content
stringlengths 20
64.1k
⌀ |
---|
राजु अधिकारी भनिन्छ, कुनै देश कस्तो छ भन्ने थाहा पाउन त्यहाँको विश्वविद्यालय नियाले पुग्छ। जसरी विश्वविद्यालयले सिंगो देशको चित्र पेस गर्न सक्छ, कुनै ठाउँको स्कुलले कम्तीमा त्यहाँको समाजको चित्र पेस गर्छ भन्न सकिन्छ।, हामीले यहाँ मोरङको ग्रामथानमा रहेका दुइटा सामुदायिक स्कुलका बारेमा चर्चा गरेका छौं। यी दुई स्कुलले यहाँको समाज थोरै भए पनि बुझाउन मद्दत गर्नेछन्।, विराटनगरस्थित पुष्पलाल चोकबाट झन्डै पाँच किलोमिटर पूर्व लागेपछि पुगिन्छ ग्रामथान–२ मा रहेको रवि आधारभूत विद्यालय। यो विद्यालय नपुग्दै अर्थात दुई किलोमिटर वरै झोराहाट चोक नजिकै छ सरस्वती नमूना माध्यमिक विद्यालय।, करिब दुई किलोमिटर दुरीमा रहेका एकै वडाका यी दुवै स्कुलको चौरमा उफ्रीपाफ्री गरिरहेका कलिला विद्यार्थीहरूको अनुहार नियाल्दा दुई फरक चित्र देखिन्छ।, अहिले एक हजार ३ सय ४८ जना विद्यार्थी पढ्ने सरस्वती माविमा समाजका सबैजसो समुदायका विद्यार्थी आउँछन्। एकअर्कासँग घुलमिल भएर हरेक दिन केही सिकिरहेका हुन्छन्। यो स्कुलको चौरमा खेलिरहेका विद्यार्थीहरू देख्दा भन्न सकिन्छ, यहाँ मधेसी, गैरमधेसी, दलित, गैरदलित सबै समुदायको बाक्लो बसोबास छ।, बाल कक्षादेखि १२ सम्म पढाइ हुने सरस्वतीको भन्दा फरक दृश्य रवि आधारभूत विद्यालयमा देखिन्छ। नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा ४१८ जना विद्यार्थी पढ्छन्। सबै कक्षाकोठा नियाल्नुस् या चउर, मधेसी समुदायका विद्यार्थी मात्रै देखिन्छन्।, दुई किलोमिटर टाढाको स्कुलमा विद्यार्थीको सप्तरंगी उपस्थिति हुँदा रविमा किन एकै खाले विद्यार्थी भएका?, यहाँका शिक्षक, जनप्रतिनिधिदेखि स्थानीयबासीसम्मले यसलाई एकदमै स्वाभाविक मानेको पाइन्छ। , 'यो स्कुल वरिपरि सबै मधेसी दलितको बसोबास छ। त्यही भएर यहाँ उनीहरू मात्रै भएका हुन्,' उनीहरू सबैको साझा निचोड यही छ।, यहाँ बातर, चमार र हरिजन समुदायका विद्यार्थी छन्। लामो समयदेखि दलित विद्यार्थी मात्रै पढ्दै आइरहेको यो विद्यालयले नजानिँदो रूपमा विभेद भोगिरहेको छ। यसले विद्यार्थीको सिकाइ प्रक्रियामा त असर पारेको छ नै, सिकाइ उपलब्धि प्रभावी बनाउन शिक्षकहरूलाई चुनौती पनि थपेको छ।, 'मुख्यतः भाषिक समस्या छ। फरक समुदायका विद्यार्थी आए उनीहरूले एकअर्काबाट धेरै कुरा सिक्ने थिए,' प्रधानाध्यापक जितेन्द्र सरदारले भने, 'त्यो अवसरबाट हाम्रा विद्यार्थी बञ्चित छन्।', यो अवसरबाट बञ्चित हुने अवस्था पछाडिको मुख्य कारण स्थानीय बसोबासलाई नै ठान्छन् उनी पनि।, तर थप्न छुटाउँदैनन्, 'दलित समुदायका विद्यार्थी पढ्ने भनेर अहिले पनि अरूले यहाँ विद्यार्थी नपठाएका हुन् कि जस्तो पनि लाग्छ। तर यो स्कुलमा पढ्न आउन सक्ने क्षेत्रमा गैरदलितको बसोबास नै नगण्य छ। त्यसैले यस्तो अवस्था भएको होला।', दलित अधिकारकर्मी उमेश विश्वकर्मा रवि आधारभूत विद्यालयको दृश्यले 'मनोवैज्ञानिक विभेद' प्रस्तुत गर्ने बताउँछन्।, 'हाम्रो समाजमा तीन थरी गैरदलित भेटिन्छ,' उनले भने, 'पहिलो खुला रूपमा दलितसँग घुलमिल हुन नसक्ने बताउनेहरू छन्। दोस्रो दलितसँग ठिक्क पारे पनि पर्तिर गएपछि तिनीहरूले अहिले हामीसँग कुम जोडेर हुन्छ भन्ने खालका छन्। तेस्रो दलित समस्यालाई आफ्नै समस्या ठान्नेहरू छन्।', उनका अनुसार दोस्रो प्रवृत्ति भएकाहरूसँग जुध्न सबैभन्दा सकस छ।, 'कसैले खुलेर हो पनि भन्दैन तर नजानिँदो पाराले विभेद गर्न पनि छाड्दैन। यो सबैभन्दा चुनौतीपूर्ण कुरा हो,' उनले भने, 'एक जना पनि गैरदलित विद्यार्थीको उपस्थिति नहुनुलाई यही रूपको विभेद मान्न सकिन्छ।', ग्रामथान २ का वडाध्यक्ष यादव खतिवडा स्कुलको प्रभाव क्षेत्रमा गैरदलितको बसोबास नभएका कारण यस्तो अवस्था देखिएको बताउँछन्।, 'झोराहाट चोकतिर गैरदलितको बसोबास छ। त्यहाँका नानीहरू कि निजी स्कुल जान्छन् कि त्यहीँको सरस्वती मावि जान्छन्। रविको वरिपरि मधेसी दलितको बाक्लो बसोबास छ। त्यहीँका नानीहरू त्यहाँ पढ्छन्।', राजनीतिक दलका स्थानीय नेता तथा अगुवाहरू वर्षौंदेखि वडाअध्यक्ष खतिवडाकै जस्तो जवाफ दिएर पन्छिँदै आएका छन्। स्कुललाई नै जातका आधारमा छुट्याउने यस्तो खालको अभ्यास हाम्रो संविधान कानुन र सभ्य समाजका लागि ठीक होइन भन्ने कुरामा कसैले चासो दिएको देखिँदैन।, अरूको चासो नपरे पनि रवि आधारभूत विद्यालय अब्बल ठहरिन पछि परेको छैन। यस वर्ष रवि आधारभूत प्रदेश-१ कै उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ।,
यो स्कुल स्थानीय बासिन्दा रवि सरदारको सम्झनामा उनका दुई छोरा रामकृष्ण र हरिकृष्णले खोल्न पहल गरेका थिए। स्कुल बनाउन उनीहरूले जमिन दान गरेका थिए। त्यसैले नाम रवि राखियो। २०४५ सालमा स्थापना भएको यो स्कुल धर्म भकारीका माध्यमबाट चल्न थाल्यो। , स्थानीयबासी ७१ वर्षीय नारायण सरदारका अनुसार राणाकालमा ग्रामथानका सरदार जातिका युवाहरू राणाहरूका भरिया र कमैया थिए। २००७ सालपछि पनि यहाँका सरदार युवाहरूलाई राणा खलक र अरू धनी मानिसहरूले कमैया बनाए।, 'हामीलाई तोरी बोकाएर काठमाडौंसम्म लैजान्थे। मानिसहरू हामीलाई तोरीवाल, धोरीवाल भन्थे,' नारायणले भने, 'थोरै पैसा दिएर काममा लगाउँथे। रवि पनि त्यसरी नै काम गर्थे।', कामकै सिलसिलामा रवि राणाहरूको संगतमा पुगे। त्यही क्रममा राणाका छोराछोरी पढालेखा रहेछन् भन्ने थाहा पाए। उनलाई पनि आफ्ना छोराछोरीलाई पढाउन मन लाग्यो। अनि विद्यालयमा भर्ना गरिदिए। रविको इच्छाअनुसार छोराछोरीले पनि पढे।, सरदारले पढाएका छोराहरूले पछि आफ्नै बस्तीमा विद्यालय खोले। बस्तीका केटाकेटी भर्ना भएर पढ्न थाले। गाउँकै बासिन्दा र सरकारी दरबन्दीमा शिक्षकहरू राखिए। हाल यहाँ पढाउने अधिकांश शिक्षक यही विद्यालयका पूर्वविद्यार्थी हुन्।, प्रधानाध्यापक जितेन्द्र सरदारले त्यो समय स्मरण गर्दै भने, 'मैले कक्षा पाँचसम्म यहीँ पढेको हुँ। त्यस बेला विद्यार्थीहरू डेढ सय जति थिए होला।', सुरूका केही वर्ष स्कुल राम्ररी चल्यो। गाउँमै स्कुल खुलेर छोराछोरी पढाउन पाउँदा अभिभावकहरू दंग परे। बिस्तारै स्कुलको अवस्था बिग्रिँदै गयो। आसपास निजी स्कुल खुले। खासगरी २०६० सालपछि रविमा विद्यार्थी घट्न थाले।, बाँसका भाटाले बनेको टहरे रवि आधारभूतभन्दा अलि बढी सुविधा भएका निजी स्कुलतिर अभिभावक र विद्यार्थीको आकर्षण बढ्न थाल्यो। विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष गंगाराम सरदारका अनुसार हेर्दाहेर्दै स्कुल सुक्न थाल्यो। विद्यार्थी घटेर ५० जना हाराहारीमा सीमित भए। विद्यालय रहला कि नरहला भन्ने अवस्था सिर्जना भयो।, २०७० सालसम्म आइपुग्दा रविलाई अर्को विद्यालयमा गाभ्ने कुरा हुन थाल्यो। २०७३ सालमा गाउँका अगुवा र विद्यालयका शिक्षकहरूले आपसमा धेरै पटक छलफल चलाए। अन्ततः उनीहरू आफ्नो गाउँका अग्रजले स्थापना गरेको स्कुल जसरी पनि जोगाउने र नयाँ ढंगले चलाउने अठोटमा पुगे।, गंगारामका अनुसार भर्खरै स्थायी नियुक्ति पाएर अर्को स्कुलमा पढाउँदै गरेका जितेन्द्र सरदारलाई अभिभावकले रवि आधारभूतमा आएर पढाउन र विद्यालय अघि बढाउन आग्रह गरे।, जितेन्द्रले पाँच कक्षासम्म रवि आधारभूतमै पढेका थिए। यसकारण पनि जितेन्द्रप्रति अपेक्षा थियो। यो आग्रह उनले टार्न सकेनन्। सरूवा मिलाएर आए। एक महिना नबित्दै तत्कालीन प्रधानाध्यापक केसर सरदारले जितेन्द्रलाई प्रधानाध्यापक बन्न प्रस्ताव गरे।, 'प्रधानाध्यापक बन्ने प्रस्ताव त स्वीकार गरेँ तर अवस्था विरक्तलाग्दो थियो,' उनले भने, 'व्यवस्थित भवन, शौचालय, खानेपानी केही थिएन। प्रयास गरेर हेरौं भन्ने ठानेर अघि बढेँ।', उनले विद्यालय परिसर सरसफाइबाट काम सुरू गरे। चौरमा आफैं झाडु लगाए। हरेक दिन आफैंले शौचालय सफा गरे। कक्षा नियमित गराए। सानातिना मर्मतको काम गरे, गराए। प्रधानाध्यापक नै यसरी काममा खटेपछि शिक्षकहरू उनलाई पछ्याउन थाले। अर्को शैक्षिक वर्षमा विद्यार्थी संख्या थोरै बढ्यो।, 'एउटा निजी स्कुलमा दस वर्ष इन्चार्ज भएर काम गरेको थिएँ। त्यहाँको अनुभवका आधारमा यहाँ काम गरे,' जितेन्द्रले भने, 'बोलेर होइन, काम गरेर नेतृत्व गर्न सकिन्छ भन्ने सिकेको थिएँ। मेरो कामले प्रमाणित पनि भयो।', उनले बिहान दस बजेको साटो नौ बजे स्कुल खोल्न सुरू गरे। कक्षा सुरू गर्नुअघि शिक्षक र विद्यार्थी मिलेर सरसफाइ गर्नुपर्ने थिति बसाले।, 'स्कुल चिटिक्क भयो तर शैक्षिक गुणस्तर उकास्ने कुरा फोहोर सफा गरेजस्तो सहज थिएन,' उनले भने, 'यो एकै छिनमा हुने काम पनि होइन। हामीले अनेक प्रयास गर्यौं।', विद्यार्थी आकर्षित गर्न नृत्य कक्षा सुरू गरे। चित्रकला र गायनका लागि प्रशिक्षक व्यवस्था गरे। फुटबल र कराँते खेलाउन पनि प्रशिक्षक बोलाए। स्थानीयबासी जीवन हरिजनका अनुसार विद्यालयको अतिरिक्त आम्दानी केही थिएन। अतिरिक्त क्रियाकलापका प्रशिक्षकलाई प्रधानाध्यापक जितेन्द्र निजी ढंगले पारिश्रमिक दिन्थे।, 'जितेन्द्र सर बिहान–बेलुका ट्युसन पढाउँथे। यही कमाइबाट प्रशिक्षकलाई सामान्य खर्च दिन्थे। उनको प्रयासले स्कुल राम्रो भएको हो,' उनले भने।, जितेन्द्रकै पहलमा 'वर्ल्ड भिजन' नामको संस्था स्कुलमा आयो। यसले दुई कोठाको पक्की भवन बनाइदियो। महिला शिक्षकको नेतृत्वमा एउटा टिम बनाएर लैंगिक हिंसाविरूद्ध अभियानमा चलायो। संस्थाले दिएका २८ वटा सूचकहरूमा विद्यालय खरो उत्रियो।, बस्तीमा विद्यालयप्रति सकारात्मक धारणा बन्दै गएको मौकामा शिक्षकहरू बिहान–बेलुका समय मिलाएर अभिभावकका घर जान थाले। घरमै अभिभावक र विद्यार्थीलाई भेटेर पढाइ र विद्यालयका गतिविधिबारे छलफल गर्न थाले। कतिसम्म भने विद्यार्थीलाई दिएको होमवर्क (गृहकार्य) समेत घरमै हेरिदिन थाले।, 'घरैमा गएर विद्यार्थीको समस्याबारे कुरा गर्न थाल्यौं। होमवर्क पनि घरैमा हेर्न थाल्यौं। यसो गरेपछि अभिभावकले स्कुललाई राम्रो मान्न थाले,' शिक्षक प्रवीण सरदारले भने।, २०७३ मा ५० जनामा सीमित विद्यार्थी संख्या अर्को वर्ष सय नाघ्यो। २०७६ मा दुई सय भयो। हाल ४१८ जना विद्यार्थी छन्। बाल कक्षामै १३० जना छन्। आउने शैक्षिक वर्ष अझै बढ्नेमा शिक्षकहरू ढुक्क छन्।, यहाँ हाल १३ जना शिक्षक छन्- चार जना जना स्थायी दरबन्दीमा, एक जना राहतमा, दुई जना बालविकासमा र अन्य निजी स्रोतमा। नृत्य, खेलकुद, चित्रकला र गायनमा अलग्गै प्रशिक्षकहरू छन्। उनीहरू पूर्णकालीन होइनन्।, विद्यालयले विद्यार्थीसँग कुनै पनि नाममा शुल्क लिँदैन।, एक अभिभावक रमेश हरिजन भन्छन्, 'बच्चालाई ड्रेस, टाइबेल्ट, जुत्ता स्कुलले दिन्छ। सबैलाई खाजा पनि दिन्छ।', संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी दैनिक १५ रूपैयाँ खाजा खर्च दिने गरेको छ। त्यसैबाट मिलाएर सात र आठका विद्यार्थीलाई पनि खाजा दिने गरेको व्यवस्थापन समितिका अध्यक्ष गंगाराम बताउँछन्। प्रदेश र स्थानीय सरकारले पनि विद्यालयहरूलाई सहयोग गर्न थालेका छन्।, विद्यालयको एउटा भवन बनाउँदा शिक्षक र अभिभावकहरूले पनि श्रमदान गरे। त्यसबाट बचेको पैसा विद्यालयको आम्दानी भयो। यस वर्ष गाउँपालिकाले तीन लाख रूपैयाँ दियो। यो रकमले निजी स्रोतका शिक्षकलाई तलब दिन सहयोग भयो।, प्रधानाध्यापक जितेन्द्रका अनुसार सरकारी अनुदानले मात्रै विद्यालयको खर्च धान्दैन। निजी स्रोतका शिक्षकलाई सरकारले तोकेअनुसार तलब दिन सकेको छैन। त्यसैले स्रोतको खोजीमा रहेको उनले बताए।, यहाँ कक्षा तीनसम्म अंग्रेजी भाषामा जोड दिएर पठनपाठन हुन्छ। नेपाली भाषाबाहेक पाठ्यपुस्तक अंग्रेजीमा छन्। कक्षा सात र आठका लागि आवश्यकताअनुसार निःशुल्क कोचिङ कक्षा सञ्चालन हुन्छ।, 'हामीले सानो कक्षादेखि नै विद्यार्थीको जग बलियो बनाउने प्रयास गरेका छौं,' प्रधानाध्यापक जितेन्द्र भन्छन्, 'अर्को विद्यालयबाट आएका विद्यार्थीको जग बलियो बनाउन पनि जोड दिएका छौं।, उनका अनुसार सबै शिक्षकले विद्यार्थीको नाम थाहा पाउनु अनिवार्य गरिएको छ। यसो हुँदा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध बलियो हुने उनको विश्वास हो।, 'हामी अभिभावक र विद्यार्थीको विश्वासमा खरो उत्रिने प्रयासमा छौं,' उनले भने, 'शिक्षकले चउर बढारेको, केटाकेटीको हातखुट्टा धोइदिएको सबैले देखेका छन्। विद्यालयप्रति अभिभावकहरू विश्वस्त छन्।', प्रधानाध्यापक जितेन्द्र ३७ वर्ष उमेरका छन्। उनकी छोरी बाल कक्षामा यही विद्यालयमा पढ्छिन्। उनकी मात्र होइन, शिक्षकहरू सबैका सन्तान यहीँ पढ्छन्।, 'हाम्रा शिक्षकले आफ्ना छोराछोरी यहीँ पढाएका छन्,' उनले भने, 'शिक्षकले आफैंले पढाउने स्कुलमा छोराछोरी नपढाउने भनेको गुणस्तरमा विश्वास नभएर हो। यसबाट गुणस्तर सुधार्न शिक्षकले ध्यान नदिएको पनि प्रमाणित हुन्छ।', शिक्षक प्रवीण सरदारले पनि छोरालाई यहीँ पूर्वप्राथमिक कक्षामा भर्ना गराएका छन्।, उनी भन्छन् 'निजी स्कुलमा पाउने अवसर मैले पढाउने स्कुलमै छ।', विद्यालय परिसरमै भेटिइन् कटहरी गाउँपालिका–५ की बासिन्दा गंगादेवी सरदार। सन्तानलाई सामान्य निजी स्कुलमा पढाउन सक्ने हैसियत छ उनको। तैपनि यहीँ भर्ना गर्न आएकी थिइन्।, 'सरहरू (शिक्षक) ले पनि आफ्ना छोराछोरी यहीँ पढाउनुभएको छ। गाउँका धेरै जनाले यो (रवि आधारभूत) स्कुल राम्रो छ भन्नुभयो,' उनले भनिन्।, यस विद्यालयमा ग्रामथान गाउँपालिका–२ र कटहरी गाउँपालिका–५ का विद्यार्थी छन्। केही विराटनगर महानगर–१९ का पनि छन्। यो स्कुल विशेषगरी मजदुरी गरेर जीवन चलाउने गरिब तथा भूमिहीन परिवारका केटाकेटीका लागि भविष्य कोर्ने बाटो बनेको छ।, 'रवि आधारभूतका शिक्षकहरूले अभिभावकको विश्वास जितेका छन्,' प्रदेश एकमा सामुदायिक विद्यालय सुधार अभियान चलाइरहेका श्रीमन्त भट्टराई भन्छन्, 'अभिभावकलाई स्कुलप्रति अपनत्व छ। शिक्षकहरू इमानदार छन्। आफ्ना छोराछोरी पनि त्यहीँ पढाएका छन्।', ,
दलितहरू मात्र पढ्ने स्कुलले देखाएको समाजको तस्बिर |
सेतोपाटी संवाददाता अव्यवस्थित रूपमा राखेका इन्टरनेटका तार हटाउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ।, इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल-पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको हो।, यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ।, ‘यदि ७ दिनभित्र सम्बन्धित निकायले यस्ता तार आफैं नहटाए ललितपुर महानगरले कारबाही गर्ने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।,
अव्यवस्थित इन्टरनेट तार ७ दिनभित्र हटाउनू: ललितपुर महानगर |
एजेन्सी माघ २३ गते गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी ४६ हजार मानिसले ज्यान गुमाएको टर्की र सिरियाको क्षेत्रमा सोमबार फेरि अर्को भूकम्प गएको छ।, स्थानीय समयअनुसार सोमबार राति ८ बजेर ४ मिनेटमा हतायमा केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। पछिल्लो भूकम्पमा परी कम्तीमा ३ जनाको मृत्यु भएको र २१३ जना घाइतेको टर्कीका अधिकारीहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।, माघ २३ को भूकम्पमा परी घरबारविहीन भएर खुला ठाउँ र त्रिपालमा रात बिताइरहेका मानिसहरू सोमबार फेरि आएको भूकम्पले आत्तिएका थिए।, माघ २३ गतेको गएको भूकम्पपछि उक्त क्षेत्रमा केही दिनसम्म सयौं परकम्पहरू गएका थिए। पछिल्लो समय परकम्प जान रोकिएका बेला सोमबारको भूकम्प गएको हो।,
दुई सातापछि टर्कीमा फेरि गयो भूकम्प, तीन जनाको मृत्यु |
राजेश घिमिरे पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड विस्तारको सम्झौता भएको दुई वर्ष हुनै लाग्यो। तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि कामको गति असाध्यै सुस्त छ।, केही दिनअघि हामी पुग्दा राजमार्गका केही ठाउँमा मात्रै काम भइरहेको थियो। सडक विस्तारका लागि अहिले भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्। काम सुस्त गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्। ट्राफिक जामको समस्या झेलिरहेका छन्। सीमित कामदारले सुस्तगतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ। , सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने(पहिलो खण्ड)खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ।, तनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ। आधाभन्दा बढी अवधि गुज्रिसक्दा आँबुखैरहनी–जामुने खण्डको काममा १५.५ र जामुने–पोखरा खण्डको काममा ४.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।, एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो। ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो। यसको अहिलेसम्मको समग्र भौतिक प्रगति करिब १० प्रतिशत छ।, आँबुखैरहनी–जामुने खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले र जामुने–पोखरा खण्डको ठेक्का चाइनाकै अन्हुई काइयुनले पाएका छन्। पहिलो खण्डका लागि ६ अर्ब २१ करोड र दोस्रो खण्डका लागि ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो।, पहिलो खण्डका आयोजना प्रमुख इन्जिनियर नगेन्द्र सुवेदीले अहिलेको सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिसलेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिने बताए। साथै सडकको बीच भागमा ३ मिटरको मेडियन बन्ने उनले बताए।, ‘६ लेन भएको ठाउँमा भने तीन वटा मेडियन बन्ने छन्,’ उनले भने, ‘विमलनगर, डुम्रे, दमौली, खैरहनीटार लगायतका बजार क्षेत्रमा ६ लेन सडक बन्नेछ। मेडियनको दुईतर्फ ७(७ मिटरको सडक हुनेछ।’, उनले तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारका लागि कम्पनीसँग सम्झौता भएको बताए।, एसियाली विकास बैंकअन्तर्गतको योजना हेर्ने एडिबी निर्देशनालयका निर्देशक इन्जिनियर सुशील ढकालले पहिलो खण्डको निर्माणको गति पछिल्ला दिनमा बढेको बताए।, ‘यसलाई सन्तोषजनक नै भन्न त मिल्दैन तर पछिल्ला दिनमा भइरहेको कामले केही आशा देखाएको छ,’ ढकालले भने, ‘यही गतिमा काम भइरहे समयमै काम नसकिए पनि धेरै समय थप गर्नुपर्दैन।’, दोस्रो खण्डको कामको गतिले निरास बनाएको उनले बताए। निर्माण कम्पनीले चाहिँदो जनशक्ति र स्रोत परिचालन नगर्दा प्रगति असाध्यै कम भइरहेको उनले बताए।, ‘जामुनेदेखि पोखरासम्मको खण्डको काममा सन्तोष मान्ने अवस्था देखिएन। किन यस्तो भयो भनेर निर्माण कम्पनीलाई पत्राचार भइसकेको छ,’ इन्जिनियर ढकालले भने, ‘परामर्शदाताले तत्काल एक्सन लिनुपर्ने भएको छ।’, उनले उक्त निर्माण कम्पनीलाई मनासिव समय तोकी त्रुटी सच्याउन मौका दिइने र त्यसपछि पनि यस्तै अवस्था रहे ठेक्का खारेजसम्मको अवस्थामा पुग्नुपर्ने बताए।, पहिलो खण्डमा पनि काममा ढिलाइ भएपछि चेतावनी दिइएको थियो।, ‘पछि उसले कामको गति बढायो। अहिले महिनामा ४–५ प्रतिशत प्रगति भइरहेको छ,’ ढकालले भने।, दोस्रो खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठले निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेको स्वीकार गरे। साथै, बिजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने लगायतका काममा भइरहेको ढिलाइले पनि असर गरेको उनले बताए।, ‘कन्ट्याक्टरबाट काममा ढिलाइ भइरहेको छ। हामीले उसलाई भनिरहेका छौं। यसका अलावा विद्युत पोल र खानेपानीको पाइप सार्नमा ढिलाइ हुँदा पनि काममा असर परिरहेको छ,’ श्रेष्ठले भने, ‘यी काम जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेछ।’, उनले पोल सार्ने काम तत्काल सुरू भए आगामी असारसम्ममा प्रगति २० प्रतिशत पुर्याउन सकिने दाबी गरे।, निर्माण व्यवसायीसँगको सम्झौतामा विद्युतका पोल सार्ने र पुल बनाउने पनि उल्लेख गरिएको छ। यसमा मादी र सेती नदीको पुल, सडकको अधिकार क्षेत्रभित्र रहेका घर भत्काउँदा दिनुपर्ने मुआब्जा समेटिएको छैन।, विद्युतका पोलहरू सार्ने काममा ढिलाइ हुँदा सडक विस्तारमा केही समस्या भएको आयोजना प्रमुख सुवेदीले बताए।, विद्युत प्राधिकरणले पुल बन्ने क्षेत्रका पोलहरू भने समयमै सारिदिएको थियो।, यो खण्डका विद्युतका पोल सार्नका लागि १९ करोड रुपैयाँ रकम छुट्टाइएको छ।, १८ वटा नयाँ पुलहरू निर्माण गर्नुपर्नेमा ७ वटा निर्माण सुरू भएको सुवेदीले बताए। एउटा पुल निर्माण भइसकेको छ। सडकखण्डमा पर्ने १७० कल्भर्टमध्ये ४० वटा बनिसकेका छन्, ४० वटा बनिरहेका छन्।, यो खण्डमा घाँसीकुवादेखि छिर्कर्नेसम्मको सडक बिस्तार गर्न अल्ली अप्ठ्यारो छ। करिब ६ किलोमिटर सडक विस्तारका लागि डाइभर्सन बनाउन नमिल्ने र माथि भीर भएकाले केही समय सडक रोकेर विस्तारको काम गर्ने तयारी गरिएको सुवेदीको भनाइ छ। , यो खण्डमा ५०५ वटा घरहरू राजमार्गको अधिकार क्षेत्रमा पर्छन्। अहिलेसम्म ३७५ घरहरू हटाउने निर्णय भैसकेको छ। आँबुखैरहनीदेखि दमौलीसम्मका सडक सीमामा पर्ने कपितय घरहरू भत्काउने प्रक्रिया अगाडि बढिसकेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए।, डुम्रे बजार प्रवेश गर्ने मुख्य ठाउँ र विमलनगर बजारको माथिल्लो भागका अधिकांश घरहरू सडक विस्तारका क्रममा भत्किने छन्।, सडक सीमाबाट दायाँ/बायाँ २३ मिटरलाई ‘राइट अफ वे’ निर्धारण गरिएको छ। मुआब्जाका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ। अहिलेसम्म ७ करोड रुपैयाँ मुआब्जा बाँडिसकेको सुवेदीले बताए। यस वर्ष यो खण्डमा मुआब्जाका लागि भनेर सरकारले १० करोड रुपैयाँ छुट्टाएको थियो।, यहाँ अहिले ३२ जना चिनियाँसहित ४५० जना कामदारले काम गरिरहेका छन्।, ‘सुरूमा वन र विद्युत प्राधिकरणले समयमा नै काम नगरिँदा केही ढिलाइ भयो तर अहिले कामले गति लिएको छ,’ आयोजना प्रमुख सुवेदीले भने, ‘सकेसम्म समयमै नभए पनि थोरै समय थप गरेर काम सक्ने लक्ष्य छ।’, पहिलो खण्डमा ४६ सय वटा रूखहरू पर्नेमा ४२ सय काटिसकिएको छ। बाँकी रूख काट्ने काम अघि बढेको सुवेदीले बताए।, दोस्रो खण्डको सडक निर्माणमा अहिले १५ जना चिनियाँसहित २ सय जना कामदार सहभागी छन्। यो खण्डमा ८ वटा साना र ४ वटा ठूला पुल गरी १२ वटा नयाँ पुलहरू बन्नेछन्। २ वटा ठूला पुलको निर्माणको काम सुरू भएको छ भने बाँकी पुलहरूको ‘ड्रोइङ्ग डिजाइन’ सकेर निर्माणको चरणमा छन्। यहाँ पर्ने १२५ भन्दा बढी कल्भर्टमध्ये २६ वटाको काम सुरू भएको छ।, अहिले सडकको भित्तो काट्ने र रिटेन्सन पर्खाल लगाउने काम धमाधम भैरहेको आयोजना प्रमुख श्रेष्ठले बताए।, पश्चिम खण्डमा झण्डै ३ हजार रूखहरू काट्नुपर्नेमा ९८ प्रतिशत रूख हटाउने काम सकिएको उनले बताए। कास्कीको विजयपुरमा रहेको सैनिक ब्यारेक भित्रका केही रूखमात्रै काट्न बाँकी रहेको उनले बताए।, यो खण्डमा तनहुँतर्फ १३८ र कास्कीतर्फ २ सय घर टहरा भत्काउनुपर्ने छ। विषयमा स्थानीय प्रशासन र पालिकाहरूसँगको समन्वयमा घरहरू भत्काउने निर्णय र काम भइरहेको उनले बताए।, यो खण्डमा यस वर्ष सरकारले मुआब्जाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये तनहुँतर्फका घर भत्काएर ६० लाख रुपैयाँ वितरण गरिसकिएको श्रेष्ठले जानकारी दिए।, विद्युतका पोल सार्न आयोजनाले रुपैयाँ २६ करोड रुपैयाँ छुट्टाएको छ।, तनहुँको दमौली नजिक रहेको मादी नदी र पोखराको सेती नदीमाथि पुल बनाउन सडक विभागले अलग-अलग ठेक्का लगाएको छ। पोखराको सेती नदीमाथि सिग्नेचर ब्रिज बनाउने ठेक्का रसुवा कन्स्ट्रक्सन प्रालिले पाएको छ। १ अर्ब ७ करोड रुपैयाँमा ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले पुलको नक्सा डिजाइन गरिरहेको छ।, मादी नदीमाथि पुल बनाउन जेआइइसी र अनक जेभीसँग गत कात्तिकमा ठेक्का सम्झौता भएको छ। अहिले रहेको पुलभन्दा माथिल्लो भागमा पुल बनाउन १ अर्ब २० करोड रुपैयाँमा ठेक्का भई डिजाइनको काम भैरहेको छ।, मुग्लिन–आँबुखैरहनी सडक पारिबाट, मुग्लिनदेखि आँबुखैरहनीसम्मको सडकको ट्र्याक नै परिवर्तन गर्नेगरी तयारी भइरहेको छ। एसियाली विकास बैंकअन्तर्गतको योजना हेर्ने एडिबी निर्देशनालयका निर्देशक इन्जिनियर सुशील ढकालले मुग्लिनभन्दा वरबाटै त्रिशूली नदी तारेर मर्स्याङ्दी जलविद्युतको पावर हाउसभन्दा परबाट फेरि वारि आउनेगरी सर्भे भइसकेको बताए।, ‘पृथ्वी राजमार्ग मुग्लिन बजार नपुग्दै त्रिशूली तरेर गोर्खा पुग्नेगरी डिजाइन भएको छ। पावर हाउस कटेपछि मर्स्याङ्दीमा पुल बन्छ, राजमार्ग फेरि वारि नै आएर आँबुखैरहनीमा जोडिन्छ,’ ढकालले भने।, सडक निर्माणका लागि अहिले वातावरणीय अध्ययन प्रतिवेदन तयार भइरहेको उनले बताए।, प्राविधिक अध्ययनले हालकै सडकलाई विस्तार गर्न सकिने सम्भावना झिनोमात्रै देखाएको इन्जिनियर ढकालले बताए।, ‘मुग्लिनमा अहिलेको पुलभन्दा माथि अर्को पुल हाल्न, त्यसपछि आउने पहरो फोर्न, मर्स्याङ्दी जलविद्युतको पावर हाउसलाई नबिगारी विस्तार गर्न धेरै चुनौती छन्,’ उनले भने, ‘योभन्दा पारिबाट सडक बनाउँदा सहज हुने देखियो।’, उनले वातावरणीय अध्ययन भइसकेपछि अन्तिम निर्णय हुने र योजना अघि बढ्ने बताए।, ‘यही आर्थिक वर्षभित्र खरिद प्रक्रियामा गइसक्छ होला,’ ढकालले भने।, , , , ,
आँबुखैरहनी–पोखरा सडक विस्तार: आधा अवधि सकिँदा १० प्रतिशत काम |
सेतोपाटी संवाददाता पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।, ठोरी गाउँपालिका-४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश-०१-०२७ च ०३०३ नम्बरको गाडीको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , मंगलबार बिहान साढे ८ बजे उक्त दुर्घटना हुँदा ठोरी-४ बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको हो। , कोचिङ पढेर घर फर्किने क्रममा उनलाई नम्बर नखुलेको सेतो स्कार्पियो गाडीले ठक्कर दिएको भन्ने खबर प्रहरीले पाएको थियो।, खबर पाएपछि खटिएको टोलीले विश्वासलाई उपचारको लागि वीरगन्ज लगिएको थियो। , उपचारको क्रममा सवा १० बजे मृत्यु भएको डिएसपी गिरीले बताए। , अनुसन्धानपछि प्रहरीले चालक चितवन माडी नगरपालिका-३ बस्ने २५ वर्षीय पदम बिलास पन्तलाई गाडीसहित पक्राउ गरेको छ। ,
,
पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु |
रासस डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखान क्षेत्रका व्यापारीलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। , ‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारिलाई डोको वितरण गरिएको हो।, स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रूपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताए। , उनले भने, ‘डस्टबिनका रूपमा डोकोको प्रयोग गर्दा स्थानीयस्तरमा निर्माण गरिएका कच्चापर्दाथको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रूपमा प्रयोगमा ल्याउन सक्ने छन्।’ , स्थानीयस्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रूपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन्। ,
फोहोरमैला व्यवस्थापन गर्न व्यापारीलाई डोको |
नारायण खड्का दाङको तुलसीपुरमा झन्डै पाँच ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।, सोमबार राति पौने १० बजे तुलसीपुर उपमहानगरपालिका-९ बेलुको दाजुभाइ चोकका २३ वर्षीय रुपकराज सुनारलाई प्रहरीले पक्राउ गरेको हो।, लागु औषधको चेकिङ गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार कोहलपुरस्थित तालिम केन्द्रबाट दुईवटा कुकुर झिकाएको थियो।, ब्युटी नामको कुकुरलाई तुलसीपुर-सल्यान रूटको गोटीखोला चेकपोष्टमा खटाइएको थियो। ‘एलेक्स’ नामको कुकुरलाई दक्षिण नाका दमारगाउँमा खटाएको थियो। दमारगाउँमा कार्यालयका प्रमुख डिएसपी पुष्पराज मल्ल सहितको टोली खटिएको थियो। , सवारी चेक गर्नेक्रममा एलेक्सले नेपालगन्जबाट तुलसीपुर आउँदै गरेको माइक्रो बसबाट ६ पोका ब्राउनसुगर फेला पारेको डिएसपी मल्लले बताए। , रा १ ख २८७२ नम्बरको माइक्रो बसको सिट पछाडि ब्राउनसुगर फेला पारेको हो। , ‘एलेक्स नामक कुकुरले सुँघेर ब्राउन सुगर पत्ता लगाएको हो,’ एक प्रहरी अधिकारीले भने, ‘ब्राउनसुगर बरामद भएपनि त्यो कसको हो भनेर कसैले स्वीकारेनन्। स्वीकार नगरेपछि फेरि कुकुरकै सहयोगमा व्यक्ति पत्ता लगाएको हो।’, कुकुरले पत्ता लगाएपछि उनले पनि ब्राउनसुगर आफ्नै भएको स्वीकारेका हुन्। , सार्वजनिक यातायात चढेर दिनहुँ लागुऔषध भित्रिन थालेको सुराक पाएपनि पत्ता लगाउन प्रहरीलाई मुस्किल भइरहेको थियो। यसो भएपछि प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर प्रहरीले झिकाएको हो। , कुकुर झिकाएसँगै प्रहरीले दिउँसैदेखि विभिन्न ठाउँमा चेकपोष्ट खडा गरी चेकिङ गर्न थालेको थियो। प्रहरीका अनुसार उक्त गाडीबाट प्रहरीले ४ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर फेला पारेको हो। , प्रहरी हिरासतमा रहेका सुनारले नेपालगन्जबाट भारतीय नागरिकसँग ब्राउनसुगर किनेको बताएका छन्। , उनीमाथि थप सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। , यसरी नेपालगंजबाट भित्रिने लागु औषध सुर्खेत, दाङ हुँदै पहाडी जिल्लाहरूमा पुग्ने गरेको प्रहरी बताउँछ। डिएसपी मल्लले लागुऔषध प्रयोगकर्ताको चेन तोड्न प्रहरी, अभिभावक र समाजिक संस्थाहरू बीच हातेमालो हुन जरुरी रहेको बताउँछन्। , ‘समाजमा शान्ति स्थापना गर्न र युवा पुस्तालाई कुलतबाट जोगाउने हो भने समाज पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘शैक्षिक संस्था, जिम्मेवार नागरिकहरूले दुर्व्यसनी न्यूनिकरणमा हातेमालो गर्न जरुरी छ।’,
जब प्रहरीको कुकुरले पत्ता लगायो ब्राउनसुगर |
नवीनबाबु गुरूङ प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइरहेका छन्।, नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औं ग्याल्पो ल्होसार मनाइरहेका छन्।, मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।, ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ।, ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।, समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाको भनाइ छ।, यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन्। विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।, पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।, तस्बिरहरू:,
तस्बिरमा हेर्नुस् शेर्पा समुदायको ग्याल्पो ल्होसार |
सुदीप श्रेष्ठ बाजुराको गौमुल गाउँपालिका–२ की जमुना रोकाय गत माघ १० गते दिउँसो बारीमा घाँस काट्न गएकी थिइन्। ठ्याक्कै २ बजेर ४३ मिनेट जाँदा भुइँचालोको कम्पनले धर्ती थररर काम्यो।, भिरालो जमिनमा घाँस काट्दै गरेकी जमुना भारी छाडेर भाग्न खोजिन्, तर माथिबाट खसेको ठूलो ढुंगा छलेर उम्किन सकिनन्।, स्थानीय दिलबहादुर थापाका अनुसार अन्दाजी ३५ वर्षीया जमुनाको घटनास्थलमै मृत्यु भयो।, त्यस दिन बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युडको भुइँचालो गएको थियो। उक्त भुइँचालोले जमुनाको ज्यान लिनुका साथै ठूलो धनमाल क्षति भएको छ।, गौमुल गाउँपालिका–१ अम्लिसमा भुइँचालोको कम्पनले गोठ भत्किँदा भेडा गोठाला रामदल रोकाय घाइते भए भने उनका ४० वटा भेडा पुरिए। यसबाहेक बाजुरा, बझाङ, अछाम लगायत जिल्लामा दर्जनौं घर भत्किएर मान्छेहरू घरबारविहीन भएका छन्। उनीहरू अहिले पनि पालमुनि बसिरहेका छन्।, बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। अहिलेसम्म सानो सानो स्तरमा गइरहेका ती भुइँचालाले राष्ट्रिय चर्चा पाउने गरी क्षति गराएको छैन। तर जुन दरमा भुइँचालोको कम्पन छुट्दैछ, त्यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमलाई दस्तक दिइरहेको छ। सरकारले बेलैमा यो जोखिमतर्फ ध्यान दिएन र विज्ञहरूसँग परामर्श गरी पूर्वतयारीको उपाय अपनाएन भने कुनै पनि बेला ठूलो क्षति सामना गर्नुपर्ने हुनसक्छ।, यो स्टोरीमा हामी पछिल्लो चार महिना अर्थात् कात्तिकयता पश्चिम नेपालका विभिन्न जिल्लामा आएका भुइँचालोको चर्चा गर्नेछौं। सँगसँगै, खुसुखुसु गइरहेका ती भुइँचालाले पश्चिम नेपालको भूकम्पीय जोखिमबारे के संकेत गर्दैछ, त्यसबारे पनि कुरा गर्नेछौं।, सबभन्दा पहिला कुरा गरौं, कात्तिक महिनादेखि आजसम्म पश्चिम नेपालमा कतिवटा भुइँचाला गए?, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक हेर्ने हो भने कात्तिक १३ देखि फागुन १ गतेसम्म पश्चिम नेपालमा १२ वटा भुइँचाला गइसकेका छन्।, यसमध्ये एउटाबाहेक सबै चार म्याग्निच्युडभन्दा ठूला छन्।, सबभन्दा ठूलो भुइँचालो डोटीमा गएको थियो। कात्तिक २३ गते राति सवा २ बजेको उक्त भुइँचालो ६.६ म्याग्निच्युडको थियो। त्यसको अघिल्लो दिन (कात्तिक २२) डोटीलाई नै केन्द्रविन्दु बनाएर दुईवटा भुइँचाला गएका थिए — एउटा ४.१ र अर्को ५.७ म्याग्निच्युडको।, त्यस्तै, बाजुरामा तीन, बझाङ र दार्चुलामा दुई–दुई, अछाम र डोल्पामा एक–एकवटा भुइँचालो गएका छन्।, बझाङमा कात्तिक १३ गते ४.६ म्याग्निच्युडको भुइँचालो गएको थियो भने त्यसको १३ दिनपछि कात्तिक २६ गते ५.४ म्याग्निच्युडको अर्को भुइँचालो गयो।, चार महिना अवधिमा खुसुखुसु गइरहेका यी भुइँचालाले के संकेत गर्छन्? के पश्चिम नेपालमा भूकम्पीय जोखिम बढेको हो?, केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार सानो सानो भुइँचालोले भूकम्पीय शक्ति जम्मा भइरहेको संकेत गर्छ।, ‘नेपाल भौगोलिक रूपले भूकम्पीय जोखिममा छ भन्ने हामी सबैलाई थाहा छ। हाम्रो भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको हुन्छ। त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ। ठूलो भुइँचालो जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटि बाहिर निस्कन्छ। त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ,’ उनले भने।, ‘सानो सानो भुइँचालो जाँदा भने जमिनमुनि थुप्रिएको शक्ति सबै बाहिर निस्कन पाउँदैन। त्यो शक्ति कतिखेर बाहिर निस्कन्छ भन्ने हामी पूर्वानुमान पनि गर्न सक्दैनौं। तर सानो भुइँचालोले हामीलाई सतर्क चाहिँ गराउँछ। त्यो ठाउँमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ र कुनै पनि बेला ठूलो भुइँचालो जानसक्छ भन्ने संकेत गर्छ।’, यसलाई अझ स्पष्टसँग बुझ्न २०७२ को भुइँचालोलाई उदाहरण लिऊँ।, त्यति बेला गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भुइँचालो गएको थियो। उक्त भुइँचालोको प्रभाव गोरखाबाट काठमाडौं हुँदै दोलखासम्म पुग्यो। यसबाट मध्य–नेपालको भूसतहमुनि लामो समयदेखि थुप्रिएर बसेको ठूलो शक्ति बाहिर निस्क्यो। त्यो शक्ति अझै पूरै निख्रिएको छैन भनेर भूगर्भविदहरू बताउँछन्। त्यसको केही हिस्सा काठमाडौंको सतहमुनि थुप्रिएर बसेको भौगर्भिक अध्ययनले देखाएको छ। त्यही थुप्रिएर बसेको शक्तिले काठमाडौंमा अहिले पनि खुसुखुसु भुइँचालो ल्याइरहेको छ।, यति हुँदाहुँदै ७.८ म्याग्निच्युडको भुइँचालो गइसकेकाले अब मध्य–नेपालमा त्यति नै शक्ति जम्मा भएर त्यति नै ठूलो भुइँचालो जान केही समय लाग्नसक्छ भन्ने भूगर्भविदहरूको आकलन छ।, हुन त तपाईंहरूलाई सुन्दा घिन लाग्ला, तर जमिनमुनि थुप्रिने भूकम्पीय शक्तिलाई हामी पिलोसँग दाँज्न सक्छौं।, पिलो आउँदा सुरूमा एकदमै सानो बिबिराजस्तो हुन्छ। बिस्तारै पिप भरिँदै जान्छ। जति बढी पिप भरियो, पिलो उति टनटन दुख्छ। अब भन्नुस् त पिलो निको पार्ने उपाय के हो?, तपाईंले पिलो पूरै निचारेर त्यसमा थुप्रिएको पिप जम्मै फाल्नुभयो भने घाउ निको हुन्छ। आधी मात्र निचोर्नुभयो भने केही समय त सन्चो होला, तर पिप भरिँदै गएपछि फेरि टनटन दुख्न थाल्छ।, यहाँ पिलोलाई हाम्रो भूसतह मान्ने हो भने त्यसभित्र जमेको पिप भनेको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति हो। ठूलो भुइँचालो जानु भनेको ठूलो भूकम्पीय शक्ति निष्कासन हुनु हो भने सानो सानो भुइँचालो जानु भनेको थोरै शक्ति मात्र बाहिर आउनु हो। यो पिलो आधी निचोरेजस्तै हो।, मध्य–नेपालका हकमा जमिनमुनि थुप्रिएको ठूलो शक्ति बाहिर निस्केर पिलो अलि हल्का भइसकेको अवस्था छ। पश्चिम नेपालमा भने अझै टनटन्ती भएर बसेको छ। लामो समयदेखि रन्किएर बसेको त्यही भूकम्पीय शक्तिले पश्चिम नेपालमा साना साना झट्का दिइरहेको भूगर्भविद्हरू बताउँछन्।, अब प्रश्न उठ्छ, पश्चिम नेपालको भूसतहमुनि कति ठूलो शक्ति जम्मा भएर बसेको छ त?, पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।, भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।, यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ।, ‘२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्छ,’ त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्राध्यापक दिपक चाम्लागाइँले भने।, तर भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।, एकैचोटि १० मिटर सर्यो भने त चाम्लागाइँले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।, ‘भूगर्भ विज्ञानले भुइँचालोको जोखिम पूर्वानुमान गर्न सक्छ, तर भुइँचालो कहिले जान्छ र कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सक्दैन,’ भूगर्मविद् चाम्लागाइँले भने, ‘पश्चिम नेपालमा खुसुखुसु गइरहेको भुइँचालोबाट हामीले खतराको घन्टी बज्यो भन्ने बुझ्नुपर्छ। यो कुनै पनि बेला बम पड्किन सक्छ भन्ने सूचक हो। बम कहिले पड्किन्छ र कति ठूलो पड्किन्छ भन्ने चाहिँ हामी भन्न सक्दैनौं।’, उनले अगाडि भने, ‘बम पड्किँदैछ भन्ने यकिन भइसकेपछि ठूलोभन्दा ठूलो जोखिमको निम्ति पूर्वतयारी गर्नु बुद्धिमानी हुन्छ।’, सन् १५०५ को भुइँचालोबारे धेरै कुरा हामीलाई थाहा छैन। यो भुइँचालोको तरंग नेपालको कहाँ–कहाँसम्म फैलिएको थियो भन्ने हालसम्म पुष्टि भएको छैन। त्यसले नेपालमा के कति क्षति पुर्याएको थियो भन्ने पनि रेकर्ड छैन।, चाम्लागाइँका अनुसार उक्त भुइँचालोको केन्द्रविन्दु तल्लो मुस्ताङलाई मानिन्छ। त्यसैले यसलाई ‘लो–मुस्ताङ भुइँचालो’ पनि भनिन्छ। यसले भारतको नयाँ दिल्लीदेखि उत्तर भारतको ठूलो हिस्सा प्रभावित भएको थियो भनिँदै आएको छ।, पाँच सय वर्ष पुरानो उक्त भुइँचालोले नेपालको कहाँ कहाँ प्रभाव पारेको थियो भन्ने पत्ता लगाउन चाम्लागाइँ समेतको टोलीले केही समयदेखि पश्चिम नेपालका विभिन्न ठाउँको जमिन उत्खनन गरिरहेको छ। उनको टोलीमा अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की र जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा पनि छन्।, यो टोलीले धनगढी वरिपरि र कर्णालीको माथिल्लो भेगमा केही दरार फेला पारेको थियो। त्यसको प्रकृति हेर्दा पाँच सय वर्षअघिकै हुन सक्ने देखिए पनि उनीहरूले उत्खनन गरेर वैज्ञानिक परीक्षण भने गर्न बाँकी छ।, ‘भविष्यमा १५०५ कै भुइँचालो पुनरावृत्ति भए नेपालको कुन भू–भागसम्म क्षति पुर्याउन सक्छ भन्ने आकलन गर्न त्यति बेलाको दरार फेला पर्नु जरूरी छ,’ चाम्लागाइँले भने, ‘यही सोचेर हामी पाँच सय वर्ष पुरानो भुइँचालोको दरार खोजीमा छौं।’, धेरैअघि अमेरिकी वैज्ञानिक युलले कञ्चनपुरको मछडी खोलाछेउ उक्त भुइँचालोको दरार फेला परेको दाबी गरेका थिए। तर यसको विस्तृत विवरण उपलब्ध छैन।, भौगर्भिक अध्ययनबाट भुइँचालोको दरार फेला पर्ला कि नपर्ला यसै भन्न सकिन्न। तर पश्चिम नेपालमा भुइँचालोले लगातार दस्तक दिइरहेकै छ। हामी त्यो दस्तक सुनेर मात्र बस्ने कि सम्भावित जोखिम हेरेर पूर्वतयारी पनि गर्ने? पूर्वतयारीमा हामीले गर्न सक्ने के हो?, यो प्रश्नमा चाम्लागाइँले भने, ‘हामी भुइँचालोको प्रभाव मूल्यांकन गर्न सक्छौं। कुनै दिन ८ म्याग्निच्युडको भुइँचालो आयो भने के हुन्छ, कति ठूलो क्षति हुनसक्छ भनेर प्रभाव मूल्यांकन गर्न सक्छौं।’, प्रभाव मूल्यांकनपछि जोखिम न्यूनीकरणको पूर्वतयारी गर्न सकिने उनी सुझाउँछन्।, ‘आजको मितिमा पश्चिम नेपाल भूकम्पीय जोखिममा छ भन्ने थाहा भइसकेपछि क्षेत्र विभाजन गरेर जनसंख्या बढी भएका ठाउँमा जमिनको कम्पन मापन गर्न सकिन्छ। यसलाई ‘माइक्रो–ट्रेमर’ परीक्षण भनिन्छ। यसले कुन ठाउँको जमिन भुइँचालोका हिसाबले कति जोखिममा छ भनेर छुट्टयाउँछ,’ उनले भने।, उनका अनुसार माइक्रो–ट्रेमर परीक्षण क्रममा जमिनको तरंग नाप्ने उपकरण बिछ्याइन्छ। यसले जमिन हल्लिँदा सतहभन्दा ४–५ सय मिटर मुनिसम्म तरंगको गति (भेलोसिटी) मापन गर्छ। चट्टान भएको ठाउँमा गति बढी हुन्छ, कमलो माटो छ भने कम हुन्छ।, यो अध्ययनबाट भुइँचालो जाँदा कुन ठाउँको माटोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने थाहा हुन्छ। त्यसै आधारमा भूकम्पीय हिसाबले घर बनाउन योग्य जमिन निर्धारण गर्ने र कुन ठाउँमा कति अग्लो संरचना बनाउन दिने भनेर नियम लागू गर्न सकिने चाम्लागाइँ बताउँछन्।, ‘भेलोसिटी बढी भए त्यो जमिन चट्टानमै वा चट्टान नजिक छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘माटोको गुणस्तर जाँचेर घरको इन्जिनियरिङ निर्धारण गरे भुइँचालोको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।’, यस्तो अध्ययन हरेक ठाउँमा गर्न सम्भव हुँदैन। जनसंख्या बढी भएका उपत्यका र ठुल्ठूला सहरहरूमा मात्र गर्ने हो भने पनि भुइँचालोबाट हुनसक्ने क्षति आकलन गरेर पूर्वतयारी गर्न सजिलो हुने उनको भनाइ छ।, जोखिम न्यूनीकरणको काम स्थानीय तह सरकारबाटै हुनसक्ने उनले बताए।, ‘हरेक स्थानीय तहमा विपद व्यवस्थापन कोष भनेर निश्चित रकम छुट्टयाइएको हुन्छ। यो रकम अहिलेसम्म विपतपछिको उद्धारमा मात्र खर्च गरिँदै आएको छ। विपत रोकथाममा पनि प्रयोग गर्ने हो भने जोखिम मूल्यांकनको ठूलो काम स्थानीय सरकारबाटै हुन सक्छ,’ भूगर्भविद चाम्लागाइँले भने।, यो पनि पढ्नुहोस्: , नेपालको जत्तिकै भुइँचालो जाँदा किन भयो टर्कीमा सर्वनाश?,
