content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ पोखराको विन्ध्यावासिनी मन्दिर सभाहलमा शनिबार विशेष ‘यज्ञ’ चलिरहेको थियो। बाहिर मन्दिरमा भक्तजनको घुइँचो थियो। उनीहरूले बजाएको घण्टीको ध्वनी सभाहल भित्रसम्म गुञ्जिएको थियो। सभाहलमा माइक जोडेर बोलिएका आवाजमा घण्टीको ध्वनी मिसिँदा सहभागीहरू कुनै अनुष्ठानमा भाग लिइरहेको अनुभूति गर्थे।, ‘आज हाम्रो लागि विशेष दिन हो,’ कवि तीर्थ श्रेष्ठले मञ्चमा उभिएर भने, ‘मलाई श्रद्धालु भक्तजनको अनुभव भएको छ।’, मन्दिरमा पूजा गर्न गएका भक्तजनको घुइँचोजस्तै सभाहलमा पनि अनुष्ठानमा भाग लिन गएका व्यक्तिहरूले भरिएका थिए। माइकमा नेपाली कला जगतका शिखर व्यक्तित्वमाथि चर्चा भइरहेका थिए। मन्दिरमा बजेका घण्टीका गुञ्जनले सभाहलभित्र गरिएका अनुष्ठानलाई संगीतमय बनाइदिएको थियो। , मन्दिरको सभाहलमा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ र उनका श्रीमती पार्वती बराल दुबोको माला लगाएर बसेका थिए। वात्स्यायनका व्यक्तित्व र चित्रकारितामाथि वरिष्ठ साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले स्वतन्त्रतापूर्वक प्रशंसा गरिरहेका थिए।, नेपाली कला जगतका विश्वस्तरका प्रतिभा भनेर उनीहरू जब उनीहरू वात्स्यायनको प्रशंसा गर्दथे, मन्दिरमा बजेका घण्टीको ध्वनी अझ सुमधुर सुनिन्थ्यो।, ‘वात्स्यायनको चित्रकला देशविदेशका आर्ट ग्यालरीमा संग्रहित छन्,’ सरूभक्तले भने, ‘उहाँलाई बालकृष्ण समले त्यतिबेलै साल्भाडोर डालीजस्ता विश्वस्तरका चित्रकार नेपालमा जन्मेका छन् भनेर उहिल्यै चर्चा भन्नुभएको थियो।’, व्यंग्य चित्रलाएई उचाइमा पुर्‍याउने काम गरेको भन्दै उनले नेपाली कला जगतका निर्विकल्प उचाइ पाएको व्यक्तित्व भनेका छन्।, पोखरामा रहेर चित्रकला मात्र होइन, वाङ्मयका क्षेत्रमा पनि उत्तिकै अभिभावकीय भूमिका खेलेको भन्दै सरूभक्तले भने, ‘हामीले सधैं उहाँको आशीर्वाद पाउन सक्यौं, उहाँसँग संगत गर्न पायौं, यसका लागि उहाँप्रति आभारी छौं।’ , कवि तीर्थ श्रेष्ठले कलाकार वात्स्यायन सबैको मन मुटुमा बस्न सफल भएको बताए।, कलाकारितामा मात्र नभएर साहित्यका क्षेत्रमा पनि वात्स्यायनले उत्तिकै चासो दिने गरेको उनले बताए।, ‘कसैले कसैलाई यसै आकर्षित गर्न सक्दैन,’ श्रेष्ठले भने, ‘वात्स्यायनले कलाको माध्यमबाट हामीलाई साहित्यिक गतिविधि गर्न अभिभावकका रूपमा प्रोत्साहन गर्नुभयो।’, मन्दिरमा देवता जसरी रथयात्रामार्फत् भित्रिएका वात्सायानले आफ्नाबारे धेरै बोलेनन्। आफ्नाबारे सरूभक्त र तीर्थ श्रेष्ठले भने भन्दा धेरै कुरा आफ्ना नरहेको उनले सुरूमै बताए। त्यसपछि उनले कलाकारिताप्रति आफ्ना सुरूआती लगाव स्मरण गरे।, वात्स्यायनले तीन वर्षकै उमेरमा आमा गुमाउनुपर्‍यो। त्यतिबेला उनलाई फुपूले हेरचाह गर्थे। उनले पनि फुपूलाई आमा मान्थे। फुपूले आफ्नो घर सजावट गरेको वात्स्यायनले अहिले पनि भुलेका छैनन्।, ‘सानो होइन, मिनी साइजको घर थियो, दुइपाखे,’ शनिबार पोखरामा अभिनन्दित भएपछि उनले भने, ‘घरमा सम्पूर्ण चिज व्यवस्थित गरेर राखिएको थियो, अत्यन्त सुन्दर थियो।’, पोखराको आर्वामा जन्मेका वात्स्यायनले फुपूको घरमा बस्दा देखेको दृश्य अझै व्याख्या गर्दै गए।, उनका अनुसार घर अगाडि मण्डला कमेरो पोतिएको थियो। त्यसको बीचमा माटो। जब अँध्यारो हुन्छ, त्यतिबेला माटोकै टुकी बालिन्थ्यो। त्यतिबेला देखिएको मण्डलाको दृश्य उनको मष्तिष्कबाट अझै मेटिएका छैन। , ‘म अँगेनामा बसेर मण्डला हेर्छु, एकदम जीवन्त, एकदम आकर्षक,’ उनले भने।, मानिसले घर व्यवहार गर्दा प्रयोग गरेका सामग्रीलाई उनले कलाका आँखाले हेरेछन्।, पोखराका प्रकृतिले उनलाई अझ प्रेरणा दिएछ। , ‘मलाई लाग्छ, मेरो गाउँघरमा सजाइने सजावट छ, त्यसको सौन्दर्य चेत, अर्को प्राकृतिक सौन्दर्य चेत,’ उनले थपे, ‘त्यसले गर्दा म चित्रकलातर्फ लागे जस्तो लाग्छ।’ , बाल्यकालमा आर्वामै बसेर प्रारम्भिक शिक्षा लिँदा नै उनले चित्रकारिता थालिसकेका थिए।, पढ्नभन्दा चित्र बनाउन उनको ध्यान जान्थ्यो। प्रारम्भिक शिक्षा लिएपछि उनलाई परिवारले पोखराको नदीपुरमा मामाघर ल्याइदिए। त्यसपछि उनले उच्च शिक्षा हासिल गरे।, पोखरामा क्याम्पस पढ्दा पढ्दै काठमाडौंमा कला विषय नै पढ्न पाइने उनले थाहा पाए। त्यसपछि उनलाई कलाकारिता अध्ययन गर्ने हुटहुटी जाग्यो। , ‘म कसरी काठमाडौं जाने भनेर दिनरात बेचैन भएँ, छटपटी भएँ,’ उनले भने, ‘त्यतिबेला तेर्सापट्टीमा अफिस थियो, त्यहाँ काम गर्दा जम्मा पारेको पैसा लिएर म काठमाडौं पढ्न गएँ।’, १७ वर्षकै उमेरमा विवाह गरेर वात्स्यायन काठमाडौं गएका थिए। विवाहका सुरूआती दिनमा श्रीमतीसँग बोलचालै नभएको उनले खुलाए। आफू काठमाडौं पढ्न गएकै बेला श्रीमती पनि एउटा तालिमका लागि काठमाडौं पुगेको उनले बताए। , काठमाडौंमा सँगै बस्दा खर्च सकिएपछि उनी आफू पोखरा फर्किएको बताए। त्यतिबेला श्रीमतीलाई तालिम सकेर आउनू भनेर फर्किएको उनले बताए।, कलाकारिताप्रति वात्स्यायनको लगाव घटेको थिएन। वात्स्यायन कलाकारिता सिक्न दिल्ली गए। दिल्लीमा उनले एक जना कलाकारसँग काम गरे। तिनै कलाकारले उनलाई नेपाल फर्कन रक्सौलसम्मको टिकट काटेर पठाइदिएको वात्स्यायनले बताए। , ‘दिल्लीमा म १५ दिन जति भौंतारिएँ। दिल्लीमा एकदम प्रतिस्पर्धा हुन्छ, हरेक कुरामा। नेपाल सानो देश छ, सजिलो हुन्छ। उतै फर्क, उतै अध्ययन गर भनेर मलाई टिकट काटेर फर्काइयो,’ वात्स्यायनले भने।, दिल्लीबाट उनी पोखरा फर्केनन्। कलाकारितामा डुब्न हिँडेका उनी फेरि काठमाडौं पुगे। काठमाडौंबाट चित्रकलासम्बन्धी तालिम लिन जापान गए। जापानबाट फर्केर भने उनी स्थायी रूपमा पोखरालाई स्टुडियो मानेर कलाकारितामा डुबे। , ‘जापानबाट फर्केपछि मलाई काठमाडौं बस्न मन लागेन, उकुसमुकुस वातावरण नमिल्दो,’ उनले भने, ‘त्यतिबेला २५ वर्ष काटिसकेको थिएँ, पढ्नका लागि छात्रवृत्ति पाउने उमेर सकिएको थियो, काठमाडौं बस्ने सपना पनि देखिनँ।’, काठमाडौं बस्दा वरिष्ठ कलाकारहरू लैनसिंह बाङ्देल, बालकृष्ण सम जस्ता अग्रजसँग काम गर्न पाएको उनले बताए। उनीहरूसँग काम गर्दाका अनुभव र सल्लाहले आफूलाई निखार्न भूमिका खेलेको उनको अनुभव छ। , पोखरा फर्किएर पोखरेली कला विकासमा लागि परेका वात्स्यायनले विक्रम संवत २०२२ सालदेखि नै संस्थागत पहल गरेका थिए। पोखरामा अहिले भएका सबैजसो कलाकारका गुरू रहेका वात्स्यायनले त्यतिबेला खोलेको संस्था नै अहिले रूपान्तरित भएर सिर्जनशील कलाकार समूह क्रियाशील छ। , विदेशमा भएका कला प्रदर्शनीहरू देखेपछि उनले नेपालको सामाजिक विषयवस्तु समेट्ने गरी कलाको छुट्टै पहिचान हुनुपर्नै धारणा बनाएको बताए।, चित्रकलामा सामाजिक विषयवस्तु उठाउने वात्स्यायन कार्टुनमा विसंगतिमाथि गहिरो ब्यङ्ग्यवाण प्रहार गर्छन्।, जीवनका ४५ वर्ष बढी समय चित्रकलामा खर्चिएका वात्स्यायनका चित्रकला र कार्टुन दर्जनौं प्रदर्शनीमा सहभागी छन्। चित्रकला यात्रामा उनले डेढ दर्जन बढी पुरस्कार र सम्मान पाइसकेका छन्। , जीवनको ८० औं वर्ष पार गरेको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारले उनलाई शनिबार रथारोहणसहित सम्मान गरेको थियो। वात्सायानको आफ्नै  निवासबाट रथयात्रा गरेर उनलाई विन्ध्यावासिनी मन्दिर पुर्‍याइएको थियो। , नेपाली चित्रकलालाई उचाइमा पुर्‍याउन वात्स्यायनले गरेको योगदानलाई कदरस्वरूप रथयात्रा र अभिनन्दन गर्न पाउँदा आफूहरूलाई खुसी लागेको परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए।, वात्स्यायनले चित्रकारितामार्फत् सामाजिक विकृतिमाथि चोटिलो प्रहार गरी सभ्य समाज बनाउन योगदान दिएको उनले बताए।,  ,  ,  ,  ,  , जब 'वात्स्यायन' रथयात्रामार्फत् विन्ध्यावासिनी मन्दिर भित्रिए
सेतोपाटी संवाददाता कालिका नगरपालिका-७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ।, सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। मृत बाघ अन्दाजी ६ वर्षको रहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए।, उक्त बाघको शनिबार नै पोस्टमर्टम गरिएको छ।, ‘करिब १२ घण्टा अघि मरेको अनुमान डाक्टरहरूले गर्नुभयो। बाघको पेटभित्र बाख्राको अंग भेटिएको थियो। उसको मुख र मलद्वारबाट सेतो फिँज निस्किएको थियो। त्यसैले उसको आहारमा विष परेको हुनसक्ने प्रारम्भिक अनुमान छ,’ खनालले भने, ‘नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएका छौं। दुई दिनमा रिपोर्ट आउँछ।’, नमूनालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि पठाउन लागेको उनले बताए। शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका चिकित्सकसहितको टोलीले बाघको पोस्टमर्टम गरेको थियो। नमूना परीक्षण चितवनमै पनि हुनेछ।, खनालका अनुसार पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फको जंगलमा १० वटाजति पाटे बाघ छन्। शनिबार मृत भेटिएको बाघ करिब २ महिना अघिदेखि उदयपुर सामुदायिक वनभित्र देखिएको उनले बताए।, चितवनमा ६ वर्षको भाले बाघ मृत भेटियो, आहारमा विष परेको आशंका
रासस भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ।, राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, भिरबाट लडेर युवकको मृत्यु
सेतोपाटी संवाददाता मोरङको विराटनगरमा अहिले प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदर्शन भइरहेको छ।, जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन्।, प्रदेश नम्बर १ पुन: नामांकन संघर्ष समिति बनाएर उनीहरूले प्रदर्शन गरिरहेका छन्।, फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो।  लगत्तै पुनः नामाकन गर्नुपर्ने मागसहित आन्दोलन सुरू भएको छ।, निषेधाज्ञाबीच प्रदर्शन हुन थालेपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।, निषेधाज्ञाबीच विराटनगरमा प्रदर्शन
सेतोपाटी संवाददाता आज पनि हल्का वर्षाको सम्भावना रहेको छ।, देशैभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।, देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज बिहान बागमती, मधेस, कोशी प्रदेशका केही भू-भागमा मेघगर्जनसहित हल्का वर्षा भएको छ।, आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही ठाउँमा र तराईका भू-भागका केही ठाउमा हल्का वर्षा हुने सम्भावना छ।, मेघगर्जनसहित केही ठाउँमा मध्यम वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ।, आइतबार राति भने पहाडी र तराईका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।, केही दिनदेखि हावाहुरी र हल्का वर्षा भइरहेका छन्।, आज पनि हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता कृषि तथा वन विश्वविद्यालयका डिनको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्।, कृषि संकायका डिन प्राध्यापक जयप्रकाश दत्तले जुम बैठकमा महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि उपकुलपति पुण्यप्रसाद रेग्मीले सेवा निवृत्त प्राध्यापक डाक्टर श्रवणकुमार साहको संयोजकत्वमा छानबिन समिति बनाएका थिए। आइतबार उपकुलपतिलाई पत्र लेखेर संयोजक साह र सदस्य प्राध्यापक नारायणराज जोशीले राजीनामा दिएका हुन्।, उपकुलपतिले डिन दत्तसँग सम्बन्धित सामाजिक सञ्जालमा देखिएको विषयवस्तु संवेदनशील भएको हुँदा सो सम्बन्धमा के कसो भएको हो अध्ययन गरी सत्य तथ्यसहित राय सुझाव प्रतिवेदन पेश गर्न समितिलाई  म्यान्डेट दिएका थिए।, 'हामीमा उक्त विषयसम्बन्धी कुनै सीप तथा दख्खल नभएको हुँदा असमर्थता प्रकट गरी राजीनामा पेश गर्दछौं,' उनीहरूले पत्रमा लेखेका छन्। उनीहरूले आफ्नो कार्यव्यस्तता र स्वास्थ्यका कारणले पनि छानबिनमा समय दिन नसक्ने बताएका छन्।, चैत ३ गते उपकुलपति रेग्मीले साह संयोजक, जोशी र प्रा.डा. दुर्गा देवकोटा सदस्य रहेको छानबिन समिति बनाएका थिए।, विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा नियमावलीको दफा ६९ को 'क'मा आफ्नो कर्तव्य पालनामा लापरबाही गरेमा सम्बन्धित शिक्षक तथा कर्मचारीलाई सेवाबाटै हटाउन वा बर्खास्त गर्न सक्ने उल्लेख छ। तर विश्वविद्यालयले उनलाई राजनीतिक रूपमा संरक्षण गर्न खोजेको आरोप अन्य शिक्षक, कर्मचारीको छ।, 'उनलाई सेवाबाटै बर्खास्त गर्नुपर्नेमा छानबिनका लागि समिति बनाएर चोख्याउने प्रयास गरिएको छ। राजनीतिक आवरणमा संरक्षण गर्न खोजिँदैछ,' एक कर्मचारीले सेतोपाटीसँग भने।, डिन दत्त नेकपा (माओवादी केन्द्र) निकटका हुन्। उनी दोस्रो पटक कृषि संकायको डिनमा नियुक्त भएका थिए।, आफैंले राखेको जुम बैठकमा भिडिओ अन नै राखेर महिला कर्मचारीसँग अश्लिल हर्कत गरेपछि उनलाई कारबाही गर्न विश्वविद्यालयमाथि दबाब छ।, कृषि विश्वविद्यालयका डिनमाथि छानबिन गर्न बनेको समितिका संयोजकले दिए राजीनामा
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ। , गएराति सवा ८ बजे ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहले जानकारी दिए। , धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२-००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको हो। , काभ्रे बेथानचोक गाउँपालिका-२ घर भई ललितपुर-१७ भेल्पा सातदोबाटो बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिना घाइते भएका थिए।, उनको उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको हो। , मोटरसाइकल चालक धुनिबेशी नगरपालिका-७का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन्।, उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ। उनी उक्त नगरपालिकामा कार्यरत कर्मचारी हुन्। , प्रहरीका अनुसार उनको अवस्था मध्यम छ। दाहिने घुँडा र टाउकोमा चोट लागेको छ। , दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता बैतडीका जीवन बुडालको मृत्यु भएको घटनामा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ। , फागुन १३ गते चौलानी नदीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल मृत फेला परेका थिए। शवको केही किलोमिटर पर बिस्फोटक पदार्थ समेत फेला परेको थियो। त्यससँग सम्बन्धित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। , पक्राउ पर्नेहरूमा दार्चुला मार्मा गाउँपालिका-४ का ३९ वर्षीय मोहनसिंह महता, बैतडीका दशरथ चन्द नगरपालिका-४ का ४५ वर्षीय गणेश सिंह कार्की, ३३ वर्षीय टेकराम तिरुवा र ४७ वर्षीय कमलसिंह कार्की छन्। , उनीहरूलाई प्रहरीले गत फागुन २६ गते नै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। , उनीहरूमाथि बिस्फोटक पदार्थ कसूर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको हो। अदालतले अनुसन्धान गर्न दिएको म्याद पनि केही दिनमा सकिनेछ। , अनुसन्धान पनि अन्तिम चरणमा पुगेको सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए। , यसअघि प्रहरीले बुडालसँगै पिकनिक गएका १२ जनालाई पक्राउ गरिसकेको छ।, मृत फेला परेका बुडाल बिहान ११ जना साथीहरूसँग पिकनिक मनाउन गएका थिए। त्यही राति ९ बजे उनी नदी बीच मृत फेला परेका थिए। , राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल बिदामा घरमा आएका बेला पिकनिक गएका थिए।, परिवारले बुडालसँगै पिकनिक गएका जिप चालकसहित १२ जनाको नाममा किटानी जाहेरी दिएको थियो।, परिवारले बुडालको हत्या भएकोले सोही अनुसार न्याय दिनुपर्ने माग गरेका छन्।, बैतडीमा जीवन बुडाल मृत्यु प्रकरण: थप चार पक्राउ
सेतोपाटी संवाददाता विराटनगरमा आइतबार दिउँसो तनाव भएको छ।, कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ।, प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए। जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो।, निषेधित क्षेत्रमा  प्रदर्शनकारी जान खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।  प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको प्रदर्शनमा सहभागीले बताएका छन्।, फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो।  लगत्तै पुनः नामाकन गर्नुपर्ने मागसहित आन्दोलन सुरू भएको छ।, विराटनगरमा तनाव, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार र हवाई फायर
सेतोपाटी संवाददाता पोखरामा १४ वर्षीया बालिकामाथि बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना बालकलाई पक्राउ गरेको हो।, बालिकाले सामाजिक सञ्जालमार्फत् आफूमाथि बाल यौन दुरूपयोग भएको खुलाएकी थिइन्। त्यस सम्बन्धी जानकारी पाएपछि प्रहरीले पीडित र अभिभावकलाई सम्पर्क गरेको थियो।, पीडित पक्षले बाल यौन दुरुपयोग शिर्षकमा जाहेरी दिएपछि प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। , पोखरामा बालिकामाथि यौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता सप्तरीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन‍्‍। , आइतबार दिउँसो १ बजे तिलाठी कोइलाडी गाउँपालिका-१ खाडोखोलास्थित बोर्डर इलाकाबाट एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुरूषोत्तम थापाले जानकारी दिए।, बिओपी तिलाठी र प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपाल पैदल हिँडिरहेका एक पुरूषबाट पेस्तोल बरामद गरेको हो। , सप्तरी छिन्नमस्ता गाउँपालिका-२ मौवा बस्ने २८ वर्षीय सोनु रायलाई पक्राउ गरेको हो। उनले कम्मरमा मेड इन युएसए लेखिएको पेस्तोल बोकेका थिए।, साथै सप्तरीको राजविराजबाट २८ वर्षीय रोशन यादवलाई पनि शंका लागेर पक्राउ गरेको छ। , उनीमाथि पनि यस घटनामा अनुसन्धान गर्न पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। ,  , सप्तरीमा एक जना पेस्तोलसहित पक्राउ
सेतोपाटी संवाददाता दाङमा बिरामी आफन्त भेट्न आउँदै गरेका प्युठानका एक व्यक्तिको मोटरसाइकल दुर्घटनामा परी बाटोमै मृत्यु भएको छ। उनका श्रीमती र छोरी गम्भीर घाइते छन्।, प्युठान, नौबहिनी गाँउपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजन केसीको उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, राजनकी श्रीमती २६ वर्षीया सन्ध्या केसी र २ वर्षीया छोरीको अवस्था गम्भीर रहेको डिएसपी तथा जिल्ला प्रहरी प्रवक्ता राजन गौतमले सेतोपाटीलाई बताए। उनीहरू दुवै अचेत छन्। उनीहरूको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।, सोमबार बेलुका  ६ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले राजनले चलाएको बागमती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा ठक्कर दिएको थियो। , प्रवक्ता गौतमका अनुसार उनीहरू दाङमा एक जना बिरामी आफन्तलाई भेट्न भनेर घोराहीतर्फ आइरहेको खुलेको छ। छोरीलाई मोटरसाइकलको बीचमा राखेर यात्रारत उनीहरूलाई कुखुरा बोक्ने मिनी ट्रकले ठक्कर दिएको थियो।, मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी र छोरीको अवस्था गम्भीर
रासस पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो।, लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन्। पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए।, न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।, तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव छ।, आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भएका छन्।, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।, सोमबार राति  देशभर आंशिकदेखि सामान्य बदली रहने छ।, देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।, आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना
रासस मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको  सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ।, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति र भावी योजनाबारे जानकारी गराउँदै एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले रातमाटे सबस्टेसनका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम लगभग सकिएको बताए।, उनले भने, ‘प्रसारण लाइन पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमका लागि विभिन्न टोली परिचालन भई काम अघि बढिरहेको छ। प्रसारण लाइनका लागि जग्गा अधिग्रहणका लागि ६ जिल्लामा सूचना प्रकाशित भइसकेर प्रारम्भिक प्रतिवेदन बनाउने चरणमा पुगेको छ।’, बैठकमा प्रसारण लाइनअन्तर्गत नुवाकोटको रातमाटे, रुपन्देहीको बुटवल र तनहुँको दमौलीमा बनाउन पर्ने सबस्टेसन निर्माण ठेक्काका लागि १० दिनभित्रै बोलपत्र आह्वान हुने, प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि परामर्श सेवाको बोलपत्रको सूचना प्रकाशित गर्ने तथा इन्टरनेसनल रफनेस इन्डेक्स उपकरण खरिदका लागि करार सम्झौता भई सामान आपूर्तिको चरणमा रहेको जानकारी दिइयो।, आयोजनाको चालु आर्थिक वर्षको समष्टिगत भौतिक प्रगति ६ दशमलव ९७ र  वित्तीय प्रगति पनि ६ दशमलव ९७ नै रहेको प्रमुख बिष्टले जानकारी दिए। करिब ७४ अर्ब ३४ करोड रुपैयाँको आयोजना रहेकामा हालसम्म करिब पाँच अर्ब १८ करोड खर्च भएको बताइएको छ। समितिले हालसम्मको प्रगति र कार्यसम्पादन सन्तोषजनक रहेको जानकारी दिएको छ।, आयोजनाले १० जिल्लामा जग्गाको मुआब्जा निर्धारण समिति गठन गरी दर घोषणा, जग्गा आयोजनाको नाममा दर्ता, प्रसारण लाइनको भोगाधिकार क्षेत्र निर्धारण र मुआब्जा वितरण, वन क्षेत्रमा हटाउनुपर्ने रूख गणना लगायतका कार्यलाई मुख्य क्रियाकलापका रूपमा राखेको छ।, आयोजनालाई समयसीमाभित्रै सम्पन्न हुने छ वटा पूर्वसर्तमध्ये आधारमध्ये राष्ट्रिय गौरवको आयोजना घोषणा, विद्युत् नियमन आयोगको ऐन तर्जुमा र गठन, योजना कार्यान्वयन सम्झौता, बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणबारे नेपाल-भारतबीच सहमति र संसद्द्वारा सम्झौता अनुमोदन सम्पन्न भइसकेको छ।, आयोजनाका लागि जग्गा प्राप्ति, रूख कटान र निर्माण क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने कार्य भने अझै बाँकी रहेको छ। आयोजना अघि बढाउने सन्दर्भमा पूर्वतयारी सम्पन्न गरी कार्यान्वयन चरणमा प्रवेश गर्ने समयका रूपमा आगामी भदौ महिना तय गरिएको छ। सोही मितिदेखि एमसिसी नेपाल कम्प्याक्टको पाँच वर्षे कार्यविधिको दिन गणना सुरू हुनेछ।, आयोजनाअघि बढाउने सन्दर्भमा ठेकेदारको छनोट गुणात्मकताका आधारमा हुने जानकारी दिइएको छ। ठेकेदारको छनोट मूल्य, क्षमता र गुणात्मकताका आधारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा हुने प्रमुख बिष्टले बताए।, प्रसारण लाइन जाने तीन सय १५ किमी लामो मार्गमा केही सामुदायिक र कबुलियती वन परेको र त्यहाँका रूख निर्माण कार्य प्रारम्भ गर्नुपूर्व नै कटान गरिसक्नुपर्ने भएकाले आउन सक्ने विभिन्न खाले समस्यालाई पन्छाएर अघि बढ्न समय लाग्ने चुनौती देखिएको संसदीय समितिलाई जानकारी गराइएको छ।, अर्थ मन्त्रालयका  राजस्व हेर्ने सचिव रामप्रसाद घिमिरेले एमसिए-नेपालले अघि बढाउने योजना राष्ट्रिय हित र राष्ट्रिय सरोकारको विषय भएकाले समयमै सुरू गर्ने र सम्पन्न गर्ने कार्ययोजना बनाएर दृढताका साथ काम अघि बढाइने दृढता व्यक्त गरे। उनले भने, ‘आयोजना अघि बढाउने सन्दर्भमा कुनै स्थान विशेषमा आउने चुनौती देखाएर काम रोक्नु हुन्न। सबै तह र तप्कासँग समन्वय र सहकार्य गरी आयोजनालाई मूर्त रूप दिलाउने कार्यमा आयोजनाका पदाधिकारीले घनिभूत रूपमा काम गर्नुहुनेछ।’ , आयोजना सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव छन्। आयोजना अघि बढाउने सन्दर्भमा क्षतिपूर्व बापतको वृक्षारोपण, जग्गा अधिग्रहण, मुआब्जा विवादलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। आयोजनाका लागि करिब दुई लाख दुई हजार कटानका लागि रूख गणना गरी यकिन गर्नुपर्नेछ।, उक्त आयोजना खासगरी विद्युत् र सडक सञ्जाल विस्तार एवं मर्मतमा केन्द्रित छ। आयोजनाका लागि अमेरिकी सरकारको ५०  करोड डलर अनुदान र नेपालका तर्फबाट १३ करोड उपलब्ध हुनेछ।, आयोजनाको सम्पूर्ण पूर्वतयारी पूरा भएपछि वास्तविक निर्माण अवधि ४२ महिना रहनेछ। तीन सय १५ किमी विद्युत् प्रसारण लाइन निर्माण गर्ने सन्दर्भमा आठ सय ५६ वटा टावर बनाउन पर्नेछ।, बैठकमा यसअघि सदस्यहरूले मुलुकमा निकै ठूलो बहस र छलफलपछि अघि बढाइएको आयोजना समयमै सुरू गरेर निर्धारित समायावधिभित्रै पूरा गर्ने गरी दृढताका साथ काम गर्न सम्बन्धित पक्षलाई सुझाव दिए। उनीहरूले राष्ट्रिय गौरवका अरू आयोजना जस्तै वन, वातावरण र मुआब्जाका विषयलाई देखाएर समय लम्ब्याउने छुट यसलाई नभएकाले प्रारम्भमै आउन सक्ने चुनौती पहिचान गरी समन्वय र सहकार्य गरी आयोजनाको जिम्मेवारी पूरा गर्ने कार्यमा कमीकमजोरी नगर्न ध्यानाकर्षण गराए।, सभापति दिलकुमारी रावलले आयोजनालाई समयमै सम्पन्न गर्ने सिलसिलामा देखिएका जग्गाप्राप्ति, वन क्षेत्रको उपभोग, जग्गाको भोगाधिकारमा देखिएका समस्या सरोकारवाला पक्षसँग समन्वय गरी आयोजनाको कार्यान्वयन र अनुगमन गर्न अर्थ, वन तथा वातावरण, भौतिक पूर्वाधार, ऊर्जा मन्त्रालयलाई समितिले निर्देशन दिएको बताइन्।, उक्त विकास समितिलाई लैङ्गिक मैत्री बनाउन समावेशको पाटोमा ध्यान दिन पनि समितिले सुझाव दिएको छ।, एमसिसीका परियोजनामा कति भयो काम?
