी परिभाषित गरेको छ।, त्यस्तै, रिचर्ड स्लोनद्वारा प्रकाशित 'मेडिकल लिगल डिक्सनरी' मा सिजोफ्रेनियालाई अत्यन्त गम्भीर भावनात्मक विशृंखलता, भय र मतिभ्रमपूर्ण मानसिक असन्तुलनको अवस्था भनी चित्रित गरिएको छ।, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले गरेको एक अध्ययनले सिजोफ्रेनियाका बिरामीमा एक किसिमको मतिभ्रम पैदा हुने, नभएको आवाज सुन्ने वा नभएका चिज देख्ने; रूप, गन्ध, स्पर्श, स्वाद र आवाज आदिका सम्बन्धमा विशृंखलित सोच र असामान्य व्यवहार प्रकट हुने निष्कर्ष निकालेको थियो।, 'यो रोगबाट ग्रसित व्यक्तिमा अक्सर कसैले आफूलाई गम्भीर मानसिक र शारीरिक पीडा दिई सताएको, कसैले पिछा गरेको, समाप्त पारेको, हानि पुर्‍याएको, धोकामा पारेको वा जासुसी गरिएको, उपहास गरेकोजस्ता विकृत सोच र अनुभूति उत्पन्न भएका हुन्छन्,' उल्लिखित अध्ययन प्रतिवेदनलाई सर्वोच्चले फैसलामा उद्धृत गरेको छ।, यी अध्ययनपछि इजलासले आइसोरीको स्वास्थ्य रिपोर्ट, घटना र उनले देखाएका व्यवहार विश्लेषण गरेको छ।, 'आइसोरी आफ्नो पतिलाई बञ्चरो प्रहार गरी रक्ताम्य बनाएपछि रातभर पतिसँगै सुतेको देखिन्छ,' फैसलामा भनिएको छ, 'कुनै पनि सामान्य मानसिक अवस्था भएको व्यक्ति लाससँग रातभर सँगै सुत्न सक्ने परिकल्पना गर्न सकिँदैन।', आफैंले बञ्चरो प्रहार गरी रक्ताम्य बनाइएका व्यक्तिसँग केही पनि नभएजस्तो गरी रातभर (भोलिपल्ट मध्याह्नसम्म) सँगै सुत्नु र पतिको मृत्युका सम्बन्धमा कुनै जानकारी, पीडा, पश्चाताप, संवेग वा प्रतिक्रिया नभई भावशून्य अवस्थामा भेटिनु आफैंमा चरम मानसिक अस्वस्थताको द्योतक भएको फैसलामा उल्लेख छ।, 'प्रतिवादी लाससँगै सुत्नु, कसुर अपराध लुकाउने-छिपाउने प्रयास नगर्नु, प्रमाण लुकाउने-छिपाउने वा नष्ट गर्ने प्रयास नगर्नु, कसुरबाट भाग्ने-उम्कने प्रयास नगर्नु तथा निजबाट वारदातका सम्बन्धमा कुनै दुःख, पश्चाताप, विस्मय वा अन्य कुनै स्वाभाविक मानवीय संवेगात्मक प्रतिक्रिया व्यक्त नगर्नुलाई निज मानसिक रूपमा अस्वस्थ भई आफूले गरेको कार्य कानुनविपरीत हो भनी वा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अवस्थामा रहेको भनी मान्नुपर्ने देखिन आयो,' फैसलामा भनिएको छ।, तेस्रो प्रश्न उनलाई सजाय हुने कि नहुने भन्ने थियो, जसमा उक्त इजलासले उल्लिखित निष्कर्षमा पुगेपछि आइसोरीलाई उन्मुक्ति दिनुपर्ने फैसला सुनायो। र उच्च अदालत विराटनगरले ८ वर्ष कैद गर्न दिएको राय नमिलेको बतायो।, यो फैसलापछि उनी सुन्धारास्थित केन्द्रीय कारागारअन्तर्गतको जगन्नाथ देवलबाट मुक्त भइन्।, यी तीन न्यायाधीशको इजलासले मानसिक अवस्था बिग्रिएका व्यक्तिले गरेका कसुरमा विभिन्न देशका कानुन र अदालतले गरेका फैसलाले के भन्छन् भन्नेबारे पनि खोजी गरेको थियो।