content
stringlengths 20
64.1k
⌀ |
---|
निशा भण्डारी आइतबार टुँडिखेलमा माघे संक्रान्ति विशेष कार्यक्रम गरी मनाइएको छ।, माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका थिए। , कार्यक्रममा दुबै समुदायले छुट्टाछुट्टै स्थानमा आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत समेत गरेका छन्।, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।, माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।, तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।, बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्म सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।, उत्तरायण भएपछि शुभ कर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ। तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ।, आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।, तस्बिरहरूः,
टुँडिखेलमा मनाइयो माघी पर्व (तस्बिरहरू) |
सेतोपाटी संवाददाता आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दुर्घटनामा परेको हो।, ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।, कोपाइलट अञ्जुले जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन्।, विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।, सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेलको निधन भएको थियो।, विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।, ‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा बित्नुभयो, आज छोरीको पनि दुर्घटना भयो भन्नुभयो,’ न्यौपानेले भने।, अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्।, जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।, काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।, त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।, दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।, ‘३० वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’,
जहाज दुर्घटनाको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन् अञ्जुले |
भगवती पाण्डे रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङलगायत लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा आइतबार बिहानैदेखि शितलहर चलेको छ।, शनिबार दिनभर घाम लागेको यस क्षेत्रमा आइतबार बिहानैदेखि बाक्लो हुस्सु्सहित शितलहर चलेको हो। यस वर्षको जाडो सुरू भएदेखि हुस्सुसहित चिसो बढेपनि शितलहर भने आइतबार बिहानदेखि मात्र चलेको हो। शितलहर र बाक्लो हुस्सुको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ। , माघ महिनाको पहिलो दिनमै बाक्लो हुस्सु सहित शितलहर चलेपछि केहि दिन चिसो रहने अनुमान गरिएको छ। बुटवल, भैरहवा लगायतका क्षेत्रका सडक शितलहरले चिप्लै बनेका छन्। चिसो र बाक्लो हुस्सुका कारण सडकमा सवारी साधनको आवागमन पनि पातलिएको छ।, बाक्लो हुस्सुका कारण सडकमा नजिकै पुगेपछि मात्रै सवारीसाधन गुडेको देखिन्छन्। सडकमा गुड्ने सवारी साधनले पनि लाइट बालेर गुड्ने गरेका छन्।, पुसको अन्तिमतिर लागेको हुस्सु तीन-चार दिनमै हटेपनि पानी पर्न नसक्दा माघको पहिलो दिनमै पुनः सुरू भएको छ। हुस्सुका कारण भिजिविलिटी कम हुँदा आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनैपनि जहाजको उडान तथा अवतरण हुन नसकेको विमानस्थल सूचना शाखाले जनाएको छ।, यस्तै दिउँसोसम्म पनि बाक्लो हुस्सु कायमै रहेकोले साँझ सम्म पनि उडान हुनसक्ने सम्भावना नहरेको विमानस्थल सूचना शाखाले जनाएको छ।, आइतबार माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा परेकोले अत्यावश्यक कामको लागि मात्रै मानिसहरु घर बाहिर निस्किएका छन्। शितलहर चलेपछि सर्वसाधारण छाता ओढेर निस्किएका देखिन्थे।,
बुटवलमा बाक्लो हुस्सु र शितलहर (तस्बिरहरू) |
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।, दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।, ’३० वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’, मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए।, अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए।, जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।, दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।,
पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि |
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ।, आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।, जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ।, तीमध्ये ५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले बताए। , लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिए।,
,
पोखरा जहाज दुर्घटना: पाँच जनाको सनाखत |
सेतोपाटी संवाददाता पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको खोजी कार्य राति पनि हुने भएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको हो। , उनका अनुसार जहाजमा रहेका ३ जना अझै बेपत्ता छन्। अहिलेसम्म ६९ जनाको शव फेला परेको र तीमध्ये ४७ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ।, बाँकी २२ शव पनि अस्पतालमा पुर्याउने तयारी भइरहेको सिडिओ केसीले बताए। , अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन्। नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन्।, त्यसैगरी प्रहरी र सशस्त्र प्रहरी पनि सयौंको संख्यामा खटिएका छन्। काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पनि पोखरा गएको छ।, उक्त टोलीले बत्ती, क्रेन लगायतको सहयोगमा खोजी कार्य जारी नै राख्न लागिएको हो।, ‘आज नै सबै जना भेटियोस् भन्ने हिसाबले काम अगाडि बढेको छ। त्यसैले रातभर खोजी गर्ने भएको छ,’ उनले भने। ,
यस्तै भेटिएका शवका पहिचान पनि भोलि मात्रै गरिने उनले बताए। , सम्बन्धित परिवारलाई शव भोलि बुझाउने तयारी रहेको पनि उनले बताए। विदेशी नागरिक तथा अन्य जिल्लाका शवलाई पनि काठमाडौं ल्याइने उनले बताए। , ‘पोखरामै बस्ने वा यहीँ शव बुझ्नेलाई यहीँ जिम्मा लगाउँछौं। विदेशीको हकमा काठमाडौंमै पठाउछौं,’ उनले भने, ‘अन्यको पनि काठमाडौंमै जिम्मा लगाउने गरी तयारी अगाडि बढाएका छौं।’,
सेती खोंचमा राति पनि खोजी गरिने |
सेतोपाटी संवाददाता मानव अधिकार तथा शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन्।, नवलपरासी पश्चिमको भूमहीमा भएको राष्ट्रिय परिषद्को बैठकबाट बराल सभापतिमा चयन भएका हुन्। शान्ति समाजको महासचिवमा रेनुका पौडेल र कोषाध्यक्षमा किरण ढकाल चयन भएका छन्।, मानव अधिकार, शान्ति र लोकतन्त्रका क्षेत्रमा काम गर्नका लागि २०५३ जेठ १९ मा मानव अधिकार तथा शान्ति समाज स्थापना भएको थियो। ,
,
मानव अधिकार तथा शान्ति समाजको सभापतिमा बराल निर्वाचित |
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। , तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।, तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिए। , प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताए। , ‘खोंचमा तीन जनाको शव देखिएको छ। तर निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्यौं। तर त्यसबाट पनि सम्भव भएन।’, यस्तै ३ जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको पनि खोजी भइरहेको छ। , घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए। , आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।, दुर्घटनामा परेकामध्ये पाँच जनाको सनाखत भएको छ। , लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ। ,
,
६९ जनाको शव भेटियो, ३ जना अझै फेला परेनन् |
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाहरूको शव खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको हो।, सशस्त्रका १५ जनाको टोली शव खोजी गरिरहेको छ। ३ जनाको शव फेला पर्न बाँकी छ। ६९ जनाको शव भने फेला परिसकेको छ।, काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए। आज बिहान १०:५० मा जहाज सेती खोंचमा खसेको थियो।,
पोखरामा विमान दुर्घटना- सशस्त्रले परिचालन गर्यो गोताखोर |
सेतोपाटी संवाददाता आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।, आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।, भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।, पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।, अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ।,
यति एयरलाइन्सका भोलि हुने उडान सबै रद्द |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ।, आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो।, पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए।, २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए।, पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक/सम्पादकका थिए।,
पोखरा जहाज दुर्घटनामा बिते पत्रकार त्रिभुवन पौडेल |
शोभा शर्मा बालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्काउन धेरैलाई हतार देखिन्छ।, खेल क्षेत्रका जिम्मेवार पदाधिकारीसमेत नाबालिग बलात्कारजस्तो गम्भीर अभियोग लागेका सन्दीपलाई थुनामुक्त हुनेबित्तिकै सफाइ नै पाएझैं गरी खेलमा फर्काउने पक्षमा उभिएका छन्।, कसुरबाट सफाइ नपाउँदै खेलमा फर्काउँदा पीडित बालिकालाई कस्तो महसुस हुन्छ, खेल हेर्ने दर्शकले के सोच्छन् वा एउटै टिममा रहेर खेल्ने खेलाडीको मनोबल के हुन्छ भन्नेबारे सरोकारवाला अधिकारीहरूले पनि विचारै नगरेको देखिन्छ।, उनलाई खेलमा फर्काउनुपर्छ भन्नेहरूमा सबभन्दा अघि आएर बोलेका छन्- राष्ट्रिय क्रिकेट महासंघ (क्यान) कै अध्यक्ष चतुरबहादुर चन्द।, हामीले आइतबार उनै चन्दलाई नाबालिग बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिलाई कसुरबाट सफाइ नपाउँदै खेलमा फर्काउनु जायज हो कि होइन भनेर सोधेका छौं।, जवाफमा उनले भने, ‘सन्दीप जत्तिको खेलाडीलाई क्रिकेटमा फर्काउनुपर्छ भन्ने मलाई लाग्छ। नेपालको कानुनले फर्काउन मिल्ने भयो भने मात्र फर्काउने हो। त्यसैले हामीले कानुन व्यवसायीसँग कुरा गरिरहेका छौं। फरक-फरक धारणाहरू आएका छन्।’, उनले अगाडि भने, ‘विदेशमा क्रिकेट खेल्न जानुअघि खेलाडीलाई राखिने बन्द शिविरबाट बाहिर निस्केका कारण हामीले उनलाई अनुशासनको कारबाही गरेका थियौं। बलात्कारको केस दर्ता भएपछि खेलबाट निलम्बन गरिएको हो।’, उनको यो जवाफपछि हामीले सोध्यौं, ‘बलात्कारको अभियोग लागेपछि निलम्बन गरिएको हो भने उनी अहिले निर्दोष साबित भइसकेका छन् र?’, ‘छैन,’ चन्दले भने, ‘तर अदालतले थुनामुक्त गरिसकेपछि खेलमा फर्काउन पनि मिल्छ कि भनेर छलफल भएको हो। फर्काउनै लागेको त होइन।’, उनले अगाडि भने, ‘पीडितले न्याय त पाउनैपर्छ। हामीले सबभन्दा पहिले भन्ने त यही नै हो। क्लोज क्याम्प (बन्द शिविर) बाट बाहिर गएर त्यहाँसम्म पुगेको रहेछ भन्ने हामीलाई थाहै थिएन। त्यसैले अनुशासनको कारबाही गर्यौं। निलम्बन गर्यौं। खेलमा फर्काउने भनेको पनि कानुनले अनुमति दिए मात्र हो। अहिलेसम्म ऊ निर्दोष हो भन्ने प्रमाणित त भएको छैन। तर दोषी पनि त प्रमाणित भइसकेको छैन। यस्तो बेला नेपाल कानुनले के भन्छ भन्ने हेर्नुपर्छ।’, नेपालको कानुन हेर्ने हो भने अभियोग लाग्नेबित्तिकै सार्वजनिक पदाधिकारीलाई पनि निलम्बन भने गरिँदैन। अभियोग प्रमाणित भएपछि मात्र निलम्बन गर्ने कानुन रहेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मी बताउँछन्।, खेलाडीको हकमा भने त्यही क्षेत्रको तालुकवाला संस्थाले निर्णय गर्ने उनले बताए। क्रिकेटको सन्दर्भमा त्यो तालुकवाला संस्था क्यान हो।, ‘क्यानले लामिछानेलाई बालिका बलात्कारको अभियोग लागेर अदालतमा मुद्दा दर्ता भएपछि निलम्बन गरेको थियो। अहिले उनी धरौटीमा छुटे पनि अभियोगबाट सफाइ पाएका छैनन्। त्यसैले क्यानले निलम्बन गर्ने बेला र अहिलेको अवस्था उस्तै हो,’ रेग्मीले भने, ‘अदालतले धरौटीमा छाडे पनि कडा सर्तहरू तोकेको छ। निर्दोष प्रमाणित नभई उनलाई किन खेलमा फर्काउने भन्ने कुरा अब क्यानले नै भन्ने हो।’, जुन आदेशका कारण उनलाई खेलमा फर्काउने भनेर क्यानको नेतृत्वले छलफल चलाइरहेको छ, त्यही आदेश पनि विवादरहित भने छैन।, उच्च अदालतका पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले बिहीबार गरेको सन्दीपलाई छाड्ने आदेश कानुनबमोजिम भन्दा जमानतको सिद्धान्तमा आधारित रहेको भन्दै न्याय क्षेत्रमा आलोचित छ।, तीन वर्षभन्दा माथि कैद हुने मुद्दाका अभियुक्तलाई प्रमाण हेर्दा कसुर भएको आधार देखिए थुनेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने कानुन छ।, तर न्यायाधीश नन्द र ढकालको इजलासले भनेको छ, ‘तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिएको अवस्थामा पनि थुनामा राख्नैपर्ने अनिवार्य अवस्था देखिनुपर्ने छ।’, उक्त आदेशले लामिछानेलाई थुनामा राख्नैपर्ने पर्याप्त आधार देखिएन भनेको छ। तर त्यही इजलासले प्राप्त प्रमाण हेर्दा सन्दीप निर्दोष हुने देखियो भन्न पनि सकेको छैन।, केही सरकारी वकिलहरूले भने उक्त आदेश ‘प्रचलित कानुन र कानुनले कल्पना गरेको दायरा काटेर आएको’ टिप्पणी गरिरहेका छन्।, रेग्मी पनि उक्त आदेशले कानुन र सर्वोच्च अदालतको व्याख्यालाई समेत काटेर सन्दीपलाई थुनामुक्त गरेको बताउँछन्।, ‘यो आदेश कानुन र अदालतको व्याख्याभन्दा फरक भयो। सर्वोच्चले गरेका अहिलेम्मका व्याख्यामा पुर्पक्षका लागि थुनामा पठाउने विषयलाई निषेध नगरौं, पीडितको सुरक्षा, न्यायको कुरा, प्रमाणमा पर्ने प्रभाव लगायत हेर्दा यो आवश्यक हुन्छ भनेको छ,’ उनले भने, ‘यो आदेशले भने प्रमाण नष्ट गर्दैन भने छाड्न मिल्छ भन्यो। हुन त यो उच्च अदालतको व्याख्या हो यसलाई सर्वोच्चले उल्ट्याउने ठाउँ छ।’,
क्यान अध्यक्षलाई प्रश्न- सन्दीपलाई क्रिकेट खेलाउन किन हतार? |
सेतोपाटी संवाददाता नेपालमा भएका जहाज दुर्घटनामध्ये आन्तरिकतर्फ अहिलेसम्मकै धेरैको मृत्यु भएको छ। , आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एन-एएनसी जहाज पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज १०:५० मा दुर्घटना भएको हो।, नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्यान गुमेको हो।, जहाजमा ४ चालक दलसहित ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ। , नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्धार तथा खोजतलासको काम गरिरहेको छ।, नेपालमा योसहित दुई इन्जिजका ५० वटा जहाज दुर्घटनामा परिसकेका छन्। , यसअघि जहाज दुर्घटनामा सबैभन्दा धेरै ३५ जनाको मृत्यु भएको थियो। १९६९ जुलाइ १२ मा नेपाल एयरलाइनसको जहाज हेटौंडा नजिकै दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।, उक्त संख्या पछि अहिले पोखरामा धेरैको ज्यान गुमेको हो।, पछिल्लो समय सन् २०२२ मे २९मा तारा एयरको जहाज मुस्ताङको टिटी घासा क्षेत्रमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो।, त्यसअघि सन् २०१९ सन् अप्रिल १४ मा लुक्ला एयरपोर्टमा भएको समिट एयर दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। , समिट एयरकै कार्गो जहाज सन् २०१७ मे २७ मा लुक्लामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो। , सन् २०१६ फेब्रुअरी २४मा तारा एयरको जहाज म्याग्दीमा दुर्घटना भएको थियो। त्यस दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए। अन्तर्राष्ट्रिय जहाजतर्फ नेपालमा १० दुर्घटना भएका छन्। , जसमध्ये सबैभन्दा धेरै १६७ जनाको मृत्यु भएको छ। , १९९२ सेप्तेम्बर २८मा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको थियो। , त्यसअघि १९९२ सन् १९९२ मा थाइ एयरवेजको जहाज घ्याङफेदीमा दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो।, पछिल्लो समय सन् २०१८ मार्च १२मा युएस बंगालको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाएका थिए। ,
,
सन् १९६० यता डबल इन्जिन जहाजका ५० दुर्घटना, पोखरामा अहिलेसम्मकै धेरैको मृत्यु |
युवराज श्रेष्ठ पोखराको आकाश आइतबार धुमिल थियो। हिमाल छोपिएका थिए। घाम मधुरो थियो। प्रकाश मधुरो भए पनि उपत्यका आसपासका डाँडा प्रष्ट देखिन्थे। हवाइजहाजलाई चाहिने भिजिबिलिटी पुग्थ्यो। जहाजहरू बिहानैदेखि आउजाउ गरिरहेका थिए।, काठमाडौंबाट पोखराका लागि उडेको एटिआर ७२ जहाज विहान १०:५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग अन्तिम सम्पर्क गर्यो। विमानस्थलका अनुसार जहाज ल्यान्ड गर्न चालक दलले अनुमति पाइसकेको थियो। एकाध मिनेटभित्र जहाज ल्यान्ड भइसक्नुपर्ने थियो।, नयाँ विमानस्थलको धावनमार्गको पूर्व र पश्चिम दुबैतर्फबाट जहाज उडान र अवतरण गर्न सक्छन्। यति एयरलायन्सका एटिआर ७२ लाई धावनमार्गको पश्चिमतर्फबाट ल्यान्ड गर्न अनुमति थियो। पूर्वबाट आएको जहाज पश्चिम पुगेर मोडियो। पुरानो विमानस्थलको आकाशबाट विमान नयाँ विमानस्थलतर्फ जाँदै थियो।, पोखरा-७ मितेरी पुलभन्दा केही तल सानो बस्ती छ। बस्ती छेउमा सेती नदी गहिरिएर बगेको छ। अवतरण अनुमति पाइसकेको जहाज घरमाथिबाट उड्यो। स्थानीय आत्तिए। स्थानीय गंगा मरासिनीले भनिन्, ‘यो जहाज किन यति तल उडेको होला भन्ने सोच्यौं।’, लुगा धुँदै गरेकी गंगा जहाज हेर्न लागिन्। सेती किनारमै उनको घर छ। जहाजको उडान र आवाज स्वाभाविक थिएन।, ‘जहाज एकदम ढलपल गरिराखेको थियो, उल्टिएला जस्तो,’ उनले भनिन्, ‘आवाज पनि अर्कै आइराखेको थियो।’, घरमाथि जहाजको उडान र आवाज सुनेको केही सेकेन्डमै जहाज सेती नदीको खोंचमा बजारिन पुग्यो। दुर्घटनास्थल गंगाको घरबाट सबैभन्दा नजिक पर्छ। करिब ५० मिटर अगाडि अर्थात् एकाध सेकेन्डअघि नै जहाज खसेको भए उनको घरमाथि बजारिन्थ्यो।, ‘हाम्रो बस्ती जोगाउन पाइलटले पक्कै जहाज सेतीतर्फ लगेका होलान्,’ उनले भनिन्, ‘मुटुले ठाउँ छाडेको थियो, हामी सबै आत्तिएर चिच्याएका थियौं।’, साँघुरो तर गहिरो गल्छी बनाएर बगेको छ, सेती नदी। जहाज खस्दा सेती नदीको पश्चिमतर्फ रहेको बाँसका केही लिङ्गा भाँचिएका छन्। जहाज बाहिरका पाता पश्चिमतर्फका किनारामा असरल्ल छन्। जहाजको केही टुक्रा भने सेती पारि पूर्वतर्फका किनारमा पुगेका छन्।, जहाजका टुक्रा जस्तै यात्रुका शव पनि उसैगरी छिरलिएका थिए। केही वारि र पारिका खोंचमा मानिसका शव थिए। केही क्षतविक्षत थिए। केही भने खोलामा खसेका थिए। जहाजका टुक्रा र मान्छेका शव सेती गल्छीमा जलिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।, साँघुरो खोंचमा यसरी एटिआर ७२ दुर्घटना हुन पुग्दा सयौं संख्यामा पोखरेली भीड लागेका थिए। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डोरीको सहायताले खोंचमा पुगेर शव संकलन गरेका छन्। संकलित शव पोष्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।, नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार विमानमा ४ जना चालक दल र ६८ यात्रु थिए। काठमाडौंबाट १०:३२ बजे उडेको उक्त जहाजमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रानसका १/१ जना गरी १५ जना विदेशी थिए। जसमा १० महिनाका शिशु रियान पौडेल पनि छन्। उनको घर कुश्मा पर्वत हो।, यति एयरलायन्सका सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अञ्जु खतिवडा थिइन् भने सिर्जना होङचुन र ओसिन आलेमगर एयर होस्टेस थिइन्। उनीहरूमध्ये हालसम्म ६९ जनाको शव फेला परेका छन्। बाँकी ३ जनाको खोजबिन गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेका छन्।, दुर्घटनास्थलबाट भेटिएका शव सुरक्षाकर्मीले पोष्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ। पोष्टमार्टम गर्न लगिएका शवको सनाखत पनि भइरहेको प्रहरीले जनाएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याप्टेन कमल केसीसहित यात्रुका परिवार र आफन्त जम्मा भएका छन्। प्रतिष्ठानको पोष्टमार्टम भवनअघि सयौं संख्यामा जम्मा भएका आफन्त र परिवारको भीडमा चित्कार मात्र सुनिन्छ। धेरैको अनुहार अँध्यारो छ।, पोखराको चाउथे निवासी विजय गुरूङ शनिबार काठमाडौं गएका थिए। आइतबार बिहान फर्किँदा दुघर्टनामा परे। उनकी दिदी पर्ने एक जना वृद्ध पोष्टमार्टम भवन अगाडि बाटो छेउमा रोइरहेकी छिन्। उनलाई आफन्तले सम्झाउँछन्। तर उनले आफूलाई सम्हाल्न सकिरहेकी छैनन्।, हजुरआमा बिरामी भएपछि बागलुङ गलकोट घर भएकी २१ वर्षीय बन्दना सुनार ३-४ दिनअघि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन्। उनकी हजुरआमा काठमाडौंमै उपचाररत छिन्। साथी र आफन्तलाई ‘सरप्राइज’ दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा आउँदै थिइन्। उनी पनि सोही जहाजमा परिन्।, ‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछ,’ उनकी दिदी जेमी सुनारले आँशु पुछ्दै भनिन्, ‘यो कस्तो सरप्राइज हो!’, जहाजका क्याप्टेन कमल केसी कास्कीकै रूपा गाउँपालिका-३ पोल्याङमा जन्मिएका हुन्। उनका परिवार पोखरा बसाइ आएका छन्। गत दशैंमा गाउँको घर गएको कमलका बुबा वीरेन्द्रबहादुर केसीले बताए।, वीरेन्द्रका जेठा छोरा कमल पाइलट बनेका थिए भने माइला विनोद केसी केहीदिन अघि मात्र छुट्टी सकेर क्यानडा फर्किएका छन्। कान्छा विदुर केसी काठमाडौंमा डाक्टर छन्। तीन छोरीमध्ये कान्छी अमेरिका छन् भने २ छोरी नेपालमै छन्।, गत वर्षमात्र कास्कीको रूपा गाउँपालिकाले पाइलट कमललाई ‘रूपा रत्न’ उपाधिसहित सम्मान गरेको थियो। नेपालका सिनियर पाइलटमा दरिएका कमललाई सम्मान गरेर गाउँपालिकाका युवा पुस्तालाई प्रेरणा र सन्देश दिन खोजेको गाउँपालिका अध्यक्ष नवराज ओझा बताउँछन्।, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि यति एयरलायन्सले गरेको पहिलो परीक्षण उडान पनि क्याप्टेन कमलले नै गरेका थिए। जुन सफल थियो। त्यसपछि कमल नियमित रूपमा जहाज लिएर पोखरा-काठमाडौं आउजाउ गरेको बुबा वीरेन्द्र बताउँछन्।, ‘पहिला सानो जहाज लिएर जोमसोम जान्थ्यो, अन्तर्राष्ट्रिय एयरपोर्ट चलेपछि दिनदिनै पोखरा आउँछु बुबा भन्थ्यो,’ वीरेन्द्रले भने, ‘घर आउनचाहिँ भ्याउँथेन।’, क्याप्टेन कमलका कान्छा छोरा काठमाडौंमा पढ्दैछन्। १४ वर्षीय कान्छा छोराले खाना मीठो भएन, पोखरेली जेठोबुढो धानको चामल पठाइदिनुपर्यो भनेका थिए। चामलसहित सामान लिएर बुबा वीरेन्द्र आफैं विमानस्थल जान खोजेका थिए। त्यतिबेला कमलले भनेका थिए- मेरो अफिस सेतीको छेउतिर छ बुबा, नआउनु भेट्न पाइँदैन।, त्यसपछि परिवारले अरूसँग सामान पठाइदिएका थिए।, अमेरिकाको टेक्सासमा अध्यन गरेर पाइलट बनेका कमलले २०४६ सालदेखि विमान उडाउन थालेका थिए। वीरेन्द्रका अनुसार सुरूमा उनले भारतको बैङ्लोरमा जहाज चलाए। त्यसपछि नेपाल आएर आरएनएसीको सरकारी जहाज चलाए। त्यतिबेला नेपालमा निजी जहाज कम्पनी थिएन। जब यति एयरलायन्स सञ्चालनमा आयो। १५ वर्षअघि नै यतिमा आवद्ध भएर नियमित जहाज उडाउँदै आए।, ‘कमल केसीको फ्लाइटमा जाने हो भनेर सिनियर हाकिमले पनि भनेको सुन्थें, कमलको उडान सुरक्षित हुन्छ भनेर त्यसो भनेका थिए,’ उनले भने, ‘आज के भयो, भयो!’, कमललाई पाइलट बन्न अर्का पाइलट दीपक राणाले प्रेरणा दिएका थिए। राणा नेपाल एयरलायन्समा अहिले पनि जहाज उडाउँदैछन्। राणा र केसीको पारिवारिक नाता छ। पाइलट पढ्दाको खर्च कमलले आफैंले कमाएको बुबा वीरेन्द्रले बताए।, ‘घरमा आउँदा बेलाबखत बुबा वीरेन्द्रले अवकाश लिन भनेका रहेछन्। मैले रिटायर हो, पाइलट छोड्दे भन्थें,‘ अनुहार मलिनो बनाएर उनले भने, ‘ठिकै छ बुबा भन्यो। ६५ वर्षसम्म जहाज उडाउन पाइन्छ भन्थ्यो। जे लेखेछ टरेन।’, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौरमा पाइलट कमलका बुबा, आमा र बहिनीहरू छन्। आमा मीना केसी रोइरहेकी छिन्। छोराको सम्झना गरिरहेकी छिन्।, ‘जिन्दगी केही रहेनछ बाबु। कस्तो साइत गरेर हिँडेछ आजको दिनमा। आज संक्रान्तिको दिनमा पनि किन जहाज चलाएको, भोलि राखिदिएको भए पनि हुन्थ्यो,’ उनले भनिन्।, ‘अलिदिन उतै बसेर आइदिएको भए नि हुन्थ्यो नि,’ उनले भनिन्।, तनहुँ फैंचोककी मीना १३ वर्षकै उमेरमा वीरेन्द्रसँग विवाह गरेकी रहिछिन्। जेठा छोरा कमलको जन्मिँदा उनी १५ वर्षको मात्र थिइन्। सबै छोराछोरीले प्रगति गरेको देख्दा उनले आफूलाई सबैभन्दा भाग्यमानी ठानेकी थिइन्।, ‘म जस्तो भाग्यमानी कोही छैन भन्थें, तीन छोरा, तीन छोरी थिए। नातिनातिना टनाटन छन्, यस्तो राम्रो थियो मलाई,’ उनले सेतोपाटीलाई भनिन्, ‘भगवानले लग्यो मेरो बाबुलाई, यस्तो होला भनेर सोचेकै थिइनँ मैले।’, घरीघरी उनी छोरा कमललाई बोलाइरहन्छिन्। उनलाई सम्झाउन आफन्त खटिएका छन्। उनी भने ए बाबु, छोरा कमल भनिरहेकी छिन्।, कमलका आमा र बुबा दुबैले उनीको इमान्दारिता सम्झिएका छन्। कसैको बिगार नगर्ने खालको रहेको बुबा वीरेन्द्र बताउँछन्। आमा मीना भन्छिन्, ‘मेरो कमल मारेर आइजा भन्यो भने जोगाएर आउने खालको थियो। कसैलाई बिराउँथेन।’,
‘हाम्रो छोराले जहाज उडाउँदा सबैले भर मान्थे, आज के भयो, भयो!’ |
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार भोलि मात्रै गरिने भएको छ। , राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ। आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो। , यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि खोजी तथा उद्धारको काम जारी नै रहने जानकारी दिएका थिए। तर रातिको समयमा उद्धार कठिन भएको सेनाको भनाइ छ। , अहिले नेपाली सेनाको दुई सय जना टोली घटनास्थलमा खटिएको छ।, उक्त टोलीसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि घटनास्थलमै छन्। सशस्त्रका गोताखोरसहित कुल २२७ जनाको टोली छ।, आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।,
जहाज दुर्घटनामा उद्धारको काम सोमबार बिहानदेखि मात्रै गरिने |
भगवती पाण्डे रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं जाने तयारीमा थिइन्। उनकी नन्द सिर्जना हुङचुङ (सिर्जु थापा) काठमाडौं बस्थिन्। दसैं मनाएर काठमाडौं गएपछि घर आएकी थिइनन्।, सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जान पाएकी थिइनन्।, आइतबार बिहान साढे १० बजे काठमाडौंदेखि पोखरा उडान भरेको एटिआर ७२ जहाज आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका थियो। सिर्जनाको ड्युटी त्यही विमानमा थियो। दिनभर व्यस्त हुने भएकाले उनले भाउजू सरस्वतीलाई सोमबार मात्र काठमाडौं आउन भनिन्।, सिर्जनाले शनिबार दिउँसो आमा खिमिसरा र भाउजू सरस्वतीसँग मोबाइलमा लामै कुरा गरेकी थिइन्। माघे संक्रान्ति भएकाले सरस्वतीका हातमा आमाले खानेकुरा पठाइदिने भइन्। सेल र बटुक सिर्जनालाई साह्रै मनपर्ने भएकाले अलि धेरै पठाइदिनु भनिन्।, आइतबार माघे संक्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि बाक्लो हुस्सु थियो। शितलहरले आकाश ढाकेको थियो। खिमिसरा चिसो बेवास्ता गर्दै छोरीका लागि बटुक र सेलरोटी पकाउन थालिन्।, बिहान साढे ११ बजेतिर, उनी पकाउनमै व्यस्त थिइन्, खिमिसराको कानमा पर्यो- पोखरामा विमान खस्यो रे!, शनिबार कुरा गर्दा सिर्जनाले आइतबार पोखरा जाने भनेकी थिइन्। खिमिसराको मनमा चिसो पस्यो। पोखरामा खसेको जहाज यती एयरलाइन्सकै भनेपछि हातखुट्टा पनि काम्न थाले।, छोरीका लागि उनले बटुक र सेलरोटी पकाएर सकेकै थिइनन्, छोरीको जीवन नै सक्किएको खबर आइपुग्यो।, एक्ली छोरी गुमाउनुपर्दा खिमिसराको होसहवासै उड्यो। परिवार र उनको गाउँ नै स्तब्ध बनेको छ।, 'हिजो मात्र मोबाइलमा कुरा गरेकी थिई। ममी भाउजूसँग धेरै बटुक र रोटी पठाइदिनू है भनेकी थिई,' खिमिसरा सिर्जनाले भनेका अन्तिम वाक्य सम्झिँदै भक्कानो छोडिरहेकी थिइन्। टोल छिमेकका महिला र आफन्तहरू उनलाई सम्झाइरहेका थिए। , तर छोरीको वियोगको पीडा सहनुपर्दा खिमिसराको विलौना थामिएको थिएन।, 'परिवारकै एउटी छोरी हो, मलाई कस्तो भएको छ के था अरूलाई? भिरबाट हाम फालेर मरौंजस्तो भएको छ,' उनी भन्दै थिइन्।, भारतीय सेनाबाट अवकाश प्राप्त बुवा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका दुई दाजु र एक भाइ छन्। मामा एकबहादुर गाहाका अनुसार सिर्जना उनका तीन जना काका-बडाबाहरूकी पनि एक्ली छोरी थिइन्।, प्लस-टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट पढेकी उनले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक गरेकी थिइन्। स्नातकपछि बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिरहेकी थिइन्।, 'सानैदेखि पढाइमा अब्बल थिइन्। घरपरिवार र आफन्तका बीचमा पनि मिलनसार र सहयोगी भाव राख्थिन्,' उनका मामा एकबहादुरले भने।, आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।,