युवराज श्रेष्ठ यसपालिको हिउँदमा पानी नपर्दा पनि फेवातालको सिमसार सुकेन। तालमाथि पामेसाइडका सिमसार क्षेत्रमा अहिले पानी बहिरहेको छ। दलदले जमिनमा पानी तैरिरहेको छ।, लामो सुख्खा लाग्दा पनि पानी नसुकेको सिमसारको जमिनमा ढुंगा माटो राखेर पुर्ने अभियान चलाएका छन्।, कोभिड-१९ महामारी रोक्न भएको लकडाउनको मौकामा तीव्र गतिमा सिमसार पुरिएको थियो। व्यवसायिक संरचना बनाउन त्यतिबेला सिमसार पानीको वहावै रोकेर पुरियो। बाँध मर्मत गर्न भनेर फेवातालको पानी सुकाएका बेला पुरिएको ठाउँमा र सिमसारमा निजी बाटो बनाउन लगाइएको डोजर अहिले तीव्र गतिमा चलेको छ।, फेवातालको किनारै-किनार पामे जाने बाटोमा तालको पानीमाथि व्यवसायिक संरचना बनिसकेका छन्। तालमाथि सिमसारमा पनि सडकछेउ पुरेर सकिँदैछ।, सिमसार क्षेत्रमा पर्ने व्यवसायी देवेन्द्र केसीको जग्गामा अहिले डोजर र टिपर चलिरहेको देखिन्छ। उनले प्लटिङ गर्न सिमसार पुरेको स्थानीयवासी बताउँछन्। , ‘प्लटिङ गर्न धमाधम सिमसार पुरिएका छन्, यसमा कसैले चासो दिएका छैनन्,’ पामेका स्थानीय भन्छन्, ‘उहिले फेवातालको पानी भएको ठाउँ अहिले पुरेर घडेरी बनिसकेका छन्।’, सिमसार पुर्ने ठेक्का धादिङ घर भई हाल पोखरा बस्दै आएका व्यवसायी युवराज खतिवडाले लिएका छन्। फेवाताल सुकाएका बेला होस् वा लकडाउनका बेलामा पनि खतिवडाले नै सिमसार पुर्ने ठेक्का लिएका थिए। पोखराबाट पञ्चासे जाने मोटर बाटो बनाउँदै गर्दा निस्किएको ढुंगा माटो लगेर सिमसार पुरिरहेका छन्। , संविधानमा सिमसार क्षेत्रलाई संघीय सरकारको एकल अधिकार सूचीमा राखिएको छ। संघीय सरकारले अहिलेसम्म सिमसार संरक्षणमा चासो दिएको छैन।, वन तथा भू-संरक्षण मन्त्रालयले जारी गरेको राष्ट्रिय सिमसार नीति २०६९ मा सिमसार पुर्न नपाइने उल्लेख छ। उक्त नीतिमा सिमसार क्षेत्रको पर्यावरण बिग्रिने गरी सिमसार क्षेत्रको प्रयोग गर्न नपाइने उल्लेख छ। प्राकृतिक स्वरूप बदलेर कुनै संरचना बनाउन नपाइने र सिमसार क्षेत्रमा पाइने जैविक विविधता संरक्षित हुनुपर्ने उल्लेख छ।, सिमसार नीतिविपरीत पोखराका सिमसार क्षेत्र अतिक्रमित भइरहँदा सरकारका कुनै पनि निकायले ध्यान दिन सकेको छैन।, राष्ट्रिय सिमसार नीतिले सिमसार क्षेत्रलाई तीन तहमा वर्गीकरण गरेको छ।, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्र भनेर गरिएको वर्गीकरणअन्तर्गत पोखराका सबै सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्वमा पर्छन्। सिमसार संरक्षण गर्न अन्तर्राष्ट्रिय महासन्धी रामसारअन्तर्गत पर्ने भएकाले पोखराका सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्वका रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक महेश्वर आचार्यले बताए। , सरकारले बनाएको सिमसार नीतिमा पनि रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रलाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र भनेर वर्गीकरण गरेको छ। उक्त नीतिमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्र पुर्ने, बिगार्ने, पानीको वहाव थुन्नेजस्ता प्राकृतिक स्वरूप परिवर्तन गर्न नपाउने उल्लेख छ।, सिमसार संरक्षण नीतिमा सरकारले राष्ट्रिय स्तरमा वन मन्त्रालयका सचिवको संयोजकत्वमा अनुगमन समिति र जिल्ला स्तरमा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन समिति परिकल्पना गरेको छ। यी दुवै समिति क्रियाशील हुन नसक्दा अन्तर्राष्ट्रिय महत्व बोकेको पोखराका सिमसार धमाधम पुरिँदा पनि कसैले चासो नदिएको संरक्षणकर्मीहरू बताउँछन् ।, संघीयता आएपछि बनेका कुनै पनि संघीय सरकारले सिमसार संरक्षणमा चासो दिएका छैनन् भने प्रदेश र स्थानीय सरकारले पनि वास्ता गरेको छैन।, पोखरा महानगरका मेयर धनराज आचार्यले सिमसार जोगाउन आफूले सक्दो प्रयास गरेको दाबी गर्छन्। सिमसार पुरिरहेको अवस्थामा रंगेहात डोजर, एक्साभेटर र टिपरलगायत नियन्त्रणमा लिएर जरिवाना लिएको उनले बताए। महानगरले यसरी सिमसार पुर्नेलाई १० हजारदेखि ५० हजारसम्म जरिवाना लिने गरेको छ।, पोखरा महानगरका राजश्व शाखाका अनुसार सिमसार पुरिरहेको अवस्थामा समातेको डोजर, टिपर लगायतलाई कारबाही गर्दा चालु आर्थिक वर्षको फागुन ११ सम्म ७ लाख ८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। महानगरले समातेर जरिवाना लिने गरे पनि अतिक्रमण घट्न नसकेको मेयर आचार्यले स्वीकारे।, ‘हामीले मात्र प्रयास गरेर सकिएन, प्रशासन र प्रहरीले पनि उत्तिकै चासो दिनुपर्छ,’ उनले भने, ‘अहिले पुरिएका सिमसार क्षेत्रका ढुङ्गा माटो निकाल्ने हाम्रो योजना छ।’, मेयर आचार्यले यसअघि पनि सिमसार पुरिएको ठाउँमा पुगेर पानीको पुरिएका ढुंगा माटो निकाल्ने बताएका थिए। तर उनले अहिलेसम्म उक्त प्रक्रिया थालेका छैनन्।, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पोखरा महानगरले अनुमति दिएका ठाउँ अतिक्रमण भएको जानकारी महानगरले नै दिनुपर्ने बताए।, ‘सिमसार अतिक्रमण रोक्न हामीलाई महानगरले अनुरोध गर्नुपर्छ,’ उनले भने।, महानगरले अनुमति दिएका ठाउँका विषयमा प्रशासनलाई जानकारी गराए अवैध गतिविधि रोक्न सजिलो हुने सिडिओ केसीले बताए ।, ‘हामीले सिमसारमा अतिक्रमण गरिरहेका व्यक्ति समातेर ल्याउँछौं, महानगरले अनुमति दिएको पत्र देखाउँछन्,’ उनले भने, ‘महानगरले जथाभावी सम्झौता गरेर ठेक्का दिएको छ, यसलाई सच्याउन जरूरी छ।’, पोखरा महानगरले मिचिएका सार्वजनिक जमिनका विवरण प्रशासनलाई बुझाए कारबाही गर्न आफूहरू तयार रहेको सिडिओ केसीले बताए। सार्वजनिक जमिन र सिमसार संरक्षण महानगरको पनि दायित्व भएकाले यस विषयमा महानगर जिम्मेवार हुनुपर्ने उनले बताए।, ‘सिमसार क्षेत्रमा अवैध गतिविधि भइरहेका छन्, म आफैं गएर हेरेको छु,’ उनले भने, ‘जथाभावी भइरहेको छ, बदमासी भइरहेको विषयमा महानगरले हामीलाई भन्नुपर्‍यो, सहकार्य गर्नुपर्‍यो।’, सिमसार पुरिरहेको ठाउँ नजिकै पामेमा प्रहरी कार्यालय छ। प्रहरी कार्यालय अगाडिबाटै दिनहुँ दर्जनौं पटक डोजर र टिपर सिमसार पुर्न गइरहेका छन्। तर प्रहरीले पनि कारबाही गरेको देखिँदैन।, पोखरा महानगरपालिकाले यसबारे जानकारी नदिएसम्म आफूहरूले कारबाही गर्न नसकेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए। यसअघि पटक-पटक अवैध रूपमा चलेका डोजर र टिपर समाते पनि महानगरले नै छाडेको उनले बताए।, ‘हामीलाई अवैध गतिविधि भइरहेको छ, कानुनविपरीत काम भइरहेको छ भनेर महानगरले भन्नुपर्छ, अनि मात्र हामीले अतिक्रमण रोक्न सक्छौं,’ उनले भने, ‘शान्ति सुरक्षाका विषय र अवैध गतिविधिका विषयमा हामीलाई जिल्ला प्रशासन कार्यालयबाट आदेश आउनुपर्छ।’ , धमाधम पुरिँदैछ फेवातालको सिमसार, जोगाउने कुनै सरकार छैन
सेतोपाटी संवाददाता मोरङ कारागारका चौकीदार अभिषेक गिरी छुटेका छन्। , उनी आइतबार जेलमुक्त भएको मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। ९ वर्ष कैद सजाय भुक्तान गरी उनी कारागारबाट छुटेका हुन्। , अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई उनले मोरङ कारागारमा कैद भुक्तान गर्दै थिए। , युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेिएको थियो।, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।, गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो। रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।, पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए।, २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए।, पर्शुराम बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे।, तर, आफ्नै समूहका एक जनाले घटनाको जिम्मेवारी लिँदै अदालतमा बयान दिएपछि गिरीले २०६९ सालमा सफाइ पाएका थिए।, करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए।, काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरणमा योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर त्यहाँबाट पनि उनले अपराध छोडेनन्।, नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।, अभिषेकको अपराध त्यहाँ पनि नरोकिएपछि उनलाई मोरङ कारागार नै पठाउने योजना भयो। तर, मोरङ कारागारले राख्न नमानेपछि गिरीलाई सुनसरीको झुम्कास्थित कारागारमा राखिएको थियो।, त्यहाँ बस्दा पनि अभिषेकले अपराध छोडेनन्। २०६६ साल फागुन महिनामा जेलबाटै मान्छे खटाएर गिरीले पर्शुरामलाई दुई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए।, त्यसको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गरे। पर्शुराम समूहले आक्रमण गर्दा गिरी घाइते भएका थिए, अदालतभित्र प्रहरीले गोली चलाएको थियो।, कारागारबाट छुटे अभिषेक गिरी
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा ललितपुरको भैंसेपाटीबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार साँझ ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले १४ जनालाई पक्राउ गरेको हो। , उनीहरूबाट एक लाख ६१ हजार ९८० रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेमा एक जना महिला र अन्य १४ जना छन्। , उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,  , जुवा खेलेको आरोपमा भैंसेपाटीबाट १४ जना पक्राउ
सेतोपाटी संवाददाता आगामी वैशाख मसान्तभित्र माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर फाल्न रोक लगाइने ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले चेतावनी दिएको छ।, बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो। , सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको हो।, वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगायतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा भनिएको छ।, ‘प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्ने वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्वद्ध पक्ष स्थानीय निकाय समेतले २०८० वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणासहित विश्वासयोग्य कार्यन्वयन प्रकृया सुरु नगरे स्थानीय नागरिकद्वारा २०८० जेष्ठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागि पूर्ण रूपमा रोक लगाइने व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।, महानगरपालिका र स्थानीय सरोकारावाला बिच पटक पटक छलफल भएपछि फोहोरमैला बिसर्जन सुरू भएको हो।, सरोकार समितिले भन्यो- वैशाखभित्रै माग पूरा गर्नू, नत्र फोहोर फाल्न दिँदैनौं
दिपकजंग शाही मंगलबार दिउँसो सुर्खेतमा एक पुरूषको शव फेला पर्‍यो। वीरेन्द्रनगर–१० बुदबुदी टोलस्थित बारीमा शव फेला परेपछि स्थानीयले बेलुका ५ बजे प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको सुर्खेत प्रहरीले घाँटी रेटिएको अवस्थामा पुरूषको शव देखेपछि कोहलपुरबाट मंगलबार नै कुकुरसहितको अनुसन्धान टोली बोलाएको थियो।, शव भेटिएको केही घण्टासम्म पहिचान हुन नसकेको उक्त शवको राति भने पहिचान खुलेको थियो। मृत फेला परेका पुरूष सुर्खेतको वीरेन्द्रनगर–१० दीपनगर टोलका ४१ वर्षीय ध्रुव शाही हुन्।, उनको घाँटीको अघिल्लो भागमा धारिलो हतियारले काटिएको भेटिएको थियो। उनको शव भेटिएको नजिकै चक्कु फेला पर्नु, शव भेटिएको ठाउँ नजिकै बस्ती हुनु, घरबाट निस्किएको केही घण्टामै मृत भेटिनुले यो घटना रहस्यमय देखिएको छ। उक्त घटना हत्या कि आत्महत्या भन्नेमा शंका उब्जिएको छ।, घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने थप अनुसन्धान गरिरहेको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका शाही मंगलबार बिहान १० बजेमात्र घरबाट निस्किएका थिए। उनी नजिकै खजुरामा रहेको दिदीको घरमा जान भनेर निस्किएका थिए।, ‘बिहान १० बजेतिर आफ्नो घरबाट निस्किएर दिदीको घरमा गएका रहेछन्, दिदीको घरबाट भने साढे ११ बजे निस्किएका थिए,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले परिवारको भनाइ उदृत गर्दै भने, ‘शव भेटिएको वरिपरि बस्ती छ, नजिकै चक्कु पनि भेटिएकाले झट्ट हेर्दा हत्याजस्तो नदेखिए पनि थप कुरा त अनुसन्धानबाटै खुल्ला।’, हत्या नै भए पनि बस्ती नजिकै दिनदहाडै मानिसको विभत्स हत्या हुनु आश्चर्यजनक भएको उनले बताए।, घटनापछि प्रहरीले मृतकका परिवारसँग सोधपुछ गरेको थियो। परिवारले उनमा मानसिक तनाव भइरहने समस्या भएको बताएको डिएसपी शाहीले बताए।, ‘घरपरिवारलाई सोध्दा उनी डिप्रेसनको औषधि खान्थे भन्ने छ,’ परिवारको भनाइ उदृत गर्दै उनले भने।, परिवारले प्रहरीलाई भनेअनुसार शाही र उनकी श्रीमती मंगलबार बिहान खाना खानुअघि औषधि लिन भनेर वीरेन्द्रनगर बजारमा रहेको माया नर्सिङ होममा गएका थिए।, अस्पतालबाट फर्किएपछि खाना खाएर शाही दिदीको घर जान भनेर हिँडेका थिए।, ‘अस्पतालबाट गएर खाना खाएछन्, त्यसपछि औषधि नखाएरै बाहिर जान्छु भनेर निस्किएको परिवारले भनेका छन्,’ डिएसपी शाहीले भने, ‘दिदीको घरबाट पनि छिट्टै फर्किएका रहेछन्।’, दिदीको घरबाट निस्किएको समय साढे ११ बजेदेखि शव भेटिँदासम्मको समय उनले कहाँ बिताए भन्ने बारेमा भने खोजी भइरहेको डिएसपी शाहीले बताए।, मृत भेटिएका शाही सुरूमा नेपाली सेनामा कार्यरत थिए। उनले १३ वर्ष जागिर गरेर छोडेका थिए। त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए।, कतारबाट फर्किएपछि उनले गाडी किनेर चलाएका थिए। उक्त गाडी पनि ३–४ महिनामै बेचेका थिए। त्यसयता अहिले पुनः वैदेशिक रोजगारीका लागि जाने प्रयास गरिरहेको परिवारलाई उदृत गर्दै डिएसपी शाहीले बताए। उनका एक छोरा र एक छोरी छन्।, शाहीको शव पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।,  , दिदीको घर जान भनेर हिँडेका ध्रुव फर्किएनन्
नारायण ढुंगाना काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ। , विगतमा जेब्राक्रसिङमै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो। ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबभन्दा बढी जोखिममा रहेको देखाएको छ। एक त सवारी साधनको लापरबाही, त्यसमाथि पैदलयात्रीको बेपरवाहले उनीहरू थप जोखिममा देखिन्छन्। , ठाउँ/ठाउँमा सडक खनिएकाले पनि यात्रुको आवागमनमा अवरोध हुँदा मूल सडकबाटै हिँड्नुपर्ने बाध्यताले पनि बटुवामा जोखिम बढ्छ। जेब्राक्रसिङमा गाडी नरोक्ने, यात्रुहरू बाटो काट्दा–काट्दै हतारमा सवारी साधन अगाडि बढ्ने, छिटो जाने बहानामा लापरबाहीपूर्वक सवारी साधन हाँक्ने प्रवृति चालकमा पनि देखिएको छ। अझ मदिरा पिएर (मापसे गरेर) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने चालकबाट त झन् बढी जोखिम  छ। त्यसका अलावा पैदल या साइकल यात्रुहरूले पनि विशेष ख्याल नगर्दा दुर्घटनाको जोखिम बढाइरहेको पाइन्छ। , यात्रुले सवारी साधन आए/नआएको नहेरी बाटो काट्न खोज्ने, मोबाइलमा कुरा गर्दागर्दै बाटो काट्ने, बाटो काट्दा सवारी साधनको वास्ता नगर्ने प्रवृत्ति पनि बढ्दो छ। चालकको लापरबाहीसँगै बटुवाले गाडीको गतिको ख्याल नगर्ने अवस्था पनि रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजाल बताउँछन्।, पैदल यात्रुको आफ्नै कारण र सवारी चालकको लापरबाहीबाट पैदल हिँड्नेहरू जोखिममा परेका पाइएको ट्राफिक प्रहरीको निष्कर्ष छ। , त्यसैले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पैदल यात्री र साइकलयात्री सचेता अभियान सञ्चालन गर्दै आएको छ।, पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटना कम गराउन सेचतना अभियान जरूरी रहेको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिन्छन्। , उक्त अभियान विगतमा पनि सुरू गरिएर रोकिएकामा जोखिम पनि बढिरहेकाले पुनः थालिएको उनको भनाइ छ।, विसं २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौं भन्ने जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो। त्यसबेला विभिन्न स्कुलका विद्यार्थी तथा सामाजिक संस्थाका प्रतिनिधिलाई सहभागी गराएर पैदलयात्रु सचेतना अभियान चलाइएको थियो। त्यसले सकारात्मक रूप लिएको थियो। बीचमा अभियान रोकिँदा फेरि अवस्था उस्तै बन्दै गएकाले पुनः अभियानलाई निरन्तरता दिइएको प्रवक्त भट्ट बताउँछन्। , आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुपर्छ तर पैदलयात्रुको जेब्राक्रसिङ नभएको स्थानबाट समेत बाटो काट्ने गलत अभ्यास काठमाडौंमा कायमै छ। त्यसले पनि जोखिम बढाएको प्रहरीको जिकिर  छ। यात्रुले भने आवश्यक स्थानमा जेब्राक्रसिङ नहुँदा दुःख पाउने गरेको गुनासो गर्दै आएका छन्।, पैदल यात्रुमा बढ्नसक्ने जोखिमलाई ध्यान दिएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशे पुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सुरूआत गरिएको जनाएको छ।, जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौं भन्ने ‘प्ले कार्ड’ नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर उक्त अभियानको सुरूआत गरेको प्रवक्ता भट्ट बताउँछन्। यो क्रम आज पनि जारी छ। , उक्त अभियानअन्तर्गत सोमबार छ सय ३७ पैदलयात्रीलाई ट्राफिक प्रहरीले सचेत गराएको थियो। अभियानका क्रममा काठमाडौंको न्युरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशे पुलबाट पैदल यात्रुलाई सडक वारपार गर्न लगाइएको थियो।, यस्तै, ट्राफिक प्रहरीले रेडलाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायत विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ९३ साइकलका चालकलाई पनि सचेत गराएर पठाएको थियो। काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बूढानीलकण्ठ, नयाँ बसपार्क, नागढुङ्गा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सचेतना शिक्षा दिइएको छ। , उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक?