, विभिन्न देशका कानुन , सन् १८८३ मा बेलायतले मानसिक रूपमा अस्वस्थ व्यक्तिले गरेका कसुरजन्य कार्यको सुनुवाइ सम्बन्धमा छुट्टै विशेष कानुन बनाएको थियो। द ट्रायल अफ लुनाटिक एक्ट १८८३ भनिने उक्त कानुनको दफा २ ले भन्छ- 'कुनै फौजदारी कसुरको अभियोग लागेको व्यक्तिले सुनुवाइ प्रक्रियामा उपस्थित भई सो कसुर गर्दाका समयमा निज बहुलाएको भन्ने प्रमाण पेस गरेमा निजलाई कसुरदार मानिने छैन।', क्यानडाको अपराध संहिताको दफा १६ मा भनिएको छ- 'मानसिक अस्वस्थताका कारण आफूले गरेको कार्यको प्रकृति छुट्याउन वा आफूले कुनै गलत कार्य गरिरहेको छु भन्ने बोध गर्न नसक्ने व्यक्तिले गरेको कुनै कार्य वा भूलका लागि निज आपराधिक रूपमा जिम्मेवार हुँदैन।', भारतको अपराध संहिताको दफा ८४ ले भन्छ- 'मानसिक अस्वस्थताका कारण आफूले गरेको कामको प्रकृति थाहा नपाउने वा आफूले कुनै गल्ती वा कानुनविपरीत कार्य गरिरहेको छु भन्ने जानकारी राख्न नसक्ने व्यक्तिले गरेको कार्यलाई कसुर मानिने छैन।', नेपालको मुलुकी ऐन दण्ड सजायको महल १ मा भनिएको छ- 'कानुनबमोजिम अपराध ठहरिने कुनै व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बहुलाएको रहेछ भने उसलाई खतबात लाग्न र कुनै प्रकारको सजाय हुन सक्दैन।', त्यस्तै मुलुकी फौजदारी संहिताको दफा १४ मा भनिएको छ- 'कुनै काम गर्दाका बखत मानसिक स्वास्थ्यका कारण त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझन नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसुर मानिने छैन।', अन्य मुलुक र नेपालकै अदालतले मानसिक बिरामीलाई कसुरबाट उन्मुक्ति दिएका नजिर, उन्नाइसौं शताब्दीमा कमन ल प्रणालीमा मेक'नटन परीक्षण प्रणाली विकास भएको थियो।, सन् १८४० मा डेनियल मेक'नटन भन्ने व्यक्तिले तत्कालीन बेलायतका प्रधानमन्त्री रोबर्ट पिलले आफूविरूद्ध षड्यन्त्र गरेको ठान्न पुगे। त्यसपछि उनले पिलका निजी सचिव एडवार्ड ड्रमन्डको गोली हानी हत्या गरे। पछि उनी 'मोर्बिड डिलुजन' नामक मानसिक रोगबाट ग्रसित भएको पाइएको थियो।, अदालतले बेलायती कमन लअनुसार मानसिक रूपमा अस्वस्थ व्यक्तिले गरेको कार्यका लागि सजाय गर्न नमिल्ने भएकाले प्रतिवादीलाई आरोपित कसुरमा दोषी मान्न नसकिने फैसला दियो। उनी मानसिक उपचारका लागि स्वास्थ्य संस्थामा बस्नुपर्ने निर्णय पनि गरियो।, यो निर्णयपछि बेलायतका सर्वसाधारण जनता आक्रोशित भएका थिए। महारानी भिक्टोरियाले समेत प्रतिवादीलाई के-कुन आधारमा मानसिक रूपमा अस्वस्थ ठहर गरिएको हो भनी हाउस अफ लर्डलाई पत्राचार गरेकी थिइन्। त्यसपछि अदालतले डेनियल मेक'नटन अपराध गरिरहँदा मानसिक रोगका कारण ठिक-बेठिक छुट्याउन नसक्ने अवस्थाबाट गुज्रिएको देखिएको जवाफ पठायो।, मानसिक रूपमा अस्वस्थ व्यक्तिले गरेको कार्यलाई कसुर नमानिने र सजायबाट उन्मुक्ति पाउनेसम्बन्धी भारतीय दण्ड संहिताको व्यवस्थालाई भारतीय सर्वोच्च अदालतले पनि विभिन्न मुद्दामा व्याख्या गरेको छ।, श्रीकान्त आनन्द राओ भर्सेस स्टेट अफ महाराष्ट्र भएको मुद्दामा प्रतिवादी 'प्यारानोइड सिजोफ्रेनिया' को बिरामी देखिए। उनी उपचार क्रममै रहेछन्। उनले लुगा धुँदै गरेकी श्रीमतीलाई ढुंगा हानेर प्रहार मारेका थिए। मुद्दाको सिलसिलामा उनलाई अस्पताल लगिएको थियो।