content
stringlengths
31
27.4k
ऊर्जामन्त्रीसँग उद्यमीको गुनासोः सजिलै काम गर्ने वातावरण कहिले बन्छ ? काठमाडौं । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूलै धैर्यता चाहिन्छ । घटनाक्रमले यस्तै देखाएको छ । ऊर्जा उद्यमीलाई सात मन्त्रालय र २७ वटा विभाग चहार्नुपर्ने बाध्यता छ । त्यो पनि समयमा काम हुँदैन । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तार गर्ने तथा लगानी प्रवद्र्धन गर्ने हरेक सरकारको योजना रहँदै आएको छ । वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समेटिन्छ । व्यवहारमा हेर्दा, ऊर्जा उद्यमी निरुत्साहित हुने अवस्था छ । सरकारी कार्यालयको दैलो चहार्दाचाहर्दै उत्साह क्रमशः मर्दै जान्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय, रक्षा मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ती मन्त्रालय मातहतका विभागदेखि प्रदेश सरकार र स्थानीय सरकार सबैतिर पुग्दा उद्यमीले हौसला, साथ तथा सहयोग कमै पाउँछ । यो समस्या हटाउने ध्येयका साथ सरकारले एकै स्थानबाट सबै सेवा दिने प्रणालीको विकास पनि गरेको छ, तर प्रभावकारी काम हुन सकेको छैन । ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले पुनः सोही समस्या दोहोर्‍यायो । वर्षौं वर्षदेखि एउटै खालको समस्या भोग्दै आएका उद्यमीका तर्फबाट इपानका अध्यक्ष कृष्ण आचार्यले भने, “देशका लागि केही गरौँ भन्ने सोचका साथ ऊर्जा क्षेत्रमा लगानी गर्न लागेको र लागिरहेका हामीले उठाउँदै आएको समस्या सधैँ ज्यूँका त्यूँ छन् । कहिल्यै समाधान भएन ।” उनले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २७ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे । उद्यमीले देशकै समृद्धिका लागि लगानी गरेको भए पनि सरकारी निकायबाट कहिल्यै सकारात्मक सहयोग नपाएको अध्यक्ष आचार्यको गुनासो छ । पछिल्लो तथ्याङ्कअनुसार नेपाल विद्युत् प्राधिकरणभन्दा निजी क्षेत्रको उत्पादन क्रमशः वृद्धि हुँदै गएको छ । हाल निर्माणका क्रममा रहेका तीन हजार मेगावाट क्षमताका आयोजनामा समेत निजी प्रवद्र्धककै लगानी बढी छ । प्राधिकरणको प्रणालीमा आज मात्रै हेर्ने हो भने निजी क्षेत्रको योगदान १७ हजार ९३९ मेगावाट घण्टा रहेको छ । कूल माग एक हजार ४५७ मेगावाट रहँदा प्राधिकरणका आफ्नै आयोजनाबाट नौ हजार ७१८ मेगावाट घण्टा मात्रै बिजुली उपलब्ध छ । कूल माग ३० हजार ८८ मेगावाट घण्टा रहेको अवस्थामा निजी क्षेत्रले मुलुकलाई उज्यालो बनाउन ठूलो योगदान गरेको छ । ऊर्जा उद्यमीको कुरा सविस्तार सुनेपछि ऊर्जा मन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताए । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार ल्याउनैपर्नेमा जोड दिँदै भने, “हाम्रो कार्यशैली र विधिलाई कार्यसम्पादनमा राख्नुपर्छ ।” उनले समयको विलम्बलाई पनि अरु आर्थिक भ्रष्टाचारजस्तै रुपमा लिनुपर्ने तर्क गरे । मन्त्री भुसालले भने, “गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि ? समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन ।” उहाँले आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ तर कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टिओआर बनाउन सक्छौँ ।” मन्त्री भुसालले निजी क्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउने विश्वास दिलाउनुभयो । उनले ऊर्जा र सिँचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उल्लेख गरे । मन्त्री भुसालले भने, “एउटै रुखका कारण वर्षौंसम्म काम रोकिएको छ । त्यसलाई छिटोछरितो ढङ्गमा काम गर्नुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ ।” निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, “म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिबद्ध छु, पहल पनि गर्छु ।” उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौँ क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताए । विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट हामीले विद्युत् खपत सक्छौँ त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे । मन्त्री भुसालले विद्युत्को पहुँच नपुगेका जनतामा विद्युत् पुर्‍याउन र खपत बढाउनका लागि आफूले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिए । उनले भने, “घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ ।” विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर प्रसारण लाइन बनाउन नसक्ने अवस्था उपयुक्त नभएको बताउँदै मन्त्री भुसालले भने, “प्रसारण संरचनाको निर्माण तीव्रताका साथ अघि बढाउनुपर्छ ।” सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयको कार्यान्वयन विशेष ध्यान दिने बताए । रासस
प्रतिनिधिसभा बैठकः कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण काठमाडौं । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क्रमणको जोखिम आङ्कलन गरिएकाले स्वास्थ्य पूर्वाधार र उपचारका क्षेत्रमा सोही अनुसारको व्यवस्थापन तयारी गर्न माग गरे । उनले कोरोना विरुद्धको खोप, अक्सिजन, आइसोलेशन केन्द्रलाई समयमै व्यवस्थित तुल्याउन सुझाव दिए । नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले संविधान निर्माणका समयमा राजनीतिक स्थिरताका लागि सदनलाई पूर्णअवधि पुनः सञ्चालन हुन दिने सहमति विपरीत प्रतिनिधिसभा भङ्ग किन गरियो भनी प्रश्न गर्दै समाजमा देखिएका बेथितिलाई अन्य गर्दै जनताले उठाएका जल्दाबल्दा मुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद आशा विकले कोरोनाका कारण शिक्षाको विकासका साथै बालमस्तिष्कमा परेको प्रभावबारे समयमै सचेत रही आगामी कार्ययोजना बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन्। सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयक समयमा पारित नहुँदा धेरै नेपाली नागरिकले झमेला झेल्नु परेको घटना सुनाउँदै छिटो निष्कर्षमा पुर्‍याउन सुझाव दिइन्। नेपाली कांग्रेसका उमा रेग्मीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत स–सना योजनामा लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई जिम्मेवारीका साथ पूर्णता दिने सम्बन्धमा सरकारले चासो लियोस् भनिन् । नेकपा एमालेका कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या सम्बोधन गर्नुको साटो आयोग नै किन खारेज गर्नुपर्यो भनी प्रश्न गरे । सोही दलका कृष्णबहादुर राईले गुह्येश्वरी–वाग्मती कोरिडोर खाल्डाखुल्डीका कारण अस्तव्यवस्त रहेकाले सुधारका लागि पहल होस् भने । एमालेकै कृष्णभक्त पोखरेलले लगातरको वर्षाका कारण आएको बाढीबाट चितवनमा ठूलो भौतिक क्षति भएकोबारे जानकारी गराउँदै पहिरो जोखिम बस्तीलाई स्थानान्तरणका लागि एकीकरण बस्तीको कार्यक्रम अघि बढाइयोस् भने । सोही दलका खेमप्रसाद लोहनी कोभिड–१९ खोपको व्यवस्थापन र वितरणमा सरकार कमजोर देखिएकाले तत्काल कमजोर सुधार्न सरकारलाई सुझाव दिए । नेपाली कांग्रेसका गगनकुमार थापाले संसद्लाई हेप्ने र अदालतलाई अपमान गर्ने छुट विगतको जस्तो अब नयाँ सरकारलाई नरहेको जनाउँदै सदनले गुमेको अधिकारलाई फिर्ता ल्याउन सफल भएको भनी प्रशंसा गरे । नेकपा एमालेका गजेन्द्र महतले प्राप्त अवसर र समयको सदुपयोग गरी जनता र देशहितका पक्षमा काम गर्र्न सरकारलाई सुझाव दिए । सांसद गोपालबहादुर वमले विकास र समृद्धिका आधारका रुपमा रहेको सडक र विद्युत्का कार्यक्रमलाई तीव्रगतिमा गाउँगाउँसम्म विस्तार गर्ने कार्यक्रम बनाउन माग गरे। एमालेकी गङ्गा चौधरी सत्गौवाले लोकतन्त्रमा फरक विचार राख्ने कसैलाई पनि निस्केर जा भन्न नसुहाउने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको घटनाले समुदाय विशेषको अपमान भएको विचार प्रकट गरे । सोही पार्टीका घनश्याम खतिवडाले पछिल्ला दिनमा पुनः कोरोना सङ्क्रमण बढिरहेकाले त्यस विरुद्धको खोपको सुनिश्चित गर्न सरकारलाई सुझाव दिए । नेकपा माओवादी केन्द्रका चुडामणि खड्काले गोर्खा जिल्लाका बाढीपहिरो पीडितका लागि राहत प्याकेज उपलब्ध गराउन माग गरे । सांसद् जयकुमार राईले बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भनिएको आर्थिक हिनामिनाका घटनाको सत्यतथ्य बाहिर ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए । एमालेका झपटबहादुर रावलले अदालतको फैसलाका कारण एक कार्यकालमा तीनपटक प्रतिनिधिसभा सदस्य हुन पाएकामा गौरव गर्दै कोरोना विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनका साथै भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका आधारमा काम गर्न सरकारलाई सुझाव दिए । माओवादी केन्द्रकी अमृता थापा कोरोनाविरुद्धको खोपका लागि मात्र नभई खोपलगायतको प्रमाणित गरेको काजग लिन पनि घण्टौँ लाइनमा बसेर सास्ती भोग्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ भनी प्रश्न गरिन् ।
श्रमिकको ज्याला वृद्धि, न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टा काठमाडौँ । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७/७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला पाउँदै आएकामा अब भने रु ७९० प्राप्त गर्नेछन्। यस्तै फोहर/ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ। श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको जनाइएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो। नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ। प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो। यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ। हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ। पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरुको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ । मेसिन औजार तथा उपकरणको भाडादर सम्बन्धित मेसिन प्रयोग गरी सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर, एक्साभेटर, रोलर, ग्रेडरआदिको दर सडक विभागबाट कायम गरिएअनुसार हुनेछ। निर्माणकार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरीद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने छ। निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। यस्तो छ दर प्राप्त विवरणानुसार श्रमिकले ७५० प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्ने छन्। यस्तै फोहर/ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ। दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन रु एक हजार ३० बाट एक हजार ८० पु¥याइएको छ। अर्धदक्ष उक्त कामदारको हकमा भने रु ८५४ बाट बढाएर रु ८९० पु¥याइएको छ। सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा रु ७५० बाट रु ७९० पु¥याइएको छ। यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने रु ६९० बाट ७२५ पु¥याइएको छ। माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको रु ६३० बाट रु ६६० बनाइएको छ। सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर रु २१.५० बाट २३ पु¥याइएको छ। भरिया (प्रति ४० किलोसम्म) का लागि प्रतिदिन रु ७८५ बाट रु ८२५ पु¥याइएको छ। स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको जनाएको छ। जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ पु¥याइएको छ। यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौँ महानगरपालिका भित्र यसअघि कै रु १६ हजार २०० कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको रु १४ हजार ५४० कायम छ। यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ। ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ। नारायण ढुङ्गाना/रासस
सडक पहिराेले बगाएपछि मोटरेबल पुल प्रयोगविहीन म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ। करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ। शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताए। “जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ”, उनले भने, “आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।” शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन्। तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो। स्वच्छन्द–गौचन जेभीले रु दुई करोड २५ लाखमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो। लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन्। पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ। खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा समस्या भएको छ। हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो। निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ। बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए।रासस
नक्कली कागजात बनाएर विदेश जान खोजेपछि… काठमाडौं। नक्कली नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने झापा भद्रपुर नगरपालिका ७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ।
नेपाली कांग्रेस महाधिवेशन अनिश्चय ! काठमाडौं। पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ । महाधिवेशन जस्तो महŒवपूर्ण कार्य आरम्भ गर्नु तीन दिन पहिलेसम्म कुनै तयारी नहुनु आश्चर्यजनक मानिन्छ । चार वर्षको कार्यकाल थप हुँदै पार्टीको विधान र देशको मूल संविधानले निर्धारण गरेको समयावधि पनि अब जम्माजम्मी ३५ दिनभन्दा बढी छैन । करिब १० लाख क्रियाशील सदस्यबाट टोल, वार्ड, पालिका, जिल्ला, प्रदेश र केन्द्र गरी करिब एक लाख पदाधिकारी र सदस्यको चयन हुनुपर्ने छ । यसै पनि नेपाली कांग्रेसको विधान राष्ट्रको संविधान अनुकूल बनाउन र अर्कातिर केन्द्रीय नेतृत्वका फरक गुटहरूको हानाथापको चेपुवामा परेर अत्यन्त जटिल र कार्यान्वन हुन निकै सकस पर्ने वनाइएको छ। आजका दिनमा देखिएको गुट उपगुटलाई थप पेचिलो बनाउने र चुनावी प्रक्रियालाई खर्चिलो, फोहोरी र बोझपूर्ण बनाउनमा कांग्रेसको विधानले फराक बाटो खोलेको छ । राष्ट्रिय निर्वाचनको फोहोरी खेलमा बानी परेको जनमतले कांग्रेसको विधानमा विद्यमान जटिलता र लोकतान्त्रिक संस्कृतिको मर्यादालाई बुझ्नेछ भनेर अपेक्षा गर्नु निरर्थक हुनेछ । भदौको दोस्रो साता केन्द्रीय महाधिवेशनको मिति तय भएको छ । तर, अहिलेसम्म न्यूनतम काम गर्ने तयारी समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार समिति, स्वागत समिति, स्वयंसेवक समिति केही पनि बनेको छैन । अतिथिहरूको सूची बनेको छैन र निम्तो दिने कुरा त परै रह्यो । स्वदेशका १६५ क्षेत्र र विदेश क्षेत्र (नेजस)बाट अनि विभिन्न भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूबाट गरी करिब पाँच हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू सहभागी हुनेछन् । एकजना केन्द्रीय सदस्यका अनुसार महाधिवेशनका लागि अनिवार्य तीन विषयको टुंगो नलागेसम्म महाधिवेशन अनिश्चित नै हुनेछ । पहिलो क्रियाशील सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने, निर्वाचन समितिले निर्वाचन निर्देशिका जारी गरी निर्वाचनका लागि अधिकृत तोक्ने र अन्य राजनीतिक दलबाट आएकाहरूलाई समायोजित गर्नुपर्ने छ । तर, यी तीनै कामहरू अहिले सम्पन्न भएको अवस्था छैन । अहिले पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केही जिल्ला र क्षेत्रका प्रतिनिधिहरू कुनै आमरण अनशन त कोही धर्नामा बसिरहेका छन् । क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूमाथि हातपात भएको भन्ने घटनाले केही दिन समितिका सदस्यहरूले नै काम बन्द गरेको थिए । न्यूनतम काम सम्पन्न नभएको अवस्थामा कसरी महाधिवेशन होला ? उहाँको चिन्ता छ । यही १२ साउनबाट स्थानीय तहबाट हुनुपर्ने अधिवेशन र निर्वाचन अन्योलमा रहेको हुनाले सदस्यहरू अन्योलमा नै छन् । शहर केन्द्रित निर्णयका कारण अनेक कुनाकन्दरामा रहेका, अनेक भीरपाखा, खोलानाला, वनजंगल र विकट भू–अवस्था र तराई भेगमा डुवानको चपेटाबाट अनेक समस्याहरू झेल्नुपर्ने सदस्यहरूका लागि कमसेकम १५ दिनको सूचना र जानकारी हुनु आवश्यक हुन्छ । तर, राजधानीमा सुविधासम्पन्न स्थानमा बसेका अधिकांश केन्द्रीय नेताहरूलाई यो पीडाबोध देखिँदैन । विकट पहाडी भू–क्षेत्रको समस्या भोगेर आएका नेताहरू समेत शहरको सुखसयलमा आकण्ठ डुबिसकेका हुनाले उनीहरू भुइँ सदस्यहरूको समस्याप्रति निरन्तर निरपेक्ष छन् । हिमाली क्षेत्रबाट आएका एक क्रियाशील सदस्यको गुनासो रहेको छ । यो सम्वादातासँग उनले भने– ‘मध्य वर्षा छ, अधिकांश पुलहरू भत्केका छन्, बाटोको चिनो हराएको छ, सम्पर्क माध्यम टुटेको छ, यस अवस्थामा महाधिवेशनमा भाग लिन कसरी जाने ? त्यसमा पनि कोरोनाको व्यापकता झन् कहाली लाग्दो छ । के कांग्रेसको अधिवेशनभन्दा सानो हो त सदस्यहरूको ज्यान ? अनुकूल समयमा महाधिवेशन नगर्ने अनि प्रतिकूल समयमा महाधिवेशनको तिथि तय गर्ने कसरी सम्भव हुन्छ ?’ नेपाली कांग्रेस अहिले सरकारको नेतृत्वमा रहेको हुनाले कुनै विकल्प खोज्नु जरुरी छ । संविधानमा परिवर्तन गर्न दुईतिहाइ आवश्यक भए पनि निर्वाचन आयोगको कानुन र निर्णय अनि अरू संघसंस्थाहरूवारे भएको अदालती निर्णयहरूको समेत सहारा लिएर किस्ता किस्तामा होइन एकैपटक महाधिवेशनबारे पार्टीको निर्णय हुनुपर्ने ओखलढुंगाका एक क्रियाशील सदस्यको सुझाव छ । शुक्रबार बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने आशा धेरैको थियो तर स्थगित भएर शनिबार (आज)का लागि सरेको छ । तर, आज पनि ठोस निर्णय हुन्छ कि हुँदैन कांग्रेस सदस्यहरू अलमलमा नै छन् । हिमालय टाइम्स दैनिकबाट
मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा राजविराज। अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ। अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पु¥याएको छ। नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिव ३ सय घर समेत डुबानमा परेको छन्। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ। यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन्। तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिनुभयो। चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ। रासस
धनगढीकाे पहिलो रक्तसञ्चार सेवा केन्द्र हस्तान्तरण काठमाडौं। अमेरिकी मिशन अन्र्तगतको डिफेन्स टिम र युएसएआइडी नेपालले धनगढीमा नवनिर्मित रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्डको सहयोगमा निर्मित सुदुर–पश्चिम प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई मंगलबार हस्तान्तरण गरिएको हो। यो धनगढीकै पहिलो रक्तसंचार सेवा केन्द्र हो। नेपाल सरकार तथा नेपाल रेडक्रश सोसाइटीको अत्यावश्यक सेवा प्रदान गर्ने कार्यलाई अझै सबल बनाउने अमेरिकन राजदुतावासले जनाएको छ। यस्तै दुतावासले समयमै रक्तदानको सुविधा उपलब्ध हुँदा धेरै जीवन बचाउन सकिने विश्वास व्यक्त गरेको छ। <iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnepal.usembassy%2Fposts%2F4086085364761825&show_text=true&width=500″ width=”500″ height=”761″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>
तीन हजार विन्दु नजिक नेप्से, करिब १४ अंकले बढेको बजारमा पौने १२ अर्बको कारोबार काठमाडौं। साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। सोमबार नेप्से १३.९७ अंकले वृद्धि भई २९९४.९८ विन्दुमा बन्द भएको छ। करिब एक महिना रेकर्ड बे्रेक गर्दै अलटाईम हाई रेकर्ड बनाएको नेप्से पुन ः तीन हजारको विन्दु नजिक पुगेको हो। यसअघि साताको पहिलो दिन र आर्थिक वर्षको सुरुवातमा खुलेको पहिलो दिन नेप्से ९७ अंकले बढेको थियो। यस दिन कारोबारमा आएका २१९ ओटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका ५ वटा समूह ओरोलो लाग्दा अन्य समूहका सूचकहरुमा भने हरीयाली देखिएको छ।आज विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको सेयर बढेको छ। बैंकिङ समूहको सेयर झन्डै ११ अंकले, व्यापार समूहको एक सय ९६ अंकले सेयर बढेका छन। यस दिन सिनर्जी पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ।
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, प्रधानमन्त्री देउवालाई मत दिने सांसदमाथि कारवाहीकाे संभावना काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। बैठक पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुनेछ। साथै आइतबार प्रतिनिधिसभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुने बताइएकाे छ। पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएका थिए
‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’ वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन् । उनले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए । “आव २०७७/०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कूल प्रगति ७३ प्रतिशत रह्यो”, उनले भने । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्चतर्फको प्रगति ८०.३१ प्रतिशत र चालू खर्चतर्फको प्रगति ७७.६८ गरी कुल प्रगति ८०.२० प्रतिशत हुन आएको जनाउँदै कोभिड महामारीका कारण सिर्जित विषम परिस्थितिका बाबजुद पनि कर्मचारी तथ सबै क्षेत्रबाट प्राप्त भएको सहयोगका लागि आभार प्रकट गरे । उनले राजस्व भुक्तानीमा विद्युतीय प्रणाली अपनाउने सजिला छोटा मार्ग निर्माणका लागि सुरुङ निर्माणका योजना बनाउँदै सुरुङ युगमा प्रवेश गर्ने, पूर्ण उज्यालो वाग्मती प्रदेश बनाउने, हरित वाग्मती प्रदेश निर्माण गर्ने, विद्युतीय बससहितको प्रदेश बनाउने, प्रदेश चक्रपथ निर्माण गर्ने, काठमाडौँ उपत्यका काँठ चक्रपथ निर्माण गर्ने, सौन्दर्यकरणसहितको सम्पदामैत्री विकास गर्ने, हरित विकास र हरित अर्थतन्त्र निर्माणको भौतिक संरचना बनाउने, कोभिड महामारीबाट जोगाउँदै उत्पादन र रोजगार सिर्जना गर्ने सरकारको अवधारणा रहेको बताए । “हामी ती अवधारणाको कार्यान्वयनको चरणमा छौँ, परिणाम विस्तारै देखिँदै जानेछन्, भोलिका पुस्ताले वा हाम्रा पुर्खा भन्नेछन्”, उनले भने । मन्त्री फुयाँलले सरकारले हाल प्राप्त गरेको सफलता सोच, सङ्गठन, कडा परिश्रमपछिको परिणाम र उपलब्धि भएको उल्लेख गर्दै अवरोध अझै पनि जारी रहेको र काम पनि जारी रहेको बताए ।
एमाले स्थायी कमिटी बैठक जारी काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा देउवा सरकारले लिने विश्वासकाे मत र अन्य समसामयिक विषयमा छलफल भइरहेकाे छ। प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन्। एमालेको यसअघिको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। तर, देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव पक्षका २३ सांसदले भने विश्वास दिने वा नदिने भन्ने अन्योल छ। नेता माधव नेपालले भने यस अघि नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बताएका थिए। कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन्। जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद छन्। राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै रहेको ले अव विश्वासको मत पाउन ८ सांसदको मत भए पुग्छ। नेपाल पक्षका केही सांसदले देउवालाई मत नदिए प्रधानमन्त्रीको देउवाले विश्वासको मत गुमाउने निश्चित छ।
