content
stringlengths 31
27.4k
⌀ |
---|
फेरि सलह नेपाल आउने जोखिम, एक्शन प्लान बनाउँदै प्लान्ट क्वारेन्टिन सेन्टर काठमाडौं। विनाशक किरा सलह फेरि नेपाल आउने जोखिम बढेको छ। विगतमा प्रवेश गरेको सलह एकप्तासम्म सक्रिय रहेर मरेपछि राहत महसुस गरेका नेपाली किसानका लागि फेरि यस्तो खबर आएको हो।
सलहबारे अनुसन्धान र प्रतिकार्य गरिरहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले सलहको अर्को झुण्ड भारतबाट नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको जनाएको छ।
सेन्टरका प्रवक्ता रामकृष्ण सुवेदीले भारतको राजस्थानमा सक्रिय रहेको सलह नेपाल आउन सक्ने जोखिम रहेको बताए। उनले डिसी नेपालसँग भने, ‘भारतको राजस्थानमा सलहका धेरै झुण्ड सक्रिए छन्। हावाको दिशाको कारण ती झुण्ड नेपाल आउने जोखिम छ।’ उनका अनुसार बिहीबारको मौसमी पूर्वानुमानअनुसार राजस्थानको सलह नेपाल आउने अनुमान गरिएको हो।
बिहीबार राजस्थानमा हावाको दिशा पूर्वी उत्तरतर्फ रहेकाले ती सलह नेपाल आउने सम्भावना रहेको हो। सुवेदीले भने, ‘मौसमी पूर्वानुमानअनुसार सलह नेपाल आउने सम्भावना छ। तर, वर्षा भयो भने यो अनुमान गलत पनि हुन सक्छ।’
उनले सलहको फेरि जोखिम बढेपछि सेन्टरमा बुधबार दातृ निकायका अधिकारीसँग छलफलसमेत बताएको जानकारी दिए। उनले भने, ‘दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको छ। उहाँहरुले सहयोग गर्ने मनाशाय देखाउनु भएको छ। हामीले पनि के कस्तो सहयोग आवश्यक पर्छ सूची बनाउँदै छौं।’
उनले सलहविरुद्धको एक्शन प्लान पनि बनाइएको जानकारी दिए। उनले बिहीबार सेन्टरले बनाएको एक्शन रपलान मन्त्रालयमा पठाइने बताए। उनले सलहविरुछ स्थानीय तहलाई तयारी अवस्थामा राख्नुनर्पे बताए। उनले त्यसका लागि स्थानीय तहमा विषादी स्टक राख्ने तयारी गरिएको बताए।
सलह नेपालमा एक हप्ता सक्रियता रहँदा मकैबालीमा सबैभन्दा धेरै क्षति गरे पनि क्षतिको विवरण भने प्राप्त भइनसकेको सेन्टरले जनाएको छ। सेन्टरका प्रवक्ता सुवेदीले भने, ‘हामी फिल्डमा जाने अवस्था छैन। स्थानीय तहसँग रिपोर्ट मागेका छौं। केही दिनपछि विवरण आउँछ होला। |
कोरोना समुदायमा छैन् तर फैलिन सक्छः डा. वासुदेव पाण्डे काठमाडौं । सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिइनसकेको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले भने, “यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिङ्क’ भएको पाइएको छ ।” उनले भने, “कोरोना भाइरस समुदायमा आउन सक्छ, योसँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायसम्म कोरोना भाइरस पुगिसकेको होइन ।”
समुदायस्तरमा कोरोना फैलिएको छ÷छैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले अधिकांश सङ्क्रमित विदेशबाट आएको व्यक्ति भएको बताए। “अहिलेसम्म ८७ प्रतिशत सङ्क्रमित पुरुष छन् । उहाँहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुनुहुन्छ । उहाँहरु श्रम गर्न अन्य देश जानुभएको थियो । विदेशमा श्रम गर्न जाँदा उहाँहरुमा कोरोना सङ्क्रमण भएको हो”, निर्देशक पाण्डेले भने ।
काठमाडाँै उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उहाँले सङ्क्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताए । “सङ्क्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका हुनुहुन्छ, यीमध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएको हुनुहुन्छ”, उनले भने ।
कसरी बढे काठमाडौँमा सङ्क्रमित
विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको उनले बताए । विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही सङ्क्रमण बढ्न गएको महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सम्बन्धित मुलुकले पिसिआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा सङ्क्रमण देखिएको उनको भनाइ छ । विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उनले जानकारी दिए। कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उनको भनाइ छ ।
केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको निर्देशक पाण्डेले बताए । खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्सलगायत मुलुकबाट सङ्क्रमित आएको अवस्था छ । आयातीत सङ्क्रमितबाट उपत्यकामा जोखिम बढेको छ÷छैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उनले बताए । तीमध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उनले जानकारी दिए। “अन्य नौ ठाउँको पनि नमूना सङ्कलन भइरहेको, एक÷दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ”, उनले भने । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्र्याइँ नगर्न अपिल गरे ।
‘लक्षणविहीन कोरोना सङ्क्रमित’
नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । महाशाखाका निर्देशक पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए । “अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन”, उनले भने, “उहाँहरु सङ्क्रमित हुनुहुन्छ, तर उहाँको लक्षण केही छैन ।”
नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । तीमध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । “अहिलेसम्म हाम्रो स्थिति हेर्दाखेरि वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ”, उनले भने, “अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।” |
ट्रमा सेन्टरले विभेद गरेको भन्दै आन्दोलित उम्मेद्वारद्वारा अख्तियारमा उजुरी काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले विभेद गरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका परीक्षार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। मंगलबार उनीहरुले ट्रमा सेन्टरले आफूहरुमाथि विभेद गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन्।
राष्ट्रिय ट्रमा सेन्टरले माग गरेको २५ जना स्टाफ नर्सहरुका लागि १ हजार बढीले आवेदन दिएका थिए। ट्रमा सेन्टरले फागुन ३० गते सूचना प्रकाशित गरी २५ जना स्टाफ नर्स पाँचौं तहमा दरखास्त आह्वान गरेको थियो।
११ सय भन्दा बढीले फारम भरेपनि १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तर्वार्तामा बोलाएपछि स्टाफनर्स आन्दोलित हुँदै आएका छन्। उनीहरुले पक्षपातपूर्ण तरिकाले १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तर्वार्ताका लागि बोलाएको भन्दै उनीहरुले मंगलबार अख्तियारमा उजुरी दिएका हुन्।
पहुँचवाला र आफ्नालाई मात्र सर्ट लिस्टमा राखेको उनीहरुको गुनासो छ। उनीहरुले विभिन्न काराण देखाउँदै सेन्टरले आफ्नालाई मात्र परीक्षाबिना नै सर्टलिस्टमा छानेको भन्दै आन्दोलन थालेका छन्। शनिबारदेखि उनीहरुले आन्दोलन सुरु गरेका छन्।
सेन्टरले असार १९ गते अर्को सूचना जारी गर्दै प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको बताएको छ। यस्तै, उक्त सूचनामा अन्र्तवार्ताका लागि भन्दै १ सय ७७ जनाको नाम प्रकाशन गरेपछि अन्य परीक्षार्थीहरु आन्दोलित भएका हुन्।
यसअघि सेन्टरले जेठ ८ गते सूचना प्रकाशित गरी सम्पूर्ण परीक्षार्थीलाई एसएमएस गरेको थियो। सूचनामा पठाइएको एसएमएस अनुसार आफ्नो नाम, ठेगाना र नर्सिङ्ग काउन्सिल नं. सहित सम्पर्क गर्नुहुने स्टाफ नर्सका उम्मेदवारहरुलाई कर्मचारी छनौट समितिले जानकारी गराउने व्यहोरा उल्लेख गरिएको छ।
तर, अन्तिम अवस्थामा आएर आफुहरुमा अन्याय भएको परीक्षार्थीले बताएका छन्। उनीहरुले फारम भरेका सबैलाई परीक्षामा सामेल गराउनु पर्ने माग समेत राख्दै आएका छन्। |
गङ्गटेमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु नुवाकाेट । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।
दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ। रासस |
सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ काठमाडौं । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग २५ हजार तथा तामाङले तीन यात्रुसँग ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। |
भारतीय मिडियामा नेपालविरुद्ध प्रोपोगाण्डाः स्थापना नै नभएको सुरक्षा चौकी हटाएको हल्ला
काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपालविरुद्ध हुँदै नभएको कुरा भयो भनेर हल्ला फैलाइरहेका छन्। यसैक्रममा भारतको अंग्रेजी भासाको पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा अर्को प्रोपोगाण्डा समाचार प्रकाशित गरेको छ।
समाचार हो नेपालले सूदुरपश्चिमको दार्चुलाबाट सीमा सुरक्षा चौकी हटाएको विषय।
तर, त्यहाँबाट नेपालले सीमा सुरक्षा चौका हटाएको छैन, बरु थपेको छ। सशस्त्र प्रहरी बल (एपीएफ)का प्रवक्ता डीआईजी प्रवीनकुमार श्रेष्ठले दार्चुलाबाट कुनै सीमा सुरक्षा चौकी नहटाइएको बताए। उनले डिसी नेपालसँग भने, ‘हामीले त्यहाँबाट चौकी हटाएका छैनौं, बरु थपेका छौं। अहिले दार्चुला जिल्लामा ४ वटा सीमा सुरक्षा चौकी छन्। त्यहाँ अरु चौकी थप्ने तयारी भइरहेको छ।’
उता हिन्दुस्तान टाइम्सले दार्चुलामा ६ वटा सीमा चौकी स्थापना गरिएको र ती मध्ये २ वटा हटाएको भनेर हुँदै नभएको समाचार प्रकाशित गरेको छ। नेपालले दार्चुलामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि त्यहाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना गरेको छ। नेपालले सीमा क्षेत्रमा २२१ वटा सीमा सुरक्षा चौकी थप्ने गरी काम गरिरहेको डीआईजी श्रेष्ठले जानकारी दिए। |
बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ कास्की । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा तीन हजार ११६ जरिवाना फैसला गरेको थियो । वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए। |
भारतीयको अवरोधपछि हुलाकी राजमार्ग निर्माणको काम रोकियो काठमाडौं। भारतीय पक्षको अवरोधपछि कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा पर्ने हुलाकी राजमार्गको निर्माण रोकिएको छ। बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने पुचईमा नेपालले राजमार्गको काम गरिरहेको बेला भारतीय पक्षले दशगजा क्षेत्रमा सडक बनाइएको भन्दै अवरोध गरेको थियो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आइतबारबाट काम रोकिएको जनाकारी दिए। उनले डिसी नेपालसँग फोनमा भने, ‘पिल्लर नम्बर ३८ रहेको यो क्षेत्र पहिलादेखि नै विवादित हो। उनीहरुको अवरोधपछि हामी तत्काल काम रोक्न भनेका छौं।’
नेपालले राजमार्गको ट््रयाक खोल्ने काम सम्पनन्न गरिसकेको क्षेत्रमा भारतीय अवरोध भएको हो। हाल त्यहाँ ग्रावेलको काम भइरहेको थियो। विवादित क्षेत्र भएकाले अहिलेलाई काम रोकिएको र दुबै देशका सर्वे टिमले सीमाको निक्र्यौल गरेपछि काम शुरु हुने प्रमुख जिल्ला अधिकारीले बताए। उनले यो विषयमा माथिल्लो निकाय गृह मन्त्रालयमा जानकारी गराइ सकिएको बताए।
नेपाल र भारतबीच नेपालले नयाँ नक्सा जारी गरेपछि देखिएको यो अर्को विवाद हो। |
प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्रीसँग सेनापति थापाको नियमति भेट भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘नियमित भेट हो अरु राजनीतिक छलफल केही भएन।’
सत्तारुढ दल नेकपामा विवाद भइरहेका बेला यो भेट भएको हो। |
जवरजस्ती करणीको आरोपमा आश्रम सञ्चालक पक्राउ काठमाडौं । पशुपति आश्रमका सञ्चालक जगदीश वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेलले पक्राउ गरेको छ।जवरजस्ती करणी उद्योगमा उनी पक्राउ परेका हुन् ।
प्रहरी परिसर ललितपुरका प्रवक्ता तुल बहादुर कार्कीका अनुसार वैद्यको मुद्धा महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेकोले उनलाई कालीमाटी पठाइएको छ । उनीमाथि थप अनुसन्धान काठमाडौं प्रहरीले गर्ने छ । |
प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ।
सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
उनका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। रासस |
अकवरे चोकमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, ५ घाइते तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन्।
आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताए ।
दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन्।
मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताए।
घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ। रासस |
हावाको दिशा परिवर्तन हुँदा नेपाल आउनै लागेको सलहको झुण्ड भारतमा तितरवितर काठमाडौं। विगत केही दिनदेखि नेपालमा विनाशक किरा सलहले बालीनालीमा क्षति गरिरहेको छ। देशका विभिन्न ५२ जिल्लाम देखिएको सलह शुक्रबार दुई जिल्लामामात्र सक्रिय रहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले जनाएको छ। सेन्टरका अनुसार शुक्रबार रोल्पा र प्यूठानमा मात्र सलह सक्रिय रहेको छ।
यसैबीच भारतबाट थप सलह नेपाल आउने सम्भावना तत्कालका लागि टरेको छ। बिहीबार नेपालबाट करिब ५ सय किलोमिटरको दूरी भारतको इटहवामा रहेको सलह हावाको दिशामा परिवर्तन आएपछि सो सलह उत्तरप्रदेशबाट मध्य प्रदेशतर्फ लागेको सेन्टरले जनाएको छ। सेन्टरका अनुसार सो सलहको झुण्ड नेपालको रुपन्देहीबाट करिब ७ सय किलोमिटर टाढा पुगेको छ।
हावाको दिशासँगै सलहले पनि दिशा परिवर्तन गरेको हो। सलहले धेरैजसो मकैबालीमा क्षति गरेको सेन्टरले जनाएको छ।
२८३ हेक्टर |
विपद् बुलेटिन : बीस घटना, तीनको मृत्यु काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् । कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् ।
पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक/एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन् ।
यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ । वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाको बालकको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले आज एक सूचनामार्फत जनाएको छ । |
तीन दिनदेखि हराएकी बालिका मृत भेटिइन् काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी छिन्।
वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि शुक्रबार आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमाष्टपार्टम लागि प्रादेशिक अस्पताल पठाइएको छ । |
चट्याङ्ग लागेर वृद्धको मृत्यु सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको आज मृत्यु भएको छ ।
खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहनुभएका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो ।
चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ । खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको बताए । त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक÷एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उनले जानकारी दिए। |
श्रम स्वीकृति खुला, साउन सातसम्म अन्तर्राष्ट्रिय सीमा बन्द काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएका कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः स्वीकृति जारी गरिने भएको छ ।
यस्तै कोरोना महामारीका सम्बन्धमा सरकारले गत जेठ १८ गते जारी गरेको सङ्क्रामक रोग ऐन, २०२० बमोजिमको आदेशलाई आगामी साउन ६ गते मङ्गलबारसम्मका लागि निरन्तरता दिइने भएको छ ।
यस्तै कोरोना सङ्क्रमणको जोखिमको विश्लेषणका आधारमा जिल्लामा सङ्कट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भूभाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सील गर्नसक्ने व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय सीमामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ । सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिने भएको छ ।
यस्तै नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानी वाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानी वाहकलाई नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिइने भएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन तथा प्रस्थानमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका कर्मचारीलाई मास्क, स्यानिटाइजर र पञ्जा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुलाई विभिन्न होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोका लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री डा खतिवडाले जानकारी दिए।
सरकारले कोरोनाको रोकथाम, नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको ठहर गर्दै खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी सहयोग पु¥याउन सरकारले सबै नेपालीलाई आग्रह गरेको छ । |
सेनाका दुई उच्च अधिकृत बर्खास्त काठमाडौं। नेपाली सेनाका दुईजना उच्च अधिकृत बर्खास्तीमा परेका छन्। सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो।
बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो। सैनिक आचारणमा बस्न नसकेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको सेनाको स्रोतले जनाएको छ। तर, कस्तो आचारण उल्लंघन गरेको भन्नेबारे केही खुलाइएको छैन। |
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन काठमडाौं। नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा उनको निधन भएको हो। ६६ वर्षीया छन्तयाल मुटु सम्बन्धि रोगबाट पीडित थिइन्।
|
लकडाउनपछि विश्वका विभिन्न देशबाट साढे ११ हजार नेपाली नागरिक स्वदेश फर्किए काठमाडौँ। विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रोजगारी गुमाएका झण्डै साढे ११ हजार नेपालीलाई सरकारले उद्धार गरेको छ।
सरकारले जेठ २३ गते (जुन ५ तारिख) का दिनबाट सुरु गरेको उद्धार कार्यक्रम अन्तर्गत आइतबारसम्म ११ हजार ५५० जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले डिसी नेपाललाई बताए ।
प्रवक्ता पौडेलले भने, “अहिले विभिन्न देशमा रहेका नेपालीहरु फर्किनेक्रम जारी छ। विदेशमा विभिन्न कारणले रोकिएका र सरकारको पहिलो प्राथमिकतामा परेका नेपालीमध्ये शनिबार बेलुकासम्म ११ हजार ५५० जना नेपाली नागरिक स्वदेश फर्किसकेका छन्।
अन्यको उद्धार कार्य जारी छ।” अन्य विभिन्न देशमा रहेका बाँकी नागरिकको पनि कार्यतालिका अनुसार उद्धार हुनेक्रम जारी रहेको प्रवक्ता पौडेलले बताए।
अहिले विभिन्न देशमा रहेका नेपालीहरु फर्किनेक्रम जारी छ। विदेशमा विभिन्न कारणले रोकिएका र सरकारको पहिलो प्राथमिकतामा परेका नेपालीमध्ये शनिबार बेलुकासम्म ११ हजार ५५० जना नेपाली नागरिक स्वदेश फर्किसकेका छन्।
अहिले सरकारले पहिलो चरणमा ३० देशमा विभिन्न कारणले रोकिएका र पहिलो प्राथमिकतामा परेका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ। अहिलेसम्म अष्ट्रेलिया, अमेरिका, यूके, जापान, बंगलादेश लगायतबाट नेपालीहरु स्वदेश फर्किरहेका छन्।