, उनको परिवारको स्वास्थ्य विवरण हेर्दा बुवालाई समेत मानसिक समस्या रहेछ। वंशाणुगत भई प्रतिवादीलाई समेत मानसिक समस्या रहेको भन्ने स्वास्थ्य परीक्षणले देखाएपछि कसुरबाट उन्मुक्ति दिने गरी फैसला भएको देखिन्छ।, भारतीय सर्वोच्च अदालतले स्टेट भर्सेस महिन्दर सिंहको मुद्दामा प्रतिवादी सिजोफ्रेनियाबाट ग्रसित रहेको भनेर उन्मुक्ति दियो।, घटना हुनुअघि र घटनाको समयमा प्रतिवादीको व्यवहार सामान्य नरहेको तथा घटनापछि पनि प्रतिवादीले कुनै प्रमाण लोप गर्ने/ गराउने कार्य नगरेको अनि घटनास्थलबाट भागेको नदेखिएको भन्ने आधार अदालतले लिएको थियो। प्रतिवादीलाई 'डिफेन्स अफ इन्सेनिटी' अन्तर्गत सजायबाट उन्मुक्ति दिएको अदालतले जनाएको थियो।, नेपाल सरकार विरूद्ध लक्ष्मी भनिने विष्णुमाया अर्यालको कर्तव्यज्यान मुद्दाको नजिर पनि यो फैसलामा उद्धृत गरिएको छ।, यो मुद्दाकी प्रतिवादी लक्ष्मी भन्ने विष्णुमाया अर्यालले आफ्नै छोरालाई बाख्रा बाँध्ने रस्सीले घाँटी कसेर मारेको देखिन्छ। घटनापछि अभियुक्त कतै भागिनन्। न कसुर लुकाउने कुनै प्रयास गरिन्। उनको स्वास्थ्य परीक्षण गर्दा लगातार मानसिक असन्तुलनको अवस्था रहेको पाइएको थियो।, उनी 'साइकोसिस' नामक मानसिक रोगबाट ग्रसित रहेकाले कसुरबाट उन्मुक्ति पाउने भनेर अदालतले सजायबाट पनि उन्मुक्ति दिएको थियो।, बञ्चरोले हानेर रातभरि पतिसँगै सुतेकी आइसोरीको ६ वर्षे अदालती सुनुवाइ
डा. कामक्षा शाह सुगर बिरामीले सधैंभरी औषधि खाइरहनु पर्दैन। सुगर देखिनसाथ जीवनशैलीमा ध्यान दिएमा औषधि बन्द गर्न मिल्छ।, हामी चिकित्सकको काम औषधि दिने हो। तर औषधि घटाउने वा बन्द गराउने इच्छा जबसम्म तपाईँको हुँदैन तबसम्म कुनै पनि सुगरको औषधिले काम गर्न गाह्रो हुन्छ। , डाइभिटिज भनेको दिर्घकालीन र बढिरहने रोग भनेर बुझेका थियौं। यो कुरा गलत हो। डाइभिटिजलाई हामीले जरैदेखि निको पार्न सक्छौ। यदि डाइभिटिज भएको थाहा हुने बित्तिकै तपाईले आफ्नो जीवन शैलीमा ध्यान दिनुभयो भने यो जरैदेखि निको हुन्छ। औषधि सुरू गरेको भए बन्द समेत गरेका उदाहरण छन्।, सुगर भनेको आफूले निम्त्याउने रोग हो। तपाईँले जीवनशैलीमा ध्यान दिनुभयो भने यो रोग लाग्नबाटै बच्न सक्नुहुन्छ। रोग लागिहाल्यो भने अनुशासित जीवनशैली भएमा औषधि बन्द गर्न मिल्छ।, जीवनशैली व्यवस्थित बनाउन सबैभन्दा पहिलो कुरा खाना हो। खाना नखाई कोही पनि बाँच्न सक्दैन। तर खानाले नै दुर्घटना निम्त्याउँछ। त्यसैले अनुशासित भएर खाना खानुपर्छ।, जमिनमा उब्जिएको होस या रूखमा फलेको सबै खान मिल्छ। मान्छेले फ्याक्ट्रीमा बनाएको खाना सकेसम्म नखाएको राम्रो हुन्छ।, सबैभन्दा ठूलो कमजोरी चामल हो। सकेसम्म चामल नखाएको राम्रो । तर खानैपर्छ भने सय देखि १ सय ५० ग्राम खान सकिन्छ। भातको सट्टा दाल, सुपले पेट भर्न सकिन्छ।, आलु खान सकिन्छ। आलु तारेर खायो भने मात्रै हानिकारक हुन्छ। हप्ताको एक पटक रातो मासु र तीन-चार पटक सेतो मासु खान सकिन्छ। मासु आफैंमा चिल्लो भएकाले चिल्लो नराखि खानुपर्छ।, जती गुलियो भए पनि फलफूल खान मिल्छ। तर यसो भन्दैमा एकै पटक ४-५ वटा आँप खान हुँदैन। बेलुका फापर तथा कोदोको रोटी खान सकिन्छ।