प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन्। समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन्। घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन्। रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले तरकारी बालीमा गोठेमलसँगै जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन्। उनीहरुले स्थानीयस्तरमै पाइने वनस्पतिबाट मल र विषादी बनाई तरकारी बालीमा छर्किंदै आएका छन्। दैनिक सिमलफाँटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिइएको छ। यस्ता किसानले जनही दैनिक रु चार हजार बढीको आम्दानी लिने गरेका छन्। सहजरुपमा तरकारी बेचेको पैसाले परिवारको खर्च धानिँदै आएको छ। प्राङ्गारिक तरकारीखेतीमा लागेका अधिकांश किसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइ यस क्षेत्रमा क्षेत्रमा पुनःस्थापना गरिएका हुन्। पुनःस्थापना गरिएका परिवारसँग स्वामित्वको १० कट्ठा जग्गा छ। सोही जग्गामा ती परिवारले प्राङ्गारिक तरिकाले तरकारी खेती गर्दै आएका छन्। रासस
दराजको महाबचत बजारः ‘म्याक बुक प्रो १३’ र ‘आई फोन १२’ जित्ने मौका काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले ‘महाबचत बजार’ सुरु हुने घोषणा गरेको छ। ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्ने उद्देश्यका साथ दराजले उक्त अभियान घोषणा गरेको हो । अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्रीपेमेन्टमा २ हजारसम्मको छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि शुल्क डेलिभारी , नि शुल्क भाैचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ। यस अभियानको लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्रीपेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्। यी बैंकका डेबिट कार्ड धारकहरूले १५ सय सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्रीपेमेन्टमा २ हजारसम्म छुट पाउनेछन। यो अफर सिमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसैगरि, ग्राहकहरु आफ्नो आईएमई पेमार्फत प्रीपेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्नेछन्। आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा १ हजारसम्म छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्रीपेमेन्ट गरेमा १५ प्रतिशत (५ सय)सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (५ सय)छुट पाउन सक्नेछन। दराज महाबचत बजारमा प्रदर्सित “खेल एक रुपैयाँ”मा भाग लिने ग्राहकहरुले १ लाख ३३ हजार मूल्यको आई फोन १२ र ५० हजारको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदी जितेनन भनि रकम फिर्ता हुनेछ। दराज महाबचत बजारमा नयाँ सामसुङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसुङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्। “७० हजारभन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व९भुक्तान र आईएमई पेमार्फत अझ बढी बचत गर्न सक्नेछन् । ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मद्दे छनौट गर्न सक्दछन् भने हाम्रो १ हजारभन्दा बढी विक्रेता र दराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् । यसै गरि हामी छूट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं”, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने । थप विवरणहरू याे पृष्ठमा हेर्नुहोस्।
नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन्। वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताए। शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए। प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएकाले प्रशासकीय अधिकृत किशोर रामले ‘लगत्तै प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ। पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन्। वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।रासस
अमेरिकाको बाल्टिमोरमा नेपालीहरुबीच फुटबल प्रतियोगिता सम्पन्न बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा बस्ने नेपाली युवाहरुका आठवटा टीमबीच सम्पन्न साथी कप फुटबल प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ । विजयी टिमका क्याप्टेन विवेक तामाङ्ग हुन् । जुलाई १० र ११ मा बाल्टिमोर शहरमा सम्पन्न फुटबलमा आठवटा युवा टिममा १७६ खेलाडीहरुको सहभागी थिए । विजयी टोलीलाई २५ सय अमेरिकी डलर पुरस्कार दिइएको छ । यसैगरी खेलमा एभरेष्ट फुटबल क्लब उपविजेता बनेको छ । उपबिजेतालाई १५ सय अमेरिकी डलर पुरस्कार दिइएको छ । विजेता र उपविजेतालाई मेडल, प्रमाणपत्र र ट्रफी पनि दिइएको थियो । खेल अयोजक संस्था साथी बाल्टिमोरका रमेश भट्टले मेरिल्याण्ड राज्य भित्रका नेपालीभाषी युबाहरुलाई खेल माध्यामबाट जोड्ने प्रयासस्वरुप यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा खेलाडी र सर्बाधिक गोल गर्ने खेलाडीको दुईवटै उपाधि सुदीप विश्वकर्माले जितेका छन् । उनले सर्वाधिक ६ गोल गरेका थिए । भट्टले दिएको जानकारीअनुसार, प्रथम पुरस्कार घिमिरे होम्सले प्रयोजन गरेको थियो भने दोस्रो पुरस्कार गैरआवासीय नेपाली संघ, मेरिल्याण्ड च्याप्टरले प्रयोजन गरेको थियो । प्रतियोगिताको समापन समारोहमा मेलिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका अबैतनिक महावाणिज्यदूत प्रेमराजा महत र गैरआवसीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । उनीहरुका साथमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल, मेरिल्याण्ड राज्यका डेलगेटहरु ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चाल्र्स योङ्ग, समाजसेवीहरु हेम पाठक, प्रेमकुमार श्रेष्ठ, धन गुरुंङ्ग, कुल गुरुंङ्ग, अनुप खनाल, राजु क्षेत्री, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको सहभागिता थियो । समापन समारोहमा कम्पट्रोलर अफ मेरिल्याण्ड पिटर फ्रानचोटले सहभागी सबै टिमलाई कार्यालयको तर्फबाट सम्मानपत्र दिएका थिए । त्यसैगरी मेरिल्याण्डको डिष्टिक्ट ८ र १० का डेलिगेटहरु नेपाली मुलका ह्यारी भण्डारी र कालै ज्याक्सन एवं जे जेलिसीले आयोजक संस्थालाई खेलको सफल आयोजना गरेकोमा सम्मान पत्र(साइटेसन) प्रदान गरेका थिए । आयोजक संस्था साथी बाल्टिमोरका भट्टले साथी कप हरेक बर्ष गर्ने र आउंदो सेप्टेम्बरमा साथी कप क्रिकेट आयोजना गर्ने जानकारी दिए ।
एक करोडभन्दा धेरैको चेक बाउन्स भएपछि लामा पक्राउ काठमाडौं। काभ्रेका सत्यमान लामा ठगी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ गरेको हो। लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका लामा चेक बाउन्सको ठगीमा परेका हुन्। लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट विहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि पनि विभन्न आरोपमा पक्राउ पर्दै आएका उनलाई सांसदहरुको दवावमा छाडिँदै आएकोमा अहिले भने प्रहरीले जिल्ला अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको हो। लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटाले चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। सापकोटालाई दिएको २२ लाखको चेक पनि बाउन्स भएको थियो। त्यसपछि लामा विरुद्ध काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
मन्त्रिपरिषद बैठक जारी, प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने काठमाडौं। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। शेरबहादुर देउवा प्रधामन्त्रीमा नियुक्त भएपछिको यो दोसो बैठक हो। मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक  (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्दै साउन तीन गते बैठक बोलाउन आदेश दिएको थियो।
प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरेकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ प्रतिभालाई सम्मानित एवं पुरस्कृत गरेकी हुन् । राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति गङ्गाप्रसाद उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवीबाट सम्मानित गरेकी थिइन्। अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उनले उपलब्ध गराउनुभएको बैंक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपतिमार्फत वाङलाई हस्तान्तरण गरिने छ । राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गरिन् । क्षेत्री स्वास्थ्यका कारणले स्वयं उपस्थित हुन असमर्थ भएका कारण कुलपतिमार्फत उक्त पुरस्कार कअर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिने छ भने रु दुई लाख राशिको नगद पुरस्कार उनले उलब्ध गराउएको बैंक खातामा दाखिला गरिने छ । यसैगरी पूर्वघोषित नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (श्रेष्ठ कोभिड–१९ का कारण गत चैत १६ गते निधन भएकाले उनका भाई साहित्यकार तेजप्रकाश श्रेष्ठ) लाई पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रपतिद्वारा समारोहमा प्रा डा वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार, प्रा डा तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत भएका थिए । यी पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ । डा मिश्रले आफूले पाएको राशि प्रतिष्ठानमा दर्शनशास्त्र अध्ययन कोष स्थापनाका लागि फिर्ता गरे। यसैगरी रविमान लम्जेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य) लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधि भाषा) साहित्य पुरस्कार (तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८)का लागि राष्ट्रपतिले पुरस्कृत गरेकी छन् । स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित भएका थिएनन् । यी प्रज्ञा पुरस्कारको राशि रु एक/एक लाख रहेको छ । रासस
गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आजै सपथ गराउनेगरी मन्त्री टुङ्गो लगाएइका हुन् । पहिलो चरणमा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाललाई उर्जामन्त्रीमा सिफारिस गरिएको छ । जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।
काठेखोला गाउँपालिकाद्वारा २८० किलोको नगरा निर्माण बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ। गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ। कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ। अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ। सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उनको भनाइ छ। स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए। नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताए। यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो। नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए। नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए। परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालीगढ रवीलालले बताए। यति ठूलो नगरा बनाउन पाउँदा खुशीको अनुभव भएको उनले सुनाए। कालीगढको मेहनत र शिल्पले विशाल नगरा बनाउन सम्भव भएको अध्यक्ष आश्रमले बताए। उनका अनुसार अर्को ठूलो नगरा काठमाडौँको हनुमानढोका परिसरमा छ। मल्लकालमा बनेको उक्त नगराको गोलाइ साँढे छ फिट छ। अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर दाबी गरिएको हो। नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ। “नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थप्ने हाम्रो विश्वास छ”, अध्यक्ष आश्रमले भने,“यसले नेपाली मौलिक लोकवाद्यप्रतिको सम्मान पनि झल्काउँछ ।” दशैँ, चैते दशैँ, सरस्वती पूजा आदि पर्व र विशेष दिनमा उक्त नगरालाई बजाइने भएको छ। लोकबाजा सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालू आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च भएको छ। बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षयकोषले जनाएको छ। संरचना निर्माणसँगै लोकबाजा सङ्कलन र सङ्ग्रहका लागि आउँदो आवका लागि पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ। विसं २०६६ मा स्थापित अक्षयकोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ। हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ। सङ्ग्रहालय निर्माणका लागि अक्षयकोषले तङ्ग्राममै तीन रोपनी जग्गा व्यवस्थापन गरेको थियो। अक्षयकोषले वर्सेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ। गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ। अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तरण गरिने अध्यक्ष आश्रमले बताए। अक्षयकोषको चल÷अचल गरी रु २० लाखबराबरको सम्पत्ति छ।रासस
महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत डाेटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ। महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही रु पाँच हजारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। महिनावारी छाउ बारेकै कारण उक्त गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अकालमै ज्यान गुमाइसकेको पाइएको छ। गाउँपालिकाले महिनावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताए। उनले भने, “महिनावारी हुँदा छाउ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण हामीले छाउ नबार्न अभियान चलाएका थियौँ, हाम्रो अभियान सफल भएको छ।” छाउ भएका बार्ने महिला तथा छाउ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्तालगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छाउ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए। उनले भने, “छाउपडी बार्नेजस्तो अति घृणित कार्य बन्द गर्न हामीले गाउँपालिकामा अभियान नै चलाएका छौँ, अब यहाँको छाउपडी प्रथा अन्त्य हुनेमा विश्वस्त छौँ।” गाउँपालिकाले वर्षभरिमा महिनावारी अर्थात् छाउ हुँदा नबार्ने महिलालाई वर्षैपिच्छे सम्मान गर्दै जाने योजना बनाएको छ। सुदूरपश्चिम प्रदेशमा महिनावारीलाई छाउपडी भन्ने चलन छ। यहाँका महिला छाउ हुँदा गाउँभन्दा निकै टाढा अलग्गै छाउ घर तथा गोठमा बस्नुपर्ने चलन छ। महिनावारी भएकी महिला छाउ भएका बेला घरमा बसे गाई, भैँसीको दूध, दही, घ्यूलगायतका चिज दिएमा देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँ महिनावारी भएका महिलालाई अलग्गै राख्ने चलन कायमै छ। जिल्लामा छाउपडी अन्त्य गर्नका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भई छाउपडीका लागि निर्माण गरिएका छाउगोठ भत्काइए पनि यहाँको छाउपडी अझै अन्त्य हुन सकेको छैन। मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा रु तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको भए पनि जिल्लामा अहिलेसम्म उक्त ऐन कानूनको पूर्णरूपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताए। छाउपडी प्रथा सामाजिक र धार्मिक आस्थासँग जोडिएका विषयलाई परिवर्तन गर्न कानून लागू गरेर मात्र नपुग्ने तथा व्यवहारमै लागू हुनुपर्ने सम्मानित भएकी पूर्वीचौकी गाउँपालिका बगलेककी सुनिता ठकुल्लाले बताइन्। सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीका ग्रामीण क्षेत्रमा महिलाले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अहिले पनि कायमै रहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्था बताउँछन्। सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको गोठलाई यहाँ छाउपडी कुडी भनिन्छ। छुई अर्थात् छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लै बस्नुपर्ने परम्परा रहेको छ। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। सुदूरपश्चिमसहित मुलुकका अन्य जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पामा यो प्रथा कायमै छ। महिनावारीका कारण अलग्गै बसेका बेला महिला बलात्कार हुने, सर्पले डस्नेलगायतका अप्रिय घटना हुने गरेको पाइएको छ।रासस
कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा टिकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ। नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ। रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ। नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ। नदी कटान भएमा वडा नं ५, ६, ७ र ८ का नागरिक प्रभावित हुनेछन्। सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ। गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जैविक तटबन्ध गरेर बस्ती जोगाइएको थियो। आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा गत वर्ष झण्डै दुई मिटर मात्रै बाँकी थियो। यस वर्ष पनि तटबन्ध निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरिसकेको जनाएको छ। “तत्काल कटान शुरु भएपछि सोमबार सिँचाइ आयोजनाका प्राविधिकले निरीक्षण गरेका छन्। केही रोकथामका लागि स्थानीय सरकारले पहल गरेमा अस्थायी तटबन्ध गरेर बस्ती जोगाउन आयोजनाले सघाउने भनेको छ”, टीकापुर–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारूले भने, “नदी कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ । नदी कटान तत्काल नरोके टीकापुर–५ को शाहीपुर र सिम्रेनी, ६ का केही भाग, ७ को सत्ती र ८ को धनसिंहपुर प्रभावित हुनेछन्। हजारौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुनेछ। क्षतिको अनुमान गर्नै सकिँदैन।” नदी कटान शुरु भएपछि वडाध्यक्षले सम्बन्धित निकायमा जानकारी गराएको बताए। केही दिनअघि नगरपालिकाको विपद् समितिको बैठकले समेत कटानको जोखिम रहेका क्षेत्रमा जैविक तटबन्ध गर्ने निर्णय गरेको थियो। नगरप्रमुख तपेन्द्रबहादुर रावल नदीले धार परिवर्तन गरिरहेका कारण नदी कटान रोक्न निर्माण गरिएका तटबन्ध हरेक वर्ष भत्कन थालेको बताए। “हामीले आगामी दिनमा भौतिक संरचना बनाउँदा दिगोपनमा ध्यान दिन आवश्यक छ”, उनले भने, “अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष नदीमा पानी बढ्दा बगेर जान थालेका छन्। यसले बस्ती थप जोखिममा पर्छ।” कर्णाली नदी कटानले टीकापुरको शाहीपुरमात्र होइन, वडा नं २, वडा नं ८ को श्रीलङ्का, सत्ती पुलसमेत जोखिममा छ। केही दिनअघि सत्ती पुलको बर्दियातर्फ कटान गरेपछि छ दिन अवरुद्ध भएको थियो। तत्कालका लागि अस्थायीरूपमा मर्मत गरेर पुल सञ्चालन भएको छ। स्थानीयवासी रुपेश बुढा सरकारले समयमै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना अघि नसारे कैलाली र बर्दिया जिल्ला नदीकै कारण जोखिममा पर्ने बताउँछन्। “नदी कटानले बर्सेनि हजारौँ बिघा जमीन कटान हुने गरेको छ । नदी तटीय क्षेत्रका नागरिक बर्सेनि विस्थापित हुन थालेका छन्”, बुढाले भने, “यसले खेतीयोग्य जमीन बाँझो रहने गरेका छन्। नागरिक र धनजनको सुरक्षाका लागि समाधानतर्फ सबैको ध्यान जानुपर्छ।” नदी तटीय क्षेत्रका नागरिक बर्सातको समयमा रातभरि सुत्न नसक्ने अवस्था आएको टीकापुर–५ शाहीपुरका गगनसिंह ठकुल्लाले बताए। “नदी कटान शुरु भएपछि कतिखेर नदी गाउँ पस्छ भन्ने खतरामा नागरिक निदाउन सकेका छैनन्”, ठकुल्ला भन्छन्, “त्रासमा बस्नेहरुको जीवन कस्तो होला । उनीहरुको स्वास्थ्य, रहनसहन बिग्रिएको छ । नदी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध छ।”रासस
सर्वोच्चको फैसलाविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रदर्शन गरेको छ युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका एमाले नेता, कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी समेत गरेका छन् । संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ । विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेपनि ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका हुन् ।
शहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान डाेटी । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ। शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन। ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताए। उनले भने, “गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो।” यहाँका गाउँघरमा शहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ। लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन्। कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपढिकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताए। उनले भने, “कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ।” गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कूले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरु कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताए। उनले भने, “गाउँमा न अनलाइन कक्षा शुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरुको भविष्य अन्धकार हुँदै गएको छ ।” यतिमात्र नभई यहाँका शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमरपुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताए। उनले भने, “शहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पु¥याउने छौँ।” यहाँका दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतका शहरी क्षेत्रमा वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले जानकारी दिए। कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि गाउँमा कुनै पनि माध्यमबाट पठनपाठन हुुन नसक्दा गाउँघरमा रहेका विद्यार्थीलाई पढाइमा निकै समस्या भएको उनको भनाइ छ। शहरी क्षेत्र तथा इन्टरनेटले काम गर्ने क्षेत्रका विद्यालयले यही असार १५ गतेदेखि अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गरेका छन्। यहाँका बजार क्षेत्रका विद्यालयमा अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा धामधम पठनपाठन भइरहेको बताइएको छ। विद्यार्थीको पढाइमा निकै समस्या भएको भन्दै यहाँका गाउँघरमा समेत इन्टरनेटको पहुँच पु¥याउन अभिभावकले माग गरेका छन्।रासस
आठ सय लिटर घरेलु मदिरा नष्ट अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत नभएको प्रहरीको भनाइ छ । घरेलु मदिरामा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले घरेलु मदिरा उत्पादनलाई अवैधानिक मानेको छ । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा घरेलु मदिरा बनाउनेको सङ्ख्या बढिरहेको सूचना प्राप्त भएको तथा जसका कारण झैझगडाका घटना बढेका कारण मदिरा बरामद र नष्ट कार्यलाई निरन्तरता दिने प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।
मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि अहिले आंशिक बदली छ । उपत्यका आसपासका पहाडमा अहिले हल्का वर्षा भइरहेको छ । महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। रातिको समयमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम २८ दशमलव आठ र न्यूनतम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ।
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु मंगलबारे । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो। श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो। लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो। एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ। स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा छन्। छ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै होमआइसोलेशनमा थिए। मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ। स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ। इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ। सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो। जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन्। हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन्। सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो।रासस
किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या काठमाडौं। नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा पाइएको थियो । यो समाचार तयार पार्दासम्म प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोस्ट मार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम र थप अनुसन्धानपछि आत्महत्याको कारण खुल्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् । प्रहरीले घटनापछि जेनीका श्रीमान् मनबहादुरसँग पारिवारिक जानकारी लिएको छ । मानबहादुरले आफ्नो श्रीमती विगत एक वर्षदेखि मानसिक समस्यामा रहेको र आफूहरूले उनको उपचारसमेत गर्दै आएको बताएका छन् । मानसिक समस्या देखिएपछि उनी केही समय विपासनामा बसेको र त्यसपछि साधुका रूपमा पशुपतिमा समेत गएर बस्न थालेको पनि उनका श्रीमान्ले प्रहरीलाई बताएका छन् । आफ्नी श्रीमतीले एक वर्ष अघिबाट मानसिक समस्याको औषधि सेवन गर्दै आएको र उनलाई खुसी राख्न आफूहरूले सक्दो प्रयास गर्दै आएको पनि श्रीमान्ले बताएका छन् । आफू कामले चाबहिल गएको बेला आत्महत्या गरेको खबर आएपछि घर फर्किएको उनले प्रहरीलाई बताएका छन् । जानकी कुँवरको नामले कला यात्रा सुरु गरेकी उनले केही टेली चलचित्र खेलेपछि नयाँ चलचित्र बज्रपातको छायांकनको क्रममा नाम परिवर्तन गरेर जेनी बनाएकी थिइन् । जेनीले बज्रपात र हलचल गरी दुई चलचित्रको निर्माण पनि गरेकी थिइन् । यी दुवै फिल्ममा उनी मुख्य भूमिकामा थिइन् । यस्तै उनले नायिकाका रूपमा ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् । उनी पछिल्लो समय धार्मिक गतिविधिमा पनि सक्रिय थिइन् । पशुपतिको वनकाली क्षेत्रमा रहेको कुँवरहरूको कुलायन मन्दिरमा गएर उनी साधुका रूपमा बेलाबेलामा पूजापाठमा समेत व्यस्त हुने गरेकी थिइन् । जसका कारण उनी युट्युबमा माताका रूपमा भाइरलसमेत भएकी थिइन् । उनले योबीचमा सामाजिक कार्यसँगै योग र ध्यान सिकाउने कार्य पनि गर्दै आएकी थिइन् । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् । राजधानी दैनिकबाट
ठगी गर्ने म्यान पावरमाथि सरकारको निगरानी आवश्यक काठमाडौ। वैदेशिक रोजगार विभागले गत वर्षको मंसिर ८ गतेदेखि चैत ३० गतेसम्म ५ महिनाको अवधिमा केही कन्सल्टेन्सीसहित ५७ वटा म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो। ठगीलगायत अवैधानिक क्रियाकलाप गरेकाले विभागले अनुगमन गरी कारवाहीको दायरामा ती म्यानपावरलाई ल्याएको थियो। कारवाहीमा परेका ती म्यानपावरले कतार पठाउने भन्दै अवैध अन्तर्वार्ता लिएको, भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउन खोजेको, सरकारले तोकेको भन्दा बढी रकम मागेको, भिजिट भिसामा उडाएको, सामाजिक सञ्जालमा अवैध सूचना निकाली अन्तर्वार्ता लिएको, अन्तर्वार्ता गराएवापत रकम उठाएको लगायत अवैधानिक क्रियाकलाप गरेका थिए। त्यसबेला अवैधानिक कार्य गरेवापत कुनै म्यानपावरलाई लाखौं जरिवाना गराइएको थियो भने कसैलाई केही महिनाका लागि निलम्बन गरिएको थियो। त्यस्तै, कतिपय म्यानपावर भने अझै पनि निलम्बित नै छन्। जसले गर्दा कारवाहीकै प्रक्रियामा रहेकाले उनीहरुले हालसम्म वैदेशिक रोजगारीसम्बन्धी कुनैपनि काम गर्न पाइराखेका छैनन् । ठगी र अवैधानिक क्रियाकलाप गरी युवालाई मर्नु न बाच्नुको अवस्थामा पुर्याउने म्यानपारवलाई स्वच्छ प्रतिस्पर्धाको अवस्थामा ल्याउनु पर्छ भन्ने मनसायका साथ लागिपरेका थिए विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल। सरकारको नियमको पालना गर्दै १० हजार रुपैयाँको वैधानिक बिल युवालाई थम्याएर प्राय म्यानपावरले खाडी मुलुक जाने युवाहरुसँग अवैधानिक रुपमा लाखौं असुलेको उदाहरण प्रतिनिधि पात्रको रुपमा पछिल्लो समयमा बहराइनमा रोइराखेका युवालाई लिन सकिन्छ। उनले ०७६ माघ अन्तिमदेखि ०७७ चैत अन्तिमसम्म अर्थात् १४ महिनाको अवधिसम्म विभागमा बसेर वैदेशिक रोजगार पीडितको पक्षमा वकालत गरेका थिए। हुनत, उनी विभागमा नियुक्त भएको एक महिनापछि नै कोरोना संक्रमणका कारण देशनै ठप्प भएको थियो। जसले गर्दा वैदेशिक रोजगारी पनि बन्द हुन पुग्यो। उनको कार्यकालमा कोरोनाका कारण वैदेशिक रोजागरी बन्द हुने र खुल्ने प्रक्रिया चलिनै रह्यो। वैदेशिक रोजगारी सुचारु हुँदा त्यतिबेला म्यानपावरबाट धेरै गाउँका युवा सोझासाझा युवाहरु पीडित बनेका थिए। विदेश जाने युवा ठगीमा परेर अझ पीडित नबनुन भन्ने हिसाबले काम गर्न तल्लिन देखिएका दाहालले आफ्नो कार्यकालको पछिल्लो समयमा विदेशीने युवालाई बिना तालिम प्रमाणपत्र वितरण गर्ने अभिमुखीकरण तालिम केन्द्रलाई समेत औल्याए र अनुगमन गरी कारवाहीको दायरामा ल्याए। यसरी उनी देशका गरिब, अन्जान लगायतका पीडित युवाहरुलाई ठगी गरी रातारात करोडपति बन्न खोज्ने म्यानपावरविरुद्ध खरो रुपमा उत्रेका थिए। त्यतिबेला उनी जो कोहीसँग खुलेरै भन्ने गर्थे, चर्को ब्याजमा ऋण गरी विदेश उड्न ल्याएको युवाको पैसा नियम कानुन मिचेर बढी असुल्ने म्यानपावरलाई छोड्दिन, बरु मेरो जागीर जान्छ भने पनि जाओस्। आफ्नो कार्यकालको पछिल्लो समयमा उनले कतार प्रहरीमा नेपाली युवाहरुलाई सरकारी संयन्त्रमार्फत पठाउनु पर्छ भन्नेमा लागिपरेका थिए। किनकी उनले म्यानपावरबाट ठगिएका विदेशमा र नेपालमा गरी हजारौं युवाहरुको रोदन प्रत्यक्ष सुनेका, देखेका थिए। र, प्राय उनी पीडितका तिनै रोदन मिडियामार्फत जनतासमक्ष छर्लङ्ग पारिदिन्थे। जसले गर्दा उनीप्रति म्यानपावर व्यवसायीहरु रुष्ठ थिए। अन्ततः दाहाल आफ्नो कार्याकालको अवधि पूरा नभइकनै विभागबाट सरुवा भए। वैदेशिक रोजगारी ठगीको महासागर हो भन्ने तत्कालीन महानिर्देशक दाहालको सरुवापछि गत वर्ष चैतको अन्तिमतिर विभागको महानिर्देशकमा कृष्ण प्रसाद दवाडी नियुक्त भए। यतिबेला उनै दवाडीले विभागको नेतृत्व गर्दै वैदेशिक रोजगारीसम्बन्धी हुने काम कारवाहीलगायतलाई नियालिराखेका छन्। हुनत उनी विभागमा आएको केही दिनपछि नै देशले निशेषाज्ञा झेलिराखेको छ। जसले गर्दा पुनःठप्प बनेको वैदेशिक रोजागार पछिल्लो समय विस्तारै खुल्न थालेको छ। देशमा रोजगार नपाएर चर्को ब्याजमा ऋण लिई विशेषत मलेसियालगायत खाडी मुलुकमा रोजगारीको लागि लाखौं रुपैयाँ तिरेर गएका नेपाली युवाहरु विदेशमा वर्षौसम्म काम गरिसक्दा समेत लिएको ऋण तिर्न सकिराखेका छैनन्। सरकारले खाडी मुलुकमा काम गर्न जाने श्रमिकका लागि फ्रि भिसा फ्रि टिकट (सेवा शुल्क वापत १० हजार रुपैयाँ मात्र तिर्नु पर्ने) को व्यवस्था गरेको छ। तर, त्यही फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा उडेका युवा पाउन भने मुस्किल पर्छ। सरकारको नियमको पालना गर्दै १० हजार रुपैयाँको वैधानिक बिल युवालाई थम्याएर प्राय म्यानपावरले खाडी मुलुक जाने युवाहरुसँग अवैधानिक रुपमा लाखौं असुलेको उदाहरण प्रतिनिधि पात्रको रुपमा पछिल्लो समयमा बहराइनमा रोइराखेका युवालाई लिन सकिन्छ। एक मिडियामार्फत गुनासो पोखेका बहराइनमा रोइराखेका ९२ जना युवालाई कलंकीस्थित एक म्यानपावरले फ्रि भिसा, फ्रि टिकटको साट्टो प्रति युवाबाट ५ देखि ९ लाख रुपैयाँसम्म लिएर विदेश उडाएको रहेछ। उनीहरुलाई बहराइनमा प्रहरी जागीरको लागि भन्दै म्यानपावरले झुक्याएको रहेछ। बहराइन पुगेको दुई महिना बितिसक्यो तर उनीहरुले आजसम्म न त तलबनै पाए न त भने बमोजिम काम। सो म्यानपावरले उनीहरुसँग नेपालमा सुरक्षा गार्ड पदको लागि सम्झौता गरेपनि बहराइन पुगेपछि भने प्रहरीको जागीरमा काम गर्ने हो भनि झुठो आश्वासन दिएको रहेछ। उनीहरुका अनुसार बहराइन पुगेपछि एक महिनाको तालिमपछि प्रहरीको जागीरमा काम हुने र तालिम अवधिभरि एक महिनाको तलब नेपाली रुपैयाँ ७० हजार हुने र त्यसपछि भने मासिक १ लाख ४० हजार तलब हुने भनिएको रहेछ। पीडितका अनुसार पत्रिकामा बहराइन पुलिसको लागि भर्ना खुल्दै भनेर प्रकाशित भएको र म्यानपावरले पनि अहिले कतार पुलिसको लफडा भइराखेको छ, त्यसैले सेक्युरिटी गार्डमा साइन गर्नुस् र बहराइन पुगेपछि भने त्यहाँको पुलिसमा काम गर्ने हो भनि झुठो एग्रिमेन्ट पेपरमा साइन गर्न लगाइएको रहेछ। तर, ८ घण्टाको लागि सम्झौता गरेका उनीहरु अहिले बिना तलब १२ घण्टासम्म काममा खटिनु परेको छ। बाध्य भएर मिडियामार्फत न्यायको लागि गुनासो पोखेका उनीहरुलाई अहिले म्यानपावरले आफ्नो व्यवसायमा असर पुर्‍याउने भन्दै उल्टै धम्की दिइराखेको छ । उनीहरुका अनुसार न्यायको लागि आवाज उठाएका अलि टाठाबाठा मिडियामार्फत देखापरेका १०–१२ जनालाई तुरुन्त नेपाल झिकाएर ठिक गर्नु पर्छ भन्नेमा लागिपरेको छ, सो म्यानपावर। हाल नेपालको म्यानपावर र बहराइनको कम्पनीबाट पनि ठगिएका उनीहरु हाल ट्राफिकले लगाउने जस्तो पुलिस लेखिएको पहेलो रिफेलेक्टिभ ज्याकेट लगाएर सेन्सेटिभी ठाउँमा काममा खटिइराखेका छन्। उनीहरु दुखेसो गर्दै भन्दै थिए, ‘हामीले नेपालमा चर्को ब्याजमा लिएर पैसा एजेन्टलाई बुझाएका थियौं। कोरोनाले सबैतिरको अवस्था दयनीय भएकाले हामीमध्ये धेरैजसो साथीहरु अहिले बहराइनमा ७० हजार तलब भनिएको काम गर्न पनि तयार छौं। तर, कम्पनीले १२ घण्टा काम गर्ने भए गर नभए नेपाल जाउ भनेको छ। २ महिनाभन्दा बढी भयो काम गरेको एक पैसा दिएको छैन् । कसरी ऋण तिर्ने?’ बहराइनमा रोइराखेका यी युवालाई लिएर यता विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले पैसा तिरेर गएको कागज वा प्रमाणको आधारमा म्यानपावरलाई कारवाही गर्ने बताएका छन्। तर, म्यानपावरले बठ्याई गरेर युवाहरुसँग बिना प्रमाण लाखौं रुपैयाँ असुलेको छ। त्यस्तै, म्यानपावरलाई तिरेको पैसाबारे विभागलाई सूचना दिदा विदेश नै नपठाइदिने भएपछि बाध्य भएर लाखौं रुपैयाँ तिर्न बाध्य भएको पीडितको गुनासो छ । कानुनलाई छल्न म्यानपावरसँग हजारौं जुक्ति हुँदो रहेछ भन्ने कुरा बहराइनमा पीडित यी युवाहरुले तिरेको पैसाबाट सहजै अनुमान लगाउन सकिन्छ र सरकारले लगाएको नियम कानुन त एउटा नाम मात्रको रहेछ भनेर। अब फेरि म्यानपावरमार्फत हजारौं युवाहरु कतार प्रहरी सेवामा विदेशिने निश्चित भएको छ। युवालाई कतार प्रहरीमा पठाउन सरकारले तोकेको नियम कानुन अर्थात् पैसामा युवाहरु जान पाउँछन् त र म्यानपावरले पठाउलान त?, यो भने हेर्न बाँकी नै छ। विभागका अनुगमन तथा अभिमुखीकरण शाखाका शाखा अधिकृत मातृका सापकोटाले पछिल्लो समय अर्थात् यही बैशाखपछि कुनैपनि म्यानपावर अनुगमनमा नपरेको बताएका छन्। सापकोटाले म्यानपावरबाट पीडित भए भनेर नयाँ मान्छे विभागमा नआएको र पहिला गरिएकै अनुगमनबाट कारवाहीमा परेका म्यानपावरबाट पीडित भएका केही युवाहरु भने फाट्टफुट्ट विभागमा न्यायको लागि आइराखेको जानकारी गराए। अन्ततः विभागले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सक्षम बनाउने हो भने उनीहरुलाई ठगहरुको चङ्गुलबाट टाढा राख्नै पर्छ। र, वैदेशिक रोजगारीको जिम्मा लिएका म्यानपावर व्यवसायीहरु पनि युवाको श्रम र पसिनासँग खेलवाड गरेर रातारात अर्बपति बन्ने सपनाबाट टाढा रहनु पर्छ। जसले गर्दा देश समृद्ध र म्यानपावर निष्पक्ष वा पारदर्शी नहोला भन्न सकिन्न। तर, युवाहरुको श्रममाथि यसरी नै खेलवाड भइराख्ने हो भने भर्खरै मात्र छोराले विदेशमा राम्रो काम नपाएर छोरालाई विदेश पठाउने व्यक्तिको वर्षौ पहिले गोली हानी हत्या गरेका र हाल पक्राउ परेका बुबाले गरेजस्तो घटना फेरि हजारौं बुवाहरुले नगर्लान अर्थात् नदोहोरिएला भन्न सकिन्न।
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ईलाम। ईलाम नगरपालिका(१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले सावालाई उनले प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै काठमाडौँ । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुु¥याएको योगदानका आधारमा उनीहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन् । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुन् । सेनाद्वारा खेलाडी सम्मान सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुुभकामना कार्यक्रम ग¥यो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे । सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए । उनले भने, “ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ ।” जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो । उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए । पहिलो प्रवेशको करीब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा सहभागिता पाउनु नै पनि राष्ट्रका लागि ठूला प्रतिष्ठा हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुनुु पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताए । उनले भने, “ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्डकार्ड’ मार्फत छनोटमा पर्न सफल हुनुभएको छ । नेपाल खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र सङ्गीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्डकार्डमार्फत प्रतिनिधित्व हुँदै आएको बताए । उनले भने, “विगतमा पौडी र एथेलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यस पटक भने एथेलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छाँै ।” नेपाली सेना सैनिक शारिरीक तालीम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमाझीले सेनामा खेलकूदका लागि संस्थापक रुपमा त्रिभुवन आर्मी क्लब स्थापनाबाट शुरु भएपछि तल्लो तहबाट खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्दै आएको आधार र निरन्तरताले हाम्रा खेलाडी ओलम्पिक छनोटमा योग्य ठहरिनु निकै खुशीको क्षण भएको प्रतिक्रिया दिए । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी छन् । परिषद् र ओलम्पिक कमिटीले पहिलोपटक यस पटक खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिएको छ ।
एमाले कार्यदलको बैठक जारी काठमाडौं। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। एमाले कार्यदलको बैठक बिहान १०:३० बजेदेखि सुरु भएको हाे। पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो। एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेकाे थियाे। अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएकाेछ। नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो। कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन्। अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो।
कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार विहान ३ बजेतिर कपनको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुको साथबाट १४ लाख रुपैयाँ पनि बरामद भएको छ। कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले पुष्टि गरेका छन्। यसअघि प्रहरीले चन्द्रागिरि नगरपालिकाबाट पनि जुवाडेहरु पक्राउ गरेको थियो।
पहिरामा परी सात घर भत्किए, लाखौँको क्षति वाग्मती । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्दिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ । यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले भने । त्यसैगरी बिकट क्षेत्रका रुपमारहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराले भत्काएको छ । गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुुमार महतोका अनुसार धेरै खेतहरू पहिराले पुरिएको र चौपायाहरू मरेका छन् । सो गाउँपालिकाको विभिन्न वडामा क्षति पुुगेको छ तर सञ्चार सुविधाले नहुँदा विस्तृत विवरण सङ्कलन र जनतालाई राहत पु¥याउन सकिएको छैन । कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । सो वडाको विभिन्न स्थानमा गएका पहिराले घर जोखिममा परेको हो । स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन् । महिला, बालबालिका र ज्येष्ट नागरिक आ आफ्ना घर छोडेर सुरक्षित स्थानमा बसेका छन् । त्यसक्षेत्रमा मोवाइल नेट र विधुत् समस्या पनि भएको बताइएको छ । हेटौंडा सदरमुकामभन्दा टाढा रहेकाले राहत र उद्धारमा समस्या रहेको जिल्ला प्रशासन कार्यालय मकवानपरले जनाएको छ । यता हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खोला नालामा आएको बाढीले त्यहाँका बासिन्दा समस्या परेका छन् ।
निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्‍याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो । सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरीे तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताए । प्रहरी टोलीले घटनास्थल लाश जाँच प्रकृति मुचुल्कापछि परीक्षणका लागि आज केएमसी अस्पताल दुवाकोट पठाइएको छ । रासस
आइपीयो खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीयो) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन्। आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो। क्यापिटलका अनुसार उक्त आवेदनबाट रु एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ। जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो। संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो। बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। रु तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए। उनका अनुसार प्रतिकित्ता रु १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ। यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो। संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो। शेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउछ। सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिने छ।
आइतबारसम्म निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह काठमाडौं । बुधबार साँझबाट परिरहेको पानी आइतबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गर्ने दैनिक बुलेटिनमा आगामी आइतबारसम्म वर्षा भारी रहने जनाएको छ। २४ घण्टामा पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’ प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुर्इ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
बाढी पहिराले रोकियो गाउँसभा मनाङ । मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् । मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन् । तर चामे र नार्पाभूमि गाउँपालिकाको भने गाउँसभा हुन सकेको छैन । सबैभन्दा बढी जोखिममा परेको नासोंले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ । बाढी पहिराको जोखिमले गर्दा जिल्लाको सदरमुकाम चामे गाउँपालिका र प्रदेशको सडक सञ्जालबाट टाढा रहेको विकट स्थानको नार्पाभूमि गाउँपालिकाले हालसम्म पनि गाउँसभा गर्न सकेको छैन । पालिकाका विभिन्न स्थानमा बाढी पहिराको जोखिमले गर्दा गाउँसभाको काम पुरा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए। “नदीमा बाढी घट्ने सम्भावना कम छ, चामेको हरेक क्षेत्र नदीको किनार पर्ने र जोखिम बढी हुँदा गाउँसभा गर्न मुस्किल भएको छ, नदीको बहाव बढ्यो भने पालिकावासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, गाउँपालिकाको काम पुरा गर्न सकेको छैन”, अध्यक्ष घलेले भने, “असार २५ देखि २७ गतेभित्र गाउँसभा गर्ने योजना बनाएका छौं, समयले साथ दिन्छ कि दिदैन भन्ने मात्रै छ ।” त्यस्तै नार्पाभूमिमा पनि धेरै स्थानमा बाढीले स्थानीयवासीमा प्रभाव पारेपछि समयमा गाउँसभा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष मिङ्मार लामाले बताए । “जनतालाई बचाउनु कि पालिकाको काम गर्नु जस्तो भएको छ, समयमा गाउँसभा गर्न नसकेपनि यो महिनाको अन्तिमसम्ममा गर्ने तयारीमा छौं”, अध्यक्ष लामाले भने । बाढी पहिराका कारण जिल्लामा विद्युत् र सञ्चारको कठिनाइ भएको छ । यस्तो अवस्थामा गाउँसभा गर्नुपर्ने हुँदा जनप्रतिनिधि समस्यामा परेका छन् । दुवै पालिकाले यस वर्ष विपद्मा परेकाले विपद्, स्वास्थ्य र सडक सञ्जाललाई बढी प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्ने जनाएका छन् ।
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने काठमाडाैं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो। समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए। मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ। यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो। यसैबीच हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले र दुई लाख ५५ हजार सहयोग गरेका छन्। इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट सङ्कलित राहत रकम हस्तान्तरण गरिएको छ। हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका नौ जनालाई जनही रु १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही रु सात हजार, पाँच घरपरिवारलाई जनही पाँच हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई रु १५ हजार गरी हेलम्बु गाउँपालिकामा रु दुई लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा रु ५५ हजार नगद हस्तान्तरण गरिएको हो। उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङलगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईँको रोहवरमा समाजसेवी आइमान तामाङले सङ्कलित रकम हस्तान्तरण गरेका हुन्।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका छन् । असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत हनान गोडर बाउसे बनेर साथ दिन पुगेका थिए । अध्यक्ष तिमिल्सिनाले विसं २०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपाईँमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएको जनाउँदै भने “लामो समयपछि पनि रोपाईँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रैनछु भन्ने सुखद अनुभूति भएको छ ।” कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागत रुपमा मात्रै सिमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेकाले अब व्यवसायिक कृषि प्रवद्र्धन गर्नुपर्ने पर्नेमा उनले जोड दिए । उन्नत प्रविधि र नष्लको प्रयोग गरेर व्यवसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नु अहिलेको प्रमुख कार्यभार भएको उनले उल्लेख गरे । इजराल कृषिमा विश्वकै नमुना देश मानिन्छ । राजदूतले मोदी गाउँपालिकासँग कृषि उत्पादनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कोभिड १९ का कारण औपचारिक कार्यक्रम र भीडभाड हुने कार्यक्रम नगरिने भएकाले अध्यक्ष तिमिल्सिना जन्मगाउँ राम्जा पुगेर रोपाँईमा सहभागी भएका हुन् । सो कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । सो अवसरमा पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतलगायत सहभागी भएका थिए ।