पश्चिम नेपालमा ५०० वर्षदेखि थुप्रिएको भूकम्पीय शक्तिले दिइरहेको दस्तक |
नारायण खड्का कोही अबिर दलिरहेका थिए, कोहीले खादा ओढाइरहेका थिए। कोही ताली पिटिरहेका थिए त कोही खुसीले हुटिङ गरिरहेका थिए। यो दृष्य मंगलबार दिउँसो २ बजेपछिको दाङ तुलसीपुरस्थित बिएस पार्टी प्यालेसको हो।, झन्डै ६ सय हाराहारीमा मानिसहरू दुई युवालाई अबिर, खादाले सम्मान गर्दै उनीहरूलाई बधाई दिइरहेका थिए। दुई युवाको अनुहारमा खुसी प्रष्ट झल्किएको थियो।, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ का विशाल चन्द र दाङको बबई गाउँपालिका वडा नं. ७ मलैका विष्णु पुनलाई बधाई थाप्न भ्याइनभ्याई थियो। तारन्तार उनीहरूका फोनका घन्टी बजिरहेका थिए। उनीहरू दुबै जनाका बस राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिमा आवद्ध रही फरक– फरक ठाउँमा सञ्चालन हुँदै आएका छन्। विशाल नेपाल प्रहरीका सहायक हवल्दार पनि हुन्। उनी हाल तुलसीपुरस्थित बसपार्क काउन्टरमा कार्यरत छन्। उनी २०७२ सालमा यातायात क्षेत्रमा संलग्न भएका हुन्।, ना ४ ख ७७२५ नम्बरको उनको बस दाङ–सल्यान हुँदै रूकुमसम्म सञ्चालन हुँदै आएको छ।, पुनले एक वर्ष पहिलेमात्रै बस किनेका रहेछन्। उनको ना ३ ख ४४०० नम्बरको बस उनकै घरगाउँको बाटो तुलसीपुर–पश्चिम मलैसम्म सञ्चालन हुँदै आएको छ।, कसरी जिते बस?, राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले दुर्घटना न्यूनीकरण र राम्रो काम गर्ने चालकलगायत मजदुरका लागि हरेक वर्ष विभिन्न पुरस्कार तथा प्रोत्साहनका कार्यक्रम गर्दै आएको छ। सोही कार्यक्रम अनुसार गाडी धनीहरूका लागि बम्पर चिठ्ठा आयोजना गरेको थियो। यसअघि २०७६ सालमा पनि दुर्घटना न्यूनीकरण गर्ने कोषमार्फत् ६ सय गाडी धनी बराबर एक चालक सम्मान कार्यक्रम आयोजना गर्दा ६ जना चालकलाई गोला प्रथाद्वारा जनही ५१ हजार रुपैयाँ पुस्कार दिएको थियो।, सोही कोषबाट यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट आजित व्यवसायीलाई राहत दिनुपर्छ भन्ने सल्लाह प्रालिका पदाधिकारीले निर्णय गरे। सल्लाहपछि एउटा नयाँ बस किन्ने र त्यसलाई चिठ्ठामार्फत् भाग्यमानी व्यवसायी छनोट गर्ने निर्णय भएको प्रालिका अध्यक्ष सुरेश हमालले बताए।, सिप्रदीले सहुलियतमा प्रदान गरेको बस ल्याएर प्रालिले आफ्ना करिब ६ सय गाडी धनीबाट भाग्यशाली चिठ्ठा खोलेको हो। , ‘हामीले त एउटैलाई बस चिठ्ठा पर्ला भनेर ठानेका थियौं,’ अध्यक्ष हमालले भने, ‘त्यसमा दुई जना भाग्यमानी साबित हुनुभयो। अब उहाँहरूले आपसी सल्लाहमा के गर्नुहुन्छ त्यो उहाँहरूको अधिकारको कुरा हो।’, त्रिशिद्धेश्वरी प्रालिले फागुन १२ गते आफ्नो दोस्रो साधारण सभाका अवसरमा उनीहरूलाई बस हस्तान्तरण गर्ने प्रालिका अध्यक्ष हमालले घोषणा गरे।, चिठ्ठामा बस जितेपछि खुसीले छाती चौडा भएको पुनले प्रतिक्रिया दिए। , पुनले भने, ‘मेरो छाती खुसीले उफ्रिरहेको छ, शरीर काँपिरहेको छ। मेरो बोली नै फुटिरहेको छैन।’, चन्दले चिठ्ठा परेको बसका बारेमा दुई जनाले आपसी सल्लाह गरी अगाडि बढ्ने बताए।,
जसले चिठ्ठामा जिते नयाँ बस |
सेतोपाटी संवाददाता नवलपरासीको गण्डक नहरमा दुई बालक र एक महिला बेपत्ता भएकी छन्। , मंगलबार दिउँसो पौने २ बजे नवलपरासी सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा २९ वर्षीया प्रतिमा थारू, उनका ९ वर्षीय छोरा क्रिश थारू र ७ वर्षीय सुमित थारू बेपत्ता भएका हुन्। , डिएसपी भोजराज पाण्डेयका अनुसार प्रतिमाले आफ्ना दुई छोरालाई साथमा लिएर हाम्फालेकी हुन्। उनको मानसिक सन्तुलन पनि ठीक अवस्थामा नरहेको डिएसपी पाण्डेयले बताए। , प्रहरीका अनुसार उनीहरू कोही पनि फेला परेका छैनन्। प्रहरीले खोजी गरिरहेको छ। , प्रतिमाका श्रीमान तिर्थराम रोजगारीका लागि भारतमा छन्। उनले के कारणले हाम्फालेको भन्ने खुलेको छैन। ,
गण्डक नहरमा आमा र दुई छोरा बेपत्ता |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले व्यवसाय दर्ता गर भन्दा धेरैलाई कर तिर भने जस्तो लाग्ने गरेको बताएकी छन्। , मंगलबार काठमाडौंको एक सभामा बोल्दै डंगोलले व्यवसायीहरूलाई व्यवसाय दर्ता गर भन्दा कर तिर भने जस्तो लाग्ने गरेको बताएकी हुन्।, अहिले धेरै व्यापारीहरूले अनौपचारिक रूपमा व्यापार व्यवसाय गरिरहेता पनि औपचारिक दायरामा नआएको बताइन्।, 'धेरैलाई लाग्नसक्छ व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्न सक्छ,' उनले भनिन्, 'करको दायरामा आउनु भनेको करको दायरा फराकिलो बनाउँदै जाँदा दर पनि घटाउँदै जान सक्छौं। त्यो राम्रो पक्ष छ। व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु हो। दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्यौलमा पर्छ।', यस्तै व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम समेत फेल हुने गरेको उनी बताउँछिन्।, डंगोलका अनुसार व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गर्ने ५ हजार हुने गर्छन्। त्यसैले पनि महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिँदा लिँदै कार्यन्वयन गर्न कठिनाइ हुने गरेको उनी बताउँछिन्।,
व्यवसाय दर्ता गर भन्दा धेरैलाई कर तिर भने जस्तो लाग्छ- उपमेयर डंगोल (भिडिओ) |
मन्दिरा घिमिरे घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।, यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।, काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।, यसै सन्दर्भमा हामीले घर बहालसम्बन्धी निर्देशिका-२०७९ मा के-के व्यवस्था गरिएको छ भनेर काठमाडौं महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेसँग कुरा गरेका छौं।, 'घरबेटीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने भनेको डेरावालासँगको सम्झौता हो,' काफ्लेले भने, 'अबदेखि घर बहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्छ। भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक-एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ।', पछि घर खाली हुँदा पनि घरबेटीले यसरी नै सम्बन्धित वडा कार्यालयमा गएर सूचना दिनुपर्ने उनले बताए। यस्तो सूचना घर खाली भएको सात दिनभित्र दिनुपर्नेछ।, उनका अनुसार सम्झौतापत्रमा बहाल लिने-दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ।, यति मात्र होइन, घर बहालमा लिनुको प्रयोजन पनि सम्झौतामा खुलाइएको हुनुपर्ने काफ्लेले जानकारी दिए।, 'यही सम्झौताका आधारमा महानगरको कुन घर भाडामा लगाइएको छ, कुन प्रयोजनका लागि भाडामा लगाइएको छ, भाडामा बस्नेहरू को हुन् भन्ने विस्तृत विवरण स्थानीय सरकारसँग हुनेछ,' उनले भने।, सबभन्दा ठूलो कुरा त, कति रूपैयाँमा भाडा लगाएको भन्ने विवरणसमेत खुलाउनुपर्ने हुँदा घरधनीले घर बहाल कर नियमित तिरेको छ कि छैन भनी यकिन हुनेछ। यसबाट महानगरको घर बहाल करको दायरा फराकिलो हुने उनले बताए।, 'तत्कालका लागि घर बहालमा दिने सबैलाई करको दायरामा ल्याउनु यो निर्देशिकाको मुख्य उद्देश्य हो,' उनले भने, 'अन्य ठाउँभन्दा काठमाडौं महानगरमा धेरै मानिस विभिन्न प्रयोजनका लागि भाडामा बस्ने गर्छन्। तैपनि घर बहाल कर तिर्नेको संख्या निकै कम छ। हामी यो दायरा विस्तार गर्न चाहन्छौं।', उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा घर बहाल कर तिर्नेको संख्या जम्मा ३ हजार ९ सय थियो। आर्थिक वर्ष २०७८/७९ मा यो संख्या बढेर ९ हजार पुगेको छ।, 'के काठमाडौंमा बहालमा बस्ने संख्या यति मात्र होइन होला त?' काफ्लेले प्रश्न गरे, 'यसबाट कति ठूलो परिमाणको कर चुहावट भइरहेको छ भन्ने छर्लंग हुन्छ।', कतिपय व्यक्तिलाई घर बहालमा दिँदा वकिलकहीँ गएर सम्झौता गराउनुपर्ने हो कि भन्ने जिज्ञासा छ। यसबारे राजस्व विभाग प्रमुख काफ्लेले भने, 'वकिलकहाँ गएर सम्झौता गराउनुपर्दैन। सिधै आफ्नो वडा कार्यालयमा गएर फारम भर्दा पनि हुन्छ।', त्यस्तै, घर बहालसम्बन्धी विवरण महानगरपालिकामै गएर बुझाउने हो कि भन्ने पनि धेरैलाई लागेको छ। तर यसको निम्ति महानगर जानुपर्दैन। यी सबै काम वडा तहमै हुने काफ्ले बताउँछन्।, घर खाली भएको जानकारी गराएपछि अर्को डेरावाला नआएसम्मको कर तिर्नु नपर्ने पनि उनले बताए। जानकारी नगराएको खण्डमा भने महानगरलाई नियमित कर तिरिरहनुपर्छ। कसैले बिनाजानकारी कर तिरेन भने पछि जरिवानासमेत लाग्नेछ।, 'धेरैजसो घरधनीले आम्दानीको स्रोत खुलाउनुपर्दा घरभाडा भनेर लेख्नुहुन्छ,' काफ्लेले भने, 'त्यस्तो बेला उहाँहरू केही समयअगाडि देखिको बहाल कर तिरेर कागजपत्र बनाउनुहुन्छ। आफ्नो काम भएपछि फेरि करको दायरामा आउनुहुन्न। ती सबैलाई नियमित करको दायरामा ल्याउन हामीले यो निर्देशिका जारी गरेका हौं।', यो वर्ष कम्तिमा तीन लाख जनालाई करको दायरामा ल्याउने महानगरको उद्देश्य रहेको उनले बताए।, उनले घर बहाल करको दरबारे पनि जानकारी दिए। सामान्यतया भाडाको १० प्रतिशत बहाल कर लाग्ने गरेको छ। तर यो बहालको प्रयोजनअनुसार फरक पर्छ। बसोबासका लागि हो भने कर कम हुन्छ। कुनै संस्था तथा व्यावसायिक प्रयोजनका लागि बढी कर लाग्छ। त्यस्तै, गैरनाफामूलक संस्था घरमा बसेको छ तर उसको बहाल रकम निःशुल्क छ भने त्यसमा कर लाग्दैन।, 'भाडा कति वृद्धि हुने, बिजुली-पानीको शुल्क कसले बुझाउने, बहाल कर कसले बुझाउने, घर मर्मत कसले गर्ने जस्ता विषय पनि सम्झौतामै उल्लेख गर्नुपर्ने छ,' उनले भने, 'बहाल रकम वार्षिक ५ प्रतिशत वा दुई वर्षमा १० प्रतिशतसम्म मात्र बढाउन पाइने छ।', सम्झौतामा बहाल करसम्बन्धी विषय उल्लेख नभएको अवस्थामा घरधनीले नै कर बुझाउनुपर्ने छ।, आफ्नो घर भाडामा दिएपछि घरधनीले पानी, बिजुली र शौचालय सुविधा दिनुका साथै बहालमा बसेका मान्छेको सुरक्षा, शान्ति सुव्यवस्था र सम्मानजनक व्यवहार पनि सुनिश्चित गर्नुपर्ने काफ्लेले बताए।, निर्देशिकाले घर बहाल कर संकलन गर्ने अधिकार वडालाई दिएको छ।, 'कर संकलन गर्नेदेखि जो जो करको दायरामा आएका छैनन् तिनलाई दायरामा ल्याउने काम वडा कार्यालयको हो,' उनले भने, 'कर तिरेको रसिद दिने र पछि कर चुक्ता विवरण चाहिए उपलब्ध गराउने काम वडाकै हो। घर बहालसम्बन्धी सम्पूर्ण विवरण वडामै हुन्छ।', घर बहालसम्बन्धी कुनै किसिमको उजुरी परे त्यसको समाधान पनि वडाबाटै गरिने काफ्लेले बताए।, महानगरले माघ ५ गते सूचना प्रकाशन गरेर बहालमा लिने-दिनेले निर्देशिका लागू भएको ९० दिनभित्र सम्झौता गरी वडा कार्यालयमा बुझाउन भनेको छ। सम्झौतामा गल्ती भए १५ दिनभित्र सच्याउन सकिने पनि उल्लेख छ।, गत मंसिर २ गते बसेको महानगरको राजस्व परामर्श समिति बैठकले घर बहाल कर अपेक्षित रूपमा उठ्न नसकेको भन्दै यससम्बन्धी निर्देशिका ल्याउनुपर्ने निचोड निकालेको थियो।, राजस्व परामर्श समितिकी संयोजकसमेत रहेकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएको निर्देशिका कार्यान्वयन भए बहाल लिने/दिने विषयमा कुनै प्रकारको विवाद उत्पन्न हुँदा समाधान गर्न सहज हुने बताएकी थिइन्।, ‘कुनै कारणले विवाद देखिए मेलमिलापबाट समाधान गर्न सकियोस् र यही विषयमा मुद्दा मामिला गरेर समय खर्च गर्नु नपरोस् भन्नेमा कार्यविधि तयार गर्दा ध्यान दिइएको छ,’ डंगोलले भनिन्।, उनका अनुसार न्यायिक समितिमा घर बहाललाई लिएर धेरै उजुरी आउने गरेका छन्। कतिपय घरधनीले भाडामा बस्नेहरू भागेको भन्दै उजुरी गर्छन्। तर लिखित सम्झौता नहुँदा कारबाही गर्न नसकिने डंगोलको भनाइ छ।,
काठमाडौंका घरबेटीका लागि महानगरले ल्यायो नयाँ नियम |
सेतोपाटी संवाददाता पोखरा–३३ ठूलढुंगाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ खेल्दैखेल्दै सेती दोभान पुगे। पोखरा–१४ मा पर्ने सेती दोभानतिर जंगलमा खेल्दै जाँदा उनीहरूले नौलो वस्तु फेला पारे। उनीहरूले त्यो वस्तु लिएर घर फर्किए। , कहिल्यै नदेखेको नौलो वस्तु घर ल्याएर खेलाउन थाले।, कास्की प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार उनीहरूले त्यो वस्तुमा किला गाड्न खोजे। यसरी चलाउँदा चलाउँदै उक्त नौलो वस्तु विष्फोट हुन पुग्यो। विष्फोटमा परेर एक जनाको हातमा र अर्कोको हात र खुट्टामा चोट लागेको प्रहरी प्रवक्ता खड्काले बताए।, ‘विष्फोटक पदार्थ कहाँबाट उनीहरूले फेला पारे र त्यो कहिलेको हो भनेर हामीले अनुसन्धान गर्दैछौं,’ उनले भने।, माइकल र सविनले विष्फोटक पदार्थ फेला पारेको ठाउँ नजिकै नेपाली सेनाको तालिम संचालन हुने ठाउँ रहेको बताइएको छ। तर उनीहरूले विष्फोटक पदार्थ फेला पारेको ठाउँ सेनाको तालिम रेञ्जभन्दा बाहिर रहेको खड्काले बताए। , विष्फोटमा परेर घाइते भएका दुई जनाकै अवस्था सामान्य छ।, विष्फोटक पदार्थ माओवादी द्वन्द्वकालमा छाडिएको हो कि होइन भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
पोखरामा विष्फोटक पदार्थ चलाउँदा दुई जना घाइते |
रासस मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्।, हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्। , चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन्। गएराति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्याएका छन्।, सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ। हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्याएको छ। ,
१३ हात्ती एकैसाथ मिक्लाजुङ गाउँ पसेपछि... |
रासस जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।, पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन्।, महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले बताए।, कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन्। कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन्।, ‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ’, जेलर खवासले भने। कारागारमा दरबन्दी अनुसारका कर्मचारी नभएको उनको भनाइ छ।, नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन्।,
ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी |
रासस तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।, बहराइनमा मंगलबार भएको कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले बताइन्।, उनकाअनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र प्रदान गरेका हुन्।, ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो।, गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो। उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए।, अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका थिए।, बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ।, डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका थिए। उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन्।,
डा. सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान |
एजेन्सी अमेरिकाको न्युयोर्कबाट भारतको राजधानी नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको एउटा जहाज बुधबार बिहान स्विडेनको स्टकहोममा आकस्मिक अवतरण भएको छ। समाचार संस्था पिटिआईका अनुसार एयर इन्डियाको फ्लाइट एआई १०६ मा ३०० जना यात्रु थिए।, उडानका क्रममा जहाजको एउटा इन्जिनमा तेल लिक भएपछि जहाज आकस्मिक अवतरण भएको हो।, स्टकहोम विमानस्थलमा आपतकालीन उद्धारको लागि सबै तयारी पूरा गरिएको थियो। तर जहाज सामान्य रूपमा अवतरण भएको र सबै यात्रु सुरक्षित रहेको बताइएको छ।,
न्युयोर्कबाट दिल्ली आउन लागेको एयर इन्डियाको जहाज स्विडेनमा आकस्मिक अवतरण |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छन्।, आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन्।, नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान १०ः३० बजे बागलुङ आएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी हुन्। , उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आएकी गुठीका अध्यक्ष कुमार खड्काले बताए।, राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए।, राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गरिन्। मूल पुजारी खड्काले उनलाई पूजाअर्चनामा सहयोग गरेका थिए। , राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेखेकी छन्, ‘बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधीकारीहरू, कर्मचारी एवं नागरिक समाजलाई विशेष धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु।’,
राष्ट्रपति भण्डारी बागलुङमा, कालिका मन्दिरमा विशेष पूजाअर्चना |
रासस धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ।, ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ।, धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो।, मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन्। दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ।, मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ। पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।, ‘मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जिर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो। दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो,’ उनले भने।, मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ। सिमेन्ट र ढुङ्गाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्काले बताए।, रु २६ लाखको लागतमा मन्दिरको जिर्णोद्धार गरिएको हो। सत्तल निर्माणमा रु ७० लाख र हवनकुण्ड निर्माणमा रु १३ लाख खर्च लाग्ने समितिले जनाएको छ।, ,
जीर्णोद्वार गरियो बागलुङ कालिका मन्दिर |
सेतोपाटी संवाददाता युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ।, होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।, घोराहीकी २० वर्षीया युवतीलाई भारत चण्डीगढमा पुर्याएर बेचबिखन गरेको उनीहरूमाथि आरोप छ। राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले ती युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत पुर्याएको खुलेको प्रहरीले बताएको छ।, उनीहरूले चण्डीगढस्थित एक कोठीमा ती युवतीलाई बेचबिखन गरेको प्रहरीको दाबी छ। युवतीकी आमाले गत माघ २२ मा जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो।, भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको एसपी वीरबहादुर वलीले जानकारी दिए।, ‘युवती त्यहाँ बस्दिनँ भनेपछि बन्धक बनाएर यौनकार्यमा लाग्न बाध्य पारेको भन्ने खुलेको छ,’ उनले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’, युवतीको उद्धार भएसँगै ती होटल सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूलाई राखेको भारतको उक्त कोठीमा अन्य युवती पनि रहेको ती युवतीले प्रहरीलाई जानकारी गराएकी छन्।, पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।,
युवतीलाई भारतको कोठीमा पुर्याएपछि पक्राउ परे होटेल सञ्चालक |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १३, घाम उज्यालो थियो, आकाश सफा। मधेसको तातो हावासँग मधेसकै गीत पौंठेजोरी खेल्दैथ्यो।, ‘तोहार दुलहा हो, तोहार दुलहा, तोहार दुलहा,
साँवर साँवर सूरतिया तोहार दुलहा,
गोरे गोरे लखन रंगदार दुलहा हो रंगदार दुलहा,
साँवर साँवर सूरतिया तोहार दुलहा’, यो लोक मैथिली गीत हो जसले भन्छ, ‘तिम्रो दुलहाको अनुहार कालो नभई गहुँगोरो छ।’, हामी जनकपुरबाट २३ किलोमिटर टाढा बटेश्वर गाउँमा थियौं। बैजनी रङले रंगिएको एउटा घरमा हाम्रो बाइक रोकिएको थियो। मैथिली लोकगीत बजिरहेको त्यो घर नेवार समुदायको हो।, सेतो स्यान्डोमा हाफ पाइन्ट र खुट्टामा कालो चप्पल लगाएका श्याम कर्माचार्य हाम्रो अगाडि आइपुगे। हामीसँग कुराकानी गर्नुअघि उनले घरबाहिर एउटा कुनामा बाँधिएका भैंसीहरूलाई दानापानी दिए।, हामी घरबाहिर बरन्डामा उनलाई कुरिरहेका थियौं। त्यहाँ उनकी श्रीमती उर्मिला कर्मचार्य सोहिजनको तरकारी केलाउँदै थिइन्। सोहिजन मधेसको प्रसिद्ध तरकारी हो, जुन विशेषगरी नयाँ वर्षबाट खान सुरू गरिन्छ। मधेसको तातोमा सोहिजनले शितलता दिन्छ भन्ने स्थानीयहरूलाई विश्वास छ।, श्यामले जसै आफ्नो काम सके, उनी बरन्डामा हामीसँगै मिसिए।, बरन्डाको पछाडि झ्यालनिर मलका बोरा थिए। बोरामाथि गुलाबी रङमा कोठेदार बुट्टा भएको गम्छा थियो। श्यामले त्यो गम्छा उठाएर घाँटीमा भिरे अनि हामीसँग कुरा गर्न बसे।, जब उनी रैथानी मधेसी लवजमा बोल्न थाले, हामीले थाहा पायौं उनले मुखमा पान पनि चपाइरहेका छन्।, श्याम कर्माचार्य र उर्मिला कर्माचार्य। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, मिथिला र काठमाडौंको नेवार सभ्यताबीच रहेको घनिष्ठ सम्बन्धबारे हामीले अघिल्लो अध्याय ,‘मिथिलासँग जोडिएको नेवार सभ्यता’ ,मा चर्चा गरिसकेका छौं। यो सम्बन्ध गाँसिनुमा सिमरौनगढका राजा हरसिंहदेवको ठूलो हात छ।, संस्कृतिका अध्येता डेनियल राइटले छपाएको वंशावलीअनुसार राजा हरसिंहदेव दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भागेर आफ्नी जहान, छोराहरू, परिवारका सदस्य, केही भारदार र केही जनतासमेत नेपाल उपत्यका अर्थात् अहिलेको काठमाडौंतर्फ लागेका थिए। उनी काठमाडौंसम्म भने पुग्न सकेनन्। दोलखाको तीनपाटनमा उनको मृत्यु भयो।, हरसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवीले सिमरौनगढबाट हिँडेको समूहको नेतृत्व सम्हालिन् र सबैलाई काठमाडौंसम्म ल्याइन्।, यसरी काठमाडौं उपत्यका आउँदा सात थरका मानिस सिमरौनगढबाट आएका थिए भनिन्छ। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मानिस थिए।, यति मात्र होइन, नेपाल उपत्यकामा मल्ल शासनको जग मजबुत बनाउने श्रेय पाएका जयस्थिति मल्ललाई पनि देवलदेवीले नै दक्षिण मधेसबाट झिकाएकी थिइन्। उनले आफ्ना छोरा जगतसिंह र नायकदेवीकी छोरी राजल्लदेवीसँग विवाह गरेर नेपाल उपत्यकाको राजकाज सम्हाल्न जयस्थिति मल्ललाई ल्याएको इतिहास छ।, यसरी सिमरौनगढ राजखलकको प्रवेश र मधेसबाट झिकाइएका जयस्थिति मल्लले काठमाडौंको गद्दी सम्हालेपछि नेवार सभ्यता र मिथिला सभ्यताबीच राजकीय स्तरमा घनिष्ठ सम्बन्ध गाँसिएको हो। राजकीय स्तरबाट सुरू यो सम्बन्ध पछि जनस्तरमा पनि व्यापक हुँदै गएको पाइन्छ।, इतिहासको त्यो कालखण्ड फर्केर हेर्ने हो भने मिथिला र काठमाडौंबीच आममान्छेको बसाइसराइँ मल्लकालबाटै सुरू भएको अनुमान गर्न सकिन्छ। जनस्तरको यो सम्बन्ध बुझ्न हामीले काठमाडौं उपत्यकामा रहेको केही मैथिलहरूसँग कुराकानी गरेका थियौं। उनीहरूमार्फत् काठमाडौंमा पाइने मिथिला सभ्यताको झलकबारे हामीले अघिल्लो अध्यायमा चर्चा गरिसकेका छौं।, यही विषयलाई हामीले जनकपुरमा अर्को कोणबाट हेर्ने प्रयास गर्यौं। जसरी काठमाडौंमा मिथिला सभ्यता बाँचेको छ, के जनकपुरमा नेवार सभ्यताको झलक पाइन्छ?, यसका लागि जनकपुर र वरिपरि बसोबास गर्ने नेवार परिवार खोज्ने क्रममा हामी श्याम कर्माचार्यको घर पुगेका थियौं।, उनी र यहाँका नेवारहरूसँग कुराकानी गर्दा हामीले के पायौं भने, जसरी काठमाडौंका मैथिल नेवारसँग घुलमिल भएका छन्, त्यसरी नै यहाँका नेवार मिथिला सभ्यतामा मिसिइसकेका छन्। अर्को एउटा समानता पनि हामीले भेट्यौं, जसरी काठमाडौंका मैथिल सकभर बिहेबारी मिथिला क्षेत्रमै गर्न चाहन्छन्, त्यसरी नै यहाँका नेवार सकभर काठमाडौंमै बिहेबारी गर्न चाहन्छन्। लामो समयदेखि चल्दै आएको बिहेबारीले पनि नेवार र मिथिला सभ्यतालाई आजसम्म घनिष्ठ बनाउँदै लगेको छ।, मान्छे कति घुलनशील प्राणी हो भने, ऊ जुन समुदायमा जान्छ, त्यहीँको रहनसहन र चालचलनमा घुलमिल हुन्छ। जसको बीच बस्छ, उसैको रङमा रंगिन्छ। तर जतिसुकै घोलिए पनि नुनले आफ्नो स्वाद नछाडेजस्तै मान्छेले पनि आफ्नो पहिचान छाड्दैन।, श्याम कर्माचार्यको घरको आँगनमा एउटा यस्तो चिनो हामीले देख्यौं, जुन मधेसको अरू घरमा हुँदैन। वर्षौंदेखि श्यामले जोगाएर राखेको काठमाडौंको त्यो चिनो हो– पिखालखु।, नेपाल भाषाको ‘पिखा’ शब्दले ढोकालाई जनाउँछ भने ‘लखु’ शब्दले नदीलाई।, श्याम कर्माचार्यको घरको आँगनमा बनाइएको पिखालखु। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, काठमाडौं उपत्यकाका नेवार समुदायले आफ्नो घरअगाडि आँगनमा रातो माटो र गोबरले लिपेर गोलाकार मण्डप बनाएका हुन्छन्, जसमा फूल, अक्षता र जल चढाइन्छ। मूलढोका बाहिरको रक्षक मानिने पिखालखुलाई प्रायः नेवारहरूले कुमार भगवानका रूपमा पूजा गर्छन्। श्यामले पनि घरको आँगनमा सानो ढुंगामाथि गोबर र रातो माटोले लिपेर पूजा गर्ने नेवार चलन छाडेका छैनन्।, ‘हाम्रो घर पहिला काठमाडौंको वसन्तपुरमा थियो। मेरो बुवा इन्द्रराजका नाममा त्यहाँ प्रशस्त फाँट थियो। तर उहाँले सबै आफ्ना दाजुभाइलाई छाडिदिनुभयो। आफू भने महोत्तरी आएर बस्नुभयो,’ श्यामले भने।, मधेससँग साइनो जोडिएको भने उनका हजुरबुवा रामबाबु कर्माचार्यकै पालामा हो, जो काठमाडौंबाट महोत्तरीको अध्ययनपुर गाउँ आएका थिए। अध्ययनपुरमा उनको ठूलो मौजा थियो, झन्डै पाँच सय बिघाको।, ‘राजा महेन्द्रको समयमा हाम्रा हजुरबुवाले काठमाडौंबाटै मालपोत तिर्नुभयो र यहाँ आउनुभयो। पहिला त सबै जग्गा सरकारी हुन्थ्यो, हजुरबुवाले पैसा तिरेर यहाँको जग्गा किन्नुभएछ र यतै बस्नुभएछ,’ श्यामले भने, ‘हजुरबुवाका दुई भाइ थिए। एउटा यतै बस्न थाले, अर्को काठमाडौंमा। हाम्रो हजुरबुवा पनि गर्मी छल्न काठमाडौं जानुहुँदो रहेछ।’, त्यति धेरै जग्गा जोडेका रामबाबुले धेरैजसो जग्गा त आफ्नै समयमा सकेछन्। कुनै समाजसेवामा दिएछन्, कुनै बेचेछन्। अहिले कुनै ठाउँ पाँच कट्ठा, कुनैमा दुई त कुनैमा एक कट्ठा गरेर तीन–चार बिघा मात्र बचेको श्याम बताउँछन्।, उनका हजुरबुवा रामबाबुले दान दिएका विभिन्न जग्गामध्ये ध्रुवकुण्डको जग्गा एक हो।, ध्रुवकुण्डलाई सत्ययुगमा बालक ध्रुवले तपस्या गरेको ठाउँ मानिन्छ। मिथिलाको पन्ध्रदिने परिक्रमा गर्दा सातौं दिन ध्रुवकुण्ड आइपुगिन्छ। त्यति बेला त्यहाँको मन्दिर समितिलाई आफ्नो तर्फबाट चिठी लेख्नुपर्ने श्याम बताउँछन्।, ‘मिथिला परिक्रमा जुन दिन ध्रुवकुण्ड आइपुग्छ, त्यो दिन हामी त्यहाँ पुगे पनि नपुगे पनि फलानो दिन परिक्रमा आउँदैछ, तपाईंहरू पनि आउनुहोला भनेर समितिलाई चिठी लेख्नुपर्छ,’ उनले भने, ‘यो चलन हजुरबुवाकै पालादेखि चल्दै आएको हो।’, हजुरबुवा मात्र होइन, हजुरबुवाका भाइ निमबाबु पनि उत्तिकै दान–धर्ममा लागेको उनी बताउँछन्।, ‘दक्षिणकालीको मन्दिर छ नि, त्यो मेरो अर्को हजुरबुवा निमबाबुले बनाउनुभएको हो,’ उनले भने।, हजुरबुवाकै पछि लागेर महोत्तरी आएका श्यामका बुवा इन्द्रराजको मन पनि यतै रमाउन थालेको र उनले काठमाडौं फर्किन उति चासो नदिएको श्यामको भनाइ छ।, ‘काठमाडौंमा मेरा कर्माचार्य आफन्तहरू टन्नै छन्। हरेक घरमा एक–एक छाक खाए पनि छ महिना खान पुग्छ होला,’ उनले भने, ‘त्यति धेरै दियाद (दाजुभाइ) छन् मेरो त्यहाँ।’, मधेसमै पनि उनका आफन्त छरिएर बसेका छन्। रौतहटको राजपुर जिल्लामा जोशी थरका मामा र प्रधान थरका ठूलोबुवा छन्।, ‘म २०२२ सालमा यहीँ जन्मेको हुँ। आमाबुवाले नेवार भाषा बोल्नुहुन्थ्यो, मलाई भने आउँदैन। मैथिली, नेपाली र अलिअलि हिन्दी बोल्न सक्छु,’ उनले भने, ‘मधेसमा बसे पनि, यहीँको जस्तो भए पनि, हामीले मान्ने सबै संस्कार र परम्परा नेवारकै छ।’, उनले अगाडि भने, ‘हामी दसैं, तिहार सबै मनाउँछौं। यता चौरचन (भदौ शुक्ल चतुदर्शीमा मनाइने पर्व) मनाउँदा हामी चौथी मनाउँछौं। भाइटीकाको अघिल्लो दिन म्हपूजा गर्छौं। सप्तरंगी टीक लगाउँदैनौं, रातो टीका लगाउँछौं। हाम्रोमा गुफा राख्ने, बेल विवाह गर्ने सबै हुन्छ।’, त्यसबाहेक उनीहरूको गुठी पनि छ। गुठी भनेको सामुदायिक संस्था हो, जसले चाडपर्व र जात्राहरू मनाउन सहयोग गर्छ। उनीहरूको गुठी हेटौंडामा छ।, ‘हाम्रो विवाह, ब्रतबन्ध सबै गुठीमा हुन्छ,’ श्यामले भने, ‘कतिपय नेवारहरूले घरमै पनि गर्छन्। तर हाम्रो परम्परा फरक छ, त्यसैले गुठीमै जानुपर्छ।’, कर्माचार्य परिवारलाई तन्त्रविद्या जानेको पुजारी पनि भनिन्छ। त्यसैले उनीहरूको पूजाआजामा विशेष महत्व हुन्छ।, ‘नेवारहरूले गाउँमा सप्ताह लगाउँदा कर्माचार्य अनिवार्य चाहिन्छ,’ उनले भने, ‘यतातिरका नेवार त म खासै चिन्दिनँ, तर काठमाडौंमा त्यस्तो हुन्छ भन्ने मलाई थाहा छ।’, यताका नेवारहरू विवाह गर्न पनि धेरैजसो काठमाडौं नै जाने गरेको उनले बताए। श्याम भने उर्मिलासँग विवाह गर्न हेटौंडा पुगेका थिए।, श्यामले नेवारका पर्व मात्र होइन, खाना पनि बिर्सिएका छैनन्।, ‘हामी क्वाँति, बारा, यःमरि सबै बनाउँछौं। बारा, सिद्रा र अन्डा त सगुनमा नभई हुन्न,’ श्यामकी पत्नी उर्मिलाले भनिन्, ‘हामी यहाँको मैथिली खाना तरूवा, बगिया, कडहीबडी पनि बनाउँछौं।’, उर्मिलालाई आफूहरू भक्तपुरबाट हेटौंडा आएको भन्ने थाहा छ। तर कसरी र कहिले जानकारी छैन। श्याम काठमाडौं पनि गइरहेका हुन्थे। हिजोआज भैंसीको दूध दुहुने कामले जान पाएका छैनन्। भने, ‘काठमाडौंमा त नेवारहरूले खासै भैंसी पाल्दैनन् नि! यता भने दूध खान परिहाल्छ अनि पालेका छौं। यो भैंसीले फेरि म नभई दूध दिँदैन।’, भैंसीपालनसँगै उनी खेतीकिसानी पनि गर्छन्। उनी यसैमा सन्तुष्ट छन्। कहिलेकाहीँ काठमाडौंका आफन्तले मधेस छाडेर आउन सल्लाह दिन्छन्। तर उनको मन मधेसमै रमाएको छ।, ‘काठमाडौं जाने भनेको टाइम पासलाई मात्र हो। दुई चार दिन बस्छु, फर्किहाल्छु। काठमाडौंमा त के हो के हो, मनै अडिन्न,’ उनले भने।, श्याम र उर्मिला कर्माचार्यसँग कुराकानी गरेर छुट्टिएपछि हामी बटेश्वरमै रहेको अर्को नेवार घरमा पुग्यौं। उनीहरूको संस्कृति, परम्परा चाहिँ आधाउधि मधेसकै भइसकेको रहेछ।, आफ्नो पुस्ता २००७ सालअगाडि नै ललितपुरको पाटनढोकाबाट मधेस आएको बताउँछन्, ६१ वर्षीय मोहनकुमार श्रेष्ठ।, मोहनकुमार श्रेष्ठ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ‘हाम्रो जिजुबाजेका चार दाजुभाइ थिए। जेठो बाजे जागिर खान बरदही भन्ने ठाउँ बस्नुभएको थियो रे,’ आफूले बुवा–हजुरबुवाबाट सुनेको कुरा सम्झँदै मोहनले भने, ‘त्यहाँबाट बाजे बटेश्वर झर्नुभएछ। पहिले हाम्रो बरदहीमा पनि जग्गा थियो, यता पनि थियो। अहिले उताको सबै बेचिसक्यौं, यहाँ मात्र बाँकी छ। मेरो जन्म यहीँ भएको हो। हाम्रो जिजुबाजेको भाइका छोराहरू काठमाडौंको ज्ञानेश्वरतिर हुनुहुन्थ्यो। अहिले बित्नुभयो।’, ‘तपाईंको चाहिँ काठमाडौंमा केही छैन?’, हाम्रो प्रश्नमा उनले भने, ‘जिजुबाजेले सबै छाडेर आउनुभयो रे। अंश लिन पनि जानुभएन। पुरानो घर त होला। तर बुवाले त खोज्नुभएन, अब हामीले के खोज्नु!’, उनका बुवा गिर्जाबहादुर सात सालमै बटेश्वर आइसकेका थिए। त्यही भएर आफ्नो पुस्ता त्योभन्दा अगाडि नै मधेस झरेको हुनुपर्ने मोहनकुमारको अनुमान छ।, उनको परिवार तिहारको समयमा म्हपूजा गर्दैन। आफ्ना दुई छोरीलाई महिनावारी हुनुभन्दा अगाडि बेला विवाह र १२ दिन गुफा राख्ने परम्परा भने गरेका छन्। दुई छोराको ब्रतबन्ध पनि गराएका छन्। कुनै समय उनी गुठीमा पनि आबद्ध थिए। उनको गुठी सिरहाको बस्तीपुरमा थियो, जहाँ भिमसेनको मूर्ति स्थापना गरिएको छ। उनी हरेक वर्ष त्यहाँ जान्थे। शुभ अवसरहरूमा नातागोता बोलाएर भोजभतेर पनि हुन्थ्यो। खासगरी चैत दसैं बेला गुठीमा राँगा र आफूले भाकल गरेका जनावर काट्ने परम्परा थियो।, पछिल्लो समय वैष्णव धर्ममा लागेपछि उनको परिवार गुठीमा जान छाडेको छ।, ‘हाम्रो त राम–जानकी मन्दिर छ। त्यसैले हामीले जनावर काट्ने त के, माछामासु खान पनि हुन्न,’ उनले भने, ‘मासु नै नखाने भएपछि त्यहाँ किन जाने? मर्दापर्दा जान्छौं, अरू बेला भने वैष्णवसँग नेवार परम्परा नमिलेकाले जाँदैनौं।’, मोहनकुमारले काठमाडौंबाटै विवाह गरेका हुन्। उनको ससुराली अहिले पनि उतै छ।, जसरी उनको परिवार मधेस आएपछि वैष्णव भए, उनीहरूले छठ पर्व पनि मनाउन थालेका छन्। उनले बाह्र–तेह्र वर्षअघि आफू बिरामी पर्दा छठ मान्छु भनेर भाकल गरेका रहेछन्। रोग बिसेक भएपछि भाकल पूरा गर्न छठ मान्न थालेको उनी बताउँछन्। छठसँगै चौरचन र रक्षा बन्धन पनि मनाउँछन्।, ‘चैत नवमीको दिन राम जानकी मन्दिरमा भन्डारा (पूजा) हुन्छ। वैष्णव र कन्ठीधारी, तिलकधारी बाबाहरू पनि आउँछन् र खानेकुरा खान्छन्। उनीहरूको पन्ध्र–सोह्र जनाको समूहले भजनकीर्तन गर्छन, लिला देखाउँछन्,’ मोहनले भने।, खानामा पनि उनीहरू यःमरि, बारा, चटामरीजस्ता नेवार परिकार बनाउँदैनन्। मिथिला परिकारहरू तरूवा, सोहिजनको तरकारी, कडहीबडी नै पकाउँछन्। जन्मदिन, बिहे, मृत्यु लगायत संस्कार पनि मधेसकै अनुसार गर्छन्।, ‘समाज यहीँको छ, काठमाडौंको मान्छे बोलाउने कुरा आएन। यहाँ बसेकाले यहीँका मान्छे बोलायो र यहीँको चलनचल्तीअनुसार गर्यो,’ उनले भने।, उनीहरू भाषा पनि मैथिली र नेपाली बोल्छन्। परिवारमा मोहनकुमारबाहेक अरूलाई नेवार भाषा बोल्न आउँदैन। मोहनले नेवार भाषामै हामीलाई सोधेका थिए, ‘नेवाः भाय् ल्हाय् स कि मसः?’, यसको अर्थ, ‘तपाईंलाई चाहिँ नेपाल भाषा बोल्न आउँछ कि आउँदैन?’, मधेसमा जन्मे–हुर्केर पनि उनले कसरी नेपाल भाषा बोल्न जाने भनेर हामीले बुझ्न खोज्यौं।, उनी आफूले ३०–३५ वर्ष काठमाडौंमा बिताएको बताउँछन्। दिउँसो पाटन औद्योगिक क्षेत्रमा काम गर्थे। राति ट्याक्सी चलाउँथे। त्यही क्रममा नेवार भाषा पनि सिके।, श्यामलाई जस्तै उनलाई पनि मधेस छाडेर काठमाडौं फर्कने सोच कहिल्यै आउँदैन।, ‘हाम्रो यहाँ साढे तीन बिघा जग्गा–जमिन छ। आँप, भुइँकटहर, रूखकटहर, मकै लगायत मौसमअनुसार तरकारी लगाएका छौं। सबै छाडेर कसरी काठमाडौं जानू! कुनै बेला काठमाडौंका थियौं होला, अब यहीँको हावापानी र माटोमा घुलमिल भइसक्यौं,’ उनले भने।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर, अध्याय ८ - ,जनकपुरका ५२ कुटी र ७२ कुण्ड, अध्याय ९ - ,'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ', अध्याय १० - ,भाषाको हेराफेरी!, अध्याय ११ - ,मन नपरे बेहुला छाड्न सक्ने मिथिलाको परम्परा, अध्याय १२ - ,सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा,
