content
stringlengths 31
27.4k
⌀ |
---|
पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्याः कार्की परिवारकै छिमेकी पक्राउ काठमाडौँ । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ । पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
लोकबहादुरको घर घटना भएको ठाउँबाट करिब १ सय ५० मिटरको दूरीमा पर्छ । प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।
आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्न एसपी भीम दाहालले बताए । “घटनाको प्रकृति र अध्ययनले आरोपीले भनेका कुराहरुलाई पनि पुष्टि गर्छ,” एसपी दाहालले भने,”आरोपीले हत्या गरेको शत प्रतिशत पुष्टि हुन्छ । हत्याको विविध पक्ष र कारणबारे आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी गराउँछौं ।”
गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
|
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा किशोरामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । |
प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरेका हुन्। राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए।
राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेरराणालगायत उनको निवासमा पुगेका थिए। राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए। गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाई शाहले बताए। स्व राणाका एक श्रीमती र एक छोरी छन्।
राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए। उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए। राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत भएका थिए। एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो।
राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए। नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहेका थिए। कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए।रासस |
८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ काठमाडौं । प्रहरीले ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बु रहेका छन् ।
लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
‘पशुपतिको जलहरीमा अनियमितता भएको छैन’ काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको छ ।
तर, पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरीमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ । नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरुको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ ।’
विज्ञप्तिमा जलहरीलगायत विविध विषयलाई लिएर पशुपति क्षेत्र विकास कोष तथा सम्बन्धित पदाधिकारीहरूको व्यक्तिगत मान मर्यादामा समेत आँच पुग्ने किसिमको तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गरेको प्रति कोषको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
|
अधिवेशन तालिका सारिएकोमा कांग्रेसका १२ युवा नेताको आपत्ति काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् ।
स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । ‘सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौ, ‘ विज्ञप्तिमा भनिएको छ ।
अधिवेशन प्रकृया सुरु भैसक्दा पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन नसकिने उनीहरूको धारणा छ । समानुपातिक प्रतिनिधित्वको माग गरिरहेका साथीहरूको मागमा आफूहरूको ऐक्यवद्धता रहेको उनीहरूले जनाएका छन्।
डा। चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवलगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।
यस्तो छ १२ जनाले निकालेको संयुक्त विज्ञप्ति
यतिबेला नेपाली कांग्रेस आफ्नो चोधौं महाधिवेशनको प्रक्रियामा सामेल छ । देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरू जारी छन् । तथापि काठमाण्डौ, मोरंगलगायतका १९ जिल्लाको आजसम्म पनि कृयाशिल सदस्यको सूची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन । यसले देशभर एकैपटक सुरुहुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत विभेद् भएको छ । पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन सुरु हुन नसक्नु साच्चै दुखद् पक्ष हो ।
यस्तै अधिवेशनका क्रममा अरु पनि घटनाक्रमहरू बिकसित हुन थालेका छन् । आज मात्रै अधिवेशन तालिका संशोधन गरि स्थानीय तहका अधिवेशन हरू पर सारिएको छ । यी सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ । यसै सन्दर्भमा निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि तपसिलका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं ।
१ .पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिवेशनको प्रकृया सुरु भैसक्दा पनि धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन सकिदैन । नेपाली कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ । यसको अबिलम्ब सम्बोधन होस् ।
२. डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया विपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरू खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाइएका कृयाशिल सदस्यहरूको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोज़िम कार्यसमितिको सम्मतिमा बिधिसम्मतजिल्ला अधिवेशन गराईनुपर्छ भन्ने हाम्रो आग्रह छ ।
३. देशभर अधिवेशनको प्रकृया शुरु भइसक्दा पनि केही जिल्लाको कृयाशिल सदस्यको सूची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पीडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको कृयाशिल सदस्यहरूको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।
४. यसैबीच पार्टीको केन्द्रीय निर्वाचन समितीका संयोजक श्री महादेव प्रसाद यादवले दिनु भएको राजिनामाले महाधिवेशनको जारी सम्पूर्ण प्रकृया नैं अबरुद्द हुने त होइन रु भन्ने संशय बढाएको छ।साथै उहाँले बिभिन्न संचार माध्यममा दिनुभएको अभिव्यक्तिले व्यक्तिको स्वतन्त्रता र मानव अधिकार माथि किन प्रहार हुदैछ भन्ने गम्भिर प्रश्न उठाएको छ।यसको तुरुन्त अन्त्य गरि महाधिवेशनको सुनिश्चितताको बिश्वसनियता कायम गरियोस् ।
५. उपरोक्त सबै घटनाक्रमहरू पार्टी नेतृत्वका घरेलु मामला होइनन्, नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरूका साझा मामला,चिन्ता र सरोकार हुन्।यी सबै बिषयहरू निरुपण गरि महाधिवेशन तर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस् ।
जय नेपाल ! |
ढुंगा–गिट्टी उत्खनन्बारे छुट्टै कानुन बनाउन सर्वोच्चको आदेश काठमाडौँ । संघीय सरकारले पछिल्लोपटक ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड– २०७७’ लागू गरेको छ ।
त्रिशुली र तादी नदीमा गैरकानुनी रूपमा क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सञ्चालन गरी नदीको पर्यावरणमा असर पुर्याएको भन्दै नुवाकोटका राजेन्द्र चित्रकारले तीमाथि प्रतिबन्ध लगाउन माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए । साढे तीन वर्ष पुरानो उक्त निवेदनमाथि फैसला गर्दै सर्वोच्च अदालतले ‘नदी र खोलामा बालुवा, रोडा, गिट्टी र ढुंगाको उत्खनन् गर्ने कार्य र त्यससँग सम्बन्धित बालुवा प्रशोधन र क्रसर उद्योगलाई नियमन गरी वातावरणीय संरक्षण गर्न’ भन्दै छुट्टै कानुन बनाउन आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘नदीजन्य वस्तुहरूको उत्खनन् कार्यलाई बढी व्यवस्थित र नियन्त्रित अवस्थाबाट संचालन गर्न, त्यसबाट वन जंगल, जमिन, पूल, कलभर्ट, राजमार्ग, जैविक वनस्पती, जीवजन्तुको बासस्थान, राष्ट्रिय सम्पदा र प्राकृतिक श्रोतको संरक्षण गर्न एउटा विशेष ऐन नै बनाउन उपयुक्त हुन्छ ।’
न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले गत चैतमा गरेको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो । न्यायाधीश भण्डारी हाल सेवानिवृत्त भइसकेका छन् ।
|
युवा संघको टर्च र्याली काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले ‘सरकार खोज्ने’ भन्दै गरेको टर्च र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।
युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह धामीको मृत्यु भएको घटना, अफगानिस्थानमा नेपाली अलपत्र परेको, नेपाली आकासमा विदेशी हेलिकप्टर घुमेको, एमसिसीलगायतको विरोधमा शुक्रबार बेलुकी प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीमाथि इट्टासमेत प्रहार गरेका थिए।
|
७५३ वटै पालिकामा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली काठमाडौँ — देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको सुरुवात भएको छ ।
महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार स्थानीय तहको भुक्तानी प्रणालीको सुरुवात गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुवात गर्दै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।
महालेखा नियन्त्रक अर्यालका अनुसार छिटो, छरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सूत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनका अनुसार यस प्रकारको प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्नेछ । सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने छ । चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो समेत हुने छ । यसले प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ । |
संखुवासभा सामूहिक हत्याः चार दिन बित्दा पनि खै अपराधी काठमाडौं । मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोली कुनै ‘क्लु’ फेला पार्न असफल भएको छ ।
विभिन्न चरणको अनुसन्धानमा खटिएको तालिमप्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अपराधीको सुराक पत्ता लगाउन असफल भएका हुन् ।
मादीमा भएको सामूहिक हत्या घटनामा संलग्न खोजीका लागि प्रहरीको पूर्ण शक्ति परिचालन भए पनि प्रहरीले कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले स्थानीयबासिन्दा र संचारकर्मीलाई अनुसन्धान सकारात्मकतर्फ उन्मुख भइरहेको मात्रै बताउँदै आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली अनुसन्धानमा छ । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीसमेत घटनास्थलमा पुगेका छन् ।
यति धेरै प्रहरी परिचालन गरिए पनि घटना भएको चार दिनसम्म अपराधी पक्राउ पर्न सकेका छैनन् । केही “क्लु”पत्ता लागेको प्रहरी स्रोतले बताए पनि अनुसन्धानमा खटिएका प्रहरीले भने केही खुलाएका छैनन् । हत्याको कारण र हत्यारा फेला नपर्नुले सर्वसाधारणमा त्रास देखिएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । |
भीरबाट लडेर एकको मृत्यु, एक घाइते काठमाण्डौं । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका ८ का महारुप विक रहेका छन्सो त्यस्तै सोही स्थानकै दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते भएका छन् । घाइते दुर्गको टाउको र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरीका अनुसार आफन्तको मलाम जाने क्रममा दुबै जना भीरबाट लडेका थिए। |
आमाको निधन भएको भोलिपल्ट आफ्नो जन्मदिन, अक्षय कुमारले यसरी पोखे पीडा काठमाडौं। आज ९ सेप्टेम्बर बलिउड स्टार अक्षय कुमारको जन्मदिन हो । अक्षय कुमारको जीवनमा यो खास दिन आउनुभन्दा ठिक एक दिन अघि हिजो मात्र उनको जीवनमा ठूलो घटना घट्यो । हिजो उनकी आमा अरुणा भाटियाको निधन भयो । अक्षयले आफ्नो जन्मदिनमा आमाको साथमा एउटा तस्वीर शेयर गरेर आमालाई सम्झिएका छन् ।
इन्स्टाग्राममा अक्षयले आमाको साथमा तस्वीर शेयर गर्दै लेखेका छन् ‘यस्तो तरिकाले कहिल्यै पनि चाहेको थिइन तर मलाई विश्वास छ कि उहाँ त्यहाँबाट मेरो लागि ह्याप्पी बर्थडेको गीत गाउँदै हुनुहुन्छ होला । तपाइँहरु सबैको समवेदना र शुभकामनाको लागि आभार । जीवन चलिरहन्छ ।’ अक्षय कुमारको यो पोस्टमा सेलिब्रेटी र फ्यानहरु सबैले कमेन्ट गरेका छन् ।
A post shared by Akshay Kumar (@akshaykumar)
हिजो अक्षयले आमाको निधनको जानकारी पनि सामाजिक संजालबाटै दिएका थिए । उनले लेखेका थिए ‘उहाँ मेरो अहम हिस्सा हुनुहुन्थ्यो । आज मलाई असहनीय पीडा भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज यो संसारबाट विदा लिनुभयो । उहाँ अर्को संसारमा मेरा पितासँग फेरि भेट्नुभएको छ । म तपाइँको सहानुभूतिको सम्मान गर्छु किनकि म र मेरो परिवार अहिले निकै कठिन अवस्थामा छ । ओम शान्ति ।’ |
यस्ता छन् सरकारले एमसीसीलाई पठाएका प्रश्नका जवाफ (पूर्णपाठ)
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारलाई जवाफी पत्र पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।
गत शुक्रबार अर्थ मन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि नेपाल र अमेरिकन सरकारबीच एमसीसीबारे नै पत्र आदानप्रदान भएको हो ।
२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्नेरनगर्नेबारे नेपालका दलहरु विभाजित छन् ।
मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे नेपाल सरकारबाट प्राप्त एकिकृत स्पष्टीकरण प्रश्नहरूमा मिलेनियम च्यालेन्ज कर्पोरेसनका जवाफहरू:
१ अनुदान, सहयोग, उपहार आदिमा लिने दिनेका बीच सर्तनामा हुँदैन । त्यस्तो दान, उपहार, सहयोग, अनुदानको दुरुपयोग नहोस् भन्ने दाताको मनशाय मात्र हुन्छ । कतिपय घोषित वा अघोषित उद्देश्यहरु समय काल परिवेशले स्पष्ट हुन्छ । MCC सँग सम्झौताको पछाडि नितान्त निःस्वार्थ सहयोग रहेको थियो भन्ने आधार के छ ?
एमसीसीको जवाफ: एमसीसीको उद्देश्य आर्थिक बृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु हो । नेपालमा एमसीसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तिब्र गतिमा सुधार गर्नु रहेको छ । एमसीसी नेपाल कम्प्याक्ट, नेपाल सरकारले नै देशको आर्थिक बृद्धिका लागि महत्वपूर्ण ठहराई चयन गरेका विद्युत् प्रसारण र सडक मर्मतसम्भार परियोजनाहरू सम्पन्न गर्नका निम्ति नेपाललाई उपलब्ध गराएको अनुदान हो। नेपाल सरकार सँग सहमति गरेर एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका सर्त तथा मापदण्डहरू अन्य देशसँगका एमसीसी कम्प्याक्टमा समाविष्ट सर्त तथा मापदण्ड अनुरूप नै छन् र कम्प्याक्ट परियोजनाहरू पाँच वर्षको समयसीमा भित्र नै उच्च प्राविधिक तथा वातावरणीय मापदण्डबमोजिम सम्पन्न हुन् र अनुदान कोषको दुरुपयोग नहोस् भन्ने सुनिश्चित गर्नका निम्ति आवश्यक छन्। कम्प्याक्टका सर्तहरूको उल्लङ्घन हुनेगरी अनुदान रकमको दुरूपयोग नभएमा यो रकम फिर्ता गर्नुपर्दैन ।
२ नेपाललाई अनुदान दिने सम्वन्धमा बनाएको थ्रेसहोल्डमा २२ वटा आधार तोकिएको छ । नेपाल ग्रोथ डाइग्नोटिक’ रिर्पोटमा थ्रेसहोल्डमा तोकिएका आधार नेपालको आर्थिक विकासमा प्रायः सबै अवरोध भएको निस्कर्ष निकालिएको छ । प्रायः ७५ प्रतिशत भन्दाबढी थ्रेसहोल्ड पार गरेकालाई प्रदान गर्ने आधार बनाएको देखिन्छ तर नेपालको हकमा ५० प्रतिशत पनि पुरा भएका छैनन् अनुदान दिने देशहरुको नीतिगत वर्गीकरण गरेको देखिन्छ । नेपाल प्राथमिकतामा पर्नुको कारण सैन्य रणनिति अन्तरगत होइन भन्ने आधार के छ ?
एमसीसीको जवाफः प्रथमतः एमसीसीलाई लागु हुने अमेरिकी कानुन (मिलेनिएम च्यालेन्ज ऐन २००३) ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ; यस कानुनी बन्देजका बारेमा कम्प्याक्ट स्पष्ट छ । तसर्थ, यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन । दोस्रो, कम्प्याक्टका लागि योग्य ठहऱ्याई साझेदार चयन गर्ने एमसीसीको प्रक्रिया वैधानिक रूपमा निर्धारित मापदण्डहरूमा आधारित छ जसमा सैन्य पक्ष समावेश हुँदैन । एमसीसीको संचालक समितिबाट कुनैपनि देश छनौटका लागि योग्य हुन (१) विश्व बैङ्कद्वारा न्यून आय वा न्यून-मध्यम आय भएको देशको रूपमा वर्गीकृत भएको हुनुपर्छ र (२) न्यायसंगत र लोकतान्त्रिक शासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सुचकाङ्कको स्कोरकार्डमा उतीर्ण हुनुपर्दछ। यी आधारहरू एमसीसीले प्रत्येक वर्ष सार्वजनिक रूपमा उपलब्ध हुने गरि प्रकाशित गर्ने निम्न प्रतिवेदनहरूमा उल्लेखित हुन्छन् र सबै देशहरूका लागि समान रूपमा लागु हुन्छन्: सम्भावित देश सम्बन्धि प्रतिवेदन (Candidate Country Report) र छनौट मापदण्ड तथा विधि प्रतिवेदन (Selection Criteria and Methodology Report) । एमसीसीको वार्षिक सुचकाङ्कको स्कोरकार्डमा नेपालको लगातार उच्च नतिजा प्रदर्शन र लोकतान्त्रिक शासनप्रतिको निरन्तर प्रतिबद्धतालाई कदर गर्दै एमसीसीसँग कम्प्याक्ट कार्यक्रम विकास गर्न योग्य देशका रूपमा डिसेम्बर २०१४ मा नेपाललाई छनौट गरिएको हो । एमसीसीको देश छनौट प्रक्रिया तथा यस अनुदानका लागि नेपालको योग्यतासम्बन्धी पूर्ण जानकारी एमसीसीको वेबसाइट www.mcc.gov/who-we-select मा उपलब्ध छ ।
३ एमसीसीसँग सम्झौता नेपालको आफ्नो आवश्यकता र नेपालकै मागबमोजिम भएको हो ? विस्तृत शान्ति सम्झौतापछि नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि नेपालको विकास निर्माणमा देखिएका समस्याहरूको अध्ययन गर्न नेपाल सरकारले अर्थ मन्त्रालयको संयोजनमा Nepal Growth Diagnostic कार्यदल बनाएकोमा चिरन्जीवि नेपालको संयोजकत्वमा १० जनाको टीम बन्यो । त्यसलाई सहयोग गर्न संयुक्त राज्य अमेरिकाको तर्फबाट Lead Agency भनी एमसीसीका बाड्ले कनिङघमको नेतृत्वमा एमसीसी र युएसएडका ९ जना प्रतिनिधि रहेको टोलीले अध्ययनको नेतृत्व प्रदान गर्ने भनिएको छ। त्यसले २०१४ मे मा रिपोर्ट प्रकाशित गरेको छ। सो रिपोर्टको आधारमा अमेरिकी टोलीको प्राथमिकतामा आयोजनाको छनौट गर्न लगाइएको प्रष्ट देखिन्छ। वास्तविकता के हो ?
एमसीसीको जवाफः एमसीसी नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले निजी क्षेत्र र नागरिक समाजसँगको परामर्शमा नेपालको आर्थिक वृद्धिका निम्ति महत्त्वपूर्ण ठहयाई नेपाल सरकारद्वारा नै छनौट गरिएका हुन् । परियोजना छनौटको नेतृत्व गरेको नेपाल सरकारको टोलीलाई एमसीसीले संयोजन गरेको अमेरिकी सरकारी कर्मचारीको टोलीले सहयोग गरेको थियो। नेपालको आफ्नै प्रसारण लाइन गरूयोजना २०१५ को दस्ताबेजले पहिचान गरेको तथा पछि प्रसारण लाइन विकास योजना २०१७ ले समेत आवश्यकताका रूपमा पुन: पुष्टि गरेको प्रसारण लाइनहरूलाई नै एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका थिए। नेपालको विकासमा उक्त परियोजनाको महत्त्वलाई स्वीकार गर्दै एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण परियोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्यो ।
४ अमेरिकाले दिने नेपालले लिने सामान्य प्रकारको अनुदानलाई “अन्तर्राष्ट्रिय सम्झौता” भन्नुपर्ने आवश्यकता किन पर्यो ? नेपालको संविधान र कानूनबमोजिम कुनै पनि मुलुकसँग राष्ट्रिय हितमा सन्धि सम्झौता गर्न हामी स्वतन्त्र छौं । त्यसलाई अधीनस्थ गर्न अन्तर्राष्ट्रिय सम्झौता भनी एमसीसी सम्झौतामा समावेश गरी नेपालको संविधान र कानूनलाई कमजोर पार्न खोजेको देखिन्छ। सम्झौताको दफा नं. ७.१ अनुसार त्यो होइन भन्ने आधार के छ ?
एमसीसीको जवाफ: नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन्। अन्य देशमा एमसीसीको अनुभवको आधारमा, कम्प्याक्टको कार्यान्वयन कुनै ढिलाईबिना अघि बढ्न सकोस् भन्ने सुनिश्चित गर्नका निम्ति कम्प्याक्टको हैसियत एक अन्तर्राष्ट्रिय सम्झौतासरह हुनु महत्त्वपूर्ण हुन्छ, जुनकुरा कम्प्याक्टको सीमित पाँच वर्षे कार्यान्वयन अवधिको परिप्रेक्ष्यमा पनि विशेष रूपमा महत्त्वपूर्ण छ। व्यवहारिक तवरमा कम्प्याक्टलाई अन्तर्राष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानिय कानुनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुन अनुसार अगाडि बढ्ने भन्ने हुन्छ। त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनहरु कम्प्याक्टमा भएका आपसी सहमतिका सर्तहरू र नेपालको संविधानबमोजिम कार्यान्वयन हुन्छन् । उल्लेखनीय छ, नेपाल सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत एमसीसी नेपाल कम्प्याक्टका दफा ७.१ लगायत सबै प्रावधानहरूको समीक्षा गरी कम्प्याक्टका प्रावधानहरू नेपालको कानुनसँग बाझिएका छैनन् भन्ने निष्कर्ष निकालेको छ ।
५. कैयन् विकास निर्माण तथा लगानीसम्बन्धी सम्झौताहरू संसदीय अनुमोदनका लागि आवश्यक देखिएनन् । यो सम्झौतालाई संसदीय अनुमोदन किन आवश्यक पर्यो ? संसदीय अनुमोदनपछि सम्झौता कानून बन्छ। यसमा उल्लेखित सबै शर्तहरू कानून बन्छन् । त्यो कानून रहेसम्म एमसीसीले नेपालमा सन्धि सम्झौता, आर्थिक लगानी, विकासको मोडेल, राजकीय मामिला प्रभाव पार्ने काममा नियन्त्रण राखी राख्न वैधानिक हक राख्दछ। आयोजना रहेसम्म (दफा ५.५) बमोजिम नियन्त्रणमा राखिरहन संसदीय अनुमोदन गराउने प्रस्ताव राखिएको त होइन ?
एमसीसीको जवाफः प्रश्न ४ को उत्तरमा प्रष्ट पारिएजस्तै, सबै एमसीसी कम्प्याक्टहरू अन्तर्राष्ट्रिय सम्झौता हुन् । कम्प्याक्ट विकासको क्रममा एमसीसीले प्रत्येक साझेदार सरकारलाई आन्तरिक कानुनसँग नबाझिने गरी कम्प्याक्टले अन्तर्राष्ट्रिय सम्झौताको हैसियत प्राप्त गर्न सम्बन्धित देशको आन्तरिक कानुन अनुसार के आवश्यक पर्दछ भनि सोध्ने गर्दछ । नेपालको सन्दर्भमा नेपाल सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत कम्प्याक्ट अन्तर्राष्ट्रिय सम्झौता हुनका लागि नेपालको कानुनअनुसार संसदीय अनुमोदन आवश्यक छ भन्ने निष्कर्ष निकालेको थियो।
६ सम्झौताको संसदीय अनुमोदन भए पछि सम्झौताका अंश वा क्रियान्वयन सम्झौता वा परियोजनामा हुने संशोधनलाई संसदीय अनुमोदन किन आवश्यक नपर्ने हो ? सम्झौताका अन्तरवस्तुलाई आफ्नो मनोमानीपूर्वक हेरफेर गरेर लागू गर्न, दबाब सृष्टि गर्न यस्तो प्रावधानलाई कानूनी हैसियत दिन खोजिएको हो। यसको मुख्य कारण हो भू-मण्डलीय राजनीति र द्वन्द्वमा नेपालको रणनैतिक अवस्थिति र त्यसको प्रयोगको मनशाय होइन भनेर कसरी विश्वस्त हुन सकिन्छ ?
एमसीसीको जवाफः एमसीसी नेपाल कम्प्याक्ट, एमसीसी र नेपाल सरकारका अन्य निकाय लगायत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसहितको बृहत् छलफलपश्चात् सन् २०१७ को सेप्टेम्बर (२०७४ भदौ) मा सम्पन्न भएको हो । कम्प्याक्टको दफा ६.२ (ख) ले सीमित परिस्थितिहरूमा कम्प्याक्टको अनुसुचिका केही पक्षहरू आपसी सहमतिमा परिमार्जन गर्ने सकिने
व्यवस्था गरेको छ, जुन कुरा परियोजनाका बदलिँदा वास्तविकता तथा परिस्थिति प्रतिबिम्बित गर्न समय समयमा आवश्यक पर्न सक्छन् । दफा ६.२ (ग) ले किटानीसाथ त्यस्ता कुनै परिमार्जन संशोधन होइनन् र तिनको संसदीय अनुमोदन आवश्यक नहुने भन्ने व्यवस्था गरेको छ । संशोधनहरू ती परिवर्तन हुन् जसले यस कम्प्याक्ट सम्झौताका मुख्य अंशमा प्रभाव पार्छन् वा रकम विनियोजन, कार्यान्वयन ढाँचा, अनुगमन तथा मूल्याङ्कन ढाँचा अथवा कर मिनाहाका प्रावधानहरूमा हेरफेर गर्छन् । हस्ताक्षर सम्पन्न भईसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन ।
७ एमसीसी हिन्द प्रशान्त रणनीति (आइपीएस) को मातहत रहेको भन्ने कुरा सम्झौतामा कतै लेखिएको छैन । के एमसीसी आइपीएस को मातहत छ त ? यो विषय एमसीसीसँगको सम्झौतामा लेखिएको छैन । तर यो अमेरिकाको भूमण्डलीय राजनीतिमा अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको प्रमुख अङ्ग बनेको छ । सन् २००१ पछि अमेरिकी सहायता तथा लगानीमा अमेरिकी सुरक्षालाई प्रधानता दिएर अमेरिकी रक्षा मन्त्रालयको मातहत गर्ने गरिएको तथ्य हो। आइपीएस को मातहत एमसीसी भन्ने सम्बन्धमा सन् २०१९ मे १ को Indo Pacific Strategy मा नै उल्लेख छ भने अमेरिकी अधिकारीहरूले नेपालमै आएर भनेका पनि छन् । त्यसैले एमसीसी आइपीएसको मातहत होइन भनेर कसरी भन्न सकिन्छ?
एमसीसीको जवाफः होइन, एमसीसी नेपाल कम्प्याक्ट हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । अमेरिका र नेपाल बीचको बलियो सम्बन्ध हिन्द-प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो ।
८ के नेपाल आइपीएसको सदस्य वा त्यसमा सदस्य भएको छ वा सदस्य हुन मिल्छ ? नेपालको संविधान, कानून तथा नेपालको परराष्ट्र नीतिले आइपीएसको जे उद्देश्य रहेको छ, त्यसअनुसार त्यसमा सहभागी हुन मिल्दैन । हाम्रो अन्तर्राष्ट्रिय समन्वय पञ्चशील सिद्धान्तका आधारमा असंलग्न परराष्ट्र नीति भएकाले कुनै पनि गुट, गठबन्धन (सैनिक वा गैरसैनिक) मा सामेल हुन मिल्दैन। आइपीएसको मुख्य उद्देश्य नै “आतंकवाद विरुद्ध” को सैनिक एवं गैरसैनिक गठबन्धन हो। आइपीएसमा सामेल राष्ट्रहरूमा संयुक्त सैनिक गतिविधि हतियारको मजबुतीकरण गर्ने नीति रहेको छ। सन् २०१८ डिसेम्बरमा नेपाल आइपीएसमा सामेल भएको कुरा Indo Pacific Strategy Report June 2001 को पृष्ठ ३८ मा उल्लेख छ। त्यसैगरि संयुक्त सैनिक अभ्यासबारे पटकपटक अमेरिकी सैनिक अधिकारी र नेपाली सेनाका अधिकारीहरूसँग छलफल भएको व्यहोरा उक्त रिपोर्टको पृष्ठ ३६ मा उल्लेख छ। त्यसैले यो के हो ?
एमसीसीको जवाफः एमसीसी नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबिचका सम्झौता हुन् । हिन्द-प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहन्छ ।
९ एमसीसी सन् २००४ मा बनेको तर आइपीएस सन् २०१७ मा बनेको कसरी मातहत हुन सम्भव छ ? पहिलो कुरा त सन् २००१ पछि अमेरिकाले सहायता रणनीतिलाई पुरानो अनुसार नभई अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिअन्तर्गत रहेर मात्र सञ्चालन गर्ने नीति लियो भने सन् २०१७ पछि हिन्द प्रशान्त क्षेत्र सैनिक तथा गैरसैनिक गठबन्धन मजबुत गर्ने र एमसीसीलगायतका सहायता परिचालन आइपीएस मातहत गर्ने कुरा सन् २०१७ को National Security Strategy Report June 2019, National Security Strategy December 2017, Indo Pacific Report November 2019 मा उल्लेख छ। यसले यो सम्झौता आइपीएस अन्तर्गत नै छ भन्न सकिँदैन र? यस सम्बन्धमा अमेरिका, जापान, भारत र अष्ट्रेलिया मिलेर बनेको क्वाड (QUAD – Quadrilateral Security Dialogue) “चतुर्भुज सुरक्षा सम्वाद” को बैठकका निर्णय सार्वजनिक भएका छन्।
एमसीसीको जवाफ: एमसीसीको स्थापना सन् २००४ मा कानुनी शासन, जनतामाथि लगानी, र आर्थिक स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्यप्रति कटिबद्ध देशहरूको आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरणमा केन्द्रित रहने गरि भएको हो । एमसीसी नेपाल कम्प्याक्ट हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन, न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा नै हो ।
१० एमसीसी कम्प्याक्टपछि गरिएका सम्झौताहरू किन सर्वजनिक नभएका हुन् ? मूल सम्झौतामा अन्य सम्झौता गर्नसक्ने छुट दिइएको छ, जसलाई जनप्रतिनिधि संस्थामा ल्याउनै नपर्ने गरी सीधै कार्यान्वयनमा जाने अख्तियारी प्रदान गरिएको छ। मूल सम्झौतामै विवादित प्रावधानहरू राखिंदा ती उपसम्झौता वा पत्राचारहरू निर्विवादित हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ? उदाहरणका लागि २९ सेप्टेम्बर २०१९ मा अर्थमन्त्री युवराज खतिवडा र एमसीसीका भाइस प्रेसिडेन्ट एथोनी बेल्चले Implementation Agreement गरेका छन्। त्यो सार्वजनिक छैन । त्यसमा मूल सम्झौतामा नभएको MCA (Millennium Challenge Account) गठनका लागि नेपाल सरकारले गठन आदेश अनुरूप गठन गर्ने, तर त्यसलाई सरकारले हस्तक्षेप गर्न नसक्ने स्वाशासित संरचनाको रूपमा खडा गरिएको छ। एमसीसीको अनुमति बिना थपघट, निर्देशन, खटनपटन गर्न नपाइने र साथै एमसीएले आफ्नो प्रतिवेदन एमसीसीलाई दिने व्यवस्था गरिएको छ। त्यस्ता सम्झौताहरू सार्वजनिक नगरिनुको कारण एमसीसीका स्वार्थ प्रेरित अनुचित प्रावधान छन् भनेर शङ्का गर्न मिल्दैन र?