नारायण खड्का गुल्मी मुसिकोट नगरपालिका-७ की ५७ वर्षीया गंगादेवी शेरचनको हत्यामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन्।, गत माघ १६ गते बिहान एक घरमा गंगादेवीको शव फेला परेको थियो। , यसमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरी गुल्मी लगिएको हो। यसमा दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। , अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा एक जना बागलुङ, एक जना सिन्धुपाल्चोक र एक जना मकवानपुरका छन्। अनुसन्धान नसकिएको हुँदा प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन। हत्यामा संलग्न रहेको आशंकामा एक जना अझै फरार छन्। , उनी नजिक पनि प्रहरी पुगिसकेको र छिट्टै पक्राउ गरिने ती प्रहरीले बताए। , पक्राउ परेका व्यक्ति पनि पेशेवर अपराधी भएको प्रहरीको भनाइ छ।, ‘पक्राउ परेकामध्ये दुई जना दश-दश वर्ष जेल सजाय काटेकाहरू हुन्,’ ती प्रहरीले भने, ‘काठमाडौंबाट पक्राउ गरी आज गुल्मी ल्याइँदै गरेका व्यक्तिको विगत पनि त्यस्तै देखिएको छ।’, अविवाहित गंगादेवीले घर भाडामा लिएर ‘गंगा होटल’ चलाएर बसेकी थिइन्। उनले खाना खाने र दुई-चार जना बास बस्न मिल्ने होटल चलाएकी थिइन्। , प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चोरी डाँका गर्ने उद्देश्यले चार जना मिलेर उनको हत्या गरेको देखिएको छ। आरोपित व्यक्तिहरू घटना हुनुअघि केही पटक उक्त होटलमा बास बसेर सूचना संकलन गरेको खुलेको एक प्रहरीले बताए र अघिल्लो रात पनि उनीहरू बास बस्न भनेर त्‍यहाँ पुगेको देखिन्छ। , लामो समयदेखि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पनि गुल्मी पुगेर अनुसन्धान गरिरहेको छ।, ‘घटनामा संलग्न मुख्य भनिएका व्यक्ति फरार हुन नपाऊन् भनेर प्रहरीले गोप्य रूपमा काम गरिरहेको छ,’ लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एसपी नबरत्न पौडेलले भने, ‘ती व्यक्तिलाई पक्राउ गर्नासाथ प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्नेछ।’, घटनाको अनुसन्धान गर्न लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी टेकप्रसाद राई पनि दुई पटक गुल्मी पुगिसकेका छन्। उनले पनि यसमा पेशेवर आपराधिक समूह संलग्न रहेको बताए। , गंगादेवीको पोष्टमर्टम गरिसकेको छ। यस्तै भिसेरा गराए पनि रिपोर्ट आइनपुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। , पक्राउ परेका व्यक्तिलाई उनीसहितको टोलीले बुटवलबाट गुल्मी लगिँदैछ।, मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटाले गंगादेवीको हत्या भएको लामो समय बित्दा पनि आरोपित सार्वजनिक नगर्दा वडाबासी त्रासमा बाँचिरहेको बताए। पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन्। , ‘दुई जनालाई पक्राउ गरिएको कुरा प्रहरीले हामीलाई पनि बताउँदै आएको छ,’ उनले भने, ‘तर हत्याको कारण र उनीहरू को हुन् भनेर प्रहरीले अझै सार्वजनिक गरेको छैन।’ , उनका अनुसार गंगाले बुटवलमा घडेरी बेचेर घरमा पैसा राखेको, सहकारीबाट पैसा झिकेको लगायत हल्लाका कारण पनि उनको हत्या भएको आशंका छ। यद्यपि घडेरी बेचेको र पैसा निकालेको भन्नेबारे नखुलेको प्रहरीले बताएको छ।, गत माघ १६ गते बिहान अबेरसम्म पनि गंगादेवी घरबाट निस्केकी थिइनन्। छिमेकीले त्यसबारे गंगादेवीकी बहिनीलाई खबर गरेकी थिइन्। , बहिनी त्यहाँ पुग्दा अगाडिको ढोका बन्द थियो। पछाडिपट्टिको ढोकाबाट भित्र पसेर हेर्दा गंगादेवी भुइँमा मृत फेला परेकी थिइन्। उनको हात-खुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा शव फेला परेको थियो। , उनको मुख, आँखा र टाउकोमा चोट देखिएको थियो। धारिलो हतियार प्रयोग नभए पनि भित्री चोटका कारणले उनको मृत्यु भएको हुनुपर्ने प्रहरीको भनाइ थियो। , गुल्मीकी गंगा हत्या प्रकरण: काठमाडौंबाट थप एक जना पक्राउ
सेतोपाटी संवाददाता महोत्तरीमा आगलागीबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। , बलवा नगरपालिका-४ परौल टोलकी ५० वर्षीया चन्दर देविको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।, उनको बुधबार दिउँसो १२ बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। , गत शनिबार दिउँसो साढे २ बजे परौल टोल बस्ने रामसागर यादवको एक तले कच्ची घरमा आगलागी भएको थियो। , भान्सामा रहेको चुल्होबाट सल्किएर अचानक आगलागी भएको थियो। आगलागी हुँदा घरमा अन्दाजी ८० हजार रुपैयाँ बराबरको क्षति भएको थियो।, आगलागीमा परी ५२ वर्षीय जयकरण यादव र चन्दर देवी घाइते भएका थिए। यादवको अवस्था मध्यम थियो। उनको प्रादेशिक अस्पताल जनकपुरबाट काठमाडौं लगिएको थियो।    , देवीको भने प्रादेशिक अस्पतालमा उपचारको भइरहेकोमा आज मृत्यु भएको हो। , महोत्तरीमा आगलागीबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु
रासस काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ।, नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।, सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ। त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।, कामपाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो। यसप्रकारको अभ्यास यसअघि गरिएको छैन। यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन्। यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ।, सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।, सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ।, त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ।, त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थीलाई परिचालन गरिनेछ।, ‘अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ’, कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन्, अवस्था बुझेर सेवा दिनुपर्छ।’, आजदेखि कानूनका विद्यार्थीहरूले काठमाडौंमा वडाबाटै दिनेछन् निःशुल्क परामर्श
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिका कार्यपालिकाले आफ्नो पहिलो बैठकमा निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक शौचालय व्यवस्थापन गर्ने बताएको थियो। , महानगरले होटल, रेस्टुरेन्ट, वित्तीय संस्था लगायत निजी क्षेत्रहरूसँग सहकार्य गरेर दीर्घकालीनमा रूपमा सार्वजनिक शौचालय अभावको समस्या समाधान गर्ने लक्ष्य राखेको थियो। , मेयर बालेन शाह आफैंले यसका लागि पहल गरेका थिए। काठमाडौंमा ठूलो समस्याको रूपमा रहेको सार्वजनिक शौचालयको समस्या हल हुने भयो भनेर सर्वसाधारणमा खुसी पनि छाएको थियो। तर गत जेठ १६ मै महानगरले गरेको यो निर्णय अहिलेसम्म प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन।, नौ महिनासम्म पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा सर्वसाधारणको सास्ती ज्युँकात्युँ छ।, निजी क्षेत्रको सहकार्यमा सञ्चालित शौचालय सर्वसाधारणले प्रयोग गरिरहेका छन् कि छैनन् भनेर हामीले कुराकानी गरेका छौं। हामीले सोधेकामध्ये धेरैले यसबारे थाहा भए पनि कार्यान्वयन भयो कि भएन भन्नेबारे जानकारी नभएको बताए। , यसको अर्थ उनीहरूले यस्ता शौचालय प्रयोग गरेका छैनन्।, तथ्यांकअनुसार महानगरसँग हाल ४३ वटा सार्वजनिक शौचालय छन्। यीमध्ये केही  सर्वसाधारणको पहुँचमा छन् भने केही छैनन्। पहुँचमा भएका शौचालयको अवस्था नाजुक छ। यिनको मर्मतसम्भार नगरी सञ्चालनमा ल्याउने अवस्था छैन। यो काममै समय लाग्ने भएकाले महानगरले पछिल्लो समय निजी क्षेत्रसँग सम्झौता गरी ११५ वटा शौचालय सर्वसाधारणको पहुँचमा ल्याएको थियो। , ती ठाउँमा सार्वजनिक शौचालयको संकेत पनि राखिएको थियो। तर अहिले अधिकांश ठाउँमा व्यवसायीहरूले त्यो संकेत हटाएका छन्। , त्यसैमध्ये बसन्तपुरका एक हुन् डक गल्बी कोरियन रेस्टुरेन्टका सञ्चालक प्रकाश जोशी।, उनका अनुसार उनले पनि सुरूआतमा बालेनले राम्रो कदम चालेको भनेर लोगो राखे । तर पछि महानगरले चासो नदेखाएपछि उनले लोगो नै हटाइदिए। , ‘मैले पनि राम्रो काम हो भनेर सहयोग गरेको हो,’ उनी भन्छन्, ‘तर यहाँ पानीको एकदमै समस्या छ। सार्वजनिक शौचालयको स्तरोन्नति गर्ने काम समेत भएन। पछि कुनै पनि सहयोग नगरेपछि हामीले पनि हटायौं।’ , केही ठाउँमा व्यवसायीहरूले शौचालय प्रयोग गर्न आउने सर्वसाधारणको चाप भएको दाबी गरेका छन्। बार्दली क्याफेका सञ्चालक पनि आफ्नो रेष्टुरेन्टमा शौचालय प्रयोग गर्न बिहानदेखि नै सर्वसाधारण आउने बताउँछन्।, ‘बिहानदेखि नै शौचालय प्रयोग गर्न सर्वसाधारण आउनुहुन्छ,’ उनले भने, ‘महानगरले सरसफाइको सामग्री दिइरहेको भनेर सुनेको छु तर यसबारे हामीलाई अहिलेसम्म पनि केही थाहा छैन। हामीले सहयोग गर्ने भनेको केही समयको लागि मात्रै हो।’, धेरैजसो सार्वजनिक शौचालयको लोगो राखिएको ठाउँमा बसेर हेर्दा शौचालय प्रयोग गर्न आउनेहरू एकदमै कम थिए। कतिपयलाई त सर्वसाधारणले प्रयोग गर्न पाउने शौचालय छ भन्ने कुरा समेत थाहा थिएन। , यसरी शौचालय प्रयोग गर्न दिएवापत् महानगरले सहयोग गर्ने भनिएको थियो। व्यापारीहरूले पनि यसको अपेक्षा गरेका थिए। तर महानगरले केकस्तो सहयोग गर्ने भन्नेबारे अन्यौल रहेको महानगरका निजी सरकारी साझेदारी विभाग प्रमुख महेश काफ्ले बताउँछन्।  , ‘हामीले सहयोग गर्ने भनेर भनेका हौं तर सेवाप्रदायकले पनि सबै सुविधा भनेर पैसामै खोज्न भएन,’ उनी भन्छन्, ‘अहिले व्यवसायीहरूले सहयोग गर्छ भनेर महानगर समेत चुप लागेर बस्न हुँदैन। हामीले सार्वजनिक शौचालय कति छन् र कसरी काम गर्नुपर्छ भनेर लागिपरेका छौं।’ , सर्वसाधारणहरू भने महानगरले सूचना प्रवाह राम्रोसँग नगर्दा उक्त सुविधा उपभोग गर्न नपाएको बताउँछन्। महानगरले सार्वजनिक शौचालयका लागि सम्झौता गरेका ठाउँहरूबारे जानकारी दिनुपर्ने  र गुगल म्यापमा पनि राख्न सकेमात्र प्रभावकारी कार्यान्वयन हुन सक्ने सर्वसाधारणको भनाइ छ।, अलपत्र पर्‍यो बालेन शाहले ल्याएको सार्वजनिक शौचालय योजना (भिडिओ)
रोहित महतो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाम।, मेडिसिन वार्डको बेड नम्बर ८२ मा छन् तेतरा मण्डल।, उनको उपचार सुरु भएको १५ दिन भयो। श्रीमती रामकली बिरामी श्रीमानकै छेउमा हुन्छिन्। उनका आँखाबाट निरन्तर आँसु बग्दो छ। धनुषाको औरही गाउँपालिका, देउरीका बासिन्दा तेतरा दुई महिनामा दोस्रो पटक प्रादेशिक अस्पतालमा भर्ना भएका हुन्।, उपचारका लागि पैसाको अभाव छ। यसै कारण रामकलीका आँखा रसाइरहन्छन्।   , डाक्टरले तेतराको छातीमा पानी जमेको छ, निको हुन अप्रेसन गर्नुपर्छ भनेका छन्। रामकलीका अनुसार पहिलोपटक यही अस्पताल आउँदा डाक्टरले आइसियू छैन भनेर निजी अस्पताल पठाइदिए। आफूसँग भएको र ऋण गरेको थोरैतिनो पैसाले पुगेन।, सम्पत्तिका नाममा पाँच धुर घडेरी थियो। त्यही बेचेर उपचार गर्ने सल्लाह भयो। रामकलीले चार लाख रुपैयाँमा खडेरी बेचिन्। सबै पैसा सकियो।, केही आराम भएपछि तेतरा फर्के। एक महिनापछि तेतरालाई फेरि सास फेर्न अप्ठ्यारो भयो। निजी अस्पताल जाने उपाय थिएन। रामकलीले तेतरालाई प्रादेशिक अस्पताल, जनकपुर पुर्‍याइन्।, अस्पतालमा श्रीमानको कुरुवा बसेकी रामकलीले भनिन्, ‘जाँचपड्ताल, औषधि–उपचारमा धेरै पैसा खर्च भयो। पाँच धुर घडेरीबाहेक सम्पत्ति केही थिएन। त्यही बेचेर उपचार गरायौँ।’, रामकलीले सरकारी अस्पतालले औषधि उपचारमा लाग्ने खर्चमा छुट दिन्छ भन्ने सुनेकी थिइन्। त्यहीअनुसार छुट दिन डाक्टरहरूसँग हारगुहार गरिन् तर त्यस्तो सुविधा प्राप्त भएन।, तेतराको अवस्थामा केही सुधार भएको छ तर निको भएको छैन। घडेरी बेचेको सबै पैसा सकियो। अप्रेसन गराउन सक्ने अवस्था छैन।, पैसा नभएर उपचार नहुने अवस्था भएपछि रामकलीको समुदायका अगुवाहरूले चन्दा उठाएर सहयोग गरे।, ‘सुरुमा म आफैँ गाउँ पुगेर चन्दा मागेँ। दस, बीस, सय, पचास गरेर केही पैसा जम्मा भयो,’ रामकलीले भनिन्, ‘पैसा नपुग्ने भएपछि फेरि गाउँ गएर सबैलाई भनेँ। अहिले समुदायबाटै चन्दा उठाएर केही सहयोग भयो।’, रामकली र तेतराका तीन छोराछोरी छन्। उनले चन्दा माग्दा कसैकसैले धानचामल पनि दिए। अहिले छोराछोरी त्यही चामल खाँदैछन्।, सरकारी अस्पतालले गरिबको समस्या नबुझेको रामकलीको गुनासो छ।, ‘म पढेलेखेको छैन। गाउँका नेता र अगुवा सबैलाई उपचारमा सहयोग गराइदिन भनेँ तर अस्पतालले सुनिदिएन,’ उनले भनिन्, ‘सरकारी अस्पतालले छुट गरदिन्छ भन्थे, मैले केही पनि पाइनँ। सम्पत्ति केही पनि छैन, ऐलानी जग्गामा बसेका छौँ।’, प्रादेशिक अस्पताल, जनकपुरमा पहुँच नपुग्दा कयौँ बिरामी बाध्य भएर निजी अस्पताल पुग्ने गरेको चिकित्सकहरू नै बताउँछन्।, ‘गरिबलाई आइसियू पाउन समस्या पर्छ। आइसियूमा ६ वटा बेड छन्। त्यो ठूलाबडाले मात्र पाउँछन्,’ प्रादेशिक अस्पतालका एक चिकित्सक भन्छन्, ‘गरिबहरू आइसियू बेड नपाएर निजीमा जान्छन्। निजी अस्पतालले औषधि बाहेक दिनकै २० हजारसम्म असुल्छन्।’, उनका अनुसार ‘ठूलाबडा’ बिरामीहरू आइसियूबाट वार्डमा सर्न र डिस्चार्ज हुन पनि ढिलो गर्छन्। एकदुई दिन बढी बस्न खोज्छन्।, ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५’ मा विपन्न नागरिकले औषधि उपचारमा आर्थिक सहायता पाउने व्यवस्था भए पनि तेतरा त्यसमा समेटिन सकेका छैनन्।, विपन्नको नाउँमा नेता, उच्च कर्मचारी र ‘ठूलाबडा’ मानिने व्यक्ति र तिनका आफन्तले सुविधा लिने गरेको चिकित्सकहरूकै भनाइ छ।, एक चिकित्सकले भने, ‘विपन्नलाई फ्री (निःशुल्क) उपचार हुन्छ भन्छन् तर विपन्नको नाउँमा यहाँ उपचार गराउन आउने मन्त्री, सांसद, कर्मचारी र उनीहरूका आफन्तले सुविधा लिन्छन्।’, अस्पतालले उपलब्ध गराएको विवरणमा मधेश प्रदेशका कांग्रेसका प्रदेशसभा सदस्य शेष नरायण यादवका बुवा सुवरण यादव १० दिन आइसियूमा भर्ना थिए । तर उनको सबै शुल्क अस्पतालले माफ गरिदियो । अस्पतालका अनुसार उनलाई शत प्रतिशत छुट अर्थात ३२ हजार रुपैयाँ गत पुस ९ गते छुट दिइएको छ। त्यस्तै पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवकी श्रीमती ओनिता यादव यहीँ फागुन १ गतेदेखि ४ गतेसम्म आइसियूमा भर्ना थिइन्। अस्पतालले ४ दिन बराबरको आइसियूको बेड चार्ज १२ हजार रुपैँया छुट गरिदियो।, प्रादेशिक अस्पताल जनकपुरले एक दिनको आइसियु बेड शुल्क तीन हजार रुपैयाँ लिन्छ। तर उनिहरूले  निशुल्क  पाए। विपन्नले पाउनुपर्ने सुविधा उनीहरूले पाएको डाक्टरहरूको भनाइ छ। , अर्का एक चिकित्सकले भने, ‘यहाँ सोर्सफोर्सका आधारमा निःशल्क उपचार हुन्छ। गरिबले केही पनि पाउँदैन।’, अस्पतालका निर्देशक डा. प्रमोद यादवका अनुसार सम्बन्धित वार्डका चिकित्सकको सिफारिसमा विपन्नलाई औषधि उपचारमा सहुलियत दिइन्छ।, उनले सम्पन्न तथा 'ठूलाबडा'ले पनि निःशुल्क उपचार गराइरहेको स्वीकार गरे। संख्यात्मक हिसाबमा त्यस्ता सम्पन्न १० प्रतिशत मात्र सम्पन्नले विपन्नले पाउने निशुल्क उपचार पाएको उनको दाबी छ।  , ‘छुट पाउने ९० प्रतिशत विपन्नै छन्। १० प्रतिशत सम्मपन्नले पनि उपचारमा छुट पाएका भने छन्।  हामीले कुनै असहाय, विपन्न र अपांगता भएका व्यक्तिलाई उपचारबाट बन्चित गरेका छैनौँ । बेड चार्ज, अपरेशन, आइसियूमा छुट दिएका छौँ,’ उनले भने।, बिरामीको चाप बढी भएकाले आइसियू बेड व्यवस्थापनमा समस्या हुने गरेको निर्देशक डा. यादवको भनाइ छ।, ‘आइसियू बेड ६ वटामात्र छ, आवश्यकता कम्तीमा २० वटाको छ। आइसियू बेड खाली नहुँदा बाहिर रिफर गर्ने गरेका छौँ,’ उनी भन्छन्, ‘आइसियूमा जनशक्तिको पनि अभाव छ। हामीले बेड संख्या बढाउन र जनशक्ति थप्न मन्त्रालयलाई बारम्बार भनेका छौँ तर सुनुवाइ भएको छैन।’, अस्पतालमा ‘ठूलाबडा’ लाई छुट, विपन्न बिरामी हेरेको हेर्‍यै
रासस सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ।, कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ।, स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। यो तथ्याङ्कमा केही दिन अघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ।, पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ।, निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए।, सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ।, कोरोनाको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ।, कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सुदूरपश्चिममा फेरि देखियो कोरोना संक्रमण
सेतोपाटी संवाददाता आज (बिहिबार) पहाडी भू-भागका केही स्थान तथा तराईका एक-दुई ठाउँमा अपराह्न तिर मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बझ राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।, हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।, भोलि (शुक्रबार) आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राति पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना हुनेछ ।, शनिबार देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  , आज अपराह्नतिर मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने
सेतोपाटी संवाददाता चितवनको भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ।, सूचना प्रकाशन गर्दै अस्पतालले मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर (आठौं तह) माग गरेको हो।, एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएको छ।, मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उपाधि प्राप्त गरेका र विशेषज्ञ चिकित्सकको हकमा एमबिबिएसका अतिरिक्त सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने भनिएको छ।, चिकित्सकहरुले भने भरतपुर अस्पतालले जुनियर चिकित्सकलाई पेल्ने गरी सूचना निकाल्ने गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन्।, उनीहरुले एमडी गरेका चिकित्सकका लागि नवौं तहमा आवेदन खुलाउनुपर्नेमा मेडिकल अफिसर सरह बनाएर श्रम शोषण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।, अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयले नयाँ दरबन्दी स्वीकृत नगरेको अवस्थामा अस्पतालमा बिरामीको उच्च चाप थेग्न अस्थायीरुपमा कर्मचारी राख्न लागिएको बताए।, भरतपुर अस्पतालले माग्यो ज्यालादारी डाक्टर
सेतोपाटी संवाददाता बारामा हतकडीसहित भागेका प्रतिवादी पक्राउ परेका छन्। , पचरौता नगरपालिका-८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए।, उनी ज्यान मार्ने उद्योगका प्रतिवादी हुन्। , कात्तिक १९ गते बिहान १० बजे बाजोपट्टीका कपिलदेव यादव, गोपाल यादव, दुगान्धी देवी समेतलाई उनीसहित ६ जनाले मिलेर ज्यान मार्ने मनसायले घेरा हालेर बाँस, फलाम लगायतले प्रहार गरेका थिए।, यस घटनामा फरार रहेका अंसिकलाललाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो। उनलाई प्रहरीले बाराको बेलाहीस्थित महावीर झन्डा मेलामा फेला पारेको थियो। , उक्त मेलामा फेला पारी हतकडी लगाएर ल्याउने क्रममा मेलामा स्थानीय व्यक्तिहरूले प्रहरीसँग तानातान गर्ने क्रममा उनी भागेका थिए। , त्यसपछि खोजी गर्नेक्रममा उनलाई बिहीबार बारागढी गाउँपालिका-४ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। , उनलाई आजै बारा जिल्ला अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। ,  , बारामा हतकडीसहित भागेका प्रतिवादी पक्राउ
भगवती पाण्डे पाँच वर्षअघि रूपन्देहीका केही गाउँहरू डुल्दै जाँदा उद्योगी तिलप्रसाद भट्टराईले विद्यार्थीहरू गाउँलेका घरमा गएर पानी मागेको देखे।, विद्यालयमा पिउने पानी नभएर उनीहरू पानी खोज्दै घरघर पुग्दा रहेछन्।  , उनले त्यही बेला पानीको अभाव भएका विद्यालय र समुदायमा स्वच्छ पानी उपलब्ध गराउने विचार गरेका थिए। , रूपन्देहीको दक्षिणी भेगमा २० फिट हाराहारी गहिराइमा भूमिगत पानी भेटिन्छ तर पिउन योग्य मानिँदैन। यस्तो पानी पहेँलो र गन्ध आउने हुन्छ। , यो पानीमा उच्च मात्रामा आर्सेनिक तत्व हुने भएकोले पिउन अयोग्य मानिन्छ। आसेर्निकयुक्त पानी स्वास्थ्यका लागि दीर्घकालीन रूपमा हानिकारक हुन्छ।, तैपनि अधिकांश सामुदायिक विद्यालय र घरपरिवारले १५–२० फिट गहिराइमै हाते पम्पबाट पानी निकालेर प्रयोग गर्ने गरेका छन्। , कतिपय विद्यालयहरूले त बजेट अभाव देखाएर यस्तो हाते पम्प पनि राखेका छैनन्। , यस्तो समस्या देखेपछि भट्टराईले तीन वर्षमा १० वटा विद्यालय र केही समुदायमा स्वच्छ पिउने पानी व्यवस्था गरिदिएका छन्। , ‘स्कुलमा विद्यार्थीहरूलाई पिउने पानीको समस्या पर्दो रहेछ। दिनहुँ धेरै विद्यार्थी पानी खोज्दै घरमा आउने भएपछि कतिपयले गेटमै ताला लगाउँदा रहेछन्,’ उनले भने, ‘यस्तो देखेपछि पिउने पानी नभएका विद्यालयमा पानी उपलब्ध गराउँदै जान्छु भनेर प्रण गरेको थिएँ।’ , भट्टराईले २०७६ सालमा ‘पिउने पानी परियोजना’ सुरू गरे। उनका अनुसार हालसम्म १० वटा विद्यालयका चार हजार विद्यार्थी र कम्तीमा एक सय घरपरिवारलाई पिउने पानी पुगेको छ।, उनले यसै साता लुम्बिनी सांस्कृतिक नगरपालिका– ११, जितवापुरमा बोरिङ जडान गरी पिउने पानीको सामूहिक धारा हस्तान्तरण गरेका छन्। , उनले आफू सदस्य रहेको ‘रोटरी क्लब अफ सेन्ट्रल बुटवल’ को ‘स्वस्थ जीवनका लागि स्वच्छ पिउने पानी’ अभियान अन्तर्गत सामुदायिक विद्यालय र समुदायमा पिउने पानी व्यवस्था मिलाएका हुन्। , उनका अनुसार काम संस्थागत भए पनि लगानी व्यक्तिगत हो। , हालसम्म कति खर्च भयो?, भट्टराई यतिउति खर्च भयो भनेर बताउन चाहँदैनन्।, भन्छन्, आफ्नो इच्छाले गरेको काममा यति खर्च भयो भन्दै हिँड्नु उचित हुँदैन। एउटा हातले गरेको सहयोग अर्को हातले समेत थाहा पाउनु हुँदैन भनिन्छ। मैले पानीको व्यवस्था गरिदिएको हुँ, यति हो।’, क्लबका अध्यक्ष हिमाल गैरेका अनुसार खानेपानी परियोजनाको सबै खर्च भट्टराईले व्यक्तिगत रूपमा व्यहोरेका छन्। , गैरे भन्छन्, ‘यति खर्च भयो भनेर हामीलाई भन्नुभएको छैन। हामी त समुदायलाई हस्तान्तरण गर्ने समयमा सहभागी हुनेमात्रै हुने हो।’ , हाते पम्पबाट निकालिएको पानी खाँदै आएका जितवापुरका बासिन्दाले अहिले झन्डै पाँच सय फिट गहिराइबाट तानिएको पानी पाएका छन्। , ‘जितवापुर स्वच्छ पिउने पानी परियोजना उपभोक्ता समिति’ का अध्यक्ष ओमप्रकाश यादवले सरकारले गर्नुपर्ने काम टाढाका एक जना उद्योगीले गरिदिएको बताए। , उनले भने, ‘यति गहिरो बोरिङ गरेर स्वच्छ पानी खान पाउँछौँ भनेर हामीले कल्पना पनि गरेका थिएनौं। सरकारले नगरेको काम तिलप्रसादजीले गरिदिनुभयो।’ , परियोजना हस्तान्तरण कार्यक्रममा रूपन्देही, क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले पानीको चरम अभाव भएको ठाउँमा तिलप्रसादले पुण्यको काम गरेको बताए। , उनले परियोजनाको नियमित मर्मतसम्भार र संरक्षणको जिम्मा समुदायले लिनुपर्ने पनि बताए। , भट्टराईले सरकारको मात्र नभई नागरिकको पनि दायित्व हुने ठानेर स्वच्छ पानीका लागि आफूले प्रयास गरेको बताए। , लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी क्षेत्रमा पिउने पानी समस्या समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताइन्। , उक्त परियोजनाबाट जितवापुरका करिब ३० घर परिवारमा खानेपानीको समस्या समाधान भएको छ।, जितवापुरमा स्वच्छ खानेपानीको समस्या नयाँ होइन। हरेक परिवारले पाँच सय फिट गहिरो बोरिङ गरेर पानी निकाल्न सम्भव हुँदैन। , भट्टराईले लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी, सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईका सामुदायिक विद्यालय र समुदायमा गरी १० वटा पिउने पानी परियोजना निर्माण गरी हस्तान्तरण गरेका छन्। , उनले केही विद्यालयमा पिउने पानी व्यवस्थासँगै शौचालय पनि निर्माण गरिदिएका छन्। , लुम्बिनी सांस्कृतिक नगरपालिका–५, ढोडहवास्थित तरकुल्लाह आधारभूत विद्यालयका शिक्षक मदन पौडेलले विद्यालयमा बोरिङ जडान भएपछि आर्सेनिकयुक्त पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताए। , उनले भने, ‘उहाँ (भट्टराई) त हाम्रो लागि जलदेवता नै हुनुभयो। पहेँलो पानी पिउनुपर्ने बाध्यता थियो, अहिले स्वच्छ पानी पाएका छौँ।’, भूमिगत पानीको सतह गहिरिँदै जान थालेपछि स्वच्छ पिउने पानीको लागि सामुदायिक विद्यालय र घरपरिवार आफैंले लगानी गरेर स्वच्छ पानी पाउने अवस्था नरहेको उनको भनाइ छ। , उनका अनुसार १५–२० फिटमा भेटिने पानीमा आर्सेनिक धेरै हुन्छ। तीन–चार सय फिट गहिराइबाट पानी निकाल्न चार–पाँच लाख रुपैयाँ लाग्छ। , सम्मरीमाई गाउँपालिका–६, मधैयास्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक शिव वसन्त यादवका अनुसार विद्यालयमा पानी उपलब्ध भएपछि विद्यार्थीहरू कक्षा छोडेर पानी खोज्दै गाउँ डुल्नुपर्ने बाध्यता हटेको छ। , पानीको अभाव झेलिरहेका विद्यालयहरूले भट्टराईलाई निवेदन पनि बुझाउन थालेका छन्। दक्षिणी क्षेत्रका केही सामुदायिक विद्यालयहरूको निवेदन आएको भट्टराईले बताए। , को हुन् तिलप्रसाद?, पाल्पामा जन्मेका तिलप्रसाद २०२७ सालमा जागिर खोजी गर्दै बुटवल आएका थिए। पढाइमा निकै तेज थिए तर गरिबीका कारण आठ कक्षामाथि पढ्न पाएनन्।, पढाइ छाडेपछि उनी बुटवल ओर्लेका थिए। जागिर खोज्दै एक दिन बुटवलको सडक विभाग कार्यालयमा पुगेका थिए। , त्यहीँ भेट भएका एक जनाले भारतमा काम मिलाइदिन्छु भनेपछि उनकै पछि लागेर १६ वर्षको उमेरमा दिल्ली पुगे। , ती व्यक्तिले एक जना शिक्षकको घरमा खाना पकाउने काममा लगाइदिए। त्यो परिवारमा उनले काम मात्रै पाएनन्, माया पनि पाए। तिनै शिक्षकले उनलाई पोलिटेक्निकल कलेजमा इलेक्ट्रिक विषय पढ्न भर्ना गरिदिए। , दुई वर्षको पढाइ सकेपछि भट्टराईले भारतको ‘नेसनल रेडियो कम्पनी’ मा जागिर पाए। कार्यालय सहयोगीबाट काम सुरू गरेका भट्टराई एकाउन्टेन्ट (लेखा परीक्षक) भए। , उनको निकै राम्रो प्रगति भयो। कम्पनीले दिल्लीमा घर किनिदियो। स्वदेश पनि आइरहन्थे। बिहे भयो। भारतमै पाँच सन्तान जन्मिए।, चौध वर्ष काम गर्दा उनी कम्पनीका ‘मल्टिमिटर टेक्निसियन’ भए। छोराछोरी पनि हुर्कंदै गए। अन्ततः उनले नेपाल फर्किने निधो गरे।, भारतमा इलेक्ट्रिक क्षेत्रको कामको अनुभव भएकाले उनले नेपालमा बिजुलीको केबुल (तार) उत्पादन गर्ने योजना बनाए। , यही योजनाअनुसार भट्टराई २०४८ सालमा बुटवल फर्किए। उद्योगको लागि बुटवल औद्योगिक क्षेत्रमा ठाउँ पाए। , ‘लुम्बिनी केबुल उद्योग’ नाममा साझेदारीमा उद्योग सुरू गरे। उद्योगले टेलिभिजन, रेडियो, इमर्जेन्सी लाइट लगायतमा लाग्ने लिड तार र डिस एन्टिनामा लाग्ने तार उत्पादन गर्न थाल्यो।  , व्यवसाय बढ्दै गयो। साझेदारीमै प्लास्टिक दाना उत्पादन गर्ने ‘लुम्बिनी पोलिमर प्रालि’ सुरू गरे। , प्लास्टिकका मिटर बक्स बनाउने ‘लुम्बिनी प्लास्टिक फिटिङ प्रालि’ पनि सुरू गरे। , हाल उनले एकल लगानीमा ‘पूजा इलेक्ट्रिक प्रोडक्ट’ उद्योग चलाएका छन्। यसले बिजुलीका बोर्ड र स्वीच उत्पादन गर्छ। , अर्को छ ‘पूजा प्लास्टिक उद्योग’ जसले प्लास्टिक हेंगर, पर्दा झुन्ड्याउने पाइप, डोर बेल, पिठो चाल्ने चाल्नी लगायतका सामान उत्पादन गर्छ। , उनको एकल लगानीका दुई वटा उद्योगमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। , उनले यिनै उद्योगको कमाइको केही अंश सार्वजनिक हितमा प्रयोग गरेका हुन्। , भट्टराई भन्छन्, ‘समाज सेवामा कति खर्च भयो, मेरो सम्पत्ति कति छ भन्ने कुरा ठूलो होइन। म ७१ वर्षको भएँ। मैले कमाएको सम्पत्ति यिनै उद्योग हुन्।’ , उनले बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्ष र नेपाल औद्योगिक क्षेत्र उद्योग संघको केन्द्रीय अध्यक्षका रूपमा पनि जिम्मेवारी पूरा गरेका छन्। , मानिसले आफ्नो सम्पत्तिको केही अंश सार्वजनिक हितमा उपयोग गर्नुपर्छ भन्ने उनको मान्यता रहेको छ। यसै अनुसार उनी खानेपानी परियोजनामा लागेका छन्। , यस्तो कामबाट आफूलाई सन्तुष्टि मिल्ने उनको भनाइ छ। ,  ,  ,  , जसले आफ्नै खर्चमा रूपन्देहीका गाउँ र स्कुलमा पुर्‍याउँदै छन् खानेपानी