एक्ली छोरी सिर्जनाका लागि बटुक र सेल पकाउँदै थिइन् आमा, एक्कासि आइपुग्यो मृत्युको खबर |
सेतोपाटी संवाददाता पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव परिवारका सदस्य तथा आफन्तहरूलाई जिम्मा लगाइने भएको छ।, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको सनाखत भएका शव परिवार तथा आफन्तलाई सोमबार जिम्मा लगाउने तयारी छ।, सोमबार बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका शव परिवारलाई बुझाउने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।, पहिचान नभएका र विदेशी नागरिकको शव भने काठमाडौंमा ल्याउने तयारी छ। काठमाडौंमा आफन्त तथा परिवार भएका स्वदेशी व्यक्तिहरूको शव पनि हेलिकप्टरबाट आज काठमाडौं ल्याउने तयारी छ।, जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए। तीमध्ये ४ जना अझै फेला परेका छैनन्। उनीहरूको खोजी जारी छ।,
पोखरामा जहाज दुर्घटना: सनाखत गरिएका शव आज परिवारलाई जिम्मा लगाइने |
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको तराई क्षेत्रमा भने हुस्सु/कुहिरो लागेको छ।, महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।, आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुनाले दैनिक जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकामा बिहान केही हुस्सु लागेसँगै चिसो बढे पनि दिउँसोतिर मौसम सफा रहनेछ।,
यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्।, आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्।, रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन।, आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।, पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।, काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।, चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए।, ,
पोखरामा जहाज दुर्घटना: ४ जना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमाका डाक्टर गणेश थापा आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए।, बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको एटिआर ७२ जहाजबाट उडेका थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे।, ३६ वर्षीय डाक्टर थापा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङगरनगरका बासिन्दा हुन्।, पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत डाक्टर थापाका बुवाआमा तिलोत्तमामा बस्दै आएका थिए। चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी भने काठमाडौंमा बस्थे।, बहिनी नाता पर्ने यशोदाका अनुसार श्रीमती रोनीले काठमाडौंमा एमडी अध्ययन गरिहेकी छन्। थापा बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए।, तिलोत्तमा-४ कै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसीसम्म अध्ययन गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टु अध्ययन गरेका थिए।, प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएस अध्ययन गरेका थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए।, चीन र अष्ट्रेलियाबाट अध्ययन पूरा गरेपछि केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका उनी पछिल्ला केही वर्ष यता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए।, थापा बुवा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका एकमात्र छोरा थिए। उनीहरूकी एउटी छोरी पनि काठमाडौंमा बस्छिन्।, चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुखजिलो गरेर चिकित्सक पढाएका थिए। छोराछोरीलाई पढाउने र घर परिवार चलाउनकै लागि बुवा पदम रोजगारीको लागि जर्मनीसमेत गएका थिए।, छोरा चिकित्सक बनेपछि भने उनी वैदेशिक रोजगारीबाट फर्किएर घरमै बस्दै आएका थिए।, आइतबार चालकदलका चारजना सदस्य र ६८ जना यात्रु लिएर उडेको जहाज दुर्घटनामा परेर एकमात्र छोरा गणेशको मृत्यु भएको खबर सुनेपछि बुचा परिवारमा बज्रपात परेको छ।, ‘दाइलाई बुवाआमाले धेरै दु:ख गरेर डाक्टर पढाउनुभएको थियो, दुर्घटनामा परेर परिवारकै एकमात्र छोरा गुमाउनुपर्दाको खबर बुवाआमाले पत्याउनै सक्नुभएको छैन,’ बहिनी यशोदाले भनिन्।, बुचा दम्पतीलाई छिमेकी जहरसिंह थापा लगायतको टोलीले आइतबार राती नै काठमाडौं लगेका छन्। छिमेकी थापाका अनुसार दुर्घटनाका मृतकहरुको शव पोखराबाट काठमाडौं लगेर परिवार र आफन्तलाई बुझाउने भएपछि उनिहरू काठमाडौं गएका हुन्।, काठमाडौंमा शव बुझेपछि दाहसंस्कारको लागि भने तिलोत्तमा ल्याउने तयारी रहेको आफन्तले बताएका छन्।,
पोखरा जहाज दुर्घटनामा बिते डाक्टर गणेश थापा |
सेतोपाटी संवाददाता गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।, स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।, आगलागीबाट राईको दुई तोला सुन र नगद रु दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित रु पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।,
,
त्यस्तै झमक थापाको दुई तोला सुन र रु ७० हजार नगदसहित रु पाँच लाख, अर्जुन घिमिरेको रु एक लाख र डम्बर थापाको रु ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ।, आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए।,
,
पीडितलाई जनही नगद रु १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए। बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो। ,
सिंधुुवा बजारमा आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति |
रासस काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।, ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए।, उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ। त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ। नागरिकले कामपाको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन्। , सुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो। तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो। अहिले दुईमध्ये एक बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। ‘चार पाँच दिनमा एउटा काम गर्न गुनासो आउँछ’, विभागका प्रमुख थापाले भने। , विशेष गरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोकोे तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो। बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ । , नगन्यरुपमा आएको गुनासो महानगरका इन्जिनियर र कामदारसहित तीन जनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन् । अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ । , त्यसैगरी सडक सफा राख्न कामपाको यान्त्रिक कुचो (ब्रुमर) नियमित सञ्चालमा छ । हाल कामपामा छ यान्त्रिक कुचो सञ्चालनमा छन् । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाँडलको व्यवस्थापनजस्ता काम अहिले नियमितरुपमा भइरहेका छन् । ,
कामपाको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।, विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्रा.डा. रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।, काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेको डा. भण्डारीले जानकारी दिए।, सफलतापूर्वक नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा. भण्डारीले बिरामीको अवस्था सामान्य रहेको बताए।, त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १८ गते पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो। त्यसयता डा. भण्डारीकै नेतृत्वमा ९ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।, त्रिवि शिक्षणले २०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ। जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो।, त्रिवि शिक्षणले कलेजो प्रत्यारोपणमा प्राप्त गरिरहेको सफलता नेपाली बिरामीहरुलाई नेपालमै उपचार गर्न सहज हुदैं गएको छ।, कलेजोले शरीरमा चाहिने प्रोटिन, एन्टीबडी तथा शरीरको इम्युनिटीका लागि चाहिने तत्व तथा रगत ब्लिडिङ रोक्नका लागि चाहिने तत्वहरु बनाउने काम गर्छ। त्यस्तै खाएको खानामा रहेको टक्सिनलाई हटाउने लगायतको काम कलेजोले गर्छ। , कलेजोको समस्या जुनसुकै उमेरमा पनि हुन सक्ने चिकित्सकहरु बताउँछन्।, नेपालबाट बर्षेनी ६० भन्दा बढी बिरामीले भारतमा गएर कलेजो प्रत्यारोपण गर्ने गरेको चिकित्सकहरु बताउँछन् । भारतमा हुने प्रत्यारोपणको खर्च भने निकै महंगो छ ।, आर्थिक रुपमा पनि विदेशमा गएर कलेजो प्रत्यारोपण गर्नुभन्दा नेपालमै गर्दा कम खर्च लाग्ने चिकित्सकहरु बताउँछन्।,
त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण |
सेतोपाटी संवाददाता पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिंगो ठड्याइएको हो ।, यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिंगोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।, यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ । उनले भने, “विगत तीन वर्ष कोभिडका कारण रोकिएको मेला पुनः सुरु गर्न लागिएको हो ।” मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ । मेलाको तयारी तीव्र पारिएको उहाँले बताए।, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए। पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।, आज राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।-,
लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ |
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्।, नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रबार आयोजित ३२ औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर बिरामीलाई स्वदेशमै उपचार गराउन अत्यधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिएका छन्। , उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई नि:शुल्क र समान पहुँचको ग्यारेण्टी गरे पनि उपचारको अभावमा गरिब जनताले विभिन्न रोगबाट मृत्युवरण गर्नुपरेकोमा दुःख व्यक्त गरे।, उनले कार्यक्रममा बोल्दै अहिले विश्वमा मानिसले नयाँ-नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरूबाट नेपाल पनि अछुतो नरहेको बताए। , नेपालमा बर्सेनि ३० हजारभन्दा बढी क्यान्सर रोगबाट पीडित हुने गरेको छ भने १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।, उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तर्राष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताए। , संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानि हुन नसकेको बताए।, अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसग सहकार्य र समन्वय गरी अघि बढ्ने तयार रहेको बताए।, नेपाल अर्बुद रोग निवारण संस्थाले रोकथाम कार्यक्रम अन्तर्गत क्यान्सर सचेतना कार्यक्रम, सुर्ती नियन्त्रण कार्यक्रम, उपत्यका भित्र र नेपालका दुर्गम भागहरूमा क्यान्सर जाँच शिविर जस्ता कार्यक्रम गरिरहेको छ।, उनले सातै प्रदेशमा क्यान्सर केयर सेन्टर स्थापनामा प्रभावकारी भूमिका खेल्ने लक्ष्य रहेको बताउँदै संस्थाले चाँडै उच्चस्तरको विश्वसनीय डायोग्नोष्टीक केन्द्रको अवधारणा अघि सारे। , प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले क्यान्सर रोग नियन्त्रणको प्रतिकात्मक र उपचारत्मक क्षेत्रमा गर्नुपर्ने कार्यमा झक्झक्याउने प्रतिवद्धता व्यक्त गरे।, ,
क्यान्सर रोग रोकथाममा सबै पक्षको भूमिका महत्वपूर्ण: उपराष्ट्रपति पुन |
सेतोपाटी संवाददाता दाङको रिहार र बाह्रकुने दहमा लाग्ने मेलाको लागि साढे २ सय प्रहरी परिचालन गरिने भएको छ। , माघीको अवसरमा लाग्ने मेलामा सुरक्षा दिन साढे दुई सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार बाँकेबाट पनि थप प्रहरी मागिएको छ। , लमहीको रिहार र घोराहीको बाह्रकुनेमा लाग्ने मेलाको सुरक्षाका लागि बाँकेस्थित खजुराको गणबाट ५० जनाको टोली बोलाइएको हो।, जिल्ला प्रहरी कार्यालयबाट दुई सय र बाँकेबाट बोलाइएका ५० गरी साढे दुई सय जना प्रहरी सुरक्षाको लागि खटिने भएका हुन्। , यी दुबै ठाउँमा मागीको अवसरमा परापूर्वकालदेखि मेला लाग्दै आएको छ। रिहारमा नेपालसहित छिमेकी देश भारतबाट ठूलो संख्यामा भक्तालु आउने गर्छन्। त्यहाँको कुण्डमा स्नान गरे पुन्य प्राप्त हुने, पाप नास हुने, मागेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ। , त्यस्तै बाह्रकुने दहमा स्नान गरी वर मागेमा सञ्तान हुने विश्वास रही आएको छ। बाह्रकुने दहमा भेडा, कुखुरा बली दिन प्रचलन छ। परेवा उडाउने पनि गरिन्छ। रिहारमा भने सबै खाले पशुवली दिने गरिन्छ। रिहारस्थित कुण्डमा स्नानका लागि केही दिन पहिलेदेखि नै भारतीय नागरिक आएर आगोको धुनी बालेर सोही ठाउँमा बास बस्ने गर्छन्।, रिहारमा एउटा ढुंगा उठाउने प्रतिष्पर्धा पनि चल्ने गर्छ। जस्ले ढुंगा सहजै उठाउन सक्छ उसले जीवनमा थप उन्नती प्रगती गर्छ भन्ने विश्वास रहेको छ। , तर, गत वर्ष रिहारमा वर्षौं पहिले देखि रहँदै आएको ढुंगा चोरी भएको थियो।, तस्बिर: शिव खनाल,
दाङको रिहार र बाह्रकुने मेलामा साढे दुई सय प्रहरी परिचालन हुने |
सेतोपाटी संवाददाता डडेल्धुरामा एक बालक गाडिएको अवस्थामा फेला परेका छन्।, गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ।, स्थानीय दानबहादुर विष्टले पुस २७ गते उनी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। , सोही आधारमा प्रहरीले उनको खोजी गरेको थियो।, शनिबार घरबाट पाँच सय मिटर टाढा शंकास्पद खाल्डो देखेपछि उत्खनन् गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगांदत्त बडुले जानकारी दिए।, मृतक बालक ३४ वर्षीय आमा कल्मती बोहरा र ३१ वर्षीय सौतेनी आमा जानकी बोहरासँग बस्दै आएका थिए। उनका बुवा भने कामको लागि भारतमा रहेका छन्।, बालकको हत्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बडुले बताए। उनको हत्या किन र कसले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरीले टोली घटनास्थलमा मुचुल्का उठाइरहेको छ।, शवको प्रकृति हेर्दा केहि दिनअघि नै हत्या गरिएको हुनपर्ने प्रहरीले बताएको छ।,
१८ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला |
सुरक्षा सुवेदी बालबालिकामा मानसिक समस्या देखिनेक्रम बढ्दो छ। पहिलेका बालबालिकामा त्यस्तो समस्या हुँदैन थियो।, संयुक्त परिवार भएकाले बालबालिकाहरू घुलमिल हुन पाउँथे। जसकारण उनीहरू मानसिक रूपमा बलियो हुन्थे।, अहिले एकल परिवार र प्रायः घरमा एउटा मात्रै बच्चा हुन्छ। बच्चाले घरपरिवारसँग चाडपर्वबाहेक अन्य बेला भेट्न पाउँदैनन्।, बच्चाले आफ्नो कुरा कसैसँग खोल्न पाउँदैनन्। उसका साथीभाइ हुँदैनन्। जसले गर्दा उनीहरूमा मानसिक समस्या हुन्छ।, परिवार र शिक्षकले बालबालिकालाई दबाब दिइरहेका हुन्छन्। अरूसँग तुलना गर्ने, पढेन र राम्रो नम्बर ल्याएन भन्ने जस्ता कुराले बालबलिकाहरू तनावमा हुन्छन् । मोबाइल चलाएर भुल्दा बच्चाले धेरै नकरात्मक कुरा सिकेका हुन्छन्। , घरमा अरुसँग बस्न र खेल्न नपाउँदा उनीहरूको ध्यान मोबाइलमा गएको हुन्छ। आमा बुवा अफिस जाने भएकाले २ वर्ष नपुग्दै स्कुल पठाइन्छ। रूदै स्कुल जाने-आउने गर्दा समेत बच्चालाई थप मानसिक समस्या पर्छ।, कुनै पनि बालबालिकालाई मानसिक समस्या १ वर्षको उमेरदेखिनै देखिन सक्छ। तर त्यतिबेला थाहा हुँदैन। बच्चाको समस्याबारे थाहा पाउने भनेको ४-५ वर्षको उमेर पुगेपछि हो। किशोर\किशोरीका समस्या मात्रै धेरै मात्रामा थाहा हुन्छ।, मानसिक समस्या भएका बच्चाहरू कोठमा एक्लै बस्न रूचाउने, घरमा कोही आउँदा वास्ता नगर्ने, खाना मन नगर्ने, आँखा जुधाएर बोल्न नसक्ने, रोइरहने, कोही सुतिरहने कोही ननिदाउने हुन्छन्। उनीहरूको पढाइ बिग्रिदै जानसक्छ। यस्तो भएमा मानसिक रूपमा समस्या आयो कि? भनेर अभिभावकले ख्याल गर्नुपर्छ।, शिक्षकले पनि यस्ता कुरा ख्याल गर्नुपर्छ। सबैभन्दा पहिला त बच्चाको लागि समय दिनुपर्छ। जतिनै व्यस्त भए पनि आफ्नो बच्चासँग दिनभरीको कुरा गर्नुपर्छ। उसका समस्या सुन्ने र समाधानको लागि सुझाव दिँदा उनीहरूको समस्या धेरै ठीक हुनसक्छ।, उनीहरूलाई अरू बच्चासँग तुलना गर्नु हुँदैन। पढेन मात्रै भनेर भन्नु हुँदैन। किनकी उसको अरू क्षमता हुनसक्छ। शिक्षकले पनि यस्ता बालबालिकालाई विशेष ख्याल गर्नुपर्छ। धेरै बच्चामा निराश हुने, आत्तिने र डराउने समस्या देखिन्छ। यस्तो देखिएको छ भने तुरून्तै अस्पताल लगेर उपचार गर्नुपर्छ। धेरैलाई त काउन्सिलिङले पनि राम्रो गर्छ। मानसिक रूपमा बच्चा बलियो भएमा मात्रै शारीरिक रूपमा बच्चा बलियो हुनसक्छ भनेर ख्याल गर्नुपर्छ।, घरमा आमा-बुवा कसरी बसेका छन् भन्नेले पनि निर्धारण गर्छ। आमा बुवाको झगडा परिरहने अनि शिक्षकले पनि कराइरहने भयो भने बालबालिकालाई गाह्रो हुन्छ। धेरै होमवर्क दिएरसमेत बालबालिका तनावमा हुन्छन। स्कुलबाट आउँदा आउँदै होमवर्क गर्नुपर्छ। यसले गर्दा बच्चाको शारीरिक र मानसिक विकास राम्रोसँग हुन पाएको छैन।, बालबालिकालाई पर्ने मानसिक समस्या, यसका कारण र समाधानबारे हामीले बाल स्वास्थ्य नर्सिङ विज्ञ सुरक्षा सुवेदीसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ,
,
बालबालिकालाई मानसिक रोग लागे कसरी उपचार गर्ने (भिडिओ) |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको एउटा कुखुरा फर्ममा अवैध रूपमा भण्डारण गरिएको झन्डै साढे आठ सय क्विन्टल चिनी बरामद गरिएको छ।, नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ लोसहडास्थित पाल्ही एग्रो फर्मबाट आठ सय ४१ क्विन्टल चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।, पाल्ही एग्रो फर्म स्थानीय धर्मेन्द्र यादवले संचालन गरेको कुखुरा फर्म हो। सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं. हेड क्वार्टर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले फर्ममा भण्डारण गरिएको अवैध चिनी बरामद गरेपनि फर्म संचालक यादव भने फरार रहेका छन्।, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार कुखुरा फर्मबाट ५० किलोग्राम तोलका १ हजार ६८३ बोरा चिनी बरामद गरिएको हो। उक्त चिनीको तौल ८४१ क्विण्टल रहेको चिनीको मूल्य करिब ६३ लाख ११ हजार रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।, कुखुरा फर्मभित्र करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले फर्मबाट १६ सय बढी बोरामा चिनी लुकाएको अवस्थामा फेला पारेको हो। प्रहरीले चिनी बरामद गरेपनि ट्रक चालकहरूले नमानेपछि सशस्त्र र नेपाल प्रहरीकै पिकअप गाडीले शनिबार बिहानसम्म चिनी ढुवानी गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए।, उनका अनुसार ढुवानीका लागि ट्रक चालकहरूलाई बोलाए पनि चिनी तस्करहरूको धम्कीको कारण फिर्ता भएको बताए।, ‘उनीहरूले ट्रक पठाए जे पनि हुने धम्की दिएपछि व्यवसायी ट्रक पठाउन डर मान्नु भयो, ट्रक नआएपछि हाम्रै पिकअप गाडीले शनिबार बिहानसम्म लगाएर जिल्ला प्रहरी कार्यालयमा चिनी ल्याइपुर्याएको हो,’ उनले भने।, चिनी बरामद भएको स्थान सदरमुकाम परासीदेखि करिब ५ किलोमिटरको दुरीमा छ। फर्मभित्र अवैध सामान फेला परेपछि त्यसका सञ्चालक पनि कानुनी दायरामा आउने र थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।, यसअघिका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेल र सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्री हेडक्वार्टर तानिएलगत्तै जिल्लामा यती ठूलो परिमाणमा अवैध चिनी बरामद भएको हो। सीमा नाकाबाट हुने अवैध कारोबारलाई नियन्त्रण गर्न नसकेको भन्दै कँडेल र क्षेत्री हेडक्वाटर तानिएका थिए।, कँडेल र क्षेत्री हेडक्वार्टर तानिएपछि प्रहरीले सीमा नाकाका चौकी इन्चार्ज समेत परिवर्तन गरेको थियो। प्रहरी नायब उपरीक्षक पाण्डेयले सीमा नाकाका चौकी इन्चार्ज समेत परिवर्तन गरेलगत्तै अवैध रूपमा भित्र्याइएको चिनी बरामद भएको बताए।, तस्करमा संलग्न भएको आशंकामा मातहतका प्रहरीलाई तानेको केही दिनपछि फेरि ठूलो परिणाममा चिनी बरामद भएपछि सीमा क्षेत्रका चौकीमा पठाइएका नयाँ इन्चार्जमाथि पनि मिलमतोको आशंका उठेको बताइएको छ।, प्रहरी नायब उपरीक्षक पाण्डेयले त्यसबारे अनुसन्धान भइरहेको बताए। तस्करी बढेको आलोचनापछि प्रहरी प्रधान कार्यालयको टोली आफैले नवलपरासीका सीमावर्ती क्षेत्रमा अनुसन्धान गरेको थियो।,
नवलपरासीको कुखुरा फर्मबाट झन्डै साढे आठ सय क्विन्टल चिनी बरामद |
रासस पूर्वप्रधानमन्त्री स्व टंकप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई संग्रहालय बनाइने भएको छ।, नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई संग्रहालय बनाउन लागिएको हो। , लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा संग्रहालय बनाउने योजना अघि बढाइएको हो।, ‘घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ। उस्तै नयाँ घर बनाएर संग्रहालयमा परिणत गर्ने योजना छ,’ टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भने।, जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए।, ‘तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो,’ चौधरीले भने।, स्व आचार्यको घर परासीको गौरव भएकाले संग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको उनको भनाइ छ। , प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए।, आचार्यको जन्म विसं १९६९ मा भएको थियो। उनको २०४५ सालमा निधन भएको थियो। उन २०१२ सालमा मुलुकको प्रधानमन्त्री बनेको थियो। ,
पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यको घरलाई संग्रहालय बनाइने |
सेतोपाटी संवाददाता चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।, उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ।, उनी गत बुधबार रोल्पा पुगेका थिए।, वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।, यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।, ,
स्वास्थ्यमा समस्या देखिएपछि वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी ल्याइयो काठमाडौं, सुमेरूमा उपचार हुँदै |
रासस अनियमितता गर्ने सहकारीको संख्या दैनिकरूपमा बढिरहेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमन गर्ने भएको छ। , काठमाडौं महानगरको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो। नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर महानगरपालिकाले अनुगमन तीव्र बनाएको हो।, वडागतरूपमा सहकारी संख्याका आधारमा अनुगमन गरिनेछ। नागरिकलाई ठगी गर्ने सहकारीको संख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको महानगरका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए। , ‘पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ,’ उनले भने।, दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताए। , अनुगमनका क्रममा महानगरले दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरुप कारबाहीको प्रक्रिया अघि बढाउने महानगरको तयारी छ। सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन्। पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको संख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकमात्रामा ठगीका उजुरी परेकाले महानगरले अनुगमन गर्ने तयारी गरेको हो।, एक महिनाअघि दैनिक १५ वटासम्म उजुरी आउने गरेको थियो। अहिले दैनिक तीन/चार वटा उजुरी आउने गरेको बताइएको छ। अनुगमनको काम तत्काल सुरू गर्न टोली गठनको तयारी भइरहेको छ। , एक सय १८ सहकारीबारे उजुरी , काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय १८ सहकारी संस्थामाथि बचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन्। उक्त उजुरी संख्या चालु आर्थिक वर्षको हालसम्मको हो। , गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा अघिल्लो वर्षभन्दा दोब्बर उजुरी परेको विभागका प्रमुख पोखरेलले जानकारी दिए।, प्रमुख पोखरेलका अनुसार परेका उजुरीमध्ये सबैभन्दा बढी महानगरका भित्री वडाबाट आएका छन्। जहाँ सहकारीको संख्या धेरै छ। सबैभन्दा धेरै बचतकर्ताको रकम फिर्ता नगरेको ठगीका उजुरी छन्। , उजुरी परेका एक सय १८ मध्ये ४७ सहकारीलाई महानगरले पटकपटक सम्पर्क गर्न खोजेको थियो। केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले पुनःउजुरी आएपछि महानगरले प्रहरीको जिम्मा लगाएको छ। बाँकी ७१ सहकारी सञ्चालकसँग महानगरले छलफल गरी बचतकर्ताको रकम असुल उपर गरिदिनका लागि प्रयास गरिरहेको छ। हाल महानगरका एक हजार नौ सय ५५ सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन्। , संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था छ। आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ महानगर जोड रहने बताइएको छ। , सहकारी ऐन, २०७४ र महानगर सहकारी ऐन, २०७४ अनुरुप कानुनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ। नयाँ सहकारी सञ्चालनका लागि प्रस्ताव आउने गरेको भए पनि महानगरले भने गाभ्न चाहने सहकारीलाई एकापसमा गाभ्ने र भएको सहकारीलाई गुणस्तरीय बनाउने महानगर योजना छ। सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ। मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो। , एकीकृत हुन चाहने दुईवटै सहकारीले महानगर सहकारी विभागका निवेदन दिनुपर्छ। त्यसपछि महानगरले प्रकृतिअनुरुप प्रक्रिया अघि बढाउने छ। सहकारी गाभ्न महानगर चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ। समान प्रकृतिका सहकारी एकआपसमा गाभ्न सकिनेछ।,
सहकारीको अनुगमन गर्दै काठमाडौं महानगरपालिका |
सेतोपाटी संवाददाता झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। , बाह्रदशी गाउँपालिका-६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा शनिबार दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , प्र-१-०१-००१ त ८९५९ नं. को इँटा लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेका पैदल यात्री पुर्णबहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खातीलाई ठक्कर दिएको हो। , ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।, घटनास्थलमा ईप्रका अनारमनिबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ। , पाँचथर हिलिहाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय विवेक मेनेङ्बो लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
झापामा ट्याक्टरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु |
एजेन्सी आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ।, वर्ल्ड बैंकको तथ्यांकका अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७ हजार सेना थिए। अहिले उक्त संख्या घटेर दुई लाख ७८३ छ। श्रीलंकाले अहिले भएको सेनाको संख्या कटौती गरेर साढे एक लाखसम्म पुर्याउन लागेको हो। , अर्को वर्षसम्म श्रीलंकाले सैनिक संख्या घटाएर एक लाख ३५ हजार पुर्याउने योजना बनाएको छ। , यस्तै, सन् २०३० सम्म एक लाख पुर्याउने योजना रहेको शुक्रबार रक्षा मन्त्री प्रिमिथा बन्दरा टेन्नाकुनले बताए।, आर्थिक मन्दीका कारण सरकारी खर्च घटाउन सरकारले सैनिक संख्या कटौती गर्न लागेको उनको भनाइ छ।, सन् २०२३ को बजेटमा सैनिकको बजेट स्वास्थ्य सेवा र शिक्षाका लागि भन्दा बढी रहेको भन्दै आलोचना समेत भएको थियो। रक्षाको लागि ५३९ बिलियन रुपैयाँ बजेट छुट्याएपछि आलोचना भएको हो। , रक्षामन्त्री टेन्नाकुनले सैनिकको संख्या घटाएर पनि सन् २०३० सम्म प्राविधिक र रणनीतिक रूपमा राम्रो र सन्तुलित रक्षा बल बनाइने बताए।, गत वर्ष राज्यको विदेशी सञ्चिति सकेपछि श्रीलंकामा आर्थिक संकट लागेको थियो। ,
