content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ।  , मन्त्रालयले खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाहरूले हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन्।  मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ।  , मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीहरूलाई समेत सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९/१२/०९ को निर्णयानुसार अनुरोध छ। ’, मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका/गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ।     , मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन
सेतोपाटी संवाददाता गण्डकी प्रदेशले यही चैत १५ गते सार्वजनिक बिदा दिएको छ।, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।, चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो।, चैत १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा
सेतोपाटी संवाददाता भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आइतबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , ठगी आरोपमा केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेका हुन्। , एसपी राठौरका अनुसार उनीहरूले ८१ जनालाई ठगी गरेको प्रारम्भिक रूपमा देखिएको छ। १३ करोड ६३ लाख रुपैयाँ लिएर फरार भएपछि पीडितहरू प्रहरी कार्यालयमा पुगेका थिए। , ‘अमेरिका पठाइदिने भन्दै पैसा लिएर भागेपछि पीडित हाम्रो कार्यालयमा आइपुगेका हुन्,’ उनले भने, ‘यस घटनाको विस्तृत रूपमा अनुसन्धान गर्नुपर्ने देखिन्छ।’, आफूहरूलाई ठगेको भन्दै कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी दिने दुई जना भुटानी शरणार्थी नै भएको एसपी राठौरले बताए। तर अन्य व्यक्तिहरू को हुन् भन्नेबारे अनुसन्धान गर्न बाँकी रहेको उनले बताए। , ‘जाहेरी दिनेहरू दुई जना भुटानी शरणार्थी नै हुन्। तर अन्य व्यक्तिहरू को हुन् भन्नेबारे अनुसन्धान गर्न बाँकी छ,’ उनले भने। कतिपय नेपालीहरूलाई पनि नक्कली शरणार्थी बनाएर पठाएको आशंका छ। , जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , यसबारे विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।  ,  , भुटानी शरणार्थीलाई अमेरिका पठाउने भन्दै ठगेको आरोपमा तीन पक्राउ
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिए। , मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने भएको छ।, यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आज सूचना जारी गरी समय थप गरिएको गैरेले जानकारी दिए।, उनका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो। यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो। , गैरेले पहिलो पटक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः चैत १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका थिए। उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको हो।,  , पृथ्वी राजमार्ग बन्द हुने समय थपियो
रासस एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई पत्राचार गरेको छ।, गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इन्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो।  सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो।  लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो।, सोही विषयमा छानबिन गरी कारबाही गरेको व्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इन्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।, ‘एयर इन्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौं,’ उनले भने।, उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उनले जानकारी दिए।, नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनामा एयर इन्डियालाई प्राधिकरणले पठायो पत्र
रासस काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आइतबार भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।, बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए।, उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ।, बल्खु खोलामा नवजात शिशुको शव फेला
रासस रूकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई बाँकेको कोहलपुर पठाइएको छ। मुसिकोट नगरपालिका–५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको हो।, जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।, उनका अनुसार अटो चालक रोशन विष्ट, मुसिकोट– ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट–१४ की सरिता ओली विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगिएको हो। रोशन र खीमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। सरिताको अवस्था भने सामान्य रहेको बताइएको छ।, आइतबार मुसिकोट नगरपालिका–५ को सेरिगाउँदेखि वडा नम्बर १४ को खेता कुना भन्ने ठाउँका लागि गइरहेको रा१ह ७१९९ नम्बरको अटो सेरिगाउँ नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो।, उक्त अटोमा चालकसहित छ जना सवार थिए। घाइतेमध्ये तीन जनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।, दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो
रासस कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा कोरोना देखिएको छ।, चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई जना र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको थियो।, योसँगै सक्रिय संक्रमित संख्या पनि बढेको छ। आइतबारसम्म सक्रिय संक्रमितहरू ४२ जना  पुगेका छन्।, भारतमा संक्रमण बढिरहेको र खुला सिमाना भएकाले नेपालमा पनि कोरोना देखिएको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले बताए।, मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।, आइतबार पनि बढ्यो कोरोना संक्रमण
रासस उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। , सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो।, उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका हुन्।, त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए। , कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे।, कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग व्यापार महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रबल शाहीले लगायतले समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।,   , उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही
रासस गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ। , आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ। , सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए। , हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ। चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। , चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
रासस पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्।, स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो।, स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन्।, जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो।, भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन्।, साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट भएका खण्डमा १ सय ८० मिटर वरपरको क्षेत्रमा क्षति पुग्न सक्ने उनले दाबी गरेका थिए।, जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ पठाइएको बताए।, ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन छैन।, पूर्वी नवलपरासीमा बेवारिसे बम फेला
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसोसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जानकारी दिएको छ।, विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। , आगामी चौबिस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। , आगामी तीन दिनको मौसम ,  २०७९ चैत १३ गते (सोमबार), दिउँसोː देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत १४ गते (मंगलबार), दिउँसोː  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भ–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत १५ गते (बुधबार), दिउँसोː देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː  सुदुर पश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।,  ,  ,  , आजको मौसम: पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
रासस निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो। , गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन। डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो। समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ। , ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए। ‘गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्रे भएन,’ उनले भने, ‘दुई पालिका जोड्ने सडक कालोपत्रे भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रेका लागि ढिलै भए पनि ग्राभेल गरेको छ।’, ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ। म्याद सकिएपछि दुई पटक म्याद थप्दासमेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ। पूर्वाधार कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेमा समस्या भएको जानकारी दिए। , ‘यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो, आगामी म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्रे सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ,’ उनले भने, ‘अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्रे सकिँदैन।’, उनका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो। अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ।, झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो। ,  , ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम  ढिलो भएको छ। उक्त सडकको हालसम्मको प्रगति  ५० प्रतिशत मात्रै भएको छ। अहिलेसम्म रु १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ। सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन्। , सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गरे। उनले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताए। , ‘अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो, अहिले विद्युत्का पोलसमेत सार्न थालिएको छ,’ उनले भने, ‘अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्रे नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ।', हटियादेखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्कामार्फत अहिले काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलीप मरासिनीले जानकारी दिए। उनले विद्युत्का पोल सार्ने काम केही दिनमै सकिने जनाउँदै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्रे गर्न सुझाव दिए। , हटिया–ताराखोला सडकः म्याद सकियो, कालोपत्रे सकिएन
रासस पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो। , जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर पाँच वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत फागुन २१ गते पत्राचार गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए। , कित्ताकाट खुला भएसंगै उक्त वडाको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आइतबारदेखि सुचारु भएको उनले बताए। , बिर्तामोड ७, ८ र ९ को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ६ र १० को पुनः सूचना प्रकाशन गरेर अन्तिमरुप दिने काम भइरहेको उनले बताए। , नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले नगरवासीको राय, सुझाव सङ्कलन गरेर वर्गीकरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ।, नगरपालिकाले स्थानीय भू–उपयोग परिषद्को सिफारिसमा भू–उपयोग ऐन २०७६ दफा ३३ र स्थानीय कार्य फछ्र्योट नियमावली २०७४ दफा ४ ले दिएको अधिकार प्रयोग गरेर जग्गा वर्गीकरण तथा विकाससम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ।, उक्त कार्यविधिमा एक वर्षमा एक जना व्यक्तिले एउटा जग्गामा तीन पटकसम्म कित्ताकाट गर्न पाउने र बढीमा चार पटकसम्म बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ।, कार्यविधिमा अब बिर्तामोड नगरपालिकाभित्र जग्गा विकाससम्बन्धी योजना लागू गर्दा स्थानीयस्तरका दर्तावाला फर्महरुले आफूलाई प्राप्त अधिकारभित्र रहेर जग्गाको व्यवस्थापन गर्ने र त्यस्ता जग्गालाई पूर्वअनुमति लिएर मात्रै जग्गाको कित्ताकाट गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख छ।, कार्यविधिमा कित्ताकाट हुने जग्गाको मोहडा कम्तीमा ३३ फुट र त्यसको तीन गुणासम्म मात्र पछाडि लम्बाइ रहने व्यवस्थासमेत गरेको छ।, नगरले निर्माण गरेको कार्यविधिमा नगरवासीले आफ्नो जग्गाधनी पुर्जा अद्यावधिक गर्नुपर्ने र अद्यावधिक गर्दा जग्गा वर्गीकरण गरिएको क्षेत्रमा राखिने नगरपालिकाले जनाएको छ।, सरकारले गत जेठमा भू–उपयोग नियमावली लागू गर्दै स्थानीय तहलाई जग्गा वर्गीकरणको अधिकार दिएको थियो । उक्त नियमावलीअनुसार जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको थियो।, यसमा नेपालको जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन्।, बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ हुने भएको छ। , गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। काठमाडौं जिल्ला अदालतका अनुसार उनको मुद्दा आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।  , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। , सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो। ,  ,  , सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ
नवीनबाबु गुरूङ इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ (व्रत) शुक्रबारदेखि सुरू भएको छ। हिजरी संवतको ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरू मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरू भएको बताएका हुन्।, ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल विशेष नमाज पढेर भोलिपल्टदेखि रमजान सुरू हुने इस्लाम परम्परा छ। सोअनुसार बिहीबार साँझ विशेष  नमाज पढेर इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरू गरेका हुन्।, रमजानका बेला बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ। बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ। एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी संवतको ‘सव्वाल’ महिना सुरू हुने र त्यसै दिन इद-उल-फित्र पर्व मनाउने गरिन्छ। यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ।, सुरू भयो रमजान (तस्बिरहरू)
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।, शुक्रबार भारतीय जंगलमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका–१० की ३२ वर्षीया कलसा सार्की जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। , चार जना साथीसँग भारतको दुधुवा नेशनल पार्कको जंगलमा घाँस काट्न गएकी कलसा नफर्केपछि स्थानीयले खोजतलास गरेका थिए।  सोही क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको अवस्थामा फेला पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ। , घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको र नेपाल प्रहरी पनि समन्वयका लागि घटनास्थलमा पुगेकाे छ। ,  , भारतीय जंगलमा घाँस काट्न गएकी कलसाको बाघको आक्रमणबाट मृत्यु
रासस यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । , कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । , कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि फाराम खोल्न सकिने बताए। , विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने बताए। उनले भने, ‘आजै हामी युजर नेम र पासवर्ड कार्यालयमा पठाइदिन्छौँ, अरु काम उहाँहरुको हो।’ , कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताए। उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उनले जानकारी दिए। , एक साताको फाराम भर्ने समय राखिने छ । हाल यस कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ।, सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ ।  त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको भुजेलले बताए । नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् । , ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो । , जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौँडा, वीरगञ्ज, कावासोती, काठमाडौँलगायतका ठाउँमा जान बाध्य रहेका छन् । , भरतपुर महानगरपालिकामा पहिलो पटक प्रमुख भएको दोस्रो वर्षदेखि रेनु दाहालले यहाँ यातायात कार्यालय स्थापना गरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्थाका लागि पहल थालेकी थिइन् ।, ‘हाम्रो पाँच वर्षको निरन्तर प्रयासपछि अब भरतपुरबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएको छ,’ नगरप्रमुख दाहालले भनिन्। ,  , अब चितवनबाटै लाइसेन्स
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस भएको छ। , बढुवा समिति सचिवालयले आइतबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिवसमेत रहेका आइजिपी बसन्त कुँवरले सन्दीप भण्डारी, दोस्रोमा सुदीप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरेका हुन्।, आइजिपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीका पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो। , नवनियुक्त आइजिपी कुँवरले आइतबार मात्रै दर्ज्यानी चिन्ह पाएका हुन्।,  , नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस
सेतोपाटी संवाददाता कुल जनसंख्याको ३२ प्रतिशत मानिस बसाइँ सरेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार ९३ लाख ४१ हजार ४०८ जना बसाइँ सरेर अर्को ठाउँमा बसोबास गरेको पाइएको छ। यो कुल जनसंख्याको ३२ प्रतिशत हो।, पछिल्लो पटक बसाइँ सरी आएको स्थान हाल बसोबास गरिरहेको स्थान भन्दा फरक गाउँपालिका/नगरपालिका, जिल्ला वा विदेश बताउने व्यक्तिहरू उक्त स्थानबाट हालको स्थानमा आउनुको मुख्य कारणमा विवाह देखिएको छ।, ३५ लाख ६७ हजार ९२१ जना विवाहको कारण बसाइ सरेको देखिएको छ। यो कारणले बसाइ सर्नेमा पुरुष ४३ हजार ९६३ जान र महिला ३५ लाख २३ हजार ९५८ जना रहेका छन्। , कामका कारण पनि बसाई सर्नेको संख्या बढी रहेको छ। कामको खोजिमा बसाइँ सर्नेको संख्या ३० प्रतिशत रहेको छ।, यस्ता छन् बसाइँ सर्नुका १० कारण, यस्ता छन् नेपाली बसाइँ सर्नुका १० कारण
नारायण खड्का एक महिलालाई घरभित्रै पेट्रोल छर्केर जिउँदै आगो लगाउन खोजेको आरोपमा दाङका एक युवक रूकुम पश्चिममा पक्राउ परेका छन्। , मुसिकोट नगरपालिका–९ चौखाबाङ घर भई वडा नं. ४ ठाराढुंगामा डेरा गरी बस्दै आएकी ३० वर्षीया कृष्णा खड्कालाई पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुका ३५ वर्षीय प्रेमबहादुर केसी पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार चैत ८ गते राति पौने ९ बजेतिर कोठा भाडामा एक्लै बस्दै आएकी खड्काको कोठामा पुगेका केसीले उनको शरीरमा एक लिटर पेट्रोल छर्केर आगो लगाउन खोजेका थिए। , त्यसपछि खड्काले गुहार मागेपछि घर धनीलगायत आसपासका अन्य स्थानीय तत्काल पुगेपछि प्रेमबहादुर भागेका थिए। घटनाबारे तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि भागेका प्रेमबहादुरलाई घटनाको दुई घन्टापछि प्रहरीले पक्राउ गर्न सफल भएको डिएसपी भट्टराईले बताए।, प्रेमबहादुरविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको प्रहरीले जानकारी दिएको छ। , प्रहरी हिरासतमा रहेका प्रेमबहादुरले लेनदेनका कारण कृष्णालाई आगो लगाई हत्या गर्न खोजेको भनेर प्रहरीमा बयान दिएका छन्। , विदेशमा छँदा उनीहरूबीचमा आर्थिक लेनदेन भएको देखिएको र अहिले माग्न आउँदा नपाएको झोंकमा आगो लगाई हत्या गर्न खोजेको देखिएको प्रहरी अधिकारी बताउँछन्। , घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।, महिलालाई पेट्रोल छर्केर जलाउन खोजेको आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता देशका ३४ वटा जिल्लामा जनसंख्या घटेको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार अघिल्लो जनगणनाको तुलनामा जनसंख्या घटेको पाइएको हो।, सबैभन्दा बढी रामेछाप जिल्लामा १.६७ प्रतिशतले जनसंख्या घटेको छ।, यो जिल्लामा २०६८ को जनगणनामा दुई लाख दुई हजार ६४६ जना रहेकोमा अहिले घटेर एक लाख ७० हजार ३२० पुगेको छ।, खोटाङ जिल्लामा १.५६ प्रतिशतले जनसंख्या घटेर एक लाख ७५ हजार २९८ पुगेको छ। जनसंख्या घट्ने जिल्लाहरूमा सबै हिमाली र पहाडी जिल्ला रहेका छन्।, काठमाडौं उपत्यका नजिकको जिल्ला काभ्रेपलाञ्चोकमा समेत ०.४६ प्रतिशतले जनसंख्या घटेको छ।, *सच्याइएको।, कहाँ कति घट्यो जनसंख्या, यी ३४ जिल्ला: जहाँ २०६८ को भन्दा कम जनसंख्या छ
अन्जना बराइली यसपालि ,',महिनावारीका कुरा', ,मा हामीले नायिका अन्जना बराइलीको अनुभव समेटेका छौं। धादिङमा जन्मिएकी २३ वर्षीया अन्जना सानैदेखि कला क्षेत्रमा चाख राख्थिन्। छ वर्षअघि म्युजिक भिडिओमा काम गर्दै कला क्षेत्र प्रवेश गरेकी अन्जनाले 'महापुरूष' फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी हुन्। , सेतोपाटीका ,मन्दिरा घिमिरे,ले अन्जनासँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।, म पहिलोपटक महिनावारी हुँदा १२ वर्षकी थिएँ। महिनावारी भएर रगत आएको देखेपछि मलाई केहीले काट्यो होला भनेर रोएकी थिएँ। केही समयपछि फुपूलाई मलाई काटेर ठूलै घाउ भएजस्तो छ, रगत आयो भनेर सुनाएँ।, उहाँले मलाई केही नभनी हतासफतास गरी आमालाई बोलाउनुभयो।, आमा आएपछि उहाँले 'सानु अब तिमी यहाँ बस्न हुँदैन, बाबा र भाइको मुख पनि हेर्नु हुँदैन, तिमी फुपूको घरमा गएर बस्नुपर्छ, उहाँहरू उठ्नुभन्दा अगाडि यहाँबाट गइहाल्नुपर्छ' भनेर मेरा लुगाहरू पोको पारी ल्याइदिनुभयो।, मलाई चोट लागेर रगत आइरहेको छ भनेर भन्न खोजिरहेकी थिएँ। तर उहाँले केही सुन्नुभएन न केही भन्नु नै भयो।, फुपूको घरमा उहाँले अन्जना तिमी नछुने भयौ भन्नुभयो। मलाई नछुने भन्ने शब्द नै मनपरेको थिएन। फुपूले भनेपछि मात्र मैले महिनावारी भएको थाहा पाएकी थिएँ।, महिनावारी हुँदा पिसाब गरे झैं रगत आउनुपर्ने तर मलाई किन यस्तो भयो भनेर सोचेँ। त्यति बेला मैले आमालाई पनि 'आमा म महिनावारी भएको भए त पिसाबजस्तै रगत आउनुपर्ने त' भनेकी थिएँ।, त्यति बेला फुपूले त्यस्तो नहुने भन्दै मलाई ट्वाइलेटमा लगेर प्याड दिनुभएको थियो। पहिलोपटक महिनावारी हुँदा मलाई २१ दिन लुकाउने कुरा गरेको सुनेकी थिएँ।, आफू मानसिक र शारीरिक रूपमा कमजोर भएको समयमा अरूको घरमा बस्दा मलाई गरेको व्यवहार चित्त बुझेको थिएन। म अत्तालिएकी थिएँ। त्यसैले जिद्दी गरेँ र ९ दिन लुकाएर मलाई घर लगिएको थियो।, स्कुलमा स्वास्थ्य शिक्षा दिने क्रममा महिनावारीबारे ज्ञान दिइएता पनि यति छिट्टै महिनावारी हुन्छ होला भनेर कहिले पनि सोचेकी थिइनँ। मैले त मभन्दा ठूलो दिदीहरूको उमेरमा पुगेपछि मात्रै महिनावारी हुन्छ होला भन्ने सोचेकी थिएँ। आफैं १२ वर्षको उमेरमा भएपछि मात्र यति छिटो पनि हुँदो रहेछ भनेर थाहा पाएँ।, हाम्रो घरपरिवारमा कहिल्यै महिनावारीबारे खुलेर ज्ञान र शिक्षा दिइँदैन थियो। महिनावारीबारे नेपाली समाजमा कोही खुलेर कुरा गर्दैन। बोल्नुपर्छ, छोरीहरूलाई महिनावारीबारे सिकाउनुपर्छ भन्ने ज्ञान नभएर हो कि!, म महिनावारी हुनुअगाडि मलाई आमा महिनावारी हुनुहुन्छ भनेर कहिल्यै थाहा भएन। म महिनावारी भएर भुइँमा सुत्न थालेदेखि बल्ल थाहा पाएँ। आमा पनि महिनावारी हुँदा भुइँमै सुत्नुहुन्थ्यो।, महिनावारी सामान्य शारीरिक प्रक्रिया हो। गर्मी हुँदा पसिना आउनु, दुःख हुँदा र चित्त दुख्दा आँसु आउनु जस्तै हो। किन शरीरमा आउने सामान्य परिवर्तनलाई मानिसहरूले झन् जटिल बनाउँदै गइरहेका होलान्? भन्नलाई हामी २१ औं शताब्दीमा हिँडिरहेका छौं तर किन सोच उही पुरानो?, हामी रक्सी चुरोट खुलेआम किनेर बोक्दै हिँडिरहेका छौं। प्याड किन्दा भने पत्रिकामा पोको पारेर लुकाएर दिन्छन्? कतिपटक त मैले किन यसरी दिएको भन्दै पोको निकालेर नचाउँदै समेत हिँडेकी छु।, म १३ वर्षकी हुँदा महिनावारीकै कारण चाडपर्व मनाउन पाउँदिनँ भन्ने चिन्ता धेरै थियो। दसैंमा टीका लगाउन पाउँदिन भन्ने डर भयो। त्यति बेलै साथीले महिनावारी रोक्ने औषधि पाइन्छ भनेकी थिई। मैले औषधि खाएँ तर मलाई शारीरिक रूपमा एकदमै कठिनाइ भयो। त्यसपछि कहिल्यै औषधि खाइनँ। ठूलो हुँदै गएपछि महिनावारी र धर्म संस्कृतिसँग कुनै सम्बन्ध छैन भन्ने बुझेँ। त्यसपछि महिनावारीमा पनि मैले टीका लगाएर चाडपर्व मनाउन थालेँ।, उमेर बढेसँगै मैले आमालाई पनि महिनावारीको धर्म र संस्कृतिसँग कुनै सम्बन्ध छैन भनेर सम्झाएँ। अहिले त उहाँ पनि बार्नु हुन्न।, मलाई याद छ म महिनावारी भएको पाँचौं पटकसम्म घरमा बार्ने चलन थियो। एकदिन बेलुकी खाना खाने समयमा सबै जना भित्र बसेर खाना खाइरहेका थिए। तर म मात्र ढोकामा बसेर खाना खाइरहेकी थिएँ। छुट्टै बसेर खाइरहेको देखेपछि बुबालाई चित्त दुखेछ। त्यसपछि बुबाले 'किन यसरी राखेको आफ्नो सन्तानलाई, भित्र सँगै बसेर खान दिनु, अहिलेको समयमा पनि यस्ता रूढिवादी कुराहरू बारेर हुन्छ' भनेपछि हाम्रो घरमा बार्ने चलन हटेको हो।, मलाई महिनावारी भएको समयमा कठिनाइ हुन्छ। मुड स्वीङ पनि हुन्छ। गाह्रो भइरहेका बेला कोही मान्छे आएर बोलिरहेको छ भने हान्दिऊँ जस्तो रिस उठ्छ। एकदमै झिँझो लाग्छ। तर मलाई थाहा हुँदैन। मैले गर्छु भनेर गरेकी पनि हुन्नँ। यही मुड स्वीङले गर्दा मलाई महिनावारी भएको समेत मन पर्दैन।, महिनावारी हुँदा सकभर म कामै गर्दिनँ। गर्नुपरे मेरो शतप्रतिशत दिएर काम गर्छु तर केही भयो भने बुझिदिनु है भनेर नजिकका साथीहरूलाई पहिल्यै जानकारी दिन्छु। उनीहरूसँग खुलेर कुरा गर्छु।, जुन गल्ती हामीले गर्‍यौं अब आउने पुस्तामा त्यो हुँदैन। अहिले हामीले महिनावारीबारे खुलेर कुराकानी गर्दा आउने पुस्तालाई सहज हुन्छ। हामीले बारेका छैनौं भने अब आउने पुस्ताले बार्दै बार्दैन। त्यसैले यो महिनावारीलाई धर्म र संस्कृतिसँग जोडेर बार्नु कुचलन हो।, यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ), ६-, ,एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ), ७-, ,कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ), ८ -, ,महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ), ९-, ,म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ), १०-, ,डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ), ११-, ,'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ), १२-, ,'महिनावारीबारे पुरूषले पनि बुझ्नुपर्छ' (भिडिओ), 'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ)
रासस नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन्।, बिहीबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षकहरू धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरूले गरेको मार्ग–निर्देशन अक्षरशः पालना गर्ने र अधुरा योजना पूरा गर्ने विश्वास दिलाए।, नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्ने छन्।, प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
राजेश घिमिरे पदमपुरको संरक्षित वनमा केही दिनअघि मृत भेटिएको बाघलाई सिकारमा विष मिसाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, कालिका नगरपालिका–७ स्थित उदयपुर सामुदायिक वनभित्रको संरक्षित वन खण्डमा पर्ने केउरेनी ढापमा शनिबार दिउँसो वयस्क पाटे बाघ मृत भेटिएको थियो। पोस्टमर्टमको रिपोर्टबाट बाघको आहारमा विष हालिएको देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा. अमिर षडौलाले बताए।, 'बाघको शरीरमा भएको परिवर्तन विष खाएर भएको हो भनेर पोस्टमर्टमको रिपोर्टबाट देख्न सकिन्छ। प्रारम्भिक अनुसन्धानले मृत्युको कारण विषबाहेक अरू देखिएन,' डा. षडौलाले भने।, उनका अनुसार मृत बाघको फोक्सोमा पनि रक्तश्राव थियो। उसमा रोगका कारण हुने कुनै समस्या देखिएको थिएन।, 'पेटभित्र जंगली जनावरका अंगहरू भेटिएनन्। बाख्राका हड्डी र रौंहरू भेटिएका थिए,' उनले भने, 'हामीले उक्त बाख्रामा हालिएको विषका कारण बाघ मरेको अनुमान गरेका छौं।', डा. षडौलाका अनुसार बाघले कुनै जनावरलाई मारेलगत्तै केही मासु खान्छ। बाँकी सिकारलाई घिसारेर झाडीभित्र लुकाउँछ।, 'सिकार लुकाएर बाघ कतै गयो। फर्किएर बाँकी रहेको खायो। त्यसमा मान्छेले विष मिसाइदिएको हुनसक्छ,' षडौलाले भने।, त्यो क्षेत्रमा करिब एक हप्तादेखि उक्त बाघ लगातार देखिएको स्थानीयबासी बताउँछन्। बाघले जंगल आडैको सडकमा मोटरसाइकलमा यात्रा गरिरहेका एक पुरूषलाई झम्टिने प्रयास पनि गरेको थियो।, डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले करिब दुई महिनादेखि एउटा बाघ उदयपुर सामुदायिक वनमा रहेको जानकारी आफूले पाएको बताए।, 'त्यो अवधिमा बाघले ६–७ वटा बाख्राहरू मारेछ। बाघले चौपाया मार्‍यो भनेर केही निवेदन पनि आएका छन्,' खनालले भने, 'आफ्ना चौपाया मारेको रिस फेर्न स्थानीयले सिकारमा विष मिसाइदिएको अनुमान गरेका छौं।', बाघले सताएपछि उसलाई मार्ने नियतले नै लुकाएर राखेको सिकारमा विष हालेको मृत शरीर र पोस्टमर्टम रिपोर्टबाट देखिएको उनले बताए।, सूचना अधिकारी खनालका अनुसार सिप्लिकान (तरकारी) खोज्न वन गएका केही व्यक्तिहरूले ढापमा लम्पसार परेको बाघ देखेका थिए।, 'बाघ देखेपछि उनीहरूको सातो गएछ। उनीहरू केही बेर लुकेछन्। निकैबेरसम्म पनि बाघ हलचल नगरेपछि हल्ला गरेछन्। अझै पनि नचलेपछि वन कार्यालयमा खबर गरे। त्यतिखेर दिउँसोको साढे २ बजेको थियो,' खनालले भने, 'बाघले त्यो दिनको बिहानतिरै बाँकी सिकार खाइसकेको हुनुपर्छ।', बाख्रा मारेको बदला लिन जंगलभित्र लासमा विष हाल्नु गम्भीर विषय भएको खनाल बताउँछन्। चितवनमा यस्तो घटना यसअघि नभएको उनले बताए।, 'चिल्लो र हृष्टपुष्ट वयस्क भाले बाघको पेट चिर्दा र खाल्डोमा गाड्दा असाध्यै पीडा भयो,' खनालले भने, 'बाघ मार्ने कार्यमा संलग्नलाई कारबाही हुन्छ। हामी अहिले सत्यतथ्य कुरा पत्ता लगाउन लागिपरेका छौं।', डिभिजन वन कार्यालयले खगेडी सब–डिभिजन वन कार्यालयका प्रमुख देवीप्रसाद पौडेललाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरू गरेको छ। अनुसन्धानमा सहयोग गर्न पोस्टमर्टमको रिपोर्टसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र चितवन राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको खनालले जानकारी दिए।, डा. षडौला विष मिसिएको सिकार खाएर चितुवा, गिद्धहरू मरेको घटना धेरै भए पनि बाघ मरेको घटना कम रहेको बताउँछन्।, 'त्यस्ता घटनाहरू पनि निकुञ्ज क्षेत्रमा कम हुन्छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुको विषयमा धेरै जानकारी भएकाले पनि त्यता कम भएको हो,' उनी भन्छन्, 'वन्यजन्तुको महत्वबारे जानकारी नभएको क्षेत्रमा यस्ता घटना भइरहेको देखिन्छ।', पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फको जंगलमा १० वटा बाघहरू भएको अनुमान छ। पछिल्लो गणनामा नेपालमा ३५५ वटा बाघ रेकर्ड भएका थिए। ती मध्ये १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा रेकर्ड भएका थिए।, नेपालबाहेक भारत, चिन, भुटान, बंगलादेश, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, रूस, भियतनाम र लाओसमा पाटे बाघ पाइन्छन्।, बाख्रा मारेको बदला लिन सिकारमा विष हालेर मारियो बाघ!