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ को ‘कोसी प्रदेश’ नाम राखिएको विरोधमा पहिचान पक्षधरले गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।, प्रदेश सभा भवन अगाडि  पहिचानपक्षधर कविहरूले नामको विरोधमा कविता भन्ने कार्यक्रम थियो। , कार्यक्रमबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा जनकऋषि राई र सञ्जय याक्खा छन्।  उनी पत्रकार महासंघ सुनसरीका अध्यक्षसमेत हुन्।, लामो समयदेखि पहिचानको आन्दोलन चलेको प्रदेशको नाम नै पहिचानविहीन बनाइएको भन्दै आन्दोलन भइरहेको छ।,  , कोसी प्रदेश नामारणको विरोधमा प्रदर्शन गर्ने २ जना पक्राउ
सेतोपाटी संवाददाता सर्वोच्च अदालतमा गाँजा वैधानिकताको मागसहित बिहीबार रिट निवेदन दायर भएको छ। , लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत नेपालमा गाँजा सम्बन्धी कानुन निर्माण गरी गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखेर पोखराका ऋगेन्द्र गिरी नेतृत्वको नेपाल फर्म व्यवसायी संघले रिट निवेदन दाएर गरेको हो। , पारमादेश जारी गर्न माग गर्दै दिएको रिटको पेशी चैत ६ गते तोकिएको छ। , संघका कानुनी सल्लाहकारसमेत रहेका रिट निवेदक वरिष्ठ अधिवक्ता सरोज अधिकारीले लागु औषध नियन्त्रण ऐनको परिच्छेद २ दफा ५ (क) ले औषधीय प्रयोजनका लागि र ५ (ख) ले साधुसन्त लगायतका तोकिएको वर्गले गाँजा उपभोग गर्न मिल्ने व्यवस्था गरेको बताए। , सोही परिच्छेद को दफा ४ (छ) र दफा ४ कै स्पष्टीकरणले गाँजा बाहेक अन्यलाई मात्र लागुऔषध ठहर गरेको र ४ (१) ले नेपाल को पश्चिमी पहाडी भेगमा उम्रने गाँजाबाट चरेश उत्पादन गर्न मिल्ने व्यवस्था गरेको समेत देखिएको उनले बताए। , दाङका नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय समिति सदस्य तथा नेपाल फर्म व्यवसायी संघका उपाध्यक्ष रविन्स डाँगीले विगत ३ वर्षदेखि गाँजा वैधानिकताको मागसहित विभिन्न कार्यक्रम हुँदै आएपनि रिट दायर हुनु खुशीको कुरा भएको बताए। , विभिन्न निकाय तथा राजनीतिक दलहरूमा पहल गर्दा पनि बेवास्ता गरेपछि सर्वोच्च पुग्नुपरेको उनले बताए। ,  , गाँजा वैधानिकताको मागसहित सर्वोच्चमा रिट दायर
सेतोपाटी संवाददाता कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ।, कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो।, उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।, विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताएका छन्।, उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए।, कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डिन दत्तले अश्लील हरकत गरेको भिडिओ सार्वजनिक भएको थियो।, जुम बैठकमा उनले अडियो म्यूट गरेका थिए भने, भिडियो अन नै थियो।, दत्त कृषि संकायको ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए।, निलम्बनमा परे कृषि विश्वविद्यालयका डिन
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित चौकीडाँडामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बेलौरी नगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।, कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सुसन चौधरी वकिलसँग कानुनका कुरा, कुनै विवाहित जोडी सँगै बस्न नसक्ने भएपछि सम्बन्ध विच्छेद गर्ने गर्छन्।, तर धेरैलाई सम्बन्ध विच्छेदको प्रक्रिया थाहा नहुन सक्छ।, कुन-कुन अवस्थामा श्रीमान-श्रीमतीले सम्बन्ध विच्छेद गर्न मिल्छ, अंशबण्डा के आधारमा हुन्छ, सन्तानमा कसको बढी हक लाग्छ, आदिबारे बुझ्न हामीले अधिवक्ता शशी बस्नेतसँग कुराकानी गरेका छौं। , हेर्नुहोस् उनीसँगको कुराकानी भिडिओमा-, नेपालको कानुन अनुसार सम्बन्ध विच्छेद गर्ने आधार के/के हुन्?, नेपालको कानुनले डिभोर्स गर्नको लागि महिला र पुरूषको लागि छुट्टाछुट्टै आधारहरू तोकिदिएको छ। पुरूषले डिभोर्स गर्न चाहेमा निवेदनमा महिलाको कारण डिभोर्स गर्न चाहेको भनेर उल्लेख गर्नुपर्छ। , पतिले तीन आधारमा डिभोर्सको निवेदन दर्ता गर्न मिल्छ। , पहिलो आधार, श्रीमतीले श्रीमानको मन्जुरीबिना तीन वर्ष वा बढी समय छुट्टिएर बसेको छ भने पुरूषले डिभोर्सको लागि आवेदन दिन सक्छन्। , दोस्रो आधार, श्रीमतीले श्रीमानलाई खान लाउन नदिएर घरबाट निकालिदिएको, वा अंगभंग हुने गरी कुटपिट गरेको, मानसिक र शारीरिक तनाव दिने गरेको पुष्टि भएमा सम्बन्ध विच्छेद गर्न पाउँछ। साथै श्रीमतीले परपुरूषसँग शारीरिक सम्बन्ध राखेको ठहरिएमा पनि पुरूषले डिभोर्सको लागि पहल गर्न मिल्छ। , यसैगरी श्रीमतीले सम्बन्ध विच्छेद गर्ने आधार पनि छन्। ती आधार देखाएर सम्बन्ध विच्छेदको निवेदन दिन सक्छन्। , पहिलो आधार, श्रीमान-श्रीमतीबीच अंशबण्डा नभई श्रीमानको मञ्जुरीबिना तीन वर्ष वा बढी अवधिदेखि छुट्टिएर बसेको भए महिलाले सम्बन्ध विच्छेदको निवेदन दिन पाउँछन्। , दोस्रो, श्रीमानले अंगभंग हुने गरी कुटपिट गरी मानसिक तनाव सृजना हुने गतिविधि गरेमा ‍वा खाना लाउन नदिएर घरबाट निकालिदिएको अवस्थामा वा श्रीमानले बहुविवाह गरेको अवस्थामा महिलाले सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया अघि बढाउन सक्छन्।  , तेस्रो,  श्रीमानले परस्त्रीसँग शारीरिक सम्पर्क राखेको ठहरिएमा पनि महिलाले डिभोर्सको लागि निवेदन दर्ता गर्न मिल्छ। , चौंथो, श्रीमानले श्रीमतीलाई बलात्कार गरेको पाइएमा पनि महिलाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गर्न पाउने आधार हुन्छ। , सम्बन्ध विच्छेद अदालती प्रक्रिया कस्तो हुन्छ?, विवाहित महिला वा पुरूषले डिभोर्स गर्न चाहेमा सम्बन्धित जिल्ला अदालतमा गएर निवेदन दिन मिल्छ। जसलाई फिरादपत्र भनिन्छ।  श्रीमान वा श्रीमती जो कोहीले मुद्दा दर्ता गरेपछि अर्को पक्षलाई अदालतले जानकारी गराउँछ। यस्तो जानकारी पाएपछि अर्को पक्षले फिरादपत्रको प्रतिउत्तर दर्ता गर्नुपर्छ। त्यसपछि बल्ल सो मुद्दाको अदालती प्रक्रिया सुरू हुन्छ।, कति समयभित्र डिभोर्सको कागजी कामकाज सकिन्छ?, श्रीमान-श्रीमतीले सहमतिमा डिभोर्स गर्न चाहे भने दुई-तीन दिनमा सबै काम-प्रक्रिया सकिन्छ। त्यसको लागि दम्पतीबीच अगाडि नै सम्पत्तिको बाँडफाँट, बच्चा छ भने उसको पालनपोषणबारे छलफल र सहमति हुनुपर्छ। , एउटा पक्षले डिभोर्सको माग गरेको तर अर्को पक्ष सम्बन्ध विच्छेद गर्न राजी नभएमा अदालतले मेलमिलापको लागि पठाउन सक्छ। , त्यस्तो अवस्थामा डिभोर्स गर्न चाहेको आधार हेरी थप प्रमाण संकलन गर्नुपर्छ। सहमतिमा डिभोर्स फाइल गरेको हैन भने प्रमाण जुटाउनदेखि पुष्टि गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा छुट्टापत्रको काम सकिन कम्तीमा एक वर्ष वा बढी लाग्छ। , सम्पत्ति बाँडफाँट कसरी हुन्छ? , महिलाले श्रीमानलाई खाना नदिएर घरबाट निकालिदिएको अवस्थामा, महिलाले अरू परपुरूषसँग शारीरिक सम्पर्क राखेको ठहरिएमा, वा मानसिक यातना दिएको पुष्टि भएमा पतिले पत्नीलाई अंश नदिनुपर्ने व्यवस्था छ। , तर पत्नीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्दा पतिबाट सम्पत्ति पाऊँ भनी माग राखेको छ भने पतिले आधा सम्पत्ति पत्नीलाई दिनुपर्ने कानुनी व्यवस्था छ। , श्रीमानले आफ्नो पैत्तृक सम्पति नलिएको भएमा अंशियारलाई बोलाएर श्रीमानको नाममा अंशबण्डा गरिन्छ। अनि पतिको भागमा आएको अंशको आधा भाग श्रीमतीलाई दिनुपर्छ। , सन्तान छन् भने सो अंश सन्तानमा पनि बाँडिन्छ। पति-पत्नीको नाममा रहेको सगोलको सम्पत्ति पनि सम्बन्ध विच्छेद गर्दा बराबरी रूपमा बाँडफाँट हुन्छ। , सम्बन्ध विच्छेद गर्दा सन्तानमा कसको बढी हक लाग्छ? , पाँच वर्षभन्दा मुनिको नाबालक छ भने सन्तानको जिम्मा आमाले पाउँछिन्। यस्तो अवस्थामा श्रीमतीले दोस्रो विवाह गरेको भए पनि सन्तानमा उनको हक बढी लाग्ने कानुनी प्रावधान छ। पाँच वर्षभन्दा माथि र दस वर्षभन्दा कम उमेरको सन्तान छ भने आमाले चाहेको खण्डमा वा दोस्रो विवाह नगरेको भएमा सन्तान आमाको जिम्मामा बस्ने कानुनमा लेखिएको छ। , तर दस वर्षभन्दा माथि उमेरको बच्चा छ भने ऊ कोसँग बस्न चाहन्छ भनेर अदालतले बुझ्नुपर्छ। , यसरी बच्चाको जिम्मा लिनेले सन्तानको पालनपोषण, शिक्षा, स्वास्थको पनि जिम्मेवारी लिनुपर्छ। जिम्मा लिने पक्षको आर्थिक अवस्था कमजोर भएमा मात्र अर्को पक्षले शिक्षा, भरणपोषणको जिम्मा लिनुपर्ने हुन्छ।, विदेशमा बसेर  सम्बन्ध विच्छेदका लागि आवेदन दिन मिल्छ?, सम्बन्ध विच्छेद गर्दा दुवै पक्ष अदालतमा उपस्थित हुनुपर्ने हुन्छ। तर दुई जनामध्ये एक जना विदेशमा छन् भने विदेशमा हुने पक्षले सम्बन्धित देशको दूतावासमार्फत् डिभोर्सको निवेदन नेपाल पठाउन मिल्छ। , अधिकृत वारिसनामा कागजहरू बनाएर दूतावासमा पेश गर्न सकिन्छ। आफ्नो तर्फबाट मुद्दा हेरिदिने व्यक्तिलाई अधिकृत वारेस भनिन्छ। दूतावासमा कागजहरू पेश गर्दा कारण सम्बन्ध विच्छेद गर्न चाहेको वा मेलमिलाप गर्न चाहेको कुरा खुलाएर नेपाल पठाएपछि यहाँबाट अधिकृत वारेसले  ती कागजका आधारमा अदालतबाट तारिख लिन मिल्छ। यसरी विदेशमा बसेका व्यक्तिले नेपालमा डिभोर्सको प्रक्रिया अगाडि बढाउन मिल्छ। , कस्तो व्यक्तिले सम्बन्ध विच्छेद गर्न मिल्छ? , सबै सम्बन्ध राम्रो र सुमधुर हुन्छ भन्ने हुँदैन। दुई व्यक्ति असल भएर पनि सम्बन्ध राम्रो नहुन सक्छ। कतिपय सम्बन्ध धेरै यातनापूर्ण, पीडादायी हुन सक्छ जसकारण परिवारमा नकारात्मक वातावरण सृजना हुन्छ। पति-पत्नीको सम्बन्ध निकै नराम्रो भएको खण्डमा कुनै एक पक्षले माथि उल्लेख गरिएको कारणलाई आधार बनाएर डिभोर्सको निवेदन दर्ता गर्न मिल्छ। साथै सम्बन्ध विच्छेदसित आउने अंशबण्डा, सन्तानको रेखदेखबारे जिम्मेवारी बहन गर्न तयार हुनुपर्छ। , सम्बन्ध विच्छेद गरेपछि पुनः विवाह गर्न मिल्छ? , सम्बन्ध विच्छेद गरेपछि पुन: अर्को विवाह गर्न मिल्छ। सम्बन्ध विच्छेद गरेपछि निजले सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट अविवाहित भएको सिफारिस बनाउनु पर्छ। सिफारिस बनाउँदा पछिल्लो सम्बन्ध विच्छेद हुँदा भएको फैसला पेश गर्नुपर्छ। अनि बल्ल दोस्रो विवाहको लागि प्रक्रिया अगाडि बढ्छ। , यस्तो छ सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया (भिडिओ)
रासस मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। , म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए।, ‘चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,’ उनले भने, ‘पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो।’, निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए। म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ। एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ। , यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ। बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो। , राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ। , बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द
एजेन्सी भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ।, अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। , हेलिकप्टर केही घन्टा अगाडि नै हराएको थियो। , हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो।, भारतीय सेनाका अनुसार हेलिकप्टर पश्चिमी बमदिला मन्डला क्षेत्रमा दुर्घटना भएको हो। , उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। , उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ। दुर्घटनामा परेको हेलिकप्टर सेनासँग भएको सबैभन्दा पूरानोमध्ये एक हो।, भारतीय सेनाको हेलिकप्टर अरूणाञ्चल प्रदेशमा दुर्घटना
सेतोपाटी संवाददाता कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गोदावरी नगरपालिका– ३ स्थित चौकीडाँडामा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।, कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायण खड्का दाङमा एक महिलाको कोठामा लागेको आगोका कारण निस्सासिएर मृत्यु भएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। , घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुवाँका कारण निस्सासिएर मृत्यु भएको पूर्व अनुमान गरिएको सेतोपाटीलाई बताए। , देवीगञ्जस्थित घर्तीको घर गाउँभन्दा झन्डै एक डेढ सय मिटर टाढा रहेको छ। उनी एक्लै बस्दै आएकी थिइन्। , ‘स्थानीयलाई बुझ्दा मृतकले सधैं मापसे गर्ने र चुरोट पनि सेवन गर्ने गरेको भन्ने कुरा गरे,’ प्रहरी निरीक्षक केसीले भने, ‘मापसे गरेको समयमा चुरोट खाएर ठूटो फाल्दा सिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर निस्सासिएर मृत्यु भएकोजस्तो देखिएको छ।’, तर, मृतकको शरीरमा भने कतै जलेको वा पोलेको घाउखत नदेखिएको उनले बताए।, कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए। , ‘कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो र त्योभन्दा मुन्तिर फलामे रडले पनि ढोका थुनिएको थियो,’ केसीले भने, ‘कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेको हुँदा ढोकानजिकै लडेको जस्तो देखियो।’, बिहान स्थानीयले लामो समयसम्म पनि ढोका नखोलेको देखेपछि उठाउन भनेर ढोका ढकढक्याउन गएको र त्यसक्रममा कोठाको भेन्टिसेलनबाट धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। , प्रहरी निरीक्षक केसीका अनुसार प्रहरी बिहान घटनास्थल पुग्दा पनि धुवाँ उडिरहेको थियो। , घर्ती बस्ने घरमा बिजुली बत्ती छैन। उनले उज्यालोको लागि टुकी बाल्ने गरेको स्थानीयले बताएका छन्। सोही टुकी वा चुरोटको ठूटोबाट आगो सल्केको अनुमान रहेको उनले जानकारी दिए।, ‘घटनाको प्रकृति हेर्दा टुकीभन्दा पनि चुरोट खाएपछि सावधानीपूर्वक ननिभाउँदा विस्तारामा सल्केको अनुमान गर्ने आधार देखिएका छन्,’ उनले भने, ‘थप कुरा पोष्टमर्टम रिपोर्टपछि भन्न मिल्ला।’, स्थानीयका अनुसार एक वर्ष पहिला पार्वती र उनका श्रीमानको सम्बन्ध विच्छेद भएको थियो। , पार्वतीका तीन छोरा काठमाडौंमै छन्। उनीहरू आएपछि मात्रै शवको पोष्टमर्टम हुने प्रहरीले जानकारी दिएको छ।, शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। , दाङमा कोठामा निस्सासिएर एक महिलाको मृत्यु
सेतोपाटी संवाददाता विभिन्न घर तथा भवन निर्माणको क्रममा खनिएको माटो सडकमा खसालेर नगर प्रदूषित बनाएको भन्दै ललितपुर महानगरपालिकाले निर्माण कम्पनीलाई कारबाही गरेको छ।, महानगरपालिका यसअघि नै सडकमा माटो नखसाल्न, खसालेको भए तत्काल उठाउने व्यहोराको सूचना सार्वजनिक गरिसकेको थियो।, उक्त सूचनालाई अवज्ञा गर्दै गएराति सडकमा जथाभावी माटो खसालिएको पाइएपछि कानुनअनुसार कारबाही गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।, निर्माण कम्पनीले रातिको समयमा माटो बाहिर पठाउने गरेको र त्यहाँबाट निस्कने ट्रकले माटो खसाल्दा सडकमा धुलो-हिलो बढेको र नगर नै प्रदूषित भएको मेयर महर्जनले बताए।, महानगरले निर्माण कम्पनीलाई सडकमा माटो नखसाल्न र निर्माण सामग्री नथुपार्न पटक पटक सूचीत गर्दै आएको समेत उनले जानकारी दिए। ‘सुरुमा सचेत गराउँछौँ, अटेर गर्नेलाई कानुनअनुसारको कारबाही गर्छौं,’ उनले भने,‘हिजो राति नर्भिक अस्पतालको भवन बनाउने रोशन कन्टछ्रक्सनले ललितपुरका विभिन्न ठाउँमा राती माटो र फोहोर फालेकाले कारबाहीको दायरामा ल्याएका हौ।’, रातीको समयमा ललितपुरको पुल्चोक, जावलाखेल, मानभवन, सातदोबाटोका सडकमा अन्य सवारीलाई असर गर्ने गरी माटो खसालिएको थियो।, सिसि क्यामेराको सहयोगमा माटो फाल्ने ट्रकलाई पहिचान गरी कारबाही गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए। ‘हामीले राती-राती सडकमा माटो फाल्नेलाई सिसीटिभीको माध्यमबाट पहिचान गरेका हौ’, उनले भने,‘यसरी सडकमा जो कोहीले पनि माटो या अन्य कुनै फोहोर फालेमा कारबाही गर्नेछौ।’, महानगरले नगरलाई स्वच्छ र हराभरा बनाउने अभियान तिब्र पारेको भन्दै कुनै पनि निर्माण सामाग्री सडक किनारमा नराख्न र भवन निर्माण स्थलबाट उठाएको माटो राम्रोसँग छोपेर सडकमा नखस्नेगरी निर्धारित ठाउँमा पुर्‍याउनसमेत अनुरोध गरेको छ।, महानगरपालिकाभित्रका विभिन्न स्थानको दैनिक महानगरले सडकको धुलो पखाल्ने गरेको जानकारी दिँदै मेयर महर्जनले यो क्रम निरन्तर रहने बताए।, सडकको धुलो बढार्न महानगरपालिकाले ब्रुमरको प्रयोग गर्दै आएको छ। ,  , रातको समयमा जथाभावी सडकमा माटो खसाल्नेलाई ललितपुर महानगरको कारबाही
मीरा चौधरी यसपालि ,'महिनावारीका कुरा', मा हामीले ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मीरा चौधरीको अनुभव समेटेका छौं। वीरगन्जमा जन्मिएकी ५३ वर्षीया मीरा सानैदेखि खेलकुदमा सक्रिय थिइन्। विशेषगरी फुटबल खेल्न रूचाउँथिन्। नारायणी अञ्चलको प्रतिनिधित्व गर्दै पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुदमा सहभागी भएर खेल्ने मौका पाइन्। त्यसपछि २०४१ सालमा राष्ट्रिय महिला फुटबल टिमबाट खेल्न थालेकी मीरा २०४५ सालमा क्याप्टेन समेत भइन्। उनी २०५१ सालमा नेपाल प्रहरीमा भर्ती भएकी हुन्।, सेतोपाटीका ,मन्दिरा घिमिरे,ले मीरासँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।,  , ***, पहिलोपटक महिनावारी हुँदा म १३ वर्षकी थिएँ। बिहान स्कुल जाने समय थियो। कपडा फेर्ने बेलामा कपडामा रगत देखेँ। के भएको रहेछ भनेर आमालाई सोधेँ। आमाले महिनावारी भएको भन्नुभयो। त्यसपछि महिनावारीलाई कसरी सम्हाल्ने, केके कुरा गर्नुपर्छ भनेर त्यही बेला आमाले सिकाउनुभयो।, महिनावारी भएपछि अन्य समुदायमा जस्तो गुफा राख्ने, लुकाउने जस्ता काम हाम्रोमा भएन। मेरी आमा र बाको अन्तरजातीय बिहे भएर हो कि, कुनैको जातजातिको परम्परामा बाँधिएर बस्न नपरेर हो वा मेरा अभिभावकले यी कुरा जरूरी छैन भनेर हो, बार्ने लगायतका काम भएनन्। पूजाकोठामा जान हुँदैन भनेर रोक लगाउने काम पनि भएन।, त्यसैले म स्कुल पनि गएकी थिएँ। , मेरा साथीहरूलाई भने कति दिनसम्म घामै नदेखाई लुकाएर राखिएको मलाई थाहा थियो। त्यति बेला किन त्यसो गरेको होला भन्ने लाग्थ्यो। बुझ्ने भएपछि थाहा पाएँ, यो त मानव अधिकारसँग जोडिएको कुरा पनि हो। महिनावारी शारीरिक रूपमा हुने नियमित प्रक्रिया हो। महिनावारीकै कारण घरमा लुकाएर, बन्देज गर्ने र स्कुल जानबाट बञ्चित गराउनु त भएन नि। महिनावारी बार्न लगाउनु त अधिकार हनन नै भयो नि! , मैले म महिनावारी हुनुअगाडि कहिल्यै पनि यसबारे शिक्षा पाइनँ। आफैं महिनावारी भएपछि मात्र जानकारी हुँदै गयो।, मलाई महिनावारी हुँदा शारीरिक कठिनाइ हुन्थ्यो। त्यसैले दुखाइ कसरी कम गर्ने भनेर म आफैं काम गर्थेँ। कहिले औषधि खान्थेँ त कहिले व्यायाम गर्थेँ।, महिनावारी हुँदा ज्यान थाकेको हुन्छ। शारीरिक रूपमा कमजोर भएको अनुभूति हुन्छ। यस्तो बेला मान्छेलाई सामीप्यताको खाँचो हुन्छ। तर त्यही बेला छुट्टै राख्ने काम हाम्रो समाजमा हुनु गलत हो। यो गर्नु हुँदैन। यस्तो बेला महिलालाई झन् धेरै सहायता र सहयोग गर्नुपर्छ।, अझ बारीमा गयो भने फल झर्ने, अचार छुँदा बिग्रिने, जनै लगाएका मानिसलाई छुन नहुने जस्ता कुरा हाम्रो समाजमा देखिन्छन्। ती कुरा मलाई पहिले पनि मिथ्या लाग्थ्यो, अहिले त मिथ्या साबित नै भएको छ।, मलाई कहिल्यै पनि मेरी आमाले महिनावारी भएका बेला यी कुरा गर्न जोड दिनुभएन। सायद ममा अन्य पारिवारिक जिम्मेवारी भएर पनि होला। यी कुरा घरमा कहिल्यै हाबी भएनन्।, महिनावारीबारे मैले जहिल्यै खुलेर कुरा गरेकी छु। कठिनाइ, गाह्रो भइरहेको छ भनेर अरूले खुलेर सहयोग गर्नुहुन्थ्यो। धेरै महिलाहरू पुरूष साथीसँग कुरा गर्न लजाउनु हुन्छ। तर यसमा लजाउनुपर्ने कुनै कुरा छैन।, महिनावारीलाई कसैले पनि नराम्रो मानेको छैन। यहाँ बुझाइको फरक मात्र हो। जसरी बुझाउँछौं त्यसरी नै बुझ्छौं।, नेपाल प्रहरीमा पनि महिनावारीको समयमा कसैलाई गाह्रो हुँदा उहाँहरूलाई हामीले सहुलियत दिन्छौं। तालिमका बेला महिनावारीकै कारण कसैलाई कठिनाइ भइरहेको छ भने त्यो समयमा सहज तालिम दिने र पछि पुनः कोर्स सक्ने गरेका छौं। , म पहिले फुटबल खेलाडी थिएँ। खेलाडी जीवनमा महिनावारीकै कारण मैले पाएका अवसर कहिल्यै गुमाउन चाहिनँ।, प्रहरीमा १५ महिने तालिम हुन्थ्यो। महिनावारी हुँदा मुश्किल भए पनि व्यायाम गरेर दुखाइ भुलाउँथे।, धेरैजसो दुर्गम क्षेत्रमा २-३ घन्टा हिँडेर स्कुल जानपर्ने स्थिति अझै छ। महिनावारीका कारण समस्या हुने भएकाले कति किशोरी स्कुल नै जाँदैनन्। किशोरीहरूले स्कुल छाड्नेमध्ये यो पनि एक कारण हो। हामी लैंगिक समानताको कुरा गरिरहेका छौं। जब अवसर नै समान हुँदैन तब समान प्रतिस्पर्धा कसरी हुन सक्छ?, हेर्दा यी कुरा सामान्य र सानो देखिएला। तर यस्तै साना कुराले महिलाहरू विभिन्न अवसरबाट वञ्चित हुनु परेको छ। दीर्घकालीन रूपमा ठूलो असर परेको हुन्छ। समानताको कुरा मात्र गरेर हुँदैन, व्यवहारमा हुनुपर्छ।, महिनावारीका कुचलनलाई धर्मसँग जोडेर पनि व्याख्या गरिएको हुन्छ। समाजमा जब धर्मको कुरा ल्याएर मान्छेलाई केही कुरा सिकाइन्छ तब मानिसहरूको मनोविज्ञान परिवर्तन गराउन गाह्रो हुन्छ। त्यसैले समाजमा भएका नराम्रा चलन रोकेर राम्रा चलन मात्र अगाडि बढाउनुपर्छ। धर्म र परम्पराका नाममा नराम्रो अभ्यासलाई निरन्तरता दिन हुँदैन।, हामीले बालबालिकाहरूलाई महिनावारी सँगै प्रजनन स्वास्थ्यबारे पनि जानकारी दिनुपर्छ। महिनावारी हुनु भनेको एक महिला संसार अगाडि बढाउन सक्ने भइन् भन्ने एक प्रतीक पनि हो। कतिपय अवस्थामा प्रजनन स्वास्थ्यबारे थाहा नहुँदा र घरपरिवार र स्कुलबाट शिक्षा नदिँदा सानैमा गर्भवती हुने अवस्था पनि आउँछ।, त्यसैले यी कुराहरू रोक्न पनि हामीले साना बालबालिकालाई प्रजनन स्वास्थ्यबारे जानकारी दिन लजाउनु हुँदैन। महिनावारी र प्रजनन स्वास्थ्यको अन्तरसम्बन्ध छ भनेर बुझाउन सक्नुपर्छ।, यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडि‌ओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ), ६-, ,एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ), ७-, ,कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ), ८ -, ,महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ), ९-, ,म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ),  , डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ)