तीन महिनाको लामो लकडाउन खुकुलो बनाएर नेपाल सरकारले विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरुको जेठ २३ गते (जुन ५ तारिख) बाट उद्धार सुरु गरेको थियो।
सरकारले जुन १० देखि उद्धार गर्ने तयारी गरेको भएपनि सम्बन्धित देशले नै ल्याइदिने भएपछि अलपत्र नेपालीहरु चाँडै फर्किन थालेका थिए। अहिले विदेशबाट ल्याइएका नेपालीहरुलाई सेनाले संयोजन गरेर होल्डिङ सेन्टरमा राख्ने र स्थानीय तहलाई जिम्मा लगाउने काम गरिरहेको छ।
अहिले सरकारले प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालीम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको उद्धार गरिरहेको छ।
यूएईबाट फर्किए सबैभन्दा धेरै नेपाली
कोरोना र लकडाउनका कारण विदेशमा रोकिएका मध्ये सबैभन्दा धेरै नेपाली यूएईबाट स्वदेश फर्किएका छन्। नेपालीहरुको प्रमूख श्रम गन्तव्य मुलुक मध्येको एक युएईबाट बुधबारसम्म २ हजार १७ जना नेपाली स्वदेश फर्किएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले डिसी नेपाललाई जानकारी दिए।
उनका अनुसार, कुवेतबाट २ हजार २, साउदीबाट १ हजार २१८, मलेसियाबाट ९२१, बंगलादेशबाट ८१५ र कतारबाट ६३८ नेपाली स्वदेश फर्किएका छन्।
यस्तै, अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट ३१३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, माल्दिभ्सबाट ६०४, श्रीलंकाबाट ५, सिङ्गापुरबाट १४६, हङ्कङबाट ८९, पाकिस्तानबाट ७२, बहराईनबाट ४२०, अमेरिकाबाट ५२३, बेलायतबाट २२९ गरी जम्मा ११ हजार ५५० नेपाली स्वदेश फर्किएको प्रवक्ता शर्माले बताए।
लकडाउनमा ३१८ को मृत्यु, ८७ शव नेपाल ल्याइयो
नेपालमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि लकडाउन जारी भएपछि मात्रै वैदेशिक रोजगारीमा गएका ३१८ जना नेपालीको ज्यान गएको बैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार पछिल्लो समय लकडाउन खुकुलो भएसँगै ८७ वटा शव नेपाल ल्याइएको छ।
डिसी नेपालसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदीले भने, “लकडाउनको समयमा मात्रै विभिन्न देशमा ३१८ जना नेपालीको मृत्यु भएको छ ।
जसमा हामीले पछिल्लो समय ८७ वटा शव नेपाल ल्याएर मृतकका परिवारलाई बुझाई सकेका छौँ भने ११४ जना नेपालीको शव परिवारको स्विकृती पछि विदेशमै अन्तिम संस्कारका लागि सिफारिस गरेका छौँ ।” उनका अनुसार अन्यको शव क्रमिक रुपमा स्वदेश ल्याउने कार्यतालिका छ।
सोमबार मलेसिया र कतारबाट उद्धार हुँदै
सोमबार मलेसिया र कतारमा विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धार हुँदै छ । उनीहरुलाई लिन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई विमान आइतबार राति त्यसतर्फ उडेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
आइतबार राति नेपाल एयरलाइन्सका जहाज कतारको दोहा र मलेसियाको क्वालालम्पुर उडेका छन् भने हिमालय एयरलाइन्सको चार्टर्ड विमान पनि नेपाली नागरिक लिन मलेसिया गइसकेको छ । |
मन्त्रालयको अध्ययन गलत सावित, नेपाल प्रवेश गर्यो सलह काठमाडौं। सरकारले नेपालमा नआउने भनी दावी गरेको सलह नेपाल प्रवेश गरेको छ। शनिबार नेपालका तराईका जिल्लाहरुमा सलह देखिएको छ। फट्यांग्राकै एक प्रजाति सलहले बालीनाली नष्ट पारिदिने गर्छ ।
भारतको राजस्थान र झरखण्डमा सलहले उधुम मच्चाएपछि सलह नेपालमा पनि आउन सक्ने चर्चाकाबीच कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले अघिल्लो महिना नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो।
झरी शुरु भएको, हावाको वहाव परिवर्तन भएको जस्तो कारण देखाउँदै प्रतिवेदनमा नेपालमा सहल नआउने दावी गरिएको थियो। अध्यय कार्यदलको यस्तो प्रतिवेदनका कारण सरकारले सलहको सम्भावित जोखिमबारे कुनै तयारी गरेन। तर, खेतिपाती शुरु भएकोबेला तराईका जिल्लामा प्रवेश गरेको सलहले नेपालमा कृषि क्षेत्रमा ठूलो संकट निम्त्याउने जोखिम बढेको छ। बारा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा सलह देखिएको छ।
नेपालमा सलह ६० वर्षपछि देखिएको हो। यसअघि १९६० मा काठमाडौं उपत्याकालगायतका जिल्लामा सलह देखिएको कृषि मन्त्रालयले जनाएको छ। त्यतिबेला पनि नेपालमा खाद्य संकट निम्तिएको थियो। |
कोरोना अपडेट : थपिए ५५४ संक्रमित काठमाडौं। कोरोना भाइरस कोभिड १९ का नेपालमा थप ५५४ जना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० महिला र ४३४ पुरुष गरी ५५४ संक्रमित थपिका छन्।
स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले देशका ७७ वटै जिल्लामा संक्रमित फेला परेको जानकारी दिए। कोरोनाबाट हालसम्म २८ जनाको मृत्यु भइसकेको छ। शनिबार थप एकजनाको मृत्यु भएको जनाएको छ। भरतपुृर अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो।
यसैबीच नेकपा स्थायी कमिटि बैठकमा वितरण गरिएको भाइरस रिमुभिंग कार्डबारे पनि स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया जनाएको छ।
हालसम्म कुनै त्यस्तो कार्ड फेला नपरेको भन्दै स्वास्थ्य प्रवक्ता गौतमले यस्तो कार्डको भ्रममा नपर्न आग्रह गरे। |
बुटवलमा सवारी दुर्घटना, दुई जनाको मृत्यु बुटवल । बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।
दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ। |
दैनिक एक करोड २५ लाखसम्म कारोवार हुने ‘फूल व्यपार’, अहिले शून्य जस्तै काठमाडौँ । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ।
विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्राय छ ।
अन्य बजारजस्तै फूलको पसल पनि खुलेको छ तर मानिस अत्यावश्यक सामग्री किने पनि फूल किन्ने एकाध भेटिन्छन्। कोरोना महामारीको शुरु हुनपूर्व दैनिक रु एक करोड २५ लाखसम्मको कारोवार हुने गरेको यस व्यवसायमा अहिले मुस्किलले रु २० लाखसम्मको मात्र कारोवार भएको छ।
फ्लोरीकल्चर एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार आगामी १४ गतेसम्म बिहेको लगन परेकाले नगन्य मात्राम फूलको व्यापार भएको हो। त्यसपछि फेरि अहिले भएको कारोवार पनि रोकिन्छ।
अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा पर्कने क्रममा भए पनि यस व्यवसायलाई पुनः पहिलेकै अवस्थामा आउनका लागि होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने एशोसिएशनको भनाइ छ। कोरोना महामारी तत्कालका लागि नरोकिने र व्यवसायलाई पहिलेकै अवस्था ल्याउनका सहयोग गरिदिन भन्दै एशोसिएशनले सरकारसँग आग्रह पनि गर्दै आएको छ।
पछिल्लो समय नेपाल फूलमा आतमनिर्भर हुँदै गहेको अवस्थाम लकडाउनको कारण धेरैनै नोक्सान भएको छ । कतिले टिपेर बेच्ने बेला भएको फूल काटेर नष्ट गरेका थिए।
हरेक वर्ष तिहार र प्रणय दिवसको समयमा सयपत्री र रातो गुलाब आयात गर्नुपरे पनि अन्य फूलमा भने स्वदेशी उत्पादनले नै धान्दै आएको छ । हरेक वर्षको तिहारमा मात्रैै रु १५ करोड सयपत्री फूलको कारोवार हुने गरेको छ । श्रेष्ठले भने, “अहिले स्वदेशमा नै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले ७ प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ।
यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।
६० प्रतिशत माला खपत
खपत हुने फूलमध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत हुने गर्दछ । स्वदेश र विदेशमा गरी वार्षिक रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको छ । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्य गरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो।
मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।
विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, नुवाकोट मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्य गरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यस पुष्पखेती विस्तार गरिसकेका छन्। रासस |
सुदूरपश्चिममा थप २२१ सङ्क्रमित धनगढी। सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।
कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन्।
कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।
प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा सङ्कलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।
सङ्क्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किनुभएका छन् । सङ्क्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन् । यसबाहेक कोरोनाका शङ्कास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ ।
प्रयोगशाला स्थापनामा ढिलाइ
स्वाबको नमूना जाँच गर्न प्रदेशको डोटी र बैतडी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रासससँग कुरा गर्दै आगामी दश दिनमा स्वाचालित पिसिआर मेशिनसहित प्रयोगशाला सञ्चालन आउन लागेको जानकारी दिए। “मेशिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको छ”, मन्त्री सुवेदीले भने, “सञ्चालनमा आउने प्रयोगशालाको एटोमेटिक पिसिआर मेशिनद्वारा स्वाबको नमूना जाँचको दायर बढ्ने छ ।” पछिल्लो पटक प्रदेश सरकारले स्थानीय तहलाई आइसोलेसनको व्यवस्थापन गर्न बजेटसमेत उपलब्ध गराएको उनले जानकारी दिए। |
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु महोत्तरी । महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ ।
गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए।
‘ |
बादलुको घुम्टोमुनि जोमसोम बजार हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्बिर : निरज थकाली/रासस
|
सप्तरीको कल्याणपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।
सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। |
न्यौपानेद्वारा एक लाखको अक्षयकोष स्थापना दाङ। मावि हापुर विजौरी दाङका पूर्वविद्यार्थी ओमप्रकाश न्यौपानेले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
धौलु वंशज अनुसन्धान सुधार विकास समितिबाट संचालन हुनेगरी आफ्ना माता पिताको सम्झनामा उनले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोष कृषि विकास बैंक घोराहीमा रहने छ। यो अक्षयकोषबाट ‘जीवेश्वरा न्यौपाने/दुर्गा प्रसाद न्यौपाने पुरस्कार’ प्नदान गरिने बताइकाे छ।
उक्त अक्षय काेषबाट विद्यालयका तीन विद्यार्थीलाई पुरस्कृत गरिने छ। आफ्नो जन्मथलो, आफूले अक्षराम्भ गरेको र सात बर्ष अध्ययन गरेको विद्यालयका बालबालिकालाई थप प्रोत्साहनका लागि सहयोग पुगोस् भनेर आफूले अक्षयकोष स्थापना गरेको न्यौपानेले बताए। साथै मातापिताको सम्मान पनि दीर्घकालीनरुपमा होस् भनेर अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए।
न्यौपानेले शैक्षिक क्षेत्रमा गरेकाे योगदानको उच्च मूल्याङ्कन गरिएको प्रधानाध्यापक केशव रिजालले जानकारी दिए। |
गलत आचरण गरेको आरोपमा दुई प्रहरी नियन्त्रणमा काठमाडौं । महानगरीय अपराध महाशाखाले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी ऐन र नियमावली विपरित कार्य गरेको आरापमा दुई प्रहरीलाई नियन्त्रणम लिइ अनुसन्धान शुरु गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गणमा कार्यरत सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिएको हो ।
‘प्रहरी कर्मचारीहरुमा कमजोरी देखियो भने उनीहरुलाई सोधपुछ गरिने सामान्य प्रकृया हो’, महाशाखा प्रमुख एसएसपी दिपक थापाले भने ‘केही प्रहरी कर्मचारीलाई सोधपुछ भैराखेको छ उनीहरुलाई नियन्त्रणमै लिएको भने होइन।’
केही समयअघि महागनरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले काठमाडौंका दर्जनौ घुमुवा प्रहरीहरुलाई हटाएर हटाएका थिए विष्ट र चन्द पहिले पनि परिसरमै घुमुवाको रुपमा कार्यरत थिए। |
पाेखराका होटलमा चिकित्सक राखेकाे भन्दै स्थानीयवासीको विरोध पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन्।
सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले कोभिड–१९ का सङ्क्रमितसँग प्रत्यक्ष काम गरिरहेका चिकित्सक सुरक्षित स्थानमा रहनुपर्नेमा अव्यवस्थित पार्किङ र मापदण्ड पूरा नभएको होटलमा बस्दा जोखिम हुन सक्ने भएकाले यस विषयमा आवाज उठाएको बताए ।
“हामीले विरोधभन्दा पनि जोखिमलाई ध्यान दिएर आवाज उठाएका हौँ, यस होटल वरपर रहेका ५२ घर मजदूर छन् उनीहरुका बच्चाहरु खुलमखुला हिँड्छन्, व्यवस्थित पार्किङ छैन, चिकित्सक बोकेको गाडी घण्टौँ होटल अगाडि हुन्छ।
अग्रमोर्चामा रहेका चिकित्सक र नर्सलाई तोकिएको मापदण्ड पूरा गरिएको होटलमा राख्नुपर्ने हाम्रो माग हो”, उनले भने । उक्त होटलका सञ्चालक विष्णु आचार्यले अस्पतालको आधिकारिक पत्रसहित काममा रहेका चिकित्सक र नर्स होटलमा बसेको जानकारी दिए ।
“उहाँहरु कामबाट आउनुहुन्छ, सुरक्षा अपनाएर कोठामा जानुहुन्छ, सामाजिक दूरी कायम गरेर होटलको सेवा प्रवाह भएको छ, टोलमा जोखिम हुने गरी कुनै पनि कार्य भएको छैन।”
चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. निर्मल लामिछानेले सरकारले अस्पतालमा कार्यरत चिकित्सकका लागि गरेको प्रबन्धमा स्थानीयवासीले विरोध गर्नु जायज नभएको बताए। “अहिले चिकित्सक नर्सलगायतका स्वास्थ्यकर्मी कोभिड–१९ को अग्रमोर्चामा खटिएर काम गरिरहेका छन् । यो बेला उहाँहरुको आत्मबल बढाउन जरुरी छ।
दिनभरको कामको तनावले आराम गर्न होटल पुगेका चिकित्सकप्रति अनावश्यक शंकाउपशंका गरेर विरोध गर्नु जायज छैन, उनीहरु बाटोमा हिँड्दैमा कोरोना सर्छ भनेर बुझ्नु नै चेतनास्तर कम हुनु हो, चिकित्सक नर्स आफैँ पनि यस विषयमा सतर्क छन्।” रासस |
भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु काठमाडौँ । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ।
सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ।
ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। |
पाकिस्तानमा अलपत्र ७२ नेपाली हिमालय एअरलाइन्सको उडानबाट काठमाडौं पुगे काठमाडौं। दक्षिण एशियाली मुलुक पाकिस्तानमा अलपत्र परेका ७२ जना नेपाली सोमबार हिमालय एअरलाइन्सको चार्टर्ड उडानबाट काठमाडौं आएका छन्।
नेपाली राजदूताबास इस्लामाबादको समन्वयमा हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट पाकिस्तानमा अलपत्र नेपाली सेनाका सहायक रथी लगायत ७२ जना नेपाली काठमाडौं आएका हुन्।
सेनाका सहायक रथी,र्राष्ट्रिय संघसंस्थामा कार्यरत प्रबुद्ध नेपालीबर्ग, विद्यार्थीहरू तथा नियोगका पदाधिकारीहरूको उद्धार गरिएको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले डिसी नेपाललाई जानकारी दिएकी छन्। उनका अनुसार काठमााडौंमा अलपत्र परेका ७० जना पाकिस्तानीको पनि सोही एअरलाइन्समाफर्त उद्धार गरिएको छ। |
null |
भारत-चीन तनावले नेपालमा सुरक्षा प्रभाव पार्ने सेनाको निश्कर्ष, आवश्यक रणनीति बनाउँदै सेना काठमाडौं। नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाली सेनाले यसपटक विना सन्दर्भ पृतनापतिहरुको सम्मेलन गरेर सबै क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा कालापानी पुगेर आए लगत्तै पृतनापतिहरुको सम्मेलन गरेपछि चीन र भारतबीचको चिसिँदो सम्बन्धको विषयमा छलफल गर्दै नेपालमा त्यसको प्रभावबारे मूल्यांकन गरी प्रतिकुल परिस्थिति आउनसक्ने आँकलन गरिएको छ।
चीन–भारतबीच गलवान उपत्यकामा भएको भिडन्तपछि दुई देशबीच उत्पन्न भइरहेको र हुनसक्ने तनावले नेपालको सुरक्षामा पार्ने प्रभावका विषयमा सेनाका जर्नेलहरूबीच छलफल भएको र उनीहरुले नेपालमा पनि त्यसको असर पर्ने निष्कर्ष निकालेका हुन्। सेनाले चीन–भारत सम्बन्धपछि उत्पन्न हुनसक्ने प्रतिकूल परिस्थितिका विषयमा यथार्थ विश्लेषणसहित योजना तथा रणनीति बनाउने विषयमा समेत छलफल गरेको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा तीदिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा पृतना तथा बाहिनीपतिहरूले पछिल्लो घटनाक्रमका विषयमा आफ्नो धारणा प्रस्तुति दिएका थिए । बैठकले नेपाल र भारतको सीमा क्षेत्रमा पनि समस्या आउनसक्ने संभावनातर्फ इगिंत गर्दै परिस्थितिको सामाना गर्न नेपाली सेना तयार हुनपर्ने निष्कर्ष निकालिएको बैठक स्रोतले जनाएको छ ।
बैठकमा सहभागी उच्च सैन्य स्रोतका अनु्सार बिदेशबाट उद्धार गरिएकाहरू मध्ये त्यहाँ सजाय भुक्तान र सजाय माफी पाएकाहरूलाई नियमित निगरानीमा राख्ने र उनीहरूलाई उचित सम्बोधनको आवश्यकताका विषयमा सरकारलाई जानकारी गराउने विषयमा छलफल भएको थियो। सेनाले यसरी विदेशमा अपराध कसुर ठहर भए पनि आममाफी पाएर आएकाहरूलाई सरकारले उचित सम्बोधन नगरे उनीहरूलाई राज्यविरुद्ध सशस्त्र संघर्षको तयारीमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गर्नसक्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।
प्रधानसेनापति थापाले बैठकलाई आइतबार गरेको सम्बोधनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन, विश्लेषण गर्दै विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न मातहतलाई निर्देशन दिएका थिए।
शुक्रबारको बैठकमा सेनाले नेत्रविक्रम चन्दको गतिविधिबारे सुरक्षा विष्लेषण गरेको थियो भने शनिवार र आइतबार नेपाल भारत सीमा, अन्र्तराष्टिय परिस्थिति र त्यसबाट नेपालमा पर्नसक्ने प्रभाव तथा भारत चीन विवाद बारे छलफल गरेको थियो । आइतबार भने कोरोना भाइसर संक्रमण तथा नेपाली सेनको जिम्मेवारीको विषयमा छलफल गरेको थियो ।
आइतबार प्रधानसेनापति थापाले निर्देशनात्मक सम्बोधनमा देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिबद्ध रहेको बताएका थिए। उनले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नियमित रुपमा आयोजना हुने भनिए पनि यसपटको बैठकमा रक्षामन्त्री तथा रक्षा सचिवलाई सहभागी गराइएको थिएन । सैनिक जनसम्पर्क निर्दैशनालयले भने यस बैठकलाई नियमित समन्वयात्मक बैठकमा भनेको छ । बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समीक्षा, कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितिजन्य विषयहरू सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको थियो।
बैठकमा पीएसओज रथीहरू, सबै पृतनापतिहरूलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरूको समेत उपस्थिति रहेको निर्देशनालयले जनाएको छ । |
बालिका बिक्री गर्ने दुई पक्राउ काठमाडौं । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आइतबार जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो ।
उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । |
लागु औषधसहित ५ जना पक्राउ काठमाडौं । प्रहरीले लागु औषधसहित ५ जना पक्राउ गरेको छ। लागु औषध ओसार–पसार विरुद्ध चलाएको अप्रेसनको क्रममा चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा असार ५ गते राति ११ः३० बजे भरतपुर महानगरपालिका वडानं २ बिक्रम मार्ग सडकबाट ना ४ प ४४३९ नम्बरको बोलेरोबाट लागु औषध बरामद गरेको चितवन प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी २९ वर्षका अनुज भनिने भुदत्त परियार, वडा नं. ३ नगरवन बस्ने २२ वर्षका अविनाष बोटे, वडा नम्बर २९ बस्ने २६ वर्षका आशिष थापा, २२ वर्षका कञ्चन उपरकोटी र जिल्ला नवलपरासी गैडाकोट नगरपालिका वडा नम्बर १६ बेल्डिया बस्ने वर्ष १९ की बविता महत्तो रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट PHENERGAN-2ml २५५ थान, NOOPHIN-2ml २५५ थान, र DIZEPAM-2ml २५५ थान लागु औषध प्रहरीले बरामद गरेको छ।