भगवती पाण्डे बुद्धको जन्मस्थल लुम्बिनीको दक्षिणतर्फ छ खुनगाई गाउँ। गाउँमा मुस्लिम र हिन्दु समुदायको बाक्लो बसोबास छ।, लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाई चोकबाट पाँच सय मिटर दक्षिणपूर्वमा भेटिन्छ पूर्वमेयर मनमोहन चौधरीको पुरानो घर।, काँचो इँटाको गारो भएको घुमाउरो घरमा झिँगटीको छानो छ। फराकिलो आँगनबाटै देखिन्छन् काठका कलात्मक खम्बा। ती खम्बा राखेर बरन्डा निकालिएको छ। बरन्डामा प्लास्टिकका डोरीले बुनिएका कुर्सी–टेबल राखिएका छन्। मनमोहन आगन्तुकहरूलाई बरन्डामै स्वागत गर्छन्।, खोपी राखेर बनाइएको भित्तामा लस्करै केही तस्बिर र केही प्रमाणपत्र सजाइएका छन्।, 'भित्तामा तस्बिर र बरन्डामा कुर्सी थपिए पनि घर वर्षौंदेखि उस्तै छ,' मनमोहनले भने।, मनमोहन चौधरी, मूल ढोका बुट्टेदार छ। काँचो इँटाको ४२ इन्च मोटो गारो र छानोमा लगाइएका काठ उस्तै छन्। छानाको झिँगटी चाहिँ भत्किन थालेको छ। घरअगाडि पाकरीको रूख वरिपरि चौपारी (चौतारी) छ। त्यसको नजिकै छ एउटा इनार। पाकरीको बोटमा चराहरू आइरहन्छन्। उनीहरूको चिरबिरले घर गुलजार भइरहन्छ।, यो पुरानो घरमा परिवारका दस जना सदस्य बस्छन्। यो घर कहिले बनेको हो भन्ने मनमोहनलाई पनि यकिन छैन।, 'करिब साढे दुई सय वर्ष पुरानो हो भन्ने अनुमान छ,' उनी भन्छन्।, मनमोहनका बुबा विष्णुप्रसाद रूपन्देही जिल्लाको पहिलो 'जिल्ला सभापति' बनेका थिए। त्यसपछि लुम्बिनी आदर्श गाउँपालिकाको प्रधानपञ्च भए। प्रधानपञ्च भएपछि गाउँटोलका झैझगडा र विवाद आफ्नै आँगनको चौपारीमा बसेर मिलाउँथे। गाउँलेहरूलाई नियम–कानुनका कुरा सुनाउँथे।, हजुरबा शिवशरण प्रसादले पनि चौपारीमै बसेर गाउँलेहरूसँग छलफल गरेको मनमोहनसँग सम्झना छ।, बीचमा खुला ठाउँ राखेर घुमाउरो आकारमा बनाइएको उक्त घर लुम्बिनीमा चौधरी परिवारको सबैभन्दा पुरानो घर मानिन्छ। कलात्मक घर संग्रहालय जस्तो देखिन्छ।, हजुरबा शिवशरणले 'म यही घरमा जन्मेको हुँ' भनेको मनमोहनलाई अझै सम्झना छ।, 'हजुरबा जन्मिँदा यही घर थियो रे। हजुरबा मेरा जिजुबाजेका पनि जिजुबाजेले बनाएको घर हो भन्नुहुन्थ्यो,' उनले भने।, मनमोहनलेका जिजुबाजे सीताराम बिक्रम सम्बत् १९२० मा जन्मेका थिए भने सीतारामका बुबा शिवचरण १९०० सालमा। आफ्ना हजुरबाको भनाइका आधारमा शिवचरणका कुप्रीबाजे (हजुरबाका हजुरबा) ले उक्त घर बनाएको मनमोहनको अनुमान छ। शिवचरणका कुप्रीबाजे बिक्रम सम्बत् १८०० तिर जन्मेका थिए। यही आधारमा उनले घर कम्तीमा साढे दुई सय वर्ष पुरानो भएको अनुमान गरेका हुन्।, 'बिक्रम सम्बत् १८४० देखि ६० को बीचमा शिवचरणका कुप्री बाजेले बनाउनुभएको जस्तो लाग्छ,' उनले भने।, मनमोहनको हिसाबअनुसार उनी घर बनाउने पूर्वजका नवौं पुस्ता हुन्। घरमा उनका नातिनातिना छन्। उक्त घरमा हालको पछिल्लो पुस्ता बाह्रौं हो।, यति धेरै पुस्ता हुर्केको घरलाई संग्रहालय बनाउने मनमोहनको योजना छ। काँचो इँटा भए पनि गारो मोटो भएकाले बलियो रहेको उनको विश्वास छ।, भन्छन्, 'छानो मर्मत गर्ने मान्छे खोज्दै छु। झिँगटी बनाउने मान्छे मिल्यो भने झिँगटीले नै छाउने सोचेको छु।', उनका अनुसार केही वर्षअघि एक जना जापानी नागरिकले घरवरिपरिको परिसरलाई संग्रहालय बनाउँछु भनेर मागेका थिए। दिऊँ जस्तो लागेको भए पनि निर्णय गर्न सकेनन्।, 'उति बेला त दिऊँ जस्तो लागेको थियो तैपनि दिइनँ। अब त कसैले मागेर कहाँ दिनु? दिन्नँ। मर्मतसम्भार गरेर आफैं संग्रहालय बनाउने योजना छ,' उनले भने। , सरकारले मनमोहनका हजुरबा शिवशरणलाई लुम्बिनी गार्डेनको 'मेनेजर' (व्यवस्थापक) नियुक्त गरेको थियो। त्यस बेला बुद्ध जन्मस्थल लुम्बिनी 'लुम्बिनी गार्डेन' नामले चिनिन्थ्यो।, शिवचरणपछि सीताराम र विष्णुप्रसाद मेनेजर भए। उनीहरूले बनाएका आफ्ना भिजिटिङ कार्ड मनमोहनसँग अहिले पनि सुरक्षित छन्। स्वदेशी र विदेशी पर्यटक र पुरातत्वविदहरू लुम्बिनी आउँदा मेनेजरसँग भेट गर्थे।, गाउँमा बस्ती पातलो थियो। होटल र लज थिएनन्। लुम्बिनी आउने स्वदेशी र विदेशी पुरातत्वविदहरू मात्र होइन, पर्यटकहरू पनि मेनेजरकै घर जान्थे। यस्ता पाहुना धेरै हुन थालेपछि मनमोहनका जिजुबाजे सीतारामले घरकै सामुन्ने एउटा पाहुना-घर (गेस्ट हाउस) बनाएका थिए। केही वर्षअघि त्यो भत्कियो।, 'भारतीय लेखकहरू राहुल सांकृत्यायन र राधामुकुन्द मुखर्जी, दलाइ लामा, जापानका प्रसिद्ध गुरू निचिदात्स फुजी लगायत प्रसिद्ध व्यक्तिहरू हाम्रो घरमा बसेका थिए,' मनमोहनले भने।, भारतमा यात्रा साहित्यका प्रवर्तक मानिने र ३० वटाभन्दा बढी भाषाका ज्ञाता राहुल सांकृत्यायन सन् १९२० मा लुम्बिनी आएका थिए। निचिदात्स फुजी पहिलोपटक सन् १९३१ मा लुम्बिनी आएका थिए। लुम्बिनीको अध्ययन क्रममा उनी दुई महिना यही घरमा बसेको मनमोहनको भनाइ छ।, 'फुजी जापान पुगेपछि आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी आउँदा हाम्रै घरमा बसेको भनेर लेखेछन्। त्यही पढेर एक जना जापानी घर खोज्दै आएका थिए,' मनमोहनले भने, 'उनैले संग्रहालय बनाउने भनेर घर मागेका थिए।', मनमोहनका अनुसार दलाइ लामा पनि सन् १९६० तिर लुम्बिनी आएका बखत यही घरमा बसेका थिए।, उनले भने, 'दलाइ लामा दुई दिन यही घरमा बसेको मलाई सम्झना छ।', जापानी वास्तुविद केन्जो टाँगे सन् १९७२ मा लुम्बिनी गुरूयोजना बनाउन आउँदा हात्तीमा चढाएर लुम्बिनी घुमाएको पनि मनमोहनको भनाइ छ। सन् १९५६ मा राजा महेन्द्र पनि लुम्बिनी भ्रमणका क्रममा आफ्नो घर आएको उनले बताए। त्यही बेला राजा महेन्द्रले विष्णुप्रसादलाई लुम्बिनी गार्डेनका मेनेजर नियुक्त गरेका थिए।, लुम्बिनीका अध्येता प्राध्यापक डा. गितु गिरी लुम्बिनी र चौधरी परिवारबीच गहिरो सम्बन्ध रहेको बताउँछन्।, 'चौधरी परिवारको घर ठ्याक्कै कहिले बनेको हो भन्ने त अनुसन्धानबाट मात्रै भन्न सकिएला। तर राहुल सांकृत्यायन, निचिदात्स फुजी, दलाइ लामा, केन्जो टाँगे, राजा महेन्द्र लुम्बिनी आएर त्यही घरमा बसेको भन्ने प्रमाण भेटिएका छन्,' उनले भने। , अध्ययनका लागि आउने पुरातत्वविदहरूलाई लुम्बिनी घुमाउने, घरमा राख्ने र मायादेवी मन्दिरको संरक्षण गर्ने काममा चौधरी परिवारको महत्वपूर्ण योगदान रहेको गिरीले बताए। उनका अनुसार चौधरी परिवारले मायादेवी मन्दिर जिर्णोद्धारको काम पनि गरेको थियो।, 'पाल्पाली गभर्नर जनरल खड्गशमशेर र जर्मनीका पुरातत्वविद एलोइस फुहरर सन् १८९६ मा लुम्बिनी पुग्दा चौधरी परिवारले लुम्बिनीको संरक्षण गरेको थाहा पाएको भन्ने कुरा लिखतहरूमा भेटिन्छ,' गिरीले भने।, त्यो समय सञ्चारको सुविधा राम्रो थिएन। पाहुना आउने कुराको पूर्वजानकारी हुँदैन थियो। मनमोहनका जिजुबाजे सीताराम पाहुना आउने कुरा पत्र पठाएर जानकारी दिन अनुरोध गर्थे। पाहुना आउने थाहा हुँदा सीताराम हात्ती वा बयलगाडा पठाउँथे।, 'पाहुनाहरू भारतको नौगढ र नौतनहवासम्म रेलमा आउँथे। त्यहाँबाट ककरहवा नाका हुँदै लुम्बिनीसम्म ल्याउन हात्ती र बयलगाडा जान्थे,' मनमोहनले भने, 'उनीहरू यही घरमा बस्थे। उनीहरूलाई हात्ती र बयलगाडामा लुम्बिनी घुमाउने काम चौधरी परिवारकै हुन्थ्यो।', तीन पुस्ता लुम्बिनी गार्डेनको मेनेजर भएकाले लुम्बिनीमा चौधरीको घरलाई 'मेनेजरको घर' भनेर चिनिन्थ्यो।, २०७४ सालमा मनमोहन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर निर्वाचित भएपछि 'मेनेजरको घर' को परिचय फेरिएर 'मेयरको घर' हुँदैछ। यही घरलाई अब पूर्वमेयर चौधरी संग्रहालय बनाउने योजनामा छन्।, सामाजिक र राजनीतिक रूपले सक्रिय चौधरी परिवारमा अहिले पनि मानिसहरूको आउजाउ चलिरहन्छ।, साढे २ सय वर्ष पुरानो इतिहास बोकेको 'मेनेजरको घर'
रासस महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन्। , बिहीबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले चौधरीलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। सोही अनुसारको रकम बुझाएर चौधरी आज जेलमुक्त भएका हुन्। , दाइजोका कारण आफूमाथि घरेलु हिंसा गरेको भन्दै पत्नी नेहा चौधरीले डाक्टर चौधरी र उनका परिवारविरूद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी थिइन्। मुद्दाको प्रारम्भिक सुनुवाइ गदै जिल्ला अदालतले पुस २२ गते चौधरी र उनका ६० वर्षीय बुवा रामप्रवेश चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। , जिल्ला अदालतको आदेशविरूद्ध चौधरी उच्च अदालत पुगेका थिए। जलेश्वर कारागारमा रहेका उनी उच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका हुन्। , तीन वर्षको प्रेमसम्बन्धपछि ०७८ फागुन २५ गते पंकज र नेहाले विवाह गरेका थिए। विवाहका लागि पंकजले आफ्नो माइती पक्षबाट एक करोडभन्दा बढी लिएको नेहाले बताउँदै आएकी छन्।  त्यसपछि पनि दाइजोबापत् काठमाडौंमा घर नकिनिदिएको भन्दै पंकजका परिवारले आफूमाथि शारीरिक र मानसिक हिंसा गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्।,     , पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो करियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन्।,     , बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डाक्टर चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरी भने अझै जेलमै छन् ।, तीन लाख धरौटी बुझाएर छुटे डाक्टर चौधरी
रासस कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन्।, तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन्।, धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरूसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए। , तीन दिनदेखि सोही क्षेत्रमा बाघ आवातजावत गरिरहेको उनको भनाइ छ। सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीयवासी बासिन्दा त्रसित भएको उनले बताए।, शुक्रबारै धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी थप त्रसित भएका छन्। शुक्रबार नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु हो।, बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले बताएका थिए।, बाघ कराउँदै गरेको स्थानीयवासीले थाहा पाएपछि सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए। शुक्रबार धनगढी–३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिँड्डुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएको वडाध्यक्ष ऐरले जानकारी दिए।, दैनिक जसो बाघ देखिएकाले नदी किनार तथा वन जंगल जाँदा सुरक्षित रहन उनले आग्रह गरेका छन्।, बस्तीसँगै जोडिएको वनमा बाघ देखिएपछि स्थानीयवासी त्रसित
सेतोपाटी संवाददाता फेसबुकका संस्थापक मार्क जुकरवर्ग र प्रिसिला च्यान तेस्रो सन्तानको बाबुआमा बनेका छन्।, मार्क र प्रिसिला च्यानले शुक्रबार फेसबुक पोस्ट मार्फत यसबारे जानकारी दिएका हुन्।, यसअघि उनीहरूका दुई छोरी म्याक्सिम र अगस्ट छन्।, तेस्रोपटक पनि उनीहरू छोरीकै आमाबाबु बनेका हुन्।, उनीहरूले छोरीको नाम ‘अरेलिया’ राखेको बताएका छन्।, मार्कले आफ्नो फेसबुकमा प्रिसिला र छोरीको फोटो सेयर गरेका छन्।, उनले लेखेका छन्, ‘अरेलिया च्यान जुकरवर्ग, यो संसारमा स्वागत छ।', मार्क र प्रिसिलाकी पहिलो सन्तान म्याक्सिम सन् २०१५ डिसेम्बरमा जन्मिएकी हुन्।, यसको दुई वर्षपछि सन् २०१७ को अगस्ट महिनामा उनीहरूकी दोस्रो सन्तान अगस्ट जन्मिएकी हुन्।,  , मार्क जुकरवर्ग र प्रिसिला च्यान बने तेस्रो सन्तानको बाबुआमा
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ।, शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको छ। , महानगरपालिकाले यसअघि पनि पटक-पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गरेको छ।, एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ। , काठमाडौं महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन्। ,  , नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले दियो सात दिन
शोभा शर्मा काभ्रेको नालामा उनीहरूको सानो परिवार हाँसीखुसी थियो।, श्रीमान-श्रीमती सानो व्यवसाय गर्थे। दुई जना छोरी स्कुल जान्थे। हजुरबा-हजुरआमा घर कुरेर बस्थे।, तीन वर्षअघि यो परिवारको खुसी छिन्नभिन्न भयो, जब उनीहरूले १२ वर्षीया जेठी छोरी स्कुलमा बेहोस हुनुको कारण थाहा पाए।, हुन त त्यसअघि पनि उनी बेलाबेला आत्तिने र डराउने गर्थिन्। परिवारले यो कुरा सामान्य रूपमा लिएको थियो। तर २०७६ माघ महिनाको त्यो दिन स्कुलमा बेहोस भएपछि लामो समयदेखि लुकेर रहेको एउटा रहस्य खुल्यो।, होसमा आएपछि शिक्षिकाले उनलाई एक्लै राखेर 'के भयो' भनेर सोधिन्।, जवाफमा उनले भनिन्, 'मलाई ठूलो बुवाको छोराले बलात्कार गर्छ। मैले भनेको मानिनस् र अरू कसैलाई भनिस् भने मार्ने धम्की दिन्छ। त्यही सम्झेर मलाई सधैं डर लाग्छ।', कहिले घरको भान्छामा, कहिले बारीमा; जहाँ एकान्त ठाउँ फेला पर्छ त्यहीँ दाजुले बलात्कार गर्ने गरेको र पछिल्लोपटक २०७६ माघ २२ गते बलात्कार गरेको पीडित बालिकाले बताइन्। त्यस दिन दिउँसो कोठामा बसेर टिभी हेरिरहेका बेला दाजुले आफ्नो मुख थुनेर बलात्कार गरेको पनि बालिकाले शिक्षिकालाई भनेकी थिइन्।, उनको कुरा सुनेपछि शिक्षिकाले आमाबुवालाई यसबारे भन्न बालिकालाई सम्झाइन्।, केही दिनपछि आमाबुवाले छोरीमाथि हुँदै आएको बलात्कारबारे थाहा पाए। आफ्नै दाजुका छोराबाट छोरी पटकपटक बलात्कारमा परेको सुनेर विक्षिप्त भएका बाबुआमाले के गर्ने, कसो गर्ने केही मेसो पाएनन्।, केही दिनपछि उनीहरूले प्रहरीकहाँ उजुरी गर्ने निधो गरे। तर त्यति बेलासम्म केटाका बाबुआमाले पनि यसबारे थाहा पाइसकेका थिए। उनीहरूले आफ्ना भाइ-बुहारीलाई रोक्ने कोसिस गरे।, 'उनीहरूले त हामीलाई निगरानीमै राखे। हाम्रो घरका कोही बाहिर जान लागे एक न एक जनाले पिछा गरिहाल्थे,' पीडित बालिकाकी आमा 'उग्रचण्डी-१' (प्रहरीले अनुसन्धान क्रममा राखिदिएको परिवर्तित नाम), 'घटना थाहा पाएको ४२औं दिन मात्र हामीले छोरीमाथि अपराध गर्नेलाई कारबाही गर्न माग गर्दै जाहेरी दिन पायौं।', हाडनाताभित्रकी नाबालिग बहिनी बलात्कार गर्ने १९ वर्षीय युवा (प्रहरीले उनको नाम पनि गोप्य राखेको छ) लाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा चलायो।, अदालतले अभियुक्तलाई थुनामा पठाएपछि बल्ल आफूहरूले थोरै भए पनि राहतको सास फेरेको पीडित बालिकाका बाबुले बताए।, 'छोरीमाथि त्यस्तो अपराध भएको सुनेपछि मेरो त होसै हराएको थियो; खाना, निद्रा सबै हराएको थियो,' उनले भने, 'अदालतले त्यसलाई थुनामा पठाएको दिन मात्र म निदाउन सकेँ।', यो मुद्दामा जिल्ला अदालतले ती युवालाई १९ वर्ष कैद सजाय सुनायो।, कानुनमा १० देखि १४ वर्षसम्मको बालिका बलात्कार गरेको कसुरमा १८ वर्ष र हाडनाताभित्र बलात्कार गरेको कसुरमा थप एक वर्ष कैद सजायको व्यवस्था छ। त्यस्तै, १० हजार रूपैयाँ जरिवाना र पीडितलाई एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला पनि जिल्ला अदालतले गरेको थियो।, अभियुक्त १९ वर्षीय केटाले आफूलाई सजाय हुन नपर्ने दाबी गर्दै उच्च अदालतमा पुनरावेदन दिएका छन्। यो मुद्दा उच्च अदालत आइपुगेको एक वर्षभन्दा बढी भइसकेको छ। अहिलेसम्म १० वटा पेसी चढेको पीडितका बुवा बताउँछन्।, 'म हरेक पेसीमा अदालत आउँछु। कतिपटक त उनीहरूले नै मुद्दा स्थगित गर्छन्,' उनले भने, 'यस्तो मुद्दामा छिट्टै सुनुवाइ सकिए हुने नि!', उनलाई अदालत धाउन गाह्रो थिएन, तर मुद्दामा हुने ढिलाइ र बहसमा केटा पक्षका वकिलले बोल्ने कुराले उनको मन भरंग हुन्छ।, 'केटीले फसाएको हो भनेर बहस गर्ने रैछन्। जुन मुद्दा हो त्यसैमा केन्द्रित पनि नहुने रैछन्। पल शाह र सन्दिप लामिछानेको मुद्दासमेत ल्याएर जोड्ने। जे पनि बोल्न त नमिल्नुपर्ने हो नि, हैन? नैतिकता, आचारसंहिता भन्ने केही हुन्न र?' उनले भने।, अदालतले बेलाबेला गर्ने आदेशले पनि उनलाई सशंकित बनाउँछ।, 'केटाले आफ्नो बकपत्रमा घटनाको दिन म कलेज गएको थिइनँ, सँगै बसेर टिभी हेरेको भनेर स्वीकार गरेकै छ। जिल्ला अदालतले पनि कलेजबाट बायोमेट्रिक्सवाला हाजिरी रेकर्ड मागेर हेरीवरी फैसला सुनाएको हो,' पीडितका बुवाले भने, 'वकिलहरूले भने घटनाको दिन केटा कलेज गएकै थियो भनेर बहस गरे। उच्च अदालतले फेरि त्यही बायोमेट्रिक्स मगायो।', मुद्दा उच्च अदालत पुगेपछि शारीरिक परीक्षण रिपोर्टमा पनि डाक्टरले बदमासी गरेको भन्ने थाहा पाएको उनले बताए।, 'शारीरिक परीक्षण हिस्ट्री लेख्दा पीडित वा पीडितका बुवाआमाले भनेअनुसार भन्ने वाक्यांश लेख्नुपर्नेमा प्रहरीले भनेअनुसार लेखेको रहेछ। यत्ति कुराले पनि मुद्दा कमजोर हुन्छ कि भन्ने डर हामीलाई भइरहन्छ,' उनले भने।, उच्च अदालतले शारीरिक परीक्षण प्रतिवेदनलाई लिएर पनि प्रश्न उठाएको छ।, शारीरिक परीक्षण प्रतिवेदन हेरेपछि फैसला सुनाउन उच्च अदालत पाटनलाई दुबिधा परेको देखिन्छ। फागुन २८ गते बहस सुनेपछि न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र अमृतबहादुर बस्नेतको इजलासले बलात्कार मुद्दामा पीडितको 'हाइमन इन्ट्याक्ट' भएको अवस्था देखिए बलात्कार हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा बहस नोट बुझाउन सरकारी र प्रतिवादी वकिलहरूलाई आदेश गरेको छ।, उच्च अदालतको यस्तो आदेशलाई लिएर सरकारी वकिलहरूले नै अचम्म मानेका छन्। किनभने, महिलाको बलात्कार भएको हो कि होइन भन्ने कुरा 'कन्याजाली' भनिने हाइमनको अवस्था हेरेर थाहा हुँदैन।, विगतमा हाइमनलाई नै महिलाको कौमार्यसँग जोडेर हेर्ने भ्रम थियो। तर मेडिकल साइन्सले कौमार्यसँग हाइमनको कुनै सम्बन्ध नरहेको पुष्टि गरिसकेको छ। यौन सम्बन्ध राख्दै नराखेको महिलाको कन्याजाली पनि विभिन्न शारीरिक कारणले नष्ट हुन सक्छ। यसलाई सर्वोच्च अदालतले आफ्ना पटकपटकका फैसलामा स्वीकार गरिसकेको छ। त्यसैले अहिले यो मुद्दामा 'हाइमन इन्ट्याक्ट' छ कि छैन भनेर प्रश्न उठाउनु नै जायज नभएको एक सरकारी वकिलले बताए।, यही मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. राजकुमार कार्कीले पनि पुरूषले महिलासँग कसरी सम्बन्ध राख्यो भन्नेमा कन्याजाली च्यातिने वा नच्यातिने अवस्था निर्भर हुने अदालतमा बताएका थिए। यहाँ उनको आसय कन्याजाली प्राकृतिक अवस्थामै छ भने पनि बलात्कार हुनसक्छ भन्ने थियो। त्यसैले कन्याजालीको अवस्था कस्तो छ भन्ने कुराले बलात्कार हो कि होइन भन्ने निर्धारण गर्दैन।, उच्च अदालतले फैसला सुनाउला भन्ने बेला यस्तो आदेश आएपछि पीडित परिवार झस्किएको छ।, 'सन्दिप लामिछाने, पल शाह छुटे भन्ने खबरले हाम्रो मन धरमराइरहन्छ। त्यसमाथि हाम्रो मुद्दामा फैसला होला भनेको त, आदेश मात्र आयो,' पीडितका बुवाले भने, 'डर लागिरहन्छ।', यो मुद्दा परेपछि उनीहरूले आफ्नी छोरीलाई सँगै राख्न सकेका छैनन्। पढ्दै आएको स्कुलमा पढाउने वातावरण नभएर छोरीलाई दिदीको घर पठाइदिएका छन्। उनी दुई वर्षदेखि भक्तपुरस्थित फुपूको घरमा बस्छिन् र त्यहीँ पढ्छिन्।, 'छोरीलाई पढ्दै आएको स्कुल पठाउन सकिएन। दिदीको घरमा बस्छिन्। यहाँ घर र स्कुलमा समेत सुरक्षित राख्न सकिएन,' पीडितका बुवाले भने, 'सँगै राख्ने वातावरण पनि भएन। छोरीलाई कता के हुन्छ भन्ने मात्रै डर हुन्छ। हामी आफ्नै घरमा समेत सुरक्षित छैनौं।', उनीहरूले सुरक्षित महसुस नगर्नुको मुख्य कारण चाहिँ पीडकको घर उनीहरूको घरसामुन्ने हुनु हो। दिनदिनैजसो पीडक परिवारले आफूहरूलाई गालीगलौज र धम्की दिने उनले बताए।, 'दिनदिनै नराम्रा गाली गर्छन्। गाउँलेहरूसमेत उनीहरूसँग बोल्न सक्दैनन्। धम्कीको त कुरै नगरौं, हामी आफ्नै घरमा बस्न सक्ने वातावरण छैन,' उनले भने।, घरमा बसिनसक्नुभएपछि उनीहरूले छ महिनाअघि घरवरिपरि सिसिटिभी लगाएका छन्। बुवाको मृत्युको १२ दिने काममा पाहुनाकै अगाडि तथानाम बोल्न थालेपछि पीडित बालिकाले प्रहरीलाई उजुरी दिएकी थिइन्। त्यतिखेर प्रहरीले तारिखमा राखेपछि भने उनीहरूले गालीगलौज गर्न अलि कम गरेको पीडितका बुवा बताउँछन्।, 'घरमा सिसिटिभी लगाउनुपर्‍यो। पाहुनाकै अगाडि मुखमा जे आयो, त्यही बोलेर गाली गर्छन्। हामीले त उनीहरू नदेखियोस् भनेर बार लगाएका छौं,' उनले भने, 'अब हामी त्यहाँ बस्न सक्ने अवस्थामै छैनौं। घर बेचेर अन्तै सर्ने सोचाइमा छौं। छिट्टै यहाँबाट सर्छौं होला।', जब अदालतले सोध्यो- कन्याजाली नच्यातिएको भए बलात्कार हुन सक्छ कि सक्दैन?