जनकपुरका नेवारले सम्हालेको काठमाडौंको चिनो |
सविता बुढा खेलाडी होइनन् उनी। तर अक्सर खेल मैदानमै भेटिन्छन्। मैदान सफा गरेर खेलका लागि तयार गर्नु उनको काम हो। काम मात्रै होइन, उनको लगन हो। उनी यसमै आनन्दित छन्।, उनी हुन् धनगढी उपमहानगरपालिकाका बासिन्दा ६८ वर्षीय दायाराम राना। , राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता तयारीको समयमा दयाराम मैदानमै भेटिन्छन्। खेलाडीका भरपर्दा सहयोगी बनेका छन्। उनी यसरी खेल मैदानमा भेटिन थालेको तीन दशक हुन लागिसक्यो। , खेल मैदानमा हुने सबै किसिमको फोहोर वस्तु टिप्छन्। मैदानमा झाडु लगाउँछन्। पाहुनाका लागि कुर्सी मिलाउँछन्। आवश्यक सामान ओसारपसार गर्छन्। , 'म यहाँको तलबी कर्मचारी होइन। तर कामबापत केही पारिश्रमिक पाउँछु,' उनले भने, 'त्यही पैसाले आफ्नो परिवारको गर्जो टार्छु।', दयारामको अधिकांश समय खेल र खेलाडीकै वरिपरि बित्छ। उमेर बुढ्यौलीतिर गए पनि जोसजाँगर घटेको छैन। खेलका सहयोगी उनी धेरैको नजरमा पनि पर्दैनन्। तर सधैं जसो मैदान र खेलाडीहरूसँगै हुन्छन्। , खेल र खेलाडीको आसपासमा रमाएर काम गर्न किन यति लगनशील छन् त दयाराम?, हामीले उनको विगतबारे सोध्यौं।, उनका बुबाआमा कृषक थिए। उनीहरूको १२ बिघा जमिन थियो। दयारामहरू ६ दाजुभाइ थिए। एक भाइको सानैमा मृत्यु भयो। पछि बुबाले छोराहरूलाई जग्गा भाग लगाइदिए। बुबाले छोराहरूलाई स्कुल पनि पठाएका थिए। दयाराम पनि गए। उनी पढ्ने स्कुलमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। योभन्दा माथि पढ्न डेरा बस्ने गरी घरबाट टाढा जानु पर्थ्यो। , तर दयारामले तीन कक्षासम्म पढेर स्कुल छाडे।, 'गाउँमा खासै कोही पढ्दैन थिए। वातावरण नमिलेपछि मैले पनि पढाइ छोडेँ,' उनले भने। , पढाइ छोडेपछि दयाराम खेतमा काम गर्न थाले। गाईगोरु चराउँथे। समय बित्दै गयो। उनी खेतीपातीमै तल्लीन भए। , उनका भाइ भने डेरामा बसेर पढ्थे। दयाराम कहिलेकाहीँ सामान पुर्याउन जान्थे। त्यही क्रममा स्कुलका खेलकुद शिक्षकसँग चिनजान भयो। दयारामले ती शिक्षक र अरूलाई पनि काम खोजिदिन भने। , एक दिन उनको चाहना पूरा भयो। २०५० सालमा सेती ग्रामीण इकाई सिँचाइ आयोजनामा उनले कार्यालय सहयोगी कर्मचारीका रूपमा काम गर्ने अवसर पाए। , त्यो समय सम्झँदै उनले भने, 'चिनजानका मान्छेहरूसँग कुरा गरेपछि श्री ५ सरकारको जागिर गर्न पाएँ। तलब एक हजार ५० रूपैयाँ थियो।' , चिठीपत्र बुझाउन जानु, कार्यालय सरसफाइ गर्नु र हाकिमले अह्राएको काम गर्नु नै उनको दिनचर्या हुन्थ्यो। तर यो जागिर सात महिनामै छुट्यो। पछि २०५२ सालमा दयाराम क्षेत्रीय खेलकुद विकास समितिमा पुगे। त्यहाँ भने दस वर्ष काम गर्न पाए। , मासिक एघार सय रूपैयाँ पाउने गरी काम थालेका थिए उनले। दस वर्षमा दुई हजार ६ सय १० रूपैयाँ भएको उनी बताउँछन्। कमाइ धेरै नभए पनि खेलकुद विकास समितिका काम गर्दा उनले धेरै अनुभव हासिल गरे। खेलाडीहरूलाई चिन्ने अवसर पाए। खेल मैदानप्रति प्रेम बस्यो। स्थानीय र राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरूमा सहयोगी भए। , खेलकुद प्रतियोगिताका नभएका बेला उनले कार्यालयमै काम गर्नुपर्थ्यो। प्रतियोगिताको समय खेल हुने ठाउँमै जानु पर्थ्यो। उनको मुख्य काम झाडु लगाएर मैदान सफा गर्ने, चुना हाल्ने इत्यादि हुन्थ्यो। यसबाहेक आइपरेको सबै काम फत्ते गर्थे।, खेलकुदका बेला अलिक टाढासम्म जान पनि पाउँथे। एकपटक काठमाडौं जान पाए।, 'गुरुहरू (खेल प्रशिक्षक) ले हामी (कार्यालय सहयोगीहरू) लाई पालैपालो घुमाउने गर्थे। मैले पनि अवसर पाएँ। खेलाडी र गुरुको झोला बोक्नुपर्थ्यो,' उनले भने।, खेलाडी र गुरुसँग काठमाडौं पुग्न पाउँदा दयाराम धेरै खुसी भएका थिए। उनी काठमाडौं गएको कुराको चर्चा उनको गाउँमा पनि भएको थियो रे।, २०५३ सालको कुरा हो, उनले धनगढीबाट झापा पुग्ने अवसर पनि पाए। झोला बोक्नु त छँदै थियो, त्यस पटक उनले खेलाडी हुने मौका पनि पाए। , एथ्लेटिक्सका लागि सुदूरपश्चिमको टिम झापा गएको थियो। म्याराथन दौडका लागि खेलाडी अपुग भयो। प्रशिक्षकले दयारामलाई दौडमा सहभागी हुन भने। उनीसहित ४० जना सहभागी थिए, ४२ किलोमिटर दौडनु पर्थ्यो।, उनी राजी भए।, 'सुरूमा त डर लाग्यो। गुरुले सम्झाएपछि दौडमा सहभागी भएँ,' उनले आफ्नो स्मरण सुनाए, 'खेलाडीको झोला बोक्ने र मैदान सफा गर्ने मान्छे खेलाडी बनेर पुरस्कार पाउँदा धेरै खुसी लाग्यो।' , दौडमा उनी एघारौं स्थानमा परेका थिए। सहभागिताको प्रमाणपत्र, पदक र पुरस्कार पाए।, यिनै कारणले दयारामलाई खेलाडी र खेल मैदानको निकट पुर्याएको हो जसलाई उनले जागिरबिनै पनि निरन्तरता दिएका छन्।, उनलाई खेलाडीहरूको सहयोगी हुनमा बडो आनन्द अनुभव हुन्छ।, भन्छन्, 'खेलाडीको झोला बोक्न पाउँदा पनि गर्व लाग्छ। त्यसमै आनन्द हुन्छ।' , उनले खेल क्षेत्रमा आफूले गर्ने कामलाई ज्यानले सकुन्जेल निरन्तरता दिने निधो गरेका छन्। यसैअनुसार उनी खेलाडीहरू माझ हुन्छन्। खेल मैदान सफाइ गर्ने काममा खट्छन्। , केही महिनाअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी सुदूरपश्चिमबाट स्वयंसेवक भएर गएका थिए।, उनले खुसी प्रकट गरे, 'गुरुले पोखरा लग्छु भन्नुभएको थियो। मैले त मजाक सोचेँ तर साँच्चै लग्नुभयो।' , यही मौकामा उनले पोखराका फेवाताल र महेन्द्रगुफा हेरे। अरू केही ठाउँ पनि घुमे। घुम्नका लागि 'हाकिम' ले खर्च दिएको पनि उनले खुसीसाथ बताए। , नवौं राष्ट्रिय खेलकुदमा उनले खेलाडीहरूलाई सहयोग गरे। उनीहरूका झोला बोके। मैदान सफाइमा सहयोग गरे। उनले भत्ता र ट्र्याक सुट पाए। खेलकुदका समय उनी टिसर्ट र टोपी पाउँछन्। ट्र्याक सुट भने पोखरामा मात्रै पाएका हुन्। ट्र्याक सुटले उनलाई निकै खुसी दिएको छ। खेलको समयमा पाउने लुगाले उनको खर्च घटाउँछ।, 'नयाँनयाँ टिसर्ट र टोपी पाउँछु। लुगामा धेरै खर्च हुँदैन। कहिलेकाहीँ पाइन्ट किन्छु,' उनी भन्छन्।, दयाराम खेलकुदबाहेक मेला, महोत्सव र सभासम्मेलनमा पनि काम गर्छन्। खुसी भने खेलले नै दिन्छ। धनगढी र आसपासमा खेलकुद प्रतियोगिता हुँदा आयोजकहरूले पनि दयारामलाई नै सम्झिन्छन्।, उनलाई कसैकसैले बुढेसकालमा फोहोर टिप्दै किन हिँड्छौ पनि भन्छन् रे। तर उनलाई आफ्नो काममा गर्व छ।, 'मलाई फोहोर टिपेर खेल मैदान सफा गर्दा गर्व लाग्छ,' दयाराम भन्छन्।,
खेलाडी होइनन् तर तीन दशकदेखि मैदानमै रमाएका छन् दयाराम |
रासस अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ।, मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ।, मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।, नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए।, मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन्।,
मालीमा बिस्फोट हुँदा तीन शान्ति सैनिकको मृत्यु, नेपाली सुरक्षित |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ।, बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोबाट क्षतिको खबर आइपुगेको छैन।, यो पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको तेस्रो भुइँचालो हो। यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भुइँचाला गएका थिए।, बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन्।, चार महिना अवधिमा खुसुखुसु गइरहेका यी भुइँचालाले के संकेत गर्छन्? के पश्चिम नेपालमा भूकम्पीय जोखिम बढेको हो?, यसबारे पढ्नुहोस्- ,पश्चिम नेपालमा ५०० वर्षदेखि थुप्रिएको भूकम्पीय शक्तिले दिइरहेको दस्तक,
बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प, एक महिनामै तेस्रो |
भगवती पाण्डे एक महिना अघिको कुरा हो, बुटवलस्थित सुख्खानगरका निर्मल नेपाल घरमा बसिरहेका बेला उनका साथी उमेश केसीले फोन गरे।, ‘तिलोत्तमाको हरपुरमा मेरो साथीको पनि साथीको १७ कट्ठा जग्गा छ बेच्न खोजेका छन् ग्राहक खोजिदिन पर्यो,’ उमेशले भने। , ‘जग्गा हेर्न पाए कसैले किन्न खोज्यो भने देखाउन पाइन्थ्यो,’ निर्मलले भने।, केही समयपछि भेट्ने कुरा भयो।, निर्मलले जग्गा कारोबार गर्ने साथीलाई लिएर जग्गाको ठेगानामा पुग्ने र उमेशले पनि साथी लिएर आउने सल्लाह भयो। जग्गा थियो, तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा। उमेश हरपुरमा पुग्दा निर्मल पनि त्यहीँ पुगिसकेका थिए।, उमेशसँगै कारमा आएका व्यक्तिले बिक्री गर्न खोजिएको जग्गा देखाएपछि निर्मल छाँगाबाट खसेजस्तै भए। ती व्यक्तिले बिक्री गर्ने भन्दै ग्राहक खोज्दै हिँडेको जग्गामध्ये केही त निर्मलको आफ्नै पनि थियो।, आफ्नोसहित गाउँका १२ जनाको लालपुर्जा भएको जग्गा अर्कैको भन्दै बिक्री गर्न खोजिएकोमा उनी छक्कै परे।, ‘यो जग्गा त मलगायत गाउँका अरू १२ जनाको नाममा लालपुर्जा भएको जग्गा हो,’ निर्मलले भने।, निर्मलको कुरा ती व्यक्तिले पत्याएनन्।, उनले सो जग्गा आफ्नै साथीको कम्पनीको नाममा दर्ता भएको र त्यहाँ जोतभोग गर्दै आएकाहरू सुकुम्बासी भएकाले उनीहरूलाई कुनै उपाय लगाएर हटाउन लागिएको बताए।, ती व्यक्तिले मोबाइलबाट कित्ता नम्बर १५७ लेखिएको लालपुर्जा समेत देखाए। उक्त लालपुर्जा ललितपुर ठेगाना भएको ग्रिनल्याण्ड विल्डर्सको नाममा बनाइएको थियो। , तिलोत्तमा नगरपालिका ६ मा पर्ने कित्ता नम्बर १५७ को त्यो जग्गा २०२२ सालमा निर्मलका बुवाले किनेको गाउँ ब्लकको जग्गा हो।, किने यता निरन्तर नेपाल परिवारले खनजोत गर्दैआएको छ। स्थानीय समाजसेवी अर्जुन उपाध्यायका अनुसार हरपुर आनन्द वनको सबैभन्दा पुरानो गाउँ ब्लकको बस्ती हो।, मणिग्राममा बस्ती बस्नुअघि त्यहाँ पहाडका विभिन्न जिल्लाबाट आएर थारू समुदायका जमिन्दारसँग जग्गा खरिद गरेर बस्नेहरूले बस्ती बसाइसकेका थिए।, १५७ नम्बरको उक्त कित्तालाई २०७१ सालमा फोडिएको थियो। त्यसपछि जग्गाको जोतभोग गर्दै आएका परिवारका नाममा कायम गरेर १, २,३, ४ गर्दै क्रमश: १५सम्म कायम गरिएको थियो।, सोहीअनुसार नाप नक्सा गरी लालपुर्जा समेत दिएको मालपोत कार्यालयको अभिलेखबाट देखिन्छ।, तिलोत्तमा नगरपालिका-६ का वडा अध्यक्ष गणेश पाठकका अनुसार मालपोत कार्यालय बुटवलको अभिलेखमा १५७ नम्बरको कित्तालाई फोड गरेर १४ वटा कित्ता बनाई २०७१ सालमा राम थापाको कश्यप नमूना रोडा उद्योग, दिनकुमारी न्यौपाने, माया नेपाल, मीना नेपाल, उत्तम प्रधान, गोविन्दप्रसाद खराल, भीमबहादुर राना, कृष्णबहादुर अर्याल क्षेत्री, अम्मरकुमारी रायमाझी, कृष्णप्रसाद ज्ञवाली, फूलमाया धरेल, टेकराज अर्याल र लक्ष्मीदेवी अर्यालको नाममा कायम गरिएको छ।, तिलोत्तमा नगरपालिका-६ मा रहेको तिनाउ नदीको पूर्वी किनारामा रहेको हरपुर २०२१ सालदेखि नै बस्ती बस्दै बनेको गाउँ हो। तराईमा बस्ती बाक्लो नभइसकेको अवस्थामा पनि डकैती तथा लुटपाटका घटनाबाट सुरक्षित रहन गाउँलेहरू एकै ठाउँमा घर बनाएर झुरूप्प बस्ती बसाल्ने गर्थे। हरपुर पनि झुरूप्प घरहरू भएको बस्ती थियो।, जग्गाधनी कृष्णबहादुर अर्याल क्षेत्रीले आफूहरूले २०२२ सालमा जग्गा किनेको र निरन्तर जोतभोग गर्दै आएको बताए।, ‘मेरो बुवा आसामबाट नेपाल आएर २०२२ सालमा यो जग्गा किन्नुभएको हो, गाउँ ब्लकको जग्गा भएका कारण लालपुर्जा नबने पनि हरेक वर्ष तत्कालीन गाविसमा तिरो बुझाएर रसिद लिने गर्थ्यौं। २०७१ सालमा आयोग बनेपछि भने नापजाँच गरेर लालपुर्जा लिएका हौं,’ ७६ वर्षीय अर्यालले भने।, २०७१ सालदेखि भने आफैंले वडा कार्यालयमा तिरो बुझाउँदै आएको उनले बताए।, ‘बुवा बितेपछि मालपोत कार्यालयबाटै मेरो नाममा नामसारी गरी जोतभोग गर्दै आएको छु, अहिले अर्कै व्यक्तिले कम्पनीको नाममा लालपुर्जा निकालेको छ भन्ने सुन्दा अचम्म लागेको छ,’ उनले भने।, शंकरनगरबाट बसाइसराई गरी हरपुर पुगेका गोविन्द खरालले पनि ३१ सालतिर त्यहाँको जग्गा किनेका थिए।, नौ वर्ष पहिले १५७ नम्बरको को एउटै कित्ता रहे पनि ०७१ सालमा १४ वटा कित्ता फोड गरी बीचमा बाटो कायम गरिएको छ।, बाटोको पूर्वतर्फ लस्करै रहेका खेतका गह्रामा खेती हुँदै आएको छ भने पश्चिमतर्फ राम थापाको कश्यप नमूना रोडा उद्योग सञ्चालनमा छ।, तर २०७८ साल फागुन ६ गतेको मितिमा यो पुरै जग्गाको लालपुर्जा ग्रिनल्याण्ड विल्डर्सको नाममा बनेको पाइएपछि जग्गाधनीहरू झस्किएका छन्। २०७१ साल अघिकै कित्ता नम्बर कायम गरी १७ कट्ठा जग्गाको सिंगो लालपुर्जा बनाइएको देखिन्छ।, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता नं ३४००८/२०७६/०७७ रहेको ग्रिनल्याण्ड विल्डर्स तिलोत्तमा ७ भलवारीका काशी घिमिरेले दर्ता गरेको कम्पनी हो।, हाल भने उक्त कम्पनी घिमिरेले नवलपरासीको बर्दघाटका भीमलाल भण्डारीका नाममा बिक्री गरेको देखिएको छ।, हाल ग्रिनल्याण्ड विल्डर्सको स्वामित्व लिएका भीमलाल भण्डारीका अनुसार काशी घिमिरेले आफ्नो कम्पनीको नाममा १७ कठ्ठा १० धुर जग्गा रहेको र सोसमेत बेचबिखन गर्ने हो भन्दै प्रस्ताव ल्याएपछि उनले जग्गासमेत हुने गरी खरिद गरेका थिए।, ‘मैले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनीका नाममा दर्ता भएको जग्गासमेत खरिद गरेकोले काशी घिमिरेलाई ५ करोडभन्दा बढी पैसा बुझाएको छु, कम्पनी नामसारी गरेपछि जग्गाको स्वामित्व पनि कम्पनीकै नाममा आउँछ मालपोत कार्यालय जान पर्दैन भनेकोले सजिलो मानियो,’ भण्डारीले भने।, काशी घिमिरेलाई यसअघि नै दिएको पैसा उठाउने क्रममा आफूलाई फसाइएको भण्डारीले बताए।, ‘मैले काशीसँग पटक-पटक गरी ५ करोडभन्दा बढी पैसा लिनुपर्ने छ, अर्कैको नाममा रहेको जग्गालाई आफ्नो भन्दै बिक्री गरेर घिमिरे अहिले सम्पर्कविहीन भएका छन्,’ उनले भने।, घिमिरे रूपन्देहीका अधिकांश जग्गाको नक्कली लालपुर्जा बनाउने र बेचबिखन गर्ने काममा सक्रिय रहेको भन्दै अनुसन्धानअघि बढाउन मालपोत कार्यालय बुटवलले प्रहरी र अख्तियार दुरूपयोग आयोगसम्मलाई पत्राचार गरेको छ।, १५७ नम्बर कित्ताको लालपुर्जा राखेर सहकारीबाट झण्डै तीन करोड ऋण, १४ परिवार गाउँलेको १७ कट्ठा १० धुर जग्गाको नक्कली लालपुर्जा ग्रिनल्याण्ड विल्डर्सको नाममा बनाएका काशी घिमिरेले सोही जग्गा धितो राखेर काठमाडौंको काँडाघारीमा रहेको सहकाली सहकारीबाट झन्डै तीन करोड ऋणसमेत लिएको पाइएको छ।, सहकाली सहकारीका कर्जा सहायक विकास थापाले ग्रिनल्याण्ड विल्डर्सले तिलोत्तमाको सोही जग्गा धितो राखेर २०७८ साल फागुन २२ गते सहकारीबाट २ करोड ७० लाख ऋण लिएको जानकारी दिए।, ‘ग्रिनल्याण्ड विल्डर्सको नाममा रहेको तिलोत्तमाको १७ कट्ठा १० धुर र रमाकुमारी खड्काको नाममा पश्चिम नवलपरासीको दाउन्ने देवीमा रहेको तीन बिघा बढी जग्गा रोक्का राखेर सहकारीबाट २ करोड ७० लाख ऋण लगिएको छ,’ थापाले भने।, ऋण लगानी गर्दा सहकारीका सञ्चालकहरू तिलोत्तमाको फिल्डमै पुगेर जग्गासमेत हेरेर आएको उनले दाबी गरे। थापाका अनुसार घिमिरेले सहकारीबाट ऋण लिँदा वडा कार्यालयबाट चार किल्ला प्रमाणितको कागज र मालपोत कार्यालय बुटवलबाट जग्गा रोक्काको पत्रसमेत बनाएर पेश गरेका छन्।, वडा कार्यालयबाट गरिएको चार किल्ला प्रमाणितको कागजातमा यसअघिका वडा अध्यक्ष शुकदेव न्यौपानेको हस्ताक्षर राखिएको छ।, त्यस्तै मालपोत कार्यालयले जग्गा रोक्का गरी दिएको पत्रमा भने मालपोत अधिकृतको नाम उल्लेख नगरी हस्ताक्षर मात्र गरिएको सहकारीका कर्जा सहायक थापाले जानकारी दिए।, तर मालपोत कार्यालय बुटवलमा न त उक्त जग्गा रोक्का राखिएको कुनै अभिलेख छ, न त तिलोत्तमा ६ मा चार किल्ला प्रमाणित गरिदिएको अभिलेख नै राखिएको छ।, तिलोत्तमा नगरपालिका-६ का पूर्व वडाअध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा उक्त जग्गाको कुनै पनि सिफारिस वा चार किल्ला नबनाएको बताए।, ‘वडा कार्यालयबाट दिइने सिफारिस वा चार किल्ला प्रमाणितको कागजातको अभिलेख रहने गरी कार्यालयमा एकप्रति राख्ने गरिएको थियो तर, उक्त जग्गाको कुनै पनि सिफारिस वा चार किल्लामा मैले हस्ताक्षर गरेको छैन,’ न्यौपानेले भने।, वर्तमान वडा अध्यक्ष गणेश पाठकले पनि वडा कार्यालयमा उक्त जग्गाको चार किल्ला बनाएको कुनै अभिलेख नरहेको जानकारी दिए। वडा कार्यालयले दिने चार किल्ला वा कुनै पनि सिफारिसको अभिलेख कार्यालयमा रहने भएकाले घिमिरेले फर्जी रूपमा चार किल्ला बनाएर सहकारीमा पेश गरेको हुनसक्ने पाठकले बताए।, तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले वडा कार्यालयमा उक्त जग्गाको चार किल्ला बनाएको कुनै अभिलेख नरहेको बताए।, वडा कार्यालयले दिने चार किल्ला वा कुनै पनि सिफारिसको अभिलेख कार्यालयमा रहने भएकोले घिमिरेले फर्जी रूपमा चार किल्ला बनाएर सहकारीमा पेश गरेको हुनसक्ने पाठकले बताए।, ‘वर्षौंदेखि स्थानीयले जोतभोग र उपभोग गर्दै आएको गाउँ ब्लकको जग्गाको लालपुर्जा बनाएर सहकारीबाट ऋणसमेत लिइसकेको थाहा पाएपछि हामीले खोजबिन सुरू गरेका छौं,’ पाठकले भने।, घिमिरेबाट ग्रिनल्याण्ड विल्डर्स खरिद गरेका भण्डारीले पनि कम्पनीको नाममा रहेको भनी आफूलाई बिक्री गरिएको जग्गा राखेर सहकारीबाट २ करोड ७० लाख रुपैयाँ ऋण लिएको कुरा दुई-चार दिन पहिले मात्र थाहा पाएको बताए।, ‘घिमिरेसँग लिनुपर्ने पुरानो पैसा उठाउन खोज्दा थप पैसा पनि फस्यो,’ उनले भने।, घिमिरेले एक वर्षअघि सहकारीबाट निकालेको २ करोड ७० लाख रुपैयाँको ब्याज अहिलेसम्म कत्ति पनि भुक्तानी नगरेको कर्जा सहायक थापाले बताए।, मालपोत कार्यालयमा घिमिरेका विरूद्ध उजुरी पर्न थालेको सूचना पाएपछि उनी केही दिनयता सम्पर्कविहीन भएका छन्। यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन।,
जग्गा बेच्न हिँडेका व्यक्तिले आफ्नै जग्गा देखाएपछि... |
सेतोपाटी संवाददाता कास्कीको पोखरामा बस दुर्घटना भएको छ। , ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन्। , ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। , दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। , घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।,
पोखरामा बस दुर्घटना, केही यात्रु घाइते |
सेतोपाटी संवाददाता झन्डै २ साताअघि टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन्।, समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन्। , सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुलाई फेला पारेका थिए। ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो।, उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको हुनसक्ने बताएका छन्। ती शिशुकी आमासँगै बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन्।, उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए।उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्याएका थिए।, उनलाई एडप्ट गर्न संसारभरिका सयौं मानिसले अस्पतालमा प्रस्ताव पठाएका थिए। अस्पतालले डिएनए परीक्षण गरी नजिकका पत्ता लगाएको थियो। , उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएकी छन्। ती नवजात शिशुका बुवा आमाको नाम अब्दाल्लाह र आफ्रा म्लेइहान थियो। जन्मिनासाथ भूकम्पमा परेकी ती सानी मान्छेको नाम पनि आफ्रा राखिएको छ। उनकी आमाको सम्झनामा उनको नाम आफ्रा राखिएको उनका अंकल खालिल अल सावादीले बताए। , सुखद संयोग कस्तो परेको छ भने सावादीको घरमा अहिले अर्की पनि बच्चा छन्। भूकम्पको तीन दिनपछि जन्मिएकी उनकी छोरीको नाम आता राखिएको छ। शनिबार सावादीले एउटा काखमा आता र अर्को काखमा आफ्रालाई राखेका थिए।, उनीहरू दुई जनालाई अब सँगैसँगै हुर्काउने सावादीले बताए। , ,
भूकम्पमा जन्मेकी उनले पाइन् नाम र सहारा |
रासस गुल्मीमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु भएको छ।, इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। , आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्रीले जानकारी दिए।, घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले बताए।, पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको छ।,
आगोले जलेर गुल्मीमा एकको मृत्यु |
विवेक राई नेपाली सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड राखेको छ।, सेना दिवसको अवसर पारेर उक्त रेकर्ड कायम गरिएको नेपाली सेनाका प्राविधिक सेनानी दिनेश सुनाम बताउँछन्। , शनिबार टुँडिखेलमा आयोजित समारोहमा सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर प्रदर्शन गरेको थियो। , कार्यरथी उपरथी सागरबहादुर थापाको परिकल्पना रहेको यो योजनाको फिल्ड कमान्ड भने उनै सुनामले गरेका थिए। , यो रेकर्ड कायम गर्नका लागि सेनाको बाध्यबाधक टोलीले झन्डै साढे दुई महिना अभ्यास गरेको सुनाम बताउँछन्।, 'कम्पोज गर्दा सुरूमा सबै पृतनाबाट ४० जनाको टोली झिकायौं। उक्त टोलीलाई संगीतकर्मी खड्ग बुढा मगरले लगभग दुई साता तालिम दिनुभयो। पछि त्यही टोलीलाई दश वटा समूह बनाएर पाँच सय बढीलाई सिकायौं,' उनले भने, 'लगभग साढे २ महिना अभ्यास गर्यौं।', आफू बाध्यबाधक रूपमा दुई दशक बढी काम गरेको भएपनि 'वर्ल्ड बुक अफ रेकर्ड' मा कीर्तिमान कायम गर्ने भनेपछि दबाब महशुस भएको सुनाम बताउँछन्।, उनले अभ्यासको क्रममा टोलीमा ३५ जना कहिल्यै मादल नछुएको पनि रहेको उल्लेख गर्दै भने, 'त्यत्रो टोलीलाई एकसाथ कमान्ड गर्न गाह्रो नै थियो। फेरि एउटा मादलले पनि उल्टो बजाइदियो भने पूरै कार्यक्रम नै बिग्रिन्थ्यो। अर्कोकुरा रेकर्ड राख्ने भनेपछि सानोतिनो हिसाबले पनि गर्नुभएन। त्यसैले धेरै नै मेहनत गर्नुपर्यो।' , यो रेकर्डले नेपाली मौलिक बाजालाई विश्वमा चिनाउन थप मद्दत पुर्याउने हुँदा आफूलाई पनि खुसी लागेको उनले बताए। , 'पहिले धेरै कामहरू गरियो तर यो काम गर्दा छुट्टै खुसी मिलेको छ। हिजो बाध्यबाधकका सबै जना खुसी हुनुहुन्थ्यो। भनेपछि म झन् कति खुसी भए होला,' उनले भने। , हेर्नुस् उनै सुनामसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः, ,
५५५ मादल बजाएर नेपाली सेनाले राखेको विश्व रेकर्ड (भिडिओ) |
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीका नागरिक पक्राउ परेका छन्।, भारतको दिललीतर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीका नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिए।, उनका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
एक लाखभन्दा बढी कतारी रियल दिल्ली लैजान खोज्ने पक्राउ |
रासस राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन्।, पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले बताए।, घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन्।, शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो। ,
रासस गण्डकी कार्यालयमा चोरी प्रयास, २ पक्राउ |
सेतोपाटी संवाददाता मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।, दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।, दम र छाती रोगका संक्रमणको उपचारका क्रममा श्रेष्ठको निधन भएको उनका छोरा जया श्रेष्ठले बताए।, डाक्टरसमेत रहेका उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए। उनले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा पनि काम गरेका थिए। , उनले समुदायमै चिकित्सकहरू गएर उपचार सेवा दिनुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।, यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठको निधनको खबरले अत्यन्त दु:ख लागेको बताएका छन्।, ‘उहाँको निधनले अत्यन्त दु:खी छु। केही दिनअघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा रहेको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष ओलीले ट्वीट गर्दै भनेका छन्।, श्रेष्ठका ६ जना छोरा र एक जना छोरी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।,
रहेनन् पूर्वस्वास्थ्य मन्त्री मथुराप्रसाद श्रेष्ठ |
सेतोपाटी संवाददाता भारतले नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराएको छ।, भारतीय राजदूत नविन श्रीवास्तवले मिर्गौला डायलाइसिस मेसिन सोमबार नेपाललाई हस्तान्तरण गरेका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको कार्यक्रममा भारतीय राजदूत श्रीवास्तले दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन्।,
भारतले दियो नेपाललाई मिर्गौला डायलाइसिस मेसिन (तस्बिरहरू) |
मनोज सत्याल यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो?, जवाफ प्रस्ट छ, यसपालि खासै जाडो भएन।, जाडोमा घाम प्यारो हुन्छ, तर यसपालि दिनैभरि घाम तापेर बस्ने गरी जाडो भएको बढीमा दुई साता मात्र हो। हामीले मध्य माघदेखि नै घामले पोल्न थालेको महसुस गरेका थियौं।, यो वर्ष जाडो किन कम भयो त? यो स्टोरीमा हामी यही प्रश्नको जवाफ खोज्नेछौं।, तापक्रम मापन दुई तरिकाबाट हुन्छ — न्यूनतम र अधिकतम तापक्रम। न्यूनतम तापक्रमले जाडो अवस्था बुझाउँछ भने अधिकतमले गर्मी वा न्यानो अवस्था बताउँछ।, पहिला न्यूनतम तापक्रमको कुरा गरौं।, जल तथा मौसम विज्ञान विभागले डिसेम्बर, जनवरी र फ्रेब्रुअरीलाई जाडो यामका रूपमा लिन्छ। यो भनेको मंसिर दोस्रो सातादेखि फागुन दोस्रो साता हो। यस आधारमा जाडो सकिन दुई साताभन्दा कम समय बाँकी छ।, विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यसपालि डिसेम्बर १ देखि फेब्रुअरी १६ सम्मको तथ्यांक हेर्ने हो भने न्यूनतम तापक्रम औसत ६.९४ डिग्री सेल्सियस छ। यो अघिल्लो वर्षको तुलनामा थोरै बढी हो। अघिल्लो वर्ष ६.९१ थियो।, सुदर्शन हुमागाईं। , अघिल्लो वर्षभन्दा बढे पनि सरदर तापक्रमभन्दा फरक नपरेको हुमागाईं बताउँछन्।, सरदर तापक्रम भन्नाले कुनै पनि ठाउँमा लामो समयदेखि देखिएको तापक्रम भन्ने बुझिन्छ।सगरमाथा क्षेत्रदेखि नेपालगन्जसम्मको तापक्रमका आधारमा सरदर मापन गरिन्छ। नेपालमा पछिल्लो ३० वर्षको मौसम तथ्यांक हेर्दा हिउँदमा न्यूनतम तापक्रम ६.८ देखि ७.५ डिग्री रहने गरेको छ।, अब कुरा गरौं अधिकतम तापक्रमको।, मौसम विभागले १९.८ देखि २०.९ डिग्री सेल्सियसलाई जाडो यामको सरदर अधिकतम तापक्रमका रूपमा गणना गर्छ। यसपटक हिउँदमा २०.६ डिग्रीसम्म पुगेको विभागको रेकर्डमा छ। यो अघिल्लो वर्षभन्दा करिब २ डिग्री बढी हो। अघिल्लो वर्ष १८.९ थियो।, 'अधिकतम तापक्रम दिउँसो मापन गरिन्छ। त्यो जति बढी भयो, उति न्यानो हुन्छ,' मौसमविद् हुमागाईंले भने, 'पोहोरभन्दा यसपालि दिउँसोको तापक्रम बढी छ, त्यसैले हामीले बढी न्यानो महसुस गर्यौं।', अब प्रश्न उठ्छ, यस्तो कसरी भयो त?, यसका तीन कारण छन् —, पहिलो, नेपालको हिउँदे मौसमलाई प्रशान्त महासागरको समुद्री तापक्रमले प्रभाव पार्ने मौसमविद्हरू बताउँछन्।, यसपालि प्रशान्त महासागरको तापक्रम बढी चिसो छ। यो अवस्थालाई वैज्ञानिक भाषामा 'लानिना' भनिन्छ। यसले नेपालमा बहने पश्चिमी वायुको प्रभाव कम हुन्छ। पश्चिमी वायुको प्रभाव कम हुनेबित्तिकै यहाँ चिसो कम हुन्छ र हिउँदे वर्षा पनि कमै हुन्छ।, नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायु मेडिटेरेनियन सागरबाट बहन्छ। त्यो भनेको दक्षिणी युरोप वा अफ्रिकाका उत्तरी भूभागहरूमा भएका पानीका स्रोतबाट बग्ने हावा हो। त्यो हावाले पानीका कण बोकेर ल्याउँछ। यसपालि भने पश्चिमी वायुले नेपालको थोरै स्थानमा मात्र पानी पारेको हुमागाईं बताउँछन्।, 'सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्यो। गण्डकी प्रदेशदेखि पूर्वी नेपालमा त पानी परेकै छैन। यसले पनि हिउँदमा तापक्रम जति घट्नुपर्थ्यो, त्यति घट्न पाएन,' उनले भने, 'जाडो कम हुनुको एउटा मुख्य कारण हिउँदमा पानी नपर्नु पनि हो।', वायुमण्डलमा बादलको अवस्था। यो तस्बिर हामीले विनोद पोखरेलको ट्विटरबाट लिएका हौं।, त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह-प्राध्यापक विनोद पोखरेल पनि प्रशान्त महासागरको समुद्री सतहको तापक्रम चिसो हुनाले नेपालको हिउँद न्यानो भएको बताउँछन्।, 'प्रशान्त महासागरको सतह चाहिनेभन्दा बढ्ता चिसो हुँदा हिन्द महासागरमा बढी गतिविधि उत्पन्न हुन्छ।यसले नेपालमा हुने हिउँदे वर्षा प्रभावित गराउँछ,' पोखरेलले भने, 'यसपटक त्यस्तै भयो। हामीकहाँ हिउँदे वर्षा एकदमै कम भयो। त्यसले जाडो पनि कम भयो।', उनका अनुसार यही अवस्था मनसुनमा भइदिएको भए धेरै वर्षा हुने थियो। नेपालमा मनसुनी वर्षा गराउने हिन्द महासागरबाट आउने बाफ र बादलले हो। हिउँदमा पानी पर्न भने त्यस्तो बाफ र बादल मेडिटेरेनियन सागरबाट आउनुपर्छ।, पछिल्लो समय मेडिटेरेनियन सागरबाट जति पश्चिमी वायु बहनुपर्ने हो, त्यति बहन छाडेको पनि केही अध्ययनले देखाएका छन्। उक्त क्षेत्र सुख्खा हुँदै गएकाले यस्तो परिस्थिति उत्पन्न भएको हुनसक्ने पोखरेलको भनाइ छ।, दोस्रो कारण, यसपालि काठमाडौं लगायत देशका कयौं पहाडी क्षेत्रमा विगतका वर्षजस्तो हुस्सुको प्रभाव कम छ।, हुस्सु उत्पन्न हुन हावामा आर्द्रता हुनुपर्छ। पानी नपरेको अवस्थामा जमिन सुख्खा हुने हुँदा हावामा पर्याप्त आर्द्रता हुँदैन। यसले पनि पहिलेको तुलनामा चिसो कम भएको पोखरेल बताउँछन्।, उनका अनुसार तराईको हावालाई भने बिहार र उत्तरप्रदेशको सिँचाइ व्यवस्थाले फाइदा पुर्याएको छ। त्यहाँ हावामा आर्द्रता भएकाले हुस्सु लागेको छ।, तेस्रो कारण हो, यस वर्ष हिमाली भेगमा हिउँ कम पर्नु।, पहाडी भूभागमा जाडोको एउटा मुख्य कारण हिमाल हुँदै बहने सिरेटो हो। हिमालमा जति बढी हिउँ पर्यो, सिरोटो उति चिसो हुन्छ र जाडो पनि धेरै हुन्छ।, 'हिमालमा हिउँ पर्ने पनि पश्चिमी वायुको प्रभावले हो,' काठमाडौं विश्वविद्यालयका प्राध्यापक रिजनभक्त कायस्थले भने, 'पश्चिमी वायुको प्रभावले पहाडमा पानी पर्दा हिमालमा हिउँ पर्छ। यसपालि हिउँदे वर्षा गराउने क्षमताको पश्चिमी वायु नै नआएपछि हिमालमा पर्याप्त हिउँ पर्न सकेन। त्यो कारणले चिसो कम भयो।', हिमालमा हिउँ परेपछि पहाडी क्षेत्रमा चिसो सिरेटो चल्ने र त्यसले जाडो महसुस गराउने उनको भनाइ छ।, 'पाँच हजार मिटर माथिका हिमालमा बढी हिमपात भयो भने त्यहाँबाट चिसो हावा बहन्छ। त्यसले हामीलाई जाडो महसुस गराउँछ। यसपालि त्यस्तो भएन,' उनले भने।, यी त जाडो कम हुनुका कारण भए। के यस्तो अवस्था पहिलोचोटि आएको हो त?, काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थ विगतमा पनि हिउँदे वर्षा नभएका कयौं उदाहरण रहेको बताउँछन्। सन् २००९ मा छ महिनाभन्दा बढी समय काठमाडौं उपत्यकामा पानी परेको थिएन। सरदर तीनदेखि चार वर्षको अन्तरालमा यस्तो खडेरी पर्ने अवस्था देखिएको छ।, जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक विश्लेषण गरेर सन् २०१७ मा नेपालको अधिकतम तापक्रमको वार्षिक वृद्धिदर ०.०५६ डिग्री रहेको जनाएको छ। यसले पनि मौसम तुलनात्मक न्यानो हुँदै गएको देखाउँछ।, इसिमोडका अनुसन्धानकर्ता अरूणभक्त श्रेष्ठ हिमाली क्षेत्रमा जति माथि गयो, तापक्रम वृद्धिदर उति धेरै रहेको बताउँछन्।, श्रेष्ठसमेत सहभागी इसिमोडको अध्ययनअनुसार पछिल्लो पाँच दशकमा कुनै बेला तापक्रम वृद्धि हुने त कुनै बेला धेरै चिसो हुने क्रम पाइएको छ। यसमध्ये तातो हुने क्रम नै बढ्दो रहेको अध्ययनले देखाउँछ। सन् २०१९ मा गरिएको उक्त अध्ययनले भन्छ, ,'हरेक दस वर्षमा एउटा चिसो रात घटेको छ। त्यस्तै चिसो दिनमा पनि आधा समय चिसोपना कम भएको छ। अनि गर्मीका दुई रात र एक दिन बढेको पाइएको छ।', यसको अर्थ हो, पछिल्ला दस वर्षमा गर्मी बढ्दै गएको छ। यस्तो दर अझ बढ्दै जाने देखिन्छ। यो पनि जाडो कम हुनुको एउटा कारण हुन सक्छ।,
यसपालि हिउँदमा पनि भएन जाडो, यी हुन् ३ कारण |
सेतोपाटी संवाददाता बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले रेग्मीलाई आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।, उनी थाइल्यान्डबाट फर्किँदै थिए। यसअघि रेग्मीले विद्युतीय माध्यमबाट आफूहरूको चरित्र हत्या गरेको भन्दै विभिन्न कलाकारहरूले ब्युरोमा उजुरी दिएका थिए।, तिनै उजुरीबारे अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी ल्याएर रेग्मीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।, रेग्मीमाथि थप अनुसन्धान भइरहेको छ।,
विमानस्थलबाट पक्राउ परे बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी |
रासस मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई/चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागाभाग हुन्छ। दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका-१) मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई खासै छोएन। जति जरिवाना तिरे पनि सेवन गर्ने र बिक्री गर्ने कम भएनन्।, जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो। नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो। जिल्लामै चुनौतीको विषय बनेको मदिरा र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो। विसं २०६७ दौलिचौरमा मदिरा अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो। समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो। सुरक्षाकर्मीलाई रक्सी खानेहरू समात्ने जिम्मेवारी दिइयो। समितिका अध्यक्ष बने, गोरखबहादुर बोहरा।, उनको कार्यकालमा मदिराको जरिवानाबाट ३२ लाख रुपैयाँ सङ्कलन भयो। २०६७ देखि २०७४ सालसम्म मदिरा नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्यो। बोहरा भन्छन्, ‘त्यसबाट २५ प्रतिशत अर्थात् आठ लाख प्रहरीलाई दियौं। बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौं।’, उनका अनुसार जिल्लामै तत्कालीन सयममा मदिराको भण्डार दौलिचौरलाई मानिन्थ्यो। ‘जिल्लाभर अन्य ठाउँमा नपाइने मदिरा पनि दौलिचौरमा आउन थालेपछि हामीले मदिरा नियन्त्रण समिति बनायौँ,’ बोहराले भने, ‘समितिले सुरूमा मदिरा नियन्त्रणका लागि प्रत्येक गाउँ गाउँमा अभियान नै चलायो तर, मदिरा रोकिएन। पछि अनिवार्य जरिवानाको नियम बनायौँ।’, मदिरासँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिँदै जरिवाना तिराएको बोहरा सम्झन्छन्।, मदिरा बेच्नेलाई रु २५ हजार, सेवन गर्नेलाई रु १० हजार, क्यारेमबोर्ड खेल्नेलाई रु १० हजार, गुच्ची खेल्नेलाई रु १५ सयका दरले जरिवाना गराएपछि सात वर्षमै रु ३२ लाख सङ्कलन गरेर त्यस रकमले विद्यालयको पक्की भवन बनाएको उनले बताए। मदिराले नियन्त्रणको जरिवानाबाट रु दुई लाख ५० हजारको विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टीसहित दुई कोठे पक्की भवन बनाएको थियो।, तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउँछन्।, ‘विद्यालयका भवन त्यसै रकमले मात्रै त होइन तर पनि त्यति ठूलो रकम सङ्कलन भएको हुँदा धेरै काम भयो,’ उनले भने।, विद्यालयका अन्य भवन बनाउनका लागि छ/सात वर्षमै दौलिचौरबाट रु ७० लाख चन्दा उठाएको उनले बताए।, ‘अहिले त भवन नै बनेका छैनन्,’ उनले भने, ‘त्यस बेलामा धेरै ठाउँबाट स्रोत जुटाएर ६ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गरेका हौं।’, विद्यालयमा खानेपानी, शौचालय, घेरबारलगायतका काम स्थानीय सरकार आउनुअगावै बनाएको उनले बताए।, पहिलेको तुलनामा अहिले दौलिचौर निकै शान्त छ। सुर्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशीले भने, ‘म पहिलो स्थानीय सरकार बनेपछि आएको हुँ। पहिले निकै अशान्त भन्ने सुनिन्थ्यो। मदिराकै कारण हत्या पनि भएको रहेछ। घरेलु हिंसा त घरैपिच्छे हुन्थ्यो भन्ने सुनिन्थ्यो। अहिले भने त्यस्ता घटना सुनेकै छैन।’, उनका अनुसार अहिले सुर्मामा धेरै मान्छे आफ्नो काममा व्यस्त भएका छन्।, ‘सुर्मामै अहिले फुर्सदिला मान्छे भेट्न मुस्किल पर्ला जस्तो छ। रातदिन आफ्नै काममा लागेका मान्छे भेटिन्छन्,’ उनले भने। सुर्मा गाउँपालिकामा मदिरा सेवन गरेर हिँड्ने मान्छे धेरै कम भएको उनले बताए। दौलिचौरमा मदिरा नियन्त्रण समिति पनि अहिले निष्क्रिय भएको उनले जानकारी दिए।,