उनीहरु सबैलाई चितवन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। |
निजी विद्यालयको मनलाग्दी, अभिभावकसँग मागे शुल्क काठमाडौं। गएको चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउनका कारण विद्यालय बन्द तथा नयाँ भर्ना नभए पनि निजी विद्यालयले भने भर्ना शुल्क र अन्य शुल्क बुझाउन अभिभावकहरुसँग अपील गरेका छन्।
निजी विद्यालयहरुका दुबै संगठन प्याब्सन र एनप्याब्सनले आइतबार सँयुक्त अपील जारी गर्दै अभिभावकहरुसँग शुल्क मागेका हुन्।
सरकारले लकडाउन गर्नुअघि नै नयाँ भर्ना बन्द गरेको र विद्यालय बन्द भए पनि निजी विद्यालयहरुले भने आफूहरु आर्थिक संकटमा परेको भन्दै लकडाउन अवधिको पनि शुल्क माग गरेका छन्।
यो विषयमा सरकारले भने कुनै निर्णय गरिसकेको छैन। तर, पनि निजी विद्यालयहरुले आफूखुशी शुल्क उठाउने तयारी थालेका हुन्।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सँयुक्तरुपमा आइतबार अपील जारी गर्दै शुल्क मागेका छन्। जारी अपीलमा, ‘आआफ्ना छोरा छोरीको नयाँ तथा पुरानो अभिलेखिकरण गराउने, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागि र सहयोगी भई विद्यालयलाई सहयोग गर्न’ आह्वान गरिएको छ ।
|
नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन्। मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाल र भारतबीच सम्बन्धका अनेकौँ आयाम रहेको, यी दुवै मुलुक चिरकालदेखि सुःखदुःखको साथी रहेको र घनिष्ठ सम्बन्ध रहिआएकाले कुनै एउटा खास विषयले मात्र सम्बन्धको आयामलाई फरक पार्न नहुने विचार व्यक्त गरे ।
सन् १९६२ को चीन भारत युद्धपछि भारतबाट अतिक्रमण गरी सैनिक राखिएको नेपालको सो भूभाग समेटेर नेपाल सरकारले तयार गरेको नयाँ नक्शा अनुकूलको निशाना छापसमेत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भई यही असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सो संशोधन नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको छ र निशान छाप संविधानको अनुसूची ३ मा राखिएको छ ।
मन्त्री ज्ञवालीले इतिहासले छाडेको नासो र नसुल्झिएको सीमा विवाद समाधान गर्न दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा यसअघि नै परराष्ट्र सचिवस्तरको संयुक्त आयोगको बैठक बस्न सकेको भए यो समस्या यस रूपमा नआउने पनि स्पष्ट गरे ।
दुवै देशले पारस्परिक सम्बन्धलाई एक्काइसौंँ शताब्दीअनुकूल विस्तार गर्ने कार्यादेशसहित प्रबुद्ध व्यक्तिको समूह गठन गरेर प्रतिवेदन तयार गरिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, “कस्ता कस्ता जटिल समस्या त वार्ताबाट समाधान भएका छन् भने अहिलेको सीमा समस्या असल नियतका साथ वार्ताबाट समाधान गर्न नसकिने होइन । संवादका लागि हामीले निरन्तर प्रयास गरेका छौंँ र भारतीय पक्षको सार्थक जवाफको प्रतीक्षामा छौँ ।”
भारत सरकारले सन् १८१६ को सुगौली सन्धिविपरीत नेपालका ती भूभागलाई आफ्नो नक्शामा पारेर गत कात्तिकमा नयाँ नक्शा जारी गरेपछि नेपाल सरकारले लिखित असहमति जनाएको थियो । पछिल्लो समय भारतले एकतर्फी रूपमा नेपाली भूभागमा चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालले गम्भीर आपत्ति जनाउँदै समस्याको टुंगो लगाउन वार्तामा आउन गरेको आग्रहमा भारत सरकारबाट औपचारिक जवाफ आएको छैन ।
मन्त्री ज्ञवालीले नेपालले सुगौली सन्धि र पूरक सन्धिमा उल्लेख भएअनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नयाँ नक्शा जारी गरेपछि भारतसँग वार्ताका लागि विभिन्न निकायमा छरिएर रहेका महत्वपूर्ण प्रमाण एवं कागजात संकलन गरी क्रमबद्ध रूपमा मिलाएर राख्न प्रमाण संकलन समिति गठन गरिएको जनाउँदै समितिभन्दा बाहिर रहेका विज्ञसँग पनि सुझाव र परामर्श लिइने स्पष्ट गरे । उनले दुई देशका औपचारिक लिखतबाहेक अरू कुनै पनि प्रकारका प्रबन्धले अन्तरराष्ट्रिय सीमा परिवर्तन गर्नै नसक्ने बताए ।
मन्त्री ज्ञवालीले पछिल्ला समयमा भारतीय रक्षामन्त्रीको प्रतिक्रिया सकारात्मक रहेको उल्लेख गर्दै दुई देशबीच वर्तमान सरकार बनेयता कतिपय पक्षमा विकास साझेदारीका काम सन्तोषजनक रूपमा अघि बढेको र कुनै एक समस्याले सम्बन्धका विविध आयाममा प्रभावित पार्दैन भन्ने स्पष्ट भएको जनाए ।
विश्व इतिहासमा कुनै देशको अधीनमा नरहेका अतिसीमित संख्याका देशमा पर्ने नेपालले आफ्नो सार्वभौमिकताको रक्षाजस्तो विषयमा स्वतन्त्र रूपमा प्रस्तुत हुन सक्ने भएकाले यसमा अन्य कुनै देशलाई जोड्नु आवश्यक नभएको स्पष्ट गर्दै ज्ञवालीले भने, “त्यसरी कतै जोडिदिनुको अर्थ नेपालको स्वाभिमानमा आँच ल्याउन खोज्नु हो, त्यसैले हामी त्यस्ता प्रयासलाई इन्कार गर्छौँ । यस्ता समस्या बल्झाउँदा विश्वशक्तिका रूपमा उदाउन खोजिरहेका मुलुकका लागि हितकर हुँदैन ।”
भारत र चीनलाई वार्ताका लागि आह्वान
मन्त्री ज्ञवालीले भारत र चीनबीच हालै लद्दाखमा भएको तनावका बारेमा नेपाल सरकारको धारणा राख्दै ती दुवै छिमेकीलाई तनाव र उत्तेजना कम गरी वार्ताबाट समाधान गर्न आह्वान गरे । उनले भने, “नेपाल सधैँ क्षेत्रीय विकास, शान्ति र स्थायित्वका पक्षमा दृढतापूर्वक उभिएको छ । कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रुपमा गर्न सकिन्छ भन्नेमा नेपालको अविचलित विश्वास छ । हाम्रा दुई छिमेकीबीचका सीमाको वास्तविक नियन्त्रण रेखाक्षेत्रमा भएको हताहतका घटनाबाट हामी दुःखी छौँ ।”
एमसिसी सम्झौता रोक्न मिल्दैन
अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी० विवादबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित निर्णयमा पुगिने जनाए। उनले प्रतिप्रश्न गरे, “बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसिसी परियोजना लागू भएको छ ?” उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरे ।
उनले उक्त सम्झौतालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने र संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताए ।
कोभिड–१९ को असरका कारण अति समस्यामा परेका नेपालीलाई क्रमशः स्वदेश ल्याउने क्रममा हालसम्म दुई हजार जना फर्किसकेको जानकारी दिँदै ज्ञवालीले नेपालको कूल जनसंख्याको झण्डै १५ प्रतिशत नेपाली विदेशमा रहेको स्थितिमा अहिलेको सामथ्र्य र स्वास्थ्यको जोखिमका दृष्टिले सबैलाई स्वदेश ल्याउन सम्भव नहुने भएकाले यस्ता मानवीय विषयलाई राजनीतिक हतियार नबनाउनसमेत आग्रह गरे।रासस |
ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम जलविरे । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन ।
राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ । छिटो जाने हतारोमा उनीहरुले लापरवाही गरिरहेका अन्य चालकहरु नै आरोप लगाउँछन् । चालकले दोहोरो लाइन पछि पनि ओभरटेक गर्दा गाडी पास हुन सकेको छैन । अन्य क्षेत्रमा सडक चौडा पारिएकाले तेहोरो लाइनमा पनि सवारी गन्तव्यमा गएका देखिए पनि यहाँको कालीखोला पुल, जलविरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्छ ।
ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको एक जना चालक कृष्ण परियारले बताए । जसका कारण यहाँ दुई दिनदेखि अड्किएर बसेका यात्रु ठूलो मारमा छन् । आज अपराह्न कतिपय ट्रकका चालक सिट मै निदाएका भेटिए । कतिपय गाडी छाडेर गएकाले पनि गाडी जाम बढिरहेको छ । सवारीको बाक्लो चाप भए पनि त्यसको व्यवस्थापनमा भने प्रहरीको उपस्थिति न्यून छ ।
प्रहरीको उपस्थिति कमजोर हुँदा चालकको लापरवाही बढेको पाइन्थ्यो । ठुलो जामको मारमा यात्रुहरु छन् । फाट्टफुट्ट एक दुई जना प्रहरीले १५ किलोमिटर भन्दा बढी लामो जाम व्यवस्थापन गर्नु परिरहेको दृश्य आज देखिएको थियो । जाम मुग्लिनदेखि घुमाउने भन्दा यतासम्मै छ ।
सार्वजनिक सवारी नहुँदा समेत जाममा ट्रक र निजी गाडी फसेका छन् । बुधबार विहान ९ बजे मानवसेवा आश्रमको एक टोली लमजुङबाट हिँडेको थियो । तर आज अपराह्न टोली चार किलो मै अड्किएको थियो । बाटोमा भेटिएका उनीहरु पसिनाले निथ्रुक्क भिजेको अवस्थामा थिए । सिमसिम पानी अनि चर्को घाम, घाम ओइलाउँदा हप्प गर्मीले यात्रुहरु आलसतालस देखिएका थिए । खलखली पसिना बगाएर बाटो खुल्ने प्रतीक्षामा थिए उनीहरु । आश्रमका प्रदेश संयोजक सुशिला केसीको नेतृत्वमा रहेको टोली मात्रै होइन धेरै गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् ।
निजी सवारी र ट्रक मात्रै भएकाले यात्रुको चाप कम देखिए पनि १५ किलोमिटर बढी लामो जाममा फसेका यात्रुहरु यहाँ हजारौँ छन् । बीच बाटोमा लकडाउनका कारण दोकानसमेत राम्ररी सञ्चालन भएको छैन । गाडीको जामका कारण फर्कनेसक्ने अवस्थासमेत नरहेको एक जना चालकले गुनासो गरे । केसीले भनिन्, “हिजो विहानदेखि आएको अलपत्र परियो, गाडीहरु ओभरटेक गरेर उछिन्ने काम मात्रै भएको छ, त्यसैले जाम खुल्न समस्या भइरहेको छ ।” मुख्यगरी चार किलो र जलविरे क्षेत्रमा पहिरोका कारण सवारी एकतर्फी छ । सोही कारण अहिले मुग्लिनदेखि घुमाउनेसम्म दोहोरो गाडीको जाम छ । मुलिनबाट काठमाडौँतर्फ पनि दुई किलोमिटसम्म जाम रहेको छ । यता नारायणगढतर्फ घुमाउनेसम्म गाडी जाम भएपछि प्रहरीले दासढुङ्गामा नै गाडी रोकेर व्यवस्थापन शुरु गरेको छ । दासढुङ्गामा समेत गाडीको लामो लाइन भइसकेको थियो ।
नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । केही वर्षअघि यहाँ सडक चौडा पार्ने काम भएको थियो त्यो बेला यहाँको भित्तो काटिएपछि अचाक्ली पहिरो खस्न थालेको थियो । जसका कारण यहाँ प्रहरीको गाडी नै बगाएको थियो भने अन्य सवारीसमेत पहिरो खसेर पुरेको थियो । पहिरो कै कारण प्रहरीसहित दर्जनौँको ज्यान गइसकेको छ ।
पहिरो रोक्न नारायणगढ मुग्लिन सडक आयोजनाले यहाँ रक नेटिङ्गको नयाँ अवधारणा शुरु गरेको थियो । धेरै स्थानमा यसले काम गरेको पनि छ । तर अहिले चारकिलोको पहिरोले भने रक नेटिङ्गलाई नै बगाएर गएको छ । गएको हिउँदमा यहाँ उक्त प्रविधि प्रयोग गरिएको थियो । तर त्यसले काम गरेको छैन । भित्रैबाट पहाड नै खसेपछि उक्त प्रविधिले काम नगर्ने विज्ञको भनाइ छ ।
पहिरो बुधबार बिहान चार किलोमा ४ः१५ बजे खसेको थियो । साँझ ७ बजे एकतर्फी खुल्यो केही मिनेटमा फेरि बेलुका ७ बजे चार किलोमा पनि खस्यो । त्यसलाई राति १० बजे पन्छाएर सडक एकतर्फीँ नियमित गरिएको थियो । विहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो । तर दिउँसो पुन एकतर्फी खुलाइएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा झण्डै ४५ मिटर लामो पहिरो छ । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको उनले जानकारी दिए। अहिले पनि पहिरो पन्छाउन मजदुर खटिएका छन् । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा यात्रु थप मारमा परेका हुन् ।
चितवनबाट गएका अधिकांश ट्रक काठमाडौँ उपत्यकाका लागि खाद्यान्नलगायत मालसामानका साथमा छन् । काठमाडौँबाट आएका सवारी मालसामान लिन जाने क्रममा थिए । बीचमा अड्किएकाले थप समस्या देखिएको छ । यसमा प्रहरीको सहभागिता बढाएर बाटो सञ्चालन गर्न नसके यो जाम अझै लम्बिने चालकहरु बताउँछन् । चितवनका प्रहरी उपरीक्षक शान्तिराज गुरुङ जाम बढेकाले अहिले केही समय गाडी रोकेर दोहोरो गाडी खुलाउने प्रयास थालिएको बताए । त्यसले जाम थप बढ्ने निश्चित छ । रासस |
संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, अब निशान छापमा नेपालको नयाँ नक्शा काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिबाट विधेयक पारित भएसँगै नेपालको संविधान संशोधन भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्शा सरकारको निशान छापमा राख्न संविधान संशोधन गरिएको हो।
सरकारले हालै नेपालको नयाँ नक्शा जारी गरेको थियो। निशानछापमा समेन नयाँ नक्शा राख्नुपर्ने भएकाले संविधानको अनुसूची संशोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो। संसदका दुबे सदनबाट सर्वसम्मतरुपमा यो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागु भएको हो।
अब नेपाल सरकारको निशान छापमा नयाँ नक्शा हुनेछ।
|
अमेरिकाबाट नेपाल जाने उडान समयमा हेरफेर वासिंगटन डिसी । अमेरिकाको वासिंगटन डिसीस्थित नेपाली दुतावासले जरुरी अवस्था आई नेपाल फर्किनुपर्ने नेपालीहरुका लागि पूर्वनिर्धारित उडान तालिकामा हेरफेर गरेको छ ।
दूतावासका तर्फबाट जुन १७ तारिक बुधबार एक सूचना प्रकाशित गर्दै टर्किस एयरलाइन्सले जुन २३ तारिकमा न्यूयोर्कको जेएफके एयरपोर्टबाट सांझ साढे १० बजे उडान गर्ने र जुन २४ तरिकमा शिकागोबाट सांझ ६ बजेर ५० मिनेटमा उडान गर्ने जानकारी दिएको छ । यसअघि शिकागोको उडान जुन २५ मा तय भएको थियो ।
त्यसैगरी कतार एयरले जुन २४ को उडान आईएडी वासिंगटन डिसीबाट १० बजे तय गरेको छ । यसअघि यो उडान जुन २३ मा गर्ने भनिएको थियो । कतारले अर्को उडान जुन २५ मा डालास टेक्ससबाट सांझ ६ बजे १० मिनेटमा तय गरेको छ । दुबै एयरलाइन्सले टिकट विक्रीका लागि एजेण्टहरु तोकेको दुतावासको सूचनामा उल्लेख गरिएको छ । यी सबै उडानबाट नेपाल जानेहरुको नाम यसअघि दूतावासमा निवेदन दिएर तय भएका नामहरु हुन् । दूतावासले नाम टिपाएर नेपाल जान इच्छुक भएकाहरुको नाम दुबै एयरलान्सलाई पठाइसकेको र लिष्टमा नाम भएकाहरुले विमान कम्पनीले तोकेका एजेण्टहरुमार्फत टिकट किन्नु पर्ने दूतावासको सूचनामा उल्लेख छ ।
|
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि बागलुङ । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ।
यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ। सङ्घले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी सङ्घका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए ।
वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीको भनाइ छ। विसं २०७२ चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरिएको हो।
यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर रु १००, दही प्रतिलिटर रु १२०, पनिर रु ८००, घ्यू प्रतिकेजी रु एक हजार ३००, खुवा प्रतिकेजी रु एक हजार २००, छुर्पी रु एक हजार, लस्सी २०० मिलीलिटर रु ५०, आइक्रिम प्रतिकोन रु ४० र नौनी रु एक हजार कायम गरिएको छ।
“लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो”, अध्यक्ष क्षेत्रीले भने, “किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि भएको हो।” दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरेको दुग्ध व्यवसायी सङ्घका सचिव मुक्तिराम आचार्यले जानकारी दिए ।
एकैपटक दूध प्रतिलिटर रु २० मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन्। रासस |
द्वन्द्वको थलो बन्दै दैलेखका क्वारेन्टिन दुल्लु । कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा ल्याएका क्वारेन्टिन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा यहाँका क्वारेन्टिन अहिले सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वस्थलमा परिणत हुन थालेका हुन् ।
न्यूनतम मापदण्ड ख्याल नगरी प्लास्टिक टनेल, गाईभैँसी बाँध्ने गोठ र विद्यालयका कोठालाई सामाजिक दूरीसमेत कायम नगरी स्थानीय सरकारले क्वारेन्टिनका रूपमा प्रयोग गर्दा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०२ पुगेको छ भने आन्दोलन र झडपका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन् । सङ्क्रमितलाई चार दिनसम्म एउटै कोठामा राखेको भनी नारा जुलुसदेखि सेवा सुविधा नभएको भनी आइसोलेशन छाडेर हिँड्ने, प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्षसमेत कुटपिट र प्रहरीको लाठी चार्जबाट चार जना घाइतेसमेतका घटना घटेका छन् ।
दीर्घकालीन योजनाबिनै कोरोना रोकथाममा स्थानीय सरकारले सामान्य रणनीति बनाउँदा यी दुःखद् घटना घटेका भएका हुन् । यही अवस्थामा छाडे यी प्रतिनिधिमूलक घटना मात्र भएको र भोलि क्वारेन्टिनभित्रै मानवीय क्षति हुने सम्भावना बढेर गएको मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीको ठम्याइ छ ।
सरकारले कोरोना रोकथामका लागि बनाएको मापदण्डविपरीत, युद्धमा कब्जा गरिएका युद्धबन्दीभन्दा बढी कोचाकोच र मान्छेको स्वस्थरुपमा बाँच्न पाउने अधिकारको हनन हुने गरी रोगी र निरोगीलाई एउटै स्थानमा राख्नु मानव अधिकारको उल्लङ्घन भएको उनको तर्क छ । त्यस्तै शनिबार डुङ्गेश्वर गाउँपालिका वडा नं ४, ५ र ६ का ३५ जना सङ्क्रमितलाई आइसोलेशनमा राख्ने भन्दै पाँच घण्टा हिँडाएर चुप्रास्थित त्रिवेणी सङ्गम माविमा ल्याउनु र नारायण नगरपालिका–१ स्थित त्रिउमावि क्वारेन्टिनमा रहेका चार जनामाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटना आपत्तिजनक रहेको उनले बताए ।
क्वारेन्टिनभित्र सेवा सुविधा नभएको, समयमा परीक्षण नभएको र रिपोर्ट आएका सङ्क्रमितसँगै अन्यलाई पनि सँगै राखेको विरोधमा नाराबाजी, कुटाकुट र झडप हुँदा पनि स्थानीय सरकारले गम्भीर नहुनु दुःखद् पक्ष भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य गोविन्ददेव भारतीले बताए।
एउटै कोठामा सामाजिक दूरी कायम नगरी ४० देखि ५० राखिनु, सङ्क्रमित पुष्टि भएको चार दिनसम्म एउटै कोठामा राख्नु, प्लाष्टिक टनेलमा राख्नु आइसोलेशनमा राख्ने भन्दै चारदेखि पाँच घण्टा पैदल हिँडाउनु र प्रहरीले आइसोलेशनमा व्यक्तिलाई घाइते बनाउनु यी र यस्ता घटनाले क्वारेन्टिनमा सङ्क्रमणको उच्च जोखिम र अबका दिनमा यी कार्य नरोकिए प्रत्येक दिन द्वन्द्वस्थलका रुपमा परिणत हुने उनको तर्क छ ।
शनिबार डुङ्ेगेश्वर गाउँपालिका–१ स्थित त्रिवेणी सङ्गम माविमा आइसोलेशनमा कुनै पनि सुविधा नभएको भन्दै त्यहाँका ३५ जना कोरोना सङ्क्रमित विरोध जनाउँदै त्यहाँबाट निस्केका त्यहाँबाट निस्केर तीन घण्टा पैदलयात्रा गरी हिँडिरहेका अवस्थामा प्रहरीले उनीहरुलाई पुनः अर्को आइसोलेशन निर्माण गरेको स्थानमा लगेको छ । सङ्क्रमित जनकल्याण मावि सर्माकोटमा राखिएको गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । “हामीले सबै क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरेका छौँ । सकेसम्म सेवा सुविधा दिन प्रयास गरिरहेका छौँ”, उनले भने ।
त्यस्तै नारायण नगरपालिका–१ मा रहेको त्रिउमाविस्थित आइसोलेशनमा प्रहरी र सङ्क्रमितबीच झडप भएको छ । चार जना घाइते भएका छन् । यसअघि दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र थापालाई र भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापालाई सेवा सुविधा नदिएको भन्दै क्वारेन्टिनभित्र रहेका व्यक्तिले आक्रमण गरे ।