एमसीसीको जवाफः कम्प्याक्टका कार्यक्रम निर्देशित गर्ने प्राथमिक दस्ताबेज कम्प्याक्ट सम्झौता हो र एमसीसी तथा नेपाल सरकार बीच हुने कुनै सहायक सम्झौता कम्प्याक्टसँग बाझिन सक्दैन । उत्तरदायी निकायको रूपमा एमसीए-नेपाललाई स्थापना गरिने प्रावधान वास्तवमा कम्प्याक्टमा नै गरिएको छ र नेपाल सरकारले सन् २०१८ मा एमसीए-नेपालको स्थापना गरेको थियो। (एमसीसी साझेदार देशहरूले अनुदान कार्यक्रमको निगरानी, व्यवस्थापन र कार्यान्वयन गर्न कार्यान्वयन निकायको स्थापना गर्छन् – जुन कुरा लाभग्राहि देशको कार्यक्रम स्वामित्वप्रति एमसीसीको प्रतिवद्धता हो।) एमसीए-नेपालको संचालन नेपाली सरकारी अधिकारीहरू तथा नेपालको निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वका सदस्यहरू सम्मिलित संचालक समितिबाट हुन्छ । सन् २०१९ सेप्टेम्बर २९ मा हस्ताक्षर गरिएको कार्यक्रम कार्यान्वयन सम्झौता हस्ताक्षर भएको मितिदेखि नै एमसीए-नेपालको वेबसाइट (www.mcanp.org) लगायतमा सार्वजनिक रूपमा उपलब्ध छ ।
११ सम्झौतामा भएका दफावार विवादित विषयहरू के के छन् र तिनलाई कसरी प्रष्ट पार्नुपर्छ?
(क) सम्झौताको दफा २.८ अनुसार विदेशीस्तरको पारिश्रमिक सुविधा प्राप्त गर्ने आयोजनामा काम गर्ने कसैलाई पनि कुनै पनि प्रकारको करबाट मुक्त गर्नु कति न्यायोचित मान्न सकिन्छ ? यस्तै प्रकारको सुविधा अन्य मुलुकमा नेपालीले पाउन सक्छन् ? यस्तो व्यवस्थाले राज्यको कानून व्यवस्थालाई कमजोर बनाउँदैन र?
एमसीसीको जवाफः अनुदानको ५० करोड अमेरीकी डलर रकम नेपाली जनताको हितमा परियोजनाहरूको कार्यान्वयन गर्नका लागि उपलब्ध गराउन कम्प्याक्टको करछुट सम्बन्धी प्रावधानले सुनिश्चित गर्दछ। सो प्रावधान नेपाल सरकारले गरेको अन्य सम्झौतामा रहेको कर सम्बन्धी व्यवस्था अनुरुप नै छ र यो प्रावधान नेपालको करसम्बन्धी कानुन बमोजिम छ भन्ने हाम्रो बुझाइ रहेको छ ।
(ख) सम्झौताको ३.१ (च) मा सम्झौता अनुसार आयोजना नेपालमा सञ्चालन हुने, २६ प्रतिशत लगानी नेपालको पनि हुने तर त्यसबाट प्राप्त हुने बौद्धिक ज्ञान (Intellectual Property) सम्पूर्ण रूपमा एमसीसीको हुने कुराले नेपालको सम्प्रभुतामा आँच पुयाउँदैन र? यस्तो सुविधाबाट नेपालले आफ्नो देशको भौगोलिक वातावरण भूगर्वीय ज्ञान तथा अनुसन्धानबाट निकाल्ने निष्कर्ष र प्याटेन्ट राइट समेत गुमाउन पुग्छ, यस्तो हुनु हितकर र न्यायोचित हुन्छ र?
एमसीसीको जवाफ: कम्प्याक्ट कार्यक्रमका सम्बन्धमा सिर्जित भएको सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहन्छ। यस्तो बौद्धिक सम्पत्तिमा एमसीसीको कुनै पनि स्वामित्वको हक हुँदैन।
(ग) सम्झौताको दफा ३.७ मा आयोजनाको सम्पूर्ण अभिलेखको सक्कल एमसीसीलाई बुझाउनु पर्ने प्रावधान देशको आन्तरिक सुरक्षा व्यवस्था तथा गोपनीयता प्रतिकूल हुँदैन? प्रतिकूल हुने मात्र होइन, देशभित्रकै प्राविधिक विज्ञहरू पनि अपमानित हुने अवस्था आउँदैन र?
एमसीसीको जवाफः दफा ३.७ को उद्देश्य नेपाल सरकारले परियोजना सम्बन्धी सम्पूर्ण अभिलेख तथा दस्ताबेज अद्यावाधिक राख्नका लागि यथासम्भव प्रयास र सहमति भएबमोजिमका मापदण्डहरू प्रयोग गर्नेछ भन्ने कुरा सुनिश्चित गर्नका साथै अनुदानको दुरूपयोग नहोस् भन्ने सुनिश्चितता गर्नु पनि हो। लेखापरिक्षणको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप कम्प्याक्टले एमसीसीलाई परिक्षणका निम्ति त्यस्ता दस्ताबेज प्राप्त गर्ने हक दिएको छ ।
(घ) सम्झौताको दफा ३.८ मा आयोजनाको लेखापरीक्षण अमेरिकी वा अमेरिकाबाट मान्यता प्राप्त लेखापरीक्षण संस्थाले गरेको कार्यलाई मात्र मान्यता दिदा नेपालको महालेखा परीक्षकको अस्तित्व र वैधतामाथि प्रश्न उठाउनु अमान्य गर्नु कति उचित हुन्छ? यसले राज्यको अस्तित्व र राज्यको संरचनालाई नै अमान्य गरेको ठहर्दैन र? यही प्रक्रिया हुवहु लागु गरेमा लेखापरिक्षण गर्न पाउने अधिकारवाट राज्य नै वञ्चित हुँदैन र ?
एमसीसीको जवाफः दफा ३.८ को अर्थ त्यो होइन । दफा ३.८ ले किटानीका साथ नेपालको महालेखापरीक्षकको कार्यालयले एमसीए-नेपालको लेखा परीक्षण गर्न सक्दछ भनेको छ र वास्तवमा त्यसरि नै लेखापरिक्षण भइरहेको पनि छ।
(ङ) सम्झौताको दफ ५.१ (क) मा एमसीसीले नेपाल सरकारलाई ३० दिन दिनको पूर्व सूचना दिई वित्तीय व्यवस्था अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ। यसले आयोजनाको काममा बीचमै छोड्दा समग्रतामा नराम्रो असर पर्दछ। कुनैबेला कारणै नदेखाई वा एमसीसीलाई मन नलागेको बेला योजना अधुरो अवस्थामा छोड्नाले नेपाल पक्षबाट राखिने पूरक पूँजी खर्च भैसक्दा अर्थ व्यवस्थामा चाप पर्ने र कार्यक्रम अलपत्र पर्ने सम्भावना हुँदैन र?
एमसीसीको जवाफः सार्वभौम राष्ट्रका हैसियतले नेपाल सरकार र अमेरिकी सरकारका तर्फबाट एमसीसी दुवैसँग एकपक्षिय रूपमा ३० दिनको सूचना दिएर कम्प्याक्टको अन्त्य गर्नसक्ने अधिकार छ। यद्यपि, दुवै पक्षहरूको आशय कम्प्याक्टको अवधिभित्र परियोजना कार्यान्वयन सम्पन्न गरी नेपाली जनतालाई बढि फाईदा उपलब्ध गराउनु नै हो। सामान्यतया कम्प्याक्टको निलम्बन वा अन्त्य, कू (coup d’état), बाह्यआक्रमण, वा जनता विरुद्ध उल्लेख्य राजनीतिक हिंसाजस्ता ठूला राजनीतिक उथलपुथलका घटनाका कारणले मात्र भएको छ ।
(च) दफा ५.१(ख) अनुसार कुनै परिस्थिति सिर्जनाको बहानामा एमसीसीले समग्र आयोजना नै अलपत्र पारिदिन सक्दैन र?
एमसीसीको जवाफः सार्वभौम राष्ट्रका हैसियतले नेपाल सरकार र अमेरिकी सरकारका तर्फबाट एमसीसी दुवैसँग एकपक्षिय रूपमा ३० दिनको सूचना दिएर कम्प्याक्टको अन्त्य गर्नसक्ने अधिकार छ। एमसीसीको आशय नेपाल सरकारसँगको सहकार्यमा कम्प्याक्टको अवधिभित्र परियोजना कार्यान्वयन सम्पन्न गरी नेपाली जनतालाई बढि फाईदा उपलब्ध गराउनु हो। सामान्यतया कम्प्याक्टको निलम्बन वा अन्त्य, कू (coup d’état), बाह्यआक्रमण, वा जनताविरुद्ध उल्लेख्य राजनीतिक हिंसाजस्ता ठूला राजनीतिक उथलपुथलका घटनाका कारणले मात्र भएको छ ।
(छ) हरेक मुलुकले संविधान र कानूनको मातहतमा रहेर सन्धि सम्झौता गरेको हुन्छ। आफ्नै संविधान, कानून तथा नीति भन्दा बाहिर गएर सम्झौता गर्न मिल्दैन । सम्झौता गरिने मुलुकको भविष्यमा बन्ने नीति र कानून समेतबाट बन्धक बन्ने गरी सम्झौता गर्दा अन्य कुनै मुलुकसँग सम्झौता गरेर सहयोग एवं लगानीका निम्ति त्यस्तो सम्झौता तगारो बन्दछ। यस्तो अवस्थामा दफा ५.१ (ख) ३ मा अमेरिकाको वर्तमानमा भएको कानून र भविष्यमा बन्ने नीतिको उल्लङ्घन भएमा सम्झौता अन्त्य गर्ने भन्ने प्रावधानले नेपालको आफ्नो अस्तित्व, सार्वभौम अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रभुता माथि आँच आएको देखिदैन?
एमसीसीको जवाफ: अमेरिकाका कानुन वा नीतिको उल्लङ्घन गर्ने कुनै पनि कार्यका लागि एमसीसीको अनुदान प्रयोग गर्न पाइँदैन भन्ने कुरामा दफा ५.१(ख)(३) ले जोड दिएको छ । उक्त दफाको उद्देश्य एमसीसी अनुदानको उपयोगको सन्दर्भमा सिमित गर्नु मात्रै हो तर एमसीसी बाहेकका अन्य सहायताको हकमा नेपाल सरकारको सार्वभौमिकतामाथि कुनै वाध्यता वा सीमितता सो दफाले सिर्जना गर्दैन । एमसीसी नेपाल कम्प्याक्टले अन्य कुनै मुलुकसँग सहायता वा लगानी सम्बन्धी सम्झौता गर्ने नेपालको सार्वभौम हकलाई असर वा सीमित गर्दैन । यस बाहेक, सार्वभौम राष्ट्रका हैसियतले नेपाल सरकार र अमेरिकी सरकारका तर्फबाट एमसीसी दुवैसँग एकपक्षिय रूपमा ३० दिनको सूचना दिएर सम्झौता अन्त्य गर्नसक्ने अधिकार छ ।
(ज) दफा ५.३ (क) अनुसार आफैमा शर्तहरू अनुचित एवं राष्ट्रिय सार्वभौमिकता विपरीत रहेका छन्। सम्झौताको शर्त विपरीत कार्य भएमा “खर्च भएको रकम व्याजसहित डलरमा फिर्ता गर्नुपर्ने” भन्ने प्रावधान राखिएको छ, तर शर्त विपरीत भए नभएको ठहर कसरी र कसले गर्ने भन्नेमा कसरी स्पष्ट हुन सकिन्छ?
एमसीसीको जवाफः कम्प्याक्ट आपसी वार्ता पश्चात् सहमति गरि हस्ताक्षर गरिएको दस्ताबेज हो । अनुदानको कुनै पनि सम्भावित दुरुपयोग वा कुनै उल्लङ्घनको निर्धारण कम्प्याक्टका सर्तहरू तथा लेखापरीक्षक जस्ता स्वतन्त्र तेस्रो पक्षको परिक्षणबाट प्राप्त हुने तथ्यमा आधारित हुनेछ ।
(झ) एमसीसीको मूल सम्झौतामा कुनै ट्रिब्यूनलको व्यवस्था छैन । सम्झौता अनुकूल भए नभएको निर्णय एमसीसी आफैले गर्दछ। हामीले हाम्रो राष्ट्रिय हितलाई हेरेर अमेरिकाको सम्बन्ध राम्रो नभएको अर्को कुनै मुलुकसँग कुनै सम्झौता गर्दा त्यसलाई एमसीसीसँग गरिएको सम्झौता विपरीतको सम्झौता भन्न सकिन्छ कि सकिदैन? उदाहरणका लागि अमेरिकाले चीनलाई Revisionist Power, रुसलाई Revitalized Malign Actor (पुनरुत्थानवादी दुष्ट), उत्तर कोरियालाई Rogue State (बदमाश राज्य) भन्ने गरेको छ। उनीहरूसँगको सम्बन्ध र लगानीका सम्बन्धलाई सम्झौता विपरीतको स्प्रीटको रहेको भन्ने आरोप लाग्ने गरी यसै सम्झौताको दफा ६.३ (ख) मा समेत उल्लेख छ । यसलाई कसरी व्याख्या गर्न सकिन्छ?
एमसीसीको जवाफः दफा ६.३(ख) ले कम्प्याक्ट र कार्यक्रमका सम्बन्धमा पक्षहरूबीच भएका अन्य कुनै सम्झौता बाझिएमा कम्प्याक्ट लागु हुने व्यवस्था गरेको छ । यसको तात्पर्य एमसीसी र नेपाल सरकारबीच कम्प्याक्ट कार्यान्वयनका सम्बन्धमा भएका सम्झौताहरूका हकमा मात्र सो प्रावधान लागु हुन्छ भन्ने हो। यसले नेपाल सरकार र अन्य मुलुक वा निकायबीचका सम्झौतालाई कुनै असर गर्दैन । अन्य दातृनिकाय तथा मुलुकहरूसँग नेपालको सम्बन्ध र सम्झौताहरू छन् भन्ने कुरा एमसीसीलाई अवगत छ। ती सबै सम्बन्ध तथा सम्झौता एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र छन् ।
(ञ) सम्झौताको दफा ५.५ अनुसार परियोजना जीवित रहेसम्म एमसीसी रहिरहन्छ। सम्झौताको दफा २.७, २.८, ३.२ (च), ३.७, ३.८, ५.२, ५.४ तथा ६.४ अनुसार ५ वर्षपछि पनि एमसीसी कायम रहने व्यवस्था छ । त्यसैले एमसीसी फर्कने खास अवधि कहिले हो ?
एमसीसीको जवाफ: कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयनको अवधि पाँच वर्षको हुन्छ र त्यसको शुरुवात कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको मितिदेखि हुन्छ । पाँच वर्षको कम्प्याक्ट कार्यान्वयन अवधिपछि नेपालमा एमसीसीको उपस्थिति समाप्त हुन्छ । अनुदानको प्रभावकारिता, लेखापरिक्षण, र उद्देश्य प्राप्तिको मूल्याङ्कन जस्ता क्षेत्रसँग सम्बन्धित केहि व्यवस्थाहरू पाँच वर्षको कम्प्याक्टको अवधिपछि पनि कायम रहन्छन् । उदाहरणका लागि परियोजनाहरूको सफलताको मूल्याङ्कन र कम्प्याक्टको अनुदान सम्बन्धी प्रतिवेदन तयार गर्नका लागि पाँच वर्षको कार्यान्वयन अवधिपछि एमसीसीले नेपाल सरकारसँग सहकार्य गर्नेछ। यद्यपि, पाँच वर्षको कार्यान्वयन अवधिपछि भौतिक रूपमा नेपालमा एमसीसीको कार्यालय रहने छैन ।
(ट) सम्झौता संशोधन तथा परिमार्जन हुन सक्ने नसक्ने तथा त्यस्तो अवस्थामा संसदमा अनुमोदन आवश्यक पर्ने नपर्ने के हो ? सम्झौतामा मूल सम्झौताका शर्तहरू परिमार्जन हुने व्यवस्था कतै छैन ।मूल सम्झौता संशोधन गर्न नसकिने भन्ने भनाई अमेरिकी अधिकारीहरूका भनाई सार्वजनिक भैसकेका छन्। दफा ६.२(ग) मा कार्यक्रम संशोधन तथा परिमार्जन हुनसक्ने तर अनुमोदनका लागि संसदमा ल्याउनु नपर्ने भन्ने छ, परिमार्जन एमसीसी आफैले गर्छ, यसले मूल सम्झौताको प्रावधान संसदको जानकारीबिना नै संशोधन हुँदैनन् र?
एमसीसीको जवाफः एमसीसी र नेपाल सरकारबीच बृहत् छलफल पछि सेप्टेम्बर २०१७ (२०७४ भदौ) मा एमसीसी नेपाल कम्प्याक्टमा हस्ताक्षर भएको हो । एमसीसी नेपाल कम्प्याक्टलाई अहिले आएर संशोधन गर्न सकिँदैन। प्रश्न ६ को सन्दर्भमा एमसीसीले दिएको जवाफमा संशोधन तथा परिमार्जनसम्बन्धी थप जानकारी दिइएको छ ।
(ठ) सम्झौताको दफा ६.३ (ख) अनुसार “अन्य कुनै सम्झौता बाझिएमा वा परस्पर असंगत भएमा प्रस्तुत सम्झौता लागू हुनेछ” भन्ने व्यहोराले यसअघि कसैसँग गरिएका सम्झौताहरू तथा भविष्यमा गरिने सम्झौतालाई समेत निषेध गर्न खोजेको देखिनेछ। खासगरी चीनसँग बीआरआई अनुसार गरिएका सम्झौता र सहमति कार्यान्वयन हुन नदिनेतर्फ यो दबाब हो कि भन्ने देखिन्छ। एमसीसीसँग गरिएको सम्झौताले अन्य मुलुकसँग गरिने सम्झौता के असर गर्छ प्रष्ट पार्नुपर्ने देखिन्छ।
एमसीसीको जवाफ: एमसीसी नेपाल कम्प्याक्टले नेपाल सरकार र अन्य दातृनिकाय वा मुलुक बीचका सम्झौतालाई कुनै असर गर्दैन । निर्दिष्ट रूपमा, कम्प्याक्टले एमसीसी र नेपाल सरकार बीचको सम्बन्ध निर्धारण गर्नेछ। एमसीसी तथा नेपाल सरकार बीचको अन्य कुनै सम्झौता कम्प्याक्टसँग बाझिएमा कम्प्याक्ट सम्झौता माथी हुनेछ भन्ने कुरा दफा ६.३(ख) ले स्पष्ट पारेको हो।
(ड) सम्झौताको दफा ६.४ अनुसार एमसीसीसँगको यो सम्झौतालाई अन्तर्राष्ट्रिय कानून भनिएको छ।नेपालको प्रशासन व्यवस्था र अनुगमन प्रणालीको कमजोरीलाई लिएर नेपालको कानून, शासन व्यवस्था र सार्वभौमिकतालाई नै असर गर्ने गरी यो सम्झौतालाई अन्तर्राष्ट्रिय कानून भन्नुको पछाडिका कारण के हुन् ? एमसीसीले दिने नेपालले लिने अनुदान सामान्य प्रक्रियाको पत्राचारबाट नै हुने विषय हो । पत्राचार सन्धि सम्झौता हुन सक्दैन । सम्झौता नै हो भनी उल्लेख गर्नुमा एमसीसीको कुनै अन्यथा मनशाय छ कि?
एमसीसीको जवाफः प्रश्न ४ र प्रश्न ५ को जवाफमा स्पष्ट पारिए बमोजिम एमसीसीका साझेदार मुलुकहरूसँग भएका सबै कम्प्याक्टहरू अन्तर्राष्ट्रिय सम्झौता हुन् । नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । कम्प्याक्टलाई अन्तराष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानीय कानुनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुन अनुसार अगाडि बढ्ने भन्ने हुन्छ । त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनाहरू कम्प्याक्टमा भएका आपसी सहमतिका सर्तहरू र नेपालको संविधान बमोजिम कार्यान्वयन हुन्छन् । उल्लेखनीय छ, नेपाल सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत एमसीसी नेपाल कम्प्याक्टका दफा ७.१ लगायत सबै प्रावधानहरुको समीक्षा गरी कम्प्याक्टका प्रावधानहरू नेपालको कानुनसँग बाझिएका छैनन् भन्ने निष्कर्ष निकालेको छ ।
(ढ) नेपालको सरहदभित्र जुनसकै देशको पनि नागरिकले नेपालको प्रचलित कानून, नियम पालना गर्नुपर्ने अनिवार्य हुन्छ। सुपुर्दगी सन्धिभित्र पनि अर्को मुलुकमा अपराध गरेर आएको छ भने त्यस्तो अभियुक्तलाई यदि ती देशका बीच सन्धि भएको छ भने सम्बन्धित देशलाई जिम्मा लगाउने हुन्छ। अन्यथा अन्तर्राष्ट्रिय कानूनमा अनुबन्धित भएका मुलुकले आफै कारवाही प्रक्रिया चलाउन सक्ने हुन्छ। एमसीसी अन्तर्गत काम गर्ने व्यक्तिलाई जुनसुकै अपराध गरे पनि कानून नलाग्ने छुट दिनुपर्ने गरी सम्झौताको दफा ६.८ मा गरिएको व्यवस्थाले परियोजनामा काम गर्ने विदेशीलाई नेपालको कुनै कानून नलाग्ने व्यवस्था गरेको हो?
एमसीसीको जवाफ: अमेरिकी सरकारले वाशिङ्टन, डी.सी. स्थित नेपाली राजदूतावासमा कार्यरत राजदूत लगायतका कूटनीतिज्ञहरूलाई अमेरिकामा निश्चित सुरक्षाको प्रत्याभूति गरेको छ । एवम् रूपले काठमाडौँमा कार्यरत एमसीसीका कर्मचारीहरूका लागि पनि नेपाल सरकारले त्यसै बमोजिमको सुरक्षा प्रदान गर्ने व्यवस्था दफा ६.८ ले गरेको छ । यस्तो उन्मुक्ति यस्तो उन्मुक्ति कूटनीतिक सम्बन्धहरूको स्थापित मान्यता हो । उल्लेख्य छ, दफा ६.८ अनुसार एमसीसीका कर्मचारीले नेपालका अदालत र न्यायाधीकरणबाट उन्मुक्ति पाउने प्रावधान कम्प्याक्ट अन्तर्गत कुनै पनि क्रियाकलाप वा अकर्मण्यता (omission) बाट उत्पन्न हुने दावी वा हानिको अवस्थामा मात्र लागु हुन्छ ।
(ण) सम्झौताको दफा ७.१ अनुसार सम्झौतासँग नेपालको कानून बाझिएको हदसम्म नेपालका कानूनहरू अमान्य हुने व्यवस्थाले हाम्रो सार्वभौमिकतामा के असर पर्छ ? हाम्रो कानून चार प्रकारका छन् – (१) मूल कानूनको रूपमा संविधान, (२) सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले बनाउने ऐनहरू, (३) संसदले बनाएको सरकारले निर्माण गर्ने नियम र (४) सर्वोच्च अदालतको फैसला । यी सबैको पालना देशको सरहदभित्र रहने सबै जीवित प्राणीले गर्नुपर्छ । एउटा पत्राचार मात्रको हैसियत राख्ने एमसीसीसँगको एउटा सामान्य कर्मचारीले गरेको लिखत आधारले नेपालको संविधान, कानून निलम्बनसम्म गर्न सक्छ ? यसबारेमा प्रष्ट हुनु अति जरूरी छ।
एमसीसीको जवाफः नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा सधैं माथि हुन्छ । यसका अतिरिक्त नेपाल सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत एमसीसी नेपाल कम्प्याक्टका दफा ७.१ लगायत सबै प्रावधानहरुको समीक्षा गरी कम्प्याक्टका प्रावधानहरू नेपालको कानुनसँग बाझिएका छैनन् भन्ने निष्कर्ष निकालेको छ ।
(त) दफा ७.४ अनुसार कार्यान्वयन शुरु भएको दिनदेखि ५ वर्षसम्म एमसीसी रहने भन्ने के हो? यसपछि के हुन्छ?
एमसीसीको जवाफः कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयनको अवधि पाँच वर्षको हुन्छ र त्यसको शुरूवात कार्यक्रम कार्यान्वयनमा प्रवेश गरेको मितिदेखि हुन्छ । यस अवधिपछि देशमा एमसीसीको उपस्थिति समाप्त हुन्छ । कम्प्याक्ट अवधिको अन्त्यपछिका १२० दिनको अवधिलाई कार्यक्रमको प्रशासनिक समापन पुरा गर्नका निम्ति सदुपयोग गरिनेछ । प्रश्न ११(अ) को सन्दर्भमा दिईएको जवाफमा यस विषयसम्बन्धी थप जानकारी दिइएको छ ।
(थ) परियोजनाका लागि आवश्यक जग्गा नेपाल सरकारको Matching Fund बाट हुने, तर जग्गाको स्वामित्व भने एमसीसी परियोजनाको हुने अनि परियोजनामा एमसीसी कानून लागू हुने व्यवस्था छ। खासमा जग्गाको स्वामित्व कसको र कहिलेसम्म रहन्छ?
