content
stringlengths
31
27.4k
एनआरएन मलेसियाले आर्थिक समस्या रहेका श्रमिकलाई काठमाडौंबाट घरसम्म जान सहयोग गर्दै काठमाडौं । एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ । एनआरएन मलेसियाले यसअघि पनि अप्ठ्यारो परेका श्रमिकलाई सहयोग गर्दै आएको थिया्े । मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई नेपाल एम्बेसीसम्म पु¥याएर बिभिन्न परामर्श सहितको सहयोग साथै स्वास्थ्योउपचार नपाएर समस्यामा रहेकाहरुलाई स्वास्थ्यकेन्द्रसम्म पु¥याएर सहयोग गरिरहेको एनआरएन मलेसियाले आफ्नो सहयोगको दायरा बढाउदै काठमाडौंबाट घरसम्म जान आर्थिक समस्या रहेका श्रमिकहरुलाई पनि सहयोग गरेको हो । हालसम्म मलेसियामा रोजगार गुमाएका, शारीरिक रुपमा असक्त, आर्थिक अभाव रहेका हालसम्म ५३ जना नेपाली श्रमिकहरुलाई काठमाडौंबाट आ–आफ्नो घरसम्म पुग्नको लागि यातायातको व्यवस्था गराईदिएको एनआरएनए मलेसियाद्वारा सञ्चालित ‘राहत तथा घर फिर्ति सहयोग कार्यक्रम’ का संयोजक राजु शर्माले बताए । ‘यदि तपाई साच्चिकै समस्यामा हुनुहुन्छ र सहयोगको अपेक्षा गरिरहनु भएको छ भने हामिलाई सम्पर्क गर्नुहोला’ संयोजक शर्माले बताए । उनले एनआरएन मलेसियाले मलेसियाभरी ५ जना सहयोगीहरु खटाएको र केहि समस्या परेमा उनीहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरे । एनआरएन मलेसियाको सहयोग चाहानेहरुले गोविन्द केसी ०११–२६२५२६००, प्रकाश ०१२–४९९१७२७, बेदना ०१०–२३६५८८७, सुरेश ०१८–९४१३७५९, राजु ०१२–९४३०६९६ मा सम्पर्क गर्न सकिनेछ ।
देहरादून घटनाप्रति सरकार गम्भीर छः परराष्ट्र मन्त्रालय काठमाडौँ । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए। देहरादून घटनाबारे प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भने, “ उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।” नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहेकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उनले छलफल गरेको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताए । उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिए ।
हत्या अभियोगमा चार जना पक्राउ वालिङ । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही ठाउँका ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका प्रहरी प्रवक्ता अधिकारीले बताए। पक्राउ परेकाहरुलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको स्वीकृति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षण गरी आज नै परिवारको जिम्मा लगाइएको छ ।
फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ? बीबीसी । सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्। मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो। अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो। केरकार फेसबुकले ती आरोपहरू अस्वीकार गरेको छ र कुनै पार्टीको समर्थक नरहेको दाबी गरेको छ। तर यो विवादले सबैभन्दा ठूलो बजारमा उक्त सामाजिक सञ्जाललाई नाजुक अवस्थामा पुर्‍याइदियो। पछि भारतका लागि फेसबुकका व्यापार प्रमुख अजित मोहन त्यहाँको एउटा संसदीय समितिको केरकारमा परे। जनसेवामा आफ्नो रुचिलाई अगाडि बढाउन फेसबुकको जिम्मेवारीबाट अङ्खी दासले राजीनामा दिएको मङ्गलवार एउटा वक्तव्य जारी गर्दै मोहनले बताएका छन्। अङ्खी दास भारतमा फेसबुकका लागि काम गर्ने शुरूवाती चरणकी एक कर्मचारी भएको, कम्पनीको प्रगतिमा उनले सक्रिय भूमिका निर्वाह गरेको र ठूलो योगदान पुर्‍याएको मोहनले उल्लेख गरेका छन्। गत अगस्ट महिनामा भारतीय जनता पार्टीका एक सांसदले पोस्ट गरेका मुस्लिमविरोधी सामग्रीहरूबारे द वाल स्ट्रीट जर्नलले प्रश्न गरेपछि बल्ल फेसबुकले त्यसलाई हटाएको थियो। भूमिका त्यो प्रकरणलाई लिएर अङ्खी दास सञ्चारमाध्यममा चर्चामा आएकी थिइन्। उनी त्यो विवादको केन्द्रमा थिइन् किनकि मुस्लिमविरोधी ती सामग्री हटाउन अस्वीकार गरेको उनीमाथि आरोप लागेको थियो। द वाल स्ट्रीट जर्नलका अनुसार उनले कर्मचारीहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरूलाई नीति उल्लङ्घनका घटनामा दण्डित गर्दा त्यसले भारतमा फेसबुकको व्यापार परिदृश्यमा क्षति पुर्‍याउने बताएकी थिइन्। बीजेपीका कम्तीमा अरू तीनजना समर्थकले पनि सोही प्रकृतिका पोस्टहरू गरेको र त्यसबाट फेसबुकको नीति उल्लङ्घन भएको देखिँदा समेत त्यसलाई नहटाइएको सो पत्रिकाले जनाएको छ। त्यसपछि द वाल स्ट्रीट जर्नलले आफ्नो दोस्रो रिपोर्टमा पनि अङ्खी दासको भूमिकाबारे प्रश्न उठायो जसमा उनले बीजेपी र मोदीलाई समर्थन गरेको तथा आन्तरिक सन्देशमा विपक्षी दलहरूलाई तल देखाएको आरोप लगाइएको थियो। तीस करोडभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक भारतमा निकै लोकप्रिय छ। भारतमा फेसबुककै अर्को मञ्च ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन्।
पशुपतिका भण्डारी साइबर क्राइममा पक्राउ काठमाडौं। पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ। भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्राइमको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ। भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापालाई सामाजिक संजालमा गाली गलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएको उजुरीका कारण पक्राउ गरिएको हो। गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुले पनि, आएनन् पर्यटक कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन्। विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ। विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गलसफारीका लागि उल्लेखनीय रुपमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेको निकुञ्जले जनाएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर अवलोकन गर्न सकिन्छ । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिक स्थल पनि निकुञ्जभित्र अवलोकन गर्न सकिन्छ । फागुनदेखि जेठ मसान्तसम्म निकुञ्ज घुम्ने उपयुक्त समय भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत महिनादेखि लागू गरिएको लकडाउनले गर्दा निकुञ्ज सुनसान बन्नुका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । निकुञ्जले कात्तिक १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पु¥याएर जङ्गल सफारी गर्न सकिने भन्दै सूचना प्रकाशित गरेको थियो । सामाजिक दूरी कामय राख्दै मास्क र सेनिटाइजरको प्रयोग समेत गर्नुपर्ने निकुञ्जले जनाएको छ। जङ्गल सफारी र वाक सफारी खुला गरिएपनि हात्ती सफारी, फिसिङ, र्‍याप्टिङ र क्याम्पिङलगायत गतिविधिमा भने रोक लगाइएको छ । १७ वटा एकसिङ्गे गैँडा, १६ वटा पाटे बाघ, मुलुककै सबैभन्दा ठूलो घासे मैदान, जैविक विविधताले भरिपूर्ण दर्जनबढी तालतलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने शुक्लाफाँटामा पछिल्ला वर्षहरुमा पर्यटक आवमन बढिरहेको तथ्याङ्कले देखाएको छ। “बन्दाबन्दीपछि निकुञ्जमा सफारी खुला गर्दा पनि पर्यटकहरु त्यतिधेरै घुम्न आएको देखिएन्”, निकुञ्जका रेञ्जर दीपक चौधरीले भने, “निकुञ्ज खुला गरिएपनि आगन्तुकलाई स्वास्थ्य सुरक्षा मापदढड अपनाएर मात्र घुम्न भनेका छौं ।” उनले कात्तिक एक गतेदेखि मङ्गलबारसम्म निकुञ्जमा १०३ जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको जानकारी दिए। घरबास सञ्चालक चिन्तित त्यसैगरी शुक्लाफाँटा निकुञ्जसँगै जोडिएको मुलुकको एक मात्रै राना थारु सामुदायिक होमस्टे (घरबास) कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको छ । भीमदत्तनगरपालिका–१४ स्थित आठ वटा घरमा होमस्टे सञ्चालनमा छन् । गत चैत महिनायता हालसम्म एक जना पनि पाहुना होमस्टेमा नराखिएको सामुदायिक होमस्टेका सचिब चेतराम रानाले बताए। “कोरोनाका कारण होमस्टे सञ्चालनमा आउन नसक्दा हामी आर्थिक अभावमा पिरोलिएका छौं”, उनले भने, “यस्तै अवस्था रहे होमस्टे सञ्चालकहरु कुखुरा र बाख्रापालन गर्ने सोच बनाउँदैछन् ।” गत चैत अघि मासिक रु एक लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले लकडाउनका कारण व्यवसाय नै धरासायी भएको जानकारी दिए। मुलुकका विभिन्न क्षेत्रबाट पाहुनाहरु यहाँ आउने क्रम बढिरहेका बेला कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको लामो लकडाउनका कारण घरबास प्रभावित बन्न पुगेको रानाको भनाइ छ। त्यसैगरी विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा शुक्लाफाँटा नगरपालिका–३ स्थित खयरकन्द्रा होमस्टे पनि सुनसान भएको छ। विगतका वर्षका यस मौसममा दैनिक ठूलो सङ्ख्यामा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेको वडाध्यक्ष नरेन्द्रसिंह चौधरीले बताए। कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्रियाउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरबास सञ्चालक बढी मर्कामा पर्न थालेको उजको भनाइ छ। “यहाँ होमस्टे सञ्चालनमा आएको थोरै समय भएको थियो”, वडाध्यक्ष चौधरीले भने, “औपचारिक रुपले उद्घाटन नहुँदै कोरोना महामारीका बारण उद्घाटन समेत नभएर होमस्टे बन्द हुन पुगेको छ । ”रासस
बाँझो जग्गामा मिश्रित खेती, मनग्गे आम्दानी म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ। एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी) लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन्। बेनी नगरपालिका वडा नं २ बगरफाँटका दुर्गाबहादुर थापाले काठमाण्डौंबाट फर्केर गत चैतमा शुरु गरेको केरा खेतीसंगै डाले घाँस र कोदोखेती अहिले निकै राम्रो भएको छ। त्यसैगरी बेनी नगरपालिका २ खबराका कृषक चन्द्रबहादुर कार्कीले आफ्नो १८ रोपनी जग्गामा मिश्रित मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। कार्की जिल्लामा मिश्रित खेती प्रणालीका अगुवा कृषकसमेत हुन्। कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका हुन् । “मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ”, ५४ वर्षिय कार्कीले विगत कोट्याउँदै भने, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्ताव आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।” तीन दशक अघि १ हजार रुपैँया लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले निकै लाभ भएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर बनाइसकेका छन् । “माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ”, कार्कीले भने “यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो,” कार्कीको भनाइ छ । कार्कीकै देखेर पछिल्लो समय म्याग्दीमा मिश्रित खेती पद्धती अपनाउने कृषकहरुको संख्या बढेको छ । कार्कीले भने, “मिश्रित खेती गर्दा एकल खेती भन्दा तीनगुणा बढी आम्दानी लिन सकिन्छ ।” कृषि प्राविधिकहरुका अनुसार मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको हो । साधारणतया मिश्रित खेती गर्दा विभिन्न बालीहरू जस्तैः मकै, बोडी र फर्सी लगाउने गरिन्छ । एउटै बालीभित्र पनि विभिन्न जातहरू जस्तैः गहुँका जातहरू मिसाएर लगाउने परमपरागत चलन छ । मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ। खबराकै अर्का कृषक शोभित सापकोटाले पनि मिश्रित बालीबाट मनग्गे आम्दानी गरेका छन्। उनले एकै ठाउँमा केरा, साग, उखु र खुर्सानी खेती गरेर एकल बालीको तुलनामा तेब्बर आम्दानी हुने गरेको बताए। मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँ पछिल्लो समय म्याग्दीमा मिश्रित खेती प्रणाली मौलाउँदै गएको र यसबाट कृषकहरुले राम्रो आम्दानी गर्न सफल भएको बताउछन्। जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका दुई सयभन्दा बढि कृषकहरुले मिश्रित खेती गर्दै आएका स्थानीय तहका कृषि शाखाले जनाएका छन्।रासस
सनराइजर्स हैदराबाट र दिल्ली क्यापिटल्सबीचको रोमाञ्चक खेल हेर्नुस् तस्वीरमा दुबई। आईपीएलको १३ औं सीजनमा मंगलबार सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा फेल गरिदिएको छ। पहिला हैदराबादका कप्तान तथा बर्थडे ब्वाई डेविड वार्नर र उनका साथी खेलाडी ऋद्धिमान साहाले निकै राम्रो व्याटिङ गर्दै दिल्लाका बलरका तनावमा पारे। फेरि राशिद खानले ४ ओभवरमा १७ डट बल फ्याँके र मात्र ७ रन दिएर तीन विकेट आफ्नो नाममा गरे। हैदराबादले आफ्नो अलराउन्डर परफर्मेसले दिल्लीलाई ८८ रनले पराजित गर्यो।
तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बरमा बेइजिङ । तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। त्यसको लागि सञ्चारमाध्यम दर्ता सेवारत केन्द्र सेप्टेम्बर २४ देखि अक्टोबर २० तारिखसम्म खुला रहनेछ। महामारीको नियन्त्रणको कारणले तेस्रो आयात एक्स्पो मुख्यतया चिनियाँ पत्रकार तथा चीनको मुख्य भूमिमा रहेका विदेशी पत्रकारलाई निमन्त्रणा गरिएको छ। पत्रकारहरूले आधिकारिक वेभसाइट, एप्स तथा वीच्याट खातामा दर्ता गर्न पाउने जनाइएको छ ।
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नजिक ढाका(एजेन्सी) । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बङ्गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा सक्रीय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ भने तीन लाख १५ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड–१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो ।
जो जहाँ जहाँ छाैँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रधानमन्त्री ओली काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिए। चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताए। अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिए। ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउन उनले सबैमा आग्रह गरेका छन्। यसपालिको बडादशैंँ, हामी जो जहाँ जहाँ छाैँ, त्यहीँत्यहीँ रहेर मनाउन प्रधानमन्त्रीले सबैसँग विनम्र अनुरोध गरेका छन्। सङ्क्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिए।रासस
अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए काबुल । अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ । उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानीहरु रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा पनि कैयौँ व्यक्ति मारिएका छन् । कारबाहीका क्रममा अरु पनि कैयौँ व्यक्ति घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खालिजादले पनि सो जानकारी दिएका हुन् । तखार प्रान्तमा हिजो गत शुक्रबार कारबम हमला गरेर कैयौंँ निर्दोष गाउँलेको हत्या भएको थियो । उनीहरु त्यसपछि भागेका थिए । उनीहरुलाई कारबाहीका लागि खोज्ने क्रममा अफगानिस्तानको सरकारी सेनाले हवाई कारबाही गरेको थियो । त्यसै क्रममा बालबालिका मारिएका हुन् ।रासस÷एएनआई
महाराष्ट्रका पूर्व मुख्यमन्त्री फडणवीसलाई कोभिड–१९ सङ्क्रमण नयाँ दिल्ली (एजेन्सी) । भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन् । फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज छन्। बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ । अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ ।
क्रिसमस पहिले नै घरेलु सीमाना खोल्ने योजना रहेको अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा जानकारी क्यानबेरा । अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गर्दै पश्चिम अस्ट्रेलियाका पिमियर मार्क म्याकगोवानबाहेक स्थानीय नेताहरूले डिसेम्बर २५ अर्थात् क्रिसमससम्ममा घरेलु सीमा खोल्न सहमत भएका बताएका हुन् । मोरिसनले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा भने, “पश्चिमी अष्ट्रेलियाको अपवादबाहेक हामी सिद्धान्ततः फेरि सहमत बनेका छौँ ।” अर्थव्यवस्था, समुदाय र समाजमा विभिन्न गतिविधिहरू सुरु मात्र नभई योजनालाई अघि बढाउन सार्वजनिक स्वास्थ्य गतिविधिका आवश्यक कार्यहरू पनि समावेश गरिनेछ उनले कोभिड–१९ महामारी नियन्त्रणलाई जोड दिँदै भने । म्याकगोवानले नोभेम्बरमा होटल क्वारेन्टाइनमा हालसालै फर्केका यात्रुहरूको सङ्ख्या १४० रहेको भन्दै तत्काल धेरै लचकता अपनाउन नहुने धारणा राखेको बुझिएको छ । सिन्ह्वा