दौलिचौरले गाउँमा रक्सी बेच्ने र खानेलाई जरिवाना तिरायो, उठेको पैसाले बनायो स्कुलको भवन |
टीकाराम सुनार\सुदीप राउत ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौं?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक।, उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्याइन्, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौं? उनले गुनासो गर्दै भनिन्, ‘आँगनका कपडा, भान्साको खाना धुवाँ धुलोबाट जोगाउनै मुस्किल छ।’, ओखलढुंगाबाट सुगम स्थान छानेर १२ वर्षअघि यहाँ आएकी मैयाँ विकलाई पनि अचेल पछुतो छ।, ‘मोटर बाटो पुगेको ठाउँमा जीवन निर्वाह गर्न सहज होला भनेर आइयो तर अहिले पछुतो भइरहेको छ’, उनी भन्छिन्, ‘राम्रोसँग बस्न, खान र स्वास फेर्न पनि पाइएको छैन, तर कसैले बुझ्दैनन् हाम्रो पीडा।’ , सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डको स्तरोन्नति नहुँदा यहाँका नागरिकलाई लुगाकपडा, जोहो गरेका खाद्य सामग्री जोगाउन समस्या छ नै, खेतबारीको अन्नबाली तथा तरकारी जोगाउन नि त्यस्तै कष्ट छ।, स्थानीय किसान लीलबहादुर तामाङले धुलोले छपक्क ठाकेर बाली नसप्रिने हुँदा कृषि खेती गर्नै नपाएको पीडा सुनाए।, ‘तरकारी लायो कक्रक्क पर्छ। गहुँ, मकै, कोदोजस्ता बालीनाली पनि सप्रिँदैनन्’, तामाङको भनाइ थियो, ‘दुःखजिलो गरेरै खान मुस्किल छ। यस्तो समस्या कहिलेसम्म भोग्ने?’ , आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ।, जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुँवाधुलोजस्तै उनको रहर पनि उडेकोउड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुंगो छैन। , सडकबाट उडेको धुलोले जता हेर्यो त्यतै सेताम्य। त्यो धुँवाधुलोले भोग्नुपरेका देखिने समस्या त छन् नै तर नदेखिने समस्या त झनै विकराल छन्। सत्तरी वर्षीया चिनीमाया तामाङ यसको उदाहरण हुन्।, उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त छन्।, ‘सडक आएपछि खुसी आउलाजस्तो लागेको थियो तर दुःख लिएर आयो’, चिनीमायािन्, ‘समस्या समाधान हुँदैन, धुलोधुँवाकै कारण छिट्टै मरिने पो हो कि!’, नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) डा गौरव शाहले धुवाँधुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए।, श्वासप्रश्वास, मुटुरोग, दम, खोकी, घाँटी दुख्ने, छाती दुख्ने र रूघाखोकीजस्ता समस्या ल्याएर अस्पताल आउनेको सङ्ख्या बढिरहेको उनको भनाइ छ।, संविधानले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे पनि त्यसको प्रत्याभूति हुने गरी सडक स्तरोन्नति गर्नुपर्ने डा शाह जोड दिन्छन्। , स्थानीय गृहिणी, किसान, युवा, वृद्धवृद्धाले सुनाए जस्तै पीडा यहाँका विद्यार्थीका पनि छन्।, कटारी–८ स्थित माध्यमिक विद्यालय पट्नाभञ्ज्याङ कक्षा १० मा अध्ययनरत छात्रा सञ्जु तामाङले विद्यालय आउँदा–जाँदा सडकको धुवाँ धुलोले दैनिक कपडा फोहर हुनेहुँदा विद्यालय आउनै समस्या रहेको बताए।, ‘सुकाएकै ठाउँमा धुलो लागिसकेको हुन्छ, टक्टकाएर लगायो, फर्किंदा फेरि उस्तै हुन्छ’, सञ्जुको दुःखेसो छ, ‘कहिले एसइई दिएर बाहिर पढ्न जाउँला र यो समस्याबाट छुट्कारा पाइएला जस्तो भइसक्यो।’, सरस्वती मावि कटारी–११ का प्रधानाध्यापक दिनेश रायले सडकको स्तरोन्नति नहुँदा विद्यालयको पठनपाठन प्रभावित भइरहेको बताए।, ‘अरू ठाउँमा राजमार्ग वा सडक नजिक भएको विद्यालय राम्रो मानिन्छ तर हाम्रो यहाँ सडककै कारण समस्या छ। प्रदूषणले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ’, प्रधानाध्यापक राय भन्छन्, ‘लगाएको पोशाक फोहोर हुने, दिनहुँको धुवाँधुलोले रूघाखोकी लाग्ने, घाँटी र छाती दुख्नेजस्ता समस्याले विद्यार्थी नियमित हुँदैनन्। विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको छ।’ , सडक स्तरोन्नतिका लागि स्थानीयवासीले गुहार मागिरहेको पनि वर्षौं भइसक्यो।, स्थानीय, प्रदेश र संघीय प्रतिनिधिलाई भन्नेदेखि सडकमा चक्काजाम गर्नेसम्मका सबै उपाय अपनाए पनि समाधान नभएको उनीहरूको भनाइ छ।, ‘वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सधैं सास्ती मात्रै पाइयो’, कटारी–११ का स्थानीय रेवती राउतले भनिन्, ‘यो समस्याका बारेमा यहाँका स्थानीय जनप्रतिनिधि र सांसदहरूलाई जानकारी भए पनि चुनावी मुद्दाबाहेक केही बनाउन नसकेकामा आक्रोश पोखिन्। , उदयपुरको कटारी बजार आफैंमा ऐतिहासिक ठाउँ पनि हो।, तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी सगरमाथा चढ्न यही बजार हुँदै पैदल गएको हुनाले कटारीलाई सगरमाथाको प्रवेशद्वार पनि भन्ने गरिन्छ। यही बजार क्षेत्र पर्ने सडकको स्तरोन्नतिमा ध्यान नदिँदा हरेक नागरिकजस्तै व्यापारी, व्यवसायीले पनि सास्ती भोग्नुपरेको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्काले बताए।, उनले सडकका कारण ढुवानी लागत बढ्न गई मूल्यवृद्धिको समस्या निरन्तर बढिरहेको धारणा राखे। , विसं २०३४ मै सिरहाको मिर्चैयाबाट उत्तरतर्फ उदयपुरको कटारीसम्म २६ किमी ट्र्याक जोडिएको थियो।, नेपाली कांग्रेसका नेता स्व बलबहादुर राईको पहलमा २०४८ सालमा कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्म सडक निर्माण सुरू भएको थियो।, युगकवि सिद्धिचरण श्रेष्ठको नाम दिइएको यस सडकको ४६ किमी कटारी–घुर्मी खण्डमा २०५८ सालदेखि यातायात सञ्चालन पनि भयो। तर ट्र्याक खुलेको २० वर्ष बितिसक्दा पनि अवस्था भने उस्तै छ। घुर्मीदेखि ओखलढुङ्गासम्मको सडक धेरै पहिले कालोपत्रे भइसके पनि ७२ किमी लामो मिर्चैया–कटारी–घुर्मी खण्डमा भने सुधारको ठोस पहल भएन।, यसले गर्दा दुई घण्टा पनि नलाग्ने यो दूरीमा अहिले पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ।, सडकको स्तरोन्नति तथा पुनःनिर्माणका लागि सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरका सांसदले कुरा नउठाएका पनि होइनन्।, संविधानसभा सदस्य भेषकुमारी राउतले संसदमा आवाज उठेका कारण सरकारको नीति तथा कार्यक्रममा र बजेटमा योजना पर्ने गरेको बताइन्। , उनले भनिन्, ‘सयौंपटक एक्लै वा संयुक्त रूपमा ठूला नेता, सरोकारवाला र विभागीय मन्त्रीलाई पनि सडक स्तरोन्नतिको माग राख्यौं तर आश्वासन मात्र पाइयो, ठोस निर्णय हुन सकेन। यो विडम्बनापूर्ण हो।’, प्रतिनिधिसभा सांसद अम्बरराज रायमाझीले भने सडकलाई उच्च प्राथमिकतामा राखेर आफूहरूले पहल गरिरहेकाले अब छिट्टै यसको स्वरूप बदलिने बताए।, उनले पूर्वी नेपालका जिल्ला र मधेश प्रदेशलाई सगरमाथासँग जोड्ने एकमात्र छोटो दूरीको यो राजमार्ग निर्माणका लागि सबैको सकारात्मक पहलको जरूरी रहेको पनि बताए।, ‘यो सडक स्तरोन्नतिका लागि सरोकारवालासँग पटक/पटक छलफल भएको छ’, रायमाझीले भने, ‘त्यसैको परिणाम यो पटक करिब रु ६० करोड बजेट विनियोजन भएको छ। यो रकम थोरै भए पनि अब समयमै काम सुरू गर्नुपर्छ।’, कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले पनि चार लेन सडकका लागि दायाँबायाँ १५/१५ मिटर लागतकट्टा भइसकेकाले अब भने सडक स्तरोन्नतिको काम अगाडि बढ्ने विश्वास जागेको बताए।, सडक डिभिजन कार्यालय कटारीका प्रमुख केशव ओझाले केही दिनअघि मात्रै सडक स्तरोन्नतिका लागि यस आर्थिक वर्षमा प्राप्त कूल रु ५९ करोड ८८ लाखको लागि बोलपत्र आह्वान भइसकेकाले अब चाँडै काम सुरु भई अहिले देखिएका समस्या समाधान हुने बताए।, उनले मिर्चैया–कटारी–घुर्मी सडकखण्डका लागि केन्द्रीय योजनाअन्तर्गत कुल रु १० अर्बको लागत अनुमानसहितको प्रस्ताव पठाइएको र यो आवका लागि मात्र पौने चार अर्ब रकम अर्थ मन्त्रालयसँग माग गरिएको बताए। , अघिल्लो आव २०७८/७९ मा रु ८० करोड ‘फ्रिज’ भएको देखेका यहाँका नागरिक सडक स्तरोन्नतिका लागि ठेक्का लागे पनि अझै आश्वस्त छैनन्।, ‘सडक बन्छ बन्छ भनेर आश्वासन पाएको त वर्षौं भइसक्यो, अब त विश्वास गर्न पनि गाह्रो छ’, स्थानीयवासी लक्ष्मी तामाङले भनिन्, ‘यो पटक के हुन्छ हेरौँ। स्वच्छ श्वास फेर्न अब त पाइएला कि ?’ रासस,
'धुलोधुँवाकै कारण छिट्टै मरिने पो हो कि!' |
सेतोपाटी संवाददाता मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा एक महिलाको शव फेला परेको छ।, हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको हो।, स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।, प्रहरीका अनुसार पहिचान नखुलेकी करिब ३५ वर्षीया महिलाको हत्या भएको अवस्थामा शव भेटिएको छ।, स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।, प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।,
मोरङमा घरभित्र भेटियो महिलाको शव |
सेतोपाटी संवाददाता मोरङ बुढीगंगा- २ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ। , प्रहरीका अनुसार मृतक महिला विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवार हुन्। , हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको थियो।, स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।, स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।, प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।,
मोरङमा घरभित्र भेटिएको महिलाको शव पहिचान |
रासस चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरू नगरे पनि सरकारले चक्रपथको कलंकी-बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ। सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन। चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो। चिनियाँ पक्षले काम सुरू नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरू गरिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ।, चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताइन्। मुख्य लेनको २५/२५ मिटर बाहिर सडकको दुबैतर्फ छ/छ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो। आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ।, अहिले कलंकीबाट बसुन्धारासम्म बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण गर्ने गरी ठेक्का भएको छ। चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन। पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरू भएको थियो। अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो। पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो।, त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो। चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताए। सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताइन्।, कलंकी-बसुन्धारा खण्डमा अहिले योजना आफैंले ढल हालिरहेको छ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छाउने काम गरिरहेका छन्। प्रमुख अधिकारीले भनिन्, ‘सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ।’, सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रूख काट्ने, खानेपानीको पाइप, विद्युतको पोल हटाउन काम सकिएको छ। उनले भनिन्, ‘पोल ग्रीन बेल्टमा पर्ने हुँदा सार्नुपर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ।’, सामान्यत: पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन। साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ। मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ।, उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गरेको थियो। सरकारले चक्रपथको दोस्रो चरणमा कलङ्कीबाट चाबहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले बताइन्। कलंकीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो।, उनले भनिन्, ‘महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन। त्यहाँसम्म अर्को चरणमा हुनसक्छ।’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरू नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरू नभएको बताए। सरकारले वा अरू दातृ निकायको भए यही अवस्थामा निर्माण सुरू गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरू नगरेको बताए।, पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उनको भनाइ छ। उनले भने, ‘चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौं र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ।’, चक्रपथको पहिलो खण्डका रूपमा सरकारले कोटेश्वर-कलंकी खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो। सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन। दोस्रो चरणको विस्तारको तयारी सुरू भएको तीन वर्ष बित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन।,
कलंकी-बसुन्धारा सडकमा सहायक मार्ग निर्माण अघि बढाइँदै |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ अम्बापुरका युवा गिरिराज आचार्य सोमबार दिउँसो इलाका प्रहरी कार्यालयमा थिए। , २०७७ साल असोज ३० गते बैंकको किस्तासहित २० लाख ८५ हजारमा रा १ ख १६८२ नम्बरको बस उनले तुलसीपुर– १८ दूधरासका जंगबहादुर वलीसँग किनेका रहेछन्। वलीले यो बस तुलसीपुर–१८ का तेजकुमार खत्रीसँग किनेका थिए। , सोही बस आफूले पाउनु पर्ने माग गर्दै आचार्यले माघ ४ गते प्रहरीमा निवेदन दिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिए। , आचार्यले बस किन्दा एउटा मोटरसाइकलसहित झन्डै पाँच लाख बुझाएको र मासिक झन्डै साढे ४३ हजार किस्ता बुझाउँदै आएका थिए। उनले यो अवधिमा किस्ता बापतको रकम मात्रै १३ लाख ८५ हजार जति प्राइम कमर्सियल बैंकमा बुझाइसकेका छन्। अहिले पनि बैंकलाई किस्ता बापतको करिब ५ लाख रकम बुझाउन बाँकी नै छ। , बस अम्बिकेश्वरी यातायात प्रालिमा दर्ता भई तुलसीपुर–घोराही सडक खण्डमा संचालन हुँदै आएको छ।, कोभिडबाट थलिएको यातायात क्षेत्र बिस्तारै जुर्मराउन थालेको थियो। त्यही बीचमा बसको अगाडिको सिसा फुट्यो। सिसा फेर्नु पर्ने भएपछि आचार्यले दुई महिनाको किस्ता बुझाउन सकेनन्। , बैंकले पहिले बस किनेका व्यक्ति खत्रीलाई फोन गरी किस्ता नआएको सूचना दिँदै त्यसका लागि ताकेता गर्यो। यही बीचमा आचार्यले पार्किङमा राखेको बस पुस ५ गते एकाएक खत्रीले थुतेर ल्याए। बसको किस्ता तिरेपछि मात्रै बस दिने अडान खत्रीले सुनाए। , त्यसपछि आचार्य किस्ता बापतको रकम जोहो गर्नतर्फ लागे। माघ १८ गते आचार्यले तिर्न बाँकी किस्ता एक लाख ३६ हजार बैंकमा जम्मा गरिदिए। अनि आफ्नो भनिएको बस खोजे। बस त पुस ४ गते नै खत्रीले तुलसीपुर–१७ का सन्तोष चौधरीलाई बेचिसकेको तथ्य पत्ता लाग्यो। बस बेचेर पहिले बस किन्ने खत्री भने विदेशको यात्रामा निस्किएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , ‘सबभन्दा पहिले बस किन्ने खत्रीजी हाल अमेरिका जाने बाटोमा रहेको कुरा खुलेको छ,’ उनले भने, ‘प्रहरीसँगको सम्पर्कमा उहाँले स्पेन छु भन्ने कुरा गर्नुभएको छ।’ , बस आफूलाई दिलाइदिन माग गर्दै आचार्यले माघ ४ गते निवेदन दिएको हुँदा प्रहरीले घटना अनुसन्धान गरिरहेको डिएसपी मल्लले जानकारी दिए। , घटनाबारे अनुसन्धान सुरू भएको र आवश्यक परेको खण्डमा बस नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न सकिने उनले बताए। , पहिलो व्यक्तिले दोस्रोलाई दोस्रोले तेस्रोलाई र तेस्रोबाट खोसेर फेरि पहिलो व्यक्तिले चौथो व्यक्तिलाई एउटै बस बेचेको कुरा खुलेको हुँदा त्यसबारे अनुसन्धान गर्न जरूरी रहेको मल्लले बताए। , ‘दुई व्यक्तिको बीचमा बसको विषयलाई लिएर विवाद वा झगडा हुने स्थिति आउन नदिन बस प्रहरी नियन्त्रणमा लिनुपर्ने हुन सक्छ,’ उनले भने, ‘हामीले बस खोजिरहेका छौं र फेला पर्नसाथ नियन्त्रणमा लिन सक्छौं।’, आचार्यले बाहेक बस कसले कतिमा खरिद गरेको हो ? भन्ने स्पष्ट भइनसकेको र सरसर्ती नियाल्दा आचार्यको लाखौं रकम बसका लागि लगानी भइसकेको देखिएको डिएसपी मल्लले बताए। , पछिल्लो समय बस किनेका भनिएका चौधरी र आचार्य दुबैलाई मर्का नपर्ने गरी निर्णय गरिने उनले बताए।, आचार्यले पनि कि बस नभए आफूले हालसम्म बसका लागि खर्चिएको रकम फिर्ता पाउनु पर्ने माग गर्दै आएका छन्।, आचार्यले पछिल्लो किस्तासमेत आफूले नै राखेको र अर्कैले बस संचालन गरिरहेको हुँदा यो अवधिको क्षतिपूर्ति पनि पाउनुपर्ने माग गरे।,
साहुले एउटै बस दुई जनालाई बेचेपछि... |
सेतोपाटी संवाददाता मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ। , विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। , २९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहयोगीहरूको साथ लिएर शव बोरामा हालेको पाइएको प्रहरी भनाइ छ। , प्रहरीले रमेश, उनलाई सहयोग गरेको आरोप लागेका मोरङ कटहरी-५ का ६२ वर्षका रमानन्द राम, घरधनी चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। , मृतकको पारिवारिक अवस्था, हत्याको कारणबारे सोधपुछ चलिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।,
प्रहरी भन्छ: घरभित्रै मृत फेला परेकी प्रियंकाको हत्या उनकै श्रीमानले गरे |
सेतोपाटी संवाददाता नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ घटनामा पाँच जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। , जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार स्पट फिक्सिङमा संलग्न पाँच जनाविरूद्ध मुद्दा दर्ता गरेको प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले १२ जनालाई प्रतिवादी बनाएको थियो। तर सरकारी वकिल कार्यालयले उनीहरूको नाम, थर, वतन सबै नखुलेको हुँदा अहिले नै मुद्दा दर्ता नगरिएको न्यौपानेले बताए। , कार्यालयले जनकपुर रोयल्सका खेलाडी मोहम्मद आदिल आलम, पूर्व खेलाडी महबुब आलम, नितेश गुप्ता, फरार रहेका नविक कँडेल र रवि माझीविरूद्ध मुद्दा दायर गरेको छ।, सिआइबीले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह र विकास ध्यानीलाई पनि प्रतिवादी बनाएको थियो। , महबुब आलमले सिआइबीलाई दिएको बयानमा आफूले दुई जना खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गरेको बताएका छन्। , उनलाई पनि छिमेकी पर्ने रवि माझीले ह्वाट्स एपमार्फत् सम्पर्क गरेको बयानमा उल्लेख छ। आलमले पोखरा एभेन्जर्सका आरिफ शेख र फार वेष्ट युनाइटेडका खेलाडी महमद हासिम अन्सारीलाई प्रस्ताव गरेका थिए। , ‘उनीहरूले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिएमा ६ लाख रुपैयाँ उपलब्ध गराउने भनेर जानकारी गराइदिनु भनेकाले मैले आरिफ शेखलाई सम्पर्क गरी उक्त प्रस्तावबारे जानकारी गराएको थिएँ। तर शेखले तत्काल निर्णय दिएनन्,’ बयानमा उनले भनेका छन्। , उनले रवि माझी आफैंलाई पनि शेखसँग कुरा गर्न लगाएका थिए। पछि महबुबले बुझ्दा प्रस्ताव अस्वीकार गरेका थिए। , ‘उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि मेसेन्जरमा बताएको थिएँ,’ उनले भनेका छन्।, उनलाई पनि खेलाडीहरूसँग सम्पर्क गराएमा प्रतिम्याच दुई लाख रुपैयाँ दिने भनिएको थियो। , त्यसैगरी उनले महमद हासिम अन्सारीलाई पनि प्रस्ताव गरेका थिए। तर उनलाई ४ लाख रुपैयाँ दिने भनिएको थियो। तर उनले पनि उक्त प्रस्तावको जवाफ फर्काएनन्। उनीहरूबीच भएको फोनमा भएको कुराकानीको रेकर्ड अन्सारीले गरेका थिए।, सिआइबीले उक्त आवाजको परीक्षणसमेत गराएको छ। परीक्षणले पनि आवाज महबुबकै भएको हुँदा प्रमाणको रूपमा पेश गरिएको छ।, उनले अन्य खेलाडीलाई भने प्रस्ताव नगरेको पनि उनले बताएका छन्। , जनकपुर रोयल्सका खेलाडी मोहमद आदिल आलमले भने इन्कारी बयान दिएका छन्। आफूलाई स्पट फिक्सिङको प्रस्ताव आएको भए पनि फिक्सिङ नगरेको दाबी गरेका छन। , उनलाई समिर शेख भन्ने व्यक्तिले स्पट फिक्सिङको प्रस्ताव गरेका थिए। उनले ह्वाट्स एपमा कल गरी भनेका थिए,‘मेरो लागि एउटा नो बल र वाइड बल फालिदेऊ त्यसबापत् एक लाख रकम दिन्छु।’ , तर आदिलले तत्कालै उक्त प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन्। स्पट फिक्सिङबारे नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई पनि जानकारी गराएको उनले बताएका छन्। , उनले आफ्नो बायाँ भागको कम्मरको नशामा समस्या आएको हुँदा नो बल र वाइड बल फालेको बताएका छन्। , ‘काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको १२औं ओभर र जनकपुर रोयल्स र फार वेष्ट युनाइटे बीचको खेलको छैठौं ओभरमा दु:खाइका कारण नो बल र वाइड बल भएको हो,’ उनले भनेका छन्, ‘मैले समिर शेखले भनेअनुसार बलिङ गरेको होइन। ह्वाटस् एपमार्फत् गरेको प्रस्ताव मजाक होला भनेर गम्भीरतापूर्वक लिएको थिइनँ।’ , यसबारे सामाजिक सञ्जालमा बाहिर आएपछि आफूले एन्टी करप्सन म्यानेजर वीर सिंहलाई जानकारी गराएको पनि बताए। ,
पक्राउ परेका नितेश गुप्ताले वीरेन्द्र साहलाई आरिफ शेखलाई भेट गराएको देखिएको छ। , उनीहरूले पुस ७ गते हात्तीवनमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर आरिफ शेखसँग भेट गरेका थिए। ,
त्यहाँ भेट्दा हिट विकेटको लागि प्रस्ताव गरेका थिए। तर शेखले आफूहरूको प्रस्ताव अस्वीकार गरी तत्काल गाली गरेर पठाएको पनि उनले बयानमा भनेका छन , गुप्ताले आफ्ना सानो बुवा नाता पर्नेलाई शेखसँग भेटाइदिएको मात्रै बताइका छन्। , उनीहरूमाथि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ र दफा ३२ को कसूर गरेको हुँदा सजायको मागदाबी गरेको छ। , प्रहरीले प्रतिवादी बनाएका सात जनाको हकमा भने पक्राउ परेपछि मिलेमतो गरी खेलेको प्रमाणबाट पुष्टि भएमा र आर्थिक विश्लेषणबाट कम्पनीहरूले टिममा लगानी गरेको रकमको स्रोत नखुलेमा वा आर्थिक कारोबार अपनाउनु पर्ने कार्यविधि पालना नगरेको प्रमाणसहित पुष्टि भएमा अभियोगपत्र पेश गरिने उल्लेख छ।, सम्बन्धित समाचार:, नेपाल टी-२० लिगको स्पट फिक्सिङमा सिआइबीले १२ जनालाई बनायो प्रतिवादी, नेपाल टी-२० लिग फिक्सिङका प्रमुख योजनाकार भारतीय नागरिक जतिन!, नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ प्रस्ताव गर्ने एक जना पक्राउ,ल, नेपाल टी-२० लिगमा फिक्सिङ: आदिलले गरेका थिए यी दुई खेलमा स्पट फिक्सिङ, हेर्नुहोस् स्पट फिक्सिङ आशंका गरिएको टी-२० लिगका दुई ओभरको भिडिओ, नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ, टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक हुँदै, नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष, सचिनले कमेन्ट्री-बक्सबाट देखेको म्याच-फिक्सिङ (भिडिओ), ज्ञानेन्द्र मल्ल भन्छन्- हाम्रो टिमका साथीलाई पनि ‘फिक्सिङ’ को प्रस्ताव आएको थियो, फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग (भिडिओ),
टी-२० लिगको स्पट फिक्सिङमा पक्राउ परेकाको बयान- प्रतिम्याच ६ लाख दिन्छौं भनेका थियौं |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। , बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए। , प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। , ‘दुई जना डिएसपीको कमजोरी देखिएको हुनाले कारबाहीको लागि सिफारिस गरिएको छ,’ ती सदस्यले भने। , फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो।, यस्तै, अस्थायी प्रहरी बिट जलाइएको थियो भने ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो। , त्यही आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो। एसिडिसी र डाइमण्ड मोबाइल पसलमा पनि लुटपाट भएको थियो।, जिल्ला प्रहरी परिसर काठमाडौंले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ। , उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ। ,
बालाजु घटनामा दुई डिएसपीलाई कारबाही गर्न सिफारिस |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १२, काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया अर्थात् इन्द्रजात्राको पहिलो दिन ‘उपाकु’ पर्व मनाइन्छ।, लिच्छविकालमै सुरू भएको मानिने उपाकुमा काठमाडौंको मध्य–सहर (कोर–सिटी) को सिमाना परिक्रमा गर्दै दोबाटो, चौबाटो र मन्दिरहरूमा काँचो (नपोलेको) दियो बाल्ने चलन छ। यसो गर्दा पितृहरूले मोक्ष प्राप्त गर्छन् भन्ने विश्वास गरिन्छ।, उपाकुमा हिँड्ने बाटोले प्राचीन काठमाडौंको झलक दिन्छ, जुन मोटामोटी खड्ग आकारको छ। हिजोआज सहर विस्तार क्रममा भएका अतिक्रमणले सबै परम्परागत बाटो हिँड्न सम्भव भने छैन।, जस्तो काठमाडौंको उपाकु, त्यस्तै छ जनकपुरको मिथिला परिक्रमा।, फरक एउटै छ, जसरी उपाकु हिँड्दा काठमाडौंको प्राचीन सीमाको झलक पाइन्छ, मिथिला परिक्रमाले भने प्राचीन मिथिलाको सीमा बताउँदैन। यसले प्राचीन मिथिलाका केही महत्वपूर्ण धार्मिक स्थलहरूको मात्र फेरो मार्छ।, यसरी मिथिलाका धार्मिक स्थलहरूको फेरो मार्ने पर्व फागुनको औंशीदेखि पूर्णिमासम्म चल्छ। भोलि सोमबारबाट सुरू भई पन्ध्र दिन चल्ने यो मेलामा हामी भने आजैबाट सामेल होऊँ है त!, मिथिला परिक्रमा सुरू गर्नुअघि परिक्रमा भनेको के हो भन्ने बुझौं।, यो चलन हिन्दु, बौद्ध, सिख र जैन धर्ममा प्रचलित छ। हिन्दुधर्मीहरू कुनै धार्मिक स्थल वा नगरको मात्र होइन, आफ्नै घर–आँगनमा पिपल र तुलसीजस्ता वनस्पतिको समेत परिक्रमा गर्छन्। विवाहको समय अग्निलाई साक्षी मानेर परिक्रमा गर्ने चलन पनि छ।, यस्तो चलन ठ्याक्कै कसरी सुरू भयो भन्ने इतिहास पाइँदैन, तर हिन्दु धर्ममा परिक्रमाबारे एउटा कथा प्रचलनमा छ।, पौराणिक कथाअनुसार एकपटक भगवान शिवले आफ्ना छोराहरू कुमार र गणेशलाई सुमेरू र कुमेरू पर्वत परिक्रमा गरेर आउन भन्छन्। यी दुवै ठाउँ परिक्रमा गरेर जो पहिला कैलाश पर्वत आइपुग्छ, उसलाई वरदान दिने बाचा पनि भगवान शिवले गर्छन्।, कुमार यस्तो सुन्नेबित्तिकै आफ्नो वाहन मयुरमा चढेर सुमेरू र कुमेरू पर्वत परिक्रमा गर्न निस्कन्छन्।, गणेशलाई भने बडो चिन्ता पर्छ।, यसै त उनको बडेमानको शरीर, त्यसमाथि उनीसँग मयुरजस्तो उड्नसक्ने वाहन पनि छैन। आफ्नो वाहन मुसामाथि चढेर सुमेरू र कुमेरू पर्वत परिक्रमा गर्न गए भने कुमारलाई कुनै हालतमा जित्न सकिँदैन भन्ने उनलाई थाहा छ।, गणेशलाई चिन्तित देखेपछि उनको वाहन मुसाले सुझाव दिन्छन्, ‘हे देव! तपाईं किन सुर्ता मान्नुहुन्छ! तपाईंका लागि सुमेरू र कुमेरू पर्वत भनेकै आमाबुवा हुन्। त्यसैले तपाईंले भगवान शिव र पार्वतीकै तीनपटक परिक्रमा गर्नुहोस्।’, मुसाको सुझाव गणेशलाई मन पर्छ।, त्यसपछि उनी शिव र पार्वतीकहाँ गएर प्रार्थना गर्छन्, ‘हे माता, हे पिता! मेरो निम्ति सुमेरू पर्वत भने पनि, कुमेरू पर्वत भने पनि तपाईंहरू नै हो। मेरो निम्ति तीन लोक भनेकै तपाईंहरू नै हो। त्यसैले म किन व्यर्थमा ती ढुंगामाटोका थुप्राहरूको चक्कर लगाऊँ? म तपाईंहरूकै परिक्रमा गर्छु।’, यति भनेर गणेशले शिव र पार्वती बसिरहेको ठाउँ तीनचोटि परिक्रमा गर्छन्।, गणेशको चलाखी देखेर शिव खुसी हुन्छन् र उनलाई वरदान दिन्छन्, ‘कुनै पनि सत्कार्य गर्दा पहिला तिम्रो पूजा नगरी सिद्धि नहोस्।’, आज पनि शुभकार्यको सुरूआतमा गणेशको पूजा गर्ने चलन छ। यो चलन परिक्रमाबाटै सुरू भएको हो।, यो कथापछि अब हामी मिथिला परिक्रमाबारे चर्चा गरौं।, मिथिला परिक्रमाका सहभागीहरू। तस्बिर: राजेश अभिराज यादव, ‘मिथिला महात्मय’ किताबमा मिथिला परिक्रमाको चर्चा गरिएको छ, जसअनुसार अठारौं शताब्दीभन्दा अगाडि नै यसको सुरूआत भएको देखिन्छ। मिथिला परिक्रमा पहिला कात्तिक, फागुन र वैशाख गरी तीनपटक हुने गरेको किताबमा उल्लेख छ। हिजोआज भने फागुनमा मात्र हुन्छ। परिक्रमा क्रममा हिँड्ने मार्गहरूबारे पनि किताबमा वर्णन छ।, जनकपुरका स्थानीय विजयकुमार लाल कर्णका अनुसार मिथिलामा पहिला तीनवटा परिक्रमा प्रचलनमा थिए — बृहत मिथिला परिक्रमा, मिथिला मध्य परिक्रमा र अन्तर्गृह परिक्रमा।, बृहत मिथिला परिक्रमालाई चौरासी कोश परिक्रमा पनि भनिन्थ्यो। यसमा मिथिला क्षेत्रको गंगा नदी, गण्डकी नदी, कोशी नदी र हिमालय क्षेत्रसम्मको फेरो मारिन्थ्यो। यो अहिले चलनचल्तीमा छैन। अहिले मध्य र अन्तर्गृह परिक्रमा मात्र गरिने कर्ण बताउँछन्।, ‘मिथिला मध्य परिक्रमाले सानो क्षेत्र समेट्छ। पहिला यो पाँच दिन चल्थ्यो, अहिले पन्ध्र दिनको हुन्छ। जो पन्ध्रदिने परिक्रमामा सामेल हुन सक्दैनन्, उनीहरू अन्तर्गृह परिक्रमामा सामेल हुन्छन्, जुन फागु पूर्णिमाको दिन हुन्छ,’ उनले भने।, मिथिला परिक्रमा सुरू हुनुमा आजभन्दा करिब तीन सय वर्षअघि भारतबाट सीताको जन्मभूमि खोज्दै जनकपुर आइपुगेका साधुहरूको पनि ठूलो हात रहेको मानिन्छ। ती साधुहरूले प्राचीन मिथिला खोज्दै आउँदा कसरी जनकपुर पत्ता लगाएका थिए भनेर हामीले अघिल्ला अध्यायमा बताइसकेका छौं।, संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरीका अनुसार रामानन्दी सम्प्रदायका साधु सुरकिशोर दास र उनका शिष्यहरूले भारतको अयोध्या, मध्यप्रदेश र उत्तरप्रदेशका विभिन्न ठाउँमा जनकपुरको प्रचारप्रसार गरेका थिए। यो सहरको महिमा व्यापक रूपले प्रचार गर्ने पहिलो किताब ‘श्री महाराजा चरित्र’ थियो, जुन भारतको अयोध्याबाट प्रकाशित भएको थियो। सन् १८०५ मा रामानन्दी सम्प्रदायका रघुनाथ दासले यो किताब लेखेका थिए।, यस किताबमा जनकपुरका पोखरी, वरिपरिका गाउँ र जनकपुर सहरबाट दस माइल वरिपरिका पुराना शिव मन्दिरको चर्चा गरिएको छ। जनकपुरबाट करिब बत्तीस माइल दक्षिण–पश्चिममा सीतामढी रहेको पनि किताबमा छ, जहाँ राजा जनकले हलो जोत्दा जमिनमुनिबाट सीता फेला पारेका थिए। सीतामढी अहिले भारतमा पर्छ।, जनकपुरीका अनुसार यो किताबले जानकी मन्दिर भएको ठाउँमा पहिले जनक दरबार थियो र त्यसको ठ्याक्कै अगाडि ठूलो मैदानमा शिवधनुष राखिएको थियो भनेर उल्लेख गरेको छ। शिवधनुष प्रदर्शनी स्थलमा ल्याउनुअघि धनुषसागरमा राखिएको र त्यहीँबाट प्रदर्शनीस्थलसम्म ल्याइएको पनि भनिएको छ।, किताबमा सीता र रामको पहिलोपटक देखादेख भएको स्थल फूलहर (गिरिजास्थान) भएको उल्लेख छ।, विजयकुमार लाल कर्ण। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, रोशन जनकपुरी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ‘सीताको स्वयंवरमा रामले धनुष भाँचेपछि एउटा हिस्सा उछिट्टिएर झरेको ठाउँ जनकपुरबाट बाह्र माइल उत्तर धनुषाधाममा रहेको कथा फैलाउने श्रेय यही किताबलाई जान्छ,’ जनकपुरीले भने।, रामानन्दी सम्प्रदायकै अर्का साधु युगलप्रिया शरणले सन् १९६१ मा प्रकाशन गरेको किताब ‘श्री रसिक प्रकाश भक्तमाला’ ले भने मिथिला परिक्रमाको चर्चा गरेको छ। त्यसमा उन्नाइसौं शताब्दीको सुरूमा भारतको सीतामढीका सीताप्रसाद र मुजफ्फरपुर जिल्ला पिपरा मठ (हाल सीतमढी जिल्ला) का सुरदास नामक साधुलाई मिथिला परिक्रमा गर्ने प्रारम्भिक व्यक्तिहरू भनिएको छ।, ‘सुरूमा ती दुई साधुले जनकपुर वरिपरि दस माइलको परिक्रमा वृत्त बनाएका थिए। त्यो कल्याणेश्वर महादेव मन्दिरबाट सुरू भएर पाँच दिनपछि यही ठाउँमा अन्त्य हुन्थ्यो। पाँच दिनमा पूरा हुने यस परिक्रमा पथमा कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र मिथिलेश्वर पर्थ्यो,’ जनकपुरीले भने, ‘यी दुई साधुले जनकपुरको अभिभावक मानिने भगवान शिवलाई जल र बेलपत्र चढाउँथे। उनीहरूले सुरू गरेको जनकपुरको परिक्रमा नै पछि पन्ध्रदिने मध्य परिक्रमा र जनकपुरधाम नगरको पाँचदिने अन्तर्गृह परिक्रमाका रूपमा विकसित भयो।’, सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा लोकप्रिय हुँदै गएपछि टाढा–टाढाका साधु र भक्तजनसमेत सहभागी हुन आउन थाले। त्यति बेलासम्म जनकपुर ‘बाउन्न कुटीको तीर्थस्थल’ का रूपमा प्रसिद्ध भइसकेको थियो। यिनै कुटीमध्ये सीताकुण्ड एक थियो। , ‘सन् १८१४ मा मिथिला परिक्रमाको नेतृत्व सीताकुण्डले गर्ने परम्परा सुरू भएको देखिन्छ। त्यति बेला यस मन्दिरका महन्थ रामदास आचार्य थिए। महन्थ रामदासको मृत्युपछि उनका प्रथम शिष्य कुञ्जबिहारी दास महन्थ भए। केही समयपछि उनले आफ्नी श्रीमती र छोरालाई मन्दिरमा ल्याएर राखे। रामदासका अर्का शिष्य लाडलीशरणले यसको विरोध गरे तर कुञ्जबिहारीले मानेनन्,’ जनकपुरीले भने, ‘वैरागी कुटीमा स्त्रीलाई प्रवेश गराउनु वैरागी सम्प्रदायको मान्यताविपरीत भन्दै असन्तुष्टि जनाएका लाडलीशरण सीताकुण्ड त्यागेर जनकपुरधामभन्दा करिब आठ किलोमिटर पूर्व जलाधि नदीको किनारमा रहेको कचुरी गाउँमा गएर बसे।’, त्यस वर्ष परिक्रमाको समय अयो। परिक्रमाको नेतृत्व कसले गर्ने भन्नेमा कुञ्जबिहारी र लाडलीशरणबीच विवाद उत्पन्न भयो। कुटीको परम्परा भंग गरेको र विवाह गरेर गृहस्थ जीवनमा प्रवेश गरिसकेकाले कुञ्जबिहारीले वैरागी साधुका रूपमा परिक्रमा नेतृत्व गर्ने अधिकार गुमाएको लाडलीशरणको दाबी थियो।, जवाफमा कुञ्जबिहारीले भने, ‘म गुरू रामदासको पहिलो शिष्य र जनैधारी पनि हुँ। तिमी शुद्र जातिको भएकाले यस्तो पवित्र परम्पराको नेतृत्व गर्ने अधिकार तिमीलाई छैन। यसको नेतृत्व गर्ने एक मात्र अधिकारी म हुँ।’, यो विवाद जनकपुरको बाउन्न कुटीको साधु–समाजकहाँ पुग्यो।, त्यति बेला जनकपुरको बाउन्न कुटीको साधु–समाजले विवाद छिनोफानो गर्यो कि गरेन भन्नेबारे कतै उल्लेख पाइँदैन। तर त्यसै वर्ष फागुन महिनामा परिक्रमा गर्ने समय आएपछि वैरागी साधुहरू लाडलीशरण बसेको कचुरी गाउँका देउताको डोला र झन्डापछाडि लामबद्ध भए।, ‘यसरी पन्ध्रदिने मिथिला परिक्रमामा लाडलीशरणको नेतृत्व स्वीकार भयो। त्यसपछि परिक्रमाको नेतृत्व कचुरीस्थानको डोलाले गर्ने परम्परा स्थापित भयो र यो क्रम अहिले पनि जारी छ,’ जनकपुरीले भने, ‘लाडलीशरण बसेको कचुरीस्थानको डोलालाई हाल मिथिला बिहारीको डोला भनिन्छ। परिक्रमा निम्ति जनकपुर र अन्य ठाउँको डोलालाई हनुमाननगरमा जम्मा गराएर कल्याणेश्वरका लागि प्रस्थान गर्दा सबभन्दा अगाडि कचुरीस्थानकै डोला राखिन्छ।’, धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मन्दिरको प्रवेश द्वार। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, हामी रिपोर्टिङ क्रममा एकदिन लाडलीशरण बसेको स्थल गएका थियौं। त्यसलाई हाल श्री मिथिला बिहारी मन्दिर भनिन्छ।, त्यहाँका स्थानीय धर्मेन्द्र यादवका अनुसार मिथिला परिक्रमाको सुरूआत मिथिला बिहारीबाट भारतको कल्याणेश्वर पुगेर आफ्नो चिह्न बनाएपछि हुन्छ र विभिन्न ठाउँ परिक्रमा गरेर आफ्नो चिह्न मेटाएपछि परिक्रमा सम्पन्न हुन्छ।, मिथिला परिक्रमा फागुन औंशीबाट सुरू हुने भए पनि शिवरात्रिबाटै यहाँका भक्तजन आफ्नो चिह्न बनाउँदै हिँड्छन्।, ‘हामी यहाँबाट सबभन्दा पहिला जनकपुर जान्छौं। जनकपुरमा जानकी मन्दिरमा भगवानलाई भेटी चढाउँछौं र किशोरीजी (जानकी) को डोला लिएर हनुमानगढी जान्छौं। त्यहाँ रातमा प्रवास बस्छौं अनि अर्को दिन भारतको कल्याणेश्वर पुग्छौं। त्यो दिन त्यहीँ बसिन्छ। त्यसको अर्को दिन कल्याणेश्वरमा आ–आफ्नो निसान लगाएर परिक्रमा प्रारम्भ हुन्छ,’ उनले भने, ‘हामी मिथिला बिहारीबाट दुई दिनअघि नै हिँड्ने भए पनि गन्ती कल्याणेश्वरबाटै हुन्छ।’, त्यहाँबाट उनीहरू फूलहर (गिरिजास्थान) भन्ने ठाउँ पुग्छन्। यही ठाउँमा त्रेतायुगमा सीता फूल टिप्न जाने गरेको जनविश्वास छ। राम र सीताको पहिलोपटक देखदेखा भएको ठाउँ पनि यसैलाई मानिन्छ। हाल यो ठाउँ भारतमा पर्छ।, त्यहाँबाट फेरि उनीहरू नेपालको महोत्तरीमा पर्ने मटिहानी भन्ने ठाउँ आउँछन्, जहाँ सीताको विवाह विधि ‘मटकोर’ भएको मानिन्छ।, मिथिला बिहारी मन्दिरमा रहेको लाडलीशरणको मूर्ति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ‘त्यसपछि हामी महोत्तरीकै जलेश्वर मन्दिर जान्छौं, जहाँ जलेश्वरनाथको भव्य शिव मन्दिर छ। त्यहाँ रात बिताएपछि अर्को दिन मडै भन्ने ठाउँ जानुपर्छ। त्यहाँबाट हामी ध्रुव कुण्ड जान्छौं, जहाँ ध्रुव भन्ने बालकले तपस्या गरेको मानिन्छ,’ यादवले भने, ‘ध्रुव कुण्डपछि कञ्चन वन जान्छौं, जुन ठाउँमा राम र सीताले होली खेलेको मानिन्छ। त्यहाँ जंगलजस्तै ठाउँ छ। त्यहाँ रात बिताएपछि अर्को दिन क्षीरेश्वर जानुपर्छ। त्यहाँ पनि शिवको मन्दिर छ।’, त्यहाँबाट पर्वता, धनुषाधाम, सत्तोषर, औरही हुँदै उनीहरू फेरि भारतमा पर्ने करूणा, बिसौल र कल्याणेश्वर पुग्छन्।, ‘कल्याणेश्वरमा शिवको ठूलो मन्दिर छ। त्यहाँ पुगेपछि यो वर्षको परिक्रमा पूरा भयो भनेर सबैले आ–आफ्नो चिह्न मेटाउँछन्,’ यादवले भने, ‘पन्ध्र दिनको मध्य परिक्रमा सकिएपछि कतिपय व्यक्तिहरू अन्तर्गृह परिक्रमाका लागि जनकपुर आउँछन्। तर कल्याणेश्वरमा चिह्न मेटाएपछि त्यहाँ जानुपर्ने बाध्यता छैन। मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्य परिक्रमा गर्न छुटेकाहरू अन्तर्गृहमा सहभागी हुन्छन्।’, जनकपुरको अन्तर्गृह परिक्रमा ठ्याक्कै फागु पूर्णिमाको दिन पर्छ। परिक्रमाकै कारण मिथिला क्षेत्रमा पूर्णिमाको दोस्रो दिन मात्र होली हुने गरेको जनकपुरकी स्थानीय रिंकुकुमारी मिश्र बताउँछिन्।, ‘फागु पूर्णिमाको दिन मिथिला मध्य परिक्रमाको पन्ध्र दिन हुन्छ। त्यस दिन प्रायः सबै जनकपुरवासी परिक्रमामा जान्छन्। दिनभर परिक्रमामा हिँडेकाले आराम गरेर भोलिपल्ट होली मनाइन्छ,’ उनले भनिन्।, पन्ध्र दिनको मिथिला मध्य परिक्रमामा जानेहरूले विभिन्न नियम पालना गर्नुपर्ने धर्मेन्द्र यादव बताउँछन्।, ‘हामी खाली खुट्टा हिँड्छौं। परिक्रमाको समय दाह्री र कपाल काट्न हुन्न। हरेक दिन बिहान नुहाउनुपर्छ। बाटोमा जहाँ पोखरी, तलाउ भेटिन्छ, त्यहाँ पनि नुहाउनुपर्छ। भनिन्छ, परिक्रमाको बाटोमा ५२ वटा पोखरी पर्छन्,’ यादवले भने, ‘परिक्रमा गर्नेहरूलाई कुन दिन कहाँ बस्ने भनेर ठाउँ तोकिएको हुन्छ। कुनै ठाउँमा उनीहरूलाई त्यहीँका स्थानीयले खानेकुरा र ओछ्याउन पराल दिन्छन्। कुनै ठाउँमा भने उनीहरू आफैं छाप्रोजस्तो सानो ठाउँ बनाएर बस्छन्।’, धर्मेन्द्र यादव। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, हामीले यादवलाई सोध्यौं, ‘परिक्रमा गर्यो भने के हुन्छ?’, उनले भने, ‘परिक्रमा भनेको एउटा पवित्र कार्य हो, जसमा मिथिला क्षेत्रका लाखौं लाख मान्छे हिँड्छन्। मान्छे हिँड्दा धुलैधुलो उड्छ। त्यो धुलो मान्छेको टाउकोमा पर्छ। यसरी टाउकोमा धुलो परेपछि मान्छे पवित्र हुन्छ भन्ने मानिन्छ।’, ‘मिथिला महात्मय’ किताबमा पनि परिक्रमा गर्दाको फलबारे लेखिएको छ, ‘मिथिलामा बसेका मान्छेले कुनै पाप गरेका छन् भने त्यसको राम्रो प्रायश्चित्त गर्ने मौका मिथिला परिक्रमा हो।’, कोही परिक्रमामा सहभागी हुन सकेनन् भने परिक्रमामा जाने व्यक्तिलाई सहयोग गर्न सक्छन्। त्यसो गर्दा पनि परिक्रमा गरेजत्तिकै पुण्य प्राप्त हुने किताबमा उल्लेख छ।, ‘यदि तपाईंले परिक्रमामा सहभागी भएकाहरूलाई खाना खुवाउनुभयो, बस्ने ठाउँ दिनुभयो, अशक्तलाई सहयोग गर्नुभयो र परिक्रमा मार्ग सफा गर्नुभयो भने पनि तपाईंले परिक्रमा गरेजत्तिकै फल पाउनुहुन्छ,’ मिथिला महात्मयमा छ।, सोमबारबाट मिथिला परिक्रमा सुरू हुँदैछ। तपाईं पनि परिक्रमामा सहभागी हुने कि सहभागीहरूलाई मद्दत गरेर पुण्य कमाउने?, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर, अध्याय ८ - ,जनकपुरका ५२ कुटी र ७२ कुण्ड, अध्याय ९ - ,'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ', अध्याय १० - ,भाषाको हेराफेरी!, अध्याय ११ - ,मन नपरे बेहुला छाड्न सक्ने मिथिलाको परम्परा,
सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा |
सेतोपाटी संवाददाता दाङका स्थानीयले सोमबार सडक डिभिजन कार्यालय दाङको मूल गेटमा धर्ना दिएका छन्। , घोराही उपमहानगरपालिकाको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक नबनेको भन्दै स्थानीयले कार्यालयमा धर्ना दिएका हुन्। लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नगर्दा दु:ख पाएको भन्दै स्थानीयले एक घन्टा धर्ना दिएका हुन्। , उक्त सडकखण्डको निर्माण काम २०७० साल देखि नै सुरू भएको थियो। सडकखण्डको निर्माण काम सम्पन्न गर्नुपर्ने माग गर्दै उनीहरूले कार्यालयको मूल गेटमा तालाबन्दी समेत गरेका थिए। , कार्यालय प्रमुख लागयतलाई पनि कार्यालयमा प्रवेश दिनबाट उनीहरूले रोकेका थिए। , यसअघि पनि सडक कार्यालयमा प्रमुखलाई भेटेर समस्याको बारेमा जानकारी गराएको तर कामले सार्थकता नपाए पछि बाध्य भएर सडकमा उत्रिनु परेको सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले बताए। , ठेकेदार कम्पनीलाई कारबाहीको माग पनि रहेको उनले बताए। , मागको सुनुवाइ नभए थप आन्दोलन गर्ने पनि उनीहरूले चेतावनी दिएका छन्। , नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, स्थानीय टोलका अध्यक्ष शिवशंकर देवकोटालगायतले धर्ना दिएका थिए। , ताला लगाउँदा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले नाराबाजी समेत गरेका थिए। ,
घोराही कटुवाखोला-तुलसीपुर सडक निर्माण गर्न माग गर्दै सडक डिभिजन कार्यालयमा धर्ना |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका तीन जनाले दर्ज्यानी चिह्न पाएका छन्। , सोमबार काठमाडौंको हलचोकस्थित प्रधान कार्यालयमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तीन जना डिआइजीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। , दर्ज्यानी चिह्न पाउने डिआइजीहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा छन्।, फागुन ४ गते गृह मन्त्रीस्तरको निर्णयले चार जना एसएसपीलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। चार जनामध्ये सुरेश श्रेष्ठ भने मिसनका लागि दक्षिण सुडानमा छन्। त्यसैले उनले फर्किएपछि दर्ज्यानी चिह्न पाउने छन्।, महानिरीक्षक अर्यालले बढुवा भएका डिआइजीलाई पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए।, उनले आर्थिक अनियमितता लगायतमा गल्ती गरे क्षम्य नहुने बताए। ,
सशस्त्रका तीन डिआइजीले पाए दर्ज्यानी चिह्न |
सेतोपाटी संवाददाता बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। , काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। , ब्युरोले रेग्मीलाई आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।, उनी थाइल्यान्डबाट फर्किँदै थिए। यसअघि रेग्मीले विद्युतीय माध्यमबाट आफूहरूको चरित्र हत्या गरेको भन्दै विभिन्न कलाकारहरूले ब्युरोमा उजुरी दिएका थिए।, तिनै उजुरीबारे अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी ल्याएर रेग्मीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।, रेग्मीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको एसपी रायले बताए।,
बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीलाई ५ दिन हिरासतमा राख्न अनुमति |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई सोमबार बिहानदेखि भेन्टिलेटरबाट निकालिएको छ।, बिहान साढे १० बजे भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको र अहिलेसम्म राख्न नपरेको भण्डारीसँग अस्पतालमा रहेका माधव न्यौपानेले सेतोपाटीलाई बताए।, गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।, सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।, सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो।, उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ।, न्यौपानेका अनुसार भण्डारीलाई ज्वरो आएको छैन भने छाती सामान्य बन्दै गएको र सुन्निन पनि कम भएको छ।,
कांग्रेस सांसद चन्द्र भण्डारीलाई निकालियो भेन्टिलेटरबाट |
सेतोपाटी संवाददाता सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिएका छन्।, ‘अहिले धेरैले विष्फोट भनिरहनुभएको छ तर विष्फोट भएको होइन। ग्यास लिक भएर आगलागी भएको हो,’ एसपी ढकालले भने, ‘आगोले जलेर स्थानीयबासी घाइते हुनुभएको हो।’, उनका अनुसार धरान १७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि उनीहरूले ग्यास डिलरका मान्छे बोलाएका थिए। उनीहरू आएर हेर्दै गर्दा एक्कासि आगोको लप्का उठेको थियो। , त्यसक्रममा घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्यास डिलरका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन्। उनीहरूमध्ये ६५ वर्षीया वृद्धा रामकुमारी सबैभन्दा गम्भीर रहेको प्रहरी भनाइ छ। , उनीहरू सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।,
ग्यास चुहिएर आगलागी हुँदा ८ जना घाइते |
सेतोपाटी संवाददाता काठमाडौं विश्वविद्यालय (केयु) मा वाइल्डिङसम्बन्धी आइएसओ सर्टिफिकेसन परीक्षा सुरू भएको छ। नेपालकै पहिलो पटक भनिएको परीक्षा केयुको टेक्निकल ट्रेनिङ सेन्टर (टिटिसी) मा सोमबारदेखि सुरू भएको हो। , केयु र दक्षिण कोरियाको नेपालस्थित क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरले केयुमा आइएसओ सर्टिफाइड परीक्षा तथा तालिम सेन्टर सञ्चालन गरेको थियो। , परीक्षामा नेपालको विभिन्न ठाउँमा रहेर वाइल्डिङ क्षेत्रमा काम गर्दै आएका ७१ जना परीक्षार्थी सहभागी रहेको क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका आइएसओ सर्टिफिकेसन परीक्षा संयोजक गणेशमान लामाले जानकारी दिए। , परीक्षामा सहभागि हुनुअघि उनीहरूले कोरियन प्रशिक्षकबाट तालिम लिएका थिए। , अन्तर्राष्ट्रिय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्न वाइल्डिङ तालिमले मद्दत गर्ने संयोजक लामाले बताए। , 'भोलि र पर्सि प्रयोगात्मक परीक्षा हुनेछ। परीक्षामा उत्तीर्ण भएपछि उनीहरूले विश्वको जुनसुकै ठाउँमा गएर काम गर्न सक्नेछन्', उनले भने।, परीक्षाको नतिजा दक्षिण कोरियामा रहेको दक्षिण एसिया हेर्ने वाइल्डिङ आइएसओको मुख्यालय (आइक्यूसिएस) ले प्रकाशन गर्नेछ। , वाइल्डिङ आइएसओ सर्टिफाइड परीक्षाको तयारी तालिममा २० देखि ५० वर्ष उमेर समूह सहभागी हुन पाउनेछन्। आइएसओ सर्टिफिकेट लिनका लागि अनुभव नभएकाले कम्तीमा ६ महिनासम्म वल्डिङको तालिम लिनुपर्नेछ।, क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रत्येक महिना आइएसओको परीक्षा सञ्चालन गरिने बताए।, निकट भविष्यमा केयर गिभर, कन्स्ट्रक्सन, ब्युटिसियन लगायतको समेत आइएसओ सर्टिफिकेसन तालिम तथा परीक्षा सञ्चालन गरिने बताइएको छ। ,
केयुमा 'आइएसओ वाइल्डिङ सर्टिफिकेसन' परीक्षा सुरू |
रासस प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।, नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।, मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।, ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ।, ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो।, समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाको भनाइ छ। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन्।, विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।, पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।,
आज ग्याल्पो ल्होसार |
सेतोपाटी संवाददाता कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ।, काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। , ‘उनीमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छौं’, उनले भने।, आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। , न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।, कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए। ,
करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परे डिल्लीराम खनाल |
नवीनबाबु गुरूङ बैंक तथा वित्तीय संस्थाबाट महँगो ब्याज असुलिएको दाबी गर्दै उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।, शुक्रबार सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा भेला भएर उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।, उनीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदर घटाऊ, गरिखान देऊलगायत नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए।, बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएको बताइएको छ। विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीको सहभागिता रहेको छ।, हेर्नुहोस् तस्बिरहरू,
ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ। , त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।, उनका अनुसार उनी सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो। , 'अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएका हौं,' उनले भने, 'अहिले अनुसन्धान गरिरहेका छौं।', त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।,
कीर्तिपुर मैदानबाट सट्टाबाजीको आशंकामा एक पक्राउ |
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने भएको छ। , गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको हो। , त्यसैगरी मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ। , गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध समेत गरेका छन्। , बस तथा माइक्रो बसहरू: , १.रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने।, २.रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।, ३.कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने।, माइक्रोबस तथा टेम्पोहरू: , १.सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।, २.जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।, मालबाहक सवारी साधनहरू:, १.जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालबाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ जानुपर्ने।, २.कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालबाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।, ३.कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालबाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन्।, ४.महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालबाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।, ५.कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।, , , ,
शिवरात्रिका लागि पाशुपत क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्थापन |
सेतोपाटी संवाददाता गाउँगाउँमा डुलेर त्यहाँका पर्यटकीय सम्भावना उजागर गर्दै र स्थानीय पर्यटनकर्मीलाई हौस्याउँदै ग्रामीण पर्यटनका पक्षमा पैरवी गर्दै आएका पत्रकार अमृत भादगाउँले पुरस्कृत भएका छन्।, उनलाई नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीले पर्यटन शुभारम्भ भएको रजत महोत्सवका अवसरमा शुक्रबार २५ हजार नगदसहित पुरस्कृत गरेको हो। सिरुबारीबासीका तर्फबाट महोत्सवका प्रमुख अतिथि पर्यटन मन्त्री सुदन किराँतीले पत्रकार भादगाउँलेलाई सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्।, स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ मा अवस्थित सिरुबारीमा भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवम् अगुवाईमा वि.सं. २०५४ सालदेखि सामुदायिक होमस्टे सुविधासहित गाउँ पर्यटनको अभ्यास हुँदै आएको छ।, त्यही गाउँमा पुगेर भादगाउँलेले वि.सं. २०५७ सालदेखि विभिन्न सञ्चार माध्यममा लेख तथा समाचार लेख्दै आएका छन्।, ग्रामीण पर्यटनको नमुना पाठशालाका रुपमा सिरुबारी चम्किएको छ। सिरुबारीलाई पच्छयाउँदै नेपालभर होमस्टेको अभ्यास हुँदै आएको छ।, ‘गाउँ पर्यटनका नायक क्याप्टेन रुद्रमानको जीवनकथा र सिरुबारीको सफलता अब स्कुल तथा कलेजका पाठ्यक्रममा समाबेश हुनु पर्छ’, पुरस्कार ग्रहणपछि पत्रकार भादगाउँले भन्छन्, ‘यसमा सरकारको ध्यान जानु पर्छ।’,
,
ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार भादगाउँले पुरस्कृत |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ११, मिथिलाकी राजकुमारी सीताले नचाहेकी भए अयोध्याका राजकुमार रामचन्द्रसँग उनको विवाह नहुन सक्थ्यो!, राजा जनकको सर्त थियो — जसले भगवान शिवको धनुष उचालेर ताँदो चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गराइदिने।, शिवको धनुष यति शक्तिशाली थियो, कसैले त्यसमा ताँदो चढाएर बाण हान्यो भने भगवानसमेत डरले थुरथुर हुन्थे। त्यसलाई उचालेर एक ठाउँबाट अर्को ठाउँ लग्न राजा जनकलाई नै सयौं भारदार खटाउनुपर्थ्यो। तर सीतासँग सानैदेखि यस्तो विलक्षण शक्ति थियो, उनी त्यो धनुष सजिलै उचाल्ने मात्र होइन, खेलौनाजस्तो यताबाट उता सारेर पूजाकोठा सरसफाइ गर्थिन्।, जब सीता विवाहका लागि परिपक्व भइन्, राजा जनकले उनको स्वयंवर आयोजना गरे। विभिन्न देशका राजा र राजकुमार शिवजीको धनुष उठाएर सीतासँग विवाह गर्ने अभिलाषासहित मिथिला आए।, त्यही भीडमा सीताले लंकाका राजा रावणलाई पनि देखिन्।, रावणलाई देखेपछि सीताको मन आत्तियो।, रावण कति दुष्ट छन् भन्ने उनलाई थाहा थियो। सँगसँगै यो पनि थाहा थियो, शिवका परमभक्त रावणको निम्ति धनुष उचाल्नु ठूलो कुरा होइन।, सीता डरले थुरथुर भइन्।, उनले आफ्नो डर आमालाई सुनाइन्।, आमाले सीतालाई गौरीको पूजा गर्न सल्लाह दिइन्। गौरी शिवकी पत्नी पार्वतीको अर्को नाम हो। शिव वा पार्वतीको पूजा गरेर आशीर्वाद माग्ने अविवाहितहरूले मन मिल्ने जीवनसाथी पाउँछन् भन्ने विश्वास गरिन्छ।, सीताले गौरीको पूजा र मन्त्र जप्न थालिन्।, यो उनको त्यही पूजा र जपको फल हो, अयोध्याका राजकुमार राम पनि स्वयंवरको खबर पाएर मिथिला आए। उनलाई हिन्दु धर्ममा भगवान विष्णुका सातौं अवतार मानिन्छ। उनले आफ्नो नरम बोली र कमलजस्तो निलो वर्णले धनुष उठाउनुअगावै मिथिलाका सबै जनको मन जितिसकेका थिए। सीताको मन त त्योभन्दा अगाडि नै राममा अडिसकेको थियो, जब गौरीको पूजा गरेर मन्दिरबाट फर्कंदा बगैंचामा पहिलोपटक उनीहरूका आँखा एकाकार भएका थिए।, आफ्नो मनले मनपराइसकेका रामले नै शिवजीको धनुष उठाएर ताँदो चढाऊन् भन्ने सीताको इच्छा थियो।, भयो पनि त्यस्तै — स्वयंवर बेला रामभन्दा अगाडि परीक्षा दिन आएका रावणले धनुष त सजिलै उचाले तर ताँदो चढाउन सकेनन्। आफूजस्तो शिवभक्त संसारमै कोही छैन भन्ने घमन्डको बोझका कारण उनले उठाइसकेको धनुष ताँदो चढाउनुअगावै भुइँमा झर्यो।, रावणका हातबाट त्यसरी धनुष झर्नुको कारण अरू केही थिएन, सीताको तप र जपको प्रताप थियो।, त्यसपछि स्वयंवरको परीक्षा दिन अघि सरेका रामले आफ्नो एकै हातले सजिलै धनुष उचाले। त्यसपछि जसै उनले ताँदो चढाएर बाण हाने, त्यो बाण बिजुली गतिमा आकासतिर गयो र धनुष उनको हातमै तीन टुक्रा भयो।, पौराणिक ग्रन्थ रामायणमा वर्णन गरिएको सीता–रामको विवाहको घटनाबाट राजा जनकको समयमा छोरीहरूको राजीखुसीबिना विवाह गराइदिने चलन थिएन भन्ने बुझिन्छ। वर छान्ने अधिकार पनि छोरीहरूकै हातमा थियो। त्यो चलनलाई स्वयंवर भनिन्थ्यो।, मिथिला कथा शृंखलाका लागि रिपोर्टिङ गर्ने क्रममा हामीले के थाहा पायौं भने, मिथिला क्षेत्रमा जन्मिने हरेक छोरीलाई सीता मानिन्छ। उनीहरूलाई वर छान्ने अधिकार मात्र छैन, मन मानेन भने विवाह गरिसकेपछि पनि उनीहरू आफ्नो वर छाड्न सक्छन्।, त्यो कसरी? के यो चलन अहिले पनि अभ्यासमा छ?, यसबारे तपाईंहरूलाई विस्तारमा बताउँला, एकछिन् धैर्य राख्नुस् है!, जनकपुरको एक विवाह समारोह। तस्बिर: कृष्ण महतो, जनकपुरमा एउटा कहावत छ, राजा जनकले सीता–रामको विवाहका अवसरमा मिथिलादेखि अयोध्यासम्मको भित्ता मिथिला कलाले सजाउन लगाएका थिए। त्यही समयबाट मिथिला कला सुरू भएको मानिन्छ। त्यस बेला विवाहमा गीतको पनि छुट्टै महत्व थियो कि! हुनसक्छ, किनभने मैथिली लोक संगीतको इतिहास पुस्तान्तरण हुँदै आजसम्म जीवित छ। आज पनि मिथिलामा विवाहभरि गीतको सिलसिला टुट्दैन।, सीता र रामको विवाह हुने समयमा आजजस्तै गीत गाइन्थ्यो कि गाइन्थेन भन्ने अर्को छुट्टै खोजको विषय होला। आज चाहिँ हामी मिथिलामा हुने परम्परागत विवाहको कुरा गर्दैछौं, जसको हरेक विधिमा गीत–संगीत जोडिएर आउँछ र ती गीतमा सीता–रामको प्रसंग पनि जोडिन्छ।, मैथिली विवाहमा गीत कसरी जोडिन्छ र मैथिली विवाह कस्तो हुन्छ भन्नेबारे हामीलाई जनकपुरका संगीतकार सुनील मल्लिकले जानकारी दिएका थिए। त्यस्तै, सिरहा घर भई हाल ललितपुर हात्तीवन बस्ने गीतकार धीरेन्द्र प्रेमर्षि र उनकी श्रीमती गायिका रूपा झाले पनि हामीसँग यसबारे लामो चर्चा गरेका थिए।, सुरूमा हामी मैथिली गीतको चर्चा गरौं।, मिथिलाका गीतहरू बुझ्न पहिले यहाँको लोक संगीत बुझ्न जरूरी छ। मिथिलाको लोक संगीत सिक्ने पहिलो पाठशाला हो, घर।, ‘हामीलाई गीत–संगीतको शिक्षा अरू कसैले दिएको होइन। मेरी आमाबाट मैले र मेरी बहिनीले सिक्यौं। म र मेरी बहिनीबाट हाम्रा छोराछोरीले सिक्दै छन्। मिथिलाको गीत–संगीत यसरी नै पुस्ता–दर–पुस्ता जीवित रहँदै आएको छ,’ सुनील मल्लिकले भने।, उनले अगाडि भने, ‘मिथिलामा पैनभर्नी गीत हुन्छ। यस्तो गीत महिलाहरूले घैंटो लिएर पोखरी वा इनारमा पानी भर्न जाँदा गाउँछन्। त्यो गीत उनीहरूलाई कसले सिकायो? कसैले सिकाएको होइन। त्यो गीत सबैले आफ्नी आमा र दिदीहरूबाट सुनेर सिकेका हुन्।’, मिथिलाको गीत–संगीतमा एउटा खास विशेषता हुन्छ — अधिकांशले पीडाको भाव बोकेको हुन्छ।, यसको कारण छ।, महिलाहरू आफूले सहँदै आएको मानसिक र शारीरिक पीडा अभिव्यक्त गर्न गीत–संगीतलाई माध्यम बनाउँछन्। समयक्रममा त्यसले लोक संगीतको रूप धारण गर्छ।, ‘जसले यहाँको गीत बनायो, ऊ निकै पीडामा थियो होला। अहिले जसले ती गीत गाउँछन्, उनीहरूले पनि गीतको मर्म महसुस गरेर गाउँछन्। त्यो दर्द, त्यो पीडा नै मिथिलाको लोक संगीत हो,’ मल्लिकले भने, ‘कोही बारामासा रोपाइँ गर्न गाएको हुन्छ। ऊ कामको पीडा बिर्सन गीत गाउँछ। अर्को गोदना (हिजोआजको ट्याटुजस्तै शरीरमा बुट्टा कुँदने परम्परागत कला) मा शरीर घोप्दा जुन पीडा हुन्छ, त्यसलाई बिर्सन पनि गीत गाइन्छ। बाल विवाह, लैंगिक हिंसा, सामाजिक उत्पीडन लगायत महिलाहरूले जन्मदेखि मृत्युसम्म झेल्नुपर्ने सबै किसिमका पीडालाई यहाँ गीतमा समेटिएको छ।’, घरायसी स्तरमा एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै आएकाले मैथिली लोक संगीतको इतिहास कति पुरानो भनेर यकिन्न गर्न सकिन्न। यसको निम्ति पुराना अभिलेखहरू खासै भेटिन्नन्। तेह्रौं वा चौधौं शताब्दीतिरका केही लिखित अभिलेख फेला परेका छन्, जुन मैथिली सभ्यताका पहिलो साहित्यकार मानिने ज्योतिरीश्वर ठाकुरका अभिलेख हुन्। उनले सिमरौनगढका राजा हरसिंहदेवको पालामा गद्य शैलीमा ‘वर्णरत्नाकर’ भन्ने ग्रन्थ लेखेका थिए।, उक्त ग्रन्थमा तत्कालीन मिथिला समाज कस्तो थियो, यहाँका युवा र राजाहरू कस्ता थिए, तिनीहरूले कस्ता पहिरन लगाउँथे, त्यति बेला यहाँ कस्ता नाचगान र बाजाहरूको प्रचलन थियो भन्ने विवरण समेटिएका छन्।, ‘वर्णरत्नाकरमा लौडिक नाचको चर्चा छ। डम्फाको चर्चा छ। गीतहरूको वर्णन छ,’ मल्लिकले भने, ‘साहित्यको विकासक्रम हेर्ने हो भने सुरूमा पद्य ग्रन्थहरू लेखिएको मानिन्छ। ज्योतिरीश्वर ठाकुरको वर्णरत्नाकर भने गद्यमा लेखिएको छ। यसबाट ज्योतिरीश्वरको पालामा गद्य रचनाको चलन आइसकेको थियो भन्ने थाहा हुन्छ। तर उनीभन्दा अगाडि कति पद्य ग्रन्थ लेखिए होलान्, जुन हामीले अझै भेट्टाउन सकेका छैनौं।’, ज्योतिरीश्वरपछि चर्चामा आएका अर्का मैथिली साहित्यकार हुन्, विद्यापति। उनको समयमा लोक–संगीत झनै फैलिन र विकसित हुन पायो। उनले लेखेका गीत यति प्रख्यात भए, ती भारतको आसाम, उडिसा, बंगाल र नेपालको काठमाडौं उपत्यकासम्म पुगे। त्यसैले काठमाडौं उपत्यकामा गाइने भजनहरूमा विद्यापतिका रचना धेरै भेटिन्छन्।, ‘विद्यापति यति प्रख्यात थिए, बंगालका मान्छेले समेत विद्यापतिलाई बंगाली कवि हुन् भनेर दाबी गर्न थाले। उनीहरूले धेरै समयसम्म विद्यापतिलाई मैथिली कवि नै मानेनन्,’ संगीतकार मल्लिकले भने।, उनका अनुसार विद्यापतिलाई बंगालमा ‘कवि कष्ठाहार’ भनिन्छ, जसलाई यहाँ महाकवि भनिन्छ।, धेरैपछि बंगालीहरूले विद्यापति बंगाली कवि हुन् भनेर दाबी गर्न छाडे। यसको कारण के भने, विद्यापतिले लेखेको लिपि मिथिलाक्षर थियो। बंगालको लिपि मिथिलाक्षरसँग धेरै मिल्छ, तर विद्यापतिले लेखेका कतिपय शब्द बंगालमा प्रचलनमै थिएन।, विद्यापतिले चौधौं शताब्दीमा रचना गरेको यात्रा वृत्तान्त किताब ‘भूपरिक्रमा’ मा जनकपुरका केही ठाउँ र पोखरीको उल्लेख छ।, मल्लिकका अनुसार लोक संगीतको जड सहरभन्दा टाढा गाउँमा बसेको हुन्छ। सहरमा भेटिने लोक संगीत गाउँको नक्कल मात्र हो।, मिथिलाको लोक संगीतमा जन्मदेखि मरणसम्मको गीत पाइन्छ। प्रत्येक संस्कारमा विविध गीत छन्। त्यसलाई बिस्तारै मल्लिकले अभिलेखीकरण गरिरहेका छन्।, ‘हामीले यहाँका गीत खोज्न र अभिलेखीकरण गर्न धेरै अनुसन्धान गरेका छौं। तिनको नोटेसन लेख्ने काम पनि हुँदैछ। यसले भोलिका दिनमा नयाँ पुस्ताले हाम्रो गीत–संगीता हरायो भनी पछुताउनुपर्ने छैन,’ मल्लिकले भने, ‘पहिले गीत लेखिन्न थियो, अभिलेख गरिन्न थियो। तैपनि एक कण्ठबाट अर्को कण्ठमा सर्दै गयो र जोगियो। अब त झन् रेकर्ड गर्ने सिस्टम आइसक्यो। मैले नै ३०–३५ वर्षदेखि यसमा काम गरिरहेको छु। त्यसैले अब ती गीतहरू हराउँदैनन्।’, लोक संगीत जोगाएर राख्ने एउटा माध्यम विवाह र उत्सवहरू हुन्।, विवाहले लोक संगीत कसरी बचाइरहेको छ भनेर प्रत्यक्ष हेर्न हामी पनि मिथिलाको एउटा विवाहमा सरिक हुन जाऊँ है त!, धीरेन्द्र प्रेमर्षी र रूपा झा। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, हामीले यो अध्यायको सुरूमै सीताले कसरी आफूलाई रावणजस्तो वर नपरोस् भनेर गौरी पूजा गरेको प्रसंग बताइसक्यौं। त्रेतायुगमा सीताले गरेको भनिएको गौरी पूजा मिथिलामा आज पनि कायम छ। यहाँ तेह्र-चौध वर्षको उमेरदेखि केटीहरू गौरी पूजा गर्छन्। माघदेखि फागुनसम्म यस्तो पूजा चल्छ। जब बेहुला जन्ती लिएर आउँछ, त्यति बेला पनि गौरी पूजा हुन्छ र बेहुला गएपछि बल्ल त्यो पूजा समापन गरिन्छ।, मिथिलाको विवाह दिउँसो नभई रातभर चल्छ। जब जन्ती बेहुलीको घर आउँछ, बेहुलालाई आरति गरेर भित्र लगिन्छ। त्यसपछि बेहुलाको ‘परीक्षण’ विधि सुरू हुन्छ र यसको निम्ति परीक्षण गीत गाइन्छ।, परिछन चलियौ सखी,
रामसन जमैया हे,
सोहाबन लागे,
सोनाके डाला लिय साजि,
हे सोहबन लागे, ‘यो परीक्षण गीतले रामचन्द्र भगवान मिथिलामा विवाहका लागि जन्ती लिएर आउनुभएको छ, मिथिला धन्य भयो, भगवानको सौन्दर्य यस्तो छ, सीता-रामको जोडी भएपछि राम्रो हुन्छ भन्ने वर्णन गरेको छ,’ गायिका रूपा झाले परीक्षण विधिमा गाइने गीतको अर्थ लगाउँदै भनिन्, ‘हाम्रोमा जन्ती आउँदा थरीथरीका सामग्री डालोमा लिएर आएका हुन्छन्। चामलमाथि दियो राखिएको हुन्छ। कछुवाको खबडालाई दियो बनाइएको हुन्छ। माटाका अन्य भाँडाहरू पनि हुन्छन्। ती सबै विवरण परीक्षण गीतले दिएको छ।’, परीक्षण विधिको मुख्य विशेषता बेहुलीका लागि बेहुला अब्बल छन् कि छैनन् भनेर मूल्यांकन गर्ने हो। त्यसैले दुलहा आइसकेपछि पानको पातले उनको नाक समातेर भित्रसम्म लगिन्छ। यो केटाको नाक परीक्षण गर्ने विधि हो।, दुलहालाई भित्र लैजाँदा गीत चलिरहेको हुन्छ। त्यहाँ माटोका सामग्री, चामल, गोबर, बेसार लगायत सामान हुन्छन्। त्यसपछि परीक्षण विधिअन्तर्गत ‘ठकबक’ भन्ने प्रक्रिया सुरू हुन्छ, जसमा छुन हुने र छुन नहुने कुराहरू हुन्छन्।, ‘यो चिज छुन हुन्छ र यो छुन हुन्न भनेर गीतमै भनिएको हुन्छ। बेहुलालाई घरमा पनि के–के छुन हुने र के–के छुन नहुने भनेर सिकाएर पठाइन्छ। तर भीडभाडमा बेहुला नर्भस भइहाल्छ। उसले गीतमा राम्ररी ध्यान दिन पाउँदैन। हडबडमा ऊ छुन नहुने कुरा पनि छुन्छ र कति छुनुपर्ने कुरा नछोई बस्छ,’ रूपाले भनिन्, ‘यो विधिको मुख्य प्रयोजन दुलाहाको बौद्धिक क्षमता जाँच्नु हो। उसले छुन हुने र नहुने चिज छ्यासमिस गरेपछि त्यहाँ राम्रो हँसीमजाक चल्छ।’, दोस्रो चरणको परीक्षण सकिएपछि दुलाहालाई डालोमा भएको पानको पात समातेर तीनपटक उठबस गर्न लगाइन्छ। केटाका हातखुट्टा ठिकठाक छन् कि छैनन् भनेर जाँच्ने यो परीक्षणको उद्देश्य हो।, त्यसपछि दुलाहालाई फेरि पानको पातले नाक समातेर घरको आँगनमा लगिन्छ। त्यहाँ सालीहरूले दुलाहाको ‘द्वार छेकाई’ गर्छन्। त्यस बेला दुलाहासँग हँसीमजाक हुन्छ, पैसा पनि मागिन्छ।, यसरी आँगनमा ल्याउँदासम्म निरन्तर गीत चलिरहेको हुन्छ, जसलाई ‘बटगवनी’ भनिन्छ। बाटोमा गाउने गीत भएकाले यसलाई बटगवनी भनिएको हो।, ‘बाटोमा हिँड्दा गाइने यस गीतमा जुन महिना चलिरहेको छ, त्यही महिनाको गीत गाइन्छ। विवाह वैशाखमा हुँदैछ भने वैशाखको गीत गाइन्छ। अहिले होली नजिक छ, त्यसैले बटगवनीमा होलीको गीत चल्छ,’ रूपाले भनिन्।, अहिलेको बटगवनी गीत यस्तो हुन्छ–, मिथिलामे राम खेलए होरी,
रामजीके हाथ कनक पिचकारी,
सियाजीके हाथ अबिर झोरी,
मिथिलामे राम खेलए होरी, आँगनबाट दुलाहालाई फेरि कोठामा लगिन्छ। त्यहाँ ‘ओठंगर कुटाई’ विधि हुन्छ। यो विधिअन्तर्गत सात जना विवाहित पुरूष र एक जना बेहुला गरी आठ जनाले ओखलमा धान कुटेजस्तो गर्छन्। त्यही भएर यसलाई ओठंगर भनिएको हो।, ओठंगरको पनि आफ्नै गीत छ। जब बेहुला ओठंगरमा व्यस्त हुन्छ, बेहुली आँप र महुवासँग विवाह गर्न जान्छिन्। यति बेला पनि बेहुली जाँदै गर्दा बटगवनी गीत गाइन्छ।, ‘महुवा वनस्पति हो, जसबाट पहिला मदिरा बनाइन्थ्यो। त्यो गरिबहरूको आहार पनि थियो। आँप र महुवा दुवैसँग विवाह गराउनु भनेको यस्ता वनस्पतिलाई घर छेउछाउमै राख्नुपर्छ भन्न खोजिएको हो। यसको प्रतीकात्मक अर्थ पनि छ। यसले वैवाहिक जीवन आँपजस्तै मधुर होस् र महुवाजस्तै मादक होस् भनेर संकेत गर्न खोजेको हो,’ गीतकार धीरेन्द्र प्रेमर्षिले भने।, रूपाका अनुसार अचेल महुवासँग विवाह गर्ने चलन निकै कम भइसक्यो, आँपसँग भने अझै हुन्छ।, ‘यो विधिका लागि कम्तिमा आँप फलेको बोट हुनुपर्छ,’ उनले भनिन्, ‘त्यहाँ गएर आँपको बोट वरिपरि पाँचपटक घुम्ने र पूजाआजा गर्नुपर्छ। त्यसमा पनि गीत हुन्छ।’, सुनील मल्लिक। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, जब बेहुलीले आपसँग विवाह गरेर आउँछिन्, उनले लुगा धुने धोबी जातकी महिलाको कपालको पानी खानुपर्छ। यसलाई ‘धोबीन सुहाग’ भनिन्छ।, बटसावित्रीको कथामा धोबी र ब्राह्मणबीच अन्तरजातीय विवाह भएको प्रसंग छ। कथाअनुसार धोबी महिलासँग विवाह गरेपछि ब्राह्मण केटाको घरमा लक्षण भित्रिन्छ। त्यसैले धोबी महिला एकदमै भाग्यमानी र गुणी हुन्छिन् भन्ने भनाइ छ।, ‘दुलहीले धोबी महिलाको कपालको पानी खाँदा हलोको जुवामा राखेर खानुपर्छ। त्यति बेला ती महिलाले मलाई यो दिनू, त्यो दिनू भनेर गीत गाउँछिन्,’ रूपाले भनिन्, ‘दलित समुदायको भए पनि उनको कपालबाट पानी खानुपर्ने परम्पराले मिथिला समाज कति सुन्दर ढंगमा बसेको छ भन्ने थाहा हुन्छ।’, ‘हाम्रो विवाहमा चाहिने लकडी (काठ) पनि हजाम समुदायले ल्याउँछन्। जो मान्छेले ठूलो र सानो जात भनेर जातीय संकीर्णता बोकेका छन्, तिनीहरूले मिथिला विवाह हेरे हुन्छ।’, उनले अगाडि भनिन्, ‘परम्परागत शैलीमा विवाह गर्न खोज्नेले प्रायः सबै विधि समेट्न खोज्छ। मैले काठमाडौंमै तीन–चारवटा विवाह हेरेकी छु, जसमा जनकपुरतिरबाटै धोबी महिलाहरू खोजेर लगिएको थियो।’, धोबी महिलाको कपालको पानी खाएपछि ‘न्यना जोगिन’ विधि सुरू हुन्छ।, यसमा दुलहीलाई भगवतीको कोठामा राखिन्छ। उनीसँगै उनकी बहिनीलाई पनि राखिएको हुन्छ। दुवैले एउटै लुगा लगाएका हुन्छन्। उनीहरूको अनुहार घुम्टोले छोपिएको हुन्छ। दुलहाले घुम्टोमा रहेका दुई जना केटीमध्ये आफ्नी श्रीमती कुन हो भनेर चिन्नुपर्छ।, त्यति बेला महिलाहरूले यस्तो गीत गाउँछन्–, दुलहा! बामा कनियाँ ,
दहिना बैसल सारि यौ,
चिन्हू अपन नारि यौ ना, यो गीतमा भनिएको छ– बायाँ तिम्री बेहुली छिन्, दायाँ साली छिन्। तिमी बेहुली को हुन् चिन।, दुलाहाले झुक्किएर सालीलाई देखाए भने त्यहाँ फेरि उनको मजाक उडाइन्छ। त्यस बेला चारतिर न्यना जोगिनहरू हुन्छन्। उनीहरूको पूजा पनि गर्नुपर्छ।, त्यसपछि दुलाहा र दुलहीलाई कोहबरमा लगिन्छ।, कोहबरले विवाहको समयमा मण्डपको काम गर्छ। त्यही कोठा पछि सुहाग कक्ष हो।, कोहबरका भित्तामा मिथिला चित्र कुँदिएका हुन्छन्, जसमा मान्छेको जनजीवन, वैवाहिक जीवन र तान्त्रिक प्रतीक अंकित गरिन्छ।, विवाह पक्कापक्की भइसकेपछि साइतभन्दा १०–१५ दिनअघिबाट कोहबर सजाउने काम सुरू हुन्छ। कसैको कोहबरमै विवाहका बाँकी गतिविधि हुन्छन् भने कसैको आँगन वा छतमा हुन्छ।, ‘मेरो घरमा आँगन वा छतमा गर्ने चलन थियो,’ प्रेमर्षिले भने, ‘रूपाको माइतीमा भने कोहबर कोठामा गरिन्थ्यो।’, मिथिला चित्रमा सीता र रामको विवाह। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, कोहबरमा बेहुलाले पण्डितले भनेको मन्त्र पढ्नुपर्छ। त्यो बेला बेहुली त्यहाँ साक्षी बस्छिन्। बेहुला र बेहुलीलाई सघाउने काम ‘विधकरी’ को हुन्छ। विधकरीको भूमिका बेहुलाको परीक्षणदेखि विवाहको समापनसम्म जारी रहन्छ। खासगरी बेहुलीकी दिदी वा भाउजूलाई विधकरीको जिम्मा दिइन्छ।, कोहबरमा मातृका पूजा हुन्छ, कन्यादान पनि हुन्छ। कन्यादान गर्ने मान्छे दिनभर केही नखाई बसेका हुन्छन्। कन्यादानको समयमा ‘सम्मर’ गीत गाइन्छ, जसलाई कुमार गीत पनि भनिन्छ।, ‘गीतमा छोरीको विवाह गर्दा अप्ठ्यारो भयो, कति केटा खोज्दा पनि भेटिएन भनिन्छ। त्यही गीतमा छोरीलाई अयोध्या जानू, त्यहाँ रामचन्द्र भगवान छन् भनेर सुझाव पनि दिइन्छ,’ रूपाले भनिन्, ‘अब आजदेखि छोरी पराई भइन्, अरूको घर जान लागिन् भन्ने पीडा पनि गीतमा अभिव्यक्त गरिएको हुन्छ।’, कोहबरमै ‘सीथ नोतव’ विधि हुन्छ, जसमा सुनमा घोटिएको चन्दन बेहुलाले बेहुलीको हात र घाँटीमा अंकमालजस्तो गरेर लगाइदिनुपर्छ। त्यसपछि दुवै जना मिलेर धान भुटेर निकालिएको लाभा छर्दै सातपटक घुम्नुपर्छ।, ‘यो विधि केटा र केटीलाई अलिकति भए पनि नजिक ल्याउन बनाइएको हुनुपर्छ,’ प्रेमर्षिले भने।, त्यसपछि सिन्दुर दान हुन्छ, जसको आफ्नै गीत छ। त्यति बेला बेहुलाले बेहुलीलाई रातो नभई भुसुना सिन्दुर भनिने सुन्तला रङको सिन्दुर लगाइदिन्छन्। त्यही बेला अन्य पाँच जना महिलाले पनि बेहुलीलाई सिन्दुर लगाइदिन्छन्।, सिन्दुर दानपछि हुनेवाला जेठाजुले बेहुलीलाई घुंघट (घुम्टो) दिन्छन्।, ‘जेठाजुले घुंघट हाल्ने र भाइले हटाइदिने काम दुईपटकसम्म हुन्छ। तेस्रोपटकमा जेठाजुले राम्रोसँग घुंघट हालिदिन्छ,’ रूपाले भनिन्, ‘अबदेखि तिमी हाम्रो घरको भयौं र तिमी हाम्रो घरको इज्जत हौ भनेर यसरी घुंघट हालेको हुनुपर्छ। माइतमा जसरी बसे पनि हुन्छ, घुंघट नराखे पनि हुन्छ, तर मेरो घर आएपछि इज्जतसँग बस्नुपर्छ भनेर घुंघट राखिएको होला।’, मिथिलामा पछिल्लो समय आएको यो घुंघट अर्थात् घुम्टो प्रथालाई संगीतकार सुनील मल्लिक पुरूषवादी सोचको उपज मान्छन्। किनभने, सीता जन्मिएको भूमिमा महिलालाई स्वतन्त्रता थियो, घुम्टोले उनीहरूलाई बाँध्ने र स्वतन्त्रता हनन् गर्ने काम गरेको छ।, ‘जब महिलामाथि घुम्टो प्रथा सवार भयो, यसले उनीहरूलाई वस्तु वा चिज बनायो,’ मल्लिकले भने, ‘मिथिलाकी सीता त बहिर्मुखी थिइन्। घुम्टो र पुरूषवादी सोचले महिलाका लागि निश्चित ठाउँ तोकिदियो। महिलालाई गृहिणी किन भनिन्छ? यो शब्द नै महिलाहरू घरमै बस्ने हो, बाहिर जाने होइन भन्ने लैंगिक विभेदबाट आएको हो। अहिले बल्ल महिलाहरू आफ्नो अधिकारका लागि लड्न थालेका छन्। तर लैंगिक विभेदका संस्कार अझै पनि हाम्रो विवाह परम्परामा जीवित छन्।’, विवाहमा गीत गाउँदै महिलाहरू। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, मिथिला परम्पराअनुसार भइरहेको विवाह। तस्बिर: कृष्ण महतो, सिन्दुरदान र घुम्टोपछि चुमावन विधि हुन्छ। यसको पनि आफ्नै गीत छ।, चुमावनमा डालाजस्तो भाँडामा धान, पाँचथरी मिठाइ, फलफूल, दही र दुबो राखिएको हुन्छ। धान र दुबो लिएको हातले शिरमा छोएर बेहुला र बेहुलीलाई आशीर्वाद दिइन्छ।, विवाह बेला यी सबै विधि भइरहँदा गौरी पूजा र मौहक पूजा पनि जारी रहन्छ। गौरी पूजामा सुपारीलाई गौरी मानेर सिन्दुरले पूजा गरेपछि बेहुलीले आफ्नो सिउँदोमा लगाउने चलन छ। त्यति बेला बेहुलाले पछाडिबाट बेहुलीलाई आवश्यक सामान दिइरहेको हुन्छ।, त्यसपछि रातभर हुने विवाह विधि समाप्त गरेर पण्डितले ‘बेहुलीलाई आकासको तारा देखाएर ल्याउनू’ भनेर बेहुलालाई भन्छन्।, ‘सायद आकासको तारा हेरर सुखी जीवनको कल्पना गर्नू भनेर भनिएको हुनसक्छ,’ प्रेमर्षिले भने।, तारा देखाएपछि ‘नगहर’ हुन्छ। यति बेला पण्डित विवाह सम्पन्न गरेर आफ्नो घर गइसकेका हुन्छन्। विवाह घरमा रहेका दुई जना महिला माटोको घैलामा पानी भर्न नजिकैको पोखरीमा जान्छन्। त्यही पानीले चार दिनपछि दुलहा–दुलहीले नुहाउनुपर्छ।, त्यसपछि जन्तीलाई खाना खुवाइन्छ। यस क्रममा डहकन गीत गाउने चलन छ। त्यसमा बेहुली पक्षकाले बेहुला पक्षका व्यक्तिहरू, खासगरी सम्धीलाई तथानाम गाली गर्छन्। उनीहरू जन्तीले आफ्नो आवाज सुन्ने तर आफूहरू नदेखिने ठाउँमा बसेर यो गीत गाउँछन्। गीत यस्तो हुन्छ–, एहन सुन्दर राम ललाके जुनि पढियनु कियो गारी हे,
हास–विलास–विनयसँ पुछियनु उचित कथा दुइचारी हे,
प्रथम कथा ई पुछियनु सजनी कहता कनेक विचारी हे,
