content
stringlengths 31
27.4k
⌀ |
---|
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी लहान। प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ। प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन।
प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न दलले छुट्टाछुट्टै चारवटा नाम दर्ता गराएका थिए। सत्तापक्ष समाजवादी पार्टी र राजपाले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश, अर्काे प्रतिपक्षी दल नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश र अन्य केही प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेशको नाम दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ।
यस्तै प्रदेश २ को स्थायी राजधानी जनकपुरलाई राख्नुपर्ने, परिवर्तन गरी राजधानी वीरगञ्ज बनाउनुपर्ने र वीरगञ्ज तथा निजगढ क्षेत्रलाई समेटिएर राजधानी राख्नुपर्ने गरी तीनवटा प्रस्ताव प्रदेशसभामा दर्ता थिए।
दर्ता भएका नामकरणका चार र राजधानीसम्बन्धी तीन गरी सातवटै प्रस्तावमा मङ्गलबार मतदान भएको थियो। पालैपालो भएको सो मतदानमा कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नआएपछि प्रदेशको नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलग्रस्त बनेको प्रदेशसभा सदस्य बताउँछन्।
प्रदेशसभा सदस्य तथा राजपाका नेता मनिष सुमन भन्छन्, “मतदान प्रक्रियाबाट पनि परिणाम नआएपछि प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलमा परेको छ।” अब पुनः शून्यको अवस्थाबाट नामकरण र राजधानीको विषयमा प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।
प्रदेशसभामा दर्ता भएका सबै प्रस्ताव असफल भएपछि पुनः प्रस्ताव आह्वान हुने र प्रस्ताव दर्तासँगै अन्य प्रक्रिया अघि बढ्ने प्रदेशसभा सदस्य सुमनले बताए। यसबाट प्रदेश २ को नामकरण र राजधानीको टुङ्गो लगाउने कार्य केही पछि धकेलिएको छ। लामो समयको रस्साकस्सीपछि प्रदेशको राजधानी जनकपुरमै राख्ने विषयमा सहमतिमा पुगेका मुख्य राजनीतिक दलहरु प्रदेशको नामकरणका लागि भएको मतदानसँगै विभाजित बनेका छन्।
प्रदेशको नामकरणका लागि भएको निर्वाचनमा आफूहरुको पक्षमा मतदान नगरेको भन्दै प्रदेशसभा सदस्यले दलगत आधारमै राजधानीको फरकफरक प्रस्तावमा मतदान गरेका छन्।
यसका कारण प्रदेश राजधानीका लागि प्रस्तावित कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाइ मत पुग्न नसकेको प्रदेशसभा सदस्यको भनाइ छ। सबै दलको साझा प्रस्तावका रुपमा दर्ता भएको प्रदेशको राजधानी जनकपुरको प्रस्तावमा भएको मतदानमा पक्षमा ५२ र विपक्षमा ५२ मत नै खस्यो। राजधानी जनकपुरको प्रस्ताव पारित गर्नका लागि भएको मतदानमा तीनवटा मत बदर भएको छ।
नेपालको संविधान, २०७२ अनुसार प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउन प्रदेशसभामा कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत चाहिन्छ तर प्रदेश २ सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। सत्तारूढ समाजवादी पार्टी र राजपासँग सामान्य बहुमत अर्थात् ५४ जनामात्र छ।
कूल १०७ सदस्यीय प्रदेशसभामा नेकपासँग ३२ र नेपाली काँग्रेसका १९ प्रदेश सांसद छन्। अब काँग्रेस वा नेकपामध्ये कुनै एक दलको समर्थन नभएसम्म सत्तारूढ दलले दुई तिहाइ पुर्याउन सक्ने स्थिति छैन। यसको परिणाम मङ्गलबारको मतदानले देखाएको छ। मतदानमा सत्तापक्षले अघि सारेको मधेश प्रदेशको पक्षमा ६० मत खस्यो भने विपक्षमा ४७ मत खस्यो।
यस्तै नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र विपक्षमा ७० मत खस्यो भने काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशको पक्षमा २८ मत र विपक्षमा ७९ परेको छ। केही प्रदेशसभा सदस्यले दर्ता गराएको मध्य मधेशको पक्षमा ४२ मत खस्यो भने विपक्षमा ६५ मत खसेको निर्वाचन अधिकृत रञ्जीत यादवले जानकारी दिए। मतदानले कुनै दलको पक्षमा बहुमत नदिएपछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारीसमेत शुरु भएको छ। एकपछि अर्काे गरी दलको प्रस्ताव असफल भएपछि सत्तापक्ष र प्रतिपक्ष एक अर्का बिरुद्ध खरो अभिव्यक्ति दिन थालेका छन्।
राजपा नेपालका सचेतक परमेश्वर साहले मधेश आन्दोलनको उपलब्धि र सङ्घीयतालाई कमजोर बनाउने मनसायका साथ नेकपा र काँग्रेसले आफूहरुको प्रस्तावको विपक्षमा मतदान गरेको आरोप लगाए। उनले भने, “मधेश आन्दोलनको भावनाअनुसार नै हामीले मधेश प्रदेशको प्रस्ताव ल्याएका हौँ तर त्यसलाई तुहाएर मधेशवादी दललाई बदनाम गराउन यो प्रस्ताव असफल बनाएका छन्।” प्रदेश सरकारले नामकरण र राजधानी टुङ्ग्याउन नसकेको देखाउनका लागि नेकपा र काँग्रेसले आफूहरुको प्रस्तावको विपक्षमा मतदान गरेको उनको कथन छ।
राजपाका सचेतकको भनाइमा कुनै सत्यता नरहेको दाबी गर्दै नेकपाका सचेतक सुन्दर विश्वकर्माले प्रदेशको नामकरण गर्न असफल भएको सत्तापक्ष आफूलाई जोगिनका लागि अरूमाथि आरोप लगाएको प्रतिक्रिया दिए। उनले भने, “प्रदेशसभामा कुनै पनि दलको दुई तिहाइ नहँुदा नहुँदै किन प्रस्तावलाई मतदानमा लगियो? यो त पहिलै थाहा थियो कि सहमतिमा नगए यो प्रस्ताव असफल हुन्छ भनेर।”
जबर्जस्ती मतदानमा जानुको परिणाम यस्तो भएको उनको तर्क छ। “प्रदेशको राजधानीको विषयमा सहमति भइसकेकाले पहिला राजधानीको प्रस्तावमा मतदान गरौँ अनि मात्रै नामकरणमा जाऔँ भन्ने सहमति भएको थियो”, सचेतक विश्वकर्माले भने, “तर सत्तापक्षले हैन, पहिला नामकरण गरेरै जाऔँ अनि मात्रै राजधानी टुङ्ग्याउला भन्ने कुरा गरेपछि हामी पनि त्यसमा सहमत भयौँ।” सत्तापक्षको कुरालाई मानेर जाँदा नामकरणसँगै अघि नै सहमति भइसकेको राजधानीको प्रस्तावसमेत असफल भएको उनको भनाइ छ।
सहमति भइसकेको राजधानी जनकपुरको प्रस्ताव असफल भएपछि आफूहरु अच्चममा परेको सुनाउँदै उनले यसबाट सत्तापक्षमाथि गम्भीर प्रश्न उब्जिएको बताए। यसरी दलका नेताहरुको मत विभाजित हुँदा प्रदेशसभा गठन भएको २ वर्षमा भए पनि प्रदेशको नाम र राजधानी पाउने जनताको विश्वासमाथि तुषारापात भएको अधिवक्ता तथा राजनीतिक विश्लेषक डोमन साहको भनाइ छ। हुन त प्रदेशको राजधानी जनकपुर नै बनाउनुपर्नेमा धेरैको सहमति रहे पनि दल मात्रै होइन, प्रदेश २ को नामकरणको विषयमा सर्वसाधारणको मतसमेत बढी विभाजित भएको पाइन्छ।
प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे प्रदेशवासीको भावनालाई बुझ्न प्रदेश २ सरकारले गत ०७५ साल कात्तिक ११ गते डा हरिवंश झाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय आयोगले प्रदेशको आठवटै जिल्लामा पुगेर जनमत बुझेका थिए।
आयोगले जनस्तरबाटै सुझाव सङ्कलन गर्ने क्रममा विभिन्न दलबीच प्रदेशको राजधानी जनकपुर नै उपयुक्त भए पनि नामकरणको विषयमा तीव्र विवाद देखिएको थियो। त्यही विवादका कारण आयोगले प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनमा प्रदेश २ को नामकरणको विषयमा प्रस्ट पारिएको थिएन। त्यसैले प्रदेश २ सभामा कुनै पनि दलसँग दुई तिहाइ मत नभएको अवस्थामा प्रदेशसभाभित्र कुन दलले कुन रणनीति बनाएर आफ्नो ‘एजेन्डा’ पारित गराउन सक्छ भन्ने आङ्कलन गर्न सक्ने अवस्था तत्काल नरहेको जानकार बताउँछन्।
यस्तो अवस्थामा प्रदेशसभाभित्र प्रदेशको नामकरण र राजधानीको विषयमा दलबीच ठूलै भिडन्तको सम्भावना छ। त्यसैले दलले आफ्नो दलगत स्वार्थ त्यागेर सहमतिमै प्रदेशको नाम टुङ्ग्याउँदा उचित हुने नागरिक सञ्जालका अध्यक्ष सुखराम यादवले बताए। उनले भने, “सबै दलले आफ्नो दलगत स्वार्थभन्दा माथि उठेर सबै प्रदेशवासीको पहिचान झल्कने गरी सहमतिमै नामकरण गर्दा उचित हुन्छ।”
सबै दलको कार्यसूची फरकफरक हुनु स्वभाविक भए पनि प्रदेशवासी अधिकांश जनताको भावनालाई बुझेर दलीय सहमतिमै यी विषयको हल खोज्नुपर्ने उनको भनाइ छ। सार्वभौम प्रदेशसभा संसद्मा जबर्जस्ती कुनै प्रस्ताव पारित गराउन खोजिए प्रदेशका लागि दुर्भाग्य हुन सक्ने उनको तर्क छ। |
खाना पकाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ मध्यपुरथिमि । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा बसेर दुई जनाले सँगै रक्सी खाएको र रक्सी खादा खाना पकाउने विषयमा झगडा भएपछि राजनले पवित्रालाई लात्ती, मुक्का र दाउराले कुटपिट गरी हत्या गरेको खुल्न आएको उनले जानकारी दिए । |
श्रीमान्को हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान दमौली । श्रीमान्को हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव पौडेलको आदेशबाट सम्झना पुर्पक्षमा लागि थुनामा गएको जिल्ला स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। सम्झनालाई प्रहरीले गत फागुन ८ गते पक्राउ गरेको थियो । रामबहादुरको गत माघ १७ गते हत्या भएको थियो । गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।
माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृतावस्थामा फेला परेका थिए । श्रीमान् मृतावस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमान्लाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
मृतक रामबहादुरले दैनिक मदिरा सेवन गर्ने गरेका थिए । घटनाको दिन पनि उनले मदिरा सेवन गरेर सुतेका थिए । मृतावस्थामा फेला परेका उनको घाँटीमा नीलो डाम देखिएपछि हत्या भएको हुन सक्ने प्रहरीलाई शङ्का थियो । उनको शवपरीक्षणमा सामान्य मृत्यु नदेखिएकाले प्रहरीले विस्तृतरुपमा घटनाको अनुसन्धान थालेको थियो । मृतकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमान्को मृत्युपछि सम्झनाले १३ दिने काजकिरियासमेत गरिसेककी थिइन् । घटना घटेपछि शुरुमा सम्झनाले मृतकको शवपरीक्षण गर्न आनाकानी गरेकी थिइन् । मृतकका अन्य आफन्तले शवपरीक्षण गर्नुपर्ने बताएपछि मृतकको शवपरीक्षण भएको थियो । प्रहरीले सम्झनालाई विभिन्न चरणमा सोधपुछ गर्दा निजले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ । |
ठूलो मात्रामा लागुऔषधसहित १२ जना पक्राउ काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीकाक्रममा ३ महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पछिल्लो १२—१२ दिनमा चलाएको अभियानमा व्युरोले ठूलो सफलता प्राप्त भएको जनाएको छ । नेपालमा लागुऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ ।
मुख्य नाकामध्ये वीरगञ्जमा लागुऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वि चम्पारणका २४ वर्षिय विकाश कुमार र सोही ठाउँका २४ वर्षिय विकास कुरमा रामलाईसमेत पक्राउ गर्न सफल भएको जनाएको छ । उनीहरुको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ ।
उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०)लाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुर्लाइ पक्राउ गरिएको व्युरोका प्रमुख बसन्त बहादुर लामाले बताए ।
चैत १ गते प्ररीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ (५२), वडा नम्बर १५ का ज्योती बराल (२४)लाई पक्राउ गरेको थियो ।
व्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागु औषध कारोबारको रकम १ लाख ९४ हजार ५ सय सहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ का राजिव तामाङलाई पक्राउ गरेको छ । उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राई (२१) लाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।
यसैगरी, फागुन २२ गते बल्खुबाट बुप्रेनोर्फि, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरी (३५) लाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सुर्यगढी नगरपालिका ५ का सरोज पौडेल (२५), सिन्धुपाल्चोक इन्द्रवती ४ का उर्मिला तामाङ (२२), धादिङको निलकण्ठ नगरपालिका १ का राज कुमार गुरुङ (२९) र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ । |
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु चितवन । भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो।
ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस |
टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु, पाँच प्रहरी घाइते, हवलदार गम्भीर बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार टिपरको ठक्करबाट पैदलयात्री आमाछोरीको मृत्यु भएको छ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन्।
घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। |
जडीबुटीमा दुर्घटना विवरण आउन बाँकी काठमाडौं । जडिबुटीमा दुर्घटना भएको छ । दुर्घटनाकाे विवरण आउन बाकी छ । दुर्घटना कसले गराएको हो भन्ने खुलेको छैन ।
सोमबार राति १०ः४५ बजे सडक यात्रीले दुर्घटना भएर बेबारीसे अवस्थामा एक जना लडिरहेको देखेको जनाएका छन् ।
लडेको अवस्थामा रहेको पुरुष वा महिला त्यो पनि खुल्न सकेको छैन । |
कार्भेमा स्कुलबाट घर फर्किँदै गरेकी आमा–छोरीको टिपरको ठक्करबाट मृत्यु, स्थानीय आक्रोशित काठमाडौं। काभ्रेको पनौतीमा सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। स्कूलबाट बनेपातर्फ आउँदै गरेका आमा–छोरीलाई सोमबार साँझ पनौतिमा टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनीहरुको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको छ। आक्रोशित स्थानीयहरुले प्रर्दशन गर्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
स्थानीय बासिन्दाले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
पनौतीमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रोशी ६ का नवराज थापा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्थानीय कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापकसमेत रहेकी उनले परीक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको थियो । |
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई सोमबार पक्राउ गरेको छ ।
नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ भन्दै दाहालले सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ ।
आयोगले उनलाई कार्यालयको सेवाग्राही फाँटबाटै पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले राम्चे आधारभूत विद्यालय मराङ म्याग्दीका शिक्षक छोटेलाल ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । |
रेडक्रसमा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिन हुदै काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ । रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो ।
छानबिनका क्रममा विभिन्न पक्षसँग समितिले छलफल समेत गरिरहेको छ । महिला तथा सामाजिक समिति निरुदेवी पालले अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई नियमन गर्न स्पष्ट कानूनी व्यवस्था नहुँदा समस्या परेको बताइन् । सोमबार रेडक्रस सोसाइटीका पदाधिकारीहरुसँगको छलफलपछि सभापति पालले जेनेभा कन्भेन्सनले गरेको ब्यबस्थालाई नेपालले आफ्नै कानून बनाएर लागु नगरेको कारण पनि सामाजिक सेवाका रुपमा काम गरिरहेका अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा बेथिती बढेको बताएकी हुन् ।
उनले भनिन्, ‘रेडक्रसका विषमा उठेका प्रश्नहरुमा कानूनी प्रावधानको समस्या, अनुमगन, मुल्याङ्कन र नियमन नभएको अवस्था जिल्ला प्रशासनमा दर्ता, समाज कल्याण परिषद्मा आवद्धता भएपनि महालेखा परीक्षकले अडिट गर्न नपाउने र नियमन पनि कसैले नगर्नै अवस्था देखिएको छ ।’ सधैभरी समस्या राख्नुभन्दा नेपाल सरकारलाई समाज कल्याण अन्तर्रगत रेडक्रस लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरुको नियमनका लगि कानून बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताइन्।
रेडक्रसमा भ्रष्टाचार भएको उजुरी समितिमा परेपछि समितिले विभिन्न पक्षसँग छलफल गरिहेको छ । सोमबार रेडक्रसका अध्यक्ष संञ्जिव थापासँग समितिमा परेका उजुरीका विषयमा छलफल गरेको थियो । खर्च विवरणको अभिलेख, अहिलेसम्म रेडक्रसले प्राप्त गरेको रकम र खर्च, लेखा परीक्षणको अवस्था लगायतका विषयमा अध्यक्ष थापालाई प्रश्न गरिएको थियो ।
यसैगरी, संस्थाको खरिद प्रक्रिया अपारदर्शी रहेको र कानून बमोजिम कर नतिरेको विषयमा पनि प्रश्न गरिएको थियो । जवाफमा अध्यक्ष थापाले लेखा परीक्षण भएको, खर्च र प्राप्त रकमको विवरण राख्ने गरिएको बताए । उनले स्थापनापछि आएको रकमको हिसाब अपडेट रहेको र लिखित रुपमा माग भए लिखित रुपमा विवरणहरु दिने बताए । उनले संस्थाका हरेक खरिद प्रकृयाहरु पारदर्शी, प्रतिपर्धात्मक र सिलिङ तहमा हुने गरेको बताए ।
रेडक्रस सोसाइटीमा आवधिक निर्वाचन समेत हुन सकेको छैन् । रेडक्रसभित्र आर्थिक अनियमितता सँगै कार्यक्रम सञ्चालन गर्दा समाज कल्याण परिषद्सँग कुनै पूर्व स्वीकृति नलिएको आरोप पनि छ । संस्थामा पदाधिकारीहरुको एकाधिकार भएको र आफ्नो नातेदारहरुलाई कर्मचारीका रुपमा भर्ना गर्ने गरेको आरोप पनि छ ।
रेडक्रसमाथि भूकम्पपछिको उद्धार, राहत, पुर्नस्थापना र पूननिर्माणका लागि दाताहरुबाट ९ अर्ब अनुदान प्राप्त गरेपनि स्थानीय स्तरमा कुनै काम नभएको आरोप छ । भूकम्प पीडितको कोष पुर्नस्थापना र पूनर्निमार्णको काम नभइ प्रशासनिक खर्चहरुमा सुविधा सम्पन्न सामानहरुको खरिदमा जथाभावि खर्च गरेको आरोप पनि लगाइएको छ । रेडक्रसका पदाधिकारीहरुले साढे २४ करोड रुपैयाँ पदाधिकारी र कर्मचारीको तलब भत्ता, विदेश भ्रमण, कार्यालयको फर्निचर तथा सजावट र सवारी साधन तथा अन्य खरिदमा खर्च गरेको समितिमा प्राप्त उजुरीमा उल्लेख छ । |
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु काठमाडौं । धनुषा, सर्लाही र कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ।
धनुषा, सहिदनगर नगरपालिका–१ कमला बाँध छड्कीस्थित सडकमा ना.४ त ७५८३ नम्बरको ट्याक्टर
अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ।
आइतबार दिउँसो भएको दुर्घटनामा परी ट्याक्टर चालक धनुषा कमला नगरपालिका–७ सिंग्याहीमडान बस्ने २२ वर्षीय संजिव महराको घटनास्थलमै ज्यान गएको हो ।
सर्लाही, बाग्मती नगरपालिका–७ तुफानपुरस्थित बाग्मती खोलामा ना.२ त ९९८९ नम्बरको ट्याक्टरबाट खसेर ३२ वर्षीय रामपुजन सहनीको मृत्यु भएको छ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटना लगत्तै ट्याक्टर चालक भने फरार छन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–१० भुजेलास्थित सडकमा म.१ त १११० नम्बरको ट्याक्टर र म.२ प १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक सोही नगरपालिका डिमुवा बस्ने ३४ वर्षीय खगेन्द्र जोशीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल हुँदै भारतमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ ३४ वर्षीय हरिदत्त जोशीको उपचार भइरहेको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ। |
पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घर भित्र काठमाडौं । पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको आइतबार बसेको वैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतमले लिच्चछवीकालमा नै यी शिवलिङ्ग बनेकाले घरहरु पछि बनेका सहज अनुमान गर्न सकिने बताए । पशुपति क्षेत्रमा रहेका कतिपय स्मारकको संरक्षण हुन नसकेको उनले बताए । कोषको क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका कारण संरक्षण गर्न कठिन भएको हो । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।
कोषले यस क्षेत्रको आगामी एक सय वर्षका लागि गुरुयोजना बनाउन लाग्दा यहाँ जग्गाको पुनःनापी गर्नुपर्ने र स्मारकको संरक्षण आवश्यक भएको जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले यस क्षेत्रमा पहिले धेरै किसिमका जात्रा, पर्व सञ्चालन भए पनि अहिले कतिपय हराउन थालेका बताए । मन्दिरसँगै आस्थाका हिसाबले जोडिएको वाग्मती नदी फोहर भएकाले यसको सफाइ पनि आवश्यक भएको उनको भनाइ छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रको विकासमा विभिन्न निकायबीच समन्वय आवश्यक भए पनि अभाव देखिएको छ । यस क्षेत्रमा जुनसुकै समस्या देखिँदा पहिले सबैले कोषलाई भन्ने गरे पनि धेरै कुरा कोषको अधिकार क्षेत्रमा पर्दैन ।
मन्दिरको जग्गा अहिलेसम्म कोषका नाममा नभएकाले त्यसलाई ल्याउन लागिएको छ । उनले भने, “यहाँका कतिपय मन्दिर, सत्तल, जात्राहरु पनि कतिपय गुठीको त कति पुरातत्वको स्वामित्वमा छ ।” कोषका पूर्वसदस्य–सचिव गौतमले यस क्षेत्रमा कतिमा मन्दिर भएका मूर्ति नभएको, कतिमा मूर्ति भएका मन्दिर नभएका र कतिपयमा दुवै भए पनि नियमित पूजाआजा नभएको बताए । यहाँ रहेका कतिपय निजी गुठीका मन्दिरमा नियमित पूजा नहुँदा कोषले नै त्यसको व्यवस्था गरिरहेको छ । चक्रपथको चावहिल–गौशाला सडक विस्तारका क्रममा यहाँका धेरै स्मारकलाई नोक्सानी पुग्नसक्ने देखिएको उनले बताए ।
यहाँका सडकलाई हलुका सवारीसाधन चल्ने सडकका रुपमा विकास गरी वैकल्पिक सडकको खोजी गरिनुपर्ने उनले बताए । सबैभन्दा ठूलो समस्याका रुपमा बहुस्वामित्व रहेको उनले औँल्याए । गौशालास्थित प्रहरी कार्यालयले यो क्षेत्रसँगै अरू हेर्नुपर्ने हुँदा पर्याप्त ध्यान दिन नसकिरहेको उनको भनाइ छ । उनले भने, “पशुपतिमा बिहान सबेरैदेखि साँझसम्म मन्दिर, घाट र जङ्गल क्षेत्रमा मानिस हुने भएकाले व्यवस्थापनका लागि प्रहरीको छुट्टै सेल खडा गर्नुपर्छ ।”
समितिकी सभापति पवित्रा निरौला खरेलले पशुपति क्षेत्रमा भएका गलत कुराको अन्त्य गर्ने जिम्मेवारी कोषको भएको बताए । शिवलिङ्ग व्यक्तिगत घरभित्र रहेको विषयमा सो जमिन पशुपतिनाथको भए कोषले लिनुपर्ने र व्यक्तिको भए कसरी दर्शन गर्ने भनी बाटो खोल्नुपर्नेमा उनको जोड छ । कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्नेमा उनले बताए । उनले भने, “गुमेका जग्गा कहाँ कहाँ कति छ भनी खोज्न जरुरी छ ।”
उपसमितिकी संयोजक सुजिता शाक्यले पशुपति क्षेत्रमा भट्ट र भण्डारीको सेवा, सुविधामा भिन्नता रहेको बताए । उपसमितिले विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका र नभएका बिभिन्न सम्पदाका बारेमा अध्ययन गरिरहेको छ । उनले भने, “अध्ययन सकिएपछि सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने योजना छ ।” गुठी सस्ंथानका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरस श्रेष्ठले सम्पदा क्षेत्रमा विभिन्न निकायबीच समन्वय हुन नसकेकाले समन्वय गर्ने संयन्त्र आवश्यक भएको बताए । सम्पदा क्षेत्रमा योजना बनाउँदा सरोकार राख्ने सबै निकाय एकै ठाउँमा बसेर नदोहोरिने गरी बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, “सबै निकायको आ–आफ्नो कानून भए पनि समन्वय गर्ने कानून छैन ।”
समितिका सदस्य नारदमनि रानाले पशुपतिनाथले हामी सबैको रक्षा गरे पनि हामीले पशुपतिको रक्षा गर्न नसकिरहेको बताए । कोषले सम्पत्ति यति छ भनी एकीकृत तथ्याङ्क राख्नुपर्ने उनको सुझाव छ । कोषले धर्मशालामा होटल चलाउन दिएको भनी समितिमा उजुरी परेको छ । मन्दिरमा चढाइएका भेटी, प्रसाद कति आयो र त्यो कहाँ गयो भनी पारदर्शीरुपमा राखिनुपर्नेमा उनको जोड छ । उनले भने, “पशुपतिनाथ हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको ठाउँ भएकाले त्यसैै नाममा आएका कुरा पारदर्शी हुनुपर्छ ।” समितिका सदस्य सरलाकुमारी यादवले शिवलिङ्ग व्यक्तिगत घरमा हुँदा त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनी योजना बनाउनुपर्नेमा जोड दिए । |
बसको ठक्करले बालकको मृत्यु लहान । सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । |
कामपाका सबइन्जिनीयरविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा गराउने क्रममा रु २० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो । निजले घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो । |
ज्येष्ठ नागरिकको हत्या प्रयास गर्ने युवक पक्राउ राजविराज । राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आइतबार एक युवक पक्राउ परेका छन् । धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका आरोपितलाई घाइतेले पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए। पीडितको घाँटीमा गम्भीर घाउ भएको र ६० टाँका लगाउनुपरेको अस्पतालले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबारदेखि घाइतेको उपचार शुरु भएको छ । घरमा सुतिरहेका बेला बिहीबार मध्यराति आरोपितले दराज खोलेर सामान खोतलिरहेका बेला ब्युँझेर रोक्न खोज्दा आरोपितले आक्रमण गरेको घाइते साहले बताए। घरभित्र प्रवेश गरेका आरोपितले भुइँमा लडाइँ चक्कुले घाँटी काटेको पीडितले बताए। |
हत्या अभियोगमा जन्मकैद भोजपुर । जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ (२) बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।
उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो । |
प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालियो काठमाडौं। मिर्गौला प्रत्यारोपण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा राखिएको स्टेन्ट आइतबार निकालिएको छ।
फ्लोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको हो। अस्पतालमा झण्डै पाँच घण्टा विताएका प्रधानमन्त्री ओली दिउँसो तीन बजे बालुवाटार फर्किएका छन्।
शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीलाई लामो धपेडी नगर्न सुझाव दिएको बताए। उनका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यका सबै सूचांक राम्रो छ।
प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणपछि निवास फर्किएको जानकारी दिए।
गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए।
मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि नै राजनीतिक भेटघाट सुरू गरेका थिए। शनिबार उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेका थिए। |
null |
उपत्याकामा परिचालित ७४ ‘जासुस प्रहरी’ को एकसाथ सरुवा काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिएको छ । उनीहरुले उल्लेखनिय कार्य गर्न नसकेका भन्दै एकै साथ सरुवा गरिएको हो । सरुवा हुनेमा १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवान रहेका छन् । तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जनाए ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो कार्य गरिएको उनले बताए । आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारात्मक तालिमसमेत संचालन गरिने छ ।
यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममुखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले बताए । साथै अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतःप्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमामात्र परिचालित हुने समेत उनको दावी छ । |
मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि कास्की । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा विभागीय पुलिस क्लबमाथि टाइब्रेकरमा ४–३ को जीत निकाल्दै मनाङ उपाधि चुम्न सफल भएको हो । यससँगै मनाङले छपटक आहा राराको उपाधि उचाल्यो ।
निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेलमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘पेनाल्टी सुटआउट’बाट गरिएको थियो । टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरेकामा निशान लिम्बूको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोक्न सफल भएका थिए ।