एमसीसीको जवाफः निसन्देह, परियोजनाका लागि आवश्यक जग्गा सधैं नेपाल सरकार वा नेपाल सरकारका निकायको स्वामित्वमा रहन्छ । नेपाल सरकार वा एमसीसी जुन वित्तिय स्रोतबाट प्राप्त भएपनि जग्गामाथि नेपाल सरकारकै स्वामित्व र सार्वभौम अधिकार कायम रहन्छ । एमसीसीको अनुदानबाट प्राप्त गरिएका जग्गा, उपकरण तथा सम्पत्तिमा एमसीसी वा अमेरिकी सरकारको कुनै अन्य निकायको स्वामित्व रहँदैन । |
अमेरिकाले भन्योः एमसीसी संसोधन हुन सक्दैन, सैनिक सम्झौता पनि होइन काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्ने भन्दै अमेरिकाले जवाफ पठाएको छ ।
नेपालका कतिपय राजनीतिक दल र नागरिक समाजले एमसीसीलाई संसोधन गरेर मात्र पारित गर्ने बताइरहेको बेला अमेरिकाले संसोधन हुन नसक्ने जवाफ दिएको हो । सम्झौताको मूल अंश संसोधन हुन नसक्ने जवाफ अमेरिकाले दिएको छ । सरकारले ६ नम्बरको बुँदामा संसोधनको कुरा संसदबाट किन अनुमोदन हुन सक्दैन भन्दै सोधेको प्रश्नमा भनिएको छ, ‘हस्ताक्षर भैसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संसोधन गर्न सकिँदैन ।’सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसोधनपछि मात्रै एमसीसी अनुमोदन हुने बताएका थिए । साथै, संसोधन गरेर मात्रै पास गर्न माग गर्दै प्रदर्शन हुँदै आएको छ ।
आफू नेपाल आउनुको पूर्वसन्ध्यामा एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्री जनाद्र्धन शर्मालाई एमसीसी संसोधन हुन नसक्ने जवाफ दिएकी हुन् ।”एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन्,” पत्रमा भनिएको छ, “हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग वा स्वतन्त्र रहन्छ ।”
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौमा एमसीसी सम्झौता कार्यान्वयनको विषयमा सहमति भएको थियो । तर, संसद्बाट अनुमोदन हुन नसक्दा परियोजनाको भविष्य अन्योलमा छ । परियोजना सञ्चालन गर्न गठन गरिएको मेलेनियम च्यालेन्ज एकाउन्ट नेपाल ९एमसीए(नेपाल०ले कार्यालय सञ्चालन गरेको छ । जग्गा अधिग्रहणलगायत अन्य विभिन्न शीर्षकमा हालसम्म करिब साढे ५ अर्ब खर्च भइसकेको छ ।
अमेरिकाले ५० करोड र नेपालको १३ करोड अमेरिकी डलरबाट ३ सय १३ किलोमिटर लामो विद्युत् प्रशासन लाइन निर्माण गर्ने र एक सय किलोमिटर राजमार्ग स्तरोन्नति गर्ने परियोजना रहेको छ । |
मोरङमा लागु औषधको कारोबार गर्ने दाजुभाइ सहित तीन पक्राउ काठमाण्डौं । मोरङको बेलबारी नगरपालिका भित्रका केही होटलमा अवैध लागु औषधको कारोबार हुने रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी १ का २३ वर्षीय सन्तोष राई, सोही ठाउँका ३२ वर्षीय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षीय महेश्वर राईलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मङ्गलवार १९ केजी ६ सय ५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये मुख्य कारोबारी सन्तोष रहेको खुलेको छ । सन्तोष र ज्ञानबहादुर दाजुभाइ हुन् । दाजु ज्ञानबहादुरको बेलबारीमा ग्रिन कटेज नाम रहेको होटेल रहेको छ । उक्त होटलमा गाँजाको गोप्य रूपमा कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।
भाइ सन्तोषले दाजु ज्ञानबहादुरलाई गाँजा दिने र कुलतमा लागेकाहरूलाई बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । सन्तोषले माग अनुसार पूर्वी सहरमा मात्र नभएर भारतसम्म गाँजा सप्लाइ गर्ने गरेको बुझिएको छ ।
उनले होटेलदेखि १ सय ग्रामदेखि २ सय ग्रामसम्मको प्याकेट बनाउने गरेका थिए । उनले प्रयोगकर्ताहरूलाई प्रतिग्राम २ सय देखि ३ तीन सय रुपैयाँसम्म बिक्री गर्दै आएको सुरक्षास्रोतले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई बुधवार मोरङ अदालतमा लागु औषध मुद्दामा म्याद थप गर्न ल्याएको छ । |
लिफ्ट माग्दै चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ काठमाडौं। लिप्ट मागी गाडीमा चढेर चालकलाई कुटेर बेहोस बनाई लुटपाट गर्ने एकजना पक्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ स्थायी घर भएका रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका चालक प्रकाश श्रेष्ठलाई रमेशले पछाडिबाट ढुंगाले हानेर गाडीमा रहेको १४ लाख रुपैयाँ लिएर हिँडेका थिए । उनलाई प्रहरीले १३ लाख ७७ हजार आठ सय ९५ रुपैयाँ र मोबाइल सेटसहित दुई घन्टाभित्रै पक्राउ गरेको थियो।
प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंगा खाद्यान्न पुर्याएर उदयपुरको कटारीतर्फ आउँदै गर्दा रमेशले आफू पनि व्यापारी भएको र सामान लिन कटारी जाने भनेपछि प्रकाशले गाडीमा लिफ्ट दिएका थिए।
बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई उनको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएकोछ । केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो। |
भक्तपुरमा अधिकांश हार्डवेयर दर्ता र नवीकरणविना नै सञ्चालित काठमाडौं । भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयरलाई तीन लाखसम्म जरिवाना गराउनेभएको छ ।
नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज सल्लाघारी, व्यासी र देकोचालगायतमा सञ्चालित हार्डवेयर पसलहरुको अनुगमनका क्रममा यस्तो जानकारी गराइएको हो । अनुगमनमै नगरपालिकाले स्थानीय तहमा पसल दर्ता नभए रु ५० हजारदेखि एक लाखसम्म, बिलविना सामान बिक्री गरे रु तीन लाखसम्म र इष्टिमेट बिलमा बिक्री गरे रु २० हजार जरिवाना गरिने बताएका छन् ।
अनुगमनमा गणेश एन्ड टे«डर्स, ब्रह्मायणी महादेवी हार्डवेयर प्रालि, सूर्यविनायक हार्डवेयर, कञ्चन हार्डवेयर एन्ड पोली टे«ड, एस.एन. हार्डवेयर सेन्टर, इन्जिनियर्स हार्डवेयर, चाँगुनारायण हार्डवेयर, टाइम एन्ड स्टाइल सप्लायर्स, कुमारी हार्डवेयरले दर्ता नवीकरण नगरेको, नापतौल विभागमा तराजु नवीकरण नगरेको, सामान भ्याट बिलविना बिक्री गरेको, मूल्यसूची नराखेको, खरिद बिक्री बिल नराखेको, चिसो भुइँमा डल्ला पर्ने गरी सिमेन्ट र खिया लाग्ने ठाउँमा डण्डी भण्डारण गरेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । |
कार्की परिवार हत्याः घरभित्रै भेटियो ४ लाख रुपैयाँ र गहना काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ।
घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो। कार्की परिवारको घरभित्रै खानतलासी गर्नेक्रममा करिव ४ लाख रुपैयाँ नगद र केही गहना फेला परेको हो।
‘घरभित्र रहेको बाकसमा चारलाख हाराहारी पैसा, नौगेडी, पोतेमा लगाएको सुनका गहनाहरु सुरक्षितसाथ देखिएको छ’, घटनास्थलमा रहेका अनुसन्धान अधिकृतले भने, ‘बाकसमा जसरी राखिएको थियो त्यस्तै देखिएको छ। तोडफोड केही देखिँदैन।’ झापामा जग्गा पास गर्ने तयारीमा रहेका कार्की परिवारको हत्या आर्थिक कारण गरिएको प्रहरीको प्रारम्भिक अनुमान थियो। तर घरमा नगद र गहना फेला परेपछि अन्य नै कारण हुनसक्ने तर्फ अनुसन्धान सोझिएको प्रहरी श्रोतले जनाएको छ।
|
न्यायाधीशको कार क्यान्टिनभित्र छिर्दा महिलाको मृत्यु मोरङ — मोरङ अदालतका न्यायाधीशको गाडीले प्रयोग गर्ने कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो । दाहाल अदालत परिसरभित्र क्यान्टन चलाउँथिन् । कारले क्यान्टिन भित्र काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो ।
न्यायाधीश ईश्वर पराजुलीले चढ्ने बा१४च ६०१६ नम्बरको कारको ठक्करले घाइते दाहालको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए । उनका अनुसार दुर्घटना भएको बेला न्यायाधीश पराजुली कारमा थिएनन् । कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ५ः१५ बजेतिर मृत्यु भएको श्रेष्ठ बताए। प्रहरीका अनुसार पार्किङ गरेर राखिएको कार निकाल्ने क्रममा न्यायाधीश पराजुलीका अंगरक्षक प्रहरी हवल्दार विन्दकुमार सिंहले चलाएको खुलेको छ।
प्रहरी हवल्दारले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको खुलेको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दुर्घटना हुँदा न्यायाधीश पराजुली भने गाडीभित्र नरहेको जानकारी दिए। ‘अदालतभित्र पार्किङ गरेर राखेको ठाउँबाट निकालेरअगाडि बढाउने क्रममा गाडी आफै अनियन्त्रित भएर क्यान्टिनभित्र छिरेर दुर्घटना गराएछ,’ धमलाले भने, ‘त्यतिबेला गाडी कसले चलाएको थियोभन्ने बारेमा हामी बुझ्दै छौँ।’ |
वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो काठमाडौँ। कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको हुँदा इच्छुक उम्मेदवारले २४ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
|
काष्ठमण्डप पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो काठमाडौं । विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुर स्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।
सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनको भनाइ थियो ।
करिब रु १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम गर्दा हालसम्म रु ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौँ महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनःनिर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।
|
एचआईभी संक्रमितका लागि काम गर्ने राजीव काफ्ले पक्राउ काठमाडौँ- एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीवन प्लस’ नामक संस्था चलाएका छन् । सो संस्थासँगै रहेको उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा उनलाई पनि पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताए ।
काफ्लेको साथबाट केही मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।गृह मन्त्रालयले काफ्लेलाई पक्राउ गरि कारबाही गर्न पत्रचार गरेपछि एनसिबीको टोली बुढानिलकण्ठस्थित उनको कार्यालयमा पुगेको बताइएको छ। काफ्ले एचआआईभी एड्स संक्रमित हुन्।
एनसिबीले अदालतबाट म्याद लिएर अनुसन्धान बढाउने तयारी गरेको छ। काफ्लेसहित उनको संस्थाका केहीलाई पनि पक्राउ गरिएको छ। युवाहरुलाई गाँजा उपलब्ध गराउने र गाँजा सेवनमा उक्साउने उजुरी आएपछि यसअघि पनि एनसिबीले काफ्लेलाई त्यस्ता गतिविधी बन्द गर्न चेतावनी दिएको बुझिएको छ।
|
आँखा विशेषज्ञ डा. जुनु श्रेष्ठ बनिन् डब्लुएचओको आइएपीबीको नीतिगत तहमा पुग्ने पहिलो नेपाली काठमाडौँ । विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)को भिजन २०२०को नीति तथा योजना म्यानेजरमा दृष्टि विशेषज्ञ डा.जुनु श्रेष्ठ नियुक्त भएकी छिन्। (आइएपीबी)मा नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको यो पहिलो पटक हो।
भिजन २०२० र आईएपीबीको नीति तथा योजना म्यानेजरमा श्रेष्ठ नियुक्त भएकी हुन् । आईएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो । यसको मुख्यालयको लन्डन छ । श्रेष्ठ नेपाल दृष्टि विशेषज्ञ सङ्घका कोषाध्यक्षसमेत हुन् ।
यस्तै, उनले युके सरकारबाट चिवविङ्ग स्कोलार प्राप्त गरी अर्को प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा स्वास्थ्य नीतिका योजना तथा अर्थ (हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्स) को अध्ययन समेत हासिल गरेकी छन् । उनी २०११मा एक युवा स्वयंसेवकको रुपमा गरिबी उन्मूलनका लागि स्वास्थ्य र शिक्षा मा सक्रियरुपमा लागेकी थिइन्। तब देखि नै उनी नेपालका विभिन्न भागमा आयोजना भएका १ सय भन्दा बढी आंखा शिविरमा सक्रिय रुपमा लाग्नुको साथै आँखा सम्बन्धि जनचेतनामुलक कार्यक्रममा सक्रिय भएर लागिरहेकी छिन। नेपालमा अप्टोमेट्रीको अध्ययन गरिरहेकै बेला उनले नेपाल अप्टोमेट्री स्टुडेन्ट्स अफ सोसाइटीमा अध्यक्ष भएकी थिइन।
जूनूले आँखा अस्पतालमा अप्टोमेट्री अधिकारीको रूपमा पनि काम गरेकी छिन्। यसैबीच उनलाई समाजमा स्वास्थ्यको पहुँचमा नपुगेको मानिसहरुलाई आँखा जाँच गर्ने ठुलो चाहानाका कारण उनले फेरी त्रिविमा पब्लिक हेल्थ इन मास्टरमा अध्ययन गरिन। उनी आफ्नो पढाइसँगै हेल्थ क्याम्पहरुमा स्वास्थ्य सेवा दिन झनै सक्रिय भएर लागिन। |
सङ्खुवासभामा हत्या काण्डको रहस्य खुल्दै, शव परीक्षण गर्न धरान लगियो सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाले सबैलाई कौतुहल बनाएको छ । अहिले सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
अति नै विकट एवं दुर्गम घटनास्थलमा सोमबार साँझ ७ बजेतिर पुगेर दाहाल नेतृत्वको टोलीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग गरेको छ । तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ । यद्यपि घटनास्थल पुगेको प्रहरीको विशेष टोलीले भने घटनाको नजिक पुगिएको उल्लेख गरेको छ ।
५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली पनि घटनास्थलमै छ।
हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । |
भन्सार छली ल्याएको २ लाख बराबरको कपडा बरामद काठमाडौं। प्रहरीले भन्सार छली ल्याएको लाखौं मूल्यबराबरको नागढुंगास्थित चेक पोइन्टबाट बरामद गरेको छ ।
प्रहरीका अनुसार नुवाकोट दुप्चेश्वर– ४ का ३६ वर्षीय दावा तामाङ, सुनसरी बाँजोगरा– ७ की ४७ वर्षीया मनिका सुब्बा, मोरङ उर्लाबारी– ८ का ४१ वर्षीय सागर धिमाल र मनाङ निसान– ४ की सुनिता गुरुङले सो कपडा भन्सार छली ल्याएका हुन्।
कपिलवस्तुको कृष्णनगरबाट आएको बा.५ख १२३६ नम्बरको यात्रुबाहक बसलाई चेक गर्दा डिक्कीभित्र लुकाई राखिएको अवस्थामा उक्त कपडा फेला परेको हो। उक्त सामान दुई लाख रुपैयाँभन्दा धेरै मूल्यबराबरको रहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले बरामद कपडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।
|
हेलम्बु र मनाङको सडक दशैँअघि सुचारु गर्न मुश्किल काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीका कारण बाढीपहिरोले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र मनाङको चामे जोड्ने सडक दशैं अघि सुचारु नहुने भएको छ ।
चामेसम्म पुग्ने मुख्य सडक निर्माणका लागि ठेक्का लगाइ सकिए पनि दशैअघि बन्न सक्ने अवस्था नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्। छिटो काम सक्न निर्माण कम्पनीलाई ताकेता गर्देआएका छौ, कात्तिक शुरुदेखि सडक सुचारु हुने उनले बताएका छन् । मनाङसम्म पुग्ने सडक र नौ वटा पुल यसपालीको वर्षाका कारण आएको बाढीले बगाएको थियो । प्रजिअ लामिछानेका अनुसार नौ वटामध्ये छ वटा पुलको अस्थायी रुपमा काठको निर्माण गरी आवतजावत सुचारु भएको छ । लामो समयपछि मनाङमा यस वर्ष बाढी आएको थियो ।
यता सिन्धुपाल्चोकको मुख्य क्षतिग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रमा पनि सडक निर्माणका लागि काम शुरु गर्न नसकिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताएका छन् । |
एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ।
यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्छ।
एनसेलले नवीन प्रविधि भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवा विस्तार गरिसकेको छ।
एनसेलले सो ‘डेटा सधैं अन’अभियानअन्तर्गत विभिन्न विभिन्न उपभोक्तामैत्री सेवा तथा अफरहरु सुलभ दरमा उपलब्ध गराउनेछ । एनसेलका ग्राहहरुले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्ने छन् । विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।
हाल एनसेलले देशभरि ७२ लाख भन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ । त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् । आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ । |
सामाजसेवी तथा नर्स प्रतिमा द्वारा गत्लाङमा अक्सिजन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं । विगत लामो समय देखि स्वस्थ्य र शिक्षित सामाज निर्माण अभियानका अभियान्त नर्स प्रतिमा लामा द्वारा गत्लाङ स्वास्थ्य चौकीमा निम्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छन ।
अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान, नेवुलाईजर मेसिन २ थान, हिट्टार २ थान, फोल्डिङ बेड १ थान, बेड म्याट्रिस १ थान, बेड शिड १ थान, पिलोर सिरानी १ थान र पिलो कभर १ थान हस्तान्तरण गरेकी छिन् ।
उक्त कार्यक्रम आमाछोदिङमा गाउपालिका उप प्रमुख नबिना लामा, जिल्ला समन्वय समिति सदस्य शुसिला तमाङ, वडा अध्यक्ष दावा गोम्बो तमाङ,मेगा बैंक नेपाल लिमिटेड रसुवा शाखा प्रमुख क्षोक्याल दोर्जे लामा,नेकपा एमाले आमाछोदिङमो गाउपालिका ईन्चार्ज फुर्पु सिंगी तमाङ, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रोशन तमाङ, नेपाली कंग्रेस पार्टी जिल्ला सदस्य तथा गत्लाङ सभापति अविनाश तमाङ, गत्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्व अध्यक्ष म्हार लामा लगायतको गाउलेको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा आमाछोदिङमो गाउपालिका उप प्रमुख नविना लामाले यो दुर्गम ठाँउमा टाउको दुख्ने, झाडापखालाको औषधी समेत पाउन मुस्किल ठाउमा यति धेरै महङ्गो र महत्वपुर्ण सामाग्रीहरू उपलब्ध गराएकोमा पालिकाको तर्फबाट नर्स प्रतिमाको प्रशंसा गर्दै धन्यवाद र्दिएका छन् ।
यस्तै जिल्ला समन्व समिति सदस्य शुसिला तमाङ र नेकपा एमाले फुर्पा सिंगी तमाङले नर्स प्रतिमाले विगत धेरै समय यता आमाछोदिङमा गाउपालिकाको हरेक गाउँ गाउमा गएर जनजागरण गराउने, कहिले विद्यालयका विद्यार्थीहरूलाई स्वास्थ्य चेकजाँच गरि सामग्री वितरण गरेर विद्यार्थीहरूलाई पढन प्रेरणा गराउने, कहिले आगोलागिबाट घर क्षेति भएकालाई स्वास्थ्य चेकजाँच तथा राहत वितरण गरेर गरेर पिडितको मनोवल बढाउनुका साथ साथै आमाछोदिङमो गाउपालिकाको बालक विद्यार्थी जस्को गरिबीका कारण उपचार नपाएर आँखाको ज्योति गुम्न लागेकालाई आफै उपचार गराईदिएर ज्योति बचाउनु , र दुर्गम ठाउमा अक्सिजन लगायत महत्त्वपूर्ण सामाग्री वितरण गर्नु जुन जस्ता विविध उदाहरणीय कार्यहरू गरेकाले नर्स प्रतिमा आमाछोदिङमो गाउपालिकाको लागि एउटा अभिभावक जस्तै भएको बताए।
वडा अध्यक्ष दावा गोम्बो तमाङले नर्स प्रतिमाको सहयोगको प्रशंसा गर्दै आफु भित्री मन देखि खुशी भएको बताउनु हुँदै आगमी दिनमा पनि आफ्ने वडालाई सहयोगको लागि अनुरोध गरेका छन् । सो कार्यक्रममा उपस्थिति आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरूलाई सहयोगको लागि अभार व्यक्त गर्दै सबैले सहयोगी जोडी नर्स प्रतिमा र बैंकर क्षोक्याल दोर्जे लामालाई खादा लगाएर स्वागत गरि बधाई दिए ।
|
बुधबारदेखि मनकामना मन्दिर खुल्ने काठमाडौं । मनकामना मन्दिर भदौ २३ गतेबाट खुला हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भक्तजनहरुलाई ढोका बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाई मन्दिर खुला गर्ने निर्णय गरेको हो । पूजा सामाग्री भने मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुग्ने व्यवस्था मिलाउनेछन् ।
शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।
मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पु¥याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ । |
गोरु काटेको आरोपमा ३ जना पक्राउ काठमाडौं । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।
भिरकोट नगरपालिका ८ ढापुकफेदीमा आइबार राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ। आरोपित ३ जनालाइै पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको छ। यसअघि पनि जिल्लामा गोरु काटेको अभियोगमा ४ जना पक्राउ परेका थिए ।
|
परीक्षा आवेदन फारम भर्ने सम्बन्धी त्रिविको सूचना काठमाडौं । परीक्षा आवेदन फारम भर्नेबारे बल्खुले सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह भौतिकशास्त्र विषय प्रथम वर्ष दोस्रो शत्रको आंशिक परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरिएको छ ।
भर्ना आवेदनसम्बन्धी सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन हुने स्नातकोत्तर तह भौतिकशास्त्र विषय प्रथम वर्ष दोश्रो सत्र २०७५ समूह वा सो भन्दा अगाडिका समूहको आंशिक परीक्षामा अनुतिर्ण भएका परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम २०७८ साल भदौ ३० गते सम्ममा बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’
|
जुम्ला कांग्रेसमा सभापतिको लागि पाँच भाईको दौड जुम्ला – नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जुम्ला जिल्ला सभापतिका लागि नेता, कार्यकर्ताको दौड बढ्दो छ ।
जिल्ला सभापतिका लागि वर्तमान सभापति दीपबहादुर शाहीसहित पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र नेता खड्क सेजुवालको नाम पनि सभापति पदको चर्चा आएको छ ।
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालको हल्ला भए पनि आफ्नो उम्मेदवारीको विषयमा यकिन नभइसकेको उनले जानकारी दिए । जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि पाँच जनाको नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि अहिले कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ तीव्र चलिरहेको छ ।
यो पटकको अधिवेशनमा पुरानै सभापति दीपबहादुर शाहीले दोहोरिने इच्छा राखेका छन्। पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रुपमा उभ्याइसकेको छ। उनी पौडेल पक्षबाट एकल उम्मेदवार हुनेछन्। यता पार्टी सभापति देउवा प्यानलबाट चारजना आकांक्षी देखिएका छन्। सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ। आकांक्षी धेरै देखिएपनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने भएका छन्। अहिले दुबै पक्षले कार्यकर्ता भेटघाटलाई तीब्र पारेका छन्। |
सरकार ढल्ने र दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्थाः सुवास नेम्वाङ काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन् । युवा संघ नेपालको भेलालाई सोमबार सम्बोधन गर्दै संविधानसभा अध्यक्ष नेम्वाङले सरकार ढल्छ, दल फुट्छ भन्ने भयले ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्था भएको बताए ।
’सरकार विस्तार गर्दा यो सरकार ढल्छ भन्ने भय छ । दल फुट्ने हो कि भन्ने अचम्मको अवस्था छ । यस्तो अवस्थामा यो सरकार चलिरहेको छ । यो सरकार जनताले बनाएको होइन । निर्वाचित ओलीको सरकारलाई अनेक नाममा हटाइयो,’ उनले भने, ‘छरछिमेकमा सात महिनामा वा अफ्ठेरो अवस्थामा बच्चा जन्मियो भने बिरामी रहेछ, अवस्था ठिक छैन भन्छन् नि ठ्याक्कै त्यहीँ अवस्था अहिलेको सरकारको छ ।’
नेम्वाङले पुनर्स्थापतित प्रतिनिधिसभाले ३० दिनमा एउटा सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी गरे । सरकारले बिजनेश दिन नसकेको उनको भनाइ छ । ’संसद चलेकोचल्यै छ । अब २३ भदौमा चल्दैछ । सिन्का भाँचेको छैन,’ उनले भने ।
अध्यक्ष केपी ओलीले संसदले काम गर्न सक्दैन भनेर गरेको विघटनको औचित्य पुष्टि हुँदै गएको पनि नेम्वाङले बताए । ’संसद काम गरिरहेको छैन । ओलीले बारम्बार भन्ने गर्नुहुन्थ्यो यो संसदले काम गर्ने अवस्था छैन । यो तर्कमा उभिएर विघटन गर्नुभयो । अदालतले पुनर्स्थापना गर्यो । आदेश मानेर संसदमा उपस्थित भयौं । तर पहिलो पुनर्स्थापनाले केही गर्न सकेन,’ उनले भने, ’पछिल्लो विघटन प्रमको बाध्यता थियो । बाध्यतावश विघटन गरेकोमा अदालतले पुनर्स्थापना गर्यो । पुनर्स्थापनामात्रै होइन परमादेशबाट शेरबहादुर देउवाको सरकार जन्मियो । बेढंगले जन्मेर हो कि के हो ५० दिन बितिसक्यो मन्त्रिमण्डल विस्तार हुँदैन। ५० दिन नाघिसक्यो सरकार विस्तारको नाम निशाना छैन ।’
नेम्वाङले एमाले विभाजनका लागि झुक्याएर संसद अधिवेशन अन्त्य गरिएको, संसदले बनाएको कानुनविपरीत दल विभाजन अध्यादेश ल्याएको र गैरकानुनी रुपमा दल फुटाएको आरोप लगाए ।
दल विभाजन अध्यादेश आएपछि माधव नेपालसहित १४ सांसदलाई कारबाही सिफारिस गरेर सभामुख, संसद सचिवालय र निर्वाचन आयोगमा पत्र दर्ता गराएको उनले बताए । तर, सरिता गिरी, लेखराज भट्ट, प्रभु साहलगायतलाई कारबाही गर्दा तत्कालै सूचना झुण्ड्याउने सभामुखले १४ सांसदको कारबाहीका सम्बन्धमा अधिकार बाहिर गएर रोकेको आरोप लगाए ।
’सभामुख म संविधान, नियम, अभ्यास हेर्दैछु भनेर अध्ययन गर्यागर्यै । उता निर्वाचन आयोगले दल दर्ता गर्यो । दर्ता गर्नुअघि आयोगले सभामुखलाई कारबाहीको अवस्था के छ भनेर चिठ्ठी पठायो । सभामुखले कारबाही विचाराधीन छ भनेपछि दल दर्ता भयो । २१ दिनसम्म जनप्रतिनिधिले दल रोज्न पाउने गैरसंवैधानिक काम भएको छ । संविधानविपरीत जालझेल पूर्ण छ,’ उनले भने ।
त्यसैले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको नेम्वाङले बताए । त्यो मुद्दा विचारधीन रहेको नेम्वाङको भनाइ छ । सर्वोच्चको फैसलाले संविधान मिच्यो कानुन व्यवसायीसमेत रहेका नेम्वाङले प्रतिनिधि पुर्स्थापना गर्ने सर्वोच्चको दोस्रो फैसलाले संविधान मिचेको टिप्पणी गरे । परमादेशबाट सरकार जन्माउने फैसलाले दलीय प्रणाली, बहुदलीय प्रतिस्पर्धामा आधारित प्रणाली भएको देशमा दलका सांसदलाई ह्विप लाग्दैन भन्नु उदेक लाग्दो आदेश भएको उनको भनाइ छ ।
’संसद पुनर्स्थापना गर्ने र विश्वास मत लेऊ भन्यो भने ओली फेरि प्रधानमन्त्री बन्छन् भनेर, आउँछन् भनेर बाटो गौँडा फेरेको तपाईले देख्न पाउनुहुन्छ । यो ढंगले सर्वोच्चले फैसला गर्यो,’ उनले भने । सर्वोच्चको यो फैसलाले संविधानका धेरै प्रावधान र प्रक्रियालाई अफ्ठेरो कमजोर बनाएको नेम्वाङको तर्क थियो ।
नेम्वाङले सर्वोच्चको फैसला थप दुइटा कुरा नपुगेको भनेर आफूलाई सुझाव आएको भन्दै व्यंग्य गरे । ’धेरै साथीहरुबाट फैसलामा दुइटा कुरा थपिदिएको भए हुन्थ्यो भन्ने आएको छ । पहिलो जुनसुकै पार्टीका सांसद पनि शेरबहादुर देउवाले मन्त्री बनाउँदा कारबाही नहुने व्यवस्था भन्नुपर्थ्यो । किनभने अहिले यस्तो अफ्ठेरो आउँदैनथ्यो,’ उनले भने, ’अर्को संविधानमा २५ जनाभन्दा बरु मन्त्री बन्न पाइँदैन भनेर लेखेको छ । शेरबहादुर देउवाको सरकार चानचुने हो र अदालतले बनाएकाले २५ जना होइन ७५र८० बनाउने पाउने, ताल पर्यो भने एक सयजना किन नपाउने भनेर साथीले टिप्पणी गरे ।’ |
महान्यायाधिवक्ताको कार्यालय भवनको गुणस्तर अनुगमन गर्न अख्तियार छिरेपछि….. काठमाडौं । गुणस्तरको विषयमा गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महान्यायाधिवक्ताको कार्यालय छिरेको छ ।
रामशाह पथमा रहेको भवनमा आयोगले गुणस्तरको अनुगमन गरेको हो । रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो गरेपछि अख्तियारकी आयुक्त डा.सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले सोमबार दिउँसो निरीक्षण गरेको हो ।
महान्यायाधिवक्ताको कार्यालय भवनको निर्माण गुणस्तरीय नभएको सर्वसाधारणबाट गुनोस परेपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले सोमबार दिउँसो निरीक्षण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनकारी दिएका छन् ।
आइतबार राति काठमाडौं उपत्यकामा भएको भीषण वर्षपछि नवनिर्मित भवनमा पानी चुहिएर पार्किङ क्षेत्र जलमग्न भएको थियो । “निर्माणको डिजाइन र गुणस्तरमा समस्या हुनसक्ने प्रारम्भिक अनुगमनले देखाएको छ । हामीले निर्माणसँग सम्बन्धी सम्पूर्ण कागजातमा मगाएका छौं,” आयुक्त डा. श्रेष्ठले भनिन्, “निर्माण कम्पनी, भवन डिजाइन गर्ने कन्सल्ट्यान्ट, अनुगमन गर्ने र भुक्तानी दिने सरकारी निकायलाई भवन निर्माण विषयमा जानकारी माग गरेका छौं ।”
|
त्रिविको भर्नासम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु चिकित्सा स्नातक तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक विद्यार्थीहरूको लागि मिति २०७८।०५।२० गतेबाट आवेदन दिन सकिनेछ ।
आवेदकले सूचना माग भए अनुसारका विवरणहरु अनलाइन अपलोड गरी पठाउनु पर्नेछ । त्रिवि बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह उत्तिर्ण गरेका आवेदकहरुले भर्नाको समयमा समकक्षताको सक्कल प्रमाणपत्र पेश गर्नुपर्नेछ ।’
|
जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा काठमाडौं । सैनिक सेवामा चार दशक बिताएर प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबारदेखि अवकास लिएका छन्। उनको सेवा अवधि अझै एक महिना बाँकी भए पनि नेपाली सेनाको नियमअनुसार उनी हिजैदेखि बिदामा बस्न लागेका हुन्।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् भने अहिले सरकारले यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा उनलाई नियुक्त गरिसकेको छ । थापाको बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्मासहित सैनिक उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा थापालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
थापाको अवकाससँगै नेपालकै इतिहासमा कुनै एक परिवारको सम्भवतस् सबभन्दा लामो सैनिक सेवाको विरासतको पनि अन्त्य हुँदैछ। डेढ वर्षअघि प्रधानसेनापति थापाले भनेका थिए, ‘हाम्रो परिवार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिलादेखि नै सेनामा छ।”
