content
stringlengths
31
27.4k
कोरोनाविरुद्धको लडाईँः १४ गतेबाट खोप अभियान काठमाडौं। कोरोना महामारीविरुद्धको लडाईँमा नेपालमा पनि खोप अभियान शुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आगामी बुधबार देश व्यापी खोप अभियान शुरु हुने जानकारी दिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत मन्त्री त्रिपाठीले खोप अभियानबारे जानकारी दिएका हुन्। उनका अनुसार आगामी बुधबार देशका विभिन्न ६ वटा अस्पताल र १२० खदोप केन्द्रबाट खोप अभियान शुरु हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल रुपमा उद्घाटन गर्ने भएका छन्। त्यस्तै माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ। मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ। यसरी पहिलो चरणमा खोप लगाउनेको संख्या ४ लाख ३० रहेको छ। अक्सफोर्ड–एक्ट्राजेनेका र भारतीय कम्पनी सिरम इन्स्टिच्युटले विकास गरेको कोभिशिल्ड नामक खोप लगाउन लागिएको हो। यो खोपको १० लाख डोज भारतले निःशुल्क उपहार दिएको थियो। नेपाल सरकार थप आवश्यक खोपका लागि दाता खोजिरहेको छ। कोभिशिल्ड खोप अहिले भारतमा पनि लगाइएको छ। भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्। स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्। नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ। आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ। सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए। कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताए। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ। नाम दर्ता अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक बिदाका दिनमा समेत बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मका लागि खुला रहने छ । निर्वाचन कार्यालय हुम्लाले सातवटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए। जिल्लाका सात गाउँपालिकाका ४४ वडा रहेको हुम्लामा ५२ मतदान केन्द्र छन्। यो पटक एउटा मदातन केन्द्र थप गर्न माग गरीएकोले स्वीकृत हुने वा नहुनेमा केही जानकारी नभएको बताइएको छ। प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन्। उनीहरूलाई माघ ११ गते तालीम हुन्छ । फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्नेछ। नाम्खा गाउँपालिका ११ मतदान केन्द्र सिमकोटका आठ, खार्पुनाथमा पाँच, सर्केगार्डमा ११, चङ्खेली गाउँपालिका सात, अदानचुलीमा छ र ताजाँकोट गाउँपालिकामा छ मतदान केन्द्र निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन्।रासस
यसरी पाइन्छ आम्दानी अनुसारको घर कर्जा काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले घर बनाउने प्रयोजनका निम्ति जग्गा खरिद गर्न, घर निर्माण गर्न, घरको तला थप्नेजस्ता व्यक्तिगत प्रकृतिका घरजग्गामा कर्जा दिँदै आएका छन् । घरजग्गाका लागि ऋण लिनुअघि यस्तो कर्जाको नीतिगत व्यवस्थाबारे सामान्य जानकारी राख्नु जरुरी छ । घर कर्जा प्रदान गर्ने वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले राष्ट्र बैंकको नीतिमा टेकेर घर कर्जासम्बन्धी कार्यविधि बनाउने गर्छन् । बैंकको आन्तरिक कार्यविधि अर्थात् प्रडक्ट पेपर भने केन्द्रीय बैंकको नीतिमा रहेर बैंकलाई अनुकूल हुने गरी बनाइने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । यस्ता खाले प्रडक्ट पेपर बैंकले सञ्चालक समितिबाट स्वीकृति लिएपछि मात्र कार्यान्वयनमा ल्याउने गर्छ । सामान्यतया व्यक्तिगत आवासीय घर कर्जा भन्नाले बैंक तथा वित्तीय संस्थाले ग्राहकको आयस्रोत हेरी सो स्रोतले पर्याप्त धान्ने किस्ता कायम गरी उक्त ग्राहकले आफैं प्रयोग गर्ने वा भाडामा लगाउने उद्देश्यले घर निर्माण, घर÷अपार्टमेन्ट खरिदका लागि प्रवाह गरेको आवासीय घर कर्जा हो । हाल राष्ट्र बैंकले तोकेको नियमअनुसार बैंकहरूले धितो मूल्यांकन ९लोन टु भ्यालू रेसियो० को आधारमा ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म घर कर्जा उपलब्ध गराउँदै आएका छन् । तर, यस्तो कर्जा भने बढीमा १ करोड ५० लाख रुपैयाँसम्म मात्र लिन सकिन्छ । केन्द्रीय बैंकले धितो मूल्यांकनको आधारलाई पनि क्षेत्रगत रूपमा विभाजन गरेको छ । यसै क्रममा काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात बढीमा ४० प्रतिशत तोकेको छ । यसबाहेक अन्य स्थानको हकमा भने बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ । तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका निर्माण व्यवसाय कम्पनीहरूलाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था छ । तर, कसैले पहिलो पटक डेढ करोड रुपैंयाँसम्मको आवासीय घर खरिद गर्न यस्तो कर्जा लिन चाहन्छ भने त्यस्तो व्यक्तिलाई धितो मूल्यांकनको बढीमा ७० प्रतिशतसम्म बैंकहरूले दिन सक्नेछन् । यस्तो कर्जा प्राप्त गर्न भने ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुनुपर्नेछ । यसका लागि ग्राहकले भने बैंकबाट यसअघि यस प्रकारको कर्जा नलिएको यकिन दिलाउनुपर्नेछ । यस्तो कर्जा लिँदा घरभाडालाई ऋणीको आम्दानीको स्रोत देखाउन पाइँदैन । कर्जाको ब्याजदर वृद्धि भए पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्नेछ । यो फ्लोटिङ ब्याजदरको हकमा लागू हुन्छ किनभने अहिले स्थिर ब्याजदरमा न्यूनतम ५ वर्षदेखि अधिकतम आवश्यकताअनुसार बैंकहरूले व्यक्तिगत प्रकृतिका घर कर्जा दिन केन्द्रीय बैंकले गरेको निर्देशनअनुसार घोषणा गरिसकेका छन् । यस्तो कर्जा लिन धितो राख्ने सम्पत्ति छ तर आयस्रोत छैन भने कर्जा पाइँदैन । कर्जा प्राप्त गर्न अनिवार्य रूपमा आयस्रोत खुलाउनुपर्नेछ । अझ ऋणीले आयस्रोत खुल्ने कागजात मात्रै पेस गरेर हुँदैन । आम्दानी गरेर पनि कर चुक्ता हुन नसकेको अवस्थामा बैंकलाई आय देखाउन नपाएर हुँदैन । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षकको निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबार भएको उक्त कार्यक्रममा उनले भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखसँग आग्रह गरे । कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापनलगायत कार्य प्रगतिबारे भर्चुअल माध्यामबाट जानकारी गराएका थिए । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए ।
दुई दम्पत्तिको शंकास्पद मृत्यु : प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? काठमाडौं। एक हप्ता अघि काठमाडौको टोखामा उमेश केसी र सुदिक्षा केसी मृत अवस्थामा फेला परे। उनीहरु दम्पत्ति थिए। उनीहरुको मृत्युको कारणबारे महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो विषयमा अनुसन्धान गर्यो। ती दुवै निकायले उमेश र सुदिक्षाको मृत्युबारे हत्या र आत्महत्या भएको निष्कर्ष निकालेका छन्। सुदीक्षाले उमेशको हत्या गरेको र त्यसपछि सुदिक्षाले आत्महत्या गरेको आशंका दुवै निकायको छ। यद्यपि प्रकरणलाई प्रहरीले अझै अनुसन्धानकै क्रममा राखेको छ। अपराधको कुनै कारणहरु खुल्न सक्छन वा हत्या आत्महत्याको कुनै कारण पत्ता लाग्न सक्छ कि भन्ने प्रहरीको भनाइ छ। ‘अझै पनि केही तथ्यहरु कारणहरु फेला पर्न सक्छन् उनीहरुको विषयमा अहिले नै फाइल क्लोज गर्ने बेला भएको छैन’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने। उमेश र सुदिक्षाको मृत्यु भएको एक सातापछि ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घरभित्रै मृत अवस्थामा एक दम्पत्ति फेला परे। सप्तरीको राजविराज स्थायी घर भएका उनीहरु लामो समयदेखि ललितपुरमा बस्दै आएका थिए। ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मला बीच गत वर्षको फागुनमा विवाह भएको थियो। तर उनीहरुले सोमबार मृत्युको बाटो रोजे। उनीहरुको विवाह भएको एक वर्षमै आत्महत्याको बाटो किन रोजे यो प्रश्नले पनि प्रहरीलाई पिरोलो दिइरहेको छ। प्रहरीका अनुसार उनीहरु आमाबुबासँग बस्दै आएको र आमाबुबा आफन्तकोमा गएको बेला आत्महत्याको बाटो रोजेका थिए। ‘गत शुक्रबार बुबाआमा आफन्तकहाँ गएका रहेछन् आइतबार बुबाआमाले फोन सम्पर्क गर्दा फोन नउठाएपछि घरबेटीलाई फोन गरेको देखियो र घरबेटीले कोठाको झ्याल खोलेर हेर्दा अस्वाभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेपछि हाम्रो टोली त्यहाँ गएको थियो’, महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्। प्रहरीले दिएको जानकारी अनुसार सागर चार वर्षदेखि सो घरमा बस्दै आएका थिए। उनी भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। कोठमा प्रहरीले स्लफर नामको विषादीको बट्टा फेला पारेको र विष सेवनबाट नै आत्महत्या गरेका हुनसक्ने प्रहरीको दावी छ। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ’, एसएसपी बज्राचार्यले भनिन्। उनका अनुसार उनीहरुको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। अहिले दुवैको मोवाइल अध्ययन गर्ने कार्य भैरहेको छ।
‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’ लन्डन । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ । वैल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण भएको हुनसक्ने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस० को तथ्याङ्कले देखाएको छ । बेलायतमा कोभिड–१९ को तेस्रो लहर छाएको छ र पछिल्लो समय देखिएका नयाँ प्रकारको भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ । सङ्क्रमण र मृत्युका घटनामा बढ्दो समस्याले थप चुनौती सर्जिना गरेको र मुलुकमा दैनिक कोभिड–१९ सङ्क्रमितको मृत्युको उच्च सङ्ख्या हुनुमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमण फैलिनु भएको हुनसक्ने भन्दै स्वास्थ्य प्रमुखहरूले अस्पतालका सघन उपचार कक्षहरूलाई सचेत बनाएका छन् । ओएनएसका अनुसार जनवरीको पहिला ८ दिनमा समग्र मृत्युदर पाँच वर्षको औसतभन्दा ४५ प्रतिशत बढी थियो । जबकि केन्द्रीय तथ्याङ्क कार्यालयले छुट्टीको अवधिमा अस्वाभाविक वृद्धि भएकोप्रति पनि सचेत गराएको छ । विशेषगरी पछिल्लो लहरले गम्भीर नतिजा देखाएको लन्डनमा मृत्युको सङ्ख्यामा ८५ प्रतिशतले वृद्धि भएको छ । यो सोही हप्ताको ऐतिहासिक औसतको तुलनामा अस्वभाविकरूपमा बढी हो । क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिलले गत हप्ता सार्वजनिक रिपोर्टमा लन्डनमा सङ्क्रमित जनसङ्ख्याको अनुपात ३० प्रतिशत रहेको अनुमान गरेको छ । बेलायतले अहिलेसम्म कूल ९० हजारभन्दा बढीको मृत्यु भएको छ र यो महामारीका कारण धेरै प्रभावित मुलुकमध्ये अग्रस्थानमा पर्छ ।
खोपको लाइन नमिच्न डब्लुएचओको धनी देशहरूलाई आग्रह बीबीसी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए। त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन्। चरम नैतिक सङ्कट डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए। कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ। उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन्। सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, “मैले केही खरो बोल्नु पर्ने भएको छ: विश्व नैतिक विफलताको डिलमा पुगेको छ – अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।” आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, “अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।” संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए। हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन्। सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन्। “मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड-१९ का खोप लगाउन थालियोस् भन्ने छ। जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्,” डा टेड्रोसले भने। हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन्। यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस्। यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन्। “हामीले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेका छौँ। थप एक अर्ब मात्राको पनि विकल्प रहेको छ। हामी फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा छौँ,” डा टेड्रोसले भने। इजरेलको खोप अभियान सबैभन्दा द्रुत विश्वमा सबैभन्दा छिटो आफ्ना जनसङ्ख्यालाई कोरोनाभाइरसको खोप दिलाउँदै आएको इजरेलले खोप निर्माता कम्पनी फाइजरसँग उसको सम्झौताबारे विवरण सार्वजनिक गरेको छ। इजरेली सरकारले देशमा समुदायस्तरमा प्रतिरोध क्षमता वा हर्ड इम्युनिटी कहिलेसम्म भइसक्छ भन्ने आकलन गर्न खोप लगाएका बारे सूचना तत्काल सम्प्रेषण गरिरहेको छ। सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलले द्रुत गतिमा आपूर्ति सुनिश्चित् गर्न बढी पैसा तिरेको छ। तर यसको आधिकारिक पुष्टि गरिएको छैन। इजरेल सरकारका अनुसार उसले फाइजरलाई दिएको आँकडाले कोभिडबारे विश्वव्यापी अनुसन्धानलाई सघाउ पुग्नेछ तर आलोचकहरूले चाहिँ गोपनियता तथा नैतिकताका चिन्ता व्यक्त गरेका छन्। साथै धनी देशहरूलाई उपलब्ध अनुचित फाइदालाई पनि यसले उजागर गरेको बताइएको छ। हालसम्म इजरेलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसङ्ख्यालाई खोप दिलाइसकेको छ। क्यानडाको पनि आलोचना भएको छ। उसले प्रत्येक क्यानडेलीलाई पाँच पटक लगाउन पुग्ने मात्राको खोप अर्डर गरिसकेको बताइएको छ। डिसेम्बरमा प्रतिक्रिया दिँदै क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री क्यारिना गुल्डले ती आरोप अस्वीकार गर्दै खोपको आपूर्ति नै नभइकन यस्ता कुरा गर्नु यथार्थपरक नहुने बताएकी थिइन्।
व्यावसायिकरुपमा माछापालन फस्टाउँदै दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ। उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिकरूपमै माछापालन गर्नेको सङ्ख्या बढ्दै गएको छ। माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो। देउखुरीमा लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ भने घोराही उपहानगरपालिका–५ धर्ना माछापालनका लागि पकेट क्षेत्र घोषणा गरेर माछापालक किसानलाई अनुदान तथा प्राविधिक सहयोग प्रदान हुँदै आएको छ । बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसानको भनाइ छ। थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यो व्यवसायमा आकर्षण बढ्दै गएको घोराही–५ धर्नाका कृषक दीपक रावत बताउछन्। उनले कृषि फर्म स्थापना गरी १२ वटा पोखरीमा करीब एक लाख माछाबाट वार्षिक रु ३० लाख बराबरको आम्दानी गर्दै आएको बताए। “माछाको हेरचाह र दाना दिनका लागि दुई जनालाई रोजगार दिएको छु”, उनले भने। व्यावसायिकरूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानीसमेत बढ्दै गएको र उत्पादित माछा घोराही र तुलसीपुरका बजारका व्यापारीले खरीद गरेर लैजाने गरेको उनले बताए। माछापालनबाट राम्रो आम्दानी भएका कारण खेतीयोग्य जमीनमा पोखरी बनाई माछापालन व्यवसाय शुरु गरेको रावतले बताए। लमही नगरपालिका–५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछापालन गर्नुभएको छ । रु २० लाखको लगानीबाट व्यवसाय शुरु गरेका गिरीले अहिले लगानी बढेर रु ८० लाख भएको र वार्षिक रु २५ लाख आम्दानी गर्ने बताउछन। आफूले उत्पादन गरेको माछा दाङको लमही, भालुवाङका साथै छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । माछापालन व्यवसायबाट आफू सन्तुष्ट भएको उनले बताए। माछामा प्रशस्त भिटामिन ‘डी’ पाइने हुँदा क्याल्सियमका कारणले हड्डी बलियो गराउँछ । नियमित माछा खानाले दिमाग सधैँ तेजिलो रहन्छ । आँखाको भिजन बढाउनका साथै आँखालाई सधैँ स्वस्थ्य राख्छ । उच्च रक्तचापलाई नियन्त्रण गर्न माछाको सेवनले धेरै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । रातो मासु पचाउनका लागि झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा पचाउन दुईदेखि तीन घण्टा मात्र लाग्छ। खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्र यादवले बताए। बजारमा भारतबाट ल्याउने माछाको आयात कम गर्न र माछाको उत्पादनले आत्मनिर्भर बनोस् भनेर ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत कार्यक्रम अगाडि बढाइएको हो । युवालाई माछापालन व्यवसाय गर्न प्रोत्साहन होस् भनेर आवश्यक सीप सिकाउने गरेको उनले बताए। जिल्लामा वर्षेनी माछापालन व्यवसायीको सङ्ख्या बढ्दै गएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको तथ्याङ्कमा उल्लेख छ । मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म रु सात करोड बढी लगानी भएको छ । दुई सय १७ जना कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिकरुपमा माछापालन गर्दै आएको कार्यालयको भनाइ छ। जिल्लामा ५०१ पोखरी तथा ३० घोल तालमा माछापालन गरिँदै आएको छ । हाल १२५ हेक्टर क्षेत्रफलमा माछापालन भएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना शुरु भएसँगै माछापालक व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ। जिल्लामा हुने माछा उत्पादनले यहाँको माग धान्न सकेको छैन । करीब ७५० मेट्रिक टन माछाको आवश्यकता छ । हाल वर्षिक ५९५ टन माछा उत्पादन हुँदै आएको छ । बाँकी आवश्यक माछा भारतबाट ल्याउने गरिएको छ । बैखा र मङ्गुर माछा भारतबाट ल्याउने गरिएको हो । खासगरी जिल्लामा माछाको याम नभएका समयमा बाहिरबाट आयात गर्नुपरेको छ । वैशाख, जेठ, असार महिनाको समयमा भारतबाट माछा ल्याउने गरिन्छ भने अन्य समयमा जिल्लाको उत्पादनले पुग्ने गर्दछ । दाङमा वैशाखदेखि मङ्सिरसम्म माछा उत्पादन हुने राम्रो समय मानिन्छ। बैखा माछा एक कठ्ठामा चार क्विन्टल उत्पादन हुन्छ भने कार्व जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको किसानहरु बताउँछन् । खासगरी बैखा र मङ्गुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्व जातको माछा यहाँ उत्पादन हुन्छ । पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण भित्रिँदै गएको छ भने उत्पादन र हेक्टर क्षेत्रफलसमेत बढेको छ । यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएका छन् । हाल जिल्लामा उत्पादित माछा नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यान र प्यूठानमा निर्यात गरिन्छ। जिल्लामा यसवर्ष माछापालन गतिविधिका लागि बजेट कम आएको मत्स्य विकास अधिकृत यादवले बताए। गत वर्ष कोरोना भाइरसका कारण पोखरी निर्माणलगायतका काम गर्न नसकेका कारण माछाका लागि बजेट कम भएको हो। यस आर्थिक वर्षमा रु १२ लाख आएको छ । गत वर्ष कोरोनाका कारण करीब रु एक करोड बजेट खर्च हुन सकेन । यस्तै यस वर्ष व्यावसायिक फर्म सुदृढीकरण, यान्त्रिकीकरण, पोखरी निर्माण गर्नेका लागि व्याज, अनुदानलगायतका कार्यक्रम रहेका छन्।रासस
पीएम कप क्रिकेटः आर्मीद्वारा गण्डकीलाई २८८ रनको लक्ष्य काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा जारी खेलमा पहिले ब्याटिङ गर्दै आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको छ । सुस्त सुरुवात गरेको आर्मीका लागि पहिलो विकेटका लागि राजु रिजाल र हरी कृष्ण झाले ६३ रनको साझेदारी गरेका थिए । उनीहरुले ११२ बलमा ६३ रनको साझेदारी गरेका हुन् । यस्तै पाँचौ विकेटका लागि बिनोद भण्डारी र राजेश पुलामीले ८५ बलमा ७३ रनको साझेदारी गर्दै पारी उकासेका थिए । यस्तै छैठौं विकेटका लागि बिनोद भण्डारी र लोकेश बमले ६० बलमा १०३ रनको साझेदारी गरे । आर्मीका बिनोद भण्डारीले उत्कृट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १११ रनमा नट आउट रहे । यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाए भने लोकेश बमले ४२ रन बनाए । राजेश पुलामीले ३८ रन बनाउँदा हरी कृष्ण झाले रोहित पौडेलले १०तथा भिम शार्कीले १५ रन बनाए । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २/२ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्रकान्त पौडेलले १/१ विकेट लिए ।
क्यापिटल भवन हिंसा : आत्मसमर्पण गर, नत्र तिम्रो ढोकामै पुग्नेछौँ बीबीसी । अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई)ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ। अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्। वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए। त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो। घटनामा संलग्न भएको आरोपमा १६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ। कोलम्बियाका कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरवीनले उनीहरूविरुद्ध आक्रमण र विद्रोहको षड्यन्त्र लगायतका अभियोग लगाइन सक्ने जानकारी दिए। ती अभियोगमा २० वर्षसम्म जेल सजाय हुनसक्छ। अभियोग लगाइनेहरूको सङ्ख्या सैयौँ पुग्न सक्ने उनको भनाइ छ। अहिलेसम्म ७० जनालाई अभियोग लगाइसकिएको बताइएको छ। नागरिकहरूबाट प्रमाणको रूपमा घटनासँग सम्बन्धित करिब एक लाख डिजिटल अंशहरू प्राप्त गरेको बताउँदै वासिङ्टन डीसीस्थित एफबीआई कार्यालयका सहनिर्देशक स्टिभन डूआन्टानोले पनि अनुसन्धान र अभियोग दुवै सङ्ख्या बढ्ने ठानिएको जानकारी दिए। एफबीआईले क्यापिट हिंसामा संलग्नलाई कानुन पालना गराउने निकायसमक्ष उपस्थित हुन आग्रह गरेको छ। डूआन्टानोले भने, ‘यदि तिमिले डीसी छाडिसकेका छौ भने पनि स्थानीय कार्यालयका प्रतिनिधिले तिम्रो घरको ढोका ढकढक्याउन आइपुग्नेछन्।’ सिनेटर चक सुमरले घटनाको दिन क्यापिटल भवनमा रहेकाहरूलाई हवाई यात्रा गर्न नपाउने राष्ट्रिय सूचीमा राख्न सङ्घीय सरकारलाई आग्रह गरेका छन्। उनले भने, ‘हामीले त्यस्ता राजद्रोहीलाई जहाजमा पस्न दिनु हुँदैन र थप हिंसा अनि ध्वंस मच्चाउने कारण बन्न दिनु हुँदैन।’ उक्त घटनालाई प्रोत्साहित गरेको आरोप ट्रम्पमाथि लगाउँदै डेमोक्याटहरूले उनलाई पदमुक्त गराउने प्रयास गरिरहेका छन्।
मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित क्वालालम्पुर । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् । मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना सङ्क्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ सङ्क्रमितमध्ये छ जना देश बाहिरबाट सङ्क्रमित भएरै आएको र अरू तीन हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये थप चार जनाको मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या ५५९ पुगेको छ । मलेसियामा अहिले पनि ३० हजार ३९० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् । त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् । देशका गृह मन्त्री हम्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये उनि तेस्रो मन्त्री भएक छन् । यसअघि आर्थिक मामिला मन्त्री मुस्तपा मोहमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि सङ्क्रमित भएका थिए ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः डा महत काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा उनले नेपाललाई अहिलेको अवस्थामा पु¥याउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । “पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल बेलायतको अधिनमा पुगिसक्थ्यो, उहाँकै योगदानका कारण हामी अहिले नेपाली भएर बाँच्न पाएका छौँ”, डा महतले भने । पूर्वअर्थमन्त्री महतले पृथ्वीनारायण शाहले सामाजिक अर्थनीतिलाई अगाडि बढाएको उल्लेख गरे । जनताको भावनालाई कदर गर्ने व्यक्ति पृथ्वीनारायण शाह भएको उनको भनाइ थियो । डा महतले पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । विश्व हिन्दू महासङ्घ नेपालका अध्यक्ष एवं पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले मुलुकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र आवश्यक रहेको उल्लेख गरे । वाचन प्रविण दिनबन्धु पोखरेलले संस्कृतिमा राष्ट्रियता खोज्ने काम पृथ्वीनारायण शाहको पालादेखि शुरुआत भएको बताए । नेपालको पाशुपत क्षेत्र योग र ध्यानको केन्द्र भएकाले विश्वमा नेपालको छुट्टै पहिचान रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसका युवा नेता विष्णु धितालले हिन्दू राष्ट्र निर्माणका लागि देशभरका सम्पूर्ण ॐ कार परिवार एकजुट हुनुपर्ने उल्लेख गरे । उनले हिन्दू राष्ट्र बनाउने महाअभियानमा जुट्न सबैलाई आग्रह गरे ।
जंगीअड्डामा नेपाली सेनाले मनायो पृथ्वीजयन्ती काठाडमौं । नेपाली सेनाले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। सेनाको मुख्यालय जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको हो। मुख्यालयभित्र रहेको पृथ्वी नारायण शाहको शालिकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले माल्यार्पण गरेका थिए। सरकारको औपचारिक कार्यक्रम नभए पनि नेपाली सेनाले हरेकवर्ष पृथ्वीजयन्ति तथा राष्ट्रिय एकतादिवस मनाउँदै आएको छ। आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको जन्म १७७९ पुष २७ गते गोरखा दरवारमा भएको थियो। २० वर्षको उमेरमा राजा भएका शाहले तत्कालिन बाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरेका थिए। मकवानपुरकी राजकुमारीसँग विवाह गरेका शाहले नुवाकोट र कीर्तिपुरमा एक भन्दा बढी युद्ध गरेर जित हासिल गरेका थिए। उनको ५२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालको एकीकरण यात्रा उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहको पालामा समाप्त भएको थियो। एकीकरण अभियान करिव ७० वर्षसम्म चलेको थियो।
काठमाडाैंकाे टोखामा दम्पतीको शव भेटियो, अनुसन्धान भइरहेको प्रहरीको भनाई काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन। शुक्रबार राति सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेका हुन्। केही समयअघि मात्रै अमेरिकाबाट आएका उनीहरु टोखाको कोलनीमा बस्दै आएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेका हुन्। हाल उनीहरु दुवैको शव पोष्टमार्टमका लागि शिक्ष्ण अस्पताल महाराजगन्जमा राखिएको छ। उनीहरु दुवै जना इन्जिनियर भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ । उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान भएपनि पुष्टि हुन सकेको छैन। प्रहरीका अनुसार उमेशको शरीरभर निलोडाम र चोटपटक छ। ढाडमा चुप्पीले रोपेको दाग र शरिरभर रगत छ। सुदीक्षाको शवको अवस्था भने घाँटी थिचेर मारेको जस्तो देखिन्छ । उमेश केही दिनपछि नै अमेरिका उड्ने तयारीमा रहेका थिए।
होबार्ट पराजित, सन्दीपको किफायती बलिङ एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्ड्सकम्पले सर्वाधिक ३० रन जोड्दा बेन म्याकडेरमोटले २२ रन बनाए । यस्तै डाविड मालनले २०, डीअर्सी सर्टले १९ र कोलिन इन्ग्रामले १२ रन बनाए । सिड्नीका क्रिस ग्रीन, तानभिर संघा र नाथन म्याकएन्ड्रयुले २÷२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए । सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे । यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए । होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए । सिड्नीविरुद्ध सन्दीपले १ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिएका हुन् । सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यस अघिका दुई खेलमा उनले ३ विकेट लिईसकेका छन् । जितसँगै सिड्नी २२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन भएको छ । माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकले विहिबार एक सूचना जारी गर्दै अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई यस्तो निर्देशन दिएको हो। निर्देशनमा राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। महिनामा दुई पटक मात्रै प्रयोग गर्नेलाई निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए। त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
भारतमा देखियो बर्ड फ्लू, हजारौँ पन्छी मारिँदै बीबीसी । भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। ‘उच्च सतर्कता’ सङ्घीय सरकारले ‘उच्च सतर्कता’ जारी गर्दै फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ। मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ। कहाँ कस्तो प्रभाव? उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ। त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ। मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्। त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए। हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भएरनभएको पुष्टि भएको छैन। उसका छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको छ।
एउटा बालिका बलात्कार घटना जसले कोरियाको कानुनी कमजोरीलाई उजागर गरिदियो बीबीसी । एक बालिकालाई क्रूर तरिकाले बलात्कार गरेको आरोप लागेका व्यक्तिको सजाय कम र रिहाइको घटनालाई लिएर दक्षिण कोरियाको न्यायिक प्रणालीबारे नयाँ बहस सुरु भएको छ। बाह्र वर्षअघि ११ डिसेम्बर बिहान राजधानी सोलबाट दक्षिण-पश्चिम अन्सानमा एकजना आठ वर्षीया बालिका विद्यालय जान निस्किएकी थिइन्। उनलाई ५६ वर्षीय चो दू सूनले बाटोबाटै अपहरण गरे र नजिकैको चर्चको शौचालयमा लगेर क्रूर ढङ्गले पिट्नुका साथै बलात्कार गरे। काल्पनिक नाम ना-योङ्ग दिइएकी ती बालिका बाँच्न सफल भइन्। तर अहिलेसम्म पनि उनी आक्रमणका कारण शारीरिक रूपमा अशक्त छिन् भने मानसिक आघातबाट गुज्रिरहेकी छन्। उनको बलात्कारीलाई अपराध गरेको अन्सानमा फर्कन अनुमति दिइएपछि उनले अन्यत्रै सर्नुपर्ने भएको छ। चोको नयाँ निवास ना-योङ्गको घरभन्दा एक किलोमिटरभन्दा पनि कम दूरीमा छ। सजाय घटाएर १२ वर्षमा सीमित पारिएर चो रिहा भएको केही दिनपछि पीडितका पिताले भने, “हामी भाग्न चाहँदैन थियौँ तर हामीसँग विकल्प थिएन। म के भन्न चाहन्छु भने सरकारले पीडितलाई लुक्न बाध्य पार्‍यो।” उनले ना-योङ उक्त स्थानबाट अन्यत्र जान नचाहेको पनि बताए। उनी आफ्ना नजिकका साथीहरूलाई गुमाउन चाहन्नन्। त्यो परिवार त्यहाँबाट हिँडेपछि आफ्नो पहिचान खुल्छ कि भनेर पनि डराएका छन्। तर उनीहरूका लागि उक्त स्थान छाड्नुभन्दा अर्को विकल्प थिएन। पीडितका पिताले भने, “धेरै वर्ष गुज्रियो तर अहिलेसम्म केही परिवर्तन भएन। बोझजति अहिले पनि सबै पीडितकै काँधमा आएको छ।” मदिरापान एउटा कानुनी छुट यौन अपराधीप्रति उदार बनेको भन्दै चोको मुद्दाका कारण देशको न्याय प्रणालीले व्यापक आलोचना खेपेको छ। सुरुमा उनलाई १५ वर्षको जेल सजाय भएको थियो। उनले बलात्कार गर्दा आफूले रक्सी खाएको र मातेको दाबी गरेपछि पुनरावेदन गरिएको अदालतले त्यसलाई घटाएर १२ वर्ष बनाइदियो। त्यसको कारण दक्षिण कोरियामा रक्सी खाएर व्यापक प्रभाव परेका बेला गरिएको अपराधमा दिइने सजायमा उदारता अपनाइनु हो। “सिम सिन याक” भनेर चिनिने देशको फौजदारी संहिताको दफा १० (२) ले भन्छ- यदि मानसिक रूपमा अशक्त व्यक्तिले अपराध गरे अदालतले उसको सजाय घटाइदिन सक्छ। साथै अर्को कानुनले ‘मादक पदार्थको सेवन’ले व्यक्तिको मानसिक अवस्थालाई अशक्त बनाइदिने बताउँछ। मानिसहरूले बलात्कारीको सजाय घटाइएपछि त्यसविरुद्ध आवाज बुलन्द गरे। कोरियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका यून जङ सूक उक्त मुद्दाले देशव्यापी बहस छेडेको बताउँछन्। उनले भने, “उनको मुद्दाले कोरियाली कानुनलाई परिवर्तन गरिदियो र जसरी हामी मादक पदार्थ सेवनलाई अपराधमा हेर्छौँ त्यसलाई पनि परिवर्तन गर्‍यो।” उनको मुद्दापछि राष्ट्रिय संसद्‌ले उक्त कानुनमा संशोधन गर्‍यो र प्रतिवादीले मदिरा सेवनलाई बचाउका लागि गर्न सक्ने उपयोगलाई थप कठिन बनाइदियो। यद्यपि त्यसलाई हटाउने माग बढिरहेको भए पनि उक्त प्रावधान कायमै छ। र, मदिरापानको निर्णय गर्न अदालतको विवेकमा छाडिएको छ। अक्टोबर २०१९ मा कलेज पढ्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय पुरुषको जेल सजाय चार वर्षबाट तीन वर्षमा घटाइएको थियो। उनका वकिलले उनले त्यसबेला मदिरा सेवन गरेको तर्क गरेका थिए। यसै वर्षको सुरुमा पनि २४ वर्षीय पुरुष सोङ जोङ वू १८ महिना मात्र जेल सजाय पाएर रिहा भएका थिए। उनले विश्वकै सबैभन्दा ठूलो बालबालिकाहरूको अश्लील भिडियो राख्ने वेबसाइट चलाएका थिए। अमेरिकाले माग गरेको उनको सुपुर्दगीलाई स्थानीय अदालतले गत जुलाईमा अस्वीकार गरेको थियो। महिला अधिकारकर्मीहरूले चाहिँ उनको सुपुर्दगी हुन नसक्नुले यौन अपराधीप्रति न्यायिक शिथिलतालाई दर्साउने बताएका छन्। जन आक्रोश चोको रिहाइलाई लिएर जनआक्रोश बढेको छ। छ लाखभन्दा बढी मानिसहरूले हस्ताक्षर गरेर राष्ट्रपतिको ब्लू हाउसको वेबसाइटमा पुनः सुनुवाइको माग गरेका छन्। तर सरकारले त्यसलाई अस्वीकार गरेको छ। ६८ वर्षका चोलाई उनकी पत्नीको घरमा लाने क्रममा पनि मानिसहरूले नारा जुलुस गरेका थिए। उनलाई रिहा गरेर सरकारी गाडीमा लगिएको थियो। रिहाइका क्रममा मानिसहरूले उक्त गाडीमा अण्डा प्रहार पनि गरेका थिए। प्रहरीले उनको पटकपटक चेकजाँच गर्ने बताएको छ र चोको गृहनगरमा थप प्रहरी बुथ स्थापना गरेको छ। उनको निगरानी गर्न ३५ वटा क्यामेराहरू जडान गरिएको छ भने उनले सात वर्षसम्म एउटा विद्युतीय निगरानी उपकरण सधैँ लगाउनै पर्ने नियम बनाइएको छ। प्रहरीले ना-योङको परिवारलाई पनि एउटा स्मार्ट घडी लगाउन आग्रह गरेका थिए। उक्त घडीले चो उनीहरूको आसपास आएमा जनाउ दिने थियो। तर पीडितका पिताले उक्त आग्रहले आफूहरूलाई थप चिन्तित बनाएको भन्दै त्यसलाई अस्वीकार गरेको बताए। ‘पीडितको आवाज खै?’ कानुनका जानकारहरू न्याय प्रणाली परिवर्तन भइरहेको तर पर्याप्त नभएको बताउँछन्। पुसान राष्ट्रिय विश्वविद्यालयका कानुनका प्राध्यापक जुङ् सेउङ-यून सजाय दिने र रिहा गर्ने कार्यमा परिवर्तन हुनु जरुरी देख्छन्। उनी अहिलेको न्यायिक प्रणालीले पीडितको अवस्थालाई कमै ध्यान दिएको ठान्छन्। पीडितका पिता चाहिँ पीडितका लागि थप सहयोगको अपेक्षा राख्छन्। उनी यदि सरकारले कुनै एक अधिकारी वा सामाजिक कार्यकर्तालाई लगातार पीडितसँग सम्पर्कमा रहने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने चाहन्छन्।
असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ जेनेभा । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् । बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातना सहित कठोर कारावासमा पठाइने भन्दै असान्जको कमजोर मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अमेरिका सुपुर्दगी गर्न अस्वीकार गरेको थियो । मेल्जरले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्तराज्य अमेरिकामा असान्जमाथि ठूलो यातना वा अन्य किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा यातना दिइने निश्चित थियो ।” अमेरिकाले आफ्ना सुरक्षासँग सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी गरेको आरोप लगाउँदै असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायत समक्ष अनुरोध गरेको छ । हाल असाजलाई बेलायतको बल्मार्स कारागारमा राखिएको छ । मेल्जरले यति असान्जलाई अमेरिका पठाइएको भए उनीमाथि १७५ वर्षको जेल सजाय हुने थियो भनेका छन् । तर मेल्जरले असान्जको मुद्दालाई खोज पत्रकारिता गर्न चाहनेहरुको प्रेस स्वतन्त्रता सुरक्षाका सन्दर्भमा पनि व्याख्या गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले भने, “यस फैसलाले प्रेस स्वतन्त्रता, जवाफदेहीता र कानुनी शासनलाई गम्भीर रुपमा बेवास्ता गर्ने गरी एक किसिमको विध्वंसात्मक नजिर कायम गरेको छ ।”
कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण काठमाडौं । कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख, फेब्रिक फेस मास्क एक लाख, एन ९५ मास्क २० हजार, चस्मा २० हजार, पीपीई सेट २० हजार, फेस शिल्ड २० हजार, सेफ्टी प्लाष्टिक जुत्ता एक हजार र थर्मल गन ५०० थान रहेका छन् । सो अवसरमा मन्त्री त्रिपाठीले सहयोगका लागि कम्बोडियाको सरकारलाई सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिए ।
एअरपोर्टमा भेटिएको पेस्तोलको गोली नेपाल प्रहरीकै काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जान लागेका बद्रिहाङ राईको सुरक्षा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने गोलीको एक डब्बा फेला पर्यो। विमानस्थलमा गोलीसहित मानिस फेला परेपछि प्रहरीले सो विषयलाई गम्भीर रुपमा लिँदै गोलीसहित फेला परेका झापा मेचिनगरका २० वर्षीय बद्रिहाङ राई र उनकी श्रीमती मुनादेवी राईलाई नियन्त्रणमा लियो। श्री एअरलाइन्सको विमानमार्फत झापाको भद्रपुर जान लागेका राईको ज्याकेटमा पेस्तोलमा प्रयोग हुने नाइन एमएमको ५० राउण्ड गोलीको एक डब्बा फेला परेको विमानस्थल सुरक्षा प्रमुख राजेशनाथ बाँस्तोलाले बताए। उनले डिसी नेपालसँग भने, ‘पेस्तोलमा प्रयोग हुने गोलीसहित एक दम्पत्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको गौशाला वृत्तमा पठाएका छौं।’ प्रहरीका अनुसार सो गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको गोली हो। गौशाला वृत्तका सई पदम न्यौपानेका अनुसार विमानस्थलमा फेला परेको गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको हो। प्रहरीले प्रयोग गर्दै आएको गोली बद्रिहाङसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ। प्रहरीले राई दम्पत्तिलाई थुना राखी अनुसन्धान गर्नका लागि अदालतबाट थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ। सई न्यौपानले सात दिन हिरासमा राख्ने अनुमति मागेर अदालतमा पेश गरिएको बताए। उनले अदालतले अनुमति दिएपछि अनुसन्धान शुरु हुने बताए।
टोखाबाट चरिबाघको छालासहित एक जना पक्राउ काठमाडौं । प्रहरीले काठमाडौँको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार)सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संरक्षित वन्यजन्तु चरिबाघको छाला बिक्रीवितरणका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा सुनुवारलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ व्यक्तिसँग प्रहरीले दुई थान छालासमेत बरामद गरेको छ । पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ । रासस
बागलुङमा तङ्ग्रिदै पर्यटन बाग्लुङ। कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ। बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन्। बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ। धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन्। महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन्। यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ वटा उद्यान निर्माणको काम गर्दैछ । यही पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम शुरु भएको छ। बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ। जिल्लाभर छ वटा स्थानीय तहमा ११ वटा उद्यान र २ वटा विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालू आर्थिक वर्षको लागि विनियोजित छन्। “उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ ” गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्छन्, “यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौं।” ताराखोलामा दुईवटा उद्यान बन्ने छन्। शहीद उद्यान, ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि रु १०÷१० लाख बजेट छ। मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर शुरु भइसकेको कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। जैमिनी नगरपालिकामा दश लाखमा दुईवटा उद्यान बन्ने छन्। पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ। बागलुङ नगरपालिकाको अमलाचौरमा शहीद पार्क, रामरेखामा बिपी स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन्। बिपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा दश लाख बजेट छ। ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए। त्यहाँ रु दश लाख बजेट खर्च हुनेछ। गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार बजेट छ। जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँचवटा विद्यालयमा विद्यालय परिसर हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि जम्मा रु २० लाख बजेट रहेको उनले बताए। पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउँछन्। स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन्। हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कअनुसार चार वटा योजनाको मात्रै सम्झौता भएको छ। बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उनले जानकारी दिए।रासस
जलेश्वर पुगेर प्रभु साहले भने, ‘प्रचण्डलाई जनतामाथि विश्वास छैन’ जलेश्वर । शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा शनिबार आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे । यो पनि पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साह चढेको गाडी सोही भेलालाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गगरेको बताए । उनले देशको संविधान, राष्ट्रियता, जनताको हकअधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र उनको यस कदमलाई सबैले सकारात्मकरूपमा लिएर सबैलाई चुनावमा जान आग्रह गरे । राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले राष्ट्र र राष्ट्रियताका लागि प्रधानमन्त्री ओली नै देशको सर्वोच्च नेता रहेको बताए । उनले हिमाल, पहाड र तराईको चौतर्फी विकासका लागि केवल ओलीले नै प्रमुख भूमिका खेलेको र राष्ट्र तथा राष्ट्रियता बचाउनका लागि देशी तथा विदेशी शक्तिसँग लड्ने हिम्मत उनले मात्र देखाएको बताए ।