गोरे दशरथ गोरे कौशिल्या राम–भरत किए कारी हे, ‘डहकन गीत दाइजोलाई लिएर गाइन्छ। तिमीले छोरालाई दाइजोमा बेच्यौ, छोरालाई श्रीमतीको दूधको दाममा बेच्यौ लगायत भनेर बेहुलाका बुवालाई गाली गरिन्छ। तिम्रो दिदी यस्तो, बहिनी यस्तो भनेर केटी पक्षका महिलाले भन्नुसम्म भन्छन्,’ रूपाले भनिन्, ‘उनीहरू भगवान रामलाई समेत गाली गर्न छाड्दैनन्। दशरथ पनि गोरा छन्, कौशल्या पनि गोरी छन्। उनीहरूका अरू छोरा लक्ष्मण र भरत पनि गोरै छन्। राम चाहिँ किन काला भए भनेर गाली गर्छन्। कतै आमा अन्तै गएर रामलाई जन्माएकी त होइन भनेर ठट्यौली पनि गरिन्छ।’, यी सबै विधिपछि जन्तीलाई खुवाइवरी पठाइन्छ। अब विवाह सकियो भन्ने तपाईंहरूले सोच्नुभयो होला। त्यसो भए तपाईं गलत हुनुहुन्छ। विवाहको मुख्य विधि त बल्ल सुरू हुँदैछ।, माथिका सम्पूर्ण विधि पूरा गरिसकेपछि बेहुलालाई कोहबर घरमा सुताइन्छ भने बेहुलीलाई विधकरीसँग चार दिन छुट्टै राखिन्छ। , यी चार दिन उनीहरूले नुन पनि खाँदैनन्। विधकरीले पनि त्यतिञ्जेल नुन खाँदिनन्।, यसरी छुट्टाछुट्टै सुताउनु र नुन नखुवाउनुको कारणबारे गीतकार प्रेमर्षि भन्छन्, ‘नुन नखाएपछि शारीरिक रूपले दुवै शिथिल हुन्छन्। यसले उनीहरू मानसिक रूपमा मात्र एकअर्काको नजिक आउन सक्ने भए।’, चार दिन अलग्गै राख्नुको अर्को कारण पनि छ।, यसबीच बेहुलामा केही शारीरिक वा व्यावहारिक कमजोरी देखियो भने उसलाई छोरी नदिई फिर्ता पठाइन्छ। कुनै कमजोरी देखिएन भने बल्ल विवाह गराइन्छ।, ‘चार दिन मात्र होइन, विवाह गरेको वर्ष साउन महिनामा पर्ने मधुश्रावणीसम्म पनि केटामा कुनै खराबी पाइयो भने केटीलाई फर्काउन मिल्छ। त्यसरी फर्काइएका धेरै उदाहरण छन्,’ प्रेमर्षिले भने, ‘त्यसैले सांस्कृतिक रूपले हेर्दा मधुश्रावणीसम्म केटीका तर्फबाट विवाह शतप्रतिशत सम्पन्न भएको हुँदैन। चार दिनमा ९९ प्रतिशत हुन्छ भने मधुश्रावणीपछि मात्र शतप्रतिशत हुन्छ।’, ‘त्यही भएर सबै परम्परा पुर्याएर विवाह गर्नेको जोडी कहिल्यै असफल हुँदैन भन्ने मिथिलामा भनाइ नै छ,’ उनले भने।, बेहुला र बेहुली छुट्टाछुट्टै बस्नुपर्ने चार दिनको बीचमा पनि गीत–संगीत चलिरहेको हुन्छ। यो बेला बिहान प्राति गीत, दिउँसो मौहक गीत र साँझ सन्ध्याकालीन गीत गाइन्छ। यसमा बढीजसो राधा र कृष्णका गीत गाइन्छन्। राम र सीता वनवास गएका गीतहरू पनि हुन्छन्। तर विवाह प्रणयसँग जोडिएकाले पीडाको भन्दा राधाकृष्णको प्रेमगीत नै बढी गाउने चलन छ।, यी चार दिनको अवधिभरि हरेक दिन बेहुलाले आफू बस्ने कोहबरबाट विधकरीसँग बसेकी बेहुलीलाई लिन जान्छन् र हात समातेर गौरी पूजा चलिरहेको ठाउँसम्म ल्याउँछन्। पूजाआजा गर्छन्। यो बेला पनि बटगवनी गीत गाइन्छ। चार दिनसम्म हरेक साँझ चुहावन प्रक्रिया पनि हुन्छ।, यी चार दिनमा केटा र केटी दुवैले घरका काम गर्दैनन्। उनीहरूलाई आँगन र घरको चार किल्लाभन्दा बाहिर जाने छुट हुँदैन।, ‘उनीहरू सँगै नबसे पनि एकअर्काबाट अलग नहोऊन् र विवाहको समयमा केही अशुभ नहोस् भनेर यसो गरिएको हो,’ प्रेमर्षिले भने, ‘चार दिनसम्म काम नलगाउनुको कारण पनि उनीहरूलाई प्रशस्त आराम होस् भनेर हो।’, मिथिलाको विवाह परम्परामा गरिने मटकोर विधि। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, चार दिन पूरा गरेपछि दुलाहा र दुलहीले चार दिनअघि घैलामा ल्याएको पानीले नुहाउनुपर्छ। त्यसअघि बेसार र दही मिसाएर हिजोआज ‘फेसन’ बन्दै गएको हल्दी लगाउने परम्परा पनि हुन्छ।, बेहुला र बेहुलीले त्यस दिनसम्म पहेँलो लुगा लगाएका हुन्छन्। बेहुलाले पहेँलो धोती र बेहुलीले पहेँलो सारी लगाउँछन्। चार दिनपछि नुहाइसकेपछि बेहुलीले रातो लुगा लगाउँछिन् भने बेहुला विवाहको औपचारिक पहिरनमा सजिन्छन्।, चार दिनपछि बल्ल मूल विवाह सुरू हुन्छ। त्यो दिन बेहुलाले बेहुलीलाई रातो सिन्दुर लगाइदिन्छन्।, ‘त्यस दिन थरीथरीका परिकार पकाइएको हुन्छ। चार दिनसम्म नुन नखाएका बेहुला–बेहुली र विधकरीले पनि यस दिन नुन र अन्य खानेकुरा खान्छन्। केटाको घरबाट माछा र दही आएको हुन्छ। त्यसलाई अहिले फालाफाल गरेर खाने चलन आएको छ,’ रूपाले भनिन्, ‘राति अरू दिनजस्तै चुमावन हुन्छ। त्यस दिन केटीलाई विधिवत् रूपमा केटाको घर पठाइन्छ।’, केटाको घर पुगेपछि अर्थात् पाचौं दिन ‘दहनही’ हुन्छ, जसमा नजिकैको दह अर्थात् पोखरी गएर बेहुलीले नुहाउनुपर्छ। यसमा पाँचथरीका अनाज मिसाएको सामग्री लगेर पोखरीको पूजा गर्नुपर्छ।, त्यस क्रममा फेरि डहकन गीत चल्छ। यसमा नन्दले भाउजूलाई गीतमार्फत् गाली गर्छिन्।, ‘भर्खर विवाह भएकी केटीलाई हौस्याउने र हँसाउने रत्यौलीजस्तो गीत हुन्छ,’ रूपाले भनिन्।, यहाँ आइपुगेपछि मिथिलाको विवाह विधि र विवाहमा गाइने गीतहरू समाप्त हुन्छ।, ‘मिथिलाक कथाभस’ शृंखलाअन्तर्गत कथाहरू खोज्न जनकपुर आएदेखि मलाई (सबिना श्रेष्ठ) जनकपुरको परम्परागत विवाह हेर्ने रहर थियो। त्यो रहर हवाइजहाजमा भेटिएका एक अपरिचित सहयात्रीले झनै बढाइदिएका थिए।, उनले भनेका थिए, ,‘जनकपुरमा त भव्य विवाह हुन्छ।’, झन् सुरेन्द्र मल्लिक, धीरेन्द्र प्रेमर्षि र रूपा झाबाट मिथिला विवाहका विविध संस्कारबारे थाहा पाएपछि यहाँको कुनै विवाहमा सरिक हुने मेरो चाहना झनै बढ्यो। त्यसैले मैले यस शृंखलाका सहलेखक रोहित महतोलाई जनकपुरको विवाह देखाउन पटकपटक आग्रह गरेकी थिएँ।, संयोग कस्तो भयो भने, म जनकपुर आएकै बेला उनको साथीको विवाह पर्यो। हामीले विवाहकै दिनका विधि त हेर्न पाएनौं, तर त्यसअघिको ‘मटकोर’ हेर्यौं। यसका लागि हामी जनकपुरनजिकै पर्ने क्षिरेश्वरनाथ नगरपालिकास्थित दिगम्बरपुर गाउँ गएका थियौं।, मटकोरमा माटो लिन जाने, चुल्हो बनाउने, लाभा छर्ने लगायत गतिविधि हुन्छ। माटो खनेर चुल्हो बनाउने भएकाले यसलाई मटकोर भनिएको हो।, गायिका रूपा झा र धीरेन्द्र प्रेमर्षिलाई हामीले मटकोरबारे सोध्दा उनीहरूले भने, ‘हामीले विवाहका जुन विधिहरू बतायौं, त्यो ब्राह्मण, कायस्थ, देव, सोनार लगायत जातिका हुन्। यहाँ सोनारलाई पहाडतिरजस्तो दलित जाति मानिन्न। यसबाहेक अन्य समुदाय गुप्ता, मण्डल, यादव लगायतको विवाह अलि फरक हुन्छ। उनीहरूको विवाहमा माटो खन्ने, बाँस काट्ने लगायत काम गरिन्छ। यसैलाई मटकोर भनिन्छ। हामीले भने ती काम ब्रतबन्धकै बेला गरिसकेका हुन्छौं, त्यही भएर विवाहमा गर्नुपर्दैन।’, अन्य विवाह विधि पनि ब्राह्मण, कायस्थहरूभन्दा अलि फरक हुने र छोटो पनि हुने उनीहरूले बताए।, मलाई मटकोरमा सबभन्दा अचम्म लागेको चाहिँ त्यहाँ बेहुलाले बेहुलीको जस्तै घुम्टो लगाएर आफ्नो घरदेखि इनारसम्म जानुपर्ने रहेछ। त्यसबारे प्रेमर्षिले भने, ‘त्यसलाई पग वा शिरमौर भनिन्छ। त्यो बेहुलीले लगाउनेजस्तो घुंघट होइन, बेहुलालाई सजाउन बनाइएको बुट्टेदार लुगा हो।’, मिथिलाको विवाह परम्परामा गरिने मटकोर विधि। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, यी दुई समुदायको विवाह विधिमा थोरै फरक भए पनि दुवैलाई गीतले जोडेको छ। कति गीत त एउटै गाइन्छ।, मिथिलाका विवाहमा गाइने गीतमा सीता र रामको विवाहको प्रसंग धेरै आउँछ। तर मिथिलावासीहरूले रामजस्तो केटासँग छोरीको विवाह नहोस् भनेर कामना गर्ने गरेको प्रेमर्षि बताउँछन्।, ‘यस्तो किन त?’, जवाफमा उनले भने, ‘सीताले रामसँग विवाह गरेर दुःख मात्र पाइन्। उनले विवाहपछि वनवास जानुपर्यो। वनवासबाट फर्किएपछि अग्निपरीक्षा पनि दिन लगाइयो। सीताको विवाहपछिको समय पीडादायक र कष्टकर रह्यो। त्यसैले मिथिलावासीहरू आफ्नी छोरीको विवाह रामजस्तो केटासँग नहोस् भनेर प्रार्थना गर्छन्।’, उनले यो पनि भने, ‘राम–सीताको विवाह सम्झिएर मनाइने विवाह पञ्चमीमा पनि हत्तपत्त छोरीको विवाह गराउँदैनन्। झन् अयोध्याको केटासँग त विवाह नै गराउन नपरोस् भन्ने कामना गर्छन्।’, सानैदेखि यो कुरा सुन्दै आएका गीतकार प्रेमर्षि पहिले सोच्थे रे– यदि आफ्नी छोरीले सीताको जस्तो जीवन बेहोर्नुनपरोस् भन्ने आमाबुवाको कामना हुन्छ भने सीतालाई किन आदर्श नारी भनियो होला?, अहिले उनले यसको जवाफ पाइसकेका छन्।, ‘रामले जे भन्यो, त्यसलाई सहर्ष स्वीकार गर्ने सीता मलाई आदर्श लाग्दिनन्,’ उनले भने, ‘सीताको आदर्श उनको कोख हो। उनले आफ्नो कोखबाट जन्मिएका लव र कुशलाई एक्लै पालनपोषण गरिन्, एक्लै शिक्षादिक्षा दिइन्। उनले एकल आमाका रूपमा आफ्ना दुई छोरालाई यति योग्य बनाइन्, उनीहरूले अहंकारी रामको अश्वमेघ यज्ञको घोडा समातेर रोके।’, ‘यति मात्र होइन, राम जंगलमै आएर दरबार फर्किन आग्रह गर्दा पनि सीता फुरूंग परेर रामको पछि लागिनन्। आफूलाई तिरस्कार गरेर निकालिएको रामको दरबार जानुभन्दा उनी धर्तीमा समाहित भइन्। मलाई सीताको त्यो रूप आदर्श लाग्छ।’, मिथिलावासीहरू आफ्नी छोरीलाई रामजस्तो बेहुला नपरोस् भनेर कामना गरे पनि राम र सीतालाई आदर्श जोडी चाहिँ मान्छन् र विवाहमा गाइने गीतहरूमा यही जोडीको सम्झना गरिरहन्छन्।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर, अध्याय ८ - ,जनकपुरका ५२ कुटी र ७२ कुण्ड, अध्याय ९ - ,'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ', अध्याय १० - ,भाषाको हेराफेरी!,
मन नपरे बेहुला छाड्न सक्ने मिथिलाको परम्परा |
सेतोपाटी संवाददाता कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थपिएको छ।, काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न चार दिन म्याद थप गरेको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। तीनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय खनाललाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको थियो।, आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। , न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।, कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए। ,
डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थप |
सुनिता सिटौला खाना पकाउने ग्यासबाट हुने आगलागी वा दुर्घटनाका खबर हामीले दिनहुँजसो सुन्दै आएका छौं। यसका विभिन्न कारणमध्ये भान्सामा प्रयोग हुने सिलिन्डरका साथै रेगुलेटर, पाइप र चुल्हो गुणस्तरीय नहुनु पनि दुर्घटनामा जिम्मेवार हुन्छ।, दुर्घटनाबाट बच्न सिलिन्डर, रेगुलेटर, पाइप र ग्यास चुल्हो गुणस्तरीय प्रयोग गर्नुपर्ने नेपाल ग्यास बिक्रेता व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा बताउँछन्।, ‘अधिकांशले कम गुणस्तरका सामान प्रयोग गरिरहेका हुन्छन्,’ उनले भने, ‘यसले पनि आगलागी हुनसक्छ।’, उनका अनुसार रेगुलेटर, पाइप र ग्यास चुल्हो नेपालमै उत्पादन हुँदै आएको छ। भारतबाट पनि ठूलो परिमाणमा आयात हुन्छ। स्वदेशी वा विदेशी जहाँको प्रयोग गरे पनि गुणस्तरमा ध्यान दिनुपर्ने र यसका लागि आधिकारिक गुणस्तर चिन्ह प्राप्त सामान मात्र प्रयोग गर्नुपर्ने उनी बताउँछन्।, ‘नेपाली र भारतीय जुनसुकै सामान प्रयोग गरे भयो, तर गुणस्तर प्रमाणित हुनुपर्यो। नेपालमा उत्पादन भएको सामानलाई गुणस्तर तथा नापतौल विभागले 'एनएस' चिह्न दिएको हुन्छ। त्यस्तै भारतबाट आएको सामानमा 'आइएसआई' चिह्न अंकित हुन्छ,’ उनले भने, ‘अन्य देशबाट आएका सामानमा पनि ती देशको गुणस्तर चिन्ह राखिएको हुन्छ। हामीले त्यस्ता सामान मात्र प्रयोग गर्यौं भने धेरै दुर्घटनाबाट जोगिन सक्छौं।’, ग्यास पाइपका हकमा प्लास्टिकको प्रयोग नगरी तारै तारले जेलिएको रबरको पाइप प्रयोग गर्नुपर्ने उनले सुझाए।, ‘प्लास्टिकको पाइप फुट्ने र मुसाले खाने डर हुन्छ। त्यस्तो पाइप प्रयोग गर्न हुँदैन,’ थापाले भने, ‘प्लास्टिकको पाइप ग्यास चुल्होका लागि बनेकै होइन। यसको प्रयोग छुट्टै छ।’, ग्यासबाट हुने आगलागीको अर्को महत्वपूर्ण पक्ष हामीले प्रयोग गर्ने चुल्हो पनि हो।, आजभोलि धेरै कम्पनीका चुल्हो बजारमा पाइन्छन्। चुल्होको गुणस्तर पहिलेको तुलनामा निकै खस्किएको छ। ग्राहकले चुल्हो किन्दा बाक्लो खालको किन्नुपर्ने उनले बताए।, ‘बजारमा धेरै पातलो चुल्हो पनि पाइन्छ,’ उनले भने, ‘त्यस्तो चुल्हो प्रयोग गर्दा छिट्टै खिया लाग्छ र ग्यास लिक हुन्छ।’, यति मात्र होइन, ग्यास सिलिन्डरमा सेफ्टी क्याप राख्न उनले सुझाएका छन्। सबै सिलिन्डरमा अनिवार्य रूपले सेफ्टी क्याप राखिएको हुन्छ। तर प्राय:ले सिलिन्डर खोल्दा सेफ्टी क्याप बिगार्छन्। त्यसैले बिगारेको सेफ्टी क्याप फेरि राख्नुपर्ने थापाले बताए।, उनका खनुसार ग्यास लिक भयो भने सेफ्टी क्याप लगाएर सिलिन्डर कोठाबाहिर निकाल्नुपर्छ। त्यो बेला आगोजन्य वस्तु चलाउन हुँदैन।, ‘ग्यास लिक हुँदा सिलिन्डर आफैं विस्फोट हुने होइन। हामीले आगोजन्य वस्तु चलायौं भने मात्र विस्फोट हुने हो,’ उनले भने।, उनले ग्यास सिलिन्डर किन्दा कम्पनीको आधिकारिक डिलरबाट किन्नुपर्ने र सरकारले पनि एलपी ग्यासजस्तो प्रज्वलनशील पदार्थ बिक्री वितरणको अनुमति दिँदा यस क्षेत्रमा जानकार व्यक्तिलाई मात्र दिनुपर्ने उनको भनाइ छ।, गुणस्तर तथा नापतौल विभागकी प्रवक्ता ज्योति जोशी भट्ट ग्यास उद्योगमा गएर सिलिन्डरको गुणस्तर नियमित जाँच गरिरहेको दाबी गर्छिन्।, उनका अनुसार विभागले ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको गुणस्तर तोकेको छ। तोकिएको मापदण्डअनुसार उत्पादन गर्ने उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) दिइएको हुन्छ। एनएस चिह्न लिएका उत्पादन मात्र प्रयोग गर्न उनी उपभोक्तालाई सुझाउँछिन्।, विभागले ग्यास चुल्होको मापदण्ड पनि बनाउने तयारी गरिरहेको उनले बताइन्।,
ग्यास विस्फोटको जोखिम कम गर्न प्रयोग गरौं यस्ता सामान |
नवीनबाबु गुरूङ पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ।, हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि शनिबार परेको छ।, यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन्।, हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन्। यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ।, शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ। पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको बताएको छ।, फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।, यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।, पशुपति मन्दिर परिसरलाई सिँगारेर झकिझकाउ बनाइएको छ।, मन्दिर परिसरमा सरसफाइ पनि गरिएको छ। शनिबार बिहानदेखि नै पूजा गर्नेहरूको भीड लाग्ने हुनाले त्यसको पनि व्यवस्था मिलाइसकिएको पशुपति विकास कोषले जनाएको छ।, हेर्नुस् तस्बिरहरू:,
महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू) |
मन्दिरा घिमिरे महिनावारीका कुरा, एलिन भण्डारी पारलैंगिक पुरुष (ट्रान्सम्यान) हुन्। छोरीका रूपमा जन्म लिए पनि उनले आफ्नो लैंगिक पहिचान पुरूषका रूपमा गरेका छन्। , तीस वर्षअघि काठमाडौंको महाराजगञ्जनमा जन्मिएका उनको नाम एलिना थियो। उमेर बढ्दै जाँदा उनलाई आफू महिला नभएर पुरूष भएको महशुस हुन थाल्यो। आठ कक्षा पढ्दा आफू पुरूष नै भएको पक्का भयो। , उनले आफूलाई एलिनका रूपमा चिनाउन थालेको भने एक दशक भयो। , आफ्नो लैंगिक पहिचान पक्का नहुँदै एलिनको महिनावारी भएको थियो, १३ वर्षको उमेरमा।, पहिलोपटक महिनावारी भएपछि उनलाई परिवारले अर्कै घरमा लगेर राख्यो। एक सातासम्म लुकाइयो। पहिलो पटक महिनावारी हुँदा घरमा बस्नु हुँदैन र घरका पुरूष सदस्यलाई हेर्न हुँदैन भन्ने मान्यता थियो।, 'स्कुल जाने बेलामा ट्वाइलेट गएको थिएँ। शरीरबाट रगत आइरहेको रहेछ,' एलिनले त्यो पल सम्झिँदै भने, 'त्यसपछि आमालाई गएर भनेँ। आमाले ओहो तँ त पर सरिछेस्, महिनावारी भइछेस्, तँ बाहिर निस्किन हुँदैन भनेर लुकाउनुभयो।', लैंगिक पहिचानको मानसिक संघर्ष चलेको बेला एलिनको शरीरले महिलामा हुने परिवर्तन देखाइरहेको थियो। उनको ध्याउन्न आफूलाई पुरूषका रूपमा चित्रण गर्ने हुन्थ्यो। शरीर महिलाको र भावना पुरूषको! यो अन्तर्द्वन्द्वसँग लामो समय चल्यो। यो सबै के भइरहेको थियो भन्ने भेउ भएन।, 'शरीरमा आएको परिवर्तन के हो, कस्तो हो भइरहेको थियो,' उनले भने, 'त्यसैले आफ्नो शरीर देखेर म खुसी थिइनँ।', महिनावारी पछिका दिनहरूमा झन् कठिनाइ बढ्यो। जीवनमा एकदमै ठूलो परिवर्तन भएको महशुस भयो। महिनावारीकै कारण शरीरको बनावटमा आएको परिवर्तनले उनलाई मानसिक रूपमा गाह्रो बनाइरहन्थ्यो।, 'महिनावारी भएपछि शरीरमा परिवर्तन आयो। महिलाको जस्तो कर्भ हुन थाल्यो,' उनी भन्छन्, 'छाती ठूलो हुन थाल्यो। तब मैले थाहा पाएँ, म मेरो शरीरसँग खुसी रहेनछु। मेरो मन र मस्तिष्क मेरो शरीरसँग मिल्दैन भन्ने लाग्यो।', मनले आफूलाई पुरूष मानेपछि उनलाई महिनावारीका समयमा सधैं कठिनाइ हुन्थ्यो। महिनावारीले 'तँ पुरूष होइन महिला होस्' भनेझैं लाग्थ्यो।, महिनावारी हुँदा उनको घरमा बारिन्थ्यो। भान्छा र पूजा कोठामा पस्न रोक थियो। छुट्टै भाँडामा खान दिइन्थ्यो। यस्तो व्यवहार उनलाई पटक्कै मन पर्दैन थियो। छोरा र छोरीमा विभेद गरेझैं लाग्थ्यो।, 'घरमा दाइलाई कुनै कुरामा रोक थिएन। ऊ जता जहाँ पनि जान पाउँथ्यो। तर हामीलाई चाहिँ महिनावारीका नाममा रोक लगाइन्थ्यो,' उनले भने।, एलिनले आफ्नो शरीर र मनको भिन्नताको रहस्य खोल्न लामो समयसम्म कसैलाई भन्न सकेनन्। लुकाएरै राखे। उनलाई आफ्नो भावना अरूले नबुझ्लान् र स्वीकार नगर्लान् भन्ने डर थियो।, आफ्नो लैंगिकताबारे उनी प्रस्ट भएका ब्लु डाइमन्ड सोसाइटी (नीलहिरा समाज) पुगेर हो। यो संस्थाले लामो समयदेखि लैंगिक तथा अल्पसंख्यक समुदायको उत्थान र अधिकारका निम्ति काम गर्दै आएको छ। एलिनले त्यहाँ पुगेपछि आफू यही समुदायअन्तर्गत पर्ने पारलैंगिक पुरूष (ट्रान्सम्यान) रहेछु भन्ने थाहा पाए।, आफू यकिन भएको केही समयपछि उनले आफ्नो पहिचानबारे दाइलाई भने। तर त्यसअगाडि नै उनी हर्मोन लिन थालिसकेका थिए। उनको शरीरमा महिलाका विशेषता कम हुँदै गए। दाह्रीजुँगा पलाउन थाल्यो। उनको मनजस्तै शरीर पनि पुरूषको जस्तो हुन थाल्यो।, यही हर्मोनले उनको महिनावारी पनि रोक्थ्यो।, 'म हरेक महिना हर्मोन लिन्थेँ। तर कुनै बेला छुट्यो भने फेरि महिनावारी भइहाल्थ्यो। यो मलाई फिटिक्कै मन पर्दैन थियो,' उनले भने, 'महिनावारी हुँदा जहिले पनि सकस हुन्थ्यो। पाठेघर फालेपछि महिनावारी हुँदैन भन्ने बुझेको थिएँ।', उनले महिनावारीको झमेलाकै कारण शल्यक्रिया गरेर पाठेघर निकाले। यसपछि महिनावारी हुन छाड्यो।, 'आजभोलि महिनैपिच्छे महिला भएको आभाष हुन छाड्यो,' सन्तोक मान्दै उनले भने, 'तर पाठेघर निकाल्दा निकै सकस भोग्नुपर्यो। सरकारी अस्पतालमा कानुनी जटिलता छ। त्यसैले चर्को शुल्क तिरेर गर्नुपर्यो।', सामान्य परीक्षणका लागि पनि पारलैंगिक पुरूषहरूलाई समस्या हुने गरेको उनी बताउँछन्।, धेरै पारलैंगिक पुरूषहरूको नियमित महिनावारी हुन्छ। त्यसैले समयसँगै अब महिला मात्र महिनावारी हुन्छन् भन्ने सोच बदल्नुपर्ने उनको भनाइ छ।, 'महिलाहरू मात्र महिनावारी हुने होइन, जो पनि हुन सक्छन्,' उनले भने, 'त्यसैले अबको शिक्षामा पनि यो कुरा समावेश हुनुपर्छ।', यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ), २-, ,कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ), ३-, ,सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ), ४-, ,अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ), ५-, ,रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ),
एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ) |
विवेक राई हामीमध्ये कतिपयले आगोले हात वा शरीरका कुनै अंग थोरै जल्दा पनि टुथपेस्ट, टमाटरजस्ता चीजहरू प्रयोग गर्छौं। अझ गाउँघरतिर त आगोले पोलेको ठाउँमा गोबर वा माटो लगाउने चलन पनि छ।, चिकित्सकहरूले भने पोलेको ठाउँमा यस्ता कुरा लगाउनु हानिकारक हुने बताएका छन्।, त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी तथा बर्न विभागका प्रमुख डाक्टर जयनमान श्रेष्ठले जलेको ठाउँमा गोबर, माटो, टमाटर वा टुथपेस्टजस्ता कुरा लगाउनाले बाहिरी संक्रमणको जोखिम हुने र घाउ थप फैलिने बताए।, ‘कसै-कसैले पोलेको ठाउँमा टुथपेस्ट, गोलभेँडा, गोबर र टमाटर पनि लगाउने गर्नुहुन्छ। तर त्यो गर्नुहुँदैन। किनभने त्यसले घाउमा बाहिरी किटाणुहरू पस्ने र संक्रमण झनै बढ्ने अवस्था हुन्छ,’ उनले भने।, पोलेको ठाउँमा बराम्बर छुने, चलाउनेजस्ता कार्य पनि गर्न नहुने डाक्टर श्रेष्ठ बताउँछन्।, आगोले शरीरको कुनै ठाउँमा पोल्यो भने के-के कुरा ख्याल गर्ने त?, हेर्नुस् सेतोपाटीले डाक्टर श्रेष्ठसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः,
आगोले पोलेको ठाउँमा लगाउनु हुन्न गोबर र टुथपेस्ट, अरू के-के कुरा ख्याल गर्ने? (भिडिओ) |
सेतोपाटी संवाददाता महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।, जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगंगा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए।, पशुपति क्षेत्रमा बिहानदेखि हजारौं भक्तजनको भीड देखिन्छ। दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ।, पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ। पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ।,
पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला |
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वको अवसरमा तीलगंगा-गौशाला-जयबागेश्वरी-मित्रपार्कसहितको पाशुपत क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ।, गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिएको छ।, महाशाखाका अनुसार मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ।, यस्तो छ सवारीमार्ग निर्धारण, बस तथा माईक्रोबसहरू , - रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने।, - रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने।, - कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगंजको बाटो चलाउने।, माइक्रोबस तथा टेम्पोहरू, - सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र शालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।, - जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।, मालवाहक सवारी साधनहरू -, - जोरपाटी, बौद्ध, चाबहिल हुदैं महाराजगन्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगन्ज तर्फ जानुपर्ने ।, - कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगन्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।, - कोटेश्वर तीनकुने हुदैं पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने।, - महाराजगन्ज, चाबहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने, - कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।,
पशुपति क्षेत्र जान-आउन यस्तो छ आजका लागि निर्धारण गरिएको सवारीमार्ग |
रासस डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।, दुर्घटनामा परी ६ जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा अवस्था गम्भीर रहेको छ ।, दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।सामान्य घाईते सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।, दिपायलबाट घाँटलाया तर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।,
डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु ६ घाइते |
नवीनबाबु गुरूङ महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। , पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पाशुपत क्षेत्रमा गएरातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ । , पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।, उनका अनुसार ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ। भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले बताए। ‘भक्तजनलाई समस्या नहोस् भनेर हामीले सबै व्यवस्था मिलाएका छौँ, समस्या परेको ठाउँमा तत्काल टोली पुग्ने छ।’ , पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन भएका विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।, यसैगरी कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमासमेत गाँजा, भाङ, जाँडरक्सीजस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको छ।, कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाइएको जनाएको छ। दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको र हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको सदस्य सचिव थापाले बताए।, आवास क्षेत्रमा विभिन्न संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् । विगतका केही वर्ष कोरोना महामारीका कारण भक्तजन खासै नआए पनि यो वर्ष कोरोना महामारी हटेका कारण पशुपतिनाथमा आउने भक्तजन तथा साधुको सङ्ख्या बढेको विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिए।, ,
आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू) |
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडकका दुईवटा खोलामा पुल बनाउनका लागि पहरो फुटाउन शनिबारदेखि थप १५ दिन सडक बन्द हुँदैछ। चिसेन्जी र तुइनखोलामा पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको छ। , सडक आयोजनाका प्रमुख ईन्जिनियर किरण कार्कीले गत गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो फोड्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागेको बताए। , ‘अघिल्ला दुई महिनामा काम नसकिएका कारण फागुन २० गतेसम्म समय थपगरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहरो फोड्ने काम गर्दैछौं,’ कार्कीले ,सेतोपाटी,सँग भने। , आयोजनाले यो सडकको चिसेन्जी, तुइन र कालीखोलामा पुल बनाउनका लागि आवश्यक क्षेत्र तयार गर्न पहरो फुटाएको हो।, कालीखोलाको दुबैतर्फको पहरो फुटाएर पुल निर्माणको काम चलिरहेको छ। अन्य दुई खोलामा अपेक्षा गरेभन्दा कडा चट्टान भेटिएपछि पहरो फोड्न सकस भइरहेको कार्कीले बताए। , ‘चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ तर नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ। तुइन खोलाको मुग्लिनतर्फको पहरो फुटाउन गाह्रो भयो,’ आयोजना प्रमुख कार्कीले भने, ‘अब १५ दिनमा केही काम हुन्छ। अहिलेसम्म भएका कामलाई सेटअप गर्छौं।’, चिसेन्जीको नारायणगढतर्फको र तुइन खोलाको मुग्लिनतर्फको ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको भए पनि बाँकी फाड्न रक ब्रेकरले संभव नहुने निष्कर्षमा आयोजना पुगेको छ। , कार्कीले १५ दिन रक ब्रेकरले काम गरेपछि बम विष्फोट गरेर बाँकी पहाड फोड्ने निर्णय भएको बताए। ‘बाँकी भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प भएन। सबै प्रक्रिया पूरा गरेर फाइल विभाग हुँदै गृहमन्त्रालयमा पुगिसकेको छ,’ उनले भने, ‘गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्छ।’ , निर्णय हुन र विष्फोटक पदार्थ खरिद गर्न केही समय लाग्ने उनले बताए। सबै काम भएपछि दैनिक केही घण्टामात्रै यातायात बन्द गरेर काम सक्ने कार्कीले बताए। धेरै माथिबाट विस्फोट गराउँदा हाल सचालनमा रहेको पुल र सडकलाई क्षति गर्नसक्ने भएकाले ब्रेकर लगाएर पहाड घटाउनुपरेको उनले बताए। , यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन्। बाँकी १५ वटा पुल मध्ये ९ वटा पुल तयार करिब तयार भैसकेका छन्। सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन्।, मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खोलो खहरेको पुलको काम अझै सुरु हुन सकेको छैन। पहुँचमार्गमा रहेका घरहरु भत्काउँदा दिनुपर्ने मुआब्जा रकम प्राप्त नहुँदा बनेका पुलहरु सञ्चालन गर्न र नयाँ बनाउन समस्या भइरहेको आयोजनाले जानकारी दियो। चालु आर्थिक वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आएलगत्तै बनेका पुलहरु सञ्चालन गर्ने योजनामा आयोजना छ। , पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद छ।, यो सडकखण्डमा पुल बनाउने जिम्मा अनक कन्स्ट्रक्सनले पाएको हो। मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर २०७६ चैत्र १० मा सम्झौता भएको थियो। , प्याकेज–१ का पुल निर्माण गर्न ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज - २ का पुल निर्माण गर्न ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।,
थप १५ दिन बन्द हुँदैछ नारायणगढ–मुग्लिन सडक, बाँकी पहरो बम विष्फोटगरी फोड्ने तयारी |
नवीनबाबु गुरूङ नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा सेना दिवस मनाएको छ। , हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी सेना दिवस मनाउने गरेको छ। शनिबार सेनाले २६०औं सेना दिवस मनाएको हो। , यस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।, समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘महाशिवरात्री र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।, समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की लगायत उपस्थित थिए। , तस्बिरहरू:,
टुँडिखेलमा मनाइयो सेना दिवस (तस्बिरहरू) |
सेतोपाटी संवाददाता वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । , वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए। विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो। ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौं।’, अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।, यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए।,
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने |
सेतोपाटी संवाददाता पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ। , गएराति पौने १२ बजे धोबिनी गाउँपालिका-४ पुलचोकमा प्रदेश नम्बर २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। , लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हो। , दुर्घटनाबाट सखुवा प्रसौनी गाउँपालिका-६का १४ वर्षीय चालक दिपेशकुमार यादवको मृत्यु भएको हो।, त्यस्तै मोटरसाइकलमै सवार धोबिनी गाउँपालिका-४ बस्ने १० वर्षीय दिपु यादव सामान्य घाइते छन्। , शवको पोष्टमर्टमको लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको छ। ,
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु |
रासस महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेका छन्। , आज पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।, ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरू भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए। , बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ। उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ। पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ। घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो।,
,
महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवदर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्ने कार्यक्रम छ। पशुपतिनाथमा विशेष पूजा सकेर उनले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्नेछन्। यो मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो। , मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन पनि दिनेछन्। बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शंकराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम छ। यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ। ,
,
महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्ने कार्यक्रम छ। यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रुपमा आएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कोषका सूचना अधिकारी पराजुलीले बताए। , महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। यसमा गुठी संस्थानको पनि सहयोग छ।, महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेष रूपमा सिँगारिएको छ। दर्शनार्थीलाई व्यवस्थित रुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा छ।,
पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन |
सुदीप श्रेष्ठ तपाईंहरूले काठमाडौं सहर कत्तिको घुम्नुभएको छ? सहर घुम्दा वरिपरिका पुराना संरचना कत्तिको हेर्नुभएको छ?, हेर्नुभएको छ भने यहाँका पुराना ढुंगे स्तम्भ वा ढुंगाका पिलर याद गर्नुभएको होला। तर ती ढुंगे स्तम्भको तल्लो भाग अर्थात् जगमा के हुन्छ, कहिले हेक्का राख्नुभएको छ?, काठमाडौं उपत्यकाका पुराना दरबारदेखि मन्दिर, बहाःबहीः वा निजी घरमा समेत ढुंगाको पिलर गाड्दा जगमा ढुंगाकै कछुवा राख्ने चलन छ। झट्ट हेर्दा यस्तो देखिन्छ, मानौं त्यो कछुवाले आफ्नो ढाडमाथि पिलरको सम्पूर्ण भार बोकेको छ र त्यसलाई ठिक–ठिक सन्तुलनमा राखेको छ।, काठमाडौंको संरचना निर्माणमा कछुवासँगको साइनो यति प्रगाढ थियो, घर बनाउँदा जगको सबभन्दा तल्लो भागमा सुनको सानो कछुवाको मूर्ति प्रतिस्थापन गर्ने र त्यही मूर्तिमाथि पहिलो इँटा राख्ने चलन थियो।, अब तपाईंहरूलाई लाग्यो होला, काठमाडौंका भौतिक संरचना र कछुवाको के नाता?, यसको पछाडि एउटा कथा छ —, पृथ्वीको गर्भमुनि एउटा अत्यन्तै विशाल कछुवा छ। त्यो कछुवाले पृथ्वीको सम्पूर्ण भार आफ्नो चट्टानभन्दा सख्त ढाडमा बोकेको हुन्छ। पृथ्वी कछुवाको ढाडमाथि बसेर आफ्नो गतिमा नियमित घुमिरहन्छ। पृथ्वीलाई ठिक–ठिक सन्तुलनमा राख्ने र यताउति भट्किन नदिने जिम्मा कछुवाकै हुन्छ।, तर कछुवा पनि त प्राणी हो, उसलाई पनि भोक–प्यास लाग्छ। बेलाबेला थकाइ मार्नुपर्छ। सदियौंदेखि पृथ्वीको भार बोक्दा बोक्दा उसको पनि ढाड दुख्छ।, जब पृथ्वीको भारले कछुवाको ढाड दुख्छ, ऊ चलमलाउँछ। जब कछुवा चलमलाउँछ, पृथ्वीमा भुइँचालोको कम्पन छुट्छ। कछुवा जति बढी चलमलायो, भुइँचालोको कम्पन उति बढी हुन्छ।, कछुवाको प्रतिरूपले घर वा अन्य भौतिक संरचनालाई भुइँचालाको कम्पनबाट सुरक्षित राख्छ भन्ने मान्यता काठमाडौंमा प्रचलित छ।, काठमाडौं मात्र होइन, भुइँचालो गइरहने हरेक सहरले यस्ता कथा–किम्बदन्ती बनाएका हुन्छन्।, पछिल्लो समय ठूलो भुइँचालो गएको टर्कीकै कुरा गरौं, जहाँ दुइटा किम्बदन्ती लोकप्रिय छन्।, पहिलो किम्बदन्तीअनुसार त्यहाँ ‘पसाइडन’ नामका भगवानलाई भुइँचालोको निम्ति जिम्मेवार मानिन्छ। यी प्राचीन ग्रिक देउता हिन्दु धर्मका भगवान शिवजस्तै हुन्छन्। उनले आफ्नो हातमा शिवले जस्तै त्रिशूल बोकेका हुन्छन्। जब पसाइडनलाई रिस उठ्छ, तब उनी आफ्नो त्रिशूल जोडसँग धर्तीमा बजार्छन् र त्यही त्रिशूलको चोटले पृथ्वी हल्लिन्छ भन्ने भनाइ छ।, अर्को किम्बदन्तीअनुसार, पृथ्वीको वायुमण्डलमा अनेकौं खराब शक्ति घुमिरहेका हुन्छन्। हावासँगै तैरिरहने ती खराब शक्ति मान्छेको सम्पर्कमा आए भने त्यसले दानवीय सोच भड्काइदिन सक्छ र मान्छेलाई राक्षस बनाइदिन सक्छ भनिन्छ।, मान्छेलाई राक्षस बन्नबाट बचाउने जिम्मा धर्तीका देउताको हो। उनी आफ्नो जादुयी बल प्रयोग गरेर खराब शक्तिहरूलाई चुम्बकले झैं तान्छन् र पृथ्वीको गर्भमा कैद गरेर राख्छन्। ती खराब शक्ति हरपल बाहिर निस्कन तँछाडमछाड गरिरहन्छन्। एक समय यस्तो आउँछ, जब खराब शक्तिको बललाई धर्तीका देउताले धरि थाम्न सक्दैनन्। तब खराब शक्तिहरू पृथ्वीको गर्भगृह चिरेर बाहिर निस्कन्छन् र भुइँचालोको झट्का आउँछ।, यी कथा–किम्बदन्ती त्यति बेला बनेका हुन्, जब विज्ञानले भुइँचालोको कारण पत्ता लगाइसकेको थिएन।, आज हामीलाई कछुवा चलमलाएर भुइँचालो गएको होइन भन्ने थाहा छ। पसाइडन देउताले आफ्नो त्रिशूल धर्तीमा कहिल्यै बजार्दैन र पृथ्वीको गर्भबाट खराब शक्तिहरू निस्कनु पनि भुइँचालोको कारण होइन भन्ने हामीले बुझिसकेका छौं।, भूगर्भ विज्ञानले प्रमाणित गरेको तथ्यअनुसार पृथ्वीको सतहमुनि चट्टानका खण्डहरू हुन्छन्। जसरी एउटा सुन्तलाभित्र करिब एक दर्जन केस्रा हुन्छन्, त्यस्तै १५ वटाभन्दा बढी साना–ठूला चट्टानी खण्ड मिलेर पृथ्वीको भूसंरचना बनेको हुन्छ। त्यस्ता चट्टानी खण्डको मोटाइ साढे दुई सय किलोमिटरसम्म हुन्छ।, यी चट्टानी खण्डलाई वैज्ञानिक भाषामा ‘टेक्टोनिक प्लेट’ भनिन्छ। तपाईंहरू सजिलोका लागि घरकै ‘प्लेट’ पनि सम्झिन सक्नुहुन्छ!, यो त भयो पृथ्वीको भूसंरचनाको कुरा, अब भुइँचालोको कुरा गरौं।, तपाईंले सुन्तला छोडाउँदा त्यसभित्रका केस्रा एकअर्कासँग लपक्क टाँसिएर बसेको त देख्नुभएकै छ। सोच्नुस् त, लपक्क टाँसिएर बसेका ती केस्राले कुनै बेला एकअर्काको साथ छाडे के होला?, के होला यदि सुन्तलाका ती केस्रामध्ये कुनै अगाडि सरे, कुनै पछाडि हटे वा कुनै अर्को केस्राको मुनि घुस्रिन गए?, त्यस्तो हुन्थ्यो त, सायद केस्राको चलमलाहटबाट उत्पन्न हुने शक्ति सुन्तलाको बोक्राले थाम्न सक्ने थिएन। सुन्तलाको आकार कहीँ चुच्चो उठेको हुन्थ्यो होला, कहीँ थेप्चिएको हुन्थ्यो होला!, हो, पृथ्वीको सतहमुनि रहेका चट्टानी खण्ड अर्थात् टेक्टोनिक प्लेटहरू त्यस्तै हुन्छन्। ती सुन्तलाका केस्राझैं एकअर्कासँग लपक्क टाँसिएर त बस्छन् तर बेलाबेला एकअर्काको साथ छाड्छन्। यसरी साथ छाड्नुको कारण चट्टानी खण्डहरूबीच हुने घर्षण हो।, भन्नुको मतलब, जुन ठाउँमा एउटा चट्टानी खण्ड र अर्को चट्टानी खण्ड जोडिएको हुन्छ, त्यही ठाउँमा दुईबीच घर्षण भइरहेको हुन्छ। यो घर्षण बढ्दै बढ्दै गएर एकदिन यस्तो आउँछ, जब चट्टानी खण्डहरू आफ्नो ठाउँबाट सरक्क सर्छन्।, सर्ने तरिका अनेक हुन्छ — कहीँ एउटा चट्टानी खण्ड अर्को खण्डको मुनि घुस्रिन्छ। कहीँ दुइटा चट्टान एकअर्काको विपरीत दिशामा सर्छन्। कहीँ भने दुवै एकअर्काबाट फाट्टिँदै जान्छन्।, अनेक थरीका यस्ता हलचलले पृथ्वीको गर्भमा रहेको अथाह शक्ति बाहिर निस्कन्छ। त्यही बेला भुइँचालोको कम्पन छुटेको हामी महसुस गर्छौं।, यहाँनिर आउँछ, भुइँचालो शक्तिको कुरा।, पृथ्वीको सतहमुनि रहेका चट्टानी खण्डहरू कसरी एकअर्कासँग भिडिरहेका छन् — ती एकअर्कामुनि घुस्रिँदै छन् कि विपरीत दिशामा सर्दै छन्? यसले नै भुइँचालोको शक्ति र त्यसको प्रभाव निर्धारण गर्छ।, नेपाल र टर्कीमा प्रचलित किम्बदन्ती फरक भएजस्तै यी दुई देशमा भुइँचालो जाने तरिका पनि आनका तान फरक छ। यही भिन्नताले नेपाल र टर्कीको भुइँचालोमा ठूलो अन्तर ल्याउँछ।, एउटा ठूलो अन्तर त यसैपालि देखियो।, टर्कीको दक्षिणपूर्वी गाजियानटेप सहरलाई केन्द्रविन्दु बनाएर माघ २३ गते ७.८ म्याग्निच्युडको भुइँचालो गयो। त्यसको नौ घन्टापछि इकिनोजु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको अर्को भुइँचालो गयो। दुवै भुइँचालोले साढे दुई सयभन्दा बढी परकम्प ल्याए। कतिपय परकम्प ६ म्याग्निच्युडभन्दा शक्तिशाली थिए। टर्की भुइँचालोमा परेर ४१ हजारभन्दा बढीको ज्यान गइसकेको छ।, यति मात्र होइन, टर्की भुइँचालोले लगभग दुई सय किलोमिटर जमिन चिरा पारेको छ। चिरा यति प्रस्ट छ, जमिनको सतह बञ्चरोले दाउरा चिरेजस्तो दुई खण्डमा बाँडिएको देखिन्छ। लगभग ३० किलोमिटरसम्म त जमिनमा धाँजा फाटेर रेल्वे लाइन र सडकमार्ग नै दुई भागमा छुट्टिएका छन् र दुवै भाग पहिलेको ठाउँबाट दायाँबायाँ सरेका छन्।, टर्कीको भुइँचालोले जमिनको धाँजा फाटेर दायाँबायाँ सरेको रेल्वे लाइन।, टर्कीको भुइँचालोले जमिनको धाँजा फाटेर दायाँबायाँ सरेको सडक।, यसरी जमिनको सतहमै चिरा पर्नुले ठुल्ठूला घर र भौतिक संरचनाहरू ढलेको र ठूलो मानवीय क्षति भएको भूगर्भविदहरूको भनाइ छ।, भुइँचालोले ल्याएको भौतिक र मानवीय क्षति त हामीले नेपालमा देखेकै हौं तर जहाँसम्म जमिन चिरा पर्ने र त्यो पनि दुई सय किलोमिटरसम्म फाट्ने कुरा छ, त्यो चाहिँ हाम्रो निम्ति नौलो हो।, कतिपयलाई कौशलटारमा सडक चिरा परेको थियो नि भन्ने पनि लाग्न सक्छ। तर त्यो भुइँचालोको दरार होइन। कम्पनले सडक भासिएको मात्र हो।, अब प्रश्न उठ्छ, म्याग्निच्युडका आधारमा नेपाल र टर्कीको भुइँचालो लगभग उत्तिकै ठूलो हो, तर यहाँ जमिन चिरा नपर्दा त्यहाँ त्यति ठूलो चिरा कसरी पर्यो?, यसको कारण टर्कीको माटो यहाँभन्दा कमजोर भएर हो कि यी दुई भुइँचालोको प्रकृति नै फरक भएर हो?, यही प्रश्नको उत्तर खोज्न हामीले दुई जना भूगर्भविदसँग कुरा गर्यौं — राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारी र खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटा।, उनीहरूका अनुसार नेपाल र टर्कीको सतहमुनि रहेका टेक्टोनिक प्लेटहरू, जसको घर्षणले भुइँचालो उत्पन्न गराउँछ, ती प्लेट एकअर्कासँग भिड्ने तरिका फरक छ।, नेपालको कुरा गर्दा, यहाँ भुइँचालो जानुको कारण ‘इन्डियन’ र ‘युरेसियन’ नामका दुई चट्टानी खण्ड अर्थात् प्लेटहरूबीचको घर्षण हो।, यी दुई प्लेट आपसमा जुधिरहेका छन्। जुध्दै जुध्दै युरेसियन प्लेट इन्डियन प्लेटमाथि खप्टिएर बिस्तारै माथि उठ्दै छ। करोडौं वर्षदेखि चलिरहेको यही जुध्ने र खप्टिने क्रमले नै हिमालय, महाभारत र चुरे पर्वत शृंखला बनेका हुन्।, टर्कीमा भने तीनवटा अत्यन्तै चलायमान चट्टानी खण्डहरू आपसमा ठोक्किएर विपरीत दिशातिर घस्रिँदै छन्।, टर्कीको ठूलो हिस्सा ‘एनाटोलियन’ भन्ने चट्टानी खण्डमाथि छ। यो पृथ्वीको सतहमुनि रहेका विभिन्न टेक्टोनिक प्लेटमध्ये एक हो। यसको आकार एकदमै सानो भएकाले ‘माइक्रो प्लेट’ पनि भनिन्छ।, एनाटोलियन प्लेटको ठ्याक्कै माथि ‘युरेसियन’ प्लेट छ भने पूर्वमा ‘अरेबियन’ र दक्षिणमा ‘अफ्रिकन’ प्लेट छ। पश्चिममा मेडिटेरेनियन सागर पर्छ।, एनाटोलियन प्लेटलाई अरेबियन र अफ्रिकन प्लेटले दुईतिरबाट लगातार ठेलिरहेको छ। अरेबियन प्लेटले पश्चिमतर्फ ठेल्दैछ भने तलबाट अफ्रिकन प्लेटले धक्का दिँदैछ। यसरी अरेबियन र अफ्रिकन प्लेटको चेपुवामा परेको सानो एनाटोलियन प्लेट तीव्र गतिमा पश्चिमको मेडिटेरेनियन सागरतर्फ सर्दैछ।, यहाँ एनाटोलियन, अरेबियन र अफ्रिकन प्लेटका सिमाना एकअर्काको विपरीत दिशामा घस्रँदै छन् — एनाटोलियन पश्चिम सर्दैछ भने अरेबियन र अफ्रिकन प्लेट पूर्व–उत्तर सर्दैछन्।, यसरी विपरीत दिशामा सर्दा उत्पन्न हुने घर्षणको शक्तिले यी चट्टानी खण्डहरू चिप्लिन्छन् र भुइँचालो आउँछ। चट्टानी खण्डहरू चिप्लिएर आउने भुइँचालोलाई वैज्ञानिक भाषामा ‘स्ट्राइक–स्लिप’ भनिन्छ।, यसपालि यी चट्टानी खण्डहरू डेढ सय किलोमिटरभन्दा बढी चिप्लिएको अमेरिकी भौगर्भिक सर्वेक्षणले देखाएको छ।, , खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटा टेक्टोनिक प्लेटहरू विपरीत दिशामा चिप्लिएकै कारण टर्कीमा जमिनको सतह चिरा परेको बताउँछन्।, ‘नेपाल र टर्कीमा जाने भुइँचालोको ज्यामिति फरक छ। हामीकहाँ एउटा प्लेटमाथि अर्को प्लेट खप्टिरहेको छ, टर्कीमा भने विपरीत दिशामा हिँड्दै छन्। एउटा पश्चिम सर्दैछ, अर्को पूर्व,’ उनले भने।, उनका अनुसार टर्कीमा भूसतहमुनिका चट्टानी खण्डहरूबीचको दुरी (फल्ट लाइन) १५ किलोमिटर हाराहारी छ। जबकि नेपालमा हिमालय फेददेखि चुरे फेदसम्म लगभग सय किलोमिटरभन्दा लामो छ।, ‘यसबाट के हुन्छ भने, नेपाल लगायत हिमालय क्षेत्रमा भुइँचालो तरंगले जमिनमुनि जुन दरार (चिरा) उत्पन्न गराउँछ, त्यसलाई सतहसम्म आइपुग्न एकदमै धेरै शक्ति लाग्छ। आठ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो जाँदा मात्र त्यो दरार जमिनको सतहसम्म आउँछ,’ उनले भने, ‘यस्तो अवस्थामा मात्र धाँजा फाट्ने हो वा जमिनको सतह चिरा पर्ने हो।’, ‘टर्कीमा भने कम म्याग्निच्युडको भुइँचालो जाँदा पनि त्यसले उत्पन्न गराउने दरार सोझै सतहमा आउँछ र जमिनमा धाँजा फाट्छ। नेपालमा त्यस्तो विरलै हुन्छ,’ उनले भने।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारी नेपाल र टर्कीको भुइँचालो अन्तर यसरी बुझाउँछन्—, यहाँ २०७२ सालमा बारपाक (गोरखा) को भूसतहभन्दा करिब १५ किलोमिटरमुनि भुइँचालो तरंग उत्पन्न भयो। त्यो तरंग जमिन मुनिमुनि नै पूर्वतिर बढ्यो र काठमाडौंको सतहभन्दा करिब १०–१२ किलोमिटर तलबाट यात्रा गर्दै अलिकति दक्षिणतर्फ थुप्रिएर बस्यो। त्यही थुप्रिएको भुइँचालोले अहिले पनि खुसुखुसु परकम्पन ल्याइरहेको छ।, नेपालमा भुइँचालो जानुको कारण इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिनु हो भनेर हामीले माथि भनिसकेका छौं। यसरी दुइटा चट्टानी खण्ड वा टेक्टोनिक प्लेट आपसमा खप्टिएकाले यसको सिमाना हिमालयदेखि चुरे फेदसम्म फैलिएको छ। जमिनमा धाँजा फाट्न भुइँचालो यति शक्तिशाली हुनुपर्छ, ताकि त्यसले उत्पन्न गर्ने दरार वा चिरा सिधै चुरे फेदसम्म पुगोस्।, २०७२ मा गोरखाबाट सुरू भएको भुइँचालो दरार चुरे फेदसम्म पुग्न सकेन, बीचैमा अड्कियो। टर्कीमा भने भूसतहभन्दा १८ किलोमिटर तलबाट उत्पन्न भुइँचालो दरार सोझै जमिनको सतहमा आइपुगेको थियो र त्यसले सतह-सतहमै तीन सय किलोमिटर दुरी पार गरेको थियो।, अधिकारीले अझै सजिलोसँग व्याख्या गर्दै भने, ‘नेपालको भुइँचालो दरार जमिन मुनिमुनि हिँड्यो, जबकि टर्कीमा सोझै जमिनको सतहमा आइपुग्यो। यसरी भुइँचालो दरार सतहमा आएपछि त्यसले ल्याउने कम्पन एकदमै बढी हुन्छ। भुइँचालोलाई बम विस्फोटसँग दाँज्ने हो भने नेपालमा जमिनको सतहमुनि बम पड्किएको थियो, जबकि टर्कीमा सतहमाथि नै पड्कियो। सतहमाथि नै बम पड्केपछि त्यसको प्रभाव स्वाभाविक रूपमा ठूलो हुने भयो।’, उनले अगाडि भने, ‘हामीले काठमाडौं र टर्कीको कम्पन दाँजेर हेरेका थियौं। त्यो काठमाडौंभन्दा दस गुणा बढी थियो। २०७२ को भुइँचालोमा काठमाडौंको जमिन जति हल्लियो, त्योभन्दा दस गुणा बढी टर्कीमा हल्लियो। त्यसैले त्यहाँ मानवीय र भौतिक क्षति धेरै नै भए।’, टर्की भुइँचालोले नेपालभन्दा बढी विनाश गर्नुको अर्को कारण पनि छ।, त्यहाँ एकै दिन दुइटा ठूलो भुइँचालो गएको थियो। सुरूमा ७.८ म्याग्निच्युडको गयो र फेरि त्यसै दिन ७.५ म्याग्निच्युडको अर्को भुइँचालो गयो। दुवै भुइँचालोमा उत्पन्न दरार जमिनको सतहसम्म आइपुग्यो र सतहमै लामो दुरी पार गर्यो। यो भनेको केही घन्टाकै फरकमा दुइटा ठूला बम विस्फोट भएजस्तै हो।, त्यसो भए नेपालमा भुइँचालोका कारण जमिनको धाँजा फाटेको छ कि छैन त?, भूगर्भविदहरू सोमनाथ सापकोटा र लोकविजय अधिकारीका अनुसार बिक्रम सम्बत् १३१२ र १९९० को भुइँचालो आठ म्याग्निच्युडभन्दा ठूला थिए र यी दुवै भुइँचालोमा चुरेको फेदमा धाँजा फाटेको थियो। त्यति बेला फाटेको धाँजाको चिह्न अहिले पनि बर्दिबासनिर पर्ने शिरखोला किनारको ढिस्कोमा देखिन्छ।, फ्रेन्च भूगर्भ वैज्ञानिक पल ट्यापोनियर र सापकोटाको टोलीले नेपालमा भुइँचालोले ल्याएको दरार खोज्ने क्रममा सन् २००८ मा उक्त ठाउँ फेला पारेको थियो।, त्यहाँ भुइँचालोले जमिन चिरा परेर शिरखोलाको दिशा झन्डै ३० मिटर परिवर्तन भएको र जमिनको सतह ‘जेड’ आकार बनाउँदै लगभग १० मिटर माथि उठेको सापकोटा बताउँछन्। वैज्ञानिक परीक्षण गर्दा उक्त दरार १९९० सालको भुइँचालोले पारेको पुष्टि भयो।, यति मात्र होइन, शिरखोला किनारको जुन ढिस्कोमा १९९० सालको दरार फेला पर्यो, त्योभन्दा केही मिटर तल त्यस्तै अर्को दरार भेटियो। अनुसन्धानपछि त्यो दरार अझ पुरानो भुइँचालोको भएको पत्ता लाग्यो। त्यो १३१२ सालको भुइँचालो थियो। उक्त भुइँचालोले काठमाडौं उपत्यकाका एक–तिहाइदेखि एक–चौथाइ बासिन्दाको ज्यान लिएको र थुप्रै घर तथा मन्दिर भत्काएको रेकर्ड छ।, नेपालमा भुइँचालो इतिहास खोतल्न बर्दिबासमा गरिएको उत्खननले अहिलेसम्मकै गतिलो नतिजा दिएको भूगर्भविदहरू बताउँछन्।, पछि अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की, जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा र त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्रध्यापक दीपक चाम्लागाइँको टोलीले बर्दिबासकै चार–पाँच किलोमिटर क्षेत्रभित्र अन्य महत्वपूर्ण दरारहरू फेला पारेको थियो।, तिनमा १३१२ र १९९० सालका भुइँचालो त थिए नै, ११५७ सालको भुइँचालोले पारेको चिरा पनि फेला परेको थियो।, विगतका भुइँचालोले चुरे फेदको कुन–कुन हिस्सामा चिरा पारे भनेर पत्ता लगाउन भूगर्भ वैज्ञानिकहरू आज पनि अनुसन्धान गर्दैछन्। कति ठाउँमा चिरा फेला परेका छन् तर ती कुन भुइँचालोका हुन् भन्ने पत्ता लाग्न बाँकी छ।, एउटा कुरामा भने भूगर्भविदहरू सहमत छन् – नेपाल र टर्की दुवै भुइँचालो गइरहने भूक्षेत्रमा पर्छन्। फरक यत्ति हो, यहाँ टर्कीजस्तो जमिनको सतह नै चिरा पर्न भने आठ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो जानुपर्छ।, तर जमिन चिरा नपरे पनि टर्कीमा जस्तै सर्वनाश नहोस् भनेर हामीले आफ्ना भौतिक संरचनाहरू भुइँचालो प्रतिरोधक बनाउनु जरूरी छ। , किनभने, जुन दिन भुइँचालोको कम्पन छुट्छ, त्यो दिन न कछुवाले काठमाडौं जोगाउनेछ, न पसाइडन देउताको प्रार्थनाले टर्कीको रक्षा गर्नेछ।,
नेपालको जत्तिकै भुइँचालो जाँदा किन भयो टर्कीमा सर्वनाश? |
डा.अरूण केसी घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ।, माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ।, घाँटीमा श्वास नली र खाने नली हुन्छन्। धेरैजसो चिजहरू खाने नलीमै अड्किन्छ। त्यस्तो अवस्थामा थुक पनि निल्न नसक्ने अवस्थामा बिरामी आइपुग्छन्। स्वास्थ्य परीक्षण गरेपछि त्यहीँ अनुसारको उपचार हामी गर्छौं।, हड्डी अड्किँदा केरा, लालिगुँरास खायो भने जान्छ भन्ने आम बुझाई छ। यो बुझाई गाँउमा अझै धेरै छ। तर यो सरासर त्यो गलत हो। घाँटीमा हड्डी अड्किएपछि अस्पताल आउन जरूरी छ।, अस्पताल आएपछि यस्ता बिरामीको एक्सरे गरेर हेर्छौं। कतिपय अवस्थामा इन्डोस्कोपी पनि गर्छौं। धेरैजसो समस्या एक्सरेबाटै पत्ता लाग्छ। समस्या पत्ता लगाएपछि बेहोस पारेर उपचार गरिन्छ। तर कुनै किसिमको चिरफार गर्नुपर्दैन। घाँटीबाट पाइप राखेर हड्डी निकाल्छौं।, समयमा आयो भने सजिलै निकाल्न सकिन्छ। तर घरेलु विधि अपनाउने खतरा मोल्नु हुँदैन। धेरै दिन भयो भने संक्रमण भएर झन समस्या थपिन्छ। त्यसैले अस्पताल आउन जरूरी छ।, श्वासनलीमा अड्कियो भने मात्रै तुरून्तै अस्पताल आउनुपर्ने हो। खाने नलीमा अड्किएको छ भने त्यस्तो हतार गर्नुपर्दैन। तर जतीसक्दो चाडो अस्पताल भने पुग्नुपर्छ।, धेरैजसो खानेकुरा खाने नलीमै अड्किन्छ। कतिपय बिरामी ६-७ दिनमा आउँछन्। जसले गर्दा संक्रमण हुने खतरा हुन्छ। केही अड्किएको थाहा पाएपछि अस्पताल आउन जरूरी छ।, विशेष गरेर बच्चाको श्वास नलीमा खानेकुरा अड्किन्छ। युवा र बृद्धमा खानेकुरा खाद् नलीमा अड्किन्छ। घाँटीमा केही अड्किनासाथ नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ।, बच्चाले खानेकुरा भन्दा पनि सिक्का अड्काउँछन्। सबैभन्दा खतरनाक ब्याट्री हो। ब्याट्री हामीले जति सामान्य देख्छौं त्यो भन्दा धेरै गुणा खतरनाक छ। अहिले सिक्का कम प्रयोग हुने भएकाले अड्किने क्रम पनि घट्दै गएको छ। ब्याट्रीमा रहेको केमिकलले भित्रका अंगलाई नै हानी गर्छ। त्यसैले यस्तो बेला अझै गम्भीर बन्नुपर्छ।, माछाको काँडा अड्किने समस्या पनि धेरै हुन्छ। काँडा अड्किएपछि घरेलु कारणले निस्किँदैन। अर्को, एक्सरे गर्छन् तर देखिएन भन्छन्। माछाको काडा यति सानो हुन्छ कि, देखिँदैन। तर माछाको काडा निकाल्न सरल हुन्छ। त्यो एक मिनेटमै गर्न सकिन्छ। कहिलेकाहीँ मात्रै समय लाग्छ।, माछाको काडा अड्कियो भने केरा खाए हुन्छ भन्छन् तर यो एकदमै गलत हो। यस्तो गर्नै हुँदैन। चिकित्सकका लागि यो ठूलो समस्या होइन। त्यसैले चाँडो भन्दा चाँडो स्वास्थ्य संस्थामा जानुपर्छ। चपाएर खाने हतार नगरी खाएमा हड्डी अड्किने समस्या धेरै कम हुन्छ।, घाँटीमा हड्डी, माछाको काँडालगायत अड्कियो भने के गर्ने, उपचार गर्न कहाँ जानेलगायतका विषयमा हामीले वीर अस्पतालमा कार्यरत बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा.अरूण केसीसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ,
घाँटीमा हड्डी, माछाको काँडा अड्कियो भने के गर्ने? (भिडिओ) |
रासस वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्।, प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन्। , नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ।, त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।, आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरूलाई विदेश पठाएको पाइएको छ।, त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उनले बताए। , यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ। गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए। ,
मानव बेचबिखनमा परेका ३० जनाको उद्धार |
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौं तथा प्रदेश राजधानी हेटौंडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेशस्थानसम्मको ३.५ किलोमिटर खण्डको स्तरोन्नति सुरू भएको छ।, चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ। , बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधिहरूले स्तरोन्नति कार्यको उद्घाटन गरेका हुन्।, गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नति गर्न लागेको हो।, गत वैशाखमा निर्वाचित भएसँगै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले यस सडकलाई प्रदेश राजधानी हेटौंडासम्म विस्तार गर्ने योजना तयार गरेका थिए।, यही योजनालाई अन्तिम रूप दिनका लागि एक साताअघिमात्रै अध्यक्ष अधिकारीको सक्रियतामा चार वटा गाउँपालिकाको संयुक्त बैठक मकवानपुरको बागमती गाउँपालिकामा भएको थियो।, सो बैठकमा काभ्रेको बेथानचोक गाउँपालिका र महांकाल गाउँपालिका, ललितपुरको बागमती र मकवानपुरको बागमती गाउँपालिकाका क्षेत्रमा पर्ने सडकहरूको डिपिआर सम्बन्धित पालिकाले नै गर्ने सहमति भएको थियो।, सडक स्तरोन्नतिपछि गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामग्रीलाई सहज र छिटो रूपमा निर्यात गरेर ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने अधिकारीले बताए।, आगामी जेठ २५ भित्र निर्माण सम्पन्न गर्नेगरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ।, ५.५ मिटर चौडाइको सडकको १ किलोमिटर १ सय ८५ किलोमिटर दूरी ढलान गरिने तथा २ किलोमिटर ५५० मिटर दूरी कालोपत्रे गरिने गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए।, ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामग्रीमात्रै कालोपत्रेका लागि प्रयोग गरिने उनले जानकारी दिए।, त्यस्तै, खोला किनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन बनाउने र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुनेछ। गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ।, त्यस्तै, दुर्लुङखोलादेखि च्याम्राङवेसीसम्म सुरूङमार्ग बनाउने तथा ग्रामीण सडकलाई स्तरोन्नति गर्ने गाउँपालिकाको लक्ष्य छ।,
बेथानचोक-काठमाडौं जोड्ने सडक कालोपत्रे हुँदै |
सेतोपाटी संवाददाता मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए। , मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।, पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन।, ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’, पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए।, उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी' थेगोले उनी चर्चित छन्।,
,
कलाकार पवन खतिवडा प्रहरी हिरासतमा |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बुधबार दिउँसो न्याय माग्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। , महिला हिंसा र बलात्कारका पीडितले प्रदर्शन गरेका थिए। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप छ। उनलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका थिए।, न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले गत मंसिर ३ मा जाहेरी दिएकी थिइन्। प्रहरीले अहिलेसम्म उक्त जाहेरी दर्ता गरेको छैन। , केही दिनअघि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डिएसपी मिमबहादुर घलेलाई हामीले जाहेरी दर्ता किन नभएको भनेर सोधेका थियौं। जाहेरी दर्ता नगरे पनि अनुसन्धान गर्दै गरेको उनले बताएका थिए।, त्यहाँका एसपी प्रेमबहादुर बस्नेतले समेत अनुसन्धान भइरहेको बताएका थिए। केबारे अनुसन्धान हुँदैछ भन्ने कुराको जानकारी उनीहरूले दिएनन्।, कपिलवस्तु प्रहरीले जाहेरी दर्ता किन नगरेको भन्ने स्पष्ट जवाफ नदिएपछि हामीले प्रहरी हेडक्वाटरका प्रवक्ता टेकप्रसाद राईलाई सोधेका थियौं। सुरूमा उनले पीडित जाहेरी लिएर आउनेबित्तिकै दर्ता गर्नुपर्ने प्रहरीको कर्तव्य रहेको बताए।, न्यायाधीश गिरीबारे भने निर्दोषिताको सिद्धान्तअनुसार अहिले अनुसन्धान भइरहेको जानकारी दिएका थिए।, ‘मैले त्यहाँ बुझेँ, प्रारम्भिक अनुसन्धान हुँदै रहेछ। पीडितको स्वास्थ्य जाँच लगायतका काम भएका छन्। कतिपय अवस्थामा निर्दोषलाई पनि मुद्दा आउन सक्छ। कोही दोषी नछुटून्, निर्दोष नपरून् भन्ने सिद्धान्तअनुसार पनि हेर्नुपर्ने हुन्छ। त्यसैले जाहेरी दर्ता गर्नुअघि अनुसन्धान भइरहेको छ,’ उनले भनेका थिए।, प्रहरीले जाहेरीमाथि नै अनुसन्धान गरिरहेको देखिन्छ। यस्तो अनुसन्धान कति समयमा टुंगिन्छ भन्ने प्रश्नमा उनले भनेका थिए, 'अनुसन्धान सकिएपछि जाहेरी दर्ता हुने कि नहुने टुंगो भन्ने लाग्छ।', पीडितले वैवाहिक बलात्कारको उजुरी लिएर आउँदा त्यसलाई दर्ता नगरी प्रहरीले न्यायाधीश गिरीको निर्दोषिताबारे डेढ महिनादेखि अनुसन्धान गरिरहेको छ।, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले पनि जाहेरीबारे शंका लागे प्रहरीले छानबिन गर्न पाउने तर यति लामो समय लगाउन भने नपाइने बताउँछन्।, ‘कसैले आफूमाथि अपराध भयो भनेर आएपछि प्रहरीले जाहेरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। जाहेरीबारे शंका लागे प्रहरीले बुझ्न त पाउँछ। जाहेरी झूटो हो कि होइन भनेर बुझ्न दुई-तीन दिनको समय लिनु ठीकै हो। तर लामो समय जाहेरीमा निर्णय नदिई बस्ने छुट प्रहरीलाई छैन। जाहेरी दर्ता नगर्ने भए लिखित रूपमा हुँदैन भनेर निर्णय दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि पीडितले उपल्लो कार्यालय वा सरकारी वकिललाई निवेदन दिन सक्छ।’, कानुन, नियम र नीति जे भए पनि न्यायाधीशको शक्तिकै कारण प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ।, ‘मलाई संरक्षण गर्नुपर्ने प्रहरीको दायित्व थियो। तर पीडक शक्तिमा छ, उसकै कुरा सुन्यो,’ पीडितले शुक्रबार सेतोपाटीसँग भनिन्।, पीडितले मंसिर ३ गते प्रहरीमा वैवाहिक बलात्कारसम्बन्धी कसुरमा हदैसम्मको कारबाही गरी पाऊँ भन्दै जाहेरी दिएकी थिइन्। त्यसअघि पनि उनले पटक/पटक प्रहरीमा उजुरी गर्दै आएको बताइन्। उनले पहिलोपटक कैलालीमा महिला हिंसाको उजुरी दिएकी थिइन्। त्यतिखेर उनको उजुरीमा कारबाही अघि बढेन। गिरीले नै प्रहरी र आफूसँग कुरा गरेर त्यो उजुरी सामसुम गर्न लगाएको उनको आरोप छ।, प्रहरीले पनि उनको यो आरोपलाई बल पुग्ने गरी व्यवहार गरेको देखिन्छ। आफूकहाँ आएको जाहेरी दर्ता नगरी जाहेरीमाथि नै उसले अनुसन्धान गरिरहेको छ। पीडितलाई दिनुपर्ने संरक्षण र सूचना समेत दिएको छैन।, गिरीविरूद्ध न्यायपरिषदमा पनि पीडितले उजुरी दिएकाले त्यसमा परिषदले के गर्छ भन्ने कुरेर बसेको स्रोतको भनाइ छ। बलात्कारसम्बन्धी उजुरीमा कारबाही गर्ने वा नगर्ने विषयमा प्रहरीलाई लेखी पठाउने अधिकार भने परिषदलाई छैन। तर न्यायाधीश गिरीबारे यति गम्भीर मुद्दामा जाहेरी परेको कुरा पीडितले नै जानकारी दिएपछि परिषदले उनलाई दैनिक कामबाट भने अलग राख्न सक्थ्यो।, परिषद सदस्य रामप्रसाद श्रेष्ठले बलात्कारसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार परिषदको नभई नेपाल प्रहरीकै भएको बताए।, ‘उहाँबारे परेको बलात्कार मुद्दामा त परिषदले कारबाही गर्ने होइन। त्यो प्रहरीकै क्षेत्राधिकार हो। अब उहाँविरूद्ध जाहेरी नै परेपछि माथि काजमा बोलाउने वा नबोलाउने भन्ने निर्णय गर्न बैठक बस्नुपर्छ,’ उनले भने, ‘बैठक भने कोरम नपुगेकाले अहिले बस्न सकेको छैन।’, पीडितले भने आफूले प्रहरी, मानव अधिकार र परिषदमा समेत गएर आफ्नो समस्या सुनाउँदा पनि सुनुवाइ नभएको बताइन्। उनको निवेदन आएपछि आयोगले प्रहरीलाई र न्यायपरिषदलाई पत्र लेखेको थियो। शुक्रबार पीडितले मानवअधिकार आयोगसँग आफूले दिएको उजुरीमा के कारबाही भयो भन्दै सोध्न गएकी थिइन्। आयोगले किन दर्ता नगरेको भनेर फेरि चिठी लेखिदिने जानकारी दिएको पीडितले बताइन्।, मंसिर ३ गते पीडितले जाहेरी पेस गरेलगत्तै प्रहरीले उनको स्वास्थ्य जाँच भने गराएको थियो।, घटनास्थल मुचुल्का समेत उठाउन जाँदा न्यायाधीश गिरीले उल्टै उनीविरूद्ध पनि पैसा चोरी गरेको आरोप लगाउँदै उजुरी दिए। त्यसपछि प्रहरीले जाहेरी र चोरीको उजुरी दुवै दर्ता गरेन।, ‘म पहिला जाहेरी लिएर गएकी थिएँ। स्वास्थ्य जाँच र मुचुल्का उठाइसकेपछि प्रहरीले त उसको पनि उजुरी आयो भन्छ। उनीहरूले मेरो जाहेरी दर्ता गर्नुको साटो उल्टै मलाई पनि पक्राउ गर्ने जस्ता कुरा गर्न थाले। अनि म त्यहाँ बस्ने वातावरण नभएपछि काठमाडौं आएकी छु,’ पीडितले भनिन्।, महिना दिनदेखि काठमाडौं आफन्तको घरमा बसेकी पीडितले मानव अधिकार आयोगमा प्रहरीविरूद्ध उजुरी दिएकी छन्। न्यायाधीश गिरीविरूद्ध जाहेरी दिएपछि कपिलवस्तुमा बस्ने वातावरण नभएको उनले बताइन्।, ‘काठमाडौंमा आफन्तको घरमा बसेकी छु। उसले मलाई आफ्ना मान्छे लगाएर धम्क्याइरहन्छ। मलाई डर लागिरहेको छ,’ उनले भनिन्।, उनीहरूको पाँच वर्षअघि बिहे भएको थियो। बिहे गरेको अर्को वर्ष पेटमा बच्चा बसेपछि समस्या सुरू भएको पीडितले बताइन्। उनले यो कुरा जाहेरीमा पनि उल्लेख गरेकी छन्।, २०७६ सालमा आफ्नो बच्चा तुहाइदिएको गिरीमाथि लगाएको उनले बताइन्। त्यसपछि आफूमाथि कुटपिट र बलात्कार गर्दै आएको पीडितको भनाइ छ। पहिले पनि प्रहरीमा निवेदन दिएको तर त्यो बेला आत्महत्याको डर देखाएर त्यसमाथि कारबाही रोकेको उनले जाहेरीमा उल्लेख गरेकी छन्।, त्यसपछि पनि आफूमाथि पटक/पटक कुटपिट हुने गरेको उनको भनाइ छ। बिरामी र महिनावारी भएका बेलामा आफूले इन्कार गर्दागर्दै पनि जबरजस्ती गरिरहेको उनको जाहेरीमा उल्लेख छ।, २०७९ कात्तिक १८ गते गिरीका आफन्तले निर्घात कुटपिट गरेको र त्यो दिन राती गिरीले आफूलाई बलात्कार गरेको पीडितले बताएकी छन्। त्यो बेला आफू प्रहरीकहाँ गएको र निवेदन दिन लागेको थाहा पाएपछि आत्महत्या गर्छु भनेर धम्क्याएपछि उनले बताइन्। यसपछि उनले दर्ता गर्न नसकेको कुरा जाहेरीमा उल्लेख छ।, मंसिर २ गते फेरि आफ्नो इच्छाविपरीत न्यायाधीश गिरीले शारीरिक सम्बन्ध राखेको जाहेरीमा उल्लेख छ। बलात्कार गरिसकेपछि मुद्दा हालिस् भने म धरौटीमा निस्किहाल्छु त्यसपछि जानेको छु भन्दै धम्क्याएको पीडितको भनाइ छ।,
संसद भवनअगाडि जिल्ला न्यायाधीश गिरीविरूद्ध प्रदर्शन गर्ने पाँच जना प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।, सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।, अनिताका आफन्तले हेलिकप्टरका लागि पहल गरिदिन सो क्षेत्रका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईलाई आग्रह गरेका थिए। नेपाली सेनाको हेलिकप्टर पठाएर अनिताको उद्धार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको सांसद बजगाईले बताए।, बजगाईका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिला उद्धारबाट अनिताको उद्धार गरिएको हो। उत्तरी गोरखामा सडक पहुँच नहुँदा सुत्केरी हुन नसकेका महिलालाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता छ।,
सुत्केरी हुन नसकेकी महिलाको गोरखाबाट उद्धार |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १०, मिथिलाका राजा जनकको दरबारमा विद्वानहरूको कुनै कमी थिएन। तिनै विद्वानहरूको समूहमा एक जना बालक थिए, जसको नाम थियो अष्टाबक्र।, अष्टाबक्राका दुई विशेषता थिए —, पहिलो, उनको शरीरका आठवटा अंग बांगाटिंगा थिए। आफ्नै बुवा कहोड ऋषिको श्राप पाएर उनले यस्तो शारीरिक अपांगता झेल्नुपरेको थियो। बांगाटिंगा अंगकै आधारमा उनले अष्टाबक्र नाम पाएका थिए।, दोस्रो विशेषता उनको विलक्षण प्रतिभासँग सम्बन्धित छ।, अष्टाबक्रले आमाको गर्भमा छँदै बाहिरी संसार देख्न सक्ने विलक्षण क्षमता प्राप्त गरेका थिए।, उनका यी दुवै विशेषता एकअर्कासँग जोडिएका छन्।, कसरी?, भएछ के भने, एकदिन कहोड ऋषिले वेदका मन्त्र उच्चारण गर्दा आठ ठाउँमा गल्ती गरेछन्। त्यति बेला अष्टाबक्र आमाको पेटमै थिए। गर्भबाटै संसार देख्नसक्ने क्षमता पाएका अष्टाबक्रले तत्काल आफ्ना बुवाको गल्ती औंल्याइदिएछन्।, कहोड ऋषिलाई त्यसपछि के चाहियो?, रिसले आगो भएर उनले गर्भमै रहेका आफ्ना पुत्र अष्टाबक्रलाई आठ ठाउँमा बांगो भएर जन्मिने श्राप दिएछन्।, बुवाको श्रापका कारण शरीर बांगो भए पनि अष्टाबक्रको विलक्षण क्षमता गुमेन। उनी निडर भए र विद्वान पनि कहलिए।, एकचोटि राजा जनकको सभामा शास्त्रार्थ (बौद्धिक बहस) आयोजना गरिएको थियो। शास्त्रार्थमा भाग लिन गएका कहोड ऋषि अबेरसम्म घर फर्किएनन्। उनकी श्रीमती चिन्तामा परिन्। आमालाई चिन्तित देखेपछि बालक अष्टाबक्र आफ्ना बुवाको हाल बुझ्न आफैं जनकको दरबार गए।, टाउको, हात, खुट्टा, छाती लगायत शरीरका आठवटा अंग बांगो भएका उनी सर्पझैं घस्रँदै–घस्रँदै जनकको दरबारसम्म पुगे।, राजसभामा भेला भएका सबै विद्वान अष्टाबक्रको ज्यान देखेर गलल हाँस्न थाले।, अष्टाबक्रलाई भने यसले कत्ति पनि हिनताबोध भएन। उनी त आफ्नो मजाक उडाएर हाँसिरहेका विद्वानसँगै जोडजोडसँग हाँस्न थाले।, उनको यस्तो सहनशीलता देखेर राजा जनक छक्क परे।, उनले सभामा उपस्थित सबैलाई शान्त रहन आदेश दिए र अष्टाबक्रलाई सोधे, ‘हे बालक! यी विद्वान किन हाँसे भन्ने कारण त मलाई थाहा छ, तर तिमी चाहिँ किन यिनीहरूलाई देखेर हाँस्यौ?’, राजा जनकको प्रश्न सुनेपछि बालक अष्टाबक्रले भनेछन्, ‘रिसानी माफ होस् महाराज। म उनीहरूमाथि हाँसेको होइन। म त तपाईंलाई देखेर हाँसेको हुँ।’, यो सुनेर राजा जनक झनै छक्क परे।, अष्टाबक्रले अगाडि भने, ‘तपाईंको राज्यमा संसारकै महान् विद्वानहरू छन् भन्ने सुनेको थिएँ। तर तपाईं त मान्छेलाई उसको रूपरंग र चालढाल हेरेर मूल्यांकन गर्ने यस्ता चमरीका व्यापारीसँग पो ज्ञान लिनुहुँदो रहेछ! तपाईं यस्ता विद्वानबाट ज्ञान लिनुहुँदो रहेछ भन्ने थाहा पाएर म हाँसेको हुँ, महाराज।’, अष्टाबक्रको जवाफ सुनेर राजा जनकले लज्जा महसुस गरे। उनले यी सामान्य बालक होइनन् भन्ने बुझिहाले। अनि सभामा उपस्थित भएर शास्त्रार्थ गरिरहेका सबै विद्वानलाई छाडेर अष्टाबक्रलाई नै आफ्नो गुरू बनाए।, मिथिला कथा शृंखलाको निम्ति रिपोर्टिङ गर्ने क्रममा जनकपुरमा भेटेका अधिकांश संस्कृतिविद् तथा संस्कृति अध्येताहरूले हामीलाई बढो रूचिपूर्वक यो कथा सुनाएका थिए।, यो कथा सुनेपछि हामी दुई लेखकहरूबीच पटकपटक यसबारे कुराकानी भयो।, म (सबिना श्रेष्ठ) घरिघरि मेरा सहकर्मी तथा सहलेखक रोहित महतोलाई अष्टाबक्रको कथा सम्झाउँथे। उनलाई यो कथा किन सम्झाउनुपर्थ्यो भने, उनी घरिघरि आफ्नो रूपरंग कालो भएको प्रसंग झिकिरहेका हुन्थे। म उनलाई भन्थेँ, ‘अष्टाबक्रको कथा बिर्सिनुभयो? मान्छे राम्रो–नराम्रो छुट्टयाउने भनेको उसको छाला र रूपले होइन। छालाको रङ हेरेर मूल्यांकन गर्ने मान्छे, मान्छे नै होइन, चमरीको व्यापारी हो।’, मैले यस्तो भनेपछि रोहित खुब हाँस्थे।, रोहितले पटकपटक आफ्नो छालाको रङ सम्झिनुको कारण त्यसप्रति हिनभाव भएर होइन। मधेसमा जन्मिएको र कालो वर्ण पाएकोमा उनलाई गर्व छ। उनी गर्वसाथ आफूलाई ‘मधेसी’ भन्छन्। आफूभन्दा गोरो छाला भएकाहरूले कहीँकतै जिस्काइहाले पनि रातोपिरो हुँदैनन्। उनलाई दुःख चाहिँ त्यतिखेर लाग्छ, जब राज्यले नै उनको छालाको रङ हेरेर विभेदपूर्ण व्यवहार गर्छ।, रोहितले एकदिन मसँग भनेका थिए, ‘एकपटक म काठमाडौं जाँदा त्यहाँका मान्छेले मलाई इन्डियाबाट आएको भनेर हेप्न खोजे। मलाई झोँक चलेको थियो। म नेपाली हुँदाहुँदै, नेपालकै भाषा बोल्दाबोल्दै आफ्नै देशमा अनागरिकजस्तो व्यवहारमा परेको थिएँ।’, काठमाडौंमा मात्र होइन, रोहितले जनकपुरमै समेत यस्तो हेपाइ सहनुपरेको रहेछ। तर जनकपुरको हेपाइ उनको छालाको रङलाई लिएर थिएन, उनले बोल्ने भाषालाई लिएर थियो।, ‘म मैथिली भाषा बोल्छु। तर जनकपुरकै मान्छे मैले बोल्ने भाषा ठेटी हो भनेर हेप्छन्,’ उनले भने, ‘त्यही भएर मैले आफू मैथिली भाषी हुँ भन्ने जान्दाजान्दै जनगणनामा मगही भाषी भनेर लेखाएको छु। मेरो घर र गाउँका मान्छे पनि त्यही लेख्छन्। यो यहाँका कथित उच्च वर्गका व्यक्तिहरूले गर्दै आएको विभेदप्रति हाम्रो विद्रोह हो।’, रोहितको कुराले म अलमलिएँ। मैले बुझेकी थिइनँ, मैथिली भाषा बोल्नु र ठेटी वा मगही भनिनुको अन्तर के हो?, मिथिला कथा शृंखलाको यो दसौं अध्यायमा हामी यसैबारे चर्चा गर्दैछौं।, हामी संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरीसँग ‘जनकपुर सहर कसरी बन्यो?’ भन्ने सन्दर्भमा कुराकानी गर्न गएका थियौं। उनी संस्कृतिसँगै मधेस राजनीति र भाषा आन्दोलनबारे पनि उत्तिकै जानकार छन्। त्यसैले हाम्रो साढे दुई घन्टा लामो कुराकानीमा भाषाका बारेमा पनि चर्चा भयो।, जनकपुरीका अनुसार मिथिला क्षेत्रमा पहिले जुन भाषा विकसित भएको थियो, त्यसलाई ‘प्राकृत’ भनिन्थ्यो। गंगा नदीपारि त्यसैलाई ‘मैथिली’ भन्न थालियो। संस्कृतको प्रभाव परेपछि संस्कृतका तत्सम शब्दहरू प्राकृत वा मैथिली भाषामा घुस्न थाले र शब्दमा फेरबदल हुन थाल्यो।, ‘सत्तामा ब्राह्मणहरू थिए। उनीहरूको लेखन, पठनपाठन सबै संस्कृतमा हुन्थ्यो,’ जनकपुरीले भने, ‘उनीहरूले संस्कृत र मैथिली मिसमास पारेर लेख्न थाले। जसले प्राचीन र शुद्ध मैथिली भाषा बोल्थे, उनीहरू सत्ताबाट अलग भए। उनीहरूले आफ्नै भाषा शुद्ध बोलेकोमा विभेद सहनुपर्यो।’, उनले अगाडि भने, ‘समयक्रममा यहाँका स्थानीयले बोल्ने जुन प्राचीन मैथिली भाषा थियो, त्यसलाई ‘ठेटी’ भन्न थालियो। ठेटीको अर्थ देहात हुन्छ।’, जो ठेटी भाषा बोल्थे, उनीहरू सामान्यतया पढेलेखेका थिएनन्। जब उनीहरू स्कुल जान थाले, उनीहरूले ब्राह्मण तथा कायस्थ समुदायले लेखेका संस्कृति–मिश्रित मैथिली भाषा पढ्नुपर्यो, जुन घरमा बोलिनेभन्दा फरक थियो।, उदाहरणका लागि, पानीलाई मैथिली भाषामा ‘पाइन’ भनिन्छ। जबकि, त्यसलाई लेख्दा ‘पानि’ भनेर लेखियो। मैथिलीमा हुन्न वा नाई भन्नु छ भने ‘नइँ’ भनिन्छ। त्यसलाई ‘ङै’ लेखियो। हिजोआज ‘नहि’ धरि लेख्न थालिएको छ।, बोलिने र लेखिने शब्दबीचको अन्तरले शुद्ध मैथिली बोल्नेहरू अलमलिए। उनीहरूले आफूले बोल्ने शब्द शुद्ध हो कि पढ्ने शब्द शुद्ध हो भनेर आफैं टुंगो लगाउन सकेनन्।, ‘जो शुद्ध मैथिली बोल्थे, उनीहरूले पानीलाई ‘पाइन’ र हुन्नलाई ‘नइँ’ नै भनेर पढे। तर संस्कृतबाट प्रभावित मिसमास मैथिली बोल्नेहरूले त ‘पानि’ र ‘ङै’ भनेर पढ्छन्,’ रोशन जनकपुरीले भने, ‘जसरी बोलिन्छ, त्यसरी नलेखिँदा मैथिली भाषा हराउने क्रममा छ। जो साँच्चिकै शुद्ध मैथिली बोल्छन्, उनीहरूको न लेखन सुरक्षित छ, न भाषा सुरक्षित छ।’, यो स्टोरीका सहलेखक रोहित महतो पनि यही भाषाको अलमलमा फसेका छन्।, उनले बटेश्वस्थित देहात (गाउँ) बाट जनकपुरमा पत्रकारिता सुरू गर्दा भाषाकै कारण सास्ती खेप्नुपरेको थियो। बिस्तारै उनले आफूलाई यही समाजको संरचनामा ढाल्न सिके।, ‘पहिला त हामी ठेटी बोल्नेहरूलाई जनकपुरका पढे–लेखेकाहरूले खुब हेप्थे। बोल्नै आउँदैन, लेख्नै आउँदैन भनेर मलाई नै कतिपटक यहाँका सम्पादकहरूले झपारेका थिए। मलाई पनि यहाँ नहि नै लेख्नू भनेर सिकाइयो। अनि मैले उनीहरूले भनेजस्तै लेख्न थालेँ,’ उनले भने, ‘तर म सोच्छु, भाषाको यस्तो हेराफेरी कतै मेरो मातृभाषाले नै मर्दै गइरहेको त छैन!’, रोशन जनकपुरीले यही सन्दर्भ जोड्दै हामीसँग भने, ‘यो एकदम खतरनाक सिकाइ हो। सत्ताले त खोजेको नै यही हो। जसले त्यस्तो व्यवहार खेपेको छ, बिस्तारै उसलाई आफ्नो परिचयप्रति घृणा जाग्न थाल्छ। अरूले जस्तै सिक्दा र अरूले जस्तै बोल्दा प्रतिष्ठा बढ्छ भन्ने दौडमा उनीहरूको पहिचान जे हो, त्यो हराउँदै गएको छ। इतिहास हेर्ने हो भने प्राचीन मैथिली भाषा बचाउने त खासमा ती व्यक्ति नै हुन्, जो आज पनि ठेट भाषा बोल्छन्। अहिले जसलाई हामी मैथिली भन्छौं, त्यो त संस्कृति मिसिएको अपभ्रंसवाला भाषा हो।’, हामीले बोल्ने भाषामा सत्तासँगै धर्मको पनि उत्तिकै प्रभाव रहेको जनकपुरी बताउँछन्।, ‘जल भन्यो भने पवित्र हुने र पानी भन्यो भने अपवित्र हुने भनाइ छ,’ उनले भने, ‘उनीहरूको तर्क के छ भने संस्कृत देव भाषा हो।’, जनकपुरीका अनुसार जसले ‘ठेटी’ भाषा बोल्थे, उनीहरू गाउँमा बस्थे र त्यति पढे–लेखेका थिएनन्। त्यसैले सुरूमा उनीहरू राज्य र बौद्धिक जमातबाट हेपाइको सिकार भए। बिस्तारै पढे–लेखेकाको जमात ‘ठेटी’ समुदायमा पनि बढ्न थाल्यो। तर उनीहरूले उचित स्थान पाउन सकेनन्। उनीहरू विकल्प खोज्न थाले। त्यसैबीच मगही भाषा नयाँ अवसर बनेर आयो। लामो समयदेखि ‘तैंले बोलेको भाषा मैथिली होइन’ भनेर सुन्दै आएका उनीहरूले मगही भाषा अपनाए।, ‘मगही भाषीहरूको जनसंख्या निकै कम थियो। संख्या कम भएपछि अवसर पनि आउँछ। मेरा कति रेडियोमा काम गर्ने साथीहरू मगही भनेर मैथिलीमै बोल्छन्,’ रोहितले भने, ‘उनीहरू भन्न त मगहीमा समाचार भनेको भनिरहेका हुन्छन्। तर त्यो मैथिली भाषामा हुन्छ। मगहीमा अवसर छ र अवसरका लागि मान्छे मगहीभाषी पनि हुन्छन्।’, जनकपुरीका अनुसार मगही मैथिलीभन्दा पिछडिएको भाषा हो। मैथिली र भोजपुरीसँग निकट यो भाषा भारतको गंगापारि उत्पत्ति भएको मानिन्छ। त्यसलाई प्रचार गर्नेमा आलोक बाबा भन्ने एक सन्तको प्रभाव रहेको उनी बताउँछन्।, भाषा यसरी छ्यासमिसे हुँदै जानुमा नेपालका विभिन्न राजनीतिक घटनाक्रम पनि जिम्मेवार छ।, २०१७ सालमा राजा महेन्द्रको शाही ‘कू’ पछि राज्यले नै एक भाषा, एक भेषको नीति लिएको थियो। यही नीतिअनुरूप देशभरिका विभिन्न भाषा, भेष र संस्कृतिमाथि बलजफ्ती नेपाली भाषा थोपरियो। नेपाली भाषालाई स्थापित गर्ने अभियानमा अरू भाषाहरू राज्यबाट उपेक्षित हुँदै गए। प्रशासनमा अवसर पाउन वा राज्यका अरू अवसर उपभोग गर्न नेपाली भाषा नै अंगीकार गर्नुपर्ने बाध्यता आइलाग्यो। नेपालीबाहेक आ-आफ्ना जातजातिका मातृभाषा बोल्नेहरूलाई अवसरबाट वञ्चित गरियो। यसले नेपाली बोल्न नजान्ने मधेसीहरूले आफ्नो देशभित्रै विदेशीजस्तो व्यवहार सहनुपर्यो। यसले मधेसका रैथाने भाषाहरू प्रभावित हुँदै गए।, त्यही समय भारतमा हिन्दी भाषालाई स्थापित गर्ने पहल हुँदै थियो। त्यसले नेपालका सीमावर्ति सहर–बजारमा पनि प्रभाव पार्न थाल्यो। त्यसै पनि विगतमा धेरै जना पढ्न जाने ठाउँ भारत नै थियो। जो त्यहाँबाट पढेर आए, उनीहरू हिन्दीमै लेख्थे। यसले मधेसमा हिन्दी भाषाको प्रभाव बढी नै थियो।, ‘२०१५ सालको पहिलो संसदीय निर्वाचन बेला बेदानन्द झाले तराई कांग्रेस भन्ने पार्टी बनाएर हिन्दीलाई प्रचार गरेका थिए,’ जनकपुरीले भने, ‘त्यसपछि दोस्रो चरणमा मधेसमा हिन्दी भाषा लिएर आउनेमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, श्यामलाल मिश्र, विश्वनाथ साह लगायत पर्छन्, जसले कांग्रेस पार्टीमा विद्रोह गरेर नेपाल सद्भावना परिषद गठन गरेका थिए।’, २०४७ सालपछि गजेन्द्रनारायण सिंहको अध्यतामा नेपाल सद्भावना पार्टी स्थापना भयो, जसले नागरिकता समस्या सामाधान, मधेसीलाई आरक्षणसहित हिन्दी भाषाको मान्यतालाई आफ्नो राजनीतिक एजेन्डामा राखेका थिए।, ‘हिन्दीले यहाँको भाषामा जतिसुकै प्रभाव पार्न खोजे पनि त्यो असफल नै छ। त्यसले अभियानमा जोडिएकाहरूबाहेक यहाँका मातृभाषीलाई खासै प्रभाव पार्न सकेको छैन,’ जनकपुरीले भने।, यहाँनिर केही सकारात्मक प्रभाव पनि देखिन्छ। पछिल्लो समय मातृभाषाको आन्दोलनले गति लिएको छ। मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्छ भन्ने रिटमा सर्वोच्चले रोक लगाइदिएपछि मातृभाषा आन्दोलन अझ व्यापक हुँदै गएको जनकपुरी बताउँछन्।, २०६२–६३ को जनआन्दोलनपछि चर्किएको मधेस आन्दोलनले राजनीतिक अधिकार मात्र होइन, भाषाप्रतिको चेतनासमेत हलक्क बढाइदिएको उनको भनाइ छ। तर यसबीच भाषामाथिको विभेद र राजनीतिक प्रभावका कारण देशकै दोस्रो ठूलो भाषाका रूपमा लिइने मैथिलीमा असर देखिन थालिसकेको छ। २०६८ र २०५८ को जनगणना हेर्ने हो भने नै मैथिली भाषामाथि परेको असर देखिन्छ।, २०५८ मा मैथिली भाषा बोल्ने १२.३० प्रतिशत थिए भने २०६८ मा ११.६७ प्रतिशत भए। २०५८ सम्म मगही भाषा बोल्नेहरू थिएनन्। त्यो संख्या २०६८ को जनगणनामा ०.१३ प्रतिशत पुग्यो। मगहीको संख्या यो जनगणनामा अझै बढ्छ भन्ने यसले संकेत दिन्छ।, ‘यसले घाटा त मैथिली भाषालाई नै भएको छ। एकथरि मान्छे संस्कृत मिसाएर मैथिली लेखिरहेका छन्, बोलिरहेका छन्। अर्कातिर जसले शुद्ध बोलिरहेका छन्, उनीहरूलाई ठेटी भनेर हेप्न थालेपछि मगही भाषीहरूमा वृद्धि हुन थालेको छ,’ जनकपुरीले भने, ‘अब बिस्तारै संस्कृत-मिश्रित मैथिली र मगहीको बोलबाला चल्छ, यसको चपेटमा ठेट वा प्राचीन मैथिली भाषा बिस्तारै हराउँदै जान्छ।’, उनले अगाडि भने, ‘म त कयौंपटक भन्छु, लड्नु छ भने ठेटीका लागि लड। उनीहरूले लड्नुपर्ने त आफ्नै भाषाका लागि थियो तर अर्कै बाटो रोजेर मगही भए।’, पछिल्लो समय जनकपुरी आफैं मैथिली साहित्य लेख्दा ‘ठेटी’ मा लेख्ने प्रयास गर्दैछन्। गाउँमा जस्तो बोलिन्छ त्यसरी नै लेख्छन्। जस्तो, पानीलाई उनी मैथिलीमा बोलिने ‘पाइन’ नै भनेर लेख्छन्।, उनलाई आफ्नो एक्लो प्रयासले मात्र केही हुन्न भन्ने थाहा छ। नयाँ पुस्ताले पनि संस्कृत-मिश्रित धार पछ्याएको देख्दा उनलाई नराम्रो पनि लाग्छ। तै उनले आफूले रोजेको धार छाडेका छैनन्।, ‘भाषाको राजनीतिकरणले मैथिली भाषालाई घाटा भइरहेको छ। म आफ्नो तर्फबाट शुद्ध मैथिली चलाउने कोसिस गर्दैछु, हेरौं कहाँसम्म सफल भइन्छ!’ उनले भने।, यी पनि पढ्नुहोस्:, अध्याय १ - ,इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी, अध्याय २ - ,सिमरौनगढको भुलभुलैया दरबार, अध्याय ३ - ,मैले देखेको सिमरौनगढ, अध्याय ४ - ,मिथिलासँग जोडिएको नेवार सभ्यता, अध्याय ५ - ,सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा, अध्याय ६ - ,तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर, अध्याय ७ - ,दुइटा मन्दिरको जगमा बसेको सहर, अध्याय ८ - ,जनकपुरका ५२ कुटी र ७२ कुण्ड, अध्याय ९ - ,'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ',