नेपाल एकीकरणअघि उनका पुर्खा तत्कालीन लमजुङ राज्यको सेनामा थिए। नेपालको एकीकरणसँगै उनीहरू पनि काठमाडौंमा आए। त्यसपछि पनि थापा परिवारका सदस्य निरन्तर सैनिक सेवामा लागे। प्रधानसेनापति थापा परिवारको १८औं पुस्ताका सैनिक हुन्। बुबा फणेन्द्रबहादुर थापा पनि नेपाली सेनाका अवकासप्राप्त प्रमुख सेनानी हुन्। उनका दाजु रोहित थापा सशस्त्र प्रहरीका अवकासप्राप्त अतिरिक्त महानिरीक्षक हुन्। उनका दुई छोरा र एक छोरी कोही पनि सैनिक सेवामा छैनन्।
थापाको अवकाससँगै यो विरासतको क्रमभंग हुँदैछ। उनका एक छोरा र छोरी छन्। दुवै नेपाली सेनामा छैनन्। बहिनी जयन्तीका दुबै छोरी पनि सेनामा गएनन्। जयन्तीले सैनिक विद्यालयमा पढाएर अवकास लिएकी हुन्।
|
सेनामा यी हुन रथी दुई दावेदार काठमाडौं । सरकारले यही भदौ २४ गतेबाट सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेपछि शर्माद्धारा औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् ।
हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथीको दरबन्दी रिक्त हुनेछ । हमालको सेनाबाट अवकास पाएपनि दरबन्दी रिक्त हुने गरी मिसन अवधीभरसम्मलाई तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने निर्णयको लागी सरकारले सहमती दिइसकेको छ । उनि हाल मिसन इलाकामै कार्यरत छन् ।
वरियताअनुसार बढुवा भएको खण्डमा सेनाका उपरथीहरु बालकृष्ण कार्की र सरोजप्रताप राणा रथीमा बढुवा हुनेछन् । कार्की भदौ २४ लगत्तै बढुवाका लागी लाईनमा बसेका छन् भने राणाको भने असोज २६ पछि मात्र रथीमा बढुवा हुनेछ पालो आउनेछ ।
|
नासुको अन्तर्वार्ता स्थगित काठमाडौं । यही भदौ २१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा लोकसेवा आयोगले अनिश्चितकालीन स्थगित गरेको छ । आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आयोग(अध्यक्ष स्तर)को निर्णयले धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६/०७७ मा विज्ञापन भई २०७८/०५/११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्रा), नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा(सामान्य प्रशासन, लेखा, राजश्व समूह) र व्यवस्थापिका संसद् सेवा(सामान्य प्रशासन समूह) का मिति २०७८/०५/२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो ।
सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
|
अति गरिब विपन्न २०७ परिवारलाई खाद्य राहत सामग्री वितरण काठमाडौं। कोभिड–१९ का कारण रोजगार गुमाएका व्यक्तीहरुलाई विभिन्न संघसंस्थाहरु द्धारा राहत सामग्री वितरण गरिएको छ ।
कञ्चपुरका अति गरिब विपन्न मुक्त हलिया र भूमिहीन २०७ परिवारलाई आज खाद्य राहत सामग्री वितरण गरिएको हो ।राष्ट्रिय हलिया मुक्ति सामाज, आईसीआरडी र डब्लूएचओको सहयोगमा खाद्य राहत सामग्री वितरण गरिएको हो । शुक्लाफाँटा, वेदकोट, भीमदत्त नगरपालिकाका अति विपन्न मुक्त हलिया र भूमिहीन परिवारलाई चामल, नुन, दाल, चिनी, मास्क र साबुनलगायत सामग्री वितरण गरिएको राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सहयोगमा तीनवटै स्थानीय तहका ८५ परिवारलाई र मुक्ति हलिया समाज र आईसीआरडीको सहयोगमा १२२ परिवारलाई राहत सामग्री बस्तीमै पुगेर वितरण गरिएको अध्यक्ष लुहारले बताए ।
“भारतमा मजदुरी गरी जीविका चलाउँदै आएका विपन्न परिवार कोरोना महामारीको सङ्क्रमण बढेसँगै घर फर्केपछि रोजगारी नपाउँदा साँझ बिहानको छाक टार्न निकै मुस्किल थियो” लुहारले भन्नुभयो, “भोकभोकै मर्न थाल्यौँ, केही सहयोग गरिदिनु प¥यो भन्ने मागका आधारमा दातृ निकायसँग सहयोग जुटाई राहतको व्यवस्था गरेका छौँ ।”
|
चाडपर्वका लागि सुपथ पसल १ असोज देखि काठमाडौं। जब चाडपर्व नजिकिन्छ त्यस पछि सुरु हुन्छ व्यापारीहरुको कालो बजारी आतकं । यसैलाई मध्यनजर गर्दै सरकारले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औ बैठकले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व दशै तिहार र छठलाई समेत लक्षित गरि त्यस्तो निर्णय गरेको हो ।
विगत वर्षहरुमा झै यसवर्षको प्रमुख चाडपर्वमा पनि अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि आगामी २०७८ साल १ असोज देखि सुपथ मूल्यपसल सञ्चालन गर्ने निर्णय गरेको छ । १ असोज देखि शुरु भई छठ पर्व पछिको एक हप्ता सम्म सञ्चालन हुने सुपथ मूल्य पसलको व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई दिइएको छ ।
बैठकले चाडपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको भाडा दर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड सम्वन्धि स्वास्थ्य मापदण्डको पालना गरि गराई नागकिरलाई सहज यात्राको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीलाई खोप लगाउने सूचीमा प्राथमिकता दिने निर्णय भएको प्रवक्ता राउतले जानकारी दिए । |
एमसीसीको विरोधमा २२ दलको प्रदर्शन काठमाडौं। एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते राजधानीको माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरिएको हो ।
प्रदर्शन मण्डलाबाट र्याली रजुलुससहित नयाँ बानेश्वरमा पुगी विरोधसभामा परिणत हुनेछ । साथै उक्त संयुक्त विरोधसभामा उपस्थितिको निम्ति अपिल समेत गरिएको छ । देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले व्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (माले)का महासचिव सीपी मैनाली, नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने, राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी, जन समाजवादी पार्टी नेपालका उपमहासचिव डम्वर बिक्रम कार्की, मधेशी जनअधिकार फोरमका नेता भाग्यनाथ गुप्ता, राष्ट्रिय जागरण परिषद्का अध्यक्ष साध्यबहादुर भण्डारी लगायतका नेताहरुले एमसीसीको विरोध गर्दै यसलाई असफल पार्नुपर्नेमा जोड दिएका थिए । |
काठमाडौंका विभिन्न लाइन्स क्लवहरुद्धारा विद्यालयमा सहयोग काठमाडौं। आइतबार काठमाडौंका विभिन्न लाइन्स क्लबहरुले संयुक्त रुपमा काभ्रेको पाँचखाल स्थित श्री राधाकृष्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं यूनाईटेड ब्राईट,लायन्स क्लब अफ काठमाडौं ब्राईट फ्युचर ,लायन्स क्लब अफ काठमाडौं मिथिला सिटी र लायन्स क्लब अफ काठमाडौं ग्रेसिअस क्लबको संयुक्त अभियानले ९० जना विद्यार्थीहरुलाई सहयोग गरेको छ।
उक्त समारोहमा अभिभावकहरुलाई निशुल्क स्वास्थ्य जाँच र समेत गरिएको थियो। लियो क्लब अफ काठमाडौं यूनाईटेड ब्राईट र यम डि टु लियो काउन्सिल टेक्सासले अभिभावकको ब्लड प्रेसर,सुगर जाँच गरेको थियो भने,विद्यार्थीहरुलाई खेलकुदको सामाग्रीहरुपनि हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रध्यानध्यापक गिता लुइँटेलले विद्यालयलाई यस्तै खाले सहयोगको आवश्यक रहेको भन्दै धन्यवाद दिएकी छिन्। र आगामी दिनहरुमापनि सहयोगको अपेक्षा रहेको बताएकी छिन्।
कार्यक्रममा बोल्दै लायन्स क्लबका डिस्ट्रिक चिफ लायन्स आर.एस महतो, डिस्ट्रिक काे चिफ लायन्स जगन्नाथ पुडासैनीले यस्तो खाले सहयोग सामुदायीक विद्यालयमा आवश्यक रहेको भन्दै आगामी दिनहरुमापनि थप सहयोग गर्दै जाने बताएका छन्।
|
गुरु भट्टराई राख्ने, निरञ्जन कुमार झा हटाउने ! काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत कानुन विपरीत राखिएका १५१ कर्मचारी हटाइएका छन्।
रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ। नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाले हटाएका हुन् । ती ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई महाप्रबन्धक झाले आफुखुशी हाजिर नहुन भन्दै एक सूचना प्रकाशित गरी हटाएका छन् ।
रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १ सय ५१ जना ज्यालादारी कर्मचारीलाई कानूनसम्मत नमिल्ने भनी झाले हटाएका हुन् । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिरी नगर्न यदि हाजिर गरे आफै जिम्मेवार हुने चेतावनी सहितको सूचना जारी गरेका छन् ।
प्रबन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान छैन् त्यसैले उनीहरूलाई हटाएको छु । अब रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर प्रतिष्पर्धाको आधारमा मात्र कर्मचारी भर्ना गरिने छ ।’
|
पशुपतिनाथ मन्दिर असोज १ देखि खुल्ने, स्वास्थ्य मापदण्डको पालना अनिवार्य काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो । जुन साढे चार महिनापछि मन्दिर खुल्न लागेको हो । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले असोज १ गतेदेखि मन्दिर खोल्न लागेको जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खोल्ने निर्णय गरेका छौँ ।’ मन्दिरमा हुँदै आएका विशेष पूजा पनि खुल्ला गरिने डा. थापाले जानकारी दिए ।
कोषमा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पशुपतिनाथका साथै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि लामो समयदेखि बन्द अवस्थामा छन् । खुला गर्दा पनि भौतिक दूरीलगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न लगाइने छ ।
कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि विसं २०७६ चैतमा भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर दश महिनापछि २०७७ साल पुस १ गते खोलिएको थियो भने दोस्रो पटकको लकडाउनमा बन्द रहेको मन्दिर पाँच महिनापछि खोल्न लागिएको हो । लामो समय मन्दिर बन्द रहँदा पूजाआजामार्फत् संकलन हुने करोडौंको ९भेटी० रकम उठ्न सकेको छैन । |
राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छुट्टाछुट्टै पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसैगरि भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि आइतबार नै पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन्। |
‘उपाय सिटी कार्गो’ले डिजिटल ढुवानी सेवा सुरु गर्दै काठमाडौं । ‘उपाय सिटी कार्गो’ले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट प्रोग्राम सीपको साझेदारीमा काठमाडौं उपत्यकामा डिजिटल दुई पाङ्ग्रे ढुवानी सेवा सुरु गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममार्फत ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ योजनाबारे कार्गोले जानकारी गराएको थियो ।
कार्यक्रममा कार्गोका अध्यक्ष सुमन रायमाझीले उपाय सिटी कार्गो डिजिटल नेपालको ढुवानी सेवामा मेरुदण्ड बन्ने विश्वास व्यक्त गरेका थिए । उनले भने, ‘यूकेएडको अनुदान प्राप्त सीप परियोजनाको साझेदारीमा उपाय सिटीकार्गोले इंट्रासिटीमा साना व्यवसायका साथै भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि पनि ढुवानी सेवा सुरु गरेको छ ।’
उनका अनुसार दुई र चार पाङ्ग्रे सवारी साधनहरूको लागि बिजुली सवारी साधन प्रयोगको अन्वेषण भइराखेको छ । उपाय सिटी कार्गो इंट्रासिटीको लागि एक अनलाइन बजार हो जहाँ व्यक्ति र व्यवसायलाई यसको पिकअप ड्राइभर पार्टनरहरूको साथसाथै दुई पाङ्ग्रे राइडर पार्टनरहरूसँग जोड्दछ ।
उपाय सिटीले नेपालको विभिन्न शहरहरूमा साना र थोक सामानहरूको छिटो र सजिलो ढुवानी सेवा प्रदान गर्दछ । साथै, कार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर/दुई पाङ्ग्रे राइडर–साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको छ । |
बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको, जुत्ताको तलुवामा सुन बाेक्हनेरू भरिया मात्रै काठमाडौं । शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्यो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए ।
बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगन्ज पुर्याएका हुन्। बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए।
‘उक्त सुन नेपालगन्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले न्युज कारखानासँग भने, ‘बिल पनि संकास्पत छ ।’ व्यापारीको नाम भने उनले खुलाउन चाहेनन् । ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने,‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ।’
५ मिनेट पहिले मात्र पुगेको थियो सूचना
श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगन्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो ।प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरेको बताए ।
‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो ।’
प्रहरीका अनुसार लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो । जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ।
कसरी छिर्यो विमानस्थलबाट सुन ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै छिरेको चार किलो बढी सुन नेपालगन्जमा समातिएपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ । अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुन काण्डले पनि प्रश्न उब्जाएको छ ।
कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो होकी भन्ने पनि आशंका उब्जिएको छ । त्रिभुवक विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले विमानस्थल भएर नेपालगन्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताए ।
‘विमानस्थलबाट नै कसरी सुन छिर्यो हामी अनुसन्धान गर्दैछौँ’, बास्तोलाले भने, ‘अनुसन्धान नगरेरै केही भन्न सकिदैन ।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले विमानस्थलबाट सुन छिरेर नेपालगन्ज भेटिएको घटनाबारे आफूले समाचार पढेर थाहापाएको बताए । उनले त्यसबारे आफूले बुझ्ने प्रतिक्रिया दिए। |
लागूऔषधसहित दुई भारतीय पक्राउ सर्लाही । सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो।
सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।
शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५/५ लिटर क्षेमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डरबाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ।
उनीहरूमाथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताए। |
विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ।
शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो।
ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले एकल प्रयासमा खेलको ६४ औं मिनेटमा गोल गरे।
मिडफिल्डर कासेमिरोको कप्तानीमा मैदान उत्रिएको ब्राजिलले जितसँगै सात खेलबाट सात जितसहित २१ अंक जोडेको छ। ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
आइतबार बिहान भेनेजुयलालाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना दोस्रो स्थानमा छ । १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक बनाएका उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छन्।
यस्तै, पाराग्वे, चिली, बोलिभिया, पेरु र भेनेजुयला क्रमशः छैठौं स्थानबाट १० औं स्थानमा छन्। |
यादव राजनीतिले प्रदेश २ मा नयाँ समिकरण बन्ने सङ्केत नेपालमा जातिय राजनीतिले पटक पटक मलजल हुने अवसर पाउने गरेको छ । पछिल्लो पटक प्रदेश नं. २ मा जनता समाजवादी पार्टी विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा निर्वाचन आयोगको कार्यालयमा बुधवार सनाखत गर्न जाने प्रदेश सांसद ११ मध्ये कोही पनि यादव समुदायबाट नपर्नुले यसलाई पुष्टी गरेको छ । कसो सभामुख रहेका सरोजकुमार यादवले महन्थ ठाकुरलाई साथ दिएर यादवलाई समावेशीको रुपमा पाए । सभामुख यादव राजेन्द्र महतो निकट भएकाले लोकतान्त्रिक समाजवादी पार्टी तर्फ लागेका हुन् ।
जनता समाजवादी पार्टी छोडेर प्रदेश निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी तर्फ जाने सांसदहरुमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकी शरण साह रहेका छन् ।
निर्वाचन कार्यालय पुगेर पनि प्रदेश सांसदहरु जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गरेनन् । उनीहरुले केही ढुलमुल मार्काका सांसदहरुलाई संगै ल्याएर निर्वाचन आयोगले तोकेको दिन भित्रमा लोसपाको पक्षमा सनाखत गर्ने बुझिएको छ । प्रदेश सांसद जितेन्द्र सोनलको भनाईलाई मान्ने हो भने अब जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्मा र रानी शर्मा गरी चार जनाले लोसपाको पक्षमा सनाखत गर्नेछन् । यो जोड्दा पनि महन्थ ठाकुरले नेतृत्व गरेको पार्टीको १५ सांसद मात्र पुग्दछ ।
राजपा पार्टीले प्रदेश २ मा २५ सांसद पद पाएको थियो । २५ मध्ये १० जना उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीमा जाने देखिएको छ । हुन त लोसपाका नेताहरुले २५ मा २० आफै तर्फ तान्ने प्रयत्न गरिरहेका छन् । ३० सांसद भएको पुरानो उपेन्द्र यादवको पार्टीले केही भएपनि थप सांसद प्राप्त गर्ने पक्का पक्कि छ ।
तर यी सांसदहरु थपिनुमा ६ वटा पार्टी मिलेर बनेको पुरानो राजपा पार्टीको रिले दौडमा सभापति हुनेहरुमध्ये महेन्द्र राय यादव र राजकिशोर यादवले आफ्नो पुरानो पार्टी राजपाको समुह तर्फ नआई उपेन्द्र यादवलाई सहयोग गरेका छन् । यसरी दुई दुईजना त्यो पनि यादव समुदायकै नेताहरु उपेन्द्र यादव तर्फ लाग्नुले प्रदेश २ मा यादवको जातीय राजनीतिले नयाँ रुप धारण गरेको हो कि भन्ने अडकल गरिदैछ ।
उपेन्द्र यादवको जन्म स्थल सुनसरीमा राजनीति गर्नका लागि मुस्लिमहरुको साथ नभइ सफल हुन नसक्ने भएपछि प्रदेश २ मात्र होइन, सिङ्गो मधेसमा यादव र मुस्लिम समुदाय मिलेर अघि बढेमा सधैं बर्चश्व कायम गर्न सकिन्छ भन्ने रणनीतिलाई अनुशरण गरेर नै मूख्यमन्त्रीमा लालवावु राउतलाई चयन गर्न लगाएका थिए । धन्न महन्थ ठाकुरको समुहलाई यसपटक एकजना सांसद जयनुल राइनले साथ दिएका छन् । यसले महन्थ ठाकुर तर्फ एकजना मुश्लिम र एकजना यादव आएर समावेशी कोटा पुरा गरेजस्तो मात्र भएको छ । भित्रभित्रै यादव प्लस मुश्लिम एक हुने रणनीतिले बाध्य भएर गैर यादव थरहरु एकातर्फ जानुपर्ने स्थिति देखिएको छ ।
सप्तरी जिल्लामा पचपनियाँ जातिको संगठन सुसुप्त रुपमा अघि बढेको बर्षौ भएको छ । मधेस आन्दोलनको लगतै पछाडी मधेसी जनअधिकार फोरमको एकताका महासचिब समेत रहीसकेका रामदुलार साहले संविधानसभाको सभासदको निर्वाचनमा हारखानु परेको थियो । फोरमबाट उठेका भएपनि उनी यादव नभएकै कारणले अर्को पार्टीका यादव थरकाले जितेका थिए । कतै फेरी मधेसका जाति जातिबीचमा राजनीतिक प्रतिस्पर्धा हुने अवस्था त आउने होइन भन्ने विश्लेषण गर्न थालिएको छ ।
संघीय सरकारको गठबन्धमा रहेको माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एमालेको प्रदेश २ मा रहेको २१ सांसद मध्ये १३ जना आफ्नो पोल्टामा पारेकोले उक्त पार्टी गठबन्धन सरकारमा जाँदा महन्थ ठाकुरले नेतृत्व गरेको पार्टी प्रमुख प्रतिपक्षमा रहने भएको छ ।
संघीय सरकारको गठबन्धमा रहेको माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एमालेको प्रदेश २ मा रहेको २१ सांसद मध्ये १३ जना आफ्नो पोल्टामा पारेकोले उक्त पार्टी गठबन्धन सरकारमा जाँदा महन्थ ठाकुरले नेतृत्व गरेको पार्टी प्रमुख प्रतिपक्षमा रहने भएको छ ।
शुरुमा गठबन्धमा सरकार बनाएको र पछि दुबै मधेस केन्द्रित पार्टी एक भएर बहुमतको सरकार चलाएका लालबावु राउतले तीन दिन अघि अर्थबाट विजय यादवलाई अन्यत्र मन्त्रालयमा सारेर प्रदेश २ मा यादव भएकै कारण जे पनि गर्न पाइदैन भन्ने संदेश दिइसकेका छन् । यसका लागि उपेन्द्र यादवसंग सकारात्मक आदेश प्राप्त गर्न प्रदेश २ का जनता समाजवादी पार्टीका नेता र कार्यकर्ताहरुले अर्थमन्त्री विजय यादवले संगठनलाई लथालिङ्ग बनाएको आरोप लगाएको र मूख्यमन्त्रीले पारित गर्न लगाएको योजनाहरुमा आर्थिक निकाशा गर्न ढिलाई गरेर अप्ठेरोमा पार्ने गरेको आरोप लागेको थियो ।
विजय यादव आफै मूख्यमन्त्री हुन चाहेका थिए । तर व्यक्तित्वको हिसावले लालबाबु राउत अगाडी भएकाले उपेन्द्र यादवको च्वाइसमा परेका थिए । यसको लागि मधेसका बौद्धिक बर्गले उपेन्द्र यादवलाई बेलाबखत दिने सुझावमा मधेसमा मुश्लिम र यादव मिल्नु पर्दछ भन्ने फर्मुलाले काम गरेको थियो ।
उपेन्द्र यादवको यो फर्मुलाले अबको नयाँ हुने निर्वाचनमा काम गर्ला ? के मधेसमा गैर यादवहरु एक हुन सक्दछन् रु यी कुराको खोजी मधेसमा जोडतोडले भइरहेको छ ।
प्रदेश नं. २ का आठ जिल्लाको जातिय जनसंख्यालाई आधार मान्ने हो भने ६ जिल्लामा यादवको बाहुल्यता छ । प्रत्यक्षबाट प्रदेश सांसदमा जित्नेहरुमा यादवहरुको बर्चश्व स्वभाविक रुपमा बढी छ । विस्तारै मधेस यादववाद तर्फ उन्मुख भएपनि नेपाली कांग्रेसको १९ सांसद, नेकपा माओवादी केन्द्रको ८ सांसद समेत मिलेर गठबन्धनको सरकार बनेकोले नयाँ निर्वाचनसम्म यो गठबन्धन चल्न सक्ने सम्भावना छ । एकजना मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले समेत सरकारलाई नै समर्थन गरेकोले अबका दिनमा मधेसमा मधेस केन्द्रित दलभित्रै मदभेद बढेर जाने देखिन्छ । त्यसमा सिके राउतले आफ्नो संगठन यूवाबर्गमा ह्वात्तै बढाएकाले मधेसको मधेसी सेन्टिमेन्टको मत सबै उपेन्द्र यादवको पक्षमा जाने देखिदैन ।
सबैलाई थाहा छ, प्रदेशको पहिलो सरकार तत्कालिन समाजवादी पार्टी र राजपाको संयुक्त रुपमा बनेको थियो । पछि यी दुबै दलबीच एकिकरण भई जनता समाजवादी पार्टी बनेकाले जसपाको एकल सरकार थियो । नेकपा – नेकपालाई फुटाउने रणनीतिमा मधेस केन्द्रित दल पनि दालमा घुन पिसिएजस्तै पिसिन बाध्य हुन पुग्यो ।
अन्तर्राष्ट्रिय चलखेलले मधेसलाई पनि बाँकी राखेन । अहिले महन्थ ठाकुरको पक्षमा लाग्नेहरु भारतको संस्थापन पक्ष निकट भनेर लेवल लगाउने गरिन्छ भने उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी भित्र भारतको १२ बुँदे संझौता पक्षधर, माओवादी निकट केमेष्ट्री मिल्नेहरु र चाइनिज समर्थन प्राप्त गरेका केही मधेसी नेताहरुको एकीकृत रुप हो भन्ने देखिन्छ ।
मधेसमा चाइनिज चलखेललाई भारतले पटक्कै मन पराउँदैन । यस्तो बेला भारतीय खुपियाहरुबाट मधेसको कुनै कुरा लुक्ने अवस्थामा पनि छैन । आफ्नो पक्षको नहुँदा अस्थिर वातावरण बनाइदिने भारतीय स्वभाव पुरानै हो ।
लोकतान्त्रिक समाजवादी पार्टी अर्थात महन्थ ठाकुरको नेतृत्वको पार्टी मधेसमा प्रतिपक्षमा बस्दा मधेसको राजनीति सहज र सरल हुन दिइएला रु प्रश्न गम्भीर छ । नेताहरुले यसमा बढी ध्यान दिनु पर्ने देखिएको छ ।
अझ स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका र नगरपालिकाहरुका जनप्रतिनिधिहरु विभाजित हुँदा राजनीतिक झगडा गाउँगाउँ पस्नेवाला छ । संघीयताले राजनीतिक स्थिरता ल्याउला भनेर सोच्नेहरुले हिजो आज सबैप्रदेशमा सरकार परिवर्तनको खेल, सांसद तानातानको खेलले गर्दा केन्द्रको रोग प्रदेशमा र प्रदेश र केन्द्रको रोग गाउँगाउँसम्म पुगिरहेको छ ।
प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा लाग्ने सांसदहरुको सनाखत भइसकेपछि मन्त्री बन्न खुट्टा उचालेर बसेकाहरुले नयाँ नयाँ मन्त्रालयहरु पाउने छन् । थोरै सिटमा रहेको नेकपा माओवादी केन्द्रका नेता प्रचण्डले हिजो आज फेरी मधेससंग लभ परेको बताएर मधेसको भोटबैंकमा नयाँ नयाँ नारा सहित जान लागेका छन् ।
गठबन्धनले साथ दिएमा अर्थात उपेन्द्र यादवले साथ दिएमा प्रचण्ड फेरी मधेसबाटै उम्मेदवारी दिने पक्षमा छन् । मधेसको राजनीतिलाई आफ्नो पोल्टामा पार्न उपेन्द्र यादव, महन्थ ठाकुर, माओवादी र सिके राउतले रणनीतिक योजनाहरु बनाइरहेको बेला नेपाली कांग्रेसमा भने बिमलेन्द्र निधीको सभापतिका लागि उम्मेदवारी दिने घोषणा संगै मधेसका कांग्रेसहरु तीन खेमामा विभाजित भएका छन् । यसले मधेसमा फेरी कांग्रेसमा खुट्टा तान्ने प्रबृत्ति बढेर जाने नै छ ।
प्रदेशमा सामान्यता ६ वटा मन्त्रालय हुने गरेको छ । गठवन्धनमा धेरै पार्टी आउने भएपछि सबैलाई भागबण्डा पु¥याउन मूख्यमन्त्री राउतले मन्त्रालय टुक्राएर १० वटा बनाएका छन् । जसमध्ये अहिलेसम्म कांग्रेसलाई दुई, माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर दुई मन्त्रालय आफैसंग राखेका छन् । ती दुबै मन्त्रालय अब सरकारमा आउने नेकपा एकीकृत समाजवादीलाई दिनु पर्ने हुन्छ ।
केन्द्रको गठबन्धन मिलाउनका लागि उपेन्द्र यादवले मधेसमा नयाँ समिकरणका साथ जान चाहे । जसका लागि महन्थ ठाकुर तर्फ लाग्ने सम्भावना भएका तत्कालिन मन्त्री जितेन्द्र सोनल र अन्य राज्यमन्त्रीहरुलाई हटाएर कांग्रेसलाई मन्त्री पद दिएका थिए भने पछि माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिनका लागि जसपाकै एक मन्त्री र एक राज्यमन्त्रीलाई राजिनामा गर्न लगाएका थिए ।
केन्द्रको गठबन्धन मिलाउनका लागि उपेन्द्र यादवले मधेसमा नयाँ समिकरणका साथ जान चाहे । जसका लागि महन्थ ठाकुर तर्फ लाग्ने सम्भावना भएका तत्कालिन मन्त्री जितेन्द्र सोनल र अन्य राज्यमन्त्रीहरुलाई हटाएर कांग्रेसलाई मन्त्री पद दिएका थिए भने पछि माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिनका लागि जसपाकै एक मन्त्री र एक राज्यमन्त्रीलाई राजिनामा गर्न लगाएका थिए ।
आठ जिल्लाको मात्र प्रदेश २ को संरचनालाई प्रदेश सरकारको नेतृत्व गर्ने पार्टीले नै स्वीकार गरिरहेको छैन । प्रदेशको नामाकरण अझै हुन सकेको छैन । यस्तो अवस्थामा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसमेत चार दलको संयुक्त सरकार मधेसमा बन्नुले मधेसको राजनीतिलाई आआफ्नै तरिकाले तन्काउन चाहनेहरुबीचको मिलानलाई घोडमिलान मात्र भन्न सकिन्छ ।
प्रदेश २ मा जसपा भित्रै दुई गुट प्रष्ट देखिनु र अन्य दलहरु जो सरकारमा आएका छन् उनीहरुबीच मधेसको सवालमा सैद्धान्तिक सहमति समेत हुन नसकेको अवस्थामा मधेसमा स्थिरताभन्दा अस्थिरताको सम्भावना बढेर गएको छ ।
मधेसको सवालहरुमा देशका सबै राजनीतिक पार्टी एक नभएको संविधान जारी गर्दा नै देखिएको थियो । संविधान जारी गर्दा एक भएका मधेस केन्द्रित दलभित्र पनि एकता टुटेपछि मधेसीको मनमा अनेक प्रश्नहरु उब्जिन थालेका छन् ।
वि।सं। २०५४ सालमा माओवादीका केन्द्रिय सदस्यहरुको रोहवरमा खुलेको मधेसी जनअधिकार फोरमले फेरी पुराना सबै रिसराग विर्सेर माओवादी केन्द्र संगै सहकार्य गरेर मधेसको राजनीतिमा अघि बढ्न खोजेकै हो त भन्ने संकेत देखिएको छ । यसले मधेसको राजनीतिमा लहान र गौर आन्दोलनमा माओवादी र फोरम एकअर्काको विपक्षमा उभिएको अवस्थालाई संझन बाध्य बनाएको छ ।
के मधेस आन्दोलनका बेला माओवादीले लहानमा गरेको गल्ती र मधेसी जनअधिकार फोरमले गौरमा गरेको गल्तीलाई दुबै पक्षले विर्सिएर राजनीतिक गला मिलाउन खोजेकै हुन् त ? यसलाई सिके राउत, राजेन्द्र महतो, महन्थ ठाकुर जस्ता नेताहरुका साथै मधेसको छोरा भएर सिंगो नेपाली कांग्रेसको नेतृत्व गर्न तम्सिएका बिमलेन्द्र नीधिले कुन रुपमा हेरिरहेका छन् भविष्यले बताउने छ । राउत, महतो, ठाकुर र निधि सबै यादव समुदाय बाहिरको हुनुले पनि महत्व राख्दछ । |
एनआरएनएका आचार्यद्वारा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले गैरकानुनी रुपमा नेपालको सम्पत्ति विदेशीरहेको र गैरआवसीय नागरिकताको व्यवस्था नहुँदा सम्पत्ति पलायन भइरहेको भन्दै यस्तो बताएका हुन् ।
संघको १०औँ महाधिवेशनमा अध्यक्ष प्रत्यासीका उमेद्वार समेत रहेका आचार्यले बिदेशी पासपोर्ट लिईसकेका गैरआवासीय नेपालीहरूले नेपालमा सुरक्षित रूपमा लगानी गर्न नेपाली नागरीकताको निरन्तरता आवश्यक भएको बताएका थिए ।
उनले भने, ‘विदेशी पासपोर्ट लिएकाहरुले त्यसलाई त्यागेर नेपाली पासपोर्ट लिएर नेपालमै लगानी गर्न चाहनेहरुका लागि नागरिकता अनिवार्य छ । विदेशमा गरिरहेको लगानी नेपालमा भित्र्याउन पनि नागरिकता आवश्यक भएकाले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन जरुरी छ ।’ आफूले पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको भन्दै उनले देश विकासका लागि सरकारले डायसपोरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सो अवसरमा उनले एनआरएनए एक अभियान भएकाले संस्थालाई छाता होइन साझा रुपमा विकास गर्न जित र हारको भावना त्याग्नुपर्ने बताउँदै उनले स्थानीयसँगको संयोजन नहुँदा लगानीले मुनाफा लिन नसकिरहेको समेत बताए । विश्वका करिब ९० देशमा विस्तार भइसकेको एनआरएनए सदस्यहरुको ‘टाउको बेचिने’ डर बढ्दै गएकाले संस्थालाई पारदर्शी र अनुशासित बनाउन जरुरी रहेको बताए ।
आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुन गइरहेको १०औं सम्मेलनमार्फत आफूले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि प्रवासी नेपालीहरुलाई एकजुट गराउँदै सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए । |
सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दामा आजका लागि पेसी ताेकियाे काठमाडौं। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेसी सूचीमा संवैधानिक इजलासमा पहिलो नम्बरमा राखेको छ।
करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन। अर्जुनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ।
के हो मुद्दा ?