पुलिस क्लबका तर्फबाट भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गर्दा अजित भण्डारी र तेज तामाङको प्रहार खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए । उपाधि विजेता मनाङले ट्रफीसहित रु दश लाख एक हजार तथा उपविजेता पुलिसले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेका थिएनन् । मनाङका अन्जन विष्ट, विमल राना तथा पुलिसका भरत शाह, निरकुमार राईले प्राप्त अवसर खेल फालेका थिए ।
पुलिसले क्वार्टरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । मनाङले क्वार्टरफाइनलमा झापा माथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो । पुलिसका अजित भण्डारी प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै एक थान स्कुटर पुरस्कार प्राप्त गरे ।
त्यसैगरी मनाङका अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक डिफेन्डर, नितिन थापा मिडफिल्डर, अञ्जन विष्ट उत्कृष्ट फरवार्ड तथा फुजा टोपे उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही रु १५ हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे । पुलिसका भरत शाह तथा निरकुमार राई, मनाङका अञ्जन विष्ट, थ्री स्टारका सुशन श्रेष्ठ र सहाराका त्रिदेव गुरुङले समान दुई गोल गरेकाले सर्वाधिक गोलकर्ताको रु २५ हजार पुरस्कार पाँचैजनाले दामासाहीले प्राप्त गरे ।
विजेता क्लब तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए । सदस्यसचिव सिलवालले १८ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गरेर सहाराले देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गरेको बताउँदै आगामी दिनमा खेलको स्तरोन्नति गरेर विदेशका स्तरीय टोलीलाई सहभागी गराउँदै पोखरालाई खेलकूदको अन्तरराष्ट्रिय केन्द्र बनाउनुपर्नेमा जोड दिए।
सांसद एवं प्रतियोगिताका मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले सहाराले खेलका माध्यमबाट पोखरालाई चिनाउन सफल भएको बताए। अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले मोसफलका प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले प्रतियोगिता नियमावली जारी गरेको र आगामी दिनमा सहाराले क्षमतावान् खेलाडी उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए । |
साताको शेयर बजार: कूल चार अर्ब ४२ करोडको कारोवार काठमाडौं । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।
साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।
नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६।०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो । यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो । कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो ।
साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भए। |
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उनले बताए । स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। |
छुट्टा छुट्टै दुघर्टनामा पाँच जनाको मृत्यु काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सर्लाही, बरहथवा नगरपालिका ५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल चालक सर्लाही चन्द्रनगर गाउँपालिका ४ बस्ने २३ वर्षीय सुनिल साहको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बरहथवा एडभान्स सन्जिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, राप्ती गाउँपालिका १ पाखापानीस्थित सडकमा रा.१ ख ६०० नम्बरको माईक्रो बसले रा.३ प ९००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १० बस्ने २७ वर्षीय अर्जुन केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका ७ हल्दुखालस्थित सडकमा म.१ प. ९५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बर्दिया घर भई हाल भिमदत्त नगरपालिका ७ बस्ने २१ वर्षीय दिनेश चन्द र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुरज धामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका ५ राजधामी चोकस्थित सडकमा को.१ ख ५७६५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने मन्जु राजधामीको ५ वर्षीय छोरा सुजनराज धामीको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई धरान घोपा हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । |
हरायो काठमाडौं उपत्यकाका धारापोखरी काठमाडौं। काठमाडौं उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो ।
बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको थियो । अध्ययन सकिएसँगै बोर्डले अहिले स्थलगत विवरणसहित पुस्तक प्रकाशन गरेको छ । एक शताब्दी पहिलेसम्म उपत्यकामा ५७३ ढुङ्गेधारा र २३३ पोखरी रहेको पुस्तकमा उल्लेख छ ।
बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकामा पहिले रहेको राजकुलो हराउँदा पोखरी सुकेको र ढुङ्गेधारा हराएको बताए। पहिले उपत्यकाका तीन जिल्लामा नै राजकुलो थियो । राजकुलोको पानी बस्तीको सिरानमा रहेको सिरान पोखरी हुँदै अरु पोखरीसम्म पुगेको बताए। पोखरी र ढुङ्गेधारामा पानी नहुँदा त्यो प्रयोगमा नआएको र विस्तारै लोप भएको पाइन्छ । उनले भने, “कतिपय पोखरीका माथि सरकारी कार्यालय बनिसकेकाले त्यो हटाउन सकिने अवस्था छैन ।”
बोर्डले स्थानीय तहसँगको सहकार्यमा उपत्यकाका पोखरी र ढुङ्गेधाराको विस्तृत अध्ययन गरिरहेको छ । आगामी दिनमा यिनलाई ब्युँताउने बोर्डको तयारी छ । पुरानो संरचनाअनुसार पानी भर्न नसकिने भएकाले वर्षाको पानी सङ्कलन गरी पुनःभरण गर्न सकिने कार्यकारी निर्देशक राणाले बताए। यिनको पुनःनिर्माण र संरक्षण मिलेर गर्ने गरी महालक्ष्मी नगरपालिका र मध्यपुर नगरपालिकाबीच सम्झौता भइसकेको छ । अरु नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने बोर्डको योजना छ । रासस |
मन्त्री गुरुङद्वारा ‘हिमाल बचाउ’ अभियानमा लाग्न आग्रह काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाउ’ अभियानमा लाग्न हिमाल आरोहीलाई आग्रह गरेका छन्। नेपाल पर्वतारोहण सङ्घद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले हिमाल आरोहीले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी आवश्यक तालीमको व्यवस्था गरेर रोजगारीको वैकल्पिक व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए।
तालिम प्राप्त आरोहीलाई प्रमाणपत्र वितरण गर्दै उनले भने, “हिमाल आरोहीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाल बचाउ अभियानमा लाग्न ढिलाई गर्न हुन्न, पर्यटन व्यवसायलाई उद्यमको रुपमा विकास हुने गरी हिमाल आरोहणको क्षेत्रमा आवश्यक तालीमको व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।”
पर्यटक गाईडको रुपमा काम गरिरहेकालाई हिमाली क्षेत्रको जडिबुटीलगायतका प्राकृतिक स्रोतहरुको परिचालन गरेर उद्यमी हुने गरी तालीम दिने व्यवस्था नेपाल पर्वतारोहण सङ्घले गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । मन्त्री गुरुङले हिमाल आरोहणको क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल पर्वतारोहण सङ्घले खेल्दै आएको भूमिकाको प्रशंसा गरे। सङ्घका अध्यक्ष सन्तवीर लामाले हिमाल आरोहीको हितमा केन्द्रित हुने गरी आवश्यक ऐन, कानूनको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराए। |
पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने काठमाडौं । रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो ।
केन्द्रीय बैंकको सर्कुलरमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले फर्म वा कम्पनीलाई रु ५० लाखसम्मको कर्जा प्रदान गर्दा वा नविकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र र वा अद्यावधिक कर चुक्ता दालिखा प्रमाणपत्र लिन अनिवार्य हुने छैन ।”
यस्तै रु ५० लाखभन्दा बढी र रु दुई करोडभन्दा बढीको कर्जा लिने वा लिएको कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग पेशा व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गरिने भएको छ ।
बैंकको निर्देशनमा भनिएको छ, “साँवा र व्याज नियमित रुपमा भुक्तानी भएता पनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सुक्ष्म निगरानीमा राखेको छ । निर्माणाधिन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यवसायिक उत्पादन शुरु गरे पश्चात दुई आर्थिक वर्षको वित्तीय विवरणको आधारमा मात्र यो व्यवसथा लागू हुुनेछ ।” त्यस्तै प्राथमकिता प्राप्त क्षेत्रमा प्रवाह भएको कर्जाको हकमा यस्तो अवधि तीन वर्ष कायम गरिएको छ ।
यसैगरी स्वप्रयोजनका लागि निर्माण वा खरीद गरिने पहिलो घर कर्जाको लागि करयोग्य आयको हकमा कर दाखिला कागजको आधारमा कर्जा प्रदान गर्न वा नवीकरण गर्न सकिने भएको छ । त्यस्तो कर्जाको हकमा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । |
हत्या आरोपमा फरार बाबु–छोरा पक्राउ सप्तरी। चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा बिहीबार पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
आरोपितले विसं २०६२ असोज १७ गते गोली हानी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो । घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए । प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितलाई बिहीबार साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ । रासस |
बस र अटोरिक्सा ठोक्किँदा चालकको मृत्यु बाँके । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। |
अब सानीभेरी नदीमा पनि ‘र्याफ्टिङ’, परीक्षण सफल रुकुमपूर्व । यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ।
सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो।
सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए। उनले नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्दा र परीक्षण सफल भएको जानकारी दिए ।
रुकुम पूर्वबाट पश्चिमतिर बग्ने सो नदीमा जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न अब सहयोग पुग्ने जनाइएको छ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जलयात्रा परीक्षणको प्रतिवेदन प्राप्तभएपछि नदीमा जलयात्रा गर्न र यसलाई नियमितरुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।
प्राविधिकका अनुसार नदीमा बाह्रै महिना जलयात्रा गर्न सकिने छ।
सम्भाव्यता अध्ययनको जलयात्रामा सिस्ने गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष गोवद्र्धन बुढा, नेपाल कम्युनिष्ट पार्टि नेकपा सिस्ने गाउँपालिका इञ्चार्ज वासुदेव गौतम, केन्द्रका अध्यक्ष घर्तीलगायत प्राविधिक टोली र स्थानीयको सहभागिता रहेको थियो। |
आफ्नै घरमा मृत भेटिए दम्पतीको इलाम। यहाँस्थित फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव बुधबार घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नाङ्गो खुकुरी भूइँमा छ । पत्नी रिता धनबहादुरको नजिकै लडिरहेको भेटिएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ । “घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन”, निरीक्षक ढुङ्गानाले भने, “अनुसन्धान भइरहेको छ ।” |
लागुऔषधसहित एकजना पक्राउ मोरङ । १ नम्बर प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार साँझ अवैध लागुऔषधसहित बिराटनगर महानगरपालिका १५ चाइना मार्केटबाट एक जनालाई पक्राउ गरेको छ।
पका्रउ पर्नेमा बेलबारी नगरपालिका ८ गौँथली चोक बस्ने २९ बर्षीय कमानसिंह राई रहेका छन। प्रहरीले भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका शंकित पैदलयात्री राईलाई जाँच गर्दा १५ गा्रम बा्रउन सुगर सहित फेला पारेको थियो।
अनुसन्धानका क्रममा राईले उक्त बा्रउन सुगर भारत जोगवनीबाट करिब ५० हजार रुपैयाँमा खरिद गरी आफू सेवन गर्ने तथा अन्य सेवनकर्तालाई प्रति डोज १ हजार रुपैयाँका दरले करिब १ लाख ५० हजार रुपैयाँमा गर्ने योजना रहेको बताएका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। |
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। |
बोलेरोको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ।
चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।
ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस |
घुस लिने सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर काठमाडौं। टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरुले नियमानुसार लिलाम बिक्री भएको काठको छोडपूर्जी दिने प्रयोजनका लािग सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ । सहायक वन अधिकृत देवकोटाले घुस रकम आफूले नबुझी कार्यालय सहयोगी तेलीले लिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । |
दुर्घटनामा एक बालकसहित दुईको मृत्यु सप्तरी। सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बा ४१ प ६८६३ नम्बरका मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका–६ बस्ने २६ वर्षीय चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको मंगलबार साँझ विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका– १ बस्ने २८ वर्षीय अशोक साह र २३ वर्षीय सनी साह रहेको प्रहरीले जनाएको छ । खुट्टा भाचिएर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको बोदेवरसाइन वडा नं ८ स्थित पोखरीमा दुई वर्षीय बालकको मंगलबार डुबेर मृत्यु भएको छ । मृत्यु हुने बालक अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बाबुराम कार्कीले बताए। उनी खेल्दा खेल्दै पोखरीमा लडेर डुबेको स्थानीयवासीको भनाइ छ । रासस |
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज ‘एकदुई दिनमै’ काठमाडौं। गएको बुधबार मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी ओलीकी निजी चिकित्सक प्रा.डा( दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिइन्।