जिल्लाका ११ स्थानीय तहमा नौ हजार श्यया क्वारेन्टिन र छ हजार जना भारतबाट आएका बसिरहेका छन् । हालसम्म तीन हजार जनाको परीक्षण भएको तीमध्ये ५१३ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल दैलेखका कोरोना स्रोत व्यक्ति (फोकल पर्सन) थीरप्रसाद रेग्मीले जानकारी दिए । स्थानीय सरकारको हतारको क्वारेन्टिन व्यवस्थापनले दिनहुँ आन्दोलन र झडपका घटना बढ्ने खतरा बढेको छ ।
पछिल्लो समयमा सङ्क्रमितलाई उपचारका लागि छुट्टै आइसोलेशन कक्ष नहुँदा सङ्क्रमित र अन्य व्यक्ति एउटै कोठामा बस्नुपर्ने बाध्यता हुँदा यी घटना बढेर गएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । शुरुमा यति ठूलो सङ्ख्यामा भारतबाट आउने आँकडा नहुँदा थोरै आइसोलेशन कक्ष तयार गरियो अहिले ठेक्न नसकिने गरी क्वारेन्टिन बस्ने र सङ्क्रमित देखिएपछि अलि व्यवस्थित गर्न नसक्दा उहाँहरुको आक्रोस बुझेपछि समाधान गर्न नसकिएको उनले स्वीकार गरे ।
यस्तै क्वारेन्टिनमा बस्नेले माग राख्दै गए उनिहरूले माग पूरा गर्न आन्दोलन गरे सुरक्षा दिन पनि मुस्किल पर्ने जिल्ला प्रहरी प्रमुख हरि ओलीले बताए। समयमै स्थानीय सरकारले उनिहरुको मागलाई सम्बोधन गर्नुपर्यो कि सम्झाउनुप¥यो होइन भने यस्तै आन्दोलन हुँदै जाने हो भने क्वारेन्टिनभित्र दिनहुँ नारा जुलुस हुनेहुँदा सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वका कारण मानवीय क्षति पनि हुनसक्ने खतरा बढेर गएको उनले आशङ्का गरे । एक कोठामा ४० देखि ५० जना हुनुहुन्छ अचानकभित्र झड्प भयो भने त्यो हुलमा मानवीय क्षति हुनसक्ने खतरा बढेर जाने हुँदा सबै स्थानीय सरकारले उपाय खोज्नुपर्ने उनको सुझाव छ । समयमै पिसिआर रिपोर्ट प्रदेश कोरोना अस्पतालबाट नआउँदा सङ्क्रमित र अन्य एकै ठाउँमा बसाल्न बाध्य भएको र अधिकांश त्यसरी सङ्क्रमण फैलिन बढी जोखिम बढेको भैरवी गाउँपालिका प्रमुख प्रेमबहादुर बुढाले बताए । तर केही भने अराजक आचरण भएकाले यस्तो भएको हुँदा यस्ताखालका घटना हुने उनले भने ।रासस |
छुट्टा छुट्टै ठाँउमा भएको दुर्घटनामा दुईको मृत्यु काठमाडौं । मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्याङ्करले बा ९२ प. ७०७७ नं को स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा स्कुटर पछाडि सवार काठमाडौँ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कार्कीको नेपाल कोरियामैत्री अस्पताल ठिमीमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए।
प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको उनले जानकारी दिए । |
जिप दुृर्घटनमा १ काे मृत्यु ७ जना घाइते काठमाडौं । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा शनिबार जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकी दुर्गा अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए । दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन् ।
दुर्घटनामा भिरकोट– ५ की ३७ वर्षीया शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते हुनुभएको छ । घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ । |
त्रिशूल प्रहार गरी हत्या तुलसीपुर । दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ ।
आज बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल प्रहार गर्दा डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । |
कोरोना महामारीसँगै कृषिमा युवाको आकर्षण बढ्दो नुवाकोट। कोरोना भाइरस संक्रमण महामारी सुरु भएपछि अहिले अधिकांश मानिस गाउँ घरमा छन्। लकडाउनका कारण गाउँमै थुनिएका मानिस यतिबेला कृषि पेशामा संलग्न हुन थालेका छन्। अहिले खेती गर्ने सिजन पनि भएकाले गाउँ भित्रिएका मानिसहरु खेतीपातीमा व्यस्त हुन थालेका छन्।
असार लाग्ने समयमा खेतबारीको अत्याधिक काम हुने, काम गर्ने मानिस नपाइने भएपनि यो वर्ष सबै जसो मानिस गाउँ घरमा भएकाले काम गर्न सहज भएको कृषक बताउँछन्। शहर पसेकाहरु खेतमा काम गर्ने बेलामा गाउँ आउन छोडेपनि लकडाउनका कारण सबै जसो मानिस गाउँ फर्किएपछि पुरानो दिन फर्किएको अनुभूति भएको बताउँछन् नुवाकोट विदुरका ८५ वर्षीय विष्णु वस्ती।
‘ पहिला पहिला असार आउँदा सबै टोलका मान्छे जम्मा भएर काम गर्ने एकाअर्कालाई सहयोग गर्थे। तर अहिले विस्तारै कसैको कसैलाई मतलब नहुने जमाना आयो,’ उनले भने, ‘यो लकडाउनले पुरानो याद दिलाएको छ। फाँटमा हेर्दा पनि विगतको याद आयो।। सबै मिलेर काम गरेका छन्, अहिले गाउँघरमा रमाइलो छ।’
खेती गर्ने सिजन भएका कारण पनि यतिबेला खेतबारीमा सर्वसाधारणको हुल देखिन्छ। गाउँ घरमा कोरोना संक्रमणको कुनै प्रवाह देखिँदैन। खेतमा काम गर्दै गरेकी २२ वर्षीया बिन्दा राई भन्छिन्, ‘हामीलाई त खुब रमाइलो छ। अहिले काम गर्ने १८ जना छौं। लकडाउनलाई नराम्रो मान्न हुँदैन। झन सबैतिर मेलमिलाप बढेको छ। आफ्नो दाजुभाइ, समाज चाहिन्छ भन्ने कुरा पनि कतिपयले बुझेका छन्।’
‘यतिबेला शहर खाली छ भन्ने खबर आइरहँदा गाउँघर भरिभराउ छ, आफ्नो परिवारसँग समय बिताउने अवसर दिएकोमा धन्यवाद कोरोना भन्दै नुवाकोटकी सरिता तिमल्सिना भन्छिन्, ‘कहिले पनि यस्तो चान्स नै भएन। अहिले कति मज्जा छ। परिवार भित्रै एकाअर्कालाई बुझ्न पाइएको छ। यसरी मिलेर काम गरिएको छ। आफ्नो घर भनेको आफ्नै घर हो। सबै मिलेर काम गर्न पनि सजिलो।’
कोरोना संक्रमणका कारण विदेशमा रहेका नेपाली नागरिक धमाधम सरकारले स्वदेश फर्काइ रहेको छ। विदेशमा सीप सिकेको युवा नेपालमा फर्किएका छन्, उनीहरुलाई अब आफ्नो सीप अनुसारको रोजगारी दिएर गाउँ घरमै बस्ने वातावरण बनाउनु पर्ने धेरैको सुझाव छ। नेपाल कृषि प्रधानमुलुक भएपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन। अब कृषिलाई प्राथमिकतामा राखेर विदेशबाट फर्किएका युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्नुपर्ने युवाहरुले सुझाव दिएका छन्। |
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध : मन्त्री अर्याल काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले भूमि बैंकको स्थापना, सुकुम्वासी समस्या समाधान आयोगको पूर्णता भूउपयोग नीति र ऐनको कार्यान्वयन तथा सहकारी संस्थालाई चुस्तदुरुस्त राख्न सरकारको ध्यानार्कषण गरेका छन् ।
समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य घनश्याम खतिवडाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका विषयलाई लागू गर्न आग्रह गरिन् ।
सरकारका तर्फबाट यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम र जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पेश गरेको बजेटमा सो विषय समेटिएका छन् । आगामी १० वर्षभित्र कृषि उत्पादन दोब्बरले वृद्धि गर्न बाँझो जमिनको उपयोगका लािग भूमि बैंकको स्थापना गर्न बजेटमा व्यवस्था भएको छ । सरकारी आँकडाअनुसार झन्डै ११ लाख हेक्टर जमिन बाँझो छ ।
समितिका सदस्य छविलाल विश्वकर्माले भूमिहीन दलितलाई बसोवासको व्यवस्था मिलाउन सुकुम्बासी समस्या समाधान आयोगलाई पूर्णता दिन माग गरे । नेपालको संविधान र आर्थिक वर्ष २०७६/७७ को बजेटमा एकपटकका लागि भूमिहीन दलितको बसोबासका लागि निश्चित जमिन उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ । सरकारले अझैसम्म भूमिहीन दलितको सङ्ख्या यकिन गर्न सकेको छैन ।
समितिका अर्का सदस्य सीतादेवी यादवले सरकारी, सार्वजनिक, पर्ति तथा बाँझो जमिनको उपयोगका लागि भू–उपयोग नीति र ऐन तत्काल लागू गर्न सरकारको ध्यानार्कषण गरेकी थिइन्। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पेश भएको बजेटमा जमिन बाँझो राख्न नहुने, उर्वर जमिनलाई खण्डीकरण हुनबाट जोगाउनुपर्ने, भूउपयोग नीति लागू गरी, सार्वजनिक, पर्ति तथा गुठी जग्गाको संरक्षणको व्यवस्था गरी खेतीयोग्य जमिन उपयोगमा ल्याइने उल्लेख छ । समितिको आजको छलफलमा समितिका सदस्यले राख्नुभएका जिज्ञासको जवाफ दिदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले पेश गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको धारणा राखिन् । रासस |
भारतीय सीमाबाट उद्धार गरिएका करिब ४० यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो काठमाडौँ । भारतीय सीमा क्षेत्रबाट करिब ४० जनालाई उद्धार गरेर क्वारेन्टिन जाँदै गएको टिप्पर कर्णाली नदीमा खसेको छ ।
भारतबाट आएकाहरुलाई सीमानाबाट उद्धार गरेर कालिकोट जाँदै गरेको टिप्पर बुधबार बिहानद र्दुटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उक्त दुर्घटनामा परी करिब ३० जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार, उद्धार गरिएकालाई रास्कोट नगरपालिकाकले निर्माण गरेको क्वारेन्टिनमा लैजाँदै गर्दा कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको हो । अहिले दुर्घटनास्थलमा प्रहरी र व्यापक थानीयहरुले उद्धार कार्य गरिरहेका छन् । |
कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु काठमाडौं । महानगरपालिका–३२ जडिबुटीमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मंगलबार बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । |
क्वारेन्टिनका सरसामानसहित ४० जना फरार महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन्।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन्। उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए। |
रंगभेदविरोधी आन्दोलनको समर्थनमा सक्रिय हुन न्याकको आग्रह वासिंगटन डिसी । अमेरिकामा जारी रंगभेद विरोधी आन्दोलन ‘ब्ल्याक लाइफ म्याटर्स’ प्रति ऐक्यबद्धता जनाउंदै भर्जिनियामा रहेको नेपालीहरुको संस्था नेपाली अमेरिकन कम्युनिटी सेन्टर (न्याक)ले सो आन्दोलनमा सहभागिता जनाउन नेपाली समुदायमा आह्वान गरेको छ ।
न्याकका तर्फबाट सोमबार जारी विज्ञप्तिमा नेपालिज फर ब्ल्याक लाइभ्स म्याटर्स ह्यासट्यागका साथ अमेरिकामा रहेको नेपाली अमेरिकी समुदायलाई रंगभेद विरोधी अभियानमा सहभागिताको आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ,“ नेपाली अमेरिकन कम्युनिटी सेन्टरका हामी नेपाली अमेरिकामा रंगभेद, अन्याय, प्रहरीको निर्मम व्यबहार र नागरिक हकको हननका विरुद्ध यहांको काला समुदायको साथमा छौं ।”
प्रहरीको निर्मम दमनका कारण जर्ज फ्लोइडको प्रहरीकै नियन्त्रणमा रहेका बेला ज्यान गएपछि अमेरिकामा रंगभेद विरोधी आन्दोलनले गति लिएको छ । सो आन्दोलनमा ऐक्यवद्धता जनाउंदै न्याकले आआफ्नो तर्फबाट आआफ्नो तरिकाले सो अभियानमा सहभागिता जनाउन नेपाली अमेरिकनहरुलाई भनेको छ । उसले प्रदर्शनहरुमा सहभागी हुंदा कोभिड १९ को प्रकोपको ख्याल गर्न र माक्स लगाएर तथा सामाजिक दुरी कायम गरेर त्यस्ता प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । कोभिड १९ आफूलाई भएको आशंका भएमा प्रदर्शनमा सहभागी नहुन र समुदायलाई जानकारी दिन आग्रह गर्दै न्याकले घरैबाट गर्न सकिने आन्दोलनका अन्य कार्यहरुजस्तै पिटिसनमा हस्ताक्षर गर्ने, आर्थिक सहयोग प्रदान गर्ने तथा सचेतना फैलाउने काम गर्न आग्रह गरेको छ । उसले आफ्नो नेपाली अमेरिकन समुदायलाई रंगभेद विरोधी अभियानमा काला जातिसंगको ऐक्यबद्धता जनाउनु र सक्रिय सहभागी हुनुको कारण र महत्वका बारेमा पनि जानकारी गराउन आह्वान गरेको छ । |
सङ्कटमा विद्यालय भयो प्रहरीको सारथी भक्तपुर । कोभिड–१९ नियन्त्रणमा सडकदेखि विभिन्न ठाउँमा अग्रभागमा खटिने प्रहरीलाई यसको सङ्क्रमणबाट जोगाउन विद्यालयलाई अस्थायी ब्यारेक बनाइएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नेपालमा दिनानुदिन बढ्दै गएपछि प्रहरी पनि उच्च जोखिममा रहेकाले सामाजिक एवं भौतिक दूरी कायम राख्दै ड्युटीमा परिचालन गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यालयका कक्षाकोठालाई अस्थायी प्रहरी ब्यारेक बनाएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, वृत्त थिमि र विभिन्न ठाउँमा रहेका प्रहरी प्रभागमार्फत ड्युटीमा खटिने प्रहरी र कर्मचारीको सामाजिक दूरी कायम राख्न विद्यालयलाई प्रहरी ब्यारेकका रूपमा प्रयोग गर्नुपरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए । परिसरका प्रहरी उपरीक्षक प्रधानले भने, “सबै प्रहरीलाई एउटै ब्यारेकमा राख्दा कोरोना रोकथामको क्रममा अग्रभागमा खटिने एक जना प्रहरीमा मात्रै कोरोना सङ्क्रमण भए त्यसले सिङ्गो ब्यारेकका प्रहरीलाई असर गर्ने सम्भावना हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न फरक–फरक ठाउँमा सामुदायिक विद्यालयको कक्षाकोठालाई ब्यारेकका रूपमा सञ्चालन गरेका हौँ ।”
प्रहरी परिसर, वृत्त र प्रभागबाट ड्युटीमा खटिने सबै प्रहरी र कर्मचारीलाई भौतिक दूरी कायम गर्दै खाने मेस, सुत्ने ब्यारेक, छुट्टाछुट्टै शौचालय र बाथरुमको व्यवस्था गर्न ब्यारेकमा सम्भव नभएपछि जिल्लाका सामुदायिक विद्यालयलाई अस्थायी ब्यारेक बनाएको हो । जिल्लास्थित सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले निर्णय गरी सम्बन्धित नगरपालिका र विद्यालयको समन्वयमा विद्यालयको केही भागलाई ब्यारेक बनाएको हो । आफ्नो ब्यारेक र विद्यालयको अस्थायी ब्यारेकमा बसेका प्रहरीबीच एकापसमा जमघट नहुने गरी फरक–फरक समयको ड्युटी तालिकाअनुसार खटिने भएकाले जोखिम कम हुने प्रहरीको भनाइ छ ।
परिसरले जिल्लाका नौ विद्यालय, सिटीइभिटीको कार्यालय र चाँगुनारायण नगरपालिकाको २ वडाको नयाँ कार्यालय भवनलाई ब्यारेकका रूपमा प्रयोग गरी प्रहरीले परिचालन गरेको छ । प्रहरी उपरीक्षक प्रधानका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरमार्फत खटिने प्रहरीमध्ये २८ विद्यार्थी निकेतन माविमा, २२ शारदा माविमा, दरबार स्क्वायर प्रहरी प्रभागका सातलाई पद्म माविको ब्यारेकमा राखिएको छ ।
त्यस्तै महानगरीय प्रहरी वृत्त जगातीमा रहेका प्रहरीमध्ये ४२ लाई आदर्श आजाद मावि भेलुखेलमा, सूर्यविनायक नपाको कटुञ्जे प्रभागका १२ लाई सुवर्णेश्वर माविमा, दधिकोट प्रभागका पाँचलाई अरनिको मावि दधिकोटमा, बालकोट प्रभागका सातलाई पुरानो प्रभाग भवनको अस्थायी ब्यारेकमा राखिएको छ । चाँगुनारायण नपाको सुडाल प्रभागका छ जनालाई महेन्द्र माविमा चाँगुनारायण दुवाकोटका छ जनालाई दुवाकोट वडा नं २ को नयाँ भवनको अस्थायी ब्यारेकमा राखिएको छ ।
त्यस्तै महानगरीय प्रहरी बृत्त थिमिका २० लाई सिद्धिकाली माविमा, प्रहरी प्रभाग सानोथिमिका ११ प्रहरीलाई भने सिटीइभिटीको कार्यालय भवनको अस्थायी ब्यारेक राखिएको छ । “अहिलेको स्वास्थ्य विपद्मा यहाँका विद्यालय प्रहरीको सारथी बनेका छन्, एउटै व्यारेकमा राख्दा एक जनालाई सङ्क्रमण भयो भने सिङ्गो ब्यारेकका सबैलाई एकैपटक क्वारिन्टनमा राख्नुपर्ने बाध्यता हुन आउछ”, प्रहरी उपरीक्षक प्रधानले भने, “यस्तो अवस्था आएमा सुरक्षामा नै असर पार्न सक्छ, त्यसैले विद्यालय र सरकारी भवनलाई अस्थायी ब्यारेक बनाएर आफ्नो ब्यारेक र अस्थायी ब्यारेकमा विभाजन गरेर राखेका छौँ ।”
जिल्लामा रहेका प्रहरीमध्ये एकतिहाइलाई मात्रै विद्यालय र सरकारी भवनमा राखिएको जानकारी दिँदै विद्यालय र कार्यालय सञ्चालनमा आउने भएपछि सबै प्रहरीलाई ती ठाउँबाट हटाएर पठनपाठनमा सहज बनाउने उहाँको भनाइ थियो । भक्तपुरमा कार्यरत ४६ प्रहरीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवामा खटिँदै आएका प्रहरी कर्मचारीको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिए । त्यस्तै १६३ प्रहरीको आरडिटी गराएको थियो ।रासस |
बागलुङमा बाहिरी जिल्लाको तरकारी आयातमा रोक बलेवा । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ।
शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक लगाउने सहमति भएको हो।
कोरोना सङ्क्रमण त्रासका कारण जेठको पहिलो सातादेखि दुवै पक्षबीच भएको सहमतिका आधारमा बागलुङमा फलफूलको आयातमा रोक लगाइएको थियो।
व्यवसायीको गुनासो आएपछि बागलुङ नगरपालिकाले विकल्पमा छलफल गरेको थियो। जिल्लामै पर्याप्त तरकारी उत्पादन हुने भएकाले बाहिरी जिल्लाको आवश्यक नरहेको नगरप्रमुख जनकराज पौडेलले बताए।
“हामीकहाँ तरकारी पर्याप्त छ, बाहिरबाट आउने तरकारीको विषादी जाँच गर्ने अवस्थामा हामी छैनौँ”, उनले भने, “यहाँको उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई प्रोत्साहन हुन्छ, विषादीको त्रास कम हुन्छ।”
बैठकले फलफूल आयात गर्दा पूर्ण सुरक्षित तरिकाले ल्याउने र सकभर जिल्लाभित्रकै र नभए पनि छिमेकी जिल्लालाई प्राथमिता दिने निर्णय गरेको छ।
बैठकले तरकारी तथा फलफूल बिक्री वितरणका लागि यसअघि तोकिएको समयावधि समेत बढाएको छ। बिहान ७ देखि १० र साँझ ४ देखि आठ बजेसम्म पसल खोल्ने सहमति गरेको छ। रासस |
कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् ।
कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए ।
कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन्।
कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन्।
एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। |
सिटी एक्सप्रेसले गर्यो आफ्ना अभिकर्ताहरुको कोरोना बीमा काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ।
सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका सबै कर्मचारीको कोरोना बीमा
|
६८ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ३ हजार नजिक काकोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन् । आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् । अब नौ जिल्लामात्र बाँकी रहेका छन् ।
आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ । उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना रहेका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २२ जना सङ्क्रमितमा अर्घाखाचीका एक, नवलपरासीका दुई, पाल्पाका दुई, रुपन्देहीमा एक महिला र १७ पुरुष रहेका छन् । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण भएको पाइएको छ । ती सिन्धुलीका दुई पुरुष र बाराका दुई पुरुष रहेका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा दुई तनहुँका पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पृष्टि भएको छ । तीमध्ये भोजपुरमा पाँच पुरुष, झापामा एक पुरुष, सुनसरीमा एक बालिका र १२ पुरुष रहेका छन् ।
यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ । ति कैलालीका चार पुरुष, अछामका एक पुरुष, बझाङका एक पुरुष र डडेल्धुराका पाँच पुरुष रहेका छन् ।
यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको छ । ति रामेछापका १७ पुरुष, काभ्रेका पाँचमध्ये तीन महिला र दुई पुरुष रहेका छन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा १० झापाका पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको हो ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेखका ९० जना रहेका छन् । तीमध्ये तीन महिला र चार वर्षीय बालक तथा ८६ पुरुष रहेका छन ।