२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो।
लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो।
तर, सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसीर २०६९ मा अर्को आदेश जारी गर्नु परेको थियो।
सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत २०७६ असार २५ गते आदेश जारी गरेको थियो।
सर्वोच्चको संवैधानिक इजलाश शाखाकाअनुसार पूर्णिमायाले सापकोटा र दोङविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको लिखित उजुरीको प्रतिलिपि आयोगले अदालतलाई पठाइसकेको छ। आयोगमा पूर्णिमायाको उजुरी १४९२ नम्बरमा दर्ता छ। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटालाई मन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै मानव अधिकारवादी संस्थाहरूले रिट दायर गरेका थिए।
पछि सर्वोच्चले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउनका लागि अन्तरिम आदेश गर्नु नपर्ने भने पनि सापकोटविरुद्धको अभियोगमाथि अनुसन्धान कारबाही अगाडि बढाई त्यसको जानकारी अदालतलाई गराउन परमादेश जारी गरेको थियो।
व्यक्ति हत्याको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख नबनाउन द्वन्द्व पीडित र अधिकारकर्मीले चर्को बिरोध गरे पनि तत्कालिन नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सापकोटा ०७६ माघ १२ गते सभामुखमा नियुक्त भएका थिए।
तीन वटै मुद्दाकाे सँगै सुनुवाइ
सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर गरेको रिट र अर्जुन लामाको हत्या सम्बन्धी लामाकी पत्नि पूर्णिमायाले ०६९ मंसिर ७ मा दायर गरेको रिटका साथै ०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलना सम्बन्धी मुद्दा एउटैमा समेटेर सर्वोच्चको संवैधानिक इजलाशले हेरिरहेको छ।
सापकोटा तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए । यसअघि न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले लामा हत्या प्रकरणमा १५/१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो।
प्रत्येक १५/१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो। तर, जिल्ला प्रहरी कार्यालयले सर्वोच्चको आदेशका उल्लघंन गर्दै एकएक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ ।
हालसम्म प्रहरीले गरेको काम अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरू शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र गर्ने कार्य भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ।
सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ। सर्वोच्चले अर्जुनको हत्यामा सापकोटा संलग्न भए, नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो।
उक्त मुद्दा पछिल्लो पटक गत बैशाख ८ गते पेसीमा चढे पनि हेर्न नभ्याइनेमा राखिएको थियो। २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। |
कांग्रेसका केन्द्रीय सदस्यहरुले वडाबाटै प्रतिनिधि बन्नु पर्ने : १५ औं महाधिवेशनमा ६५ बर्ष कटेकाले उम्मेदवार हुन नपाउने व्यवस्था गर्न दवाव धनकुटा । भेडेटारमा मंगलवार सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय दुईदिने भेलाले १५ औं महाधिवेशनबाट ६५ बर्ष काटेका नेतालाई कुनै पदमा उम्मेदवार बन्न नदिने व्यवस्था मिलाउन अनुरोध गरेको छ । साथै केन्द्रिय सदस्यहरु स्वत: केन्द्रीय प्रतिनिधि बन्ने प्रावधानलाई हटाएर वडाबाटै निर्वाचन लडेर प्रतिनिधि हुनुपर्ने बाध्यात्मक व्यवस्था बनाउन माग गरेको छ ।
नेपाली कांग्रेसका प्रदेश नं. १ का सबै जिल्लाका जिल्ला सचिबहरु भेला भएर १३ बुँदे भेडेटार घोषणा पत्र समेत जारी गरेका छन् । विराटनगरलाई राजनीतिक शहरको उपमा दिइदै आएकोमा यसपटक सचिबहरुले भेडेटारमा घोषणा पत्र जारी गरेर पूर्वको पर्यटकीय स्थलबाट आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भावना बोलेको उक्त घोषणा पत्र पढ्नेहरुले बताएका छन् ।
उक्त भेलाले १४ औ. महाधिवेशनमा वडा तहदेखि केन्द्रीय तहसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन नेतृत्व तहसंग माग समेत गरिएको छ । नेपाली कांग्रेसमा सर्वसम्मत ? सबैलाई आश्चर्य पार्ने गरी गरिएको यो अनुरोधले कम्तिमा पहिलो चरणमा सर्वसम्मतको पहल गर्न नेता र कार्यकर्ताहरुलाई निर्वाचन अधिकृतले अनुरोध गर्ने वातावरण भने तयार भएको छ ।
मोरंग कांग्रेसका जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको भेलामा सहभागी सचिवहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गरेका छन् । भेलामा कोइरालाले नेपाली कांग्रेसमा सर्वसम्मतिको संस्कारलाई अभियानकै रुपमा लानुपर्ने बताए । उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई दृष्टिगत गरी कांग्रेसले गुट उपगुटमा नलागी पार्टीगत निर्वाचनलाई पर्वको रुपमा लिएर शक्ति सञ्चय गर्न आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस तेह्थुमका सचिव सन्तोष सुब्बा,संखुवासभाका सचिव डम्वर वस्नेत,भोजपुरका सचिव कैशाल कुमार आले मगरले जिल्ला सचिवहरुको अनुभव आदन प्रदानले पार्टीको आगामी गतिविधिमा सचिबहरुको सक्रियता बढाउन सहयोग पुग्ने धारणा राखेका छन् । कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रमे सम्वाहाम्फे,सुनसरीका सचिव सुजेन्द्र तामांङ्ग, संखुवासभाका सचिव निर्मला तामाङ्गले समेत नेपाली कांग्रेसको संगठन विस्तार र पूर्वको समग्र विकासमा संयुक्त धारणा बनाउन सहयोग पुग्ने बताए ।
सबै सचिबहरुको संयुक्त हस्ताक्षर गरी जारी गरिएको भडेटार घोषणा पत्रमा नेपाली काँग्रेसको विधानको आधारमा पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाएर पार्टीलाई नविन उर्जा दिन क्रियाशील सदस्यमा भएको विवादलाई पार्टीको तल्लो तहवाट सिफारिस भइआएको आधारलाई मानी समाधान गर्न भनिएको छ । साथै आसन्न १४औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न भेलाले जोडदार माग गरेको छ ।
पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन घोषणापत्रमा माग गरिएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘सिंगो मुलुक कोभिड १९ वाट ग्रसित भएको र सबै नेपाली जनताले खोप समेत नपाइरहेको अवस्था रहेकोले जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई सबैले तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गरियोस ।’
प्रदेश १ का सचिबहरुको भेलाले प्रदेश १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन पहल गर्न केन्द्रीय नेताहरुसंग माग गरेका छन् ।
१३ बुँदे घोषणा पत्रको पूर्णपाठ :
|
लण्डनमा नेपालीद्वारा गुम्बा स्थापना काठमाडौं । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल १ हजार ६ सय ६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
कूल दुई लाख ८३ हजार ५ सय पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ । सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४ सय ५१ जना आजीवन सदस्य र १ सय ४१ जना ट्रष्टी आबद्ध रहेको र उनीहरूकै सामूहिक पहलमा यो काम सफल भएको अध्यक्ष गुरुङले बताए ।
गुम्बाको भवन भए पनि अझ गुम्बाका लागि लामा राख्ने र त्यसको व्यवस्थापन गर्न थुप्रै काम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए । गुम्बाका लागि थप सामग्री र केही मूर्ति दाताबाट प्राप्त हुने बताइएको छ । गुम्बा खरिदका लागि रकम सङ्कलन गर्न संयोजकका रूपमा उपाध्यक्ष श्रीमती मीना गुरुङलाई तोकिएको र उनले थप सदस्य राखेर घरदैलो गरेर रकम सङ्कलन गर्न ठूलो भूमिका निर्वाह गरेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
देश विदेशमा रहेका १ सय १० वटा गुम्बाको छाता सङ्गठनका रूपमा रहेको बौद्ध नेपाल तमु बौद्ध सङ्गठनबाट लामाको व्यवस्था भईसकेको र जसका लागि सन् २०१८ मै एफओयू गरेको र यसभित्र १७ आचार्य, चार जनाले बुद्ध धर्मकै विषयमा विद्यावारिधि गरेको अध्यक्ष गुरुङले बताए । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको लउइचदेखि प्लमस्डीडसम्म पदयात्रा गर्दै आइरहेको सेन्टरले जनाएको छ । रासस |
फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा एक महिलाको मृत्यु बीबीसी । न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।
एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका मायोकार्डाइटिस अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्छ। त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका मानिन्छ।
तर उक्त समूहले ती महिलामा पहिलेदेखि विद्यमान स्वास्थ्य समस्याहरूले खोप लिएपछिको अवस्थामा असर पारेको हुनसक्ने जनाएको छ।मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन।
तर कोभिड–१९ भ्याक्सीन इन्डिपेन्डन्ट सेफ्टी मनिटरिङ बोर्डले मुटुमा उत्पन्न समस्या खोपका कारण उत्पन्न भएको हुनसक्ने बताएको छ।
‘खोप लगाएको केही दिनमा मृत्यु भएको यो घटना न्यूजील्यान्डमा फाइजरको कोभिड(१९ खोपसँग सम्बन्धित पहिलो मृत्युको घटना हो। खोप लगाएको केही दिनभित्र मृत्यु भएका अरू केही घटनाबारे हामीलाई विवरण प्राप्त भए पनि अन्य घटना खोपसँग सम्बन्धित भएको मानिएको थिएन,’ बोर्डले एउटा विज्ञप्तिमा भनेको छ।
ती महिलाको मृत्युबारे अध्ययन भइरहेको छ। शवपरीक्षणबाट मृत्युको कारण निर्क्योल हुन बाँकी छ। महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
युरोपेली नियामक निकायले मुटुको सुजनलाई फाइजर र मोडेर्नाका कोभिड खोपको दुर्लभ साइड इफेक्ट अर्थात् दुष्प्रभाव मानेको छ। युरोपियन मेडिसिन्स एजेन्सीका अनुसार त्यस्तो दुष्प्रभाव कम उमेरका पुरुषमा देखिएको छ।
तर एजेन्सीले खोपको फाइदा यसको कुनै पनि जोखिमभन्दा धेरै भएको र त्यसले मानिसहरूलाई कोभिड-१९ का कारण गम्भीर बिरामी हुनबाट रोक्ने बताउँछ। सोमवार न्यूजील्यान्डका अधिकारीहरूले देशमा खोप प्रयोग कायम राख्ने कुरामा आफूहरू विश्वस्त भएको बताएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा अहिलेसम्म ३,४६५ जनामा सङ्क्रमण भएको छ भने २६ जनाको मृत्यु भएको छ।सुरुमा कोरोनाभाइरस रोक्न सफल भएकोमा प्रशंसा पाएको न्यूजील्यान्डले खोप कार्यक्रममा ढिलाइ गरेकोमा आलोचना भएको थियो।
हालैका दिनमा भने त्यहाँ खोप कार्यक्रमलाई तीव्र पारिएको छ। अहिलेसम्म त्यहाँ ३० लाख जनाभन्दा बढीलाई खोप लगाइएको छ। त्यहाँको जनसङ्ख्याको २३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
डेल्टा भेरिअन्टका कारण अहिले न्यूजिल्यान्डमा सङ्क्रमण बढेको र त्यहाँको धेरै भागमा लकडाउन गरिएको छ। अहिले ५० लाख जनसङ्ख्या भएको त्यहाँ ५६० जना सक्रिय सङ्क्रमित छन्। अकल्यान्डमा बाहेक अन्य सहरमा मङ्गलवारदेखि लकडाउन खुकुलो हुँदै छ। |
वर्षाले तातोपानी नाका ठप्पजस्तै, दैनिक दुई कन्टेनर मात्र भित्रिन्छन् सिन्धुपाल्चोक । दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ। अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो।
सडकअवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्यानु परेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए।
दसैं तिहार नजिकिदै जाँदा पनि नाका पूर्ण रुपमा सूचारु भएको छैन, जसकारण गत वर्षझै अभाव सृजना हुनसक्ने भन्दै व्यावसायीहरू त्रसित छन्।
भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख र सात करोड २१ लाख रुपैयाँ राजस्व संकनलन भएको छ। |
श्रीकृष्ण जन्माष्टमी : कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा हाे हाम्रो हिन्दु वैदिक परम्परा अनुसार विभिन्न धार्मिक चाडपर्वहरू मध्ये श्रीकृष्णजन्माष्टमी पर्व पनि एक धार्मिक पर्वको रूपमा मानिदै आएको छ। विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिलाई कृष्ण जन्माष्टमी भनिन्छ।
भगवान श्रीकृष्णको प्राकट्य यसै दिनमा भएको मानिन्छ। गर्गसंहिता अनुसार भगवान कृष्णको प्राकट्य भाद्रकृष्ण अष्टमी मध्यरात्री बुधबार रोहिणी नक्षत्र हर्षण योगमा भएको मानिन्छ। कृष्ण प्रकट भएको रातलाई मोहरात्री पनि भनिन्छ।
मनलाई निरोध गरी सांसारिक विषयबाट हटाएर श्रीकृष्णका साथ एकरूप हुनु मुक्त हुनु नै कृष्ण जन्मको प्रयोजन हो। कृष्णको सम्पूर्ण लीलामा योगमायाको हात रहेको हुन्छ। किनभने मायाको आश्रय नलिई भगवानले अवतार लिन सक्नुहुन्न। योगमाया विना कृष्णबाट मात्रै लीला हुँदैन।
कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न मानिन्छ। आसुरी स्वभावका दुष्टहरूको विनाश गर्नु र साधु सन्तको रक्षा गर्न नै भगवान कृष्णको प्राकट्य भएको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ। जुन दिन अष्टमी तिथिले मध्यरात छोएको छ त्यसै दिन कृष्णजन्माष्टमी व्रत गर्नु उत्तम हुन्छ भन्ने कुरा पनि धर्मशास्त्रमा उल्लेख छ।
भगवानको अवतारहरूमा अंशावतार, आवेशावतार, कलावतार, पूर्ण अवतार र परिपूर्णतम अवतार हुने कुरा गर्गसंहितामा उल्लेख छ। मत्स्य, कच्छप आदि अवतारलाई कलावतार, परशुराम आदिलाई आवेश अवतार मानिएको छ। परशुराम जन्मदा भगवानका अवतार थिएनन उनी ऋषिकुमार नै थिए।
उनी पछि कैलाशधाममा शस्त्रास्त्र विद्या सिक्न शिवजीकहाँ गए। त्यतिबेला शिवले पार्वतीलाई रामगीता सुनाउन लागेका रहेछन् र उनले सान्निध्यमा बसेर रामगीता सुनिसकेपछि उनी नारायण अवतार भएर शिवजीबाट धनुर्विद्या ग्रहण गरी आश्रममा फर्किए पछि एक्काइस पटक पृथ्वी युद्ध गरी आसुरी स्वभावका क्षत्रीय राजाहरूलाई नाश गरी धर्म स्थापना गरे।
पछि राम अवतारको पालमा सीतासँगको विवाहमा धनुर्भङ्गमा परशुरामको नारायण अवतार राममा सरेपछि परशुराम ऋषिकै रूपमा रहे। परशुराम चिरञ्जीवी भएकाले आजतक पनि जीवित नै मानिन्छन्। भगवान रामलाई पूर्ण अवतार र कृष्णलाई चाहिँ परिपूर्णतम अवतार मानिन्छ।
अल्पसमयका निमित्त अल्प जीवहरूका उद्धारका लागि जो अवतार हुन्छ त्यो अंशावतार हो र अनन्त कालका लागि तथा अनन्त जीवका कल्याणका लागि जो अवतार हुन्छ त्यो पूर्ण अवतार हो। कृष्ण अवतारको बाललीलादेखि स्वधामगमनसम्म अनेकौँ अलौकिक र अद्भुत लीला नै कृष्ण अवतारको विशेषता हो।
कृष्ण अवतारको मुख्य देन नै श्रीमद्भगवद्गीता हो। श्रकृष्णले नै महाभारतको लडाईँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीतलमा चार वेद अठार पुराणको सार गीता हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ। त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो। भगवान कृष्णले आफ्नो जन्म कर्मका विषयमा यसरी बताउनु भएको छ।
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन्।
प्रकृतिं स्वामधिष्ठाय संभवाम्यात्ममायया।। गीता ४। ६।
हे अर्जुन! म नजन्मने सत् अव्यय , आत्मा प्राणीहरूको ईश्वर हुँ तापनि प्रकृतिलाई स्वीकार गरेर मायाद्वारा मेरो जन्म संभव भएको हो। यदि माया थिइन भने मेरो जन्मनै हुदैनथ्यो।
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।। गीता ४। ९।
हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य छ। तत्त्वपूर्वक जसले मेरो जन्म र कर्मलाई जान्दछ त्यो व्यक्तिको पुनर्जन्म हुँदैन त्यो मेरै धाममा रहन्छ भन्नुभएको छ।
यसकारण कृष्णजन्माष्टमी पर्व अत्यन्तै पुण्यदायक पर्वको रूपमा मानिदै आएको छ। यो दिनमा दिनभर व्रत लिएर मध्यरात्रीमा श्रीकृष्णको जन्मोत्सव मनाएर विधिपूर्वक भगवान श्रीकृष्णको षोडषोपचार विधिले पूजा अराधना गरी प्रसाद ग्रहण गर्नु उत्तम मानिन्छ। कृष्ण जन्माष्टमीको भोलिबेर श्रीकृष्णको मूर्तिलाई रथमा राखी रथ यात्रा गर्ने चलन चलिआएको छ।
कृष्णजन्माष्टमी कै दिनमा हाम्रो देश भित्र रहेका कृष्णका मठ मन्दिरमा धूमधामसँग कृष्णको पूजाआराधना गरिन्छ । यसैदिनमा राजा मानदेवको पालामा बनेको भक्तपुरको चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्दछ। यसै गरी सिद्धिनरसिंह मल्लले निर्माण गरेका ललितपुर जिल्लाको पाटन शहरमा रहेको विश्वप्रसिद्ध कृष्ण मन्दिरमा भगवान कृष्णको पूजाआराधना गर्न व्रतालु भक्तजनको ठूलो भीड लाग्दछ।
यसै दिनमा चैतन्य महाप्रभुको अनुयायी कृष्ण भक्तले पनि त्यो दिनमा श्रीकृष्णको लीला उत्सव नेपाल, भारत लगायत विश्वका जुन ठाउँमा रहेका कृष्णका मन्दिरमा भव्य मेला उत्सव गरी मनाउँदछन्।
त्यस्तै गरी कृष्णप्रणामी कृष्ण भक्तले पनि भगवान कृष्णको भव्य रूपले उत्सव गरी पूजा आराधना गरी मनाउने चलन रहेको पाइन्छ। यो कृष्ण जन्माष्टमी पर्व सार्वभौम पर्व हो। त्यसकारण सबै मानवका लागि कल्याण गर्ने पर्व हो। भगवान कृष्ण जात र सम्प्रदायको घेरा भन्दा माथि हुनुहुन्छ। यही नै कृष्ण धर्म र भगवद्गीताको सार हो। |
दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमबाट उनीहरूको उद्धार गरिएको हो।
आर्थिक वर्ष २०७५/७६ देखि अछाममा सुरु भएको यस कार्यक्रम अन्तर्गत ६ भदौमा एकैदिन दुई गर्भवतीको हवाइ उद्धार गरिएको छ।
निःशुल्क हवाइ उद्धारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुलाई सहज भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए। |
लगातारकाे झरीले काठमाडाैंकाे जनजीवन प्रभावित (फाेटाेफिचर) काठमाडाैं। गत हप्ताकाे सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ। पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन्। पहाडमा पहिराे खसेकाे छ।
जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ।
‘हिजोअस्तीभन्दा आज (आइतबार) झरी केही कम भएको छ । तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्,’ बर्खामा झरी नियमित प्रक्रिया हो।’ न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन्।
मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतकाे माैसम विज्ञान विभागकाे प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ।
आइतबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ । तर, दिउँसो त्यससँगै कर्णाली र सुदूरपश्चिममा पनी पानी पर्ने आँकलन महाशाखाले गरेको छ।
‘लगातारको झरीले पहाडी भूभागमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘खहरे खोलामा भेलबाढीको जोखिम हुने भएकाले सवैले सतर्कता अपनाउन जरुरी छ। अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्दछौं ।’
गत बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासीको बतासा क्षेत्रमा २४ घन्टामै ४३४.२ मिलिमिटर पानी पर्याे, जुन अधिक भारी मात्र होइन, यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबैभन्दा बढी हो ।
यो पटकको झरीमा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कडेलका एक मिनेटमा एक मिमी वर्षा हुँदा पनि भल बग्छ । यतिधेरै वर्षाले त बाढीपहिरो निम्त्याउँछ ।
|
उपेन्द्र महतो र एनआरएनएलाई सगुनको धन्यवाद (भिडियोसहित) वाशिंटन डिसी । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी तथा सदस्यहरु एवं गैरआवासीय सम्पूर्ण नेपाली समुदायमा धन्यवाद ज्ञापन गरेको हो ।
सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष उपेन्द्र महतोले सगुनप्रति भरोसा गरेको भन्दै महतोले सगुनबारे बोलेका कुराहरुसमेत भिडियोमा राखेर धन्यवाद दिएका हुन् ।
संस्थापक अध्यक्ष महतोले सगुनजस्तो एपको माध्यमबाट गैरआवासीय नेपालीले आफ्नो क्षेत्रबाट नेपाललाई चिलाउने काम गरिरहेको भन्दै खुशी व्यक्त गरेका थिए । ‘तपाईंले सगुनलाई कमाउने अवसर दिँदा त्यो कमाइको निश्चित प्रतिशत तपाईंले नै पाउने हो,’ महतोले भनेका छन्, ‘त्यो प्रतिशत धेरै नहुन सक्छ । विशेष गरी सामाजिक संजालले दिएको यस्तो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सगुन नेपालीकै उत्पादन भएको कारण यसलाई नेपालीले विशेष साथ दिनुपर्ने बताएका छन् । नेपालीले साथ दिए विदेशीहरुले पनि साथ दिने उनको भनाइ थियो ।
सगुनका सहसंस्थापक सिटौलाले एनआरएनका संस्थापनहरुले नै एनआरएनले स्थापना गर्दा नै सगुनजस्तो एनोभेटिभ महत्वपूर्ण र नेपाललाई विश्वसमा चिनाउने परियोजनाहरु जन्माउनुपर्छ भन्ने परिकल्पना गरेको उल्लेख गर्दै एनआरएनका संस्थापनहरुले सगुनको स्थापनाकालदेखि नै सहयोग र सद्भाव देखाएको भन्दै एक भिडियो सन्देशमा धन्यवाद दिएका छन् ।
परिकल्पना, विश्वास र साहस बोकेर रचनात्मक सहयोगका लागि विदेशी भूमिमा होमिएका समृद्धिका अभियानकर्तालाई एनआरएनको ठूलो प्रेरणा प्राप्त भएको उल्ल्लेख गर्दै सिटौलाले यो क्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् । |
महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत महाेत्तरी । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे। तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन।
उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेकाे हेर्न विवश छन्। उनका अनुसार रातु नदीले उनीसहित स्थानीयकाे ८ कठ्ठा खेत कटान गरिसकेकाे छ। खेत बगर बनेकाे छ।
बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेकाे छ । रातु नदीकाे बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ।
प्रभावितहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणकाे काम भइरहेकाे स्थानीय वसन्तराज साहले जानकारी दिए ।
रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ । तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणकाे तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।
अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन् । गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन्।
टहराबाट पानी चुहिएर समस्या भएकाे मुसहर वस्तीका सुनिल सदाले बताए। |
अवरुद्ध बुटवल-नारायणगढ सडक अझै सूचारु भएन बुटवल । अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन। बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो। तर, भत्किएका, भासिँएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जनाइएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-सुनवल खण्डमा मात्रै चार स्थानमा पहिरो गएको छ भने पुल भाँसिका छन्। यो तथ्यांक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको हो।
रुपन्देहीको देवदह नगरपालिका-७ स्थित घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको सुनवल नजिकै रहेको तुरियामायी पुल भासिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। त्यसैगरी, सुनवल नगरपालिकामा पर्ने राजमार्गका तीन स्थानमा पनि सडक अवरुद्ध छ।
भूमही भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देही र नवलपरासी सीमा क्षेत्र मौवाखोला पुल पनि क्षतिग्रस्त भएको छ।
दैनिक हजारौं गाडी ओहोरदोहोर हुने सडक नै अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् । ओभरलोडसँगै नदी र खोलामा अनियन्त्रित दोहनले पुल र सडकको दुराअवस्था हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए।
नदीजन्य पदार्थको चरम दोहन र मापदण्डभन्दा बाहिर गएर नदीजन्य पदार्थ निकाल्नु पनि अर्को एक प्रमुख कारक बनेको छ । नदी र खोला क्षेत्रको बहाव क्षेत्रलाई अतिक्रमण गर्ने तथा अत्यधिक दोहोनले समस्या सृजना गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयराज मरासिनीले बताए। |
दिनदहाडै अमेरिकाको ओहायोमा यसरी लुटियो नारायणको सुन पसल (लुट्दै गरेको भिडियोसहित) वासिंगटन डिसी। उनका ग्राहक प्रायजसो नेपाली भाषी नै हुन्थे, नेपालीहरु आउँथे, आफूलाई चाहिएको सामान किनेर लैजान्थे, यी वाहेक फाट्ट फुट्टमात्र अरु मानिसहरु उनको पसलमा पुग्थे।
तर, त्यसदिन अचम्म भयो, टाउकोमा फेटा बाँधेका चारवटी महिला र एशियन मूलका (तर,नेपाली होइनन्) दुईजना लोग्ने मान्छे ज्वेलरी किंग युएसए नामको सुन पसलमा पसे। उनीहरुको अंग्रेजी भाषा पनि कमजोर अर्थात् स्पष्ट थिएन। एकछिन पसलभित्र यो हेर्ने, त्यो हेर्ने, यो देखाऊ, त्यो देखाऊ भनेर सबै थोक किन्न खोजेजस्तो गरेर उनीहरुले आफ्नो हाउभाउ देखाए।
यसैबीचमा एकसय डलर मूल्य पर्ने सुनको नत्थी र २० डलर पर्ने चाँदीको औंठी पनि किने। ६ जनाको समूहमा पसेका उनीहरुले सुन पसलमा पसेर पत्तै नपाउने गरी अल्मल्याएर एकलाख अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने एक किलो सुनका गहना चोरेर लगिदिए।
र, नारायण रसाइली एवं उनकी पत्नी तारालाई जीवनमा कल्पनै नगरेको पीडा दिए। घटना अगष्ट २३ तारिक सोमबारको हो। अमेरिकाको ओहायो राज्यको कोलम्बिया शहरमा सन् २०१९ देखि आफ्नै गहना पसल खोलेर बसेका नेपाली भाषी नारायण रसाइली र उनको परिवार यी अनौठा लाग्ने लुटेराहरुका कारण चिन्तित भएको छ।
भर्खर भर्खर उभोलाग्दै गरेको गहना व्यापारलाई अझ फस्टाउने बनाउन नारायणले केही समयअघि मात्रै एक किलो सुनका सिक्री र २ किलो सुनका ब्रासलेट होलसेल पसलबाट ऋणपान गरेर आफ्नो कोलम्बसस्थित पसलमा ल्याएका थिए।
उनले ती सामानहरु सिकागोको होलसेल पसलबाट मगाएका थिए। नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको ओहायोका विभिन्न शहरमा बाक्लो बस्ती बनिसकेको छ। चाड बाड नजिकिएको अवस्था र सुनका गहनाको बढ्दो माग एवं आफैं पनि गहना बनाउन सक्ने खुवी भएका कारण नारायणको गहना पसलमा चहल पहल पनि थियो।
दिउँसो साढे चारजस्तो बजेको थियो, घटनाबारे डिसी नेपालसँग कुराकानी गर्दै नारायणले भने, “म नानीलाई लिन स्कूल गएको थिएँ, मेरी पत्नी पसलमा थिइनँ। फेटा बाँधेका र मास्क लगाएका छ जनाको हुल पसलमा पसेछ। गहनाहरु हेर्न खोजेछन्। उनले गहनाहरु देखाइन्। त्यसमध्ये एउटा नत्थी र एउटा चाँदीको औठी खरिद पनि गरेछन्। ग्राहकले सामान किनेर लगेकोमात्र उनले तत्काल सोचिछन्। जव अर्को ग्राहक आएर झुम्का हेर्न खोज्दा पो त्यो र्यागमा राखेको सुनका सिक्रीहरुको ट्रे नै हराएको थाहा पाइछन्।”
“त्यसदिन मेरी पत्नीको जन्म दिनको दिन थियो। म भने छोरीलाई स्कूलबाट रिसिभ गरेर श्रीमतीका लागि जन्म दिनको उपहार केही किन्छु भनेर केही परको सपिङ्ग मलतिर पुगेको थिएँ”, नारायणले घटनाबारे जानकारी दिँदै थपे, उनले सिक्रीको ट्रे नै नदेखेपछि आत्तिदै र चिन्तित हुँदै छिटो आउनु कि छिटो आउनु भनेर फोन गरिन् म पनि आत्तिदै पसलमा फर्किएँ । पसलमा सिसी टिभी राखिएको थियो तर त्यसको रेकर्ड हुने कोठाको चावी भने मसँग थियो त्यसैले उनले सामान हराए पनि कसरी हरायो भनेर पत्तो लगाउन सकिनन्। जव म हत्तारिँदै पसल पुगेर सिसी टिभीको रेकर्ड हेर्न थालेँ अनि त लुटेरा प्रष्ट देखिए। सिक्रीले भरेर राखेको ट्रे यता उता हेर्दै तिनै छ जनामध्येको एकले आफ्नो झोलामा भरेर लगेको सिसी टिभीमा देखियो। (हेर्नहोस् भिडियो)