सुनसरीका एसपीविरुद्ध उजुरी, एसपीकै नेतृत्वमा छानवीन काठमाडौं । प्रदेश १ प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाविरुद्ध आर्थिक अनियमिता गरेको आरोपमा अर्का समकक्षी एसपीकै नेतृत्वमा छानवीन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश १ प्रहरीलाई छानबिन गर्न निर्दैशन दिएपछि एसपी मनोज यादवको संयोजकत्वमा छानवीन समिति बनाएर छानवीन शुरु गरेको हो । विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापाविरुद्ध अख्तियारमा उजुरी परेपछि प्रदेश १ प्रहरी कार्यालयलाई छानवीनका लागि पत्रचार गरेको थियो । ‘ अख्तियारमा उजुरी परेको रहेछ,हामीलाई छानवीन गरेर प्रारम्भिक प्रतिवेदन दिन निर्दैशन दिएको थियो त्यसकारण छानवीन शुरु गरिएको हो’, प्रदेश प्रहरी कार्यालय स्रोतले भन्यो । एसपी थापाविरुद्ध आगुऔषध तथा सुर्तीजन्य पदार्थमा कमिसन मागेको उजुरी परेको छ । प्रदेश नम्बर एक प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) ईश्वरबाबु कार्कीले एसपी थापामाथि अनुसन्धान गर्न एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको पुष्टि गरेका छन् । ‘केही कुरा बुझ्नु पर्ने भएकाले एसपी मनोज यादवलाई खटाइएको हो’, उनले भने । छानविन समितिका संयोजक एसपी यादवले थापाको बयान लिने काम सकेको छ । समितिले बयानको आधारमा प्रतिवेदन प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने बताइएको छ ।
राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेका छन । विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सैनिक मञ्चमा फूलपाती बढाइँ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएका छन। समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन । सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ ग¥यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत ग¥यो । कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो । यस पटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो । बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुगेका थिए । उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत अभिवादन गरेका थिए । बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो ।
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ ४ः२५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली टेलिभिजनमा प्रशारण हुने सम्बोधन प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न सकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सरकारले कोरोनाको परीक्षण र उपचार नगर्ने निर्णय गरेपछि आलोचित हुन थालेका प्रधानमन्त्री ओली रअ का प्रमुखसँगको भेटघाटले अझै धेरै आलोचित भइरहेका छन्। केही दिन अघिमात्र प्रधानमन्त्री ओलीले भारतीय खुपिया एजेन्सी रअका प्रमुख सामन्तकुरमा गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए। आज हुने सम्बोधनमा सरकारले गरेको स्वास्थ्य सम्बन्धि निर्णय र ओली आफैले रअका प्रमुखसँग गरेको भेटघाटका विषयमा पनि देशबासीलाई जानकारी दिनसक्ने अनुमान गरिएको छ।
शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशँैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ । फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन । रासस
श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन आग्रह काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी केही सञ्चार गृहले विगतमा उपलब्ध गराउँदै आएको दशैँ खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै तत्काल भुक्तानी गर्न माग गरेका हुन्। उनले तत्काल भुक्तानी उपलब्ध नगराए श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी समेत दिएका छन् । “महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चार गृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चार गृहहरु केन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले कोरोना भाइरस (कोभिड १९)महामारीको बहानामा निष्काशन गरिएकाको पुर्नस्थापना, गैरकानुनी सरुवा रद्द, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या समाधान गर्न पनि आग्रह गरेको छ । श्रमजीवी पत्रकार ऐन र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासिनताका कारण आम श्रमजीवी पत्रकारले कानून मै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि सरकार र सरोकारवाला पक्षसँग पनि उनले आग्रह गरे।
बाइडेनलाई भोट दिन ओबामाको आह्वान वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अव बिदा गर्नु पर्नेमा जोड दिए । पूर्व राष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउन समेत सवैलाई अपिल गरे । डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन् । बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, “उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सवैले उहाँहरुलाई जिताउनु पर्छ ।” उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबी समेत मतदाताहरु समक्ष गरे । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा छन् । मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तिव्र भएका छन् भने सभा तथा ¥यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन् । बुधबार आयोजित एक ¥यालीलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार बर्ष फेरी खेर फाल्न नहुने टिप्प्णी गरे । राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्युनिकरण गर्न धेरै काम गर्न सक्ने हुदाँ हुदै पनि नगरेको उनको भनाई थियो । अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासीला कुरा र व्यवहार मात्रै गरेको र जिम्मेबार हुन नसकेको पनि ओबामाले आरोप लगाए ।पिटिआई
महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गरेका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । गत मंसिरमा गृह जिल्ला बाग्लुङङ्गमा आयोजित बाग्लुङ महोत्सवमा ढकाललाई वरिष्ठ उपाध्यक्षमा स्थानीय उद्योग वाणिज्य महासंघले उम्मेदवार प्रस्ताव गरेको थियो । गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तै गत असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामुहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए । “देश महामारीको चपेटामा छ । व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं”, उनले भने । उनले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताए । त्यस्तै उनले राज्य र व्यवसायीबिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यवसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताए । वस्तुगत संघतर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघको नेतृत्वमा व्यावसायिक व्यक्ति तथा स्टेकहोल्डर आएमात्र त्यसले निजी क्षेत्रका व्यवसायीहरुको वास्तविक प्रतिनिधित्व हुने बताउँदै सरकार तथा अन्य सरोकारवाला निकायहरुमा व्यवसायीका समस्या समाधान हुने बताए । ्जिल्ला नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले साना तथा मझौला व्यवसाय नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै महासंघमा पनि साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिस्चित गर्नका लागि ढकालको समूहलाई व्यवसायीहरुले रोजेको उल्लेख गरे । एशोशियटतर्फका उम्मेदवार रामचन्द्र संघईले आफु निर्वाचित भएपछि निजी व्यवसायिक प्रतिष्ठानहरुले भोगेका समस्या समाधानमा विशेष ध्यान दिने बताए । उनले आफ्नो कार्यकालमा उत्पादनमूलक उद्योगलाई बढवा दिने, आन्तरिक रोजगारी सृजना गर्ने र, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा काम गर्ने बताए । ढकाल समूहबाट उपाध्यक्षका सबै उम्मेदवारहरुले आजै उम्मेदवारी दिएका छन्। जिल्ला नगरतर्फबाट उपाध्यक्षका उम्मेदवार तिवारीले भने भर्चुअल माध्यमबाट उम्मेदवारी दर्ता गरेका हुन ।
बालगृहबाट उद्धार गरिएका बालबालिकाको परिवार पुनर्मिलन काठमाडौँ । उज्ज्वल भविष्यको आशा गर्दै बालगृहमा अनावश्यक परिवार बिछोडको शिकार भएका हुम्ला जिल्लाका चार बालबालिकालाई मङ्गलबार परिवार पुनर्मिलन गराइएको छ । हुम्ला जिल्लाका प्रमुमख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाही र सिमीकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष नरबहादुर भण्डारीको रोहवरमा एक बालक र तीन बालिकालाई उनीहरुका सम्बन्धित अभिभावकसँग हिमाली नवीन समाज संस्थाले परिवार पुनर्मिलन गराएको हो । बूढानीलकण्ठ नगरपालिका वडा नं ४ मा आवासीय बालगृहहरुको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ विपरीत सञ्चालनमा रहेको सहारा अन्तरराष्ट्रिय बालगृहबाट गत असार ३ गते उद्धार गरिएका तीन बालकमध्ये हुम्लाका एक थिए । त्यसै गरी बूढानीलकण्ठ ११, आकाशेधारामा सञ्चालित केयर बालगृहबाट उद्धार गरिएका ११ बालिकामध्ये हुम्लाका तीन बालिका थिए । ती बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषद्का नेतृत्वमा बूढानीलकण्ठ नगरपालिका र बालबालिका खोजतलास तथा समन्वय केन्द्र१०४,भृकुटीमण्डपको पहलमा जोखिमपूर्ण अवस्थाबाट उद्धार गरी ती बालबालिकाको अल्पकालीन संरक्षण गरी सम्बन्धित अभिभावक खोजबिन, परिवार लेखाजोखा र परिवार पुनर्मिलन तथा पुनर्एकीकरणका लागि हिमाली नवीन समाज संस्थालाई जिम्मा दिइएको थियो । परिवार लेखाजोखाका क्रममा चारै बालबालिकाका दुवै अभिभावक जीवित रहेको पाइएको थियो । गाउँका एक आफन्तले कक्षा १२ सम्म काठमाडौंँमा लगी निःशुल्क पढाइदिने भनेकाले ३० हजार दिई छोरालाई एक वर्ष पहिले बालगृहमा भर्ना गरेको हुम्ला जिल्ला अदानचुलीगाउँपालिका ५ काकुल टमटाले बताए । “कमजोर आर्थिक अवस्थाका कारणले कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा आफन्तले काठमाडौंँमा निजी संस्थामा लगेर पढाइदिन्छु भनेकोले विश्वास लागेर पठाएको थिएँ तर आफू ठगिएको कुरा भर्खर थाहा पाएँ”, टमटाले दुखेसो पोखे । बाँकी सहारा अन्तरराष्ट्रिय बालगृहका दुई बालकको यही कात्तिक ३ गते बालबालिका खोजतलास तथा समन्वय केन्द्र, भृकुटीमण्डप, काठमाडौंँको रोहवरमा परिवारका सदस्यसँग पुनर्मिलन गराइएको र केयर बालगृहका आठ बालिका परिवार पुनर्मिलन प्रक्रियामा रहेको बताइएको छ । गुणस्तरीय शिक्षाको बहानामा हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सम्पूर्ण सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले ध्यान दिनुपर्ने प्रजिअ गिरीले बताए । बालबालिकासम्बन्धी ऐन २०७५ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि अन्तिम विकल्पका रुपमा बालगृहलाई लिन सकिने प्रावधान भए पनि सही सूचनाका अभावमा बालगृहलाई नै पहिलो बाल स्याहारसम्बन्धी विकल्पका रुपमा लिइएको पाइन्छ । बुवा वा आमा वा अभिभावक नभएका र भए पनि उनीहरुले आफ्ना बालबालिकाको स्याहारसम्भार, लालनपालन र शिक्षादीक्षा प्रदान गर्न नसक्ने अवस्था र अन्य वैकल्पिक स्याहारमा राख्न नमिल्ने अवस्थामा मात्र अन्तिम विकल्पका रुपमा बालगृहमा स्थानीय बालअधिकार समितिको सिफारिसमा मात्र स्थानान्तरण गर्न सकिने प्रावधान रहेको जनाइएको छ । वर्तमान परिप्रेक्ष्यमा अभिभावक भएका बालबालिकालाई गरीबी, शिक्षा, उज्ज्वल भविष्य र राम्रो रोजगारीको बहानामा नक्कली कागजात तयार गरी अनाथ बनाएर शहरमा सञ्चालित बालगृहमा भर्ना गर्ने परिपाटी एक फेशनका रुपमा चल्दै आएकाले यसलाई रोकथाम गर्नुपर्ने आवश्यकता भएको हिमाली नवीन समाजका प्रतिनिधिले परिवार पुनर्मिलनका क्रममा ध्यानाकर्षण गराए । पारिवारिक बिछोड र संस्थागत स्याहारका नकारात्मक असरले गर्दा बालबालिकाको शारिरीक, मानसिक र संवेगात्मक विकासमा गिरावट आउने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरेको छ । यसबाट दीर्घकालीन रुपमा उनीहरुले आफ्नो जीवनमा सही निर्णय गर्न सक्ने क्षमताको अभाव सिर्जना हुने हिमाली नवीन समाज संस्थाले जनाएको छ। रासस
रासायनिक मल आउने क्रम जारी वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार हजार मेट्रिक टन पोटास आउने सो कार्यालयका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए । तेस्रो मुलुक बेलारुसबाट भारतको वैशाखापटनम बन्दरगाह हँुदै रेलमार्गद्वारा वीरगञ्जस्थित सुक्खाबन्दरगाहमा आएको सो पोटास वीरगञ्जको मुर्लीचोकस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा आएको छ । पर्सामा सो कार्यालयले आफ्ना ९५ वटा डिलरमार्फत अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा रु ६७ लाख दुई हजार २०० मूल्य बराबरको २१६।२ मेट्रिक टन पोटास बिक्री गरेको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल दशैँपछि आइपुग्ने प्रादेशिक प्रबन्धक केसीले बताए। आयातकर्ताले ठेक्का पाइसकेकाले तोकिएकै अवधिमा सो मल नेपाल आउने बताइएको छ । बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरियामध्ये पर्साका लागि २५ हजार मेट्रिक टन युरिया मल हुने भएकाले लामो समयदेखि युरिया मलको देखिएको अभाव समाप्त हुने उनले बताए ।रासस
राष्ट्रिय पुस्तकालयको नयाँ भवन निर्माणको निर्णयबाट पछि नहट्न आग्रह काठमाडौं। नागरिक क्षेत्रका अगुवा तथा बुद्धिजीवीले नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा निर्माणको निर्णयबाट पछि नहट्न नेपाल सरकारलाई आग्रह गरेका छन् । ती अगुवाले आज संयुक्त हस्ताक्षर गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानकर्षणपत्र पठाएर गौरवमय इतिहासको गाथाको संरक्षण र सम्वद्र्धन गर्ने पुस्तकालयलाई उपेक्षा नगर्न आग्रह गरेका हुन्। उक्त ध्यानाकर्षणपत्र प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पनि बोधार्थ दिइएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट हरिहर भवनस्थित उक्त राष्ट्रिय पुस्तकालयको भवन क्षतिग्रस्त भएपछि नेपाल सरकारले २०७५ असोज २८ को मन्त्रिपरिषद्को बैठकबाट जमलस्थित ९विगतमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रण, कार्यालय रहेको स्थानमा० आठ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय स्वागतयोग्य भए पनि गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकबाट अघिल्लो निर्णय हाल कार्यान्वयन नगर्ने निर्णय हुनु दुःखद् भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । सो स्थानमा पुस्तकालय भवन बनाउन पुराना संरचना हटाएर नक्सा डिजाइन, विस्तृत परियाजना प्रतिवेदन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन र नक्सा पास भइसकेको थियो । ध्यानाकर्षणपत्र संस्कृतिविद् सत्यमोहन जोशी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्राध्यापक डा अर्जुन कार्की, डा अरुण उप्रेती, डा जयराज आचार्य, प्राडा चूडामणि बन्धू, डा तुल्सी भट्टराई, डा चैतन्य मिश्र, प्रा कृष्ण खनाल, साहित्यकार निनु चापगाईँ, डा विमलप्रसाद कोइराला, दिनेश अधिकारी, डा विष्णुविभू घिमिरे, स्नेह सायमी, शान्तालक्ष्मी श्रेष्ठ, हरिराम जोशी, मातृका पोखरेल, डा मथुराप्रसाद श्रेष्ठ, प्राडा धु्रव घिमिरे, प्राडा युवराज सङ्ग्रौला, डा द्ववारिकानाथ ढुङ्गेल, मनिष झा, डा पीताम्बर शर्मा, प्राडा शरदराज वन्त, हरि रोका, हरिगोविन्द लुईँटललगायतले बुझाएका हुन्। उनीहरुका तर्फबाट भोलानाथ शर्मा लम्सालले विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्। सरकारले तत्कालीन राजगुरु हेमराज पाण्डेका निजी पुस्तक खरीद गरी विसं २०१३ मा स्थापित सो पुस्तकालयमा ३४,४९२ पुस्तक तथा पत्र पत्रिका सङ्कलनमा छन् । शुरुमा यो सिंहदरबारभित्रको सिक्री ढोका भन्ने भवनमा रहेकामा विसं २०१७ मा हरिहर भवन, पुल्चोकमा सारिएको थियो ।
संकटकाल र कर्फ्यू लाग्ने सूचना गलत : गृह मन्त्रालय काठमाडौं। सरकारले संकटकाल र कर्फ्यू नलगाइने बताएको छ। गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै संकटकाल र कर्फ्यू लाग्ने भनी फैलिएको सूचना गलत, भ्रामक, तथ्यहीन र आधारहीन भएको बताएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण सूचना फैलिएको विषयमा अनुसन्धानसमेत भइरहेको जनाएका छन्।
‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार कोरोना परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई अत्यन्तै गैह्र जिम्मेवार ब्यवहार भएको जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन् । कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा भनिएको छ । सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको भन्दै कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन का‌ंग्रेसले सरकारसँग आग्रह पनि गरेको छ ।
हाँस्यकलाकार शिवहरि पौड्याललाई मातृशोक काठमाडौं । चर्चित हास्यकलाकार शिवहरि पौड्याललाई मातृशोक परेको छ । पौड्यालकी आमाको हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । आमाको निधन भएको कलाकार पौड्यालले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् – ‘दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।’
कालो बादलभित्र चाँदीको घेरा कसरी संक्रमित हुन पुगियो थाहा छैन। ज्वरो आएपछि चेकअप गर्न जाँदा पोजेटिभ देखायो। यही मेरालागि पोजेटिभ देखाएको प्रमाण हो। सरकारसँग पनि पोजेटिभ भएको प्रमाण छ। नेगेटिभ भएको प्रमाण छैन। मैले झण्डै २० दिनको होम आइसोलेसनपछि यो अनुभव लेखिरहँदा सम्ममा मलाइ नेपाल सरकारको तर्फबाट टेलिफोन आएको छैन। सरकारले फरार संक्रमितको सूचीमा राखेको पनि हुनसक्छ। अफिसबाट घर पुगेपछि आराम गर्न भनेर सुते। राति खाना खान उठदा ज्वरो थियो। मैले ज्वरोलाई ख्याल नगरी खाना खान बसे। खाना अरुची भयो। अलिकति खाना खाएँ र पुनः सुतेँ। सदा झै विहान उठेर अफिस जान तयार हुन खोज्दा शरीरले साथ दिएन। तै पनि मदन कोइराला सरसँग सधैं जाने भएकाले र त्यो दिन खबर नगरेकाले म बाध्य भएर घरबाट हिँडे। मदन सरको घरमा पुगेपछि ज्वरो आएको सुनाएँ। चिया पिएको गिलास पनि अलगै राख्न अनुरोध गरेँ। अफिस पुग्यौं। थोरै काम गरेँ। शरीरले आफैलाई धान्न सकेन। कुनै ठूलै पहाड शरीरमाथि आएर थुपारिएको अनुभूति भयो। मैले साथीहरुसँग सल्लाह गरेँ र घर फिर्ता भएँ। २ दिनसम्म २÷४ गिलास तातो पानीमा ज्यान जोगाएँ। ज्वरोले उठ्नै दिएन। शरीर दुखेर सुत्न पनि दिएन। ३ दिनपछि अफिसबाट थापा सर (खेमराज थापा) र मदन सर (मदन कोइराला)ले फोन गर्नुभयो। चेकअप गाराउन जाउँ। थापासरलाई ज्वरो म भन्दा पनि पहिलाबाट थियो। मदनसर र म सँगै हुथ्यौं। ३ जना नै वीर अस्पतालमा पुग्यौं र स्वाब दियौं। ३ दिनपछि रिपोर्ट आउँदा २ जनाको नेगेटिभ थियो। मेरो पोजेटिभ। म्यासेज हेर्दा नेगेटिभ हो झैं लाग्यो खुसी भएँ। श्रीमतीलाई देखाएँ। उनले पो पोजेटिभ छ भनिन्। कोरोना संक्रमण मुक्त भएकाहरुको अनुभव लेख्दा लेख्दै आफैलाई कोरोना पोजेटिभ भयो। म दंग परेँ। ज्वरो आएको दिनबाट नै होम आइसोलेसनमा थिएँ। एटेज ट्वाइलेट भएका कारण ढोका बन्द गरेर बसेको ६ दिन भइसकेको थियो। ६ दिनमा कोरोना पोजेटिभ आएपछि झनै खोल्ने कुरै भएन। नेपालमा छाउपडी प्रथाको खुवै विरोध भयो। गोठहरु पनि भत्काइए। मनहरु भत्काउन सकिएको छैन भन्ने आरोप अझैलाग्दै आएको छ। ५/७ दिनमात्र महिलाहरु छाउपडी गोठमा बस्ने गरेको देखेका यी आखाँले त्यही अनुभव गरे तर २० दिन। यी आखाँहरुले देखेजस्तै गरी अलगै थालमा खाना दिइन्थ्यो। अलगै गिलासमा पानी। मैले खाएको भाडाँकुडा अरु कसैले छुन्थेनन्। लुगा फाटो कसैले धुन्थेनन्। सबैकाम आफैले गर्नु पर्ने। अनि अलगै बस्नु पर्ने। सहनै नसकिने गरी भएको पीडा, पीडासँगै आफ्नो जीवनमा मडारिएको कालो बादल, म कहिलेकाहीँ अर्कै दुनियामा हुन्थे। यस्तो लाग्थ्यो सायद अब यो दुनियाबाट फर्केर म मेरो सरल जीवन शैलीमा जाँदैन होला। बोलाउँदा कसैले नसुन्ने, एकोहोरो कालो बादल भित्र–भित्र, अँध्यारो अँध्यारो ठाउँमा, कुनै गुफा हो सायद, होइन म त आकास तिर पो उडेको हुँ। म साह्रै अत्तालिएँ। ढोका लगाएर बस्दा छोराहरुले दैनिक ढोकामा हान्थे। भन्थे ‘जोर लगाओ हैंसे’। हरेक दिन विहान उठेपछि नसुत्दासम्म कम्तिमा पनि १०/१२ पटक ढोकामा जोर लगाओ हैसेको आवाज आउँथ्यो। कलिला लात्ति र हातहरु ढोकामा बजारिन्थे। अनि बाहिरैबाट बिन्ती गर्थे ‘बाबा ढोका खोल्नुन पिलिज, हजुरको खुट्टा ढोग्छौं के।’ कतिपय प्रश्नहरु आफ्नो आमासँग तेस्र्याउँथे। सोध्थे, ‘ममी बाबालाई ढोका खोल्न अनुरोध गरिदिनुस्न, कति ढोका लगाएर बस्न सक्नु भएको होला। किन हामीलाई माया मार्नु भएको होला। यो बाबा कस्तो हुनुहुन्छ है। आफ्नै छोराहरुलाई पनि कोठामा छिर्न दिनुहुन्न।’ उनले सान्त पार्दै भन्थिन्, ‘अहिले बाबा सुत्नु भएको छ। म बाबा उठ्नु भएपछि खोल्न भन्छु है।’ खाना र पानीको लागि ढोका खोल्दा श्रीमती र बहिनीसँग खिस्स हाँसेर ठीकै छु भन्नुको विकल्प हुन्थेन। ता कि उनीहरु पनि हतोत्साहित नहुन। शरीर दुखेर धेरै दिन सुत्न मिलेन घोप्टो परेर बसियो। अनि महाभारतमा कृष्णले भनेको शब्दको याद आउथ्यो। ‘जीवन न भविश्य हो न भूत हो, जीवन यही क्षणको नाम हो।’ अर्थात यस क्षणको अनुभव नै जीवन हो। हरेक पल अहिलेको क्षणलाई कसरी बिताउने भन्ने मात्र चिन्ताले सताउँथ्यो। धेरै कोरोना संक्रमितको अनुभव लेख्दा त्यस्तो लागेको थिएन जुन मैले भोगेँ। धेरैले कोरोना केही हैन झैं गरी आफ्नो अनुभव सुनाउनु हुथ्यो। धेरैले हौसला र आत्मबल नै कोरोनाको अचुक उपाए हो भन्नु हुथ्यो। तर, अरविन्द साहको अनुभव लेख्दा कोरोना वास्तवमै केही हो झैं लागेको थियो। अनुभव पनि गरियो वास्तवमा कोरोना केही हो। डा. भगवना कोइरालाले एकपटकको कुराकानीमा भन्नु भएको थियो– ‘कोरोना आफै मृत्युको कारण होइन, सहायक हो। हाम्रो शरीरमा भएका अन्य रोगहरुलाई बलियो बनाउन हौसला प्रदान कोरोनाले गर्दछ। साथै अलि दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुका लागि मृत्युको सहायक कारक पनि कोरोना हुन्छ।’ म पनि मृगौला रोगी १ वर्ष पहिले मात्र मृगौलामा भएको पथ्थरीको अप्रेसन गरेको मान्छे। सायद बाहिरी घाउ निको भए पनि भित्रि घाउ अझै निको भएको छैन होला। त्यसैले पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम होला। अनि कोरोना संक्रमण भयो होला। अब त्यो कोरोनाले मिर्गौलामा भएको पथ्थरीलाई सहयोग गर्छ। पथ्थरी बलियो हुन्छ र मलाइ कमजोर गराउँछ यस्तै अनुभूति भइरयो। अमेरिकाबाट सिएम सर, उमेश सर नेपालबाट दिपा म्याम, यशोदा म्याम, मदन सर, थापा दाइ सबैले सम्झाउनु हुथ्यो। आत्मबल खस्किन दिनु हुँदैन। हामी छौं। उहाँहरुले सम्झाउँदासम्म फुर्तिलो अनुभूति हुथ्यो, उठथेँ। पानी पिउँथे। केही छ भने खाम भन्थेँ। समय बित्दै गएपछि पुनः कोरोनाले भित्रैदेखि महाभारतको सुकुनी झैं हास्दैँ भन्थ्यो, ‘मेरो बच्चे म तिम्रो भित्र छु। संसारमा कतिलाई मैले खाइसके देखेको छौ। लेखेको छौ।’ मैले भन्थेँ, ‘तिमीलाई कतिले जितेका छन त्थो पनि लेखेको छु, देखेको छु।’ लडाई चलिरहथ्यो। सहनै नसकिने गरी भएको पीडा, पीडासँगै आफ्नो जीवनमा मडारिएको कालो बादल, म कहिलेकाहीँ अर्कै दुनियामा हुन्थे। यस्तो लाग्थ्यो सायद अब यो दुनियाबाट फर्केर म मेरो सरल जीवन शैलीमा जाँदैन होला। बोलाउँदा कसैले नसुन्ने, एकोहोरो कालो बादल भित्र–भित्र, अँध्यारो अँध्यारो ठाउँमा, कुनै गुफा हो सायद, होइन म त आकास तिर पो उडेको हुँ। म साह्रै अत्तालिएँ। सायद छटपटाएँ पनि। एकै छिनपछि मलाइ कसैले एउटा घरभित्र राखेर ढोका लगायो। कोही राजा आए। किन ल्याएको भनी प्रश्न गर्दै थिएँ। कसैले त्यही घरको ढोकामा हिर्काउन थाले। ढोकामा हानेको आवाजले राजाले मलाइ लैजानेसँग गरेका कुरामा बाधा उत्पन्न भयो। राजाले ढोकामा हान्नेहरुसँग रिसाउँदै मलाइ छातिमा लात्तिले हाने। म लढे जस्तै भए। ढोकामा हानेको आवाज कान मै थियो। पारि क्षितिजमा कालो बादल भित्र उज्यालो चाँदीको झैं घेरा आँखामा पर्यो। राजाले छातीमा लात्तिले बजारेपछि मुटु ढुकढुक हुन थाल्यो। अनि मैले ढोका हानेको आवाजलाई सुने, मेरो कोठाको ढोका बाहिरबाट आवाज आएको थियो, ‘जोर लगाओ हैँसे’। छोराहरुले नै ढोका हानेका रहेछन्। पहिलेको सबै परिस्थिति विचार गरेँ। सानोमा पनि एक पटक म त्यस्तै ठाउँमा पुगेको थिएँ। मलाइ त्यतिबेला पनि त्यस्तै राजाले लात्ति हानेर आकासबाट खसालेका थिए। म ब्युझिँदा धामस् झाँक्रीको साथमा थिएँ। पछि पो अरुले सुनाउदै थिए– तिमी त मर्यौ भनेर बाँस काटेका थिए रे। मैले सोही कुरा सम्झेँ। हजुरआमाले तँ मरेको हैनस्, खाटी परेको हो भन्नु भएको थियो। खाटी पर्ने भनेको मृत्यु पूर्वको क्षण हो रे। कोही फर्केर आउँछन्, कोही उतै बस्छन रे। सानोमा छदाँ सुनेका कुरा सम्झिँए। मैले त्यो दिन ढोका खोले। ठूलो बाबुलाई सम्झाएँ। म बिमारी छु। कोठा भित्र प्रवेश नगर, भाइलाई सम्झाउ। ढोकैबाट हेर। त्यो दिनदेखि कहिलै ढोका बन्द गरिन। ठूलोले कुरा बुझ्थयो। तर, साने कहिलेकाहीँ दौडेर भित्र प्रवेश गरेपछि सम्झेर बाहिर जान्थ्यो। त्यसपछि विस्तारै कम हुँदै गयो। अफिसको काम गर्न जोस आउँथ्यो। बसेर काम गर्न थाल्यो भने शरीरले धान्थेन। एकै छिनमा ठिक भएजस्तो हुने, एकै छिनमा बेठिक हुने। सायद मलाइ देख्ने जतिले नाटक गरेको छ भने होलान्। अझै पनि त्यो नाटक जारी नै छ। नाटक सकिएको दिन त्यो नाटक र छुटेका अरु अनुभव सुनाउँला…
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको थियो । यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । “बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौँ ”, उनले भनिन्। कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ । कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । मूल्य निर्धारण भने गरिएको छैन । सबै खसीबोका ल्याएपछि मूल्य निर्धारण गरिनेछ । गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढ्ने कम्पनीले जनाएको छ । रासस
‘पैसा नहुनेहरूले काेराेनाका कारण ज्यान गुमाउनुकाे विकल्प छैन’ आफूले अपनाउनु पर्ने सम्पूर्ण सावधानीहरु अपनाएकै थिएँ। सबै भन्दा पहिला मेरो गाडी चलाउने मित्रमा आयो। उहाँबाट म मा स-यो। र मबाट पुरै परिवारमा स-यो। आफूले मात्र सजगता अपनाएर नहुने रहे छ। राज्यव्यवस्था नै उदासिन भयो भने जनताले दुःख पाउँछन्। यो रोग हो। रोग नलाग्न दिन हामीले सचेत हुनु आवश्यक हुन्छ। रोग लागिसकेपछि त्योसँग लड्नु पर्छ र लड्नका लागि आत्मबलको आवश्यकता पर्छ। मेरो अनुभवले त यो रोगको बारेमा फिजाएका भ्रमहरु सबै मिथ्या हुन झै लाग्यो। रोग हो अस्वीकार गर्न मिल्दैन। तर, जति यसका बारेमा फैलाइएको छ त्यो अलि बढि हो कि झैं लाग्यो। केही कुराहरु त अलि बढी नै हुँदो रहे छ । शरीरको दुःख पीडा भन्नुहुन्छ भने उपल्लो हद मै हुने रहेछ। जिउको मसल दुख्ने, छाती दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने यी र यस्ता कुराहरु बजारमा आएको जस्तै सोचेको भन्दा बढी नै दुख्दो रहेछ। मैले गरेको अनुभवमा सरकारले कोरोनाका संक्रमितहरुसँग कोडिनेसन राम्रोसँग नगरेको पाएँ। मैले चेकजाँच गराएर पोजेटिभ आएपछि कसैले पनि त्यति राम्रो रेस्पोन्स गरेनन्। ४ दिनपछि वडाले तपाईँलाई पोजेटिभ भएको थाहा भएन पछि हामी सिफारिस दिँदैनौ भनेर फोन गर्छ। म आफै विमारी मान्छे कसरी वडामा सिफारिस लिन जानु? मलाइ लाग्छ सरकारको तथ्यांक पनि गलत छ। मैले उदाहरण दिन्छु सरकारले २ लाखलाई जाँच्यो भन्ने भयो। मैले त्यो बेलासम्ममा ४ पटक चेक गराइसकेको छु भने मेरो ४ पनि त्यसैमा काउण्ट भयो। २ लाख जाँच त गर्यो तर, २ लाख मान्छेलाई जाँच गरेन। राज्यको उपस्थिति कहीँ पनि भएको पाइएन। सामान्यतः स्थानीय सरकारले एउटा किट बनाएर दिनु पर्ने। जसमा के कति पटक खाने, कसरी खाने भन्ने लेखेर कोरोना संक्रमितलाई पनि दिनु पर्ने हुन्छ नि। तर त्यस्तो केही पनि छैन। सरकारलाई त कोरोनाका विमारीहरु कति छन् भन्ने कुरा थाहै छैन भन्छु। मैले मेरो मात्र कुरा गरेको होइन। अर्कोकुरा सरकारले बताएको मृतकको संख्या र नेपाली सेनाले दाहसंस्कार गरेको मृतकको संख्यामा पनि फरक पाइयो। त्यसबाट पनि कोरोनाको तथ्यांक सरकारले गलत दिएको छ भन्ने कुरा थाहा हुन्छ। पोजेटिभ र नेगेटिभको कुरा गर्नु भयो भने पनि मैले ४ पटक चेकअप गरेँ। ३ पटकसम्म पोजेटिभ आयो र १ पटक नेगेटिभ आयो भने म मान्छे १ तर मेरो पोजेटिभ कन्ट्रिव्यूसन ३ भयो। तर, नेगेटिभ कन्ट्रिव्यूसन १ भयो। अब भन्नुहोस २ वटा अरु पोजेटिभ कहिले नेगेटिभ हुने त? सरकारका यी र यस्ता तथ्यांकहरु गलत छन् भन्ने कुरा पनि सहजै भन्न सकिन्छ। राज्यको उपस्थिति कहीँ पनि भएको पाइएन। सामान्यतः स्थानीय सरकारले एउटा किट बनाएर दिनु पर्ने। जसमा के कति पटक खाने, कसरी खाने भन्ने लेखेर कोरोना संक्रमितलाई पनि दिनु पर्ने हुन्छ नि। तर त्यस्तो केही पनि छैन। सरकारलाई त कोरोनाका विमारीहरु कति छन् भन्ने कुरा थाहै छैन भन्छु। मैले मेरो मात्र कुरा गरेको होइन। सरकारलाई कर राम्रै तिर्ने मान्छे हुँ। मलाइ पनि वडाले के कस्तो छ? केही समस्या छ कि छैन कि भनेर सोधेन। अब मैले कसरी कल्पना गरौं कि जो सामान्य अवस्थामा छन् उनीहरुलाई स्थानीय सरकारले कोरोना संक्रमण मुक्त हुन सहयोग गर्छ। कोरोनाको विषयमा राज्य उदासिन भयो। राज्य उदासिन भयो भने जनताले जतिसुकै प्रयास गरे पनि नियन्त्रणमा राज्यलाई सहयोग भएको देखिँदैन। मैले यहाँ अर्को महत्वपूर्ण कुरा के भन्छु भने सरकारले रिजेक्ट गरेको मेसिन र किट राखेर कुनै एउटा ल्याबले कोरोनाको परीक्षण गरिरहेको छ। नाम त लिन चाहन्न तर सरकारले रिजेक्ट गरेको किट र मेसिन लिएर २ हजारमा चेकजाँच गर्छ भन्दै धेरै ठूलो अर्गनाइजेसनका र धेरै मान्छेहरुले सोही ल्याबबाट चेकजाँच गरिरहेका छन्। अब तपाईँ आफै भन्नुहोस त्यो किटबाट आएको रिजल्टलाई कसरी स्वीकार गर्ने। तर सरकारले गरेकै छ। कोरोना किटको मूल्य जेनेटिक परीक्षण गरिए अनुसार ५ सयदेखि ३ हजारसम्म हुने रहेछ। ५ सयको किट र ३ हजारको किटले दिने रेसपोन्स त एउटै हुँदैन। पैसा तिरेपछि आफूले रोजेको किटबाट चेकजाँच गर्न पाउने व्यवस्था पनि सरकारले गर्न सकेको छैन। यहाँ त कस्तो भयो भने स्वास्थ्य मन्त्रालयको प्रवक्ताले उपचार गर्न सक्दैनौं आफै गर्नुहोस भन्ने। पर्यटन मन्त्रीले दिन सक्नेले पैसा दिएरै चेकजाँच गराउनु पर्छ भन्ने। उहाँले चेक जाँचको विल देखाउन सक्नु हुन्छ? उहाँहरुले राज्यको सम्पत्तीमा बर्मलुट गर्न पाउने। जो सामान्य अवस्थाका जनता छन् उनीहरु उपचार नपाएरै मर्नु पर्ने । यो सरकारको उदासिनताको पराकाष्टा भएन त? आर्थिक रुपमा सम्पन्नले मात्र कोरोना जित्छन्। राज्यको उपस्थिति शून्य भएपछि पैसा नभएकाहरुले कोरोनाका कारण ज्यान गुमाउनुको विकल्प छैन। सरकारले रिजेक्ट गरेको मेसिन र किट राखेर कुनै एउटा ल्याबले कोरोनाको परीक्षण गरिरहेको छ। नाम त लिन चाहन्न तर सरकारले रिजेक्ट गरेको किट र मेसिन लिएर २ हजारमा चेकजाँच गर्छ भन्दै धेरै ठूलो अर्गनाइजेसनका र धेरै मान्छेहरुले सोही ल्याबबाट चेकजाँच गरिरहेका छन्। कोरोना सबैलाई सर्छ भन्ने कुरा पनि मैले विश्वास गरिन। मेरो घरमा भएका ७ जनामा ५ जनालाई कोरोना पोजेटिभ हुँदा २ जनालाई संक्रमण भएन। उनीहरुले नै हामीलाई कोरोनाको अवधिभर खाना खुवाए। पटक पटक हामीले चेकजाँच गर्यौं पोजेटिभ आएन। यो बेलामा कोरोना संक्रमित भएका व्यक्तिहरुलाई गरिने सहयोग भनेको उनीहरुलाई के चाहिन्छ, आर्थिक अवस्था कस्तो छ? किनमेलको अवस्था कस्तो छ जस्ता विषयहरुमा ख्याल गर्नुपर्छ। कोरोना संक्रमित भएको घरबाट किनमेल गर्न गएपनि समाजले गर्ने व्यवहार फरक छ। त्यसैले त्यो परिवार भन्दा पनि साथीहरुले नै सहयोग गर्नुपर्छ। तर व्यवहारमा त्यस्तो पाइएन। म आफू कानुन व्यवसायी भएका नाताले मैले न्यायालयमा वहस र पैरवी गर्दै आएको छु। म संक्रमित भएको बेला मेरो मैले वहश गर्ने दिन आयो। संक्रमित भएपछि मैले सामाजिक संजाल फेसबुकमार्फत मैले वहश गर्न नआउने जानकारी गराएँ। म वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधीवक्ता भएको व्यक्तिलाई न्यायपालिकासँग जोडिएका व्यक्ति सकैले पनि फोन वा समाजिक संजालमार्फत सोधीखोजी गरेनन्। हाम्रा बुद्धिजीबी कस्ता भने ब्रम्हानाल नजिक पुग्दा पनि जागिरको लागि निवेदन हाल्छन्। यिनले गर्ने केही होइनन्। जीवनको उत्तरार्धमा परिवारको व्यवस्था सुधार्ने मात्र हो। सर्पको मुखको भ्यागुतोले फट्यांग्रा खान मुख बाए जस्तो। यिनले लामो जीवनमा न्याय प्रशासनमा के दिए? पूरा न्यायपालिका यस्तो हुँदापनि राजनीतिज्ञहरु आफ्नो मान्छे भर्ना गर्न आतुर छन्।उता न्यायपालिका सुधार भनेर हल्ला गर्ने हल्ला गर्दैछन्।
