content
stringlengths 31
27.4k
⌀ |
---|
भारतबाट आएको खाली ट्रकबाट एक करोडभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ काठमाडौं । नेपाल भारत सीमा क्षेत्र सिलबन्दी भएको बेला भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको एक करोड भन्दा बढी भारतीय रुपैयाँ फेला परेको छ । मोरङको रानी नाकामा सशस्त्र प्रहरीले चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा पाँच सय दरका १ करोड ९ लाख ७९ हजार रुपैयाँ फेला पारेको हो। शंका लागेर चेक गर्दा भारतिय नोट फेला परेको हो। थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल मोरगका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। ट्रकमा भारतिय ५ सय दरका नोट भेटिएको हो। प्रहरीले ट्रकका चालक रविकुमार र सहचालक पप्पु कुमारलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ।उनीहरुले प्रहरीसँगको प्रारम्भिक बयानमा नेपालबाट डाइपर लिएर सिलगुडी जान लागेको बताएका छन्। ट्रक भारतको सुपौलबाट आएको खुलेको छ।
उनीहरुले सो रकम किन र कहाँ लैजाान ल्याएको भन्ने बारेमा केही खुलेको छैन । उनीहरुले भारतबाट सो रकम कस्ले पठाएको भन्ने बारेमा पनि केही नबताएको सशस्त्र प्रहरी बलका एसपी कार्कीले बताए । एसपी कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई प्रहरी मार्फत राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । |
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका–१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको हो।
मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मृतक ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्ससहित चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र मोटरसाइकल चालक बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ । |
न्यूयोर्क टाइम्सको डरलाग्दो खुलासा, अमेरिकामा आगामी महिनादेखि दोब्बर मानिस मर्न सक्ने वासिंगटन डिसी । अमेरिकामा आउँदा दिनहरुमा प्रतिदिन ३ हजार मानिसहरुको मृत्यु हुने प्रक्षेपण ट्रम्प प्रशासनले गरेको समाचार सार्वजानिक भएको छ ।
अमेरिकाका राज्यहरुलाई लकडाउन खुलाउन दवाव दिँदै आएको राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आन्तरिकरुपमा भने यस्तो डरलाग्दो अवस्था आउने आंकलन गरेको न्यूयोर्क टाइम्सले मे ४ तारिकमा प्रकाशित समाचारमा उल्लेख छ ।
आन्तरिकरुपले तयार गरिएको प्रतिवेदनमा आगामी जुन १ सम्ममा प्रतिदिन कोरोना भाइरसको संक्रमणका कारण प्रतिदिन ३ हजारका दरले अमेरिकीहरुको मृत्यु हुने उल्लेख गरिएको न्यूयोर्क टाइम्सले दावी गरेको छ।
हाल अमेरिकामा कोरोनाका कारण दैनिक १७ सय ५० जनाको मृत्यु भइरहेको छ । सो प्रतिवेदनको तथ्यांकअनुसार, आगामी महिना अमेरिकामा प्रतिदिन झण्डै दोब्बर मानिसको मृत्यु हुने देखिएको छ ।
ट्रम्प प्रशासनले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन(सीडीसी) र फेडेरल इमर्जेन्सी म्यानेजमेण्ट(फिमा) को भविष्यवाणीा आधारमा तयार गरेको प्रतिवेदनअनुसार, आगामी दिनदेखि प्रतिदिन २ लाख मानिसहरु नयां संक्रमित हुनेछन् ।
हाल प्रतिदिन नयां संक्रमितहरुको संख्या २५ हजार छ । न्यूयोर्क टाइम्सको समाचारअनुसार, अमेरिकामा बजारहरु खुल्ला गरिएपछि स्थिति अझ नाजुक हुनेछ । |
कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य र रक्षालाई साढे तीन अर्ब काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले साढे तीन अर्व रुपैयाँ निकासा गरेको छ। सोमबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य र रक्षा मन्त्रालयलाई उक्त रकम निकासा गरिएको जानकारी दिए।
अर्थले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिएको छ। बैठकमा मन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि बताए।
संघीय सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा दुई अर्व २० करोड रुपैयाँ जम्मा भएको र यसलाई आवश्यक्ता अनुसार खर्च गर्दै जाने मन्त्री खतिवडाले जानकारी दिए।
मन्त्री खतिवडाले कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा राजश्वमा दवाव परेको बताए। ‘चालु वर्षको सुरुदेखि नै हामी अलिकति दबाबमा थियौँ, कोरोना रोकथामका लागि लकडाउन गरेपछि हामी झनै पछाडि परेका छौं’ उनले भने, ‘चैत मसान्तसम्ममा राजस्व लक्ष्यको ८० प्रतिशत मात्रै संकलन गर्न सफल भएको छौं।’
भन्सारसँगै अन्तःशुल्क र मूल्यअभिवृद्धि करमा पनि दबाब परेको भन्दै खतिवडाले अन्तर्राष्ट्रिय सहायता परिचालनमा सरकारले जोड दिएको बताए।
अहिलेसम्म सरकारले कोरोनासँग सम्बन्धित काममा खर्च गर्न र आर्थिक उत्थानका लागि डेढ खर्ब रुपैयाँ बराबरको रकम सम्झौता गरेको खतिवडाले जानकारी दिए। मन्त्री खतिवडाले सरकारी राहत दुरुपयोग रोक्नका लागि श्रमसँग जोडेको स्पष्ट पारे। |
गाई चराउन गएकी किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ दाङ । किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् ।
शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएको अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको छ । बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ । |
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु कैलाली । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेला पारेको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा माछापोखरी निर्माणको काममा प्रयोग भइरहेको जेसिबीका चालक दाङ जिल्ला भालुवाङ स्थायी ठेगाना भएका ३१ वर्षीय तिलक बुढामगर मृत फेला परेका छन्।
माछापोखरी निर्माणकोे कामको ठेक्का पाएको देवसिंह सेवा निर्माण कम्पनीको उक्त जेसिबीका चालक बुढामगर शुक्रबार राति खाना खाएर सोही विद्यालयको कोठामा सुतेकामा बिहान मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
जेसिबीका सहचालक हरिदत्त भट्टले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ।
सहचालक भट्ट पनि सोही विद्यालयमा बस्दै आएको बताइएको छ। रासस |
ग्रीनकार्ड नहुनेले अमेरिकी सरकारको राहत रकम पाएनन् वासिंगटन डिसी । ग्रीनकार्ड नभए पनि कोरोना महामारीको संकटका बेला अमेरिकी संसदले घोषणा गरेको राहत रकम कुरेर बसेका आप्रवासीहरु निराश हुने भएका छन् ।
केही हप्ताअघि अमेरिकी संसदबाट पारित भई लागू भएको प्रतिब्यक्ति १२ सय अमेरिकी डलर पाउने कोरोना महामारीको राहत प्याकेज वितरणका लागि बनेको नियममा स्थायी बसोवास अनुमति पत्र नभएकाहरु यो सुविधाबाट बञ्चित हुने उल्लेख छ । सो रकम वितरणको जिम्मेवारी पाएको आई आर एसको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार, ग्रीनकार्ड नहुनेहरुले रकम नपाउने सूचना दिइएको छ । को को व्यक्ति तथा परिवारले यो सुविधा लिन पाउंदैनन् ? भन्ने शीर्षकमा दिइएको सूचनाको सातौं नम्बरमा सो कुरा उल्लेख छ । ग्रीनकार्ड नहुनेहरु बाहेक सोसल सेक्युरिटी नभएका व्यक्तिहरु पनि यो सुविधा लिन पाउंदैनन् । यसवाहेक अविवाहित एकव्यक्तिको कूल वार्षिक आय ९९ हजार अमेरिकी डलर भए वा परिवारको मुलीका रुपमा आम्दानी १ लाख ३६ हजार ५ सय भन्दा बढी भएकाले पनि यो सुविधा पाएका छैनन् । त्यसैगरी विवाहित र संयुक्त ट्याक्स फारम भर्दा १ लाख ९८ हजार र सोभन्दा बढी आम्दानी भएकाे देखाइएको छ भने पनि यो रकम पाएका छैनन् ।
डिसी मेट्रो क्षेत्रका चर्चित सीपीए हरि शर्माका अनुसार, अनइम्प्योइमेण्ट इन्स्योरेन्सको दावी चाहिं सबै प्रकारका कामदारले पाउंछन् तर सरकारको स्टीमुलस प्याकेजको रकम चाहिं ट्याक्स पेयरको पैसा हो र त्यो रकम अमेरिकी नागरिक र ग्रीनकार्ड वाहक र निश्चित शर्तहरु पूरा गरेको आप्रवासी व्यक्तिलाई मात्र दिने नीति अमेरिकी सरकारले बनाएको छ । शर्मा भन्छन्, “यसमा कसैलाई पनि भ्रम हुनु हुंदैन । जोसंग नागरिकता वा ग्रीनकार्ड छैन वा तोकिएका शर्त पूरा गरेको अप्रवासी हैन भने उसले फेडरल सरकारले दिने भनेको आम्दानी हेरी १२ सय डलरसम्मको प्रतिव्यक्ति सहयोग रकम पाउंदैन ।”
|
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो कोहलपुर । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।
कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए । साँग्रिला डेभलपमेन्ट बंैक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । |
नेकपा सचिवालय बैठक शुरु काठमाडौं । आन्तरिक द्वन्दमा रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक वालुवाटारमा सुरु भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक भर्खरै प्रारम्भ भएको हो ।
पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन् । |
प्रहरीद्वारा २ जना हुण्डी कारोवारीलाई पक्राउ काठमाडौं । प्रहरीले काठमाडौंबाट २ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई काठमाडौंको अलग–अलग स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१३ टंकेश्वर र काठमाडौं महानगरपालिका–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेका उनीहरुलाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । |
सगुनले लगानीकर्ताहरु बीच वेविनार गर्दै
मानव सभ्यतामाथि नै संकट मडारिइरहेको हालको प्रतिकूल अवस्थामा विश्वका सबै राष्ट्रहरु आफ्ना नागरिकहरुलाई बचाउने र संयुक्तरुपमा मिलेर यसको स्थायी उपचार पत्ता लगाउने महाअभियानमा जुटिरहेका छन् । अधिकांश मानिसहरु आफू जोगिन र अरुलाई जोगाउन काम, व्यवशाय छोडेर घरभित्र बस्नु परिरहेको छ । यस्तो अवस्थामा विभिन्न व्यवशाय वा कम्पनीहरुमा आफूले गरेका लगानीका बारेमा चिन्ता हुनु स्वाभाविक नै हो । यसै कुरालाई ध्यानमा राखेर सगुनले यसको वर्तमान अवस्था र यसमा गरिएको लगानीका बारेमा विश्वभरिका आफ्ना लगानीकर्ताहरुलाई जानकारी गराउने क्रम थालेको छ । यसै सिलसिलामा यही मे महिनामा अमेरिकाका लगानीकर्ताहरु बीच पुग्ने सगुनको योजना रहेको सगुनले जनाएको छ ।
सगुनले निम्नानुसारको जानकारी उपलब्ध गराएको छः
– सामाजिक सञ्जाल र इकमर्शको क्षेत्रमा नयाँ सोच लिएर अघि बढिरहेको सगुनले नयाँ दूरी पार गरेको छ । सन् २०१७ मा एन्ड्रोइड एप शुरु गर्दा ६ लाख प्रयोगकर्ता भएको सगुन अहिले ५४ लाख प्रयोगकर्तालाई आकर्षण् गर्न सफल भएको छ । त्यस्तै स्थापनाकालमा दुई मिलियनबाट शुरु भएको कम्पनीलाई अमेरिकी सरकारको सेक्युरिटी एक्सचेञ्ज कमिशन (एस्ईसी) ले १२६ मिलियनको मूल्याङ्कनलाई मान्यता दिएको छ । लगानीकर्ताहरुका लागि यो खुशीको कुरो हो ।
– सगुनले पहिलो मिनि आइपीओपश्चात ७०० प्रतिशतभन्दा बढी युजर ग्रोथ गरेको जनाएको छ । अमेरिका, भारत र नेपालमा दर्ता भएको यस कम्पनीले कम्पनी बाहिरको लागि ६० भन्दा बढी देशहरुका ४००० भन्दा बढि लगनाीकर्ताहरुले लगानीको अवसरलाइ ग्रहण गरेका थिए ।
– व्यक्तिका रुचिका आधारमा छुट्टाछुट्टै शीर्षकहरु उपलब्ध भएको सगुनमा प्रयोगकर्ताहरुले यसलाई ज्ञानमा आधारित सामाजिक सञ्जालकारुपमा रुचाइएको पाइएको छ । आबश्यकता र मागका आधारमा नयाँ शीर्षक थपिदैं जाने सिलसिलामा हाल विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड–१९) का सम्वन्धमा जानकारी र सजगताकालागि कोरोना इन्फो शीर्षक राखिएको छ ।
सगुनले आफ्नो साइटमा जनाएअनुसार यसको एपमा ५१ मिलियन भन्दा बढी सगुनमा पोष्ट गरिएका कन्टेन्ट हेरिइएका छन् भने युजरले १ घण्टा ४४ मिनेट औसत समय बिताउँछन् र औसत प्रयोगकर्ताहरुले प्रत्येक दिन २३ पटक एप खोल्ने गरेका छन् । ठूला मिडियामा समय विताउने औसत समय १ मिनेट देखि ५८ मिनेटसम्म हुने देखिन्छ ।
आफ्ना प्रयोगकर्ताले सगुनमा लगानी गरेको आफ्नो समयबापत प्रत्येक प्रयोगकर्तालाई मुनाफा शेयर गर्ने अवधारणा बोकेको सगुन अन्य सोसियल तथा अनलाइन मिडिया व्यवशायभन्दा फरक छ । यही मुनाफा शेयर गर्ने अवधारणालाई सगुनले प्रयोगमा ल्याउन शुरु गरिसकेको छ । जसअनुसार सगुन प्रयोग गर्ने हरेक प्रयोगकर्ताहरुले उनीहरुले सगुनमा विताएको समयका आधारमा सोसियल स्मार्ट कार्ड मार्फत स्मार्ट क्वाइन प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरेको डिजिटल क्वाइनलाई आफैंले अथवा आफ्नो परिवार वा साथीसंगीलाइ पठाउन सक्छन्, सगुनकै एपमार्फत । यसरी जम्मा गरिएको क्वाइनलाई सगुनका पार्टनर कम्पनीहरु मार्फत विभिन्न वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सक्छन् । यसलाई अहिले नेपाल र भारतका केही शहरहरुमा परिक्षणका रुपमा सञ्चालन गरिंदै आइरहेको छ ।
यी सबै प्रगतिका कुराहरु लिएर अमेरिकामा रहेका लगानीकर्ताहरु तथा शुभचिन्तकहरुका बीचमा सगुनका बारेमा जानकारी गराउने उद्धेश्यले यही मे २, २०२० दिन वेविनार सञ्चालन गर्न लागेको सगुनले जनाएको छ । सगुनले जनाएअनुसार यस वेविनारमा सगुनका एटर्नी, सीपीए फर्मका अडिटर, लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्ने कम्पनी कम्यूटर शेयरका म्यानेजर लगायतले सगुनका बारेमा जानकारी र प्रस्तुती दिनेछन् । त्यसैगरी सगुनका संस्थापकहरुले बिगत, बर्तमान र अगाडिका नीतिका बारेमा बताउने छन् र सगुनका प्राविधिक तथा मार्केटिङ्ग टिमले सगुनमा थपिने फिचर्स तथा मार्केटिङ्ग योजनाका बारेमा बताउने छन् । यसरी यस वेविनारमा सगुनको भिजन, हालसम्मको अवस्था, प्रगति, यसको कानूनी अवस्था, आर्थिक व्यवस्थापन, शेयर व्यवस्थापन तथा आइपीओमा जानेबारेको तयारीका बारेमा जानकारी गराइने छ । सगुनका सह संस्थापक कविन्द्र सिटौलाका अनुसार, यो वेविनारमा सहभागी हुन सबै लगानीकर्ताहरुलाई इमेलबाट जानकारी गराइसकिएको छ । यदि कुनै कारणबस इमेल प्राप्त गर्न नसकेका लगानीकर्ताहरु लगायत सगुनका बारेमा जानकारी लिन इच्छुक शुभचिन्कहरुले यस वेविनारमा भाग लिन चाहेमा सम्पर्क गर्न समेत सगुनले अनुरोध गरेको छ ।
वेविनारका लागि सगुनको फेसबुक पेज Click here for registration मा गएर रजिष्ट्रेशन गर्न सकिने छ ।
वेविनार हुने मितिः शनिवार मे २, २०२०
समय विहान ११ बजे (न्यूयोर्क समय)
सम्पर्कः फोनः 703-291-1212 Email: [email protected] |
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग ५० हजार घुस लिएको पाइएको छ । आयोगले आरोपी धामीलाई बिहिबार पक्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ । |
null |
null |
रोल्पामा बम विस्फोटमा परेर ४ बालबालिकाको मृत्यु काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेका छन्।
घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष त्रिवेणी २ का वडाअध्यक्ष कविराज बुढाले जानकारी दिए। घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए । के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उनले जानकारी दिए । |
लागुऔषधसहित चार पक्राउ काठमाडौं । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् ।
प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताए। |
आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ भक्तपुर । आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो ।
निज उपर भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । |
युवतीको हत्या आरोपमा दुई किशोर पक्राउ रुकुमपूर्व । रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो । शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए।
घटनाको अनुसन्धानका लागि उनीहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । १८ वर्षमुनिका भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्रहरीले जनाएको छ । |
दैनिक ३० करोड घाटा हेटौँडा । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब रु तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २०÷२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ । उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ ।
कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रे समस्या आएको उद्योग सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे । उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् ।
त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोवार ठप्प छ । हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५०० भन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कबरखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए ।
सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कावार सङ्कलन गर्ने दिनेश साहले मासिक रु २५ हजार कमाउने गर्थे तर लकडाउनले खानपन आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदुर उद्योगीको समेत समस्या भएको गुनासो छ । वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदुरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लागाएका छन् । उनले भने,“यस्तो अवस्थामा सबै दलबीच समन्वय जरुरी छ । ”रासस |
बेल्जियमबाट कतार एयरमा नेपाल आएकी युवती सङ्क्रमणमुक्त बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् ।
धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी छन् ।
लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए ।
“उनको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने ।
अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताईन् । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।”
सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताए ।
बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन् ।
उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकी छन्।
पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित छन् भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित हुन् ।
दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ। |
कोरोनाका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ? बीबीसी । संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ। तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ।
यो पुरानै विधि हो जसलाई ‘प्रोनिङ’ भनिन्छ र यसले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुर्याउने गरेको पाइन्छ। यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ। तर यो विधिका केही जोखिम पनि छन्।
बिरामीहरूलाई कैयौँ घण्टासम्म घोप्टो पारेर राख्न सकिन्छ जसले गर्दा श्वासप्रश्वासमा अप्ठेरो पार्नेगरी फोक्सोमा जम्मा भएका हुन सक्ने तरल पदार्थ निस्किन्छ। यो विधिलाई कोभिड–१९ का गम्भीर बिरामीहरूमा प्रयोग गरिएको छ।
‘कोभिड–१९ भएका कैयौँ बिरामीहरूको फोक्सोमा पर्याप्त अक्सिजन पुगेको हुँदैन र त्यसले हानि पुग्छ,’ अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्राध्यापक एवं श्वासप्रश्वास रोगका विज्ञ डा. प्यानागिस गालियात्सातोसले बताए।
‘उनीहरूलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन। त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौँ ताकि फोक्सो फैलिन पाउँछ।’ डा. गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रुङ्गो भाग हाम्रो पछिल्तिर हुन्छ। त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ। त्यसको साटो घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्छ अनि फोक्सोको विभिन्न भाग सक्रिय हुन पाउँछ।
‘यसले उल्लेख्य परिवर्तन गराएको देखिन्छ। हामीले कैयौँ बिरामीमा यसले काम गरेको देखेका छौँ,’ डा. गालियात्सातोसले बताए। मार्चमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि घोप्टो पार्न सुझाएको छ। उसले गम्भीर श्वासप्रश्वासका अप्ठेरा बेहोरेका वयस्क कोभिड–१९ बिरामीहरूलाई दिनको १२ देखि १६ घण्टासम्म घोप्टो पार्न सुझाएको छ।
बालबालिकाको हकमा यो विधि उपयोग गर्न विचार गर्न सकिने तर त्यसको निम्ति थप विज्ञतासहितका प्रशिक्षित स्वास्थ्यकर्मी आवश्यक हुने डब्ल्यूएचओले बताएको छ। अमेरिकन थोर्यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड(१९ का बिरामीमा गरेको अध्ययन मा घोप्टो पारिएका बिरामीहरूको तुलनामा नपारिएका बिरामीहरूमा फोक्सोको फैलिने क्षमता कम पाइएको उल्लेख छ।
हेर्दा सामान्य लागेपनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ। बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञ आवश्यक हुन्छ। ‘यो सजिलो छैन। प्रभावकारी रूपमा गर्न चारदेखि पाँच जना आवश्यक पर्छ,’ डा. गालियात्सातोसले भने। स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो सङ्ख्यामा कोभिड–१९ का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ।
डा. गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्नका लागि एउटा टोली नै खटाएको छ। ‘त्यसैले यदि कोही कोभिड–१९ का बिरामी सघन उपचार कक्षमा छन् जहाँका स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन्।’
बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ। ‘हाम्रो एउटा प्रमुख चिन्ता मोटोपना हो। साथै छातीमा चोट लागेका व्यक्ति वा भेन्टिलेशन ट्यूब वा क्याथिटर ट्यूब लगाएका बिरामीहरूलाई घोप्टो पार्दा अत्यन्त सावधानी अपनाउनुपर्छ।’ यो विधिलाई हृदयाघातसँग पनि जोडेर हेरिन्छ भने कतिपय अवस्थामा यसो गर्दा सास फेर्ने नलीमा बाधापनि पुग्छ।
घोप्टो पार्ने विधिको फाइदा सुरुमा सन् १९७० ताका देखिएको थियो। तर सन् १९८६ पछि मात्र यसलाई विश्वभरिका अस्पतालहरूले धेरै प्रयोगमा ल्याएको विज्ञहरू बताउँछन्। यो विधिलाई सुरुमा अध्ययन गर्ने र उपयोगमा ल्याउने डाक्टर लुसियानो गाट्टिनोनी हुन्। उनी हाल इटलीको मिलानको यूनिभर्सिटा स्टाटालमा प्राध्यापक हुन्।
प्राध्यापक गाट्टिनोनीले बीबीसीलाई बताएअनुसार सुरुसुरुमा यो विधिबारे निकै आपत्ति जनाइएको थियो। ‘तर अचेल यो व्यापक प्रयोग हुन्छ,’ उनले भने।फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए। ‘बिरामीहरूलाई घोप्टो पार्दा, फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ,’ प्राध्यापक गाट्टिनोनीले बताए।
‘भेन्टिलेटरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस्। त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो। यदि त्यो शक्ति बराबर रूपमा फोक्सोको सबै भागमा फैलियो भने त्यसले पुर्याउने हानि पनि कम हुन्छ।’
यो शताब्दीको सुरुमा यो विधिका फाइदाबारे अन्य अध्ययनहरूले पनि समर्थन जनाए। ‘फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो।’
मुख्य कुरा यो एउटा यस्तो विधि हो जसले हालसम्म कुनै उपचार नभएको रोगसँग लड्न एउटा उपाय दिन्छ। ‘अहिलेको लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ,’ डा. गालियात्सातोसले बताए। |
एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ।
कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ। स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिए। जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई दु्रत गतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उनको भनाइ छ।
बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरु गर्ने गरेको थियो। यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैँको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए। यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पारे।
सङ्क्रमण लम्बिए विकल्प
कोराना सङ्क्रमण लामो समयसम्म कायम रहेको अवस्थामा माध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान छ ।
यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने जनाइएको छ तर यसबारेमा छलफल मात्रै सुरु गरिएको
बताइएको छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ ।
छलफलमा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताए। कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सके पनि फरक नपार्ने आकलन गरिएको छ।
महासङ्घले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासङ्घको छ । महासङ्घले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । चैत ६ गतेबाट एसईई सुरु गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारीसमेत बोर्डले गरेको थियो ।
गाेरखापत्र दैनिक |
प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।
इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए। उनले गत वर्षदेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायम रहेमा कार्यक्रम पर सानुपर्ने हुन सक्ने जनाए ।
महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जानकारी दिए । महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ । |
इरानद्वारा सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण तेहरान । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ ।
संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आएको छ । इरानले आफ्ना भूउपग्रह गतिविधिहरू अन्तर्राष्ट्रिय मान्यताहरुलाई ध्यानमा राखेर गरिएको बताएको छ ।
दुई मुलुकबीचको तनाव गत साता पनि खाडी क्षेत्रमा अनुभव गरिएको थियो । अमेरिकी रक्षा मन्त्रालयले खाडी क्षेत्रमा आफ्ना जहाजहरुलाई इरानी सैनिक जहाजले दुःख दिन खोजेको जनाएको छ ।
इस्लामिक क्रान्तिकारी गार्डले भूउपग्रह प्रक्षेपणलाई “ठूलो सफलता” को रूपमा स्वागत गरेको छ । “इरानको पहिलो उपग्रह सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको छ,” गार्डद्वारा संचालित सेपनाह न्यूज वेबसाइटले जनाएको छ । दुई महिनाअघि पनि इरानले यस्तै भूउपग्रह प्रक्षेपण गरेको भएपनि त्यो सफल हुन सकेको थिएन ।
अमेरिकी सख्त आर्थिक नाकाबन्दीका साथै कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको इरानले विश्व समुदायसँग नाकाबन्दी खुकुलो बनाउन र आपतकालीन सहयोग गर्न आग्रह गरिरहेको छ । इरानमा कोराना संक्रमणबाट ५ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । |
भारतीय नागरिकको शवलाई भारत प्रवेश निषेध, काठमाडौं नै फर्काइयो काठमाडौं । भारतको सिमा सुरक्षा बल एसएसबीले काठमाडौंबाट लगिएको एक भारतीय नागरिकको शवलाई भारत छिरिसकेपछि रोकेर फेरि काठमाडौं नै फिर्ता पठाइदिएको छ । भारतीय सीमा सुरक्षा बलले नेपाल भारत सीमा बन्द गरिएको भन्दै जे सुकै परे पनि भारत छिर्न नदिने अड्डी कसेको थियो ।
नेपाल प्रहरीको टोलीले माथिल्लो निकायमा गरेको रिपोर्टअनुसार, रञ्जन यादव नाम गरेका मृतकको शव लिएर उनका आफन्तहरु रातिको १० बजे धनुषा जिल्लाको नगराई नाका पुगेका थिए । घटना बैशाख ८ गते सोमबारको हो ।
काठमाडौंको पाटन अस्तपालमा अचानक मृत्यु भएका ३२ बर्षिय युवा यादवको शव लिएर उनका आफन्तहरु एउटा एम्बुलेन्स रिजर्भ गरी यादवकै घर भएको भारतको दरवंगा हिडेका थिए । प्रहरीका अनुसार, यादव भारतको दरवंगा जिल्लाको खुटारा ११ निवासी हुन् ।
ज १ च १६९५ नम्बरको एम्बुलेन्समा यादवको शव लिएर अन्तिम संस्कार गर्न आफ्नो घर हिंडेका यादवका आफन्तहरुलाई शुरुमा नेपाल भारत सिमामा खटिएको सश्स्त्र प्रहरीले रोकेको थियो ।
तर, अफन्तहरुले पारिवारिक जटिलतासमेत दर्शाउँदै सशस्त्रलाई शव भारत लैजान अनुरोध गरेपछि सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बलका स्थानीय अधिकारीहरुसंग कुरा समेत गरेका थिए ।
प्रहरी रिपोर्टका अनुसार, नेपालीपक्षको कुरा सुनेपछि भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले मृतकका आफन्तसंग पनि कुरा गरेका थिए ।
मानवीय संबेदनाको कुरा भएको भन्दै भारतीय सुरक्षा अधिकारीहरुले शुरुमा शवलाई भारत जान अनुमति दिए । नेपाली नम्बर प्लेटको एम्बुलेन्स भारत प्रवेश गरी केही किलोमिटर गुडिसकेको पनि थियो ।
तर, मृतकको घर पुग्न नपाउंदै शवलाई फेरि बीच बाटोमा रोकियो र नेपालको सीमाबाट आउने केहीलाई पनि प्रवेश नदिनू भन्ने कडा आदेश माथिबाट आएको भन्दै शव बोकेको एम्बुलेन्सलाई नेपालतिरै फर्काइएको थियो ।
फर्केको एम्बुलेन्सलाई नेपालको सशस्त्र प्रहरीले फेरि रोक्ने कोसिस त गरेको थियो तर आफन्तहरुको बेहाल देखेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको थियो ।
प्रहरीका अनुसार, भारतीय सीमा सुरक्षा बलले जहां मृत्यु भएको हो त्यहीं जलाउन भन्दै अमानवीय व्यवहार गरेर फेरि सीमा कटाएपछि लास लिएर सो एम्बुलेन्स काठमाडौं नै फकिएको थियो । |
बालिका बलात्कार आरोपित पक्राउ सप्तरी । बारह वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए।
वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिएकी छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । |
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए ।
वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिएकी छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । |
अब पोखरामा न्यायिक उजूरी अनलाइनबाटै पोखरा । पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ।
कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताए ।
पोमपा, न्यायिक समिति संयोजक गुरुङका अनुसार अनलाइनमा … मार्फत उजूरी दर्ता गर्न सकिन्छ । कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले अनलाइनमार्फत उजुरी लिने निर्णय गरेको थियो।
महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समितिसमक्ष अनलाइनमार्फत दर्ता उजूरीको सम्बोधन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइनमार्फत उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको हो।
स्थानीय तहका विवाद तलै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै समितिको व्यवस्था गरिएको छ।
संविधानमा समितिमा महानगरका उपप्रमुख संयोजक र दुई सदस्य रहने व्यवस्था छ। समितिलाई १३ विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने अधिकार छ। रासस |
बालिका बलात्कार आरोपमा पक्राउ नुवाकोट । एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।
शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भएपछि प्रहरीले पण्डितलाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए ।
अभियुक्तलाई आइतबार नै अदालतबाट १५ दिनको अनुसन्धानका लागि म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । |
लकडाउनः व्यस्त सडकमा ‘ओभर ले’ काठमाडौं । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ ।
त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको हो । विभिन्न सडकमा ह्युमपाइप राख्नका लागि खन्न थालिएको छ । ती स्थानमा ह्युमपाइप राखिएपछि कालोपत्र गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।
निर्माण सामग्री उपलब्ध हुन सके आगामी १५/२० दिनमा उपत्यकामा बाँकी काम गर्न सकिने डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार गौशाला–विमानस्थल सडकमा ‘ओभर ले’ शुरु भइसकेको छ । त्रिपुरेश्वलगायतका सडकमा ह्युमपाइपका लागि खन्न शुरु गरिएको छ । गौशाला–चावहिल सडकमा भने खानेपानीको पाइप राख्ने र सडक निर्माण दुवै काम एउटै ठेक्काबाट अघि बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र डिभिजनले एउटै ठेक्कामा दुवै काम गरिरहेको हो । उनले भने, “पुराना पाइपहरुमा चुहावट देखिएकाले सकिन अझै केही समय लाग्न सक्छ ।”
काठमाडौँका व्यस्त सडकमा अरु समयमा काम गर्न गाह्रो हुने र अहिले पनि कामदार निर्माणस्थलमै रहेको भन्दै सडक विभागले गत साता विपद् व्यवस्थापन समितिलाई निर्माणका लागि अनुमति मागेको थियो । समितिले अनुमति दिएपछि नै जिल्ला प्रशासन कार्यालयले निर्माणका लागि आवश्यक सहयोग गरिरहेको छ । निर्माण सामग्री ल्याउनका लागि सवारी पास उपलब्ध भएकोे डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजनले लकडाउन पहिले नै यी सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको थियो । ती निर्माण व्यवसायी अहिले सम्पर्कमा आइरहेको उनले बताए । उनले भने, “निर्माण व्यवसायीले पनि आवश्यक सामग्री उपलब्ध हुँदा काम गर्ने बताइरहनुभएको छ ।”
यी सडक निर्माणका लागि निर्माण कम्पनीसँग जनशक्ति पर्याप्त भएको प्रमुख नेपालीले बताउनुभयो । मजदूर अन्यत्रबाट ल्याउन नपर्ने भए पनि केही प्राविधिक जनशक्ति भने थप आवश्यक पर्न सक्छ । आवश्यक निर्माण सामग्री भने पाइने÷नपाइने टुङ्गो छैन । अहिले बाँकी रहेको निर्माण सामग्रीबाट चारपाँच दिन मात्रै काम गर्न सकिने उनले बताए ।
काठमाडौँका निर्माणाधीन सडकका लागि आवश्यक निर्माण सामग्री लिन ट्रकहरु खोला र क्रसतर्फ गएको डिभिजन प्रमुख नेपालीले बताए । काभ्रेको रोशी खोला र ललितपुरको टीकाभैरव खोलाबाट निर्माण सामग्री ल्याइनेछ । त्यहाँका स्थानीय तहले निर्माण सामग्री ल्याउनका लागि अनुमति दिँदा मात्रै निर्माण सामग्री ल्याउन सकिने उनले बताए। उनले भने, “हामीले त्यसका लागि पनि सक्ने समन्वय गरिरहेका छौँ ।”
चालु आवमा अहिलेसम्म झण्डै २८ किमी सडकमा ‘ओभर ले’ भइसकेको छ । ‘ओभर ले’ भएको सडकमा चिह्नसमेत लगाइएको थियो । सडक चिह्न लगाउँदा कम जनशक्तिले सामाजिक दूरी कायम गरेर काम गर्न सकिन्छ भन्ने देखिएकैले डिभिजन कार्यालयले ‘ओभर ले’ पनि गर्न लागेको हो । लकडाउनका कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिह्न लगाइएको थियो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन कार्यालयले जनाएको छ । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको हो ।
कतिपय सडकमा एकातर्फको लेनमा ‘ओभर ले’ भए पनि अर्कातर्फ हुन सकेको थिएन । काम शुरु नगर्दै लकडाउन घोषणा भएकाले निर्माण व्यवसायीले काम अघि नबढाएका हुन् । डिभिजनले सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाएको प्रमुख नेपालीले बताए । लकडाउनका समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् ।
एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ । लकडाउनमा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भए पनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिह्नका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हन्छ ।
काठमाडौँ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न सडक र पुलमा समेत सडक निर्माण भइरहेको छ । उपत्यका बाहिर महेन्द्र राजमार्ग, त्रिभुवन राजमार्ग, कोशी राजमार्गलगायत अरु विभिन्न सडकमा निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन । |
इटालीमा कोरोना उपचारको एउटा अस्पताल बन्द गरियो इटाली ।कोरोना भाइरस संक्रमितको उपचारका लागि इटालीको मिलान सहरको न्यूग्वार्दामा रहेको अस्पताल बन्द भएको छ। लोम्बार्दिआमा कोरोनाका कारण गम्भीर अवस्थामा रहेका बिरामीहरुको संख्यामा कमी आएसंगै सो अस्पताल बन्द गरिएको हो। अस्पतालको २७ जनासम्मको उपचार गर्न सक्ने क्षमता रहेको थियो ।
अस्पतालले लगभग दुइ महिनादेखि कोरोना भाइरसका गम्भीर अवस्थाका बिरामीहरुको उपचार गर्दै आएको थियोे ।
आइतबारदेखि बन्द गरिएको अस्पताल मिलान शहरमा रहेको कोरोमा सन्क्रमितहरुको लागि तोकिएको पाँचअस्पतालमध्ये एक हो।
इटालीमा लोम्बार्दियाको लोदी सहरबाट कोरोना संक्रमण देखिएसंगै यी पाँच अस्पताल कोरोना सन्क्रमितहरु को उपचारका लागि तोकिएका थिए ।
बन्द अस्पताललाई सेनेटाइज र सरसफाई गरी अन्य रोगका बिरामीहरूको उपचार सुरु गरिने छ।
आइतबारसम्म इटालीमा १ लाख ७८ हजार ९७२ सन्क्रमित छन।२३ हजार ६६० को मृत्यु भैसकेको छ भने निको हुने हरुको संख्या ४७ हजार ५५ छ। एक्टिभ केस १लाख ८हजार २९७ छ। |
दुर्घटनामा एकको मृत्यु धादिङ । धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ । मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४ खहरे जाँदै गरेको बा१ख ८६३६ नंको उक्त बोलेरो जीप आज सडकबाट एकसय मिटर तल खस्दा दुर्घटना भएको थियो । |
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु बुटवल । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । मोटरसाइकल नियन्त्रण हुन नसक्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । |
गोरु काटेको अभियोगमा ७ जना पक्राउ खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । |
कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने याङ्गुन । म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो ।
म्यान्मारमा कारागारको क्षमताभन्दा ठूलो संख्यामा कैन्दीबन्दी थुनामा रहेका छन् । सामान्यतया अप्रिलको नयाँ वर्षका अवसरमा म्यान्मारमा ठूलो संख्यामा कैदीबन्दीको बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रचलन छ । तर, यसपटक कोरोनाभाइरसका कारण अहिलेसम्मकै ठूलो संख्यालाई एकैपटक मुक्त गर्न लागिएको हो । जेलभित्र कोरोना संक्रमण फैलन सक्ने भन्दै संयुक्तराज्य अमेरिका, युरोपका केही मुलुक, कोलम्बिया समेतका धेरै मुलुकले बन्दीहरुलाई रिहा गरिरहेका छन् ।
म्यान्मारको सरकारी विवरणमा हालसम्म कोविड–१९ बाट ८५ जनामा कोराना संक्रमण देखिएको र चार जनाको मृत्यु भएको उल्लेख छ । तर स्वास्थ्य परीक्षणको अवस्था नाजूक रहेकाले योभन्दा बढी संख्यामा मानिसहरु कोरोनाभाइरसबाट संक्रमित रहेको विज्ञहरुको दाबी छ ।
कोरोना संक्रमण फैलिन नदिन हाल देशव्यापी लकडाउन जारी छ र ह्युमन राइट्स वाच (एचआरडब्लु) ले निकै भिड देखिने म्यान्मारका कारागारमा थुनिएका कैदीबन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।
म्यान्मारको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षको अवसरमा राष्ट्रपतिले विभिन्न जेलमा रहेका २४ हजार ८९६ जनालाई रिहा गर्न आदेश दिइएको उल्लेख छ । विज्ञप्तिमा आममाफी पाएका ८७ जना विदेशी नागरिकलाई उनीहरुकै देश फिर्ता गरिने जनाइएको छ ।
कैदीबन्दीको रिहाई तत्कालै शुरु हुने कारागार विभागका एक जना वरिष्ट अधिकारीले एएफपीलाई बताए ।म्यान्मारका जेलमा हाल झण्डै एक लाख कैदीबन्दी छन् । एचआरडब्लुका अनुसार म्यान्मारका जेलको क्षमता करिब ६२ हजार मात्र छ । |
३ सय १२ विद्यार्थीलाई अमेरिकामा सहयोग गर्यौं—एनआरएनए टाक्स फोर्स वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ, स्टुडेन्ट टाक्स फोर्स तथा स्टुडेण्ट रेस्पोन्स टीम, अमेरिकाले ३ सय १२ विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ । डिसी नेपालमा अप्रिल १५ तारिकमा एनआरएनए अमेरिकाको २५ डलर सहयोग शीर्षकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउंदै उसले सो जनाकारी दिएको हो ।
खण्डन पत्रमा उसले लेखेको छ, “तपाईको जानकारीका लागि हामीले हिजोसम्म अमेरिकाको विभिन्न भागमा रहेका ३१२ विद्यार्थीहरुलाई एनआरएनए एनसीसी अमेरिका, यसका च्याप्टरहरु र अन्य विभिन्न स्थानीय संस्थासंग मिलेर सहयोग गरेका छौं । त्यसैगरी ५ सय विद्यार्थीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपले लजिष्टिकलाई उपलब्ध गराउने, मेडिकल काउन्सिलिंग र कानुनी सल्लाह उलब्ध गराएका छौं । त्यसैले समाचारमा उल्लेख गरेका सूचनाहरु तथ्यमा आधारित छैनन् ।” टाक्स फ़ोर्सका त्रिभुवन पाण्डेले विद्यार्थीलाई कुनै फर्म नभराइएको बताए ।
टाक्स फोर्सका तर्फबाट प्रसित पत्रमा सकारात्मक समाचार प्रवाहका लागि डिसी नेपाललाई सल्लाह दिंदै पार्चुगलको एनआरएनएले ७२ जनालाई गरेको सहयोगको समाचार बनाइएको तर एनआएरएनए अमरिकाको विद्यार्थी क्षेत्रको कामको नकारात्मक समाचार आएको उल्लेख गरिएको छ ।
(सम्पादकको भनाइ— समाचारमा विद्यार्थीहरुलाई सहयोग गरेको उल्लेख त भएकै छ, त्यो सहयोग अत्यन्त न्यून रकम (कतिपयलाई २५ डलर) का दरले विद्यार्थीहरुलाई नाममात्रको आर्थिक सहयोग गरेकोतर्फ समाचारमा एनआरएनए अमेरिकाको ध्यानाध्यानाकर्षण गराइएको हो । टाक्स फोर्सले पठाएको खण्डन पत्रमा समेत प्रतिविद्यार्थी कतिसम्म रकमको ग्रोसरी लगायतका समाग्री खरिद गरियो भन्ने कुनै उल्लेख नहुनुले नै समाचारको सत्यता प्रमाणित गरेको छ । ) |
खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने महिला पक्राउ खोटाङ । आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।
राईको शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ । मेनुकाले श्रीमान्को टाउको, ढाड लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मेनुकाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ । |
कैलालीकी कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा अत्तरिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उनको भनाइ छ । सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ ।
सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेको उनले जानकारी दिए ।
कैलालीमा सङ्क्रमित महिला भेटिएसंगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । |
बेलायतमा कोरोना भाइरसबाट फेरि अर्का नेपालीकाे निधन लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ ।
सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो।
उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन् ।
गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ।
पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए ।
कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो ।
अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन्। रासस |
ट्र्याक्टर दुर्घटनामा आठ बालबालिका घाइते दैलेख । आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक छ । ट्र्याक्टर साँझ करीब ५ बजे दुर्घटना भएको थियो ।
ट्र्याक्टर सडकबाट करीब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले जानकारी दिनुभयो । घाइते चारजना बालबालिका बेहोस छन्, दुई जनाको होस आएको र अन्य दुईजना बोल्न सक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शी वीरबहादुर नेपालीले जानकारी दिए।
आठबीस नगरपालिका–१ को भानु आधारभूत विद्यालयको भवन निर्माणका लागि बालुवा पु¥याएर सिमगाउँबाट फर्किने क्रममा ट्र्याक्टर दुर्घटना भएको नेपालीले बताए। आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले दुर्घटनामा घाइते बालबालिकाको उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत सुर्खेत पठाउने तयारी भएको बताए ।
सबै घाइते एम्बुलेन्समा नअटेपछि थप अर्को जीपमा घाइते बालबालिकालाई सुर्खेत पठाउने तयारी गरेको उपाध्यायको भनाइ छ । आठबीस नगरपालिकाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुग्न करीब ४ घण्टा लाग्दछ । बालबालिकालाई स्थानीय सात्तला स्वास्थ्यचौकीमा सामान्य उपचार गराइएको छ । |
वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको बताएको जनाइएको छ ।