सेनाको संख्या आधा कटौती गर्दै श्रीलंका |
पूर्णप्रसाद मिश्र ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।, मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।, यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो।, वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो।, प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन्।, जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस, भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। , संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो।, माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए।, ‘योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ’, योग दिवसका अभियानकर्मी डा पोखरेलले भने।, आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो। विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ।, योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ।, योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसिएसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ।, नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ। प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो। जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेलले बताए। स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन्।, विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि शुरु हुन सकेको छैन।, मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ। प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो। अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ।, ‘जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्’, डा पोखरेलले भने।, योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए। अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ। योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो। यस अवसरमा भक्तपुरको सानो ठिमीमा मूल कार्यक्रम गर्न लागिएको छ। रासस,
आज आठौं राष्ट्रिय योग दिवस |
रासस लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन।, अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।, उनका अनुसार अझै पनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ। सफाइको मुख्य जिम्मेवारी स्थानीय सरकारको भए पनि काठमाडौं महानगरपालिकालगायत काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन्। , स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ। बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरू गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख व्यक्त गरेका छन्। , बागमती सफाइ अभियानको ५०५औं हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगंगा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन्। , सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ। अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ।, ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९: ३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ। , विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ। काठमाडौं उपत्यकामा बागमतीका सहायक नदीसँगै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ। , यसैगरी उपत्यका बाहिर मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ। उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ। बागमती सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ। जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ। , हप्तामा दुई घण्टा देशसेवाका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी न नदी किनारमा उत्रने गरेका छन्। काठमाडौं उपत्यकामा बागमती नदीका सबै सहायक नदीमा सफाइ अभियान सुरू भइसकेको छ। अभियानलाई स्थानीय सरकारले साथ नदिँदा भने प्रभावकारिता बढ्न सकेको छैन।,
‘फोहोर फाल्नेलाई जरिवाना नगरेसम्म बागमती सफा हुँदैन’ |
सेतोपाटी संवाददाता सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।, माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।, तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।, बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्म सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।, उत्तरायण भएपछि शुभ कर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।, आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।, सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिल माधव नारायण स्थानमा पनि मेला लाग्ने गर्दछ ।, माघ महिनामा माघ माहात्म्यको पनि ठुलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदार खण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।, यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रत कथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघ स्नान पनि भनिन्छ ।, माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।,
आज मकर (माघे) सङ्क्रान्ति |
एजेन्सी बेइजिङ, माघ , चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ।, विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको समाचार संस्था एपीले जनाएको छ।, राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन्। यसमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन्।, यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडका कारण ज्यान गुमाएको बताएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो ।, अन्तर्राष्ट्रिय समाचारमाध्यमले अस्पताल र अन्त्येष्टिस्थलहरुमा अत्यधिक चाप बढेको जनाइरहँदा चीनले सार्वजनिक गरेको उक्त तथ्यांकले उसको विश्वसनियतामाथि आशंका उत्पन्न गरेको थियो।, जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन्। गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन् ।, यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ । साथै उसले थप विस्तृत तथ्यांक जारी गर्न उसलाई पुन: आग्रह गरेको छ ।, संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने।, शनिबार चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए। तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन् । चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।, अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले चीनमा यस वर्ष कम्तिमा १० लाख मानिसले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाउने प्रक्षेपण गरेका छन्।,
चीनमा डिसेम्बरयता कोरोनाबाट ६० हजार मानिसको मृत्यु |
सेतोपाटी संवाददाता झापाको दमकमा आगलागी भएको छ।, आइतबार बिहान करिब साढे तीन बजे दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो।, राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।, दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।, श्रेष्ठको जुत्ताचप्पल पसलमा विद्यु सर्ट भई आगलागी हुँदा सोही पसलसँग जोडिएका संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।,
दमकमा आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति |
रासस पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। शनिवार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन्। दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ।, विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरू चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी रहेका थिए।, तनहुँतर्फका गलेश्वर, महेश संन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थिए। यस्तै दुवैतर्फका विद्यालय, मन्दिर, सत्तललगायत रुखमुनिसमेत भक्तजनले भरिएको उनले जानकारी दिए। भगवान्को नाम जपेर साँझदेखि भजन कीर्तन गर्दै दीप प्रज्वलन गरेर खाली ठाउँमा समेत भक्तजन बसेको उनको भनाइ छ। मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन्। अध्यक्ष अधिकारीको भनाइमा झण्डै एक हजार सुरक्षाकर्मी देवघाट क्षेत्रमा परिचालित छन्। नदीमा नुहाउने र र्याफ्टिङका क्रममा दुर्घटना भई हालेमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र क्षेत्र विकास समितिका स्वयंसेवक तयारी अवस्थामा राखिएको छ।, सवारी व्यवस्थापनका लागि आँपटारी र जुगेडीबाट जाने र रामनगरबाट फर्किने गरी व्यवस्थापन गरिएको छ। देवघाटका वारि र पारि दाताहरूले साँझदेखि नै चिया, जेरीपुरी, खानासमेत निःशुल्क खुवाइरहेको उनले जानकारी दिए। उनले भने, ‘गलेश्वर आश्रममा मात्रै शनिवार साँझबाट दुई हजारभन्दा बढीलाई खाना खुवाइसकिएको छ। अन्य आश्रमहरूले पनि निःशुल्क भोजन गराइरहेका छन्।’ चिसो निकै रहेकाले ठाउँ–ठाउँमा धुनी बालेर रातभर भजन कीर्तन भएको उनको भनाइ छ।, शनिवार बिहान नौ बजे त्रिशूली र कालीगण्डकीको वेणीमा बाँसको लिङ्गो ठड्याएर औपचारिकरूपमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो। शनिवारदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास रहेको छ।, आजको दिन देवतासमेत देवघाटमा स्नान गर्न आउने किंवदन्ती रहेको छ। यहाँ स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढा–टाढाबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन्।,
देवघाटमा भक्तजनको घुइँचो |
राजेश घिमिरे विभिन्न कालखण्डमा राजा, महाराजाहरुले लडाईं लडेर अहिलेको नेपाल निर्माण गरेको इतिहास हामीले सुन्दै आएका छौं। उनीहरुले साना–साना राज्यलाई एकीकृत गरेर विशाल नेपाल निर्माण गरेकोदेखि आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई परास्त गरेको इतिहासका गाथा हामी धेरैले सुनेका छौं।, एकीकरण अभियानकाक्रममा सामान्य जनताले पुर्याएको योगदानको चर्चा भने कमै हुन्छ। अझ त्यसमा पनि मधेसबासीको योगदानको चर्चा बिरलै पढ्न, सुन्न पाइन्छ।, नेपालको एकीकरण अभियान र अंग्रेज फौजबाट आफ्नो भूमि जोगाउने अभियानमा मधेसबासीको योगदान निकै ठूलो छ। हाल मधेस प्रदेशमा पर्ने विभिन्न गढीहरुमा भेटिएका शिलालेख, स्मारकहरूले त्यो इतिहासलाई उजागर गर्छन्।, यही इतिहासलाई थप प्रस्ट्याउन नेपाली सेनाले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘एकीकरण स्मृति उद्यान’ निर्माण गरिरहेको छ।, नेपाली सेनाको नम्बर २८ बाहिनी अड्डाको आडैमा एकीकरण स्मृति उद्यानको निर्माणकार्य करिब ५८ प्रतिशत सकिएको छ। यो उद्यानमार्फत नेपाली सेनाले मधेसका पर्सागढी, जीतपुर, लडैया समनपुर तथा अन्य विभिन्न क्षेत्रमा एकीकरण अभियानमा स्थानीयबासीले गरेको योगदानलाई स्मरण गराउने प्रयास गर्दैछ। , ‘मधेस प्रदेशमा रहेका पर्सा, बारा, रौतहट, जनकपुरलगायतका क्षेत्रमा विगतमा नेपाल एकीकरण र अंग्रज फौजसँगको लडाईंकाक्रममा ठूला क्याम्प सञ्चालन भएको देखियो। लडाईंमा आंग्रेजको फौजसँग यहाँका फौजहरुले राम्रोसँग लडेर लडाईं जितेको पाइयो। यसमा स्थानीयबासीको ठूलो योगदान थियो,’ नम्बर २८ बाहिनीका बाहिनीपति सहायक रथी सानुकाजी थापाले भने, ‘यत्रो महत्वपूर्ण ठाउँ, यहाँका जनताले यत्रो मेहनत गरेर लडेर जोगाएको ठाउँ, यहाँको बारेमा यहीँका जनताले थाहा नपाए त राम्रो भएन। राष्ट्रिय एकतामा उनीहरुले दिएको योगदान उजागर गर्न भनेर यहाँ मेमोरियल पार्क बनाउन लागिएको हो।’, नेपाली सेनाले यहाँ एकीकरण स्मृति पार्क बनाएर इतिहाससँग सम्बन्धित क्षेत्रहरुलाई समेटेर ‘सर्किट टुरिजम’को विकास गर्ने लक्ष्य पनि राखेको छ। संरचना निर्माण र यसमार्फत पर्यटनको विकासका लागि संघीय, प्रदेश सरकार, स्थानीय तह, उद्योगी, व्यवसायीसँग सहकार्य गर्ने लक्ष्य राखिएको छ।, एकीकरण स्मृति उद्यान निर्माणको काम २०७७ सालको बैशाख २७ गतेबाट सुरु भएको हो। २ विघा २ कट्ठा ३ धुर क्षेत्रफलमा प्रदर्शनी भवन, तलेजु भवानी मन्दिर, मूल प्रवेशद्वार, गढी प्रवेशद्वार, एम्पिथिएटर, शौचालय, फ्ल्याग स्ट्याण्डलगायतका संरचना निर्माणको काम लगभग सकिएको छ। प्रदर्शनी भवन झट्ट हेर्दा जनकपुरको जानकी मन्दिर जस्तो देखिन्छ। यसको अघिल्लो भागमा मिथिला चित्रकला राखिएको छ।,
यहाँ राख्नका लागि गौतम बुद्ध, पृथ्वीनारायण शाह, नेपाल आमा, चौधरी लडाकु, मैथली लडाकु, भोजपुरी लडाकु, मुस्लिम लडाकु र गोर्खाली सिपाहीको प्रतिमा तयार भइसकेको छ।, अहिलेसम्म नेपाली सेनाको ५ करोड र मधेस प्रदेश सरकारको २ करोड रुपैयाँ बजेट यहाँ खर्च भइसकेको छ। मधेस प्रदेश सरकारले दिएको थप २ करोड रुपैयाँले अहिले प्रदर्शनी भवनको आन्तरिक सजावट र अन्य काम भइरहेको छ। कुल २१ करोड ९५ लाख ८८ हजार रुपैयाँ खर्च हुने यो योजनाका लागि बजेटको अभाव भएको २८ नम्बर बाहिनी अड्डाले जनाएको छ। निर्माण कार्य सम्पन्न गर्न अझै करिब १३ करोड रुपैयाँ बजेटको आवश्यकता पर्छ। बजेट अभावका कारण निर्माणको काम द्रुत गतीमा अघि बढाउन नसकिएको बाहिनीपती थापाले बताए। , नेपाली सेनाले एकीकरण स्मृति उद्यानलाई केन्द्र बनाएर कम्तीमा तीन दिन भ्रमण गर्न सक्नेगरी सर्किट टुरिजमको अवधारणा अघि सारेको छ।, स्मृति उद्यानलाई पर्सा राष्ट्रिय निकुञ्ज, काठमाडौं–तराई मधेस द्रुत मार्ग, नमनपुर गढी, पुरेनवा दरबार, समनपुरगढी, कृष्ण मन्दिर, सिम्रौनगढ रानीबास मन्दिर, गढिमाई मन्दिर, वीरगञ्जको घण्टाघर, शंकराचार्यद्वार, घडिअर्वा पोखरी, ड्राइपोड, पर्सागढी, ठोरीलगायतका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुसँग जोड्ने प्रयास गरिएको छ। सर्किट टुरिजमले राष्ट्रिय एकतामा अभिवृद्धि गर्नुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुको पहिचान दिलाउने, आन्तरिक पर्यटन प्रवद्र्धनलाई उजागर गर्न सघाउ पुर्याउने स्थानीयबासी बताउँछन्।, जीतपुरसिमरा उपमहानगरपालिकाकाका प्रमुख कार्यकारी अधिकृत चेतकुमार पोखरेलले निर्माणाधीन एकीकरण स्मृति उद्यानले हिमाल, पहाड र तराईबासीलाई जोड्ने विश्वास रहेको बताए।, ‘सबै क्षेत्रको ईतिहास, संस्कृति झल्कने संरचनाहरु निर्माण हुने र त्यहाँ विभिन्न जाती, समुदायको पहिचान झल्कने सांस्कृतिक गतिविधिहरु सञ्चालन हुने भएकाले यो महत्वपूर्ण हुनेछ,’ पोखरेलले भने, ‘यो हाम्रो नगरपालिकाको मूख्य पर्यटकीय गन्तव्य बन्नसक्छ, यसले नगरपालिकालाई आर्थिकरुपमा टेवा पुर्याउँछ भन्ने मलाई लाग्छ।’, उनले यो योजनालाई कसरी पूर्णता दिने भन्ने विषयमा नेपाली सेनासँग उपमहानगरका मेयरसहित छलफल भएको बताए।, ‘अहिले प्रदेश सरकारले सहयोग गरिरहेको छ। हामीले निर्माणपछि सञ्चालनका लागि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने हो भने बजेट छुट्टाउँछौं भनेका छौं,’ पोखरेलले भने। उनले ऐतिहासिक, सांस्कृतिक संग्रहालयका साथै मनोरञ्जनका केही गतिविधि पनि समावेश गरेर पर्यटक भित्र्याउने, यसलाई केन्द्र बनाएर अन्य पर्यटकीय गन्तव्यहरुसहितको प्याकेज तयार गर्ने विषयमा छलफल चलिरहेको बताए।, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले देश निर्माणकोक्रममा महत्वपूर्ण भूमिका भएका किल्लाको संरक्षण र स्थानीयबासीको सम्मानमा राज्य पछि परिरहेको बताए।, ‘यसमा सबैभन्दा ठूलो भूमिका त स्थानीय तहकै हुन्छ। स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूले ध्यान दिन नसक्दा पर्सागढी प्रचारप्रसारमा पछि परिरह्यो,’ मेयर पाठकले भने, ‘अहिले मैले यसको संरक्षण र प्रवर्द्धनमा चासो राखिरहेको छु। नगरपालिकामा एउटा फाँट नै स्थापना गर्ने कि भन्नेमा छु।’, उनले नगरपालिकाले नेपाली सेनासँग सहकार्य गरेर इतिहास खोज्ने र त्यसको संरक्षण गर्ने उनले बताए। नेपाली सेनाले निर्माण गरिरहेको एकीकरण स्मृति पार्क र सर्किट टुरिजमको अवधारणा मूर्तरुप पाए गढीहरुको प्रवद्र्धन हुने र स्थानीयबासीले आफ्ना पूर्खाहरूप्रति गर्व गर्नसक्ने उनले बताए।, मेयर पाठककाअनुसार २०२१ सालको नापीसम्म यहाँ गढीको प्रसस्तै जमिन थियो। पछि धेरै जमिन स्थानीय केही व्यक्तिले नम्बरी बनाएर प्रयोग गरे। त्यसमध्ये केही जमिन फिर्ता गर्नेक्रम पनि चलिरहेको छ। पाठकले व्यक्तिले प्रयोग गरेका सबै जमिन फिर्ता गरेर पर्यटन विकासको संभाव्यता अध्ययनगरी योजना अघि बढाउने बताए।, पर्सागढीमा वि.सं. १८७१ मा ब्रिटिश ईष्ट ईन्डिया कम्पनी र नेपाली फौजबीच युद्ध भएको थियो। उक्त युद्धमा रञ्जित चौधरीसहितका स्थानीयबासीले नेपाली फौजलाई युद्ध जित्नमा ठूलो सहयोग गरेका थिए। नेपाली सेनाले विभिन्न कालखण्डमा लडेका युद्धका विषयमा अनुसन्धान गरिरहेका सेवानिवृत्त जर्नेल प्रेमसिंह बस्न्यातले चौधरीसहितका स्थानीय बासिन्दाले नेपाली फौजलाई अंग्रेज फौजको बारेमा सूचना दिनेदेखि खाना, बस्नको प्रबन्ध मिलाएको तथ्यहरु फेला परेकोे बताए।, ‘यो क्षेत्र त्यतिखेर मकवानपुर राज्यमा पर्दथ्यो। ठूला हतियारसहितका अंग्रेजहरू यो राज्य कब्जा गर्न चाहन्थे। नेपाली फौजले यो कुरा चाल पाएको थियो, अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ब्रिटिश फौज न्यू ईयर ईभको मस्तीमा भएको समयमा हाम्रो सेनाले तीनतीरबाट घेरेर उनीहरुलाई लखेट्यो,’ बस्न्यात भन्छन्, ‘नेपाली फौजलाई स्थानीय बासिन्दाको पनि सहयोग भयो, ठीक समय पत्ता लगाएर एक्कासी जाइलाग्दा अंग्रेजहरू भाग्न बाध्य भए।’, हाल गडिमाई नगरपालिका–१ र ६ मा पर्ने बागमती नदीको पश्चिम र पूर्व लडैया समनपुर, रौतहटमा क्याम्प खडा गरेर बसेको अंग्रेज फौजलाई पनि नेपाली फौजले त्यसैरात आक्रमण गरी भगाएको थियो। उक्त घटनामा अंग्रेज फौजका धेरै हताहत हुनुका साथै उनीहरुबाट नेपाली फौजले हतियार कब्जामा लिएका थिए। लडाईंमा सहयोग गरेबापत चौधरीलाई सरकारले जमिन बिर्ता दिएको थियो।, बस्न्यात सिन्धुलीगढीको युद्धमा नेपाली फौजको वीरता देखेर डराएका अंग्रेजहरू मस्ती गरिरहेको समयमा एक्कासी हमला हुँदा आत्तिएर भागेको बताउँछन्।, यहाँ अंग्रेजविरुद्ध जाइलागेको नेपाली फौजलाई सघाउन स्थानीय बासिन्दाले ठूलो संख्यामा भैंसी र राँगाको सिंगमा मसाल बाँधेर छाडी गोर्खाली फौजको ठूलो संख्याको भानपारी अंग्रेजलाई तर्साएको कथन पनि पाइन्छ। बस्न्यातले यो कुराको पुष्टी गर्ने आधारहरु नभेटिएपनि आफूले भेटेका केही स्थानीयबासीले यस्ता कथन आफूलाई पनि सुनाएको बताए।, नेपाल एकीकरणपूर्व मकवानपुर राज्यमा रहेको हालको बारा जिल्लामा पर्ने जीतपुरका जेठ रैयत कुर्मी सरदार महतोको नेतृत्वमा स्थानीय नागरिकले परम्परागत हतियारको भरले अंग्रेज सेनालाई परास्तगरी तोप र बन्दुक खोसेको इतिहास पनि भेटिन्छ। उनीहरुले नेपाली फौजका कप्तान बीर किशोर पाण्डे र लेफ्टिनेन्ट पृथ्वी हमाललाई सघाएका थिए।, ‘हाम्रो सेनाले धेरै ठाउँमा अंग्रेजलाई हराएका छन् तर जितेका युद्धको बारेमा चर्चा थोरै छ। हारेका युद्धको चर्चा बढी हुने गरेको छ,’ बसन्यात भन्छन्, ‘नेपाली सेनाले देखाएको बहादुरी, उनीहरुको योगदानको विषयमा राज्यले धेरै गर्नुपर्दथ्यो, गर्न सकेको छैन।’,
अंग्रेजसँग मधेसका जनताले लडेको इतिहास झल्काउने बगैँचा |
सेतोपाटी संवाददाता पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।, विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।, जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।, दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।,
पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना |
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। , ‘अहिले सुरक्षाकर्मी गएका छन्। विस्तृत जानकारी आउन बाँकी छ,’ केसीले भने।, पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। काठमाडौंमा गएको जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। , स्थानीय सुनिल रानाभाटका अनुसार आगो ठूलो छ।,
कास्कीका सिडिओ भन्छन्- विमानस्थलबाट २ किलोमिटर पर जहाज दुर्घटना परेको छ |
रासस विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ।, विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।, अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको हो।, अदालतले नेपाल इञ्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र ३९ लाख रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा बढी घुस लिएको खुलासा भएपछि विवाद भएको थियो। , उक्त प्रकरणबाट बच्न पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए। अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस-रिसवतमा मुद्दा दायर गरेको थियो। अदालतले उनलाई बिहीबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो।,
अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर |
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।, कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि दुर्घटनामा परेको हो। , दुर्घटनामा परेको नाइन एएनसी कल साइन उक्त जहाजमा आगो लागेको छ। , विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।, जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।, दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।,
पोखरामा दुर्घटनामा परेको यति एयरको जहाजमा आगलागी |
युनिक श्रेष्ठ नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने भोलि छुट्दै छन्। , उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई धरौटीमा छाड्न बिहीबार आदेश दिएका हुन्। उनीसँग २० लाख धरौटी मागिएको छ। , यो मुद्दाको किनारा भने लागिसकेको छैन।, इजलासले सन्दीपको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भएकाले त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो।, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गरेको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइने छन्। , थुनामुक्त भएपछि क्रिकेटर रहेका सन्दीपले अहिले नै क्रिकेट खेल्न पाउँछन् वा पाउँदैनन् भन्ने पनि चासोको विषय बनेको छ।, आदेशमा उनी खेल्न पाउँछन् वा पाउँदैनन् भन्नेबारे उल्लेख गरिएको छैन।, उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्। , अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ। , आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।, पढ्नुहोस्ः ,यी ५ शर्त उल्लंघन गरे सन्दीप लामिछाने फेरि जाने छन् थुनामा, त्यस्तै अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ। , यस्तो अवस्थामा उनले क्रिकेट खेल्न पाउँछन् त भनेर हामीले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सोध्यौं।, अध्यक्ष चन्दले सुरूमा सन्दीपको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर अगाडि बढ्ने बताए।, सन्दीपको निलम्बन फुकुवा गर्ने/नगर्ने विषयमा भने कानुन व्यवसायी र क्यानका पदाधिकारीसँग पनि छलफल गर्ने उनले बताए। , 'क्यानले पहिले उनको मनस्थिति र स्वास्थ्य अवस्था बुझ्छ र सरसल्लाह गरेर निर्णय गर्छ। सन्दीप लामिछाने जत्तिको मान्छे नेपाली क्रिकेटका लागि चाहिन्छ। त्यसमा क्यान स्पष्ट छ,' उनले भने।, यसबारे जानकारी गराउन क्यानको बोर्ड बैठक राखिने पनि उनले बताए। त्यहीँ यसबारे छलफल समेत गरिने उनको भनाइ छ।, उनले अदालतको आदेशप्रति आफू व्यक्तिगत रूपमा खुसी भएको समेत बताए। , 'अदालतको निर्णयप्रति म व्यक्तिगत रूपमा खुसी नै छु। अदालतको निर्णयको सम्मान गर्छु। उनले बाहिर नै बसेर आफ्नो न्यायका लागि लड्ने छन्। उनी अब निर्दोष नै होऊन् भन्ने कामना पनि गर्छु,' अध्यक्ष चन्दले भने, 'बोर्डको बैठक पहिलो हप्तामा बस्छौं। त्यहाँ यसबारे जानकारी गराउने, कमी-कमजोरीबारे पनि छलफल गर्छौं।', उच्च रजिष्ट्रार ठगिन्द्र कट्टेलले भने अदालतले प्रतिबन्ध लगाएको विषयमा बाहेक अरू उनले गर्न पाउने बताए। राष्ट्रिय खेलाडी रहेकाले उनको जनजीविका नै त्यही भएको हिसाबले सन्दीपले क्रिकेट खेल्न पाउने उनको भनाइ छ।, 'अदालतले उनलाई विदेश जान रोक लगाएको छ। पीडित परिवारलाई दबाब दिन पनि पाइन्न भनिएको छ। यसबाहेक खेलाडीको बारेमा आदेशले केही बोलेको छैन। खेल खेल्न नपाइने भन्नेबारे बोलेको छैन,' कट्टेलले भने, 'ती आदेशले रोक लगाएका बाहेकका काम उनले गर्न पाउँछन्।',
के सन्दीपले अब क्रिकेट खेल्न पाउँछन्? |
शोभा शर्मा उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुन्नै पर्ने अवस्था नदेखेकाले थुनाको विकल्पमा उदार भएको जनाएको छ। , नाबालिगमाथि बलात्कारको अभियोग लागेका लामिछानेले आफू थुनाबाहिर बसेर मुद्दा लड्न पाऊँ भन्दै दिएको निवेदनमा उच्च अदालतका पाटनका न्यायाधीश धुवराज नन्द र रमेश ढकालको इजलासले यस्तो आदेश गरेको हो। , 'फौजदारी न्यायशास्त्रको मान्यताअनुसार अभियुक्तलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न दिनु उपयुक्त हुने अवस्था देखिएकोमा विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने हुन्छ,' आदेशमा भनिएको छ।, तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणले कसुर भएको देखियो भने अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने कानुन छ। सामान्यतया गम्भीर प्रकृतिका अपराधमा पनि थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्ने गर्छ। , सन्दीपको आदेशमा भने प्राप्त प्रमाणभन्दा थुनामा राख्नै पर्ने अनिवार्य अवस्था देखिनुपर्ने उल्लेख छ।, धरौटीमा छोड्न १९ पेजको आदेश लेखेको उच्च अदालतले थुनामा राख्नै पर्ने कम्तीमा १६ आधारहरूको व्याख्या समेत गरेको छ।, तत्काल प्राप्त प्रमाण (प्रहरीको अनुसन्धानबाट संकलित प्रमाण) हेर्दा कसुर गरेको देखिएकै अवस्थामा पनि आफूले व्याख्या गरेका ती आधार नदेखिए थुन्न नपर्ने इजलासको भनाइ छ।, 'तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिएको अवस्थामा पनि थुनामा राख्नै पर्ने अनिवार्य अवस्था देखिनु पर्नेमा माथि नै विश्लेषण गरिएको छ,' आदेशमा भनिएको छ। , लामिछानेको हकमा उनलाई थुनामा राख्नै पर्ने अनिवार्य अवस्था वादी पक्ष (सरकारी वकिल) ले देखाउन नसकेको र आफूले पनि नदेखेको आदेशमा उल्लेख गरेको हो।, 'प्रस्तुत घटना र घटनापश्चातको शृंखलाजन्य परिस्थिति समेतलाई विचार गर्दा यो प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राखिरहनु उपयुक्त नभएकाले जिल्ला अदालबाट भएको आदेश बदर गरिदिएको छ,' आदेशमा भनिएको छ।, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सन्दीपलाई धरौटीमा छोड्ने यो आदेश भिन्न किसिमको भएको बताए।, 'कानुन मात्र होइन। सर्वोच्च अदालतले पनि पटकपटक यही तीन वर्षभन्दा बढी सजाय हुने कसुरमा थुन्ने आदेश गर्ने गरेको छ। सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्यो कानुन र सर्वोच्चको व्याख्याभन्दा पनि जमानतको सैद्धान्तिक आधार देखाएको छ। अलिक भिन्न छ,' उनले भने।, उनका अनुसार आदेशमा त्रुटि भए उच्च सरकारी वकिल सर्वोच्च अदालत जान सक्ने छन्। , 'तीन वर्षभन्दा बढीका कसुरमा तत्काल प्राप्त प्रमाणले कसुर स्थापित गर्छ भने थुनामा पठाउने कानुनसँग यो आदेशले मिलेको छैन भन्ने देखियो भने सरकारी वकिल सर्वोच्च जान सक्छ,' उनले भने।, काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए। , अदालतले थुन्नै पर्ने आधार जाहेरवाला पक्षले पेस गर्न नसकेको भन्दै उनलाई छाडेको हो।, जाहेरवालाका वकिल भनेको सरकारी वकिलका साथै पीडितका निजी वकिल पनि हुन्।, थुना बाहिर राख्दा अभियुक्तले प्रमाण मेटाउन वा तिनलाई प्रभावित गर्न सक्ने प्रचुर सम्भावना भएमा, थुनामा नराखे फरार हुन सक्ने सम्भावना देखिएमा, अर्को अपराध गर्न सक्ने देखिएमा, पीडित वा सरकारी साक्षीलाई वकपत्र गर्नबाट रोक्न डरधम्की र प्रलोभनमा पार्न सक्ने अवस्था भए, अभियुक्तलाई छोड्दा पीडितले आत्महत्या गर्न सक्ने, सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खलल पुग्ने लगायतका अवस्थामा मात्र पुर्पक्षका लागि थुनामा राख्न आवश्यक हुने अदालतको आदेशमा उल्लेख छ।, यी कुनै पनि आधार सरकारी र पीडितपक्षका वकिलले प्रस्तुत नगरेको अदालतले जनाएको हो- 'सन्दीप लामिछानेको हकमा विचार गर्दा माथि उल्लेख गरिएमा सोह्र अवस्थाहरूमध्ये कुनै वा सबै अवस्था निज प्रतिवादीको सन्दर्भमा आकर्षित हुने स्थिति रहेको/भएको वा प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि नै थुनामा नराखी नहुने निर्विकल्प अवस्था देखिएको भनी वादी तथा जाहेरीकर्ता पक्षबाट यस इजलासलाई विश्वस्त र सन्तुष्ट पार्ने गरी प्रस्तुति हुन सकेन।', यसबाहेक सन्दीप तनावको स्थितिमा रहेको, पीडितको वकपत्र भइसकेकाले उनलाई छोड्दा त्यसमा असर नपर्नेमा आफू विश्वस्त रहेको भन्दै उच्च अदालत पाटनले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो। , सन्दीप राष्ट्रिय खेलाडी भएकाले थुना मुक्त नगरेको समेत अदालतले स्पष्टीकरण दिएको छ।, 'कानुनको नजर र प्रयोग सबै व्यक्तिमा समान हुन्छ। महलमा आराम गर्ने शासकदेखि झुपडीमा गुजारा चलाउने नागरिकको पनि बराबरी हैसियत हुन्छ,' आदेशमा भनिएको छ, '…प्रतिवादी मुलुकको राष्ट्रिय क्रिकेट खेलाडी भएको कारणले नै निजलाई थुनामा नबसी मुद्दाको पुर्पक्ष गर्ने अधिकार प्राप्त हुन सक्दैन।', आदेशले यसपछि पनि वादी पक्षले सन्दीपलाई थुनामा राख्ने कारण नदिएको भनेको छ। , 'थुनामा राख्ने सम्बन्धमा माथि कुनै वा सबै अवस्था प्रस्तुत मुद्दामा विद्यमान रहेको भनी वादी पक्षबाट विश्वसनीय रूपले इजलासलाई आश्वस्त पार्न सकेको अवस्था नहुँदा नहुँदै पनि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा नै राख्नुपर्छ भन्ने धारणा निर्माण गरिनु पनि उपयुक्त हुँदैन।', जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। , उनीमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।,