सेतोपाटी संवाददाता मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई टाइमकार्ड लागू गरिएको छ। , सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य र जोखिम हुने गरी तीव्रगतिमा सवारी साधन चलाउने गर्दा असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाडौं‌ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौ‌ं महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइमकार्ड लागू गरिएको हो। , मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र पालना भए/नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुनेछ। , मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ।, मुड्खुदेखि तीनपिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडकखण्डमा न्यूततम २५ मिनेट समय निर्धारण गरिएको छ। , तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने कार्यालयले जनाएको छ।  , सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरेका छन्।, मुडुखु नाकाबाट ओखरपौवासम्म फोहोर बोक्ने गाडीलाई टाइमकार्ड
सेतोपाटी संवाददाता धनुषामा दुई वटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, शनिबार बिहान पौने ४ बजे मिथिला नगरपालिका-३स्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।, पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक ठोक्किएका हुन्।, ट्रक ठोक्किँदा ना ६ ख ६५७८ नम्बरको गाडीका चालक सुनसरी इनरवा बस्ने २८ वर्षीय सागर चौधरी, सहचालक धरान-६ बस्ने ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी-८ बस्ने ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको हो।, अर्का चालक सर्लाही बागमती-११ बस्ने २० वर्षीय नारायण श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको वेदप्रसाद गौतमले जानकारी दिए।, ‘दुर्घटनामा दुबै ट्रक कुच्चिएको थियो। विभिन्न मेसिनको प्रयोग गरी शव र घाइतेको उद्धार गरेका हौं,’ उनले भने।,  , धनुषामा दुई ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका तस्बिर' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले चैत ५ देखि चैत १० गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, निर्माणको केहि वर्षमै समस्य आएपछि कलंकी-सानेपा बीचको सर्भिस-लेन भत्काइँदै। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, रामजानको पहिलोदिन काठमाडौंको जामे मस्जिदमा प्रार्थनामा मुस्लिम समुदायका मानिसहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, राष्ट्रपति निर्वाचित भए पछि पहिलो औपचारिक सार्वजनिक कार्यक्रम घोडेजात्रामा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेल सलामी लिँदै।  तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, उपराष्ट्रपति निर्वाचित भएपछि रामसहायप्रसाद यादवले सोमबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिँदै। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, घोडेजात्राको अवसरमा टुँडिखेलमा​​​ आयोजित कार्यक्रममा देखाइएको प्रस्तुति। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, शीतलनिवासमा आयोजित कार्यक्रममा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको विदाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, संसदमा दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, शुक्रबार देखिएको चन्द्रमा र शुक्रग्रह। तस्बिर: निशा भण्डारी/सेतोपाटी, साताका तस्बिर
रासस काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ।, सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो, नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।, मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता
डाक्टर जामुनप्रसाद सिंह मौसमी फ्लू भनेको एक किसिमको भाइरसबाट सर्ने रोग हो।  जसरी कोभिड सर्थ्यो, मौसमी फ्लू पनि त्यसरी नै सर्छ।  हामीले हात धुने, मास्क लगाउने हाछ्युँ गर्दा बाउला मुखमा लगाएर गर्नुपर्छ।, त्यस्तै घरमा बस्नेले समेत मास्क लगाउनुपर्छ। ५ वर्षमूनिका बालबालिकाले मास्क लगाउने चलन छैन।, मौसमी फ्लू सार्नमा सबैको भूमिका हुन्छ। विद्यालय नजाने बालबालिकालाई अरूले गर्दा फ्लू सर्छ भने स्कुल जाने बालबालिकालाई साथीहरूका  कारण लाग्न सक्छ।, जाडोबाट गर्मी र गर्मी सकिएर जाडो मौसम आउने बेलामा भाइरसका लागि वृद्धि विकासको उपयुक्त समय भएकाले यो बेलामा धेरै समस्या देखिने हो। फ्लू सधैँ हुन्छ तर यो समयमा धेरै हुन्छ। एलर्जीको समस्या भएका बच्चालाई मौसमी फ्लू भएमा थप समस्या पर्न सक्छ।, मौसमी फ्लू भएपछि रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। कतिपय बच्चालाई १०४/१०५ डिग्री सम्म ज्वरो आउँछ। ज्वरो आएका बच्चालाई धेरै पानी खुवाउनुपर्छ। त्यस्तो अवस्थामा पानी नखुवाए ज्वरो बढ्छ। कतिपय अवस्थामा बच्चालाई ज्वरो आएको बेला जाडो हुन्छ अनि त्यो बेलामा झन् धेरै कपडा लगाइदिने गर्दा थप समस्या आउछ। रूघाखोकी अनि ज्वरो आएको छ भने झन् धेरै कपडा लगाइदिँदा ज्वरो बढ्ने हो। त्यस्तो अवस्थामा १०१ डिग्री ज्वरो आउने थियो भने १०५ डिग्री पुग्छ। अनि हामी सिटामोलले काम गर्दैन भन्छौं। ज्वरो आएका बेला कपडा फुकालेर पानीले पुछिदिने हो भने ज्वरो घट्छ। त्यस्तो अवस्थामा सामान्य सिटामोलले काम गर्छ। त्यसैले जुनसुकै बेलामा एन्टिबायोटिक खुवाउन हुँदैन।, (वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सिंह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत छन्।), बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)
नवीनबाबु गुरूङ माओवादी सशस्त्र द्वन्द्वको पहिलो सहिद दिलबहादुर रम्तेलका नाममा बनाइएको स्मृति पार्कको निर्माण धमाधम भइरहेको छ।, गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ स्थित रम्तेलको गाउँ जराङ डाँडामा उक्त पार्क बनाइएको हो। करिब आठ करोड रूपैयाँ लागतमा डिपिआर तयार भए पनि बजेट अभावका कारण चार करोड रूपैयाँ हाराहारीमा पार्क निर्माण भइरहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।, २०५२ मा माओवादी द्वन्द्व सुरू भएसँगै फागुन १४ गते स्थानीय सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरूङलाई तत्कालीन राज्य पक्षले पक्राउ गरेको थियो। उनलाई छुटाउन आन्दोलनमा होमिएका विद्यार्थीमाथि प्रहरीले गोली प्रहार गर्दा रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो।, एघार वर्ष उमेरका उनी जराङ गाउँस्थित ब्राह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत थिए। उक्त घटनामा रामबहादुर भट्ट घाइते भएका थिए।, स्मृति पार्कमा गोरखा जिल्लाका १ सय ८८ जना सहिद र राज्य पक्षबाट बेपत्ता पारिएका २० जनाको नाम अंकित शिलालेख राखिएको छ । द्वन्द्वकालीन सामग्री र दस्तावेजसहित भिडिओ कक्ष, इ-लाइब्रेरी, सभाहल लगायतको पनि निर्माण भइरहेको छ।, यहाँबाट मनास्लु, गणेश हिमाल लगायतका हिमशृंखला देख्न सकिन्छ। यो ऐतिहासिक जराङ डाँडा सांस्कृतिक तथा धार्मिक विविधताको उदाहरणसमेत रहेको स्थानीय बताउँछन्।, जराङ डाँडामा निर्माणाधीन पार्कका दृश्यहरू-, सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क (तस्बिरहरू)
डा.सौरभ श्रेष्ठ, कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट मुटुको चाल रोकिएको कामलाई पुन:सुरू गरेर पहिलाकै अवस्थामै ल्याउनको लागि गरिने आकस्मिक प्रक्रिया सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) हो।, मुटुको मुख्य काम रगत पम्प गरेर शरीरमा रगत सञ्चालन गराउने हो। त्यो बन्द भएको अवस्थामा मुटुलाई फेरि सञ्चालन गराउन गरिने प्रक्रिया नै सिपिआर हो।, सिपिआर कसरी गर्नेभन्दा पनि कुन बेला गर्ने भन्ने महत्वपूर्ण हो। कसैको मुटुको धड्कन बन्द भयो र उसले श्वास समेत फेरेको छैन भने त्यो अवस्थामा सिपिआर गरिन्छ। यस्तो घटना अस्पतालमा मात्रै होइन जहाँ पनि हुनसक्छ। अहिले त युवाहरूको समेत हृदयघात भइरहेको छ। , कोही लड्यो भने सिधै गएर छाती थिच्ने होइन। सुरूमा सिपिआर गर्ने व्यक्ति सुरक्षित हुनुपर्छ। दोस्रोमा व्यक्ति र तेस्रोमा वरपर रहेका व्यक्ति सुरक्षित हुनुपर्छ। कोही व्यक्ति भीडमा ढलिरहेको छ भने पहिला उसलाई बोलाउने।, यदि उसको परिचय खुलेन भने त्यही अनुसारको सम्बोधन गरेर बोलाउनुपर्छ। यदि व्यक्ति बोल्यो भने समस्या छैन भनेर बुझ्नुपर्छ र ती व्यक्तिलाई रिकभरी पोजिसनमा राख्नुपर्छ।, यदि नबोलेमा उसलाई उत्तानो पारेर राख्नुपर्छ। कुममा चलाएर बोलाउनुपर्छ। त्यस्तो गर्दा समेत नबोलेमा थप प्रक्रिया अगाडि बढाउनुपर्छ। सुरूमा मुखमा केही अड्किए नअड्किएको हेर्नुपर्छ तर औंला छिराएर भने हेर्नु हुँदैन।, आफ्नो कान व्यक्तिको नाकतर्फ राख्ने, आफ्नो गालाले उसले श्वास फेरे\नफेरेको अनुभव गर्न सक्नुपर्छ। आफ्नो आँखाले बिरामीको छातीतर्फ हेर्नुपर्छ।श्वास फेर्दा छाती फुलेको छ कि छैन थाहा पाउनुपर्छ। बोलाउँदा नबोलेमा त्यहाँ वरपर सहयोग लिन सकिन्छ। त्यस्तो हुन नसके नेपाल एम्बुलेन्सको १०२ मा, नेपाल प्रहरीको १०० मा फोन गर्न सकिन्छ अथवा सशस्त्र प्रहरीको १११४ मा समेत फोन गर्न सकिन्छ।, बिरामीलाई सिपिआर दिँदा टाइट खालका लुगाहरू खोलेर हत्केलाको चुचुराले छातीमा राखेर थिच्नुपर्छ। थिच्दाखेरी कुमबाट फोर्स जानुपर्छ। त्यसका लागि कसरी गर्ने भनेर तालिम लिएको हुनुपर्छ। थिच्दाखेरी एक मिनेटमा १ सय २० पटकको गतिमा ३० भन्दासम्म थिच्नुपर्छ।, त्यस्तै, नाक बन्द गरेर आफ्नो मुख बिरामीको मुखको वरिपरि राख्नुपर्छ र फू गर्नुपर्छ। त्यो बेलामा छातीको अवस्था पनि हेर्नुपर्छ।त्यसपछि फेरि छाती थिच्नुपर्छ। थिचिसकेपछि छाती फुल्न दिनुपर्छ।, तालिम लिएका व्यक्तिले मात्र सिपिआर गर्नुपर्छ। त्यसको लागि स्वास्थ्यकर्मी हुनैपर्छ भन्ने छैन। सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा हामीले चिकित्सक मात्र नभई उपचारिकालगायत स्विपर र ड्राइभरलाई समेत यो तालिम दिएका छौं।, हामीले बेलामौकामा अन्त पनि यो तालिम दिन्छौं। यो तालिम धेरैभन्दा धेरैलाई दिन जरूरी छ। किनकि यो घटना जतिबेला जहाँ पनि हुनसक्छ।, तालिम नलिएका व्यक्तिले कहाँ थिच्ने के गर्ने भनेर थाहा पाउँदैनन्। सपिङ मल लगायतका भिड हुने ठाउँमा यस्ता तालिम दिन अझै जरूरी छ।, (सशस्त्र प्रहरी नायब उपरीक्षक कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट डा.सौरभ श्रेष्ठ सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत छन्।), के हो सिपिआर, कस्तो अवस्थामा गरिन्छ? (भिडिओ)
सेतोपाटी संवाददाता आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको र दिउँसो  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। , महाशाखाले आगामी चौबिस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, यस्तो छ आगामी तीन दिनको मौसम: , २०७९ चैत १२ गते (आइतबार), दिउँसोː ,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː , कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत १३ गते (सोमबार), दिउँसोː, देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।,  , रातीː, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत १४ गते (मंगलबार), दिउँसोː  ,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, रातीː, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।,  ,  , पहाडी भू-भागमा वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम
रासस नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ।, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मंसिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए।, 'प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मंसिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मंसिरमा तीन जना पक्राउ परेका थिए,' उनले भने। , उनीहरूको साथबाट एक हजार दरको २६ हजार रूपैयाँ र पाँच सय दरको चार हजार पाँच सय रूपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।, साथै पुसमा १७ पक्राउ परेका थिए। उनीहरूको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार रूपैयाँ बरामद गरिएको थियो। पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ। माघमा एक हजार दरको चार लाख ४४ हजार रूपैयाँ नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।, काठमाडौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार रूपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ।, पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुंगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।, तीन महिनामा १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद
सविता बुढा गत फागुन २१ गते कैलाली गोदावरी नगरपालिका-८ स्याउलेकी २२ वर्षीया कल्पना विकको मृत्यु भयो। १७ दिनसम्म सेती प्रादेशिक अस्पतालको प्रसूति वार्डमा उपचार क्रममा उनको मृत्यु भएको हो।, मृत्यु भएपछि परिवारले दाहसंस्कार पनि गरे। तर अहिले २० दिनपछि उनको मृत्युको कारण खुल्यो। धामी झाँक्रीको भर पर्दा कल्पनाले आफ्नो ज्यान गुमाएकी हुन्। , सेती प्रादेशिक अस्पताल प्रसूति वार्डका इन्चार्ज डाक्टर खगेन्द्र भट्टका अनुसार कल्पनाको गर्भमै बच्चाको मृत्यु भएको थियो।, कल्पनाको फागुनमा सुत्केरी हुने समय थियो। तर गर्भमै बच्चा बितेपछि त्यसको असर कल्‍पनामा देखिन थालेको थियो। ज्वरो, कम्पन जस्ता समस्याहरू देखिन थालेको थियो। , त्यस्तो देखिए पनि परिवारले उनलाई अस्पतालमा लगेनन्। बरू धामी झाँक्री खोज्नतिर लागे। , कल्पनामा देखिएको समस्या यसअघि कहिल्यै नदेखिएको हुँदा भूत लागेको आशंकामा धामी झाँक्री खोज्न थालेको ससुरा प्रेम विकले बताए। , ‘कसैले डाइरिया भयो भने, कसैले मिर्गी भयो भने, कसैले भूत लाग्यो भने, हामीले यसो बिमार कहिल्यै देख्याको पनि थिएन, भूत नै लाग्यो हो भन्ने भयो, धामी झाँक्रीको खोजीमा लाग्यौं, त्यतिञ्जेलसम्म ढिला भयो,’ उनले भने।, उनका अनुसार धामी झाँक्रीले कल्पनामा केही समस्या नभएको बताएका थिए। बरू उल्टै ‘बलियो धामी’लाई देखाए ठीक हुने भन्ने आश्वासन पाए। त्यही भनाइको पछि लागेर उनीहरू धेरै धामी-झाँक्री कहाँ पुगे। , तर कल्पनाको स्वास्थ्यमा सुधार भएन। उनलाई झन् झन् गाह्रो हुन थाल्यो।, ‘हामीले के जान्नु लाटामान्छे पर्यौं, अचम्मको काम्ने बिमारी भएपछि छिट्टै अस्पताल जानुपर्छ भन्ने थाहा पनि पाएनौं,’ प्रेमले भने। , चार दिनसम्म धामी झाँक्रीकै भर पर्दा कल्पनाको स्वास्थ्य जटिल बन्दै गयो। त्यसपछि परिवारले खर्च जुटाएर उनलाई सेती प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए। , प्रादेशिक अस्पतालको प्रसूति वार्डका इन्चार्ज डाक्टर भट्टका अनुसार कल्पनालाई लगभग व्यथा लाग्नेक्रमको अवस्थामा अस्पताल ल्याइएको थियो। उनको इमर्जेन्सी वार्डमा सामान्य तरिकाले नै बच्चालाई निकालिएको थियो। बच्चा मरिसकेको थियो। तर कल्पनाको स्वास्थ्य अवस्था त्यसपछि झन् गम्भिर बन्न थाल्यो। , ‘उहाँलाई कम्पन हुँदादेखि फोक्सो लगायत शरीर र रगतमा पनि इन्फेक्सन भएको रहेछ, यही कारण जटिल भयो,’ उनले भने, ‘उहाँलाई सास फेर्न गाह्रो भयो, आइसियुमा राखेर उपचार गर्‍यौं, भर्ना भएदेखि नै भेन्टिलेटरमै राखेर उपचार गर्‍यौं। भेन्टिलेटर भन्दा बाहिर ल्याउन नसकिने अवस्था थियो।’, उपचार गराउँदा पनि विस्तारै शरीरका अंगहरूले काम गर्न छाडे। किड्नी, लिभर, फोक्सो, तीनवटै अंगले काम गर्न छोड्यो।, ‘उहाँलाई भेन्टिलेटरमा राखेर दुई तरिकाबाट फोक्सो-मुटुलाई चलाउने गर्यौं, सबै डाक्टरहरू लागेर उहाँलाई बचाउने प्रयास गरे, तर बचाउन सकिएन, यदि समयमै अस्पताल आएको भए यस्तो घटना हुने थिएन,’ उनले भने।, ढिलो उपचार पाएको हुनाले कल्पनाको मृत्यु भयो। गर्भावस्थामा आउने जोखिमबारे परिवारलाई सल्लाह नपाएको कारण यस्तो घटना हुनपुगेको डाक्टर भट्टको भनाइ छ।, उनका अनुसार अज्ञानताका रूढीवादी परम्पराले गर्दा गर्भवती महिलाहरू जोखिममा छन्।, गोदावरी नगरपालिका–८ की वडा सदस्य लक्ष्मी विकले अन्धविश्वासका कारण अहिले धेरै महिलाहरूले ज्यान गुमाउनु परेको बताइन्।, ‘यस्तो घटना हुनु दु:खद् कुरा हो, अस्पताल लग्नुपर्छ भन्ने ज्ञान नभएकै कारण यस्तो जोखिम भयो, यो विषयमा जनचेतना दिन धेरै आवश्यक छ,’ उनले भनिन्।, अस्पताल साटो धामी-झाँक्रीकहाँ गए, अकालमै गुमाए गर्भवती बुहारी
रासस राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ,’ सल्यानबाट दाङ आउँदै गरेका  यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ।’, सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा धुलोले मान्छे चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ। ‘धुलोले शरीर थपक्कै ढाकेको हुन्छ’, मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा एक डेढ घण्टा लाग्छ।’, बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए। ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्,’ उनले भने, ‘स–साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ।’, ठाउँ–ठाउँमा ठेक्का गरिएको भए पनि ठेकेदारले काम गरेको अवस्था छैन। पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ। यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ।, राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको हो। त्यो थोरै सवारी चल्दाको कालोपत्र भए पनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाइ छ। तुलसीपुरबाट रुकुमपश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ। तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ।, चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ। सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ। यस सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ। , राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
रासस बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी। तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नुपर्छ। , भौगोलिक रूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिंगारिएका केही भवन देखिन्छन्। भवन वरिपरि घेराबार लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो। दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन।, आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ। भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ। केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे। पर्याप्त डेक्स– बेन्च थिएनन्। खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो। जब स्थानीय सरकार आयो, तब शान्ति माविको स्वरुप नै परिवर्तन भएको छ।, गाउँको विद्यालय भए पनि यहाँ डिजिटल माध्यमबाट पढाइ हुन थालेको छ। प्रविधिमैत्री शिक्षा अवलम्बन गरेको विद्यालय जिल्लाकै नमूना बनेको छ। भौगोलिक विकटताका कारण विभिन्न समस्या झल्दै आएको शान्ति मावि अहिले बजारका विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ। जिल्ला सदरमुकाम नजिकै रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले पनि डिजिटल माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप हुँदैनन्, तर यहाँ अघिल्लो वर्षदेखि नै ‘पेपरलेस’ पढनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए।  , सिंहले पछिल्लो आधा दशकमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको बताए। उनले अहिले आफूहरूले समयानुसार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताउँछन्। उनले पाँच वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राविधिकरूपमा कमजोर रहेको सुनाउँदै अहिले अब्बल बन्न थालेको बताए। कक्षा १–५ स्थानीय पाठ्यक्रम लागू गरेको र कक्षा ६–१० डिजिटल माध्यमबाट पठनपाठन हुने गरेको प्रधानाध्यापक सिंहको भनाइ छ।, ‘आजभन्दा पाँच–सात वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुइँमै राखेर पढाउनुपर्थ्यो, पूर्वाधार जीर्ण थिए, विद्यालय घेराबार थिएन, असुरक्षित थियो,’   प्रधानाध्यापक सिंहले भने, ‘अहिले विद्यालयमा धेरै संरचना बने, शैक्षिक गुणस्तर पनि राम्रो भएको छ, अब हाम्रो ध्येय भनेको शैक्षिक गुणस्तरलाई बढाउनु हो, हामी सोहीअनुसार लागिरहेका छौँ, अहिले पनि धेरै सुधार गरेका छौँ।’, पूर्वाधारमा सम्पन्न भएसँगै विद्यालयले शैक्षिक गुणस्तरलाई पनि बढाएको छ भने विद्यार्थी सङ्ख्या पनि बढेको छ। पहिले ४० प्रतिशतमात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धि हासिल गर्न थालेको प्रअ सिंह बताउँछन्। पहिले दुई सय विद्यार्थी हुने गरेकामा अहिले करिब साढे तीन सय विद्यालर्थीले अध्ययन गरिरहेको उनको भनाइ छ। विद्यालयप्रति समुदाय र अभिभावकको भरोसा बढेपछि विद्यार्थीको आकर्षण बढेको उनले जानकारी दिए।, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर यस विद्यालय विकटमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउँछन्। गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको जनाउँदै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनले बताए। अध्यक्ष बुढामगरले पहिलो कार्यकालको सुरुआतदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले पनि पालिकाका थुप्रै विद्यालयमा सुधार गरिरहेको बताए।, अध्यक्ष बुढामगर भन्छन्, ‘खुङ्खानी गाउँ भौगोलिक हिसाबले टाढा र विकटमै छ, यहाँ विकास गर्न त्यत्ति सहज थिएन, तर पनि निरन्तरको प्रयासले सफल भयौँ, अहिले एउटा चरणमा पुग्यो, विद्यार्थीको चाप पनि राम्रो छ, गुणस्तरलाई बढाउनतर्फ जोड दिएका छौँ, इन्टरनेट र अन्य प्राविधिक सहयोग पनि गाउँपालिकाले गरिरहेको छ।’, कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो। विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ। यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा पुग्नुपर्छ।,  , ६ घन्टा हिँडेर पढ्ने बाध्यता हट्दै, तमानखोला गाउँपालिका–६ नर्जाखानी, पात्ले, भित्रीवनलगायतका गाउँबाट विद्यार्थी दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन्। वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरू शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्छ। नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टा बढी लाग्छ।,  , वर्षौँदेखि घन्टौँ हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब छात्रबासमै बसेर माध्यमिक तहको पढाइ गर्न पाउने भएका छन्। शान्ति माविमा छात्राबास सञ्चालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंह बताउँछन्। नर्जाखानीबाट आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उनको भनाइ छ।, प्रधानाध्यापक सिंहले भने, ‘यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घन्टा पूरै हिँड्नुपर्थ्याे, हिँडाइको थकाइले गर्दा उनीहरूमा पढाइप्रति रुचि कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट छात्रबासमा राखेर पढाउन थालेका छौँ, यस वर्ष छोटो समय राख्यौँ, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरी पठनपाठन गराउँछौँ।’ , सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको छ।, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। नेपाल ट्रष्टसँग महानगरले काठमाडौं प्लाजा १० वर्ष भाडामा लिने सम्झौता गरेको छ।, सम्झौतामा पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख छ।, महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरमा १६ विभाग छन्। ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।, छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो।, करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।, २०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ।, महानगरले भाडामा लियो काठमाडौं प्लाजा, एकै ठाउँबाट सेवा दिने