मंगलबार ओलीको मिर्गौला प्रत्यारोपण भएको एक हप्ता पुगेको छ। पत्रकार सम्मेलनमा चिकित्सक शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने समयबारे भने निर्णय भइनसकेको जानकारी दिइन्। उनले एकदुई दिनमै डिस्चार्ज गरिने सम्भावना रहेको बताइन्।
उनले अस्पतालबाट डिस्ीचार्ज भए पनि प्रधानमन्त्री ओलीले लामो समय आराम गर्नुपर्ने बताइन्। उनले पूरै ठिक हुन ओलीलाई ६ महिना पनि लाग्न सक्ने बताइन्। उनले ६ महिनाभन्दा अघि ओलीले भीडभाडमा जान नहुनेसमेत बताइन्।
ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। उनको डिस्चार्जबारे पनि केही खुलाइएको छैन।
पहिलो पटक २०६४ मा मिर्गौला प्रत्यारोपण गराएका ओलीको त्रिवि शिक्षण अस्पतालमा गएको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।
|
सौरपानीमा जिप दुर्घटना ११ घाइते, ४ जनाको अवस्था गम्भीर गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
जिप सडकबाट झण्डै ५० मिटर पछाडि खसेको गुरुङले बताए । “घाइतेमध्ये दुई जनाको दातसमेत झरेको अवस्था छ, घटनालगत्तै प्रहरीसमेत घटनास्थलमा आइपुगिसकेको छ”, उनले भने ।
दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते छन्।
अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए ।
घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको उनले बताए । घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ।
घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ। |
तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना ! भोजपुर । तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो पौवादुङमा गाउँपालिकाङ–२ मा दुर्घटना भएको हो ।
घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । |
ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारीसाधन कारवाहीमा काठमाडौं। ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो ।
कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए।
ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिनुभयो । उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए। ५६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो ।
चन्द्रागिरि यातायात प्रालिले सडक दुर्घटना नगराउने उत्कृष्ट चालक तथा सहचालकलाई पुरस्कार दिने भएको छ । प्रालिले सोमबार यहाँ चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई पुरस्कार दिने घोषणा गरेको हो ।
सो प्रालिका अध्यक्ष गौतम श्रेष्ठले यात्रुलाई राम्रो सेवा प्रदान गर्ने चालक तथा सहचालकलाई प्रत्येक महिना रु तीन हजारका दरले पुरस्कार दिने घोषणा गर्नुभयो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सार्वजनिक सवारीसाधनलाई मर्यादित र सुरक्षित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले मादक पदार्थ सेवन, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा चलाएको बताउँदै सजक र संयम भएर सवारी चलाउन आग्रहसमेत गरे।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।, चन्द्रागिरि यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै आएको छ |
थ्री स्टार सेमिफाइनलमा काठमाडौं । थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।
थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक राईले एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्री स्टारले तीन गोल गर्यो ।
खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा सुशनले दुई गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । उनको इन्जुरी समयको दोस्रो र तेस्रो मिनेटमा गोल गरेका थिए ।
अब थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ । |
सडक दुर्घटनामा परी एकको मृत्यु, ११ जना घाइते चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।
यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन्।
सोही कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १५९२ नंको बस आज बिहान ठक्कर खाएको थियो।
ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।
घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस |
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै अढाई करोड ठगी गर्ने पक्राउ काठमाडौं। नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आइतबार काठमाडौँमा सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए। “पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भने। श्रेष्ठले माल्टा जानेसँग छ/छ लाख तथा कुवेत जानेसँग तीन/तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ ।
माल्टामा प्रतिमहिना एक हजार २०० युरो र कुवेतमा प्रतिमहिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ । |
हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली काठमाडौं। मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न थालेका छन्। आइतबार मिर्गौला प्रत्यारोपण गरिएको पाँचौ दिन दिउँसो ४ बजे अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार प्रधानमन्त्री ओलीलाई नियमित हिँडडुल गराउन थालिएको छ।
गएको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। आइतबार अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेम कृष्ण खड्काले बुलेटिन जारी गर्दै प्रधानमन्त्री ओलीका मूख्य तथा स्वास्थ्य परीक्षण सूचांकहरु सकारात्मक आएको बताएका छन्।
उनले प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित खाना पनि दिन थालिएको जानकारी दिएका छन्। सबै अवस्था ठिक भए सोमबार ओलीलाई डिस्चार्ज गरिने तयारी छ। यद्यपी बुलेटिनमा यो विषयमा केही उल्लेख गरिएको छैन।
यस्तै ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि क्रमिक सुधार भइरहेको छ। उनी पनि हिँडडुल गर्न थालेको जनाइएको छ।
|
दार्चुला जाँदै गरेको जिप पाटनमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो।
मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन। घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ। |
जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते बैतडी। धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो।
मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन। घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएको जनाइएको छ। |
टिपरको ठक्करबाट बालकको मृत्यु कञ्चनपुर । टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।
ठक्करबाट पैदल हिँड्दै गरेका बालक रानाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । बालकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसैगरी पुर्नवास नगरपालिका–३ स्थित पशुपतिटोलबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१००१ह ३०८१ नंको अटो पल्टिँदा ३५ वर्षीय अर्जुन धामीको मृत्यु भएको छ । धामीको उपचारका क्रममा प्रदेशिक सेती अस्पतालमा मृत्यु भएको हो ।
कुकुरलाई बचाउन खोज्दा अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक पौडेलले बताए । मृतक धामी सोही नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ । अटो रिक्सामा सवार ६४ वर्षीय लक्ष्मी ढकाललगायत दुई जना घाइते भएका छन् । दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । |
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ काठमाडौं। भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका अन्ततः कारवाहीमा परेकी छिन् ।
कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको पाखुरामा धारिलो ब्लेड चिराचिरा पर्ने गरी काट्न लगाएर विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यललाई विद्यालयले निष्कासन गरेको छ भने प्रहरीले उनलाई पक्राउ गरेको छ ।
विद्यार्थीलाई यातना दिएर हात काट्न लगाउने शिक्षिका कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले शनिबार पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको बारेमा जानकारी पाए लगत्तै पक्राउ गरेको जानकारी दिए।
शिक्षिकालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जानकारी दिए। जागृति एकेडेमीमा विगत १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले अघिल्लो साता लिएको नियमित कक्षागत परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै यहीँ फागुन २२ गते बिहीबार विद्यार्थीलाई वेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएकी थिइन् ।
कक्षा ६ मा पढ्ने सविन तामाङले जहिले पनि गाली गर्ने, कुट्ने मिसले त्यस दिन त सिसाकलम ताछ्ने ब्लेडले हात काट्न लगाएको बताए । परीक्षा कै दिन राम्रो अङ्क नल्याउने विद्यार्थीको हात चिरिदिन्छु भनेर धम्की दिएको बताउँदै उनले टेलिफोनमा भने, “मिसदेखि सबै साथीहरु डराउँछन्, जाँच कै दिन नम्बर कम ल्याउनेको हात काटिदिन्छु भन्नु भएको थियो, त्यस दिनपछि कम नम्बर ल्याएको भन्दै सबैलाई गाली गर्नुभयो, अनि सबैलाई वेन्चमा उठाउनुभयो, पेन्सिल ताछ्ने ब्लेट झिकेर हात चिर तिमीहरुलाई त्यही हो सजाय भनेर भन्नुभयो, नमान्नेलाई गाली गर्दै आफैं काटिदिन्छु भनेर तर्साएपछि डराएर हात काट्यौँ ।”
जडिबुटी बस्ने सविनले २० माक्र्समा पाँच माक्र्स मात्रै ल्याएपछि हात काट्न लगाएको बताउँदै त्यसरी हात काट्दा तिमीलाई अझ पुगेन भन्दै अझै कडा सजाय दिने भनेर तर्साएको बताए। कक्षागत परीक्षामा उतीर्ण हुन आठ माक्र्स ल्याउनपर्छ तर १५ माक्र्सभन्दा कम ल्याउनेलाई शिक्षिकाले यातना दिएकी छिन् ।
परीक्षामा पाँच माक्र्स मात्रै ल्याउने सविनको दब्रे नाडीमा २० ठाउँमा छियाछिया हुने गरी चिरिएको उनले बताए । कक्षा ६ कै अरुण तामाङको पनि परीक्षामा पाँच नम्बर मात्रै आएको छ । उनको नाडीमा १६ ठाउँमा, ९।५ अङ्क ल्याउने कक्षा ६ कै अमृत गौतमको नाडीमा सात ठाउँमा, १४।५ नम्बर ल्याएका कक्षा ६ का सार्थक श्रेष्ठको एक ठाउँमा चिरिएको उनीहरुले बताए।
यतिसम्म परीक्षामा १३।५ नम्बर ल्याएको भन्दै सोही विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठका छोरा आर्यको नाडीमा एक ठाउँमा चिरिएको छ । शिक्षिका कर्माचार्यले कक्षा ६ का आकृति रेग्मी, रेसिका लामा, आर्य तामाङ, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, विपसा गौतम, अस्मी थापामागर, प्रज्ज्वल थापा, रितेश ढुङ्गेल, रेश्मा थापामगर र काजोल यादव, विवेश चौधरी, अजय विके, भीष्म बढू, अमृत गौतम, रोहन गुरुङ र राजु श्रेष्ठ र कक्षा ७ का सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षाको हात काट्न लगाएको स्कुलले जानकारी दिएको छ ।
शिक्षिका कर्माचार्यले विद्यार्थीलाई मानसिक यातना दिने गरेको पाइएको छ । सोही दिन शिक्षिका कर्माचार्यले कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीलाई फोन गरेर क्लास टेष्टमा नम्बर कम ल्याएकाले छोरीको हातमा काट्न लगाएको बताउँदै भोलि उनलाई त्यही घाउँमा नुन खुर्सानी लगाइदिन्छु भनिदिनुहोला भनेको जानकारी दिए।
विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले भने, ‘केही दिनअघिको क्लास टेष्टमा कम नम्बर ल्याएको भन्दै याताना दिएको पाइयो, कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको रहेछ, सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको हो, यो क्षमा दिन नसकिने गल्ती भएकाले शिक्षिका कर्माचार्यलाई विद्यालयले कारवाही गर्दै निष्काशन गरेको छ ।” बिहीबारको घटना भए पनि आफूले शुक्रबार मात्रै थाहा पाएको बताउँदै उनले शिक्षिकाबाट अमानवीय व्यवहार भएको बताए। रासस |
मुस्लिम महिलाहरू यसरी सम्झन्छन् दिल्लीको हिंसात्मक हमला बीबीसी । पूर्वोत्तर दिल्लीमा भएको हिंसामा ४० जनाभन्दा बढीको मृत्यु भयो र मृत्यु हुनेमा हिन्दू र मुस्लिम दुवै धर्मका मानिस छन्। तर घरबारविहीन भएका मुस्लिम महिला र बालबालिकाको भने भविष्य निकै निराशाजनक देखिएको छ। इन्दिरा विहार क्षेत्रस्थित भरिभराउ ठूलो हलमा थुप्रै सङ्ख्यामा विस्थापित भएका महिला र बालबालिकाहरू कार्पेटमा बसेका थिए।
थुप्रै युवतीहरू शिशु बोकिरहेका थिए, केही साना केटाकेटीहरू वरपर थिए र ती भन्दा अलि ठूला बालबालिकाहरू समूहमा खेलिरहेका थिए। उक्त हल एकजना मुस्लिम व्यापारीको हो। दिल्लीमा भएको दङ्गाबाट विस्थापित भएकाहरूका लागि शरण लिने ठाउँ उक्त हल भएको थियो।
दङ्गाबाट धेरै प्रभावित दिल्लीको शिव विहार क्षेत्रमा हिन्दू कार्यकर्ताले गरेको गतिविधिका कारण ती महिला र बालबालिका यसरी हलमा शरण लिन पुगेका हुन्। हिन्दू श्रमिक वर्ग रहेको उक्त क्षेत्रमा मुस्लिमहरूको पनि उल्लेख्य जनसङ्ख्या छ।
शिव विहारमा साँघुरा गल्लीहरू छन् र नजिकै फोहोरको नाली छ। त्यही नालीसँगै जोडिएको बाटोकै केही सय मिटर दूरीमा रहेको ठाउँमा मुस्लिमहरूको बाक्लो बस्ती छ। हिन्दू र मुस्लिम मिश्रित बस्ती रहेको उक्त क्षेत्रलाई एउटा सडकले छुट्ट्याएको छ। दुवै समुदाय दशकौँदेखि शान्तिपूर्ण रूपमा बस्दै आएका थिए। तर अब त्यो सबै परिवर्तन भइसकेको छ।
शिव विहारबाट ज्यान जोगाउन भागेर इन्दिरा विहार क्षेत्रमा पुगेकी नसरिन अन्सारीले आफूहरूको कठिन परीक्षा मङ्गलवार अबेर महिलाहरूमात्रै घरमा रहेका बेलाबाट सुरु भएको बताइन्। घरका पुरुषहरू मुस्लिमहरूको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन कोसौँ टाढा दिल्लीको अर्को भागमा पुगेका थिए।
‘हामीले ५०–६० जना पुरुषहरू देख्यौँ। मलाई थाहा छैन तिनीहरू को थिए, हामीले पहिला कहिल्यै देखेका थिएनौँ,’ नसरिनले भनिन्। ‘उनीहरूले हामीलाई हाम्रो संरक्षण गर्न आएको बताए र घरभित्रै बस्न पनि भने।’ नसरिन र अन्य महिलाले झ्याल र छतबाट ती पुरुषहरूलाई हेरे र तत्कालै थाहा पाए कि ती पुरुषहरू संरक्षणका लागि त्यहाँ आएका होइनन्।