महिलाकाे नौ महिनादेखि ओडारकै बास, खाेज्न काेही आएनन् कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ। सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पुर्‍याएको हुन सक्छ। त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन। चन्दननाथ नगरपालिका–३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ। त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित बूढी महिलाको बास छ। जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोजयता भने सिरेटो बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ। सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्ने विषयमा कोही जानकार छैन। नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग पत्तो नपाएको चन्दननाथ नगरपालिका–३ जुम्लाका वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले जानकारी दिए। “महिला को हुन्, कहाँबाट कसरी यहाँसम्म आइपुगिन् ? त्यो हामी कसैलाई थाहा छैन”, अध्यक्ष बुढ्थापाले भने, “धेरै पटक सोध्दा भने उनले दैलेख खड्का बाडा भनेजस्तो गरेपछि उनी दैलेखको हुन सक्छिन् भन्ने हामीले अनुमान गरेका छौँ ।” उनको खोजतलासमा कहीँकतैबाट पनि कोही व्यक्ति नआएको उनले जानकारी दिए। उनलाई घरमा ल्याउन खोज्दा नमानेकोले ओडारमै बस्न दिइएको बरु खानाका लागि यहाँको समुदायले सहयोग गर्दै आएको उनले बताए। ती महिला जङ्गल नजिकको खुला ओडारमा बस्दै आएकाले जङ्गली जनावरबाट खतरा रहेको स्थानीयले बताउँदै आएका छन्। जुम्लामा आजभोलि न्यूनतम तापक्रम माइनस ८.५ डिग्री सेल्सियस छ । यो समयमा मान्छेलाई बाहिर निस्कन नै गाह्रो हुन्छ । चिसोले घरभित्र न्यानो गरेर बस्नेको जीवन कष्टकर भइरहँदा माइनस डिग्रीको तापक्रममा खुला ओडारमा बस्ने ती महिलाको कष्टपूर्ण जीवनको बयान नै गर्न नसकिने अवस्था रहेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताए। तत्काल उनलाई उद्धार गरी पुनःस्थापना गर्नुपर्ने उनको भनाइ थियो। बेबारिसे महिला खुला ओढारमा बस्ने खबर पाएपछि तत्काल चिसोको जोखिम हुनबाट बचाउन भन्दै बिहीबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, पत्रकार चौलागाईसहितको टोली ती महिला बस्ने ओडारमै पुगेर कम्बल हस्तान्तरण गरेको छ। प्रजिअ थापा नेतृत्वको टोली र नेपाल रेडक्रस, उद्योग बाणिज्य सङ्घ जुम्ला मिलेर महिलालाई भेटेर कम्बलसहित ज्याकेट, चामल र भाँडाकुँडा सहयोग गरेको छ। “महिलामा मानसिक असन्तुलनको समस्या रहेछ । कसैले घरमा लिन खोजेपनि जान नमान्दो रहेछन्”, उनले भने, “तत्काल उनलाई जुम्लामा पुनःस्थापन गर्ने ठाउँ नभएकाले हामीले केही राहतका सामग्री सहयोग फर्केका छौँ।” जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक मानवको अवस्था अनुगमन गर्दा ती महिलासहित १० जना भेटिएको र उनीहरुलाई चिसोबाट बचाउन तत्काल न्यानो कपडा वितरणसहित आवश्यक राहत प्रदान गरिएको प्रजिअ थापाले बताए। बिहीबार नै जिल्लामा बैठक बसेर सडक मानवको तथ्याङ्क सङ्कलन गर्ने र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनको भनाइ थियो। सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवको तथ्याङ्क सङ्कलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई निर्देशन गरिएको प्रशासन जुम्लाले जनाएको छ। रासस
फरार दुई प्रतिवादी पक्राउ कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ।
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै काठमाडौंं। एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ। महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य रहेको एनसेलले जनाएको छ। ‘एमयूएन एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुरÞ्याउने विश्वासका साथ काम गरिरहेको छ। यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आबद्घ भएको छ,’ एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो। एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो। नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ। एनसेलले पुस ११ गते यही सहकार्यअन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्र्तक्रिया पनि आयोजना गरिएको थियो। प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले रु. २५ लाख बराबरको पुरस्कार पाउनेछन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउनेछन् । महिलालाई लक्ष्यसम्म पु-याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तीकरणका लागि यस कार्यक्रममार्फत आबद्घ हुन पाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ । एमयूएनको मञ्चमार्फत विजयी प्रतियोगीले नेपाललाई विश्वमाझ प्रतिनिधित्व गर्ने मौका पाउनेछन् भने सबै प्रतिस्पर्धीले विश्वस्तरीय कोचिङ र गु्रमिङका साथ नेटवर्किङ, बिजनेस तथा जीवनमा चाहिने विभिन्न कलाका बारेमा सिक्ने मौका पाएका छन्।
भारतमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस, ६ जना संक्रमित काठमाडौं। बेलयातबाट आएका ६ जनाको स्वांब संकलन गर्दा भारतमा नयाँ स्वरुपको कोरोनाका फेला परेकाे छ। भारतीय संचार माध्यामका अनुसार अहिलेसम्म नयाँ स्ट्रेनकाे काेराेना भाइरसबाट ६ जना संक्रमित भएकाे पुष्टि भएकाे छ।भारतका विभिन्न शरहमा बेलायतबाट आएकाहरूकाे परीक्षणा गर्दा छ जनामा नयाँ  स्वरूपकाे काेरोनको नयाँ भाइरस देखिएको हो। भारतीय संचार माध्यामका अनुसार मंगलबार सार्वजनिक रिपोर्टमा नयाँ स्ट्रेनको कोरोना भइरस देखिएको जानकारी गराइएको छ। यूकेबाट फर्केका उनीहरु ३ जना बेङ्लोर, २ जना हैदराबाद र १ जना पुने शरहका बासिन्दा हुन्। जानकारी अनुसार २५ नोबेम्बरदेखि २३ डिसेम्बरसम्म युकेबाट करिव ३३ हजार जना भारत आएका छन्। उनीहरुमध्ये चेकजाँच गरेका १ सय १४ जनामा कोरोना पोजेटिभ भेटिएका थिए। यिनीहरुमध्येका ६ जनामा कोरोनाको नयाँ स्ट्रेनको भाइरस पाइएको हो। उनीहरुलाई भारत सरकारले आइसोलेसनमा राखेको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेको छ। र उनीहरु अरु कसको सम्पर्कमा आए भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ। बेलामायतबाट फैलिन सुरु गरेको नयाँ स्ट्रेनको कोरोनाभाइरस ७० प्रतिसत छिटो फैलिनसक्ने बैज्ञानिकहरुले बताएका छन्। चाँडो फैलिने भएका कारण धेरै सतर्क रहन पनि अनुरोध गरिएको छ। यस्तै, वैज्ञानिकहरुका अनुसार भ्याक्सीन निर्माणमा नयाँ स्ट्रेनको भाइरसले फरक पार्ने छैन। हाल भारतमा डिसेम्बर २३ देखि लागुहुने गरी ३१ डिसेम्बरसम्म युकेबाट आउने सबै उडानहरुमा रोक लगाइएको छ। लण्डनबाट फर्केकाहरुको टेस्ट गरिरहेको छ। नयाँ स्ट्रेनको जानकारी भएपछि राष्ट्रिय सुरक्षा समितिको बैठक बसेर अझै धेरै तयारी गरिएको छ।
कमिशन घटेको दिन सेयर बजारमा देखिएन उत्साह, नेप्से ४० अंकले घट्यो काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झण्डै ४० अकंले घटेको छ। आइतबार नेप्से ३९ दशमलव ९८ अंकले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा बन्द भएको छ। आइतबार कारोबार भएका सबै समूहको सेयर ओरालो लागेको छ। २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता सेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सोल्टी होटल र विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन्। नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले लिने कमिशन आइतबार देखि लागु हने गरि घटाएको छ। तर, यसको प्रभाव भने बजारमा देखिएन।
कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सले नागरिकता दिने बीबीसी । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ। आन्तरिक मन्त्रालयले कोभिड–१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि निवेदन दिन भनेको हो। अहिलेसम्म ७०० भन्दा बढीले नागरिकता पाएका छन् वा पाउने अन्तिम चरणमा रहेका छन्। त्यसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने पेसाकर्मी अनि सरसफाइ र पसलमा काम गर्ने कामदार रहेका छन्। चिकित्सक र नर्सजस्ता अग्रमोर्चामा खटिने व्यक्तिहरू उच्च दरमा कोभिड(१९ को सिकार भएका थिए र कतिपयले ज्यान पनि गुमाएका थिए। कोरोनाभाइरसबाट सबैभन्दा खराब अवस्थामा रहेको १० देशमध्ये फ्रान्स पनि एउटा हो। त्यहाँ २५ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने करिब ६२ हजारले ज्यान गुमाएका छन्। गएको सेप्टेम्बरमा फ्रान्सले द्रुत रूपमा नागरिकता दिने अभियान घोषणा गरेका थियो। अहिलेसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेको र अरू ६९३ जना अन्तिम चरणमा रहेको बताइएको छ। हालसम्म आवेदन दिनेको सङ्ख्या २,८९० रहेको छ। फ्रान्समा अङ्गीकृत नागरिकताका लागि निवेदन दिने व्यक्ति त्यहाँ पाँच वर्ष बसेको हुनुपर्ने, स्थिर आम्दानी हुनुपर्ने र फ्रान्सेली समाजसँग राम्रोसँग भिजेको हुनुपर्ने व्यवस्था छ। सम्मानका लागि नागरिकता तर सरकारले कोभिड नियन्त्रणको क्षेत्रमा काम गरेका व्यक्तिहरूले उनीहरूले ुपुर्‍याएको महान् सेवाु लाई ध्यान दिँदै दुई वर्ष फ्रान्समा बसेकै आधारमा नागरिकताका लागि योग्य हुने उल्लेख गरेको छ। सन् २०१७ मा फ्रान्सको जनसङ्ख्या ६४ लाख रहेको थियो जसमा उत्तर र पश्चिम अफ्रिकामा रहेका उसका पूर्व उपनिवेश भएका ठाउँका मानिसहरूको सङ्ख्या उल्लेख रहेको थियो। फ्रान्समा नागरिकता पाउने प्रक्रिया अप्ठेरो र लामो रहेको ठानिन्छ। सन् २०१९ मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम मानिसलाई अङ्गीकृत नागरिकता दिइएको थियो। फ्रान्सले बहादुरी र योगदान पुर्‍याए बापत् नागरिकतामार्फत सम्मान गरेको यो पहिलो घटना भने होइन। सन् २०१८ मा मालीका एक जना व्यक्तिलाई प्यारिसमा कौशीबाट खस्न लागेका एक जना सानो बच्चालाई उद्धार गरेपछि फ्रान्सको नागरिकताले सम्मानित गरिएको थियो।
आइतबार सुनको मूल्य स्थिर काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार स्थिर रहँदै छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
गुल्मीमा ६७ हजार राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तम्घास । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत गुल्मीमा हालसम्म ६७ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म ६७ हजार २५१ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अहिलेसम्म जिल्लामा गुल्मीदरबार, धुर्कोट, मदाने र छत्रकोट गरी चार पालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइसकेको छ । ती पालिकामा कूल ४३ हजार ११० जनाको विवरण सङ्कलन भएको दर्ता गर्ने प्राविधिक सुनिता कँडेलले जानकारी दिए । यसैगरी रुरुक्षेत्र, मालिका र मुसिकोट नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । गुल्मीदरबार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा १० हजार ५८०, छत्रकोट गाउँपालिकामा १० हजार ८४५ तथा मदाने गाउँपालिकामा नौ हजार ७८०, मुसिकोटमा सात हजार ४४२, रुरुक्षेत्रमा आठ हजार २३२ तथा मालिकामा आठ हजार ४६७ जनाको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन भएको बताइएको छ । जिल्लाका अझै ६ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने काम बाँकी छ । बाँकी पालिकामा रेसुङ्गा नगरपालिका तथा इस्मा, कालीगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिका छन् । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ६१ कर्मचारी कार्यरत छन् । हराएको तथा नयाँ नागरिकता प्रमाण पत्र बनाएपछि प्रशासन कार्यालयमै विवरण सङ्कलन गर्ने सुविधासमेत छ । अब करिब एक महिनामा सबै पालिकामा विवरण सङ्कलनको सकिने प्राविधिक कँडेलको भनाइ छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटना जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने बताइएको छ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकका सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाका नाम, आमाका नाम, पति र पत्नीका नाम, हातका सबै औँठाछाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।
कोरोनाविरुद्धको खोप भारतबाटै ल्याउने नेपालको तयारी काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप नेपालले दक्षिणी छिमेकी भारतबाटै ल्याउने तयारी गरेको छ। दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य भारतमा विकसित भइरहेको खोप ल्याउनेबारे छलफलमा जुटेका छन्। उनले २४ डिसेम्बरमा भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तलाई यही विषयलाई लिएर भेटेका छन् भने २१ डिसेम्बरमा भारतीय पोख उत्पादक कम्पनी सिरम इन्टिट्यूटका वरिष्ठ अधिकारी प्रकाशि सिंहसँग छलफल गरेका छन्। Ambassador @nilacharya met today Mr Amitabh Kant, CEO, @NITIAayog and discussed production and availability of Covid 19 vaccine. Mr Kant assured that Nepal will be in priority in India’s vaccine cooperation. — Nepal Embassy, India (@EONIndia) December 24, 2020 अमेरिका र यूरोपमा कोरोनाविरुद्धको भ्याक्सिनेशन शुरु भएपछि नेपालमा खोप ल्याउनेबारे बहस भइरहेको छ। यहीबीचमा नेपाल सरकारले विभिन्न ७ वटा देशमा अनुदानका रुपमा कोरोना विरुद्धको खोपका लागि सहयोग गर्न कूटनीतिक नोटसमेत पठाइसकेको छ। तर, ती पत्रको के जवाफ आयो भन्ने विषयमा केही बताइएको छैन। तर, दिल्लीमा नेपाली राजदूतको सक्रियता बढ्नुले नेपाल भारतबाटै खोप ल्याउने तयारीमा लागेको बुझ्न सकिन्छ। भारतबाट नेपालले खरिद गरेर ल्याउने की अनुदानमा भन्ने स्पष्ट भएको छैन। भारतमा हाल तीनवटा खोपको क्लिनकल ट्राइल जारी छ। सिरम इन्टिट्यूटले एस्ट्राजेनेकासँग मिलेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप उत्पादन गरिरहेको छ। Addnl. Director, Serum Institute of India Mr Prakash Singh called on Ambassador @nilacharya and shared updates on Covid 19 vaccine production and availability. pic.twitter.com/0wbitJCkbS — Nepal Embassy, India (@EONIndia) December 21, 2020 त्यस्तै यस्तै भारत बायोटेक कम्पनीले कोभ्याक्स नामको खोप विकसित गरिरहेको छ। भारतमा अर्को रुसी खोप स्पुतनिक भी को पनि परीक्षण चलिरहेका छ। तीनवटै खोप हाल क्लिनक ट्रायलमा छन्। र तीनै खोपले भारतमा आपतकालिन प्रयोगका लागि अनुमति मागिसकेका छन्। तर, हालसम्म भारत सरकारले कुनै खोपलाई पनि अनुमति दिइसकेको छैन।
आज पुष ११ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७७ साल पुष ११ गते, शनिबार । सन् २०२० डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । द्वादशी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मिनेट र सूर्यास्त बेलुकी ५ः१४ मिनेटमा मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखसयलमा समय जानेछ। प्रेममा शंकाले तनाव हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक काममा खर्च आउनेछ। स्वास्थ्यमा गडबढ हुनेछ। फाइदा अरुलाइ जानेछ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी झमेला हट्नेछ। सामाजिक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा व्यस्तता बढ्नेछ। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ। कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नया काममा बाधा हुनेछ। तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) जिम्मेवारीमा अपगाल आउनेछ। आम्दामीमा अचानक घाटा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ। बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ। धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्। मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनकार्य अगाडि बढ्नेछ। आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ। कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) महिलावर्ग संग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त विरोधी बन्नेछन्। मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।
कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मातृशोक काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे आज बिहान ९८ वर्षको उमेरमा निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएकी माता योगेन्द्रकुमारीले आफ्ना सन्ततिलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु काठमाडौं। भक्तपुरमा भैसि बोकेको ट्रक अनियन्त्रित भई पल्टीदा चाकको मृत्यु भएको छ। भक्तपुरको जगातीमा भएको दुर्घटनामा चालक विरगञ्जका कैमोदिन अन्सारीको मृत्यु भएको हाे। विरगञ्ज महानगरपालिका वर्ष ३० का कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ। थप अनुसन्धाना भइरहेकाे प्रहरीकाे जनाएकाे छ।
प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक, महासचिवमा पाण्डेकाे नाम प्रस्ताव काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गर्ने बताइएको छ। पाण्डेको नाम केही बेरमा बस्ने केन्द्रीय कार्य कमिटीको बैठकले अनुमोदन गर्नेछ। प्रचण्ड–नेपाल समूहका शीर्ष नेताबीच पाण्डेलाई महासचिव बनाउने सहमति भइरहेको छ। यो सँगै बैठकले नेताहरुको कार्याविभाजन समेत गर्ने एक नेताले जानकारी दिए। बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा वरिष्ठ नेता माधब कुमार नेपाल ,भिम रावल ,योगेश भट्टराई ,जनार्दन शर्मा, रघुजी पन्त,घनश्याम भुसाल ,अष्टलक्ष्मी शाक्य ,देबेन्द्र पौडेल लगायतको उपस्थिति रहेकाे छ।
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन्। घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो। घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए। धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन्। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।रासस
झापामा लागुऔषधसहित तीन पक्राउ झापा। जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५ का २१ वर्षीय सञ्जय तामाङ रहेको उनले बताए। विशेष सूचनाका आधारमा प्रहरीचौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले राई र बस्नेतलाई बुधबार बेलुका भद्रपुर–३ स्थित झोलुङ्गे पुलबाट मे२प ४३१८ नंको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा स्कुफ सिरप १०, नाइट्रोजन १०४ पिस, उइनपास मोफोट ७२ पिस, लुपिजेसिक आठ एम्पुल, फेनरागन आठ एम्पुल, डाइजेपाम आठ एम्पुल र गाँजा २०० ग्राम बरामद गरेको थियो। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ। त्यस्तै विर्तामोड–१ स्थित शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मे८प ३४२८ नंको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको छ। मोटरसाइकल चालक विर्तामोड–५ का तामाङले शरीरका विभिन्न भागमा लुकाइछिपाई ल्याउँदै गरेको २६ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रनाउ थापाले जानकारी दिए। पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।रासस
टी टेन लीगमा नेपालका तीन क्रिकेटर अनुबन्धित, तर सन्दीपलाई कसैले किनेन काठमाडौं। युएईको आबुधावीमा हुने टी १० क्रिकेट लीगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएकोमा तीनजना खेलाडीमात्र विक्री भएका छन्। नाम दर्ता गराएका मध्ये पाँच खेलाडी ड्राफ्टमा परेका थिए। फास्टबलर सोमपाल कामी, अर्का बलर करण केसी र अलराउण्डर कुशल मल्ललाई फेन्चाइजीले किनेपछि यो सिजनको टी टेन लीगमा तीनजना नेपाली क्रिकेटरले खेल्ने भएका छन्। ड्राफ्टमा पर्ने खेलाडीमा सोमपाल कामी, करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्ल रहेका थिए। सोमपाल कामीलाई मराठा अरबियन्सले अनुबन्धन गरेको छ। यस्तै कुशल मल्ललाई टिम अबुधाबीले किनेको छ। नेपालका पूर्व कप्तान पारस खड्का हाल टिम अबुधाबीको मेन्टरको भूमिकामा छन्। यस्तै करण केसीलाई पूर्णे डेभिल्सले आफ्नो टिममा समावेस गरेको हो। तर, आश्चार्यजनक रुपमा नेपाली स्पीनर सन्दीप लामिछानेलाई भने कुनै पनि टिमले चासो दिएनन्। सन्दीप हाल बिग बास लीग खेल्न अस्ट्रेलिया गएका छन्। नेपाली खेलाडीहरु टी टेन लीगमा अनुबन्ध भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत बधाईसमेत दिएको छ।
प्रचण्ड–नेपाल समूहमा गएका महासेठ पुरानै घर फर्किए काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवादका कारण मंगलबार अलग-अलग बैठक बसे। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटार र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बबरमहलमा आफू वैधानिक हौं भन्दै अलग अलग केन्द्रीय कमिटी बैठक बोलाए। केन्द्रीय कमिटीका छुट्टाछुट्टै बैठक पश्चात एउटा परिदृष्यले संचार माध्याममा चर्चा पायो। त्यो परिदृष्य थियो महासेठ दम्पती। ओलीका विश्वास पात्र मानिकाए रघुवीर महासेठ दम्पत्तिका अनुहार अलग अलग भेलामा देखिए। महासेठ प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी कमिटी भेलामा थिए भने उनकी पत्नी जुली महतो ओली समूहले बोलाएको केन्द्रीय कमिटीको भेलामा देखिएकी थिइन्। अलग अलग भेलामा अनुहार देखिएपछि संचारमाध्यामले उनीहरुको उपस्थितिलाई महत्वका साथ हेरे। नेकपाको विवादले घरपरिवारमा पनि समस्या पार्छ कि भन्ने कुरामा शशंकित पनि भए। तर, सबैलाई चक्मा दिँदै महासेठ आफ्नै पुरानो घर फर्केका छन्। लामो समयदेखि ओली निकट मानिएका महासेठ पुनः ओलीको समूहमा फर्केपछि उनलाई आफ्नो पुरानो घरमा फर्किएको भनिएको हो। स्रोतका अनुसार महासेठ प्रचण्ड नेपाल समूहको स्थायी कमिटी वैठकमा गएका थिए। तर, केन्द्रीय कमिटीको कार्की प्यालेस बबरमहलमा भएको भेलामा भने उपस्थित थिएनन्। उनले ओलीलाई कारवाही गर्ने निर्णय पुस्तिकामा समेत हस्ताक्षर नगरेको स्रोतले जनाएको छ। उनलाई स्थायी कमिटीमा गएकै कारण प्रचण्ड नेपाल समूहमा रहेको अडकलबाजी गरिएको थियो।