बैंकिङ कसुर मुद्दामा फरार पक्राउ काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको जानकारी दिए । उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ
सडेको अवस्थामा मृत गैँडा भेटियो, चालु आर्थिक वर्षमा मात्र ९ वटा गैँडा मरे नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए। सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैँडा मृत भेटिएका छन् । गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए। रासस
नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु नेपालगञ्ज। कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ। हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ। यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाइएकोे नागरिक उड्डयन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड–१९ का कारण छ महिनादेखि विस्तारको काम रोकिएको थियो। उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही बमोजिम चार चरणमा काम भइरहेको छ। विमानस्थल विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरी रु तीन अर्ब ५० करोड बढी बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख ठाकुरले बताए। यसअघि नै नेपालगञ्ज विमानस्थलबाट दिल्ली उडानको प्रस्ताव गरिएको छ। सोही प्रस्तावबमोजिम विमानस्थलमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी गुरुयोजनामा नक्शाङ्कन र डिजाइन गरिएको छ। शुरुवाती चरणमा एटिआर विमान उडान गर्न मिल्ने गरी नेपालगञ्ज विमानस्थल विस्तार गरिने छ भने दुई दशकभित्र एअर बस जस्ता ठूला विमान उडान भर्न मिल्ने गरी गुरुयोजनामा डिजाइन गरिएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थल विस्तार गुरुयोजनामा निर्माणको अनुमानित लागत रु १२ अर्बभन्दा बढी रहेको छ। योजनानुसार विमानस्थलको रनवे थ्री–सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर–सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ। त्यसो गर्दा एयर बस ३२० एनइओ मोडेलका ठूलो जेट विमान सहजै उडान गर्न सक्नेछन्। सामान्यतयाः दैनिक सरदर ४० उडान भर्दै आएको नेपालगञ्ज विमानस्थलबाट झण्डै एक हजार १०० यात्रु आउजाउ गर्दछन्। राजधानी काठमाडौँंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त उक्त विमानस्थलका लागि नयाँ गुरुयोजनानुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्नेछ। हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने जनाइएको छ । खजुरा ग्रीन सिटीको गुरुयोजना पर धकेलियो कोभिड–१९ विश्वव्यापी महामारीको प्रत्यक्ष प्रभाव बाँकेको खजुरा गाउँपालिकाको ‘खजुरा ग्रीन सिटी’ (खजुरा हरित शहर) गुरुयोजनामा समेत परेको छ। सन् २०२० देखि सो हरित खजुरा गुरुयोजना सञ्चालनका लागि खजुरा गाउँपालिका र संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशनबीच एक वर्षअघि सम्झौता भएको थियो। सम्झौताअघि संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशनका उच्चस्तरीय प्रतिनिधिले गरेको स्थलगत सर्वे, समुदायसँगको छलफलपछि नेपालको एकमात्र नगरोन्मुख सो गाउँपालिकालाई कार्यक्रमभित्र समेटिएको हो। “एक वर्षअघि उज्वेकस्तानमा भएको ‘ग्रीन एकोनोमी’ कार्यक्रममा खजुरामा ‘हरित कृषि र हरित शहरीकरण’ का लागि संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशन र गाउँपालिकाबीच सम्झौता भएको हो”, अध्यक्ष कक्षपतिले बताए। उनका अनुसार सो गुरुयोजना सञ्चालनका लागि संयुक्त राष्ट्र सङ्घ साउथ–साउथ कर्पोरेशनले विकासमा चीनको युसी शहरले अपनाएको मोडल (नमूना) तय गरेको छ। सोही मोडललाई अन्तिम रुप दिन गत मार्च (चैत) महिनामा चीनको बेइजिङमा तय गरिएको कार्यशाला कोभिड–१९ को विश्वव्यापी महामारीका कारण स्थगित भएपछि गुरुयोजनाको कार्यक्रम अघि बढन सकेको छैन। “हरित खजुरा मोडलले अन्तिम रुप पाएको भए छ महिनाअघि नै गुरुयोजनाअन्तर्गतका कार्यक्रम गाउँपालिकास्तरमा सञ्चालन हुने थियो”, अध्यक्ष कक्षपतिले भने। झण्डै रु दुई अर्बको उक्त गुरुयोजनाले मुख्यतयाः खजुराको कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यससँगै वृक्षरोपण, कृषिको बजारीकरण, उन्नत् जातको बीउबीजनको उपलब्यता, विद्युतीकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योगलगायतका विषय पनि प्राथमिकतामा परेका छन्। खजुरालाई १५ वर्षभित्र नमूना गाउँपालिकाका लागि सबै सूची मापन गर्न सकिने भन्दै त्यसका केही आधार रहेको र पाँच वर्षमा सबै आधार तय हुने अध्यक्ष कक्षपतिले बताए।
दुई भारतीयले बनाए नेपाली नागरिकता कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् । बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ । बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । भारतको मतदाता सूचीमा सो दम्पतीको नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै छ । कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले कुनै पनि भारतीयले नेपाली नागरिकता लिनु गलत भएको बताउँदै प्रमाण फेला प¥यो भने तत्काल खारेज हुने स्पष्ट गरे । नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा ९१० बमोजिम झुटो विवरण दिई विदेशीले नागरिकता लिएमा एकदेखि पाँच वर्षसम्म कैद वा रु पचास हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ ।
डिसी नेपाल समाचार प्रभाव : बल्ल फर्किए यूएईका अलपत्र परेका नेपाली, ठूलो सकस पार भयो यूएई। बिगत ७ महिनादेखि यूएईमा अलपत्र नेपालीहरु आज नेपाल फर्केका छन् । नेपाल एअरलाइन्सको उडानमार्फत आइतबार बिहान यूएईको समयअनुसार ३ बजेर ५५ मिनेटमा यूएईबाट हिडेका उनीहरु आइतबार नेपाली समय विहान ९ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। बिगत ७ महिनादेखि डिसी नेपालले उनीहरुको समस्यालाई निरन्तर फलोअप गरिरहेको थियो । उनीहरु फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा कामका लागि यूएई पुगेका थिए। कम्पनीमा काम गर्न गएका ३ सय ३६ जना अलपत्रमध्ये धेरै आफ्नै खर्चमा नेपाल पुगिसकेका छन् भने १७ जना पैसाको अभावमा यूएईमै अलपत्र अवस्थामा थिए। ती मध्ये १५ जना आज नेपाल फर्केका हुन्। दुइ जनाले काम पाएपछि उनीहरू यूएइमै बसेका छन्। डिसी नेपालले उनीहरु अलपत्र अवस्थामा रहेको र उनीहरुको जति सक्दो चाडो उद्धार गर्न आवश्यक रहेको समाचार धेरैपटक प्रकाशित गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। यसअघि ९ अगस्टमा नेपाल जानको लागि दुबई एअरपोर्ट पुगेका उनीहरु ओभर स्टे फाइन तिर्न नसकेका कारण दुबई एअरपोर्टमै रोकिएपछि अलपत्र परेका थिए। यसरी अलपत्र परेका १७ जना नेपाली कामदारहरुलाई करिब २७ घन्टापछि नेपाली राजदूतावासको अनुरोधमा गैरआवासीय नेपाली संघ यूएईले उद्दार गरेर खान र बस्नको प्रबन्ध मिलाएको थियो। केही समयको लागि प्रबन्ध मिलाएको गैरआवासीय नेपाली संघ यूएई र युएईमा रहेका केही नेपाली संघ सस्थाका प्रतिनिधिहरुले ‘हामी तिमीहरुको उद्धार गर्न सक्दैनौं’, ‘दूतावास भनेको पनि हामी नै हौं’, ‘तिमीहरुको ओभरस्टेको फाइन तिर्न सक्दैनौं’, “नेपाली दूतावास र नेपाल सरकारले पनि तिमीहरुलाई तिमीहरुको फाइन तिरेर नेपाल लान सक्दैन’ जस्ता कुराहरु भनेर बारम्बार तनाब दिने गरेको पीडित नेपालीहरुले डिसी नेपाललाई बताए। ‘यी पीडितहरुको नाममा दलाली गर्ने प्रयास पनि कतिपयले गरेका थिए। १७ जनाको समुहलाई पालेर राख्न नसक्ने भन्दै पहिले पनि हामीलाई केही नेपाली संघ सस्थाका प्रतिनिधिले बाहिर निकालेका थिए तर हामीलाई बाहिर निकालेको २० मिनेट भित्र नै उनीहरु फेरि हामीसँग आएर अब तिमीहरु ओभर स्टेको फाइन तिर्न भए पनि काम गर्नुपर्छ भन्दै १७ जना पीडितलाई तितरबितर बनाए,’ पीडित कृष्णबहादुर गन्धर्वले भने, ‘हाम्रा ७ जना साथीहरु काम गर्न तयार भएका थिए तर आजको समयसम्म कसैले काम पाएका छैनन्।’ गन्धर्वले अहिलेसम्म पाएको सबै दुःख बिर्सेको बताउदै अलपत्र अवस्थामा सहयोग गर्ने डिसी नेपाल, नेपाली मजदुर एकता समाज, गैरआवासीय नेपाली संघ यूएई, नेपाल सरकार र सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए। एअरपोर्टबाट फिर्ता लिएर आएसँगै गैरआवासीय नेपाली संघ युएईले पीडित नेपालीहरुलाई करिब ४५ दिनपछि अब हामी सहयोग गर्न सक्दैनौ भन्दै आफ्नो सबै प्रबन्ध मिलाउन उनीहरुलाई बाहिर निकालेको पीडितहरुको आरोप छ। यो बिषयमा गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष पासाङ शेर्पाले डिसी नेपालसँग पीडित नेपालीहरुलाई सस्थाले केही हप्तासम्म मात्रै सहयोग गर्न सक्ने बताउँदै आफूहरुले केही दिनको समय दिएर आफ्नो सबै प्रवन्ध मिलाउन भनेको तर खाना र बस्न नै नदिइकन बाहिर ननिकालेको बताए। गैरआवासीय नेपाली संघले सहयोग गर्न सक्दैनौं भनेसँगै नेपाली मजदुर एकता समाजले १७ जनाको लागि खान र बस्नको प्रबन्ध मिलाएको थियो। समाजले सुरुवाती दिनमा मेनपावर कम्पनीमार्फत ९ हजार दिराम खाना खर्च उपलब्ध गराएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विशेष पहलमा अहिले नेपाली राजदूतावास युएईले अलपत्र नेपालीहरुको अध्यागमनमा गएर आवश्यक कागजी काम सकेर उनीहरुको ओभर स्टे फाइन मिनाहा गर्न सफल भएको छ। एअरपोर्टमा रोकिएको दुई महिनापछि मात्रै उनीहरु नेपालको लागि सोही टिकटमा आज नेपाल आइपुगेका छन्। ओभर स्टे फाइनकै बिषयमा श्रममन्त्रीसँग कुरा गर्दा अब युएईमा ओभर स्टे फाइनका कारण कोही रोकिन नपर्ने बताउँदै सबै नेपालीहरुको उद्दार गर्ने बताए। समस्यामा परेका नेपालीहरुको आवाज नेपाल सरकारसम्म पुर्याउन सकेकोमा डिसी नेपाललाई विशेष धन्यवाद पनि दिए।
दुर्घटनामा १ काे मृत्यु १ जना घाइते काठमाडाैं । गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो । भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए।
मासु तथा खाद्यान्न पसल अनुगमन भक्तपुर । भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसल अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको जनाइएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची नराखेको पाइएको उनले बताए ।
टिकटक पाकिस्तानमा पनि प्रतिवन्ध इस्लामावाद। सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो। “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन्। चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाई छ। टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरुले बताएका छन्। पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ। मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ।
एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदालिदै आफ्ना साथीभाइ, परिवार तथाआफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्नपनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाकाग्राहककालागिआकर्षक योजना ‘कुरै कुरामाउपहार’ ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वाअन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवाप्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्यविषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना असोज १८ देखि लागु भई मंसिर १३ सम्म कायम रहनेछ । चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदालिनएनसेलकाप्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागिहुन सक्नेछन् । यस योजनामा सहभागिहुने बित्तिकै ग्राहकले हरेक दिनभ्वाइस कल गर्नका लागिनिश्चितमिनेटको लक्ष्यपाउनेछन् । तोकिएको निश्चितमिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यहीदिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्यहुनेछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई कोरोना पुष्टि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’
काठमाडौँ महानगरपालिकामा करिब दश हजार सङ्क्रमित काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९९० रहेको छ । अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको छ । सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
४१ एम्बुलेन्स र ६ वटा बस भारतले दियो उपहार काठमाडौं। भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरिएको छ। महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारतले ती उपहार दिएको हो। सदाझैं एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिदै भारतीय राजदूतावास, काठमाडौंले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको हो। यी संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन्। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ। सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ।
वास्तविक कृषकसम्म पुगेन राज्यको अनुदान भोजपुर । पछिल्लो समय भोजपुरका युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा परेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु १२ लाख बढी लागतमा गाईपालन व्यवसाय गर्दै आएका छन् । फार्मबाट दैनिक ५० लिटर बढी दूध उत्पादन भइरहेको छ । चार वर्षअघिबाट कृषि व्यवसाय गरिरहेको भए पनि हालसम्म कुनै प्रकारको राज्यको सहयोग नपाएको उनको गुनासो छ । कृषक विष्टले भने, “इलामबाट ठूलो लगानी गरेर उन्नत जातको गाईपालन गरिरहेको छु, वडा तथा अन्य कार्यालयमा धाउँदा पनि कुनै सहयोग मिलेन, अहिले गोठ सुधारको काम गर्न पैसा अभाव भएर बाँस ओच्छयाएर गार्ई राखेको छु । मलाई गाई मर्ने चिन्ताले पिरोल्छ । के गर्नु राज्यको सहयोग लिन पनि पहँुच नै पुग्दैन ।” करिब ८०० मिटर कच्चीबाटो मर्मतमा वडा कार्यालयले ध्यान नदिँदा उहाँलाई दूध बिक्रीका लागि सदरमुकामसम्म पुग्न सास्ती हुने गरेको छ । उनले जोखिम मोलेर बाइकमा दूध बोक्दै आएका छन् । “ बाटो मर्मतलाई भन्दा पनि काम भएन, एक किलोमिटरसम्म दूधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजानुपर्छ । व्यवसाय गर्छु भनेर के गर्नु दुःख धेरै छ”, कृषक विष्टले भने। उनले सञ्चालन गरिरहेको दाँवाली पशुपक्षी तथा कृषि फार्ममा भैँसी, बाख्रा तथा कुखुरा छन् । फार्ममा उनका बुवा तथा अन्य परिवारका सदस्यले सहयोग गर्छन् । आफ्नै ठाउँमा स्वरोजगार बन्न व्यावसायिकरुपमा काम गरेको भए पनि सरकारको साथ नपाउँदा व्यवसाय धरासायी बन्दै गएको कृषक एकेन्द्रबहादुर विष्टले बताए । “रकम अभाव छ, दूध बिक्रीबाट आएको पैसाले गाईलाई चोकर र औषधि किन्दा नै ठिक्क हुन्छ । कारण ठूलो लगानी गरेर बाहिरबाट ल्याएका गाई बचाउन चिन्ता भएको बताउने गरेका छन्”, कृषक एकेन्द्रले भने । जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरे पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेको वास्तविक कृषकले बताउँदै आएका छन् । रासस
नगरपालिकाले नमूना बस्ती बनाउँदै लहान । वर्षौँदेखि घरबारविहीन आठ दलित परिवारलाई सिरहाको धनगढीमाई नगरपालिकाले सुविधा सम्पन्न बनाइदिएको छ । तराई मधेस समृद्धि विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नम्बर १२ का आठ दलित परिवारलाई सुविधा सम्पन्न पक्की घर बनाइदिएको हो । वर्षौँदेखि घरबारविहीन कष्टकर जीवन बिताइरहेका विपन्न मुसहर जातिका लागि नमूना बस्ती निर्माण गर्न लागेको नगरपालिकाले पहिलो चरणमा आठ परिवारका लागि सुविधा सम्पन्न घर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँले जानकारी दिए । थप ३२ घरपरिवारका लागि घर निर्माण हुने क्रममा रहेको उनले बताए । पूर्वपश्चिम राजमार्गदेखि उत्तरी क्षेत्रमा रहेको सो बस्तीमा ३२ घरपरिवारका लागि नमूना घर बनाउने लक्ष्य लिइएको चौलागाईँको भनाइ छ । खानेपानीका लागिसमेत योजना अघि बढाएको नगरपालिकाले जनाएको छ । बर्सेनि घरबार र खानेपानीको अभाव खेप्दै आएको सो बस्तीलाई नगरपालिकाले नमूना बस्तीका रूपमा विकास गर्न लागेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । “हामी वर्षौँदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका छौँ”, स्थानीय श्यामकुमार सदाले भने, “नगरपालिकाले हाम्रो समस्यालाई बुझेर पक्की घर बनाइदिन लागेकाले हर्षित भएका छौँ ।रासस