रासस बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन्।, बेलुका ६ बजेर २५ मिनेटमा ३.२ र ६ बजेर २६ मिनेटमा ३.५ रेक्टर स्केलका भूकम्प गएको हो। , दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।, पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ।, बैतडीमा लगातार दुई भूकम्प
सेतोपाटी संवाददाता पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।, शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।, पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा ग १ ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।, कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।, बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।, पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
सेतोपाटी संवाददाता हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो।, अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ।, उनले  आज दिनभरजस्तो बादल लाग्ने भन्दै कतै कतै सामान्य घाम लागे पनि केही बेरमै बादलले छोप्ने जानकारी दिइन्।, मौसमविद् कँडेलका अनुसार आज काठमाडौंमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना छ। तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन्।, अबका एक-दुई दिन देशभर मौसममा बदली हुने उनले जानकारी दिइन्। देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने उनले बताइन्।, आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।, ‘आज तराईमा हावाहुरीको सम्भावना छ, काठमाडौंमा पनि हावाहुरी चल्छ, तर ठूलै असर गर्ने गरी आउँदैन। सामान्य अवस्थामा भन्दा अलि बढी मात्र हो’, उनले भनिन् ।, महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। , देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  , भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना
सेतोपाटी संवाददाता क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको हो। , उनले तीन जनालाई क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने बताएका थिए। त्यसरी मासिक एक लाख भन्दा धेरै तलब हुने भन्दै उनीहरूबाट १५ लाख ठगेको आरोप छ। , रकम लिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ। ,  , क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो १ बजे गोरखा नगरपालिका-६ बिसौनीमोडमा अनियन्त्रित भएर मिनीट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। , गोरखा बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्र.३-०१-००३ क ६१७० नम्बरको मिनीट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट जाँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल तथा पैदलयात्रीलाई ठक्कर दिएको थियो। , उक्त ठक्करपछि मिनीट्रक अन्दाजी २० मिटर तल खसेको कार्यालयले जनाएको छ। उक्त ट्रक खसेर जिल्ला ट‍्राफिक कार्यालयको भवनमा ठोक्किन पुगेको हो। उक्त भवनसँगै जिल्ला प्रहरी कार्यालय गोरखाको भवन हो।, दुर्घटनापछि घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा गोरखा पठाइएको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी छ। , शहिदलखन गाउँपालिका-७ की ३० वर्षीया रमला राना मगर, ५९ वर्षीय लालबहादुर गुरूङ, गोरखा-१०की ४० वर्षीया साबित्री विक र ६८ वर्षीय नारायण भुजेलको गोरखामा उपचार जारी छ। , २८ वर्षीय मं‌गल चौधरी, दोलखाका ३२ वर्षीय विष्णु खड्का र बुद्धिबहादुर नेपालीको थप उपचारको लागि भरतपुर मेडिकल अस्पताल पठाइएको छ। ,  , गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
सेतोपाटी संवाददाता नक्कली टिकटक आइडी बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्‍ने ३६ वर्षीय अन्जली बिसुन्केलाई कार्यालयले पक्राउ गरेको हो। उनले फ्रान्कलिन पलको नाममा नक्कली टिकटक आइडी बनाएकी थिइन्। , उक्त नामको आइडीबाट साथी बनाएर आफू बेलायती नागरिक भएको र आफ्नी श्रीमतीको मृत्यु भइसकेको बताउँथिन्। , नेपालमा आएर विवाह गरी बेलायतमा लैजाने भन्दै प्रलोभनमा पारेको एसपी राठौरले बताए। , चिनजानपछि +२२९५४०४३२०२ ह्वाटसएप नम्‍बरबाट पीडितसँग कुराकानी गरी आइफोन, सुनका गरगहना, जुत्ता, ७० हजार अमेरिकी डलर पठाएको भन्ने जानकारी दिएकी थिइन्। , कुरियरले सम्पर्क गर्छ भनेर पीडितलाई विश्वासमा लिएको प्रहरीले जनाएको छ। , त्यसपछि एन्टी मनी लउन्डरिङ सर्टिफिकेट, भन्सार शुल्क, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज, क्लियरेन्स चार्ज लगायतका लागि रकम तिर्नुपर्छ भनेर पीडितबाट रकम लिइएको पनि अनुसन्धानबाट खुलेको छ। त्यसरी उनले पटकपटक गरी पीडितबाट १५ लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको हो। , ठगिएको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। , उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ।, गिफ्ट पठाइदिएको छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
रासस लोपोन्मुख डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ।, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ।, वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए।, ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ’, उनले भने, ‘स्यालको विषाक्त मासु खाएर गिद्ध मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’, गिद्ध मर्नाको कारणबारे अनुसन्धान तथा खोजीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका टोली घटनास्थल पुगी अनुसन्धान थालेको वन अधिकृत काफ्लेले जानकारी दिए।, गिद्ध मरेको ठाउँ नजिकै सिमलको रूखमा गिद्धका गुँड भएकाले थप गिद्धको मृत्यु भएको हुनसक्ने हुँदा खोजी थालिएको उनको भनाइ थियो। घटना भएको ठाउँ जिल्ला सदरमुकाम कावासोतीबाट करिब दुई किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ।, लोपोन्मुख डङ्गर गिद्ध मृत फेला
नारायण खड्का दाङको लमही नगरपालिका वडा नं. ९ का ७५ वर्षीय जानकीलाल बस्नेतसँग बिहेको नाटक गरी लाखौं मूल्य बराबरको जग्गा फुत्काएकी तुलसीपुरकी कमला थापा धरौटीमा छुटेकी छन्। , दाङ जिल्ला अदालतले थुनछेक बहस गरी एक लाख धरौटीमा छोड्न उनलाई आदेश दिएको हो।, धरौटी रकम बुझाएर उनी तारेखमा छुटेकी छन्। , न्यायाधीश रामप्रसाद बत्यासको इजालसबाट फागुन २७ गते उक्त  आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले सेतोपाटीलाई बताए। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँकी  ३७ वर्षीया कमलाले कात्तिक २८ गते (साबिक फूलबासी गाविस वडा नं. ५) हालको अमेलिया नगरपालिका– ९ स्थित बस्नेतको नाममा रहेको  कित्ता नं. १९ को १ बिगाहा ८ कठ्ठा १५ धुर जग्गामध्ये १२ कठ्ठा १५ धुर जग्गा आफ्नो नाममा पास गराएकी थिइन्। , पीडित बस्नेतले कमलाले आफूसँग विवाह गर्छु भनेर जग्गा आफ्नो नामसारी गरेपछि सम्पर्कविहीन बनेको हुँदा आफूमाथि जालसाजी भएको भन्दै ठगी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी शर्माले बताए। , बस्नेतले केही दिनअघि तुलसीपुरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका थिए।, ६ महिना लामो सम्बन्धका कारण आफू विश्वासमा परेर एक लाख बढी रकम, एउटा सुनको औंठी र लाखौं मूल्य पर्ने जग्गा कमलालाई पास गरिदिएको भए पनि उनले धोका दिएको हुँदा मुद्दा दायर गरेको बताएका थिए। त्यतिखेर उनले आफूले जग्गा फिर्ता पाउनु पर्ने माग पनि गरेका थिए। , बस्नेतले माघ २५ गते कमलाविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर बिहेको नाटक गरी आफ्नो जग्गा फुत्काएर सम्पर्कविहीन बनेको भन्दै जालसाजी र ठगी मुद्दा दिएका थिए। , सोही जाहेरीका आधारमा उनी पक्राउ परेकी थिइन्।, ७५ वर्षीय जानकीलाल भन्छन्: सहारा खोजेको थिएँ, जग्गा फुत्काउन आएकी रहिछ, एक लाख धरौटीमा छुटिन् जानकीलालसँग बिहेको नाटक गरी लाखौंको जग्गा हत्याएको आरोपमा पक्राउ परेकी कमला
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका भित्रका सबै विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ।, ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रूपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन्।, सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ।, उक्त पुस्तकको सोमबार कलाकार मदनकृष्ण श्रेष्ठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले एकसाथ विमोचन गरे।, कलाकार मदनकृष्ण श्रेष्ठले सडकमा ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको परिचय भएको भन्दै यो पुस्तक दक्षिण एसियामा पहिलो भएको दाबी गरे।  ‘जसले कानुन मान्छ त्यो स्मार्ट हो, कानुन उल्लंघन गर्ने असम्य हुन्,’ उनले भने,‘ ट्राफिक नियम पालना गराउन सिकाउन यो पुस्तक दक्षिण एसियाकै पहिलो हो।’, पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।, उनले बालबालिकालाई विद्यालय तहबाट नै सडक सुरक्षासम्बन्धी ज्ञान दिन आवश्यक भएकाले आफूहरूले यो विषयलाई पाठ्यक्रममा नै राखेको तर्क गरे।, ‘माध्यमिक तहका लागि पनि पाठ्यक्रम तयार पार्दैछौ, त्यो पुस्तकमा लेफ्ट साइट ड्राइभिङ, राइट साइट ड्राइभिङको बारेमा पनि जानकारी दिने गरी विषयवस्तु समेट्छौं,’ उनले भने,‘यो पाठ्यपुस्तक ललितपुर महानगरपालिका भित्रको सबै विद्यालयहरूमा अध्ययन हुन्छ। यो पुस्तक प्रकाशित गरेकोमा नगर प्रहरी प्रमुख सीताराम हाछेथुलाई विशेष धन्यवाद छ।’, राष्ट्रका कर्णधार मानिने साना विद्यार्थीहरूलाई विद्यालय देखिनै सडकको प्रयोग, सडकपेटी र यससँग सम्बन्धित अन्य पूर्वाधारका विषयमा जानकारी, सतर्कता र सुरक्षाका विषयमा व्यवहारिक शिक्षा दिने उद्देश्यले सडक सुरक्षा शिक्षाको सुरुवात गरेको उनले जिकिर गरे।, महानगरकी उपप्रमुख मञ्जली शाक्यले ललितपुर महानगरले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिएको बताउँ सडक सुरक्षा शिक्षालाई पाठ्यक्रममा नै राखेर थप प्रष्ट पारेको बताइन्। उनले यो पुस्तकले बालबालिकालाई सडक सुरक्षाको बारेमा ज्ञान दिनेमा ढुक्क भएको जानकारी गराइन्।, महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले चेतना, सतर्कता र सुरक्षाको दृष्टि पुस्तक उत्कृष्ट रहेको टिप्पणी गरे। सडक सुरक्षाबारे विद्यार्थीलाई ज्ञान दिनु अत्यावश्यक भएकाले पाठ्यक्रममानै राखेर यो पुस्तकको अध्यापनले विद्यार्थीलाई सडक सुरक्षाका बारेमा थप जानकार हुने प्रष्ट पारे।, हरेक दिनजसो घट्ने सडक दुर्घटनाले सहर चुनौतीपूर्ण रहेकाले यसका लागि सडक पुस्तक प्रकाशित गरिएको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए। संस्कृति निर्माणको जग भनेको अहिलेको अवस्थामा आधारभूत तहको शिक्षा नै भएको उनले बताए ।, पुस्तकमा सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरू, हेल्मेट र सिटबेल्ट , सबैका लागि सडक, खेलकुद र सडक, आकाशे पुल, सब वे, बसमा सुरक्षा, ताँती पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिकता उपचार, म त ज्ञानी विद्यार्थी, सही—गलत, ट्राफिक चिन्हहरूका बारेमा चित्र र अक्षरसहित व्याख्या गरिएको छ।,  उक्त पुस्तक महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले सम्पादन गरेका हुन्।, ललितपुर महानगरका सबै विद्यालयमा सडक सुरक्षा र सवारीबारेमा पढाइ हुने
रासस दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।, यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो। , दैलेख केन्द्रविन्दु भएर भुइँचालो
सुशीला रेग्मी मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके। उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ।, युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन्।, पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन्। गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उनकै नेतृत्वमा देखाइन्छ। , ‘युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्’, थापाले भने, ‘केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौं।’, मारुनी गाउने र नाच्ने भनेपछि उनी औधी खुसी छन्। पहिला अहिलेजसो मारुनी नाच्नेका लागि पोशाक उपलब्ध थिएन। आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेशभूषा, गरगहना लगाएर नाच्ने गरेको उनी सुनाउँछन्।, पूजाआजा, पास्नी, छैँठी, न्वारन, दशैँ–तिहारजस्ता पर्वमा मारुनी नाच्ने चलन थियो। अनिवार्यजसो यी पर्वमा मारुनी नाचिने गरेकामा पछिल्ला वर्षमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको छ।, हिजोआज मेला, महोत्सवलगायत कार्यक्रममा संस्कृति जोगाउन मारुनी नाच नाचिन्छ । पुरुषले महिलाको वेशभूषा सारी, चोलो, पटुका, कण्ठमाला, चुरापोतेलगायत गरगहनामा सजिएर मारुनी नाचिन्छ। , आफ्नो कला, संस्कृति जोगाउन पाका पुस्तासँग समूहमा आबद्ध भएर मारुनी नाच्ने गरेको बताउँछन्, ४३ वर्षीय दिनेश थापामगर।, ‘बाउ बाजेबाट सीप सिकेर १३ वर्षको उमेरदेखि नै मारुनी नाच्न थालेको हुँ, पहिलाको र अहिलेको मारुनीमा धेरै फरक छ, पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति कम हुँदा कहिलेकाहीँ मेला महोत्सव, कार्यक्रममा मात्रै सीमित बन्न पुगेको छ’, उनले भने। , टोलटोलमा यस्तो नाच अहिले कमै देख्न पाइन्छ। परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान नजाँदा मारुनी नाच नाचिन छाडेको हो।, पुरूष नृत्यकारले महिलाको वेशभूषामा सजिएर नाच्दा दर्शकमाझ रमाइलोपन ल्याउँदछ। नृत्य मनोरञ्जनका लागि मात्र मारुनी देखाउने कार्य नभई समाजको परम्परागत कला–संस्कृति जोगाउनसमेत पाका पुस्ता भने निरन्तर लागिरहेका छन्।, पुरानो रीतिरिवाज जोगाउँदै वाद्यवादनको तालमा गीतको भावअनुसार नाच्दै जाँदा छुट्टै आनन्द हुने स्थानीय ज्ञानबहादुर सारुमगरले बताए।, पहिला त विभिन्न पर्व, पूजाआजा, उत्सव, पास्नी, छैँठीमा अनिवार्य मारुनी नाच्ने गरे पनि अहिले भने सबै कामकाजमा व्यस्त रहँदा कमै मात्रामा देखाइने उनको भनाइ छ। , मारुनी भगवान्का विभिन्न गीत गाउने र सो गीतको भावअनुसार नृत्यकारले आफ्नो नाच देखाउने गरिन्छ। गीत झट्ट बुझ्न गाह्रो पर्छ। गीतमा पोख्त कलाकारले मात्रै नाच्न सक्छन्।, ‘कमलको फूल लिन जाउन भानिज, शिरैउपर छाता छैन जान्न मत मामा’ यसरी गीतमा डुबुल्की मार्न सकिएन भने सामान्य सुनेको भरमा मात्रै नाच्न नसकिने मारुनीका कलाकार ६३ वर्षीय दानबहादुर थापाको भनाइ छ। , 'बेग्लै लय भएकाले झट्ट गीतको अर्थ जोकसैले बुझ्न सक्दैनन्, मारुनी नाच्ने कलाकारले पहिला गीत राम्रोसँग सुनेरमात्रै नाच्नुपर्दछ, गीत बुझेपछि भने नाचु–नाचु भइरहन्छ', उनले अनुभव सुनाए।, गाउँमा हुने विभिन्न शुभकार्य, पूजाआजा, न्वारन, छैँठीजस्ता कार्यमा मारुनी नाच्दा गाउँ नै उल्लासमय हुने गरेकामा अहिले खोज्नुपर्ने अवस्था रहेको ५९ वर्षीय  ताराबहादुर थापा बताउँछन्।, गीतमा भगवान् कृष्णका जन्मदेखिका उनले आफ्नो जीवनका कालखण्डमा गरेका विभिन्न क्रियाकलाप जोडिन्छन्।, मारुनी नाचलाई कृष्णचरित्र नाच, खेलीनाच पनि भनेर चिनिन्छ। एक समूहमा मारुनी देखाउन कम्तीमा पनि २० कलाकार चाहिन्छन। मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन्। गायकमध्ये एक गुरु हुन्छन्। गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ। गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ। ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन्। मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन्। वेशभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन्। एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ। , मारुनीसँगै पुरसिङ्गे पनि नाच्छन्। पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन। मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन्। पुरसिङ्गे फेरबदल हुन सक्छन्। मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ। पाल्पाको ग्रामीण भेगमा पहिले मारुनी नाच्ने समूह बाक्लै भेटिन्थ्यो। हिजोआज भने केही ठाउँमा मात्रै नाच्ने गर्दा मारुनी नाच्ने समूह कम हुन थालेको छ। जिल्लाका रामपुर, निस्दी, पूर्वखोला, माथागढी, तिनाउँका केही ठाउँमा मारुनी नाच बेलामौकामा देखाइने गरिन्छ।, पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको सेवाबाट पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।, बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।, उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।, गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि सेवाबाट हटाइएको आज मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।, ५ जना स्टाफ नर्सलाई मन्त्रालयले हटायो सेवाबाट
सेतोपाटी संवाददाता धार्मिक एवं पर्यटकीय स्थल पाथिभरा क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। विगत वर्षमा पुस दोस्रो सातादेखि नै हिउँ पर्ने गरे पनि यसपटक माघ पछि मात्र यो क्षेत्रमा हिउँ परेको स्थानीयले बताएका छन् ।, हिउँले पाथिभरा क्षेत्रको देउरालीदेखि माथिको क्षेत्र सेताम्मे बनेको हो। तेर्से, भालुगौडे, काफ्लेपाटी, फेदी र मन्दिरासम्म हिउँले ढाकेको छ। , हिमपातसँगै चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन्।, पछिल्लो समय बाह्रै महिना पाथिभराको दर्शन गर्न भक्तजन आउने गरेका छन्। भारतका सिक्किम, पश्चिम बंगाल, उत्तर प्रदेश, बिहारलगायत राज्य तथा पाकिस्तान र बंगलादेशबाट पनि पाथिभरा दर्शन गर्न आउने क्रम बढ्दो छ।, हेर्नुहोस् तस्बिरहरू, तस्बिरहरूः निरज थकाली, पाथिभरामा हिमपात (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। , सोमबार विदेशी नागरिकलाई ठगेर अवैध रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको केन्द्रीय अनुसन्‍धान ब्युरोका प्रवक्ता एवं एसपी संजयसिंह थापाले जानकारी दिए। , एक जनालाई भने इजलासले ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस मुद्दामा २० जनालाई प्रतिवादी बनाएको थियो। तीमध्ये ७ जनामात्रै पक्राउ परेका थिए। १३ जना अझै फरार छन्। , उनीहरूमाथि चार वटा मुद्दा चलाउन पर्ने सुझावसहित फागुन १७ गते सिआइबीले सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। , पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रूकमांगत काफ्ले, रंगबहादुर साउदलाई थुनामा पठाउन आदेश भएको हो। बिनिता तामाङलाई भने अदालतले ५० हजार माग गरेको हो। , विदेशी नागरिकलाई ठगेर अवैध रूपमा नेपालमा पैसा भित्र्याएको आरोपमा उनीहरूमाथि छ।, उनीहरूमाथि ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरूद्धको मुद्दा चलाउनुपर्ने सुझाव सिआइबीको थियो। त्यसअनुसार कार्यालयले गत मंगलबार मुद्दा दायर गरेको थियो।   , अमेरिकी नागरिक ठगिएको भन्दै अमेरिकी राजदूतावासले सिआइबीलाई जानकारी गराएको थियो। केही पीडितहरू बेलायती र क्यानडियन नागरिक समेत छन्। पीडितहरू प्राय: वृद्धवृद्धा, अल्जाइमर, क्यान्सरका बिरामी छन्। , ठगी गरेर उनले सम्पत्ति, घर-जग्गा, शेयर, सुन, कम्पनी लगायतमा कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी थापाले बताए।, यस घटनामा २४ जनाले जाहेरी दिएका छन‍्। ५६ जना पीडित छन्। जाहेरी दिएका २४ जनाबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको देखिन्छ। , उनीहरूलाई क्षतिपूर्ति, सात वर्ष कैद र ७० हजार जरिवाना माग गरेको हो। सरकारी ऐन अनुसार भने थप सजाय हुनसक्ने कानूनी व्‍यवस्था रहेको छ।, प्रहरीको अनुसन्धानबाट उनीहरूको समूहले ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ आर्जन गरेको देखिन्छ। जसमध्ये बैंकमा रहेको एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ पनि रोक्का गरिएको सिआइबीले जनाएको छ।, उनले ठगी गर्नकै लागि नेपालमा २४ वटा कम्पनी खोलेका थिए।, कम्पनीहरूको उद्देश्यविपरीत विदेशी लगानी अवैध रूपमा भित्र्याउने गरेको पाइएको हो। ठगी गर्न शाहको समूहले एन्टी भाइरसको अपडेट, एमेजोनको बिल भुक्तानी, गिक स्क्वाड, क्विक बुक्स समेतको बहानाले इमेलमार्फत् विदेशीसँग सम्पर्क स्थापित गर्ने प्रहरीको अनुसन्धानबाट देखिन्छ। , सम्पर्क स्थापित भएपछि पीडितको मोबाइल वा कम्प्युटरमार्फत् बैंक खातामा पहुँच पुर्‍याउँथे। त्यसपछि खातामा रहेको रकम नेपाल र थाइल्यान्डमा समेत पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो।, पीडितको खाताबाट रकम झिकिसकेपछि पीडितकै डिभाइसबाट आफूखुसी डिभाइसमार्फत् इमेल पठाएर ठगी गरेको खुलेको हो। , पृथ्वीबहादुर शाहसहित ६ जनालाई थुनामा पठाउन आदेश
सेतोपाटी संवाददाता हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। , देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक-दुई स्थानमा समेत  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। , भोलि बुधबार कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, बिहिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , आज पनि चट्याङसहित हल्का वर्षा हुने
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , सोमबार साँझ साढे ६ बजे दक्षिणकाली नगरपालिका-२ मा सडक निर्माणको काम भइरहेको ठाउँमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , ‘गाडी ब्याक हुने बेलामा लागेर त्यहीँ काम गर्ने मजदुरको मृत्यु भएको हो,’ उनले भने।, बागमती प्रदेश ०१-००३ प ८६९० नम्बरको गाडीले नुवाकोट घर भई त्यही काम गर्दै आएका २४ वर्षीय सन्दीप तामाङ घाइते भएका थिए। , उनको उपचारको लागि मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए। , गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ। ,  , दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