बालअधिकार महासन्धिको ३१ वर्ष पुगेको अवसरमा दक्षिण एशियाली बाल सम्मेलन काठमाडौं। बालअधिकार सम्बन्धी महासन्धीको ३१ वर्ष पूरा भएको अवसरमा मंगलबार बाल सहभागिता सम्मेलन आयोजना गरिएको छ। साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशियास्तरीय बालसहभागीता सम्वन्धी सम्मेलन आयोजना गरिएको हो। उक्त कार्यक्रम साइभाकका महानिर्देशक तथा सीआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले सञ्चालन गरेका थिए भने एनएसीजी नेपालका अध्यक्ष कृष्णचन्द्र आचार्यले स्वागत गर्दै नेपालसहित सार्क राष्ट्रमा बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारेका थिए। दक्षिण एशिया अन्तर्गत ५ वटा देशले सहभागिता जनाएको उक्त कार्यक्रममा सबै देशका बालबालिकाहरुले आफ्नो प्रस्तुती दिएका थिए। साइभाक चाइल्ड गभर्निङ बोर्डकी सदस्य प्रेनुशा पाण्डेले सम्मेलनमा सहभागीहरुलाई सम्वोधन गर्दै कोभिड १९ को असरबाट नेपालका बालबालिका पनि अछुतो नरहेको र अझै बालबालिकाको समग्र विकासका निम्ति काम गर्नु पर्ने बताइन्। कार्यक्रममा अफगानिस्तान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका बालबालिका, पाँचै देशका एनएसीजीका प्रतिनिधि, अधिकार अभियन्ता तथा प्रतिनिधि, सरकारी निकायका प्रतिनिधिहरु र बालबालिकाहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सम्मेलनलाई सम्वोधन गर्दै बाल सहभागिता बालबालिकाहरुको महत्वपूर्ण अधिकार भएकोले बाल सहभागिता प्रत्याभुतिका लागि आगामी दिनमा पनि अभियान आवश्यक भएको बताए। उनले बाल सहभागिता अरु अधिकार भन्दा उपेक्षा गरिएको मुद्दा भएकाले यसमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। कार्यक्रममा विकास सझेदार संस्थाका प्रतिनिधिहरु र सार्क राष्ट्रिका प्रतिनिधिहरुले पनि सम्वोधन गरेका थिए। कार्यक्रमको समापनका क्रममा साइभाकका महानिर्देशक तथा सीआरसी समितिका सदस्य डा रिन्चेन छोपेलले यस किसिमको सम्मेलनले आगामी दिनहरुमा पनि निरन्तरता पाउने र बालअधिकारका विषयमा छलफल गर्ने, सिकाइ तथा अभ्यासहरुको बारेमा अनुभव आदानप्रदान गरिने प्रतिवद्धता व्यक्त गरे। बालअधिकार सम्वन्धी ५४ वटा धारा भएको उक्त महासन्धि नेपालले सन् १९९० माअनुमोदन गरेको थियो।
नेपालको सगरमाथामा नेपाली सर्भेयर नै पहिलो पाइला पर्न सफल भएँः खिमलाल गौतम (अन्तर्वार्ता) पोखरा । नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो । हामीले मान्दै आएको सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर यसअघि विदेशीले मापन गरेका थिए । हिमाल चढ्नु आफैँमा कठिन कार्य, त्यसमाथि सगरमाथाको उचाइलाई मापन गर्नु झन् ठूलो चुनौती र जिम्मेवारी हो । सगरमाथाको उचाइ मापन टोलीको नेतृत्व गर्नुभएका कास्की, माछापुच्छ्रे गाउँपालिका (साविक धिताल गाविस) निवासी ३७ वर्षीय खिमलाल गौतम, जो हाल नापी विभागका कास्कीका प्रमुख छन्, को संयोजकत्वको टोलीले पाएको सफलतासँगै चीन र नेपाल सरकारले सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८,८४८.८६ मिटर पुगेको औपचारिक घोषणा गरे । कर्ममा विश्वास गर्ने र संसारमा असम्भव केही हुँदैन भन्ने मान्यताका साथ अघि बढ्न रुचाउने नापी विभागका उपसचिव(हाल चिफ सर्भे अफिसर, पोखरा) गौतमसँग रासस पोखरा प्रतिनिधिले सगरमाथा मापनको अनुभवमा केन्द्रित रहेर गरेको कुराकानीः एउटा गर्विलो र ऐतिहासिक काम यहाँको संयोजकत्वमा सम्पन्न भयो, सगरमाथा मापनको त्यो क्षण कसरी सम्झनुहुन्छ? मुख्यतः यस कामका लागि हामी नापी विभागका धेरै सर्भेयरहरू खटिएका हौंँ । मेरो संयोजकत्वमा भन्दा पनि उचाइ मापनको सबैभन्दा जटिल र चुनौतीपूर्ण काम मेरो नेतृत्वमा सम्पन्न भएको हो । विभागका तर्फबाट मेरो नेतृत्वमा समिट अब्जर्भेशनको काम सम्पन्न भएको हो । सगरमाथाको इतिहासमा पहिलो पटक सर्भेयरहरू चुचुरामा पुगेर नेपालले एउटा विश्व रेकर्ड कायम गरेको छ, त्यसमा मेरो नेतृत्वमा संलग्न हुन पाउँदा म झनै खुशी छु । खासमा मेरो खुट्टाबाट गोल भएको भए तापनि मभन्दा ठूला त ती हुन् जसले बल पास दिए, डिफेन्डमा बसेर काम गरे, यो कार्यमा मसमेत सहभागी हुने भूमिका तयार गरिदिए । उचाइ मापन भन्ने कुरा सामूहिक काम हो, जसको समग्र संस्थागत नेतृत्व विभागले गरेको हो । हामी सबै नेपालीको शिर, संसारकै गजुरका रुपमा रहेको सगरमाथाको नेपाली उचाइ मापनमा महत्वपूर्ण भूमिकामा रहेर काम गर्न पाउँदा अत्यन्तै खुशी छु । एउटा ऐतिहासिक जिम्मेवारी काँधमा बोकेर सगरमाथाको बेसक्याम्प पुग्दाको पहिलो दिनको अनुभव कस्तो रह्यो ? हामी मिति २०७५ चैत २७ गतेका दिन सम्माननीय प्रधानमन्त्रीको शुभकामना बोकेर सगरमाथातर्फ लाग्दै गर्दा २०७६ साल वैशाख १० गते ९पासाङल्हामु शेर्पा चढेको दिन० सगरमाथाको आधार शिविरमा पुगेका थियौंँ । पहिलो दिन जब आधारशिविरमा टेकँे, तब मैले पहिलाभन्दा अलि भिन्न महसुस गरँे । मैले यसभन्दा अगाडि पनि पटकौंँपटक आधारशिविरमा आएर कयाँैं रात बिताइसकेको थिएँ तर यसपालि पुग्दा अलि अर्कै महसुस भयो । मेरो टोलीका चार सदस्यमध्ये दुई जना मात्रै १० गते आधार शिविर पुग्न सकेका थियौंँ, रवीनजीको स्वास्थ्यमा केही गडबड भएकाले त्यो दिन उनी पुग्न सकेनन् र तल लोबुचेमा नै एक जना साथी सुरजसिंह भण्डारीलाई साथी छाडेर युवराजलाई लिएर म त्यहाँ पुगेको थिएँ । । म अगाडि गएर समग्र व्यवस्थापनको विषयवस्तु बुझ्नुपर्ने र नपुगेको कुरा मिलाउनुपर्नेसमेत मेरो जिम्मेवारी भएको हुँदा बिरामी साथीलाई तलै छाडेर म अगाडि लागेको थिएँ । वैज्ञानिक मापन भनिएको छ, सर्वसाधारणले बुझ्ने भाषामा मापन विधिका बारेमा बताइदिनुहोस् न ? परिशुद्ध तवरबाट गरिने उचाइ मापन आफैँमा एक जटिल र विशुद्ध वैज्ञानिक कार्य हो । अझै यसपालि नेपालले गरेको उचाइ मापनमा यस अगाडि सगरमाथाको मापनमा प्रयोग गरिएका विधिहरूलाई अझै परिष्कृत गरी विभागले कार्य अगाडि बढाएको थियो । कुनै पनि स्थानको उचाइ मापन भन्नाले उक्त उचाइ कहाँबाट नापिएको हो भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ, जस्तै कुनै मान्छेको उचाइ भन्नाले मान्छेको पैतालाको तल्लो भागदेखि टुप्पीसम्मको ठाडो भागको मानलाई बुझिन्छ । मापन गर्नुभन्दा अगाडि उचाइ मापन गर्ने निश्चित आधार सतह निर्धारण गरिन्छ, जसलाई आधार सतह भनिन्छ । नापनक्शा विज्ञानमा उचाइ मापन सामान्यतया समुद्री सतहका आधारमा मापन गर्ने गरिन्छ तर हाम्रो देश नेपाल त भूपरिवेष्टित भएकाले हामीसँग समुद्र छैन, त्यसैले नेपालले सबैभन्दा नजीकको समुद्री सतह बङ्गालको खाडीलाई आधार सतह मान्ने गरेको छ । उचाइ मापनमा सामान्यतया दुई विधिहरु हुन्छन्, त्यसलाई हामी सरल भाषामा परम्परागत विधि र आधुनिक विधि भनेर भन्छौं । परम्परागत विधिमा कुनै स्थानको उचाइ मापन गर्नका लागि चुचुरामा पुग्नु आवश्यक हुंँदैन तर आधुनिक विधिबाट काम गर्दा भने चुचुरामा यन्त्र, उपकरणसहित पुग्नुुपर्ने हुन्छ । आधुनिक विधिमा कृत्रिम भूउपग्रहको मद्दतबाट कुनै पनि उचाइ आवश्यक रहेको स्थानमा भूउपग्रहका सूचना सङ्कलन गर्न सक्ने खालको यन्त्र जडान गरिन्छ र उक्त यन्त्रले रेकर्ड गरेको कच्चा तथ्याङ्कहरूलाई अन्य वरिपरि रहेका आधार विन्दुहरूमा राखिएको यस्तै यन्त्रहरूले रेकर्ड गरेको मानका आधारमा उक्त स्थानको अवस्थिति र उचाइ पत्ता लगाइन्छ । यो अत्यन्तै वैज्ञानिक र सहज तवरबाट बुझ्न जटिल प्रकारको हुने हुँदा यति मात्र भन्दा उपयुक्त हुन्छ । सगरमाथाको चुचुरामा कति समय बस्नुभयो, चुनौती के के थिए ? समग्र यो काम एक चुनौती नै चुनौतीले जेलिएको काम थियो । हामी लगभग दुई घण्टा जति चुचुरामा बस्यौंँ । चुनौतीलाई सामना गर्ने लक्ष्यका साथ बसेको कारणले सबै चुनौती याद छैनन्, तथापि हामीलाई लगभग माइनस ४३ डिग्री तापक्रमको त्यो कष्टकर समयमा, अन्धकारमय हुंँदै चुचुरामा यन्त्र, उपकरण सेटअप गर्न सफल भयौंँ । हाम्रा यन्त्र, उपकरण निकै महँगा र संवेदनशील थिए । पातलो पञ्जा लगाएर या खाली हातमा काम गर्नुपर्ने भएकाले निकै चुनौतीपूर्ण थियो । त्यसमा पनि चुचुरामा सामान्यतया १०÷१५ मिनेट मात्र रहन सक्छन् साधारण आरोहीहरू, तर हामीलाई छोटो समय बस्ने छुट थिएन, किनकि छोटो समयको डाटाले हाम्रो नापी विभागको शुद्धतालाई समेट्न सकिँदैनथ्यो, त्यसकारण पनि लामो समय बसेर लामो अवधिको तथ्याङ्क लिन सक्नु अर्को चुनौतीपूर्ण थियो । अनौपचारिक तवरबाट बुझ्दा चिनियाँहरूको समिट अब्जरभेशनको समयावधिभन्दा हाम्रो समयावधि धेरै थियो भन्ने बुझिन आएको छ । उचाइ मापनका लागि जति धेरै अवधिको तथ्याङ्क लिन सकियो, त्यति नै शुद्ध उचाइ गणना गर्न सकिने भएकाले नापी विभागले धेरै परिशुद्ध उचाइ मापन गरेको छ भन्न हामी सक्छौंँ । चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो । फेरि पनि त्यो ऐतिहासिक कार्यको मैदानमा अरु कुरा गौण बने । मापनका लागि प्रयोग गरिएका उपकरणबाट कुनै समस्या त भएन ? हामीले सोचेभन्दा निकै राम्रो भयो, समस्या भएन, किनकि हामी भाग्यमानी थियौँ जस्तो लाग्छ । सगरमाथाको उचाइ हिउँसहित नापिएको हो कि हिउँविना ? स्थायी हिउँले ढाकिएको एक पहाडको चुलीलाई हिमाल भनिन्छ । अर्थात् सबै हिमालहरु पहाडहरु हुन् तर सबै पहाडहरु हिमाल हैनन् । हाल सगरमाथाको उचाइ भनेको स्थायी हिउँसहितको नाप हो । यसर्थ हिमालको परिभाषाबाट पनि सहजै बुझ्न सकिन्छ कि हिमालको उचाइ भन्नु स्थायी हिउंँ सतहसहितको उचाइ नै हो । यसभन्दा पहिला नाप्दा आठ हजार ८५० आयो रे भन्न कुरा आएको थियो ? अमेरिकाले नाप्दा आठ हजार ८५० मिटर आएको हो । सन् २००५मा चीनले स्थायी हिउँबाहेकको चट्टानी सतहको सगरमाथा नाप्दा आठ हजार ८४४।४३ मिटर उचाइ आएको थियो । अहिलेको कुरा त थाहा भइसकेको छ, दुवै देशबाट मापन गरेर सगरमाथाको उचाइको एउटै अङ्क सार्वजनिक भएको छ । गोरखा भूकम्पका क्रममा इण्डियन प्लेटले तिब्बतियन प्लेटलाई धकेलेपछि उचाइ बढेको हो त ? यो नापी विभागको र मेरो पनि मूल विषय हैन । यसमा अब भूगर्भविद्हरूले अनुसन्धान गर्लान् शायद । यसअघि विभिन्न अन्तरराष्ट्रियस्तरका भूगर्भविद्हरूले विभिन्न कालखण्डमा गरेको अध्ययनअनुसार इन्डियन प्लेट निरन्तर रूपमा दुई सेन्टिमिटरका दरले तिब्बतियन प्लेटभित्र घुसिरहेको र ८ मिलीमिटर दरले उचाइ बढिरहेको भन्ने तथ्य यसअघि नै भूगर्भविद्हरूले सार्वजनिक गरेका थिए । यस तथ्यलाई मनन गर्दा समेत हाल सगरमाथाको उचाइ बढी आउनु वैज्ञानिक कारण छ भन्ने देखिन्छ । चीन र नेपालको मापन गर्ने तरीका एउटै थियो त ? हामीले जुन विधिबाट मापन गरेका थियौंँ, ठीक त्यही विधि अवलम्बन गरेर चीनले पनि उचाइ मापन गरेको कुरा मिडियामा आएको छ, त्यही नै सत्य हो । दुई देशका प्राविधिकबीच कत्तिको सम्पर्क र समन्वय भयो ? हामीले हाम्रातर्फबाट काम गरेका हौंँ, खासमा म त्यो दुई देशको समन्वय र सम्पर्क गर्ने मेरो जिम्माको काम थिएन । तर पनि दुई देशबीचमा प्राविधिक तहमा समेत विभिन्न प्राविधिक समिति बनाई संयुक्त उचाइ सार्वजनिक गर्ने काममा सम्पर्क र समन्वय भएको थियो, जसले गर्दा दुवै देशबाट एउटै उचाइ एकै कार्यक्रममार्फत घोषणा गर्न सम्भव भयो । यहाँ पहिलोचोटि भ्रमण वर्ष २०११ को पर्यटन प्रवद्र्धनका लागि सगरमाथा चढ्नुभयाे, दोस्रो चोटि उचाइ नाप्ने कार्यदलको संयोजकका रुपमा सगरमाथा पुग्नुभयो, यो दुई अवसरलाई कसरी लिनुहुन्छ ? म के कुरामा खुशी छु भने मैले हालसम्म दुई पटक सगरमाथा आरोहण गर्ने नेपालको एक मात्र कर्मचारी हुने सौभाग्य प्राप्त गरेको छु । पहिला पर्यटन प्रवद्र्धन गर्नका लागि मात्र सगरमाथा आरोहणमा जाँदा धेरै चिन्ता, प्रेसर थिएन, काम पनि केवल चढ्नु मात्र थियो, तर हाल यो उचाइ मापनका लागि तथ्याङ्क लिन सगरमाथा आरोहण निकै चुनौतीपूर्ण र ऐतिहासिक पनि रह्यो भन्ने महसुस गरेको छु । दुःख पनि अलि बढी भयो उचाइ मापनका लागि आरोहण गर्दा । हिमाल चढ्नु आफँैंमा कठिन काम हो, त्यसमा कुनै निश्चित वैज्ञानिक कार्य गर्नका लागि आरोहणमा जानु अत्यन्त चुनौतीपूर्ण हुने रहेछ भन्ने महसुस भयो । मलाई लाग्छ, यी दुवै अवसरहरू मेरो जीवनमा कोेसेढुङ्गाका रुपमा रहिरहने छन, मेरो जीवनका सबै सुखदुःखका बहारहरू ल्याउन कतै न कतै यी दुई वटा आरोहणले भूमिका खेलेका छन् जस्तो पनि लाग्छ । अहिलेको मापनचाहिँ पहिलेभन्दा आधिकारिक मानिने कारण ? यसपालि हालसम्म प्रयोग भएका सबै विधि अवलम्बन गरेर मापन गरिएको हो । यसअघि मापन गर्दा कुनै एक स्थानको समुद्री सतहलाई मात्र आधार मानी उचाइ संगणना भएकामा हाल यस सम्बन्धमा अन्तरराष्ट्रिय उचाइ आधार सतहलाई लिई भएको हो, जसले गर्दा उचाइमा द्विविधा हट्न गएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर मापन गर्दा सर्भेयरहरू स्वयं नै चुचुरामा पुगी मापन गर्नुपर्नेमा यसअघि अमेरिका, चीनलगायतका मुलुकहरूले सगरमाथा मापन गर्दा सर्भेयरहरू पठाउन नसकेको तर हाल नेपालले सर्भेयरहरू नै चुचुरामा पठाई मापन गरेकाले पनि बढी बिश्वसनीय देखिएको हो । नेपालको सगरमाथामा नेपाली सर्भेयरहरूको नै सबैभन्दा पहिलो पाइला पर्न सफल भएको छ, जुन ऐतिहासिक पनि हो संसारभरका सर्भेयरहरूका लागि । नेपालले सन् २०१९ मा सर्भेयरकै नेतृत्वमा समिट उचाइ मापन गर्नका लागि अब्जरभेशन टोली पठाएपछि त्यसको ३७० दिनपछि मात्र चीनले सर्भेयरहरुसमेतको टोली सर्भेका लागि चुचुरामा पठाएको हो । चीनले मापन गरेको तथ्याङ्कसँग तुलना गरेर हेर्दासमेत एउटै उचाइ आउन गई एउटै अङ्क घोषणा हुनुले समेत यसको थप आधिकारिकता पुष्टि हुन गएको छ । यसअघि गरिएका सबै उचाइ मापनमा सबै देशहरूले आआफ्नै तवरबाट मात्र उचाइ घोषणा गरेका थिए, तर अहिले त सबैभन्दा मुख्य कुरा सगरमाथाको चुचुरो भएको देशले नै पहिलोपटक आधिकारिक तवरबाट मापन गरेर उत्तरी भागको स्वामित्व रहेको देशले गरेको सर्भेसँग समेत मेल खान गएको छ, यो जति परिशुद्ध उचाइ हालसम्म मापन गरिएको थिएन र यो नै सबैभन्दा परिशुद्ध उचाइ हो भन्नेमा संसारभर पुष्टि हुन गएको छ । यिनै आधारबाट पनि भन्न सकिन्छ कि यो उचाइ हालसम्मकै सबैभन्दा विश्वसनीय र आधिकारिक हो । यहाँ अध्यात्मप्रति पनि उत्तिकै रूचि राख्नुहुन्छ र अध्ययन पनि गर्नुहुन्छ । हिमाललाई देवात्मा पनि भनिन्छ, किन ? महाकवि कालिदासले आफ्नो शास्त्रीय रचना ‘कुमारसम्भव’मा यसलाई पहाडहरूका राजा भनेर वर्णन गरेका छन् । ‘कुमारसम्भव’ महाकाव्यको पहिलो श्लोकमा नै समग्र हिन्दकुश हिमालयका सम्बन्धमा यसरी व्याख्या गरेका छन्ः अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। अर्थात् यस भारतवर्षको उत्तर दिशामा देवताहरूको आत्माको बास भएको पर्वतको राजा हिमालय पर्वत छ, जसले पूर्वदेखि पश्चिमसम्म दुवै दिशाका महासागरहरूलाई छुँदै फैलिइरहेको छ र यसो हेर्दा यसले पृथ्वीलाई नाप्ने कुनै मापदण्ड बनाएको हो कि जस्तो पनि देखिन्छ। पूर्वीय सभ्यतामा हिमालयलाई ईश्वरको रूप समेत मानिएको छ । वैदिककाल र पुराणकालदेखि नै हिमाललाई देवताहरूको आत्माको बास रहेको पुण्यभूमिका रुपमा व्याख्या गरिएको पाइन्छ । हिमाल र यस क्षेत्रका बारेमा ‘स्कन्दपुराण’को ‘हिमवत्खण्ड’मा विस्तृत तवरबाट व्याख्या गरिएको छ, प्रायः सबैजसो पुराणहरूमा समेत हिमालको आध्यात्मिक र दार्शनिक महत्वका बारेमा व्याख्या गरिएको पाइन्छ । यसर्थ मानव सभ्यताको शुरुआत पनि यही हिमालयका काखबाट र त्यसमा पनि हाम्रै नेपालकै भूमिबाट भएको हो भनेर भन्न सकिने समेत कतिपय आधारहरू वैदिक शास्त्रहरूमा भेटिन्छन् । जिम्मेवारी पूरा गरेर अवतरण गरेको पलमा यहाँले विशेष के कुरालाई स्मरण गर्नुभयो ? जब चुचुराको प्राविधिक काम सकियो, त्यसपछि मैले अरू कुनै कुरा सोच्न पाइन, किनकि रेकर्ड गरिएको तथ्याङ्कलाई अब कसरी सुरक्षित तवरबाट तल ल्याउने भन्ने मात्र सोच्न पुगेंँ । हामीलाई २०७६ साल जेठ ९ गते सगरमाथाको लगभग छ हजार ५०० मिटरको उचाइबाट क्याम्प –२ बाट काठमाडौंँ ल्याइयो । मैले खासै धेरै सोच्ने समय पनि पाइन, मनमनै परिवारको त याद आउने नै भयो तर त्यसभन्दा पनि म एक आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सकेकामा खुशी भएको थिएँ । सफलताको खुशीमा काम गर्ने क्रममा लागेका चोटहरूसमेत भुलिसकेको थिएँ, सफलताले कयौँ दुःखहरू पनि भुलिँंदो रहेछ भन्ने कुरा सुनेको थिएँ, मलाई पनि त्यस्तै भयो । सगरमाथाको विस्तृत अध्ययनसहित उचाइ मापनको अनुभवका बारे यहाँले लेख्दै गरेको पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ? मैले यही लकडाउनको मौका पारेर सगरमाथासम्बन्धी केही अध्ययन गर्ने अवसर जुटाएँ । यही अवसरमा मैले खासगरी सगरमाथाको समग्र इतिहास, यससँग नेपाली जातिको सामिप्यता, भूगोल र इतिहाससमेत समेट्दै मेरा दुई पटकका सगरमाथा यात्राका भोगाइ र अनुभवलाई समेत समेटेर किताब लेखिसकेको छु । अहिले भाषा सम्पादनका क्रममा छ । अनपेक्षित कुनै परिघटना नभएमा अबको तीन महिनाभित्र बजारमा ल्याउने मेरो योजना छ । सगरमाथा मापन आरोहणका क्रममा बाटामा शवहरु पनि देख्नुभयो रु फोहरको कुरा पनि निकै उठ्ने गर्छ, कस्तो पाउनुभयो ? हामी यस अभियानका क्रममा माथि उक्लँदै गर्दा विशेषतः सगरमाथाको क्याम्प –२ मा मैले एक लाश देखेको थिएँ । त्यहाँ पहिलादेखि नै आरोहणमा सहभागी हँुंदै आएका शेर्पा दाजुभाइहरूसँग सोधपुछ गर्दा उक्त लाश एक जना रसियन आरोहीको रहेछ । माथि साउथ कोलमा विसं २०७५ मा आरोहणका क्रममा मृत्यु भएका उनीलाई क्याम्प– २ सम्म ल्याइएको रहेछ । एक वर्षसम्म पनि उक्त लाश हामीले हेर्दा उनको हातको घडी भने चलिरहेको र ठीक समय देखाइरहेको थियो, उनले लगाएको घडी कति ओरिजिनल रहेछ भन्ने सोचेर म अचम्मै भएँ तर पछि हामी समिट अब्जरभेसनको कार्य सकेर फर्कँदै गर्दा उक्त लाश त्यहाँ थिएन, उद्धार र सरसफाइ टोलीले तल झारिसकेको थाहा पायौंँ । माथि क्याम्प –४ (साउथ कोल) तिर केही मानव कङ्कालहरू पनि देखेका थियौंँ तर हामी फर्कँदैं गर्दा सफा गरिसकिएका थिए । पोहोर सालसम्म हामीले हेर्दा बाहिरै देखिएका लाशका कङ्कालहरू लगभग सबै व्यवस्थापन गरिसकिएको छ । सगरमाथाको फोहरको कुरा गर्दा जति बजारमा हल्ला आएको छ, वास्तविक स्थिति त्यस्तो छैन, अहिले धेरै सुधार भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले र संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले सरसफाइका लागि पछिल्ला दिनमा धेरै नै ध्यान दिइरहेका छन् । आजभन्दा १० वर्ष अगाडिको स्थितिलाई हेरी अहिले पनि सगरमाथा फोहोर छ भनेर अलि बढी अतिरञ्जित गरिएको हो कि जस्तो छ । यो महत्वपूर्ण कार्यसम्पादनमा यहाँको पछाडि रहेर पनि धेरे योगदान गर्नेहरु होलान्, उहाँहरुलाई कसरी सम्झनुहुन्छ ? यो वास्तवमै सामूहिक काम हो । विशेषतः यो नेपाल सरकारको काम हो, नेपालको आधिकारिक नापनक्शा गर्ने निकाय नापी विभाग भएकाले समग्र नेतृत्व विभागले गरेको हो । यसमा हाम्रा आदरणीय महानिर्देशक प्रकाश जोशी, सगरमाथा उचाइ मापनको समग्रतामा हेर्ने उपमहानिर्देशक सुशील डङ्गोल, निर्देशक दामोदर ढकाल, तथ्याङ्क प्रशोधनमा दिनरात नभनी खटिएका नापी अधिकृतहरू सुरजबहादुर केसी, महेश थापा, विज्ञान बञ्जारा, शङ्कर केसी, स्टालिन भण्डारीलगायतका सबैसबैको विशिष्ट योगदानविना यो कार्य हुन निकै गाह्रो थियो । यसको शुरुआत गर्ने बेलामा विशिष्ट योगदान गर्ने महानिर्देशकमध्ये गणेशप्रसाद भट्टको नाम नलिँदा पनि यो अपूरो हुन्छ । नापी विभागका विभिन्न तह र तप्कामा रही फिल्डमा डटेर लागेका सर्भेयरहरूको समेत महत्वपूर्ण योगदान बिर्सन हुंँदैन जस्तो लाग्छ । यसमा मन्त्रालयबाट वार्षिक नीति तथा कार्यक्रममा समेट्ने, आवश्यक बजेट व्यवस्था गर्ने सहसचिव जनकराज जोशीसरको समेत विशिष्ट योगदान रहेको छ ।
हुण्डीको रकमसहित एक जना पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको न्यूरोडबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। नगद १३ लाखसहित धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त जनसेवाले उनलाई स्रोत नखुलेको रमकसहित पक्राउ गरेको थियो। उनले सो रकम कहाँबाट ल्याएको र कसलाई दिन लागिएको भन्नेबारे केही नबताएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनले सो रकम भारतीय नागरिकहरुसँगको मिलेमतोमा हुण्डीमार्फत ल्याएको आशंका प्रहरीले गरेको छ।
बादललाई फकाउन सक्रिय प्रचण्ड, आजै फेरि भेटेर फर्के काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई फकाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड- नेपाल समूहको अलग अलग केन्द्रीय कमिटीका छलफल भइरहेका बेला प्रचण्डले मन्त्री क्वाटर पुगेर बादललाई फकाइरहेको स्रोतको दावी छ। नेकपामा २ वटा धुर्व देखिए पश्चात पनि कतै नढल्कीयका बादललाई प्रचण्डले आफ्नो विश्वासमा लिने काम गरिरहेका छन। प्रचण्ड–नेपाल समूह निकट ७ मन्त्रीहरुले राजीनामा दिए पनि पूर्व माओवादीका तर्फबाट आएका गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टले भने अहिलेसम्म ओलीको साथ छोडेका छैनन्। आजै नेकपाका दुई समूहको केन्द्रीय समितको बैठक २ ठाउँमा बसिरहेको छ। बालुवाटरमा प्रधानमन्त्री ओली निकट सदस्यहरुको भेला भइरहेको छ। ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई कारवाहीका लागि निर्वाचन आयोगमा पहिले नै जानकारी गराइसकेको दावी गरिएको छ। भने, सोमबार बसेको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अनुसासनको कारवाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा दर्ता गराइएको छ।