टेलिफोन वार्तामा मुख्यमन्त्री पौडेलले प्रदेश २ को समस्या नेपालको साझा समस्या भएकाले त्यसको मिलेर समाधान गरिने बताएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । स्वकीय सचिव पौडेलका अनुसार मुख्यमन्त्री पौडेलले प्रदेश २ मा धेरैभन्दा धेरैलाई कोरोना परीक्षण गर्नुपर्ने देखिएकाले परीक्षणमा वाग्मती प्रदेशले पूर्णरुपमा सघाउने बताउँदै उक्त प्रदेशबाट पायक पर्ने जति नमूना हेटौँडाको ल्याबमा पठाउन अनुरोध गरे ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश २ मा लकडाउनलाई कडा बनाउन सल्लाह दिए । कोरोनाविरुद्ध सबैभन्दा प्रभावकारी तरिका लकडाउन मात्रै हुने भएकाले लकडाउनलाई कडा बनाउनुको विकल्प नभएको उनले सुझाउनु भएको स्वकीय सचिव पौडेलले जानकारी दिए । उनले यो वा त्यो प्रदेश भनेर आफू नबस्ने बताउँदै देशलाई नै महामारीबाट बचाउन लाग्नुपर्ने धारणा राखे ।
सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश २ प्रति देखाएको चासो र सहयोगको प्रतिबद्धताप्रति पौडेललाई धन्यवाद व्यक्त गर्दै नेपाल भारतबीचको खुल्ला सिमानाका कारण कोरोना माहामारी नियन्त्रणमा समस्या पर्नसक्ने बताएको जनाइएको छ । मुख्यमन्त्री राउतले नागरिकका आनीबानी तथा शैक्षिक अवस्थाका कारणसमेत समस्या निम्तिन सक्ने बताएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । |
लकडाउनमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । इ–पास लिनका लागि epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।
सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबारदेखि शुरु हुनेछ ।
मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । |
आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु ज्याक्सन। संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।
मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन जनाको मृत्यु भएको जानकारी दिए।
अमेरिकी राष्ट्रिय जलवायू विभागले मिसिसिपी राज्यका अन्य क्षेत्रमा पनि तिब्र वेगका साथ हावाहुरी आउने बताएको छ । मेरिडियनको उत्तर अलाबामा राज्यको सीमा नजिक चक्रवात आउने सम्भावना रहेको विभागले जनाएको छ ।
मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सले राज्यमा हावाहुरीले धेरै क्षति पु–याएको भन्दै आइतबार नै आपतकालीन स्थितिको घोषणा गरेका छन्।
“इस्टर पर्वकै दिन भिषण हावाहुरी आएर जनधनको नोक्सानी हुनु निकै दुःखदायी कुरा हो,” गभर्नर रीभ्सले ट्वीट गर्दै भनेका छन्। “कोरोनाभाइरसको महामारी चलिरहेकै बखत आँधीले दुःख दिए पनि हामी सबै मिलेर यस्ता दुःख निवारण गर्न सक्षम हुनुपर्छ ।”
उत्तर पश्चिम लुजियानामा पनि स्थानीय अधिकारीहरुले राज्यका डीसोटो र वेब्स्टर क्षेत्रमा दर्जनौं घरमा क्षति पुगेको बताएका छन् ।
अमेरिकी जलवायू विज्ञान विभागले पछिल्लो आँधीले मिसिसिपी, अलाबामा र पश्चिम जर्जियामा समस्या निम्त्याउने जनाएको छ । अमेरिकाका दक्षिणी क्षेत्रका धेरै राज्यमा आँधीले नोक्सान गर्ने सम्भावना देखिएको पनि विभागको भनाई छ । |
अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएकाकाे शव ल्याउन समस्या खाेटाङ। ‘लकडाउन’का कारण अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ।
भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको छ।
भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ।
हृदयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताए।
यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ।
sbजताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेसियामै रहनुभएका उनका भतिजा तिलाबहादुरले जानकारी दिएका छन्।
कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए।
मृतकका परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन उनले दिए। |
छोराले गरे बुबाको हत्या भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् । बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ । |
वीरगंन्जका सबै मस्जिदहरु सिल गर्ने तयारी काठमाडौं । पर्साको जमातिमा रहेका तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि वीरगन्जमा रहेका सबै मस्जिदहरु सिल गर्न लागिएको छ । वीरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्न लागिएको हो । पर्सा प्रहरी प्रमुख गंगा पन्तले मस्जिद क्षेत्रलाई निगरानी बढाइएको र सिल गर्न लागिएको बताइन ।
विरगंजको छपकैयास्थित उक्त मस्जिदमा फागुनदेखि नै बस्दै आएका उनीहरुको स्वाब जाँचका लागि नारायणी अस्पतालले हेटौंडा पठाएको थियो । त्यहाँको रिपोर्टले संक्रमित देखिएपछि थप पुष्टिका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएकोमा आइतबार त्यहीँबाट पनि पोजेटिभ रिपोर्ट आएपछि मस्जिद क्षेत्रमा सिल गर्न प्रहरी परिचालन गरिसकिएको छ ।
हेटौंडा अस्पतालले ३३ जनाको स्वाब जाँच गर्दा तीन जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरु बस्ने मस्जिदका २६ जनालाई तत्काल नजिकै रहेको सिदार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई अब अस्पताल भर्ना गर्ने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ । साथै उनीहरुको सम्पर्क रहेका सबैलाई क्वारेन्टाइनमा राख्न प्रहरी जुटिरहेको छ । |
जग्गाको बिषयमा वादविवाद हुँदा छिमेकीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ झापा । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ३५ वर्षीय पुन्य प्रसाद खनाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जग्गाको बिषयमा वादविवाद हुँदा खनालले छिमेकी ३२ वर्षीया सुभद्रा गेलाल समेत ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइतेहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । |
बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको बञ्चराबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए । लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्यावस्था गम्भीर रहेको बताइएको छ ।
लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए ।
पौडेलले बुहारीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएको छिमेकी बताउँछन् । “लीलाका श्रीमान्(छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्चरोले हिर्काएछन् । हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन् । हतारहतार अस्पताल पु¥यायौँ, अहिलेसम्म होश आएको छैन”, छिमेकी पुष्प शर्माले भने ।
घटनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । “पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ”, उनले भने । |
बेलायती प्रधानमंत्री बोरिस जोन्सनलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो।
आज प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिबाट गरिएको विज्ञप्तिमा प्रधानमन्त्री बोरिस जोन्स अब सामान्य वार्डमा सारे पछि उनको उपचार संलग्न चिसिक्सक टोलीले निकट रहेर निरक्षण गरिरहने बताइएकोछ।
जोन्सन अस्पताल भर्ना भएपछि सेक्रटरी अफ स्टेट फर फरनको भूमिकामा रहेका डोमिनिक रावलाई आवश्यक ठाउँमा भुमिका निर्वाह गर्नु भनेका थिए तर त्यसको अर्थ उनी प्रमबाट हट्न चाहेको भने होइन। रावले आजै बसेको क्रोबा बैठकको अध्यक्षतासमेत गरेका थिए भने आजको बैठकले हाल गरिआएको लकडाउन अझ आवश्यक रहेको हुँदा यसलाई निरन्तरता दिने निर्णय गरेकोछ। |
कारोनाका कारण लण्डनमा अर्का एक नेपालीको मृत्यु भएको पुष्टि लण्डन । लण्डनदेखि बाहिर नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएकोछ।
पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा मेखबहादुर गुरुङको मंगलबार निधन भएको हो ।केही दिनदेखि आइसोलेनमा बस्दै आइरहेका एक्कासि ज्वरो बढेपछि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्य भएको जनाएको छ।
लण्डनस्थिति नेपाली दूताबासका प्रवक्ताले उनको मृत्य कोरोनाका कारण भएको जनाएका छन्। हालसम्म यहाँ कोरोनाका कारण पाँच जना नेपालीको मृत्य भइसकेको छ। |
जापानको क्योटो प्रान्तमा पनि आपतकाल घोषणा गर्ने तयारी क्योटो ।जापानको क्योतो प्रिफेक्चर सरकारले केन्द्र सरकारलाई आपतकालिन स्थितिको घोषणा गर्न आग्रह गरेको छ ।
कोरोना भाईरस संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको जनाउँदै प्रिफेक्चरका मेयर र गर्भनरले संयुक्त प्रेस सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेका हुन् ।
गर्भनर निसिवाका र मेयर कादोकावाले बिहिबार एकसाथ विद्यमान कानुमा आधारित रहेर आपतकाल घोषणा गर्न भाग गरेका हुन् ।
क्योतो प्रिफेक्चरमा बिहिबार मध्यरातसम्ममा कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय ६५ पुगेको छ । |
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भिर गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मङ्गलबार मृत्यु भएको थियो ।
त्यस्तै, विष सेवनका कारण ममताको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार महिलाका श्रीमान् घरमै रहँदै आएका र पछिल्लो केही समययता श्रीमान श्रीमतीबीच दिनहुँ घरायसी विषयमा विवाद कायम रहेको समयमा महिलाले तनावमा आई यस्तो कदम उठाएको देखिएको छ । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए। |
प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन शुरु काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गर्दै छन् ।
उनले सिङ्गो विश्वको मानव जगत्मा ७४ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकामा निधन भएका सबै नेपाली र विश्वका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उपचारतहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले नेपालमा साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जना मात्र भए पनि जोखिम कायमै रहेको उल्लेख गर्दै लकडाउनका कारण प्रभावित मजदुर, विद्यार्थी र व्यावसायीलाई सहानुभूति व्यक्त गरेका छन् ।
उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिएको छ। यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए। |
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो लण्डन । कोरोना भाईरसका कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए।
आज उनको अवस्था झन गम्भिर देखिएपछि बेलायतको सात बजे उनलाई सेन्ट थोमस अस्पतालको आइसीयू कक्षमा सारिएको छ।
उनी अचेत अवस्थामा भने छैनन् किनकि उनले परराष्ट्र सचिव डोमिनिक र्याबसगँ कुरा गरेका थिए।
प्रधानमन्त्रीको कार्यलय टेड डाउनिङकानुसार प्रम आइतबार साँझदेखि अस्पताल भर्ना भएपछि उनको स्वस्थ अवस्था जटिल बन्दै गएका कारण त्यहाँका चिकित्सकहरूको समुहको निग्रानीमा थिए। आज दिउसोदेखि स्वास्थ्य झन खराब भए पछि स्वास्थ टोलीको सल्लाह बमोजिम आईसीयूमा सारिएको हो। |
कोरोना उपचारका लागि तीन देशबाट स्वास्थ्य सामाग्री खरिद गर्ने तयारी काठमाडौं । कोरोनाभाइरसको सम्भावित जोखिम रोकथाम तथा उपचारका लागि नेपाली सेनाले ३ वटा देशबाट स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। नेपाली सेना स्रोतले दिएको जानकारी अनुसार सिंगापुर, चीन, र दक्षिण कोरियाबाट सामान ल्याउने तयारी गरेको हो ।
जीटुजी सम्बन्ध कायम गरेर खरिद गर्ने स्वास्थ्य उपकरणसहित औषधि लगायतका सामाग्रीका लागि तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको हो । ‘हामीले सिंगापुर, चीन र दक्षिण कोरियासँग आवश्यक सामाग्रीका लागि प्रस्ताव गर्ने तयारी गरेका छौ आज भोली नै राजदूतावास मार्फत पत्रचार गर्नेछौ’, सेना स्रोतले भन्यो ।
सरकारले स्वास्थ्य मन्त्रालय मार्फत चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री महंगो भएको तथा अपुरो रहेको भन्दै विवाद भएपछि नेपाली सेना र स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधिहरुको सूची स्वास्थ्य मन्त्रालयले सेनालाई दिइसकेको छ । सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र नेपालमा उपलब्ध नभएका सामग्री मात्रै विदेशबाट खरिद गर्ने भएको छ ।
सेनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले मान्यता दिएका स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आवश्यक परामर्श गर्ने भएको छ । आइतबार मात्रै नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने जनाएका थिए । शुरुमा सेनाले मात्रै खरिद गर्न सरकारले पत्रचार गरेको थियो ।
त्यसको सार्वजनिक रुपमै टिका टिप्पणी भए पछि सरकारले स्वास्थ्य मन्त्रालयलाई समेत सहभागी गराएको थियो । कोरोना संकट व्यवस्थापन टोली (क्राइसिस म्यानेजमेण्ट टिम)मा रहेका नपाली सेनाका अधिकारी स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सहितले विशेषज्ञहरुले स्वास्थ्य उपकरण र औषधिहरुको सूची तयार गरेपछि खरिद प्रकृया अघि बढ्ने छ । |
कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छः मन्त्री ढकाल काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए ।
“कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उनले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।
“अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ”, मन्त्री ढकालले भने, “उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ।” कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो।
सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए ।
फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो। नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो।
फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ।
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ। रासस |
बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ मेलम्ची । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन्।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर ११० का दरले पेट्रोल बेचिरहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पेट्रोलपम्पमा कार्यरत कर्मचारीले बिल नदिई बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बेच्दै आइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । |
बलात्कारको आरोपमा दुई जना पक्राउ नुवाकोट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए। |
भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट शुक्रबारसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन्
भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका र छ जनाको मृत्यु भएको छ ।
भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ । नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन् ।
आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८, जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको समाचारमा जनाइएको छ ।
त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । |
महामारीका कारण लण्डनको हिथ्रु एयरपोर्ट बन्द हुने बेलायतको सबैभन्दा ठूलो र अति व्यस्त रहने हिथ्रु एयरपोट आउँदो सोमबारदेखि बन्द हुने भएकोछ। कोरोनाका कारण बेलायतमा गत केही दिनदेखि मर्नेहरूको संख्या निकै बढ्दो छ भने हिजो र आज दुई दिनमा मात्रै एक हजारभन्दा बढीको ज्यान गइसकेकोछ।
सामाजिक दुरी कायम गर्न सरकारले अत्यावश्यकबाहेक अधिकाशं पसलहरू बन्द गर्न भनेपछि अहिले बेलायत सुनसान छ। विमानस्थलमा काम गर्ने कर्मचारी एवं यात्रुहरूको सुरक्षाका कारण यो कदम चाल्नु परेको हिथ्रु विमानस्थल व्यवस्थापन समितिले बताएकोछ।
शुरुमा केवल एउटा मात्र रनवे बन्द गरेर अर्को रनवे बाट यात्रुहरूलाई सेवा दिने भनेर घोषणा गरे पनि केही घण्टा पछि फेरि दुबै बन्द गर्ने निर्यण लिएका थिए।
केही महिनाअगाडि मात्र यो विमानस्थलको तेस्रो रनवेको काम थालनी भएको थियो। |
इटालीमा संक्रमितभन्दा लकडाउन उल्लंघन गरी सजाय पाउने बढ़ी इटाली । इटालीमा सन्क्रमितभन्दा लक डाउनको अवज्ञा गरी जरिवानामा पर्नेहरु को संख्या बढी छ। मार्च ११ देखि अप्रिल १ सम्मको अवधिमा ३६ लाख ८० हजार २४२ जना मानिसहरु चेक जाँचमा परेका थिए । जसमा १ लाख ५५ हजार ३ सय ५९ जना जरिवानामा परेका छन। त्यस्तै साेही समयमा १६ लाख ६० हजार ९ सय ६७ ब्यापार व्यवसाय चेक जाँच मा परेका थिए जसमा ३ हजार ९ सय १४ जरिवानामा परेका छन ।केही पसलहरुको लाइसेन्स पनि खारेज गरिएको इटालीको गृहमन्त्रालयले जनाएको छ।
इटालीमा बिहिबारसम्म १ लाख १५ हजार २४२ जना सन्क्रमित छन भने १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ।
इटालीमा लक डाउन को समय १३ अप्रिलसम्म थप गरिएको छ। गत ११ मार्चदेखि इटाली पुर्णरुपमा लक डाउनमा छ।
सरकारी कार्यलयमा हुने कामहरु बन्द गरिएका छन।
हुलाक ,फ़ार्मेसी, दैनिक उपभोग्य सामाग्री पाइने स्थानहरु भने खुला छन।
सरकार ले सरकारी कार्यलयहरु बन्द गरे पनि ३१ जनवरिदेखि १५ अप्रिलसम्म म्याद सकिने सबै खालका कागजातहरु को म्याद ५ जुन सम्म रहने जनाएको छ।
इटालीमा रहेका सबै नेपालीहरु सुरक्षित छन। कोरोना भाइरसका कारण सन्क्रमित को संख्या धेरै भए पनि नेपालीहरु आफूलाई सुरक्षित राख्न सफल भएका छन। धेरैजसो नेपाली लक डाउनको बेला घर मै भए पनि इटालीको पार्मा कोलेकिओ भन्ने सहर मा रहेका करिब १४० नेपालीहरु निरन्तर काममै छन।
दूध,टमाटर ,पास्ताजस्ता खाद्यान्न समाग्री बन्ने कम्पनीमा काम गर्ने हुँदा सबै नेपाली काममै छौँ। यस्तो बेला काममा जान डर हुने भए पनि सबै सुरक्षित रहेर काम गरिरहेको प्रदीप रानाभाटले बताए ।
लक डाउनको बेला बाटोमा हिडेका मानिसको फोटो भिडियोहरु सामाजिक संजालमा राखिएको पाइएमा पनि कार्बाही हुने भएको छ।मानिसको गोपनीयता भङ्ग हुने भन्दै इटालीमा सामाजिक संजालमा सेयर हुने तेस्ता फोटो,भिडियोमा लाइक,कमेन्ट गर्ने पनि कारबाहीमा पर्न सक्ने छन।कुन कामको लागि मानिस बाहिर निक्लेको हुन्छ सबैलाई थाहा नहुने हुदा सेयर हुने त्यस्ता फोटो,भिडियोहरु सामाजिक संजालमा नराख्न भनिएको छ।
बिहिबारसम्म इटालीमा ६९ जना स्वास्थकर्मीको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी सन्क्रमित छन् । |
कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना हुँदा चार घाइते दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका –३ सियालामा दुर्घटनामा परेको थियो ।
ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो । घाइते हुनेमा ठाटीकाँध –६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु –२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र जुम्ला जिल्ला सिंजा गाउँपालिका – ६ का १८ वर्षीय कर्णबहादुर बुढा छन् ।
घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । |
एनआरएनए युरोप ६० लाखको आपतकालीन राहत कोष स्थापना गरेर कोरोना विरुद्ध लड्दै काठमाडौँ । संसारलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लड्न गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रीय समितिले ६० लाख बराबरको आवतकालीन राहत कोष स्थापना गर्ने भएको छ ।
संघको केन्द्रीय समितिले आहन गरेनुसार युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा बसेको युरोपियन क्षेत्रको बैठकले कोरोनाको महामारीका बिरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीहरु एक भएर लाग्ने निणर्य गरेको हो । बैठकले ५० हजार युरोको एक आपतकालीन कोषको स्थापना गर्दे अति अत्यावश्यक सहयोगको लागि कोरोना प्रभाभिव स्थानहरुमा परिचालन गर्ने सहमती गरेको हो ।
स्काईपको माध्यमबाट सम्पन्न उक्त अनलाइन बैठकमा विशेष आमन्त्रितको रुपमा संघका महासचिव डा. हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठसमेतको सहभागिता थियो । बैठकलाई सम्बोधन गर्दे उनीहरुले एनआरएनए केन्द्रले कोरोना विरुद्ध लड्न चालेका कदमहरुका बारेमा जानकारी गराएका थिए ।
यूरोप उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिनाका अनुसार बैठकले संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उपसंयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण आईसीसी सदस्यहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिबहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एक ‘एनआरएनए युरोप कोमिड–१९’ सहयोग समिति समेत गठन गरिएको छ ।
जसको ११ सदस्यीय सचिवालयमा संयोजक नारायण आचार्य, उपसंयोजक त्रय मुक्त बहादुर गुरुङ, कृष्ण प्रसाद तिमिल्सिना र शुक्र राज न्यौपाने, आईससी सदस्यहरु रामशरण सिमखडा(यूके), सुभाष जोशी (बेल्जियम), सुनिल रानाभाट (स्पेन), बिजय मोक्तान (जर्मन), र चिन्तामणी सापकोटा (स्पेन) रहेका छन्।
सोही बैठकले केन्द्रमा गठित स्वास्थ कार्यदलसँगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेको स्वास्थ्य विज्ञहरु रहने गरी डा बोधराज सुबेदी संयोजक रहेको एक उपसमिति समेत गठन गरेको छ।
समितिले तत्कालै कामको थालनी गर्दै कोरोनाको चरम प्रभाव रहेका युरोपका देशहरुमा नेपाली समुदायले भोग्नु परेका समस्याको अध्ययन गरी विवरण राख्न शुरु गर्नेछ । त्यस्तै सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दिर्घकालिनरुपमा गर्न सकिने सहयोगको पहिचान गरेर मुल समितिमा १ हप्ताभित्र प्रतिबेदनसमेत पेश गर्ने बताइएको छ ।
गैरआवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा युरोप क्षेत्रमा काम गर्ने तथा केन्द्रसंघ आपसी सहयोगको लागी आह्वान समेत गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी आईसीसी सदस्य रामशरण सिमखडाले डिसी नेपाललाई बताए । |
कोरोनाको जोखिम रोक्न झोलुङ्गे पुल बन्द राजापुर । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।
मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि बारबर्दिया –४ का वडाध्यक्ष मान बहादुर थारुले झोलुङ्गे पुलमा ताला लगाइएको जानकारी दिए ।
पुलको वारी र पारी जालीबाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको थारुले बताए । |
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट बुधबार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् । |
संकटमा किन संयम गुमाउँदैछन् मन्त्रीहरु ? सोमबार र मंगलबारका नेपाली मिडिया एवं सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्धको ठूलो आक्रोश पोखिएको छ। उनले सरकारका आलोचकहरु (मिडिया तथा विपक्षीलाईसमेत) कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएपछि सामाजिक सञ्जाल उनीमाथि खनिएको हो।
उनीप्रतिको मानिसहरुको मुख्य टिप्पणी छ ‘सत्ताबाहिर हुँदा तुलनात्मक सालिन र नरम देखिने उनी किन यति यो असहिष्णुताको पराकाष्ठामा ओर्लिए? तर उनको जवाफ किन आएको छैन भने अघिपछि जस्तो ‘आफूले नबोलेकोे’ भन्ने सुविधा अहिले उनीसँग छैन ।
किनभने उनी आफैले बोलाएर सरकारी सञ्चारमाध्यम राससलाई र त्यो पनि आफैले नियुक्त गरेका अध्यक्षलाई अन्तर्वार्ता दिएका छन्। त्यसैले उनीसँगको यतिखेरको सजिलो सुविधा भनेको ती अध्यक्ष वर्खास्त गर्नु हो यदि उनले नभनेको कुरा राससमा आएको भए। भनेकै हो भने उनीजस्तो शान्त प्रवृत्तिको नेताका लागि यो सुहाउँदो कुरा कदापि हुन सक्दैन।
विशेष सम्पादकीय
मंगलबारै एक नेपालीलाई नांगेझार पारेर बजार घुमाएको तस्बिरले बर्तमान सरकार झन् धेरै आलोचना भएको छ। ती नेपालीको अपराध –विदेशी भूमिमा महामारी फैलिएपछि ज्यान जोगाउन महाकाली नदी तरेरै स्वदेशी भूमि छिर्नु थियो। खालीखुट्टासितै र नांगो रहेका उनलाई तीन जना प्रहरीले बजार घुमाएका छन् र तीनका पछि अरु केही मान्छे पनि छन्।
तस्वीरमा हेर्दा त ती नागरिक नांगो देखिन्छन् तर सारमा त्यसले यो देशको राज्य व्यवस्था तथा सत्तामा बस्ने शासकहरुलाई नै बढी नंग्याएको छ।
निहत्था नागरिकलाई नांगेझार पारेर यसरी शहर डुलाएर गणतन्त्रका शासकहरुले काठमाडौँमा न्यानो कपडाका साथ बस्नुको कुनै अर्थ छैन। सत्ताको मात छोडेर एकपल्ट निहाल्नुहोस् त मन्त्रीज्यूहरु यो मार्मिक तस्वीरले कसको इज्जतको हुर्मत लिएको छ?
देशको सीमापारि भारतीय भूमिमा ४/५ सय नेपाली उताको महामारीबाट ज्यान जोगाउन आफ्नो देश छिर्न चाहन्छन्। उनीहरु भोकभोकै र अलपत्र अवस्थामा रहेकै आज नौं दिन भैसक्यो। त्यसो त नेपालले पनि महामारीकै डरले सीमा बन्द पनि गरेको हो। तर आफ्ना नागरिक अलपत्र पर्दा के गर्ने भन्ने योजना बनाएको देखिएको छैन।
निहत्था नागरिकलाई नांगेझार पारेर यसरी शहर डुलाएर गणतन्त्रका शासकहरुले काठमाडौँमा न्यानो कपडाका साथ बस्नुको कुनै अर्थ छैन। सत्ताको मात छोडेर एकपल्ट निहाल्नुहोस् त मन्त्रीज्यूहरु यो मार्मिक तस्वीरले कसको इज्जतको हुर्मत लिएको छ?
यो सहज अवस्था होइन, महामारीको बेला हो। यस्तो बेलामा विदेशमा महामारीमा परेका आफ्ना नागरिकलाई त सरकारले बचाउनुपर्छ भने उनीहरु ढोकामै आएर बसिरहेका छन्।
नेपाली र भारतीय मिडियाले नेपाली भोकभोकै सीमा क्षेत्र र अन्य भारतीय शहरका सडकमा सुतिरहेका देखाइरहँदा हाम्रो सरकार उल्टै आफ्ना आलोचकलाई कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएर आत्मरति देखाइरहेको छ।
उता, निकै मिजासिला ठानिदै आएका स्वास्थ्यमन्त्रीको व्यवहारमा अचानक परिवर्तनहरु देखिन थालेका छन्। हो, उनी संसारले खेपेको महामारीलाई आफ्नो मुलुकमा पार लगाउनु पर्ने मूल जिम्मेवारीमा छन्।
यो जिम्मेवारीले उनमा तनाव पनि बढेको होला। तर, नेतृत्व त समस्याकै बेला पहिचान हुने त हो। चीनसँग खरिद गरेका मेडिकल सामग्रीबारे प्रश्न उठाउँदा उनको जवाफ ‘संकटका बेला ल्याइएका सामग्रीको खरिद प्रक्रियाबारे कसैलाई जवाफ दिन आवश्यक ठान्दिन’ भन्ने आएको छ।
आफ्नै मन्त्रालयका सचिवले पत्रकार सम्मेलन गरेर ‘केही महंगो पर्यो होला’ नै भनेको सबैले सुनेका छन्। लोकतान्त्रिक शासन व्यबस्थामा जननिर्वाचित मन्त्रीलाई आफूले गरेको काममा कहीं कतैबाट प्रश्न उठ्छ भने त्यसको सालिनापूर्वक जवाफ दिनु नै जनताप्रतिको जवाफदेहिता हो।
गलतै मनसायले कसैले प्रश्न उठाएको रहेछ भने तपाईंको सालिन जवाफले जनता कन्भिन्स हुन पनि सक्छन्। लोकतन्त्रको सुन्दर पक्ष हैन र यो? यसको साटो जवाफ दिन आवश्यक नै नठान्नुले त तपाईंको कामप्रति थप शंका गर्न मद्धत पुगेन र ?
देश यतिबेला महामारीमा छ। लकडाउनका कारण जनता घरमै थुनिएको आज नौ दिन भैसक्यो। दैनिक ज्याला मजदुरी नगरी चुलो नबल्ने नागरिकका दैनिकी कसरी कट्दैछन् त्यो सहजै अनुमान लगाउन सकिन्छ। संसारमै महामारी फैलिएकोले विदेशमा रहेका आफन्तको चिन्ता झन् कति होला ? यो जनतालाई सान्त्वता दिने, राहात दिने बेला हो ।
हामीभन्दा बढी महामारीमा परेका विदेशीले समेत करोडौँ रुपैयाँ तिरेर आफ्ना नागरिक नेपालबाट लगेका समाचार मन्त्रीहरुलाई थाहै होला । यो विपक्षी, मिडिया, आम नागरिकको विश्वास जितेर उनीहरुका साथमा रहेर काम गर्ने बेला हो।
यस्तो बेलामा पनि मन्त्रीहरुका उन्मादपूर्ण अभिव्यक्ति आउने त्यसको ढाकछोपमा प्रधानमन्त्री स्वयंले ‘अनियमिता भएको छैन’ भनिदिनुपर्ने बाध्यात्मक अवस्था आएको देखिन्छ। यस्तो संकटको बेलामा मन्त्रीहरुले किन संयम गुमाउँदै छन् ?
वास्तवमा भन्ने हो भने महामारीको सामना गर्न संसारमा सम्पन्न देशहरु पनि तयारी अवस्थामा देखिएनन्। त्यसैले कोरोना भाइरसका कारण आणविक अस्त्र सम्पन्न धनी देशहरु झन् धेरै चपेटामा परेका छन्। हजारौं हजार जनताले ती देशहरुमा संक्रमणका कारण ज्यान गुमाएका छन् ।
नेपालको सन्दर्भमा अहिलेसम्म त्यस्तो दर्दनाक अवस्था आएको छैन । समयमै लक डाउन गर्ने निर्णय गरेर नेपाल सरकारले धेरैको ज्यान जोगाएको अनुभूति सबैतिर भएको पनि छ । काम गर्दा केही कमी कमजोरी अवश्य हुन्छन् तर तिनको पहिचान भइसकेकोपछि उचित समाधन गर्न खोज्नुचाहिँ संकटका बेला नेतृत्वको दायित्व हो।
हामी र हाम्रालागि सरकार प्रयत्नशील छ भन्ने अनुभूति गराउन सक्नु नै सफलता हो । तर, हजार राम्रा काम भएका बेला मन्त्रीज्यूहरुका दुर्बचन र असहिष्णुतापूर्ण अभिव्यक्तिहरुले ती सबैलाई छायामा पारिदिएको छ । मन्त्रीज्यूहरुबाट सुझबुझपूर्ण जिम्मेवार बोली व्यवहारको अपेक्ष गर्नु के अस्वाभाविक होला र ? |
बेलायतका स्वास्थकर्मीलाई निशुल्क नेपाली खाना लण्डन / बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेका दुई भाइ कुल आर्चाय र दधि आर्चायको होली काउ टेकवे रेष्टुरेन्टले यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत स्वास्थकर्मीहरु लाई निशुल्क खाना दिने व्यवस्था गरेको छ। होलीकाउले आफ्ना ९ वटा ब्रान्चका टेकवे र एक फाईड डाईन रेष्टुरेन्टका सेरोफेरोमा रहेका अस्पतालहरूमा यसरी निशुल्क खाना दिंदै आइरहेकोछ।