सन्दीप लामिछानेप्रति उच्च अदालत 'उदार' |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले २४ जना एसएसपीको सरूवा गरेको हो।, कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि फेरेको छ।, काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्कीको सरूवा भएको छ। यहाँ हाल भरत बोहरा हाल कार्यरत छन्।, उपत्यका अपराध अनुसन्धानमा भने मनोजकुमार केसीको सरूवा भएको छ। हाल यहाँ जनक भट्टराई कार्यरत छन्।, कमान्ड सम्हालेको एक वर्ष नहुँदै बोहरा र भट्टराईको सरूवा भएको हो। अपराध अनुसन्धान कार्यालयमा कार्यरत भट्टराईको पनि एक वर्ष नहुँदै सरूवा भएको हो।, बोहराको प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा र भट्टराईको प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरूवा भएको छ।, ललितपुर परिसरमा सिद्धिबिक्रम शाहको सरूवा भएको छ। प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देहीमा रहेका उनको ललितपुरमा सरूवा भएको हो।, यस्तै ललितपुरका यज्ञविनोद पोखरेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सरूवा भएको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख पनि फेरिएका छन्। ब्युरो प्रमुख रहेका अनुरागकुमार द्विवेदीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरूवा भएको हो।, यहाँ प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा कार्यरत जीवनकुमार श्रेष्ठको सरूवा भएको हो।,
२४ एसएसपीको सरूवा, फेरिए काठमाडौं र ललितपुरका जिल्ला प्रमुख |
सेतोपाटी संवाददाता सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु-कुहिरो लागिरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।, देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, महाशाखाका अनुसार शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।, सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, काठमाडौंसहित बागमती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।, हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाडौंसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको हो।, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको उनले बताइन्।, मौसमविद महर्जनका अनुसार आज पनि काठमाडौंसहित पहाडी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ। तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ। यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ।, हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसाे न्यानो हुनेछ।, हिमपात तथा हल्का वर्षा र तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।,
काठमाडौंमा दिउँसाे पारिलो घाम लाग्ने, तराईमा हुस्सु कुहिरो |
रासस मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।, मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना ३९ प १४३९ नम्मबरको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।, दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।, दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।,
मकवानपुरमा स्कुटर दुर्घटना, ३ जनाको मृत्यु |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।, नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो तीन बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा हुने छ।, मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नु पर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिहरूको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको छ।, सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण(आइई) तथा पूरक आइआईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको, उपलब्ध विकल्पहरूमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्राधिकरणको भनाइ छ। सोहीअनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकोले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले बताएको छ। , तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्ति लप्सेफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो।, सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरू भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सेफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ। नयाँ खिम्ती-बाह्रबिसे-लप्सेफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ। लम्सेफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्। चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ।, सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेको प्राधिकरणको भनाइ छ। मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ। नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो।, पहिलो ठेकेदारले काम गर्दा लप्सेफेदीमा कुनै विरोध नभएको तर दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको प्राधिकरणको दाबी छ। अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन। लप्सीफेदी सबस्टेसनको काम हालसम्म हुन नसकेको कारणले ठेक्का सम्झौताको म्याद १५ पुस २०८० (३१ डिसेम्बर २०२३) सम्म कायम गरिएको छ।, स्थानीयले सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखेको जायज मागलाई आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने बताएको छ। ,
लप्सेफेदीमा आन्दोलनरत स्थानीय र प्राधिकरणबीच वार्ता हुँदै |
सेतोपाटी संवाददाता बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।, उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।, लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले गरेको आदेशको फाइल पहिला जिल्ला अदालत काठमाडौं जानुपर्छ।, त्यसपछि लामिछानेका वकिलले धरौटी रकम बुझाउने छन्। धरौटी बुझाएपछि अदालतले छोड्नका लागि पत्र केन्द्रीय कारागार पठाउँछ। केन्द्रीय कारागारले उनलाई स्वास्थ्य परीक्षण गरेर छोडिदिने अधिवक्ता घिमिरेले बताए।, त्यसपछि लामिछानेलाई जिल्ला अदालत लगिने छ। कारागारबाट छुटेपछि मूल मुद्दाको तारिख लिन उनी काठमाडौं जिल्ला अदालत जानेछन्।, ‘यी सबै प्रक्रिया पूरा गर्दा दिउँसो साढे १ वा २ बज्छ होला,’ घिमिरेले भने।, यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।, इजलासले लामिछानेको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भइसकेकाले होस्टाइल गराउनका लागि प्रभावमा पार्न सक्ने संभावना नरहेको, लामिछानेबाट सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो। , अदालतले लामिछानेलाई केही शर्त तोकेको छ। ती शर्तहरू उल्लंघन गरेको पाइएमा उनलाई फेरि थुनामा पठाइने आदेशमा उल्लेख छ।, यस्ता छन् शर्त:, १. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ। यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ।, २. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।, ३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्। जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नू/ नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ।, ४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ।, ५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।, यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई पुनः थुनामा पठाउन सक्नेछ। धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वत: निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ।,
धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने |
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले विभिन्न स्थानमा आँखा शिविर आयोजना गरेको छ। , पाँचखाल नगरपालिकाको खरेलथोक, साठ्ठिघर, आँपघारी, अनेकोट, समाजकल्याण र दुलालथोकमा आयोजना गरिएको आँखा शिविरमा सात सय ३६ जना लाभान्भित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिए।, उनका अनुसार सात सय ३६ जनाको आँखा परीक्षण गर्दा एक सयभन्दा बढीको मोतियाविन्दुका बिरामी भेटिएका थिए। मोतियाविन्दु देखिएका एक सय जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा शल्यक्रिया गरिएको छ। , पाँचखाल नगरपालिकाको आयोजनामा भएको आँखा शिविरमा मात्रिका आई सेन्टरको प्राविधिक सहयोग थियो। विरामीहरूको डाक्टर किश्वरराज वराल, डाक्टर लज्जा सिंह, डाक्टर उर्सुला, डाक्टर कल्याण ढुंगाना लगायतले आँखाको शल्यक्रिया गरेका थिए। त्यस्तै दीक्षा पौडेल, आस्मा विक, प्रसंशा ढुंगाना र अंकिता मित्रले फिल्डमा गएर बिरामीको मोतियाविन्दुको परीक्षण गरेका थिए। , पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले नगरलाई मोतियाविन्दु मुक्त नगरपालिका बनाउने उदेश्यले आँखा शिविरको आयोजना गरिएको जानकारी दिए। हरेक वर्ष आँखा शिविर गरेर मोतियाविन्दुका बिरामीहरूको आँखाको शल्यक्रिया गरिने खरेलको भनाइ छ। , शिविरलाई मात्रिका आई सेन्टर, समाज सुधार युवा क्लब आँपघारी र स्थानीय जनप्रतिनिधिहरूले सहयोग सम्मपन्न गरिएको हो। ,
पाँचखालमा आँखा शिविर, एक सय जनाको मोतियाविन्दुको शल्यक्रिया |
सेतोपाटी संवाददाता झापामा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ७२ वर्षिया महिलाको मृत्यु भएको हो।, प्रहरीकाअनुसार वडा न.१ मा रहेको जनता माध्यमिक विद्यालय नजिक मे.१ ख २६७६ नम्बरको स्कुल बसले पैदलयात्री सोही ठाउँकी तुलसा दाहाललाई ठक्कर दिएको थियो। , बसको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताएका छन्।, प्रहरीले विद्यालयको बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।,
,
झापामा स्कुल बसको ठक्करबाट ७२ वर्षिया महिलाको मृत्यु |
सेतोपाटी संवाददाता भोलि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ। , पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो।, माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।, सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ।,
,
उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।, यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् । रासस,
शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने |
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले ठेला, नाङ्लो वा साइकलमा सामान बेच्न प्रतिबन्ध लगाएपछि यसमा आश्रित परिवारको जीविका अब कसरी चल्छ भन्ने प्रश्न उठेको छ।, महानगरले मंगलबार सार्वजनिक सूचना निकालेर सडक व्यवसायमाथि प्रतिबन्ध लगाएको हो। कसैले सडकपेटी वा सार्वजनिक स्थलमा व्यापार गरे सामान जफत गरी हदैसम्म सजाय गर्ने भनिएको छ।, सडक किनार व्यापार गर्ने साना तथा निर्वाहमुखी व्यवसायी निम्ति रोजगारको वैकल्पिक व्यवस्था नगरी चालिएको कदमबाट कति जना प्रभावित होलान्? ती व्यवसायीले महानगरको निर्णय कसरी लिएका छन्? के भन्छन्? महानगरबाट उनीहरूको के अपेक्षा छ?, हामीले यिनै प्रश्न लिएर बिहीबार सडक व्यवसायी ट्रेड युनियनका महासचिव राजकुमार श्रेष्ठसँग कुरा गरेका छौं।, उनका अनुसार काठमाडौं महानगरभित्र ट्रेड युनियनमा आबद्ध सडक व्यवसायीको संख्या १० हजार छ। त्यसबाहेक थप २५ हजार जना ठेलागाडा वा साइकलमा सामान बेच्दै हिँड्छन्। एउटा परिवारमा औसत पाँच जना सदस्य हुन्छन् भनेर मान्दा पौने २ लाख व्यक्तिको रोजीरोटी सडक व्यवसायसँग जोडिएको उनी बताउँछन्।, तीमध्ये ५५ प्रतिशतभन्दा बढी महिला छन्। तिनमा एकल महिला, द्वन्द्वपीडित र घरबारपीडितको संख्या बढी छ। श्रीमानको मृत्यु, घरेलु हिंसा लगायत विभिन्न कारणले घर–गाउँ छाडेर रोजीरोटीको खोजीमा काठमाडौं आएका महिला धेरैजसो ठेला वा नाङ्लोमा तरकारी बेचेर आफू र केटाकेटीको गुजारा चलाउने गरेको पाइन्छ।, ‘महानगरले गरिबीका कारण काठमाडौं आउन बाध्य परिवारको पेटमा लात हानेको छ,’ श्रेष्ठले भने, ‘उनीहरू धेरैले सडकमा व्यापार गरेर गुजारा चलाइरहेका छन्, केटाकेटी पढाइरहेका छन्। ती सबैको जीवन अस्तव्यस्त हुनेछ। उनीहरू काठमाडौंबाट विस्थापित हुन बाध्य हुनेछन्। के काठमाडौं महानगरले गरिबहरूलाई सहरबाट धपाउन खोजेको हो?’, महानगरले सूचना जारी गर्नुअघि नै सडक व्यवसायमाथि कडिकडाउ गर्न थालिसकेको थियो। बालेन शाह मेयर भएर आएदेखि यहाँका साना र निर्वाहमुखी व्यवसायीलाई लखेटी लखेटी उनीहरूको पेट पाल्ने ठेलागाडा, नाङ्लो र साइकल खोस्ने क्रमले तीव्रता लिएको थियो। सडक व्यवसायीको कमाइ खाने भाँडो लुटेर लग्दा धेरैलाई जीविका चलाउन गाह्रो पर्न थालेको श्रेष्ठ बताउँछन्।, अब तपाईंहरू के गर्नुहुन्छ त?, हाम्रो यो प्रश्नमा उनले भने, ‘महानगरले आफूलाई अनुकूल हुने गरी सूचना निकालेको हो। त्यो उसको कामै हो। तर हामी सूचनाको परवाह नगरी आफ्नो काम यथावत् राख्ने छौं। महानगरले जबर्जस्ती निषेध गर्न खोज्यो भने त्यसले विद्रोह निम्त्याउने छ र त्यसको जिम्मेवार महानगर स्वयं हुनेछ।’, उनले अगाडि भने, ‘सबभन्दा पहिला हाम्रो विरोध आ–आफ्नो कार्यस्थलबाटै हुनेछ। उनीहरूले फेरि पनि डाँका शैलीमा हाम्रा सामान लुटेर लगे भने हामी अब चुप बस्दैनौं, सशक्त प्रतिकार गर्नेछौं।’, सूचना जारी भएदेखि नै युनियनले आफ्नो भावी कार्यक्रम तय गर्न नियमित छलफल गरिरहेको उनले जानकारी दिए।, यसअघि बालेन शाहलाई भेटेर आफ्नो समस्याबारे जानकारी गराउन पटकपटक प्रयास गर्दा पनि समय नपाएको उनको भनाइ छ। महानगरबाट सुनुवाइ नभएपछि अब उनीहरू संघीय सरकार र काठमाडौंबाट निर्वाचित प्रतिनिधिसभा सांसद गुहार्ने तयारीमा छन्।, ‘हामी नयाँ सरकार गठन हुने दिन पर्खेर बसेका थियौं। सरकारले पूर्णता पाएपछि प्रधानमन्त्रीलाई भेटेर कुरा राख्नेछौं। काठमाडौंबाट सडक व्यवसाय निषेध गर्नु भनेको यहाँका निर्वाचित सांसदहरूको पनि सरोकारको विषय हो। हामी उहाँहरूलाई पनि पालैपालो भेट्ने छौं। हाम्रो समस्या उहाँहरूले बेवास्ता गर्नु हुन्न भन्ने आशा लिएका छौं,’ महासचिव श्रेष्ठले भने, ‘जनजीविकासँग जोडिएको संवेदनशील मुद्दामा संघीय सरकार र प्रदेश सरकारसँग समन्वय नगरी महानगर एकपक्षीय रूपमा अगाडि बढ्न मिल्दैन।’, ‘महानगरसँग कार्यकारी अधिकार होला, तर त्यो कार्यकारी अधिकार गुन्डागर्दीमा परिणत हुन थाल्यो भने त्यसलाई रोक्ने निकाय पनि त होला नि?’ उनले भने।, यति मात्र होइन, काठमाडौंलाई ठेलामुक्त गर्ने महानगरको अभियानविरूद्ध अदालतमा मुद्दा हाल्ने सोचाइ रहेको पनि उनले बताए।, ‘महानगर प्रहरीले जसरी हाम्रो कमाइ खाने भाँडा लुटेर लगिरहेको छ, त्यो नागरिकको व्यक्तिगत सम्पत्तिको हकविरूद्ध छ,’ उनले भने, ‘नागरिकको बाँच्न पाउने हक पनि उसले उल्लंघन गरेको छ। हामी कानुनी उपचार खोज्न अदालतमा मुद्दा हाल्ने पनि सोचिरहेका छौं।’, हामीले सडक व्यवसायीहरूको ‘बटमलाइन’ के हो त भनेर पनि उनलाई सोधेका थियौं।, जवाफमा उनले भने, ‘महानगरको उद्देश्यसँग हाम्रो विमति छैन। उनीहरूले पैदल यात्रुलाई असुविधा नहोस्, सवारी आवागमन प्रभावित नहोस् भनेर भनेका छन्। हामी त्यसमा सहमत छौं। तर त्यसको निम्ति सडक व्यवसाय पूरै निषेध गर्नुपर्दैन भन्ने हाम्रो भनाइ हो।’, काठमाडौं महानगरले सवारी आवागमन प्रभावित नहुने र साना व्यवसायीहरूको स्वरोजगारमा असर नपुग्ने गरी वैकल्पिक व्यवस्था गर्न सक्ने उनको भनाइ छ।, महानगरभित्र केही निश्चित ठाउँमा निश्चित समय तोकेर व्यवसाय गर्न छुट दिए आफूहरूलाई मान्य हुने उनले बताए।, ‘हामीले चौबीसै घन्टा व्यापार गर्न पाउनुपर्छ भनेका छैनौं। मूल सडकमै व्यापार गर्ने छुट चाहियो भनेर पनि भनेका छैनौं। हाम्रो माग यत्ति हो– महानगरले कहाँ कहाँ व्यापार गर्न पाइन्छ भनेर ठाउँ तोकिदियोस्, समय किटान गरिदियोस्। हामी त्यसमा तलमाथि नपर्ने गरी व्यवसाय सञ्चालन गर्न तयार छौं,’ उनले भने, ‘बिहान ६ देखि ८ र बेलुकी ६ देखि ८ बजेको समयभित्र व्यापार गर्न छुट दिए सबैलाई सहज हुने ठानेका छौं।’, महासचिव श्रेष्ठले अर्को उपाय पनि सुझाए – न्यूरोड, वसन्तपुर, असन, नयाँ बानेश्वर लगायत ठाउँमा साताको कुनै एक दिन पालैपालो सवारी आवामगन निषेध गरेर सडक व्यवसाय खुला गर्न सकिन्छ।, ‘विदेशमा पनि हामीले मुख्य सडकहरूमा एक दिन व्यापार गर्न छुट दिएको देखेका छौं। काठमाडौंमा पनि त्यसको सिको गर्न सकिन्छ,’ उनले भने।, यसरी ठाउँ र समय तोकेर खुला गर्दा महानगरले सडक व्यवसायीलाई आफूकहाँ दर्ता गरेर औपचारिक च्यानलमा ल्याउन सक्ने उनको भनाइ छ। ‘सडक व्यवसाय गर्नेहरूलाई परिचयपत्र वितरण गरेर त्यसबापत् शुल्क उठाउने हो भने त्यो पनि हामीलाई मञ्जुर छ,’ उनले भने।, ट्रेड युनियन महासचिव राजकुमार श्रेष्ठसँग कुराकानीपछि हामीले सडक व्यवसाय निषेध गर्दा अर्थतन्त्रमा पर्ने प्रभाव र यसलाई कसरी व्यवस्थापन गर्ने भनेर नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठलाई पनि सोधेका थियौं।, सडक व्यवसायको यकिन तथ्यांक नभए पनि रोजगारको खोजीमा काठमाडौं आएका ठूलो संख्याका व्यक्तिहरू यसमा आश्रित रहेको उनले बताए।, ‘यसले अर्थतन्त्रमा पार्ने सबभन्दा ठूलो प्रभाव भनेको सडकमा आश्रित साना व्यवसायीहरूको रोजगार गुम्नु हो,’ उनले भने, ‘उपभोक्ताको दृष्टिबाट हेर्दा जो पसल वा डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न सक्छन्, उनीहरूलाई खासै ठूलो असर पर्दैन। तर जो सडकमा पाइने सस्ता सामान उपभोग गर्छन्, ती उपभोक्ता बढी प्रभावित हुनेछन्।’, उनले अगाडि भने, ‘सहर सफा राख्नु र सवारी आवागमन व्यवस्थित गर्नु महानगरको दायित्व हो। तर यसको निम्ति सडक व्यवसाय व्यवस्थापन गर्ने उपायहरू अपनाउन सकिन्छ।’, व्यवस्थापनका उपाय के हुन सक्छन् त?, जवाफमा राष्ट्र बैंकका श्रेष्ठले भने, ‘महानगरले राम्ररी तयारी गर्ने हो भने ट्राफिक व्यवस्थापनमा असर नपर्ने र पैदलयात्रुलाई पनि असुविधा नहुने गरी निश्चित ठाउँ र समयमा मात्र व्यापार गर्ने अनुमति दिन सक्छ। यसका लागि साना व्यवसायीलाई आफूकहाँ दर्ता गराएर थोरै शुल्क पनि उठाउन सक्छ।’, यसो गर्दा अहिले अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको सडक व्यवसाय केही हदसम्म औपचारिक च्यानलमा आउने र महानगरको राजस्व आम्दानीमा फाइदा पुग्ने उनले बताए।, यसअघि हामीले पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडासँग कुरा गर्दा उनले पनि निश्चित ठाउँ र समयमा व्यापार गर्न छुट दिनुपर्ने बताएका थिए।, रोजगारको खोजी लगायत विभिन्न कारणले गाउँबाट काठमाडौं आउने क्रम बढिरहेका बेला वैकिल्पक व्यवस्था नगरी सडक व्यवसायमा रोक लगाउँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतिवडाको भनाइ थियो।, ‘सडक व्यवसाय बन्द गरियो भने काठमाडौंको अर्थतन्त्र त प्रभावित हुन्छ नै, सिंगो देशको अर्थतन्त्रमा पनि नकारात्मक असर पर्नेछ,’ उनले भने, ‘यसले सडक किनार पसल थापेर स्वरोजगारको बाटो अपनाइरहेका ठूलो संख्याका जनतालाई बेरोजगार बनाउनेछ। सँगसँगै, बजारमा माग र आपूर्तिको सन्तुलन पनि बिगार्छ।’, खतिवडाले अगाडि भने, ‘कमजोर वर्गलाई राज्यले सधैं सुरक्षा र संरक्षण दिनुपर्छ। सामाजिक सुरक्षा हरेक नागरिकको हक हो। यसको राम्रो माध्यम भनेको रोजगार हो। हामीकहाँ राज्यले सबैलाई रोजगार दिन सकेको छैन, त्यसैले राज्यले नै स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्छ। तर काठमाडौं महानगरले जसरी सडक व्यवसायीहरूलाई हटाउन खोज्दैछ, त्यसले उनीहरूको स्वरोजगारको हक खोसेको छ।’, काठमाडौंको मात्र होइन, पूरै देशको अर्थतन्त्र गतिशील बनाउने सडक व्यवसायमा रोक लगाउनुअघि महानगरले वैकल्पिक व्यवस्था गर्नुपर्ने र यसको निम्ति केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने उनी बताउँछन्।, ‘सिधै रोक लगाउनुभन्दा यस्तो व्यवसाय गर्न ठाउँ र समय तोक्न सकिन्थ्यो। फलानो फलानो ठाउँमा यति बजेदेखि यति बजेसम्म व्यापार गर्न सकिन्छ भनेर तोकेको भए महानगरको उद्देश्य पनि पूरा हुन्थ्यो, यी व्यवसायीहरूको रोजीरोटी पनि खोसिन्थेन,’ खतिवडाले भने।, यसरी हामीले काठमाडौं सहर ‘ठेलामुक्त गर्ने’ महानगरको अभियानबारे प्रभावित व्यक्ति र आर्थिक क्षेत्रका विज्ञसँग कुरा गर्दा सबैको भनाइ सडक व्यवसाय पूर्ण निषेध गर्नुभन्दा व्यवस्थापनको बाटो समात्न बेस हुन्छ भन्ने नै छ। महानगरले ठाउँ र समय तोकेर साना व्यवसायीलाई जीविकाको अवसर दिने हो भने उनीहरूको रोजीरोटी नखोसीकनै सवारी व्यवस्थापन गर्न सकिने उनीहरूको मत छ।, ‘दुवै पक्षलाई हानि नहुने गरी व्यवस्थापनको बाटो समात्ने हो भने कुनै द्वन्द्वबिना विवाद हल गर्न सकिन्छ,’ ट्रेड युनियनका महासचिव श्रेष्ठले भने, ‘हामी महानगरसँग वार्ता गर्न तयार छौं।’, यी पनि पढ्नुहोस्:, 'बालेन शाहको कदम सहरी विद्रोहको कारक नबनोस्!', हाम्रो दुःख मेयर बालेनसम्म पुगेको पो छैन कि!, महानगरमा लखेटी–लखेटी ठेला खोसिएकाहरूको कथा,
'महानगर, हामीलाई चौबीसै घन्टा छुट चाहिएन, ठाउँ र समय तोकेर व्यापार गर्न देऊ' |
सुशीला रेग्मी सार्वजनिक सवारी साधनमा पुरूष चालकले नै गाडी गुडाउँछन्।, महिला चालक पाउन मुस्किल छ। हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन्। मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन्।, सार्वजनिक सवारी साधनमा पुरूष चालकको भिडमा एक्लो महिला चालकका रूपमा भिडेकी छन् पाल्पाको रामपुरकी २७ वर्षीया मैना श्रेष्ठ।, उनले रामपुर नगरपालिका क्षेत्रमा भ्यान चालकको काम गर्दै आएकी छन्। पुरूष चालक सरह नै हिम्मत र आँट गरेर समुदायमा उदाहरणीय महिला चालकका रूपमा कहलिएकी छन्। रामपुर क्षेत्रमा पालोअनुसार तथा रिजर्भमा गाडी चलाउँछिन्। , 'महिला भए पनि अवसर पायो भने पुरूष सरह नै काम गर्न सकिन्छ', उनले भनिन्, 'गाडी चालक भएर यात्रु ओसार्न पाउँदा आनन्द लागिरहेको छ, मनमा इच्छा शक्ति भयो भने महिला भनेर पछाडि हट्नु पर्दैन।', नमस्ते रामपुर यातायात प्रालिमा भ्यान दर्ता गरेर आफ्नो पालोमा उनी यात्रु ओसार्ने गर्छिन्। दुई महिनाअघि १२ लाख रुपैयाँमा यात्रुबाहक भ्यान किनेर व्यावसायिक रूपमा यात्रु ओसारपसारमा अहिले उनको दैनिक बित्ने गरेको छ। , रामपुरको बेझाड बजार, विजयपुर, किसानवारी, प्याक्लुक, आँपचौर, रामटार, गण्डकीढिक, भलायटार, स्याउली बजार क्षेत्रमा उनी यात्रुलाई लैजाने ल्याउने गर्छिन्।, उनी बिहान ६ देखि साँझ ७ बजेसम्म चालकका रूपमा निस्किन्छन्। एकै पटकमा सवारी चालकको अनुमति पत्र प्राप्त गरेपछि व्यावसायिक रूपमा गाडी चलाउन उनको हिम्मत बढ्यो। , 'लाइसेन्स निस्केपछि गाडी चलाउँछु भन्ने योजना बनाए, परिवारको साथ सहयोग हौसला पाएपछि व्यावसायिक रूपमा यसमा लागेको छु', उनले भनिन्। मासिक रूपमा उनले सरदरमा १५ हजार रुपैयाँ बराबरको कमाइ गर्छिन्। छ वर्षको छोरालाई बिहानै घरमा छाडेर उनी नियमित ड्युटीमा निस्किन्छिन्। बेझाड चोकमा भ्यान लिएर यात्रुको प्रतीक्षामा उनी भेटिन्छिन्। , उनी भन्छिन्, 'सानो बच्चा छ, घरमा सासूससुराको साथमा छाडेर बिहानै गाडी लिएर नम्बर लगाउन जान्छु, बाँच्नका लागि केही न केही गर्नुपर्यो, आफ्नै घरबाट निस्केर काम गर्न पाइएको छ, दुःखसुख नगरीकन जीवन चल्दैन।' , महिला चालक भनेपछि महिला यात्रुले नै उपेक्षा गर्ने गरेको उनले गुनासो पोखिन्।, गाडीमा चढ्ने क्रममा महिला चालक रहेछ भनेर कतिपय यात्रु चढेपछि ओर्लने, कतिपय नचढीकन अर्को गाडी चढ्ने गरेको श्रेष्ठले अनुभव सुनाइन्।, रामपुर नगरपालिकाको सहयोगमा एक महिना सवारी चालकको तालिम लिएकी श्रेष्ठले सीप विकासका लागि स्थानीय ड्राइभिङ सेन्टरमा तीन महिनाको तालिम लिइन्। , महिला भनेर उपेक्षा गर्ने समाजमा ठूला सार्वजनिक सवारी चालकका रुपमा काम गर्ने उनको इच्छा छ। एउटा निश्चित रूट भइदिएमा सवारी साधन चलाउन सहज हुने उनी बताउँछिन्।, घरपरिवार र आफ्नो गाउँ छिमेकका साथीले यस व्यवसायमा राम्रो हौसला दिएको श्रेष्ठले बताइन्। सुरूको समय भएकाले केही पुरूष चालकले राम्रो व्यवहार गर्ने गरे पनि केहीले भने महिला चालक भनेर नियम मिच्न खोज्ने गरेको उनले बताइन्। , समाजमा महिलाले नगरेको पुरूषले मात्र गर्ने नयाँ काम गर्ने अठोटका साथ सवारी चालकको काम थालनी गरेको उनको भनाइ छ।, श्रीमान वैदेशिक रोजगारमा र घरमा सानो बच्चा हुँदा केही कठिनाइ भने झेल्नु परेको उनले सुनाइन्। सिलाइ-कटाइको काममा समेत राम्रो अनुभव बटुलेकी श्रेष्ठले यस क्षेत्रमा लागेपछि समाजमा सबैका सामु चिनिने अवसर पाएको बताइन्।, दैनिक व्यवसायमा खटिनुपर्ने भए पनि यात्रुको सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको उनले बताइन्। , महिला भएर पनि समाजका लागि पुरूषसरह नै हिम्मत गरेर समुदायमा उदाहरणीय महिलाका रूपमा पहिचान बनाएको देख्दा खुसी लागेको स्थानीय सरिता रेग्मीले बताइन्।, उनले जस्तै हिम्मत गरेर काम गरियो भने महिला भन्दैमा सधैं पछाडि पर्नु नपर्ने उनको भनाइ छ।, रामपुर क्षेत्रमा हाल २८ भ्यान सञ्चालनमा छन्। नगरपालिकाभित्र पालैपालो विभिन्न स्थानमा भ्यान चालकले नम्बरअनुसार यात्रु ओसारपसार गर्दछन्। ,
,
महिला चालकको अनुभव: महिलाले नै विश्वास कम गर्छन् |
सेतोपाटी उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको छ।, लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा आइपुगेको बताए।, उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख रुपैयाँ धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने जानकारी दिए। सामान्यता प्रक्रिया पूरा गर्दा पनि लामिछानेलाई थुनामुक्त हुन दिउँसो चार बज्ने देखिएको उनले बताए। , उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।, जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।, पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो।, गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरूद्ध परेको मुद्दामा थुनछेक बहस सुरू भएको थियो। लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए।, लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। , सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।, लामिछानेले भने आफूविरूद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए। रासस,
सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौं जिल्ला अदालतमा |