चितवनमा घुमौँ सौराहा अभियान संचालन चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ। विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो। क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा अभियान शुरु गरिँदैछ। संघका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान शुरु गर्न लागिएको जानकारी दिए। आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम गरिँदैछ। अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उनले जानकारी दिए। कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उनले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ सौराहा अभियान’ शुरू गर्न लागेको जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन्। सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो। अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरमा सौराहासँग सम्बन्धित प्रस्तुति, भिडियो र वन तथा वन्यजन्तुका तस्बिर प्रदर्शन गरिने बताए। उनले भने, “हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौँ ।” अभियान पहिलो चरणमा प्रदेश नं १ र २ एवं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिनेछ। क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले नेपाल सरकारले सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहँदा यो कार्यक्रमले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे। अभियानलाई नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाले सहयोग गरेका छन्। गत वर्षहरुमा संघले भारतीय सीमा क्षेत्रका शहरमा पुगेर यसरी नै पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरेको थियो। कोरोना सङ्क्रमणका कारण यस वर्ष कार्यक्रम नेपालका शहरमा केन्द्रित गरिएको हो। गएको चैत पहिलो साताबाट बन्द भएका सौराहाका होटल, रेष्टुरेन्ट दशैँपछि खुलेका भए पनि पर्यटकको आगमन न्यून रहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए। उनले भने, “अहिलेको अवस्थामा आन्तरिक पर्यटकले पर्यटन उद्योग बचाउनुपर्छ।” सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन्।रासस
ब्रिटेनमा देखियो कोरोनाको नयाँ प्रकार, अध्ययन गर्दै डब्ल्यूएचओ बीबीसी । ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा नयाँ भेरीअन्टबारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ। ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ। नयाँ प्रकारको कोरोनाभाइरस साविकको भन्दा ७० प्रतिशत धेरै सङ्क्रामक हुने ठानिएपछि त्यसको सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिश सरकारले राजधानी लन्डन तथा वरपरका क्षेत्रमा कडा लकडाउनको घोषणा गरेको छ। क्रिसमस पर्वको बेला कोभिड नियन्त्रणका लागि गरिने कडाइ खुकुलो पारिने यसअघिको योजना अब उल्ट्याइएको छ। इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस ह्विटीले नयाँ प्रकारको कोरोनाभाइरस थप घातक भएको चाहिँ कुनै प्रमाण फेला नपरेको बताएका छन्। नयाँ म्यूटन्ट स्ट्रेन अर्थात् उत्परिवर्तित प्रकारको एउटा मामिला आफ्नो देशमा पनि भित्रिएको पाइएपछि नेदरल्यान्ड्सले ब्रिटेनबाट आउने यात्रुवाहक विमानसेवामा रोक लगाएको छ। के भने प्रधानमन्त्री जोन्सनले? प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीटमा बोल्दै थप कडिकडाउका समाचार निराश पार्ने खालका भएपनि त्यसको विकल्प नभएको बताएका छन्। ‘जब भाइरसले आफ्नो प्रकार बदल्छ तब हामीले पनि आफ्नो रक्षाका तरिका बदल्नुपर्छ,’ उनले भने। अहिले अत्यन्त कठिन समय भएपनि खोपका कारण आगामी वर्षको ईस्टर पर्वको समयमा स्थिति निकै सुध्रिसक्ने उनले बताए। प्रधानमन्त्री जोन्सनले नयाँ विश्लेषणहरूबाट नयाँ प्रकारको भाइरसले सङ्क्रमणको गति नाप्ने आर नम्बर ०.४ को अनुपातले बढाइदिन सक्ने ठानिएको बताए। अझै निकै अनिश्चय बाँकी भएपनि यो नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने ठानिएको पनि उनले बताए। भाइरसमा यस्ता खालका परिवर्तन आउनु सामान्य मानिन्छ। सुरुमा वुहानमा देखा परेयता कोरोनाभाइरसमा हजारौँ परिवर्तन भइसकेको बताइन्छ। लन्डनमा देखिएको पछिल्लो परिवर्तनले सङ्क्रमणलाई बढाइरहेका केही सङ्केत देखा परेको स्वास्थ्य संवाददाता निक ट्रिगलको भनाइ छ। नोभेम्बरको मध्यसम्म लन्डनका २८ प्रतिशत मामिलामा यो नयाँ प्रकारको भाइरस देखिएको थियो भने अहिले त्यो सङ्ख्या ६० प्रतिशत नाघेको छ।
नेदरल्याण्ड सरकारले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगायो काठमाडौं। नेदरल्याण्ड सरकारले बेलायतबाट हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । बेलायतमा नयाँ स्ट्रेनको कोरोनाभाइरस भेटिएपछि नेदरल्याण्डले यस्तो गरेको हो । बेलायतका केही भागमा तेस्रो पटक लकडाउन लागू गराउने स्थिति ल्याएको यो नयाँ स्ट्रेनको कम्तीमा एक केस आफ्नो देशमा पनि पाइएको नेदरल्याण्ड सरकारको स्वास्थ्य विभागले पुष्टि गरेपछि सरकारले यस्तो कदम उठाएको हो । नेदरल्याण्डको स्वास्थ्य विभागका अनुसार यो केस डिसेम्बर महिनाको सुरुवातमा देखिएको र अहिले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ । मन्त्रालयले यो नयाँ आएको स्ट्रेनलाई देशमा फैलिनबाट रोक्नको लागि जति सक्दो बेलायतबाट आवागमनमा रोक लगाउनुपर्ने बताएको छ । स्काइन्यूजका अनुसार यो प्रतिबन्ध २० डिसेम्बर स्थानीय समयअनुसार बिहान ६ बजे सुरु भएर १ जनवरी सम्म लागू हुनेछ । सरकारले विदेशमा भाइरस संक्रमणको विकासक्रमलाई नजिकबाट नियालिरहेको र भविष्यमा लागू गराउने अन्य मापदण्डको बारेमा विचार गरिरहेको बताएको छ । आगामी दिनका लागि नेदरल्याण्ड सरकारले युरोपेली संघका सदस्य राष्ट्रहरुसँग सहकार्य गरिरहेको र बेलायतबाट भाइरस आयात हुन नदिनको लागि थप मापदण्ड लागू गराउनजेबारे परामर्श गरिरहेको बताएको छ । भीयूआइ २०२०–०१ नामले चिनिने भाइरसको यो नयाँ स्ट्रेन सुरुवाती स्ट्रेनभन्दा छिटठो फैलिने र यसैका कारण दक्षिण पूर्वी इङल्याण्डमा केसहरु बढिरहेको विश्वास गरिएको छ । शनिबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो नयाँ स्ट्रेन सुरुवाती स्ट्रेनभन्दा ७० प्रतिशत छिटो फैलिने चेतावनी दिएका छन् ।
नेकपा विवादः शीर्ष नेताहरू दैनिक छलफलमा काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको संकट समाधान गर्न सहमति गरेरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले सहमतिको मिलनबिन्दु खोज्ने उद्देश्यले शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दाहालकै निवास खुमलटारमा पुगेर सघन छलफल गरेका छन् । यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नै नियमित छलफल हुँदै आइरहेकामा प्रधानमन्त्री ओली शनिबार पहिलोपटक खुमलटार पुगेर अध्यक्ष दाहालसँग छलफल गरेका हुन् । छलफलका क्रममा अध्यक्षद्वय ओली र दाहाल पुरानै अडानमा अडिग भएपछि सहमति भने हुन नसकेको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमति गरेर अगाडि बढ्नुपर्ने अडान दोहो(याएका छन् तर दाहालले प्रधानमन्त्री ओलीको प्रस्ताव स्वीकार गर्न नसक्ने र बैठकबाटै टुंगो लगाउनुपर्ने बताए । पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले ओली र दाहालबीच छलफल चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेपछि तीन नेताका बीचमा केही समय छलफल भएको नेकपा स्रोतले जनाएको छ । उपाध्यक्ष गौतमले पछिल्लो समय पार्टी एकताका लागि दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । २८ कात्तिकको सचिवालय बैठकमा दाहालले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि १३ मंसिरको बैठकमा ओलीले दाहालमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए । एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । यद्यपि दुई अध्यक्ष ओली र दाहालबीच पछिल्लो समय लगातार वार्ता र संवाद हुँदै आइरहेको आजको राजधानी दैनिकमा खवर छ ।
अमेरिकामा मोर्डनाको खोप प्रयोगका लागि स्वीकृति काठमाडौं। अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ। फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो। अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ। अमेरिकाले मोर्डनाको २० करोड खोप खरिदका लागि सम्झौता गरेको छ। जसमध्ये ६० लाख खोप आपूर्तिको लागि तयारी अवस्थामा राखिएको छ। एडभाइजरी प्यानलमा भएको मतदानमा २०–० ले मोर्डनालाई अनुमति प्रदान गर्न मत खसेको थियो। १८ वर्ष र सोभन्दा माथिको उमेरका ब्यक्तिमा मोर्डनाको खोप लगाउँदा ९४ प्रतिशत प्रभाबकारि र सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारणले अमेरिकामा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ। अमेरिकामा तीन लाख १३ हजार ५०० जनाको मृत्यु भएको छ। एक करोड ७५ लाख ब्यक्ति सङ्क्रमित भएका छन्। मोर्डनाको खोप आपूर्ति गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। जर्मन र अमेरिकी औषधी निर्माता कम्पनी बायोएनटेक र फाइजरको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। फाइजर झैं मोर्डनाको खोप समेत दुई डोज दिइनुपर्छ। फाइजरको खोपको दोस्रो डोज २१ दिनपछि दिइदा मोर्डनाको खोप पहिलो डोज दिइएको २८ औं दिनमा दिइन्छ। मोर्डना क्याम्ब्रिज, मासासुटमा अवस्थित छ । र खोपको अधिकांश मात्रा क्याम्ब्रिज, मासासुटमा नै उत्पादन हुनेछ। फाइजरको खोप जर्मनी र बेल्जियम लगायतका अन्य राष्ट्रहरुमा समेत उत्पादन हुँदैछ। क्यानाडाले पाँच करोड ६० लाख मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेकोमा २० लाख डोज मार्च सम्ममा पाउनेछ। बेलायतले ७० लाख खोपको सम्झौता गरिसकेको छ। यूरोपेली संघले आठ करोड डोज खरिद गर्ने सम्झौता गरेको छ । जापानले पाँच करोड र दक्षिण कोरियाले दुई करोड मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेको छ। स्वीटजरल्याण्डले ७५ लाख खोप खरिद गर्ने समझदारी गरेको छ। गाेरखापत्र दैनिकबाट
४९४ फरार प्रतिवादी पक्राउ कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ। प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए। “फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको नियमित काम हो”, उनले भने, “यो अभियान चालु आवको साउनदेखि देशैभरी सञ्चालन भइरहेको छ। कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ।” यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको उनले बताए। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले यो चौमासिकमा अपराध नियन्त्रणका क्षेत्रमा राम्रै प्रगति भएको बताए। “हामीले अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिकसम्म ३७६ फरार प्रतिवादीलाई पक्राउ ग¥र्यौ”, उनले भने, “प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो।” पक्राउपर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका छन्। प्रहरी नायब उपरीक्षक बमका अनुसार पक्राउपर्ने फरार प्रतिवादीमा सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन्। उनले भने, “फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ। उनीहरुलाई २२७ वर्ष दुई महिना २९ दिन कैद हुनुका साथै रु ८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ।” पुराना मुद्दाका ११८ फरार प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिलमार्फत जिल्ला अदालतमा उपस्थित गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।रासस
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी काठमाडाैं।  आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाका नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्। उनीहरू यो विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारीमा छन्। स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत छ। मंसिर २८ गते दुई अध्यक्षबीच सहमतिको वातावरण बनाउने भन्दै पुस १ गते  (बुधबार) का लागि स्थायी कमिटी बैठक सारिएको थियो। तर यो बीचमा दुई अध्यक्षबीच सहमतिका लागि छलफल हुन सकेन। प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहालसँग सल्लाह नगरी संवैधानिक परिषद्को बैठक बोलाए। दाहालसँग सल्लाह नगरी परिषद्को बैठक बोलाएपछि सभामुख अग्नि सापकोटा उपस्थित भएनन्। सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक राखे। ओलीले पूर्णतः पार्टीलाई पन्छाएर आफूलाई केन्द्रमा राखेको आरोप असन्तुष्ट पक्षले लगाएको छ। ‘प्रधानमन्त्री ओलीले नै सहमतिको पहल गर्नुहोला भनेको उल्टै पार्टीलाई विभाजनको संघारमा धकेल्दै हुनुहुन्छ, उहाँका कदमले पार्टी संकटमा पर्न थालेको देखिँदैछ,’ दाहाल निकट एक नेताले भने। ती नेताका अनुसार दाहाल–नेपाल समूह ओली आफूखुसी चल्न थालेपछि उनलाई स्थायी कमिटी बैठकबाटै कारबाही प्रक्रिया अघि बढाउने पक्षमा छ। ‘कि त केपी ओलीले गरेका निर्णय ठीक छन् भनेर उनकै फेरो समातेर हिँड्नुपर्‍यो, होइन भने उनले गरेका निर्णय बेठीक छन् भने प्रधानमन्त्रीबाट हटाउनुपर्‍यो, सधैंभरि यस्तो तमासा गर्नु राम्रो होइन’, स्थायी कमिटीका ती सदस्यले भने। पार्टी विभाजनको संघारमा उभिएका बेला दुवै पक्षले सांसदको हस्ताक्षर संकलन गरेर राखिसकेका छन्। दुवै पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उनको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ । “पशुपतिमा नित्य दर्शनपछि भजन एवं नृत्य गर्न छोडेका कारण शरीरका विभिन्न भागमा दुख्न थालेको छ, पशुपतिको दर्शन र भजन गर्न नपाउँदा म अस्वस्थ भएको छु, विसं २०६० देखि नियमित पशुपतिमा दर्शन र भजन जीवनको अङ्ग बनेको थियो”–उनले भने । बिहान करीब तीन घण्टा पशुपतिमा दर्शन एवं भजनमा समय बिताएपछि ढुङ्गेल मैतीदेवीमा रहेको मेटल शपमा जान्थे । सोह्र वर्षदेखि यस्तो जीवनचर्यामा रमाएका उनि कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गते पशुपतिनाथको मूल मन्दिर बन्द गरिएपछि भित्र छिर्न नपाउँदा बिरामीझैँ अनुभव गरिरहेको गुनासो गर्छन् । पशुपतिनाथलाई महावैद्यका रुपमा मान्ने लेखक एवं साहित्यकार हरिप्रसाद सोडारी मन्दिर क्षेत्रमा १५ मिनेट बस्दा ऊर्जा प्राप्त हुने अनुभव सुनाउँछन् । कोरोना कहरका बेला महाज्योतिर्लिङ्गका रुपमा विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने पशुपतिनाथको दर्शन गराएरै उपचार गर्न सकिने अवसर मन्दिर बन्द हुँदा गुमाउनुपरेको उनको भनाइ छ । आस्था र विश्वाससमेत कुनै रोग उपचारको एउटा प्रक्रिया भएकाले ऊर्जाको केन्द्रका रुपमा पशुपतिनाथ बन्द नगरी व्यवस्थापन गरेको भए राम्रो हुने सोडारीको सुझाव छ । “लेखनका क्रममा केही फुरेन भने कुदेर पशुपतिनाथको दर्शनमा जान्थेँ, पशुपति क्षेत्रका कुनै स्थानमा १५–२० मिनेटसम्म ध्यान गरेपछि प्राप्त हुने ऊर्जाले लेखनमा सहयोग गरेको मेरो अनुभव छ”–उनले भने । राष्ट्रदेवका रुपमा पूजिने पशुपतिनाथ मन्दिरमा नौ महिनादेखि दर्शन गर्न नपाउँदा नित्य दर्शनार्थी छटपटिन थालेपछि बुधबारदेखि मन्दिर खुलाउने तयारी भएको छ । यो तयारीसँगै ढुङ्गेल र सोडारीजस्ता नित्य दर्शनार्थीमा आशाको सञ्चार भएको छ । ऊर्जाको केन्द्र पशुपति क्षेत्र पशुपति क्षेत्रमा कम्तीमा चार जना सिद्ध पुरुषले छोडदैनन् भन्ने भनाई योगी नरहरिनाथ र डा.स्वामी प्रपन्नाचार्यजस्ता साधकले व्यक्त गरेका छन् । पशुपति क्षेत्रका हरेक रुखलाई पूर्व जन्मका ऋषिका रुपमा मानिने भएकाले काट्नुहुँदैन भन्ने मान्यता छ । वाग्मती, गुह्येश्वरी एवं ६४ लिङ्गमध्येका सात शिवलिङ्ग पनि पशुपति क्षेत्रमै पर्ने भएकाले सिद्धस्थलका रुपमा विश्वव्यापी चिनारी बनाउन पशुपति सफल भएको अनुसन्धाता सोडारी बताउँछन् । पशुपति क्षेत्रलाई तन्त्र विद्या अनुसार राम्रोसँग बाँधिएकाले मानसिक तनाव भएकाले शान्ति पाउने विश्वास गरिन्छ । पूर्व जन्मको पाप भएकाले पशुपति क्षेत्रको दर्शन गरेमा पाप नाशिएर पुण्य कमाउने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । कैलाश, मृगस्थली र ध्रुवस्थली गरी तीन पर्वत रहेकाले पर्वतको ऊर्जासमेत पशुपति क्षेत्रमा छ । यसैले पनि पशुपति क्षेत्रलाई ऊर्जाको केन्द्र मानिन्छ । नियमित दर्शनार्थी नौ महिनादेखि मन्दिर छिर्न नपाउँदा माइत जान नपाएकी महिलाको अनुभव गरेको लेखक सोडारीजस्ता धेरै दर्शनार्थी बताउँछन् । तीन महिना बन्दाबन्दी भएपछि गत असारमा अन्य क्षेत्र खुले पनि पशुपतिनाथ लगायत मन्दिर एवं धार्मिक स्थल खुलेनन् । साउन शिवजीको महिना भएकाले खुल्ने धेरै भक्तजनको आशा थियो । पशुपति क्षेत्र विकास कोषले मन्दिर खुलाउने तयारी पनि गरेको थियो । तर कोरोना सङ्क्रमण फैलने डर कायमै रहेकाले मन्दिर खुलाइएन । भदौपछि पुनः बन्दाबन्दी भएर भक्तजनले मन्दिर प्रवेशका लागि चार महिना कुर्न बाध्य हुनुप¥यो । दशैँअघि अरु क्षेत्र पुनः खुला गरिएपछि लाखौँ भक्तजन मन्दिर विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा शास्त्रमा वर्णन गरिएको गुह्येश्वरीसमेत रहेको पशुपति क्षेत्र खुल्ने आशामा थिए । तर स्वास्थ्य चुनौती कायमै रहेकाले मन्दिर खुलेन । पूर्वसांसद विदुर पौडेल बिहान संसदीय समितिको बैठक बस्दा पनि पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद् छिर्ने गरेको बताउँछन् । विसं २०४८ देखि राष्ट्रियसभाको सदस्य रहेका पौडेल २०५० मा प्रत्यायोजित व्यवस्थापन तथा अनुगमन समितिको सभापति निर्वाचित भए । “समिति सभापति हुँदा बिहान सात बजे नै बैठक चलाउनुपथ्र्यो, म पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद्मा जान्थेँ, भगवान् हामीभित्र नै भएपनि त्यहाँसम्म हाम्रो सम्पर्क टुटेकाले मन्दिरमा जानुपरेको हो, नौ महिनादेखि मन्दिर प्रवेश गर्न नपाएपनि बाहिर बाहिरै दर्शन गरेर फर्कने गरेको छु”–उनले भने । पूर्वसांसद पौडेल सांसद हुँदा जिल्ला भ्रमण गएका बेला र विसं २०६३ पछि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति भएर दाङमा बसेका बेला बाहेक राजधानी बसेका बेला नियमित रुपमा पशुपति दर्शन गरेको बताउँछन् । पशुपति दर्शन विधि अनुसार नियमित पशुपतिनाथ मन्दिर दर्शन गर्ने पौडेलजस्ता सयौँ नित्य दर्शनार्थीलाई नौ महिनाको समयमा निकै खल्लो महसुस भएको छ । कोषलाई रु ७० करोड घाटा नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा पशुपति क्षेत्र विकास कोषलाई करोडौं आय घाटा लागेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा विकास निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट बजेट आउने गरे पनि कोषका कर्मचारीलाई तलब खुवाउन पर्यटकलाई दिने टिकट र भेटीघाटीबाट उठेको स्रोतबाट नै पु¥याउनुपर्ने बाध्यता भएकाले कठिन दिन आएको सुनाउँछन् । पशुपति क्षेत्रमा रहेका फूल प्रसाद बेच्ने पसल नौ महिनादेखि बन्द छ । पसल बन्द हुँदा व्यापारीले कोषलाई भाडा तिरेका छैनन् । पशुपति क्षेत्रमा रहेका पर्यटकीय काउन्टर समेत बन्द छन् । नौ महिनाको अवधिमा कोषलाई करिब रु ७० करोड घाटा लागेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन् । पशुपति क्षेत्रमा घाट सेवा भने नियमित रुपमा सञ्चालनमा छ । कोरोनाबाट निधन भएकाको शवदाह गर्न विद्युतीय शवदाह गृहमा विशेष व्यवस्था गरिएको छ । घाट सेवामा भने कोषले उदाहरणीय काम गरेको प्रतिक्रिया सेवाग्राहीको छ । बन्दाबन्दीको शुरुमा घाटमा कम शव आएपनि पछिल्लो समय सङ्ख्या बढ्न थालेको छ । असोजदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पशुपतिनाथ मन्दिर खोलिनुपर्ने माग गर्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा दर्जनौँ धार्मिक संस्था सहभागी भई पशुपति क्षेत्रमा बिरोध प्रदर्शन शुरु भएको थियो । पछिल्लो समय मन्दिर दक्षिणढोका बाहिर बेलुकी दीप प्रज्ज्वलन गरी मन्दिर खोल्नुपर्ने माग राखी साङ्केतिक प्रदर्शन भइरहेको थियो । कोषका सदस्यसचिव डा प्रदीप ढकाल भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर राष्ट्रदेवको दर्शन गर्न पाउनुपर्ने भक्तजनको मागअनुसार नै पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको बताउछन् । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भने । कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो । बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् । इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गरेको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो । यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ । साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पशुपति क्षेत्रमा विशेषगरी नयाँ बजारसमेत सञ्चालनमा आउने गरेकामा यस वर्ष त्योसमेत प्रभावित भएको छ । पशुपति क्षेत्र वरपर खुलेका ठूला साना होटल पनि यसबीचमा प्रभावित भए । पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि पुस १ गते बुधबारदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्रका चन्द्रविनायकलगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्ने गरी तयारी भएको छ । नौ महिनापछि मन्दिर खुला गर्न लागिएकामा स्थानीयवासीसमेत उत्साहित भएका छन् । पुस १ गतेदेखि विशेषरुपमा साजसज्जा गरी भक्तजनलाई स्वागत गर्ने तयारी भएको छ । तयारीका लागि सोमबार कोषले स्थानीयवासीसँग बैठक गरेको छ । बैठकपछि स्थानीयवासीसँगको सम्बन्ध थप सुमधुर भएको कोषका कर्मचारीहरु बताउँछन् । रासस