, काम गर्नेको हकमा भने खानेकुरा फरक पर्छ। किनकि, शारीरिक रूपमा धेरै खट्नेहरूले त्यही अनुसारको खाना खानुपर्छ।, खाना, व्यायाम र तनावले सुगर हुने हो। खानपिनमा ध्यान नदिने, व्यायाम नगर्ने, अत्यधिक तनाव लिनेलाई डाइभिटिज देखिन्छ। गर्भको अवस्थामा निस्किने हर्मोनको कारणले समेत डाइभिटिज हुन्छ।, ५० प्रतिशतमा सुगर भएको थाहा हुँदैन। वजन घट्ने, घाउ नसुक्ने, पेट दुख्ने, टाउको दुख्ने, अचानक प्रेसर बढ्ने लगायतका समस्या लिएर आउनेलाई सुगर देखिएको हुन्छ। शरीर दुप्लाउँदै जाने, मुख सुक्ने, पिसाव धेरै लाग्ने पनि हुन्छ।, खानाको साथै व्यायाम गर्न जरूरी छ। जुनुसुकै समयमा व्यायाम गर्दा हुन्छ। ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा मुटुको धड्कन बढ्नुपर्छ। त्यस्तो गरेमा मात्रै शरीरको बोसो पग्लिन्छ। जे गरे पनि ३० देखि ४५ मिनेट व्यायाम गरे पुग्छ भने पाँच दिनसम्म व्यायाम गर्दा हुन्छ।, ३०-४० वर्ष उमेर भएकालाई त म सकेसम्म औषधि चलाउँदिनँ। जीवनशैली परिवर्तन गर्‍यो भने निको हुन्छ। तर मैले किने बार्ने भन्न थाल्नुभयो भने सुगर दुई महिनामै दोब्बर हुन्छ।, वंशाणुगत कारणले सुगर लाग्छ। तर आफ्नो जीवनशैलीमा ध्यान दिइयो भने २०-३० वर्षमा देखिने सुगर ६०-७० वर्षमा देखिनसक्छ। तर मलाई सुगर लागिहाल्छ भनेर हेलचक्रयाई गर्नुभयो भने बेलैमा लाग्न सक्छ। त्यसैले जीवनशैली महत्वपूर्ण पक्ष हो। , जीवनशैली अनुशासित भयो भने वंशानुगत कारण भए पनि सुगर नहुन सक्छ अथवा भयो भने पनि धेरै पछि हुन्छ।  , सुगरका बिरामीले अपानाउनुपर्ने सावधानी र जोगिनका लागि अपनाउनुपर्ने उपायबारे हामीले नर्भिक अस्पतालमा कार्यरत थाइरोइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.कामक्षा शाहसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, सुगर दीर्घ रोग होइन, स्वस्थ जीवनशैली अपनाए औषधि छोड्न मिल्छ (भिडिओ)
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएपछि  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ।, ७ दिनसम्मका लागि ठेक्का लगाइएको मेला १८ दिनसम्म सञ्चालन भएको सूचना पाएपछि  मन्त्रालयका सहसचिव राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ।, तीन सदस्य रहेको छानबिन समितिको सदस्यमा मन्त्रालयका उपसचिव अर्जुन राई र अधिकृत जयन्ती श्रेष्ठ छन्।, समितिलाई ७ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदनका लागि समय दिइएको छ।, पशुपतिमा ७ दिनका लागि भनेर १८ दिनसम्म मेला चलाएपछि छानबिन समिति गठन
सेतोपाटी संवाददाता नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ।, उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। , ‘नाबालिगसँग सहमतिमै यौन सम्पर्क भए पनि बलात्कार मानिने कानुनी व्यवस्था छ,’ अभियन्ता सलिजा श्रेष्ठले भनिन्, ‘यस्तो कानूनी आधार हुँदाहुँदै शाहलाई अदालतले सफाइ दियो, यो नजिर हेरेर अरू पीडकले सफाइ नपाऊन्।’, नाबालिग बलात्कार अभियोग लागेका शाहलाई गत आइतबार उच्च अदालत पोखराले सफाइ दिएको थियो।