उनले झ्यालबाट खिचेको भिडिओमा केही पुरुषहरूले हेलमेट लगाएका देखिन्थे र लामो काठको लौरी पनि बोकेका थिए। ती पुरुषहरूले जय श्रीराम भन्ने नारा लगाएका थिए र हनुमान चालिसाका केही हरफ पनि वाचन गरेका थिए।
नसरिनकी आमा नूरजहाँ अन्सारीले आफूलाई एक मुस्लिम छिमेकीले फोन गरेर घर जलेको खबर दिएको बताइन्। ‘हामीले हाम्रो झ्यालबाट अर्का एक मुस्लिमको घर र औषधि पसल जलाएको देखेका थियौँ।’
हमलाकारीले बिजुलीको ट्रान्सफर्मरमा तोडफोड गरेको र साँझ पर्दा पूरै क्षेत्र अँध्यारो भएको उनले बताइन्। ‘केहीबेरमै हामी वरपर आगो बल्न थाल्यो। उनीहरूले मुस्लिमका घर र पसललाई लक्षित गरी आगो लगाए। हिन्दूका घरमा भने केही गरिएन,’ उनले भनिन्। ‘हामीले यस्तो होला भनेर कहिल्यै पनि सोचेका थिएनौँ। हाम्रो एउटै गल्ती भनेको हामी मुस्लिम भएर जन्मियौँ।’
त्यस्तो घटना भएपछि महिलाहरूले प्रहरीलाई खबर गरेको नसरिनले बताइन्। ‘तर जति पटक गरे पनि प्रहरीले पाँच मिनेटमा आइपुग्छौँ मात्रै भने।’ एउटा बिन्दुमा पुगेपछि त केही आफन्तलाई फोन गरेर नसरिनले आजको रात आफू नबाँच्ने बताइन्।
त्यसरी उनीहरूको घरलाई नियन्त्रणमा लिइएको १२ घण्टापछि बिहान ३ बजे उद्धारका लागि केही मुस्लिमसहित प्रहरी त्यो क्षेत्रमा पुग्यो। ‘ज्यान जोगाउन हामी लुगा पछाडि बोकेर भाग्यौँ। हाम्रो खुट्टामा जुत्ता पनि थिएन,’ उनले भनिन्।
इन्दिरा विहारस्थित हलमा आश्रय लिएका अन्य थुप्रै महिलाले पनि नसरिनको जस्तै त्यो रात के भएको थियो भन्ने कथा सुनाए। १९ वर्षीया शिरा मलिक र उनको परिवारले नजिकै छिमेकीको घरमा बास मागे। ‘हामी फस्यौँ। बाहिरबाट ढुङ्गा र पेट्रोल बम बर्सियो।’
थुप्रै महिलाले उक्त रात झण्डैझण्डै आफूमाथि यौन दुर्व्यवहार हुन लागेको अनुभव पनि सुनाए। उनीहरूका अनुसार हमलाकारीले टाउकोको पच्छ्यौरी ताने र लुगा च्यातिदिए।
एक वर्षको बच्चाकी आमाले आफ्नो घरमा पसेका केही पुरुषले कसरी आफ्नो लुगा च्यातिदिए भन्ने बताइरहँदा उनी रोइन्। पछिल्ला केही दिनमा भएका मूर्खतापूर्ण हिंसा आइतवार साँझ सुरु भएको थियो।
नागरिकतासम्बन्धी विवादास्पद नयाँ कानुनलाई लिएर शिव विहारबाट केही किलोमिटर टाढा पर्ने ठाउँमा समर्थक र विपक्षीबीच सानो झडप भएको थियो। त्यसको केही घण्टामा शिव विहार र चमन पार्कसहित अरू थुप्रै छिमेकी बस्तीमा उक्त झडपको असर पर्यो। शिव विहार क्षेत्रमा इँटा र ढुङ्गा जताततै फालिएको थियो। गाडी, घर र पसलहरू जलाइएका थिए।
शिव विहारमा रहेको मस्जिदमा पनि आगो लगाइएको थियो। इन्दिरा विहारस्थित आश्रयस्थलमा रहेका महिलाहरू कहिले घर फर्किन पाइएला वा नपाइएला भन्ने अन्योलमै थिए।
शबाना रहमान आफ्ना तीन छोराछोरीले कहिले घर जान पाइन्छ भनेर सोधिरहने गरेको बताइन्। ‘मेरो घरलाई अपराधीहरूले जलाइसके। अब हामी कहाँ जाने? मेरो बच्चाको भविष्य के हुन्छ? हामीलाई कसले हेर्छ? हाम्रा सबै कागजात हरायो,’ रुदै उनले भनिन्। |
चट्याङले टेलिकम सेवा अवरुद्ध सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले शनिबार विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए।
कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए।
चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युतको मिटरबक्समा क्षति पुगेको जनाइएको छ ।
नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिइन्। रासस |
पुनःबीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार प्रतिकित्ता रु १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । |
ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नंको ट्रक एकापसमा ठोकिँदा स्कुटी चालक कपिलवस्तु निवासी विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोकिँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ । रासस |
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो सिकोट । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।
हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो । मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।
जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन्। हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ।
स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए ।
यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् ।
खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन्। |
दश सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते भक्तपुर । सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३प४६४७ काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोकिँदा १५ जना घाइते भएका छन्।
भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा.१६च.४३६१ नंको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा.४१प.४४०९ नंको मोटरसाइकल, बा.३ख.३३४९ नंको बस, प्रदेश ३बा.२८३६ नंको कार बा.७०प.४४४५ नंको मोटरसाइकल, प्रदेश नं ३–०२–००७प.९६६४ नंको स्कुटर, प्रदेश नं ३–०१–००३क।४६४४ नंको भ्यान, प्रदेश नं ३–०१–००३क४६४१ नंको भ्यान, प्रदेश नं ३–०२–०१०प३७६३ नंको मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ । |
मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु कार्भे। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार शुक्रबार बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा.३.ख. ७१२१ नंको मिनी ट्रक दुर्घटना भएको हो ।
मिनी ट्रक सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा चालक मण्डनदेउपुर नगरपालिका–१२ बस्ने अन्दाजी २१ वर्षीय रोशन ठकुरी र सोही ठाउँका सहचालक अन्दाजी १६ वर्षीय दिलीप ठकुरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। मृतक दुवैको शवपरीक्षणका लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस |
टिपरको ठक्करबाट एक जनाको मृत्यु पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेकी छन् । मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । मधु चालक श्रेष्ठको श्रीमती हुन् ।
तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताए । |
मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो हेटौँडा । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहनुभएको छ।
दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ।
प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु हुनुभएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन। उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उनीहरुलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बुधबार साँझ मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना३ख ३५५६ नंको बस शिखरकटेरीको गैरीभञ्ज्याङ दुर्घटना भएको थियो। |
गोरखामा जीप दुर्घटना, सचिवको मृत्यु, ७ जना गम्भीर घाइते गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो।
दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ।
घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ। घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ।
रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ। घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । रासस |
टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते जलेश्वर । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए।
बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घाइते उनको मृत्यु थियो।
सोही दुर्घटनामापरी रामेछाप जिल्ला मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते हुनु भएको र उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ। रासस |
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा दीप प्रज्वलन काठमाडौं। प्रधानमन्त्री के पी ओलीको दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको खबर बाहिर आउनासाथ स्वतःस्फुर्तरुपमा भेला भएका शुभेच्छुकहरुले दीप प्रज्वलन गरेका छन्
प्रधानमन्त्री ओली उपचाररत रहेको त्रिविशिक्षण अस्पताल परिसरमा भेला भएका उनीहरुले प्रधानमन्त्रको मिर्गौला प्रत्यारोपण सफल भएकोमा प्रसन्नता व्यक्त गरे।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि सो खुसी साटासाटमा सामेल देखिएका थिए।
त्यसैगरी शिक्षण अस्पताल महाराजगन्जको हाताभित्र आयोजित दीप प्रज्वलन कार्यमा सभासदहरु नवराज सिलवाल, भुमि त्रिपाठी, झपट रावल, इन्दु गौतम र युवा संघका रमेश पौडेल लगायत दलका कार्यकर्ता र विभिन्न पेशा ब्याबसायमा सम्लग्न ब्यक्तिको उपस्थिति थियो। |
सुर्खेतमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु सुर्खेत । रातानाङ्गला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर १५ राउटे गल्छेनामा भएको जीप दुर्घटनामा परि ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट झण्डै चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगर नगरपालिका–१५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा चार जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धार गरेर उपचारको लागि प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जीपमा सात जना सवार थिए । |
टिपरको ठक्करबाट ३ जनाको मृत्यु विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए ।
घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरीः अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर३०एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना१क ५८२६ नंको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो।
सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पुर्याइएको थियो।
अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । |
अमेरिकाको कोरोना उद्गमस्थलबाट मेरो आग्रह म अमेरिकाको त्यहिँ शहरमा बस्छु जहाँ बिगत ४ दिन भित्रमा कोरोना भाईरसको कारणले ९ जना मान्छेको ज्यान गैसक्यो। यो राज्यमा सरकारले ४ दिन पहिले नै आपतकालको घोषणा पनि गरिसकेको थियो।
अमेरिकामा अहिलेसम्ममा यो रोगले जति पनि मान्छेहरु मरेका छन ती सबै यहिँ अर्थात वाशिंगटन राज्यको सियाटल शहरमा मात्रै मरेका छन ! त्यसैले स्वाभाविक रुपमा मान्छेहरु त्रसित र आतंकित छन र चाहिने भन्दा बढी खानेकुराहरु जम्मा गर्नतिर लागिरहेका छन्। परिणाम स्वरुप कतिपय ठूला स्टोरहरूमा समेत खानेकुराहरु पाइन छाडिसक्याे। तर यसरी आतंकित हुँदा झन ठूलो नोक्सानी हुन्छ भन्ने मेरो मान्यता रहेको छ।
समस्यासँग जुध्न धैर्यता चाहिन्छ। जति हतास भयो उति धेरै नोक्सानी हुन्छ। जति धरै मानसिक रुपमा कमजोर भइन्छ उति नै हामीहरु कमजोर हुँदै जान्छौं। मानसिकरुपमा कमजोर हुनु भनेको रोगलाई बलियो हुने मौका दिनु हो। त्यसैले धैर्यता र आत्मबल नै अहिलेको अवस्थामा ठूलो ओखती हो।
वास्तविकता के हो भने यो कोरोना भाईरसले अशक्त, बुढाबुढी र ग प्रतिरोध शक्ति (Immune System) कमजोर भएका व्यक्तिहरुलाई मात्रै बढी क्षति पुर्याउँछ। अहिलेसम्म यहाँ मरेका मान्छेहरु पनि त्यस्तै कुनै न कुनै रुपमा रोग प्रतिरोध शक्ति कमजोर भएकाहरु र रोगसँग लडिरहेका मान्छेहरु नै हुन भन्ने कुरा जानकारीमा आएको छ।
त्यसैले त्यस्ता मान्छेहरुले भने स्वस्थ मान्छेको तुलनामा बढी सतर्कता अपनाउनु जरुरी हुन्छ। हालसम्म संसारभरमा झन्डै ९० हजारलाई यो भाइरसले आक्रमण गरेको तथ्यांक सार्वजनिक भएकोमा झन्डै ३ हजार जति मात्रै मरेका छन्।
यसबाट के बुझिन्छ भने यो भाइरसले छोएकाहरु मध्ये २ देखि ३ प्रतिशत जति मान्छेहरु मात्रैलाई यो भाइरस घातक भएको छ। अनि मृत्युहुनेहरु पनि अधिकांश रोग प्रतिरोध शक्ति कमजोर भएकाहरु नै भएको कुरा तथ्यांकहरुले पनि पुष्टि गरिरहेका छन्।
हुन त चिसोसँग सम्बन्धित बिभिन्न भाइरस तथा फ्लूहरुको कारणले हरेक बर्ष लाखौं मान्छेहरुकाे यसै पनि मृत्यु भइरहेकाे हुन्छ। तर कोरोना भाइरस अलिक फरक किसिमको भएको र यसका बिरुद्धको कुनैपनि भ्याक्सिन हालसम्म बनि नसकेको हुँदा चिन्ताको बिषय हुनु स्वाभाविकै हो। तर यो भाइरससँग डराएर हतोत्साहित हुनुभन्दा संयमतापूर्वक कतिपय सावधानीहरु अपनायौ भने निश्चित रुपमा हामीहरुले आफूलाई सुरक्षित राख्न सक्छौ भन्ने मेरो विश्वास छ।
१) नआत्तिने, न डराउने र आफूलाई भित्रबाट बलियो बनाउने। मरिन्छ कि भनेर नडराउने, किनकी मृत्यु हाम्रो नियन्त्रणको बिषय होइन। हामीहरुले इमान्दारीपूर्वक कर्तव्य निर्वाह मात्रै गर्ने हो भन्ने कुरामा दृढ भै सोही अनुरुप काम गर्ने।
२) यो भाइरसले छुनासाथ हामीहरु मरिहाल्ने होइन। त्यसैले रोग लागिहाले पनि आफूलाई कमजोर हुन नदिई स्वास्थ्य निकायमा सम्पर्क गरी डाक्टरको सल्लाह अनुसार इमान्दारीपूर्वक उपचार गरिरहने।
३) यो रोग नियन्त्रणमा नआउन्जेल सकेसम्म भिडभाड देखि टाढै बस्ने। भीडमा जानुपरे मास्क लगाएर जाने र सकेसम्म मान्छेहरुसँग नछोइकन अलिक टाढै रहने प्रयास गर्ने।
४) यो रोगको उपचार अन्यत्र होइन, हामीहरु भित्रै छ भन्ने कुरा बुझ्न जरुरी छ। र त्यो उपचार के हो भने रोग प्रतिरोध शक्ति बलियो बनाउने खानेकुराहरु खाने, कम्तिमा आठ घण्टा सुत्ने, चिन्ताजन्य बिषयहरुसँग तुरुन्तै सम्बन्ध बिच्छेद गर्ने र कम्तिमा पनि दिनमा १ घण्टा हिड्ने बानी बसाउने। बाहिर हिड्न सम्भव नभए घरभित्रै वा आफ्नै कोठामा पनि उफ्रने वा नाच्ने।
५) दिनदिनै पैसा (नोटहरु) गन्ने काम गर्नुपर्ने मान्छेले हातमा पातलो पन्जा लगाएर मात्र काम गर्ने। किनकी पैसा (नोटहरु) धेरै मान्छेको हात हुँदै दौडिरहेका हुन्छन, त्यसैले नोटहरु निकै फोहोरी र दुर्गन्धित हुन्छन। पन्जा नलगाएको बेलामा भने साबुन पानीले हात धोई रहने।