सात दिनभित्र माग पूरा नभए कडा आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको चेतावनी काठमाडौं । स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको सयुक्त संघर्ष समितिले १८ बुँदे मागबारे सरकारले बेवास्ता गरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिडलगायत जटिल रोगको निःशुल्क उपचार, स्वास्थ्यकर्मीहरुको उत्प्रेरणात्तम योजना कार्यान्वयनलगायतको माग समेटेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएपनि बेवास्ता भएको भन्दै सात दिनभित्र पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको हो । माग पूरा गर्न भन्दै नेपाल चिकित्सक संघ लगायत २३ वटा स्वास्थ्यसम्वद्ध ट्रेड युनियन तथा पेशागत संघका संयुक्त संघर्ष समितिले आफ्नो मागहरु सम्बोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो । संयुक्त संघर्ष समितिले यस अघि आफ्नो मागहरु सम्बोधनको लागि दिएको अल्टीमेटममा कोभिड–१९ को बिषमपुर्ण परिस्थितिलाई ध्यानमा राख्दै मंसिर २९ गते देखि लागु हुनेगरि एक हप्ताको समयवधी थप गरेको जानकारी दिएको हो । समितिका संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले थपिएको समयअवधिमा आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने,‘ हाम्रा मागहरु जायज छन् र यसलाई पूरा गर्न सरकार गम्भीर नभए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुनेछौं ।’ कार्कीले मेडिकल क्षेत्रका मागहरु प्रति सरकार गैरजिम्मेवार बनेको बताए । उनले भने, ‘यो हाम्रो व्यक्तिगत माग होइन्, संगठनको जायज माग हो ।’ कार्कीले कोरोना महामारीको यस्तो बेला अग्रपंक्तिमा खटिएका डाक्टर नर्सहरुले जोखिम लिएर पेशागत धर्म निभाएको तर सरकारले उनीहरुको सुरक्षाका लागि कुनै सार्थक पहल नगरेको बताए । उनले भने, ‘सरकारले स्वास्थ्य सुरक्षाका सामाग्री पनि दिन सकेको छैन् ।’ मंसिर ७ गते १८ बुदेमाग राखेकोमा कुनै सुनुवाई नभएको तैपनि सात दिनका लागि अल्टिमेटमको समय थपेको बताए । उनले भने,‘यदि माग पुरा भएन भने आन्दोलनमा जानेछौं ।’ संघर्ष समितिले सारेका १८ बुँदे मागहरुमा कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पुर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको सख्या देशै भरका अस्पतालहरुमा वृद्धि गरी सेवा बिस्तार गर्नुपर्ने, कोभिड–१९ को नियन्त्रणका लागि परिक्षण, आइसोलेसन उपचार लगायतको दायरा बढाई सरकार जिम्मेवार हुनुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखित भत्ता, संचार तथा यातयात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च सहज तरिकाले उपलब्ध गराउनु पर्ने, निश्चिन मापदण्डको आधारमा सबै स्वास्थ्यकर्मीहरुका लागि क्वारेन्टिन, आइसोलेन र बिदा व्यवस्थापन हुनुपर्ने, संक्रमित चिकित्सक, नर्सिंग तथा स्वास्थ्य चिकित्सकलाई छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्नेलगायतका छन् । संयुक्त संघर्ष समितिमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल चिकित्स्क संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, मेडिकल ल्याबोेरेटोरी एसोसियसन अफ नेपाल, नेपला जनस्वास्थ्य संघ, नेपाल डेन्टल साइन्स हाईजिनिीट एसोसिएसन संघ, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल दन्त चिकित्सक संघ, नेपाल फर्मस्युटिकल संघ लगायतका संघसंगठनहरु छन् । मागहरु: -कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पुर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने -आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको सख्या देशै भरका अस्पतालहरुमा बृद्धि गरि सेवा बिस्तार गर्नुपर्ने -कोभिड–१९ को नियन्त्रणका लागि  ट्र्रेसिंग, गरिने कार्यहरु जस्तै परिक्षण, आइसोलेसन उपचार लगायतका सम्पुर्ण कार्यहरुले हाल द्धिविधा उत्पन्न भएको -हुनाले यसको दायरा बढाई सरकार जिम्मेवार हुनुपर्ने -स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखित भत्ता, संचार तथा यातयात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च सहज तरिकाले उपलब्ध गराउनु पर्ने । -निश्चिन मापदण्डको आधारमा सबै स्वास्थ्यकर्मीहरुका लागि क्वारेन्टिन, आइसोलेन र बिदा व्यवस्थापन हुनुपर्ने -संक्रमित चिकित्सक, नर्सिंग तथा स्वास्थ्य चिकित्सकलाई छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने -स्वास्थ्य सेवा बिशिष्ठकृत सेवा भएको हुनाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवाबाट नै हुनु पर्ने -स्वास्थ्य सस्था तथा स्वास्थ्य सस्थामा कार्यरत जनशत्तिलाई सुरक्षित वातावरणमा काम गर्न तथा अभद्र व्यवहार नहोस् भन्नका निम्ती घटनामा सम्लग्न -व्यक्तिलाई बिना धरौटी हिरासतमा राखि कारवाही गर्ने कानुनी बनाई लागु गर्नु पर्ने -बिर अस्पताल लगायत देशका बिभिन्न स्थानहरुमा भै राखेका स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई सम्बोधन गरि जायज मागहरु तत्काल पुरा गर्नुपर्ने ।
भारतीय नोट दुई लाखसहित भारतीय नागरिक पक्राउ काठमाडाैं । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा भारतीय नोट पाँच सयको ३९० थान र दुई हजारको दुई थान गरी एक लाख ९९ हजारसहित शुक्रबार साँझ पक्राउ गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार नयाँ दिल्ली । कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् ।आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् । सरकारले ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै आइरहेको कानूनहरू किसानहरूले भने खारेज नै गर्नु पर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको छ । गृहमन्त्री अमित शाहले बोलाएपछि मङ्गलबार किसान अगुवाहरूसँग भएको बैठकपछि सरकारले संशोधनका लागि प्रस्ताव पठाएको हो । “हामीलाई सरकारले पठाएको प्रस्ताव अस्वीकार्य छ,” क्रान्तिकारी किसान युनियनका अध्यक्ष दर्शन पालले भने । केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेश र छिमेकी हरियाणा प्रदेशको सिमानामा पर्ने सिंघुमा आन्दोलनरत सङ्गठनहरूको तर्फबाट संयुक्त रूपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले आन्दोलन अझ सशक्त हुने दाबी गरे । आन्दोलनरत सङ्गठनहरूले यही डिसेम्बर १४ तारिखका दिन सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का कार्यालयहरूमा धर्ना दिने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम बनाइएको जनाएका छन् । यो कार्यक्रम देशका धेरै ठाउँमा हुने पनि उनले बताए। त्यसैगरी उनीहरूले डिसेम्बर १२ मा दिल्ली–जयपुर राजमार्गमा अवरोध गर्नेगरी आन्दोलनको कार्यक्रम तय गरेका छन् । उनीहरूले देशभरीका किसानहरूलाई आन्दोलनका लागि दिल्ली आउन आह्वान पनि गरेका छन् । मङ्गलबार गृहमन्त्री शाहसँग वार्ता हुनुअघि किसानका प्रतिनिधि र सरकारी अधिकारीहरूका बीचमा पाँच पटक वार्ता भइसकेको थियो । आन्दोलनरत किसानहरूको माग र आन्दोलनप्रति विभिन्न राजनीतिक दलहरूले पनि समर्थन जनाएका छन् ।
अष्ट्रेलियाले दियो भारतलाई १ सय ८७ रनको लक्ष्य काठमाडौं। तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतलाई जितका लागि १ सय ८७ रनको लक्ष्य दिएको छ। सिड्नीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । अष्ट्रेलियाका लागि दुई जना खेलडिले अर्धशतकीय पारी खेले । म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाउँदा ग्लेन म्याक्सवेलले ५४ रन बनाए। यस्तै स्टिभ स्मिथले २४ रन जोडे। भारतका वासिंटन सुन्दरले २ विकेट लिदा टी नटराजन र युजभेन्द्र चाहलले समान १ विकेट लिए। अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको टी२० सिरिजमा एक खेल अगावै सिरिज जितिसकेको छ । भारतले तेस्रो खेल जित्दै क्लिन स्विप गर्नचाहान्छ। यस्तै अष्ट्रेलिया एक खेल भने प्रतिष्ठाको लागि क्लिन स्विपबाट जोगिन चाहान्छ।
श्रीमतीसँग झगडा भएपछि श्रीमान ४ सय ५० किलोमिटर टाढा पैदल हिँड्दै पुगे काठमाडौं। श्रीमान श्रीमतीमा झगडा हुनु आम कुरा हो । तर, एक दम्पतीको बीचमा यस्तो झगडा भयो कि श्रीमानले आफूलाई शान्त बनाउनको लागि ४५० किलोमिटरको बाटो पैदल नै पूरा गरे । यस क्रममा उनी हप्तौंसम्म पैदल हिँडे । घटना इटलीको हो । इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यी व्यक्ति इटलीको कोमा शहरका हुन् । यो शहर स्विट्जरल्याण्डको सीमा नजिकै छ । ४८ वर्षका यी व्यक्ति श्रीमतीसँग झगडा भएपछि कोमा शहरबाट हिँड्दै हिँड्दै फोनो शहर पुगे । यी दुई शहरबीच ४२६ किलोमिटरको दूरी छ । उनी फोनो शहरबाट पनि हिँड्दै करिब ३० किलोमिटर अगाडि एड्रिएटिक कोस्ट पुगेपछि त्यहाँ पुलिसले उनलाई हिरासतमा लियो । पुलिसलाई सोधपुछको क्रममा उनले यति लामो दूरी पैदल हिँड्नुको कारण बताउँदा कसैले विश्वास नै गर्न सकेनन् । ती व्यक्तिका अनुसार झगडापछि उनलाई यति धेरै रिस उठेको थियो कि उनलाई यति टाढा पुगेको पत्तै भएन । उनले आफूलाई शान्त बनाउनको लागि घरबाट पैदल हिँडेको बताए । ती व्यक्तिका अनुसार यो यात्राको क्रममा उनलाई अञ्जान व्यक्तिहरुले खाना खुवाए । यी व्यक्ति १ दिनमा करिब ६४ किलोमिटर पैदल हिँडेका थिए । पुलिसले यी व्यक्तिको बारेमा थप अनुसन्धान गर्दै जाँदा उनकी पत्नीले एक हप्ताअघि उनी हराएको पुलिसमा रिपोर्ट गरेको खुलासा भयो । रिपोर्टका अनुसार ती व्यक्ति हिँडेर निकै थाकिसकेका थिए र उनको शरीर चिसो भइसकेको थियो ।
भाङ र सिस्नोको परिकारले चम्किएका सन्तोष (भिडियोसहित) जर्मनी। नेपाली युवा सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल यूके २०२० को सेमिफाइनलमा पुगेका छन्। इन्डियन खानामा २० बर्ष भन्दा लामो अनुभव सम्हालेर पोख्त भएका उनी नेपाली खानालाई विश्व बजारमा चिनाउनु पर्छ भन्दै नेपाली खानाकोे प्रवद्र्धन गर्ने उद्देश्यले अहिले प्रतियोगितामा भिडिरहेका छन्। जारी प्रतियोगितामा उनले आधुनिक तवरले नेपाली खानालाई प्रस्तुत गरेपछि निर्णायकहरूको मन छुन पुग्यो। उनले भाङको चटनी, कर्कलोको पातको अचार, सिस्नोका साग, टिम्बुरको अचार, भेडाको पोलेको मासु, खसीको मासुको झोल बेथेको साग, तामाको अचार, गहुँको रोटी आदि पस्केर विदेशी सेफहरुलाइ पछाडि पार्दै सेमिफाइनल प्रवेश गरे। शाह यो प्रतियोगिताका लागि पाँच वर्ष देखि प्रयासररत थिए। सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँमा ३५ वर्ष पहिले जन्मेका सन्तोषका ७ दाजु भाइ दिदी बहिनी छन्। उनी परिवारको कान्छा सदस्य हुन्। ६ वर्षको उमेरमै आफ्ना बुवालाई सदाका लागि गुमाउन पुगेका उनले आफ्नै दाजु भाइको सहारा समेत पाएनन्। बिहाबारी गरेर अन्यत्र जिल्लामा बसाइ सरेर गएका दाजुभाइ सम्पन्न भएपनि उनी र बुढी आमाको दुःखको सहारा हुन कोही पनि अघि बढेनन्। जीवन धान्न र आमालाई पाल्नको लागि उनले पढाइ सँगसँगै प्लाष्टिक टिप्ने र साइकलमा पाउरोटी बेच्ने काम गरे। जेनतेन १० कक्षासम्म पढेका उनले प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्न सकेनन्। गाउँमा बसेर जीवन धान्न नसक्ने देखेपछि आमाको आग्रहमा गाउँका एक महासेठ समाजसेवीले अहमदावादमा काम लगाइदिने भएपछि उनी १५ बर्षको कलिलै उमेरमै लागे गुजराततिर। भारु ९ सयमा भाँडा माँझ्ने काम सुरु गरेका उनले त्यसलाई ठूलो सफलतका रुपमा लिए त्यतिबेला। विस्तारै त्यहाँबाट उनको अहिलेको व्यवसायिक जीवनको कथा सुरु हुन्छ। गाउँमा पाउरोटी र प्लाष्टिक बेचेर दिनको नेपाली २०/२२ रुपैयाँ कमाउने सन्तोषका लागि त्यो ९०० भारु धेरै ठुलो रकम लाग्यो। भाँडा माझ्दा माझ्दै एक दिन उनले सेतो पोशाक, चट्ट टोपी लगाएका ३० /४० जना सेफले काम गरेको देखेर अचम्म माने। दु: खमा बाँचेका उनी मासिक १५ हजार भन्दा बढी तलव र त्यस्तो आकर्षक पेशा देखेर मोहित भएपछि उनको सेफको यात्रा अगाडि बढ्छ। बाँकी उनका संघर्ष र सफलताका कथा डिसी नेपालको कार्यक्रम प्रवास वाणीमा दीपक धितालसँगको  भिडियाे संवाद :
६ वर्षपछि बलात्कार अभियुक्त पक्राउ पाँचथर। नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ। गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।
null
यस वर्षको हिउँदमा गैँडा गणना हुने चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गँंैडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ । गैँडा गणना गर्न विभागले रु ८० लाख बजेट विनियोजन गरेको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो । त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो । सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ । यद्यपि गणकको तालीमलगायत काम पुनःगर्नुपर्ने हुन्छ । जाडो महिना सकिएर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ । गतवर्ष लामो समयसम्म वर्षा भएर घाँस नसुकेका कारण गणनामा ढिलाइ भएको थियो । त्यति नै बेला कोभिड –१९ का कारण लकडाउन भएपछि गणना स्थगित गरिएको थियो । सूचना अधिकारी आचार्यले फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुने बताए । त्यसपछिको समय हावाहुरी, बढी गर्मीलगायतका कारण उपयुक्त मानिदैन । नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा रहेका छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उनको भनाइ छ । चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उनले जानकारी दिए । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए ।
सिमाका भन्सारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहीरहने सम्झौता काठमाडौँ । नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा रहीरहने भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौ र प्रभु बैंकको समन्वयमा सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु सरकारी राजश्व संकलनका लागि एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन्। भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका हुन् । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वरका तर्फबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले आज (बुधबार) नविकरण सम्झौतामा हस्ताक्षर गगरेका हुन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीमा सघाउ पुगेको छ । उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने प्रभु बैंकले जनाएको छ।
सरकारको बहुवर्षीय महत्वकांक्षी योजना, स्वास्थ्य क्षेत्रमा ‘कायापलट’ काठमाडौं। सरकारले ३ सय ९ वटा स्थानीय तहमा आधारभुत अस्पताल भवनको शिलान्यास गरेको छ। स्वास्थ्य सेवा स्थानीय स्तरसम्म पुर्याउने उद्येश्यका साथ गत जेठमा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको निर्माण गरिने उद्घोष गरकी थिइन्। सोमबार प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख, सरकारका पूर्व पदाधिकारीहरुले देशभरका ३ सय ९ वटा स्थानीय तहमा बन्ने आधारभूत अस्पतालको भवन शिलान्यास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी रहेका ८७ वटा स्थानीय तहमा जग्गा प्राप्ति गरी मंसिर महिनामै आधारभुत अस्पताल भवनहरुको शिलान्यास हुने छ। स्वास्थ्यमा सरकारको आमुल परिवर्तन हो : स्वास्थ्य राज्यमन्त्री रावत ‘सरकारले बनाउन लागेका अस्पतालहरुमा नगरपालिकामा १५ श्यया र गाउँपालिकामा ५ र १० श्ययाका बन्ने छन्,’ स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भने, ‘हरेक नागरिकको स्वास्थ्य सुविधा पाउने अधिकार बन्चित नहोस भनेर सरकारले आधारभूत अस्पतालहरु नभएको स्थानीय निकायमा अस्पतालहरु निर्माण गर्न थालेको हो।’ ‘मंसिर १५ गते स्वास्थ्यको इतिहासमा सुनौलो अक्षरले लेखिने छ,’ रावतले भने, ‘स्वास्थ्य सम्बन्धि कामहरु सरकारले गरिरहेको छ र गरिरहने पनि छ। यतिबेला ५ श्ययाका, १० श्ययाका र १५ श्ययाका आधारभूत अस्पतालहरुको भवनको शिलान्यास भयो। स्वास्थ्य क्षेत्रमा भएको आमुल परिवर्तन हो। नेपालले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै गरेको दिन हो। त्यसैले यो ऐतिहासिक दिन हो।’ ‘हालसम्म नेपालमा एउटामात्र सरुवा रोग अस्पताल थियो। अब सात वटै प्रदेशमा सरुवारोग अस्पताल हुनेछ।’ रावतले भने, ‘हरेक स्थानीय निकायमा आधारभूत अस्पताल हुने छ। जिल्ला अस्पताल स्तरोन्नति हुने छ। हरेक अस्पतालहरुमा जनशक्ति सहितको व्यवस्थापन गर्ने कुरा यो नेपाली जनताका निम्ति इतिहासकै अत्यन्तै महत्वपूर्ण दिन हो।’ सोमबार प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख, सरकारका पूर्व पदाधिकारीहरुले देशभरका ३ सय ९ वटा स्थानीय तहमा बन्ने आधारभूत अस्पतालको भवन शिलान्यास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बहुबर्षीय योजना भएकाले अस्पताल सञ्चालन सरकारले आगामी दुई वर्ष भित्र गर्ने राज्यमन्त्री रावतले बताए। उनले भने, ‘हामी सेवा प्रवाहका लागि २ वर्ष कुर्दैै कुर्दैनौं। त्यसका निम्ति अहिले नै आवश्यक जनशक्ति सहित, आवस्यक औषधि मुलो सहित, आवश्यक सामग्री सहित, हाम्रो संवैधानिक व्यवस्थामा भएका आधारभूत स्वास्थ्यका लागि पर्ने चिजविज जे छनु सबैको व्यवस्था गरेर अहिलेदेखि नै सञ्चालन गर्छौं।’ यस्तो छ अस्पतालहरुको विवरण २०४८ सालमा गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुसार सबै गाउँ विकास समितिमा उपस्वास्थ्य चौकीको स्थापना गरियो। इलाकामा स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो। तत्कालिन अवस्थामा ३ हजार ८सय ८ गाउँ विकास समितिहरु थिए। २०५ निर्वाचन क्षेत्र रहेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभरमा जम्मा ६ हजार २ सय १४ सरकारी र २ हजार ३ सय ३ निजी तथा गैह्रसरकारी अस्पतालहरु रहेका छन्। सरकारी अस्पतालहरुमा प्रदेश १ मा १ हजार ७१, प्रदेश २ मा ९ सय ३७, बाग्मती प्रदेशमा १ हजार १ सय ३९, गण्डकी प्रदेशमा ७ सय ४५, लुम्बिनी प्रदेशमा ९ सय २२, कर्णाली प्रदेशमा ६ सय ८७ र सुदुरपश्चिम प्रदेशमा ७ सय १३ रहेका छन्। यसैगरी निजी तथा गैह्र सरकारी अस्पतालहरु पनि सबै भन्दा बढी बाग्मती प्रदेशमा १ हजार ४ सय ५० वटा रहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा १ सय ७६, प्रदेश २ मा २ सय १२, गण्डकी प्रदेशमा १ सय ३२, लुम्बिनी प्रदेशमा १ सय ८९, कर्णाली प्रदेशमा ९० र सुदुरपश्चिम प्रदेशमा ५४ निजी तथा गैह्र सरकारी अस्पतालहरु रहेका छन्। सरकारले हाल तय गरेका ३ सय ९६ आधारभूत अस्पतालहरुमा प्रदेश १ मा ८६, प्रदेश २ र गण्डकी प्रदेशमा ५३÷५३, बाग्मति प्रदेशमा ५१ कर्णली प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा ५७ र सुदुरपश्चिम प्रदेशमा ५१ आधारभूत अस्पतालहरु रहेका छन्। जसमध्ये देशभर ५ श्ययाका ५२, १० श्ययाका १ सय ९ र १५ श्ययाका ९६ अस्पतालहरु रहेका छन्। सरकारले सोमबार शिल्यान्यास गरेकासहित स्थानीय तहमा कूल ४ हजार ८ सय ७५ श्यया, ९ सय ७५ चिकित्सकसहित ९७ हजार ६ सय ५२ जनशक्ति रहने स्वास्थ्य राज्यमन्त्री रावतले जानकारी दिए। ५ श्ययाको लागि ८ करोड, १० श्ययाका लागि ११ करोड र १५ श्ययाका लागि १८ करोडका दरले बजेट विनियोजन गरिएको पनि स्वास्थ्य राज्यमन्त्री रावतले जानकारी दिए। उनले सातै प्रदेशमा संचालन गरिने सरुवारोग अस्पतालका लागि ३१ करोडका दरले बजेट विनियोजन भएको समेत जानकारी दिए। अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ। नेपालमा अस्पतालहरुको इतिहास नेपालमा सत्रौं शतब्दीमा सिंहदरवार वैद्यखानाको स्थापनासँगै आर्युवेद उपचार प्रद्धतिको विकास भएको पाइन्छ। वि.सं. १९४७मा वीर अस्पतालको स्थापना भएसँगै अधुनिक चिकित्सा पद्धतिको संस्थागत विकास सुरु भएको देखिन्छ। समग्रमा स्वास्थ्य क्षेत्रको योजनाबद्ध विकास भने वि.सं. २०१३ बाट भएको पाइन्छ। विसं. २०३२ मा १५ वर्षे प्रथम दीर्घकालीन स्वास्थ्य योजना लागु भएको र वि.सं. २०५४ मा २० वर्षे दोस्रो दीर्घकालीन स्वास्थ्य योजना लागू भएको थियो। २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली जनताको परिवर्तनको अपेक्षा अनुसार आएको राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले गाउँगाउँसम्म प्राथामिक स्वास्थ्य सेवा विस्तार गर्ने गरी सबै गाउँ विकास समितिहरुमा उपस्वास्थ्य चौकी, इलाकाहरुमा स्वास्थ्य चौकी, प्रत्येक निर्वाचन क्षेत्रहरुमा प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो।
कृषि विकास बैंकको ह्याकिङ प्रकरणका आरोपीत पक्राउ काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर (ह्याकिङ) गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका १ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । घलेले २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएका थिए । श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएको भन्ने सूचना महानगरीय अपराध महाशाखालाई आएको थियो । त्यसैलाई आधार मानेर प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो । घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने पक्राउ काठमाडौं। पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई जनालाई बाराबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज ६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा र विकेश २१ बस्ने ३५ वर्षीय अजय लामा लामा छन्। इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा फल्स चेम्बर बनाई उनीहरूले इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।