यस्तो देखेपछि प्रहरीलाई तत्काल खवर गरियो तर प्रहरीले कुनै रेस्पोन्स गरेन। जति फोन गरेपनि भ्वाइस म्यासेजतिर पठाइदियो, भ्वाइस म्यासेस छोडेपछि पनि धेरै समयसम्म कुनै सम्पर्क नै हुन सकेन। यसरी सम्पर्कै नभएपछि वा प्रहरीले रेस्पोन्स नै नगरेपछि मैंले तत्काल भिडियोलाई फेसबुकमा सार्वजानिक गरेँ तै ती लुटेराहरु अरु नेपाली र नेपाली भाषीको पसलमा नपसुन् र थप नोक्सान नगरुन् भन्ने मलाई लाग्यो। मलाई के पनि लाग्यो भने तिनले लगाएका लुगा फेरेनन् भने मेरो भिडियो हेर्नेले कतै देखेर स्थानीय प्रहरीलाई खवर पो गरिदिन्छ कि। तर, त्यस्तो केही भएन, भोलिपल्ट विहान ११ बजेतिर पो प्रहरी मेरो पसलमा आइपुग्यो। उसले सिसी टिभी फुटेजहरु लिएर गएको छ र हाम्रो उजुरी पनि दर्ज गरेको छ तर यस्तो चोरी प्रहरीको प्राथमिकतामा पर्दोरहेनछ वा यो इमर्जेन्सी उद्धार गर्नुपर्ने खालको घटना होइन रहेछ शायद त्यसैले उनीहरु तत्काल आएनन्।”
श्रीमतीलाई उपहारसमेत दिएर साँझ जन्म दिन मनाउँला भनेर उनले केही आफन्त र साथी भाइलाई पनि बोलाएका थिए तर यो अकल्पनीय घटनाले उनीहरुको खुसी पनि लुटिदियो। बरु भोलिपल्ट कतै तिनलाई देखिन्छ कि भनेर कन्टकीसम्म पनि केही साथीहरु लिएर पुगे। उनको भिडियो हेरेका एक नेपालीले केन्टकीमा आफ्नो पसलमा ती व्यक्ति आएकोजस्तो लागेको भन्दै जानकारी गराएपछि तै फेरि देखिन्छन् कि भनेर केही साथी लिएर उनको खोजीमा केन्टकी पुगेका थिए। तर, फेरि तिनीहरुलाई फेला पार्न सकेनन्।
प्रहरीले ती लुटेरा पत्ता लगाएर आफ्नो लुटिएको धन फिर्ता आउला कि भन्ने आशा भने नारायणले मारेका छैनन्। हुन त उनले पसलको विमा पनि गरेका छन्। विमा कम्पनीले पनि आफ्नो बास्तविकता बुझेर सहायता गर्ला भन्ने उनलाई लागेको छ। लुटेराहरु धेरै नै चलाखजस्तो लागेको छ उनलाई किनकि सिसी टिभी फुटेज हेर्दा लुटेराले हातमा पञ्जासमेत लगाएका देखिन्छन् भने पन्जाबाट पनि आफ्नो फिन्गरप्रिन्ट कतै नबसोस बनेर अर्कोले एउटा कपडाले बारम्बार हातले छोएको ठाउँ पुस्ने गरेको देखिएको छ।
सामान हेर्ने भनेर ताला लगाइएको साइडमा पहिला खोल्न लगाए, केहीबेर त्यहाँको महँगा सामान पनि हेरे अनि अर्को साइडमा रहेको सामान किन्न खोजेर तीमध्येकै केही व्यक्तिले उनकी पत्नी ताराले अर्को कुनामा नदेखुन् भनेर छेकिदिएका छन्।
सामान देखाउने क्रममा चावी खोलेको र फेरि हेर्न खोज्लान् भनेर बन्द नगरेको अवस्थाको फाइदा उठाएर सिक्रीको ट्रे नै उठाएर झोलामा हालेछन् र थाहा नपाउन् भनेर अरु ट्रे हरु मिलाएर राखिदिएको सिसी टिभी फुटेजमा देखिएको छ। |
गण्डकी प्रदेशमा अर्बपति मन्त्री पोखरा। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।
सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
कुन मन्त्रीको सम्पत्ति कति ?
सम्पति विवरणमा मुख्यमन्त्री पोखरेलले दुई वर्षअघि २०७६ सालमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ । नवलपुर गैंडाकोटमा ०.३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे दुईतले पक्की घर छ । उक्त घरजग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उनले जनाएका छन् ।
पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख छ । श्रीमती लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन् ।
सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन् । उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।
यस्तो छ अर्ब पति मन्त्रीको सम्पति
– पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा
– पोखरामा घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतमा करोडांै लगानी
– पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वमीमा घर छ ।
– नयाँ बजारमै ४ हजार ९ सय ९४ वमीमा अर्को घर छ
– यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटलमा मुख्य लगानी
– पर्यटकीय स्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्टको स्वामित्व
– ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ ।
– विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद
– आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर
– ५ बैंकमा ३१ करोड ३ लाख ७० हजार ऋण तिर्न बाँकी
– दुई गाडी
यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ । उनले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भनी दाबी गरेका छन् । पर्यटकीयस्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनको सम्पत्ति हो ।
उनले २ गाडी, ५ बैंक तथा वित्तीय संस्थामा ऋण रहेको उल्लेख गरेका छन् भने उनको घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद छ भने आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर छ । उनले सम्पत्ति विवरणमा ५ बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन् ।
यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने १ किलो बढी सुन रहेको बताउँछन् । उनको १ किलो १९ तोला सुन छ । गृहजिल्ला स्याङ्जा भिरकोटसहित काठमाडौं नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको देखाएका छन् । साथै १५ लाख नगद, ७ किलो २ तोला चाँदी र एक थान हिराको औंठी रहेको उल्लेख गरेका छन् ।
माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका रामजीप्रसाद बरालले छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर, आफ्नो नाममा ६० कित्ताको निफ्राको सेयर, एभरेस्ट बैंकमा ३ लाख नगद उल्लेख गरेका छन् । उनले गत वर्ष एनआईसी एसिया बैंकबाट १ करोड ऋण लिएको जनाएका छन् । श्रीमतीसहित आफ्नो नाममा जग्गा छ भने चार तोला सुन विवरण देखाएका छन् ।
वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवामा ५० हजार रुपैयाँबराबरको घर किनेको बताएका छन् । उनले पोखरा १४ मा ४० लाखको जग्गा किनेका छन् । उनीसँग सुन र चाँदी क्रमशः ३० र २० तोला छ । उनले ऋण काढेर चर्ती नर्सरी उद्योग सञ्चालन गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले ९५ तोला सुन, विभिन्न संस्थामा १ करोड बढी नगद, ५६ लाखको सेयर देखाएका छन् । उनको पोखरा १६ मा ३ सय ८२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ भने बैंक तथा वित्तीय संस्थामा ८५ लाख ऋण रहेको उल्लेख गरेका छन् ।
यसैगरी, पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति बागलुङमा छ । त्यहाँको काठेखोलामा ६ स्थानमा उनको जग्गा रहेको छ । साथै उनको नाममा चितवनमा ५, रुपन्देहीमा ९ र श्रीमती इन्द्रकलीको नाममा चितवनमा ३ स्थानमा जग्गा छ । उनले बागलुङ बजारमा झन्डै ५० लाखमा घर किनेका छन् । उनको २५ तोला सुन र १ किलो चाँदी छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले लमजुङ दुधपोखरीमा घर उल्लेख गरेकी छन् । उनको लमजुङ, चितवन र मकवानपुरमा गरी ४ स्थानमा जग्गा छ । साथै उनको नाममा साढे ८ लाख नगद मौज्दात र ३ तोला सुन छ ।
ऊर्जामन्त्री हरिशरण आचार्यको स्थायी घर गोरखाको पालुङटारमा आफ्ना बाबु र श्रीमतीको नाममा घरजग्गा रहेको भनेका छन् । उनले बैंक तथा वित्तीय संस्थाबाट ५० लाख ऋण लिएको बताएका छन् । साथै ८ तोला सुन र ५ तोला चाँदी रहेको छ ।
मन्त्रिपरिषद् विस्तारको दुई महिनापछि मात्र सार्वजनिक सम्पत्तिमा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने अझै सम्पत्ति विवरण बुझाएका छैनन् । राजधानी दैनिकबाट |
एनआरएनए आइसीसीको चुनावी रौनक, अध्यक्ष र उपाध्यक्ष पदमा क-कसकाे दाबी? काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १०औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३–२५, २०२१ मा हुने भएको छ।
त्यसका लागि संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिने निर्णय समेत गरिएको छ । सोहि समयमा आगामी कार्यकाल २०२१–२०२३ को लागि नेतृव चयन पनि हुनेछ ।
अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ । निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम भएको छ । नेपाल सरकारले अधिवेशनलाई व्यवस्थापन गर्न सधांझैं परराष्ट्रमन्त्रीको अध्यक्षतामा कार्यदल गठन गरिसकेको छ ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी)को केन्द्रीय निर्वाचन हुन अब दुई महिना पनि बाँकी छैन् । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा व्यस्त देखिन्छन् ।
यतिबेला दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको गर्मी निकै बढेको छ । सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन् ।
अध्यक्ष र उपाध्यक्ष पद घोषणा गरेका केही उम्मेदवारहरुः
कुल आचार्य :– एनआरएनएका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मिएका आचार्य विगत दुई दशकदेखि बेलायतलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । आचार्यले एनआएनएमा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
उनले संस्थाको सुदृढीकरण र शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नवौं महाधिवेशनमा पनि उनी अध्यक्षका प्रत्यासी थिए ।
डा.बद्री केसी :– एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका बताएका छन । डा.केसीले सन् २००३ देखिनै आफू एनआरएन अभियानमा लागेको बताउँदै एनआरएनएको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले लिने बताए ।
दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष रहेका उनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरुलाई एनआरएनमा आबद्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्।
डा.हेमराज शर्मा :— एनआरएनएका महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । डा.शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्पूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन्।
डा.शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा.शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन्।
बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल समेत हासिल गरेका छन् ।
धर्मराज अधिकारी :— एनआरएनएको १०औँ महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उपाध्यक्ष उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित अधिकारी आगामी उपाध्यक्ष पदका लागि सबैका साझा उम्मेदवार बनेका छन्। नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको हरेक अभियानमा सरिक हुँदै आएका छन्।
अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
राज रेग्मी :— एनआरएनएको आगामी १०औं महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिमा मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाइ छ ।
एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
सुनिल साह :– एनआरएनएको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन्। उनी लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय छन् । साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्षसमेत हुन् ।
लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्वृद्धिका लागि प्रयोग गर्ने बताएका छन्। आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्याउने उद्देश्य रहेको उनले बताए ।
एसी शेर्पा :— एनआरएनएको १०औँ विश्व सम्मेलन तथा महाधिबेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघप्रतिको निःस्वार्थ र निरन्तर सहभागितालाई आगामी कार्यकालमा पनि कायम राख्दै संस्थामार्फत अझ सेवा पुर्याउनका लागि पूर्वअमेरिकाज् क्षेत्रीय उपसंयोजक तथा आइसीसीका वर्तमान सल्लाहकार शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्।
‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डासहित शेर्पाले आइसीसी उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन् । एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।
महेश श्रेष्ठ :— एनआरएनए/आइसीसीका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ उपाध्यक्षका उम्मेदवार हुने भएका छन् । नेपालमा मात्र नभएर व्यबसायिक रुपमा नेपालीहरुको विश्वब्यापी रुपमा लगानी बिस्तार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै प्रमुख एजेण्डा बनाएर काम गर्न उपाध्यक्षका लागि उम्मेदवार भएको उनले बताएका छन्।
उनी बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ जापानका स्थायी वासिन्दा हुन् । नेपालबाट समाज शास्त्रमा एमए गरेका श्रेष्ठले त्यो भन्दा विल्कुलै फरक सिभिल इन्जिनियरिङमा ग्राजुएट गरेका छन्। यस बाहेको जापानको ग्लोबिस युनिभर्सिटीबाट एमबीए गरेका छन् ।
श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्। उनको नेपाल र जापानमा धेरै व्यवसाय रहेको छ। १९९४ मा जापान पुगेका श्रेष्ठ २००७ मा नेपाली कांग्रेसको विदेशस्थित रहेको नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष भएका थिए।
त्यसपछि नेपाली कांग्रेसको १२औं र १३औं महाधिवेशनका लागि महासमिति सदस्य रहेका छन्। गैरआवासीय नेपाली संघमा आइसीसी सदस्यबाट २०१९ मा भारी मतले कोषाध्यक्ष जितेका श्रेष्ठले यो पटक भने उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
विश्वका ८५ वटा देशमा एनआरएनएले आफ्नो शाखा बिस्तार गरिसकेको छ । |
नेकपा एमाले भित्र आएको विवाद प्रदेश नं १ मा पस्यो पछिल्लो समय नेकपा एमालेभित्र केपीशर्मा ओली र माधवकुमार नेपाललाई जसरी पनि मिलाउने पक्षमा लागेका एमालेका दोस्रो पुस्ताका नेताहरुको दौडधुप बढेको छ । यसको पछिल्लो उदाहरण भदौ ४ गते एमालेको केन्द्रिय कमिटी सदस्य तथा सांसदहरु समेत ५७ जनाको काठमाडौंमा भएको सहभागिता र सहमतिमा भएको निर्णय हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा नेकपा एमालेको एकता अत्यन्त महत्वपूर्ण रहेको ठहर गरेर दोस्रो पुस्ताका नेताहरुले विज्ञप्ती जारी गरेका छन् । एमालेका दोस्रो पुस्ताका नेताहरुले तयार गरेको १० बुँदे सहमति लागु गर्नुपर्ने, १४ जना सांसदको कारवाही फिर्ता हुनुपर्ने र माधव कुमार नेपालले नयाँ पार्टी खोल्न नहुने सर्त राखेर भएको सहमतिले एमाले भित्र नयाँ बहस आएको छ ।
बहसले सिंगो नेपाल नेकपा एमालेको भविष्य निर्धारण त हुने नै छ । तर यहाँ प्रदेश नं. १ को सरकार अब के हुने भन्ने सवाल प्रमुख रुपमा उठी रहेको छ । विश्लेषकहरुका अनुसार चाहे एमाले फुटोस वा नफुटोस दुबै अवस्थामा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको पद भने धरापमा परेको छ ।
प्रदेश नं. १ मा नेकपा एमालेको ५१ जना सांसदहरु छन् जसमध्ये माधवकुमार नेपाल खेमामा १५ जना रहेको दावी गरिएको छ । यहाँ एमालेको केन्द्रको विवाद मिलाउने क्रममा १० बुँदे सम्झौता लागु नै भएपनि प्रदेश नं. १ मा एमाले कै भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने हुन्छ । एमाले नफुटेको अवस्थामा समेत शेरधन राईले बाग्मती प्रदेशमा केपी ओली खेमाका पौडेलले छोडेर पहिले माधवकुमार नेपाल खेमाका अष्टलक्ष्मी शाक्यलाई मूख्य मन्त्री बनाउनु परेको छ । मुख्यमन्त्री भइसकेर पनि भदौ ४ गते एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टी नफुटोस भनेर निकालेको विज्ञप्तीमा शाक्यको हस्ताक्षर हुनुले उनी अहिले पनि कता तिर भन्ने प्रष्ट भइसकेको छैन ।
जसरी अष्टलक्ष्मी शाक्यलाई माधवकुमार नेपालले नयाँ दर्ता गरेको पार्टीमा जान नदिएर मुख्यमन्त्रीको पद नै दिएका छन् त्यसैगरी भीम आचार्यलाई माधव कुमार नेपालको समुहमा जान नदिनका लागि केपी ओलीले उनलाई प्रदेश नं. १ को मुख्यमन्त्री पदको चास्नीमा डुबुल्की मार्न लोभ्याउने प्रष्ट छ ।
जसरी अष्टलक्ष्मी शाक्यलाई माधवकुमार नेपालले नयाँ दर्ता गरेको पार्टीमा जान नदिएर मुख्यमन्त्रीको पद नै दिएका छन् त्यसैगरी भीम आचार्यलाई माधव कुमार नेपालको समुहमा जान नदिनका लागि केपी ओलीले उनलाई प्रदेश नं. १ को मुख्यमन्त्री पदको चास्नीमा डुबुल्की मार्न लोभ्याउने प्रष्ट छ ।
के भीम आचार्य मुख्यमन्त्रीको चास्नीमा अष्टलक्ष्मी शाक्य जस्तै डुबुल्की मार्न जालान ? झलनाथ खनालका परिवारिक नाता पर्ने भीम आचार्यले अरुको साथ छोडेपनि झलनाथ खनालको साथ छोड्ने छैनन् । यसले गर्दा भीम आचार्यलाई साथ दिने प्रदेश नं. १ को सांसदहरु उनीहरुले दावी गरेको जस्तो १५ को १५ नै नभएपनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन ८ जना मात्र नपुगेको अवस्था छ । शेरधन राईलाई हटाएर भीम आचार्यलाई एमालेले मुख्यमन्त्री बनाएन भने मुख्यमन्त्री हुने पालो नेपाली कांग्रेसको हुन्छ ।
प्रदेश नं. १ मा एमालेको ५१ जना, नेपाली कांग्रेसको २१ जना, माओवादीको १५ जना, संघीय समाजवादी अर्थात जनता समाजवादी पार्टीको ३ जना, राप्रपाको १ जना र संघीय लिम्बुआन पार्टीको १ जना सांसदहरु छन् । यी मध्ये एमालेको ५१ जनाबाट ८ जना माधव नेपाल पक्षधरहरुले नेपाली कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गरेर गठबन्धनको सरकार बनाउन सक्ने सम्भावना प्रवल छ । नेकपाको प्रदेश सरकारहरु एकपछि अर्को ढाल्दै गएको एमाले पार्टी भित्र चलेको राजनीतिक विर्रो अहिले प्रदेश नं. १ मा प्रवेश गरेको छ ।
अहिले केन्द्रमा गठबन्धनको सरकार बनाउन कसरत गरिरहेका नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भित्रको कार्यगत एकताले बाग्मती प्रदेश र प्रदेश नं. १ मा माधव कुमार नेपालको पक्षलाई प्रदेश सरकारको नेतृत्वगर्न दिने सहमति भएको छ । तर त्यो सहमतिभन्दा केपी ओलीको कृपाले नाटकीय ढंगले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य आउँदा प्रदेश नं. १ मा पनि एमालेको संस्थापन पक्षलाई केन्द्रमा बलियो बनाउन अर्थात माधव कुमार नेपाललाई पार्टी फुटाउन चाहिने २० प्रतिशत समेत पुर्याउन नदिन केपी ओलीले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडी बढाउन सक्दछन् । यसले झलनाथ खनाललाई पनि आफ्नो पक्षमा पार्न केपी ओलीले एउटा अस्त्र प्राप्त गर्दछन् । मौकामा चौका हान्न सिपालु नेता केपी ओलीले यसको लागि कुनै आकस्मिक कदम चाल्न सक्ने सम्भावना उत्तिकै बलियो छ । त्यसो भएमा वा नेकपा एमाले एक ढिक्का हुने अवस्था आएमा अर्थात नेकपा एमाले भित्र गोरु व्यायमा अब छिट्टै भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री हुन सक्दछन् ।
तर त्यसो नभएर नेकपा एमाले पार्टी दोस्रो पुस्ताका नेताहरुले आह्वान गरेजस्तै एक हुन नसक्ने अवस्था आएमा राजनीतिक दलसम्बन्धी अध्यादेशले राजनीतिक पार्टी दर्ता भएको २१ दिनभित्र प्रदेश र स्थानीय जनप्रतिनिधिहरुले दल रोज्न पाउने अवस्था भएकोले अब शेरधन राईको मुख्यमन्त्रीको पद धेरै दिन टिक्ने छैन ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई पार्टी दर्ताको प्रक्रियामा सनाखत गर्न भदौ ९ गतेको म्याद दिएको छ । कित भदौ ९ गते भित्रै सहमिति भएर शेरधन राईले मुख्यमन्त्री छोडेर भीम आचार्यलाई दिनु पर्ने हुन्छ कित भदौ ९ गते विधिवत रुपमा माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता भएको मितिले २१ दिन अर्थात भदौ २९ गते पछाडी कुनैपनि बेला नत शेरधन राई नत भीम आचार्य दुबैलाई पछाडी पार्दै नेपाली कांग्रेसले प्रदेश नं. १ को मुख्यमन्त्रीको पद आफ्नो हातमा पार्नेछ ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा राजीव कोइराला छन् । यसले उनलाई मुख्यमन्त्री बन्ने चिठ्ठा पर्न सक्दछ । तर कांग्रेसको संस्थापन पक्षमा उनी नपरेकाले उनलाई मन्त्री हुन दिएर प्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारलाई प्रदेश नं. १ मा सजिलो हुन दिने अवस्था भने छैन ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा राजीव कोइराला छन् । यसले उनलाई मुख्यमन्त्री बन्ने चिठ्ठा पर्न सक्दछ । तर कांग्रेसको संस्थापन पक्षमा उनी नपरेकाले उनलाई मन्त्री हुन दिएर प्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारलाई प्रदेश नं. १ मा सजिलो हुन दिने अवस्था भने छैन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आई रहेकोले यसलाई प्रभाव पार्ने गरी राजीब कोइरालालाई मुख्य मन्त्री बनाउनुभन्दा माओवादीका नेता प्रचण्ड र नयाँ पार्टी खोल्ने तरखरमा रहेका माधवकुमार नेपालकै सहमतिमा कुनै व्यक्तिलाई मुख्य मन्त्रीपद गठबन्धनले छोडन सक्ने सम्भावना छ ।
गठबन्धन गर्नेहरुको लेनदेनमा कुरा बाझियो भने र झलनाथ खनाल माधव नेपालकै पक्षमा आएर आफन्त भीम आचार्यलाई जसरी पनि मुख्य मन्त्री बनाउनु पर्दछ भन्ने अडान लिए भने कांग्रेसले केन्द्रमा राम्रो मन्त्रालय लिएर एक कदम पछि हटेर भीम आचार्यलाई नै मुख्यमन्त्री बनाउन सक्दछ । तर भीम आचार्यले माधवकुमार नेपाललाई धोका दिएको चर्चा राजनीतिक बजारमा व्याप्त छ ।
प्रदेश १ मा जनजातिहरुको बर्चश्व भएकोले माधव नेपाल पक्षधरले नेकपा माओवादी र नेपाली कांग्रेसको समर्थनमा राजेन्द्र राईलाई मुख्य मन्त्री बनाउन पनि सक्नेछन् । नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले पार्टी भित्र विद्रोह नहोस भनेर बिराटनगर महानगरपालिकाको मेयरको टिकट दिने बेलामा डा. शेखर कोइरालाले भनेको व्यक्तित्व भीम पराजुलीलाई दिएका थिए र उनले मेयरमा विजय समेत प्राप्त गरेका थिए ।
त्यसैगरी मुख्यमन्त्रीको लागि पनि शेरबहादुर देउवाले नेपाली कांग्रेसको पोल्टामा ल्याउन पहल गर्ने तर कुन व्यक्तिलाई कांग्रेसबाट मुख्यमन्त्री बनाउने भन्ने विषयमा डा. शेखर कोइराला वा सिंगो कोइराला परिवारलाई नै निर्णय गर्न सुम्पेर पार्टी भित्र एकताको सन्देश दिन पनि सक्दछन् । यस्तो भयो भने नेपाली कांग्रेसको राजीव कोइराला पनि मुख्यमन्त्री बन्ने पाइपलाइनमा रहेको देखिन्छ ।
नेपाली कांग्रेसको पूर्वको राजनीतिमा भोजपुरबाट सुनसरीमा आएर सांसदको निर्वाचन जितेका ज्ञानेन्द्र कार्कीको राजनीतिक भविष्य पनि जोडेर हेर्नु पर्ने हुन्छ । सुनसरीमा राजीब कोइरालाको साथ नलिई पटक पटक निर्वाचन जित्न सकिन्न ।
ज्ञानेन्द्र कार्की जो अहिले शेरबहादुर देउवाको सरकारमा मन्त्री छन् उनले प्रदेश नं. १ को नेपाली कांग्रेसको उपनेता रहेका हिमाल कार्की जो देउवा समुहका भनेर चिनिएका छन्, उनलाई समर्थन गरेर कांग्रेस भित्रै नयाँ खिचडी पकाउँछन् कि वा जस्तो छ त्यस्तै रुपमा अगाडी बढेर यसपटकका लागि राजीब कोइरालालाई नै मुख्यमन्त्री बनाएर आफ्नो भविष्य सुनिश्चित गर्दछ । त्यो आगामी दिनको कदमले देखाउने छ ।
तर, शेरधन राईको मुख्यमन्त्री पद भने छिटोमा भदौ ९ गते भित्र र ढिलोमा भदौ २९ गतेको आसपाससम्म मात्र रहने पक्कापक्की छ । नेपालको राजनीतिमा कहिले काँही गोरु व्यायो भन्न थालिएको छ । जस्तो कि अष्टलक्ष्मी शाक्यले माधव नेपालको पक्ष छोड्नु भनेको एक प्रकारले राजनीतिमा गोरु व्याय सरह नै हो । त्यसैगरी नयाँ ढंगले नेकपा एमालेमा गोरु व्यायको अवस्थामा बाहेक मुख्यमन्त्री शेरधन राईको पद धरापमा परेको सहजै अनुमान लगाउन सकिन्छ । |
कोरोनाको कहरः नीलबाराही नाच राति मात्र सञ्चालन भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ।
दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ देखि ११ गतेसम्म मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणको जोखिम बढेपछि गत वर्ष जस्तै यस वर्ष पनि राति मात्रै सञ्चालन गर्ने निर्णय भएको हो।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयवासीले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएको उनले बताए।
नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयवासीको उपस्थिति पनि कम हुने बताए। वर्षैँदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो। कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उनले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयवासीलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उनले आग्रह गरे।
हरेक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ। बोडेको अखाः द्यो छेँबाट सुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा छ। नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीय बताउँछन्।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ। नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ।
नाचमा देवगणले मुकुण्डो लगाएर घण्टाैँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालु अर्थात् सहयोगीको काखमा वा जिउमा अडेसलगाएर बस्नुपर्छ। नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात् बत्ती पनि निभ्नु हुँदैन भन्ने मान्यता छ। नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णीमासम्म नाचको तयारी गरिन्छ। जसलाई नेवारी भाषामा ‘प्याखा स्यनेगु’ भनिन्छ। नाच सिकाउँदा ताः लगायतको बाजा बजाइने परम्परा छ। नेपाल संवत् ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गरेकाे भन्ने वंशावलीमा उल्लेख गरिएको छ।
पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाएकी भन्ने जनविश्वास छ। देवीस्वयंमले सिकाएकाे नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीय बासिन्दाले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन्।
नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ। रमेश गिरी/रासस |
रूकुम पूर्वकाे आठ हजार हेक्टरमा सिँचाइ सुविधा रुकुम (पूर्व) । जिल्लामा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ। आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन्। जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ।
ती मध्ये आठ हजार हेक्टरमा सुविधा पुगेको छ। बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पु¥याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिए। कार्यालय र विभिन्न सङ्घसंस्थाका सहयोगमा जिल्लाको आठ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको उनले जानकारी दिए।
एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ। कार्यालयले आर्थिक वर्ष २०७५/७६ बाट आव २०७८/७९ सम्ममा ६८७ हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य राखेको छ। उनका अनुसार अहिलेसम्म जिल्लाको छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइको सुविधा पु¥याइएको छ।
कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८०० घरधुरी सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। अन्य सङ्घसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको उनको भनाइ छ। कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ। यस्तै कार्यालयले कूल खेतीयोगय जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पु¥याउने लक्ष्य राखेको छ। विस्तृत आयोजना प्रतिवेदन तयार गरेर क्रमागत बजेटमार्फत सिँचाइ सुविधाको व्यवस्था गरिने जनाइएको छ।रासस |
आक्रमणमा परी नाइजरमा ३७ जना मारिए नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरुले बताएका छन् ।
बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ ।
तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ ।
युनिसेफलगायत अन्य विभिन्न निकायहरुले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् ।
विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।
उनीहरुले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई आग्रह गरेका छन् ।
“बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,” युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ । |
इटहरीका गाउँ गाउँमा कालोपत्रे सडक (फोटोफिचर) इटहरी । इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगर भएपछिका जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएका हुन् । इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अरु सय किलोमिटर बाटो कालोपत्रे हुनेछ ।
उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ गाँउका बाटोहरु पिच भएका छन्, धेरै बाटोहरु धमाधम बन्दैछन् । गत आर्थिक वर्षमा सम्झौता भएका धेरै योजनाहरु सम्पन्न हुने चरणमा छन् । अघिल्लो बर्ष सुरु भएका ११ बहुवर्षे सडक मध्ये ७ वटा निर्माण सम्पन्न भएका छन् । चारवटा लामा सडक दशैँअघिनै निर्माण सक्ने गरी काम भइरहेको छ ।
आर्थिक बर्ष ०७७‐७८ का ४० वटा बहुबर्षे योजनामा पनि धमाधम काम भइरहेको छ । बरिष्ठ इन्जिनियर घिमिरेले सबै प्राविधिक जनशक्ति यी निर्माणमा केन्द्रित गरिएकाले दशैँअघिनै काम सम्पन्न हुने विश्वास ब्यक्त गरे । गत आर्थिक बर्षमा कोरोनाका कारण बेलैमा ती योजना सुरु हुन सकेका थिएनन् । गाँउलाई शहरसँग जोडने गरी इटहरीका सबै मुलबाटोहरु कालोपत्रे हुने चरणमा छन् ।
चार बर्षको अवधिमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन वटा ठूला पूल निर्माण सुरु भएको छ । वडाका आफनै भवन निर्माण भइरहेका छन् । अबको एक बर्षभित्रमा १६ वटा वडा आफनै कार्यालयमा हुने छन् । इटहरीका प्रत्येक वडाबाटै वडाबासीले सेवा पाउने छन् ।
प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सँचालन हुदैछन् । आधारभूत स्वास्थ्य सेवाका लागि अब इटहरीबासीले टाढा धाउनु नपर्ने भएको छ । साविकको खनार, एकम्वा, पकली, हाँसपोसाका वासिन्दाले उपमहानगरबासी भएको अनुभूति गर्न थालेका छन् । यति चाँडै आफनो झुपडी अगाडिवाट पिच बाटो हुँदै बजार पुग्न पाइएला भन्ने सोच्दै नसोचेको त्यहाँका बासिन्दाको भनाइ छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनीति बाटै सन्यास लिने बताइसकेका छन् ।
|
नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन् पद तथा गोपनियताको सपथ काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।
निवर्तमान मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी हुन् । प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका पौडेलले राजीनामा दिएर शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन्।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। उनी ओलीको कट्टर आलोचकसमेत थिइन्। तर अध्यक्ष ओलीले सरकार जोगाउने शर्तमा शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।
अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।
अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्।
पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश १ को मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।
|
साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० मा खेल्नेछ ।
प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ मा प्रतिस्पर्धा गर्ने छन् । साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ ।
बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् । साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ । |
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।
नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ । एसियन कप छनोटका तयारीका लागि २८ महिला खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेका छन्।
बन्द प्रशिक्षणमा हिरा भुजेल, इन्द्रा राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहेको एन्फाले जनाएको छ । |
कर्णालीमा लागुऔषध र मदिरा समस्या कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन्।
भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाए। यो दुव्र्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उनले लागुऔषध ओसारपसार, कारोबार तथा प्रयोगको नियन्त्रण एवं न्यूनीकरणमा विशेष जोड दिने योजनाका साथ अघि बढिएको बताए।
“कर्णाली नेपालकै ठूलो भूभाग ओगटेको प्रदेश हो, यद्यपि प्रदेशको आवश्यकतानुसार यहाँ प्रहरी जनशक्तिको अभाव छ”, प्रहरी नायब महानिरीक्षक ऐरले भने, “सानो एकाइमा प्रहरी उपलब्ध भए पनि यहाँका नागरिकले बास, जग्गालगायत विभिन्न क्षेत्रमा सहयोग गरेर प्रहरीमैत्री व्यवहार देखाएको पाएको छु । कर्णालीवासीप्रति कृतज्ञता प्रकट गर्दछु।”
पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा लागुऔषध, मदिरा र गाँजा प्रमुख रहेको उनले बताए। लागुऔषध तथा मदिराले समाजमा पार्ने प्रभावका विषयमा कोरोना महामारीले नागरिकसमक्ष जाने वातावरण नभए पनि पर्चा, पुस्तिका र विभिन्न सञ्चारका सामग्रीको माध्यमबाट सचेतनामूलक कार्यक्रम अगाडि बढाइने उनको भनाइ थियो।
कर्णालीमा विद्यमान कुप्रथा र पुरातनवादी सोच परिवर्तनका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने, “समाज परिवर्तनका लागि पहिला म आफ्नै प्रहरीलाई अनुशासित बनाउँछु । दोस्रो जनतालाई मालिक बनाएर प्रहरी जनताको सेवक हो भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।” यसमा राजनीतिक दल, अधिकारवादी, नागरिक समाजलगायत सरोकारवालाले आ–आफ्नो तहबाट सहयोग पु¥याउन उनले आग्रह गरे।रासस |
कांग्रेस महाधिवेशन मंसिरसम्म गर्न संस्थापन पक्षको अडान काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शनिबार पूनः बस्नेगरी सकिएको छ । शुक्रबार बसकाे बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच छलफल भएको छ । यसअघि सार्वजनिक कार्यतालिकाअनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि तल्ला तहका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन्।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा कांग्रेस महाधिवेशनसहित सरकारका कामकारबाहीलगायतबारे पनि केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह तामाङ, जंगीलाल राय, रामजनम चौधरी र हेमराज तातेडले धारणा राखेका छन्। यस्तै केन्द्रीय आमन्त्रित सदस्यहरु हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेसले केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि मात्रै १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि सबैको धारणा समेटेर बैठकमा प्रस्ताव गरिने बताए । शुक्रबारको बैठकमा संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्फ जोड दिएका छन् । संस्थापनइतर समूहले भने दशैँ भन्दा अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा डा. शेखर कोइरालाले विशेष महाधिवेशनतर्फ भन्दा पनि नियमित महाधिवेशनमै अगाडि बढ्नुपर्ने बताए। उनले एक महिना हुँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार नगरेकोमा आलोचना समेत गरेका थिए।
बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा समेत गरेका छन् ।
|
राप्रपा अध्यक्ष थापाको कृतिः ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आयोजित समारोहमा उक्त कृतिको विमोचन गरेका हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणदायी व्यक्तित्व पिता छत्रको स्मरणमा थापाले प्रकाशित गर्नुभएको उक्त पुस्तकमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरिएको छ ।
कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहन शम्शेर र राजा महेन्द्रसँगको सामिप्य तथा पञ्चायतकालका अनुभव समेटिएको उक्त पुस्तक एक सैनिकको सङ्घर्षपूर्ण आरोह–अवरोहको कथाकारुपमा रहेको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले एक अनुशासित एवं मर्यादित सैनिक व्यक्तिको जीवनशैली, आचरण तथा समाज र राष्ट्रपतिको योगदानलाई उजागर गर्न प्रकाशन गरिएको पुस्तकले राष्ट्रसेवको सामाजिक जीवन र दायित्वलाई पनि चित्रण गरेको बताए ।
पुस्तकका स्रष्टा पूर्वउपप्रधानमन्त्री थापाले समकालीन नेपालको आर्थिक, सामाजिक र राजनीतिक पक्षसहित नेपाली सेनाको गौरवमय इतिहास तथा पिता छत्रबहादुरले समाज सुधारमा पुर्याउनुभएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको जानकारी दिए ।
नेपाली सेनामा तीन दशक भन्दाबढी सेवा गर्नुभएका पुस्तका प्रमुख पात्र कर्णे छत्रबहादुरलाई तत्कालीन वडाहाकिमको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको थियो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका संस्थापक एवं हेटाँैडा नगरपञ्चालयका उपप्रमुखसमेत रहेका थापालको विसं २०३६ साउन २८ गते निधन भएको थियो ।
स्मृति ट्रष्टका अध्यक्ष एवं पूर्वरथी नेत्रबहादुर थापाले पिता छत्रबहादुरले अनुशासन परिधिमा रही कीर्तिमानी काम गर्न दिएको प्रेरणाले सबै परिवारजनलाई अनुशासित र परिश्रमका लागि घचघच्याइरहको अनुभावका घटना सुनाए ।
सो अवसरमा गभर्नर, राजदूत र मन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका परराष्ट्र मामिलाका जानकार डा भेषबहादुर थापालाई सम्मान गरियो । कार्यक्रममा ट्रष्टकातर्फबाट नेपाल रेडक्रस मकवानपुरका लागि यसअघि नै घोषणा गरिएको रु ५० हजार नगद र सम्मानपत्र अध्यक्ष सूर्यचन्द्र न्यौपानेलाई हस्तान्तरण गरियो । साङ्ग्रिला पुस्तक प्राली प्रकाशक रहेको पुस्तकको मूल्य रु ३५० छ । रासस |
लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
नेकपा माओवादीका संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।
काँग्रेससहितका विपक्षी गठबन्धनकोे तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो । |
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाललाई स्थानान्तरण गरी रेडियोलोजिष्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । बैठकले प्रदेश खेलकुद परिषद्मा सदस्य मनोनयन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले बताए । |
उपत्यकाभित्र निषेधाज्ञामा कडाई, राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।
कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ। वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ।
|
दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गोरखा। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ। दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठार्इएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
“घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो”, उनले भने, “आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ।” राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ।
गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ। रासस |
बेनीमा आगलागी, दुई पसलमा क्षति गलेश्वर। म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्। बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए। आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो। डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ। रासस |
एचआईडिसीएलको हकप्रदमा आवेदन दिने म्याद थप, भदाै ८ सम्म आवेदन दिन मिल्ने काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय १५ दिन थप भएको छ। कोरोना महामारीको कारण देखाउँदै बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले हकप्रद भर्ने म्याद १५ दिन थप गरिएको जनाएको हो।
कोरोनाको कारण उत्पन्न भएको असहज परुस्थिति र हालसम्म परेको आवेदनलाई मध्यनजर गर्दै आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ। म्याद थप गरिएसंगै अब कम्पनीको हकप्रदमा अब भदौ ८ गते मंगलबारसम्म आवेदन दिन सकिने छ।
कम्पनीले साउन ५ गतेदेखि हकप्रद निष्काशन गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।
|
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी दार्चुला। सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।
यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन्। सो घटनाका बारेमा सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छ।
साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ। समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताए।
सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिए। ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ ।
छानबिन समिति संयोजक गौतमले भन्नुभयो, “ नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ ।” समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।
गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ। “हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मीलगायतसँग सोधपुछ चलेको छ ।” उनले भने।
साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ । भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ, उनले भने, “ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौ।”
व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिए।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट छन्।
एकसातादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ। यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ। रासस |
संवैधानिक परिषद सम्बन्धी रिटमा सर्वोच्चलाई प्रधानन्यायाधीश राणाको जवाफः नियुक्ति सिफारिस संविधानसम्मत काठमाडौं। गत मंसिरको अन्तिममा तत्कालिन ओली सरकारले संवैधानिक परिषद सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि बसेको संवैधानिक परिषदको बैठकले गरेका नियुक्ति सिफारिसमा सहभागी रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सो विषयमा परेको रिटमाथि आइतबार जवाफ पठाएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले गत माध २३ मा अध्यादेश संशोधन गरेर बसेको संवैधानिक परिषदको बैठकले सभामुखको भूमिकामा अंकुश लगाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो विषयमा आइतबार प्रधानन्यायाधीश् राणाले महान्यायाधीवक्ताको कार्यालयमार्फत सर्वोच्चमा लिखित जवाफ पठाएका हुन्।
उनले संविधान सम्मत जारी गरिएको अध्यादेशको मर्मअनुसार नै संवैधानिक परिषदको बैठक बसेको भन्दै सभामुखले दायर गरेको रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।
गत ३० मंसिरमा संवैधानिक परिषदको बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो। त्यही दिन साँझ बोलाइएको बैठकमा प्रधानमन्त्री राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश सहभाागी भएका थिए भने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरे।
त्यो बैठकमा संवैधानिक निकायमा पदपूर्तिबारे छलफल भए पनि निर्णय नभएको बताइएको थियो। तर ५ पुसमा मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिससँगै संवैधानिक परिषदको ३० मंसिरको बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्ति सिफारिस गरेको पत्र संसद सचिवालयमा पुगेको थियो। प्रतिनिधिसभा विघटनसँगै सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए।
त्यतिबेला भएका रिफारिस अनुसार विभिन्न संवैधानिक नियकायमा ३२ जना पदाधिकारी नियुक्त भएका छन्। ती नियुक्तिविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको छ। तर, सो रिटमाथि सर्वोच्चले हालसम्म सुनुवाई गरेको छैन। अधिवक्ता ओमप्रकाश अर्यालले दुई पटक यी विषयमा सर्वोच्चमा रिट दायर गरेका छन्।
सभामुखले दायर गरेकाे रिट
|
जनताका पिरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्।
उनले पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी सीमानाका कोरला जोड्ने झ्यालबास–डेढगाउँ सडक प्रदेशकै ‘लाइफलाइन’ भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए।
शनिबार र आइतबार गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागिता जनाउँदै उत्तर दक्षिण मार्ग सम्पन्न भएपछि प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने बताए।
अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेकाले मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी दिए।
नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने पोखरेलको भनाइ थियो। उनले नारायणी नदी कटान रोक्दै किनारैकिनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने बताए। मुलुकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने उनको भनाइ थियो।
मुख्यमन्त्री पोखरेलले गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरलगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको जानकारी दिए। रासस |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौं। साताको पहिलो दिन आइतवार सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजावी सुनको मूल्य प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम छ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। |
वार कि पार भनिएको माधव समूहको बैठकले किन गरेन ठोस निर्णय ? काठकमडौं। निर्णायक भनिएको नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटि बैठक दुई दिन चलेर शुक्रबार सकिएको छ। बुद्धनगरको एक पार्टी प्यालेसमा सम्पन्न बैठक दुई दिन चलेर निष्कर्षविहीन हुँदै सकिएको छ। वार कि पारको रुपमा हेरिएको बैठकले ठोस निर्णय निकाल्न सकेन। पार्टी एकताकालाई केन्द्रमा राखेर भएको भनिएको छलफल अन्तिममा पुरानै निर्णयसहित सकियो।
नेपाल समूहका ९० जना स्थायी कमिटि सदस्य छन्। त्यही छलफलको विषयलाई लिएर पार्टीका करिब ७२ जना केन्द्रीय सदस्यले बैठकमा आफ्नो उपस्थिति जनाएका थिए। भने ५५ जना केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राखेका थिए।
पार्टी एकतालाई मजबुत बनाएर लैजाने कि नयाँ पार्टीका माध्यमबाट अहिलेको गठबन्धन सरकारमा सहभागीतालाई निरन्तरता दिने भन्ने कुरामा बैठक केन्द्रीत भएको थियो। तर, बैठकले तत्काल सरकारमा नजाने र नयाँ पार्टी पनि नखोल्ने पुरानै निर्णय गरेको छ।
पहिलो दिन बिहीबारको सुरुवाती समयमा केन्द्रीय समितिको बैठकलाई कसरी अगाडि बढाउने भन्ने कुरामा नै विवाद देखिएको थियो। पहिलो दिनको बैठक सकिने बेलामा छलफलको विषयवस्तु र छलफलका एजेण्डामा नेताहरुको चर्काचर्की समेत भयो। नेपाल समूहमा रहेका केही प्रभावशाली नेताहरु बैठकमा उपस्थित भएनन्।
नेता भीम रावल शुक्रबार दोस्रो दिनको बैठकमा उपस्थित भएनन्। बिहीबारको बैठकमा उपस्थित कार्यदलका सदस्य समेत रहेका नेता रावलले वार्तामा अहिलेसम्म भएका सहमति, प्रगति र कामको बारेमा बैठकलाई जानकारी गराएका थिए।
उनले तत्काल पार्टी एकतामा जानुपर्ने कुरामा जोड दिएका थिए। तर, उनले राखेका धारणामा बैठकमा उपस्थित बहुसंख्यक सदस्यहरुले असहमति जनाए पछि विवाद उत्पन्न भएको थियो। उनी शुक्रबारको बैठकमै अनुउपस्थित रहे।
यसअर्थमा नेपाल समूहमा पनि दुईवटा समूह स्पस्ट देखिएको छ। पार्टी एकताको लागि अधिकतम प्रयास गरिरहेका मझधारका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई लगाएतका नेता पार्टी एकता तत्काल गर्नु पर्ने कित्तामा उभिएका छन्।
शुक्रबार बिहान ११ बजे सुरु भएको बैठकमा थप केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखे। शुक्रबार सहमतिका लागि छुट्टा छुट्टै कोठे बैठक समेत भए। केन्द्रीय सदस्यहरुले बोलीरहेकै समयमा नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, रघुजी पन्तबीच छुट्टा छुट्टै छलफल भयो। त्यसपछि बैठकलाई केही समयका लागि बीचमै रोक्दै माधव नेपाल सहितका शीर्ष नेताहरुको छलफल भएको थियो। तर, सहमति भने हुन सकेन।
बैठकमा उपस्थित अधिकांश सदस्यले भने यही अवस्थामा कुनै हालतमा पार्टीमा बस्न नसकिने धारणा राखेका छन्। र केही सदस्यहरुले त नयाँ पार्टी गठन गरेर अगाडि बढ्नु पर्छ भन्ने धारणा समेत राखेका थिए। विगतमा राखिएका सर्त र मागहरु पूरा हुने अवस्था नभएसम्म पार्टी एकता हुन नसक्ने उनीहको भनाइ थियो। उनीहरुले पार्टी एकताका नाममा अध्यक्ष्य ओलीले छलकपट गरिरहेको बताएका छन्।
बैठकको बारेमा बोल्दै नेता भीम आचार्यले भने ‘आत्म सम्मान र लचकताकासाथ कस्तो एकता गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रह्यो। पार्टी एक हुने वा अलग हुने भन्ने सम्मको गम्भिर विषयले बैठकमा प्रवेश पाएको थियो। यो सामान्य एक आध घण्टामा सकिने विषय होइन। यो टुंग्याउन गाह्रो छ। साथै नटुंग्याई नहुने अवस्थामा हामी छौँ।’
आफूहरु पार्टी एकताका लागि अधिकतम लचिलो भए पनि यसलाई कमजोरीको रुपमा लिए पार्टी एकतामा गम्भिर धक्का पुग्ने नेतृ रामकुमारी झाक्रीको भनाइ थियो।
बैठक पछि बोल्दै उनले भनिन्, ‘हामीले पार्टी एकतालाई केन्द्रमा राखेर छलफल गर्यौँ। पार्टी एकता भन्दैमा हामीले आत्म सर्मपणको बाटो रोज्ने होइन। कमरेड ओली पार्टी अध्यक्ष्य भएपछि पुष ५ यताका जति पनि असैंवधानिक र निरंकुश गतिविधि भए। संविधानको रक्षाको लागि र लोकतन्त्रको सुदृढिकरणका लागि संसदलाई निरन्तरता दिनुपर्छ र संसदलाई निरन्तरता दिनुपर्छ भन्ने मानेमा हामीले त्यो काम गर्यौँ।’
‘अहिले नेकपा एमालेलाई बचाउने पक्षमा हामी अधिकतर लचिलो भएका छौँ। तर, हाम्रा मुद्दा, विचार र संगठनको सन्र्दभमा राखेका हामी त्यतिकै कठोर पनि छौँ। यो कुरालाई कमजोरीको रुपमा नलिइयोस’, उनले भनिन्।
यस्तै आफ्ना धारणा राख्दै नेता सोम पाण्डेले पार्टी एकता बाहेकका सरकारमा जाने र नयाँ पार्टी खोल्ने लगाएतका विकल्पमा कुनै पनि बैठकमा छलफल नभएको बताए।
उनले भने, ‘अहिले पार्टी एकताको पक्षमा हामीहरु एक भएर अघि बढ्नु पर्छ। अहिले पार्टी एकता भनेको दुई पार्टी मिलेको जस्तो पनि होइन। बाहिर हेर्दा पार्टी विभाजनको अवस्थामा पुगेजस्तो देखिए पनि हामी पार्टी एकताको लागि भरपुर प्रयास गर्ने छौँ।’
बटमलाइन आत्म सम्मान र सहअस्तित्व
माधव नेपाल समूहका अधिकांश सदस्यले पार्टी एक भएर अगाडि बढ्दा पार्टीमा आत्म सम्मान र सहअस्तित्व नभई कुनै पनि हालतमा अघि नबढ्ने धारणा राखेका छन। उनीहरुले सबै नेता कार्यकर्ताले यो पार्टी मेरो हो, मैले गरेको काम हो भन्ने अपनत्व लिन सक्ने आत्मसम्मान सहितको व्यवस्था र सहअस्तित्व अर्थात पार्टी भित्रका सबै नेता कार्यकर्ता बराबर छन भन्ने भावनालाई आत्मसात गरेमा पार्टी एकता सम्भव रहेको धारणा राखेको बुझिएको छ। त्यस्तो अवस्थामा मात्रै पार्टी एकता सम्भव रहेको उनीहरुको निष्कर्ष छ।
नेताहरुको पार्टीमा रहेको योगदानलाई तिलाञ्जली दिएर सडकबाट टिपेर ल्याएको जस्तो अपमानित व्यबहार कुनै पनि हालतमा सह्य नहुने सांसद निरादेवी जैरुको भनाइ थियो।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले बेला बेलामा पार्टी एकताका नाममा भइरहेको वरिष्ठ नेता लगाएत समानुपातिक नेताहरुलाई सडकबाट ल्याएका जस्तो ब्यबहार पार्टीमा हुन नहुने बताइन्।
उनले भनिन्, ‘पार्टीमा ठूलो योगदान गरेका नेताहरुलाई देशद्रोही, विद्रोही जस्ता शब्दावली प्रयोग गरिनु हुदैन। र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइनु पर्छ। भनेको वडा कमिटी सहितको व्यवस्थापनको कुरा हिजोको अवस्थाबाट नै सुरु गरिनु पर्छ। तब मात्र पार्टी एकताले गति लिन्छ।’
बैठकले गरेका निर्णयहरु :
वरिष्ठ नेता माधव नेपालको अध्यक्ष्यतामा दुई दिन चलको बैठकले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्याएको छ भने थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मा दिएको छ।
दुई दिनसम्म चलेको बैठक आज ४ बुँदे निर्णय पारित गर्दै सम्पन्न भयो। बैठकका निर्णय सुनाउँदै नेता रघुजी पन्तले ४ वटा निर्णय भएको जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने, एमालेका दुबै पक्षका शीर्ष नेताहरुमाथि भइरहेको विवादास्पद टिप्पणीमा आपत्ति जनाउने, पार्टी एकतालाई अगाडि बढाउने र एमालेको संगठित सदस्यता नवीकरण तथा वितरण रोक्न माग गर्ने निर्णय भएको छ।
|
आज साउन २२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७८ साल साउन २२ गते, शुक्रबार । सन् २०२१ अगस्त ६ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। त्रयाेदशी तिथी । चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी काममा प्रगति हुनेछ। सृजनात्मक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक कार्यमा समय जानेछ। पारिवारिक भेटघाट हुनेछ। ठुलाबडाको साथ मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझा काममा आलोचना हुनेछ। अचानक यात्रा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साझेदारी काममा प्रगति हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिष्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिलामा जीत हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन सम्पत्तिको कारोवार बढ्नेछ। अध्ययनमा रुचि हुनेछ। सन्ततिले सहयोग गर्नेछन्।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा नयाँ चिन्ता थपिनेछ। परिवारमा कलह हुनेछ। विसन्चोले सताउनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइमा प्रेम बढ्नेछ। नयाँ ठाउमा भ्रमण हुनेछ। उत्साहले काम छिटो बन्नेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भेटघाटमा दिन बित्नेछ। शंकाले प्रेममा बाधा गर्नेछ। अलमलमा दिन बित्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरसामान हराउन सक्नेछ। अनावस्यक धनखर्च हुनेछ। नया काम आईपर्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिमा नाफा मिल्नेछ। व्यापारमा फाईदा हुनेछ। महिलामित्रको साथ पाईनेछ। |