क्वाटरफाइनलमा पुग्ने पहिलो टोलि बन्यो डेनमार्क, वेल्स ४ – ० ले पराजित काठमाडौं। युईएफए युरो २०२० फुटबलमा वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा शनिबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा वेल्सलाई ४ – ० गोल अन्रले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो। डेनमार्कलाई जित दिलाउन कास्पर डोलबर्गले दुई गोल गरे भने जोकिम महेले र मार्टिन ब्रेथबेटले एक एक गोल गरे। युवा स्ट्राइकर डोलबर्गको उत्कृष्ट गोल मद्दतमा पहिलो हाफको २७ औं मिनेटमा डेनमार्कले १ – ० को अग्रता लिएको थियो। उनले १८ यार्ड बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवाती समय ४८ औं मिनेटमा डोलर्बगले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २ – ० को अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र वेल्सका डिफेन्डरले क्लियर गर्न खोजेको बल डोलबर्गको खुट्टामा पुगेको थियो। डोलबर्गले उक्त अवसरलाई सहजै गोलमा परिणत गरेका थिए। खेलको अन्तिम समय ८८ औं मिनेटमा जोकिम महेलेले गोल गर्दै डेनमार्कलाई ३ – ० को अग्रता दिलाए। खेलको इन्जुरी समयमा मार्टिन ब्रेथबेटले गोल गर्दै डेनमार्कलाई ४ – ० को जित दिलाए। यसअघिका खेलमा प्लेइङ ११ मा नपरेका २३ वर्षे डोलबर्गले युसुफ पोल्सनको इन्जुरीका कारण आजको खेल खेल्ने अवसर पाएका थिए। यस्तै खेलको १० औं मिनेटमा स्टार स्ट्राइकर ग्यारेथ बेलले वेल्सका लागि एउटा राम्रो मौका बनाएर गरेको प्रहार गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो। निर्धारित समयको अन्तिम मिनेटमा ह्यारी विल्सनले डेनमार्कका खेलाडीलाई फउल गरेपछि रेडकार्ड पाएका थिए। यो बाहेक वेल्सले गोल गर्ने अरु अवसर सिर्जना गर्न सकेन। यो जितसँगै डेनमार्क युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ। पराजित वेल्स युरो २०२० बाट बाहिरीएको छ। डेनमार्कले अब नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग सेमिफाइनलका लागि प्रतिस्प्रधा गर्ने छ।
चितुवाको छालासहित २ जना पक्राउ काठमाडौं। प्रहरीले चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छालासहित सिन्धुलीका दुई जनालाई पक्राउ गरेको हो। महाशाखाका अनुसार मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्ने ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्वयम्भू नै बस्ने ३४ वर्षीय कान्छाराम वाइबालाई १ थान चितुवाको छालासहित पक्राउ गरेको हो। महाशाखाका सूचनाअधिकृत कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले चितुवाको छाला ६ लाख रुपैयाँमा बिक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको एसपी कोइरालाले बताए।
निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन प्रहरी नियन्त्रणमा काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ७ सय २३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७ सय २७ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
बाग्मती प्रदेश सरकारको बजेट विनियोजनको विवरण माग हेटौंडा। वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरेको हो । प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण माग गरी सोहीअनुसार पूर्वतयारी अघि बढाइने जानकारी दिए । यस्तै समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रूपमा विवरण सङ्कलन गर्ने जनाएको छ । अस्पताललाई सहयोग प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग गरेको छ । अस्पताललाई राप्रपा मकवानपुरले मङ्गलबार ३५ थान अक्सिजन सिलिण्डर र एकथान अक्सिजन जेनेरेटर सहयोग गरेको हो । अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनाएको छ । त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई मकवानपुर कोरिया मञ्चले रु दुई लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका मकवानपुरका युवाहरुको सक्रियतामा स्थापित मञ्चको आर्थिक सहयोग तथा बस्तीपुर जेसिजको समन्वयमा राक्सिराङमा रहेको कोभिड अस्पताललाई विविध प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । मञ्चले अस्पताललाई एक थान वासिङ मेसिन, पाँच थान बेड साइड राउण्ड चेयर, एक थान पेसेन्ट ट्रली, १० थान बेड साइड लकर, दुई थान राउण्ड ड्रेसिङ ट्रली, ३० थान रियुजÞेवल पिपिई, एक हजार ७५० प्रति सर्जिकल मास्क, २५ लिटर सेनिटाइजर, २५० प्रति सर्जिकल ग्लोब्स र ३० थान फेस शिल्ड उपलब्व्ध गराएको छ । सहयोग अभियानअन्तर्गत मञ्चले यसअघि मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, गढी गाउँपालिका तथा कैलाश गाउँपालिकालाई पनि विविध स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । यसैबीच रोटरी क्लब अफ मकवानपुरले थाहा नगरपालिका र कैलाश गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्बलले रु चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष कविन सांगामीले जानकारी दिए । क्लबले थाहा नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, पाँच थान अक्सिजन सिलिण्डर, दुई हजार प्रति मास्क र २५ लिटर सेनिटाइजर उपलब्ध गराएको छ ।
५२ हजार बढी सक्रिय संक्रमित, ३७ जिल्लामा ५०० भन्दा बढी काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १६ हजार ९१३ नमूना परीक्षण गर्दा ४ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २०४ पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ जनामा र ४ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ८१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमण दर १९.१ प्रतिशत रहेको छ। यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख २३ हजार ६४३ पुगेको छ । ती मध्ये पाँच लाख ६४ हजार ८८२ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ९०.२ प्रतिशत हो । आज ४ हजार ९५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ८१३ जनाले ज्यान गुमाएका छन्। हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ । ३७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित देशभरका ४२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ । प्रदेश नं.१ मा झापा, मोरङ र सुनसरी , प्रदेश नं. २ मा सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सा, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ र म्याग्दी, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार १९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा उदयपुर, पाँचथर र संखुवासभा, प्रदेश नं. २ मा रौतहट, सप्तरी र सर्लाही तथा वाग्मती प्रदेशमा रामेछाप जिल्ला रहेका छन् । त्यस्तै, गण्डकी प्रदेशमा पर्वत, तनहुँ, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा अर्घाखाँची, रोल्पा र गुल्मी, कर्णाली प्रदेशमा दैलेख, सल्यान, जुम्ला र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा डोटीमा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।
प्रविधिमैत्री बन्दै बाँकेका किसान राँझा । कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ। यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले स्रोत संरक्षण आधुनिक कृषि प्रविधि र सिँचाइमा सहयोग गर्दै आएको बताए। उनले कृषि उत्पादन अभिवृद्धिका लागि गुणस्तरीय बीउविजन, मलखाद्य र आवश्यक परामर्शसमेत प्रदान गरिरहेको उल्लेख गर्दै कृषि पेशाप्रति किसानलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने योजना पनि गाउँपालिकाको रहेको बताए। खजुरा क्षेत्र व्यवसायिक तरकारी खेतीका लागि बाँके जिल्लामै प्रसिद्ध छ। यहाँ उत्पादन हुने तरकारी नेपालगञ्ज बजारमा पुग्ने गरेको खजुराका अगुवा किसान गेहेन्द्र धितालको भनाइ छ। उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम ल्याएको उनको भनाइ छ। गाउँपालिकाले सिँचाइ सुविधाका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत सोमबार मात्रै १८ किसानलाई विद्युतीय मोटर वितरण गरेको छ। गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा सो मोटर प्रदान गरिएको हो। करिब १७ हजार मूल्य पर्ने १ दशमलव ५ हर्ष पावरको सो मोटरले २ इन्च पानी फाल्ने बताइएको छ। किसानको माग अनुसार नै मोटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। त्यस्तै गाउँपालिकाको यो अभियानमा साझेदारी गर्दै खजुरास्थित जनता दुग्ध उत्पादक सहकारी सस्थाले सहकारीआवद्ध किसानलाई घाँस काट्ने मेसिन चाप कटर वितरण गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमअन्तरर्गत सो सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा पशुपालन गरि दुग्ध उत्पादन गर्दै आएका खजुराका ४० किसानलाई घाँस काट्ने मेसिन अनुदानमा वितरण गरिएको सहकारीका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिए।रासस
एक खेल अगावै अर्जेन्टिना क्वाटरफाइनलमा ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दावेदार अर्जेन्टिना दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना समूह चरणको एक खेल अगावै क्यावटर फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाका लागि एलेजेन्ड्रो गोमेजले पहिलो हाफको १० औं मिनेटमा गोल गरे। उक्त गोल नै अर्जेन्टिनाको जितका लागि प्रयाप्त बन्यो। यो जितसँगै समूह ’ए’ मा रहेको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ। पराजित पाराग्वेको २ खेलमा ३ अंक छ। पाराग्वे समूहको तेस्रो स्थानमा छ।
राससको महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय काठमाडौं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धनकुटाका राईलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालको सहिदभूमि गाउँपालिका तथा साबिक छिन्ताङ गाउँ विकास समितिमा जन्मिएका राई लामो समयदेखि पत्रकारीतामा आबद्ध थिए ।
चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ । स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जनाए । तामाकोशी नदी नेपाल–चीन सिमानाबाट उगम भएर बग्ने गर्दछ । बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्छ । यही असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ । आयोजनाका बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको छ भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ । रासस
निषेधाज्ञालाई खुकुलो गर्दा पुराना गल्ती नदोहोरिउन् काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमितहरु थपिने संख्या घट्न थालेको छ। काठमाडौं उपत्यका लगायत केही जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले जारी गरेको निषेधाज्ञाको पछिल्लो समयवधि सकिन २ दिन बाँकी  छ। कोरोनाको पहिलो लहरका बेला पनि दशैं तिहारमा निषेधाज्ञा खोलिएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारी त्यही तरिकाले निषेधाज्ञा खोलेको अवस्थामा नथाम्ने गरी अर्को लहरको सुरुवात हुने जोखिम भएको बताउँछन्। दोश्रो लहरले महामारीको रुप लिएपछि बैशाख १६ गतेबाट गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुनेगरी कार्यान्वयनमा आइरहेको छ। निषेधाज्ञा खोल्दा एकैपटक नखोल्न सुझाउँछन् राजभण्डारी। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘अर्थतन्त्र र रोजीरोटी पनि हेर्नु पर्छ। लकडाउन/निषेधाज्ञा मात्र पनि कोरोना महामारीबाट बच्ने अन्तिम उपाय होइनन्। तर, अब निषेधाज्ञा खोल्दा पहिलो लहरको गल्ती दोहोर्याउनु हुँदैन।’ उनले भने, ‘निषेधाज्ञा खोल्नुको विकल्प त हुँदैन। खोल्नै पर्छ। तर, विस्तारै स्टेप बाइ स्टेपमा गएर निषेधाज्ञा खोलिनु पर्छ। उदाहरणका लागि पहिला रातो प्लेटको गाडीहरु संचालन हुन दिने। ठूला उद्योगहरुमा कर्मचारीको संख्या ५० प्रतिशत कायम गराएर संचालन गर्ने। विद्यालय पनि सिफ्ट अनुसार चलाउने लगायतका काम गरेको अवस्थामा मात्र हामीले कोरोनासंगको लडाइलाई निरन्तरता दिन सक्छौं।’ डा. राजभण्डारीका अनुसार भिडभाड हुने बजारहरुमा पनि स्वास्थ्यका मापदण्ड प्रयोग गरे नगरेको कडाइका साथ निरीक्षण गर्नुपर्छ। केही समय पसल खुल्न दिएर भिड बढाउनु भन्दा स्वास्थ्यका मापदण्डलाई कडाइका साथ लागु गरेर पसलहरु दिनभर चल्न दिनु पर्छ। पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेको संख्यामा कमी आएको उनको भनाइ छ। उनले भने, ‘संख्या जति भए पनि फरक पर्दैन झण्डै ५२ प्रतिशत पुगेको पोजेटिभिटी घटेको छ। आजभोलिको हेर्दा १५ प्रतिशतमा झरेको छ। चेकजाँच नभएका कारण पनि घटेको होला। निषेधाज्ञा भएका कारण मानिसहरु घरभित्र नै भएर पनि घटेको होला। कारण जे भए पनि पछिल्लो समय कोरोना संक्रमित थपिने संख्यामा कमी आएको छ।’ उपत्यकाको अवस्था काठमाडौं उपत्यका भित्र पछिल्लो समय सक्रिय संक्रमितको संख्यामा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं भक्तपुर र ललितपुरमा गरी जम्मा ११ हजार ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्। एकहप्ता पहिलामात्र उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय बढी थियो। पछिल्लो तथ्याङ्क अनुसार काठमाडौंमा ६ हजार ७ सय ३५, ललितपुरमा २ हजार ९ सय ८३ र भक्तपुरमा २ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा हालसम्म २ लाख ८ सय ९० जना संक्रमित भएका छन्। भक्तपुरमा २१ हजार ७ सय २३ र ललितपुरमा ३६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. राजभण्डारी पछिल्लो समयमा कोरोना शहरभन्दा पनि गाउँमा केन्द्रित भएको बताउँछन्। उनले गाउँमा श्रोत साधनको कमी भएका कारण परीक्षण नहुने भन्दै सामान्य अवस्थामा मान्छेहरुले अस्पतालबाट लिएको औषधि खाएको तर, कोरोनाको परीक्षण नगराएको बताए। जुनसुकै देश वा कम्पनीले उत्पादन गरेको भए पनि कोरोनाको भ्याक्सिनको विकल्प नभएको पनि डा. राजभण्डारीको भनाइ छ। डा. राजभण्डारीले भने, ‘हामीले शतप्रतिशतलाई खोप दिन सकेको अवस्थामा मात्र निर्धक्क भएर आफ्नो दैनिकी चलाउन सक्छौं। खोप सबैले नलगाउँदासम्म परिवर्तित भएर आउने कोरोना भाइरसको प्रकृतिसँग लड्न सधै उस्तै संघर्ष गर्नु पर्ने हुन सक्छ।’
कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र मृतकको संख्या बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । देश -सङ्क्रमितको संख्या- कूल मृत्यु संयुक्त राज्य अमेरिका -तीन करोड ३५ लाख ९ हजार ७७२- छ लाख ९३५ भारत- दुई करोड ९७ लाख ६२ हजार ७९३ -तीन लाख ८३ हजार ४९० ब्राजिल- एक करोड ७७ लाख २ हजार ६३० -चार लाख ९६ हजार ४ फ्रान्स -५८ लाख ११ हजार ४६१ -एक लाख १० हजार ७९६ टर्की- ५३ लाख ५४ हजार १५३- ४९ हजार १२ रुस -५२ लाख २० हजार १६८- एक लाख २६ हजार ३०० बेलायत -४६ लाख १६ हजार ६२८ -एक लाख २८ हजार २०९ इटाली- ४२ लाख ४९ हजार ७५५- एक लाख २७ हजार १९० अर्जेन्टिना -४२ लाख २२ हजार ४०० -८७ हजार ७८९ कोलम्बिया- ३८ लाख ५९ हजार ८२४ -९८ हजार १५६
अब निर्माण क्षेत्र र उद्योग खुला काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ । समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने समेत निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिएका छन् । सरकारले यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई ७ असारसम्म बढाउने निर्णय गरेको छ । यसअघि खाद्यान्न पसलहरूसमेत बन्द गर्ने निर्णय भएकोमा अहिले भने हाल बिहान ११ बजेसम्म पाउनेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइनेछ । यस्तै, प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । पुस्तक पसलहरू पनि बिहान ११ बजेसम्म मात्रै खोल्न पाइनेछन् । यसका साथै अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ । यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानीसमेत गर्न पाइने भएको छ । राजधानी दैनिकबाट
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन्। प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गरेका हुन्। अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गरेकाे नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गरेकाे उनले बताए । कास्की कांग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गरे। कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, सङ्घीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गरे। कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। सो क्रममा सभापतिहरुले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे। जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।रासस
एनआरएनए राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा राईको उम्मेरद्वारी काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा म्याड्रीड निवासी उत्तर राईले उम्मेरद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको पाँचौ अधिवेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन्। आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै छ। राईसँगै वर्तमान कार्यसमितिका उपाध्यक्ष दिनेशकुमार गिरी र कार्यसमितिका सदस्य शालिकराम डुम्रेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै आएका छन्। नेपालको पुर्वी धरानमा जन्मेका राई विगत २४ वर्षदेखि स्पेनको राजधानी म्याड्रीडमा बस्दै आएका छन्। संघको ईतिहासमा नै बार्सिलोना बाहिरबाट एनआरएनए स्पेनको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको यो पहिलो पटक हो। राई एनआरएनए क्षेत्रीय समिति म्याड्रीडका पूर्व अध्यक्षसमेत हुन्। आफ्नो उमेरद्वारी कुनै निश्चित एक विचार समुह वा क्षेत्रको मात्रै नभएर पुरै स्पेनबासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने राईले बताए। क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघमा सवै स्पेनवासि नेपालीहरु अटाउनु पर्छ भन्ने नाराकासाथ सर्वपक्षिय सहयोग मलाई रहन्छ भन्ने विश्वास गरेको छु। यस मञ्चबाट फेरी एकपटक सम्पुर्ण स्पेनवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि आह्ववान गर्दछु।’ उम्मेद्वारी घोषणाको क्रममा राईले स्पेनिश समुदायसँग आफ्नो राम्रो घुलमिल तथा कामको अनुभव समेत रहेको बताए। ‘करिव ८ वर्षसम्म म स्पेनिस मजदुर संगठन (युजिटी) प्रतिष्ठानमार्फत अध्यक्ष भएर कामदारको पक्षमा केही सेवा गर्ने अबसर समेत पाएको थिए। जसले गर्दा यहाँका केहि नितिनियमहरू नजिकबाट सिक्ने मौका पाएको छु।’ राईले भने। स्पेनिस भाषामा समेत आफ्नो दख्खल रहेको बताउँदै उनले स्पेनको नेपाली समुदायलाई स्पेनिस समुदायसँग अझ बढी घुलमिल गराउने कार्यक्रमहरु ल्याउने प्रतिबद्वता व्यक्त गरेका छन्। उनले स्पेनिस भाषामा सबै तहको अध्ययन पुरा गरेर यहाँको चर्चित पत्रिका एलपाइसको लागि भाषा अनुवादकको रुपमा काम गरेको अनुभव आफूसँग रहेको बताएका छन्। ‘समाज र समुदायमा विश्वास गर्ने भएकोले ब्यक्तिभन्दा ठुलो समुदाय हो भन्ने लाग्दछ। विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही सिमित ब्यक्तिलाई भएपनि नोक्सान समुदायलाई हुन्छ भन्ने मान्यता राख्दछु । जस्तोसुकै परिस्थितीमा पनि ब्यक्तिलाई होईन समुदायलाई जिताउनु पर्छ भन्ने मेरो धारणा स्पष्ट छ।’ राईले भने। यसैबीच एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आईतबार सम्पन्न पाँचौ अधिवेशनले मेघनाथ ढकालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।
समस्यामा रहेका चेपाङ समुदायलाई कोयोनद्वारा राहत वितरण काठमाडौं। कोयोनले महामारीका कारण समस्यामा रहेका धादिङ जिल्लाका १८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्नसहित राहत वितरण गरेको छ। जिल्लाको रोराङ गाउँपालिका वडा नं. २ को आँपटार, दुव्लिङ, पार्लाङ, मासखर्क, कार्तिके, धुसेनि र भान्टाकिमा वसोवास गर्ने चेपाङ समुदायलाइ कोयोनले राहत वितरण गरेको हो। कोरोना महामारीको समयमा राहत स्वरुप १८० बोरा चामल सहित दाल, चिउरा, नुन, तेल वितरण गरिएको संस्थाका अध्यक्ष्य दिनेश कुमार कँडेलले जानकारी दिए। नेपाल हेल्फ आखन, जर्मनिको सहयोगमा को–अपरेटिभ युथ अर्गनाईजेसन नेपाल (कोयोन)द्वारा समस्यामा परेका चेपाङ वस्तीका मानिसहरुलाई राहत वितरण गरिएको हो। खाद्यन्न प्राप्त गर्दै मासखर्क गाउँका अगुवा कृष्ण बहादुर चेपाङले हर्षित हुदै दातालाइ धन्यवादसंगै आशिर्वाद समेत दिएका थिए। यसअघि पहिलो चरणको कोरोना महामारीको बेला कोयोनले रोराङ वेनिघाट गाउँपालिका वार्ड १, २ , ६, ७ र ८ का चेपाङ र तामाङ समुदायका बिद्यार्थी वालबच्चाहरुलाइ लुगाफाँटा वितरण गरेका थिए।
कोपा अमेरिकामा ब्राजिलको सानदार जित काठमाडौं। आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले प्रतियोगिताको सुखद सुरुवात गरेको हो। स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन माकविन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे। यो जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।
एरिक्सनको अवस्था स्थिर, डाक्टरले भने ‘मृत्यु भइसकेको थियो’ काठमाडौं। डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन। १६ औं संस्करणको युरोकपको पहिलो खेलका दौरान शनिबार राति २९ वर्षिया मिडफिल्डर एरिक्सन गम्भिर घाइते भएका थिए। फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको ४२ औं मिनेटमा उनी मैदानमा लड्न पुगेका थिए। उनको करिब २० मिनेट मैदानमा राखेर उपचार गरिएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर डेनमार्कको कोपन हेगन अस्पतामा भर्ना गरिएको थियो। उनको अवस्थाबारे जानकारी दिँदै आइतबार डेनमार्क फुटबल संघले विज्ञप्तिमार्फत उनको अवस्था स्थिर रहेको बताएको हो। विज्ञप्तिमा एरिक्सनले आफ्ना टिमका सदस्यहरुलाई अन्य खेलहरुका लागि शुभकामना दिएको पनि उल्लेख गरिएको छ। उपचारमा संलग्न डाक्टर मोर्टेन बोसनले भर्चुअल भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ठूलो खुलासा गरेका छन। उनले मृत्यु भइसकेका एरिक्सन पुर्नजिवीत भएको बताएका छन। हृदयघातका कारण उनी मैदानमा लडेको उनले बताए। समयमै उपचारका कारण मृत्युको मुखबाट फर्काउन सकिएको र उनले पुर्नजिवन पाएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन। कहिल्यै नदेखिएको दर्दानाक दृश्य मैदानमा देखे पछि विश्वभरका फुटबल प्रसंसकहरु विक्षिप्त भएका थिए। उनलाई विश्वभरबाट चाँडो रिकभरीको लागि सुभेच्छा प्रकट भएका छन।