साढे सात केजी अफिमसहित दुई पक्राउ कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो । प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु१ह १५७ नंको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो । पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले जानकारी दिए । प्रहरीले बरामद गरेको अफिम भारत पु¥याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य रु एक करोड बढी पर्ने बताइन्छ । यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा नं २ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।रासस
औषधि व्यवस्था लिमिटेडद्धारा उत्पादित स्यनिटाइजरको माग बढ्दो कामाडौँ । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्याठनिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै रु तीन लाख हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको जानकारी दिए। लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । मुख्यगरी सिटामोल, सिटाप्लस, दुई प्रकारको जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन, डिस्टिल्ड वाटर यहाँ उत्पादन हुन्छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन शुरु गरिएको बज्राचार्यले जानकारी दिए । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो । “हामीले बन्दाबन्दी हुनुभन्दा केही अघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्न सक्छौँ”, उनले भने, “बजारको मापदण्डविपरीत पाइएकाले उपभोक्तामा अहिले हाम्रो उत्पादनको माग बढी छ ।” उनका अनुसार अहिले ६०, १००, २०० एमएल र आधा लिटरको बोतलमा स्यानिटाइजर उप्पादन हुँदै आएको छ । यसको औषधि व्यवस्था विभागले तोकेको बजार मूल्य ६० एमएलको रु ७८, १०० एमएलको रु १२५, २०० एमएलको रु २५० र आधा लिटरको रु ४५० रहेको छ । मागअनुसार पाँच लिटरको पनि बिक्री हुँदै आएको छ । त्यसको भने रु तीन हजार मूल्य तोकिएको छ । बजारमा पाइने कतिपय स्यानिटाइजरको अल्कोहल ७० प्रतिशतको हाराहारीमा हुने भए पनि यहाँ भने ८० प्रतिशत नै राख्ने गरिएकाले केही उडेर गए पनि किटाणु मार्न पर्याप्त हुने जनाइएको छ । मापदण्डअनुसार ७० देखि ८० प्रतिशत अल्कोहल हुनुपर्ने हुन्छ । शुरुमा १००, २०० एमएलको माग बढी भए पनि अहिले भने पाँच लिटरको माग बढिरहेको र सोहीअनुसार उत्पादन भइरहेको उनले बताए । “अहिले बन्दाबन्दी र निशेषाज्ञा खुलेपछि अझै माग बढ्दो छ, हामीले अहिलेसम्म माग धानिरहेका छौँ”, बज्राचार्यले भने। उनका अनुसार एक दिनमा २० हजार लिटरसम्म बिक्री भएको छ । कोभिड–१९ को महामारी शुरु भएपछि शुरुमा घरेलु उद्योगका स्यानिटाइजर आउन थालेको थियो । त्यसमा झण्डै ६५ प्रतिशत मात्रै अल्कोहल रहेकाले किटाणु मार्न पर्याप्त थिएन । त्यसैले औषधि व्यवस्था लिमिटेडले अनुमतिप्राप्त गर्नुअघिबाटै उत्पादनको प्रक्रिया थालेको थियो । औषधि व्यवस्था विभागले अनुमति लिनका लागि सूचना जारी गर्ने बित्तिकै कागजात बुझाई लाइसेन्स लिएर तत्कालै काम थालेको हो । विभागले पछिल्लोपटक गरेको अनुगमनमा काठमाडौँ र भक्तपुरका विभिन्न कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको समाचार सार्वजनिक भएपछि माग अझै बढेको औषधि व्यवस्था लिमिटेडले जनाएको छ । उक्त स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरिसकेको छ । काठमाडौँको हाइजनिक सोप एण्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुड इण्डष्ट्री प्रालिको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केमकम हर्वल प्रोडक्टको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल, सूर्यमुखी हर्वल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्याण्ड स्यानिटाइजरलगायतमा मापदण्डविपरीत विषाक्त रसायन भेटिएको हो । यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । पछि अन्य केही कम्पनीले उत्पादन गरेको स्यानिटाइजरसमेत कैफियत भएको पाइएको थियो । रासस
‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक काठमाडौँ । विश्व मुटु दिवसका अवसरमा आज ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गरेका छन् । बाथ–मुटु रोगीका विक्षलाई रसिलो र सरल भाषामा उनले प्रस्तुत गरेका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा प्रकाशराज रेग्मीद्वारा लिखित उक्त पुस्तकको शताब्दी पुरूष सत्यमोहन जोशीले मंगलबार सार्वजनिक गर्दै पुस्तकमा रहेका कुराले मानिसलाई मुटु स्वस्थ राख्न सिकाउने बताए। यसमा नेपाली समाजको चित्रण गर्दै मुटु रोगीको वेदनाका साथ सङ्घर्षको कथासमेत समेटिएको उनले बताए। नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुनाका साथै वार्षिक आठ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंँगो र जटिल शल्यक्रिया हुने गरेको छ । पुस्तकमा सामान्य जस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयङ्कर रूप धारण गर्न पुग्छ, अनि यसबाट कसरी बच्न सविश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षेनी विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सख्या दुई करोड ७५ लाख छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ । रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजारौँ बालबालिकाको ज्यान बचाउन सकिने र हजारौंँ युवालाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा रेग्मी बताउछन् । राससकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास गरिएको लेखक डा रेग्मीले जानकारी दिए । केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुनपानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यही गलत घरेलु उपचारशैलीका कारण आज लाखौंँ बालबालिका बाथ–मुटुरोग जस्तो भयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् ।
भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा आज भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई ३२ भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका तर्फबाट सम्बोधन गर्दै उनले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बीचमा पनि वर्तमान सङ्कटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्र सङ्घर्षरत छन् भने। भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनका साथै सङ्कटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको प्रधानमन्त्री ओलीले बताए । भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको व्यापार र संरचनागत आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुनेमा जोड दिँदै उनले दिगो विकासका लक्ष्य हासिलका कार्यक्रम कार्यान्वयन गर्न उनीहरुको वित्तीय अभाव अन्य मुलुकभन्दा अधिक रहेको यथार्थ प्रस्तुत गरे । प्रधानमन्त्रीले भने, “अतः उनीहरुलाई बाह्य जगत्बाट सहयोगस्वरुप लगानी तथा प्रविधि हस्तान्तरणको आवश्यकता परेको छ ।” उनले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका स्वास्थ्य प्रणालीलाई सबल बनाउन तथा पुनरुत्थान र पुनःनिर्माणको प्रक्रियाका आवश्यकतामा भरथेग गर्न राष्ट्रसङ्घीय प्रणाली, अन्तरराष्ट्रिय समुदाय तथा अन्तरराष्ट्रिय वित्तीय संस्थालाई आह्वान गरेको न्युयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । महासचिव एण्टोनियो गुटरेस तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीले सञ्चालन गरेको उक्त बैठकमा ४१ देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख, छ जनामन्त्रीसहित ६० वक्ताले भाग लिएका थिए।
बोक्सीको आरोप लगाउन पाँचजना पुर्पक्षका लागि जेल चलान चरिकोट। बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पिक्राउ परेका पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो । सामाजिक वहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ । उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक वहिस्कार गरेको थियो । स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुव्र्यवहार गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ । रासस
भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छः प्रदेश प्रमुख शेरचन गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभाको उद्घाटन गर्दै उनले जनताको बलबाट प्राप्त अधिकार र व्यवस्थाको रक्षाका लागि मुलुकमा सुशासन कायम हुनुको विकल्प नभएको बताए । स्थानीय सरकारले आम जनतालाई अभिभाकत्व प्रदान गर्न सफल भएको बताउँदै प्रदेश प्रमुख शेरचनले व्यक्तिले गरेको गल्तिलाई कुनैपनि संस्थासँग जोडन नहुने बताउए । विकास निर्माण कार्यको अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई भएको उल्लेख गर्दै प्रमुख शेरचनले अनुगमनका क्रममा देखिएका कमिकमजोरी औल्याउँदै त्यसको कार्वाहीको सिफारिस गर्ने निकाय स्पष्ट हुनु पर्ने बताए । सांसद विद्या भट्टराई अधिकारीले प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराको मौलिकतालाई बचाएर शहरीकरण गर्नुपर्ने आवश्यकता औल्याइन । प्रकृतिको संरक्षण गर्दै विकास निर्माणमा जुटनु सम्पूर्ण जनप्रतिनिधिहरुको दायित्व भएको उनको भनाइ थियो । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले वर्तमान विषम परिस्थितिमा पनि स्थानीय तहले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई राहत वितरण गर्नुका साथै विकास निर्माणलाई समेत निरन्तरता दिएको बताइन । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले समितिलाई प्राप्त जिम्मेवारी अनुसारका काम कार्वाहीमा तदारुक्तता देखाइएको बताए। समितिका आगामी दिनका कार्ययोजना प्रस्तुत गर्दै अधिकारीले जनप्रतिनिधिहरु जनताका हरेक समस्यामा सहयोगी बन्दै आप्mनो जिम्मेवारी र दायित्व वहन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिससका उप प्रमुख सावित्री भण्डारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्व जिविस उपसभापति श्रीनाथ बराल लगायतले जिससको भूमिका तथा दायित्व सम्वन्धमा आ—आप्mना धारणा राखेका थिए। रासस
दशैँका लागि सहुलियत मूल्य पसल सञ्चालन हुने, तिन जिल्लाबाट २ हजार खसीबोका ल्याइने काठमाडौँ । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौैँ उपत्यकामा पाँच ÷ पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिए । मन्त्रालयमा भएको छलफलमा दुबै कम्पनीले एक अर्काका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन् । साल्ट ट्रेडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पोरेशनले जनाएको छ । कम्पनीले दशैंँका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ । शुरुआती चरणमा उक्त स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा दुई हजार मात्र ल्याइने भएको छ । गत वर्षको मागअनुसार तीन हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिए। थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने कम्पनीले जनाएको छ ।
नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु काठमाडौं। नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आजदेखि शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गरे। तालीममा ३० महासेनानीको सहभागिता छ । उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने सो तालीम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो । कोभिड –१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्णरुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालीम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हत्या गरेर ३४ वर्षसम्म लुकेर बस्दा… सिन्धुपाल्चोक। आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् । फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए । फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरी सजाय तोकेको थियो । सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आज पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए। रासस
गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील काठमाडौँ । बिगत १४ दिनदेखि चिकित्साशिक्षा क्षेत्र सुधारकालागि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुले सरकारसँग अपील गरेका छन्। भदौं २९ मा जुम्लाबाट १९ औं अनशनथालेका डा. केसीको स्वास्थ्यअवस्था दिनप्रतिदिन कमजोर भएको र कुनै पनिदिन परिस्थितिगम्भीर बन्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । विभिन्न सरकारका समयमा पटक पटकगरिएका सम्झौंताको पूर्ण कार्यान्वयन नगरिँदा फेरी अनशन जस्तो कठोर बाटो अपनाउनबाध्यभएको डा. केसीले बताउँदै आएका छन् । आइतबार विज्ञ्यीप्ती निकालेर उनिहरुले डा. केसीको गिर्दो स्वास्थ्यअवस्थालाई ख्याल गरी तत्कालै उनको जीवन रक्षा र उनले उठाएका मागहरु सम्बोधनगर्नकालागि सरकारसँग अपील गरेका छन्। ‘पटक पटक आमरण अनशन बसिरहेका डा. केसीको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्कातिर हालको कोरोनामहामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ । १४ दिनअघिजुम्लाको चन्दननाथनगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनशनथाल्नु भएका डा. केसीको स्वास्थ्यअवस्थात्यहीं कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्यजान्दाजान्दै, अर्को एक साताबित्दासम्मपनि सरकारले चासो नदिएकामाहामीचिन्तित बनेका छौं।’ विज्ञ्यीप्तीमा भनिएको छ। अपीलकर्ताहरुमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश सुशीलाकार्की, पूर्वसभामुखएवं मानवअधिकारवादी दमननाथढुगांना,त्रि. वि.का पूर्व उपकुलपति प्रा.डा. केदारभक्तमाथेमा लगायत ३३ जना रहेका छन्।
‘बस त चले, यात्रु चढेनन्’ महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उनले भने, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ ।” उनले भाडामा डेढ गुना वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि व्यवसायी मारमै रहेका र बैंकको किस्ता तिर्न समस्या परेको बताए । उनले भने,“यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् ।” यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । “छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ ।” व्यवसायी करनसिंह साउदले भने, “यात्रु नै नपाएपछि चलाएर पनि केही सहजल होला जस्तो छैन ।” यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायीको माग छ । “सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ ।” उनले भने, “ अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ ।” उनले यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न सरकारसित आग्रह गरे । त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्नुपर्ने बताए । “यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे ।” उनले भने, “विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदूर कसैको नजरमा परेनन् ।” रासस