रवीन्द्र काफ्ले विद्यार्थी संख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ।, बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी संख्या घटिरहेको छ। तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी संख्या बढाइरहेको छ।, पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो।, विसं २००३ मा यस क्षेत्रका सामाजिक अगुवा जयनारायण रिजालले मार्गदेवी आधारभूत विद्यालयका नाममा स्थापना गरेको यो विद्यालयले २००५ सालमा आधार शिक्षा ग्वोश्वाराबाट सञ्चालन अनुमति पाएको थियो।, एक समय पाँचथरसहित इलाम, ताप्लेजुङ र पूर्वी तेह्रथुमका विद्यार्थीले अध्ययन गरेको यो विद्यालयले हाल आधारभूत तहलाई अंग्रेजी माध्यममा सञ्चालन गर्नुका साथै १८ महिने सिभिल सवओभरसियर कक्षा सञ्चालन गरी विद्यार्थीलाई आकर्षित  गरिरहेको छ। , विद्यालयमा हाल चार सय ५९ विद्यार्थी अध्ययनरत छन्। नजिकै अन्य विद्यालय रहेका कारण यो संख्या बढी नै हो। विद्यार्थी संख्या कम हुँदै जाने र अभिभावकको माग अंग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले दुई पूर्वप्राथमिक कक्षा समेत सञ्चालन गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए।, विद्यालयले कक्षा ५ सम्मको अध्यापनलाई पूर्ण अंग्रेजी माध्यम बनाएको छ। कक्षा ८ सम्म पूर्ण अंग्रेजी माध्यम बनाउन खोजिए पनि नजिकैका आधारभूत विद्यालयमा कक्षा ५ पूरा गरी कक्षा ६ मा नयाँ विद्यार्थी आउने हुनाले कक्षा ६, ७ र ८ मा गणित, विज्ञान र स्वास्थ्य विषय अंग्रेजी माध्यममा पठनपाठन भइरहेको आचार्यले बताए।, आधारभूत तहलाई अंग्रेजी माध्यममा सञ्चालन गर्न थालिएपछि विद्यार्थीको संख्या बढ्दै गएको आचार्यको भनाइ छ।, भारत र भुटानबाट बोलाइएका शिक्षकले अंग्रेजी प्रभावकारी अध्यापन गराउने अभिभावकको भनाइपछि विद्यालयले दुई विदेशी शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखेको छ।, ‘अहिले अभिभावकको चासो बढ्न थालेको छ। विद्यार्थी संख्या बढ्दै गएको छ’, प्रअ आचार्यले भने।, यस विद्यालयमा २०६९ सालदेखि सिभिल सबओभरसियरको कक्षा सञ्चालन भइरहेको छ।, चालीस जनाको कोटा रहेको प्राविधिक धारमा ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन्। यद्यपि कोटाअनुसार कुनै पनि वर्ष विद्यार्थी भर्ना भएका छैनन्।, ‘अहिलेसम्म करिब दुई सय विद्यार्थीले प्राविधिक शिक्षा पाइसके। सबै जना रोजगार बनेको भेट्टाएका छौं’, प्रअ आचार्यले भने, ‘तर कुनै पनि वर्ष पूरै कोटामा अध्ययन भएको छैन।’, पूर्वाधार अभाव, जिल्लाको पुरानो विद्यालयले भौतिक संरचना, पूर्वाधार र स्रोतसाधन अभाव झेलिरहेको छ। भवन प्रशस्त भए पनि पुराना भइसकेका छन्। अतिरिक्त क्रियाकलाप गर्न ठाउँ अभाव छ। डेस्क र बेञ्च पुराना भइसकेका छन्। सिभिल सब ओभरसियरको प्रयोगशाला निर्माण हुन सकेको छैन। पुस्तकालय पनि विद्यालयले व्यवस्थित गर्न सकेको छैन भने विद्यालयको घेराबार गर्नुपर्ने आवश्यकता खड्किएको प्रअ आचार्यको भनाइ छ।, विद्यार्थी संख्या प्रशस्तै रहेको विद्यालयमा खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन सकेको छैन। वि.सं २०६० मा नमूना बनेको यो विद्यालय अहिले सोही सुविधाबाट बञ्चित छ।, नमूना विद्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा अनुदानबाट बञ्चित हुनु परेको आचार्यले बताए। उन्नाइस रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको थप ३२ रोपनी पाखोबारीसमेत छ।, ऐतिहासिक विद्यालय, विद्यालयका शिक्षक दुर्गाप्रसाद रिजालका अनुसार यो ऐतिहासिक विद्यालयको स्थापना र सञ्चालनमा शिक्षासेवी जयनारायण रिजाल र उनका छोरा राजनीतिकर्मी तेजप्रकाश रिजालको भूमिका महत्वपूर्ण छ।, जयनारायणको गोठमा मार्गदेवी स्कुलका नामले पठनपाठन सुरू भएको विद्यालयले २००५ सालमा अनुमति पाएको थियो। सोही वर्ष जयनारायणको निधन भयो। त्यसपछि उनका छोरा तेजप्रकाशले विद्यालय सञ्चालनको अगुवाइ गरे।, विसं २००६ मा निर्माण थालेर २००८ सालमा भवन निर्माण सम्पन्न गरिएको थियो। पुरानो भव्य भवन सशस्त्र द्वन्द्वको समयमा २०६१ फागुन २४ गते आगजनीबाट क्षतिग्रस्त भयो। सबै पुराना सामग्री आगजनीबाट नष्ट भए।, मार्गदेवी आधार स्कुल जयनारायण रिजालको योगदानको कदर गर्दै जयनारायण आदर्श माध्यमिक विद्यालय बनाइएको हो।, विसं २०१८ मा यस विद्यालयले माध्यमिक तह सञ्चालनको अनुमति पाएको थियो। रिजाल परिवारकै अम्बिकाप्रसाद रिजाल स्थापना कालदेखि २०१८ सालसम्म प्रधानाध्यापक रहेका थिए भने विद्यालय स्थापना हुँदा एक सय २२ विद्यार्थी रहेको विद्यालयको स्मारिकामा उल्लेख छ।, विद्यालयको उन्नयनमा रिजाल परिवारको योगदान छ। विद्यालय स्थापनापछि २०१८ सालसम्म अम्बिकाप्रसाद रिजाल प्रअ रहे।संस्थापक जयनारायणकै छोरा दुर्गाप्रसाद २०२६ सालदेखि २०४५ सालसम्म प्रअ रहे।, यस्तै, संस्थापक प्रअ अम्बिकाप्रसादका छोरा कमलप्रसाद २०५२ देखि २०५६ सालसम्म प्रअ भए।, रिजाल परिवारकै भवानीशंकर २०४५ सालदेखि २०४९ सालसम्म तथा इन्द्रप्रसाद २०४९ देखि २०५२ र २०५८ देखि २०६६ सालसम्म प्रअ रहे।, रिजाल परिवारभन्दा बाहिरबाट कमलबहादुर पराजुली, विनोदकुमार अधिकारी र हालका प्रअ आचार्य मात्रै यहाँको शैक्षिक गतिविधिको नेतृत्वमा आएको पाइन्छ। रासस, आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय
सेतोपाटी संवाददाता भारतको नयाँदिल्लीबाट १० जना महिलाको उद्धार गरिएको छ।, दिल्लीको किसनगढ क्षेत्रमा फ्ल्याटमा राखिएका उनीहरूलाई बिहीबार उद्धार गरिएको हो।, फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाएको पाइएपछि उनीहरूलाई उद्धार गरिएको हो।, प्रहरी, मानव बेचबिखनविरूद्ध अनुसन्धान व्यूरो, नेपाली दूतावास, किन इन्डिया, शक्ति समूह, दिल्ली प्रहरीले संयुक्त रूपमा १० जना महिलालाई उद्धार गरेका हुन्।, १५ देखि २५ वर्ष उमेरका उनीहरूलाई मानव बेचबिखनविरूद्धको अनुसन्‍धान व्यूरोको जिम्मा लगाइएको छ। उनीहरू नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायत जिल्लाका हुन्।, उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर लगाइदिने भन्दै दिल्ली पुर्‍याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन व्यवसायमा लाग्नुपर्ने भनिएको बताइन्।, पोखराबाट ४ महिला हराएको निवेदनपछि यसबारे प्रहरीले खोजबिन गरिरहेको थियो। दिल्लीमा टीकाराम भण्डारी र उनकी श्रीमती टीका ओलीले उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाउने गरेको पाइएको थियो।, नयाँदिल्लीबाट १० महिलाको उद्धार
रोहित महतो पर्साको वीरगञ्ज महानगरपालिका-१७ स्थित अलौंमा आयोजित शतचण्डी महायज्ञअन्तर्गत वेदी पूजा गर्न दलित समुदायलाई रोक लगाइएको छ।, २२ वर्षपछि बुधबारदेखि सुरू भएको महायज्ञमा कथित उच्च जातका मानिसहरूले छोइने भन्दै सामाजिक निर्णय गरेर दलितलाई वेदी पूजा गर्न रोक लगाएका हुन्।, पूजामा सहभागी हुन दिनुपर्ने माग राखेर दलित समुदायका अगुवाले झन्डै एक महिना आवाज उठाएका थिए। आफ्ना कुराको सुनुवाइ नभएपछि जातीय विभेद गरेको भन्दै उनीहरूले संघर्ष समिति गठन गरेर वीरगन्जस्थित घण्टाघरमा प्रदर्शन पनि गरे। कथित उच्च जातका मानिसको अडान र दबाबका सामू उनीहरू अहिले पछि हटेका छन्। आगामी दिनमा आयोजना हुने महायज्ञमा वेदी पूजामा प्रवेश गर्न दिनेगरी कागजी सहमति भएको छ।, विवादले उग्र रूप लिएर सद्भाव भड्किने र कानुनी रूपमा अघि बढ्दा महायज्ञ नै रोकिने परिस्थिति सिर्जना भएपछि आफूहरू निर्णय मान्न बाध्य भएको संघर्ष समितिका संयोजक उमेश रामले सेतोपाटीलाई बताए।, ‘हामीले आफ्नो अडान राखेर कानुनी प्रक्रियामा अघि बढ्दा महायज्ञै रोकिन्थ्यो। अन्तिम अवस्था आएर महायज्ञ रोकिए जे पनि हुनसक्ने सम्भावना थियो। हामीले महायज्ञ रोकेर अपजस लिन चाहेनौं। सहमति गरेर पछि हट्यौं। फेरि पनि यही समाजमा बस्नुछ। हामी सय जना मात्र छौं। उनीहरू २ हजार बढी छन्। त्यसैले विद्रोह गर्न पनि उचित ठानेनौं,’ उनले भने।, उनका अनुसार गाउँमा छलफल गरेर गैरदलितहरूले दलितलाई वेदी पूजामा बस्न नदिने निर्णय गरेका थिए। समितिका सदस्य उमेश रामले दलित भएकै कारण पूजापाठबाट वञ्चित हुनुपर्दा मनमा चोट पुगेको बताए।, ‘हामी पनि हिन्दु हौं। पूजापाठमा अरू जतिकै अधिकार छ भन्दा ठूला जातवालाहरूले स्वीकार गर्न मानेनन्। वेदी पूजा गर्न दिन सुरूमा हातखुट्टा जोड्यौं। नमानेपछि आन्दोलन गर्‍यौं। संघर्षमा उत्रिएपछि झगडा अझै उग्र रूप लिने, काटमारै हुने माहोल बन्यो। हामीले एसपी र सिडिओलाई निवेदन दियौं। मेयर, सांसद सबैलाइ भन्यौं। उनीहरू सबैले मिलाएर जाऊ मात्र भनिराखे,’ कृष्णले भने, ‘गाउँमा विभेद गर्ने २/४ जना मात्र भएको भए मुद्दा पनि दिन्थ्यौं तर सयौं जनाले पूजा गर्न नदिने अडान राखे। कति जनाविरूद्ध लड्ने हामी? कतिलाई मुद्दा दिने? सांसद, मेयर, प्रहरी, प्रशासनमा पनि अपर कास्टकै मान्छे छन्। हाम्रो कुरा कसैले सुनिदिएन। बाध्य भएर हाम्रा अगुवाले सहमति गर्नुपर्‍यो।’, संविधानमा छुवाछुत गर्न नपाइने लेखिए पनि कार्यान्वयन नहुँदा आफूहरू अन्यायमा परेको उनले सुनाए। दलित समुदायले यति संघर्ष गरेपछि कलश यात्रामा सहभागी हुन दिएको कृष्णले बताए।, उनका अनुसार आन्दोलन गरेर प्रहरी, प्रशासन धाएपछि दलितलाई चित्त बुझाउन महायज्ञ व्यवस्थापन समितिमा दलित समुदायलाई पनि समेटियो। पूजा गर्न नदिँदा दलित समुदाय निराश भएको अलौंमै बस्दै आएका हरेदेव राम चमारले गुनासो गरे।, ‘एक महिना आन्दोलन गर्‍यौं तर केही भएन। ५/७ जना अगुवाले सहमति गरेछन्। ठूला जातिहरूले जे चाहेका थिए, त्यही  गरेर छोडे। दलितहरूको संख्या कम छ। हामी डराएरै बस्नुपर्छ,’ उनले भने।, २२ वर्षअघि भएको महायज्ञमा समेत दलितहरूलाई वेदी पूजा गर्न नदिँदा यस्तै विवाद चर्केको उनले सम्झिए। त्यतिबेला बाहिर यसरी बोल्ने आँट कसैले गरेका थिएनन्। कलश यात्रामा पनि त्यतिबेला दलित समुदायका कसैलाई सहभागी हुन नदिइएको उनले बताए।, वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष सन्जुबहादुर छत्कुलीले दलित र गैरदलित दुबै पक्षबीच सहमति गराएर महायज्ञ भव्य रूपमा चलिरहेको बताए। उनले दलितसँग विभेद भएको कुरा अस्वीकार गरे।, ‘ठाउँ अभावका कारण दलितलाई वेदी पूजामा सहभागी नगराइएको हो। दुबै पक्षलाई लगेर जिल्ला प्रशासन कार्यालयमा वार्ता गराइदिएको छु,’ उनले भने, ‘वेदी पूजा गर्न नदिने कुरा उठेको थियो। परम्परादेखि आएको कुरालाई समाजले छिटो स्वीकार गर्दैन। तैपनि दुबै पक्षलाई ३/४ पटक बसाएर वार्ता गराएका हौं।’, सबै पक्ष अहिले महायज्ञमा सहभागी भएको उनले बताए।, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले महायज्ञमा पूजापाठ गर्न नदिएको भनी उजुरी आएको तर छलफलपछि उनीहरू मिलिसकेको बताए।, ‘जिल्ला प्रशासन, जिल्ला प्रहरीमा दुबै पक्षबीच छलफल भयो। के गरी मिल्यो हामीलाई थाहा भएन्। तर गुनासो केही छैन,’ उनले भने।, दलित अगुवा चन्देश्वर सदा महायज्ञमा विभेद गर्ने, पूजापाठ गर्न रोक लगाउने आयोजकलाई कानुनी कारबाही हुनुपर्ने माग गर्छन्। उनका अनुसार ४ हजार वर्षदेखि लादिएको अन्धविश्वास, जातीय विभेद र छुत/अछुत परम्पराले कयौं यस्ता विभेदका घटना भए पनि देखिन नआएको बताए।, ‘छुवाछुत अन्त गर्नेगरी संविधान बन्यो। तर गाउँमा छुट्टै धार्मिक संविधान छ। संविधानअनुसार नभई धर्मअनुसार समाज चलेको छ। त्यसकै परिणाम हो यो,’ उनले भने।, यस्ता विभेद अन्त्य गर्न राज्यले दलितसँग आर्थिक र समाजिक न्याय, अन्तरजातीय विवाह प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।, २२ वर्षपछि महायज्ञ भयो तर दलित समुदायलाई दिइएन पूजा गर्न
सेतोपाटी संवाददाता काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा बिहीबार दिउँसो चार वटा सवारी साधन आपसमा ठोक्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका दिउँसो सवा २ बजेतिर एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो। , दुर्घटनामा परी ८ जना घाइते भएका छन्। तीमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए। , दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ।, प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ। , रिङरोडमा आपसमा ठोक्किए ४ सवारी साधन, ८ जना घाइते
राजेश घिमिरे सदाबहार सामुदायिक वनको आडैमा रहेको फ्रेण्डसिप क्लिनिकमा केही विदेशी बिरामीको स्वास्थ्य परीक्षण गर्दै थिए। कोही क्लिनिक नेपाल र फ्रेण्डसिप क्लिनिकको सेवालाई कसरी प्रभावकारी बनाउने भनेर स्थानीयसँग जिज्ञासा राख्दै थिए।, उनीहरू यो संस्थाका सहयोगी हुन्। मेघौली क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ्यका लागि आफ्नो देशमा विभिन्न माध्यमबाट पैसा संकलन गरेर पठाउने गरेका विदेशी यहाँ आइपुगेका रहेछन्।  , यो संस्था स्थापना हुनुअघि मेघौलीका बासिन्दा सामान्य उपचारका लागि पनि भरतपुर धाउनुपर्थ्यो। मेघौलीबाट भरतपुर करिब २५ किलोमिटर पर छ। कच्ची सडक र सार्वजनिक सवारी साधनको असुविधाका कारण उपचारमा सास्ती थियो। यहाँ सरकारी स्वास्थ्य चौकी त थियो तर दक्ष स्वास्थ्यकर्मी, अवस्यक उपचार सामग्री, औषधि हुन्थेनन्।, २०५४ सालमा क्लिनिक नेपालको सेवा सुरू भएपछि चारवटा वडाका बासिन्दाले आफ्नै गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पाउन थाले। क्लिनिकले वर्षमा १२ हजार जनासम्मलाई सेवा दियो। गत वर्ष पनि ६ हजारभन्दा बढीले यहाँबाट स्वास्थ्य सेवा लिएका छन्। अहिले मेघौलीमा स्वास्थ्य चौकी र निजी क्लिनिकहरू पनि सञ्चालनमा छन्। पक्की सडक र सार्वजनिक सवारी साधनहरू प्रशस्तै भएकाले भरतपुर पुग्न सजिलो छ।, क्लिनिक नेपालले स्वास्थ्यका अलावा मेघौलीका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षा, स्थानीयबासीलाई पिउने पानी, सरसफाइ र वातावरण संरक्षणका लागि काम गर्दै आएको छ।  , थारु, कुमाल समुदायको पुरानो बसोबास रहेको मेघौली चितवनको पर्यटकीय क्षेत्र हो।, वन र वन्यजन्तु अवलोकन गर्न चाहने पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य हो। मेघौलीबाट केही पर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाइगर टप्स विगतमा विदेशी पर्यटकहरूको प्रमुख रोजाईमा पर्थ्यो।, उनीहरूलाई नै लक्षित गरेर यहाँ विमानस्थलसमेत सञ्चालनमा थियो। २०१७ सालमा यहाँ बेलायतकी महारानी एलिजाबेथ द्वितीय सपति निकुञ्जमा सिकार खेल्न मेघौली हुँदै पुगेकी थिइन्।, अहिले पनि यहाँ बाराही जंगल लज, मेघौली सेराई, साराङ वाइल्डलाइफ स्याङचुरीलगायतका ठूला होटल छन्। थारु समुदायले होमस्टे पनि चलाएका छन्। होटल र होमस्टेमा आन्तरिक र विदेशी पर्यटकहरू प्रशस्तै भेटिन्छन्।, क्लिनिक नेपाल स्थापना हुनुमा पनि यहाँ आएका पर्यटकहरूकै सहयोग महत्वपूर्ण छ।, २०४८ साल वैशाखतिरको कुरा हो। एक राति केही विदेशी आकस्मिक रूपमा मेघौलीस्थित हरि भण्डारीको होटलको ढोका ढक्ढकाउन आइपुगे। राप्ती नदीको किनारमा टेण्ड टाँगेर बसेका उनीहरूलाई हावाहुरीले उठिबास लगाएको थियो।, भण्डारीले १० जनासम्म पाहुना राख्न मिल्नेगरी खरले छाएर बनाएको सानो होटलमा उनीहरूले त्यो रात गुजारे।, भोलिपल्ट बिहान भण्डारीले उनीहरूलाई नेपाल आउनुको कारण सोधे।, करिब ६० वर्षका विदेशीले जवाफ दिए–तिम्रो देशका जनतालाई सहयोग गर्न आएको।, उनीहरू कुष्टरोगी, अपाङ्गता भएका, विपन्न नेपालीलाई सहयोग गर्न नेपाल आएका थिए। यसका लागि उनीहरूले काठमाडौंमा एक संस्था(आइएनजिओ) स्थापना गरेका थिए। मेघौलीमै पनि केही बिरामीलाई सेवा गरेर राति राप्ती किनारमा बास बसेका रहेछन्।, विदेशीको सबै कुरा सुनेपछि भण्डारीलाई लाग्यो–ओहो, मेरो ठाउँका मान्छेका लागि मैले गर्नुपर्ने काम गर्न पो यी मान्छेहरू आएका रहेछन्। उनले मेरो ठाउँमा आएर आफ्ना मान्छेलाई सहयोग गरेकोमा धन्यवाद भन्दै होटलमा लागेको पैसा लिएनन्। फेरि पनि आउन निम्तो दिए।, त्यो दिनबाट बनेको उनीहरुको सम्बन्ध झाँगिदै गयो।, भण्डारीले एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मर्स्याङ्दी जलविद्युत योजनामा काम गरेको आम्दानीले जग्गा किनेर होटल खोलेका थिए।, ‘बहुत दुःखले स्कुल पढियो। पैसा नहुनेले पढ्न सक्थेनन्, पढेको बुझिएन, जानिनँ भन्यो भने शिक्षकले ट्युसन पढ्न आइज भन्थे। त्यस्तो सुन्नुपर्दा असाध्यै पीडा हुन्थ्यो। उपचार नपाएर मान्छे मरेको धेरै देख्नुपर्थ्यो। गाउँलाई यो अवस्थाबाट माथि उठाउन केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर गर्न सक्ने अवस्था थिएन,’ भण्डारीले भने, ‘विद्युत योजनामा ओभरटाइम काम गरेर जोडेको आम्दानीले एउटा झुप्रोसम्म बनाउन सकेको थिएँ। विदेशीको कुराले मलाई के गरौं, कसो गरौं हुनथाल्यो।’, एक दिन भण्डारीले झाडापखलाले सिकिस्त भएका व्यक्तिलाई होटल टाइगरटप्सको गाडीमा हालेर उपचारका लागि भरतपुर पठाएका थिए। त्यही दिन ती विदेशी मेघौली आइपुगे। भण्डारीले उनलाई आफ्नो गाउँमा स्वास्थ्य संस्था नहुँदा भोग्नुपरेको समस्याबारे सुनाए।, ‘उनले मलाई डाक्टर बनेर गाउँमा सेवा गर्न सल्लाह दिए। त्यसका लागि मलाई काठमाडौं लगेर मेडिसिन पढाउन सक्ने सुनाए,’ भण्डारीले भने, ‘उनीहरूकै संस्थामा काम गर्दै पढ्ने भनेपछि म काठमाडौं गएँ।’, त्यहाँ उनको भेट गेर्हार्ड फिसेरसँग भयो।, उनी जर्मनीका लागि विभिन्न चारवटा देशहरूमा राजदूत भइसकेका थिए। उनको नेपालका राजा वीरेन्द्रसँग प्रत्यक्ष सम्बन्ध थियो। (कुष्ठरोग र पोलियो रोगका बिरामीका लागि गरेको कामका कारण सन् १९९७ मा गेर्हार्डलाई भारतले गान्धी पिस अवार्डसमेत प्रदान गरेको थियो।), ‘म गाउँमा सेवा गर्नका लागि आधार तयार गर्न काठमाडौं आएको थिएँ। जागिरका लागि भएको अन्तर्वार्तामा मेरो र अन्तर्वार्ता लिनेको विचार मिलिरहेको थिएन। म जानेका कुरा सबै भन्न थालें। उनीहरूलाई १९ वर्षे केटोले प्रवचन दियोजस्तो लागेछ। काम गर्न मन नलागे नगर भने। म गर्दिनँ भनेर उठ्न लागेको थिएँ, नजिकै बसेर एक जना वृद्धले सबै कुरा सुनिरहेका रहेछन्। मलाई च्याप्प समातेर आफ्नो गाडीमा चढाए, काठमाडौं घुमाउँदै धेरै कुरा बुझाए,’ भण्डारीले भने, ‘ती व्यक्ति उनै गेर्हार्ड रहेछन्।’, अरूले नरूचाए पनि गेर्हार्डले भण्डारीको कुरा मन पराएका रहेछन्। उनले यो केटोलाई काममा राख भनेपछि आइएनजिओमा भण्डारीको जागिर सुरू भयो।  , भण्डारीले जागिरको पहिलो तलब १८ सय रुपैयाँ पाएका थिए। उनले सुरूकै तलबबाट मेघौलीका एक जना विद्यार्थीलाई पढ्न ५ सय रुपैयाँ सहयोग गरे। बिस्तारै तलब बढ्दै गयो, उनले सहयोग गर्ने विद्यार्थीको संख्या बढाउँदै लगे। बिदाको समयमा उनी संस्थामा आएका विदेशीहरूलाई घुमाउन लैजान्थे। त्यसबाट पनि आम्दानी हुन्थ्यो।, दुई वर्षमा उनी त्यो संस्थाकै प्रमुख भए। मासिक २० हजार रुपैयाँ तलब हुन्थ्यो। मेडिसिन पढेर आफैंले उपचार गर्नेभन्दा पैसा कमाएर स्वास्थ्य संस्था नै खोल्ने सोचले जित्न थाल्यो।, ‘मैले १५/१५ सय रुपैयाँ तलब दिएर मेघौलीका चारवटा विद्यालयहरूमा एक/एक जना शिक्षक राखिदिएँ। पढ्न नसकेकालाई सहयोग बढाउँदै लगें,’ उनले भने, ‘आफूले राम्ररी पढ्न नपाएकाले पनि होला आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेका बालबालिकालाई पढाउन पाउँदा, विद्यालयलाई सहयोग गर्न पाउँदा मलाई असाध्यै खुसी लाग्थ्यो।’, भण्डारीले विद्यालय जानबाट बञ्चित भएका केही दलित बालबालिकालाई थर नै फेरेर काठमाडौंका विद्यालयहरूमा भर्ना गरिदिएको स्थानीय बद्री अर्याल बताउँछन्।  , करिब ८ वर्ष काम गर्दा उनले धेरै विदेशीहरूलाई साथी बनाए। उनलाई लाग्यो–अब म जागिर छाडेर गाउँ फर्कनुपर्छ, विदेशी साथीहरूको सहयोग लिएर गाउँमा सामाजिक काम गर्नुपर्छ। भण्डारीले साथी बनाएका विदेशीलाई मेघौलीमा स्वास्थ्य संस्था स्थापना गर्नका लागि सहयोग गर्न पत्र लेखे।, केही वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको जंगल घुम्न जाँदा राप्ती नदी तर्न नसकेर अलपत्र परेका बेलायती पर्यटक पिटरसोरलाई भण्डारीले उद्धार गरेर आफ्नो घरमा आश्रय दिएका थिए। त्यही गुन सम्झिएर भण्डारीको अभियानमा पिटरसोरले सहयोग गरे। (अहिले उनको निधन भइसकेको छ। उनका छोरा क्याविनसोरले क्लिनिक नेपालका लागि सहयोग गरिरहेका छन्।) अन्यले पनि आर्थिक सहयोग गरे। केही समयमा ३ हजार डलर संकलन भयो। उनको अभियानमा सहयोग गर्न केही विदेशी आफैं आउने भए।, तत्कालीन मेघौली गाविसले २ विघा जमिन भोगचलन गर्न स्वीकृति दियो। २०५३ सालमा गेर्हार्डले भवनको शिलान्यास गरे। स्थानीयबासीले श्रमदान गरेर सहयोग गरे। भवन निर्माणको काममा बेलायती सेनाले समेत सहयोग गर्‍यो। केही महिनामा क्लिनिकको भवन तयार भयो। मेघौलीबासीले चिकित्सकसहितको स्वास्थ्योपचार गाउँमै पाउन थाले।  , हरि भण्डारी सुरूआतदेखि नै यो संस्थाको अध्यक्ष छन्। स्थानीय अगुवाहरू पनि क्लिनिक नेपालको समितिमा छन्। यहाँ अहिले २८ जना पूर्णकालीन कर्मचारी काम गर्छन्।, ‘हामीले सुरूआतमा महिनामा एक जना डाक्टर ल्याउँथ्यौं, बिस्तारै हप्तामा एक जना डाक्टर ल्याउन थाल्यौं। अहिले हप्तामा ५ दिन डाक्टरले सेवा दिन्छन्,’ भण्डारीले भने, ‘बेला–बेलामा विदेशी चिकित्सक, स्वयंसेवक विदेशी स्वास्थ्यकर्मीहरू पनि आउँछन्। आवश्यकताअनुसार विभिन्न ठाउँमा पुगेर स्वास्थ्य शिविरहरू पनि गर्छौं।’, जटिल अवस्थाका बिरामीलाई भरतपुरको अस्पताल पुर्‍याउन आकस्मिक यातायात सेवा पनि उपलब्ध गराउने गरेको क्लिनिक नेपालका म्यानेजर सुमन पौडेलले बताए।, क्लिनिक नेपालले पछिल्लो ५ वर्षमा १४ करोड रुपैयाँ खर्च गरेको पौडेलले बताए।, भण्डारीले सहयोगका लागि जर्मनीमा क्लिनिक नेपाल र फ्रेण्डसिप नेपाल, इङ्ल्याण्डमा फ्रेण्डसिप नेपाल, अमेरिका, डेनमार्क, जिब्राल्टरमा क्लिनिक नेपाल, स्पेनमा विडाउटिल नाममा संस्था स्थापना गरेका छन्। ती संस्थामा त्यही देशका सहयोगीहरू रहेको सञ्चालक समिति छ। भण्डारी बेला–बेलामा ती देशहरुमा पुगेर यहाँको विषयमा जानकारी गराउँछन्। त्यही आधारमा सहयोग संकलन भएर नेपाल आइपुग्ने गरेको छ।, ‘फ्रेण्डसिप क्लिनिक, विभिन्न विद्यालयमा सहयोग, छात्रवृत्ति, मन्टेश्वरी विद्यालय सञ्चालन, खानेपानी, सरसफाइ लगायतमा खर्च गर्दै आएका छौं। विभिन्न देशमा रहेका संस्थाहरूले सहयोग संकलन गरेर पठाएको रकमले पुगिरहेको छ,’ पौडेलले भने।  , क्लिनिक नेपालले मेघौलीमा रहेको जानकी माविमा प्लस टु कक्षा सञ्चालनका लागि ल्याब, हलसहितको भवन निर्माण र विद्यालय बसका लागि २ करोड रुपैयाँ सहयोग गरेको छ।, विद्यार्थीहरूलाई नि:शुल्क प्लस टु पढाउन विद्यालयलाई एक विद्यार्थी बराबर १८ हजार रुपैयाँ उपलब्ध गराएको छ। यहाँ अहिले ५० जना विद्यार्थीहरू प्लस टु पढ्छन्।, ‘गत वर्षसम्म एक विद्यार्थी बराबर ४० हजार रुपैयाँ दिने गरेका थियौं। यस वर्षदेखि भरतपुर महानगरपालिकाले शिक्षक उपलब्ध गरायो। हामीले शिक्षकलाई तलब दिनुपरेन,’ उनले भने।, यसबाहेक यो संस्थाले विभिन्न विद्यालयमा विपन्न परिवारका ११० जनालाई पढाइरहेको छ। उनीहरू प्राथमिकदेखि स्नातक तहसम्म पढ्दैछन्। तीमध्ये ३३ जना नवलपुरको दलदलेमा रहेको छात्रबासमा बसेर पढ्छन्। १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जर्मनी र अमेरिकामा पढ्न पनि यो संस्थाले सघाएको छ। गत वर्ष १६० जनालाई पढाएको थियो।, तीन ठाउँमा सञ्चालन गरेको नि:शुल्क मन्टेश्वरी स्कुलमा अहिलेसम्म १० हजारभन्दा बढी बालबालिकाले पढेको क्लिनिक नेपालका अध्यक्ष भण्डारी बताउँछन्।, क्लिनिक नेपालले २०५७ सालदेखि मेघौलीमा खानेपानी र शौचालय निर्माणमा पनि सहयोग गर्‍यो। संस्थामार्फत् २५१ वटा धारो र २७ सय घरमा शौचालय निर्माण गरेको उनले बताए।, ‘सुरूआतमा ट्युवेल धारोका लागि सहयोग सहयोग गरेका थियौं। ट्युवेलको पानीमा आर्सेनिक देखिएपछि यसको विकल्पमा खानेपानी योजनामा पनि सहयोग गर्‍यौं,’ भण्डारीले भने।, एसियन विकास बैंकको ऋण सहयोगमा बनेको मेघौली साना सहरी खानेपानी योजनामा क्लिनिक नेपालले ४० लाख रुपैयाँ सहयोग गरेको छ। यो योजनामार्फत् भरतपुरका वडा नम्बर २५, २६, २७ र २८ का करिब २२ सय धारामा पानी पुगेको छ।, यो योजनाको कुल लागत १७ करोड ४२ लाख ८ हजार ८८९ रुपैयाँमा ५० प्रतिशत नेपाल सरकारको बजेट थियो। बाँकी ४५ प्रतिशत नगर विकास कोषले एसियाली विकास बैंकको ऋण उपलब्ध गराएको थियो। बाँकी ५ प्रतिशत अर्थात् १ करोड ५ लाख रुपैयाँ स्थानीय बासिन्दाबाट संकलन गर्नुपर्ने थियो। तर स्थानीयबाट पर्याप्त रकम जम्मा हुन नसकेपछि क्लिनिक नेपालले ४० लाख रुपैयाँ लगानी गरेको भण्डारीले बताए।, खानेपानी योजना सञ्चालनका लागि सौर्य ऊर्जा प्लान्ट निर्माण गर्न भण्डारीले जर्मनका नागरिकहरूबाट १ करोड ९ लाख ४० हजार ८२७ रुपैयाँ संकलन गरे। यसमा नगर विकास कोष काठमाडौंबाट ५३ लाख ८१ हजार ८१७ रुपैयाँ अनुदान सहयोग थपियो। अहिले १०० किलोवाट ग्रिड जडित सौर्य ऊर्जा त्यहाँबाट उत्पादन भइरहेको छ।, यहाँ कार्यरत कर्मचारी विजय काफ्लेका अनुसार घाम लागेको समयमा यहाँबाट उत्पादित विद्युत योजनालाई बढी भएर विद्युत प्राधिकरणको लाइनमा जोडिन्छ।, ‘२०७६ सालमा सौर्य ऊर्जा प्लान्ट सञ्चालनमा आउनुअघि विद्युत प्राधिकरणलाई मासिक १ लाख २० हजार रुपैयाँ महसुल बुझाउनुपर्थ्यो। अहिले खानेपानी योजनालाई पुगेर प्राधिकरणलाई बेच्ने गरिएको छ,’ काफ्लेले भने।, भण्डारीलाई उनको सहयोग संकलन र क्लिनिक नेपाल सञ्चालनमा श्रीमती सृजना बस्नेतले सघाउँछिन्।, उनीहरू वर्षमा ६ महिना जति विदेशमा हुन्छन्। नेपालमा उत्पादित सामग्री युरोपका विभिन्न देशमा बिक्री गर्छन्। यसबाट भएको आम्दानीको केही हिस्सा संस्थाका लागि खर्च गर्छन्। उनीहरूले हरि ट्रेक प्रालि नामको ट्राभल एजेन्सी पनि सञ्चालन गरेका छन्।, ‘मेघौलीमा स्वास्थ्य संस्था खोल्छु, बिरामी भएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्छु, विद्यालय, विद्यार्थीलाई सहयोग गर्छु भन्दा मान्छेहरू पत्याउँथेनन्। हाँस्थे, खिसी गर्थे,’ ५३ वर्षीय भण्डारी भन्छन्, ‘पहिले खिसी गर्नेहरूले पनि अहिले क्लिनिक नेपालको सेवा लिइरहेका छन्। आफूले स्थापना गरेको संस्थामा विशेषज्ञ डाक्टर आएर बिरामी जाँचेको, स्थानीयबासीले नि:शुल्क उपचार पाएको, विद्यार्थीहरू खुसी हुँदै विद्यालय गएको देख्दा गर्व लाग्छ।’, विदेशीबाट सहयोग जुटाउँदै विपन्नको स्वास्थ्य र शिक्षाका लागि भिडेका हरि भण्डारी