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला ! काठमाडौँ। सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि । विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् । एकआपसमा साटासाट गरिएका अश्लील तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टुटाइदिनेसम्मको धम्की दिने गरेको पाइएको छ । साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी चरित्र हत्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउँछन्। “साइबर अपराधको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ। तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र हत्या र ठगी अपराध मौलाएको छ,” उनले भने। साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन चरित्र हत्या र ठगीका छन् । अश्लील भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो। यस्ता व्यक्तिले फेक आईडी (नक्कली पहिचान) बाट सम्बन्ध विस्तार गर्छन्। भिडियो संवादका क्रममा आफैँबाट अश्लील शब्द र तस्बिर आदान–प्रदान गर्न उक्साउँछन्। विस्तारै आफ्नो संवाद र तस्बिर मेटाई पीडितकै अश्लील तस्बिर र भिडियो देखाई उल्टै बार्गेनिङ सुरु गर्छन्। “साइबर अपराधको शिकार जोसुकै पनि हुन सक्छन्, सामाजिक सञ्जालबाट आउने प्रस्ताव तथा सबै सूचनाप्रति विश्वास गर्नु मूर्खता हो। यो समस्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र जहाँसुकै छ। सबै नागरिक सचेत हुन जरुरी छ,” महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले भने। सामाजिक सञ्जालमा भेटिएकी अज्ञात युवतीको प्रेम प्रस्ताव स्वीकार्दा अनावश्यक तनाव झेल्नुपरेको यस्तै एक घटना उनले सुनाए। फिलिपिन्स घर बताउने युवतीले दुई जनाबीच भएको भर्चुअल संवाद र तस्बिरलाई नगद प्राप्तिको माध्यम बनाएकी थिइन्। केही चर्चित मोडल युवतीको अनुहार जोडेर अश्लील भिडियो बनाई रकम माग्ने आपराधिक समूह पनि सक्रिय रहेको प्रहरीले जनाएको छ। यस्तो अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न समस्या देखिएको छ । कतिपय पीडितले अपराध लुकाउने र समयमै उजुरी नगर्ने भएकाले पक्राउ गर्न समस्या देखिएको हो । ब्युरो प्रहरीले मुलुकभित्रै रहेका अपराधीलाई पक्राउ गरे पनि मुलुकबाहिर रहनेलाई पक्राउ गर्न सकेको छैन । साइबर अपराध अनुसन्धानकर्ता प्रहरी उपरीक्षक पशुपति रायले भने, “ठूलाबडा र इज्जतदार हुँ भन्नेले उजुरी नै गर्दैनन् । कतिपय सात समुन्द्र पारिका हुन्छन्, पक्राउ गर्न नै समस्या हुन्छ ।” साइबर अपराधबाट जोगिन सर्वसाधारण नै सचेत हुनुपर्ने सुझाव उनको छ। गाेरखापत्र दैनिकबाट
दैलेख अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग सुर्खेत । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । १० लिटरको र ५ लिटरको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो । आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले मंगलबार स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी र डा. जगत थापालाई संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । जनसंख्याका हिसाबले सुर्खेतपछि कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखमा कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित १० सेट पीपिई, मास्क, स्यानीटाइजर र पञ्जा सहयोग गरिएको आइडिया नेपालका सचिव राज विश्वकर्माले बताए । अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरणपछि स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले कोरोना माहामारीमा नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्‍याउने आइडिया नेपाललाई धन्यवाद दिए । दैलेख अस्पतालका डा. जगत थापाले कुनै बेला अक्सिजनको अभाव झेलेको सम्झना गर्दै विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगबाट अब अक्सिजनकै अभावले कोरोनाका बिरामीले ज्यान गुमाउनु नपर्ने बताए । गत वर्षपनि आइडिया नेपालले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सन्दर्भमा स्वास्थ्य तथा सरसफाई सामग्री सहित खाद्यान्नको अभाव झेलिरहेका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराएको थियो ।
नेपाल ओमान सम्बन्धबारे छलफल काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आज शिष्टाचार भेटघाट गरेकी छन् । सो अवसरमा उनीहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
ओलम्पिकमा खेलाडीलाई १ लाख ६० हजार कण्डम बाँडिने, कसैले पनि प्रयोग गर्न भने नपाउने काठमाडौं। जापानको टोक्योमा हुन लागेको ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओलम्पिक गाउँमा रहँदा निःशुल्क कण्डम बाँडिनेछ । तर, त्यो कण्डम पाउने खेलाडीहरुलाई भने समस्या छ । इनसाइडरको रिपोर्टअनुसार यस वर्ष १ लाख ६० हजारभन्दा धेरै कण्डम खेलाडीहरुलाई निःशुल्क बाँड्ने तयारी छ । तर, खेलाडीहरुले ती कण्डम प्रयोग गर्न भने पाउने छैनन् । आयोजक समितिले खेलाडीहरुलाई यी कण्डम प्रयोगमा रोक लगाएको छ । प्रतियोगितामा भाग लिने क्रममा खेल गाउँमा रहँदासम्म खेलाडीहरुले ती कण्डम प्रयोग गर्न पाउने छैनन् । आयोजक समितिले घोषणा गरेको छ कि खेलाडीहरुले यी कण्डमहरु सम्झनास्वरुप घर लैजान सक्नेछन् । ओलम्पिक आयोजक कमिटीका अनुसार खेलाडीहरुले आफ्नो घरेलु जमिनमा पुगेपछि मात्रै ती कण्डम प्रयोग गर्न पाउनेछन् । अर्थात जापानकै खेलाडीबाहेक अन्य देशका खेलाडीले यी कण्डम जापानभित्र पनि प्रयोग गर्न पाउने छैनन् । जापानी खेलाडीहरुले भने ओलम्पिक गाउँमा रहँदा प्रयोग गर्न पाउने छैनन् । घर गएपछि भने प्रयोग गर्न पाउनेछन् । साथमा कण्डम भएपछि खेलाडीहरु एक अर्काको सम्पर्कमा आउन सक्ने भएकोले यस्तो प्रतिबन्ध लगाइएको आयोजक समितिले जनाएको छ । तर, कण्डम बाँड्ने भने ओलम्पिकको परम्परा भएकोले त्यो परम्परा जारी राखिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यौनरोग र एचआइभीको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले १९८८ देखि ओलम्पिक खेलमा सहभागी खेलाडीलाई कण्डम बाँड्ने परम्परा सुरु गरेको थियो । अघिल्लो पटकको ओलम्पिकको तुलनामा भने यस पटक थोरै कण्डम बाँडिनेछन् । यसअघि २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम बाँडिएको थियो । यस पटक २०२१ ओलम्पिकमा ११ हजार खेलाडी सहभागी हुनेछन् । यस हिसाबले एक जना खेलाडीको भागमा १४ वटा कण्डम पर्छन् ।
नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित नवलपुर। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए। “सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना बनाएर निर्माण अगाडि बढेको छ”, दिस्टीले भने, “वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ ।” नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताए। “अहिले यहाँ कार्यरत सबै मजदुर पुल निर्माणका लागि परिचालन गरिएको छ”, आयोजना प्रमुख दिस्टीले भने “निर्माणाधीन सातवटा माइनर ब्रिजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेका छन् ।” तीनवटा पुलमा एप्रोच रोड (पुललाई सडकसँग जोड्ने बाटो) बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने दिस्टीले बताए। “अन्य पुलमध्ये केहीमा सबस्ट्रक्चर (पिलरको काम) सकिएको छ”, दिस्टीले भने, “केहीमा भने सुपर स्ट्रक्चर (पुल निर्माणका लागि बिम राख्ने तथा ढलान गर्ने काम)को लागि फर्मा राख्ने काम भइरहेको छ ।” आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताए। “कोभिडको असरका कारण काममा ढिलाइ भएको छ, केही मजदुर बिरामी परेर घर गए केही भने बिरामी हुने डरले काममा आउनै छाडे”, दिस्टीले भने, “मजदुर नहुँदा काममा ढिलाइ भएको हो, निषेधाज्ञाले कुनै असर परेको छैन, स्थानीय प्रशासनबाट पूरै सहयोग पाइरहेका छौँ ।” अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताए। “निर्माण कम्पनीले मजदुरलाई आफ्नै क्याम्पमा राखेर निर्माणको काम अगाडि बढाइरहेको छ”, दिस्टीले भने, “कोभिडको महामारी सामान्य अवस्थामा आउनेबित्तिकै मजदुरको सङ्ख्या पनि बढ्छ र निर्माणले गति लिनेमा हामी विश्वस्त छौँ ।” आयोजनाको कामको शुरुआती समयमा ६०० जनासम्म मजदुर निर्माणमा खटिएकामा अहिले घटेका उनको भनाइ छ । साना पुल निर्माणको काम सकिएपछि अन्य कामलाई प्राथमिताका आधारमा अगाडि बढाइने आयोजना प्रमुख दिस्टीले बताए। नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन्। सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन्। फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दिस्टीले बताए। नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ। गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी)लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ। दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ।रासस
किन पटक पटक स्थगित भैरहेको छ एमालेको स्थायी कमिटी बैठक? काठमाण्डौ। आज बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजमात्र हैन यो साता यसअघि पनि एमाले स्थायी कमिटी बैठक बोलाउने र स्थगित हुने गरेको थियो। बैठक बोलाउने तर स्थगित गर्ने काम किन भइरहेको छ? के भइरहेको हो अहिले एमालेभित्र? के एमालेमा नेपाल र ओली समूह फेरी एकठाउँ बस्न खोजेका हुन्? समूहमा छुट्टाछुट्टै पार्टी सञ्चालन गरिरहेका नेताहरु एकै ठाउँ बस्न तयार हुने माहौल बनिरहेको हो? कार्यकर्तादेखि आम नागरिककाबीच यस्ता जिज्ञासाहरु उठिरहेका छन्। एमालेभित्र पोहोरदेखि आन्तरिक संघर्ष चुलिएको छ। गुट उपगुट धेरै छन्। तथापी सतहमा पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच चुलिएको विवादले कार्यकर्ता पंक्तिमा बढी निराशा छाएको छ। विवाद टुंग्याएर अघि बढ्नु भनेको अब कि त एमाले फुट्नु पर्छ कि त समूहगत भेला र गतिबिधि बन्द गरेर एमालेको झण्डामा दुबै समूह गोलबन्द हुनुपर्छ। यसलाई पार्टी एकता भन्दा पनि समूहगत एकता भन्दा सहि सुनिन्छ। भन्नलाई पार्टी एकताका लागि मार्ग प्रशस्त गर्ने, अन्तिमसम्म प्रयास गर्ने वा हदैसम्म लचिलो हुने जे भनिएपनि आजसम्म नेकपा एमाले फुटेर दुइटा पार्टी भएकै छैन। एमालेमा अध्यक्ष केपी ओली एकातिर र माधव नेपाल तथा अन्य नेता अर्कोतिर भएर गुट अनुसार गतिबिधि गरिनुलाई पार्टी फुटेको मान्न सकिन्न। त्यसैले अहिले भनिने गरेको एकता वार्ता भन्दा पनि दुइटा समूहलाई मिलाएर एक ढिक्का एमाले बनाउने प्रयास मात्र हो। कै यसैका लागि स्थायी कमिटीको बैठक स्थगित भैरहेको हो त? एमालेका दुई खेमामा अहिले के पाकिरहेको छ भन्न कठिन छ। मिल्न नखोज्ने वा वातावरण बन्न नदिने केपी ओली हुन् वा माधव नेपाल? सञ्चार माध्यममा आएका अभिव्यक्ति र पक्षधर बिचारकै आधारमा अनुमान लगाउन सकिन्न। भन्नलाई दुई नेताहरुको इगोले गर्दा  एमाले फुट्ने भयो भन्ने गरिएपनि दुबै नेताहरुका भेटघाट र कुराकानीका श्रृंखला हेर्दा इगो वा प्रतिष्ठामात्र बेमेलको कारण नहुन सक्छ। एमालेकै शिर्ष नेतृत्वपछीका केही नेताहरु ओली र नेपाललाई एकठाउँमा देख्न चाहाँदैनन् भन्ने तर्क पुष्टि हुने आधारहरु छैनन्। एमालेभित्र सर्वस्वीकार्य नेतृत्वका लागि नेपाल र ओली पछी को त भन्ने टड्कारो प्रश्न छ। यस्तो अबस्थामा ओली र नेपालको बिकल्प आफुमा देख्ने नेता तयार भैसकेको होला त? दुई गुट मिलाउन र जेठ २, २०७५ अगाडिकै अवस्थामा एमालेलाई पुर्याउन अन्तिम प्रयास भैरहेकाे र त्यसैका लागि स्थायी कमिटी बैठक स्थगित भएको हो भने गुट मिल्ने संभावना अझै बाँकी रहेछ भन्ने बुझ्न सकिन्छ। तर एक अर्काका कमजोरीमा खेल्ने, समय लिने र जो कमजोर हुन्छ त्यसमाथि निर्मम प्रहार गर्दै जाने र सदाका लागि बाहिर पार्ने रणनीतिका लागि वार्ता वा बैठकको उपयोग गरिएको हाे भने भावि एमाले पुस्ताका लागि त्यसले सुखद सन्देश छोडेर जाँदैन। बागमति र लुम्बीनीमा राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसलाई सहयोग गरेर नेपाल समूहमा ओली समूहलाई देखाइदिएको भन्ने सोच बलियो भएको भन्ने पनि सुनिन्छ। यदी त्यसो हो भने त्यसले क्षणिक फाइदा त देला तर दिर्घकालिन रुपमा एमाले पार्टी नै नरहने संभावना बढ्छ। घात अन्तर्घातको राजनीतिले मान्यता पाउँछ। संसदिय व्यवस्थामा पार्टीको ह्वीप नमान्ने अनुशासनहिन जत्थाको मनाेबल बढ्छ। संगठन क्षतबिक्षत हुन्छ। माधव नेपाल समूहलाई जसरी हुन्छ पेलेरै जाने ओली रणनीति हो भने उनीहरुले बुझ्नुपर्छ एमालेलाई आजको स्थानमा पुर्याउने, बलियो लोकतान्त्रीक पार्टी बनाउन महत्वपुर्ण भुमिका खेल्ने अधिकांश नेताहरु ओलीले गुमाउनेछन्। यसले पनि अन्तत एमालेको संगठन कमजाेर हुदैजान्छ। जनताको बहुदलिय जनबाद हामीसँग, मनमोहनको लिगेशी हामीसँग, सुर्य हामीसँग, एमाले नाम हामीसँग भन्ने ओली पक्षिय अहमताले कार्यकर्ता र बिचारबाट बनेको पार्टीलाई कमजोर बनाउँछ।  किनभने नेतासँग कार्यकर्ता पनि समूहमा बाँडिएका छन्। उनीहरु बाँडिदाको बेफाइदा एमालेलाई नै हुन्छ। दुबै समूहका तमाम कमजोरीमाथि निर्मम समिक्षा गरी एक हुने आधार पहिल्याउन वार्ता भैरहेको र त्यसैका लागि स्थायी कमिटी बैठक स्थगित भैरहेका हो भने बरु बैठकलाई जति पछी धकेल्न सकिन्छ। तर ढिलोचाँडो एमालेभित्र नतिजा आउनेगरी छलफल हुनुपर्यो। नतिजा जस्तोसुकै होस् तर अब कि त फुट कि त एक भएको सन्देश जानेगरी नतिजा आउदाँ एमाले राजनीतिले एउटा धार समाउँछ।
सबै अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले सूचना जारी गर्दै सरकारी, निजी तथा सामुदायिक सबै अस्पताललाई बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो।
बङ्गलादेशले भारतसँगको सीमाना जुन १४ सम्म बन्द गर्ने ढाका । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो । शनिबार बङ्गलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई बिस्तार गर्ने भएको बताइएको छ ।सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दुमार्फत् हुने दुई थप स्थलमार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बन्द गरिएका सीमा बजारहरूमा चोदङ्गाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका बताइएको छ । सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहनेछन् । यद्यपि ती नाकाबाट सामान ओसारपसारका लागि भने कुनै अवरोध हुने छैन । नाका क्षेत्रमा सङ्क्रमण दर अझै नियन्त्रणउन्मुख नरहेको भन्दै अतिआवश्यक बाहेकका काममा सीमानामार्फत् यात्रुलाई आवत्जावत् गराउन निषेध गरिएको हो ।
न्युयोर्कद्वारा ‘विश्व सगरमाथा दिवस’ मनाउने घोषणा काठमाडौं । अबदेखि न्युयोर्कले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व सगरमाथा दिवस’ कार्यक्रममा न्युयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमारले यस्तो घोषणा गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विधानसभा सदस्य राजकुमारले आगामी वर्ष विश्व सगरमाथा दिवस न्युयोर्कको राजधानी आल्बनीको एसेम्ब्ली हलमा मनाउने बताएका छन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषणा गरेका हुन् । शनिबार(मे २९) का दिन गरिएको उक्त कार्यक्रमको शुरुमा दीप प्रज्वलन गरी हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड्–१९ का कारण ज्यान गुमाउनकाको चिर शान्तिको कामना गर्दै लामा गुरुहरुबाट पूजा प्रार्थना गरिएको थियो । कोभिड्–१९ का कारण ठूलो जमघट गर्न नमिल्ने र मातृभूमि नेपालमा हजारौं दाजुभाई दिदीबहिनीहरुले ज्यान गुमाईरहेको अवस्थाले गर्दा बढी तामझाम् गर्नु उपयुक्त नहुने भएकोले गत साल र यस सालको सगरमाथा दिवस ज्यादै सीमित अतिथिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । अतिथिको आसनबाट बोल्नु हुँदै जि पि के फाउन्डेशन अमेरिकन च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरी न्युयोर्क स्टेट् एसेम्ब्लीको निर्णय प्रति आभार प्रकट गर्दै यो दिवसको अस्तित्व मेटाउने गरी अन्य कुनै दिवस ल्याउन नहुनेसमेत बताए । रोटरी क्लबका सहायक गभर्नर नवराज केसीले सगरमाथा दिवस हामी सबैको गौरब भएको हुनाले यस दिवसको पहिचान जोगाउन सबैजना जागरुक हुनु पर्ने बताए । कार्यक्रममा न्युयोर्क काउन्सिल डिस्ट्रिक्ट–२५ का पूर्व चीफ् स्टाफ क्यारोलिन् ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले सगरमाथा दिवसको पक्षमा आ–आफ्नो भनाई राखेको थिए । ‘मे २९ भनेको नेपाल डे पनि होइन, नेपाल परेड डे पनि होइन’ भन्दै शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पाले सो दिन सगरमाथा दिवसको रुपमा स्थापित भैसकेको बताए । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले न्युयोर्क राज्यले मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णयको स्वागत गरे । र, उनले न्युयोर्क राज्य सरकार र यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए । प्रमुख अतिथि राजकुमारले क्लाईम्बर्स अध्यक्ष पासाङ् निमा शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुशन प्रमाणपत्र, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साईटेशन र प्रसंशा स्वरुप व्यक्तिगत साईटेशन गरी तीनवटा प्रमाणपत्र एकै पटक हस्तान्तरण गरेका थिए । सगरमाथा दिवस कार्यक्रममा करिब ४० जनाभन्दा बढी सगरमाथा आरोहीका साथै सगरमाथा आरोहणमा विभिन्न कृतिमान कायम गर्ने आरोहीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम संचालन संस्थाका महासचिव मिङ्मार लामाले गरेका थिए ।
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार वाशिङ्टन डिसी। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्। राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन्। पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएकाे बताए। राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए। अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए। साथै उनले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एण्ड भ्याक्सिन्स फर्मास्यूटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेको मासिंगालाई जानकारी गराएका थिए। राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताए। भेटमा उनले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्स अन्तर्गतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए। रासस
रणनीतिक र स्थानीय सडक ३३ हजार किलोमिटर पुग्दा कालोपत्र सडक १५ हजार किलोमिटर काठमाडौं। देशभर रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोटिर पुगेको छ। अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोमिटर पुगेको हो। जसमा कालोपत्रे १५ हजार ९७४ किलोमिटर, ग्राभेल ८ हजार ५८२ किलोमिटर र कच्ची सडक ८ हजार ९७२ किलोमिटर छ। २०७७ असारसम्म कालोपत्रे १५ हजार ४२४ किलोमिटर, ग्राभेल ८ हजार ६२२ किलोमिटर, कच्ची सडक ९ हजार १९८ किलोमिटर गरी ३३ हजार २४४ किलोमिटर निर्माण सम्पन्न भएको छ। २०७७ असारसम्म ३६५ किलोमिटर कच्ची सडक (नयाँ), ७६३ किलोमिटर ग्राभेल र ७२९ किलोमिटर कालोपत्रे सडक निर्माण भएको थियो । २०७७ फागुनसम्म २८४ किलोमिटर कच्ची सडक (नयाँ), ५०४ किलोमिटर ग्राभेल र ५५० किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ। यस्तै सडक विभागमार्फत् चालु आर्थिक वर्षको फागुनसम्म १२९ वटा पुल निर्माण सम्पन्न भएका छन्। २०७७ अससम्म २१० वटा नयाँ पुल निर्माण भएको थियो।
साउदीबाट ४२ हजार नेपाली फिर्ता काठमाडाैं। साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् । नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पीसीआर प्रयोगशालालाई प्रदेश सरकारबाट रु ५० लाख दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पीसीआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिए । यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पीसीआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ । प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।
निषेधाज्ञामा कडाई: संक्रमण नियन्त्रण कि आन्दोलनको डर? काठमाण्डौ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञाको अवधि बढाएर जेठ २१ गतेसम्म पुर्याएको छ। कोरोना संक्रमण दर क्रमश घटिरहेको अबस्थामा सरकारको यो निर्णयले संक्रमण नियन्त्रणमा ल्याउन अझ सहयोग पुग्ने अनुमान गरिएको छ। तथापी प्रमुख जिल्ला अधिकारी मार्फत सार्वजनिक गरिएका जानकारीहरुप्रति नागरिकले प्रश्न समेत गर्न थालेका छन्। निषेधाज्ञा शुरु गरिएको चारहप्तापछी संक्रमण बिस्तारै घट्ने क्रममा देखिन्छ भने गरिखाने बर्गको जनजीवन कष्टकर हुदै गइरहेको छ। निषेधाज्ञा कसरी सहज बनाउँदै लाने र प्रभावितहरुको दैनिकी कसरी सहज बनाउने भनेर सरकारी योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने बेलामा उल्टो कडाइले सरकारी कदमप्रति संसय पैदा गरेको छ। सरकार अहिले चौतर्फी आलोचना खेपीरहेको छ। सरकार काम चलाउ छ। अस्पतालमा पर्याप्त शैया छैनन्। भएका शैयाहरु पाउन पनि सर्वसाधारणले ठुला मान्छे वा नेता गुहार्नु पर्ने अवस्था छ। शैया पाइए अक्सिजन पाइन्न। अक्सिजन भेटिए आइसियु हुन्न। जटिल अबस्थाका बिरामीका लागि भेन्टिलेटरको उस्तै समस्या छ। ‍औपचारिक छलफल, वार्ता तथा पत्राचार गरिने बाहेक  खोप ल्याउन ठाेस पहल भएको प्रमाण भेटिदैन। खाेप कहिले आउला भन्ने आम नागरिक प्रश्नमा स्वास्थ्य मन्त्री कि त तर्किन्छन् कि टर्रो जवाफ दिन्छन्। यस्तो बेलामा नागरिकले आफ्नो ज्यान आफै जोगाउनुको विकल्प नहुदाँ बिना काम र कारण को निस्केला र सडकमा लुखुर लुखुर बरालिन? किनभने मानिसहरु अत्यन्त डराएका छन्। कोरोनासँग भन्दा पनि कोरोना लागेपछी उपचार नपाइ मरिएला भन्नेमा डर धेरै छ। यस्तो डर हुनु भनेकाे सरकारप्रति उनीहरुको विश्वास नहुनु हो। किनभने सरकारले विश्वसनीय काम गर्न पनि सकेको छैन। नागरिकमा सरकारप्रति भएको शंका मेटाउन सकेको छैन। नागरिक आफै सचेत भएका बेला र संक्रमण दर पनि घटिरहेका बेला निषेधाज्ञामा कडाई किन भैरहेकाे छ? आम मानिसमा त्राससँगै प्रशासनसँग प्रश्न पनि छन्। सर्बत्र आलोचित सरकारले आफ्नो बिरुद्धमा आन्दोलना होला, मानिसहरु सडकमा निस्केलान् भन्ने डरले त निषेधाज्ञा कडाइ गरेको हैन? यस्तो प्रश्न त्यत्तिकै उब्जेको पनि हैन। स्वास्थ्य संकटकालको कुरा पहिल्यैदेखि उठेको छ। निषेधाज्ञा लगाउन नागरिकले नै दबाव दिएका थिए। तर सरकारले शुरुमा सुनेन। फलस्वरुप निषेधाज्ञा लगाउने बेलासम्म आइपुग्दा धेरै ढिलो भैसकेको थियो र अहिलेको स्थिति आइलाग्यो। स्वास्थ्य संकटकाल लगाउने बिषयमा सरकार अहिलेपनि अनिर्णयको बन्दी नै छ। कोरोना संक्रमण नियन्त्रणका लागि कडा कानूनको माग पहिले पनि भएकै थियो। तर अहिले आएर सरकारले अध्यादेश ल्याएको छ। यो सबै एकैपटक किन भइरहेछ? किनभने सरकारको असफललता लुकाउन, सरकार बिरोधी गतिबिधि हुन नदिन र आफ्नो नालायकी ढाक्न सरकारलाई निषेधाज्ञा लगाउनु भन्दा सजिलो के होला र भन्ने नागरिक प्रश्नहरु केबल प्रश्नमात्र होलान् तर?