अत्यधिक इन्टरनेट प्रयोग हुने चीनमा किन मानिसहरू हतपत इमेल चलाउँदैनन् लु-है लिहङ, बेइजिङ (बीबीसी)। सन् २००८ मा म दक्षिणी चीनमा पर्ने याङ्सो सहरको एक निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिएँ। पढाइ सकिएपछि मेरा विद्यार्थीहरूले सम्पर्कमा रहनका लागि एमएसएन मेसिन्जर स्तै चिनियाँ एप क्यूक्यू डाउनलोड गर्न भने। मैले उनीहरूलाई फेसबुकमा एकाउन्ट खोल्न (त्यसबेला चीनमा फेसबुकमा रोक लगाइएको थिएन) र त्यहाँ मसँग जोडिएर आफ्नो इमेल ठेगाना पठाउन भनेँ। केहीले त्यसो गरे पनि। तर ती ठेगाना सम्झिन निकै गाह्रो थियो। किनभने ती यस्ता देखिन्थे: [email protected] वर्षौँपछि म फेरि बेइजिङमा स्वतन्त्र पत्रकार एवं लेखकका रूपमा काम गर्दै थिएँ। तर सेवाग्राहीहरूसँग म बिरलै इमेलमार्फत् काम गर्थेँ। मैले प्राय: लेखनको काम वीच्याट एपमार्फत् प्राप्त गर्थेँ। काम सकिएपछि त्यसलाई फिर्ता पठाउँथेँ र भुक्तानी पनि वीच्याटबाटै लिन्थेँ। चीनमा ७९.१ प्रतिशतको स्मार्टफोन प्रयोगकर्ताहरू नियमित रूपमा वीच्याट प्रयोग गर्छन्। मोबाइलबाटै गरिने कार्यको गति अनि कार्यक्षमता यस्तो थियो कि यो प्रक्रिया मलाई जादुजस्तै लाग्थ्यो। एपको प्रभुत्व अधिकांश पश्चिमा देशहरूमा इमेलको व्यापक रूपमा प्रयोग गरिन्छ। केही देशहरूमा त यो ब्राउजिङ वा सामाजिक सञ्जालको प्रयोगभन्दा पनि बढी प्रयोग हुन्छ। तर चीनमा भने अवस्था निकै फरक छ। डेलोइटले सन् २०१८ मा गरेको चाइना मोबाइल कन्ज्यूमर सर्भेका अनुसार विश्वका अन्य देशहरूका तुलनामा चिनियाँहरूले आफ्नो इमेल २२ प्रतिशत कम हेर्ने गर्छन्। वीच्याटको प्रयोग भने व्यापक छ। झन्डै ७९.१ प्रतिशतको स्मार्टफोन प्रयोगकर्ताहरू नियमित रूपमा वीच्याट प्रयोग गर्छन् भने मेसिजिङ एप प्रयोग गर्ने ८४.५ प्रतिशतले वीच्याट चलाउँछन्। कामका लागि गरिने सञ्चारका लागि वीच्याटको प्रयोग चीनमा निकै बढेको छ। सन् २०१७ मा वीच्याटको निर्माता टेन्सेन्टले तयार पारेको प्रयोगकर्ताहरूको व्यवहारसम्बन्धी एक प्रतिवेदनका लागि सर्वेक्षण गरिएका २० हजार मानिसमध्ये करिब ८८ प्रतिशतले कामका लागि गरिने सञ्चारका लागि वीच्याटको प्रयोग गर्ने गरेको देखाउँछ। त्यस्तै ५९.५ प्रतिशतले एसएमएस र फ्याक्स प्रयोग गर्छन् भने इमेल भने जम्मा २२.६ प्रतिशतले प्रयोग गर्छन्। चिनियाँहरू किन वीच्याटजस्ता माध्यमबाट कुराकानी गर्न रुचाउँछन् भन्ने कुरा उनीहरूको विगतको अवस्थाबाट निर्देशित भएको हुनसक्छ। सन् १९९९ मा टेन्सेन्टले क्यूक्यू सार्वजनिक गर्‍यो। विश्व ब्याङ्कका अनुसार त्यस बेला चीनमा प्रत्येक १०० जनाका लागि मात्रै १.२ वटा कम्प्युटर थियो। साइबर क्याफे अमेरिकामा भने प्रत्येक दुई जनाका लागि एउटा कम्प्युटर थियो। तर सन् २००० पछि भने इन्टरनेट क्याफेहरू खुल्न थाले र त्यहाँको अवस्थामा परिवर्तन आउन थाल्यो। खेल, सङ्गीत र माइक्रोब्लगजस्ता सुविधा भएकाले क्यूक्यू ती क्याफे प्रख्यात हुनुको कारण बन्न पुग्यो। इमेलसँग तुलना गर्दा क्यूक्यूबाट अन्तर्क्रिया गर्न सहज थियो। सवारीचालक अनुमतिपत्रजस्तै जेम्स युआन र जेसन इन्चले सन् २००८मा लेखेको पुस्तक ‘सुपरट्रेन्डस अफ फ्यूचर चाइना’मा क्यूक्यू वा एमएसएनबिना बस्नु चिनियाँहरूका लागि अव्यावहारिक रहेको टिप्पणी गरेका छन्। “यो कसैसँग सवारी चालक अनुमतिपत्र छैन भन्दा पश्चिमाहरूले के सोच्लान् भने जस्तै हो,” उनीहरूले लेखेका छन्। वरिष्ठ कर्मचारीहरूले आफ्नो बिजनेस कार्डमा क्यूक्यू नम्बर उल्लेख गर्ने गर्थे भने व्यवसायहरूको आफ्नो क्यूक्यू खाता हुन्थ्यो। सन् २०१२ मा क्यूक्यूका मासिक रूपमा झण्डै ८० करोड सक्रिय प्रयोगकर्ता थिए। सन् २०१२ मा क्यूक्यूका मासिक रूपमा झन्डै ८० करोड सक्रिय प्रयोगकर्ता थिए। जुन त्यस वर्षको चिनियाँ जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या हो। तर स्मार्टफोनले डेक्स कम्प्युटरलाई विस्थापन गरे जस्तै चीनमा सञ्चारको सबैभन्दा प्रख्यात माध्यमका रूपमा सन् २०११मा टेन्सेन्टले नै सार्वजनिक गरेको वीच्याट स्थापित हुन पुग्यो। सन् २००४ देखि चीनमा कार्यरत एक ब्रिटिश नागरिक म्याथ्यू ब्रेन्नान अनलाइन सेवाको उपयोग गर्नका लागि दर्ता हुन आवश्यक पर्ने हुँदा कुनै पनि देशमा काम गर्नेका लागि इमेल ठेगाना उसको परिचयको अङ्ग रहेको बताउँछन्। तर चीनमा भने त्यसका लागि वीच्याट वा अलिपे पर्याप्त छ। सरल प्रक्रिया अर्थशास्त्रका सहायक प्राध्यापक झोङ लिङका अनुसार वीच्याट चिनियाँ कार्यशैलीसँग मिल्छ। “सन्देश आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा हेर्दा वीच्याटमा इमेलजस्तो काम गर्नका लागि धेरै समय अनि औपचारिकताको आवश्यकता हुँदैन,” उनी भन्छन्। अनौपचारिकता कै कारण लोकप्रिय “अनौपचारिकताकै कारण छिट्टै जबाफ आउँछ। चीनको संस्कृति अनि व्यावसायिक वातावरणबाट तत्काल प्रतिक्रियाको आवश्यकता प्रेरित छ।” चीनमा काम र व्यक्तिगत जीवनबीचको सीमा कमजोर रहेको झोङले टिप्पणी गरे। डुइङ बिज्नस चीनमा वीच्याट बाहेक व्यवसायका लागि तयार पारिएका एपहरूले ठूला कम्पनीहरूका लागि आवश्यक पर्ने फीचरहरू बनाएका छन्। अलीबाबाको डीङ टक र बाइटडान्सको लार्क अनि वीच्याटको अर्को भर्जन वीच्याट वर्कमा डकुमेन्ट शेअरिङ, अनलाइन सम्पादन, पेरोल, कार्यस्थलमा पालना गर्नुपर्ने नियम समावेश छन्। चिनियाँहरू पश्चिमा देशका मानिसहरूको तुलनामा बारम्बार आफ्नो इमेज जाँच गरिरहँदैनन्। अनि ती एपमा उच्च गोपनीयताका लागि पनि आवश्यक व्यवस्था मिलाइएको बताइन्छ। डीङ टकमा रियल टाइममै कसैले सन्देश हेरे नहेरेको थाहा हुन्छ। यदि सन्देश हेरेका रहेनछन् भने हेर्नका लागि झकझक्याउने व्यवस्था पनि उक्त एपमा छ।
सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छांगरुमा बस्ने दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, “हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।” शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो । सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ । बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताए । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उनले जानकारी दिए । इमान्दारितापूर्वक काम गर्न महानिरीक्षकको निर्देशन सशस्त्र प्रहरी प्रमुख खनालले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका थिए । व्यासको छांगरु र तिंकर क्षेत्रको निरीक्षण भ्रमणपछि सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणमा मातहतका कर्मचारीलाई निर्देशन गर्दै उनले सशस्त्र प्रहरीको जिम्मेवारीअनुसार इमानदारितापूर्वक काम गर्न निर्देशन गरेका हुन् ।
गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याएको छ । टाढाको ग्रामीण क्षेत्रबाट नगरपालिका आउन नसक्ने गर्भवती महिलालाई सहज रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको हो । कुश्मीशेरा बजार तथा टाढाका कुनै पनि स्वास्थ्य संस्थामा जान नसकेको अवस्थामा तालीम प्राप्त स्वास्थ्यकर्मीले गाउँघरमा नै पुगेर गर्भवती महिलालाई भिडियो एक्सरे सेवा प्रदान गर्ने छ । पहिलो चरणमा नगरपालिका–३ स्थित उपल्लो दमेक, वडा नं. ७ स्थित जैदी, वडा नं. ८ स्थित छिस्ती र वडा नं। १० स्थित राङ्खानी स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालनमा ल्याएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिए । यसअघि नगरपालिका गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले मात्रै ‘भिडियो एक्स–रे’ सेवा प्रदान गर्दै आएको थियो । यो कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शसर्त अनुदान रु एक लाख र नगरपालिकाको रु तीन लाख गरी कूल रु चार लाख वजेट विनियोजन गरिएको छ । विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागी भएका छन् । असोजको पहिलो सातादेखि कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमअन्र्तगत हालसम्म ४५ जना गर्भवती महिलाले सेवा प्राप्त गरेका छन् । “सबैको पहुँचमा सूचना नपुगेको पनि हुन सक्छ” स्वास्थ्यकर्मी सुनिता चालिसे भनिन्, “यो सेवा प्रभावकारी हुने देखियो, यसप्रति धेरै गर्भवती महिला उत्साहित हुनुहुन्छ ।” गर्भवती महिलाले चार पटक गर्भ जाँच गर्नुपर्छ । स्वास्थ्य शाखाले हरेक तीन महिनामा घुम्तीसेवा सञ्चालन गर्ने योजना बनाएको छ । गाउँघरमा यो सेवा नहुँदा यहाँका महिलाहरुलाई निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउन बुटवल, पोखरा तथा धौलागिरी अञ्चल अस्पताल बागलुङमा जानुपर्ने बाध्यता थियो । स्थानीय स्वास्थ्य चौकीमा नियमित रुपमा गर्भ जाँच गराउने महिलाहरु पनि भिडियो एक्स रे सेवामा सहभागी हुने भएको छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन भिडियो एक्स–रे गर्न टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुशी लागेको जैमिनी–८ छिस्तीकी गर्भवती रमादेवी रेग्मीले बताइन् । “वर्षायाममा गाउँको बाटो अप्ठ्यारो, कोरोनाको डर, बागलुङ बजार कसरी जानेहोला भन्ने चिन्ता लागेको थियो”, उनले भनिन्, “ अहिले गाउँकै स्वास्थ्य चौकीमा यो सेवा लिन पायौं । निकै सहज भयो, पैसाको बचतसँगै जोखिम पनि मोल्नुपरेन ।” घुम्ती सेवाका लागि नगरपालिकाले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तालिम प्राप्त सिनियर अनमी मनिकला थापा र लक्ष्मी शर्मालाई जिम्मेवारी दिएको छ । उक्त सेवा प्रदान गर्न डिजिटल भिडियो एक्सरे भएका कारण तालीम प्राप्त स्वास्थ्यकर्मीले सेवा दिन सक्नेछन् । यो सेवा सबै गर्भवती महिलालाई निःशुल्क रुपमा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालन भएसँगै जैमिनी क्षेत्रमा मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झारिने नगरप्रमुख इन्द्रराज पौडेलले बताए । नगरपालिकाले सुरक्षित मातृत्वसँगै परिवार नियोजनका कार्यक्रमलाई पनि अघि बढाएको छ ।
तत्काल विद्यालय नखोल्नुः शिक्षामन्त्री काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन्। मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाए। उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजीं) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए। कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् । सञ्चारविद् डा निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए। उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिए। आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश–२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए । पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । उनले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको जानकारी दिए । समाजका अध्यक्ष प्रकाश सिलवालले सञ्चारको एउटा धर्म शिक्षा पनि भएकाले वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सूचना र सचेतनामूलक भूमिकाका लागि प्रदेश र जिल्लागत बहश गरिने जनाए।
‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’ काठमाडौं । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन् । पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस्या आएपछि असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा बन्दीगृहबाट केन्द्रीय कारागार अस्पताल पठाइएको कारागार कार्यालय सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले त्यही राति थप उपचारका लागि वीर अस्पताल पठाइएको बताए । राति वीर अस्पताल ल्याइए पनि जैसवाल जीवितै रहेको कुनै सङ्केत नदेखिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले बताए । जैसवालको असोज ५ गते पिसिआर परीक्षण गरिएको थियो । उनका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको थियो । तीन दिनदेखि शव शवगृहमा रहेका कारण सड्ने प्रक्रिया शुरु भएकाले फोका देखिनु, सुन्निनु, मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको निर्देशक सेञ्चुरीले बताए । रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका सङ्केत देखिनु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो । वीर अस्पतालमा रेफ्रिजेरेटरसहितको शवगृह नभएको सेञ्चुरीले स्पष्ट पारे । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका सूचनामा कुनै सत्यता नभएको जेलर बाँस्कोटाले बताए । कारागारभित्रको सिसिटिभी फुटेजले पनि उक्त कुरा निराधार भएको सावित गरेको उनको भनाइ थियो । शव परीक्षणपछि घटनाबारे बाँकी कुरा प्रष्ट हुने कारागार र वीर अस्पतालले जनाएका छन् । जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।रासस
जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मुत्यु गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए । “अहिले लेकमा जुडीबुटी टिप्ने समय हो”, गाउँपालिका अध्यक्ष गुरुङले भने, “विशेषगरी निरमसीलगायतका जडीबुटी अहिले त्यस क्षेत्रमा पाइने भएकाले युवाहरु समूह–समूहमा मिलेर जुडीबुटी खोज्न जाने गर्छन ।” घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । घटनास्थल निकै टाढा भएकाले घटनाको ढिलो गरी जानकारी आएको उनको भनाइ छ ।
गाँजासहित तीनजना पक्राउ मकवानपुर । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।रासस
नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न काठमाडौं। नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न भएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमले सोमबार ट्वीट गर्दै प्राथामिक भौगोलिक सर्वे सम्पन्न भएको जनाएको छ। चिनियाँ प्राविधिकहरुले सर्वे सम्बन्धि जानकारी दिएको बताइएको छ। तर, उनीहरुले के भने भन्ने विषयमा केही खुलाइएको छैन। Preliminary geographic survey on #China #Nepal railway Chinese section completed. Technical team exchanged information and more surveys needed. Railway to the Himalayas.🇨🇳🚞🇳🇵 pic.twitter.com/ZBwgK4qXan — Shen Shiwei沈诗伟 (@shen_shiwei) September 21, 2020 नेपाल–चीन रेलवे हिमालय पार गरेर आउने भएकाले यसमा भौगोलिक जटिलता रहने चर्चा छ।यो सर्वे चिनियाँ भूमितर्फको हो। नेपाली भूमिमा भने सर्वे भइसकेको छैन। चीनको शिगात्सेबाट रसुवा हुँदै काठमाडौंसम्म रेल ल्याउने तयारी छ।
खुर्पा प्रहार गरी ससुराको हत्या नवलपरासी । जिल्लाको (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए। हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणले बताए। घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।रासस
अफ्ताब आलम मुद्दामा सर्वोच्चले कैफियत फाइल माग्यो काठमाडौं। ईँटा भट्टामा हालेर मान्छे मारेको अभियोगमा थुनामा रहेका तत्कालीन सांसद मोहम्मद अफ्ताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत फाइल मगाउने आदेश गरेको छ। जिल्ला र उच्च अदालाको आदेशमा थुनामा रहेका आलमबारे जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्च इजलासले गरेको फैसलाको फाइल मगाउने आदेश भएको हो। सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले आइतबार कफियत फाइल मगाउने आदेश दिएको सर्वोच्च स्रोतले जनाएको छ। आलमले गएको भदौ ३१ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। आलम विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उधोग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जेल सजाय काटिरहेका छन। २०६४ सालको चैतमा भएको संविधानसभा निर्वाचनका क्रममा आलमले आफूले चुनाव जित्न रौतहटमा बम विस्फोट गराएको र जीवित रहेकालाई ईँटा भट्टामा हालेर मारेको आरोप छ। सो काण्डमा उनी २०७६ असोजमा पक्राउ परेका थिए। काँग्रेस नेता आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन्।
थप १३ सय २५ जनामा कोरोना पुष्टि,९ सय ६६ डिस्चार्ज, १० जनाको मृत्यु काठमाडौं । आइतबार देशभर एक हजार ३२५ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३२५ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। गत २४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ४५१ जना क्वारेन्टिनमा रहेका छन्।
बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा झलमल काठमाडौं। विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित यूएईको दुबईस्थित बुर्ज खलिफामा शनिबार संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ। बुर्ज खलिफामा नेपाली समयअनुसरा रातीको १० बजे लाइटिंगको माध्यमबाट नेपाली झण्डा फहराइएको हो। अबुधावीस्थित नेपाली दूतावासको समन्वयमा नेपाली झण्डा झिलिमिली पारिएको हो। नेपालको मौजुदा संविधान २०७२ असोज ३ गते घोषणा गरिएको अवसरमा संविधान दिवस मनाइएको हो। छैटौं संविधान दिवसका अवसरमा राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने विदेशस्थित कूटनीतिक नियोगमहरुमा पनि संविधान दिवस मनाइएको छ। संविधानसभालदद्वारा बनाइएको यो संविधानपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको हो। यो नेपाली जनताले आफ्ना लागि आफै बनाएको संविधान हो।