, अदालतको कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिँदा नाबालिगले पठाएको म्यासेजलाई आधार मानेको थियो भने शाहले यौन सम्पर्क गरेको स्वीकार गरेको कल रेकर्डलाई अविश्वास गरेको थियो। , उक्त नजिरलाई आधार मान्दा भविष्यमा बलात्कारका अन्य अभियुक्तलाई पनि सफाइ दिन सक्ने भन्दै सचेत गराउन प्रदर्शन गरेको अभियन्ताहरूले बताएका छन्। , अभियन्ता श्रेष्ठले जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा सजाय सुनाएका अभियुक्तलाई उल्ट्याउने उच्च अदालतको फैसला गलत भएको बताइन्।, शाहलाई जिल्ला अदालत नवलपुरले बाल यौन दुर्व्यवहारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति भराउने आदेश उच्च अदालतले उल्ट्याएको थियो।, प्रदर्शनमा उत्रिएकी अर्का अभियन्ता रिसु मगरले पनि उच्च अदालतको उक्त आदेशलाई आधार मानेर जाँदा बलात्कार पीडित खुल्नै नसक्ने अवस्था आउन सक्ने बताइन्।, ‘बालिकामाथि बलात्कार बाहिर आउनै सकेको छैन, पल शाहको केसलाई आधार मानेर जाने हो भने पीडितहरू अझै बाहिर आउन सक्दैनन्,’ उनले भनिन्। , यो पनि:, पल शाह मुद्दामा नाबालिगको म्यासेजलाई विश्वास, कल रेकर्डलाई अविश्वास, प्रदर्शनमा  उत्रिएका उनीहरूले गलत नजिर प्रतिपादन गर्न बन्द गर, ठूलालाई चैन सानालाई ऐन, पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार, पोलेर बोलेको, न्यायालयले नै अन्याय गर्दा न्यायको अपिल गर्ने कहाँ? न्यायालयले गल्ती गर्ने अधिकार छैन जस्ता प्लेकार्ड बोकेका थिए।, उच्च अदातल पोखरा अगाडि नारा- पल शाहलाई सफाइ दिने नजिर हेरेर अरू पीडकले सफाइ नपाऊन् (तस्बिरहरू)
रासस पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो।, 'के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त?', सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ।, बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।, 'हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौं। बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरूक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो,' कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, 'त्यसको १० मिनेटपछि चितुवा मर्‍यो। त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो। चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन।', डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपुर्‍याएको छ। कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ।, 'चितुवा २० केजी जतिको छ,' निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, 'बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वनजंगलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ।', एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो। चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जंगलमा छोडिएको थियो।, चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता!