सञ्चार क्षेत्रको भूमिका अझै सशक्त बनाउन सरकारले सहयोग गर्छः अर्थमन्त्री पौडेल रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै पौडेलले सञ्चार संस्थाकै कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सम्भव भएको धारणा राखेका हुन् । मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रको भूमिकालाई अझै सशक्त बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अझै पनि मिडियाको कामलाई सरकारले महत्व नदिएको बताउँदै कोरोनाको महामारीमा समेत मिडिया सञ्चालन गर्दा हुने समस्या र राहतका बारेमा कसैले नसोधेको गुनासो गरे । मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैको पहल आवश्यक रहेको बताए । कार्यक्रममा लेखक तथा साहित्यकार झपेन्द्र जिसीले स्वदेशमा काम गर्ने सोंच निर्माण नहुँदासम्म आर्थिक अवस्था चलायमान नहुने धारणा राखेका छन् । बुटवल उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष विमलराज भट्टराईले कोरोनाका कारणले उद्योग व्यवसाय बन्द हुँदा बेरोजगारी बढ्दै गएको र कृषिमा लगानी नहुनुले पनि आर्थिक अवस्था चलायमान नभएको विचार राखे । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कोरोनाका कारणले पर्यटन व्यवसाय उठ्न नसक्ने गरी थला परेको जनाउँदै पर्यटन व्यवसायलाई बचाउनका लागि सरकारले कुनै राहतको कार्यक्रम नल्याएको दुखेसो गरेका छन् । कार्यक्रममा प्राध्यापक लीलाबल्लभ ढकाल, लेखक तथा अर्थस्तम्भकार माधवकुमार पौडेल, दैनिकपत्रिका प्रबन्ध सम्पादक ऋषि आजाद, कार्यकारी सम्पादक सिपी खनाललगायतले कोरोना कारण मिडियामा भएको असर कम गर्न सरकारले विशेष योजना बनाउनुपर्ने बताए । रासस
भारतमा २४ घण्टामा थप ४४ हजार ४८९ जनामा कोरोना भाइरस संक्रमण नयाँदिल्ली। भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। जसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५२४ जनाको मृत्यु भएको र यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २२३ पुगेको छ। मन्त्रालयका अनुसार हाल ४ लाख ५२ हजार ३४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो। भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार ४८८ व्यक्ति सक्रिय संक्रमित रहेका छन्। त्यसपछि केरलामा ६५ हजार २३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ५९ लाख ३१ हजार नमूना परीक्षण गरेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताएका छन्। उनले भने, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ। हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं। हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं। अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं।” प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहनु भएको पनि जानकारी दिएका थिए।
काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाले गति लिँदै (फोटो फिचर) काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्गले निर्माणमा गति लिएको छ । यो सँगै आयोजना समय सिमा भित्रै निर्माण सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । यो आयोजनाको नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार आ.ब.०७४/७५ वाट नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिईएको थियो । करिब ७२.५ कि.मी. लामो यो आयोजना बागमती र २ नम्बर प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर–काठमाडौं–मकवानपुर–बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ । २०७१ भदौ १ गते नेपाल सरकारको निर्णय अनुसार यो आयोजनाको डीपीआर स्वीकृत भएको थियो । डीपीआर अनुसार आयोजनाको अनुमानित लागत रु १७५ अर्व रहेको यस द्रुतमार्ग आयोजना आ.व.८०/८१ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखि निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाईएको नेपाली सेनाले जनाएको छ । (फोटो सौजन्य : जनसम्पर्क तथा सुचना निर्देशनालय जंगी अड्डा)
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिटेक पुरस्कार २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ््नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिता एवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
बाबुराम भट्टराईदम्पती कोरोनामुक्त काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । भट्टराईले कोरोनामुक्त भएको जानकारी ट्विटरमार्फत दिएका छन्। ‘एक महिनापछि कोभिड– १९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय होइन । यो महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न, मानव जातिले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’ उनले ट्विटरमा लेखेका छन् । एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त गरियो।यो युद्धविराम हो,विजय हैन।यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न,मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद! — Baburam Bhattarai (@brb1954) November 22, 2020
बाजुरामा तास खेलिरहेका ५ जना ११ हजार नगद सहित पक्राउ बाजुरा । बाजुरामा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । बडिमालीका नगरपालिका ६ बस्ने ४० वर्षीय जय बडुवालको घरमा तास खेलिरहेको अवस्थामा बडुवाल समेत ५ जनालाई नगद ११ हजार १ सय ८५ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
किम जोंग उनका भतिजा अमेरिकी गुप्तचर एजेन्टको नियन्त्रणमा काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनका भतिजा किम हान सोल बेपत्ता भएका छन् । उनलाई अमेरिकाको जासुसी एजेन्सी सीआइएले ‘प्रोटेक्टिभ कस्टडी’मा राखेको बताइएको छ । किम हान सोल किम जोंग उनका दाजु किम जोंग नामका छोरा हुन् । किम जोंग नामको २०१७ मा हत्या गरिएको थियो । किम जोंग नामको हत्या किम जोंग उनले नै गराएको विश्वास गरिन्छ । बेलायती अखबार द सनका अनुसार किम हान सोललाई अमेरिकी जासुसी एजेन्सी सिआइएले आफ्नो सुरक्षा घेरामा राखेको छ । २५ वर्षका हान सोलले अत्यन्तै विलासी जीवन बिताउने गरेको विश्वास गरिन्छ । पिताको हत्यापछि हान सोल नेदरल्याण्डको एम्सटर्डममा शरण लिएर बसेका थिए । उनको अहिलेको स्थितिबारे कसैलाई जानकारी छैन । उनलाई सीआइएका एजेन्टले आफ्नो सुरक्षा घेरामा राखेको रिपोर्टमा दावी गरिएको छ । उत्तर कोरियाको सरकारविरोधी भूमिगत आन्दोलन फ्रि जोसनले हान सोलका पिताको हत्या भएपछि उनलाई भगाउन सहयोग गरेको न्यूयोर्करले दावी गरेको छ । फ्रि जोसनका नेता एड्रियन होंगले आफूले यति पैसावाला बच्चा कहिल्यै नभेटेको बताउँदै उनलाई पैसाको कपडा लगाउने युवकको रुपमा टिप्पणी गरे । किम जोंग नामले आफ्नो जीवनकालमा थुप्रै पैसा जम्मा गरेको बताइन्छ । २०१७ मा किम जोंग नामको हत्यापछि हान सोलको मकाउस्थित घरको सुरक्षा गर्ने पुलिस गायब भएपछि हान सोलले फ्रि जोसनको सहयोग मागेको बताइन्छ । हान सोललाई त्यो घटनाको ३ महिनापछि एक युट्युब भिडियोमा देखिएको थियो जसमा उनले चेलिमा सिभिल डिफेन्स (जसलाई अहिले फ्रि जोसन भनिन्छ) लाई धन्यवाद दिएका थिए । यो भिडियोमा उनले नेदरल्याण्ड, अमेरिका, चीन र अन्य केही देशका सरकारलाई धन्यवाद दिएका थिए । फ्रि जोसन र किम हान सोलको विषयमा रिपोर्टिङ गर्ने पत्रकार सुकी किमका अनुसार किम हान सोललाई उत्तर कोरियाको वास्तविक उत्तराधिकारी मानिन्छ किनकि हान सोल यसअघिका उत्तर कोरियाली शासक (किम जोंग उनका पिता) किम जोंग इलका जेठा छोराका छोरा हुन् । यस्तोमा जोसँग उनको संरक्षकत्व हुन्छ उसले लाभ पाउनेछ । एड्रियन हांगले ताइवानको ताइपेइ विमानस्थलमा हान सोल र उनका परिवारसँग भेट्नको लागि एक पूर्व अमेरिकी मरिन क्रिस्टोफर आहनसँग सम्पर्क गरेका थिए । उनी पनि फ्रि जोसनका सदस्य थिए । यहाँबाट आहनले हान सोलको परिवारलाई एक निजी लाउन्जमा लिएर गए जहाँ हान सोलको परिवारले १८ घण्टा बिताए । लामो प्रतिक्षापछि आहनलाई हांगको फोन आयो । हांगले युरोपको एक देश हान सोललाई शरण दिन तयार भएको बताए । आहनले ताइपेइदेखि एम्सटर्डमसम्मको लागि हान सोलको परिवारको लागि ३ टिकट किने । हान सोल परिवारसँग एम्सटर्डमको बाहिर रहेको शिफोल विमानस्थल पुग्दा त्यहाँका पासपोर्ट जाँच गर्ने एजेन्टले कुनै कारण नबताइ उनलाई प्रवेशमा रोक लगाए । परिवार लाउन्जमा फर्कियो । केही घण्टापछि त्यहाँ २ जना सीआइए एजेन्ट पुगे । यी दुई एजेन्टमध्ये एक कोरियाली मूलका अमेरिकी थिए । अर्का व्यक्ति श्वेत अमेरिकी थिए । उनीहरुले हान सोलसँग कुरा गर्न भने । अर्को दिन विमानस्थलमा नयाँ एजेन्ट आए र उनीहरुले परिवारलाई विमानबाट जान सहयोग गरे । यही बीच सीआइएका एक एजेन्टले आफू हान सोलसँग जान्छु भने । यो कुराले आहन चिन्तित भए । आहनले बीमा पोलिसीको रुपमा जानुभन्दा पहिले हान सोलको एउटा भिडियो लिए र यो भिडियो अब किम हान सोलको अन्तिम ज्ञात फुटेज हो । यो घटनापछि उनी र उनको परिवारलाई कहिल्यै कतै देखिएको छैन । हान सोलको अन्तिम कुराकानी एड्रियन होंगसँग भएको थियो । यो कुराकानीमा हान सोलले होंगसँग आफू र आफ्नो परिवारलाई विमानस्थलको मुख्य द्वारबाट बाहिर लैजानुको सट्टा विमानस्थलको होटलमा लगिएको बताएका थिए । होंगले फ्रि जोसनका सदस्य र एक वकिललाई होटलमा हान सोलको परिवारलाई भेट्न पठाउँदा त्यहाँ हान सोल र उनको परिवार कोही पनि थिएनन् । यो घटनापछि हान सोल परिवारसहित बेपत्ता छन् । सीआइएले यो घटनाबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।
नाम्लो र थाप्लोको भरमा टिकेको जीवन नुवाकोट। ‘त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु…’ बद्री पंगेनीले धेरै वर्ष पहिला यो गीत गाएका थिए। उनले गितमा ‘अझै नी लोकतन्त्र आको छैन है, जनताले भने झैं भाको छैन है’ पनि भनेका छन्। बद्री पंगेनीले भनेझै लोकतन्त्रको आभास नुवाकोटकी मन्जु ओझाले गरेकी छैनन्। उनलाई अझै पनि लोकतन्त्र आएको छैन झैं लागि रहेको छ। ‘रोजीराटीको लागि यो सब गर्नु पर्छ’, बालुवा बोक्ने डोकोको नाम्लो थाप्लोमा तलमाथि गर्दै ओझाले भनिन्, ‘म महिला हुँ भनेर भनेकी हैन। म अपांग छु त्यसैले यो कुरा गरेकी हुँ।’ मंसिरको कठ्याङ्रिदो चिसोमा त्रिशुलीको पानीमा पसेर बालुवा थुपार्नु मन्जु र उनी जस्तै धेरैको रहर हैन। बाध्यता हो। यो बाध्यताले आज नेपाली समाजका धेरै महिलाहरुलाई जगेडेको छ। बृहत शान्ति सम्झौता भएको पनि १४ वर्ष पार गरिसक्यो। तर, पनि ओझा जस्तै सोझा सिधाको दैनिकिमा कुनै पनि परिवर्तनको अनुभव भएको छैन। ‘हामी महिलाहरु शारीरिक रुपमा शसक्त भए पनि केही गर्न सक्दैनौं भन्छन्,’ नाम्लोले रन्केको थाप्लोलाई सितलता प्रदान गर्न नाम्लो बेलाबेलामा तलमाथि सार्दै ओझाले भनिन्, ‘म अपांगता महिला भएर पनि यी सपांग पुरुषहरुसँग काम गरेको छु। तपाईँलाई अच्चमलाग्न सक्छ। मलाइ गर्व लाग्छ। म उहाँहरुसँग काम गर्न सक्दो रहेछु।’ समाबेसी, समानता र अधिकारका जतिसुकै कुरा गरे पनि ओझाका लागि हैन रहेछ। उनी भन्छिन्, ‘हामी जस्ताका लागि हैन रहेछ। यो शासन, यी व्यवस्था, यी नेताहरु सबै आफू र आफन्तको लागिमात्र बनेका हुन जस्तो लाग्छ। फेरी धेरै कुरा गरिन भन्लान तर वास्तवमा हाम्रो लोकतन्त्र अझै आएको छैन।’ समाबेसी, समानता र अधिकारका जतिसुकै कुरा गरे पनि ओझाका लागि हैन रहेछ। हामी जस्ताका लागि हैन रहेछ। यो शासन, यी व्यवस्था, यी नेताहरु सबै आफू र आफन्तको लागिमात्र बनेका हुन जस्तो लाग्छ। फेरी धेरै कुरा गरिन भन्लान तर वास्तवमा हाम्रो लोकतन्त्र अझै आएको छैन। त्रिशुलीको किनारमा ओझाका वरपर काम गर्ने अरु महिला पनि थिएनन्। शारिरिकरुपमा सशक्त पुरुषहरुको माझमा आफ्नो जीवन निर्वाकालागि जीवनसँग लडिरहेकी छन् उनी। त्रिशुलीको चिसो पानी, पानी मुनिको बालुवा, ढुङ्गामाटो र आफ्नो अशक्त शरीरसँगको उनको लडाईँ कहिलेसम्म हो उनलाई पनि थाहा छैन। उनी पनि यही दिनको प्रतिक्षामा रहेको सुनउँछिन्। प्रत्यक्ष देखिने उनको समस्यालाई राज्यले दिने अपांगता भएको नागरिकको सेवा सुविधामा भने सामेल गरिएको छैन। ‘खुट्टामा मात्रै होइन ढाडको पनी समस्या छ दुवै तिरको समस्याले हिँड्न एकदम कठिन पर्छ’, उनी दुखेसो पोख्दै थिइन्। ‘राज्यले दिने सेवाबाट पनि बन्चित गराइयो, समाजले दिने तिरस्कार त हाम्रोलागि उपहार नै हो।’ त्रिशुलीको चिसोपानी र पानी भित्रको बालुवासँग परिपूरक भएकी मन्जुलाई पनि कोरोनाको प्रभावले छोडेन। ‘कोरोना सुरु भएपछि काम रोकियो,’ मन्जुले भनिन्, ‘बालुवामा खुट्टा टेक्न सजिलो हुने भएकाले काम गरिरहेकी थिएँ। अन्य ठाउँमा सम्भव नै छैन।’ उनले कोरोनाका कारण भएको लकडाउनका सुरुका दिनमा धेरै रात भोकै निदाउनु परेको सुनाइन्। महामारीका बेला राज्यले दिने सेवा सुविधाबाट पनि मन्जु जस्ता धेरै बन्चित छन्। ‘गाउँका जनप्रतिनिधिको पनि आफन्तहरुले सेवा सुविधा पाएको देखिन्छ। सुनिन्छ। तर, हामीले पाउदैनौं। हामी कसैको आफन्त हैनौं।’ एकोहोरो उनी आफ्नो दुखेसो सुनाउँदै थिइन्। परिवर्तनका लागि जतिसुकै ठूला कुरा गरे पनि सामाजिक परिवर्तन भने नभएको उनले आफ्नो अनुभवलाई दोहोर्याइन्। ‘परिवर्तन भयो भन्छन्,’ उनले भनिन्, ‘समाजले हामी शारीरिक अशक्तलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन गर्न सकेको छैन। अझै हामी माथि लगाइने लाल्छना, हाम्रो बारेमा बोलिने कटुबचनले जिउँदै मरेको अनुभूति हुन्छ। काम गर्न पर्ने शारीरिक परिश्रम भन्दा धेरै उहाँहरुको बच्चनले हामीलाई अझै अशक्त अनुभव गराउँछ।’ ‘अझै नि लोकतन्त्र आको छैन है, जनताले भनेझै भा को छैन है’ मन्जु उक्त गित गुनगुनाउँदै आफ्नो नाम्लो र थाप्लोको भरमा टिकेको जीवनको बाटोमा लागिन्।
गण्डकीमा १०९ र सुदूरपश्चिममा ६४ सङ्क्रमित थपिए गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म छ हजार २१४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५८१ पुगेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका शङ्कास्पद ५२५ व्यक्तिको नमूना परीक्षण गरिएकामा ६४ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिने कोरोना सङ्क्रमितमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र बाजुराका छन् । नयाँ थपिएका समेत गरी आजसम्म प्रदेशमा १० हजार ७३१ सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा प्रदेशमा कोरोना भाइरसबाट हुने मृत्युदर बढ्दै गएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कात्तिक २९ गते यता थप सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा चार, बझाङमा तीन, अछाम, बाजुरा, डडेलधुरा, दार्चुलामा दुई÷दुई तथा डोटी र बैतडीमा एक÷एकसमेत जम्मा ३६ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै कैलालीका एक ५६ वर्षीय पुरुष र एक ७५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचारकक्ष (आइसीयू) मा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोरोना भाइरसको उपचार व्यवस्थापनपछि अहिलेसम्म आठ हजार ८७५ डिस्चार्ज भएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एकजना पक्राउ सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेका थिए । उक्त भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अमेरिकामा कोरोनाको ३० मिनेटमै नतिजा दिने नयाँ विधिलाई अनुमति वासिङ्टन(एपी) । अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ । अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ । अहिले प्रारम्भिक चरणमा यो विधिलाई सिमित ठाउँमा र सिमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन् । प्रयोगका लागि अनुमती दिइएको औषधी क्यालिफोर्नियाको औषधी उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधी प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत गर्ने शब्दको पहिलो पटक प्रयोग वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन्। निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो आशय प्रकट गरेका हुन् । उनले निर्वाचनमा धाँधली भएकाले बाइडेनले जितेको भनिएको आशय व्यक्त गर्दै आफ्नो दावीबाट भने आफु पछाडि नहटेको उल्लेख गरेका छन् । बाइडेनको नाम उल्लेख नगरी उनले “उहाँले जितेको” भन्ने शब्दावलीको प्रयोग गरेका छन् । उनको यो लेखाइलाई बाइडेनको जितलाई स्वीकार्नु पर्ने बाध्यतालाई ट्रम्पले महसुस गरेको रुपमा बुझिएको छ । उनले लेखेका छन्, “उहाँले झुट सञ्चार माध्यमको आँखामा मात्रै जित हासिल गरेको हो, निर्वाचनमा धाँधली भएको छ, अत्यमा हामीले नै जित्ने मलाई विश्वास छ, हामी धेरै टाढा जानुछ ।” उनले राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने दोहो¥याएका छन् । जबकि गत शुक्रवार पनि निर्वाचन आयोगका अधिकारीहरूले अमेरिकी इतिहासमै सुरक्षित निर्वाचन भएको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको बताएका थिए । ट्रम्पले केही राज्यहरूमा भएको निर्वाचनमा धाँधली भएको भनेर केही ठाउँमा निवेदन पनि गरेका थिए । ती उजुरीहरुमा पर्याप्त प्रमाणहरु नपुगेको भन्दै न्यायाधीशहरूले उजुरी खारेज गरिदिएका थिए । तर पनि उनले धाँधली भएको भन्न छाडेका छैनन् । निर्वाचन आयोगका अनुसार कुल २७० इलेक्टोरल मत प्राप्त गरेमा विजयी हुनेमा ३०६ इलेक्टलर कलेज मत प्राप्त गरेर बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको माग अनुसार मतगणना गरेपनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ । मत सङ्ख्याका आधारमा पनि ट्रम्पले भन्दा बाइडनले ५० लाखभन्दा बढी मत प्राप्त गरेका छन्। निर्वाचित हुन आवश्यक सवै प्रक्रिया र प्रमाणहरु पुरा हुँदा पनि बाइडेनको जितलाई ट्रम्पले नस्वीकार्दा अमेरिकी राजनीतिमा केही त्रास र आशंका भने अझै पनि कायमै रहेको छ । अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि नोभेम्बर महिनामा निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नयाँ नेतृत्व ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।
आज मंसिर १ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आव वि.सं.२०७७ साल मंसिर १ गते, सोमबार । सन् २०२० नोभेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । प्रतिपदा बिहान ०९ बजेर १२ मिनेट उप्रान्त द्वितीया तिथि। चन्द्रमा बृश्चिक राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मिनेट र सूर्यास्त बेलुकी ५ः९ मिनेटमा मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मित्रतामा समस्या आउनेछ । शरीरमा बिसन्चो आउनेछ । घरायसी अवरोधका सिर्जना हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनले प्रगति पाउनेछ । आम्दानीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ । सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ । कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ । तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भोजनको सुख मिल्नेछ । उच्च व्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नया योजना बन्नेछ । धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  सामाजिक एवं धार्मिक काममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । सामााजिक काममा सफलता पाइनेछ । कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो तिनो विवाद हुनेछ । व्यक्तिगत काममा चिन्ता हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ । मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।
देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु देउखुरी। दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो। विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए। महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ।
भरुवा बन्दुक र कालिज सहित ५ जना पक्राउ म्याग्दी । बेनी नगरपालिका ४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिज सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेनी नगरपालिका ४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय संदिप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन् । उक्त जंगलमा भरुवा बन्दुक प्रयोग गरी बन्यजन्तु चोरी सिकार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक र कालिज सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मजदुर समाजको यूएई शाखा गठन अबुधाबी। मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्यसहित स्थापना भएको नेपाली मजदुर एकता समाजको यूएई शाखा गठन गरिएको छ। मलेशिया, माल्दिभ्स, भारत, नेपाल गरी ४ वटा देशमा शाखा समिति निर्माण गरिसकेको नेपाली मजदुर एकता समाजले आफ्नो पाचौं शाखा समितिको रूपमा युएईमा समिति गठन गरेको हो। लक डाउन को समयमा सबैभन्दा धेरै समस्या झेल्दै आएको यूएईले समिति गठन हुनु अगाडि नै फ्लेक्स कम्पनीका १७ जना पीडित हरुलाई खाने बस्ने व्यवस्थासहित स्वदेश फर्काउन महत्त्वपूर्ण भूमिका युएई समितिका प्रतिनिधिहरुको रहेको नेपाली मजदुर एकता समाजले बताएको छ। नवगठित समितिको अध्यक्षमा सुभद्रा बुढाथोकी ‘सुबी’, वरिष्ठ उपाध्यक्षमा रुपेश क्षेत्री, उपाध्यक्षमा रमेश थापा, महासचिवमा उत्तम भण्डारी, सचिवमा कुमार लम्साल, कोषाध्यक्षमा टीका गुरुङ ‘दिपा’ र सहकोषाध्यक्षमा माया सेढाई ‘केसी’ रहेका छन्। यस्तै प्रवक्तामा राजु जम्कटेल कट्टेल चयन भएका छन्। समितिको सदस्यहरुमा नर आचार्य, बिष्णु अधिकारी, मोहन घिमिरे, सूर्य लामा छन्। तीन सदस्यीय थप गर्नेगरी यूएई समिति निर्माण गरिएको समितिका प्रवक्ता राजु जम्कटेलले बताएका छन्। यस्तै नव गठित समितिलाई प्रवास समितिका तर्फबाट संयोजक प्रेम बहादुर शाहीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