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालेर जिल्ला अदालत काठमाडौं लगएको छ।* , शुक्रबार दिउँसो उनलाई केन्द्रीय कारागार सुन्धाराबाट कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको हो। अदालतमा तारेख बुझेपछि उनलाई कैदमुक्त गर्न फेरि कारागार ल्याइने जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए।, उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।, जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।, पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो।, गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरूद्ध परेको मुद्दामा थुनछेक बहस सुरू भएको थियो। लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए।, लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। , सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।, लामिछानेले भने आफूविरूद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए। , *यसअघि अन्यथा परेकोमा सच्याइएको।, ,
जेलबाट अदालत लगियो सन्दीप लामिछानेलाई |
सेतोपाटी संवाददाता बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।, पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।, सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। , घटनाको अनुसन्धान भइरहेको उनले बताए।, साथै पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।, बलात्कार पछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ।, यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बुहारी बलात्कार आरोपमा पक्राउ परे ससुरा |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।,
‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो। हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं,’ उपाध्यायले सेतोपाटीसँग भने।, शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने उपाध्यायको भनाइ छ।, महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ। ,
,
सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे प्रशासनसँग पिएसओ |
निशा भण्डारी बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। शुक्रबार दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट उनी २० लाख रूपैयाँ धरौटी बुझाएर स-शर्त रिहा भएका हुन्।, जिल्ला अदालत काठमाडौंमा आवश्यक प्रक्रिया पुर्याएपछि उनी उनी थुनामुक्त भएर आफ्नै निजी सवारीमा घर गएको जेलर ईश्वरीप्रसाद पाण्डेले सेतोपाटीलाई जानकारी दिए।, उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई बिहिबार धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।, जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।, उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिवद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानूनी प्रक्रिया बाहिरबाटै लड्नेछन्।, सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ।, तस्बिरहरू:,
सन्दीप लामिछाने थुनामुक्त (तस्बिरहरू) |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी १ करोड बढी सम्पत्ति कमाएको भन्दै एक जना शाखा अधिकृतविरूद्ध मुद्दा हालेको छ।, अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत अधिकृत गणेशप्रसाद पोखरेलसँग भएको १ करोड ६ लाख ३३ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा हालेको हो।, पोखरेल यसअघि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चावहिलका निमित्त कार्यालय प्रमुख थिए।, स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा हालेको हो।,
लाइसेन्स कार्यालय सुकेधाराका तत्कालीन निमित्त प्रमुखविरूद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा |
कमलकुमार बस्नेत गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो।, दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। , अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो।, सुरूमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उनको परिवार बञ्चित भयो।, त्यति मात्रै होइन, गत जेठ २६ मा जडीबुटीमै मोटरसाइकल र ट्याक्सी आपसमा जुध्दा मोटरसाइकलमा सवार मेनुका गुरूङ घाइते भए। दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भए। कुनै एक राइड सेयरिङ एपमार्फत् यात्रा गरिरहेकी गुरूङले उजुरी गर्न पाइनन्। किनभने उक्त कम्पनीको नेपालमा न त कम्पनी नै थियो, न त कुनै जिम्मेवार व्यक्त नै थिए। , त्यसो त एप प्रयोग नगरी राइड सेयरिङ एपका नाममा ‘अफलाइन’ यात्रा गर्ने यात्रु मात्रै होइन, चालक स्वयं पनि पीडित बनेका उदाहरण कैयन् छन्।, गत वर्ष माघ ९ गते राति सामाखुसीबाट कोटेश्वरसम्म अनलाइन यात्रा गरेका उनी त्यसपछि धापाखेल पुगेपछि लुटिए। कोटेश्वरसम्म अनलाइनमार्फत् सेवा दिएका चालक प्रवीण राईले त्यसपछि धापाखेलसम्म अफलाइन यात्रा गर्दा यात्रुबाट मोटरसाइकल र आठ हजार रुपैयाँ लुटिनुमात्रै भएन मध्यरातमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधिएको अवस्थामा केही घण्टासम्म बस्नुपर्यो। अर्को दिन सुमन तामाङ र मीनराज राईले मोटरसाइकल बिक्री गर्दैगर्दा चन्द्रागिरिबाट उनीहरू समातिएका थिए तर चालक प्रवीणले भने कुनै क्षतिपूर्ति पाएनन्। कारण थियो, ‘अफलाइन राइडिङ’।,
,
राइड सेयरिङमा अफलाइन यात्रा गर्दा अप्रत्यासित रूपमा घटेका यी केही प्रतिनिधि घटनामात्रै हुन्। यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले सुरू भएको राइड सेयरिङको सुविधालाई दुरूपयोग गर्नेको सङ्ख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ।, थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ।, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अफलाइन राइडिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए।, 'अफलाइन राइडिङका कारण हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्नु हाम्रो कर्तव्य हो', उनले भने, 'अफलाइन राइडिङ गरेको पाइएमा चालकलाई सम्झाउने र यसबारे जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ।', महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अफलाइन यात्रा गर्दा बढी असुरक्षित हुने हुँदा अनलाइनमै यात्रा गर्न सुझाव दिन्छन्।, 'पहिलो कुरा त यात्रु र चालक आफैं सचेत हुनुपर्छ, त्यसबाहेक सम्बन्धित कम्पनीले पनि चालक र यात्रु दुवैलाई जागरूक बनाउनुपर्छ', उनले भने, 'प्रहरीले पनि समुदाय तथा विद्यालयस्तरमा हुने सचेतनामूलक कार्यक्रममार्फत् पनि जानकारी गराउँदै आएको छ।' , उनका अनुसार केही समयअघि मात्रै प्रहरीले एक सय २५ भन्दा बढी राइड सेयरिङ चालकलाई विशेष कक्षासमेत सञ्चालन गरेको थियो। जसमा उनीहरूलाई अफलाइन राइडिङ नगर्न तथा कानुनको पालना गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए।, 'अफलाइन राइडिङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ, त्यसैले अफलाइन राइडिङ नगर्न र नगराउन आग्रह गरेका छौं, यसबाट जोखिम न्यूनीकरण हुने हाम्रो अपेक्षा छ', उनले भने। , हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन्। जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ।, पठाओ नेपालसँग मात्रै दुई पाङ्ग्रेमा एक लाख ५० हजार र चार पाङ्ग्रेको हकमा करिब सात हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन्। , यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले आफूहरू सधैंभरि चालक र यात्रुलाई सचेत बनाउँदै आए पनि अझै पनि अफलाइनमा चल्ने चालक र यात्रुको कमी नआएको पठाओ नेपाल प्रालिका प्रवक्ता शशांक शमसेर थापाको भनाइ छ।, उनले नेपाल प्रहरीले अफलाइन यात्रालाई निरूत्साहित गर्दै कारबाही अघि बढाएको विषय स्वागतयोग्य भएको बताए।, 'यात्रुलाई अफलाइन जानुपर्ने कुनै बाध्यता नै हुँदैन र पनि अफलाइन गएको भेटेका छौं', उनले भने, 'अफलाइन जानु भनेको यात्रा असुरक्षित बनाउनु हो भन्ने भुल्नु हुँदैन।' , पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ।, सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ। यात्रुहरू पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ। , अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुर्व्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु बञ्चित भइन्छ। , 'पठाओको हकमा हामीले यात्रुले यात्रा सुरू गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौं, दुर्घटना भइहाल्यो भने क्युआरटी (क्विक रेस्पोन्स टिम) परिचालन गर्छौं र सेवा उपलब्ध गराउँछौं', थापाले भने, 'अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन।', उनले सकेसम्म अनलाइन यात्रा गर्नका लागि चालक र यात्रु दुवैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।, 'अफलाइनमा यात्रा गर्दा राज्यको राजस्व गुम्छ भने यात्रु र चालक दुवैको ज्यान जोखिममा पर्न सक्छ', उनले भने, 'अफलाइनमा ट्र्याकिङ गर्न पनि नसकिने भएकाले सबैलाई अनलाइन नै यात्रा गर्न आग्रह गर्छु।' , पठाओ नेपालले त्यसरी अफलाइन गएको भेटिए चालकलाई कारबाही गर्दै आएको थापाले जानकारी दिए।, 'यदि घटना सामान्य छ भने पहिलो र दोस्रो पटकलाई चेतावनी मात्रै दिन्छौं भने तेस्रो पटकको हकमा सधैंभरिका लागि कम्पनीबाट हटाउँछौं', उनले भने, 'तर फौजदारी घटनाको हकमा भने तुरून्तै कारबाही गर्दै थप कानुनी उपचारका लागि समेत पीडितलाई सहयोग गर्छौं।' , हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डु, जायर, साधनलगायतका राइड सेयरिङ एप प्रचलनमा छन्। जसमध्ये इन्ड्राइभर नेपालमा दर्ता बिना नै सञ्चालन भइरहेको छ। पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला बिना दर्ता, बिना कमिसनमा राइडर र यात्रुलाई सेवा दिइरहेको देखिन्छ। , इन ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी सञ्चालन गर्ने बताएको थियो। कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित्रा नन्दाको भने आफूहरुले यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’बाट भने सेवा दिने दाबी थियो तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन। , इन ड्राइभरका नन्दाले आफूहरुले बीमाको सुविधा नदिने बताए पनि कानुनमा भने यात्रुको बीमा अनिवार्य गरिएको छ। बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्नसक्ने उल्लेख छ।,
, बीमा सुरक्षा , , राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ। यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचार लगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ। अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन्।, कम्पनीका अनुसार रु एक लाखसम्म दुर्घटना बीमा छ भने दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा रु १० लाखको बीमा गरिएको छ। कम्पनीका अनुसार बीमा सुरू भएपछिको हालसम्म दुई सयभन्दा बढीले दुर्घटनामा परी रु ५७ लाख बराबरको दाबी भुक्तानी लिइसकेका छन्। पठाओ नेपालबाट हालसम्म दुर्घटनामा परी मृत्यु भएका तीन जनाले त्यसबापतको बीमा सुविधा पनि प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ।, कानुनमा के छ?, सरकारले हालसम्म राइड सेयरिङजस्ता स्टार्टअपलाई सञ्चालन तथा नियमनका लागि कुनै कानुन बनाएको छैन। यद्यपि बागमती प्रदेशले भने चालु आर्थिक वर्षको आर्थिक विधेयकमा भने दर्ताका लागि निश्चित रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ। जसमा दुई पाङ्ग्रे सवारी साधनको हकमा रु २५ हजार दर्ता शुल्क र नवीकरणका लागि रु १२ हजार पाँच सय तोकिएको छ। साथै चार पाङ्ग्रे सवारी साधनको हकमा रु ५० हजार दर्ता शुल्क र नवीकरणका लागि रु २५ हजार तोकिएको छ।, यदि दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सवारी साधन सञ्चालन गर्नेका हकमा दर्ताका लागि रु ७० हजार र नवीकरणका लागि रु ३५ हजार शुल्क तोकिएको छ तर हालसम्म कार्यविधि नबनेकाले कार्यान्वयन नसकेको यातायात व्यवस्था कार्यालय बागमती प्रदेश प्रमुख मदनप्रसाद पोखरेलले बताए। , राइड सेयरिङ कम्पनी ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसी भने सरकारले कानुन बनाएर यस्ता कम्पनीको दर्ता र सञ्चालनसम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिन्छन्।, उनले पछिल्लो समयमा सुरक्षित यात्राका लागि भरपर्दो माध्यम बन्दै गएको राइड सेयरिङ कम्पनीलाई नियमन गरी सञ्चालन गरिनुपर्ने बताउँछन्।, उनले कुनै कम्पनी दर्ता नभई सञ्चालन हुन नदिने, स्वदेशी र विदेशी कम्पनीलाई छुट्याउन तथा अफलाइन सेवा दिनेलाई कारबाहीका लागि यो आवश्यक कानुन आवश्यक भएको बताउँछन्। रासस,
असुरक्षित 'अफलाइन' राइड सेयरिङ!, कारबाही गर्दै प्रहरी |
मन्दिरा घिमिरे महिनावारीका कुरा, (तीन वर्षअघि सेतोपाटीले महिनावारीका कुरा शृंखला सुरू गरेको थियो। उक्त शृंखलाका स्टोरीमा हामीले सार्वजनिक वृत्तमा चिनिएका महिलाहरूको महिनावारी अनुभवहरू समेटेका थियौं। एक दर्जनभन्दा बढी कलाकार, राजनीतिज्ञ, खेलाडीसँग कुराकानी गर्दा उनीहरूले आ-आफ्नो घरपरिवार, गाउँसमाजदेखि कार्यक्षेत्रसम्म महिनावारी र बार्ने कुचलनका कारण भोग्नुपरेका समस्या सुनाएका थिए। त्यस्तै महिनावारी प्राकृतिक हो, भय वा हेलाको विषय होइन भन्ने कुरा बुझाउने प्रयास पनि गरेका थिए। , हामीले 'महिनावारीका कुरा' शृंखलाको दोस्रो संस्करण सुरू गरेका छौं। यसमा पनि हामी फरकफरक क्षेत्रमा काम गरिरहेका करिब एक दर्जन महिलाहरूसँग कुरा गर्ने छौं। नयाँ संस्करणको सुरूआत गायिका एलिना चौहानको अनुभवबाट:, ..., गायिका एलिना चौहान पहिलो पटक महिनावारी हुँदा विद्यालयमा थिइन्। उनी कक्षा १० मा पढ्थिन्।, महिनावारी भएपछि सुरूमा त उनी घर जानै डराइन्। बहिनी पनि त्यही विद्यालयमा पढ्थिन्। त्यसैले आमालाई आफू महिनावारी भएको जानकारी दिन भन्दै पहिले बहिनीलाई घर पठाइन्।, एलिना पहिलो पटक महिनावारी हुँदा १५ वर्षकी थिइन्। यसबारे कोसँग कसरी कुरा गर्ने भनेर उनको मनमा ठूलो डर थियो।, ‘स्कुलबाट घर गएर आमालाई भन्न नै डर र लाज लागेको थियो,’ उनले आफू पहिलो पटक महिनावारी हुँदाको क्षण सम्झिन्।,
स्कुलबाट घर पुग्न भने उनलाई असहज भएको थियो। घर पुगेर आमालाई जानकारी गराइन्। त्यसपछि आमाले अबदेखि छुट्टै लुकेर बस्नुपर्ने भनेको कुरा उनी अहिले पनि सम्झन्छिन्।, घरमा हजुरआमा हुनुहुन्थ्यो। आफूले चलनको रूपमा पालना गर्दै आएका कुरा अरूले पनि पालना गर्नैपर्छ भन्ने उनको दृढ मान्यता थियो।, ‘हजुरआमालाई नातिनी पहिलो पटक महिनावारी भएपछि लुकाउनुपर्छ भन्ने थियो,’ चौहानले भनिन्, ‘परम्पराको नाममा मलाई पनि २२ दिन हजुरआमाले लुकाउनुभयो।’, पहिलो पटक महिनावारी भएपछि चौहानले आफू महिला भएकोमा गर्व महशुस गरिन्। सुरूमा लुकेर बस्दा स्कुल जान नपर्ने र मीठो-मीठो र पोषिलो खानेकुरा खान पाउने भएपछि रमाएकी थिइन् रे।, नेपालको विभिन्न ठाउँ र आफ्नै परम्पराअनुसार पहिलो पटक महिनावारी भएका किशोरीलाई लुकाउने, गुफा राख्ने वा छाउ पठाउने चलन छन्। सोहीअनुसार उनलाई पनि हजुरआमाले २२ दिन लुकाएकी हुन्।, लुकाएर राख्दा घर परिवारले उनलाई भान्छा कोठामा जान नदिने, कसैलाई छुन नहुने, अझ विशेष गरी छोरा मान्छेको नजरमै पर्न नहुने भन्दै गरेका व्यवहारले आफूलाई नराम्रो लागेको बताउँछिन्।, ‘मैले अरूलाई छोए भने त्यो व्यक्तिलाई नराम्रो हुन्छ। मलाई पाप लाग्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले छोएको व्यक्तिलाई केही नराम्रो हुने पो हो कि भन्ने डरले पनि अरूले भनेका जति सबै कुरा बार्ने गर्थें।’, महिनावारी हुँदा पुरूषलाई हेर्न हुँदैन, कसैलाई छुन हुँदैन भनेर घरमा लुकाएर राख्ने परम्परा थियो। त्यसैले उनलाई पनि सोहीअनुरूप व्यवहार गरिन्थ्यो।, ‘महिनावारी हुँदा मलाई छुट्टै भाँडामा खाना दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘मलाई त्यो हेपेर दिएको लाग्थ्यो। अनि साह्रै चित्त दुख्थ्यो।’, झापाकी एलिनालाई सानैदेखि संगीतमा रूची थियो। आफ्नो रूचीलाई उनले पछ्याउँदै गइरहेकी थिइन्। अरूको कभर गीत गाइरहन्थिन्।, ‘पहिलेदेखि नै कभर गीतहरू गाइरहन्थे,’ उनले भनिन्, ‘कभर गीत गाएको स्रोताहरूले मन पराउन थाल्नुभयो। त्यसपछि संगीतका लागि उनी काठमाडौंमा बस्न पर्ने भयो।’, झापामा महिनावारी बार्ने गरेकी उनी काठमाडौंमा छोइछाइ नबारेको देख्दा छक्क परिन्। सानो ठाउँमा आएर बस्दा बार्ने कुरा सम्भव नभएर पनि होला।, २३ वर्षीया एलिना कामको शिलशिलामा कार्यक्रम गर्न पहिलो पटक बहराइन गएकी थिइन्। त्ससपछि एक महिना अष्ट्रेलिया गइन्। त्यसपछि उनले यी सब अन्धविश्वास मात्रै भएको थाहा पाइन्। , कार्यक्रमहरूमा उनले त्यहाँको चलनचल्ती देखिन्। विदेशमै बस्ने नेपालीहरूले पनि महिनावारी सामान्य रूपमा लिएको देखिन्। त्यसपछि महिनावारीलाई सामान्य रूपमा बुझ्नुपर्छ भन्ने उनलाई लाग्यो।, ‘विदेशमा हुँदा त महिनावारी सामान्य रहेछ भन्ने बुझें। सबै महिलाहरू हरेक महिना हुने शारीरिक नियमित प्रक्रिया न हो,’ उनले भनिन्।, उनी आफूले यी कुराहरू बुझे पनि परिवारलाई अझै पूर्ण रूपमा बुझाउन नसकेको बताउँछिन्।, उनी भन्छिन्, ‘महिनावारीमा बार्नुपर्दैन भनेर बुझेकी छु। तर म र मेरो अघिल्लो पुस्ताबीच ग्याप हुँदा उहाँहरूलाई अझैसम्म बुझाउन सकेकी छैन। कयौंपटक यसबारे बुझाउँदा पनि उहाँहरू परम्परागत चलन भन्दै तोड्न तयार हुनुहुन्न।’, एलिना आफूभन्दा माथिका पुस्तालाई परिवर्तन गराउन नस केपनि आउँदो पुस्तालाई महिनावारी सामान्य तरिकाले लिन सिकाउने बताउँछिन्।, एलिना घरकी जेठी छोरी हुन्। उनका दुई जना बहिनी छन्। आमासहित गरेर घरमा पाँच महिला छन्। एलिनाका अनुसार बेलाबखत उनीहरू एकैपटक समेत महिनावारी हुन्थे। त्यस्तो बेला घरमा कसले खाना पकाउने भन्ने हुन्थ्यो।, ‘यस्तो धेरै पटक भयो। त्यसपछि त बारेर साध्य नहुने रहेछ भनेर आमा आफैंले खाना पकाउन अघि सर्नुभयो,’ एलिनाले भनिन्।, अहिले उनी महिनावारी हुँदा भान्सामा जाने, खाना पकाउने, सँगै खानेलगायत कुरालाई सामान्य रूपमा लिन्छिन्। तर अझै पनि पूजा कोठा जाने, बाहिरी मन्दिर जाने, पूजाआजा र पितृ कामकार्यमा भने संलग्न हुँदिनन्। तर पनि उनी यी कुराहरू पनि बिस्तारै परिवर्तन हुने विश्वास राख्छिन्।, एलिना पहिले महिनावरीबारे कुरा गर्न सक्थिनन्। अहिले उनी यसबारे खुलेर कुरा गर्न सक्छिन्।, केही वर्ष अघिसम्म उनी स्यानिटरी प्याड खरिद गर्दा पत्रिकामा बेरेर मात्रै घर लग्थिन्। तर अहिले उनी कुनै पनि झोलाबिना नै प्याड बोकेर हिँड्न सक्ने भएकी छन्।, ‘पहिले त प्याड कसैले देख्ला कि भनेर लाज हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले घरमा भाइले बहिनीहरूका लागि सहजै प्याड किनेर ल्याइदिन्छ।’, एलिना घरमा हुँदा महिनावारीले धेरै अप्ठेरा हुँदा आराम गर्छिन्। तर स्टेज सो गर्न जाँदा भने आराम गर्न नपाइने बताउँछिन्।, ‘स्टेज सोको मिति अगाडि नै तय हुने हुँदा महिनावारीले कठिन बनाएकै कारण रद्द गर्न मिल्दैन,’ उनी भन्छिन, ‘गाह्रो भए पनि औषधी खाएर काम गर्छु।’, गीतहरू रेकर्डिङ गर्दा महिनावारीका कारण गाह्रो हुँदा प्रोड्युसरले समस्या बुझ्ने उनको भनाइ छ।, ‘सामान्य रूपमा लिएर आराम गर्नु भन्नुहुन्छ,’ उनले भनिन्।, अहिले केही मानिसहरूले महिनावारीलाई सहज रूपमा लिन थालेको र बिस्तारै सबैले सामान्य लिने उनको विश्वास छ। , ‘यो एक शरीरको नियमित प्रक्रिया हो,’ उनी भन्छिन्, ‘महिनावारी विषयमा मेरो आमाको पुस्ताभन्दा ममा परिवर्तन आएको छ। म भन्दापछिको पुस्तामा त महिनावारीप्रति कुनै दृष्टिकोण नै हुँदैन होला, किनकी यो नियिमत प्रक्रिया न हो।’,
'हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ' (भिडिओ) |
एजेन्सी भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ।, टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्।, एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्नेछ। भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २ सय किलोमिटर यात्रा गर्नेछ। पानी जहाज यो रूटमा पर्ने विभिन्न ५० वटा पर्यटकीय स्थानमा रोकिनेछ।, यो पानीजहाजमा यात्रा गर्न दैनिक २५ देखि ५० हजार भारू तिर्नुपर्नेछ। त्यस हिसाबले ५१ दिनको यात्रा पूरा गर्न एक यात्रुले औसतमा २० लाख भारू तिर्नुपुर्ने हुन्छ।, उक्त पानीजहाजको पहिलो यात्रामा अहिले स्विट्जरल्यान्ड ३२ जना पर्यटकहरू निस्किएका छन्। पानीजहाजमा ६२ मिटर लामो पानीजहाज १२ मिटर चौडा छ।,
भारतले चलायो २० लाख भारू तिरेर बनारसबाट असम पुग्न सकिने पानीजहाज |
सेतोपाटी संवाददाता पाकिस्तानी नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , अपहरण गरेको आरोपमा तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।, बुढानिलकण्ठ नगरपालिका-४ बस्दै आएका ३० वर्षीय मुहम्मद रसिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैनलाई प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ परेका तीनै जना पनि पाकिस्तानी नागरिक हुन्।, उनीहरूले पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई काठमाडौंमा अपहरण गरी बन्धक बनाएको आरोप छ।, एसपी कोइरालाका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका लागि विज्ञापन गरेका थिए। मोहम्मद सामी खानलाई क्यानडा जानु थियो।, अपहरण गर्नेहरूले क्यानडा जान नेपालबाट सजिलो छ भनेपछि कागजी प्रक्रिया पनि यहीँबाट गर्ने बताएका थिए। , यसो भनेर उनीहरूले खानलाई भिजिट भिसामा नेपालमा बोलाए। काठमाडौंमा बोलाएर ठमेलको एक होटलमा राखे। पुस २४ गते आइतबार दिउँसो साढे २ बजे बायोमेट्रिक्सको काम छ भनेर उनीहरू खानलाई लिन पुगे।, ट्याक्सीमा चढाएर उनीहरूले बायोमेट्रिक्स गर्ने अफिसमा लगेनन्। बरू बुढानिलकण्ठमा रहेको एक भाडाको घरमा लगे। त्यहाँ पुगेपछि खानको आँखामा पट्टी लगाइदिए। हातखुट्टा पनि प्लास्टिकको डोरीले बाँधेर मुख समेत थुनेर बन्धक बनाए।, त्यसपछि उनीहरूले खानको मोबाइलबाट पाकिस्तानमा रहेका उनका भाइलाई मेसेज गरे।, 'क्यानडाको फ्लाइट छ। ३० घन्टा मोबाइल अफ हुन्छ। सम्पर्क हुँदैन,' भाइलाई पठाइएको मेसेजमा लेखिएको थियो।, ३० घन्टापछि त्यही मोबाइलबाट फेरि मेसेज गरे। र यसपालि खान क्यानडा पुगेको खबर दिए। तर इमिग्रेसनले पैसा मागेको हुँदा आफू रोकिएको भनेर उक्त फोनबाट मेसेज गरे। , यो खबरपछि पाकिस्तानबाट भाइले ३० लाख पाकिस्तानी र २४ हजार दिराम पैसा पठाए। , यो रकम अपहरणकारीले लिएपछि मंगलबार राति साढे १० बजे ट्याक्सीमै राखेर लगे। त्यसपछि खानलाई बुढानिलकण्ठबाट सिनामंगलको सडकमा पुर्याएर फरार भएका थिए। , यसरी आफूलाई अपहरण गरेको भन्दै पीडितले पर्यटक प्रहरीमा निवेदन दिएका थिए। उक्त खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। , उक्त टोलीले उनीहरूलाई बिहीबार बुढानिलकण्ठ-४ स्थित भाडाको घरबाट पक्राउ गरेको हो। , उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। , घटनाको थप अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ।,
पाकिस्तानी नागरिकलाई अपहरण गरेको आरोपमा ३ जना पक्राउ |
सेतोपाटी संवाददाता धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ। शुक्रबार साँझदेखि भएको आगलागी केही बेरअघि मात्र नियन्त्रणमा आएको हो।, धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारमा आगलागी भएको हो। बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरू परिचालन गरिएका थिए।, छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिसीका अनुसार केहीबेरअघि मात्र आगो पूर्ण नियन्त्रणमा आएको हो। आगो निभाउन धनकुटा नगरपालिका र लालीगुराँस नगरपालिकाका दमकल खटिएका थिए। , वडाअध्यक्ष दीपक गुरूङका अनुसार सन्तोष राई, झमक थापा, होम बहादुर थापा, अर्जुन घिमिरे र जिग बहादुर खड्काको घरमा आगलागी भएको हो। आगालागीबाट सन्तोष राई र झमक थापाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अन्य तीनवटा घरमा आंशिक क्षति भएको छ।, सन्तोष राईको घरबाट आगो सल्किएको वडा अध्यक्ष गुरुङले सेतोपाटीलाई बताए। उक्त घरमा फ्रेस हाउस रहेको उनले जानकारी दिएका छन्। उक्त घरमा खाना पकाउने ग्यास सिलिन्डर पनि भण्डारण गरिएको थियो।, क्षतिका बारेमा यकिन भइनसकेको वडाध्यक्ष गुरुङले बताए। आगलागीबाट हालसम्म मानवीय क्षति भएको छैन।, बजारका अन्य घरहरू जोखिममा परेकाले आगो फैलिन नदिन नजिकका केही घर स्थानीयले भत्काएका समेत छन्।,
धनकुटाको सिधुवा बजारमा भीषण आगलागी |
सेतोपाटी संवाददाता आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। , झापाको कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझीको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, हिजो (सोमबार) बिहान साढे १० बजेतिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक माझीले लगाएका लुगामा आगो सल्किएको थियो। आगोले जलेर गम्भीर घाइते भएकी उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , झापामा केहीदिन यता चिसो बढेको छ। झापाका दक्षिणी गौरीगञ्ज, झापा, कचन कवाल, बाह्रदशी लगायतका पालिकाका चोक बजारमा आगो ताप्ने क्रम बढेको प्रहरीले बताएको छ।, स्थानीय प्रशासन र पालिकाले दाउरा उपलब्ध गराएपछि चोक बजारमा सामूहिक रूपमा आगो ताप्ने क्रम बढेको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षको मनोज खुलाल कार्कीले बताए।,
आगो ताप्ने क्रममा वृद्धाको जलेर मृत्यु |
रासस जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ। सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो। , ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ। कर्मचारीहरूलाई सेवा प्रवाहप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो। , प्रमुख जिल्ला अधिकारी अश्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गरिएको हो।, उनका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ।, सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ। जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ। कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ।, राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिने गरिएको छ। सेवा लिन आएका सेवाग्राहीहरूले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाएका छन्।, अहिले कार्यालयबाट दैनिक रूपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन्। नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपी लिने ७० जना हुने गरेको उनले बताए।,
जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीका लागि 'टाइम कार्ड' लागू |
सेतोपाटी संवाददाता काठमाडौंको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेर फरार आरोपित पक्राउ परेका छन्। , ललितपुरको गोदावरी नगरपालिका-१०बाट प्रहरीले आरोपित ३३ वर्षीय महेश केसी खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँग समनव्य गरी सोमबार साँझ पक्राउ गरेको हो। , उनीमाथि २०६८ साल वैशाख १३ गते दिउँसो इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको आरोप छ। उनले कम्प्लेक्सका सञ्चालकलाई फोन गरी फिरौती मागेका थिए। , फिरौती नदिए घर र व्यापारिक भवन विस्फोट गर्ने धम्की दिएका थिए। , धम्कीपछि पनि रकम नपाएपछि उनले समूह बनाएर विस्फोटक पदार्थ राखेका थिए।, विस्फोटकपदार्थ राखेको थाहा पाएपछि त्यसबेला प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली र नेपाली सेनासँगको समन्वय गरी डिस्पोज गरेको थियो। , विस्फोटक पदार्थ ऐन अनुसार वृत्तले अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।,
उनलाई सात दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।,
इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राख्ने फरार आरोपित पक्राउ |