भाषाको हेराफेरी! |
सेतोपाटी संवाददाता बचतकर्ताहरूले जम्मा गरेको रकम फिर्ता माग्दै सहकारीका सञ्चालकहरूको घर घेरेपछि प्रहरीले विराटनगरस्थित तुलसी बहुमुखी सहकारीका उपाध्यक्ष, सचिवलगायतलाई पक्राउ गरेको छ। , बचत गरेको रकम दिनुपर्ने माग राख्दै सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेराउ गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। , उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। , मंगलबार अबेर पक्राउ परेका उनीहरूले प्रशासनको रोहबरमा भएको निक्षेपकर्ताहरूसँगको छलफलमा ढिलोमा पाँच दिनभित्र अवधि पूरा भएको रकम फिर्ता दिने’ वचन दिएको प्रहरीले जनाएको छ।, यदि उक्त सहमति अनुसार रकम दिए पक्राउ परेका सचिव र उपाध्यक्षलाई प्रहरीले छोड्ने नभए कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएको मोरङ प्रहरीको भनाइ छ। , पछिल्लो दश दिनयता बचतकर्ता रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन्। सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन्। उनी अहिले कार्यालयमा नआउने त्यहाँका कर्मचारीले बताएका छन्।, २०७१ सालमा सहकारी स्थापना भएको थियो। बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै सहकारीमा जम्मा गरेको रकम दिन आलटाल गरेपछि निक्षेप जोखिममा परेको भन्दै बचककर्ता आन्दोलित बनेका हुन्। , तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा समेत तालाबन्दी भएको छ।, सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रूपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ।, लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिए पनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्तासामु सहकारीको अवस्था सार्वजनिक नगर्दा समस्या देखिएको छ। , सहकारीका प्रबन्धक सीताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए।, ‘अहिले तरलता अभावको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरूको रकम क्रमश: फिर्ता दिनेछौं। केही समय लाग्छ। तरलता अभावको कारणले समस्या आएको हो।’,
बचतकर्ताले घर घेरेपछि विराटनगरको तुलसी बहुमुखी सहकारीका उपाध्यक्ष, सचिवलगायत प्रहरीको नियन्त्रणमा |
रासस यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।, यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेंगीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो।, महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजकसमेत रहेका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।, महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए।, कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।, महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आउने छन्। , फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। , महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ।, साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ। पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ। फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए। , महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ। मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुर्याएका हुन्। , फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।, पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ।, पशुपति क्षेत्र नजिक रहेका सबै अस्पतालमा महाशिवरात्रिका अवसरमा आवश्यकताअनुसार शय्याका लागि पनि व्यवस्था गरिएको कोषले जनाएको छ। , महाशिवरात्रि पर्वकै अवसर पारेर कोषले माघ २९ गतेदेखि नै ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान सुरू गरिसकेको छ। जसअन्तर्गत प्रत्येक दिन सफाइ भइरहेको छ। पहिलो चरणमा एक महिनासम्म यो अभियान चल्ने जनाइएको छ। , पाँच ठाउँमा जुत्ता चप्पलको व्यवस्थापन गरिने, भुवनेश्वरीमा स्थायी जुत्ता चप्पलको व्यवस्था भक्तजनका लागि पहिलेदेखि नै हुँदै आएको छ। यस अतिरिक्त महाशिवरात्रिका दर्शनार्थीका लागि लाइनलाई पायक पर्ने गरी दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक (शङ्कराचार्य मठ पछाडि), बज्रघर दक्षिणतर्फ र वाग्मतीपारि राम मन्दिर नजिक गरी पाँच ठाउँमा जुत्ता चप्पल व्यवस्थापन गर्न लागिएको हो।, दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइने भएको छ। फागुन ६ गते बिहान ३ बजेदेखि चारै ढोका खुला गरिने छ।, मूल मन्दिरभित्र रात्रिकालीन व्यवस्थासहित कोषका कर्मचारी, मन्दिर सेवासँग सम्बन्धित रकमी र नेपाली सेनाको टोली परिचालन गरिने भएको छ। आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जनशक्तिसमेत खटाउने कोषको तयारी छ। बिहान सीमित मात्रामा र साँझ ६ बजेपछिमात्र विशेष पूजाको कार्यक्रम तय गरिएको छ। , हंसमण्डप, वनकाली र तिलगङ्गा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ। करिब एक सय संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरण गर्ने व्यवस्था मिलाइएको छ। आवास क्षेत्र नजिक आवश्यकताअनुसार शौचालयको समेत व्यवस्था गरिएको छ। फोहोर व्यवस्थापनका लागि आवास, भोजन वितरण गर्ने आयोजक संस्थाले अनिवार्य रूपमा डष्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ। पशुपति क्षेत्रमा प्लाष्टिक, काँच, शिशाजस्ता फुट्ने प्रकृतिका कप, प्लेटजस्ता सामग्री प्रयोग गर्न निषेध गरिएको कोषले जनाएको छ।, बाहिरी क्षेत्रबाट तीन दर्शन मार्ग, गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट, मित्रपार्क–जयबागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका पश्चिम ढोकाबाट, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा भएर पिङ्गलस्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवलबाट एक/एक गरी बाहिरी स्थानबाट तीन वटा दर्शन मार्गको व्यवस्था गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए। , तिलङ्गा–राममन्दिरतर्फ समेत आवश्यकताअनुसार लामको व्यवस्था गर्न सकिने गरी कोषले तयारी गरेको छ।, महाशिवरात्रिका दिन बिहान ७ बजेअघि नै नित्य दर्शनार्थीले दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ। , महाशिवरात्रिका लागि आवश्यकताअनुसार ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रमको पनि आयोजना गरिएको कोषले जनाएको छ। साजसजावट तथा मेला बजारको पनि व्यवस्था गरिने छ। फागुन ७ गतेदेखि एक हप्ताका लागि मेला बजारको व्यवस्था गरिने भएको छ।,
महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था |
सेतोपाटी संवाददाता गत सोमबार बालाजुमा भएको मजदुर आन्दोलनले उग्र रूप लियो। , दिउँसोदेखि सुरू भएको आन्दोलनले अपरान्हसम्म उग्र रूप लिइसकेको थियो। एकातिर प्रहरी वृत्त बालाजु र अर्कोतर्फ प्रहरी वृत्त महाराजगन्जको टोलीले आन्दोलनलाई रोक्ने प्रयास त गर्यो तर बल प्रयोग गरेको थिएन। , प्रहरीले बल प्रयोग नगर्दा ठूलो क्षति भएको भन्दै आलोचना भएको छ। , यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने घटनामा अझ ठूलो क्षति हुनबाट जोगाउन पनि संयमता अपनाउन जरूरी भएको बताउँछन्। , त्यही दिन काठमाडौंमा विशिष्ट व्यक्तिको आगमनका कारण पनि प्रहरी थप संयम बनेको उनले बताए। त्यसदिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका थिए। , उनी काठमाडौं आएर विभिन्न शीर्ष नेतासँग भेट गरिरहेका थिए। जसको लागि काठमाडौं प्रहरीले नै सुरक्षाको व्यवस्था गर्नुपर्थ्यो।, ‘त्यतिबेला विशिष्ट व्यक्तिहरूको पनि आगमन थियो। विभिन्न ठाउँमा भिजिट थियो, त्यसको लागि सहजीकरण गर्नुपर्ने थियो,’ उनले भने। , यता यातायात मजदुरहरूले भने बालाजु सडकमै बस तेर्साएर अवरूद्ध गरेका थिए। जसकारण काठमाडौंकै सवारी आवतजावत अस्तव्यस्त बनेको थियो। त्यस्तो बेलामा प्रहरीले संयमता नअपनाएको भए ठूलो क्षति हुनसक्ने उनले बताए। , ‘सडक पनि अवरूद्ध भएको थियो। त्यहाँ गरिने कुनै पनि संयमविहीनताका कामले, संयमता अलिकति पनि तलमाथि हुँदा विशिष्ट व्यक्तिहरूको सवारी अवरूद्ध हुनसक्थ्यो,’ उनले भने,‘मुलुकको शाखसँग जोडिने हुँदा त्यसलाई मध्यनजरमा राख्दै संवेदनशीलता अपनाएका हौं। क्षतिको पनि आकलन गरेका थियौं।’, त्यही आन्दोलनमा प्रदर्शनकारीले दुई वटा प्रहरी गाडी जलाएका थिए। प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको गाडीमा तोडफोड गरी आगजनी गरेका थिए। त्योसँगै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरिएको थियो। यता ट्राफिक आयरल्यान्ड पनि भत्काइएको थियो। , प्रदर्शनकारीले ढुंगामुढा गर्दा कयौं प्रहरी घाइते समेत भएका थिए। यस घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ। , यता प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहँदा बालाजुमै रहेको ल्होत्से मलमा पनि तोडफोड भएको थियो। बन्द गरिसकेका मोबाइल पसलभित्र पसेर मोबाइल फोन समेत लुटपाट भएको थियो। , मोबाइल लुटपाट गर्ने ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यस्तै यी घटनामा संलग्न अन्यलाई पनि प्रहरीले पक्राउ गरेको छ। यद्यपि म्याद थप गर्न बाँकी रहेको भन्दै उनीहरूलाई सार्वजनिक भने गरेको छैन। , उक्त दिन आन्दोलनले उग्र रूप लिएपछि परिसरबाट एसपी सीताराम कोइराला नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले पछि बल प्रयोग गरी घटनालाई नियन्त्रणमा लिएको थियो। यता सशस्त्र प्रहरी बलबाट पनि टोली खटिएको थियो। ,
बालाजु घटनाबारे के भन्छ काठमाडौं प्रहरी? |
सेतोपाटी संवाददाता धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।, औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।, उनका अनुसार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले विपिन, जितेन्द्र मुख्य कसुरदार र मुनीन्द्र मतियार ठहर भएका हुन्।, अगामी फागुन १२ गते उनीहरूलाई न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने स्रेस्तेदार बस्नेतले बताए।, उनका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजिवन कैद सजाय हुनसक्छ।, कसुरदार ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन्। जितेन्द्र र मुनीन्द्र त्यहाँ कामदार थिए।, हत्या अभियुक्तहरू क्रसर उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई सफाइ दिएको छ।, अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताए।, घर नजिकैको औरही खोलामा भैरहेको उत्खननको विरोध गर्न पुगेका दिलिपको २०७६ पुस २५ गते बिहान हत्या भएको थियो।फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरी बेहोस बनाएर दिलिपको जिउमाथि टिपर चलाइएको थियो।,
अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर |
सेतोपाटी संवाददाता मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा हिरासतबाट छुटेका छन्।, बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए। , ‘सामान्य विवाद भएको थियो। अहिले मिलापत्र गरेर गइसक्नुभयो,’ उनले भने। , मंगलबार राति बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मापसे गरी कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको थियो। , उनी र सोही ठाउँका रमेश भण्डारीले बेलबारी-४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले उनीहरू दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेको थियो। , पीडितले कार्यालयमा जाहेरी दिएको थिएन। बुधबार अपराह्न कार्यालय पुगेका पीडित पक्षले मिलापत्र गरेसँगै उनीहरू छुटेका हुन्। , पवन खतिवडाको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी' थेगोले उनी चर्चित छन्।,
छुटे कलाकार पवन खतिवडा |
सेतोपाटी संवाददाता बालाजुमा गत सोमबार भएको आन्दोलन भड्किँदा प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए। , प्रहरीले सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, फोटोलगायत विश्लेषण गरी उनीहरूलाई पक्राउ गरेको एसएसपी कार्कीले बताए। , उदयपुर घर भई काठमाडौं बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई तार्केश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष खड्का पक्राउ परेका हुन्। , गत सोमबार यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो।, प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो।, प्रहरीले यसै घटनामा संलग्न अन्य ९/१० जनालाई पनि नियन्त्रणमा लिएर स्क्रिनिङ गरिरहेको छ। , उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेको छ।, यस्तै त्यही बेलामा ल्होत्से मलमा लुटपाट गर्ने चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो। ,
बालाजुमा प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ |
सेतोपाटी संवाददाता बालाजुको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले चार जना आरोपितलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।, बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो।, गत सोमबार साँझ ६ बजे उनीहरूले ल्होत्से मलमा रहेको एसिडिसी मोबाइल प्रालि, डायमोन्ड मोबाइल प्रालि र सुपर मार्केटमा मोबाइल, चार्जरलगायत चोरी गरेका थिए।, दैलेख घर भई काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं-२२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूबाट एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायत बरामद गरेको छ।, उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको छ।, उनीहरूमाथि प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान अघि बढाएको छ। यस घटनामा अन्य संलग्नलाई पनि पक्राउ गरेको छ।, उनीहरूमाथि स्क्रिनिङ गरी म्याद थप गर्ने तयारी गरिरहेको एसएसपी कार्कीले बताए।, उनका अनुसार उनीहरूको आपराधिक पृष्ठभूमि छ/ छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। तर यसमा संलग्नमध्ये एक जनाले दैलेख जानको लागि टिकट काटेको पनि देखिएको थियो।, आन्दोलन भड्किएपछि उनीलगायत आएर तोडफोड गरेको पाइएको हो।, गत सोमबार बालाजुमा यातायात मजदुरले गरेको आन्दोलनले उग्र रूप लिएको थियो। उक्त आन्दोलनमा थुप्रै प्रहरी घाइते भएका थिए। प्रहरीको दुई वटा भ्यान, एउटा अस्थायी प्रहरी बिट र आयरल्यान्डमा पनि क्षति पुगेको थियो।, ,
बालाजुको ल्होत्से मलमा रहेको मोबाइल पसल लुटपाट गरेको आरोपमा चार पक्राउ |
रासस सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मंगलबार राति ज्योतिर्लिङमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।, जिल्लाको प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो। उनका अनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रूपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ। , चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन।, 'मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामराको रिसिभर पनि चुँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ,' निमित्त प्रवक्ता शाहले भने, 'प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ।', चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिए। , चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ। विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ।,
प्राचीन मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी |
सेतोपाटी संवाददाता आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भू-भागमा सफा रहने छ ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।, अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।, आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।, भोलि (शुक्रबार) प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, शनिबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ।, तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।,
यस्तो छ आजको मौसम: तराईमा मध्यान्हसम्म हुस्सु लाग्ने |
एजेन्सी टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन्।, टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै उद्धार गरेको छ। , एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जिवितै निकालिएको थियो।, यस्तै सोही स्थानबाट थप दुई महिलाको जिवितै उद्धार गरिएको थियो। टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो।, यस्तै टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेर हर्षविभोर भएका थिए।, एम्बुलेन्सले ती महिलालाई अस्पताल लिएर गएपछि उद्धारकर्ताहरूले एकअर्कालाई ताली बजाउँदै र अँगालो हालेका थिए।, मंगलबार पनि सोही ठाउँबाट एक ४६ वर्षीया महिलालाई उद्धार गरिएको थियो।, विनासकारी भूकम्पमा परी टर्की र सिरियाका कम्तपमा ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। , लाखौं भूकम्पपीडितलाई मानवीय सहायताको खाँचो छ, उनीहरू यो चिसोमा घरबारविहीन भएका छन्। घरबारविहीन केही परिवारलाई खेल मैदानमा पाल टाँगेर राखिएको छ।,
टर्की भूकम्प : २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार |
सेतोपाटी संवाददाता सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ।, गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।, हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ।, निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी आगामी चैत ४ गतेसम्म पेस गर्नुपर्नेछ।, नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले कोटा छुट्टाएको छ। सोही अनुसार प्रक्रिया पुर्याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।,
हज यात्राका लागि निवेदन खुला |
रासस सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ।, बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो।, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो।, बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ।, विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नम्बर वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ।, गाउँपालिका सँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उनले बताए।, बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र ५ वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।,
सुनसरीमा ३ जनामा देखियो दादुरा |
सेतोपाटी संवाददाता ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ।, बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा परी सांसद भण्डारी पनि घाइते भएका छन्।, उनको शरीरको ३० प्रतिशत भाग जलेको छ। कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई भारतको मुम्बई लैजान लागिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको हो।, प्रहरीको प्रारम्भिक अनुसन्धानले राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएको र छोरा चन्द्रलाई यसबारे जानकारी गराएको देखिएको छ। , ‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचनभित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ (चन्द्र भण्डारी) कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’, किचनमा पुगेर सांसद भण्डारीले बिजुली बत्ती बाल्दा एक्कासी आगोको झिल्का आएर आगलागी भएको हुन सक्ने एसपी रिजालले बताए। , ‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेको भन्ने बुझिएको छ,’ उनले भने। , जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले पनि यो घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएजस्तै कारण हुन सक्ने बताए।, ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको भट्टराईले बताए।, ‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ भट्टराईले भने,‘कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा छैन।’, कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ।, ‘हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अन/अफ गर्दा पनि स्पार्क निस्किन्छ,’ भट्टराईले भने,‘त्यसपछि आगो लागिहाल्छ। कोठामा भएको मान्छे ढलिहाल्छ।’, ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई बताउँछन्।, ‘बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुन्न। बरू कोठाका झ्याल-ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ,’ भट्टराईले भने। , यो पनि पढ्नुहोस्- ,ग्यास सिलिन्डरको म्याद गुज्रिएको छ कि छैन यसरी थाहा पाउनुस्, ,
ग्यास लिक भएको शंका लागे त्यो कोठामा बिजुलीको स्विच नछुनुस् (भिडिओ) |
सेतोपाटी संवाददाता ग्यास सिलिन्डर बिस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ।, कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०:५७ बजे मृत्यु भएको हो। , कांग्रेस सांसद चन्द्रको कीर्तिपुरमा उपचार जारी छ। , सांसद भण्डारीको अनुहार, दुबै हात, दुबै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ। उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको थियो।, यो घटना बुधबार रातिको हो।, काठमाडौंको बुद्धनगरस्थित एक घरको भुइँतलाको किचनमा ग्यास सिलिन्डर बिस्फोट भएको हो। उक्त तलामा चन्द्र र आमा हरिकला मात्रै बस्थे। एक जना सहयोगी पनि राखिएको थियो। तर हिजो भने ती सहयोगी थिएनन्। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको थियो।, प्रारम्भिक अनुसन्धानबाट राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएकी थिइन्। ग्यास लिक भएको थाहा पाएपछि हरिकलाले छोरा चन्द्रलाई यसबारे जानकारी गराइन्। , ‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचेन भित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’, किचेनमा पुगेर सांसद भण्डारीले बत्ती बाल्ने क्रममा एक्कासी आगोको झिल्का आएर बिस्फोट भएको उनले बताए। , ‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेर बिस्फोट भयो भन्ने बुझिएको छ,’ उनले भने। , यसरी बिस्फोट हुँदा घरको फल्स सिलिङ, झ्यालका सिसाहरू फुटेका थिए। घरमा अरू पनि उपस्थित थिए। तर उनीहरू भने सकुशल नै छन्। बिस्फोट भएको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। , त्यसपछि सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। ,
अग्निनियन्त्रक राजकुमार ठकुरीका अनुसार ग्यास सिलिन्डर बिस्फोटका घटना हुनुमा पुरानो सिलिन्डर पनि एक कारण हुन सक्छ।, कुनै पनि सिलिन्डर १० वर्षदेखि १५ वर्षसम्म चलाउन मिल्छ। तर नेपालमा भएका कम्पनीहरूको लापरबाही पनि हुने गरेको उनले बताए। , ‘कुनै पनि ग्यास कम्पनीले सिलिन्डरले १० देखि १५ वर्षसम्म धान्छ भनेर आइएसओ सर्टिफाई गरेको हुन्छ। समय राखेर यति वर्षसम्म प्रयोग गर्न मिल्छ भनिन्छ,’ उनले भने, ‘तर नेपालका कम्पनीहरूले रङ लगाउने गरेको देखिन्छ। सिलिन्डरहरू डिस्पोज नगर्ने, आफू खुसी चलाइरहने, डेट लेख्ने, वेल्डिङ गरी मिलाउने गरेको हामीले अनुसन्धान गर्दा देखिन्छ। पुरानैलाई धेरैले रिफाइन गरेर चलाएको देखिन्छ।’, यस्तै रेगुलेटर, पाइप लगायत पनि पुरानो हुँदा यस्ता घटना हुने गरेको उनी बताउँछन्। ‘यहाँ कतिपय रेगुलेटर पनि आइएसओको मान्यता नभएको देखिन्छ। पाइप पनि गुणस्तर नभएको प्रयोग हुँदा पड्किने गरेको देखिन्छ,’ उनले भने, ‘चिसोमा पाइप पनि फुटेर लिक हुने सम्भावना हुन्छ।’,
आमाले ग्यास लिक भयो भनेपछि हेर्न किचनमा गएका थिए सांसद भण्डारी |
सेतोपाटी संवाददाता बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।, ल्होत्से मलमा लुटपाट गर्ने तीन जना र आगजनी, तोडफोड गर्ने १२ जनालाई पक्राउ गरेको उनले बताए।, गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो।, आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुइटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए। ट्राफिक आयरल्यान्ड पनि भत्काएका थिए। , यता त्यही बेला एक समूहले ल्होत्से मलमा लुटपाट गरेका थिए। , काभ्रे घर भई काठमाडौंको जरंखु बस्ने सहचालक १९ वर्षीय सुरज मगर, उदयपुर घर भई तार्केश्वर बस्ने रितेश बस्नेत र मोरङ घर भई तार्केश्वर बस्ने यमन राई पक्राउ परेका हुन्। बस्नेत र राई ज्याला मजदुरी गर्थे। , उनीहरूमाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ। , आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राइभर, सहचालकलगायत छन्। , यस्तै, विद्यार्थी सुनिल कालिकोटे, व्यापारी रोमन नगरकोटी, विद्यार्थी सुदिप तामाङ, व्यापारी माधव शाही, सहचालकहरू केशर राई, इन्द्र तामाङ, राजन राउत, विकास गुरूङ पक्राउ परेका छन्। , यस्तै, चालक इलाराज गुरूङ, हरिशरण तामाङ, संविधान परियार र एक वेटर कविन खड्की पक्राउ परेका छन्। , प्रहरीले सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्बिरबाट पहिचान गरी पक्राउ गरेको हो। , उनीहरूमाथि उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान गर्न बालाजु र महाराजगन्जमा पठाएको छ।, यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। ,
,
,
बालाजु घटनामा थप १५ जना पक्राउ |
सेतोपाटी संवाददाता कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ।, सांसद भण्डारीलाई कीर्तिपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो। अब त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिनेछ।, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सांसद भण्डारीलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि पठाउन लागिएको बताए।, गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको थियो। उनकी आमाको भने निधन भएको छ।, आमाले ग्यास लिक भयो भनेपछि हेर्न किचनमा गएका थिए सांसद भण्डारी, यो घटना बुधबार रातिको हो।, काठमाडौंको बुद्धनगरस्थित एक घरको भुइँतलाको किचनमा ग्यास सिलिन्डर बिस्फोट भएको हो। उक्त तलामा चन्द्र र आमा हरिकला मात्रै बस्थे। एक जना सहयोगी पनि राखिएको थियो। तर हिजो भने ती सहयोगी थिएनन्। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको थियो।, प्रारम्भिक अनुसन्धानबाट राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएकी थिइन्। ग्यास लिक भएको थाहा पाएपछि हरिकलाले छोरा चन्द्रलाई यसबारे जानकारी गराइन्। , ‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचेन भित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’, किचेनमा पुगेर सांसद भण्डारीले बत्ती बाल्ने क्रममा एक्कासी आगोको झिल्का आएर बिस्फोट भएको उनले बताए। , ‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेर बिस्फोट भयो भन्ने बुझिएको छ,’ उनले भने। , यसरी बिस्फोट हुँदा घरको फल्स सिलिङ, झ्यालका सिसाहरू फुटेका थिए। घरमा अरू पनि उपस्थित थिए। तर उनीहरू भने सकुशल नै छन्। बिस्फोट भएको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। , त्यसपछि सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। ,
अग्निनियन्त्रक राजकुमार ठकुरीका अनुसार ग्यास सिलिन्डर बिस्फोटका घटना हुनुमा पुरानो सिलिन्डर पनि एक कारण हुन सक्छ।, कुनै पनि सिलिन्डर १० वर्षदेखि १५ वर्षसम्म चलाउन मिल्छ। तर नेपालमा भएका कम्पनीहरूको लापरबाही पनि हुने गरेको उनले बताए। , ‘कुनै पनि ग्यास कम्पनीले सिलिन्डरले १० देखि १५ वर्षसम्म धान्छ भनेर आइएसओ सर्टिफाई गरेको हुन्छ। समय राखेर यति वर्षसम्म प्रयोग गर्न मिल्छ भनिन्छ,’ उनले भने, ‘तर नेपालका कम्पनीहरूले रङ लगाउने गरेको देखिन्छ। सिलिन्डरहरू डिस्पोज नगर्ने, आफू खुसी चलाइरहने, डेट लेख्ने, वेल्डिङ गरी मिलाउने गरेको हामीले अनुसन्धान गर्दा देखिन्छ। पुरानैलाई धेरैले रिफाइन गरेर चलाएको देखिन्छ।’, यस्तै रेगुलेटर, पाइप लगायत पनि पुरानो हुँदा यस्ता घटना हुने गरेको उनी बताउँछन्। ‘यहाँ कतिपय रेगुलेटर पनि आइएसओको मान्यता नभएको देखिन्छ। पाइप पनि गुणस्तर नभएको प्रयोग हुँदा पड्किने गरेको देखिन्छ,’ उनले भने, ‘चिसोमा पाइप पनि फुटेर लिक हुने सम्भावना हुन्छ।’,
थप उपचारका लागि भारत पठाइयो सांसद भण्डारीलाई |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा खाना पकाउने ग्यास लिक भई बिस्फोट हुँदा २ जना घाइते भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को लहचौरास्थित कृषि बीऊ उत्पादन कम्पनीमा बिहीबार बिहान ११:४० बजे ग्यास लिक भई बिस्फोट भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले ग्यास लिक भई पड्किँदा खाना पकाउँदै गरेकी ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएका हुन्।, खनाल चितवनको भरतपुरका हुन्।, कुसुमको कम्मरमुनिका भाग जलन भएको छ। उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बाँके पठाइएको छ।, यस्तै खनालको हात र खुट्टामा जलन भएको छ। उनी चितवनमै उपचार गराउने भनेर त्यसतर्फ गएका छन्।,
दाङमा ग्यास लिक भएर बिस्फोट हुँदा २ जना घाइते |
रासस पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। , राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन्। तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।, उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए।, उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए।, उनका अनुसार वि.सं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। हुलाकी सडकमा पर्ने विरिङ पुल विसं २०६८ मा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरू गरेको थियो। , ठेकेदारको लापरबाही, कोरोना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो।, पटक/पटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उनको भनाइ छ। उनले तीव्र रूपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बताए।, ‘हरेक बहानामा पुल निर्माणमा जति ढिलो हुनुभयो’, उनले भने, ‘अब ढिला हुन्न, सबै पुलको निर्माणको काम २०८० सालको असार मसान्तसम्ममा पूरै सकिन्छ।’, उनले विरिङ पुलजस्तै एक दशकअघि सुरू भएको कनकाई पुलको भौतिक प्रगति भने ६० प्रतिशत मात्र भएको बताए।ठूलासाना नदीमा करिब २५ मिटर लम्बाइदेखि छ सय २४ मिटर लामा पुल निर्माण भइरहेका छन्।, हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको उनले जानकारी दिए। यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरू भइसकेको छ। , भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनियर खतिवडालेले बताए। सडक दुई लेनको बनेको छ। उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए। , मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए।, पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म एक हजार छ सय मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ। , त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, करिब ४० किमी सडकमध्ये ३९ किमी सडकको निर्माण सकिएको छ। ,
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा |
रासस सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ।, ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।, ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।, आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका छन्।, बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्ध गरेका थिए। आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन्।, आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले बताए।, विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ।,
वार्ता गर्न सरकारले बोलायो आन्दोलनरत यातायात मजदुरलाई |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.