यस्तै जुम्लाका तीन पुरुषमा पनि सङ्क्रमण देखिएको छ । हुम्लाका एक पुरुष, रामेछाप हाल जुम्लामा बसेका एक पुरुष, दोलखा हाल जुम्लामा कार्यरत एक पुरुष, गोरखाका हाल जुम्लामा कार्यरत एक पुरुष रहेका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई पुरुष दाङका रहेका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको छ । तिनीहरु गुल्मीका एक पुरुष, कपिलवस्तुकी एक महिला र ४३ पुरुष, कास्कीका एक पुरुष, महोत्तरीका १७ पुरुष र रौतहटकी एक महिला र एक बालकसहित पाँच पुरुष रहेका छन् ।
४३ जना डिस्चार्ज
आज एकै दिन ४३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १५ बर्षदेखि ४५ वर्षका तीन जना पुरुष रहेका छन् । उनीहरु सातौँदेखि ११आँै दिनमा डिस्चाज भएका हुन ।
यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पताल बाँकेबाट एक महिला र १२ पुरुष रहेका छन् । उनीहरुको अस्पताल बसाई १४ आँै दिनदेखि ३० औँ दिनसम्म रहेको छ । यस्तै कोशी अस्पताल विराटनगरबाट १६ वर्षदेखि ५७ वर्षका चार महिला र २३ पुरुष डिस्चार्ज भएका छन् । उनीहरुको अस्पताल बसाईको छैटौँँ दिनदेखि ३० औँ दिनसम्म रहेको छ ।
अहिलेसम्म कूल ३३३ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । तीमध्ये ६१ महिला र २७२ पुरुष रहेका छन् । अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ । पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ । आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेका छन् । |
वडा अध्यक्षले राहत लिन गएकी महिलालाई गाली गरेपछि… काठमाडौं। वडा अध्यक्षले महिलालाई गालि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राहतका लागि आएका स्थानीय महिलालाई गाली गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
भिडियोमा भिनिए अनुसार ती महिलाले पनि वडा अध्यक्षलाई गालिगरेको पाइन्छ। महिलाले गाली गरेपछि वडाअध्यक्षले गालि गरे। तर, वडाअध्यक्ष जस्तो गरिमामय पदमा रहेका मान्छेले सामान्य जनतालाई तथानाम गालि गर्नु अश्भाविक भएको सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले बताएका छन्।
राहतको चामल नपाएपछि महिलाले ‘नेता भयाका यिनकी आमा लैजाने’ भनेको भिडियोमा सुन्न पाइन्छ। यसपछि वडाअध्यक्षले क्रमस महिलालाई गालि सुरु गरेका छन्।
‘तैले त गालि अरिनै’ शब्दबाट भिडियोको सुरुवात भएको छ। उनले अगाडी भनेका छन्, ‘अरुपनि यतिका मान्छे आया छन्। छोरा मन्या अरे, मेरो छोरो पाइदियाइ होइ तैंंले। छोरा मन्या अरे। आमा लैजान्या अरे, भित्र बसिरह्याका थियौं। नेता भएका आमा लैजाना अरे। तेराइ बाबु लैजायै, तेराई बाबु लैजायई, दुनियाँ कन चामल बाँड्या छु अझ मेरा छोरा मान्नया। यसले छोरो पाइदियाई हो। जा घन्याइ श्रीमती तैका मुखौंनी लात्तले हान ज्या पड्ला म बेहोरुला जा हान।’ उनले महिलालाइ गाली गर्दै भनेका छन्।
उनी नेपाली कांग्रेसबाट निर्वाचिन वडा अध्यक्ष हुन्। |
विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया सुरु, खाडीलगायत मुलुकबाट करिव ४० हजार फर्किने अनुमान काठमाडौं। कोरोना संक्रमणका कारण स्वदेश फर्किन असमर्थ विदेशमा नेपालीलाई सरकारले आजबाट स्वदेश फर्काउँदै छ। आज शुक्रबार म्यानमार र युएईबाट दुई झण्डै साढे दुई सय नेपाली स्वदेश फर्किँदै छन्। श्रम मन्त्रालयका अनुसार युएईबाट दुई सयभन्दा बढी र म्यानमारबाट ३५ जना नेपाली स्वदेश फर्किँदैछन्।
दुवै मुलुकले आफ्नै खर्चमा नेपाली नागरिकलाई नेपाल ल्याउन लागेका हुन्। म्यानमारले सैनिक विमानमार्फत ३५ जना नेपाली नेपाल फर्काउन लागेको हो। म्यानमारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लिन जहाज आउँदा त्यही जहाजमा म्यानमारमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन लागेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो चरणमा मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ।
परराष्ट्र मन्त्रालयले यसअघि नै ३९ नेपाली नियोगमार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न र स्वदेश फर्काउन अघि कोरोना टेस्ट गर्न पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा नेपाली नागरिक ल्याउन लागिएको हो।
आज युएईले आफ्नै चार्टर विमानमा दुईसय भन्दा धेरै नेपाली ल्याउन लागेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकतका आधारमा उद्धार गर्ने निर्णय यसअघि नै गरिसकेको छ। सरकारले नेपाली कामदार कार्यरत रहेका मुलुकलाई पत्र पठाउँदै नेपाल फर्किनु अघि सबै नेपाली नागरिकको कोरोना परीक्षण गर्न आग्रह गरेको थियो।
यसैबीच सरकारले मलेशिया तथा खाडी मुलुकबाट ३९ हजार ४ सय ३३ जना स्वदेश फर्किने अनुमान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ।
मन्त्रालयको विवरण अनुसार युएईबाट १७ हजार ३ सय ७४ जना स्वदेश फर्किने छन्। यसैगरी कतारबाट ७ हजार १ सय ६७, मलेशियाबाट ६ हजार दुई सय, साउदी अरबबाट ६ हजार ५ सय ४७, बहराइनबाट २ सय ८५ र ओमानबाट ६ सय ५६ जना स्वदेश फर्किने अनुमान गरिएको मन्त्रालयले स्रोतले जनाएको छ। |
महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ।
बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ।
मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ । आठ कोरोना सङ्क्रमित कञ्चनपुरका रहेका छन्। कारोना सङ्क्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् ।
कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा सरोज आर्चायले बताए ।
उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ ।
डा. आर्चायले भने, “पिसीआर परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बिरामीलाई राख्न समस्या भएको छ।” सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० श्ययाको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा दासमेत समस्या भएको छ।
महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन। सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन्। रासस |
तनहुँका कोरोना सङ्क्रमितको उपचार जिपी केन्द्रमा गरिने दमौली । काेरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उपचार केन्द्रमा उपलब्ध आइसोलेसनकक्षा भएसम्म उपचारका लागि भर्ना गर्ने निर्णय गरेको हो।
उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसनकक्ष निर्माण गरिएको छ । तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ वर्षीय युवाको सोही अस्पतालमा उपचार भइरहेको छ।
जिल्लामा कोरोना सङ्क्रमितको उपचारका लागि उपचार केन्द्रसहित दमौली अस्पताल, बन्दीपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष बनाइएको छ।
कोरोना सङ्क्रमित थपिएको अवस्थामा क्रमशः दोस्रो, तेस्रो र चौथो क्रम तोकी बिरामी उपचारका लागि राखिने प्रजिअ अधिकारीले जानकारी दिए ।
“जिपी कोइराला अस्पताललाई पहिलो प्राथमिकता तोकेर नयाँ सङ्क्रमित फेला परे पनि सोही अस्पतालमा उपचार गर्ने निर्णय भएको छ”, उनले भने, “बाँकी अस्पताललाई भने प्राथमिकताक्रम निर्धारण गर्न बाँकी छ।”
जिपी कोइराला उपचार केन्द्रबाट सञ्चालन हुँदै आएका बहिरङ्ग सेवा (ओपिडी) तथा स्वास्थ्य बीमा कार्यक्रम सोही उपचार केन्द्रसँगै रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र वा शिवपञ्चायन मन्दिरमध्ये कुनै एकलाई भाडामा लिइ सञ्चालन गर्नका लागि शुक्लागण्डकी नगरपालिकालाई आग्रह गरिएको छ।
उपचार केन्द्रलाई तत्काल भौतिक तथा पूर्वाधार विकासका लागि स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
क्वारेन्टिनमा रहेका व्यक्तिलाई अस्पतालसम्म ओसारपसारका लागि एम्बुलेन्स सम्बन्धित स्थानीय तहका लागि तोकिसकिएकाले सोही एम्बुलेन्सबाट नै सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा रहेका बिरामी बोक्ने निर्णय भएको हुँदा एम्बुलेन्स मर्मतसम्भार र चालकलाई उत्प्रेरित गराइ तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरिएको छ।
यसैगरी मङ्गलबार बसेको स्थानीय तहका प्रमुखसहितको सरोकारवालाको बैठकले जिल्लामा शववाहनको व्यवस्था हालसम्म नरहेकाले सम्बन्धित स्थानीय तहमा रहेका सवारी साधन वा सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको सवारी साधनलाई शववाहनका रूपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ।
सोही बैठकले जिल्लामा प्रचलनमा रहेका शवदहन घाटका नजिक पर्ने गरी घाटको व्यवस्थापन र घाटमा दाहसंस्कारका लागि आवश्यक सामग्री तथा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। |
घर–घरमा राखियो तुलसीको दल काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष असार १७ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासासमेत भनिन्छ । यस अवधिमा विभिन्न मठ, मन्दिर एवं आश्रमलगायत धार्मिकस्थलमा विभिन्न पुराण वाचन गर्ने परम्परासमेत छ । कात्तिक शुक्ल एकादशी अर्थात् ठूलो एकादशीका दिन तुलसीको विवाह दामोदरसँग गरिन्छ । तुलसी दामोदरको विवाह गरिसकेपछि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म चार महिने पूजा आराधना उद्यापनका निमित्त घर घरमा यज्ञ गरिन्छ ।
आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।
सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्रा डा रामचन्द्र गौतमले बताए । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उनले दिए ।
तुलसीको पूजा आराधना हुने घरलाई तीर्थको रूप मानिन्छ । यस्तो घरमा यमदूतसमेत प्रवेश गर्दैनन् भन्ने विश्वाससमेत छ । तुलसीपत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनुपर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख छ ।
रुघाखोकी, घाँटी दुख्नेलगायत विभिन्न रोग भएकाले तुलसीको पात वा डाँठ पानीमा उमालेर खाएमा निको हुन्छ । तुलसीमा धेरै अक्सिजन हुने भएकाले सनातन धर्मावलम्बीले जीवनको अन्तिम अवस्थामा पुगेकालाई तुलसीको मोठमा सारिदिन्छन् । तुलसीको चियासमेत बजारमा पाइन्छ । वैदिक सनातन धर्मअनुसार तुलसी, कुश, शालीग्राम र पिपलको रुखलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । यसैले यी सबैलाई पवित्र मानिन्छ । |
बाँके दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए ।
उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ ।
दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् ।
सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । |
विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ संयुक्त राष्ट्रसंघ । विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् ।
राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी युवा जगतमा धुम्रपानको कुलत हटाउनुपर्नेमा जोड दिएको छ ।
“हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सूर्तीजन्य पदार्थको सेवन शुरू गरिसकेका छन्,” डब्लुएचओले बालबालिका तथा युवाहरूको कुलतबारे भनेको छ । डब्लुएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणको बारेमा सचेतना दिन विशेष सुत्रको प्रयोग गरेको थियो ।
डब्लुएचओले भनेको छ,“सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सूर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत रहने गरेको भेटिएको छ । उद्योगहरूले प्रतिवर्ष धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न समस्या आई मृत्यु हुने आठ करोड व्यक्तिको वदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।”
कोभिड–१९ का कारण आएको विश्वव्यापी महामारीमा पनि सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती र निकोटिनजन्य अन्य पदार्थको उत्पादन गर्ने उद्योगले आफ्ना उत्पादनलाई बजारमा पठाउने क्रम जारी रहेको बताइएको छ । साथै यस्ता कुलतजन्य पदार्थका कारण मानिसको कोरोनाभाइरसविरूद्ध लड्ने शक्तिलाई कमी गर्ने विश्व स्वास्थ्य संगठनको दावी रहेको छ ।
“धुम्रपान वा सुर्ती सेवन गर्ने हरेक १० व्यक्तिमध्ये नौ जनाले आफु १८ वर्ष पुग्नुपहिले यो कुलतमा लाग्ने गरेकोले यस वर्गलाई लक्षित गरी जनचेतनामुलक कार्यक्रम गरी युवाहरूमा धुम्रपानविरोधी भावना जागृत गर्नु अनिवार्य भएको छ,” विश्व स्वस्थ्य संगठनका जनस्वास्थ्य कार्यक्रमका निर्देशक रूइदिगर क्रेचले बताए ।
धुम्रपानजस्ता कुलतमा फस्न नदिन किशोरकिशोरीलाई उनीहरूको १३–१७ वर्ष उमेर समूहमा सचेतना वृद्धि गर्दै निगरानी बढाउनु आवश्यक भएको उनले बताए ।
उनले भने,“परम्परागत चुरोटको सट्टामा इलेक्ट्रिक–चुरोट, हुक्का पाइपजस्ता “तुलनात्मकरूपमा सुरक्षित” भनिएका विकल्प दिइएको भएपनि यो पनि हानिकारक तथा कुलत निम्त्याउने र अन्त्यमा मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगहरूको खतरा हुने बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बबलगम, क्यान्डी, चुरोट, सुर्ती लगायतका १५ हजार भिन्नभिन्न स्वादका सुर्तीजन्य पदार्थको विक्री हुने गरेको छ । बबलगम र क्यान्डीहरूले युवाहरूलाई क्रमशः गम्भीर खालका निकोटिनजन्य सामानको उपयोग गर्न प्रेरित गर्ने गरेको पनि जनाएको छ । |
गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका हुन्।
नीति तथा कार्यक्रमको प्रारम्भमा प्रदेश प्रमुख शेरचनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विधिता युक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताए । समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध भएको बताउँदै उनले सीमित स्रोत साधनको उपयोगमार्फत अघि बढेका अवस्थामा कोरोना भाइरसले समग्र गतिविधि प्रभावित पारेको बताए । |
लण्डनमा एक नेपालीको उद्धार लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ ।
दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले भने, ‘‘मालिकसँग झगडा परेर घर छाडी हिँडेका उनलाई पुनः मालिकको घर फर्काउने वातावरण गराएता पनि सो दिन उनी नफर्की त्यहीँ रहेको खबर पाएपछि भोलिपल्ट बिहान उद्धार गरियो।”
आफू कुन पार्कमा छु भन्नेसम्म थाहा नभएपछि दूतावासले ट्याक्सीमा राखी पार्कबाट ल्याएको थियो । दूतावासकै आग्रहमा अहिले एक नेपाली व्यवसायीले उनको खानबस्ने प्रबन्ध गरेको जनाइएको छ।
उद्धार गरिएका व्यक्तिको प्रवेषाज्ञा सकिएको तर कोरोनाका कारण अहिले यहाँको अध्यागमनले जुलाई ३१ सम्म स्वतः थपिदिने प्रावधान मिलाएको छ।
अब कोरोनाको प्रकोप कम भई यहाँका विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि उनलाई नेपाल पठाउने दूतावासले जनाएको छ। रासस |
थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
संक्रमित हुनेमा झापाका २८, सप्तरी ४, बारा ४ र पर्साका १ जना रहेको छन्। यसैगरी पाटन अस्पतालमा रहेका १ जनासहित सर्लाहीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाँकेमा १० जनामा थप संक्रमण देखिएको छ भने कपिलवस्तुमा ५१ जनामा कोरोना देखिएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना तथा रौतहटका ५६ जनामा पनि कोरोना पुष्टि भएको छ। यस्तै रुपन्देहिमा १ जना दाङमा २ जना तथा म्याग्दिमा १ जनामा संक्रमण देखिएको छ।
ती मध्ये १६५ जना पुरुष र ५ जना महिला छन्। यो संगै संक्रमितको संख्या १२१२ पुगेको छ। यस्तै शुक्रबार थप १९ जना निको भएका छन्। निको हुनेको संख्या २०६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ। |
एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड महाेत्तरी। महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको शुक्रबार बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णय गरेको छ।
बैठकले कोभिड–१९ रोगको संक्रमण नियन्त्रणका लागि हरेक स्थानीय तहले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरी सोको जानकारी डिसिसिएमसी महोत्तरीलाई गराउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै जलेश्वर, भंगहा र मनरासिस्वा नगरपालिकाका क्वारेन्टिनमा कोभिड पोजेटिभ केस देखिएकाहरुको स्वाब संकलनका लागि आवश्यक पर्ने कम्तीमा २०० थान भिटिएमलगायत स्वास्थ्य सामग्री तथा जनशक्तिको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामलाई अनुरोध गर्ने निर्णय गरिएको छ। |
गण्डकी प्रदेशमा काेराेना सङ्क्रमित १९ पुगे कास्की। गणडकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ। शुक्रबार बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
सङ्क्रमित वर्ष १९ र २१ का दुई पुरुष रहेको दुवै जनालाई मध्यविन्दु अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। बिहीबार साँझ म्याग्दीको मालिका गाउँपालिका घर भइ बेनी नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष ३० का एक पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ।
गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक सङ्क्रमित छन्। बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्याङ्जाको वालिङमा बिहीबार सङ्क्रमण पुष्टि भएका तीनमध्ये ३९ वर्षीया महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको हो।
स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेसनकक्ष नभएकाले उनलाई पोखरा ल्याइएको बताइन्छ । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार शुरु गरिएको जानकारी दिए।
निर्देशक आचार्यले पहिलोपटक सङ्क्रमित बिरामीको उपचार शुरु भएसँगै अस्पतालका अन्य सेवा भने प्रभावित हुने बताए। अस्पतालमा भीडभाड कम गर्न र सम्भावित सङ्क्रमण रोक्न बहिरङ्ग विभाग (ओपिडी) को सेवा बन्द गरिने जानकारी दिए। |
सीमाको प्रश्नमा सप्लाईको जवाफ दिएर भारतले के भन्न खोजेको हो ? काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीबास्तवले महामारीको समयमा पनि नेपालसंगको व्यपार र अत्याबश्यक बस्तुको सप्लाई गर्ने काम नरोकिएको बताएका छन्।
बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपालसंगको वर्तमान सीमा विवादका विषयमा बोल्ने क्रममा उनले अत्यावश्यक बस्तुको सप्लाईको प्रसंग जोडेका थिए।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएलगत्तै भारत सरकारले नेपालका लागि अत्याबश्यक सामग्रीहरुसमेत रोकेर अघोषित नाकाबन्दी गरिदिएको थियो।
सीमाको प्रसंगमा कुटनैतिक धम्कीका रुपमा अर्थ लाग्ने गरी अत्यावश्यक सामग्रीसमबन्धी कुरा जोडेर जवाफ दिइएको छ। प्रवक्ताले भनेका छन्, “अहिलेको कोभिड १९ को अवस्थामा पनि भारतले नेपालसंगको व्यपार र औषधिजस्ता अत्यावश्यक बस्तुहरुको सप्लाईलाई जारी राखेको छ। भारतले नेपाललाई औषधिजन्य सहयोग पनि गरेको छ।”
भारतले नेपालसँगको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अत्यन्त महत्व दिएको बताउँदै प्रबक्ताले पछिल्ला बर्षहरुमा दुई देशका बीचको सम्बन्ध अझै विस्तृत र विविधतायुक्त भएको बताएका छन्।
उनले भारत सरकारको दुई पक्षीय विकास र कनेक्टिभिटी सहयोग बढेको छ र यसअन्तर्गत नेपालमा केही निकै महत्व राख्ने ठूला आकारका परियोजना समयमा सम्पन्न भएको बताएका छन् ।