राजेश घिमिरे नारायणगढमा रहेको मञ्जु श्री फाइनान्सले कालिका नगरपालिका–३ का दलबहादुर मगरको घरसहितको एक कट्ठा साढे १५ धुर जमिन धितो राखेर १५ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको २ महिनाभन्दा बढी भयो।, फाइनान्सले गत पुसको अन्त्यतिर उनको ऋण स्वीकृत गरेको थियो। तर ऋण स्वीकृत भएबाट दुई महिनाको अवधिमा उनले फाइनान्सबाट एक लाख रुपैयाँ मात्रै प्राप्त गर्न सके।, जेठी छोरीलाई सिस्टमिक लुपुस इरिथमाटोसस(एसएलई) नामको जटिल रोग लागेपछि दुवईको रोजगारी छाडेर नेपाल फर्किएका थिए दलबहादुर। छोरीको उपचारका लागि कहिले चितवन मेडिकल कलेज, कहिले पुरानो मेडिकल कलेज, कहिले शिक्षण अस्पताल काठमाडौं धाउँदा दुई वर्ष बित्यो। यो अवधिमा उनले कमाएको सबै गुमाए, थप ऋण पनि लाग्यो।, लागेको ऋण तिर्ने, छोरीको उपचार गर्ने र बाँकी पैसाले आम्दानी हुने केही इलम गर्ने सोचेर उनी जग्गाको लालपूर्जा झोलामा हालेर रत्ननगरस्थित मञ्जु श्री फाइनान्सको कार्यालय पुगेका थिए। त्यहाँ उनको छिमेकी चुडामणि महतोसँग भेट भयो। सबैकुरा सुनाएपछि चुडामणिले उनलाई नारायणगढको शाखामा आफ्नो साथी रहेकाले त्यहाँबाट सजिलै ऋण पाउने विश्वास दिलाए।, ‘बरु ऋण आएपछि मलाई पनि एक–दुई लाख सहयोग गर। मलाई पैसाको खाँचो छ भन्यो। छिमेकीले त्यति भनिसकेपछि भइहाल्छ नि, सल्लाह गरौंला भनें,’ दलबहादुरले बताए।, चुडामणिको योजनाअनुसार दलबहादुर मञ्जु श्री फाइनान्सको नारायणगढस्थित कार्यालय पुगे। लालपूर्जा देखाए। फाइनान्सका कर्मचारीले उनको घरैमा पुगेर सम्पत्तिको मूल्यांकन गरे। केही दिनमै उनको १५ लाख रुपैयाँ ऋण स्वीकृत भएको थियो।, ‘ऋण स्वीकृत भएको दिन मलाई चेक पनि दिए। चेक हातपरेपछि फाइनान्सकी महिला कर्मचारीले एउटा चेकमा हस्ताक्षर गरेर दिनु, यो यहाँको नियम हो भनिन्। मैले नियम त मान्नुपर्‍यो भनेर तत्कालै चेकमा हस्ताक्षर गरेर दिएँ,’ दलबहादुरले बताए।, यहीँबाट सुरु भयो दलबहादुरको पैसामाथि अरुको रजाईं।, भोलिपल्ट साँझ दलबहादुरको मोबाइलमा खातामा १५ लाख रुपैयाँ जम्मा भएको एसएमएस आएको थियो। त्यसको दुई मिनेटमै अर्को म्यासेज आयो। उनको खाताबाट ९ लाख ५५ हजार रुपैयाँ झिकिएको एसएमएस थियो त्यो।, उनले अर्को दिन बैंक पुगेर अघिल्लो दिनको एमएमएसबारे बताए। फाइनान्सका कर्मचारीले केही नभनी उनलाई एक लाख रुपैयाँको बिटो थमाए। बुझ्दै जाँदा बल्ल उनले थाहा पाए महिला कर्मचारीले लिएको चेकबाट चुडामणिले ९ लाख ५५ हजार रुपैयाँ झिकेर लगिसकेका रहेछन्।, ‘मैले त्यतिखेरै मेरो पैसा किन अरुलाई दिइयो भनेर शाखा प्रबन्धकलाई सोधेको थिएँ। उहाँले तपाईंहरूको सहमति होला भनेर दिइयो। दुई–तीन दिनमा उसले जम्मा गरिहाल्छ भनेपछि छिमेकीसँग किन नराम्रो गर्ने भनेर म निस्किएँ,’ उनले बताए।, तर एक महिना बित्दा पनि उनको पैसा फिर्ता आएन। बरु फाइनान्सले ९ लाख ५५ हजार रुपैयाँको व्याज र किस्ता बुझाउन ताकेता गर्‍यो। उनले खातामा बाँकी रहेको रकमबाट कटाउन लगाए।, त्यतिखेरसम्म उनको खातामा ५ लाख १४ हजार १५ रुपैयाँ बाँकी थियो।, त्यो बाँकी रकम निकाल्न फाइनान्स पुग्दा दलबहादुर छाँगाबाट खसेजस्तो भए। उनको खातामा ६७५ रुपैयाँ मात्रै थियो।, ‘मैले बाँकी रकमबाट व्याज र किस्ता घटाउन भनेको थिएँ फाइनान्सका कर्मचारीले साँवा पनि घटाइदिएछन्,’ उनले भने।, भएको के थियो भने गएको शनिबार अनिलकुमार श्रेष्ठको नामबाट दलबहादुरको खातामा ८ लाख १० हजार रुपैयाँ जम्मा भयो। चुडामणि भने  एउटा पत्र बोकेर फाइनान्समा पुगे। फाइनान्स प्रमुखलाई लेखिएको उक्त पत्रको विषय थियो, ‘कर्जा चुक्ता गर्ने बारे।’, पत्रमा लेखिएको थियो–‘मैले ऋणी दलबहादुर मगरको नाममा यस वित्तीय संस्थाबाट आवास कर्जा उपभोग गरेको र हाल म चुडामणि महतोले बचत खातामा जम्मा गरिदिएको रकम ८ लाख १० हजारबाट आजसम्मको साँवा र व्याज घटाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’ बैंकले ऋणीसँग एक पटक पनि नसोधी उक्त रकमले साँवा घटाइदियो।, मञ्जु श्री फाइनान्समा अब दलबहादुर मगरले २ लाख १२ हजार रुपैयाँ ऋण तिर्नुपर्ने देखिन्छ।, ‘मलाई पैसा चाहिएका कारण मेरो घर, जमिन धितो राखेर कर्जा लिएको थिएँ। फाइनान्सका कर्मचारीको मिलेमतोमा अन्य व्यक्तिलाई पैसा निकालेर दिइयो। मैले बैंकबाट एक लाख रुपैयाँभन्दा बुझेको छैन तर बैंक भन्छ तैले अब २ लाख १२ हजार बुझाउनुपर्ने छ,’ दलबहादुर भन्छन्, ‘म ठूलो अन्यायमा परें। छोरीको उपचार गरौंला, ऋण तिरौंला, कुनै व्यवसाय सुरु गरौंला भनेर कर्जा लिएको फाइनान्सले बिचल्ली बनायो।’, फाइनान्सले दिएको स्टेटमेन्टले दलबहादुरले भनेका कारोबार रकमहरुको पुष्टि गर्छ। तर हामी पुग्दा फाइनान्सका शाखा प्रबन्धक अभय मुडबरी भेटिएनन्। निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कर्मचारी ज्ञानप्रसाद पौडेलले मुडबरी चैत ६ गतेसम्मका लागि बिदामा रहेको बताए।, दलबहादुर मगरसँग हस्ताक्षर गरिएको खाली चेक माग्ने कर्मचारी पनि बिदामा रहेको पौडेलले बताए।, ‘सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिई पैसा झिकिएको, खाली चेक मागिएको, ऋण तिरिएको भन्ने कुरा मैले आज मात्रै थाहा पाएँ। यो सामान्य कुरा होइन। मेरो स्तरबाट यस विषयमा केही गर्न मिल्दैन,’ पौडेलले भने, ‘प्रमुख आएपछि यो विषय जानकारी गराउँछौं।’, जमानी बसेको व्यक्तिले पत्र लेखेर साँवा, व्याज घटाउनु भने पछि कर्मचारीले घटाइदिएको हुनसक्ने उनले बताए। पौडेलले शाखा प्रमुख मुडबरी र चेक लिने कर्मचारीलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको बताए।, चुडामणि महतो पनि अहिले सम्पर्कमा छैनन्।, ‘आइतबार पैसा जम्मा गरिदिन्छु भनेर गएका थिए, साँवा घटाउने पत्रसहित पैसा बुझाएछन्। त्यसपछि भेट भएको छैन। मेरो फोन पनि उठाएका छैनन्,’ दलबहादुरले भने।  ,  , १५ लाख ऋण लिँदा हात पर्‍यो एक लाख मात्रै!
सेतोपाटी संवाददाता नगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानमा ऐक्यबद्धता जनाउँदै रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ।, २०७४ सालदेखि नगरपालिकाले सञ्चालन गरेको समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानमा नगरवासीले उत्साहजनक सहभागिता जनाउँदै आएका छन्।, हरेक महिनाको १ र १५ गते नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले अभियानको एक सयौं श्रृंखला पूरा गरेको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।, सोही क्रममा मंगलबार बेलहिया बुटवल ६ लेन सडक खण्डको योगीकुटीदेखि कोटिहवासम्म १३ किलोमिटर सडकमा जम्मा भएका सहभागीहरूले आपसमा हात जोडेर सरसफाइ अभियानमा प्रतिबद्धता जनाएको अभियानका संयोजक सुरेन्द्र श्रीले जानकारी दिए।, सरसफाइ र हरियाली प्रवर्द्धन अभियान तिलोत्तमाको पहिचान र सभ्यता बन्दै गएको भन्दै श्रीले यो अभियानमा नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको बताए।, सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।, यसैगरी मणिग्राम चोकमा सरसफाइ स्मारक निर्माण गरिएको छ। झाडू र डष्टप्यान हातमा छोपेर सरसफाइ अभियानमा सहभागी महिला र पुरूष अंकित प्रतिमासहित निर्माण गरिएको स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।, नगरप्रमुख खाणले स्मारकमार्फत् सरसफाइ अभियानमा महिला र पुरूष सबैको सहभागिताको सन्देश प्रवाह गरिएको बताए।, खाणले तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले बसाइसराइको दर समेत तीव्र रूपमा बढेको बताए।, उपप्रमुख चौधरीले ५ वर्ष पहिले सुरू गरिएको सरसफाइ अभियानपछि आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास भएको बताइन्।, तिलोत्तमा सरसफाइका लागि मानव साङ्लो (तस्बिरहरू)
एजेन्सी चीनले पर्यटकका लागि सीमा नाकाहरू खोल्ने र भिसा दिने भएको छ। , तीन वर्ष यता कोरोना भाइरसको महामारीका कारण रोकिएका सीमा नाका बुधबारबाट पर्यटकका लागि पुन: खोल्ने र भिसा दिन सुरू गर्ने समाचार संस्था एपीले जनाएको छ।, पर्यटन र अर्थतन्त्र सुधार गर्न चीनले उक्त निर्णय गरेको हो। , गत फेब्रुअरीमा चीनले कोरोना महामारीमाथि जीत हासिल गरेको घोषणा गरेपछि मंगलबार सीमा नाका र भिसा दिने घोषणा गरेको हो। बुधबारबाट सबै प्रकारको भिसा दिने भएको छ।, सन् २०२० मार्च २८ अगाडि नै जारी भएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन्।, चीन सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानीजहाजबाट संघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विना भिसा यात्राको अनुमति दिएको छ। , यस सम्बन्धी जारी गरिएको सूचनाले खोप लगाएको प्रमाणपत्र वा कोरोना नेगेटिभको रिपोर्ट चाहिने/नचाहिने खुलाएको छैन।, तर विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलबार पत्रकारहरूसँगको कुराकानीमा चीनसँग विदेशबाट आउने पर्यटकको परीक्षण गर्ने उपायहरू रहेको बताए। , पर्यटकका लागि चीनले खोल्यो सीमा नाका, बुधबारदेखि भिसा जारी गरिने
राजु अधिकारी औषधि व्यवसायीसमेत रहेका विराटनगर–९ का देशबन्धु ढकाल त्यसबेला छक्क परे, जब कोसी अस्पतालका चिकित्सक स्वंयले आफ्नै अस्पतालको रिपोर्टमा आफू भर पर्न नसक्ने कुरा सुनाए। , १० वर्षीया छोरीले पेट दुख्यो भनेपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्‍याएका ढकालले अस्पतालकै प्रयोगशाला र रेडियोलोजी विभागमा छोरीको पेट र रगत जाँच गराएका थिए। चिकित्सकले प्रारम्भिक जाँच गरेपछि पेटको भिडिओ एक्सरे गर्न र रगतका केही जाँच गर्न भनेका थिए। , यो तीन दिन अघिको कुरा हो। उनले कोसीकै अल्ट्रासाउण्ड कक्षमा भिडिओ एक्सरे गराए। प्रयोगशालामा रगतको नमूना दिए। रिपोर्ट नआउन्जेलका लागि चिकित्सकले दुखाइ कम गर्ने औषधि दिएका थिए। सोमबार छोरीको सबै रिपोर्ट लिएर उनी चिकित्सककहाँ पुगे। त्यहीबेला उनलाई चिकित्सकले भनेका थिए ‘भिडिओ एक्सरे बाहिरै गर्नु भएको भए हुन्थ्यो। यहाँको रिपोर्टको मलाई भरै लाग्दैन।’ , नेपाल औषधि व्यवसायी संघ मोरङका उपाध्यक्षसमेत रहेका ढकालले आफ्नो पुरानो चिनजानका चिकित्सकलाई सोधे ‘यो कुरा तपाईंले मलाई मात्रै भन्नुभएको हो कि सबैलाई भन्नुहुन्छ ?’, ती चिकित्सकले धक नमानी भने ‘सबै बिरामीलाई त कहाँ भन्नु ! तपाईं साथी भनेर मात्रै भनेको हुँ।’ , दैनिक सयौं बिरामीको भिड लाग्ने कोसी अस्पतालका चिकित्सकको कुरा सुनेपछि ढकालले सेतोपाटीसँग भने ‘आफ्नै अस्पतालको रिपोर्टमा चिकित्सक भर नपर्ने भनेपछि कोसी अस्पतालको अवस्था कस्तो हुँदैछ भन्ने लाग्यो। मैले त्यहाँका अरू चिकित्सकसँग पनि कुरा गरेँ। धेरै जनाले त्यसै भनेपछि अस्पतालको भर परेर आउने बिरामीहरूको अवस्था के होला भन्ने लागेको छ।’, चिकित्सकले सुरूमै दिएको औषधिले काम गरेर छोरीलाई बिसेक भएकाले उनले अन्यत्र फेरि  भिडिओ एक्सरे गराएका छैनन्। , उनले कोसी अस्पताल प्रशासनतिर भने प्रश्न सोझ्याएका छन् ‘डाक्टरले चिनेका मान्छेलाई त अन्यत्र गर्नु भनेर सुझाव दिइने भयो, सर्वसाधारण बिरामीलाई त्यही रिपोर्टकै भरमा उपचार गराइन्छ। चिकित्सक आफैंले भर नपरेको रिपोर्टका भरमा उपचार कसरी हुन्छ?’ , कोसीका चिकित्सकहरू भने यस्तो समस्या सधैं देखिने गरेको बताउँछन्।, स्वास्थ्य क्षेत्रमै काम गरिरहेका ढकालको हकमा चिकित्सकहरू खुला रूपमा बोले पनि अन्य बिरामीको हकमा त्यस्तो नहुने स्वास्थ्यकर्मीहरू नै बताउँछन्। नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बाक्लो जमघट र भेन्टिलेटरसहितको उपचार सुविधा तथा बीमामार्फत् हुने उपचार लगायतका कारण कोसीमा कोसी प्रदेशका अधिकांश जिल्ला, मधेस प्रदेशका केही र भारतीय राज्य बिहारका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्।, ओपिडीमा मात्रै दैनिक १५ सय हाराहारी आउने बिरामीमध्ये ३५० बेड सधैंजसो भरिभराउ नै हुन्छ। तीमध्ये दैनिक दुई सय हाराहारीका बिरामीको अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) भइरहेको हुन्छ। त्यही रिपोर्टको आधारमा बिरामीको उपचार भइरहेको हुन्छ। तर, चिकित्सकहरू  आफैं कार्यरत अस्पतालको  सबभन्दा ठूलो समस्या नै रेडियोलोजी विभागमा रहेको बताउँछन्।, ‘पहिलो कुरा यहाँ स्थायी रूपले काम गर्ने अनुभवी चिकित्सककै अभाव छ’, अस्पतालकै एक चिकित्सकले भने, ‘दक्ष जनशक्तिको अभाव भएपछि त्यसको प्रभाव रिपोर्टमा देखिने भयो। अर्को कुरा, भएका जनशक्ति पनि नटिक्ने समस्या ठूलो छ।’ , धेरै बिरामीलाई भने आफूहरूले एउटै मात्रै रिपोर्टमा भर नपर्न अर्को कुनै ठाउँमा दोहोर्याएर फेरि गर्न भनेर सुझाव दिने गरेको ती चिकित्सक सुनाउँछन्।, ‘हामीकहाँ उपचारका लागि आउने धेरै बिरामी न्यून आर्थिक स्तर भएकाहरू हुन्। उनीहरूका लागि बाहिर खर्च गरेर अल्ट्रासाउण्ड गर्ने कुरा असम्भव जस्तै हुन्छ।’ , अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.  रबिनराज  सिंह अस्पतालको रेडियोलोजी विभागको विश्वसनीयता कम भएको स्वीकार गर्छन्।, यसो हुनुमा जनशक्ति अभाव मुख्य समस्या भएको उनको भनाइ छ।, ‘रेडियोलोजी  विभागमा अहिले दुई जना मात्रै डाक्टर हुनुहुन्छ। दुई जना करारका  मेडिकल अफिसर हुनुहुन्थ्यो, उहाँहरूको करार पनि सकियो’, डा. सिंहले भने ‘नयाँ जनशक्ति थप्न अन्तर्वार्ता गरेका थियौं। अन्तर्वार्ता दिएका डाक्टरसाब ड्युटी ज्वाइन गर्न चाहिँ आउनुभएन। जनशक्ति अभावका कारण सीमित जनशक्तिलाई बोझ धेरै छ। यहीकारण रिपोर्टको विश्वसनीयता घटेको हो।’ , उनका अनुसार अस्पतालमा चार वटा अल्ट्रासाउण्ड मेसिन छ। सबै मेसिन सन्चालनमा छन्। तर, कामको अधिक बोझले रिपोर्टमा समस्या आएको उनको दाबी छ।, ‘हाम्रोमा दैनिक कम्तीमा १५० देखि २ सयको हाराहारीमा अल्ट्रासाउण्ड हुने गर्छ’ डा. सिंहले थपे ‘एउटा मान्छेको टाइम लिमिट हुन्छ। एक जना बिरामीलाई १० देखि १५ मिनेट लगाएर अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ। तर, अधिक चापले हामीले समय दिनै पाउँदैनौं। एक जना चिकित्सकले ५० देखि ७० जनासम्म हेर्नुपर्दा बिरामीले पाउने समय घट्छ। रिपोर्टको विश्वसनीयता घट्नुको कारण नै यही हो।’ , उनका अनुसार मानव शरीरका अधिकांश अंगको भिडिओ एक्सरे गर्नुपर्ने हुनसक्छ। ‘मुख्यतः पेटको हेरिन्छ’, उनले भने ‘त्यसबाहेक  सवटिस्युहरूको गाँठागुठी, ब्रेष्टको, हातको गाँठागुठीहरूको पनि हेर्न सकिन्छ। शरीरका विभिन्न भागमा बिझेका वा गाडिएका काँडाहरू ननिस्केको खण्डमा पनि हेर्न सकिन्छ।’, उनका अनुसार हरेकजसो अंगका समस्या पहिल्याउन भिडिओ एक्सरे सहयोगी हुन्छ। तर, त्यसैको विश्वसनीयता कम भएपछि बिरामीले पाउने सेवाको गुणस्तरमा भने सधैं प्रश्नचिन्ह लागिरहेको अवस्था छ। , कोसी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पनि हो। यो अस्पताल अब पूर्वाञ्चल मेडिकल कलेजको प्रयोगात्मक अभ्यासको थलो पनि बन्दैछ।, मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोसी अस्पताललाई प्रयोग गर्ने सम्झौता भइसकेको छ। दुई साता अघि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोसी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको थियो। , मेडिकल कलेजको प्रयोगात्मक अभ्यासको थलो बन्न लागेको अस्पतालकै मेडिकल रिपोर्टमा चिकित्सक भर पर्न नसक्ने अवस्थाले बेथिति झल्किने स्वास्थ्यकर्मीहरू बताउँछन्।, ‘अरू धेरै उपचार र जाँच कोसीमै गराए पनि म र मेरो परिवारको भिडिओ एक्सरे चाहिँ कोसीमा गराउँदिनँ’ अस्पतालमै कार्यरत एक स्वास्थ्यकर्मीले भने ‘यहाँको रिपोर्ट भरलाग्दो नहुने समस्या पुरानै हो। डाक्टरहरू नै भिडिओ चाहिँ यहाँ नगराउनु भन्छन्।’, कोसी अस्पतालका चिकित्सक नै भन्छन्- हाम्रो अस्पतालको रिपोर्टको भरै लाग्दैन
सेतोपाटी संवाददाता सल्यानमा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० वर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो।, काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भनेर भरुवा बन्दुकसहित नजिकैको बाहुनडाँडा जंगलमा गएका थिए।, आईते रावतले बोकेको उक्त बन्दुक पड्किँदा चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको थियो।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार अन्दाजी ५ बजेतिर उक्त घटना भएको थियो।, घटना लगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।, उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ओरघाट भन्ने ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए।, ‘घटना भएपछि अस्पताल लिन खोज्दा बाटोमै मृत्यु भएको रहेछ, मृत्यु भएपछि पुनः घरमै फर्काइएको थियो,’ खनालले भने, ‘प्रहरीलाई भने धेरै पछि राति खबर आएको हो।’, बन्दुक बोकेका काका नाता पर्ने आईते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।, घटनापछि फरार भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताए।, काकाले बोकेको बन्दुक पड्किँदा भतिजाको मृत्यु
सेतोपाटी संवाददाता दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्किएका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन्। , कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरू र तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले लुम्बिनीमा स्वागत गरेको छ।, कोरियाली बौद्ध भिक्षु-भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान लगायतले लुम्बिनीमा खादा ओढाएर स्वागत गरेका थिए।, उक्त टोलीले मायाँदेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए। पुजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुक पनि सहभागी थिए। , मायाँदेवी मन्दिरभित्र रहेको बुद्धजन्म स्मारक (मार्कर स्टोन) पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायाँदेवी मन्दिर प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै भिक्षु छासुङ्गले प्रवचन दिएका थिए।  , लामो यात्रा गरेर लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य घिमिरेले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए। उनले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रूपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताए।, नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल मायाँदेवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए।, कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले फागुन महिना गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यहि महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किलोमिटरको दुरी पूरा गरेर दक्षिण कोरियाबाट लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरूका लागि खुशीको क्षण रहेको बताए।, उनले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरूको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बनाए।, दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरूलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो। उक्त टोली भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरू लुम्बिनी आइपुगेको हो।, टोलीले फेब्रुअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरू गरेको थियो। लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरूबाट बौद्धधर्मगुरू र तीर्थयात्रीहरू आउनेक्रम बढेको छ। लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बौद्ध धर्मगुरू र तीर्थयात्रीहरू आउने क्रम बढ्न थालेपछि कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई उर्जा थपेको बताए।, उनले चिनिया बौद्ध धर्मगुरू र तीर्थयात्रीहरूको समूह पनि लुम्बिनी आउने कार्यक्रम रहेको बताए। कोरियाली बौद्ध धर्मगुरूहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ।, दक्षिण कोरियाका २ सय भिक्षु लुम्बिनीमा
सेतोपाटी संवाददाता चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , मंगलबार दिउँसो राप्ती नगरपालिका-६ हर्दीस्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।, बा.प्र.०६-००१ ख ०१११ नम्बरको बसले लु.८१ प ४२७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।, उक्त ठक्करबाट पर्सा जिरा भवनी गाउँपालिका-५ बस्ने २० वर्षीय सन्जिव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। , दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।, प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।, चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सविता बुढा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ का ललित बुढाले भारतको लखनऊमा उपचार गराउन थालेको एक दशक बित्यो।, उनलाई दिमागको नसासम्बन्धी रोग छ। वर्षको एक पटक लखनऊ जान्छन्। उनलाई यस्तो रोग लागेको ११ वर्ष भयो। सुरूमा उनलाई राति निद्रा नलाग्ने, पसिना आउने, छटपटाहट हुने लक्षण देखा पर्‍यो। बिस्तारै उनको होस गुम्न थाल्यो। बेसुर भए।, परिवारजनले बाजुरा जिल्ला अस्पतालमा पुर्‍याए। त्यहाँ उपचार नहुने भएपछि धनगढी पुर्‍याए। धनगढीमा उपचारका क्रममा निकै खर्च भयो तर निको भएन।, अन्ततः परिवारजनले भारतको लखनऊ पुर्‍याए।, ललितले भने, ‘मलाई खासै होस थिएन। नेपालमा रोगबारे केही थाहा भएन। पछि काकाले मलाई लखनऊ लैजानुभयो। लखनऊका डाक्टरले दिमागको नसामा समस्या रहेको बताए।’, केही दिनको उपचारपछि ललितको स्वास्थ्यमा सुधार भयो तर निको हुन लामो समय लाग्ने भयो। उनी त्यही बेलादेखि नियमित रूपमा डाक्टरको निगरानीमा छन्।, हरेक वर्ष लखनऊ पुग्नुपर्छ।, भर्खरै लखनऊबाट फर्केर घर जान लागेका ललित सोमबार धनगढी विमानस्थलमा भेटिए। उनी बाजुरा जाने जहाज पर्खिंदै थिए। उनको गाउँमा सडक पुगेको छैन। धनगढी आउजाउ गर्न हवाईजहाज चढ्नै पर्छ। बाजुराको कोल्टी विमानस्थल र धनगढीको हवाईयात्रा आधा घण्टाको छ।, उनी भन्छन्, ‘हाम्रो गाउँबाट धनगढी आउन पेलेन (हवाईजहाज) चढ्नुपर्छ। आउजाउ गर्न १५–१६ हजार खर्च लाग्छ।’, यसपटक एक जना साथी लिएर लखनऊ पुगेर आउँदा ८० हजार रुपैयाँ खर्च लागेको उनले बताए। धनगढीबाट गाडी चढेर लखनऊ पुग्छन्। त्यहाँ कम्तीमा एक रात बास बस्नुपर्छ।, ‘चेकजाँचका गर्न डाक्टरलाई अघिल्लो दिन बुकिङ गर्नुपर्छ। पुरानो बिमारीलाई सोमबार र बुधबार मात्रै हेर्छन्,’ ललित भन्छन्, ‘बाटो खर्च, खान बस्न, चेकजाँच, औषधि सबै गर्दा ८० हजार रुपौयँ खर्च भयो।’, उनले ११ वर्षमा करिब १० लाख रुपैयाँ खर्च भएको बताए। धनगढीमै उपचार हुने भए यति धेरै खर्च हुने थिएन भन्ने उनलाई लाग्छ। उनी लगभग निको भएका छन् तै पनि डाक्टरले अब आउनु पर्दैन भनेका छैनन्।, ऋणले मात्र पार नलागेर जमिन समेत बेचेर उपचार खर्च जुटाएको उनले बताए।, बाजुराकै बुढीनन्दा गाउँपालिका–३, सिगाडीका कृष्ण विक पनि श्रीमतीको उपचार भारतको दिल्लीमा गराउँदै छन्। उनले श्रीमतीको उपचार धनगढीमै गराउने प्रयास गरे तर पार लागेन।, आफू भारतमै काम गर्ने भएकाले बरू उतै लैजानु उचित ठाने।, ललितले धनगढी आउँदा ६ लेनको सडक नजिकै गेटा मेडिकल कलेजका भव्य भवनहरू देखेको केही वर्ष भयो। उनले त्यहाँ धेरै सुविधा भएको ठूलो अस्पताल सञ्चालन हुने र डाक्टरी (मेडिकल शिक्षा) पढाइ हुने भन्ने सुनेका छन्। त्यहीँ उपचार गराउने उनको अपेक्षा भने पूरा भएको छैन।, ‘ममात्रै होइन, मजस्ता अरू धेरै मान्छे उपचार गर्न भारत जान्छन्,’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा उपचार हुने भए सजिलो हुन्थ्यो। पैसा पनि धेरै खर्च हुने थिएन।’, सरकारले कैलालीको गेटामा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज चलाउन भवन बनाएको लामै समय भइसक्यो तर सञ्चालन हुन सकेको छैन।, हालै सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्दका नाममा विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।कृष्ण पनि वर्षौंदेखि मेडिकल कलेजका लागि बनेका भवनहरूमा अस्पताल सञ्चालन भएको देख्न चाहन्छन्।, ‘आफ्नै ठाउँमा मेडिकल विश्वविद्यालय सञ्चालन हुन्छ रे भन्दा खुसी लागेको छ,’ कृष्ण भन्छन्, ‘सुदूरपश्चिमका जनताले उपचारमा अहिले पाएको जस्तो दुःख भोलिका दिनमा नपाऊन्। मेडिकल विश्वविद्यालय छिटो चलोस्।’, उनी राजनीतिक नेताहरूसँग पनि असन्तुष्ट छन्। त्यति ठूला र राम्रा भवनहरू बनाएर अस्पताल चलाउन नसक्नु नेताहरूकै कमजोरी हो भन्ने उनलाई लागेको छ।, सुदूरपश्चिमका मानिसले स्वास्थ्य उपचारका धेरै सास्ती भोग्नु परेको पनि उनको भनाइ छ।, भन्छन्, ‘हामीले धेरै दुःख पायौँ। अब सरकारले चाँडै मेडिकल विश्वविद्यालय चलाओस्। गरिबदुःखीले आफ्नै देशमा उपचार पाउन सकून्।’, हालसम्म सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज छैन। राज्यले सुदूरपश्चिमलाई उचित सुविधा दिन नसकेको धेरैको गुनासो छ।, सुदूरपश्चिमका धेरै मानिस उपचारका लागि भारतको लखनऊ, बरेली, दिल्ली लगायतका ठाउँ पुग्ने गरेका छन्।, औषधि उपचारका लागि धेरै खर्च गर्न र टाढा जान नसक्नेहरूका लागि सरकारले धनगढीमा चाँडै मेडिकल कलेज सञ्चालन गर्नुपर्ने बझाङका बासिन्दा रामहादुर सिंहको भनाइ छ।, ‘राम्रो मेडिकल कलेज सुदूरपश्चिमका नागरिकको अनिवार्य आवश्यकता हो,’ उनले भने, ‘गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारले नीतिगत निर्णय गरेको छ। अब कार्यान्वयनका लागि जनताले दबाब दिनुपर्छ।’, सरकारले गत माघ २९ गते प्रस्तावित गेटा मेडिकल कलेजलाई ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ का रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।, यससम्बन्धी विधेयक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तर्जुमा गर्नेछ। विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।, यही फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गेटामा निर्मित संरचनाको निरीक्षण गरेका थिए।, उनले मेडिकल कलेज सञ्चालनको प्रक्रियामा गइसकेको तर दरबन्दीको केही समस्या भएकोले समाधानका लागि स्वास्थ्य मन्त्रालययले काम गर्ने बताए। प्रधानमन्त्रीले निरीक्षण गरेको एक महिना पूरा भएको छ तर यहाँ देखिने गरी कुनै काम भएको छैन।, गेटामा ५१ हेक्टर क्षेत्रफलमा नेपाल सरकारको ५ अर्ब ४० करोड रुपैयाँ लगानीमा सानाठूला ४२ वटा भवन बनेका छन्।, सुदूरपश्चिमका बासिन्दा चाँडै अस्पताल र मेडिकल कलेज सञ्चालन भएको हेर्न चाहन्छन्। उनीहरूको प्रश्न छ-  गेटा मेडिकल कलेज कहिले सञ्चालन हुन्छ?, सुदूरपश्चिमका बासिन्दा सोध्छन्: सरकार, गेटा मेडिकल कलेज कहिले चल्छ?