सुसन चौधरी वकिलसँग कानुनका कुरा, सूचना प्रविधिको प्रयोग बढेसँगै यसको दुरूपयोग पनि बढेको छ। यसरी कम्प्युटर वा कम्प्युटर नेटवर्कको दुरूपयोग गरेपछि हुने अपराधलाई साइबर अपराध भनिन्छ। अनलाइन दुर्व्यवहार पनि साइबर अपराधमध्येको एक प्रकार हो। अनलाइनबाट हुने दुर्व्यवहार के-कस्ता हुन्, यसको सिकार हुन पुगे कसरी उजुरी गर्ने र यसबाट कसरी बच्न सकिन्छ भनेर बुझ्न हामीले अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेका छौं। , हेर्नुहोस् उनीसँगको कुराकानी भिडिओमा-, सामाजिक सञ्जालमा हुने कस्तो मेसेज-कुराकानीलाई दुर्व्यवहार मानिन्छ? , सामाजिक सञ्जालमा कसैले व्यक्तिको अश्लिल भिडिओ पठाए, गोपनीयता हनन् हुने गरी मेसेज गरे, नग्न तस्बिर-भिडिओ रेकर्ड गरी ब्ल्याकमेल गरे, वा अनलाइन माध्यमबाट कसैलाई गाह्रो वा असहज हुने कुराकानी वा काम गरेमा त्यसलाई अनलाइन दुर्व्यवहार भनिन्छ।  , सामाजिक सञ्जालमा कसैले दुर्व्यवहार गरे के गर्ने?, कसैले सामाजिक सञ्जालमा दुर्व्यवहार गर्न प्रयास गरे वा अपमानजनक मेसेज वा भिडिओ पठाए भने पहिला त्यस मेसेजको स्क्रिनसट राख्नुपर्छ। कुनै लिंक छ भने त्यो लिंकलाई कपी गर्नुपर्छ। यी लिंक वा स्क्रिनसटका आधारमा नजिकैको प्रहरीमा गएर उजुरी गर्न सकिन्छ। प्रहरीले ती लिंक र प्रमाणको मद्दतले कहाँबाट कसले मेसेज पठायो भनेर खोजी गरी अनुसन्धान र कारबाही अघि बढाउँछ।, यस्तो गतिविधि आइपरेमा कसलाई उजुरी गर्ने? नजिकको प्रहरीमा उजुरी गर्न पाइन्छ? , दुर्व्यवहारजन्य घटना घटेको थाहा पाएमा पीडितले ३५ दिनभित्रमा प्रहरीलाई उजुरी गर्नुपर्छ। दुर्व्यवहार भएमा वा भएको देखेमा जो सुकैले नजिकैको प्रहरीलाई उजुरी गर्न सक्छन्।, प्रमाण र अपराधको आधार हेरेर अभियुक्तलाई पक्राउ गरी २४ घण्टाभित्रमा अदालत समक्ष लगिन्छ। थुनुवाको लागि म्याद थपेपछि सो मुद्दा केन्द्रीय प्रहरी विभागले हेर्छ। केन्द्रीय प्रहरी विभागले मात्र अनुसन्धान गर्ने क्षेत्राधिकार छ तर उजुरी नेपालको कुनै ठाउँबाट गर्न सकिन्छ। , यस्तो क्रियाकलाप गर्नेलाई  के-कति सजाय हुन्छ?, विद्युतीय कारोबार एनको दफा ४७ अन्तर्गत अनलाइनमा हुने इन्टरनेट वा इन्टरनेटको माध्यमबाट कसुरजन्य कार्य प्रकाशन वा प्रसारण गरेमा एक लाखसम्मको जरिवाना हुन्छ अथवा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ। अथवा दुवै हुन सक्छ। पीडित पक्षले क्षतिपूर्तिको माग गरे थप जरिवाना तिर्नुपर्छ। , अभियुक्त नाबालिग भए बालबालिका सम्बन्धित ऐन अनुसार कारबाही गरिन्छ वा विद्युतीय कारोबार ऐन अन्तर्गत नै पनि कारबाही हुन सक्छ।  नेपाल बाहिरबाट कसैले नेपाली नागरिकलाई लक्षित गरी दुर्व्यवहारजनक घटना अपराध गर्छ भने विद्युतीय कारोबार ऐनकै प्रयोगबाट मुद्दा दर्ता गर्न मिल्छ। यस्तो दुर्व्यवहारजनक क्रियाकलाप गर्नको लागि मतियारको काम गरे वा दुरूत्साहन गरेको पाइएमा सो समूह वा व्यक्तिलाई पनि कानुनअनुसार कारबाही हुन्छ। यो फौजदारी मुद्दा भएको हुनाले पीडितको पक्षबाट सरकारी वकिलले मुद्दा लड्छ।, अरूको फोटो भिडिओ अनुमतिबिना सम्पादन र प्रकाशन/प्रशारण गर्न पाउँछ कि पाउँदैन?, मान्छेलाई आफूले गरेको कुरा अरूले थाहा पाउँदैन जस्तो लागेपछि उनीहरू अरूको फोटो-भिडिओ अनुमतिबिना सम्पादन र सम्प्रेषण गर्छन्। यस्तो कार्य गर्न पाइँदैन। यसरी अनुमतिबिना कसैको व्यक्तिगत फोटो-भिडिओ सम्पादन-सम्प्रेषण गरेमा कानुनी कारबाहीमा पर्न सकिन्छ। , इन्टरनेटको प्रयोग गरेपछि कुनै न कुनै तरिकाबाट उसले डिजिटल फुटप्रिन्ट छोडेको हुन्छ। त्यसलाई प्रमाण मानेर उनीहरू पक्राउ पर्न सक्छन्। दोस्रो व्यक्तिमार्फत् कसैको व्यक्तिगत कुरा पुनःसम्प्रेषण हुने कार्य भएमा कारबाही गर्न हुने वा नहुने बहसको मुद्दा हो। यस्तो बेलामा न्यायाधीशले घटनाको प्रकार र अवस्था हेरेर कारबाही गर्छ। ‍, अनलाइन दुर्व्यवहारबाट कसरी बच्ने?, किशोर-किशोरी वर्ग समूह यस्तो दुर्व्यवहारको धेरै सिकार हुने तथ्यांकले देखाएको छ। अनलाइन दुर्व्यबहारबारे जनचेतना नहुनुको कारण पनि यस्तो घटना घट्ने गरेको हो।  , फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्ति आफैं सावधान भएमा अनलाइन दुर्व्यवहारबाट बच्न सक्छ। आफ्नो पासवर्ड सुरक्षित राख्ने, सार्वजनिक ठाँउमा सामाजिक सञ्जाल प्रयोग गरेपछि लगआउट गर्ने, अपरिचित व्यक्तिसँग कुराकानी नगर्ने, र साथै अनलाइनबाट कुनै किसिमको नग्न तस्बिर-भिडिओ सेयर नगरेमा यस्ता साइबर अपराधबाट बच्न सकिन्छ। कारणवस कोही दुर्व्यवहारमा परेमा भने प्रहरीमा उजुरी गरी हाल्नुपर्छ। ,  ,  , इन्टरनेटमा तपाईंलाई कसैले दुर्व्यवहार गर्‍यो भने कसरी गर्ने उजुरी? (भिडिओ)
तारानाथ आचार्य/रासस २०४८ सालअघि बागलुङ नगरपालिका–४ उपल्लाचौर लगायतका क्षेत्रमा पातलो बस्ती थियो। सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे।, बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा सहरीकरण हुन थाल्यो। कोदो फल्ने बारीमा ठूलाठूला घर बने। एउटै घरमा चार–पाँच परिवार अटेका छन्। केही साना उद्योग पनि छन्। तर अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुल छन्।, मानवबस्ती कम हुँदा पानीका स्रोतले पुगेपछि नजिकैका मुहान नखोजेको बागलुङ नगरपालिकाले अहिले आफ्नो सीमा क्षेत्रका मुहानमा चासो देखाएको छ। तर उपल्लाचौर, कुँडुले लगायतका गाउँमा ल्याउन सकिने बागलुङ नगरपालिकाकै वडा नम्बर ५ का दर्जन बढी पानीका मुहान भने म्याग्दीवासीले प्रयोग गरिरहेका छन्।, मालिका आसपासका दर्जन बढी मुहानबाट पानी छिमेकी म्याग्दीमा पुगेको छ। आफ्नै नगरका मुहानको पानीले बेनी नगरपालिका–१ रत्नेचौर हराभरा हुँदा सिमाना जोडिएको कुँडुलेले पानीको चरम अभाव खेपिरहेको छ। खानेपानी अभाव भएपछि आफ्नो क्षेत्रका मुहान खोजी गरे पनि योजना बनाएर पानी ल्याउन नगरलाई सकस छ। २०५८ सालमा बागलुङ–५ मालिकाको कमेरे खानेपानी मुहान मूलको पानी बागलुङ–५ र ४ का उपभोक्तालाई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भएको थियो।, आयोजना अघि बढाउन रकमसमेत विनियोजन भयो। तर मुहान विवादका कारण न योजना अघि बढ्न सक्यो न अभाव खेपिरहेका उपभोक्ताले पानी पाए। रत्नेचौरका स्थानीयवासीले कमेरेपानी नजिकै रहेको ठूलोखोला र बागलुङमा रहेका करिब एक दर्जन मूल आफ्ना बनाएका छन्। सरकारी निकायमा दर्ता कहीँकतै नभएको भए पनि पाइप बिछ्याएर पानी रत्नेचौर पुगेको छ।, वर्षौंदेखि विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट बगेको पानी म्याग्दी रत्नेचौरका स्थानीयवासीले सिँचाइका लागि प्रयोग गरेको बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्री बताउँछन्।, 'एक–दुई हजार जनसंख्यालाई एउटै मुहानको पानी फालाफाल हुन्छ। यहाँ त ६२ मिमिदेखि छ इन्चको पाइपसम्ममा ११ मूलको पानी लगिएको छ,' क्षेत्री भन्छन्, 'हामीले प्यास मेटाउन प्रतिसेकेन्ड तीन लिटर पानी लैजान्छौं भन्दा आफ्नै जमिनको पानी पाएनौं।', कमेरे खानेपानी मुहानमा विवाद हुँदा बागलुङका १२ सय घरधुरीले समस्या झेलेका छन्।, बागलुङ–५ बान्द्रे र वडा नम्बर ४ कुँडुले फेदीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने योजना पर्दासमेत रत्नेचौरवासीले अवरोध गर्दै आएका छन्। बान्द्रे, कुँडुले फेदी, छाप, दाह्रेगौंडा, रमेटार, उपल्लाचौर, डुङढुंगा बस्तीमा खानेपानी ल्याउने योजना भए पनि अवरोधका कारण योजना अघि बढ्न नसकेको वडाध्यक्ष क्षेत्रीले बताए।, कमेरे मूलको पानी बागलुङ–४ मा ल्याउन पहल सुरू भई २०५८ सालमा मूल दर्ता भएको थियो।, वडाध्यक्ष क्षेत्रीले भने, 'सो समयमा बागलुङका उपभोक्ताले बिछ्याएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेसिन लगायतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयवासीले लुटेर लगे। तत्कालीन उपभोक्ता समितिले प्रशासन र प्रहरीमा उजुरी दिएका पनि हुन्। सशस्त्र द्वन्द्व तथा संकटकालले पानीको काम अघि बढ्न सकेन। अहिले काम सुरू गर्दा रत्नेचौरवासीले विरोध गर्नु दुःखद् कुरा हो।', उनका अनुसार बागलुङ नगरपालिकामा रहेका मूल म्याग्दीले दर्ताबिनै लगेको र करिब दुई लाख खर्च गरेर हाल निर्माण गरेको कमेरे मूलमा निर्माणाधीन खानेपानी ट्यांकीको संरचना तोडफोड भएको छ। अझै पनि सहमतिको बाटो खोजेको, आधा–आधा पानी लैजाने र पुरानै प्रवृत्ति नदेखाउन उनले आग्रह गरे।, पानीकै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबीच सहमतिको प्रयास भएको थियो। खानेपानी समस्या समाधान गर्न भन्दै दुई जिल्लाका उच्चपदस्थ अधिकारीको गत फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकामा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने, हिउँदका चार महिना ९ फागुनदेखि जेठसम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।, मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुनः विवाद भएको श्रेष्ठले बताए।, जनताको बीचमा लडाइँ–झगडाभन्दा पनि सबै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने उनको भनाइ छ।, नगरपालिकाले उक्त योजना सम्पन्न गर्न ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। कमेरे मुहानको पानी अपुग भएमा आसपासका खोलाको पानीसमेत मिसाएर बाँडफाँट गरिने गरी सहमति भएको र दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भए पनि रत्नेचौरका केही स्थानीयवासीले जनप्रतिनिधिलाई समेत दबाबमा राखेपछि सहमति कार्यान्वयन हुन सकेको छैन।, रत्नेचौरका स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नुपर्ने म्याग्दीको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए।, स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँबीच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताए।, अहिलेसम्म बागलुङले जबर्जस्ती नगरेको भन्दै थापाले अधिकांश मुहान बागलुङकै भू–भागमा रहेकाले पनि म्याग्दीले व्यावहारिकता बुझ्ने बताए।, मुहानको विवादले १२ सय घरमा खानेपानी अभाव
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ।, महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो। , मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको हो। , काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो। , मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको हो ।, महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ। पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ।,  , फोहोर गरेको भन्दै काठमाडौं‌ महानगरले तिरायो दुई जनालाई १२ हजार
रासस नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ। लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए। चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो। , सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आज ३० जना सक्रिय संक्रमित छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।, 'भारतमा संक्रमण बढिरहेको छ। भारतबाट संक्रमित नेपाल आइरहेका छन्,' उनले भने, 'हिजो मात्र सीमानाकाबाट सात जना संक्रमित नेपाल आएका छन्।', खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको उनले बताए। जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन पनि उनले आग्रह गरे।, मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।, एकै दिन १७ जनामा देखियो कोरोना
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन्।, नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने बताए।, उनले भने, ‘यो कुनै आइएनजिओ/एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो।’, प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झूटा प्रचारबाट टाढा रहन पनि आग्रह गरे। उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए।, देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए।, प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे।, पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत् जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताए। , सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उनले जानकारी दिए। ,  , नेपाली सेनाको संख्या नेपाल सरकारले निर्धारण गर्ने हो: प्रधानसेनापति शर्मा
रासस नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।, भण्डारी गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका थिए। उनको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ।, उपचारको ३६औं दिनसम्म आइपुग्दा बिहीबार भण्डारी अरूको सहयोगमा केही समय कुर्सीमा बस्न र केही समय हिँड्डुल गर्न सक्ने भएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।, 'डा. भण्डारी आज अरूको सहयोगमा कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो,' न्यौपानेले भने।, भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको बताइएको छ। उनको फिजियोथेरापी क्रमिक रूपमा भइरहेको पनि न्यौपानेले बताए।, जलेको भागमा संक्रमण रोकथाम गर्न अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाट बन्द गरेको अस्पतालले जनाएको छ। फागुन ३ गते जलेर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो।, कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
सेतोपाटी संवाददाता डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन्।, सेवाग्राहीबाट घुस लिइरहेको भिडिओ प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो।, हिरासतमा रहेको अभियुक्तका सरोकारवाला मानिससँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिइन्।, सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानबिन तथा जाँचबुझ कार्यमा झुटा सबूत-प्रमाण संकलन गर्न सक्ने वा आफूविरूद्धका सबूत-प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।, बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहविरूद्ध अवैध रूपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए। गत चैत ६ गने अभियुक्त साह पक्राउ परे।, 'जयनारायणले आफ्नो ट्र्याक्टर अरूलाई भाडामा दिएका थिए। भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ ओसारपसार गरिरहेका थिए। त्यसै क्रममा सवारीधनी पक्राउ परेछन्। उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झन्डै ४ लाख रूपैयाँ लिइसकेको विभिन्न अडिओ प्रमाण आयो,' मन्त्रालयका एक अधिकारीले भने, 'प्रतिवादीले पैसा दिँदादिँदा वाक्क भएपछि ४० हजार रूपैयाँ घुस दिएको भिडिओ नै बनाएर हामीलाई उपलब्ध गरायो।', ती अधिकारीका अनुसार प्रमाण फेला परेपछि राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा यादवलाई कारबाही प्रक्रिया अघि बढाइएको हो।, राज्यमन्त्री अन्सारीले विगतमा मधेसमा देखिएका आर्थिक अनियमितता, भ्रष्टाचार र अनुशासनहीनता जस्ता विकृति र विसंगतिका अवशेषहरूलाई पूर्ण रूपमा निरूपण गर्दै नयाँ पद्धति बसाल्ने आफूहरूको प्राथमिकता रहेको बताए।, 'त्यसै अनुसारले अनियमितताको आरोप लाग्नसाथ कर्मचारीलाई निलम्बन गरी द्रुत गतिमा अनुसन्धान अघि बढाइएको हो,' राज्यमन्त्री अन्सारीले भने। , घुस लिएको प्रमाण भेटिएपछि डिभिजन वन कार्यालयका अधिकृत निलम्बित
रासस २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म १८ हजार सात सय ९१ वटा आगलागीका घटना भएका छन्। यी घटनामा सात सय ६९ जनाको ज्यान गएको छ भने दुई हजार पाँच सय ६८ जना घाइते भएको तथ्यांक छ।, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा २२ अर्ब २३ करोड रूपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।, डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ। यसै अवधिमा चट्याङका दुई हजार दुई सय ८० घटना हुँदा नौ सय एक जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ४५ घाइते भएका छन्। साथै दुई हजार आठ सय तीन चौपायाको पनि क्षति भएको तथ्यांकमा उल्लेख छ।, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएको जानकारी गराए। त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको उनले बताए।, प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरू गरेको छ।, आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि–नियन्त्रण दस्ता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकका लागि उपयुक्त हुने तालिम सामग्रीको विकास गरी इ–लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको उनले जानकारी दिए।, प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटना झन् विकराल हुन सक्ने भएकाले यसतर्फ राज्यका सम्बन्धित सबै निकाय र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए।, प्राधिकरणले आगलागी तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गरी विभिन्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई वितरण गरेको छ। हालसम्म २१ जिल्ला प्रशासन कार्यालयलाई आगलागी नियन्त्रणका लागि बोकेर लैजान मिल्ने पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणको 'सेट' नै वितरण गरिएको छ। , प्राधिकरणले इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा त्यससम्बन्धी आवश्यक उपकरण वितरण गरिएको जनाएको छ।, वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर र्‍याक, फायर एक्स हो, प्राथमिक उपचारका सामान, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चा लगायत छन्।, तनहुँका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई पनि पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणको 'सेट' उपलब्ध गराइएको छ।, जिल्ला प्रशासन कार्यालय रसुवा र सिन्धुपाल्चोक एवं सप्तरीको तिरहुत गाउँपालिका र ताप्लेजुङका फुङलिङ नगरपालिका एवं मिरङ्देन गाउँपालिकालाई भने बोकेर लैजान मिल्ने पम्प हस्तान्तरण गरिएको छ।, आगलागी तथा वन डढेलोसहित सबै खालका विपद जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रूपमै स्वयंसेवक परिचालन गर्न प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ। , २०७८ माघ १४ मा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औं बैठकले 'विपद व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि–२०७८' पारित गरेपछि यस सम्बन्धमा रोकथाम र नियन्त्रणका थप काम सुरू भएको हो।, आगलागी घटनामा परी दस वर्षमा साढे ७ सय बढीको मृत्यु, २२ अर्बको क्षति
नारायण ढुंगाना/रासस सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई गत बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको ५ जनामध्ये १ जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन्।, मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए।, हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।, त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अब पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउनेछन्।, काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन्।, ‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई।’, पछिल्लो समयमा गृह मन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ। सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन्।, सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो। प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ।, यही चैत १० मा आइजीपी धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै छन्। सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन्। हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनःरिक्त हुन्छ।, हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।, चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा २०८१ चैतसम्मको रहनेछ। यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो।, पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन्। गृहमन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले पदोन्नति भएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ।, एआइजीमा पदोन्नति भएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन्।, यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन्।, बज्राचार्यसँगै डिआइजीमा बढुवा भएकी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामानै पछि परेकोले महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन्।, को बन्दैछ आइजिपी?