फेक आईडीबाट बालिकाहरूलाई अश्लिल तस्वीर पठाउने व्यक्ति पक्राउ काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका ४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अखिलले बालिकाहरूको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २७ बाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि कारोबार सुरु भएको हो । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
चेक बाउन्स भएपछि सुन्दर यातायातका अध्यक्ष पक्राउ काठमाडौं। चेक बाउन्स प्रकरणमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। सुन्दर यातायातका सञ्चालकहरुको उजुरीका आधारमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ। बस ल्याउँछु भनेर व्यक्तिगत रुपमा सेयर सदस्यबाट पैसा उठाएको आरोप छ। थापाले बस ल्याउँछु भनेर ३ करोड रुपैयाँ पैसा उठाएका थिए। पैसा उठाएर बस नल्याएपछि उनीहरुले पैसा फिर्ता माग्दा नदिएको उनीहरुको आरोप छ। उनले दिएको एक करोड चेक बाउन्ससमेत भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनाब जित्दा साउदी अरेबिया किन डराइरहेछ ? काठमाडौं। अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको जीतले विश्वका कैयौं देश उत्साहित भएका छन् भने कैयौं देश असहज पनि भएका छन् । केही देशले बाइडेनलाई जीतको बधाइ समेत दिएका छैनन् । साउदी अरेबियाले पनि बाइडेनलाई बधाइ दिन २४ घण्टाभन्दा ढिलाइ गर्यो । साउदी अरेबिया बाइडेनलाई बधाइ दिन हिच्किचाउनुको पछाडि कारण पनि छ । साउदीले डोनाल्ड ट्रम्पले चुनाब जितुन् भन्ने चाहेको थियो तर बाइडेनको जीतले उसलाई आगामी दिनमा कठिनाइ हुन सक्छ । साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको राष्ट्रपति ट्रम्पसँग निकटता छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले निर्वाचित भएपछि पहिलो विदेश भ्रमण क्यानडा वा मेक्सिकोको गर्ने चलनलाई तोड्दै ट्रम्पले पहिलो विदेश भ्रमण साउदी अरेबियाको गरेका थिए । ट्रम्प साउदीको लागि सुरक्षा कवच जस्तै थिए । मानवअधिकारको मुद्दा, यमन युद्धमा साउदी अरेबियाको भूमिका लगायतका विषयमा ट्रम्प प्रशासनले साउदीको साथ दिएको थियो । अर्कोतर्फ बाइडेनले भने चुनाबी अभियानमै साउदीसँग अमेरिकाको सम्बन्धको समीक्षा गर्ने घोषणा गरिसकेका छन् । यसबाहेक बाइडेनले यमन युद्धमा अमेरिकी सहयोग रोक्ने पनि बताइसकेका छन् । साउदीका एक ट्वीटर युजरले भर्खरै लेखेका थिए ‘साउदीको लागि कोभिड–१९ भन्दा खराब चीन यदि केही हुन्छ भने त्यो बाइडेन–२० हुनेछन् ।’ साउदी अरबको प्रमुख अखबार ओकाजले पनि आफ्नो प्रथम पृष्ठमा प्रकाशित रिपोर्टमा बाइडेनको जीतपछि साउदी अरेबियाको भविष्यका विषयमा अनिश्चितता जाहेर गरेको छ । ट्रम्पका लागि अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीति, मानवअधिकार, लोकतन्त्र, महिला अधिकार जस्ता मूल्य मान्यताभन्दा धेरै अहम आर्थिक हित रहे तर बाइडेनको हकमा त्यो लागू नहुने अनुमानका आधारमा साउदीलाई अबका दिन कठिन हुने विश्लेषण गरिएको छ । टर्कीस्थित साउदी अरेबियाको दूतावासमा अमेरिकी अखबार वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यापछि विश्वभर साउदी अरेबियाको आलोचना भयो । तर, ट्रम्पले कंग्रेसले विरोध गर्दागर्दै पनि साउदीलाई हतियार बेचिरहे । ट्रम्पको विपरित बाइडेन मानवअधिकारका विषयमा निकै आक्रामक छन् । बाइडेनले सत्तामा आउनासाथ साउदी अरेबियालाई हतियार बेच्न बन्द गर्ने घोषणा पनि गरिसकेका छन् । यमनमा साउदीको युद्धको विषयमा पनि बाइडेनले कडा टिप्पणी गर्दै साउदीको वर्तमान नेतृत्वमा सामाजिक मूल्य र मान्यता नाममात्रको रहेको बताएका थिए । साउदी राजकुमार मोहम्मद बिन सलमानले घरेलु राजनीतिमा पनि आफूविरुद्धका असन्तोषलाई दबाउन हरेक उपाय अपनाएका छन् । उनले आफ्नो गद्दीको लागि खतरा बन्ने सक्ने कैयौं आफन्तलाई जेलमा हालिसकेका छन् । साउदीविरुद्ध आवाज उठाउँने कैयौं अभियन्तालाई मृत्युदण्ड दिइएको छ । बाइडेन अभियानका प्रवक्ताले रोयटर्ससँग कुरा गर्दै बाइडेनले ट्रम्पले जस्तो तानाशाह र अधिकारको दुरुपयोग गर्ने नेतालाई खाली चेक दिनुको सट्टा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको लागि मित्र र शत्रु दुवैसँग समान व्यवहार गर्ने बताएका थिए । साउदी अरब इरानविरुद्ध ट्रम्पले अख्तियार गरेको अधिकतम दबाब नीतिको समर्थक हो । ट्रम्पले २०१८ मा इरानसँग भएको परमाणु सम्झौता अन्त्य गरेका थिए र इरानमाथि कैयौं प्रतिबन्ध लगाएका थिए । यी प्रतिबन्धका कारण इरानको अर्थ व्यवस्था धराशायी भएको छ । बाइडेनले भने इरानसँग २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने बताइसकेका छन् । यो सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो र त्यतिबेला बाइडेन उपराष्ट्रपति थिए ।
राजधानीकै स्थानीय तह दिँदैनन् सूचना काठमाडाैं । राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ। ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नागरिकको हैसियतमा भदौको अन्तिम साता काठमाडौँका ११ वटै स्थानीय तहसँग सूचना माग गरे। सूचना माग गरेको दुई महिना पूरा हुँदासम्म चार वटा स्थानीय तहबाट मात्र सूचना पाइएको उनले जानकारी दिए। “दुई महिनासम्म सूचना मागको निवेदनलाई पछ्याउँदा शङ्खरापुर, कागेश्वरी मनोहरा, चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाबाट मात्र सूचना पाउन सकियो, चन्द्रागिरिले दिएको सूचना त अपूरो छ, कोभिड–१९ का क्रममा स्थानीय तहको आम्दानी खर्चको विवरण मैले माग गरेको थिएँ”, उनले भने। काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन र दक्षिणकाली नगरपालिकाले भने कोरोना रोकथाम, व्यवस्थापन तथा प्रतिकार्यमा भएको आम्दानी र खर्चको विवरण पटकपटक पछ्याउँदासमेत उपलब्ध गराएनन्। राजधानीकै स्थानीय तहका वेबसाइटमा समेत यस्ता सूचना नराखिएको कार्यक्रमले जनाएको छ । राजधानी रहेकै जिल्लाका स्थानीय सरकारसमेत पारदर्शी र जवाफदेही बन्न नसकेको कार्यक्रम अधिकृत कोइरालाले बताए। सूचना अधिकारीलाई सम्बोधन गरी माग गरिएको १५ दिनमा सम्बन्धित कार्यालयले सूचना दिनुपर्ने व्यवस्था ऐन र नियमावलीमा गरिएको छ । सूचना अधिकारीले १५ दिनमा सूचना नदिएमा सम्बन्धित कार्यालय प्रमुखलाई सम्बोधन गरी सूचना माग गर्न सकिन्छ। कार्यालय प्रमुखले सात दिनभित्रमा सूचना उपलब्ध गराउनुपर्छ । कार्यक्रमले सूचना अधिकारी र कार्यालय प्रमुखलाई सम्बोधन गरेर सूचना माग गर्दा पनि पाउन नसकिएको जनाएको छ। दिन नमिल्ने सूचना भए लिखितरुपमा त्यसको जानकारी सूचना मागकर्तालाई दिनुपर्छ । राजधानीका स्थानीय तह सूचना सार्वजनिक गर्ने सन्दर्भमा अनुदार रहेको पाइएको मागकर्ताको भनाइ छ। काठमाडौँकै धेरै स्थानीय तहबाट सूचना पाउन नसकिएको सम्बन्धमा कार्यक्रमले आइतबार जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यसँग छलफल गरेको छ । छलफलमा जिल्ला समन्वय प्रमुख राजवैद्यले कानूनबमोजिम नागरिकले पाउनुपर्ने सूचनाप्राप्तिका लागि समन्वय एवं सहजीकरणको पहल गरिने प्रतिबद्धता जनाए। कार्यक्रमले राष्ट्रिय सूचना आयोगमा समेत सूचना नपाएको विषयलाई लिएर सम्बन्धित स्थानीय तहका कार्यालय प्रमुख र सूचना अधिकारीलाई कारवाही गरी सूचना उपलब्ध गराउन पुनरावेदन गर्ने तयारी गरेको जनाइएको छ। कार्यक्रम लागू भएका ओखलढुङ्गा र गोरखाको स्थानीय तहसँग पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन शीर्षकमा प्राप्त भएको रकम र खर्च भएको रकमको सूचना माग गरिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा र बूढानीलकण्ठ, ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका, मोलुङ र चिसङ्खुगढी गाउँपालिका एवं गोरखाको गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकामा पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रम लागू भएको छ। जसमा स्थानीय सरकारलाई नागरिकप्रति जवाफदेही बनाउने, पारदर्शिता कायम गराउन भूमिका खेल्नेलगायत काम भइरहेको जनाइएको छ।रासस
युवतीलाई १० वर्षसम्म यौन शोषण गरेपछि लेबनान पुर्‍याएर बेचियो काठमाडौं। एक बालिकालाई काठाडमौंका गौतम लामाले नेपालदेखि लेबनानसम्म यौन शोषण गरेको खुलेको छ। ती बालिका अहिले २३ वर्षकी भइसकेकी छन्। ती बालिकालाई काठमाडौंदेखि लेबनानसम्म १० वर्षदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने काठमाडौं महानगरपालिका ७ घर भएका ५५ वर्षीय गौतम लामालाई पक्राउ गरेको हो। ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्‍याई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो। उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।
देशभर ३५हजार ४१९ सक्रिय संक्रमित, कहाँ कति ? (तथ्यांकसहित) काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । योसँगै सक्रिय संक्रमित ३५ हजार ४१९ जना रहेका छन् । यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांकः
नेकपा विवाद : ओलीलाई भेट्न सचिवालयका पाँच सदस्य बालुवाटरमा काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष ५ नेता प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेका छन्। शुक्रबार पार्टी कार्यालय धुम्बारहीमा छलपफल गरेका सचिवालयका ५ सदस्य प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालय वैठकमा सहमत गराउन बालुवाटार पुगेकाे स्राेतले जनाएकाे छ। बालुवाटार स्राेतका अनुसार असन्तुष्ट रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गाैतम तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित पत्रसहित बालुवाटार पुगेका हुन्। शुक्रबार धुम्बारहीमा अनाैपचारिक सचिवालय वैठकमा छलफल गरेपछि उनीहरू बालुवाटर पुगेका हुन्। प्रचण्डले आफै सचिवालयकाे औपचारिक बैठक बाेलाउने मनसाय बनाएर बालुवाटार प्रवेश गरेकाे स्राेतले बताएकाे छ। स्राेतले भन्याे, ‘सकेसम्म प्रधानमन्त्रीलाई केन्द्रीय सचिवालय बैठकका लागि राजी गराउने। यदि प्रधानमन्त्रीले त्याे कुरा अस्वीकार गरे प्रचण्ड आफैले भए पनि पार्टीकाे केन्द्रीय सचिवालयकाे औपचारिक वैठक बाेलाएर जाने साेचमा हुनुहुन्छ।’ पार्टीकाे विवाद चरम उत्कर्षमा पुगेका बेला धुम्बारहीमा भएकाे बैठकलाइ प्रधामन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टी फुटिसकेकाे र घाेषणामात्र हुन बाँकि रहेकाे अभिव्यक्ति दिएका थिए। ओलिले सरकारबाट आफू हटेपछि देश संकटमा फस्ने भएकाले असन्तुष्ट पक्षले भन्ने वित्तिकै राजिनामा नदिने बताउँदै आएका छन्। तर, असन्तुष्ट पक्ष भने ओलीलाई सरकार छाेड्न बाध्य गराउने कसरतमा जुटेका छन्।
श्रीमतीमाथि तातो तेल खन्याएपछि… धादिङ। धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन् । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताए। घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ । घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ वासिङ्टन । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए ।
ट्रम्पका छोराले भारतको नक्सा बदलिदिएको भन्दै भारतमा मोदी र ट्रम्पको विरोध काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जति जयजयकार गरे पनि अमेरिकी राष्टपति डोनल्ड टम्प र उनको समूहले भारतको नक्सा नै फेरबदल गरिदिएको भन्दै सामाजिक सञ्जाल तातेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले विश्वको नक्साबाट भारतका काश्मीर र अन्य राज्यहरु हटाएर ट्वीट गरेको तथा भारतलाई टम्पविरोधी राष्टहरुको सूचिमा राखेको कुराले भारतमा चर्को विरोध शुरु भएको हो । ट्रम्प जुनियरले निर्वाचनका सन्दर्भमा विश्वका अधिकांश भागहरु रिपब्लिकन पार्टीको समर्थनमा रहेको उल्लेख गर्दै इलेक्टोरल म्याप प्रेडिक्सन सार्वजानिक गरेका हुन् । उनको यो ट्वीट यो समाचार प्रकाशन गर्दासम्म ८१ हजार मानिसले लाइक गरिसकेका छन् भने ३७ हजारभन्दा बढीले रिट्वीट गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा साहित्यकार शशी थरुरले मोदीको चाकडीको परिणाम टम्पले भारतीय सीमाबाट काश्मीर र उत्तरका राज्यहरु हटाएर नक्सा ट्वीट गरेको भन्दै ट्वीटरमा मोदीको विरोध शुरु गरेका थिए । राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले गरेको ट्वीटमा भारतलगायत केही देशहरुबाहेक सबै नै रिपल्किन पार्टीको समर्थक भन्दै रातो रंग भरिएको छ । रिपल्किन विरोधी देशहरुमा चीन, मेक्सिको, भारत, क्युवा, सेनेगल, लाइबेरिया र गिनीविसाऊलाई नीलो रंग लगाइदिएर डेमोक्रेटिक पार्टीका समर्थकको आरोप टम्प जुनियरले लगाएका छन् । यही ट्वीटलाई रिट्वीट गर्दै थरुरले मोदीले करोडौं खर्च गरेर भारतमा बोलाई रंगशाला लगी टम्पको गुणगान गाएको परिणाम भारतलाई मेक्सिको र चीनसंगै र उनीहरु जस्तै भएको लिष्टमा राखेको आरोप लगाएका छन् । ट्रम्प जुनियरबाट गरिएको ट्वीटमा भारतका काश्मीर र उत्तर पूर्वी राज्यहरु भारतको नक्साभित्र छैनन् । भारतको नक्सा अदलबदल गरी प्रस्तुत गरिएको छ ।
ढकाल समूहको उम्मेदवारी दर्ता काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताएका छन् । आफ्नो समूहका सदस्यको आज उम्मेदवारी दर्ता कार्यक्रममा उनले भने, ‘मेरो नेतृत्वको समूहले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघका तर्फबाट नीतिगत रुपमा व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्ने बताए । यसैगरी कार्यक्रममा महासंघका पूर्वाध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जीत सुनिश्चित रहेको जिकिर गरे । ढकाल समूहबाट आज नै विभिन्न व्यक्तिले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सोअनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रवीनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल समूहबाट आजै अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतको उम्मेदवारी दर्ता भइसकेको छ । यसैगरी एशोसिएट्सतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट् थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी सदस्यका अन्य उम्मेदवारले पनि केही दिनभित्रै सदस्यमा उम्मेदवारी गर्दा गराउने सोही समूहका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए ।रासस
एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ काठमाडौँ । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन् । अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट रु ९९ लाख चौरासी हजारी र ९०० अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
चीनले नेपाली सीमा मिचेको समाचारहरु फेक हुन् : चीन काठमाडौं। चीनले नेपाली भूमि मिचेको भनेर प्रकाशित भएका समाचार तथा रिपोर्टहरु फेक भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चीनले नेपाली भूमि मिचेको प्रतिवेदनहरु गलत भएको बताएको चिनियाँ सरकारी समाचार माध्यम ग्लोवल टाइम्सले जनाएको छ। चिनियाँ प्रवक्ताले चीनले १५० हेक्टर नेपाली भूमि मिचेको भनेर प्रकाशित भएका समाचारहरु तथा प्रतिवेदन गलत रहेको भन्दै विना आधार र तथ्य आरोप लगाइएको बताएका छन्। गत भदौमा नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु बनाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले बताएका थिए। त्यसपछि नेपाल र चीन दुबैले त्यतिबेला नै चीनले नेपाली भूमि नमिचेको र चीनसँग कुनै सीमा विवाद नभएको बताएका थिए। तर, त्यति ने बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा निर्वाचित प्रदेशसभा सदस्यह जीवनबहादुर शाहीसहितको टोलीले लिमी उपत्यकाको अवलोकन गरेको थियो। शाही नेतृत्वको टोलीले लिमीमा चीनले सीमा मिचेको प्रतिवेदन दिएको थियो। साथै १२ नम्बर सीमास्तम्भ चीनले आफूखुसी नयाँ निर्माण गरेको प्रतिवेदन दिइएको थियो। पहिलो सो १२ नम्बर पिल्लर लामो समय फेला नपरेको जनाइएको थियो भने सीमा सम्बन्धि समाचाहरु आएपछि हुल्लाका प्रमुख जिल्ला अधिकारीको टोलीले सो सीमास्तम्भको खोजी गर्दा नयाँ बनाइएको स्वरुपमा सीमास्तम्भ फेला परेको थियो। नेपालले सोही स्तम्भका आधारमा चीनले भूमि नमिचेको बताएको थियो। तर, काँग्रेसले भने चीनले स्तम्भ नै फरक स्थानमा बनाएर नेपाली भूमि मिचेको दावी गरेको छ। यही विषयमा मंगलबार चिनियाँ विदेश मन्त्रालयले नेपाली भूमि नमिचेको बताएको हो।
श्रमजीवी पत्रकारका समस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्रीको जोड काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब÷सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागका कार्यालयको भ्रमण गर्दै उनले पत्रकारको पारिश्रमिकसम्बन्धी समस्याको दिगो खोज्न आग्रह गरेका हुन्। “पत्रकारलाई सरकारले तोकेको न्यूनतम् तलब÷सुविधा मिडियाले नदिएको भन्ने सुनेको छ ।”, उनले भने, “नियामक संस्थाले पत्रकारले तलब पाए÷नपाएको हेरेर मात्रै संस्था नवीकरण गर्नुपर्छ ।” पत्रकार र सिङ्गो आमसञ्चार क्षेत्र मर्यादित र व्यावसायिक बन्नुपर्ने बताउँदै उनले मिडियामा पछिल्लो समयमा सबै विषयलाई नकारात्मकरुपमा प्रस्तुत गर्ने प्रवृति बढेको जनाए । उनले ती निकायका काम प्रभावकारी र छिटोछरितोरुपमा सम्पादन गर्न निर्देशन दिए। मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकार बन्न प्रवेश परीक्षा हुनुपर्ने बताउँदै पत्रपत्रिका वर्गीकरणमा आउने गुनासोलाई प्रेस काउन्सिल नेपालले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले धेरै सञ्चार गृहले कोरोनाको बहानामा पत्रकार निकाल्ने वा तलब नदिने गरेको पाइएको बताउँदै अझैसम्म अधिकांश मिडियाले सामाजिक सुरक्षा कोष लागु नगरेको जानकारी गराए । अर्यालले भने, “कतिपय संस्थाले २०÷२५ वर्ष काम गरेकालाई हटाएर नयाँ नियुक्ति गरेको पनि पाइन्छ । यसको समग्र अवस्थाबारे हामी अध्ययन गरिरहेका छौँ ।” प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड सङ्क्रमण फैलिरहँदा पनि काउन्सिलले आफ्नो कामलाई निरन्तरता दिएको बताए । काउन्सिलले अहिले पनि अनुगमन, मूल्याङ्कन र स्वमूल्याङकनलाई निरन्तरता दिएको उनको भनाइ छ । विभागका महानिर्देशक किरणराज शर्माले सेवाग्राहीले विभागमा पाइने सेवा र आवश्यक कागजातबारेमा वेभसाइटमा सूचना राखिएको बताए । उनले युट्युबलगायतका नयाँ मिडियालाई नियमन गर्ने कानून नभएपनि धेरै पीडित भएका उजुरी विभागमा आइरहेको बताए । रासस
जलविद्युत पत्रकार समाज गठन कास्की । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारको भेलाले ‘जलविद्युत पत्रकार समाज’ गठन गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आज भएको भेलाले भरत कोइराला(कास्की)को अध्यक्षतामा १३ सदस्यीय समाजको गठन गरेको हो । समाजको उपाध्यक्ष दीपक ज्ञवाली (रुपन्देही), महासचिव ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की) र कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन्। सदस्यमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा(सल्यान) र अनिता घिमिरे (कास्की) छन् । अध्यक्ष कोइरालाले आगामी दिनमा देशका अन्य पत्रकार समेत समेटेर जलविद्युत विधालाई छुट्टै पत्रकारिता विधाका रुपमा विकास गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे । भेलाले पाँच बुँदे माछापुच्छ्रे घोषणा पत्र समेत जारी गरेको छ, जसमा जलविद्युत क्षेत्रमा समाचार सम्प्रेशण गर्ने पत्रकारको क्षमता अभिवृद्धि गर्ने, जलविद्युतका सम्भावना, चुनौती र प्रवद्र्धनमा सहयोग गर्ने तथा तीनै तहका सरकारलाई जलविद्युत नीति निर्माण गर्ने लगायत छन् ।
दुर्घटनामा घाइते महिलाको मृत्यु झापा । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ। प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ।रासस
ज्वारे पूर्णिमामा धामी नाच हुँदै सिमकोट । कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ । कोजाग्रत पूर्णिमाको दिन आज बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन् । मौला, नाच्नेडाँडा, लामाथाणा पालिकाभरका देवताका धामी जम्मा भएर नाच्ने चलन छ । हुम्लाको अदानचुली गाउँपालिका, ताँजकोट, सर्केघाड, सिमकोट र खार्पुनाथ गाउँपालिकालगायत विभिन्न गाउँमा आज बिहानैदेखि ठूलो मेला लागेको छ । परम्परागत मान्यताअनुसार बिहानैदेखि मदाना देव र कालसिल्तो देवाताका मन्दिरमा ठूलो पुजाआजा र जात्रा लागेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । उनका अनुसार हुम्ला, मुगु र बाजुरा जिल्लाका तीर्थालु आएर अदानचुलीमा ठूलो मेला लाग्ने भएपनि यसपटक कोरोना सङ्क्रमणका कारण बाहिरबाट आउनेलाई बन्द गरिएकाले तीर्थालुको सङ्ख्या केही कम रहेको छ । यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिकाको राया, लेख र सिमकोट गाउँपालिकाको याङ्गगु गाउँमा लाग्ने ज्वारेपूर्णिमा हेर्न सदरमुकाम सिमकोटबाट भक्तालु त्यसतर्फ लागेका छन् । यी गाउँहरुमा पनि विभिन्न देवताका धाम लाग्नुका साथै धुमधामका साथ धामी नचाउने गरिन्छ । आज र भोलि सञ्चालन हुने पूर्णिमा पर्व हेर्न भक्तालु जाने गर्दछन् ।रासस