भारतले अहिलेको पछिल्लो सीमासम्बन्धी विषयमा निरन्तररुपमा नेपालको अवस्था अनुगमन गरिरहेका जनाएको छ । उसले आपसी सम्मान, संबेदनशीलता लगायतका आधारमा सबै छिमेकीसंग इन्गेज हुन खुल्ला रहेको भन्दै यसमा रचनात्मक र सकारात्मक प्रयत्नको जरुरी पर्ने कुरा पनि जनाएको छ। |
राष्ट्रपति भण्डारीद्वारा २३३ कैदीलाई माफी मिनाहा काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गगरेकी छन् ।
नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिएकी हुनु ।
यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ। रासस |
ललितपुरमा कोरोनाका कारण १ जनाको मृत्यु, मृतककाे संख्या ५ पुग्याे काठमाडौं । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार किस्ट अस्पतालमा भर्ना भएका उनको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको थियो ।
उनले डिसी नेपालसँग कुरा गर्दै भने, ‘उहाँ पाटन अस्पतालमा उपचारका लागि जानु भएको थियो। कलेजो सम्बन्धी समस्याबाट ग्रसित उहाँलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।’
जुनसुकै विरामीको पनि कोरोना परीक्षण अनिवार्य भएकाले उहाँको परीक्षणमा पनि कोरोनाको लक्षण पोजेटिभ देखिएको उनले बताए । उनले भने, ‘अहिलेअस्पतालमा उपचारका लागि आउने सबैको कोरोना परीक्षण अनिवार्य भएको छ। उहाँ पनि कोरोनाको लागि अस्पताल आउनु भएको हैन्। अन्य समस्या भएर आउनु भएको हो। तर, आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको छ।’
डा. गेलालका अनुसार, अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न बाँकी ।
उनले भने, ‘किस्ट अस्पतालका अन्यको सुरक्षाका लागि आवतजावतमा रोक लगाएका छौं, प्रशासन संग कुरा गरेर सिल गर्ने कि भन्नेबारे छलफल भइरहेको छ। तर, उहाँको उपचारमा संलग्न डाक्टर र अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिइसकेको छु। उहाँहरुको चाडै परीक्षण पनि गरिने छ। |
सीमा समस्या अन्त्यका लागि नेपाल पक्षको कार्यभार काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पिायाधुरा नेपालको भूभाग हो । दशकौँदेखि भारतले नियन्त्रणमा लिएको उक्त भूभागलाई फिर्ता लिने कुराको बहसले आज राष्ट्रिय महत्व पाएको छ । साथै राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वधिनताको रक्षाका लागि सबै नेपाली एकै ठाउँमा उभिने बलियो आधार पनि तयार भएको छ।
धेरै पहिलेदेखि नै तत्कालीन पञ्चायत शासकहरुले के कति कारणले यस विषयलाई मुद्दाको रुपमा उठाएनन् । यो इतिहासले नै मूल्यांकन गर्ला तर २०४६ सालको परिवर्तनपछि निर्माण भएको प्रजातान्त्रिक सरकारले सीमा विवादको विषयमा दुई देशबीच कूटनीतिक वार्ताका माध्यमबाट सल्टाउने प्रयास गरेतापनि यस विषयले सार्थक परिणाम दिन सकेन । पाँच वर्षअघि अर्थात सन् २०१५ मा लिपुलेकलाई व्यापारिक नाकाका रुपमा प्रयोग गर्न नेपाल सरकारलाई नसोधि भारत र चीन सरकारले सुटुक्क सहमति गरेका थिए ।
त्यसपछि भारतले सन् २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर पश्चिम क्षेत्रमा पर्ने उक्त भू–भागलाई आफ्नोतर्फ पार्दै नयाँ राजनीतिक नक्सा जारी गरे पश्चायत उत्पन्न समस्यालाई समाधान नै नगरिकन कोरोनाको महामारीको बेलामा फेरि चीनसँग जोड्ने मानसरोवरसम्म जाने सडकमार्ग बनाउन पुग्यो । यसरी भारतले आफैँ सिर्जना गरेको सीमा विवादलाई समाधान गर्न आज सबै राजनीतिक दल एवं नागरिक समाज एउदै राष्ट्रियताको बलियो जगमा उभिएका छन् ।
नेपालको कूटनीतिक असक्षमता, राजनीतिक नेतृत्वको अनिच्छा र लापारवाही कारणले भारतले नेपालमा अनवरत रुपमा कायम रहेको उक्त भूमि माथि कब्जा गरेको टिकाटिप्पणी जताततै उठ्न थालेपछि सरकारले उक्त भूमिलाई समेटेर नक्सा सार्वजनिक गरिसकेको छ ।
देशको चिन्ह छापसमेत परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव पनि संसद्मा दर्ता भइसकको छ । तर भारतले विभिन्न मिडियामार्फत उक्त भूमि आफ्नै भएको दाबी गर्दै आएको छ । त्यसैले फेरि प्रजातन्त्रवादी राष्ट्रवादी र परिवर्तनकारी धार पुनः नेपाली माटो रक्षा गर्न एक पटक एउटै ठाउँमा गोलबद्ध हुन आवश्यक छ ।
विश्वशक्ति राष्ट्र बन्ने आकांशा बोकेको छिमेकी देश भारतले जबरजस्त अर्को देशको सीमा मिचिरहनु र सीमा विवादलाई वार्ताद्वारा हल गर्न तत्पर नहुनुले पनि नेपाली भूमिमाथि बल मिचाई गर्ने एवं हडप्ने प्रवृति स्पष्ट नै देखिन्छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला पनि दुई मुलुकको सीमा विवादको समस्यालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत वार्ता गरी समाधान गर्ने सहमति भए पनि त्यसमा खासै प्रगति भएन ।
पछिल्लो पटक पनि भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई पटक सचिवस्तरीय कूटनीतिक वार्ताका लागि कुटनितिक पत्र पठाए पनि प्रति उत्तर आएन । त्यसैले सीमा विवाद भारतले आफैँ सिर्जना गरेको विवाद हो । यसलाई समाधान गर्नुको साटो बारम्बार पन्छिरहने र विवाद सिर्जना गर्ने कार्यले भारतको नियतमाथि शंका गर्नु नै पर्दछ । कुनै पनि देश भूगोल वा विकासको दृष्टिकोणले सानो ठूलो होला, धनीगरिब होला तर राष्ट्रियताको हिसाबले सानो ठूलो हुँदैन । आफ्नो मातृभूमि सबैलाई स्वर्गभन्दा प्यारो नै हुन्छ । त्यसलै भारतले कूटनीतिक वार्ताबाट पञ्छिन खोजी अन्तिम विकल्प नेपालको सामु अन्तराष्ट्रियकरण गर्ने ढोका सदा नै खुल्ला छ ।
सन् १८१६ को सुगौली सन्धिलगायत उपलब्ध अधिकांश ऐतिहासिक आधार प्रमाण एवं दस्तावेजका अनुसार महाँकाली नदीवारीको कालापानी क्षेत्र नेपाली भूभाग हो भन्ने कुरामा कुनै शंका छैन । नेपाल र भारतबीचको पश्चिमी सीमा महाकाली नदीले छुट्याउँदछ जुन नदीको उद्गम विन्दू लिम्पियाधुरा नै हो तर भारतले अतिक्रमण गरेको कारण उक्त क्षेत्रबाट उसलाई हटाउन हामीले सबै यथेष्ट प्रमाण जुटाउनु पर्दछ।
जस्तो सुगौली सन्धि, तत्कालीन नेपाल सरकाले गरेको जनगणना, त्यस भेगका जनताले नेपाललाई तिरो तिरेको रसिद, २०१५ सालको आमनिर्वाचनमा मतदाता सूचीमा भएको नामावली, सुगौली सन्धि अनुरुप भारतको तर्फबाट प्रकाशित भएका विभिन्न नक्साहरु र पश्चिम नेपालका गब्र्याङ गुन्जी र बुदिसहितका गाउँका मुखियाहरुले तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरलाई लेखेको पत्र आदि उक्त भूभाग नेपालको भूमि हो भन्ने बलियो प्रमाण हुन्।
जस्तो सुगौली सन्धि, तत्कालीन नेपाल सरकाले गरेको जनगणना, त्यस भेगका जनताले नेपाललाई तिरो तिरेको रसिद, २०१५ सालको आमनिर्वाचनमा मतदाता सूचीमा भएको नामावली, सुगौली सन्धि अनुरुप भारतको तर्फबाट प्रकाशित भएका विभिन्न नक्साहरु र पश्चिम नेपालका गब्र्याङ गुन्जी र बुदिसहितका गाउँका मुखियाहरुले तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरलाई लेखेको पत्र आदि उक्त भूभाग नेपालको भूमि हो भन्ने बलियो प्रमाण हुन्।
यसका साथै राष्ट्रसंघलगायत बेलायत जस्ता मुलुकका संग्रहालय तथा पुस्तकालयमा पनि कति प्रमाण छन् । त्यसको खोजी गरिनुपर्दछ । यससम्बन्धी विज्ञ एवं सीमाविद्हरुसँग पनि सरसल्लाह लिन जरुरी छ । राष्ट्रिय स्वार्थको यस विषयलाई सबैले व्यक्तिगत एवं दलगत स्वार्थभन्दा माथि उठी परिणाममुखी नतिजा ल्याउन अग्रसर हुनुपर्दछ । सरकारले पनि को बढी राष्ट्रवादी बन्ने भन्ने प्रवृत्तिलाई तिलान्जली दिँदै खुल्ला दिलले सहयोग लिन सधैँ तत्पर हुनुपर्दछ।
हाम्रो स्वाभिमानी इतिहासलाई सम्झेर बीपीले भनेको जस्तो संकटको घडीमा “एक मुठी माटो हातमा ल्याउ त्यसले जे भन्छ त्यही गर” भन्नुभएको थियो । आज हामी नयाँ इतिहास रच्दै छौँ । त्यसैले सार्थक परिणाममुखी नतिजा प्राप्त गर्न नक्सा वा मानचित्रमा मात्र होइन अर्थात्मा राजनीतिक भूगोलमा पनि उक्त भूभागलाई फिर्ता लिनको लागि निम्न रणनीति उपायहरु अवलम्बन गरिनुपर्दछ ।
१) संविधानको संशोधन :
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्यिाधुरासहितको भूभाग समावेश गरी मुलुकको नक्सा प्रचलनमा ल्याएपछि नक्साको सुधारको लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । संविधानको अनुसूचि–३ मा रहेको नेपालको निशानछाप राखिएको मुलुकको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र छुटेको हुनाले यी क्षेत्रहरु समेत समावेश भएको नक्सा संविधानमा राख्न संविधान संशोशनको प्रस्ताव संसद्मा दर्ता भएको छ । राष्ट्रियताको सवालमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुले एकता साथ संविधान संशोधनको प्रस्तावलाई पारित गर्नुपर्दछ ।
२) तथ्य तथा प्रमाणहरुको संकलन :
मिचिएको भूमि फिर्ता लिन विभिन्न प्रमाणहरु जुटाउनुपर्दछ । उक्त भूमि फिर्ता लिने पहिलो आधार सन् १८१६ मार्च ४ को नेपाल सरकार र इष्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धि नै हो । उक्त सन्धिमा पश्चिम काली पूर्वमा मेचीलाई मुलुकको सिमानाको रुपमा उल्लेख गरिएको छ तर उक्त सन्धिमा पश्चिमको राप्तीदेखि पूर्वको कोसी नदीसम्मका तराईका जिल्ला उल्लेख नभएकाले त्यसको नौ महिनापछि अर्थात् डिमेम्बर ८ मा सुगौली सन्धि कै पुरक सन्धि भयो ।
दोस्रो प्रमाणको रुपमा नेपालको कोशीदेखि राप्तीसम्मको समतल भूभाग नेपाललाई फिर्ता गर्न चाहने भन्दै अंग्रेज सरकारले नेपाल सरकारलाई पठाएको पत्रको आधारमा सुगौली सन्धि कै पुरक सन्धि भएको थियो । त्यसमा लिम्पियाधुरा नेपालको नक्सामा रहेको देखिन्छ । तेस्रो प्रमाण सन् १९६० नभेम्बर १ मा तत्कालीन श्री ३ जंगबहादुर राणा र जर्ज -याम्सेबीच भएको सझौताअनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको छ । त्यस बेला तयार पारिएको नक्सामा पनि लिम्पियाधुरा देखिन्छ । चौथौ प्रमाण सन् १८७५ जनवारी ७ मा दाङको डुडुवा क्षेत्रको सिमांकन गर्दा नेपाल र अंगे्रज सरकारको तर्फबाट कमिस्नर लेफ्टिनेट जर्नलको संयुक्त आयोगले गरेको नक्साङ्कनमा पनि लिम्पियाधुरा देखिन्छ ।
पाँचौँ सन् १९९५ मा तत्कालीन नेपाल सरकारलाई लिम्पियाधुरा क्षेत्रका बासीले तिरो तिरेको रसिदको प्रमाण मुख्य आधार हुन सक्दछ । छैटौँ प्रमाणको रुपमा २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली र २०१८ सालको जनगणनाको तथाङ्क पनि लिनुपर्दछ । सातौँ सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी पाँच नक्साले कालीनदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । आठौँ पश्चिम नेपालका गब्र्याङ, गुञ्जी र बुदिसहितका गाउँका मुखियाहरुले ११६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर जबरालाई लेखेको पत्र आदि हुन् ।
३) राष्ट्रिय र अन्तरराष्ट्रिय वातावरणको निर्माण:
सीमा विवाद समाधानको लागि सरकारले नेतृत्वदायी भूमिका खेल्नु नै पर्दछ । त्यसका लागि सरकारले सरोकारवाला समूहसँग समन्वय गरी सुझाव र सहयोग पनि लिन सक्नुपर्छ । यस्तै छिमेकी मुलुक चीनलाई समेत शुवेच्छुक मित्रको भूमिका निर्भाह गर्न आग्रह गर्नुपर्दछ । अन्य सार्क देश एवं त्यसअन्तर्गतका निकाय, अन्तरराष्ट्रिय संघसंस्थाका साथै जनस्तरमा व्यापक रुपमा नागरिक विज्ञहरु समेतलाई परिचालन गरी उचित वातावरणको सिर्जना गरिनुपर्दछ ।
४) वार्ताको प्रयास र दबाव:
भारतले मिचेको भूभागलाई फिर्ता लिन दुई देशबीच कूटनीतिक एवं राजनीतिक वार्तालाई पहिलो प्राथमिकता दिनुपर्दछ । यसमा त्रिपक्षीय वार्ताको पनि आवश्यक परे दोस्रो छिमेकी मुलुक चीनलाई समेत संलग्न गराउनुपर्दछ । अब यस्तो वार्ता परराष्ट्र मन्त्रीस्तरीय वा दुवै देशका प्रधानमन्त्रीबीच वान टु वान वार्ता हुन जरुरी छ ।
५) अन्तर्राष्ट्रियकरण:
वार्ताको प्रक्रियाले सफता पाएन भने सीमा विवादलाई अन्तर्राष्ट्रिकरण गर्न पनि पछि हट्न हुँदैन । किनभने अन्तर्राष्ट्रिय कानूनमा कुनै पनि विवादित भूमि माथि एकलौटी नियन्त्रण गर्न मिल्दैन । भारतको हेपाह प्रवृतिबाट अजित भई सकेको नेपालले अन्तिम विकल्पको रुपमा अन्तर्राष्ट्रियकरणलाई लिनुपर्दछ ।
६) भूमिमाथि नियन्त्रण:
सन् १९६२ मा चीनसँगको युद्धको दौरानमा भारतले कालीनदी तरेर नेपाली भूमि माथि अतिक्रमण गर्दै लिपुलेक आएर त्यहाँबाट बगेको खोलालाई एकतर्फि रुपमा कालीनदी भनेर घोषणा ग-यो । ती सिमानामा भारतीय सेनासमेत तैनाथ ग-यो । आज त्यहाँ धमाधम निर्माण कार्य र प्रशासनिक कार्यालयसमेत स्थापना गरी अड्डा जमाएर बसेको छ । तत्काल यी सबै निकायलाई नेपाल सरकारको मातहतमा ल्याई भारतीय सेना हटाउँदै नेपाली सेना तैनाथ गरिनुपर्दछ ।
(लेखक संग्रौला काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन्) |
सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्यो : विश्वप्रकाश शर्मा काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोरोना महामारीका बेला सरकारले कात्रोमा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले महामारीका बेला सरकारले भ्रष्टाचार र सत्ताको खेलमा लागेको आरोप लगाए ।
शर्माले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित नगरेको स्वास्थ्य सामाग्री ल्याएर जनाताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले भने, ‘कात्रोमा पनि भ्रष्टाचार ? स्वास्थ्य सामग्री समयमा आएन त्याहाँ गल्ति त भयोभयो, पारदर्शि ‘टेण्डर’ भएन त्याहाँ गल्ति त भयोभयो, कमसल खालको चिज ल्याएर आउने ? परीक्षणको किट पनि डब्लुएचओले ‘सर्टिफाइ’ नगरेको ल्याएर नागरिको जीवनमा माथि खेलवाड गर्ने? यतिले पुगेन मूल्य भन्दा बढीको रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गर्ने।’
‘नेपालमा आमा मर्दा ६ दिनसम्म अर्काको भूमिमा सेतो कपडा ओडेर बस्नु पर्ने नेपालीको वाध्यता यस भन्दा पहिला आएन।’ शर्माले भने, ‘यो भन्दा अमानवीय दृष्य के हुनसक्छ।’ |
भारतबाट ठूलो परिमाणमा लागुऔषधसहित नेपाल छिरेका युवा पक्राउ लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ परेका पासवानको साथबाट लागुऔषध डिलेक्सटीम डिसी १०० एमएलको ४४ बोतल, रिपलिन १०० एमएलको ३६ बोतल, नाइट्रेजेपेम ट्याब्लेट १२० थान, एसपास्मोस प्रोसेभोम ४४ थान र राजनिवास बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस |
चिनियाँ राष्ट्रपतिकी पत्नीको डब्लुएचओसँग के छ कनेक्सन ? समस्यामा पर्न सक्छ संगठन काठमाडौं। कोरोना भाइरसका विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि कैयौं देशहरुले प्रश्न उठाइरहेका छन् । यही बीचमा एक रिपोर्टमा यो कुराको खुलासा गरिएको छ कि विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उसकी गुडविल एम्बासडर पेंग लियुआनको पूरा परिचय खुलाइएकै छैन । वेबसाइटमा पेंगको जुन परिचय दिइएको छ त्यसमा उनी चीनका राष्ट्रपनि शी जिनपिंगकी पत्नी हुन् भन्ने कुरा कहीँ कतै उल्लेख छैन । डब्लुएचओले आफ्नो वेबसाइटमा गुडविल एम्बासडरको रुपमा ९ जनालाई सूचीकृत गरेको छ र उनहिरुको फोटोसहित संक्षिप्त परिचय प्रकाशित गरिएको छ ।
यो पदको लागि चिनियाँ राष्ट्रपति पत्नी पेंगलाई जहिले चुनिएको थियो त्यतिबेला तत्कालीन डब्लुएचओ प्रमुख मार्गरेट चेनले भनेका थिए ‘पेंग विश्वकी प्रसिद्ध आवाज र सच्चा मनकी महिला हुन् ।’ पहिलो पटक पेंगलाई २०११ मा चयन गरिएको थियो । पछि नयाँ डब्लुएचओ प्रमुख टेड्रोस एडनह्याम घेब्रियेसुसले उनलाई दोस्रो पटक नियुक्त गरेका थिए । बेलायती अखबार डेलीमेलमा प्रकाशित समाचार अनुसार बेलायतका सांसद तथा विदेश मामिलासम्बन्धी कमिटीका अध्यक्ष टम टीले भने ‘यस्तो लाग्छ गुडविलको परिभाषा लामो बनाइएको छ । डब्लुएचओले यस्ता व्यक्तिहरुलाई छान्नुपर्छ जो वास्तवमा मानिसहरुको अधिकारको लागि काम गर्छन् न कि उनीहरु जसको कामको विषयमा सन्देह कायमै छ ।’
१९८७ मा पेंगको बिहे जिनपिंगसँग भएको थियो । त्यतिबेला जिनपिंग चीनको झियामेनका डिप्टी मेयर थिए र उनको पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको थियो । पेंगको बारेमा डब्लुएचओको वेबसाइटमा लेखिएको छ ‘संगठनका महानिर्देशक (तत्कालीन) मार्गरेट चान प्रसिद्ध चिनियाँ गायिका तथा अभिनेत्री पेंग लियुआनलाई क्षयरोग र एचआइभी एड्सको लागि डब्लुएचओको गुडविल एम्बेसेडर नियुक्त गर्नुहुन्छ । पेंग पिपुल्स लिबरेशन आर्मीको जनरल पोलिटिकल डिपार्टमेन्टको चिनियाँ गीत र डान्स समूहकी प्रमुख हुनुहुन्छ । सार्वजनिक सेवामा पहिलो र मिलिट्रीमा उहाँलाई मेजर जनरलको दर्जा हासिल छ ।’
वेबसाइटमा अगाडि लेखिएको छ ‘पेंग स्वास्थ्य, क्षयरोग र एचआइभीमाथि नियन्त्रणको धेरै वकालत गर्नुहुन्छ । २००६ मा पेंग चीनमा एचआइभी एड्सबाट सुरक्षाका विषयमा मिनिस्टर अफ हेल्थ एम्बासडर बनाइनुभएको थियो र २००७ मा टिबी कन्ट्रोल एण्ड प्रिभेन्सनको नेशनल एम्बासडर पनि बनाइनुभयो ।’
अमेरिकासहित कैयौं देश यो आरोप लगाइरहेका छन् कि डब्लुएचओले विश्वलाई कोरोना भाइरसका विषयमा समयमा सतर्क गराएन र यस्तो चीनका कारणले गरियो । अमेरिका र जर्मनीका खुफिया एजेन्सीहरुको हवाला दिँदै यस्ता रिपोर्टहरु पनि आएका छन् कि चिनियाँ राष्ट्रपतिले डब्लुएचओ प्रमुखलाई कोरोनासँग सम्बन्धित जानकारी रोक्न भनेका थिए । तर, डब्लुएचओले यस्ता रिपोर्ट खारेज गरेको थियो । अब पेंगको डब्लुएचओसँग कनेक्सनका कारण संगठन फेरि प्रश्नको घेरामा आउन सक्छ । |
अमेरिकाको डालासमा ‘एन इभनिङ इन नेपाल’ टेक्सास । अमेरिकाको टेक्सासस्थित डालास शहरका नेपालीहरुलाई प्रविधिमार्फत सहभागी गराएर एउटा फरक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । डालासको एभरेष्ट लायन्स क्लवले मे २४, आइतबार बेलुकी ‘एन इभनिङ इन नेपाल’ नाम दिएर सो शहरमा रहेका नेपाली समुदायमा आपसी एकता र मनोरन्जनको सन्देश दिने प्रयास गरेको थियो । कार्यक्रममा कलाकारहरुले जुम प्रविधिको प्रयोग गरी आफ्नो प्रस्तुति दिएका थिए भने सहभागीहरुले फेसबुक लाइभमार्फत मनोरन्जन लिएका थिए ।
यो वर्ष कोभिड-१९ ले ल्याएको विषम परिस्थिति का कारण यसरी एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले इन्टरनेटमार्फत प्रविधि प्रयोग गर्नु परेको क्लवका पूर्व अध्यक्ष एवम् कार्यक्रम सँचालक राधाकृष्ण काफ्लेले बताए ।
कार्यक्रम नेपाली राष्ट्रगान र अमेरिका को राष्टगान बाट शुरू गरिएको थियो ।
टेक्सास नेपाली कला समूहका कलाकारहरू क्रमशः चर्चित हाँस्यब्यँग्य कलाकार नारायण त्रिपाठीले समसामयिक व्यंग्य र वरिष्ठ संगीतकार एवम् गायक केशव पौडेल, गायक भीम चापागाईं र लोकगायक भीम थापाका अलावा नेपालबाट चर्चित लोक दोहोरी गायक पुरूषोत्तम न्यौपानेले दुई चरणमा गायन प्रस्तुत गरेका थिए।बीचबीचमा लियो क्लबका भाइबैनीहरुले नृत्य र वाध्यवादन प्रस्तुत गरेका थिए।
कार्यक्रममा क्लवका अध्यक्ष सुरेश बस्यालले स्वागत मन्तव्य , स्टेट रिप्रिजेन्टेटिभ टेरी मेजा, लायन्सका नेताहरु विनोद माथुर, राजेन थापा लगायत लायन्स एस्मेराल्ड, भोलानाथ पन्त, थलराज पन्त, राज श्रेष्ठ, फ्रेड कंगनरले लायनिजम्का बारेमा मन्तव्य पनि राखेका थिए । क्लवकी सचिव डा .माया उपाध्यायले यो वर्ष क्लवले गरेका कार्यक्रमहरू प्रस्तुत गरेकी थिइन् भने क्लवकी प्रेसिडेन्ट इलेक्ट मीना क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी क्वलका सदस्य यशोदा अधिकारी, सरोज खतिवडा, लियो एकता उपाध्याय, मन्जिता क्षेत्री, बुनु पन्त, विनय उपाध्याय र कृतिका तिमल्सिनाले पनि विविध प्रस्तुति दिएका थिए ।