राजस्व छली गरेको अभियोगमा मुद्दा काठमाडौं । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो ।
यस्तै ज्ञवालीले पेश गरेको विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरीको मालवस्तु बिक्री गरेको पाइएको छ । विभागका अनुसार ज्ञवालीविरुद्ध बिगोबमोजिम रु सात करोड ३७ लाख ७५ हजार ५७६ र त्यसको शतप्रतिशत जरिवानासमेत हुने गरी मुद्दा दायर गरिएको जनाएको छ । |
लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ। यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
विपक्षी दलहरुले ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन्। यद्यपि ४१ मध्ये बिमला वलीले भने एमालेमै रहेको जानकारी गराएकी छिन्। वलीले सोमबार विज्ञप्तिमार्फत आफूले सूर्य चिह्नबाट चुनाव जितेको र हाल सूर्य चिह्न एमालेको रहेकाले एमाले नछाड्ने बताइन्।
सोमबार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुखलाई भेटेर संयुक्त निवेदन दिएका हुन्। प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीसहितले निवेदन बुझाएका हुन्।
गत वैशाख १९ गते सरकार गठनका बेला प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका ४१ सदस्यको समर्थनसहित मुख्यमन्त्री शङ्कर पोखरेलले शपथ लिएका थिए। प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सोअनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको अवस्थामा नेकपा (एमाले) दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिनु गलत हो भन्छन्, कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया।
मुख्यमन्त्री पोखरेलविरुद्ध आफूहरुले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको अवस्थामा सो प्रस्तावमाथि छलफल गर्न तत्कालीन प्रदेश प्रमुखले गत वैशाख १९ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको स्मरण गराउँदै विपक्षी गठबन्धनले सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको निवेदनमा उल्लेख गरेका छन्।
विसं २०७८ वैशाख २६ मा प्रदेशसभामा तत्काल कायम रहेको सदस्यमध्ये बहुमत प्रदेशसभा सदस्यले हस्ताक्षरसहित संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्री पोखरेलविरुद्ध विश्वास छैन भनी दिएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वानको माग गरिए पनि तत्कालीन प्रदेश प्रमुखबाट अस्वीकार भएको विपक्षी गठबन्धनको गुनासो छ।
तत्कालीन प्रदेश प्रमुखबाट विशेष अधिवेशन आह्वान गराई प्रस्तुत विषयमाथि छलफल गर्न पाउने सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था प्रदेशसभाको विशेषाधिकारलाई नियोजित रुपमा सङ्कुचनमा पारिएको विपक्षी दलहरुको आरोप छ।
कानूनअनुसार अघि बढ्नुपर्छ : प्रदेश प्रमुख शेरचन
विपक्षी गठबन्धनको निवेदन बुझेपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनले आफूले संविधानअनुसार सरकारको अवस्थाबारे जानकारी लिएर आगामी कदम चाल्ने बताएका छन्। प्रदेश प्रमुख शेरचनले संविधान, विधि, संवैधानिक परम्परा र सहमतिका माध्यमबाट निष्कर्ष निकाल्ने उल्लेख गरे। “यहाँहरुले मेरो जुन ध्यानाकर्षण गराउनुभएको छ, त्यसमा म आफ्नो क्षेत्राधिकारभित्र रहेर संवैधानिक परम्परा, व्यवस्था र सरकार गठनको प्रक्रियाबारे जानकारी लिएर कानुनविद् र दलहरुसँग छलफल गरेर यसको एउटा निष्कर्ष निकाल्छु, जे हुन्छ संविधानअनुसार नै हुन्छ ।”
प्रमुख शेरचनले संविधानभन्दा माथि कोही पनि नहुने दोहो¥याउँदै संविधानअनुसार नै काम हुनुपर्ने बताए। प्रदेश सरकार र मुख्यमन्त्रीलाई आफूले सरकार गठनको प्रक्रिया र अवस्थाबारे छलफल गर्न बोलाएको र आइतबार नै आउने जानकारी पाएको प्रमुख शेरचनको भनाइ छ।
अदालतको आदेश पर्खँदै सत्तापक्ष
पदमुक्त भएका सदस्यहरु पुनःबहालीको माग गर्दै अदालत गएपछि सत्तापक्ष भने अदालतको आदेशको पर्खाइमा छ। प्रदेशसभाका पाँच जना सदस्यको मुद्दा अदालतमा चलिरहेका कारण सदस्यहरुको सङ्ख्या किटान गर्ने अवस्था भने छैन। प्रदेशसभामा जसपाका तीन र नेकपाका दुई जना सदस्यको मुद्दा अदालतले टुङ्गो नलगाएका कारण अहिले नै प्रदेशसभाका सदस्यको सङ्ख्या किटान गर्ने अवस्था नरहेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरी बताउछन्।
“अदालतको मुद्दा निक्र्यौल नभई सदस्यहरुको किटान हुन सक्दैन”, प्रवक्ता चौधरीले भने, “प्रदेश प्रमुखले पनि कानूनअनुसार अघि बढने भन्नुभएको छ भन्ने सुनेका छौँ, सरकार पनि कानूनअनुसार नै अघि बढ्छ।” विपक्षी दलले एमालेका सदस्यको समेत हस्ताक्षर देखाएर सरकार परिर्वतनमा लाग्नु गलत भएको उहाँको भनाइ छ।
माओवादी केन्द्रले आफूहरुलाई अवैधानिकरूपमा हटाएको भन्दै यही साउन ७ गते रिट निवेदन दिएका प्रदेशसभाका सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीका विषयमा सर्वोच्च अदालतले हटाउनुपर्ने कारण सोधेको छ। एमाले प्रवेश गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरूलाई बिनाकारण हटाइएको भन्दै पुनःबहालीको मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका पदमुक्त तीन जना सदस्य पनि पुनःबहालीको मागसहित अदालत गएका हुन् । शङ्कर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीबाट पदमुक्त भएका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादव पुनःबहालीको माग गर्दै साउन १५ गते अदालतमा निवेदन दिनुभएको हो । अदालतले सो निवेदनको पेसी आज मङ्गलबारका लागि तोकेको छ।
यसअघि पार्टीले सदस्यबाट निष्काशन गरेपछि वैशाख १६ मा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए । पदमुक्त भएका सदस्यलाई अदालतले पुनःबहाली गरेको थियो । हाल अदालतमा विचाराधीन रहेको सो मुद्दाको पेशी भदौ १७ मा तोकिएको छ। निरा गौतम/रासस |
२३ लाख ५० हजार जरिवाना भएपछि फरार श्रेष्ठ पक्राउ काठमाडौं । नेपाल प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विसं २०७७ फागुन १२ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । रासस |
सिन्धुुपाल्चोक घटनाबारे गृहमन्त्रीद्वारा संसदलाई जानकारी काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए । उनले बाढीपहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समासमेत क्षति पुुगेको जानकारी दिए ।
गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाकोसमेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराए ।
गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयबीच बैठक बसी क्षतिको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाइ कार्य शुरु गर्न निर्देशन भएको र सो अनुरुप जोखिम आँकलन गर्ने काम पनि शुरु भइसकेको उनले जानकारी दिए ।
मेलम्ची क्षेत्रमा बाढीपहिराको जोखिम देखिनुुका मुख्य कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञसहितको टोलीले अवलोकन गरिसकेको जानकारी पनि उनले दिए ।
गृहमन्त्री खाँणले बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेकै बेला साउन १६ र १७ गते मेलम्ची खोलामा लेदो, गेग््रयानसहितको बाढी पुनः आएपछि ५३ घरमा क्षति पुगेको, एक पक्की पुल (हेलम्बु गाउँपालिका ३–७ जोड्ने), एक झोलुङ्गे पुल र एक सामुदायिक भवनमा क्षति भएको जानकारी दिए ।
हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक बाटोका रुपमा काठमाडौंँ–सुन्दरीजल सडकमार्ग, पार्टी भञ्जयाङ–चित्रे सडकका साथै कुटुमसाङगा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेको जानकारी दिइयो ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले विज्ञ टोली लिएर मेलम्चीको मुहानको जोखिम अध्ययन गर्ने, सुन्दरीजल, पाटी भञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सुचारु गराउने, हेलम्बुको चनौटे र क्युउल जोड्ने बेल्ली ब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाइ गर्ने समेत निर्देशन भएको गृहमन्त्री खाँणले सदनलाई जानकारी दिए । रासस |
साझा कार्यक्रमलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलकाे बैठक काठमाडौं। सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमासरकारका प्राथमिकतालाई अन्तिम रूप दिनेबारे पनि छलफल भइरहेको जनाइएको छ।
कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यमा कांग्रेसका डा। मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन्।
पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रममाथि छलफल भइरहेको छ। पाँच दलले साझा कार्यक्रम तय गरेर सरकारलाई प्रभावकारी बनाउने योजना ल्याएका छन्। |
मौज्दात सकिएपछि महानगरको खोप अभियान स्थगित काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।
कुँवरले सूचना जारी गर्दै १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नु परेको बताएका छन्।
अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको खोप कार्यक्रम ४ दिन चलेको थियो।
|
अदुवाखेतीबाट आम्दानी बढ्दै सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।
कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए। उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ।”
कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आप्mनै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन्। आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उनले भने, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु ।” उनले तीन वर्ष मलेसियामा समेत काम गरेका थिए।
सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ। यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउँछन्। गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ। “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भने, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ।”
अदुवाको सुठो (चना) बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ। कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन्। सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ। काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ।
उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ। तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ। काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ। चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ।
“यतिबेला अदुवाको बोट निकै फस्टाएकाले उत्पादन गत वर्षभन्दा बढ्ने आशा गरेका छौँ”, किसान बमले भने, “किसान यतिबेला अदुवा गोडमेलमा लागेका छन्।”
जैविक अदुवा जर्मनी निर्यात हुँदै
सो क्षेत्रमा उत्पादन हुने जैविक (अग्र्यानिक) अदुवा प्रशोधन गरेर बनाइने सुठो (चना) जर्मनी निर्यात हुने गरेको छ। चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरिद गरेर अग्र्यानिक अदुवाबाट सुठो (चना) तयार पार्ने गरेको छ। प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करिब २० टन अदुवा प्रशोधनका लागि खरिद गरिने बताए।
“सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ”, खडायतले भने, “प्रशोधनअघि अदुवाको प्रयोगशालामा परीक्षण गरिन्छ।”
छिञ्चुको मुख्य प्रशोधन केन्द्रअन्तर्गत सहजपुरमा शाखा प्रशोधन केन्द्र सञ्चालनमा छ। केन्द्र सञ्चालन भएको जग्गा आसपासमा भइरहेको सडक निर्माणको कामले केन्द्रसम्म पुग्ने बाटोलगायतको असुविधा देखिएकाले यो प्रशोधन केन्द्रमा प्रशोधनको काम एक वर्षदेखि हुन नसकेको बताइएको छ।
खडायतले कैलाली र डोटीमा उत्पादित अदुवा खरिद गरेर प्रशोधनका लागि छिन्चु मुख्य प्रशोधन केन्द्रमा पठाउने गरिएको बताए। यो खेतीमा लागेका किसानलाई अदुवाखेती गर्ने प्रविधि, आवश्यक तालिमलगायत सहयोग गरिँदै आएको छ। अदुवाको बजार मूल्यका आधारमा किसानसँग अदुवा खरिद गर्ने गरिएको छ।
प्रशोधन केन्द्र स्थापना गरिएसँगै कृषकलाई यो खेतीतर्फ आकर्षित गर्न थप टेवा पुगेको छ। यो क्षेत्रमा उत्पादित अदुवाको माग भारतीय बजारमा समेत बढ्दै गएको बताइएको छ। भारतीय र नेपाली व्यापारी अदुवा खरिद गर्न घरमै आइपुग्ने गरेका छन्।
स्वादिलो सुन्तला उत्पादनका लागि पनि चर्चित चुरे गाउँपालिकाका स्थानीय कृषक पछिल्ला वर्षमा आफ्नो एउटै खेतबारीमा सुन्तला र अदुवाखेती सँगसँगै गर्न पनि सिकेका छन्। सुन्तलाको रुखमुनिको जग्गामा अदुवाखेती गर्दा सुन्तला र अदुवा दुवैको उत्पादन राम्रै हुने गरेको अनुभव कृषकको छ।
कैलालीको चुरे र योसँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन्। यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ। सिद्धराज भट्ट/ रासस |
३३ किलो सुन काण्डका फरार अभियुक्त पक्राउ काठमाडौं। प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको गौशाला क्षेत्रबाट ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।
मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त हुन्। सो प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीको अनुसन्धानबाट ३३ किलो सुन काण्ड सार्वजनिक भएको थियो। |
मिडिया एक्सन नेपालको प्रतिवेदन सार्वजनिक काठमाडौं। मिडिया एक्सन नेपालले ‘नेपालमा मिडियाः पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरण’ विषयक प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थाले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै नेपाली मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर–सरकारी निकाय र सञ्चारगृहहरूबीच सहयोग र परामर्श आवश्यक रहेको ठहर गरेको छ।
उक्त प्रतिवेदन मिडिया एक्सन नेपालले सातै प्रदेशमा जेठ २९ देखि असार १३ गतेसम्म गरेको अन्तरक्रिया तथा असार २५ गते राष्ट्रिय स्तरमा गरेको गोष्ठीमा आधारित रहेको छ।
प्रतिवेदन सार्वजनिक गर्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले यसका मुख्य निष्कर्षहरुलाई स्पस्ट पारेका थिए। प्रादेशिक सरकारहरूले विवादास्पद सञ्चार कानून ल्याइरहेका र कोरोना महामारीले पत्रकारको तलबसुविधा तथा सञ्चारगृहको व्यवहारबारे प्रश्न उठिरहेका बेला उनले यो प्रतिवेदनले दिएका रायसुझाव निकै समयसान्दर्भिक रहेको बताए।
यस्तै प्रतिवेदनमाथि टिप्पणी गर्दै डा. जामिलले उक्त दस्तावेज नेपालका लागि मात्र नभई दक्षिण एसियाकै लागि महत्वपूर्ण रहेको बताए। उनले नेपालका छिमेकी मुलुकका पत्रकार संगठनहरूलाई पनि यस्तै पत्रकारको जीवन्त अनुभव समेटिएको प्रतिवेदन तयार गर्न आग्रह समेत गरे।
प्रा. मारियम गर्सामियाले जर्जियाको मिडिया परिदृश्यको चर्चा गर्नुका साथै त्यहाँका पत्रकारहरूलाई सत्ता भित्र र बाहिरबाट आउने दबाबका बारे बताएकी थिइन। जर्जियामा विशेषगरी चुनावको समयमा पत्रकारहरू प्रत्यक्ष शारीरिक हिंसाका साथै अप्रत्यक्ष धम्की र उत्पीडन दुवैको सिकार हुने गरेको उनको भनाई थियो। उनले पत्रकार सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेको पनि बताइन।
यस्तै डा. रविले कोरोनाका कारण भारतमा ४० प्रतिशत सञ्चारकर्मीले जागिर गुमाएको र ४०० जनाभन्दा बढी पत्रकारको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो र मिडिया साक्षरता, मिथ्या सूचनाको प्रकोप र लैङ्गिक विभेद जस्ता साझा समस्याको समाधान खोज्न आफ्नो विश्वविद्यालय नेपालका संस्थाहरूसँग काम गर्न तयार रहेको जानकारी दिए।
प्रेस काउन्सिलका तर्फबाट बस्नेतले र पत्रकार महासंघका तर्फबाट रमेश बिष्टले प्रतिवेदनको अपनत्व ग्रहण गर्दै र यसमा उल्लेखित सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।
मिडिया एक्सन नेपालका अनुसार यो प्रतिवेदनले पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरणका क्षेत्रमा नीतिगत वकालत गर्ने उद्देश्य राखेको छ।
मिडिया एक्शन नेपालद्वारा प्रकाशन गरिएको यो प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश बिष्ट, बंगलौर विश्वविद्यालय, भारतका सञ्चार विभाग प्रमुख प्रा. डा. बीके रवि, अन्तर्राष्ट्रिय मिडिया तथा सञ्चार अनुसन्धान विज्ञ डा. सादिया जामिल र तब्लिसी विश्वविद्यालय, जर्जियाका प्रा. डा. मरियम गर्सामियाको उपस्थिति रहेको एक डिजिटल कार्यक्रमका बीच मिडिया एक्सन नेपालको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो। |
इजरायल राेजगारी : ‘हिब्रु भाषा त आउँछ, तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु’ काठमाडौं। वैदेशिक रोजगार विभागमा बुधबार भेटिएकी सप्तरीकी इन्दिरा दाहाल इजरायल रोजगारीबारे बुझ्न त्यहाँ पुगेकी रहेछिन्। उनले पहिलादेखि नै इजरायल जान इच्छुक भएकाले चार वर्ष अगाडि धेरै मेहनत गरेर हिब्रु भाषा पढेकी रहेछिन्। किन आउनु भएको विभागमा भन्ने जिज्ञासामा उनले भनिन्, ‘इजरायल जाने भएपछि फारम भर्न आउनु परेन त अनि।’
उनी जस्तै इजरायलको लागि खुलाइएको आवेदन फारम भर्न र बुझ्न विभागमा धेरै युवाहरु आएका थिए। विभागको बाहिरपट्टि भित्तामा टाँसेको आवेदनलाई पढ्ने, फोटो खिच्ने, एकअर्कामा के कसरी फारम भर्ने अर्थात् यसमा भनेबमोजिम उमेरमा अलिकति तलमाथि हुँदा सेलेक्ट गर्छ कि गर्दैन इत्यादि बारे कुराकानी गर्ने र नबुझेको कुरा विभाग भित्र पसेर कर्मचारीलाई सोध्ने क्रम यतिबेला विभागमा दैनिकी जस्तै छ।
इजरायल जाने युवाहरुको भिडमा भेटिएकी उनै दाहाल भन्छिन्, ‘पहिल्यै ५ सय जनाको कोटा खोल्ने भनेर सरकारले हिब्रु भाषा सिक्न र तालिम लिनु भनेर ११ वटा इन्स्टिच्यूट तोक्यो। अनि हत्तनपत्त कोटेश्वरको एउटा इन्स्टिच्यूटमा गएर पहिल्यै १० हजार रुपैयाँ दिएर, ठाउँ रोकेर बल्खुदेखि दिनको ४० रुपैयाँ भाडा तिरेर ३ महिनासम्म धाएर दुःख गरेर भाषा सिकेँ। त्यसबेला मलाई हिब्रु भाषा फररै आउँथ्यो, अहिले अलि बिर्से । फेरि इजरायल खुल्छ रे भनेकाले केहि दिन अघिदेखि हेर्न थालेको छु।’
फारम भरेर इजरायल जान इच्छुक उनी सरकारी तबरबाटै इजरायल जाने भएपनि निष्पक्ष होला नहोला भन्नेमा आशंका लागेको बताउँछिन्। उनी भन्छिन्, ‘सरकारीस्तरमा पनि परीक्षामा पास गरेपनि यहाँको मान्छे (विभागलाई देखाउँदै) ले भित्रभित्रै हाम्रो नाम कटाएर उसको मान्छे राख्छ रे, त्यस्तो गरेको हामीलाई थाहै हुँदैन । पहिला पहिला पनि त्यस्तो हुन्थ्यो रे।’
उनी अगाडि थप्छिन्, ‘हाम्रो मार्का बुझ्ने कोही हुँदैन, पीडा भएरै वास्तवमा विदेश जान लागेको हो नि। हामी नहुनेलाई २–४ हजार पुलिस रिपोर्ट आदिमा खर्च गर्न पनि ऋण गर्नु पर्ने हुन्छ। त्यत्रो खर्च गरेर फारम भरिसकेपछि र आफ्नो नाम आएपछि त जान पाउनु पर्याे नि। इजरायल नगई नछोड्ने भनेर रहरले पढेको हुँ। हिब्रु भाषा फररै आउँछ तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु।’
इजरायल खुल्छ भनेर हिब्रु भाषा र कियर गिभर तालिमको सर्टिफिकेट लिएर बसेको बताउने उनी भन्छिन्, ‘इजरायल खुल्छ भनेर चार वर्ष अगाडि पढेर कियर गिभरको सर्टिफिकेट लिएर बसेको, त्यसबेला खुलाएन, भर्खर खुलायो। अब हेरौं के हुन्छ। कस्तो रहर गरेर पढेको थिए, त्यतिबेला सर्टिफिकेटको मात्रै ४० हजार खर्च गरेको थिएँ।’
त्यस्तै, विभागमा भेटिएकी रोल्पाकी तनुजा महरा (क्षेत्री) हाल बस्दै आएको ठाउँ बुढानिलकण्ठबाट त्यहाँ आएकी रहेछिन्। प्लस टु पास गरेकी उनले इजरायल खुल्छ भनेर केयर गिभरको तालिम लिएर बसेकी रहेछिन्।
इजरायलको आवदेन फारम अनलाइनमार्फत भर्ने हो भन्ने थाहा हुँदाहुँदै पनि समाचारमा विवाहित र अविवाहितको सर्टिफिकेट पनि चाहिन्छ भनेकाले के रहेछ भनेर विभाग बुझ्न आएको उनले सुनाइन्।
त्यसो भए अविवाहितको सर्टिफिकेट चाहिन्छ भनेको सुनेर आउनु भएको हो?, भन्ने प्रश्नमा महराले भनिन्, ‘सुनेर भन्दा पनि समाचारमै हालेको थियो। विवाह गरेकोलाई विवाह गरेको सर्टिफिकट र विवाह नगरेकोलाई अविवाहित सर्टिफिकेट चाहिन्छ भनेर न्यूजमा आएको थियो। त्यही कन्फ्युज भयो र कहाँ बाट ल्याउनु अविवाहित सर्टिफिकेट भन्ने भएर पनि यहाँ सोध्न आएको। तर, सोधेको त्यस्तो सर्टिफिकेट चाहिँदैन रे।’
पहिलो पटक विदेश जान लागेको बताउने उनी जस्तै अन्य युवायुवतीहरु पनि इजरायल रोजगारीको आवेदन फारम भर्नेबारे थाहा नपाएर र भ्रामक समाचार सम्प्रेषणले गर्दा दोधारमा परेर विभाग धाउने गर्दा रहेछन्। प्राय विभागमा कति पढेको र कस्तो प्रकारको ट्रेनिङ्गको सर्टिफिकेट चाहिने हो भनेर बढी बुझ्न आएको देखिन्थ्यो।
भित्तामा टाँसिएको सूचनामध्ये विशेषत ‘कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा प्लस टु गरेकाले भने नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने’ कुरालाई विभागमा भेटिएका प्रायले विशेष ध्यान दिने गरेको देखिन्थ्यो।
अन्ततः उनीहरुको जिज्ञासाको पूर्ति विभागका कर्मचारीमार्फत प्राप्त गरेपछि अनलाइन फारम घरबाटै भर्ने भनेर आफ्नो बाटो लाग्ने गर्दा रहेछन्।
इजरायल जान चाहने जिज्ञासुहरुको लागि इजरायल आवेदन मागसम्बन्धी सूचनाको तल विभागका शाखा अधिकृत मातृका सापकोटाको मोबाइल नम्बरलगायतका नम्बरहरु राखिएको छ। तपाईंको फोन त धेरै व्यस्त हुँदो रहेछ नि?, भन्ने डिसी नेपालको जिज्ञासामा सापकोटाले इजरायल रोजगारीबारे धेरै मात्रै होइन, अचम्मै गरी, बिरामी नै बनाउने गरी फोन आउने गरेको सुनाए।
उनले भने, ‘हामीलाई म्यानपावरको दलाल जस्तो गरी फोन गर्छन्। सूचना पढ्दै पढ्दैनन्। विज्ञापनमा सबै प्रष्टै खुलाइएको छ। यूटुबेले यूटुबमा कहाँ बाट के के भनेर हालिदिएका रहेछन्। अनि प्रायले हामीलाई फोन गर्छन्। हैरान हुन्छ नि, फेरि मेरो व्यक्तिगत नम्बर हो।’
फोन गरेर दिक्क पारेको बताउने उनी थप्छन्, ‘हाम्रो वेवसाइडमा विज्ञापन मै सबै प्रष्ट छ। विज्ञापन पढेर पनि नबुझेको विषयमा सोध्लान भनेर फोन नम्बर राखिदिएको तर राति १२ बजे पनि फोन गर्छन्। त्यो त अमानवीय व्यवहार भयो नि।’
शाखा अधिकृत सापकोटाले प्राय उनलाई आउने फोनमा इजरायल खुलेको छ रे हो?, साच्चै हो कि होइन?, अनि के मा खुलेको?, कति कोटा छन्, के के कामको लागि खुलको?, भन्ने जिज्ञासा राखेको बताए। सोही कुरालाई लिएर उनले भने, ‘त्यो भनेको त जिरो(शून्य) विज्ञापन नै नहेरिकन कताबाट नम्बर पायो अनि फोन ठोक्यो गर्ने गर्दा रहेछन्। आम्मामा, बिरामी हुइदो रहेछ नि यसरी फोन उठाएपछि त। मेरो व्यक्तिगत नम्बर हो, घरबाट बुबा, आमा लगायतले केही परेर फोन गर्नु पर्यो भने समस्या हुन्छ। इजरायलको बारेमा सोध्नेले गर्दा अहिले मेरो फोन लाग्न गाह्रो हुन्छ।’
उनले अगाडि भने, ‘कमसेकम विज्ञापन त पढ्नु पर्छ नि। कतिलाई त सरकारले खुलाएको हो भन्ने पनि थाहा छैन। इजरायल खुलेको भन्ने पढ्छ र फोन नम्बर हेर्छ अनि फोन गरिहाल्दा रहेछन्। सूचनाको बीचमा के लेखेको छ भन्ने कुरा पढ्दै पढ्दा रहेनछ। अचाक्ली फोन आएर हैरान भइसके। अफिसमा पुगेपछि अर्कैलाई फोन रिसिभ गर्न दिएको छु । उठाएर साध्ये हुँदैन, फेरि आफू अफिसमा अरु पनि काम गर्नु पर्याे’
इजरायल रोजगारीको बारेमा उनले विज्ञापन नै नहेरि सानो सानो कुरालाई लिएर फोन गरेर हैरान पारेको बताउँदै उनले भने, ‘तपाईहरुले सूचना सम्प्रेषण गरिदिनु पर्याे, यो कुनै म्यानपावर जस्तो प्राइभेट कम्पनीहरुले लानको लागि डिमाण्ड ल्याएको होइन । यो सबै सरकारी हो । सूचना यहाँ छ, यसरी हेर्ने र यसरी भर्ने भनेर सूचनामा विस्तृत खुलाइएको छ भनेर सम्प्रेषण गरिदिनु पर्याे।’
साथै, उनले यहि साउन १२ गतेको गोरखापत्र दैनिक र विभागको वेवसाइडमा सूचना हेरेर पढे सबै कुरा प्रष्ट हुने भन्दै यससम्बन्धमा समाचारमार्फत अझ प्रष्ट्याइदिन उनले आग्रह गरे। |
श्रीलंकाविरुद्ध भारतको लज्जास्पद ब्याटिङ काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टी२० खेल खेलिरहेको भारतले लज्जास्पद ब्याटिङ गरेको छ । कोलम्बोमा जारी खेलमा भारतले श्रीलंकालाई मात्र ८२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८१ रन बनायो । त्यसका लागि कुलदिप यादवले सर्वाधिक २३ रन बनाए । यस्तै भुवनेश्वर कुमारले १६ रन बनाउँदा रुतुराज गायक्वाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । श्रीलंकाका वानिन्दु हसरंगाले ४ अोभर बलिङगर्दै ९ रन दिएर ४ विकेट लिए । जुन भारतविरुद्ध कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ फिगर हो । यस्तै दसुन शनाकाले २ विकेट लिए ।
टी२० अन्तर्राष्ट्रियमा भारतको नाममा सबैभन्दा कम ७४ रन रहेको छ । जुन सन् २००८ मा अस्ट्रेलियाविरुद्ध बनाएको थियो । जारी सिरिजमा भारत र श्रीलंकाले १–१ खेल जितेका छन् । |
धार्मिक ग्रन्थकै नाममा ठगी, दुईजना पक्राउ काठमाडौं। बहुमूल्य धार्मिक ग्रन्थ भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्न खोज्ने सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४का ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगरलाई पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय बेगम रानामगर, रोल्पा नगरपालिका–८ का ३७ वर्षीय डम्मर पुनमगर र ३७ वर्षीय रामचन्द्र राना मगर फरार छन् । उनीहरूले चार करोडको धार्मिक ग्रन्थ किन्न लागेको भन्दै पीडितहरूबाट झुक्याएर पैसा लिएपछि प्रहरीमा उजुरी परेको थियो।
उनीहरूले काठमाडौंको इचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगीलाई चार करोडको पुस्तक किन्न लागेको र पैसा नपुगेको सुनाएका थिए। त्यसरी विश्वासमा लिएपछि डाँगीबाट उनीहरूले तीन लाख ५ हजार रूपैयाँ लिएका थिए। त्यसरी नै उनीहरूले स्याङ्जा वालिङ नगरपालिका–६ घर भई काठमाडौं–७ सरस्वतीनगर बस्ने ४२ वर्षीय बिष्णुप्रसाद अर्यालबाट १२ लाख रूपैयाँ लिएका थिए। उनीहरुको पैसा लिएर ठगी गर्न खोजेपछि पक्राउ गरेको हो। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.