कोरोनाको महामारीमा अग्रपङतिमा रहेर धेरैको ज्यान बचाइरहेरका डाक्टर र नर्सहरूको हौसला बढाउन सहयोग पुग्ने र अफ्ठारोमा आआफ्नो ठाउँबाट सबैले सक्दो सहयोग गर्नु पर्ने हुँदा आँफूहरूले यसरी सहयोग गरेको संचालक कुल आचार्यको भनाइ छ।
आफ्नो जीवन जोखिममा राखेर पनि दिनरात जनताको सेवामा खटिरहेका स्वास्थकर्मीहरूलाई समयमा खानसमेत फुर्सद छैन भने कतिपयको लागि ब्रेक समय पनि नरहेको समाचार आइरहेका छन्।
आचार्य दाजुभाइले यो महामारीका कारण भोकै बस्नु परेका वृद्धवृद्दालाई समेत निशुल्क खाना र अस्पतालका कर्मचारीहरूले अनलाईन अडर गर्दा २० प्रतिशत छुटसमेत प्रदान गर्दै आईरहेका छन्। |
मादक पदार्थ सहित चालक र जिप प्रहरी नियन्त्रणमा म्याग्दी । जिल्लामा पहिलो पटक संक्रामक ऐन २०२० अन्र्तगत कारवाही प्रकृया शुरु भएको छ ।अत्यावश्यक सामग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ओसार पसार गर्ने बेनीबाट राखु तर्फ जादै गरेको ग२च ८८६९ नं.को जिपलाई ६ कार्टुन मादक पदार्थ सहित चालक जिल्ला म्याग्दी बर्ष १९ को सुनिल कुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गाउँपालिका १८ को असल परियारलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।
म्याग्दीका प्रहरी प्रमुख किरणजंग कुँवरका अनुसार तीन कैद र नगद जरिवान सुनाएको छ । संक्रमण रोक्न अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामा,त्यस्ता वस्तु तथा सेवाहरूको कालोबजारी मदिरा जन्य पदार्थको ओसार पसार नियन्त्रण अत्यावश्यक बाहेक हिडडुलमा प्रतिवन्ध लगाएपछि उनीहरुले मदिरा बोकेर सवारी साधान चलाएका कारण सो ऐन आकर्षित गरी कारवाही गरिएको हो । |
घिरिङ गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पिपिइ वितरण दमौली । तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले तीन स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराएको छ ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाका अनुसार साभुङ स्वास्थ्यचौकी, घिरिङ स्वास्थ्यचौकी र गजरकोट स्वास्थ्यचौकीलाई पिपिइ, मास्कलगायतका मेडिकल सामग्री उपलब्ध गराइएको छ । साथै आपतकालिन अवस्थाको लागि एक जना एम्बुलेन्स चालकलाई पनि पिपिइ उपलब्ध गराइएको छ ।
कोभिड–१९ को शङ्कास्पद बिरामीको परीक्षणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रानाले जानकारी दिए ।
गाउँपालिकाले कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि तीन वटा स्वास्थ्यचौकीमा नौ शैय््याको आइसोलेशन कक्ष निर्माण गरेको छ । विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनलाई तीव्रता दिइएको बताउँदै रानाले उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको जानकारी दिए । विगत एक महिना यता विदेशबाट फर्किनेहरुको विवरण सङ्कलनका लागि वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, टोल विकास संस्थालाई परिचालन गरिएको छ ।
ज्वरो आएपछि उपचारका लागि पठाइयो
तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका एक व्यक्तिलाई ज्वरो आएपछि उपचारका लागि पोखरा पठाइएको छ । दुई हप्ता अगाडी भारतबाट फर्किएर घरमा बस्दै आएका ती व्यक्तिलाई गाउँपालिकाले उपचारका लागि पोखरा पठाएको हो ।
नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले सञ्चालन गर्दै आएको एम्बुलेन्समा ती व्यक्तिसहित उनका चार जना परिवारलाई आज पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । “ज्वरो आएको जानकारी पाएपछि स्वास्थ्य परीक्षण गरेर ढुक्क हुन आग्रह गरेर उहाँलाई पोखरा पठाएका हौ,” श्रेष्ठले भने, “ती व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि परिवारको पनि स्वास्थ्य परीक्षण गर्न भनेका छौ ।” |
योगप्रसाद उपाध्यायको ‘माई लाइफ टाइम’, कांग्रेसको इतिहास अनुसन्धान गर्न उपयोगी कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ। अधिकांश मानिस घरभित्रै बसिरहेका छन्। यो बेला मानिसले विभिन्न माध्यममार्फत समयको सदुपयोग गरिरहेका छन्।
कसैले पुस्तक बढेर फुर्सदको सदुपयो गर्दैछन् भने कसैले आफूलाई मनपर्ने फिल्म हेरेर समय कटाइरहेका होलान्। लकडाउनको अवधि झनै लम्बिएपछि मैले भने विभिन्न पुस्तक अध्ययन गरेर समयको सदुपयो गरिरहेको छु। यसै सन्दर्भमा मैले भर्खरै मात्र एउटा पुस्तक अध्ययन गरिसकेँ।
करिव एक महिना पहिला कनकमणि दीक्षितको पाटनढोकास्थित हलमा नेपाली कांग्रेसका पुराना पुस्ताका राजनीतिज्ञ योगप्रसाद उपाध्यायको ‘माई लाइफ टाइम’ पुस्तक सार्वजनिक गरिएको कुरा पूर्वसचिव शरदचन्द्र पौडेलमार्फत जानकारी पाएपछि उक्त पुस्तक किनेर भर्खरै पढेर सकेँ।
नेपालको राजनीतिमा रुची हुने र विशेष गरी नेपाली कांग्रेसको इतिहासप्रति रुची हुनेका लागि यो पुस्तक उपयुक्त हुने ठानेर पुस्तक अध्ययन गर्न थालेको थिएँ।
पुस्तक अध्ययन गर्ने क्रममा पुस्तकका तीनवटा पक्ष मलाइ रोचक र बहुउपयोगी लाग्यो। लेखकको बाल्यावस्था र प्रारम्भिक शिक्षा, दिङ्लामा मेरो बुवासँग अध्ययन प्रारम्भ भएको रहेछ।
अर्को पक्ष विपी कोइरालासँगको पत्राचार होे, जुन विपीप्रति आस्था राखने र कांग्रेसको इतिहासका विषयमा अनुसन्धान गर्नेका लागि उपयोगी सामाग्री मान्न सकिन्छ।
यसैगरी लेखक २०४७ सालको अन्तरिम सरकारको गृहमन्त्री हुँदाका बखत र अमेरिकमा राजदूत भएर बस्दा तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र तत्कालीन जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एकै समयमा अमेरिका भ्रमणले लेखकमा पर्न गएको अप्ठेरोकाे पुस्तकमा सटिक चित्रण गरिएकाे छ।
यसैगरी केही विरोध अनि न्यूयोर्कका तत्कालीन राजदूत जयराज आचार्यले खेलेको भूमिकाले जिपी कोइरालमा परेको नकारात्मक असरको परिणाम जस्ता विषय पुस्तकमा समेटिएका हुँदा जान्न पर्ने र जो कोहीले बुझ्नु पर्ने विषय हुन् जस्तो मलाइ लाग्छ। हुन त लेखकले आफ्नो पुस्तकमा ठाउँ ठाउँमा मेरै नाम लिएको भएता पनि त्यो मानिस म हो वा होइन भन्ने थाहा भएन।
तर, बेला बखतमा कनकमणि दीक्षितले यस्ता कार्यक्रमका लागि हल उपलब्ध गराउनु, राजनीतिज्ञले लेखेका आत्मवृत्तान्त वा अन्य पुस्तक अध्ययन गर्न त्यति जाँगर नलगाउने पूर्वसचिव शरदचन्द्र पौडेल जस्ता र अहिलेका पुस्ताका प्रखर नेता डा. शेखर कोइराला जस्ता सबै किसिमका मानिसको जमघटका बीच सार्वजनिक गरिएको यो पुस्तकले अहिलेका पुस्तक पढ्न रुचाउने कांग्रेसका कार्यकर्तालाई उपयोगी हुने देखियो।
तारानाथ रानाभाटसँगको संवाद तथा विभिन्न जिम्मेवारीमा बसेर पनि राजाको नियत र भूमिकाको अनविज्ञता तथा लामो समय कांग्रेसको राजनीति गरेर गिरिजाप्रसाद कोइरालको जाँगर जोश र नियतसँग अनुकुल हुन नसक्नु उहाँका आसेपासेको नियत र षड्यन्त्र नबुझ्नु लगायतले लेखकका लागि अमेरिकाका लागि राजदूत त्यतिसहज भएन छ भनेर पुस्तक पढेर थाहा पाउन सकिन्छ।
उपयोगी हुने ठानेर मैले यो पुस्तक पाँचवटा किनेको थिएँ। अनि विभिन्न अध्यनशील व्यक्ति जस्तै डा. तिलक रावल तथा मिन हमाललगायतलाई पठाएको थिएँ।
ताप्लेजुङमा जन्मिएका लेखक योगप्रसाद उपाध्याय लुइँटेलको नेपाली राजनीतिमा राम्रो स्थान भएपनि सक्रिय राजनीतिमा उहाँको रुची कम देखियो। विशेष गरी कृष्णप्रसाद भट्टराईसँग नजिक हुनुहुन्थ्यो।
उहाँ कोठे राजनीतिमा सिपालु हुनुहुन्थ्यो। बासु रिसाल, ओमकारप्रसाद श्रेष्ठसँगको उठबस धेरै थियो। जनता र कार्यकर्ताबीचको राजनीति कम थियो।
यो पुस्तक पढ्दै जाँदा उहाँले यो पुस्तक उहाँ आफ्नै रुची र तदारुपतामा भन्दा पनि कसैको आग्रहमा पुस्तक प्रकाशन गरेको जस्तो देखिन्छ।
जे भएपनि अन्तरिम सरकारका गृहमन्त्री र अमेरिकाका लागि नेपाली राजदूत भएर काम गर्दाका अनुभव, त्यो बेला हुने राजनीतिक तिकडमलगायतका विषयमा लेखकले पाठकलाई न्याय गरेको देखिन्छ। |
एक लाख नगद र लागुऔषधसहित ३ जना पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
“झोला बोकेकी महतारालाई शङ्का मानेर प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटियो”, प्रहरी निरीक्षक रायमाझीले भने, “त्यसका साथै नगद रु एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।”
प्रहरीको नियन्त्रणमा परेकी ती महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको उनले बताए ।
महतारा, मानन्धर र उनको साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। |
ठेगाना एपले नेपालमा कोरेना सम्बन्धि सूचना ट्र्याकिंग गर्ने काठमाडौं। ठेगना नामको मोबाइल एप्लिकेशनले नेपालमा कोरोना भाइरस सम्बन्धि सूचना पनि ट्र्याकिंग सेवा शुरु गरेको छ। ठेगना सर्भिसेसले एक सूचना प्रकाशित गर्दै यो सेवा शुरु गरेको जनकारी दिएको हो।
ठेगना अप्लिकेशनमा कोरोनाको लक्षण देखिएदेखिको मेडिकल रिपोर्टसम्म दर्ता गर्न सकिने छ। यो अल्पिलकेशनका प्रयोगकर्ताले नेपालमा कोरोना भाइरसबारे भइरहेका गतिविधिबारे पनि जानकारी पाउने छन्।
ठेगना सर्भिसेसले यो स्वआकलन गर्ने प्रविधि विकास गरिएको जनाएको छ। यो प्रविविधिले नेपालमा कोरोनाको प्रकोप नियन्त्रण लिन सूचना उपब्ध गराएर सहयोग गर्ने जनाएको छ। अप्लिकेशन प्रयोगकर्ताहरुले सही सूचना दर्ता गराएर यो संकट नियन्त्रणमा सहयोग गर्न पनि ठेगना सर्भिसेसले आव्हान गरेको छ।
यो विषयमा थप जानकारी [email protected]. बाट लिन सकिने छ भने, अप्लिकेशनमा जान https://covid19.thegana.services यो लिंक प्रयोग गर्न सकिन्छ। |
लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट, एक पक्राउ बारा । लकडाउनको समयमा क्रिकेट नखेल्न आग्रह गर्दा बारामा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ। बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।
कुटपिटको अभियोगमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएका प्रहरीले साह समेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ब्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा छ : मन्त्री ज्ञवाली काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)लाई आइतबार अन्तर्वार्ता दिने क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदेशको यात्रा असुरक्षित हुने हुँदा जोखिम नलिन आग्रह गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘संक्रमणको समयमा आफ्नो देश फर्कने चाहना हुन सक्ला तर विदेशबाट आएकाहरूबाटै संक्रमणको जोखिम देखिएकाले त्यस्तो जोखिम नेपालले लिन सक्दैन । विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीहरू अहिले जहाँ हुनुहुन्छ, त्यहाँ नै सुरक्षित रहनुस् । अत्तालिएर दौडादौड नगर्नुस् । अहिले तपाईँहरूलाई विदेशबाट नेपाल ल्याउन सकिने स्थिति छैन ।’
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य मन्त्री ज्ञवालीले श्रम र अध्ययनका लागि विदेश गएका नेपालीको सुरक्षाको स्थितिबारे आफूले नियोग र दूतावासबाट भिडियो कन्फरेन्स र अन्य माध्यमबाट नियमित अद्यावधिक गरिरहेको जनाउँदै त्यहाँका सरकारले पनि नेपालीहरूलाई आफ्ना नागरिक सरह व्यवहार र उपचार गर्ने प्रतिबद्धता गरेको बताए । मन्त्री ज्ञवालीले ती मुलुकबाट श्रम करार सकिएका र प्रवेशाज्ञाको म्याद सकिएका र बढी समय विदेशमा बसिरहेका नेपालीलाई कानूनी अप्ठ्यारो नपर्ने विश्वास पनि दिलाइएको उल्लेख गरे । उनले नेपालमा रहेका विदेशी नागरिकको हकमा पनि स्वास्थ्य सुरक्षा र अन्य आवश्यक व्यवस्था गर्न नेपाल सरकार तत्पर रहेको स्पष्ट गरे ।
छिमेकी मुलुक चीनबाट हालै प्राप्त स्वास्थ्य उपकरण र औषधि आवश्यकता र औचित्यका आधारमा तत्काल प्रदेशस्तरमा पु¥याइने र धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नेपालगञ्ज, पोखरा, धनगढी र हेटौँडामा समेत कोरोना भाइरसको परीक्षणको दायरा विस्तार गरिने पनि मन्त्री ज्ञवालीले जानकारी दिए । छिमेकी भारतबाट पनि आवश्यक उपकरण र औषधिका साथै ‘¥यापिड रेस्पोन्स टिम’ (द्रुत स्वास्थ्य टोली) लगायतको सहयोग प्राप्त हुने आश्वासन पाइएको मन्त्री ज्ञवालीको भनाइ छ ।
उनले अहिलेको महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता दिई तिनलाई प्रोत्साहन र बीमाको व्यवस्था गर्न लागिएको बताउँदै महामारीविरुद्ध जुध्न जिम्मेवार राजनीतिक दल, नागरिक समाज र स्थानीय तहको सहयोग आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘स्थानीय तहले आफ्नो क्षमता र औचित्य देखाउने बेला यही हो । हामीले उहाँहरूरुबाट त्यही क्षमताको अपेक्षा गरेका छौँ ।’
लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, विरोधका लागि विरोध गर्ने र झुटा विवरण दिने प्रवृत्ति निरुत्साहन गर्दै यस्तो बेलामा पनि सरकारप्रति आशङ्का गर्ने, अनेकौँ अफवाह फैलाउने र कुण्ठाग्रस्त भई स्वार्थको रोटी सेक्न खोज्नु चिन्ताजनक विषय भएको मन्त्री ज्ञवालीको भनाइ छ ।
लकडाउनको अवधि थपिने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘सरकारलाई त्यस्तो सुझाव प्राप्त भएको छ, जनताले सुझबुझपूर्ण ढंगले संकटका बेला गरेको समर्थनप्रति सरकार आभारी छ ।’ |
इटालीका गृहमन्त्री भन्छिन् – तत्काल लकडाउन खुल्दैन इटाली।फेब्रुअरी २१ देखि कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको इटाली अप्रिल ३ सम्म लक डाउनमा छ। संक्रमितको संख्या ९२४७२ पुगिसकेको इटालिमा दस हजार भन्दा बढीको मृत्यु भैसकेको छ।
इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै लक डाउन खोल्नसक्ने अवस्था नरहेको बताएकी छन् । संक्रमितको संख्यामा गिरावट आएसंगै सबै खुल्ला गरिने उनले बताएकी छन् ।
अप्रिल ३ पछि कति समयका लागि समय थप गरिने भन्ने अन्योल सङै अरु दुई हप्ता लम्बिन सक्ने जानकारीहरु प्राप्त भएका छन। स्कुल र बिश्व बिधालय भने अप्रिल ३ पछि पनि बन्द नै रहने छन भने हाललाई अन्लाईन मार्फत स्कुल र बिश्वबिधालय का पठन पाठनहरु संचालित नै छन् ।
आजमात्रै इटालीका प्रधानमन्त्री जुसेप्पे कन्ते ले फेसबूक लाइभमार्फत यस दुखद घडीमा सरकार सबै नागरिकको साथमा रहेको आभास दिलाउदै सरकारले कुनै पनि नागरिकको साथ नछाड्ने बताए ।