सेतोपाटी संवाददाता कोशी प्रदेशको नाम खारेजी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला प्रहरीको लाठीबाट घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको छ। , प्रदेशको नामांकनविरूद्ध आनदोलनमा जाँदा प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो।, प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी लिम्बुको मृत्यु भएको जनाएको छ। , लिम्बुलाई हेलिकप्टर चार्टर्ड गरी मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेका बेला मृत्यु भएको समितिले जनाएको छ। लिम्बू गत चैत ५ गते विराटनगरमा आयोजित विरोध प्रदर्शनको क्रममा प्रहरीबाट कुटिएका थिए।, पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै पहिचानावादी राजनीतिक दल तथा संघ-संगठन आन्दोलनमा छन्। , ४२ वर्षीय लिम्बू धरान उपमहानगरपालिका-१५ मा बसोबास गर्थे। , उनको मृत्युपछि किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, पहिचानसहितको प्रदेश १ पुन: नामांकन अभियान समिति, किराँत राई यायोक्खा र नेपाल शेर्पा संघले विज्ञप्ति जारी गरेका छन्।, विज्ञप्तिमा लिम्बुको मृत्यु प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।, प्रहरीको लाठीबाट घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु
रासस सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।, गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो।, इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।, घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।, शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इँटाभट्टामा काम गर्ने मजदुरलाई सामान्य सुरक्षाको व्यवस्था नमिलाउँदा पटकपटक दुर्घटनामा परी मजदुरको अङ्गभङ्ग हुने र ज्यानै समेत जाने गरेको छ।, इँटाभट्टाको पर्खाल भत्किँदा महिलाको मृत्यु
सेतोपाटी संवाददाता पत्रकार कृष्णा ताम्राकारको निधन भएको छ।, अस्वस्थ भएपछि केहीदिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत ८६ वर्षकी उनको बिहीबार बेलुकी १० बजे निधन भएको हो।, उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन्।, उनले लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गरेकी थिइन्। उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी थिइन्। उनले सुरूमा हिन्दी र पछि नेपाली भाषामा समाचार बाचन गरेकी थिइन्।, उनले करिब ६० वर्ष रेडियोमा काम गरेकी थिइन्। तर रेडियो नेपालबाट भने उनी २०४९ सालमा अवकाश लिएकी थिइन्। त्यसपछि पनि उनी सञ्चारकर्ममै सक्रिय थिइन्।, ताम्राकारको निधनको खबरले अत्यन्त दु:खी बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।, ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम- कृष्णा ताम्राकार। उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दु:खी छु। हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना,’ ओलीले भनेका छन्।, यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ताम्राकारको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।, ‘विशेष गरी समाचार बाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज- यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्। उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना,’ खड्काले ट्वीट गरेका छन्।, रहिनन् पत्रकार कृष्णा ताम्राकार
भागवत भट्टराई नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।, राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।, यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।, विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।, राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ।, सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।, भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।, प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।, सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा, सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ। एक वर्ग किलोमिटरमा १९८ जना बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ।, २०६८ सालमा १८० जना मात्रै बस्‍ने गरेका थिए। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ। यहाँ एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छन्।, सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्।, परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ , प्रतिवेदनअनुसार अहिले नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। २०६८ सालमा ४.८८ जना रहेको थियो । यस हिसाबले परिवारका सदस्यको संख्या घटेको देखिन्छ।, नगरमा बस्ने बढे, गाउँमा घटे , नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ। जम्मा जनसंख्याको ६६.१७ प्रतिशत नगरपालिकामा बस्ने गरेका छन्। गाउँपालिकाहरूमा बस्ने घटेका छन्। जम्मा जनसंख्याको ३३.८३ प्रतिशत गाउँमा बस्छन्।, २०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो।, साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमा, जनगणनाले करिब २२ लाख नागरिक विदेशमा रहेको देखाएको छ। जम्मा १५ लाख ५५ हजार ९६१ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको देखिएको छ। त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ।, जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।, ३ प्रतिशत बालबालिका आमा-बुवा दुबैसँग बस्न पाउँदैनन् , १८ वर्षमुनिका बालबालिकाको जनसंख्या कुल ९८ लाख ६९ हजार ५८३ जना देखिएको छ। यीमध्ये ७.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत बस्ने गरेका छन्। बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको छ।, ३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व, नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये ३१.५५ प्रतिशत परिवार मूली महिला रहेका छन्। २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढी हो ।, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
रासस चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन्।, निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो।, यो आर्थिक वर्ष थप २० गोही नदीमा छाडिने उनले बताए। तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ।, यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६०, कसराघाटबाट ७० र खगेन्द्रमल्ली नजिकैबाट २० गोही नदीमा छाडिएको हो। ती गोहीलाई यस आवको विभिन्न समयमा छाडिएको हो।, ‘थप २० गोही छाड्न मिल्ने अवस्थामा छन्, हामी केही दिनमा छाड्छौँ,’ उनले भने । , गत आवमा एक सय सात गोही नदीमा छाडिएको थियो। प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ४२ गोही नदीमा छाडिसकिएको छ।, सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ।, हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ। नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ। चैत–वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा संकलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ। हाल प्रजनन केन्द्रमा सात सयभन्दा बढी विभिन्न उमेरका गोही छन्।, प्रजनन केन्द्रमा हुर्काइएका १५० गोही छाडियो नदीमा
रासस मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो।, उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ।, मुगु केन्द्रबिन्दु भएर भूकम्प
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। नयाँ जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।, जनगणनाको नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरुमा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका रहेका छन्।, सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८,६२,४०० र सबैभन्दा कम जनसंख्या भएको ठूली भेरी नगरपालिकामा ९,८६१ जनसंख्या रहेको छ।, २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३७ वटा रहेको छ।,  , यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका १० पालिका
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले पहिलोपटक सर्वसाधारणका लागि निश्चित समय तोकेर रानीपोखरी खुला गरेको छ। , महानगरपालिसकाले गत फागुन २७ गतेदेखि सर्वसाधारणका लागि रानीपोखरी खुला गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।, उनका अनुसार रानीपोखरी बिहान निश्चित समयका लागि मात्र खोलिएको हो।, 'बिहान मर्निङ वाक गर्न ६ बजेदेखि ८ बजेसम्म खुला गरिएको हो,' उनले भने, 'मर्निङ वाक गर्ने स्थान नभएका कारण त्यसलाई मध्यनजर गर्दै अहिले रानीपोखरी खुला गरिएको हो।', २०७२ सालमा भूकम्पले क्षति पुगेको रानीपोखरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको थियो। त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी २०७८ साल पुस ८ गते हस्तान्तरण गरेको थियो।, यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने रानीपोखरी पहिलोपटक सर्वसाधारणको लागि दिनुहँ रूपमा खुला गरिएको हो। रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लाग्ने छैन। , पहिलोपटक सर्वसाधारणका लागि रानीपोखरी खुला
एजेन्सी तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो- अब बिहे कहिले गर्ने?, दशैं-तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा उमेर पुगेका अविवाहितले यो प्रश्न झेल्नु सामान्य नै हो।, उमेर पुगेर पनि विवाह नगर्ने र परिवार र आफन्तबाट विवाहका लागि दबाब आउने समस्या नेपालको मात्र भने होइन्। हाम्रो उत्तरी छिमेकी चीनमा पनि युवाहरूले यस्तै समस्या झेलिरहेका छन्।, साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने/बनाउने व्यवसाय फस्टाउँदो छ।, त्यसका लागि एउटा वेबसाइट खोलिएको छ, ८९वाइएन.कम। उक्त वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी एक युवतीसँग भेटेका छन्।, मुमु छद्म नाम भएकी ती युवतीका अनुसार एकदिन गर्लफ्रेन्ड बनेवापत् उनले १४५ अमेरिकी डलर शुल्क लिन्छिन्। यात्रा गरेर कुनै ठाउँ जानु पर्‍यो भने थप शुल्क लाग्छ।, मुमुले पार्ट टाइम कामका रूपमा भाडामा गर्लफ्रेन्ड बन्ने गरेको बताएकी छन्। चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक विदाका बेला गर्लफ्रेन्ड बन्नु पर्ने काम ह्वात्तै बढ्ने उनले बताएकी छन्। त्यतिबेला शुल्क पनि निकै महंगो हुने गर्छ।, चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर गएपछि धेरै प्रश्न झेल्नु पर्दैन भनेर यस्तो उपाय लगाएका हुन्।, यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ। ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन्।, चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ। एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ।, चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ।, विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो।,  , चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय
रासस काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारी साधन कारबाहीमा परेका छन्।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारी साधनलाई कारबाही गरेको हो।, कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन्। यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्।, यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो।, पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्।, कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए।, ‘ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौं,’  उनले भने।, हाल  काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।, आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा
सेतोपाटी संवाददाता आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्।, चितवनको भरतपुरकी १५  वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो। भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ वर्षको उमेरमा नर्सिङको तयारी कक्षा पढ्न गएकी बालिका शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।, चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले क्षेत्रीलाई प्रमाणका आधारमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो। उनलाई सोमबार नै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा माध्यमिक स्थायी दरबन्दीमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।, यौन शोषणमा परेकी पीडित बालिकाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा एक्लै गएर आफूमाथि भएको पटक-पटकको यौन यातनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि मात्रै उनको परिवारले समेत छोरीमाथि भएको यौन यातनाबारे जानकारी पाएका थिए। , बालिकाले जाहेरीमा शिक्षक क्षेत्रीले १४ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका जाहेरीमा उल्लेख गरेकी छन्। उनी गत मंसिर १४ गतेदेखि १५ वर्ष लागेकी छन्। भरतपुर-१२ घर भए पनि भरतपुर-१० मा डेरा लिएर शिक्षक क्षेत्रीले यौन शोषण गर्दै आएको उनले बताइन्। शिक्षकले पटक-पटक आफूमाथि बलात्कार गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।, १५ वर्षीया विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा जेल गए शिक्षक
रासस चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ।, जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो।, पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।, साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।, यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।, नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ।, आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।, आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
रासस कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा गए राति से १ च ८८७० नम्बरको ट्रलीसहितको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।, अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।, कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो।, चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।, कैलालीमा ट्याक्टर दुर्घटना: २ को मृत्यु, २६ जना घाइते
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीस्थित पूर्व-पश्चिम राजमार्गमा वर्षाले डाइभर्सन बगाउँदा सवारी साधन सडकमै रोकिएका छन्। , वर्षाले सोमबार राति १० बजे डाइभर्सन बगाएको थियो। जसकारण रातभर राजमार्ग अवरूद्ध भएको हो।, मध्यविन्दु नगरपालिका-७ स्थित डाइभर्सन कावासोती नगरपालिका-१६ चालिस किलोमा रहेको डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , मंगलबार बिहान मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याएको कार्यालयका सई टीका पोखरेलले जानकारी दिए। , ‘हिजो परेको पानीले डाइभर्सनका लागि राखिएका कल्भर्टहरू बगायो। त्यसैले अहिले बाटोमा हिँडडुल गर्न अप्ठेरो भएको हो,’ उनले भने, ‘रातो माटो पनि भएकाले असहज छ। तर अहिले एकतर्फीबाटो सञ्चालनमा छ।’, यस्तै कार्यालयले एक सूचना जारी गर्दै पूर्वबाट पश्चिम जाने सवारीसाधनलाई डण्डाबाट हुप्सेकोट हुँदै चोरमारको रूट प्रयोग गर्न भनेको छ। , पश्चिमबाट पूर्व जाने सवारीहरूलाई चोरमारबाट कोल्हुवा हुँदै डण्डा निस्किने रूट प्रयोग गर्न अनुरोध गरेको छ।,  , नवलपरासीमा डाइभर्सन बगेर अवरूद्ध भएको पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
नारायण खड्का सल्यानमा एउटा किराना पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। , घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। एक जना भने कोहलपुरबाट डिस्चार्ज भएका छन्।, गम्भीर घाइते थप चार जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजबाट थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले सेतोपाटीलाई बताए। , कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोलास्थित अन्दाजी २४ वर्षीय शंकर रानाको किराना पसलमा गएराति ९ बजेतिर आगलागी हुँदा शंकरसहित स्थानीय २६ वर्षीय  यज्ञ राना, २१ वर्षीय जीवन राना, १८ वर्षीय क्षेत्रमनी राना र २० वर्षीय सञ्जीव शाह घाइते भएका थिए। , पाँच घाइते सबैलाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। तीमध्ये १८ वर्षीय क्षेत्रमनी राना मंगलबार डिस्चार्ज भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले सेतोपाटीलाई बताए। , केहीबेर अगाडिमात्रै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगेको छ। आगलागीको कारण अझै खुलिनसकेको प्रहरी अधिकारीहरूले बताएका छन्। , डिएसपी केसीले वर्षाका कारण जाडो बढेको हुँदा न्यानोका लागि आगो बालेको हुन सक्ने र त्यहीबाट आगो सल्केको हुन सक्ने अनुमान गरे। , किराना पसल भित्र ग्यालिनमा पेट्रोल रहेको र आगो उक्त पेट्रोलमा सल्किएपछि आगो लागेको अनुमान भइरहेको उनले बताए। , घटनास्थलमा रहेका अर्का एक प्रहरी अधिकारीले भने जाडोमा किराना पसल आसपासका साथीहरू जमघट भई मदिरा सेवन गरेको हुन सक्ने र त्यही क्रममा चुरोटबाट पेट्रोलको ग्यालिनमा आगो सल्किएको हुन सक्ने आशंका भइरहेको जानकारी दिए। , आगोबाट किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ। , ‘आगलागी कसरी भयो भन्नेबारे अझै खुलिसकेको छैन,’ प्रवक्ता खनालले भने, ‘हाम्रो टोली पुगेर अनुसन्धान गर्दैछ तथ्य कुरा आउन बाँकी छ।’, कच्ची तीन कोठे एक तले टिनले छाएको घरमा आगो सल्केपछि उनीहरू भाग्न सक्ने ठाउँहरू भने रहे पनि कसरी उनीहरू निस्कन सकेनन् भन्नेबारे पनि अनुसन्धान हुने प्रहरीले बताएको छ। , किराना पसलमा भएको आगलागीको क्षतिको पनि विवरण आउन बाँकी रहेको छ।, सल्यानमा किराना पसलमा आगलागी, चार गम्भीर घाइते
रासस सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।, खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको लेक लागेर गत सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले बताए।, खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।, हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ।, खुम्बु क्षेत्रमा लेक लागेर विदेशी नागरिकको मृत्यु
नारायण खड्का रूकुम पश्चिममा एक हप्तादेखि बेपत्ता एक व्यक्तिको शव मंगलबार कुकुरले पत्ता लगाएको छ। , रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ छेडाका बोल्न नसक्ने ६५ लोकबहादुर केसी चैत १ गतेदेखि बेपत्ता थिए। उनी बिहान ८ बजे घरबाट घाँस काट्न भनेर गएदेखि बेपत्ता भएका थिए। , लोकबहादुरको शव मंगलबार दिउँसो २ बजेतिर पूर्ण रूपमा माटोले पुरेको अवस्थामा छेडादेखि माछामी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडकदेखि झन्डै ६० मिटर तल फेला परेको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले माटोले पूर्ण रूपमा पुरेको अवस्थाको शव कुकुरको सहयोगमा फेला परेको सेतोपाटीलाई बताए। , बेपत्ता लोकबहादुरको खोजी गरिदिन भन्दै भाइ डिल्लीबहादुर खत्रीले चैत २ गते प्रहरीमा निवेदन दिएका थिए। लगातार खोजी गर्दा पनि फेला नपरेपछि सोमबारमात्रै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर रूकुम पश्चिम लगिएको थियो। , सोही कुकुरसहित खोजी गर्ने क्रममा लोकबहादुरको शव फेला परेको हो।, घटनास्थल क्षेत्रमा डोजरले खनेर बाटो निर्माणको काम भइरहेको हुँदा बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर लोकबहादुरको मृत्यु भएको हुन सक्ने आशंका गरिएको भट्टराईले जानकारी दिए। , ‘हामी अहिले घटनास्थलको मुचुल्का तयार पार्दैछौं,’ उनले भने, ‘त्यसपछि शव पोष्टमर्टमका लागि अस्पताल लगिने छ।’, पोष्टमर्टम रिपोर्टपछि मृत्युको कारणबारे थप भन्न मिल्ने उनले जानकारी दिए। , मृतकका आफन्तले भने कसैले उनको हत्यापछि शव गाडेको हुन सक्ने आशंका व्यक्त गर्दै आएका छन्।, ‘घाँस काट्न भनेर लगिएको हतियार अर्कै ठाउँमा र शव अर्कै ठाउँमा फेला पर्नुले थप शंका पैदा गरेको छ,’ एक स्थानीयले भने, ‘लोकबहादुरको हत्या भएको हुन सक्छ।’, प्रहरी अधिकारीहरू भने लोकबहादुरको हत्या हुनुपर्ने त्यस्तो खास कारण केही नदेखिएको बताउँछन्। , घटनास्थल सोलाबाङ प्रहरी चौकीदेखि १ किलोमिटर उत्तर पश्चिम गर्छ।, एक हप्तादेखि बेपत्ता लोकबहादुरको शव पत्ता लगायो कुकुरले
सेतोपाटी संवाददाता अफगानिस्तानमा मंगलबार राति पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ।, भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको कालफगान भन्ने ठाउँबाट ९० किलोमिटर दुरीमा रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।, भुइँचालोबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।, अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको कम्पन काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न ठाउँमा समेत महसुस गरिएको छ।, गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।, नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली देशहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो गएको थियो।, विस्तृत विवरण आउन बाँकी, अफगानिस्तानमा ठूलो भुइँचालो, भारतको दिल्लीमा समेत कम्पन
नवीनबाबु गुरूङ काठमाडौंको टुँडिखेलमा आज घोडेजात्रा मनाइएको छ।, चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष घोडेजात्रा पर्व मनाउने गरिन्छ।, नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको छ।, घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत पुगेका थिए।, जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे।, राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।, सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।, तस्बिरहरू:,  ,  , यसरी मनाइयो घोडेजात्रा (तस्बिरहरू)
सेतोपाटी संवाददाता केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। , त्यसैका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।, महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आउने बिहीबारसम्म हल्का वर्षाको सम्भावना छ।, ‘पर्सि फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्दैछ। त्यसले पनि केही असर गर्छ,’ झाले भने।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७९ चैत ७ गते (मंगलबार) , दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत ८ गते (बुधबार) , दिउँसोː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ चैत ९ गते (बिहीबार) , दिउँसोː  देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, रातीː  देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।, कहिले रोकिएला पानी पर्न?