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले हिजोआज आतंक मच्चाउन थालेको छ।, हात्तीको बथान गाउँ पसेपछि स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन्।, शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले मंगलबार राती भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न नष्ट गरिदिएको छ।, चार वटा हात्तीले एक महिनादेखि शिवसताक्षी नगरपालिकाका विभिन्न ठाउँमा घर भत्काउने, भण्डारण गरेका अन्न खाने, नष्ट गर्ने गरेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए।, हात्तीले गत साता एक जना महिलाको ज्यान लिएको थियो।, स्थानीय अनिस तामाङ, तिलबहादुर तामाङ, हस्तबहादुर लामा, राजकुमार राई र कृष्ण इजमको घर हात्तीले भत्काएको हो।, बेलुकी ११ बजेदेखि गाउँ पसेका हात्ती बुधबार बिहान ४ बजे जंगल फर्किएका थिए। रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा दिनभर बस्ने र रात परेपछि मानव बस्तीमा हात्ती पस्ने गरेका छन्।, जंगलबाट हात्ती गाउँ पसेपछि कतिपय स्थानीयले घर छोडेर हिँड्ने गरेका छन्।, ‘राति हात्तीका बथानले घर भत्काउन थाल्यो’, स्थानीय तारा लावतीले भनिन्, ‘हात्ती आएको थाहा पाएपछि भागेर बालबच्चा जोगाउन सक्यौं।’, स्थानीय राजकुमार राईले हात्तीले आफूहरूको घर र पसल भत्काइदिएको बताए। ,
झापाको शिवसताक्षीमा हात्ती आतंक |
सेतोपाटी संवाददाता जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ।, गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेको हो।, कुटपिटबाट एकै परिवारका सात जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ।, यादवको समूहबाट घाइते हुनेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकका ४५ वर्षीय राजकुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्यनारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सुवर्ण मण्डल, ४५ वर्षीय देवकीदेवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जनाकुमारी मण्डल छन्।, उनीहरूको उपचार विराटनगरस्थित न्यूरो हस्पिटलमा भइरहेको छ।, घाइतेमध्ये सबैभन्दा गम्भीर अवस्था ४५ वर्षीय राजकुमार र पवनको छ। राजकुमारको टाउकोमा रगत जमेको चिकित्सकले बताएका छन्।, पूर्व अध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ। त्यस्तै पवनको टाउकोमा गहिरो चोट लागेको कारण ९ टाँका लगाउनुपरेको छ।, सुवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तिघ्रामा गहिरो चोट लागेको छ।, घाइते हुनेहरू एकै परिवारका सदस्यहरू हुन्। उनीहरूमाथि आक्रमण गर्ने सबै महेन्द्र यादवका छिमेकी हुन्।, घाइतेका आफन्त देबकुमार मण्डलका अनुसार महेन्द्र यादवसहित, जीत नारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दिपक यादव, राजकुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङग्रोले लखेटी लखेटी आक्रमण गरेको आरोप लगाएका छन्।, आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौदेखि भोगचन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको बताए।,
गाउँपालिकाका पूर्व-अध्यक्षले छिमेकीमाथि लखेटी–लखेटी गरे आक्रमण |
सेतोपाटी संवाददाता हाल देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा छ। तराईमा हुस्सु/कुहिरो लागेको छ। मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसमविद्काअनुसार पश्चिम तराईका हुस्सु/कुहिरो मध्याह्नपछि हट्ने सम्भावना देखिए पनि तराईका अन्य स्थानका हुस्सु/कुहिरो भने दिनभर रहने सम्भवना छ।, मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा बिहान केही बेर कुहिरो लागे पनि दिउँसो आकाश खुला हुनेछ। आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको नगरकोटीले जानकारी दिइन्। , महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, यसैबीच उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवनमा प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ,
तराईमा दिनभरजसो हुस्सु/कुहिरो लाग्ने |
रासस नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ।, प्रहरी प्रधान कार्यालयमा मंगलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो। जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ।, पदपूर्ति समितिमा पाठ्यक्रम समयानुसार परिवर्तनका लागि अध्ययन गरी सुझाव दिन बनेको समितिले आफ्नो प्रतिवेदनसमेत बुझाएको समितिका सदस्य प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए।, विज्ञसहितको उक्त समितिले छ महिनाभन्दा बढी लगाएर अध्ययन गरी प्रतिवेदन बनाएको हो। मुख्यगरी प्राविधिक पदमा सेवा, संविधान तथा कानुनका पाठ्यक्रम बढी रहेकाले प्राविधिक क्षेत्रका र विषयविज्ञ अपुग हुने अवस्था आएकाले त्यसलाई सम्बोधन हुने गरी र प्राविधिक विषय बढी राख्ने गरी प्रतिवेदन तयार भएको जनाइएको छ।, यस्तै प्रहरीको परीक्षामा अङ्ग्रेजीमा ६० र नेपालीमा ४० प्रतिशत अङ्क दिने व्यवस्था रहेको तर अन्य सुरक्षा निकायमा ५०–५० प्रतिशतको व्यवस्था भएकाले त्यसलाई समेत एकरुपता दिने गरी प्रतिवेदन पेस भएको छ।, पाठ्यक्रमको अध्ययन गरी परिमार्जनको लिखित प्रतिवेदनसहित सुझाव दिने गरी लोकसेवा आयोगका विज्ञ डा खगेन्द्रप्रसाद सुवेदीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको थियो।, छलफलमा लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायब महानिरीक्षकलगायतको सहभागिता रहेको थियो।, बैठकमा प्रहरी नायब महानिरीक्षक थापाले पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जनसम्बन्धी कानुनी प्रावधान, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रमसम्बन्धी सङ्ख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका र परिमार्जन गरिएका व्यवस्थालगायतका विषयमा जानकारी गराएका थिए।, उनले लोकसेवा आयोगको ‘सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी र सङ्गठित संस्थाका पदपूर्तिका लागि दिइने परीक्षाको पाठ्यक्रमसम्बन्धी मापदण्ड, २०७९’ मा व्यवस्था भएबमोजिम सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताए।, अहिले नेपाल प्रहरीमा नयाँ भर्नाका लागि प्राविधिकसहित ८० पद रहेका छन्।,
प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश |
सेतोपाटी संवाददाता झापामा लात्तीले हिर्काउँदा एक जना महिलाको मृत्यु भएको छ।, अर्जुनधारा नगरपालिका-९ खरबन्दी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , उनी खरबन्दीका वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्दै आएकी थिइन्।, कार्यालयका अनुसार मंगलबार साँझ ६ बजेतिर खाना नपकाएको विषयमा श्रीमान-श्रीमतीबीच झगडा भएको थियो। त्यहीबेला उनका ३५ वर्षीय श्रीमान विश्वराज घिसिङले पेटमा लात्तीले हिर्काएका थिए। , लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीले श्रीमान विश्वराजलाई गएराति नै पक्राउ गरेको छ। , उनीमाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान अघि बढाएको बताएको छ।,
,
खाना नपकाएको भन्दै लात्तीले हिर्काउँदा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ |
मनोज सत्याल नेपाल विद्युत प्राधिकरणले काठमाडौंको लप्सेफेदीमा माथिल्लो तामाकोसीबाट बिजुली ल्याउन सबस्टेशन बनाउन लाग्दा अवरोध खेप्दै आएको छ। प्राधिकरणले पाँच वर्षअघि नै जग्गा अधिग्रहण सकेर ठेक्कासमेत गरिसकेको ठाउँमा स्थानीयले विरोध गरेका हुन्। उनीहरूले सबस्टेशन नयाँ ठाउँमा सार्नुपर्ने माग गरेका छन्। स्थानीयले सबस्टेशन निर्माण अमेरिकी सहयोग (एमसिसी) को परियोजना भएको भन्दै अवरोध पुर्याउँदै आएका छन्। सबस्टेशनको विरोध गरिरहेका स्थानीयलाई प्रहरीले पेस्तोल ताकेपछि विवाद नियन्त्रणबाहिर पुग्ने चिन्तासमेत उत्पन्न भएको छ।, सेतोपाटी,का ,मनोज सत्याल,ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ,कुलमान घिसिङ,सँग लप्सेफेदीको विवाद र काठमाडौं उपत्यकाको विद्युतको गुणस्तर कायम गर्ने विषयमा कुराकानी गरेका छन्:, काठमाडौंको लप्सेफेदीमा प्राधिकरणले सबस्टेशन बनाउँदै छ। स्थानीयले त्यहाँ विरोध गरेका छन्। एमसिसी ल्याउन लागियो भनेर नारा लगाएका छन्। प्रहरीले बन्दुक देखाएको भिडिओ आइराखेका छन्। खासमा यो लप्सेफेदीमा समस्या के हो? यो एमसिसी परियोजना हो कि होइन?, लप्सेफेदीमा बन्न लागेको सबस्टेशन एमसिसीको परियोजना होइन। विद्युत प्राधिकरणले ४ सय ५६ मेगावाटको तामाकोसी प्रोजेक्ट सुरू हुँदा नै त्यहाँको विद्युत काठमाडौं ल्याउने गरी खिम्तीदेखि बाह्रबिसे हुँदै लप्सेफेदीसम्म ४ सय केभी लाइन बनाउने भनेर सन् २०१२ मा एसियाली विकास बैंकले ऋण स्वीकृत गरेको हो। दश वर्षअघि त्यतिबेला एमसिसीको कुरा पनि आएको थिएन। त्यसको अपुग ऋण सन् २०१७ मा स्वीकृत गरेको छ। त्यो ४ सय प्रसारण लाइनका लागि बाह्रबिसे र खिम्तीमा ठूलो सबस्टेशन बनाइएको छ। जम्मा ९० किलोमिटरको यो लाइनमा बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेदेखि काठमाडौंको लप्सेफेदी ४६ किलोमिटर छ। यसमा चार वटा सबस्टेशन छन्। खिम्ती, बाह्रबिसे, लप्सेफेदी र चाँगुनारायणमा छ। काठमाडौंमा माथिल्लो तामाकोसी र भोटेकोसीको विद्युत ल्याउने गर्न लागिएको हो।, लप्सेफेदीमा हाम्रो प्रोजेक्ट बन्ने भनेपछि एमसिसीको पावर जोड्ने भनेर पछिल्लो चरणमा आएको हो। जोडियो भने पनि लाइन मात्र जोडिन आउँछ। प्रशारण लाइन र सबस्टेशन गरी यो करिब १८ अर्बको प्रोजेक्ट हो।, लाइनहरू करिब सम्पन्न भएका छन्। लप्सेफेदीमा मात्रै विगत लामो सयमदेखि विवाद भएकाले सबै सामान आएर पनि काम गरेका छैनौं।, लप्सेफेदीमा कसले अवरोध गरिरहेको छ?, पहिलो कुरा, म प्राधिकरणमा आएपछि चाँगुनारायण र लप्सेफेदीको टेन्डर भएको हो। पाँच वटा प्याकेजमध्ये लप्सेफेदी र चाँगुनारायणको छुट्टै प्याकेज छ। त्यसमा टेन्डर गर्नुअघि २०७४ सालमा हामीले जग्गा अधिग्रहण गरेका हौं। त्यो १७० रोपनी जग्गाको मुआब्जा निर्धारण भएर सबैले त्यो बेला नै मुआब्जा लिनु भएको हो। ज-जसको लालपुर्जा थियो उहाँहरूले पैसा लिनुभयो। त्यो पनि छिटो-छिटो लिन आउनु भएको थियो। तत्कालिन वडाध्यक्षहरूले सिफारिस गरेका छन्। त्यसमा कसैको विरोध थिएन। त्यहाँ आनन्दशमशेरको हदबन्दीभन्दा बढ्ता भएको ४५ रोपनी जग्गा रहेछ। जसमा मोही कायम भएको थियो। तर मोहीको नाममा ट्रान्सफर भएका थिएनन्। त्यसमा पनि हामीले गतवर्ष मन्त्रिपरिषदबाट मोहीतर्फको शतप्रतिशत रकम दियौं। कानूनअनुसार मोहीले आधा पाउने र आधा सरकारले पाउने हो। तर हामीले मोहीको शतप्रतिशत दियौं र सरकारले पाउनेको पनि ९० प्रतिशत दियौं। भनेपछि कूलमा ९५ प्रतिशत रकम पाउनुभयो। एकजनाको मात्र कानूनी समस्या भएकाले भूमि सुधार मन्त्रालय पठाएका छौं। मोही उल्लेख नभएको र प्रति जग्गा भएकाले उहाँलाई पनि हामी मुआब्जा दिने चरणमै छौं।, अहिले जसले वडाध्यक्ष जित्नुभएको छ, उहाँले पनि यो ४५ रोपनी जगगाको मुआब्जा दिनु भनेर सिफारिस गर्नुभएको छ।, शंखरापुर नगरपालिकाका वडाध्यक्ष सूर्य तामाङले नै सिफारिस गर्नुभएको छ?, हामीलाई सिफारिस आएको छ र त्यसअनुसार हामीले दिएका छौं। भोगचलन गरेको हो भन्ने उहाँहरूको सिफारिसअनुसार दिएका छौं। अब यसको विवाद खास थिएन। त्यो कहाँबाट थाहा हुन्छ भने पहिलो चरणमा हामीले टेन्डर गर्दा चिनियाँ ठेकेदार थियो। उसले सन् २०१७ मा सानोतिनो सम्याउने काम गर्यो। त्यहाँ कसैको विवाद थिएन। ठेक्कापट्टा चाहियो भनेर मानिसहरू आइरहेका थिए।, एकाएक ठेकेदार टाट पल्टियो। त्यसपछि हामीले ठेक्का रद्द गरेर नयाँ टेन्डर गर्यौं। सन् २०२० मा एलएनटी भन्ने भारतीय ठेकेदारले काम पाएपछि समस्या सुरू भयो। त्यहाँ राजनीतिक विवाद निकाल्ने काम भयो। जसको जग्गा परेको थियो, ती स्थानीयलाई मतलब थिएन। बाहिरबाट राजनीतिक विषय निकालेर विवाद सुरू भयो। त्यहाँ चुनावको अजेन्डा नै बनाइयो।, तपाईंहरूले जग्गा अधिग्रहण गरिसकेपछि, ठेकेदारले एक चरण काम सुरू गरेपछि २०७९ को चुनावपछि यसलाई अजेन्डा बनाइयो?, यसलाई स्थानीय चुनावअघि अजेन्डा बनाइयो। अहिलेका वडाध्यक्षको अजेन्डा- यो जग्गा फिर्ता पनि गर्नु पर्दैन। सबस्टेशन सार्छौं। बनाउन दिँदैनौं भन्ने थियो। उहाँले जितेर आएपछि पनि यही अजेन्डा बोक्नुभएको छ। जबकी यो नेपाल सरकारले स्वीकृत गरेको एसियाली विकास बैंकको लगानी भएको ठूलो परियोजना हो।, हामीले यो विवाद आएपछि धेरै अनौपचारिक छलफल गर्यौं। प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल गरौंभन्दा उहाँहरू आउनुभएन। पछि काठमाडौंको सिडिओ र म आफैं गएर लप्सेफेदीको जग्गामा बसेर दिनभरि छलफल गर्यौं। जबकी जसको जग्गा त्यहाँ थिएन उनीहरू यो गर्नै पर्दैन भनिराखेका छन्। जग्गा पर्नेहरू त्यति विरोधमा हुनु हुन्थेन उहाँहरू पैसा छिटो चाहियो भन्नेमा हुनुहुन्थ्यो।, हामीले व्यक्तिगत तवरमा अनौपचारिक रूपमा पनि छलफल गर्यौं। चुनावपछि पनि मेयर, पार्टीका प्रतिनिधि, वडाध्यक्ष सबै राखेर शंखरापुरमा सार्वजनिक बहस गर्यौं। धेरैको धारणा प्रोजेक्ट बनाउनुपर्छ भन्ने छ। तर सार्नुपर्छ भन्ने छ।, सार्न सजिलो छैन। त्यो एरियामा सबस्टेशन बनाउन प्राविधिक रूपमा मिलेको जमिन अरू छैन। भिरालो ठाउँमा सबस्टेशन बनाउने अवस्था देखिँदैन। पछिल्लो चरणमा उहाँहरूको सूचनामार्फत् आसपासमा दुई सय रोपनी जग्गा किनिदिन भनेका छन्। जुन प्राविधिक र कानूनी रूपमा मिल्दैन। हामीले पहिला नै जग्गा किनिसकेकाले फेरि किन्न मिल्दैन। त्यो जग्गा किनेमा कुरा मिल्छ भन्ने पनि छ। जबकी त्यो जग्गा किन्न मिल्दैन। ट्रान्समिसन लाइनको अलाइनमेन्ट फिक्स भएको छ। कहाँबाट जाने र आउने भन्ने टुङ्गिएको छ। त्यो भएको हुनाले सम्भव छैन। भिरालो जमिनमा सबस्टेशन बनाउन सकिँदैन। एउटा जग्गा हेरेर टेन्डर गरिसकेपछि अर्कोमा जाँदा धेरै भेरिएसन हुन्छ। त्यो सम्भव छैन। स्थानीय चुनावबाट यो विवाद ल्याइयो।, हामीले स्थानीयका सबैजसो माग पूरा गर्छौं भनेका छौं। पर्यटनका हिसाबले विकास गर्ने ठाउँमा सबस्टेशन बनाउन हुँदैन भन्ने थियो। हामीले सबस्टेशन बनाएर पर्यटनका हिसाबले विकास गर्न अन्य योजना ल्याउँछौं भनेका छौँ। त्यहाँ उहाँहरूले रोड लगायतको माग राख्नुभएको छ। त्यो हामीले गर्ने कुरा भइहाल्यो।, अब त्यो क्षेत्रको विकासका हिसाबले यो प्रोजेक्ट बनेन भने ठूलो घाटा छ। लप्सेफेदीमा बलेको बत्ती बलेको चाबहिलको सबस्टेशनबाट साँखु लगिएको लाइनबाट हो। भोल्टेज डाउन छ। होटलमा बत्ती बल्ने स्थिति छैन। एकदमै मधुरो बल्छ। एकदमै ट्रिपिङ हुन्छ। नयाँ सबस्टेशनबाट सप्लाई गर्न सक्दा त्यो क्षेत्रका होटल र पर्यटनको विकास हुन्छ। नत्र कसरी बिजुली आपूर्ति गर्ने! हामी त्यो क्षेत्रका लागि गर्नुपर्ने सबै काम गर्छौं। त्यहाँ कसैको उठीबास परेको र जग्गा एक थोपा पनि छैन भने एसियाली विकास बैंकको गाइडलाइन्सअनुसार थप क्षतिपूर्ति दिनुपर्ने हुन्छ। अब अरू विषयलाई छाँयामा पारेर छलफल नै गर्न नदिने प्रवृत्ति देखापरेको छ केही व्यक्तिहरूको त्यसले विवाद देखिन्छ। तर प्रोजेक्ट अघि बढ्छ।, सन् २०१२ मा योजना बनाएर पाँच वर्षअघि जग्गा अधिग्रहण गरेर काम गर्न संघीय सरकारले योजना बनाउँदा पनि एउटा वडाध्यक्षका कारण रोकिन सकिँदो रहेछ। वडाध्यक्षसँग पनि समन्वय गरेर काम गर्न गाह्रो रहेछ?, यो देशमा काम गर्न धेरै गाह्रो छ। यो त एउटा सबस्टेशनको कुरा हो। देशभरमा सयौं सबस्टेशन बनिराखेका छन्। करिब ४ देखि ५ हजार किलोमिटर प्रसारण लाइन बन्ने क्रममा र योजनामा छन्। तर सबै ठाउँमा समस्या छन्।, समस्या आउँछ तर समाधान गर्दै अघि बढेका छौं। कुनै ठाउँमा वडाध्यक्षले नदिने कतै मेयरले नदिने। धरानमा मेयरले विरोध गरे। कुनै ठाउँमा जनताले नदिने। दुम्कीबासमा दुईदेखि तीन वर्ष सर्वोच्चले स्टे अर्डरमार्फत् रोक्यो। अहिले फुकुवा भएपछि गाउँपालिकामा विवाद छ। सल्टाउँदैछौं। भोलि वा पर्सिबाट बुटवलमा लोडसेडिङको सम्भावना बढेको छ। उद्योगलाई लोडसेडिङ हुन्छ। किनभने विद्युत लैजाने ठाउँ छैन। बनले दिँदैन, जनताले दिँदैन, सरकारका निकायहरू वडाध्यक्षदेखि, गाउँपालिका अध्यक्ष र मेयरले दिँदैनन्। अरू त अरू पानीमा समेत बनाउन दिँदैनन्। कोशीमा हामी ४ सय केभीको लाइन गाड्न गएको कोशीको जग्गा मेरो नाममा छ भनेर त्यहाँ गर्न दिँदैन। पानीमा पनि नदिएपछि आकाशमा टावर खडा हुन्छ? अनि कसैले नदिएपछि घरमा बत्ती कसरी बल्छ? अहिले बत्ती बलेको पनि कसैको जग्गाबाटै आएको छ त। कतै न कतै टावर गाडेर आउने हो। मेरो वडामा टावर गाड्न हुँदैन, मेरो गाउँपालिकाबाट छिर्न हुँदैन, मेरो वडामा सबस्टेशन बनाउन हुँदैन भन्ने अडान राखेर कसरी हुन्छ? कि गाउँपालिकाभरि बत्ती नै बाल्न भएन।, लप्सेफेदीकै कुरा गरौं। वडाध्यक्षले रोक्न खोजेको भनेपछि उहाँको स्वार्थ के हो? तपाईंले भन्नुभयो कि नजिकै २ सय रोपनी जग्गाको कुरा आएको छ। कतै जग्गा दलालको स्वार्थ हो कि?, मैले भन्न मिल्दैन। विभिन्न स्वार्थ हुनसक्छ। हामीले स्वीकृत प्रोजेक्टमा रहेर काम गर्ने हो। एउटा प्रोजेक्ट बनाएर उठिबास गर्ने योजना पनि होइन। गर्नु पनि हुन्न। कसैको एक टुक्रा जग्गा लिएर सुकुम्बासी हुन्छ भने हाम्रो त्यसलाई व्यवस्थापन गर्ने प्रावधान पनि छ। हामी त्यस्तो व्यक्तिको सेन्टिमेन्ट बुझ्छौं।, तपाईंले अघि उल्लेख गर्नुभयो, बन्दुक तेर्स्याउने कुरा भए भनेर। अब मुठभेडमा डिएसपीलाई ढुङ्गा हानेपछि त्यसपछि आक्रोशित भयो भन्ने सुनियो। बन्दुक देखायो तर हानेको होइन। तर्साउन पनि गरेको हुनसक्छ। यो विषयलाई एकदमै बढाइचढाइ गरेर के-के न भयो भन्ने हिसाबले भन्दा समाधान कसरी गर्ने भन्ने सोच्नुपर्छ।, स्थानीयको आरोप त तपाईंहरूले त्यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी काम गर्नुभयो भन्ने छ नि?, वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) भन्छ। त्यो एउटा ठाउँको मात्र हुँदैन। पूरै आयोजनाको हुन्छ। आइइई गरेर वातावरण मन्त्रालयले स्वीकृत गरेर आएको हो। वन कटान गर्न त वातावरण मन्त्रालयले स्वीकृत दिनुपर्छ। उहाँहरूले म जाँदा पनि भन्नुभएको थियो। हामीले कागज नै दिएका थियौं आइइई गरेको। हामीले एक ठाउँमा सार्वजनिक सुनुवाइ गरेको ठाउँमा दिएका थियौं।, तपाईंहरूको तर्फबाट गर्नुपर्ने सबै काम भयो भन्नुहुन्छ। यो आयोजना ढिलाइ भयो भने काठमाडौं उपत्यकालाई के प्रभाव पर्छ?, अहिले काठमाडौंमा ५ सय मेगावाट बिजुली माग छ। अर्को सय मेगावाटको माग थपियो भने दिन सक्ने अवस्था छैन। मर्स्याङ्दीबाट ल्याएको र त्रिशुलीबाट ल्याएको विद्युतको क्षमतामा सीमितता छ। लामोसाँघुबाट आउने विद्युको क्षमतामा पनि सीमितता छ। अब काठमाडौंको लोड हरेक वर्ष सय मेगावाटले बढ्छ। सन् २०५० सम्म ३ हजार २ सय माग हुन्छ भन्ने छ। त्यस हिसाबले हमीले उपत्यकामा पूर्वाधार बढाउनु पर्नेछ। त्योअनुसार हामीले अहिले १५ देखि १६ सबस्टेशन भएको ठाउँमा नयाँ २० वटा थप्दैछौं। काठमाडौं वरपरि २२० केभीको रिङ बनाउँदैछौं भने काठमाडौंभित्र १३२ केभीको गर्दैछौं। त्यसको व्यापकको काम भैराखेको छ। कुनै योजना निर्माण चरणमा छन्। कुनै जग्गा अधिग्रहण चरणमा छन्। अब ३ हजार २ सय मेगावाट आपूर्ति गर्न मैले विद्युत कहाँबाट ल्याउने? सबैभन्दा पावर भएको त तामाकोसीको बेल्ट हो। त्यसलाई मैले छिराउनु परेन! त्यो बिजुली काठमाडौं छिरेन भने लोडसेडिङ हुन्छ। सबस्टेशन भन्नेबित्तिकै मानिसको उठिबास हुन्छ, स्वास्थ्यमा असर पर्छ, गाईबस्तुलाई असर पर्छसम्म भनिएको रहेछ। अस्ति जाँदा त्यहाँका स्थानीयलाई भनें- एउटा सबस्टेशन बनेर असर पर्ने भए नेपालभरका मान्छे सबै ध्वस्त हुन्थे नि! अब काठमाडौंभित्र कति धेरै सबस्टेशन छन्। चाबहिलको बीचमा सबस्टेशन छ। वरिपरि बस्ती छ। त्यसले असर नै पर्दैन। यस्ता नाजायज कुरा उठाएर जनतालाई भ्रममा पारिएको छ। जबकी अब बन्ने लप्सेफेदीको सबस्टेशन जिआइएस हो। त्यो भनेको एउटा घरभित्र रहन्छ। बाहिर देखेको जस्तो बाहिर ठूला ठूला संरचना रहँदैन। त्यहाँ कुनै असर गर्दैन। यस्ता कुरा भ्रमित गर्ने हिसाबले उठाउनु हुँदैन।, तपाईंले लोडसेडिङ हुन्छ भनेर भन्नुभयो। तर्साउन भन्नुभएको हो कि लप्सेफेदीको आयोजना बन्न देऊ भनेर हो? लोडसेडिङ हुन नदिन तपाईंले अरू उपाय खोज्नुहोला नि! त्यही परियोजनाले मात्र त नरोकिएला?, त्यो सबस्टेशन भनेको विद्युत आपूर्ति गर्न मात्र चाहिएको होइन। एसियाली विकास बैंकले करिब १७ अर्ब लगानी गरेर खिम्तीदेखि बाह्रबिसे र बाह्रबिसेदेखि ल्याएको लाइन झुन्डिएर खेर जाँदैन? त्यसले आपूर्ति कहाँ गर्ने? काभ्रेमा त ५ देखि १० मेगावाट माग होला। हजारौं लोड खपत गर्ने त काठमाडौं हो। सप्लाइ गर्न ल्याएको हो। त्यहाँ सबस्टेशन नभएपछि कहाँबाट पावर काठमाडौं आउँछ? पावर कहीँ न कहीँ त जानुपर्यो नि। अब त्यत्रो लगानी गरेको लाइन त्यसै फाल्ने। मातातीर्थबाट हरिसिद्धी लैजाने लाइन ८ देखि १० वटा टावर बनाउन नसकेर अहिले पनि समस्या छ। हो त्यसले ठूलो समस्या सिर्जना गरेको छैन तर यो त २५ सय ३ हजार मेगावाट फ्लो हुने लाइन हो। दुईवटा सर्किट गर्दा ४ हजार मेगावाट फ्लो हुन्छ। अनि त्यो लाइन बनाएर यसै राख्ने! मैले तर्साउन भनेको हैन। अब त्यो हुँदै हुँदैन भने अर्को लाइन बनाउनु पर्ला। अर्को लाइन कसैको बारी वा घर नजिकबाट आउँदैन? २० अर्ब लगानी गरेर छाड्ने अनि अर्को लाइन बनाउन २० अर्ब लगानी गर्ने? सम्भव छ?, तपाईंले त्यहाँको समस्या समाधानबारे प्रधानमन्त्री तहमा वा सांसदहरूसँग कतिको कुरा गर्नुभएको छ? उहाँहरूको प्रतिक्रिया के छ? झट्ट हेर्दा तपाईं एक्लै भिडिराख्नु भएको जस्तो देखिन्छ। राजनीतिक दलका अन्य मानिससँग कुरा गर्नुभएको छ कि छैन?, दुई वर्षअघि त्यही काम गरेर बस्यौं। स्थानीय दलका नेता राखेर छलफल गर्यौं। सांसदहरू राखेर छलफल गर्यौं। मुख्यसचिवको उपस्थितिमा आइजिपी र सिडिओ राखेर छलफल गर्यौं। उहाँहरूले पनि पहिला छलफल गरौं भन्नुभयो। योभन्दा अगाडिका प्रधानमन्त्रीलाई जानकारी छ। यो त संघीय चुनावअघि निर्णय भएको विषय हो। छलफल गरेर नहुँदा सुरक्षा दिएर सबस्टेशनको काम सुरू गर्ने भनेर मुख्यसचिवको नेतृत्वको बैठकले निर्णय गरेको छ। आफ्नो जग्गा भएको क्षेत्रमा काम गर्न सुरक्षा त चाहियो। त्यहाँ आएर कसैले ढुङ्गामुढा गर्छ भने सुरक्षा त चाहिन्छ नि। अब अर्को कुरा के हो भने टेन्डर दिइसकेपछि त्यहाँ निर्माणको कुनै काम भएको छैन। भर्खर सर्भे गरेको हो। सर्भे गरेपछि मात्र डिजाइन आउँछ। त्योभन्दा अघि अर्डर गरेको सामान आइसक्यो। ट्रान्सफर्मरदेखि जिआइएस सबै आइसक्यो। खरिपाटीमा डम्पिङ भएको छ। ठेकेदारले काम गर्न दिएन भनेर करोडौं रकम दाबी गरेको छ। , सुरक्षा घेरामा भए पनि अब काम अघि बढाउनुहुन्छ?, हामी लगातार त्यहाँका स्थानीयसँग छलफल गरिनै रहन्छौं। जायज माग सम्बोधन गर्छौं भनेका छौँ। राज्यका सबै निकायले विकासको काम गर्नुपर्छ। त्यो वडाध्यक्ष होस् या वडा सदस्य होस् राज्यको काम गर्ने सबैको दायित्व हो। राज्यको सबै निकायले जिम्मेवारी पूरा गर्ने हो। जनताको जायज मागलाई बेवास्ता गर्न हुँदैन। यति गर्दा पनि कुनै उपाय लागेन भने कामदारको सुरक्षा दिएर भए पनि त्यहाँ काम गर्नुपर्छ। खिम्ती-ढल्केवर १८ वर्ष काम भएन। ३ देखि ४ वटा टावर बनेन। अन्त्यमा सेना लगाएर काम गर्नुपर्यो नि। राज्यको पनि बाध्यता हुन्छ। सकेसम्म सहमति र छलफलमा गर्ने हो। नभए त कामदारलाई सुरक्षा दिएर काम गर्नुपर्छ।, यो लप्सेफेदीको कुरा भयो। अब काठमाडौं उपत्यकाको कुरा गरौं। गतवर्ष जाडो समयमा तीन-चार दिन काठमाडौंमा विद्युतको समस्या भयो। कतै ट्रान्सफर्मर जले, कतै तार डढे। यो हिउँदमा गुणस्तरीय विद्युत उपलब्ध गराउन के गर्दै हुनुहुन्छ?, हामीले पोहोरको समस्यापछि छोटो समयका लागि धेरै काम गर्यौं। त्यसैले यस वर्ष ट्रान्सफर्मर बिग्रने, ट्रिपिङको धेरै समस्या भएन। करिब ५ देखि ७ सय ट्रान्सफर्मर थपेका छौं। फिडरहरू नयाँ बनाएका छौं। सबस्टेशनमा थप ट्रान्सफर्मर थपेका छौं। सबस्टेशनमा ओभरलोड हुँदा एरियामै बत्ती जाने अवस्था थियो। एउटा ट्रान्सफर्मर गयो भने थोरै ठाउँ जान्छ। सबस्टेशन गयो भने एउटा क्षेत्रमै समस्या हुन्छ। पोहोर म आएको एक महिनामा समस्या थियो। केही सामान पनि जगेडामा थिएन। यसपटक हामीले सबै कुरा स्टकमा राखेको छौं। केही ठाउँमा अहिले पनि कहिलेकाहीँ समस्या हुन्छ।, त्यही समस्यालाई हेरेर हामीले काठमाडौं उपत्यकाका लागि दीर्घकालीन योजना बनाएका हौं। यहाँका लागि ३ हजार मेगावाट विद्युत वितरण गर्ने गरी २० वटा सबस्टेशन बनाउने तयारीमा छौं। लाइनको सर्भे भइराखेको छ। लप्सेफेदीमा एउटा सबस्टेशन बन्नासाथ भक्तपुरसहित उपत्यकाको एक तिहाइ भागलाई त्यसले सपोर्ट गर्छ। विद्युतको विश्वसनियता पनि बढ्छ। विद्युतको विश्वसनियता त सबस्टेशन र प्रसारण लाइन नबनी हुँदै हुँदैन। अहिले चाबहिलदेखिको लाइन लप्सेफेदी गएको छ। चाबहिलमा एउटा पोलमा ट्रकले हान्यो भने लप्सेफेदीसम्म बत्ती जान्छ। लप्सेफेदीमा सबस्टेशन बनेको अवस्थामा त्यसले नै ब्याकअपमा बत्ती दिन्छ त। थोरै ठाउँमा मात्र समस्या हुन्छ। त्यसैले हामीले अहिले धेरैभन्दा धेरै ठाउँबाट बिजुली दिने काममा व्यापक रूपमा लागेका छौं। हामी दुई वर्षपछिका लागि पनि र लामो समयका लागि पनि काम गरिराखेका छौं।, तपाईंले भनेको जस्तो काम सुरू गर्न पाइयो भने लप्सेफेदीको सबस्टेशनको काम कहिले सकिन्छ? अनि तपाईंले भनेको बाह्रबिसे र खिम्तीको सबस्टेशनका काम सकिए?, खिम्तीमा सकियो। बाह्रबिसेको करिब सम्पन्न हुने चरणमा छ। प्रसारण लाइन खिम्तीदेखि बाह्रबिसे र बाह्रबिसेदेखि काठमाडौंको सकिनै लाग्यो। लप्सेफेदीमा छिर्ने पाँच वटा टावरबाहेक करिब सम्पन्न भयो। यो सबस्टेशन जुन ढिलो भयो। अब निर्माण सुरू गर्दा पनि सकिन डेढदेखि २ वर्ष न्यूनतम लाग्छ। किनभने सुरू नै भएको छैन। धेरै काम छ।, तपाईंले काठमाडौंमा गुणस्तरीय बत्तीका लागि तीन वटा तहमा काम भैरहेको बताउनुभयो। तार भूमिगत गर्ने, सबस्टेशन निर्माणदेखि काम गरिराख्नु भएको छ। तर हामीले हेर्दा त तार भूमिगत गर्ने काम अलपत्र छन्। ठेक्काको अवधि लम्ब्याएको लम्ब्याएकै हुनुहुन्छ। काम कहिले सकिन्छ?, तार भूमिगत गर्ने काममा समस्या ठूलो छ। सडक विभागले हामीलाई सानो सानो टुक्रा बाहेकमा खन्न अनुमति दिएको छैन। भित्रभित्र काम गरिराखेका छौं। मूल सडकको काम सुरू गरेको छैन। एयरपोर्टदेखि बानेश्वर हुँदै माइतीघर क्षेत्रको काम सुरू गर्न पाएको छैन। काम गर्न सडकको एउटा सानो टुक्रा दिनुहुन्छ। यस हिसाबले दस वर्ष भए पनि सकिँदैन। कहीँ पनि सहमति दिनुहुन्न त कसरी सकिन्छ?, उहाँहरूको आरोप त तपाईंहरू खनेर छाड्नुहुन्छ, धुलो उडाउनुहुन्छ भन्ने छ नि?, प्राविधिक रूपमा ठेकेदारले समयमा काम नगर्ने एउटा पक्ष होला तर भूमिगत तारको प्रणालीमा सबै काम सम्पन्न नभएसम्म तार चार्ज गर्न सकिन्न। एउटा ठाउँमा अलिकति सम्पन्न भएर हुँदैन। एउटा सबस्टेशनबाट निस्केको फिडर पूरै सम्पन्न गर्न दिएको भए पनि हुन्थ्यो। यो बीचमा एकातिर दिने र अर्कोतिर नदिनेजस्तो भयो। ठेकेदारले राम्रोसँग काम नगरेकोमा हामीले पनि गाली गरेका छौं। तत्काल काम गर्नू र खाल्डो पुर्नू भनेका छौं। अहिले हामी नियमित अनुगमन पनि गरिराखेका छौं। तर अहिले सडक विभागले जहाँ सहमति दिएको छ कुनै पनि ठाउँमा पूरा भाग छैन। त्यसैले हामी अहिले सडक विभागसँग पनि छलफल गरिराखेका छौं। ठेकेदारले सडक खन्छ तर पूरा गर्दैन भन्ने उहाँहरूको गुनासोमा हेर्नुपर्नेछ। उहाँहरूको पनि सडक खन्ने ठाउँमा हामीले पोल हटाएन भन्ने ठूलो गुनासो छ। यो दुईवटैको समन्वयको विषय छ।, यो समय काम गर्ने सबैभन्दा उच्च समय हो। भूमिगत तारको काम वर्षामा सहमति दिँदैन। बाँकी ६ महिना काम गर्नुपर्ने हो तर त्यतिबेला पनि सहमति नदिएपछि कसरी गर्ने? समस्या छ तर पनि समन्वय गरेर अघि बढ्छौं।