उनले नगरपालिकाहरुका लागि ४,३ बिलियन यूरो र प्रत्येक गाबिसहरु का लागि ४०० मिलियन युरो उपलब्ध गराउने बताए ।गाबिसलाई उपलब्ध रकम गाबिसले पैसाको अभावमा खाद्यान्न को समस्या परेका नागरिकहरुका लागि उपलब्ध गराउने र नगरपालिकाले अस्पताल लगाएत बिरामी हरु को उपचार मा प्रयोग गर्न सक्ने छन।
कुल रकम को ६६ प्रतिशत रकम एक हप्ताको अवधिमा गबिस र नगर पालिका हरु मा उप्लब्ध भैसक्ने उनले जान्कारी दिए ।
इटालीमा लगभग १५०० को हाराहारीमा नेपाली हरु बस्दै आएका छन। हाल सम्म सबै नेपाली सुरक्षित भए पनि दिनहु संक्रमितको संख्या बढिरहदा नेपालीहरु त्रासमा छन। |
मकाउका मनकारी नेपालीद्वारा माक्स सहयोग मकाउ, चीन । चीनको मकाउमा रहेका नेपाली समाजसेवीहरुले सात हजार थान सर्जिकल फेस माक्स नेपाल पठाउने भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट नेपालीहरुलाई जोगाउन यस्तो सहयोग गरेका हुन् ।
सो परिमाणका मास्क एनआरएनए मकाउमार्फत नेपाल पठाइने भएको छ । र, ती सामग्री एनआरएनए मकाउलाई हस्तान्तरणसमेत गरिसकिएको छ । समाचारअनुसार, मकाउ बडी बिल्डिंग तथा फिटनेस एसोसिएसनका अध्यक्ष श्रीजन वाबा भाइ, नेपालीहरुको साझा संस्था ब्रदरहुड एसोसिएसन मकाउका अध्यक्ष श्री बम लिम्बूले आफ्नै खर्चमा ती सर्जिकल मास्कहरु खरिद गरी नेपाल पठाइने भएको हो ।
सहयोगस्वरुप दिइएका मास्कहरु एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरिएको र एनआरएनएले ती सामाग्रीहरु नेपाल पठाउने तयारी गरिरहेको बताइएको छ।
समाचार अनुसार, ब्रदरहुड एशोसिएसन मकाउ, बडी बिल्डिंग तथा फिटनेस एसोसिएसन र एनआरएनए मिलेर नेपाललाई अप्ठेरो परेका बेला उपलब्ध गराउन सकिने सामग्रीहरु थप गर्नेबारे समेत छलफल शुरु गरेका छन्।
|
एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ पर्सा। पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षीय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ । |
कोरोनाभाइरसको अस्तव्यस्तताकाबीच आशा पाँच जगाउने कारण बीबीसी । हामीलाई थाहा भएकै कुरा हो, कोरोनाभाइरसको प्रकोप फैलदै जाँदा विश्वभरका मानिसहरूका निम्ति यो खराब समय बन्न पुगेको छ।
सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। शहर होइन पूरै देशहरू नै बन्द गरिएका छन्। कैयौँ मानिसहरू आइसोलेशनमा बस्न बाध्य बनाइएका छन्।
तर चिन्ताका सबै समाचारहरूबीच यहाँ आशा देखाउने त्यस्ता केही कारण पनि छन्।
प्रदूषणमा कमी
भाइरस सङ्क्रमणलाई लिएर देशहरूमा लकडाउन गरिँदा प्रदूषणको तह निकै महत्त्वपूर्ण मात्रामा तल झरेको छ।
चीन र उत्तरी इटलीमा गम्भीर वायु प्रदूषणको कारक र उष्णता वृद्धिमा योगदान दिने शक्तिशाली रसायन नाइट्रोजन डाइअक्साइडमा निकै गिरावट आएको मापन गरिएको छ। कारको आवागमन र औद्योगिक गतिविधिमा भएको कटौतीलाई त्यसको कारण ठानिएको छ।
न्यूयोर्कस्थित अनुसन्धानकर्ताहरूले बीबीसीलाई बताए अनुसार मुख्यगरी कारबाट उत्सर्जन हुने कार्बन मोनोक्साइड गत वर्षको तुलनामा करिब ५० प्रतिशत घटेको देखिएको छ।
वायुसेवा कम्पनीहरूले एकसाथ उडानहरू रद्द गरेका छन्। कैयौँ देशमा दशौँ लाख मानिसहरूले घरमै बसेर काम गरिरहेका छन्। विश्वभरीका देशहरूले त्यही बाटो पछ्याउने ठानिएको छ।
नदी–नाला सफा
इटलीको भेनिस सहरका बासिन्दाले सहर हुँदै बग्ने प्रसिद्ध खोलाहरूको पानीको गुणस्तरमा निकै सुधार आएको महसुस गरेका छन्। उत्तरी इटलीको उक्त लोकप्रिय पर्यटकीय गन्तव्यका सडकहरू खाली छन्।
प्रकोपका कारण उत्पन्न त्यस परिस्थितिले जलक्रीडामा निकै गिरावट आएपछि त्यसले फोहर थिग्रिन सहयोग गरेको हो। सामान्यतया धमिलो पानी निकै सफा भएको छ जसले गर्दा माछा पनि देखिन सक्छन्।
उदार व्यवहार
विश्वभरी अत्यासपूर्ण किनमेल र झगडाहरू भएका कैयौँ खबरहरू छन्। तर भाइरसले दयालु र उदार व्यवहारका निम्ति प्रेरित पनि गरेको पाइएको छ। दुईजना न्यूयोर्कबासीले सहरका बृद्ध र जोखिममा रहेका मानिसहरूलाई औषधी र सामान पुर्याउन ७२ घन्टाभित्रै १३ सय स्वयम्सेवक तयार गरे।
फेसबुकले ब्रिटेनमा दशौँ हजार मानिसहरू स्थानीय सहयोग समूहहरूमा जोडिएको जनाएको छ। त्यस्तै समूहहरू क्यानडामा पनि बनेका छन्। अस्ट्रेलियामा सुपरमार्केटहरूले बृद्ध र अपाङ्गता भएकाहरूले सहज ढङ्गले किनमेल गर्न सकुन् भनेर छुट्टै समय तोकेका छन्।
मानिसहरूले चन्दा दान गरेका छन्। कैयौँले आइसोलेशनमा रहेका बृद्धहरूलाई प्रेरक सन्देशहरू पठाएका छन्, कसरत र पकवान विधिबारे जानकारी प्रवाह गरेका छन्। आफ्नो व्यापारलाई खानेकुरा वितरण गर्ने केन्द्रमा रूपान्तरण गरेका छन्।
एकताबद्ध
मानिसहरू कार्यालयको काम र घरेलु जीवनका कारण सधैँजसो आफ्नो आसपासका मानिसहरूबाट टाढिएका हुन्छन्। भाइरसले हामी सबैलाई यसरी प्रभावित तुल्याएको छ कि संसारभरी कैयौँ समुदायलाई नजिक ल्याएको छ।
देशव्यापी लकडाउन गरिएको इटलीमा मानिसहरू आ-आफ्नो घरको कौशीमा बसेर मनोबल उच्च पार्ने गीत गाउँदै एक आपसमा जोडिए। दक्षिणी स्पेनमा एकजना शारीरिक अभ्यासका प्रशिक्षकले एउटा बहुतल्ले भवनको बीचमा रहेको छतबाट कसरत सिकाउने कामको अगुवाइ गरे। एक्लिएर बसिरहेका त्यस भवनका बासिन्दाले आ(आफ्नो कौशीमा बसेर त्यो अभ्याससँग जोडिए।
धेरै मानिसहरूले साथी र आफ्ना प्रियजनहरूसँग फोन र भिडियो कलमार्फत् जोडिने अवसरको रूपमा लिएका छन्। साथीहरूका समूहहरूले मोबाइल एपको प्रयोग गरेर भर्चुअल भोज आयोजना गरेका छन्।
भाइरसले आवश्यकीय सेवाहरूमा काम गर्ने र स्वास्थ्यकर्मीहरूको महत्त्व पनि उजागर गरेको छ। हजारौँ युरोपेलीहरूले आफ्नो घरको झ्याल र कौशीमा उभिएर भाइरससँग लडिरहेका डाक्टर र नर्सहरूको प्रशंसामा आवाज गुञ्जाएका छन्। लन्डनमा मेडिकल विद्यार्थीहरू स्वास्थ्य कार्यकर्ताहरूलाई स्वेच्छिक रूपमा सघाउन जुटेका छन्।
सृजनशीलतामा बृद्धि
दशौँ लाख मानिसहरू आइसोलेशनमा रहँदा कैयौँले सृजनशील बन्ने अवसरको रूपमा पनि उपयोग गरेका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफ्ना नयाँ रुचिका विस्तृत विवरण सार्वजनिक गरेका छन्।
जसमा पेन्टिङ गर्ने, पढ्ने, पकाउने र बुन्ने काम लगायत छन्। वाशिङ्गटनस्थित डीसी पब्लिक लाइब्रेरी भर्चुअल बुक क्लब सुरु गर्नेमा पर्छ। इटलीमा ुकिचेन क्वारन्टीनु श्रृङ्खला इन्स्टाग्राममा सुरु गरिएको छ।
जसमा घरभित्रै रहेकाहरूलाई परिकार बनाउन सिकाइन्छ। अमेरिकी राज्य टेनेशीका एकजना कला शिक्षकले घरभित्रै सृजनशील बनाउन विद्यालय जान नपाएका विद्यार्थीहरूका निम्ति प्रत्यक्ष प्रसारणको कक्षा चलाइरहेका छन्।
धेरै सार्वजनिक स्थलहरू बन्द रहेकाले कलाका पारखीहरूले विश्वका ठूला ग्यालरीहरूको इन्टरेनटमार्फत् भ्रमण गरिरहेका छन्। कोठाबाटै भ्याटिकन सङ्ग्राहलयका मूर्तिकलाहरू र प्यारिसस्थित लुभ्रको प्रख्यात पेन्टिङ हेरिरहेका छन्। अस्ट्रेलियाको सिड्नी अब्जरभेटरीले घरभित्र बन्द रहन पुगेका मानिसहरूका निम्ति रात्रिकालीन आकाश यात्रा आयोजना गरेको छ। |
टोकियोमा आज थप ६० जना करोना संक्रमित भेटिए ज्याक खड़का टोकियो, जापान ।
तीनदिन यता कोरोना भाईरसबाट संक्रमित ४० बढी भेटिएको राजधानी टोकियोमा त्यो संख्यामा झनै बृद्धि भएको छ ।
संक्रमण नियन्त्रणको लागि नागरिकहरुलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन गरिएको विशेष अनुरोधकै दिन संक्रमितको संख्या ६० बढी थपिएको छ ।
कोरोना भाईरस संक्रमित भेटिएको २९ दिन यता टोकियोमा यतिधेरै संक्रमित पाईएको यो पहिलो घटना हो ।
आज थपिएको यो संख्या सँगै राजधानी टोकियोमा मात्र कोभिड १९ बाट संक्रमितको संख्या ३ सय ५९ पुगेको छ ।
आज दिनभरको तथ्यांक राती अबेर मात्र आउने भएकाले संक्रमितको संख्या अझै थपिने अनुमान गरिएको न्युज२४ डट जेपिले उल्लेख गरेको छ । |
छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ सिमकोट । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पु¥याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पु¥याएको उपरीक्षक घर्तीमगरले बताए । |
अमेरिका बन्यो संसारमै सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुक वासिंगटन डिसी । संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरुभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ ।
चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय भएको छैन तर यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ ।
तथ्यांकअनुसार, मार्च २६ तारिक विहीबार अपरान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । जुन चीनको भन्दा
२ हजार ३ सय ८७ जनाले बढी हो । चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार २ सय ८५ छ । नयां संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २६ तारिक सांझसम्ममा १३ हजार ६ सय ८५ नयां केसहरु थपिएका छन् । न्यूयोर्क शहर अमेरिकामा सबैभन्दा बढी संक्रमित भएको शहर भएको छ ।
चीनमा संक्रमणको दर निकै कम छ । आज चीनमा ६७ वटामात्रै नयां संक्रमणका केसहरु आएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार, आजसम्म ११ सय ७६ जनाले यो संक्रमणका कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् भने सबैजसो राज्यहरुमा यो भाइरसको संक्रमण फैलिइसकेको छ ।
भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुमा इटाली अगाडि छ । यहां ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ हजार १ सय ५४ जनाको देहावसान भइसकेको छ । चीनमा भने हालसम्म ३ हजार २ सय ८७ ले ज्यान गुमाएका छन् ।
|
चीनतर्फका दुई नाका खोल्ने निर्णय काठमाडौं । सरकारले चीनतर्फका रसुवागढी र तातोपानी गरी दुईवटा सीमा नाका सञ्चालन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय कोरोना समन्वय समितिले बुधबार सो निर्णय गरेको हो । चीनतर्फका नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्न सो निर्णग गरेको हो । समितिले यस सम्बन्धी आवश्यक समन्वय गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयललाई जिम्मा दिएको छ ।
समितिले ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने’, समितिको निर्णयमा उल्लेख छ । साथै अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने भएको छ ।
त्यसैगरी औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने भएको छ । यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने, औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने, गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने, ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय पनि गरेको छ । |
तीन एआईजीलाई खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान काठमाडौं। नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनजनालाई प्रहरी प्रधानकार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान लगाइएको छ। कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधानकार्यालयले खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो।
एआईजीमा बढुवा भएका तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रधानकार्यालयको खुला चौरमा टेण्ट टाँगेर दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन एआईजीमा बढुवाका लागि लम्साल, क्षत्री र पालको नाम सिफारिस गरेको थियो । दर्ज्यानी चिन्ह पाएलगत्तै तीनैजना एआईजीको पदस्थापनसमेत भएको छ । लम्साल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी), क्षत्री मानवस्रोत तथा प्रशासन विभाग र पाल अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएका छन्। |
बाटोखन्ने क्रममा ढुङ्गा पल्टिदा एक जना घाइते, ‘बि पोजेटिभ’ रगतको आवश्यकता ठाटीकाँध । ठाटीकाँध गाउँपालिका ६ डिम्रेखोलामा सडक खन्ने क्रममा ढुङ्गा पल्टीदा १ जना शक्त घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका ६ का पुरबहादुर थापा रहेको छन् ।
घाइते थापाको देब्रे हात र देब्रे खुट्टामा गम्भिर चोट लागेको छ । अहिले उनलाई उपचारका लागि विरेन्द्रनगर स्थित देउति हस्पिटलमा ल्याइएको छ ।
खुट्टा र हातमा गम्भिर चोट लागेका कारण अप्रेसन गर्नु पर्ने भएकाले ‘बि पोजेटिभ’ रगतको आवश्यकता परेको अस्पतालले जनाएको । ‘बि पोजेटिभ’ रगत दान गर्न चाहानेले ९८५८०५१४७८ सम्पर्क गर्न आग्रह गरिएको छ । |
अठार किलो गाँजासहित पक्राउ पर्सा । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५ निवासी ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पर्साकै पकहामैपुर गाउँपालिका–१ निवासी ५० वर्षीय मन्द्रिका सहनी रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। उन नेपाललबाट भारततर्फ लागुऔषधको तस्करी भइरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको बताए । |
कोरोनाका कारण जापान फर्किन नपाएका एक युवकको दुर्घटनामा परी मृत्यु काठमाडौँ । दाङमा स्कुटी दुर्घटनामा परी एक जना पुरुषको ज्यान गएको छ।
दाङको लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार भन्ने स्थानमा रा ३ प ५४३० नम्बरको स्कुटी दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ वर्षीय अमित सिंह धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
उक्त दुर्घटना कति बेला भएको हो भन्ने बारे एकिन नभएको अस्थायी ट्राफिक प्रहरीले जनाएको छ ।
जापान पढ्न गएका धामी गत कार्तिकमा घर फर्किएका थिए।
कोरोनाका कारण जापान फर्किन नपाएका उनी साथीहरू भेट्न लमही जान्छु भनी आइतबार दिउँसो घरबाट निस्किएको र एकैपटक आज बिहान प्रहरीले खबर गरेपछि घटनाका बारेमा आफूहरूलाई थाहा भएको धामीको पारिवारीक स्रोतले जनाएको छ । |
मस्र्याङ्दीमा बस खस्यो, ३ जनाको मृत्यु ७ जना गम्भिर काठमाडौं । आबुखैरेनी स्थित मस्र्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ४२९४ नं.को बस आइतबार साँझ करिव ६ः३० बजे दुर्घटनाग्रस्त भएको हो ।
घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइतेहरुको चितवन मेडिकल कलेज र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको निरिक्षक सुवेदीले जानकारी दिए । |
रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध कास्की । कोभिड–१९ (कोरोनाभाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए ।
यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउने बिरामीको गर्दछन् । यहाँ ‘रिफरल अस्पताल’ समेत रहेका छन् । यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ । यही चैत १५ गतेसम्मका लागि विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ ।
केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताए । उनले भने, “गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो । अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ । आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।”
शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत सङ्कलन भएको छ । विशाल को–अपरेटिम संस्था लिमिटेडको कार्यक्रमबाट ६१ युनिट तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–८ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ युनिट सङ्कलन भएको बताइन्छ । सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ । |
कोरोना प्रकोपमा नेपाली समुदायलाई सहयोग गर्ने बानाको प्रतिबद्धता बाल्टिमोर । नेपालीहरुको संस्था बाल्टिमोर एशोसिएसन अफ नेपालिज् इन अमेरिका(बाना)ले कोरोनाको प्रकोपबाट बच्न अमेरिकाको संघीय सरकार, राज्य सरकार र स्थानीय निकायले गरेको आह्वानलाई पालाना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । सोसियल डिस्ट्यान्सिंग र सरसफाईलाई महत्व दिएर पालना गर्न भन्दै बानाले यो माहामारीबाट बच्न आफ्नो सम्पूर्ण साधन स्रोत र क्षमताको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बानाका अध्यक्ष सुबोधविलास पन्तले मार्च २१ मा एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीबाट बच्न नेपालीहरुलाई चिकित्सकहरुको परामर्श उपलब्ध गराउने गृहकार्य गरिरहेको पनि बताएका छन् । अमेरिकाको मेरिल्याण्ड क्षेत्रमा कार्यरत नेपाली डाक्टरहरुसंग यसअघि नै एकपटक अन्तक्रिया गर्दै आफ्नो फेसबुकमार्फत प्रत्यक्ष जानकारी उपलब्ध गराएको भन्दै अध्यक्ष पन्तले नेपालीहरुलाई कोरोनाको महामारीबाट सुरक्षित रहन नेपाली डाक्टरहरुसंगको सहकार्यमा हेल्प डेस्क स्थापना गर्ने तयारी गरेको जनाएका छन् ।
उनले वाल्टिमोर काउण्टीले स्थानीय बालबालिकालाई वितरण गरिरहेको दैनिक खानाबाट नेपाली समुदाय पनि लाभान्वित होउन भन्नका लागि बानाकै भवनमा काउण्टीको खाना वितरण केन्द्र राख्नेबारे पहल गरिरहेको जानकारी पनि दिएका छन् । |
काभेमा रोकिएन ट्रक आतंक, फेरि मिनीट्रकको ठक्करबाट बाबुछोराको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन्।
एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।
केही दिन अघि मात्रै काभ्रेमा ट्रककको ठक्करबाट आमाछोरीको ज्यान गएको थियो । |
बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु काठमाडौं । सर्लाहीमा शुक्रबार भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ५६४५ नंको ट्रकले स्थानीय ५० वर्षीय ज्ञानप्रसाद खनालाई ठक्कर दिँदा मृत्यु प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनाललाई हरिवनको नमूना अस्पतालमा लगिँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाही कविलासी नगरपालिका–३ हतसरी चौकस्थित ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । ना४त ४८७ नंको ट्र्याक्टरले बिआर३०एक्स २९९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा बरहथवा नगरपालिका–७ बस्ने २० वर्षीय मोटरसाइकल चालक गोविन्द पासमानको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय नरेश पासमान घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैबीच करेन्ट लागेर सर्लाहीको बसबरिया गाउँपालिका–३ कोठियारमा एक वृद्ध महिलाको ज्यान गएको छ । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा प्रकाश पटेलकी ६० वर्षीया श्रीमती राजकली देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । |
नयाँ बसर्पाकबाट छुट्ने यात्रुलाई निःशुल्क मास्क वितरण काठमाडौं । काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ ।
भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताए ।
कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घरजानेको संख्या बढेको हो । भिडभाडमा नजान सरकारले आग्रह गरेपनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ । शनिवार साँझ सम्म करिब १ लाख ५० हजार मानिसहरुले उपत्यका छाडेका छन् । |
अमेरिकी करदातालाई थप ३ महिना राहत वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले आफ्ना करदाताहरुका लागि कर फायल गर्ने कामका लागि ३ महिनाको अवधि थप गर्ने घोषणा गरेको छ । कर फायल गर्ने समय यही अप्रिल १५ तारिकमा सकिंदै थियो । सरकारी घोषणाअनुसार, यसको समय सीमा बढाएर जुलाई १५ सम्म पुऱ्याइएको छ ।
अमेरिकी सरकारका फाइनान्स सेक्रेटरी(अर्थमन्त्री) स्टीभनले आज संचारमाध्यमहरुलाई दिएको जानकारीअनुसार, जुलाई १५ सम्म कर फाइल गर्ने करदाताहरुलाई कुनै थप व्याज वा फाइन लाग्ने छैन । यो समयसीमा थप नभएको भए अमेरिकी कानुनअनुसार, अप्रिल १५ तारिकसम्म कर नबुझाउने व्यक्ति वा व्यापारिक संस्थालाई ढिला गरेवापत बुझाउनु पर्ने करमा व्याजसहितको फाइन रकम तिर्नु पर्ने वाध्यकारी अवस्था थियो ।
अमेरिकाका सबै राज्यहरुमा देखिएको कोरोना भाइरसको प्रकोपले उद्योग व्यबसाय तथा श्रमिकहरुको दैनिक कामसमेत रोकिएको अवस्थामा कर बुझाउने वाध्यकारी अप्रिल १५ को समयसीमाले करदाताहरुमा तनाव थपिएको थियो । समयसीमा जुलाई १५ मा पुगेपछि कारदातालाई तत्कालका लागि राहत पुगेको छ । अर्थमन्त्री स्टीभनले राष्ट्रपति डोनल्ड जे ट्रम्पको निर्देशनवमोजिम कर बुझाउने समय ३ महिना थप गरिएको जानकारी गराएका थिए । |
टोकियो ओलम्पिक स्थगित गनुपर्छः जेओसी सदस्य काठमाडौं । जापान ओलम्पिक कमिटीका एक सदस्य काओरी यामाचुगिले कोरोना भाईरसको बढदो संक्रमणका कारण जापान ओलम्पिक स्थगित गनुपर्ने बताएका छन ।
जापानी सञ्चार माध्यमले जनाए अनुसार काओरीले २७ मार्चमा जापान ओलम्पिक कमिटीको बैठकमा सो कुराको बारेमा आवाज उठाउने बताएको छ । उनले भनिन मैले युरोप र अमेरिका बाट आउने हरेक खबरहरु बाट नजिक रहेको छु, जस्को कारणले गर्दा खेलाडीहरुले सामान्य अभ्यास सम्म पनि गर्न पाएका छैनन् । यस अघि जापान सरकारका मुख्य क्याबिनेट सचिव योशीहिदे सुगाले संसदमा निर्धारित समय अनुसार नै ओलम्पिक हुने र सरकारले आप्नो तर्फबाट तयारी गरिरहेको बताएका थिए ।
विश्वभरि विभिन्न खेल प्रतियोगिताहरु रद्ध भएको अवस्थामा ओलम्पिक छनौट खेलहरु पनि प्रभावित भईरहेको छ। आईओसीका एक सदस्यले पनि अहिलेको अवस्थामा ओलम्पिक गराउनु भनेको गैर जिम्मेवारी हुने र आईओसीको यो कदमले खेलाडीहरुलाई खतरा हुन सक्ने बताएका छन् । कोरोनाभाइरसको कारणले ओलम्पिक छनौटका विभिन्न्न चरणका खेलहरु रद्ध तथा स्थगित भएका छन ।
|
समस्यामा परेकालाई सहयोग गर्न तयार छौं : एनआरएनए जर्मनी जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले कोरोना माहामारीको सामना गर्न एकजुट भएर लाग्न सबै नेपाली समुदायमा आह्वान गरेको छ । अध्यक्ष हरि न्यौपानेले एक विज्ञप्ति जारी गर्दैै यो जटिल परिस्थितिमा ‘नेपालीका लागि नेपाली’ भन्ने नारा चरितार्थ गर्न एकजुट भइ सकेको जिम्मेवारी निर्वाह गर्न सबैलाई अनुरोध गरेका छन् ।
विज्ञप्तिमा आ–आफ्नो क्षेत्रमा र सम्पर्कमा रहनुहुने नेपालीहरुका समस्याहरु, त्यसमा पनि भाषाका समस्या, वैधानिकताको समस्या,दैनिक उपभोग्य वस्तुको समस्याको खोजी गर्दै तत्काललाई यस्ता विषयहरुको निराकरणार्थ अपनाउन सकिने उपायहरुका लागि सामूहिक रुपमा अघि बढ्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अघि भनिएको छ, ‘ओभर स्टे बस्नेहरुको सम्बन्धमा, सिमित आम्दानीमा पठनपाठन गर्दै रहेका विद्यार्थीहरु र दैनिक ज्यालामा जीवनयापन गर्ने हरुको सम्बन्धमा, भाषागत रुपमा निपुर्णता नहुनेहरुको सम्बन्धमा, बसाइको क्रममा आफ्नो भिसा बिना बसोबास गर्नेहरू जो नेपाली दूतावासको सम्पर्कमा जान नसकेको स्थिति रहेकाहरुको लगायत अन्य विविध विषयहरुको सम्बन्धमा संघले समाधानको लागि पहलकदमी लिनेछ । समस्यामा परेकाहरुको पहिचान गरी समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने छ ।’
विद्यार्थीहरूको सवालमा एनआरएनएको विद्यार्थी प्रतिनिधि मार्फत सहयोगको आवश्यकता पर्नेहरुको विवरण तयार पारेर अघि बढिने जनाइएकाे छ । आवश्यक कागजी प्रक्रियाका सवालमा र स्वास्थ्यसम्बन्धी व्याख्या विश्लेषण गर्न असमर्थ हुनेहरुको लागि नजिकबाट पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । गैर कानुनी बसोबास भएकाहरुको सवालमा आवश्यक कागजातको पहल गरि दिदै सहजकर्ताको भुमिकामा रहने बताइएकाे छ।
नेपाली समुदायबीच डिजिटल सम्पर्कमा रहन आग्रह गर्दै एनआरएनए जर्मनीले खाद्य पदार्थको लागि किनमेलमा जान नसकेको स्थितिमा कसरी ढुवानी वा उपलब्ध गराउने व्यवस्थाको लागि पनि पहल गरिने जनाइएको छ ।
विद्यार्थी लगायत सम्पूर्ण नेपाली समुदाय जो समस्यामा रहेका छन, सबैलाई स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको दोहोरो सम्पर्कमा आउन अपिल गदैै अध्यक्ष न्यौपानेले आफू सक्रियताका साथ हातमा हात, साथमा साथ दिएर आफ्नो भूमिका अनुसार काम गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । |
अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने एक जना भारतीय पक्राउ काठमाडौं । अवैधरुपमा अन्तर्राष्ट्रिय एसएमएसलाई बाईपास गर्ने एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगालका ३५ वर्षीया प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनि काठमाडौं महानगरपालिका २५ नरदेवीमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
सरकारबाट कुनैपनि अनुमति नलिइ अन्तर्राष्ट्रिय एसएमएसलाई वाइपास गरेको छ भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई कार्यस्थलबाट नै पक्राउ गरेको हो ।
साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने बिभिन्न तार र सामाग्री प्रहरीले बरामद गरेको छ । |
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते नवलपरासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु३५प ३१२७ नंको मोटरसाइकल गए राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कामीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतकै सरावल–१ तुल्सीनगरमा पनि गए राति रोकिराखेकोे ना२ख ७४८३ नंको ट्रकमा लु१४प २२३४ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सरावल–१ का ४१ वर्षीय ईश्वरबहादुर कार्कीको मृत्यु भएको छ।
यस्तै जिल्लाको बर्दघाट नगरपालिका–२ चिसापानीमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पन्ध्र यात्रु घाइते भएका छन्।
काठमाठौँबाट धनगढीतर्फ जाँदै गरेको बा४ख ८४८७ नंको बस अनियन्त्रित भई पल्टिएको हो। घाइतेहरुको बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ। रासस |
रतन तिरुवा भन्छन् : प्रचण्ड मेरो प्रिय नेता काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले प्रचण्ड आफ्नो प्रिय नेता भएको बताएका छन् ।
बुधबार अपरान्ह ५ सय धरौटीमा रिहा भए लगतै पत्रकार सम्मेलन गरेर उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् ।
उनले भने्, ‘म विद्यार्थी हुँ, कर्णालीबाट अध्ययनको लागि नै काठमाडौं आएको हुँ। एउटा विद्यार्थी हुनुको नाताले आफ्नो राज्यप्रति, भूमीप्रति, देशप्रति माया र प्रेम गर्न पाउनु अथावा गर्नु स्वभाविकै कुरा हो ।’
तिरुवाले आफू जनयुद्धको सहिद परिवारको सदस्य समेत रहेको स्पष्ट पारे । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने कुनै ईन्टेन्शन थिएन्, तिरुवाले भने, ‘हिजो जनयुद्धदेखिको अहिलेसम्मको बाटो हेर्दै गर्दा कतै कहीँ चुकेकोजस्तो, उहाँ चाहीँ आफ्नै लिडर भएको नाताले, केही कमिकमजोरीहरु देखिँदा युवाको नाताले आवेग, आक्रोश हुनु स्वभाविक होजस्तो मलाई लाग्छ ।’ |
अख्तियारद्वारा प्रशासकीय अधिकृत र टेक्निसियन विरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सुर्खेतको भेरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहदुर केसीविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
नगरपाकिालको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिने क्रममा प्रशासकीय अधिकृत पौडेलको आदेशमा टेक्निसियन केसीले सेवाग्राहीसँग दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ ।
यसैगरी आयोगले एसइई परीक्षाको प्रवेशपत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा धनुषाको नकटाजिझस्थित श्री जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई घुससहित नियन्त्रणमा लिएको छ ।
एक विद्यार्थीको अभिभावकसँग दुई हजार लिइएको अवस्थामा विद्यालय परिसरबाटै निजलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । |
मास्क र स्यनिटाइजर कालोबजारी गर्ने तीन जना पक्राउ कमठमाडाैं । नेपाल प्रहरीले मास्क र स्यानीटाइजर बढी मूल्यमा बिक्रीगर्ने तीन जनालाई पक्राउ गरेको छ ।
महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नु भनी विभिन्न संचार माध्ययमबाट नागरिकहरुलाई पटक–पटक आग्रह गरिरहेको छ । प्रहरिले काठमाण्डौ उपत्यकाभित्र नै यस्ता सामग्रीको अनुचित व्यापार गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
यस अघि सहज रुपम पाइने मास्क, सेनिटाईजर जस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिमअभाव गराइरहेका छन। मूल्यवृद्धी गराएर अनुचित नाफा लिई विक्रीवितरण गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले मंगलबार दिउँसो काठमाडाैंको विभिन्न स्थानहरुबाट पर्साका रुपेश रौनियार, नुवाकोटका पुरुषोत्तम अधिकारी र अर्घाखाँचीकी मिना घिमिरेलाई पक्राउ गरेको हो।
उनिहरुको साथबाट ११ हजार ४ यस ५५ थान मास्क, १५ सय ५ बोतलत सेनिटाईजरका साथै खरिद बिक्रीको बिलहरु सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजना बिरुद्ध कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसुरमा आवश्यक कारवाहीको लागि बुधवार महानगरीय प्रहरी परिसर काठमाडाैंमा पठाईएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.