सेतोपाटी संवाददाता अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्।, अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो।, उक्त भुइँचालोले अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ।, त्यस्तै, पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्। खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए।, भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।, पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भुइँचालोको ठूलो कम्पन महसुस गरिएको थियो। भुइँचालोको झट्कापछि स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुला स्थलमा निस्केका थिए। फेरि भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताए।, भारतको राजधानी दिल्ली र उत्तरी भारतका अधिकांश हिस्सामा पनि कम्पन महसुस गरिएको थियो। अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको कम्पन काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न ठाउँमा समेत महसुस गरिएको छ।, यो भुइँचालोको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो। यो नेपालको भन्दा निकै गहिराइबाट आएको भुइँचालो हो। नेपालमा २०७२ सालमा भुइँचालो आउँदा जमिनको सतहभन्दा जम्मा १० किलोमिटर तलबाट तरंग उत्पन्न भएको थियो।, यसरी कम गहिराइबाट उत्पन्न हुने तरंगलाई जमिनको सतहसम्म आइपुग्न कम समय लाग्ने हुँदा त्यसले ल्याउने कम्पन निकै ठूलो हुन्छ, जुन नेपालको भुइँचालोमा महसुस गरियो। तर यस्तो भुइँचालो धेरै टाढासम्म महसुस हुँदैन।, अफगानिस्तानमा भने सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरियो। यस्तो तरंगलाई सतहसम्म आइपुग्न धेरै समय लाग्छ। त्यसैले कम्पनको शक्ति कम हुन्छ। यति हुँदाहुँदै दिल्ली लगायत ठाउँमा ठूलै झट्का महसुस गरिएको भारतीय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।, गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।, नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली देशहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो गएको थियो।, अफगानिस्तानको भुइँचालोले कम्तिमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म कम्पन
बिबिसी संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय 'मिडिया टाइकुन' रूपर्ट मुर्डक आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छाइरहन्छन्।, ९२ वर्षीय मुर्डक यसपालि फेरि चर्चामा छन् र यो चर्चा उनको पाँचौं विवाहलाई लिएर भइरहेको छ।, मुर्डकले ६६ वर्षीय एना लिस्ले स्मिथसँग विवाह गर्ने घोषणा गरेको उनको आफ्नै प्रकाशन द न्यूयोर्क पोस्टले उल्लेख गरेको छ।, 'म स्मिथलाई धेरै माया गर्छु,' मुर्डकले न्यूयोर्क पोस्टसँग भनेका छन्, 'यो मेरो अन्तिम विवाह हो भन्ने मलाई थाहा छ। हामी दुवै यो सम्बन्धबाट एकदमै खुसी छौं।', मुर्डकले गत वर्ष मात्र आफ्नौ चौथो पत्नी जेरी हलसँग सम्बन्ध विच्छेद गरेका थिए।, न्यूयोर्क पोस्टसँग कुराकानी क्रममा मुर्डकले आफ्नी पाँचौं पत्नी स्मिथसँगको सम्बन्धबारे भनेका छन्, 'हाम्रो भेट गत सेप्टेम्बर महिनामा क्यालिफोर्नियामा भएको थियो। त्यसपछि हाम्रो सम्बन्ध बाक्लिँदै गयो। हामी दुवैलाई लाग्यो, हामी एकअर्काको निम्ति ईश्वरका वरदान हौं। त्यसपछि मैले मार्च १७ तारिखमा सेन्ट प्याट्रिक्स डेको दिन स्मिथलाई विवाहको प्रस्ताव राखेँ। उनले सहर्ष स्वीकार गरिन्।', स्मिथका पूर्वपति चेस्टर स्मिथ गायक थिए। रेडियो तथा टेलिभिजनमा काम गर्ने उनको १४ वर्षअघि निधन भएको थियो।, 'म १४ वर्षदेखि एकल जीवन बिताइरहेकी थिएँ। रूपर्टजस्तै मेरो पति पनि व्यवसायी थिए। त्यसैले रूपर्टको जीवन र भाषासँग म राम्ररी परिचित छु,' स्मिथले भनेकी छन्, 'जीवनप्रति हामी दुवैको बुझाइ र मान्यता एउटै छ।', मुर्डकको अघिल्ला तीन जना पत्नीबाट छ सन्तान छन्।, उनीहरूको विवाह केही महिनामै हुने न्यूयोर्क पोस्टले उल्लेख गरेको छ। त्यसपछि क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायतमा समय बिताउने उनीहरूले बताएका छन्।, मुर्डकले यसअघि अस्ट्रेलियन विमान परिचारिका प्याट्रिसिया बुकर, स्कटिस पत्रकार एना मन र चिनियाँ उद्यमी वेन्डी डेङसँग विवाह गरेका थिए।, ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै 'मिडिया टाइकुन' रूपर्ट मुर्डक
खेमराज गौतम काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन्। यी सुन्दरमात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन्। तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन। यसबारे अनुमान लगाउन मुश्किल पर्छ। मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ।, पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ। काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ। यी विविध समस्याबीच पनि बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना सात पुस्ताले अँगालेको काष्ठकला पेसालाई धान्दै आएका छन्।, खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यून रूपमा गर्न थालेको विश्वकर्मा बताउँछन्।, ‘धेरै समस्या छन्, तर मैले पुर्खाको पेसालाई जोगाइराखेकै छु’, उनले भने।, बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ।, गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपरेका छन्। उनीसँगै  कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा लागेका छन्।, कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिएका छन्। , विश्वकर्माको जीवन काष्ठकलामै बित्यो। आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उनी बताउँछन्। बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकर्षित भएका हुन्।, हाल आठ लाख रुपैयाँमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवानका आकृति तयार गरिराखेका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदैआएको बताए।, विश्वकर्मासित काष्ठकलासहित तामाले छाउने कार्यको समेत ज्ञान छ। उनले काठलाई विभिन्न घरेलु औजारले महिनौं कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका छन्।, ‘सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुँडाल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो’, उनले भने, ‘अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु।’, विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए।, गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उनकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ।, कालिका मन्दिरको मुख्यद्वार नजिकै  बुवाको नाम देखाउँदै उनले भने, ‘काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु।’, पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनले बताए। , सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ।, कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उनको ठम्याइ छ।, पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ।, घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उनी बताउँछन्।, कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उनले जानकारी दिए।, विश्वकर्माले कलात्मक ढंगले कुँदिएको ढोकालाई अहिलेको बजारभाउ एक लाख ८० हजार रुपैयाँ पर्ने बताए।, उनले पुस्ताले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने बताए। उनले काष्ठकलामा लागेर पुर्खाले विर्ता पाएको समेत सुनाए। अहिले काष्ठकलाबाट जीवन गुजरामात्रै चलाउन ठिक्क भएको बताए।, ‘कहिलेकाहीँ काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने खाली हात बस्नुपर्ने बाध्यता हुन्छ’, विश्वकर्माले भने।, उनले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौं व्यक्तिगत घरका टुँडाल, झ्याल तथा ढोका बनाइसकेको बताए। , काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
सेतोपाटी संवाददाता काठमाडौंमा ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। , गएराति चन्द्रागिरि नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौंमा ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु
सेतोपाटी संवाददाता दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।, उनका अनुसार नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ।, दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्।, ‘ट्रक रोकेपछि उनी ओट हाल्न निस्किएका रहेछन्, ओट हाल्न नपाउँदै ट्रक खसेछ,’ डिएसपी लम्सालले भने।, सडकमै ट्रक खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरूद्ध भएको छ। साना सवारी साधन मात्र पास भइरहेको उनले जानकारी दिए।, घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेको छ।, दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
नारायण खड्का यति बेला तुलसीपुर उपमहानगरपालिका–७ की लीला चौधरी उपमहानगर क्षेत्रकै मज्वा गाउँमा एउटा निजी घर निर्माणमा व्यस्त छिन्। उनको मातहत अन्य केही पुरुष श्रमिकहरू काममा छन्। निर्माणाधीन घर उनका श्रीमान जितबहादुरले गत पुसमा ठेक्कामा लिएका हुन्। निर्माणको काम करिब अन्तिम चरणमा छ।, लीला यहाँकी हेड-मिस्त्री हुन्। उनले निर्माण क्षेत्रमा काम गरेको १५ वर्ष भइसक्यो।, सुरूमा उनी आफ्ना श्रीमानसँगै दैनिक ज्यालादारीमा मजदुरका रूपमा काम गर्थिन्। , 'अरूले गरेको हेरेर पनि धेरै आइडिया आउने रहेछ,' लीलाले सेतोपाटीसँग भनिन्, 'नजानेको ठाउँमा म सोधिहाल्थेँ। सिक्दैसिक्दै पाँच वर्ष मजदुरका रूपमा काम गरेपछि मिस्त्री भएँ।', श्रीमान–श्रीमती दुपै मिस्त्रीका रूपमा काममा खटेपछि कमाइ राम्रो हुन थाल्यो। आँट र हौसला बढ्यो।, लीलाले एक दिन श्रीमानलाई भनिछन्– आफ्नो हातमा सबै सीप छँदै छ। अरूका पछि मात्रै कति लाग्नु? तपाईं घर ठेक्का लिनुहोस्, म हेड-मिस्त्री भएर काम गराउँछु।, जितबहादुरलाई श्रीमतीको कुरा मनपर्‍यो। उनले एउटा घर ठेक्का लिएर काम सुरू गरे। एकपछि अर्को गर्दै काम बढ्दै गयो।, अहिले लीला र जितबहादुर एक साथ दुइटा घर बनाउने काममा लागेका छन्।, 'यही गाउँमा श्रीमान अर्को ठाउँमा हुनुहुन्छ, म यहाँ छु,' लीलाले भनिन्, 'श्रीमान घर ठेक्का लिनुहुन्छ। म हेड-मिस्त्री भएर काम गर्छु।', २०५० सालमा तुलसीपुरको मानपुर, वनकट्टामा जन्मिएकी हुन् उनी। जीवन बाल्यकालदेखि नै संघर्षपूर्ण रह्यो। परिवारमा गरिबी थियो। उनले सानै उमेरमा अर्काको घरमा काम गर्नुपर्‍यो। घरका चार सन्तानमध्ये लीला दोस्रो थिइन्। गरिबीकै कारणले उनीहरू कोही पनि स्कुल जान पाएनन्।, लीला कामकै लागि तीन वर्ष बर्दिया र दुई वर्ष कैलालीको धनगढी बसिन्। केही वर्ष तुलसीपुर बजारमा काम गरिन्। त्यसपछि फेरि गाउँका एक 'जमिनदार' को घरमा बसिन्।, घरेलु कामदार बसेकै बेला १४ वर्षको उमेरमा लीलाले जितबहादुरसँग भागी बिहे गरिन्। बिहे गरेको तीन वर्षमा दुई सन्तानकी आमा भइन्।, छोरा सानै छँदा लीला र जितबहादुर संयुक्त परिवारबाट अलग भए। गाउँमै भाडामा बस्न थाले। लीलाले भाँडा माझ्ने काम थालिन्। जितबहादुर ट्याक्टर चलाउँथे। लीलाले घरघर डुलेर भाँडा माझ्नु पर्दा जितबहादुरलाई नरमाइलो लाग्यो। उनले दुवै जना घर बनाउने काममा श्रमिक बन्न उचित हुने ठानेर लीलालाई भने।, लीलालाई कुरा मनपर्‍यो। त्यो बेला लीलाले दैनिक ८० रूपैयाँ ज्याला पाउँथिन्, जीतबहादुरले सय रूपैयाँ। उही काममा पुरुषको भन्दा महिलाको ज्याला थोरै! लीलाका अनुसार अहिले पनि धेरै ठाउँमा यस्तै अवस्था छ।, बिहान सबेरै उठेर पानी ल्याउनु, खाना तयार गर्नु, छोराहरूलाई स्कुल पठाउनु, घरको अरू काम भ्याउनु र आठ बजे काममा पुग्नु। लीलाका लागि ती दिन निकै संघर्षपूर्ण थिए। आफ्नो दुःख त छँदै छ, दुई छोराको उज्ज्वल भविष्यका लागि काम गर्नु छ भन्ने कुराले ऊर्जा भरिन्थ्यो। लीलाले आफूले कमाएको पैसा अलिअलि बचाएर श्रीमानलाई थाहा नदिई बैंकमा बचत गर्न थालिन्।, केही वर्षपछि बैंकमा गएर बुझ्दा त तीन लाख रूपैयाँ जम्मा भएको रहेछ। एक दिन लीलाले अलिकति घडेरी किनेर सानो भए पनि घर बनाऔं भनिन्।, जितबहादुर छक्क परे– कहाँ छ र पैसा? कहाँबाट ल्याउनु?, लीलाले बैंकमा जम्मा भएको तीन लाख रूपैयाँ देखाइन्। पैसा जम्मा हुनुको रहस्य पनि खोलिन्। जितबहादुर हुनसम्म खुसी भए।, दुई लाख रूपैयाँ त्यही बैंकबाट ऋण लिए। त्यसमा केही थपेर गाउँमै एउटा घडेरी किने। घर बनाउने सीप आफैंसँग थियो। अलिक पछि सानो घर बनाए।, 'मजदुर भएर काम गर्दा खिसी गर्नेहरू पनि थिए। अँध्यारै धारामा पानी थाप्न जाँदा डाहा गर्नेहरू पनि थिए,' लीलाले भनिन्, 'घर बनाएपछि हाम्रो मेहनतको प्रशंसा गर्न थालेका छन्।', पढाइलेखाइ नभए पनि उनले श्रमको काम नजानेको केही छैन।, भन्छिन्, 'पढ्नलेख्न जान्दिनँ। त्यसबाहेक घरगृहस्थी चलाउन मैले नजान्ने काम केही पनि छैन जस्तो लाग्छ।', लीला सुडेनी पनि हुन्। दुई सन्तान जन्माएपछि सुत्केरी गराउने सम्बन्धी एक महिनाको तालिम लिने अवसर पाएकी थिइन्।, 'मैले थुप्रै सुत्केरीहरूको सेवा गरेकी छु,' उनले भनिन्, 'अझै पनि मलाई सुत्केरीको मालिस गर्न बोलाउँछन्।', तर लेखपढ गर्न नजान्दाको कष्ट उनले आफ्नो काममा कहिलेकाहीँ भोग्नुपर्छ। घर बनाउने क्रममा नापो लिँदा उनलाई समस्या हुन्छ।, 'पढ्न नपाउँदाको पीडा मलाई जति कसलाई होला र,' उनी भन्छिन्, 'हेड-मिस्त्री भए पनि फिताले आफैं नापेर हिसाब निकाल्न जान्दिनँ।', यस्तो काममा श्रीमानले सघाउँछन्।, 'फिताको हिसाब बाहेक मलाई घरको नक्सा थमाइदिएपछि जस्तो भन्यो त्यस्तै बनाउन सक्छु,' उनले भनिन्।, आफूले पढ्न नपाए पनि आफ्ना दुई छोरालाई पढाइमा केही कमी हुन दिइनन्। जेठा छोरा २२ वर्षका भए। उनी स्नातक तहको पढाइ पूरा गरेर केही महिनाअघि अस्ट्रेलिया गएका छन्। कान्छा छोराले दस कक्षासम्म पढे। पढ्दा पढ्दै बिहे गरे। हाल उनी साइकल पसलमा काम गर्छन्। अहिले परिवारमा लीला, जितबहादुर, कान्छा छोरा र बुहारी छन्।, 'जेठो छोराले मेरो सपना पूरा गरिदियो। कान्छासँग पनि हातमा सीप छ,' लीला भन्छिन्, 'कि शिक्षा हुनुपर्‍यो कि सीप। यस्तो मान्छे जहाँ पनि सजिलै बाँच्न सक्छ।', घर बनाउने ठेक्का लिनु र नक्साअनुसार बनाइदिनु नै लीला र जितबहादुरको मुख्य पेसा हो। उनीहरूले वर्षमा पाँच वटासम्म घर बनाउँछन्। , 'श्रीमान ठेक्का लिनुहुन्छ र घरको नक्सा दिनुहुन्छ,' लीला भन्छिन्, 'म नक्साअनुसार घर तयार पारिदिन्छु। मेरो काम देखेर श्रीमान पनि दंग हुनुहुन्छ।', श्रीमतीको सीप र क्षमताबाट जितबहादुर पनि दंग छन्। दुवै जना एक अर्काका भरोसा भएका छन्। दुवै जनाको कमाइबाट घर चलाउने र बचत गर्ने काम लीलाको जिम्मामा छ। जितबहादुर आफूलाई पैसा चाहिए श्रीमतीसँगै माग्छन्। कमाएर ल्याएको पैसा पनि लीला नै राख्न दिन्छन्।, आफ्नो पारिवारिक उन्नतिमा श्रीमान–श्रीमतीको मेलमिलाप नै मुख्य हो भन्ने लीलाको निष्कर्ष छ। उनलाई महिला र पुरुष एक रथका दुई पांग्रा हुन् भन्ने कुरा ठीक हो भन्ने लाग्छ।, 'श्रीमानलाई मात्रै काम गर्न पठाउँदा परिवार चलाउन गाह्रो हुन्छ। महिला र पुरुष एक रथका दुई पांग्रा हुन् भनेपछि त दुवै पांग्रा गुड्नुपर्छ,' लीला भन्छिन्।, लीलाका धेरै ठूला सपना छैनन्।, जम्मा दुई वटा इच्छा छन्– आफ्नै पौरखमा सजिलो तरिकाले जीवन चलाउन सकियोस् र छोराहरूले गरी खाऊन्।, लीला गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन तुलसीपुर उपमहानगरपालिका कार्यालयबाट सम्मानित पनि भइन्। उनले नगद पुरस्कारसहित प्रमाणपत्र पाइन्। घर निर्माणमा मिस्त्री काम गर्ने लीला र सोही ठाउँकी शिला चौधरीलाई उपमहानगर कार्यालयले सम्मान गरेको थियो।, यो सम्मानले लीलाको हौसला अझै बढेको छ। , मजदुरी गर्दागर्दै हेड-मिस्त्री भएकी लीला
सेतोपाटी संवाददाता भौगर्भिक दृष्टिबाट हेर्दा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली मुलुकहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। अर्थात्, यी मुलुकहरू एउटै ठूलो चट्टानी खण्डमाथि बसेका छन्।, यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो आएको थियो।, एउटै भौगर्भिक खण्डमा पर्ने भए पनि अफगानिस्तानमा मंगलबार राति आएको ६.५ म्याग्निच्युडको भुइँचालोको प्रकृति नेपालको भन्दा केही फरक छ।, अफगानिस्तानको भुइँचालोको तरंग जमिनको सतहभन्दा करिब दुई सय किलोमिटर मुनिबाट सुरू भएको थियो। त्यसैले यो नेपालको भन्दा निकै गहिराइबाट आएको भुइँचालो हो। नेपालमा २०७२ सालमा भुइँचालो आउँदा जमिनको सतहभन्दा जम्मा १० किलोमिटर तलबाट तरंग उत्पन्न भएको थियो।, कम गहिराइबाट उत्पन्न हुने तरंग कम समयमै जमिनको सतहसम्म आइपुग्छ। त्यसैले यसले ल्याउने कम्पन निकै ठूलो हुन्छ, जुन नेपालको भुइँचालोमा महसुस गरियो। तर यस्तो भुइँचालो तरंगले लामो दुरी यात्रा गर्दैन।, अफगानिस्तानमा भने जमिनको सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरियो। यस्तो तरंगलाई सतहसम्म आइपुग्न धेरै समय लाग्छ। त्यसैले कम्पनको शक्ति कम हुन्छ। यति हुँदाहुँदै दिल्ली लगायत ठाउँमा ठूलै झट्का महसुस गरिएको भारतीय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।, अर्को फरक भुइँचालोको परकम्पन हो।, अफगानिस्तानको जस्तो निकै गहिराइबाट उत्पन्न हुने भुइँचालोले खासै धेरै परकम्पन ल्याउँदैन। भुइँचालो तरंग जति कम गहिराइबाट सुरू भयो, त्यसको परकम्पन उति धेरै हुन्छ।, अफगानिस्तानमा गएराति भुइँचालो आएपछि परकम्पन रेकर्ड गरिएको छैन। नेपालमा भने अहिलेसम्म सयौं परकम्पन आइसकेको थियो। यति मात्र होइन, गत महिना टर्कीमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा पनि सयभन्दा बढी साना-ठूला परकम्पन आएका थिए। टर्की भुइँचालोको गहिराइ करिब १८ किलोमिटर थियो।, भौगर्भिक रूपले अफगानिस्तान हिन्दु कुश क्षेत्रमा पर्छ। यो हिमाली क्षेत्रकै हिस्सा हो। यसलाई इन्डियन र युरेसियन प्लेटको सीमाना मानिन्छ। त्यसैले नेपालजस्तै अफगानिस्तान पनि भुइँचालो जोखिममा पर्छ। तर, अफगानिस्तानमा आउने धेरै भुइँचालो जमिनको सतहभन्दा सय किलोमिटरभन्दा बढी गहिराइबाट उत्पन्न हुन्छन्।, अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो।, उक्त भुइँचालोले पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्।, खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए। भुइँचालोका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।, त्यस्तै, अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ।, गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।, अफगानिस्तानमा हिजो राति आएको भुइँचालो नेपालको भन्दा कति फरक?