, प्रसारण लाइनको काममा त तपाईंले भनेअनुसार निकै समस्या रहेछ। सडकमा समस्या, सबस्टेशनमा समस्या, टावर राख्न समस्या, वडाध्यक्षले पनि रोक्न सक्ने। अहिले जसरी विद्युत उत्पादन बढेको छ। यस हिसाबले हामीले विद्युत उत्पादन गर्न र वितरण गर्न चुनौती नै रहेछ?, दुई वटा कुरामा ठूलो समस्या छ। सबस्टेशन नबन्दा विश्वसनीय रूपमा बिजुली आपूर्ति गर्न ठूलो समस्या पर्छ। अर्को कुरा हामीले बिजुली निर्यात गर्ने भनेका छौं। बाटो नै नभएपछि कसरी बिजुली निर्यात गर्ने!, चार सय केभी लाइन इनरूवादेखि ढल्केवर हुँदै हेटौंडासम्म बनाउन रूख कटानको सहमति पाउन ७ वर्ष लाग्यो। अनि टावरमूनि रहने जग्गाको राइट अफ वेका लागि बनलाई पनि अर्बौं पैसा तिर्नुपर्ने, जलाशाय बनाउँ भने त्यसको वनको पनि पैसा तिर्नुपर्ने, सरकारी जग्गाको पनि तिर्नुपर्ने अनि प्रोजेक्टको लागत कति हुन्छ? अनि हामीले निर्यात गर्ने भनेको विद्युतको मूल्य कति हुन्छ? मूल्य प्रतिस्पर्धी भए न बिजुली बेच्न सजिलो हुन्छ। हामी लागत बढाइराखेका छौं। जताततै समस्या छ। नाङ्गो डाँडामा टावर राख्न वनको सहमति लिन २ वर्ष लाग्छ। वन काट्न त अर्को कुरा भयो। मन्त्रिपरिषद्बाट स्वीकृत नभएसम्म नाङ्गो डाँडामा टावर राख्न दिँदैन। सरकारी निकाय सबै विरोध गर्ने। गाउँपालिका आफ्नो गाउँपालिका छिर्न नदिने। कतै वडाध्यक्षले विरोध गर्ने। अनि सबै विरोध गर्ने भएपछि विकास कसले गर्ने?, नेपालमा विद्युत उत्पादन बढिराखेको छ। यो वर्षको जाडोमा हामी आयात गरिराखेका छौं। अर्को वर्ष त सायद आयात गर्न पनि नपर्ला। तपाईंले भनेजस्तो एउटै टावर बनाउन पाँच-सात वर्ष लाग्ने हो भने त हामी घरमा ग्यास नबालौं विद्युतबाट खाना पकाउने गरौं भन्न त अझै ५ देखि ७ वर्ष लाग्ने रहेछ?, हामीले विद्युतमा लगानी ल्याउनुपर्छ। आफ्नो लगानीले मात्र पुग्दैन। प्राधिकरणले मात्र पनि सक्दैन। तर फण्डिङ ल्याउनासाथ यति धेरै इन्टरनेशनल एनजिओ र आइएनजिओ आउँछन्। विभिन्न एनजिओ र आइएनजिओले वातावरणदेखिका विषय उठाउँछन्। अनि फण्डिङ रोक्नेसम्मका कुरा गर्छन्।, लप्सेफेदीमा त्यही भएको हो। हाम्रो सरकारको पैसा भएको भए कोही पनि आउँदैन थिए। लाहोरनीदेखि लिएर के-के भन्ने देशभरका एनजिओ र आइएनजिओ त्यहाँ लागेका छन्। उनीहरूको पहुँचले हेडक्वाटरसम्म पत्र लेख्न सक्ने रहेछन्। अनि नेपालमा लगानी नै आउन दिँदैनन्। इआबीले १६ अर्बको काम चलिरहेको मर्स्याङदीमा काम रोक्यो। किनभने त्यहाँको एनजिओले कम्पलेन गर्यो भनेर दिँदैन। मैले विद्युत प्राधिकरणको फण्डिङबाट ३ देखि ४ अर्ब ठेकेदारको पैसा दिएर काम गराएको छु। त्यो फण्डिङ आएन भने बन्द गर्नुपर्ने स्थिति छ। नेपालमा अहिले फण्डिङ आउन नदिन सबै एनजिओ लागेका छन्। हामीले गरेको काममा पनि विवाद भएपछि कसरी विकास हुन्छ। प्रसारण लाइन नबनेपछि कसरी विकास हुन्छ भनेको? विद्युत प्राधिकरणको मात्र होइन निजी क्षेत्रको पनि समस्या छ। ३३ केभीको प्रसारण लाइन बनाउन नसकेर ३ मेगावाटको प्रोजेक्ट सिन्धुपाल्चोकमा पाँच वर्षदेखि त्यत्तिकै बसेको छ। पोल गाड्न नदिएर पाँच वर्ष भयो सञ्चालनमा आएको तर बेच्न सकेको छैन। विदेशमा बसेका नेपालीको लगानी छ।, राज्यले कुनै छलफल गरेको छैन?, अबको सरकारले १० वर्ष विकास दशक भनेर सनसेट कानून ल्याएर काम गर्नुपर्छ। नभए एउटा सरकारले टेन्डरसम्म गर्ला तर अर्को दुई वटा सरकार आउँदासम्म काम हुँदैन। नयाँ सरकारले केही गर्नुपर्छ। कुनै विशेष विकास कानून ल्याएर काम गर्नुपर्छ।, विद्युत प्राधिकरणले अहिले कति विद्युत उत्पादन गरेको छ। कति आयात गरिरहेको छ। के छ अवस्था?, यसपालि हाम्रो विद्युत उत्पादन सुख्यायाममा पहिलाभन्दा पनि घटेको छ। उत्पादन जडित क्षमताभन्दा ३५ प्रतिशत घटेको छ। लोड चुनावपछि डेढ सय मेगावाट बढ्यो जबकी चुनावअघि वर्षामा बत्ती खेर जाने अवस्था थियो। अहिले विकास आयोजना र उद्योग सञ्चालनमा आएकाले अहिले विद्युतको लोड नै १८ सय मेगावाट पुगेको छ। त्यसैले अहिले सरदर साढे ३ सय मेगावाट दैनिक आयात गर्नुपरेको छ। चैत-वैशाखसम्म थप आयात गर्नुपर्छ। त्यसपछि निर्यात गर्नुपर्छ। मौसमी फरकपनले गर्दा हामीलाई यस्तो अवस्था आएको छ।, अर्को वर्षको जाडो महिनामा पनि हामीले आयात गर्नुपर्छ?, अर्को वर्ष पनि हामीले अलिकति बिजुली आयात गर्नुपर्छ। केही आयोजना सम्पन्न भएर आउने अवस्था छ। चार सय मेगावाट सुख्खायाममा आउनलाई १२ सय देखि १५ सय मेगावाट क्षमता जडान गर्नुपर्छ। त्यो हिसाबले केही आयात गर्नुपर्छ। यो आर्थिक वर्ष ७ सय मेगावाट थप हुने अनुमान छ। केही प्रोजेक्ट आउँदैछन्। त्यसले हामीलाई सहयोग गर्छ।, तपाईंले यसपटक विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्दा ठूला जलाशाययुक्त परियोजनामा काम गर्छु भन्नुभएको थियो। तर प्रगति देखिँदैन नि, किन हो?, प्रगति भैराखेको छ। अहिले माथिल्लो अरूणको जग्गा अधिग्रहण सकियो। एक्सेस रोडको टेन्डर भयो। सुपरभिजन कन्सल्टेन्ट नियुक्तिको प्रक्रियामा छौं। एकै वर्षमा सकिने होइन। दूधकोशीलाई फाइनान्सियल क्लोजर गर्दैछौं। चैनपुर सेती परियोजना २१६ मेगावाटको अगाडि बढ्दैछ। तामाकोसी ५ को टेन्डर गरेका छौं। मोदीको पनि टेन्डर गरेका छौं। अरू आयोजनाको पनि हामी लाइसेन्स लिएर अघि बढाउँदैछौं।, अन्त्यमा, कहिले तपाईंहरूले ग्यासमा होइन अब विद्युतबाट खाना पकाउनुहोस् भन्ने अवस्था बन्छ?, म त अहिले पनि बत्तीमा खाना पकाउनु भन्छु। सुख्यायाममा केही विद्युत आयात बढाउनु पर्ला तर केही फरक पर्दैन। तर के हो भने १२ महिना २४ सै घन्टा बत्ती आउने आशामा त्यो आएन भने म इण्डक्सन चुल्हो चलाउँदिन भन्ने हो भने त्यो गलत धारणा हो। ग्यास विकल्पमा गयो भने राम्रो हुन्छ। गाउँतिर कहिलेकाहीँ लामो लाइन भएको हुन्छ। पहिरोले पोल बगाउँछ। त्यस्तोमा गाउँतिर दाउरामा पकाउनुपर्ला। गाउँगाउँमा पनि इण्डक्सन चलाउन सकिन्छ। शतप्रतिशत नभए इण्डक्सन चलाउँदिन भन्नु त गलत हो। विकल्पका रूपमा केही समय रहला तर हामी विश्वसनिय विद्युतका लागि वृहत लगानीसहित निर्माण अघि बढाउनुपर्छ। मलाई विश्वसनिय विद्युतका लागि ६० अर्ब चाहिन्छ। देशभरका लागि ५ देखि ६ खर्ब पैसा चाहिन्छ। त्यो लगानी एकैपटक आउँदैन। विभिन्न विकास साझेदार र प्राधिकरणको लगानीबाट विश्वसनिय आपूर्तिका लागि प्राधिकरणले व्यापक काम गरेको छ। अहिले विकट ठाउँमा विद्युतीकरण गर्दैछौं। लाइन पुगेपछि त्यस्ता ठाउँमा पनि इण्डक्सन बाल्न सकिन्छ। अहिले पनि गाउँगाउँमा ग्यास बोकेर लगेर बालिराखेको अवस्था छ। त्यसलाई अन्त्य गर्नुपर्छ। म त अहिले पनि भन्छु, इण्डक्सन बालौं। विकल्पको रूपमा ग्यास बालौं।,
‘लप्सेफेदीमा सबस्टेशन नबने केही वर्षपछि काठमाडौंमा लोडसेडिङ हुन्छ’ (भिडिओ) |
सेतोपाटी संवाददाता नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्। , ककनी गाउँपालिका-२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो। , वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले जानकारी दिए। , डिएसपी खड्काका अनुसार उनले आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए। , सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग झगडा गरेका थिए। उनीहरूबीच घरायसी विवादका कारण झगडा भएको थियो। , त्यही क्रममा बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी भागेका थिए। , घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। , यता फरार भएका माइला तामाङको प्रहरीले खोजी गरिरहेको थियो। त्यहीक्रममा मंगलबार उनको शव फेला परेको डिएसपी खड्काले बताए। , ‘बाहिरी चोट देखिन्न। तर श्रीमतीमाथि बञ्चरो प्रहार गरेकाले कसैले उनीमाथि कुटपिट गरेर हत्या गरेका हुन् कि भन्ने अनुमान छ,’ उनले भने। , मृतक माइलाको शव पनि टिचिङ अस्पतालमै राखिएको छ। उनको पोष्टमर्टम गर्न बाँकी रहेको हुँदा मृत्युको कारण पनि त्यसपछि मात्रै थाहा पाइने डिएसपी खड्काले बताए। , यस्तै हत्या गरेको आरोपमा दुई जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले उनीहरूलाई पनि मंगलबार नै पक्राउ गरेको हो। तर हाल उनीहरूसँग सोधपुछ गर्न नपाएको डिएसपी खड्काले बताए।, ‘बालाजु नजिक भएकाले उनीहरूलाई हिजो पक्राउ गरी त्यहीको हिरासतमा राख्यौं। आज कार्यालयमा ल्याइपुर्याउँछ,’ उनले भने, ‘त्यसपछि मात्रै हत्याको कारण खुल्छ।’,
नुवाकोटमा श्रीमतीमाथि बञ्चरो हानेर भागेका श्रीमान मृत फेला |
सेतोपाटी संवाददाता सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ।, देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।, सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनीको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।,
यस्तो छ आजको मौसम |
रासस यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन्।, चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।, गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए। चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए।, गतवर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताए।, ‘यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्’, उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन्।’, नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन्। ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेला परेको जनाइएको छ।, नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो।, गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ।, ‘यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ। प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ,’ उनले भने।, साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यसवर्ष सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिएका उनले बताए।, ‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्। यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन्,’ उनले भने।, निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको संख्यामा धेरै नै कमी आएको चौधरीले बताए।,
नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा |
सेतोपाटी संवाददाता पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। , वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , भारत बिहार मोतीहारी जिल्ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको हो। यादव उक्त डिपोमा म्यानेजर हुन्।, उनीहरू उक्त डिपोको रेखदेख गर्न एकतले पक्की भवनमा बस्दै आएका थिए। , दुबै जना उक्त कोठामा सुतेकोमा बुधबार बिहान १० बजेसम्म पनि उनीहरूले ढोका खोलेनन्। , ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पाएपछि प्रहरीले ढोका फोडेको थियो। त्यतिञ्जेल उनीहरूको मृत्यु भइसकेको डिएसपी गिरीले बताए।, घटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो। , प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
पर्सामा निस्सासिएर दुई जना भारतीय नागरिकको मृत्यु |
सेतोपाटी संवाददाता सोमबार अपरान्ह ४ बजेतिर दोलखा बैतेश्वर गाउँपालिका-७ मार्बुस्थित रोशन रिमालको घरमा प्रहरी पुग्यो। , दुई जना प्रहरी उनको घरमा पुग्दा उनकी आमा ईश्वरी र हजुरआमा धनकुमारीमात्रै थिए। रोशन भने काठमाडौंमा छन्। , त्यसरी घरमा आउनुको कारणबारे उनीहरूले प्रहरीसँग सोध्दा मान्छे समाउन आएको भनेर जवाफ फर्काए। , कसलाई पक्राउ गर्न आएको र किन? भन्ने ती प्रहरीले परिवारलाई जानकारी दिएनन्। उक्त खबरपछि आत्तिएका उनीहरूले आफ्ना छोरा (रोशन) लाई फोन गरी जानकारी गराए। यता प्रहरी टोली भने कसैलाई पक्राउ नगरी फर्कियो।, ‘लिन आएको भन्ने जानकारी दिएपछि मलाई र मेरा काकालाई घरबाट फोन आयो। म काठमाडौंमै थिएँ। नवीन काका भने दोलखा जाँदै हुनुहुन्थ्यो,’ रोशनले सेतोपाटीसँग भने, ‘समाउन आएको मात्रै भनेछन्। कसलाई कुन मुद्दामा केही भनेनन्।’, साँझपख नवीन पनि दोलखा पुगे।, प्रहरी घरमा आउनुको कारणबारे अनभिज्ञ रहेका नवीनले कसलाई पक्राउ गर्न आएको भन्नेबारे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी गंगाप्रसाद पौडेलसँग सोधे। , डिएसपी पौडेलले पनि आफूलाई यसबारे जानकारी नभएको बताउँदै उनलाई नजिकैको चौकी इन्चार्जको नम्बर दिए। , ती इन्चार्जले पनि सुरूमा किन र कसलाई पक्राउ गर्न प्रहरी पुगेको हो भन्नेबारे जानकारी दिएनन्।, तर केहीबेरपछि उनैले नवीनलाई फोन गरी सोधे, ‘केशवराज रिमाल तपाईंको को पर्छ ?’, केशवराज रिमाल नवीनका दाइ हुन्। रोशन भने केशवराजका छोरा। , नवीनले प्रहरीलाई केशवराज आफ्नो दाइ भएको जानकारी गराए। दाइविरूद्धको पक्राउ पुर्जी रहेको थाहा पाएपछि उनले किन भनेर प्रश्न गरे।, ती प्रहरीले केशवराजविरूद्ध हातहतियार तथा विष्फोटक पदार्थको मुद्दा रहेको र समाएर अदालतमा हाजिर गराउने आदेश भएको जानकारी गराए।, केशवराज भनिने राजस्वराज रिमाल ‘हेमन्त’ प्रहरीको फरार सूचीमा रहेछन्। जिल्ला अदालत दोलखाले फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न पठाएको सूचीमा उनको पनि नाम रहेछ। , रोशनका अनुसार केशवराजको मृत्यु २०५७ साल मंसिर १ गते ओखलढुंगामा भएको थियो। उनी सशस्त्र द्वन्द्वकालमा बितेका थिए। , ‘उहाँ बित्नुभएको नै २२ वर्ष भइसक्यो। बितेको ६ वर्षपछि उनीविरूद्ध मुद्दा दायर भएको रहेछ,’ उनले भने, ‘कहिले काठमाडौंको मुद्दा भन्छ। कहिले ओखलढुंगाको मुद्दा भन्छ। हामीलाई प्रष्टसँग केही भनिएको छैन।’, उनीविरूद्ध विष्फोटक पदार्थको मुद्दामा २०६३ साल जेठ २८ गते मुद्दा दर्ता भएको थियो। , तर यसरी बितेको २२ वर्षपछि आफ्नो घरमा आएपछि रोशनको परिवार आक्रोशित छन्। उनको परिवारमा केशवराजसहित तीन जनाले द्वन्द्वकालमा ज्यान गुमाएका थिए। उनका काका केशरराज र काकी लक्ष्मी पराजुली बितेको रोशनले बताए। , यस्तै अदालतलाई पनि मृत्यु भएको खबर परिवारले नै दिनुपर्ने जानकारी पनि चित्त नबुझेको उनी बताउँछन्।, ‘अहिले यही पार्टीका अध्यक्ष प्रधानमन्त्री भएका छन्। उनकै पछि लागेका मान्छेलाई पक्राउ गर्न २२ वर्षपछि प्रहरी घर पुग्यो। यो एकदम नमज्जाको विषय भयो,’ उनले भने, ‘अदालतलाई जानकारी गराउनू भनेर पनि हामीलाई नै भनियो।’, उनीहरूले सामाजिक सञ्जालमार्फत् पनि असन्तुष्टि व्यक्त गरेका छन्।, जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाप्रसाद पौडेलले पनि अदालतको सूचीअनुसार प्रहरी पक्राउ गर्न पुगेको बताए। , ‘देशभरी नै फैसला कार्यान्वयन अन्तर्गत हरेक अदालतमा फरार मुद्दा हेर्ने शाखा हुन्छ। हामीलाई त्यहाँबाट फरार रहेका व्यक्तिहरूको सूची पठाइएको हुन्छ,’ उनले भने, ‘त्यही बुझ्न प्रहरीको टोली जान्छ। त्यहीक्रममा प्रहरी पुग्दा बितिसकेको भन्ने जानकारी पायौं।’, यस्तै फैसला कार्यान्वयनको क्रममा फरार रहेका व्यक्तिको विवरण अदालतमा अद्यावधिक नभएकाले पनि यस्तो हुने गरेको उनी बताउँछन्। , यसअघि पनि यस्ता घटनाहरू दोहोरिसकेको पनि उनले जानकारी दिए। मुद्दा दर्ता भएकैबेलामा परिवारसँग सम्पर्क हुननसकेका कारणले पनि यस्तो भएको हुनसक्ने उनले बताए। , ‘मुद्दा धेरै पुरानो रहेछ। दर्ता हुँदा नै प्रहरीले सम्पर्क गर्नुपर्ने हो। तर त्योबेला सम्पर्क नभएकाले फरारमा राखेको हुनुपर्छ,’ उनले भने, ‘लामो समय फरार रहिसकेको भनेर अहिले पत्र पठाउँदा बितेको भनेर जानकारी आएको हो।’, यसबारे अदालतलाई जानकारी गराएपछि फरार सूचीबाट हटाइने उनले बताए। यसबारे भने मृतक परिवारले नै जानकारी गराउनुपर्ने उनले बताए। ,
२२ वर्षअघि बितेकालाई पक्राउ गर्न प्रहरी उनको घर पुगेपछि… |
सेतोपाटी संवाददाता दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ। , दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो। , उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति १:४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , सोही ठाउँका मोटरसाइकल चालक १९ वर्षीय मंगल चौधरी र २३ वर्षीय ऋषिराज चौधरीको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई राति ३ बजेतिर थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। , मध्यराति साढे १२ बजेतिर घोराही–११ अवलडाँडाबाट वडा नं. १० नारायणपुरतर्फ आउँदै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि झन्डै १५ मिटर तल खेतमा पुगेको थियो।, जिल्ला प्रहरी प्रवक्ता गौतमले तीनै जनाले मदिरा सेवन गरेको र चालकसँग सवारी चालक अनुमति पत्र समेत फेला नपरेको जानकारी दिए।,
दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते |
दिपकजंग शाही कालीकोटको खाँडाचक्र नगरपालिकाका–६ का रत्न विक झण्डै डेढ वर्षयता प्रशासन र प्रहरीमा धाइरहेका छन्। त्यसयता अहिलेसम्म आफू कतिपटक जिल्ला सदरमुकाममा रहेका प्रशासनहरूमा पुगेँ भन्ने समेत बिर्सिसके। थोरै भए पो सम्झिनु।, २०७८ भदौ ७ गते रत्नकी छोरी १६ वर्षीय निरु विक घर नजिकैको मकै बारीमा मृत फेला परेकी थिइन्। निरुलाई हत्या गरेर कसैले मकैबारीमा फालिदिएको उनी बताउँछन्। उनै छोरीमाथि भएको घटनाको यकिन तथ्य र पीडकलाई कारबाहीको खबर सुन्न उनी बारम्बार प्रहरी कार्यालयमा धाउन थालेको १६ महिना भयो।, निरुको न्याय माग्न अरूले नै दबाबमूलक कार्यक्रम गरे उनी २०० रुपैयाँ अटोको भाडा तिरेर सदरमुकाम पुग्छन्। अहिलेसम्म सदरमुकाम र घर आवतजावत गर्दा, सदरमुकाम बस्दा भएको खर्चको उनले लेखाजोखा राख्न पनि चाहेका छैनन्।, रत्नको ध्याउन्न भनेकै छोरीको घटनामाथि छ, पीडकको खोजीमा छ, प्रहरीको कामकारबाहीमा छ।, अनुसन्धान गरिरहेको प्रहरी प्रशासनले रत्नलाई कहिले घटनाको तथ्य र पीडकलाई पक्राउ गरेको खबर कहिले भन्छ पत्तो छैन। प्रहरीले पनि सबै आयामहरूबाट घटनाको अध्ययन, अनुसन्धान गरिरहेकै छ।, ‘अहिलेसम्म छोरीलाई कसले त्यसरी मारेर फाल्यो भन्ने कुरा पत्ता लागेको छैन, प्रहरीले त लगातार काम गरिरहेको छ। म पनि बारम्बार प्रहरीसम्म पुगेको छु,’ उनले सेतोपाटीसँग भने, ‘कहिले उहाँहरूले बोलाउँदा जान्छु, कहिले आफैं पनि मनले नमानेर प्रहरीसँग जान्छु, अहिलेसम्म कतिपटक गएँ गन्ती गरेर साध्य छैन।’, खाँडाचक्र–६ गोरालवाडा उनको घर हो। घटना २०७८ भदौ महिनाको हो।, २०७७ चैतमा रत्नका भाइको मृत्यु भयो। मृत्युपछि भाइको घरमा परिवारका अरू सदस्यलाई सघाउन रत्नको परिवार पनि त्यतै सर्यो। उनका भाइको घर लेकतर्फ पर्छ। चैतदेखि असारसम्म उनका सपरिवार बुहारीलाई सघाउन मृतक भाइको घरमा बसे। साउनमा वेशीमा रहेको आफ्नै घर फर्किए। , ‘भाइको घर लेकतर्फ पर्छ, हाम्रो घर अलि तल बेशीमा छ,’ उनले भने, ‘गाउँमा असारदेखि खेतबारीको काम बढ्छ, मैले छोरीलाई ‘अन्टीका बच्चाबच्ची साना छन्, सहयोग गर्नुपर्छ, तिमी यहीँ बस भनेर’ छोडेँ, अरू परिवारलाई लिएर आफ्नो घर बेशीतर्फ गएँ।’, निरुसँगै उनका दाइ र भाइलाई पनि त्यतै सहयोग गर्न रत्नले छोडेका थिए।, रत्नले छोरी निरूको सुरक्षा होस् भनेर काकीसँगै भित्री कोठामा सुत्ने व्यवस्था मिलाइदिएका थिए।, ‘भाइको घरमा भित्रपट्टिको कोठामा छोरी र उसकी अन्टीलाई सुत्ने, बाहिर मेरा दुई भाइ छोरा र कोही पाहुना आएपछि सुताउने भनेर कोठाहरू छुट्याएर आएको थिएँ,’ उनले भने।, भदौ ३ गतेसम्म निरु काकीको घरमा भएको खबर बेलाबखत निरुका बाबाआमाले पाइरहेकै थिए।, भदौ ५ गते बिहानदेखि निरुको बारेमा बाबाआमालाई फरक खबर आउन थाल्यो। उनी काकीको घरबाट गायब भएको खबर रत्नको परिवारले पाए। परिवारले छोरीको अप्रिय घटना होला भन्नेतर्फ सोच्न लागेनन्। बरु कसैले बिहेका लागि भगायो कि भन्नेमा उनीहरूको ध्यान गयो।, ‘भदौ ४ गते रातीदेखि छोरी गायब भइछ, ५ गते बिहान हामीलाई खबर आएपछि हामीले छोरीको खबर बुझ्न थाल्यौं,’ उनले भने, ‘पाँच गते बिहानै बुहारी भैंसीलाई घाँस काट्न लेकतिर गएकी रहिछन्, हामीले पनि छोरी अन्टीसँगै गइहोली भन्ने सोच्यौं। खासै मतलब गरेनौं। पाँच गते बिहान ११ बजेसम्म छोरी घर आउँछे होला भनेर पर्खियौं।’, गाउँघरमा सानै उमेरमा विवाह गर्ने चलन नहटेकाले परिवारको ध्यान त्यतातिर गएको उनले बताए। त्यही कुरा सोध्न परिवारले निरुलाई सहयोगीका रूपमा राखेकी काकीलाई फोन गरे। सुरूका केही घण्टा काकीको पनि फोन लागेन। पछि फोन लागेपछि काकीले निरु आफूसँग लेक नगएको खबर दिइन्।, ‘६ गते हामीले पूर्णिमाको अवसरमा देउता मान्यौं, त्यो बेलासम्म पनि छोरीलाई कसैले भगाएर लगेछ भने खबर आइहाल्ला भनेर कुर्यौं,’ रत्नले भने, ‘त्यसबेलासम्म पनि खबर नआएपछि मैले गाउँ-गाउँमा छोराहरूलाई खोज्न पठाएँ, छोराहरूले पनि निरु भेटिएको खबर ल्याएनन्। नाता पर्ने एक जनामाथि भगाएको शंका पनि थियो।’, परिवारले यता खबर कुर्दासम्म निरुको मृत्यु भइसकेको रहेछ।, बुवा रत्नका अनुसार ५ गते नै एक जना गाउँकै ठकुरी समुदायका युवाले मकैबारीभित्र शव फेला पारेका रहेछन्। तर उनले परिवारलाई प्रत्यक्ष खबर गरेनछन्।, ७ गते गाउँकी एक जना महिला घाँस काट्न त्यही मकैबारीमा गएकी रहिछन्। उनले पनि शव देखिछन्, तर परिवारलाई नभनेर एक जना पसलेलाई खबर छोडिछन्। ती पसलेले रत्नसँग गएर हतासमा त्यो खबर सुनाएछन्।, ‘सुरूमा देखेका मानिसले खबर गरिदिएको भए सग्लै शव पाउँथ्यौं कि! उनले एक जना गाउँका शिक्षकसँग त्यो खबर छोडेर गएछन्, ती शिक्षकले शव देखेका व्यक्तिलाई वडाध्यक्षलाई खबर गरिदेऊ भनेका रहेछन्। त्यो पनि गरेनछन्,’ रत्नले भने, ‘घाँस काट्न गएकी महिलाले गाउँका पसलेलाई भनेपछि उहाँ आएर मसँग छोरीको खबर केही आयो कि भनेर भन्नुभयो, त्यसपछि बारीमा शव भएको खबर आफूले पाएको भन्नुभयो।’, उनले अगाडि भने, ‘मसँग आएर उहाँले ‘छोरी त कसले मारेर फालिदिएछ, शव मकैबारीमा छ भन्ने सुनेको छु, अब के गरौं’ भनेर भने, मेरो एक जना भाइ पर्ने राजनीतिमा छन्, उनले प्रहरीलाई फोन गरे। प्रहरी आए। म पनि प्रहरीसँग गएर बल्ल शव देखेँ।’, त्यतिबेलासम्म निरुको शवको कम्मरमुनिको भाग र अनुहारको भाग जनावरले छियाछिया पारिसकेको थियो। अनुहार पनि चिन्न सकिने अवस्था थिएन। बुवा रत्नले छोरीले लगाएको चप्पल र कपडाबाट निरुकै शव भएको ठम्याए।, यसरी निरुको शव भेटिएको १६ महिना बितिसकेको छ। अहिलेसम्म पनि त्यो घटनाको यकिन तथ्य आइसकेको छैन। हत्या भएको भए पनि हत्यारा फेला परेका छैनन्।, ‘छोरीको शव भेटिएको १६ महिना भइसक्यो, गाउँका मानिस कोही मुखै खोल्दैनन्, प्रहरीले पनि मैंले शंका गरेका जति मानिसलाई सोधिराखेको छ,’ उनले भने, ‘हामी बाबाआमा पढेलेखेका छैनौं, छोरी फर्केर आउने कुरा भएन, मार्ने मान्छेलाई सजाय भईदिएको भए पनि मनलाई शान्त पार्न हुन्थ्यो।’, जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार निरुको हत्या भएको देखिएको छ।, ‘घाँटीमा सल कसेको छ, पोष्टमार्टम रिपोर्ट पनि आएको छ, यसका आधारमा हेर्दा मर्डर नै हो,’ कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले भने, ‘अहिले पनि अनुसन्धनकै प्रक्रियामा छ, म जिल्लाको प्रमुख भएर आएदेखि मैंले पनि यो घटनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु।’, प्रहरी नायव उपरीक्षक रिमालले १६ महिना अघिको यो घटनालाई अनुसन्धान गर्ने निकायले सबै आयामबाट हेरिरहेको बताए। उनका अनुसार प्रदेश प्रहरी, सम्बन्धित जिल्ला प्रहरी र अनुसन्धानको टोलीले संयुक्त रुपमै घटनाको अनुसन्धान गरिरहेका छन्।, ‘अहिलेसम्म त हामीले ३ दर्जनसम्म मानिसलाई ल्याएर सोधपुछ गरिसकेका छौं। उनीहरूले कुनै पनि नयाँ सूचना आउने कुरा बताएका छैनन्। नुसन्धानका क्रममा गर्नुपर्ने धेरै काम गरिसकिएको छ,’ डिएसपी रिमालले भने, ‘घटनाको बारेमा भदौ ७ गते जाहेरी दर्ता भएको रहेछ, ३ गतेको घटना ७ गते मात्र प्रहरीलाई खबर भएकाले पनि अनुसन्धानमा केही समस्या छ।’, प्रहरीलाई खबर हुँदासम्म शवको कम्मरमुनिको भाग जनावरले खाईसकेकाले पनि अनुसन्धानमा केही चुनौती भएको उनले बताए।, पीडित किशोरीको हत्यारा पक्राउ गरी परिवारलाई न्याय दिन भन्दै जिल्लास्थित विभिन्न नागरिक समाज, राजनीतिक दलका युवा संगठनहरुले पनि बेलाबेला प्रशासनको ध्यानाकर्षण गराईरहेका छन्।, उनीहरुले कालीकोटदेखि काठमाडौंसम्म ध्यानाकर्षणका कार्यक्रम गर्दै न्यायको माग गरिरहेका छन्।,
,
छोरीको आधा शव भेटिएपछि प्रहरीमा धाइरहेका रत्न विक |
सुदीप श्रेष्ठ बालेन शाह मेयर भएर आएदेखि नै काठमाडौंमा सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका निम्ति दुःखका दिन सुरू भएको थियो।, उनले पैदलयात्रुहरूको सुविस्ता र सहरी सौन्दर्य बढाउने भन्दै साना व्यवसायीहरूका ठेलागाडा, साइकल र नाङ्लो लखेटी लखेटी खोस्न थालेका थिए। त्यस्ता केही भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएका छन्।, तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने साना र निर्वाहमुखी व्यवसायीहरूमाथि महानगरको यो धरपकड आगामी दिनमा अझ बढ्ने देखिएको छ। किनभने, काठमाडौं महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना नै निकालेर सडक व्यवसायमाथि प्रतिबन्ध लगाएको छ र कसैले सडकपेटी वा सार्वजनिक स्थलमा व्यापार व्यवसाय गरे सामान जफत गरी हदैसम्म सजाय गर्ने भनेको छ।, ‘सडकपेटीमा अनधिकृत व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्री राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायत कार्य गरी सार्वजनिक आवागमनमा बाधा अवरोध पुगेको’ भन्दै महानगरले त्यस्तो कार्यमा संलग्न हुनेलाई स्थानीय सरकार सञ्चालन ऐन, फोहोरमैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाका अन्य कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो।, यसले काठमाडौंभित्र ठेला, साइकल वा नाङ्लोमा व्यापार गरेर रोजीरोटी कमाउँदै आएका साना व्यवसायीहरू ठूलो संख्यामा बेरोजगार हुनेछन्। देशभरबाट कामको खोजीमा काठमाडौं आएर सडक किनार आश्रित त्यस्ता व्यवसायीको रोजीरोटी गुमेपछि उनीहरू के गर्लान्, कसरी बाँच्लान् भन्नेमा महानगरले कुनै संवेदनशीलता देखाएको छैन।, देशकै अर्थतन्त्रमा दुरगामी प्रभाव पार्ने यो कदमलाई लिएर संघीय सरकारले पनि केही बोलेको छैन। काठमाडौंबाट संसदीय चुनाव जितेर प्रतिनिधिसभामा पुगेका नयाँ सांसदहरूले पनि दसौं हजार साना व्यवसायीको रोजीरोटीसँग जोडिएको मुद्दामा मौनता साँधिरहेका छन्।, हामीले यसबारे पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडासँग कुरा गरेका छौं।, उनले महानगरको कदमलाई ‘लोककल्याणकारी राज्यको अवधारणाविपरीत’ बताएका छन्।, रोजगारको खोजी लगायत विभिन्न कारणले गाउँबाट काठमाडौं आउने क्रम बढिरहेका बेला वैकिल्पक व्यवस्था नगरी सडक व्यवसायमा रोक लगाउँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनको भनाइ छ।, ‘सडक व्यवसाय बन्द गरियो भने काठमाडौंको अर्थतन्त्र त प्रभावित हुन्छ नै, सिंगो देशको अर्थतन्त्रमा पनि नकारात्मक असर पर्नेछ,’ उनले भने, ‘यसले सडक किनार पसल थापेर स्वरोजगारको बाटो अपनाइरहेका ठूलो संख्याका जनतालाई बेरोजगार बनाउनेछ। सँगसँगै, बजारमा माग र आपूर्तिको सन्तुलन पनि बिगार्छ।’, खतिवडाले अगाडि भने, ‘कमजोर वर्गलाई राज्यले सधैं सुरक्षा र संरक्षण दिनुपर्छ। सामाजिक सुरक्षा हरेक नागरिकको हक हो। यसको राम्रो माध्यम भनेको रोजगार हो। हामीकहाँ राज्यले सबैलाई रोजगार दिन सकेको छैन, त्यसैले राज्यले नै स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्छ। तर काठमाडौं महानगरले जसरी सडक व्यवसायीहरूलाई हटाउन खोज्दैछ, त्यसले उनीहरूको स्वरोजगारको हक खोसेको छ।’, काठमाडौंको मात्र होइन, पूरै देशको अर्थतन्त्र गतिशील बनाउने सडक व्यवसायमा रोक लगाउनुअघि महानगरले वैकल्पिक व्यवस्था गर्नुपर्ने र यसको निम्ति केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने उनी बताउँछन्।, ‘सिधै रोक लगाउनुभन्दा यस्तो व्यवसाय गर्न ठाउँ र समय तोक्न सकिन्थ्यो। फलानो फलानो ठाउँमा यति बजेदेखि यति बजेसम्म व्यापार गर्न सकिन्छ भनेर तोकेको भए महानगरको उद्देश्य पनि पूरा हुन्थ्यो, यी व्यवसायीहरूको रोजीरोटी पनि खोसिन्थेन,’ खतिवडाले भने।, महानगरले ठाउँ र समय तोकेर व्यापार गर्न अनुमति दिएपछि उनीहरूबाट निश्चित शुल्क उठाएर राजस्व पनि आर्जन गर्न सक्ने उनले सुझाए।, ‘व्यवस्थापनका अनेक विकल्प हुँदाहुँदै महानगरले जे गरेको छ, त्यो ज्यादती हो। केन्द्र र प्रदेश सरकारसँग कुरा गरेर एकीकृत ढंगले व्यवस्थित गर्नुपर्ने विषयमा महानगरले हिरोइजम् देखाउन खोजेको छ,’ उनले भने, ‘एउटा राम्रो काम गर्न खोज्दा त्यसले दसवटा विद्रोह जन्माउँछ। रोजीरोटी नै खोसिएपछि त त्यसले आममान्छेमा राज्यप्रति असन्तुष्टि झनै बढाउँछ। त्यसैले सहर सफा राख्ने, सहरको सौन्दर्य बढाउने वा आवागमन सहज बनाउने भनेर गरिबको गरिखाने बाटो नै बन्द गर्नु उचित होइन। महानगरको यो कदम सहरी विद्रोहको कारक नबनोस्!’, २०४९ सालमा टुँडिखेलबाट साना व्यवसायीलाई हटाउँदाको घटना स्मरण गर्दै उनले भने, ‘त्यति बेला उनीहरू टुँडिखेलबाट भृकुटीमण्डप सरे। एउटा ठाउँ सफा भयो, अर्को ठाउँ फोहोर भयो। जबसम्म आमनागरिकले रोजगारको विकल्प पाउँदैन, तबसम्म सडक व्यवसाय अन्त्य हुँदैन। एउटा ठाउँमा रोक लगाए, अर्को ठाउँमा सर्छ। तर जसरी भए पनि, जुन रूपमा भए पनि सडक व्यवसाय जारी रहन्छ।’