६) भिटामिन सी युक्त पेयपदार्थहरु प्रशस्त मात्रामा पिउने। मह, लसुन, अदुवा, बेसार, ज्वानो, मेथी, जिरा जस्ता आयुर्वेदिक खानेकुराहरु आफ्नो स्वास्थ्यको अवस्था हेरी सधैँ खाने। तर प्रेसर लो हुनेले मेथी र युरिक एसिड हुनेले कागती खादा हानी हुनसक्छ त्यसैले विचार पुर्याउनुहोला।
७) सम्भव भएसम्म ध्यान (मेडीटेसन) गर्ने बानी बसाउनु सबै किसिमका शारीरिक तथा मानसिक समस्याहरुको लागी उत्तम उपाय हो।
नोट: म कुनै मेडिकल डाक्टर होइन ! यहाँ लेखिएका कुराहरु दैनिक रुपमा मैले प्रयोगमा ल्याएका मेरा व्यक्तिगत अनुभवका कुराहरु मात्रै हुन्। स्वस्थ खानपान एवं जीवनशैली र प्रेरक ज्ञान आर्जन गर्नु मेरो दैनिक जीवनका प्रयोगहरु हुन। |
पूर्व डीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रेस विज्ञप्ति
तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२।०१।२७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति 2072।०९।२२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनादेखिको तलव/भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा उक्त तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्र.ह. केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनाको तलव/भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१,८८,४६८/- र मिति २०७२।१०।१८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलव/ भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको बढी रु. १,४९,६१६/८८ (एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा) गरी जम्मा रु. ३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाई नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज आरोपितहरु महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरु तथा केशव सिंह ऐरीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको प्रमाणित भएकोले निजहरुले हिनामिना हानिनोक्सानी गरेको बिगो रु.३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाईमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेको तथा सरुवा तथा नयाँ नियुक्ति भएका प्रहरी कर्मचारीको पत्रहरु नहेरी खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज सन्जिब बिशंखेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको हुँदा निज सन्जिब विशंखेलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । |
अमेरिकामा ईञ्जा दिवस सम्पन्न – आगामी बर्षका लागि सामुदायिक पत्रकारीता तथा श्रष्टा सम्मान पुरस्कार सहयोगको घोषणा डिसी नेपाल वासिंगटन डिसी ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आफ्नो मुख्यालय भर्जिनिया, अमेरिकामा समुदायका प्रतिनिधिहरु बिच आफ्नो दोस्रो बार्षिकोत्सब भव्यताका साथ मनाएको छ। मार्च १ का दिन ईञ्जा दिवस मनाउदै आएको इन्जाले वाशिंटन डिसी मेट्रो क्षेत्रका सामाजिक सस्थाका प्रतिनिधिहरु लगायतका समुदायका व्यक्तित्वहरुको आतिथ्यमा रात्री भोज सहितको पारिवारीक शुभकामना आदान प्रदानको भब्य कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै ईञ्जाका संरक्षक राम चन्द्र खरेलले यति छोटो समयमा ईञ्जालाई बिश्वाश र भरोसा गरी अन्तराष्ट्रिय जगतमा परिचित गराउनु हुने सबैलाई धन्यबाद दिदै सस्थाले अबलम्वन गरेका नीति अनुरुपका गतिबिधिहरुलाई अगाडि बढाउन थप प्रेरणा मिलेको जानकारी गराउनु भयो।
कार्यक्रममा यस बर्षको ईञ्जा श्रष्टा सम्मान पुरस्कार तथा ईञ्जा सामुदायिक पत्रकारीता पुरस्कारका लागि आर्थिक सहयोग प्रदान गर्ने बरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङ्ग तथा सुनिता खत्रीलाई बरिष्ठ पत्रकार तथा ईञ्जाका संरक्षकद्वय राम चन्द्र खरेल र योगेश उपाध्यायले सम्मान गर्दै उहाहरुको योगदानकालागि धन्यवाद ज्ञापन गर्नु भएको थियो।
ईञ्जाको अभियानमा आफुहरु सामेल हुन पाउदा र सहयोग गर्न पाउदा अत्यन्त खुशी लागेको बताउदै बरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङ्गले सन् २०२१ का लागि समेत १ हजार राशीको ईञ्जा श्रष्टा सम्मान पुरस्कारको सहयोगलाई निरन्तरता दिने घोषणा गर्नु भयो।
यसै गरी ग्रामिण पत्रकारहरुको अवस्था र उनीहरुको पिडामा आफु जानकार रहेको बताउदै समाजसेवी सुनिता खत्रीले असल र कर्मठ पत्रकारहरुलाई प्रोत्साहन गर्न सन् २०२१ का लागी १ हजार राशीको ईञ्जा सामुदायिक पत्रकारीता पुरस्कारलाई आफुले निरन्तरता दिने घोषणा गर्नु भयो।
काठमाण्डौमा आयोजित ईञ्जा डे का दिन यस वर्षको ईञ्जा श्रष्टा सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा नेपाली झर्रोबादीका अगुवा चूडामणि रेग्मी (चुमरे) लाई प्रदान गरिएको थियो भने ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई प्रदान गरिएको थियो।
कार्यक्रममा ईञ्जा ग्लोबलका गतिबिधिहरुका बारेमा जानकारी गराउदै ईञ्जा ग्लोवलका बरिष्ठ उपाध्यक्ष विष्णु शितलले विश्वभरी छरिएर रहेका पत्रकारहरुलाई समेटी उनीहरुको क्षमता अभिबृदी गर्दै मर्यादित पत्रकारीताको गन्तब्य तर्फ ईञ्जा अग्रसर हुदै गरेका बताउनु भयो।
यसैगरी ईञ्जा मुख्यालयका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले ईञ्जाले पत्रकारहरुको हितकालागि नीतिगत सहमति बनाएको र उपचार गर्न नपाएर कुनै पनि पत्रकारहरु मर्न नपरोस भन्ने अभियानलाई बिश्वब्यापी रुपमा व्यापकता दिएको बताउदै क्यान्सर पिडित पत्रकार कमल पौडेलको स्वास्थ उपचारमा सहयोग पुर्याउन ईञ्जा , डिसि नेपाल डट कम र इनेप्लिज डटको संयुक्त आयोजनामा संकलन गरिएको १४ लाख ११ हजार २ सय ४४ रुपैयाँ पत्रकार पौडेलको परिवारलाई हस्तानतरण गरिएको जानकारी गराउनु भयो। ‘पत्रकार बचाउ’ अभियानमा विश्वव्यापी रुपमा सक्रिय भै सहयोग गर्दै आउनु हुने सबैलाई धन्यवाद दिदै ‘पत्रकार हित कोष ‘ का लागि ईञ्जाले काम गर्ने नीति लिएको बरिष्ठ उपाध्यक्ष दाहालले जानकारी गराउनु भयो।
यसैगरी ईञ्जाले अबलम्वन गरेका नीतिहरु र बर्तमान गतिबिधिहरुका बारेमा चर्चा गर्दै बरिष्ठ उपाध्यक्ष दाहालले सामुदायिक पत्रकारीताको बिकासका लागि संचारकर्मीहरुले समुदायका गतिबिधिहरुमा सहयोगी भूमिका निर्वाह गर्दै आएको बताउनु भयो।
समुदाय रुपान्तरणमा पत्रकारहरुको उल्लेखनीय भूमिका रहने चर्चा गर्दै दाहालले समुदायप्रति प्रत्रकारहरुको उत्तरदायित्वको संदेश सहितको नेपाली भाषा सिकाउने “छुनुमुनु” नामक एप्लिकेशनको निर्माणको कार्य जारी रहेको र यस कार्यकालागि पहिलो चरणमा वालवालिकाहरुकालागि उपयोगी हुने भाषागत सामाग्री तयार पार्न विज्ञका रुपमा रही कार्य गर्न बरिष्ठ पत्रकार केदार शर्मालाई जिम्मेवारी दिईएको दाहालले जानकारी गराउनु भयो ।
यसैगरी अमेरिकामा स्थापित सामाजिक संघ संस्थाहरुको तथ्याङ्क तथा समुदायमा पुर्याएको योगदानको अध्ययनकालागी कार्य जारी रहेको र यस कार्यमा कलेजमा अध्ययनरत बिद्यार्थीहरुले सहयोगका लागि चासो देखाएको जानकारी गराउदै बरिष्ठ उपाध्यक्ष दाहालले ईञ्जा दिवस २०२० का उपलक्षमा सबैलाई शुभकामना व्यक्त गर्नु भयो।
ईञ्जाको दोश्रो बार्षिकोत्सवका उपलक्षमा बरिष्ठ पत्रकार सोमनाथ घिमिरेले ईञ्जाका गतिबिधिहरुले आफु प्रभावित भएको र आगामी दिनहरुमा पनि ईञ्जाले सामुदायिक पत्रकारीता लगायत पत्रकारहरुको हितमा योगदानका कार्यक्रमहरुलाई विश्वव्यापीकरण गर्न सकोस भनी शुभकामना दिनु भयो।
यसैगरी ईञ्जाको दोश्रो बार्षिकोत्सवका उपलक्षमा समुदायका प्रतिनिधिहरु मध्यबाट अमेरिका नेपाली सोसाइटिकी प्रेसिडेण्ट प्रभा भट्टराई , अनेसास डिसी च्याप्टरका अध्यक्ष भुपनारायण घर्तिमगर, अनेसास ट्रष्टी कमिटिका तर्फबाट डा गोपी उप्रेती, नेपाल अमेरिका सामुदायिक केन्द्रका अरुण रुपाखेती तथा डा मदन उप्रेती, बरिष्ठ पत्रकार, कवि तथा साहित्यकार हरि अधिकारी तथा ब्यबसायी तथा समाजसेवी अर्जुन दाहालले ईञ्जाको सफलताका लागि शुभकामना दिनु भएको थियो।
बरिष्ठ पत्रकार तथा ईञ्जाका संरक्षक योगेश उपाध्यायले ईञ्जाका गतिबिधिहरुबाट आफु सन्तुष्ट भएको र कमि कमजोरीहरु सुधार्दै ईञ्जा अगाडि बढनु पर्ने धारणा राख्दै ईञ्जा दिवसमा उपस्थित समुदायका अगुवा पाउनाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रमलाई डिसी नेपाल डट कम तथा ईनेप्लिज डट कमले लाईभ प्रसारण गरका थिए भने कार्यक्रम संचालन ईञ्जा ग्लोवलका बरिष्ठ उपाध्यक्ष विष्णु शितलले गर्नु भएको थियो।
|
नक्कली बिल बनाई आर्थिक अनियमितता गर्नेविरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७३÷७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो । कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदानसम्बन्धी कार्यविधि, २०६८ अनुसार वितरण नगरी खरिद तथा बिक्रीवितरण गरिएको नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको पाइएकाले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ ।
सरकारी अनुदानमा बिक्रीवितरण गर्नुपर्ने ११८ मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजात बनाएको पाइएको छ । आयोगले कम्पनीका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीविरुद्ध ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । यस्तै युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालविरुद्ध आयोगले ३५ लाख छ हजार ४०० बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
यस्तै बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीविरुद्ध ११ लाख आठ हजार ८०१, बीउबिजन कम्पनीका कामु महाशाखा प्रमुख रेवतीरमण ओझाविरुद्ध ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
यस्तै सोही कम्पनीका महाशाखा प्रमुख महेशकुमार पौडेलविरुद्ध ४६ लाख १५ हजार २०१, कम्पनीका तत्कालीन शाखा अधिकृत बिन्दु थापाविरुद्ध ४६ लाख १५ हजार २०१, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोरकिपर धर्मेन्द्रकुमार झाविरुद्धसमेत ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
यस्तै आयोगले तनहुँ भानु नगरपालिका– १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीविरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनमा क्रममा वडा सदस्य अधिकारी र इञ्जिनीयर शुकदेव अधिकारीले सेवाग्राहीसँग ७५ हजार घुस लिएको आरोप लागेको छ । |
ठगीमा संलग्न २ जना पक्राउ बनेपा । लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पनौती नगरपालिका वडा नं ६ बस्ने बलराम फुयाँलको घरमा कोठा लिइ बस्ने ३२ वर्षीया सुभद्रा तिमिल्सिनाले बिक्रीवितरणका लागि लुकाइछिपाइ राखेको अवस्थामा ‘निट्राभेट–१०’ लेखिएको लागुऔषध साढे नौ थानको २७९ ट्याप्लेट बरामद गरिएको हो । तिमिल्सिनाले दराजभित्र कपडामा लुकाएको सो लागुऔषध फेला पारेकाले औषधिसहित तिमिल्सिनालाई पक्राउ गरेको हो । |
अमेरिकी वीमा कम्पनीद्वारा नेपाली भाषामा आफ्नो ब्रोसर प्रकाशन डिसी नेपाल
वासिंगटन डिसी । अमेरिकाको उत्कृष्ठ १० वीमा कम्पनीहरुमध्ये एक मानिएको अमेरिकन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट नेपाली भाषामा यसको ब्रोसर प्रकाशित गरी डिसेम्बर २९ शनिवार एक भव्य कार्यक्रमका बीच सार्वजानिक गरेको छ ।
सन् १८४८ मा स्थापना भएको १७२ बर्ष पुरानो र ३१ विलियन अमेरिकी डलर कुल सम्पत्ति भएको प्रतिष्ठित वीमा कम्पनीले आफूले दिने जीवन बीमासम्बन्धी सेवाका सम्पूर्ण विवरणहरु उल्लेख गर्दै प्रकाशित गरेको ब्रोसर नेपाली भाषीका लागि गौरबको कुरा भएको सहभागीहरुले व्यक्त गरेका थिए ।
सो ब्रोसरका अनुसार, कम्पनीले टर्म लाइफ इन्स्योरेन्स र पर्मानेण्ट लाइफ इन्स्योरेन्सजस्ता सेवाहरु प्रदान गर्दै आएको छ । कम्पनीले सामुदायिक विविधतालाई सम्मान गर्दै नेपाली भाषामा पनि आफ्नो ब्रोसर प्रकाशित गरिएको जानकारी सहभागीहरुलाई गराएको थियो ।
अमेरिकामा बस्ने नेपाली समुदायका धेरै व्यक्तिहरु सो कम्पनीका सेवाहरुमा सहभागी भएकाले पनि कम्पनीले नेपाली भाषाको सम्मान गर्दै ब्रोसर प्रकाशित गरेका हो ।
कार्यक्रममा अमेरिकाका नेपाली राजदूत डा.अर्जुनकुमार कार्की प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए भने अबैतनिक महाबाणिज्य दूत प्रेमराजा महत विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।
समारोहमा राजदूत कार्कीले सो कम्पनीमा कार्यरत नेपाली टीमलाई बधाइ दिंदै अमेरिकी कम्पनीको ब्रोसरमा नेपाली भाषा पनि प्रकाशित गर्ने उपलब्धी हासिल गरी कार्यक्रमसमेत आयोजन ागर्न सफल भएको र त्यस्तो कार्यक्रममा आफू सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
|
घुस लिएको अभियोगमा इञ्जिनीयर र अध्यक्ष बिरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल भरपाई गरी भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरेको अभियोग तिनलाई लागेको छ ।
उनीहरुले पटकपटक गरी ३७ लाख ५० हजार बराबरको घुस लिएको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सिडिई बस्नेतले आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ । |
मरिससमा के गर्दैछन् श्रममन्त्री? काठमाडौं। मरिससको औपचारिक भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल र मरिससबीच गत जेठमा सम्पन्न श्रम समझदारीको कार्यान्वयनलगायत दुई देशबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको दक्षिण अफ्रिकाका लागि नेपाली दूतावासले जनाएको छ।
सो अवसरमा मन्त्री यादवले आगमी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादमा मरिससबाट उच्चस्तरको सहभागिताका लागि आग्रह गरेका थिए। नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मरिससबाट लगानीका लागि समेत उनले आह्वान गरे।
भेटमा मरिससका प्रधानमन्त्री जुगनाउथले नेपालले अन्तर्राष्ट्रियस्तरको संवाद आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै उच्चस्तरको सहभागिता रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री यादवले त्यहाँ रहँदा कृषि, उद्योग तथा खाद्य सुरक्षामन्त्री महेन्कुमार सिरुत्न, श्रम मानव स्रोत विकास तथा तालिममन्त्री सुदेश सत्कम कालिचरनसँग पनि भेटवार्ता गरेका थिए।