इभेन्ट कोअर्डिनेटको जिम्मा केदार तिमल्सिनालाई दिइएको थियो भने डिसे सुशान्तले माइ एलाइट इभेन्ट को स्टेज डेकोरेशनबाट लाइभ प्रस्तुति दिएका थिए । |
नेपालमा थप १२ जनामा कोरोना पुष्टि काठमाडौँ । सुर्खेतमा आज १२ जनामा कोराना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णालीले पुष्टि गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै, वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका ११ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमित भएको जनाएको हो।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ । जसमध्ये १५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४ जनाको ज्यान गएको छ । यद्यपी संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
|
मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह काठमाडौं । प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, सरसफाइ र सुरक्षाको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले असहाय, एकल तथा विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न यससम्बन्धी संशोधन विधेयक सङ्घीय संसदको चालु अधिवेशनमा पेश गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमणको पहिचान गर्न गरिने पिसीआर परीक्षण समुदायस्तरसम्म व्यापकरुपमा गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समितिले ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
समितिले कोरोना भाइरसको महामारीका कारणले बन्दाबन्दीको समयमा घटेका जातीय विभेद, छुवाछुत, बलात्कार, हत्याजस्ता घटनाका दोषीउपर कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरेको हो । |
अनौतिक सम्बन्ध राख्न नमानेको भन्दै महिलामाथि दुव्यर्वहार लहान। आफूसँग अनैतिक सम्बन्ध राख्न अस्वीकार गरेको भन्दै एक दलित महिलामाथि दुव्यर्वहार भएको छ।
श्रीमान बैदेसिक रोजगारीका क्रममा रहेका बेला सप्तरी घर भई सिराहाको कल्याणपुर नगरपालिका–११ मा बस्ने गान्धी साहले सोही ठाउँ बस्ने एक दलित महिलालाई टेलिफोन गर्दै आफूसँग अनैतिक सम्बन्ध राख्न दबाव दिएको पीडित महिलाले बताइन्। उनको दबाव अस्वीकार गरेपछि साहले कल्याणपुर नगरपालिका अगाडि दुव्यर्वहार गरेको पीडित महिलाले बताइ।
पीडित महिलाका अनुसार साहले उनलाई पाँच सय रुपैयाँ दिने प्रलोभन देखाएर अनैतिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए। श्रीमान विदेशमा भएको मौका छोपी यौन सम्बन्ध राख्न प्रस्ताव गरेपछि पीडित महिलाले अस्वीकार गरेकी थिइन्। आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै साहले पीडित महिलालाई मरणासन्न हुने गरी कुटपिट गरेको बताइन्।
कल्याणपुर इलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटनाबारे जानकारी गराएपनि अभियुक्त गान्धी साहलाई नियन्त्रमा लिइएको छैन। पीडित महिलाको हाल मिर्चैया अस्पतालमा उपचार भइरहेको छ। दलित अधिकारकर्मी संजय महराले महिलामाथि दुव्यर्वहार गर्ने दोषीलाई कारवाही गर्न माग गरेका छन्। |
लकडाउनमा रोकिएन अन्तरराष्ट्रिय विमानस्थल निर्माण काठमाडौं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति उल्लेख्य रहेको हो ।
पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । यो अवधिमा गौतमबुद्ध विमानस्थको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतमबुद्ध विमानस्थलकोे भौतिक प्रगति चालू आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पूरा भएकोे पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले आयोजनाका प्रमुखसँग गत वैशाख १८ र २२ गते अनलाइन छलफल गरी पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका अरू आयोजनाहरुमा चालू आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।
हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असारयता चार प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोकमार्गको काम असारयता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पूरा भएकामा चालू आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ ।
त्यस्तै भेरी डाइभर्सन काम ४०.६१ प्रतिशत सम्पन्न भए पनि असारयता २.२१ प्रतिशतमात्र काम भएको देखिएको छ । त्यस्तै बबई सिँचाइ आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भए पनि असारयता १.३८ प्रतिशत बढेको छ ।
बन्दाबन्दीमा विमानस्थलको निर्माण नियमित
बन्दाबन्दीका बेला पनि पर्यटन मन्त्रालयअन्तर्गत पर्ने दुई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन । “अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्तर्गतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुने थियो”, पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भने, “लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौँ ।” लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै नै सम्पन्न हुने र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम यही अवस्थाबीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराईले बताए ।
गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चाइनिजसहित १५० जनाले काम गरी रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताए । सन् २०२० को मार्चसम्ममा निमार्ण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्बरबाट निर्माण थालिएको यस विमानस्थलको काम विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण केही समय पर धकेलिए पनि महामारीकै बीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताए।
तीन महिनामा सबै काम पूरा हुने
कोभिडको महामारी शुरु हुनुअघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको यो विमानस्थलको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिकतर्फ ६३ प्रतिशत प्रगति भइसकेको आयोजना प्रमुख अधिकारीले बताए ।
मार्चमम्ममा काम सकिने भने पनि जनवरीबाटै चीनवाट आउनुपर्ने सामग्री रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामग्रीबीच बाटो (ल्हासा)मा आएर रोकिएका छन् भने कतिपय सामग्री प्याकिङ नै नभएको अधिकारीले जानकारी दिए । उनले भने, “हामीले चिनियाँ पक्षलाई आउनुपर्ने सामग्री चीनको सीमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौँ । त्यहाँसम्म ल्याउने अवस्था भयो भने यताबाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौँ ।” सबै निर्माण सामग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पूरा हुने उनको भनाइ छ ।
अहिलेसम्म विमानस्थलमा तीन किलोमिटर धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको काम पनि सकिएको छ । कार्गो टर्मिनलभवनको काम पनि करीब ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामी कात्तिक १२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा २५० चिनियाँ र नेपाली १०० गरी ३५० जनाले काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनले केही सामग्री केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामग्री भएकाले अहिलेसम्म काममा बाधा नआएको बताए । मुनकर्मीले भने, “अझै पनि स्टक सामान एक महिनाका लागि छ, केरुङमा रोकिएका सामान मात्र ल्याउन सकियो भने तीन महिनालाई काम गर्न पुग्छ ।”
आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा छ महिना अगाडि नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि बाहिरबाट सामग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमा काम पूरा हुने पनि आयोजना प्रमुख मुनकर्मीले बताए ।रासस |
उहान ल्याबका प्रमुख भन्छन्, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन न्यूयोर्क । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन्।
निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं।
हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहनु भएको छ।
धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ।
पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ। चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ।
दी न्युयोर्क टाइम्सले आइतवारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ।
अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ।
“यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,” उपशीर्षकमा भनिएको छ। अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ ।
संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ।
मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेल्नु भएको थियो । उनले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गरेका छन् ।
यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ।
क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन्।
न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ। एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७९९ जनासम्मको ज्यान गएको थियो।
करिब एक लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ। यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन्।
कोरोनाभाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा संक्रमण भएको देखिएको छ। दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो।
ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन्।
यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो।
ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ। लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ। पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ।
भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ। भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ।
केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ। रासस |
सोमबार सार्वजनिक बिदा काठमाडाैं। सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ।
नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो।
बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। |
त्यसै लिपुलेक क्षेत्रमा नेपाली सेना पठाइएको हो र ? काठमाडौं। नेपालले आफ्नो वर्षौं पुरानो नक्सालाई पुन प्रकाशित गरेपछि एकाएक उत्तेजित भएको भारतले एउटा विज्ञप्ति जारी गरेर त्यसको विरोधमात्र गरेन, दुई देशबीच उत्पन्न समस्या समाधानमा नेपाली नेताहरुले उपयुक्त वातावरण बनाउने कुरा समेत उल्लेख गर्यो। तर, के गर्दा भारतका लागि उपयुक्त वातावरण बन्छ भन्ने कुराचाहिँ भारतले उल्लेख गरेन।
हो, नेपाल र भारतबीच वातावरण धमिलो भएको छ। र, धमिलो वातावरणमा मौका छोप्नेहरुका लागि माछामार्ने उपयुक्त वातावरण पनि हो। तर, वातावरण धमिलो कसले बनाएको छ त? घटनाक्रमहरुलाई हेरौःं
धेरै वर्षअघिको कुरा गर्नुको अर्थ अहिले छैन। भारतको सत्तामा नरेन्द्र मोदी आइसकेपछिका घटनाक्रमहरुलाई हेर्ने हो भने उनले नेपालप्रति सधैं बक्र दृष्टिमात्र राख्दै आएका छन्। उनको बक्रताको पराकाष्ठा नेपालले नयाँ संविधान जारी गर्ने ताका देखियो।
नेपालले आफूले भनेजस्तो संविधान बनाओस् र नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा विभाजित गरेर एउटा बफरजोनका रुपमा सधैं डोमिनेट गर्न सकियोस् भन्ने मोदीको महत्वाकांक्षा त्यसबेला पूरा हुन सकेन। उनले तत्कालीन विदेश सचिवलाई नेपाली नेताहरुलाई भेटेर दवाव दिन विशेष दूत बनाएर काठमाडौं पठाएका थिए।
तर, मोदीका विशेष दूतको कुरालाई तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरिदिएका थिए। त्यसैगरी तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि भारतको कुरा सुनेनन् र नेपालको नयाँ संविधान जारी हुन सक्यो। त्यसबेलाका विशेष दूत भएर आएका व्यक्ति नै अहिले भारतको विदेशमन्त्री भएका छन्।
त्यसपछि भारतले लगाएको नाकाबन्दी कुनै पनि नेपालीजनले बिर्सेका छैनन्। नेपाली जनतालाई भोकभोकै पार्ने र तत्कालीन सरकारविरुद्ध उतारेर आफू अनुकूलको सरकार बनाई संविधान संशोधन गरी स्वार्थ सिद्ध गर्ने भारतीय प्रयास पनि सफल हुन सकेन।
ओली सरकारले पत्राचार गर्यो, विरोध पत्र दियो, वार्ताका लागि पटक पटक मिति प्रस्ताव गरेर पठायो, दुईपक्षीय कुटनीतिक संयन्त्रमार्फत समाधानका प्रयासका लागि भारतलाई बारम्बार आग्रह गर्यो। यो कुरा नेपाली जनता र भारतीय जनता दुबैका सामु छर्लंगै छ। यति हुँदा हुँदै पनि भारतले आफ्नो हेपाहा प्रवृत्तिलाई छोड्न चाहेन, लिपुलेकमा सडक बनाएर उद्घाटन गर्यो जुन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथिको ठाडो र निर्लज्ज हस्तक्षेप थियो।
किनकि, नेपाली जनताले भारतीय नाकाबन्दीका विरुद्ध दह्रो उभिन तत्कालीन सरकारलाई आँट दिए, समर्थन दिए र नेपाल देश नै एकजुट बन्ने आवस्था आयो जसले गर्दा भारत नेपाल नीतिमा असफल भयो। यस्तो दुःखको घडीमा उत्तरको छिमेकी मुलुकले सहयोग गर्ने बचनचाहिँ दियो।
तर, मसक्क आँट गरेर इन्धन लगायत अत्यावश्क सामग्री सहयोग गर्न सकेन। उसले पनि दुईपक्षीय सन्धि सम्झौता नभएको भन्दै नेपाललाई कागजमा अल्झाएर केही फाइदा लिन सकिन्छ कि भन्ने स्वार्थ राखेको जस्तो देखियो। तै पनि बचनकै सहयोग भए पनि नेपाली जनताले ठूलो भरोसा गर्नु पर्ने अवस्था भने आएको थियो।
नेपाल नीतिमा कारारी हार व्यहोरे पनि भारतले आफ्नो दम्भ जारी राख्न छाडेन। यो वा त्यो प्रकारले दुःख दिने र नेपालको व्यापारलाई अप्ठेरो बनाउने र मधेशमा रहेका जनताको दैनिक हुने भारतसँगको नियमित व्यपार व्यवसायमा समेत अप्ठेरो हुने गरी कतिपय नेपाली उत्पादनहरुलाई रोक्ने नीतिहरु अवलम्बन गर्ने काम जारी राख्यो। यसले मधेशमा पनि जनस्तरमा भारतविरोधी भावना बढ्न पुग्यो र भारतीय इशारामा चल्ने कतिपय नेताहरुलाई निकै अप्ठेरो पनि परेको थियो।
यसरी बारम्बार दुःख दिइरहेको परिणामस्वरुप नेपालले चीनसँग व्यापार र पारवाहन सन्धि गर्न पुग्यो र चीनका बन्दरगाहहरु नेपालले प्रयोग गर्न सक्ने गरी सम्झौता सम्पन्न हुन पुग्यो। यो घटनाले भारतलाई आक्रोशित त बनायो तर उसले प्रतिक्रियास्वरुप केही गर्न सकेन। यस्तो सम्झौता गर्ने केपी ओली नेतृत्वको सरकार गिराउने भारतको पटक पटकको प्रयत्न सफल हुन सकेको छैन।
तर, पार्टीभित्र ओलीलाई आछ्छु आछ्छु बनाउने गरी समस्यामा पार्न भने भारतीय रणनीति सफल हुँदै आएको थियो। तर, यो पनि पूरा हुन पाएन। मधेशी पार्टी विभाजनको अस्वाभाविक चक्रव्यूह बनाएर ओलीलाई फँसाउने भारतीय योजना पूरा नहुँदै असफल हुन पुग्यो।
यही सेरोफेरोमा आफ्नो नक्सा पुन प्रकाशन गर्ने नाममा भारतले जबर्जस्ती नेपाली भूमिलाई पनि आफ्नो भनी नक्सा जारी गर्न पुग्यो पाँच महिनअघि। त्यसको विरोध नेपालमा चर्कै भए पनि प्रधानमन्त्री ओलीले वार्ताबाट समस्या समाधान गर्छु भनेर नेपाली जनतालाई कन्भिन्स गराउने कोसिस गरे।
ओली सरकारले पत्राचार गर्यो, विरोध पत्र दियो, वार्ताका लागि पटक पटक मिति प्रस्ताव गरेर पठायो, दुईपक्षीय कुटनीतिक संयन्त्रमार्फत समाधानका प्रयासका लागि भारतलाई बारम्बार आग्रह गर्यो। यो कुरा नेपाली जनता र भारतीय जनता दुबैका सामु छर्लंगै छ। यति हुँदा हुँदै पनि भारतले आफ्नो हेपाहा प्रवृत्तिलाई छोड्न चाहेन, लिपुलेकमा सडक बनाएर उद्घाटन गर्यो जुन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथिको ठाडो र निर्लज्ज हस्तक्षेप थियो।
नेपालमा राजनीतिक अस्थिरता पैदा गरेर आफ्नो दीर्घकालीन स्वार्थ पूरा गर्ने भारतीय षड्यन्त्र यसपल्ट पनि पूरा हुन सकेको छैन। र, वार्ता गरौं, बार्ता गरौं भनेर भन्दा भन्दा थाकेको नेपालका लागि अव आफ्नै हिसावले अघि बढ्नुको विकल्पमा अरु केही बाँकी राख्न दिएन भारतले। अर्थात् भारतले हेप्दा हेप्दा थिल्थिलो भएको अवस्थामा अब प्रतिकार नै नगरी नहुने अवस्थामा पुगेर नेपालले आफ्नो भूमि समेटेर नक्सा सार्वजानिक गर्नु पर्ने अवस्था आइलागेको स्पष्ट छ।
र, सडक खन्ने नाममा नेपालले पनि लिपुलेकको क्षेत्रमा नेपाली सेना खटाउन शुरु गर्नु पर्ने अवस्था आइलागेको छ, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको पोष्ट खडा गरी खटाउनु पर्ने अवस्था आइलागेको छ। नेपाली सेनाले सो क्षेत्रमा आफ्नो टोलीे बिहीबारदेखि हेलिकोप्टरमार्फत पुर्याउन शुरु गरिसकेको छ। कति सेना त्यहाँ राखिने हो त्यो गोप्य हुने भए पनि भारतले वाध्यात्मक अवस्थामा पुर्याएकाले सीमामा घुमाउरो पारामा नै सही सेना खटाउनु पर्ने भएको हो।
यो परिस्थितिमा भारतको विदेश मन्त्रालयले विज्ञप्तिमा भनिएअनुसार अव के गर्दाचाहिँ नेपालले वार्ताको वातावरण बनाउन सक्छ त? यसको कुनै जवाफ छ भारतसँग? अवस्य छैन। अव वातावरण बनाउने जिम्मा भारतको हो। भारतले कालापानी क्षेत्रबाट आफ्न सैनिक फिर्ता गर्ने घोषणा गरेर दुईदेशबीचको सीमा विवादमा वार्ताको उचित बातावरण बनाउनु उपयुक्त हुन्छ।
लिम्पियाधुरा हो र सो भागदेखि सिंगै लिपुलेकको भूभाग भारतले सैनिक क्याम्प राखेर कब्जा गर्दै आएको सन् १९६२ को चीन र भारतबीचको युद्धदेखि नै हो। भारतको सत्ता र त्यसका उच्चपदस्थहरु नेपालसँग थप के चाहान्छन् ? के नेपाल चीनको पोल्टामा गएको प्रचार गर्दा भारतलाई फाइदा छ ?
तर, भारतको संस्थापन यो सरल समाधानको पक्षमा देखिँदैन बरु नेपाललाई चीनले संचालन गरेको आरोप लगाएर भ्रम छरी अन्तर्राष्ट्रिय दवाव दिन सकिन्छ कि भन्ने अर्को गलत रणनीतिमा लागेको देखिन्छ। यसैको परिणामस्वरुप भारतको सत्तापक्ष र त्यस निकट मिडियाहरु नेपाललाई चीनले खेलाएको भन्दै चर्को प्रतिक्रिया जनाइरहेका छन्।
त्यसका पछि उनीहरुको एउटै कारण छ नेपालले आफ्नो देशको वास्तविक नक्सा जारी गर्नु। झण्डै ७० वर्षपछि नेपालले आफ्नो वास्तविक नक्सा जारी गर्ने अवस्था आउनु यसको उत्तरी छिमेकी मुलुक चीनको उक्साहट हो भन्ने भारतको संस्थापन पक्षको ठहर छ। र, यो ठहरलाई भारतले उसका शक्तिशाली सेनापति मनोज नरभानेमार्फत सार्वजानिक पनि गरेको छ।
भारतीय सेनापतिले नेपाललाई चीनले उकासेकोले लिपुलेकको सीमा विवाद उठाएको बताउँदै नेपालका राजदूतले कालीनदी पूर्वमात्रै नेपालको भूभाग रहेको आफूहरुलाई बताएको र भारतीय सेनाले काली नदी पश्चिममा मात्र चीनसँग जोड्ने बाटो बनाएको स्पष्टीकरण पनि दिएका छन्।
तर, तथ्यहरुले भारतले भन्दै आएको काली नदी र नेपालले आफ्नो सीमाको काली नदीका बीचमा धेरै भूमिको अन्तर भएको कुरालाई उनले बुझ पचाएका छन्। नेपालले बर्षौदेखि भन्दै आएको काली नदीको उद्गमस्थल
लिम्पियाधुरा हो र सो भागदेखि सिंगै लिपुलेकको भूभाग भारतले सैनिक क्याम्प राखेर कब्जा गर्दै आएको सन् १९६२ को चीन र भारतबीचको युद्धदेखि नै हो।
भारतको सत्ता र त्यसका उच्चपदस्थहरु नेपालसँग थप के चाहान्छन् ? के नेपाल चीनको पोल्टामा गएको प्रचार गर्दा भारतलाई फाइदा छ ?