सेतोपाटी संवाददाता डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।, दिपायल सिलगढी नगरपालिका-६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।, उक्त दुर्घटना हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन्।  , दुर्घटनामा गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-७ की ६५ वर्षीया धौलीदेवी विष्टको मृत्यु भएको हो। उनी र ३२ वर्षीय विष्णु बोहराको उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियो। , त्यहीँ उपचारको क्रममा धौलीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।, घाइते ९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गादेवी विष्ट लगायत तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।, डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
सेतोपाटी संवाददाता आज (बुधबार) आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ।, यस्तै भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, राति पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।, शुक्रबार आंशिकदेखि सामान्य बदली भइ पहाडी भेगका केही स्थानहरू तथा तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित  हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने
सेतोपाटी संवाददाता सुर्खेतमा एक जना युवकको शव फेला परेको छ।, मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, शवको पहिचान भने भइसकेको छैन।, युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण शाहीले जानकारी दिए। , उनका अनुसार मंगलबार बेलुका पाँच बजे शवको बारेमा प्रहरीलाई सूचना पुगेको थियो।, कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा आउन लागेको शाहीले बताए।, ‘शवको पहिचान हुन सकेको छैन, कुकुर सहितको थप टोली कोहलपुरबाट आउने भएकाले प्रहरी घटनास्थलमा छ,’ उनले भने।, अनुसन्धान टोली आइसकेपछि शव उठाउने तयारी गरिएको डिएसपी शाहीले बताए।, सुर्खेतमा एक युवकको हत्या
राजेश घिमिरे रामेछापको खाँडादेवी गाउँपालिकास्थित मानेडाँडा माध्यमिक विद्यालयले दृष्टिविहीन महिला शिक्षकलाई हाजिरी गराएको छ।, शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएर निम्नमाध्यमिक तहको नेपाली शिक्षकको नियुक्ति पाएकी चितवनकी संगीता पराजुलीलाई विद्यालयले दृष्टिविहीन भएकै कारण हाजिरी गर्न दिएको थिएन।, शिक्षक सेवा आयोगले निकालेको रोल नम्बरअनुसार रामेछापमा परेकी पराजुलीलाई त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइले शिक्षक नियुक्त गरेर पदस्थापनका लागि खाँडादेवी गाउँपालिका पठाएको थियो।, उनलाई गत माघ २३ गते गाउँपालिकाले वडा नम्बर ९ को मानेडाँडा माध्यमिक विद्यालयको नेपाली शिक्षकमा पदस्थापनको पत्र दिएको थियो। तर उक्त विद्यालयले दृष्टिविहीन शिक्षकलाई स्वीकार्न नसकिने भन्दै पराजुलीलाई हाजिरी गराउन अस्वीकार गरेको थियो।, यस विषयमा हामीले फागुन ११ गते ‘,स्थायी नियुक्ति पाइन् तर दृष्टिविहीन भनेर हाजिरी गर्नै दिइएन,’ समाचार प्रकाशन गरेका थियौं।, २०७६ मा शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकामध्ये अपाङ्गता भएका र महिलालाई जिल्ला र विद्यालय रोज्न प्राथमिकता दिने गरिएको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक नियुक्ति तथा पदस्थापनको आधार र मार्गदर्शनमा परिवर्तन गरेसँग उनीहरुले अग्राधिकार गुमाएका थिए।, यही कारण पूर्ण दृष्टिविहीन शिक्षक पराजुली रामेछापको खाँडादेवी गाउँपालिकाको विकट गाउँ तीनखुरीमा रहेको मानेडाँडा माध्यमिक विद्यालय पुगेकी थिइन्।, गाउँपालिकाले पदस्थापन गरेलगत्तै विद्यालय व्यवस्थापन समिति र वडाले दृष्टिविहीन शिक्षक नस्वीकार्ने भन्दै पत्र पठाएपछि पराजुली चितवन फर्किएकी थिइन्।, खाँडादेवी गाउँपालिकाको शैक्षिक प्रशासन शाखाका प्रमुख मीनबहादुर थापाले विद्यालयले पराजुलीलाई हाजिरी गराएको जानकारी दिए।, ‘हामीले माघको २३ गते नै उहाँलाई पदस्थापन गरेर जानकारी गराउने व्योहोराको पत्र पठाएका थियौं तर सम्बन्धित विद्यालयले हाजिरी गराउन नसक्ने जानकारी गराएको थियो। अस्तीमात्रै विद्यालयले उहाँलाई हाजिरी गराएको छ,’ थापाले सेतोपाटीसँग भने।, उनले पराजुलीका लागि उक्त विद्यालयमा उपयुक्त वातावरण नबनेका कारण काजमा अन्य विद्यालयमा खटाउने तयारी भइरहेको बताए।, ‘हामीले विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधिहरुको बैठक राखेर हाजिरी गराउने निर्णय गर्‍यौं। तत्कालका लागि हाजिरी गराउने काम भयो,’ उनले भने, ‘अब बिहीबार शिक्षा समितिको बैठक बसेर काजको निर्णय गर्छौं।’, थापाले मानेडाँडा माविमा रहेको दरबन्दी तानेर पराजुलीलाई पायक पर्ने कुनै विद्यालयमा काजमा खटाउने तयारी भएको बताए। ‘मानेडाँडा माविमा आन्तरिक स्रोतबाट शिक्षक पूर्ति गर्ने र त्यहाँको दरबन्दी नै तानेर पराजुलीलाई अन्यत्र खटाउने हो,’ उनले भने, ‘उहाँ यहाँबाट अन्य पालिकामा सरुवा भएर गएको अवस्थामा त्यो दरबन्दी फेरि मानेडाँडा माविमै पुग्छ।’, विद्यालयले हाजिरी गराएर त्यसको जानकारी गाउँपालिकालाई गराएको उनले बताए।, ‘अब उहाँको सञ्चयकोष, बीमा, नागारिक लगानी कोषको काम पनि प्रारम्भ भएको छ,’ थापाले भने, ‘६–७ गतेसम्ममा त उहाँ पढाउन थालिसक्नुहुन्छ।’, दृष्टिविहीन शिक्षकलाई विद्यालयले हाजिरी नगराएको समाचार आएपछि राष्ट्रिय मानव अधिकार आयोगले विद्यालय, गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाईलाई पत्र पठाएर कारण मागेको थियो।, करिब डेढ दशक राहत दरबन्दीमा रहेर पढाएकी पराजुली गत पुसमा शिक्षक सेवा आयोगको निम्न माध्यामिक तहको नेपाली विषयको परीक्षामा उत्तीर्ण भएकी थिइन्।, पराजुलीले ढिलै भएपनि विद्यालयले हाजिरी गराएको र आफूलाई पायक पर्ने कुनै विद्यालयमा काजमा खटाउने प्रतिवद्धता गाउँपालिकाले जनाएको बताइन्।, ३६ वर्षीया संगीताले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी हुन्। क्याम्पस पढ्दैगर्दा उनको भरतपुर–२७ मघौली घर भएका न्यूनदृष्टिविहीन गणेश महतोसँग विवाह भएको थियो।, अहिले उनीहरु भरतपुर–२६ चनौलीमा बस्छन्।, गणेश ज्योतीनगरस्थित युवा माध्यामिक विद्यालयमामा प्राथमिक तहमा पढाउँछन्। उनीहरुका जेठा छोरा अहिले युवा माविबाट एसईई परीक्षाको तयारी गर्दैछन्। कान्छा छोरा मेघौलीस्थित जानकी माविमा कक्षा ५ मा पढ्छन्।, अन्ततः दृष्टिविहीन शिक्षकलाई हाजिरी गरायो रामेछापको मानेडाँडा माविले
सेतोपाटी संवाददाता झापाका दुई अलगअलग स्थानबाट प्रतिबन्धित भारतीय जिउँदो ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेर नष्ट गरेको छ।, मेचीनगरको नकलबन्दा र झापा गाउँपालिकाको पन्थापाडा भन्ने स्थानबाट करिव ८० वटा कुखुरा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, झापा गाँउपालिकाबाट ८० किलो बराबरका जिउँदो कुखुरा बरामद भएको हो भने मेची नगरबाट २४ वटा भारतीय लोकल कुखुरा र १६ वटा ब्रोइलर कुखुरा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।, प्रहरीका अनुसार दुइटा साइकलमा भारतबाट नेपाल भित्र्याउँदै गर्दा कुखुरा ल्याउने मानिसहरू प्रहरीलाई देखेर साइकल छोडी फरार भएका थिए। कुखुरा क्वारेन्टाइन, जनप्रतिनिधि र प्रहरीको रोहवरमा ती कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ।, भारतबाट कुखुरा भित्रिँदा नेपालका कुखुरा पालक किसान मारमा परेको किसानले गुनासो गर्दै आएका छन्।, बरामद भएका दुबै क्षेत्रका नाकाबाट सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले कुखुरा बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ।, केही दिनदेखि प्रतिबन्धित भारतीय कुखुरा अवैध रूपमा नेपाल भित्र्याएको सूचना प्रहरीले पाएपछि नाकामा उच्च सतर्कता अपनाउन थालेको थियो।, झापाका कुखुरा उत्पादक व्यवसायीले जिल्लाका अधिकांश नाकाबाट प्रतिबन्धित कुखुरा र त्यसको तयारी मासु नेपाल भित्र्याएको गुनासो गर्दै आएका थिए। संघका झापा अध्यक्ष विवेक निरौला लगायतको व्यवसायीको टोलीले भारतसँग सिमाना जोडिएका नाकाबाट हुने अबैध आयातमा नियन्त्रण गरिदिन यसअघि जिल्ला प्रशासन, जिल्ला प्रहरी र सीमा सुरक्षा बल झापामा ज्ञापन पत्र बुझाएका थिए।, नष्ट गरियो प्रतिबन्धित भारतीय कुखुरा
रासस कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ।, पहुँचभन्दा बाहिर रहेका  नागरिकलाई  सडकको पहुँचमा पुर्‍याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दै आएको छ। , कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो।, भौगोलिक हिसाबले सबैभन्दा ठूलो प्रदेश कर्णालीभरि यस वर्ष नयाँ र क्रमागत गरी करिब एक हजार सडक निर्माणका क्रममा छन्।, प्रदेश सरकारले रु ३० लाखभन्दा कमका योजना नबनाउने निर्णय गरेपछि यस वर्ष विगतमा भन्दा धेरै स–साना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको मन्त्रालयका सूचना अधिकारी भीमबहादुर कार्कीले बताए।,  , भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले भौतिक पूर्वाधार सडक र पुल निमार्णमा गरी रु आठ अर्ब विनियोजन गरेको छ। भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव रहेको छ। दश जिल्लामध्ये सात जिल्लामा अहिले पनि निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता छ। दुई सय २१ दरबन्दी रहेको मन्त्रालयलमा हालसम्म प्राविधिकतर्फ ६० प्रतिशत जनशक्ति रिक्त छ। रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि लोक सेवा आयोगसँग माग गरिएको कार्कीले बताए।, दरबन्दीअनुसारका जनशक्ति नहुँदा सबैभन्दा धेरैजसो भौतिक पूर्वाधार निर्माणका काममा जनशक्तिको अभाव देखिएको उनको भनाइ छ। बर्सेनि सडक निर्माण हुने तर स्तरोन्नति हुन नसक्दा वातावरणमा प्रभाव परेको नागरिकले गुनासो गर्दैआएका छन्।, कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।, गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापासबिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन भनिएको हो।, ती व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको पाइएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।, २ वर्षदेखि भाडा रकम नतिरेको, जवरजस्ती ठाउँ ओगटेको र भाडा माग गर्दा धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी बञ्चित हुन पुगेकोले वडा कार्यालयले व्यवसायीलाई वडामै उपस्थित हुन भनेको छ।, हेर्नुस् सूचना:, २ वर्षदेखि भाडा नतिर्ने गोंगबुका २६ व्यवसायीलाई वडा कार्यालयमै उपस्थित हुन निर्देशन
रासस पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।, गाडीको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता सुनसरीमा मोटरसाइकलबाट लड्दा एक जनाको मृत्यु भएको छ। , बुधबार बिहान १ बजे बर्जु गाउँपालिका-२ स्थितमा मोटरसाइकलबाट लड्दा एक जनाको मृत्यु भएको हो।  , को. ७ प ५६५ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेकी बर्जु-३ की ३६ वर्षीया चन्द्रकला देवी लडेकी हुन्। , मोटरसाइकलबाट लडेर घाइते भएकी उनको उपचारको लागि चालक श्रीमान ४१ वर्षीय शैलेन्द्र रायले कोशी अस्पताल विराटनगर पुर्‍याएका थिए। , त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।, घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। ,  , सुनसरीमा मोटरसाइकलबाट लड्दा एक जनाको मृत्यु
रासस बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।, बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो।, पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो विस्तारका क्रममा काम गर्दैगर्दा माथिबाट एक्कासि झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ। , शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई  उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए।, सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।, यसैगरी आज (शनिबार) राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ ।, भोलि आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङसहित  हल्का वर्षाको सम्भावना रहेको छ।  , कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।, कोशी र गण्डकीमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना
रासस पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।, यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो। , अत्यावश्यक सवारी साधानबाहेक अन्य सवारी साधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।, जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत् जानकारी गराइएको उनले बताए।   , उक्त समय अवधिमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए।, पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने
सेतोपाटी संवाददाता बाराको कोहल्वी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन्।, डिभिजन वन कार्यालय बाराले शनिबार वडाध्यक्ष नन्दकिशोर चौधरीलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत विनोद सिंहले जानकारी दिए। , उनीमाथि रूखमा क्षति पुर्‍याएको आरोप छ। , सिंहका अनुसार २०७७/८८मा कोहल्वी-५स्थित राम वनमा ५.३ हेक्टर जग्गामा वृक्षरोपण गरिएको थियो। रूख १५-१६ फिटको भइसकेको थियो। , तर गत मंगलबार होलीको दिन उक्त रूख काटिएको र तारबार पनि भाँचेर छाडिएको अवस्थामा फेला परेको थियो। , अनुसन्धानको क्रममा वडाध्यक्ष चौधरीसहितको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सिंहले बताए। , वडाध्यक्षमाथि सोधपुछ गरी यसमा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिइने उनले बताए। , कोहल्वी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ
सेतोपाटी संवाददाता बागमती नदी नेपालीको आस्थाको केन्द्र हो। हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ।, हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यकता र औचित्य हिन्दु समान छ। बागमती नदीको सभ्यता धेरै गर्विलो छ।, बागमती नदी अहिले ढलमती उपनामले परिचित छ। यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो। ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ्य रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन।, पछिल्लो समय बागमती सरसफाई अभियानसँगै बागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन। ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ।, सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ। तर काठमाडौंवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन्।, काठमाडौं उपत्यकाभित्र त बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ।, काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ। काठमाडौं उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट बागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको  बागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ।, यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाईमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ।, आजको फोटो फिचरमा ,न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारले खिचेका यी बागमती नदीका तस्बिरहरु। , काठमाडौंवासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)
सेतोपाटी संवाददाता गुल्मीको रेसुंगा नगरपालिकाले २०७९ को एसइई परीक्षामा उत्कृष्ट नम्बर ल्याएर नगरपालिका भित्रका विद्यालयमा पढ्ने ९६ विद्यार्थीलाई जनही १६ हजार अनुदान रकम उपलब्ध गराएको छ।, नगरपालिका भित्रका विद्यालयमा विद्यार्थी पढाउन तथा जेहनदार विद्यार्थीलाई प्रोत्साहन गर्न भन्दै कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार पहिलो किस्ताको रकम शुक्रबार उपलब्ध गराइएको मेयर खिलध्वज पन्थीले जानकारी दिए।, नगरपालिकाले एसइई परीक्षामा ३.२ जिपिएभन्दा माथिको अंक ल्याई उत्तीर्ण हुने र नगरपालिका भित्र नै पढ्ने विद्यार्थीलाई मासिक ४ हजारका दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको थियो। जसवापत शुक्रबार पहिलो चार महिनाको १६ हजार छात्रवृत्ति उपलब्ध गराएको छ।, एसइई परीक्षामा ३.६ भन्दा माथि ३६ जना र ३.२ भन्दा माथि १०६ जना गरी १४२ जनाले तोकिएको जिपिएभन्दा बढी जिपिए ल्याएका थिए।, त्यसमध्ये रेसुंगा माविमा ३६, महेन्द्र नमुना माविमा ३५ र सिद्धबाबा माविमा २५ जनाले अध्ययन गरेका छन्।, नगरपालिका अनुसार शुक्रबार ९६ जनाको खातामा १६-१६ हजारको दरले १५ लाख ३६ हजार उपलब्ध गराएको हो।, 'हामीले ऊर्जावान शैक्षिक शक्तिको पलायन, बसाइसराई तथा गरिब तथा जेहनदार विद्यार्थीले पढाइ छोड्ने समस्यालाई रोक्नको लागि यो अभियान सुरु गरेका हौँ,' शुक्रबार राखिएको कार्यक्रममा मेयर पन्थीले भने, 'जिल्लाको शैक्षिक क्षत्रलाई यो अभियानले थप सुदृढ गरेको छ।', रेसुंगा नगरपालिकाले दियो ९६ विद्यार्थीलाई जनही १६ हजार अनुदान
डा. ऋचा अमात्य तनाव भनेको यस्तो अवस्था हो, जसले हाम्रो दैनिक जीवनको शारीरिक र मानसिक अवस्थामा बाधा पुर्‍याउँछ।, हामीले सोचे वा चाहे अनुसार कुनै पनि परिस्थिति नभएमा तनाव हुने गर्छ।, तनावको विभिन्न लक्षणहरु हुन्छन्। हरेक मानिसलाई एकै प्रकारको लक्षण देखिन्छ भन्ने हुन्न।  कसैलाई टाउको झुम्म हुने, कसैलाई श्वास फेर्न गाह्रो हुने, मुटु ढुकढुक हेन, पाचन प्रणालीमा समस्या हुने, कसैलाई निन्द्रा नलाग्ने कसैलाई भोक नलाग्ने खालका लक्षणहरू देखिन्छन्।, यदि तनावलाई हामीले समयमै नियन्त्रणमा ल्याउन सकेनौं भने विभिन्न किसिमका शारीरिक र मानसिक रोग लाग्न सक्छ। , शारीरिक रोग अन्तर्गत मधुमेह, मोटोपना, प्रेसर लगायतका रोग लाग्छ। , यदि तपाईँले मधुमेह, प्रेसरलगायतका रोगको औषधि खाइरहनुभएको छ तर तनाव धेरै बढ्यो भने औषधि खाँदा पनि सुगर, प्रेसर नियन्त्रणमा नआउने हुन्छ। , मानसिक रोगको कुरा गर्दा, तनावको कारण विभिन्न किसिमका रोगहरु एन्जाइटी, डिप्रेसन र पालगपन जस्तो समस्या देखिनसक्छ।, मानसिक तनाव बढी भयो भने निन्द्रा लाग्दैन, निन्द्रा लाग्न गाह्रो हुन्छ अथवा बिच-बिचमा बिउँझने हुन्छ। कसैलाई भोक नलाग्ने अनि कसैलाई धेरै भोक लाग्ने हुन्छ।, कसै कसैको व्यवहारमा परिवर्तन आउने हुन्छ। हाँसीखुशी रहने व्यक्ति अचानक चुप लाग्छ, कोठामा एक्लै बस्न खोज्छ भने त्यो पनि मानसिक रोग हुनसक्छ। , यदि कसैलाई तनावको कारणले गर्दा मानसिक रोग लागेको छ भने कोपिङ मेकानिजमको आधारमा समेत पत्ता लगाउन सकिन्छ।, मानसिक तनावको उपचार विधि काउन्सिलिङ र औषधि नै हो। आफूलाई तनाव भएको छ भने स्वीकार्नु पहिलो चरण हो।, आफूले जानेको भरपर्दो मान्छेसँग कुरा गर्दा पनि मानसिक तनाव कम हुन्छ। त्यस्तो गर्दा भएन मानसिक रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। आवश्यक परेमा औषधिसमेत खानुपर्छ। घरमै उपचार गराउन पनि सकिन्छ। उपचार विधिमा ब्रीदिङ र रिल्याक्सेसन थेरापी पर्छ।, मानसिक तनाव हुन नदिन यहीँ प्रक्रिया अपनाउनुपर्छ भन्ने छैन। कसैलाई एउटा अवस्थामा तनाव हुन्छ भने कसैलाई त्यहीँ अवस्थामा तनाव नहुन सक्छ। , भन्न त तनाव लिन हुँदैन भन्ने गरिन्छ तर तनाव नलिउ भन्दैमा तनाव नहुने होइन। दैनिक जीवनमा कुनै पनि बेला तनाव आउँछ भनेर सोच्नुपर्छ। त्यस्तो बेला कसरी यसलाई समाधान गर्ने भनेर समेत सोच्नुपर्छ। , यसका लागि तनाव भयो भने आफूले यसलाई स्वीकार्नु र आफ्ना विश्वाशीला मान्छेलाई भन्नु हो। त्यस्तै मानसिक रोगको उपचारका लागि चिकित्सकसँग सल्लाह लिनुपर्छ भने औषधि समेत खानुपर्छ।, मानसिक तनावले कस्ता-कस्ता समस्या निम्तिन्छन् र यसको उपचार कसरी गर्ने भन्ने विषयमा हामीले मेडिसिटी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर ऋचा आमात्यसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, मानसिक तनावबाट कसरी जोगिने? (भिडिओ)
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक।प्रगति साहित्य सम्मान-२०७९ बाट किशमा किशाेर बुढाथोकी सम्मानित भएका छन्। , सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकास्थित ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी माविले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेकाे हाे।, उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भए।  बिद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि याेगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेकाे छ।, साहित्य विधाबाट सम्मानित भएका बुढाथाेकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिकाे उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेकाे बिद्यालयले जनाएकाे छ।, बुढाथोकीले कतारमा रहँदा नवाेदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यकाे विकासमा याेगदान गरेका थिए।  सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिककाे सम्पादन गरेका थिए।, सिन्धु साहित्य अभिलेखालयकाे संयाेजक, गजल सिन्धुकाे अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यकाे विकासमा क्रियाशील छन्। उनकाे मरूभूमिकाे साहित्य यात्रा र जूनका आभाहरू कृति प्रकाशित छ।, त्यस्तै पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन्। २०६० सालबाट पत्रकारिता सुरू गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन्।, राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उनले जिल्लामा भएका विपदलगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएकाे विद्यालयले जनाएको छ।, लाेक गायक पदम दुलाललाई गीत संगीतबाट मनाेरञ्जन मात्रै नभई जिल्लाकाे कला तथा पर्यटन विकासमा सघाउ पुर्याएकाले सम्मान गरिएकाे हाे।, हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष  सिन्धुपाल्चोकका तीनजना सम्मानित भएका छन्।, सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको साे विद्यालयले आफ्नो विद्यालयकाे  ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा  सम्मान प्रदान गरेकाे हाे।, मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङले उनीहरूलाई सम्मान पत्र प्रदान गरे।, युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान
रासस उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।, शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरका ६ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो।, रामबहादुरको माटो र ढुंगाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिए।, ‘हामी दुवै जना सडक निर्माणका लागि गएका थियौं, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो,’ मृतकका बुबा रामबहादुर मगरले भने।, स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए। उनीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय भुट्टारको टोली घटनास्थल पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ। घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन्। , आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो। घटनास्थल सदरमुकामबाट करिब ४५ किलोमिटर र भुट्टारबाट छ किलोमिटर टाढा रहेको छ। विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।, आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। , शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए। , बाग्मति प्रदेश ०६-००१ ज ००१७ नं.को फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो। , दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्। , घाइतेमध्ये चार जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। ७ जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको हो। , चालक नवीन राईको तनहुँमै उपचार जारी छ। ,  , बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते
सविता बुढा बाजुराको बडीमालिका नगरपालिका–९ का २४ बर्षे हिमाल थापा विमारी छोरो बोकेर चार दिनअघि जिल्ला अस्पताल आइपुगेका थिए। उनको घर गैरीबजारबाट बाजुरा जिल्ला अस्पताल धेरै टाढा छैन।, २ वर्षअघि हातखुट्टा निला फर्किने, ओठ कालो हुने, हिँड्न नसक्ने, खाना पनि नखाने भएपछि छोरालाई सास फेर्न पनि गाह्रो भएको थियो। त्यसपछि उनले जिल्ला अस्पतालै पुर्याएका थिए।, ‘मुटुको चेक गरेको, यता हुँदैन, काठमाडौं लग्नु भनेपछि गंगालालमा लगें,’ उनले भने।, गंगालाल हृदय रोग केन्द्रमा जाँचपछि औषधि दिएर चिकित्सकले सुरूको ६ महिना परीक्षण गर्ने र त्यसपछि पुन: आउन भनेका थिए।, ६ महिनापछि फेरि त्यहाँ पुगेको र ३ महिना पूरा भए फेरि आउनू भनिएको थियो।, चिकित्सकले हिमालका ४ वर्षीय छोरा गौतम थापाको मुटुको भल्भमा समस्या रहेकाले औषधिले निको नहुने देखिएको र अपरेसन गर्नुपर्ने भनेका थिए।, ‘सुरूमै ६० हजार खर्च भएको थियो, पटक पटक गरेर आफूसँग भएको ८/९ लाख रुपैयाँ सकियो, भएको सिद्धिँदै गएपछि सापटी मागर गएँ,’ उनले भने।, अहिलेसम्म जिल्लादेखि काठमाडौंको अस्पतालसम्म छोराको उपचार गर्न १२ लाख रुपैयाँ बढी खर्च भएको उनको भनाइ छ। सरसापट गरेको ३ लाख रुपैयाँ बढी ऋण लागेको उनले बताए।, ‘अपरेसन गर्न बीमा गरेपछि कमै पैसा लाग्छ रे, आफ्नो खान बस्न गाडी भाडा जान खर्च थिएन,’ उनले भने।, अहिले तीन दिनअघि फेरि छोरालाई समस्या देखिएपछि हिमाल जिल्ला अस्पताल आएका थिए। उनको छोरालाई उपचार गर्दा गर्दै पनि गाह्रो हुँदै गयो। चिकित्सकले आइसियुमा राखेर उपचार गर्नुपर्छ भने तर जिल्ला अस्पताल बाजुरामा आइसियु सेवा छैन। अस्पतालले गौतमलाई तुरून्तै माथिल्लो अस्पताल लैजान रिफर गरेको थियो।, हिमालसँग छोरालाई उपचार गर्न बाहिर लैजाने खर्च नभएर समस्या भयो। सरकारी अस्पतालमा आइसियू सेवा नपाएका उनले सो सुविधा खोज्दै डडेल्धुरा या धनगढी पुग्नुपर्ने भयो। उनले यसो गर्न नसक्ने भएपछि बाजुरा जिल्ला अस्पताललाई एउटा मन्जुरी नामा लेखेर दायाँबायाँ  औंठाछापसहित बुझाए।, ‘बिरामीलाई गाह्रो हुँदै गएर आइसियू चाहिए पनि जिल्ला अस्पतालमा नभएकाले मेरो बिरामीलाई आइसियू नभएर केही भवितव्य भए म आफैं जिम्मेवार हुनेछु’ भन्दै उनले मन्जुरी नामामा लेखेका छन्।, उनको यो मन्जुरी नामा र छोराको अवस्थाबारे सामाजिक सञ्जालमा भाइरल भएपछि वडा कार्यालय र नगरपालिकाले सहयोग गर्ने भने। एम्बुलेन्सको तेल र पछि केही आर्थिक सहयोग गर्ने कुरा नगरपालिकाले भनेको थापाले बताए।, उनले आफूसित २० हजार जति भएको र सरसापट गरेर ३० हजार जति थपिएपछि अहिले काठमाडौंका लागि हिँडेको उनले बताए। हिमाल र उनकी श्रीमती गाउँमा किसानी गर्छन्।, जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रेरित देवकोटाले आइसियु बेड नभएको बताए।, आइसियुमा राख्नुपर्ने केस आए इमर्जेन्सी सेवा दिने र नभए रिफर गर्ने गरिएको उनले बताए।, यहाँ आइसियु, भेन्टिलेटर चलाउने जनशक्ति नभएर समस्या छ। एनेस्थेसिया, मेडिसिनको डाक्टर, तालिम प्राप्त नर्स, तालिम प्राप्त कार्यलय सहयोगी लगायतका कर्मचारी बाजुरा अस्पतालमा छैनन्। आइसियु बेड चलाउन ठाउँको पनि अभाव छ। नयाँ भवन बनिरहेको छ। आइसियु आवश्यक पर्ने बिरामीलाई रिफर गर्नुपरिरहेको उनले बताए। , बाजुरा अस्पतालमा एम्बुलेन्स सेवा भने छ। यसमा जिल्ला अस्पतालबाट धनगढीसम्म पुग्न १६ हजार रुपैयाँ शुल्क लाग्छ।, बाजुरा अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!