सो अवसरमा मरिससको कृषि क्षेत्रमा नेपाली कामदारका लागि रोजगारीको सम्भावनाका बारेमा छलफल भएको दूतावासले जनाएको छ ।
यस्तै दुई देशका श्रम समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा छलफल भएको थियो । सो अवसरमा सम्झौताअनुरुपको मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाका साथै लागतका विषयमा छलफल भएको थियो ।
भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले रोजगारदाताको सङ्गठनका प्रमुख तथा प्रतिनिधिसँग विदेशी कामदारको माग रहेका होटल, उत्पादन, पूर्वाधार, सुरक्षा, सेवालगायत क्षेत्रका बारेमा छलफल भएको दूतावासले जनाएको छ । सो अवसरमा मरिसस पक्षले नेपाली कामदार पठाउँदा कामदारको मर्यादित भर्ना प्रक्रियालाई अपनाउन जोड दिएको थियो ।
नेपाली प्रतिनिधिमण्डलले मरिससको व्यवस्थापिका ‘नेशनल एसेम्बली’को सभा सञ्चालनको अवलोकन गरेको थियो । मरिससका श्रममन्त्री कालिचरनको निमन्त्रणमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए। |
मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ काठमाडौं । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापामगर मादक पदार्थ सेवन गरी बा२ख ४४६० नंको टिपर चलाउँदै गरेको अवस्थामा र नेपाली लागुऔषध गाँजा सेवन गरी बा१ख २७६८ नंको माइक्रोबस चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
मापसे गरी टिपर चलाएका थापामगर चन्द्रागिरि नगरपालिका–१५ मा उत्तम राउतको घरमा क्षति पु¥याएर फरार रहेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठले बताए। गाँजा सेवन गरी माइक्रोबस चलाउने नेपाली तनहुँबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट १५ ग्राम गाँजासमेत बरामद गरेको छ ।
पक्राउ परेका थापामगरलाई मुलुकी अपराध संहिता–२०७४ र लागुऔषध सेवन गरी सवारी चलाउने नेपालीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको छ । |
अमेरिकामा नेपाली विद्यार्थीका समस्याहरुबारे यसरी गरियो बृहत छलफल मिलनजंग कटुवाल
गत आइतवार फेबु्रअरी २३ को सांझ अमेरिकाको टेक्सास राज्यमा वृहत नेपाली युवा सम्मेलन सम्पन्न भयो । युनिभर्सिटी अफ टेक्सास आर्लिंगटन (युटिए) मा संचालन भएको उक्त कार्यक्रम विगतमा हुने गरेका समारोहभन्दा भिन्न थियो । कारण, एन.आर.एन.ए को युथ टास्कफोर्सद्वारा आयोजित यस कार्यक्रममा सह—आयोजकका रुपमा विद्यार्थीहरुलाई पनि समेटिएको थियो । युनिभर्सिटी अफ लुजियाना, मनारो र युनिभर्सिटी अफ टेक्सास आर्लिंगटनका विद्यार्थीहरु एकवद्द भएर एन.आर.एन.ए को कार्यक्रममा सहभागिता जनाएको यो नै पहिलो अवसर थियो । मिसौरी राज्यको विचिटा राज्यबाट पनि विद्यार्थीहरु सहभागी हुन आएको कार्यक्रमका संयोजक सन्देश उप्रेतीले जानकारी दिए ।
कार्यक्रमको लागि अतिथिहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । नौलो कुरा के भने, कार्यक्रममा सबै उमेर समूह, सबै स्टाटसका अतिथिहरु एउटै मन्चमा सामेल भएका थिए । कार्यक्रममा विद्यार्थी एवम् युवाहरुको समस्याबारे वहस गर्न बेग्लै अन्तक्र्रियाको सेसन समावेस गरिएको थियो । उक्त सेसनमा अमेरिकाका लागि नेपालका राजदुत डा अर्जुन कार्की, एन.आर.एन.ए आईसीसीका सचिव गौरीराज जोशी, एन.आर.एन.ए अमेरिकाका वर्तमान अध्यक्ष सुनिल शाह, निवर्तमान अध्यक्ष केशव पौडेल र विद्यार्थी प्रतिनिधिलाई प्यानलमा निम्त्याइएको थियो । ढाका टोपी र दौरा सुरुवालमा सजिएर आएका जुनियर हाइ स्कुल अध्ययनरत १४ वर्षीय विद्यार्थीदेखि अमेरिकामै जवानी कटाएका थुप्रै परिपक्क अतिथिहरुको उपस्थिति साँच्चै लोभलाग्दो थियो ।
समस्याहरु छलफल गरिएको पहिलो सेसनमा अतिथि र उपस्थित विद्यार्थीहरुबाट प्रश्न लिएर प्यानल समक्ष राखिएको थियो । अमेरिकामा रहने आप्रवासी नेपालीहरुका विभिन्न समस्या र विद्यार्थीको चासो बारे गुणात्मक छलफल गरिएको थियो । नेपाली विद्यार्थीहरुले दुतावासमा आफूहरुले धेरै समस्या झेल्नु परेको र सेवा पाउन ढिलासुस्ती खेप्नु परेको गुनासो पोखेपछि महामहिम राजदुत डा. कार्कीले विद्यार्थीहरुको लागि बेग्लै सम्पर्क इमेलको व्यवस्था गर्ने प्रतिबद्दता जनाउनु भएको थियो । त्यसैगरी युवा—विद्यार्थी टास्कफोर्सले आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा आर्थिक समस्या झेल्नु परेको गुनासो आएपछि एन.आर.एन.ए अध्यक्ष सुनिल शाहले मन्चबाटै ’प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’को घोसणा समेत गर्नु भएको थियो । सिड मनीका रुपमा उहाँले व्यक्तिगत २ हजार डलर सहयोग पनि गर्नु भयो ।
कार्यक्रममा मोटिभेसनको दोश्रो महत्वपूर्ण सेसन पनि थियो । उक्त खण्डमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोमा रिसर्चमा संलग्न डा. तारा सिग्देल, लिबर्टी म्युचुअल इन्सुरेन्समा डाटा साइन्सका निर्देशक सिजर कोइराला र संविधान सभा सदस्य धनराज गुरुङ ज्युलाई प्यानलमा निम्त्याएर विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल भयो । युवा विद्यार्थीले सफलताको आधार कसरी पहिल्याउन सक्छन् भन्ने आत्मविश्वास बढाउनका निम्ति सहयोगी बन्न सकोस् भन्ने अभिप्रायले आयोजित यस युवा सम्मेलनमा प्यानलमा आसिन अतिथिहरुलाई प्रश्न गर्न उपस्थित विद्यार्थीहरु उत्सुक देखिन्थे ।
कार्यक्रममा युटिएमा अध्ययनरत विद्यार्थीहरुले विशेष नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले पनि मनोरन्जनात्मक प्रस्तुति दिएका थिए । सबैको समान सहयोग प्राप्त भएको कारण नै कार्यक्रम उत्कृस्ट साबित भएको भन्दै संयोजक संदेश उप्रेतीले प्रशन्नता व्यक्त गरे । |
जीप दुर्घटनामा एकको मृत्यु सुर्खेत । गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो ।
मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए।
प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए। उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाईएको छ । घटनामा सिम्ता–९का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । |
नक्कली चालक अनुमतिपत्र बनाउने महिला पक्राउ जनकपुरधाम । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने रुबी मिश्र रहेकी छन् । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका– १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र फेला पारेको थियो ।
सवारीचालक अनुमतिपत्र नक्कली पाएपछि ट्राफिक प्रहरीले आवश्यक कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–९ का चन्दन मिश्रले पाँच हजारमा सो अनुमतिपत्र बनाइदिएको कुशवाहाले बताएपछि प्रहरीले छानविनको क्रममा चन्दनकी आमा रुबी मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । सो कार्यमा उनको संलग्नता देखिएपछि जिल्ला अदालत धनुषाबाट थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद लिएको छ ।
रुबीले ६० हजारसम्म लिएर सरकारी छापसमेत किर्ते गरी नक्कली सवारी अनुमतिपत्र बनाउने गरेको चार वटा उजुरी परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । रुबीले आफ्नै छोरा चन्दनमार्फत सवारी अनुमतिपत्र चाहिने व्यक्ति खोजेर नक्कली अनुमतिपत्र बनाइ बेच्ने गरेको अनुसन्धानबाट देखिएको उनले जानकारी दिए। |
टेलिकमको टावर ढल्दा तीन घाइते, एकको अवस्था गम्भीर कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् ।
भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् ।
घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए ।
शनिबारदेखि नै टावर खोल्ने काम शुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए। टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ । |
ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा बिहीबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
बिग्रिएर सडक किनारमा रोकिराखेको ना३ख ९०२४ नंको ट्रकमा स८प ७७१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका–८ निवासी २७ वर्षीय सोनिया दास घाइते भएको र उनको को फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ । |
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा ताप्लेजुङ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो।
दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो।
तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो।
पाथीभरा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । पाथीभराबाट उडेको केही मिनेट नबित्दै दुर्घटना भएको थियो। दुर्घटनाबाट राष्ट्रले एक होनहार नेता गुमाएको एक वर्ष भए पनि आज ताप्लेजुङमा कुनै स्मृतिका कार्यक्रम आयोजना भएनन्।
यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ । केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई रु ५० लाख र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई रु २० लाख पठाएको छ । उक्त रकमले यो वर्ष नै विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए। रासस |
१९ तोला सुनसहित दुई जना पक्राउ लहान । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो ।
प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई चेक गर्दा दुबैको साथबाट सुनको चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइछिपाइ राखेको करिब रु १५ लाख ५८ हजार मूल्य बराबरको अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
पक्राउ परेको सुनसहित दुबैमाथि कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । यस्तै प्रहरीको टोलीले सिरहाको कर्जन्हा नगरपालिका–३ जनक चोकबाट लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टडिया निवासी ३४ वर्षीय तीर्थबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको टोलीले स१०प ३४०२ नम्बरको मोटरसाइकलमा सबार कार्कीलाई डाइलेक्स डिसी पाँच बोतल, नाइट्रोभेट ट्ययाब्लेट २२ पिस, स्पास्मो ट्याब्लेट १५ पिस लागुऔषधसहित पक्राउ गरेको हो । |
म्याराथुन दौडको उपाधि बस्नेतलाई भक्तपुर । जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माध्यमिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् ।
मध्यपुरथिमिस्थित शिक्षा विकास सञ्जालको पाँचौँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरिएको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस्पर्धीलाई पछाडि पार्दै बस्नेतले २१ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी नगद पुरस्कार रु २० हजारसहित उपाधि हात पारेका हुन् ।
मध्यपुरथिमि नगरपालिकालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा सैनिक आवासीय माध्यमिक विद्यालयका नवीन्द्र कार्की दोस्रो र लिटिल गार्डेन सेकेण्डरी स्कूलका सरोज तामाङ तेस्रो भएका छन् । दोस्रो हुने कार्कीले रु १५ हजार र तेस्रो हुने तामाङले रु १० हजार नगद पुरस्कार हात पारेका छन् ।
त्यस्तै वागेश्वरी माविका लालबहादुर थापा, भक्तपुर इङ्ग्लिस स्कूलका आरुष यादव, आदर्श सेकेण्डरी स्कूलका ब्रियान गौतम, रेन्बो इङ्ग्लिस स्कूलका सिर्जनकुमार राना, गणेश सेकेण्डरी स्कूलका समीर गोलेले जनही नगद रु तीन हजार पुरस्कारसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे ।
सो अवसरमा उनले खेलकूद क्षेत्रको विकासका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै पारित गरेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकूदको विकास गर्दै मध्यपुरथिमिलाई खेलकूदको हव बनाउने लक्ष्य लिएको बताए। यसअघि ‘म्याराथुन फर एजुकेशन २०७६’ भन्ने मूलनाराका साथ शङ्खधरचोकबाट शुरु भई सल्लाघारी, निकोसेरा, बाहाखाबजार हुँदै सानोठिमी खेल मैदान गठ्ठाघरमा पुगेर समापन भएको थियो ।
नगर प्रमुख श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा ४९ विद्यालयका १९६ विद्यार्थीको सहभागिता रहेको शिक्षा विकास सञ्जालका अध्यक्ष वीरेन्द्र जयनाले जानकारी दिए । कार्यक्रमका सभापतिसमेत रहनुभएका जयनाले भक्तपुरमा पहिलोपटक अन्तरविद्यालय म्याराथुन प्रतियोगिता सञ्चालन गरेको र अब सञ्जालले हरेक वर्ष फागुन १२ गते यो प्रतियोगितालाई निरन्तरता दिने र अर्को वर्षदेखिको प्रतियोगितामा छात्राको म्याराथुन प्रतियोगितासमेत गरिने घोषणा गरे ।
सञ्जालका सचिव सूर्यबहादुर भण्डारीले सञ्जालको उद्देश्य, लक्ष्य र कार्यक्रमबारे जानकारी दिँदै भक्तपुरलाई उत्कृष्ट शैक्षिक हव बनाउने लक्ष्यका साथ सञ्जाल अगाडि बढेको बताए । |
कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ।
रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ।
जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ। |
कलङ्कीमा ट्रकले ९ वटा सवारीलाई ठक्करदिँदा एक जनाको मृत्यु, ४ घाइते काठमाडौँ । काठमाडौँको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। |
पोखरा फेवातालमा डुंगा पल्टियो, ३ जनाको उद्धार, एकजना बेपत्ता पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।
पोखराको खपौँदी नजिकैबाट सँगै डुंगा चढेका ३ जनामध्ये एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बेपत्ता हुनेमा काठमाडौँका सुमित लुइँटेल रहेका छन्।
काठमाडौंबाट आएका ४ मध्ये ३ जनालाई नेपाली सेनाले रेस्क्यु गरेको छ।
ऊनीहरुले सिङ्गल डुङ्गा लिएर गएका थिए। डुङ्गामा पानी भरिएर पल्टिएको प्रहरीले जनाएको छ। |
घुस लिएको अभियोगमा अख्तियारद्वारा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ ।
कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई पक्राउ गरेको हो । आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार रहेका शिवाराज उपाध्यायविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्वविपरीत उनीहरुले दुई करोड ९४ लाख ८९ हजार ९७१ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । |
लागुऔषध नियन्त्रणमा पहल तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसनी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । राजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत लागुऔषधविरुद्ध प्रचारप्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । अभियानअन्तर्गत सोमबार आँबुखैरेनी गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सर्वसाधारण लगायतको उपस्थितिमा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक सुवेदीले लागुऔषध दुव्र्यसनी, यसको असर, कारण तथा लागुऔषधसम्बन्धी कानूनी व्यवस्था र गाउँपालिकामा लागुऔषधको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले लागुऔषध नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड जोड दिए। |
बाबुले छोरीलाई हाडनाता करणी गरेपछि जन्मकैद दमौली । तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।
शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो । |
भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ।
ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। |
मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा शिवरात्रिको भव्य समारोह डिसी नेपाल
वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा महाशिवरात्रि पर्व निकै धुमधामका साथ मनाइएको छ । फेब्रुअरी २१ तारिख शुक्रबार सांझ सो मन्दिरमा भगवान शिवको विशेष पूजा आराधना भएको थियो ।
मन्दिर व्यबस्थापन समिति, नेपाल एजुकेशन तथा सांस्कृतिक केन्द्रका अनुसार, विहान सबेरैदेखि डिसी, भर्जिनिया र मेरिल्याण्ड क्षेत्रका नेपाली धर्मावलम्बीहरुको निकै घुइचो लागेको थियो । दर्शनार्थीहरुलाई विशेष पूजा गर्ने सुविधासहित सजिलै भगवानको दर्शन गर्न पाइने व्यबस्था व्यबस्थापन समितिले गरेको थियो ।
दर्शनार्थीहरुले विहानैदेखि पूजा आरधना गरे पनि आयोजक संस्थाले सांझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्मलाई शिवधुनीसहित भजन किर्तनको कार्यक्रम तय गरेको थियो ।
यसबीचमा योग गुरु सुबर्ण पन्तको सहजीकरणमा नटराज नृत्य तथा ध्यानको कार्यक्रम र त्यसपछि पंडित खिलराज पंडित द्वारा पूजा आरती गरी अन्त्यमा प्रसाद वितरण गरिएको थियो ।
भगवान शिवको नामका विभिन्न भजन कीर्तनसहित सम्पन्न शिवरात्रि समारोहमा भक्तजनहरुका लागि पूजाको प्रसादसमेत वितरण गरिएको थियो ।
त्यसैगरी परम्परादेखि चलेको भगवान शिवका नाममा सार्वजानिस्थलमा आगो बाली धुनी जगाउने काम पनि सो दिन सांझ मन्दिर परिसरमा सम्पन्न भएको थियो ।
नेपाल एजुकेशन तथा सांस्कृतिक केन्द्रका (एनईसीसी) प्रेसिडेन्ट खिलेन्द्र न्यौपानेले भक्तजनहरुलाई धन्यवाद दिदै कार्यक्रमको आरम्भ गर्नुभएको थियो ।
|
फरार अभियुक्त २१ वर्षपछि पक्राउ काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आइतबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजाया र दुई हजार जरिवना तोकिएको लामालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
श्रीमानकाे हत्या अभियोगमा श्रीमती पक्राउ काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए। गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो ।
गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । श्रीमान् मृत अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । निरीक्षक सुवेदीका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ । |
पोखरा रङ्गशालाको काम अन्तिम चरणमा, चैतभित्र सम्पन्न हुने चिप्लेढुङ्गा । आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ ।
भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डियाले नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँसँग संयुक्त लगानीमा रु एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण कार्यको जिम्मा लिएको हो । प्रारम्भिक सम्झौताअनुसार उक्त रङ्गशालामा १६ हजार पाँच सय दर्शक क्षमता भनिए पनि भविष्यमा हुन सक्ने दर्शकको चापलाई ध्यानमा राखेर अहिले २० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको रङ्गशालाका आयोजना प्रबन्धक इन्जिनीयर दीपक बरालले जानकारी दिए । उनले भने “हामीले अहिले चैतसम्म १६ हजार पाँच सय क्षमताको मात्र सम्पन्न गर्नेछौँ । बाँकी अर्को सम्झौताबाट काम अघि बढ्छ ।” गत वर्ष फागुन २४ गते शिलान्यास गरिएको उक्त रङ्गशाला २०७६ असार मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौतमा चार महिनाभित्र सम्पन्न गर्ने भनिए पनि रङ्गशालामा हुने विभिन्न खेल गतिविधिले गर्दा निर्माणकार्यलाई बाधा पु¥याएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मापदण्डानुसार निर्माण गरिएको पोखरा रङ्गशालामा आम दर्शक, भिआइपी, अपाङ्गता भएका दर्शक र मिडियाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको बरालले जानकारी दिए । उनले भने, “१३ आँै साग प्रतियोगिताका लागि आवश्यक तयारीलाई मात्र जोड दिएर खेल सम्पन्न ग¥याँै, त्यसयता रङ्गशालाको काम धमाधम भइरहेको छ । अहिले करीब ९० प्रतिशत काम सकिएको छ ।” बरालले चैत महिनाभित्र रङ्गशालाको काम सम्पन्न गरिसक्ने जानकारी दिए । एक सय पाँच मिटर लम्बाइ र ६८ मिटरको चौडाइ रहेको फुटबल मैदानमा आठ र १० लेनको सिन्थेटिक ट्र्याक रहेको छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले चैतभित्र सम्पन्न गर्नलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँले विभिन्न समयमा हुने मेघा इभेन्टले पनि यसको निर्माण कार्यमा अवरोध पुगेको बताए । पोखरामा फागुन २२ देखि चैत १ गतेसम्म १८आँै संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ हुँदैछ । उनले आहा गोल्डकपका लागि १३ हजार क्षमताको प्यारापिट निर्माण भइसक्ने जानकारी दिए । रङ्गशालाका लागि सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट झिकाइएको गुरुङको भनाइ छ ।
खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशव पाठकले रङ्गशालाको निर्माण कार्यलाई अब ढिला गर्न नहुने भन्दै चैतभित्र सक्नुपर्ने बताए । उनले पछि थपिएको तीन हजार पाँच सय सिट क्षमताका लागि बोलपत्र आह्वान गरेर नवाँै राष्ट्रिय खेल अगावै सम्पन्न गर्नुुपर्ने बताए । पोखरा रङ्गशालाबाट देखिने माछापुच्छ«को सुन्दर दृश्यावलोकनले पनि यसको सुन्दरता थपेको छ भने यसलाई आकर्षक बनाउन विभिन्न विज्ञको सल्लाह र सुझावलाई लिएर तयार गरिएको छ । फुटबल मैदानको छेउमा सिन्थेटिक ट्र्याक राखिएको छ । रङ्गशालामा खेलाडीको चेन्जिङ रुम, भिआइपी, मेडिकल, मिडिया सेन्टर, १७ वटा शौचालय लगायतको सुविधायुक्त संरचनाहरु रहेका छन् । |
खैरो हिरोइनसहित पक्राउ धनगढी । कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन् ।
उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंबह कार्कीले बताए । |
धादिङमा सिमेन्ट बोेकेको ट्रकको टायर पड्किँदा चालकको मृत्यु, सहचालक घाइते काठमाडौँ । धादिङमा सिमेन्ट बोेकेर काठमाडौँ आउँदै गरेको ट्रकको टायर पड्किँदा चालकको ज्यान गएको छ । उक्त दुर्घटनामा परी सहचालक घाइते भएका छन् ।
आज बिहान सवा ३ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा पर्ने पृथ्वी राजमार्गमा वीरगञ्जबाट सिमेन्ट बोकेर बनेपातर्फ आउँदै गरेको ट्रकको टायर पड्किएर त्रिशुलीमा खस्दा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार शालिमार सिमेन्ट बोकेको ना ५ ख ३७७७ नं. को ट्रक दुर्घटनामा परी मकवानपुर घर भएका चालक बिखे थोकरको ज्यान गएको हो ।
घाईते १८ वर्षीय सह चालक राजेश विक गजुरी अस्पतालमा उपचार भइहेको छ । |
पोखरामा कार दुर्घटना, घटनास्थलमै एकको मृत्यु ३ घाईते कास्की । पोखरामा शुक्रबार साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने वर्ष २१ की जमुना क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २१ की बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाकी छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो।
दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पुर्याएका थिए। |
फरकफरक सवारी दुर्घटनामा पाँचजनाको मृत्यु काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबारका सवारी दुर्घटनामा मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा, दोलखा–कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बसले ठक्कर दिँदा १० वर्षीय पुजन थामी र पोखरा महानगरपालिका–११ फूलबारी सडकमा स्कुटल दुर्घटना हुँदा भोजपुरका ३० वर्षीय काइँला राईको मृत्यु भएको छ । |
बाह्र किलो चरेशसहित पक्राउ नेपालगञ्ज । बाँकेको कोहलपुरमा प्रहरीले आज ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का ३२ वर्षीय आकाश आरसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए। |
अज्ञात समूहद्वारा दुई वटा डोजरमा आगजनी डोटी । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।
सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजर स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाडौँबाट भाडामा ल्याएको भन्ने जानकारी प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “अज्ञात समूहले डोजर जलाएको भन्ने खबर आएको छ, कसले र किन जलाएका हुन् खोजी हुँदै छ ।”
आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्ण रुपमा क्षती भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षती भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । |
बास्कोटाको ७० करोड प्रकरण ओलिको अग्नी परिक्षा : डा. सुन्दरमणी दीक्षित काठमाडांै । संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बिभिन्न ब्यक्त्तीहरुले आफ्नो धारणा .ब्यक्त गरेका छन। डाक्टर सुन्दरमणी दीक्षितले यसलाइ प्रधानमन्त्री केपी शर्मा ओलीको अग्नी परिक्षाको घडी बताएका छन।
‘भ्रष्टचार गर्दिन र भ्रष्टचार गर्नेको अनुहार हेर्दिन’ भन्ने पधानमन्त्रीको आफ्नै सरकारका मन्त्री तथा नजिकको मान्छे बास्कोटा माथि लागेको भ्रष्टाचार आरोपको छानबिन गरेर कारबाहि गर्न सके परिक्षामा उत्तिर्ण हुने र बाहना बनाएर बचाउ गर्न तिर लागे अनउत्तिर्ण हुने र सबैको नजरबाट गिर्ने पनि बताए ।
यस अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा सबैलाई एकातिर र गोकुल बास्कोटा एक्लैलाई एकातिर राख्दा बराबर हुने भनि अभिव्यक्ती दिएका थिए । सामाजिक सञ्जालमा बास्कोटा र ओलीको सम्बन्धलाई लिएर धेरै टिका टिप्पणी भएका छन् । धेरै जसोले ओलीका विश्वास पात्रको रुपमा रहेका बास्कोटाको अडियो प्रकरणले ओलिलाई सम्म समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् । |
सडकमा रोकेर राखेको कार तोडफोड गर्ने पक्राउ काठमाडौं । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोकेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई बुधबार बिहान पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दीपककुमार सिङ्खडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।
“व्यक्तिगत रिसिइबीका कारण थापाले सिम्खडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने। पक्राउ परेका थापालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । |
चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं। विज्ञापन प्रसारण गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नगरपालिकाको सूचना प्रकाशन गरेबापट प्रिमियर डिजिटल मिडिया प्रालिलाई भुक्तानी दिने क्रममा पौडेले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ।
आयोगले बिजुलीको ट्रान्सफर्मर जडानपछि भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साहविरुद्ध पनि आरोपपत्र दायर गरेको छ। गाउँपालिकको विभिन्न वडामा ‘हाइटेन्सन’ र स्थानीय लाइन तथा ट्रान्सर्फमर जडान सम्पन्न भई अन्तिम कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने क्रममा निजले सेवाग्राहीसँग दुई लाख ३० हजार घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यसैगरी आयोगले भारतीय सीमावर्ती क्षेत्रबाट नून, तेल र चिनीलगायत समान ल्याउने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ। |
गुण्डागर्दीमा संलग्न पक्राउ काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौँ जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हातहतियार देखाइ ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएर त्रास फैलाएको र महिलालाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
खोजीका क्रममा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । यसअघि तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।
तामाङलाई अभद्र व्यबहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँं पठाइएको महाशाखाले जनाएको छ । |
प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ झापा । प्रहरीको असईमा जागीर लगाईदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के बस्ने २२ वर्षीय बिजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको छ ।
वाग्लेले प्रहरीको नक्काली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जनालाई केही समय अगाडिदेखि नै प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै दुबै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत झापाको अनुमती लिई थप अनुसन्धान कार्य भइ रहेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.