अवश्य छैन बरु यसले झन् भारतप्रति नेपालमा घृणाभाव नै फैलाउन मद्धत गर्छ। जानीजानी अझै कति गलत तरिकाले नेपालप्रति व्यबहार गर्ने हो? अनेकौं असफलता हात पर्दा पनि हेपेरै तह लागउन सक्छु भन्ने दम्भ भएसम्म कसरी समस्याको समाधान निकाल्न सकिएला र? दम्भलाई गंगामा बगाएर पवित्र काली नदीमाथिको दावी छोड्न तयार हुनुको विकल्प भारतसँग छैन। |
स्मार्ट लाईसेन्सको छपाइ जारी काठमाडौँ । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “अहिले सामान्य अवस्थामा जति नै छपाइ भइरहेको छ ।”
बन्दाबन्दीको समयमा अहिले ‘मास प्रिन्टर’ बाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै सङ्ख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ । कोभिड–१९ को जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको महानिर्देशक हमालले बताए । दैनिक तीन चरणमा ‘मास प्रिन्टर’ सञ्चालनका लागि दुई/दुईजना कर्मचारी कार्यालय आउने गरेका छन् । उनले भने, “एउटा सिफ्टको कर्मचारी गएको एक घण्टापछि मात्रै अर्को कर्मचारी आउनेगरी मिलाइएको छ ।”
विभागले मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ । बन्दाबन्दी पहिले झण्डै साढे चार लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा अझै तीन लाख छाप्न बाँकी छ । बाँकी अनुमतिपत्र आगामी असारभित्रमा छापिसक्ने योजना रहेको विभागले जनाएको छ ।
छापिएका अनुमतिपत्र अहिले विभागमै रहेका छन् । बन्दाबन्दी सकिएपछि विभागले प्रदेश सरकारअन्तर्गतको अनुमतिपत्र यातायात व्यवस्था कार्यालय लैजानेछ र कार्यालयले सेवाग्राहीलाई वितरण गर्नेछ । अहिले दैनिक छपाइ भइरहे पनि कर्मचारी आउन÷जान कठिनलगायत समस्या छन् । उनले भने, “विभिन्न स्थानमा प्रहरीले कर्मचारीलाई पनि रोक्ने गरेका छन् ।”
सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि नै सेवाग्राहीले राजश्व तिरेको लामो समयपछि मात्रै अनुमतिपत्र पाउने गरेका थिए । नयाँ संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालयहरु सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ ।
सरकारले झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा ‘मास प्रिन्टर’ ल्याइएको थियो । त्यो आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कँयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताउनुभयो । सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि ‘मास पिन्टर’ को क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ ।
विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि गरिसकेका छैनन् ।
विभागमा गत वर्षहरुमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै, छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।रासस |
वृद्धभत्ता लिन लाइनमा उभिएका वृद्धको मृत्यु धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोस भएर मृत्यु भएको छ।
गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए।
बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए । रासस |
नेपाललाई चीनले उकासेको भन्दै आफ्नो गलत नीति ढाकछोप गर्ने प्रयासमा मोदी ग्रुप काठमाडौं । नेपालले नयां नक्सा जारी गरेपछि भारतीय मिडियामा नेपाललाई चीनले उकासेको भन्दै बास्तवितालाई ढाकछोप गर्ने कामम तछाडमछाड शुरु भएको छ । साथसाथै विगतमा भारतले गलत नेपाल नीति अबलम्बन गरेको बहश शुरु गरिएको छ ।
आफू सत्तामा आएपछि लगातार नेपालविरोधी काम गर्दै आएका भारतीय प्रधानमन्त्री मोदीको नीतिको बचाऊ गर्दै उनका समर्थकहरुले नेपाल नीतिमा गल्तीचाहिं भएको तर सो गल्ती पहिलेकै सरकारले गरेको दावी गर्न थालेका छन् ।
भारतको सत्तारुढ पार्टीका नेता र सम्बद्ध रक्षा विशेषज्ञहरु नेपालको नक्सा जारी हुनुमा चीनको हात रहेको भन्दै हरेक मिडियामार्फत चीनबिरुद्ध खनिन थालेका छन् । यो संगसंगै अहिलेको अवस्था आउनुमा विगतमा भारतको गलत नीति जिम्मेवार रहेको भन्दै कांग्रेस आईको पूर्व सरकारबिरुद्ध पनि विजेपी समर्थकहरुले अभियान शुरु गरेका छन् ।
विगत छ बर्षदेखि सत्ताका रहेको भारतीय जनता पार्टीले नेपालविरुद्ध हेपाहा नीति लिएको र पटक पटक वार्तालाई समेत इन्कार गर्दै आएको कुरालाई नजरअन्दाज गर्दै नेपालको सद्भाव गुमाउनुमा कांग्रेस आईको पुरानो सरकार दोषी रहेको प्रचारबाजी विजेपी र यससंग सम्बन्धित थिंक ट्यांकहरुले शुरु गरेका छन् ।
भारतीय सेनाका पूर्व जर्नेल जीडी बक्सीले आईवीपी न्यूज च्यानलसनँग कुरा गर्दै भारतले नेपालको माओवादीलाई समर्थन गर्नु नै गल्ती भएको बताए । उनले नेपालमा हिन्दूराष्ट्रलाई भारत आफैंले नष्ट गरेको भन्दै भारतको नेपालनीतिको चर्को आलोचना गरे ।
विगत छ बर्षदेखि सत्ताका रहेको भारतीय जनता पार्टीले नेपालविरुद्ध हेपाहा नीति लिएको र पटक पटक वार्तालाई समेत इन्कार गर्दै आएको कुरालाई नजरअन्दाज गर्दै नेपालको सद्भाव गुमाउनुमा कांग्रेस आईको पुरानो सरकार दोषी रहेको प्रचारबाजी विजेपी र यससंग सम्बन्धित थिंक ट्यांकहरुले शुरु गरेका छन् ।
उनको आरोप लगाउँदै भने, “भारतले आफैंले गरेको गल्तीको परिणाम हो यो, कांग्रेसको जमानमा माओवादीलाई उकासिएको थियो हो त्यसैको परिणाम हो । छत्तिसगढमा माओवादीसंग लडिरहंदा नेपालमा भने माओवादीलाई समर्थन गऱ्यौं । हाम्रै गल्तीको सजाय भोगिरहेका छौं ।” उनले नेपालले नक्सा प्रकाशन गर्नु चीनको उक्साहट भएको आरोप लगाए । “नेपालको राजनीतिमा चीनले धेरै नै हस्तक्षेप गरिरहेको छ”, उनले भने ।
त्यसैगरी बिजेपीका नेता प्रेम शुक्लाले पनि सोही कार्यक्रममा प्रतिक्रिया दिंदै प्रचण्डलाई जेएनयूमा पालेर राजनीतिक रुपले प्रबलता दिएर भारतले नेपाल नीतिमा गल्ती गरेको आरोप लगाए । यी दुबैले भारतले नै माओवादीलाई हुर्काउने,बढाउने र नेपालको शक्तिमा पुऱ्याउने काम गरेको स्वीकार गर्दै आफैंले पालित पोसित गरेकाहरुबाट अहिले धोका भएको बताएका छन् ।
विजेपी नेता शुक्लले नेपालसँग भारतले सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको र भारतीय सम्प्रभुतालाई सम्मान गर्दै नेपालसंग दुईपक्षीय बार्ताबाट विवाद समाधान गरिने बताएका छन् ।
विवाद बढेपछि गोर्खा सैनिकको सम्झना
नेपालको राष्टियताको विषय आउने वित्तिकै संसरभरकै नेपालीहरु संबेदनशील हुन्छन् भन्ने कुरालाई भारतीयहरुले नबुझेका छैनन् । त्यसमाथि पनि भारतीय फौजमा भर्ती भएर भारतको सीमा रक्षामा अग्रभागमा लड्दै आएको गोर्खा फौजका ५० हजारभन्दा बढी नेपालीहरु यो विषयमा झन् बढी संबेदनशील हुन्छिन् ।
भारतले नेपालविरुद्ध हस्तक्षेप गर्दा गोर्खा फौजमा उत्पन्न हुने निराशा स्वयं भारतका लागि खतरा हुनसक्नेतर्फ सैनिक रणनीतिकारहरु संधैं सतर्क हुने गर्छन् । सन् २०१५ मा मोदी सरकारले लगाएको नाकाबन्दीताका पनि यो कुरा उठेको र तत्कालीन भारतीय सेनाका सेनापतिले समस्या समाधानमा पहल गरेको कुरा प्रकाशमा आएको थियो।
जनरल बक्सीले सो टीभीको कार्यक्रममा नेपालसंग रगतको नाता भएको भन्दै गोर्खा सैनिकले भारतका विभिन्न लडाईंमा अग्रमोर्चामा लडेको बताएर गोर्खा सैनिकमा उत्पन्न हुन सक्ने निराशालाई कम गर्ने प्रयास गरेका छन्। उनले सन् १९४७, ४८, ६२, ६५, ७१ र कार्गिल युद्धमा भारतको सीमा रक्षाका लडेको प्रसंग उप्काउंदै नेपालीसंग रगतको नाता भएको र नेपालसंग युद्ध नगर्ने बताए।
उनले भारतका लागि यसरी रगत बगाइदिने नेपालीहरुको सीमा जानीजानी मिच्ने र हेप्ने काम गरिएकोप्रति भने कुनै टिप्पणी गरेनन् बरु चीनले उकासेको भन्दै आफ्नो गल्तीको ढाकछोपको प्रयत्न गरे।
मनिषा कोइरालाबिरुद्ध आक्रामक
बिजेपीका नेता प्रेम शुक्लले अभिनेत्री मनिषा कोइरालाको बयान महत्वहीन र दुभाग्र्यपूर्ण भएको भन्दै आक्रोश पोखे । बलिउड अभिनेतृ मनिषा कोइरालाले नेपालले नयां नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै सीमा मिचिनु नहुने र लिपुलेकको सीमा विवाद भारत, चीन र नेपालले मिलेर समाधान गर्नु पर्ने उल्लेख गर्दै जेठ ७ गते एउटा ट्वीट गरेकी थिइन् ।
यसैलाई लिएर भारतीय मिडियामा मनिषाविरुद्ध तल्लोस्तरमा गाली गर्ने र अपमान गर्ने प्रयास हुँदै आएको छ । मनिषाको परिवार कांग्रेस पार्टी नजिक भएको र सो पार्टी चीन निकट भएको आरोप लगाउँदै शुक्लले नेपाल भारतको मामिलामा चीनलाई ल्याउनु उचित नहुने बताएका थिए।
|
पत्रकारको परिचय–पत्र बोकेर चोरी गर्ने पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले पत्रकारको परिचय पत्र बोकेर चोरी गर्दै हिड्ने १ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु, र महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरीटोलीले चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको हो ।
प्रहरी उपरिक्षक ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालीका १४ सुन्सरी घर भइ हाल धुम्बारही बस्ने वर्ष २१ का हिमाल रसाइली, बटुकी फूलवारी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं ओमबहाल बस्ने वर्ष २८ अलि आलम मिया रहेका छन्।
चाबहिलको भत्केको पुलबाट पक्राउ परेका उनीहरुले गत चैत्र ३ गते सिनामंगल स्थित होस्टेलबाट विभिन्न समयमा ४ थान ल्यापटप तथा चैत्र २४ गते चावहिल भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट एपल कम्पनीको म्याक बुक प्रो, एपल आइप्याड चोरी गरेका थिए ।
सिसिटिभीको फुटेज अध्ययन गर्दा चोरीमा संलग्न भएको बा २७ प ९४९० नम्बरको एभेन्जर मोटरसाइकल सोकि सोधपुछ गर्दा एपी१ टेलिभिजनको प्रेसकार्ड देखाइ आफुलाई पत्रकार हो भनि बताएको प्रहरीले जनाएको छ ।
प्रहरीले निजको साथबाट एप्पल कम्पनीको ल्यापटप १, एप्पल कम्पनिको आइप्याड २ थान, मोवाईल बिभिन्न ब्राण्डका ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, क्यानाेन कम्पनीकाे क्यामेरा १ थान, बा.२७ प.९४९० नम्बरको एभेन्जर माेटरसाइकल १ थान, AP1 को प्रेस कार्ड बरामद गरेको छ। |
काठमाडाैंकाे गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित काठमाडाैं। गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए।
मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उनलाई सङ्क्रमणको पुष्टि भएको थियो। सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा पहिलोपटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो।
नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ।
नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन्। नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन्। |
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री कोरोना पोजेटिभ काठमाडौँ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री समेत रहेकी उनकी पत्नी एजेलिना टोनी कोरोना भाइरस संक्रमित भएका छन् ।
माशर ६० वर्ष नाघिसकेका छन्। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको १३ मे मा कोरोनाभाइरसको परीक्षण गरिएको थियो।
दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् भने ४ जनाको ज्यान गएको छ। बीबीसी |
नेपालमा थप १० जनामा कोरोना पुष्टि काठमाडौँ । आज नेपालमा कोरोना भाइृर (कोभिड १९) का १० बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा नेपालको रौतहटका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएका १० जना रौतहटको राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु रहेका छन् ।
यस्तै, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हिजो नेपालमा कोरोनाको संक्रमणबाट एक महिलाको ज्यान गएको छ । संक्रमित मध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।
|
थप क्वारेन्टाइन निर्माणमा गरिँदै भजनी । टीकापुर नगरपालिका थप क्वारेन्टाइन निर्माणमा जुटेको छ । भारतले लकडाउन खुकुलो बनाउनाका साथै रेल सेवा सञ्चालनमा ल्याएसँगै त्यहाँबाट नेपाली नागरिक आउन सक्ने भन्दै थप क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाले पहल शुरु गरेको हो । यसका लागि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफलसमेत गरेको छ ।
राम्रो भौतिक संरचना रहेका १७ वटा विद्यालयका प्रधानाध्यापकसँग नगरपालिकाले विद्यालयलाई आवश्यक परे क्वारेन्टाइन निर्माण गर्नेबारे छलफल भएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । उनले हाल चारवटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको र ती क्वारेन्टाइनमा ४०० जनासम्म राख्न सकिने बताए ।
उनले भारतबाट स्थानीयवासी आएपश्चात् क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ हुनसक्ने भन्दै पूर्व तयारीका लागि छलफल गरिएको बताए । “सबै विद्यालय क्वारेन्टाइनका लागि दिन तयार छन् ।” नगर प्रमुख रावलले भने, “सबै मावि तहका उपयुक्त विद्यालयलाई क्वारेन्टाइनका लागि पूर्वतयारी गरेका छौँ ।”
हाल नगरपालिकामा आठजना क्वारेन्टाइनमा रहेका छन् भने टीकापुरमा अस्थायी बसोबास गर्दै आएका २६ जना भारतीय नागरिकलाई नगरपालिकाले भारतको पलिया पु¥याएको छ भने पलियाबाट १८ जना स्थानीयलाई ल्याउने तयारी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनले भारतको निघासनमा १५० जनाभन्दा बढीलाई भारतले क्वारेन्टाइनबाट पठाइसकेका कारण उनीहरु जुनसुकै बेला पनि नेपाल प्रवेश गर्न सक्ने भएको हुँदा क्वारेन्टाइनको व्यवस्थापनका लागि नगरपालिकाले पूर्वतयारी थालेको बताए ।
हालसम्म टीकापुर नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा रु ११ लाखभन्दा बढी खर्च गरिसकेको छ । नगर प्रमुखका स्वकीय सचिव निर्मला चौधरीले रु चार लाख सङ्घीय सरकारबाट क्वारेन्टाइन व्यवस्थापनका लागि आएको र बाँकी रु सात लाखभन्दा बढी नगरपालिकाले खर्च गरिसकेको जानकारी दिए । उनले क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा बढी खर्च भएको बताए ।
भारतले नेपाली नागरिकलाई क्वारेन्टाइनबाट छोड्न थालेपछि लुकीछिपी नेपाल प्रवेश गर्नेसमेत बढेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले लुकीछिपी आएका तीनजनालाई क्वारेन्टाइनमा राखेको छ भने भजनी नगरपालिकाको लालबोझीबाट प्रवेश गरेका थप तीनजनालाई पनि प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ । |
एकसय केजी चरेससहित २ जना प्रहरीको नियन्त्रणमा धादिङ । लागुऔषध चरेस करिव १ सय केजी सहित २ जनालाई धादिङ प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ विरहखर्क बस्ने वर्ष ३७ का टेकबहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने वर्ष २६ का विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले गजुरी गाउँपालिका वडा नं ६– दरियालखोला पुल नजिक किरानचोक जाने कची सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ प ४९९ र प्रदेश नं।३–०२–००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध चरेस सहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ब्यक्तिहरुको बारेमा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध चरेस सहित पक्राउ परेका दुवै जनालाई म्याद थप अनुसन्धान कार्वाहीको लागि जिल्ला सरकारी कार्यालय धादिङ हुदै जिल्ला अदालत धादिङमा पेश भएको र अदालतबाट लागुऔषध सम्बन्धी कसुर मुद्दामा १० दिनको म्याद प्राप्त भएको हुँदा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रबिन्द्र रेग्मीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।
|
सुत्केरी बोकेको एम्बुलेन्स खोलामा गएपछि… कोहोलपुर । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ ।
एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उनका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । |
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु झापा । झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५ हरीओम कोलोनी भित्री सडकमा को.१ ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको बुधबार बिहान घट्नास्थलमै मृत्यु भएको हो ।
टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । |
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु सिन्धुली । कमलामाई नगरपालिका–८ डुमरियास्थित सडकमा मे.१ ज १५४३ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बसतपुर बस्ने पैदलयात्री५२ वर्षीय रणवहादुर सुनुवारको मृत्यु भएको छ ।
मंगलबार बिहान उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका रण बहादुरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो । गाडी र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । |
नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक बनाएकोप्रति नेपाल सरकारकाे आपत्ति (विज्ञप्ति सहित) काठमाडौं। भारतले हालै कैलाश मानसरोवरसम्म जोड्ने सडक निर्माणका क्रममा नेपाली भूमि लिम्पियाधुरा हुँदै सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सुगौली सन्धिअनुसार काली (महाकाली) पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका सबै क्षेत्र नेपाली भूभागभित्र पर्ने प्रस्ट भएको र नेपाल यस कुरामा अडिग रहेको जनाएको छ ।
विज्ञप्तिमा यो कुरा नेपाल रकारले विगतका वर्षहरुदेखि नै उठाउँदै आएको र पछिल्लो समय भारतले आफ्नो नयाँ राजनैतिक नक्सा जारी गरेपछि २० नोभेम्बर २०१९ मा नेपालले भारत सरकारलाई पठाइएको कूटनैतिक नोटमा समेत यो कुरा उल्लेख भएको विज्ञप्तिमा जनाइएको छ । यो एकतर्फ कदम दुई देशबीच प्रधानमन्त्री तहमा सीमाको विषय छलफलबाट समाधान गर्ने भनी भएको समझदारी विपरित भएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल सरकार अझै पनि यस प्रकारका समस्यालाई दुई देशबीचको मैत्री सम्बन्ध कायम राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्साका आधारमा कूटनैतिक रुपमा समाधान गर्ने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो घटना प्रकाशमा आएसँगै नेपाल सरकारले नेपालको भूभागभित्र यस्ता गतिविधिहरु रोक्न आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्रको विज्ञप्तिमा लिपुलेकबारे चीन र भारतले गरेको एकलौटी सहमतिको पनि चर्चा गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०१५ मे १५ मा भारत र चीनद्वारा जारी गरिएको सयुक्त वक्तव्यमा नेपालको सहमतिविनै लिपुलेक पासलाई द्विपक्षीय व्यापार मार्गका रुपमा समावेश गर्ने सहमति गरिएपछि नेपालले छुट्टै नोट जारी गर्दै यसमा आफ्नो असहमति जनाएको थियो ।’
विज्ञप्तिमा नेपालले यसअघि पनि दुई पटकसम्म परराष्ट्र मन्त्रालय स्तरबाट यस विषयमा समाधानको लागि भारतलाई आह्वान गरेको र भारतीय पक्षको जवाफ अझै प्रतिक्षा गरिरहेको उल्लेख गरिएको छ ।
|
छाेराले बन्चरो प्रहार गरी बाबुआमाको हत्या गरे तेह्रथुम। यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।
कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ। कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए। घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ। मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए। |
लकडाउनमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग भक्तपुर। देश बन्दाबन्दी (लकडाउन) छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाइएको छ ।
सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार बिहान ९ बजे जडीबुटी र लोकन्थलीको सिमानामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाइटीले सवारी साधनमा किटनाशक औषधि छर्कने लाइन छिचोल्दै प्रेस ज्योकेट लगाएका व्यक्ति सवार ट्याक्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चारजना थिए ।
प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउँदै अगाडि बढ्यो । रिसाउँदै हवल्दारले भने, “सरकारले लगाएको नियम पनि यी प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यानलको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्काएर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्याहो ?”
ड्यिुटीमा खटिएका अर्का प्रहरी कराउँदै थिए, “कसैलाई छोड्यो भने पनि पहुँचवालालाई छाड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन ।” आधाघण्टाको अवधिमा पहेँलो ज्याकेट लगाएका ११ वटा मोटरसाइकल गए । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले भने, “हैन, पत्रकार पनि घरमै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेँलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो ?”
सडकमा प्रेस नलेखिएका तर पहेँला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेसकै भेषमा कुँदिरहेका देखिन्थे । कतिपय गैरपत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए कुद्ने गरेको लोकन्थलीमा ड्युटीमा रहेका प्रहरी गुनासो गर्दै थिए । प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, न त कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिँड्यो हामीलाई गाह्रो छ । सञ्चारकर्मीको पोशाक सबभन्दा धेरै द्ुरुपयोग भएको ड्युटीमा रहेका प्रहरीको गुनासो थियो ।
अत्यावश्यक समाचार सङ्कलनबाहेक अधिकांश सञ्चारमाध्यमका समाचारदाता घरबाटै समाचार बनाइरहेको अहिलेको अवस्थामा सञ्चारगृहका क्यामराम्यान र समाचारवाचक मात्रै सडकमा कुद्नुपर्ने भए पनि पहेँलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइकल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाइ छ । पत्रकारको मात्रै होइन नेपाली सेना र प्रहरीको पोशाकसमेत दुरुपयोग हुने गरेको पाइएको छ । विशेषगरी अवकाश लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर विभिन्न काम गर्ने गरेको पाइएको छ ।
नेपाली सेनाबाट आठ वर्षअघि नै अवकाश लिएर बसेका सुवर्ण बस्नेत दैनिक ललितपुबाट भक्तपुर हुँदै बनेपासम्म जाने आउने गर्छन् । सेनामा रहँदाको आफ्नो पुरानो पोशाक लगाएर जडीबुटी मनोहराबाट दैनिक निस्कने बस्नेत जडीबुटी, थिमि, सूर्यविनायक, जगाती हुँदै ओहोरदोहोर गर्छन् भने व्यक्तिगत कारोवार र ठेक्कापट्टाको कामका लागि बनेपासम्म पुग्ने गर्छन् ।
जडीबुटीदेखि जगातीसम्ममा जडीबुटी पुल, कौशल्टार, गठ्ठाघर, थिमि शङ्खधरचोक, राधेराधे, सल्लाघारी, सूर्यविनायक र जगातीसम्मको चेकप्वाइन्ट सजिलै पार गरेर जाने आउने गर्छन् । नेपाली सेना र प्रहरीको पोशाक लगाएको देखेपछि कुनै पनि चेकप्वाइन्टमा प्रहरीले रोक्दैन, न त परिचयपत्र नै हेरिन्छ ।
यो एउटा उदाहरण मात्रै हो, पोशाक लगाएर सेना, प्रहरी र पत्रकारको नाममा व्यापक बन्दाबन्दीको उल्लङ्घन हुँदा पनि उनीहरुलाई रोकेर प्रहरीले परिचयपत्र नमाग्ने गर्दा व्यापकरुपमा पोशाकको दुरुपयोग हुने गरेको गुनासो बढेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका सुवास न्यौपानेले प्रहरी र सेनाबाट अवकाश पाइसकेका व्यक्तिसमेत आफ्नो पुरानो पोशाक लगाएर हिँड्ने गरेको बताउँदै सेना र प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेको पनि परिचयपत्र खोज्नुपर्ने बताए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको बताइन् । जुन सञ्चारगृहमा काम गर्ने हो, सोही सञ्चारगृहको नाममा सूचना विभागबाट परिचयपत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी दिइन् ।
प्रजिअ पाण्डेले भनिन्, “पत्रकारको ज्याकेट लाएर गैरपत्रकारले दुरुपयोग गरेको व्यापक गुनासो आएको छ । ज्याकेटको दुरुपयोग रोक्न पत्रकार महासङ्घ आफैँ पनि लाग्नुपर्ने हो । अब माथिल्लो निकायबाट आएको परिपत्रअनुसार सूचना विभागको परिचयपत्र हेर्ने गरी कडाइ गर्नेछौँ ।”
उनले नेपाली सेना र प्रहरीको पोशाक लगाएर ओहोरदोहोर गर्नेहरुलाई पनि परिचयपत्र हेर्न प्रहरीलाई आजैबाट निर्देशन दिने बताइन् । उनले भनिन्, “पत्रकारको मात्रै हैन, सेना र प्रहरीको पोशाकको पनि लकडाउनमा दुरुपयोग भएको सुन्याँै आजै तीनवटै सुरक्षा निकायको प्रमुखसँग छलफल गरेर पोशाक लगाउनेको पनि परिचयपत्र जाँच गर्ने र परिचयपत्र नहुनलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले पत्रकारको मात्रै नभई नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेहरुको समेत परिचयपत्र हेर्न आजैबाट निर्देशन दिने बताए। सेना प्रहरीको पोशाक दुरुपयोग गरेको पाइए कारवाही गर्ने उनले बताए ।रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.