नारायण खड्का ७५ वर्षीय जानकीलाल बस्नेत दाङको लमही नगरपालिका-९ अमिलियामा बस्छन्। , उनकी श्रीमती १० वर्षअघि नै बितिन्, एक्ला छोरा रोजगारीको शिलशिलामा भारतमा छन्। दुई जना छोरीको पनि विवाह भइसक्यो। उनी घरमा एक्लै बस्थे। , एक्लै भएकाले घरायसी काममा सघाउन उनले एक जना सहयोगी पनि खोजिरहेका थिए। गत जेठमा यसबारे उनले चिनजानका मानिसलाई पनि खबर गरेका थिए। , त्यसैबीच तुलसीपुर बसपार्ककी एक जना महिलाले रूपा (परिवर्तित नाम) लाई बस्नेतको नम्बर दिइन्। तुलसीपुर उपमहानगरपालिका-६ बरूवागाउँकी ३५ वर्षीया रूपाले उनलाई फोनमार्फत् सम्पर्क गरेकी थिइन्। , सहयोगी खोज्ने बहानामा सुरू भएको फोन संवादले अर्कै मोड लिँदै थियो। , त्यस संवादपछि उनीहरूबीच पटकपटक भेटघाट पनि भयो। तुलसीपुर, घोराही, लमही बजार लगायत विभिन्न ठाउँमा उनीहरूबीच भेटघाट भएको थियो।  , कुराकानी बढ्दै गएपछि उनीहरू एकअर्कालाई पति-पत्नीको रूपमा स्वीकार्न समेत तयार भइसकेका थिए। तर उनीहरूले औपचारिक विवाह गरेनन्। , प्रेममा परेका बस्नेतले गत कात्तिक २८ गते अमिलियामा रहेको आफ्नो १२ कठ्ठा १५ धुर जग्गा रूपाको नाममा पास गरिदिए। उनले भेटघाटको क्रममा एक लाख ११ हजार नगद र एउटा सुनको औंठी पनि दिइसकेका थिए। , तर जग्गा पास गरेको केही दिनपछि नै रूपाको व्यवहारमा परिवर्तन आएको बस्नेत बताउँछन्। , त्यसपछि प्रेमको जालमा परेर आफू फसेको उनले चाल पाए। , ‘मैले उनीसँग गरेका सबै वाचा पूरा गरेँ तर उनले गरिनन्,’ बस्नेतले शनिबार पत्रकार सम्मेलन गरी भने, ‘जमिन पास गरिदिएपछि आजसम्म उनको र मेरो देखभेट भएको छैन।’, उनले पत्रकार सम्मेलन गरी रूपाले विवाहको नाटक गरी सबै सम्पत्ति लुटेको आरोप लगाएका छन्।, उनले प्रहरीमा ठगीसम्बन्धी उजुरी पनि दिएका छन्। उजुरीपछि रूपा प्रहरी हिरासतमा छिन्। , ‘१० वर्षदेखि आफूलाई छोरा-बुहारीले नहेरेको हुँदा बुढेसकालमा तेरो सहारा बन्छु भनेपछि मलाई पनि ठिकै लागेको थियो र मैले रूपालाई अपनाउन खोजेको थिएँ,’ बस्नेतले भने, ‘मैले आफू बाँच्ने सहाराको लागि साथी जोड्न खोजेको थिएँ तर उनी त जग्गा फुत्काउने षड्यन्त्र साथ आएकी रहिछन्।’, सम्बन्ध जोडिएको केही समयपछि उनले रूपा पनि विवाहित नै रहेको थाहा पाए। यस्तै, श्रीमानसँग सम्बन्ध विच्छेद गरी उनीसँगै बस्ने वाचा समेत गरेको उनले बताए।, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बस्नेतले माघ २५ गते महिलाविरूद्ध ठगी मुद्दा दायर भएको जानकारी दिए। रूपालाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयमा पठाइसकेको उनले बताए। , प्रहरीका अनुसार रूपाको श्रीमानसँग पनि सम्बन्धबिच्छेद भइसकेको छ। रूपाले बयानका क्रममा विगत १५ वर्षदेखि आफ्नो श्रीमानसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्। , ‘बस्नेतको धनसम्पत्ति देखेरै मैले सम्बन्धको नाटक गरेकी हुँ भन्ने बयान रूपाले गरेकी छन्,’ एक प्रहरी अधिकारीले भने, ‘अब अदालतले के आदेश दिन्छ सोही कुराको प्रतिक्षा छ।’, बस्नेतलाई विवाह नै नगरी किन त्यसरी जग्गा पास गरिदिनु भएको हो भन्ने प्रश्नमा आफूले विश्वास गरी पास गरिदिएको बताए। , ‘छ महिना सम्मको सम्बन्धका कारण म उनको विश्वासमा डुबेँ,’ उनले भने, ‘तर उनले आज मलाई घरको न घाटको बनाएर गइन्।’ , अर्काको धन सम्पत्ति कब्जा गर्नेहरूमाथि कारबाही हुनुपर्ने र आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग बस्नेतले पत्रकार सम्मेलनमा व्यक्त गरेका थिए।, ७५ वर्षीय जानकीलाल भन्छन्: सहारा खोजेको थिएँ, जग्गा फुत्काउन आएकी रहिछ
भगवती पाण्डे रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।, कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।, माता भनिने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले झारफुक गरेर बिरामी निको बनाउने भन्दै सीतालाई शारीरिक यातना दिएकी थिइन्। सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउनेसम्मको चरम यातना दिएपछि उनको मृत्यु भएको थियो।, सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे। सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए।, उक्त घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडि‌ओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो।, भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमबार नै सोनियालाई पक्राउ गरेको थियो। घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन्।, सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जाल मार्फत प्रहरीलाई दबाव परेको थियो। त्यसपछि प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ। को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको हो।, 'घटना अत्यन्त संवेदनशील छ। गहिरो अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक गरेका छैनौं। माता भन्ने सोनिया र मृतकका बुवासहित १७ जना पक्राउ परेका छन्,' प्रहरी निरीक्षक कुँवरले भने।, सीताका आमालाई भने प्रहरीले पक्राउ नगरेको उनले बताए।, 'अहिले अनुसन्धान भइरहेकाले घटनामा संलग्न भएकाहरूबारे अझै अध्ययन गरिरहेका छौं। अनुसन्धान गर्दै जाँदा संलग्न देखिएका सबैलाई पक्राउ गर्छौं,' उनले भने।, सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा कान दुखेको बिरामीलाई झारफुक गरेर निको बनाउँछु भन्ने माता र त्यहाँ लैजाने परिवार सबै दोषी रहेको बताए।, 'गाउँघरमा सामान्य फुकफाक गर्नुलाई सामान्य मानिएला। तर झारफुकको नाममा मृत्यु हुनेसम्मको यातना दिइनु जघन्य अपराध हो। अब यस्ता घटना दोहोरिन नदिने गरी सचेतनाका कार्यक्रम गर्नुपर्छ,' उनले भने।, नगरप्रमुख शर्माले यो घटनाले समाजको चेतनालाई प्रष्ट पारिदिएको भन्दै नगरपालिकाले अब सामाजिक सचेतनाका कार्यक्रम अगाडि सार्ने बताए।, 'विद्यालयमा होमवर्क नलेखेको भन्दै शिक्षकले सामान्य रूपमा हाने विद्यालय बन्द गराउने अवस्था छ। यहाँ त परिवार र आफन्तहरू नै छोरीको मृत्युमा रमिते बनेर बसेको देखिन्छ,' शर्माले भने।, झारफुकका नाममा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ
सेतोपाटी संवाददाता बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, शनिबार साँझ  साढे ६ बजे महागढिमाई नगरपालिका ८ थलही पुल कलैया लंगडाचौक सडकखण्डमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, ना. ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ४ चक्के गाडीले ठक्कर दिएको हो।, ठक्करबाट मोटरसाइकल चालक आदर्शकोतवाल गाउँपालिका १ जमुनियाका २२ वर्षीय विकासकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।, गण्डक अस्पताल वीरगन्ज, पर्सामा उनको उपचारका क्रममा मृत्यु भएको हो।, ठक्कर दिने गाडी र चालक फरार छन्।, गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता आज देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो। , देशमा हाल पश्चिमी वायुको प्रभाव सामान्य रहे पनि आज राति भने कतै वर्षाको सम्भावना नदेखिएकाले आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। , यस्तै भोलि सोमबार देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, मंगलबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।, तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।, प्रहरीले श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए।, कुटपिटबाट ममता बेहोस भएकी थिइन्। यो कुरा आइतेले प्रहरीसँग प्रारम्भिक बयानमा बताएका छन्।, बेहोस भएकी ममतालाई समयमै उपचार नगराउँदा उनको मृत्यु भएको हो। , कुटपिट कहिले भएको हो भन्ने खुलेको छैन।, ‘कुटपिटको घटना केही दिनअघिको जस्तो देखिन्छ, हामीलाई खबर आएको शनिबार हो,’ प्रहरी निरीक्षक बुढा मगरले भने।, जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
रासस पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्।, आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्।, नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको थियो।, सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पुर्‍याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ। फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो।, संस्थाका कोर्ष डाइरेक्टर (पाठ्यक्रम निर्देशक) प्राध्यापक डा शुभेषराज कायस्थले केही वर्षअघि ठूलो जनसंख्यामा गरिएको सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतको रोगले आक्रान्त रहेको फेला परेको जानकारी दिए।, सिकलसेल सरुवा रोग भने होइन। रोगबाहक आमाबुवाको जिनका कारण यो रोग सन्तानमा देखा पर्दछ। चिकित्सकहरूका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो। पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ। रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमासय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्‍याउँछ।, ‘सिकलसेलमात्र भएका रोगी धेरै वर्ष बाँच्दैनन्, धेरैमा ४० वर्ष बाँच्न सक्ने देखिन्छ,’ उनले भने।, विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको बताइएको छ। यो रोगको समस्यालाई मध्यनजर गरी नेपालमा पहिलोपटक विस २०७१ मा सरकारले प्रत्येक रोगीको उपचार व्यवस्थापनमा रु एक लाख बराबरको निःशुल्क सेवा प्रदान गरिरहेको छ।, समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। केही वर्षअघि गरिएको रगत परीक्षणका क्रममा कैलालीको टीकापुर, लम्कीचुहा, घोडाघोडी र पहलमानपुर क्षेत्रका ग्रामीण बस्तीमा यो रोगबाट प्रभावित थुप्रै व्यक्ति भेटिएका थिए।, सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ। उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ। वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह छ।, सिकलसेल एनिमियाको बाहक र पूर्ण बिरामी हुने गर्दछन्। पूर्ण बिरामीको उपचारका लागि नेपाल सरकारले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ। बाहकमा रोगको लक्षण देखिँदैन तर उनीहरूले आफ्नो सन्तानमा सिकलसेल सार्ने गरेको बताइएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको केही वर्षअघिको तथ्याङ्कअनुसार सिकलसेलका पाँच सय ८३ बिरामी दर्ता भएका थिए। यीमध्ये अधिकांश थारू समुदायका मानिस रहेका थिए।, ‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित
सेतोपाटी संवाददाता नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन सम्पन्न भएको छ।, सम्मेलनले ‘अप्टिमिष्ट एजुकेशन फन्ड’ स्थापना गरेर गरिव तथा जेहेन्दार  विद्यार्थीलाई कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा दिने योजना सार्वजनिक गरेको छ।, फण्डका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरिने अप्टिमिष्ट एजुकेशन फन्डका संयोजक प्रदीव बहादुर थापाले जानकारी दिए।, कार्यक्रममा संस्थाको स्वरूपबारे महासचिव प्रकाश घिमिरेले जानकारी गराएका थिए। , शुक्रबारबाट २ दिनसम्म चलेको सम्मेलनलाई निजगढ नगरपालिका उपमेयर सोममाया थिङले उद्‍घाटन गरेकी थिइन्।, उनले सकारात्मक सोचका साथ अगाडि बढ्यौ भने सफलता प्रदान गर्न सकिन्छ र जीवन आशावादी भएर अगाडि बढ्छ भन्दै हरेक काममा सम्भाव्यताहरू प्राप्त गरि लक्ष्यमा पुग्न सकिने बताइन्।, उनले संस्थाको उदेद्धेश्यसँग आफ्नो जीवन मेल खाने भएकाले किशोरी स्वास्थ्य सचेतना कार्यक्रमलाई नगरपालिले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।, एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष प्रभाकर रिजालले सकारात्मक शिक्षाका बारेमा जानकारी गराएका थिए।, कार्यक्रममा उपस्थित नेपालभरका क्लव सदस्यलाई निवर्तमान गभर्नर उदय कुमार निरौलाले प्रशिक्षण गराएका थिए।, विभिन्न समूह विभाजन गरी संस्थालाई के कसरी स्थायित्व प्रदान गर्न सकिन्छ र समाजमा कसरी सदुपयोग गर्न सकिन्छ भनेर छलफलसमेत चलाइएको थियो।, कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य नारायण शर्मा र गौरी शंकर माबिका प्रधानाध्यापक यादब कुमार तिम्सिना,अप्टिमिष्ट रूपराम धिसीङ, अप्टिमिष्ट कल्वका सचिव तथा निजगढ नगरपालिका वडा न ८ का वडा अध्यक्ष स्वर्ण लामा, रुद्र प्रसाद धिताल लगायतले सम्बोधन गरेका थिए।, सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित कार्यक्रमलाई बिस्तार गर्दै लगिने संस्थाका गभर्नर पृथ्वीराज थापाले जानकारी गराए।, बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने क्लबको उद्धेश्य रहेको थापाले स्पष्ट पारे।, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने आफ्नो उद्धेश्य रहेको उनले बताए।, नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन सम्पन्न
सेतोपाटी संवाददाता रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्। , राजविराजमा गत शुक्रबार दिउँसो रक्सी खाएर स्थानीयसँग विवाद गरिएको निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। , बर्दीमा रहेका उनले अर्धनग्न भएर विवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। एउटा लाठी लिएर विवाद गरेको भिडिओमा देखिन्छ।, त्यसैबीच जवानसँग हातपात गरेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिएसपी सिंहले बताए।, रक्सी खाएर विवाद गरेको आरोप लागेका प्रहरी जवान निलम्बित
रासस सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।, योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।, मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।, सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।, ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।, घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ।, चालकको अवस्था सामान्य रहेको छ। उनको घुर्मीमा उपचार भइरहेको छ। बस अनियन्त्रित भई भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, सिन्धुली बस दुर्घटना: ६ जनाको मृत्यु (अपडेट)
सेतोपाटी संवाददाता सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।, दुर्घटनामा १९ जना घाइते भएका छन्।, उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए। , ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना: ५ जनाको मृत्यु, १९ घाइते
सेतोपाटी संवाददाता युलेन्स स्कुलले दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ।, नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले शनिबार बाँसबारीमा रहेको युलेन्सको दोस्रो युनिटको उद्घाटन गरेकी हुन्।, बासाबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने भएको छ। युलेन्स स्कुलको पहिलो युनिट सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको छ।, युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले गुणस्तरीय शिक्षामा दिलाउने उद्देश्यले  १७ वर्ष अघि युलेन्स स्कुलको स्थापना गरिएको र अहिले दोस्रो युनिट खोल्न अभिभावक, कर्मचारी, युलेन्स फाण्डेशनलगायत सबैको मेहनतका कारण सफल भइएको बताइन्।, कार्यक्रममा बोल्दै चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। काठमाडौंको बाँसबारीमा सुविधासम्पन भवन सञ्चालन हुने युलेन्स स्कुलले काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सुरु गरेको हो।, युलेन्स एजुकेशन फाण्डेशनका अध्यक्ष सोम पनेरुले लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षाको सबैको पहुँच दिलाउने उदेश्यले सञ्चालन भएको युलेन्स स्कुलको दोस्रो युनिट सुरु हुनु सबैको सफलता भएको बताए।, युलेन्स स्कुल गैरनाफामुलुक स्कुल हो। परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले नेपालको गुणस्तरीय शिक्षामा पुहुँच दिलाउने उदेश्यले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो।, युलेन्स स्कुलको दोस्रो युनिट बाँसबारीमा
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्। , सशस्त्र प्रहरी जवान संदिपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , डिएसपी थापाका अनुसार उनी सशस्त्र प्रहरीको इन्स्पेक्टरको दर्ज्यानी चिन्ह भएको बर्दीमा गोरखाको इलाका प्रहरी कार्यालय आरूघाट पुगेका थिए। , उनले आफू गोरखा गुल्मको इन्स्पेक्टर हुँ भन्दै कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेको आरोप छ। , जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत थिए। उनले १० दिनको घर बिदा स्वीकृत गराएर गएका थिए। , डिएसपी थापाका अनुसार गोरखा आरूघाट गाउँपालिका-३ थुमी बस्ने १५ वर्षीया किशोरी गत फागुन १५ देखि १९ गतेसम्म सदरमुकाममा भएको रनिङ शिल्डमा भाग लिन गएकी थिइन्। , तर कार्यक्रमपछि उनी फर्किइनन्। किशोरीलाई सोही वडाका हिराबहादुर बरामले फकाएर लगेको भन्दै कार्यालयमा निवेदन परेको थियो। , किशोरीकी बुवाले नाबालिगलाई फकाएर लग्ने हिराबहादुरमाथि कारबाही गरी पाउँ भन्दै निवेदन दिएका थिए। त्यसैमाथि अनुसन्धान गर्न दुबै पक्षलाई कार्यालयमा झिकाइएको थियो। , यस सम्बन्धमा सशस्त्र प्रहरी जवान साहले किशोरी आफ्नी साली भएको भन्दै कार्यालयमा इन्स्पेक्टरको बर्दी लगाएर पुगेका थिए। , घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको डिएसपी थापाले बताए। साहले फुली किनेर लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ।, उनलाई दर्ज्यानी चिन्हसहित बर्दीको दुरूपयोग गरेको भन्दै सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाएको डिएसपी थापाले बताए। ,  , इन्स्पेक्टरको बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित
सेतोपाटी संवाददाता कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार राति भीमदत्त नगरपालिका–१० तिल्केनीमा से ६ प २६६४ नम्बरको स्कुटर दुर्घटना भएको थियो।, सो दुर्घटनामा सोही नगरपालिकाको वडा नम्बर ४ भगतपुरका आयुष केशीको मृत्यु भएको प्रहरीले जनाएको छ।, स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ।, दुर्घटनमा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भने महेन्द्रनगरको मन्त्र अस्पतालमा उपचार भइरहेको छ।, कञ्चनपुरमा स्कुटर दुर्घटना: १ को मृत्यु, अर्का घाइते
सेतोपाटी संवाददाता सुनसरीमा सफारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, आइतबार दिउँसो इटहरी उपमहानगरपालिका-२ हलगढा स्थितमा सफारीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको हो।, तरहराबाट ईटहरी तर्फ जाँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिँदा ६८ वर्षीया पुण्यमाया काफ्लेको मृत्यु भएको हो। उनको विराट नरसिंह होम विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , ठक्कर दिने सफारी चालक जिल्ला स्याङ्जा पुतली नगरपालिका-८ घर भई हाल ईटहरी-८ बस्दै आएका २६ वर्षीय पिताम्बर सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ। , घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय इटहरीले गरिरहेको प्रहरीले जनाएको छ। ,  , गाडीको ठक्करबाट सुनसरीमा पैदल यात्रीको मृत्यु