, काठमाडौं महानगरले सडक व्यवसायीहरूलाई यसरी प्रस्तुत गर्दैछ, मानौं सडक किनार व्यापार गर्ने चलन काठमाडौंमा मात्र छ। तर यो गलत हो।, यस्तो व्यवसाय युरोप, अमेरिकादेखि संसारका प्रायः सबै मुलुकमा छ। कुनै पनि देशको अर्थतन्त्र गतिशील राख्ने काम सडक व्यवसायले नै गर्छ। यसले एकातिर गरिब वर्गलाई स्वरोजगारको अवसर दिन्छ भने आयस्रोत कम भएका वा ठुल्ठूला डिपार्टमेन्ट स्टोरमा किन्ने हैसियत नभएका वर्गलाई पनि सहरमा बाँच्न सहज बनाउँछ।, यति मात्र होइन, महानगरले पैदलयात्रुको सुविस्ताका लागि ठेलावाला, नाङ्लोवाला र डोकोवाला सडक व्यापारीहरू हटाएको भन्दै आएको छ। उसको यो भनाइ पनि गलत छ।, पैदल हिँड्नेहरूले सडक व्यापारीलाई छलेर दायाँबायाँबाट आफ्नो बाटो निकाल्छन्। ठेलामा मानिसहरू अल्झिएको, लडेको घटना खासै सुनिँदैन। बाटो छेक्ने भनेका जथाभाबी कुद्ने मोटरसाइकल र गाडीहरू हुन् भने पैदलमार्ग नै नहुनु अर्को समस्या हो। सडकका दायाँबायाँ पार्किङमा राखिएका गाडीले त पैदलयात्रुको हिस्साको बाटोधरि खाइदिएको छ।, सबभन्दा ठूलो कुरा, अहिले जुन–जुन ठाउँमा महानगरको धरपकड चल्दैछ र जुन जुन ठाउँमा सडक व्यवसायीहरू धेरै देखिन्छन्, ती भनेका मूल सडक होइनन्। मूल सडकबाट छुट्टिने भित्री बस्तीका बाटाहरू हुन्, जुन प्रायः आवासीय क्षेत्रमा पर्छ। त्यहाँ सडक व्यापारले पैदलयात्रुलाई गाह्रो होइन, बरू वरपरका स्थानीयलाई किनमेल गर्न सजिलो बनाएको छ। बेच्नै नसकिने, ग्राहक आउँदै नआउने दरबारमार्गजस्तो ठाउँमा कसैले पनि ठेला चलाउँदैनन् वा डोकोमा तरकारी बेच्दैनन्।, कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ — एउटा समृद्ध वर्गको अर्थतन्त्र जो ठुल्ठूला मल र डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छ। अर्को, न्यूनमध्यम वर्ग र गरिबहरूको अर्थतन्त्र जसको उपभोग्य आवश्यकता सडक व्यापारीहरूले सस्तोमा पूर्ति गर्छन्। ठेला खोसेर, उनीहरूलाई रोजगारविहीन बनाएर महानगरले उनीहरूको पेटमा मात्र होइन, काठमाडौंमा बसोबास गर्ने तमाम न्यूनमध्यम वर्ग र गरिबहरूको जीवनमा धावा बोल्दैछ।, कम आय भएका न्यूनमध्यम वर्गले आफूलाई चाहिने तरकारी, फलफूलदेखि लत्ताकपडा सडकबाट सस्तोमा किन्न सक्छन्। यसले बजारको माग र आपूर्ति सन्तुलित राख्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ। सडक व्यवसाय हटाइदिने हो भने साना व्यवसायी मात्र बेरोजगार हुँदैनन्, बजार मूल्य बढेर आमनागरिकलाई काठमाडौंमा बाँच्नै मुश्किल पर्छ।, यसलाई अब अर्को कोणबाट पनि हेरौं। यी सडक व्यापारीहरू, जो दिनभरि सडक किनार ठेला चलाएर, हामीलाई सस्तो सामान उपलब्ध गराएर आफ्नो गुजारा चलाउँछन्, यी कहाँ बस्छन्? यिनको थातथलो कहाँ छ? के यिनीहरू हरेक दिन गाउँबाट व्यापार गर्न काठमाडौं आउने हुन्? कि यतै बस्छन्?, यिनीहरू सबै काठमाडौंकै बसोबासी हुन्। काठमाडौंका विभिन्न ठाउँमा डेरा लिएर सपरिवार बस्छन्। यिनका केटाकेटी यतैका स्कुलमा पढ्छन्। खासगरी काठमाडौं कोर–सिटीका पुराना घरहरूमा सस्तो भाडा तिरेर यस्ता व्यापारीहरू ठूलो संख्यामा बस्ने गरेको हामी पाउँछौं।, मेयर बालेन शाहले भनेजस्तै यी साना व्यापारीलाई उनीहरूको ठेला, नाङ्लो र डोको खोसेर रोजगारविहीन बनाउने हो भने उनीहरू पक्कै पनि महिनाको चार–पाँच हजार भाडा तिरेर काठमाडौंमा बस्न सक्दैनन्। आफ्ना केटाकेटी पढाउन सक्दैनन्। यसले रोजीरोटीको खोजीमा काठमाडौं पसेको परिवारको सपना त मर्छ नै, सँगसँगै काठमाडौंमै घर भएका र ती सडक व्यापारीलाई भाडामा राखिरहेका परिवारको जीवनयापनमा पनि असर पर्छ। उनीहरूको कमाइ घट्छ, कमाइ घटेपछि उपभोग घट्छ, खर्च पनि घट्छ। र, अन्ततः काठमाडौंको अर्थतन्त्र नै डाँवाडोल हुन्छ।, त्यसैले, काठमाडौंजस्तो गाउँ–सहर, धनी–गरिब मिलेर बनेको मिश्रित समाजबाट गाउँलेहरूलाई पन्छाउनु, गरिबहरूलाई हटाउनु भनेको सिँगो सहरकै भविष्य सखाप पार्नु हो — काठमाडौंकै भविष्य सखाप पार्नु हो।, महानगरले सार्वजनिक सूचना जारी गरेको भोलिपल्ट बुधबार बिहानै मैले म्हेपीमा ठेला चलाएर तरकारी बेच्ने मञ्जु भुजेलसँग कुरा गरेको थिएँ।, उनको एउटा ठेला केही साताअघि महानगरले खोसेर जफत गरिसकेको छ। उनी अर्को ठेला अरूसँग पैंचो लिएर तरकारी बेच्दै आएकी छन्।, म्हेपी, मिलिजुली चोक बस्ने मञ्जु भुजेल जसको ठेला महानगर प्रहरीले खोसेको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, मैले फोन गर्दा उनी दुई दिनदेखि ज्वरोले थला परेकी रहिछन्। तर ज्वरो आए पनि साँझ तरकारी बेच्न जान लागेको उनले सुनाइन्।, मैले उनलाई महानगरको सूचनाबारे जानकारी दिएँ।, उनले दिक्क मान्दै भनिन्, ‘के गर्ने होला त अब! यस्तै हो भने काठमाडौंमा बाँच्न सकिँदैन। काठमाडौं छाडेरै जानुपर्ने स्थिति आउला जस्तो पो भयो!’, मैले केही भन्न सकिनँ।, उनले अगाडि भनिन्, ‘छोराछोरीको भविष्यको पो चिन्ता लाग्यो। पढाइ यत्तिकै छुट्ने भयो यिनीहरूको।’, मञ्जु मात्र होइन, महानगरको यो ‘ठेलामुक्त अभियान’ कार्यान्वयन भयो भने ठूलो संख्यामा मानिसहरू बेरोजगार भएर काठमाडौंबाट विस्थापित हुने छन्।, उनीहरू काठमाडौंले हामीलाई सहारा दिन्छ, हाम्रो भोकको ज्वाला शान्त पार्न मद्दत गर्छ, हाम्रा केटाकेटीलाई सामान्य ढंगमा भए पनि पढ्ने–लेख्ने, हुर्कने–बढ्ने वातावरण दिन्छ र हामीलाई गरिखान कुनै रोकतोक गर्दैन भन्ने आशमा नागढुंगा नाघेर उपत्यका छिरेका हुन्। ती सबैलाई बालेन शाहको अपरिपक्व र उत्ताउलो निर्णयले काठमाडौं छाड्न बाध्य पार्दैछ। उनीहरूको गरिखाने सबै मेलो खोसेर सहरबाट खेद्न खोज्दैछ।, हिमाल होस् या पहाड–मधेस, देशी होस् या विदेशी, सबैलाई सहारा दिनु, सबैलाई आफ्नो भूमिमा स्वागत गर्नु, स्वीकार गर्नु र सबैलाई यहाँको सभ्यता र संस्कृतिमा घुलमिल गराउनु काठमाडौंको सदियौंदेखिको परम्परा हो। यही नै काठमाडौंको आत्मा हो।, गरिबमाथि धरपकड गरेर मेयर बालेन शाह काठमाडौंको आत्मा मार्दै छन्।, यी पनि पढ्नुहोस्:, हाम्रो दुःख मेयर बालेनसम्म पुगेको पो छैन कि!, महानगरमा लखेटी–लखेटी ठेला खोसिएकाहरूको कथा,
'बालेन शाहको कदम सहरी विद्रोहको कारक नबनोस्!' |
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टि-२० क्रिकेट लिगमा 'स्पट फिक्सिङ' भएको घटनामा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , बुधबारमात्रै उक्त लिग सकिएको छ। उक्त लिग लुम्बिनी अल स्टार्सले जितेको छ। , लिग सकिए पनि सिआइबीले यसको अनुसन्धान जारी नै राखेको छ। , अहिले अनुसन्धान अन्तिम चरणमा रहेको सिआइबी प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। , ‘अनुसन्धान प्रगति अहिले अन्तिम-अन्तिम चरणमा पुगेको छ। यसबारे प्रतिवेदन प्राप्त भएपछि हामी यसबारे सार्वजनिक गर्छौं,’ उनले भने।, यो लिग सुरूदेखि नै विवादमा थियो। लिगमा स्पट फिक्सिङको आशंका भएपछि सिआइबीको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडीहरू समेतको संलग्नता हुनसक्ने आशंका गरेको छ।, प्रहरीले ती प्रमाण जुटाउने काम पनि गरिरहेको हो। यद्यपि अहिले क-कसको संलग्नता देखिएको छ भन्न नसकिने सिआइबी प्रवक्ता संजयसिंह थापाले बताए। , ‘हामी अनुसन्धानकै चरणमा छौं। अनुसन्धानको प्रतिवेदन नआएसम्म केही भन्न सकिने अवस्था छैन। अनुसन्धानको प्रतिवेदनले निष्कर्ष अनुसार खेलाडी दोषी देखिए कानुनबमोजिम कारबाही गर्छौं,’ उनले भने। , बाहिर आएका खेलाडीहरूको भने संलग्नता नदेखिएको पनि उनले स्पष्ट पारे।, ‘अहिले आफैंले नै दोषी करार गरेर पनि खेलाडीहरूको नामसहित बाहिर आएका छन्। तर अहिले अनुसन्धानकै चरणमा छ,’ उनले भने। , नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो। , पटक/पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। ब्राउजरमा वान एक्स ब्याट डट कम हान्दा सिधैं वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशंका भएको थियो। , सेभेन थ्रीकै संलग्नतामा फिक्सिङका लागि खेलाडीलाई प्रयोग गर्ने गरिएको क्यानका एक केन्द्रीय सदस्यको आरोप छ।, यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए। , लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो। आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो। , समूह चरणको खेल भइरहँदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो। लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि 'अफर' गरिएको बताएका थिए। , लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि क्यानले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिट खडा गरेको थियो। युटिनमा उजुरी आएको केहीदिन पछि कमेन्टेटर र खेलाडीले बोलेका थिए। नियमअनुसार पहिला युटिनमा त्यस्तो उजुरी आउनु पर्ने हुन्छ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीलाई खबर गरेपछि अनुसन्धान गरेर गरी कारबाहीको प्रक्रिया अघि बढ्छ। ,
टि-२० क्रिकेट लिग फिक्सिङ: अन्तिम चरणमा सिआइबीको अनुसन्धान |
सेतोपाटी संवाददाता लमजुङमा शिक्षकको हत्या भएको ५ वर्षपछि फरार आरोपित पक्राउ परेका छन्। , लमजुङ राईनास नगरपालिका वडा नं. ०९ बस्ने ४२ वर्षीय बेलराम गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए। , बेलरामलाई प्रहरीले चितवन भरतपुर महानगरपालिका-१६ विजयनगरबाट बुधबार पक्राउ गरेको हो। उनीमाथि लमजुङकै छिमेकी पर्ने ५४ वर्षीय हितमान श्रेष्ठको हत्या गरेको आरोप छ। श्रेष्ठ पेशाले शिक्षक थिए। , २०७४ मंसिर ११ गते राति साढे ९ बजे श्रेष्ठको हत्या भएको थियो। उनको टाउकोमा काठले हिर्काएर गुरूङले हत्या गरेको आरोप थियो। , हत्या गरी फरार भएका गुरूङ चितवन आएर बसेका थिए। , प्रहरीका अनुसार उनीहरूले त्यसदिन सँगै बसेर मापसे गरेका थिए। मापसे गर्दा सामान्य विवाद हुँदा गुरूङले उनको टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीसँग भनेका छन्। , यस्तै त्यसबेलादेखि फरार रहेका उनी चितवनमा ‘लो प्रोफाइल’मा बस्दै आएका थिए। , उनले त्यहाँ आफ्नो नाम पनि परिवर्तन गरी बसेका थिए। चितवनमा उनले धेरैलाई आफ्नो नाम आशमान गुरूङ भनेर चिनाएका थिए। कतिपयलाई भने उनले आफ्नो नाम समेत बताएका थिएनन्। , यस्तै लमजुङमै श्रीमती र छोराछोरी भएपनि चितवनमा पनि उनले अर्कै महिलासँग विवाह गरेको पनि खुलेको छ। , ‘उनले आफ्नो परिवारसँग पनि अरूमार्फत सम्पर्क गर्ने देखियो। छोराछोरीको विद्यालयको शुल्क भर्न तिर्न उनले अरू मार्फत नै पैसा पठाउने गरेको पनि पायौं,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। , यस्तै उनी चितवनमा ट्याक्टरका सहचालक भएर काम गर्दै आएका थिए। प्रहरीले घटना भएकै बेलामा हतियारको रूपमा प्रयोग भएको काठ पनि बरामद गरेको थियो।, पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत लमजुङबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीमाथि ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यानमा अनुसन्धान भइरहेको छ। ,
लमजुङमा शिक्षकको हत्या आरोपित ५ वर्षपछि पक्राउ |
सेतोपाटी संवाददाता ललितपुरमा एक पुरूष मृत फेला परेका छन्। , बिहीबार बिहान सवा ११ बजे ललितपुर महानगरपालिका-२ सानेपाबाट कुलेश्वर जोड्ने नयाँ पुलमुनी एक पुरूष मृत फेला परेका हुन्।, अन्दाजी ४०-४५ वर्षीय पुरूष झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए। , ती पुरूष बागमती करिडोरको फुटपाथमा रहेको वालसहितको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको सनाखत हुन बाँकी नै रहेको एसपी पोखरेलले बताए। , बिहान स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको हो। , प्रहरीले मुचुल्का उठाएर शवको पोष्टमर्टम गर्न पाटन अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान गरिरहेको छ। , ,
सानेपा-कुलेश्वर जोड्ने पुलमुनि भेटियो पुरूषको शव |
सेतोपाटी संवाददाता नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ।, यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ भएको हो। उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो। , उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्।, सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।, गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।, यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।, पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ।, लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।, यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। , उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। , असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।,
सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ सकियो |
सेतोपाटी संवाददाता जनक शिक्षामा ल्याइएका चार वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बुधबार भक्तपुर सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा ल्याएको चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको हो।, जनकपुरबाट ल्याएको कागज गुणस्तरहिन भएको सूचना पाएपछि प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो। , अहिले उक्त कागज सोही केन्द्रको कम्पाउन्डमा राखिएको छ। यद्यपि त्यसलाई लोड गर्न नदिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , ‘गुणस्तर कम भएको भन्ने सूचना प्राप्त भएकाले हामीले चार ट्रक कागजलाई लोड गर्न दिएका छैनौं। अहिले त्यही कम्पाउन्डमा छ,’ उनले भने, ‘हाम्रो निगरानीमा छ।’, यस्तै ती कागजका गुणस्तरबारे अनुसन्धान हुने पनि उनले बताए। ,
जनक शिक्षाका चार ट्रक कागज प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको आक्रमणबाट एक सिंगे गैंडाको मृत्यु भएको छ।, निकुञ्जको सौराह सेक्टरअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने कोर क्षेत्रमा बुधबार गैंडा मृत भेटिएको थियो।, अन्दाजी ५ वर्षको उक्त गैंडाको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए। गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए। , योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा यस आर्थिक वर्षभित्र मृत्यु हुने गैंडाको संख्या ८ पुगेको छ।, त्यस्तै, बुधबार दिउँसो निकुञ्जकै अमलटारी सेक्टरअन्तर्गत पर्ने चम्पा सालघारीस्थित नारायणी नदीको बगरमा भाले पाटे बाघ मृत अवस्थामा भेटिएको सूचना अधिकारी तिवारीले बताए।, निकुञ्जको नियमित गस्ती टोलीले अन्दाजी १५ वर्षको बाघ मृत अवस्थामा भेटेको उनले बताए।, निकुञ्जले उक्त बाघको मृत्युको कारण प्राकृतिक भनेको छ।,
चितवन निकुञ्जमा बाघ र गैंडा मृत भेटिए |
शोभा शर्मा उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।, उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।, जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। , बिहीबार सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।, इजलासले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए। , ‘भोलि २० लाख बुझाएर छुट्छन्। विदेश जानलाई सर्तहरू छन्,’ उनले भने। , यस्तै, अदालतले लामिछानेलाई पीडितसँग सम्पर्क नगर्न आदेश दिएको छ।, उनका अनुसार यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए। , इजलासले उनलाई विदेश जानबाट रोक लगाएको छ। उनलाई काठमाडौं उपत्यका पनि नछाड्न भनेको छ। , छाड्नै पर्ने अवस्था भएमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। , इजलासले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पीडितलाई हानी पुर्याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताए। , अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि उनी भोलिमात्रै छुट्न लागेका हुन्। , सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए।, गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।, यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।, लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो।, असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।, ,
सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश |
सेतोपाटी संवाददाता टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , दाङ घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी-१० बस्ने २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत र २० वर्षीय डिल्लीराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरू सुरूमा टिकटकमा लाइभ आउँथे। लाइभमा अरूलाई पनि बोलाएर उनीहरूले तास खेलाउने गरेको हो। , उनीहरूले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउने एसपी कोइरालाले बताए। यसरी हारजित हुने गरी तास खेलाइरहेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। , पछिल्लो समय टिकटकमा थुप्रैले यसरी जुवा खेलाइरहेका छन्। , उनीहरूमाथि मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाएको छ।, प्रहरीको अनुसन्धानबाट ऋषि प्रकाश योगीले पब्जी र पब्जी २ नामक दुईवटा टिकटक आइडी बनाएका थिए। उनले यसरी एक महिना १० दिनदेखि जुवा खेलाइरहेको अनुसन्धानबाट खुलेको छ।, यसअवधिमा उनले २८ लाख ७३ हजार ३५४ रुपैयाँ बराबरको कारोबार गरेको पाएको छ। , यस्तै पोकर किङ नामक टिकटक आइडी खोलेर तीन वटा इसेवा वालेट पनि खोलेका थिए। उनले १० दिनमा १० लाख ५२ हजार ९६२ बराबरको रकम कारोबार गरेको देखिएको छ।, प्रेम र डिल्लीराजको आइडीबाट भने एक महिना ६ दिनको अवधिमा ९३ हजार २१४ रुपैयाँको कारोबार भएको छ। ,
टिकटक लाइभमा तास खेलाउने चार जना पक्राउ |
रासस तीन महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। , शृङ्खलाबद्ध रूपमा अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा तीन जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती २२ वर्षीया शिवा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , उनीहरूले वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएको आरोप छ।, उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए। , श्रीमतीसँग मिलेर गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा–१० सिद्धाराकी शिवालाई प्रहरीले पक्राउ गरेको हो।, गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।, उनीहरू दुवैविरूद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको रिजालले जानकारी दिए। ,
तीन महिलाको हत्या गरेको आरोपमा दम्पत्ती पक्राउ |
सेतोपाटी संवाददाता राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।, आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्।, पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो।,
विभागले भन्यो- अब पासपोर्ट लिन आउनू |
सेतोपाटी संवाददाता उपहार पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको दार्जिलिङ घर हुने ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचिनगर नगरपालिका-८ बस्ने ३७ वर्षीय बिममाया मगरलाई पक्राउ गरेको हो। उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। , उनीहरूले पीडितलाई फेसबुक मेसेन्जरमार्फत मेसेज गरेका थिए। मेसेज गरी आफूहरू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै चिनाएका थिए। , आफूसँग अमेरिकी डलर भएको र उक्त रकम पठाइदिने भन्दै प्रलोभनमा पार्न फोटोहरू समेत पठाउने गरेको अनुसन्धानबाट देखिएको छ। यस्तै उपहार समेत पठाइदिएको र एक-दुई दिनमा आइपुग्ने हुँदा रिसिभ गर्न जान बाध्य समेत पारेको देखिएको छ। , रकम र उपहार आवश्यक नभएको भनेपनि इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ)को फन्ड अप्रोभल सर्टिफिकेटको फोटो दुरूपयोग गरी मनी लाउन्डरिङ समेत फसिसकेको भन्दै धम्क्याउने गरेको एसपी रायले बताए। , यसरी फसिसकेको हुँदा ह्वाट्सएप नम्बरमा आएको बैंक खातामा पटकपटक पैसा जम्मा गराउन लगाएको देखिएको छ। यसरी ठगी गरेको आरोपपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। , काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत दिएको छ। ,
ठगी गरेको आरोपमा दुई जना पक्राउ |
सेतोपाटी संवाददाता नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले एक सातादेखि टिएलडी उपकरण वितरण गर्ने कार्य ठप्प पारेको छ। टिएलडी उपकरण रेडियसन उत्पादन हुने क्षेत्रमा काम गर्ने मानिसहरूले प्रयोग गर्ने गर्छन्।, विज्ञहरूका अनुसार मानिसको शरीरले वर्षमा २० मिलिसिभरभन्दा बढी रेडियसन लिनु हुँदैन। २० मिलिसिभरभन्दा बढी शरीरमा रेडियसनको मात्रा हुनु खतरा मानिन्छ। जसले गर्दा मानिसमा क्यान्सर, बाझोपन र पेटभित्र बच्चाको अवस्था असामान्य हुनेजस्ता जोखिम हुनेगर्छ।, त्यसैले अस्पताललगायत उद्योग, कलकारखानामा रेडियसन उत्पादन हुने क्षेत्रमा काम गर्ने कर्मचारीले टिएलडी उपकरण प्रयोग गर्ने गर्छन्। यो उपकरणले ती क्षेत्रमा काम गर्ने कर्मचारीको शरीरले कति रेडियसन लिइरहेको छ भन्ने रेकर्ड राख्छ। त्यसपछि उक्त उपकरणलाई रिडर मेसिनमा राखेपछि मानिसको शरीरमा रेडियसनको मात्रा कति छ भन्ने सबै विवरण देखिन्छ।, अहिलेलाई यो काम गर्ने अधिकार नास्टलाई मात्र छ। केही अस्पताल वा निजी क्षेत्रले भारतमा लगेर जाँच गर्ने गरे पनि अधिकांशले भने नास्टमै जाँच गराउने गरेका छन्। अहिले नास्टसँग जम्मा १५ सय वटा टिएलडी उपकरण छन्। जसमध्ये १४ सय टिएलडी उपकरण विभिन्न अस्पताललाई दिइएको छ। बाँकी सय वटा भने नास्टले अनुसन्धानका लागि आफूसँगै राखेको छ।, यसरी टिएलडी उपकरण प्रयोग गर्नेमा देशैभरका अस्पताल तथा पोलिक्लिनिक छन्। यो उपकरण प्रयोग गर्न दिएबापत् नास्टले ती अस्पतालहरूसँग निश्चित शुल्क लिने गरेको छ। जसमा सरकारी अस्पतालको लागि ७५० र निजी अस्पतालको लागि १००० रुपैयाँ शुल्क तोकिएको छ। एकचोटि तिरेको शुल्कले अस्पतालहरूले तीन महिनाका लागि सेवा पाउँछन्। , नास्टले यो उपकरण इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) बाट अनुदानमा पाएको हो। अनुदानमा पाएको उपकरण पनि व्यवस्थापन गर्न नसक्दा नास्टले एक सातादेखि सेवाग्राहीलाई सेवा दिन सकेको छैन। जबकी अस्पतालको एक्सरे काम गर्ने कर्मचारीदेखि रेडियसन उत्पादन हुने क्षेत्रमा काम गर्ने सबैले यो उपकरण अनिवार्य लगाउनुपर्ने हुन्छ। किनकी यो उपकरणले उनीहरूको शरीरमा कति रेडियसनको मात्रा छिरिरहेको छ भन्ने रेकर्ड राखिरहेको हुन्छ।, नास्टले एक सातादेखि टिएलडी सेवा ठप्प पारेको छ। अहिले कार्यालयले टिएलडी सेवा लिन आउने सेवाग्राहीलाई फर्काइदिने गरेको छ। नास्टमै कार्यरत एक कर्मचारीले अहिले नेतृत्व तहबाटै टिएलडी सेवा नदिनु भन्ने निर्देशन रहेको जनाए।, ‘टिएलडी सेवा भनेको एकदिन पनि बन्द हुनु हुँदैन। तर अहिले यो सेवा लिन आउने सेवाग्राहीलाई रिसेप्सनबाटै फर्काउने गरिएको छ,’ ती कर्मचारीले सेतोपाटीसँग भने।, यसरी एक सातादेखि टिएलडी सेवा ठप्प भए पनि नेतृत्वले भने यो सेवा सुचारू गर्न कुनै पहलकदमी लिएको छैन। किनकी अहिले यो सेवा प्रमाणीकरण गर्ने व्यक्ति नहुँदा पनि नास्टले सो ठाउँमा अर्को कर्मचारी व्यवस्थापन गर्न सकेको छैन।, नास्टकी विज्ञान संकाय प्रमुख निशा राणाले पनि अहिले टिएलडी सेवा बन्द भएको स्वीकार गरिन्। सुरूमा यो सेवा बन्द नभएको बताएकी उनले पछि जनशक्तिको अभावमा सेवा बन्द भएको बताइन्।, ‘फिजिकल युनिटको मान्छे जापान जानुभएको चार-पाँच दिन भयो। गर्ने मान्छे मात्र भएन नि, त्यसको प्रमाणीकरण गर्ने मान्छे पनि हुनुपर्यो,’ राणाले भनिन्, ‘ल म मान्छे ल्याएर काम गराइदिउँला तर प्रमाणीकरण कसले गर्ने?’, आफूले जनशक्ति नभएको कुरा नेतृत्वलाई पनि जानकारी गराएको उल्लेख गर्दै उनले भनिन्, ‘अस्ति पनि मान्छे छैन, एकजना राखिदिनुपर्यो भनेर भनें। उहाँहरूले पनि हुन्छ भन्नुभएको छ।’, यसअघि टिएलडी सेवाको प्रमाणीकरण गर्ने काम दीपेन्द्रदास मुल्मीले गर्दै आएका थिए। तर उनी केही दिनअघि तालिमको लागि जापान गएसँगै अहिले यो सेवा रोकिएको छ। अहिले नेतृत्वले यो सेवा सुचारू गर्न ढिलासुस्ती गरिरहँदा नेतृत्वले यसको जिम्मा निजी क्षेत्रलाई दिन लागेको पनि आशंका गरिएको छ।, किनभने केही समयअघि निजी क्षेत्रका केही मानिस टिएलडी सेवाको ठेक्का आफूलाई दिन प्रस्ताव लिएर गएका थिए। नास्टकै अर्का एक कर्मचारीले आफ्नो पनि ती निजी क्षेत्रका मानिसहरूसँग कुराकानी भएको सुनाउँदै सेतोपाटीसँग भने, ‘उहाँहरूले तपाईंहरूलाई टिएलडीको काम गाह्रो भइरहेको होला। यसको जिम्मा हामीलाई दिनुस्, सबै काम हामी गर्दिन्छौं भन्नुभयो। हामीले यस्तो कुरा माथि नै गर्नुस् भनेर भन्दियौं।’,
नास्टले एक सातादेखि रोक्यो टिएलडी सेवा, जोखिममा काम गर्नेहरू मर्कामा |
सेतोपाटी संवाददाता सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो पौने २ बजे खडक नगरपालिका-११ मा दुई वटा मोटरसाइकल टिपर पछाडि ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। , स १ ख ९२८ नम्बरको टिपर बिग्रेर बाटोमा रोकिराखेको थियो।, उक्त टिपर पछाडि बोदेबर्साइनबाट राजविराज तर्फ जाँदै गरेको बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। , उक्त मोटरसाइकल ठोक्किँदा दुई जना चालकको मृत्यु भएको हो। , खडक नगरपालिका-११ बनौली बस्ने २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र डाक्नेश्वरी-१० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको हो। , मोटरसाइकल पछाडी सवार दुई जना घाइते छन्। प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। ,
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु |
सेतोपाटी संवाददाता फिनल्यान्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , म्याग्दी मालिका गाउँपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुनलाई प्रहरीले पक्राउ गरेको हो। , सुरूमा उनले सामाजिक सञ्जालमार्फत पीडितहरूलाई फिनल्यान्डमा आकर्षक तलब तथा सुविधा पाइने ठाउँमा काम लगाइदिने भन्दै विश्वासमा लिने गर्थिइन्। , त्यसपछि शैक्षित्र योग्ताको प्रमाणपत्र, राहदानीको फोटो लगायत कागजातहरू समेत पठाउन लगाएको खुलेको छ। , त्यसरी काम गर्न जानको लागि ५ लाख लाग्ने र मासिक एक हजार ५० यूरो अर्थात कम्तीमा पनि एक लाख ४२ हजार रुपैयाँ कमाइ हुन्छ भनेर प्रलोभनमा समेत पारेको देखिएको छ।, त्यसरी खाना बस्नको सुविधा समेत रहेको भन्दै उनले आफ्नो खातामा पटकपटक गरी सात लाख सम्म लिएको खुलेको छ।, ७ लाख लिएपछि उनी सम्पर्कबिहीन भएको एसपी कोइरालाले बताए। , सम्पर्कबिहीन भएको भन्दै उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ। ,
,
फिनल्यान्डमा रोजगारी मिलाइदिने भन्दै ठगेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन। , कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो। , वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए। त्यही बेला उनीसँगै कक्षामा पढ्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए। , बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेत नदिई घरबाट ३ सय मिटर टाढासम्म लगेको पाइएको छ। सुनसान खाली चौरमा लगेर मुखमा गलबन्दी, पन्जा तथा रूमाल समेत कोचेको पाइएको छ। कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टासमेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए। , परिवारले आफ्ना छोरा हराएको भन्ने खबर दिएपछि प्रहरीको टोली खटिएको थियो। , उक्त टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको हो। यस्तै आरोपित चार जना बालकलाई पनि नियन्त्रणमा लिइएको छ। पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। , डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे। उनीमाथि रिस, द्वेश र आरिसका कारण अपहरण गरेको पाइएको हो। , अपहरण गर्ने बालकहरूलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागिएको हो।,
,
कक्षामा सधैँ प्रथम भएको भन्दै साथीको अपहरण, चार बालक पक्राउ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.