सविता बुढा बझाङको सरकारी जिल्ला अस्पतालमा सधैंभरी डाक्टरको अभाव हुने गरेको छ। विकट जिल्ला भएकाले सहरमा पढेका डाक्टर त्यहाँ गएर काम गर्न गाह्रो मान्छन्। , डाक्टरमात्र होइन अरू स्वास्थ्यकर्मी पनि बझाङ बसेर काम गर्दैनन्। विकट ठाउँ भएकाले उपकरणको जहिल्यै पनि अभाव हुने गरेको छ। जसले गर्दा त्यहाँ सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ। अहिले १५ शय्याको अस्पतालका रूपमा सञ्चालन भइरहेको छ। स्थापना भएको करिब चार दशक बढी समय बितेको छ।  अस्पतालको थप स्तरोन्नतिको काम भने भएको छैन।, जिल्ला अस्पतालमा बाहिरका डाक्टर नटिकेपछि जिल्ला सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाले आफैं डाक्टर बनाउन कस्सिएको छ।  , जिल्ला अस्पतालमा काम गर्नुपर्ने शर्तमा एक विद्यार्थीलाई एमबिबिएस पढाउने कार्यक्रम लागु गरेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए।, ‘नगरपालिकाले पाँच वर्षभित्र पाँच जना डाक्टर उत्पादन गर्ने लक्ष्यका साथ सो कार्यक्रम लागु गरिरहेको छ, पहिलो वर्ष अन्तरगत हामीले सात नम्बर वडाका जनेन्द्र महरलाई छनोट गरेर अध्ययनमा सहयोग गरिरहेका छौँ,’ उनले भने।, उनका अनुसार प्रत्येक वर्ष एक जना छनोट गरेर पाँच वर्षभित्र पाँच जना डाक्टर पढाउन नगरपालिकाले आर्थिक सहयोग गर्ने छ।, ‘नगरपालिकाको सहयोगबाट उत्पादन भएका डाक्टरले आगामी दिनमा जिल्ला अस्पतालमा सेवा दिनुहोला भन्ने छ,’ उनले भने।, छयालाका २० वर्षीय जनेन्द्र महर अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन्।, ‘नगरपालिकाले लगाएको लगानी खेर फाल्ने छैन, डाक्टर बनेर जिल्ला अस्पतालमा खटिने छु,’ उनले भने।, जनेन्द्रकी आमा गृहिणी हुन्। उनका बुवा अहिले पनि भारतकै दिल्लीमा काम गरिरहेका छन्। उनको १५ जनाको संयुक्त परिवार छ।, उनको गाउँबाट डाक्टर पढ्ने उनी पहिला व्यक्ति हुन्। जनेन्द्रको उमेरका धेरै युवाहरू पढाइ छोडेर भारततिर कमाउन लागिसके। उनी भने एमबिबिएस पढ्न मेहनत गरे। सानैदेखि उनले राम्रो पढाइका लागि धेरै प्रतिस्पर्धामा सामेल भएका थिए।राम्रो नतिजाका कारण  जनेन्द्रले ४ देखि कक्षा १२  पढ्नसम्म काठमाडौंको बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति पाए।, उनी बूढानीलकण्ठमा भर्ना हुने समयमा १ सय ६१ जनाको जम्मा सिटमध्ये विपन्न कोटाबाट पाँच सिट थिए। सुदूरपश्चिमका ९ जिल्लाका लागि चार वटा सिट थिए। उनले त्यसमा आवेदन दिए।  पाँच वटा कोटामा त्यहाँ पढ्नका लागि प्रदेशभरका करिब चार पाँच सय विद्यार्थीहरूले परीक्षा दिएका थिए।, सुदूरपश्चिमबाट बूढानीलकण्ठमा पढ्नका लागि चार जना छनोटमा परे। उनको नाम पहिलो नम्बरमा निस्कियो।, उनी बझाङबाट काठमाडौं पढ्न गए। बूढानीलकण्ठ स्कुलबाट उनले कक्षा ४ देखि १२ सम्म पढे।, विज्ञान विषय लिएर कक्षा ११ मा ३.६ र १२ मा ३.४ जिपिए ल्याएर उत्तीर्ण गरेका थिए।, जनेन्द्रको एमबिबिएस पढ्ने सपना थियो। त्यसै अनुसार तयारी गरेका थिए। एमबिबिएस पढ्न नाम पनि निस्कयो।, ‘नाम त निस्कियो तर, कसरी पढ्ने भन्ने चिन्ता भयो,’ उनले भने, किनभने एमबिबिएस पढ्न लाखौं रूपैयाँ खर्च हुन्थ्यो।’ , आर्थिक अभाव सोचेर उनले एमबिबिएस पढ्न अझै एक वर्ष पर्खिने सोच गरेका थिए। यही बेला उनले गाउँबाट खुसीको खबर थाहा पाए। त्यो खबर थियो  ‘जयपृथ्वी नगरपालिकाले डाक्टर पढाउने कार्यक्रम लागु गरेको छ।’ , साउनतिर उनी घर फर्के। नगरपालिकामा कार्यक्रमबारे कुरा बुझे। सो कार्यक्रमबाट उनले आवेदन  दिए।, उनीजस्तै त्यहाँ डाक्टर पढ्ने भन्दै अन्य १२ जनाले पनि निवेदन दिएका थिए।, कक्षा १ देखि १२ सम्मको नजिताको आधारमा उक्त कार्यक्रममा समेट्ने नगरपालिकाले भनेको थियो। नतिजा हेर्दा उनको अरूको भन्दा उत्कृष्ट थियो। अन्तर्वार्ता पनि उत्कृष्ट भयो। सोही आधारमा नगरपालिकाको डाक्टर पढाउने कार्यक्रममा उनी छनोटमा परे ।, गत कात्तिकको अन्तिमतिर उनी बझाङबाट काठमाडौं फर्के। त्यहाँबाट ल्यापटप, किताबहरू केही सरसमान किने।  त्यसपछि उनी मंसिरमा एमबिबिएस अध्ययनका लागि  कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाको सदरमुकाम खलंगामा पुगे।, भर्ना हुन पहिलो किस्तामा १६ लाख जति खर्च लाग्छ। नगरपालिकाले सो रकम पहिलो किस्ता अन्तर्गत प्रतिष्ठानको खातामा नगरपालिकाले ५ लाख ५४ हजार जम्मा गरिदियो।  , एमबिबिएस पढ्न पाँच वर्ष समय लाग्छ। पढाइ खर्च मात्रै ५५ लाख जति हुन्छ। जो नगरपालिकाले दिनेछ। तर उनले आफ्नो जिल्ला अस्पतालका लागि डाक्टर बन्नुछ। , ‘ममाथि प्रेसरभन्दा पनि च्यालेञ्ज छ, त्यो च्यालेञ्जलाई सामान गरेर पढाइ पूरा गर्नुछ,’ उनले भने।, एमबिबिएसको पढाइ पूरा गरेपछि उनले सुरूका तीन वर्षसम्म अनिवार्य जिल्ला अस्पताल बझाङमा काम गर्नुपर्ने नगरपालिकासँग सम्झौता गरेका छन्।  त्यसैले उनी दिनरात मेहनत गरेर पढिरहेका छन्। , ‘मेडिकल फिल्डमा धेरै सुत्यो भने पनि गाह्रो, कम सुते भने पनि गाह्रो छ, तै पनि जे होस् अहिले मेहनत गर्दैछु, मैले बझाङवासीको स्वास्थ्य सेवा गर्नुछ ’, उनले भने।, नगरपालिकाको सहयोगमा डाक्टर पढिरहेका जनेन्द्र
सेतोपाटी संवाददाता तिब्बती नागरिक लगायतलाई नक्कली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैर-नागरिकलाई नागरिकता दिलाएको आरोपमा पाँच जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।, झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो।, कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार काठमाडौंको बबरमहल क्षेत्रमा केही व्यक्तिहरूले नक्कली कागजात बनाएर सक्कली नागरिकतासमेत निकालिदिने भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो।, जसअनुसार प्रहरीले ‘फेक चार्ली’ अपरेशन चलायो। व्यक्तिहरूको पहिचानको लागि प्रहरी आफैं पनि ग्राहक बनेर गयो। , ‘सूचना आएपछि हामीले ग्राहक बनाएर प्रहरीलाई पठायौं। त्यसपछि यी व्यक्तिहरूको पहिचान खुल्दै गए,’ एसएसपी केसीले भने। , उनका अनुसार यी व्यक्तिहरूका गतिविधि विशेषगरी काठमाडौं जिल्ला प्रशासन कार्यालय केन्द्रीत छन्। जसका मुख्य ‘नाइके’ कृष्णबहादुर कटुवाल हुन्। , उनले नै नक्कली कागजात, नक्कली बुवा समेत खडा गरेर नागरिकता बनाएको खुलेको हो। उनले १० वर्षदेखि लाइसेन्स र दर्ताबिना नै लेखापढी गर्दै आएका थिए। हिरालाल शिवाकोटी भने उनका सहयोगी हुन्।  , उनीहरूले काठमाडौंको बौद्ध क्षेत्रमा केही सम्पर्क व्यक्तिहरू पनि खटाएका थिए। जसले क-कसलाई नागरिकता चाहिन्छ भन्ने कुरा बुझ्थे। त्यही अनुसार नागरिकता चाहिने व्यक्तिहरूको पहिचान गरी प्रक्रिया अघि बढाउँथे।  , ‘बौद्ध क्षेत्रमा तिब्बती शरणार्थी छन्। त्यहाँ सम्पर्क व्यक्ति राखेर ग्राहक खोज्थे,’ एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘तिब्बतीहरूले पनि नेपाली नागरिकता क्यानडा, अमेरिका लगायत देश जानको लागि प्रयोग गरेको पायौं।’ , नागरिकता  बनाइदिन उनीहरूले ३ देखि ५ लाखसम्म रुपैयाँ लिने गर्थे। , कटुवाल ठगी तथा कीर्ते मुद्दामा यसअघि पनि उनी पक्राउ परिसकेका व्यक्ति हुन्। त्यस मुद्दामा सजाय भुक्तान गरेर पुन: आपराधिक गतिविधिमै लागेका हुन्। , न्युल्केश श्रेष्ठ भने कटुवालले खटएका भाडाका बुवा हुन्। उनी कम्तीमा पनि १० जनाको बुवा बनिसकेको अनुसन्धानबाट खुलेको छ। भाडाको बुवा बनेबापत उनले १० हजार रुपैयाँ पाउँथे।  , उनका पनि दुई वटा नागरिकता छन्। जसको प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता निकालिएको खुलेको हो।, उनी बुवा बनेको चार जनाको नागरिकता पनि प्रहरीले बरामद गरेको छ। सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउनमा न्युल्केशले बुबाको भूमिका खेलेको देखिएको हो। , यसरी ५-६ वर्षको अवधिमा कृष्णबहादुरले झन्डै ५०० जना गैरनागरिकको नागरिकता निकालिएको खुलेको छ।  उनीहरू को-को हुन् भन्नेबारे अनुसन्धान जारी नै रहेको एसएसपी केसीले बताए। , ‘यसमा बाहिरी व्यक्‍तिहरूमात्रै नभएर भित्री कर्मचारीहरूको पनि संलग्नता देखिन्छ। पूर्वकर्मचारी देखि अहिले बहालवाला कर्मचारीको संलग्नता भएको अहिलेसम्म अनुसन्धानबाट खुलेको हो,’ उनले भने, ‘त्यसै शिलशिलामा एक जना क्यान्टिन सञ्चालन गर्दै आएका व्यक्तिरूलाई पनि पक्राउ गरिएको छ।’, विजय लामाले प्रशासन कार्यालयमा ९ वर्षदेखि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। , बाहिरी सेटिङ कृष्‍णले मिलाउने गर्थे भने भित्री सेटिङ विजयले गर्थे। कर्मचारीहरूलाई पनि दिनुपर्ने भन्दै विजयले प्रतिनागरिकता साढे १ लाख रुपैयाँसम्म लिन्थे। , यसरी नागरिकता दिनेमा प्रशासकीय अधिकृत सम्मको संलग्नता रहेको कार्यालयले जनाएको छ। यद्यपि ती कर्मचारीहरू कोको हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी केसीले बताए। , कर्मचारीहरूविरूद्ध प्रमाण जुटाएर पक्राउ गरिने उनले बताए।, लोब्साङ ठिन्ले भन्ने व्यक्ति भने तिब्बती नागरिक हुन्। उनले २०७२ फागुन ३० गते काठमाडौंबाट ठिन्ले गुरूङको नामबाट नागरिकता निकालेका हुन्। , जसको ठेगाना पनि काठमाडौं महानगरपालिका-१७ राखेको देखिन्छ। प्रहरीले उनीहरूबाट साढे ३ लाख नगद पनि बरामद गरेको छ।, उपत्यका प्रहरी कार्यालयको अनुसन्धान काठमाडौं जिल्ला प्रशासन कार्यालयमा केन्द्रीत रहेको देखिन्छ। यद्यपि कटुवालले चाहेकै जिल्लाबाट पनि निकालेर दिएको देखिन्‍छ। , प्रहरीको ‘फेक चार्ली’ अपरेशन: काठमाडौं सिडिओ कार्यालयबाटै नक्कली नागरिकता बनाउने पाँच जना पक्राउ
सेतोपाटी संवाददाता 'वानएक्स बेट'मार्फत् सट्टेबाजी गराएको आरोपमा ६ जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। , बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो। , जुम्लाका २३ वर्षीय दिलिपसिंह कठायत, २३ वर्षीय भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी र २८ वर्षीय वरूणकुमार सिंह छन्। यस्तै काठमाडौंका ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रेका २६ वर्षीया शिवानी तामाङ पक्राउ परेका हुन्। , उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराएको आरोप छ। पक्राउ परेका व्यक्तिहरू माथिल्ला तहका एजेन्ट हुन्।, उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौं उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको कार्यालयका प्रमुख एवं एसएसपी मनोजकुमार केसीले जानकारी दिए। , उनीहरूबाट ठूलो मात्रामा सिमकार्ड पनि बरामद भएको छ। प्रहरीले ३४६ थान सिम बरामद गरेको छ। , कठायतले विगत एक वर्षदेखि, न्यौपानेले ९ महिना, भण्डारी र सिंहले ६ महिना, तामाङले ८ महिनादेखि र पाण्डेले एक महिनादेखि एजेन्टको काम गर्दै आएका थिए।   , विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताए। यस्तै, अन्य १५ जनाका ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको बेटिङ कारोबार भएको देखिन्छ। , अहिले यी सबै खाता रोक्का गरेर अनुसन्‍धान अघि बढाएको छ।, पक्राउ परेका व्यक्तिहरूबाट जम्मा ९ करोड ८ लाख १३ हजार १०८ बराबरको कारोबार भएको देखिन्छ। , 'वानएक्स बेट'का ६ एजेन्ट पक्राउ
रासस पर्वतको कुश्मा बजारमा चितुवा देखा पर्‍यो।, चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे। यो बुधबार बिहानको घटना हो।, पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्यो। त्यसपछि छेउमा रहेको ओमबहादुर रेग्मीको घरको भान्छा कोठामा पस्यो।, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भइसकेका थिए। घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा साँचो लगायो।, ‘करिब तीन घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ’, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले भने, ‘कुनै पनि अप्रिय घटना हुन पाएन। वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ।’, चितुवा हेर्न आउनेको भीड हटाउन प्रहरीलाई मुस्किल परेको थियो। डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनुपरेको थियो।, ‘हामीले भेटेरिनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ’, वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, ‘भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्क्याएपछि चितुवा खोरमा पस्यो। बेहोस नबनाइकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ।’, नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिए।, ‘भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्रमा राख्ने सोचेका थियौँ। तर त्यो पोथी चितुवा रहेछ। हामीसँग पोथी चितुवा भएकै स्थितिमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्रमा राख्न सक्दैनौँ’, उनले भने।, चितुवाका कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ। डेढ वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।, दुई हप्ताअघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए। तर उक्त चितुवा जिउँदो नभएर मरिसकेको थियो।, चितुवा बजार पसेपछि...
सेतोपाटी संवाददाता धनुषा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।, उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको उनले बताए।, उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो।, उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो।, ५० हजार घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव पक्राउ
सेतोपाटी संवाददाता आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ।, मेघगर्जनसहित यी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ।, देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।, बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ।, यी प्रदेशमा आज पानी पर्ने सम्भावना
नवीनबाबु गुरूङ नेवार समुदायले पाहाँच:ह्रे जात्रा मनाएका छन्। बुधबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो जात्रा मनाइएको हो।, ‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यसलाई ‘पिसाच चतुर्दशी’ पनि भन्ने भनिन्छ।, किम्बदन्तीअनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल-टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनीभन्दा निकै गरिब थिइन्। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमालाई भोज सम्पन्न भएको भोलिपल्ट बोलाइन्छ। , उनलाई हेला गरेर अघिल्लो दिनको खाना दिइन्छ। अपमानित भएर त्यहाँबाट उनी निस्कन्छिन् र बाटोबाट एउटा फर्सी किनेर लान्छिन्। त्यो फर्सी पकाउँदा सुन हुन्छ। त्यसपछि उनी त्यो सहरकै धनी महिला हुन्छिन्।, अर्को वर्ष फेरि दिदी अजिमाले उनलाई भोज बोलाउँदा इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफ्ना गरगहरना फुकालेर भोजमाथि राख्छिन्। अनि दिदीहरूलाई कहिले नभेट्ने बाँचासहित बच्चाहरू लिएर बाहिर निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको खट निकालेर पूजा गरिँदैन। उनको बाला चतुर्दशीको दिन छुट्टै पूजा हुन्छ र खट निकालिन्छ। , पाहाँच:ह्रेको समयमा नेवार समुदायमा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रलाई घरमा बोलाउने चलन पनि छ। यसैले आजको दिन आफ्न्तजनमा माया, प्रेम, सद्भावना र एकता थप मजबुत हुने मान्यता छ।, तस्बिरहरू:,  ,  , तस्बिरमा हेर्नुस् नेवार समुदायको पाहाँच:ह्रे जात्रा
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले निर्माणाधीन माइधार—दोमुखा कालोपत्रे सडक खण्डमा पर्ने ह्युमपाइपमा जडान भएको 'हेडवाल' भत्काएका छन्।, पालिकाको जेसिबी आयोजनास्थलमा लगेर उनले बुधबार ‘हेडवाल’ भत्काएका हुन्।, ‘हेडवालमा’ प्रयोग भएको ढुंगा कमसल भएको अनुगमनका क्रममा भेटिएको भन्दै उनले नगरपालिकाको जेसिबी बोलाएर ठाउँको ठाउँ ‘हेडवाल’ भत्काएका हुन्।, उनले सेतोपाटीसँग भने, ‘विकास निर्माणमा कसैसँग पनि कुनै पनि विषयमा ‘कम्प्रमाइज’ हुँदैन।’, उक्त योजना स्थानीय सतासी निर्माण सेवाले ठेक्का लिएको थियो।, प्राविधिकका अनुसार हेडवालमा ४० प्रतिशत फोस्के ढुंगा भेटिएको थियो।, ‘मेयर साहेबले हटाउन निर्देशन दिएपछि तत्काल ती ढुंगा हटाइएको हो,’ नगरपालिकाका एक प्राविधिकले भने, ‘फोस्के ढुंगामा माटोको मात्रा धेरै हुने हुँदा सिमेन्टसँग सजिलै जोडिँदैन। कमसल ढुंगा प्रयोग हुँदा ह्युमपाइपको हेडवाल कच्चा भएर जुनसुकै बेला पनि क्षति हुन सक्छ।’ , ठेकेदारका प्रतिनिधिले पनि ढुंगा हटाउन सहमति दिएका थिए।, ‘हेडवालमा’ प्रयोग भएको ढुंगा कमसल होइन। ढुंगा कुनै पनि मानेमा कमसल हुदैन,’ तर, मेयर साहेबले हटाउन भनेपछि हटाइएको ठेकेदारका प्रतिनिधिले बताए।, माइधार—दोमुखा सडक गएको फागनु ३ गतेदेखि निर्माण सुरू भएको थियो।, ४ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ लागतमा निर्माण सुरू भएको सो सडकमा २ वटा ह्युमपाइप निर्माण हुनेछ।, यस्तै, ३ वटा बक्स कल्भर्ट पनि निर्माण हुने नगर प्रमुख थोप्राले बताए।, उनका अनुसार नालारहित सडकको ७ मिटर चौडा कालोपत्रे हुनेछ। , आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वको आकर्षक गन्तव्यका रूपमा स्थापित दोमुखासम्म पुग्ने सडक २०३३ सालमा निर्माण भएको थियो। त्यसपछि यो सडकको स्तरोन्नति हुन सकेको थिएन। , नगर गौरवको योजना अन्तर्गतका रूपमा सञ्चालित उक्त कालोपत्रे योजनाको अनुगमन गर्न मेयर थोप्रा सातामा ५ पटकसम्म पुग्ने गरेको स्थानीय रामबहादुर दाहालले बताए।, कमसल भएको भन्दै शिवसताक्षीका मेयरले भत्काए ह्युमपाइपको 'हेडवाल'
सेतोपाटी संवाददाता गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ।, हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो।, नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ। , ‘हिउँमा फसेको जानकारी पाएपछि प्रहरी र स्थानीयको सहयोगमा उहाँहरूलाई उद्धार गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले भने, ‘उहाँहरूलाई हेलिकप्टरमा ल्याउन प्रमुख जिल्ला अधिकारीबाट पहल भइरहेको छ।’, उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो। लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले बताए।, लार्केपास गर्न बुधबार बिहान उनीहरू सामागाउँको लार्के गाउँबाट त्यसतर्फ लागेका थिए। , उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार गरिएको हो।, उद्धार गरिएकाहरूको अवस्था सामान्य छ।, उनीहरू हिउँमा फसेको जानकारी एक पर्यटक गाइडले प्रहरीलाई दिएका थिए।, लार्केपासको हिउँमा फसेका दुई नेपालीको उद्धार
सेतोपाटी संवाददाता हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  , स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  , देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षा
डा.निता सुनाम गमाल यदि बालबालिका वा ब्यक्तिले एकैसाथ दुबै आँखाले कुनै वस्तुलाई हेर्दा समान रूपमा नजर लाउन सक्दैनन् भने उनीहरूमा डेढोपना भएको बुझ्नुपर्छ।, त्यस्ता ब्यक्तिले कुनै बस्तु नियाल्दा एउटा आँखाले फरक किसिमले  र अर्कौ आँखाले तल–माथि, दायाँ–बायाँ हेर्ने गर्छन्।, मानिसले कुनै पनि बस्तुमा फोकस गरि हेर्दा दुबै आँखा सिधा हुन जरूरी हुन्छ। तर, डेढा हुँदा एउटा आँखा सिधा र अर्को आँखा बांङ्गो हुनेगर्छ। कुनै माथि तर्फ फर्किएको र कुनै आँखा तलतिर फर्केको अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ । कुनै ब्यक्तिमा दुबै आँखा डेढो हुने समस्या पनि हुन्छ ।, कोही डेढो आँखा रहेको पुर्खाहरू भए वंशानुगत गुणका कारण बच्चामा पनि जन्मजात डेढो आँखा हुनसक्छ। चोट पटक लागेर आँखा कमजोर भए पनि डेढो आँखा हुनसक्छ।, चोट पटक लागेपछि त्यो लामो समयसम्म नदेखेर आँखा बिस्तारै छड्के हुँदै जाने अवस्था उत्पन्न हुनसक्छ। त्यस्तै शरीरमा कुनै प्यारालाइसिस हुँदा पनि आँखा बांङ्गो हुन्छ।, यस्ता समस्याका बच्चालाई सानैमा उपचार गरेमा उसको दृष्टि राम्रो हुनुका साथै हेर्दा पनि राम्रो देखिन्छ।, वयस्कमा यस्तो समस्या भए हेर्दा वा नजरलाई असर नगरे पनि सुन्दरता नदेखिने हुँदा त्यस्ता ब्यक्तिले आफ्नो रूची अनुरूप उपचार गर्न सक्छन्। तर बच्चालाई समयमै उपचार गराउन आवश्यक रहन्छ। बच्चा चार पाँच वर्षको उमेर भएपछि डेढो आँखाको उपचार गर्नु उपयुर्क्त मानिन्छ। बच्चालाई धेरै मोवाइल हेर्न दिँदा पनि यस्तो समस्या निम्तने जोखिम रहन्छ।, दाङको तुलसीपुरमै बयस्कको डेढो आँखाको उपचार सुरू भए पनि बच्चाको अझैं सुरू भएको छैन । अब छिट्टै बच्चाको लागि पनि सेवा सुरु गर्ने हाम्रो तयारी छ।, दाङमा यस्तो आँखाको उपचार आठदेखि बढीमा १५ हजारसम्ममा उपचार हुँदै आएको छ।, आँखाको डेढो समस्याबारे दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा कार्यरत बाल नेत्र रोग विशेषज्ञ डा. निता सुनाम गमालसँग सेतोपाटीका नारायण खड्काले भिडिओ कुराकानी गरेका छन्।, हेर्नुहोस् भिडिओ, बढीमा १५ हजारमै सम्भव छ, डेढो आँखाको उपचार (भिडिओ)
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना सब-इन्जिनियरलाई पक्राउ गरेको छ। , पोखरा महानगरपालिका-२८ मा कार्यरत सब-इन्जिनियर प्रविन विकलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस माग गरेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। , उनलाई पोखरा-१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।, पोखरामा घुससहित एक सब-इन्जिनियर पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा ना.३ ख ६०६४ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो। , उक्त गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई सिनामंगलमा डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको हो। , ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो।, गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौंमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रासस नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।, हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् ।, उनका अनुसार एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ।, एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिए ।, उनका अनुसार यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको छ ।, ‘अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’, शिक्षा शाखा प्रमुख रावतले भने, ‘यसअघिका परीक्षा र हालै भएको कक्षा १० को आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अङ्क ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको सो निर्णयले थप ऊर्जा मिल्दछ ।’, विभिन्न छ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या सात रहेको छ । ती विद्यालयमा चालु शैक्षिक सत्रमा एसइई दिने विद्यार्थीको सङ्ख्या तीनसय हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ ।, एसईईमा ४ जीपीए ल्याउनेलाई गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने
सेतोपाटी संवाददाता भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ।, जहिल्यै र जताततै कामै कामको चाप। त्यसैले होला एक शहरीयाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन। तर यहीँ व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ। साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन।, भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरू खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ।, यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन्। नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ। चराचुरूङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक।, हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन्। दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ।, आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्बिरहरू। , गोधुली साँझमा मनमोहक काठमाडौं (फोटो फिचर)