सेतोपाटी संवाददाता पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।, भोलि (आइतबार) कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशका केही भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ।, आइतबार राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।, सोमबार गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना
रासस बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।, अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो।, अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिक रूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए। , ग्रिनसिटी अस्पतालले शेर्पाका जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्ने गरेको अध्यक्ष टन्डनले बताए।, शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको बताइन्। , तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया
सेतोपाटी संवाददाता प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो। त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो।, हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन। समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ। त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन्।, समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो। सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौं। दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ।, यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ तर प्रकृतिको संरक्षण गर्दैनौँ। गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन। तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन।, यदि प्रकृतिले पनि मानवजाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ। हामी मानवजातिले पनि प्रकृति झैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन।, आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ। हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ। सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शितलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ।, मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन। मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा लैजानुछ।, आजको फोटो फिचरमा ,न्युज एजेन्सी नेपाल,ले कैद गरेका प्रकृतिका यी मनमोहक तस्बिरहरू।, म हुँ प्रकृति, मैले फुल्न छोड्नु हुँदैन (फोटो फिचर)
सेतोपाटी संवाददाता कैलालीमा स्कुल बसकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, शनिबार गोदावरी नगरपालिका-६ स्थित खैरानामा स्कुल बसको ठक्करबाट साेहि ठाउँका ६५ वर्षीय बाटुबटे आलेमगरको मृत्यु भएको हो।, उनलाई माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिएको हाे।, घटनापछि स्थानीयले सडक बन्द गरेका छन्। बस चालक धनगढी उपमहानगरपालिका-१३ का तुल्सीराम राम चौधरी ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिएकाे छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।, कैलालीमा स्कुल बसकाे ठक्करबाट एक महिलाको मृत्युु
रासस कञ्चनपुरमा बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ।, सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो।,  , दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए।, ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ,’ उनले भने, ‘यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ।’ , यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ। , सेतो रंगको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी छ। सर्प विषालु प्रजातिको भने होइन। फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ।  ,  , स्थानीयबासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सब-डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए।, सर्प विज्ञहरूका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ। यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ। यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन्।, कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला
सेतोपाटी संवाददाता लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार राति नागढुंगामा गरेको विशेष चेकिङमा ११ जनाले लागुऔषध सेवन गरी सवारीसाधन चलाएको पाइएको हो। , राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरेको थियो। नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूलाई हिरासतमा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, आउँदै गरेको होलीको दिन पनि लापसे र मापसे चेकिङ गरिने उनले बताए। , सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सी. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरू गरेको थियो।, लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ११ पक्राउ
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ परेका छन्। , ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलले जानकारी दिए। , जुवा-तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। , उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ। , घरधनी इश्वरी खड्काले उनीहरूलाई जुवा खेलाएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। , जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंमा यात्रुबाट बढी भाडा असुलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच जनालाई शनिबार बिहान बल्खुबाट पक्राउ गरेको प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, काभ्रे घर भई सुविधा काउन्टरमा काम गर्ने २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने २६ वर्षीय सुजन हुमागाईं, चन्द्रागिरि बस्ने ३६ वर्षीय सुनिल नगरकोटी,गढीमाई सुमो सेवाका सुमो चालक २४ वर्षीय ओजिर अन्सारी र लालिगुँरास काउन्टरका चालक २४ वर्षीय कृष्णबहादुर योञ्जन पक्राउ परेका छन्। , सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहान बल्खु क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको एसएसपी भट्टले बताए। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी वृत्त कालिमाटी पठाइएको छ। ,  , यात्रुबाट बढी भाडा असुलेको आरोपमा पाँच पक्राउ