खोपले निर्धक्कसँग काम गर्न पाएको स्वास्थ्यकर्मीको अनुभव चितवन । कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका छन् । सङ्क्रमण निकै फैलिएको छ, सङ्क्रमित गम्भीर हुने सङ्ख्या पनि धेरै छ । पहिलो लहरको तुलनामा दोस्रो लहरको सङ्क्रमणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी लगायतका कमै सङ्क्रमित भएका छन् । दोस्रो लहरमा अहिलेसम्म अग्रमोर्चामा काम गर्ने जिल्लामा कसैले ज्यान गुमाउनु परेको छैन । जिल्लाको तथ्याङ्क केलाईरहनु भएका स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल हालसम्म दुई डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु नभएको बताउँछन् । उनको भनाइमा वैशाख यता ५ हजार ८४६ जना सङ्क्रमित भएका छन् । उनीहरु मध्ये टेलिफोन लाग्नेहरुलाई सोध्दा ९० प्रतिशत एक डोज भ्याक्सिन पनि नलगाएको रहेको उनले जानकारी दिए । १० प्रतिशतमा कार्यालयको जानकारीमा न्यून सङ्ख्यामा मात्रै दुई डोज लगाएका रहेको उनको भनाइ छ । जिल्लामा चैत ३१ पहिले स्वास्थ्यकर्मी ४९३ जना सङ्क्रमित भएका थिए । त्यस यता १५५ जना सङक्रमित भएका छन् । ती मध्ये केहीले भ्याक्सिन लगाएको भए पनि अन्यले लगाएका छैनन् । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको उनी बताउँछन् । कार्यालयका प्रमुख दिपक तिवारी हालसम्म डबल डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु भएको जानकारी नरहेको बताउँछन् । उनले भने, “दोस्रो डोज लगाएर १५ दिन कटेकालाई सङ्क्रमण भईहाले पनि अवस्था सामान्य नै छ ।” अग्रपंक्तिमा काम गर्नेहरुलाई भ्याक्सिनले बचाएको तिवारी बताउँछन् । उनले अगाडि भने, “दोस्रो डोज लगाएर १५ दिन कटेकाहरु अस्पताल भर्ना हुनु परेको छैन ।” अन्य कारणबाट अस्पताल भर्ना भए पनि कोभिडकै कारण अस्पताल भर्ना हुनु पर्ने अवस्था नआएको उनको भनाइ छ । पहिलेभन्दा अहिले सङ्क्रमित निकै गम्भीर बनेको भए पनि भ्याक्सिनकै कारण स्वास्थ्यकर्मी सुरक्षित रहन सकेको तिवारीको तर्क छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपाने अध्ययनले पनि दुई डोज लगाईसकेकाहरुको सङ्क्रमण दर निकै कम भएको बताउँछन् । उनले भने, “भ्याक्सिनकै कारण आज स्वास्थ्यकर्मी निर्धक्कसँग काम गरिरहेका छन् ।” भ्याक्सिन लगाएकाहरुको मनोबल उच्च रहेकाले अस्पताल व्यवस्थापनमा पनि सहज भएको न्यौपानेको भनाइ छ । पहिलेको तुलनामा सघन उपचार कक्षको क्षमता चार गुणभन्दा बढी बढाइएको छ । प्रत्यक्ष सङ्क्रमितहरुसँग काम गर्नुपर्ने स्वास्थ्यकर्मीको सङ्ख्या निकै बढी छ । भ्याक्सिनकै कारण सङ्क्रमितसँगै रहेर काम गर्दा समेत सुरक्षित हुन सकेको न्यौपाने बताउँछन् । उनले भने, “भ्याक्सिनले काम नगरेको भए अस्पताल व्यवस्थापन गर्न कठिन हुन्थ्यो ।” भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालहरुले क्षमता चार गुणभन्दा बढी थप्दा समेत स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सकेको बताउँछन् । पहिले स्वास्थ्यकर्मी निकै त्रसित हुने सङ्क्रमित वरपरसम्म पुग्न डराउने गरेको भन्दै उनले भने “अहिले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई प्रत्यक्ष छोएर उपचार गर्दा समेत बचेका छन् ।” दैनिक आफू काम गरेको अस्पतालमा सङ्क्रमितको मृत्यु भईरहँदा पनि स्वास्थ्यकर्मीले निर्धक्कसाथ काम गरिरहेको उनको तर्क छ । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको र हालसम्म यहाँ मृत्यु नभएका कारण स्वास्थ्यकर्मीमा मनोबल उच्च रहेको अधिकारी बताउँछन् । पहिलो लहरमा सङ्क्रमितहरुमा लक्षण कम र सामान्य अवस्थामा थिए, अहिले अधिकांश अस्पताल आउने गम्भीर रहेका छन् । तिनै गम्भीर सङ्क्रमितको बीचमा रहेर काम गर्दा समेत स्वास्थ्यकर्मीमा त्रास नभएको अधिकारीले जानकारी दिए । उनले भने “पहिलेकै अवस्थामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको भए उपचारमा समस्या आउँथ्यो ।” नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार तिलक रिमालका अनुसार भ्याक्सिन लगाएका पत्रकार कम सङक्रमित भएका छन् । वैशाख यता सङ्क्रमित ६ जना पत्रकार मध्ये ४ जनाले भ्याक्सिन लगाएका छैनन् । भ्याक्सिन लगाएका दुई जनालाई खासै समस्या नदेखिएको उनले जानकारी दिए । वैशाख अघि जिल्लाका १६ जना पत्रकार सङ्क्रमित भएका थिए । उनले भने, “चितवन अहिले हटस्पट बनिरहेको छ, पत्रकारहरु काममा हिड्नुहुन्छ, तर भ्याक्सिनले बचाएको छ ।” जिल्लामा पहिलो भ्याक्सिन २०७७ माघ १४ देखि २४ गतेसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वयंसेविका, कैदीबन्दी र बृद्धाश्रमका बृद्धबृद्धालाई लगाईएको थियो । त्यतिबेला ६ हजार ९७३ जनाले भ्याक्सिन लगाएकोमा ४ हजार ३९७ जना स्वास्थ्यकर्मी रहेका थिए । दोस्रो चरण गत फागुन २ देखि १० गतेसम्म स्थानीय तहका कर्मचारी, निजामती, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि लगायतलाई भ्याक्सिनन लगाइएको थियो । यो चरणमा ६ हजार ५२७ जनाले भ्याक्सिन लगाएकोमा ६३९ जना छुटेका स्वास्थ्यकर्मी रहेका थिए । तेस्रो पटक ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेबाट चैत २ गतेसम्म भ्याक्सिन लगाइएको थियो । त्यतिबेला ३६ हजार ३७९ जनाले भ्याक्सिन लगाएका छन् । पहिलो र दोस्रो चरणमा लगाएकाहरुलाई वैशाख ७ गतेदेखि १३ गतेसम्म दोस्रो डोज भ्याक्सिन लगाइएको थियो । ज्येष्ठ नागरिक बाहेक अन्यले दोस्रो डोज लगाइसकेका छन् । केही छुटेका बाहेक अन्यले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । छुटेकाहरुलाई पनि लगत सङ्कलन गरेर लगाइने तयारी गरिएको छ । जिल्लामा हालसम्म १२ हजार ८५६ जना सङक्रमित भएका छन् भने २०१ जनाको मृत्यु भएको छ । रासस
गायक रामकृष्णले जुटाए अमेरिकाबाटै नेपालीहरुको लागि १८ लाख रकम काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण महामारीको यस समयमा अमेरिकामा रहेका चर्चित गायक रामकृष्ण ढकाल भने नेपालीको लागि सहयोग जुटाउन लागि परेका छन् । सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेका ढकाल नेपालमा कोरोनाका कारण अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्री नपाएर अकालमा ज्यान गुमाएको पीडालाई मध्यनजर गर्दै नेपालीहरुको लागि सहयोग जुटाउन लागि परेका हुन् । नेपालमा निषेधाज्ञा घोषणा भएपछि अमेरिकामै बस्न बाध्य भएका चर्चित गायक रामकृष्ण ढकालले अमेरिकामै सहयोग संकलन अभियान थालेका छन् । उनले नेपालमा अक्सिजन लगायत अत्यावश्यक वस्तु खरिदका लागि संकलित १८ लाख रुपैयाँ रकम राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको एकाउन्टमा जम्मा गरिदिएका छन् । सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल नेपालमा निषेधाज्ञा लागू भएपछि उतै रोकिएका थिए । ढकालले फेसबुकमार्फत भनेका छन्, ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ ।’ ढकालको अनुरोधमा अमेरिकामा रहेका नेपाली तथा नेपालभाषी भुटानीहरुले आर्थिक सहयोग गरेका थिए । पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ डलर अर्थात १८ लाख रुपैयाँ वैज्ञानिक अभियान्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा हिमालयन बैंकको खाता ०१९०६३२२०६००१७ मा जम्मा गरिएको छ । ढकालका अनुसार अझै पनि धेरै व्यक्तिहरुले सहयोगको ईच्छा देखाएका छन् ।
महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव महेन्द्रनगर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ। कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो। अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन्। बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पु¥याउनुपर्ने अवस्था देखिएको छ। कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन्। सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शय्या छन्, ती सबै भरिएका छन्। महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताए। “अहिले छ शय्या छन्, ती सबै भरिएका छन्। गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ”, उनले भने, “डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ।” आइसीयूकक्षमा तत्काललाई १५ शय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताए। “बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ”, उनले भने, “तत्काललाई १५ शय्या थप्नुपर्ने छ ।” आइसीयू कक्षमा शय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन्। अस्पतालले आइसीयूमा शय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ। आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन्। त्यसअघि १३ भेन्टिलेटर आएका थिए। अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ । चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शय्याको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन्। “मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ । शय्या छन् । भेन्टिलेटर जडान हुन बाँकी छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भने, “जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।” एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उनको भनाइ छ।रासस
सिंगापुरबाट आएको १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका सिंगापुरबाट नेपाल शनिबार आइपुगेको १३ टनभन्दा बढी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । सो सामाग्री नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर ल्याइएको थियो । करिब तीन मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ)को ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हस्तान्तरण गरेका हुन् । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको जनाइएको छ । स्वास्थ्य सामग्रीहरुमा एक लाख २३ हजार बढी फोर्टिट्युड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको पाँच हजार बाकस, सिटोटेष्ट स्वाब किट्स २ लाख ५० हजार, २ म्यागेसी ३२ आएनए निकासी मेसिन, २५०० निकासी किट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरु र चार हजार बढी पल्स अक्सिमिटर रहेको जनाइएको छ । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । तामासेक फाउन्डेसन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वक्तव्य जारी गर्दै कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तरसँगै मिलेर काम गरिरहनु आवश्यक रहेको बताए । सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी, २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो । स्वास्थ्य सामग्री लिँदै मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा बु्रअरीबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरे ।
अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन दुतावास प्रयत्नशील छ : राजदूत डा. खतिवडा वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्। उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले आग्रह गरेको पनि बताए। नेपालीहरुको नेतृत्वमा रहेका दुई अमेरिकी संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका(बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को तेस्रो संयुक्त सम्मेलनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले नेपालको गम्भीर स्वास्थ्य संकटको अवस्थामा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगका लागि अमेरिकी सरकारसंग आग्रह गरिएको पनि उनले बताएका छन्। उनले अमेरिकी सरकार, यहाँका गैरसरकारी संघ संस्थाहरु र नेपाली समुदायसहित विश्व समुदायलाई समेत नेपालको स्वास्थ्य संकटमा सहयोगका लागि आह्वान गरिएको बताए । अमेरिकास्थित नेपाली दुतावास नेपाललाई सहयोग गर्न प्रयत्नरत सबैसँग मिलेर काम गरिरहेको र अन्य इच्छुक संघ संस्थासंग पनि सहकार्य गर्न इच्छुक रहेको बताउँदै अमेरिकी सहयोग नियोग युएसयुएआईडीले नेपाललाई उपलब्ध गराएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बीडीएका अध्यक्ष डा.लीलाराज दाहालले नेपालका लागि खोप र मेडिकल सामग्री तत्काल आवश्यक रहेको बताउँदै विकसित देशले विकाशील देशका लागि सहयोग गर्नुपर्ने भएकाले अमेरिकालगायतका विकशित देशहरुबाट नेपाललाई सहयोगका लागि आह्वान पनि गरे। उनले बीडीएमार्फत हालसम्म १० हजार पिन्ट रगत दान भइसकेको तथ्यांक प्रस्तुत गर्दै एक पिन्ट रगतले ३ जनाको जीवन बच्ने भएकाले हालसम्म कम्तिमा ३० हजार मानिसको जीबन बचाउन सफल भएकोमा बीडीएको नेतृत्वकर्ताको हिसावले गौरव अनुभूति भएको बताएका थिए। उद्घाटन समारोहमा सानकी अध्यक्ष मञ्जु संग्रौलाले यो महामारीको समयमा ५० भन्दा बढी वेभिनार गरी ५ हजारभन्दा बढी नर्स र अन्य स्वास्थ्यकर्मीहरुसंग अन्तक्र्रिय गर्न सफल भएको बताइन्। उनले महामारीको अत्यासलाग्दो अवस्थामा स्वस्थ्यकर्मीको मनोबल बढाउन सानले उल्लेखनीय भूमिका खेलेको जानकारी कार्यक्रममा दिएकी थिइन् । भुषण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारी,एनआरएनए, अमेरिकाका अध्यक्ष सुनील साह,एएनए अध्यक्ष विजयराज भट्टराई, डा.संजीव सापकोटा, डा. सन्तोष सापकोटा, राधा पौडेल, सानुवाबु प्रजापति, विनय अर्याल, सीपीए हरि शर्मा,अजय सत्याल, मनकुमारी राई जष्टिन लिष्ट्रट र जोन सेफर्डलगायतका बक्तहरुले बीडीए र सानको संयुक्त सम्मेलनको सफलताको कामना गरेका थिए। कार्यक्रममा रक्तदानमा उल्लेखनीय रेकर्ड कायम गरी रक्तदानलाई उत्प्रेरित गर्ने जोन सेफर्डसम्बन्धी एउटा डकुमेण्ट्रीसमेत देखाइएको थियो ।
स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको सहयोग काठमाडौं। स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ। विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। स्वीजरल्याण्डले करिव ८० लाख अमेरिकी डलर अर्थात ९४ करोड नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो। ल्याइएका स्वास्थ्य सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख ¥यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन्। राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन्।
प्रतिनिधिसभाकाे विघटनकाविरूद्ध विपक्षीहरू बैठक बस्दै काठमाडौं । प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ। विपक्षी नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले यसको विरोध गरेको छ। अबको रणनीति बनाउन विहान ११ बजे संसद भवनमा संयुक्त बैठक बस्न लागेको कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए । बैठकमा राष्ट्रिय जनमोर्चामा पनि सहभागी हुनेछ। कांग्रेस नेता रामचन्द्र पौडेलले केपी ओलीविरुद्ध एकजुट भएर लड्न विपक्षी गठबन्धन बलियो बनाउनुपर्ने बताएका छन् ।
अन्तत प्रतिनिधिसभा विघटन, मध्यराति राष्ट्रपतिबाट दुईचरणमा निर्वाचन घोषणा काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् । मध्यराति एक विज्ञप्ति जारी गर्दै मध्यरातमै बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा विघटनको घोषणा गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसीर ३ गते ३ गते गर्ने घोषणा भएको राष्ट्रपति कार्यालयद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।(हेर्नुहो् विज्ञप्ति) यसअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार, बहुमत सिद्ध गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि आह्वान भएकोमा प्रधानमन्त्री ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आआफूलाई प्रधानमन्त्री बनाइयोस् भनी दावी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले दुबैको दावीलाई मध्यराति नै खारेज गरेको विज्ञप्ति जारी गरेकी थिइन् । दुबै नेतालाई प्रधानमन्त्री बनाइयोस् भनी केही सांसदहरुले दुबैतिर हस्ताक्षर गरेको कुरा यसअघि विवादमा ल्याइएको थियो । राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर प्रमाणीकरण गरी वास्तविक हस्ताक्षर कुन नेताका लागि गरेको हो भन्ने बुझ्न सक्ने सम्भावना हुंदा हुंदै त्यसो नगरी दुबैको दावी खारेज गरिएको थियो ।
‘मलाई सरकार चलाउन मन नै छैन, म दिक्क भइसकें’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नै नभएको प्रस्ट पारेका छन् । सरकारलाई कसैले पनि समर्थन नगर्ने र साथ नदिने बरु दिनैपिच्छे असहयोग, बदनाम गर्ने प्रयास र चरित्रहत्याबाट आफू दिक्क भइसकेको उनले बताए । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा किन पदबाट राजीनामा नदिएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सरकार चलाउन मन नै नभएकोले वैकल्पिक सरकार गठनको लागि माग्र प्रशस्त गरिदिएको बताए । आफूलाई सरकार चलाउन मन भएको भए आफू विश्वासको मत लिन जाने बताउँदै प्रधानमन्त्रीले आफूलाई सरकार चलाउन मन नै नभएकोले आफूले विश्वासको मतको कर्मकाण्ड गर्न नचाहेको बताए । ‘मलाई सरकार चलाउन मन भएको भए विश्वासको मत लिन जान्थें, विश्वासको मत लिएर सरकार चलाउँथे तर मलाई सरकार चलाउन मन नै छेन त्यसैले विश्वासको मतको झमेला गर्नुभन्दा पहिले नै बाटो खोलिदिएको हुँ’ उनले भने । प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटन नै हुने संकेत गरे । उनले राष्ट्रपतिले गरेको आह्वानअनुसार आफू राष्ट्रपतिकहाँ संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बन्नको लागि विश्वासको मत लिन सक्ने आधारसहित जाने र प्रधानमन्त्री बन्नको लागि दावी पेश गर्ने प्रस्ट पारे । उनले आफू यसरी प्रधानमन्त्री बनिसकेपछि पनि विश्वासको मत नपाएमा संविधानअनुसार प्रतिनिधिसभा विघटन हुने र त्यसो भएमा आफूलाई दोष लगाउन नपाइने समेत बताए ।
प्रचण्ड र नेपाल बुढानिलकण्ठको बैठकबाट बाहिरिए काठमाठौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) देउवा निवासको विपक्षी दलहरुको बैठकबाट बाहिरिएका छन। राष्ट्रपतिले धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षीहरुको छलफल जारी छ। बैठकबाट बाहिरिँदै अध्यक्ष दाहालले धेरै विकल्पहरूमाथि छलफल भइरहेको र चाँडै टुंगोमा पुग्ने बताए। उनले भने ‘छलफल भयो, छलफल जारी छ। अहिले कुनै निर्णय भएको छैन। विकल्प धेरै छन्, त्यसमा छलफल भइरहेको छ।’ यस्तै त्यसभन्दा केही समय पहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पनि बैठक छोडेर बीचमै बाहिरिएका थिए। उनले भने बैठकबाट निस्किने क्रममा केही प्रतिक्रिया जनाएनन्। अरु दलका नेताहरु र कांग्रेस सभापति देउवा बीच भने आगामी रणनीति तय गर्न छलफल जारी छ।
अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग, दिउँसो २ बजे आइपुग्ने काठमाडौं । कोरोना महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिएको छ । अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ । तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ । उक्त जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ । अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ । गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी गराएका छन् । कोभिड–१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ । ‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड–१९ महामारीविरुद्ध लड्न दक्षिण एसियाली मुलुकलाई सहयोग गर्छ’ उनले भनेका छन् । त्यस्तै, ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपालमा बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।
शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर काठमाडाै। केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ। ‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ। करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए। यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उनले बताए। सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ। त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ। “अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, भोलि (शुक्रबार) बाट केही खुल्दै जानसक्छ, साँझ हामी अपडेट गर्ने नै छौँ”, श्रेष्ठले भने। उनका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको जानकारी दिए। ताउ–ते आज भारतको राजस्थान आसपासमा रहेको छ। त्यसको प्रभाव बुधबारभन्दा थप कमजोर छ र अहिले उत्तर पूर्वतिर अगाडि बढ्दै छ। नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत रहेकाले मौसममा बदलाब आइरहेको हो । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। काठमाडौँ उपत्यकामा पनि बुधबार साँझदेखि नै सिमसिम पानी परेको थियो । यो क्रम आज बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन। आज प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात÷वर्षा हुने अनुमान छ। विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ। शुक्रबार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको र राति प्रदेश नं १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतः सफा रहने विभागले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्म ताउतेबाट ठूलो क्षतिका घटना भने जानकारीमा नआएको बताए। उनले मौसममा बदली कायमै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिए। ताउतेले नेपालको हिमाली क्षेत्रलाई समेत प्रभावित बनाएको छ। गएको साता हिमाल आरोहणमा निस्किएका आरोही रोकिएका छन्। उनीहरु मौसम खुल्ने प्रतिक्षामा रहेका जनाइएको छ। सगरमाथा आरोपहीसमेत अनुकूल मौसमको प्रतिक्षामा रहेको जनाइएको छ । ताउतेले सबैभन्दा बढी असर भारतमा गरेको थियो। प्राप्त विवरणअनुसार यसले मध्य र पूर्वी भारत, बङ्गलादेशको उत्तरी भूभाग, नेपाल तथा भुटानमा समेत प्रभाव पारेको छ। शुरुमा अरब सागरबाट आएको उक्त चक्रबातले भारतको पश्चिम तटीय क्षेत्र महाराष्ट्र र गुजरातमा प्रभाव पारेको थियो। बुधबार विस्तारै उत्तर सर्ने क्रममा दिल्ली, उत्तरप्रदेश, विहार झारखण्ड पश्चिम बङ्गालमा बदली गरेको थियो। अहिले यो भारतको राजस्थानबाट उत्तरपूर्वतिर गइरहेको छ। प्राधिकरणका अनुसार पछिल्लो गत वैशाख १ देखि यही जेठ ५ गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा ४७४ विपद्जन्य घटना भएका छन्। उक्त घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन् भने १४२ जना घाइते भएका छन् । सबैभन्दा बढी चट्याङले २१ र आगलागीबाट सात जनाको मृत्यु भएको छ।
निगमका जहाजले भारतीयलाई साउदी लैजाने काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ। भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ। यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए। कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए। नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ। यसमा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन्। निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ। निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ। निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । कोभिड–१९ को महामारीको असहज अवस्थामा अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री र भारत तथा चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अतिआवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता गराउनु निगमका लागि महत्वपूर्ण जिम्मेवारी पनि हो। निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ। मे १५ मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी नेपाल ल्याइएको थियो। चीन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्धार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ । सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ, परराष्ट्र र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा कल साइन आरए ४१५३ उडानको जहाजबाट बिहान ८ बजे उडान गर्ने र कलसाइन आरए ४२५४ बाट सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्य सामग्री ल्याउनेछ। निगमको व्यावसायिक स्थायित्वका लागि वर्तमान परिप्रेक्ष्यमा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितको टोली सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको निर्देशक श्रेष्ठको भनाइ छ। उनका अनुसार निगम चीनको सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कलसाइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ। निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी चार जहाज अन्तरराष्ट्रिय उडानका लागि छन्।रासस
एनआरएनए दक्षिण अफ्रिकाद्वारा प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान काठमाडाैं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ। कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो। गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले सङ्कलन गरेको रु दुई लाख पाँच हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो। अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले बताए। एनआरएनए दक्षिण अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरी कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) गरी १० जिल्लालाई ४५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको पौडेलले बताए। यस अभियानमा एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाइमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिक्मत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एनसीसीका बन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली बस्याल, प्रभा बस्याललगायत क्रियाशील रहेका छन्। अक्सिजन सिलिण्डर ग्रहणपश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आफ्नै रोजगारी अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गरेकाेमा धन्यवाद ज्ञापन गरे।रासस
छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो। व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए। उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ। खोप जिल्ला आइपुगेको भन्दै उहाँले एक/दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताए। त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने छ। कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो। व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए। व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन्। व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ। यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ। अपिहिमालमा स्वास्थ्यकर्मीको घरैदलो सेवा अपिहिमाल गाउँपालिकामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका छन्। कोभिड सङ्क्रमित भएकाहरुको अवस्था बुझ्न तथा परामर्श सेवा र औषधि वितरण गर्न स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका हुन्। गाउँपालिकामा अहिलेसम्म देखिएका सङ्क्रमितमा कुनै प्रकारको समस्या भने देखिएको छैन। एकाएक जिल्लाकै विकट गाउँपालिकामा कोरोना फैलिएपछि गाउँपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले गाउँपालिकाका टोलटोलमा स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको थियो। पलिकाका ६ वटै वडाका टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले कोभिड–१९ का कारण आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने तथा औषधि वितरण गर्ने, लक्षण देखिएका बिरामीको विवरण सङ्कलन गरी औषधोपचार गर्ने, कोभिड–१९ बाट बच्ने उपायबारे जनचेतना जगाउने तथा प्रत्येक टोलमा कम्तीमा दुई दिनमा एकपटक पुग्नैपर्ने कार्यादेश दिइएको थियो। सोही अनुरूप अहिले गाउँपालिकाभरिका स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा व्यस्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए। स्वास्थ्यकर्मी घरघर पुग्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ। रुघाखोकी लागेर आत्तिएकामा पनि कोभिड सहजरूपमा जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको अपिहिमाल–३ का जवनी कार्कीले बताए। गाउँपालिकाले गाउँपालिकाअन्तर्गत स्वास्थ्य संयोजक धामीको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाएको छ। यस्तै वडा नं १ मा अहेव विक्रमसिंह लोथ्याल नेतृत्वमा तीन, वडा नं २ मा अहेव दिपेन मन्यालको नेतृत्वमा छ, वडा नं ३ मा अहेव रोहित ठेकरेको नेतृत्वमा तीन, वडा नं ४ मा अहेव हेल्थ असिस्टेन्ट गणेशराज जोशीको नेतृत्वमा आठ, वडा नं ५ मा अहेव महेशसिंह ठगुन्नाको नेतृत्वमा तीन, वडा नं ६ मा अहेव धनराज जोशीको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। यस्तै गाउँपालिकाको कोभिड अस्पताल सौगन्नामा स्टाफ नर्स आशा फगामी मगर र अनिशा ठेकरेलाई खटाएको छ। रासस
काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा बनेपा । काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ । दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी गरिएकामा आज राति १२ बजेबाट जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणका दर वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।
जेठ १ गते : विद्यार्थीहरुले आगो ओकलेको दिन जेठ १ गते अर्थात विद्यार्थी दिबस । विद्यार्थीहरुले आफ्नो अधिकारका लागि आगो ओकलेको दिन । पञ्च्याती सुन्ड मुसुन्डहरु झस्किने र तर्सिने गरी विद्यार्थी आन्दोलनको श्रीगणेश भएको दिन । शासकहरुलाई लगलग कपाउने गरी विद्यार्थीहरुले आफ्नो ताकत प्रदर्शनको घोषण गरेको दिन। महेन्द्रको फौजी शासनको सुर्केनी फुस्काउने उद्घोष गरेको दिन । समग्रमा भन्नुपर्दा जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले पञ्च्याती शासन ब्यबस्थाको छातीमा बिजयको झन्डा गाड्न जग हालेको दिन हो । शासकहरुलाई घुँडा टेकाएर आफ्नो अधिकारलाई स्थापित गराउन सफल भएको यस्तो ऎतिहासिक, गौरवशाली र अबिस्मरणीय क्षण भएकोले यस दिनलाई नेपाली विद्यार्थी आन्दोलनले अग्रजहरुको त्याग, समर्पण र संघर्षको स्मरण तथा सम्मानमा विद्यार्थी दिवसका रूपमा मनाउदै आइरहेको छ । मुलुकमा २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रद्वारा शाही कु मार्फत जननिर्वाचित सरकारलाई अपदस्त गरी निरंकुश पञ्च्याती ब्यबस्था थोपारिएको थियो। दलहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । जनता का प्रजातान्त्रिक हक अधिकारहरुमाथि निर्मम बन्देज थियो । तत्कालीन राजा महेन्द्रको फौजी शाही कु को विरुद्ध उभिएका कम्युनिस्ट र काङ्ग्रेसका कयौं नेताहरूलाई खोजीखोजी यातनापूर्ण जेल सजाय दिइरहेको थियो । नागरिक अधिकारको पक्षमा कानेखुसी गर्नेहरु समेत पञ्च्याती शासकहरुको व्यापक निगरानी ,नियन्त्रण र कठोर दमनको सिकार भैरहेका थिए । पञ्च्याती सरकारले बि स २०१८ मा राष्ट्रिय निर्देशन ऎन जारी गरी युवा ,विद्यार्थी ,बाल, किसान, महिला र मजदुर संघसंगठन बाहेक अन्य सम्पूर्ण संघसंगठनहरुमाथि प्रतिबन्ध लगाइएको थियो । मुलुकको राजनीतिक तथा अन्य परिस्थिति अत्यन्तै जटिल र भयावह थियो । यस्तो उकुसमुकुस र कहालीलाग्दो परिस्थितिमा ज्ञान, चेतना, आट, साहस , बिद्रोह र सिर्जनाको पर्याय विद्यार्थीहरुका सामु दुईवटा विकल्प थियो । या त निरंकुशता वा दासताको जुवा मुनि जबर्जस्त नारिन तयार हुने या त निरंकुशताको जुवा भाचेर राष्ट्रलाई पिंजडा मुक्त पार्ने । प्रजातन्त्र र नागरिक अधिकारप्रति प्रतिबद्ध नेपाली विद्यार्थीहरु बरु हजार पीडा ,यातना र दुःख सहन तयार हुने , आवश्यक पर्दा बरु मृत्युलाई नै स्वीकार गर्न खुसी हुने तर निरंकुश शासन ब्यवस्थाको हलि हुन कुनै हालतमा पनि तयार नहुने र यस्तो तानाशाही ब्यबस्थालाई कसैगरी पनि चकनाचुर पारी छाड्ने सङ्कल्प बोके । यही सिलसिलामा ढिलो नगरी विद्यार्थीहरुले आफ्ना शैक्षिक तथा सामूदायिक विषयहरुलाई आन्दोलनको मुद्दाका रूपमा अगाडि बढाए । रुप पक्षमा विद्यार्थी आन्दोलनको उद्देश्य शैक्षिक र सामूदायिक जस्तो देखिए पनि सारमा पञ्च्याती निरंकुश शासन सत्ताको महललाई गर्ल्यामगुर्लुम ढाल्नु नै थियो। यही गतिमा अगाडि बढिरहेको विद्यार्थी आन्दोलनले विद्यार्थीहरुलाई क्रमशः जागरुक र संगठित गर्दै जनस्तरमा समेत सकारात्मक सन्देश प्रबाह गर्न सफल भैरहेको थियो। आन्दोलनलाई अगाडि बढाउने क्रममा बि स २०२० साल बैशाख २३ गतेदेखि सम्पूर्ण कलेज तथा हाइस्कुलहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत माग राख्दै शैक्षिक संस्था हडताल शुरु गरे । आन्दोलन चलिरहेकै अबस्थामा बि स २०२० साल भदौ २० गते त्रिभुवन विश्वविद्यालयमा स्वबियुको निर्वाचन सम्पन्न भयो। यो नै स्वतन्त्र विद्यार्थी युनियनको इतिहासमा पहिलो निर्वाचन थियो । निर्वाचनमा जनार्दन प्रसाद आचार्यको नेतृत्वमा प्रगतिशील प्यानलले बिजय हासिल गर्‍यो । उक्त स्वबियुको आयोजनामा २०२० साल चैत ४ गते उपत्यकाका विभिन्न कलेजका १८ जना प्रतिनिधि सम्मिलित उपत्यका स्तरीय अन्तर कलेज सम्मेलन आयोजक समिति निर्माण गरियो । त्यसै आयोजक समितिको आयोजनामा बि स २०२१ बैशाख २५ देखि २९ गते सम्म उपत्यका स्तरीय अन्तर कलेज सम्मेलनको आयोजना भयो । सम्मेलनमा उपत्यकाका कलेजहरुबाट प्रतिनिधि र पर्यवेक्षक तथा उपत्यका बाहिरका कलेज र हाइस्कुलहरुबाट चाहिँ केहि पर्यवेक्षकहरुको ब्यबस्था गरिएको थियो ।पाँच दिनसम्म चलेको सम्मेलन सम्पूर्ण कलेजहरुको अलावा हाइस्कुलहरुमा पनि स्वबियुको स्थापना हुनपर्ने, गोरखा भर्ती केन्द्र तत्काल बन्द हुनुपर्ने, यातायात र अस्पतालहरुमा विद्यार्थीहरुलाइ छुट सुबिधा हुनुपर्ने, गाउँ बिकासमा सहयोग पुर्याउन विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरिसकेपछि गाउँ सेवा गर्न ‘गाउँ जाउँ’ अभियान संचालन गर्ने जस्ता महत्त्वपूर्ण समसामयिक प्रस्तावहरु पारित गर्दै सम्पन्न भयो। सम्मेलन सकिए लगत्तै साँझदेखि नै छापामार शैलीमा प्रहरीहरुले सम्मेलनमा सहभागी भएका प्रतिनिधि ,पर्यवेक्षक तथा सहभागीहरुलाई घर कोठा कोठामा छापा मारी व्यापक धरपकड र गिरफ्तार गर्न शुरु गर्‍यो । सम्मेलनका दस्तावेज लगायत सामाग्रीहरु समेत जफत गर्‍यो । विद्यार्थीहरुमाथि निकै ठूलो भय ,त्रास र आतंकको अबस्था सिर्जना गरियो । विद्यार्थीहरुमाथि पञ्च्याती शासकहरुले अत्यन्तै अमानवीय ब्यवहारसहित निर्मम दमन गर्‍यो । यसप्रकारको बर्बर दमन र अत्याचारका विरुद्ध आगोको फिलिङ्गो झै आक्रोशित भएका विद्यार्थीहरुले बि स २०२१ जेठ १ गरे त्रिचन्द्र क्याम्पसमा उपलब्ध अगुवाहरुको आपतकालीन बैठक बसी सोही दिनदेखि नै गिरफ्तार विद्यार्थीहरुलाई बिनासर्त रिहाई गर्नुपर्ने ,सम्पूर्ण शैक्षिक संस्थाहरुमा स्वबियुको स्थापना गरिनुपर्ने लगाएत मागहरु राखी सडक आन्दोलनको घोषण गरियो । जेठ १ गते पहिलो दिन काठमाडौमा १२०० भन्दा बढी विद्यार्थीहरु सरकार विरुद्धको हातमा मैनबत्ती बोकेर प्रदर्शनमा उपस्थित भएका थिए । आन्दोलन व्यापक सहभागितामा ८ दिन सम्म चल्यो। जनस्तरबाट समेत आन्दोलनप्रति समर्थन जुट्दै जान थालेपछि विद्यार्थी आन्दोलनबाट तर्सिएका पञ्च्याती शासकहरु विद्यार्थी आन्दोलनका सामु घुँडा टेकेर लम्पसार पर्न बाध्य भए। माग पूरा गराउन सहमत भए । गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीहरु ससम्मान रिहाइ भए । त्यति मात्रै होइन कलेज र हाइस्कुलहरुमा समेत स्वबियु खोल्न पाउने अधिकार प्राप्त भयो। सोही उपलब्धि पश्चात् कलेजहरुको अलावा बिद्यालयहरुमा पनि स्वबियुको निर्वाचन हुने प्रक्रिया अगाडि बढ्यो जुन २०४२ सालसम्म कायम रह्यो । त्यसपछि भने स्वबियुको निर्वाचन कलेजहरुमा मात्रै हुने परम्पराको थालनी भयो । यसरी जेठ १ मा विद्यार्थी आन्दोलनको घोषण भएको र उक्त आन्दोलनले विद्यार्थीहरु सामु पञ्च्याती सरकारलाई आत्मसमर्पण गर्न बाध्य तुल्याइ अभुतपूर्व उपलब्धि समेत हासिल गरेको हुनाले अनेरास्ववियु लगायत बिशेश गरी वामपंथी विद्यार्थी संगठनहरुले यस दिन (जेठ १)लाई विद्यार्थी दिवसको रुपमा विविध कार्यक्रमहरुका साथमा विशेष पर्वकै रूपमा मनाउदै आइरहेका छन् ।जुन आज पर्यन्त जारी छ र भोलि पनि रहिरहने छ। विद्यार्थी दिवसकै अबसर पारेर २०२२ साल जेठ १ गते सुजन खरेलको नेतृत्वमा अनेरास्ववियु को स्थापना भयो । यद्यपि केहि लेखकले भने अनेरास्ववियुको स्थापनाको मितिका बारेमा केहि फरक धारणा अर्थात २०२२ साल बैशाख ५ गते रहेको भनी उल्लेख गरेको देखिन्छ । तर अनेरास्ववियुसँग सम्बन्धित सम्पुर्ण दस्तावेज तथा लिखतहरुमा भने २०२२ साल जेठ १ नै अनेरास्ववियुको बास्तबिक स्थापना मिति भएको उल्लेख छ । पछिला वर्षहरुमा नियमित प्रशिक्षणको कमी, संगठनका पुस्तकहरुको स्वअध्ययनको अभाव र विद्यार्थी दिवसको सन्दर्भमा सस्थागत ढङ्गले देशब्यापी कार्यक्रम हुन नसकिरहेको कारण आन्दोलनमा नवसंगठित विद्यार्थीहरुको निकै ठूलो पङ्क्ती विद्यार्थी दिवस र यसको महत्त्वका बारेमा करिब करिब बेखबर नै रहेको देखिन्छ । यसैको कारण पञ्च्याती शासकहरुलाइ विद्यार्थी आन्दोलन सामु झुकाउन सफल भई र उपलब्धिहरु समेत हासिल गर्न सफल रहेको २०२१ साल जेठ १ गते को दिनलाई विद्यार्थी दिवसको रूपमा भन्दा पनि २०२२ साल जेठ १ गते अनेरास्ववियु स्थापना भएको दिनको रूपमा बुझिरहेको देखिन्छ ।सामाजिक संजालहरुमा समेत अनेरास्ववियुको यतिऔं स्थापना दिवस भनेर शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ । हुनत अनेरास्ववियुको स्थापना जेठ १ गते नै भएको भएता पनि अनेरास्ववियुको इतिहासमा जेठ १ गते लाई २०२१ जेठ १ को आन्दोलनको सफलताको सम्झना स्वरुप ‘विद्यार्थी दिवस’को रुपमा मनाउँदै आइरहेको इतिहास छ । यहि विद्यार्थी दिवसकै अवसरमा नै २०२२ साल जेठ १ गते अनेरास्ववियुको स्थापना भएको थियो । त्यसैले विद्यार्थी दिवस को रूपमा जेठ १ गतेलाइ सम्झिरहँदा अनेरास्ववियुको स्थापना दिन को सम्झना समेत स्वभाबिक रुपमै भैरहेको हुन्छ । विद्यार्थी आन्दोलनको यस महत्त्वपूर्ण र गौरवशाली अबसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु । लेखक बर्तौला अनेरास्ववियुका उपाध्यक्ष हुन्।
मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या मनाङ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ। उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए। “जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ”, लामिछानेले भने, “सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पु¥याउनुको विकल्प छैन।” समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमितलाई अस्पतालको पहुँचसम्म पु¥याउन समेत मुश्किल छ। स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि सम्पन्न भएका छैनन् । त्यसैले केही दिनअघि सङ्क्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो। प्रजिअ लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए। उनीहरूको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको प्रजिअ लामिछानेले बताए। उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। जिल्लावासीको स्वास्थ्यमा समस्या भएमा हेलिकप्टरबाट नै उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ। आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ। स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने प्रजिअ लामिछाने बताए। मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीसको अभाव छ । कोरोना सङ्क्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ। विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्दछ। जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा.प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष सञ्चालन गर्नसक्ने जनशक्ति समेत नभएको बताइन्। जनशक्तिको अभावका कारण सबै उपकरण सञ्चालनमा ल्याउन नसकिएको उनले बताइन्। “यहाँ आइपुगेका सामग्री समेत उपयोग गर्न सकेका छैनौं, के गर्नु कर्मचारी अभावले यी सामग्री चलाउने अवस्था छैन”,उनले भनिन्, “ठूलो मात्रामा सामग्री आइनपुगे पनि थोरै सामग्रीबाट पनि सेवा प्रवाह गर्न समस्या छ ।” मनाङका हुने खाने घरपरिवारका व्यक्ति मात्र अस्पतालको स्वास्थ्य पहुँचमा पुग्छन् । यहाँका विपन्न वर्गलाई अस्पतालको पहुँच सहज छैन। पहिलो चरणको कोभिडबाट यहाँ कम मानिसमा सङ्क्रमण देखिएपनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा सङक्रमण पुष्टि भएको छ । पहिलो चरणमा २० जना सङ्क्रमित भएकामा हालसम्म उक्त सङ्ख्याको दोब्बर सङ्क्रमित थपिइसकेका छन्। स्थलमार्गबाट मनाङका बिरामीलाई अस्पताल पु¥याउन सक्ने सहज अवस्था छैन । मनाङ जाने सबै सडक अहिलेसम्म कालोपत्रे भएका छैनन्। पूर्ण रुपमा कच्ची सडक छन्। कच्ची सडकबाट बिरामी वा जटिल प्रकारका कोरोना सङ्क्रमितलाई अस्पताल लैजादा बाटोमै ज्यान जान सक्ने बढी खतरा छ। सडक सञ्जाल सहज बनाउने उद्देश्यका साथ धेरै वर्षदेखि बजेट विनियोजन हुँदै पनि आएको छ । तर निर्माण कम्पनीले काम पूरा गर्न नसक्दा बिरामीलाई स्थलमार्गबाट अस्पताल पु¥याउन सहज नभएको हो । मनाङको सदरमुकाम चामेसम्म समेत स्थलमार्गको विकास हुन सकेको छैन भने अन्य क्षेत्रमा झन् समस्या छ । त्यसैमाथि मनाङका विभिन्न नदीमाथि बन्ने पुलका लागि वार्षिक रुपमा बजेट विनियोजन हुन्छ तर पुल निर्माणको काम पूरा हुँदैन । मनाङमा हिउँदमा हिउँ त वर्षायाममा पहिरोले पुल र सडक निर्माणको काम अगाडि बढ्न सक्ने अवस्था गाह्रो भएकोे निर्माण कम्पनीले बताउँदै आएको छ। जिल्ला अस्पताल मनाङमा उपचाररत बिरामीमा कोभिड पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ । बुधबारदेखि सिल गरिएको जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द छन् । अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको निमित्त प्रमुख डा.गौलीले जानकारी दिइन्। त्यस्तै जिल्लाका चार स्थानीय तहमध्ये दुई स्थानीय तहको सेवा समेत बन्द गरिएको छ । यी दुई पालिकाले बिहीबारबाट आफ्नो सेवा रोकेका हुन् । मङ्गलबार मनाङ ङिस्याङ गाउपालिकामा एक विदेशी नागरिक सहित २५ जना कोरोना सङ्क्रमित थपिएका थिए । चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएसँगै पालिका अन्तर्गतको स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह रोक्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ।रासस
कोरोना कहर: सरकारलाई सहयोग गर्नुपर्नेबेला आफै वेपत्ता छन् एनजीओ आइएनजीओहरु काठमाडौं। अहिले देशको अवस्था जटिल छ। देश कोरोना संकटको चपेटामा छ। संघ, प्रदेश केही हदसम्म लागे पनि स्थानीय तहहरु कम्मर कसेर महामारीको सामना गरीरहेका छन्। सरकारको यी प्रयासहरुलाई सफल पार्न केही सामाजिक अभियान्ता र उद्योगी व्यापारी पनि आफ्नो तर्फबाट सहयोगका हातहरु बढाइरहेका छन्। ताकि देशमा बढी भन्दा बढी मानिसको ज्यान बचाउन सकियोस्। यस्तो अवस्थामा नेपालमा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था (एनजिओ र आइएनजिओ)ले सहयोगको लागि आफै अग्रसरता देखाउनु पर्ने हो। तर, सरकारले उनीहरुलाई सहयोग गर्न सार्वजनिक अपिल गरे पनि सामाजिक कार्य गरेको दावी गर्ने कैयौँ एनजीओ र आइएनजीओ बिपतमा बेपत्ता भएका छन्। समाज कल्याण परिषद्मा मात्रै ५१ हजार ७ सय ७० गैरसरकारी (एनजीओ) र दुई सय ३० अन्तर्राष्ट्रिय गैरसरकारी (आइएनजिओ) गरेर जम्मा ५१ हजार ७ सय संस्था दर्ता छन। जसको मुख्य काम मानवीय सहयोग र सामाजिक हितका लागि काम गर्नु हो। यसका लागि उनीहरुले नेपाल सरकारको प्राथमिकता अनुसार सरकारको स्वीकृती र समन्वयमा काम गर्नुपर्छ। तर कोरोना संक्रमणले संकट निम्तिएपछी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसकारी सँघसंस्थाको भुमिका खुम्चिएको छ। यसको प्रमाण समाज कल्याण परिषदमा भेटन सकिन्छ। समाज कल्याण परिषदबाट कार्यक्रमको स्वीकृति गराउने संस्थाको संख्या घटेर अहिले करिव १५ सयको हाराहारीमा पुगेको छ। परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका समाजकल्याण परिषदमा आवद्द भएका बाँकी संस्था भने आबद्ध भए पनि खाली हात बसेका छन्। अक्सिजनको सिलिण्डरको अभावमा मान्छेहरु मृत्युवरण गरीरहेका छन्। असंगठित क्षेत्रका मजदुर, बेसहरा, असहायहरु भोक भोकै बस्न बिवस छन्। यदि यिनीहरूमध्ये आधा संस्था र संगठनले मात्रै महामारीको विरुद्ध कम्मर कसे भने पनि यस चुनौतीको सामना गर्न होस्टेमा हैसे हुन सक्थ्यो। तर, सामाजिक कार्यको ठेकेदारको रुपमा दावी गर्ने यी संस्थाहरु जसै महामारी आयो उसै बेपत्ता भएका छन्। छलफलमा छौँ, फास्ट ट्रयाकबाट सहयोग गर्ने बाटो खोल्नु पर्छ – (एआईएन) नेपाल सरकारबाट समयमै स्पष्ट निर्देशन नआएको र कार्यक्रम गर्दा प्रक्रियागत ढिलाई भएकाले पनि अहिलेको महामारीमा सोचेको जस्तो उपस्थिति नदेखिएको एशोसियसन अफ इन्टरनेशनल एनजिओज इन नेपाल (एआईएन) का अध्यक्ष अच्युत लुइँटेलले बताए। कार्यक्रमहरु स्वीकृत गराउन केही प्रत्रियागत झन्झट रहेकोले सोचेजस्तो केही गर्न सकिएकाे छैन। लुइँटेलका अनुसार स्वास्थ्य मन्त्रालयले सहयोग गर्न भने पनि अहिलेको महाविपत्तिको समयमा हामी अन्तराष्ट्रिय संस्थाहरुका लागि फास्ट ट्रयाकबाट सहयोग गर्ने बाटो खुला नभएकाेले सरकारले बाटो खोल्नु पर्ने बताए। ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुलाई त सहज छ। उनीहरुले काम पनि गरीरहेका छन्। पहिलो लहर भन्दा दोस्रो लहरमा अन्तराष्ट्रिय दातृ निकायबाट पनि राम्रो सहयोगको प्रतिबद्धता पनि भइरहेको छ। तर, स्पस्ट नीति अझै बन्न सकेको छैन। कुन कुन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने बारेमा हामी अहिले छलफलमै छौँ,’ उनले भने। अहिले छोटो समयमा अप्रत्यासित रुपमा महामारी भित्रिएको बताउँदै उनले भने ‘कुनै पनि संस्था विपत्ति आउँछ भनेर हातमा फण्ड लिएर तयारी अवस्थामा बस्दैनन्। भइरहेको कार्यक्रम छ भने हामी त्यसको निश्चित प्रतिशत रकम कोभिड रेस्पोन्समा खर्च गर्छौँ भनेर छलफल गर्नुपर्ने हुन्छ।’ ३ गुणा घट्यो बजेट यस्ता संस्थाहरुले खर्च गर्ने बजेट गत वर्षको तुलनामा ३ सय प्रतिशतले कमी आएको छ। चालू आर्थिक वर्षको ८ महिनामा एनजीओ र आइएनजिओले नेपाली जनताको हितमा १३ अर्ब रुपैयाँ खर्च गर्ने स्वीकृति लिएका छन्। तर, गत वर्षमा मात्रै यस्ता संस्थाहरुले ४० अर्ब बजेट स्वीकृत गराएका थिए। जसमा १८ अर्ब एनजीओ र १९ अर्ब आइएनजीओको हिस्सा थियो। महामारीको समयमा उनीहरुको उपस्थिति भने न्यून हुँदै गएको यसबाट पनि स्पस्ट हुन्छ। समाज कल्याण परिषद्ले भने स्वास्थ्यसँग सम्बन्धित संस्था र अरु विकासे संस्थालाई पनि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न निर्देशिका जारी गरिसकेको छ। उसले बजेट हेरेर ५ देखि २० प्रतिशतसम्म अनिवार्य स्वास्थ्य क्षेत्रमा खर्च गर्न निर्देशन दिएको छ। परिषदका सूचना अधिकारी भट्टराइका अनुसार अहिलेसम्म ८ वटा संस्था मात्रै सहयोगका लागि आएका छन। यस्तै ३ सय भन्दा बढी संस्थालाई के काम गरीरहेको छन् भनेर पत्र पठाइएको र जवाफ मागिएको उनले बताए। अहिले देखिने गरी काम नभएको स्वीकार्दै उनले छलफल भइरहेकोले अबको एक हप्ता भित्रमा रिजल्ट देखिनको गरी काम हुने बताए।
राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागू काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय कर्मचारीलाई आचारसंहिता लागू हुने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय र सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन र उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति र निर्वाचन पर्यवेक्षकलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने छ ।आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सहयोगका लागि आयोगले सबैसँग अनुरोध गरेको छ ।
चिकित्सक संघले घोषणा गर्‍यो रेड अलर्ट काठमाडों। कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील छ। दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघले अपिल गरेको छ।
टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन मध्यपुरथिमि । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडाँैंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । रासस
काठमाडौंसहित ६२ जिल्लामा निषेधाज्ञा जारी काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा अहिलेपनि कायमै छ। हालसम्म देशका ६२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४८ जिल्लामा पूर्ण र बाँकी जिल्लामा क्षेत्र निर्धारण गरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। संक्रमणको दर दिनहुँ बढिरहेकोले निषेधाज्ञामा थप कडाइ गरिएको छ । अत्यावश्यक पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म मात्र खोल्नका लागि अनुमति दिइएको छ । निषेधाज्ञाका अवधिमा तोकिएका समयमा मात्र खाद्य लगायतका अत्यावश्यक सामाग्री खरिद गर्न र अनावश्यक रुपमा हिडडुल र सवारी साधन समेत नचलाउन सरकारले आग्रह गरेको छ । राजधानी बाहेक देशका विभिन्न सहरी क्षेत्रमा ५०० बढी र पहाडका २०० बढी संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।
एनएसएल : विराटनगरलाई हराउँदै ललितपुर प्लेअफमा काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक एक गोल रह्यो । खेलमा ललितपुरका कप्तान अन्जन प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै डोना थापा चुनिए । उनले १० हजार प्राप्त गरे । जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।
पत्रकार महासंघको केन्द्रीय कार्यालय बन्यो अक्सिजनसहितको आइसोलेशन सेन्टर काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयलाई अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाइएको छ। महासंघका अध्यक्ष बिपुल पोखरेलले यसअघि नै आइसोलेशन सेन्टर बनाउने घोषणा गरेका थिए। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा महासंघको केन्द्रीय कार्यालयलाई आइसोलेशन सेन्टर बनाइएको हो। यो आइसोलेशन सेन्टर पत्रकारहरुका लागि तयार पारिएको हो। महासंघका अध्यक्ष पोखरेलले आइसोलेशन सेन्टर बनाउका लागि बिहीबार हाम्रो टिम अभियान र मेक्सिम इन्टरनेशनल ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले सहयोग गरेको बताएका छन्। उनका अनुसार देशभरका शाखाहरुले पनि आइसोलेशन सेन्टर, होल्डिंग सेन्टर बनाइरहेको बताएका छन्।
बरिष्ठ संगीतकार एवं गायक प्रधानको निधन काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा निधन भएको छ। छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। सिन्धुपाल्चोकको चौतारामा सन् १९३६ जुन ६ मा जन्म लिएका प्रधानले नेपाली गीतसंगीतमा दिएको योगदान उदारणीय र प्रशंशनीय छ। ‘तिमीलाई अचेल कहाँ भेटुँ, परिदेखि जुनकिरीले, माया नमार मायालु’लगायतका गीतहरु कालजयी छन्। नेपाली भाषामा मात्र नभएर नेपाल भाषामा पनि प्रधानले गीत गाएका छन्। राजमति कु मती लगायतका झण्डै ११ वटा गीतहरु चर्चित छन्। नेपालभाषामा पनि दख्खल राख्ने प्रधानले आफूले गाएका गीतमा मात्र नभएर अरुको गीतको लागि पनि संगीत गरेका छन्।
डीसीसीएमसी काभ्रेद्वारा आइसोलेसन केन्द्रको सुरक्षा जिम्मा सेनालाई बनेपा । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो। शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ। सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ।रासस
‘भारत र ब्राजिलले वैज्ञानिकको सल्लाह मानेनन्, अहिले त्यसैको फल भोग्दैछन्’ काठमाडौं। भारत र ब्राजिलले कोरोनाभाइरसका विषयमा वैज्ञानिकले दिएको सल्लाह मानेनन् त्यसैले यी देशमा कोरोनाभाइरसको दोस्रो लहर अत्यन्तै भयानक भयो । यदि वैज्ञानिकको सल्लाह मानेको भए कोरोनाभाइरसको दोस्रो खतरनाक लहरलाई नियन्त्रण गर्न सजिलो हुन्थ्यो । प्रसिद्ध वैज्ञानिक जर्नल नेचरले आफ्नो सम्पादकीयमा भारत र ब्राजिल सरकारले वैज्ञानिकको सल्लाह नमानेर कोरोना नियन्त्रणको लागि राम्रो अवसर गुमाएको बताएको छ । गत हप्ता भारतमा कोरोनाभाइरसबाट एकै दिन ४ लाखभन्दा धेरै संक्रमित भएका थिए । ३ हजार ५ सयभन्दा धेरै मानिसको एकै दिन मृत्यु भएको थियो ।नेचर जर्नलका अनुसार भारत र ब्राजिल एक अर्कासँग भौतिक रुपमा १५ हजार किलोमिटर टाढा छन् तर दुवै देशमा कोरोनाको विषयमा एउटै समस्या छ । दुवै देशका नेताहरुले वैज्ञानिकको सल्लाह मानेनन् र मान्ने अवस्थामा पनि ढिलो गरेर मात्रै माने । यही कारण दुवै देशमा हजारौं मानिसको अकालमा ज्यान गयो । ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले लगातार कोभिड–१९ लाई सानोतिनो फ्लु भनिरहे । उनले वैज्ञानिकको सल्लाहलाई बेवास्ता गरे । उनले वैज्ञानिकले बताएका तरिका पनि मानेनन् । ब्राजिलमा सरकारले जनतामा मास्क लगाउने र एक अर्कासँग भौतिक दूरी कायम गर्ने बाध्यतालाई ठिकसँग लागू गरेन । भारतमा सरकारले वैज्ञानिकको सल्लाह समयमा कार्यान्वयन गरेन । यही कारण देशमा कोरोनाको संक्रमण तीब्र रुपमा बढ्यो र हजारौंको ज्यान गयो । भारतमा हजारौंको संख्यामा मानिसहरु चुनाबी र धार्मिक कार्यक्रममा सहभागी भए । ठिक यस्तै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना वैज्ञानिकको कुरा मानेका थिएनन् । यही कारण अमेरिकामा ५ लाख ७० हजार मानिसको मृत्यु भएको थियो । विश्वमा कोरोनाको कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा नै भएको छ । भारतमा अघिल्लो वर्षको सेप्टेम्बरमा कोरोना केस उच्चतम स्तरमा थियो । त्यतिबेला दैनिक ९६ हजार जना संक्रमित भइरहेका थिए । त्यसपछि यस वर्षको मार्चमा दैनिक संक्रमणका केस कम भएर १२ हजारसम्म झरेका थिए । यो कमी देखेर भारत सरकार आत्मसन्तुष्ट भएको थियो । यस क्रममा सबै व्यवसाय फेरि खोलिए । मानिसहरुको भीड जम्मा हुन थाल्यो । मानिसहरुले मास्क र भौतिक दूरीको पालना गर्न कम गरिसकेका थिए । चुनाभी जुलुस, धर्ना, प्रदर्शन र धार्मिक कार्यक्रम आयोजना भइरहेका थिए । यो पूरै प्रक्रिया मार्चदेखि अप्रिलसम्म चल्यो । जसका कारण कोरोना केस अत्याधिक तीब्र गतिमा बढ्यो । भारतमा अर्को समस्या के पनि छ भने यहाँका वैज्ञानिकको कोभिड–१९ अनुसन्धानको डाटासम्म सहज पहुँच छैन । जसका कारण वैज्ञानिक सही भविष्यवाणी गर्न विफल हुन्छन् । वैज्ञानिकले कोरोनाको परीक्षण नतिजा र अस्पतालमा भइरहेका क्लिनिकल जाँचका सही र पर्याप्त परिणाम पाउँदैनन् । अर्को ठूलो समस्या देशमा ठूलो परिमाणमा जिनोम सिक्वेन्सिङ हुन नसक्नु पनि हो । देशका प्रमुख वैज्ञानिक सल्लाहकार कृष्णास्वामी विजयराघवनले देशमा रहेका चुनौतीको कुरा स्वीकार गरेका छन् । उनले कसरी सरकारभन्दा पृथक रहेर अनुसन्धान गरिरहेका वैज्ञानिकले डाटा पाउँछन् भन्ने पनि बताएका छन् । केही तथ्यांक अझै स्पष्ट हुन सकेका छैनन् । उनीहरुको जाँच चलिरहेको छ । २ वर्ष पहिले देशका १०० अर्थशास्त्री र तथ्यांकका रणनीतिकारहरुले मोदी सरकारलाई पत्र लेखेर तथ्यांकसम्म पहुँचको माग गरेका थिए । यो पत्र त्यतिबेला लेखिएको थियो जतिबेला राष्ट्रिय तथ्यांक आयोगका केही बरिष्ठ अधिकारीले राजीनामा दिएका थिए । जर्नलका अनुसार शोधकर्ता र सरकारबीच सधैं कठिन सम्बन्ध हुन्छ । तर, कोरोनाभाइरसको क्रममा यस्ता सम्बन्धले समस्या सृजना गर्न सक्छन् ।