‘जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौँ’ इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताएका छन् । शनिबार साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आजको दिन संविधान निर्माण भएको ऐतिहासिक दिन भएको बताए । “आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहको उल्लेख गरे । चिया, अलैँची, अदुवालगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने खनालले बताए । विगतमा विजुली, खानेपानी र सडक पूर्वाधार रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको जनाए । “इलामका लागि गर्न बाँकी धेरै काम छन्”, खनालले भने, “यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखिय काम गर्न बाँकी छ ।” बैठकमा नेकपा संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने दिन गएको बताए । नेम्वाङले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आएर जनताका प्रतिनिधिले निर्माण गरेको संविधानमा सबैका हक र अधिकार लेखिएको उल्लेख गरे । उनले शान्तिप्रक्रिया, २०६२/०६३ को जनआन्दोलन गरेर लेखिएको संविधान विश्वकै उदाहरणीय रहेको बताए। नेम्वाङले संविधानले तराईदेखि हिमालसँगका जनताले आफ्नो भनेर गौरव गर्न सक्ने संविधान बनेको बताए। “दलित, जनजाति, महिलालगायत सबैको हक÷अधिकार लेखिएको संविधान बनाएका छौ”, नेम्वाङले भने, “हामीले यसैमा गौरव गर्नुपर्छ ।” अहिलेको सरकारले पनि धेरै काम गरेका कारणले पनि संविधान कार्यान्वयन प्रभावकारी ढङ्गले अघि बढेको उनले जिकिर गरे ।
दुर्घटनामा इञ्जिनीयरको मृत्यु मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। मिनीबसको ठक्करबाट घाइते भएका अधिकारीलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन् । अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत थिए । मृतक कोरोना सङ्क्रमित रहेको र होमआइसोलेशनका लागि घर जानेक्रममा मिनीबसको ठक्करबाट मृत्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।
संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा काठमाडाैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले सविधान दिवसका अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ। संविधान जारी भएको यो ऐतिहासिक दिनलाई गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाइँदै आइएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ। यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ। उनले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन्। संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने सभापति देउवाले विश्वास लिएका छन्। संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी रहेको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्। “काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ”, विज्ञप्तिमा उल्लेख छ। त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै उनले यसलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन्। आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सभापति देउवाले सरकारलाई अपील गरेका छन्। अनेक चुनौतीका बावजुद यो संविधानको सफलतासँग देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडीमा जरुरी रहेको उल्लेख गर्दै उनले यही आग्रह साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।
नेपाल र पाकिस्तानबीच आपसी हितका नयाँ क्षेत्र पहिल्याउन उपप्रमको आग्रह काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्न आवश्यक रहेकामा जोड दिएका छन्। नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेमन पनमिस्तानका राजदूत डा मझर जावेदसँग मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध सरकार र सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरे। उनले पाकिस्तानले चिकित्साशास्त्र अध्ययन, सैनिक तालीम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे। रक्षामन्त्री पोखरेलले पाकिस्तानका उद्यमी एवं व्यवसायीलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत्लगायत क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे। सो अवसरमा राजदूत जावेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको जनाउँदै आफ्नो नेपाल बसाइका अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार, पर्यटन, उद्योग, कृषिलगायत क्षेत्रमा सहयोग प्रबद्र्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए। दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै उनले तालीम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमणमार्फत दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगिरहेको विचार व्यक्त गरे। उनले चिकित्साशास्त्र अध्ययन, तालीम, प्रशिक्षणलगायत विषयमा नेपालले आवश्यक ठानेका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउन पाकिस्तान सरकार सकारात्मक रहेको विचार व्यक्त गरेकने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए।
दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो । राष्ट्र सङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा सम्मेलन केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिए। सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक चीन, जापान, भारत, सिङ्गापुर, श्रीलङ्का, दक्षिण कोरिया, साइप्रस, क्यानडा,अमेरिका, बेलायत, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्डस, फ्रान्स र जर्मनीका वैज्ञानिक सहभागी हुने छन् । आयोजकका अनुसार सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तथा विशेष अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहने छन्।
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।रासस
असोज ५ बाट आन्तरिक उडान तथा, लामो दुरीको यातायत सञ्चालनमा गरिने कामठाडौं। गएको चैत ११ मा देश व्यापी लकडाउनपछि रोकिएको आन्तरिक हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात आगामी असोज ५ बाट सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड बनाएर आन्तरिक उडान तथा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सोमबार नै मन्त्रिपरिषद बैठक बस्नुअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आन्तरिक उडान र लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्नेबारे निर्णय गर्न सिफारिस गरेको थियो। स्रोतका अनुसार आवश्यक सुरक्षा मापदण्ड बनाएरमात्र यी सेवाहरु सञ्चालन हुनेछन्। स्रोतका अनुसार विमानस्थलमा यात्रु ज्वरो नाप्ने, आजाको व्यवस्था आफै गर्नुपर्ने, हातमा स्यानिटाइजर हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ।
राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि थुनामा काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियोसहितको एक गीत युट्युबमार्फत सार्वजनिक भएपछि पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत, काठमाडौंले गायक ग्लाल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ परेका अन्यलाई ३ जनालाई अदालतले १५ हजार रुपैयाँ धरौटीमा छोड्द आादेश दिएको छ। अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश दिइएको छ। राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले यही भदौ ३ गते ९ जनालाई पक्राउ गरेको थियो। राष्ट्रिय झण्डा जलाउनेमाथि ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने कानूनी व्यवस्था छ।
सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू काठमाडौं। मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको जग्गाको कित्ताकाट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सोमबार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका सूच्ना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ। यही भदौ १८ गते भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गराउने निर्णय गरेकी थिइन्। उनको यो निर्णयको आलोचना भइरहेको थियो। २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो।
नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ५० वर्ष भन्दा माथि उमेर समूहका धेरै काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९) कारण सबैभन्दा बढी मृत्यु हुनेमा ५० बर्ष भन्दा माथिका उमेर समूहका नागरिक रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ३ सय ४५ जनाको मृत्यु भएको छ। जसमध्ये ५० बर्ष भन्दा बढी उमेर समुहको संख्या २३० जना रहेको छ। ५० वर्ष माथिका उमेर समूहका मृत्युदरमा सबैभन्दा बढी मृत्यु हुनेमा ७५ भन्दा माथिका उमेर समूहका मृत्युदर सबैभन्दा बढी ५५ रहेको छ। त्यस्तै सोही उमेर समूहमा मृत्यु कम हुनेमा ५० देखि ५४ वर्षका उमेर समूहका २७ रहेका छ। ५५ देखि ५९ उमेर समूहका मृत्युदर ३५ छ भने ६० देखि ६४ उमेर समूहको मृत्युदर ३८ रहेको छ। स्वास्थ्य मन्त्रालका अनुसार ६५ देखि ६९ सम्मका उमेर समूहको मृत्युदर ४० रहेको छ भने ७० देखि ७४ उमेर समूहको मृत्युुदर ३५ रहेको छ। ५० वर्ष माथिका उमेर समूहका मृत्युदरमा सबैभन्दा बढी मृत्यु हुनेमा ७५ भन्दा माथिका उमेर समूहका मृत्युदर सबैभन्दा बढी ५५ रहेको छ। त्यस्तै सोही उमेर समूहमा मृत्यु कम हुनेमा ५० देखि ५४ वर्षका उमेर समूहका २७ रहेका छ। २५ वर्ष मुनीका उमेर समूहको मृत्युदर जम्मा १६ रहेको स्वास्थ मन्त्रालयको तथ्यांकले देखाएको छ। जसमध्य १० देखि १४ बर्ष उमेर समूहका मृत्युदर शून्य छ। त्यस्तै २५ देखि ५० बर्ष मुनि उमेर समूहको मृत्युदर ९९ रहेको छ। जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेका अनुसार अन्य देशको तुलनामा नेपालमा मृत्युदर कम छ। त्यसमा पनि ५० वर्ष माथिको मृत्युदर बढी हुनुको कारण ५० वर्ष माथिका व्यक्ति अन्य रोगले ग्रसित हुनु हो। उनले डिसी नेपालसँग भने, ‘असारको तेस्रो हप्तासम्म विदेशबाट फर्किएकालाई मात्रै कोरोना देखिएको थियो। बिस्तारै समुदायमा कोरोना फैलन थालेपछि मृत्युदर बढेको हो।’ उनले थपे, ‘स्वास्थ मन्त्रालयको तथ्यांक अनुसार ५० वर्षभन्दा बढी उमेर समूहका नागरिकको मृत्यु बढी भएको देखिन्छ, सोही उमेर समूहका व्यक्ति अन्य रोगले ग्रसित भएका हुन्छन्।’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वृद्धवृद्धा, मुटु रोग,मधुमेह जस्ता दीर्घ रोग भएका मानिसको बढी मृत्यु भएको छ त्यसकारण यस समूहका व्यक्तिलाई आइसोलेन्समा राखेर ध्यान पूर्वक ख्याल गर्न आवस्यक छ।’ नेपालमा ज्येष्ठ नागरिक कम भएकाले पनि मृत्युदर कम भएको उनले बताए। ‘अन्य देशको तुलनामा नेपालमा ज्येष्ठ नागरिक कम हुनुहुन्छ,’ उनले भने, ‘अमेरिका, बेलायत, इटालीमा हेर्ने हो भने ८० वर्षमाथिका धेरैको मृत्यु भएको छ। इटाली र जापानमा औसत आयु नै ८५ माथि छ। नेपालको औसत आयु ७१ हो। नेपालमा ज्येष्ठ नागरिकको संख्या कम छ।’
काठामाडौंको फोहोर संकलन हुने टेकुको अवस्था के छ? काठमाडौं। काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोर शुन्य भएको छ। ‘बर्षायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो।’, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘बिगत बर्षमा बर्षामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरिएको थियो। यस बर्ष हामीले फोहोर लैजान कसैलाई तेल दिएका छैनौं। कुनै गाडी भाडामा लिएका छैनौं।’ उनका अनुसार यस बर्ष ल्याण्डफिल साइट र ट्रान्सफर स्टेशनमा प्रयोग गर्न कुनै डोजर पनि भाडामा लिइएको छैन। यसबाट महानगरको करीब १२ लाख रुपैयाँ बचत भइसकेको छ। ‘सिसडोलमा फोहोर बोकेर जाने ठूला सवारी, जेसीभी, लोडर समयमा नै मर्मत ग¥यौं। ल्याण्डफिल साइटमा प्रयोग गर्न खरिद गरिएको डोजर समयमा नै आइपुग्यो।’, प्रगतिका बिषयमा जानकारी दिँदै फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर निर्मलराज बराल भन्छन्, ‘विगत बर्षहरुमा हामी सडक हेर्दैनथ्यौं। यस बर्ष सडकको अवस्था हामी आफैंले हे¥यौं। सडकमा भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि थप भत्किन पाएन। यसकारण पनि बर्षामा साइटमा पुग्न सजिलो भयो।’ कोभिडका कारण उपत्यकामा फोहोर उत्पादन घटेर व्यवस्थापकीय खर्च घटेको र ट्रान्सफर स्टेशनमा फोहोर शुन्य भएको त होइन? प्रश्नको उत्तरमा महाशाखा प्रमुख बराल थप्दै भन्छन्, ‘कोभिडले फोहोरको परिमाण घटेको छैन। अहिले पनि दैनिक औसतमा १२० देखि १३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पु¥याइरहेका छन्।’ यसअघि गएको बर्ष कार्तिक ३ स्टेशनलाई शून्य बनाएर अवस्थालाई कायम राख्ने योजनाअनुरुप काम भइरहेको थियो। बिचमा सवारी साधन, ल्याण्डफिल साइट र त्यहाँ पुग्ने सडकका कारण केही फोहोर स्टेशनमा रहने सकिने हुँदै आएकोमा भदौ २६ गते स्टेशन शून्य फोहोर भयो। आइतबार पनि स्टेशनमा फोहोर शुन्य नै छ। त्योभन्दा पनि अघिल्लो समय हेर्दा २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाइएको थियो। टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ।
सरकारले घटायाे पिसीआर परीक्षणको शुल्क, अब मात्र दुई हजार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिए । सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए । यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार ४०० तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु पाँच हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको छ । सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ । यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको उनले जानकारी दिए । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको उनले जानकारी दिए ।
गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप कास्की। गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्। यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो। तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको व्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो। त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन्। आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन्। गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
बाह्रविसे पहिरोको स्थगलगत निरिक्षण गर्दै सभामुख सापकोटा (फोटो फिचर) काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको स्थलगत रिपोर्टको लागि बाह्रविसे पुगेका छन्। आइतबार विहान गएको पहिरोमा परि ३० घर पुरिएका छन्। भने २७ जना बेपत्ता छन्। हालसम्म ५ जनाको शव भेटिएको बताइएको छ।
सिन्धुपाल्चोक पहिराे अपडेट : ४ जनाको शव भेटियो, २७ जना बेपत्ता काठमाडौं। सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका मध्ये ४ जनाको शव भेटिएको छ। बाह्रविसे नगरपालिका ७ मा गएको पहिरोमा पनि अहिलेसम्म २७ जना बेपत्ता भएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार केही शवहरुको शरिको अंग देखिएले शव भेटिने क्रम जारी रहेको छ। मौसम प्रतिकुल भएका कारण उद्दारमा कठिनाई भएको छ। नगर प्रमुख शेर्पाले भने, ‘केहीको हात खुट्टाहरु देखिएको छ। हामी उद्दार गरिरहेका छौं। मौसमले गर्दा केही समस्या भएको छ। तै पनि जिल्लाबाट आएको नेपाल प्रहरीको टोली र नेपाली सेनाको टोलीले उद्दार गरिरहेको छ।’ शेर्पाले पहिरोबाट ३० घर पुरिएको जानकारी दिए। नेपाली सेनाको टोलीले विहानैदेखि उद्दार गरीरहेको छ। शेर्पाका अनुसार सभामुख अग्नि प्रसाद सापकोटा पनि भरखरै पहिरोले क्षति पु¥याएको स्थानमा पुगेका छन्। उनले भने, ‘सभामुख ज्यू आइपुग्नु भएको छ। जिल्लाबाट एसपी साब पनि आइ पुग्नु भयो।’
सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ काठमाडौं। वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब ६० जना अभियानकर्मीको सक्रियतामा सफाइ अभियानलाई निरन्तरता दिइएको हो । नदी किनारमा आउन नसक्ने अभियानकर्मीले भने आफ्नो टोलमै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए। सफाइमा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेललगायत अभियानकर्मीको सक्रियता रहेको सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३४२ औँ हप्ताको सफाइ गोठाटार पुलमुनिको नदी किनारमा सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै सफाइ गरेर कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको थियो । कुहिने फोहर नदी किनारमै गाडिएको थियो । नकुहिने फोहर भने नगरपालिकाको गाडीले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले सुनाए। रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका विभिन्न भागमा पनि भौतिक दूरी कायम गर्दै सफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ ।
बीमाको पैसा पाउन महिलाले रेटिन आफ्नै हात, तर… बीबीसी । स्लोभेनियाकी एकजना महिलालाई नियतवश आफ्नो हात रेटेर बीमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ। राजधानी लुब्लियानास्थित अदालतले २२ वर्षीया जुलिया आदलेसीचले घटनाको अघिल्लो वर्षमात्र पाँचवटा बीमा नीति खरिद गरेको पाइएको थियो। उनले हाँगा छिमल्ने क्रममा हात काटिएको बताएकी थिइन्। कति पैसाको ठगी? हातको बीमावापत् उनले दश लाख अमेरिकी डलरभन्दा धेरै पाउने थिइन्। तर अब उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ। उनका केटासाथीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा आदलेसीचलाई अस्पतालमा पुर्‍याइएपछि उनी र उनका केही आफन्त पक्राउ परेका थिए। उनको अपाङ्गता स्थायी होस् भन्ने हेतुले उनी र उनको केटासाथीले काटिएको भाग जानाजान छाडेर अस्पताल आएको अदालतको निष्कर्ष छ। तर अधिकारीहरूले समयमै उक्त भाग फेला पारे र अस्पतालले त्यसलाई जोडिदियो। सो घटनाको केही दिन अगाडि महिलाका केटासाथीले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको अभियोजनकर्ताहरूले बताए। त्यसले पनि उक्त घटना नियोजित भएको प्रमाण मिल्ने अभियोजनकर्ताहरूले बताएका छन्। ती केटासाथीका बुवालाई पनि एक वर्षे जेल सजाय सुनाइयो। तर उनीविरुद्धको सजाय लागु गराइएको छैन। मुद्दाको अवधिभरि आदलेसीचले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन्। यदि उनको योजना सफल भएको भए उनले आधा जति रकम एकमुष्ट र बाँकी मासिक किस्तामा पाउने थिइन्।
सांस्कृतिक स्थल खुला गर्न माग काठमाडाैं । विश्व हिन्दू महासंघले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासंघले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो । बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन।रासस
टिपरले ठक्कर दिँदा प्राइम टाइम्स टेलिभिजनका पत्रकार गौतमको निधन काठमाडौं। प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई टिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स(परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो । गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
किर्ते गर्ने पक्राउ काठमाडौं। विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पास किर्ते गरेको फेला पारेपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्ने डिलरका प्रतिनिधि गोरखा आरुघाट घर भई हाल कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् । उनलाई शङ्कास्पद कागजातसहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको व्यूरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए। उनको साथबाट कोभिड–१९ सङ्कलन व्यवस्थापन केन्द्रबाट सही गरेको र नगरेको सवारी पाससमेत बरामद गरिएको जनाइएको छ । उनले यसरी किर्ते गरेर प्रतिपास रु दुई हजार लिने गरेको खुल्नआएको छ ।
भक्तपुरमा एकै घरका तीनजनाको हत्या भएको प्रहरीको आशंका काठमाडौं। भक्तपुरमा शुक्रबार एकै घरमा परिवारका तीनजनाको शव फेला परेको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ स्थित निकोसेरामामा रहेको ४ तले घरमा तीवटा शव फेला परेको महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामी घटना स्थलमै छौं, हरेक तलामा एक एक वटा शव फेला परेको छ।’ उनका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीीया सुशीला र १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको छ। घरमा एक कुकुर पनि मृत फेला परेको एसपी थापाले जानकारी दिइन्। उनले शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै केही भन्न नसकिने बताइन्। उनले फरेन्सिक टोलीसहित आफूहरु घटनास्थलमै रहेको बताइन्। उनका अनुसार अधिकारी परिवारले सोही घरमा किराना पसल गर्दै आएको थियो। प्रहरीले याे हत्याकाे बारदात पनि हुनसक्ने बताएकाे छ। घटना स्थलमा रहेका एक प्रहरी अधिकारीले तीनै जनाकाे हत्या भएकाे हुनसक्ने बताए।
अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ। महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। एसएसपी थापाका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था ठीक रहेको छ। तीन दिन अघि महानगरीय प्रहरी परिसरका इन्स्पेक्टरसहित २२ जनालाई संक्रमण भएको थियो । उनीहरुलाई पनि प्रहरी अस्पताल, दुई नम्बर गण र होम आएसोलेशनमा राखिएको छ।
‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिएका छन्। ललितपुरस्थित परिषद्को केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजसेवा र मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि हुन नदिन परिषद्का कर्मचारीलाई सचेत गराए। सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने योजनालाई अघि बढाएको जानकारी दिँदै परिषद्का अध्यक्ष गुरुङले सामाजिक सङ्घसंस्थालाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने बताए। सो अवसरमा परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताका माध्यमबाट सामाजिक क्षेत्रका कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन र परिमार्जन गर्ने कामलाई अघि बढाइएको जानकारी दिए। परिषद्का सदस्य सचिव पुष्कर खातीले परिषद्को कामलाई परिणामुखी बनाउन र सुशासन कायम गर्न योजना तय गरिएको बताए। सो अवसरमा परिषद्को वेबसाइट पनि शुभारम्भ गरिएको थियो ।
म्यागङ गाउँपालिकाले कुहिएको औषधि वितरण गरेको भन्दै विरोध विदुर । नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन् । गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन् । सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले सिटामोल चक्की स्वास्थ्य केन्द्रबाट लगी खाँदा एक्कासि रिँगटा लाग्ने र बान्ता आएकाले स्वास्थ्य केन्द्रका अनमी बैदेवी हमाललाई भेटेर औषधि देखाउँदा उनले औषधि भण्डार गर्ने ठाउँ राम्रो नभएका कारण गुणस्तरहीन भइसकेको हुनाले खान नहुने बताएको स्थानीयवासी काजीमान डंगोलले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष आशा तामाङले देउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण भएको औषधि गुणस्तरहीन र मिति सकिएकाले बुधबार जलाइएको र यसबारे अनुसन्धान गरिने जानकारी दिए । गाउँपालिका, देउराली स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक फैराज तामाङले स्थानीयवासीलाई वितरण गरिएको औषधिको मिति सकिन अझै एक महिना बाँकी रहेको जिकिर गरे । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले औषधिमा लापरबाही गर्ने जोसुकैलाई पनि छानबिन गरी कारबाही गरिने बताए।
आयुर्वेद विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्रीले भनेः कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग गरौं काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट गरेका छन्। कोभिड– १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए। उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो।’ उनले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए। आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गरे। निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गरे। ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका’ उनले भने। कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए। उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा रामआधार यादव, डा सन्तोष ठाकुर, प्राडा डीबी रोका, डा शिवमंगल प्रसाद, डा प्रकाश ज्ञवाली र डाधनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्दै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गरे। पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राखे।
दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको आर्थिक सहयोग काठमाडौं। दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एकसाता गोफण्ड मार्फत संकलन गरिएको ३ लाख ५७ हजार एक सय ६७ रुपैया मंगलबार उनकी छोरी सुस्मीता बानियाँलाई हस्तान्तरण गरिएको छ । जीवनभर पत्रकारिता बाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा सो रकम संकलन गरिएको अमेरिकाबाट देउजाले बताए । उनले छोरा छोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत बताएका छन् । ‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने ‘भविष्यमा छोरा छोरीको शिक्षा दिक्षामा आर्थिक कारणले अवरोध आएको थाह पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु । ’, काभ्रेका स्थायी बासिन्दा भए पनि लामो समयदेखि अमेरिका बस्दै आएका देउजा विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् ।
दरबार हाइस्कूलको भवन हस्तान्तरण काठमाडाैं। चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन मंगलबार हस्तान्तरण भएको छ। गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो। मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे। उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ। काठमाडौं महानगरपालिका—२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो। भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो। रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ। दरबार हाई स्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ। दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन्। हाल ती दुवै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन्। भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ। निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड—१९ का कारण हस्तान्तरण हुन नसकेको बताए। विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो। विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो। विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्न का लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए। विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ। अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ। शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्। लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो। निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ। रासस
केही दिन वर्षाको क्रम बढ्ने : बाढी/पहिरोको सम्भावना काठमाडाैं। आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन्। उनका अनुसार प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भहेको छ। हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक (उत्तरतर्फ) सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ। आज बिहान तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा मापन भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशखाले जनाएको छ। यस्तै बिहान उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा पनि भारी वर्षा मापन भएको र थप वर्षा हुने देखिएकाले त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना छ। त्यसको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्क रहन अनुरोध गरिएको छ। आज कोशी र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ। यस्तै कन्काई, कमला, वाग्मतीका ससाना नदीको जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ। मौसमविद् कँडेलले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मौसम बदली हुन थालेको जानकारी दिइन्। यसपटक भने प्रदेश १ देखि प्रदेश ५ सम्म बढी बदली हुने उनले बताइन्। केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो र बाढीको जोखिम हुने जानकारी दिँदै उनले सावधानी अपनाउन अनुरोध गरेकी छन्। रासस
बाघको आक्रमणबाट एकको मृत्यु चितवन। पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए। घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए । रासस
न्याय सम्पादनमा ध्यान दिन आग्रह काठमाडौं। विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारीले न्याय सम्पादन र सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। अदालतले सोमबार १७ औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने स्पष्ट पारे। अध्यक्ष अधिकारीले न्यायिक सुशासन कायम गर्न सबै कर्मचारीले आ–आफ्नो पेशागत, निष्ठा, लगनशीलता र इमान्दारीतामा ध्यान दिनुपर्नेमा जोड दिए। अदालतमा वरिष्ठतम सदस्य न्यायाधीश कृष्ण गिरीले राष्ट्रसेवक कर्मचारीले व्यावसायिक जीवनको हरेक क्षणमा आफ्नो कार्यकुशलता र आफूमा अन्तरनिहित क्षमता प्रदर्शन गरेर सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। सो अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने नायव सुब्बा रामकृष्ण सापकोटा र हलुका सवारी चालक अमृतबहादुर सुनुवारलाई अध्यक्ष अधिकारीले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।
दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड काठमाडौं। युवा अधिकारकर्मीले कोभिड–१९ ले दिगो विकास लक्ष्य प्राप्तिमा गम्भीर प्रभाव पारेको र त्यसको समाधानका लागि आफूहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने औँल्याएका छन् । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र उनीहरुले खेलिरहेको भूमिकालाई अनुभव साटासाट गर्ने उद्देश्यले युथ एडभोकेसी नेपालद्वारा आइतबार भर्चुअल माध्यमबाट आयोजित ‘दक्षिण एसियाली सम्मेलन’ मा विभिन्न देशका युवाले शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विविध समस्यालाई सरकारले समाधान गर्नुपर्ने माग गरेका छन् । सम्मेलनमा युएनभीका एसिया प्रशान्त क्षेत्रीय प्रवन्धक सलिना मियाँले कोभिड–१९ ले दिगो विकास लक्ष्यमा पारेको समस्या समाधानका लागि युवा स्वयंसेवालाई प्रवद्र्धनसँगै राज्यले विशेष नीति अख्तियार गर्नुपर्ने बताए। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोभिड–१९ का कारण दक्षिण एसियाली युवामा मनोवैज्ञानिक समस्या थपिएको उल्लेख गर्दै उनीहरुबीचको समन्वय तथा सहकार्यलाई बढाउनुपर्नेमा जोड दिए। युनेस्को नेपालका शिक्षा प्रमुख बलराम तिमल्सिनाले युवाको सम्भावना र क्षमताको व्याख्या गर्दै उनीहरुलाई राज्यको नीति निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा अर्थपूर्ण सहभागिताको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलंका र अफगानिस्तानका ११ युवाको सहभागिता थियो ।
ललितपुर महानगरका मेयरको हत्या गर्ने धम्की दिएका शाक्य पक्राउ काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले धम्की दिएको आरोपमा संजय शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना भएपछि उनीसँगको कनट्याक्टमा रहेका चिरिबाबु हाल आफ्नै घरमा क्वारेन्टिनमा छन्। यद्यपी उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। घरमा क्वारेन्टिन बसेका मेयर महर्जनलाई ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि उनले प्रहरीलाई यो विषयमा जानकारी गराएका थिए।