रासस नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ।, भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।, पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।, नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँच ठाउँको पहाड काट्न सुरू गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ।, तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो।, तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो। सो डाँडोलाई काट्न कठिन भएको हो। सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ।, यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा छ। , सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्। , यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँचवटा पुल निर्माणाधीन छन्। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो।, आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा छ। अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको उनले जानकारी दिए।, विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। एउटा पुलको काम सुरू भएको छैन। पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो। विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान छ। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ। रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरू गर्न नसकिएको हो। , पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म छ। सुरूमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको हो। सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ। पुल निर्माणका लागि रु एक अर्ब २२ करोड खर्च हुनेछ। सो सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक नौदेखि ११ मिटर फराकिलो छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन्।, नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने
सेतोपाटी संवाददाता दाङको शान्तिनगर गाउँपालिका-२का वडाध्यक्षले बालुवा-गिट्टी नपाएको झोँकमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास गरेको आरोप लागेको छ। , स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष सुनिल वलीले शुक्रबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का बस्नेतमाथि आक्रमणको प्रयास गरेको आरोप छ। कार्यकक्षको टेबल उठाएर आक्रमणको प्रयास गरेको भन्दै शनिबार आकस्मिक रूपमा कार्यपालिकाको बैठक बोलाइएको थियो। , उक्त बैठकपछि उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी र गाउँपालिका प्रवक्ता मिनबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बालुवा-गिट्टी उठाउने काम आफूले अमानतमा पाउनुपर्ने भन्दै आक्रमणको प्रयास गरेको आरोप लगाएका छन्। , उनले बौलाहा खोला विष्णुपुर घाटामा खोलाजन्य पदार्थ उत्खननको ठेक्काको विरोध गर्दै आएको पनि उल्लेख छ। यस्तै ठेक्कामार्फत नभइ आफूले अमानतमा पाउनुपर्ने भन्दै दबाब दिएको आरोप छ।, उनीमाथि कानुनी कारबाहीको माग समेत गरिएको छ। , घटनाको विरोध गर्दै शनिबार बसेको पेशागत संगठनहरूको संयुक्त बैठकले कार्यालयमा काम गर्ने सुरक्षित वातावरण नहुँदासम्म अत्यावश्यक सेवा बाहेक आइतबारदेखि नै अन्य सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ।, नेपाल निजामति कर्मचारी युनियन स्थानीय कार्यसमिति शान्ति नगरका अध्यक्ष कृष्णकुमार कँडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय कार्यसमिति शान्तिनगरका संयोजक पृथ्बी नारायण पौडेल, नेपाल निजामति कर्मचारी संगठन स्थानीय कार्य समिति शान्तिनगरका संयोजक देवराज आचार्यले दोषीलाई तत्काल कानुनी कारबाहीको प्रक्रिया सुरूवात नगरेसम्म कामकाज नगर्ने चेतावनी दिएका छन्। , घटनाको विरोध गर्दै नेपाल निजामति कर्मचारी युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष रश्मिराज अधिकारीले पनि विज्ञप्ति मार्फत दोषी माथि कारबाहीको माग गरेका छन्। उनले पनि सुरक्षित रूपमा काम गर्ने वातावरणको सृजना गर्न प्रहरी प्रशासन समक्ष माग गरेका छन्।, यो पनि: ,गाउँपालिका अध्यक्षलाई कार्यकक्षमै टेबल उठाएर हान्न खोजे वडाध्यक्षले, बालुवा-गिट्टी उठाउन नपाउँदा शान्तिनगरका वडाध्यक्षले आक्रमणको प्रयास गरेको आरोप
सेतोपाटी संवाददाता नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। , काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको रूफटप छैठौं तलाबाट खसेर उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , उनी दिउँसो सवा २ बजे खसेका थिए। प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासि ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए।, खसेर गम्भीर घाइते भएका उनलाई ट्याक्सीमा हालेर सिभिल अस्पताल लगिएको थियो। , उक्त अस्पतालबाट थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। , त्यहाँ उपचारको क्रममा उनको साढे ५ बजे मृत घोषणा गरिएको एसपी रिजालले बताए। , ‘उहाँ कसरी खस्नुभएको हो भन्नेबारे हामी बुझ्दैछौं,’ उनले भने। , उनी पछिल्लो तीन दिनदेखि उक्त क्‍याफे पुगेका थिए। , उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ हुन्। ,  , शंखमूलमा एक क्याफेको छैठौं तलाबाट खसेर माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन